index
int64 1
6.39M
| Article
stringlengths 2
109k
| Source
stringclasses 99
values |
---|---|---|
2,092,709 | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अमेरिकी सिनेटर क्रिस भान होलेनबीच आइतबार भेट भएको छ। प्रमुख प्रतिपक्षी दलका नेता ओली र अमेरिकी सिनेटर होलेनबीच एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भेट भएको हो। भेटमा दुई पक्षीय हित प्रवर्द्धन, कार्यान्वयनमा गएको अमेरिकी सहायता परियोजना एमसिसी, शान्ति प्रक्रियाका बाँकी कामका सन्दर्भमा कुराकानी भएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए। भेटमा अमेरिकी सिनेटर होलेनले एमसिसी पारित गरेर कार्यान्वयनमा लगेकोमा खुसी व्यक्त गरेका थिए। भेटमा होलनेले शान्ति प्रक्रिया अब प्रक्रियाबारे चासो राखेका थिए। जवाफमा अध्यक्ष ओलीले एमसिसी पारित भएर कार्यान्वयनमा लैजान आफूहरूले भूमिका खेलेको स्मरण गराएको नेम्वाङले बताए। ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं र पनि जोडिन सक्नुहुन्छ । काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाल काठमाडौँ । बङ्गलादेशमा सरकारी आरक्षण कोटाको विरोधमा भएको आन्दोलन हिंसात्मक हुन थालेपछि नेपाली विद्यार्थी धमाधम स्वदेश फर्कन थालेका छन् । एजेन्सी । अमेरिकी राष्ट्रपतिको उम्मेदवारको रुपमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडेनले आफु निर्वाचनमा पुन उम्मेदवार नबन्ने घोषणा गरेका छन् । काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा दुई तिहाइ बहुमतको विश्वास प्राप्त गरेका छन् । आइतवार प्रतिनिधि सभामा उनले काठमाडौँ । बागमती प्रदेशमा नयाँ सरकार गठनको आह्वान भएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा काठमाडौँ । | nepalipatra.com |
382,992 | गैरआवासीय नेपाली संघ (एनआरएनए) को मंगलबारदेखि हुने नवौं विश्व सम्मेलनमा महासचिबका उम्मेदवार डा. केशव पौडेलले सहमति र सहकार्यका लागि उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेका छन्। सन् २०१९-२१ का लागि हुन लागिरहेको एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदको विश्व सम्मेलनमा अन्य केही सहकर्मीहरुको भावना, मर्म र योगदानको उच्च सम्मान गर्दै महासचिबबाट उपाध्यक्षका लागि उम्मेदारी दिने निर्णय गरेको उनले बताए। महासचिबमा जानकी गुरुङले उम्मेदवारी घोषणा गरिसकेकी छन्। आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले नौं बुँदे प्रतिबद्धतासहित महासचिबमा उम्मेदवारदी घोषणा गरेपनि सुदृढ र पारदर्शी एनआरएन बनाउन सहकार्य सहमति आवश्यक रहेको भन्दै उनले सोमबार महासचिवमा जानकीलाई स्विकार्दै उपाध्यक्षमा उमेदवारीको घोषणा गरे। उनले विदेशमा हुर्किएको पुस्तालाई मातृभूमीप्रति जिम्मेवार बनाउँदै संस्थामा नयाँ पुस्तालाई आकर्षित गर्ने योजनाहरु रहेको सुनाए। उनले एनआरएनएको अभियानमै ब्यापक सुधार आवश्यक रहेको बताए। संस्थागत विकासको परिपाटीलाई अभिबृद्धि गर्दै एनआरएनएमा नियमित संचार र अन्तरक्रिया गराउने छुट्टै माध्यमको विकास आफ्नो प्राथमिकतामा रहेको उनले बताए। उनले भने, ‘संस्थाभित्रै संभावनाको खोजी र अवसरहरुको सिर्जना गराउनु आवश्यक छ।’ आफू अमेरिकामा चिकित्सा पेशामा रहेर सेवामुलक काम गरिरहेको बताउँदै उनले एनआरएनएमार्फत परोपकारी कामलाई अझै बढी प्राथमिकता दिनुपर्ने पनि बताए। उनले भने, ‘स्वार्थभन्दा माथि उठेर सेवा भावले काम गरे मात्र संस्था सबैको प्रिय र जिम्मेवार हुनेछ।’ विश्व सम्मेलनमा विश्वका करिब८१ देशका प्रतिनिधि नेपाल आइसकेका छन्। मंगलबार सम्मेलनको भब्य उद्घाटनको तयारी भइरहेको छ । | hamrakura.com |
4,191,525 | नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग संकटमा परेको बताएका छन्। अध्यक्ष सिंहले वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग संकटमा परेको बताएका हुन्। उनले बैंकिङ प्रणालीमा तरलता अभावका कारण पछिल्लो समय निर्माण उद्योग जुन गतिमा अगाडि बढ्नुपर्ने हो त्यो गतिमा बढ्न नसकेको बताए। अध्यक्ष सिंहले बजारमा हाहाकार भए तरलता अभावका साथै निर्माण क्षेत्रमा ठेक्का रकमको २० प्रतिशत पेस्कीको विरोध भइ कटौती गरे पाँच प्रतिशत कायम गरेकाले पनि विगत दुई वर्षदेखि निर्माण उद्योगले गति लिन नसकेको उनको भनाइ छ। 'दुई वर्ष कोरोना महामारीका कारण काम नहुने तर अन्य खर्च हुने तर, खर्च भएअनुसार त्यसबाट उत्पादन गर्न नसक्दा निर्माण व्यवसायीहरुले चरम आर्थिक अभाव झेलिरहेका छन्। अझ पछिल्लो समय बैंकहरुबाट एक-दुई लाख कर्जासमेत पाउन मुस्किल भएको छ। निर्माण व्यवसायीको बैंकिङ ऋण मात्रै ३४० अर्ब रहेको छ,' अध्यक्ष सिंहले भने, 'तर, सरकारसँग विगत एक वर्षदेखि बारम्बार निर्माण उद्योगमा तरलता अभाव रहेकाले तरलता सहज बनाउन माग गर्दै आएका छौं। हाम्रो माग निर्माण व्यवसायीको पाँच प्रतिशत धरौटी रकम बैंक ग्यारेण्टीमा फुकुवा गर्न हो। सरकारले माग सम्बोधन अहिलेसम्म गरेको छैन।' सरकारले पाँच प्रतिशत धरौटी रकम निर्माण व्यवसायीलाई दिएमा बजारमा भएको तरलता सहज, निर्माण कार्य पनि अगाडि बढ्ने र अर्थतन्त्र पनि चलायमान हुनेको उनले बताए। सरकारले निर्माण उद्योगीले पाउनुपर्ने २० प्रतिशत मोविलाइजेसन संकुचन गर्दा विकास निर्माणले गति लिन नसकेको उनको भनाइ छ। 'अहिले निर्माण उद्योगलाई सामान सप्लाइ गर्ने सम्पूर्ण उद्योग नै चरम आर्थिक संकटमा गुज्रिएका छन्। अर्थमन्त्रीले पुस महिनामा ३० प्रतिशत पुँजीगत खर्च गर्न निर्माण व्यवसायीलाई भोग्दै आएको तरलता अभावलाई सहज बनाउन आवश्यक छ। सरकारले पाँच प्रतिशत धरौटी र १० प्रतिशत मोविलाइजेसन दिने हो भने बजारको तरलता सहज हुन्छ। सरकारले खोजेको तीव्र विकास निर्माण काम हुन्छ। तर, सरकारले तत्काल तरलता अभाव सम्बोधन गर्नुपर्छ,’ उनले भने। अध्यक्ष सिंहले अहिले सरकारको ढुकुटीमा अर्बौं रकम थुप्रिएर बसेको तर विकास निर्माणको काम गर्न रकम अभाव भएको बताए। अब विकासे मन्त्रालयहरुले बजेट खर्च गर्न दोहोरीमात्रै नखेलेर बजेट व्यवस्थापन गरेर विकास निर्माण अगाडि बढाउन सहयोग गर्नुपर्ने उनको धारणा छ। नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला । | nepallive.com |
622,239 | नेपाल विद्युत प्रधिकरण, विद्युत बितरण केन्द्र, सिन्धुलीमा कार्यरत सहायक प्रबन्धक इन्जिनियर शेर बहादुर सुनार ७५ हजार घुससहित पक्राउ परेका छन् ।
कार्यालय भवनको तला थप गर्ने कार्य सम्पन्न पश्चात अन्तिम बिल भुक्तानीको क्रममा सेवाग्राहीसंग घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । | lokpath.com |
1,263,886 | बाक्लो हुस्सु सँगै परेको शीतलहरका कारण जाडो बढेपछि दैनिक जनजीवन प्रभावित बनेको हो। जाडो बढेपछि वृद्ध बृद्धा र बालबालिकाहरु समस्यामा परेका छन्। जाडोका कारण बालबालिकाहरुमा ज्वरो आउने, बान्ता आउने र रुखाखोकीको समस्या आउन थालेको विजयपुर अस्पताल धरानका बालरोग विशेषज्ञ डा. प्रल्हाद न्यौपानेले बताए। बाक्लो हुस्सुका कारण यातायातका साधन सञ्चालनमा गम्भीर समस्या उत्पन्न भएको धरान- काठमाडौं न्यु कोशी बसका संचालक दिनेश कोइरालाले बताए। उनले बाक्लो हुस्सुका कारण हप्ता दिनदेखि तराई सुनसरी, सप्तरी, सिराहा, धनुषा र महोत्तरी जिल्ला हुँदै काठमाडौं-धरान यातायातका साधन सञ्चालनमा समस्या भएको बताए। जाडोका कारण विद्यालय र कलेज जाने विद्यार्थीहरु समेत प्रभावित भएका छन्। जाडोका कारण विद्यालयमा आगो बालेर ताप्नु परेको सहिद स्मृति माविका विद्यार्थी प्रज्वल गिरीले बताए। जाडोका कारण सुनसरीको धरान, इटहरी, इनरुवा, दुहबी, झुम्का, भाण्टाबारी लगायतका स्थानको जनजीवन प्रभावित बनेको छ । | annapurnapost.com |
3,028,114 | माछा मार्ने क्रममा बागमती नदीकाे राैतहट खण्डमा डल्फिन भेटिएको छ । पिपरा भलोहिया गाउँका राजकुमार सहनी मल्लाहले माछा मार्ने क्रममा पिपरा घाटमा गत मंगलबार डल्फिन भेटाएका हुन् । ‘माछा मार्न बागमतीमा जाल हान्न गएको थिएँ तर अनौठो खालको माछा जालमा पर्यो,’ सहनीले भने, ‘जालमा परेको माछा लिएर पिपरा बजारमा ल्याएपछि हेर्नेको घुँईचो लाग्यो ।’ करिब १२ केजीको उक्त माछालाई स्थानीय जनप्रतिनिधिले डल्फिन भएको बताएपछि आश्चर्यमा परेको उनले बताए । दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भू सिंहले बडहर्वा जाने क्रममा गत सोमबार नै बागमती नदीमा डल्फिन जस्तो माछाको एउटा ठूलो समूह नदीमा उफ्रिरहेको देखेको बताए। उता, माछा विशेषज्ञ राधेश्याम झाले पनि सहनीले जालमा पारेको माछा डल्फिन नै भएको बताए । ‘अब पिपरा घाटलाई व्यवस्थित गरेर डल्फिन संरक्षणमा लाग्नु पर्छ, डल्फिनका बारेमा जनतालाई सूसचित गर्नुपर्छ,’ झाले भने । गंगा नदी हुँदै डल्फिन बाग्मती आएको हुनसक्ने उनको अनुमान छ । | newsofnepal.com |
3,661,850 | अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मधेस सरकारको ‘बेटी पढाऊ, ‘बेटी बचाऊ’ कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन प्रदेश सचिवसहित आठ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । छात्राको नाममा साइकल खरिद गर्दा १० करोडभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको ठहर छ । | imagekhabar.com |
6,177,134 |
चीनले नेपालसहित छिमेकी मुलुकसँग सैन्य साझेदारी गर्न चाहेको जनाएको छ । चीनको राज्यपरिषद्को सूचना कार्यालयले बुधबार सार्वजनिक गरेको नयाँ युगमा चीनको राष्ट्रिय सुरक्षासम्बन्धी श्वेतपत्र मा यस्तो उल्लेख छ । चीनले सार्वजनिक गरेको रक्षा नीतिमा चिनियाँ जनमुक्ति सेना छिमेकी देशमा सैन्य नेतृत्वसँग निकट सम्पर्कमा रहेको र यस क्रममा प्रत्येक वर्ष ४० भन्दा बढी दुईपक्षीय सैन्य भ्रमण भएको उल्लेख छ ।
| shilapatra.com |
513,479 | मानिसका दुई हात, दुई खुट्टा र दुई, दुई कान, एक मुख, र एक नाक हुन्छन् । यो त हामी सबैले देखिरहेका नै छौँ । तर आज हामी तपाईलाई चार खुट्टा भएकी एक महिलाको बारेमा जानकारी दिँदैछौँ । आज भन्दा करिव १५२ वर्ष पहिला एउटा यस्तो घटना भएको थियो, जसका कारण सबै चकित बनेका थिए । १८६८ मा अमेरिकाको टेनेसीमा एक शिशुको जन्म भएको थियो । तर उनको दुई वटा नभएर ४ वटा खुट्टा थियो । मायरटल कार्बिन नामकी उक्त महिला आफ्नो असामान्य खुट्टा भए पनि ५९ वर्षसम्म जीवित रहिन् । उनको बारेमा डाक्टरहरुले उनका दुई साना खुट्टा भने कमजोर रहेको बताएका छन् । बाँकि दुई खुट्टा एकदम राम्रो थियो । उनी १३ वर्षको हुँदा उनको बारेमा एउटा किताव समेत लेखिएको थियो । कितावको नाम थियो बायोग्राफी अफ मायरटल कार्बिन । उनीसँगै अर्को बच्चा पनि रहेको हुनसक्ने डाक्टरको अनुमान छ । जसको कारण वेज्ञानिकले उनको शरीर विकसित हुन नसकेको बताएका छन् । १९ वर्षको उमेरमा उनले जेम्स क्लिन्टन नामका व्यक्तिसँग विवाह गरिन् । जसमा उनले पाँच बच्चा जन्माएकी थिइन् । चार छोरी र एक छोरालाई उनले जन्म दिएकी थिइन् । | lokpath.com |
4,303,490 | नियम, निर्देशिकाअनुसार विद्यालय क्षेत्रभन्दा करिब १०० मिटरको दूरीमा मात्रै सुर्ती र मदिराजन्य पदार्थ बिक्री वितरण गर्न पाइन्छ । तर यो नियमबारे विद्यालय क्षेत्रमा पसल खोलेर बसेका धेरैलाई थाहा छैन । नेपालगञ्ज उपमहानगरपालिका—४ को आधारभूत विद्यालय क्षेत्रमा पसल सञ्चालन गर्दै आएका राजकश्यप आफूलाई यस्तो नियमबारे कसैले नभनेको र थाहा नपाएको बताउनु हुन्छ । उहाँ उक्त विद्यालय सञ्चालक समितिको सदस्य हुनुहुन्छ । विद्यालय क्षेत्रमा नियमविपरीत पसल सञ्चालकले सुर्ती तथा मादक पदार्थ बिक्री गरिरहेको अभिभावकको गुनासो धेरै आएपछि नेपालगञ्ज उपमहानगरपालिकाको शिक्षा समितिले विद्यालयभन्दा १०० मिटरको दूरीमा २० वर्ष मुनिका विद्यार्थीलाई सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरण नगर्न सूचना जारी गरेको छ । तर, यो सूचना कसैले टेरेका छैनन् । सूचना जारी गरेको चार महिनामा एकपटक पनि अनुगमन गरिएको छैन । शिक्षा शाखाप्रमुख गोर्खबहादुर थापा भन्नुहुन्छ, “अनुगमन हामीले गर्ने होइन, यो दायित्व त स्थानीय प्रशासनको हो ।”बालबालिकाको भविष्यसँग खेलबाड गर्ने गरी विद्यालय क्षेत्रका पसलले सुर्ती र मदिराजन्य पदार्थ बिक्री गरिरहँदा झारा टार्ने सूचना जारी गर्ने, अनुगमनमा बेवास्ता गर्नु र सम्बद्ध कार्यालयबीच समन्वय नहुँदाका कारण नियम कार्यान्वयनमा चुनौती देखिएको छ । “निर्णयकार्यान्वयनको प्रयास नभएको होइन, तर विद्यालय क्षेत्रमा स–साना पसल सञ्चालन गर्नेले आफ्नो रोजीरोटी खोसिन लाग्यो भनेर होहल्ला गरेर विषयलाई अन्यत्र मोड्न खोजेपछि चुनौती थपिएको हो” नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले भन्नुभयो । गतबिहीबार बागेश्वरी असल शासन क्लब बास को सहजीकरणमा उपमहानगरपालिकाले गरेको सार्वजनिक सुनुवाइमा नगरप्रमुख डा धवलशम्शेर राणाले विद्यालय आसपासमा मदिरा र सुर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाउन पहलगर्ने प्रतिबद्धता जनाउनु भएको थियो । सार्वजनिक सुनुवाइमा जारी गरिएको १० बुँदे प्रतिबद्धतापत्रमा नगरप्रमुख, उपप्रमुखलगायत वडाध्यक्षहरुले विद्यालय क्षेत्र नजिकका पसललाई मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री गर्न नदिइने हस्ताक्षर गरे पनि त्यसको कार्यप्रगति शून्यभन्दा माथि उठ्न सकेको छ्रैन । बाँकेमा सामुदायिक २५१ र संस्थागत १७६ विद्यालयमा झण्डै डेढ लाखविद्यार्थी अध्ययनरत रहेको शिक्षा विकास तथा समन्वय एकाइ बाँकेले जनाएको छ । | abcnepal.tv |
946,357 | सरकारले नयाँ कामदार जान नपाउने गरी सात वर्षअगाडि इराकमा लगाएको प्रतिबन्ध बुधबारबाट हटाएको छ । | ekantipur.com |
153,003 | आक्रमण व्यवसायिक स्थलमा पसलहरू खुलेको र सर्वसाधारण सामान खरिदका निम्ति बजारमा व्यस्त रहेको भएको आक्रमणमा अन्य धेरै व्यक्ति घाइते भएका छन्,” जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन् । प्रधानमन्त्री डेनिस श्मीगलले सेक्युरिटी क्यामेरा फुटेज पोस्ट गरेका छन् । छोटो भिडियोमा विस्फोटले कियोस्कको भीडलाई तितरभितर बनाएको र घटनापछि स्थानीय बासिन्दाहरू उद्धारका लागि दौडिरहेका देखिन्छ । मृत्यु हुनेमा एक बालक रहेको उनले बताए । युक्रेनको गृह मन्त्रालय इगोर क्लाइमेन्कोले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आक्रमणमा परी २८ जना घाइते भएको जनाएको छ । कोस्ट्यानटाइनिभका पूर्वी औद्योगिक क्षेत्र डोनेट्स्कमा अनुमानित ७० हजार मानिसहरूको बसोबास भएको युद्धमा अग्रपङ्तीमा रहेको एक शहर हो ।
सन् २०१४ देखि क्रेमलिन समर्थित पृथकतावादी समूहले डोन्टेट्स्कलाई आंशिक रूपमा नियन्त्रण गर्दै आएको छ र रूसले गत वर्षको अन्त्यतिर अन्य तीन जनासँग मिलेर यो क्षेत्र आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ । | nepalwatch.com |
3,793,328 | जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । जसपा यादव पक्षले आइतबार बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो । प्रधानमन्त्री देउवाले आज प्रतिनिधि सभाबाट विश्वासको मत लिन लागेका हुन् । उनलाई जसपा यादव पक्षका १८ सांसदहरुले विश्वासको मत दिने भएका छन् । पार्टीको आजको बसेको संसदीय दलको बैठकमा उपस्थित १९ जना सांसदहरुमध्ये १८ जनाले देउवालाई विश्वासको मत दिने लागेका हुन् । बैठकमा उपस्थितमध्ये एक राष्ट्रिय सभा सदस्य हुन् । देउवालाई प्रधानमन्त्री बनाउन जसपा यादव पक्षका १२ सांसदले सर्वोच्च अदालतमा हस्ताक्षर बुझाएका थिए । तर केपी शर्मा ओली सरकार ढलेपछि ओली पक्षमा लागेका जसपा अध्यक्ष महन्थ ठाकुर पक्षका ६सांसद यादव पक्षतिर लागेपछि जसपाबाट विश्वासको मत दिने सांसद संख्या १८ पुगेको हो । | emountaintv.com |
4,155,452 | नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने दोहोर्याएका छन्। मंगलबार इलामको फिक्कलमा पत्रकारसँगको कुराकानीका क्रममा साझा अपनत्व ग्रहण हुने गरी कांग्रेसले प्रस्ताव गरेको व्यक्ति नै अबको नयाँ राष्ट्रपति हुने उनको भनाइ छ। कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार को बन्ने भन्ने बारेमा शर्माले विधिवत् छलफलपछि सम्भावित उम्मेदवारको नाम र निर्णय सार्वजनिक हुने बताए। ‘हामीसँग योग्य नेतृत्व धेरै हुनुहुन्छ। अहिले मैले नाम भन्नु उचित हुँदैन। अब हामी बैठक बस्छौँ र सम्भावित उम्मेदवारको बारेमा छलफल गर्छौं’, उनले भने। नेपाली कांग्रेस लामो राजनीतिक इतिहास बोकेको पार्टी भएका कारण साना समस्याबाट विचलित नहुने उनको भनाइ थियो। नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला । | nepallive.com |
6,319,126 | माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आयोजना प्रभावित दोलखाका स्थानीय बासिन्दाका लागि साधारण शेयर खुला गरेको छ। आयोजनाले एक अर्ब पाँच करोड बराबरको आईपिओ निष्काशन गरेको हो । उक्त आईपिओमा काठमाण्डौंबाट पनि आवेदन गर्न सकिने सुविधा दिईएको छ । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले दोलखाबासीका लागि १०० रुपैयाँ अंकित दरका एक अर्ब पाँच करोड ९० लाख बराबरको एक करोड ५ लाख ९० हजार कित्ता आईपिओ निष्काशन गरेको हो । ईच्छुक लगानीकर्ताले उक्त आईपिओमा न्यूनतम ३० कित्ता देखि अधिकतम तीन सय कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । दोलखाबासीले दोलखाबाट साउन १६ गते देखि भदौ १४ गतेसम्म आवेदन दिन पाउनेछन् भने काठमाण्डौं उपत्यकामा रहेका दोलखालीले उपत्यकाका आवेदन संकलन केन्द्रहरुबाट साउन २५ गतेसम्म मात्र आवेदन दिन पाउने व्यवस्था गरिएको छ । दोलखाबासीले आयोजना निमार्ण स्थल लगायत विभिन्न बैंक तथा वित्तीय संस्थाका १९ शाखाबाट आवेदन गर्न सक्नेछन् भने काठमाण्डौंबाट सनरार्इज बैंकका एघार शाखाबाट आवेदन गर्न सकिने व्यवस्था गरिएको छ । जिल्लाबासीलाई सेयर आवेदन भर्न डिम्याट खाता अनिवार्य गरिएको छैन । त्यस्तै दोलखाबासीलाई आयोजनाबाट अतिप्रभावित, कम प्रभावित र प्रभावितको सूचीमा वर्गिकरण गरिएको छ । आयोजनाको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सह बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । | shikharnews.com |
6,245,887 |
प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल भारत प्रबुद्ध समूह (ईपीजी) को प्रतिवदेन बुझ्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । बिहीबार संसद बैठकमा सरकारको नीति तथा कार्यक्रमाथिको छलफलमा सहभागी हुँदै अध्यक्ष ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुझ्न नमानेको ईपीजीको प्रतिवेदन एकतर्फी रूपमा बुझ्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका हुन् । 'भारतका प्रधानमन्त्री मोदीले बुझ्न नमाने तपाईं (देउवा)ले एकतर्फी रूपमा भए पनि बुझ्नुपर्छ । प्रतिवेदन नेपाल वा भारत जुन देशको प्रधानमन्त्रीले पहिले बुझे पनि हुन्छ,' उनले भने । अध्यक्ष ओलीले ईपीजीको प्रतिवेदन दुवै तर्फको सहमतिकव प्रतिवेदन भएको पनि बताए । 'ईपीजीको प्रतिवेदन सहमतिको प्रतिवेदन हो । निजी ढंगले कसैले अध्ययन गरेका विषय होइनन् । हामीले भारतले बुझ्दैन भनेर हुन्न, उसले नबुझे हामीले बुझ्नुपर्छ,’ उनले भने ।
| shilapatra.com |
5,332,211 | हवनकुण्डमा लागेको आगो । साँफेबगर नगरपालिका–१ स्थित वैद्यनाथधाममा सञ्चालन भइरहेको कोटिहोमको मुख्य हवनकुण्डमा आगलागी भएको छ । वैद्यनाथ मन्दिर अगाडि मैदानमा रहेको मुख्य हवनकुण्डमा आगलागी हुँदा हवनकुण्ड जलेर नष्ट भएको छ । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । हवन गर्नेक्रममा आगोको झिल्कोले १४४ वर्षपछि वैद्यनाथ धाममा कोटिहोम फागुन १० गतेबाट सञ्चालन भइरहेको छ । कोटिहोमको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको थियो । कोटिहोम फागुन २५ गतेसम्म चल्नेछ । | gorkhapatraonline.com |
1,264,581 | सांस्कृतिक महत्व बोकेको परम्परागत राधाकृष्ण नाच जोगाउन ताकमको धार्मिक नाट्य समूह अग्रसर भएका हुन्। हरेक वर्षको हरितालिका तिज पर्वको अवसरमा ताकममा राधाकृष्ण नाच देखाउने चलनलाई निरन्तरता दिइदै आएको कलाकार गोपाल आचार्यले बताए। ‘संस्कृति लोप हुन नदिन नयाँ पुस्तालाई यो नाचको कला र सिप हस्तान्तरण गरिएको छ,’ उनले भने ‘ताकममा मानब बस्ती रहेदेखिनै राधाकृष्ण नाच देखाउने चलन रहेको छ।’ यो नाच ताकममा मात्र देखाइने भएकाले ताकमको सांस्कृतिक सम्पत्ति भएको धार्मिक नाट्य समूहका अगुवा चिन्तामणी सुबेदी बताउँछन्। राधाकृष्ण नाचका लागि समूहले आफै मौलिक गीतको सिर्जना गरेका छन् । यो नाचका लागि हिन्दुधर्मवलम्बिहरुको भगवान शिव, पार्वति, उनिहरुका छोरा गणेश, राधा र कृष्ण अनी लाखे पात्र हुन्छन्। ‘परापुर्व कालमा देवीदेवता र भगवानको माया प्रेम, जिवनमा आइपर्ने सुख र दुखका क्षणलाई गीतमार्फत व्यक्त गरेर नाचमा अभिनय गरिन्छ,’ सुबेदीले भने ‘सबै कलाकार पुरुष हुन्छन्। पार्वति र राधाको भूमिका पनि पुरुष कलाकारले निभाउँछन्।’ राधा र कृष्णको जिवनमा लाखेले गलत भूमिका खेलेर आउने उतार चढावलाई कैलाश पर्वतमा रहेका शिव पार्वतीले नियालेको अभियन नाचमा प्रस्तुत हुन्छ। २५ मिनेट देखि ४५ मिनेटसम्म यो नाच प्रस्तुत गरिन्छ। ताकमको भगवति मन्दिर परिक्रमा गरेपछि कलाकारहरु नाच्दै नाच्दै खुल्ला ठाउँमा पुग्छन्। यसअघि ताकमको रत्नेगैरामा देखाइने यो नाच पछिल्लो समय वडा कार्यालय रहेको सामुदायिक भवन परिसरमा देखाउन थालिएको छ। केही वर्षयता नयाँ पुस्ताका युवाहरुले राधाकृष्ण नाचको सिप सिकेर अभिनय गर्न थालेका छन्। ताकमका अधिकांश समुदाय जुम्लाबाट बसाई सरेर आएका हुन्। उनीहरुले नै यो नाच भित्र्याएको बुढापाका बताउँछन्। अहिलेको जस्तो सूचना प्रबिधिको विकास नभएको अवस्थामा समाजमा मनोरञ्जनका लागि तिज पर्वका दिन राधाकृष्ण नाच देखाउने गरिएको थियो। गाउँपालिकाले प्रचारप्रसारका लागि ताकमका सबै वस्तीमा आलोपालो गरेर राधाकृष्ण नाच देखाउने निर्णय गरेको छ। विशेष सभा समारोह र मेला महोत्सवमा पनि ताकमको राधाकृष्ण नृत्य आकर्षण बन्न थालेको छ। कलाकारहरुका लागि पोषाक र बाद्यबाधनका सामग्रीको आवश्यकता छ। समूहको नियमित आम्दानीको स्रोत छैन्। सरकारी स्तरबाट सहयोग आवश्यक रहेको कलाकार गोबिन्द पौडेलले बताए । | annapurnapost.com |
4,374,210 | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चाडपर्वहरुको मुखमा आम उपभोक्ताहरुलाई मार पर्ने गरी सरकारले मुल्यवृद्धि गरेको भन्दै मूल्यवृद्धिप्रति आफ्नो पार्टीको गम्भीर आपत्ति रहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै लामिछानेले यसको विरोध स्वरूप आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको बैठक आफूहरुले बहिस्कार गरेको समेत बताएका छन् । पछिल्लो दिनहरुमा बजारमा अचाक्ली मूल्यवृद्धि भएको छ । मूल्यवृद्धि बढ्दा उपभोक्ता मारमा परेका छन् । | dainiknepal.com |
4,768,639 | नेकपा एमालेले समकालील राजनीतिकका शिखरपुरुषका रुपमा अध्यक्ष केपी ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा पार्टीबाट सर्वसम्मत निर्णय गरेको जनाएको छ । एमाले प्रचार विभागद्वारा आयोजित पत्रकार सम्मेलनमा विभागका उपप्रमुख विष्णु रिजालले देशको भविष्य बनाउन सर्वमान्य नेताको रुपमा केपी ओलीलाई प्रधानमन्त्रीको रुपमा अगाडि सारिएको बताए । नेता रिजालले विकास र समृद्धिको अधुरो सपना पूरा गर्न, राष्ट्रिय स्वाभिमानको प्रवर्द्धकको रुपमा एकमात्र साहसिलो व्यक्तिको रुपमा देशको नेतृत्व गर्नका लागि अगाडि सारिएको बताए । नेता रिजालले वैदेशिक सम्बन्ध सेतुको रुपमा बलियो बनाउन नेपालको हितका लागि समदुरीको सम्बन्ध बनाउन ओलीको नेतृत्व आवश्यक, अन्तर्राष्ट्रिय सम्बन्धको सन्तुलन बनाउन, अन्तर्राष्ट्रियस्तरमा उच्च तहका नेताको रुपमा वीपीपछिको अन्तर्राष्ट्रिय हैसियत भएको बलियो नेता भएकाले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा अगाडि सारिएको बताए । उनले केपी ओली इतिहासको व्याख्याता मात्र नभएर कम्युनिष्ट आन्दोलनको इतिहास जोगाउन उनको नेतृत्व आवश्यक भएकोले नै कम्युनिष्ट आन्दोलनको इतिहास जोगाउन भावी प्रधानमन्त्री प्रस्ताव गरिएको बताउँदै भने– उहाँको संघर्ष, त्याग र समर्पणको सम्मान गर्न ओलीको नेतृत्वलाई सर्वसम्मतरुपमा अगाडि सारेका हौं, देशको अस्तित्व जोगाउन पनि उहाँको नेतृत्व अपरिहार्य छ । | nepalpress.com |
4,619,754 | संयुक्त राज्य अमेरिकाको संसदीय प्रतिनिधिमण्डलले बिहिबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेको छ। मार्क पोकनको नेतृत्वमा आएको अमेरीकी सांसदहरूको प्रतिनिधिमण्डलले राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता गरेका हुन्। भेटमा राष्ट्रपति पौडेलले समाजमा मानवीय मूल्य कायम गर्नका लागि सबैभन्दा पहिले लोकतन्त्र स्थापित हुन जरूरी रहेको बताउँदै पछिल्लो समय लोकतन्त्रको स्थापनासँगै नेपालमा नयाँ संविधानले समावेशी प्रावधानसहितका मानवीय मूल्यहरूलाई स्थापित गरेको धारणा व्यक्त गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। राष्ट्रपति पौडेलले लोकतन्त्रका लागि लामो समय संघर्ष गरेका कारण विभिन्न सीमान्तकृत समुदायका समस्याहरू महसुस गर्न सकेका कारण नै नयाँ संविधानमा मानवीय मूल्यका ती व्यवस्थाहरू समेट्न सकिएको सन्दर्भ उल्लेख गरे। ‘लामो संघर्षपछि नेपालमा राजनीतिक रूपले लोकतन्त्र स्थापित भए पनि त्यहीअनुसारको सामाजिक व्यवस्था र अवस्था परिवर्तन गर्न धेरै काम गर्न बाँंकी रहेको छ’, उनले भने। त्यसमा अमेरिकी प्रतिनिधिमण्डलको भ्रमणका एजेण्डा नेपालका लागि महत्वपूर्ण रहने राष्ट्रपति पौडेलले उल्लेख गरे। प्रतिनिधिमण्डलमा सांसदहरू मार्क पोकन, डान किल्डी, भेरोनिका एस्कोबार र सुसन वाइल्ड, नेपालस्थित अमेरिकी राजदूत डिन थोम्पसन लगायतको सहभागिता थियो । | capitalnepal.com |
4,934,626 | आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दलले निर्वाचन आयोगमा उम्मेदवारको बन्दसूची पेस गर्दा कानुनअनुसार कम्तीमा १० प्रतिशत उम्मेदवारको सूची बुझाउनुपर्ने भएको छ । आयोगले प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनको समानुपातिक पद्धतितर्फको निर्वाचन कार्यतालिका र रुजुसूची सार्वजनिक गरेको हो । आयोगले समानुपातिक निर्वाचन कार्यक्रमअन्तर्गत असोज २ र ३ गते उम्मेदवारको बन्दसूची पेस गर्न समय तोकेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिक निर्वाचन कार्यक्रममा सहभागी हुने दलले कम्तीमा १० प्रतिशत र बढीमा जति संख्या आवश्यक पर्छ त्यति नै उम्मेदवारको सूची बन्द सूचीमा बुझाउनुपर्ने जानकारी दिए । सो विषय निर्वाचन निर्देशिकामा उल्लेख छ । ‘प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिक निर्वाचन कार्यक्रममा सहभागी हुने दलले कम्तीमा १० प्रतिशत र बढीमा जति संख्या आवश्यक पर्छ त्यति नै उम्मेदवारको सूची बन्द सूचीमा बुझाउनुपर्छ, प्रतिनिधिसभामा भाग लिने दलले समानुपातिकतर्फको कुल संख्या १ सय १० को १० प्रतिशत अर्थात् कम्तीमा ११ जनाको नाम बन्दसूचीमा पेस गर्नुपर्छ,’ आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियाले राजधानीसँग भने । यसैगरी प्रदेश सभातर्फसमेत प्रदेशमा हुने समानुपातिकतर्फको कुल सदस्य संख्याको कम्तीमा १० प्रतिशत उम्मेदवारको नाम दलले बन्द सूचीमा समावेश गर्नुपर्नेछ । त्यसरी पेस गरिएको बन्दसूचीमाथि आयोगले ४ देखि ९ असोजसम्म छानबिन गर्नेछ र कानुनअनुसार नभएमा सच्याउन दललाई सूचित गर्नेछ । आयोगले कागजात जाँचबुझ गरेपछि दललाई १० देखि १६ असोजसम्मको समय बन्दसूची सच्याउन दललाई उपलब्ध गराउनेछ । तर, कानुनअनुसार बन्दसूची पेस नभएमा आयोगले स्वीकार गर्नेछैन । आयोगमा दलले उम्मेदवारको बन्दसूची पेस गर्दा भूगोल र प्रादेशिक सन्तुलनलाई समेत ध्यान दिई जनसंख्याको आधारमा दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारू र मुस्लिम समेतको प्रतिनिधित्व हुनेगरी समावेशी सिद्धान्तबमोजिमको संख्यामा उम्मेदवारको नाम समावेश गर्नुपर्नेछ । यसरी सूची पेस गर्दा निर्देशिकाको अनुसूची १२ बमोजिम हुनुपर्ने आयोगले भनेको छ । आयोगले प्रत्येक समावेशी आधारमा समावेश गरिएका उम्मेदवार छुट्टिने ढाँचामा तयार भएको हुनुपर्ने भनेको छ । यस्तै, प्रत्येक समावेशी समूहमा कम्तीमा ५० प्रतिशत महिलाको नाम समावेश गरेको हुनुपर्ने, कम्तीमा ४ दशमलव ३ प्रतिशत पिछडिएको क्षेत्रका उम्मेदवारको नाम समावेश गरेको हुनुपर्ने, पिछडिएको क्षेत्र तथा अपांगता भएका व्यक्तिको समेत प्रतिनिधित्व हुनेगरी बन्दसूची तयार गरेको हुनुपर्ने, बन्दसूचीमा नाम समावेश भएको व्यक्तिले उम्मेदवार हुन मञ्जुर गरी प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को अनुसूची–१४ बमोजिम गरेको स्वघोषणासहितको मञ्जुरीनामा पेस गरेको हुनुपर्ने आयोगले जनाएको छ । यसैगरी एकल चुनाव चिह्न लिई निर्वाचनमा सहभागी हुनेगरी दर्ता भएका दलले उम्मेदवारको बन्दसूची पेस गर्दा सम्बन्धित उम्मेदवार कुन राजनीतिक दलसँग सम्बन्धित हो, सो खुलाएको हुनुपर्ने आयोगले भनेको छ । यस्तै, उम्मेदवारको बन्दसूची पेस गर्दा दलको केन्द्रीय समितिले स्वीकृत गरेको निर्णयको प्रमाणित प्रतिलिपि पेस गरेको हुनुपर्ने, एकल चुनाव चिह्न लिई संयुक्त रूपमा निर्वाचनमा सहभागी हुनेगरी आयोगमा दर्ता भएका दलको तर्फबाट उम्मेदवारको बन्दसूची स्वीकृत गर्दा त्यस्ता सबै दलको केन्द्रीय समितिले संयुक्त वा अलग–अलग रूपमा निर्णय गरी स्वीकृत गरेको हुनुपर्ने, बन्दसूचीमा रहेका प्रत्येक उम्मेदवारको नेपाली नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्रको प्रतिलिपि र मतदाता नामावलीमा नाम समावेश भएको प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ अनुसूची–१३ बमोजिमको निस्सा संलग्न गरेको हुनुपर्ने आयोगले स्पष्ट पारेको छ । यसैगरी, बन्दसूचीमा नाम समावेश भएको अपांगता भएको व्यक्तिको हकमा नेपाल सरकारको सम्बन्धित निकायले उपलब्ध गराएको अपांगताको परिचयपत्र पेस गरेको हुनुपर्ने छ । दलले बन्दसूची पेस गर्दा दलको केन्द्रीय समितिले अधिकार दिएको त्यस्तो समितिको पदाधिकारीले दस्तखत गरी पेस गरेको हुनुपर्ने छ भने निर्वाचन अधिकृतसमक्ष प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को दफा १३ बमोजिम उम्मेदवारको बन्दसूची पेस गर्ने दलले ५० हजार रुपैयाँ धरौटी राखेको रसिद वा सक्कल बैंक भौचर संलग्न गरी पेस गरेको हुनुपर्छ । बन्दसूची पेस गर्ने दलले उम्मेदवारको बन्दसूची पेस गर्दा निर्वाचन अधिकृतले तोकेबमोजिम सोको विद्युतीयप्रति समेत उपलब्ध गराएको हुनुपर्ने आयोगले जनाएको छ । यस्तै, बन्दसूचीमा समावेश भएका प्रत्येक उम्मेदवार प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन ऐन, २०७४ को दफा १३ बमोजिम अयोग्य नभएको हुनुपर्ने आयोगले भनेको छ । यसैगरी, दलको तर्फबाट मनोनयन गरिएको उम्मेदवारको बन्दसूची पेस गर्न अधिकार पाएको पदाधिकारीको विवरण र दस्तखत नमुना फाराम आयोगमा बन्दसूची बुझाउँदा पेस गर्नुपर्ने आयोगले जनाएको छ । | rajdhanidaily.com |
5,109,545 | उनलाई गृह रक्षकको जिम्मेवारी दिइएको छ। अम्बानी प्रकरणमा मुम्बई प्रहरीकै सहायक प्रहरी निरीक्षक सचिन वाजेलाई पक्राउ गरिएपछि सिंहका विषयमा पनि प्रश्न उठेको थियो। उनलाई हटाएर मुम्बईको प्रहरी आयुक्त हेमन्त नागरालेलाई बनाइएको महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले ट्विट गरेर जानकारी दिएका छन्। सरकारचा मोठा निर्णय श्री हेमंत नगराळे होणार नवे मुंबई पोलीस आयुक्त श्री रजनीश शेठ यांच्या कडे पोलीस महासंचालक महाराष्ट्र राज्य या पदाचा अतिरिक्त कार्यभार श्री संजय पांडे यांच्या कडे महाराष्ट्र राज्य सुरक्षा महामंडळाची जवाबदारी श्री परमवीर सिंह यांच्या कडे गृह रक्षक दलाची जवाबदारी गत फेब्रुअरी २५ का दिन उद्योगपति अम्बानीको घरबाहिर विस्फोटक पदार्थ जिलेटिन र हत्या गर्ने चेतावनीयुक्त पत्रसहित स्कार्पियो गाडी फेला परेको थियो। सीसीटीभी फुटेज हेर्दा त्यो काम हाल निलम्बित मुम्बईका सहायक प्रहरी निरीक्षक वाजेले नै गरेको देखिएको त्यहाँको राष्ट्रिय अनुसन्धान एजेन्सीले जनाएको छ। घटना अनुसन्धान क्रममा हरेक दिन नयाँ नयाँ खुलासा भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । | nepalkhabar.com |
3,008,056 | शनिवार ललितपुरमा आयोजित नेपाल बुद्धिजीवी परिषद्को राष्ट्रिय परिषद् भेलामा बोल्दै ओलीले एमालेले पूर्वाधार निर्माणमा निक्कै काम गरेको बताए । नेपालले सडकको पूर्वाधार पूर्वदेखि पश्चिमसम्म तयार गरेको बताए। पूर्व–पश्चिम राजमार्ग, हुलाकी मार्ग लगायतका काम भएका र मध्य पहाडी लगायत अन्य मार्गहरू निर्माणको क्रममा रहेका ओलीको भनाइ छ । पूर्वाधारको विकासमा हामीले धेरै ठुला -ठुला सफलता प्राप्त गरेको छौँ, अझै धेरै काम गर्नुपर्ने छ । विकासकाे काम गर्दा कतिपय मानिसलाई यसमा के प्रतिफल छ र भन्ने लाग्न सक्ने उनले बताए । विकासका काम गर्दा कतिपय मानिसहरूलाई टाउको दुख्ने गरेको उनले सुनाए । ‘धेरै मान्छेहरूलाई टाउको दुख्छ, यस्तो कुराहरू हुने गर्दछ’, ओलीले भने । नेपाल जस्तो देशले देशमा सडक, रेल, विमानस्थल, स्वास्थ्य, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार क्षेत्रमा धेरै काम गरेको उनले बताए। एमालेले हरेक पालिकाका केन्द्रलाई कालोपत्रे सडकले जोड्ने अभियान चलाएको उनले स्मरण गराए । त्यस्तै गाउँ-गाउँमा अस्पताल निर्माणको अवधारणा ल्याएको पनि ओलीले स्मरण गराए । ‘अहिले हुम्लाको सिमिकोटमा अलिकति पक्की बाटो जोडिएको छैन, नत्र अरू सबै जिल्लामा सदरमुकामसम्म पक्की बाटोमा जोडिएका छन्’, ओलीले भने। ओलीले राजनीतिक अस्थिरताको कारण एमाले सरकार ढालिएपछि ती धेरै विकासका काम रोकिएका बताए । ‘अस्थिर राजनीतिक स्थिति र अन्य कारणहरूले गर्दा ती कामहरू सहज रूपमा अघि बढ्न सक्दैनन्, सकेका छैनन्, कतिले बुझ्दैनन्, कतिले भत्काइदिन्छन्, कतिले रोकिदिन्छन्, यस्ता खालका कुराले व्यवधान आएको छ’, ओलीले भने । | newsofnepal.com |
2,070,360 | नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्माले कञ्चनपुरको महेन्द्रनगरस्थित होल्डिङ सेन्टरको स्थलगत निरीक्षण गरेका छन्। सुदूरपश्चिमको भ्रमणमा रहेका उनले आज सेनाको निगरानीमा यहाँको भगतपुरमा निमार्णाधीन होल्डिङ सेन्टरको निरीक्षण गरेका हुन्। निरीक्षणका क्रममा प्रधानसेनापति शर्माले सरकारले तोकेको मापदण्डअनुसार होल्डिङ सेन्टर निर्माण, गुणस्तरमा जोड र समयमै सम्पन्न गर्न निमार्णमा संलग्न पक्षलाई निर्देशनसमेत दिए। प्रधानसेनापति शर्मासँगै निरीक्षणमा रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा, सहसचिव बाबुराम अधिकारी र जिल्ला कोभिड व्यवस्थापनको टोलीसमेत सहभागी थियो। २९ करोड रुपैयाँको लागतमा एक हजार शय्याको उक्त होल्डिङ सेन्टर निर्माणको अवधि आगामी फागुन १५ गतेसम्म रहेको छ। निर्माणमा नेपाली सेनाको प्राविधिक टोलीसमेत खटिएको छ। चालु आर्थिक वर्षमा नेपाली सेनाले पश्चिमी नाकासहित मुलुकभर आठ स्थानमा होल्डिङ सेन्टर बनाउन थालेको छ। होल्डिङ सेन्टर निर्माणको जिम्मा पाएको हनुमान कन्सट्रक्सन प्रालिका प्रतिनिधि लक्ष्मण सापकोटाले ९५ प्रतिशत काम सकिएको सो अवसरमा जानकारी दिए। रासस | nagariknews.com |
5,045,241 | पक्राउ पर्नेहरुमा मकवानपुर जिल्लाको थाहा नगरपालिका १२ बस्ने २२ वर्षीय सविन आलेमगर, धादिङ जिल्लाको थाक्रे गाँउपालिका ४ बस्ने २७ वर्षीय रणबहादुर आलेमगर, काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका १४ बस्ने ३६ वर्षीय राजकुमार रोका र ३० वर्षीय जितकुमार श्रेष्ठ छन्। सशस्त्र प्रहरी बल, नेपाल नम्बर २१ गण खुमलटारबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई पक्राउ गरेको हो। एपीएफ टोलीले त्यसवेला उनीहरुको साथबाट चरेश दुई केजी, नोफिन ५० वटा, डाईजोल्याप ५० वटा, फोनीगाम ५० वटा र ६ वटा मोबाईल सेट बरामद गरेको छ। पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोबाईल सेटसहित आवश्यक कारवाहीको लागि प्रहरी बृत्त सातदोबाटोमा बुझाइएको छ। यसैगरी पर्सा जिल्लाको विरगंज महानगरपालिका १६ स्थित भन्सार ईलाकाबाट एपीएफ टोलीले विभिन्न किसिमको लागुऔषधसहित मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका २० बस्ने २३ वर्षीय सागर रसाईलीलाई पक्राउ गरेको छ। भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट विरगंजबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उनको साथमा वीनसीरेक्स १७ बोतल र नाईट्राभेट ट्याब्लेट ५५ वटा फेला पारेपछि पक्राउ गरिएको हो। पक्राउ परेकालाई बरामद लागुऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ । | nepalkhabar.com |
1,926,287 | मालपोत कार्यालय हरिवन सर्लाहीका नायव सुब्बा बेदनिधी बराल सेवाग्राहीसँग घुस लिएको अभियोगमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले बराल सहित अर्का एक जना लेखापढी व्यवसायीलाई ११ हजार रुपैयाँ घुस सहित नियन्त्रणमा लिएको जानकारी दिएको छ । अख्तियारले बरालसँगै हरिवन नगरपालिका वडा नं २ सर्लाहीका लेखापढी व्यवसायी राम सुन्दर महतोलाई पनि नियन्त्रणमा लिएको छ । उनीहरुले सेवाग्राहीसँग जग्गाधनी दर्ता प्रमाण पत्र (लालपुर्जा) मा नाम संशोधन वापत अतिरिक्त रकम माग गरेकोरहेको भन्ने सूचना एवं उजुरी निवेदन आयोगको कार्यालयमा परेको थियो । त्यसैको आधारमा आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले लेखापढी व्यवसायी महतोलाई सेवाग्राहीबाट अतिरिक्त रकम लिइसकेको अवस्थामा घुससहित नियन्त्रणमा लिएको थियो । नायब सुब्बा बराललाई मालपोत कार्यालय हरिवन सर्लाहीबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जानकारी दिएको छ । | pokharanews.com |
2,921,019 | झापाको बाह्रदर्शी गाउँपालिका ३ स्थित राजगढ बजारमा व्यापारीलाई ठगी गर्ने गौरीगंञ्ज गाउँपालिका १ का २८ वर्षीय पर्शुराम महतो र सोही गाउँपालिका ३ का २० वर्षीय जीवन दासलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले स्थानीय व्यापारी अरफाक आलमलाई एक नम्बर प्रदेश प्रहरी कार्यलय विराटनगरको सिआइबी प्रहरी भएको भन्दै सात हजार रुपैयाँ असुली गरेका थिए । शंका लागेपछि स्थानीयले इलाका प्रहरी कर्यालय राजगढमा खबर गरेसँगै दुवै जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय झापा लगिएको छ । | newsofnepal.com |
1,074,553 | झापाको बिर्तामोडस्थित मनमोहन मेमोरियल सामुदायिक अस्पतालले फोहोर व्यवस्थापनका लागि नयाँ प्रविधि भित्र्याएको छ । अस्पतालले भारतका विभिन्न ठाउँमा प्रयोग गरिएको प्रविधि इन्सिनरेटर भित्र्याएको हो । सोही इन्सिनरेटरबाट मनमोहन अस्पतालले फोहोर व्यवस्थापन गर्न थालेको छ । बिर्तामोड– २ मा अस्पतालले आफ्नो जमिनमा संरचना नै निर्माण सम्पन्न गरेर फोहोर डढाउन सुरु गरेको हो । इन्धन र विद्युतबिना नै सञ्चालन हुने इन्सिनरेटरबाट एक घण्टामा एक क्विन्टल फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । पूर्वाधारसहित २० लाख रुपैयाँ लागतमा अस्पतालजन्य फोहोर व्यवस्थापन गर्न नयाँ प्रविधि भित्र्याइएको अस्पतालका कार्यकारी प्रमुख रोमनी भट्टराईले बताए । फलाम र सिसा बाहेक अस्पतालबाट उत्पादित फोहोर नष्ट गरिने भट्टराईले बताए । उपकरण उत्पादक कम्पनीकाअनुसार इन्सिनरेटर सञ्चालन गर्दा इन्धन चाहिँदैन । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदी, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, अर्जुनधारा नगरपालिकाका उपप्रमुख खड्गमाया पराजुलीको उपस्थितिमा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंले उद्घाटन गरे । नगरप्रमुख प्रसाईंले जडान गरिएको इन्सिनरेटरको प्रभावकारिता अध्ययन गरेर पालिकाहरूले पनि जडान गर्ने निर्णय गर्ने बताए । इन्सिनरेटरले अक्सिजनको सहायताबाट फोहोर जलाउने र सेतो धुवाँ बाहिर फाल्नेछ । जलेको फोहोरबाट उक्त प्रविधिले धुवा प्रशोधन गरेर प्रदूषण नहुने धुवाँ मात्रै बाहिर निकाल्ने र अन्य प्रदूषणजन्य धुवालाई पानीमा परिणत गरेर पाइपमार्फत बाहिर निकाल्नेछ । | makalukhabar.com |
3,600,320 | राजधानीमा जारी सातौं एनभिए महिला तथा पुरुष क्लव भलिबल च्याम्पियनसिपको महिलातर्फ समूह छिनोफानोका लागि भएको प्रतिष्पर्धामा त्रिभुवन आर्मी क्क्लवले अर्को विभागीय टोली एपिएफमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै समूह विजेता बनेर अन्तिम चारमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न खेलमा पराजित भएपनि एपिएफ उपविजेता बनेको बन्दै सेमिफाइनलमा पुगेको हो । निकै रोमाञ्चक बनेको खेलमा आर्मीले पहिलो सेट २५–२० ले बाजी मारेको थियो । दोस्रो र तेस्रो सेट भने आर्मीले एपिएफलाई १९–२५ र १३–२५ को सेटमा नतिजा सुम्पियो । त्यसपछि दबाबमा परे पनि सम्हालिएको प्रदर्शन गरेको आर्मीले चौथो सेटमा उत्कृष्ट पुनरागमन गरेपछि खेल २–२ सेटको बराबरीमा पुगेको थियो । निर्णायक तथा पाँचौं सेटमा आर्मीले शुरुवातबाट नै नाटकीय एकपक्षीय प्रदर्शन गर्न सफल भयो । सोही क्रममा आर्मीले १५–५ को जित निकाल्न सफल भयो । यस नतिजासँगै महिलातर्फको प्रतिष्पर्धामा पनि सेमिफाइनल समिरकण पूरा भएको छ । अब सेमिफाइनलमा आर्मीले साविक विजेता न्यु डायमण्ड युथ स्पोट्र्स क्लवसँग तथा उपविजेता एपएिफले समूह ‘ए’ को विजेता पुलिससँग फाइनल प्रवेशका लागि प्रतिष्पर्धा हुनेछन् । दुवै सेमिफाइनल शनिवार हुनेछन् । त्यस्तै पुरुषतर्फ विभागीय टोलीद्वय त्रिभुवन आर्मी क्लव र एपिएफ क्लव राधानीमा जारी सातौं एनभिए महिला तथा पुरुष क्लव भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । दिनका पहिलो खेलमा आर्मीले गण्डकी प्रदेशलाई र एपिएफले केशवलाल स्मृति भलिबल प्रशिक्षण केन्द्रलाई पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेका हुन् । यस्तै शुक्रवार नै सम्पन्न पुरुषतर्फको अर्को खेलमा नेपाल पुलिस क्लवले दावाँली मिलिन क्लवलमाथि जित निकाल्दै अन्तिम चारमा स्थान बनायो । आर्मीले अन्तिम चारमा स्थान बनाउने क्रममा आर्मीले गण्डकीलाई ३–१ को सेटमा पाखा लगाएको हो । सुखद् नतिजा निकाल्ने क्रममा आर्मीले पहिलो सेट गण्डकीमाथि २५–२२ को अग्रता लिएको थियो । दोस्रो सेटमा भने सुधारिएको खेल देखाएको गण्डकीले २५–२१ ले जित्दै खेललाई १–१ सेटको बराबरीमा ल्याएपनि तेस्रो सेटमा २५–१० निरिह बन्यो । चौथो सेटमा पुनरागमन गर्न निकै संघर्ष गरेको गण्डकीले २६–२४ को नतिजा सुम्पिँदै प्रतियोगिताबाट बाहिरियो । पुरुषतर्फकै अर्को खेलमा अर्को विभागीय टोली एपिएफले केशवलाल स्मृति भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा स्तब्ध बनायो । एपिएफले केशवलालमाथि २५–१४, २५–१९ र २५–२० को सोझो सेटमा जित निकाल्दै अन्तिम चारमा स्थान बनायो । यस्तै अर्को खेलमा पुलिसले दावाँली मिलन क्लवलाई ३–१ को सेटमा पराजित ग¥यो । पुलिसले दावाँलीलाई २५–१६, २४–२६, २५–१९ र २५–१८ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । शुक्रवारकै अर्को खेलमा गण्डकी प्रदेशले कृष्ण सेकेण्डरी एकेडेमी काभ्रेलाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह ‘बी’ मा तेस्रो भएको छ । यससँगै गण्डकी प्रदेश एनभिए क्लव लिगका लागि छनोट भएको छ । एकतर्फी भएको खेलमा गण्डकीले कृष्ण सेकेण्डरीमाथि २५–८, २५–१० र २५–५ को सहज जित निकालेको हो । | imagekhabar.com |
1,168,624 | सिरहा क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका लीलानाथ श्रेष्ठ दोस्रो पटक विजयी भएका छन् । उनी प्रतिनिधिसभा सदस्यमा सिरहा क्षेत्र नम्बर ३ बाट दोस्रो पटक विजयी भएका हुन् । उनले श्रेष्ठले नेकपा माओवादी केन्द्रका विश्वनाथ साहलाई १ हजार १८२ मतले पराजित गरे । श्रेष्ठ २८ हजार ६४ मत पाएर विजयी हुंदा साहले २६ हजार ८८२ मत ल्याए । श्रेष्ठलाई जसपा नेपालको समर्थन थियो भने साह सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेको थियो । | makalukhabar.com |
2,097,789 | मेचीनगर नगरपालिका–१० मा आज बिहान जङ्गली हात्तीले कुल्चेर वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८० वर्षीया पन्नादेवी साह रहेको वडा नम्बर १० का वडाध्यक्ष नारायण खनालले बताए । पूजा गर्न फूल टिप्न हिँड्ने क्रममा आज बिहान साहलाई सडकमा हात्तीले कुल्चेर मारेको उनले जानकारी दिए । सिलगुढी निवासी उनी एक वर्षअघिदेखि छोरीको घरमा बस्दै आएकी थिइन् । झापामा छ दिनअघि मात्र जङ्गली च्याउ टिप्ने क्रममा हल्दिबारी गाउँपालिका–२ मा ५३ वर्षीय गिरेन कर्मकारलाई जङ्गली हात्तीले किल्चेर मारेको थियो । डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले चालु आर्थिक वर्षमा मात्र जिल्लामा हात्तीको आक्रमणबाट आठ जनाको ज्यान गएको जानकारी दिए । ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं र पनि जोडिन सक्नुहुन्छ । काठमाडौँ । पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नम्बर १ मा रहेको आफ्नै घरमा काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाल काठमाडौँ । बङ्गलादेशमा सरकारी आरक्षण कोटाको विरोधमा भएको आन्दोलन हिंसात्मक हुन थालेपछि नेपाली विद्यार्थी धमाधम स्वदेश फर्कन थालेका छन् । काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा दुई तिहाइ बहुमतको विश्वास प्राप्त गरेका छन् । आइतवार प्रतिनिधि सभामा उनले काठमाडौँ । बागमती प्रदेशमा नयाँ सरकार गठनको आह्वान भएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा काठमाडौँ । ललितपुर महानगरपालिकाले एक सय ६ वर्ष पुरानो दमकल पुनः सञ्चालनमा ल्याएको छ । | nepalipatra.com |
2,859,819 | छैटौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले महिलालाई हरेक क्षेत्रमा सहभागी गराउन जरुरी रहेको बताइन । मन्त्री चौधरीले भनिन“महिलालाई निर्णायक ठाउँमा पुर्याउनका लागि सबै वर्ग, क्षेत्र र तहले अवसर दिनु आवश्यक छ । सम्पत्तिको अधिकार भन्ने कुरा धेरैलाई थाहा छैन । सम्पत्तिमा आफ्नो अधिकार हुन्छ भन्ने विषयमा अधिकांश महिला जानकार छैनन् । विभिन्न सङ्घसंस्था, स्थानीय तह, जनप्रतिनिधि तथा सरोकार भएका सबैले यसबारे सुसूचित गर्नुपर्छ ।” उनले हिंसा पीडित महिलाहरूको पुनःस्थापना गर्न सातै प्रदेशमा ‘सेफ हाउस’ निर्माणका लागि बजेट माग गरिए पनि बजेट विनियोजन नभएको उनले भने, “बजेटमा पनि महिला मन्त्रालयलाई प्राथमिकतामा पारिएको छैन । सेफहाउस निर्माणका लागि बजेट माग गरिएको थियो, तर बजेट सीमित भएकाले विनियोजन भएन ।” निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले महिलाको जनसङ्ख्या धेरै हुने तर मतदाता नामावली भने किन कम भन्नेमा प्रश्न गरिन । उनले भनिन “कानुनमा सुधार गर्नुपर्छ । महिलालाई प्रत्यक्षबाट निर्वाचनमा उठाउनै पर्छ । कतिपय स्थानीय तहमा पुरुषको मात्र वर्चश्व देखिन्छ, यसलाई सुधार गर्नु आवश्यक छ । | newskarobar.com |
2,422,126 | नेपालगञ्ज उपमहानगरपालिकाले छाडा पशु चौपायाको व्यवस्थापनमा लापरवाही गरेकै कारण सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित कटकुवा वन क्षेत्रमा गाईगोरु मरेको अवस्थामा भेटिएको बताइएकाे छ । उपमहानगरपालिकाले छाडा गाई र गोरुको उचित व्यवस्थापन गर्ने भन्दै दैलेख पठाउँदा बीचबाटोमै २५ गाईगोरु शुक्रबार मृत फेला परेका थिए । २९१ गाई र गोरुमध्ये २५ गाई र गोरु वीरेन्द्रनगरको कटकुवा जङ्गलमा मृत फेला परेको प्रहरीले जनाएको छ । कतिपय गाई र गोरु भिरमा तथा केही सडक छेउछाउमा मृत फेला परेका थिए । नेपालगञ्ज बजारमा छाडा रुपमा छाडिएका गाई–गोरुलाई दैलेखको धार्मिक क्षेत्र श्रीस्थानमा छाड्नका लागि लैजाने क्रममा बाटोमा घटना भएको बुझिएको छ । सो विषयमा नेपालगञ्ज उपमहानगरपालिका मेयर धवलशमशेर राणाको प्रतिक्रिया लिन पटक पटक सम्पर्क गर्दा सम्पर्कमा आएनन् । तर नेपालगञ्ज उपमहानगरपालिकाका सूचना अधिकारी शरदकुमार पौडेलको गोरु भिरबाट खसालेको भन्ने आरोप सत्य नभएको दाबी गरेका छन् । ‘गाई र गोरुसँगै नगरप्रहरीको टोलीसमेत पठाएका थियौँ, बीच बीचमा कोही व्यक्तिले गाई र गोरु लिन चाहेमा उनीहरुलाई बाँड्दै जाने गरी पठाएका थियौँ,’ पौडेलले भने । उनका अनुसार आठ ट्रकमा २९१ गाई र गोरु नेपालगञ्जबाट पठाइएको थियोे । नेपालगञ्जको काञ्जीहाउस सानो भएकाले नअटेर जिल्ला प्रशासन कार्यालय बाँकेसँगको समन्वयमा गाई र गोरु पठाइएको बताइएको छ । राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले सुर्खेतको जङ्गलमा गाईगोरुको मृत्यु भएको विषयलाई पार्टीले गम्भीरतापूर्वक लिएको भन्दै यसबारे सुक्ष्म ढंगले छानबिन गरिनुपर्नेमा जोड दिए । नेपालगन्ज उपमहानगरपालिकामा आफ्नै पार्टीको नेतृत्व रहेको उल्लेख गर्दै उनले यो कसरी हुन पुग्यो भन्नेबारे पार्टीबाट आन्तरिक रुपमा पनि बुझ्ने काम भइरहेको बताए । ‘पार्टी यसमा गम्भीर बनेको छ, नेपालगञ्जका मेयर धवलशमशेर राणा पार्टीको जिम्मेवार नेता र सम्मानित व्यक्तित्व हुनुहुन्छ । यो कसरी हुन पुग्यो भन्नेबारे उहाँले पनि छानबिन गरिरहनुभएको छ । दोषी जो कोही भएपनि कारबाहीमा ल्याइनुपर्छ भन्नेमा पार्टी दृढ छ । ’ उनले भने । | ratopati.com |
4,159,306 | - जिल्ल्ला प्रहरी कार्यालय बागलुङले पछिल्लो डेढ महिनामा १०९ जना फरार प्रतिवादी पक्राउ गरेको छ। प्रहरीको सक्रियतासँगै फरार अभियुक्त पक्राउ, घरेलु मदिरा नष्ट र गाँजा फडानीले तीव्रता पाएको छ। जिल्ला अदालत बागलुङबाट मुद्दा फैसला भएका १०९ फरार प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बागलुङमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय बगालुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए। नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला । | nepallive.com |
6,133,086 | काठमाडौं महानगरपालिकाले माछामासु, तरकारी तथा फलफुल व्यवसायलाई १५ दिनभित्र सूचीकृत हुन भनेको छ । महानगरपालिकाले एक सूचना जारी गर्दै महानगरभित्र सञ्चालनमा रहेको तरकारी, फलफूल बजार, नर्सरी, कोल्ड स्टोर र मासु तथा माछाजन्य उद्योग व्यवसाय दर्ता हुन भनेको हो । ‘महानगरपालिकामा व्यवसाय दर्ता गरेर कृषि तथा पशुपन्छी विभागमा सूचीकृत नभएमा कारबाही हुनेछ,’ सूचनामा भनिएको छ । कृषि तथा पशुपन्छी विभागका प्रमुख डा. अवधेश झाले महानगरभित्र रहेको सबैखाले व्यवसायहरुलाई करको दायरामा ल्याउने, नियमन गर्नका लागि सूचीकृत गराउन लागेको बताए । | onlinekhabar.com |
3,703,163 | पर्वतको फलेवास जुम्ला– भौगोलिक हिसाबले विकट कर्णालीका दुर्गम जिल्लाको पूर्वाधार विकासका लागि बहुर्षीय योजनाको विकल्प छैन । महेन्द्रनगर– सुदूरपश्चिम प्रदेश सरकारको गौरवको योजनामा समेटिएको कञ्चनपुरको बेलौरी, कलुवापुर, बङ्क, नाइल बुडर सडकखण्ड कालोपत्रेको म्याग्दी– धवलागिरि, मालिका र मंगला गाउँपालिकालाई सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडकअन्तर्गत फापरखेतको पहिरोले बर्खा म्याग्दी– अन्नपूर्ण गाउँपालिका–५ स्वाँत गाउँमा निर्माण भएका चार वटा योजनाको उद्घाटन गरिएको छ । स्वाँतमा म्याग्दी– पर्वतको जलजला गाउँपालिका–२ पूर्णगाउँ, मूलघडेरी, नेपानेको खेतीयोग्य जमिन बगर बनेको छ । वडा नम्बर महेन्द्रनगर– कञ्चनपुरको पूर्वाधार विकास कार्यालयमा आर्थिक वर्ष २०७९/०८० मा सडक तथा पुल निर्माणका लागि आएको लमजुङ– यातायात सम्बन्धी सेवा प्रवाह थपिएसँगै पूर्वाधार विकास कार्यालयको राजस्व पनि बढेको छ । अघिल्लो भक्तपुरको डेकोचा चाँगु हुँदै साँखु सलम्बुटार जोड्ने सडक विस्तार हुने भएको छ । | karobardaily.com |
5,934,793 | काठमाडौँ – ‘राष्ट्रिय लोकदोहोरी महोत्सव-२०७८’काठमाडौंको टुँडिखेलमा शनिबारदेखि हुने भएको छ । आयोजक डिएआर मुभिज एण्ड फिल्मस् लिमिटेडले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै महोत्सवबारे जानकारी दिएको हो । पाँच दिनसम्म चल्ने महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले उद्घाटन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । खुल्ला प्रतियोगीतामध्येकै पहिलो ठूलो पुरस्कार राशीको महोत्सवमा ७० भन्दा बढी समूहको सहभागिता रहने महोत्सव मूल आयोजक समितिका अध्यक्ष नमराज ढुंगानाले जानकारी दिए । महोत्सवमा प्रथम हुने समूहलाई ५ लाख रुपैयाँसहित अन्य पुरस्कार प्रदान गरिने ढुंगानाले जानकारी दिए । त्यस्तै, द्वीतिय, तृतिय र सान्त्वना हुने समूहले क्रमश ३ लाख, २ लाख र १ लाख रुपैयाँसहित अन्य पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको निर्णायकमा गायक-गायिकाहरु पुरुषोत्तम न्यौपाने, घमेश दुलाल, हरि थापा, सीता थापा, रीता थापा, कमलीकान्त भेटवाल र शिव हमाल रहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो । प्रतियोगितामा अमृत खाती, मिनामैया थापा, भिमसेन खतिवडा, सरोज लामिछाने, रविन लामिछाने, कल्पना दाहाल र रामकुमार नेपाली सम्मिलित निर्णायक मण्डलसमेत रहने छ । निर्णायक मण्डलका अमृत खातीले प्रतिस्पर्धीहरुको मूल्यांकन हुने आधारका बारेमा जानकारी गराएका थिए । महोत्सवमा उत्कृष्ट गायक-गायिका एवं नवप्रतिभा पुरस्कार समेत प्रदान गरिनेछ । महोत्सवमा ६४ समूहबाट विभिन्न जात जातिहरुको संस्कृति झल्कने झाँकी प्रदर्शनी गरिने, विभिन्न विधाका चर्चित कलाकारहरुको दैनिक प्रस्तुति रहने, विभिन्न स्रष्टा सर्जकलाई सम्मान गरिने साथै निःशुल्क स्वास्थ्य परीक्षणको समेत व्यवस्था गरिएको छ । टुबोर्गको प्रस्तुती रहेको महोत्सवमा मुख्य प्रायोजनमा बागेश्वरी खड्का हाउजिङ डेभलपर्स रहेको छ । आयोजक डिएआर मुभिज एण्ड फिल्मस् लिमिटेडका निर्देशक श्याम धितालले नेपाली लोकगीत संगीतको जगेर्ना गर्ने उद्देश्यका महोत्सव आयोजना गरिएको बताउँदै दर्शकलाई प्रवेश नि:शुल्क गरिएको जानकारी दिए । | khabarhub.com |
4,496,341 | हेटौंडा उपमहानगरपालिका-१३ वनस्पति (सुकुम्बासी टोल) का ८५ वर्षीय राम बहादुर स्याङ्तान घरनजिकैको कुखुरेनी खोलामा बिहान ५ बजेदेखि नै बालुवा चाल्न सुरु गर्छन्। कयौं वर्षदेखि बालुवा चाल्दै आएका उनी वृद्ध उमेरमा रहरले काम गरिरहेका होइनन्, जीविका चलाउने कुनै उपाय नदेखेपछि बालुवा चाल्नु उनको बाध्यता हो। राम्ररी उभिनसम्म नसक्दैनन् राम बहादुर। तर पनि शरीरलाई जबरजस्ती जोड दिएर बल्लतल्ल दुई महिनामा एक टिप बालुवा चाल्ने गरेको उनी सुनाउँछन्। छोरी र ज्वाईसँगै बस्दै आएका उनलाई कसैको बोझ हुन नपरोस् भन्ने लाग्छ। अहिले राम बहादुरको गाउँलाई पनि निर्वाचन लागेको छ। स्थानीय तह निर्वाचन संघारमा पुग्दा विभिन्न दलका नेताहरु विभिन्न आश्वासन बोकेर गाउँ छिर्न थालेका छन्। रामबहादुर भने नेताहरुले काम नगरे पनि आफ्नो मताधिकार भने प्रयोग गर्नुपर्ने बताउँछन्। ‘अहिलेसम्म भोट माग्न आउने नेताहरु कोहिले केही गरेर देखाएको छैन। देखेको पनि छैन। तर, भोट त हाल्नै पर्छ,’ उनले भने। राम बहादुर जस्तै ८० वर्षीय कृष्ण बहादुर स्याङ्तान पनि नेताहरुको कुरा सुनेर दिक्क भएका छन्। २०५० सालमा बाढीले घर लगेपछि उनी सुकुम्बासी टोलमा आएका थिए। त्यहाँ आएदेखि उनको पनि पेशा बन्यो : बालुवा चाल्ने। बिहान ४ बजेदेखि नै बालुवा चाल्न उनी बगर पस्छन। ‘घरमा केही छैन। काम नगरी के खाने ? पसलमा उधारो दिन्न’ उनले भने।’ निर्वाचन लागेसँगै उनको गाउँमा विभिन्न दलले चुनावी कार्यक्रमहरु गरिरहेको छन्। अहिले आश्वासन दिएर जाने नेतहरु पछि निर्वाचन सकेपछि कहिलै फर्किएर नआएको उनको गुनासो छ। ‘नेताहरुले चुनावका बेलामा हामीलाई लालपुर्जा दिने, घरघडेरी दिने भनेर कार्यक्रममा भनेको थियो। अब चुनाव आयो सबै त्यसो भन्न आउँछन्। चुनाव सकेपछि हामीलाई फर्केर पनि हेर्दैनन्’ उनले भने, ‘नेताहरु चुनावको बेलामा मात्रै हजुर भनेर आउँछन्।’ उनी पनि नेताहरुले आफूहरुका लागि केही नगरे पनि मत भने हाल्न नछाड्ने बताउँछन्। ‘भोट त हाल्नै पर्यो। अहिलेसम्म हामिले कुनै नेताको पानी पनि खाको छैन। अब चाँही जसले हामी गरिबलाई माया गर्छ त्यसैलाई भोट हाल्नुपर्ला,’ उनले भने। सुकुम्बासी टोलीमा राम बहादुर र कृष्ण बहादुर जस्तै १५ जना भन्दा बढी वृद्धवृद्धाहरुको दैनिकी बालुवा चाल्नु हो। बस्तीमा भने करिब ७०० जना बस्दै आएका छन्। हरेक निर्वाचनमा नेताहरु आएर गाँसबासको ग्यारेन्टरी गर्ने गरे पनि निर्वाचन पछि नेताहरु सुकुम्बासी बस्ती नै नपस्ने स्थानीयको गुनासो छ । | pahilopost.com |
73,937 | काठमाडौ - नेकपा एमालेका महासचिव शंकर पोखरेलले तस्करी मौलाउँदै गएपछि राजश्व कम उठेको बताएका छन् । सुन तस्करी प्रकरणको चर्चा परिचर्चा भइरहेको बेला एमाले महासचिव पोखरेलले यस्ताे टिप्पणी गरेका हुन्। ‘यतिवेला अस्वभाविक रुपमा राजश्व कम उठ्नुको कारण सरकारले वैधानिक अर्थतन्त्रलाई कमजोर बनाउँदै नियोजित रुपमा तस्करतन्त्र र दलाल नोकरशाही पूँजीवादलाई संरक्षण गर्नुको परिणाम हो, सरकारको गलत आर्थिक नीति र राजश्व प्रशासनमा गरिएको दुरुपयोगका कारणले राजश्वमा कमी आउँदा पूँजीगत खर्च कम हुन गै समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्न गएको छ र मुलुक आर्थिक मन्दीको चपेटामा प्रवेश गरेको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर, सरकार अर्थतन्त्रलाई कमजोर बनाउने कुकर्मलाई सुधार्ने पक्षमा अझै गम्भीर देखिएको छैन । यसप्रति सबै सरोकार पक्षको ध्यान जानु पर्दछ । | canadanepal.com |
1,929,393 | नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई अलोकप्रिय बनाउने र पार्टीलाई अनुचितरुपमा कब्जा गर्ने प्रयासलाई विफल तुल्याएर जनताका समृद्धिका अपेक्षा पूरा गर्नुपर्ने बताउनुभएको छ । कामपा–१४, मदननगर, बल्खुमा निर्माण हुने एमालेको केन्द्रीय कार्यालय भवनको आज शिलान्यास गर्दै अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनलाई सफलतातर्फ उन्मुख गराउँदै अघि बढ्नका लागि पार्टीमा रहेका अनुशासनहीन र अराजक पक्षलाई सम्झाउने–बुझाउने र सच्याएर मूलधारमा कायम राख्ने कोशिश भइरहेको स्पष्ट गर्नुभयो । पार्टीभित्रको विवादबारे अध्यक्ष ओली र नेता माधवकुमार नेपालबीच बुधबार भेटवार्ता भएको थियो । “केही व्यक्तिको चरम महत्वाकाङ्क्षा, अरुले हासिल गरेको सफलताबारे सुन्न नचाहने सङ्कीर्ण आत्मकेन्द्रित स्वार्थका कारण हाम्रो पार्टीमाथि सङ्गठित र निकृष्टरुपमा हमला गरियो । मलाई साधारण सदस्यसमेत नरहने गरी हटाएको घोषणा गरे”, नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसमा अवसरमा अध्यक्ष ओलीले भन्नुभयो, “पार्टीलाई अनुचित हिसाबले कब्जा गर्ने क्रियाकलाप र ‘फ्लोर क्रस’जस्ता अराजक दृष्य यसअघि कहिल्यै देखिएको थिएन । पार्टीमा अब यस्तो चल्दैन । हामी सुदृढ र गतिशील सङ्गठन निर्माणको प्रक्रियामा अघि बढेका छौँ ।
अध्यक्ष ओलीले कुनै गुटगत तवरमा पार्टीभित्र अनुशासनहीन र अराजक पक्षसँग पार्टीले सम्झौता नगर्ने स्पष्ट गर्दै गल्ती महसुस गरी अनुशासित भएर काम गर्न सबैलाई अवसर भएकाले सम्झाउने र सच्याउने कोशिशलाई कमजोरी नठान्न आग्रह गर्नुभयो । उहाँले न्याय, समता र समृद्धिको परिकल्पनासहित कम्युनिष्ट आन्दोलनका अगुवाले असाधारण दूरदर्शितासहित पार्टी स्थापना गरेकाले उक्त लक्ष्य आफूहरुले पूरा गर्नुपर्ने बताउनुभयो ।
सो स्थानमा एमालेका १३ रोपनी जग्गा छ । पुनः निर्माणको लागत र अवधि सार्वजनिक गरिएको छैन । भूकम्पपछि एमालेको केन्द्रीय कार्यालय धूम्रबाराहीमा रहेकामा आजदेखि थापाथलीमा शुभारम्भ भएको छ ।कार्यक्रममा एमालेका महासचिव ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, प्रवक्ता प्रदीपकुमार ज्ञवालीलगायत नेता सहभागी हुनुभएको थियो । | pokharanews.com |
3,105,921 | यु–२३ उमेर समूहको फुटबल टोलीले बंगलादेशको सोही उमेर समूहको युवा टोलीसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । एएफसी च्याम्पियनसिप फुटबलको छनोट खेलको तयारीका लागि नेपाली टोलीले बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो । अखिल नेपाल फुटबल संघ(एन्फा)ले छनोटको तयारीमा रहेका नेपाल र बंगलादेशका २३ वर्षमुनिको टोलीबीचको खेल २७ असारमा काठमाडौंमा हुने जनाएको छ । आगामी महिना हुने छनोट खेलमा नेपाल, संयुक्त अरब इमिरेट्स (युएई), उज्वेकिस्तान र लेबनन रहेको समूह ‘डी’ मा छ । उक्त समूहको छनोट खेल युएईमा हुनेछन् । नेपालले करिब दुई हप्ताअघिदेखि प्रशिक्षक राजुकाजी शाक्य र सहायक प्रशिक्षक प्रकाश अर्यालको प्रशिक्षणा तयारी गरिरहेको छ । (सौस) सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं । | souryaonline.com |
3,267,278 | नेपाल र भारतबीच ६ वटा समझदारी (एमओयू) तथा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणमा ती समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री मोदीको उपस्थितिमा सम्बन्धित देशका अधिकारीले ती समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सोमबार बुद्धिस्ट अध्ययनको लागि डा. अम्बेडकर चेयर स्थापना गर्ने समझदारीपत्रमा लुम्बिनी बुद्धिस्ट युनिभर्सिटी र इण्डियन काउन्सिल अफ कल्चरल रिलेसन (आईसीसीआर)बीच हस्ताक्षर भएको छ । यस्तै, भारतीय अध्ययनको लागि आईसीसीआर चेयरको स्थापनासम्बन्धी समझदारीपत्रमा त्रिभुवन विश्वविद्यालय र आईसीसीआरबीच हस्ताक्षर भएको छ । भारतीय अध्ययनको लागि आईसीसीआर चेयरको स्थापना गर्नेसम्बन्धी समझदारीपत्रमा काठमाडौं विश्वविद्यालय र आईसीसीआरबीच हस्ताक्षर भएको छ । काठमाडौं विश्वविद्यालय र इण्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास (आईआईटी–एम)बीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । सोमबार नै काठमाडौं विश्वविद्यालय र इण्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) भारतबीच स्नातकोत्तर तहमा संयुक्त कार्यक्रम सञ्चालन गर्नेसम्बन्धी लेटर अफ एग्रिमेन्ट भएको छ । अरुण ४ आयोजनाको विकास र कार्यान्वयनका लागि भारतको विद्युत उत्पादक सतलज र नेपाल विद्युत प्राधिकरणबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । | nepalijanta.com |
5,437,784 | जिल्लास्थित तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मीले शनिबार आगलागी नियन्त्रणसम्बन्धी चेतनामूलक अभ्यास प्रस्तुत गरेका छन् । डिभिजन वन कार्यालय खोटाङले सुरु गरेको अग्नि नियन्त्रणसम्बन्धी साताव्यापी कार्यक्रमअन्तर्गत सुरक्षाकर्मीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित चन्द्रमान सामुदायिक वनमा संयुक्त अभ्यास गरेका हुन् । | gorkhapatraonline.com |
1,841,500 | पर्वतको कुश्मा नगरपालिका- १ मालढुङ्गास्थित कालीगण्डकी नदी किनारका मजदुरले कालीगण्डकीबाट बालुवा निकाल्न पाउनुपर्ने माग गरेका छन् । नदीजन्य पदार्थ उत्खननमा प्रशासनले रोक लगाएपछि उनीहरु आन्दोलित बनेका हुन् । मजदुरले कुश्मा नगरपालिका र जिल्ला प्रशासन कार्यालयसँग नदीजन्य पदार्थ उत्खनन् गर्न दिन माग गरेका हुन् । सङ्घर्ष समिति बनाएर आन्दोलनरत मजदुरले जिल्ला प्रशासन कार्यालय र नगरपालिकामा ज्ञापनपत्रसमेत बुझाएका छन् । सर्वोच्च अदालतले केही समयअघि नदीजन्य वस्तु एस्काभेटर लगाएर दोहन गर्न नपाउने गरी अन्तरिम आदेश दिएको थियो । उक्त आदेशकै कारण प्रशासन र नगरपालिकाले खनीखोस्री गरेका मजदुरलाई पनि अवरोध गरेको मजदुरको गुनासो छ । मजदुरलाई बेरोजगार बनाएर काम गर्न नदिएको भन्दै कि अर्को काम चाहियो, कि भने बालुवा झिक्न पाउनुप¥यो भन्दै उनीहरुले नगरपालिकामा ज्ञापन बुझाएका हुन् । उनीहरुले आफ्नो जीवनको सुरक्षासमेत गरिदिन आग्रह गरे । नदीमा एस्काभेटर लगाएर बालुवा झिक्दा नदीको बहावै फेरिएको भन्दै विवाद आउने गरेको थियो । ठेकेदारले नदी दोहन गरेको विषयमा अदालतमा मुद्दासमेत परेको थियो । तर यसअघिका उच्च अदालतका आदेश पालना भएका थिएनन् । प्रशासनले रोक लगाएपछि पर्वत र बागलुङतर्फसमेत उत्खनन रोकिएको छ । मजदुरले भने रोक लगाएकै भए पनि डोजरलाई हुनुपर्ने भन्दै खनीखोस्री गरेर घर तथा अन्य निर्माणका लागि सामग्री तयार गर्ने काममा रोक लगाउँदा मजदुरको दैनिकी मात्र नभई घर बनाउन चाहनेका लागि पनि समस्या भएको बताएका छन् । बालुवाका भरमा परिवार पाल्दै आउनुभएका कमला थापाले आफ्नो रोजीरोटी खोसिएको गुनासो गर्नुभएको छ । उहाँले नदीको बालुवामा आश्रित परिवार भोकभोकै भएको सुनाउनुभयो । मालढुङ्गाका अप्सरा विक र दानमती माझीले पनि बालुवा झिकेर बिहान बेलुकाको छाक टार्दै आउनुभएको छ । स्थानीय सरकार र जिल्ला प्रशासनले मजदुरलाई कि बालुवा निकाल्न दिनुपर्ने कि वैकल्पिक रोजगारी दिनुपर्ने माग गरिएको माझी र विकले बताउनुभयो । कालीगण्डकी नदीमा आश्रित मजदुर निरन्तररुपमा आफ्ना माग लिएर सरकारी कार्यालयमा धाइरहे पनि समस्या समाधान भएको छैन । मालढुङ्गाका झण्डै २०० परिवारले कालीगण्डकी नदीबाट बालुवा उत्खनन गरेर जीविकोपार्जन गर्दै आएका छन् । | arthasarokar.com |
5,070,237 | महासंघका वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेल र जिल्ला शाखा अध्यक्ष सविन प्रियासनले आज उनलाई सहयोग स्वरुप रु एक लाख २६ हजार ६५ प्रदान गरे। सो रकम महासंघका जिल्ला, प्रदेश, केन्द्रीय सभासद् तथा यहाँका सञ्चारमाध्यमले उपलब्ध गराएका थिए। केन्द्रीय सभासद् समेत रहेका रिजालको उपचारकालागि महासंघ शाखाले सहयोग अभियानको शुरुआत गरेको छ । | nepalkhabar.com |
489,008 |
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बलियो संसद लोकतन्त्रको आधारशिला भएको हुँदा संसदलाई लोकतन्त्रको मन्दिरका रुपमा लिइँदै आएको बताएका छन् । संसद् दिवसका अवसरमा आइतबार शुभकामना सन्देशमा जारी गर्दै सभामुख घिमिरेले कानुन निर्माण प्रक्रियामा सुधार तथा जनप्रतिनिधिको क्रियाशीलताले संसद र संसदीय प्रक्रियामा देखिएका कमजोरीलाई सुधार गर्न सकिने उल्लेख गरेका छन् । संसदप्रति जनताको आस्था र विश्वासलाई उचाइमा पुर्याउन सबैको योगदान उत्तिकै महत्त्वपूर्ण रहेको उनको भनाइ छ । ‘बलियो संसद लोकतन्त्रको आधारशिला हो । त्यसैले संसदलाई लोकतन्त्रको मन्दिरको रुपमा लिइन्छ । लोकतान्त्रिक संसदको आधारभूत चरित्र भनेको पारदर्शी, जनउत्तरदायी र समावेशी आवाजलाई प्रतिनिधित्व गर्ने हो । संविधानले निर्दिष्ट गरेका सिद्धान्त र मान्यताको आधारमा नेपालको संसदीय व्यवस्थालाई बलियो बनाउने दायित्व हामी सबैको हो । कानून निर्माण प्रक्रियामा सुधार तथा जनप्रतिनिधिको क्रियाशीलताले संसद र संसदीय प्रक्रियामा देखिएका कमजोरीलाई सुधार गर्न सकिन्छ,’ सभामुखद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । वि.सं. २०१६ साल असार १६ गते नेपालमा संसदको पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाउने गरिएको छ । संसद स्थापनाको स्मरण गर्दै संघीय संसद र परामर्शदातृ संस्था पूर्वसांसद मञ्चले विविध कार्यक्रम गर्दै संसद दिवस मनाउँदै आएका छन् । | lokpath.com |
2,076,972 | सदरमुकाम चामेस्थित मर्स्याङदी नदीमाथिको मोटरेबल पुलमा जेसिबी फसेको छ। नदीले बगाएर ल्याएको काठ, बालुवा र ढुङ्गा पुलबाट निकाल्ने क्रममा जेसिबी र अपरेटर फसेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए। मौसम अनुकूल भए जेसिबी निकाल्ने प्रयास गरिने प्रजिअ लामिछानेले जानकारी दिए। जेसिबी बीच भागमा नै रहे पनि नार्पाभूमि गाउँपालकाका अपरेटर सर्लाहीका बरथुवा नगरपालिका–७ स्थायी घर भएका २७ वर्षीय मुकेशकुमार कुशवारको सकुशल उद्धार गरिएको उनले बताए। जिल्लामा रहेको क्याराभान कम्पनीको एउटा मात्रै डोजर पनि मस्र्याङ्दी नदीको बीचमा फसेको हो। नदीको सतह घटेपछि पुलमा अड्किएको काठ, ढुङ्गा र बालुवा निकाल्न थालिएको हो। पुलमा बालुवा रहेकाले केही भाग भासिएकाले डोजर अड्किएको हो। पुलमा बाढीले बगाएर ल्याएको काठ, ढुङ्गा र बालुवा अड्किएर पानी जाने बाटो अवरोध हुँदा नदीले बस्तीतर्फ धार परिवर्तन गरेको छ। नदीलाई पहिलेको धारमा फर्काउन पुलमा अड्किएको काठ, ढुङ्गा र बालुवा निकाल्न अत्यावश्यक देखिएको छ। | nagariknews.com |
1,058,604 | २०८१ साउन ८ गते सूचनाको घर, मकालुखबर सबै शीर्ष नेता निर्वाचनमा को कुन जिल्ला खटिएका छन्, शिर्षकमा यो खबर आजको नयाँ पत्रिकामा छ । प्रधानमन्त्री देउवा ६ दिन काठमाडौंबाहिर रामचन्द्र पौडेल नवलपरासी, रुपन्देही र कपिलवस्तुको प्रचारमा जाने महामन्त्री शशांक कोइराला अमेरिकातिर कोषाध्यक्ष सीतादेवी यादव तराईमै व्यस्त अनुगमन गर्न डा। प्रकाशशरणको नेतृत्वमा कार्यदल – महत्वपूर्ण ठाउँमा कांग्रेसका ठूलै नेता भीमसेनदास प्रधान ताप्लेजुङ अर्जुनप्रसाद जोशी पाँचथर श्यामकुमार घिमिरे इलाम डा. रामशरण महत झापा प्रकाशमान सिंह)जीवन परियार संखुवासभा जगदीश्वरनरसिंह केसी तेह्रथुम बहादुरसिंह लामा तामाङ भोजपुर मोहनबहादुर बस्नेत धनकुटा विमलेन्द्र निधि मोरङ अर्जुननरसिंह केसी सुनसरी यज्ञबहादुर थापा सोलुखुम्बु राजेन्द्रकुमार केसी खोटाङ प्रकाश शर्मा पौडेल ओखलढुंगा तेजुलाल चौधरी उदयपुर चन्द्रबहादुर कुँवर गुल्मी ध्रुव वाग्ले पाल्पा कमला पन्त अर्घाखाँची रोमी गौचन थकाली(रञ्जित कर्ण नवलपरासी महेन्द्र यादव(शंकर भण्डारी रुपन्देही धनराज गुरुङ(रामकृष्ण यादव कपिलवस्तु गोविन्द भट्टराई रुकुम उदयशमशेर राणा रोल्पा रामचन्द्र पोखरेल(खड्गबहादुर बस्याल प्युठान सुरेन्द्रराज पाण्डे दाङ हृदयराम थानी बाँके चित्रलेखा यादव(उमाकान्त चौधरी(रेशमबहादुर बानियाँ बर्दिया इन्द्र बानियाँ बाजुरा मोहनप्रसाद बराल अछाम प्रदीप पौडेल बझाङ चन्द्र महर्जन डोटी रत्न शेरचन कैलाली गगनकुमार थापा दार्चुला तप्तबहादुर विष्ट बैतडी शेषनाथ अधिकारी डडेल्धुरा जीवनबहादुर शाही कञ्चनपुर प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा गृहजिल्ला डडेल्धुराबाट भोट हाल्दै छन् । पुख्र्यौली घर डडेल्धुराको गन्यापधुरा गाउँपालिकास्थित असिग्राम उमाविमा उनले भोट हाल्ने उनका स्वकीय सचिव भानु देउवाले बताए । तीन प्रदेशमा हुने निर्वाचनको प्रचारका लागि एमालेका शीर्ष नेताहरू जिल्ला खटिएका छन् । केन्द्रीय प्रचार विभागका अनुसार शीर्ष नेताहरू अहिले पनि जिल्लामै छन् । अध्यक्ष केपी ओलीदेखि, वरिष्ठ नेताद्वय, उपाध्यक्षहरू, महासचिव, उपमहासचिव, सचिवदेखि स्थायी समिति सदस्यसम्मका नेता प्रचारमा खटिएको एमालेले जनाएको छ । एमाले नेता को–कहाँ ? अध्यक्ष केपी ओली झापा झलनाथ खनाल(सुवास नेम्वाङ इलाम माधवकुमार नेपाल सम्पर्क मञ्चको कार्यक्रम उपाध्यक्ष वामदेव गौतम प्युठान उपाध्यक्ष युवराज ज्ञवाली दाङ उपाध्यक्ष भीम रावल ७ नम्बर प्रदेशका जिल्ला महासचिव ईश्वर पोखरेल ओखलढुंगा, भोजपुर र धनगढी उपमहासचिव विष्णु पौडेल ५ नम्बर प्रदेश उपमहासचिव घनश्याम भुसाल(छविलाल विश्वकर्मा रूपन्देही सचिवद्वय प्रदीप ज्ञवाली(गोकर्ण विष्ट गुल्मी सचिव पृथ्वी सुब्बा गुरुङ ओखलढुंगा सचिव एवं प्रदेश नम्बर १ का इन्चार्ज भीम आचार्य सुनसरी सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई ताप्लेजुङ शंकर पोखरेल दाङ कृष्णबहादुर महरा दाङ देव गुरुङ बाग्लुङ र रुकुम वर्षमान पुन र कुलप्रसाद केसी रोल्पा गिरिराजमणि पोखरेल मोरङ टोपबहादुर रायमाझी अर्घाखाँची राम कार्की ओखलढुंगा, सोलु र झापा शक्ति बस्नेत बाँके र बर्दिया गोपाल किराती प्रदेश नम्बर १ लेखराज भट्ट र लीलामणि पोखरेल प्रदेश नम्बर ७ मणि थापा प्युठान चक्रपाणि खनाल रुपन्देही र कपिलवस्तु माओवादीको बलियो पकड मानिएको रोल्पामा आधा दर्जन केन्द्रीय नेता परिचालन भएका छन् । नेता वर्षमान पुनलाई रोल्पा नगरपालिका र माडी गाउँपालिका, कुलप्रसाद केसी सोनामलाई रुन्टीगढी गाउँपालिका र त्रिवेणी गाउँपालिका, जोगबहादुर महरालाई सुवर्णवती गाउँपालिका र लुंग्री गाउँपालिका, झक्कु सुवेदीलाई थवाङ गाउँपालिका, जयपुरी घर्तीलाई दुईखोली गाउँपालिका, दीपेन्द्र पुन सिजललाई सुकिदह गाउँपालिका र मानबहादुर बूढालाई सुनछहरी गाउँपालिकाको नेतृत्व गर्ने गरी जिम्मेवारी तोकिएको छ । राप्रपाका को कहाँ ? दीपक बोहरा रुपन्देही, राजेन्द्र लिङ्देन झापा जयन्त चन्द प्रदेश नं. ७, सुनीलबहादुर थापा धनकुटा (डा। बाबुराम भट्टराई प्रदेश नं. १ (देवेन्द्र पौडेल प्रदेश नं. ५ (हिसिला यमी प्रदेश नं. ७ नेपाल लोकतान्त्रिक फोरमले प्रदेश छुट्याएर कमान्डरहरू खटाएको छ । प्रदेश नं। १ मा पार्टी अध्यक्ष विजयकुमार गच्छदारको नेतृत्वमा नेताहरू खटिएका छन् । महामन्त्री रामजनम चौधरीका अनुसार प्रदेश नं। ५ मा उपाध्यक्षद्वय गोपाल दहित र शिवलाल थापाको नेतृत्वमा देवप्रसाद दुरा, वकिल मुसलमानलगायतका नेता खटिएका छन् । प्रदेश नं। ७ मा महामन्त्री रामजनम चौधरीको नेतृत्वमा सांसद जनक चौधरी र आरसी यादवलगायतका नेताहरूलाई खटाइएको छ । जिल्लामा खटिएका नेताहरूले आवश्यकताअनुसार अन्य नेताहरूको पनि सहयोग लिन सक्ने महामन्त्री चौधरीले बताए । | makalukhabar.com |
2,843,626 | यस्तै, सिभिल बैंकको भने फागुन ८ गतेदेखि ११ गतेसम्म सबै सेवाहरू बन्द रहने छ ।
हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति (एक्विजिसन) गर्न अन्तिम स्वीकृति पाएको छ । राष्ट्र बैंक सञ्चालक समितिको बैठकले हिमालयन र सिभिल बैंकबीचको प्राप्ति प्रक्रियालाई अन्तिम स्वीकृति दिने निर्णय गरेको हो । उक्त निर्णयसँगै हिमालयन र सिभिल बैंकबीचको प्राप्ति प्रक्रिया पूरा भएको छ
पछिल्ला दिनमा विभिन्न बजार तथा पेशाहरु धमाधम डिजिटल रूपमा विस्तार भइरहेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको अग्रसरता, फोनपे र विभिन्न बैंकको सक्रियताका कारण डिजिटल अभियान साकार हुँदै गएको हो । पछिल्लो समयमा सिभिल बैंकले विभिन्न सहर तथा
‘समृद्धिको लागि सिभिल बैंक’ भन्ने नाराका साथ अगाडि बढेको सिभिल बैंकले ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ गो-क्यासलेस अभियानको थालनी गरेको छ । जनकपुर उपमहानगरपालिकाका उपमेयर किशोरी साहको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो । जनकपुर उपमहानगरपालिकाका उपमेयर किशोरी साहद्वारा टेम्पो व्यवसायी
सिभिल बैंकले आफ्नो १२औं वार्षिकोत्सवको अवसरमा डिजिटल सुदूरपश्चिमको थालनी गरेको छ । बैंकले सुदूरपश्चिम प्रदेशको धनगढी र महेन्द्रनगरमा छुट्टाछुट्टै कार्यक्रमहरुको आयोजना गरी डिजिटल सुदूरपश्चिम अभियान थालनी गरेको बताएको छ । डिजिटल सुदूरपश्चिम अभियानलाई साकार गर्ने डिजिटल इको सिस्टमको विकास गर्नुपर्ने
सिभिल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रमअन्तर्गत पशुपति क्षेत्रमा रोपिएका बिरुवाहरुको संरक्षणको लागि २०० वटा ट्री-गार्ड उपलब्ध गराएको छ । सिभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सचिन जंग रायमाझीले उक्त ट्री-गार्डहरु पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार
सिभिल बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ‘सिभिल बैंक डिबेञ्चर २०८४’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो । बैंकले ५ वर्ष अवधि भएको वार्षिक ११ प्रतिशत ब्याज पाइने ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन पेश
हिमालयन बैंक र सिभिल बैंकबीच मर्जरका लागि सम्झौता शुक्रबार हुने भएको छ । दुई बैंकको सञ्चालक समितिको बैठकले मर्जर सम्झौतालाई अनुमोदन गरेसँगै औपचारिक मर्जरसम्बन्धी सम्झौतामा हस्ताक्षर हुन लागेको हो । सिभिल बैंक स्रोतका अनुसार हिमालयनले प्रति सेयर ८१ रुपैयाँका दर
सिभिल बैंकले पोखराको लेकसाइडमा नयाँ एटीएम सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो ९९औं एटीएम विस्तार गर्दै लेकसाइडमा सेवा सुरू गरेकाे हाे । एटीएमको समुद्घाटन बैंकका अध्यक्ष प्रतापजंग पाण्डेले गरे । एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा बैंकका सञ्चालक समितिका सदस्यहरु अम्बिर बोगटी, भिमानन्द
‘समृद्धिका लागि सिभिल बैंक' भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले मोरङको सुन्दरहरैँचा नगरपालिका–३, गछियामा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घघाटन राष्ट्रिय सभा सदस्य रमेश जंग रायमाझीेले गरे । | newskarobar.com |
4,528,119 | अस्ट्रियाको ४९ वर्ष पुरानो एक स्टेडियमले अनौठो र पर्यावरण सुधारसँग सम्बन्धित पहल गरेको छ। यो स्टेडियममा करिब ३०० रुखहरु रोपिएको छ। सन् १९६० को दशकमा ठूला प्रतियोगिताहरुसमेत हुने यस मैदानमा पछिल्लो समय कुनै पनि खेल गतिविधि भएका थिएनन्। ३० हजार दर्शक क्षमता भएको मैदानको बीचमा अहिले करिब ३०० रुखहरु रोपिएका छन्। अब यो स्टेडियममा दर्शकहरु फुटबल म्याच हेर्न नभएर रुखको प्रदर्शनी हेर्न जाने छन्। दक्षिण अस्ट्रियामा रहेको यो स्टेडियम इटली र स्लोभानियाको सीमानजिक रहेको छ। ५० वर्षका फ्रान्सेली कलाकार क्लाउस लिटम्यानले यो स्टेडियमलाई रुखहरुको प्रदर्शन गर्ने स्थलका रुपमा विकास गर्न भूमिका खेलेका हुन्। रुखहरुलाई हेर्न एकपटकमा बढीमा ३० हजार मानिसहरु आउन सक्नेछन्। 'वर्तमान अवस्थामा यसले धेरैका लागि क्लाइमेट चेन्ज बहसकाे स्मरण र प्रतिनिधित्व गर्छ,' लिटम्यानले भनेका छन्। वातावरणसम्बन्धी अभियानकर्ता समेत रहेका पप/रक/ज्याज गायक मिचेलको १९७० ताकाको गीत 'बिग एलो ट्याक्सी' को एउटा अन्तरामा 'उनीहरुले स्वर्गलाई फुटपाथ बनाएर पार्किङमा राखेका छन्' भनेको छ भने अर्को अन्तरामा 'संसार यति विकसित भइसक्यो की प्रकृति हेर्न संग्रहालय जानुपर्ने अवस्था आएको छ' भनेर भनेकाे छ। मिचेलको यही गीतबाट प्रभावित भएर यो स्टेडियमलाई 'क्लाइमेट चेन्ज' सम्बन्धी प्रदर्शन स्थल बनाउन प्रेरित भएको बताइएको छ। यद्यपि लिटम्यानले यो गीतबाट प्रेरणा पाएकोबारे प्रदर्शनीमा बताएनन्। तर सोही वर्ष बनाइएको एउटा स्केचबारे भने बताएका छन् ।
सन् १९७० मा कोरिएको एक चित्रबाट प्रभावित भइ लिटम्यानले स्टेडियमलाई रुख प्रदर्शन गर्ने स्थलका रुपमा विकास गरेका हुन्। उनका अनसार सन् १९७० मा म्याक्स पेन्टनरले एउटा स्केच बनाएका थिए, जसमा एउटा भिजन थियो- एकदिन यस्तो हुनेछ प्रकृति हेर्न मानिसहरु निश्चित क्षेत्र जस्तै कि स्टेडियममा जानेछन्। उनको स्केचमा मानिसहरुले स्टेडियममा बसेर रुख हेरिरहेको देखाइएको छ । | pahilopost.com |
3,059,284 | पूर्वमन्त्री एवं नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटा लगायतका नेताहरुले उत्तीर्ण विद्यार्थीहरूलाई एक कार्यक्रमबीच सम्मानसहित प्रशंसा पत्र प्रदान गर्नु भएको छ । कार्यक्रममा बोल्दै पूर्वमन्त्री बास्कोटाले श्रमसँग जोडिएको सम्पत्तिलाई व्यक्तिले डटेर निरन्तर प्राप्ति गर्नु पर्ने बताउनुभयो । विगतमा जस्तो सामन्ती युग समाप्त भएकाले छुवाछुत समेत हट्दै गएको अवस्थामा परम्परागत सिप तथा क्षमतालाई नयाँ युग सुहाउँदो प्रविधि र पुस्तालाई हस्तान्तरण गर्दै मानव एउटै हो भन्ने आभास हुने गरी शैक्षिक र व्यवहारिक दुवै विषयको अध्ययनका लागि विद्यार्थीहरूलाई पूर्वमन्त्री बास्कोटाले शुभकामना दिनु भयो । एउटा व्यक्तिले अवसर पाउँदैमा र उ मात्रै शिक्षित हुँदैमा सिङ्गो समुदाय परिवर्तन हुन्छ भन्ने कुरा सम्भव नभएको बताउँदै पूर्वमन्त्री बास्कोटाले अध्ययनसँगै जीवन बुझ्न अनुरोध गर्नु भयो । कार्यक्रममा जिल्लाभरका २ सय भन्दा धेरै विद्यार्थीहरु सहभागी भएका थिए । जिल्ला अध्यक्ष तेज नेपालीले दलित समुदायलाई राज्यले उपलब्ध गराएका विभिन्न प्रकारका अवसरलाई सदुपयोग गर्न विद्यार्थीहरूलाई अनुरोध गर्नु भयो । कार्यक्रममा एमाले काभ्रेका सचिव राजन भुर्तेलले व्यक्तिको सोच परिवर्तन गर्न शिक्षा र चेतनालाई जोड दिनु पर्ने बताउनुभयो । अवसरलाई उपभोग गर्दै थप अवसर सिर्जनाका लागि व्यक्तिको क्षमता अनुसारका सिप तथा शिक्षालाई ब्यवहारमा उर्तान अनुरोध गर्नु भयो । दलित भएकै कारण अवसरबाट बञ्चित हुनु पर्ने अवस्था बिस्तारै कम हुँदै गएकाले बदलिँदो प्रविधि र समयलाई आत्मसाथ गर्दै विद्यार्थीहरूलाई निरन्तर मेहनत गर्न सचिव भुर्तेलले अनुरोध गर्नु भयो । एमाले जिल्ला उप सचिव रिता ढकालले राणा, पंचायतकालको जस्तो अवस्था नभएको बताउँदै गणतन्त्र प्राप्तिसम्म आइपुग्दा दलित समुदायलाई राज्यले हेर्ने दृष्टिकोण समेत बदलेको बताउनुभयो । कार्यक्रममा एमाले सचिवालय सदस्य तथा क्षेत्र नम्बर २ का संयोजक रामशरण दाहाल, अनेमसंघ जिल्ला अध्यक्ष विमला सापकोटा, मुक्ति समाजका केन्द्रीय सदस्य सम्झना परियार, अनेरास्ववियु केन्द्रीय सदस्य सुमन जैरु, मुक्ति समाज बागमती प्रदेशका अध्यक्ष नविन घतानी, अनेरास्ववियु जिल्ला अध्यक्ष मिलन गौतम, मुक्ति समाजकी जिल्ला सचिव गिता सुनार लगायतले मन्तव्य राख्नु भएको थियो । | newsofnepal.com |
1,101,438 | कोभिड १९ संक्रमितहरुको संख्यामा वृद्धि भएपछि काठमाडौं भित्रिन र बाहिरिनका लागि दिइने पास पूर्ण रूपमा बन्द गरिएको छ । गृह मन्त्रालयको निर्देशनमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले उपत्यकाबाट बाहिरिने र भित्रने सवारी पास अर्को व्यवस्था नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरेको हो । आजदेखि सबै पास बन्द गरिएको काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले कार्यालयबाट दिँइदै आएको पास पूर्ण रूपमा बन्द गरिएको जानकारी दिए । उनका अनुसार अन्य जिल्ला प्रशासनले पनि काठमाडौं भित्रने पास दिने छैन । पास वितरण बन्द भए पनि अत्यावश्यक सामान बोकेका सवारी साधन र एम्बुलेन्स भने चल्न पाउनेछन् । | makalukhabar.com |
5,407,447 | दाङ घोराही उपमहानगरपालिका–१४, स्वर्गद्वारी आश्रम टोल निवासी ६५ वर्षीय जुठे बादीले तिजका लागि नयाँ मादल बनाउनुभएको छ। तिजसँगै दसैँ, तिहारलगायतका पर्व नजिकिँदै गर्दा घरखर्चका लागि आयस्रोत जुटाउन उहाँले मादल बनाउनुभएको हो । बनाएका मादल बिक्री भने हुन सकेका छैनन्। केही वर्षअघिसम्म चाडपर्वको समयमा नयाँ मादल बेचेर नभ्याउने गरेको स्मरण गर्दै जुठे भन्नुहुन्छ, “पछिल्लो समय मादलको बिक्री ह्वात्तै घटेको छ ।” साढे चार दशकदेखि मादल बनाएर बेच्दै आएका उहाँको मादल बिक्न कम भएको छ । उहाँले पेसा नै हराउँछ कि भन्ने चिन्ता लाग्ने गरेको बताउनुहुन्छ । | gorkhapatraonline.com |
1,895,639 | प्रत्येक वर्ष आश्विन शुक्ल एकादशीका दिन असन तथा त्यस आसपास क्षेत्रका तुलाधर समुदायले वडादसैँका अवसरमा खड्ग जात्रा गरेका छन् । काठमाडौँ महानगरपालिका-२७स्थित असनमा रहेको कुलदेवताको मन्दिरमा तुलाधर समुदायले विधिअनुसार पूजा गरेपछि कुभिन्डोमा बनाइएको दैत्यको चित्रलाई काटेर प्रतीकात्मक रुपमा आसुरी शक्तिमाथि विजय प्राप्त गरेको सन्देश दिन बाजागाजासहितको खड्ग जात्रालाई टोल परिक्रमा गराएका थिए । उक्त समुदायले घटस्थापनाका दिन विधिपूर्वक राखेको जमरा विभिन्न देवी तथा देवताको चढाउनाका साथै तन्त्र साधना गरी देवदेवीको मूर्ति रहेको शक्तिपीठको पूजा गरेका थिए । तुलाधर समाजभित्र सबैभन्दा कनिष्ठ बालकलाई नाइके बनाएर नगर परिक्रमा गर्ने चलन छ । समाजमा आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाउने विश्वासका साथ यस किसिमको विधि अवलम्बन गरिएको उद्यमी ज्ञानेन्द्ररत्न तुलाधरले बताए । स्थानीय तुलाधर समुदाय दशमीका दिन पनि व्यापारिक कार्यमा व्यस्त रहने हुँदा एकादशीका दिन अग्रजका हातबाट टीका तथा प्रसाद ग्रहण गर्ने तथा आफन्त, नातागोता बोलाएर रमाइलो गर्ने गर्दछन् । सम्राट अशोकले कलिङको युद्धमा लाखौँ मानिसको नरसंहारपछि पश्चाताप गर्दै अस्त्रशस्त्र त्याग गरेको घटनासँग जोडिएकाले पशुबलि निषेध गरिएको यो जात्रालाई हिन्दु र बौद्ध धर्मावलम्बीले साझा संस्कृतिका रूपमा लिने गर्दछन् । विभिन्न समुदायले गर्ने संस्कृति, जात्रा तथा पर्वको महत्त्व र विशेषता फरक फरक भए पनि यसले नेपाली संस्कृतिको गौरव बढाएको छ ।
यसले करिब तीन वर्षदेखि व्यवसायिक रुपमा पर्दाफास डटकम प्रकाशनगर्दे आइरहेको छ । यो नेपाली र अग्रेजी भाषामा प्रकाशन भइरहेको हो । पर्दाफास डट कम अपराध, सुरक्षा, कुटनीति, भ्रष्टाचार, न्याय, प्रशासन, व्यापार, खेलकुद, स्वास्थ्य, वातावरण र राजनीतिका भित्री खबर निरन्तर सम्प्रेषण गर्ने अनलाइन पत्रिका हो । | pardafas.com |
2,450,010 | एकातिर अरुणाको स्वरमा जन्मजात कारुणिकता भरिएको थियो भने अर्कातिर उनको जीवन सङ्घर्षैसङ्घर्षले बेरिएको थियो । व्यथै व्यथाले भरिएको थियो र दुःखै दुःखले चुलिएको थियो । मानौँ अरुणाको जीवन नै एउटा दुखात्मक कथा थियो अनि यही कथा नै नेपाली साङ्गीतिक फाँटमा एउटा ज्वलन्त करुणाको उदाहरण बनेर अरुणाको उदय भयो । अनि त्यही कथाले नै उनी स्वरकिन्नरी भइन्, मेलोडी क्विन भइन् र नाइटिङ्गेल अफ हिमालय भइन् । त्यति मात्र होइन गीतका पारखीले उनलाई ‘ट्रेजेडी क्विन’ पनि भन्थे । यी सबै बेहोरालाई जोडेर छोटकरीमा अरुणा लामाको परिचय दिँदा उनी स्वरसम्राज्ञी थिइन् । अरुणाको रिकर्डिङ भएको पहिलो गीत थियो ‘हे कान्छा मलाई सुनको तारा खसाइदेऊ न !’ यो गीत उनले रेडियो नेपालमा २०१६ सालमा रिकर्डिङ गराएकी थिइन् । पहिलो गीत रिकर्डिङ गरेको अर्काे वर्ष अर्थात् २०१७ सालमा यिनले दार्जीलिङको गभर्नमेन्ट कलेजबाट स्तातक उत्तीर्ण गरिन् । नेपाली गीतिफाँटमा अरुणाको एउटा बेग्लै स्वणिर्म अभिलेख, विशिष्ट स्थान र अभूतपूर्व देन रह्यो । नेपाली गायनको इतिहासमा हाँसीहाँसी पनि वेदनाको गीत गाउने कलाकारमा अरुणा सर्वाेत्कृष्ट मानिन्छिन् । उनको यही कारुणिक स्वरलाई हृदन्तरदेखि स्वीकार्दै नेपाली गायनकी शिखर तारादेवीले भनेकी थिइन् ‘दुःख र वेदनाको स्वरबाट अरुणाले नेपाली परिवेश ढाकेकी थिइन्’ । (स्वर : अरुणा लामा, सङ्गीत : नारायणगोपाल, शब्द : भैरवनाथ रिमाल कदम) अरुणाको जन्म दार्जिलिङको घुमपहाडमा २००२ साल भदौ २४ गते आइतबार भएको थियो । अनि यिनको चिनाको नाउँ चाहिँ दाँतेमा तामाङ थियो । उनी सानैदेखि नाच्न, गाउन भनेपछि हुरुक्कै हुन्थिन् । सानामा गीत गाउँदा यी अग्लो माइकमा पुग्न सक्तिनथिन् तर त्यस्तो स्थितिमा यिनलाई यिनका बाबुले काँधमा बोकेर माइकसम्म पुर्याइदिन्थे । सातआठ वर्षकी हुँदा उनले गीत गाएर दार्जिलिङ हल्लाएकी थिइन् । पन्ध्रसोह्र वर्षे झलझलाउँदो उमेर टेकेपछि अरुणाको गीत गाउने रहर, गीतको सुरताल र गीतका शब्दहरूले कञ्चनजङ्घाको टुप्पो छोइसकेका थिए । त्यसपछि यी निरन्तर गीतगायनमा नै चुलिँदै गइन् । | ratopati.com |
2,694,054 | गठबन्धनले आइतबार जारी गरेको संयुक्त वक्तव्यमा घटनाबारे अविलम्ब कूटनीतिक पहल गरी यो घटनामा संलग्न दोषीलाई कारवाहीको दायरामा ल्याउने काम गर्न शेरबहादुर देउवा नेतृत्वको सरकारसँग माग गरिएको छ । अन्यथा सडक सङ्घर्षमा उत्रनुबाहेक अर्को विकल्प नरहने विज्ञप्तिमा उल्लेख गरिएको छ । साउन १५ गते व्यास गाउँपालिका–२, मालघाटमा स्थानीय ३३ वर्षीय जयसिंह धामी भारतको बाटो हुँदै जिल्ला सदरमुकाम खलङ्गा जाने क्रममा तुइनबाट महाकाली नदी तर्दै गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको डोरी काटिदिएपछि महाकाली नदीमा डुबेर बेपत्ता भएका थिए । यो तथ्यलाई प्रत्यक्षदर्शीहरुको भनाइले पुष्टि गरेको तर, भारतको पिथौरागढ जिल्ला अधिकारीले दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएर यो घटनामा एसएसबीको संलग्नतालाई इन्कार गरेपछि घटना झन् पेचिलो र जटिल बन्दै गएको उल्लेख गरिएको छ । विज्ञप्ति जारी गर्नेमा नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी केन्द्र समाजवादी), नेकपा (माओवादी मोर्चा), राष्ट्रिय जागरण मञ्च, जनसमाजवादी पार्टी, नेकपा (संयुक्त), राष्ट्रिय जागरण परिषद्, नेपाल, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेकपा (बोल्शेविक), एम.सी.सी. खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्वहारा कम्युनिष्ट पार्टी (माओवादी), मार्क्सवादी एकता अभियान , नेकपा (मार्क्सवादी) २१. नेकपा मार्क्सवादी (पुष्पलाल) र समाजवादी राष्ट्रिय मञ्च, नेपाल रहेका छन् । | ratopati.com |
4,088,627 | उहाँले अमेरिकाको राष्ट्रपति भएपछि सोमबार पहिलो पटक आफ्नो प्रशासनको सुरक्षा रणनीति सार्वजनिक गर्नुभएको समाचारमा जनाइएको छ । उहाँले यसअघि भन्दै आउनुभएको आफ्नो प्रशासनको एक हिसाबले स्थायी अभिव्यक्तिजस्तै मानिएको ‘अमेरिका फसर््ट्’ (पहिले अमेरिका) भन्ने कार्यक्रमलाई उक्त रणनीतिमा पनि प्राथमिकतामा राख्नुभएको देखिन्छ । राष्ट्रपति ट्रम्प सत्तामा आएको करिब बर्षदिनपछि उक्त राष्ट्रिय सुरक्षा रणनीति सार्वजनिक गर्नुभएको छ । यसमा विशेषगरी आर्थिक शक्ति र आन्तरिक सुरक्षामा बढी जोड दिइएको देखिन्छ । साथै सीमा नियन्त्रणमा पनि यसले कडाई गरेको छ । यस सुरक्षा रणनीतिमा अमेरिकी सेनाको पक्षमा बलियो अडान लिइएको पनि देखिएको छ । आर्थिक पक्षका बारेमा पनि सुरक्षा रणनीतिमा समेटिएको छ । आर्थिक तथा अन्य हिसाबले अमेरिकाले अर्काे विश्वलाई के कस्तो व्यवहार गर्न चाहेको छ भन्ने कुरा पनि यस रणनीतिमा समेटिएको छ । उहाँले अरु विश्वलाई सहकार्य भन्दा पनि प्रतिस्पर्धामा जोड दिनुभएको छ । साथै उक्त रणनीतिमार्फत उहाँले रुस र चीनलाई अमेरिकाको सहकार्य होइन कि प्रतिस्पर्धी हुन् भन्नुभएको छ । उक्त रणनीति सार्वजनिक गर्ने क्रममा गर्नुभएको सम्बोधनमा ट्रम्पले अमेरिकालाई प्रतिस्पर्धी शक्तिका रुपमा चीन र रुसले चुनौती दिइरहेको उल्लेख पनि गर्नुभएको समाचारमा जनाइएको छ । कुनै संघ वा व्यक्तिको नामै नलिई उहाँले अमेरिकाले आतङ्ककारीहरु, आतङ्कवादी संगठन, तथा विविध खालका अपराधिक सञ्जालहरुबाट हिंसाको सामना गर्नुपरिरहेको र यो उसका लागि एक किसीमको चुनौती नै रहेको पनि बताउनुभयो । राष्ट्रपति ट्रम्पले अमेरिकी मान्यता र सम्पत्तिलाई अरु प्रतिश्पर्धीहरुले भने चुनौती दिने कोशिश गरिरहेको उल्लेख गर्नुभयो । उहाँले यी चुनौती दिएकाहरुको नाम उल्लेख नगरेपनि विशेषत यसअघि अमेरिकाका मुख्य प्रतिश्पर्धीमा चीन र रुस रहेको बताएकोले तीनै देशको चुनौती हो भनिएको छ । उहाँले राष्ट्रिय स्वार्थको संरक्षण गर्ने र अमेरिकी प्रभाव र मान्यताहरुको हितका साथै अमेरिका पहिला भन्ने आफ्नो मान्यतालाई यस सुरक्षा रणानीतिले सघाउन पु¥याउने धारणा राख्नुभएको पनि सो समाचारमा जनाइएको छ । ढाका, ६ साउन । बङ्गलादेशमा व्यापक हिंसा भड्किएपछि सर्वोच्च अदालतले सरकारी जागिरमा आरक्षणको विषयमा दायर लापाज, ६ साउन । बोलिभियाको एन्डिज क्षेत्रकोे राजमार्गमा शनिबार ट्रक र बसबीच टक्कर हुँदा २२ काठमाडौं, साउन ६ । इजरायली आक्रमणमा घाइते भएकी एक आमाको कोखबाट एक नबजात शिशुलाई जीवितै काठमाडौं, साउन ५ । हाइटीको उत्तरी तटमा एक डुङ्गामा आगलागी हुँदा कम्तीमा ४० आप्रवासीको मृत्यु बेइजिङ, चीन, ४ साउन । चीनले दक्षिणी उपनगरमा अन्तर्राष्ट्रिय ‘फार्मास्युटिकल इनोभेसन पार्क’ निर्माण गरी चिकित्सा टोकियो, ४ साउन । जापानले सन् २०२४ को पहिलो छ महिनामा महामारीअघिको तुलनामा १० लाख पेरिस, ४ साउन । विश्वव्यापी नवीकरणीय स्रोतहरूबाट उत्पादित विजुलीले सन् २०२५ मा पहिलोपटक कोइलाबाट उत्पादित नयाँदिल्ली, ४ साउन । एयर इन्डियाको एआई–१८३ विमान प्राविधिक समस्यामा कारण रूसको क्रास्नोयास्र्क अन्तर्राष्ट्रिय विमानस्थलमा काठमाडौँ, ६ साउन । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि नयाँ सरकार काठमाडौँ, ६ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपालका लागि अमेरिकी राजदूत काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल चीन जाने भएकी छिन्। उनी पाँचौं चीन–दक्षिण एसिया फोरममा काठमाडौं । | reportersnepal.com |
6,281,474 | लुम्बिनी प्रदेशमा यही जेठ १७ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका उम्मेदवारको आज अन्तिम नामावली प्रकाशन गरिनाका साथै निर्वाचन चिह्न प्रदान गरिएको छ । नेकपा (एमाले)का उम्मेदवार चन्द्रबहादुर खड्कालाई सूर्य र नेपाली काँग्रेसका दीर्घनारायण पाण्डेलाई रुख चिह्न प्रदान गरिएको निर्वाचन अधिकृत निमराज भट्टराईले जानकारी दिए । पाण्डेलाई नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाको समर्थन छ । प्रदेशसभा सदस्य ७९ र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २१७ गरी जम्मा २९६ मतदाता छन् । प्रदेशका १०९ स्थानीय तहका पालिकामा प्रमुख र उपप्रमुख गरी एमालेका ९१, काँग्रेसका ६४, माओवादी केन्द्रका ३९, जसपाका १३, जनमोर्चाका पाँच , राप्रपाका दुई र स्वतन्त्र चार पदाधिकारी छन् । | aajakonews.com |
6,167,224 |
नेकपा एकीकृत समाजवादीको बिहीबार बसेको स्थायी कमिटी बैठकमा मन्त्रालय बाँडफाँडको विषयमा असन्तुष्टि व्यक्त गरेको थियो । मन्त्रालयको संख्या केही थप्नुपर्ने माग एकीकृत समाजवादीको थियो । बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एकीकृत समाजवादीलाई बागमती र प्रदेश १ को मुख्यमन्त्री दिने सहमति भएपछि केन्द्रमा चारवटा मन्त्रालयमा चित्त बुझाउने भएको छ । 'हामीले केही मन्त्रालय माग गरिरहेका थियौं । प्रधानमन्त्रीले दुईवटा प्रदेशको मुख्यमन्त्री दिन तयार रहेको बताउनुभयो । मन्त्रालयको विषय लगभग टुंगिसकेको छ,' अध्यक्ष माधवकुमार नेपालले सँग भने । तीन दिनअघि मन्त्रालय बाँडफाँडमा भएको गठबन्धन दलको सहमतिमा एकीकृत समाजवादीभित्र विवाद सिर्जना गर्यो । मन्त्रालय संख्या कम भएकोप्रति एकीकृत समाजवादीमा असहमतिमात्रै प्रकट भएन, गठबन्धनको सहमति नै भंग हुने अवस्था पैदा भयो । पार्टीभित्र नेताहरू नै असन्तुष्ट भएपछि बिहीबार स्थायी समिति बैठक बसेर गठबन्धनमा थप छलफल गर्ने निर्णय पनि भयो । केही हप्तायता प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा अन्य दललाई मन्त्रालयको संख्या घटाउने मात्र होइन, बागमती प्रदेशको मुख्यमन्त्री पनि दाबी गरेपछि एकीकृत समाजवादी रुष्ट भएको हो । चारवटा मन्त्रालय र एक राज्यमन्त्रीमात्रै पाउने भएपछि बढेको असन्तुष्टिकै कारण सरकार विस्तारमा ढिलाइ पनि भएको थियो । एकीकृत समाजवादीमा विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने सहमति भइसकेको छ । मन्त्रीहरूको सूचीमा खतिवडासहित रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ, भवानी खापुङ र किसान श्रेष्ठ, मेटमणि चौधरीलगायतको नाम चर्चामा छ । गठबन्धनबीच भएको सहमति अनुसार संस्कृति, पर्यटन, श्रम तथा रोजगार, स्वास्थ्य तथा जनसंख्या र शहरी विकास मन्त्रालय एकीकृत समाजावादीले पाउनेछ । चार मन्त्रीसहित एक राज्यमन्त्री पनि पाउनेछ । त्यस्तो अवस्थामा ५ जना सांसदले अवसर पाउनेछन् । तर, एकीकृत समाजवादीले मन्त्री बन्नेको अन्तिम नाम भने तय गरिसकेको छैन ।
| shilapatra.com |
880,500 | सरकारले बजार भाउ बढाउने गरी बजेट सार्वजनिक गरे पनि यसलाई नियन्त्रण गर्ने कुनै सयन्त्र छैन । बजेट भाषणसँगै बजारमा दैनिक उपभोग्य सामानदेखि अधिकांश सामानको मूल्य बढ्ने गर्छ । तर, महँगीलाई नियन्त्रण गर्ने कुनै नीति/नियम बजेटमा समाबेश गरिएको छैन । ‘कर्मचारीको तलब २५ प्रतिशतले वृद्धि हुनु भनेको महगीका लागि प्रोत्साहन गर्नु हो,’ राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष प्रेमलाल महर्जनले भने, ‘कर्मचारीको तलब वृद्धि सही थिएन, तलब वृद्धिको परिमाण र महँगीको भार उपभोक्ताले थेग्न सक्दैनन् ।’ अहिलेको बजेट ठूला व्यापारीलाई प्रोत्साहन र फाइदा हुने गरी आएको उनले बताए ।मूल्य वृद्धि बढिरहेको अवस्थामा नियन्त्रण गर्न प्रभावकारी सयन्त्र नहुँदा बजार अराजकतातर्फ उन्मुख हुने उनीहरूको भनाइ छ । नियन्त्रण गर्ने सयन्त्र नहुँदा बजारमा कार्टेलिङ, सिन्डिकेट बढ्दै गएको छ । उपभोक्ता हित सरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाले अर्थमन्त्री विष्णु पौडेलले जारी गरेको बजेट कालोबजारिया, कर्मचारी र सांसद पोस्ने खेल भएको बताए । ‘बजेट उपभोक्ताको हितमा छैन, बजार र कालोबजारी गर्ने व्यवसायीलाई नियन्त्रण गर्ने कुनै योजना छैन,’ बानियाले भने, ‘इन्धनको मूल्य बढाएर भत्ता लिने खेल हो यो ।’अहिले बजार अनुगमन आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित सरक्षण विभागले गर्दै आएको छ । अनुगमन र कारबाही पुरानै ऐन/नियमबाट हुँदा बजार नियन्त्रण बाहिर गएको उपभोक्ताहरूको दाबी छ ।‘ऐन परिमार्जन नहुँदा परम्परागत रूपमै अनुगमन हुन्छ । अनुगमनको क्रममा कैफियत भेटिए पनि कारबाही न्यून छ । परम्परागत अनुगमनले व्यवस्थित बजार र उपभोक्ताको हकहित सरक्षण हुन सक्दैन,’ अध्यक्ष महर्जनले भने, ‘बजार व्यवस्थित बनाउन उपभोक्ता हित सरक्षण ऐन परिमार्जन आवश्यक छ ।’बजार अनुगमनको काम प्रभावकारी नभएर व्यापारीले मनपरी मूल्य निर्धारण गरी उपभोक्ता ठग्ने गरेका छन । तर, कारबाही भने हुन सकेको छैन । कालोबजारी गर्ने व्यवसायीहरू खुला रूपमै उम्किने गरेका छन् । अनुगमन गर्ने सरकारी निकायको तथ्यांकले पनि यसलाई पुष्टि गर्छ ।अर्थमन्त्रालयले नै सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा आर्थिक वर्ष २०७२/७३ को पहिलो ८ महिनाको अवधिको औसत उपभोक्ता मूल्य वृद्धि दर ९ दशमलव ७ प्रतिशत पुगेको देखाउँछ । अघिल्लो आर्थिक वर्ष उपभोक्ता मूल्य वृद्धिदर औसत ७ दशमलव २ प्रतिशत मात्रै थियो ।समूहगत आधारमा खाद्य तथा पेय पदार्थको भाउ १० दशमलव ३ प्रतिशतले बढेको छ । गत वर्षको यसै अवधिमा यो समूहको मूल्य सूचाकांक ९ दशमलव ५ प्रतिशतले बढेको थियो ।मुख्यत : दाल, दुग्ध पदार्थ तथा अन्डा, घिउ तथा तेल, मसला र मदिराजस्ता वस्तुहरूको मूल्य दोहोरो अंकले वृद्धि भएकाले खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धि उच्च भएको हो । तर, यसलाई नियन्त्रण गर्न कुनै कार्यक्रम छैन ।यता, अर्थ मन्त्री विष्ण पौडेलले आवश्यक बस्तुहरू सुलभ रूपमा उपलब्ध गराउन बजार अनुगमनलाई प्रभावकारी बनाउने दाबी गरे ।‘दैनिक आवश्यक बस्तुहरू सुलभ रूपमा उपलब्ध गराउन वितरण प्रणाली सुदृढीकरण र बजार अनुगमन कार्यलाई प्रभावकारी रुपमा अगाडि बढाइने छ,’ शनिबार बजेट भाषण गर्दै अर्थ मन्त्री पौडेलले भने । उपभोक्ताको हकहितका संरक्षण गर्न प्रचलित कानुनहरूमा समायनुकूल संशोधन एवं परिमार्जन गरी प्रभावकारी कार्यान्वयन गरिने बताए उनले बताए ।बजार विचौलियाले दैनिक उपभोग्य बस्तुमा सिन्डिकेट कार्टेलिङ गरेर त्यसको प्रत्यक्ष असर उपभोक्तालाई छ । सार्वजनिक संस्थानलाई प्रभावकारी बनाई बजार हस्तक्षेप गर्ने गरी नीति ल्याइनुपर्ने उनको भनाइ छ ।‘राष्ट्रिय आपूर्ति कम्पनी’ गठन गरिनेआपूर्ति व्यवस्थालाई सहज बनाउन सरकारले सरकारी स्वामित्वमा रहेका संस्थाहरूलाई गाभेर ‘राष्ट्रिय आपूर्ति कम्पनी’ गठन गर्ने भएको छ । आपूर्तिसम्बन्धी सबै निकाय एउटै छातामार्फत अघि बढाउन कम्पनी निर्माण गर्न लागेको हो । ‘सरकारी स्वामित्वमा रहेका नेसनल ट्रेडिङ लिमिटेड, नेपाल खाद्य सस्थान, कृषि सामग्री कम्पनी लिमिटेड र टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेडजस्ता संस्थालाई गाभेर राष्ट्रिय आपूर्ति कम्पनी निर्माण गरिने छ,’ बजेट भाषणमा अर्थ मन्त्री पौडेलले भने ।कम्पनी गठन भए आपूर्ति व्यवस्था चुस्त हुने आपूर्ति मन्त्रालयले जनाएको छ । ‘आपूर्ति व्यवस्थापानलाई चुस्त बनाउन कम्पनीका लागि प्रस्ताव गरेका थियौं,’ मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीले भने, ‘उद्देश्य एउटै छातामार्फत अघि बढाउने अवधारण हो । यसलै आपूर्ति व्यवस्थालाई धेरै सहज गर्ने छ ।’लामो समय खडेरीका कारण अहिले कर्णाली अञ्चलका हुम्ला, कालिकोट, डोल्पा, र मुगु जिल्लासँगै बाजुराका गाउँमा खाद्यान्न सकट भएको छ । ती जिल्ला र गाउँमा खाद्यान्नअन्तर्गत वितरण गर्ने सरकारको निर्णय अनुसार समयमै खाद्यान्न पुग्न सकेको छैन ।खाद्य संस्थानले ढुवानी खर्च, वर्षा सिजन भएकाले समयमै पुर्याउन नसकेको दाबी गरेको छ । तर, कम्पनी गठनले केही सहजता ल्याउने मन्त्रालयको दाबी छ ।अर्थ मन्त्री पौडेलले कर्णाली लगायतका दुर्गम तथा हिमाली जिल्लाहरूमा खाद्यान्न तथा नुनको आपूर्ति नियमित एवं सहज बनाउन ढुवानी अनुदानलाई निरन्तरता दिएको बताए । ‘सुख्खा प्रभावित जिल्लाहरूमा थप खाद्यान्न आपूर्ति गर्न ढुवानी अनुदानको व्यवस्था मिलाइने छ,’ अर्थ मन्त्री पौडेलले भने । | ekantipur.com |
5,800,713 |
संविधान दिवस मनाउन जनस्तरमा उत्साह नदेखिए पनि केही ‘ठालु’हरूले फैलाउन खोजेको भ्रमजस्तै जनतामा व्यापक निराशा र क्षोभ पनि देखिएको छैन । सम्भवतः जनतामा देखिएको उदासीनताको मूल कारण संविधान कार्यान्वयनमा भए गरिएका त्रुटि तथा बेइमानी नै हुन् । नेपालको संविधान , २०७२ नेपाली जनताका निर्वाचित प्रतिनिधिले पारित गरेर जनताकै प्रतिनिधिबाट जारी भएको हो । यत्तिमात्रले पनि नेपाली जनता संविधानको पक्षमा उभिनुपर्थ्यो भने यसमा त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता तथा समावेशिताजस्ता लोकतन्त्रका आधारभूत विशेषता पनि संस्थागत गरिएका छन् । यिनै गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता तथा समावेशितजस्ता लोकतन्त्रका आधारभूत गुणका कारण सामन्ती अधिनायकवादका कृपाकांक्षीहरूले संविधानविरुद्ध भ्रमको खेती गरिरहेका छन् । हुन पनि दासताका अम्मलीहरूलाई लोकतन्त्र नपच्नु अस्वाभाविक पनि होइन । परन्तु, त्यस्तो भ्रमले जनमानस दिग्भ्रमित हुने जोखिम भने हुन्छ । संविधानले नै संविधानका आधारभूत विशेषताको समेत विरोध गर्न पाइने हक सुनिश्चित गरेको छ । यसैले जनताले संविधान बनाएकै स्वीकार गर्न नसक्नेसम्मका केहीले अहिलेको स्थितिप्रति निराशा प्रकट गरेको हुनुपर्छ । यसैका आडमा अस्थिरताको विरोध गरेको देखाएर स्थिरता कायम हुन नदिने तत्त्व सक्रिय हुँदैगएको हो । यसका लागि दोषी भने मूलतः संविधान निर्माणपछि शासनमा पुगेकाहरू सबै नै छन् । संविधानको अक्षर र भावनाको समेत पूर्ण सम्मान गर्नुको साटो शासनमा पुग्नेहरू पटकपटक तिनको उल्लङ्घन गरिरहे । यही कारणले अस्थिरताका खेलाडी यसरी हौसिएका हुन् । राष्ट्रपतिले राजसी तामझामको रहर नगरेको भए गणतन्त्रको विरोध गर्ने निहुँ हुने थिएन । शासनमा जनताको पहुँच सहज बनाउनुको साटो आफैँलाई सुविधा थप्न नलागेको भए संघीयतामा खोट निकाल्न सकिने थिएन । समस्या संघीयतामा होइन दोहन गर्ने प्रवृत्तिमा छ । यस्तै पहिचान र धार्मिक स्वतन्त्रताका नाममा सामाजिक सद्भाव खलबल्याउने उत्ताउल्याइँ नदेखाएको भए समावेशिता र धर्मनिरपेक्षताविरुद्ध बोल्ने हिम्मत जुटाउन मुस्किल हुन्थ्यो । अर्थात्, संविधान कार्यान्वयनका कमजोरीलाई नेपाली जनताले गरेको सार्वभौम अभ्यासमै भ्रम फैलाउने मौका शासकहरूले नै दिएका हुन् । नेपालको संविधान, २०७२ ले संस्थागत गरेको लोकतन्त्रका आधारभूत विशेषताप्रति जनमानसमा सद्भाव र समर्थन बढाउने मूल जिम्मेवारी सत्ता र विपक्षमा रहेका जनप्रतिनिधिकै हो । संविधानमाथिको प्रहार उनीहरूप्रति नै लक्षित हो भन्ने तिनले बुझ्नु उचित हुन्छ । मूलतः राजनीतिकर्मीले आचरण र जीवनशैलीमा सुधार गर्ने र विधिको शासन चरितार्थ गर्न ध्यान दिने हो भने नेपाली जनताले भ्रमको खेतीमा पक्कै पनि ध्यान दिनेछैनन् । केही समयपछि भ्रमको बाली रोप्नेहरू आफैँ निराश हुनेछन् । | baahrakhari.com |
1,208,402 | बिहीबार जिल्ला सदरमुकाम मान्ममा पत्रकार सम्मेलनकै आयोजना गरी प्रहरी प्रशासनबाट आफूहरुलाई विप्लव समर्थक भन्ने आरोपमा अप्रत्यक्ष रुपमा त्रसित पार्ने कार्य भएको भन्दै आफूहरुलाई जबरजस्त विप्लव नबनाउन आग्रह गरेका हुन्। हिम्चुली कृषि सहकारी संस्थाका अध्यक्ष समेत रहेका महत्तरा मान्म बजारस्थित जिल्ला प्रहरी कार्यालय नजिकै पुस्तक पसल गर्दै आएका थिए। सरकारले केही समय अघिदेखि विप्लव नेतृत्वको नेकपालाई अपराधिक समूह घोषणा गरी प्रतिबन्द लगाएपछि प्रहरीले विप्लव समूहका नेता तथा कार्यकर्तालाई खोजिखोजि पक्राउ गर्ने अभियान नै थालेको छ। केही दिनअघि छोरीको उपचारका लागि काठमाडौं महत्तरा पुन: जिल्ला फर्किएपछि प्रहरी प्रशासनबाट आफूलाई विप्लव समूह भनेर त्रसित बनाउने कार्य भएको बताउँदै एक प्रेस विज्ञाप्ती नै सार्वजनिक गरी आफू विप्लव समूहमा आवद्ध नरहेको दाबी गरेका छन्। हिम्चुली कृषि सहकारी संस्थाका अध्यक्ष महत्तरा र कुमालगाउँ शाखा प्रबन्धक रुपेन्द्र ऐडीले सयुक्त रुपमा विज्ञाप्ती निकालेर पत्रकार सम्मेलन गरी आफूहरु विप्लव समूहमा आवद्ध नरहेको स्पास्ट पारे ।
पत्रकार रुपेन्द्र ऐडी राष्टिय समाचार समितिमा पनि कार्यरत छन्। पत्रकार सममेलनमा महत्तराले भने, 'छोरी बिरामी भएर फागुन महिनाको १५ गते टिचिङ अस्पतालको ९ सय १७ नम्बरको बेडमा भर्ना भएकी छन्। म छोरीको उपचारमा काठमाडौं जाँदा प्रहरीले मलाई विप्लवका कार्यक्रममा गएको भन्ने सोचेको रहेछ। दुई दिनअघि मान्म आउँदा प्रहरी प्रशासनको व्यवहारले मलाई ससंकित बनायो।' प्रहरीले तपाई कहाँ के कामका लागि जानुभयो भनेर सोधपुछ गर्दा परिवार त्रसित भएका छन्। उनले भने, 'जिल्ला स्वास्थ्य समितिकै सिफारिसमा काठमाडौं छोरीको उपचारमा काठमाडौं गएको हुँ। हामी विगत लामो समयदेखि हिम्चुली सहकारीमा कार्यरत छौँ।हामी कुनै पनि राजनीतिक पार्टीका गतिविधिमा सहभागी भएका छैनौं।हामी स्वतन्त्र भएर बाँच्न चाहान्छौँ। उनीहरुले मानवले स्वतन्त्र भएर बाँच्न पाउने मौलिक हक अधिकारका लागि प्रेस जगत, मानवअधिकारलगायतका निकायसँग विश्वासको वातावरण बनाइदिन अनुरोध समेत गरेका छन् । | annapurnapost.com |
441,999 | नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेलाई मातृशोक परेको छ । उनकी ९८ बर्षिय आमा योगेन्द्र कुमारी पाण्डेको शुक्रबार बिहान निधन भएको हो । उनको अन्तिम श्रद्धाञ्जली शुक्रबार बिहान पशुपति आर्यघाटमा हुने पारिवारिक स्रोतले जानकारी दिएको छ । उनका पाँच छोरा छन् । केन्द्रीय सदस्य पाण्डेसँगै भुपराज पाण्डे, विश्राराज पाण्डे, ऋषिराज पाण्डे र राजेन्द्रराज पाण्डे उनका छोराहरु हुन् । नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता राधेश्याम अधिकारीले नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलका निवर्तमान नेता पाण्डेलाई मातृशोकप्रति दुख व्यक्त गर्दै स्वर्गीय पाण्डेप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै शोकमा रहेका परिवारजनमा समवेदना प्रकट गरेका छन् । | hamrakura.com |
3,113,221 | यसै त पाठक पाउन छाडेका पुस्तकालय कोरोना महामारीका कारण थप सङ्कट झेल्न बाध्य छन् । मङ्गलबार परेको १४औँ राष्ट्रिय पुस्तकालय दिवससमेत नमनाई बित्यो । ज्ञानको भण्डार पुस्तकालयका ढोकामा महिनौँदेखि ताल्चा झुण्डिएका छन् । पाठकको आउजाउ छैन । सङ्क्रमणको जोखिम हुन नदिन पुस्तकालय खोल्न स्थानीय प्रशासनले रोक लगाएको छ । पुस्तकालय मात्र होइन, सबैखाले शैक्षिक संस्था सञ्चालनमा बन्देज छ । विसं २००३ मा खुलेको यहाँको प्रतिष्ठित विद्यामन्दिर पुस्तकालय अहिले सुनसान छ । महामारी भित्रिएदेखि नै यसको सेवा प्रभावित बनेको हो । पहिलो लहर मत्थर भएपछि बीचमा केही समय खुले पनि दोस्रो लहर सुरु भएसँगै गत वैशाखयता पुनः बन्द गर्नुपरेको पुस्तकालयका अध्यक्ष रामप्रसाद शर्माले बताए । ‘निषेधाज्ञाका कारण पुस्तकालय नियमित खोल्न सकिएको छैन, स्थिति सहज हुँदासाथ सञ्चालनमा आउँछ’, उनले भने । मानिस भेला हुन नपाइने भएपछि पुस्तकालय दिवसलाई पनि औपचारिकता मात्रै दिइएको उनले बताए । कोरोनाअघि सप्ताहव्यापी कार्यक्रमसहित पुस्तकालय दिवस मनाउने चलन थियो । पाठक घटिरहेको र पठन संस्कृतिमा पनि ह्रास आइरहेका बेला पुस्तकालय नै बन्द गर्नुपर्ने दुःखद् अवस्था निम्तिएको उनको भनाइ छ । सदरमुकाममै रहेको ज्ञानोदाय भगवती पुस्तकालयले लामो सङ्कट व्यहोरेपछि गत वर्षदेखि तङ्ग्रिँदै थियो । स्थानीयवासीले दुरवस्थामा पुगेको पुरानो पुस्तकालयको साख फर्काएका थिए । भवनको जीर्णोदार र नयाँ व्यवस्थापनपछि नियमित सञ्चालनमा आउन थालेको उक्त पुस्तकालय पनि कोरोनाका मारमा परेको छ । पुस्तकालयका सचिव लोकेन्द्र केसीले निषेधाज्ञाका कारण बन्द गर्नुपरेको सुनाए । ‘पुस्तकालयले नयाँ स्वरुप लिएको छ, व्यवस्थित बनाएका छौँ, तर खोल्न पाइएको छैन’, उनले भने, ‘प्रशासनले अनुमति दिएपछि पुस्तकालय नियमित खुल्छ ।’ विसं २०२१ मा स्थापित उक्त पुस्तकालय संरक्षण अभावमा जीर्ण स्थितिमा पुगेको थियो । पुस्तकालय अधोगतितिर लागेपछि पुस्तकालयप्रेमी र समुदाय मिलेर पुनःनिर्माणसँगै व्यवस्थापनमा जुटेका थिए । स्थानीय तहसहित सरकारका निकायले आर्थिक सहायता दिएपछि पुस्तकालय जोगिएको छ । यी दुई सदरमुकामस्थित नाम चलेका सार्वजनिक पुस्तकालय हुन् । यहाँका अन्य क्षेत्रमा रहेका पुस्तकालय पनि अहिले बन्द छन् । ती कहिले खुल्छन् ठेगान छैन । कतिपय पुस्तकालय शैक्षिक संस्थामातहत छन् । शैक्षिक क्षेत्र निर्वाधरूपमा नखुलेसम्म पुस्तकालय सञ्चालनमा आउने छाँटकाँट छैन । यही स्थिति अझै लम्बिँदै जाँदा पाठकले पुस्तकालय नै बिर्सने हुन् कि भन्ने चिन्ता छ । पुस्तकालय बन्द हुँदा व्यवस्थापनले नयाँ पुस्तकलगायत ज्ञानवद्र्धक सामग्री थप्न पाएका छैनन् । रेखदेख र सरसफाइ नहुँदा पुस्तकालय भवन नै बिरुप देखिन थालेका छन् । कोरोनाको दोस्रो लहर चलेपछि गत वैशाख २१ गतेयता यहाँ निषेधाज्ञा छ । पछिल्लो समय निषेधाज्ञा खुकुलो पारिए पनि कतिपय क्षेत्रमा भने प्रतिबन्ध कायमै छ । सङ्क्रमणदर घट्दै गएकाले क्रमशः सबै क्षेत्र चलायमान हुनेमा आशा जागेको छ ।– रासस सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं । | souryaonline.com |
1,318,065 | ढल्केवर स्वास्थ्य चौकी पुगेर उनले भारतमा बनेको कोभिशिल्ड खोपको पहिलो मात्रा लिएका थिए । उनी आफूसँगै ७५ वर्षीय श्रीमती पानो देवी महतोलाई पनि खोप लगाए । २८ दिनपछि दोस्रो मात्रा लिनुपर्छ भन्ने उनलाई थाहा थियो । पहिलो मात्रा लिएको केहि दिनपछि भारतबाट अब तत्काल खोप नआउने समाचार उनले रेडियोबाट सुनेका थिए । महतो दोस्रो मात्राका लागि कुरेकै बेला कोरोनाको दोस्रो लहर आयो । संक्रमण नियन्त्रण गर्न प्रशासनबाट फेरी निषेधाज्ञा लगाइयो । लकडाउनमा रेडियो नै आफ्नो साहारा भएको उनी सम्झिन्छन् । रेडियो सुन्दै गर्दा कोरोनाबाट मान्छेहरु धमाधम मर्न थालेको समाचार सुनेपछि महतोको मनमा चिसो पस्यो । खोपको दुवै मात्रा नलगाएसम्म कोरोनाको जोखिम नहट्ने उनले सुनेका थिए । जसोतसो झण्डै तीन महिनापछि असारबाट संक्रमण दर कम भयो । महतो फेरी खोपको दोस्रो मात्राका लागि चासो राख्न थाले । तर कोभिशिल्डको कुनै अतोपतो भएन । उनी निराश भए । भारतको सेरम इन्चिच्युट कम्पनीबाट प्राप्त कोभिशिल्ड खोप अहिलेसम्म १८ लाखले लगाएका छन् । केहिदिन अघिदेखि मात्रै सरकारले कोभिशिल्डको पहिलो मात्रा लगाएकालाई अष्ट्राजेनिकाको खोप लगाउन थालेको छ । फाल्गुणदेखि कोभिशिल्डको दोस्रो मात्राको पर्खाइमा बसेका सूर्यदेवले पनि झण्डै ६ महिनापछि शनिबार दोस्रो मात्रा लगाएका छन् । निराश भएका सूर्यदेव शनिबार खुशी देखिएका थिए । खोपको दुवै मात्रा पूरा भएपछि जति उनको अनुहारमा उज्यालो थियो त्यो भन्दा धेरै आत्मबल । तर पनि कोरोनाबाट बच्न सावधानी अपानाउनुपर्ने उनको ठम्याई छ । ‘अर्को खोपको लागि धेरै महिना कुर्नुपर्यो । सात महिनापछि खोपको दोस्रो मात्रा पाँए,’ खुशी हुँदै अन्नपूर्णसँग सूर्यदेवले भने, ‘कोरोनाबाट अब बाँचिन्छ । सरकारले बाँकी सबै जनतालाई छिट्टै खोप उपलब्ध गराओस् । कोरोनाबाट सबैलाई बचाउनुपर्छ,' देवले थपे । सरकारले भारतले अनुदानमा दिएको १० लाख, खरिद गरेको १० लाख र कोभ्याक्स सुविधाअन्तगत प्रप्त ३ लाख ४८ हजार खोपबाट गत माघ १४ गतेदेखि खोप लगाउन सुरु गरेको थियो । यो खोप कोरोनाविरुद्ध अग्रपंतिमा खटिएका स्वास्थ्यकर्मी, सरकारी कर्मचारी र जेष्ठ नागरिकलाई दिइएको थियो । भारतले नियर्यातमा प्रतिवन्ध लगाएपछि खरिदका लागि रकम दिइएको खोप पनि आउन सकेन । तत्काल आउने संभावना समेत नभएपछि सरकारले दोस्रो डोजका रुपमा कोभिशिल्डका स्थानमा युरोपको अस्ट्राजेनेकाको खोप लगाउन थालेको हो । एउटा खोप लगाएकालाई दोस्रो मात्राका रुपमा अर्को खोप लगाउन मिल्दैन । तर कोभिसिल्ड पनि अक्सफोर्ड र अस्ट्राजेनिकाले नै उत्पादन गरेको भन्दै सरकारले यस्तो निर्णय लिएको छ । | annapurnapost.com |
1,883,492 | पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ हुग्दीखोला नजिक यात्रु बस दुर्घटनामा २६ यात्रु घाइते भएका छन् । तुलसीपुर दाङबाट काठमाडौँतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०३-००१ ख २६७५ नम्बरको बस शनिबार बिहान अनियन्त्रित भई सडकको दाहिने किनारातर्फ पल्टिएको हो । बिहान करिब ५ बजे भएको दुर्घटनामा परी घाइते भएका पाँच जनालाई उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए । अन्य घाइतेको मलेखुस्थित राजमार्ग अस्पताल र नजिकका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । प्रहरी नायब उपरीक्षक जैसवारका अनुसार घाइते सल्यान सबेश्वरी-३ का २४ वर्षीय राजेन्द्र पुन, उनका छोरा ६ वर्षीय आशीष केसी र सल्यान जिल्ला बाघचौर नगरपालिका–१० का ५० वर्षीय मानबहादुर खड्काको अवस्था गम्भीर छ । दुर्घटना भएपछि प्रहरी र स्थानीयले उद्धार गरेका थिए ।
यसले करिब तीन वर्षदेखि व्यवसायिक रुपमा पर्दाफास डटकम प्रकाशनगर्दे आइरहेको छ । यो नेपाली र अग्रेजी भाषामा प्रकाशन भइरहेको हो । पर्दाफास डट कम अपराध, सुरक्षा, कुटनीति, भ्रष्टाचार, न्याय, प्रशासन, व्यापार, खेलकुद, स्वास्थ्य, वातावरण र राजनीतिका भित्री खबर निरन्तर सम्प्रेषण गर्ने अनलाइन पत्रिका हो । | pardafas.com |
4,022,746 | कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगाउन प्रकाश ज्वालाले महत्वपूर्ण भूमिका खेलेका थिए । उनकै नेतृत्वमा तत्कालीन नेकपा एमालेका प्रदेश सांसदहरुले फ्लोर क्रस गरेर शाहीलाई विश्वासको मत दिएका थिए । नेपालको इतिहासमा पहिलोपटक फ्लोर क्रसको घटना रोचक तरिकाल घट्यो । त्यसपछि नेकपा एमालेले कारबाही गरेर ज्वाला सांसदबाटै पदमुक्त भए । माधवकुमार नेपालको विश्वासपात्र मानिएका ज्वालाले नेकपा एसको जिम्मेवारी बाँडफाँडमा महत्वपूर्ण उपलब्धि हासिल गरेका छन् । उनी यसअघि नै उपमहासचिव बनाइए । महासचिव डा. वेदुराम भुसालले संगठन विभाग प्रमुखको जिम्मेवारी पाउँदा ज्वालाले सोही विभागको उपप्रमुखको जिम्मेवारी पाए । सबैभन्दा महत्वपूर्ण प्रकाश ज्वाला कर्णाली अञ्चल नेकपा एसको इन्चार्ज बनाइएका छन् । यसलाई अर्थपूर्ण मानिएको छ । नेपाल नेपालले फ्लोर क्रसको पुरस्कार स्वरुप ज्वालालाई एकैपटक तीनवटा जिम्मेवारी दिएको चर्चा चलेको छ । काठमाडौं, ६ असार । नेपाल कम्युनिष्ट पार्टी मालेका महासचिव एवं पूर्व उपप्रधानमन्त्री सीपी मैनालीले राष्ट्रिय काठमाडौं,६ साउन । बागमी र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीद्धय शालीकराम जम्कट्टेल र जोखबहादुर महरा नेतृत्वको प्रदेश काठमाडौं, ६ साउन । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले दुई ठुला दल एकै ठाउँमा उभिएर काठमाडौं,६ साउन । अल्पमतमा परेका मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बागमती र लुम्बिनी प्रदेश सभाको काठमाडौं,६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘पाँच नेपालीलाई अमेरिका लैजान दूतावासलाई पत्र लेखेको’ म्याग्दी, ६ असार । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट काठमाडौं, साउन ६ । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४२औँ स्मृति दिवस काठमाडौं, ५ साउन । नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी काठमाडौं,६ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष काठमाडौं, साउन ६ । नेपाली बजारमा आज सुनको मूल्य १३ सय रुपैयाँले घटेको छ । काठमाडौं, ६ असार । नेपाल कम्युनिष्ट पार्टी मालेका महासचिव एवं पूर्व उपप्रधानमन्त्री सीपी मैनालीले राष्ट्रिय कञ्चनपुर, ६ साउन । शुक्लाफाँटा नगरपालिकाले एक वर्षमा ११ किलोमिटर सडक स्तरोन्नति गरेको छ । | reportersnepal.com |
5,208,434 | यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्। राष्टिय विभूति शंखधर साख्वाले विसं ९३७ (इसं) ८८०० मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुआत गराएका थिए। नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए। ‘लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रूपमा चलेको थियो, लिच्छविकाल अघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो’, उनले भने। विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि देखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ। नेपाल संवतलाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्य रहेका स्थानमा विशेष रूपमा मनाउने गरिन्छ। गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमुना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्टिय विभूति घोषणा गरेका थिए। विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए। कार्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुआत गर्ने परम्परा समेत काठमाडौँमा अझै छ। आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजासमेत गरिन्छ। कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसहरूले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्छन्। यस वर्ष मङ्गलबार र बुधबार दुई दिन प्रतिपदा तिथि परेको छ। भक्तपुरलगायत केही स्थानमा भने हिजो नै नेपाल संवतको नयाँ वर्ष मनाइएको छ। यसैगरी एकथरी नेवार समुदायले मङ्गलबार म्हः (आत्म) पूजा गरेका छन्। अर्काथरीले भने आज बुधबार गर्दै छन्। मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्त्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन्। आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवीदेवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वाससमेत छ । | nepalkhabar.com |
3,611,160 | भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्यमा कुमारी अर्यालले कर्मचारीको कुशलता कार्यालयको गेटदेखि नै झल्किनुपर्ने बताएकी छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभाग, भूमि व्यवस्थापन तथा अभिलेख विभागले -प्रकाश नेपाल/इमेज इलाम, मंसिर २१ । नपाक्दै किवी फल बजारमा आएपछि इलामका कृषकहरु चिन्तित बनेका छन् । काँचो किवी खाँदा पनि स्वादिलो नहुने र भण्डारण गर्न पनि कठिनाइ हुने भएकाले कृषकहरु चिन्तित बनेका हुन् । प्रकाश मैनाली (इमेज) सर्लाही, मंसिर २० । चालू ‘सिजन’का लागि उखुको मूल्य निर्धारण नहुँदा सर्लाहीसहित काठमाडौं, मंसिर २० । जलविद्युत् क्षेत्रका विज्ञहरुले नेपालजस्तो भौगोलिक बनावट भएको मुलुकमा जलविद्युत्को विकासका लागि काठमाडौं, मंसिर २० । जनता बैंकसँगको ‘मर्जर’पछि ग्लोबल आइएमई देशकै ठूलो बैंक बन्न सफल भएको काठमाडौं, मंसिर २० । पछिल्लो तीन दिनयता नेपाली बजारमा सुनको मूल्यमा लगातार गिरावट भइरहेको छ काठमाडौं, मंसिर २० । ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउन आगामी सातादेखि दैनिक तीन काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थतन्त्रमा सुधारको लागी मध्यकालीन र दीर्घकालीन लगानीको आवश्यकता रहेको तेह्रथुम । तेह्रथुमको तमोर नदीमा तमोर जलाशययुक्त बहुउद्देश्यीय आयोजनाको निर्माण हुने भएको छ । आयोजना सप्तरी । | imagekhabar.com |
1,966,348 | पौडी खेल्ने क्रममा डुबेर बुधबार एक युवकको ज्यान गएको छ भने एक बेपत्ता भएका छन् । लमजुङ… पोखरा न्यूज । न्यायाधीश नहुँदा बेनीस्थित म्याग्दी जिल्ला अदालतको सेवा प्रंभावित भएको छ । विसं २०७७ फागुन २९ गते उच्च… पोखरा न्यूज । जङ्गल छेवैको पाखोबारी ! वर्षमा एकपटक आलु, मकै र कोदो उब्जिन्थ्यो । तीन महिना मरिमेटी काम गर्दा… पोखरा न्यूज । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले राजनीतिक स्थायित्व, शान्ति र समृद्धिका लागि गम्भीर र जिम्मेवार बन्न सबैलाई आग्रह… अनिता घिमिरे, पोखरा न्यूज । पोखरामा सम्पन्न पाँच किलोमिटर दुरीको मेयर साइकल दौड प्रतियोगिताको उपाधि मेयर दिलीप विक्रम खाँडले जित्नुभएको… पोखरा न्यूज । पोखरा महानगरपालिका वडा नं २२ चिसापानीस्थित फुर्सेखोलामा निर्माण गरिएको फुर्सेखोला चिसापानी मोटरेबल पुलको बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री… पोखरा न्यूज । कास्की जिल्लाभित्र तथा छिमेकी जिल्लाका ग्रामिण वस्तीहरुको प्रबद्र्धन गर्दै आएको हाइकर्स क्लब नेपालले आफ्नो १८ औं श्रृङ्खला… पोखरा न्यूज सम्वाददाता । कोरोना महामारीका कारण वर्ष २०७७ मा गुरुङ फिल्म निर्माणको २५ वर्ष पूरा भएको अवसरमा तय भएका… पोखरा न्यूज । विश्वमा नै आकर्षक पर्यटकीय गन्तव्यका रुपमा ख्याति कमाएको पर्यटकीय नगरी पोखराको पूर्वोत्तरस्थित हरिहर गुफा सन्यास आश्रम योग… पोखरा न्यूज । सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने आजको दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष… पोखरा न्यूज । गोरखाको शहीद लखन गाउँपालिका–७ बुङकोटस्थित श्रीचण्डिका आधारभूत विद्यालयमा शिक्षकलाई तलब खुवाउन करीब रु पाँच लाख आर्थिक सहयोग… पोखरा न्यूज । कास्की जिल्ला निर्वाचन क्षेत्र नं २ (क) निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गतका योजनाको निर्माणकार्यले तीव्रता पाएको छ… पोखरा न्यूज । पोखरामा ज्यान मार्ने उद्देश्यले खुडा प्रहार गर्ने एक युवकलाई कास्की प्रहरीले पक्राउ गरेको छ । सोमबार राति… पोखरा न्यूज सम्वाददाता । कास्की जिल्ला अदालतको आयोजनामा मंगलबार नयाँवर्ष २०७८ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएकाे छ ।… पोखरा न्यूज । तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ सामुदायिक वनमा रुखमाथि बनिरहेको घरले सर्वसाधारण आकर्षित गरेको छ । डिभिजन वन… पोखरा न्यूज । पछिल्लो २४ घण्टामा प्रदेशभर ३६ जना कोरोना भाइरस संक्रमण मुक्त भएकाछन् । | pokharanews.com |
4,102,789 | प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड-१९ नियन्त्रणमा सरकारबाट जारी जनस्वास्थ्यका मापदण्डको पालना गर्दै माघी/माघे संक्रान्ति पर्व हर्षोल्लासपूर्वक मनाउन आग्रह गरेका छन् । थारु समुदायमा माघी र अन्य समुदायमा माघे संक्रान्तिका नामले चिनिने पर्वमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले संस्कृति र संस्कारमा आफ्ना विशेषता रहेको बताएका छन् । विविधताभित्र एकता र सामाजिक सदभाव हाम्रा सांस्कृतिक विशेषताका उदाहरण भएको उनकाे भनाइ छ । यो पर्वले समस्त नेपालीबीच आपसी सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत पुग्ने उनले विश्वास लिएका छन् । आजको दिन तिलको लड्डु, घ्यूचाकु खान र मकर स्नानका लागि प्रसिद्ध यो पर्व स्नान, दान, पुजाअर्चना, शुभकामना आदानप्रदान, मनोरञ्जन र मिष्ठान भोजन गर्दै विविध तरिकाले मनाउने गरिन्छ । यस पर्वलाई विशेष गरी मगर समुदायले माघे संक्रान्ति, थारु समुदायले माघी पर्व, नेवार समुदायमा घ्यूचाकु सँल्हु नामले तथा अन्य समुदायले मकर संक्रान्तिका रुपमा मनाउँदै आइरहेको पाइन्छ । मान्म (कालीकोट), ६ साउन । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका–८ को टाकुल्लामा पहिरो गएर अवरुद्ध दमौली (तनहुँ), ६ साउन । तनहुँमा एक वर्षको अवधिमा तीन लाख बढी पशुमा पूर्ण खोप पर्वत ६ साउन । वन्यजन्तुवाट हुने क्षतिलाई न्यूनीकरण गर्दै सिङ्गो गाउँपालिकालाई फलफूल उत्पादनमा आत्मनिर्भर बनाउने देउखुरी (दाङ), ६ साउन । घोराही उपमहानगरपालिका–६ का मनकला अधिकारी ८२ वर्षका पार गरे। पन्ध्र काठमाडौँ, ६ साउन । यहाँस्थित भारतीय राजदूतावासले आषाढ पूर्णिमाका अवसरमा आज एक विशेष कार्यक्रम आयोजना काठमाडौँ, ६ साउन । दर्शक–श्रोतासमक्ष नबोलेरै हास्य अभिनय प्रस्तुत गर्न सक्ने च्यार्ली च्याप्लिनको नाम हास्यव्यङ्ग्य कास्की, ६ साउन । विभिन्न रोगका कारणबाट पशुजन्य उत्पादनको गिरावटलाई न्यूनीकरण गर्ने उद्देश्यले जिल्लामा सुरु गोरखा, ६ साउन । जिल्लाको पालुङटार नगरपालिकाले बाँदर नियन्त्रणका लागि नगर क्षेत्रभित्रका सामुदायिक वन तथा काठमाडौँ, ६ साउन । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि नयाँ सरकार काठमाडौँ, ६ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपालका लागि अमेरिकी राजदूत काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल चीन जाने भएकी छिन्। उनी पाँचौं चीन–दक्षिण एसिया फोरममा काठमाडौं । | reportersnepal.com |
4,500,632 | आफ्नो १५ वर्षीय छोरा गणेशलाई डायलासिस मेसिन छेउको शय्यामा सुताएर निस्किएकी रहेछिन्। त्यसैले उनी हतारमा थिइन्। फटाफट कोठासम्म पुगेर, खाना खाएर फर्कनु थियो। उपचार केन्द्रमा छोराको कुरुवा बस्न ।
कथामा खरायोको जस्तै गति थियो उनीहरूको हतारोको। अनि, कछुवाको गतिजस्तै सुस्त चल्दै थियो समय। वर्षौ भएको थियो उनीहरूका लागि समय ढिला चल्न थालेको। दिन, साता, महिना र वर्षको हिसाब भारी भएको ।
चाबहिल पुग्नु अघिसम्म रसु शाक्य सिङ्गो थिइन्। सबेरैको खाली सडकमा जोरपाटीबाट सररर… स्कुटरमा आइरहँदा उनमा कलेज पुग्ने हतारो बाहेक कुनै चिन्ता थिएन। तर, टेलिफोन कार्यालयको ठ्याक्कै अगाडि उनलाई ट्रकले ठक्कर दियो। अस्पताल पुर्याउँदा रसुको शरीर स्ट्रेचरमा थियो ।
कोभिड-१९ संक्रमणको दोस्रो लहर झेलिरहेको छ नेपाल। अहिले शय्या अभावदेखि अक्सिजनको हाहाकारको अवस्था त छैन, तर संक्रमणदर मत्थर भने भइसकेको छैन। नेपालअघि भारतमा कोरोना भाइरसको दोस्रो लहरले हजारौंको ज्यान लियो। त्यहाँ पनि संक्रमण तथा मृत्युदर कम हुनुअघि कोभिडकै तेस्रो लहर नियन्त्रणको चर्चा सुरु भएको छ ।
बागलुङ बजारको पसलदेखि घरघरमा माग्दै हिँडेकी थिइन् मनकुमारी। कहिले भित्तासँग एक्लै बोलिरहेकी देखिन्थिन् त कहिले अघिल्तिर पर्ने जो कसैलाई गाली गरिहाल्थिन्। अनुहारमा पोलेको दाग बोकेकी उनी बजारमा धेरैका लागि छोराछोरी तर्साउन बोलाइने 'बहुलाही' बनेकी थिइन् ।
भइरहेको कुराकानी अनावश्यक तन्काउनु पर्ने कारण पनि बाँकी थिएन। भारी मन अनि रसिला आँखा बिसाउन मन थियो तर त्यहाँ रुनु थिएन ।
केही माथि पुगेपछि बल्ल उनले आँखा खोलिन्। आँट गरेर सिसाबाहिर हेरिन् र मुन्टो निहुराइन्। निकै कहाली लाग्दो थियो, दृश्य। कहाँ खेत? कहाँ बस्ती अनि कहाँबाट बग्छ खोलो? खुट्याउनै मुश्किल। लेदोले पुरिएको थियो सबै ।
उनमा शारीरिक कमजोरी र मानसिक तनाव एकैसाथ बढ्छ। शान्त रहन कठिन हुन्छ। स-साना कुरामा झिँजो लाग्नु र रीस उठ्नुले परिस्थिति सम्हाल्न सक्दिनन् कहिलेकाहीँ। यस पटक त उनको तनाव झनै बढ्यो। किनकि महिनावारी हुनुअघि देखिने लक्षणहरू देखिए। अर्थात्, प्रिमेन्सट्रुअल सिन्ड्रोम (पीएमएस) सुरु भयो। तल्लो पेट दुख्यो, शरीर गल्यो र 'मुड स्वीङ्ग' हुन थाल्यो ।
खेलको ५९ औं मिनेटमा जोएल पोह्यानपालोले फिनल्याण्डका लागि निर्णायक गोल गरे। दर्शकदीर्घामा रहेका फिनल्याण्डका समर्थक उत्साहित हुँदै उफ्रिए, कराए। देशको झण्डा र समर्थनको नारा लागि रहँदा, जोएल स्वयंले भने गोलको उत्सव मनाएनन् ।
तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले उक्त सहयोग बुझे। पतञ्जलिले स्वासारी ट्याब्लेट, कोरोनिल ट्याब्लेट र नाकमा राख्ने अणु तेलको १५ हजार प्याकेट मन्त्रालयलाई सहयोग गरेको हो ।
तर, पनि हलुका छैन त्यो झोला। हरेकपटक काँधमा भिर्दा जिम्मेवारी र डरको भारीले थिच्छ उनलाई ।
जोरपाटीबाट स्कुटर लिएर निस्किँदा हतारो हुन्छ उनलाई। पुग्नुपर्ने पाटन अस्पताल ।
उनको स्वास्थ्य लाभको कामना गरिरहेका सबैका लागि सकारात्मक सङ्केत थियो त्यो। तर, नेगेटिभ रिपोर्ट आएकै भोलिपल्ट उनको मृत्यु भयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्ने अध्यादेश मस्यौदा तयार पार्दै कारबाहीको दायरा बढाउने प्रस्ताव गरेको हो। कसुरदारलाई दुई लाख रुपैयाँसम्म जरिवानाको प्रस्ताव पनि अध्यादेशमा गरिएको छ ।
उपचाररत् कोरोना संक्रमितको मृत्यु भएपछि मृतकको आफन्तले आईसीयू वार्डमै पसेर उनीहरूमाथि प्रहार गरे। जेठ १३ गते रातिको घटना त्यही अस्पतालमा घट्यो जहाँ कोरोना भाइरस संक्रमणको दोस्रो लहरले शय्या र अक्सिजन अभाव मच्चिएको थियो। संक्रमितको चाप धान्न अस्पतालको जनशक्ति पनि पर्याप्त थिएन। हाहाकार बिच खटिएका थिए चिकित्सक, नर्सलगायत अन्य कर्मचारी ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालदेखि अन्य सरकारी एवं निजी अस्पतालमा बिरामीलाई बाहिरै राखेर उपचार गरिएको दृश्यहरू सामाजिक सञ्जालदेखि सञ्चारमाध्यम भरि छायो ।
त्यतिबेला देशमा संक्रमणको दोस्रो लहर उकालो लाग्दै थियो। संक्रमण नियन्त्रणका लागि वैशाख १३ गते, उपत्यकाभित्रका तीन जिल्लामा १६ गतेदेखि लागू हुनेगरी निषेधाज्ञा घोषणा भयो। जिल्ला प्रशासनले जारी गरेको सूचनामा उल्लेख थियो – 'काठमाडौं उपत्यका छाड्नेलाई दुई दिन मौका ।
किनकि डराएर, रोएर र कराएर केही हुँदैन – उनीहरूको अनुभवले यस्तै भन्छ। हरेक बिहान बस्तीमा घन्कने रेडियोले उस्तै समाचार दिन्छ – देशभर संक्रमण बढ्यो। संक्रमणले मान्छे मरे। बिरामीलाई सास फेर्न गाह्रो भएको छ तर अस्पतालमा बेड छैन। अक्सिजन छैन । | pahilopost.com |
1,469,732 | फुटबल स्टार तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का फरवार्ड लियोनल मेस्सी टिमको प्रशिक्षणमा फर्किएका छन् । घुँडाको चोटको कारण मेस्सी लिग वानको पछिल्लो दुई खेलमा मैदान बाहिर रहेका थिए । च्याम्पियन्स लिगको खेल अघि मेस्सी टिमको प्रशिक्षणमा फर्किएका हुन् । म्यानचेस्टर सिटीविरुद्धको खेलअघि उनी प्रशिक्षणमा फर्किएका छन् । त्यसैले मेस्सीले सिटीविरुद्ध खेल्ने बताइएको छ । पीएसजीले सिटीसँग घरेलु मैदानमा मंगलबार राति प्रतिस्पर्धा गर्दैछ । | kendrabindu.com |
3,930,801 | खेलको चौथो मिनेटमा नै मिडफिल्डर टोनी क्रुसले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । उनले पेनाल्टी क्षेत्रको ठिक भित्रबाट पहिलो टचमा गरेको प्रहारलाई एइबारका गोलरक्षकले बचाउने कुनै मौका पाएनन् । रियलको घरेलु मैदान सान्टियागो बर्नाबाउमा खेलिनुपर्ने उक्त खेल विशेष कारणले गर्दा प्रशिक्षण मैदाननजिक रहेको एस्ताडियो अल्फ्रेडो डी स्टेफानोमा हुनेछ । लिग अन्तर्गत बाँकी रहेका ११ खेलमध्य रियलले ६ खेल घरेलु मैदानमा खेल्नुपर्ने छ । बिल्बाओको मैदान सान मामेसमा भएको खेलमा इकार मुनिआइनले घरेलु टोलीलाई अग्रता दिलाएका थिए । युरी बेर्चिचेले दिएको क्रसमा मुनिआइनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । घरेलु मैदानमा विल्वाओका इकर मुनिआइनले गोल गर्दा एट्लेटिकोका डिएगो कोस्टाले बराबरी गोल फर्काएका थिए । सान मामिस बारियामा आइतबार साँझ भएको प्रतिस्पर्धात्मक खेलमा दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । माइन्ज र अग्सवर्ग तथा साल्के र बायर लेभरकुसनबीच प्रतिस्पर्धा हुदैछ । साल्केले घरेलु मैदानमा राति ९ः४५ बजे बायर लिभरकुसनसाग प्रतिस्पर्धा गर्देछ । लिभरकुसन घरेलु टोली साल्केलाई पराजित गर्दै शीर्ष चारमा पुग्ने दाउमा हुनेछ । उपाधि दाबेदार रियल म्याड्रिडले घरेलु मैदानमा एइबारको सामना गर्दैछ । खेल नेपाली समयअनुसार राति ११ः१५ बजे सुरु हुनेछ । त्यसअघि एथ्लेटिक बिल्बाओ र एट्लेटिको मड्रिडबीच साँझ ५ः४५ बजे खेल हुनेछ । अल्फ्रेडो डी स्टेफानो मैदानमा रियल सहज जितको खोजीमा हुनेछ । क्लबका निर्देशक लियोनार्दोले ३३ बर्षिया फरवार्ड काभानी र ३५ वर्षीय कप्तान सिल्भा सिजनको अन्त्यसँगै फ्रि ट्रान्सफरमा क्लब छाड्ने पक्का भएको बताएका छन् । कोरोना भाइरस कोभिड १९ को संक्रमणले विश्वव्यापी महामारीको रुप लिन थालेपछि नेयमार स्वदेश फर्केका थिए । फ्रान्सले शनिबारबाट सिमा खुल्ला गरेको छ । शनिबार राति बोरुसिया मोन्चेनग्लाडवाकमाथि २–१ को जित निकाल्दै लगातार आठौं सिजन उपाधि नजिक पुगेको हो । बुन्डेसलिगामा ३ चरणको खेल बाँकी रहँदा बायर्नलाई उपाधिका लागि मात्रै एक जितको खाँचो छ । तीनमध्ये एकमा जित हात पारे बायर्न लगातार आठौं सिजन बुन्डेस लिगा च्याम्पियन बन्नेछ । शनिबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा १–१ गोलको बराबरी खेलेपनि नेपोलीले समग्रमा २–१ को जित निकाल्दै फाइनलमा स्थान बनाएको हो । पहिलो लेगमा नेपोली १–० ले विजयी भएको थियो । | hamrokhelkud.com |
4,033,462 | धुलिखेल अस्पतालमा ट्रमा र आकस्मिक केन्द्र विस्तारका लागि जापान सरकारले अनुदान सहयोग उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा आज भएको एक कार्यक्रममा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ सचिव कृष्णहरि पुस्कर र नेपालका लागि जापानका राजदूत किकुता युताकाको उपस्थितीमा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) नेपाल कार्यालयका प्रमुख प्रतिनिधि ओकुबो अकिमित्सुले हस्ताक्षर गरे । “धुलिखेल अस्पताल ट्रमा एण्ड इमर्जेन्सी सेन्टर सुधार परियोजनामा करिब दुई अर्ब ९५ करोड (तीन हजार दुई सय ९६ मिलियन जापानी येन) बराबरको अनुदान सहायता उपलब्ध गराउने सम्झौता भएको छ”, सम्झौतापछि उपलब्ध गराइएको विज्ञप्तिमा भनिएको छ । परियोजनाको कार्यान्वयनपछि दुर्घटनामा परेका घाइतेको उपचारका लागि आकस्मिक कक्ष, शल्यक्रिया कक्ष, आईसीयू, र बाहिरी बिरामी परामर्श कक्षसहितको ट्रमा तथा आपतकालीन केन्द्र निर्माण गरी एमआरआई, सीटी, जस्ता चिकित्सा उपकरण उपलब्ध गराएर चिकित्सा सेवालाई सुदृढ हुनेछ । सो आयोजनाको कूल कार्यान्वयन अवधि ४८ महिना रहेको छ । प्रस्तावित अनुदान सहयोग स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत सशर्त अनुदानका रूपमा परिचालन गरिनेछ । नेपालको स्वास्थ्य क्षेत्रको सुदृढीकरणमा जापान सरकारको निरन्तर सहयोगका लागि धन्यवाद दिँदै अर्थ सचिव पुस्करले सोे परियोजनाको कार्यान्वयनले विशेषगरी धुलिखेल र आसपासका बिरामीहरूलाई आपतकालीन सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । नेपालका लागि जापानी राजदूत किकुताले सो परियोजनाले स्वस्थ जीवन सुनिश्चित गर्न र नेपाली जनताको हितलाई प्रवर्द्धन गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे । रासस बैतडी, ६ साउन । गत आर्थिक वर्ष २०८०/८१ मा यहाँका सरकारी कार्यालयको ८७ करोड बढी काठमाडौं, ६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगो देशको अर्थतन्त्र चलायमान बनाउने अनुभव वर्तमान काठमाडौं, ६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले जोसुकै भएपनि सहकारी ठगलाई कारबाही गरिने बताएका काठमाडौं, ६ साउन । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य माधव सापकोटाले काठमाडौं,६ साउन । नेकपा एमालेले पनि उपसभामुख इन्दिरा रानाको राजीनामा मागेको छ । आज बसेको काठमाडौं, ६ असार । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत काठमाडौं, ६ असार । उपसभामुख इन्दिरा रानाले भिसाका लागि अमेरिकी राजदूतावासलाई लेखेको पत्र सम्बन्धि विवाद काठमाडौं, ६ साउन । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री अमनलाल मोदीले आफूहरुलाई सरकारको बैतडी, ६ साउन । गत आर्थिक वर्ष २०८०/८१ मा यहाँका सरकारी कार्यालयको ८७ करोड बढी काठमाडौं, ६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगो देशको अर्थतन्त्र चलायमान बनाउने अनुभव वर्तमान काभ्रेपलाञ्चोक, ६ साउन । काभ्रेपलाञ्चोक जिल्ला अदालतले एक वर्षमा विभिन्न मुद्दाका प्रतिवादीबाट तीन सय ८८ काठमाडौँ, ६ साउन । | reportersnepal.com |
1,819,954 | आशा गरौं केही वर्षमा अन्तरिक्षमा बच्चा जन्मिन थाल्नेछन् र भविष्यमा मानवले अर्को ग्रहमा गएर कोलोनी निर्माण गर्न सक्नेछन् । मानिस पहिलोपटक अन्तरिक्षमा सन् १९६१ मा गएका थिए । त्यसपछि सबैको मनमा एउटा विचार छ, के अन्तरिक्षमा बच्चा जन्माउन सकिन्छ ? संसारभरका वैज्ञानिकले ६२ वर्ष पछि पनि यो गाँठोलाई सुल्झाउन सकेका छैनन् । तर ब्रिटेन र नेदरल्याण्डका वैज्ञानिकले छिटै यस प्रश्नको जवाफ दिन सक्छन् । यसअनुसार अन्तरिक्षमा एउटा बायो स्याटेलाइट पठाइनेछ । जसलाई पृथ्वीमा ल्याइनेछ र महिलाको गर्भमा ट्रान्सफर गरिनेछ । धर्तीमा जन्म लिने यस्तो बच्चालाई ‘स्पेस बेबिज’ भनिनेछ । स्पेसबर्नका संस्थापक डाक्टर एगबर्ट एडेलब्रोएकले भनेका छन्, ‘यस प्रोजेक्टको अन्तिम उदेश्य पृथ्वी बाहिर प्राकृतिक तरिकाले बच्चा जन्माउनु हो । तर यस अघि हामीले उक्त टेक्नोलोजीलाई स्पेसमा परिक्षण गर्नुपर्ने हुन्छ । त्यसपछि मात्र अन्तरिक्षमा सेक्स, प्रेग्नेंसी र डेलिभरीका बारेमा फोकस गर्नुपर्ने हुन्छ ।’ यस प्रोजेक्टलाई सबैभन्दा पहिला मुसामा परिक्षण गरिनेछ । उनीहरुको स्पर्म र अन्डालाई अन्तरिक्षमा फर्टिलाइज गरिनेछ । यस परिक्षणका लागि पहिलो उडान अप्रिलमा क्यानाडाबाट रवाना हुनेछ । अध्ययनअनुसार, बायो स्याटलाइट १८ देखि २४ महिनामा बनेर तयार हुनेछ । स्पेसबर्नलाई एसगार्डिया कम्पनीको सहयोग छ । यो कम्पनी २०१६ मा बनाइएको थियो । यसको उद्देश्य अन्तरिक्षमा दुनियाँको पहिलो वस्ती बसाउने रहेको छ । कम्पनीको दाबी छ, यस वस्तीका लागि अहिले नै १० लाख भन्दा धेरै व्यक्तिले दर्ता गराइसकेका छन् । डा.एडेलब्रोएकका अनुसार आउँदो ५ वर्षमा मानव कोषिकासँग बायो स्याटलाइटलाई अन्तरिक्षमा पठाउन सकिन्छ । साथै अन्तरिक्षमा मानव बच्चाको जन्म २०३१ सम्म हुन सक्छ । हाल यो पृथ्वीको तल्लो भागमा नै सम्भव हुनेछ । साथै यसका लागि प्रविधि र मानिसको चयन एकदमै सोंचेर गर्नुपर्ने हुन्छ । उदाहरणका लागि गर्भवती हुने महिला र मेडिकल स्टाफ एकदमै सोंचेर छान्नुपर्ने हुन्छ । जो महिलामा यो परिक्षण हुनेछ, उनीहरुले कम्तीमा दुईवटा सफल डेलिभरीको अनुभव भएको हुनुपर्नेछ । साथै उनीहरुको शरीरमा हाई रेडिएशनलाई सहन गर्ने शक्ति पनि हुनुपर्ने हुन्छ । डाक्टर एडेलब्रोएकका अनुसार, अन्तरिक्षमा बच्चा जन्माउने प्रक्रियाको योजना एकदमै गाह्रो हुनेछ । यसमा तापक्रम, मौसम तथा रकेट लंचिंगमा आउने समस्याबरे ध्यान दिनुपर्ने हुन्छ । केवल एक महिलामा परिक्षण गर्न सकिँदैन । एकैसाथ लगभग ३० महिलालाई गर्भवती बनाइनेछ । अध्ययनकर्ताको भनाई अनुसार मुसा र मानवका सेल्समा हुने परिक्षणले नै अन्तरिक्षमा डेलिभरी सुरक्षाको अवस्था थाहा हुनेछ । आशा गरौं केही वर्षमा अन्तरिक्षमा बच्चा जन्मिन थाल्नेछन् र भविष्यमा मानवले अर्को ग्रहमा गएर कोलोनी निर्माण गर्न सक्नेछन् । | nepalviews.com |
959,495 | माओवादी सशस्त्र द्वन्द्व चानचुन दस वर्ष चल्यो, तर नेपाली समाजमा त्यसका बाछिटाहरू वर्षौंसम्म देखापरिरहनेछन् । किनभने त्यो राजनीतिक उहापोहको आयतन यति फराकिलो भइदियो कि हाम्रो घर–परिवार, समाज र मुलुकको पछिल्लो आयाम बुझ्न घरीघरी त्यसैभित्र पस्नुपर्ने हुन्छ । त्यसको पक्ष वा विपक्षमा उभिएर अथवा निरपेक्ष रहेर सिर्जनात्मक अभिव्यक्तिहरू आउने क्रम पनि सायद लामै समय जारी रहला— पुस्तक, वृत्तचित्र, चलचित्र आदिका माध्यमबाट । केहीअघि द्वन्द्वकै विषयवस्तु समेटेर मीन भामको ‘कालो पोथी’ चलचित्र आएको थियो र व्यावसायिक रूपमा राम्रै सफलता हासिल गरेको थियो । सशस्त्र द्वन्द्वको सेरोफेरोमा यसबीच अरू थुप्रै चलचित्र बनेका छन्, केही बन्दै पनि होलान् तर २०६३ सालपछिको राजनीतिक संक्रमणलाई समातेर अघिल्लो दशकको हिंसा–प्रतिहिंसालाई नियाल्ने काम भने थोरैले मात्र गरेका छन् । भर्खरै रिलिज गरिएको ‘सेतो सूर्य’ ले यही दोस्रो बाटो रोजेको छ । दीपक रौनियार निर्देशित यो चलचित्र द्वन्द्वकालभन्दा पनि द्वन्द्वोत्तर कालखण्डको प्रतिविम्ब हो । ‘सेतो सूर्य’ माओवादी ‘जनयुद्ध’ को गाथा भने होइन, न त यसलाई पूर्ण राजनीतिक चलचित्र भन्नु उचित हुन्छ । वास्तवमा यो सामाजिक यथार्थवादी चलचित्र हो, जसले अहिलेको अवसरवादी राजनीतिबाट प्रभावित समाजलाई पर्दामा ल्याइदिएको छ । यसमा द्वन्द्वका कथाहरू सुनाइएका र देखाइएका छन्, तर चलचित्र मूलत: द्वन्द्व–प्रभावित पात्रहरूको मनोदशावरिपरि घुम्छ । ‘सेतो सूर्य’ जम्मा तीन दिनको कथा हो— नयाँ संविधान जारी गर्नु अघिल्लो दिनदेखि भोलिपल्टसम्म, कुनै एउटा नेपाली गाउँमा भएको । उसबेलाका माओवादी नेता बाबुराम भट्टराईले पत्रकारलाई व्याख्या गरिरहेका हुन्छन्— किन उनीहरूले पुराना अडान छाडेर संविधानमा ‘सम्झौता’ गर्नुपर्यो । रेडियोमा ‘नयाँ नेता’ को त्यही भनाइ आइरहँदा गाउँका एक जना पुराना वृद्ध नेताको मृत्यु भएको दृश्य सुरुमा आउँछ । १२ वर्षभरि प्रधानपञ्च रहेका र पछि राप्रपाको राजनीतिमा लागेका ती वृद्धको गह्र्रौं शव घरबाट कसरी निकाल्ने— ढोकाबाट कि झ्यालबाट ? सुरुवाती तनाव त्यसैमा हुन्छ । अनि लास जलाउन निकै तल रहेको खोलासम्म कसरी पुर्याउने ? त्यो पनि लगभग युवारहित गाउँमा । युवा भनेका दुई जना हुन्छन्, तिनै ‘प्रधानपञ्च’ का दुई छोरा– एक जना माओवादी छापामार भएर ‘जंगल’ पसेका ‘कमरेड अग्नि’ अर्थात् चन्द्र; अर्काचाहिं नेपाली सेनाको जागिर छाडेर गाउँमै बसेका सुरज । फरकफरक मूल्य–मान्यताले गर्दा आफ्ना बाबुको अन्तिम संस्कार गर्ने दौरानसमेत उनीहरू बारम्बार भिड्छन् । त्यो यति बढ्छ कि सुरजले मलामीलाई बाटैमा छाडेर हिँडिदिन्छन्, अनि शव बोक्न सक्ने युवाहरूको खोजीमा भौंतारिएका चन्द्रले कोही पाउँदैनन् र अन्त्यमा आफ्नै भाइलाई फर्काउन जाँदा ऊ पनि उपलब्ध हुँदैन । त्यसपश्चात् उत्कर्षको क्षण आउँछ, जहाँ प्रहरी र माओवादी छापामारबीच भिडन्त हुन्छ र अन्त्यमा अनपेक्षित ढंगबाट वृद्धको शव घाटसम्म पुग्छ । त्यतिन्जेलमा उता काठमाडौंमा संविधान जारी भइसकेको हुन्छ । दुई परस्परविरोधी मान्यताबीच टकराव चल्दाचल्दै अन्त्यमा जसरी वृद्धको अन्तिम संस्कार सम्भव हुन्छ, त्यसलाई संविधान जारी हुनुअघि भएको राजनीतिक रसाकस्सीको प्रतिविम्ब मान्न सकिन्छ । सेतो सूर्य मूलत: प्रतीकात्मक चलचित्र हो, जसका कथा, पात्र, पात्रका संवाद र व्यवहार, दृश्यांकन आदि सबैलाई अर्थपूर्ण ढंगले प्रयोग गरिएको छ । खासगरी पात्रहरूको उपस्थिति र प्रस्तुति सशक्त लाग्छ । मुख्य दुई पात्रहरू— माओवादी बनेका चन्द्र (दयाहाङ राई) र सेनामा काम गरेका सूरज (रवीन्द्रसिंह बानियाँ) मार्फत दुइटा ध्रुवको प्रतिनिधित्व गराइएको छ । राष्ट्रिय झन्डामा अंकित चन्द्र–सूर्यको अर्थमा उनीहरूको नाम पनि सांकेतिक ढंगले राखेको देखिन्छ । यी दुई पात्र मार्फत् पुरानो र नयाँ मान्यताबीचको सामाजिक–राजनीतिक द्वन्द्वलाई झल्काउन खोजिएको छ । बाबुको शव आँगनबाट उठाउनै लाग्दा सुरजले कोठाभित्र दौडेर राप्रपाको झन्डा ल्याएर ओढाइदिन्छन्, चन्द्रले त्यो फ्याँकिदिन्छन् । दाजुभाइबीच विवाद चल्छ । चन्द्रले आक्रोश पोख्छन्, ‘योचाहिं अति भयो । यही लडाइँका लागि सारा जीवन गुमाएको छु । ठीक छ, बुवा र मेरो विचार मिल्दैन थियो होला, तर म यो रमिताचाहिं हेर्न आएको होइन यहाँ ।’ बूढापाकाले चन्द्रलाई सम्झाउँछन् । अन्त्यमा उनले बाध्यतामा परेझैं अनुहार खुम्चाएर राप्रपा–झन्डाले ओढाएको शव बोक्छन् । बाटोमा फेरि दाजुभाइबीच बहस चर्कन्छ । चन्द्रले तर्क गर्छन्, ‘२५० वर्षदेखि एउटै जातले राज्य गरिरहेको छ । के जनताले आफ्नो न्यायका लागि लड्नु गलत हो ?’सुरजको जवाफ हुन्छ, ‘तेरा न्यायका नतिजा नदेखेको हो र मैले ।’‘न्यायबिना शान्तिपूर्ण समाजको स्थापना असम्भव छ, यति कुरा त बुझ्छस् होला नि ।’‘आफ्नै एउटा परिवार सम्हाल्न सकेको छैनस्, देशका कुरा गर्छस् ।’हुन पनि समाज बदल्छु भनेर हिँडेको चन्द्रको आफ्नै घर–परिवार भताभुंग भइसकेको हुन्छ । उनले आफ्नी श्रीमती दुर्गा (आशा मगराँती) लाई उहिल्यै छाडेर हिँडेका हुन्छन् । उनीहरूकी सानी छोरी पनि हुन्छिन्, जसको बाबु भने चन्द्र हुँदैनन् । चन्द्र र सुरजलाई समेत त्यो थाहा हुन्छ, तर बाँकी समाजले चन्द्रलाई नै बुबा ठान्छ । यता दुर्गा भने छोरीलाई स्कुल पढाउन कानुनी रूपमा कोही बाबु देखिनैपर्ने भएकाले कागजमा हस्ताक्षर गराउन चन्द्र र सुरज दुवैलाई बिन्ती गर्छिन् । लैंगिक समानताको चर्काे कुरा गरे पनि पछिल्लो राजनीतिक प्रबन्धले समेत महिलालाई समान अधिकार सुनिश्चित नगरेको झल्को त्यहाँनेर आउँछ । दुर्गाका रूपमा आशा मगराँतीको अभिनय निकै जीवन्त छ । बाँचुन्जेल आफ्ना ससुराको स्याहार–सुसार गरे पनि मरेपछि उनलाई शव छुनसमेत दिइन्न । झ्यालबाट लास निकाल्न खोज्दा उनले सघाउन खोज्छिन्, पण्डितले हकार्छन्, ‘आइमाईले लास छुनु हुन्छ ?’ दुर्गाले प्रतिप्रश्न गर्छिन्, ‘के झर्न दिनु त ?’ तर त्यसभन्दा बढी प्रतिवाद गर्न सक्ने सामाजिक परिवेश हुन्न, उनी अन्यत्रै गएर बस्छिन् । ‘त्यो परिवर्तनका लागि यत्रो लडियो, हाम्रो परिवार जस्ताको त्यस्तै’, एउटा मोडमा चन्द्रले स्विकार्छन् । राजनीतिक विद्रोहले सफलता नपाएको, र आफू सम्भवत: ‘अयोग्य लडाकु’ बनेर फर्कनुपरेको बाध्यताबाट उनी आफैं पिल्सिरहेका हुन्छन् । उता उनले युद्धकालमा ज्यान जोखिममा हालेर सेनाबाट बचाएका नेता भने नवसम्भ्रान्तका रूपमा छोराको बिहे गर्न गाउँमा हेलिकप्टरबाट झरेको दृश्यले माओवादीभित्रै दुइटा वर्ग विकसित भएको प्रस्ट्याउँछ । कतिसम्म भने चन्द्रले आफ्ना बुबाको शव उठाउन मद्दत माग्दा आफैंले कुनै बेला जोगाएका ती नेताले मानवीय सहयोगसमेत गर्दैनन् । तर नेताज्यू बोलीले भने ठिक्क पार्छन्, ‘संविधान जब आउँछ मुलुकमा, अनि सब कुरा ठीक हुन्छ ।’ संविधानसभाकालमा नेताहरूले दिने ‘रेडिमेड’ आश्वासनलाई यसले सम्झाउँछ । तर संविधान आएर के भयो ? आम मानिसझैं चन्द्र पनि रनभुल्लमै देखिन्छन् । यो चलचित्रले राजनीतिक द्वन्द्वको पृष्ठभूमि समाते पनि पक्षधरता लिएको छैन । दुवै पक्षको सबल र दुर्बल पक्ष पात्रहरूमार्फत झल्काएको छ । अहिले नेपाली समाजलाई दुइटा कुराले तंरगित पारिरहेको छ । त्यसमा एउटा द्वन्द्वको सामाजिक बाछिटा हो भने अर्को वैदेशिक रोजगारीले गाउँघरमा सिर्जना गरेको रिक्तता । ‘सेतो सूर्य’ ले दुवैलाई समेटेको छ । द्वन्द्वोत्तरकालमा देखापरेको निराशाले बिदेसिने प्रवृत्तिलाई अरू बढाएको छ । त्यसैले गाउँहरू युवाविहीन बनेका छन्, बाँकी रहेका छन् चाउरी परेका वृद्ध अनुहारहरू । चलचित्रमा गाउँमा लास उठाउने युवा पनि नभेटिएको दृश्य नाटकीय लाग्न सक्छ, तर यसको प्रतीकात्मक अर्थ बुझ्न सकिन्छ । प्राय: नेपाली फिल्ममा स्थानीय परिवेश समेटिँदैन, सामयिक विषयवस्तुमा त अझ प्रवेशै गरिन्न । गरे पनि त्यो साह्रै नाटकीय हुने हुन्छ । तत्कालीन विषयवस्तु, वर्तमान पुस्ताले देखे–भोगेको विषयमा केन्द्रित हुँदा फिल्मका घटनाक्रमलाई दर्शकले आफू या आफ्नै अवस्थासँग ‘रिलेट’ गर्न सक्छन् र सायद व्यावसायिक रूपले ‘हिट’ हुने ढोका पनि त्यसले खोल्छ । हालै निकै चलेको ‘छक्का–पञ्जा’ को सफलताले यही देखाएको छ । नेपाली समाजको ‘संस्कृति’ सरह बन्न थालेको वैदेशिक रोजगारीको विषयलाई यसले राम्रोसँग ल्यायो, दर्शकले रुचाए । भलै लंैगिक दृष्टिले भने त्यसमा साँघुरो सोच राखेको देखिन्छ । सेतो सूर्य वैदेशिक रोजगारीका मुद्दामा प्रत्यक्ष प्रवेश गरेको छैन, तर यसले समाजमा पारिरहेको प्रभावलाई भने दर्साउन खोजेको छ । र, हालकै सामाजिक परिवेशलाई समेटेको छ, जसलाई पछिल्लो पुस्ताले भोग्दै–देख्दै छ । यसका हरेक पात्रका आ–आफ्ना कथा छन्, जससँग दर्शकले सामीप्य महसुस गर्न सक्छन् । मुख्य कलाकारबाहेक दुई जना बाल कलाकारको अभिनय निकै तारिफयोग्य छ । द्वन्द्वकालमा बाबु–आमा माओवादीबाट मारिएपछि भरिया बनेका बालकले ‘मान्छे नठान्नुहोस् दाइ, म भरिया हो’ भन्दाको दृश्यले मन छुन्छ । कथावस्तु र त्यसको प्रस्तुतिलाई लिएर ‘सेतो सूर्य’ माथि कहीं–कतै खोटै लगाउन नसकिने होइन, तर त्यो आलोचनाका लागि आलोचना गर्नुजस्तो हुन जान्छ । यसको सबल पक्ष सशक्त छ, कमजोरीभन्दा । कास्कीको रमणीय गाउँको छायाकंन आकर्षक छ । छायांकन र सम्पादनमा विदेशी अनुभवी जनशक्ति प्रयोग गरिंदाको महत्त्व चलचित्रभरि महसुस हुन्छ । यसअघि ‘हाईवे’ बनाएर चिनिएका निर्देशक रौनियारको यो पछिल्लो मिहिनेत निकै माझिएको र परिपक्व बनेको झैं लाग्छ हेर्दाखेरी ।‘सेतो सूर्य’ ले अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलहरूमा ‘ह्वाइट सन’ का नामले उत्साहजनक उपस्थिति जनाइसकेको छ । त्यहाँ पुरस्कार र सम्मानसमेत पाएर यो अब काठमाडौं आइपुगेको छ । विदेशमा प्रशंसा पाएको चलचित्रले नेपाली दर्शकबाट चाहिं कस्तो प्रतिक्रिया पाउला ? त्यो भने हेर्न बाँकी छ, तर यस्ता मिहिनेती कामले सफलता पाउँदा समाजमा सिर्जनात्मक कार्य गर्नेलाई प्रोत्साहन नै मिल्नेछ । | ekantipur.com |
4,174,362 | सनुर्भी इन्टरनेसनल प्रालिको आयोजमा सम्पन्न ‘मिस्टर एण्ड मिस नेसनल नेपाल २०२२३’को उपाधि क्रमशः शिशिर वाग्ले र समा पराजुलीले जितेका छन्। काठमाडौंमा बुधबार बेलुकी भएको प्रतियोगितामा ‘मिस ग्लोब नेपाल २०२३’ रोशनी चन्द र ‘मिस्टर इन्टरनेसनल नेपाल २०२३’ प्रज्वल ताम्राकार घोषित भए। यी मध्ये ’मिस्टर एण्ड मिस नेसनल नेपाल’ का विजेताले ’मिस्टर एण्ड मिस सुप्रानेसनल’ मा नेपाललाई प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नेछन् भने अन्यले सोही शीर्षक अन्तर्गतको अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा ‘मिस्टर एण्ड मिस नेसनल नेपाल २०२३’ तर्फ उपविजेता साइरस विश्वकर्मा र सरोजी न्यौपाने, दोस्रो मिलन भट्टराई र सम्पदा घिमिरे र तेस्रो अङ्कित कातिला र सुम्निमा खापुङ्ग लिम्बु घोषणा भए। समरोहमा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले नेपाललाई अन्तर्राष्ट्रीय मञ्चमा चिनाउन शुभकामना आग्रह गर्दै प्रतियोगीलाई शुभकामना दिए। ‘प्रतियोगिताका विजयीले आफूलाई अन्तर्राष्ट्रिय स्टेजमा अब्बल सावित गर्न सक्नुहोस् शुभकामना छ। तपाइँहरूसँग हामी छौँ। देश चिनाउने अभिनयमा अगाडी बढ्न आग्रह गर्छु’,मन्त्री लिम्बुले भने। उनले बजेटको विषयमा भइरहेको छलफलबाट समय निकालेर युवाको गतिविधीमा सहकार्य गर्न र प्रोत्साहन गर्न कार्यक्रममा आएको बताउँदै आफ्नो मन्त्रालयलाई खेलकुदमा मात्र जोडेर नबुझ्न आग्रह गरे। ‘मिस्टर सुप्रानेसनल २०१८’ का विजेता प्रथ्मेश मौलिङ्ग्कारले सहभागी सम्पूर्णको भविष्य उज्वल देखेको बताए। ‘म एकसातादेखि नेपालमा छु। प्रतियोगीको लगनशीलता र मेहनत देखेर प्रभावित भएको छु। नेपालमा यसको सुरुआत गरेर प्रतियोगीलाई अन्तर्राष्ट्रिय यात्रा गराउने आयोजकलाई धन्यवाद’, मौलिङ्ग्कारले भने। कार्यक्रम आयोजक डाक्टर सन्तोष उपाध्यायले आफैं ‘मिस्टर सुप्रानेसनल’ मा सहभागी भएकाले युवाको लागि मञ्चको निर्माण गर्नुपर्छ भन्ने लागेर प्रतियोगिताको सुरुआत गरेको जानकारी दिए। ‘म विदेशमा पुगेर तेस्रो उपविजेता बन्न सक्छु भने म भन्दा ट्यालेन्ट नेपाली धेरै छन्। उनीहरूको प्रतिभालाई स्टेजसम्म ल्याउने कोसिस गरेको हुँ। मेरो उदेश्य अन्तर्राष्ट्रिय मञ्चमा नेपाली पुर्याउने र जिताउने हो’,डा. उपाध्यायले भने। सोको कोच तथा कोरियोग्राफर प्रशान्त ताम्राकार थिए। प्रतियोगितामा काठमाडौंसँगै इटहरी, धनगढी र पोखरामा भएको अडिसनमार्फत छनोट भएका एक सय ७० बाट छानिएका ३६ र त्यसबाट छानिएका २१ जना प्रतियोगीले अन्तिम प्रस्तिस्पर्धा गरेका थिए। त्यसबाट छानिएका अन्तिम सातबाट विजेता चयन भएका हुन्। नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला । | nepallive.com |
2,480,655 | नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सोह्रौँ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०७९ । ८० को मुनाफा रकम मध्येबाट प्रतिशेयर ४० रुपैयाँका दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । कम्पनीले लाभांश रकम आजदेखि नै एनएमबी बैंकमार्फत सर्वसाधारण शेयरधनीहरुलाई वितरण गर्ने व्यवस्था मिलाएको छ । साधारणसभामा करिब ९२ प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनीहरुको उपस्थिति रहेको थियो । उक्त सभाले आर्थिक वर्ष २०७९ । ८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०८० असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरू उपर छलफल गरी सर्वसम्मतले पारित गरेको छ । यसैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०८०÷८१ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउन्टेन्टद्वय नरेन्द्र भट्टराई र महेश कुमार गुरागाईलाई लेखापरीक्षक नियुक्त गर्नुका साथै पारिश्रमिक समेत तोकेको छ । त्यसैगरी सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको रुपमा मनिषजङ्ग जोशी निर्विरोध निर्वाचित भएका छन् । | ratopati.com |
9,293 | काठमाडौँ –राजनीतिक र आर्थिक संकटमा फसेको सोमालियामा करिब ५० लाख नागरिक खाद्य संकटमा परेका छन् । संयुक्त राष्ट्रसंघका विज्ञहरूले यससम्बन्धमा जानकारी दिएका छन् । सोमालियाली अधिकारीहरूले यसअघिदेखि नै देशमा खाद्यान्नको संकट परेको बताउँदै आएका छन् । यहाँ खाद्य संकटमा परेका मध्ये कम्तीमा पनि १ लाख नागरिक त अहिले नै भोकमरीमा परेका छन् । खाद्यान्न सम्बन्धी विज्ञलाई उद्धृत गर्दै संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियोग गुटरेसका प्रमुख प्रवक्ता स्टेफन डुजारिकले सोमालियाको अवस्था निकै खराब बन्दै गएको बताएका छन् । उनका अनुसार सोमालियाका अनुमानित १८ लाख बालबालिका कुपोषणमा परेका छन् र तीमध्ये करिब ५ लाख जनाको अवस्था नाजुक छ । अहिले नै यहाँ खाद्यान्नसम्बन्धी आवश्यक व्यवस्था गर्न नसक्ने हो भने यस देशमा खाद्यान्नको चरम संकट पर्दै जानेतर्फ सबैले ध्यान दिनुपर्ने उनले बताएका छन् । | canadanepal.com |
3,151,720 | मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुईवटा सबस्टेसनहरुको निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाअन्तर्गत चितवनमा नयाँ भरतपुर र लमजुङमा उदीपुर २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ । भरतपुर सबस्टेसन आगामी वैशाखभित्र र उदीपुर सबस्टेसन असारभित्र निर्माण सम्पन्न गर्ने गरी अन्तिम चरणका कामहरु भइरहेका छन् । आयोजनाअन्तर्गत नै लमजुङको खुदी र मनाङको धरापानीमा २२० केभीका सबस्टेसनहरु निर्माणाधीन छन् । खुदी सबस्टेसन आगामी ६ महिनाभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने धारापानी सबस्टेसन निर्माणमा केही समय लाग्ने देखिएको छ । भौगोलिक रुपमा विकट र सबस्टेसन निर्माणस्थलमा उपकरणहरु लैजान पहुँच सडकको समस्या रहेकाले धारापानी सबस्टेसन निर्माणमा केही समय लाग्ने छ । पहुँच सडक निर्माणका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको छ । नयाँ भरतपुर सबस्टेसनमा सञ्चालन पूर्व गर्नु पर्ने परीक्षणका कामहरु भइरहेका छन् । उदीपुर सबस्टेसनका अधिकांश सिभिल संरचनाहरुको निर्माण सम्पन्न भएको छ । सबस्टेसनमा रहने उपकरणहरु निर्माण स्थलमा ढुवानी भइसकेका छन् । उपकरणहरु जडान जारी छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थलगत अनुगमन भ्रमणमार्फत निर्माण प्रगति, बेहोरिएका समस्या, काम सम्पन्न हुने तालिकालगायतका विषयमा आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीहरुसँग विस्तृत छलफल गरी सबस्टेसन तोकिएकै समयमा सम्पन्न गर्न निर्माणमा संलग्न सबैलाई आग्रह गरेका छन् । नयाँ भरतपुर र उदीपुर सबस्टेसनमा क्रमश २२०/१३२ केभी, ३२० एमभिए र २२०/१३२ केभी, १६० एमभिए तथा १३२/३३ केभी,५० एमभीए क्षमताका पावर टान्सफर्मरहरु रहने छन् । खुदी र धारापानी सबस्टेसनमा क्रमश : २२०/१३२ केभी,१६० एमभिए तथा १३२/३३ केभी, ५० एमभिए र २२०/१३२ केभी, १०० एमभिए तथा १३२/३३ केभी, ३० एमभिए क्षमताका पावर ट्रान्सफर्मरहरु रहने छन् । खुदी सबस्टेसनमा रहने पावर ट्रान्सफर्मर राखिने स्थान, नियन्त्रण कक्षलगायतका सिभिल संरचनाहरुको निर्माण सम्पन्न भएको छ । ट्रान्सफर्मरलगायतका उपकरणहरु निर्माणस्थलमा ढुवानी सुरु भएको छ । मस्र्याङ्दी र त्यसका सहायक नदीहरुबाट उत्पादन हुने विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब एक हजार ६ सय मेगावाट विद्युत प्रवाह गर्न सकिने छ । आयोजनाअन्तर्गत चितवनको भरतपुरदेखि मनाङको धारापानीसम्मको ११३ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माणाधीन छ । आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । पहिलो प्याकेजअन्तर्गत उदीपुरबाट नयाँ भरतपुर सबस्टेसनसम्मको करिब ६७ किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको छ । दोस्रो प्याकेजअन्तर्गत नयाँ भरतपुर र उदीपुर सबस्टेसन निर्माणको अन्तिम चरणमा छन् । तेस्रो प्याकेजअन्तर्गत खुदीबाट धारापानीसम्मको ४६ किलोमिटर प्रसारण लाइन र दुई वटा सबस्टेसन निर्माण भइरहेको छ । नेपाल सरकारको लगानी र युरोपेली लगानी बैक (इआइबी)को सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब १६ अर्ब रुपैयाँ छ । सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं । | souryaonline.com |
3,197,079 | विराटनगरस्थित कोइराला निवासमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले लोकतन्त्रमा अद्यावधिक निर्वाचन मौलिक हक भएकाले यो निर्वाचन कुनै बहानामा सार्न नहुनेमा जोड दिए । उनले सरकारले निर्वाचनका विषयमा सिधै निर्वाचन आयोगसँग छलफल गरी टुङ्गो लगाउनुपर्ने तर्क गर्दै ऐन कानून परिवर्तन गरेर निर्वाचन सार्न नहुने विचार व्यक्त गरे । उनले भने, ‘गठबन्धन दलसँगभन्दा पनि सरकारले निर्वाचन आयोगसँग छलफल गरेर निर्वाचनको मिति तोक्दा राम्रो हुनेछ ।’ केन्द्रीय सदस्य डा कोइरालाले पार्टीको १४औँ महाधिवेशनमा पराजित भएका वरिष्ठ नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गर्न नेतृत्वलाई सुझाव पनि दिए । उनले प्रदेश १ को नामकरण दलको सहमतिमा हुनुपर्ने भन्दै खर्च बढ्नेगरी मन्त्रालय टुक्र्याउने र मन्त्रीको सङ्ख्या बढाउने कुराले सुशासनमा असर पर्ने धारणा राखे । देशको आर्थिक अवस्थालाई ध्यानमा राखेर प्रदेश सरकारले आफ्नो सरकार विस्तार गर्नुपर्ने र प्रदेश सरकार पारदर्शी, जवाफदेही र उत्तरदायी हुनुपर्ने बताए । सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं । | souryaonline.com |
6,105,379 | मंगलबार प्रिमियर लिगमा चेल्सीले एभर्टनलाई ६-० ले पराजित मिडफिल्डर कोल पाल्मरले ४ गोल गरे । निकै लयमा देखिएका पाल्मरले २९ मिनेटभित्र ह्याट्रिक गरेका थिए । उनले जारी सिजन प्रिमियर लिगमा आफ्नो गोलसंख्या २० पुर्याइसकेका छन् । पाल्मरले सर्वाधिक गोल गर्नेमा म्यानचेष्टर सिटीका एर्लिङ हालान्डसँगै गोल्डेन बुटको रेसमा आफूलाई पनि उभ्याएका छन् । पाल्मरको लागि यो धेरै ठूलो उपलब्धी हो । किनभने समरमा म्यानचेष्टर सिटीबाट चेल्सी जानुअघिसम्म २१ वर्षीय पाल्मरले कहिल्यै लिगमा गोल गरेका थिएनन् । त्यसपछिको ७ महिना बित्दा इंग्ल्याण्डका यी स्टार खेलाडी लिगको सर्वाधिक गोलकर्ता बन्ने होडमा देखिएका छन् । नोभेम्बरमा पाल्मरले नियमित खेल्ने समय पाउनका लागि ब्वायहुड क्लबबाट वेष्ट लण्डन गएको बताएका थिए । उनले गत सिजन सिटीका लागि २५ खेल खेलेका थिए । त्यसमा जम्मा ७ खेलमा मात्र पहिलो रोजाईँमा खेलेका थिए । त्यसको विपरीत यस सिजनमा भने ४३ खेल खेलेर २५ गोल गरिसकेका छन् । पाल्मरका लागि चेल्सीले ४२ मिलयन पाउण्ड खर्चिएको थियो । जुन अहिले सही देखिएको छ । यस सिजन पाल्मर गज्जबको लयमा छन् र सन् २०१६-१७ मा डिएगो कोस्टाले २० गोल गरेयता चेल्सीका लागि २० गोल गर्ने पाल्मर नै पहिलो खेलाडी बनेका छन् । चेल्सीले यस सिजन अझ लिगमा ७ खेल खेल्न बाँकी छ । ‘तपाई उसले राम्रो प्रदर्शन गर्ने अपेक्षा गर्न सक्नुहुन्छ । तर उनको प्रदर्शन गज्जबको छ र टिमको लागि राम्रो गरिरहेका छन् । चेल्सीका म्यानेजर माउरिसियो पोचटिनोले बीबीसी म्याच अफ दि डे सँग भने, ‘उनले चार गोल गर्दा म खुशी छु ।’ एभर्टनविरुद्धको खेलमा पाल्मरले पहिलो तीन गोल उत्कृष्ट ढंगमा गरेका थिए । बायाँ खुट्टा, हेड र दायाँ खुट्टाले । ग्रेसनोटले २००८-०९ मा डेटा रेकर्ड गर्न थालेयता प्रिमियर लिगमा यो परफेक्ट ह्याट्रिक भएको सबैभन्दा छिटो हो । उनले १३औं मिनेटमा गोलको खाता खोलेका थिए । निकोलस ज्याक्सनसँग वान टु वान खेल्दै एभर्टनका डिफेन्डर जारार्ड ब्राथवेइटलाई छक्याउँदै बटम कर्नरमा उत्कृष्ट कर्लिङ प्रहार गरेका थिए । पाँच मिनेटपछि उनले ज्यासनको सट रिबाउन्ड हुँदा त्यसमा हेड गोल गरे । २९औं मिनेटमा उत्कृष्ट गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । दोस्रो हाफमा उनले पेनाल्टी पाए र त्यसमा गोल गर्दै चौथो गोल गरे । ‘यो एकदमै चाँडो भयो’, पाल्मरले स्काई स्पोर्ट्ससँग भने , ‘पहिलो गोल मेरो फेभरेट थियो ।’ एकै खेलमा चार गोल गरेपछि पाल्मरले केही कीर्तिमान पनि बनाए । पाल्मर प्रिमियर लिगमा पहिलो हाफमा ह्याट्रिक गर्ने चेल्सीका पहिलो खेलाडी बने । यस्तै घरेलु मैदानमा लिगमा लगातार ह्याट्रिक गर्ने उनी दोस्रो खेलाडी बने । यसअघि डिडियर ड्रोग्बाले सन् २०१० मे- अगस्टमा यस्तो सफलता पाएका थिए । पाल्मर स्टामफोर्ड ब्रिजमा प्रिमियर लिगमा लगातार ७ खेलमा गोल गर्ने चेल्सीका पहिलो खेलाडी बनेका छन् । उनी चेल्सीका लागि डेब्यु सिजनमै २० गोल गर्ने तेस्रो खेलाडी बनेका छन् । यसअघि २०००-०१ मा जिमी फ्लायड हासलबाइपले २३ तथा २०१४-१५ मा डिएगो कोस्टाले डेब्युमै २० गोल गरेका थिए । पाल्मरले प्रिमियर लिगमा हानेको ९ पेनाल्टीमध्ये सबै गोल गरेका छन् । याया टुरेले मात्र ११ पेनाल्टी हान्दा ११ वटैमा गोल गरेका थिए । यसको निश्चित जवाफ भनेको एर्लिङ हालान्ड नै हो । जसले गत सिजन ३५ खेलमा कीर्तिमानी ३६ गोल गरेका थिए । तर हालान्डले चोटका कारण पहिले जस्तो गोल गर्न सकेका छैनन् । उनले सिटी र नर्वेका लागि पछिल्लो ८ खेलमा जम्मा २ गोल मात्र गरेका छन् । पाल्मर र हालान्ड दुवैको समान २० गोल छ । ओली वाट्किन्सले पाल्मर र हालान्डभन्दा एक कम अर्थात १९ गोल गरेका थिए । एस्टन भिल्लाका लागि वाट्किन्सको गोल प्रिमियर लिगमा संयुक्त रुपमा सर्वाधिक हो । यसअघि सन् २०१२-१३ मा क्रिस्टियन बेनेटेकले १९ गोल गरेका थिए । यसबाहेक लिभरपुलका मोहमद सालाह, बर्नमाउथका डोमिनिक सोलान्क र न्यूक्यासलका अलेक्जान्डर आइस्याकले समान १७ गोल गरेका छन् । टोटनहमका सन हेउङ मिन र वेष्ट ह्यामका जारोर्ड बोवेनले १५ गोल गरेका थिए । पाल्मर अहिले प्रिमियर लिगका गोल गर्नेमा सबैभन्दा लयमा भएका खेलाडी हुन् । उनले सबैखाले प्रतियोगितामा गरी पछिल्लो ६ खेलमा ११ गोल गरेका छन् । पाल्मरको प्रदर्शनबाट धेरै जना प्रभावित छन् र धेरैले उनलाई इंग्लिस टिममा देख्न चाहेका छन् । पाल्मरले इंग्ल्याण्डका लागि जम्मा २ खेल मात्र खेलेका छन् । उनलाई ह्यारी केनको उत्तराधिकारीको रुपमा समेत हेर्न थालिएको छ । | onlinekhabar.com |
2,683,440 | मंगलबार नवनिर्वाचित एमालेका सांसदहरुलाई सम्वोधन गर्दै उनले दोस्रो स्थानमा रहेपनि एमाले ४९ सिटमा जाने अवस्था रहेकोमा अहिले ४४ सिट रहेको र बाँकी सिट एमालेको हातबाट फुत्काउने प्रयास भइरहेको दाबी गरेका हुन् । उनले कहीँ मान्छे मारेर, कहीँ बुथ लुटेर र गणनामा धाँधली गरेर ६ सिटको मत परिणाम आउन ढिलाइ भइरहेको बताए । राज्यसत्ताको दुरुपयोग गरेर विभिन्न स्वरूपमा धाँधली गरेको ओलीको आरोप छ । धाँधली नहुने हो भने एमाले धेरै सिटमा अगाडि हुने बताए । चर्को घेराबन्दी र चक्रव्यूहमा पनि नेपालको लोकप्रिय पार्टीको रूपमा एमाले हो भन्ने जनमतबाट स्थापित भएको उल्लेख गरे । गठबन्धन र अनेक किसिमका शक्ति लाग्दा पनि एमाले बलियो भएको दाबी गरे । एमालेलाई सरकार गठन हुन नदिन दौडधुप भइरहेको बताए । मतगणना नसकिँदै सरकार बनाउन दौडधुप गरिरहेको उल्लेख गरे । ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय रहस्यमय रहेको टिप्पणी गरेका छन् । उनले अमेरिकामा रहेको पार्टीको दुरुस्तै नेपालमा कसरी भयो भन्दै प्रश्न गरे । उनले भने–‘संयोग नै भनौँ अमेरिकामा एउटा फ्रिडम पार्टी भन्ने छ । त्यसको चिन्ह घण्टी छ । फ्रिडम पार्टी अफ अमेरिका, त्यसको चिन्ह घण्टी छ । दुरुस्त आकारको, फोटो खिचेजस्तो दुरुस्त आकारको घण्टी चिन्ह यहाँपनि ल्याएको छ । फ्रिडम पार्टी भनेको छ, संयोग नै होला । अस्तिसम्म स्याप्पै थियो त्यो पार्टी, हावा नहाली कसरी हुप्प भयो ? केही त होला । ’ यता ओलीले सुकुम्वासी बस्तीमा तमासा गरिएको टिप्पणी गरेका छन् । ओलीले अर्कै देशका नागरिकसँग झैँ व्यवहार गरेको बताए । नले सुकुम्वासी शान्त भएर खोला किनारमा बसेको बताउँदै उनले उनीहरूले केही नबिगारेको टिप्पणी गरे । उनले भने–‘सुकुम्वासी बस्तीमा तमासा गरियो । त्यहाँ तमासा गर्ने हाकिमहरूको भनाई पुलिसले हामीलाई मद्दत नै गरेन नत्र हामी जित्थ्यौँ । तिनीहरूलाई पराजित गर्थ्यौँ हामी । त्यो बस्ती ध्वस्त बनाउँथ्यौँ हामी । शत्रु देशसँगको लडाइँको जस्तो तरिका, भाषा । त्यहाँ कुन शत्रु बसेका छन् ? गरिब गुरुवा बसेका छन् । ती कुनै शत्रु त हैनन् । सरकारले सहयोग गरेन, पुलिस समयमा आएको भए ठिक लगाइन्थ्यो के भन्या त्यो । | ratopati.com |
1,179,253 | साँफेबगर–मार्तडी–कोल्टी, बालाजु–त्रिशूली–धुञ्चे–स्याफ्रुबँेसी सडक, सिद्धार्थ राजमार्ग, डुम्रे–बेँसीसहर–चामे सडक, कर्णाली राजमार्ग र सुर्खेत तल्लो डुङ्गेश्वर–दुल्लु र पिपलकोट–खुलालु–मान्मा–नाग्मा–जुम्ला सडक अवरुद्ध भएका छन् । वर्षाका कारण आएको बाढीपहिरोले गर्दा अवरुद्ध २२ सडक एकातर्फी खुलाएर आंशिकरुपमा सवारीसाधन सञ्चालनमा रहेका छन् । साँफेबगर–मार्तडी–कोल्टी सडक बाजुराको अम्कोट–बल्दे खण्डमा अवरुद्ध रहेको छ । अवरुद्ध रहेको स्थानमा लोडर र स्काभेटरको प्रयोग गरेर खुलाउने प्रयास भइरहेको र सँगसँगै वैकल्पिक सडकका लागि स्थानीयवासीसँग छलफल भइरहेको डिभिजन सडक कार्यालय साँफेबगरले जनाएको छ । यता बालाजु–त्रिशूली–धुन्चे–स्याफ्रुबँेसी सडक रसुवाको बनुवामा अवरुद्ध रहेको छ । सो सडक खुलाउन प्रयास भइरहेको छ भने वैकल्पिक सडक माध्यम सवारीसाधनका लागि खुलाइएको छ । कर्णाली राजमार्गको हर्रे, सेतो भिर, दरबारे, पदुका, रामघाट, किट्टुलगायतका स्थानमा सडक अवरुद्ध रहेको छ । सिद्धार्थ राजमार्ग पाल्पाको हिउँदे खोलामा अवरुद्ध रहेकामा सडक सुचारु गर्न प्रयास भइरहेको छ । जुम्लाको श्रीढुस्कामा सडक अवरुद्ध रहेकामा स्काइभेटरको प्रयोग गरी खुलाउने प्रयास जारी रहेको छ । हाल कोसी राजमार्ग, पृथ्वी राजमार्ग, डुम्रे–बँेसीशहर–चामे, पुष्पलाल (मध्यपहाडी) राजमार्ग, सिद्धार्थ राजमार्ग, कर्णाली राजमार्ग, अरनिको राजमार्ग, भेरी करिडोरका विभिन्न स्थानमा एकातर्फबाट मात्रै चालु रहेको छ । यस वर्ष नै वर्षाका कारण अवरुद्ध सडकमध्ये हाल एक सय ४५ सडक पूर्णरुपमा सञ्चालनमा आइसकेको विभागले जनाएको छ । विगत केही वर्षयता वर्षाका कारण धेरै सडकमा क्षति पुगिरहेको छ । गत वर्ष वर्षामा मात्रै होइन कात्तिकसम्म वर्षा हुँदा धेरै सडकमा क्षति पुगेको थियो । यस वर्ष पनि देशभरका सडकका चाप बढी रहेका सडकखण्डसमेत पटकपटक अवरुद्ध भइरहेका छन् । अवरुद्ध सडक तत्काल खुलाउनका लागि जनशक्ति र उपकरण तयारी अवस्थामा राखिएको विभागले जनाएको छ । विभागले डिभिजन सडक कार्यालयलाई वर्षा आउनु पहिलेदेखि नै उपकरणसहित तयारी अवस्थामा राख्ने गरेको जनाएको छ । | kantipath.com |
4,692,808 | अब नयाँ बन्ने घरहरूमा अनिवार्य सेफ्टी ट्याङ्की बनाउनुपर्ने र पानी रिचार्ज गर्ने व्यवस्था हुनुपर्नेछ । ढल जमीनले सोस्ने ढंगले बनाउनुपर्छ । त्यसो गर्न सकिए एउटा सेफ्टी ट्याङ्कीले ४५ वर्ष धान्छ । ढलको समस्यै हुँदैन । | nepalpress.com |
6,329,203 | एजेन्सी– श्रीमती गर्भवती भएको समयमा धुमपान गर्ने पुरुषका बच्चामा शुक्राणुको मात्रा अन्य व्यक्तिको तुलनामा ५० प्रतिशत कम हुने एक अध्ययनले देखाएकाे छ । स्वीडेनको लन्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको एक अध्ययनले यस्तो निष्कर्ष निकालेको हो । अध्ययनकर्ताहरुले स्वीडेनका १७ देखि २० वर्ष उमेर समूहका १०४ जना युवकमाथि अनुसन्धान गरेका थिए । गर्भवती महिला निकोटिनको सम्पर्कमा आउँदा बच्चामा पर्ने प्रभावको बारेमा अध्ययन गरेका थिए । अध्ययनकर्ताका अनुसार श्रीमानको धुमपान गर्ने बानीले गर्भमा रहेको बच्चाको प्रजनन क्षमतामा असर पार्ने देखिएको छ । धुमपान गर्ने व्यक्तिको बच्चामा अन्य बच्चाको तुलनामा शुक्राणु संख्या ५१ प्रतिशतसम्म कम हुन सक्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ । लन्ड विश्वविद्यालयका विशेषज्ञ जोनाथन एक्सेलसनका अनुसार बुवाको धुमपान गर्ने बानीले बच्चामा शुक्राणुको मात्रा निकै कम हुने गर्छ । आमा निकोटिनको सम्पर्कमा नहुँदा पनि यो अवस्था देखिएको छ । | farakdhar.com |
5,151,311 | शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत संयोजक मिश्रले विगतमा जस्तो प्रोटोकल बिर्सेस झ्वाम्लंगै अंगालो नहान्न सुझाब दिएका हुन्। उनले राष्ट्रपति सीको भ्रमणको पूर्वसन्ध्यामा काठमाडौँमा छोटो समययमै जुन परिवर्तन भयो सरकारको ईच्छाशक्ति नहुँदा दुई वर्षसम्म पनि सो काम हुन नसकेको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न समेत उठाएका छन्। चिनियाँ सहयोगका कारण कयौँ देशहरू ऋणको पासोमा परेका समाचारहरू आउने गरेको भन्दै ती पुराना अनुभवबाट सावधान हुन समेत सचेत गराएका छन्। उनले सीलाई हृदयदेखि नै स्वागत गर्नुपर्ने भन्दै पार्टीगत घेराभन्दा माथि उठेर राष्ट्रिय हितका लागि ‘संवेदनशील, सकारात्मक, सन्तुलित र स्वाभिमानपूर्ण’ ढंगबाट परिपक्व कुटनीतिको अभ्यास गर्न समेत सुझाब दिएका छन्। १. राष्ट्रपति सी चिनफिङलाई हृदयदेखिको स्वागत छ। स्वागतका लागि रातारात काठमाडौँको मुहार जसरी फेरियो त्यो देखेर नेपालस्थित विदेशी अधिकारीहरू मनमनै मुस्काईरहेको हुनुपर्छ। दुई हप्तामा फेर्न सकिने मुहार गत दुई वर्षमा फेर्न कोशिस गरेको भए शहरको सौन्दर्य कति दिगो हुने थियो। शहरको मुहार दिर्घकालका लागि यसैगरी फेरौँ र पाहुना आउँदा त्यसमा थोरै ‘श्रृंगार’ थप्ने गरौँ। नत्र सधैँ ‘फेर्नेलाई भन्दा देख्नेलाई लाज’ हुने अवस्था सिर्जना हुन्छ। २. बढी उत्साहित भएर विगतका केही घटनामा जस्तो झ्वाम्लंगै अंगालो हाल्ने या प्रोटकलको ख्याल नगर्ने काम नगरौं। ४. बदलिँदो विश्व राजनीतिमा नेपालको रणनीतिक महत्व सर्वशक्तिमान अमेरिका र उदयमान शक्ति चीन र भारत दुबैको लागि बढेको प्रष्टै देखिएको छ। यो चुनौती र अवसर दुबै हो। पार्टीगत घेराभन्दा माथि उठेर राष्ट्रिय हितका लागि ‘संवेदनशील, सकारात्मक, सन्तुलित र स्वाभिमानपूर्ण’ ढंगबाट परिपक्व कुटनीतिको अभ्यास गरौँ। ५. सबैको चासो बढेका बेला पूर्वाधार विकासमा सहयोग लिनेदेखि बैदेशिक लगानी बढाउने सुनौलो अवसर मिलेको छ। हाम्रो काम गर्ने आन्तरिक क्षमता अभिवृद्धि नगर्ने हो भने हामीले प्राप्त गरेको अवसर गुमाउने छौं। राष्ट्रपति सीको भ्रमणलाई दिएको जत्तिकै महत्व भ्रष्टाचार नियन्त्रण गर्न र सुशासन बढाउन दिएनौँ भने भएका संझौताहरू लामो समयसम्म अलपत्र पर्नेछन् । ६. चिनियाँ सहयोगका कारण कयौँ देशहरू ऋणको पासोमा परेका समाचारहरू आउने गरेका छन्। ती पुराना अनुभवबाट हामी सावधान हुन सक्छौँ। यसमा ख्याल गरौँ । ७. चीनबाट रूपान्तरणकारी सहयोग प्राप्त हुँदा त्यसले भारतबाट पनि त्यस्तै सहयोग आकर्षण गर्न सहयोग पुर्याउने छ। तर, त्यो हाम्रो कुटनीतिस्तरमा भर पर्नेछ । ८. भारत र चीन जसरी विकशित भइरहेका छन्, त्यसको बीचमा अवस्थित नेपालको सिर्फ दुईवटा नियति हुन सक्छस् पहिलो, ‘संवेदनशील, सकारात्मक, शन्तुलित र स्वाभिमानपूर्ण’ कुटनीतिक अभ्यासद्वारा विकासको सहयात्री बन्ने। दोस्रो, भ्रष्ट, अपरिपक्व र स्वार्थ केन्द्रित राजनीतिद्वारा नेपाललाई शक्तिराष्ट्रहरूको क्रिडास्थल बनाउने। अहिलेको नेतृत्व र प्रमुख प्रतिपक्षको लागि वैदेशिक नीतिमा सबैभन्दा ठूलो चुनौती त्यही नै हुनेछ । | nepalkhabar.com |
1,962,452 | निरन्तरको वर्षाका कारण पहिरो जाँदा बाग्लुङ जिल्लाको काठेखोला गाउँपालिका–४ तङ्ग्रामको ठूलोगाउँका छ घर उच्च जोखिममा परेका छन् । गत असारबाट जान थालेको पहिरो अहिलेसम्म नरोकिँदा घर छाडेर हिँड्नुपर्ने अवस्थामा आएको ठूलोगाउँका स्थानीयवासीले बताए । स्थानीय जङ्गबहादुर दर्जी, प्रेम दर्जी र कुमार दर्जीसहित छ परिवारको घर पहिराको उच्च जोखिममा परेको छ । घरभन्दा एक सय मिटर तलबाट निरन्तररूपमा जमिन चिरा–चिरा परेर घरसम्मै पहिरो जाँदा स्थानीय विस्थापित हुने चिन्ता बढेको जङ्गबहादुरले बताउनुभयो । “असारमा अलि–अलि चर्केको थियो, अहिलेको बेमौसमी वर्षाका कारण जमिन छियाछिया बनेको छ, घरमा पकाउने खानेमात्रै हो सुत्ने र लत्ताकपडा छिमेकीको घरमा लगेर राखेका छौँ”, दर्जीले भन्नुभयो, “घर तल सडक खनेपछि पहिरो बग्न थालेको थियो तर घरसम्मै पहिरो आउँला भन्ने थिएन, वडा कार्यालयले दिएको प्लाष्टिकले पहिरो ढाकेर कति दिन टिक्ला र पहिराले मेरो घरसहित स्थानीय छ परिवारको उठिबास नै लगाउने भयो ।” घरमात्रै नभएर नवनिर्मित पदमार्गसमेत भासिन थालेको स्थानीयवासीले बताएका छन् । पहिरो रोकथामका लागि प्लाष्टिकले ढाक्ने व्यवस्था मिलाइएको भए पनि यहाँ पहिराका कारण घर विस्थापित हुने अवस्थामा पुगेको काठेखोला गाउँपालिका–४ तङ्ग्रामका वडाध्यक्ष लक्ष्मण पुनले जानकारी दिनुभयो । | pokharanews.com |
1,127,312 | एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका प्रतिपक्ष दलहरूले भारतसँग हालै गरिएको विद्युत खरिद सम्झौता तत्काल सार्वजनिक गर्न सरकारलाई दबाब दिएका छन् । आइतबार सिंहदरबारमा बसेको सङ्घीय संसद प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै एमालेका सचेतक महेश बर्तौला, रास्वपाका प्रमुख सचेतक सन्तोष परियारलगायतका सांसदहरूले सो सम्झौता तत्काल संसदीय समितिमा पेस गर्न सरकारसँग माग गरेका हुन् । एमालेका सचेतक बर्तौंलाले सो सम्झौता तत्काल समितिमा पेस गर्न दिएको निर्देशन सरकारले अटेर गरेको भन्दै आपत्ति समेत जनाए । उनले संसदीय समितिले दिएको निर्देशन सरकारले पालना नगर्ने कुरा कुनैपनि हालतमा स्वीकार्य नहुने चेतावनी दिँदै तत्काल समितिका उपलब्ध गराउन ढिलाइ नगर्न पनि सरकारलाई सचेत गराए । सचेतक बर्तौलाले भने ‘हामीले निर्देश गरे बमोजिमको सम्झौताको कपीहरू हामीले पाउनु पर्दथ्यो । त्यसकारण अहिले सम्म त्यो नहुने कुरा, संसदीय समितिलाई सरकारले यस प्रकारले अनदेखा गर्ने, हेप्ने, संसदीय समितिको निर्देशनलाई नमान्ने । यो कुरा किमार्थ स्वीकार्य हुन सक्दैन । त्यसकारण संसदको समितिले गरेको निर्देशनलाई अस्वीकार गर्ने यो सरकारको जे रवैया छ । त्यो खेदजनक छ । त्यसकारण गम्भीरताका साथ यदि आएको छ भने पहिला उपलब्ध गराइयोस् माननीय सभापति ज्यु । अन्यथा यो विषयमा गम्भीरताका साथ हामीले सोच्नुपर्छ । भएको निर्णय कार्यान्वयन नगर्ने कुरा, सरकारले संसदीय समितिलाई अटेर गर्ने कुरालाई हामीले स्वीकार गर्न सक्दैनौँ । मैले यो विषयमा गम्भीरताका साथ ध्यानाकर्षण गराउन चाहन्छु । पहिला अस्ती भएको निर्देशन अनुसारको सम्झौताको प्रति हामीले यो बैठकमा पाउनु पर्छ । म यो माग गर्न चाहन्छु ।’ रास्वपाका प्रमुख सचेतक परियारले संसदीय समितिले दिएको निर्देशन अवमूल्यन गर्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराए । उनले सो सम्झौताको प्रति तत्काल उपलब्ध गराउनका लागि सरकारलाई फेरि रुलिङ गर्न पनि कानुन, न्याय तथा मानव अधिकार समितिका सभापतिलाई सुझाव दिए । प्रमुख सचेतक परियारले प्रधानमन्त्री पुष्पकमल दाहाल आफैँले आएर समितिमा सो प्रति उपलब्धि गराउँछु भनेको कुरा पनि हालसम्म नआउने कुरा उचित नभएको बताए । संसद नभएको बेला जनतालाई जानकारी गराउन पनि त्यस्ता खालका सम्झौता सरकारले संसदीय समितिमा पेस गर्नैपर्ने उनको भनाई थियो । प्रमुख सचेतक परियारले भने ‘सभापतिज्यूलाई मैले एउटा कुरामा ध्यानाकर्षण गराउन खोजे । नेपाल सरकारले मित्रराष्ट्र भारतसँग भारतीय विदेशमन्त्री आउँदाखेरि जुन किसिमको सन्धि, सम्झौता भए । त्यसउपर हामीले छलफल गर्यौँ । यो। हाम्रो कानुन समितिको क्षेत्राधिकार भित्रको कुरा हो । सभापतिज्यूको रुलिङ अनुसार सम्माननीय प्रधानमन्त्रीज्यू यहाँ आउनु पनि भयो । उहाँले आफ्नो विषयवस्तु राख्नु भयो । र, हामीले भनेका थियौँ–भएका सन्धि, सम्झौताहरू, त्यो संसदलाई थाहा हुनुपर्छ, संसदीय समितिलाई थाहा हुनुपर्छ । नेपाली जनतालाई थाहा हुनुपर्छ । संसद छैन । यसरी हामीले सरकारको, राज्यको यति ठूलो तहबाट सम्माननीय प्रधानमन्त्रीले बोलेको कुरा, प्रधानमन्त्रीले दिन्छु भनेको कुरा आजसम्म नआउँदाखेरी यसले समितिको अवमूल्यन भएको छ । एकातिर हामीसँग सदन छैन । घटनाहरू दिनप्रतिदिन घट्दै छन । हामीले जनतासँग संवाद गर्न पाएका छैनौँ । र समिति, जसलाई हामी मिनी पार्लियामेन्ट भन्छौं । र, हामी समितिमा काम हुन्छ भन्ने विश्वास राख्छौँ । यहाँ आएर गरेको प्रतिबद्धता पनि नहुँदा खेरी हामीलाई दुःख लाग्छ । माननीय सभापतिज्यूलाई विनम्र अनुरोध गर्न चाहन्छु । र ध्यानाकर्षण पनि गराउन प¥यो कानूनमन्त्री यहीँ हुनुहुन्छ । नेपाल सरकारले गरेका सन्धि, सम्झौताहरू के के हुन्, ती नेपाली जनतालाई थाहा हुनुपर्छ । मुख्यकुरा यो कानुन समितिको क्षेत्राधिकार पनि हो । त्यो समितिमा तत्काल उपलब्ध गराउन म माननीय सभापतिज्यूलाई रुलिङ गर्न हुन म अनुरोध गर्दछु ।’ प्रमुख सचेतक परियारले कानुन समितिको क्षेत्राधिकार भित्र पर्ने सो सम्झौताको प्रतिलिपि सोही समितिमा सरकारले तत्काल बुझाउनुपर्ने बताए । | makalukhabar.com |
3,692,805 | गोली प्रहारबाट घाइते भएका चौधरीलको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ । धनकुटा घुमेर फर्किने क्रममा सेउती पुलमा अज्ञात समूहले रोहितमाथि लुटपाट गरी गोली प्रहार गरेको हो । चौधरीको साथमा भएको रकम र मोबाइल पनि लुटिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । | avenues.tv |
1,586,573 | कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको बेलौरी नगरपालिकामा नेकपा (माओवादी केन्द्र)ले विजय हासिल गरेको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का पल्लभराज भट्टलाई ३५७ मत अन्तरले पराजित गर्दै प्रमुखमा माओवादी केन्द्रका पोतिलाल चौधरी विजयी हुनुभएको छ । चौधरीले ६ हजार ७६४ र प्रतिद्वन्द्वी भट्टले ६ हजार ४०७ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा भने एमालेका चित्रा चौधरी विजयी हुनु भएको छ । उपप्रमुखमा चौधरीले ६ हजार ७४८ पाउनु भयो भने उहाँका प्रतिद्वन्द्वी माओवादी केन्द्रका राधा कँडेलले ६ हजार १६१ मत प्राप्त गर्नुभयो । त्यसैगरी, नेकाका प्रमुख पदका उम्मेवार हरेन्द्र विष्टले पाँच हजार ४१२ र नेकाकै उपप्रमुखका उम्मेदवार खिना भण्डारीले पाँच हजार ६२७ मत प्राप्त गरेको बेलौरी नगरपालिका निर्वाचनको कार्यालयले जनाएको छ । नेकाको पकड क्षेत्र मानिएको बेलौरी नगरपालिकाको प्रमुख÷उपप्रमुखमा भने नेपाली काँग्र्रेस तेस्रो स्थानमा झरेको छ । | kendrabindu.com |
1,422,071 | निर्मला पन्तको न्यायको लागि लडिरहेका महिला अधिकारकर्मीहरु नै एकअर्काबिच आरोप प्रत्यारोपमा उत्रिएका छन् । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मलाको न्यायका लागि आवाज उठाईरहेका तथा आन्दोलन गरिरहेका अधिकारकर्मीहरु नै आरोपप्रत्यारोपमा उत्रिएका हुन् ।
निर्मला पन्तको न्यायको लागि लडिरहेका महिला अधिकारकर्मीहरु नै एकअर्काबिच आरोप प्रत्यारोपमा उत्रिएका छन् । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मलाको न्यायका लागि आवाज उठाईरहेका तथा आन्दोलन गरिरहेका अधिकारकर्मीहरु नै आरोपप्रत्यारोपमा उत्रिएका हुन् । यतिसम्मकी उनीहरुले एक अर्काको कार्यक्रम नै वहिस्कार गरेका छन् । निर्मलाको न्यायका लागि भन्दै आन्दोलनरत मिना भण्डारी नेतृत्वको नागरिक संघर्ष समिति र हेलन श्रेष्ठ नेतृत्वको दवावमुलक संघर्ष समिति एक आपसमा आरोप प्रत्यारोपमा उत्रिएका हुन् । शुक्रबार अधिकारकर्मी भण्डारी नेतृत्वको नागरिक संघर्ष समितिले महाकाली यातायातको बैठककक्षमा आन्दोलनबारे सरोकारवाला निकायसंग बैठक आयोजना गरेको थियो । उक्त बैठकमा दुवै समुहका महिला अगुवा एव अधिकारकर्मीबीच आ–आफुले आन्दोलनको नेतृत्वको शुरुवातदेखि गरेको र आफुहरुले मात्रै आन्दोलन गरेको विषयमा दावी गरेका थिए । एक समुहका महिलाले अर्का समुहका महिलामाथी आरोप–प्रत्यारोप लगाउदै आन्दोलनमा आ–आफ्नो ठुलो भूमिका रहेको दाबी गरे । निर्मलामा आमाबाबुलाई सुटुक्क राजधानी लगेर आन्दोलन तुहिएको दवावमुलक संघर्ष समितिको आरोप छ । नागरिक संघर्ष समितिका सदस्यले दवावमुलक संघर्ष समितिमा हेलन श्रेष्ठले रकम लगानी गरेको आरोप लगाएपछि बैठकमा बवाल मच्चिएको थियो । नागरिक अगुवा र सरोकारवालाले एउटै उदेश्य, उही माग अनी किन दुई दुई समिति बनाएर हाईलाईट हुन खोजेको भन्दै उनीहरु दुवै समितिमाथी प्रश्न खडा भएको छ । अधिकारकर्मी नितु भट्टले विभिन्न समुहमा विभाजित आन्दोलनबाट निर्मलाले न्याय नपाउने ठोकुवा गर्दै समुहगत आन्दोलन तार्किक निष्कर्षमा नपुग्ने दावि गरिन् । एकजुट भएर न्यायको आन्दोलनमा होमिन उनले सबैलाई सुझाव दिईन् । कसैलाई जथाभावि आरोप लगाउन नहुने उनको आग्रह थियो । कञ्चनपुरका अगुवाले समुहसमुह र गुटगत आन्दोलनबाट निर्मलाले न्याय नपाउने र केही व्यक्ति समुहको स्वार्थ सिद्ध हुने भएकाले एकजुट भएर आन्दोलनको विकल्प नभएको सुझाव दिएका थिए । सहभागीले दुवै समितिका संयोजक र पदाधिकारीले न्यायका लागि दुई समुह किन भन्दै त्यसबारे धारणा माग गरेका थिए । नागरिक संघर्ष समितिका तर्फबाट नयाँ शक्तिकी नेतृ एव अधिकारकर्मी माया नेगीले घटना, आन्दोलन र दुई समुहबारे रिपोर्टिङ गरिरहेका बेला दवावमुलक संघर्ष समिति बिरोधमै उत्रिएका थिए । | kendrabindu.com |
1,408,792 | तीन सय ३४ स्थानीय तहका १५ हजार जनप्रतिनिधिका लागि निर्वाचित हुँदैछन् । निर्वाचन बहिस्कार गरेको राष्ट्रिय जनता पार्टी (राजपा) र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा नै छद्मभेषमा निर्वाचनमा सहभागी भएका छन् । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्मा निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको बताउँछन् । भन्छन्, ‘सुरक्षा व्यवस्था पनि चुस्त बनाइएको छ । मतदातामा निकै उत्साह देखिएको छ ।’ पहिलो चरणको निर्वाचनमा जस्तै दोस्रो चरणको निर्वाचनमा मुख्य प्रतिस्पर्धा संसद्का दुई ठूला दल एमाले र कांग्रेसबीच नै देखिएको छ । माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिकलगायत दलहरू पनि प्रतिस्पर्धाको दौडमा पछि–पछि छन् । निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न दलहरूले यसपटक पनि चुनावी तालमेल गरेका छन् । प्रदेश नम्बर १ को सम्भावित राजधानीका रूपमा हेरिएको देशकै कान्छो महानगर विराटनगरमा तीन शक्तिबीच भिडन्त देखिएको छ । विराटनगर महानगरपालिकाभित्र मोरङको निर्वाचन क्षेत्र नम्बर ५, ६ र ७ पर्छन् । ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा यी तीन वटै क्षेत्रमा कांग्रेसले जितेको थियो । प्रतिद्वन्द्वीमा ५ र ६ मा फोरम नेपाल र ७ मा लोकतान्त्रिक फोरम थिए । एमाले तेस्रो र चौथो स्थानमा थियो । ०६४ को पहिलो संविधानसभाको तीनवटै क्षेत्रको परिणाम भने मधेसी जनअधिकार फोरमको पोल्टामा परेको थियो । विराटनगर कांगे्रसी गढ र कोइराला परिवारको विरासतको क्षेत्र हो । ०४८ र ०५६ को संसदीय, ०४९ को स्थानीय र ०७० को संविधानसभा चुनावमा विराटनगरमा कांग्रेस हाबी भएको थियो । कांग्रेसभित्र कोइराला परिवारको विरासत जोगाउनैपर्ने चुनौती छ । पकड क्षेत्र भन्दै कांग्रेस एक्लै चुनावी मैदानमा छ । कांग्रेसबाट पार्टीका नगर सभापति भीम पराजुलीले प्रमुख र इन्दिरा कार्की (इन्दु) ले उपप्रमुखमा उम्मेदवारी दिएका छन् । प्रमुखका उम्मेदवार पराजुलीले भने, ‘विराटनगरमा कांग्रेसबाहेक अन्य दलले जितको कल्पना पनि गर्न सक्दैनन् ।’ यद्यपि, कांग्रेसमा प्रमुख र उपप्रमुखमा धेरै आकांक्षी थिए । पराजुलीले टिकट पाउँदा अरू असन्तुष्ट छन् । ०५१ को संसदीय निर्वाचन जितेको एमालेले विराटगरमा ०५४ को स्थानीय निर्वाचनमा पनि बाजी मारेको थियो । जसलाई कांग्रेस आन्तरिक कलहसँग पनि जोडियो । कांग्रेसको गढ ढाल्न एमालेले संविधानसभाको दोस्रो शक्ति फोरम लोकतान्त्रिकसँग चुनावी तालमेल गरेको छ । एमालेबाट पार्टी जिल्ला अध्यक्ष विनोद ढकाल प्रमुख र लोकतान्त्रिक फोरमबाट सूची चौधरी उपप्रमुखका उम्मेदवार बनेका छन् । ‘कांग्रेसले पटक–पटक जितेर पनि विराटनगरमा केही गर्न सकेन,’ एमालेका प्रमुखका उम्मेदवार ढकालले भने, ‘यसपटक जनताले हाम्रो गठबन्धनलाई जिताउने छन् ।’ गठबन्धन बलियो देखिए जिल्ला तहमा मात्र होइन, पार्टीकै शीर्ष नेता ओली र माधवकुमार नेपालबीच यो तालमेलले फाटो ल्याएको छ । नेपाल पक्ष एक्लैले चुनाव जित्न सक्ने दाबी गर्दै तालमेल गर्न नहुने पक्षमा थियो । माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिले तालमेल गरेर साझा उम्मेदवार उठाएका छन् । यो गठबन्धनबाट फोरम नेपालका पूर्वजिल्ला अध्यक्ष उमेश यादवले प्रमुख र माओवादी केन्द्रबाट नमिता न्यौपानेले उपप्रमुखमा उम्मेदवारी दर्ता गरेका छन् । ‘जनताले परिवर्तन चाहेका छन्,’ यादवले भने, ‘अब कांग्रेस एमालेका दिन गए ।’ गठबन्धनबारे माओवादी केन्द्रमा पनि व्यापक असन्तुष्टि छ । माओवादीले प्रमुखमा प्रस्तावित गरेका भोगेन्द्र यादवले चुनावी तालमेल गर्दा टिकट पाएनन् । यादवलाई ‘ब्याक’ गरेपछि माओवादीभित्र पनि खैलाबैला मच्चिएको छ । राप्रपाबाट प्रल्हाद साह प्रमुखका उम्मेदवार हुन् । उनी शाहीकालमा ०६२ सालमा भएको स्थानीय निर्वाचनमा यहाँका विजयी मेयर हुन् । ठूला पार्टीभित्र तालमेल र टिकटका कारण बढेको असन्तुष्टि छ । असन्तुष्टिको सम्बोधन गर्न नसक्दा फाइदा कसले लिन्छ, आकलन गर्न सकिँदैन । सुनसरी जिल्लामा दुई वटा उपमहानगरपालिका छन, इटहरी र धरान । ०५३ मा इटहरी नगरपालिका घोषणा भएको हो । २० वर्षपछि इटहरी उपमहानगर बनेर नक्सामात्र फेरिएको छैन, जनसंख्या र आवादी अनि विकासले पनि ठूलो फड्को मारिसकेको छ । यो उपमहानगरमा एमाले र कांग्रेसबीच मुख्य प्रतिपस्र्धा देखिन्छ । इटहरीमा कांग्रेसबाट रोहित प्रसार्इंले प्रमुखको टिकट पाए । उनी पार्टी सभापति देउवा पक्षधर हुन् । पौडेल पक्षका हेमकर्ण पौडेलले टिकट पाउने चर्चा थियो । पार्टीभित्र भागबण्डा मिलाउँदा उनी पछि परे । टिकट पाए पनि प्रसार्इं पार्टीभित्र सक्रिय नेता होइनन् । उद्योग वाणिज्य संघ इटहरीको दुई कार्यकाल अध्यक्ष चलाएका व्यवसायी हुन् । उनको उम्मेदवारीलाई लिएर पौडेल पक्षका कार्यकर्ताले नाराजुलुससमेत गरेका थिए । ०५३ मा इटहरी नगरपालिका भयो । ०५४ को स्थानीय निर्वाचनमा एमालेले जित्यो । राप्रपा दोस्रो शक्ति भयो । अहिले एमालेले जिल्ला पार्टी अध्यक्ष द्वारिकालाल चौधरीलाई प्रमुखको उम्मेदवार बनाएको छ । पहिलो र दोस्रो संविधानसभामा निर्वाचनको परिणाम एमालेको पक्षमा थियो । त्यसैले इटहरीमा एमाले पकड बलियो छ । एमालेका प्रमुखका उम्मेदवार चौधरी ‘अपराजित इतिहास जारी राख्ने’ बताउँछन् । पहिलो संविधानसभा, ०६४ मा माओवादीले जितेको थियो । माओवादी केन्द्रले प्रमुखमा हरिमाया जिमी (वीरता किराँती)लाई अघि सारेको छ भने उपमेयरमा सागर सुवेदीलाई उम्मेदवार बनाएको छ । राप्रपाबाट रोहितबहादुर कार्की प्रमुखका उम्मेदवार बनेका छन् । राप्रपा इटहरीको हकमा बलियो पार्टी मानिन्छ ।सुनसरीको अर्को उपमहानगरपालिका धरानको मेयरमा नेकपा एमालेले तारा सुब्बा र नेपाली कांग्रेसले तिलक राईलाई अघि सारेको छ । एमालेका तारा सुनसरी युवा संघका संस्थापक अध्यक्ष हुन् । कांग्रेसका तिलक पार्टीका नगर सभापति हुन् । कांग्रेसी वृत्तमा शुरुमा किशोर राईको चर्चा थियो । तिलकले टिकट पाए । यसको प्रभाव निर्वाचनमा पर्ने देखिन्छ । माओवादी केन्द्रले धरानमा अइन्द्रविक्रम बेगालाई प्रमुखको उम्मेदवार बनाएको छ । उनी माओवादीका धरान नगर इन्चार्ज हुन् । यो नगरमा पनि एमाले र कांग्रेसबीच मुख्य प्रतिस्पर्धा छ । प्रदेश नम्बर ५ को ठूलो उपमहानगरपालिका बुटवलमा एमाले र कांग्रेस–माओवादीको गठबन्धनबीच मुख्य प्रतिस्पर्धा देखिन्छ । एमालेको बलियो ‘आधार क्षेत्र’ रहेको बुटवलमा कांग्रेसले २३ वर्षपछि जित निकाल्ने दाउमा छ । बुटवलमा एमाले पहिलो, कांग्रेस दोस्रो, माओवादी तेस्रो र जनमुक्ति चौथो स्थानमा मानिन्छ । बुटवल नगरमा ०४९ र ०५४ को स्थानीय निकायको निर्वाचनमा एमालेले जितेको थियो । पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा रूपन्देहीको बुटवल क्षेत्रबाट एमालेले जितेको थियो । यी दुवै निर्वाचनमा माओवादी दोस्रो र कांग्रेस तेस्रो स्थानमा थियो । यी दुवै दलले चुनावी तालमेल गरे एमाले किल्ला ढाल्ने प्रयासमा देखिन्छन् । गठबन्धनले एमालेलाई चुनौती थपेको छ । एमालेले पार्टीका जिल्ला अध्यक्ष शिवराज सुवेदीलाई प्रमुखको उम्मेदवार बनाएको छ । सुवेदी ०३६ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय हुँदै पार्टी जिल्ला अध्यक्षको नेतृत्वमा पुगेका छन् । कांग्रेसले भने नगर सभापति खेलराज पाण्डेलाई प्रमुखको उम्मेदवार बनाएको छ । ०४१ सालमा विद्यार्थी राजनीतिमा लागेका पाण्डे तरुण दल हुँदै पार्टी नगर सभापति भएका हुन् । कांग्रेसका उम्मेदवार पाण्डेले पनि नमुना बुटवल, लालपुर्जा वितरणलगायत योजना लिएर मतदातामाझ पुगेका छन् । बुटवलमा गठबन्धन बनाएका कांग्रेस–माओवादीबाट उपमेयरमा माओवादीले जगतबहादुर पोखरेललाई उम्मेदवार बनाएको छ । नेपाल जेसिजको अध्यक्ष रहेका उनी दुई वटा जन्ममिति भएको नागरिकता विवादमा परेका व्यक्ति हुन् । राप्ती अञ्चलको दाङ पनि दुई वटा उपमहानगर (घोराही र तुलसीपुर) भएको भाग्यमानी जिल्ला हो । जहाँ १० वटा स्थानीय तह रहेका छन् । ‘कांग्रेसी गढ’ मानिने दाङमा ४८ संसद् चुनाव, ५१ को मध्यावधि निर्वाचन र ०७० को संविधानसभा निर्वाचनमा जिल्लामा कांग्रेसले जितेको थियो । यद्यपि, ०५१ सालको मध्यावधि निर्वाचनमा भने एमालेका नेता शंकर पोखरेलले क्षेत्र नं ३ बाट जितेका थिए । ०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा माओवादीले दाङका सबै ५ वटै निर्वाचन क्षेत्रमा कब्जा जमायो । ०४९ सालको स्थानीय निर्वाचनमा घोराहीमा कांग्रेसले बहुमतसहित जित्यो । तर, ०५४ सालको स्थानीय निर्वाचनमा दुई तिहाइ बहुमतका साथ एमालेले जित्यो । तुलसीपुर उपमहानगरमा कांग्रेसले जिल्ला पार्टी सभापति तथा पूर्वसांसद गेहेन्द्र गिरीलाई प्रमुखको उम्मेदवार बनाएको छ । उपप्रमुखमा देविका नेपाली हुन् । घोराही उपमहानगरमा कांग्रेसले क्षेत्रीय सभापति भुपबहादुर डाँगीलाई प्रमुख बनाएको छ । उपप्रमुखमा पुष्पा श्रेष्ठ उम्मेदवार हुन् । तुलसीपुरमा एमालेले पूर्वउपप्रमुख घनश्याम पाण्डेलाई प्रमुख बनाएको छ । पाण्डे सामुदायिक वन उपभोक्ता महासंघका पूर्वअध्यक्ष पनि हुन् । उनी एमालेनिकट किसान महासंघका केन्द्रीय सदस्य पनि हुन् । उपप्रमुखको उम्मेदवार भने माया आचार्य बनेकी छिन् । एमालेबाट घोराही उपमहानगरमा नरुलाल चौधरी र उपप्रमुखमा सीता न्यौपाने उम्मेदवार बनेका छन् । दुवै उपमहानगरमा कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा छ । माओवादी केन्द्रबाट घोराहीमा जीवन गौतम र तुलसीपुरमा सेसुराम भण्डारी प्रमुखको उम्मेदवार बनेका छन् । उपप्रमुखमा भने घोराहीमा सीता चौधरी र तुलसीपुरमा सीता ओली उपप्रमुखका उम्मेदवार हुन् । दुवै उपमहानगरमा राप्रपा र राष्ट्रिय जनमोर्चाले पनि उम्मेदवारी दिएको छ । जिल्लामा एमाले ०५४ को अवस्था दोहोर्याउने रणनीतिमा छ भने कांग्रेस साख जोगाउने प्रयत्नमा रहनेछ । माओवादी केन्द्र ०६४ सालको संविधानसभामा पाएको जनमतको रक्षा गर्न खोजिरहेको छ । मध्य र सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र नेपालगन्जमा कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाको चुनावी रौनक छ तर मुख्य प्रतिस्पर्धा कांग्रेस र राप्रपाबीच देखिन्छ । कांग्रेसबाट नगर प्रमुखमा डा. सुरेश कनोडिया उम्मेदवार बनेका छन् । उनी नेपालगन्ज मेडिकल कलेजका कार्यकारी निर्देशक हुन् । कनोडिया भन्छन्, ‘राजनीतिमा रुचि त पहिलादेखि नै हो अब म पूर्ण रूपले राजनीतिमा होमिन्छु भनेर यो मेयरको लागि तयारी गरेको छु ।’ ०४८ को स्थानीय निकायमा कांग्रेसले नगरमा जितेको थियो । ०७० सालको संविधानसभाको निर्वाचनमा तत्कालीन प्रधानमन्त्री तथा कांग्रेसका सभापति सुशील कोइरालालाई टक्कर दिने राप्रपा महामन्त्री डा.धवलशम्शेर राणाले यसपटक पनि टक्कर दिने आकलन गरिएको छ । उनी ०५४ मा एमालेबाट नगर प्रमुख बनेका थिए । राणासँगै उपप्रमुख जितेका एमालेका समसुद्दिन सिद्दिकीले एमालेबाट अहिले प्रमुखमा उम्मेदवारी दिएका छन् । मुस्लिम बाहुल्य भएकाले उनी पनि बलिया उम्मेदवार हुन् ।नेकपा माओवादी केन्द्रले प्रमुखमा दामोदर आचार्यलाई अघि सारेको छ । उनी व्यापारी पनि हुन् । ०७० सालको संविधानसभा निर्वाचनमा बाँकेको क्षेत्र नम्बर ३ मा उनी तेस्रो स्थानमा आएका थिए । प्रदेश नम्बर ७ को एक मात्र उपमहानगरपालिका धनगढीमा प्रमुख तीन दल र स्वतन्त्र गरी चौपक्षीय प्रतिस्पर्धा छ । धनगढी क्षेत्रबाट ०४८ को संसदीय निर्वाचन कांग्रेसले जित्यो । तर, ०५१ को मध्यावधि निर्वाचनमा एमालेले उछिन्यो । ०५६ को आम निर्वाचनमा फेरि धनगढीमा कांग्रेसले कब्जा जमायो । ०४९ को स्थानीय निकायमा कांग्रेस र ०५४ मा एमालेले बाजी मा¥यो । त्यसैले विगतका मत परिणामका आधारमा धनगढीको चुनावी परिणाम आकलन गर्न गाह्रो छ । कांग्रेसले धनगढीका नगरसभापति नृपबहादुर बडलाई प्रमुख र सुशीला मिश्र भट्टलाई उम्मेदवार बनाएको छ । एमालेले राजनीतिमा त्यति खुलेर नलागेका दुर्गाप्रसाद जोशीलाई प्रमुखमा र कैलाली उद्योग वाणिज्य संघकी उपाध्यक्ष रुक्मिणि देवकोटालाई उपप्रमुखको टिकट दिएको छ । माओवादी केन्द्रबाट भने राना समुदायबाट रामसमझ रानालाई प्रमुख र शान्ति अधिकारी क्षेत्रीले उपप्रमुखको उम्मेदवारी दिएका छन् । ०७० सालको संविधानसभाको दोस्रो निर्वाचनमा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले धनगढीबाट बाजी मारे । ०७१ को उपनिर्वाचनमा पनि कांग्रेसले नै जित्यो । त्यसैले कांग्रेस बलियो देखिन्छ । कांग्रेसभित्र टिकटको किचलो अझै साम्य भएको छैन । एमालेमा राजनीतिमा धेरै सक्रिय भएका व्यक्ति नहुनु र कांग्रेसमा आन्तरिक विवाद छ । जुन चुनावी नतिजा प्रभाव पार्ने कारण हुन सक्छन् । ठूला दलमा देखिएको विवादको फाइदा भने स्वतन्त्र उम्मेदवार गोपाल हमालले लिन सक्छन् । उनी सुन्दर सुदूरपश्चिम अभियान, गेटा विमानस्थल पक्की बनाउन भूमिका खेलेको र सिन्डीकेटको आन्दोलनमा देशभरिकै नेतृत्व गरेका कारण लोकप्रिय छन् । मनोनयनका दिन गरिएको शक्ति प्रदर्शनमा उनले ठूला दलहरूलाई चुनौती दिइसकेका छन् । अखण्ड सुदूरपश्चिम र थरूहटको आन्दोलनपछि मतदाताको सोचमा आएको परिवर्तनले पनि धनगढीका नतिजालाई प्रभावित पार्ने देखिन्छ । (साथमा किशोर बुढाथोकी/विराटनगर, हिमाल दाहाल/सुनसरी, लक्ष्मण पोखरेल/बुटवल, गोपाल शर्मा भट्टराई/दाङ, गजेन्द्र बोहरा/नेपालगञ्ज, शिवराज भट्ट/धनगढी) मनमोहन चौधरी ‘आन्दोलन धेरै गरियो, केही भएन । त्यसैले अब ‘आन्दोलन नगर्ने चुनाव लड्ने’ सोच बनाएर भोट माग्न आएका छौँ’ सिद्धार्थनगर नगरपालिकामा राजपाको तर्फबाट स्वतन्त्र उम्मेदवारी दिएका रामअवध गुप्ताले कार्यकर्तालाई सम्बोधन गर्दै भनेका थिए, ‘बुलेट’ र ‘आन्दोलन’बाट मधेशमा परिवर्तन भएन । अब जे गर्छ, जनताको भोटले गर्छ ।’ स्थानीय तहको निर्वाचन बहिस्कार गरेको राष्ट्रिय जनता पार्टी (राजपा) ले रूपन्देही र कपिलवस्तु जिल्लाका एक दर्जनभन्दा बढी नगरपालिका र गाउँपालिकामा उम्मेदवारी दर्ता गरेको छ । जिल्ला र गाउँ पार्टीका समितिबाट निर्णय गरेरै रूपन्देहीमा मात्र जिल्लाका १६ स्थानीय तहमध्ये राजपाले १० तहमा उम्मेदवारी दिएको छ । रूपन्देहीको सिद्धार्थनगर नगरपालिकामा रामअवध गुप्ताले र लुम्बिनी सांकृतिक नगरपालिकामा मनमोहन चौधरीले प्यानलैसहित उम्मेदवारी दिएका छन् । नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित अध्यक्ष र वडा अध्यक्ष र सदस्य पदमा उम्मेदवारी दिएर चुनावी प्रचारमा जुटेका छन् । रूपन्देहीमा राजपा सांसद सर्वेन्द्रनाथ शुक्लाको निर्देशनमा नै उम्मेदवारी दर्ता गराइएको हो । शुक्ला उम्मेदवारी मनोनयन दर्ता गर्न गराउन आफैं सरिक भएनन्, तर उनले सम्भावित आकांक्षी उम्मेदवारहरूलाई घरमै भेला गरी चुनावमा अगाडि बढ्न निर्देशन दिएको स्रोतले जनाएको छ । कपिलवस्तुको कपिलवस्तु नगरपालिकामा रामदास गुप्ताले पनि प्यानलैसहित प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । गुप्ता राजपा केन्द्रीय नेता बृज्रेशकुमार गुप्ताका काका हुन् । जिल्लामा अन्य दुई गाउँपालिकामा पनि राजपाको स्वतन्त्र उम्मेदवारी परेको छ । नगर र गाउँका वडाअध्यक्ष र सदस्यमा पनि उम्मेदवारी परेको छ । राजपा उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले भने ‘कोही इच्छाले पार्टी निर्णयमा विद्रोह गर्छ भने त्यसलाई पार्टीका निर्णय भन्न नहुने’ भनेर प्रतिक्रिया दिएका छन् । सरकारले २ नम्बर प्रदेशको निर्वाचनको मिति सार्दा राजपाले प्रदेश ५ का रूपन्देही, कपिलवस्तु र नवलपरासीको पनि मिति सार्न आग्रह गरेको थियो । राजपाले उपेन्द्र यादवको पार्टी संघीय समाजवादी फोरमको जित हुने डरले यी जिल्लामा पार्टी नीतिविपरीत भए पनि आन्तरिक रूपमै उम्मेदवारी दिएको टिप्पणी हुन थालेको छ । ‘कम्युनिस्ट गढ’ थवाङले पञ्चायतकालदेखि बहुदलीय व्यवस्था हुँदै गणतन्त्रकालसम्म जहिले पनि चुनाव ‘बहिस्कार’ को परिचय बनायो । ०७० सालको संविधानसभा दोस्रो निर्वाचनमा जहाँ शून्य मतदान भयो । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको प्रभाव क्षेत्र दाबी गरिने थबाङमा स्थानीय चुनाव बहिष्कारको प्रभाव आकलन गरिएको थियो । तर, नेकपाकै स्थानीय नेता÷कार्यकर्ताले स्वतन्त्रबाट चुनावको उपयोग गर्ने भएपछि यहाँको माहोल बदलिएको छ । जिल्लाका नगरपालिका र नौ गाउँपालिकामध्येको थबाङ सबैभन्दा सानो र कम जनसंख्या भएको गाउँपालिका हो । विप्लव माओवादीका कार्यकर्ता अमित घर्तीमगरले कांग्रेससँग तालमेल गरेर अध्यक्षमा उम्मेदवारी दिएका छन् । उनी पार्टीको जनस्वंसेवक दल अध्यक्ष र अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य हुन् । उनी भन्छन्, ‘निर्वाचनमा सहभागी हुने पार्टी नीति होइन । थबाङको ‘विशिष्ट र बाध्यात्मक परिस्थिति’मा स्वतन्त्र उम्मेदवारी दिएको हुँ ।’ कांग्रेसबाट श्रीकुमारी रोकाले उपप्रखुममा उम्मेदवारी दिएकी छन् । विप्लव माओवादीले भने पार्टीबाट कुनै उम्मेदवारी नदिएको दाबी गरेको छ । त्यसो त थबाङमा एमालेबाट हितबहादुर रोकामगर (अध्यक्ष) र जान रोकामगर (उपाध्यक्ष), माओवादी केन्द्रबाट वीरबहादुर घर्ती (अध्यक्ष) र रामकिरणी रोका (उपाध्यक्ष), राप्रपाबाट तेजबहादुर थापा (अध्यक्ष) र बमकुमारी शाह (उपाध्यक्ष), राष्ट्रिय जनमोर्चाबाट कर्णबहादुर गिरी (अध्यक्ष) र चन्द्रा शाह (उपाध्यक्ष)ले उम्मेदवारी दर्ता गरेका छन् । स्वतन्त्र–कांग्रेस प्यानल र माओवादी केन्द्रबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । | annapurnapost.com |
2,483,924 | दैनिक दुई हजारभन्दा बढी बिरामीलाई बहिरङ्ग (ओपिडी) सेवा प्रदान गर्दै आएको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा कर्मचारीको दरबन्दी कम हुँदा समस्या हुँदै आएको छ । नेपालमा पढाइसहित विशिष्टीकृत स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थानद्वारा सञ्चालित टिचिङमा हाल दरबन्दीमा आठ सय कर्मचारी कार्यरत छन् । विसं २०४० असार ३१ गते तीन सय एक शय्यामार्फत स्वास्थ्यसेवा प्रदान गर्दै आएको टिचिङ अस्पतालले हाल नौ सय ७० शय्यामार्फत बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । त्रिवि शिक्षण अस्पतालअन्तर्गत मनमोहन कार्डियो भास्कुलर डिजिज तथा ट्रान्सप्लान्ट सेन्टर र विपी कोइराला नेत्र अध्ययन केन्द्र पर्दैन । यी दुई निकाय चिकित्सा शिक्षा अध्ययन संस्थानद्वारा सञ्चालित हुँदै आएका छन् । अस्पतालका कार्यकारी निर्देशक प्राडा दिनेश काफ्ले अस्पतालमा विभिन्न सेवा र शय्या थपिँदै जानु र दरबन्दी नथपिँदा अस्पताल सञ्चालनमा समस्या हुँदै गएको बताउँछन् । “अस्पतालमा दरबन्दी एक हजार पाँच सयको हाराहारीमा भए पनि हाल दरबन्दीमा जम्मा आठ सय कर्मचारी छन्, उक्त दरबन्दीले अस्पताल सञ्चालनमा समस्या हुँदै गएको छ”, उनी भन्छन् । टिचिङ अस्पतालमा स्थापनाको समयमा छ सय १५ जनाको दरबन्दी रहेको थियो । अहिले दरबन्दी बढेर एक हजार पाँच सय हाराहारी पुगे पनि दरबन्दीमा भने सो सङ्ख्यामा मात्र कर्मचारी कार्यरत छन् । दरबन्दीबाहेक आन्तरिक व्यवस्थापनमार्फत करारमा एक हजार छ सय ७५ कर्मचारी कार्यरत छन् । त्रिवि शिक्षण अस्पताल सञ्चालनका लागि त्रिभुवन विश्वविद्यालयले वार्षिक रु ३३ करोड दिँदै आएको छ । कर्मचारी धेरै हुँदा त्रिविले दिने उक्त रकम कर्मचारीलाई तीन महिना पनि तलबभत्ता दिन नपुग्ने गरेको बताइन्छ । “झन्डै दुई हजार पाँच सय कर्मचारीलाई तलब र भत्ताका लागि मासिक रु १२ करोड खर्च हुँदै आएको छ, त्रिविले दिएको पैसा त तीन महिनालाई पनि तलब खुवाउन पुग्दैन”, कार्यकारी निर्देशक प्राडा काफ्ले भन्छन् । टिचिङले दैनिक गरेको आम्दानीले कर्मचारी तलबभत्तादेखि सामान खरिदमा खर्च हुँदै आएको छ । अहिले टिचिङ अस्पतालमा दुई हजार चार सय ७५ डाक्टर, नर्स तथा कर्मचारी कार्यरत छन् । टिचिङमा क्यान्सर, किड्नी, स्पाइनल इन्जुरी, अल्जाइमरलगायत रोगको समेत उपचार हुँदै आएको छ । गत पुस २७ गते पृथ्वीजयन्तीमा सार्वजनिक बिदा रहेको दिन त्रिवि शिक्षण अस्पतालमा बहिरङ्गतर्फ एक हजार नौ सय २३ बिरामीले स्वास्थ्य सेवा लिएका थिए । यस्तै इमर्जेन्सीमा (बच्चा र लेवर रुमसहित) एक सय २४, भर्ना छ सय २४, एक्स–रे तीन सय ८०, अल्ट्रासाउन्ड दुई सय ७९, ल्याबमा एक हजार ६३ ले सेवा लिएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारी बताउँछन् । सोही दिन त्रिवि शिक्षण अस्पतालमा ५३ जनाको शल्यक्रिया भएको थियो भने ७७ जना डिस्चार्ज भएका थिए । यस्तै डाइलोसिस ७०, सिटी स्यान ६८, आइसियुमा ५३, एचडियुमा ६१ र डेलिभरी ११ जना भएका थिए । सोही दिन तीनजना बिरामीको ज्यान गएको थियो । बिदाको दिनमा समेत यति धेरै सेवा प्रदान गर्ने त्रिवि शिक्षण अस्पतालले बिदा नभएको दिनमा भने यसभन्दा धेरै बिरामीलाई सेवा प्रदान गर्दै आइरहेको अस्पतालका कार्यकारी निर्देशक प्राडा काफ्ले बताउँछन् । त्रिवि शिक्षण अस्पतालले यही वर्षदेखि एक सय ४० शय्याको ‘सुरेश वाग्ले क्यान्सर सेन्टर’ समेत सञ्चालनमा ल्याएको छ । क्यान्सर पीडित बिरामीलाई विशिष्टीकृत सेवा प्रदान गर्ने उद्देश्यले रु ५५ करोड लागतमा उक्त सेन्टर सञ्चालनमा ल्याइएको हो । उक्त सेन्टर सञ्चालनमा आएसँगै त्रिवि शिक्षण अस्पताल नौ सय ७० शय्याको अस्पताल बनेको छ । सेन्टरमा २५ शय्याको क्यान्सर वार्ड, २० शय्याको आइसियु, ३० शय्याको एचडियु र १५ शय्याको डे केयर केमोथेरापी रहेको छ । नयाँ बनेको क्यान्सर सेन्टरलाई पूर्ण रुपमा सञ्चालन गर्न दुई सय ४१ जनाको दरबन्दी माग गरिएको कार्यकारी निर्देशक प्राडा काफ्ले बताउँछन् । | ratopati.com |
4,505,282 | जुम्लाको तिला गाउँपालिका-१ स्थित रारा बजारमा निर्मित अस्थायी पुलबाट चिप्लिएर एक किशोर तिला नदीमा बेपत्ता भएका छन्। मंगलवार बिहान ६ बजेतिर सो गाउँपालिका-६ घोडे गाउँका कर्णबहादुर रोकायाका छोरा अन्दाजी १७ वर्षका मोहन रोकाया उक्त अस्थायी पुलबाट चिप्लिएर तिला नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए। तिला-१ रारासेरी बजारबाट चामलको बोरा लिएर घरजाने क्रममा अस्थायी पुलबाट चिप्लिएर नदीमा खसेको खबर प्राप्त भएपछि प्रहरी र स्थानीयले खोजी गरिरहेका छन्। तिला नदीको पानी धमिलो भएकाले खोज्न समस्या भएको तिला गाउँपालिकाका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिइन् । | pahilopost.com |
2,117,242 | यत्रो वर्ष भयो, सँधै त्यसमा मन्त्रीहरुको नाम लिस्ट देखिन्थ्यो। अहिले चाहिँ हटाइएछ। हैट, होइन होला। कता राखेछ होला भन्ठानेँ। मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटले मन्त्रीको नाम हटाउन कसरी सक्छ? त्यही भन्दै खोज्दै रहेँ। तर अहँ मैले त पाउँदै पाइनँ। अहिले नेपालमा को-को मन्त्री छन्? कति जनाको मन्त्रिपरिषद् हो यो? त्यो बारे जानकारी दिने आधिकारिक साइट अहिले कुनै पनि छैन । | mysansar.com |
226,431 | मंगलबार अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च भएको छ। मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ३३ रूपैयाँ ५४ पैसा तोकिएको छ। सोमबार भारतीय मुद्रा डलरको तुलनामा हालसम्मकै कमजोर भएपछि नेपाली मुद्रा पनि डलरको तुलनामा कमजोर भएको हो। सोमबार एक डलरको लागि भारतीयहरूले ८३.२७ भारु तिरिरहेका थिए। भारतीय मुद्रासँग नेपाली मुद्राको विनिमय दर स्थिर (पेग्ड) गरिएकोले पनि भारतीय मुद्रा घट्दा नेपाली मुद्राको पनि भाउ घट्छ। कच्चा तेलको मूल्यमा भइरहेको वृद्धिले पनि अमेरिकी डलरलाई बलियो बनाइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। बेन्ट र डब्लुटिआई कच्चा तेलको मूल्य लगातार तीन सातादेखि वृद्धि भएको छ। यता भारतको व्यापार घाटा समेत १० महिनाकै उच्च भएको छ। भारतको व्यापार घाटा अगष्टमा २४ अर्ब डलर पुगेको छ। बुधबार अमेरिकी केन्द्रीय बैंक फेडबाट ब्याजदरसम्बन्धी घोषणा आउने बताइएको छ। अमेरिकामा मूल्य वृद्धिदरमा सुधार भइरहेपनि ब्याजदर नघट्ने भएको हो। सम्भवतः अब अन्तिम पटक ०.२५ बिन्दुले ब्याजदर बढ्नेछ। यो वृद्धिपछि गत २०२२ मार्च यता ११औं पटक ब्याजदर बढ्नेछ। फेडको केही समयदेखि यो दर ५.२५ देखि ५.५० प्रतिशतसम्म सीमित पार्ने उद्देश्य लिइएको छ। हाल यो दर ५.५ प्रतिशत छ। यो बेन्चमार्क ब्याजदर सन् २००१ यताकै उच्च हो। अमेरिकामा केही समय अघिसम्म मूल्य वृद्धि दर ४० वर्षकै उच्च थियो। यो ९.१ प्रतिशतसम्म पुगेको थियो। जुनमा त्यहा मूल्य वृद्धि दर ३.७ प्रतिशत थियो। नेपालमा डलरको भाउ बढ्दा रेमिटेन्सबाट प्राप्त हुने रकम बढ्नेछ। तर, आयातित वस्तुको लागत बढ्नेछ भने मूल्य वृद्धिको सम्भावना समेत रहनेछ । | setopati.com |
6,177,638 |
कतारको दोहामा हुन लागेको दशौँ अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा नेपालले सहभागिता जनाउने भएको छ । कतारस्थित दोहा कन्भेन्सन केन्द्रमा भोलि चैत १ गतेदेखि चैत ५ गतेसम्म हुने प्रदर्शनीमा नेपालबाट नेपाल निर्यात व्यवसायी महासङ्घले भाग लिएको हो । उक्त प्रदर्शनमा भाग लिन महासङ्घका उपाध्यक्ष एवं मेला आयोजक समितिका संयोजक गोविन्द घिमिरेको नेतृत्वमा आज २१ निर्यात व्यवसायी कतार प्रस्थान गरेको महासङ्घका कार्यालय सचिव दिपेश घिमिरेले जानकारी दिए । उक्त प्रदर्शनीमा नेपालको तर्फबाट चिया, जडीबुटी हर्बल, अलैँची, अदुवा, डेरीका उत्पादन, तथा वस्तुगत सङ्घको प्रतिनिधित्व रहने घिमिरेले बताए । सोही प्रदर्शनीमा अल्टरनेटिभ हर्बल प्रोडक्टस् प्रालि, हिमालयन बायो ट्रेड, कञ्चनजङ्घा टिस्टेट, इलाम टी उत्पादन कम्पनी, जडीबुटी उत्पादन कम्पनी लिमिटेड, एभरेष्ट लार्ज कार्डमम उद्योगको सहभागिता रहनेछ । कतार नेपालको व्यावसायिक सम्बन्ध वैदेशिक रोजगार गन्तव्य देश मात्र नभई नेपालका मौलिक उत्पादनको पहिचान र प्रवर्द्धनका लागि कतार सरकार, नेपाल सरकार नेपाली राजदूतावास, निर्यात व्यवसायी महासङ्घको संयुक्त प्रयासमा ६ दिने मेलामा सहभागिता जनाएको हो । प्रदर्शनीमा नेपाल र कतारका व्यवसायीबीच बीटूबी मिटिङ र व्यावसायिक सम्झौता गरिने महासङ्घले जनाएको छ । कतार र नेपालको व्यावसायिक सम्बन्धमा उक्त प्रदर्शनी र दुई संस्थाबीच हुने सम्झौताले नेपालका मौलिक उत्पादन र निर्यात व्यापार प्रवर्द्धनमा थप सहयोग पुग्ने महासङ्घले विश्वास लिएको छ ।
| shilapatra.com |