index
int64 1
6.39M
| Article
stringlengths 2
109k
| Source
stringclasses 99
values |
---|---|---|
5,408,511 | शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई । फाइल तस्बिर सरकारले असोज २ गते राष्ट्रिय शिक्षा दिवस उत्साह र उपलब्धिमूलक रूपमा मनाउन सबैमा आव्हान गरेको छ । आइतबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको राष्ट्रिय शिक्षा दिवस आयोजक समारोह समितिको बैठकले सो आव्हान गरेको हो । असोज २ गतेलाई सरकारले उपलब्धिमूलक र उत्साहजनक रूपमा शिक्षा दिवस मनाउने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले बताउनुभयो । उहाँले असोज २ गतेलाई विशेष उत्साहका साथ मनाउने प्रतिबद्धता जनाउनुभयो । आफ्नो ठाउँबाट कार्यक्रमलाई भव्यताका साथ उपलब्धिमूलक रूपमा मनाउन मन्त्री राईले आह्वान गर्नुभयो । उहाँले शिक्षा दिवस उपलब्धिमूलक र परिणाममुखी बनाउन सरकारले काम गरिरहेको जानकारी दिनुभयो । मन्त्री राईले नेपाली शिक्षालाई विस्तारित बनाउन राष्ट्रिय शिक्षा दिवसले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । | gorkhapatraonline.com |
5,253,391 | फक्रन सहज वातावरण भएन भने भविष्यमा असर पर्नसक्छ । अतः बालबालिकालाई ज्ञान, सीप र धारणाको सकारात्मक र आशावादी विचार बिजारोपण गर्न जरुरी छ । नेपालमा बालबालिकासम्बन्धी ऐन २०७५ अनुसार १८ वर्ष उमेर नपुगेका समस्त मानव जातिलाई बालबालिका भनी परिभाषित गरिएको छ । बाल अधिकारको महासन्धि सन् १९८९ नोभेम्बर २० लाई २ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकार संरक्षण र बाल सहभागिताजस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरेकै अवसरमा हरेक भदौ २९ गते नेपालमा राष्ट्रिय बाल दिवस मनाइन्छ । बालबालिकामा वास्तविकतामा भन्दा कल्पना सृजना हुने भएकोले कपडाले टालाटुलीबाट पुतली, माटो र काठका विभिन्न खेल सामग्री तथा भाडाकुटी बनाई खेल्छन् । विकसित सहरबजार केन्द्रित बालबालिकाले आधुनिक कार्टुन, एनिमिसन तथा प्रविधिको विकासले दन्त्यकथा तथा परिकल्पनाको कथालाई मोबाइल, ल्यापटप तथा कम्प्युटरमा इन्टरनेट सुविधाका कारण आँखाजन्य रोग तथा शारीरिक वृद्धि विकासलाई समेत बेवास्ता गर्दै हेर्न पाएका छन् भने दैलेख, जुम्ला, हुम्ला, कर्णाली, कालिकोटलगायत अन्य दुर्गम ठाउँका गरिब र सडक बालबालिकाले अभिभावकको आयआर्जनका सहयोगीको रूपमा घाँस दाउरा, वस्तुभाउ चरनमा रमाउँदै शारीरिक वृद्धि विकाससँगै फुर्सदमा लेखपढ गर्नमै समय बिताएका छन् । शिशु स्याहार केन्द्र, मन्टेश्वरी, चिल्ड्रेन फन पार्क, बालसंसार, बालबाटिका तथा बाल पुस्तक प्रकाशनले सहरकेन्द्रित बालबालिकाको मनोरञ्जन, कलात्मक सृजना र सम्प्रेषणको बाल अधिकार प्रयोग गर्ने वातावरण शुल्क वा निःशुल्करूपमा उपलब्ध गर्न सकिन्छ । तर, दुर्गम तथा गरिब र सडक बालबालिका त्यस्तो सेवा सुविधाबाट बञ्चित छन् । बालबालिका देशका कर्णधार हुन् । तिनीहरूलाई देशको लागि योग्य सक्षम, क्षमतावान् नागरिक बनाउन सरकारले शिक्षामा पहँुच पु¥याएर शिक्षाको माध्यमबाट बालबालिकाको शैक्षिकलगायत चौतर्फी गर्ने हेतुले ठाउँ – ठाउँमा विद्यालयहरू खोलिएका र खोल्न लगाएका छन् । कतिपय निजी लगानीले खोलिएका सहरकेन्द्रित धेरैजसो विद्यालयहरू १ किमि फरक दुरी कायम हुनुपर्नेमा भएका छैनन् । जसले गर्दा गाउँ – गाउँका बालबालिकाहरू शिक्षा पाउन राम्रो आयस्रोत भएका अभिभावकसँगै सहर पसेका छन् । तर, कर्णाली, कालिकोटलगायत अन्य दुर्गम ठाउँका बालबालिका आवश्यक शैक्षिक सामग्रीविना पनि पढ्न बाध्य छन् । त्यहाँ बालबालिकाले शिक्षा पाउन भनेर विभिन्न शैक्षिक योजना र कार्यक्रमले हरेक वर्ष निरन्तरता पाए पनि उपलब्धि भने मापन गर्न योग्य हुनसकेका छैनन् । सन् २०२० को आगमनसँगै विश्वमा महामारी तथा आतङ्कको रूपमा फैलिएको नोबेल कोरोना कोभिड–१९ का कारण विश्व आक्रान्त बनेको छ । जसले सामाजिक दुरी कायम गर्दै मानिसहरू घरघरमा विश्वव्यापी लकडाउनसँगै बन्दी हुनुपर्दा ८४९.४ करोडभन्दा बढी बालबालिका र युवाहरू शिक्षालयको शिक्षा ग्रहण गर्न बञ्चित हुनुप¥यो । नेपालमा २०७७ असारको मध्यसम्ममा कुल सङ्क्रमित १४,५०० नाघ्दा १८ वर्षमुनिका बालबालिका २,१०० सङ्क्रमितमध्ये १० वर्षमुनिका बालबालिकाको सङ्ख्या ५०० नाघेको थियो । जुन नेपालमा कूल सङ्क्रमितको २०५ देखि ३०५ सम्म १८ वर्षमुनिका बालबालिका रहे । ‘विपदमा बाल अधिकारको सुनिश्चितता, हामी सबैको प्रतिबद्धता’ भन्ने मूल नारासहित मनाएको राष्ट्रिय बाल दिवसले बालबालिकाको मौलिक अधिकारको रूपमा रहेको शिक्षा आर्जनलाई घरमा कुण्ठित बालबालिकामाथि अन्याय गरेर न्यूनतम सिकाइको नाउँमा पाठ्यक्रम घटाएर वैकल्पिक माध्यमको सिकाइलाई पूर्ण मान्यता दिँदै संविधानको मर्मविपरीत शुल्क उठाउन पाउने निर्देशिका जारी गर्यो । नोबेल कोरोना कोभिड – १९ ले नेपालमा बालबालिकाका लाखौँ अभिभावकको रोजगारी र रोजीरोटी गुमेको र बालबालिका तथा शिक्षक आफ्नो दुर्गम गाउँ ठाउँमा फर्केको अवस्था छ । जहाँ टेलिफोनको सिग्नलसमेत देखाउँदैन, त्यस्तो ठाउँमा रेडियो एफएम, टीभी, केबुल च्यानल र इन्टरनेटको कल्पना सकिन्छ र अनि न्यूनतम सिकाइको नाउँमा पाठ्यक्रम घटाएर शैक्षिक शत्र जोगाउन गरिएको अनलाइन, भर्चुअल जुमजस्ता वैकल्पिक माध्यमको सिकाइलाई पूर्ण मान्यता दिनको रहस्य के हो । त्यसमा समग्र शिक्षाविद्हरूले सरकारलाई सजग गराउनैपर्छ । | onlinemajdoor.com |
6,268,600 | कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ९ चौवन्नपुरमा बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृतकको सनाखत भैनसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ६२६८ नम्बरको ट्रक र विपरित दिशाबाट आउँदै गरेको म १ ख ८२८ नम्बरको बस आपसमा ठोक्किएका थिए । दुर्घटनामा ३० बर्षीय पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यकलय कपिलवस्तुका अनुसार दुर्घटनामा १४ जना घाइते छन् । | aajakonews.com |
3,713,709 | टानले अन्नपूर्ण, माथिल्लो डोल्पा, सगरमाथा, मनास्लुलगायत क्षेत्रको पदयात्राका क्रममा मृत्यु भएका १२ जनाको परिवारलाई ५ लाखका दरले रु ६० लाख राहत वितरण गरेको हो । पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स)को कोषबाट उक्त रकम उपलब्ध गराइएको टानका महासचिव आङपेम्बाट शेर्पाले बताउनुभयो । विभिन्न पदयात्राका क्रममा ज्यान गुमाएका दाकबहादुर आलेमगर, भीमबहादुर गुरुङ, जीवन लिम्बू, खेमबहादुर श्रेष्ठ, संसार गुरुङ, इन्द्रबहादुर गुरुङ, पेम्बा कुइश्याङ शेर्पा, छिरिङ भोटे, डिना आङजुक भोटे, फुर्वा भोटे, नेत्रबहादुर छन्त्याल र पेमदोर्जे शेर्पाको परिवारलाई आज एक कार्यक्रमबीच राहत रकम वितरण गरिएको हो । यसअघि टिम्सले ३३ जनालाई राहत दिइसकेको छ । ढोरपाटन (बागलुङ)- यतिबेला ढोरपाटन क्षेत्र हरियाली भएका छन् । उपत्यकासहित चारै तिरका पहाड र समथर चितवन- चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढेको छ । आर्थिक वर्ष २०८०-८१ मा तीन लाख बुटवल– बुद्ध जन्मस्थल लुम्बिनीमा पछिल्लो ६ महिनामा दुई लाख ४ हजार ६९४ जना बाह्य पर्यटक काठमाडौं– सन् २०२४ का ६ महिनामा पर्यटक आगमनको तथ्यांक हेर्दा १६ लाख पर्यटक ल्याउने सरकारी भैरहवा– लुम्बिनी भ्रमण गर्ने आन्तरिक एवं बाह्य पर्यटकहरूको संख्या गत ५ महिनामा ५ लाख नाघेको पोखरा– पोखरामा पर्यटकको बसाई अवधि लम्ब्याउन फेवाताल पारि पुम्दी भुम्दीमा पदमार्ग निर्माण गरिएको छ । | karobardaily.com |
2,949,053 | बैतडीमा गुडिरहेको जिपबाट हामफाल्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–६ काठमाडौं(नेस) एडभान्स अटोमोबाईल प्रा.लि.ले ‘रेनो बजेट अघि बेनिफिट’ भन्ने नयाँ अफर सार्वजनिक गरेको छ । काठमाडौे(नेस) नेपाल बंगलादेश बैंकले जेठ १० गते शुक्रबार देखि २० लाख युनिट (इकाई) ऋणपत्रको बिक्री हेटौंडा, (नेस) । मकवानपुर उद्योग वाणिज्य संघले फागुनमा हेटौंडामा सञ्चालन गरेको राष्ट्रिय औद्योगिक व्यापार मेलाबाट काठमाडौ(नेस) ओम डेभलपमेन्ट बैंक लि.र सूर्या लाईफ इन्स्योरेन्स बीच बैंकान्सुरेन्स सहमति भएको छ । | newsofnepal.com |
951,463 | बर्दिया कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी राखिँदा पिउने पानी, सुत्ने र शौचालयको समस्या भएको छ । पर्याप्त पानी नपाउँदा कैदीबन्दीले समस्यामा परेको गुनासो गरेका छन् । | ekantipur.com |
1,723,686 | वरिष्ठ हाइकुकार धमला नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य तथा नेपाल हाइकु सङ्घका केन्द्रीय हुन् । | sansarnews.com |
279,885 | प्रतिनिधिसभा सदस्यसहित धनुषामा ४८ जना कोरोनाभाइरसका नयाँ संक्रमित थपिएका छन्। जनता समाजवादी पार्टीका प्रतिनिधिसभा सदस्य डाक्टर सूर्यनारायण यादव कोरोना संक्रमित भएका हुन्। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा बालरोग विशेषज्ञ समेत रहेका प्रतिनिधिसभा सदस्य डाक्टर यादवमा कोरोना संक्रमण पुष्टि भएको हो। त्यसैगरी जनकपुरधामस्थित जानकी हेल्थ केयरमा कार्यरत एक चिकित्सिकसहित ४ जनामा संक्रमण पुष्टि भएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ। त्यस्तै जनकपुरधामस्थित मुक्ति विकास बैंकका ३ जनामा संक्रमण पुष्टि भएको हो। यस अघि पनि मुक्तिनाथ विकास बैंकका केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसैगरी जनकपुरधाम उपमहानगरमा २२, मिथिला बिहारी नगरपालिकामा १, बटेश्वर गाउँपालिकामा १, हंसपुर नगरपालिकामा १, मुखियापट्टी मुसहरनिया गाउँपालिकामा १, जमुनीवासमा १, मिथिला नगरपालिकामा ६, धनौजी गाउँपालिकामा १ र लक्ष्मीनिया गाउँपालिकामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रादेशिक जनस्वास्थ्य प्रयागशालाले जनाएको छ । | setopati.com |
1,867,246 | राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बिहीबार विहान गरेको दोस्रो अपडेटमा सर्लाही, धनुषा, महोत्तरीमा गरी थप ५ जनामा कोरोना पुष्टि भएको बताएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सर्लाही धनकौल निवासी ४५ बर्षीय पुरुष, धनुषाको जनकपुर नपा र मिथिला नपा निवासी ४० बर्षीय पुरुष र २० बर्षीया महिला, महोत्तरीको जलेश्वर नपा र बलवा नपा निवासी १६ र ३५ बर्षीय पुरुषहरु रहेको उल्लेख गरेको छ । यसअघि आज विहान काठमाडौँ र कपिलवस्तुमा गरी थप दुई जनामा कोरोना संक्रमण देखिएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर विधिबाट गरिएको परीक्षणबाट काठमाडौँ चन्द्रागिरी निवासी ३२ बर्षीय पुरुष र कपिलवस्तुकी ६ बर्षीया बालिकामा संक्रमण देखिएको हो । विहीबार विहान दोस्रो पटक थपिएको कुल ५ संगै संगै देशभर कुल कोरोना संक्रमितको संख्या २५० पुगेको छ । | nepalihealth.com |
4,151,883 | निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवाद टुंग्याउन सबै कार्यकारिणी सदस्यलाई उपस्थित गराउने भएको छ। सदस्य संख्या गनेर विवाद टुंग्याउने भएपछि उपेन्द्र यादव पक्ष बलियो देखिएको छ। आयोगले पार्टी आधिकारिकता विषयमा फैसला गर्नुअघि ११ साउन ११ बजे यादव पक्ष र महन्थ ठाकुर पक्षका सबै कार्यकारीलाई नागरिकतासहित स-शरीर उपस्थित हुन निर्देशन दिएको छ। कार्यकारिणी समितिमा यदव पक्षको बहुमत छ। जसपा विधानले कार्यकारिणी समितिलाई सर्वाधिकार बनाएको छ। ५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये रेशम चौधरी जेलमा छन्। बाँकीमध्ये यादव पक्षमा ३२ जना कार्यकरिणी सदस्य छन्। यादव पक्षमा कार्यकारिणी समितिका ६४ प्रतिशत सदस्य रहेकाले ठाकुर पक्षले आधिकारिकता नपाउने संभावना बढेको हो। निर्वाचन आयोगले गत २२ असारमा पार्टीमा सहमति गर्न दुवै पक्षलाई निर्वाचन आयोग बोलाएका थियो। जसपामा एक भएर बस्न नसक्ने भन्दै यादव र ठाकुर दुवैले पार्टी आधिकारिकता टुंगो लगाउन आयोगलाई पत्र बुझाएका थिए। दुवै पक्षको निवेदनपछि आयोगले गत ३ साउनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित पाँच सदस्यीय इजलास गठन गरेर दुवै पक्षबाट कानुन व्यवसायीले पार्टी आधिकारिकताका विषयमा बहस गरेका थिए। बहसपछि दुवै पक्षलाई पार्टीले गरेका निर्णय र अरु महत्वपूर्ण कागजात लिएर उपस्थित हुन आयोगले बिहीबार बोलाएको थियो। दुवै पक्षको बहसपछि आयोगले ११ गते सबै कार्यकारिणी सदस्यलाई नागरिकता सहित उपस्थित हुन निर्देशन दिएको हो। आयोगले चार दिनपछि मात्र पार्टी आधिकारिकता विवाद टुंग्याउने भएकाले त्यस अवधिमा कार्यकारिणी सदस्य उपेन्द्र पक्षतिर बढ्ने देखिएको छ। पार्टीमा बीचधारमा बसेका केही सदस्य आफ्नो पक्षतिरै आउने सम्भावना बढेको यादव पक्षमा लागेका कार्यकारिणी सदस्य प्रकाश अधिकारीले बताए। ‘पार्टी आधिकारिकता हामीले पाउने निश्चित भयो। किनकि बहुमत कार्यकारणी सदस्य यतै छन्,’ नेपाल लाईभसँग आधिकारीले भने, ‘त्यस्तो अवस्थामा कार्यकारिणी सदस्य हाम्रोतिर बढ्न सक्छन्।’ जसपा ३४ सांसदमध्ये हरिनारायण रौनियार र रेशम चौधरी निलम्बनमा छन्। त्यसबाहेक अहिले ३२ सांसदमध्ये १० जना मात्र ठाकुर पक्षमा छन्। यादव पक्षमा २२ सांसद पुगेको अधिकारीले दाबी गरे। पार्टी आधिकारिकता आफूहरुले पाउने भए त्यो संख्या पनि बढ्न सक्ने यादव पक्षको दाबी छ। तर, ठाकुर पक्षका कार्यकारिणी सदस्य एकवाल मियाँले पार्टी आधिकारिकता यादव पक्षले नपाउने जिकिर गरे। निर्वाचन आयोगले दिने पार्टी आधिकारिकताको फैसला भने मान्न तयार भएको मियाँले बताए। यसअघि यादव पक्षले ठाकुरसहित १३ जनासँग स्पस्टीकरण सोधिएको थियो। ११ जनालाई केपी ओली सरकारमा गएको र ठाकुर तथा सवेन्द्रनाथ शुक्लाले उनीहरुलाई सरकारमा पठाउन भूमिका खेलेको भन्दै स्पष्टीकरण सोधिएको थियो। यसरी नै ठाकुर पक्षले चरण चरणमा स्पष्टीकरण सोधेर उपेन्द्र यादवलाई पार्टीबाट निष्काशन गरेको थियो। बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव, रकम चेम्जोङ, हेमराज राई, रेणु यादव, हिसिला यमी, युवराज कार्की, नवराज सुवेदी, पर्शुराम खापुङ, गंगा श्रेष्ठ, रामसहाय प्रसाद यादव, रणध्वज कन्दङवा, मोहम्मद इस्तियाक राई, डम्बर खतिवडा, दुर्गा स्वभ, परशुराम बस्नेत, प्रकाश अधिकारी, प्रशान्त सिंह, भक्तबहादुर शाह, शुसिला श्रेष्ठ, रामनरेश यादव, मृगेन्द्र सिंह यादव, गजाधर यादव, नवलकिशोर साह, रमेश यादव, लालबाबु राउत, विजय यादव छन्। यस्तै अमृता अग्रहरी र गोविन्द चौधरी पनि थपिएका छन्। महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ला, केशव झा, जितेन्द्र सोनल, निर्जला राउत, मनिष सुमन, चन्दा चौधरी, वृषेशचन्द्र लाल, उमाकान्त झा, राजकुमार लेखी, सुनिल रोहित, दानबहादुर विश्वकर्मा। नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला । | nepallive.com |
1,565,269 | प्रदेश १ प्रदेश प्रमुख परशुराम खापुङले नयाँ प्रदेश सरकार गठनको आह्वान गरेका छन्। प्रदेश प्रमुख खापुङ्गले आइतबार संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमतका साथ सरकार गठनको दाबी पेश गर्न आह्वान गरेका हुन् । उनले मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न पाैष २४ गते बेलुकी ५ बजेसम्मकाे समय दिएका छन् । ९३ सदस्यीय यस प्रदेशसभामा सरकार बनाउन ४७ सांसद आवश्यक हुन्छ । प्रदेश- १ मा ४० स्थान प्राप्त गर्दै नेकपा एमाले पहिलो दल बनेको छ । प्रत्यक्षतर्फ २५ स्थानमा जितेको एमालेले समानुपातिकमा १५ सिट प्राप्त गरेको छ । साथै नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका एक जना सांसद छन् । केन्द्रीय सत्तासमीकरण अनुसार यस प्रदेशमा एमाले, माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीको सरकार बन्ने देखिएको छ । कांग्रेस र एकीकृत समाजवादी प्रतिपक्षमा बस्ने देखिएको हो । | kendrabindu.com |
1,216,751 | मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्रोतका अनुसार मंगलबार दिउँसो मन्त्री सोडारीलाई बर्खास्त गरिएको हो। मन्त्री पदच्यूत भएको विषयमा प्रदेश सरकारको आधिकारिक धारणा भने सर्वजनिक गरेको छैन।केही दिन अघि मात्र मन्त्री सोडारी सवार गाडीले मसुरियामा ठक्कर दिएर एकजना घाइते भएका छन्। यो विषय विवादमा तानिएको थियो। मन्त्री सोडारी यस अघि पनि पटकपटक विवादमा तानिएका थिए। उनको ठाउँमा कैलाली ४ का नेकपाका सांसद कृष्ण सुवेदी मन्त्री हुने चर्चा छ । | annapurnapost.com |
1,104,089 | २०८१ साउन ८ गते सूचनाको घर, मकालुखबर प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएकोे छ । पश्चिमी वायुको प्रभावले बिहानैदेखि देशभरको आकाशमा बाक्लो तुवालो र हुस्सु÷कुइरो लागेकाले कतिपय विमानस्थलको उडान प्रभावित भएको हो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान सामान्य प्रभावित भएको छ भने अन्तरराष्ट्रिय उडान भने नियमित सञ्चालन भइरहेको छ । विमानस्थलका महाप्रबन्धक भोलाप्रसाद गुरागाईंका अनुसार विशेषगरी देशको पूर्वी तराई भेगका विमानस्थलमा उडान प्रभावित भएको छ । अहिले विराटनगर, जनकपुर र सिमरामा उडान हुनसकेको छैन । विमानस्थलको पछिल्लो विवरणमा नेपालगञ्ज, भैरहवा र पोखरा विमानस्थलमा उडान सुचारु भएको छ । एयरलाइन्स कम्पनीका अनुसार प्रतिकूल मौसमले कतिपय विमानस्थल अझै खुलेका छैनन् । केही विमानस्थल ढिलोगरी खुलेकाले तीन घण्टासम्म उडान ढिलो भइरहेको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए । उनका अनुसार भरतपुर विमानस्थल बिहान ११ः३५ बजे र विराटनगर विमानस्थल २ बजे मात्रै खुलेको छ । खुलेका विमानस्थलमा भने नियमित उडान भइरहेको जनाइएको छ । | makalukhabar.com |
1,591,199 | एजेन्सी- कोरोना भाइरसको महामारीका कारण विश्वका ६ करोड भन्दा बढी मानिस गरिबीको रेखा मुनी पुग्ने चेतावनी दिइएको छ। विश्व बैंकका अधयक्ष डेभिड मालपासले यस महामारीले विश्वको अर्थव्यवस्थालाई ठूलो धक्का दिएको भन्दै करोडौँ मानिस गरिबीको रेखामुनी पुग्ने चेतावनी दिएका हुन्। मालपासले अर्थ व्यवस्थामा यसले पार्ने प्रभाव एक दशकसम्म रहने बताएका छन्। गत मे महिनामै मालपासले कोरोना भाइरसका कारण विश्वभर ६ करोड मानिस अत्यधिक गरिबीतर्फ जाने चेतावनी दिएका थिए। विश्व बैंकका अनुसार एक दिनमा १.९० डलर भन्दा कम कमाई हुनुलाई अत्यधिक गरिबी भनिन्छ। शुक्रबार एक अन्तर्वार्तामा मालपासले कोरोना भाइरसको संक्रमण र यसका कारण गरिएको लकडाउनले संसारभर गरिबी बढ्ने चेतावनी दिए । | nepalsamaya.com |
5,195,636 | कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पोखराले १९.४ ओभरमा १३८ रन बनाउँदा अलआउट भयो। पोखराका लागि ओपनर आशिफ शेखले अर्धशतक प्रहार गरे। शेखले ३९ बलमा ४ चौका र २ छक्का हाने। सिद्धान्त लोहनीले २९ र प्रतिश जिसीले २८ रन थपे। अमिर हम्जाले २९ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। जनकपुरका लागि केस्रिक विलियम्स्ले ३ विकेट झारे। पवन सर्राफ, ललित राजवंशी र सर्फुद्दिन अस्रफले समान २ विकेट लिए। सोमपाल कामीले एक विकेट लिए । | nepalkhabar.com |
4,470,323 | मुस्ताङमा सुकुन रसाइली विकले होटल सञ्चालनमा ल्याइसकेपछि सुनेका शब्द हुन् यी। घरपझोङ-२ मार्फामा होटल सञ्चालनमा ल्याएपछि धेरैपटक यसखाले शब्द सुनेकी छिन् उनले। तर, उनको विभेदकै बिच उनको सफलताको कथा सुन्न लायक छ ।
बिहे भएर घर पुग्दा पो थाहा पाइन् - कान्छी बनाएर भित्र्याएका रहेछन्। बिहे गरेर घर गएकाले समाजको डर, फर्किने बाटो बन्द ।
उनमा यस्तो समस्या देखिएपछि परिवारले चारदिनअघि मात्र झारफुक गर्ने ठाउँमा लगे। पछि उनलाई गण्डकी मेडिकल कलेज पुर्याइयो ।
अस्पतालको उपचार पश्चात् अहिले उनको अवस्थामा सुधार आएको छ। चिकित्सकसँग कुरा गरेपछि उनमा देखिएको समस्याको कारण पत्ता लाग्यो। घरमा श्रीमानको दुर्व्यवहार र आर्थिक समस्याका कारण उनलाई मानसिक समस्या देखिएको थियो ।
तर, अहिले यो अंकमा फेरबदल भएको छ। भारतीय र चिनियाँ पर्यटकबाट पोखराका पर्यटन व्यवसायीले लाभ कमाइरहेका थिए। तर, कोरोनापछि चिनियाँ पर्यटकको संख्या ओरालो लाग्यो। यता, भारतीय पर्यटकको संख्या दोब्बर बन्यो ।
फेवा संरक्षणको पक्षमा न्यायपालिकाले पटकपटक फैसला गर्दै आए पनि वर्षौंदेखि समाधान हुन नसकेको विषय हो यो। ताल संरक्षणको लागि २०६४ साउन २८ गते पोखरा उपत्यका नगर समिति र जिल्ला परिषद् कास्कीको बैठकले तालको मापदण्ड ६५ मिटर तोकेको थियो। मापदण्ड तोके पनि ताल मिच्दै बनेको संरचनाले फेवाताल जोखिममा परेपछि विषय अदालतमा पुग्यो ।
कृषिका लागि भने रोकावट नभएकाले केही वर्षयता फेवा फाँटमा धान लगाउने किसान बढेका थिए। तर, अहिले त्यही फेवा फाँटमा दुई वर्षदेखि धमाधम प्लटिङ भइरहेको छ। त्यो पनि पोखरा महानगरको आडमा ।
नरसुब्बा गुरुङ बिहे गरेर घान्द्रुक आएकै ६० वर्ष बित्यो। तनबीस लामो कालखण्डमा नरसुब्बाले गाउँमा परिवर्तन देखिन्। बसाइँसराइँ देखिन्। गाउँको दु:ख भोगिन्। समयले कोल्टे फेरेको साक्षी बनिन्। मेलापातमा उकाली ओराली गरिन्। विगतका ती दिन सम्झदा नरसुब्बालाई अझै पनि गह्रौं लाग्छ ।
घुम्न आउने पर्यटकलाई पर्खालभित्रको दरबारले तानिरहन्थ्यो। सर्वसाधारणले पनि पर्खालभित्रको दृश्यलाई चिच्याउन खोजिरहे। तर, गणतन्त्रले भत्काएको राज संस्थाको दरबारलाई पर्खालले छेकिरह्यो ।
जसलाई परिकल्पना गरेका थिए तत्कालिन राजा महेन्द्र शाहले। तालको किनारमा महेन्द्रले संरचना बनाए २०१५ सालमा। संरचनाले पूर्णता पाएपछि नाम राखियो रत्नमन्दिर। महेन्द्रको कान्छी रानी रत्नको नाममा ।
हराउँदै पूरा गरेको कपुचे यात्रापछि नयाँ गन्तव्य भेट्न सकेको छैन। त्यसरी नै हराउने योजना बने यसबिच। तर बनेका योजना नै हराए ।
पोखरामा सुन पसल सञ्चालन गर्दै आइरहेका उनले सुजनलाई १ करोड ५६ लाख ११ हजार रुपैँया बराबरको गरगहना बिक्री गरे। चिनेकै व्यक्ति भएका कारण सुमनले भुक्तानी चेकबाट लिन सहजै स्विकारे ।
अन्नपूर्ण र पुनहिल उक्लिने बाटो यतै। घलेक र आफनो मौलिक गुरुङ पोशाकमा ठाँटिने गाउँलेको पहिरनले थप सुन्दरता थपिदिन्छ यहाँ। यहीँ सुन्दरतामा लालायित छन् पर्यटक पनि। विशेषगरि आन्तिरक पर्यटक ।
अनि बच्चा जन्माउने दबाब पनि उत्तिकै। परिवार र समाजले स्वीकार गर्दैन उनको अस्तित्व। जसले निम्त्याउँछ कहालीलाग्दो समस्या ।
चुनावलगत्तै फेरिएको गठबन्धन दुई महिनामात्र टिक्यो। केन्द्रदेखि प्रदेशसम्म सरकार बनिसकेपछि गठबन्धन फेरिँदा अहिले तत्कालीन एमाले- माओवादी केन्द्रको तालमेलमा बनेका प्रदेश सरकार संकटमा छन् । | pahilopost.com |
2,926,036 | शिक्षकहरु शैक्षिक सामाग्री सहित टोलमै पुग्न थालेपछि विद्यार्थी पनि खुशी भएका छन् । शिक्षक विद्यार्थीहरुको पायक पर्ने स्थानमा टोल विभिजन गरी पढाउने काम गरी रहेको सरस्वती माध्यमिक विद्यालयका शिक्षक रविकिरण ओलीले बताउनु भयो । कोरोना भाइरसका कारण अब पढ्न पाइदैन की भनेर चिन्तित बनेका विद्यार्थीहरु लागि सामुहिक पढाई निकै सहज महसुस गरेको उहाँको भनाई छ । उहाँले भन्नु भयो ‘कलस्टर निर्धारण गरी शिक्षकहरु टोल टोलमा पुगी विद्यार्थीहरुलाई प्रोजेक्ट वर्क दिने काम भइरहेको छ ।’ बालविकास केन्द्रदेखि कक्षा१० सम्मका झन्डै ८ सय बढी विद्यार्थीहरु भर्ना भई सामुहिक अध्ययन गरी रहेको उहाँको भनाई छ ।
बन्दा बन्दीका कारण विद्यालय जान नपाएका बागचौर नगरपालिका ५ शिवरथकी निर्मला वि.क.लले शिक्षक टोल टोलमा पुगी प्रोजेक्ट वर्क दिनथालेपछि घरमै पढ्न थालेको बताउनु भयो । सरस्वती माध्यमिक विद्यालय बागचौर नगरपालिका ५ शिवरथमा कक्षा १० मा अध्ययनरत उहाँले अरु साथीहरुसँगै सामुहिक रुपमा पठन पाठन गर्न थालेपछि निकै सहज भएको बताउनु भयो । बागचौर नगरपालिकाका सबै विद्यालयहरुमा सामाजिक दुरी कायम गरी भर्ना गर्ने कार्यसँगै टोल टोलमा पुगी बालबालिकाहरुलाई पठनपाठन गराई रहेको बागचौर नगरपालिकाका शिक्षा शाखाका टेक बहादुर डिसीले बताउनु भयो । घरमा पठनपाठनको वातावरण नभएका र पाठ्यसामाग्रीको अभाव भएका बालबालिकाले घरमै सिक्न पाएको उहाँको भनाई छ । उहाँले भन्नु भयो, ‘विद्यालयमा जान नपाए पनि अहिले उनीहरुलाई धेरै राहत मिलेको छ ।’ नगरपालिकामा ४४ प्राथमिक, १४ आधारभुत, १० माध्यमिक गरी ६८ सामुदायिक विद्यालय रहेका छन् । कोरोना महामारीका कारण क्वारेनटाइन बनाइएका जिल्लाका अधिकांश विद्यालयका विद्यार्थीहरु सामुहिक रुपमा गाउँ गाउँमा पढी रहेको शिक्षा विकास तथा समन्वय इकाई कार्यालय सल्यानका इकाई प्रमुख लाल बहादु घर्तीले बताउनु भयो । विद्यालय कहिलेदेखि सञ्चालन गर्ने भन्ने अन्यौल भइरहेको अवस्थामा जिल्लाका विभिन्न विद्यालयले आफ्नो सापेक्षतामा पढाई भई रहेको उहाँको भनाई छ । क्वारेनटाइन नभएका र विद्यार्थी थोरै भएका केही विद्यालयका विद्यालयहरुले कक्षामा नै पढाई रहेको पाइएको उहाँको भनाई छ । | newsofnepal.com |
3,335,196 | टीकापुर घटनामा जेल सजाय भोगिरहेका रेशम चौधरीले आफू दोषी नभएको प्रष्टीकरण दिएका छन् । टिकापुर घटनाको वास्तविकता दोषी राज्यलाई नै थाहा भएको बताउँदै आफू निर्दोष भएको उनले दाबी गरेका छन् । चौधरीपत्नी रन्जिता श्रेष्ठले टिकापुर घटनाका दोषीलाई राज्य जोगाएर राखेको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेकी छन् ‘दोषीलाई राज्यले नै जोगाएर राखेको छ । बरु तिनलाई पुरस्कार दिइएको छ ।’ रञ्जिता नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष हुन् । रेशम चौधरीले लेखेर दिएको भनाइ आफूले सामाजिक सञ्जालमा लेखेको उनले बताएकी छन् । सरकारले टीकापुर घटनाको यथार्थ छानबिनको रिपोर्ट समेत सार्वजनिक नगरेको उनको आरोप छ । ‘टीकापुर घटनाको यथार्थ छानबिनको रिपोर्ट सार्वजनिक नगर्नु भनेकै राज्य दोषी हुनु हो । लाल आयोग, शर्मा आयोग हाम्रा आग्रहमा गठन गरिएको होइन । राज्य स्वयंले गरेको हो । आफैँले बनाएको रिपोर्ट, आफैँले सार्वजनिक गर्न नसक्नु भूल स्वीकार्नु होइन ?’ उनले लेखेकी छन् । उनले टिकापुर घटनाका दोषीलाई राज्यले राजनीतिक लाभ दिएर हाँसो उठाएको उल्लेख गरेकी छन् । उनले लेखेकी छन्, ‘दोषीलाई राजनीतिक लाभ दिइएको छ । कहिलेकाहीँ त निकै हाँसो पनि उठछ, राज्यले उल्टो तिनैलाई वार्ता टोलीको संयोजक बनाएर पठाउँदा ।’ पछिल्लोपटक सबैले आफलाई निर्दोष भन्न थालेको भन्दै लेखेका छन्, ‘हामीलाई निर्दोष भन्न थालेका छन् । पूर्व वर्तमान सबै प्रधानमन्त्रीले यथार्थ स्वीकार गरिसके । तैपछि अझै हामी जेलमा छौं । निर्दोषलाई जेलमा राखेर सुशासनको कुरा किन गर्ने पूर्व र वर्तमान प्रधानमन्त्रीज्युहरु ? वारदात स्थलमा नभएकालाई थुनेर न्यायको हथौडा अदालतमा छ भनेर पञ्छिन पाइन्छ ?’ २०७२ साल भदौ ७ मा विरोध प्रदर्शन हिंसात्मक बनेपछि नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी मारिएका थिए । घटनामा एक बालकको पनि मृत्यु भएको थियो । उक्त घटनामा सांसद रेशम चौधरीलाई जिल्ला अदालत र उच्च अदालतले जन्मकैदको फैसला सुनाएको थियो । तर, चौधरीले आफू निर्दोष रहेको पटक पटक बताउँदै आएका छन् । टीकापुर घटनाले गुमाउन केही बाँकी रहेन । घर, गाडी सञ्चालन गरेको रिसोर्ट, एफएम सबै सरकारी कर्फ्युका बीचमा स्वाहा भयो । मेरो भौतिक सम्पत्ति जल्यो । कतिका अस्मिता लुटिए । इश्र्याले बाबु-आमा समानकालाई दुश्मन देख्यो । विचरा भोका वस्तुलाई चराउने, पानी पियाउनेलाई पनि डिउटीवालले दुई चार झापड लगाए । राजनीतिक द्वन्द्वले थारु-पहाडीलाई बैरी बनायो । सुरक्षाकर्मी र एक बच्चाको सहादतले हामीलाई पनि पोलेको थियो । तर राज्यले हामीलाई हत्याराको नजरले मात्र हेर्यो । दोषी हामीलाई देख्यो । गर्नसक्ने जति ज्यादती गर्यो । धन, सम्पत्ति, इमान, इज्जत केही बाँकी राखेन । पुनः लेख्दैछु, गुमाउन केही बाँकी छैन । वास्तविकता राज्यलाई थाहा छ । दोषीलाई राज्यले नै जोगाएर राखेको छ । बरु तिनलाई पुरस्कार दिइएको छ । राजनीतिक लाभ दिइएको छ । कहिलेकाहीँ त निकै हाँसो पनि उठछ राज्यले उल्टो तिनैलाई वार्ता टोलीको संयोजक बनाएर पठउँदा । पछिल्लोपटक सबैले हामीलाई निर्दोष भन्न थालेका छन् । पूर्व वर्तमान सबै प्रधानमन्त्रीले यथार्थ स्वीकार गरिसके । तैपछि अझै हामी जेलमा छौं । निर्दोषलाई जेलमा राखेर सुशासनको कुरा किन गर्ने पूर्व र वर्तमान प्रधानमन्त्रीज्युहरु ? वारदात स्थलमा नभएकालाई थुनेर न्यायको हथौडा अदालतमा छ भनेर पञ्छिन पाइन्छ ? कुरोलाई चुरोमा पु¥याऔं है ! चुनाव जितेर दुई वर्षसम्म विजय प्रमाण पत्र र माननीयको शपथ मलाई किन खुवाइएन ? कुन कानुनले हिजो दिएन र कुन कानुनको धारा, उपधाराले दुई वर्षपछि दिइयो ? कानुन कसैको व्यक्तिगत बपौती हो ? शपथ खुवाएपछि मैले आफ्नो मतदाताको सेवा गर्न पाउनु पर्दैन ? टीकापुरलाई राज्यले जनप्रतिनिधिविहीन बनाउन पाइन्छ ?झ्यालखानामा थुनी राख्ने भए अर्को प्रतिनिधिको चुनाव गराउन पर्दैन ? राजनीतिमा राज्यको कामै दमन गर्नु हो भन्थे हो रैछ । टीकापुर घटनाको यथार्थ छानबिनको रिपोर्ट सार्वजनिक नगर्नु भनेकै राज्य दोषी हुनु हो । लाल आयोग, शर्मा आयोग हाम्रा आग्रहमा गठन गरिएको होइन । राज्य स्वयंले गरेको हो । आफैँले बनाएको रिपोर्ट, आफैँले सार्वजनिक गर्न नसक्नु भुल स्वीकार्नु होइन ? राज्यसँगै हामी त आफ्नैबाट पनि ठगियौं । त्रेतायुगमा सुनको लंका जलाएर विभिषण राजा भएका थिए रे ! यहाँ पनि हामीलाई आफ्नैले खरानी बनाएर शासन गर्न खोज्दैछन् । मन्त्री त बनिसके । गरौंला धेरैले भने तर कहिल्यै भएन । हुन्छ सबैले भन्छन् तर हुँदैन रहेछ । गन्तव्यको सारथी अर्कोलाई बनाएर लक्ष्य भेटिँदैनरहेछ । त्यसैले सडे पनि अलि दिन सडुँला । मन बलियो बनाएर कठोर निर्णय गरेँ, आफ्नै बाटो लाग्ने । कसैका सामु नगिडगिडाउने, याचना नगर्ने, किच्चडबाट उम्किन आफैँ प्रयत्न गर्ने । बेला भइसकेको त छैन तर विकल्प भएन । यहाँसम्मको राजनीतिक यात्रामा साथ दिनुहुने सबैलाई धन्यवाद । कसैसँग केही गुनासो छैन । धेरै कुरा सिकाउनुभो धन्यवाद । गोता लगाएर मोती भेटाउन नसके पनि राजनीतिक गोताखोर जरुर भइयो । राजनीति यस्तै रहेछ, सत्य असत्य, असत्य सत्य । इमानीभन्दा बेइमानीहरुले अंक बढी प्राप्त गर्दा रहेछन् । कार्यकर्ता बेचेर पद प्रतिष्ठा आर्जन गर्ने प्रचलन रहेछ । झुट, इमान, कार्यकर्ता बेच्ने कलामा निपुन भएपछि बल्ल राष्ट्रवादी नेता भइँदो रहेछ । अहिलेसम्म के भोगिएन । के भएँ, के भइनँ । कहिले बजारको खजाना भएँ, कहिले जँड्यहाको गाना बजाना भएँ । कहिले नोटमा चलियो । कहिले भोटमा चलियो । लामो हथौडाको सयौं चोट खपरे अर्काको पूजा कोठामा मूर्ति भै सजिएँ । कसैका लागि हीरामोतीको दाना भएँ । अघोरीको माना भएँ । संसदमा लिलाम भएँ । स्वार्थमा उनकै काम तमाम भएँ । बनियाको धन अनि महाराजको मन भइयो । अन्ततः विकल्प नदेखेपछि बाटो पहिल्याउने निर्णय गरेँ । कसैसँग केही गुनासो छैन । राजनीतिक यात्रामा फेरि कुनै न कुनै दिन जरुर सहयात्री भइएला । त्यसैले आङको छारो उडाएर आफ्नै मयल देखाइ फोहोरी कहलिनु छैन मलाई । अबको वैकल्पिक यात्रामा सहानुभूति जरुर होस् । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं । | drishtinews.com |
774,721 | बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचाररत धरान-२ की कोरोना संक्रमित ३८ वर्षीया महिलाको आइतबार मृत्य भएको छ ।प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार असोज ११ गते राति करिब साढे ११ बजे आकस्मिक कक्षमा पुर्याइएको थियो । तत्कालै प्रतिष्ठानको माइक्रोबायोलोजी विभागको प्रयोगशालामा पीसीआर जाँच गर्दा कोरोना पोजिटिभ रिपोर्ट देखिएको थियो । दीर्घरोग नदेखिएपनि आकस्मिक कक्षमा परीक्षण गर्दा मृतक महिलामा अत्यधिक ब्लड सुगर देखिएको अस्पतालले जनाएको छ ।निमोनियासहित ज्वरो, खोकी र श्वासप्रश्वासमा कठिनाई भएपछि प्रतिष्ठानमा उपचारका लागि पुर्याएको करिब ६ घण्टामा महिलाको मृत्य भएको प्रतिष्ठानले जनाएको छ ।मृतक महिलाको शवको व्यवस्थापन स्वास्थ्य प्रोटोकलअनसार भइरहेको प्रवक्ता सापकोटाले बताए । योसहित धरानमा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या ८ पुगेको छ भने प्रतिष्ठानमा उपचार गर्दा गर्दै मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।यसैबीच धरानमा सोमबार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । इनरुवास्थित स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा सुनसरीमा ३३ जना संक्रमित थपिएका छन् । ती मध्ये धरानका १४ जना, इटहरीका १० जना र दुहबीका ९ जना रहेको जिल्ला कोभिड संयोजक दीक्षा श्रेष्ठले बताइन् । | ekantipur.com |
6,279,209 | ललितपुर महानगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली काँग्रेसका उम्मेदबारले विजय भएका छन । नेपाली काँग्रेसका नगरप्रमुख पदका उम्मेदवार चिरीबाबु महर्जन २४ हजार ६४२ मतका साथ प्रमुख पदमा विजयी भएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण दवाडीले जानकारी दिए । महर्जनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारले २४ हजार ३१६ मत प्राप्त गरे । त्यसैगरी, उपप्रमुख पदमा नेपाली काँग्रेसका गीता सत्यालले १९ हजार ८१९ मत प्राप्त गरी विजयी भइन । उनकाे निकटतम प्रतिद्वन्द्वी साझा पार्टीकी शोभा शाक्यले १४ हजार २४० मत प्राप्त गरिन । ललितपुर महानगरको निर्वाचनमा एमाले र राप्रपाबीच गठबन्धन रहेको थियो । | aajakonews.com |
3,742,307 | प्रमुख प्रतिपक्षी दल कांग्रेसले छाया सरकार गठनका लागि सांसदहरूबाट आवेदन मागेको चार महिनापछि सम्भावित मन्त्रीको नाम तय गरेको छ । २१ वटै मन्त्रालयमा छायामन्त्री बनाउने गरी नाम प्रस्ताव गरेको हो । गगन थापा, डा. मीनेन्द्र रिजाल, ज्ञानेन्द्रबहादुर कार्की, डा. नारायण खड्का, मानबहादुर विश्वकर्मा, बद्री पाण्डेलगायत नेता प्रस्तावित मन्त्रीको सूचीमा छन् । सभापति शेरबहादुर देउवाले अन्तिम टुंगो लगाएपछि छाया सरकार घोषणा गर्ने तयारी छ । यसबारे कांग्रेसको प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले देउवासँग छलफल गरेका छन् । प्रस्तावित नाममा सभापतिले सहमति जनाए शनिबार बस्ने संसदीय दलको बैठकबाटै मन्त्रीहरू घोषणा हुने कांग्रेस स्रोतले जनायो । ‘हामीले सरकारका कामलाई नजिकबाट निगरानी गर्नका लागि छाया सरकार गठन गर्ने पूर्वघोषणाअनुसार सम्बन्धित मन्त्रालय हेर्ने संयोजकको लगभग टुंगो लगाएका छौँ,’ कांग्रेस स्रोतले भन्यो, ‘घोषणा हुँदासम्म तोकिएका नाममा मन्त्रालयको हेरफेर हुन सक्छ, तर नाम भने यिनै हुनेछन् ।’ गत २४ पुसमा बसेको पार्टी संसदीय दलको बैठकले छाया सरकार बनाउने औपचारिक निर्णय गर्दै इच्छाएका तीन मन्त्रालयको नाम पेस गर्न सांसदहरूलाई भनेको थियो । ३० भन्दा बढी सांसदहरूले गरेको प्रस्तावका आधारमा कांग्रेसले छायामन्त्रीको सूची तयार गरेको हो । पदाधिकारी, पूर्वपदाधिकारी, संसदीय दलका उपनेता, प्रमुख सचेतकबाहेक मन्त्री भइसकेका र केन्द्रीय सदस्यमध्येबाट छायामन्त्री बनाइँदै छ । एउटा मन्त्रालय हेर्न तीनदेखि चार सदस्य तोक्ने तयारी पनि छ । छाया सरकारमा २१ मन्त्रीसहित ६६ सांसदले भूमिका पाउनेछन् । प्रमुख सचेतक बालकृष्ण खाणका अनुसार मन्त्रालयमा एक संयोजक र अरू उपसंयोजक हुनेछन् । नेपाल सरकारका मन्त्रालयहरूमा भएका राम्रा कार्यको जानकारी राख्ने, कमीकमजोरी र अनियमिततालाई जनसमक्ष ल्याउने भूमिका छायामन्त्रीहरूले खेल्ने खाणले बताए । यो खबर आजको मा प्रकाशित छ । | emountaintv.com |
1,331,501 | सोमबार रातिदेखि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको हो। निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बढाएको छ। नयाँ मूल्यअनुसार प्रतिलिटर पेट्रोल १ सय ९ र डिजेल तथा मट्टीतेल ९७ रुपैयाँ पुगेको छ । | annapurnapost.com |
3,681,013 | आयोगले उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन चाहे आजैका लागि समय दिएको छ । उम्मेदवारी फिर्ता भइसकेपछि उम्मेदवारहरुको यमनी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरेको क्षेप्यास्त्रलाई साउदी हवाई सेनाले निस्तेज पारेको हो । आकाशमै ध्वस्त पारिएको क्षेप्यास्त्रका केही टुक्रा विमानस्थल आसपास खसेका थिए भ्रष्टाचार नियन्त्रण गर्ने एक समितिले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुको नाम भने सार्वजनिक गरिएको छैन । त्यसैगरी उनीहरुले गरेको भ्रष्टाचारको विवरणसमेत सार्वजनिक गरिएको छैन । यद्यपी सन् २००९ वेष्ट ह्याम युनाईटेडको मैदानमा भएको खेलमा लिभरपुललाई विजयी गराउन मोहोमद सालाहले दुई गोल गरे भने जोएल माटिप र अक्सलेड चेम्बरलीनले एक–एक गोल गरे । जितपछि लिभरपुल प्रिमियर लिगको अंक तालिकामा निर्वाचन आयोगमा काजमा काम गर्नका लागि भन्दै आउने कर्मचारीको चाप थेगिनसक्नु छ । स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण यो वर्ष मुलुक निर्वाचनमय बनेको छ । यस्तो अवस्थालाई कर्मचारीले उत्तर भारतको हिमाञ्चल प्रदेशको कांगडामा भएको राजनीतिक सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री मोदीले प्रतिपक्षी दललाई ‘धमिरा’को संज्ञा दिँदैे आलोचना गरेका हुन् । भ्रष्टाचारलाई प्रोत्साहन गर्ने उक्त दललाई छोडी आफ्नो दल ती पार्टीले तयार पारेको आगामी प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको घोषणापत्रमा रेलमार्ग निर्माणको कामलाई प्रभावकारीरुपमा अगाडि बढाउने र यातायातको सुगमतालाई विशेष जोड दिने उल्लेख छ । वाम गठबन्धनले रेलमार्गबाट चीन राष्ट्रिय पुनर्मिलन समिति, भुटानले शनिबार शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायोगको मुख्य कार्यालय जेनेभालाई इमेल ज्ञापनपत्र पठाउँदै त्यस्तो माग गरेका हुन् । तेस्रो मुलुक पुनर्वासपछि बाँकी रहेका इच्छुक शरणार्थीलाई स–सम्मान स्वदेश फर्काउन विगतमा चीनले कुनमिङमा आयोजना गर्दै आएको यस्तो मेला चीनबाहिर पहिलोपटक नेपालमा आयोजना गरिएको हो । क्षेत्रीय व्यापारको प्रवद्र्धन तथा विकास गर्ने उद्देश्यले मेला आयोजना गरिएको जनाइएको छ । | imagekhabar.com |
491,484 |
‘भ्रष्टाचार विरुद्ध भारत’ नारा लाएर राजनीतिको मैदानमा उदाएका आम आदमी पार्टीका संयोजक तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाललाई यतिबेला आएर रक्सीको पोखरीमा डुब्नुपरेको छ । भ्रष्टाचार विरुध्द चर्को नारा लाएर सर्वसाधारणको मन जित्दै र कर्मचारी वर्ग तर्साउँदै करिब १२ वर्ष अघि भारतीय राजनीतिमा प्रकट भएका थिए केजरीवाल । उनै केजरीवाल अहिले ‘आबकारी नीति घोटाला’ को मुख्य योजनाकार भएको, ६ अर्ब भन्दा बढी घुस लिएर गोवा विधानसभाको चुनावी अभियानमा खर्च गरेको जस्ता गम्भीर आरोपमा मुछिएका छन् । यो प्रकरण दिल्लीमा नीजि क्षेत्रलाई मदिरा विक्रीको लाइसेन्स वितरणसँग जोडिएको छ । लोकप्रियताको शिखर पुगेका केजरीवाल रक्सी घोटालाको गम्भीर आरोपमा जेलको सिँडीमा पुगेपछि उनका समर्थक चकित परेका छन् । केजरीवाललाई बिहीबार राती पक्राउ गरेर दिल्ली अदालतको अनुमतिमा मार्च २८ सम्म हिरासतमा राखेर अनुसन्धान जारी राखिएको छ । केजरीवाल संयोजक रहेको आम आदमी पार्टीले दिल्ली, हरियाणा र गुजरातमा लोक सभा चुनावका लागि विपक्षी पार्टी कांग्रेससँग गठबन्धन गरेर चुनावी राजनीतिमा प्रवेश गरिरहेका बेला उनी प्रक्राउ पर्नुलाई चासोका साथ हेरिएको छ । सत्तारुढ भारतीय जनता पार्टीले निर्वाचनलाई लक्ष गरेर केजरीवाललाई विवादमा पारेको भनेर एकतर्फ आलोचना पनि भैरहेको छ । पार्टीका राष्ट्रिय संयोजकको गिरफ्तारीले पार्टीको चुनावमा गम्भीर असर पार्न सक्ने प्रक्षेपण पनि भइरहेको छ । किनभने उनी लोकसभा चुनावको लागि योजना र रणनीतिको केन्द्रमा थिए । भारतमा भ्रटाचार विरोधी आन्दोलनबाट उदाएका केजरीवाल तीन पटकसम्म दिल्लीका मुख्यमन्त्री बनिसकेका छन् । करिब १२ वर्षअघि भारतीय जनताले भ्रष्टाचार अधियानकै कारण पत्याएका उनी भातीय राजनीतिको उत्कर्षमा पुग्न धेरै समय लगाएनन् । सन् २०११ को भ्रष्टाचार विरोधी आन्दोलनबाट उभरिएका केजरीवालले निकटतम मित्रहरूको सहयोगमा सन् २०१२ अक्टोवर ६ मा गान्धी जयन्तीको अवसर पारेर स्थापना आमआदमी पार्टी नामक पार्टीको स्थापना गरे । केजरीवालले एकल हातले दिल्ली र पञ्जाबमा मात्र नभई सुदूर गुजरात र गोवामा पनि आफ्नो पदचिन्ह राख्दै भाजपा र कांग्रेसलाई पछ्याउँदै देशको तेस्रो ठूलो राष्ट्रिय पार्टीको रूपमा आपको उदयको नेतृत्व गरे । तर त्यो बेला आम आदमी पार्टी–कांग्रेसको सरकार ४९ दिन मात्र टिक्न पायो । किनभने केजरीवालले दिल्ली विधानसभामा जन लोकपाल विधेयक पारित गर्न नसकेपछि राजीनामा दिएका थिए । त्यस्तै, सन् २०१५ को विधानसभा चुनावको दौडमा, उनले २०१३ मा ४९ दिनको कार्यकालमा आफ्नो कार्यका लागि लगातार माफी मागेका थिए र फेरि राजीनामा नगर्ने वाचा गरेका थिए । दिल्लीमा आफ्नो पहिलो चुनावमा पार्टीको चुनावी लाभबाट उत्साहित केजरीवालले वाराणसीबाट २०१४ मा लोकसभा चुनावमा भाजपाका नरेन्द्र मोदीसँग सामना गरे । तर हार चाख्न पुगे । आफ्नो ’भ्रष्टाचार विरुद्धको भारत’ नामक अभियानका क्रममा भारतमा सक्रिय राजनीति गरिरहेका नेताहरुलाई केजरीवालले स्वास्थ्य, शिक्षा, पानी र बिजुली आपूर्ति जस्ता मुद्दाहरूलाई आफ्नो राजनीति र शासनको मूलको रूपमा राख्न सफल भए । अहिले उनको पार्टीले राम्रै लय समाइरहेको छ । यद्धपी उनी भनेर गम्भिर आरोपको सामना गरिरहेका छन् । केजरिवालको गिरफ्तारीले दिल्लीमा संवैधानिक संकट उत्पन्न भएजस्तो देखिएको छ । जताततै आन्दोलनका कार्यक्रम तय गरिएका छन् । आपका नेताहरूले केजरिवालले मुख्यमन्त्रीको पदबाट राजीनामा नदिने र जेलबाट नै सरकार चलाउने बताएका छन् । यद्यपि, यसबारे पार्टीको औपचारिक निर्णय आउन बाँकी छ । राज्य सरकारका कैयौँ काममा मुख्यमन्त्रीको उपस्थिति अनिवार्य हुन्छ । मन्त्रिपरिषद् बैठकबाहेक अन्य कैयौँ समितिको अध्यक्षता पनि मुख्यमन्त्रीले गर्नुपर्ने भएकाले जेलबाट सरकार चलाउन भने असम्भवप्रायः छ । | lokpath.com |
1,989,244 | सरकारका तर्फबाट जयराम यादव र एमालेको तर्फबाट हिक्मतकुमार कार्कीबीच यस्तो सहमति भएको हो । प्रदेशको स्वास्थ्य मन्त्रालयमा भएको छलफलबाट उक्त सहमति भएको प्रदेश १ का स्वास्थ्यमन्त्री समेत रहेका संयोजक यादवले जानकारी दिए । | kathmandupati.com |
1,267,532 | त्यसको अर्को बिहान किड्रनले आई जस्ट वान लिभ बोलको गीत गाएर इन्स्टाग्राममा पोस्ट गरेका थिए। उक्त गीत किड्रनकी आमा जोनेटा ब्रायन्टले रचना गरेकी हुन्। ज्याक्सनभिला फ्लोरिडाका किड्रनले गाएको सो गीत प्रहरी ज्यादती तथा रंगभेद विरोधी प्रदर्शनको प्रमुख गीत बनेको छ। वार्नरले जुनटिन अर्थात् जुन १९ को अवसर पारेर गीत सार्वजनिक गरेको हो। जुनटिनलाई अमेरिकामा शताब्दियौंदेखिको दासत्व अन्त्य भएको दिनको रूपमा मनाइन्छ। वार्नर कम्पनीका अनुसार किड्रनको गीतबाट भएको मुनाफा नेसनल एसोसिएसन फर द एड्भान्सेमेन्ट अफ कलर्ड पिपुललाई दिइनेछ। किड्रनको गीतलाई अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा, बास्केटबल लेजेन्ड लिब्रोन जेम्स, गायिका ज्यानेट ज्याक्सन, अभिनेत्री लुपिता न्योगंगोसहीलगायतले प्रशंसा गरेका छन् । | annapurnapost.com |
3,534,022 | कैलालीको मालाखेती अस्पतालले स्वास्थ्य सेवामा सुधार गरेको छ । प्राथमिक सवास्थ्य चौकीबाट अस्पतालमा स्तरोन्नति भएको ९ वर्ष पुग्दासम्म मालाखेती अस्पताल स्वास्थ्य केन्द्रकै सेवामा सिमित थियो । | imagekhabar.com |
4,764,194 | मधेश प्रदेशमा पुगेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौंमा भएको राप्रपाको प्रदर्शनमा दमन गर्न सुरक्षा निकायलाई निर्देशन नदिएको बताएका छन् । जनकपुरधाममा आयोजित मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठीको समापन सत्रमा बोल्दै उनले सुरक्षा निकायलाई दमन गर्न निर्देशन नदिएको दाबी गरे । | nepalpress.com |
2,141,572 | विश्व बजारमा सार्वजनिक हुनुअघि पोको एफ४ फाइभजी भारतमा आज जुन २३ मा सार्वजनिक गर्न लागिएको हो। सार्वजनिक कार्यक्रम स्थानीय समय अनुसार साँझ ५ः३० मा शुरु हुने र यसलाई यूट्युब, फेसबुक तथा ट्विटरमा लाइभस्ट्रिम गरिने गिज्मोचाइनाले उल्लेख गरेको छ। हालसम्म बाहिर आएका चर्चा अनुसार पोको एक्स४जीटी यसअघि बजारमा उपलब्ध रेडमी नोट ११टी प्रोको रिब्रान्डेड भर्सन हुने बुझिएको छ। यसमा १४४ हर्ज रिफ्रेश रेटयुक्त ६.६ इन्चको फुल एचडी एलसीडी डिस्प्ले तथा डाइमेन्सिटी ८१०० चिपसेट रहनेछ। यो डिभाइसमा ६७ वाट फास्ट चार्जिङयुक्त ५, ०८० एमएएचको ब्याट्री दिइएको छ। यसबाहेकका अन्य जानकारी भने बाहिर नआएको बुझिएको छ । | technologykhabar.com |
5,145,791 | २४१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले दोस्रो ओभरमा ओपनर डेविट वार्नरलाई गुमाएको हो। मोहम्मद शामीको बलमा विराट कोहलीले वार्नरलाई क्याच आउट गरे। पहिलो ओभरमै १५ रन बनाएको अस्ट्रेलियाले आक्रमक सुरुवात गरेको थियो। तर भरपर्दा ब्याटर ७ रनमै पेबेलियन फर्किएका छन्। अहिले मार्स र हेड क्रिजमा छन्। यसअघि गुज्रातको नरेन्द्र मोदी स्टेडियममा भारतले अन्तिम बलमा सबै विकेट गुमाउँदै २४० रन बनाएको छ । | nepalkhabar.com |
176,837 | जाजरकोटको जुनीचाँदे गाउँपालिका–४ को लुहादह जिल्लामै छाउगोठ धेरै भएको वस्ती हो। यो वस्तीमा महिनावारी हुनेलाई कडा नियम छ। ५ दिनअघिसम्म त उनीहरुले आफ्नो घर छुन समेत मिल्दैन। गृह मन्त्रालयले ‘छाउगोठ भत्काउन’ निर्देशन दिएको लामो समयपछि मात्र यो वस्तीका छाउगोठ जवरजस्ती भत्काइएको छ। यो वस्तीका करिव चार सय घरधुरीमध्ये अधिकांश घरमा महिनावारीलाई छुट्टै राख्नका लागि छाउगोठ बनाइएको थियो। त्यही पनि वस्तीमा अझ फाट्टफुट्ट छाउगोठ रहेको जुनीचाँदे–४ का वडा अध्यक्ष हरिबहादुर खड्काले बताए। उनले भने, ‘केही ठाउँमा हामीले छाउगोठ भत्कायौं, कतै प्रहरीलाई नै पठाएर भत्कायौँ। अझ पनि ५/७ वटा छाउगोठ बाँकी नै छन्।’ ति बाँकी भएका छाउगोठ भत्काएर महिनावारीलाई घरभित्रै राख्न गाउँपालिकाले भने छुट्टै व्यवस्था गरिदिन लागेको छ। जुनीचाँदे गाउँपालिकाका उपाध्यक्ष शिवा आचार्यका अनुसार छाउगोठ भत्काइए पनि महिनावारी हुँदा बाहिर नै बस्ने गरेका छन्, अझ पनि देउताको डर हटेको छैन। यसका लागि गाउँपालिकाले केही बजेटको व्यवस्था गरेर नजिकमा मन्दिर बनाइदिने र घरभित्रका देउताका सामग्री तथा मूर्तिहरु त्यहाँ लगेर राखीदिने योजना बनाइएको उपाध्यक्ष आचार्यले बताइन्। ‘केही फाट्टफुट्ट घरमा छाउगोठ छन् होला, तिनीहरुलाई पनि हामीले भत्काउन भनेका छौँ,’ उपाध्यक्ष आचार्यले भनिन्, ‘देउताको डर लाग्छ भनेर नभत्काइएका केही घरपरिवार होलान्, गाउँपालिकाले केही बजेटको व्यवस्था गरेर अलग्गै मन्दिर बनाएर उनीहरुको घरमा भएका देउतालाई राखिदिने र त्यहीँ पुजा गर्ने व्यवस्था गर्छौँ, तर महिनावारी भएकालाई घरभित्रै राख्ने व्यवस्था गरिनेछ।’ त्यति गर्दा पनि छाउप्रथा मान्न नछोडे गाउँपालिकाबाट दिइने सबै सरकारी सेवासुविधा रोक्ने उपाध्यक्ष आचार्यले बताइन्। छाउपडी नमान्ने प्रमाणित भए मात्र सोसुविधा दिइने उनले बताइन्। ‘जबसम्म महिनावारीहरु घरभन्दा अलग बस्न छोड्दैनन तबसम्म सरकारी सेवासुविधा दिँदैनौँ’ उनले भनिन् । वडा अध्यक्ष खड्काले गोठ भत्काइएका घरका महिला पाल टाँगेर भएपनि बाहिरै बस्ने सम्भावना देखिएको बताए। ‘यहाँ त कतिपय कडा देखिए, छाउगोठ भत्काउन जाँदा स्थानीयले भनेअनुसार त महिनावारी भएका बेला पाल हालेर पनि घरबाहिर बस्ने सम्भावना छ,’ उनले भने, ‘बरू मन्दिर बनाएर देउता अलग राखिदियो भने सहज होला । | setopati.com |
3,668,913 | पाल्पाका किसानले कुरिलो खेती सुरु गरेका छन् । कम खर्चमा बढी आम्दानी हुने भएकाले स्थानीय कृषक यसतर्फ आकर्षित भएका हुन् । कुरिलो खेतीका लागि पाल्पाको हावापानीलाई काठमाडौं, असोज २८ । दसैंको सुरुवातसँगै सुनको मूल्य घटेकाले कारोबार बढ्दै गएको नेपाल सुनचाँदी व्यवसायी सङ्घले जनाएको छ । दसैंको घटस्थापनाको दिन प्रतितोला रु ५८ हजार ३०० मा कारोबार भएको काठमाडौं, असोज २८ । भारतको गोवामा हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री दाहाल त्यसतर्फ कविराज घिमिरेधनकुटा, असोज २८ । धनकुटाका नगरपालिका आसपासकै बासिन्दा दूषित पानी उपभोग गर्न बाध्य भएका छन् । खानेपानीको उपयुक्त स्रोत नहुँदा तथा भएका स्रोत पनि आर्थिक अभावले संरक्षण गर्न नसक्दा काठमाडौं, असोज २८ । नेपालको मध्य पहाडी क्षेत्रमा हरेक बर्ष बर्षायाममा पहिरो गई सडक अवरोध हुने गरेको छ । अझ सीमित प्राविधिक ज्ञानमा बनाइएका ग्रामिण कच्ची सडकको अवस्था कहालिलाग्दो छ , १४: () , , . बैंकक, असोज २८ । उपचारको क्रममा निधन भएका थाइल्याण्डका नरेश भूमिबोल अदुल्यादेजको पार्थिव शरीरलाई सिरिराज अस्पतालबाट शुक्रबार ग्रान्ड प्यालेसमा लगिएको छ । उनको पार्थीव शरीरलाई दरबारमा लग्ने क्रममा हजारौं थाई भोजपुर, असोज २८ । पूर्वी पहाडी जिल्ला भोजपुरका किसान चिराईतो खेतीमा लागेको रोगले चिन्तित बनेका छन् । गत वर्षको तुलनामा यस वर्ष चिराइतोले बजार भाउ पाए पनि बालीमा रोग लागेपछि हङकङ, असोज २८ । हङकङमा जारी विश्वकप महिला क्रिकेट छनोटमा थाइल्याण्डसँग नेपाल एक विकेटले पराजित भएको छ । शुक्रबार बिहान टस जितेर पहिले ब्याटिङ गरेको नेपालले थाइल्याण्डलाई १ सय ९ हेटौंडा, असोज २८ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २८ बसामाडीस्थित सिमलथलीमा व्यावसायिक अफ्रिकन बोयर जातका बोका र बाख्रापालन गरिएको छ । | imagekhabar.com |
5,831,639 | काठमाडौं-जेठ महिनाको चर्को घाम । वरीपरि सवारी साधनको आवाज उस्तै । कता कता केही काम गरिरहेको जस्तो ‘ट्क—ट्क’ आवाज सुनिरहेको थियो । कालोपुलस्थित एक सटरमा यी सबै होहल्लालाई वेवास्ता गर्दै निहुँरिएर एक व्यक्ति काम गरिरहेका थिए । जसको हातमा छिनो र बासिलो देखिन्थ्यो । उनी काठमा विभिन्न बुट्टा भरिरहेका थिए । उनले निकै मिहेनत गरेर काठमा बुट्टा बनाएको हेर्नेहरु उभिइरहेका थिए । आफूले काठमा बुट्टा भरेको अरुले अडिएर हेर्दा काम गर्न थप प्रोत्साहन मिल्ने महशुस गर्छन् ललितपुरका—प्रकाश मालाकार । नेपाली समाजमा पुस्तौँदेखिको पेशा सम्हालेर बस्ने व्यक्ति लोप हुँदै गइरहेको अवस्थामा प्रकाश कलाका साधकको रुपमा खटिएका छन् । पढेलेखेकाहरु राम्रो काम खोज्दै रोजगारीको लागि भौतारिने र नभए विदेश जाने गर्छन् । ‘पैसा कमाउन विदेश नै जानुपर्छ’ भन्ने सोच युवा वर्गमा विकसित भइरहेको छ । तर प्रकाश यस्ता व्यक्ति हुन् जसले कामलाई सानो ठूलो भनेर कहिल्यै लिएनन् । ‘जुन कामबाट आफूलाई सन्तुष्टी हुन्छ त्यही काम गर्नुपर्छ’ भन्ने मूलमन्त्रका साथ उनी अघि बढेका छन् । बाबु गंगाबहादुर मालाकार र आमा सुर्जमाया मालाकारको कोखबाट वि.सं. ०४१ सालमा ललितपुर जिल्ला स्थित बुङमतिमा जन्मिएका थिए प्रकाश। उनका बाबु गंगाबहादुरको पेशा काष्ठकला थियो । प्रकाशलाई बाल्यकालदेखि नै काष्ठकलाप्रति रुचि थियो । ललितपुरकै एक विद्यालयमा कक्षा ८ सम्म अध्ययन गरे उनले । पढाइ सँगसँगै कामप्रति पनि जागरुक थिए उनी । ‘दिउँसो स्कुल पढ्थे बिहान बेलुका बुवाले गरेको काम हेरेर बस्थें’ विगतलाई स्मरण गर्दै प्रकाश भन्छन् । स्कुल पढिरहँदा पनि पढेर भन्दा व्यवहारिक बनेर केही गर्ने सोच आफुमा त्यसबेला नै आएको उनी बताउँछन् । आजभन्दा ३३ वर्ष अघिको कुरा हो । जुनबेला उनी काष्ठकलातिर धेरै नै आकर्षित भएका थिए । बुवाले गरेको काष्ठकलालाई बढो नियालेर हेर्ने प्रकाशमा त्यतिबेला नै आफूलाई पनि काष्ठकलामा समर्पित गर्ने सोच आएको बताउँछन् । उनका बुवाले घरमै बसेर काष्ठकलाको काम गर्ने गर्दर्थे । घरमा बसेरै काम गर्दै पैसा कमाएको देखेर उनी पनि त्यही पेशाप्रति आकर्षित भए। ‘विदेश जाने पैसा कमाउने भन्दा पनि नेपालमै बसेर केही गर्नुपर्छ भन्ने सोच थियो’ प्रकाशले भने । ८ वर्षको उमेरदेखि काष्ठकला सुरु गरेका उनी अहिले निकै प्रख्यात भइसकेका छन् । ‘फोटोफ्रेमबाट सुरु गरेको थिएँ’ सुरुवाती दिनको स्मरण गर्दै प्रकाश भन्छन्,‘अहिले त काठबाट बन्ने सबै प्रकारका सामग्री बनाउन आउँछ’। विगतका दिनमा उनी बाबुसँगै बसेर काम गर्थे । आफैँले व्यवसायिक रुपमा काम गर्नुपर्छ भन्ने सोचले ३ वर्षदेखि कालोपुलमा सटर भाडामा लिइ काम गरिरहेका छन् । उनको वरीपरि काठमा बुट्टा काटेर सजाइएका झ्याल, ढोका, चौकोस, विभिन्न भगवानको तस्वीर, फोटोफ्रेम, खापा, खुकुरी र तरबारको दाप आदि रहेका छन् । जब उनी सानो थिए त्यतिबेला उनका बुवाले काठलाई टुक्रा पारी बुट्टा भर्नै गर्थे । त्यो बेला बजारमा त्यसको माग पनि थियो । पछिल्लो समय काष्ठकलाको व्यापार सुस्ताउन थालेको बताउँदै उनले भने ‘भूकम्पपछि भने व्यापार फस्टाउने क्रममा रहेको छ’ । भूकम्पले भत्काएका ऐतिहासिक तथा साँस्कतिक सम्पदाको झ्याल ढोका बनाउन उनी लागि परिरहेका छन् । ‘माग आएमा जस्ता पनि बनाउन सक्छु’ प्रकाशले भने ‘पोखराका केही मन्दिरको लागि पनि झ्यालढोका बनाएर पठाएको थिएँ’। सम्पदा पुरानै शैलीमा बनाउनुपर्ने हुँदा झ्यालढोकामा कालीगढ बनाउन धेरै दिन लाग्ने उनी बताउँछन् । ‘एउटै झ्याललाई दुई महिनासम्म लागेको थियो’ उनले भने ‘२ लाख अर्डर लिएर त्यो झ्याल बनाएको थिएँ’ । मेहनत लगाएर बुट्टा भर्नुपर्ने बताउँदै प्रकाश भन्छन्, ‘गणेश भगवान बनाउन २ दिन लाग्छ, सामान्य फोटो फ्रेमहरु दिनमा एउटासम्म बन्छ’ । झ्यालढोकामा भने बुट्टा निकै बनाउनुपर्ने हुँदा धेरै दिन लाग्ने सुनाउँदै उनी भन्छन्, ‘सामान्य झ्यालढोका भयो भने छिट्टै बन्छ, बुट्टा धेरै भर्दा भने ढिला हुने हो’। काष्ठकलामा काम गर्नेहरु अहिले विस्तारै हराउँदै गइरहेको बताउँछन् प्रकाश । ‘नेपालमा मात्र नभइ अन्तर्राष्ट्रिय बजारमा पनि काष्ठकलाको माग छ तर कला भएकाहरु कम छन्’ उनले भने । फोटो फ्रेम र झ्यालको माग आएपछि प्रकाशले केही वर्षअघि जर्मनीसम्म पुर्याएका थिए । भन्छन्,‘जति धेरै माग आयो त्यति काम गर्न आनन्द लाग्छ’। ‘पछिल्ला केही सयम यता काष्ठकलाको क्षेत्रमा केही युवाहरु लागि परेका पनि छन्, तर उलेख्य मात्रामा भने छैनन्’ उनले भने ‘बजारको माग पुरा गर्नका लागि यो क्षेत्रमा ठुलो जनशक्ति आवश्यक छ’। काष्ठकलाका क्षेत्रमा महिलाको संख्या न्यून रहेका प्रकाश बताउँछन् । ललितपुरस्थित बुङमतिमा केही महिलाहरु काष्ठकला सिक्न जाने गर्छन्, सीप सिक्न गएपनि धेरैले त्यो व्यवसाय अपनाउन नसकेको उनको भनाइ छ । कतिपय महिलाहरु घरमै बसेर काष्ठकलाको काम गरिरहेका छन्, ‘उनीहरु बाहिर आएर बुट्टा भर्ने काम गर्न सकेका छैनन्’ उनले भने ‘प्रायजसो महिलाहरुले बुट्टा चिल्लो पार्ने, रङ लगाउने, खाक्सी लगाउने काम गरिरहेका छन्’ । | khabarhub.com |
2,220,563 | दार्चुलामा जीप दुर्घटना हुदाँ पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य छ जना घाइते भएका छन् । शैल्यशिखर नगरपालिका –६ उल्लानीमा गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगा जाँदै गरेको जीप दुर्घटना भएको हो । गोकुलेश्वरबाट खलंगाका लागि छुटेको से १ ज ५५१ नम्बरको जीप उल्लानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । जीप सडकबाट करिब २५० मिटर तल खसेको थियो । दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन सकेको छैन । दुर्घटनामा घाइते भएका ६ जनालार्ई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको प्रहरीले जनाएको छ । उद्धार कार्यमा मालिकार्जुन प्रहरी चौकीको टोली र स्थानीय खटिएका छन् । दुर्घटनाको थप विवरण संकलन भइरहेको प्रहरीले बताएको छ । | dcnepal.com |
3,543,084 | राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त बोर्ड सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार राष्ट्रिय खेलकुद परिषद्को कार्यालयमा आयोजित कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले उनीहरुलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको हो । मन्त्रिपरिषद्को गएको असोज २९ गते बसेको बैठकले बोर्ड सदस्यमा हरि खड्का, मानदेव हजारा, पुरेन्द्रबिक्रम लाखे, राजेश गुरुङ, मोहमद सागिर शेख, नन्दा बस्याल, एकेन्द्र कुँवर, चन्द्रबदना राई, सुुमित्रा चौधरीलाई मनोनीत गरेको थियो । त्यस्तै, मन्त्री विश्वकर्माले खेलकुद संघको सिफारिसमा रेनुका श्रेष्ठ र सुवर्णा श्रेष्ठलाई बोर्ड सदस्य नियुक्त गर्नुभएको थियो । | imagekhabar.com |
2,632,767 | गत आर्थिक वर्षको बक्यौता दावी भुक्तानीमध्ये करिब ७० प्रतिशत चालु आवको ६ महिनामै गर्न सफल भएको कम्पनीले जनाएको छ । कम्पनीले २०७८ असारसम्म बाँकी दावीहरु मध्ये आर्थिक वर्ष २०७८÷-७९ को ६ महिनामा करिब ७० प्रतिशत दावी भुक्तानी गरेको हो । आर्थिक वर्षको साउनदेखि पुससम्मको अवधिमा मोटर बीमामा ३३ करोड, इन्जिनियरिङ बीमामा ३.२५ करोड, कृषि बीमामा करिब ३ करोड, सम्पत्ति बीमामा १० करोड, सामुद्रिक बीमामा करिब २ करोड, विविध बीमामा ७ करोड गरी करिब ६० करोड दावी भुक्तानी गरेको कम्पनीले जनाएको छ । कम्पनीले समयमा दावी भुक्तानी गरेको परिणाम स्वरुप ग्राहकको विश्वास जित्न सफल भई व्यवसायमा पनि गत वर्षको ६ महिनामा १८ प्रतिशतले वृद्धि गर्न सफल भएको जनाएको छ । त्यसैगरी कम्पनीले शेयर धनीहरुलाई १५ प्रतिशत बोनस शेयर प्रदान गर्ने प्रस्ताव गरी आब २०७७-७८ को वित्तीय विवरण बीमा समितिमा पेश गरेको छ । | ratopati.com |
5,380,772 | राष्ट्रिय शिक्षा आयोग, २०४९ ले सिफारिस गरे अनुसार शिक्षा क्षेत्रमा कार्यरत जनशक्तिको सेवाकालीन तालिममार्फत पेसागत कार्यदक्षताका लागि राष्ट्रियस्तरमा उच्च तहको एकीकृत संस्थाको आवश्यकता महसुस गरी विसं २०५० साउन १ गते तत्कालीन शिक्षा मन्त्रालय अन्तर्गत शैक्षिक जनशक्ति विकास केन्द्रको स्थापना भयो । यस मातहत देशभरिमा नौ वटा प्राथमिक शिक्षक तालिम केन्द्रको स्थापना भयो । यसरी २०६१ सालमा प्राथमिक शिक्षक तालिम केन्द्रको नाम परिवर्तन गरी शैक्षिक तालिम केन्द्र ‘क’ बनाइयो । माध्यमिक शिक्षा विकास एकाइ (सेडु) लाई शैक्षिक तालिम केन्द्र ‘ख’ बनाइयो । जसको सङ्ख्या देशभरिमा २० वटा रहेको थियो । नीतिगत हिसाबले नै शिक्षा क्षेत्रको तालिमको जिम्मेवारी प्रदेश सरकार मातहत राख्ने व्यवस्थाका कारण आर्थिक वर्ष २०७५/७६ मा साबिकको शैक्षिक तालिम केन्द्र नाम खारेज गरी शिक्षा तालिम केन्द्रको नाममा सञ्चालन गरियो । तत्कालीन शैक्षिक तालिम केन्द्र ‘क’ देशभरिमा नौ वटा रहेकोमा हालको कोशी प्रदेशको शैक्षिक तालिम केन्द्र भोजपुरलाई शैक्षिक तालिम केन्द्र सुनसरीमा गाभियो र हालको मधेश प्रदेशभित्र रहेको ‘क’ वर्गका दुई वटा शैक्षिक तालिम केन्द्र धनुषा र बारा भए तापनि धनुषाको शैक्षिक तालिम केन्द्र दुरीको हिसाबले प्रदेशको मध्य र पायक पर्ने, तालिममा जनशक्ति प्रयोगको हिसाबले उच्च र क्षमतावान् प्रशिक्षक, यातायात, छात्रावास, भौतिक संरचना हरेक हिसाबले धनुषाको शैक्षिक तालिम केन्द्र ‘क’ अब्बल दर्जा भएको तर प्रदेश सरकारले व्यवस्थापिका संसद् सञ्चालन प्रयोजनका लागि उक्त संरचना त्यस्तै सप्तरी र पर्साको सेडु पनि गाभिएको छ । हाल खास गरी शिक्षकलाई प्रमाणपत्र लिनुपर्दा बाराको शिक्षा तालिम केन्द्र भौगोलिक र यातायातसमेतको हिसाबले अपायक पर्ने ठाउँमा भएकाले शिक्षकले निकै सास्ती पाइरहेका छन् । अन्य प्रदेशको हकमा साबिककै ठाउँमा ती कार्यालय रहेका कारणले यस्तो खालको सास्ती कम भएको देखिन्छ । कर्णाली प्रदेशको शिक्षा तालिम केन्द्र प्रदेश सरकारको केही निकायका कार्यालय प्रयोजनमा प्रयोग र तालिमलाई शिक्षक र अन्य कर्मचारी गरी मानव संशाधन विकास केन्द्र भनी नयाँ अभ्यास सुरु गरेको पाइएको छ । यो सराहनीय काम भएको छ । शिक्षक तालिमको सुरुवातदेखि हालसम्मको अवस्था विचार गर्दा आमबोलीचालीमा १० महिने तालिम, सेवाकालीन तालिम, एसएसआरपीको मोडुलर तालिम, एसएसडिपीको फेज प्रणालीको तालिम, कस्टमाइज्ड तालिम, पुनर्ताजगी तालिम आदि नामले चिनिन्छ । हाल समग्र रूपमा शिक्षक तालिमलाई टिपिडी तालिम भनिने गरिएको छ । जुन कि प्रमाणीकरणका कारण यसलाई सेवाकालीन तालिम भन्न सकिन्छ । यो वृत्ति विकाससँग जोडिएको छ । विभिन्न नाम दिइएको तालिममा एसएसआरपीको मोडुलर तालिम निकै फितलो, नियन्त्रणको हिसाबले समेत कमजोर प्रणाली र सञ्चालन विधि प्रव्रियाका रूपमा हेर्दा जाँच प्रणालीसमेत नभएका कारण २०६६ सालदेखि २०७२ सालसम्मको अवधिमा तालिमको लगानी कम सदुपयोग भएको प्रतिफलसमेत न्यून भएको सहजै आकलन गर्न सकिन्छ । कतिपय ठाउँमा तालिम सञ्चालन भएको जस्तो हुने, तीन आवमा तालिम सम्पन्न गर्नुपर्नेमा दुई आवभित्र तीन मोडेल तालिम सम्पन्न भएको पाइएको छ । साबिकको जिल्ला शिक्षा कार्यालय, अगुवा स्रोत केन्द्र र स्रोत केन्द्रबाट सञ्चालन गरिएको तालिमको अभिलेख नै नरहेको पाइन्छ । उक्त अवधिमा साबिकको जिल्ला शिक्षा कार्यालयमा कार्यको चाप अत्यधिक रहेको अवस्थामा तालिमको गुणस्तर कायम नभएका कारण शिक्षक तालिमकै साख गिरेको पाइयो । उक्त बेथितिलाई नियन्त्रण गर्न साबिकको शैक्षिक जनशक्ति विकास केन्द्रले एसएसडिपीको डिपिडी तालिम मोडालिटी लागु गरेको थियो । जसमा सहभागिता, अनुशासन, जाँच प्रणाली गरी मूल्याङ्कन विधिले तालिमलाई नियन्त्रणमुखी र गुणस्तरमा वृद्धि गर्ने हिसाबले अब्बल दर्जाको मोडालिटी लागु गरियो । जुन आजसम्म सञ्चालनमा रहेको छ । तर विडम्बना कोभिडको महामारीका कारण पूर्ण अवधिमा चाहे जतिको फेज मोडेल प्रणाली मोडालिटी सञ्चालन हुन सकेन । कतिपय ‘क’ र ‘ख’ वर्गको शैक्षिक तालिम केन्द्र सङ्घीयताका कारण खारेज गरियो । यो तालिम पनि कक्षा कोठामा चाहे जति पुग्न सकेनन् । जे भए पनि गुणस्तर, नियन्त्रण, मोडालिटी र अभिलेखीकरणमा व्यापक सुधार भएको र हाल तालिम सञ्चालन नतिजा प्रणाली अभिलेखीकरणमा सातै प्रदेशको शिक्षा तालिम केन्द्रमा उल्लेख्य सुधार भएको पाइयो । विद्यालय शिक्षा क्षेत्र योजना २०७९/८० र २०८९/९० ले शिक्षक पेसागत विकासमा केही नवीनतम अवधारणा ल्याउने विषयहरू उल्लेख गरिएका छन् । हाम्रो परिवेशमा हाल एसएसडिपी तालिमको मोडालिटी अन्तिम चरणमा पुगेको छ । यो मोडालिटी अब्बल दर्जाको भए पनि हटाउने विषय पनि यहाँ उल्लेख गरिएको छ । समग्रमा शिक्षा क्षेत्रको गुणस्तर बढाउन शिक्षक तालिमको आवश्यकता पर्दछ । शिक्षक तालिममा सिकेका नयाँ विधि, ज्ञान, तौरतरिका विद्यार्थीमा दिई विद्यार्थीको क्षमता अभिवृद्धि भएमा मात्र शिक्षा क्षेत्रमा भएको लगानीको प्रतिफल आउन सक्दछ । हालको परिवेशमा अब्बल दर्जाको र व्यावहारिक ज्ञान, विधि, प्रविधिसमेतको पहुँचमा ल्याई एक्काइसाँै शताब्दीको विश्वव्यापीकरणको समयमा तालिमको विकल्प तालिम नै हो । जुन कि प्रभावकारी ढङ्गले सञ्चालन गरी कक्षा कोठामा पु¥याउन अपरिहार्य रहेको छ । शिक्षक तालिमको व्यवस्था र अवस्था विश्लेषण गर्दा प्रतिफल उच्च बनाउन थप मेहनत र थप लगानीको आवश्यकता रहेको देखिन्छ । त्यसपश्चात् मात्र शिक्षक तालिमबाट सिकेका जतिका कुरा कक्षा कोठामा प्रयोग गर्न सक्छन् र विद्यालयमा सिकाइ उपलब्धिमा वृद्धि हुने अपेक्षा राख्न सकिन्छ । | gorkhapatraonline.com |
1,605,718 | काठमाडौं– त्रिभुवन विश्वविद्यालयले आर्थिक वर्ष २०७६–७७ का लागि २३ अर्ब ५ करोड ८८ लाख ६८ हजार रुपैयाँ बजेट पारित गरेको छ। आर्थिक वर्ष सुरु भएको साढे ४ महिनापछि शुक्रबार त्रिवि सभाले उक्त बजेट स्वीकृत गरेको हो। नियमित कार्यक्रमतर्फ १३ अर्ब ९२ करोड ५८ लाख ६८ हजार र आन्तरिकतर्फ सञ्चालन र पुँजीगत खर्च गरी कुल ८ अर्ब ५१ करोड ४५ लाख तथा विकासतर्फ ६१ करोड ८५ लाख रकम विनियोजन भएको छ। जसमा पुँजीगत खर्च ३ अर्ब ६४ करोड १८ लाख ५६ हजार र सञ्चालन खर्चतर्फ १९ अर्ब ४१ करोड ७० लाख १२ हजार विनियोजन गरेको छ। यसमध्ये विश्वविद्यालय अनुदान आयोगबाट १३ अर्ब ३ करोड ४३ लाख ६८ हजार अनुदान प्राप्त हुने र बाँकी त्रिविको आन्तरिक आम्दानीबाट व्यहोर्ने बजेटमा उल्लेख छ। त्रिविमा शिक्षणतर्फको वार्षिक तलबमा हुने खर्च ५ अर्ब ४० करोड ५६ लाख ३७ हजार र प्रशासनीक कर्मचारीको तलबमा हुने खर्च ४ अर्ब १२ करोड ३६ लाख ६७ हजार अनुमान गरिएको छ। त्रिविमा हाल शिक्षण कर्मचारीतर्फ ७ हजार ९ सय ३८ र प्रशासनीक एवं प्राविधिक कर्मचारीतर्फ ८ हजार १ सय २४ कर्मचारी कार्यरत छन्। यसैगरी त्रिविले अनुसन्धान तथा विकास खर्च शीर्षकमा १५ करोड ३० लाख ७६ हजार विनियोजन गरेको छ भने विद्यार्थी कल्याण खर्च शीर्षकमा १० करोड ९ लाख ९० हजार रकम विनियोजन गरेको छ। यसै बजेटको परिधिभित्र रहेर त्रिविले यस वर्ष स्ववियू निर्वाचनसमेत गर्नुपर्नेछ। यसैगरी छात्रवृत्ति शीर्षकमा ३ करोड ७१ लाख ४६ हजार विनियोजन गरिएको छ भने परीक्षा सञ्चालन खर्च ८२ करोड ३१ लाख १० हजार विनियोजन भएको छ। त्रिवि सभालाई सम्बोधन गर्दै त्रिविका सहकुलपति एवं शिक्षा विज्ञान तथा प्रविधिमन्त्रि गिरिराजमणि पोखरेलले विश्वविद्यालयका उपलब्धि, समस्या र समाधानको बाटो स्पष्ट हुने गरी त्रिविले खाका तयार गर्नुपर्ने बताए। त्रिविको भिजन २०२०–२०३० लाई टेकेर विश्वविद्यालयलाई व्यवस्थित बनाउने उनको भनाइ थियो। त्रिविका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले त्रिविलाई प्राज्ञिक उत्कृष्टताको केन्द्र बनाउनुको विकल्प नरहेको उल्लेख गदै १५ बुँदे कार्ययोजनासहित लक्ष्य प्राप्तिमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । | nepalsamaya.com |
3,826,744 | गलकोट नगरपालिका–७ मल्मका ४१ वर्षीय गङ्गा थापाको जापानमा निधन भएको छ । कमलपित्त रोगबाट पीडित थापाको जापानको सिन्जुकुस्थित अस्पतालमा उपचारका क्रममा सोमबार निधन भएको गैरआवासीय नेपाली सङ्घ जापानका सदस्य शिबु थापाले जानकारी दिए । दुई साताअघि रेष्टुराँमा काम गरिरहेका बेला एक्कासी बेहोस भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । गङ्गा १४ वर्षअघि रोजगारीका सिलसिलामा त्यहाँ पुगेका थिए । उनको अन्तिम संस्कार बुधबार जापानमै गरिने भएको छ । उनका श्रीमती, एक छोरा र एक छोरी छन् । गलकोट नगरपालिका–७ मल्मका ४१ वर्षीय गङ्गा थापाको जापानमा निधन भएको छ । कमलपित्त रोगबाट पीडित थापाको जापानको सिन्जुकुस्थित अस्पतालमा उपचारका क्रममा सोमबार निधन भएको गैरआवासीय नेपाली सङ्घ जापानका सदस्य शिबु थापाले जानकारी दिए । दुई साताअघि रेष्टुराँमा काम गरिरहेका बेला एक्कासी बेहोस भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । गङ्गा १४ वर्षअघि रोजगारीका सिलसिलामा त्यहाँ पुगेका थिए । उनको अन्तिम संस्कार बुधबार जापानमै गरिने भएको छ । उनका श्रीमती, एक छोरा र एक छोरी छन् । | himalkhabar.com |
1,731,017 | हङकङमा पहिलो गैर-सरकारी देशभक्ति शिक्षा प्रदर्शनी कक्ष सोमबारदेखि सञ्चालनमा आएको छ । यसको उद्देश्य देशभक्तिको इतिहास बुझ्न र सिक्न मञ्च प्रदान गर्ने रहेको बताइएको छ । ऐतिहासिक सामग्रीहरूको विशाल संग्रहको माध्यमबाट, सो कक्षले “रातो जीन” (क्रान्तिकारी भावना), देशभक्तिको शिक्षालाई प्रगाढ बनाउने र सामाजिक एकता र राष्ट्रिय पहिचान अझ सशक्त बढाउने लक्ष्य राखिएको बताइएको छ । उद्घाटन समारोहमा, हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारका संस्कृति, खेलकुद र पर्यटन सचिव केभिन येउङले प्रदर्शनी हलको स्थापनाले देशभक्तिपूर्ण शिक्षाको प्रवर्द्धन गर्ने अपेक्षाहरू पूरा गरेको बताएका छन् । उनले चीनको विकास र उपलब्धिहरू प्रदर्शन गर्न हङकङ सरकारले विशेष हल स्थापना गर्ने पनि उल्लेख गरेका छन् । हङकङको प्रदर्शनी कक्ष १३ औं शताब्दीमा चीनमा बसोबास गर्ने विद्वान-जनरल वेन टियानज्याङका देशभक्त राष्ट्रिय नायक वेन टियानसियाङका सन्तानहरूको आवासीय क्षेत्रमा अवस्थित छ। सो प्रदर्शनीकक्षले हङकङको शताब्दी-लामो देशभक्तिपूर्ण गतिविधिको प्रदर्शन गर्न २०० वटा बहुमूल्य ऐतिहासिक कागजातहरू, तस्बिरहरू, र कलाकृतिहरू प्रदर्शनमा राखेको छ । प्रदर्शनीको पहिलो चरण दुई वर्षसम्म चल्ने र सर्वसाधारणका लागि खुला हुनेछ । चीनको नयाँ देशभक्ति शिक्षा कानून जनवरी १ देखि लागू हुँदैछ । | nepalviews.com |
4,142,823 | अमेरिकामा राष्ट्रपति र उपराष्ट्रपतिको दैनिक कोरोना परीक्षण गर्न थालिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उपराष्ट्रपति माइक पेन्सका सहयोगीलाई कोरोना पोजिटिभ भएको पाइएपछि दुवैको दैनिक परीक्षण थालिएको हो। उपराष्ट्रपति माइक पेन्सका एक सहयोगीलाई कोरोना पोजेटिभ पाइएको छ। प्रेस सेक्रेटरी केटी मिलरलाई संक्रमण भएको पाइएको हो। यसअघि पनि ह्वाइट हाउसका एक कर्मचारीलाई पोजेटिभ पाइएको थियो । यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पका एक सहयोगीको रिजल्ट पोजेटिभ आएको थियो। ह्वाइट हाउसले राष्ट्रपतिलाई सुरक्षित राख्न जरुरी सावधानी पालना भइरहेको बताएको छ। अमेरिकामा हाल १३ लाख भन्दा धेरै संक्रमित रहेका छन् भने ७८ हजारले ज्यान गुमाई सकेका छन्। नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला । | nepallive.com |
2,947,402 | सोमबार नेपाल स्टक एक्सचेन्ज नेप्से ९२ दशमलव ४२ अंकले बढेर २५८६ दशमलव शून्य १ बिन्दुमा पुग्दै समग्र बजार पुँजीकरण ३५ खर्ब ६३ अर्ब ३९ करोड ६२ लाख रुपियाामा पुगेको छ । कुल २०५ कम्पनीको २ करोड २४ लाखभन्दा बढी कित्ता शेयर १० अर्ब ३८ करोड ४१ लाखभन्दा रुपियाामा खरिद बिक्री भएको छ । सोमबार कारोबार रकम र नेप्सेको उचाइले नया रेकर्ड कायम गरेको हो । अघिल्लो दिन ३३ अंकभन्दा बढीको गिरावट आए पनि आइतबार नेपाल राष्ट्र बैंकद्वारा गरिएको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा शेयर बजारलाई असर गर्ने किसिमको नीति नआएपछि लगानीकर्ता उत्साहित भएका हुन् । यस दिन ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १५ दशमलव ३३ अंकले बढेर ४६९ दशमलव ४४ बिन्दुमा पुगेको छ । सोमबार कारोबार भएका १२ वटै समूहको परिसूचक उकालो लागेको छ । विशेषगरी जीवन बीमा, निर्जीवन बीमा, लघुवित्तको शेयरमा लगानीकर्ता आकर्षित भएका छन् । यस दिन बैंकिङ समूह ५७ दशमलव ३२, व्यापार समूह ७१ दशमलव ६, होटल समूह २४ दशमलव १, विकास बैंक समूह ४९ दशमलव ९१, जलविद्युत् समूह ६४ दशमलव ४५, वित्त समूह ३४ दशमलव ७५, निर्जीवन बीमा समूह ४४७ दशमलव ४४, उत्पादन समूह १५९ दशमलव ६६, अन्य समूह ६२ दशमलव ६१, लघुवित्त समूह ३७० दशमलव ३, जीवन बीमा समूह ६९७ दशमलव ९१, सामूहिक लगानी कोष समूह शून्य दशमलव १८ अंकले बढेको छ ।
सो कम्पनीको ७० करोड ४८ लाख रुपियााको कारोबार भएको छ । यस्तै, नबिल बैंक ६८ करोड ५ लाख, छिमेक लघुवित्त ४७ करोड ९१ लाख, डिप्रोक्स लघुवित्तको ४७ करोड ४४ लाख, ग्लोबल आइएमई बैंकको ४६ करोड ९० लाख, एनआईसी एशिया बैंकको ४० करोड ६९ लाख, नेको इन्स्योरेन्सको ३४ करोड ७४ लाख, नेपाल बैंकको २८ करोड ९९ लाख, र नेपाल पुनर्बीमा कम्पनीको २४ करोड ८९ लाख रुपियााभन्दा बढीको कारोबार भई अग्रस्थानमा रहेका छन् । यस दिन छिमेक लघुवित्त, गरिमा विकास लघुवित्त, मिथिला लघुवित्त, किसान लघुवित्त, एनएमबी लघुवित्त, आरएसडीसी, फरवार्ड लघुवित्त, उन्नती सहकार्य लघुवित्त, सामुदायिक लघुवित्त, आशा लघुवित्तका लगानीकर्ताले १०–१० प्रतिशतले कमाएका छन् । यस्तै, पञ्चकन्या माई हाइड्रोपावर, एनआईसी एसिया ऋणपत्र, एभरेष्ट बैंक, रैराङ हाइड्रोपावर लगायतका कम्पनी लगानीकर्ताले गुमाएका छन् । नेप्से ९२ दशमलव ४२ अंकले बढेर २५८६ दशमलव शून्य १ बिन्दुमा पुग्दै समग्र बजार पुाजीकरण ३५ खर्ब ६३ अर्ब ३९ करोड ६२ लाख रुपियाामा पुगेको छ । यो जीडीपीको हाराहारी हो । त्यस्तै कुल २०५ कम्पनीको २ करोड २४ लाखभन्दा बढी कित्ता शेयर १० अर्ब ३८ करोड ४१ लाखभन्दा रुपियाामा खरिद बिक्री भएको छ । सोमबार कारोबार रकम र नेप्सेको उचाइले नयाा रेकर्ड कायम गरेको हो । आइतबार नेपाल राष्ट्र बैंकद्वारा गरिएको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा शेयर बजारलाई असर गर्ने किसिमको नीति नआएपछि लगानीकर्ता उत्साहित भएका हुन् । | newsofnepal.com |
1,991,716 | ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आज निर्वाचन आयोगमा गएर राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) दर्ता गर्ने भएका हुन । जसपाको कार्यकारिणी समितीमा उपेन्द्र यादव पक्षको बहुमत भएपछि ठाकुरले पुरानै पार्टीलाई ब्युउताउने भएका छन् । जसपाको ५० सदस्यिय कार्यकारिणीमा २१ जना मात्र ठाकुरको पक्षमा छन् भने बांकी २९ सदस्य यादवको पक्षमा छन् । तर,संसदिय दलमा भने बहुमत सदस्य ठाकुरको पक्षमा उभिएका थिए । ३२ जना सांसदमध्ये ठाकुरको पक्षमा १९ र यादवको पक्ष्ँमा १३ जना सांसद उभिएका थिए । राजपाको चुनाव चिन्ह भने हातको पंजा हुने भएको छ । ठाकुर निकट स्रोतले दिएको जानकारीअनुसार राजपा बुधवार नै दर्ता गर्ने तयारी भएपनि सार्वजनिक विदा भएको कारण रोकिएको थियो । जसपाको केन्द्रिय कार्यकारिणीमा बहुमत जुटाउनको लागी अशोक राई र इस्तियाक राई लगायतका नेताहरुसंग ठाकुरले निरन्तर छलफल गरेपनि प्रयास असफल भएपछि नयां पार्टी दर्ता गर्ने निष्कर्शमा ठाकुर पक्ष पुगेको हो । यससंगै प्रतिनिधिसभाको दोस्रो पटक विघठन भएपछि सरकारमा जाने तयारी गरेको ठाकुर पक्ष केही दिन अदालतको फैसला कुरेर मात्र सरकारमा जाने भएको छ । प्रतिनिधिसभा विघठनविरुद्ध प्रतिनिधिसभा पुर्नस्थापनादेखि केपी ओलीलाई पुनः प्रधानमन्त्री नियुक्ति गर्नुपर्ने मागसहितका परेका ३० मध्ये १९ वटा रिटमा आजदेखी सुनवाई सुरू हुदैंछ भने संवैधानिक बेञ्चमा सुनुवाईको माग गरिएका ११ वटा रिटको सुनुवाई भोलीवाट सुरू हुनेछ । जसपाका नेताहरुले प्रधानमन्त्री ओलीलाई सर्वोच्चको फैसलापछि मात्र सरकारमा सहभागी हुने जानकारी दिएका छन् । जसपा उपप्रधानमन्त्रीसहित भौतिक मन्त्रालय लिएर राजेन्द्र महताको नेतृत्वमा सरकारमा जाने तयारीमा छ । | kathmandupati.com |
4,411,373 | उपमहानगरले शुक्रबार एक सूचना जारी गर्दै ११ गते सार्वजनिक बिदा दिने जानकारी दिएकाे हाे । उपमहानगरकाे एक सूचना अनुसार नगर प्रमुखस्तरीय निर्णयाअनुसार कार्तिके पूर्णिमा (बराहक्षेत्र मेला) को अवसरमा स्थानीय बिदा दिन लागेको हाे । अत्यावश्यक सेवा बाहेक नगर कार्यापालिकाको कार्यालय, मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था/कार्यालय र धरानस्थित शैक्षिक संस्थासमेत उक्त दिन स्थानीय बिदा दिएको उपमहानगरपालिकाले जनाएको छ । | palikakhabar.com |
1,516,302 | काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले शुक्रबार बालकुमारीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माको अगुवाइमा आयोजना भएको उक्त स्वास्थ्य शिविरमा ५३० जना बिरामीको निःशुल्क उपचार भएको हो । केएमसीका महाप्रबन्धक नारायणप्रसाद दाहालले उक्त शिविर नेपाल विद्यार्थी संघको आयोजनामा नेशनल कलेज अफ इन्फरमेसन टेक्नोलोजी (एनसीआईटी) को प्राङ्गणमा भएको बताए । उनका अनुसार कुल बिरामी मध्ये ४५ जनाको ईसीजी, ७७ जनाको ल्याब परीक्षण र ९८ जनाको भिडियो एक्सरे भएको छ । दाहालले २३ जनाको दाँत खोलिएको थियो भने २२ जना बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको पनि बताए । शल्यक्रियाका लागि अस्पताल पठाइएका बिरामीहरूको पनि निःशुल्क उपचार भएको छ । डा. शर्माले देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै बिरामी उपचार गर्दै आएका छन् भने त्यहाँ उपचार हुन नसकेका बिरामीलाई आफ्नै अस्पतालमा बाेलाएर निःशुल्क उपचार पनि गर्दै आएका छन् । | kendrabindu.com |
2,126,197 | शनिवार नियुक्त भएका मन्त्रीहरू कृष्णा केसी र सरोज थापालाई आज प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराएका हुन् । केसीलाई सहरी विकास मन्त्रालय र थापालाई उद्योग तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ । केसी बाँके क्षेत्र नम्बर १ बाट माओवादीको तर्फबाट र थापा प्युठान प्रदेशसभा २ मा कांग्रेसको तर्फबाट विजयी भएका सांसद हुन । लुम्बिनी प्रदेशमा यसअघि मुख्यमन्त्रीसहित ७ जना मन्त्री रहेका थिए । दुई मन्त्रीको शपथसँगै लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित मन्त्रीहरूको सङ्ख्या ९ पुगेको छ । नवनियुक्त मन्त्रीहरूले बुटवलमा शपथ ग्रहण गरे पनि पदभार ग्रहण गर्न दाङ जाने छन् । लुम्बिनी प्रदेशमा १० मन्त्रालयमध्ये वन मन्त्रालय मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राखेका छन् । वैशाख १४ गते पहिलो पटक मन्त्रीपरिषद् विस्तार गरेका मुख्यमन्त्री चौधरीले जेठमा दोस्रोपटक विस्तार गरेका थिए । यो तेस्रोपटक विस्तार गरिएको मन्त्रिपरिषद हो । | sagarmatha.tv |
2,816,669 | संविधान र मुलुक बचाएर समृद्ध नेपाल बनाउन गठबन्धन आवश्यक भएको भन्दै उनले गठबन्धलाई दुई तहकै निर्वाचनसम्मै लगिने बताए । तनहुँको व्यास नगरपालिको विजय र्यालीपछि सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले राजनीति र अहिलेको व्यवस्थालाई स्थायित्व दिएर मुलुकलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउन गठबन्धन अनिवार्य रहेको तर्क गरे । सोही अवसरमा उनले व्याससहित तनहुँवासीलाई धन्यवाद ज्ञापन पनि गरे । ‘व्यास नगरवासी र तनहुँवासीले मुलुक बचाउने, संविधान बचाउने र नेपाललाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउने अभियानमा कांग्रेसलाई जिताएर सहयोग गर्नुभएको छ । म आभार व्यक्त गर्दै धन्यवाद ज्ञपान गर्न चाहन्छु,’ पौडेलले भने । | newskarobar.com |
3,325,809 | बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मंगलबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । पाण्डेले आज पाँच मन्त्री र एक राज्यमन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका हुन् । श्रम, रोजगार तथा यातायात मन्त्रीमा घनश्याम दाहाल, खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रीमा बसन्तप्रसाद मानन्धर, कृषि तथा पशुपन्छी मन्त्रीमा वसुन्धरा हुमागाईं, वन तथा वातावरण मन्त्रीमा विशाल खड्का, युवा तथा खेलकुद मन्त्रीमा रत्नप्रसाद ढकाल र कृषि तथा पशुपन्छी राज्यमन्त्रीमा इन्द्रमाया गुरुङ छन् । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले आजै शपथ लिने कार्यक्रम छ । यसअघि प्रदेश सरकारमा मुख्यमन्त्रीसहित चार सदस्यमात्र थिए । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा कृष्णप्रसाद शर्मा खनाल, सामाजिक विकास मन्त्रीमा कुमारी मोक्तान र भौतिक पूर्वाधार विकासमा कृष्णलाल भँडेल यसअघि नै नियुक्त भएका हुन् । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं । | drishtinews.com |
3,356,665 | अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पब्लिक कम्पनी र राष्ट्रिय–अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजिओ–आइएनजिओे) माथि समेत अनुसन्धान गर्न पाउने अधिकार दिन लागेपछि एक समूह आत्तिएको छ । उनीहरुले प्रधानमन्त्रीका सहयोगीहरुलाई प्रभावमा पारी त्यसविरुद्ध लबिङ थालेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा भ्रष्टाचार निवारणसम्बन्धी नयाँ ऐनमार्फत आयोगको क्षेत्राधिकार विस्तार गर्न लागिएको छ । मन्त्रिपरिषद्को २४ असारको बैठकले सो ऐनको विधेयक स्वीकृत गरी संसद्मा पेश गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले समेत पत्रकार सम्मेलनमा यससम्बन्धी जानकारी दिइसकेका थिए । तर, अचम्म के छ भने तीन हप्तासम्म पनि सो विधेयक संसद्मा पुगेको छैन, प्रधानमन्त्री कार्यालयमै रोकिएको छ । अख्तियारलाई थप अधिकार दिन नहुने भन्दै एक समूहले विधेयक रोेकेको स्रोत बताउँछ । भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि (अनक्याक) अनुसार पब्लिक कम्पनी तथा एनजिओ–आइएनजिओमा हुने भ्रष्टाचारको पनि छानबिन गर्ने अधिकार आयोगलाई दिन लागिएको हो । सो महासन्धिमा हस्ताक्षर गरेपछि निजी क्षेत्रमा हुने भ्रष्टाचारको समेत नेपालले अनुसन्धान गर्नुपर्ने हुन्छ । अहिले ती निकायमा हुने भ्रष्टाचारको कुनै क्षेत्रबाट छानबिन हुने गरेको छैन । सो महासन्धिलाई नेपालको संसद्ले सन् २०११ मै अनुमोदन गरिसकेको छ । पब्लिक कम्पनी र एनजिओ–आइएनजिओ दुवै क्षेत्रमा धेरै भ्रष्टाचार हुने आरोप लाग्ने गरेको छ । पब्लिक कम्पनीअन्तर्गत बैंक, फाइनान्स, सहकारी तथा हाइड्रो कम्पनी पर्छन् । जसकारण एक वर्षको छलफलपछि संसद्मा पठाउने भनेर निर्णय भइसकेको विधेयक रोकिएको छ । विगतमा एक समूहको दबाबका कारण संविधानमै अनुचित कार्यको छानबिन गर्ने आयोगको अधिकार कटौती भएको थियो । कानुन मिचेर भएका निर्णय, तर भ्रष्टाचार मुद्दा चलाउन नमिल्ने किसिमका अनियमितता अनुचित कार्यमा पर्छन् । नयाँ संविधान जारी भएपछि अख्तियारले सो अधिकार प्रयोग गर्न पाएको छैन । अख्तियारका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीले सो अधिकारको दुरुपयोग गरेपछि संविधानमा नै आयोगको अधिकार कटौती भएको थियो । जसले गर्दा पछिल्लो समय अनियमितता बढेको र त्यसमा हेरेर बस्नुपरेको आयोगका अधिकारीहरु बताउँछन् । व्यक्ति गलत हुँदैमा संस्था गलत हुन नसक्ने भएकाले सो अधिकारसमेत दिनुपर्ने आवाज उठ्दै आएको छ । अहिले स्थानीय तहमा व्यापकरुपमा अनुचित कार्य हुँदा पनि आयोगले छानबिन गर्न पाएको छैन । यसरी क्रमशः अख्तियारलाई कमजोर बनाएर देशमा संगठित भ्रष्टाचारको साम्राज्य चलाउने गिरोहहरु बलियो हुँदै गएका छन् । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं । | drishtinews.com |
127,979 | ताप्लेजुङमा एकै टोलमा ५८ जनाको पीसीआर परीक्षण गर्दा ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । फुङलिङ बजारको तोक्मेक्षेत्रका एकै टोलका ४८ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय ताप्लेजुङका जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलले जानकारी दिइन् । योसहित फुङलिङ नगरपालिकामा सक्रिय संक्रमितको संख्या १ सय ६ पुगेको छ । परीक्षण गरिएका ८२ प्रतिशत बढीमा संक्रमण देखिएपछि स्थानीय त्रसित भएका छन् । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका तोक्मेका एक युवाको वैशाख १९ गते मृत्यु भएको थियो । उनको स्वाब भने परीक्षण गरिएको थिएन । छिमेकका परीक्षण गराएका सबैलाई कोरोना पुष्टि भएको खरेलको भनाइ छ । अब बजार क्षेत्रमा थप उच्च सतर्कता अपनाउन आवश्यक रहेको उनले बताइन् । बजार क्षेत्रकै अन्य तीन जनाको भने कोरोनाकै करण मृत्यु भइसकेको छ । | nepalwatch.com |
482,395 | भारतीय सुरक्षा निकायले जम्मु तथा काश्मिरमा जारी राखेको आतंककारीविरुद्धको कारबाहीका क्रममा गएको दुई हप्तायता मात्र कम्तीमा पनि २२ जना आतंककारी मारिएको भारतीय सेनाले जनाएको छ । यस अवधिमा यहाँका आतंककारीका विरुद्धमा भारतीय सेनाले व्यापक मात्रामा कारबाही गरिरहेको बताएको छ । साथै भारतीय सेनाले यस दुई हप्ताको समयमा उक्त क्षेत्रमा विभिन्न आतंककारी संगठनका गरी कम्तीमा पनि छ जना उच्च कमाण्डर पनि मारिएको बताएको छ । यसअघि सोमबार मात्र पनि भारतीय सेनाले उक्त क्षेत्रमा गएको छ महिनाभन्दा लामो समयदेखि आतंकारीका विरुद्धमा कडा काराबाही जारी राखेको र त्यस क्रममा कम्तीमा पनि ९३ जना आतंककारीहरु मारिएको बताएको थियो । भारत प्रशासित जम्मु र काश्मिरका प्रहरी प्रमुख दिलबाग सिंहले भारतीय सेना र प्रहरीले गरेको यस संयक्त कारबाहीका क्रममा ती आतंककारी मारिएका जानकारी दिएका छन् । साथै उनले त्यसमा आतंककारी संगठनका केही उच्च कमाण्डरहरु पनि रहेको जानकरी दिए । भारतीय सैनिक स्रोतले दिएको जानकारी अनुसार सो क्षेत्रमा अहिले पनि आतंककारी विरुद्धको कारबाही जारी रहेको छ । त्यसैगरी गएको शनिबार यता मात्र यहाँ भारतीय सुरक्षा निकायले गरेको कारबाहीमा नौजना आतंककारी मारिएको पनि बताइएको छ । यस कारबाहीमा जैस ए मोहमद, लस्कर ए तोएबालगायतका आतंककारी संगठनका उच्च कमाण्डर पनि मारिएका बताइएको छ । ती आतंककारी भारतीय तथा विदेशी समेत रहेको पनि सो समाचारमा जनाइएको छ । यस कारबाहीका क्रममा भारतीय सुरक्षा निकायका सदस्यहरुलाई भने कुनै क्षति नपुगेको अधिकारीहरुले जनाएका छन् । | hamrakura.com |
2,640,319 | चार्ल्स तृतीया औपचारिक रूपमा बेलायतको राजा घोषित भएका छन् । सेन्ट जेम्स प्यालेसमा भएको एक विशेष समारोहमा उनलाई बेलायतको राजा घोषणा गरिएको हो । चार्ल्स आम परम्परा अनुरूप उनकी आमा एलिजावेथ द्वितीयाको निधन लगतै स्वतः राजा भएका भए पनि औपचारिक निर्णय हुन बाँकी थियो । शनिबार ‘द एक्सेसन काउन्सिल’को विशेष बैठकले उनलाई औपचारिक रूपमा राजा घोषित गरेसँगै सेन्ट जेम्स प्यालेसमा समारोह सुरु भएको हो । द एक्सेसन काउन्सिलमा बेलायतका शीर्ष राजनीतिज्ञ, अधिकारी र न्यायाधीश हुन्छन् । इतिहासमा पहिलो पटक बेलायतको राजा घोषणा समारोहलाई टेलिभिजनमा देखाइएको छ । चार्ल्स बैठकको पहिलो खण्डमा सहभागी थिएनन् भने राजा घोषित भएपछिको दोस्रो खण्डमा उनले द शीर्ष राजनीतिज्ञ सम्मिलित समूह द प्राइभी काउन्सिलको पहिलो बैठक आयोजना गरिएको थियो । द प्राइभी काउन्सिलका क्लर्क रिचर्ड टिलब्रुकले चार्ल्सलाई ‘राजा, राष्ट्रमण्डलको प्रमुख र धर्म(विश्वास)को रक्षक’ घोषणा गर्दै ‘(गड सेभ द किङ्ग(इश्वरले राजाको रक्षा गरुन्)’ हरफ भनेका थिए । त्यस पदावलीलाई सोही कक्षमा रहेका पत्नी–रानी क्यामिला, प्रिन्स अफ वेल्स विलियम र प्रधानमन्त्री लिज ट्रसले दोहोर्याएका थिए । समारोहमा द प्राईभी काउन्सिलका झण्डै २०० सदस्यहरू सहभागी थिए । जसमा देशका सम्पूर्ण जीवित पूर्व प्रधानमन्त्रीहरू बोरिस जोनसन, थेरेसा मे, डेभिड क्यामरुन, गोर्डन ब्राउन, टोनी ब्लेयर र जोन मेयर लगायतका थिए । राजा चार्ल्स तृतीयाले नै एक्सेसन काउन्सिलमा टिभीका क्यामेरा अनुमति दिने निर्णय गरेका थिए । यसले देशको राजा घोषणा हुने प्रक्रिया आम जनता अवगत हुने उनको आशय रहेको दरबार स्रोतले बताएको छ । | ratopati.com |
1,575,069 | नेपाली कांग्रेसको महिला विभागले पार्टीको नीति प्रस्तावमा महिला नीति समावेश गर्न नेतृत्वको ध्यानाकर्षण गराएको छ । पार्टीको महासमिति बैठकको पूर्वसन्ध्यामा बिहीवार कांग्रेस महिला विभाग प्रमुख पुष्पा भुसालको अग्रसरता एवं पार्टीकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाको संयोजनमा पार्टी सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाइएकाे केन्द्रिय सदस्य लक्ष्मी खतिवडाले जानकारी दिइन् । नेपालको संविधानको प्रस्तावना र मौलिक हकमा समानुपातिक समावेशी सिद्धान्तलाई अबलम्बन गर्दै राज्यका हरेक संरचनामा समानुपातिक समावेशी प्रतिनिधित्वलाई सुनिश्चित गरेको स्मरण गराउँदै विभागले पार्टीमा महिला सदस्यहरुको समावेशिता र समान अधिकारको मागसहित नेतृत्वको ध्यानाकर्षण गराएको हो । कांग्रेस नेतृत्व सरकारले विगतमा सिड तथा दिगो विकास लक्ष्यमा महिला अधिकार, समानता, समन्याय र विभेदको अन्त्य गर्ने प्रतिबद्धतासहित अन्तर्राष्ट्रिय दस्तावेजमा हस्ताक्षर गरेको कुरा समेत ध्यानाकर्षण पत्रमा अवगत गराइएको छ । कांग्रेसको हरेक संरचनाअन्तर्गत केन्द्रदेखि टोल/वडासम्म पदाधिकारीमा न्युनतम ३३ प्रतिशत महिला सुनिश्चित गर्नुपर्ने, स्थानीय तहतर्फ, जिल्ला, समन्वय समिति, पालिका, प्रमुख र उपप्रमुखमा ५०/५० प्रतिशत तथा वडा अध्यक्षमा ५० प्रतिशत महिला उम्मेदवार अनिवार्य हुनु पर्ने, गरिबीको रेखामुनि रहेका महिलाहरुको आर्थिक, सामाजिक स्तर बढाउनका लागि विशेष नीति अवलम्वन गर्नुपर्ने विभागको माग छ । १. नेपाली कांग्रेसको हरेक संरचना अन्तर्गत केन्द्रदेखि टोल/वडासम्म पदाधिकारीमा न्युनतम ३३ प्रतिशत महिला सुनिश्चित गर्नुपर्ने । २. नेपाली कांग्रेसको विधान अनुसार केन्द्रीय कार्यसमितिमा जस्तै केन्द्रीय कार्यसम्पादन समिति तथा संसदीय बाेर्डमा एक तिहाइ समावेशीताको आधारमा महिलाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने । ३. पार्टीको जिल्ला, क्षेत्र, प्रदेश सभा क्षेत्र, पालिका, वडाको अध्यक्षमा एक तिहाइ समावेशीताको आधारमा महिलाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने । ४. प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उम्मेदवार अनिवार्य हुनुपर्ने । ५. स्थानीय तहतर्फ, जिल्ला, समन्वय समिति, पालिका, प्रमुख /उपप्रमुखमा ५०/५० प्रतिशत तथा वडा अध्यक्षमा ५० प्रतिशत महिला उम्मेदवार अनिवार्य हुनुपर्ने । ६. गरिबीको रेखामुनी रहेका महिलाहरुको आर्थिक, सामाजिक स्तर बढाउनका लागि विशेष नीति अवलम्वन गर्नुपर्ने । ७. शिक्षा र रोजगारीलाई सिपमुलक बनाई आयआर्जनमा बढी भन्दा बढी सहभागिता गराउनुपर्ने । ८. स्वास्थ्य, प्रजनन स्वास्थ्य तथा मातृत्व स्वास्थ्यमा पहुँचका लागि विशेष नीति बनाउनुपर्ने । ९. स्वरोजगारको माध्यमबाट महिलाहरुको आय आर्जन बढाई आर्थिक क्षमता वृद्धि गर्ने नीति बनाउने तथा गृहीणी महिलाहरुको श्रमलाई राष्ट्रिय आयमा जोड्दै लक्षित समुहलाई परिणाममुखी बनाउने नीति तर्जुमा गर्नु पर्ने । १०. महिलाविरुद्ध हुने सबै प्रकारका हिंसालाई दण्डनीय बनाउने तथा विभेद र असमानतालाई अन्त्य गरी समतामुलक समाजको सृजना गर्ने नीति बनाउने । यी माग आगामी सोमबारबाट सुरु हुने पार्टीको महासमिति बैठकमा पेश हुने राजनीतिक प्रतिवेदनमा समावेश गर्नेगरी विभागले आज ध्यानाकर्षण गराएको हो । ध्यानाकर्षण गराउँदा पार्टीका सबै महिला केन्द्रीय सदस्यहरूको उपस्थिती रहेको थियो । सो क्रममा पार्टी सभापति देउवाले संबैधानिक अनिवार्यता नहुँदै आफू महिलाहरुको समावेशिता र समान अधिकारको पक्षमा रहेको बताउँदै पार्टीमा सक्रियता बढाउन निर्देशन दिएका छन् । ‘तपाईंहरु सक्रियताका साथ अघि बढ्नुस् । महिलाहरुको साथ पार्टीले अझै बढी पाउनुपर्यो । महिलाहरु प्राथमिकतामा हुनुपर्छ भन्ने कुरामा पार्टी एकदमै गम्भिर छ ।’ उनले भने । | kendrabindu.com |
1,269,665 | वीरगन्जको श्रीपुरस्थित नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय सहितका तीन वटा विद्यालयमा आइतबार मेयर राजेशमान सिंहले छड्के अनुगमन गर्दा उक्त विद्यालयका २४ जना शिक्षक कारबाहीमा परेका हुन्। अनुगमनका क्रममा उक्त विद्यालयका प्रधानाध्यापकसहित २४ जना शिक्षक विद्यालय समयमा अनुपस्थित देखिएकाले उनीहरूलाई कारबाही स्वरूप महानरपालिकाको शिक्षा महाशाखाले स्पष्टीकरण सोधेको छ। अनुगमनमा पुग्दा उक्त विद्यालयका प्रधानाध्यापक अनिल वर्णवालसहित २४ जना शिक्षक अनुपस्थित भेटिएकाले उनीहरूसँग स्पष्टीकरण माग गरिएको शिक्षा महाशाखाका प्रमुख अरबिन्दलाल कर्णले जानकारी दिए। विद्यालयमा केही शिक्षक भौतिक रुपमा भेटिएको भएपनि उनीहरूले हाजिरी गरेको नपाइएकाले उनीहरूसँग स्पष्टीकरण माग गरिएको उनले प्रष्ट पारे। अनुगमन टोलीमा मेयर सिंहसँगै प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, शिक्षा महाशाखा प्रमुख कर्ण पनि सहभागी थिए । | annapurnapost.com |
2,525,581 | हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा मंगलबार खेलिएको आफ्नो दोस्रो खेलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी) लाई ८५ रनले हराएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ९८ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको पीएनजीले १६.१ ओभरमा अलआउट हुनुअघि एक सय १३ रनमात्र बनाउन सक्यो । नेपालको जितमा कुशल भुर्तेलले ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गरे । ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले अर्धशतक बनाए भने चार विकेट पनि लिए । यसका अतिरिक्त सन्दीप जोराले पनि अर्धशतक बनाएका थिए । नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेल र पाँचौँ नम्बरका ब्याट्सम्यान सन्दीप जोराले अर्धशतकीय पाली खेलेका थिए । कुशल भुर्तेलले ५९ रन बनाए । सन्दीप जोराले पनि टोलीका लागि ५६ रनको योगदान गरे । अर्का ओपनर विनोद भण्डारीले २७ रन बनाएका थिए । कुशल भुर्तेल र विनोद भण्डारीले ओपनिङ विकेटका लागि ६४ रनको साझेदारी गरे । गुलसन झाले टोलीको खातामा अविजित १५ रन थपे । छैटौँ नम्बरमा क्रिज समाल्न आएका उनले १२ बलको सामना गरी एक छक्का पनि हिर्काए । लोकेश बमले १४ रन बटुले । विवेक यादवले पनि अविजित १९ रन बनाए । उनले केवल चार बलको सामना गरी तीन छक्का पनि हिर्काए । कप्तान रोहित पौडेल एक रनमा पेभेलियन फर्किए । आरिफ शेख पनि चार रनभन्दा अगाडि बढ्न सकेनन् । नेपालले अतिरिक्त रुपमा तीन रन पायो । पीएनजीका बलर असाद भालाले दुई विकेट लिए । नोसाइना पोकाना, जोन कारिको र नरम्यान भानुआले एक–एक विकेट हात पारे । जवाफी ब्याटिङ गरेको पीएनजीलाई लक्ष्यसम्म पुग्न नदिन कुशल भुर्तेलले चार विकेट लिए । उनले चार ओभरमा केवल १३ रन खर्चिए । प्रतिस जिसीले पनि दुई विकेट हात पारे । आकाश चन्द र गुलसन झाले पनि एक–एक विकेट लिए । पीएनजीका लागि हिरी हिरीले सर्वाधिक २८ रन बनाए । ओपनर ब्याट्सम्यान सेसे बउले पनि टोलीको खातामा २१ रन थपे । ओपनर टोनी उरा भने १३ रन बनाउँदै पेभेलियन फर्किएका थिए । पीएनजीले अतिरिक्त रुपमा ६ रन पाएको थियो । पीएनजीको पहिलो विकेट नेपाली बलर प्रतिसि जिसीले लिएका थिए । उनले पीएनजीका ओपनर ब्याट्सम्यान टोनी उरालाई १३ रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका थिए । पेभेलियन फर्किनुअघि टोनीले ६ बलमा एक छक्का र एक चौका हिर्काएका थिए । तेस्रो ओभरको अन्तिम बलमा टोनी आउट हुँदा पीएनजीले ३२ रन बनाएको थियो । दोस्रो विकेटका रुपमा पीएनजीका तेस्रो नम्बरका ब्याट्सम्यान सेसे बउ पेभेलियन फर्किएका थिए । उनी रन आउट भएका थिए । उनले पेभेलियन फर्किनुअघि २१ रन बनाएका थिए । उनले १३ बलको सामना गरी एक छक्का र दुई चौका हिर्काएका थिए । उनलाई गुलसन झाले रन आउट गराए । ३.२ ओभरमा सेसे आउट हुँदा पीएनजीले ३६ रन बनाएको थियो । पीएनजीको तेस्रो विकेट कुशल भर्तेलले लिएका थिए । कुशल भुर्तेलले पीएनजीका तेस्रो नम्बरका ब्याट्सम्यान असाद भालालाई नौ रनको ब्यक्तिगत स्कोरमा लोकेश बमद्वारा क्याच गराएका थिए । कप्तानसमेत रहेका असाद भालाले पेभेलियन फर्किनुअघि ११ बलमा एक चौका पनि हिर्काएका थिए । ७.५ ओभरमा उनी आउट हुँदा पीएनजीले ६७ रन बनाएको थियो । यसैगरी पीएनजीको चोथो विकेट प्रतिस जिसीले लिएका थिए । उनले पीएनजीका चौथो नम्बरका ब्याट्सम्यान हिरी हिरीलाई गुलसन झाद्वारा क्याच गराएका थिए । प्रतिसले लिएको यो दोस्रो विकेट थियो । पेभेलियन फर्किनुअघि हिरी हिरीले २८ रन बनाएका थिए । उनले १९ बलमा दुई छक्का र एक चौका पनि हिर्काएका थिए । ८.२ ओभरमा उनी आउट हुँदा पीएनजीले ७३ रन बनाएको थियो । पीएनजीको पाँचौँ विकेट आकाश चन्दले लिएका थिए । आकाशले पीएनजीका छैटौँ नम्बरका ब्याट्सम्यान चार्लिस अमिनीलाई नौ रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका थिए । पेभेलियन फर्किनुअघि चार्लिसले नौ बलमा एक चौका हिर्काएका थिए । ११औँ ओभरको अन्तिम बलमा चार्लिस आउट हुँदा पीएनजीले ८९ रन बनाएको थियो । त्यसपछि १२औँ ओभरको पहिलो बलमा कुशल भुर्तेलले पीएनजीको छैटौँ विकेट लिएका थिए । उनले पीएनजीका लेगा सियाकालाई पाँच रनको ब्यक्तिगत स्कोरमा लोकेश बमद्वारा क्याच गराएका थिए । कुशलले लिएको यो दोस्रो विकेट थियो । लेगा आउट हुँदा पीएसजीले ८९ रन बनाएको थियो । त्यसलगत्तै १२औँ ओभरको दोस्रो बलमा कुशल भुर्तेलले नै पीएनजीका नरम्यान भानुआलाई खाता खोल्नुअघि नै बोल्ड गरेका थिए । कुशल भुर्तेलले लिएको यो तेस्रो विकेट थियो । नरम्यान भानुआ आउट हुँदा पीएनजीले ८९ रन बनाएको थियो । पीएनजीको आठौँ विकेट पनि कुशल भुर्तेलले नै लिएका थिए । उनले पीएनजीका किपलिन दोरिगालाई आठ रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका थिए । कुशलले लिएको यो चौथो विकेट थियो । १४औँ ओभरको अन्तिम बलमा दोरिगा आउट हुँदा पीएनजीले एक सय दुई रन बनाएको थियो । पीएनजीको नवौँ विकेट गुलसन झाले लिएका थिए । उनले पीएनजीका नोसाइना पोकानालाई १२ रनको ब्यक्तिगत स्कोरमा कप्तान रोहित पौडेलद्वारा क्याच गराएका थिए । उनले १० बलमा एक छक्का पनि हिर्काएका थिए । १५.४ ओभरमा उनी आउट हुँदा पीएनजीले एक सय १२ रन बनाएको थियो । पीएनजीको अन्तिम विकेटका रुपमा जोन कारिको पेभेलियन फर्किएका थिए । उनी सात बलमा दुई रन बनाउँदै रन आउट भएका थिए । ज्याक गार्डनर भने शून्य रनमा अविजित रहेका थिए । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले आफ्नो पहिलो विकेटका रुपमा ओपनर ब्याट्सम्यान विनोद भण्डारीलाई गुमाएको थियो । विकेटकिपर ब्याट्सम्यान विनोद २७ रन बनाउँदै आउट भएका थिए । उनले २२ बलमा एक छक्का र दुई चौका पनि हिर्काएका थिए । विनोदलाई पीएनजीका बलर कारिकोले नरम्यान भानुआद्वारा क्याच गराएका थिए । त्यसअघि विनोदले अर्का ओपनर कुशल भुर्तेलसँग ६४ रनको साझेदारी गरेका थिए । विनोद ७.३ ओभरमा आउट भएर पेभेलियन फर्किएका थिए । नेपालले दोस्रो विकेटका रुपमा कप्तान रोहित पौडेललाई गुमाएको थियो । उनी चार बलमा एक रन बनाउँदै आउट भएका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका रोहितलाई पीएनजीका बलर पोकानाले विकेटकिपर किपलिन दोरिगाद्वारा क्याच गराएका थिए । ८.१ ओभरमा रोहित आउट हुँदा नेपालले ६५ रन बनाएको थियो । नेपालले तेस्रो विकेटका रुपमा आरिफ शेखलाई गुमाएको थियो । उनी सात बलमा एक चौकाको मद्दतले चार रन बनाउँदै आउट भएका थिए । उनलाई पनि पीएनजीका बलर भालाले विकेटकिपर दोरिगाद्वारा नै क्याच गराएका थिए । ९.३ ओभरमा आरिफ शेख आउट हुँदा नेपालले ७० रन बनाएको थियो । नेपालले चौथो विकेटका रुपमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई गुमाएको थियो । उनी ५९ रन बनाएर आउट भएका थिए । उनले केवल ३९ बलको सामना गरी चार छक्का र चार चौका पनि हिर्काएका थिए । २७ वर्षीय कुशल भुर्तेलले टी–२० अन्तर्राष्ट्रियमा बनाएको यो आठौँ अर्धशतक हो । उनले टी–२० अन्तर्राष्ट्रियमा एउटा शतक पनि बनाएका छन् । कुशललाई पीएनजीका बलर नरम्यान भानुआले कारिकोद्वारा क्याच गराएका थिए । १४.३ ओभरमा कुशल भुर्तेल आउट हुँदा नेपालले एक सय २० रन बनाएको थियो । नेपालले पाँचौँ विकेटका रुपमा सन्दीप जोरालाई गुमाएको थियो । पेभेलियन फर्किनुअघि उनले अर्धशतक बनाएका थिए । उनले ५६ रन बनाएका थिए । सन्दीपले केवल २६ बलको सामना गरी चार छक्का र तीन चौका पनि हिर्काएका थिए । २२ वर्षीय सन्दीप जोराले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो दोस्रो अर्धशतक हो । सन्दीपलाई पीएनजीका बलर भालाले लेगा सियाकाद्वारा क्याच गराएका थिए । १७.५ ओभरमा सन्दीप आउट हुँदा नेपालले एक सय ६० रन बनाएको थियो । नेपालले छैटौँ विकेटका रुपमा लोकेश बमलाई गुमाएको थियो । सातौँ नम्बरमा क्रिज समाल्न आएका उनी १४ रन बनाउँदै रन आउट भएका थिए । पेभेलियन फर्किनुअघि उनले ६ बलमा दुई छक्का पनि हिर्काएका थिए । १९औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेपालले एक सय ७७ रन बनाएको थियो । यसअघि आइतबार नेपाल र हङकङबिचको पहिलो खेल वर्षाका कारण अनिर्णित रुपमा सकिएको थियो । मंगलबार नै हङकङ र पपुवा न्यु गिनीबिच दोस्रो खेल हुनेछ । हङकङ भ्रमणका क्रममा नेपालले गत शनिबार आयोजक राष्ट्रसँग एउटा टी–२० मैत्रीपूर्ण खेल पनि खेलेको थियो । उक्त खेलमा हङ्कङले नेपाललाई ७३ रनले हराएको थियो । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणको तयारीका क्रममा विभिन्न राष्ट्रसँग मैत्रीपूर्ण खेल खेलिरहेको छ । यसैक्रममा नेपाली टोली हङकङ भ्रमणमा गएको हो । हङकङ भ्रमणबाट फर्किएलगत्तै नेपाली टोली मैत्रीपूर्ण खेलका लागि भारत प्रस्थान गर्नेछ । भारतमा नेपालले गुजरात र बरोडासँग मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ । यो खेलमा पनि विश्वकपकै तयारीका क्रममा खेल्न लागिएको हो । टी–२० विश्वकपको नवौँ संस्करण सन् २०२४ को जुन १ देखि २९ तारिखसम्म आयोजना हुँदैछ । नेपाल प्रतियोगिताको समूह ‘डी’ मा परेको छ । नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । टी–२० विश्वकपमा नेपालले आफ्नो पहिलो खेल जुन ४ तारिखमा नेदरल्यान्ड्ससँग खेल्नेछ । नेपालले दोस्रो खेल जुन ११ तारिखमा श्रीलंकासँग र तेस्रो खेल जुन १४ तारिखमा दक्षिण अफ्रिकासँग खेल्नेछ । नेपालले समूहगत चरणको चौथो तथा अन्तिम खेल जुन १६ तारिखमा बंगलादेशसँग खेल्नेछ । | ratopati.com |
3,350,184 | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग पोखराका पर्यटन व्यवसायीले अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडानलगायत पर्यटनका विविध विषयमा प्रश्न गरेका छन् । पोखरा पर्यटन परिषद्को आयोजनामा मन्त्रीसँग पर्यटन विषय केन्द्रित अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरुले अन्तरराष्ट्रिय उडानका लागि सङ्घीय सरकारले किन पहल गर्न सकेको छैन? कहिलेदेखि उडान सुरु हुन्छ ? जस्ता प्रश्न गरेका थिए । गत १ जनवरीमा उद्घाटन गरिएको पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अहिलेसम्म पनि अन्तराष्ट्रिय उडान सुरु हुन सकेको छैन । मन्त्री किरातीले पोखराको सुन्दरताको वर्णन गर्दै अन्तराष्ट्रिय उडानका लागि आफूले पहल गरिरहेको जानकारी दिए । उनले पोखरा उत्कृष्ट गन्तव्य र पर्यटनको विश्वविद्यालय नै भएकाले यसको विकासमा आफूले निकै चासो दिएको बताउँदै अन्तराष्ट्रिय उडानका विषयमा आफूले प्रक्रिया बुझेर कार्य अघि बढाउने जानकारी दिए । मन्त्री किरातीले पर्यटन व्यवसायीका जिज्ञासा समाधान गर्न आफू सकारात्मक भएको जनाउँदै जिम्मेवारी र कर्तव्य बुझ्ने नेतृत्वको अभावमा यस्ता समस्या बग्रेल्ती देखिएकाले सुधारको आवश्यकता रहेको बताए । त्यसैगरी पर्यटन व्यवसायीले नेपाल पर्यटन बोर्डको कार्यविधि नबनेकाले पर्यटन प्रवद्र्धनमा विनियोजित रकम खर्च हुन नसकेको विषयमा पनि प्रश्न उठाएकामा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले पर्यटन प्रवद्र्धनका लागि लागि बेर्ड सदस्यहरूबाट पूर्वाधार विकासका एजेन्डा प्रस्तुत हुन नसकेको गुनासो गरे । पर्यटन व्यवसायी गणेश भट्टराईले अन्तराष्ट्रिय विमानस्थल उद्घाटन गर्न हतारिएको तर आवश्यक गृहकार्य पूरा नभएको बताए । उनले अन्तराष्ट्रियले उडान हुन नसक्दा धेरै प्रश्नहरु उठ्न थालेको जनाउँदै सङ्घीय सरकारलाई यथाशक्य पहल गर्न आग्रह गरे । नेपाल पर्यटन बोर्ड गण्डकी प्रमुख काशिराम भण्डारीले आफूलाई कार्यविधि नबनी रकम निकासा गर्ने अधिकार नभएकाले प्रवद्र्धनका लागि विनियोजित रकम खर्चगर्न समस्या भएको बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले अन्तराष्ट्रिय विमानस्थल उद्घाटन भएसँगै उत्साहित भए पनि अन्तराष्ट्रिय उडान सुरु हुन नसक्दा निराश भएको बताए । योसँगै सरकारको स्पष्ट पर्यटन नीति नहुनु र ठूलो लगानी भएको पर्यटन क्षेत्र वित्तीय संस्थाको चर्को ब्याजदर र दबाबले थप समस्या सिर्जना गरेको बताए । राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनले पर्यटन विकासका लागि अनुसन्धान हुनुपर्नेमा जोड दिए । उनले पर्यटक लक्षित गतिविधि र गन्तव्यका लागि नयाँ नयाँ सोच र विकासको खोजी आवश्यक रहेको बताए । पर्यटन परिषद्का संस्थापक अध्यक्ष अशोक पालिखे, पूर्वअध्यक्ष गोपिबहादुर भट्टराई, टान, हान, नाट्टा, टेसा, एगा, एनटिभिए, वोटेफ, मनी चेञ्जर, पोखरा उद्योग वाणिज्य सङ्घ, भिटोफ, नेपाल हवाई खेलकुद संस्था (ना)लगायत संस्थाका अध्यक्ष एवम् प्रतिनिधिले आ–आफ्नो क्षेत्रका विषयगत समस्या प्रस्तुत गरेकाा थिए । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं । | drishtinews.com |
1,177,403 | टेण्डर अनुसार इच्छुक कम्पनीले जहाज, पाटपुर्जा र इन्जिन किन्नुपर्नेछ। जहाजको इन्जिन स्पेनको आइबेरिया मेन्टिनेन्स कम्पनीमा छ। जहाज २०७६ असारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्क्याएर राखिएको छ। सन् १९८८ मा बनेको यो जहाजले ८९ हजार ४ सय ६२ घण्टा उडान गरिसकेको छ। बोइङ किनेपछि निगमले लण्डन, पेरिस र फ्र्याङ्कफर्ट पनि उडान गरेको थियो। बोइङ बिक्रीका लागि निगमले ४ वर्षअघि अमेरिकाको सीएसडीएस कम्पनीसँग सम्झौता गरेको थियो। ६५ करोड रुपैयाँमा बिक्रीको सम्झौता भएको थियो। तर कोभिडका कारण प्रक्रिया अगाडि बढेन। आइबेरियामा रहेको इन्जिन जगेडा हो। निगमले इन्जिन मर्मतका लागि केही वर्षअघि स्पेन पठाएकामा आइबेरियाले निकै महँगो रकम मागेपछि त्यतिकै राखिएको हो। निगमका एक उच्च अधिकृतका अनुसार आइबेरियाले इन्जिन राखिदिएबापत निगमसँग १४ करोड रुपैयाँभन्दा बढी रकम मागेको छ। यो कम्पनीले वाइडबडी जहाजको आईआई र न्यारोबडी जहाजको पीटीई-१६ इन्जिन पनि बेलायती कम्पनी ए जे वाल्टरको नेपाल प्रतिनिधि कोलोससमार्फत लुफ्थान्साको रोहवरमा मर्मत गर्दै आएको छ। निगमले ३५ वर्षअघि दुईवटा बोइङ खरिद गरेकामा कर्णाली नाम दिइएको बोइङ गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टले ५ वर्षअघि किनेका थिए। उनले १४ करोड ६० लाख रुपैयाँमा किनेको जहाज पनि विमानस्थलमै थन्क्याएर राखिएको छ । | kantipath.com |
549,872 | भगवान श्रीरामको वंशमा हरिश्चन्द्र नामका एक राजा थिए । उनी आफ्नो सत्यनिष्ठा र इमान्दारीताका कारण प्रख्यात थिए । एक पटक देवताहरुले उनीमाथि परीक्षा लिेने सोचे । योजना अनुसार राजाले स्वप्नमा ऋषि विश्वामित्रले आफ्नो सारा राजपाट दान गरेको देखे । त्यसको भोलिपल्ट राजा सबै राजपाट छोडेर निस्किन लागेका थिए । त्यहि बेला विश्वामित्रले दक्षिणास्वरुप ५०० स्वर्ण मुद्रा मागे । त्यसपछि राजाले भने ५ सय किन ? तपाई जति चाहानुहुन्छ त्यति लिनूहोस् । त्यसपछि विश्वामित्रले भने राजपाट दान गरिसकेपछि सबै राजकोष मेरो भईसक्यो, मलाई तपाईले दिने छुट्टै दक्षिणा दिनुहोस् । त्यसपछि आफ्नो बोलि पुरा गर्न उनले आफ्नी श्रीमती र छोरालाई बेचे । तर पनि उनले ५ सय स्वर्ण मुद्रा पाएनन् । त्यसपछि उनले स्वयंलाई बेचे र सबै मुद्रा विश्वामित्रलाई दिए । उनले आफूलाई श्मशान घाटमा काम गर्नेलाई बेचेका थिए । त्यसपछि उनी त्इहि क्षेत्रमा काममा लागे । त्यसपछि समय बित्दै गर्दा उनको छोराको मृत्यु भयो । उनकी श्रीमती छोराको शव लिएर घाटमा पुगिन् । त्यो बेला राजाले जलाउनको लागि कर मागे । महिलासँग कर तिर्ने पैसा भएन । त्यसपपछि त्यहाँ पनि उनी सत्यको बाटोमा देखिएपछि भगवान स्वयं प्रकट चएर उनलाई इतिहासमा अमर रहने वरदान दिएका थिए । | lokpath.com |
682,074 | प्रतिनिधिसभा बैठकमा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको खोजीको भएको छ । मंगलबारको बैठकमा बजेटमाथिको मन्त्रालयगत छलफल गर्ने कार्यतालिकामा उल्लेख छ । सोहीअनुरुप सांसदहरुले मन्त्रालयगत खर्च कटौती प्रस्ताव पेस गरिरहेका थिए । सोही क्रममा कांग्रेस सांसद रामहरि खतिवडाले खेलकुदमन्त्रीको खोजी गरे । उनले मन्त्रालयगत बजेटमा उठेको प्रश्नको जवाफ मन्त्रीले दिनैपर्ने भन्दै अनिवार्य उपस्थितिबिना बैठकअघि बढ्न नसक्ने बताए । उनले बैठक स्थगन गरेर मन्त्री आएपछि बैठक अघि बढाइनुपर्ने माग राखे । त्यसपछि सभामुख देवराज घिमिरेले खेलकुद मन्त्रालयसम्बन्धी छलफल कार्यसूचीबाट हटाए ।
नेपाललाई प्रोमोसन गर्न यस कम्पनीले योगदान गरेको उनको भनाइ छ । ‘हामी भित्र्याउँछौँ मात्रै तर पठाउँदैनौँ । तर यो कम्पनीले चाउचाउलाई ३० भन्दा बढी मुलुकमा पठाइरहेको सुन्न पाउँदा गर्व लागेको छ’, उनले भने ।
काठमाडौंको न्युरोड क्षेत्रमा भैरहेको फुटपाथ विस्तार काममा स्थानीयले फेरि अवरोध गरेका छन् । अदालतको आदेशपछि महानगरपालिकाले निरन्तरता दिएको न्युरोडको फुटपाथ विस्तारको कामको विरोधमा स्थानीय उत्रिएका हुन् ।
यसअघि काठमाडौं महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे समेत भत्काइसकेको थियो । तर सडक डिभिजन कार्यालयले हस्तक्षेप गरेर सामान जफत गरिदिएपछि महानगरपालिकाले काटेको कालोपत्रे पनि टालेको थियो ।
नेकपा (माओवादी केन्द्र) वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वरिष्ठ संस्कृतिवीद् ८९ वर्षीय हरिराम जोशीसँग आज उनकै निवास मानभवन ललितपुरमा पुगी छलफल तथा सम्मान गरेका छन् ।
नेपालले एसिया कप महिला क्रिकेटको पहिलो खेलमा युएईसँग प्रतिस्पर्धा गर्दैछ।श्रीलंकाको रनगिरी डम्बुल्ला इन्टरनेसनल स्टेडियममा खेल नेपाली समय अनुसार दिउँसो २स्१५ बजे सुरु हुनेछ। इन्दु वर्माको कप्तानीमा रहेको नेपाली महिला टोलीले तेस्रो पल्ट एसिया कपमा सहभागिता जनाउन लागेको हो । | everestdainik.com |
4,838,441 | सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी झापा अर्जुनधारा नगरपालिका–५ बस्ने ६५ वर्षीय उदय पराजुलीलाई प्रहरीले पक्राउ गरेको छ। झापा जिल्ला अदालतको २०६० माघ २१ गतेको फैसलाले सरकारी छाप दस्तखत किर्ते मुद्दामा १ वर्ष कैद र ५० रुपैयाँ जरिवाना ठहर भइ फरार रहेका उनलाई सर्वोच्च अदालत निर्देशानालयद्वारा गठित फैसला कार्यान्वयन झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। उनलाई फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत भद्रपुरमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । | kathmandupress.com |
152,770 | त्यहाँ १०० दिनसम्म भएको इतिहासमै सबैभन्दा खराब नरसंहारमा लाखौं मानिसहरुको हत्या गरियो । त्यतिबेला मैले मेरो देशमा भइरहेको राजनीतिक उथलपुथल, पीडा र मृत्युको डरलाग्दो रिपोर्टहरु हेरेँ । यसपछि म मेरो देशबाट हजारौं माइल टाढा भए पनि केही गर्नुपर्छ भन्ने बाध्यता महसुस गरेँ र एक राजनीतिक पार्टी स्थापना गर्ने सोच बनाएँ । यससँगै द युनाइटेड डेमोक्रेटिक फोर्से अफ रुवान्डा नामक राजनीतिक पार्टी स्थापना गरेँ । नेदरल्यान्डमा वर्षौंको राजनीतिक सक्रियतापछि सन् २०१० को जनवरीमा म देशको राजनीतिमा केन्द्रीय भूमिका खेल्ने उद्देश्यले रुवान्डा फर्के । मैले एफडियु इनकिन्ङगी दर्ता गर्ने र वर्तमान राष्ट्रपति पल कागामेको प्रतिद्धन्द्धी भएर आगामी राष्ट्रपति निर्वाचनमा सहभागी हुने मनसाय राखेको थिएँ । गिसोजी जेनोसाइड मेमोरियल सेन्टरमा मैले प्रभावकारी मेलमिलापको लागि आह्वान गरेकको भाषणलाई नै नरसंहार अस्वीकारको प्रमाण मानिएको थियो । मैले सर्वोच्च अदालतमा पुनरावेदन गरेपछि झन् सजाय ८ वर्षबाट बढाएर १५ वर्ष पुर्याइयो । नेदरल्यान्डबाट रुवान्डा फर्किँदा म परिवारसँग छुट्टिनु पर्यो । यो मेरा लागि दुखद क्षण थियो । तर एम्स्टर्डम एयरपोर्ट सिफोलमा मेरो श्रीमान् र तीन छोराछोरीलाई बिदाइ गरिरहँदा छोटो समयको विछोड हो भन्ने सोचेको थिएँ । कान्छो छोरोको जन्मदिन मनाउन नेदरल्यान्ड फर्किने वाचा गर्दै रुवान्डा उडेँ । तर मलाई त्यहाँबाट निस्केपछि के हुनेको थाहा थिएन । मैले आफ्नै देशको राजनीतिक उत्पीडनले छोराको जन्मदिन धेरै मिस गर्नेछु भन्ने पनि थाहा थिएन । रुवान्डामा मैले गिसोजी जेनोसाइड मेमोरियल सेन्टरको भ्रमण गरेँ । त्यहाँ एकता र मेलमिलापको आग्रह गर्दै भाषण दिएँ । मैले सत्तारुढ रुवान्डाली देशभक्ति मोर्चाको नीतिहरु पर्याप्त समावेशी नभएकोमा आलोचना गरेकी थिएँ र तुत्सीविरुद्ध भएको नरसंहार अघि र पछिका समयमा हिंसामा परेका सबैलाई पहिचान र सम्मान गर्न माग गरेँ । यसको तीन महिनापछि मलाई गिरफ्तार गरियो र न्यायिक प्रक्रियामा तानियो । सन् २०१२ मा रुवान्डाको उच्च अदालतले मलाई युद्ध र आतंकवादको प्रयोग गरेर सरकारविरुद्ध षडयन्त्र गरेको र नरसंहार अस्वीकार गरेको आरोपमा आठ वर्षको जेल सजाय सुनाएको थियो । गिसोजी जेनोसाइड मेमोरियल सेन्टरमा मैले प्रभावकारी मेलमिलापको लागि आह्वान गरेकको भाषणलाई नै नरसंहार अस्वीकारको प्रमाण मानिएको थियो । मैले सर्वोच्च अदालतमा पुनरावेदन गरेपछि झन् सजाय ८ वर्षबाट बढाएर १५ वर्ष पुर्याइयो । मलाई किगालीमा उच्च सुरक्षा भएको कुख्यात जेलमा एकान्त कारावासमा राखिएको । म त्यहाँ ५ वर्षसम्म बसेँ । सन् २०१६ मा एकान्त कारावासबाट सारेर अन्य कैदीसँगै बाँकी सजाय पूरा गर्न अनुमति दिइयो । तर मेरो एक्लोपन त्यतिबेला पनि सकिएन । कारागार अधिकारीहरुले मसँग कुरा गर्ने कैदीहरुलाई टाढाका जेलमा स्थानान्तरण गर्न थाले । अदालतले म र मेरो परिवारलाई अभियोग र कारावासको समयमा भोगेको भौतिक र नैतिक पूर्वाग्रहको क्षतिपूर्ति गर्न पनि सरकारलाई आदेश दिएको थियो तर अदालतको आदेश सरकारले आजसम्म पनि कार्यान्वयन गरेको छैन । सारिएका ती कैदीहरुले आफू सरुवा भएको ठाउँमा मेरो अवस्था बारे बताएका छन् भनेर जेलका निर्देशकलाई चिठी पठाएपछि मात्रै उनीहरुले कैदीबन्दीको स्थानान्तरण गर्न बन्द गरे । सन् २०१४ मा एकान्त कारावासमा हुँदा रुवान्डा सरकारविरुद्ध मानअधिकारसम्बन्धी अफ्रिकी अदालतमा मुद्दा दायर गरेँ । सन् २०१६ मा मेरो दाबीमा निर्णय गर्न सेट गरेझैं रुवान्डा सरकारले कैदीहरुले अदालतमा उजुरी गर्न पाउने घोषणा फिर्ता लियो । जे होस् मेरो दाबीलाई पहिले नै समीक्षा गरिसकेपछि सन् २०१७ मा एफसिएचपिआरले रुवान्डा सरकारले मेरो अभिव्यक्ति स्वतन्त्रता र पर्याप्त रक्षाको अधिकारलाई उल्लघंन गरेको निष्कर्ष निकाल्यो । अदालतले म र मेरो परिवारलाई अभियोग र कारावासको समयमा भोगेको भौतिक र नैतिक पूर्वाग्रहको क्षतिपूर्ति गर्न पनि सरकारलाई आदेश दिएको थियो तर अदालतको आदेश सरकारले आजसम्म पनि कार्यान्वयन गरेको छैन । म अन्ततः राष्ट्रपतिको अनुग्रहमा ८ वर्षको जेल सजायपछि सन् २०१८ मा जेलमुक्त भएँ । यो माफी दुई सर्तसहित आएको थियोः महिनामा एकपटक मेरो घरनजिकै रहेका प्राथमिक तहका न्यायाधिवक्तासमक्ष हाजिर हुनुपर्ने र मैले देशबाहिर जाँदा हरेकपटक मन्त्रीको अनुमति लिनुपर्ने गरी दुई सर्त थिए । यी सर्तहरु कारावासको बाँकी अवधिको अन्त्यसँगै समाप्त हुने भनिएको छ । मेरो १५ वर्षको कारावास अवधि सन् २०२५ मा सकिन्छ । यदि मलाई अर्को अपराध वा उल्लंघनको लागि सजाय सुनाइयो भने माफी पनि रद्द गरिनेछ । म रिहा भइसकेपछि रुवान्डामा कानुनको शासन स्थापना गर्न र दिगो विकासलाई प्रवद्र्धन गर्ने प्रयास स्वरुप मैले ‘सबैका लागि विकास र स्वतन्त्रता (डिएएलएफए–उमिरिन्जी) नाम नयाँ पार्टी स्थापना गरेँ । तर रुवान्डामा मेरो परिक्षा अझ सकिएको थिएन । रुवान्डाको संविधानले मलाई राजनीतिक पार्टी स्थापना गर्ने अधिकार दिए पनि मैले पार्टी दर्ता गर्न र आधिकारिक रुपमा काम अगाडि बढाउन अनुमति पाएको थिइनँ । मेरा आलोचकहरु अझै पनि जनतालाई मेरो विरुद्धमा ल्याउन र राजनीतिमा भाग लिनबाट निरुत्साहित गर्न कडा मेहेनत गरिरहेका छन् । मलाई निरन्तर ‘नरसंहार अस्वीकार गर्ने’ आतंकवादी, नरसंहारको विचारधारा वा हुतु सर्वोच्चतालाई समर्थन गर्ने व्यक्तिको रुपमा बदनाम गरिएको छ । मलाई बदनाम गर्न खोज्नेसँग मेरो हुतु पुर्खा र मैले सन् २०१० मा नरसंहार स्मारकमा दिएको भाषणबाहेक कुनै प्रमाण छैन । विडम्बना, अमेरिका र बेलायत रुवान्डाका सबैभन्दा नजिकका र प्रभावशाली सहयागीहरुले नरसंहारको क्रममा मारिएका धेरै हुतु र अरुलाई सम्मान गर्न असफल हुँदा यसले मेरो देशको इतिहासमा यो कालो अध्यायको अधुरो तस्बिर देखाउँछ । विगत १२ वर्षमा मेरा धेरै प्रमुख समर्थकहरु मारिएका वा रहस्यमय रुपमा बेपत्ता भएका छन् । यसले गर्दा पनि म डराएको छु । रुवान्डामा मैले सहेको सबैभन्दा गहिरो पीडा मेरो श्रीमान् र बच्चाहरुबाट टाढा भएका वर्षहरु हुन् । सन् २०१० मा यहाँ आइपुगेदेखि मलाई रुवान्डा छोड्न अनुमति दिइएको छैन । मैले आठौं जन्मदिनमा भेट्ने वाचा गरेको छोरा अहिले १९ वर्षको भइसकेको छ र मैले उसलाई विगत १२ वर्षदेखि देख्न पाएको छैन । उ संगीतकार भएर आमाविनाको हुर्काइका पीडालाई ‘लङ वे’ गीतमा सार्वजनिक गरेको छ । म उनीहरुलाई छिट्टै भेट्ने अपेक्षामा छु । अन्य अभिभावकको जस्तै मेरो पनि छोराछोरीको विवाहमा उपस्थित हुने सपना थियो तर म जेलमा भएको बेला छोरीको विवाह भयो । हालै ठूलो छोराले पनि विवाह गरे । र पनि म अझै रुवान्डा छोडेर जान न्यायमन्त्रीको स्वीकृति पाएको छैन । मैले यसका लागि निवेदन दिए पनि त्यसलाई बेवास्ता गरिन्छ । मविरुद्ध जारी आक्रमण, वर्षौंसम्म मेरो परिवारबाट टाढा राखिए पनि रुवान्डाप्रति मेरो प्रेम कम हुन सकेको छैन । तर मैले जीवनको डर छैन भने भने म झुट बोल्ने छु । विगत १२ वर्षमा मेरा धेरै प्रमुख समर्थकहरु मारिएका वा रहस्यमय रुपमा बेपत्ता भएका छन् । यसले गर्दा पनि म डराएको छु । सन् २०१८ को अक्टुबरमा, एफडियु इन्किङ्गीका उपनेता बोनिफेस ट्वागिरीमाना जेलबाटै बेपत्ता भए । सन् २०१९ को मार्चमा मेरा सहयोगी अन्सेम मुतुयीमाना जंगलमा मृत फेला परे । अनुसन्धानबाट उनको घाँटी थिचेर हत्या गरिएको पत्ता लाग्यो । त्यही वर्षको जुलाईमा एफडियु इन्किङ्गकै प्रतिनिधि इजेन डेरेयीमाना रुवान्डाको पूर्वी प्रान्तबाट बेपत्ता भए । सन् २०१८ को अक्टुबरमा, एफडियु इन्किङ्गीका उपनेता बोनिफेस ट्वागिरीमाना जेलबाटै बेपत्ता भए । सन् २०१९ को मार्चमा मेरा सहयोगी अन्सेम मुतुयीमाना जंगलमा मृत फेला परे । अनुसन्धानबाट उनको घाँटी थिचेर हत्या गरिएको पत्ता लाग्यो । त्यही वर्षको जुलाईमा एफडियु इन्किङ्गकै प्रतिनिधि इजेन डेरेयीमाना रुवान्डाको पूर्वी प्रान्तबाट बेपत्ता भए । सेप्टेम्बरमा एफडियु इन्किङ्गका संयोजक स्लिडियो डुसाबुमरेम्यीलाई दुई अज्ञात व्यक्तिले छुरा प्रहार गरी हत्या गरे । सन् २०२० को पार्टी सदस्य मेमा थियोफाइल न्तिरुता हत्या प्रयासबाट बाँच्न सफल भए । उनी पछि जेल परे र अहिलेसम्म पनि जेलमै छन् । त्यही वर्ष जुनमा मेरो नजिकका सहयोगी भेनन्ट अबायसेन्गा बेपत्ता भए । यदि सरकारले असहमतिको आवाजलाई दबाउन खोजिरह्यो भने भविष्यले हाम्रा जनताका लागि थप पीडाबाहेक केही ल्याउने छैन । रुवान्डा अनुसन्धान ब्युरोले यी हत्या र जबरजस्ती बेपत्ता भएका बारे केही पत्ता लगाएकाे छैन । मलाई निगरानी गर्न एउटा टिम सधैं पछि भइरहने भएकाले यसले मलाई थाेरै शान्ति दिएको छ । रुवान्डामा विपक्षी व्यक्तित्वको रुपमा मेरा अनुभवहरु नकारात्मक मात्रै छैनन् । वास्तवमा मैले मेरो राजनीतिक यात्रामा सबै आक्रमण र अवरोधहरुको सामना गरे तापनि मैले हरेक मोडमा अगाडि बढ्ने नयाँ कारणहरु फेला पारेको छु । यो पीडादायी अवस्थामा रुवान्डा भित्र र बाहिरबाट मेरा सहकर्मीहरुको समर्थनले बलियो बनाएको छ र राम्रो भविष्यको लागि मेरो आशा जीवित राखेको छ । मेरा धेरै समर्थकहरु मारिए, जेल परे वा बेपत्ता भए तापनि नयाँ समर्थकहरु आए र अन्तराष्ट्रिय स्तरमा मेरो राजनीतिक सन्देश पुर्याएर मेरो दैनिक जीवनलाई सहयोग गर्न तयार भए । यसबाहेक रुवान्डाका अधिकारीहरुको हातबाट मैले सामना गरेको पीडाले रुवान्डा र त्यसभन्दा बाहिर मेरो प्रोफाइल बढायो । मेरो कथा रुवान्डामा व्यापक राजनीतिक उत्पीडनको एउटा उदाहरण मात्र हो । राजनीतिक हिंसाको यो कहिल्यै अन्त्य नहुने चक्रले हाम्रो देश र जनतालाई मात्र नभई फराकिलो ग्रेट लेक क्षेत्रमा अस्थिरता निम्त्याउँदै छ । जेलमा रहेका मानिसहरुलाई भेट्ने र पछि रुवान्डाभित्रका विभिन्न पृष्ठभूमिका मानिसहरुसँग भ्रमण र कुरा गर्ने देखि मैले असंख्य रुवान्डालीहरुको गुनासो सुन्न र उनीहरुसँग मेरो राजनीतिक दृष्टिकोण बाँड्ने अवसर पाएँ । मेरो परिवारको निडर समर्थन पनि अमूल्य छ । मेरो कथा रुवान्डामा व्यापक राजनीतिक उत्पीडनको एउटा उदाहरण मात्र हो । राजनीतिक हिंसाको यो कहिल्यै अन्त्य नहुने चक्रले हाम्रो देश र जनतालाई मात्र नभई फराकिलो ग्रेट लेक क्षेत्रमा अस्थिरता निम्त्याउँदै छ । यस दस्तावेजमा हामीले हिंसाको चक्र तोड्न, मेलमिलापलाई बलियो बनाउन, मानवअधिकारको रक्षा गर्न र देशमा समृद्धि ल्याउन सरकारले चाल्न सक्ने सरल कदमहरु उल्लेख गरेका छौं । यदि सरकार राजनीतिक प्रतिपक्षका साथसाथै रुवान्डाका नागरिक समाजसँग वास्तविक संवादमा प्रवेश गर्न सहमत भएमा, हामी नयाँ लोकतान्त्रिक रुवान्डा निर्माण गर्न र ग्रेट लेक क्षेत्रमा स्थिरता ल्याउन सक्छौं । यो कसरी हासिल गर्न सकिन्छ भनेर देखाउनका लागि सन् २०२१ जुनमा विपक्षी मि बनार्ड न्टागान्डासँग मिलेर हामीले रुवान्डाको आशाजनक भविष्यका लागि रोडम्याप प्रकाशित गर्यौं । यस दस्तावेजमा हामीले हिंसाको चक्र तोड्न, मेलमिलापलाई बलियो बनाउन, मानवअधिकारको रक्षा गर्न र देशमा समृद्धि ल्याउन सरकारले चाल्न सक्ने सरल कदमहरु उल्लेख गरेका छौं । मैले जे भोगेको छु, त्यसको लागि म कसैसँग कुनै रिस राख्दिनँ तर लडाइँ त्याग्ने मेरो मनसाय पनि छैन । म मेरो देशलाई माया गर्छु त्यसैले यसको भविष्यबारे चिन्तामा छु । यदि सरकारले असहमतिको आवाजलाई दबाउन खोजिरह्यो भने भविष्यले हाम्रा जनताका लागि थप पीडाबाहेक केही ल्याउने छैन । | nepalwatch.com |
1,181,301 | भक्तपुरमा शनिवार बिभिन्न पार्टी परित्याग गरी २९ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सूर्यविनायक नगरपालिका वडा नम्बर ८ को वडा भेलामा २९ जनाले पार्टी प्रवेश गरेका हुन् । कुमार लामाको नेतृत्वमा बिभिन्न पार्टीबाट गरी २९ जना माओवादी केन्द्रमा प्रवेश गरेका उक्त कार्यक्रमका संचालक समेत रहेका युवा नेता मिलन लामाले बताए । नवप्रवेशीहरुलाई पार्टीका भक्तपुर अध्यक्ष डिपी ढकालले स्वागत गरेका थिए । नवप्रवेशीका तर्फबाट बोल्दै अगुवा नेता कुमार लामाले जनताको बलिदानीबाट बनेको पार्टी माओवादी केन्द्रमा केन्द्रित हुन पाएकोमा गौरव महसुस भएको प्रतिक्रिया दिएका छन् । पार्टीले दिएको जिम्मेवारी पूरा गर्न आफूहरु सदैव तयार रहने उनले प्रतिवद्धता समेत प्रकट गरे । उक्त अवसरमा नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै नेकपा (माओवादी केन्द्र) भक्तपुरका अध्यक्ष डिपी ढकालले अग्रगामी र परिवर्तनकारी शक्ति माओवादी केन्द्र मात्र भएकोले परिवर्तन चाहनेहरु ढिलोचाडो माओवादी हुनुको बिकल्प नभएको बताए । अध्यक्ष ढकालले जनविरोधी हर्कत गर्दा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाट बार्दलीमा पुगेर थन्किएका दावी गरे । प्रतिगमन तर्फ जादाँ नेकपा (एमाले)को ओली पक्ष जनताबीच नाङ्ग्गिएको जिकिर गर्दै उनले भीरबाट लड्नजानेलाई रामराम भन्न सकिने तर काध थाप्न नसकिने तर्क गरेका थिए । सोहीकारण नेकपामा ओलीको पछि लागेर हिड्न नसकिएको उनले प्रष्ट पारे । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले भक्तपुरको बिकाशको लागि आफू र आफ्नो पार्टी हमेसा क्रियाशील रहेको जानकारी गराउदै जनताको पक्षमा वडा देखि मन्त्रालयसम्म आवश्यक पहलका लागि सदैव तयार रहेको दावी गरे । जनताले उक्त कार्यका लागि जुनसुकै बेला आफूलाई सम्पर्क गर्न सक्ने समेत उनले स्पष्ट पारे । उक्त अवसरमा नेता ढकालले स्थानीय जनताले नेताको बदला व्यवसायीलाई जनप्रतिनिधि चुन्दा बिकाशनिर्माण कार्यमा भ्रष्टाचार र बिकृती बढेको प्रति जनता संवेदनशील बन्नुपर्ने आवस्यकता समेत औल्याएका थिए । स्थानीय नेता भरत सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन स्थानीय स्वयंसेवी एवं जिल्लाका युवा नेता मिलन लामाले गरेका थिए । कार्यक्रममा पार्टीको सूर्यविनायक संयोजक जीवन तज, सहसंयोजक सानुकान्छा तामाङ्ग, पनौती नगर संयोजक राजेन्द्र सापकोटा, पाँचखाल नगरपालिकाका जनप्रतिनिधि बालकृष्ण सापकोटा, भक्तपुर वाइसिएलका अध्यक्ष नरेश वाइवा लगायत अतिथिको रुपमा उपस्थित रहेका थिए । अर्पण डेरी अगाडी भएको वडा भेलाको अवसरमा उक्त वडाका फूटबल खेलाडीहरुलाई सम्मान समेत गरिएको थियो । प्रथम मेयर कप पुरुष फ़ुट्सल प्रतियोगितामा द्वितीय स्थान हासिल गर्न सफल खेलाडीहरुलाई सम्मान गरिएको नेता मिलन लामाले जानकारी गराए । भक्तपुरमा टिप्परको पछाडि ठोक्किएर दुर्घटनामा परेका स्कुटी चालकको ज्यान गएको छ । | bhaktapurpost.com |
761,152 | ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले बुढी गण्डकी जल विद्युत् आयोजनाको ठेक्का दिने भनिएको गेजुवा कम्पनी पुसदेखि सम्पर्कमा नआएको बताएका छन् । राष्ट्रिय सरोकार तथा समन्वय समितिले सोमबार आयोजना गरेको छलफलमा बोल्दै मन्त्री पुनले तीन पटक वार्ता भए पनि त्यसपछि फर्किएर नआएको बताए । ‘गेजुवासँग तीन राउन्ड वार्ता भयो,वार्ता अनुसार सामान्य छलफल भयो,’ उनले भने,‘ छलफलपछि गेजुवा फर्किएर आएको छैन । त्यसैले गेजुवालाई ठेक्का दिन लागियो भन्न मिल्दैन ।’ ०७५ असोज १४, ०७५ पुस ३ र ४ मा गेजुवासँग आयोजना निर्माण्का सम्बन्धमा वार्ता भएको थियो । ‘वार्तापछि फ्रेम वर्क एग्रिमेन्टको प्रक्रिया मोटामोटी रूपमा टुंग्याई क्याबिनेटमा पठाउने गरी अर्थ मन्त्रालय र कानुन मन्त्रालयमा हस्ताक्षर गर्न पठाइयो,’ उनले भने,‘ कुरा चल्दाचल्दै पुसदेखि गेजुवा आएको छैन । यति ठुलो लगानीकर्ता पक्कै पनि हामीलाई पर्खिएर बसेको छैन होला, कता गयो थाहा छैन ।’ सरकार र मन्त्रालयको प्राथमिकता मुआब्जा निर्धारण गरी काम अगाडी बढाउने भन्ने रहेको बताए । ‘बजेटको अभाव छैन, अर्को वर्ष मुआब्जाको समस्या सक्छौँ,’ उनले भने,‘ यो बेलासम्म कस्तो बनाउने भनेर मोडालिटि पनि तयार हुन्छ , यो आयोजना हामी बनाउँछौँ, बनाउने गरी नै काम भइरहेको छ ।’ मन्त्री पुनले १२ सय मेगावाटमै आयोजना बन्ने स्पष्ट पारे । गेजुवा चीनको सरकारी स्वामित्वमा रहेको कम्पनी हो । बुढीगण्डकी जल विद्युत् आयोजना गोरखा र धादिङमा पर्छ । | ekantipur.com |
4,994,975 | उनको पहिलो उपन्यास असोज ५ गते काठमाडौंको पर्यटन बोर्डको हलमा एक समारोहका बिच सार्वजनिक हुदै छ । वराङगना नाम राखिएको सोविताको सो उपन्यास बुलबुल पब्लिकेशनले बजारमा ल्याउन लागेको हो । उपन्यासको कभर पेज सार्वजनिक भएपछी सबैतिरबाट आफुलार्इ सकारात्मक प्रतिकृया आएको बताउने लेखिका सोविताले सुक्रबार आफ्नो उपन्यास वराङनाको भिडियो प्रोमो सार्वजनिक गरेकी छिन । तिन बर्ष लगाएर लेखिएको सोविताको वराङगनाको प्रोमोमा उनी देखीएकी छिन । काठमाडौं तथा ललितपुरका केही सुन्दर स्थानमा खिचिएको प्रोमो आकर्षक बनेको छ । पछिल्ला केही समय चलचित्रमा नदेखिएकी उनले त्यस्को राज उपन्यास लेखन रहेको समेत प्रष्टाएकी छिन । | enepalese.com |
5,573,294 | संयुक्त अरब इमिरेट्स (युएई) का लगानीकर्ताहरुलाई नेपालमा लगानीका अवसरहरुबाट लाभ लिएर लगानी बढाउन नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आग्रह गर्नुभएको छ । | gorkhapatraonline.com |
5,009,298 | थप नाका खोल्ने सहमतिलाई उनले आफ्नो चीन भ्रमणको मुख्य उपलब्धि भनेका छन्। चैत ११ गते चीनका लागि प्रस्थान गरेका मन्त्री श्रेष्ठ सोमबार फर्किएका हुन्। स्वदेश फिर्तीपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले भ्रमण उपलब्धिबारे जानकारी दिएका थिए। रसुवागढी, तातोपानी, यारी तथा नेचुङ नाकाहरू यसअगावै सञ्चालनमा आइसकेका र अब १४ वटा परम्परागत व्यापार सीमा नाकाहरू यथाशीघ्र खोल्न चीन पक्ष तयार भएको उनको भनाइ थियो। यसबाट चीन सीमानजिक बसोवास गर्ने नेपालीको दैनिक जीवन तथा व्यापार व्यवसाय सहज हुने अपेक्षा गरेको पनि उनले बताए। नेपाल-चीनबीच विद्यमान मैत्रीपूर्ण सम्बन्धका विविध आयाममा नियमित रूपमा उच्चस्तरमा छलफल गर्न परराष्ट्र मन्त्रीस्तरमा एक संयुक्त आयोग गठन गर्न दुवै पक्ष सकारात्मक भएको जानकारी पनि उनले दिए। उनका अनुसार, बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) को कार्यान्वयन योजनालाई अन्तिम रूप दिई कार्यान्वयन गर्नेबारे पनि छलफल भएको छ। चीन भ्रमण गर्न चाहने नेपालीलाई भिसा निःशुल्क उपलब्ध गराउन अनुरोध गरेको र त्यसमा चिनियाँ पक्षले सकारात्मक प्रतिक्रिया दिएको उनले बताए। चिनियाँ पर्यटकलाई नेपालले सन् २०१६ देखि नै निःशुल्क भिसा उपलब्ध गराउँदै आएको छ। मन्त्री श्रेष्ठका अनुसार, चीनले नेपाललाई थप गुणात्मक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ। नेपाल चीनबीच भएका सहमतिहरूको प्रभावकारी कार्यान्वयन गरी तथा विद्यमान संयन्त्रहरूको नियमित बैठक बसी आपसी सहयोगलाई थप गतिशील बनाउन दुवै पक्ष सहमत भएका छन्। सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीलाई चीनको तिब्बत स्वशासित क्षेत्रमा चरन भूमि प्रयोग गर्न दिन र सीमावती केही नेपाली गाउँहरूमा विद्युतीकरण गर्न चिनियाँ पक्ष सकारात्मक भएको छ। नेपालको काठमाडौँ र चीनको स्वशासित क्षेत्रको ल्हासाबीच सीधा बस सेवा पुनः सुचारु गर्न दुवै पक्ष सकारात्मक भएका छन्। राँगाको मासु, घाँस तथा औषधीय जडिबुटीका उत्पादन, तरकारी तथा फलफूलजस्ता नेपाली वस्तुको निर्यातमा सहजीकरण गर्न चिनियाँ पक्षलाई अनुरोध गरेको र यसमा चिनियाँ पक्षले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको मन्त्री श्रेष्ठले बताए। नेपाल चीन सीमाका केही क्षेत्रमा बहुउपयोगी प्रयोगशाला स्थापना गर्न नेपालको अनुरोधलाई पनि चिनियाँ पक्षले सकारात्मक रूपमा लिएको उनको भनाइ छ। नेपालको कृषि क्षेत्रको उत्पादकत्व बढाउनका लागि आवश्यक पुँजी र प्रविधि उपलब्ध गराउन चिनियाँ पक्ष सकारात्मक रहेको जानकारी उनले दिए। मन्त्री श्रेष्ठले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार, नेपालका काठमाडौँ र पोखरा तथा चीनका विभिन्न सहरबीच थप उडान सञ्चालनमा ल्याउन दुवै पक्ष सहमत भएका छन्। यसले दुई देशबीचको व्यापार तथा जनस्तरको सम्बन्ध विस्तार गर्न तथा नेपालमा थप चिनियाँ पर्यटक भित्र्याउन सहयोग पुग्ने अपेक्षा छ। काठमाडौँमा हुने तेस्रो नेपाल लगानी सम्मेलनमा सरकारी तथा निजी क्षेत्रका चिनियाँ लगानीकर्ताको बढीभन्दा बढी सहभागिताका लागि अनुरोध गरेको र यसमा उच्चस्तरीय नेतृत्वले उक्त सम्मेलनमा सहभागिताका लागि चिनियाँ लगानीकर्ताहरूलाई प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरेका जानकारी पनि मन्त्री श्रेष्ठले दिए। श्रेष्ठको चीन भ्रमणका क्रममा बेइजिङस्थित नेपाली राजदूतावासले पूर्वलगानी सम्मेलन पनि आयोजना गरेको थियो। त्यहाँ पनि मन्त्री श्रेष्ठले नेपालको लगानी सम्मेलनमा भाग लिन अनुरोध गरेका थिए। चीनमा नेपाल भ्रमण वर्ष २०२५ लाई सफलतापूर्वक मनाउन दुई देशका सम्बन्धित निकायहरूले मिलेर काम गर्ने सहमति भएको छ। यसबाट नेपालमा चिनियाँ पर्यटकहरू बढ्ने विश्वास मन्त्री श्रेष्ठले व्यक्त गरे। उनका अनुसार, अन्तरदेशीय सडक, रेलवे, हवाई उडान, विद्युत् प्रसारणलाइन आदिको विस्तार गरी नेपाल चीन बीचको कनेक्टिभिटीलाई थप विस्तार गर्न दुवै पक्षले तत्परता देखाएका छन्। नेपालको औद्योगीकरण गर्न, उत्पादनशीलता बढाउन र जनशक्ति विकास गर्न संयुक्त रूपमा काम गर्ने बारेमा महत्त्वपूर्ण छलफल भएको छ। मन्त्री श्रेष्ठले चीन भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का पोलिट्ब्युरो सदस्य तथा चीनका परराष्ट्र मन्त्री वाङ यीलाई मैले नेपाल भ्रमणका लागि निम्ता पनि दिएका थिए। वाङ यीले यसै वर्ष उपयुक्त समयमा नेपाल भ्रमण गर्ने जानकारी गराएको श्रेष्ठले बताए। भ्रमण टोलीमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल, ल्हासास्थित नेपाली महावाणिज्यदूत नवराज ढकाल, छेन्दुस्थित नेपाली महावाणिज्यदूत सुरेश राउतलगायत सहभागी थिए । | nepalkhabar.com |
3,932,233 | उमेर समूहमा इंग्ल्यान्डको प्रतिनिधित्व गर्दै आएका २१ वर्षीय आरोनले युनाइटेडसँग ५ वर्षको लागि सम्झौता गरेका छन् । दुवै पक्षको समझदारीमा अर्को एक वर्ष सम्झौता थप हुने प्रावधान पनि रहेको छ । इस्माइलिया स्टेडियममा दुवै टोलीले पाएको मौलाई सदुपयो गर्न नसक्दा गोलरहित बराबरी खेल्न बाध्य बनेको हो । बराबरीसँगै क्यामरुन २ खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा रहेको छ । स्वीडेनले उपाधिको दावेदार जर्मनीलाई तथा नेदरल्यान्डसले अर्काे उपाधिको दावेदार इटालीलाई पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएका हुन् । पेरुले टाइब्रेकरमा ५-४ को जित दर्ता गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो । घरेलु मैदानमा भएको पहिलो लेग १-० ले जितेपछि मकाउ दोस्रो लेग खेल्न श्रीलंका जान नमान्दा फिफाले मकाउलाई कारवाही गरेको हो । यद्दपी उनी अहिले पनि डिसी युनाइटेडका लागि व्यवासायिक फुटबल खेलिरहेका छन् । प्रिमियर लिगबाट रुनी अमेरिका पुगेको मंगलबार एक वर्ष पुरा भएको छ । वासिङ्टनको क्लबबाट खेल्दै उनले ४० खेलमा २३ गोल गरेका थिए । मेस्सीले कोपा अमेरिकाको ४ खेल खेल्दै पाराग्वेविरुद्ध पेनाल्टीमा गोल गर्नुबाहेक अन्य खेलमा गोल गर्न सकेका छैनन् । अघिल्लो सिजन रियलबाट लोनमा चेल्सी आएका कोभाचिचले क्लबका लागि अघिल्लो सिजन ३२ लिग खेल खेलेका थिए । उनी गत सिजन क्लबमा दर्ता भएका कारण चेल्सीले ट्रान्सफर प्रतिबन्धका बाबजुद उनलाई टोलीमा सामेल गर्न पाउने प्रावधान छ । कोलोम्बियालाई टाइब्रेकरमा ५-४ ले पराजित गर्दै चिली अन्तिम ४ मा पुगेको हो । निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो । अफ्रिकाले नामिवियालाई १–० ले पराजित गरेको हो । समूह ‘डी’ मा पहिलो जितसँगै अफ्रिकाले प्रि–क्वाटरफाइनल पुग्ने सम्भावनालाई जीवितै राखेको छ । यो समूहमा मोरोक्कोको ६ अंक रहँदा आइभोरी कोस्ट र अफ्रिकाले समान ३ अंक जोडेका छन् । | hamrokhelkud.com |
5,736,762 | विवेकशील साझा पार्टीमा सिटिजन्स डिस्कसन फोरम र राष्ट्रिय जनता दरबार पार्टी समाहित हुने भएका छन् । विवेकशील साझा पार्टीको आइतबार बसेको केन्द्रीय समितिको बैठकले दुई–तिहाइ बहुमतका साथ एकताको सहमति पत्रलाई अनुमोदन गरेको प्रवक्ता शरदराज पाठकले जानकारी दिए । उनकाअनुसार एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी नै रहने छ । रवीन्द्र मिश्र पार्टीको एकल कार्यकारी अध्यक्ष रहनेछन् । सिटिजन्स डिस्कसन फोरम बृहत्तर राजनीतिक शक्ति निर्माणका लागि गत डेढ वर्षदेखि नियमित रूपमा बहस चलाउँदै आएको विभिन्न पेसाकर्मी, अभियानकर्मी र राजनीतिक पृष्ठभूमि भएका व्यक्तिहरूको समूह भएको विज्ञप्तिमा उल्लेख छ । राष्ट्रिय जनता दरबार अभियान यसै वर्ष गत वैशाखमा राष्ट्रिय जनता दरबार पार्टीमा परिणत भएको हो । सिटिजन्स डिस्कसन फोरमबाट ३५ जना र राष्ट्रिय जनता दरबार पार्टीबाट १९ जना गरी विवेकशील साझा पार्टीको नयाँ बन्ने केन्द्रीय समितिमा ५४ जना सामेल हुनेछन् । यी दुवै पक्षबाट केन्द्रीय कार्य सम्पादन समितिमा ११ जनाको सहभागिता रहने छ । एकीकरण पश्चात् विवेकशील साझा पार्टीको केन्द्रीय समिति १७५ तथा केन्द्रीय कार्य सम्पादन समिति ३७ सदस्यीय हुनेछ । हाल विवेकशील साझा विवाद देखिएपछि कतिपय नेता कार्यकर्ताले राजीनामा दिएका छन् । | baahrakhari.com |
1,081,592 | अनुराग कश्यप फिल्म निर्माता हुन् । उनले बनाएको फिल्ममध्ये ‘ग्याङ्ग्स अफ वासेपुर’ निकै चर्चित छ । उनी सोसल मिडियामा निकै सक्रिय छन् । हालै उनले एक ट्वीट गरेर नरेन्द्र मोदीलाई पुनः प्रधानमन्त्री चुनिएकोमा बधाई दिए । साथै उनले आफ्नी छोरीलाई भारतीय जनता पार्टी (भाजपा) का समर्थकबाट बलात्कारको धम्की आइरहेको पनि जानकारी दिएका छन् । अनुरागले आफ्नी छोरी आलिया कश्यपको इन्स्टाग्राममा गरिएको एक कमेन्टको स्क्रिनसट राखे । चौकीदार रामसंघी नामको यो प्रोफाइलबाट आलियाको फोटोमा कमेन्ट गरिएको थियो । उनीमार्फत् अनुरागलाई धम्की दिइएको थियो । अनुराग मोदी सरकारको आलोचना गर्छन् । कमेन्टमा लेखिएको थियो – अनुरागले यदि यी सबै बन्द गरेनन् भने आलियाको बलात्कार गरिनेछ । अब यो मामलामा अनुराग कश्यपले एफआइआर दर्ता गरेका छन् । यसबारे अनुराग आफैले ट्वीटरमार्फत् जानकारी दिएका छन् । अनुरागले भनेका छन्, ‘म मुम्बई पुलिस, महाराष्ट्र साइबर, ब्रजेश सिंहलाई मद्दतका लागि धन्यवाद दिन चाहन्छु । एफआइआर गराउन मलाई मद्दत गरेकोमा धन्यवाद । धन्यवाद देवेन्द्र फणनवीस, नरेन्द्र मोदी सर । एक पिताको रुपमा अब थप सुरक्षित महसुस गरिरहेको छु । | makalukhabar.com |
3,376,118 | म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयलाई समाजसेवी शिव केसीले एक सय ९५ थान पोशाक प्रदान गरेका छन् । विद्यालयका विद्यार्थी, शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीका लागि केसीले दुई लाखबराबरका पोशाक उपलब्ध गराएका हुन् । सोमबार विद्यालयमा आयोजित कार्यक्रममा सहयोगदाता केसीले विद्यालय व्यवस्थापन समिति र विद्यालयलाई उक्त सामग्री प्रदान गरेका थिए । विद्यालयका सल्लाहकारसमेत रहेका केसीले विगतदेखि नै विद्यालयको शैक्षिक र भौतिक विकासमा सहयोग गर्दै आउनुभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि सुवेदीले बताए । कार्यक्रममा विद्यालयले सहयोगदाता केसीलाई सम्मान गरेको छ । वडा सदस्य जितबहादुर खत्री, विद्यालयका अध्यक्ष सुवेदी, प्रधानअध्यापक विजय शर्माले सहयोगदाता केसीलाई सम्मान गरेका थिए । प्रावि स्थायी दरबन्दी रहेको यस विद्यालयमा कक्षा १० सम्म पठनपाठन हुन्छ भने जिल्लामै एकमात्र दृष्टिविहीन स्रोत कक्षासमेत सञ्चालनमा रहेको छ । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं । | drishtinews.com |
4,053,842 | निजी क्षेत्रको सवै भन्दा पुरानो प्रतिनिधिमूलक संस्था नेपाल चेम्वर अफ कमर्सको ७२ औं वार्षिक साधारण सभा सुरु भएको छ । काठमाडौंको सोल्टी होटलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा सभाको आयोजना गरिएको छ । सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले चेम्वरले अन्तर्राष्ट्रिय चेम्वरहरुसँग समन्वय तथा सम्पर्क गरेर आर्थिक कूटनीतिमार्फत् मुलुकको अन्तराष्ट्रिय व्यापार प्रवद्र्धनमा समेत भूमिका निर्वाह गर्दै आएको बताएका छन् । सरकारले निजी क्षेत्रको मागलाई मध्यनजर राख्दै औद्योगिक व्यवसाय ऐन, विशेष आर्थिक क्षेत्र सम्बन्धी कानून पारित गरेको तथा रुग्ण उद्योगलाई पुनस्र्थापना गर्ने कार्यलाई अगाडी वढाएको बताउँदै उनले नेपालको औद्योगिक विकास र तिब्रताका दिशामा यसले महत्वपूर्ण नीतिगत योगदान गर्न सक्ने विश्वास व्यक्त गरे । नीजि क्षेत्रसँगको साझेदारी र सहकार्यमा राष्ट्रिय अर्थतन्त्रको विकास गर्ने सरकारको संकल्पमा यसले दूरगामी भूमिका खेल्ने प्रधानमन्त्री प्रचण्डले बताए। काठमाडौँ, ६ असार । यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक राँझा (बाँके), ६ साउन । बाँकेमा गत आव २०८०/८१ मा लुम्बिनी प्रदेश सरकारको ३१ प्रतिशत बैतडी, ६ साउन । गत आर्थिक वर्ष २०८०/८१ मा यहाँका सरकारी कार्यालयको ८७ करोड बढी जुम्ला, ६ साउन । आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा ४५ करोड ९९ लाख फुङलिङ (ताप्लेजुङ), ६ साउन । ताप्लेजुङमा १८ करोड ७२ लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ काठमाडौं, साउन ६ । नेपाली बजारमा आज सुनको मूल्य १३ सय रुपैयाँले घटेको छ । काठमाडौँ, ६ साउन । सुनको मूल्य आज प्रतितोला एक हजार तीन सयले घटेको छ । काठमाडौं, साउन ६ । कामना सेवा विकास बैंक चार्टड एकाउन्टेन्ट संस्थाबाट वार्षिक रुपमा प्रदान गरिने काठमाडौं, ६ साउन । जनता समाजवादी पार्टीका प्रमुख सचेतक डा. वीरेन्द्र प्रसाद महतोको सचिवालयले सांसद काठमाडौं,६ साउन । प्रधानमन्त्री केपी शर्मा अोलीले सदनबाट विश्वासको मत पाएका छ्न । आज बसेको काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मत सम्बन्धीको प्रस्तावमाथि मतदान सुरु भएको छ काठमाडौं,६ साउन । | reportersnepal.com |
4,830,341 | विसं२०७४ भदौमा महाकाली नदीमा चार लेनको पक्की पुलसँगै छ लेनको पहुँच मार्ग शिलान्यासपछि निर्माणको काम सुरु गरिएको थियो । महाकाली नदीमा चार लेनको ८०० मिटर पक्की पुल छ । पारी दोधारातर्फ साढे ८०० मिटर छ लेनको सडक बन्नाका साथै वारि भीमदत्तको तटीयक्षेत्र हुँदै उत्तर गड्डाचौकीसम्म पाँच किलोमिटर पहुँच मार्ग बन्ने भएपछि यस क्षेत्रमा विकासले मुहार पनि फेरेको छ। सुदूरपश्चिमकै ठूलो आयोजनामध्ये महाकाली पुल योजनाको दोधारा चादँनी सडक खण्डमा एक सय मिटर कालोपत्र गर्ने काममा दुई वटा सिमलको रुख हटाउन नसक्दा भने निर्माण चार वर्षभन्दा बढी समय गुजार्नुपर्यो। पहुँच मार्गमा पर्ने दुई वटा सिमलका रुख हटाउन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमार्फत प्रक्रिया अघि बढाइएको वर्षपछि मन्त्रिपरिषद्बाट उक्त विषयमा निर्णय भएको छ । ‘विभागीय मन्त्रालयमा धेरै पटक सिमलको रुख कटाउने विषयमा परिपत्र ग¥यौँ, तर सुनुवाइ भएन ।’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले भने, ‘केही दिनअघि मात्रै मिडियामार्फत मन्त्रिपरिषद्को निर्णयले हटाउनू भन्ने कुरो सुने तर पत्र आइपुगेको छैन ।” प्रमुख संरक्षण अधिकृत मेहताले सरकारले नै निर्णय गरिसकेकाले अब समस्या नहुने बताए। ‘पत्र प्राप्त हुनासाथ रुख हटाउने काम सुरु भइहाल्छ,’ उनले भने, ‘विभागीय मन्त्रालयले नै मन्त्रिपरिषद्बाट उक्त विषयमा निर्णय गराउन पहल गरेको हो ।’ झण्डै दुई महिनाअघि दोधारा र चादँनीस्थित प्रस्तावित सुख्खा बन्दरगाह क्षेत्रको अनुगमनका क्रममा केन्द्रबाट आएको मन्त्रिस्तरीय टोलीलाई समेत स्थानीयवासीले सडकमा पर्ने रुख हटाउनका लागि पहल गरिदिन आग्रह गरेका थिए। यता महाकाली पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले दुई वटा रुख हटाउन पहल गर्न प्रक्रियागत कारणले निकै ढिलो भएको बताएको छ । पुल निर्माण कम्पनी कुमार श्रेष्ठ निर्माण कम्पनी तथा चाईना फ्युल कन्सट्रक्सनका इञ्जिनीयर किशोरराज पाण्डेयले मन्त्रिपरिषद्बाट नै निर्णय भएपछि रुख हटाउन सहज हुने बताए। ‘रुख हटाउने प्रक्रियामा भएको ढिलाइका कारण सडक कालोपत्र गर्न ढिलाइ भएको तर पारीपट्टी भने पाँच सय मिटर कालोपत्र सकिएको छ,’ उनले भने, ‘एक सय मिटर कालोपत्र गर्न त रुखकै कारण समस्या हुँदै आयो । २०७४ चैतदेखि नै उक्त रुख हटाउन सरोकारवाला निकायसित पहल थालिएको थियो।’ त्यसैगरी उक्त योजनाअन्तर्गत वारि (भीमदत्त नगरपालिका) तर्फ चार किलोमिटर पहुँच मार्ग कालोपत्र भइसकेको इञ्जिनीयर पाण्डेयले बताउनुभयो । महाकाली पुल आयोजनाको ८० प्रतिशत काम सकिसकेको छ। आयोजनाअन्तर्गत तटबन्ध निर्माणको काम भने हुनसकेको छैन । तटबन्ध निर्माणका लागि स्वरुपमा परिवर्तन भए पनि आर्थिक विषय भने टुङ्गिन बाँकी छ । | kathmandupress.com |
3,001,688 | दाङमा हथौड़ा प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । बबै गाउँपालिका १ माओवादी केन्द्र र एमाले कार्यकर्ताबीच झडप भएको छ । बारा । बारामा मंसिर ४ गते हुने निर्वाचनकाे स्थिर समय (मौन अवधि)मा आचारसंहिताविपरीत उम्मेदवारहरूको घरदैलो भएको काठमाडौं । एनसेलका ग्राहकले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका बेलामा डेटा र भ्वाइस काठमाडौं । विज्ञापन सेवाप्रदायक नेपाली कम्पनी आउटरिच ‘साउथ एसिया इन्डिपेन्डेन्ट एजेन्सी अफ द इयर २०२२’को काठमाडौं । नेपाल टेलिकमको आर्थिक वर्षको २०७९-८० को पहिलो त्रैमासमा कुल आय गत आवको सोही काठमाडौं । कुल बजेटमध्ये चालू आर्थिक वर्षको पहिलो चार महिनामा सरकारले साढे १९ दशमलव ५७ काठमाडौं । नेपालमा मार्शल आर्ट्स भित्रिएदेखि यस खेलअन्तर्गत विभिन्न विधामा गरी हजारौं संख्यामा खेलाडी जन्मिसकेका आगामी मंसिर २३ गते रिलिज हुने फिल्म डेसानको टिजर सार्वजनिक गरिएको छ । | newsofnepal.com |
2,995,707 | पोखरा रंगशालास्थित फुटबल मैदानमा शनिबार भएको उद्घाटन खेलमा एपीएफ क्लबले आयोजक सहारा क्लब पोखरालाई १–० ले हराउँदै सेमिफाइनल प्रवेश ग¥यो । अत्यन्तै प्रतिस्पर्धात्मक खेलको ८७औं मिनेटमा आशिष लामाले गोल गर्दै एपिएफलाई जित दिलाए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा गोल गर्दै टोलीलाई जित दिलाएका हुन् । खेलको ५औं मिनेटमा एपिएफका बुद्धिमान राईको क्रस पासमा प्रविन स्याङतानको हेडर सहाराका गोलरक्षक दीप कार्कीले बचाउ गरे । छैटौं मिनेटमा सहाराका त्रिदेव गुरुङको पासमा विनोद गुरुङको भली प्रहार बाहिरिँदा सहारा अग्रता लिनबाट चुक्यो । १९औं मिनेटमा एपीएफले पाएको अवसरको सदुपयोग गर्न नसक्दा गोल गर्नबाट चुक्यो । प्रविन साङतानको प्रहार अकासिन पुग्यो । खेलको २६औं मिनेटमा श्याम नेपालीको पासमा प्रदीप लामाले क्रस गरेको बल सहराका विदेशी खेलाडी एड्मा डुम्बिया डेडेले उत्कृष्ट बचाउ गर्दै टोलीको संकट टारे । लगत्तै २७आंै मिनेटमा राजन गुरुङले करिब २५ यार्डबाट गरेको प्रहार पहिलोबार नजिकैबाट बाहिरिन पुग्यो । खेलको ४५ औ मिनेटमा राजनकै प्रहार सहाराका गोलरक्षक दीपले उत्कृष्ट बचाउ गरे । पहिलो हाफमा थप गरिएको अतिरिक्त समयमा प्रदीप लामाले प्रहार गरेको बल निकै बाहिरिँदा एपीएफ पहिलो हाफ गोलरहित बराबरीमा रोकियो । यस्तै, खेलको ४७औं मिनेटमा एपिएफका डिफेन्डर राजनले बल फुस्काउँदा सहाराले गोल गर्ने सुवर्ण अवसर खेर फाल्यो । सहाराका विनोद गुरुङको पासमा त्रिदेवको प्रहार एपीएफका गोलरक्षक राजु नगरकोटीले उत्कृष्ट बचाउ गरे । एपीएफले ५०औं मिनेटमा प्रदिप लामाको कर्नर प्रहारमा कप्तान सुदीप शिख्राकरले गोल गर्न सकेनन् । उनको प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।खेलको ५६औं मिनेटमा प्रदीप लामाको फ्रीकिकमा आशिष लामाले गरेको ब्याक हेडर सहाराका गोलरक्षकको हातबाट चिप्लिँदा डिफेन्डर कमल थापाले बचाउ गर्दै टोलीका लागि संकट टारे । | newsofnepal.com |
62,979 | काठमाडौँ- प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने यमपञ्चक अर्थात् तिहारको पहिलो दिन काग तिहारका अवसरमा काग सम्मेलन गरिएको छ । एकसय ७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने कलाकार रमेश दुलाल ‘कागे’ले आज काठमाडौँ शान्ति बाटिकामा आयोजित पत्रकार सम्मेलनमा कागको आवाज निकालेर काग बोलाउँदै ‘बीसौँ काग सम्मेलन’ सम्पन्न गरिएको छ । उनले १९ वर्षदेखि यसरी नै काग सम्मेलन गरिरहेको जानकारी दिए । “विशेषगरी तिहारको परम्परालाई जोगाइराखौँ र सकारात्मक सन्देश दिउँ भन्ने उद्देश्यले हरेक वर्ष काग सम्मेलन गरिरहेको छु”, दुलाले भने , “यसलाई आउँदा वर्षमा पनि निरन्तरता दिनेछु ।” बिहान गरिएको सम्मेलनमा करिब ४० मिनेटसम्म उनले बोलाएका काग एकै ठाउँमा झुम्मिएका थिए । यद्यपि अघिल्ला वर्षमा जस्तो कागको सङ्ख्या नरहेको कलाकार दुलालले बताए । उनले सम्मेलनको सुरुआत पश्चिम धनगढीबाट सुरु गरेका थिए । दाङ र इलाममा केही वर्ष काग सम्मेलन गरेपछि काठमाडौँमा गर्न थालिएको उनले जानकारी दिए । “सपनामा काग कराएको देखेपछि मैले आवाज निकाल्न सुरू गरेको हुँ । त्यसपछि काग तिहारमा सम्मेलन गर्ने गरेको छु”, कलाकार दुलालले भने । उनले मादल, सनाइ, सारङ्गी, पियानो, ड्रम सेट, मुर्चुङ्गा, गितारको धुनसमेत निकाल्ने गरेका छन् । गाई, भैँसी र अन्य चराचुरुङ्गीको आवाज पनि दुरुस्तै निकाल्ने भएता पनि कलाकार दुलाललाई ‘काग’ को आवाज निकाल्ने व्यक्तिका रुपमा परिचित छन् । राष्ट्रिय सङ्गीतकर्मी सङ्घको आयोजना तथा ह्याम्स हस्पिटल काठमाडौँ र सन्दकपुर गाउँपालिका इलामको सहआयोजना सम्मेलन गरिएको थियो । | canadanepal.com |
2,075,329 | चैत, वैशाख र जेठमा मात्रै यसले अण्डा पार्ने भएकाले अण्डा र पोथी कालिज बिक्री नगरिएको र यसको संख्या बढाएर दुई लाखसम्म पुर्याउने लक्ष्य रहेको उद्यमी अधिकारी उल्लेख गरे। अहिले शुरुवातको अवस्था रहेको र अबको दुई वर्षपछि मात्रै व्यवसायबाट नाफा हुने विश्वास छ। रासस | nagariknews.com |
507,688 |
कोभिड–१९का कारण रोजगारी गुमाई भोकै परेका मानिसहरुलाई खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले सडक पेटीमा बस्न बाध्य मानिसहरुलाई ब्लाङ्केट वितरण गरेको छ । शनिवार थापाथली स्थित प्रसूति गृह पछाडि खाना खान आएका मानिसहरुलाई हाम्रो टीम नेपालले न्यानो ब्लाङ्केट वितरण गरेको हो । जाडो समयमा न्यानो कपडाको आवस्यकता पर्नेहरुको समस्यालाई ध्यान दिएर विभिन्न दाताहरुबाट प्राप्त भएको ब्लाङ्केट वितरण गरिएको हाम्रो टीम नेपालका अध्यक्ष विमल पन्तले बताए । ‘भोक मुक्त, नाङ्गो मुक्त र भेदभाव मुक्त राष्ट्र निर्माण’ अन्तर्गत घरबार बिहीन भई सडक पेटीमा बस्न बाध्य मानिसहरुलाई जाडो समयमा प्रयोग गर्ने ब्लाङ्केट वितरण गरिएको पन्तले बताए । कोभिडका कारण गत चैत ११ गते देखि लकडाउन भएपछि रोजगारी गुमाएर खाना खान नपाएका व्यक्तिहरुलाई हाम्रो टीम नेपालले निःशुल्क खाना खुवाउँदै आएको छ । | lokpath.com |
5,378,541 | मुलुक एकात्मक शासन प्रणालीबाट सङ्घात्मक शासन प्रणालीमा गएपछि सङ्घ, प्रदेश र स्थानीय सरकारमा कर्मचारीको व्यवस्था गर्नुपर्ने भयो । कर्मचारी समायोजन ऐन, २०७५ अनुसार कर्मचारी समायोजन गरी तीन तहका सरकारमा कर्मचारीको व्यवस्था गरियो । कर्मचारी समायोजन ऐन सँगै आउनु पर्ने सङ्घीय निजामती सेवा ऐन अझै जारी हुन सकेको छैन । निजामती सेवा ऐन र समायोजन ऐन दुवै २०७४ सालमा प्रदेश र स्थानीय तहको निर्वाचन पहिले आइसक्नुपर्ने थियो । सङ्घीय निजामती सेवा ऐन २०७५ सालमा संसद्मा पेस भएको थियो । विवादको कारण संसद्बाट फिर्ता भयो । त्यसपछि अर्को पाँच वर्ष बित्दासम्म पुनः पेस भएर पारित हुन सकेको छैन । सङ्घीय निजामती सेवा ऐन नभएका कारण समायोजन ऐनको कार्यान्वयनले अझै पूर्णता पाउन सकेको छैन । समायोजन सच्चाउने सम्बन्धमा अदालतमा मुद्दा मामिला गर्ने, सरकारले तदर्थ निर्णयमार्फत कर्मचारीलाई काजमा खटाउने, आवश्यक ठाउँमा कर्मचारी अपुग हुने र अनावश्यक ठाउँमा थुप्रिने समस्या देखिएका छन् । सङ्घले निजामती सेवा ऐन जारी नगर्दा प्रदेश सरकारहरूले प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐन जारी गर्न समस्या परेको छ । प्रतीक्षाको घडी समाप्त भएपछि बागमती र लुम्बिनी प्रदेशले ऐन जारी गरिसकेका छन् । सङ्घीय ऐन जारी हुँदा प्रदेश कानुनका व्यवस्था बाझिएमा समस्या पर्ने छ । बागमती प्रदेशले अवकाश उमेर ६० वर्ष बनाएको छ । निजामती सेवा ऐन, २०४९ मा ५८ वर्ष छ । सङ्घबाट समायोजन भएर स्थानीय र प्रदेश सेवामा गएका कर्मचारीको अवकाश उमेर कुन लागु हुने भन्ने अन्योल छ । तीनै तहका कर्मचारी प्रशासनमा व्यापक सुधारको खाँचो छ । सङ्घीय ऐन जारी नहुँदा सबै सुधारका कार्य अवरुद्ध भएका छन् । तदर्थ निर्णयहरूबाट प्रशासन सञ्चालन गर्दा सरकारले अनावश्यक समय खर्चिनुपर्ने, अदालतमा मुद्दा मामिलाको सङ्ख्या वृद्धि हुने, कर्मचारी कार्य जिम्मेवारीभन्दा सेवा सर्तका विषयमा दौडधुप गर्ने अवस्था छ । मुलुकको प्रशासनिक सङ्घीयतालाई संस्थागत गर्न सङ्घीय निजामती सेवा ऐन जरुरी छ । सरकारको नीति कार्यान्वयन र सार्वजनिक सेवा जनतासमक्ष पु¥याउने विषयलाई मार्गदर्शन गर्न यो ऐन चाहिन्छ । तीनै तहका सरकारको सार्वजनिक प्रशासनको योग्यता प्रणाली प्रणालीलाई सुनिश्चित गर्न सङ्घीय ऐन आवश्यक पर्छ । यसमा व्यवस्था भएका मूलभूत सिद्धान्त, मान्यता र प्रावधानलाई ख्याल गरी प्रदेश र स्थानीय तहले कानुन निर्माण गर्नु पर्छ । सार्वजनिक प्रशासनमा कस्तो योग्यता भएका व्यक्ति कुन सेवामा प्रवेश गर्न सक्छन् र अवकाशपछिसम्म उनीहरूको सुविधा के हुन्छ भनेर सुनिश्चित गर्न निजामती सेवा ऐन चाहिन्छ । यसको आधारमा जनशक्तिले आफ्नो वृत्ति पाथ रोज्छन् । नेपाल नागरिक शासन प्रणाली भएको मुलुक हो । सार्वजनिक प्रशासनभित्र जङ्गी प्रशासन पनि पर्छ । नेपालमा प्रहरी र सेना निजामती प्रशासन मातहत र नियन्त्रणमा रहन्छ । शिक्षक सेवा, विभिन्न सरकारी सेवा र सङ्गठित संस्थाहरूको सेवा छुट्टाछुटटै ऐनबाट नियमन हुन्छ । ती सबै मात्र होइन, निजी कम्पनीले समेत निजामती सेवा ऐनकै सेवा सर्तलाई आधार मानेर आफ्ना कर्मचारी विनियमावली निर्माण गर्छन् । सरकारको सेवा जनतासम्म पु¥याउने माध्यम कर्मचारीतन्त्र हो । सम्पूर्ण कर्मचारीतन्त्रको नेतृत्व गर्ने निजामती सेवा हो । निजामती सेवा ऐनका आधारमा नेपालको सार्वजनिक प्रशासनमा कस्ता कर्मचारी भित्रिन्छन्, सेवाको गुणस्तर र मात्रा के हुन्छ भन्ने निर्धारण हुन्छ । पहिले नेपालमा कर्मचारीको अवकाश उमेर ६३ वर्ष थियो । त्यसलाई ६० र पछि ५८ बनाइयो । विज्ञबाट क्रमशः ५५ वर्षमा झार्ने सुझाव दिइएको थियो । स्वास्थ्य सेवामा भने ६० वर्ष नै कायम छ । प्रस्तावित सङ्घीय निजामती सेवामा ६० वर्ष पु¥याउने कि ५८ मा राख्ने भन्ने विवाद छ । उमेर झार्ने प्रस्ताव त आउने कुरै भएन । अवकाश उमेर जति राखे पनि त्यसले सार्वजनिक सेवा प्रवाहको गुणस्तर र समग्र प्रणालीमा कुनै तात्त्विक अन्तर नपर्ने भएको हुनाले निर्णय लिने अधिकार भएको तहले निर्ममतापूर्वक सचिव बढुवाको क्लस्टर राख्ने कि नराख्ने विषय विवादमा छ । मन्त्रालयको सचिव व्यवस्थापकीय, लेखा उत्तरदायी, समन्वयकारी र कर्मचारी र राजनीतिबिच पुलको काम गर्ने पद हो । क्लस्टरमा राखेर आफ्नै मन्त्रालयमा वृत्ति पथ सीमित राख्ने वा अन्तर मन्त्रालय वृत्ति पथ खुला गर्ने भन्ने प्रमुख विवादको विषय छ । प्रदेश र स्थानीय सेवामा तहगत प्रणाली लागु भएको हुँदा सङ्घमा पनि तहगतमै जानु पर्छ भन्ने राय छ । यसबाट प्रदेश र स्थानीय सेवाको मनोबल बढ्न, वृत्ति पथलाई वैज्ञानिक बनाउन, सेवा सुविधामा एकरूपता कायम राख्न सहजीकरण हुन्छ । सेवा प्रवाहमा भने तहगत वा श्रेणीगत जे भए पनि त्यसले केही फरक पर्दैन । जुन प्रणालीमा पनि कर्मचारीको वृत्ति विकासलाई वैज्ञानिक बनाउन सकिन्छ । केन्द्रीय निजामतीलाई विशिष्ट देखाउन श्रेणीगत गर्नु पर्छ भन्ने सोच देखिन्छ । यसमै अल्झेर ऐन जारीमा ढिलाइ गर्न आवश्यक छैन । जुन व्यवस्था लागु गरे पनि हुन्छ । जनसङ्ख्याकै अनुपातमा आरक्षण हुनु पर्छ भन्ने एकथरीको राय छ । अहिले ४५ प्रतिशत सिट आरक्षित छ । कम्तीमा ५१ प्रतिशत खुला कायम गर्न नसक्ने हो भने मेरिटोक्रेसीको मूल मर्म नै मर्छ भन्ने अर्कोथरीको राय छ । आरक्षणभित्र जनजाति र मधेशी भनेर एक ढिक्का राखेर हुँदैन । मुस्लिम र थारूलाई छुट्टै क्लस्टरमा राख्नु पर्छ भन्ने माग छ । जुन माग नाजायज देखिँदैन । आरक्षणभित्र महिलालाई ५१ प्रतिशत प्रतिशत गर्नु पर्छ । त्यसभित्र पनि दलित महिलालाई समानुपातिक आरक्षण चाहिन्छ भन्ने माग छ । आरक्षणलाई धेरै सूक्ष्म तहसम्म विभाजन गर्दै जाँदै कोटा खेर जाने सम्भावना पनि बढ्छ । मेरिटोक्रेसीलाई आधारभूत सिद्धान्त मानिएको कारण आरक्षणभित्र पनि न्यूनतम उत्तीर्णाङ्क प्राप्त नगरी नियुक्ति नपाउने व्यवस्था छ । एउटा व्यक्तिलाई एकभन्दा बढी पदमा आरक्षण सुविधा दिन नहुने माग उठिरहेको छ । त्यही समुदायको अर्को व्यक्तिलाई अवसर दिनु पर्छ भन्ने राय व्यक्ति भइरहेको छ । यो विचार नाजायज छैन । यसले परीक्षा र रेकर्ड व्यवस्थापनमा भार थप्ने काम गर्छ । प्रदेश मुख्य सचिव, मन्त्रालयका सचिव र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत सङ्घीय निजामती कर्मचारी हुने वा सम्बन्धित सेवाकै हुने भन्ने अर्को प्रमुख विवादको विषय हो । सहकारिता र सहकार्यमा आधारित सङ्घीयता भएको हुँदा सङ्घको प्रतिनिधित्व रहनुलाई नराम्रो मान्न मिल्दैन । सङ्घीय निजामती कर्मचारीलाई बढी अवसर र एक्सपोजर दिने मात्र नियतले तल्ला तहमा प्रतिनिधि पठाउने व्यवस्था भने ठिक हुँदैन । असल नियतले यो व्यवस्था गर्ने हो भने स्थानीय र प्रदेशबाट सङ्घीय सेवामा अन्तर सेवा प्रतिस्पर्धा गरी वृत्ति विकास गर्ने अवसरमा कुनै पनि कमी नहुने व्यवस्था सुनिश्चित गर्नु उचित हुन्छ । सरुवालाई प्रणालीमा आबद्ध गर्ने र चक्रीय रूपमा स्वचालित सरुवाको व्यवस्था गर्नुपर्ने राय छ । अहिले सरुवालाई अप्रत्यक्ष रूपले व्यवस्थापकले दण्ड र सजायको हतियारको रूपमा प्रयोग गर्ने अवसर मिलिरहेको छ । प्रणालीमा आबद्ध गर्न साथ यो सम्भव हुँदैन । सरुवालाई वैज्ञानिक र अनुमान योग्य बनाउने कुरालाई कुनै पनि आधारमा नराम्रो भन्न मिल्दैन । यसपछि दण्ड र सजायको मानक कार्यक्षमता र कार्यसम्पादनलाई मान्न थप दबाब सिर्जना हुने छ । कर्मचारी ट्रेड युनियन अधिकारलाई यथावत् राख्ने वा खुम्चाउने भन्ने विषय पनि विवादको घेरामा छ । कर्मचारी आफ्ना अधिकारका विषयमा मात्र ट्रेड युनियन अधिकार दिनु पर्छ भन्ने विज्ञ राय छ । ट्रेड युनियनलाई खुला ठाउँ दिइएन भने उच्च व्यवस्थापकले कर्मचारीमाथि भेदभाव गर्छन् भन्ने तर्क गरिन्छ । व्यवस्थापनलाई नै नियन्त्रण र सन्तुलनमा राख्न ट्रेड युनियनलाई बलियो बनाउनु पर्छ भन्ने तर्क जायज होइन । ट्रेड युनियन अधिकारलाई पेसागत हकहित संरक्षणमा सीमित राख्नु पर्छ । अन्य विकृति रोकथामका लागि अरू वैधानिक र औपचारिक विधि अवलम्बन गर्नु पर्छ । अरू निकायले गरेनन्, त्यसैले युनियन अघि सर्नु पर्छ भन्ने मान्यतालाई अस्वीकार गर्नु उपयुक्त हुन्छ । निजामती सेवा ऐन कर्मचारीको सेवा, सर्त, सुविधा र सुरक्षा निर्धारण गर्ने मूल कानुन हो । साथै उनीहरूको काम, कर्तव्य, कार्यशैली, दायित्वलाई पनि निर्देश गर्ने कानुन हो । यो कानुनबाट कर्मचारीले के पाउँछन् भन्ने मात्र होइन, आमसेवाग्राहीले सार्वजनिक सेवा प्राप्तमा के सहजता प्राप्त गर्छन् भन्ने झन् महत्वपूर्ण विषय हुनु पर्छ । | gorkhapatraonline.com |
1,897,718 | डोभाललाई लगातार तेस्रो पटक यो जिम्मेवारी दिइएको हो । प्रधानमन्त्रीमा नरेन्द्र मोदीको शपथ ग्रहणपछि डोभालको जिम्मेवारी कसले पाउला भन्ने चासो थियो । तर, मोदीले डोभालमाथि नै विश्वास व्यक्त गरेका छन् । सन् २०१४ मा सत्तामा आएपछि प्रधानमन्त्री मोदीले डोभाललाई पहिलो पटक राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेका थिए । २०१९ मा उनी फेरि यो पदमा पाँच वर्षका लागि नियुक्त भएका थिए । पछिल्लो दशकमा डोभालले मोदी सरकारको कार्यकालमा धेरै महत्त्वपूर्ण कामहरू गरेका छन् । सन् २०१४ मा, अजित डोभालले इराकको टिक्रिटको एक अस्पतालमा फसेका ४६ भारतीय नर्सहरूलाई रिहा गरे । नर्सहरूलाई ५ जुलाई २०१४ मा भारत फिर्ता ल्याइएको थियो । सेप्टेम्बर २०१६ मा भारत द्वारा सर्जिकल स्ट्राइक र फेब्रुअरी २०१९ मा पाकिस्तानमा सीमापार बालाकोट एयर स्ट्राइक डोभालको निगरानीमा गरिएको थियो । उनले डोकलाम विवाद अन्त्य गर्न पनि सहयोग गरे । यसबाहेक, पूर्वोत्तरमा चरमपन्थीसँग लड्न निर्णायक कदम चालिएको थियो । सन् १९४५ मा उत्तराखण्डमा जन्मेका उनी कीर्ति चक्रबाट सम्मानित हुने भारतका सबैभन्दा कान्छो सुरक्षा अधिकृत थिए । यो सैन्य कर्मचारीहरूको लागि वीरता पुरस्कार हो । राष्ट्रिय सुरक्षा सल्लाहकार भारतको राष्ट्रिय सुरक्षा परिषद् (एनएसी) का वरिष्ठ अधिकारी हुन् । उनी राष्ट्रिय सुरक्षा नीति र रणनीतिक मामिलामा भारतीय प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको रूपमा काम गर्छन् । राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) लाई भारतको आन्तरिक र बाह्य खतरा र अवसरहरूसँग सम्बन्धित सबै मामिलामा प्रधानमन्त्रीलाई नियमित रूपमा सल्लाह दिने जिम्मेवारी दिइएको छ । एनएसएको कार्य पोर्टफोलियोमा प्रधानमन्त्रीको तर्फबाट रणनीतिक र संवेदनशील मुद्दाहरूको निरीक्षण समावेश छ । भारतको राष्ट्रिय सुरक्षा सल्लाहकारले चीनसँग प्रधानमन्त्रीको विशेष वार्ताकार र सुरक्षा मामिलामा पाकिस्तान र इजरायलका लागि राजदूतको रूपमा पनि काम गर्छन् । २०१९ मा, भारत सरकारले डोभाललाई एनएसए बनाएर क्याबिनेट रैंक दिएको थियो । भारतमा यो पद सन् १९९८ मा स्थापना भएको हो । त्यसपछि नियुक्त भएका सबै एनएसए भारतीय विदेश सेवा वा भारतीय प्रहरी सेवाका हुन् । अटल बिहारी वाजपेयीको कार्यकालमा ब्रजेश मिश्र पहिलो राष्ट्रिय सुरक्षा सल्लाहकार थिए । उनी यही पदमा २२ मे २००४ सम्म रहे । त्यसपछि यो जिम्मेवारी मनमोहन सिंह सरकारको कार्यकालमा आईएफएस अधिकारी जेएन दीक्षितलाई सुम्पिएको थियो । त्यसपछि आईपीएस एमके नारायणनले ३ जनवरी २००५ देखि २३ जनवरी २०१० सम्म यो पद सम्हालेका थिए । उनीपछि, आईएफएस शिवशंकर मेनन २४ जनवरी २०१० देखि २८ मे २०१४ सम्म राष्ट्रिय सुरक्षा सल्लाहकार थिए । सन् २०१४ मा मोदी प्रधानमन्त्री भएपछि डोभाललाई यो पदमा नियुक्त गरिएको थियो ।
यसले करिब तीन वर्षदेखि व्यवसायिक रुपमा पर्दाफास डटकम प्रकाशनगर्दे आइरहेको छ । यो नेपाली र अग्रेजी भाषामा प्रकाशन भइरहेको हो । पर्दाफास डट कम अपराध, सुरक्षा, कुटनीति, भ्रष्टाचार, न्याय, प्रशासन, व्यापार, खेलकुद, स्वास्थ्य, वातावरण र राजनीतिका भित्री खबर निरन्तर सम्प्रेषण गर्ने अनलाइन पत्रिका हो । | pardafas.com |
1,399,287 | त्यसको केही वर्षपछि २०५६ मंसिर २५ गते गोरखाकी शान्ता मगरसँग दोस्रो विवाह गरे। पतिले कान्छी श्रीमती ल्याएकोबारे शर्मिलाले त्यसको तीन–चार महिनापछि नै थाहा पाएकी थिइन्। तर, उनले त्यस बेला उजुरी गरिनन्। नौ वर्षपछि उजुरी गर्न जाँदा श्रीमान् विदेशमा भएका बेला जाहेरी दर्ता गर्न मिल्दैन भनी कालिमाटी प्रहरीले फर्काइदिएको थियो। उनका पति राजेन्द्र त्यस बेला वैदेशिक रोजगारीमा थिए। शर्मिला २०७६ मंसिर १ गते फेरि महानगरीय प्रहरी परिसर गइन्। पति राजेन्द्रबाट मानाचामल भराउन, अंश दिलाउन र जेठी बुझाउने भाग पाउन उनले निवेदन दिइन्। तर, अनुसन्धानमा खटिएका प्रहरी नायब निरीक्षक प्रेमबहादुर रावलले बहुविवाहको जाहेरी बनाई शर्मिलालाई जबरजस्ती सहीछाप गराउन लगाएका थिए। जब कि बहुविवाहको मुद्दा लगाउने हदम्याद (३ महिना) पहिल्यै नाघिसकेको थियो। पद दुरुपयोग गरी बदनियतपूर्वक अनुसन्धान गर्ने प्रहरी नायब निरीक्षक रावललाई काठमाडौं जिल्ला अदालतले एक महिना कैद सजाय हुने फैसला गरेको छ। अनुसन्धान गर्ने क्रममा उनले झुटा जाहेरी दरखास्त तयार पारी दर्ता गरेको अदालतको ठहर छ। न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले फौजदारी कार्यविधि संहिता र अपराध संहिता २०७४ को दफा ९९ विपरीत कार्य गरेकाले अनुसन्धानकर्ता रावललाई एक महिना कैद सजाय सुनाएको हो। शर्मिलाले आफू अक्षर नचिन्ने र अनुसन्धान गर्ने रावलले यसमा हस्ताक्षर गरे मानाचामल पाइन्छ भनेपछि आफूले हस्ताक्षर गरेको बयान अदालतमा दिएकी थिइन्। रावलले हदम्याद नाघिसकेको मुद्दालाई फरक विषय उठान गरी बदनियतपूर्वक अघि बढाएका थिए। जिल्ला अदालतले विवाह भएको झन्डै २० वर्षपछि जाहेरी दर्ता भएको र बहुविवाह मुद्दामा सर्वोच्च अदालतबाट प्रतिपादत सिद्धान्तविपरीत भएको ठहर गरेको छ। अदालतले फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५१ बमोजिम हदम्यादका आधारमा उक्त मुद्दा प्रारम्भिक सुनवाइ गरी खारेज गरेको छ। तत्कालीन मुलुकी ऐन, बिहावारी महलमा दोस्रो विवाह गरेको थाहा भएको मितिले तीन महिनाभित्र जाहेरी दिनुपर्ने व्यवस्था छ। पद दुरुपयोग गरी बदनियतपूर्वक अनुसन्धान गर्ने प्रहरी नायब निरीक्षक रावललाई अदालतले एक महिना कैद सजाय सुनाएको छ। मुलुकी अपराध संहिता २०७४ ले अनुसन्धान र अभियोजन गर्ने अधिकारीले निर्दोष व्यक्तिलाई फसाउने मनसायले, झुटा मुद्दा लगाई बदनियतपूर्वक अनुसन्धान वा अभियोजन गरे ६ महिनासम्म कैद वा ५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ। सोही कानुन प्रयोग गरी काठमाडांै जिल्ला अदालतले पहिलो पटक झुटो जाहेरी बनाउने अनुसन्धानकर्तालाई नै सजाय गर्ने ऐतिहासिक फैसला सुनाएको हो। अदालतको यस्तो कार्यबाट आइन्दा निर्दोष व्यक्तिलाई फसाएर बदनियतपूर्वक अनुसन्धान र अभियोज गर्ने कार्य निरुत्साहन हुने अदालतको अपेक्षा छ। नेपाल बार एसोसिएसनका महासचिव लीलामणि पौडेलले विगतमा राजनीतिक आस्था वा व्यक्तिगत दुस्मनीका आधारमा पहुँचवालाले अनुसन्धान र अभियोजन गर्ने निकायलाई प्रभावमा पारी वा दबाब दिई झुटा मुद्दा लगाउने तथा वास्तविक अपराधीलाई उन्मुक्ति दिने गरेको पाइएको बताए। त्यस्तो कार्यलाई निरुत्साहन गर्ने उद्देश्यले निर्दोष व्यक्तिलाई फसाउने नियतले अनुसन्धान गर्ने अधिकारीलाई कैद सजाय गर्ने काठमाडौं जिल्ला अदालतको फैसलाले फौजदारी न्याय प्रणालीमा सकारात्मक सन्देश जाने महासचिव पौडेलको भनाइ छ। आफू सामान्य हिसाबले मानाचामलका लागि उजुरी दिन गएको तर बदनियतपूर्वक रावलले बहुविवाहको जाहेरी बनाइदिएको शर्मिलाले अदालतमा बताएकी थिइन्। शर्मिलाले आफूले बहुविवाहअन्तर्गत जाहेरी नदिएको बताएकी थिइन्। जिल्ला अदालतले अनुसन्धानकर्ता रावलले अनुसन्धानका क्रममा हदम्यादसम्बन्धी कानुनको अपव्याख्या गरी २० वर्षअघि भएको विवाहको आरोपमा हदम्याद नै नभएको मुद्दामा जाहेरी दिन लगाएको ठहर गरको छ। रावलले जाहेरीवालाले नभनेको विषयलाई आफैंले जाहेरीमा लेखी बदनियतपूर्वक प्रतिवादी राजेन्द्र र उनकी कान्छी श्रीमती शान्ता मगरलाई थुनुवा पुर्जी दिई हिरासतमा राखेका थिए। फौजदारी कार्यविधि संहिता २०७४ को दफा ४ को उपदफा २ मा जाहेरवालालाई जाहेरीको व्यहोरा पढी, वाची सुनाई निजको सहीछापसमेत गराई राख्नुपर्ने प्रावधान छ। अनुसन्धान गर्ने क्रममा रावलले त्यसविपरीत कार्य गरेको जिल्ला अदालतको फैसलामा उल्लेख छ । | annapurnapost.com |
631,204 |
नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटीको अध्यक्षमा सीताराम कार्की चयन भएका छन् । शनिबार बागमती प्रदेश राजधानी हेटौँडामा सम्पन्न महासंघको पहिलो अधिवेशनले कार्कीको अध्यक्षतामा ४५ सदस्यीय प्रदेश कमिटी सर्वसम्मतनिर्वाचित गरेको हो । भलिबलका खेलाडी, प्रशिक्षकतथालाईसेन्स प्राप्त रेफ्रि समेत रहेका रामेछाप जिल्लाका कार्की यस अघि तदर्थ कमिटीमा संयोजक रहेका थिए । नुवाकोटकी सविना पाण्डे र चितवनका रामकृष्ण ढकाल उपाध्यक्षमा निर्वाचित भएकी छिन् । त्यस्तै मकवानपुरका जनरल श्रेष्ठ सचिव चयन भएभने धादिङका रोशन क्षेत्री र चितवनकी नविना खनिया उपसचिवमा निर्वाचित भएका छन् । मकवानपुरका इन्द्रप्रसाद सञ्जेल कोषाध्यक्ष निर्वाचित भएका छन् । निर्वाचितपदाधिकारी तथा सदस्यहरुलाई महासंघका केन्द्रीय कमिटीका संयोजक कृष्ण बस्नेत (पर्शुराम) ले सपथग्रहण गराए । शुभकामना मन्तव्यको क्रममा बस्नेतले खेल क्षेत्रमा नीतिगत सुधार, भौतिक पूर्वाधारको निर्माण तथा सुधार एवं खेलाडी तथा खेल प्राविधिकको क्षमता बृद्धिका लागि महासंघ प्रयत्नशील रहेको बताए । बस्नेतले हेटौडामा बन्दै गरेको गौरिटार स्पोटर्स एकडेमीको निमार्ण कार्य सुस्त गतिमा भएकोमा दुःखव्यक्त गर्दै द्रुतगतिमा काम सम्पन्न गर्नुपर्नेमा जोड दिंदै वर्तमान सरकारले खेलकुद ऐनलाई मिचेर खेलक्षेत्रको सर्वोच्च कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषदमा किचलो निम्त्याएको धारणा राखे । नेकपा एमाले पोलिटब्युरो सदस्यएवं महासंघका ईन्चार्ज गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महासंघका संस्थापक अध्यक्षएवं एमाले पोलिटब्युरो सदस्य पुरुषोतम पौडेल तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेल लगायतले सम्बोधन गरेका थिए । | lokpath.com |
1,945,594 | काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-७ स्थित शुभ श्री ब्याङ्केटद्वारा सञ्चालित ब्लु हेभेन रेस्ट्रो एन्ड स्वीमिङपुलमा डुबेर एक युवकको मृत्यु भएको छ… अदालतको अवहेलना गरेको भन्दै काठमाडौं महानगरका मेयर बालेन शाहविरुद्ध सर्वोच्च अदालतमा निवेदन परेको छ । अधिवक्ता वर्षाकुमारी झाले महानगर प्रमुख… आइतबार बसिरहेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले पत्रिका पढ्न थालेपछि सभामुख देवराज घिमिरेले संसद बैठकमा पत्रिका नपढ्न रुलिङ गरेका छन् । उपप्रधान… आइतबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको जनाएको… अप्पर स्याङ्गेको आइपिओमा सर्वसाधारणले आजदेखि आवेदन दिन सक्नेछन् । कम्पनीले ६ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ सर्वसाधारणका लागि छुट्याएकोमा त्यसको… पोखरामा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ । पोखरा महानगर-२३ हर्पनमा चट्याङ लागेर ४९ वर्षीय देव बहादुर विकको मृत्यु… हेटौंडामा टिप्परको ठक्करबाट स्कुटरमा सवार एक जना यात्रीको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका-२ चौकीटोलमा शनिबार राति ०३-००१ख ८५१ नम्बरको… एकदिवसीय विश्वकप छनोटको लिगअन्तर्गत चारमध्ये ३ खेल हारेपछि नेपालको विश्वकप खेल्ने सपना अधुरै बनेको छ । यसैगरी शनिबार नेदरल्यान्डविरुद्धको खेलमा… बाग्लुङमा चट्याङ लागेर दुई बालबालिकाको मृत्यु भएको छ । शनिबार राति करिब ९ बजे परेको चट्याङले लागेर बाग्लुङको ढोरपाटन नगरपालिका–५… उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठ मङ्गलबार चीन जाने भएका छन् । मन्त्री श्रेष्ठ चार दिने भ्रमणका लागि चीन जान… जन्मसिद्ध नागरिकका सन्तानलाई आजबाट नागरिकता दिइने भएको छ । देशभरका जिल्ला प्रशासन कार्यालयहरुले नागरिकता वितरण गर्ने तयारी गरेको गृह मन्त्रालयले… बाग्लुङमा जीप दुर्घटना हुँदा १८ वर्षीय युवकको मृत्यु भएको छ । बाग्लुङको काठेखोला गाउँपालिका-३ धम्जास्थित रामचालुमा शनिबार साँझ जीप दुर्घटना… जल तथा मौसम विज्ञान विभागले आज देशभर सामान्य देखि पूर्णतया बदली रहने जनाएको छ । देशका केही स्थानमा भारी देखि… दाङमा चट्याङ लागेर दुई युवकको मृत्यु भएको छ । दाङको दंगीशरण गाउँपालिकामा शनिबार साँझ छुट्टाछुट्टै स्थानमा परेको चट्याङले लागेर दुई… विश्वकप छनोट प्रतियोगिताअन्तर्गत नेपाल आज नेदरल्यान्डसँग खेल्दैछ । जिम्बाब्वेको टाकासिंगा स्पोर्टस् क्लबमा नेपालले टस हारेर ब्याटिङ गरेको हो । नेपालका… कास्की जिल्ला टेनिस संघले विभिन्न प्रतियोगिताहरुमा पदक जित्न सफल पोखरेली टेनिस खेलाडीहरुलाई सम्मान गरेको छ । | pokharanews.com |
1,240,466 | जैमिनी नगरपालिका–१ कुश्मिशेरास्थित टुनीबोटमा पहिरोले पाँच घर पुरिएका हुन्। घरमाथिबाट पहिरो खस्दा ६८ वर्षीय हरिकृष्ण शर्मा बेपत्ता भएको वडा अध्यक्ष भुपेन्द्र थापाले बताए । घर पुरिए पनि परिवारका अन्य चारजना भने भागेर ज्यान जोगाउन सफल भएका छन् । पहिरोले स्थानीय पवित्रा देवी शर्मा, इन्द्रदेवी शर्मा, रत्न बहादुर क्षत्री र तारादेवी क्षेत्रीको घर पूर्णरुपमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए । घटनास्थलमा स्थानीयका साथै तत्कालै नेपाली सेना र प्रहरी परिचालन गरी बेपत्ता भएका शर्माको खोजी तथा उद्दारको काम भइरहेको उनले बताए । अविरल वर्षापछि घर माथिबाट आएको पहिरोले पुरिएर टुनीबोटमै आइतबार ६३ वर्षीया लक्ष्मीदेवी उपाध्यायको ज्यान गएको थियो । | annapurnapost.com |
5,000,191 | नेपालमा मनसुन सुरु भएको एक महिनामा मनसुनजन्य विपद् मुख्यगरी बाढीपहिरो र चट्याङ]का घटना तथा मानवीय क्षति बढी भएको भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सार्वजनिक गरेको मनसुनको ३० दिनको अवस्था प्रतिवेदनअनुसार गत वर्षभन्दा यस वर्षको मनसुनको ३० दिनमा दुई सयभन्दा बढीले बाढी, पहिरो, चट्याङ तथा भारी वर्षका घटना वृद्धि भएको हो । मानवीय क्षति पनि उल्लेख्य वृद्धि भएको पाइएको प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ । प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले यसपालि नेपालले बाढी, पहिरो, चट्याङबाट जनधनको बढी क्षति बेहोरेको बताउनुभयो । प्रतिवेदन अनुसार गत वर्ष यो अवधिमा ती विपद्का चार सय ५१ वटा घटना भएको थियो । यसपालि भने ६ सय ९१ वटा घटना भएको पाइएको छ । जसमा गत वर्ष ४२ जनाको मृत्यु भएकामा यसपालि सो अवधिमा ६९ जनाले ज्यान गुमाएका छन् । गत वर्ष बेपत्ता २५ जना रहेकामा यसवर्ष उक्त अवधिमा तीनजना बेपत्ता रहेका छन् । गत वर्ष ५६ जना घाइते भएकामा यसपालि ८९ जना घाइते भएका जनाइएको छ । बाढीबाट गत वर्ष सातजनाको मृत्यु भएकामा यसपालि १५, पहिरोबाट गत वर्ष १७ जनाको मृत्यु भएकामा यसपालि ३५ र चट्याङबाट गत वर्ष १६ जनाको मृत्यु भएकामा यसपालि १९ जनाले ज्यान गुमाएका छन् । भारी वर्षाका कारण गत वर्ष दुईजनाले ज्यान गुमाएकामा यसपालि सो अवधिमा शून्य रहेको छ । प्रभावित परिवार भने गत वर्षभन्दा यस वर्ष कमी देखिएको छ । गत वर्ष दुई हजार एक सय ६४ परिवार प्रभावित भएकामा यसपालि एक हजार दुई सय ७२ परिवार प्रभावित भएका प्रतिवेदनमा उल्लेख गरिएको छ । यो तथ्याङ्क गत वर्ष विसं २०८० साल जेठ ३१ ९मनसुन सुरु भएको दिन० र यस वर्ष जेठ २८ गते ९मनसुन सुरु भएको दिन० देखि ३० दिनको अवधिमा भएको तथ्याङ्क छ । | etajakhabar.com |
1,716,627 | वि.सं.२०७९ वैशाख २५ आइतवार सेन्चुरी कमर्शियल बैंकको ऋणपत्रका लागि आवेदन दिने म्याद थप गरिएको छ । बैंकले बैशाख २१ गतेदेखि निष्काशन गरेको ऋणपत्रका लागि पर्याप्त आवेदन नपरेपछि जेठ ४ गतेसम्म आवेदन दिने म्याद थप गरिएको हो । बैंकले १ हजार अंकित दरका २२ लाख कित्ताले हुन आउने २ अर्ब २० करोड बराबरको ऋणपत्र निष्काशन गरेको हो । जस मध्ये १३ लाख २० हजार कित्ता निजि अर्थात् व्यक्तिगत तवरले बिक्रि गरिने र ८ लाख ८० कित्ता सर्वसाधारणलाई बिक्रि गरिने बैंकले जनाएको छ । सर्वसाधारणका लागि छुट्याईएको ८ लाख ८० हजार कित्ता मध्ये १० हजार कित्ता सामुहिक लगानी कोषको लागि बाँडफाँड गरिएको छ । बैंकको ऋणपत्र निष्काशनका लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । ऋणपत्रका लागि न्युनतम २५ कित्ता र अधिकतम ८ लाख ७० हजार कित्तासम्म आवेदन दिन सकिने छ । १० वर्षे अवधिको यस ऋणपत्रमा बैंकले १०.५० प्रतिशत ब्याज प्रदान गर्ने जनाएको छ । वि.सं.२०७९ वैशाख २५ आइतवार १३:१६ मा प्रकाशित काठमाडौं । | sansarnews.com |
5,981,110 | २०८१ साउन ८ मंगलबार क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ताको कार्यालयले दिएको निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । लामिछाने विरुद्धको मुद्दा न्यायाधीश हरि प्रसाद फुयालको इजलासमा परेको छ । जबरजस्ती करणीको मुद्दा खेपेका लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न २८ पुसमा उच्च अदालत पाटनले आदेश दिएको थियो । | sunaulonepal.com |
6,105,445 | अस्ट्रेलियाली सहायक विदेशमन्त्री टिम वाट्स नेपालको दुई दिने भ्रमणका लागि मंगलबार काठमाडौं आइपुगेका छन् । सहायक विदेशमन्त्री वाट्सको भ्रमणका क्रममा नेपाल र अस्ट्रेलियाबीचको निकट सम्बन्ध र सहकार्यका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । सहायकमन्त्री वाट्सले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । नेपालबाट चोरी भएर अस्ट्रेलिया पुगेको रत्नेश्वर मन्दिरको टुँडाल आर्ट ग्यालरी न्यू साउथ वेल्सले नेपाललाई फिर्ता गर्ने भएको छ । संग्रहालयका निर्देशक डा. माइकल ब्रान्डले उक्त टुँडाल हस्तान्तरण गर्ने कार्यक्रममा वाट्स सहभागी हुनेछन् । साथै, उनले काठमाडौं विश्वविद्यालय भ्रमण गर्ने र सोही क्रममा अस्ट्रेलियाली संस्थाहरू र विश्वविद्यालयबीच भइरहेको सहकार्यका विषयमा छलफल गर्ने कार्यक्रम पनि तय भएको छ । यस्तै सहायकमन्त्री वाट्सले पशुपतिनाथ मन्दिर परिसर र बौद्धनाथ परिसरको पनि भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । | onlinekhabar.com |
3,699,898 | नेपाल उद्योग तथा व्यवसायी महासंघले सरकारले व्यवसायीहरुका माग सम्बोधन गरी व्यवसायिक वातावरण नबनाए चरणवद्ध काठमाडौं। कसुर प्रमाणित नभई उद्योगी व्यवसायीलाई थुन्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने मोरङका उद्योगी व्यवसायीले माग गरेका छन् आन्तरिक उत्पादन वृद्धि गरी बढ्दो व्यापार घाटा कम गर्ने र बढीभन्दा बढी रोजगारी सिर्जना गरी इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले विशिष्ट भौगोलिक अवस्थिति, प्रचुर प्राकृतिक संशाधन एवं सीपयुक्त युवा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने औपचारिक भ्रमणमा छन् । प्रतिनिधिमण्डलमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले सरकारले ल्याउन लागेको आगामी बजेटमा सवारी साधन एसेम्बल गर्ने कोशी प्रदेशको दिगो आर्थिक विकासका लागि सम्भावित लगानीका क्षेत्रको पहिचान गरी प्रवर्द्धनका कार्यक्रम ल्याउन विराटनगरका नेपाल उद्योग परिसंघले उच्च संकुचनको कारण उद्योगी व्यवसायी नाजुक अवस्थामा पुगेको बताए । | karobardaily.com |
4,796,002 | साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक २२ दशमलव ३९ अंकले वृद्धि भएर १३१४ दशमलव ५१ को विन्दुमा बन्द भएको छ। साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक २२ दशमलव ३९ अंकले वृद्धि भएर १३१४ दशमलव ५१ को विन्दुमा बन्द भएको छ। आज दोस्रो बजार परिसूचकमा १ दशमलव ७३ प्रतिशतको वृद्धि देखिएको छ। दोस्रो बजार १२९२ दशमलव १२ को विन्दुमा खुलेर १३२२ दशमलव ८८ को उच्च विन्दुसम्म पुगेको थियो। आज बजारको न्यून विन्दु १२९२ दशमलव १२ थियो, जुन कारोबार खुलेको समयको थियो। आज दिनभरमा एक अर्ब ६७ करोड बराबरको शेयर किनबेच भएको छ। लगभग ८ सातादेखि बजार बढ्न सुरु भएदेखि समग्रमा दैनिक कारोबार रकममा पनि वृद्धि हुँदै गएको छ। यसरी बढ्दो बजारमा कारोबार रकम पनि बढेमा बजार सकारात्मक मानिन्छ। चित्र नं १, नेप्सेको दैनिक मैनबत्तीहरुको प्रवृत्ति हो। वैशाख १५ गते बजार १३१४ दशमलव ५१ विन्दुमा बन्द भएको छ। यो अघिल्लो कारोबार दिनभन्दा १ दशमलव ७३ प्रतिशतले वृद्धि हो। आज बुलिस मैनबत्ती आकृति बनेको छ। यसले बजारमा क्रेताको चाप रहेको देखिन्छ। आजको परिमाण अर्थात कारोबार रकमले बजारमा लगानीकर्ताहरुको अत्याधिक चाप रहेको देखिएको छ। चित्र नं.२, अघिल्लो कारोबार दिन र आज दिनभरको कारोबार कस्तो रह्यो भनि हेर्नलाई ५ मिनेट समयावधिका मैनबत्तीहरुलाई प्रयोग गरिएको छ। अघिल्लो कारोबार दिनको निष्कर्ष अनुसार यदि बजार १३०० भन्दा माथि रहेमा बजार केही सकारात्मक हुन सक्ने भनिएको थियो। आज त्यही अनुरुप नेप्से परिसूचकले १३२२ दशमलव ८८ सम्मको ‘इन्ट्राडे’ उच्च विन्दु बनाएको थियो। अन्तिम दुई कारोबार दिनको नेप्से प्रवृत्तिले बजार बढ्दो प्रवृत्तिमा रहेको संकेत गरेको छ। ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए) भन्दा बजारको प्रवृत्ति माथि रहेकाले बजार सकारात्मक क्षेत्रमा रहेको देखिन्छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ४६ दशमलव ०९ अंकमा रहेपनि नेप्सेको प्रवृत्तिसँग ‘हिडन बुलिस डाइभर्जेन्स’ बनाएको देखिन्छ। यसले बजार सकारात्मक हुन सक्ने संकेत गर्दछ। स्टोकास्टिक अक्सिलेटरले आजको कारोबारको अन्तिम समयमा शेयर बढी विक्री भएको संकेत गर्नुका साथै खरिदकर्ताको चाप हुन सक्ने संकेत गरेको देखिन्छ। माथि उल्लेखित नेप्से प्रवृत्तिहरु र सूचकहरुको आधारमा यदि बजार १३२३ भन्दा माथि स्थिर रहेमा बजार अझ सकारात्मक हुन सक्ने संकेत गरेको छ। र, अर्को तत्कालीन प्रतिरोध १३४० देखि १३५० को क्षेत्रमा रहेको देखिन्छ। त्यस्तै, मनोवैज्ञानिक टेवा १३०० मा रहेको देखिन्छ । | kathmandupress.com |
4,861,546 | आसन्न स्थानीय निर्वाचनमा गोरखा जिल्लामा मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा पूर्णरुपमा रोक लगाइने भएको छ । निर्वाचनका बेला शान्ति सुरक्षामा हुनसक्ने घटनालाई दृष्टिगत गर्दै सर्वपक्षीय बैठकमा गोरखामा मदिन प्रयोगमा रोक लगाउने निर्णय गरेको हो। जसअनुसार वैशाख २५ गतेदेखि आगामी जेठ ७ गतेसम्म जिल्लाभर मदिराको प्रयोगमा रोक लगाइने छ। जिल्लाभर नै होटल, रेष्टुरेण्टलगायत अन्य पेशा व्यवसाय बिहान ७ बजेदेखि साँझ ९ः३० बजेसम्म मात्र सञ्चालन गर्न पाउने सोमबार बसेको बैठकले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले बताए। निर्वाचन प्रचारका क्रममा दलहरुबीच शान्ति सुरक्षामा खलल हुने खालका गतिविधि हुन नदिन एकै स्थान, समय र बाटो पर्ने गरी कार्यक्रम आयोजना नगर्ने, चुनाव प्रचारप्रसारका लागि कार्यक्रम गर्दा स्थानीय प्रशासनलाई जानकारी गराएर मात्र सञ्चालन गर्ने सहमति पनि भएको उनले बताए । बैठकमा निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्ने, दलहरुबीच प्रचारप्रसारका कार्यक्रम गर्दा सामाजिक सद्भाव कायम राख्ने गरी सञ्चालन गर्ने र निर्वाचन अवधिभरसम्म आवश्यक पर्ने अत्यावश्यक बस्तु तथा सेवाको अभाव हुन नदिन उद्योग वाणिज्य सङ्घ, चेम्बरअर्फ कर्मसलगायत संघसंस्थाले आवश्यक व्यवस्था मिलाउने सहमति पनि भएको थियो । | kathmandupress.com |
3,851,907 | केही समयअघि आत्महत्या गरेका बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणमा उनकी प्रेमिका रिहा चक्रवर्ती र उनको परिवारविरुद्ध एफआईआर दर्ता भएको छ। सुशान्तका बुबा के के सिंहले पटनाको राजिवनगर थानामा उनीविरुद्ध एफआईआर दर्ता गरेको बीबीसी हिन्दीले जनाएको छ। प्रहरीमा परेको उजुरीमा रिहाले सुशान्तलाई आत्महत्या गर्न दुरुत्साहन गरेको उल्लेख गरिएको छ। प्रहरीका अनुसार घटनाबारे थप बुझ्न प्रहरी पटनाबाट मुम्बई गएको छ। गएको १४ जुनमा सुशान्त सिंह मुम्बईको बान्द्रास्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएका थिए। प्रहरीले आत्महत्या भनेको उक्त घटनामा सुशान्तको परिवारले हत्या भएको दाबी गरिरहेको छ। केही समयअघि आत्महत्या गरेका बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणमा उनकी प्रेमिका रिहा चक्रवर्ती र उनको परिवारविरुद्ध एफआईआर दर्ता भएको छ। सुशान्तका बुबा के के सिंहले पटनाको राजिवनगर थानामा उनीविरुद्ध एफआईआर दर्ता गरेको बीबीसी हिन्दीले जनाएको छ। प्रहरीमा परेको उजुरीमा रिहाले सुशान्तलाई आत्महत्या गर्न दुरुत्साहन गरेको उल्लेख गरिएको छ। प्रहरीका अनुसार घटनाबारे थप बुझ्न प्रहरी पटनाबाट मुम्बई गएको छ। गएको १४ जुनमा सुशान्त सिंह मुम्बईको बान्द्रास्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएका थिए। प्रहरीले आत्महत्या भनेको उक्त घटनामा सुशान्तको परिवारले हत्या भएको दाबी गरिरहेको छ । | himalkhabar.com |
4,879,270 | काठमाडौंमा ५११ सहित उपत्यकामा थप ६४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ६४७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंका ५११ , भक्तपुरका ६३ र ललितपुरका ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै, मंगलबार नेपालमा थप १३५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ। संक्रमितमध्ये ४८ हजार ६१ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ४२९ जनाको मृत्यु भएको छ। प्रवक्ता गौतमका अनुसार मंगलबार कोरोनालाई जितेर ८२३ जना घर फर्किएका छन् । | kathmandupress.com |
3,787,893 | मदन भण्डारी राष्ट्रिय पुरस्कारबाट प्राध्यापक डाक्टर सुवोध शर्मा सम्मानित हुनुभएको छ । पुरस्कारको राशि रु एक लाख रहेको छ । जननेता मदन भण्डारीको ६८ औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रा डा शर्मालाई सम्मान गर्नुभएको हो । काठमाडौँ विश्वविद्यालय स्कूल अफ साइन्सका रजिष्ट्रारसमेत रहनुभएका प्रा डा शर्माले नेपाल, भूटानलगायत दक्षिण एशियाली देशको पानी र जलाधारको विषयमा मिहिन अध्ययन गर्दै आउनुभएको छ । यस्तै अफ्रिकी मुलुक इथोपियाको समेत पानी र जलाधारको क्षेत्रमा अध्ययन गर्नुभएको छ । आफ्नो आमाको प्रेरणाबाट हिमाली क्षेत्रका ताल तलैया, पानी र जलाधारको संरक्षणका क्षेत्रमा लाग्न प्रेरित गरेको उल्लेख गर्दै उहाँले काठमाडौँ उपत्यकाको चारैतिर जलाधार संरक्षणका लागि ठूलाठूला पोखरी निर्माण गर्नुपर्ने सुझाव दिनुभयो । काठमाडौँका डाँडाडाँडामा पानी पोखरी बनाउनुपर्नेमा रिसोर्ट बनाउन थालिएकामा समेत पुरस्कृत व्यक्तित्व शर्माले दुखेसो व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “आदिमकालमा काठमाडौँको पानी बाहिर पठाउन एउटा मञ्जुश्री आएका थिए । काठमाडौँ उपत्यकामा पानी बढाउन अब पाँच वटा मन्जुश्रीको आवश्यकता देखिएको छ ।” उक्त पुरस्कारबाट यसअघि डा भगवान् कोइराला, मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, महावीर पुनलगायत पुरस्कृत भइसक्नुभएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ । | emountaintv.com |
3,872,823 | उनीहरुले नेपालमा क्रिकेटको सम्भावना रहेको उल्लेख गर्दै एक महिनाअघि उमेर समूहमा भारतलाई हराएको स्मरण गर्दै यस्ता खाले प्रतियोगिताहरुले युवा प्रतिभा र जुनियर खेलाडीले आफ्नो क्षमता देखाउन पाउने प्ल्याटफर्म हुने बताए । कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौं किङ्स इलाभेन, ललितपुर प्याट्रियट्स, भैरहवा ग्लाडियर्टस, विराटनगर वारियर्स, पोखरा राइनोज र चितवन टाइगर्स गरी ६ टोलीले १३ दिन सम्म प्रतिस्पर्धा गर्नेछन् । काठमाडौं किङ्स इलाभेन र ललितपुर प्याट्रियट्सबीच प्रतियोगिताको उद्घाटन खेल हुनेछ । दुवै टोली मैदानमा सुखद सुरुवातको पखाईमा छन् । प्रतियोगिताको उद्घाटनपछि ११ बजे पहिलो खेल हुनेछ । काठमाडौंले श्रीलंकाका अन्तर्राष्ट्रिय खेलाडी परवेज महारुफलाई कप्तानको जिम्मेवरी दिएको छ । महारुफले श्रीलंकाका लागि १ सय ९ एक दिवसीय,२२ टेस्ट र २ टि ट्वान्टी खेलेका छन् । काठमाडौंका कप्तान परवेज महारुफले आफुले पाएको जिम्मेवारीलाई अविस्मरणीय बनाउने बताए । ‘म काठमाडौं पहिलोपटक आएको हु । अझै मलाई कप्तानको जिम्मेवारी छ । टिम निकै बलियो देखेको छु ’ परवेजले भने, ‘टिममा युवा जोश छ । प्रतियोगिताको उपाधि जित्ने हाम्रो लक्ष्य हो । हामी सोमबार ललितपुरलाई पराजित गर्दै राम्रो शुरुवात गर्न चहान्छौं ।’ टोलीमा सोमपाल कामी, जितेन्द्र मुखिया, नरेश बुढाएर, राजु रिजाल, सुशिल कँडेल, विक्रम भुसाल, अमित श्रेष्ठ, सागर पुन अक्ष फर्नान्डो र भारतका सागर कुमार जस्ता खेलाडी छन् । ललितपुर प्याट्रियट्सका कप्तान ज्ञानेन्द्र मल्लले प्रतियोगितामा सहभागिता जनाएको सबै टोली प्रतियोगिताको उत्तिकै दाबेदार रहेको बताएका छन् । ‘प्रतियोगितामा सहभागी सबै टोली उपाधिको दाबेदार हुन् । राष्ट्रिय टोली युएईविरुद्धको खेलका लागि व्यस्त भएकोले लामो समय अभ्यास गर्न पाएनौं । तर, चार–पाँच दिनको समयमा हामीले राम्रो तयारी गरेका छौं ’ टोलीको मार्की खेलाडी समेत रहेका कप्तान ज्ञानेन्द्रले भने, ‘हाम्रो सबल पक्ष नै टिम सन्तुलित हो । काठमाडौं किङ्सविरुद्ध जितका लागि खेल्नेछौं ।’ ज्ञानेन्द्रले तयारी राम्रै भएपनि जितबाट सुरुआत गर्न सहज नहुने बताए । ज्ञानेन्द्रको नेतृत्वमा रहेको टोलीमा सोनु तामाङ, शंकर राना, राजवीर सिंह, सन्दीप जोरा लगायत इण्डियन प्रिमियर लिग(आइपिएल) टोली दिल्ली डेर डेभिल्सबाट खेलिसकेका योगश नागर लगायतका खेलाडी छन् । सुबोध भाटी र जयकिशन अनिलकुमार कोल्सवाला, सन्दीप लामिछाने, कुशल भुर्तेल, रसिद खान, पवन सर्राफ, ललित राजवंशी जस्ता खेलाडीको ललितपुरलाई साथ छ । खेल नेपाली समय अनुसार साँझ ७:१५ बजे दाम्बुलामा सुरु हुनेछ । प्रतियोगिताको उद्दघाटन खेल युएई विरुद्ध ऐतिहासिक जित पछि नेपाल उच्च मनोबलमा हुनेछ । तर पाकिस्तान नेपालका लागि कठिन प्रतिद्वन्द्वी रहनेछ । शुक्रबार श्रीलंकाको दम्बुलामा यूएईमाथि ६ विकेटको जित दर्ता गर्दै सन् २०२४ संस्करणमा विजयी सुरुवात गरेको हो । नेपालले टस जितेर यूएईलाई पहिलो ब्याटिङ गर्ने निम्तो दिएको थियो । यूएईले २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन जोड्यो । | hamrokhelkud.com |
6,257,383 |
नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले सरकारमा आफ्नाे पार्टीले सम्मानजनक स्थान बनाएर सहभागी हुने बताएका छन् । कार्यकर्ता प्रशिक्षणका लागि पाँचथर पुगेर खनालले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै तीनवटा मन्त्रालय आफ्नाे पार्टीले पाउनुपर्ने बताए । ‘संघीय सरकारमा हामीलाई तीन मन्त्रालय दिनुपर्छ । अब हुने तीन ठाउँको उपनिर्वाचनमा एक ठाउँ हामीलाई दिनुपर्छ’, खनालले भने ।
| shilapatra.com |
3,281,657 | काठमाडौ हङकङमा भएको एक मैत्रीपूर्ण खेलमा अमेरिकी क्लब इन्टर मायमीका फरवार्ड लिओनल मेसी अनुपस्थितपछि चिनियाँ अधिकारीहरूले अर्जेन्टिनाले चीनमा खेल्ने तय भएका दुई मैत्रीपूर्ण खेल रद्द गरेका छन्। अर्जेन्टिनाले मार्चमा चीनको बेइजिङमा आइभरी कोस्टसँग र हाङझाउमा नाइजेरियासँग खेल्ने तय भएको थियो। यसअघि गत आइतबार हङकङ-११ विरुद्ध इन्टर मायमीले खेल्दा मेसीले चोटका कारण नखेलेको रिपोर्ट सार्वजनिक भएको थियो। मेसीले टिमबाट नखेलेपछि चीनका फ्यानहरू आक्रोशित भएका छन्। मेसी खेलमा उपलब्ध नभएपछि चीनमा व्यापक आलोचना भएको थियो। यद्यपी मेसी तीन दिन पछि जापानमा भएको भिसेल कोबेविरुद्ध खेलमा बेञ्चमा देखिएका थिए। ‘बेइजिङले लियोनेल मेसीले खेल्ने खेलका लागि योजना बनाएको छैन,’ बेइजिङ फुटबल संघले शनिबार भनेको छ। हाङझाउले शुक्रबार खेल रद्द गर्दा त्यहाँको खेलकुद ब्यूरोले भनेको थियो, ‘करण सबैलाई थाहा छ, खेलका लागि शर्तहरु पूरा भएका छैनन्।’ हङकङका फ्यानहरूले इन्टर मायमीका सह-मालिक डेभिड बेकह्यामविरुद्ध नारा लगाउँदै मेसी मैदानमा नआएपछि आफ्नो पैसा फिर्ताको माग गरेका थिए। त्यसपछि फ्यानहरुलाई खेल आयोजक ट्याटलर एसियाले ५० प्रतिशत रकम फिर्ता दिने वाचा गरेको छ । | nepalijanta.com |
4,378,601 | अस्वस्थ भएपछि उपचारका लागि भारत लगिएका राष्ट्रपति रामचन्द्र पौडेलको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस एम्स अस्पतालमा उपचार सुरु भएको छ । पौडेललाई बुधवार बिहान श्रीएयरको एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो । यसअघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेलको गत चैत १८ गते त्रिवि शिक्षण अस्पतालमा उपचार गरिएको थियो । स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै अस्पतालले उनलाई निवास फर्काएको थियो। तर, हिजो फेरि स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरी उपचार थालिएको थियो । | dainiknepal.com |
3,023,009 | अर्थ सरोकार अनलाइनको सातौँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले आफू पदमा आएको पहिलो दिनदेखि उक्त विधेयक निर्माणमा लागेको जनाउँदै अर्थ मन्त्रालय र कानून मन्त्रालय हुँदै विधेयक आगामी साता क्याबिनेटमा जाने जानकारी दिए । उनले ढुङ्गा–गिट्टी तथा फोहरमैला व्यवस्थापनसम्बन्धी बेग्ला–बेग्लै विधेयक पनि ल्याउने तयारी भएको बताए । मन्त्री मोदीले निजामती कर्मचारी स्थायी सरकार भएकाले जहाँ आवश्यक पर्छ त्यहाँ जान तयार हुनुपर्ने पनि बताए । | newsofnepal.com |
3,093,365 | पछिल्लाे २४ घण्टामा २० हजार ५६० आरटी पीसीआर तथा एन्टिजेन परीक्षणमा ५ हजार ८७ जना नयाँ संक्रमित थपिएका छन् । ४ हजार २०५ जना पीसीआर परीक्षणबाट र ८८३ जना एन्टिजेन परीक्षणमा पुष्टि भएका हुन् । यो सँगै देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १८ हजार २३५ पुगेको छ । २४ घण्टामा ३ जनाले ज्यान गुमाएका छन् भने ३०६ जना निको भएर डिस्चार्ज भएका छन् । त्यसैगरी ३ लाख २० हजार २६७ जनाले विगत २४ घण्टामा खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं । | souryaonline.com |
5,791,257 | नेपाली कांग्रेसका सांसद् बद्री पाण्डेले गृहमन्त्री रवि लामिछानेले सदनमा बर्बराएको आरोप लगाएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस सहमहामन्त्रीसमेत रहेका पाण्डेले कराेडौं मानिसलाई बरालेको पनि बताए । यही जेठ ६ गते बसेकाे प्रतिनिसभा बैठकमा गृहमन्त्री लामिछानेले आफूमाथि उठेका प्रश्नको जवाफ दिएका थिए । “हामीलाई थाहा छ । यसक्रममा गृहमन्त्रीले बोल्ने काम गनुभयो । हामीले ठानेका थियौँ, गृहमन्त्रीले हामीलाई राम्रै पढाउनुहोला,” उनले भने, “तर, उहाँ रोष्ट्रममा बोल्न उभिनुभएन । बर्बराउनुभयो । लामो समय बर्बराउनुभयो । लामो समय बर्बराउनु भएन कराेडौं मानिसलाई बराल्ने काम गर्नुभयो । | baahrakhari.com |