text
stringlengths 163
169k
| timestamp
stringlengths 0
20
| url
stringlengths 0
1.8k
| source
stringclasses 5
values |
---|---|---|---|
'राष्ट्रपतिले धारा त राख्नुभो, मैले कसरी प्यास मेटुँ ?' - Kohalpur Trends
२३ चैत, काठमाडौं । ह्विलचियरमा हिंड्ने तेजबहादुर घर्ती मगर बिरामी छन् । उनी आइतबार वीर अस्पतालमा स्वास्थ्य जाँच गराएर आफूजस्तै अपाङ्गता भएका साथी भरतबहादुर कार्कीसँग दिउँसो भृकुटीमण्डप आए, जहाँ शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्चीको पानी झरिरहेको धारा उद्घाटन गरेकी थिइन् ।
उनीहरुले धारामा फोटो खिच्नेहरुको भीड देखे । त्योसँगै मगरलाई अघिदेखि तिर्खा लागेको सम्झना भयो, तर धाराको पानी खान सकेनन् । अग्लो ठाउँमा राखिएको धाराको पानी खस्ने भागमा खाल्डो छ । त्यो होचो भागलाई करिब एक फिट अग्लो सिमेन्टको डिल लगाएर छेकिएको छ । त्यो डिल नाघेर ह्विलचियर लैजान मिल्दैन । त्यहाँबाट झर्न सिंढी ओर्लिनुपर्छ ।
कसैले बोकेरै भित्र लगिदिए पनि ह्विलचियरमा बसेर पानी खान मिल्दैन । धारा खोल्दा साँघुरो खाल्डो पूरै ढाकिने गरी ह्वाल्ल पानी आउँछ । तीनवटा धारामध्ये दुई छेउका धाराको टुटी ह्विलचियरबाट खोल्न मिल्दैन । बालबालिका र होचा–पुड्का अपांगता भएकाले भेट्न नसक्ने गरी टुटी राखिएको छ । कोशिश गरेर टुटी खोलिहाले 'फोर्स'ले आउने पानीले पूरै भिज्ने अवस्था छ ।
यस्तो धारामा मगर र कार्की दर्शक मात्रै भए । अरुले पानी पिएको, फोटो खिचेको हेरे । पानी खोल्न, आँत भिजाउन नमिल्ने धारा अगाडि आफूहरुले पनि फोटो खिचेर खुशियाली मनाए ।
'पानी थापेर खाने भाँडो थिएन । अरुले बोतल ल्याउँछन् कि भनेर केहीबेर कुर्दा पनि नभएपछि पानी खान नजिकै रहेको राष्ट्रिय अपांग कोषको कार्यालयमा गयौं' मगरले भने, 'हामी जस्ता अपांगता भएकाहरुले प्यास मेटाउन नपाउने यस्ता सार्वजनिक धाराको के काम ?'
'सुझाव पनि मानिएन'
अपांगता भएका रोल्पाली तेजबहादुर घर्तीमगरले काठमाडौंमा मेलम्चीको पानी आउँदा आफूहरु खुशी भने नभएको बताए । 'भृकुटीमण्डपजस्तो अपांगता भएका व्यक्तिहरुको बाक्लो आउजाउ हुने ठाउँमा बनाइएको धारा अपाङ्गमैत्री नहुँदा निकै बेमज्जा पनि लागेको छ' उनले भने, 'कि त सरकारले अपांगता भएकाले यो धारा हेर्ने मात्रै हो भनेर बोर्ड राख्न पर्यो ।'
भरतकुमार कार्की चाहिं यी धारा बनाउने तयारी हुँदै गर्दा यहाँ आइपुगेका रहेछन् । काममा खटिएका इन्जिनियरलाई आफूले धारा अपांगमैत्री बनाउन सुझाव दिएको उनी सम्झन्छन् । चार दिनमा हतार–हतार धारा बनाउनेहरुले सुझाव नसुन्दा आफूहरु प्रयोगबाट बञ्चित हुनुपरेको उनको गुनासो छ ।
कार्कीले अन्तर्राष्ट्रिय कानून, महासन्धि, राष्ट्रिय कानून, नियमावली, निर्देशिका, घोषणापत्र आदिमा अपांग र बालबालिकको लागि पहुँचयुक्त पूर्वाधार बनाउने भनिए पनि राष्ट्रपतिबाट उद्घाटन भएको सार्वजनिक धारा विभेदपूर्ण भएको बताए । उनले भने, 'सबैले प्रयोग गर्न नसक्ने धारा कसरी सार्वजनिक हुन्छ ?' सबैको पहुँचमा हुने गरी सुधार भएन भने लिखित निवेदन दर्ता गर्ने उनले बताए ।
समाज कल्याण परिषद अगाडि विभेद !
राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको धारा समाज कल्याण परिषदको स्वामित्वमा रहेको जग्गामा बनेको हो । नेपालमा महिला, बालबालिका, अपांगता भएका व्यक्तिलगायतको लागि कल्याणकारी काम गर्ने जिम्मेवारी बोकेको सरकारी निकाय हो, परिषद ।
यो धारा परिषदको भृकुटीमण्डपस्थित कार्यालयको आँगनमै छ । अहिले धारा बनाइएको ठाउँमा एक महिना अघि मार्च १ मा महिला, बालबालिका तथा समाज कल्याणमन्त्री जुलीकुमारी महतोले अन्तर्राष्ट्रिय ह्विलचियर दिवस सुरु गर्दै ह्विलचियरमा आश्रितहरुको सार्वजनिक जीवनलाई सहज बनाउने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।
गत मार्च १मा ह्विलचियर दिवश उद्घाटन भएको कार्यक्रममा बोल्दै मन्त्री महतो, यही ठाउँमा अहिले धारा बनेको छ ।
सो कार्यक्रममा सहभागी भएका पत्रकार कनकमणि दीक्षित सार्वजनिक पूर्वाधार बनाउँदा ह्विलचियरको सहारामा हिंड्नेहरुलाई बिर्सन मिल्दै नमिल्ने बताउँछन् । 'सार्वजनिक स्थानमा अपांगता भएका व्यक्ति चढ्न र झर्न सक्ने र्याम्प अनिवार्य चाहिन्छ' उनी भन्छन्, 'तर अहिलेसम्म शहरमा ह्विलचियरमा गुड्ने मान्छे पनि छन् भनेर सडक, सडकपेटीसहितका सार्वजनिक पूर्वाधार बनेको देखिंदैन ।'
जिम्मेवार निकायको भनाइ
राष्ट्रपतिबाट उद्घाटन गराइएको सार्वजनिक धारा अशक्त, अपांगता भएका, बिरामी, होचा पुड्का, बालबालिका र वृद्धवृद्धाले चलाउन नसक्ने किसिमको बन्न पुगेको समाजकल्याण परिषदको भृकुटीमण्डप कार्यालयका प्रमुख सञ्जयकुमार मल्लिक स्वीकार्छन् ।
'धारा बनाउँदा हामीसँग ठाउँ सोधियो, हामीले २–४ वटा विकल्प दियौं' उनले भने, 'बालबालिका र अपांगमैत्री बनोस् है भनेर अनुरोध पनि गरेका हौं, तर सुनुवाइ भएन ।'
समाजकल्याण परिषदका सदस्य सचिव पुष्कर खातीले समेत सबैलाई सहज हुने धारा बनाउन सुझाव दिएको मल्लिकले बताए । तर, खानेपानी मन्त्रालयले कसैसँग समन्वय नगरी हतारमा बनाएको धारा अपांगता भएका र बालबालिकाले प्रयोग गर्न नसक्ने भएको उनले बताए ।
धारा डिजाइन गर्ने काठमाडौं उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)का प्रमुख कमलकुमार श्रेष्ठ भने त्यहाँ सबैको पहुँच हुनेगरिको धारा आवश्यक नै नभएको तर्क गर्छन् ।
'बालबालिकाहरु अभिभावकसँगै आउँछन्' उनले भने, 'अपांगता भएका सीमित व्यक्तिहरुलाई सार्वजनिक स्थलमा अरुले सहयोग गरिहाल्छन् ।'
कानून र प्रतिबद्धता
बालबालिका र अपांगमैत्री पूर्वाधार बनाउने सरकारी प्रतिबद्धता मात्रै हैन, कानूनी व्यवस्थाहरु नै छन् । अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ ले सार्वजनिक स्थलहरुलाई अपांगमैत्री बनाउनुपर्ने व्यवस्था गरेको छ ।
अपांगता भएका व्यक्तिको अधिकारका रुपमा ऐनको दफा ८ को उपदफा २ मा 'सार्वजनिक रुपमा उपलब्ध गराइएका कुनै पनि सेवा, सुविधा प्रदान गर्दा अपाङ्गताका आधारमा कुनै पनि प्रकारको भेदभाव गर्न पाइने छैन' भनिएको छ ।
ऐनले अपाङ्गता भएका व्यक्तिको अधिकार, सेवासुविधा र संरक्षण सम्बन्धी काम कारबाहीमा समन्वय, रेखदेख, प्रवर्द्धन गर्ने तथा सो सम्बन्धी काममा निर्देशन दिने काम समेतको लागि महिला बालबालिका तथा समाज कल्याण मन्त्रीको अध्यक्षतामा अपाङ्गता राष्ट्रिय निर्देशन समिति रहने व्यवस्था गरेको छ ।
सो समितिलाई अस्पताल, खेल मैदान, सडक, सार्वजनिक तथा सरकारी कार्यालय, सार्वजनिक यातायातका साधन, सडक, शौचालय, बसपार्क, पार्कलगायतका सार्वजनिक स्थलमा अपाङ्गता भएका व्यक्तिको पहुँच सहज तुल्याउन कार्यक्रम बनाई लागू गर्ने अधिकार छ । तर, अहिलेसम्म अपांगमैत्री पूर्वाधार बनाउन सार्वजनिक तथा निजी क्षेत्रले कुनै चासो दिने गरेको छैन ।
नेपालले हस्ताक्षर गरेको अपांगता भएका व्यक्तिको अधिकार समबन्धी राष्ट्रसंघीय महासन्धिमा पनि यसबारे उल्लेख छ । महासन्धिको धारा ९ मा 'देशहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई अरू मानिस सरह दैनिक जीवन चलाउन र आत्मनिर्भर भएर बाँच्ने बनाउनका निम्ति भौतिक सेवासुविधा, यातायात र सञ्चारका प्रणालीहरू अपाङ्गता भएका व्यक्तिहरूले समेत प्रयोग गर्न मिल्ने गरी बनाउनुपर्छ' भनिएको छ ।
यसबाहेक सर्वसाधारणले उपयोग गर्ने गरी खुला गरिएका सबै सेवा सुविधा अपाङ्गता भएका व्यक्तिहरूले समेत समान रूपमा उपयोग गर्न मिल्ने बनाउने प्रतिवद्धता नेपालले उक्त महासन्धिमार्फत व्यक्त गरेको छ । सार्वजनिक ठाउँँमा दृष्टिविहीनका लागि बाटो देखाउने, बहिराका लागि सांकेतिक भाषाका दोभाषे र सहयोगीहरू उपलब्ध गराउने पनि उल्लेख छ ।
नेपालले हस्ताक्षर गरेको बालअधिकार सम्बन्धी महासन्धिमा बालबालिकालाई बालमैत्री पूर्वाधार सुनिश्चित गर्ने उल्लेख छ । त्यसअनुसर नेपालले बालमैत्री स्थानीय शासनको अभ्यास गरिरहेको छ ।
'राज्यपक्षहरुले सांस्कृतिक र कलात्मक जीवनमा पूर्णरुपले भाग लिन पाउने बालबालिकाको अधिकारलाई सम्मान र संवर्धन गर्नेछन् र सांस्कृतिक, कलात्मक, मनोरन्जनात्मक र फुर्सदसम्बन्धी क्रियाकलापका लागि सुहाउँदो र समान अवसर प्रदान गर्ने व्यवस्थालाई प्रोत्साहन दिनेछन्', महासन्धिको धारा ३१ मा उल्लेख छ । | 2021/05/14 22:48:30 | https://kohalpurtrends.com/25867 | mC4 |
Trending # एनआइसी एसिया बैंक19# सेन्ट्रल प्लाजा13# सुनचाँदी11# चौधरी ग्रुप8# शेयर बजार7# गोरखा डिपार्टमेन्ट6# मोटरहेड6# एनआईसी एशिया5
१ सय ३२ केभिए प्रशारण लाइनको काम अन्तिम तयारीमा
प्रशारण लाइन जडान भएपछि पाँचथरमा विधुत नियमित हुने
प्रकाशित मिति: शुक्रबार, बैशाख ३१, २०७३ समय: ८:३६:३३
पाँचथर / झापाको दमकदेखि फिदिमको थापाटारमा निर्माणधिन् स्टेशनमा १ सय ३२ केभिए प्रशारण लाइनको काम अहिले अन्तिम चरणमा पुगेको छ । यो प्रशारण जडान गरिएपछि पाँचथरमा विद्युत नियमित हुने भएको छ । हाल ३३ केभिए प्रशारण लाइनले जिल्लामा धानेको छ । नेपाल विद्युत प्राधिकरण फिदिम सव स्टेशनका प्रमुख टंक तामाङका अनुसार अहिले झापाको दमकदेखि इलामको गोदकसम्म १ सय ३२ केभिए प्रशारण लाईन जडान गरिएको छ ।
अव जिल्लाको अमरपुर स्थित भालुचोकमा पनि स्टेशन लगभग निर्माण भइसकेको र थापाटारको पनि निर्माण सकिएपछि जडान गरिँदा जिल्लामा विद्युत नियमति हुने तामाङको भनाई छ । यस्तै जिल्लामा वर्षायाम सुरु भएसँगै विद्युत अवरुद्ध हुने क्रम बढेको छ । प्राधिकरणका निमित्त प्रमुख तामाङले वर्षायाममा हावाहुरीका कारण विजुलीको पोलमा बोटविरुवा ढलेर छुने हुँदा विद्युत अवरुद्ध हुने गरेको बताउनुभयो । | 2021-11-30T15:22:59Z | https://purbelinews.com/business/31985 | OSCAR-2201 |
२०८५ सालसम्म प्रधानन्यायाधीश 'प्याक' | Khabarpur
न्याय परिषद् सचिवालयका अनुसार सर्वोच्चमा अहिले १९ जना न्यायाधीश कार्यरत हुनुहुन्छ भने एक प्रधानन्यायाधीश र एक न्यायाधीश पद रिक्त छ। १९ मध्ये कार्यक्षमता र वरिष्ठताका आधारमा २०८५ सालसम्मका लागि प्रधानन्यायाधीशमा नियुक्त हुन योग्य देखिएका छन्। सर्वोच्चमा ३ वर्ष सेवा अवधि पूरा गरेका न्यायाधीशहरू दीपकराज जोशी, ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर जबरा हुनुहुन्छ। जोशी २०७० चैत ४ गतेदेखि कायममुकायम प्रधानन्यायाधीश हुनुहुन्छ। तत्कालीन प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको बर्खास्तीपछि जोशी कायममुकाय बन्नुभएको हो।
न्याय परिषद्ले वरिष्ठताका आधारमा जोशीसहित न्यायाधीशद्वय मिश्र र जबराको नाम सिफारिस गरिसकेको छ। मिश्र र जबराले २०७१ जेठ १३ गतेदेखि न्यायाधीशमा पदवहाली गर्नुभएको हो। जोशी, मिश्र र जबरा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला संवैधानिक परिषद्को अध्यक्ष भएका बेला नियुक्त हुनुभएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो प्रधानमन्त्रीत्व कालमा २०७३ साउन १७ गते थप ११ जना न्यायाधीश नियुक्त भएका थिए। यसरी नियुक्ति हुने न्यायाधीशमा दीपककुमार कार्की, केदारप्रसाद चालिसे रहेका छन्।
त्यसै गरी शारदाप्रसाद घिमिरे, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, ईश्वरीप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनीलकुमार सिन्हा, प्रकाशमानसिंह राउत र सपना प्रधान मल्ल हुनुहुन्छ। २०७६ साउन १८ देखि कार्कीसहित ९ जना न्यायाधीशहरू प्रधानन्यायाधीशका दाबेदारका रूपमा रहने समाचारपत्रमा खबर छ ।
न्यायाधीशद्वय तेजबहादुर केसी र पुरुषोत्तम भण्डारी २०७३ माघ १८ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को समयमा नियुक्ति भएको देखिन्छ भने न्यायाधीशहरू बमकुमार श्रेष्ठ, डम्बरबहादुर शाही र टंकबहादुर मुक्तान २०७४ असोज २४ गते नियुक्त हुनुभएको हो। शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला श्रेष्ठ, शाही र मुक्तान नियुक्त हुनुभएको देखिन्छ। उमेर हदबन्दीले नछेक्ने हो भने प्रधानन्यायाधीशको पदावधि छ वर्षको हुनेछ। ६५ वर्ष पूरा भएमा प्रधानन्यायाधीश वा न्यायाधीशको पद स्वतः रिक्त हुने नेपालको संविधान २०७२ मा उल्लेख छ। | 2021/01/28 04:07:14 | http://khabarpur.com/2018/06/12/2450 | mC4 |
कपाली समुदायको पुर्ख्यौली बाजा बजाउने पाटनभरिमा एक जना मात्र बाँकी रहेको भन्दै महानगरमा ध्यानाकार्षण पत्र दर्ता भएको हो । समाजका जिल्ला सचिव राजु कपाली भन्छन्, 'लोपन्मुख बन्दै गएको बाजा संरक्षण प्रवर्द्धन गर्न तत्काल ३ महिनाको तालिम दिन आवश्यक देखिन्छ । महानगरले बाजा संरक्षण गर्न चासो दिनुपर्यो ।'
राजनीतिक रूपमा पनि यो टापु मुलुक स्थिर छैन । गत अक्टोबरमा मात्रै संवैधानिक संकट निम्तिएको थियो । राष्ट्रपति मैत्रिपाला सिरिसेनाले संसदीय सर्वोच्चतालाई चुनौती दिँदै रनिल विक्रमासिंघेलाई अपदस्थ गरी महिन्दा राजपाक्षेलाई प्रधानमन्त्री बनाए । सर्वोच्च अदालतले उक्त कदमलाई अवैध घोषणा गरेर उक्त संकट टारिदियो । बहुल समाजमा यस्ता मतभेदहरू हुन्छन्, ध्रुवीकरणको हद शत्रुतापूर्ण तहमा हुनुहुँदैन । | 2020/06/03 18:49:30 | https://ekantipur.com/national/2019/04/23/155598690678785979.html | mC4 |
भगवती क्लबलाई साधारण सभामा दोहोरो खुसी « KhelkudNews.com
भगवती क्लबलाई साधारण सभामा दोहोरो खुसी
Published On : 2 March, 2022 9:48 pm
काठमाडौँको प्राचीन सहर टोखा अवस्थित भगवती क्लबको ३१ औ औँ साधारण सभा सम्पन्न भएको छ ।
युवाहरूलाई खराब बाटोबाट सही मार्गमा हिँड्न अभिप्रेरित गर्ने उद्देश्यले २०४७ सालमा स्थापित क्लब सामाजिक र खेलकुद क्षेत्रमा उत्तिकै सक्रिय छ । क्लबले साधारण सभाको अवसरमा आफ्नो क्लबबाट विभिन्न समयमा खेल खेलेका पुराना खेलाडीहरूलाई प्रशंसा पत्रबाट सम्मान गरिएको थियो । टोखा नगरका मेयर प्रकाश अधिकारीले प्रशंसा पत्रबाट सम्मान गरेका थिए । यस्तै एन्फाद्वारा सञ्चालन गर्न लागिएको सहिद स्मारक बी डिभिजन फुटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्ने खेलाडीहरूलाई खेल पोसाक तथा किट्स समेत प्रदान गरिएको थियो ।
नेपालकै पहिलो धावक एवं टोखा नगरका प्रधान पञ्चको रूपमा नेतृत्व गरिसकेका दिवङ्गत गजराज जोशीसँग जोडिएको क्लबले खेलकुदमा फुटबललाई पहिलो प्राथमिकता दिएको छ । डी डिभिजनबाट सी हुँदै बी डिभिजनमा पुगेको क्लबले दुई पटक उपबिजेताको रूपमा आफूलाई उभ्याउन सफल भएको छ । यस पटक क्लबले ए डिभिजनको यात्रा तय गर्ने लक्ष राखेको क्लबको अध्यक्ष इन्द्र राज जोशीले जानकारी गराए ।
यसैबिच, क्लबलाई टोखा नगरपालिकाले साथ दिएको छ । एन्फाको बी डिभिजन क्लबलाई प्रतियोगिताकाका लागि नगरपालिकाले नगद २० लाख सहयोग गरेको मेयर प्रकाश अधिकारीले जानकारी गराए । क्लबको ३१ औँ वार्षिकोत्सवको अवसरमा बोल्दै मेयर अधिकारीले आफ्नो कार्यकाल लम्बेको खण्डमा यस रकममा वृद्धि गरी अर्को वर्षदेखि ५० लाख सहयोग गर्ने समेत बताए ।
यसका साथै क्लबलाई नगरपालिका भित्र रहेको ११ वडा मध्ये ४ र ५ वडा बाहेक अन्य वडाहरूले नगद तथा खेल पोसाकको सहयोग गरेको छ । समष्टिगत रूपमा भन्नु पर्दा सम्पूर्ण नगरपालिकाले टोखाको एक मात्र एन्फा बी डिभिजन क्लबलाई टोखा नगरकै अपनत्व प्रदान गरेको छ क्लबका अध्यक्ष इन्द्र राज जोशीले बताए ।
क्लबलाई बी डिभिजन प्रतियोगितामा सहभागिता तथा प्रतिस्पर्धाका लागि अन्य सङ्घ संस्थाले पनि सहयोग गरेको क्लबका पूर्व अध्यक्ष एवं नेपाल लोकतान्त्रिक खेलकुद सङ्घका केन्द्रीय सदस्य रमेश नापितले जानकारी गराए ।
बुधवार सुरु भएको प्रतियोगिताको पहिलो खेलमा भगवती क्लबले सुखद सुरुवात गरेको छ । प्रतियोगिताकै पहिलो खेलमा झम्सिखेल क्लबलाई ३ – १ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । | 2022/07/07 00:47:42 | https://www.khelkudnews.com/news/29059 | mC4 |
चलचित्र 'साङ्लो' को पहिलो गीत सार्वजनिक
प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार २०:००
काठमाडौं –'एक्सन स्टार' विराज भट्टको डेब्यू निर्देशनमा बनेको फिल्म 'साङ्लो' को पहिलो गीत सार्वजनिक भएको छ । लोक लयमा आधारित 'चरीले काफल' बोलको गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको छ भने, उनलाई गायनमा मिलन नेवारले साथ दिएकी छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा विराजसँग पूर्व मिस नेपाल निकिता चाण्डकले ठुम्का लगाएकी छन् । निकिताको 'साङ्लो' डेब्यू फिल्म भएका कारण धेरैमा उनको अभिनय कस्तो होला भन्ने कौतुहलता रहेको छ ।
माघ २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यो फिल्म एक्सन जनरामा बनेको छ । यो फिल्मको कथा शिवम अधिकारीले लेखेका हुन् । फिल्ममा श्री श्रेष्ठको द्वन्द्व र अर्जुन जिसीको सम्पादन छ । मानकृष्ण महर्जनको छायांकन रहेको फिल्ममा प्रकाश शाह नेगेटिभ रोलमा छन् । मानकृष्ण महर्जन छायाँकार रहेको 'साङ्लो' मा विराज र निकिताका अलावा कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पि. पन्त, लय संग्रौला, शिशिर भण्डारीलगायतका कलाकारहरुको पनि अभिनय छ । | 2021/09/25 12:19:25 | https://newslinesnepal.com/2019/11/28/23156/ | mC4 |
सत्ता स्वार्थमा रुमल्लिएको सिमा विवाद र हाम्रो राष्ट्रिय स्वाधीनता « लुम्बिनी सञ्चार
सत्ता स्वार्थमा रुमल्लिएको सिमा विवाद र हाम्रो राष्ट्रिय स्वाधीनता
प्रकाशित मिति : 16 May, 2020 10:48 am
यतिबेला राष्ट्रिय रूपमा चर्चाको विषय बनेको कालापानी लिपुलेक अनि लिम्पियाधुरा लगाएत अतिक्रमित भूभागको बिषयमा कुनै ठोस धारणा देखिएन ।
चाहे पञ्चायत राणा शासन र २००७ सालपछिको क्रान्ति पश्चात नै किन नहोस् बिभिन्न कालखण्डहरुमा भारतद्वारा भूमि अतिक्रमण गर्ने र स्वाधिनतामाथि आँच आउने खालका क्रियाकलापहरु हुँदै आइरहेका छन् र यो बिषयमा आवाजहरु नउठ्ने गरेका पनि होइनन्।
यो विवाद धेरै पुरानो भएको र यसमा आफू कुनै भागिदार नभएको भनेर राज्यका तर्फबाट भनिरहँदा, एक आपसमा दोषारोपरण गरिरहँदा आखिर यस्को ज़िम्मेवारी कस्ले लिने त ? पुर्खाहरुका पालादेखि नै भारतले यि भूमिहरुमा आँखा गाड्दै आइरहेको र मिचिरहेको भनेर भनिरहँदा के हाम्रा पुस्ताहरु पनि चुकेकै हुनत ?
हाम्रो सिमानाका बिषयहरुमा के पुर्खाहरुका पालादेखि नै अतिक्रमणलाइ टुलुटुलु हेर्ने मात्र काम भएको हो त ? त्यसो हो भने त नेपालको स्वाभिमान र राष्ट्रियताको सवालमा पुर्खाहरुले गरेको गल्तिले आज हाम्रो भूमिमा भएको अतिक्रमण सहनुपरेको होत ? यदि हो भने त बिभिन्न कालखण्डमा नेपालमा शासन गर्नेहरुले यसको अपजस बाँडेर लिनुपर्ने देखियो ।
फरक यत्ति न हो कसैको भागमा थोरै पल्ला कसैको भागमा धेरै तर अछुतो कोहि पनि देखिएन । हाम्रो देशका राजनीतिक बिश्लेषक तथा सत्तासिन नेताहरुको कुरालाई आधार मान्ने हो भने तर्क बितर्क फरक फरक छ। वी.पी कोइरालाको आत्मबृतान्तमा हाम्रा राजा त्रिभुवन महेन्द्र लगायत वी.पी कोइरालासमेतलार्इ भारतले दिनु दुःख दिएको नेपाल चीन र भारतसंग युद्ध हँदा सो भूमी अतिक्रमण गरेको र फिर्ता माग्दा अटेरी गरिएको स्पष्टसंग उल्लेख गरिएको छ।
पछि सुशील कोइरालाले भूमि फिर्ता लिन बनाएको प्रतिवेदनलाई वर्तमान सरकारले व्वास्ता गरेर कार्यन्वयन नगर्दा यो परिणाम भोग्नुपरेको अर्कोथरीको बिश्लेषण छ। यो समयमा बिभिन्न बुझाई र आफ्ना आफ्नै बिश्लेषणहरु बाहिरिरहेका छन्। तर बिश्लेषण जे जस्तो भएपनि हामी सबै नेपाली जनताको माग भनेको हाम्रो अतिक्रमित भूभाग तुरुन्त फिर्ता हुनुपर्दछ हाम्रो स्वाभिमान र राष्ट्रीय स्वाधिनतामा आँच आउने कार्य चाहे छिमेकी होस् या जोसुकै होस्तु रुन्त रोकिनुपर्दछ।
यदि यो हेपाहा प्रवृतिमा भारतले सुधार ल्याउँदैन भने सत्ताधारी दल प्रतिप़क्ष लगायत सर्वदलीय बैठकद्वारा प्रतिवेदन तयार गरी भारतसंग कूटनीतिक पहल थालिनुपर्दछ र तुरुन्त हाम्रो नक्सा सार्वजनिक गरेर सिमानामा पर्खाल लगाउन पहल थालिनुपर्दछ। यसको मुख्य ज़िम्मेवार सत्तासिन राजनीतिक दलहरु नै हुन्।उनीहरुप्रति जनताको आक्रोश स्वभाविक नै हो ।
उनीहरुले हालसम्म गर्दै आएका गल्तिहरुले गर्दा नै स्वाधिनता रक्षा गर्न आँच पुगेको पक्कै हो आखिर पुर्खाहरुका पालादेखि मिचिदै आएपनि अथवा हाल आएर मिचिन थालिएको भएतापनि हाल भारतद्वारा नेपालमा भइरहेका गतिविधिहरु टुलुटुलु हेरेर बस्नु,भारतको गलत कदम बिरुद्द बोल्न नसक्नु राज्य स्वाधिनता र स्वाभिमान जोगाउन भन्दा पनि कुर्सी जोगाउनमा केन्द्रित हुनु ।
जनतालाइ भ्रममा राखेर भारतसंग मिलेर सम्झौता गर्दै जानु,जनताको अगाडी आखामा छारो हालेर खोक्रो राष्ट्रवाद देखाइरहनु र आफूलाई महान सावित गर्ने होडबाजीमा स्वाभिमान र स्वाधीनता गुमेको पत्तो नपाउने नेताहरु आखिर किन र केका लागी रु राष्ट्रियता स्वाधीनता र स्वाभिमान नै नरहने खालका गतिबिधीहरु दोहोरिदै जान्छन् भने पहिला खबरदारी देश भित्रका सत्तासिनहरुलाई गर्नुपर्ने पो देखियो कि यिनीहरुलाइ ठेगान लगाएपछि मात्र देशले केहि मुहार फेर्ला ? | 2022/05/19 19:19:45 | https://www.lumbinisanchar.com/archives/10759 | mC4 |
जडीबुटी खेतीतर्फ म्याग्देली – Tandav News
ताण्डव न्यूज द्वारा २०७८ आश्विन ६ गते बुधबार १५:३४ मा प्रकाशित
म्याग्दीमा पछिल्लो समय जडीबुटी खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ । किसानले व्यावसायिकरुपमा जडीबुटी खेती थालेका हुन् । जिल्लाका विभिन्न ठाउँमा जडीबुटी खेती विस्तार गर्ने क्रम बढ्दै गएको छ ।
धवलागिरी गाउँपालिका–१ गुर्जामा हिमाली कृषि सहकारीअन्तर्गत रहेको कृषक समूहले सामूहिक रुपमा जडीबुटी खेती थालेको छ । उक्त समूहले गत वर्षदेखि नै जडीबुटी खेतीको सुरुआत गरेको थियो । समूहले यस वर्ष करिब २ रोपनी जग्गामा उतिस खेती विस्तार गरेको छ । सो समूहमा आवद्ध २५ किसानले उतिसको बिरुवा रोपण गरेको अध्यक्ष गोर्खा छन्त्यालले जानकारी दिए । 'बजारमा उतिसको माग अत्यधिक छ, त्यसैले यसको व्यावसायिक रुपमा खेती गरिएको हो', उनले भने ।
समूहले स्थानीयस्तरमा बिरुवा उत्पादन गरी वृक्ष रोपण गरेको हो । स्थानीयवासीले उतिसलाई पेटको जुका मार्न र शक्तिवद्र्धक औषधिका रुपमा प्रयोग गर्दै आएका छन् । समुद्री सतहदेखि २ हजार ७ सय मिटरको उचाइमा रहेको गुर्जा जडीबुटीको सम्भावनायुक्त ठाउँ हो । सो ठाउँमा हिमाली किसान समूहले टिउथिबा सामुदायिक बनको २ हेक्टरभन्दा बढी पाखो जग्गा भाडामा लिई व्यावसायिक जडीबुटीखेती थालेको छन्त्याल बताउँछ ।
जिल्लामा पछिल्लो समय गुर्जो, अस्वगन्ध, दालचिनीलगायत जडीबुटीको खेती गर्न थालिएको छ । धवलागिरीको मुना, मुदी र गुर्जाका जंगलमा प्रशस्त जडीबुटी पाइन्छ । स्थानीयवासीले यसको व्यावसायीक खेती गर्न थालेका वडा नम्बर ३ का वडाध्यक्ष पुर्म पुन बताउँछ । बेनी, पोखरा, काठमाडौंलगायत ठाउँबाट जडिबुटीको माग हुन थालेको उनले बताए ।
पछिल्लो समय जडीबुटीलाई औषधिका रुपमा प्रयोग गर्ने क्रम बढ्दै गएको आयुर्वेदिक औषधालयका प्रमुख प्रेमप्रसाद गौतमले बताए । 'जडीबुटीको प्रयोग र माग बढ्न थालेको छ', उनले भने । सर्वसाधारणले विस्तारै जडीबुटीको महत्व बुझ्दै गएकाले यसतर्फ आकर्षण बढेको उनको भनाइ छ । जडीबुटीले रोग प्रतिरोधात्मक क्षमता बढाउनाका साथै त्यसको सामना गर्ने शक्तिसमेत बढाउँछ । महत्व नबुझ्दा बहुमूल्य जडीबुटी जंगलमा त्यत्तिकै खेर गइरहेको गौतमले बताए ।
जडीबुटीको औषधि बनाइ उपचार गर्नेबारे बेद, उपनिषद् र धार्मिक ग्रन्थमा समेत व्याख्या गरेको पाइन्छ । आयुर्वेदमा आचार्य गरेका बेनी नगरपालिका–२ ज्यामरुककोटका जीवन शर्मा आचार्य अष्टगन्ध, गुर्जो र तुलसीपत्र औषधिका रुपमा नियमित सेवन गरे शरीरमा अक्सिजनको कमी हुन नपाउने तथा रोग लागेमा प्रतिरोधात्मक क्षमता बढ्ने बताउँछन् । यसैगरी कोरोना संक्रमण भएका व्यक्तिलाई दालचिनी, अस्वगन्धा, तुलसी, मेवा र अम्बा 'बेलाउती' को पत्र मिश्रित चूर्ण वा रस सेवन गराए प्रतिरोधात्मक क्षमता वृद्धि हुने चिकित्सक बताउँछन् ।
बेनी नगरपालिका–२ का ८५ वर्षीय वेदप्रसाद उपाध्याय नियमितरुपमा तुलसी पत्र र गुर्जो सेवन गर्दै आएको बताउँछन् । उपाध्याय मात्र होइनन् अर्मनका देवी सापकोटा र अर्थुङ्गेका नीलकण्ठ आचार्य पनि नियमितरुपमा तुलसीपत्र, गौमुत्र, गुर्जो र अन्य जडीबुटी औषधिका रुपमा प्रयोग गर्दै आएको बताए । | 2021/10/23 18:30:07 | https://www.tandavnews.com/2021/09/68025 | mC4 |
गोपनीयता नीति र कुकी नीति | RayHaber
घरRayHaberगोपनीयता नीति र कुकी नीति
गोपनीयता नीति र कुकी नीति
RayHaber वेबसाइटमा स्वागत छ,
निम्न "गोपनीयता सम्झौता", RayHaberहाम्रो मूल्यवान प्रयोगकर्तालाई प्रदान गरिएको जानकारी र सेवाहरूको प्रावधानलाई नियमित गर्दछ।
RayHaberकुनै पनि प्रकारको विश्लेषणको लागि वेब साइट भ्रमण गर्ने दर्ता भएका र अतिथि प्रयोगकर्ताहरूबाट संकलन गरिएको जानकारी प्रयोग गर्न सक्दछ। RayHaber व्यापार साझेदारहरु संग यो जानकारी साझा गर्नुहोस्। यद्यपि, ईमेल र अन्य व्यक्तिगत जानकारी प्रयोगकर्ताको सहमति बिना कुनै पार्टनर, कम्पनी, संगठन वा कुनै अन्य संगठनसँग साझेदारी गरिने छैन।
RayHaber ई-मेल, नाम, थर, टेलिफोन नम्बर र रेजिष्ट्रेसनको समयमा प्रविष्ट गरिएको कुनै पनि जानकारी पंजीकृत र अतिथि प्रयोगकर्ताहरूको वेब साइटमा प्रकाशित हुँदैन;
RayHaber 3 केवल तपाइँको व्यक्तिगत जानकारी निम्न कानुनी परिस्थिति र कानूनी प्रक्रियाहरू अन्तर्गत खुलासा गर्दछ। पार्टीहरुमा खुल्छ
a।) यदि कानूनी प्राधिकरणबाट लिखित अनुरोध छ भने,
बी।) RayHaberको सम्पत्ती अधिकारको रक्षा र रक्षा गर्न
सी।) तपाईंले प्रयोग सर्तहरू स्वीकार गर्नुभएका नियमहरू अनुसार।
RayHaberभण्डार गरिएको तपाईंको व्यक्तिगत जानकारी तपाईंलाई मात्र दृश्यमान छ। यो जानकारी कुनै पनि हिसाबले बेचेको छैन, भाँडामा दिइएको छ वा अर्को संस्था वा संस्थासँग साटासाट गरिएको छैन। यो "गोपनीयता सम्झौता" मा प्रदान गरिएको बाहेक, 3। व्यक्तिहरूसँग साझेदारी गरिएको छैन। RayHaber यस सम्झौतामा प्रतिज्ञा गरिएको सर्तहरू पूरा गर्न सबै सम्भावित उपायहरू लिन्छ।
RayHaber गैर सार्वजनिक वातावरणमा भण्डारण गरिएको जानकारी। RayHaberवातावरण मा जानकारी को सुरक्षा को लागी सबै प्रकार का उद्योग मापदण्डहरु को उपयोग गर्दछ।
तपाइँसँग कुनै पनि समय दर्ताको समयमा प्रविष्ट गर्ने कुनै पनि व्यक्तिगत जानकारी अपडेट र परिवर्तन गर्ने अधिकार छ। RayHaber यदि तपाइँ यस "गोपनीयता सम्झौता" र "सेवा सम्झौता" सँग सहमत हुन असफल हुनुभयो भने तपाइँको खाता मेटाउन वा निलम्बन गर्न योग्य छ।
इन्टरनेट को प्रकृति को कारण, जानकारी पर्याप्त सुरक्षा उपायहरु को बिना इन्टरनेट मा प्रसारित गर्न सकिन्छ र अनधिकृत व्यक्तिहरु द्वारा प्राप्त र प्रयोग हुन सक्छ। यस प्रयोग र प्रयोगको कारण क्षति RayHaberयो जिम्मेवारी होईन।
यो वेब साइटले अन्य वेबसाइटहरूको लिङ्क प्रदान गर्दछ। गोप्यता केवल यो वेब साइट भित्र वैध छ र अन्य वेबसाइटहरु लाई कवर गर्दैन। गोपनीयता नीति र यस वेबसाइट र अन्य वेबसाइटहरूमा लिङ्कहरूको प्रयोग सम्बन्धी साइटहरूको उपयोगको शर्तहरू मान्य मान्य छन्। यो सिफारिस गरिएको छ कि तपाईंले गोपनीयता नीति र ती साइटहरूको प्रयोग ग्रन्थहरूका सर्तहरू जुन तपाईले यो वेब साइटबाट यो लिङ्कमा जानुहुन्छ भने अन्य वेबसाइटहरूमा।
व्यक्तिगत वा कम्पनीको जानकारी, हाम्रो ग्राहकहरूको प्रयोग गर्ने इमेल ठेगानाहरू, तथ्याङ्कहरू र आगन्तुक प्रोफाईलहरू कुनै पनि तरिकामा तेस्रो पक्षसँग साझेदारी गरिएको छैन।
साइटहरूमा सम्बन्धित लगहरू गोपनीय राखिएको अनुप्रयोगहरू को लागी जो कि सरकारी च्यानलहरू (सार्वजनिक अभियोजक कार्यालय, सुरक्षा सूचना विज्ञान ब्यूरो) द्वारा बनाईएको हुन सक्छ। 180 दिनका लागी पहुँच लगहरू भण्डारण गरिएका छन्।
आगंतुक टिप्पणीहरू, आगन्तुक सदस्यता जानकारी, भ्रमण जानकारी (आईपी, टाइमस्ट्याम्प, युजरजेन्ट) न्यूज सिस्टमका कर्मचारीहरू सहित गोप्य राखिन्छन्।RayHaber यस पाठमा कुनै जानकारी परिवर्तन गर्न अधिकार राख्दछ। यो साइट प्रयोग गरेर तपाईलाई यो "गोपनीयता आश्वासन" मा भएका सबै परिवर्तनहरू स्वीकार गरिएको मानिन्छ।
सबै प्रकारका सामग्रीको प्रतिलिपि अधिकारहरू जस्तै कोड, समाचार, चित्रहरू, साक्षात्कार RayHaber.com। RayHaberसबै लेख, सामग्री, छविहरू, अडियो फाईलहरू, एनिमेशनहरू, भिडियोहरू, डिजाइन र .com साइटमा व्यवस्थाहरू प्रतिलिपि अधिकार कानून 5846 द्वारा सुरक्षित गरिएको छ। यी RayHaber.com लाई प्रतिलिपि गर्न, वितरण गर्न, परिमार्जन गर्न, कुनै तरिकामा प्रकाशित हुन सक्दैन। प्रतिलिपि र प्रयोग अनुमति बिना र स्रोत निर्दिष्ट बिना गर्न सकिदैन।
RayHaber.Com मा बाह्य लिंकहरू अलग पृष्ठमा खोल्नुहोस्। लेखकहरू प्रकाशित लेख र टिप्पणीहरूको लागि जिम्मेवार छन्। RayHaber.com कुनै पनि समयमा सूचना बिना परिवर्तन हुन सक्छ। हामी यस साइटमा जानकारीले गर्दा भएको कुनै त्रुटिहरूको लागि जिम्मेवार छैनौं।
साइटमा सबै बाह्य लिंकहरू अलग पृष्ठमा खोल्दछन्। RayHaber.com बाह्य लिंकहरूको लागि जिम्मेवारी लिदैन।
RayHaber तपाइँ र तपाइँको आगन्तुकहरु को गोपनीयता लाई सम्मान गर्दछ र तल उल्लेखित नियमहरु पछ्याउने वाचा गर्दछ। | 2019/12/10 17:49:03 | https://ne.rayhaber.com/anasayfa/gizlilik-sozlesmesi/ | mC4 |
'च च हुई'को दोस्रो गीत 'जवानी' सार्वजनिक « Intro Nepal
'च च हुई'को दोस्रो गीत 'जवानी' सार्वजनिक
Published On : १३ आश्विन २०७६, सोमबार ०८:४५
फिल्म 'च च हुई'को दोस्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक 'जवानी'बोलको आइटम गीतमा आर्यन सिग्देल र एलिशा शर्मा फिचर्ड छन् । केही दिन अगाडी बालाजु स्थित एनएफडिसीमा भव्य सेट लगाएर गीतको छायाँकन गरिएको थियो । शिशिर खातीको कोरियोग्राफीमा तयार गीतलाई आकर्षक देखाउन निर्माण पक्षले केही सम्झौता गरेको छैन ।
गीतमा आर्यन र एलिशाको ग्लामर अवतारलाई समेटिएको छ । गीतमा निर्देशक साम्तेन भुटिया र बिनय सापकोटाको शब्द रहेको छ भने यसलाई रोशन थापाले संगीत भरेका हुन् । लुको उध्रेको चोली र जात्राको नोट नोट जस्ता गीत तयार पारेर चर्चामा आएका रोशनले यस गीतमा स्वर पनि दिएका छन् । उनलाई गायनमा सुमन गुरुङले साथ् दिएका छन् । आउँदो मङ्सिर ६ गते प्रदर्शन हुने फिल्ममा निर्देशन र सम्पादन साम्तेनको रहेको छ ।
फिल्ममा आर्यनसँगै भोलाराज सापकोटा, मिरुना मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ल लगायतको अभिनय रहेको छ । रोमान्टिक कमेडी जनरमा तयार भएको फिल्मलाई एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका हुन् । फिल्ममा सुशन प्रजापतिको छायाँकन, श्री श्रेष्ठको द्वन्द, शिशिर खातीको कोरियोग्राफी रहेको छ । 'च च हुई' को पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । फिल्मका गीतमा राजनराज शिवाकोटी, सुरज शाही ठकुरी र रोशन थापाको संगीत छ । | 2022/05/28 22:07:23 | https://www.intronepal.com/2019/09/30/3130/ | mC4 |
किन असफल भयो इन्भेस्टमेन्ट र हिमालयन बैँकबीचको मर्जर प्रक्रिया? – देशसञ्चार
काठमाडौँ– हिमालयन बैंक लिमिलेट र नेपाल इन्भेस्टमेन्ट बैँकबीचको मर्जर प्रक्रिया असफल भएसँगै एउटा ठूलो र शक्तिशाली बैँकको उदय अहिलेका लागि रोकिएको छ।
हिमालयन बैंकको बार्षिक साधारणसभाले शुक्रबार इन्भेस्टमेन्टसँगको मर्जर प्रस्ताव अस्वीकृत गरेको हो। साधारण सभामा उपस्थित सदस्यहरुमध्ये ६४ प्रतिशत मर्जरका पक्षमा रहे पनि ३६ प्रतिशतले यसको विपक्षमा राय दिएका थिए। मर्जरको विशेष प्रस्ताव स्वीकृत हुन ७५ प्रतिशत सेयर सदस्यहरुको समर्थन आवश्यक हुन्छ।
सतहमा जे देखिए पनि मर्जर प्रक्रिया असफल हुनुमा राजनीतिक चलखेलको भूमिका प्रमुख रहेको स्रोत बताउँछ। अर्थमन्त्री जनार्दन शर्मा आफैँ हिमालयन र इन्भेस्टमेन्टबीचको मर्जरको विपक्षमा थिए।
बैंकमा १४.४ प्रतिशत हिस्सा रहेको कर्मचारी सञ्चय कोषका प्रमुख तुलसी गौतम मर्जरको पक्षमा देखिएपछि अर्थमन्त्री शर्माले उनलाई हटाएर जितेन्द्र धिताललाई कर्मचारी सञ्चय कोषका प्रमुख बनाएका थिए। उनी मर्जरको विपक्षमा थिए।
बैंकमा प्रमुख सेयर होल्डर रहेका प्रभावशाली मानिने पूर्वअध्यक्ष मनोजबाबु श्रेष्ठका भाइ प्रचण्डबहादुर श्रेष्ठ अहिले हिमालयन बैँकका अध्यक्ष छन्। उनीसहित मनोजबाबु पनि मर्जरको विपक्षमा उभिएका थिए। मनोजबाबु श्रेष्ठ माओवादी निकट मानिन्छन्। | 2022/01/20 23:27:00 | https://deshsanchar.com/2022/01/14/601894/ | mC4 |
अस्पतालमा आइतबार आयोजित कार्यक्रममा उनले भने, ‘त्यही मेसिन सरकारीमा तुरुन्तै बिग्रने। निजीमा वर्षौंसम्म चल्ने। उपचारका लागि आएका बिरामीलाई निजीमा पठाउने धन्दा बन्द हुनुपर्छ। प्राविधिकले उपकरण चलाउन नसक्ने र कर्मचारीले बिगार्ने हो भने पब्लिक प्राइभेट पार्टनरसिपमा जान सक्छौं।’ जनताको करले सञ्चालित अस्पतालको सम्मान गर्न स्वास्थ्यमन्त्री यादवले आग्रह गरे।
मुलुकको ऐतिहासिक अस्पतालले १३० औं वार्षिकोत्सवको मनाइरहेका बेला सेवाग्राहीको असन्तुष्टि मन्त्री यादवको भन्दा बढी छ। अस्पतालले २४ घण्टे फार्मेसी सेवा उपलब्ध गराउन सकेको छैन।अस्पतालका कार्यकारी निर्देशक डा. केदारप्रसाद सेञ्चुरी भन्छन्, ‘ ज्यामितीय रूपमा सेवाग्राही बढेका छन्। सेवासुविधा तथा उपकरण थप्ने प्रयास गरेको छु।’
१९४७ साउन १२ गते १५ शड्ढयाबाट अस्पतालले सेवा सुरु गरेको थियो। २०५९ सालमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा स्तरोन्नति भएको थियो। उपचार र दक्ष जनशक्ति उत्पादनमा योगदान गरिरहेको जेठो अस्पताल न्यून पूर्वाधार, दक्ष जनशक्ति पलायन र उपकरण अभावले थलिएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् । | 2021-02-25T10:10:08Z | https://limbuwankhabar.com/09/2020/9448/ | OSCAR-2109 |
विहिबारको सेयर बजार: नेप्से घटेपनि कारोबार रकम भने बढ्यो | NepalDut
विहिबारको सेयर बजार: नेप्से घटेपनि कारोबार रकम भने बढ्यो
साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । आज नेप्से एक दशमलव १४ अंकले घटेर १२ सय ५७ दशमलव १५ विन्दुुमा झर्दा सेन्सिटिभ भने शुन्य दशमलव ३५ अंकले बढेर दुुई सय ७१ दशमलव १६ विन्दुमा चढेको छ ।
नेप्सेमा आज एक सय ७२ कम्पनीहरुको सात हजार छ सय ५९ वटा कारोबारमा १८ लाख ५४ हजार छ सय ७६ कित्ता सेयर खरिद विक्री भएका छन् । उक्त परिमााणमा सेयर खरिद विक्री हुंदा कारोबार रकम ६२ करोड ७९ लाख आठ हजार आठ सय १२ रुपैयाँ पुुगेको छ ।
नेप्सेमा आज ११ वटा समूहको कारोबार भएकोमा सात वटा समूहले गुमाए पनि चार वटा समूहले भने कमाएकाछन । ति मध्ये बाँणिज्य बैंक समूहको सूचक शून्य दशमलव ७२ अंकले बढेर ११ सय ३२ दशमलव २१ विन्दुुमा चढ्दा फाइनान्स समूहको सूचक पनि तीन दशमलव ४३ अंकले बढेर छ सय २० दशमलव ७९ विन्दुुमा चढेको छ ।
यसैगरी होटल र अन्य समूहको सूचकपनि बढेका छन् । विकास बैंक समूहको सूचक भने दुुई दशमलव ६७ अंकले घटेर १५ सय ९१ दशमलव ७८ विन्दुुमा झरेकोमा जलविद्युुत् समूहको सूचक पनि दुुई दशमलव सात अंकले घटेर ११ सय ९१ दशमलव २६ विन्दुुमा झरेको छ । यसैगरी निर्जीवन बीमा, जीवन बीमा, उत्पादनमूलक, लघुुवित्त र सामूहिक लगानीकोष समूहको सूचक पनि घटेका छन् ।
आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको मल्टीपर्पोस फाइनान्सको प्रतिकित्ता सेयर मूल्य नौ रुपैयाँ १५ पैसाले बढेर एक सय १९ रुपैयाँमा कारोबार भएको छ भने गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको आईएमई जनरल इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मूल्य चार रुपैयाँ ७५ पैैसाले घटेर तीन सय ८१ रुपैयाँमा कारोबार भएको छ ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको हिमालयन डिष्ट्रिलरी प्रालीको प्रतिकित्ता १७ सय २३ रुपैयाँ अन्तिम मूल्यमा १४ करोड ९७ लाख ७१ हजार पाँच सय रुपैयाँको कारोबार भएको छ । | 2020/05/25 11:54:31 | https://nepaldut.com/2019/06/27/27177/ | mC4 |
पथरीमा प्रदेश स्तरीय वक्तित्व कला प्रतियोगिता हुने - Sainokhabar
होमपेज / संघ संस्था / पथरीमा प्रदेश स्तरीय वक्तित्व कला प्रतियोगिता हुने
सोमबार, असार २३, २०७६ , साइनो खबर
साइनो समचारदाता पथरी / धार्मिक सद्भाव कायम र विद्यार्थीहरुको प्रतिभा प्रष्फुटन गर्ने उदेश्यले १ नम्बर प्रदेशको अन्तर कलेज स्तरीय वक्तित्व कला प्रतियोगिता हुने भएको छ । मोरङको लेटाङमा मुख्य कार्यालय रहेको सामुदायिक विकास मञ्च (सीडीएफ) र अन्तर धार्मिक शान्ति सञ्जालको आयोजनामा साउन २४ गते वक्तित्व कला प्रतियोगिता हुने भएको हो ।
आयोजक सीडीएफले आज .(असार २३) मोरङको पथरीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता बारे जानकारी गराएको हो । प्रतियोगितामा वक्ताले 'सामुदायिक शान्ति निर्माणको लागि धार्मिक सहिष्णुता' शीर्षकमा वक्तव्य दिनुपर्ने आयोजक समितिले जनाएको छ । पथरीशनिश्चरे—२ को सीनभिजेल पार्टी प्यालेसमा हुने कार्यक्रमको लागि साउन १५ गते भित्र आवेदन दिनुपर्ने शावित्रा शिवाकोटीले बताए ।
आवेदन दिन कम्तिमा ११ कक्षा पढ्दै गरेको हुनु पर्ने सुमन कुरुङ्वाङ्गले बताए । प्रतियोगिताको प्रथम, दोस्रो र तेस्रो हुने प्रतिष्प्रर्धीले क्रमस नगद २५, १५ र १० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा सीडीएफ नेपालको अध्यक्ष कृष्णबहादुर भट्टराई, परियोजना संयोजक सावित्रा शिवाकोटी, आकाश थुलुङ राई, अन्तर धार्मिक युवा सञ्जालको संयोजक सुमन कुरुङ्बाङ्ग लगायतको उपस्थिति रहेको थियो ।
सामुदायिक विकास मञ्चले विभिन्न अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुसँग मिलेर नेपाल धार्मिक सहिष्णुता कायम गर्न कार्यक्रमहरु गर्दै आएको छ । विश्वको विभिन्न मुलुकहरुमा हुँदै आएको धार्मिक द्वन्द्व नेपालमा नभित्रियोस भन्ने उदेश्यले विभिन्न कार्यक्रमहरु गर्र्दै आएको छ । | 2021/05/10 19:16:54 | https://www.sainokhabar.com/2019/07/08/7178/ | mC4 |
राजा त्रिभुवनलाई सम्झिदैनमा गणतन्त्र ढल्दैन :कमल थापा – NawalpurTimes.com
राजा त्रिभुवनलाई सम्झिदैनमा गणतन्त्र ढल्दैन :कमल थापा
प्रकाशित : २०७६ फागुन ७ गते २१:०८
हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सद्भाव , सहिष्णुता र उदारताको अभावमा प्रजातन्त्र बलियो हुन नसक्ने बताएका छन् । आज राप्रपा मकवानपुरद्वारा हेटौंडामा आयोजित प्रबचन गोष्ठीमा बोल्दै थापाले २०६२/०६३ को राजनीतिक परिबर्तन पछि २००७ सालको क्रान्तिलाई अबमुल्यन र गलत व्याख्या गर्ने प्रयास भएकोमा आपत्ति प्रकट गरे ।
प्रजातन्त्रको निमित्त महत्त्वपूर्ण भुमिका निर्बाह गर्ने स्वर्गीय राजा त्रिभुवनको बिषयमा एक शब्द पनि खर्च गर्न आबश्यक नठान्नेहरुले इतिहासको सम्मान गर्न नसक्ने थापाको दाबी थियो । "आज प्रजातन्त्र दिबसको अबसरमा शुभकामना सन्देश दिने राज्यका प्रमुख ब्यक्तिहरुको शुभकामना सन्देश हेरे, प्रजातन्त्रलाई बल पुर्याउने युगपुरुष राजा त्रिभुवनको नाम समेत उच्चारण गरिएको देखिएन" भन्दै थापाले भने राजा त्रिभुवनको स्मरणले गणतन्त्र कमजोर हुदैन । निषेध गर्ने सङ्किर्ण मानसिकताले इतिहास प्रती न्याय नहुने थापाको भनाई थियो ।
ईतिहास बिर्सनेहरुले आफ्नो पनि इतिहास सुरक्षित राख्न नसक्ने हुँदा त्यस तर्फ हेक्का राख्न उनको सुझाब थियो । प्रजातन्त्र सित्तैमा खान पाउने "लन्च" नभएकोले यसको निमित्त "मुल्य" चुकाउनु पर्छ भन्दै थापाले राजनीतिक परिबर्तन सङ्गै आर्थिक र सामाजिक रुपान्तरण नभए परिबर्तन दिगो र टिकाउ नहुने बताए ।
सहिष्णुता र उदार भाबनाले मात्र प्रजातन्त्र बलियो हुने भएकोले दक्षिण अफ्रिकाबाट धेरै कुरा सिक्न सकिने चर्चा गरे । मुलुकलाई साम्यवाद र समाजबाद होइन मौलिक प्रजातन्त्र सुहाउने भन्दै थापाले मौलिक मूल्य मान्यता, नेपालीपन र नेपालित्वमा आधारित हुने सम्बर्द्धनबादको बाटोबाट हिडाउन आबश्यक रहेको बिचार ब्यक्त गरे ।
कार्यक्रममा राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले प्रजातन्त्र बोलिमा मात्र सिमित भएको व्यबहारमा कहि नदेखिएको भन्दै प्रजातन्त्रको जामा भिरेर मनपरितन्त्र र सर्बसत्ताबादको बाटोमा मुलुकलाई हिडाउने प्रयास भैरहेको बताए । कार्यक्रममा राप्रपा नेताहरु मधु अधिकारी, रामहरी न्यौपाने, सिताराम बर्तौला,गुरु प्रसाद सापकोटा ,गुन्जन न्यौपाने र बालकुमारी डल्लाकोटिले बोलेका थिए । | 2022/07/03 14:28:00 | https://www.nawalpurtimes.com/2020/02/19/15242/ | mC4 |
नेपालमै कृषि मल उत्पादनका कारखाना स्थापना सरकारले गर्ने | RatoTara.com Websoft University
नेपालमै कृषि मल उत्पादनका कारखाना स्थापना सरकारले गर्ने
काठमाण्डौ फागुन २९ गते । रातो तारा डट कम,सरकारले नेपालमै युरिया मल उत्पादन कारखाना स्थापनाको प्रक्रिया अगाडि बढाएको छ । सरकारद्वारा गठित कार्यदलले कारखाना स्थापनाका लागि ३ वटा कम्पनीले तयार पारेको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) अध्ययन गरिरहेको कृषि मन्त्रालयले जनाएको छ ।
वार्षिक २० लाख मेट्रिक टनसम्म उत्पादन गर्नसक्ने कारखानाका लागि आवश्यक बजेट, अन्य पूर्वाधार र प्राविधिक जनशक्ति व्यवस्थापनका बारेमा पनि कार्यदलमा छलफल भइरहेको छ । सरकारले छनोट गरेका तीनवटा परामर्शदाता कम्पनीले सम्भाव्यताबारे फरकफरक किसिमको प्रतिवेदन पेश गरेका कारण निष्कर्षमा पुग्न ढिलाइ भएको कृषि मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरेले सीआईएनसँग बताउनुभयो ।
कार्यदलले विज्ञहरुसँगको परामर्शमा डिपीआरलाई परिमार्जन गरिरहेको र अर्को आर्थिक वर्षको नीति कार्यक्रममै मल कारखाना स्थापनाको कुरा समावेश भइ बजेट बिनियोजन हुने उहाँको भनाइ छ । सरकारले गएको कात्तिकमा अर्थमन्त्री विष्णु प्रसाद पौडेलको संयोजकत्वमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री र कृषि तथा पशुपंक्षी विकास मन्त्रीसहितको कार्यदल गठन गरेको थियो ।
कारखाना स्थापनाका लागि आवश्यक बिजुली, ग्याँस, जग्गा जमिन, सडक, खानेपानी, सञ्चार लगायतका संरचना, प्राविधिक जनशक्तिको व्यवस्थापनका लागि पहल भइरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । नेपालमा वार्षिक ७ लाख मेट्रिक टन रासायनिक मल आवश्यक पर्ने र हरेक वर्ष मलको अभाव हुने भएपछि सरकारले दीर्घकालीन समाधानको उपायस्वरुप युरिया मल कारखाना खोल्न लागेको हो । | 2021/06/24 14:54:31 | https://www.ratotara.com/2021/03/blog-post_273.html | mC4 |
लैङ्गिक हिंसाविरुद्ध कानून कार्यान्वयनमा आवश्यकः मन्त्री थापा | Latest news of Nepal,world news, articles, literature, Business news, Entertainment and more लैङ्गिक हिंसाविरुद्ध कानून कार्यान्वयनमा आवश्यकः मन्त्री थापा
लैङ्गिक हिंसाविरुद्ध कानून कार्यान्वयनमा आवश्यकः मन्त्री थापा
कात्तिक १८ गते, २०७६ - १२:२४
बिराटनगर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले लैङ्गिक हिंसाविरुद्धको कानून कार्यान्वयनमा जोड दिइने बताएकी छिन् ।
विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले नेपाल सरकारले गत जेठ १६ गते राष्ट्रिय महिला अधिकार दिवस–२०७६ मनएको र सो अन्तर्गत 'लैङ्गिक हिंसामुक्त देश' अभियानलाई सङ्घ, प्रदेश र स्थानीय तहले मनाइरहको जानकारी दिएकी हुन् ।
सो अभियानलाई सफल बनाउन तीनै तहका सरकारले सबैको सहयोग लिनुपर्नेमा जोड दिदै उनले अहिले पनि महिलामाथिको विभेद अवशेषको रुपमा रहेकाले त्यसलाई अन्त्य गरी समतामूलक समाज निर्माण गरिनुपर्ने बताइन् ।
मन्त्री थापाले महिला मैत्री समाज निर्माणका लागि तीनै तहका सरकारले गम्भीर रुपमा लिई पालिकादेखि वडासम्म योजना, कार्यक्रम र आवश्यक सुझाव सङ्कलन गर्नुपर्ने बताइन् । साथै उक्त अभियानलाई निरन्तरता दिन नियम कानूनको प्रभावकारी अभ्यास र ग्रामीण क्षेत्रका महिलालाई संवैधानिक अधिकारका विषयमा सुसूचित गराउनुपर्ने आवश्यकता पनि औँल्याइन् ।
एक प्रश्नको जवाफमा उहाँले प्रदेश प्रमुखहरुमा ३३ प्रतिशत महिलाको सहभागिताका लागि पार्टी तथा सरकारलाई सुझाव दिइएको र स्थानीय तहमा ४१ प्रतिशत महिलाको प्रतिनिधित्व रहेको जानकारी दिइन् । | 2020/06/03 17:17:46 | http://www.khabardabali.com/2019/11/270085/ | mC4 |
बिदेसिने नेपालीको संख्या ८६ प्रतिशत बढ्यो « Nepal24Hours.com – 'Integration Through Media'
19:09:43 pm
बिदेसिने नेपालीको संख्या ८६ प्रतिशत बढ्यो
९ पुष २०६९, सोमबार १५:०९ मा प्रकाशित
काठमाडौं, ९ पुस । वैदेशिक रोजगारीका लागि चालु आवको मंसिरमा बिदेसिनेको संख्या ८६ दशमलव ११ प्रतिशतले बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार मंसिरमा ३४ हजार नौ सय ४७ जना रोजगारीका लागि बिदेसिएका छन् । गत आवको सोही महिना १८ हजार सात सय ७८ जना रोजगारीका लागि बिदेसिएका थिए ।
विभागका अनुसार मंसिरमा संस्थागत जानेमा २९ हजार दुई सय ९३ जना रोजगारीमा गएका छन् । यसमा २७ हजार नौ सय ३५ जना पुरुष र एक हजार तीन सय ५८ महिला छन । यस्तै, व्यक्तिगत रूपमा एक हजार एक सय १९ जना रोजगारीमा गएको विभागले जनाएको छ ।
सरकारले व्यक्तिगत रूपमा रोजगारीमा जानेलाई कडाइ गरेपछि प्रमाणीकरण गरेर वैद्यानिक रूपमा जानेको संख्या बढेको छ ।
मंसिरमा मात्र वैधानिकीकरण भएर चार हजार पाँच सय ३५ जना रोजगारीमा गएको विभागले जनाएको छ । यसमा चार हजार दुई सय नौ जना पुरुष र तीन सय २६ महिला छन् । यो संख्यासहित चालु आवमा वैज्ञानिकीकरण भएर विदेश जानेको संख्या १४ हजार आठ सय ७४ जना रोजगारीमा गएका छन् । साथै, चालु आवमा रोजगारीमा जानेको संख्यासमेत एक लाख ५९ हजार तीन सय ४१ पुगेको विभागले जनाएको छ । सरकारले रोजगारीमा गई घरबिदामा आएर पुनस् जानेको पनि तथ्यांक राख्न थालेपछि यसरी पुनस् रोजगारीमा जानेको संख्या चालु आवमा ६० हजार सात सय ३३ जना पुगेको छ । | 2021/12/01 03:09:43 | https://np.nepal24hours.com/archives/13736 | mC4 |
News | Tag: United States
अमेरिकामा गाेली हानाहानः एउटै व्यक्तिले घण्टाै भिडेर ६ प्रहरीलाई बनाए सख्त घाइते
वासिङ्टन । संयुक्तराज्य अमेरिकाको फिलाडेल्फिया शहरमा लागूपदार्थका शंकास्पद कारोबारीसँग भएको गोली हानाहानमा ६ प्रहरी घाइते भएको फिलाडेल्फिया प्रहरी विभागले जनाएको छ ।
अमेरिका प्रवेश गर्ने आप्रवासीको संख्यामा उल्लेखनीय वृद्धि
वासिङ्टन । संयुक्तराज्य अमेरिकाको दक्षिणपश्चिम सीमाबाट अमेरिका प्रवेश गर्ने आप्रवासीको संख्या उल्लेखनीय रुपमा वृद्धि भएको छ ।
आँधीका कारण २२ जनाकाे मृत्यु, संख्या अझै बढ्न सक्ने
अमेरिका । अलाबामा राज्यको दक्षिण पूर्वी क्षेत्रमा आएको शक्तिशाली आँधीका कारण मर्नेको संख्या २२ जना पुगेको छ ।
उत्तर काेरियालाई मनाउन अमेरिका र दक्षिण काेरियाले संयुक्त सैन्य अभ्यास नगर्ने
सियोल । संयुक्तराज्य अमेरिका र दक्षिण कोरियाले यस वर्ष संयुक्त सैनिक अभ्यास नगर्ने घोषणा गरेका छन् ।
भेनेजुएलाकाे सम्बन्धमा अमेरिकासँग वार्ता गर्न रूस तयार
मस्को । भेनेजुएलामा बढ्दै गएको राजनीतिक तथा मानवीय सङ्कट समाधानका लागि अमेरिकासँग वार्ता गर्न आफू तयार रहेको रुसले जनाएको छ ।
हिन्दू धर्मग्रन्थ वेदलाई समातेर जब ह्यारीले लिए शपथ
वाशिङ्गटन डिसी । अमेरिकाको राज्य तहको डेलिगेटमा विजयी भएका ह्यारी भण्डारीले बुधबार मेरिल्याण्ड जनरल एसेम्बलीमा शपथ लिएका छन् । | 2022/05/21 18:47:47 | https://nepalipatra.com/tag/United-States | mC4 |
"सुनाखरी" | News Polar
"सुनाखरी"
जीवनाथ खनाल असार २६, २०७८, शनिबार
कोपिला होस् वा फक्रेको फूल, मोहित नहुने को होला र ! सुगन्ध र सुन्दरता यी दुवै गुण भएको फूलले भ्रमरा मात्र होइन, मानिसलाई समेत लठ्ठ पार्छ । त्यसैले त फूलका सोखिन मान्छेहरु जति भन्यो त्यति दाम हाल्न तम्सिन्छन् ।
जङ्गली सुनाखरीलाई घर आँगनमा नै संरक्षण गर्न शुरु गरेको अर्को वर्ष भनेको यस वर्ष जुन दिन मैले झुप्पाका झुप्पा फूलेको सुनाखरीको फोटो फेसबुकको पर्खालमा राखेँ, हङ्गकङ्ग निवासी मेरा एकजना मित्र राजकुमार राईले टिप्पणी लेख्नुभयो " विश्वमा महँगो फूलम पर्छ क्यारे सुनाखरी १७ लाख सम्मको चै प्रदर्शनीमा देखेको छु ।" उहाँको यस टिप्पणीले मलाई चकित बनायो — सामान्य रुपमा जङ्गलको कुनै रुखको ठूटामा भएको बिरुवा आँगनको रुखमा त्यसै बेवास्तापूर्वक अड्काईदिएको वनस्पति मौद्रिक दृष्टिले यति महत्वपूर्ण वर्गको रहेछ भनेर ।
अर्कोतर्फ मित्रको टिप्पणीले मेरो मनमा "मान्छे किन फूलका लागि यस्तरी खर्च गर्न उत्सुक हुन्छन्" भन्ने कुराको कौतुहल जाग्यो । फूलसँगको मानव–साइनोलाई जन्मदेखि नै अवलोकन र अभ्यास गर्दै आएको हो । तर मेरो चेतनाले सामान्य ठानेको यो क्षेत्र बाहिरी दुनियाँले त महिमा मण्डन गर्दै आएको विषय पो रहेछ ।
कोठेबारी, बारीका कान्ला आदिमा सयपत्री, चमेली, सुनकेँवरा आदि फूल फूलेको देखेकै हो । साँझ बिहान आमाले तुलसीको मठमा पूजा गर्दा फूलपाती चढाएको बिर्सेको छैन । वर्ष दिनमा आउने तिहार त झन् फूलको झिलिमिलीको पर्व नै हो । बेलाबखत हाट बजार भर्ने युवाहरुले खासगरी युवतिहरुले चौबन्दीको तुनामा बाँधेको चाँपको फूल, तन्नेरीहरुले सिउरेको सुगन्धमय कटरचम्पाको फूलले उनीहरुको सुन्दरता या जवानी सजाएको उधुम आकर्षक लाग्थ्यो ।
फूल, शायद सृष्टि–कालदेखि नै मानवसभ्यतासँग गाँसिएको हुँदो हो । धार्मिक ग्रन्थहरुमा पनि फूलपातीबाट देवी देवताको पूजाआजा गरेको प्रसङ्ग, मठ–मन्दिरतिर दर्शन गर्न जानेहरुले लैजाने गरेको फूलपाती, मठ–मन्दिरको हातामा फूलपाती बेच्न बसेकाहरुको भीडले पनि फूलसँग मानव–सभ्यताको अभिन्नतालाई सदृश पुष्टि गरेको रहेछ । फगत मैले महत्व नदिएको विषय रहेछ ।
केही समय यता मलाई एकाएक फूल र मान्छेहरुको परिपूरकता अनुभूत हुन थालेको छ । करिब २५ वर्षदेखि मैले सङ्गत गर्दै आएका नामूद पत्रकार आनन्द प्रकाश राईको निवासमा मैले छतभरी गमला राखेर उहाँले थरीथरीका फूल फूलाएको देख्तै आएको हो । यति मात्र कहाँ हो र, एक समयका चर्चित चलचित्र–अभिनेता विश्व बस्नेतसँग मिलेर पत्रकार राईजीले गुलाफका विभिन्न थरी फूल फूलाउँदा मलाई अर्थहिन सोख मात्र लाग्थ्यो । शायद यसमा मलाई कत्ति पनि रस नभएर हुन सक्छ ।
जब आँगनको एउटा ठूटो रुखमा जङ्गलबाट ल्याएको सुनाखरीको बच्चो बिरुवा मकैको घोगा आकारमा रङ्गीबिरङ्गी अनगिन्ती फूलहरुको दृश्यलाभ गर्ने र बास्ना आस्वादन गर्ने अवसर जु¥यो, मन त्यसै त्यसै पुलकित हुन गयो, हात स्वयम् नै मोबाइलको क्यामरामा पुग्यो, खिचिक्क सुनाखरीका झूप्पे फूलको तस्वीर मोबाइल क्यामरामा बन्दी भयो र गयो सामाजिक सञ्जालको पर्खालमा ।
त्यसपछि शुरु भयो मेरा मान्यवरहरुको टिप्पणी र मित्र राजकुमार राइजीको अनुभव पनि । यहाँ अर्को उल्लेख गर्नुपर्ने व्यक्तित्व हुनुहुन्छ, मैले प्रत्यक्ष नभेटेको तर सामाजिक सञ्जालमा भेटिनु हुने आदरणीय हेमा पुलामीज्यू । उहाँले त जङ्गलकै ठूलै रुखको कापमा फूलेको सुनाखरीको तस्वीर खिचेर सार्वजनिक गर्नुभयो । यी सबै व्यावहारिक प्रकार्य चलिरहँदा मलाई फूल र त्यसमाथि सुनाखरी फूलको महत्व, प्रयोग र समाजमा सनातनदेखिको दृष्टिकोण कोट्याउने उत्सुकता जाग्यो ।
कवि, गीत–सङ्गीतकारहरु काव्यमा सुनाखरी फूलाउँदा रहेछन् । सुन्दरीहरु चुल्ठोमा सुनाखरी सजाएर आफ्नो सुन्दरतालाई अप्रतिम र सुगन्धमय बनाउँदा रहेछन् । वैद्यराजहरु सुनाखरीबाट कुनैकुनै रोगका रोगी मानिसलाई निरोगी बनाउने औषधी बनाउँदा रहेछन् । वनस्पतिशास्त्रीहरुले यसको जाति–प्रजातिको बारेमा खोज अनुसन्धान गरेका छन् । तीर्थराज पाण्डे, गङ्गादत्त भट्ट, सुवास खत्री, डा. केशवराज राजभण्डारी, सञ्जीवकुमार राई, प्रा.डा.लोकेशरत्न शाक्य, सह प्रा.डा.देबेन्द्रमान बज्राचार्य, कमल मादेन जस्ता स्वनामधन्य वनस्पतिविदहरुले नेपालका विभिन्न ठाउँमा पाइने विभिन्न थरीका जाति–प्रजातिका सुनाखरीको अध्ययन अनुसन्धान गरीसकेको एउटा अनलाइनमा कमल मादेन स्वयमले लेख प्रकाशन गर्नु भएको पाइन्छ ।
देशी–विदेशी वनस्पतिविदहरुको ठूलै पँक्तिले नेपालमा पाइने विभिन्न प्रजातिका सुनाखरीको अध्ययन गरेको रहेछ । भक्तबहादुर रास्कोटी र रीता आलेले अनुसन्धान पश्चात लेखेको लेखमा नेपालमा सन् २०१९ सम्ममा ५०२ प्रजातिका सुनाखरी पाइएको उल्लेख रहेछ भने त्यस पश्चात पाँच प्रजातिका सुनाखरी नेपाली माटोमा पाइएकाले सूचीकृत भएर ५०७ प्रजातिको सुनाखरी पाइने उल्लेख रहेछ ।
विज्ञहरुको लेख पढ्दा सुनाखरी क्यान्सर रोगको औषधिका रुपमा प्रयोग हुने वनस्पतिमा पर्दो रहेछ । नेपालमा पाइने करिब १२० प्रजातिका सुनाखरी विभिन्न रोगको औषधीको कच्चा पदार्थका रुपमा विदेश जाँदो रहेछ । केही हप्ता पहिले नेपालकै कुनै सञ्चारमाध्यममा इलाम क्षेत्रबाट भारततर्फ सुनाखरी चोरी निकासी भएको खबर सार्वजनिक भएको थियो ।
हामीसँग छ, तर हामीलाई थाहा छैन । कस्तुरीसँग सुगन्धमय बिना छ, तर आफ्नै बिनाको सुगन्ध खोज्दै कस्तुरी भौंतारिइरहन्छ । त्यसैगरी हामी सुनाखरी फूल कौडीको मोलमा निकासी गर्छौं र रोग पालेर बस्छौं । कठै मेरो सुनाखरी चेतना !! | 2021/08/04 00:24:07 | https://www.newspolar.com/news/detail/166730/ | mC4 |
लोकतन्त्र दिवसका अवसरमा रारा म्याराथन हुने – Sadarline
सदरलाइन संवाददाता २८ कार्तिक २०७८, आईतवार १४:०७
नेपालगञ्ज : लोकतन्त्र दिवसको अवसरमा आगामी वैशाख ११ गते रारा म्याराथनको आयोजना गरिने भएको छ । पश्चिम नेपालको प्रमुख पर्यटकीय स्थल मुगुको रारा तालबाट सुरु हुने यो म्याराथन जुम्लामा समापन हुनेछ ।
अन्तरालको आयोजना र व्यवस्थापनमा हुने यस म्याराथन यस क्षेत्रको पर्यटन, साहसिक खेलकुद र हाइअल्टिच्युट स्पोर्टसको विकासमा कोशेढुँगा सावित हुने अपेक्षा गरिएको छ । यस खेलले विशेषगरी कर्णाली प्रदेशका प्रतिभावान खेलाडीहरुलाई आफनैं ठाउँमा क्षमता देखाउने अवसर मिल्ने आयोजक संस्था अन्तराल द्धारा जारि विज्ञप्तिमा भनिएको छ ।
अन्तरालले नेपालको पर्यटन, फोटोग्राफीको विकासका लागि लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश समेटी नेपालगन्ज फोटो फेस्टिवल, नेपाल इन्डिपेन्डेन्ट फिल्म फेस्टिवल र नेपाली राष्ट्रिय झन्डा महोत्सव गर्दै आएको छ ।
नेपालगञ्ज : कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । बढैयाताल गाउँपालिका–४ बर्दियाका ४५ वर्षीया महिलाको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए । स्वास्थ्यमा समस्या देखिएपछि ती महिला तीन दिन अघि अस्पताल भर्ना भएकी थिइन् । उनलाई त्यसैदिन […] | 2021/11/27 18:38:18 | https://sadarline.com/2021/11/45619 | mC4 |
संसदीय समितिका बैठक पनि स्थगित गर्न कांग्रेसको माग – Online Khabar
२०७६ असार ३१ गते १७:३१ मा प्रकाशित
३१ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले संसदीय समितिको बैठक पनि स्थगित गर्न माग गरेका छन ।
नेपाली कांग्रेसका प्रतिनिधिसभाका सांसद्वय डा. डिला संग्रौला र दिव्यमणि राजभण्डारीले बाढी, पहिरो र डुबान पीडितको सहयोगका लागि आ–आफ्नो निर्वाचन क्षेत्रमा जानुपर्ने उल्लेख गर्दै संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि स्थगित गर्न समितिका सभापति शशी श्रेष्ठसँग माग गरेका हुन् ।
मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै समितिकी सदस्य समेत रहेकी संग्रौलाले बाढी, पहिरो र डुबान पीडितका लागि राहत दिन निर्वाचन क्षेत्रमा जानुपर्ने भन्दै एक हप्ता बैठक स्थगित गर्न माग गरिन् । उनले पीडितलाई साथ दिन आ– आफ्नो निर्वाचन क्षेत्रमा जानका लागि प्रतिनिधिसभा बैठक स्थगित भएकाले संसदीय समितिको बैठक पनि स्थगित हुनुपर्ने धारणा राखिन् ।
सांसद दिव्यमणि राजभण्डारीले जनता पीडामा रहेका बेला राहत तथा उद्दारमा सांसदहरु आफ्नो निर्वाचन क्षेत्रमा जानुपर्ने बेला समितिको बैठक बोलाउन नहुने बताए ।
यता, सत्तारुढ नेकपाका सांसदहरुले भने कानुन निर्माणको काममा ढिलाइ हुने दावी गर्दै प्रतिनिधिसभा बैठक स्थगित भए पनि संसदीय समितिका बैठकहरु भने स्थगित गर्न नहुने धारणा राखेका थिए ।
प्रतिनिधिसभाको बैठक भने साउन ८ गतेसम्मका लागि स्थगित गरिएको छ । सभामुख कृष्णबहादुर महराले बाढी र डुवान पीडितको सहयोगमा जुट्न सांसदहरुलाई निर्देशनसमेत दिइसकेका छन् । | 2022/01/27 20:22:17 | https://www.onlinekhabar.com/2019/07/781442 | mC4 |
धानुक र सिंह पनि आइजिपीका दाबेदार, को बन्ला नयाँ प्रहरी प्रमुख? « Dainik Online
धानुक र सिंह पनि आइजिपीका दाबेदार, को बन्ला नयाँ प्रहरी प्रमुख?
प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार ५ : २३
नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) अतिरिक्त महानिरीक्षकमा बढुवा भएका छन्। डिआइजीहरू वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रबिन्द्रबहादुर धानुक एआईजीमा बढुवा भएका हुन्। यीसँगै नेपाल प्रहरीमा ९ जना एआईजी भएका छन्।
ती मध्ये आठ जना जनपदतर्फका छन्। भने एक जना प्राविधिकतर्फका छन्। तीनै आठ जनामध्येबाट भावी प्रहरी प्रमुख नियुक्त गरिनेछ। आठ जनामध्ये चार जनाबीच मात्रै प्रतिस्पर्धा हुनेछ।
अब एआइजिपीहरू विश्वराज पोखरेल, सहकुल थापासँगै आजबाट थपिएका सिंह र धानुकबीच प्रतिस्पर्धा हुनेछ। चारै जना एआईजीहरू एउटै ब्याची हुन्। चारै जना २९ चैत २०४९ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर)बाट प्रहरी सेवामा प्रवेश गरेका थिए।
पन्त भने वर्तमान आइजिपी शैलेश थापा क्षेत्रीसँगै १९ वैशाख २०७९ मा ३० वर्षे सेवा अवधि पूरा गरेर अवकाश पाउँदैछन्। जसले गर्दा उनी आइजिपीको दौडबाट बाहिरिनेछन्। आइजी क्षेत्रीका ब्याची एआईजीहरू हरि बहादुर पाल, प्रद्युम्न कार्की र नीरज शाही पनि १९ वैशाखदेखि अवकाश पाउँदैछन्।
सरकारले गत ५ फागुनमा नेपाल प्रहरीमा तीन एआईजीको दरबन्दी थप गरेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफू निकट मानिएका सिंह र धानुकलाई आइजिपीको प्रतिस्पर्धामा ल्याउन दरबन्दी थप गरेको आरोप लाग्ने गरेको छ।
अब नयाँ प्रहरी प्रमुख को बन्ने भन्ने सरकारको हातमा छ। प्रहरी प्रमुख नियुक्त गर्दा वरीयताक्रम तथा कार्य सम्पादन मूल्यांकन हेरेर गर्नुपर्ने हुन्छ । तर, सरकारले आफू अनुकूलका प्रहरी अधिकृतलाई नियुक्त गर्दै आएको छ।
अब चार जनामध्ये कसले नेपाल प्रहरीको २९औं प्रहरी प्रमुखको जिम्मेवारी पाउनेछन्? यो आम चासोको विषय छ। प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका पोखरेल एसपी बढुवा हुँदा आफ्नो ब्याचको पाँचौं स्थानमा थिए। त्यो बेला धिरजप्रताप सिंह ब्याचको पहिलो नम्बरमा थिए। तर, एसएसपी बढुवादेखि पोखरेल पहिलो नम्बरमा आए।
हालका आइजी क्षेत्रीको ब्याचसँगै बढुवा भएका पोखरेलले त्यो बेलासमेत अघिल्लो ब्याचकालाई पछि पारे। सडक दुर्घटनामा डिआइजी सुशील भण्डारीको मृत्यु भएपछि पोखरेल वैशाख २०७६ मा एक्लै डिआइजीमा बढुवा भए।
त्यसपछि उनी १५ मंसिर २०७७ मा एआईजीमा बढुवा भए। त्यो पनि दरबन्दी थप गरेर। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पोखरेललाई बढुवा गर्नकै लागि एआईजीको दरबन्दी सिर्जना गरेको थियो।
अस्वाभाविक छलाङ मारेका पोखरेल आइजिपीको प्रबल दाबेदार हुन्। तर, उनलाई एमालेको ट्याग लागेकाले सम्भावना कम देखिन्छ। निर्वाचनमा आफूहरूलाई सहयोग गर्ने चिन्ता प्रधानमन्त्री देउवा र गृहमन्त्री बालकृष्ण खाणको छ। जसले गर्दा दुवै जनाको रुचिमा पोखरेल परेका छैनन्।
आइजिपी बन्न चर्को लबिङ गर्ने अर्का एआईजी हुन् सहकुल थापा।
डिआइजीमा सिंह र धानुकसँगै बढुवा भएका थिए। थपिएको दरबन्दीबाट उनी एआईजीमा बढुवा भएका थिए उनलाई पनि देउवाले पत्याइहाल्ने अवस्था छैन। तर, वरिष्ठताको आधारमा पोखरेल र थापा मध्ये एक जना बढी दाबेदार हुन्। आज बढुवा भएका सिंह र धानुक पनि पोखरेलकै ब्याची हुन्। एसपीसम्म १ नम्बरमा रहेका सिंह एसएसपी बढुवामा शीर्ष तीनमा परेका थिए।
सिंहलाई देउवाले आइजिपी बनाउन चाहेका छन्। सुदूरपश्चिम घर भएका तथा एआईजीको तेस्रो वरियतामा रहेका सिंहलाई प्रधानमन्त्री देउवाले बढी रुचि देखाएका हुन्।
नेपाल प्रहरीका भाग्यमानी प्रहरी अधिकृत मानिएका धानुक पनि भावी आईजीपीका दाबेदार मानिन्छन्। सुदूरपश्चिम घर भएका धानुकलाई पनि देउवाकै साथ छ। प्रहरीले सञ्चालन गर्ने अप्रेसनहरूमा धानुक 'अब्बल' प्रहरी अधिकारीका रूपमा परिचित छन् ।
जसले गर्दा पनि देउवाले उनलाई एआईजीमा बढुवा गरेका हुन्। हुन त सिंह डिआइजीमा छैटौं र धानुक आठौं वरीयता क्रममा छन्। तर, प्रधानमन्त्री देउवाले सिंह र धानुकमध्ये एक जनालाई आइजिपी बनाउन खोजेका छन्।
उनीहरूभन्दा वरीयताक्रममा अगाडि रहेका तीन जना डिआइजीहरू एआईजीमा बढुवा नभएपछि सर्वोच्च पुगेका छन्। डिआइजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्की सर्वोच्चको ढोका ढकढक्याउन पुगेका हुन् । उनीहरूले बढुवा निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश मागदाबी गरेका छन्।
उनीहरूको दाबी अनुसार नै सर्वोच्चले फैसला गरेको खण्डमा थप तीन जना पनि भावी आईजीपीका दाबेदार मानिनेछन्।
मोरङमा श्रीमतीको हत्या गरेर फरार रहेका एक जना पक्राउ
मोरङ । मोरङको जहदा गाउँपालिका-२ स्थित बडकी बैरियामा श्रीमतीको हत्या गरेर भागेका श्रीमानलाई प्रहरीले पक्राउ
कर्णाली राजमार्गमा बस दुर्घटना: ४ जनाको मृत्यु, ३४ घाइते
सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठविस नगरपालिका १ सिस्नेमा बस दुर्घटना हुँदा चार जनाको
बुवाको विरासत छोरालाई
दाङ। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ मा गठबन्धनलाई पछि पार्दै नेकपा एमालेको प्यानलले विजयी
बिहे गर्दागर्दै बेहुलाको 'विग' खस्यो, टक्ला भएको थाहा पाएपछि बेहुली मण्डपबाटै फरार!
काठमाडौं। विश्वमा अनौंठो घटनाहरु भइरहन्छन्। सोही क्रममा भारतमा पनि अचम्मको, रमाइलो या भनौं बेहुला पक्षको
ओलीको ब्रिफिङः चुनावमा धाँँधली भयो, आफ्नै कार्यकर्ताले पनि भोट दिएनन्
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचमा धाँधली भएको बताएका छन्। नयाँबानेश्वरस्थित संघीय
बलात्कार प्रकरणमा माल्भिकाले पीडितलाई सघाउ पुर्याउने बयान दिइन्
काठमाडौं। सौन्दर्य प्रतियोगितामा सहभागी भएकी प्रतिस्पर्धीलाई आयोजक संस्थाका सञ्चालकले बलात्कार गरेको प्रकरणमा पूर्वमिस नेपाल माल्भिका
एक हप्ताभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न जनप्रतिनिधिहरूलाई निर्देशन
माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले पार्टीका निर्वाचित जनप्रतिनिधिहरूलाई जेठ १७ भित्र सम्पत्ति विवरण सार्वजनिक
बाँकेमा ट्रकको ठक्करबाट अटो चालकको मृत्यु
बाँके । बाँकेको कोहलपुर नगरपालिका–११ पिपलचौतारामा आज ट्रकको ठक्करबाट अटो चालकको मृत्यु भएको छ। मृत्यु | 2022/05/25 19:38:14 | https://www.dainikonline.com/story/197994/2022/03/31/ | mC4 |
नक्कली पस्मिना व्यापारीमाथि मुद्दा लगाइने - Arthakoartha.com - Arthakoartha.com
नक्कली पस्मिना व्यापारीमाथि मुद्दा लगाइने
काठमाडौं, ४ मसिर । नक्कली उत्पादनमा '१०० प्रतिशत पस्मिना'को लेबल राखेर ग्राहकलाई ठग्नेहरुमाथि नेपाल पस्मिना उद्योग संघले निगरानी बढाएको छ । ४७ देशमा ट्रेडमार्क दर्ता भइ कारोबार भइरहेको लोकप्रिय नेपाली पस्मिनाको बजार नक्कली पस्मिना कारोबारीले धराशायी बनाउन लागेको भन्दै अनुगमन बढाइएको संघका अध्यक्ष दुर्गा बिक्रम थापाले बताए । थापाका अनुसार, आन्तरिक बजारमा पर्यटकहरुले पस्मिना किन्न रुचाउँछन् । तर नक्कली पस्मिना कारोबारीले उनीहरुलाई ठगीरहेका छन् । जसका कारण अन्तर्राष्ट्रिय बजारमा समेत नेपाली पस्मिनाको छवि बिग्रदोँ छ ।
'आन्तरिक बजारमा पनि निर्यात बराबर नै पस्मिना कारोबार हुन्छ,' थापाले भने, 'त्यसकारण आन्तरिक बजारमा पनि शुद्ध पस्मिनामा मात्र लेबल राखेर बेच्न पाइने व्यवस्था गरिएको हो ।' पस्मिना विश्वबजारमा रुचाइएको नेपाली उत्पादन हुनाले यसको गुणस्तरमा कहीँकतै सम्झौता गर्न नहुने उनको भनाई छ । 'नेपाली बजारमा गरिने नक्कली कामले विश्वभर नै नेपाली पस्मिनाप्रतिको धारणाप्रति आँच आउन सक्छ ।'
थापाले पहिलो चरणमा देशभरी नै व्यापारीहरुलाई सचेत तुल्याइएको बताए । यसका लागि सचेतना अभियान सञ्चालन गरिएको छ । दोस्रो चरणमा प्रशासन समेतको सहयोगमा अनुगमन हुने उनले जानकारी दिए । 'सचेतना अभियान प्रभावकारी भएन भने प्रशासनको सहयोगमा अनुगमन गरी मुद्दा लगाउनेसम्मको कारबाही हुन्छ,' उनले भने ।
गत आर्थिक वर्षमा नेपालले २ अर्ब २८ करोड रुपैँयाको पस्मिना निकासी गरेको छ । सो भन्दा ठूलो परिमाणमा नेपाली बजारबाटै कारोबार हुने अध्यक्ष थापा बताउँछन् । | 2019/05/22 15:04:45 | https://arthakoartha.com/archives/11798 | mC4 |
तनहुँ | पुस ३०, २०७८
तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा आज साँझ जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
धरमपानीस्थित हटिया भन्ने ठाउँमा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
जीपमा १२ जना सवार रहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । घाइते भएकालाई उद्धार गरी बन्दीपुर अस्पताल पठाइएको उनले बताए । मृत्यु भएकाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । ग १ ज ६५५५ नम्बरको जीप अनियन्त्रित भई भीरबाट तल खसेको थियो ।रासस
शिक्षा मन्त्रालयको बैठकमा मेडिकल एशोसिएसनको असहमति
पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा एक हजार २८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमा एक हजार ४९२ जनाको पिसीआर परीक्षण गर्दा ८४६ र ९८२ जनाको एन्टिजेन परीक्षण गर्दा ४३७ जनामा कोरोना सङ्क्रमण भएको सामाज...
इलामको माई नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा परी एक युवाको मृत्यु भएको छ । दुर्घटनामा परी झापाको मेचीनगर–८ आयाबारीका १८ वर्षीय अनुप श्रेष्ठको मृत्यु भएको हो । आज अपराह्न साढे २ बजे झापाबाट इलाम म... | 2022/01/24 17:14:52 | http://lkt.prixa.net/story/168741/2022/1/14/current-affairs/accident- | mC4 |
NEWS, SPECIAL » 'लुट इन्स्टिच्युट लुट, हेटौंडा मै हो छुट'
'लुट इन्स्टिच्युट लुट, हेटौंडा मै हो छुट'
लोक गायक पशुपति शर्माले गाएको 'लुट्न सके लुट' बोलको गीतले निकै चर्चामा छ । उनलाई युट्युबबाट गीत हटाउन बाध्य पारियो भन्दै चर्को आलोचना पनि भैरहेको छ । तर पशुपतिको यो गितको केहि शब्द सापटी लिएर 'लुट इन्स्टिच्युट लुट, हेटौंडा मै हो छुट' भनि मिलाउदा केहि गलत नहोला ।
किनकि शैक्षिक परामर्श, पुर्व तयारी कक्षा तथा भाषा शिक्षण सम्बन्धी विभिन्न गतिबिधि संचालन गर्ने यहाँका अधिकांस इन्स्टिच्युट अबैध छन् । उनीहरुले बिद्यार्थी,अभिभावक र राज्यलाईनै लुटिरहेका छन् शिक्षा मन्त्रालयको स्वीकृति बिनै खुलेआम संचालन भैरहेका इन्स्टिच्युट न भ्याटमा दर्ता छन् न त राज्यलाई १ पैसा कर तिरिरहेका छन् ।
शिक्षा मन्त्रालयले दर्ता प्रक्रिया नै बन्द गरेपछि पनि च्याउसरी यस्ता इन्स्टिच्युट हेटौंडामा उम्रिरहेका छन् बिना अनुमति, बिना दर्ता, न कुनै दक्ष परामर्शदाता, यस्ता कुनै मापदण्ड नपुर्याई संचालित इन्स्टिच्युट ३ दर्जन भन्दा बढी छन् हेटौंडामा । तर यसलाई नियमन गर्न नसक्दा झुटको र लुटको खेति निकै मौलाएको छ ।
यसको मारमा भेने विद्यार्थी पर्ने गरेका छन् विभिन्न प्रलोभन र भ्रामक प्रचारले बिद्यार्थी झुक्याइरहेका छन् ।
जापानिज भाषामा भ्रम
यहाका इन्स्टिच्युटले पछिल्लो समय जापानमा काम गर्न जान पाउने भन्ने हल्लाले पनि यहाँका इन्स्टिच्युटले बिद्यार्थीलाई झुक्याइरहेका छन् । जापान सरकारले कामदार ल्याउनका लागि नेपाली कामदार सुचीकृत भने गरेको छ तर यसबारे दुई देश बीच सहमति पत्रमा हस्ताक्षर भएको छैन । नेपाल सरकार र जापान सरकार बीच कामदार लिने दिने विषयमा हस्ताक्षर भइ श्रम रोजगार तथा सामाजिक सुरुक्षा मन्त्रालय द्वारा नेपाली कामदार जापान पठाउने प्रक्रिया अघि बढेपछि मात्र अन्य प्रक्रिया अघि बढ्छ ।
तर यहा भ्रामक प्रचार गर्दै प्रलोभनमा पारेर अबैध इन्स्टिच्युटहरुले जापानिज भाषा सिकाउने नाममा ठगि धन्दा भैरहेका छन् । यति सम्मकी भाषा परीक्षा उत्तीर्ण गर्न कति अंक ल्याउनु पर्ने हो भन्नेसमेत जानकारी छैन ।
हल्लाकै पछाडि लागेर भाषा सिकिरहेका अधिकांश बिद्यार्थी तत्काल प्रक्रिया सुरु भएर जापान गइन्छ भन्नेमा विश्वस्त पनि छैनन् । लहलहै र इन्स्टिच्युटको आश्वासनले उनीहरु कुरै नबुझी होमिएका छन् ।
जुनसुकै भाषा सिक्नु त राम्रो हो । तर, सरकारी स्तरबाटै जापान पठाउने निश्चित नभएका बेला यस्तो सिकाई इन्स्टिच्युटहरुको कमाई खाने भाडो मात्र बन्न पुग्छ ।
यतिमात्र हैन विभिन्न शैक्षिक परामर्श, पुर्व तयारी कक्षा र अन्य भाषा शिक्षण लगाएतका बिषयमा पनि कुनैपनि मापदण्ड नपुर्याई संचालन गरिएको पाइएको छ ।
यहाका ४ वटा कन्सल्टेन्सी बाहेक अन्य सबै अबैध हुन् । यिनले शिक्षा मन्त्रालयबाट स्वीकृति लिएका छैनन् । नियमित खबर प्रकाशन हुनथालेपछी केहि समय अघी यसबारे प्रहरी र प्रसाशनले केहिदिन चासो देखाए जस्तो गरेको थियो, केहीलाई कारवाही पनि भएको थियो । तर यहाँ च्याउ सरि उम्रिएका इन्स्टिच्युटलाई प्रसाशनले तह लगाउन सकिरहेको छैन । अनुमति बिनै संचालन भैरहेका सस्थालाई खुलेआम चल्न दिइरहेको छ यहाको प्रसाशनले । दक्ष तथा अनुभवी परामर्शदाता तथा शिक्षक यहाँका अधिकांस इन्स्टिच्युटमा छैनन्, कतिपयले त अर्कैको सर्टिफिकेट राखेर सस्था चलाइरहेका छन् । बिना ज्ञान, अनुभव र स्वीकृति बिनै संचालित यस्ता सस्थाबाट विद्यार्थीले कस्तो शिक्षा पाउने ?
नियमन गर्ने को ?
यस्ता सस्थालाई नियमन कसले गर्ने, अनुमति कसले दिने भन्ने भन्ने बिषय अन्योलमा छ संघीय,प्रदेश र स्थानीय तह ३ वटैको कानुनमा यस्ता खालका सस्थालाई अनुमति दिने,नियमन गर्ने भनि उल्लेख गरिएको छ तर खास संचालन अनुमति कसले दिने हो ? र नियमन कसले गर्ने हो ? भन्ने बिषयमा ३ तहका सम्बन्धित निकायनै अन्योलमा छन् ।
शिक्षा ऐन र शिक्षा मन्त्रालयको यस अघिको मापदण्ड हेर्ने हो भने विभिन्न शैक्षिक परामर्श, पुर्व तयारी कक्षा र अन्य भाषा शिक्षण लगाएतका बिषयमा संचानल गर्ने सस्थाले अनिवार्य भ्याटमा दर्ता भई तोकिएको मापदण्ड पुरा गरि मन्त्रालयको स्वीकृति लिएर मात्र संचालन गर्नुपर्ने व्यवस्था छ । तर त्यो पालन गर्ने अथवा स्वीकृति लिने इन्स्टिच्युट हेटौंडामा कुनै पनि छैन । यस अर्थमा पनि भन्न सकिन्छ कि यहाँका इन्स्टिच्युट गैर कानुनि रुपमा संचालित छन् ।
यस बिषयमा जिल्ला प्रशासन कार्यालय, जिल्ला शिक्षा, हेटौंडा उपमहानगरपालिका लगाएत सबैलाई बारम्बार जानकारी गराउदा समेत कुनै निकायबाट पनि यस बिषयमा नियमन र अनुगमन हुन सकेन । यो बिषयमा यहाँको प्रशासनले अनुगमन गर्न डराएको हो या अनुगमन गर्न नचाहेको हो ? आफ्नो क्षेत्रमा अबैध काम भैरहेको छ, शिक्षाका नाममा कालोबजारी मौलालेको छ भनि बारम्बार जानकारी गराउदा पनि प्रशासन मौन बस्नुले यसैमा शंका उत्पन्न गराएको छ ।
के गर्दैछ हेटौंडा उपमहानगरपालिका ?
हामीले बारम्बार समाचार प्रकाशित गर्दै घच्घच्याउन थालेपछि हेटौंडा उपमहानगरपालिकाले हामीले हो यसको नियमन गर्ने भन्दै जिल्ला प्रशासन र शिक्षा संग छलफल गरी कार्यविधि बनाउने तयारीमा लाग्ने बताएको थियो । तर त्यो पनि कुरोमै सिमित भएको छ । हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुष्पराज शाहीका अनुसार यस बिषयमा कुनै पनि काम अघि बढेको छैन ।
यसरी हेर्दा सजिलै बुझ्न सकिन्छ कि यहाँ अबैध रुपमै सस्था संचालन गर्दा र खुलेआम जनता र राज्यलाई नै लुट्दा पनि हुनेरहेछ । सम्बन्धित निकाय कोहीलाई मतलव नै नहुने रहेछ । त्यसैले भन्न सकिन्छ 'लुट्न सके लुट इन्स्टिच्युट, सके जति लुट, अन्त लुट्न पाइदैन हेटौंडा मै छ छुट' । | 2022/06/29 19:52:21 | http://www.damanpost.com/2019/02/6844_21.html | mC4 |
कुनै पनि महान् प्राप्तिलाई बचाउन त्यसप्रति भित्रैदेखि आस्था हुनुपर्छ, समर्पित प्रेम र भक्ति चाहिन्छ ।
काठमाडौँ — गणतन्त्र स्थापनायता १० वर्ष व्यतीत भएका छन् । यसबीच यसको स्थायित्वलाई लिएर उठ्ने गरेका थुप्रै आशंका हटेका छन् । यद्यपि असहज परिस्थितिबीच संविधान जारी गरिएका प्रसंग र त्यससँगै भारतद्वारा लगाइएको आर्थिक नाकाबन्दी सदैव स्मृतिमा रहिरहनेछन् ।
नयाँ संविधान, त्यो पनि अनेकन संघर्ष पार गर्दै आएको क्षणलाई जति हर्षोल्लासपूर्वक आत्मसात गरिनुपथ्र्याे, त्यस्तो हुन सकेन । यो खिन्नता, भित्री मनमा हमेशा रहनेछ । संविधान जनताका प्रतिनिधिले बनाएको होइन भन्न पनि नमिल्ने, जबकि यथार्थमा चाहिँ भूकम्पले त्रसित अवस्थामा, मौका छोपेर जनतालाई करकापमा पारेर ल्याइएको थियो । देखिनलाई संविधान यद्यपि संविधानसभाबाट आयो, तर यथार्थमा प्रमुख राजनीतिक दलहरूको लेनदेनकै रूपमा आएको हो ।
अझ भनौं संविधान आए पनि यसलाई पछ्याउँदै आएको समय दक्षिण, पूर्व र पश्चिमका नाकाहरूमा आपूर्ति रोकिएका कारण वर्णनातीत रूपमा कष्टकर थियो । त्यसमाथि राजनीतिक शक्तिहरूबीच सत्तामा हानाथापले निम्त्याएको राजनीतिक अस्थिरता कायमै रह्यो, संविधान जारी भएदेखि निर्वाचनसम्म ३ पटक फेरिएका ४ सरकार थिए । यति हुँदाहुँदै पनि तर राजनीतिक दलहरूलाई तीनै तह स्थानीय, प्रदेशसभा र केन्द्रीय प्रतिनिधिसभाका निर्वाचन सम्पन्न गराएको श्रेय दिनैपर्छ । यसरी प्रकारान्तरमा संविधान, आलोच्य हुँदाहुँदै, सबै क्षेत्रका जनताबाट अनुमोदित भएको छ । केन्द्र लगायत प्रदेशहरूमा स्थिर सरकार बनेसँगै गणतन्त्रले आफ्नो स्थूल आकारप्रकार प्राप्त गरेको छ ।
साथै यो अनुमोदनसँगै एउटा नयाँ राजनीतिक परिवेश निर्माण भएको छ । चुनावपूर्व नै एकीकरणको वाचा गरेका एमाले र माओवादी केन्द्र ३ जेठमा सम्पन्न एकतासँगै पूर्व भएका छन् । दुई जोडिएर एक विशाल कम्युनिस्ट पार्टी बनेको छ । यसरी सरकार एकल, त्यो पनि झन्डै दुई तिहाइ मतको बन्नपुगेको छ । यसबाट एकातिर देशले लामो समयदेखि भोगिआएको अस्थिरताको निदान हुन्छ भन्ने आशा त जागेको छ, तर प्रतिपक्षको आकार ज्यादै खुम्चिन पुगेकाले कतै सरकार स्वेच्छाचारी त हुने होइन भन्ने आशंका त्यतिकै जीवन्त छ । साथै कम्युनिस्ट इतर विचारधारा हुनेहरू प्रत्यक्ष अथवा अप्रत्यक्ष रूपमा कम्युनिस्ट कोपभाजनमा त पर्ने होइनन्, जस्ता ज्ञात/अज्ञात भय पनि छन् ।
किनभने कम्युनिस्टहरूको विश्वदृष्टि र लोकतन्त्रमा अन्तरनिहित अन्तरतत्त्व एकअर्कामा परस्पर विरोधी रहिआएका छन् । यी दुई विचारधारामा प्रचुर अन्तरविरोध छ । यो अन्तरविरोध नेपाल कम्युनिस्ट पार्टीका दुईमध्ये एक अध्यक्ष र वर्तमान प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीका सदिच्छाले मेटिँदैन । यसमाथि गम्भीर अध्ययन, अनुसन्धान र अन्तरक्रिया हुनुपर्छ, कम्युनिस्टहरूलाई कसरी लोकतन्त्र सापेक्ष आचरणमा प्रशिक्षित गर्ने, विचार र व्यवहार कसरी रूपान्तरित गर्ने यो लरतरो चुनौती होइन । निश्चय नै पद्धति लोकतन्त्र हो र केन्द्र र प्रदेशका सभा र सरकार लोकतान्त्रिक विधिबाटै बनेका हुन् । तर यसका सञ्चालकहरूको पाठशाला फरक छ । भनिरहनु नपर्ला, कम्युनिस्ट पाठशालाका पाठ्यक्रम, प्रशिक्षणको तरिका लोकतन्त्रका वैश्विक मान्यताभित्र पर्दैनन् ।
राजनीतिक स्थिरताको खोजी निश्चय नै महत्त्वपूर्ण हो । तर त्यो स्थिरताले यदि व्यक्तिको निजत्व र स्वतन्त्रतालाई कुण्ठित बनायो भने उजुरी दिन कहाँ जाने, किनभने यदि कम्युनिस्टहरूले कम्युनिस्ट तरिकाले शासन गर्नथाले भने अदालत, अदालत रहँदैनन्, माओवादी विद्रोहकालका स्वेच्छारी जनअदालत जस्ता बन्न पुग्छन् । यहाँ अझ भयभीत हुनैपर्ने विषय त के छ भने हालको सत्ताधारी कम्युनिस्ट पार्टीका एक अध्यक्ष प्रचण्ड कथित जनयुद्धका हेडक्वार्टर नै हुन् ।
सरकारले हत्याको अपराधमा जन्मकैदको सजाय भोगिरहेका पूर्व माओवादीमा प्रचण्डकै सहयोगी बालकृष्ण ढुंगेलको कैद मिनाहा गरेको हालैको प्रसंगका कारण आउँदा दिनहरूमा सत्ताधारी पार्टी र यसको सरकारले कसको संरक्षण र कस्तो शासन गर्छ भन्ने झल्को दिएको किन नमान्ने भन्ने प्रश्न त यो सरकारका पालाको पहिलो गणतन्त्र दिवसमै उठेको छ । त्यसैले प्रधानमन्त्री ओलीका मुखबाट नि:सृत हुने प्रवचनहरूले नै नेपालमा विधिको शासन र वाणी लगायतका स्वातन्त्रतालाई प्रत्याभूति प्रदान गर्छन् भनिहाल्नु हुँदैन । अझ थपौं, दोहोर्याएर राष्ट्रपति बनेकी विद्यादेवी भण्डारीको प्रस्तुति एउटा आलंकारिक राष्ट्रप्रमुखको नभएर राजतन्त्रात्मक व्यवस्थाको राष्ट्रप्रमुखको जस्तो हुँदै गएको सार्वजनिक गुनासो दिनहुँ बढ्दो छ ।
निर्वाचनले शासनलाई वैधता प्रदान गर्छ, तर यति हुँदैमा शासन लोकतान्त्रिक हुने होइन । यो त लोकतन्त्रको स्थुल पक्ष हो, शरीरजस्तै । जसरी शरीरमा प्राणवायु नामक सूक्ष्म तत्त्व नहुने हो भने शरीर जतिसुकै राम्रो भए पनि त्यो मृत हुन्छ, त्यसरी नै लोकतन्त्रमा यदि वैयक्तिक स्वतन्त्रता रहेन भने त्यो फगत नामको लोकतन्त्र रहन जान्छ, कुनै कामको रहँदैन । स्वतन्त्रताको रक्षा विधि व्यवस्थाले गर्छ र यदि विधि व्यवस्था भत्काएर स्वेच्छाचारिता हावी भयो भने सबैभन्दा बढी प्रहार वैयक्तिक स्वतन्त्रतामाथि नै हुन्छ । कुनै गोप्य लेनदेन अन्तर्गत रहेर अदालतले अपराधी ठहराएको व्यक्तिको कैद मिनाहा गर्नु, कुनै उच्च पदधारीका सन्तानलाई सन्तान हुँदैमा राष्ट्रिय गौरवका मानपदवी बाँड्नु, दलको घेरामा बस्नेमात्र विद्वान र विज्ञ हुन् भनेर त्यसै अनुसार पद पजनी गर्नु, सञ्चार माध्यमहरूमाथि कोप दृष्टि लगाउनु र विरोधी कमजोर भए भनेर स्वयं महाराजा भावमा प्रस्तुत हुनु लोकतन्त्रका गुण होइनन्, शासकीय स्वेच्छाचारतर्फका प्रारम्भिक पाइला हुन् ।
हो, स्थुल पक्षका हिसाबले लोकतन्त्र गतिमान भएको देखिन्छ, तर सूक्ष्म पक्ष अर्थात् प्रवृत्तिगत कोणबाट हेर्दा प्रशस्तै सतर्कता अपनाउनुपर्ने ठाउँ छन् । यो नबिर्सौं, नेपालका गणतन्त्रको आत्मा, यसको प्राण लोकतान्त्रिक पद्धतिमा छ, तर शासनमा भिन्न पाठशालाबाट आएका मानिस छन् । त्यसैले दुई तिहाइ छ, शासकीय स्थिरता सुनिश्चित भयो, अब समृद्धि आफैं ओइरिन्छ भन्ने ठान्नु घातक हुन्छ, सतर्क रहनैपर्छ । फेरि लोकतन्त्रको एकमात्र लक्ष्य भौतिक समृद्धि होइन, समृद्धिमुखी उद्यम गर्दै मूल्य–पद्धतिको संरक्षण र सम्बद्र्धन भइरहनुपर्छ । मान्छेलाई खान, लाउन, बस्नका साथै आत्मसम्मान त्यतिकै चाहिन्छ । मान्छे टन्न खान, बस्ने आवास र लगाउने लुगा पाउँदैमा तृप्त हुँदैन, उसको आन्तरिक तृप्ति स्वपहिचान र आत्मोन्नति हो ।
सबैलाई थाहा छ, अहिले दुई तिहाइ नजिकको मत पाएर शासनसत्ताको वागडोर पाएका पात्रहरू लोकतान्त्रिक मूल्य पद्धतिप्रति आस्थावान पात्र होइनन्, निश्चय नै व्यक्ति कोही–कोही अपवाद हुन सक्छन् । प्रतिपक्ष अत्यन्त कमजोर छ, संख्याका हिसाबले मात्र होइन, जनभावनाको प्रतिनिधित्व र प्रस्तुतिका कोणबाट पनि । त्यसैले संसद् र प्रदेशसभा बाहिरको लोकशक्ति ज्यादै चनाखो रहनुपर्छ । अर्थात् जनमत निर्माताहरू, मिडिया र अत्यन्त प्रभावशाली हुँदै आएको सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले सशक्त प्रतिपक्षको काम गर्नुपर्ने देखिन्छ । अन्यथा लोकतन्त्र स्थुल रूपमा उपस्थित रहे पनि यसका सूक्ष्म पक्षहरू अतिक्रमणमा पर्दै जानेछन् । परिणामस्वरूप, स्थुल शरीर मृत भएर ढल्न सक्छ ।
निश्चय नै संसद्को परिधि बाहिर गणतन्त्र असफल होस् भनेर कामना गर्नेहरू नभएका होइनन् । तर त्यस्तो कामना गर्नेहरूमध्ये कसैमा पनि दम छैन, स्वयं अस्वीकृत छन् । असन्तोष फलाक्नु नै उनीहरूको दिनचर्या हो । चीनले नेपालमा गणतन्त्र आएको रुचाएको छैन, भारतले मनपराएको छैन भनेर स्वैरकल्पना गर्छन् र त्यसैमा रमाउँछन् । तिनीहरू त फगत १० वर्षपूर्व नारायणहिटीबाट विस्थापित हुनुपर्दा बस्ने ठाउँ नभएकोले नागार्जुनमा वासस्थान मिलाइपाउँ भन्ने ज्ञानेन्द्र फेरि नारायणहिटी नै फर्किन्छन् भनी आस गरेर बसेका छन् । उनी झापाको चियाबारीमा सुस्ताउन जाँदा होस् अथवा मन्दिर दर्शन गर्न जाँदा, आफ्ना मनका बह पोख्छन् । लोकतन्त्र हो, स्वतन्त्रता छ, पोख्न दिए हुन्छ । तर्सिनुपर्ने कुनै कारण छैन । न राजा छन्, न राजतन्त्र फर्किन्छ । तर हेक्का रहोस्, गणतन्त्र यिनका कामनाले असफल हुँदैन । हुन्छ भने परिधिभित्रै बसेर यसका मूल्यहरूमाथि प्रहार गर्नेहरूका प्रवृत्तिका कारण हुन्छ ।
मानवता विरुद्धका अपराधीहरू छुट्दै गए, असली योगदानको कदर नगरेर आफन्त आसेपासेलाई मानपदवी बाँड्ने काम भइरहे तथा एकपछि अर्का यस्तै प्रकारका कृत्यहरू थपिँदै गए भने तिनै कृत्यका कारण गणतन्त्र खोक्रो हुन्छ । त्यसैले अब निर्वाचन भयो, सबै कुरा ढुक्क होइन, अरू सतर्क हुनुपर्ने बेला आएको छ । किनभने खतरा बाहिरबाट होइन, रिङभित्रका खेलाडीहरूबाटै छ । लोकतन्त्रको शासनसत्ता कम्युनिस्टहरूका हातमा पुगेको छ । ओलीको नियत राम्रो हुनसक्छ तर उनकै कतिपय साथी र भर्खरै उनीसित मिसिन आएका समूहको पाठशालाले लोकतान्त्रिक मूल्य–पद्धतिका मर्म पढाएको छैन । कुनै पनि महान प्राप्तिलाई बचाउन त्यसप्रति भित्रैदेखि आस्था हुनुपर्छ, समर्पित प्रेम र भक्ति चाहिन्छ ।
काठमाडौँ — बीपी राजमार्गमा ठूला गाडी चलाउनका लागि दबाब दिँदै आएका यातायात व्यवसायीसामु सरकार झुक्नु विडम्बनापूर्ण छ ।
विज्ञको सुझावअनुसार १० टन (गाडी र सामानसहित) सम्मका मालबाहक र १८ सिटका यात्रुवाहक सवारी साधन मात्र चलाइँदै आएको बीपी राजमार्गमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले हचुवाका भरमा १६ दशमलव २ टनका मालवाहक र ३२ सिटे यात्रुवाहक गाडी सञ्चालनको अनुमति दिएको छ । यो निर्णयले सडक क्षति हुने दर मात्र बढाउँदैन, साँघुरो र धेरै मोड भएकाले सडकमा दुर्घटनाको जोखिम पनि उच्च हुनेछ । त्यसैले बीपी राजमार्गको धुलिखेल–खुर्कोट–सिन्धुली खण्डमा ठूला गाडीलाई इजाजत दिने यातायात मन्त्रालयको जेठ १३ को निर्णय निन्दनीय छ ।
भूबनोट र सडक क्षमताका आधारमा निर्धारित तत्कालीन मापदण्ड कार्यान्वयनमा प्रशासनले कडाइ गरेपछि निरन्तर ‘लबिइङ’ गर्दै आएका व्यवसायीहरूले यातायातमन्त्री रघुवीर महासेठलाई भेटेको एक सातामै ठूला गाडीका लागि इजाजत खुला भएको हो । मन्त्रालयले ३२ सिटसम्मका यात्रुवाहक सवारीसाधन बिहान ५ साँझ ८ बजेसम्म र १६ दशमलव २ टनसम्मका मालवाहक बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन हुन पाउने गरी नयाँ निर्णय गरेको छ । सरकारले यो निर्णय गर्नुका पछाडि ठूला गाडीवाला व्यवसायीको स्वार्थबाहेक केही देखिँदैन । झन्डै चार दशक पुरानो यातायात सिन्डिकेट तोडेर प्रशंसा बटुलेको यातायात मन्त्रालय तथा यातायात व्यवस्था विभागले बीपी राजमार्गलाई जोखिममा पार्ने गरी निर्णय गर्नु दुर्भाग्यपूर्ण छ ।
जापान सरकारको अनुदान सहयोगमा निर्मित बीपी राजमार्गको भारवहन क्षमता १० दशमलव २ टनसम्म मात्र रहेको दुई पटकसम्मका प्राविधिक अध्ययन प्रतिवेदनको निष्कर्ष थियो । तर डेढ वर्षअघि भने १६ दशमलव २ टनसम्म मालवाहक र चालक–सहचालकसहित ३८ सिटे बस चल्न सक्ने भनेर प्राविधिक अध्ययन प्रतिवेदन तयार गरियो, जसको विश्वसनीयतामाथि नै सन्देह छ । ठूला गाडीलाई रुट इजाजत खुला गर्नुअघि सरकारले सडकको पछिल्लो अवस्था अध्ययनको औचित्य देखेन, त्यही डेढ वर्षअघिको प्रतिवेदनलाई आधार बनायो । यो सरकारको गैरजिम्मेवारीको पराकाष्ठा हो ।
मुलुककै उत्कृष्ट सडकमध्ये एक भनेर चिनिने बीपी राजमार्ग सवारी नियमन कमजोरीका कारण जीर्ण बन्दै गएको भनी आलोचना बढेपछि गत मंसिरबाट मापदण्ड कार्यान्वयनमा कडाइ गरिएको थियो । त्यसअघिसम्म सडकको भारवहन क्षमताभन्दा बढी ‘लोड’ भएका ट्रक, ट्रिपर इजाजत नभए पनि जरिवाना तिर्दै सञ्चालन हुन्थे । प्रशासनले कडाइ गर्नासाथ व्यवसायी सबैखाले ढुवानीका साधन रोक्दै विरोधमा उत्रिएका थिए । त्यसयता राजनीतिक दल र जनप्रतिनिधिलाई समेत गुहारेर उनीहरूले रुट इजाजत लिन निरन्तर ‘लबिइङ’ गर्दै आएका थिए । अहिले सरकारले सडक र यात्रुको सुरक्षाभन्दा व्यवसायीको स्वार्थलाई प्राथमिकता दिएर पुरानो निर्णय उल्टाउनु उदेकलाग्दो छ ।
तीन वर्षदेखि सञ्चालनमा आएको १ सय ६० किलोमिटर लामो बीपी राजमार्ग ठूला मालवाहक गाडी सञ्चालनका लागि निर्माण गरिएको होइन । केही महिनाअघिसम्म ढुंगा–गिट्टी, बालुवा बोक्ने ट्रिपर र अन्य ठूला गाडी निर्बाध रूपमा सञ्चालन गर्न दिइनाले सडक क्षति भएर कुरूप बनेको छ । अब ठूला गाडी सञ्चालन भएपछि सडक क्षति हुने क्रमले तीव्रता पाउनेछ । घुम्ती धेरै भएको साँघुरो सडकमा ३२ सिटसम्मका बस चल्दा सवारी चाप बढ्न गई दुर्घटनाको जोमिख पनि उच्च हुनेछ । सडक क्षतिको तीव्रताले राज्यकोषमा आर्थिक भार बढ्छ । क्षतिग्रस्त सडक पुनर्निर्माणमा तदारुकता नदेखाउने अर्को सरकारी कार्यशैलीले समेत बीपी राजमार्गमा सवारी आवागमन जोखिमपूर्ण बनाउनेछ ।
सरकारले व्यवसायीको हितभन्दा पनि सडकको सुरक्षा र यात्रुको सुरक्षित यात्रालाई प्राथमिकता दिनुपर्छ । व्यवसायीको दबाब र स्वार्थमा सरकारले यसरी निर्णय गर्दै जाने
हो भने मुलुकमा बेथितिले प्रश्रय पाई चरम अराजकताको अवस्था आउँछ । मुलुकका सबै सडकमा भारवहन क्षमता निर्धारण गरेर गाडी सञ्चालन गर्नुपर्नेमा उल्टै मापदण्ड कार्यान्वयन भइरहेको ठाउँमा समेत सरकारले निरीहता देखाउनु लज्जास्पद छ । सरकारले बीपी राजमार्गमा हचुवाका भरमा ठूला सवारीसाधनलाई रुट इजाजत दिने निर्णय तत्काल फिर्ता गर्नुपर्छ । | OSCAR-2019 |
||
समाजसेवी थापा सम्मानित – Peoples Daily Nepal
समाजसेवी थापा सम्मानित
मङसिर-१६, पोखरा/
रोटर्याक्ट बर्ष समाजसेवी अवार्ड द्वारा आज एक कार्यक्रमका बीच समाजसेवी राजेन्द्र थापा सम्मानित भएका छन् ! रोटर्याक्ट क्लब अफ अन्नपुर्णद्वारा स्थापित पुरस्कारद्वारा समाजसेवी शिक्षासेवी थापा सम्मानित भएका छन ।
रोटर्याक्ट डिस्ट्रिक्ट ३२९२ जोन ४ को तेस्रो जोनल बैठक तथा सम्मान कार्यक्रममा थापा सम्मानित भएका हुन् ।नेपालका २०० ० भन्दा बढी गरिब बालबालिकालाई निशुल्क शिक्षा सेवा प्रदान गरेको, ठाउँ ठाउँमा पुस्ताकालय स्थापित गरेको र देशका अत्यन्तै बिकट स्थानमा विद्यालय भवन निर्माण जस्ता अतुलनीय योगदान पुर्याए वापत उनलाई सम्मान गरिएको रोटर्याक्ट क्लब अफ अन्नपुर्णका अध्यक्ष विवेक थापाले जनाए ।
जापानमा रहेर बिभिन्न तवतवरले नेपाल सरकार र जापान सरकारको समन्वय भूमिकामा रहेर बिभिन्न कार्यक्रम हरु नेपाल भित्राएर देशको शिक्षा सेवामा योगदान पुर्याउदै आएका थापा हाल जापानमा रहेकाले उक्त पुरस्कार बाट सम्मानित हुन आएका ऊनका पिता हरि थापाले आफुँले पनि शिक्षा सेवामा काम गरेकाले र अहिले आफ्नो छोराले पनि शिक्षासेवामा योगदान पुर्याउदै आएको र छोराको नामबाट आफुँ सम्मानित हुन पाएकोमा खुशी व्यक्त गरेका थिए ।
लाइफटाइम एजुकेसन अवार्ड, सोसिअल वर्कर अवार्ड जस्ता अवार्ड र पुरस्कारबाट सम्मानित थापालाई रोटर्याक्ट बाट सम्मानित गर्ने अवसरमा रोटर्याक्ट नेपालले पनि शिक्षा क्षेत्र लागाय अन्य समाजसेवामा योगदान पुर्याउँदै आएको कुरा अवगत गराऊँदै रोटर्याक्ट नेपालले पनि सम्मानित थापाको सहकार्यमा अझ योगदान पुर्याउने र उहाँको समाजसेवामा रहेको योगदानले थप प्रेरेणा मिलेको कार्यक्रमका प्रमुख अतिथि रोटर्याक्ट नेपालका रास्ट्रिय प्रशिक्षक सन्जिब पौडेलले बताए ।
कार्यक्रमका अध्यक्ष रोटर्याक्ट नेपाल जोन ४ का जेड.आर.आर दिपेन्द्र घिमिरेले मानिसको नैसर्गिक अधिकारमा रेहको शिक्षा बाट पनि गरिबीको कारणले बिभिन्न बालबालिकाहरु बन्चित रहेको अवस्थामा शिक्षासेवी थापाको योगदानले राष्ट्र विकाशमा अतुलनीय भूमिका रहेको बताए ।थापालाई प्रमाणपत्र र ढाकाटोपी र फुलको माला द्वारा सम्मानित गरिएको थियो ।
यसै कार्यक्रमका बीच रोटर्याक्ट फुटसाल टुर्नामेन्टमा देशभरि बाट विजेता बनेको रोटर्याक्ट क्लब अफ हेमजालाई पनि सम्मानित गरिएको रोटर्याक्ट नेपाल जोन ४ का सचिव एवं कार्यक्रम संचालक सुजन बरुवालले जानकारी दिए । | 2021/07/30 00:49:17 | http://peoplesdailynepal.com/?p=649 | mC4 |
विसं २०२८ सालबाट नियमित उडान हुन थालेको लुक्लाबजारको दायाँपट्टी अवस्थित विमानस्थललाई प्रथमपटक सर्वोच्च शिखरको शिर चुम्न सफल भएका तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीको सम्मानमा विसं २०६४ पुसमा तेन्जिङ हिलारी विमानस्थल नामाकरण गरियो ।
संसारभरका विमानस्थलमध्ये रोमाञ्चक अनुभूति दिने विमानस्थलको सुचीमा यो आठौँ स्थानमा पर्ने बताइन्छ । विमान चालकहरूका अनुभवलाई सुन्ने हो भने रन वे सकिना साथ सय मिटर अग्लो ढुंगाको भित्तामा ठोकिनबाट जोगिन विमानस्थल नजिक पुग्दा जहाज सावधानीपूर्वक रोकिनु अत्यन्त जरुरी छ । जहाँ गल्तीका लागि कुनै छुट छैन् ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार यो विमानस्थलको लम्बाइ ५२७ मिटर र चौडाइ २० मिटर छ जुन अरू विमानस्थल भन्दा छोटो हो । छोटो धावनमार्ग भएकाले त्यहाँ ’ओभरशूट’ सम्भव छैन् । एकछेउमा सातसय मिटर अग्लो भीर पनि भएकाले यो विमानस्थललाई संसारकै अति डरलाग्दो विमानस्थलमध्ये एक मानिन्छ ।
वर्षेनी हजारौँ पर्यटकहरू लुक्ला हुँदै सगरमाथाको आधार शिविरतिर जान्छन् । सगरमाथा आरोहण र पदयात्रामा जानेका लागि एकमात्र यातायातको विकल्प भनेको विमान हो । पदयात्रीहरू प्रायः लुक्लाबाट हिँड्न थाल्ने हुँदा वसन्त ऋतुमा त्यहाँ हवाई चाप बढी हुने गर्छ । पछिल्ला वर्षमा त्यहाँ दैनिक एक सयभन्दा बढि उडान हुन थालेका छन् ।
सर्वोच्च शिखर विजयी एडमण्ड हिलारीको अग्रसरतामा सगरमाथा क्षेत्रको सामिप्यतामा विमानस्थल निर्माणका लागि भएका थुप्रै सम्भाव्यता अध्ययनपछि लुक्लामा विमानस्थल बनाउने कार्य विसं २०२१ सालमा थालनी भएको हो । विमानस्थल भएको हालको स्थान स्थानीय शेर्पा समुदायको खेती किसानी गर्ने बारी थियो तसर्थ उनीहरू आफ्नो उब्जनीयोग्य जमिन विमानस्थलका लागि दिन तयार भएनन् अन्ततः हिलारीले तत्कालीन समयमा २ हजार ६ सय ५० डलरमा उक्त भिरालो बारी खरिद गरि ती नै जग्गाधनीहरूलाई विमानस्थल बनाउने काममा लगाउने गरि खरिद गरे ।
भिरालो जमिनलाई सम्याउन प्रतिकुल भौगोलिक अवस्थितिका कारण कुनै उपकरण लुक्ला पुर्याउन असम्भव भएको सन्दर्भमा उक्त जमिन सम्याउन हिलारीले नयाँ उपाय फुराए । स्थानीय शेर्पाहरूलाई मदिरा खुवाएर उक्त भिरालो जमिनलाई समतल बनाउने ध्येयले हिलारीले शेर्पाहरूलाई प्रस्तावित विमानस्थलको जमिनमा नचाउन थाले भने कतिपयलाई लठ्ठाहरूको सहयताले तान्न लगाए (तस्वीर हेरौँ) । ठुल्ठुला काठका मुढाहरू घिसार्दै मैदान सम्याउने क्रम पछिसम्मै रह्यो ।
देशका अत्यधिक चाप भएका विमानस्थल मध्येको एक यस विमानस्थलको रन वे लामो समय घाँसे मैदान जस्तै थियो भने विसं २०५८ सालमा कालोपत्रे गरियो ।
बढ्दो हवाई चापलाई व्यवस्थापन गर्नका लागि नेपाल सरकारले हाल लुक्ला विमानस्थल क्षेत्रमा कम्तीमा ५ वटा नयाँ हेलिप्याड बनाउने तथा रन वे को स्तरोन्नतिको कार्य गरिरहेको छ जुन सन् २०२० को अन्तसम्म लक्ष्य राखिएकोमा उक्त अवधिमा कामले मुर्तरूप लिन सकेको छैन् । यस विमानस्थलमा सन् १९७३ देखि हालसम्म सानाठुला गरि कम्तीमा १ दर्जन दुर्घटना हुँदा थुप्रै स्वदेशी तथा विदेशी नागरिकले अकालमा ज्यान गुमाएका छन् कैंयन् अंगभंग भएका छन् ।
पाठकहरूलाई नेपाल र नेपालीको ऐतिहासिक वाङ्मय र लेखन परम्परासँग परिचित गराउने उद्देश्यले द मार्जिनद्वारा अर्काइभ शुरू गरिएको हो । अर्काइभको यो अंकमा हामीले प्रस्तुत गर्यौँ, ओल्ड फोटोज अफ नेपालद्वारा प्रकाशित 'लुक्ला विमानस्थल, २ हजार ६ सय ५० डलरमा किनिएको भिरालो बारी' शीर्षककाे इतिहास । इतिहासपाठलाई यथाशक्य मूलपाठकाे वर्णविन्यासअनुसार संरचित गरिएकाे छ । -स.
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् । | 2022-11-29T23:50:48Z | https://themargin.com.np/archive/3473/ | OSCAR-2301 |
पब्जी विश्वकपको फाइनल चरण पुगेको नेपाली टिम, एक करोड बढी रकम नेपाल भित्र्याउँदै कतारमा कस्ले जित्ला उँटको विश्वकप ? जुनियर गर्ल्स फुटसल भोलि नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय रग्बी हुने विश्व टेबलटेनिस छनोटमा नेपाली घरको साथ
Home
मार्सल आर्ट
नुवाकोट तेक्वान्दो संघमा सापकोटा निर्वाचित
नुवाकोट तेक्वान्दो संघमा सापकोटा निर्वाचित
सबै खेल
August 22, 2021 August 22, 2021
Read Time:2 Minute
नुवाकोट जिल्ला तेक्वान्दो संघको अध्यक्षमा शरण उत्सुक सापकोटा निर्वाचित भएका छन् । नुवाकोटको बटारमा सम्पन्न चौथो जिल्ला अधिवेसनबाट उनी लगायत सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।
संघको उपाध्यक्षमा रमेश श्रेस्ठ, सचिवमा शरण घले र कोषाध्यक्षमा रामचन्द्र तामाङ चयन भए । यस्तै सदस्यहरुमा ध्रुुवकुमार रावल, शिवलाल श्रेष्ठ, बुद्धिबहादुर तामाङ, श्रीकृष्ण श्रेष्ठ र महेन्द्र थापा मगर छन् ।
संघको नवनिर्वाचित पदाधिकारीहरुले एक कार्यक्रमका बिच सपथ ग्रहण गरेका छन् । समारोहका प्रमुख अतिथी नुवाकोट तेक्वान्दो संघका संरक्षक, पर्यटन ब्यवसायी सुमन पाण्डेले नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गरे।
सो अवसरमा उनले तेक्वान्दो खेलाडी उत्पादनमा कहलिएको जिल्लाका रुपमा परिचित नुवाकोटले आगामी दिनहरुमा अरु राम्रा खेलाडी उत्पादन गर्न आवश्यक भएको औंल्याए। वागमती प्रदेश अध्यक्ष केशव पुरीले तेक्वान्दोका राम्रा खेलाडी उत्पादनमा कमि आएकोले त्यसको कारण खोजेर जिल्ला संघहरु अघि बढ्नु पर्ने बताए,
नवनिर्वाचित अध्यक्ष शरण उत्सुक सापकोटाले तेक्वान्दो खेलाडी उत्पादन गर्नलाई प्रशिक्षणका क्रियाकलाप सञ्चालन गर्ने, अघिल्ला समितिको अधुरा कृयाकलापलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे। विदुर नगरपालिका वडा नम्बर २ मा रहेको कभर्ड हलमा तेक्वान्दोको खेल सञ्चालन गर्नलाई विशेष प्राथमिकता दिने र खाली समयमा मात्र अन्य खेल सन्चालनलाई अनुमती दिने अध्यक्ष सापकोटाले बताए। | 2022-12-05T10:48:29Z | https://sabaikhel.com/martial-arts/nuwakot-tekwando-sang/?amp=1 | OSCAR-2301 |
कार्यक्रम बुलबुल (शीतल कादिम्बिनीको साथमा) - Smritisangraha
कार्यक्रम बुलबुल (शीतल कादिम्बिनीको साथमा)
कार्यक्रम बुलबुल डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्
...मैले औसत साहित्य, संगीत र सिर्जनाहरु समस्त लोक ढुकढुकीहरुमा बस्न सकेको पाएको छु, जुन वैचारिक र सुखदभन्दा पनि दुःख र पीडाको दर्दयुक्त मुटु च्यातेर निस्केका भावनाहरुबाट बनेका छन् । शीतल कादिम्बिनीका गजल रचनाहरु त्यस्तै लाग्छन् । जीवनमा एउटा त्यस्तै परिस्थितिले सायद कादिम्बिनीलाई साहित्यकार अथवा भनौं गजलकार बनाएको थियो । मैले यस्तै महशुश गरें । साहित्यकारहरुमा भावनात्मक संवेदनशीलता बढी हुन्छ । त्यही संवेदनशीलताको उब्जनी हो भावना र साहित्य सिर्जना । कार्यक्रमको उत्तरार्धमा कादिम्बिनीको भावुकता पोखिंदा यता आफै पनि पोखिएको थाहै भएन । कादिम्बिनीलाई उठाइदिने अच्यूत घिमिरे थियो । मलाई कसैले उठाएनन् । मेरो भावुकता अर्थहीन भै पोखिईरह्यो, पोखिईरह्यो । | 2020/08/06 18:11:11 | https://www.gurungram.com.np/2013/12/Bulbul-With-Shital-Kadimbini.html | mC4 |
चौतारी र प्रतीक्षालयमा पढाइ – EducationPati – A complete news portal on Education in Nepal
रामपुर । पहिले पठनपाठन चौतारी, प्रतीक्षालय तथा ठाँटी र पौवामा हुन्थ्यो । कोरोना महामारीले गर्दा यहाँका विद्यार्थीलाई पढाइमा ध्यान केन्द्रित गराउन पहिले झैँ गाउँका चौतारी र प्रतीक्षालयमा पढाउन थालिएको छ।
भौतिक दूरी कायम गरी मास्क, स्यानीटाइजरको प्रयोग र साबुनपानीले हात धुन लगाएर टोलटोलमा रहेका चौतारी, प्रतीक्षालय र खुला चौरमा विद्यार्थीलाई राखेर शैक्षिक पठनपाठन शुरु गरिएको हो। जिल्लाका रामपुर नगरपालिका तथा निस्दी र रैनादेवी छहरा गाउँपालिकाका विद्यालयले टोलटोलमा पठनपाठन सञ्चालन गरेका छन्। सानो सानो समूह बनाएर कोरोना भाइरस सङ्क्रमणको जोखिमबाट सजगता अपनाउँदै पढाउन थालिएको छ। यसले शैक्षिक कार्यमा विद्यार्थीलाई आकर्षित बनाएको पाइएको छ।
निस्दीले सामुदायिक विद्यालयमा क्वारेन्टिन निर्माण गरेकाले गाउँगाउँमा शिक्षक परिचालन गरेर समूहसमूहमा विद्यार्थीलाई पढाउन थालेको स्रोतव्यक्ति नरबहादुर थापा बताउछन्। रैनादेवी छहराले पनि चौरमा विद्यार्थीलाई राखेर पढाउने गरेको छ। रामपुरका सामुदायिकसँगै केही संस्थागत विद्यालयले पनि टोलटोलमा विद्यार्थी बोलाएर पढाउने गरेका छन्। विद्यार्थीले विद्यालय बन्दपछि घरमा खेलेर र मोबाइल हेरेर मात्र समय बिताउन थालेपछि पढाइमा ध्यानाकर्षण गराउन शिक्षकलाई टोलटोलमा पठाएर सिकाइ सहजीकरण शुरु गरिएको रामतुलसी माविका प्रधानाध्यापक बालकृष्ण लम्सालले बताए।
कक्षा १२ मा शिक्षा र व्यवस्थापन सङ्कायमा विद्यार्थी सङ्ख्या धेरै हुँदा शिक्षण कसरी गर्ने भन्ने विषयमा भने विद्यालयले छलफल गरिरहेको छ। विज्ञान सङ्कायका विद्यार्थीलाई अनलाइनमार्फत पढाउन थालिएको छ।
टोलटोलमा राखेर शिक्षण गर्दा कोरोनाको जोखिमका साथमा व्यवस्थापन चुनौती रहेको शिक्षक भरत घिमिरे बताउछन्। उनका अनुसार बिहान ६।०० देखि ९।०० बजे समय तालिका बनाएर पढाउने गरिएको छ। विद्यालय बन्द रहेका समयमा पढ्न पाउँदा पढाइमा चासो बढेको र घरमै बसेर पनि पढ्ने कार्यमा ध्यान गएको रामतुलसी मावि कक्षा ८ की छात्रा श्वेता रेग्मी बताउछिन्।
पूर्वखोला गाउँपालिकाले पनि विद्यार्थीको पढाइलाई सहजीकरण गर्न गाउँगाउँमा कक्षा सञ्चालन कार्यक्रम ल्याएको छ। उक्त पालिकाले असार १ गतेदेखि हरेक गाउँका १० देखि १२ जनासम्म विद्यार्थी जम्मा गरेर शिक्षण गराउने कार्यक्रम अघि सारेको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताए। गाउँपालिकाका शिक्षा शाखा अधिकृत डिल्लीराम ढुङ्गानाले गाउँमा कुनै पनि शिक्षण पेशामा आबद्ध शिक्षक नभएमा त्यहाँ बसोबास गर्ने शिक्षित व्यक्ति परिचालन गरिने पढाइने बताए।
वैकल्पिक शिक्षा सहजीकरण निर्देशिका २०७७ अनुसार पाँच श्रेणीमा विभाजन गरेर शिक्षा सञ्चालन गर्न भनिएको छ। कोरोनाको जोखिम दैनिक बढ्दै गएको र विद्यालयलाई क्वारेन्टिन बनाइएको हुँदा फोनमार्फत वा सामाजिक सञ्जालबाट विद्यार्थीसँग सम्पर्कमा रहेर पढ्ने कार्यमा उत्प्रेरणा दिन सबै विद्यालयका शिक्षकलाई अनुरोध गरिएको जिल्ला शिक्षा समन्वय तथा एकाइ प्रमुख रमेशराज पौडेल बताउछन्।पाल्पाका ४९३ सामुदायिक विद्यालयमध्ये १६५ विद्यालयमा क्वारेन्टिन निर्माण गरिएको छ। | 2022/07/02 13:59:22 | https://educationpati.com/choutarima-padhai/ | mC4 |
काग्रेसलाई कमजोर ठान्ने दुष्प्रयास नगरियोसः नेता बस्नेत – RaptiSandesh
Home / Feature Breaking news / काग्रेसलाई कमजोर ठान्ने दुष्प्रयास नगरियोसः नेता बस्नेत
काग्रेसलाई कमजोर ठान्ने दुष्प्रयास नगरियोसः नेता बस्नेत
दाङ,२५ बैशाख । नेपाली कांग्रेसको जागरण अभियान सुरु भएको छ । नेपाली काग्रेस दाङले घोराहीमा उपमहानगरपालिकाका हलमा आयोजना गरेको कार्यक्रममा नेपाली काग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले पिपलको बोटमा पानी चारेर जागरण अभियानको उद्घाटन गरेका थिए ।
अकार्यक्रममा बोल्दै नेपाली काग्रेसकी जिल्ला कोषाध्यक्ष सावित्रा रानाले काग्रेसलाई सृदृढ र परिष्कृत पार्टी निर्माणमा सहयोग पुग्ने बताएकी थिइन ।
नेपाली कांग्रेस दाङका सभापति कृतिबहादुर खड्काको अध्यक्षतामा राष्ट्रिय जागरण अभियानको उद्घाटन भएको थियो । नेपाली कांग्रेस दाङका पार्टी उपसभापति कमानसिंङ भारतीको स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रमको सहजीकरण काग्रेस जिल्ला सचिव शंकरप्रसाद डाँगीले गरेका थिए । | 2021/03/06 10:38:13 | http://raptisandesh.com/2019/05/08/8746/ | mC4 |
चट्टानको ढिस्को डुंगामा खस्दा एकै पटक यति धेरैको मृत्यु! – PathivaraOnline
Home > अन्तराष्ट्रिय > चट्टानको ढिस्को डुंगामा खस्दा एकै पटक यति धेरैको मृत्यु!
एजेन्सी । ब्राजिलको एउटा तालमा डुंगा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । घटनामा २० जना बेपत्ता भएका छन् ।
ब्राजिलको दक्षिणपुर्वी क्षेत्रको मिनास गेराइस राज्यको तालमा ४७ यात्रु सहितको डुंगामाथि चट्टान सहितको ढिस्को खस्दा दूर्घटना भएको हो । तालको छेउमा रहेको चट्टान दुई चिरा भई डुंगामाथि खसेको जनाइएको छ । ब्राजिलमा केही दिनदेखि जारी लगातार बर्षाका कारण चट्टान खसेको अनुमान गरिएको छ । तालमा खसेको चट्टानमा ३ वटा डुंगा ठोक्किएका थिए ।
विश्वकै धनी इलोन मस्कसँग
विश्वकै सर्वाधिक धनी व्यक्ति इलोन मस्क अब भौतिक सम्पत्तिबिहिन बनेका छन्। अर्थात् मस्कसँग अब न कुनै घर छ, न एक चिम्टी माटो नै! विद्युतीय सवारी उत्पादकमा सबैभन्दा मूल्यवान कम्पनी टेस्लाका साथै अन्तरिक्ष विज्ञानको क्षेत्रमा महत्वाकांक्षी काम गर्दै आएको कम्पनी स्पेस एक्सका संस्थापक मस्कले गतवर्ष नै आफूलाई सम्पूर्ण भौतिक सम्पत्तिबाट मुक्त गर्ने घोषणा गरेका थिए। भौतिक सम्पत्तिले ठुला लक्ष्यबाट आफूलाई विचलित गर्ने भन्दै यसबाट छुटकारा चाहेको उनले बताएका थिए।
मस्कले उनको नाममा बाँकी रहेको सिलिकन भ्याली (क्यालिफोर्नियास्थित) अन्तिम हवेली पनि बिक्री गरेका छन्। त्यससँगै उनले सो घरबारे उल्लेख गर्दै लेखेका छन् – 'त्यो कुनै ठूलो परिवारका लागि ठिक थियो जुन अब त्यहाँ बस्न जाँदैछन्। यो ठाउँ विशेष छ।'
मार्समा स्पेस एक्स पुर्याउनेजस्ता ठुला लक्ष्यहरुमा आफूलाई केन्द्रित गर्न सन् २०२० मा उनले आफ्ना सम्पूर्ण घरजग्गा लगायतबाट छुटकारा लिएर चाहेको बताएका थिए। सोही क्रममा यसै वर्षको मध्यतिर उनले १० बेडरुमको १४८६ वर्गमिटरको एउटा बङ्ग्लोबाहेक अरु सबै सम्पत्तिहरु बेचिसकेको सार्वजनिक गरेका थिए। बाँकी सोही एउटा प्रोपर्टी पनि अहिले उनले ३ करोड डलरमा बिक्री गरेका हुन्। | 2022/01/18 16:38:21 | https://pathivaraonline.com/archives/82491 | mC4 |
चिन्ता पेटको लकडाउनको - समय-समाचार
चिन्ता पेटको लकडाउनको
समय-समाचार शुक्रबार, २०७६ चैत्र १४ गते, ०२:३२ मा प्रकाशित
लोकेन्द्र भट्टको रिपोर्ट
काठमाडौँ । कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढेपछि मङ्गलबारदेखि मुलुक साताव्यापी 'लकडाउन' मा छ । खाद्यान्नलगायत अत्यावश्यकीय सेवाबाहेक सबै सेवाहरु ठप्प छन् । सर्वसाधारणको दैनिक क्रियाकलाप ठप्प छ । तर रामेछापका कुमार तामाङलाई लकडाउनले छोएको छैन ।
काठमाडौँको डिल्लीबजारमा बस्ने कुमार साँझ विहानका लागि खानाका जोहो गर्न अहिले पनि सडकका छेउ–छाउ र बस्तीका गल्ली–गल्ली डुलिरहेका छन् ।
कुमारको दैनिक कमाइ ३ सय ५० रुपैयाँ हो । त्यसका लागि उनी विहान ६ बजेबाट सडकका छेउ र बस्तीका गल्ली गल्ली पुग्छन् । त्यहाँ भेटिने कवाडी उठाउँछन् । सरकारले नागरिकलाई घर बाहिर नआउन आग्रह गरिरहेको छ । तर कुमारको भोको पेट सरकारको आग्रहबाट भरिने कुरा भएन । बिहीबार विहान मात्र उनी कवाडी उठाउँदै बौशाला – थापाथली हुँदै शंखमुल पुगे ।
शंखमुलको पुलमुनि र सडकको छोउमा रहेको कवाड उठाउँदै थिए । त्यहाँसम्म पुग्दा पनि कुमारलाई प्रहरीले कुनै अवरोध गरेन । लकडाउन उल्लङ्घन गर्नेमाथि डण्डा बर्साउने गरेको प्रहरीबारे कुमारले भने, 'यो धोक्रो बाक्ने मान्छे, यता कता बाटो मै मर्ने हो भनेर होकी ? पुलिसले गाली केही गरेको छैन । ठाउँ ठाउँमा चेकिङ छ । तर, मलाई कही केही भनेन ।'
लकडाउनकै बीच उनी विभिन्न ठाउँ चाहार्दै दिनमा दुई – तीन ट्रिप कवाडी उठाउँछन् । कुमारले दिनमा २०/२५ किलो कवाडी संकलन गर्छन् । उनका अनुसार एउटा धोक्रोमा सात–आठ किलो कवाडी हुन्छ ।
त्यो लिएर उनी शंखमुलको बालकुमारी पुलस्थित एक पसलमा पुर्याउछन् । लकडाउनले उनलाई नछोए पनि पेसामा प्रभाव पारेको छ । लकडाउनपछि कवाडी पसल विहान मात्र खुल्छ । उनले भने, 'बन्दले समस्या छ । तर बिहान एक पटक मात्र खुलेपनि हामीलाई दिनभरी खान पुग्छ ।'
उनी दिउँसो उठाएको सबै कवाडी त्यही पसलमा राखिदिन्छन् । पहिले जस्तो लकडाउनपछि कवाडी पसलेले कवाडी पनि लिँदैनन् । 'पहिले हाम्रोमा ल्याउ, हाम्रो ल्याउ भन्दै तानातान गर्थे,' पहिलेको कुरा स्मरण गर्दै भने, 'अहिले सस्तोमा लैजाऊ भन्दा पनि लिँदैन । अहिले त एक धोक्रोको पचास रुपैयाँ पनि दिन मान्दैनन् । ढेड सय आउने सामानलाई पचास देऊ भन्दा पनि लिँदै लिँदैनन् । काम गरेर पनि पैसा पाएको छैन ।'
लकडाउनसँगै उनको कमाइएको आधा भाग खोसिएको छ । तर उनी भोको पेट भर्न हिजो र आज पनि सदाझैँ विहान ६ बजे देखिनैै कवाडीभित्र भोजन खोज्दै हिँडेका छन् ।
कुमारका अनुसार पहिले २० रुपयाँ किलोमा बिक्ने कवाडी अहिले १२ रुपयाँ मात्र बिक्री हुने गरेको छ । त्यो पनि कुमारले सङ्कलन गरेको कवाडी नियमित लिँदै गरेका बालकुमारी पुलका एक पसलेले मात्र राखिदिने गरेका छन् ।
पहिले काम गर्दा हुने कमाइबाट साँझ र विहान भात खान पुग्थ्यो । अहिले उनको भोजन भुजामा झरेको छ । आफ्नो बाध्यता सुनाउँदै कुमारले भने, 'आज कमायो, आजलाई ठीक हुन्छ । भोलि कमायो भोलिलाई ठीक हुन्छ । अनि के गर्ने ? यसरी कवाडी नटिप्यो भने त भोकै मरिन्छ ।'
लकडाउनबाट काठमाडौँ उपत्यकामा कवाडी टिपेर खानेहरुको पीडा चुलिएको छ । आफ्ना पीडा सुनाउँदै उनले भने, 'दिनभरी काम ग-यो मालको भाउ केही छैन । सरकारले लामो दिनसम्म बन्द (लकडाउन) ग-यो भने हामी जस्ता रोगबाट मात्र होइन, भोकबाट मर्छौँ । कोही मागेर खाने छन् । कोही यस्तै कवाडीका बोरा बोकेर खानेहरु छन् । यस्तो अवस्था लम्बिँदै गयो भने भोकमरीले मरिन्छ होला ।'
दिउँसो पसिना बगाए मात्र साँझ विहान मुखमा माड लाग्नेहरुका लागि सरकारले केही सोच्नुपर्ने कुमार बताउँछन् । उनले भने, 'बन्द खुल्दैन भने सरकारले बस्न त त्यस्तै होे खाने व्यवस्था गरिदिएको भए हुने थियो ।' सरकारले केही खाने कुराको प्रवन्ध गरेन भने यो अवस्थामा चोरी र लुटपाट बढ्न सक्ने उनको अनुमान छ ।
लकडाउनपछि निम्तने खतराबारे कुमारले भने, 'मैले मनमा यसो विचार गरेको अझै १० दिन यस्तै भयो भने लुटपाट बेसी (धेरै) हुन्छ यहाँ । भोकै बस्न सकिँदैन । चोरेरै भए पनि खानुपर्ने हुन्छ । मैले त यो काम गरेर भए पनि पेट भरेको छु । सबै यस्तो कहाँ गर्छन् र?'
तर त्यसमा पनि उनीहरुकै पैसा चोर्नेहरुको कमी छैन । 'कहीले काँही हामी धोक्रो बोक्नेहरुको पनि पैसा चोरी दिन्छन् । चोर्ने पनि हामी जस्तैको हो । दिउँसो यो अपाङ्ग खुट्टाले कवाडी उठाउँदै कमाएको सय– पचास रुपयाँ पनि चोरी हुन्छ ।'
अपाङ्ग शरीरका बाबजुद ५ वर्षदेखि उनी काठमाडौँमा कवाडीभित्र आफ्नो प्राण जोडिरहेका छन् । उनी भन्छन्, 'गाउँमा आमा बुवा छैन । दाजुभाइ हुनुहुन्छ । गाउँमा गयो भने झन भोकै बस्नुपर्छ । सकी नसकी यतै गुजारा चलाइरहेको छु ।'
उनी जन्मजात अपाङ्ग भने होइनन् । हिजोका दिनमा कुमार भारी बोकी दैनिक गुजारा चलाउँथे । काठमाडौँको कालिमाटीमा भारी बोक्दै कयौँ वर्ष विताए कुमारले । तर त्यही क्रममा बसबाट सामान झार्दा सामानसँग उनी पनि भुइमा बजारिए ।
कुमारको जीवनको बर्जापात त्यहीबाट सुरु भयो । ढाडमा गहिरो चोट लाग्यो । यता एउटा खुट्टाले आंशिक मात्र साथ दियो । अनि उनले भारी बोक्ने सामथ्र्य गुमाए । त्यसपछि कुमारको पेटभर्ने मेसो कवाडी उठाउने काम बन्यो । आफ्नो कामप्रति कुमारलाई अहिले पनि हिन्ताबोध छैन । उनल भने, 'मान्छेले जे भने पनि काम भनेको काम नै हो । आफ्नो शरीरले धानेको काम गरिरहेको छु ।'
सडक मानवमुक्त शहर अभियान अन्तर्गत केही समयअघि कुमारलाई मानव सेवा आश्रमले समातेर लगेको थियो । तर त्यहाँ स्थायी बस्ने र खाने व्यवस्था गरिएन । उनले भने, 'हामी केहीलाई समातेर लग्यो । त्यहाँ फोटो खिच्छ र कागज बनाउँछ पठाइ दिन्छ । फेरि आफ्नै काममा फर्किनुपर्छ । लगिसकेपछि काम गरि खान नसक्ने मान्छेलाई पाल्नुपर्छ नि ।' उनले आफ्नो दुःख बिसाए । (साभार: रातो पाटी) | 2022/07/05 06:08:40 | https://samayasamachar.com/2020/03/27/%E0%A4%9A%E0%A4%BF%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A4%BE-%E0%A4%AA%E0%A5%87%E0%A4%9F%E0%A4%95%E0%A5%8B-%E0%A4%B2%E0%A4%95%E0%A4%A1%E0%A4%BE%E0%A4%89%E0%A4%A8%E0%A4%95%E0%A5%8B/ | mC4 |
मोबाइललाई 'डार्क मोड' मा राख्नु आँखा र फोन दुवैका लागि राम्रो | Suvadin !
'डार्क मोड'
Nov 18, 2019 07:06
एजेन्सी । राति सुत्नु अगाडि र बिहान आँखा खुल्नासाथै मोबाइल हेर्ने बानी अहिलेका प्रायः सबै मानिसमा हुन्छ । यस्तोमा लगातार फोनको चकिलो स्क्रिन हेर्दा थाकेको हाम्रो आँखाका लागि पछिल्लो समय आएको नयाँ 'डार्क मोड' फिचर बरदान सरह साबित हुन सक्छ । आँखालाई फाइदा पुर्याउनुका साथै यसले मोबाइलको ब्याट्रीलाई समेत लामो आयु प्रदान गर्न सक्ने प्राविधिक विद्हरुको दाबी छ ।
यति मात्र नभएर डार्क मोडले हामीलाई फोन कम चलाउनमा समेत मद्दत गर्न सक्ने बताइएको छ । सबै अवस्थामा उपलब्ध नभएपनि अहिलेका नयाँ एप र फोनहरुमा डार्क मोड अन गर्न सकिन्छ । विशेषगरी लामो समयसम्म प्रयोग गरिरहनुपर्ने एपहरुले धेरै अगाडि नै डार्क मोड फिचर अपनाइसकेका थिए जस्तै भिडियो एडिटर , एडोब र ट्वीटरले २०१६ देखि नै डार्क मोड अपनाएको हो । केही समय अगाडि मात्र लोकप्रिय सामाजिक संजाल इन्स्टाग्राम र युट्युबमा समेत यो फिचर जारी गरिएको छ ।
यसरी कसैले दिनभर फोन नचलाउने भएपनि सुत्नु अगाडि अँध्यारोमा केही समय त मोबाइल खोलेर हेर्ने नै गरेको हुन्छ जुन हाम्रो आँखाका लागि अत्यन्तै घातक साबित हुन सक्ने चिकित्सकहरुले पहिले देखि बताउँदै आएका छन् । आँखालाई तनाव हुनुका साथै रातिको समयमा चकिलो स्क्रिन हेर्नुले हाम्रो निद्रा चक्रलाई समेत अवरोध गर्न सक्छ र अनिद्रा लगायतको समस्या उत्पन्न गराउँछ । स्टेट युनिभर्सिटी अफ न्युयोर्क कलेजका प्रोफेसर डाक्टर मार्क रोजेनफिल्डका अनुसार मान्छेले फोन चलाउँदा मोबाइललाई आँखाबाबट कम्तीमा पनि १६ इन्च टाढा राख्नुपर्छ ताकि हाम्रो आँखालाई फोकस गर्न धेरै दबाब नहोस् । त्यस्तै अत्याधिक चकिलो स्क्रिनले पनि आँखालाई धेरै हानि पुर्याउने हुँदा सुत्नु अगाडि सकेसम्म डार्क मोड नै अपनाउन उनले सुझाव दिएका हुन् ।
यसका साथै डार्क मोडले हाम्रो ब्याट्रीलाई पनि कम खर्च गराउँछ भने धेरै ब्राइट स्क्रिन राख्नुले चार्ज छिटै सकिने समस्या हुन्छ । विन्डोज टेनका प्रयोगकर्ताले 'सेटिङमा गएर पर्सनलाइजेसनमा गइ, कलर्समा डार्क मोड स्वीच' गर्न सक्छन् । त्यस्तै सामसुङ, पिक्सेल, एप्प्ल लगायत विभिन्न कम्पनीका पछिल्ला डिभाइसमा पनि डार्क मोडको फिचर उपलब्ध रहेको छ भने एन्ड्रोइडका लेटेस्ट फोनमा पनि यो सेवा छ । यसबाहेक किताबहरु पढ्न मिल्ने एपहरुमा पनि डार्क मोड हुने गर्दछ । प्राविधिक विश्लेषकहरुले मान्छेको बढ्दो स्क्रिन समयको नकारात्मक प्रभाव रोक्न डार्कमोड उपयुक्त समाधान भएकाले अबका धेरै भन्दा धेरै एपहरुले यस्तो फिचर समावेश गर्ने बताएका छन् । | 2020/07/02 19:08:39 | https://suvadin.com/news/lifestyle/mobile-in-dark-mode | mC4 |
कोभिड–१९ को बीमा भुक्तानी माग गर्दै पत्रकार महासङ्घ मोरङद्वारा उच्च अदालतमा रिट दायर – इन्सेक
कोभिड–१९ को बीमा भुक्तानी माग गर्दै पत्रकार महासङ्घ मोरङद्वारा उच्च अदालतमा रिट दायर
कोभिड–१९ को बीमा भुक्तानीको माग गर्दै नेपाल पत्रकार महासङ्घ मोरङ शाखाले भदौ २१ गते उच्च अदालत विराटनगरमा रिट दायर गरेको छ ।
कोभिड–१९ सङ्क्रमित पत्रकारलाई बीमा कम्पनीले बीमा वापतको रकम भुक्तानी नगरेको भन्दै रिट दायर गरिएको हो । बीमा अवधि समाप्त हुँदा पनि ३१ जना पत्रकारको बीमा भुक्तानी नभएको भन्दै भदौ २१ गते पत्रकार महासङ्घ मोरङ शाखाका तर्फबाट सचिव नेत्रप्रसाद अधिकारीले उच्च अदालतमा रिट निवेदन दायर गर्नु भएको हो ।
पत्रकार महासङ्घ मोरङ शाखा र अजोड इन्स्योरेन्स कम्पनीबिच द्विपक्षीय सम्झौता भइ मोरङका २ सय १० जना पत्रकार र उनीहरूका परिवारका सदस्यहरूको बीमा गरिएको थियो । त्यसमध्ये ५१ जना बीमितहरूमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि आवश्यक कागजातका आधारमा २० जनाले बीमितले बीमा दाबी भुक्तानी पाएका छन् ।
भुक्तानी दाबी माग गरेको १० महिना बितिसक्दा पनि कम्पनीले भुक्तानी दिनुको साटो भुक्तानी दिन नसक्ने व्यहोराको पत्र ०७८ साउन ३२ गते पठाएको थियो ।
अजोड इन्सोरेन्सले जारी गरेको बीमालेखमा तोकिएको अवधिसम्म खारेज गर्न नसकिने, पीसीआर टेस्ट पोजिटिभ देखिएमा सङ्क्रमित व्यक्तिलाई १ लाख रुपियाँ सम्मको दाबी भुक्तानी दिने, बीमितको मृत्यु भएमा इच्छाइएको व्यक्तिलाई भुक्तानी गर्ने र बीमितले रितपूर्वक निवेदन दिएको सात दिनभित्र रकम भुक्तानी दिने सम्झौता उल्लेख छ ।
तर कम्पनीले सात दिनभित्र भुक्तानी दिइसक्नु पर्ने रकम १० महिना बितिसक्दा नदिएको नेपाल पत्रकार महासङ्घ मोरङका सचिव नेत्रप्रसाद अधिकारीले बताउनु भयो ।
नेपाल पत्रकार महासङ्घले बीमा रकम भुक्तानी नहुनुको कारण माग गर्दै पत्राचार गरेको थियो । त्यसको जबाफमा नेपाल सरकारसँग रकम माग गरेको र सरकारले उपलब्ध गराएपछि मात्र भुक्तानी दिनसक्ने व्यहोराको जवाफ अजोड इन्सोरेन्स कम्पनीले दिएको सचिव अधिकारीले बताउनु भयो ।
कम्पनीको नियमअनुसार आवश्यक प्रिमियम तिरेर बीमा गरेका बीमितहरूलाई भुक्तानी दिन नसकिने भन्ने गैरजिम्मेवार जबाफ दिएपछि नेपाल पत्रकार महासङघले उच्च अदालत विराटनगरमा परमादेश माग गर्दै रिट दायर गरेको हो ।
रिट निवेदनमा अजोड इन्सोरेन्ससँग बीमा सम्झौता गर्दा कोभिड–१९ मापदण्ड २०७७ बमोजिम दाबी भुक्तानीका लागि बीमकलाई आदेश निर्देशन दिने तथा नेपाल सरकारसँग समन्वय गरिदिने जिम्मेवारी भएको बीमा समिति, सरकारको नीति सबै प्रतिवद्धता बमोजिम समयमा आवश्यक रकम बन्दोबस्त गरिदिने जिम्मेवारी भएको अर्थ मन्त्रालय र नेपाल सरकार मन्त्रिपरिषद्को कार्यालयसमेतलाई विपक्षी बनाइएको छ ।
विपक्षीले कानुन बमोजिम भुक्तानी दिनुपर्ने रकम रोकेर राखी निवेदकहरूको संवैधानिक एवम् कानुनी हक अधिकारमा आघात पुर्याउने काम गरेकोले नेपालको संविधानको धारा १८ र बीमा ऐन २०४९ को दफा ८ तथा कोरोना बीमा मापदण्ड २०७७ को दफा ११, १६(३), (४) र (५) बमोजिम बीमितहरूले बीमाङ्क रकम पाउने अधिकार हनन भएको रिट निवेदनमा उल्लेख छ ।
निवेदनमा जिम्मेवार पक्षले रकम निकासा, आदेश, निर्देशन वा भुक्तानीसमेत जे–जे गर्नुपर्ने हो गर्नेगरी दाबी रकम भुक्तानी दिनु भनि विपक्षीको नाममा परमादेशलगायतको आदेश जारी गर्न माग गरिएको छ ।
मानव अधिकार रक्षकसम्बन्धी घोषणापत्र सन् १९९८ ले पत्रकारलाई मानव अधिकार रक्षकको रूपमा परिभाषित गरेकाले मानव अधिकारको सम्मान गर्न समेत नेपाल पत्रकार महासङघले उच्च अदालत विराटनगरमा दायर गरेको रिटमा अदालतसँग परमादेश माग गरिएको छ । | 2021/10/26 23:49:26 | https://inseconline.org/np/news/%E0%A4%95%E0%A5%8B%E0%A4%AD%E0%A4%BF%E0%A4%A1-%E0%A5%A7%E0%A5%AF-%E0%A4%95%E0%A5%8B-%E0%A4%AC%E0%A5%80%E0%A4%AE%E0%A4%BE-%E0%A4%AD%E0%A5%81%E0%A4%95%E0%A5%8D%E0%A4%A4%E0%A4%BE%E0%A4%A8/ | mC4 |
झप्टीमा जलवायु शिक्षा – Online Jagaran
२७ माघ २०७५, आईतवार १८:११ February 10, 2019 जागरण
बर्दिया, २७ माघ (जागरण) । बर्दियाको राजापुर नगरपालिका वडा न ६ झप्टीका नागरिकहरुलाई जलबायु शिक्षा प्रदान गरिएको छ । टोलका ५२ जना नागरिकहरुलाई घरधुरीमै पुगेर शिक्षा प्रदान गरिएको हो ।
जस अन्र्तगत जलबायु परिर्बतन के हो, यसका असरहरु के के हुन्, असरहरु रोकथामका लागि नागरिकको भुमिकाहरु के के हुन सक्छन् भन्ने बिषयमा छलफल गरिएको थियो ।
टोलमा जलबायु परिर्बतन संग सम्बन्धीत समस्याहरु समाधानका लागि आगामि दिनमा के गर्न सकिन्छ भन्ने बिषयमा टोल स्तरमा कार्ययोजना समेत निर्माण गरिएको छ ।
प्रत्येक साता सरसफाई गर्ने, पलाष्टीकलाई एकै ठाउँमा जम्मा गरी व्यवस्थापन गर्ने, चौताराहरुमा सार्बजनिक शौचालय निर्माण गर्ने, धारा छेउछाउमा सफा राख्ने, एक घर एक भाडा सुकाउने च्याङ्ग बनाउने लगायतका योजनाहरु त्य गरिएको सोही टोलका बडघर सन्तराम थारुले जानकारी दिनुभयो ।
राजापुर नगरपालिका ६ न. वडा कार्यालयको आयोजनामा, अमेरिकी सहयोग नियोगको आर्थिक सहयोग, एमविआइ ग्लोबलको प्राविधिक सहयोग र किर्डाक नेपालको सहजिकरणमा सञ्चालित पानी जलकचहरी कार्यक्रम अन्र्तगत यस अघि सम्पन्न भएको संकटासन्नता क्षमता विष्लेषण कार्यक्रमका सहभागिहरुले नागरिक शिक्षा प्रदान गरिरहेका छन् ।
वडाका जनप्रतिनीधि, बडघर लगायतको अगुवाईमा नागरिक शिक्षा प्रदान गरिएको हो । वडा कार्यालयले नै जनप्रतिनिधी र बडघरहरुलाई मात्र शिक्षा दिएर व्यवहारमा लागु गर्न कठिनाई रहेको भन्दै वडाका सबै टोलमा नागरिकहरुलाई शिक्षा प्रदान गर्न एक सहभागि एक समूदाय सिकाई आदान प्रदान अभियान सुरु गरेको थियो । वडा कार्यालयले सोहोली र महादेउली टोलमा नागरिक शिक्षा प्रदान गरिसकेको छ । | 2021/10/21 22:28:18 | https://onlinejagaran.com/archives/6309 | mC4 |
आफ्नै गाउँको कथा हो 'गोपी' | चितवन पोष्ट
आफ्नै गाउँको कथा हो 'गोपी'
नारायणगढ । मौलिक कथामा निर्माण भएको चलचित्र 'गोपी'ले प्रदर्शनको पूर्वसन्ध्यामा देशव्यापी प्रचार थालेको छ । माघ १८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र विशुद्ध मौलिक कथामा निर्माण भएकोले सफलता पाउनेमा पूर्ण विश्वस्त रहेको निर्माण पक्षले दाबी गरेको छ ।
'चलचित्रमा आफ्नै गाउँको कथा देखाउन खोजिएको छ,' लेखक एवम् पत्रकार सामीप्यराज तिमल्सिनाले भने, 'नेपालमा केही छैन भनेर विदेश जाने युवाको लहर चलिरहेकै बेला नेपालमै बसेर केही गर्न सकिन्छ भन्ने सन्देश दिन गोपी निर्माण गरेका हौँ । त्यसैले आफ्नै देशमा बसेर सफलता हासिल गरेको युवाको कथा हो गोपी ।'
आफ्नै गाउँमा गाई पालेर सफलता कमाउन सकिन्छ भन्ने उदाहरण देखाउन खोजिएको उनले बताए । हरेक चलचित्रमा फरकफरक भूमिकामा प्रस्तुत भएका अभिनेता विपीन कार्की यस चलचित्रको मुख्य पात्र हुन् । उनले यो चलचित्रमा पनि फरक भूमिकामा अभिनय गरेको दाबी गरेका छन् ।
अभिनयको लागि पात्रलाई न्याय दिलाउन सक्नुपर्छ भन्ने मान्यता लिएर कलाकारितामा आएका विपीन गोपीमा गाईपालक किसानको भूमिकामा देखिँदैछन् । 'अहिलेसम्म किसानको भूमिकामा देखिएको थिइनँ,' उनले भने, 'अहिलेसम्म काम नगरेको भूमिका भएकोले यसमा पनि मलाई फरकरुपमा देख्न सक्नुुहुनेछ ।' सबैले देखेभोगेकै कथा भए पनि चलचित्रमा नआएको कथा भएकोले चलचित्र दर्शकको रोजाइमा पर्ने उनले दाबी गरे ।
चलचित्रकी नायिका वर्षा राउत भने चलचित्र गोपीमा भेटेरिनरी डाक्टरको भूमिकामा देखिएकी छन् । गाईबस्तुसँग त्यति धेरैनजिक नभएकोले पशु चिकित्सकको भूमिका निभाउन निकै गाह्रो भएको उनले सुनाइन् ।
यही माघ १८ बाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्र युनिट यतिबेला प्रचारप्रसारमा व्यस्त छ । शनिबार प्रचारप्रसारकै क्रममा लेखक तिमल्सिनासहित कलाकारहरु विपीन कार्की, वर्षा राउत र कार्यकारी निर्माता श्रीधर पौडेल चितवन आइपुगेका थिए ।
प्रचारप्रसारको लागि मोफसल आउने योजना नभए पनि प्रदर्शनको पूर्वसन्ध्यामा चितवन, पोखरा र बुटवललगायतका केही सहरमा पत्रकार भेटघाटको कार्यक्रम तय भएकोले पहिलोपटक चलचित्रको प्रमोसनको लागि नारायणगढ आएको निर्माण पक्षले जनाएको छ ।
चलचित्रमा विपीन र वर्षासँगै सुरक्षा पन्त, भोला सापकोटा, अंकित खड्का, प्रकाश घिमिरे, रमेश अधिकारी, हिउँवाला गौतम, सरोज अर्याल, कमलमणि नेपाल, गणेश मुनाललगायतका कलाकारले समेत अभिनय गरेका छन् । आरोही केसीले निर्माण गरेको चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । | 2019/08/22 16:02:14 | https://echitwanpost.com/78794/ | mC4 |
Bizpati.com - Leading Economic Online News Portal From Nepal | सेयर बेचेपछि ब्रोकर धाउनु पर्ने बाध्यता अन्त्य, ईडिआईएस बोर्ड बैठकमा पेश हुदै
सेयर बेचेपछि ब्रोकर धाउनु पर्ने बाध्यता अन्त्य, ईडिआईएस बोर्ड बैठकमा पेश हुदै
शिब धिताल/बिजपाटी Sep 11, 2018 | 09:02:43 AM
शेयर बिक्रि गरेपछि राफसाफको लागि ब्रोकर कार्यालय धाउनु पर्ने झन्झट अन्त्य हुने भएको छ । हाल सेयर किनेपछि लगानीकर्ताले चेक बुझाउन र सेयर बेचेपछि डेबिट इन्स्ट्क्शन स्लिप (डिआईएस) बुझाउन ब्रोकर कार्यालय जानु पर्ने बाध्यता छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले अनलाइनबाट नै डिआईएस बुझाउन सकिने गरी ई -डिआईएस सेवा सञ्चालनमा ल्याउने कार्य अन्तिम चरणमा पुर्याएको छ । यो सेवा सुचारु भएसंगै लगानीकर्तालाई सहजता हुने भएको हो ।
सिडिएसका प्रबक्ता सुरेश न्यौपाने ई-डिआईएस तयार भई अहिले परिक्षण भईरहेको बताए । साथै उनले आज नै सिडिएसको बोर्ड बैठकमा यसलाई पेश गर्ने तयारी भएको जानकरी दिए । बोर्ड बैठकको निर्णय अनुसार अगाडी बढ्ने प्रबक्ता न्यौपानेले बताए । उनले भने 'आज बेलुकाको बोर्ड बैठकपछि कसरी अगाडी बढ्ने भन्ने थाहा हुन्छ'।
उनका अनुसार आज बस्ने बोर्ड बैठकले अनुमति दिए ई -डिआईएस तत्काल कार्यान्वयनमा आउने छ । बोर्ड बैठकपछि नेपाल धितोपत्र बोर्डलाई जानकारी गराएर भदौ महिना भित्रै यसलाई कार्यन्वयनमा लैजाने योजना रहेको न्यौपानेले बताए ।
यो कार्यन्वयनमा आएपछि मेरो शेयरका प्रयोगकर्ताले ई-डिआइएस सम्बन्धी अप्सनमा गएर शेयर बिक्री गर्दा ई-डिआर्इएस प्रयोग गर्न सक्नेछन् । मेरो शेयरको होम पेजमा इलेक्ट्रोनिक डेबिट इन्सट्रक्सन स्लीप (ई-डिआइएस) सम्बन्धी अप्सन रहने छ । यो सेवा मेरो शेयरमा आवद्ध भएका लगानीकताले मात्र लिन सक्ने छन् । पूर्णअनलाईन कारोबार प्रणाली नआउदै लगानीकर्ताले यो सेवा लिन सक्ने छन् । | 2019/04/23 08:38:13 | http://bizpati.com/punjibazar/19612 | mC4 |
सेक्समा कामवासना, तपाईंभित्रको सानो हिस्सा मात्र हो! - बैदेशिक पोष्ट
सेक्समा कामवासना, तपाईंभित्रको सानो हिस्सा मात्र हो!
कार्तिक २३, २०७८ २०;५७ मध्यान्ह प्रकाशित
एजेन्सी := हामी सदैव कुनै कुराबाट कसरी छुटकारा पाउने भनेर सोचिरहेका हुन्छौँ । तपाईं कुनै पनि कुराबाट जबर्जस्ती छुटकारा पाउन सक्नुहुन्न । यदि तपाईंले कुनै कुरालाई जबर्जस्ती त्याग्न खोज्नुभयो भने, त्यो अर्को रूपमा प्रस्तुत हुनेछ अनि तपाईंभित्र अर्को किसिमको विकार उत्पन्न हुनेछ । यदि त्यसलाई त्याग्ने कोशिस गर्नुभयो भने, त्यही कुरा तपाईंको मन र चेतनामा पूर्ण रूपमा हाबी हुनेछ ।
तर, यदि तपाईंले अहिले आफूले जानेको भन्दा अझ गहिरो चिज पाउनुभयो भने, त्योभन्दा कम महत्त्व रहेको कुरा स्वतः छुट्नेछ । सायद तपाईंलाई यो थाहा हुनुपर्छ कि जो मानिसहरू कुनै बौद्धिक क्रियाकलापमा पूरै संलग्न हुन्छन्, उनीहरू सेक्स गर्नुको सट्टा किताब पढ्न रुचाउँछन् ।
कामवासना र यौन सम्बन्धलाई तपाईंले यसरी पछ्याउनुको कारण के हो भने, यतिखेर तपाईंको निम्ति त्यही सबैभन्दा परम सुख हो । यदि तपाईंलाई कसैले "यो गलत हो, त्यसलाई त्याग" भन्छन् भने, के तपाईं त्यसलाई त्याग्नुहुन्छ र ? तर, यदि तपाईंले त्योभन्दा उच्च आनन्द चाख्नुभयो भने, तपाईंलाई कसैले त्यो कुरा त्याग्न भनिरहनु पर्ला र ? त्यो आफैँ छुट्नेछ ।
अत: तपाईंले अलिकति समय केही आवश्यक कार्यहरूमा खर्चिनुपर्ने हुन्छ, जसले गर्दा एउटा विशाल सम्भावना तपाईंको निम्ति यथार्थ बन्नेछ । जब तपाईं कुनै विशाल चिज अनुभव गर्नुहुन्छ, जसले तपाईंलाई निकै बढी सुख दिन्छ, परम–आनन्दमा पुऱ्याउँछ, तब स-साना सुखहरू स्वतः छुट्नेछन् । तपाईंले त्यसलाई त्याग्नुभएको हुँदैन; कुरा यत्ति हो कि तपाईं अब त्यो काम गर्नुहुन्न, किनकि तपाईंले आफ्नो निम्ति निकै विशाल कुरा पाउनुभएको छ ।
दुर्भाग्यवश, सबैथोक उल्टो भइरहेको छ, किनकि जताततै बकम्फुसे पाठहरू पढाइँदैछ, "तपाईं पवित्र हुनुपर्छ, तपाईंले यसको बारेमा सोच्नुहुँदैन ।" यस्तै मूर्खतापूर्ण शिक्षाहरूले मानिसहरूको दिमाग भरिएको छ अनि उनीहरू पूरै भद्रगोल बनेका छन् । जीवन वास्तवमा जस्तो छ, यसलाई मानिसहरूले त्यही रूपमा हेर्ने हो भने, कामवासना आफ्नो उचित ठाउँमा रहने थियो— तपाईंको जीवनमा एउटा सानो स्थान ओगट्ने थियो, यति विशाल पक्ष बन्ने थिएन । त्यो त्यसरी रहनुपर्छ । हरेक प्राणीमा यो त्यसरी नै रहेको हुन्छ ।
जनावरहरू जतिबेला पनि त्यसको बारेमा सोचिरहँदैनन् । जब उनीहरूमा त्यसको आवश्यकता हुन्छ, त्यो व्यक्त हुन्छ । अरू समयमा उनीहरू निरन्तर यो विचारमा फस्दैनन् कि को भाले हो, को पोथी हो ? मानिसहरू मात्रै त्यसमै अल्झिरहेका छन् । एक पलको लागि पनि उनीहरू त्यसलाई छोड्न सक्दैनन् । यसको कारण के हो भने, जीवनसँग सरोकार नै नराख्ने वाहियात नैतिकता र मूर्खतापूर्ण शिक्षाहरू उनीहरूभित्र घुसेका छन् । | 2021/12/02 05:52:27 | https://www.baideshikpost.com/2021/11/09/11029/ | mC4 |
बक्तृत्वकला प्रतियोगिता सम्पन्न - तुलसीपुर पोष्ट बक्तृत्वकला प्रतियोगिता सम्पन्न - तुलसीपुर पोष्ट
दाङ्ग (गढवा) २५- फागुन । क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी) को आयोजनामा १११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । सीपी नेपालकी साधारण सदस्य जुनु चौधरीको सभाध्यक्ष र गढवा गाउँपालिकाकी उपाध्यक्ष शान्ती चौधरीको प्रमुख आतिथ्यमा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।
महिला हिंसाका कारण र यसबाट बच्ने उपाय बिषयक उक्त प्रतियोगितामा राधा यादब प्रथम, सुनिता चौधरी द्धितिय, चम्पा चौधरी तृतिय र फुलमति चौधरीले सान्त्वना स्थान हासिल गरेका थिए । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना स्थान हासिल गर्ने महिलाहरुलाई नगद र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो ।
सम्पुर्ण सहभागिहरुले महिलाहरुमा शिक्षाको कमि, बालबिवाह, बहुबिबाह, पारिवारिक बेमेल, धनसम्पतिको प्रलोभन, दाइजोप्रथा, अन्धबिश्वास र रुढिबादि परम्परा जस्ता कारणले हिंसाका घटनाहरु बढिरहेको र महिलाहरुमा शिक्षा तथा चेतना बिकासका साथै हिंसा गर्नेलाई कडा सजायको ब्यवस्था गरिनु पर्ने कुरामा जोड दिएका थिए ।
प्रतियोगितामा गढवा र राजपुर गाउँपालिकाका बिभिन्न आमा समुहका २८ जना महिलाहरुले सहभागिता जनाएका थिए । मेनुका चौधरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा सीपी नेपालका निर्देशक दिनेशराज सापकोटाले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो भने कार्यक्रमको संचालन सरिता चौधरी र रिया चौधरीले गर्नु भएको थियो । | 2021/09/27 22:40:31 | https://www.tulsipurpost.com/2021/03/2881/ | mC4 |
कोरोना भाइरसविरुद्ध 'हर्ड इम्युनिटी'को सिद्धान्त कति प्रभावकारी छ ? – Online Khabar
२०७७ साउन ३० गते १७:३७ मा प्रकाशित
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को प्रकोपका कारण यतिबेला विश्व त्रसित छ । यसको खोप कहिले बन्छ भन्ने विषयमा अन्यौल कायमै छ । रुसले आफूले कोरोना भाइरसको खोप बनाएको दाबी गरेको छ । तर, उसको खोपमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले आशंका व्यक्त गरिसकेको छ । | 2021/12/03 19:07:37 | https://www.onlinekhabar.com/2020/08/889481 | mC4 |
काठमाडौं । भोलि (बुधबार) १४ फेब्रुअरी अर्थात प्रेम दिवस । युवापुस्ताम बढी लोकप्रिय यो दिवसलाई नयाँ प्रेमी प्रेमीकाले प्रेम प्रस्ताव राख्ने दिनका रुपमा लिने गरेका छन् ।
विशेषगरी यो दिवसमा गुलावको फूल उपहार दिएर प्रेम आदान प्रदान गर्ने गरिएको छ । पछिल्लो समय नेपाली सांगितिक क्षेत्रका कलाकाहरुले पनि यो दिवसलाई लक्षित गरी प्रेमिल गीतहरु सार्वजनिक गर्ने प्रचलन बढेको छ ।
यसैक्रममा गायक सन्तोष लामाले ‘के यो माया हो’ बोलको गीतको भिडियो रिलिज गरेका छन् । रोहित बस्नेतको शब्द, सुविर पन्तको संगीत रहेको रहेको यो गीतको भिडियोमा आशिष पुरुष र सारिका सुनार फिचरिङ छन् । एक युवाले एक युवतिलाई देखाएको प्रेम भाव उठाएको भिडियोको निर्देशन रोहित विक्रम कार्कीले गरेका हुन । | OSCAR-2019 |
||
विशेष महाधिवेशन बोलाए हुन्छ, म सामना गर्न तयार छु : सभापति देउवा| Nepal Pati
विशेष महाधिवेशन बोलाए हुन्छ, म सामना गर्न तयार छु : सभापति देउवा
मोरङ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पार्टीका असन्तुष्ट पक्षलाई विशेष महाधिबेशन बोलाएर देखाउन चुनौती दिएका छन् । बिहीबार विराटनगरमा नेपाल टेलिकम वर्कर्स यूनियनको १० औं महाधिवेशनलाई सम्बोधन गर्दै सभापति देउवाले यदि सक्छन भने महाधिबेशन बोलाएर देखाउन चुनौति दिएका हुन् ।
उनले भने, पार्टीका २०/ २५ जना असन्तुष्ट ब्यक्तिहरुले विशेष महाधिबेशन बोलाए हुन्छ, म त्यसको सामना गर्न तयार छु । आफु बाहिर भएको बेला केही जिल्ला सभापतिले महाधिबेशन भेला बोलाउने सम्बन्धी बैठक गरेको आरोप लगाए । उनले फरक प्रसंगमा बोल्दै आफुले न्यायपालिका माथिको हस्तक्षेप स्वीकार नगर्ने स्पष्ट पारे । 'न्याय परिषदले गर्ने निर्णय राजनीतिक भन्दा बाहिर हुनुपर्नेमा जोड दिदैं सभापति देउवाले न्यायपरिषदले गर्ने सिफारिसमा राजनीतिक हस्तक्षेप नगर्न चेतावनी दिए ।
उनले सरकारले संबैधानिक नियुक्तीमा सरकारले एकलौटी गरेको भन्दै आलोचना गरेका छन् । उनले आफुलाई संबैधानिक परिषदले बोलाएको भए पनि परिषदको बैठकमा आफु उपस्थित हुन नसकेको बताए । साथै आफ्नो अनुपस्थितीमा बैठक बसेर नियुक्ती गर्नु ठिक नभएको जनाएका छन् । | 2019/11/13 00:10:28 | http://nepalpati.com/news/sher-bdr-deauva-2/ | mC4 |
गाउँमा खेतीपातीसँगै दशैँ तिहार झैँ चहलपहल – दैनिक नेपाल न्युज
गाउँमा खेतीपातीसँगै दशैँ तिहार झैँ चहलपहल
डोटी, ११ वैशाख: कोरोना भाइरस रोकथामका लागि जारी बन्दाबन्दीका समयमा शहरबजार सबै बन्द तथा सुनसान भए पनि गाउँघरमा खेतीपातीको चहलपहल बढेको छ । कोरोनाको सङ्क्रमणबाट जोगिएर सम्पूर्ण सावधानी अपनाएर किसान खेतीपातीको काममा व्यस्त हुन थालेका हुन् । कोरोना भाइरसको बेवास्ता गर्दै किसान हिउँदेबाली भित्र्याउनमा लागि परेका छन् । भारतका विभिन्न शहरबाट काम गरी घर फर्किएका ३३० स्थानीयवासी यहाँका नौ वटै स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा २१ दिन बसेर आफ्नो स्वास्थ्य जाँच गराइ कोरोनासम्बन्धी लक्षण नभेटिएका कारण गाउँमा कोरोनाको त्रास पनि क्रमिकरूपमा हराउँदै जान थालेको छ ।
गाउँघरमा पछिल्लो समय कोरोनाको बेवास्ता गर्दै किसान दैनिकरूपमा आफ्नो खेतीपातीको काममा व्यस्त हुन थालेको बडीकेदार गाउँपालिका–१ बिपीनगरका स्थानीय रोजबहादुर कलेलले बताउनुभयो । उहाँले भन्नुभयो, "भारतबाट आएकाबाट कोरोना सल्किन्छ कि भन्ने डर थियो, सबैलाई २१ दिन क्वारेन्टाइन राखेर जाँच गर्दा कसैमा पनि कोरोना लक्षण देखिएन, सचेत हुँदै हामी आफ्नो काममा लाग्ने गरेका छौँ ।"
पाकिसकेको हिउँदेबाली असिना पर्ने डरका कारण पनि किसान पछिल्लो समय गहुँ भित्र्याउनमै व्यस्त हुने गरेको जताततै देख्न सकिन्छ । भारतबाट काम गरेर आएका तथा स्थानीय सरकारका क्वारेन्टाइनमा २१ दिन बसेका स्थानीयसमेत गाउँ फर्किएर आफ्नै खेतीपातीमा व्यस्त भएका छन् । त्यस्तै विगत दुई वर्षदेखि भारतको पञ्जाव शहरमा काम गर्दै आउनुभएका जोरायल गाउँपालिका–५ का केशरसिंह पातली कोरोनाको त्रासका कारण अहिले सपरिवार गाउँ फर्किएर वर्षौँदेखि बाँझिएको आफ्नो खेतबारीमा धमाधम काम गर्न थाल्नुभएको छ ।
"कति अर्काको काम गर्नु अब आफ्नै कामगर्ने हो", पातलीले भन्नुभयो, "कोरोनाको त्रासले गाउँको विकाससँगै बाँझो परेका जमिन पनि हराभरा हुने भए, बल्ल शुरु हुने भयो कृषि त्रान्ति ।" वर्षौँदेखि गाउँघरको खेती किसानी गर्ने जमिन बाँझो राख्दै आएका यहाँका किसान अहिले गाउँ फर्किएर खेतीपाती गर्न थालेका छन् । स्थानीय गाउँमा रहेका बाँझो जमिनमा खेती गर्न थालेपछि शहरभन्दा गाउँमा रमाइलो र चहलपहल एकाएक बढेको छ । कुनै बेला सुनसान हुने यहाँका गाउँघरमा अहिले स्थानीयको बाक्लो उपस्थिति हुने गरेको जोरायल गाउँपालिका– ५ का अर्का स्थानीय तथा शिक्षक प्रकाशबहादुर रावलले बताउनुभयो ।
उहाँले भन्नुभयो, "पहिले गाउँ छोडेर शहर जाने चलन बढी थियो, सामान्य उपभोक्ता समितिको छलफल राखौँभन्दा पनि कोरम पुग्दैनथ्यो, कोरोनाले सबै गाउँघर फर्किएर शहर सुनसान भए गाउँमा अहिले चहलपहल छ ।" कोरोना सङ्क्रमणको आशङ्कामा शहरमा रहेका यहाँका स्थानीय गाउँ फर्किन थालेपछि गाउँघरमा अहिले दशैँ तिहारको जस्तै भान हुनेगरी रमाइलो हुन थालेको शिखर नगरपालिका–१ कपल्लेकीका स्थानीय तथा शिक्षक रामबहादुर ऐरले बताउनुभयो ।
उहाँले भन्नुभयो, "दशैँ तिहारकै झल्को दिने गरी गाउँघरमा निकै चहलपहल बढेको छ, शहरमा महल बनाएकाहरु पनि कोरोना त्रासले गाउँ फर्किएका छन् । विभिन्न पेशा व्यवसाय तथा अध्ययनका लागि शहर बसेका गाउँका स्थानीयवासी घर फर्किएपछि गाउँको रूप नै फेरिन थालिएको स्थानीयवासी बताउँछन् । अरू बेलाजस्तो गाउँ आउँदा साथीभाइसँग भेटघाट गरेर गफिने र गाउँघर घुमफिर गर्ने अवस्था नहुँदा गाउँघर आएका खेतीपातीको काममा व्यस्त हुन थालेको केआइसिंह गाउँपालिका सलेनाका स्थानीय जगतबहादुर बलायर बताउनुभयो । अहिले यहाँका गाउँघरमा रहेका किसानलाइ हिउँदेखेती थन्क्याउनुका साथै कतै मकै लगाउने यामसमेत शुरु भएको छ ।
किसानलाई गाउँघरमा काटेको गहुँ, जौँलगायतका बाली भित्र्याउन तथा मकै लगाउन मल बोक्ने काम भ्याइनभ्याइ हुन थालेको छ । किसान कोरोनाको बेवास्ता गर्दै आफ्नै खेतबारीको काममा आफूलाई व्यस्त राख्न थालेका छन् । कोरोना भाइरसको महामारीको त्रासले शहर छोडेर गाउँमा फर्किनेको सङ्ख्या पनि निकै बढेको पाइएको छ । कुनै समय वृद्धाश्रमजस्तो देखिने गरेका यहाँका गाउँघरमा अहिले युवायुवतीको आगमनले खेतबारीको कर्ममा समेत ठूलो सहायता मिलेको स्थानीयवासी बताउँछन् ।
लकडाउनका कारण शहरबजारमा मानिस घरभित्रै बसेका भए पनि गाउँमा भने सुरक्षित वातावरणमा धमाधम कृषि कार्य भइरहेको सायल गाउँपालिकाका स्थानीय तथा नेकपाका नेता तेजबहादुर डुम्रेलले बताउनुभयो । गाउँघरका खेतीपातीको काममा शहर र भारतबाट आएका युवायुवती खटिन थालेपछि अहिले गाउँमा भएका वृद्धवृद्धा, महिला र केटाकेटीले काममा राहत महसुस गरिरहेका छन् । वर्षौँदेखि बाँझो रहेका खेतबारीमा खान जोत तथा बाली लगाउने काम शुरु भएपछि उत्पादनसमेत वृद्धि हुने लक्षण देखिएको स्थानीय कृषक बताउँछन् । यतिमात्र नभइ शहर बसेकाहरु गाउँ आएपछि अहिले यहाँका गाउँघरमा जाने बिग्रिएका पुराना बाटाघाटासमेत निर्माण हुन थालेका छन् ।
२०० परिवारलाई राहत वितरण
जिल्लाको दिपायल सिलगढी नगरपालिकाले वडा नं ४ राजपुरमा बसोबास गर्ने २०० परिवार मजदुर तथा विपन्नलाई राहत वितरण गरेको छ । लकडाउनका कारण खाद्यान्न अभावमा दैनिक छाक टार्न समस्यामा परेका परिवारलाई एकैसाथ राहत वितरण गरेको वडाध्यक्ष वीरेन्द्रबहादुर शाहले बताउनुभयो । उहाँले भन्नुभयो, "दैनिक ज्यालादारी खाने वर्गलाई खाद्यान्न अभाव भएको खबर पाएपछि हामीले राहत वितरण गरेका छौँ, हामीले राहत दिएपछि उनीहरुलाई हातमुख जोर्नमा सहज हुनेछ ।"
राहत पाएपछि आफ्ना छोराछोरीले पेटभरि खाना खान पाउने भन्दै यहाँका स्थानीयवासी निकै खुशी भएका छन् । दिपायल सिलगढी नगरका प्रमुख मलासीले नगरपालिकाका सबै वडामा वितरण सञ्चालन गरिने बताउनुभयो । राहत मिलेपछि केही दिनका लागि भए पनि समस्या समाधान भएकोस्थानीय रामबहादुर कामीले बताउनुभयो । (रासस) | 2022/01/25 08:21:19 | https://www.dainiknepalnews.com/36992 | mC4 |
कस्ले पाउलान देउखुरी डान्सिङ स्टारको उपाधी ? फाईनलमा गायक बम आउने – कामना डेली
कस्ले पाउलान देउखुरी डान्सिङ स्टारको उपाधी ? फाईनलमा गायक बम आउने
प्रकाशित मिति २०७७ चैत्र ३, मंगलवार १०:२३ पछिल्लो अपडेट मिति Mar 16, 2021
टेकबहादुर पुन, दाङ । को बन्छ? देउखुरी डान्सिङ स्टार? अहिले यही प्रश्नले सबैको मनमा कौतुहल्ता छाएको छ ।
त्यसैको निचोड अब यही चैत्र ७ गते हुने भएको छ ।बिगत देखि नै राम्रो डान्स स्टार खोजीका लागि डान्सिङ प्रतिष्प्रधाका कार्यक्रम गर्दै आईरहेको डि-टु कलाकेन्द्र लमही दाङले अहिले पनि "देउखुरी डान्सिङ स्टार सिजन फोर" को आयोजना गरेको हो ।
डान्सिङ प्रतिभाका लागि गतिलो मञ्च बन्दै गईरहेको डि-टु कलाकेन्द्रले यो भन्दा अघिल्ला बर्षहरुमा पनि यस्तै धेरै प्रतिभा हरुलाई प्रतिष्प्रधा गराउँदै अबसर दिईसकेको छ । अहिले सिजन फोरको ग्य्राण्ड फिनाले यही ७ गते दाङको लमहीमा हुने भएको छ । दर्शकहरुकै माझबाट "देउखुरी स्टार" छनौट गर्ने उद्देश्यले आयोजकले फाईनल प्रतिष्प्रधा खुला मञ्च (लमही बगैँचा) मा गराउन लागेको हो ।
डान्सिङ्ग स्टारका लागी १२ जना प्रतिष्प्रधीहरु मैदानमा छन् । देउखुरी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर सञ्चालित देउखुरी डान्सिङ स्टार सिजन फोर छनौटका लागि प्रतीक्षा पोख्रेल, करिष्मा सुवेदी, शिखा चौधरी, सपना विक, सुरक्षा नेपाली, मनिषा पुन, यासी थापा, स्मृति प्रधान, सुस्मिता कोइराला, अरूणीमा तामाङ, आम्दा आले र आयुष्मा चौधरी बिच प्रतिष्प्रधा हुने आयोजक डि-टु कलाकेन्द्रका सँयोजक दिपक बर्माले जानकारी दिए ।
प्रतिष्प्रधामा पहिलो हुनेले ५० हजार नगद पुरस्कार र म्युजिक भिडियोमा खेल्ने अबसर प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो हुनेले ३० हजार नगद र म्युजिक भिडियो, त्यस्रो हुनेले २० हजार नगद र म्युजिक भिडियोमा खेल्ने अवसर पाउने आयोजक दिपक बर्माले जानकारी दिए ।
सोही अबसरमा चर्चित गायक चक्र बम प्रमुख आकर्षकको रुपमा आउने भएका छन् । गायक बम पछिल्लो समय दर्शकका प्रिय गायकका रुपमा परिचित छन । उनका दर्जनौँ भन्दा बढि गितहरु निकै नै रुचाईएका छन् । छोटो समयमा दर्शकहरुको मनमनमा बस्न सफल चर्चित गायक बमको ओए काजल, दारु सड्काउने, पहाडीया बिग्रीयो जाँडको झोलमा, नाच भुन्टी नाच लगायतका गितहरु सुपरहिट भएका छन् ।
उनी सँगै आधुनिक गायक जनक बिबश न्यौपाने, मोडलहरु दिपक बर्मा, माथवर रावत, सुनिल बस्नेत, कार्यक्रम सञ्चालक तथा मोडल अनुप बुढा मगर लगायत स्थानीय कलाकारहरूको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ । | 2021/07/24 16:48:57 | https://kamanadaily.com/news/60864 | mC4 |
किएभको सबै क्षेत्र फेरि आफ्नो नियन्त्रणमा आएको युक्रेनको दाबी
युक्रेनी अधिकारीहरूले राजधानी किएभ र वरवरका सबै क्षेत्र पुनः युक्रेनी फौजको नियन्त्रणमा आएको दाबी गरेका छन्। केही सातायता देशको राजधानी निकट रहेका धेरै सहर र गाउँहरूमा भएका भीषण सङ्घर्षपछि ती क्षेत्रहरू आफ्नो नियन्त्रणमा आएको युक्रेनले दाबी गरेको हो।
"पूरै किएभ क्षेत्रलाई आक्रमणकारीबाट मुक्त गरिएको छ," युक्रेनका उपरक्षामन्त्री हान्ना माल्यारले शनिवार भनिन्। शान्तिवार्तामा सद्भावको सङ्केत देखाउँदै रुसले किएभनजिक रहेका क्षेत्रहरूबाट आफ्नो फौज फिर्ता गर्ने बताएको छ।
तर पश्चिमा विश्लेषकहरूले त्यसअघि नै रुसको आक्रमण रोकिएको बताएका थिए। आइतवार बिहान कृष्णसागरको तटमा रहेको बन्दरगाह सहर ओडेसामा विस्फोटनहरू भएको सुनिएको छ। किएभ वरपरका प्रमुख स्थानहरूको अवस्थाबारे यहाँ उल्लेख गरिएको छ।
अधिकारीहरूका अनुसार किएभको पश्चिमोत्तर सहर इर्पिनमा रुसी आक्रमण सुरु भएयता झन्डै २०० सर्वसाधारण नागरिकको ज्यान गएको छ। मध्यम वर्गीय समुदायको बसोबास रहेको यो सहरका ७०,००० बासिन्दामध्ये अधिकांशले रुसी बमबारी चलिरहँदा गत महिना नै यो ठाउँ छोडिसकेका छन्। इर्पिनका धेरै आवासीय भवनहरूमा क्षति पुग्नुको छ वा ध्वस्त भएका छन्।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिवार गरेको सम्बोधनमा रुसको आँखा युक्रेनको पूर्वी र दक्षिणि भेगमा परेको टिप्पणी गरेका छन्। "रुसी सैनिकहरूको लक्ष्य के हो? उनीहरू डोन्बास र युक्रेनको दक्षिणी कब्जा गर्न चाहन्छन्," उनले भने।
उनका अनुसार युक्रेनले पनि आफ्नमो ध्यान पूर्वतिर दिन थालेको छ। "शत्रुसँग पूर्वमा दबाव बढाउन जगेडा छ भन्ने हामीलाई थाहा छ," उनले भने। यूकेको रक्षा मन्त्रालयले युक्रेनमा जारी द्वन्द्वबारे थप जानकारी दिएको छ।
सैन्य गुप्तचर संयन्त्रले उपलब्ध गराएको सूचनाका आधारमा यूकेले रुसी वायुसेना युक्रेनको दक्षिणपूर्वमा सक्रिय भएको देखिएको बताएको छ। त्यसको अर्थ रुसको रणनीति फेरिएको उसको बुझाइ छ। बीबीसी नेपाली | 2022/05/25 15:44:21 | https://www.tvannapurna.com/55120/2022/04/03/ | mC4 |
काठमाडौं । मस्तिष्कघातपछि शल्यक्रिया गरिएका नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको स्वास्थ्यमा शनिबारको तुलनामा आइतबार थप सुधार भएको देखिएको छ । उनको उपचारमा संलग्न चिकित्सकका अनुसार जोखिम भने अझै हटिसकेको छैन ।
नर्भिक अस्पतालमा उपचार गराइरहेका उनको आइतबार दायाँतर्फको हातखुट्टा चल्ने क्रम बढेको अस्पतालका न्युरो सर्जन डा. राजीव झाले जानकारी दिएका छन् ।
उनका अनुसार दायाँ साइडको हातखुट्टाको मुभमेन्ट बढी भएको बताइएको छ । उनले भने, “तर, बायाँतर्फको भाग भने अझै पनि चलेको छैन । टाउकामा जमेको धेरै भएको पानी, रगत निस्किरहेको देखिन्छ।”
यसअघि नर्भिकमा भर्ना भएदेखि उनलाई लगातार बेहोस पार्ने औषधि राखेर उपचार जारी राखिएको थियो । शनिबार बिहान डेढ घण्टा जति बेहोस पार्ने औषधि नलाइ हेर्दा उनले दाहिने हात र खुट्टा चलाएको डा. झाले बताएका थिए ।
टाउकोमा जमेको पानी र रगत फाल्न उनको शल्यक्रिया गरिएको थियो । तर, अहिले नै उनको अवस्था कस्तो हुन्छ भन्न नसकिने डा. झाले बताएका छन् ।
नेता जोशीलाई शुक्रबार बिहान १ बजेतिर मस्तिष्कघात भएको थियो । मस्तिष्क घात भएपछि जोशीलाई राति नै वीर अस्पताल पुर्याइएको थियो । वीरमा उपचार सम्भव नभएपछि उनलाई नर्भिक लगिएको थियो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
पुकार बमलाई भोट माग्दै निर्देशक प्रदिप भट्टराई र रविन्द्र सिंह बानियाको घरदैलो
काठमाडौ – काठमाडौ क्षेत्र नम्बर १ का घण्टिबहाक उम्मेदवार पुकार बमलाइ भोट माग्न चलचित्र निर्देशक प्रदिप भट्टराई र निर्माता रविन्द्र
भारतद्वारा वाचा गरिएनुरुप निर्वाचन आयोगलाई ८० वटा सवारी साधन हस्तान्तरण
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज आयोजित एक समारोहबीच निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाई भारत सरकारको
निर्वाचन सञ्चालनका लागि भारतद्वारा नेपाललाई उपहारस्वरुप २०० वटा सवारीसाधन प्रदान
नेपालका लागि भारतीय राजदूत महामहिम नवीन श्रीवास्तवले आज आयोजित एक समारोहबीच नेपालका माननीय अर्थमन्त्री जनार्दन शर्मालाई भारत सरकारको तर्फबाट २००
सत्यमोहन जोशी शताब्दी महोत्सवको इतिहास
त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा २०७१ साल वैशाख ३० गते बसेको निकेतनको साधारणसभाले नेपाली साहित्यका महारथी डा.सत्यमोहन | 2022-11-27T16:25:41Z | https://livemandu.com/archives/21697 | OSCAR-2301 |
धनुषामा १३ स्थानीय तहको अनुदान कटौती – Samacharpati
धनुषा, ८ माघ । धनुषाका १३ स्थानीय तहको अनुदान कटौती गरिएको छ । स्थानीय तहले राजश्व नबुझाएको, समयमा लेखापरीक्षण र परिषद् नगरी लापरबाही गरेका कारण कारबाहीस्वरूप अनुदान कटौती गरिएको बताइएको छ । प्रदेश नं २ को कोष तथा लेख नियन्त्रण कार्यालय (कोलेनिका) जनकपुरका प्रमुख विनोद गेलालका अनुसार वित्तीय व्यवस्था ऐनमा नबस्ने र समायोजन भएका कर्मचारीलाई हाजिर हुन नदिने कतिपय स्थानीय तह पनि कारबाहीमा परेका छन् ।
यी पाँच स्थानीय तहले समयमै सबै काम गरेकोले अनुदान पठाउने निर्णय भएको प्रमुख गेलालले जानकारी दिनुभयो । स्थानीय तहले सङ्कलन गरेको राजश्वमध्ये ६० प्रतिशत राखेर ४० प्रतिशत प्रदेश सरकारलाई बुझाउनुपर्ने प्रावधान रहेको छ । राजश्व नबुझाउने स्थानीय तहको अनुदान पनि कटौती हुने भए पनि अधिकांश स्थानीय तहले प्रदेश सरकारलाई राजश्व बुझाएका छैनन् ।
प्रमुख गेलालले राजश्व प्रदेशलाई बुझाउन सबै स्थानीय तहलाई निर्देशन दिइएको भए पनि अधिकांशले बेवास्ता गरेको बताउनुभयो । उहाँले भन्नुभयोे, 'राजश्व बुझाउन पत्राचार भएको छ । नबुझाउने स्थानीय तहको सेवा सुविधा काटिनेछ ।" | 2020/04/09 16:21:53 | https://www.samacharpati.com/2020/01/47251/ | mC4 |
राष्ट्रिय पुरुष फुटबल टिम कतार प्रस्थान राष्ट्रिय पुरुष फुटबल टिम कतार प्रस्थान
मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी यसअघि नै कतार पुगिसकेका छन् । कतारमा रहँदा नेपाली टोलीले मैत्रीपूर्ण खेलका लागि पहल गर्ने अलमुताइरीले बताएका थिए । उनी त्यहाँ व्यवस्थापन मिलाउन चाँडै गएका हुन् । अखिल नेपाल फुटबल संघ एन्फाले बिहीबार नेपाली टोलीलाई बिदाइ गरेको थियो । कतारमा प्रशिक्षणपछि नेपाली टोली सेप्टेम्बर २७ मा साफ च्याम्पियनसिपका लागि उतैबाट माल्दिभ्स जानेछ ।
१३ औं संस्करणको साफ च्याम्पियनसीप अक्टोबर १ देखि १६ सम्म हुनेछ । यसपटक साफमा ५ टिमले राउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गर्ने छन् र शीर्ष दुई टोली फाइनल पुग्नेछन् । कोभिडका कारण भुटानले सहभागिता जनाएको छैन भने पाकिस्तान फिफाको प्रतिबन्धमा रहेको छ । | 2021/09/24 21:59:38 | https://sampurnakura.com/2021/09/14402/ | mC4 |
डोजर काण्ड : थप तीन विरुद्ध मुद्दा दर्ता
बैतडी- सडक निर्माणका क्रममा डोजरले महिला हुत्याएको बैतडीको दशरथचन्द नगरपालिका-९ को ग्वाल्लेकको घटनामा थप तीन जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।
यसअघि डोजर चालक किशोर बोहरालाई मङ्गलबार अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान गरिरहेको छ । ग्वाल्लेकमा सडक निर्माणका क्रममा सोमबार कात्तिक ४ गते दुई पक्षबीच झडप हुँदा डोजरले स्थानीयवासी गौरी जोशीलाई हुत्याएको थियो ।
डोजरले हुत्याउँदा घाइते भएकी गौरी कोहलपुरमा उपचारपछि 'डिस्चार्ज' भएकी छिन् । चिलाउनेदेखि पार्ससम्म सडक निर्माणका क्रममा निर्माण पक्षले जबर्जस्ती गर्दा घटना भएको जग्गाधनी पक्षले आरोप लगाएको छ । तर निर्माण पक्षले भने जग्गाधनी पक्षले पहिला ढुङ्गामुढा गरेको आरोप लगाएको छ । दुई पक्षबीच झडप हुँदा गौरीसहित आठ जना घाइते भएका थिए । | 2019/11/19 13:33:08 | https://www.nepalsamaya.com/news/18469 | mC4 |
थारु समुदायमा बढी देखिएको सिकलसेल एनिमियाका बिरामी बाँकेमा बढ्दै गएको छ । खासगरी थारु समुदायको बाहुल्य रहेको क्षेत्रमा स्वास्थ्य कार्यालयमार्फत सिकलसेलसँगै थालसेमियाको ‘स्क्रिनिङ’ कार्य सुरु भएपछि दुवै रोगका बिरामी बढ्दै गएको देखिएको हो । स्वास्थ्य कार्यालय, बाँकेका अनुसार राप्तीसोनारी गाउँपालिकामा भेटिएका थप पाँच सिकलसेलका बिरामीसहित सो पालिकामा बिरामीको सङ्ख्या २३ पुगेको छ । सबै पालिकामा भएका विभिन्न परीक्षणबाट खास सङ्ख्या नआएकाले जिल्लामा अझै कति बिरामी छन् भन्ने खुल्न नसकेको स्वास्थ्य कार्यालयका प्रमुख धीरजजङ्ग शाहले जानकारी दिनुभयो ।
उहाँले सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क उपचारले केही राहत भए पनि थालसेमियाका बिरामीले सो राहत नपाएको बताउनुभयो । यसका बिरामी पनि कति छन् भन्ने खुल्न सकेको छैन । सो पालिकामा थारु समुदायका ९ र १० कक्षामा अध्ययनरत विद्यार्थी, बिरामी र बाहकमा जेठ १६ देखि असार १० गतेसम्म परीक्षण गरिएको थियो । अझै पनि स्क्रिनिङ कार्य जारी रहेको उहाँले जानकारीदिनुभयो ।
कतिपय बिरामी त विभिन्न शारीरिक समस्या देखिएपछि छिटो निको हुने आशमा निजी अस्पताल र मेडिकल धाउँदा लाखौँ रकम खर्च भएको र त्यस्ता शारीरिक समस्याको निको पनि नभएको बताउँछन् । सिकलसेल एनिमियाका बिरामी केही त्यस्ता छन् जसलाई सरकारले रु एक लाखसम्म निःशुल्क उपचार गर्छ भन्ने कुराको समेत जानकारी नहुँदा विभिन्न अस्पताल र मेडिकल कलेजमा सास्ती खेपेका छन् ।
बाँकेको राप्ती सोनारी गाउँपालिका–४ बैजापुर निवासी २८ वर्षीय रामकृष्ण थारुले आफूलाई सिकलसेलको निःशुल्क उपचारबारे जानकारी नभएको उल्लेख गर्दै शारीरिक समस्याका कारण निजी अस्तालमा मोटो रकम खर्च भएको बताउनुभयो । उहाँले ऋण खोजेर जम्मा गरेको रु ७० हजार खर्च भएको जानकारी दिँदै आफूलाई सिकसेल एनिमियाको समस्या नभए पनि छोरा र श्रीमतीमा सो समस्या आएको बताउनुहुन्छ । सिकलसेलविज्ञ डा राजन पाण्डेले रोग पत्ता लगाएर पनि बिरामीले लाखौँ खर्च गरेको उल्लेख गर्दै रगत परीक्षण नै सिकलसेल एनिमियाको दिगो समाधान भएको बताउनुभयो ।
उहाँले विवाह कुण्डली मिलाएर सिकलसेल एनिमियाको न्यनीकरण गर्न सकिने उल्लेख गर्दै सिकलसेलको बाहकका लागि औषधि आवश्यक नपर्ने बताउनुभयो । अहिले रोग नदेखिए पनि उसबाट जन्मेको बच्चामा रोग सर्न सक्नेलाई ‘बाहक’भनिएको छ । “अहिलेको पुस्तामा रोग देखिएको छैन । तर उसका सन्तानमा रोग देखिन सक्नेलाई बाहक भन्ने गरिएको छ । यो रोग अफ्रिका, भारतलगायतका मुलुकमा रहेको छ । थारु समुदायबाहेक बाहुन, क्षेत्री, मगरमा पनि सिकलसेल देखिएको बताइएको छ । थारु बाहुल्य बाँके र बर्दियामा मात्रै पहिचान भएको करिब चार हजार सिकलसेलका बिरामी छन् ।
डा पाण्डेले दुर्गम स्थानमा रहेका बिरामीलाई स्थानीयस्तरमा नै सिकलसेलको औषधि उपलब्ध गराइने उल्लेख गर्दै नेपालगञ्ज धाउनुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो । “गम्भीर समस्या भएमात्रै भेरी अस्पताल आउनुहोला नभए स्थानीयरुपमा नै औषधिको व्यवस्थापन गरिने छ”, उहाँले भन्नुभयो । जिल्लाको राप्तीसोनारी गाउँपालिकाबाहेक कोहलपुर नगरपालिकामा यसको समस्या देखिएको र सम्भावित सबै पालिकबाट तथ्याङ्क आएपछि जिल्लामा सिकलसेलका बिरामी निश्चित हुने बताइएको छ ।
स्वास्थ्य कार्यालयले राप्तीसोनारीमा आयोजना गरेको स्क्रिनिङ शिविरमा ५७२ को रगतको नमूना जाँच गर्दा ९६ सिकलसेल तथा थालसिमियाका बिरामी तथा बाहक फेला परेका थिए । तीमध्ये ५८ सिकलसेल बाहक भेटिएका थिए । त्यस्तै बिटाथालसेमिया बाहक ३३ फेला परेका थिए । | 2022-12-08T06:34:28Z | https://janaawaaj.com/27/2022/6573/ | OSCAR-2301 |
नेपालका लागि विशेष ६८औँ मिस वल्र्ड | Pradesh Aawaj
चिनियाँ सहर सान्यामा आठौँपटक आयोजना भइरहेको मिस वल्र्ड सुन्दरी प्रतियोगिताको ६८औँ संस्करणको आज शनिबार ग्राण्ड फिनाले हुँदै छ । सुन्दरीहरूको एक महिना लामो यो कुम्भमेलामा ११८ मुलुकका सुन्दरीले प्रतिस्पर्धा गरिरहेका छन् । मिस वल्र्ड सुन्दरी प्रतियोगिताको यसै शृङ्खलामा नेपाली सुन्दरी शृङ्खला खतिवडाले आठमध्ये दुई विधाको विजेता तथा अन्य प्रतिस्पर्धामा समेत उल्लेखनीय प्रदर्शन गरेर आफ्नो दह्रो उपस्थितिको प्रदर्शन गरेकी छन् । मिस वल्र्ड सुन्दरी प्रतियोगिता तथा शृङ्खलाको प्रदर्शनबारे प्रतिमा चन्दको चर्चा ।
चीनको सान्या सहरमा आयोजना भइरहेको यस वर्षको मिस वल्र्ड सुन्दरी प्रतियोगिताको ग्राण्ड फिनाले आजै शनिबार हुँदै छ । सम्भवतः पाठकले यी पंक्तिहरू पढ्दै गर्दा फाइनलमा पुगेका अन्य विभिन्न मुलुका सुन्दरीहरू मिस वल्र्ड २०१८ को उपाधिका लागि आफ्नो पूरै शक्ति लगाएर प्रतिस्पर्धा गरिरहेका हुनेछन् ।
बेलायतका इरिक मोर्लेद्वारा सन् १९५१ मा लण्डनमा स्थापना गरिएको यो सुन्दरी प्रतियोगिता हाल विश्वमा सञ्चालनमा आइरहेका सुन्दरी प्रतियोगिताहरूमध्ये सबैभन्दा पुरानो हो । चीनको हेनान प्रान्तको दक्षिणी सहर सान्यामा ९ नोभेम्बरदेखि आयोजना भइरहेको र ८ डिसेम्बरमा समापन हुने यो प्रतियोगिता मिस वल्र्ड सुन्दरी प्रतियोगिताको ६८औँ शृङ्खला हो । यो एकमहिने यस प्रतिस्पर्धात्मक प्रतियोगितामा मिस वल्र्ड नेपालको शृङ्खला खतिवडासहित संसारका ११८ देशका सुन्दरीहरूले प्रतिस्पर्धा गरिरहेका छन् ।
संसारकै सबैभन्दा पुरानो सुन्दरी प्रतियोगिताका रूपमा रहेको यो प्रतियोगिता सुरुमा फेस्टिभल अफ ब्रिटेन नामक लन्डनमा आयोजित महोत्सवमा बिकिनी प्रतियोगिताका रूपमा आयोजना गरिएको थियो । बेलायती सञ्चारमाध्यमहरूबीच निकै लोकप्रियता हासिल गरेको प्रतियोगितालाई बेलायती सञ्चारमाध्यमहरूले नै मिस वल्र्डको नाम दिएर न्वारान गरिदिएका थिए । त्यतिबेला यस प्रतियोगिताको मुख्य उद्देश्य सो समयमा भर्खरै बजारमा आएको बिकिनी अर्थात पौडी खेल्दा महिलाहरूले लगाउने वस्त्रको प्रवद्र्धन गर्नु थियो । त्यतिबेला पश्चिमा जगत्मा पनि बिकिनीलाई शालीन मानिदैनथ्यो, छाडा वस्त्रका रूपमा यसको निकै नै आलोचना पनि भएको थियो । त्यसैले यसको प्रवद्र्धनका लागि महोत्सवमा बिकिनी प्रतियोगिता आयोजना गर्ने योजना बनेको थियो । मुख्यतः यो बिकिनी प्रतियोगिता फेस्टिभल अफ ब्रिटेन महोत्सवका लागि आयोजना गरिएको थियो तर यसको लोकप्रियता देखेर चतुर व्यावसायिक बुद्धिका त्यतिबेला ३३ वर्षका एरिक मोर्लेले मिस वल्र्ड सुन्दरी प्रतियोगितालाई वार्षिक रूपमै आयोजना गर्ने निधो गरे । त्यसै समयमा मिस वल्र्ड नामलाई ट्रेडमार्कका रूपमा नै दर्ता पनि गर्नुका साथै यसपछि आयोजना हुने सुन्दरी प्रतियोगिता यही नामबाट आयोजना हुने निर्णय पनि मोर्लेले गरेका थिए ।
सन् १९५१ अर्थात वि.सं २००८ सालमा आयोजित पहिलो मिस वल्र्ड सुन्दरी प्रतियोगिताकी विजेता स्वीडिस सुन्दरी कस्र्टिन किकी हाकान्सनलाई बिकिनी लगाएर नै मिस वल्र्डको ताज लगाइएको थियो जसको पोप लगायत धेरैले विरोध गरेका थिए । फलस्वरुप बिकिनीका सट्टा केही शालीन देखिने सामान्य किसिमको स्वीमसुट सुन्दरीहरूलाई लगाउन दिइए पनि सन् १९७६ को मिस वल्र्डदेखि यसको सट्टामा फाइनल राउन्डमा इभनिङ गाउन लगाएर ताज पहिर्याउन सुरु गरियो । स्वीमसुटसम्बन्धमा विभिन्न विरोध जारी नै रहँदा एउटा कोठाभित्र स्वीमसुट राउन्डको आयोजनासमेत गरिँदै आइएको थियो । अन्ततः ६३ वर्षपछि सन् २०१४ को ६४औँ मिस वल्र्डदेखि स्वीमसुट राउन्डलाई पूर्ण रूपमा प्रतियोगिताबाट हटाइयो । यसरी बिकिनीमा मिस वल्र्डको ताज पहिरिने पहिलो तथा अन्तिम सुन्दरी नै कस्र्टिन बन्न पुगिन् । लन्डनमा आयोजना गरिएको पहिलो मिस वल्र्ड प्रतियोगितामा अमेरिका, बेलायत, स्वीडेन, हल्यान्ड, फ्रान्स, डेनमार्कका २६ सुन्दरीहरूको सहभागिता थियो । कबलथ
मिस युनिभर्सजस्तो मिस वल्र्ड सुन्दरी प्रतियोगिताको नगद तथा अन्य पुरस्कार सार्वजनिक गरिँदैन तर भारतीय सञ्चारमाध्यमका अनुसार गत वर्षकी मिस वल्र्ड भारतकी मानुषी चिल्लरले नगद पुरस्कारमात्र १५ लाख डलर अर्थात १६ करोड रुपियाँभन्दा बढी पाएकी थिइन् । यस हिसाबमा यस वर्षकी विजेताले पक्कै पनि यसभन्दा केही बढी नगद राशी पाउनेछिन् । यसबाहेक अन्य थुप्रै पुरस्कार तथा सुविधाको हकदार पनि विजेता हुन्छिन् । मिस वल्र्ड विजेता सुन्दरीलाई पहिर्याइने ताजको मोल साढे सात लाख डलर अर्थात आठ करोड रुपियाँभन्दा बढी छ ।
मिस वल्र्डमा नेपालको सहभागिता
मिस वल्र्ड सुन्दरी प्रतियोगितामा नेपालले सन् १९९७ देखि सहभागिता जनाउन सुरु गर्यो र सन् १९९७ की मिस वल्र्ड नेपाल सुन्दरी झरना बज्राचार्यले पहिलोपटक मिस वल्र्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएकी थिइन् । त्यसयता शृङ्खलासहित १९ नेपाली सुन्दरीहरूले मिस वल्र्डको अनुभव सँगालिसकेका छन् । सन् २००१ मा दरबार हत्याकाण्डका कारण नेपालमा मिस नेपाल प्रतियोगिता आयोजना हुन सकेन, परिणामस्वरूप नेपालले त्यस वर्षको मिस वल्र्ड प्रतियोगितामा सहभागिता जनाउने प्रश्नै थिएन । दुई दशक लामो यात्रामा अहिलेसम्म नेपालका सुन्दरीहरूले यो विश्व प्लेटफर्ममा खासै उल्लेखनीय प्रदर्शन वा आफ्नो सौन्दर्यको जादु देखाउन सकेका छैनन् ।
विगतका नतिजाहरूलाई केलाउने हो भने सन् २०१० सम्म नेपाली सुन्दरीहरूको सहभागितामात्र सहभागितामा सीमित रह्यो । सन् २०११ की मिस नेपाल सुन्दरी मेलिना जोशीले मिस वल्र्डको एक विधा व्युटी विथ ए पर्पाेजको समूहमा ११औँ स्थान हासिल गरिन् । यो नै नेपाली सुन्दरीहरूको त्यतिबेलासम्मको सबैभन्दा ठूलो उपलब्धि थियो, मिस वल्र्ड सुन्दरी प्रतियोगितामा । यसपछि सन् २०१२ को मिस वल्र्डमा बेलायतमा बसोबास गर्ने सृष्टि श्रेष्ठ क्वाटरफाइनल चरणमा पुग्न सफल हुनुका साथै मल्टिमिडिया अवार्ड तथा बीच व्युटी विधामा दसौँ स्थान हासिल गरिन् । सन् २०१३ मा मिस नेपाल इशानी श्रेष्ठले व्युटी विथ ए पर्पाेज विधामा प्रथम भएर इतिहास बनाउन सफल भइन्, यस्तै मल्टिमिडिया अवार्डमा दोस्रो स्थान प्राप्त गरिन् ।
यसपछि क्रमैसँग सन् २०१४ की मिस नेपाल सुविन लिम्बू, सन् २०१५ की इभाना मानन्धर, सन् २०१६ की अस्मी श्रेष्ठको प्रदर्शन सामान्य नै रह्यो ।
सन् २०१७ मा मारवाडी समुदायबाट पहिलोपटक मिस नेपाल बन्न सफल मोरङ उर्लाबारीकी निकिता चन्दकले मिस वल्र्डमा कुनै विधामा उपाधि हासिल नगरे पनि क्वाटर फाइनलमा प्रवेश पाएकी थिइन् ।
अहिले सान्या, चीनमा भइरहेको मिस वल्र्डको ६८औँ संस्करणमा सहभागी नेपाली सुन्दरी शृङ्खला हालसम्म सहभागी नेपाली सुन्दरीका दाँजोमा बढी सफल देखिएकी छन् । यस अर्थमा अध्ययन तथा पेसाले आर्किटेक्ट इन्जिनियर शृङ्खला अन्य नेपाली सुन्दरीभन्दा फरक पनि देखिएकी छन् कि मिस नेपालकै इतिहासमा उनले जारी मिस वल्र्ड प्रतियोगितामा विभिन्न देशका सुन्दरीलाई पछि पार्दै व्युटी विथ ए पर्पाेज तथा मल्टिमिडिया अवार्ड जित्न सफल भएकी छन् । मल्टिमिडिया विधामा उनले जापान, रूस, केन्या, मेक्सिकोजस्ता धेरै देशका सुन्दरीलाई पछाडि पारेकी थिइन् । यस्तै डिसेम्बर ३ तारिख अर्थात यही सोमबारकै साँझ आयोजित मिस वल्र्डको अर्काे विधा व्युटी विथ ए पर्पाेजका लागि सिङ्गापुर, जापान, इटाली, रूसलगायत दर्जनौँ मुलुकका सुन्दरीहरूका दाँजोमा उनको प्रस्तुति अब्बल भएकै कारण उनी यस विधाको विजेताको हकदार भइन् । यिनै विधाका विजेताका रूपमा शृङ्खला मिस वल्र्डको टप ३० मा स्थान बनाउन सफल भइन् । व्युटी विथ ए पर्पाेजका लागि उनले आफ्नो गृहजिल्ला मकवानपुरका चेपाङ जातिका स्वास्थ्यस्थिति र स्वास्थ्य केन्द्रबारे वृत्तचित्र प्रस्तुत गरेकी थिइन् ।
यसबाहेक सान्या टुरिजम प्रोमोसनल भिडियो अवार्डमा दोस्रो उपविजेता भएकी शृङ्खला ११८ देशका सुन्दरीमाझ भएको टप मोडल विधामा शीर्ष ३२ मा पर्न सफल भइन् । जारी मिस वल्र्डमा समावेश आठ विधाअन्तर्गत शृङ्खला नै त्यस्ती एकमात्र प्रतियोगी हुन्, जसले दुई विधामा विजय तथा एकमा दोस्रो उपविजेता तथा अर्काे विधामा पनि राम्रो स्थान हासिल गर्न सफल भएकी छन् । यस दृष्टिकोणबाट मूल्याङ्कन गरिँदा सन् २०१८ को मिस वल्र्ड प्रतियोगिता नेपालका लागि विशेष उल्लेखनीय रहेको मान्न सकिन्छ । अहिलेसम्म नेपाली सुन्दरीहरूमा अनुभव, शैक्षिक अवस्था, मुलुकको अवस्थाजस्ता विविध कारणले विश्व सुन्दरी रङ्गमञ्चमा लघुताभास अनुभव गर्दथे, यसलाई मेट्ने काम शृङ्खलाले गरिदिएकी छन् । यसबाट आउँदा दिनहरूमा यस्ता रङ्गमञ्चहरूमा नेपाली सुन्दरीहरूको आत्मविश्वास तथा हौसलामा निकै नै अभिवृद्धि हुने निश्चित छ । उनीहरूमा हामी पनि विश्वका कुनै पनि देशका सुन्दरीको दाँजोमा कुनै पनि कुरामा कम छैनौँ भन्ने विश्वास जगाउन शृङ्खलाको यो विधागत विजयले निकै महŒवपूर्ण भूमिका खेल्नेछ । राजनीतिक पृष्ठभूमि भएको परिवारकी चेली शृङ्खलाको भावी लक्ष्य पनि ठूलै छ, बाबुआमाको बिँडो थाम्दै मुलुककै पहिलो महिला प्रधानमन्त्री बन्ने उनको सपना तथा लक्ष्य छ । प्रतिनिधिसभाका सदस्य विरोध खतिवडा तथा प्रदेश नम्बर ३ को प्रदेशसभाका सदस्य मुनु सिग्देल खतिवडाकी सुपुत्री शृङ्खलाको यो लक्ष्यबारे भविष्यले बताउनेछ तर मिस वल्र्डको उपाधि हात पार्न पनि उनको तयारी कम छैन भन्ने तथ्य उनको मिहिनेत तथा आठमध्ये तीन विधामा अब्बल हुनुलाई मान्न सकिन्छ । आशा र कामना गरौँ शृङ्खला यसपटकको विश्व सुन्दरी प्रतियोगितामा निकै राम्रो नतिजा ल्याउन पक्कै पनि सफल हुनेछिन् । | 2021/09/28 04:36:09 | https://pradeshaawaj.com/?p=8726 | mC4 |
बाल विकासका लागि छुट्टै मन्टेश्वरी कक्षा - AahaSanchar
Home मुख्य समाचार बाल विकासका लागि छुट्टै मन्टेश्वरी कक्षा
रुकुम पूर्व, भूमे गाउँपालिका १ मा रहेको सिद्धचौर माद्यमिक विद्यालयले यस शैक्षिक वर्षका लागि बाल विकासलाई विशेष प्राथमिकतामा राखेको छ । शैक्षिक गुणस्तर खस्किँदै गएको गुनासो चौतर्फी रुपमा बढेपछि विद्यालयले सो कदम चालेको हो । उक्त बाल विकास कक्षा सञ्चालनका लागि दुईजना तालिम प्राप्त शिक्षिकाहरूको पनि व्यवस्था गरिसकिएको विद्यालयका प्रधानाध्यापक रामबहादुर पुनले जानकारी दिए ।
मन्टेश्वरी विधिबाट पढाइ सञ्चालन हुने सो कक्षाका लागि सुरुमा सामाग्री जुटाउन पनि रकम अभाव भएको छ । अहिले विद्यार्थीलाई प्रोत्साहन दिनका लागि विद्यालयको आन्तरिक खर्चबाट नै दिवा खाजाको व्यवस्था गर्न लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीतमान पुनले बताए । खर्चका लागि रकम अपुग भए विभिन्न स्रोतहरु खोजी गरिने पनि उनको भनाई छ । शैक्षिक गुणस्तर खस्किँदै गएको, अभिभावक र शिक्षक बिच दुरी बढ्दै गएकाले गुणस्तर शिक्षाका लागि तल्लो कक्षाबाटै सुधार्दै लैजानु यस्तो उपाय निकालय निकालिएको हो ।
गुणस्तरीय शिक्षामा जोड दिई पुनः अभिभावकलाई जागरुक बनाउने लक्ष्य रहेको अध्यक्ष पुनले बताए । सबै कक्षाका विद्यार्थीहरूलाई अनिवार्य अतिरिक्त शिक्षण गराइने पनि उनको भनाई छ । बिद्यालयको शिक्षा सुधारको लागि बेला बेला अभिभावकहरुले गुणासो गर्दै आएका छन । | 2019/12/08 00:18:47 | http://aahasanchar.com/?p=6044 | mC4 |
रेडियो ताप्लेजुङ साउदीले यमनमा अमेरिकी बम प्रयोग गर्नै जानेन :-ट्रम्प
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनमा हमला गर्दा साउदीले अमेरिकी बम प्रयोग गर्नै नजानेको उल्लेख गरेका छन् । आइतबार एक अन्तर्वाताका क्रममा उनले यस्तो बताएका हुन् । गत अगस्टमा साउदीले गरेको सो प्रहारमा एक स्कुलबसमा बिस्फोटन भएपछि ५१ मध्ये ४० बालबालिकाले ज्यान गुमाएका थिए ।
यसै घटनालाई व्याख्या गर्दै ट्रम्पले त्यसलाई 'हरर शो' बताएका हुन् । साथै उनले हमलामा प्रयोग भएको हाियतर अमेरिकामा निर्मित भएपनि त्यसमा अमेरिकी अधिकारीको कुनै संलग्नता नरहेको भने स्पष्ट पारेका हुन् । उनले भने, 'हामी त्यस्तो जथाभावी काम कहिल्यै गर्दैनौँ । हामीसँग भएका मान्छे आफ्ना काममा विश्वकै उत्कृष्ट मानिन्छन् । त्यसकारण यस्तो भयङ्कर गलती हतियार चलाउन नजान्नेले मात्र गर्न सक्छ ।'
यसअघि अमेरिकाले संयुक्त राष्ट्रद्वारा आयोजित राजनीतिक छलफलमा पनि यमनमा जारी युद्ध अन्त्य गर्न पहल गरेको थियो । यमनलाई युद्धभूमीका रुपमा प्रयोग गर्दै ईरान र साउदीले एकअर्कामाथि हमला गर्न थालेपछि अमेरिकी रक्षा मन्त्री जिम म्याटिसले दुवै पक्षलाई तीस दिनभित्र सबै काममा टुङ्गो लगाउन भनेका थिए । यमन युद्धमा २०१५ देखि हालसम्म १० हजार मानिसले ज्यान गुमाइसकेका छन् जसमा अमेरिकाको भूमिकालाई पनि प्रमुख मानिदै आएको छ । यसअघि पनि साउदीलाई अरबौँ डलर बराबरका हतियार विक्री गरि लडाईँमा साथ दिएको आरोपमा अमेरिकी प्रशासनको कडा आलोचना भएको थियो । यस्तोमा सो दुर्घटनाका लागि अमेरिकालाई पनि दोषी ठहर गरिएको हो । तर यसको बचाउ गर्दै ट्रम्पले भने, 'हामीले साउदीसँग धेरै विषयमा कुरा गर्नुछ किनकी निश्चित रुपमा हामी पनि हाम्रो हतियारको प्रयोग बालबालिकाको स्कुलबसमाथि भएको हेर्न चाहदैनौँ । '
यमनमा जारी यस प्रकारका लडाईँले त्यहाँका २ करोड बढी जनसङ्ख्यालाई विदेशी सहयोगको भरमा बाँच्न बाध्य बनाएको छ भने ८० लाख भन्दा बढी भोकमरीको जोखिमा रहेका छन् । यसबारेमा बोल्दै ट्रम्पले पनि त्यहाँको स्थिति ज्यादै दुःखदायी रहेको र सो ठाउँ अहिले पृथ्वीकै भयानक भएको उल्लेख गरेका हुन् । अगस्टको यसै घटनापछि अमेरिका र साउदीबीच विभिन्न समस्या आएको थियो । त्यसैमाथि अमेरिकास्थित साउदी पत्रकार जमल खासोग्जीको अपहरण र हत्याको घटनाले दुईबीचको सम्बन्धलाई थप संकटमा पारिदिएको फक्स न्युजले जनाएको छ । | 2019/01/23 10:20:27 | http://radiotaplejung.com/news-details/929/2018-11-06 | mC4 |
काठमाडौं, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नयाँ वर्ष २०७९ देशको राजनीतिक इतिहासमा महत्वपूर्ण वर्ष हुने बताएका छन्।
नयाँ वर्ष २०७९ को शुभकामना सन्देश दिँदै उनले २०७९ सङ्घ, प्रदेश र स्थानीय तहको चुनावी वर्षका रुपमा रहेकाले देशको राजनीतिक इतिहासमा महत्वपूर्ण वर्ष हुने बताए।
शुभकामना सन्देशमा उनले संविधान, लोकतन्त्र र कम्युनिष्ट आन्दोलनको रक्षाका लागि आफूहरु जनताको साथमा हुने बताएका छन्।
ुसमाजको शान्तिपूर्ण रूपान्तरण, लोकतान्त्रिक प्रतिस्पर्धा र जनताको शक्तिमाथि आधारित भएर नै सफलता प्राप्त गर्नेछौँ भन्नेमा हामी विश्वस्त छौँ, यी कार्यभार सम्पन्न गर्न हामीले पाँच दलीय गठबन्धन बनाएका हौँु, उनले सन्देशमा भने।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएको नेता नेपालले जारी गरेको सन्देशमा आजसम्मका जनसङ्घर्ष जनआन्दोलन र जनक्रान्तिबाट प्राप्त उपलब्धिको रक्षा एवं विकास गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गरी सामाजिक–आर्थिक–सांस्कृतिक रूपान्तरणमार्फत समाजवादी आन्दोलन सफल बनाउन सम्पूर्ण देशवासीको निरन्तर साथ रहनेमा विश्वास व्यक्त गरे।
ुबितेको वर्ष २०७८ साल हामीले देश, लोकतन्त्र र संविधान रक्षाका लागि क्रान्तिकारी विद्रोह गरेको वर्षका रुपमा स्मरणीय रहनेछु, उनले भने, नयाँ वर्ष २०७९ को सुरुआतसँगै हामीले गत वर्ष गरेको त्यो विद्रोहलाई जनताबाट अनुमोदन गराउने ऐतिहासिक अवसर नजिक आएको छ। | 2022-11-29T13:33:31Z | https://sarokarnews.com/%E0%A4%A8%E0%A4%AF%E0%A4%BE%E0%A4%81-%E0%A4%B5%E0%A4%B0%E0%A5%8D%E0%A4%B7-%E0%A4%A6%E0%A5%87%E0%A4%B6%E0%A4%95%E0%A5%8B-%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A4%A8%E0%A5%80%E0%A4%A4%E0%A4%BF%E0%A4%95/ | OSCAR-2301 |
लोकसेवा विज्ञापन प्रकरण: संसदीय समिति र सरकारबीच बढ्यो टकराव
Sun, May 31, 2020 at 3:20am
मंगलवार, २८ जेष्ठ २०७६, आहाखबर 2.33K
लोकसेवाले गरेको विज्ञापनबार मन्त्री पण्डितले सोमबार उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्रालयको सिफारिसमा लोकसेवाले गरेको विज्ञापन जायज भएको बताए पनि समितिका बहुमत सदस्य बदर गर्नुपर्ने पक्षमा उभिए । 'प्रदेश लोकसेवा आयोग गठन नभएको हुनाले समायोजन ऐनअनुसार लोकसेवा आयोगले नै विज्ञापन गर्ने हो । त्यहीअनुरूप विज्ञापन गरिएकाले यो विज्ञापन संविधानसम्मत छ', मन्त्री पण्डितले भने, 'मन्त्रालयले आफ्नै चाहनाअनुसार नभएर स्थानीय तहबाट कर्मचारी माग भएपछि विज्ञापन गरिएको हो ।'
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा लोकसेवा आयोगले गत १५ जेठमा ५१५ स्थानीय तहका विभिन्न पदमा ९ हजार १६१ कर्मचारी माग गर्दै विज्ञापन गरेको थियो । लोकसेवाले संविधानको मर्म र भावनाअनुसार समावेशीलाई ख्याल नगरी विज्ञापन निकालेको भन्दै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका सांसद, समाजवादी पार्टी, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँगै राष्ट्रिय जनता पार्टीका सांसदले विरोध गरेपछि राज्य व्यवस्था तथा सुशासन समितिका बहुमत सदस्य विज्ञापन रोक्नुपर्ने पक्षमा देखिएका थिए । यसपछि सोमबारको बैठकले विज्ञापन रोक्न निर्देशन दिएको हो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८३ मा गाउँपालिका तथा नगरपालिकाले नगर प्रहरी, सवारी चालक, सयश, कार्यालय सहयोगी, प्लम्बर, इलेक्ट्रिसियन, चौकीदार, माली, बगैंचे र सरसफाईसम्बन्धी पदमा मात्रै करारबाट पदपूर्ति गर्न सक्ने व्यवस्था छ । तर, समितिले भने सो कानुनी व्यवस्था विपरित प्रशासन सेवामा करारमा कर्मचारी राख्ने व्यवस्था गर्न मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिको निर्देशनपछि स्थानीय तहमा रिक्त रहेका पदहरूमा स्थायी पदपूर्ति कहिलेसम्म हुन्छ भन्ने अन्योल झन् बढेको छ । स्थानीय तहमा कर्मचारीको स्थायी पदपूर्तिका लागि प्रदेश लोकसेवा आयोग गठन हुनै बाँकी छ । प्रदेश लोकसेवा आयोग गठन हुन अझै तीन वर्ष लाग्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरालाले बताएका छन् । 'केन्द्र सरकारबाट सिद्धान्त स्वीकृत भएपछि प्रदेशले कानुन बनाउनुपर्छ । प्रदेश निजामती कानुन बनाउनुपर्ने हुन्छ र प्रदेश लोकसेवा आयोग गठन हुनसक्छ', सचिव कोइरालाले भने, 'प्रदेश लोकसेवा गठन भएपछि ९७/९८ प्रकृतिका पदहरूको पाठ्यक्रम बनाउनुपर्ने हुन्छ । यो प्रक्रिया पूरा गर्न धेरै चाँडो गरे दुई वर्ष, नभए तीन वर्ष लाग्ने स्थिति छ ।'
संविधानको धारा २४४ मा प्रादेशिक लोकसेवा आयोगसम्बन्धी व्यवस्था छ । यसअनुसार प्रत्येक प्रदेशमा प्रदेश लोकसेवा आयोग रहनेछ र प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार प्रदेश कानुनबमोजिम हुने व्यवस्था छ । साथै, प्रादेशिक लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकारसम्बन्धी प्रदेश कानुन संघीय संसद्ले बनाएको कानुनको आधार र मापदण्डबमोजिम हुनुपर्ने भनिएको छ । तर, संघीय सरकारले हालसम्म प्रादेशिक लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकारसम्बन्धी आधार र मापदण्ड तय गरेर पठाएको छैन । त्यसका लागि संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद्ले पास गर्नुपर्ने हुन्छ । यो विधेयक संसद्को राज्य व्यवस्था समितिमै दफाबार छलफलको क्रममा छ ।
सांसदहरूले प्रदेश लोकसेवा आयोग गठन गरेर स्थानीय तहमा रहेका कर्मचारीको अभावले पारेका समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन् । 'हामीले कानुन बनाएर पठाउनुपर्नेछ भने छिटो गरौं । केन्द्रले नै कर्मचारी पठाउने होइन,' नेकपाका सांसद जनार्दन शर्माले भने,।' नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेल पनि छिटोभन्दा छिटो प्रादेशिक लोकसेवा आयोग गठन गर्ने सम्बन्धमा संघीय सरकारले ध्यान दिनुपर्ने बताए । नेकपाका सांसद विजय सुब्बाले भने प्रादेशिक लोकसेवा आयोग गठन गर्नेसम्बन्धी व्यवस्था कार्यान्वयनका लागि संघीय सांसदहरू नै लाग्नुपर्ने बताए ।
स्थानीय सरकार सञ्चालन ऐनको दफा ८३ मा कर्मचारी समायोजनपछि मात्र संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एन्ड एम) गरेर मात्र संगठन संरचना कायम गर्ने व्यवस्था रहेको स्मरण गर्दै समितिले भनेको छ, 'जेठ १५ गते लोकसेवा आयोगले स्थानीय तहका विभिन्न पदहरूका लागि प्रकाशन गरेको विज्ञापन संविधानको मर्म र भावनाअनुरूप नदेखिएकाले उक्त विज्ञापन रद्द गर्न संविधानको धारा २९३ अनुसार लोकसेवा आयोगलाई निर्देशन दिने ।'
साथै, स्थानीय तहमा तत्काल कर्मचारी व्यवस्थापन गर्न संघको दरबन्दीमा रहेका पुल र फाजिल कर्मचारीलाई काजमा खटाउन र स्थायी पदपूर्ति नभएसम्म निश्चित मापदण्डका आधारमा करारमा कर्मचारी राख्ने व्यवस्था मिलाउन भनेको समाचार राजधानी दैनिकमा छ । | 2020/05/31 03:20:58 | https://www.aahakhabar.com/news/27495 | mC4 |
बौद्ध धर्ममा नेपालको रैथानेपन- विचार - कान्तिपुर समाचार
जनता समाजवादीका चुनौती
दुई पार्टी एकै ठाउँमा आइसकेपछि केन्द्रीय तहका नेताहरूको भीडभाडलाई तह लगाउन सम्भवतः एक चमत्कारकै आवश्यकता पर्छ ।
वैशाख १६, २०७७ मल्ल के. सुन्दर
राजनीति अवसरको खेल हो, यो सरल रेखामा यात्रा गर्दैन । बेलायतीहरू ठान्छन्, 'राजनीति भनेको प्रतिपक्षको चाहनामाथि तिकडमको प्रक्रिया हो ।'
सबैतिर हामी यस्तै पाउँछौं । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीचको हालैको एकता पनि यस्तै एक दृष्टान्त हो । दल विभाजनसम्बन्धी अध्यादेश, राष्ट्रिय जनता पार्टीका केही सांसदबाट दल विभाजनका लागि भएको गोप्य चलखेल, प्रधानमन्त्रीको निर्देशनमा तिनीहरूलाई रातारात राजधानी ल्याउन गरिएको कसरत र त्यसको प्रतिक्रियास्वरूप दुई पार्टीबीच भएको एकीकरण राजनीतिमा हुने तिकडमका नमुना हुन् ।
समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीचको यो एकता अप्रत्याशित भने होइन । यी दुई राजनीतिक शक्तिबीच एकताको प्रयास चल्दै आएको थियो । अनेकन प्राविधिक तथा व्यावहारिक अप्ठ्याराले त्यसले मूर्तरूप लिएको थिएन । निरन्तरका वार्ता तथा भेटघाटमा पार्टी एकताबारे सैद्धान्तिक सहमति बनिसकेको थियो ।
नयाँ संविधान जारी भएपछि विशेषतः मधेस र आदिवासी जनजातिका सवाल, समावेशिता, समानुपातिक प्रतिनिधित्वदेखि पहिचानसहितको संघीयताका मामिलामा यी दुवै राजनीतिक दलले शक्ति सञ्चय गर्नुपर्ने र समान धारणा भएकाहरूबीच सशक्त राजनीतिक मोर्चा बनाउनुपर्ने आवश्यकता महसुस गर्दै आएका थिए । साथै, नेपालका संस्थापित राजनीतिक शक्तिहरूमा देखिएको सैद्धान्तिक विचलन र उत्पीडित समुदायका मुद्दाप्रतिको उदासीनताका कारण एउटा तेस्रो राजनीतिक शक्ति निर्माणको खोजी भइरहेको थियो ।
त्यही भएर अहिले आकस्मिक तथा अप्रत्याशित रूपमा दुई पार्टीको एकता भए पनि यसलाई नेपाली समाजले सकारात्मक घटनाको रूपमा लिएको छ र प्रतीक्षित वैकल्पिक राजनीतिक शक्तिका रूपमा एकीकृत दलले भूमिका निर्वाह गरोस् भन्ने अपेक्षा राखेको छ । एकीकृत दलका नेताहरूले त अहिले नै आफूहरूलाई नेपालको वैकल्पिक राजनीतिक शक्तिको रूपमा मात्र नभई भावी प्रमुख शक्ति हुने प्रक्षेपणसमेत गरिरहेका छन् ।
पार्टी एकताको औपचारिकता पूरा भइसकेको छ । जनता समाजवादी पार्टीका रूपमा एकीकृत यस राजनीतिक शक्ति अब कुन गति र दिशामा अघि बढ्ला भन्नेमा आम नेपालीको चासो छ । एकातिर फरक राजनीतिक धार र पृष्ठभूमिबाट आएका छन् अर्कोतिर मूलतः मधेसी मुद्दामा केन्द्रित बेग्लै संस्कार संस्कृति बोकेका विभिन्न राजनीतिक दलका नेता छन् । भाषा, सामाजिक संरचना, रैथाने व्यवहार मात्रै फरकफरक होइन, राजनीतिक संस्कारसमेत आ-आफ्नै खालका छन् ।
एकातिर, सिद्धान्त र विचारमा विवादका छिद्र खोजी गर्दै पार्टी विभाजनमा अभ्यस्त पूर्ववामपन्थीहरू अर्कोतिर अवसर र आत्मसम्मानको नाउँमा पृथक् हुनमा रमाउने मधेसकेन्द्रित राजनीतिकर्मीहरू !
विगतलाई फर्केर हेर्दा यी दुवै खेमाका नेता-कार्यकर्ताहरूमा स्थिरताको अभाव देखिन्छ । विशेषतः मधेसकेन्द्रित दलहरू हिजो गजेन्द्रनारायण सिंहले सुरु गरेको सद्भावना पार्टीको राजनीतिक अभियानबाट छरपस्ट हुँदै दर्जनौंको संख्यामा देखिए । कतिपय त केवल सत्तामा पुग्न र मन्त्री बन्नकै लागि पनि उछिट्टिएका थिए ।
दुई पार्टी एकै ठाउँमा आइसकेपछि केन्द्रीय तहका नेताहरूको भीडभाडलाई तह लगाउन सम्भवतः एक चमत्कारकै आवश्यकता पर्छ । किनभने, समाजवादी पार्टीमा २५ पदाधिकारी र ४ सय ३१ केन्द्रीय सदस्य अनि राष्ट्रिय जनता पार्टीमा पालैपालो अध्यक्षता गर्दै आएका ६ नेता, १ सय ३५ पदाधिकारी तथा ७ सय ९८ केन्द्रीय सदस्य छन् । स-सानो झुन्डमा बसेर ठालुको हैसियत बनाएकाहरूमा संयुक्त शक्तिमा रूपान्तरण भइसक्दा पनि महत्त्वाकांक्षा मत्थर भइसकेको हुँदैन । पार्टीहरूको एकीकरणमा अति जटिल प्रक्रिया भनेकै यस खाले व्यक्तिकेन्द्रित राजनीति हो । त्यसमा पनि दुवै दलका अधिकांश केन्द्रीय तहका नेताहरूले सत्ताको स्वाद चाखिसकेका छन्, उनीहरूलाई सुख-सयल र सुविधाको मोहले पिरोल्ने त्यत्तिकै खतरा छ ।
महत्त्वपूर्ण विषय भनेको दललाई निर्दिष्ट गर्ने राजनीतिक सिद्धान्त, कार्यदिशा, रणनीतिक योजना र संहिता हुन् । शासकीय स्वरूप र निर्वाचन प्रणालीलाई लिएर दुवै दलका बुझाइ फरकफरक छन् । समाजवादी पार्टीले अंगीकार गर्दै आएको संघीयतासहित उन्नत समाजवादभन्दा भिन्न खाले राजनीतिक पद्धति राष्ट्रिय जनता पार्टीको छ । यद्यपि, एकीकृत एकता महाधिवेशनबाट यी सबै मुद्दा टुंगो लगाउन दुवै दलले सहमति गरेका छन् । समयमै यी जटिल पक्षमा समझदारी बनेन भने एकता केवल औंपचारिकतामा सीमित रही सिंगो दल नै क्रियाशील हुन नसक्ने अवस्थामा पुग्न सक्छ ।
ऐन मौकामा, राष्ट्रिय संकटका बेलामा लैनचौरतिर भौंतारिने र उतैको कानेखुसीमा आफूलाई डोर्याउने जुन विसंगति केही दलमा हिजो देखिएको थियो तिनीहरू पनि यो राजनीतिक समीकरणमा समावेश छन् । फेरि पनि यस्तो प्रवृत्तिको पुनरावृत्ति भएमा त्यो स्वयं दलका लागि धमिरासरह हुनेछ ।
अवसर र भविष्य
सहभागिताका दृष्टिले नवगठित जनता समाजवादी पार्टीले सिंगो तराई मधेसको ठूलो समुदायलाई प्रतिनिधित्व गर्छ । देशको कुल जनसंख्याको ३७ प्रतिशतभन्दा बढी आदिवासी जनजातिका पक्षधर पनि यसको नेतृत्वमा छन् । नेपाली समाजमा लामो समयसम्म दमित अवस्थामा राखिएका दलित/शिल्पी वर्गका नेताहरूले, सीमान्तकृत अवस्थामा रहेका कर्णाली तथा सुदूरपश्चिमका खस तथा अन्यका प्रतिनिधि पनि नेतृत्व तहमा देखिन्छन् । बाहुल्यमा रहेका बाहुन, क्षत्री त छँदै छन् । नेपालको सामाजिक बहुलता र विविधताको झलक यसभित्र भेटिन्छ ।
सामाजिक बहुलता मात्र होइन जीवनस्तर र चेतनाका तहमा पनि विविधता छ, नेपाली समाजमा ।लामो समयदेखि यसखाले विविधता र बहुलता राज्यसत्ता तहबाट गरिने असमानता, पक्षपात, निषेधीकरण र सीमान्तीकरणका कारण भइरहेका छन् । नेपाली समाजको मुक्तिका लागि यी सबै खाले विभेद, पक्षपात र असमानताको स्थिति अन्त्य हुनुपर्छ । समावेशी तथा पूर्ण समानुपातिक प्रतिनिधित्वसहितको राज्य व्यवस्था मात्र यसको निरूपण हो ।
क्षेत्रीय, सामाजिक, भाषिक तथा धार्मिक विभेदबाट समाज सदियौंदेखि गाँजिएको छ । समुदायगत, भाषागत, सांस्कृतिक विशेषताहरू लोपोन्मुख छन् । सांस्कृतिक, भाषिक, ऐतिहासिक बहुलताको संरक्षण र समृद्धिका लागि विशिष्ट पहिचानसहितको संघीय पुनःसंरचनाको आवश्यकता छ । आजसम्म नेपालका राजनीतिक दलहरूले यी मुद्दाबारे सही सम्बोधन गरेका छैनन् ।
नयाँ संविधान जारीको बेलामा यी समस्या समाधानका लागि संवेदनशीलता देखाइएन । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र नयाँ संविधान क्रियाशील भइसकेको अवस्थामा पनि नेपालका दलित, मधेसी, मुस्लिम, आदिवासी जनजाति, भाषाभाषी, गैरहिन्दु धर्मावलम्बी, महिला आदिले राज्यमा आफ्नो प्रतिनिधित्व भएको अनुभूत गरेका छैनन् । यस्ता वर्ग, समुदायलाई गोलबन्द गरेर उनीहरूको मुद्दाप्रति संवेदनशील बन्दै नेपाली समाजका ठूलो कित्ताको मुद्दा र मर्मलाई आफ्नो राजनीतिक अभीष्टको रूपमा सँगाल्न सकेमा निश्चित छ- जनता समाजवादी पार्टी नेपालको वैकल्पिक राजनीतिक शक्ति बन्न सक्नेछ ।
पार्टीको नाउँ, नेतृत्व गर्ने व्यक्ति अनि राजनीतिक घोषणा वा निर्णयभन्दा महत्त्वपूर्ण पक्ष व्यावहारिक रूपमा कत्तिको खरो उत्रिने भन्ने हो । राजनीतिक पार्टीलाई केवल लेनदेन र सत्ताआरोहणको माध्यम मात्र बनाउने हो भने जोसुकैले नेतृत्व गरेको र जतिसुकै जनआधार र समर्थन प्राप्त गरेको संगठन किन नहोस्, त्यो अन्ततः जनताका लागि हर्ष न विस्मातको विषय बन्नेछ । राजनीतिक दलको भीडमा फेरि एउटा अर्को विद्रूपको उपस्थिति मात्र ठहरिनेछ । अपेक्षा राखौं- 'एक मूर्ख एकल मूर्ख हुन्, दुई मूर्ख दुई जना मूर्ख हुन्, हजारौंको मूर्ख भनेको राजनीति पार्टी हो' भनेर फ्रान्ज काफ्काले भनेजस्तो अनुभूति नहोस् । | 2021/12/07 06:07:48 | https://ekantipur.com/opinion/2020/05/07/15888236757569385.html?author=1 | mC4 |
हिटर बाल्दा होस पुर्यानुहोस्, कसरी यसले हावामा रहेको अक्सिजनलाई जलाउँछ ? « Image Khabar
हिटर बाल्दा होस पुर्यानुहोस्, कसरी यसले हावामा रहेको अक्सिजनलाई जलाउँछ ?
१२ पुष २०७८, सोमबार १२:०९
काठमाडौं । चिसो मौसममा कोठालाई न्यायो बनाउन हिटरको प्रयोग गर्ने गरिन्छ । अत्यधिक विद्युतीय हिटरको प्रयोगले विभिन्न खतरा निम्त्याउन सक्छ । लापरवाहीले हाम्रो ज्यान समेत जान सक्छ । हिटरकै कारण ज्यान गएका उदाहरण पनि हाम्रा सामु छन्।
हिटरले न्यायो पार्ने काम त गर्छ नै साथ साथै त्यसले बेफाइदा पनि गर्छ । हामीले हिटर बालेर बस्दा धेरै कुरामा ध्यान दिनुपर्छ । अझ स्वासप्रश्वासको समस्या भएका मानिसले हिटरको प्रयोग गर्दा धेरै नै ध्यान दिनुपर्छ । अथवा चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ । चिकित्किकाअनुसार स्वासप्रश्वाससम्बन्धी धेरै नै समस्या भएका बिरामीले हिटरको प्रयोग गर्नु त्यति फाइदाजनक मानिदैन ।
धेरै जस्तो हिटरहरुमा रातो र तातो धातुको डन्डी प्रयोग गरिएको हुन्छ । कोठाको तापक्रम बढाउनका लागी हिटरले तातो हावा बाहिर फाल्ने काम गर्दछ । तातो हावाले कोठामा रहेको चिसो हावालाई तातो हावामा परिणत गर्छ । हिटरबाट निस्कने तातो हावा सुख्खा हुने गर्दछ । साथै यी रुम हिटरहरुले हावामा रहेको अक्सीजनलाई जलाउने काम गर्दछ ।
हिटरबाट निस्कने हावाले हाम्रो शरीरको छालालाई डिहाइड्रेट गर्दछ । हिटरको कारणले धेरै मानिसलाई निद्रा नलाग्ने, टाउको दुख्ने समस्या देखा पर्दछ । हिटरको धेरै प्रयोग गर्दा स्वास्थ्यमा अन्य समस्याहरु पनि देखा पर्दछन् । हिटरबाट निस्केको केमिकलले हाम्रो श्वासको माध्यम हुदै हाम्रो शरीरभित्र प्रवेश गर्दछ । जसका कारण हाम्रो शरीरको भित्री भागमा यसले नोक्सान पुर्याउँछ । विशेषगरी यसले आस्थमा हुने वा एलर्जी समेत हुने गर्दछ ।
दम रोगका बिरामीहरुलाई हिटर बालेर बस्दा सबैभन्दा धेरै खतरा हुने गर्दछ । यदि तपाईमा श्वासप्रवासको समस्या छ भने हिटरबाट टाढा नै रहनु राम्रो मानिने चिकित्सकको सुझाव छ । यस बाहेक ब्रोन्काइटिस र पिनासका बिरामीहरुलाई यसले एलर्जी हुन सक्छ । यस्ता बिरामीहरुमा हिटरको हावाबाट फोक्सोमा कफ बन्न थाल्छ र खोकी र हाँछ्यु आउन थाल्छ ।
चिकित्सकका अनुसार यदि तपाईमा दम र एलर्जीको समस्या छ भने साधारण हिटरको ठाउँमा मट्टीतेल वाला हिटरको प्रयोग गर्नुपर्छ । यो हिटरमा तेलले भरिएको पाइप हुन्छ जसले गर्दा हावालाई सुख्खा हुन दिदैन । यदि तपाई हिटरको दिनहु प्रयोग गर्नुहुन्छ भने थोरै समयका लागी प्रयोग गरी हिटरलाई बन्द गर्नुहोस् । हिटरको धेरै प्रयोग गर्नाले बच्चाहरुमा पनि दमको समस्या देखा पर्न सक्छ ।
यति मात्र नभई खोकी लाग्ने , छाती दुख्ने छटपटी हुने र फोक्सोमा समेत यसले असर पुर्याउँछ। विशेषगरी हिटरले बच्चा र वृद्धवृद्धालाई असर गर्दछ । कोठा बन्द गरेर हिटर बाल्दा कोठाको अक्सीजन बल्छ र श्वास फेर्न गाह्रो हुन्छ । जसबाट ज्यान गुमाउने समेत जोखिम हुन्छ ।हिटरवाल्दा कोठामा झ्याल ढोका बन्द गरिनु हुँदैन ।
हिटरमात्र होइन जाडोमा न्यानो बनाउन आगो बाल्दा,ब्रिकेट बाल्दा झ्याल ढोका बन्द गरेर बाल्नु हुँदैन । कोठाभित्र प्रसस्त मात्रामा अक्सिजन छिर्न सक्नु पर्छ । त्यसैले हिटर,आगो, ब्रिकेट लगायत बाल्दा झ्याल वा ढोका खुला राख्नुपर्छ । पूर्व सावधानीले नै दुर्घटनाबाट जोगाउँछ । | 2022/01/28 16:24:38 | https://www.imagekhabar.com/news/274154/ | mC4 |
चैत्र २४ को सम्झना गर्दै परिवर्तन अधुरो भएको निष्कर्षमा बक्ताहरु || राजनीति समाचार
चैत्र २४ को सम्झना गर्दै परिवर्तन अधुरो...
चैत्र २४ को सम्झना गर्दै परिवर्तन अधुरो भएको निष्कर्षमा बक्ताहरु
access_time 07 Apr 2021
काठमाडौं/पुष्पलाल अध्ययन समाज नेपालद्धारा आयोजित 'पहिलो जनआन्दोलनको उत्कर्षः चैत्र २४, ३१ औं जनआन्दोलन दिवस २०७७ ' नामक कार्यक्रममा वामपन्थी नेता तथा प्रजातान्त्रिक वुद्धिजीवीहरुले उपलब्धि सन्तोषजनक नभएपनि निराशा हुन नहुने धारणा व्यक्त गरेका छन् ।
पुष्पलालको संयुक्त जनआन्दोलनको नीतिका कारण नेपालमा पंचायत ढलेको र गणतन्त्र स्थापनाको आधार बनेको भन्दै समाजका अध्यक्ष लोककृष्ण भट्टराईले अध्यक्षता गरेको सो कार्यक्रममा तत्कालीन संयुक्त वाममोर्चा नेपालको आन्दोलन परिचालन समितिका सदस्य तथा नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले केही उपलब्धि हासिल भएपनि त्यसलाई संस्थागत गर्न नसकिएको धारणा ब्यक्त गरेका थिए ।
राजनीतिलाइ पेशा बनाएर बिकृति थोपरीएको अवस्थामा मुलुकको राजनीतिमा माइक्रो म्यानेजमेन्ट गर्न खोजिएको तथा लोकतन्त्र र राष्ट्रियता दुवै धरापमा परेको भन्दै आन्दोलनकारी सबैले समिक्षा गर्नुपर्नेमा पोखरेलले जोड दिएका थिए ।
कार्यक्रममा अतिथि वक्ता रहेका नेकपा मालेका महासचि सीपी मैनालीले अहिले नेपालको राजनीति संकटमा फसेको, मुलुकको अस्तित्व र स्वतन्त्रता खतरामा परेको वेला जनगणतन्त्रको कुरो सान्दर्भिक नहुने भन्दै उनले बाह्य हस्तक्षेप रोकेर स्वाधीनता सुदृढ गराउनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा बोल्दै चीनका लागि पूर्व राजदूत टंक कार्कीले पुष्पलालको संयुक्त जनआन्दोलनको नीतिलाई व्याख्या गर्दै नेपाली कम्युनिष्ट आन्दोलनमा विभाजनका प्रयासहरुबारे समीक्षा गरेका थिए । राजनीतिमा शक्ति आउँदासाथ व्यक्तिवादी भै हाल्ने प्रवृत्ति बहुदलीय संस्कृति अनुरुप नभएको भन्दै उनले प्रणाली परिवर्तन भन्दा पनि मानसिकता परिवर्तन गर्नु पर्नेमा जोड दिएका थिए ।
प्राध्यापक कपिल श्रेष्ठले नेपालको ३१ वर्षे पछिल्लो अनुभवलाई उदाहरण दिने गरी विश्वचर्चित पुस्तकहरु र लेखकहरुको प्रसंग निकालेका थिए । उनले २००७ देखि २०१७ सालसम्मको इतिहास हेर्दा वामपन्थीसँग मिलेर लड्ने कांग्रेसको कुनै डकुमेन्ट नरहेको स्विकारेका थिए ।
नेकपा मसालका प्रतिनिधि समिर सिंहले दलहरु पुरानो ढर्राबाट चलेका कारण आन्दोलनको उपलब्धि पनि संरक्षण हुन नसकेको र प्रष्ट मार्गचित्र तय हुन नसकेको धारणा राखे ।
नेकपा माओवादी केन्द्रका नेता राजन तिमिल्सिनाले यथास्थितिवाट नयाँ चिज प्राप्त नहुने भन्दै नयाँ फड्कोका लागि वैचारिक, राजनैतिक र सांगठानिक तयारी हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमका बाम राजनीतिक बिश्लेषक नरेन्द्रजंग पिटरले लालझण्डा बोक्दैमा लाल नभएको बरु लालदास बढाइएको भन्दै आन्दोलनको गहन समिक्षा हुनुपर्ने धारणा राखेका थिए ।
समाजका उपाध्यक्ष नारायण शर्माले चैत २४ को ऐतिहासिक दिन, जनआकाक्षा माथिको गम्भीर घात र अब तेस्रो जनआन्दोलनको टड्कारो आवश्यकता प्रति ध्यानाकर्षण गराएका थिए ।
बरिष्ठ अधिवक्ता बोर्ण बहादुर कार्कीले राजनीतिलाइ ब्यक्तिवादी र स्वार्थकेन्द्रित बनाइएको स्थितिमा जनआन्दोलनको संस्मरणले दल र नेताहरुको रुपान्तरण मागिरहेको धारणा राखेका थिए ।
त्यस्तै अर्का वक्ता मोहन बहादुर केसीले ट्रेड युनियनको माध्यमबाट २०४६ को जनआन्दोलनमा पुगेको योगदानका बारेमा चर्चा गर्दै राजनैतिक दलहरुमा भित्रिएको विकृति र भ्रष्टताका विरुद्ध नयाँ ढंगले अघि बढ्नुपर्ने धारणा राखेका थिए ।
वाम वुद्धिजीवी भरत गौतमले कुनै पनि व्यवस्था निर्विकल्प नहुने भन्दै अबको रणनीति जनगणतन्त्र र कार्यनीति जनपक्षीय गणतन्त्र हुनुपर्नेमा जोड दिएका थिए ।
समाजका सदस्य किरण मोक्तानले समाजको एक कार्यभारका रुपमा आन्दोलनको स्मरण गरिएको धारणा राखेकी थिइन् । कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का नेता हस्त बहादुर केसीले गम्भीर समिक्षा सहित नयाँ ढंगले बहश बढाउनुपर्ने धारणा राखेका थिए ।
काठमाण्डौको बालुवाटारस्थित नेपाल हाउसमा आयोजना गरिएको सो कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नेता पर्शुराम तामाङ, प्रगतिशील लेखक संघका निवर्तमान अध्यक्ष मातृका पोखरेल, पुष्पलाल अध्ययन समाजका वरिष्ठ उपाध्यक्ष राम बहादुर भण्डारी, महासचिव शुरेस कार्की, सल्लाहकार रविन्द्र कर्माचार्य, वरिष्ठ पत्रकार निमकान्त पाण्डे, वामपन्थी अभियन्ता गणेश सिंखडा, समाजका उपमहासचिव मुकुन्द आचार्य, हरिहर खरेल, कोषाध्यक्ष श्री हरि श्रेष्ठ, सदस्यहरु सावित्री भट्टराई, चन्दा थापा, राजु भट्ट, वाम वुद्धिजीवी राजकुमार श्रेष्ठ, प्रा.डा खेम कोइराला बन्धु, राजेन्द्र देशभक्त, हरिहर कार्की, विष्णु बहादुर सिंह, रामकुमार केसी, मित्र शर्मा पौडेल, याम प्रसाद भट्टराई, किशान लिम्बु, सीता खाति, देविप्रसाद आचार्य, डम्बर विक्रम कार्की, वाम अभियन्ता रेशम न्यौपाने, वामदेव खड्का, नाम्गेल मोक्तान, धनजित तामाङ, विजय मगर लगायत ६५ जनाको उपस्थिति रहेको थियो ।कार्यक्रमको सञ्चालन समाजका सचिव नीलकण्ठ तिवारीले गरेका थिए । | 2021/04/10 11:02:06 | https://dharananews.com/political-news/2021-04-07-16922 | mC4 |
काठमाडौँ, कात्तिक २६ गते । काठमाडौँ उपत्यकालाई लोडसेडिङमुक्त पार्न निकै कठिन रहेकाले हाल यो कार्य परीक्षणकै रूपमा रहेको ऊर्जामन्त्रीले स्पष्ट गर्नुभएको छ । मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी उपत्यकालाई लोडसेडिङमुक्त पार्न परीक्षण (ट्रायल) गरिएको र त्यसलाई निरन्तरता दिने प्रयास भइरहेको स्पष्ट पारेको हो । मन्त्रालयले सबै विकल्प प्रयोग गरेर उपत्यकालाई लोडसेडिङमुक्त क्षेत्र बनाइने पुनः प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
कार्यक्रममा ऊर्जामन्त्री जनार्दन शर्माले भन्नुभयो, "यो परीक्षणका रूपमा रहेको छ । यसलाई निरन्तरता दिन सकिन्छ भन्ने आत्मविश्वास बढेको छ तर लोडसेडिङमुक्त पार्न सकिन्छ भन्न सकिने अवस्थालाई हामीले ठूलो चुनौतीका रूपमा हेरिरहेका छौँ । "
उहाँले भन्नुभयो, "हामी परीक्षण अवधिमै छौँ, प्रयास गर्ने हो, प्रयास नगरेर त कहीँ पनि पुग्न सकिँदैन । " कुलेखानीको पानी सिध्याएर सस्तो लोकप्रियता कमाउन सरकारले लोडसेडिङमुक्त पार्ने कार्यक्रम ल्याएको भनेर सबैतिरबाट सोधिने गरेको बताउँदै मन्त्री शर्माले भन्नुभयो, "कुलेखानीको पानीमा मात्र भर नपर्ने र अन्य विकल्पको पनि सहयोग लिइनेछ ।
हाम्रो प्रयास जारी छ, सफलता मिल्छ होला । " यद्यपि उपत्यकालाई लोडसेडिङमुक्त पार्न विभिन्न वैकल्पिक उपायका बारेमा अध्ययन भइरहेको बताउनुभएका मन्त्री शर्माले ती विकल्पबारे भने स्पष्ट पार्नुभएन ।
सरकारले सय दिन पूरा गरेको अवसरमा आयोजित सो पत्रकार सम्मेलनमा अधिकांश समयमा आफ्ना योजना सुनाउनुभएका मन्त्री शर्माले ऊर्जा मन्त्रालयजस्तो प्राविधिक कार्ययोजना भएको मन्त्रालयको काम स्वीकृत गर्न अप्राविधिक बस्ने अर्थ मन्त्रालयका अधिकारीलाई कुर्नुपर्ने भएकाले सोचेअनुरूप काम हुन नसकेको गुनासोसमेत गर्नुभयो ।
उहाँले भन्नुभयो, "प्राविधिक कामको निर्णय अप्राविधिकहरूले गर्ने र अप्राविधिकहरूले गर्नुपर्ने निर्णय प्राविधिकहरूले गर्नुपर्ने भएपछि सोचेअनुरूप काम हुन सक्दैन रहेछ । अहिले यो मन्त्रालयमा त्यही भइरहेको छ । "
नेपाल विद्युत् प्राधिकरणको पुनःसंरचना गर्ने कार्य हाल भइरहेको जानकारी दिँदै मन्त्री शर्माले केही समयभित्रै आमनागरिकका घरघरमा कर्मचारी गएर विद्युत् कम्पनीका लागि सेयर भराउने कामको थालनी गरिने र जनताको सहभागितामा ऊर्जा विकासको अभियान थालनी गरिनेसमेत बताउनुभयो ।
ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले चमेलिया, कुलेखानी तेस्रो लगायतका निर्माणको अन्तिम चरणमा रहेका आयोजनालाई यथाशक्य सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको र आउँदो एक महिनाभित्र ४५ मेगावाट र दुई महिनाभित्र १२ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिन लागेकाले उपत्यकाबाहिर पनि लोडसेडिङको समय कम गर्ने प्रयास भइरहेको जानकारी दिनुभयो ।
हालसम्म कुलेखानीको पानी खासै प्रयोग नगरेकाले आउँदो हिउँद यामभरि निश्चित समयमा कुलेखानी चलाउँदा पनि खासै समस्या नपर्ने बताउँदै उहाँले आउँदा दिनमा औद्योगिक करिडोरमा चार घन्टाको लोडसेडिङको समयतालिका अनुसार मात्र काम गरिने बताउनुभयो । | 2019/07/22 05:20:12 | http://www.gorkhapatraonline.com/news/32241 | mC4 |
चमत्कारी चीनले बनायो संसारकै लामो समुद्री पुल (फोटोफिचर) « Naya Bato
चमत्कारी चीनले बनायो संसारकै लामो समुद्री पुल (फोटोफिचर)
एजेन्सी – चीनले संसारकै लामो समुद्री पुल बनाएको छ । हङकङ, मकाओ र चीनको दक्षिणी सहर झुहाईलाई जोड्ने पुलको निर्माण गरेको चीनले उद्घाटन कार्यक्रम यही महिनालाई राखेको छ । पुलमा ६० वटा एफेल टावर बनाउन पुग्ने स्टिल प्रयोग गरिएको छ ।
यो चीनको सबैभन्दा महत्वकांक्षी मेगाप्रोजेक्ट हो । यो पुलको लम्बाई ३४ माइल छ । यो संसारको सबैभन्दा लामो समुद्री पुल हो । हङकङ–झुहाई–मकाउ ब्रिज नाम यो परियोजनाले यस क्षेत्रमा यात्रा गर्न आधा समय कटौती गर्ने बताइएको छ । अब लगभग एक घण्टामा मकाउबाट हङकङ पुग्न सकिने छ । यो पुलमा ६ लेन र चार सुरूङ छन् ।
जसमा एक सुरूङ पानि मुनीबाट बनाइएको छ । यो पुल निर्माणमा ४ लाख २० हजार टन स्टिल प्रयोग गरिएको छ । पुलमा पैदल यात्रीले यात्रा गर्न पाउँदैछन् । यो बस र कारका लागि मात्रै बनाइएको हो । यो पुलको आयु १२० बर्ष रहेको बताइएको छ । | 2019/02/20 13:22:53 | https://www.nayabato.com/archives/128878 | mC4 |
सरकारले नीति ल्यायो तर कार्यान्वयन र प्रवद्धनमा ध्यान दिएन् - कृषि डेली
Home banner सरकारले नीति ल्यायो तर कार्यान्वयन र प्रवद्धनमा ध्यान दिएन्
सरकारले नीति ल्यायो तर कार्यान्वयन र प्रवद्धनमा ध्यान दिएन्
-सरोज खनाल ।
नुवाकोट – अनुकुल मौसमका कारण यो वर्ष नुवाकोटमा आप उत्पादनमा वृद्धि भएको छ । आँप पाक्ने यो समयमा नुवाकोटको ग्रामिण भेग आपमय भएको छ । तर बोटमा फलेको आँप पाकेर लटरम्म हुँदा पनि बजार पाउँन सकेको छैन ।
नुवाकोटको बेलकोट गढी नगरपालिकामा यो वर्ष इतिहासकै धेरै आँप फलेको छ । कृषक रामानन्द शर्माका अनुसार यो नगरपालिका इतिहासकै नै धेरै आँप फलेको छ तर आँपले बजार नपाउँदा आापले गाउँघर नै दुर्घन्दित बनाएको छ । रुखमा फलेको आपँ पाकेर पाँखाभरी हुँदा पनि गाउँमा खाने मान्छे नभएको उहाँको गुनासो छ ।
अर्का कृषक नन्दराम सुनारको गुनासो पनि यस्तै छ । सरकारले बीना अनुगमन र पूर्वाधारबीना नै नगरपालिका घोषणा गर्यो तर नगरपालिकाको पूर्वाधार केही नभएको उहाँको गुनासो छ । नगरपालिका भित्र फलेका कुनै पनि कृषिजन्य उत्पादनले बजार नपाएको उहाँले बताउनुभयो । नगरपालिकाको सामान्य पूर्वाधार पनि पूरा नगरी सरकारले घोषणा गरेर आफूहरुलाई करको भारी बोकाएको तर कृषकलाई कुनै पनि राहतका काम नगरेको उहाँले गुनासो गर्नुभयो । पछिल्लो समय गढी नगरपालिकाको अधिकांश वडामा लटरम्म फलेको आपँ पाकेर झर्दा पनि बजारमा पुर्याउन नसकिएको बताउनुभयो । नगरपालिकामा उत्पादित कृषि सामाग्रीले सहज रुपमा बजार नपाउने नेपालमा अन्य ठाउँको दुर्दशा कस्तो होला ? उहाँले प्रश्न गर्नुभयो ।
नुवाकोटमा आँपले बजार नपाउनु अहिलेको समयमा एउटा उदाहरण मात्र हो । हर सिजन तथा बेसिजनमा उत्पादित कृषि सामाग्रीलाई बजार पुर्याउँन यहाँका किसानले हरेक समय दुख झेल्दै आएका छन् । पहिलो यातायातको सहज सुविधा छैन् । अध्ययन बीना जथाभावी खोलिएका सडक वर्षात सुरु भएसँगै भत्किने गरेका छन् । यी सडकमा अन्य समयमा पनि यातायात चल्दैनन् । अर्को किसानले घण्टौसम्म बोकेर बजार पुर्याएका सामानलाई बजारमा उचित मूल्य दिइदैन् ।
सरकारले पछिल्लो समय नेपाललाई कृषिमा आत्मनिर्भर बनाउने नीति लिएको छ । सरकारका प्रमुख प्राथमिकतामा कृषि भएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । तर सरकारको योजना योजनामा नै सिमित भएको किसानको गुनासो छ । अधिंकाश किसान रहेको ग्रामिण भेगमा सरकारको नजर नपरेको नुवाकोटका किसानको गुनासो छ ।
अधिकांश नेपाली कृषि पेशामा आवद्ध भएको नेपालमा सरकारको मुख्य प्राथमिकता कृषि हुनु जायज कुरा हो । तर सरकारले लिएको नीति र कार्यक्रमले देश आत्मनिर्भर बन्दैन । साच्चिकै नेपाललाई कृषिमा आत्मनिर्भर बनाएर समृद्ध नेपालको परिकल्पना गर्ने हो भने ग्रामिण भेगमा उत्पादित कृषि सामाग्रीको उचित बजारीकरणको व्यवस्था गर्दै माटो अनुकुल उत्पादनमा ध्यान दिनुपर्ने जरुरी रहेको छ । | 2021/12/08 06:17:51 | https://krishidaily.com/goverment-policy-3/3031/ | mC4 |
युवतीलाई अपहरण गरेको आरोपमा तीन जना पक्राउ « प्रशासन
प्रकाशित मिति : 10 October, 2019 3:29 pm
लहान । युवतीलाई अपहरण गरेर भारततर्फ लगिरहेको आरोपमा प्रहरीले सिरहा नगरपालिका–९ गुलरिया टोल नजिकबाट अपहरणमा संलग्न गाडीसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
यस्तै सिरहा प्रहरीले एसएलआर राइफलको गोलीसहित आजै एक युवकलाई पक्राउ गरेको छ । भारतबाट स ९ प १७२९ नम्बरको मोटरसाइकलमा नेपालतर्फ आइरहेको अवस्थामा प्रहरीचौकी बरियारपट्टिबाट खटिएको प्रहरी टोलीले एक थान एसएलआर राइफलको गोलीसहित सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ निवासी २० वर्षीय रामविनय साहलाई पक्राउ गरेको हो ।रासस | 2021/06/19 15:53:46 | https://www.prasashan.com/2019/10/10/137564/ | mC4 |
'हिजो महाकालीको कुरा उठाउँदा लखेटियौं, २२ वर्षपछि राष्ट्रिय एकता भयो खुसी छु' « Naya Page
'हिजो महाकालीको कुरा उठाउँदा लखेटियौं, २२ वर्षपछि राष्ट्रिय एकता भयो खुसी छु'
प्रकाशित मिति : 12 November, 2019 12:25 am
काठमाडौं, २५ कार्तिक : सोमबार तुलसीलाल स्मृति प्रतिष्ठानको सभाहल च्यासलमा पछिल्लो चर्चित बिषयमाथि बहस कार्यक्रम थिए । कार्यक्रमको आयोजक थियो, पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता प्रमुख झलनाथ खनाल रहेको नीति तथा अनुसन्धान प्रतिष्ठान विभाग ।
'नेपालको पश्चिमोत्तर सीमा र भारतले प्रकाशित गरेको नक्सा' विषयक बहस कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेता माधव नेपाल, सचिवालय सदस्य वामदेव गौतम लगायत थिए ।
सचिवालय सदस्य गौतम बोल्ने पालो आयो । नेता गौतमले पुरानो दिन सम्झिए । नेता गौतम तिनै नेता हुन् जो महाकालीको पक्षमा बोलेकै कारण पार्टीबाट खेदिएका थिए । गौतमले सोमबारको कार्यक्रममा पनि २२ वर्षअघि (२०५४ सालको) एमाले–माले विभाजन सम्झिए । उनले भने, 'महाकालीको कुरा उठाउँदा लखेटियौं, आज २२ वर्षपछि राष्ट्रिय एकता भयो खुसी छु ।'
महाकालीकै कारण माले जन्मिएको बताए । उनले भने, 'नेकपा एमालेभित्र एउटा समूह निर्माण भएको थियो २०५२र५३ तिर । र, हामीले एकीकृत महाकाली सन्धिमा ठूलो बहस हुँदा सीमानाको कुुरा प्रमुख रुपमा उठाएका थियौं । त्यसले गर्दा पार्टीभित्र यति ठूलो अन्तरविरोध पैदा भयो कि हामी निस्कासित हुनुर्पयो । मसहित एमाले निर्माण गर्ने महत्वपूर्ण व्यक्तित्वहरु निष्काशित भयौं र अर्को पार्टी नेकपा माले खोलेका थियौं ।'
महाकालीको बिषयमा बोल्दा पार्टीको संस्थापन पक्षबाट अनेक आरोप आएको बताए । उनले भने,'जहिलेसम्म नेकपा एमालेभित्र थियौं, यो विषय त्यतिकै चर्किएर उठेको थियो । र, त्यसबेलाको सरकार र पार्टीको संस्थापन पक्षले अनेक आरोप लगाए । फुटिसकेपछि हामी चार वर्ष अलग भयौं । फेरि त्यही पार्टीमा फर्किएर आउनुपर्यो । जे भए पनि आफैंले बनाएको घर थियो । रिस उठ्यो, बाहिर गइयो । आफ्ना कुरा त्यहीभित्र राख्नुपर्थ्यो भन्दै फर्कियौं । नफर्किँदासम्म पनि यो विषय प्रमुख थियो । पहिले रहँदा पनि यो विषय प्रमुख थियो । जब हामी फर्कियौं, यो विषय नै हरायो ।'
गौतमले उनले ०५० को दशकमा राष्ट्रियता, सीमा अतिक्रमणका विषयमा राम्रो बहस भए पनि त्यसभन्दा पछि कुनै बहस हुन नसकेको बताए । उनले अहिले लिम्पियाधुरा र कालापानी लगायतका भूभाग भारतले आफ्नो नक्सामा समेटेपछि राष्ट्र एकट्ठा हुन पुगेको बताए ।
उनले भने, ' आज फेरि उठेर आएको छ । यस पटकको जागरणले हाम्रो भूमिमाथि हाम्रो सार्वभौमता कायम गरेरै छोड्नेछ भन्ने विश्वास बढेर गएको छ । तर फिर्ता गर्नुपर्छ भन्नु गलत हुन्छ । दिएको चिज, खोसेर लगेको फिर्ता हुन्छ । सार्वभौमिकता खोसेर लैजान सक्दैन, यो अतिक्रमण हो । त्यसैले (सुस्ता र कालापानी) त्यहाँबाट भारतीय फौज हट्नुपर्छ ।'
गौतमले सुगौली सन्धि अनुसार नेपालको सीमा हुनुपर्ने बताए । 'ऐतिहासिक तथ्यअनुसार हाम्रो देशको सीमा कायम हुनुपर्दछ', उनले भने, "हामीले सीमाको सन्धि भारतसँग नभई ब्रिटिश सरकारले सन् १८१६ मा गरेको सुगौली सन्धि अनुसार हाम्रो सीमा हुनुपर्ने माग राख्नुपर्दछ ।' उनले सीमा अतिक्रमण गरिएका सम्बन्धमा सङ्घीय संसद्, प्रदेश संसद् र स्थानीय तहबाट सङ्कल्प प्रस्ताव पारित गरेर जानुपर्ने बताए ।
पूर्वराजा ज्ञानेन्द्रलाई महाप्रसादको सट्टा योगी आदित्यनाथले पठाए यस्तो शुभकामना
डिएसपीसहित आठ प्रहरीको गोली हानी हत्या गर्ने विकास दुबे माारिए
दक्षिण कोरियाको राजधानी सिओलका मेयरको शव फेला, शंकास्पद मृत्यु
इलाम, २६ असार । कोरोनाको कारण अन्तर्राष्ट्रिय बजारबाट चिया खरिदका लागि माग नआउँदा चिया निकासीमा
काठमाडौं, २६ असार । पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मदिनमा भारतको गोरखनाथ मन्दिरको तर्फबाट प्रत्येक वर्ष पठाइने | 2020/07/10 03:43:52 | https://www.nayapage.com/archives/173613 | mC4 |
चितवनमा नाडाको प्रशिक्षण कार्यक्रम | दर्पण दैनिक
प्रकाशित मिति: २०७९ असार ७ गते ०९:३२
अध्यक्ष थापाले विश्वमा विद्युतिय सवारी साधनको प्रयोग अपरिहार्य भएकोले यसलाई व्यवस्थित गर्न सरकारले आवश्यक नीति नियमको तर्जुमा गरेर थप रोजगारी सिर्जना गर्नुपर्ने बताए । सोही क्रममा अध्यक्ष थापाले व्यवसाय मैत्री नीति नियम ल्याउन सरकारलाई नाडाले दवाव दिदै आएको परिप्रेक्षमा स्वच्छ व्यवसायको लागि समेत नाडाले आवाज उठाउदै आएको बताएको पनि विज्ञप्तिमा उल्लेख छ । | 2022/07/01 20:04:48 | https://darpandainik.com/2022/6/321 | mC4 |
अट्वारी पर्व थारु समुदायले धुमधामका साथ मनाउँदै - अट्वारी पर्व थारु समुदायले धुमधामका साथ मनाउँदै
अट्वारी पर्व थारु समुदायले धुमधामका साथ मनाउँदै
२०७५, १ आश्विन, 03:02:11 AM
भीमदत्तनगर । धार्मिक एवं सांस्कृतिक महत्व बोकेको थारु समुदायको अट्वारी पर्व पश्चिम नेपालका थारु समुदायले धुमधामका साथ मनाउँदै छन् ।
दुई दिनसम्म मनाइने अट्बारी पर्वमा हिन्दू महिलाको महान् चाड हरितालिका तीज पछिको शनिबार मध्यरातिमा दर 'भिन्सर्या' खाएर थारू समुदायको विधिवतरूपमा पर्वको शुरुवात हुने गरेको छ ।
अट्बारी पर्व मनाउनेबारे थारू समाजमा विभिन्न मत एवं धार्मिक विश्वास रहँदै आएको भीमदत्तनगरपालिका–१८ भगतपुरका बेदप्रकाश चौधरीले बताए ।
द्वापर युगमा पाँच पाण्डवमध्येका माहिला भाइ भीमले थारू समुदायका एक जना छोरीलाई उनीमाथि भइरहेको अत्याचारबाट मुक्त गरेको स्मरणमा आइतबार दिनभरि भीमको नाममा व्रत बस्ने र पूजाआजा गर्ने चलन रहेको छ ।
त्यस्तै, अर्को थरी मतअनुसार भीमले थारू राजा दंगिशरणलाई युद्धमा सहयोग गरेका कारण उनको पूजाआजा, व्रत बस्ने चलन रहिआएको छ ।भीम नेपालको सुर्खेत जिल्लामा रहेको काक्रेविहार घुम्न आएका बेला शत्रुबाट राजा दंगिशरण चौधरी माथि आक्रमण भएको थियो ।
त्यतिबेला रोटी पकाइरहेका भीमले काम छोडेर भोकभोकै राजा दंगिशरणलाई सहयोग गरेका थिए भन्ने किम्वदन्ती रहेको छ । भीमदत्तनगरका बेदप्रकाश चौधरीले निर्मला काण्डले गर्दा यस पर्वको रौनकमा कमी आएको बताए ।
त्यसैगरी कञ्चनपुरको शुक्लाफाटा नगरपालिका–१ का जयराम चौधरीले अट्बारीको रौनकता गाउँमा छाएको बताउनुभयो । "यो हाम्रो माघीपछिको दोस्रो ठूलो पर्व हो ।" उनले भने, "दशौँ पुस्तादेखि अट्बारी पर्व मनाउँदै आएका छौँ ।"
अट्बारीको दोस्रो दिनअर्थात् आज बिहान पतौला खरिया, खुर्मा, फुलौरी, भात, गव्दा र तामासहितका तरकारी र सात प्रकारको विभिन्न परिकार तयार गरी व्रतालुले नुहाइधुवाइ पूजापाठ गर्ने गर्छन् ।
पूजापाठपछि व्रतालुले आफ्नो खानाको परिकारबाट आधा भाग दिदीबहिनाका लागि छुट्याएपछि भोजन गर्ने चलन रहिआएको छ । आज बिहानको भोजनलाई थारूभाषामा 'फ्राहार' भनिन्छ ।
अघिल्लो दिन 'आइतबार' र दोस्रो दिन 'सोमबार' व्रतालु दाजुभाइले आफूले खानुपूर्व दिदीबहिनीको लागि फलफूल तथा खानाका परिकारबाट छुट्याएको परिकार विवाहित छोरीचेलीलाई यसै दिन दिने चलन छ ।
सम्बन्धको प्रतीकका रुपमा समेत रहेको पर्वका बेला घर बाहिर रहेका परिवारका सदस्य र आफन्त एकठाउँमा जम्मा हुने गरेको थारू पत्रकार सङ्घका जिल्ला अध्यक्ष धनबहादुर कुश्मीले जानकारी दिए ।
"अग्रासन दिएर फर्कने क्रममा दिदीबहिनीले दाजुभाइलाई उपहार दिन प्रचलन यो पर्वमा छ ।" अध्यक्ष कुश्मीले भन्नुभयो, "थारू पर्व, कला संस्कृतिका संरक्षणमा सरकारले पनि थप सहयोग गर्नु आवश्यक छ ।"
अट्बारी पर्व पश्चिम नेपालको कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङ जिल्लाका थारू समुदायले मनाउने गरेका छन् । | 2019/04/18 16:52:31 | https://www.nepalbahas.com/news/feature/30679/ | mC4 |
कर्णालीमा करिब ६ सय एचआईभी संक्रमित, सबैभन्दा बढी सुर्खेतमा - Health Aawaj - a health news portal in Nepal
गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णालीमा करिब ६ सय एचआईभी संक्रमित, सबैभन्दा बढी सुर्खेतमा
कर्णालीमा करिब ६ सय एचआईभी संक्रमित, सबैभन्दा बढी सुर्खेतमा
चन्द्रा कँडेल शनिबार, २०७८ साउन १६ गते, ११:५६ मा प्रकाशित
सुर्खेत – कर्णाली प्रदेशमा करिब ६ सय जना एचआईभी संक्रमित रहेको सरकारी तथ्यांक रहेको छ । कर्णालीका पाँच जिल्लमा ५ सय ९१ जना एच.आई.भि संक्रमित नियमित उपचारमा रहेको तथ्यांकमा उल्लेख छ ।
कर्णालीमा सबैभन्दा बढी सुर्खेतमा २९५ जना एचआईभी संक्रमित रहेका छन् । त्यस्तै, दैलेखमा १९२, रुकुम पश्चिममा ४८, कालिकोटमा ३७ र सल्यानमा १९ जना एचआईभी संक्रमित रहेका छन् । कर्णालीका बाँकि ५ जिल्लामा संक्रमितको संख्या शुन्य रहेको छ ।
एचआईभी संक्रमित नखुल्ने भएकाले संख्या अझै धेरै हुन सक्ने कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देनालयका क्षय तथा कुष्ठरोग अधिकृत पदम केसीले बताए । उनका अनुसार अहिले पनि संक्रमितहरु समाजमा अपहेलित हुने डरले खुल्न नसक्दा एकिङ तथ्यांक आउन नसकेको उल्लेख गरे । एचआईभी सामान्य हो भन्ने चेतनाको अभावका कारण उनीहरु समाजमा खुल्न नसक्ने गरेको उनको भनाई छ ।
यस्तै, कोरोना माहामारीमा एचआईभी संक्रमितलाई कर्णालीका सबै जिल्लामा औषधी पुर्याउन कठिन भएको नवकिरण प्लसका संयोजक देवेन्द्र पाठकले बताए । कपिलवस्तु इन्टिग्रेटेड डेभलपमेन्ट सर्भिसेज (किड्स नेपालले )शुक्रबार वीरेन्द्रनगरमा आयोजना गरेको आप्रवासी तथा उनीहरुका दम्पती केन्द्रित रहेर एचआईभी कार्यक्रमा उनले यस्तो बताएका हुन् ।
उनले यस महामारीको समयमा सबै पालिकामा पुग्न समस्या भएको भन्दै यसका लागि सरकारले सबै क्षेत्रमा ओषधी तथा आवश्यक सामग्री उपलब्ध गराइदिन माग गरे ।
संयोजक पाठकले कर्णालीमा एचआईभी परीक्षण गर्ने प्रयोगशाला प्रभावकारी नहुँदा परीक्षणका लागि स्याम्पल बाहिर पठाउनु पर्ने बाध्यता रहेको भन्दै यसतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिए । यस्तै, कर्णाली प्रदेशमा जनस्वास्थ्य प्रयोगशाला संचालनमा आउने भएको छ ।
कर्णालीका निमित्त कार्यालय प्रमुख ओम आचार्यले अब छिट्टै जनस्वास्थ्य प्रयोगशाला संचालनमा आउन लागेको जानकारी दिए । प्रयोगशाला संञ्चालनमा आएपछि यस क्षेत्रका नागरिकले एचआईभी परीक्षण गर्न स्याम्पल बाहिर पठाउन पर्ने बाध्यताको अन्य हुने छ ।
यस्तै, किड्स नेपालले कर्णालीमा क्षयरोग र एचआईभीका लागि काम गर्ने बताएको छ । प्रदेशका चार जिल्ला सुर्खेत, दैलेख, कालिकोट र सल्यानमा राष्ट्रिय क्षयरोगका कार्यक्रम गर्ने भएको छ । साथै सुर्खेतका पाँच पालिकामा एचआईभीका कार्यक्रम संचालन गर्न लागेको कार्यक्रम अधिकृत अन्जु सापकोटाले जानकारी दिइन । अप्रवासी तथा उनीहरुका दम्पती केन्द्रित रहेर एच.आई.भि कार्यक्रम सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, भेरिगंगा नगरपालिका, गुर्भाकोट नगरपालिका पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकामा काम गर्न लागेको उनको भनाई छ ।
लक्षित वर्गमा व्यापक रुपले एच.आई.भी रोकथाम कार्यक्रम विस्तार गर्ने, न्यायसंगत तथा लैंगिक संवेदनसिलताको हिसाबले एचआईभी परीक्षण तथा उपचार सेवा विस्तार गर्ने र समुदायमा आधारित सेवा तथा स्वास्थ्य प्रणालीलाई मजबुत बनाउने उद्देश्यले काम गर्न लागेको उनको भनाई छ । प्रदेश स्वास्थ्य निर्देशनालय, जिल्ला जन स्वास्थ्य सेवा कार्यालय र पालिका स्वास्थ्य शाखासँग समन्वय तथा सहकार्य गरिने छ । | 2021/09/17 00:31:22 | https://www.healthaawaj.com/karnali-provenance/41269/ | mC4 |
उपकुलपति कारबाही : आक्रामक शैली | Radio Makalu 102.1 MHz Websoft University
उपकुलपति कारबाही : आक्रामक शैली
क्यानडाको भ्यानकोभर सहरमा हुन लागेको सत्रौं विश्व संस्कृत सम्मेलनमा सहभागी हुन जान लागेका नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालालाई त्रिभुवन विमानस्थलबाट फिर्ता गरी प्रधानमन्त्रीनिवास पुर्याइएको घटनाले नेपाली राजनीतिलाई तरंगित बनाएको छ। विमानमा चढ्ने बेलामा अपहरण शैलीमा उपकुलपति कोइरालालाई विश्वविद्यालयका कुलपति प्रधानमन्त्री केपी ओलीको निर्देशनमा आएका प्रहरीहरूले विनासूचना निकै ठूलो अपराधको सूचीमा रहेको व्यक्तिलाई पक्रिएको शैलीमा पक्रिएर प्रधानमन्त्रीनिवासमा बन्धक बनाउनुले केवल संस्कृत जगत् मात्र होइन, सिंगो राष्ट्र नै विस्मित बनेको छ।
उपकुलपतिले भ्रमण आदेशका लागि कुलपतिसमक्ष निवेदन दिएको तर जवाफ नआएको जनाएका छन्। यस सन्दर्भमा कुलपतिले पनि भ्रमण आदेश स्वीकृत वा अस्वीकृत गरी जानकारी नगराएको देखिन्छ। निवेदनलाई बेवास्ता गर्नु सम्बन्धित कार्यालयको कमजोरी हो। भ्रमणबारे जानकारी नगराई विश्वविद्यालयका कुलपतिको अनुमतिविना नै भ्रमणमा निस्कन लागेको अवस्थामा पनि कारबाहीका विधिसम्मत प्रक्रिया अपनाउनु उचित हुन्थ्यो।
विश्वविद्यालयका पदाधिकारी एवं शिक्षक, कर्मचारीका काम, कर्तव्य र अधिकार एवं आचारसंहितासम्बन्धी नियमविनियम भएजस्तै कुलपति वा प्रधानमन्त्रीका समेत यस्ता अधिकारसम्बन्धी नियम होलान्। यदि विश्वविद्यालयको उपकुलपतिले अटेर गरेमा केकस्तो विभागीय कारबाही गर्ने भन्ने लेखिएको नै हुनुपर्ने हो। पक्कै पनि तुरुन्तै पुलिस लगाएर नजरबन्द गराउने विषय नियममा उल्लेख नहोला। उपकुलपतिले नियमबमोजिम काम नगरेमा कुलपतिले स्पष्टीकरण लिन सक्लान्, विश्वविद्यालय सभामा निजलाई कारबाहीका लागि समिति गठन गरी छानबिन गराउन सक्लान्, उपकुलपति दोषी देखिएमा बर्खास्त गर्न सक्लान्।
विधिसम्मत गरिएको जस्तोसुकै कारबाही पनि उपकुलपतिले भोग्नैपर्ने हुन्थ्यो। विधिका विरुद्ध कोही पनि जान सक्दैन। उपकुुलपतिले गरेका कामकारबाही सबै विधिसम्मत छन् भन्ने आशय पक्कै होइन। काम गर्ने सिलसिलामा मानवीय त्रुटि हुन सक्छन्, अख्तियारको दुरुपयोग गर्नेले सजाय त भोग्नैपर्छ।
विश्वविद्यालय एक प्राज्ञिक संस्था हो। नेपालको उच्च शिक्षामा संस्कृतलाई सुव्यवस्थित तवरले पठनपाठन गर्न, संस्कृत शिक्षासँग सम्बद्ध विविध क्षेत्रका विषयलाई अनुसन्धान, संरक्षण र संवद्र्धन गर्न, धर्म–संस्कृति एवं नैतिक मूल्य मान्यताको संरक्षण र परिपालना गर्न साथै विश्व समुदायसमक्ष नेपाललाई संस्कृत विद्याको केन्द्रका रूपमा विकास गर्न २०४३ सालमा नेपाल संस्कृत विश्वविद्यालयको स्थापना भएको हो। १४ वटा आंगिक र ११ वटा सम्बन्धन प्राप्त विद्यापीठहरू रहेको यस विश्वविद्यालयमा करिब पाँच हजार विद्यार्थी अध्ययनरत छन्।
विश्वविद्यालयलाई समयानुकूल र अन्तर्राष्ट्रिय क्षेत्रमा समेत परिचित गराउन विश्वविद्यालयका उपकुलपतिको निकै सक्रियताको आवश्यकता छ। विश्वविद्यालयमाथि हुने गरेका राजनीतिक हस्तक्षेपले प्राज्ञिक वातावरणमा नकारात्मक असर पर्दै आएको छ। विश्वविद्यालयको सर्वांगीण विकासका लागि अहोरात्र खट्नुपर्ने प्राज्ञिक व्यक्तित्व उपकुलपतिलाई अमर्यादित ढंगले प्रहरी प्रयोग गरी नजरबन्दमा राख्दा काम गर्ने वातावरण र उत्साह कसरी पैदा होला ?
सरकारले राजनीतिक आस्थाका आधारमा उपकुलपतिलाई हेर्ने र सोहीअनुसार व्यवहार गर्ने होइन। राजनीतिक विचार फरकफरक हुन सक्छ। प्रजातान्त्रिक मुलुकमा यो हुन्छ र हुनु पनि पर्छ तर विचार मिल्नेले गल्ती गरे पनि नदेखेजस्तो गर्ने वा देखे पनि विभागीय कारबाहीसमेत नगरी सोधपुछमै सीमित राख्ने र फरक विचारका व्यक्तिले गरेको सामान्य गल्तीमा पनि पुलिस लगाएर पाता फर्काउने प्रवृत्ति उचित होइन। यस्ता प्रवृत्तिले देशमा विधिको शासन कायम गर्न सक्दैन।
यही जुलाई ९ देखि १३ सम्म क्यानडामा हुने संस्कृत सम्मेलनमा सहभागी हुन पाएको भए उपकुलपतिले नेपाल संस्कृत अध्ययन अनुसन्धानका लागि अत्यन्त उपयुक्त ठाउँ रहेको पुष्टि गर्दै विदेशीहरूको ध्यान नेपालतर्फ खिच्न सक्थे होलान्। संस्कृत शिक्षाका योग, आयुर्वेद, ज्योतिष, कर्मकाण्डजस्ता प्राविधिक विषयहरूलाई प्रभावकारी ढंगबाट जनसमक्ष पुर्याउन सकिने विभिन्न उपायको खोजी गर्थे होला। विदेशीहरू संस्कृत शिक्षाप्रति आकर्षित हुनुका कारण बुझी नेपाली जनमानसमा त्यसको जानकारी गराउँथे होला। संस्कृतलाई कसरी जीवनोपयोगी र रोजगारमूलक बनाउन सकिन्छ भन्ने विषयमा निस्किएको निष्कर्षलाई नेपालको विश्वविद्यालयमा पनि कार्यान्वयनको प्रयत्न गर्थे होलान्।
विदेशी विद्यार्थीहरूलाई नेपालमा संस्कृत अध्ययन गर्ने वातावरण तयार गर्न एवम् नेपाली विद्यार्थीहरूलाई पनि विदेशी संस्कृत विश्वविद्यालयमा अध्ययनका लागि पठाउन विभिन्न औपचारिक अनौपचारिक छलफल र सम्झौताहरू हुन्थे होलान्। शिक्षकहरूसमेत आदानप्रदानको वातावरण तयार गरी सीप र ज्ञान विनिमयको अवसर मिल्थ्यो होला। तर यी सबै अवसरबाट नेपाल वञ्चित भएको छ। विदेशमा रहेका संस्कृत विश्वविद्यालय, संस्कृत अध्ययन संस्थान वा संस्कृत विभागहरूसँग सुमधुर सम्बन्ध कायम गरी विद्यार्थी एवम् शिक्षक आदानप्रदानको वातावरण बनाउन सके संस्कृत शिक्षाको राम्रो प्रचार र संवद्र्धनमा समेत योगदान पुग्ने थियो।
गत वर्ष मात्र उपकुलपति कोइरालाकै सक्रियतामा नेपाल संस्कृत विश्वविद्यालयले बेलायतको अक्सफोर्ड विश्वविद्यालयसँग संस्कृत विषयमा विद्यार्थी र प्राध्यापकहरूको अनुभव आदानप्रदान गर्ने सन्दर्भमा सम्झौता गरेको छ। पाँचबर्से सम्झौतामा बर्सेनि नेपाल संस्कृत विश्वविद्यालयका २० विद्यार्थी र पाँच प्राध्यापक अक्सफोर्डमा गई विविध विषयमा अनुभव आदानप्रदान गर्ने सहमति भएको देखिन्छ। त्यस्तै अक्सफोर्डका विद्यार्थी तथा शिक्षकहरू पनि नेपालमा आएर पूर्वीय दर्शन, कला र संस्कृत भाषाबारे ज्ञान आर्जन गर्न सक्ने सम्झौता भएको छ।
क्यानडाको आयोजक संस्थाले नेपालमा भएको घटना बुझी दुःख मान्दै सम्मेलनको समापनमा भए पनि उपकुलपतिलाई पठाउने वातावरण बनाउन विश्वविद्यालयलाई पत्र लेखेछ। ढिलै भए पनि उपकुलपतिलाई सम्मेलनमा सहभागी गराउँदा नै सरकार र देशको इज्जत रही लाभसमेत हुने देखिन्छ। सम्मेलनमा उपकुलपतिको सहभागिताबाट सन् २०२४ को विश्व संस्कृत सम्मेलन नेपालमा गर्ने भन्ने योजनाले मूर्तरूप पाउला।
सरकार र विश्वविद्यालयका पदाधिकारीहरूको जुँगाको लडाइँले संस्कृत जगत्लाई धराशयी नबनाओस्। सरकारले हरेक निर्णयहरूमा संयमता अपनाओस्। सरकारी पक्षमा स्वेच्छाचारिता नरहोस्, कानुनी राजको अनुभूति गर्न पाइयोस्। जुनसुकै क्षेत्रमा देखिने दुष्प्रवृत्तिविरुद्ध हामी सबै सचेत बनौं। | 2022/05/22 16:40:42 | http://www.radiomakalu.com.np/2018/07/blog-post_86.html | mC4 |
आजदेखि नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक ४ घण्टा बन्द
चितवन । आजदेखि नारायणगढ–मुग्लिन सडकखण्ड दुई साताका लागि दिउँसोको समयमा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार पहिरो रोकथाम गर्ने प्रयोजनका लागि आजदेखि लागू हुने गरी दुई साताका लागि...
सरकारले गर्यो राष्ट्रियसभा निर्वाचनको मिति सार्वजनिक
काठमाडौं । सरकारले राष्ट्रियसभा निर्वाचनको मिति सार्वजनिक गरेको गरेको छ । आज राजधानीमा मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित सम्मेलनमा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकु...
हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका ५ स्थित पानी पाल्वाङ्गमा बा ५ ख ५३४४ नम्बरको टिपर दुर्घटना भएकाे छ । दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । विहिबार हिल्सानाकाबाट याल्वाङ्ग जाँदै गरेको टिपर दुर...
गुवाहाटी । भारतको माथिल्लो सदन राज्यसभाबाट पारित भएको विवादास्पद नागरिकता संशोधन विधेयक(Citizenship Amendment Bill)लाई लिएर पूर्वोत्तर राज्य आसम राज्यमा विरोध प्रदर्शन जारी छ। हिजो(बुधबार ) विधेयकको...
काठमाडौं । बिहिबार सुनचाँदीको मूल्य वृद्धि भएको । मंगलबार र बुधबारस्थिर रहेको सुनचाँदीको मूल्यमा आज सुन प्रतितोला चार सय र चाँदी प्रतितोला १० रुपैयाँ वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघल...
बँदेल आक्रमणद्वारा तीन घाइते
चितवन । चितवन राष्ट्रिय निकुञ्ज नजिकै अवस्थित बस्तीमा बँदेलले आक्रमण गर्दा तीन जना घाइते भएका छन् । बिहीबार बिहान १० बजेतिर भरतपुर महानगरपालिका वडा नम्बर १३ गंगानगर स्थित आफ्नै बारीमा काम गरी रहेको अ...
स्रोत नखुलेको १३ लाख रुपैयाँ सहित २ जना पक्राउ
बाँके । नेपालगंज उपमहानगरपालिका २ स्थित घरबारी टोलबाट स्रोत नखुलेको १३ लाख नेपालीरुपैयाँ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नेपालगंज उपमहानगरपालिका-२ बस्ने बिनोद ...
काठमाडौं । मंसिर १५ देखि २४ गतेसम्म नेपालमा संचालन भएको १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा सहभागी नेपाल प्रहरीमा आवद्ध खेलाडीहरुले १६ स्वर्ण, १४ रजत र २६ कास्य गरी जम्मा ५६ वटा पदक हासिल गर्न ...
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिको बैठक बस्दैछ । विहिबार पार्टी केन्द्रिय कार्यालय सानेपामा बस्ने कांग्रेस बैठकले उपनिर्वाचनको समिक्षा गर्ने जनाएको छ । उपनिर्वाचनम...
ड्रागन फल मानिसका लागि गुणकारी,स्वादिष्ट र रोप्दा पनि सफा ,सुन्दर देखिने खाउँ खाउँ लाग्ने कतिपय ठाउँमा यसलाई पिताया अथवा पितानाया पनि भनिन्छ । यो झट्ट हेर्दा सिउँडी जस्तै देखिन्छ । मानव शरीरलाई चाहिने...
काठमाडौं । मौसममा परिवर्तन आएसँगै उच्च लेकाली भूभागमा हिमापात शुरु भएको छ । माथिल्लो डोल्पामा हिमपात भएको छ । बुधबार राती माथिल्लो डोल्पामा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । चिसोका कारण स्थानीयहरु...
न्यूयाेर्क । न्यूयोर्कमा १७ नेपालीहरु सम्मानित भएका छन् । समाजमा योगदान पुर्याएका १७ नेपाली व्यक्तित्वहरुलाई 'अतिथी सम्मान २०१९ 'द्वारा कदर गरिएको छ भने युवा प्रतिभाहरुलाई 'युवा प्रतिभा पहिचान पुरस्क...
काठमाडौं । आज(बिहिबार) समाजवादी पार्टीको केन्द्रीय पदाधिकारी बैठक बस्दैछ। आज दिउँसो २ बजे केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने बैठकमा संगठन विस्तार तथा सुदृढीकरण अभियान, केन्द्रीय नेताहरुको कार्यविभाज...
तीन वर्षअघि नेपालमा सुरु भएको चौथो पुस्ताको फोरजी प्रविधिको प्रयोग अहिले विस्तार हुँदै गएको छ । दूरसञ्चार सेवा प्रदायकले फोरजीलाई केन्द्रित गर्दै सेवा विस्तार गर्न थालेपछि फोरजीमा आकर्षण बढेको पाइएको ...
कास्की स्थायी घर बताउने ३० वर्षीय सुरज (हजारे) दाहाल नागरिकताविहीन छन् । तर उनकी आमाको भने वंशजकै नागरिकता छ । उनले लेख्ने नामको थरमा दाहाल नेपाली आमाको र हजारे भारतीय बाबुको हो । नेपालमै नेपाली आमाब...
प्रदेश ५ का मुख्य मन्त्रीसहित सत्तासीन दलकै ठूला नेता तथा सांसदको स्वार्थ बाँझिदा प्रदेश नामाकरण र स्थायी राजधानी टुंगो लाग्न सकेको छैन। प्रदेश सरकार गठन भएको दुई वर्ष बितेको छ। सरकार संवैधानिक व्यवस...
संखुवासभा । संखुवासभाको मादी नगरपालिका–५ को वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । अज्ञात समूहले वडा कार्यालयमा आगजनी गरेको मादी नगरपालिकाका मेयर विदुर सुब्बाले जानकारी दिए । गएराति १२ बजे अज्... | 2020/07/14 06:09:45 | http://nepalpati.com/category/mainnews/?k=148 | mC4 |
विद्यालय तहमा नयाँ 'लेटर ग्रेडिङ' प्रणाली: विद्यार्थीलाई थप मेहनती बनाउनेमा शिक्षक विश्वस्त – Kanika Khabar
Kanika Khabar १५ पुष २०७८, बिहीबार १३:३४ December 30, 2021 मा प्रकाशित
काठमाडौँ– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तह (कक्षा १ देखि १२) सम्म लागू हुने गरी नयाँ लेटर ग्रेडिङ निर्देशिका जारी गरेको छ ।
निर्देशिका यसै शैक्षिक सत्रबाट लागू भए पनि सबै कक्षाहरुमा भने लागू नहुने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहसचिव एवम् प्रवक्ता दीपक शर्माका अनुसार यो निर्देशिका यस शैक्षिक सत्रबाट नयाँ पाठ्यक्रम लागू भएका कक्षाहरुमा मात्र लागू हुनेछ ।
अन्य कक्षामा नयाँ पाठ्यक्रम लागू भएपछि मात्र यो निर्देशिका लागू हुने उनले बताए । एसईई परीक्षाको सन्दर्भमा भने राष्ट्रिय परीक्षा बोर्डले नै निर्णय गर्ने उनले बताए ।
एसईईमा यसअघि नै ग्रेडिङ प्रणाली लागू भइसकेकाले बोर्डले यस्तो खाले निर्देशिका लागू गर्ने विषयमा निर्णय गर्न सक्ने उनले बताए ।
'शैक्षिक क्षतिलाई न्यूनीकरण गर्दै शैक्षिक गुणस्तरलाई प्रवर्धन गर्ने मुख्य उद्देश्यका साथ शिक्षा मन्त्रालयले यो निर्देशिका जारी गरेको हो,' उनले भने ।
निर्देशिका अनुसार विद्यार्थीहरुले एउटा कक्षा पास गरेर अर्काे कक्षामा अध्ययन गर्न प्रत्येक विषयको सैदान्तिक परीक्षामा कम्तिमा पनि ३५ प्रतिशत अंक प्राप्त गर्नुपर्ने हुन्छ । उक्त अंक प्राप्त नगरेका विद्यार्थीहरुले माथिल्लो कक्षामा अध्ययन गर्न पाउने छैनन् ।
नयाँ ग्रेडिङ प्रणालीले विद्यार्थीहरुलाई थप मेहनती बनाउने र शैक्षिक गुणस्तरमा वृद्धि हुने शिक्षकहरूले विश्वास लिएका छन् ।
काठमाडौँको पद्मोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद गौतमले लेटर ग्रेडिङ निर्देशिकाले विद्यार्थीको शैक्षिक गुणस्तरमा वृद्धि हुने धारणा राखे ।
यसअघिको ग्रेडिङ प्रणालीले विद्यार्थीहरुलाई अल्छि बनाएको बताउँदै उनले अब विद्यार्थीहरुले पास हुनको लागि पनि मेहनत गर्ने बताए ।
सैदान्तिक विषयमा मात्रै ३५ अंक ल्याउनुपर्ने बाध्यता भएपछि विद्यार्थी, शिक्षक र अभिभावकमा पनि जिम्मेवारी थपिएको उनको भनाइ छ ।
'यो निर्देशिका लागू भएपछि विद्यार्थीहरुमा पढाईको केही दबाव पर्ने भए पनि यसले विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धिमा राम्रो भूमिका खेल्छ,' उनले खबरहबसँग भने ।
त्यस्तै नक्सालस्थित नन्दी माध्यमिक विद्यालयकी प्रधानाध्यापक गीता काफ्ले पनि नयाँ ग्रेडिङ निर्देशिकाले विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धिमा टेवा पुर्याउने बताइन् ।
प्रधानाध्यापक काफ्लेले भनिन्, निर्देशिकाले शिक्षकलाई जिम्मेवार र विद्यार्थीलाई मेहनत गर्न बाध्य बनाएकाले शैक्षिक गुणस्तर वृद्धि हुनेमा म विश्वस्त छु ।'
उनका अनुसार ग्रेडिङ निर्देशिका लागु भएको एक/दुई वर्ष विद्यार्थी र शिक्षकहरुलाई स्वभाविक रुपमा प्रेसर पर्ने देखिए पनि दीर्घकालीन रुपमा सकारात्मक नतिजा दिनेछ ।
भविष्यमा राम्रो जनशक्ति उत्पादन गर्न पनि अहिले शैक्षिक प्रणालीलाई कसिलो बनाउन जरुरी रहेको उनले बताइन् । यो निर्देशिकाले विद्यार्थीलाई मात्र नभएर शिक्षकहरुलाई समेत मेहनती बनाउने उनले धारणा राखिन् ।
नेपाल अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीले कक्षा कोठामा राम्रोसँग पढाउन सकियो भने मात्रै विद्यार्थीको शैक्षिक गुणस्तरमा वृद्धि गर्न सकिने बताए ।
विद्यार्थीहरुलाई जे गरे पनि पास हुन्छु भन्ने मनोविज्ञान विकास गर्न दिनुहुन्न भन्ने कुरामा यो निर्देशिकाले केही सकारात्मक भूमिका खेलेको उनले बताए ।
मन्त्री फेरिएसँगै नीति निर्देशिका परिवर्तन गर्दा विद्यार्थी, अभिभावक र शिक्षकहरुलाई मनोवैज्ञानिक रुपमा असर पुग्ने उनको भनाइ छ ।
भण्डारीका अनुसार यस्ता निर्देशिका ल्याउने र प्रणाली परिवर्तन गर्ने विषयमा विद्यार्थीहरुलाई पहिला नै जानकारी गराएर ल्याउनुपर्छ । जसले विद्यार्थीहरुलाई मानसिक रुपमा तयार पार्छ ।
निर्देशिका अनुसार कक्षा आठ, दश र बाह्र का विद्यार्थीले सबै विषयमा निर्देशिकाले तोके बमोजिम न्यूनतम ग्रेड पूरा गरेपछि मात्र सम्बन्धित निकायले मूल प्रमाणपत्र उपलब्ध गराउने छ ।
मूल प्रमाणपत्र प्राप्त गर्न विद्यार्थीहरुले सैदान्तिक विषयतर्फ कम्तिमा पनि ३५ र प्रयोगात्मक तर्फ कम्तिमा पनि ४० प्रतिशत अंक प्राप्त गर्नुपर्ने हुन्छ । अन्य कक्षाका विद्यार्थीहरुलाई विद्यालयले नै यो निर्देशिका प्रतिकूल नहुने गरी ग्रेड सिट उपलब्ध गराउन सक्छन् ।
निर्देशिका सकारात्मक छ: शिक्षाविद् कोइराला
शिक्षाविद् प्रा.डा विद्यानाथ कोइरालाले सरकारले जारी गरेको लेटर ग्रेडिङ निर्देशिका सकारात्मक रहेको बताए ।
यो निर्देशिकाले शिक्षकहरुलाई राम्रोसँग अध्यापन नगराए विद्यार्थीहरु फेल हुन्छन् भन्ने पहिलो सन्देश दिएको उनले बताए । त्यस्तै राम्रोसँग नपढे फेल भएर कक्षा दोह¥याउनुपर्छ भन्ने सन्देश विद्यार्थीहरुलाई पनि दिएको उनको भनाइ छ । नपढे पनि पास भइन्छ भन्ने विद्यार्थीहरुको मानसिकतालाई निर्देशिकाले पूर्णविराम लगाइदिएको उनले बताए ।
उनका अनुसार सैद्धान्तिक र प्रयोगात्मक विषयमा आएको अंकलाई जोडेर पास गराउने प्रणालीमा विद्यार्थीले सैदान्तिक विषयमा थोरै अंक प्राप्त गरे पनि पास हुने व्यवस्था थियो । तर, अब सैदान्तिक विषय र प्रयोगात्मक विषयमा छुट्टाछुट्टै नम्बर ल्याउनुपर्ने भएपछि विद्यार्थीहरुलाई मेहनत गर्न निर्देशिकाले बाध्य पारेको उनले बताए । यो निर्देशिकाले विद्यार्थीलाई पढ्न र शिक्षकलाई राम्रोसँग पढाउन बाध्य पारेको उनले बताए ।खबरहवबाट | 2022/05/25 10:20:40 | https://kanikakhabar.com/37400/ | mC4 |
नेपाल कम्युनिष्ट आन्दोलनको ७२ बर्ष: टुक्रै टुक्राको कम्युनिष्ट आन्दोलन – ThePressNepal
नेपाल कम्युनिष्ट आन्दोलनको ७२ बर्ष: टुक्रै टुक्राको कम्युनिष्ट आन्दोलन
काठमाडौं वैशाख ९ । नेपालका कम्युनिष्ट पार्टीहरुले ७२ औं स्थापना दिवस मनाउँदै छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ,निरन्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतिदेवी श्रेष्ठले आजकै दिन नेपाल कमन्युष्ट पार्टीको स्थापना गरेका थिए ।
जहानियाँ राणाशासनको दमनको समयमा भूमिगत रुपमा स्थापना सामन्तवाद, दलाल–नोकरशाही पूँजीवाद तथा साम्राज्यवादका शोषण उत्पीडनबाट नेपाली जनता र राष्ट्रलाई मुक्त गर्ने उद्देश्य लियो । हरेक राजनीति परिवर्तनक साक्षीमात्र नभइ निर्णायक मानीएपनि टुट र फुटको राजनीति भने नेपाली कमन्युष्ट आन्दोलनका लागि अभिसाप बनेको छ ।
तुलनात्मक रुपमा अन्य पार्टी भन्दाँ कम समय राज्य शक्तिको बगाडोर संहाले पनि केही उदहारणीय काम गर्न सफल भयो । तर फुट पछि फुटको घटनामा कमी भने ल्याउन सकेन् । अहिले पनि बहुमत प्राप्त कमन्युष्ट सरकार छ त र आन्तरिक किचलो मिलाउन नसक्दाँ पार्टी के होला भन्ने प्रश्न नेकपाको माओवादी र एमाले दुवैलाई छ ।
कम्युनिष्ट पार्टीका दोस्रो महासचिव मनमोहन अधिकारी , तेस्रो तुलसीलाल अमात्य बने त्यतिमात्र हैन २०११ सालमा आफ्नै सहयात्री दल नेपाली कांग्रेसको सरकारले प्रतिवन्ध लगाएकव नेकपा २०१५ सालको पहिलो आम निर्वाचनमा ४ सिट जित्दै संसदिय अभ्यासको सुरुवात गरेको थियो ।
२०५१ सालमा मनमोहन अधिकारीको छोटो समयको सरकारले केही उल्लेख्य रहेपनि लामो समय टिक्न नकस्दाँ त्यसैको ब्याज कमन्युष्ट पार्टीले खादैं आएको छ ।
विश्व कम्युनिष्ट लाई उदाहरण बनाउने भन्दै चुनावी गठबन्धनपछि २०७५ जेठ ३ गते एमाले र माओवादीबीच पार्टी एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भयो । नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला सर्वोच्च अदालतले यी दुई पार्टीबीचको एकता बदर गरिदिएपछि अहिले एमाले र माओवादी पुरानै अवस्थामा फर्किएका छन् ।
सर्वोच्चको फैसला पछि एमाले रमाओवादी समेत संग्लो छैनन् । फुटको संघारमा एमाले पुग्दाँ माओवादीका केही नेता कारवाहीमा परिसकेका छन् । त्यसो त निर्वाचन आयोगकमा नै एक दर्जको हाराहारीमा कम्युनिष्ट नामका पार्टी दर्ता छन् । | 2021/08/01 08:16:10 | https://thepressnepal.com/2021/04/22/12423/ | mC4 |
सुनुवाइको कार्यविधि बनाउन उपसमिति
नेकपाले ७७ जिल्ला अध्यक्ष र सचिवको टुङ्गो लगायो
काठमाडौँ, असार २७ गते । संसदीय सुनुवाइ विशेष समितिले सुनुवाइ र बैठक सञ्चालनको कार्यविधि तय गर्न तीन सदस्यीय उपसमिति गठन गरेको छ । समिति सदस्य योगेश भट्टराईको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको हो । समितिका अन्य सदस्यमा शिवकुमार मण्डल र पुष्पा भुसाल रहनुभएको छ । उपसमितिमा नेपाल कम्युनिस्ट पार्टीबाट दुई र काँग्रेसबाट एक सदस्य हुनुहुन्छ । समितिको पहिलो बैठक मङ्गलबार बसेको छ ।
उपसमितिले तीन दिनभित्र कार्यविधि तयार पारेर समितिमा पेस गर्नेछ । समिति संयोजक भट्टराईले बुधबारदेखि नै बैठक बसेर कार्यविधि टुङ्गो लगाइने बताउनुभयो । भट्टराईले भन्नुभयो, 'हामीले कार्यविधि तयार पार्न तीन दिनको समय पाएका छौँ । प्रक्रियागत केही विषयमा नयाँ रुपमा हामी कार्यविधि तयार पार्ने पक्षमा छौँ ।'
उहाँले पदाधिकारीको सुनुवाइको समयमा सरोकारवाला पक्षले पनि प्रश्न गर्न पाउने गरी कार्यविधि तयार पार्ने योजना रहेको बताउनुभयो । उहाँले न्यायाधीशको सुनुवाइमा नेपाल बार एशोसिएसन जस्ता संस्थालाई पनि संस्थागत प्रतिनिधित्वको अवसर दिनेगरी कार्यविधि समेट्ने पनि बताउनुभयो ।
यस्तै, समितिमा पदाधिकारीले व्यक्त गरेका प्रतिवद्धतामा प्रतिनिधिसभाका अन्य विषयगत समितिबाट अनुगमनको व्यवस्था गर्नेगरी कार्यविधि तयार गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
यसअघिको कार्यविधि अनुसार समितिमा प्रस्तावित पदाधिकारीको सुनुवाइका लागि पत्र प्राप्त भएको ४५ दिनभित्र सुनुवाइ सम्पन्न गर्नुपर्नेछ । ४५ दिनमा सुनुवाइ सम्पन्न हुन नसके नियुक्तिका लागि बाधा हुने छैन । यस्तै, समितिले कुनै पनि पदाधिकारीको नाम दुई तिहाइ बहुमतबाट अस्वीकृत गर्नसक्ने व्यवस्था थियो । अनुमोदनका लागि भने बहुमत पर्याप्त हुने कार्यविधि थियो ।
प्रधानन्यायाधीशको सुनुवाइको पत्र दर्ता
यसैबीच संसदीय सुनुवाइ विशेष समितिमा प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाइको पत्र दर्ता भएको छ । समिति सचिवालयमा असार २४ गते पत्र दर्ता भएको हो । दर्ता मितिले ४५ दिनभित्र सुनुवाइ सम्पन्न गर्नुपर्नेछ ।
जोशीको सुनुवाइ प्रक्रिया भने कार्यविधि तय भएपछि अघि बढ्नेछ । असार २८ गतेको बैठकमा उपसमितिले कार्यविधि पेस भएपछि पारितको प्रक्रियामा जानेछ । कार्यविधि पारित भएपछि समितिले सभापति चयनको प्रक्रिया र सुनुवाइको प्रक्रिया अघि बढाउनेछ ।
समितिले सामान्यतयाः प्रस्तावित पदाधिकारीबारे उजुरी पेस गर्नका लागि दश दिनको समय दिने यसअघिको अभ्यास र कार्यविधिको व्यवस्था छ । सो अनुसार समितिले काम अगाडि बढाए साउनको पहिलो साताभित्र प्रस्तावित प्रधानन्यायाधीशको सुुनुवाइ प्रक्रिया अगाडि बढ्नेछ । | 2019/04/22 08:02:49 | http://gorkhapatraonline.com/news/56887 | mC4 |
दाङ : डाक्टरलाई कालोमोसो दल्ने व्यक्तिले दिए भोक हड्तालको चेतावनी – Butwal 24 News
August 31, 2021 Butwal 24 NewsLeave a Comment on दाङ : डाक्टरलाई कालोमोसो दल्ने व्यक्तिले दिए भोक हड्तालको चेतावनी
दाङ – दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालका निमित्त प्रमुखलाई दुर्व्यवहार गरेकाे आरोप लागेका अनेरास्ववियुका जिल्ला नेता सर्जन परियारले प्रहरी कार्यालयमा उपस्थित भएर भोक हड्ताल गर्ने चेतावनी दिनुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै परियारले कानुनलाई सहयोग गर्ने उद्देश्यले स्वयम् उपस्थित भएर न्यायको पक्षमा र झुटा मुद्दाको विरुद्धमा प्रहरीको हिरासतभित्रै भोकै हड्ताल बस्ने चेतावनी दिनुभएको हो ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विनोद सिंहलाई गएको शुक्रवार कालोमोसो दलेर दुर्व्यवहार गरेको आरोप लागेपछि उहाँ फरार हुनुभएको थियो ।
परियारलाई प्रहरीले त्यस घटनाकाे मुख्य अभियुक्त मानेको छ ।
अन्तिम अपडेट: भदौ १५, २०७८
भरतपुर अस्पतालमा एक वर्षमै सात जना मेडिकल सुपरिन्टेन्डेन्ट फेरिए
चितवन – भरतपुर अस्पतालमा एक वर्षको अवधिमा सात जना मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) फेरिएका छन् । गएकाे वर्षको भदौदेखि अहिलेसम्म सात जना मेडिकल सुपरिन्टेन्डेन्ट फेरिएका हुन् ।
एक वर्षको अवधिमा प्राडा. कृष्ण पौडेलले सातौँ मेडिकल सुपरिन्टेन्डेन्ट हुने अवसर पाउनुभएको हो । अहिले अस्पतालमा कार्यरत डा.रोशन न्यौपानेलाई सरुवा गरेर पौडेललाई मेसु बनाइएको अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले जानकारी दिनुुभयो । अधिकारी अध्यक्ष भएयताको पौडेल सातौँ मेसु हुनुुभएको हो ।
२०७७ साल भदौ २८ गते डा. श्रीराम तिवारी सरुवालाई सरुवा गरेर डा.राजन पाण्डेलाई मेसु बनाइएको थियो । पाण्डे दुुई महिनापछि मङ्सिर ८ गते सरुवा भएसँगै डा. जगन्नाथ तिवारी मेसु हुनुभएको थियो । त्यसको तीन महिनापछि डा.वासुदेव पाण्डेलाई मेसु बनाइएको थियो । गएकाे वैशाख ४ गते पाण्डे निवृत्त भएपछि पुनः डा. जगन्नाथ तिवारीलाई मेसु बनाइएको थियो।
झण्डै दुुई महिनापछि जेठ १३ गते डा. रोशन न्यौपानेलाई मेसु बनाइएकोमा तीन महिनामा उहाँलाई सरुवा गरेर पौडेललाई मेसु बनाइएको हो । सरकारले आइतवार प्रा डा. पौडेललाई भरतपुर अस्पतालको मेसुमा नियुक्त गरेको हो ।
मेसु अस्थिर हुुँदा अस्पतालको गुणस्तर र सुविधा खस्किँदै गएको छ । अध्यक्ष अधिकारीले विकास समितिले गरेका निर्णय मेसु अस्थिर हुँदा कार्यान्वयन हुन नसकेको बताउनुभयो । यसपटक मेसु भइसकेका स्थानीय व्यक्तिले जिम्मेवारी पाएकाले लामो समय काम गर्ने अवसर प्राप्त हुने र विकास समितिले गरेका निर्णय कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको अधिकारीको भनाइ छ ।
यो सङ्घीय अस्पताल हो । छ सय शय्याको यस अस्पतालमा चितवनसहित १९ जिल्लाका बिरामीले सेवा लिँदै आएका छन् । पटक-पटक कार्यकारी प्रमुख परिवर्तन हुँदा अस्पतालको स्वास्थ्य सेवा प्रभावित हुँदै आएको छ । हरेक विभागमा बिरामीले पाउनुपर्ने सेवा पाउन सकेका छैनन् । | 2021/10/20 04:49:21 | https://butwal24news.com/archives/767 | mC4 |
पत्रकार एलबी विश्वकर्माको निधन बारे छानविन गर्न माग | Taja Update
केपी ओली र माधब नेपाललाई मिलाउन दोस्रो तहका नेताहरु सक्रिय
सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तीलप्रसाद श्रेष्ठको नाम अनुमोदन
प्रधानमन्त्री देउवाले आजै बिश्वासको मत लिन प्रस्ताव राख्ने
राष्ट्रिय व्यापार संघको अध्यक्षमा कमल अग्रवाल चयन
गृहमन्त्रालयको प्रवक्तामा फणिन्द्र पोखरेल
कोरोनाको कारण तयारी पोशाक निर्यातमा समस्या
माघ ७,काठमाडौं । पत्रकार एलबी विश्वकर्माको निधनको विषयमा निजामती कर्मचारी अस्पतालले छानविन गरी दोषीलाई कारबाही गर्नुपर्ने प्रेस काउन्सिल नेपालले माग गरेको छ ।
टिभि टुडेमा कार्यरत पत्रकार एलबी विश्वकर्माको बिहीवार पाटन अस्पतालमा निधन भएको थियो । उपचारका लागि निजामती कर्मचारी अस्पताल पुगेका विश्वकर्मालाई थोरै पैसा अपुग भएका कारण सो अस्पतालले भर्ना नगरी पाटन अस्पताल रिफर गरेको भन्दै आफन्तजनले उहाँको निधनको दोष निजामती कर्मचारी अस्पताललाई दिएको समाचारहरु बाहिरिएका छन् । यसै सन्दर्भमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत नेतृत्वको टोलीले शुक्रवार अस्पताल प्रशासन पुगि अस्पतालले गरेको लापरबाहीको सम्बन्धमा छानविन गरी दोषीउपर कारबाहीको माग गरेको हो । अध्यक्ष बस्नेतले अस्पतालले सत्यतथ्य छानविन गरी दोषिलाई कारबाही गर्नुपर्ने तथा पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने विषयमा अस्पताल प्रशासन सँग कुरा भएको बताउनुभयो ।
अध्यक्ष बस्नेतले अस्पतालले के–कस्तो प्रक्रिया अगाडी बढाउँछ केही दिन पर्खने र सोही अनुसार प्रेस काउन्सिलले कदम चाल्ने बताउनुभयो । अछामको रामारोशन गाउँपालिका वडा नं. ५ स्थायी घर भएका २६ वर्षिय पत्रकार एलबी विश्वकर्मा काठमाडौंमा बसी सक्रिय पत्रकारिता गरिरहनुभएको थियो ।
माघ ९,काठमाडौं ।सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आफू स्थानीय निकायलाई पदाधिकारीविहीन बनाउने पक्षमा नरहेको बताउनु भएको छ । नेता सिंहले स्थानीय तहको निर्वाचन संविधानले व्यवस्था गरे अनुसार समयमै हुनुुपर्ने पनि स्पष्ट पार्नु भयो । शनिबार काठमाडौंको चाक्सीबारीस्थित आफ्नै निवासमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले संविधानको […] | 2022/05/29 06:23:55 | https://tajaupdate.com/2022/01/%E0%A4%AA%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%95%E0%A4%BE%E0%A4%B0-%E0%A4%8F%E0%A4%B2%E0%A4%AC%E0%A5%80-%E0%A4%B5%E0%A4%BF%E0%A4%B6%E0%A5%8D%E0%A4%B5%E0%A4%95%E0%A4%B0%E0%A5%8D%E0%A4%AE%E0%A4%BE%E0%A4%95/ | mC4 |
नेपाल आज | सत्ता पक्षकै नेताले गरे सरकारको यस्तो आलोचना (भिडियोसहित)
सत्ता पक्षकै नेताले गरे सरकारको यस्तो आलोचना (भिडियोसहित)
शुक्रबार, १२ असोज २०७५ गते प्रकाशित - नेपाल आज
विरोध खतिवडा, नेकपाका नेता । नेकपाकै नेता भए पनि खतिवडाले सरकारको कामकारबाही बारे टिप्पणी गरिरहेका छन् । राष्ट्रिय महत्वका विषयहरुमा सटिक विश्लेषण गर्ने खतिवडासँग छोटो कुराकानी गरेका छौं । प्रस्तुत छ सो वार्ताको सार संक्षेपः
देशमा दुई तिहाइको सरकार छ । सरकारले जनअपेक्षाअनुरुप काम गर्न नसकेको टिप्पणी पनि हुन थालेको छ । कसरी लिनु भएकोछ ?
सरकारले काम गर्न नसकेको भन्न अलि नमिल्ला । सरकारले काम भर्खरै शुरु गरेको छ भन्दा उपयुक्त होला । छोटो समयलाई आधार बनाएर सरकारले काम गर्न नसकेको भन्नु अलि हतारो हुन्छ । हामी आफ्नो सरकारको हिसाबले, पार्टीको दृष्टिले प्रयत्नशील छ । तपाईले प्रश्न गरेजस्तो काम गर्न नसकेको अवस्था होइन । कामैको दौरानमा केही सानातिना विषयहरु भने आउँछन् । जनसरोकारका विषयमा सरकारको उपस्थिति फितलो भएको हो कि भन्ने लाग्छ । केही कमजोरी देखिएको भने हो ।
रिजल्ट आउने बेला भएको छैन त भन्नु भयो, तर भ्रष्टाचार, महंगी आदि त नियन्त्रण गर्न सकिन्थ्यो होला । जनताको गुनासो भने कर बढाएको भन्ने छ । तपाईलाई के लाग्छ ?
सरकारले केन्द्रीय बजेटबाट कर बढाएको छैन । स्थानीय तहले भने कतैकतै बढी कर लगाएको देखिन्छ । कर नलगाउनु पर्ने ठाउँमा पनि कर लगाएको, कतै आवश्यकता भन्दा बढी लगाएको देखिन्छ । यस्ता विवादहरु आएका छन् । यस्ता विवादहरुलाई सरकारले र पार्टीले नियन्त्रण गर्ने प्रयास गरिरहेको देखिन्छ । स्थानीय तहले नयाँ शीर्षकमा पनि कर लगाउन थालेका छन् । जे कर लागिरहेको छ, त्यसमा वृद्धि पनि गरिरहेका छन् । केही सामान्य त्रुटिहरु भएका छन् ।
संघीयताको पहिलो अभ्यास भएको कारण यस्ता समस्या आएका हुन् । केन्द्र, प्रदेश र संघमा पनि केही अन्यौल देखिएको छ । प्रदेश, स्थानीय तह र केन्द्रले पनि कानुन बनाउन पाउँछन् । केन्द्रीय कानुनको मातहतमा रहेर संविधानको मातहतको मातहतमा रहेर अरुल्ो पनि कानुन बनाउने हो । यि कुराहरु पनि हामीले बुझाउन सकिरहेका छैनौं । संविधानले केही कुरामा संयुक्त अधिकार दिएको छ । केही मुद्दाहरुमा प्रदेश र केन्द्रको पनि छन् । केही विषयहरु प्रदेश र स्थानीयबीचका पनि छन् । यस्ता धेरै विषयहरु संलिन बाँकी छ ।
चुनावी घोषणापत्रअनुसार काम गर्न नसकेको आरोप पनि लाग्ने गर्छ । केपी ओलीको भाषणलाई हावादारी पनि भन्न थालिएको छ । के भन्नु हुन्छ ?
– प्रधानमन्त्री केपी ओलीले केही कुरालाई पुष्टि गर्न प्रतिक र बिम्बको प्रयोग गर्नु हुन्छ । गाउँखाने कथा वा उखान पुरानो प्रचलनअनुसार आएका वर्षौदेखि स्थापित भएर आएका केही कुराहरु भन्ने उहाँको आफ्नो स्टाइल छ । ठेट नेपाली भाषामा भन्नु हुन्छ । त्यसो भन्दैमा केही बिग्रिदैन । मुख्य कुरा अब हामी विकासको नयाँ चरणमा जानु पर्छ । पेट्रोलिय छाडेर विद्युतीय प्रविधिमा जानै पर्छ । आफ्नै उत्पादन वृद्धि गरेर हामीअगाडि बढ्नु पर्छ ।
जंगबहादुरपछाडिको शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओली बाघ जस्तो हुनुपर्ने श्याल जस्तो हुनुभयो भन्छन् नी ?
केपी ओली पनि विभिन्न उपमा दिएर बोल्नु हुन्छ । उहाँको बारेमा पनि कसैले भनिदियो होला । निश्चय पनि नेपाली प्रधानमन्त्रीमा केपी ओली जंगबहादुर, विपी कोइरालापछिका शक्तिशाली प्रधानमन्त्री हुनुहुन्छ । यसअघि विपीलाई पनि दुई तिहाइको बहुमत जनताले दिएका थिए । सरकारको हकमा वर्तमान सरकारलाई दुई तिहाई छ । तर कम्युनिष्ट पार्टीलाई नै जनताले दुईतिहाई दिएका होइनन् । जंगबहादुरसँग केपीलाई तुलना गर्न मिल्दैन । किनभने केपी ओली प्रजातान्त्रिक विधि मान्ने व्यक्ति हुन् । जंगबहादुर निरंकुशताका प्रतिक हुन् ।
यो पाँच छ महिनामा सरकारले केही राम्रा काम पनि गरेको छ । केही मन्त्रालय, विभाग वा सानो इकाइले गरेको कामको दोष पनि सरकारलाई लागेको छ । जनताले अनुभूत गर्ने गरी सरकारले काम गरिसकेको छैन । यो विषयमा सरकारले कुनै परिणाम दिन सकेको छैन ।
तपाईले संसदमा चार बुँदे विषय संसदमा बोल्नु भएको थियो कि चिनीको मूल्य ५४ मा लिएर ६४ भन्दा माथि पुर्याउने कुरा गर्नुभयो । अहिले बजारमा ८५ मा चिनी बिक्री भएको उल्लेख गर्नु भयो । दशै तिहारमा १०० कटाउने योजना व्यापारीको छ भन्नु भयो । चिनीको बिजनेसका माफिया र सरकारबीचको सम्बन्ध कस्तो हो ?
भारतीय चिनी हामीकहाँ आउँदा १५ प्रतिशत भन्सार लाग्छ । १५ प्रतिशत तिरेर मात्रै नेपाल ल्याउन पाइन्छ । स्थानीय चिनी उत्पादकले १५ प्रतिशत तिरेर आउँदा पनि स्वदेशी उत्पादन भन्दा सस्तो भयो । यसकारण चिनी बेच्न गाह्रो भयो । त्यसैको असरमा उखुको किसानको पैसा तिर्न सकेनौं भन्ने भयो । चिनी मिलवालाले किसानको पैसा तिर्न नसकेको कुरा उद्योगलीले सरकारलाई सुनाए । अनि सरकारले थप १५ प्रतिशत भन्सार लगाइयो । ३० प्रतिशत भन्सार कर लाग्यो । अहिले उनीहरुले ३० प्रतिशत लगाउँदा पनि नाफा भएन भन्न थाले । अब सरकारले के गरोस् ।
के गर्ने त भन्दा आयात रोक्ने र नेपालको चिनी बिक्री स्वत हुने भयो । त्यसपछि मूल्यको कुरा आयो । चिनी उत्पाकले चिनीको मूल्य ६४ भन्दा माथि लैजादैनौं भने । त्यसपछि आयात रोक्ने काम भयो । चिनी आयात रोकिदियो । अब नेपालका चिनी उत्पादक साँढे भए । अहिले चिनीको मूल्य ८५ भयो । विराटनगरमा ८० रुपैयाँ पुग्यो चिनीको मूल्य । सुगम ठाउँमा पनि त्यस्तो भयो । अब मुख्य चाड त आउन बाँकी छ । चिनी मुख्य गरी तिहार र छठमा हुन्छ । त्यो बेला चिनीको मूल्य १०० पुर्याउने योजनामा चिनीवालाहरु छन् ।
यो विषयको भित्री मिलेमतो पनि हुन सक्छ । चिनीको चास्नीमा को को लटपटिएका छन् भन्ने खुल्नु पर्छ । एकै केजीमा २०–२५ रुपैयाँको खेल त डरलाग्दो विषय भयो नी । अब सरकारले नियन्त्रण कसरी गर्छ ? यो खेलमा संलग्नहरुको खोजी होस भनेको छु ।
यसमा को को मिलेका छन् ?
चिनी उत्पादन गर्ने जो जो छन्, यसको खेलाडी पनि तिनै हुन् । उनीहरु गएर जसलाई भेटे, जसलाई कन्भिन्स गरे तिनै मानिसहरु होलान नी । यो विषयसँग सरोकारवाला मन्त्रालयले बुझ्नु पर्छ । चिनीको कुरामा शिक्षा सचिवले गरेकी भनेर खोज्न जान परेन ।
उद्योगमन्त्री मातृका यादलले कालोबजारी रोक्न सक्नु भएन, उनीहरुकै पक्षपोषण गर्दै हिँडनु भएको छ भन्छन् नी ?
उहाँको बारेमा त्यस्तो कुरा त मलाई थाहा छैन । देखेको छैन । नदेखेको कुरा भन्न मिलेन । यो विषय सरकारसँग जोडिएको कुरा हो । यो विषयसँग सरोकार राख्ने अनुगमन गर्ने, प्रतिबद्ध गराउने निकाय को हो ? तिनै व्यक्तिहरु जवाफदेही हुनुपर्छ ।
कतिपय वस्तु तथा सेवाको क्षेत्रमा खुलेआम कालोबजारी भएको देखिन्छ तर सरकार किन मौन ?
हो, धेरै क्षेत्रमा खुलेआम कालोबजारी छ । तर नियन्त्रण गरिएको छैन । नियन्त्रण गर्ने भनेको सरकारले हो । अर्थात सरकारले आफ्ना हांगाबिगा वा आफ्ना निकायहरुलाई परिचालन गरेर नियन्त्रण गर्ने हो । मोरङमा कालोबजारी भयो भने केन्द्रबाट सचिव अनुगमनमा जाने होइन । मन्त्री जाने होइन । उनीहरुले आफ्नो अंग वा निकाय सिडिओलाई निर्देशन दिने हो । सिडियोले राम्रो काम गरेन भने उसलाई कारबाही गर्ने काम केन्द्रको वा सरकारको हो । यो चेन अफ कमाण्ड बलियो नहुँदा कालोबजारी नियन्त्रण नभएको हो । यतिबेला केन्द्र सरकारको कुरा सुन्दा राम्रो लाग्छ । तर गर्नुपर्ने तल्लो निकायले हो । तल्लो निकायले काम गरेनन् भने के हुन्छ त ? सरल जवाफ हो अहिलेको जस्तै हुन्छ ।
निजगढमा रुख काट्ने कुरामा किन विरोध गर्नुभएको हो ?
काठमाडौमा एउटा अन्तर्राष्ट्रिय विमानस्थल छ । काठमाडौंमा जाम हुँदा जहाजहरु कि बंगलादेश कि भारत पठाउनु पर्छ । यस्तो बेलामा एउटा अर्को अन्तर्राष्ट्रिय विमानस्थल चाहिन्छ भनिएको हो । निजगढमा विमानस्थल बन्नु पर्छ । अहिलेसम्मको अनुसन्धानले त्यही देखायो । त्यहीबाट फास्ट ट्रयाक पनि ल्याउने तयारी भएको छ । निजगढमा विमानस्थल बन्ने कता हो ? कता कसरी बन्ने ? पश्चिम कि पूर्व केही थाहा छैन । के पनि त ढाँचा तयार भएको छैन । लागत पनि थाहा छैन । कुनै कुरामा विवाद छैन । छलफल छैन । तर सबैको ध्यान कहाँ छ भने रुख चाहिँ काटिहालौं । रुख काट्न मात्रै हतार भएको देख्दा मैले यो रुख काट्ने कुरा होइन, हत्या गर्ने योजना हो भनेको हुँ । रुख काट्नै परे पनि पाँच वर्षपछि काट्ने हो । अहिले नै काटिहाल्ने कुरा सुन्दा मेरो दिमाग तातेको हो । यहा बेइमानी भएकै छ ।
कसले कसले बइमानी गरेको होला ?
जसले जसले यो कुरा गरिरहेका छन् तिनैले बेइमानी गरेका हुन् । अहिले कुरा उठेपछि मैले सचेत गराएको हुँ । जसले जसले हस्ताक्षर गर्छन अब उनीहरु नै बेइमान ठहरिने छन् । | 2019/08/19 12:19:01 | http://nepalaaja.com/2018/9/201892817446 | mC4 |
बिजुलीबाट सञ्चालन हुने सवारीसाधन (बस) का लागि चाहिने चार्जिङ स्टेसनको काम रोकिएको छ । लुम्बिनी परिसरमा स्टेसन निर्माण गरेको भन्दै प्रधानमन्त्री र मन्त्रिपरिषद्को कार्यालयले काम रोक्न निर्देशन दिएको हो ।
झम्के साँझ कट्यो । वरपर डाँडा हिउँले ढाकिएका थिए । चन्द्रमाको ज्योतिले हिउँ टल्किन्थ्यो । कसैले टर्च बालेको भान हुन्थ्यो । मुगुको ताल्च विमानस्थल जाने सडक दायाँ छुट्यो । हामी बायाँ लाग्यौं । गाढा अँध्यारोले सडक बायाँपट्टिको भीर देखिन्नथ्यो । दायाँ पहरो थियो ।
उद्योग सञ्चालनपछि चहलपहल
विनयी त्रिवेणी गाउँपालिकाअन्तर्गत सर्दी बस्ती छ । पूर्वपश्चिम राजमार्गबाट १२ किलोमिटर उत्तरको बस्ती ओझेलमा थियो । सुनसान थियो । उर्वर भूमि बाँझै थियो । अहिले बस्तीमा चहलपहल छ । पहिले हिउँदमा समेत ओहोरदोहोर गर्न मुस्किल पर्थ्याे ।
'दान'बाट टेनिस सिकाइँदै
खेलका पारखी थोरै छन् । हाम्रो परिवेशमा रुचि गर्नासाथ लनटेनिस खेल्न पनि सम्भव छैन । त्यसका लागि र्याकेट, बल र कोर्ट जरुरी पर्छ । बेग्लै पोसाक पनि चाहियो, त्यसैले टेनिस महँगो खेलमा गनिन्छ ।
ध्यानका बेला मेसिनको कोलाहल
यहाँस्थित मुख्य आकर्षण र विश्व सम्पदामा सूचीकृत मायादेवी मन्दिर परिसरमा विकास कोषका सफाइ कर्मचारीले हेलचेक्र्याइँ गरेका छन् ।
प्रदूषण खेप्दै लुम्बिनी
विश्वभरका बौद्धमार्गी बुद्ध जन्मस्थल लुम्बिनी टेक्न लालायित छन् । विश्व सम्पदामा सूचीकृत मायादेवी मन्दिर दर्शन गर्ने चाहना राख्छन् । सहरको कोलाहलबाट छुटकारा पाउन आउनेहरू पनि धेरै छन् ।
प्रधानमन्त्री केपी ओलीले बुद्ध नेपालमा जन्मेकोबारे कुनै प्रश्न नरेहकाले त्यसलाई बहसको विषय नबनाउन भनेका छन् । सोमबार यहाँ २५६२ औं बुद्ध जयन्ती समारोह सम्बोधन गर्दै उनले जन्मस्थलबारे अहिलेसम्म कुनै द्विविधा नरहेकाले यसलाई बेला–बेला बहसको विषय नबनाउन भनेका हुन् ।
संघीयता कार्यान्वयनसँगै लुम्बिनीको चर्चा बढेको छ । बुद्धस्थलबारे काठमाडौं केन्द्रित चर्चा प्रदेशमा स्थानान्तरण भएका छन् । यहाँ प्रत्येक स्थानीय तहले उन्नति/प्रगतिको आधार बताउँदा लुम्बिनी र त्यहाँ आउने पर्यटकलाई जोड्न थालेका छन् ।
गत माघ १५ गते संघीय संसद् सचिवालयबाट बुटवल खटिएका सहसचिव सुरेन्द्र अर्याललाई ५ दिनमा प्रदेशको पहिलो बैठक सञ्चालन गर्नुपर्ने बाध्यता थियो । अन्य ४ कर्मचारीसहित यहाँ आएका उनले स्थानीय कर्मचारीलाई बैठक सञ्चालन विधि अभ्यास गराउनुपर्ने थियो । | 2019/07/17 14:49:48 | https://www.kantipurdaily.com/author/author-9028 | mC4 |
भोकबाट कलाकार बचाउने प्रतिष्ठानको अभियानमा शाखा कतारको सहयोग « KhabarBiz
भोकबाट कलाकार बचाउने प्रतिष्ठानको अभियानमा शाखा कतारको सहयोग
तिलु शर्मा पौडेल, दोहा कतार l कोरोनाको महामारीका कारण नेपालका विभिन्न क्षेत्रहरू ठप्प छन् l मनोरञ्जनको पहिलो रोजाई रहने गरेको लोक तथा दोहोरी क्षेत्र पनि महामारीबाट ग्रसित छ l लामो समयदेखि यो क्षेत्रको आय आर्जन हुने मुख्य थलो बन्द हुँदा यससँग सम्बन्धित कलाकार, टेक्निसियन तथा विभिन्न ओहोदाका कामदारहरूको रोजीरोटी खोसिएको छ l दोहोरी साँझ, रोधी घर लगायतका रात्रिकालिन व्यवसायहरू ठप्प हुँदा यसबाट प्रभावित बनेका सबै कलाकारको पेट भर्ने जिम्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले लिएको छ l
कलाकारहरूको साझा संस्था प्रतिष्ठानले सञ्चालन गरेको "रोगबाट तपाई बच्नुस् भोकबाट हामी बचाउँछौ' भन्ने अभियानमा प्रतिष्ठान कतार शाखाले सहयोगी हात बढाउँदै एक इट्टा थपेको छ l लकडाउन तथा कोरोना महामारीले अप्ठेरोमा परेका कलाकारलाई खाद्यान्न सहयोग स्वरूप शाखा कतारले ७३ हजार रुपैयाँ नगद सहयोग गरेको हो l
पीडामा रहेका कलाकारलाई केही हदसम्म भए पनि मलहम लगाउन सकियोस् भन्ने हेतुले सहयोग रकम पठाइएको शाखा कतारका अध्यक्ष शक्ति क्षत्रीले जानकारी दिनु भयो l शाखा कतारले कार्यसमिति, संरक्षक, प्रमुख सल्लाहकार तथा सल्लाहकारहरूबाट रकम सङ्कलन गरी पठाएको हो l हाल बाँडिएको राहत सामग्रीमा एक बोरा चामल, पाँच लिटर तेल, दाल, चिउरा लगायत दैनिक उपभोग्य सामाग्रीका साथै मास्क र स्यानिटाइजर समेत छन्। समस्यामा परेका कलाकारले आफ्नो नाम टिपाएर राहत लिन सकिने शाखा कतारका संरक्षक तथा वैदेशिक विभागका केन्द्रीय सदस्य दुर्गा पङ्गेनीले जानकारी दिनु भयो l | 2022/05/28 16:41:12 | https://khabarbiz.com/2021/06/15/1174 | mC4 |
खलंगामा पानीको हाहाकार – Sourya Online
खलंगामा पानीको हाहाकार
सौर्य अनलाइन २०७० जेठ ३१ गते २३:१६ मा प्रकाशित
जाजरकोट, १ असार । जाजरकोट सदरमुकाम खलंगामा खानेपानीको अभाव भएको छ । खानेपानीका पाइप अब्यवस्थित हँदा बाटो हिड्ने बटुवालाई पनि आवतजावतमै समस्या पर्न थालेको छ । सरोकारवाला निकायले ध्यान नदिदा समस्या भएको स्थानीयको आरोप छ । सदरमुकाम खलंगामै पानीको अभाव हुँदा कामको सिलसिलामा जाजरकोट पुग्नेलाई नुहाउन तथा कपडा धुनसमेत समस्या हुने गरेको छ ।
'पानी भर्नलाई घन्टाँै पालो कुर्नु पर्ने, सदरमुकामका सबै बाटो–घाटोमा अव्यवस्थित यत्रतत्र छरिएका खानेपानी पाइपले बाटो हिड्न नसक्ने बाध्यता छ,' नागरिक समाजका सदस्य गणेश शाहले भने, 'फुटेको पाइपबाट बगेको पानीले बाटो हिलाम्मे बन्दै गइरहेको छ ।' उनले बाटोमा मात्र नभएर कतिपय ठाउँमा खानेपानीका पाइप अव्यवस्थित रूपमा रूखमा अड्काएको बताए ।
सरकारको राष्ट्रिय सरसफाइ सप्ताह मनाउने गुरूयोजनाअन्र्तगत जिल्लाले सरसफाइ सप्ताह मनाए पनि लक्ष्यभित्र सबै काम सम्पन्न हुने अवस्था नदेखिएको दिनेश श्रेष्ठले बताए । 'जिल्लाले सन् २०१३ भित्रै खुला दिसा मुक्त जिल्ला घोषणा गर्ने लक्ष्य राखे पनि खानेपानीलाई व्यवस्थित नगरी यी सबै लक्ष्यभित्रका योजना सफल हुने अवस्था छैन,' श्रेष्ठले भने । सदरमुकाम खानेपानीका दृष्टिले अभाव र व्यवस्थित बन्दै गइरहेको अबस्थामा जाजरकोटमा झण्डै २२ वटा सरकारी कार्यालय र २४ वटा गैरसरकारी कार्यालय गरी ४६ वटा विकासे कार्यालयमध्ये खानेपानीका विषयगत कार्यालय ६/७ वटा रहेता पनि सदरमुकामको खानेपानीप्रति कसैको ध्यान जान सकेको छैन ।
खानेपानी मर्मत तथा सुधारका लागि आफ्नो कार्यालयमा कुनै बजेट नआउने साना पाइपका टुक्रा र सकेट मात्र दिन मिल्ने जाजरकोट खानेपानी तथा सरसफाइ सब–डिभिजन कार्यालय प्रमुख शिताराम काफ्लेले बताए । तर, कार्यालय प्रमुख काफ्ले जिल्लामा थोरै बस्ने कार्यालय प्रमुखमा गनिन्छन् । यसअघि सिडिओ कार्यालयले गरेको छड्के जाँचका क्रममा उनी धेरै समय कार्यालयमा हाजिर नभएको पाइएको थियो । महिनामा चारपटकसम्म काठमाडांै ओहोर दोहोर गर्ने उनको नियममाथि शंका गर्ने ठाउँ रहेको नाम उल्लेख नगरिदिन आग्रह गर्दै एक कर्मचारीले बताए ।
वर्षातले खानेपानीको समस्या
पश्चिम जाजरकोटको मजकोट गाविस–२, मा रहेको तल्लोलुहा खानेपानी तथा सरसफाइ आयोजना वर्षातका अवरूद्ध भएको छ । मंगलबार राति आएको भारी वर्षातका कारण आयोजनाको दुईवटा ट्यांकी भत्किनुका साथै पाँच सय मिटर पाइप बगाएको स्थानीय तुलबहादुर खड्काले जानकारी दिए । | 2020/10/31 23:22:16 | https://www.souryaonline.com/2013/06/76161.html | mC4 |
लायन्स क्लव अफ कञ्चन हरैयाद्धारा क्यान्सर रोगबाट पिडित महिलालाई आर्थिक सहयोग - Sabal Post
लायन्स क्लव अफ कञ्चन हरैयाद्धारा क्यान्सर रोगबाट पिडित महिलालाई आर्थिक सहयोग
३१ श्रावण २०७७, शनिबार ० बिचार / प्रतिक्रिया
३० साउन,कञ्चन- लायन्स क्लव अफ कञ्चन हरैयाद्धारा कयान्सर रोगबाट पिडित कञ्चन ३ निवासी एक महिलालाई आर्थिक सहयोग गरेको छ । बिगत एक बर्ष देखि नियमित उपचार गराउदै आउनु भएका भगवती टोल निवासी ५० बर्षिय रेमकलालाई ९नाम परिबर्तन० क्वलवका पदाधिकारी तथा सदस्यहरुबाट आर्थिक संकलन गरी उक्त सहयोग गरेको हो ।
निशुल्क मधुमेह परिक्षण कार्यक्रमकै समयमा कञ्चन ३ स्थित भगवती टोल कि रेमकला क्यान्सर रोगबाट ग्रसित भई आर्थिक अभावका कारण नियमित उपचार गराउन नसकिरहेको थाहा पाएपछि लायन्स क्लवका सदस्यहरुले आर्थिक संकलन गरी १० हजार रुपैया तत्कालै आर्थिक सहयोग गरेको हो । बिरामीको आत्मवलमा कमी आउने भएकोले निजको वास्तबिक नाम प्रकाशन नगर्ने परिवार र छिमेकीहरुको सल्लाह बमोजिम परिबर्तित नाम रेमकला उल्लेख गरिएको क्लवका अध्यक्ष राम बहादुर थापाले बताउनु भएको छ। सहयोग रकम हस्तान्तरण गर्दै लायन्स क्लव अफ कञ्चन हरैया बर्ष २०२०र२०२१ का अध्यक्ष राम बहादुर थापाले थोरै भएपनि राहत मिलोस र बिरामीको मनमा आत्मवल बढोस भन्ने उद्धेशयका साथ आर्थिक अवस्था कमजोर भई नियमित उपचार गराउन जान नसकेको थाहा पाउना साथ क्लवका सदस्यहरुबाट तत्कालै थोरै थोरै रकम संकलन गरेर राहत स्वरुप सहयोग गरिएको बताउनु भएको छ।
यस्तै कञ्चन गाउपालिका वडा नं। ४ का वडा अध्यक्ष तथा लायनस क्लव अफ कञ्चन हरैया बर्ष २०१९र२०२० का अध्यक्ष दुर्गा सिंह क्षेत्रीले क्यान्सर रोगबाट ग्रसित भई शारीरिक रुपमा असक्त हुनु भएका रेमकला ज्यूलाई आफु जेसुकै कारणले बिरामी परेको भएपनि आफु एक्लै नभएको महसुस नगर्न अनुरोध गर्दै सकेसम्म उपचारका लागि थप सक्दो सहयोग जुटाई स्वस्थ बनाउन लायन्स क्लव र छिमेकीहरु लागी पर्ने बताउनु भएको छ। बिरामी भई निरासा हुनु भन्दा आत्मवल बढाई नियमित उपचार गरे हरेक रोगहरुको उपचार सम्भव रहेको समेत वडा अध्यक्ष क्षेत्रीले बताउनु भएको छ। आर्थिक सहयोग संकलनमा सहयोग गर्ने जनआस्था पृथ्वी क्लवका अध्यक्ष उदय आले र नर बहादुर राना महत्वपुर्ण भुमिका निर्वाह गर्नु भएको थियो भने आर्थिक सहयोग प्रदान गर्न लायन्स क्लव अफ कञ्चन हरैयाका पदाधिकारी,सदस्य तथा समाजसेवी किरण क्षेत्रीको समेत सहभागित रहेको थियो । | 2021/01/28 05:45:48 | https://sabalpost.com/archives/103523 | mC4 |
आमासहित दुई छोराछोरी मृत फेला « Emakalu Online
मलंगवा । सर्लाहीको बरहथवा नगरपालिकामा आइतबार बिहान आमा र उनका दुई छोराछोरी आफ्नै घर भित्र मृत अवस्थामा फेला परेका छन्।
बरहथवा नगरपालिका–१, हजरियाका शिव हजारीकी अन्दाजी २५ वर्षीया श्रीमती कविता हजारी पासवान, ८ वर्षीया छोरी सुलोनी पासवान र ५ वर्षीय छोरा स्वागत पासवान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
आमाको शव घर भित्रै झुण्डिएको अवस्थामा फेला परेको छ भने छोरी र छोरा पनि सोही घरभित्र भुईंमा लडिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) माधवप्रसाद बुढाथोकीले जानकारी दिएका छन्।
तीन जनामात्रै रहेको घरमा सबै मृत अवस्थामा भेटिएको हो। छेउछाउमा कुनै शंकास्पद वस्तु पनि नभेटिएको प्रहरीले जनाएको छ। घटनाबारे सूक्ष्म ढंगले अनुसन्धान भइरहेको डीएसपी बुढाथोकीले जानकारी दिए। तिनैजनाको शव अहिले पोष्ट मार्टमका लागि जिल्ला अस्पताल मलंगवामा ल्याइएको छ। | 2022/01/22 08:04:03 | https://www.emakaluonline.com/27013.html/ | mC4 |
बृहत अनलाइन गजल प्रतियोगितामा ललितपुरका चिरन्जीवी सिग्देल प्रथम
धनकुटा, २४ भदौ/ सल्लेरी साहित्य सङ्गम धनकुटा र राईटर ईन्टरनेशनल (युएसए) को संयुक्त आयोजनामा आयोजित बृहत अनलाइन गजल प्रतियोगितामा ललितपुरका चिरन्जीवी सिग्देल प्रथम भएका छन् ।
प्रतियोगितामा बाराकी सरु बस्नेत द्वितीय, झापाका हरी पराजुली तृतीय घोषित भएका छन् । त्यस्तै प्रोत्साहन पुरस्कार ओखलढुङ्गाका छिरिङ् शेर्पा अविरल र धनकुटाका सुर्य चापागाईले प्राप्त गरेका छन् । मोती जयन्तीको अवसरमा आयोजना गरिने भनिएको प्रतियोगिताको मिति राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनका कारण सारिएको थियो । अग्रज गजलकार पुष्प अधिकारी अञ्जलीको संयोजकत्वमा तीन सदस्यीय निर्णायक समिति गठन भएको थियो ।
जसमा स्थापित गजलकार मधु पोखरेल र टीका आत्रेय रहेका थिए । नजिताको घोषणा गर्दै निर्णायक समितिका संयोजक अधिकारीले पछिल्लो समयमा गजल प्रतिको आकर्षण बढ्दै गएको उल्लेख गरे । नजिता सार्वजनिक कार्यक्रममा राईटर ईन्टरनेशनल युएसएका अध्यक्ष अग्रज साहित्यकार गीतकार ज्ञानेन्द्र गदालले शुभकामना तथा आफ्ना रचना प्रस्तुत गरेका थिए । सोही अवसरमा चर्चित गायक कुवेर राई, साहित्यकार डीपी परिश्रमी लगायतले अनलाईन मार्फत नै प्रस्तुति दिएका थिए । प्रतियोगितामा नेपाल, अमेरीका, भारत लगायतका गजलकारहरुको सहभागीता थियो ।
विजेताले नगद सहित जनही दुई हजार मुल्य बराबरको साहित्यिक पुस्तक र प्रमाण–पत्र प्रदान गरिएको आयोजक संस्था सल्लेरी साहित्य सङ्गमका अध्यक्ष रमेशचन्द्र अधिकारीले बताए । पुस्तक हाम्रो मझेरी साहित्यिक प्रतिष्ठान भरतपुरले उपलब्ध गराएको छ ।
आयोजक दुवै संस्थाले राष्ट्रकवि माधवप्रसाद घिमिरेको श्रद्धाञ्जली स्वरुप कविता वाचन र गत भानु जयन्तीमा पनि रामायण वाचन प्रतियोगिता समेत आयोजना गरेको राईटर ईन्टरनेशनल (युएसए) उपाध्यक्ष राजेन्द्र गुरागाईले बताए । यसैगरी आगामी कात्तिक २९ गते महाकवी लक्ष्मीप्रसाद देवकोटा जयन्तीमा बृहत कविता प्रतियोगिता आयोजना गरिने जनाईएको छ । | 2020/09/23 03:03:17 | https://koshipatra.com/news/2020/09/09/1582.html | mC4 |
एन्फा कास्कीमाथिको छानबिन सकियो - Khelpati
आइतवार, असार २८, २०७७ खेलपाटी संवाददाता
पोखरा । कास्की जिल्ला फुटबल संघमाथिको छानबिन सकिएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाद्धारा गठित छानबिन समितिले जिल्ला फुटबल संघमाथि ११ दिन लगाएर छानबिन सम्पन्न गरेको हो ।
जिल्ला फुटबल संघमाथि आर्थिक अनियमितताको गम्भिर आरोप लागेपछि एन्फाले केन्द्रिय स्तरको छानबिन समिति गठन गरेको थियो ।
एन्फा कास्कीमाथि अनुसन्धान सकिएसंगै केन्द्रिय उपाध्यक्ष वीरबहादुर खड्का नेतृत्वको टोलीले सोमबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्ने तयारी गरेको छ ।
अघिल्लो साता पोखरा पुगेका खड्काले जिल्ला फुटबल संघले आयोजना गरेका प्रतियोगिताको हिसाब किताबमा आधारित रहेर छानबिन अघि बढाएका थिए । समितिले ६ वटा प्रतियोगिताका कागजात तथा बिल–भरपाई माग गर्दै अध्ययन गरेको छ ।
कास्की एन्फाले २०७५ मा आयोजना गरेको मनकामना कप, जिल्ला लिग, जिल्ला स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिता, प्रदेश स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिता तथा पुरुष र महिलाको अन्तर विद्यालय फुटबल प्रतियोगिताको कागजात बुझाएको थियो ।
एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ गत माघ महिनामा बैकिंङ कसुर सहित तीन वटा मुद्दामा पक्राउ परेपछि जिल्ला फुटबल संघभित्र रहेको आर्थिक अनियमितताको बिषय बाहिर आएको थियो । त्यसयता एन्फा कास्कीमाथि छानविन गरिनुपर्ने माग चौतर्फी रुपमा बढेको थियो ।
एन्फाले यसअघि केन्द्रीय सदस्य रत्नकुमार श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति बनाएको थियो । तर श्रेष्ठले स्वास्थ्यको कारण देखाउँदै पदबाट राजीनामा दिएपछि एन्फाले छानबिन कमिटिको नेतृत्वमा उपाध्यक्ष खड्कालाई नियुक्त गरेको थियो । | 2020/08/03 11:28:40 | https://www.khelpati.com/sports-organization/18841 | mC4 |
नेप्से सामान्य वृद्धि, कारोबार रकम घट्दै - Karobar National Economic Daily
नेप्से सामान्य वृद्धि, कारोबार रकम घट्दै
query_builderJune 18, 2017 11:11 AM supervisor_accountकारोबार संवाददाता visibility560
काठमाडौं: साताभरमा सेयर मापन परिसूचक (नेप्से) ०.९ अंकले घटेको छ । समूहगत रूपमा हेर्ने हो भने बिमा समूह ३५ र होटल समूह २० अंकले ओरालोे लागेको छ । वाणिज्य बैंक र वित्त समूह सामान्य समूह सबै बढेका देखिन्छन् ।
समग्रमा सेयर बजार कता जाने भन्नेमा लगानीकर्ता अन्योलमा देखिन्छन् । कारोबार रकम भने अघिल्लो साताको तुलनामा ११ प्रतिशतले घटेको देखिन्छ । यसरी समग्र परिसूचक घटेको र कारोबार रकम पनि दिनप्रतिदिन घटेको देखिन्छ ।
राजनीतिक परिवर्तनसँगै सेयर बजारका लगानीकर्ता आशावादी वा निरास हुनु स्वभाविक हो । स्थिर सरकार, नियमनकारी निकायले ल्याउने नीतिलाई हेरेर लगानीकर्ताले निर्णय लिने गरेका छन् । यसबाहेक कम्पनीले दिने प्रतिफल पनि महत्वपूर्ण हुने गरेको छ ।
यतिबेला लगानीकर्ता यस्ता कुरा नै आँकलन गरिरहेका छन् । तेस्रो त्रैमासिक अवधिसम्म सूचीकृत कम्पनीले गरेका नाफा र त्यसबाट आउन सक्ने प्रतिफललाई हेरी केही लगानीकर्ताले चौथो त्रैमासिक अवधिको मूल्यांकन गरी यतिबेला सेयर खरिद गर्न सुरु गरिसकेका छन् ।
केही लगानीकर्ता भने विगतमा जस्तै नेपाली कांगे्रसको नेतृत्वमा सरकार बन्छ र सेयर बजार बढ्छ भन्ने हल्ला गलत सावित भइसकेको छ । यतिबेला कांगे्रस नेतृत्वमा आउँदा पनि बजार भने बढ्ने देखिँदैन । यस बारेमा हामीले अघिल्ला समीक्षामा पनि लेखिसकेका छौं ।
यो सरकारमा माओवादीलगायतका अन्य दलसमेत सामेल हुनेछन् । यसबाहेक दोस्रो चरणको चुनाव फेरि सरेकाले लगानीकर्तामा थप लगानी सुरक्षित नहुने पो हो कि भन्ने तनाव देखिन्छ । यस्तै अनुभवी अर्थमन्त्री नआइदिँदा सेयर बजारको भविष्यको बारेमा अनुमान गर्न गाह्रो भएको लगानीकर्ता बताउँछन् ।
यस्तै, पुरानो सरकारले ल्याएका नीति तथा कार्यक्रम र बजेटले लगानीकर्ताको लागि थप राहत दिँदैन भन्ने लगानीकर्ताको बुझाइ छ । यसबाहेक बैंक तथा वित्तीय संस्थामा पर्याप्त पुँजी हँुदा पनि ब्याजदर घटाउन नसक्दा केन्द्रीय बैंक र त्यसका गभर्नरले पनि पुँजी बजारलाई प्राथमिकता नदिएको भान परेको छ । यतिबेला बैंकिङ प्रणलीमा पर्यात तरलता छ तर बैंकिङ क्षेत्रको आम्दानीको क्षेत्र पहिचान नहुँदा उनीहरू व्याजबाट आफ्नो खर्च धानिरहेका छन् ।
यस्तै, आउँदो दोस्रो र तेस्रो चरणको निर्वाचन कसरी जाला, त्यसै अनुसार लगानीकर्ताले सेयर खरिद या बिक्री गर्ने देखिन्छ । त्यसबाहेक नयाँ सरकारको लिने नीति तथा कर्याक्रमले पनि आउँदो साता पूँजी बजार प्रभावित हुने देखिन्छ ।
यस साता नेपाल स्टक एक्सचेन्जमा १६१ कम्पनीहरूको कारोबार भएको छ । जस अनुसार ३०६४७ कारोबारबाट दुई अर्ब ९६ करोड २५ लाख २२ हजार रुपैयाँ बराबरका ४९ लाख आठ हजार ६० कित्ता सेयरहरू खरिद बिक्री भएका छन् ।
कारोबार रकम गत साताको भन्दा ११.५९ प्रतिशत कम हो । गत साता १५९ कम्पनीहरूको कारोबार भएको थियो । जसअनुसार ३४२७४ कारोबारबाट तीन अर्ब ३५ करोड सात लाख ११ हजार रुपैयाँ बराबरका ५९ लाख ४३ हजार १० कित्ता सेयरहरू खरिद बिक्री भएका थिए ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ०.९० अंकले घटेर अन्तिम दिन १५८९.५९ अंकमा पुगेको छ । 'क' वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ०.१९ अंकले बढेर ३३७.६१ अंकमा आइपुगेको छ ।
यस साता कारोबार रकम (२३ करोड ७५ लाख १० हजार रुपैयाँ) को आधारमा स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (दुई लाख १५ हजार कित्ता) को आधारमा सिद्धार्थ इक्वीटी ओरिएन्टेड स्कीम अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (२८०२ वटा) को आधारमा स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड अaग्रस्थानमा रहेको छ ।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरूको कुनै पनि कारोबार भएन । | 2017/09/24 19:34:33 | http://www.karobardaily.com/news/80043 | mC4 |
निम्बस समूहले आफ्ना सवै कर्मचारीहरुको कोभिड–१९ विमा गर्यो - Artha Path
निम्बस समूहले आफ्ना सवै कर्मचारीहरुको कोभिड–१९ विमा गर्यो
२०७७ जेठ ७
काठमाडौं । खााद्यान्न तथा पशुपंक्षि आहारमा अग्रणी निम्बसकोे लागिकार्यस्थल, कर्मचारी तथा सामाजिक, स्वास्थय, सुरक्षा र सरसफाई सधैं प्राथमिकतामा रहिआएको छ ।
हाल कोभिड १९ बाट श्रीजीत स्वास्थ समस्यालाई मध्यनजर गर्दैउद्योगहरुमा यसबिरुद्ध जनचेतना जगाउने, अनिवार्य प्राथमिक स्वास्थ जाँच गर्ने, मष्कष्लाभअतष्यल तगललभ िको प्रयोग, सामाजिक दुरिको पालना, अत्यावश्यक बाहेक अन्य कर्मचारीहरुलाई घरबाटै सेवा दिने अवधारणा लागु गर्दै आएको छ । अत्याबश्यक वस्तु उत्पादन गर्न,ढुवानी गर्न तथा निम्बस बजार डटकममार्फत आएका मागहरुलाई सुरक्षित ढुवानी गर्न पीपीईको समेत प्रयोग गर्दै आएता पनि सम्भावित जोखिम तथा त्यसबाट हुने सक्ने आर्थीक क्षतिलाई न्यूनिकरण गर्न सिखर ईन्सयोरेन्सको सहकार्यमा निम्बसका देशभर सम्पूर्ण उद्योगका साथै कार्यालयमा कार्यरत्त ५३६ जना कामदार तथा कर्मचारीहरुलाई कोभिड बीमा गरेको हो ।
निम्बसका प्रवन्ध निर्देशक आनन्द अग्रवाल बगडिया भन्छन्– "हामीले सवै कर्मचारीहरुलाई फेसमास्क,पन्जा, हैण्ड सेनिटाइजर आदि उपलब्ध गराउनुका साथै सवै किसिमका जोखिम न्यनीकरण गर्नाकालागि सम्पुर्ण कर्मचारीहरुलाई कार्यस्थलभित्र आवश्यक सामाजिक दुरी कायम गर्न सिकाएका छौं" । | 2020/07/06 17:55:59 | http://arthapath.com/insurance/2020/05/20/10051/ | mC4 |
भारत । कोरोना भाइरसका कारण भारतमा २१ दिन लामो लकडाउन जारी छ । यहाँका सबै मानीसहरु घरमै समय विताइरहेका छन् । बलिउड स्टार पनि घरमै परिवारसँग समय बिताइरहेका छन् । तर उनीहरू सोसल मिडियामा भने एक्टिभ छन् । हालै बलिउड अभिनेत्री ईशा गुप्ताले सोसल मिडियामा आफ्ना बोल्ड तस्बिर सार्वजनिक गरेकी छन्। तस्बिरमा ईशा निकै ग्ल्यामरस देखिएकी छन्।
ईशाले कालो रङको फुल स्लिब्स फिटेड टप लगाएकी छन्। यसका साथै उनले कालो हाइनी बुट लगाएकी छन्। ईशाको यो बोल्ड तस्बिरले सोसल मिडियामा तहल्का मच्चाएको छ। उनले यस्ता तस्बिर पोस्ट गरेको यो पहिलो पटक भने होइन।ईशाको यो तस्बिर उनका फ्यानले धेरै मन पराएका छन्। तस्बिरमा ईशा सोफामा पल्टिएकी छन्। तस्बिरको क्याप्सनमा उनले लेखेकी छन्, ‘म चाहन्थें कि क्वारेन्टाइन यस्तो देखियोस्।’ | 2021-12-03T03:19:14Z | https://www.khashkhabar.com/archives/7535 | OSCAR-2201 |
पार्टी एकता मजबुत हुने आशामा नेकपाका नेता कार्यकर्ता | Latest news of Nepal,world news, articles, literature, Business news, Entertainment and more पार्टी एकता मजबुत हुने आशामा नेकपाका नेता कार्यकर्ता
मंसिर १५ गते, २०७७ - १३:५२
भजनी। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला तल्लो तहका नेता भने अझै पार्टीको आन्तरिक विवादको समाधान हुने आशामा देखिएका छन् ।
पछिल्लो सयम पार्टीका दुवै अध्यक्षले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेसँगै विवाद झन बल्झने सङ्केत देखिएका बेला तल्लो तहका नेता कार्यकर्ता अझै पार्टीको विवाद समाधान भई अझै सुदृढ हुने आशामा देखिएका हुन् । नेकपाकी केन्द्रिय सदस्य मदनकुमारी शाह ९गरिमा०ले पार्टी विधानअनुसार अगाडि बढ्न सके पार्टीको समस्या समाधान हुने बताए।
पछिल्लो समय आएका प्रतिवेदनले झन पाटीलाई अप्ठ्यारो मोडमा लिनसक्ने भन्दै त्यस्को समाधानका लागि माथिल्लो तहका नेताले कार्यशैली सुधार गर्नुपर्ने शाह बताउछन्। "अहिलेको नेकपाको समस्या नेताको कार्यशैलीले उत्पन्न भएको हो, तल्लो तहका नेता कार्यकर्तामा निराशा छ", शाहले भने," पार्टी फुट्दैन त्यसमा हामी ढुक्क छौ, पार्टीको एकतालाई मजबुत बनाउँदै लैजाने हो भने पार्टीको विधि र सिद्धान्तलाई सबैले आत्मसात गर्नुको विकल्प छैन ।"
नेकपा सुदूरपश्चिम प्रदेश सचिव नेपबहादुर चौधरीले दुवै अध्यक्षको प्रतिवेदन आएको अवस्थामा त्यस्को असर तल्लो तहसम्म स्वभाविक भएको उल्लेख गर्दै अब आवश्यक छलफल र संवादले समस्याको समाधान खोजिनेमा आफूहरु विश्वस्त रहेको बताए।
उहाँले व्यक्तिगत धारणा राख्ने स्वतन्त्रता सबैमा भएकाले बाहिर जस्तो देखिए पनि पार्टीलाई झन मजबुद बनाएर लैजाने कुरामा सबैको एकमत रहेको बताए । "पार्टी एकता भएको तीन महिनाभित्र सबै एकताको काम सम्पन्न गर्ने भन्ने थियो, त्यो हुन सकेन, त्यसले पनि कार्यकर्तामा केही खिन्नता ल्याएको छ", सचिव चौधरीले भने, "एकताले पार्टी मजबुत बन्यो, झण्डै दुई तिहाइको सरकार बन्या, अझै राम्रो गर्न पार्टी एकतालाई मजबुत बनाउनु पर्छ ।" उनले देशमा अस्थिरता देख्न चाहनेले नेकपा फुटेको हेर्न चाहेको उल्लेख गर्दै जसले समृद्धि र समुन्नत राष्ट्र भएको हेर्न चाहन्छ त्यसले नेकपा फुटेको हेर्न नचाहेको बताए।
नेकपा कैलाली जिल्ला अध्यक्ष रतनबहादुर थापाले पार्टीको माथिल्लो तहमा जे देखिए पनि त्यस्तो कलह तल्लो तहमा नरहेको जिकिर गरे। उनले तल्लो तहका नेताकार्यकर्ता पार्टीलाई थप एकताबद्ध बनाएर लैजानुपर्नेमा रहेको उल्लेख गर्दै कसैले फुट भन्दैमा फुट्ने र जुट भन्दैमा जुट्ने पार्टी नेकपा नभएको बताए। "जिल्ला तहमा कसैको पनि मानसिकता छैन कि पार्टी फुट्नु पर्छ भन्ने", अध्यक्ष थापाले भने, "हामी एकता चाहान्छौं, अहिले फुट्ने नभइ जुट्ने बेला हो ।"
नेकपा टीकापुर नगर अध्यक्ष खडक शाहले आफूमा भएका गलत मानसिकतालाई नेतृत्वले सच्याउन आवश्यक रहेको उल्लेख गरे । उनले सामाजिक सञ्जालमा देखिएका प्रवृत्तिले पार्टीलाई कमजोर पार्दै जाने भएकाले पार्टीमा अनुशासन सीमा तोडिँदै गएकामा चिन्ता व्यक्त गरे। | 2021/01/26 09:57:29 | https://www.khabardabali.com/2020/11/301610/ | mC4 |
हुन्डी कारोबारी विरुद्ध मुद्दा | eAdarsha.com
पोखरा, २२ माघ । म्यासेन्जर एप्लिकेसन ह्वाट्सएपको माध्यमबाट अवैध हुन्डी कारोबार गर्ने ८ जनाविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ।
विभागले सोमबार जनकपुरका रामेश्वर साहसहित आठ जना विरुद्ध ४ अर्व १६ करोड रुपैयाँ बराबरको हुन्डी कारोबार गरेको भन्दै जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेको छ। गैरकानूनीरुपमा विदेशी मुद्राको अन्तरदेशीय कारोबार गर्नु हुन्डी हो। यस्तो कारोबार गर्नेले कारोबारको तीनगुणा जरिवाना तिर्नुपर्ने कानुनी व्यवस्था छ।
साह, उनकी श्रीमती मीनादेवी साह, मोख्त अहमद,विजय यादव, नरेश महतो, सुरज ठाकुर, पप्पुकुमार दास र सन्तोष महतो विरुद्ध मुद्दा दायर गरेको विभागले जानकारी दियो। उनीहरू मध्ये नरेश महतो, सुरज ठाकुर र पप्पुकुमार दास भारतीय नागरिक हुन्।
विभागले आठैजनालाई ३ वर्ष सजाय र विगोको ३ गुणासम्म सजाय गर्न माग गरेको छ। पप्पुकुमार दास भने नाबालक भएकोले अरूको भन्दा आधा जरिवाना र कैदसजाय भोगे पुग्छ।
विभागले अवैध कारोबार प्रमाणित भएको र सो क्रममा भौचर र खातामा देखिएको ४ अर्व, १५ करोड ४९ लाख र रामेश्वर साहको घरमा बरामत भएको ८३ लाख र भारु ६ हजार भारुसहित ४ अर्ब १६ करोड ३३ लाख रुपैयाँ विगो दाबी गर्दै मुद्दा दायर गरेको हो।
विभागकै मागदावी अनुसार फैसला भए उनीहरूले ४ अर्व १६ करोडको तीन गुणाले जनही १२ अर्व ४८ करोड, ९९ लाख रूपैँया तिर्नुपर्ने छ। | 2022/07/04 11:54:41 | https://www.eadarsha.com/nep/68181/ | mC4 |
» उपप्रधानमन्त्री पोखरेलको 'अन द स्पट एक्शन'
२८ बैशाख २०७८, मंगलवार १५:४४
तत्काल ८८ शय्या (बेड) को अक्सिजन थेरापी सुविधासहित सञ्चालन हुन लागेको यो आइसोलेशन केन्द्रका लागि राधा स्वामी केन्द्रले भवन उपलब्ध गराएको हो । आवश्यकताअनुसार दुई सय बेडसम्म सञ्चालन गर्ने तयारी गरिएको छ । आइशोलेशन केन्द्रका लागि चाहिने पूर्वाधारका लागि काठमाण्डौ महानगरपालिकाले बजेटको व्यवस्था गरेको छ भने नेपाली सेनाले उपचार, सुरक्षा र व्यवस्थापनको जिम्मेवारी लिएको छ । यो आइशोलेशन केन्द्र सञ्चालनमा आएपछि कोरोनाका बिरामीको उपचारमा थप राहत मिल्ने विश्वास लिइएको छ ।
काठमाण्डौमा उपलब्ध ठूला भवनहरुलाई आइसोलेशन केन्द्रका रुपमा सञ्चालन गरी कोरोना सङ्क्रमितहरुको उपचार गर्ने सोच बनाइएको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) का संयोजकसमेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले बताउनुभयो । निर्धक्क रुपमा बिरामीको उपचारमा लाग्न नेपाली सेनालाई आग्रह गर्दै उहाँले सरकारका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने बताउनुभयो ।
उपप्रधानमन्त्री पोखरेललाई नेपाली सेनाका क्लिनिक रजिस्ट्रार महासेनानी डा. सुमनराज डंगोलले आइसोलेशन केन्द्रको बारेमा जानकारी गराउनुभएको थियो । | 2021/06/15 00:02:25 | https://www.janapatra.com/archives/57633 | mC4 |
सामाजिक सञ्जालमा ठगी - ५१ लाख गुमाएको यो कथाले प्रहरी नै अचम्ममा !
शुक्रबार, चैत्र ०९, २०७४ | Friday, March 23, 2018
प्रदेस १
प्रदेस २
प्रकाशित मिति: मंगलबार, फाल्गुण २२, २०७४
प्रकाशित समय: ७:४७:१३
सामाजिक सञ्जालमा ठगी – ५१ लाख गुमाएको यो कथाले प्रहरी नै अचम्ममा !
काठमाडौँ — कुनै अपरिचितले फेसबुकमार्फत उपहार परेको भनी पठाएको सूचना पत्याउँदै त्यसको लोभमा मान्छेले कति रुपैयाँसम्म खर्च गर्ला ? पैसाको जोहो गर्न कतिसम्म दौडधुप गर्ला र अपरिचितलाई कति पटकसम्म पैसा पठाइरहला ?
सोमबार सार्वजनिक भएको एउटा घटनाले प्रहरीलाई नै अचम्ममा मात्र पारेन, ठगीमा प्रविधि र हुन्डी कारोबारीको प्रयोग कसरी भइरहेको छ भन्ने तथ्यसमेत उजागर गरेको छ ।
स्नातक सकेका २५ वर्षीया दुई युवतीले फेसबुके साथीको फन्दामा परेर ५१ लाख रुपैयाँ गुमाएको यो प्रतिनिधि कथाले 'डिजिटल डिभाइस' मार्फत ठगीधन्दा बढिरहेको देखाउँछ । त्यस्ता पासोमा पढेलेखेकै व्यक्तिसमेत कसरी फसिरहेका छन् भन्ने पनि बुझाउँछ ।
पर्वत, कुर्घा स्थायी घर भई काठमाडौंको तीनकुनेमा बस्दै आएका पबी क्षत्री र लक्ष्मीदेवी चपार्इं छिमेकी र सहपाठी थिए । उनीहरू दुवै खुब मिल्थे । करिब दुई महिनाअघि एक दिन पबी बेलायती नागरिक बताउने ब्रायन लुसिया बकार नामको फेसबुक अकाउन्टसँग जोडिइन् । सामान्य कुराकानीबाट सुरु भएको उनीहरूको संवाद केही दिनमै मित्रतामा बदलियो । ब्रायनले एक दिन पबीलाई भने, 'तिमीलाई उपहारस्वरूप ४४ हजार पाउन्डसहित केही सुन र हीराको हार पठाउँदै छु ।' यस्तो खबर पाएको केही दिनमै पबीलाई हवाट्स एपमार्फत भारतबाट खबर आयो, 'तिम्रो साथीले करिब एक करोड मूल्यबराबरको बहुमूल्य उपहार पठाएको छ । भन्सार क्लियरेन्स गर्न केही रकम चाहिने भयो ।'
उपहार आएको विश्वासमा पबीले भारतीय नागरिक बताउने ती व्यक्तिले भनेअनुसार रकम पठाउन थालिन् । तर भन्सारबाट उपहार छुटाउन धेरै पैसा लाग्ने थाहा पाएपछि पबीले साथी लक्ष्मीसँग साझेदारी गरिन्, उपहार ल्याउन दुवै मिलेर रकम खर्चिने र उपहार हात परेपछि बाँडेर लिने। प्रहरीका अनुसार यी दुवैले विभिन्न ९ पटक गरी ५१ लाख रुपैयाँ पठाएका थिए । पछिल्लो पटक भारतबाट फोन गर्नेले अब अन्तिम पटक थप ५ लाख भारु पठाइदिए उपहार भन्सारबाट छुटाउन सकिने बताएपछि युवतीहरू आफूहरू ठगिएको निष्कर्षमा पुग्दै महानगरीय प्रहरी परिसर, काठमाडौं पुगेका थिए ।
प्रहरीका अनुसार कुल रकममध्ये लक्ष्मीले १२ लाख ६० हजार रुपैयाँ खर्चेकी थिइन् भने अरू रकम पबी स्वयंको। अनौठो त यो छ कि सामान्य आर्थिक हैसियतका यी दुवै युवतीले उपहार प्राप्तिको आसमा आफन्त, चिने–जानेकासँग आफूहरू विदेश जान लागेको र रकम अपुग भएको भन्दै पैसा उठाएका थिए । त्यतिले नपुगेर ब्याजमा समेत पैसा लिएका थिए।
प्रहरीका अनुसार युवती र ब्रायनबीच सुरुमा फेसबुक म्यासेन्जरमार्फत भएको कुराकानीपछि हवाट्स एपमा सम्पर्क भएको थियो । पीडित युवतीबाट पैसा पठाउने क्रममा विभिन्न ९ तहमा मान्छे सक्रिय भएको अनुसन्धानमा देखिएको छ । परिसरका प्रवक्ता डीएसपी मोहन थापाका अनुुसार 'ठगीको यो घटनामा नेपालभित्र र बाहिर बस्ने धेरै जनाको संलग्नता विभिन्न तहमा भएको देखिन्छ ।' पीडित युवतीहरूलाई भारतीय नागरिकले हवाट्स एपमा फलानो व्यक्तिलाई रकम दिनु, उसैले पैसा यता पठाइदिन्छ भनेका थिए । त्यसपछि दुई युवतीले नागार्जुन ४ सीतापाइला बस्ने कुरियर कम्पनीका सञ्चालक जयराम कार्कीलाई ४ पटक पैसा दिएको देखिन्छ । जयरामले आफूले उक्त रकम सुनसरी, धरान घर भई खिचापोखरीमा दुर्गा ट्रेड इन्टरनेसनल नामक कस्मेटिक होलसेल पसलका सञ्चालक नारायण अग्रवाललाई दिएको बताएका छन् । अग्रवालले पटक–पटक गरेर ४६ लाख रुपैयाँ भारतको दिल्लीमा बस्ने पंकज अग्रवाललाई पठाइदिएको बताएका छन् । दिल्लीमा बस्ने पंकज पनि हुन्डीकै कारोबारी रहेको अनुसन्धानमा खुलेको छ ।
प्रहरीका अनुसार नारायण हुन्डी कारोबारीसमेत हुन् । उनी खाडीदेखि युरोप र अमेरिकाबाट समेत हुन्डीमा रकम ल्याउने काममा संलग्न भएको भेटिएको छ । प्रहरीले उनको पसलबाट १५ लाख ६२ हजार ९ सय २० रुपैयाँ बरामद गरेको छ । युवतीहरूले भारतमा रकम पठाउन विभिन्न मनी ट्रान्सफरको पनि प्रयोग गरेको देखिन्छ । तर काठमाडौंबाट पठाइएको रकम विभिन्न नेपाली हुँदै भारत पुगेको अनुसन्धानले देखाएको छ । अनुसन्धानमा संलग्न अधिकारीका अनुसार भारतीयले भनेअनुसार युवतीहरूले पाँचथरको फिदिम बस्ने बुढामाया थाम्सुहाङ, सुशीला थाम्सुहाङ, विमला थाम्सुहाङ, साधना किलिङका नाममा पटक–पटक गरेर ४ लाख रुपैयाँ पठाएका थिए ।
बेलायती नागरिक बताउने ब्रायनले हवाट्स एपमा युवतीसँग नेपालीमा पनि धेरथोर कुराकानी गरेको देखिन्छ । उपहार भारत आएको बताउनेले पनि नेपाली मिश्रित भाषामा कुरा गरेको देखिन्छ । प्रहरीका अनुसार ठगीको सञ्जालमा नेपालीहरूको पनि संलग्नता देखिएको छ । ब्रायनको फेसबुक सर्च गरेर प्रहरीले उनी सक्कली हुन् वा नक्कली भनेर अनुसन्धान थालेको छ । अहिले उसको फेसबुक अकाउन्ट निष्क्रिय छ । अनुसन्धानमा संलग्न अधिकारीले कोही नेपालीले नै ब्रायनका नाममा नक्कली अकाउन्ट बनाएर ठगीको पासो थापेको हुन सक्ने अनुमान गरे ।
विभिन्न विदेशी नाममा नक्कली फेसबुक अकाउन्ट, भाइबर र ह्वाट्स एपमार्फत उपहार वा चिट्ठा परेको लोभ देखाउँदै ठगी गर्नेको गिरोह नै सक्रिय भएको प्रहरीको ठम्याइ छ । यस्तै प्रकृतिको ठगीसम्बन्धी काममा संलग्न नाइजेरियन नागरिक मर्सेलुस सिगोची चिबुजीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गत शुक्रबार काठमाडौंबाट पक्राउ गरेको थियो । ब्युरोका प्रमुख डीआईजी पुष्कर कार्कीले भने, 'आफैं सचेत नभएसम्म यस्ता प्रकृतिकाठगी रोकिँदैनन् ।' यो खबर आजको कान्तिपुर दैनिकमा छ ।
बहालवाला मन्त्रीकै मन्त्रालय गायब: के गर्दैछन् लालबाबु ?
शर्मा ४५ लाख धरौटीमा रिहा
कसरी बने ठाकुर ज्येष्ठ सदस्य ?
किम जोङ उनको नक्कली पासपोर्ट ?
दाईजो नपाएको झोकमा पत्नीको मिर्गौला गायब
पद र नगद बाँड्दै भोट माग्दै देउवा
sankhuwasavaonline
प्रधानमन्त्री ओली र अब्बासी बीच भेटवार्ता सुरु
पाकिस्तानी प्रधानमन्त्रीलाई टुँडिखेलमा दिइयो 'गार्ड अफ अनर'
ठग खोज्दा पक्राउ परे हुण्डी कारोवारी
संखुवासभा अनलाईन खादबारी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । इटहरीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । | 2018/03/23 13:00:03 | http://sankhuwasavaonline.net/news/90504 | mC4 |
रियलमीद्धारा छन् विकासका लागि पछिल्लो प्रतिवद्धता घोषणा
Home आइसिटी समाचार रियलमीद्धारा 5G विकासका लागि पछिल्लो प्रतिवद्धता घोषणा
रियलमीद्धारा 5G विकासका लागि पछिल्लो प्रतिवद्धता घोषणा
८ वैशाख २०७७, काठमाडौं ।
प्रविधिको क्षेत्रमा विश्वमा ट्रेन्डसेटिङ मोबाइल फोनको रुपमा देखिएको रियलमीले 5G विकासका लागि पछिल्लो प्रतिवद्धता घोषणा गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्काई लिले खुला घोषणापत्रद्वारा 5G लाई लोकप्रिय बनाउन कम्पनीले दरिलो प्रयास गरिरहेको बताए । सीईओलीले घोषणा पत्रमा नयाँ योजनाका रुपमा 5G को अपग्रेड तथा विश्वमा अधिकतम् प्रयोगकर्तालाई यस प्रविधिमा जोड्ने योजना बनाएको जानकारी दिए ।
लीका अनुसार रियलमीले आफ्नो 5G प्रक्षेपण वृद्धि गर्ने र आगामी २ वर्षभित्र पूर्ण रुपमा उच्च प्रदर्शनका साथ तथा ट्रेन्ड सेटिङ डिजाइन सहितका सुलभ 5G उत्पादनहरुलाई ७० प्रतिशत ग्राहक वर्गमाझ पु¥याइ सक्ने लक्ष्य लिएको छ । पहिलो चरणमा भारत तथा दक्षिण एसिया र युरोपका बजारलाई प्राथमिकतामा राखि त्यस पश्चात अन्य क्षेत्रमा आफ्नो रियलमीका छन् उत्पादनको बजार व्यवस्थापन गर्ने योजना बनाएको छ । धेरै भन्दा धेरै प्रयोगकर्ताहरु माझ उच्च गति एवं कम विलम्वताका साथ गुणस्तरीय अनुभूतियुक्त छन् प्रविधिको सेवा प्रदान गर्नु नै कम्पनीको उद्देश्य रहेको छ ।
यसैगरी रियलमीले विशेष गरी आफ्ना युवा प्रयोगकर्तालाई प्राथमिकतामा राखि विश्वभर सातवटा 5G समर्पित खोज तथा अनुसन्धान समूह स्थापना गरी ९० प्रतिशतखोज तथा अनुसन्धानको स्रोत साधन सहित थप ३ करोड अमेरिकी डलर छन् प्रविधिको विकासमा खर्च गर्ने तयारी गरेको छ ।
विश्वको सातौँ ठूलो र तीव्र बजार विस्तार गर्दै गएको स्मार्टफोन कम्पनी रियलमीले 'चुनौतीदेखि उन्नतिसम्म' नाराका साथ द्रूत गतिमा 5G नेटवर्कको विस्तार गरिरहेको छ । पहिलो पटक २०१९ जनवरीमा छन् नेटवर्क सहितको 'एक्स ५० 5G' सार्वजनिक गरे लगत्तै रियलमीले विभिन्न मूल्यका रेन्जमा 5G सिरिजकास्माट फोनहरु विश्वभर सार्वजनिक गर्दै आएको छ भने तिनले बजारमा एकछत्र राजगर्न पनि सफल भएका छन् ।
सीईओ लीद्वारा गरिएको गरेको खुलाघोषणा पत्र : 'चुनौतीदेखि उन्नति'का लागि 5G अँगिकार
"महामारीको समयमा प्रविधि मार्फत हामीहरु एक अर्कासँग कुरागर्न र सम्पर्कमा रहनका लागि छन् प्रविधिको विकासले थप गति दिएको छ । विशेष गरी युवा पुस्ताहरुका लागि कुशल, निर्बाध र एक आपसमा जोडिरहने जीवन शैलीलाई 5G ले सहज बनाएको छ, जुन उनीहरुले गरिरहेको अपेक्षा नै हो । रियलमीे युवा पुस्तालाई नयाँ शैलीको प्रविधि युक्त उत्पादन प्रदान गर्न समर्पित भएर लागि परेको छ, रियलमी विश्वास गर्छ कि 5G प्रयोगको तिव्रता ल्याउन यसले मद्दत गर्दछ र यसमा हामीगर्व गर्छौँ । अबको 5G युगमा हामी यथास्थितिलाई चुनौती दिँदै नयाँ अन्वेशषणको खोज जारी राखी भविष्यका लागि 5G नेटवर्कको युग निर्माणमा हामी समर्पित भएर लागेका छौँ ।
5G स्मार्टफोनको अँगिकार वृद्धि
चीनमा सर्वप्रथम जनवरी २०१९ मा रियलमी एक्स ५० सिरिजमा छन् सार्वजनिक गरेयता विश्वमा रियलमीको बजार चलायमान बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको मुख्य कम्पनीका रुपमा रियलमीले 5G विस्तारका लागि कामगरिरहेको छ, सबै मूल्यका सिरिजहरुमा 5G नेटवर्क समावेश गरी नेतृत्वदायी कम्पनीका रुपमा रियलमी देखा परेको छ । विगत दुई वर्षमा 5G नेटवर्कका क्षेत्रमा बलियो प्रतिस्पर्धीका रुपमा देखा परी बजार विस्तारमा रेकर्ड बनाउन हामी सफल भयौँ, यसरी विश्वभर 5G विस्तार गरी लोक प्रिय बनाउन नेतृत्वदायी कम्पनी हामी बनेकोमा यसमा गर्वान्वित छौँ ।
आगामी दिनमा फाभइजी विस्तारका लागि लामो यात्रा बाँकी नै रहेको छ, यद्यपि, हामी यसमा महत्वपूर्ण सफलता हाँसिल गर्न निरन्तर लागि रहेका छौँ, ताकी विश्वमा नयाँ पुस्ताका धेरै भन्दा धेरै प्रयोगकर्ता माझ 5G नेटवर्क पु¥याउन सकियोस् ।
आगामी दुई वर्षमा हामी आफ्ना ७० प्रतिशत प्रयोगकर्ता माझ 5G नेटवर्क पु¥याउने लक्ष्य सहित अघि बढेका छौँ, विशेषगरी भारततथा दक्षिण एसिया र युरोपको बजारमा 5G उत्पादन पु¥याउने लक्ष्य हाम्रो रहेको छ । यी क्षेत्रमा 5G उत्पादनको बजार स्थापित गरिसके पछि हामी विश्वभरका अन्य हाम्रा ६० वटा बजारमा 5G विस्तार गर्नेे योजना बनाएका छौँ ।
यसैगरी रियलमीले विशेषगरी आफ्ना युवा प्रयोगकर्तालाई प्राथमिकतामा राखि विश्वभर मुख्य सातवटा 5G समर्पित खोज तथा अनुसन्धान समूह स्थापना गरी १० देखि १५ वटा बजारमा २०२१ सम्म 5G नमुना परीक्षण योजना अघि सारेको छ । यसका लागि कम्पनीले ९० प्रतिशत खोज तथा अनुसन्धान स्रोत साधन सहित थप ३ करोड अमेरिकी डलर 5G प्रविधिको विकासमा खर्च गर्ने तयारी गरेको छ ।
हामीलाई थाहा छ कि वृहत् छन् ईको सिस्टम बनाउनु भनेको प्रविधिका लागि थप महत्वपूर्ण उपलब्धि हो । यसकारण रियलमी केबल आफ्ना उत्पादनमा 5G विस्तारित गर्न मात्र नभएर 5G नेटवर्कका लागि आवश्यक संरचना निर्माणमा पनि हामी त्यति नै महत्वका साथ लागिरहेका छौँ । यसका लागि उद्योग, टेलिकम अपरेटर, इन्टरनेट प्रदायक र एप निर्माण कर्तासँग सहकार्य गरी नयाँ अन्वेशषण सहित प्रयोगकर्ता माझ उच्चस्तरीय नयाँ अनुभूति प्रदान गर्नका लागि पनि त्यति नै प्राथमिकताका साथ लागिरहेका छौँ ।
रियलमीका 5G उत्पादनले नयाँ पुस्ता सशक्तिकरण
डिजिटल समाजमार्फत नयाँ साथी बनाउन, विषय वस्तु शेयर गर्ने लगायतका प्रविधि युग पुस्ता (जेनेरेसनजेड् ) को संख्या बढ्दो छ । यसैलाई मध्यनजर गरी युवा पुस्तालाई विशेष प्राथमिकतामा राखेर रियलमीले उनीहरुको एक आपसमा प्रविधि मार्फत जोडिएको जीवन शैलीलाई अझ स्मृति जन्य बनाउन स्मार्ट फोन र एआई ओटी उत्पादनलाई उच्चस्तरीय बनाउन कुनै सम्झौता गरेको छैन ।
रियलमीले अनलाइनको माध्यमबाट विश्व समुदायलाई 5G मार्फत नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ, युवा पुस्ताको गुनासो सम्बोधनका लागि हाम्रो नेतृत्वले विश्वविद्यालयका विद्यार्थीसँग उनीहरुको राय पनि लिने गरेको छ । हामीले त्यसलाई प्राथमिकताका साथ सुनेर सम्बोधन गर्दै आएका पनि छौँ ।
धेरै भन्दा धेरै प्रयोगकर्ताहरु माझ उच्च गति एवं कम विलम्वताका साथ गुणस्तरीय अनुभूति युक्त 5G प्रविधिको सेवा प्रदान गर्नु नै कम्पनीको उद्देश्य रहेको छ । रियलमीले उनीहरुले चाहे अनुसारको प्रविधिको जीवन शैली अनुभूति गर्न पाउने गरी विभिन्न गेम, लाइभ ब्रोडकास्टिङ र भिडियो स्ट्रिमिङका साथ एपका परि दृश्यहरु राखेको छ ।
5G मार्फत उत्पादनको डिजाइन र प्रर्फमेन्समा छलाङ्
4G बाट 5G युगमा प्रवेश आवश्यक ठहरि सकेको थियो तर यसका लागि उत्पादनको डिजाइन, निर्माण, नेटवर्क अनुभूति, प्रदर्शन, ऊर्जा खपत, अनुकूलता आदिको समायोजन पनि आवश्यक थियो । यी अनुकूलतालाई केन्द्रमा राखेर हामीले 5G सेवा प्रदानका लागि नवीन, अत्याधुनिक प्रविधि, असाधारण प्रदर्शन, ट्रेन्डसेटिङ डिजाइन आदिलाई हामीले विशेष ख्याल दिएका छौँ ।
संस्करणात्मका सुधारका साथ पछिल्लो 5G प्रोसेसर अनुकूल एन्टेना डिजाइन र सूचना प्रसारण मोड्युल र सफ्टवेयर सिस्टममा व्यापक विकासका साथ विभिन्न सिरिजमा रियलमीले तीव्र, स्थिर नेटवर्क अनुभूतिका साथ बजारमा आफ्नो उपस्थिति जनाएको छ । न्यूनतम ब्याट्री खपत, शक्तिशाली प्रदर्शनका साथ रियमली विभिन्न फरक ब्यान्ड् फ्रिक्वेन्सीका साथ विश्वभर उपलब्ध छ ।
आउँदा दिनमा रियलमी ड्राइभ र सुविधालाई निरन्तरता दिँदै छन् ग्रहण गरी कुशलता र प्रविधि मार्फत जोडिएको समाजमा विश्वभरी हाम्रा प्रयोगकर्ताहरुको प्रविधियुक्त जीवन उत्साहपूर्ण र उज्जवल बनाउन नयाँ सम्भावनाका साथ उपस्थित हुने प्रतिवद्धता गर्दछौँ । " | 2021/06/21 09:33:10 | https://np.ictframe.com/realme-announces-latest-commitment-to-5g-development/ | mC4 |
अस्ट्रेलिया सरकारलाइ फेसबुकले किन दियो समाचार शेयर गर्न नमिल्ने धम्की ? - सिम्रिक खबर
अस्ट्रेलिया सरकारलाइ फेसबुकले किन दियो समाचार शेयर गर्न नमिल्ने धम्की ?
सामाजिक सञ्जाल फेसबुक र अष्ट्रेलिया सरकार विच द्वन्द्व चर्किएकोे छ । एक महिना अगाडि अस्ट्रेलिया सरकारले फेसबुकलाई आफ्ना समाचारहरु शेयर गरिएको कारण उक्त समाचारहरु वापतका्े भुक्तानीको आदेश दिएपछि फेसबुक र सरकार बिच तनाव देखिएको हो ।
यसविच फेसबुकले अस्ट्रेलियाका प्रयोगकर्ताहरूलाई त्यहाँका स्थानीय र अन्तर्राष्ट्रिय समाचारहरू सेयरमा प्रतिबन्ध लगाउन सक्ने चेतावनी दिएको छ।
अस्ट्रेलियाली सञ्चारमाध्यमका समाचार सामग्री प्रयोग गरेबापत भुक्तानीको व्यवस्था मिलाउन मध्यस्थता गर्न गुगल र फेसबुकलाई आदेश दिएको सँगै त्यसको एक महिना पछि फेसबुकले यस्तो धम्की दिएको हो । सरकारले एक महिनाअघि सार्वजनिक गरेको अनिवार्य आचारसंहिताको मस्यौदामा व्यावसायिक मिडिया कम्पनीबाट उत्पादित समाचार सामग्री प्रयोग गरेबापत गुगल र फेसबुकले रकम तिर्नुपर्ने उल्लेख छ। विश्वका अन्य मुलुकले यस्तो प्रयोग गरे पनि असफल भएका छन्, तर अस्ट्रेलियाले आचारसंहितामार्फत नै गुगल र फेसबुकलाई रकम भुक्तानी व्यवस्था गराउने प्रयास गरेको हो।
अहिले फेसबुकले कुनै खाले समाचार नै सेयर गर्न नमिल्ने बनाउन सक्ने अस्ट्रेलियाका प्रयोगकर्तालाई चेतावनी दिएको हो। फेसबुकको यो चेतावनीले अस्ट्रेलियाका प्रयोगकर्तालाई समस्यामा पार्न सक्ने पनि सञ्चारमाध्यमहरूले जनाएका छन्। गत महिना अस्ट्रेलियाली अर्थमन्त्री जस फ्राइडेनबर्गले गुगल र फेसबुकलाई पहिलो चरणमा लक्षित गरिएको र अन्य डिजिटल प्लेटफर्ममा पनि यो नियम क्रमशः लागू गरिने जानकारी दिएका थिए। अस्ट्रेलियाका सञ्चारगृहको आर्थिक अवस्थामा सुधार ल्याउन र कर्मचारी कटौतीको समस्या सुल्झाउन यसले थोरै भएपनि मद्दत गर्ने अस्ट्रेलियाली सञ्चारमाध्यमहरूले बताउँदै आएका छन्।
फेसबुकका प्रवक्ताले भने अस्ट्रेलियाका प्रयोगकर्तालाई समाचार सेयरमा प्रतिबन्ध गर्ने बारे थप जानकारी र प्रक्रिया चाँडै सार्वजनिक गर्ने बताएका बिबिसीले लेखेको छ। फेसबुक अस्ट्रेलिया तथा न्यूजिल्याण्डका प्रबन्ध निर्देशक विल इस्टनले एक वक्तव्यमा समाचार शेयर गर्न नमिल्ने बनाउनु आफुहरुको अन्तिम विकल्प भएको बताएका छन् । अष्ट्रेलिया सरकारले गरेको यस्तो व्यवस्था विश्वमै पहिलोपटक हुन लागेको हो । फेसबुकको चेतावनी पछि सरकारले यस्तो प्रतिक्रियालाई धम्कीपूर्ण भएको बताउँदै त्योे नीति लागु गरेरै छोड्ने बताएको छ । | 2020/10/30 16:15:05 | https://simrikkhabar.com/fb-and-australia-dispute/ | mC4 |
नेपालमा पर्यटन तुलनात्मक लाभ र रोजगारको राम्रो सम्भावना भएको क्षेत्र हो । पर्यटक गाईड त्यसबाट प्रत्यक्ष लाभ लिन सक्ने एक वर्ग हो । पर्यटक गाईड भन्नाले पारिश्रमीक लिएर पर्यटकको भ्रमणमा सहजीकरण गर्ने, मार्गनिर्देशन गर्ने लाईसेन्स प्राप्त ब्यक्ति भनेर बुझिनु पर्दछ । पर्यटक गाईडलाई पर्यटन सँग सम्बन्धित ऐन, नियमावली र निर्देशीकाहरुले कामको प्रकृति अनुसार टुरिष्ट गाईड, टुर गाईड, सरदार, पर्वतीय पथपर्दशक (टेकिङ्ग गाईड), माउन्टेन गाईड, रिभर गाईड, पोर्टर गाईड भनेर विभिन्न पद तथा पेशामा वर्गिकरण गरेको पाईन्छ । नेपालमा हालसम्म प्रचलनमा रहे अनुसार आधुनिक सवारी साधन उपलब्ध भएका प्राचिन मठ–मन्दिर, गुम्बा, स्मारक आदि स्थलको अध्ययन, अवलोकन तथा दृश्यावलोकन गराउने काम र कार्यक्षेत्र टुरिष्ट गाईडको, आधुनिक सवारी साधन उपलब्ध नभएका पहाडि तथा पर्वतीय ईलाकाको पदयात्रा तथा भ्रमण गराउने काम र कार्यक्षेत्र टेकिङ्ग गाईडको, हिमाल आरोहण गराउने काम माउन्टेन गाईडको, जल क्षेत्रको कार्यक्षेत्र रिभर गाईडको र व्यक्तिगत पदयात्रामा निस्कने पदयात्रीको काम पोर्टर गाईडको जिम्मेवारीको रुपमा अगाडि आएको देखिन्छ ।
गाईड पर्यटक सँग प्रत्यक्ष संलग्न रहेर कामकाज गर्ने ब्यक्ति भएको हुनाले पर्यटन विकासको सवालमा उनीहरुले दिने जानकारी, उनीहरुले देखाउने ब्यवहार तथा उनीहरुको शिप र दक्षताले विशेष महत्व राख्छ । गाईडको कामलाई सरल र संकुचित अर्थमा मात्र बुझिनु र ब्यवहार गरिनु यस पेशा प्रतिको अपमान मात्र होईन समग्र पर्यटन क्षेत्रको विकासमा समेत बाधक तत्व हो तसर्थः पर्यटक गाईडको भूमिका र जिम्मेवारीलाई अलि ब्यापकरुपमा अगाडि सारिनु पनि नेपालको पर्यटन क्षेत्रको विकासमा एक महत्वपूर्ण विषय हुन सक्छ ।
नेपालमा पर्यटनको लागि खुला भएसँगै पर्यटक गाईडको पनि आवश्यकता अगाडि आएको हो । २००७ सालमा राणा शासनको अन्त्य भई अन्तर्राष्ट्रिय जगतमा नेपालले प्रवेश पाए पछि विकास हुन गएको नेपालको पर्यटन क्षेत्रमा पर्यटक गाईडको पनि आवश्यकता साथसाथै हुँदै गईरहेको हो । सन् १९५३ मा सगरमाथा आरोहण अभियानको बन्दोबस्तीका समानहरु लिएर काठमाण्डौदेखि हिडेको जम्बो टोलीको सरदारको रुपमा तेजिङ्ग नोर्गे शेर्पाले काम गरेको देखिन्छ । नेपालको पर्यटन विकासको सुरुवाती दिनमा नेपालमा दक्ष जनशक्तिको अभावमा स्वयं विदेशीलेनै गाईडको रुपमा काम गरिरहेको देखिन्छ । सन् १९७२ मा हालको पर्यटन तथा होटल ब्यवस्थापन तालिम प्रतिष्ठानको स्थापना भए देखि यस संस्थाले टुरिष्ट तथा टेकिङ्ग गाईडको लागि निरन्तर तालिम प्रदान गदै आईरहेको छ । हाल सम्म यहाँबाट पर्यटक गाईड तथा करिब छ हजार र टेकिङ्ग गाईड तर्फ करिब सत्र हजार जनालाई तालिम प्रदान गरेको देखिन्छ भने अहिले टान तथा एनएमए जस्ता संस्थाहरुले पनि टेकिङ्ग गाईड तथा माउन्टेन गाईडको आवश्यक तालिम सञ्चालन गर्दै आईरहेको पाईन्छ ।
एक जना गाईडमा विदेशी भाषाको ज्ञान हुनु (सामान्यतयः अंग्रेजी) न्यूनतम आवश्यकता भएपनि कामको प्रकृति र पर्यटकको आवश्यकता अनुसार व्यवसायीक दक्षता र अतिरिक्त भाषिक ज्ञान हुनु जरुरत छ । एक जना टुरिष्ट गाईडले निर्जीव रुपमा ठडिएर रहेका हाम्रा प्राचिन मठ–मन्दिर, प्राचिन स्मारकहरुको सजिव तस्विर उतार गर्न अर्थात प्राण भर्न सक्नु पर्दछ । हाम्रा धर्म, रितीरिवाज, परम्परा र भेष, भूषाको यथार्थपरक र तर्कसंगत वाख्या र विष्लेषण गर्न सक्नु पर्दछ । समसामयिक राजनैतिक, आर्थिक, सामाजिक परिवेशको तथ्यपरक र तटस्थ जानकारी गराउन सक्नु पर्दछ । पर्यटन एउटा सृजनाको उपज पनि भएकोले प्रत्येक वस्तु तथा पर्यटकीय स्थलमा आफ्नो कला भर्न सक्नु पर्दछ । यसको लागि विषेश भाषिक ज्ञान र निरन्तर अध्ययन पहिलो आवश्यकता बन्दछ । पर्यटकको ब्यक्तिगत इच्छा र चाहना प्रमुख कुरा हुने भएकोले गाईडले उनीहरुको रुचि र मनेभावमा खेल्न सक्नु पर्ने हुन्छ । टे«किङ्ग गाईडको हकमा आफूपुग्ने क्षेत्रको पुरा भौगोलिक जानकारी, हावापानी, मौसमी तथा नेभिगेसन सम्बन्धि ज्ञान, स्थानीय धर्म, रितिरिवाज र आर्थिक तथा साामाजिक पाटोका आधारभूत जानकारी दिन सक्नु पर्दछ । माउन्टेन गाईड र रिभर गाईडको सवालमा सम्बन्धित पेशाको तालिम र अनुभव पहिलो शर्त हुने गर्दछ भने प्राथमिक उपचार तथा सामान्य खोज तथा उद्धारको ज्ञान सबै गाईडको लागि अनिवार्य विषयनै हो ।
नेपालमा आउने विविध खालका पर्यटक फरक–फरक उदेश्य लिएर आउने गर्दछन । सामान्य हैसियत राख्ने र जेनतेन खर्चको जोहो गरेर जीवनमा एकपटक विदेश भर्मणमा निस्केका देखि राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा ख्याति प्राप्त नेता, कलाकार, खेलाडि, ठूला–ठूला ब्यवसायीक घरानाका मालिक साथै नेपालको कला, संस्कृति, रीतिरिवाज, जीवनशैली ,चराचुरुङ्गी , वन्यजन्तु र वातावरणको गहन अध्ययन तथा अनुसन्धान गर्ने अनुसन्धान कर्ता समेत सहभागि रहने भएकोले सबैको उचित सम्मान र अतिथी देवोभवःको भाव प्रत्येक गाईडको मुलमन्त्र बन्न सक्नु पर्दछ । एक जना गाईड पर्यटकको एक मार्गनिर्देशक मात्र होईन उ एउटा समग्र देशलाई चियाउने ऑखि झ्याल समेत हो । साधारणतयः नेपालमा पहिलो पटक भ्रर्मणगर्ने पर्यटकलाई उसले जसरी चिनाउन खोज्यो त्यस्तै खालको छाप बोकेर फर्कन्छ तसर्थः नेपाललाई समग्रमा चिनाउन सक्ने र यथार्थमा बुझउन सक्ने गुण एक जना गाईडमा हुनु जरुरत छ । गाईडमा एक सफल ब्यवस्थापकीय गुण रहनु पनि जरुरत छ जसबाट पर्यटकको भ्रमणलाई सफल र स्मरणीय बनाउनमा उसको ब्यवस्थापकीय क्षमताको महत्वपुर्ण भुमिका रहने गर्दछ । गाईड पर्यटकको संरक्षक र अभिभावक पनि हो जसले घर छाडेर भ्रमणको लागि हिडेको एक नागरिकको अभिभावकत्व ग्रहणगर्न सक्र्नु पर्दछ । एक जना गाईड सफल नेता पनि हो जसले भैपरी आउने समस्यालाई सफलापुर्वक निकास दिन सक्नु पर्दछ । अझ पदयात्रा तथा पर्वतारोहणको हकमा त एक जना गाईडले आफ्नो ब्यवस्थापकीय र नेत्रीत्वदायी भूमिका अझ सबल बनाउनु पर्ने हुन्छ ताकी ऊ एक जना पर्यटकको मात्र नभएर समग्र टोलिको प्रमुख समेत बनेको हुन्छ ।
यो पेशामा लागेका ब्यक्तिहरुबाट उचित परिश्रमिक पाउन नसकेको, सेवा र सुविधामा एकरुपता नभएको, सिजनल काम भएकोले पेशामा टिकीरहन गाह्रो भएको, सामाजिक सुरक्षाको ब्यवस्था नभएको आदि जस्ता थप्रुै गुनासाहरु बेला बखत सुनिने गरेपनि समग्रमा यो पेशा अपनाएका ब्यक्तिहरुको आर्थिक तथा सामाजिक हैसियत राम्रै अवस्थामा भएको देखिन्छ भने धेरै जनाको ब्यवसायिक रुपान्तरण समेत भईसकेको पनि पाईन्छ । विदेशमा उनीहरुको ब्यक्तिगत सम्बन्ध बढ्दै जाने भएको कारण युरोप, अमेरीका जस्ता पश्चिमा देशमा पनि सहज पहुँच स्थापित गरेको देखिन्छ, जुन यस पेशाको सकरात्मक पाटो मान्नु पर्दछ ।
गाईड भर्मण अवधिभर पर्यटक सँग संगै रहने अवसर मिल्ने अनि उसको सुख, दूखमा पनि सहयोगी रहने भएकोले सामान्यतय गाईड प्रति प्रर्यटकको विश्वास हुनुको साथै ब्यक्तिगत सम्बन्ध समेत स्थापित भएको हुन्छ । नेपालमा आउने पर्यटकको एउटा विशेषता एक पटक नेपाल आएको पर्यटक पटक–पटक भ्रमणमा आउने गरेका पाईन्छ । गाईडले पर्यटकलाई नेपालका विविध पर्यटकीय स्थलको राम्रो जानकारी दिन सकेमा उनीहरुको बसाई अवधि र भ्रमण दर पनि अझ बढ्न सक्छ । सरकार तथा सम्बन्धित संघ सस्थाहरुले उनीहरुको भूमिकालाई प्रभावकारी उपयोग गर्ने नीति अंगिकार गर्न सके पर्यटन प्रवद्र्धनमा समेत उपयोगी हुन सक्छ । निश्चित मापदण्ड बनाई पर्यटन ब्यवसायीहरुको समेत समन्वयमा उनीहरुलाई हामी पर्यटक ब्राण्ड एम्बेस्डरको भूमीका दिन सक्छौं । सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरि बीस लाख पर्यटक भित्र्याउने लक्ष्य सहीत अगाडि बढिरहेको वर्तमान परिपेक्षमा उनीरुको यथोचित उपयोग गरि अगाडि बढाउन सके पक्कै पनि हाम्रो लक्ष्य प्राप्तिमा सहयोग मिल्ने छ ।
एकातिर यस पेशालाई मर्यादित र ब्यवस्थित नगरिकन पर्यटक क्षेत्रको विकास संभव छैन भने अर्को तिर शिक्षित युवाहरु बेरोजगार र विदेश पलायन भईरहेको वर्तमान अवस्थामा यो पेशा रोजगारको एउटा राम्रो विकल्प हुन सक्छ । यदा कदा सुनिने गरेका पर्यटक ठगी तथा कमिसनका चक्कर आदि जस्ता घृणित कार्यबाट यो पेशालाई टाढै राखी गाईडहरुले आफ्नो पेशागत मर्यादाको सम्मान गर्न सक्नु पर्दछ भने अनीहरुले आफ्नो दरिद्रता प्रर्दशन गरेर होईन आफ्नो क्षमता प्रर्दशन गरेर पर्यटकलाई खुसी राख्न सक्नु पर्दछ । उनीहरुले आफ्नो सधै सहयोगि भावनाका साथ आफ्नो आत्मसम्मान र राष्ट्रिय स्वाभिमान उचो राख्ने कला सिक्नु पर्दछ । सरकारले पनि समसामयिक रुपमा आफ्ना नीति नियमहरु नियमीत रुपमा परिमार्जन गदै सबै खालका जनशक्तिलाई आकर्षित गर्ने वातावरण तयार गरिनु पर्दछ । अबको दिनमा यो पेशालाई आकर्षक बनाउन अहिले प्रदान गरिरहेको तालिमलाई अझ प्रभावकारी बनाउदै हाम्रा माउन्टेन गाईडहरुले अन्तर्राष्ट्रिय क्षेत्रमा समेत गएर काम गर्न, तालिम दिन सक्ने गरि तालिम तथा पाठ्यक्रमको ब्यवस्था गरिनु पर्दछ ताकी सिजनल पर्यटनको मारमा परेका हाम्रा माउन्टेन गाईडहरु विदेशमा समेत गएर गाईड काम गर्ने अवसर पाउन । उचित तालिम सहित अन्तर्राष्ट्रिय मान्यता पाएमा हिमालयन पर्वतमालामा पोख्त र अन्तर्राष्ट्रिय ख्यातिप्राप्त हाम्रा पर्वतीय गाईड तथा आरोहिहरुको पक्कै पनि अन्तर्राष्ट्रिय पर्यटन क्षेत्रमा ठूलो माग रहने छ र उनीहरुले पनि नेपालको पर्यटन प्रवद्धनमा ठूलो भूमिका खेख्न सक्ने छन् यसबाट पनि अबको समृद्ध नेपाल सुखी नेपाली नाराको ब्यवहारिक कार्यन्वयन गर्न सहयोग मिल्ने छ । | 2021/11/29 00:03:19 | https://gantabyanepalnews.com/opinion/10451 | mC4 |
[तीन किताब] सधैँभरि प्रिय - साहित्य - नेपाल
[तीन किताब] सधैँभरि प्रिय
कलेज जीवनताका आरएनसीअगाडि पाइने सेकेन्ड ह्यान्ड पुस्तक पसल चहार्थें । प्राय: सस्तो जासुसी उपन्यास नै लिन जान्थेँ । हिन्दी–नेपाली साहित्यिक पुस्तक त पढ्थेँ । तर, सानो छँदाको जासुसी उपन्यासको लत छुटेको थिएन । जासुसी उपन्यासकै चाङमा मैले पर्ल एस वकको द गुड अर्थ फेला पारेँ, नेपालीमा । एकेडेमीले छापेको उक्त किताब १५ रुपैयाँमा किनेको थिएँ ।
पढ्न सुरु गरेपछि सकाएर मात्रै उठेँ । मैले सबैभन्दा रफ्तारमा पढेको पुस्तक यही हो । पुस्तकको विषय र परिवेश त बेग्लै थियो । तर, गहिराइमा त्यसले दिने प्रेरणा भने विश्वव्यापी । वाङलुङको संघर्ष बेग्लै थियो, मेरो बेग्लै । तर, कहीँकतै कुनै गहिराइमा हामी जोडिएका थियौँ । त्यसैले यो मेरो प्रिय उपन्यास बन्यो । र, मैले पहिलोपल्ट पढेको विश्वसाहित्यको चर्चित पुस्तक पनि यही बनिदियो । द गुड अर्थले नै हो, मलाई विश्वसाहित्यसित जोडिदिएको ।
भाषाको सहजताका कारण काठमाडौँमा पाइने प्राय: हिन्दी पुस्तक पढिसकेको थिएँ । मलाई लाग्यो, अब हिन्दी पुग्यो । म अन्य देशका किताब पनि पढ्न चाहन्थेँ । तर, सबै अंग्रेजीमा हुने । मेरो अंग्रेजी असाध्यै कमजोर थियो । म काठमाडौँका पसलमा अंग्रेजी पुस्तकहरु सुम्सुम्याउँदै सोच्थेँ– एक न एक दिन यिनलाई पढेरै छाड्छु । पढ्ने कोसिस पनि गरेँ । तर, सकिनँ ।
एक दिन पाउलो कोएलोको द अल्केमिस्ट देखेँ । झल्यास्स सम्झेँ– यो त मैले हिन्दीमा पढिसकेको छु, कमलेश्वरको अनुवादमा । एकपल्ट बुझिसकेको पुस्तक अंग्रेजीमा पढ्दा खासै गाह्रो हुँदैन जस्तो लाग्यो । र, द अल्केमिस्ट मैले पढेको पहिलो अंग्रेजी पुस्तक बन्यो । पाउलोको भाषा सजिलै थियो । त्यसपछि, लगालग मैले उनका सबै पुस्तक पढेँ । सोसल मिडिया सुरु भइसकेको थियो । पाउलोलाई फेसबुक र ब्लगमा पछ्याएँ । हरेक दिन उनका पोस्ट पढ्दा–पढ्दै सिफारिसमा आउने अन्य पोस्टहरु पनि पढ्थेँ । अन्य लेखकबारे पढ्थेँ ।
पछि हारुकी मुराकामी पढ्न थालेँ । यी दुवै लेखक मेरा लागि सधैँ प्रिय रहनेछन् । किनभने, यिनीहरु आफ्नो मातृभाषामा लेख्छन् । र, अनुवादबाट संसारभरि पढिन्छन् । यिनमा म मेरो सपनाका पखेटाहरु देख्छु । त्यसैले प्रेम गर्छु । केही समयअघि पाउलोले मलाई ट्वीटरमा पछ्याएका छन् । यो मेरा लागि सबैभन्दा ठूलो खुसीको क्षण रह्यो ।
पाउलो र मुराकामीको प्रेमले मलाई विश्वसाहित्यसित जोडिदियो । र, मैले ओह्रान पामुक, वेन ओकरी र भीएस नयपालजस्ता लेखकलाई पढ्न पाएँ । म फुर्सदमा इन्टरनेटमा पुस्तकबारे खोजी गर्छु । मलाई सिफारिसको खासै आवश्यकता पर्दैन अचेल । अरुले सिफारिस गरेका किताब प्राय: पढिसकेको हुँदो रहेछु ।
मेरो झोलामा कुनै न कुनै पुस्तक हुन्छ । औँठी, लकेट लगाउन मन पराउँदिनँ, पर्स नबोकेको वर्षौं भयो । मलाई पुस्तक गहना लाग्छ, आफ्नो । स्मार्टफोन प्रयोग गर्दिनँ । त्यसैले अलिकति फुर्सद भयो भने पढ्न थालिहाल्छु ।
मलाई कथाभन्दा डिटेलिङ मन पर्छ । आख्यानको सबैभन्दा शक्तिशाली अवयव पनि हो यो । किनभने, लेखक बन्ने र खुस्कने डिटेलिङमै हो । डिटेलिङबाटै थाहा हुन्छ– लेखकले समाएको विषय विश्वसनीय छ कि छैन । नयपालको अ हाउस फर मिस्टर विश्वासलाई डिटेलिङ साहित्य (आधुनिक) को गीता मान्छु । त्यसैले यो पुस्तक मेरो प्रिय छ ।
मलाई लेख्न आख्यान मन पर्छ । तर, पढ्न कविता र यात्रा निबन्ध । यात्रा साहित्य कमजोरै भए पनि पढ्छु । मलाई गैरआख्यान पढ्न मन लाग्छ । तर, मलाई आख्यानको शैलीमा लेखिएको मात्रै मन पर्छ । सुकेतु मेहताको म्याक्सिमम सिटीजस्तो ।
पसलमा पस्दा एउटा न एउटा पुस्तक नकिनी निस्किनै मन लाग्दैन । वेन ओकरीको फेमिस्ट रोड किनेको ६ वर्षपछि पढेको हुँ । हरेक दसैँमा पुस्तक किन्छु । तर, ती पुस्तक माघेसंक्रान्तितिर पढ्न मन लाग्छ । त्यसैले दसैँमा कुन पुस्तक पढ्ने भनेर कसैले नसोधे हुन्थ्यो लाग्छ । | 2019/07/22 10:49:09 | https://nepal.ekantipur.com/news/2018-10-16/20181016135416.html | mC4 |
कोरोना नियन्त्रण कोषमा रकम जम्मा हुन सुरु
१० चैत्र काठमाडौं । आईतबारको मन्त्रीपरिषद बैठकद्वारा स्थापना गरिएको ५० करोड रुपैंयाँकको कोरोना संक्रमण नियन्त्रण कोषमा रकम जम्मा हुन थालेको छ । उक्त कोषमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदका सबै सदस्यहरुले १ महिनाको तलब बराबरको रकम दिने घोषणा गरेका छन ।
बैक तथा बित्तियसंस्थाहरुले पनि उक्त कोषमा सहयोग गर्न थालेका छन । त्यसै क्रममा नेपाल बैंक लिमिटेडले १ करोड रुपैंयाँ दिने घोषणा गरेको छ । उक्त कोषमा कृषि बिकास बैंकले पनि १ करोड २५ लाख रुपैयाँ राखेको छ । | 2020/04/09 00:07:52 | https://www.sansarnews.com/200101/ | mC4 |
माईती नेपालको संम्रक्षणमा हुर्किएका ३ जना तन्नेरी बने कलिलै उमेरमा डाक्टर « Khasokhas Follow @khasokhasmag
काठमाण्डौ । बाल्यकालमा अकल्पनीय पीडा भोगेका तीन तन्नेरी साहस र मिहिनेतको बलमा डाक्टर बन्न सफल भएका छन्।
काम गर्न नसक्दा निर्मम ढंगले कुट्न पनि थालेपछि २०५७ सालमा प्रियाकी बहिनी भागेर कसो–कसो प्रहरी चौकी पुगिछन् । त्यसपछि प्रहरीले प्रीयालाई पनि उद्धार गरेर माइती नेपालमा पुर्यायो । | 2021/09/17 21:25:29 | https://www.khasokhas.com/33462 | mC4 |
लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिका एसओएसमा – Sulsule
लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिका एसओएसमा
सुलसुले २०७७ भदौ २६ गते १६:०४ मा प्रकाशित
सिन्धुपाल्चोक, भदौ २६
जुगल गाउँपालिकाको लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिकाहरू संरक्षण र शिक्षाका लागि बिहीबारदेखि एसओएस बालग्राम काभ्रे पुगेका छन् । त्यहाँ उनीहरु पालनपोषण, हेरचाह, स्वास्थ्य, शिक्षालगायतका सबै सुविधासहित बस्नेछन् ।
सभामुखको आग्रहमा एसओएस बालग्राम पनौतीका निर्देशक सुरेन्द्र अमगाईंसहितको टोलीले भदौ १६ गते जिल्लाको बाँसखर्क पुगेर वडाध्यक्ष प्रताप लामासँग समन्वय गरी बालबालिकालाई एसओएस बालग्राम ल्याउन आवश्यक प्रक्रिया थालेको थियो । सबै प्रक्रिया पूरा भएपछि बिहीबार सात बालबालिकालाई पनौतीस्थित बालग्राममा ल्याइएको निर्देशक अमगाईंले जानकारी राससलाई दिए ।
जुगल–२ को लिदी पहिरोले ३७ घर पुरिँदा घरसँगै पुरिएर बेपत्ता भएका ३७ जनाको शव फेला परेको छ । दुई जना अझै बेपत्ता छन् । पहिरोले बस्ती नै जोखिममा परेपछि लिदीबासीलाई हाल बाँसखर्कमा अस्थायी बसोबासको व्यबस्था मिलाइएको छ । विस्थापितहरूको स्थायी बसोबासका लागि पहल भइरहेको छ । | 2022/01/29 09:41:02 | https://www.sulsule.com/news/9348/ | mC4 |
'पूर्वराजासँग यसकारण सचेत र सजग हुनुपर्छ' - Internet Khabar
'पूर्वराजासँग यसकारण सचेत र सजग हुनुपर्छ'
December 23, 2016 Internet Khabar
पुस ८ – तीन प्रमुख दलका युवा सांसदले परिवर्तनका पक्षधरहरु राष्ट्र र जनताप्रति जिम्मेवार बन्न नसक्दा मौका छोपेर आएका पूर्वराजासँग सचेत र सजग हुनुपर्ने निष्कर्ष निकालेका छन्।
कांग्रेस, एमाले र माओवादी केन्द्रका युवा सांसदको बिहीबार राजधानीमा बसेको अनौपचारिक बैठकले प्रमुख तीन दलबीचको 'कटाक्ष' ले परिवर्तनविरोधी शक्तिको आडमा राजाको वक्तव्य आएको निष्कर्ष निकालेको थियो। यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ।
'सक्रिय राजा, संवैधानिक राजा, आलंकारिक राजाका विषयमा राष्ट्रिय तथा अन्तर्राट्रिष्य शक्तिमात्र नभएर परिवर्तनकारी शक्तिभित्रका परिवर्तनविरोधी नेतृत्वसमेतको प्रत्यक्ष–अप्रत्यक्ष सहभागिताका कारण राजाले टाउको उठाउन खोजेको उदाहरण बुधबारको वक्तत्व हो,' एक युवा सांसदले भने।
अर्को वर्ष माघ भित्र संविधान कार्यान्वयन हुन नदिन र संविधानका नाममा विभिन्न षडयन्त्रमार्फत गणतन्त्रको उपलब्धि सिध्याउने खेलका रूपमा राजाले राष्ट्रियताका नाममा वक्तव्य दिएको निष्कर्ष युवा सांसदहरूको छ।
संशोधन विधेयकपछिको डेडलकलाई निकास दिन युवा सांसदले अनौपचारिक छलफल गरेका थिए । अख्तियार प्रमुखविरुद्धको महाभियोग प्रस्ताव, संविधान संशोधन र स्थानीय निकायको निर्वाचन छलफलको मूल एजेन्डा थियो ।
संविधान निर्माणदेखि जारी हुँदै दोस्रो संशोधनसम्म आइपुग्दा देखिएको असहज परिस्थिति र त्यसबाट बेहोर्नुपरेको क्षतिका सम्बन्धमा समेत आफूहरूबीच गम्भीर छलफल भएको एक सांसदले बताए । उनले भने, '१३ महिनाबीच स्थानीय, प्रदेश र केन्द्रीय संसद्को निर्वाचन गरी संविधान कार्यान्वयनको सन्देश दिन आआफ्ना दल र नेतृत्वलाई घचघच्याउनेछौं । यसका लागि मधेसी मोर्चाका युवा सांसदसँग अनौपचारिक रूपमा नै लबिङ गर्नेछौं ।'
डेडलक फुकाउन संशोधन विधेयक, स्थानीय निर्वाचन र महाभियोग प्रस्तावलाई उच्च प्राथमिकता दिने उद्देश्यसाथ छलफल गरेको माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले अन्नपूर्णसँग बताए । उनले भने, 'प्रतिगामीहरू कुनै न कुनै रूपमा परिवर्तनको खिलाफमा उठिरहेको समयमा प्रमुख दल र नेतृत्वले राष्ट्र र जनताका लागि निर्णय गर्दै परिवर्तनका लागि भएका सबै संघर्षको सम्मान गर्नेछन् ।' | 2019/04/22 00:39:04 | http://internetkhabar.com/2016/12/17596 | mC4 |
भौतिक निर्माणको इतिहासमा पहिलोपटक धेरै संख्यामा पूर्वाधार निर्माणको शिलान्यास गर्दै सरकार – Janata Times
भौतिक निर्माणको इतिहासमा पहिलोपटक धेरै संख्यामा पूर्वाधार निर्माणको शिलान्यास गर्दै सरकार
काठमाडौँ, मङ्सिर ७
सरकारले सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पु¥याउने लक्ष्यसहित अस्पताल नभएका ६४९ मध्ये ३९४ वटा स्थानीय तहमा एकैदिन अस्पताल निर्माणको शिलान्यास गर्नेभएको छ । मुलुकको भौतिक निर्माणको इतिहासमा पहिलोपटक यति धेरै सङ्ख्यामा पूर्वाधार निर्माणको शिलान्यास हुन लागेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले कोही पनि नागरिक आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यसहित सबै स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने सरकारको योजनाअन्तर्गत अस्पताल नभएका स्थानीय तहहरूमा एकैपटक अस्पताल शिलान्यासको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।
मङ्सिर १५ गते ३९४ वटा स्थानीय तहमा एकैपटक अस्पताल निर्माणको शिलान्यास गर्ने तयारी अन्तिम चरणमा पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सरकारले अस्पताल निर्माणका लागि आर्थिक स्रोत र जग्गासमेत सुनिश्चित गरिसकेको छ । स्थानीय तहमा निर्माण गर्ने आधारभूत अस्पतालका लागि आवश्यक पर्ने जग्गा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भाडामा उपलब्ध गराउन सक्नेगरी कार्यनीति समेत संशोधन गरिसकिएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेल र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा गत कात्तिक ३ गते अर्थ मन्त्रालयमा सम्पन्न बैठकले आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने कार्यक्रम अनुसार यही मङ्सिर १५ गते भवन निर्माणको शिलान्यास गर्ने निर्णय गरेको थियो ।
बहुवर्षीय योजना अन्तर्गत निर्माण हुन लागेका यी अस्पतालको निर्माण करिब दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । प्रवक्ता गौतमले भन्नुभयो, ''अहिले शिलान्यास हुने अस्पतालहरू १५ शøयाका हुनेछन्, अर्को वर्षसम्ममा ६४९ वटै स्थानीय तहमा १५ शøयाको नै अस्पताल हुनेछ ।''
''निर्माण हुने आधारभूत यी अस्पताल मुख्यतः सम्बन्धित पालिकाहरूको हो, पालिकाहरूको समन्वयमा शिलान्यासको तयारी भइरहेको छ'', उहाँले भन्नुभयो, ''कुन ठाउँमा कसले शिलान्यास गर्ने हो, त्यसको निर्णय सम्बन्धित पालिकाले नै गर्ने हो ।'' सङ्घीय सरकारले उपलब्ध गराएको बजेटमा पालिकाले अस्पताल निर्माण गर्ने उहाँले स्पष्ट पार्नुभयो । सरकारको छात्रवृत्तिमा अध्ययन गर्ने स्वास्थ्यकर्मीलाई त्यही पालिका अस्पतालहरूमा पठाइने प्रवक्ता गौतमले
जानकारी दिनुभयो ।
अस्पताल नभएका स्थानीय तहहरूमा अबको दुई वर्षभित्र ५, १० र १५ शøयाका आधारभूत अस्पताल निर्माण गर्न अर्थ मन्त्रालयबाट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सहमति प्राप्त भइसकेको छ । सोका लागि अर्थ मन्त्रालयले ५७ अर्ब ९७ करोड ११ लाख रुपियाँ बराबरको स्रोतसमेत सुनिश्चित गरिसकेको प्रवक्ता गौतमले बताउनुभयो । यसअघि ६४९ स्थानीय तहमा पाँच शैयाका आधारभूत अस्पताल निर्माण गर्न १० लाख रुपियाँका दरले रकम पठाइसकिएको उहाँले जानकारी दिनुभयो ।
कोभिड–१९ को रोकथाम र उपचारका लागि आवश्यक पर्ने आईसीयू, एचडीयू, भेन्टिलेटर लगायतका मेसिन उपकरण तत्काल खरिद गर्ने गरी तयार कार्ययोजना अनुसार खरिद प्रक्रिया स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अगाडि बढाउने र आवश्यक पर्ने स्रोत अर्थ मन्त्रालयले मिलाउने निर्णयसमेत अर्थमन्त्री र स्वास्थ्य मन्त्री सम्मिलित बैठकले निर्णय गरेको हो ।
त्यसैगरी कोभिड–१९ को रोकथाम र उपचारका लागि नागरिकलाई भविष्यमा दिनुपर्ने खोपको सुनिश्चित गर्न आवश्यक कूटनीतिक र अन्य पहल अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालय र स्वास्थ्य मन्त्रालयको सहयोगमा अगाडि बढाउने निर्णय बैठकले गरेको थियो । (गोरखापत्र)
Related tags : भौतिक निर्माणको इतिहासमा पहिलोपटक धेरै संख्यामा पूर्वाधार निर्माणको शिलान्यास गर्दै सरकार | 2020/11/25 11:18:09 | https://janatatimes.com/archives/65158 | mC4 |