text
stringlengths
163
169k
timestamp
stringlengths
0
20
url
stringlengths
0
1.8k
source
stringclasses
5 values
Home / Blogs / टीभीएस राइडर १२५ सार्वजनिक; नेपाली बजारमा पनि आउने टीभीएस मोटर्स कम्पनीले नयाँ १२५ सीसी क्षमताको मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले बजारमा १२५ सीसीको स्पोर्टी कम्युटर बाइक राइडर सार्वजनिक गरेको जनाएको छ । यसका साथ टीभीएसले अब १२५ सीसी सेगमेन्टमा आफ्नो नयाँ बाइक पनि थपेको छ । टीभीएसको आधिकारीक विक्रेता जगदम्बा मोटर्सले राइडर १२५ अब बीएस ६ इन्जिनमा नेपाली बजारमा पनि छिट्टै उपलब्ध हुने जनाएको छ । स्पोर्टी स्टाइलमा निर्मित सो मोटरबाइक युवा ग्राहकलाई मध्यनजर गरी सेटअप गरिएको छ । टीभीएस राइडरमा १२४.५ सीसी क्षमताको सिंगल सिलिण्डर एफआई इन्जिन दिइएको छ जुन इन्जिनले अधिकतम ७५०० आरपीएममा ११.२२ हर्स पावर र ६००० आरपीएममा ११.२ एनएम टर्क प्रदान गर्दछ । सो बाइकमा ५ स्पीड गियरबक्स दिइएको छ भने यसले ०-६० किलोमिटरको स्पीड केवल ५.९ सेकेन्डमा भेट्टाउने छ । यसमा अगाडि २४० एमएमको पेटल डिस्क ब्रेक, पछाडि १३० एमएमको ड्रम ब्रेक, अगाडि टेलिस्कोपीक फर्क र पछाडि मोनोशक सस्पेन्सन दिइएको छ । यसमा १८० एमएम ग्राउन्ड क्लियरेन्स दिइएको छ । निकै स्टाइलिस डिजाइनमा आएको राइडरमा एलइडी हेडल्याम्प, सि आकारको एलइडी डे टाइम रनिङ लाइट, ५ इन्चको टिएफटी इन्ट्रुमेन्ट क्लष्टर, स्प्लीट सिट, सिंगल पिस ग्राबरेल, आल्मुनियम अलोय ह्वील, रबर ब्रेक प्याडल, सार्प बडी लुक्स, राइडर थ्रिडी लोगो, थ्रिडी हर्स लोगो, मस्कुलर फ्यूल ट्यांक, र अपराइट ह्याण्डलबार जस्ता बिशेषता पाउन सकिन्छ । यसमा १० लिटरको इन्धन ट्यांकी छ भने कर्ब वेट १२३ किलोग्राम, १७ इन्चको टायर, १३२६ एमएमको ह्वीलवेस, ७८० एमएमको सिट हाइट रहेको छ । टीभीएसको आधिकारीक विक्रेता जगदम्बा मोटर्सले नेपाली बजारमा टीभीएसका मोटरबाइक तथा स्कूटेरको बिक्री बितरण गर्दै आएको छ । कम्पनीले राइडर १२५ नेपाल ल्याउने प्रक्रिया सुरु गरिसकेको जनाएको पनि छ । बीएस ६ इन्जिनमा उपलब्ध हुने राइडरले नेपाली बजारमा होन्डा सीबी साइन, साइन एसपी १२५, हिरो ग्ल्यामर, बजाज पल्सर १२५ र एनएस १२५ आदि बाइकसँग प्रतिस्पर्धा गर्नेछ । सो बाइकको नेपाली मुल्य मूल्य २ लाख ५५ हजार हाराहारी पर्ने अनुमान गर्न सकिन्छ ।
2021/11/27 07:56:26
https://www.nepalautotrader.com/blog/upcoming-tvs-raider-125-motorbike-in-nepal
mC4
सुजुकीले ल्यायो 'सुपर क्यारी'मा विशेष अफर : विशेषतै विशेषताले भरिपूर्ण काठमाडौँ - सीजी अटोमोटिभ्स डिभिजन अन्तर्गतको सिजि होल्डिङ्गस् तथा सुजुकी फोर ह्वीलर्स नेपालले 'सुजुकी सुपर क्यारी'मा विशेष अफर प्रस्तुत गरेको छ । कम्पनीले सुजुकी सुपर क्यारी खरिद गर्ने ग्राहकलाई १ वर्षको निःशुल्क बीमा तथा २० हजारको नगद छुट पनि प्रदान गरेको छ । कम्पनीले २ वर्ष या ३० हजार किलोमिटर (जुन अगाडि हुन्छ त्यो)को वारेन्टी समेत प्रदान गरेको छ । कम्पनीद्वारा नयाँ सुजुकी सुपर क्यारीको खरिदमा १ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा उपलब्ध गराएको छ जस अन्तर्गत इन्जिन आयल, आयल फिल्टर, एअर फिल्टर र स्क्रिन वास पर्दछ । बजारमा नयाँ सुपर क्यारीको मूल्य रु.११ लाख ९९ हजार रहेको छ । कम्पनी अनुसार यस गाडीको मुख्य उद्देश्य भनेको बढी आम्दानी तथा फाइदाका लागि हो । यो अफरले न्युनतम लगानीमा गाडीको स्वामित्व प्रदान गर्नुका साथै आम्दानीमा वृद्धि र लाभ लिन सकिन्छ । ७ सय ९३ सिसिको दुई सिलिण्डरयुक्त डिजेल इन्जिन भएको यस गाडीमा ५ स्पिड म्यानुयल ट्रान्समिसन गियर रहेको छ । यसको ३२.६३ विएचपि को ३५ सय आरपिएम तथा २ हजार आरपिएमको अधिकतम ७५ एन एम को टर्क विद्यमान छ । यस गाडीले २२.०७ प्रतिलिटर माइलेज प्रदान गर्छ भने ८० किलोमिटर प्रतिघण्टाको गतिमा कुँद्ने कम्पनीको दाबी छ । सुपर क्यारीमा ३ दशमलव २५ वर्ग मिटरको लोडिङ्ग क्षेत्र रहेको छ भने, ७ सय ४० किलोसम्मको भारवहन क्षमता रहेको छ । १ सय ६० एम एमको ग्राउन्ड क्लियरेन्स, २१ सय १० एमएमको ह्वीलबेस तथा ४ दशमलव ३ मिटर टर्निङ्ग रेडियस रहेको छ । लाइट स्ट्रिमिङ्ग ह्वील, मोबाइल चार्जिङ्ग सकेट, डुयअल असिस्ट ग्रिप, मल्टिपर्पोज स्टोरेज स्पेस, बोटल होल्डर आदिजस्ता सुविधाहरु यसमा रहेका छन् । १२ इन्चको ह्वील्स, लोड सेन्सर प्रविधि, चुस्त ब्रेकिङ्गको लागि अगाडिको फ्रन्ट डिस्क तथा रियर ड्रम ब्रेक आदि सुपर क्यारीका विशेषताहरू हुन् ।
2020/06/04 01:25:07
https://lokaantar.com/story/78340/2019/6/9/suzuki
mC4
बागलुङमा ट्राफिक जाम व्यवस्थापन सुरु – Tandav News बागलुङमा ट्राफिक जाम व्यवस्थापन सुरु ताण्डव न्यूज द्वारा २०७६ जेष्ठ ९ गते बिहीबार ०७:३१ मा प्रकाशित बागलुङ बजारमा बढ्दो ट्राफिक जामलाई व्यवस्थापन गर्न सुरु गरिएको छ । बागलुङ नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक कार्यालय, उद्योग बाणिज्य संघ बागलुङ र नगरपालिकाको पूर्वाधार विकास समितिको संयुक्त पहलमा बुधबारदेखि बजारमा दुई पाग्रे सवारीहरुको ट्राफिक व्यवस्थापन सुरु गरिएको पूर्वाधार विकास उपसमितिका संयोजक अर्जुन घिमिरेले जानकारी दिए । दुई पांग्रे सवारी साधनहरु सडकको दुवै तर्फ जथाभावि पार्किङ्ग गर्द सडक जाम बढ्दै गएकाले व्यवस्थापनको लागि सडकमा नो पार्किङ्गको बोर्ड राखिएको छ । हप्तामा आईतबार, सोमबार, मंगलबार एक साईड र बुधबार, बिहीबार र शुक्रबार अर्को साईडमा पार्किङ निषेध गरिएको छ । शनिबार सरकारी कार्यालय र धेरै पसलहरु बन्द हुने र जाम पनि कम हुनेभएकाले नो पार्किङ्ग नहुने उपसमिति संयोजक घिमिरेले जानकारी दिए । बजारलाई सुन्दर बनाउने र पैदल यात्रीहरुलाई यात्रामा सहज हुने हेतुले ठूला सवारीहरु, स्कुल बसको पार्किङको लागि एक हप्ता भित्र निर्णय गरि कार्यान्वयन गरिने बागलुङ नगरपालिकाको पूर्वाधार विकास समितिका संयोजक ध्रुर्बबहादुर केसीले जानकारी दिए । अहिले बजारमा गाउँबाट आउने पिकअप जिप, बजारमा लामो तथा छोटो दुरीमा छुट्ने सवारीहरुको पार्किङ्गको लागि खाली स्थानको खोजी भईरहेको र चाँडै व्यवस्थापन गरिने संयोजक केसीले बताए । बुधबार बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेल, प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्का लगायतले सडकमा नो पार्किङको बोर्ड राखेर अभियानको सुरुवात गरेका थिए । बागलुङ नगरलाई सुन्दर नगर बनाउनको लागि पहिलो चरणमा ट्राफिक व्यवस्थापनको काम सुरु गरिएको नगरप्रमुख जनकराज पौडेलले बताए । उनले बजारमा जाम बढ्दै जाँदा बजारमा पैदल यात्रुलाई समस्या हुने र सवारी दुर्घटना बढ्ने भएकाले समाधानको लागि सवै लाग्नुपर्ने बताए ।
2020/09/18 17:20:12
https://www.tandavnews.com/2019/05/23917
mC4
२०७५ साल चैत्र महिनाको राशिफल::Nepali Online News Portal संचार गृह/ आइतवार, चैत्र ३, २०७५ चैत महिना केही खर्चिलो देखिए पनि महत्वपूर्ण काम प्रारम्भ गर्न सकिनेछ । सरकारी कामकाजमा व्यवधान र अलमल हुने देखिन्छ । समय र नियमलाई पालना नगर्दा व्यावहारिक समस्यासमेत देखा पर्नेछ । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउने चेष्टा गर्नेछन् । तर, चुनौतीका साथसाथै यो महिनामा विभिन्न अवसर पनि प्राप्त हुनेछन् । आँटले काम बनाउन सकिनेछ । व्यवसायतर्फ नयाँ काम प्रारम्भ हुनेछ । तारिफयोग्य काम गर्दै मनग्गे धन संग्रह गर्न सकिनेछ । मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ । केही खर्च लागे पनि देश–विदेश घुम्ने अवसर जुट्न सक्छ । काम र नोकरीमा स्थानान्तरण हुने बलियो सम्भावना देखिन्छ । वादविवादमा भने अलि सजग रहनुहोला । उठ्नुपर्ने रकम हातलागी हुनाले यो महिनामा पुरानो कर्जा चुक्ता गर्न सकिनेछ । नोकरीमा पदोन्नति र पेसा–व्यवसायमा समुन्नतिको समय छ । मार्ग चुनौतीपूर्ण देखिए पनि दैनिकीले उचाइको बाटो समाउनेछ । मेहनतले नाम र दाम दिलाउन सक्छ । विद्यार्थीहरूमा तर्कशक्ति बढ्नेछ भने नयाँ ज्ञानको रहस्य उद्घाटन गर्न समर्थ भइनेछ । प्रयत्न गर्दा नोकरीमा पदोन्नति वा अनुकूल स्थानान्तरण हुने बलियो सम्भावना देखिन्छ । अल्पकालीन सोचाइले निर्णय कमजोर बनाउन सक्छ। सामूहिक काममा जस र अपजस दुवैको भागीदार बन्नुपर्ला । बलजफ्ती गर्ने बानीले व्यवहारमा समस्या निम्त्याउन सक्छ । काम खर्चिलो हुनेछ । शरीरमा चोटपटक लाग्ने योग देखिएकाले सावधान रहनुहोला । महिनाभरि विभिन्न अवसर प्राप्त हुनेछन् भने लगनशीलताले लक्ष्यमा पुर्याउनेछ । व्यवसायमा उल्लेख्य प्रगति हुनाले आयआर्जनका स्रोत थपिनेछन् । तारिफयोग्य काम सम्पादन हुनाले सामाजिक रूपमा ख्याति बढ्नेछ । कृषिउपज र पशुधनबाट मनग्गे फाइदा हुनेछ । अध्ययनले नयाँ गति लिनेछ भने प्रयत्न गर्दा देश–विदेश घुम्ने अवसर पनि प्राप्त हुनेछ । नोकरीतर्फ विशेष स्थान प्राप्त हुनेछ । राजनीतिमा लाग्नेहरूलाई फाइदा हुने समय छ । राष्ट्रियस्तरको मानसम्मान प्राप्त हुन सक्छ । व्यवहारले उब्जाएको वादविवाद सम्झौतामा टुंगिनेछ । प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुनेछ । घरमा मंगलमय कार्य सम्पादन हुनेछ । भौतिक साधनहरू पनि जुट्नेछन् तर खर्चको मात्रा भने बढ्नेछ । आँटले काम लिँदा दिगो फाइदा उठाउन सकिनेछ । व्यवहारमा केही चुनौती देखिए पनि इच्छाशक्ति र लगनशीलताले लक्ष्यमा पुर्याउनेछ । प्रतिस्पर्धीहरू पछि पर्नेछन् भने शुभचिन्तकहरू सहयोगीका रूपमा देखापर्नेछन् । तर अधैर्य मनोवृत्तिले संघर्ष निम्त्याउन सक्छ । बलजफ्ती गर्दा सहयोगीहरू टाढिन सक्छन् । सजग रहनुहोला । पेसा–व्यवसायतर्फ नयाँ कामको थालनी हुनेछ । पुरानो कामलाई पनि उचाइमा पुर्याउन सकिनेछ । नोकरी र राजनीतिमा आफ्नो प्रभुत्व कायम हुनेछ । विद्यार्थीहरूको लेखन तथा अभिव्यक्ति कलामा निखारता आउनेछ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । केही समय अरूका लागि खट्नुपरे पनि पुरुषार्थद्वारा उपलब्धि प्राप्त हुनेछ । व्यवहारमा केही पछि परिने समय रहेकाले सावधानीपूर्वक काममा जुट्नुपर्ला । संघर्षका बाबजुद थोरै उपलब्धि प्राप्त हुनेछ । व्यवसाय र आयमूलक काममा मन्दी आउनाले धेरै मिहिनेत गर्नुपर्ला । परिस्थितिवश आर्थिक अभाव देखापर्न सक्छ । खराब व्यक्तिको विश्वासमा पर्नाले धोका हुनेछ । अनीति र अन्यायको प्रहारले आत्मबल कमजोर हुन सक्छ । शुभचिन्तकहरू स्वयं कमजोर बन्ने हुँदा विवेकले काम लिनुपर्नेछ । स्वास्थ्यका लागि आहार–विहारमा सजग रहनुहोला । शरीरमा चोटपटक तथा हाड–जोर्नीको समस्याले सताउन सक्छ । दोस्रो सातादेखि अप्ठ्यारो समयमा साथ दिनेहरू फेला पर्नेछन् । प्रयत्न गर्दा मित्रता र प्रेमको बन्धन कसिन सक्छ । रमाइलो यात्राको योग छ । महिना केही उतारचढावमय रहनेछ । केही अवसर आए पनि कामको विषयले वादविवाद निम्त्याउन सक्छ । रमाइला स्थानको भ्रमण भए पनि यात्रा कष्टपूर्ण रहनेछ । आफ्नो विषयक्षेत्रमा समेत कम योग्यता भएका व्यक्तिहरूको निर्णय पालना गर्नुपर्ने स्थिति रहनेछ । चोटपटक अथवा मौसमी समस्याले स्वास्थ्य कमजोर रहन सक्छ । आफ्ना काममा अरूले हस्तक्षेप गर्ने सम्भावना देखिएकाले विशेष योजना सार्वजनिक नगर्नुहोला । अवसर आए पनि नयाँ काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । घरखर्च बढ्ने र व्यापारमा केही मन्दी आउने समय छ । प्रेममा असमझदारी बढ्नेछ भने मित्रजनको सद्भावबाट वञ्चित भइनेछ । जोखिमपूर्ण यात्रा र कार्यमा सदैव सजग रहनुहोला । काममा प्रतिस्पर्धा गर्नुपरे पनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ । लामो समयदेखि रोकिएका काम बन्नुका साथै नयाँ उद्योग वा व्यवसाय सुरु गर्ने मौका छ । मिहिनेतले आर्थिक समस्या सुल्झाउनेछ । काममा सहयोगीले साथ दिनेछन् । विभिन्न अवसर जुट्नाले राम्रै प्रगति हुनेछ । शैक्षिक उपलब्धिले मानसम्मान दिलाउनेछ । प्रयत्न गर्दा देश–विदेशको भ्रमण गर्ने अवसर जुट्न सक्छ । टाढिएका आफन्तसँग पुनर्मिलन हुनेछ । शत्रुबाधा, मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । प्रेममा खटपटी आउन सक्छ । चोटपटकले स्वास्थ्य कमजोर रहन सक्छ, सजग रहनुहोला । यदाकदा स्वास्थ्यमा कमजोरी देखिए पनि विभिन्न अवसर प्राप्त भइरहनेछन् । अध्ययनमा प्रगति हुनेछ भने लेखनकलामा निखारता आउनेछ । व्यापार–व्यवसायमा राम्रै फाइदा हुनेछ । आँटेका काममा शुभचिन्तकहरूको साथ जुट्नेछ । टाढिएका आफन्तसँग भेटघाट तथा मेलमिलाप हुनेछ । गुरुजन र मातापिताको प्रेरणाले मन दह्रो हुनुका साथै काममा हौसला प्राप्त हुनेछ । नोकरी तथा पेसा–व्यवसायमा मनग्गे फाइदा हुनेछ । बौद्धिक क्षमता बढ्नुका साथै अध्ययनतर्फ राम्रो नतिजा हासिल गर्न सकिनेछ । मिहिनेतले आर्थिक स्थितिमा सुधार आउनेछ भने अड्किएका काम पुनः प्रारम्भ हुनेछन् । क्षमता प्रदर्शन गरेरै लक्ष्यमा पुग्न सफल भइनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । अवसरका लागि विभिन्न चुनौतीसँग जुध्नुपर्ला । उच्च महत्वाकांक्षाले प्रश्रय पाउने हुँदा व्यवहार अस्थिरतातर्फ मोडिन सक्छ । घरपरिवारमा पनि असमझदारी बढ्न सक्छ । असंयम व्यवहारले समस्या निम्त्याउनेछ भने बुद्धि–विवेकले काम लिँदा प्रशस्त फाइदा हुनेछ । साथीभाइ र बन्धुबान्धवको सहयोगले परिस्थिति अनुकूल बनाउन सकिनेछ । मिहिनेत गर्दा व्यवसायमा फाइदै हुनेछ । लगनशीलताले अप्ठ्यारो ठानिएका काम पनि सम्पादन हुनेछन् । कृषितर्फ दिगो फाइदा हुने काम थालनी हुनेछ । सीप र लेखन कलामा निखारता आउनेछ भने अध्ययनमा प्रगति हुनेछ । मित्रता र प्रेमको बन्धन कसिने समय छ । साझेदारीमा मतभेद देखापर्ने हुँदा संयमतापूर्वक काम लिनुपर्नेछ । सुरुमा केही चुनौतीसँग जुध्नुपरे पनि यो महिना निकै लाभदायक रहनेछ । रोकिएका काम सम्पादन हुनेछन् । उद्योग–धन्दा र व्यापारमा विशेष फाइदा हुनेछ । अग्रजहरूको सहयोग र सद्भाव प्राप्त हुनाले महत्तवाकांक्षी काम प्रारम्भ गर्न सकिनेछ । कर्मयोगले प्रतिस्पर्धीहरूलाई उछिन्न सकिनेछ । नोकरीमा प्रवेश तथा पदोन्नति हुन सक्छ । तारिफयोग्य काम सम्पादन हुनाले थप अवसर प्राप्त गर्न सकिनेछ । प्रयत्न गर्दा दीर्घकालीन योजना कार्यान्वयन हुन सक्छ। देश–विदेशको यात्रा गर्ने अवसर पनि जुट्न सक्छ । मनमिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिने बलियो सम्भावना देखिन्छ । अध्ययन र लेखनमा प्रगति हुनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । केही विवादास्पद काममा जुट्नुपरे पनि व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ । बौद्धिक सफलताले उत्साह जगाउनेछ । प्रयत्न गर्दा अभीष्ट पूरा हुन सक्छ । प्रशस्त धन र बहुमूल्य धातुहरू संग्रह गर्ने मौका छ । क्षमता प्रदर्शन गरेरै स्वरोजगार बन्न सफल भइनेछ । पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ । स्वास्थ्यमा भने टाउको र आँखाको समस्याले सताउन सक्छ । दोस्रो सातापछि परिवारजनमा केही असमझदारी बढ्नेछ भने उच्च महत्त्वाकांक्षाले पनि समस्या निम्त्याउन सक्छ । अंशीयारबीच सगोलको सम्पत्तिमा भागबन्डा लाग्न सक्छ । धनमाल हराउने, चोरिने वा ठगीमा परिने ग्रहयोग रहेकाले काममा सजग रहनुहोला । कामको चाप बढ्नाले जीवनशैली व्यस्त रहनेछ । संघर्षको यात्रामा साथ दिनेहरू कमै भेटिनेछन् । अरूको भरपर्दा काम अधुरै रहनेछ । परिस्थितिवश केही कठोर निर्णय लिनुपर्ने हुन सक्छ । बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ । साथीभाइ र आफन्तसँग असमझदारी बढ्न सक्छ । साइनो गाँस्दै फाइदा उठाउनेहरू स्वतः पछि हट्नेछन् । लगनशीलताले प्रगतिको मार्ग अवलम्बन गर्नेछ । राजनीति र नोकरीमा लाग्नेहरूलाई राम्रो पृष्ठभूमि तयार पार्ने समय छ । अर्थ अभावको स्थितिबाट जोगिन आम्दानी र खर्चको सन्तुलन मिलाउने चेष्टा गर्नुहोला । ज्वरो, टाउको दुखाइ वा आँखाको समस्या देखिन सक्छ । स्वास्थ्यका लागि आराम र खानपानमा ध्यान पुर्याउनुहोला ।
2019/11/19 04:32:31
https://www.sanchargriha.com/2019/03/17/6401/
mC4
थप ५९जना संक्रमितकको मृत्य, ५२ सय ९३ जना संक्रमणमुक्त काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर कोरोना भइरस संक्रमणबाट ५९ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ८ हजार २ सय ३८ पुगेको छ । पछिल्लो २४ घण्टामा ५हजार २ सय ९३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९ सय ०१ नमुनाको पीसीआर परीक्षणमा २ हजार ८ सय ७४ र ५ हजार ३ सय ३७ जनाको एन्टिजेन परीक्षणमा ८ सय ७५ जना गरी ३ हजार ७ सय ४९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख १९ हजार ४ सय ०१ पुगेको छ । जसमध्ये ५ लाख १५ हजार ५ सय ९१ जना संक्रमणमुक्त भएका छन् भने ७७ हजार ८ सय ५८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।
2021/06/20 07:35:55
https://jayadesh.com/2021/06/10/32409/
mC4
२०७५ मङ्सिर २५ मंगलबार १०:४५:०१ प्रकाशित घरको आर्थिक अवस्था त्यति सहज थिएन । बुबा नेपाली सेनाको हवल्दारबाट निवृत्त भएर गाउँमै खेती किसानी गर्थे । पढाइमा सानैदेखि अवल रहेका उनले जिल्लाकै पहिलो पाइलट बन्ने लक्ष्यका साथ विद्यालयमा कडा मेहेनत गरी अध्ययन गर्ने गर्थे । फिलिपिन्समा लगातार आठ वर्ष अध्ययन गरेका उनले पढाइ सकेर त्यही जहाज चलाउन शुरु गरे । मातृभूमिको सेवा गर्ने सोचले गत कात्तिकमा नेपाल आएका उनले त्यसयता बुद्ध एयरको जहाज चलाइरहेका छन् । नेपाल तथा भारतका विभिन्न भागमा जहाज चलाउने गरेका उनले लक्ष्य लिएर अगाडि बढे असफल भइँदैन भन्ने पाठ सिकेको बताउनुभयो । कान्छो छोरा कृष्ण डाँगीले समेत काठमाडाँैमा इञ्जिनीयर पढिरहेका छन् । एक छोरा पाइलट र अर्को छोरा इञ्जिनीयर पढाउने मुख्य आधार तरकारी खेती भएको शोभाको भनाइ छ । तरकारी खेतीबाटै छोरालाई पाइलट, इञ्जिनियर बनाउन सकेकोमा गर्व लाग्छ उनी भनिन् ।
2019/01/17 09:22:01
http://elogonnews.com/news-details/4063/2018-12-11
mC4
हेलम्बुका बाढी प्रभावितलाई १/२ मिहना भित्र आफ्नै घरमा सार्ने अध्यक्ष शेर्पाको प्रतिबद्धता – Upahar Khabar प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार १८:३६ July 21, 2021 काठमाडौँ – हेलम्बु गाउँपालिकाले बाढी प्रभावित हरुलाई अस्थायी आवास निर्माणकार्य शुरु गरेको छ । भुकम्पपिडितको पुनर्निर्माणले ५ बर्ष सम्म पनी पुर्णता नपाएको स्मरण गर्दै गाउँपालिकाले हेलम्बुका बाढिपिडितलाई छिट्टै नयाँ घरमा बसाउने तयारी थालेको हो । उपहारखबरसँग कुराकानी गर्दै गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले कुनै प्राकृतिक विपद् आएपछि ५ वर्ष सम्म पनि त्रिपाल भित्र बस्नुपर्ने बाध्यता अन्त्य गरिने बताए । साथै खाली राहत मात्र दिदै जाने परम्परालाई समेत तोड्नको लागि हेलम्बु गाउँपालिकाले यसै अभियानबाट थालनीगर्ने अध्यक्ष शेर्पाको भनाई छ । उनका अनुसार यस कार्यले नेपालमा हुने हरेक विपद्का घटनाहरुबाट पिडितहरुलाई व्यवस्थापन गर्न सकिन्छ भन्ने उदाहरण हलम्बु गाउँपालिकाले दिनेछ । पहिलो चरणमा घर पूर्णरुपमा क्षति भएको र त्यसपछि जोखिममा रहेको र बस्न नसकिने हरुको लागि पनि घर निर्माण गरिने कार्यक्रम रहेको अध्यक्ष शेर्पाले बताए । हेलम्बु गाउँपालिकाको हल्दे, ओडारे, तिम्बुलगायतका बाढी प्रभावितको घर बनाउने जिम्मा लोकप्रिय टेलिभिजन कार्यक्रम इन्द्रेणीले जिम्मा लिएको छ । हेलम्बुका प्रभावित १७ परिवारको अस्थायी आवास निमार्णको जिम्मा लिएको छ । मङ्गलबार हेलम्बु गाउँपालिकाका अध्यक्ष शेर्पालाई कँडेलले रु ६२ लाख हस्तान्तण गरेर यथाशीघ्र घर निमार्णको काम अगाडि बढाउन आग्रह गरे । कार्यक्रममा अध्यक्ष शेर्पाले हेलम्बुलाई सहयोग गरेकामा धन्यवाद दिँदै दशैँसम्ममा आफ्नै घरमा प्रभावित जनतालाई सारेरै छाड्ने प्रतिबद्धता जनाए । उनले हेल्भेटास नेपालबाट ४० र केयर नेपाल र टिमबाट २० वटा घरको निमार्णकार्य शुरु भइसकेको जानकारी दिए । कूल १०७ घरपरिवार विस्थापित रहेको तथ्याङ्क रहे पनि करिब ९० घर पूर्णरूपमा क्षति भएको अध्यक्ष शेर्पाले बताए । उनले अहिले अस्थायी आवास निर्माणलाई प्राथमिकता दिइएको र सरकारले दिने भनेको रु पाँच लाख आउनेबित्तिकै स्थायी आवासका निम्ति काम थाल्नेसमेत जानकारी दिए । गाउँपालिकाले बनाएको मापदण्ड र प्राविधिक लागतअनुसार एकै किसिमको घर निर्माण गर्ने लक्ष्य लिइएको गाउँपालिकाले जनाएको छ । हेलम्बु गाउँपालिकाको प्रविधिक स्टमेट अनुसार रु तीन लाख ६६ हजार बराबरको अनुमानित लागतमा निर्माण हुने घरमा दुई कोठा, भान्छा, शौचालय र धारा हुनेछन् ।
2021/07/28 22:27:27
https://upaharkhabar.com/37486/
mC4
कोलवृक्ष भएकै कारणले पनि ऐतिहासिक जावा कोटही मन्दिर भगवान् गौतमबुद्धसँग सम्बन्धित रहेको भन्ने दाबी गरिएको छ । यसअगावै यस स्थलको इँटा, कोलवृक्षको नमूनालगायतका वस्तु लुम्बिनी विकास कोषले लगिसकेको पाइन्छ । यसैगरी कोटही मन्दिरसमेत यही स्थानमा सुरक्षित छ । ऐतिहासिक धार्मिक र पुरातात्विक महत्व भएको कोटही मन्दिरलाई यहाँका स्थानीयवासी परापूर्वकालदेखि कुलदेउताको रुपमा मान्दै आएका छन् । मन्दिरको आफ्नै महत्वपूर्ण धार्मिक विश्वास रहिआएको छ । मन्दिर परिसरमै ऐतिहासिक कुवासमेत रहेको छ । कुवाको समेत ऐतिहासिक धार्मिक र पुरातात्विक महत्व छ । समग्ररुपमा ऐतिहासिक जावा ताल, विश्वकै लोपोन्मुख वृक्ष कोलवृक्ष, कोटही मन्दिर र ऐतिहासिक कुवा भएको हुनाले यहाँ पर्यटकीय क्षेत्र को ठूलो सम्भावना रहेको छ । पर्यटकीय क्षेत्रको उच्च सम्भावना रहेको यस क्षेत्रको विकासका लागि दृघकालिन गुरुयोजना बनाएर पर्यटकीय हब बनाउने योजना रहेको गाउँपालिकाका अध्यक्ष चौधरीले बताउनुभयो । कोटही मन्दिर क्षेत्र, कोलवृक्ष, कुवालगायतका क्षेत्र करीब दुई हजार ५०० मिटर क्षेत्रफलमा फैलिएको छ । यसबाहेक करीब पाँच बिघा क्षेत्रफलमा ताल फैलिएको पाइन्छ । कोलवृक्ष नजिक विश्राम गरेर त्यसको पातको लेप शरीरभरि लगाउने र यसको फल खाँदा कुष्ठरोग निको हुने जनविश्वास रहेको स्थानीयवासी देवराज चौधरीले बताए । अब यस क्षेत्रमा पिकनिक स्पोर्टदेखि विभिन्न प्रजातिका चराचुरुङ्गी, माछा तथा दुर्लभ जलचरको अकलोकन गर्न सक्ने क्षेत्रका रुपमा विकास गर्न स्थानीय तह लागिपरेको वडा नं २ का वडाध्यक्ष शम्भुप्रसाद चौधरीले जानकारी दिए । कोटही मन्दिर स्थानीवासीले कुलदेउताको रुपमा पूजाअर्चना गर्दै आएकाले यसको आफ्नै महत्व रहेको स्थानीयवासी राजाराम यादव बताउनुहुन्छ । यी सबै क्षेत्रलाई एकीकृत रुपमा विकास गर्नसके बाह्य पर्यटकलाई विशेष आकर्षणको रुपमा भित्र्याउन सकिने अवस्था रहेको वडा नं २ का वडासदस्य नरेन्द्र चौधरी बताउछन । रासस
2021-03-01T00:56:27Z
https://www.koshionline.com/2020/05/01/196126.html
OSCAR-2109
जितिया पर्व र यसको महत्व – KhabarPurwanchal खबर पूर्वाञ्चल, १७ आश्विन २०७५, बुधबार १९:५१ आज आश्विन महिनाको कृष्ण पक्षको नवमी तिथी । अर्थात् जितिया पर्वको अन्तिम दिन । धुमधामसँग मनाइने यो पर्वको बारेमा यहाँ उल्लेख गर्न सान्दर्भिक होला भन्ने ठानेकी छु । के हो जितिया पर्व ?आमाले आफ्ना सन्तानको मंगलमय कामना गर्दै लिइने ब्रतलाई नै जितिया पर्व वा ब्रत भनिन्छ। जितियालाई जीवित्पुत्री, जिउतिया वा जिमुतवाहनको नामले पनि चिनिन्छ । जितिया पर्वको महत्वः–यस ब्रतमा पूरा दिन रात पानी समेत पिउनु हुँदैन । मुखमा आएको थुकसम्म निल्नु हुँदैन भन्ने चलन छ । विवाहित नारीले सन्तान सुख र प्राप्तिकालागि तथा सन्तानका आमाले सन्तानको रक्षाकालागि यो ब्रत लिने गर्छन् । सन्तानको सुरक्षाका लागि यो ब्रतको महत्व सबैभन्दा बढी भएको कथाहरूमा उल्लेख भएको पाइन्छ। यो ब्रत वा पर्वलाई तीन दिनसम्म मनाइन्छ।असोज कृष्ण पक्षको सप्तमी तिथिदेखी नवमी तिथीसम्म तीनदिन मनाउने गरिन्छ। तिनै दिनका विधि अलग अलग छन्। खासगरी मधेशी महिलाले मनाउने यो पर्व भारत तथा नेपालमा निकै महत्वका साथ मनाइन्छ। इच्छा भए अन्य जातजातिका महिलाले पनि यो पर्व मनाउन सक्छन्। सासुको देहावसान भएकी बुहारीले पहिलो दिन नुहाउने र चिसै कपडामा आफ्ना दिवङ्गत पितृका नाममा घिरौंलाको पातमा खरी (पिना), तेल, सिन्दुर हालेर चढाउनुपर्छ । जिमुतवाहन, चील सियारिन, सासु तथा अन्य महिला पितृहरुका नाममा चढाइन्छ । संभव भए खोला, नदी तलाउमा, संभव नभए आफ्नै घरको पानीको श्रोत भएको ठाउँ जस्तै धारा,ट्यूवेल,इनार आदिको छेउमा थाल वा आरीमा पानी राखी घिरौंलाको पातमा माथी उल्लेखित सामाग्री चढाइन्छ। अगरबत्ती देखाएर त्यसलाई विसर्जन गरिन्छ। सासु हुनेले विहानको यो विधी गर्नु पर्दैन। सोही दिन दिउँसो माछा खानेले माछा र माछा नखानेले कोदोको रोटी वा कोदोको परिकार नुनियाको साग र झिगनीको सब्जीसँग खान्छन्। त्यसदिन रातीसम्म खान सकिन्छ। कसैले अष्टमी लाग्नु अगाडि दर खाने पनि गर्दछन्।अष्टमी लागेपछि भने मुखमा केही पनि लगाउन हुन्न। दोश्रो दिन अर्थात् अष्टमी तिथीका दिन विहान नुहाएर बेलपत्र, फूल,जल आदी चढाएर अगरबत्ती देखाउने र दिनभर निर्जला ब्रत बस्नुपर्छ। बेलुकापख कसैले फलफूल,मिठाइका परिकारले डाली भर्ने गर्छन्। डालीलाई रातो कपडाले बाँधेर मानको (पिंडालुको जस्तै)पातले छोप्ने प्रचलन छ। कसैले थालमा पनि राख्ने गर्छन्। सक्नेले सुनको जितियाको प्रतिमा बनाउँछन् भने नसक्नेले धागाको पनि बनाएर डालामा वा थालमा राख्छन्। डालो भर्ने वा थालमा राख्ने भन्ने कुरा चाहिँ आफ्नो संस्कार र आर्थिकमा भर पर्दछ। त्यसपछि जितवाहन भगवानको ब्रत कथा सुनिन्छ। कथा श्रवणपछि स्वयम् ब्रत बसेका महिलाले डाली वा थालमा राखेको जितियाको प्रतिमा लगाउँछन्। कोही मन्दिर वा इष्टमित्रकहाँ गएर कथा सुन्छन् भने कतिपय आफ्नै घरमा पनि कथा पढ्ने र सुन्ने गर्छन्। खासगरी अष्टमी तिथीको प्रदोश कालमा धुमधामसँग मनाइन्छ यो पर्ब। तेश्रो तथा अन्तिम दिन जसलाई पारण गर्ने र ब्रत पूरा गर्ने दिनको रुपमा चिनिन्छ। नवमीका दिन कतिबेला साइत छ त्यतिबेला नुहाएर अनि लिप पोते गरेको ठाउँमा डालो वा थाल राख्छन्। चना केराउ, खिर,यदि मिठाइका परिकार बनाएका भए ति परिकार,दही,चिउरा आदी आफ्नो आर्थिक अवस्था र रीतिरिवाज अनुसारका परिकारहरु घिरौंलाको पातमा चढाउनुपर्छ। कसैले खीर चना मात्र पनि चढाउँछन्। चढाउने काम सकेपछि छोराले त्यो डालो उघार्छन्। यसलाई पारण गर्ने भनिन्छ। पूजापाठ सकेपछि प्रसाद खाने चलन छ। जसलाई पारण भनिन्छ।यसरी जितियाको तीन दिने ब्रत पूरा गर्ने चलन छ। जितिया तिजको ब्रतसँग मिल्दोजुल्दो देखिन्छ। तीज श्रीमानसँग जोडेर लिइन्छ भने जितिया सन्तानसँग। पहिला पहिला तिजमा पनि २४ घण्टा निर्जला ब्रत बस्ने चलन थियो। आजकाल तिजमा आफ्नो स्वास्थ्यको ख्याल गर्दै नून र अन्न बाहेकका खानेकुरा खाएर ब्रत बस्ने चलन भएको छ। तर जितियामा यसरी खान नहुने बताउँछिन् मिनादेवी साह । बीस बर्षको उमेरमा छोरी१ बर्षकी हुँदादेखि नै जितियाको ब्रत लिँदै आएकी छन् उनले। विराटनगर वडा नं. ९ सिद्धार्थ टोल निवासी मीना को अनुभव छ "२७ बर्षदेखि निरन्तर ब्रत लिँदै आएकी छु। आजसम्म कुनै अप्ठ्यारो महसुस भएको छैन। अब चाहिँ अलिक कमजोरी भएको जस्तो लाग्छ।" खिस्स हाँस्दै अगाडी थप्छिन् "उमेर ढल्किएर पनि होला।" त्यसैगरि विराटनगर ८ मधुमारा निवासी लक्ष्मी साहले २२ बर्षको उमेरमा छोरी दुई बर्षकी हुँदादेखि जितियाको ब्रत लिएको बताउँछिन्। "७ बर्ष भयो यो ब्रत लिएको। बिचमा छोरो जन्मियो। त्यतिबेला लिईन। बाँकी सबै बर्ष निरन्तर लिँदै आएकी छु" उत्साहका साथ सुनाउँछिन् लक्ष्मी। पहिला पहिला यो ब्रत छोराको लागि लिइन्थ्यो भने अब छोरी हुनेले पनि लिन थालेका छन्।अब सन्तानकालागि भन्न थालिएको छ। सन्तानको सुरक्षाका लागि यो ब्रतको महत्व सबैभन्दा बढी भएको ब्रत कथाको महत्वमा दर्साएको पाइन्छ। जितवाहन ब्रत कथामा यस्तो उल्लेख गरेको पाइन्छ। कतिपय कथा महाभारत सँग सम्बन्धित छन् त कतिपय पौराणिक कालसँग सम्बन्धित छन् । जीवित्पुत्री वा जिउतिया वा जिमुतवाहनको कथाः पौराणिक कालमा गन्धर्वका राजकुमारको नाम जिमुतवाहन थियो। उनी ज्यादै सभ्य,उद्धार र परोपकारी हृदयका थिए। उनका पिताले बृद्धाबस्थामा बालवृष्ट आश्रममा जाँदा यिनलाई सिंहासनमा बसाए। तर उनलाई राजपाठमा मन लागेन। राज्यको भार आफ्ना भाइहरूको जिम्मा लगाएर पिताको सेवा गर्न वन गए। उतै मलायवती नामकी राजकन्यासँग विवाह भयो। एकदिन वनमा भ्रमण गर्ने क्रममा जिमुतवाहन धेरै अगाडि गए। त्यहाँ रुदै गरेकी एक वृद्धालाई भेटे र रुनुको कारण सोधे। बृद्धाले आफु रुनुको कारण यसरी बताइन् 'म नाग वंशकी स्त्री हुँ। मेरो एउटा मात्र छोरो छ शंकरचुर्ण। पंक्षीका राजा गडुडलाई प्रत्येक दिन एउटा सर्प सुम्पिनु पर्छ। आज मेरो छोराको पालो परेको छ। यसैकारण रोएकी हुँ।' बृद्धाको कुराले जिमुतवाहन व्याकुल बने। उनले ति बृद्धालाई आश्वस्त पार्दै भने 'नडराउ म तिम्रो छोराको प्राणको रक्षा गर्छु।' यति भनेर ति बृद्धाको हातबाट रातो कपडा लिएर त्यसमा आफुलाई बेरेर गडुडलाई बली दिनका लागि बन्दशिलामा सुते। समय हुनासाथ गडुड आए र कपडा सहित जिमुतवाहनको शरीर आफ्नो खुट्टाले समाएर पहाडको शिखरमा लगेर बसे।आफुले पक्रिएको प्राणीको आँखाबाट आँसु र मुखबाट आवाज नआएपछि गडुड बडो आश्चर्यमा परे। सो प्राणीसँग परिचय मागे। जिमुतवाहनले आफुले यसो गर्नुको कारण बताए। गडुडजी उनको बहादुरी र दोश्रोको प्राण रक्षा गर्नकालागि स्वयंको बलिदानी गर्न लागेकाले उनको हिम्मतको कदर र प्रशंसा गर्दै प्रसन्न भएर गडुडजीले उनलाई जीवनदान दिए। साथै अबदेखि नागले बली दिनु नपर्ने पनि बचन दिए। यसरी जिमुतवाहनको शाहसले नाग जातीको रक्षा भयो। त्यसै समयदेखि आफ्ना पुत्रको रक्षाकालागि जिमुतवाहनको पूजाको प्रथा शुरु भयो। दोश्रो कथा चील र सियारिनको समुन्द्रको नजिक नर्वदा नदीको किनारमा कंचरवटी नामको एउटा नगर थियो। त्यस नगरका राजाको नाम मलायाकेतु थियो। नर्वदा नदीदेखि पश्चिम एउटा मरुभूमि जमिन थियो। जसलाई वालुहट नामले चिनिन्थ्यो। त्यहाँ एउटा पाकरको ठूलो रुख थियो । त्यो रुखको हाँगामा एउटा चिल र फेदमा स्याल बस्दथ्यो। यि चिल र स्याल दुवै एकअर्काका घनिष्ट मित्र थिए। एकदिन उनीहरुले वनमा महिलाहरुले जीवित्पुत्रीको ब्रत बसेर पूजा गर्दै गरेको देखे। उनीहरुले पनि सामान्य महिलाले जस्तै माता शालिबहिनकी पुत्र भगवान् जिमुतवाहनर जितियाको पूजा गर्ने उद्देश्यले ब्रत बसे। संयोगवश त्यसै दिन त्यस नगरका सबै भन्दा ठूला व्यापारीका छोराको मृत्यु। त्यसै मरुभूमिमा अन्तिम संस्कार गरे। स्यालले मुर्दा देखेर आफ्नो भोकलाई रोक्न सकेन। उसले त्यो मुर्दा खायो। चिलले रोक्दा पनि ऊ रोकिएन, मुर्दा खाएरै छाड्यो। चिलले निष्ठापूर्वक अन्य महिलाले जस्तै विधि विधानले ब्रत पूरा गरिन्। अर्को जन्ममा ब्राम्हण परिवारका भाष्करका घरमा चील जेठी दिदी र स्याल कान्छी बहिनीका रुपमा जन्मिए। दिदीको नाम शिलवती र बहिनीको कपुरावती राखियो। शिलवतीको विवाह बुद्धीसेनसँग र कपुरावतीको विवाह त्यसै नगरका राजा मलायकेतुसँग भयो। उनी कंचरवटी नगरकी रानी भइन्। समय भित्दै जाँदा भगवान जिमुतवाहनको आशिर्वादले शीलवतीका ७ वटा छोरा भए। तर कपुरावतीको बच्चा जन्मँदै मर्दै गरे। समय बित्दै जाँदा शीलवतीका छोराहरू ठूला भए र जागिरको खोजी गर्दा उसै राजदरबारमा नोकरी पाए। ति ७ जना युवकलाई देखेर कपुरावती इर्ष्याले जल्न लागिन् र मार्ने योजना बनाइन्। आफ्नो योजनामा राजालाई पनि सामेल गरिन्। योजना अनुसार सातै जनाको शीर काटेर भाँडामा राखी रातो कपडाले बेरेर शीलवतीका घरमा पठाइयो। जुन कुरा भगवान् जिमुतवाहनले थाहा पाए। झटपट उनले माटोको शीर बनाइ काटेको शरीरमा जोडी अमृत छर्किए। सातै जना युवक जिउँदा भएर घर फर्किए। उता सातै युवाका पत्नीहरू आफ्नो पतिको शीर राखिएको भाँडा हातमा लिए। भगवान जिमुतवाहनको आशिर्वादले सबै शीरहरु फलमा परिणत भए। युवकहरू पनि घरमा पुगे। यता कपुरावती दिदीको घरको खबर सुन्न आतुर थिइन्। शीलवती र सातै बुहारीको रोएको आवाज सुन्न व्याकुल थिइन। तर कुनै पनि आवाज नआएपछि रानी कपुरावतीले दासीलाई पठाइन्।दासी फर्केर आइन् र त्यहाँ रुवावासी होइन सातै छोराहरुका साथमा हाँसीखुशी मनाएको कुरा सुनाइन्। यति सुनेपछि उनलाई राजामाथि शंका लाग्यो। राजालाई उनले सोधिन्। रानीले भनेजस्तै गरेको र आफुले कुनै धोका नदिएको आश्वस्त पार्दै राजाले भने 'यस्तो लाग्छ कि त्यस परिवारमा भगवानको आशिर्वाद छ। त्यसैले सबै बचे।' कपुरावती स्वयं गइन् र सारा बृतान्त दिदीलाई सुनाइन् र कसरी बाँचे भन्ने कुरा सोधखोज गरिन्। आफ्नो तपस्याका कारण शीलवतीलाई अघिल्लो जन्मका सारा कुरा याद आए। त्यसपछि शीलवतीले कपुरावतीलाई त्यस रुखको छेउमा लगिन जुन रुखमा उनीहरु पूर्वजन्ममा बस्थे। त्यसपछि उनले अघिल्लो जन्ममा गरेका सबै कुरा बताइन्। यो सुनेर कपुरावती बेहोस भएर ढलिन् र त्यहीं मरिन्। राजाले कपुरावतीको त्यहीं अन्तिम संस्कार गरिदिए। शीलबतीले बढो श्रद्धा र निष्ठाका साथ जितियाको ब्रत बसिन्। ब्रतको प्रभावले सात वटा पुत्र भए र छोराहरु शंकटबाट पनि मुक्ति पाए। कपुरावतीले लिएको ब्रत पनि तोडिन्। फलस्वरुप कपुरावती निःसन्तान् भै पाप र जालझेल गर्दै मर्नु पर्यो। यिनै कथालाई आधार मान्दै र विश्वास गर्दै जितिया पर्व प्रत्येक बर्ष महिमाका साथ मनाइन्छ।
2020/08/15 07:38:54
https://khabarpurwanchal.com/2018/10/03/22531/
mC4
सर्वहारा आन्दोलन र पुँजीवाद– निराजन कुवँर - Nepal News - Latest News from Nepal Featureविचार / ब्लग By nepalnews On Jul 27, 2017 – निराजन कुवँर विश्व सर्वहारा वर्गको बैचारिक नेतृत्वको मुख्य कृतिको रुपमा कार्ल माक्र्सद्धारा लिखित कम्यूनिष्ट घोषणापत्र प्रकाशित भएको दुई सय वर्ष नाघिसकेको छ । कार्ल माक्र्सको लामो अध्ययन र अनुभवबाट प्राप्त ज्ञानको बैज्ञानिक वैचारिक अस्त्रको रुपमा आजसम्म विश्वका सम्पूर्ण मुलुकका वामपन्थी कम्युनिष्टहरुले वा विश्व सर्वहारा वर्गले यसलाई अनुसरण गर्दै आएका छन् । यहि कृति बोकेर अहिलेसम्म विश्वमा लगभग करोड मान्छेले बलिदानी गरिसके होलान् भने अरब मान्छेहरु अहिले पनि यहि विचारको वैचारिक लेपनमा छन् । समाज विज्ञानको विकासक्रम र त्यसमा सर्वहारा अधिनायकत्वको महान् कार्य सम्पन्न कसरी गर्ने भन्ने विषयमा माक्र्सले दिनु भएको मोडालिटी र पूँजीवादले सर्वहारा मजदुर वर्गको शोषण गर्ने तौर तरिका र श्रमिकलाई दिलाउन सकिने न्यायका आधारहरुका विषयमा कार्ल माक्र्सको कलम रकेटको गतिमा दौडिएको पाइन्छ । जो विश्व सर्वहारा श्रमिक वर्गको लागि अत्यन्तै गौरवको कुरा हो । माक्र्स भन्नु हुन्छ आजसम्मको मानव जातिको इतिहास वर्ग संघर्षबाट अगाडी बढेको छ । हिजोसम्म सामन्तीहरुले खेतलाहरुलाई शोषण गरेका थिए । अहिले बुर्जुवाहरुले मजदुरहरुलाई शोषण गरेका छन् । भूमिको रुपमा शोषण आज पनि विद्यमान छ । मानिस आजसम्म पनि श्रमिकको रुपमा न्यायोचित ढंगले पुरस्कृत र सम्मानित छैन । त्यसैले आफ्नो वर्गिय अस्थित्व रक्षाको निमित्त सामन्तवाद, पुँजीवाद तथा साम्राज्यवाद विरुद्ध सर्वहारा वर्गले आन्दोलनको जेहाद छेड्नै पर्छ । माक्र्सवादले समाजमा वर्गहरुको अस्थित्व कायम रहेसम्म वर्गीय अन्र्तविरोध हुने जसले अनिवार्य रुपमा वर्ग संघर्षको रुप लिने कुराको वकालत गर्दछ । कम्युनिष्ट आन्दोलनको मुख्य उद्देश्य नै सर्वहारा वर्गको नेतृत्वमा विश्वमा रहेका सम्पूर्ण विभेदहरुको अन्त्य गर्नु र वर्ग विहिन समाजको निर्माण गर्नु हो । जो साम्यवादको आदर्शसंग गाँसिएको छ । सन् १९१७ को अक्टोवर क्रान्तिबाट रुसमा लेनिनको नेतृत्वमा समाजवादी व्यवस्थाको प्राप्ति पश्चात् विश्व श्रमजीवि सर्वहारा वर्गमा थोरै आशाका किरणहरु पलायो । जसको प्रेरणाबाट अन्य मुलुकमा पनि सर्वहारा वर्ग तथा मजदुर किसान वर्गहरु संगठित भई वर्ग अस्थित्वको निमित्त अचुक माक्र्सवादी विज्ञानको वैचारिक हतियार प्रयोग गर्न थाले । सामन्तवाद तथा पूँजीवादलाई घेराबन्दी गर्दै जाने क्रममा माओत्सेतुङ्गको नेतृत्वमा चिनियाँ भूमिमा सन् १९४९ मा सम्पन्न नौलो जनवादी क्रान्ति विश्व सर्वहारा आन्दोलनको अर्काे सफल युगान्तकारी घटना थियो । चाहे ७१ दिन टिकेको पेरिस कम्यून होस चाहे होचि मिन्हको नेतृत्वमा सम्पन्न भियतनामी क्रान्ति होस वा क्यूवाली क्रान्ति र फिडेल क्यास्ट्रोसँग जोडिएको सर्वहारा समाजवाद होस सर्वहारा श्रमजीवि वर्गले सामन्तवाद तथा पूँजीवाद विरुद्ध विश्वमा दिग्विजयको इतिहास रच्दै गए । अझ माओले त पुँजीवादी क्याम्पमा बमवाड गर्न सर्वहारा वर्गलाई निर्देशन नै दिनु भएको छ । यसरी विश्व पुँजीवाद विरुद्धको आन्दोलनमा समाहित हुँदै सर्वहारा वर्गले आफ्नो वर्गीय श्रेष्ठता कायम गरे । जसले सामन्तवाद तथा विश्व पुँजीवादको निद हरण मात्र गराएन सर्वहारा श्रमजीवि वर्गको न्याय र अपनत्व दिलाउने आधार पनि तयार पा¥यो । यसरी तिख्खर विचारधारात्मक संघर्षले मात्र होइन उर्जाशिल बलिदान र आफ्नो वर्ग प्रतिको निष्ठाले सर्वहारा आन्दोलन विश्वका अन्य आन्दोलनहरु भन्दा पृथक र उदाहरणीय रहयो । सर्वहारा नेतृत्व र सर्वहारा जनता बिचको पारदर्शी द्धन्द्धात्मक सम्बन्धले पनि यो वर्गको वर्गीय अभिष्ट परिपुर्तिमा निर्णायक भूमिका खेलेको पाइन्छ । भने, राज्य व्यवस्था संचालनमा पनि यो वर्ग अभ्यास्त बन्दै थियो । तर भू–मण्डलीकृत विश्व, टेक्नोलोजीको चरम विकास, पुँजीवादले देखाएको संकिर्ण उदारवादी चरित्र तथा कम्यूनिष्ट नेतृत्वमा देखा परेको सैद्धान्तिक विचलनका कारण आज सर्वहारा वर्गको आन्दोलनमा स्खलन पैदा भएको छ । आजसम्म प्राप्त गरेका सर्वहारा व्यवस्थाहरु गुमेका छन् भने यो वर्गले संचालन गरिरहेका आन्दोलन र उपलब्धीहरु पनि धरापमा छन् । जो अत्यन्तै पिडादायी विषय हो । आजको पुँजीवादले लेनिनले कल्पना गरे भन्दा भिन्न, पृथक र लामो समयसम्म विश्वलाई आफ्नो नियन्त्रणमा लिएको छ । माक्र्सले भने जस्तै उत्पादन क्षेत्रमा मानव श्रमको विस्थापन पनि भएको छ । पुँजीवादले मानव समाजको प्रमुख उत्पादक शक्ति मानव श्रम नभई विज्ञान र प्रविधिलाई बनाएको छ, भने उत्पादित साधनका स्वामीत्ववाट वञ्चित हुने व्यक्ति, परिवार र समुदायको संख्या उत्कर्षमा पुगेको छ । यसले के देखाउछ भने पुँजीवाद अहिले निकै शक्तिशाली छ । जसको नङग्रा विश्वका जुनसुकै मूलुकमा पनि गडेका छन् । विश्वका कुनै पनि मुलूक यती बेला पुँजीवादबाट मुक्त रहन सकेका छैनन् वा सर्वहारा समाजवादको दिशालाई अनुमोदन गर्न असमर्थ छन् । कार्ल माक्र्स भन्नु हुन्छ एउटा सामाजिक व्यवस्था त्यतीबेलासम्म विघटित हुदैन जुन बेलासम्म त्यस व्यवस्थाका उत्पादन शक्तिहरु विकसित हुन सक्ने थोरै पनि जमिन बाँकी रहन्छ । यसबाट के कुरा अनुमान लगाउन सकिन्छ भने पुँजीवादीले अझै केहि समय विश्वलाई आफ्नो नियन्त्रणमा राख्न सक्छ वा पुँजीवाद तत्काल विघटन हुन सक्ने अवस्था छैन । किनकी अमेरीका, यूरोप मात्र होइन यतिबेला एसिया पनि पुँजीवादी सोच, चिन्तन र व्यवस्थाको उत्कर्षमा पुगेको छ । उसका लागि यि भू–भागहरुमा अडिन सक्ने र विकसित हुन सक्ने प्रशस्त जमिन र आधारहरु छन् । शोभियत संघको विघटन र माओत्सेतुङ्गको निधन पछि सर्वहारा समाजवादी व्यवस्थामा धमिरा लाग्न पुगेको छ । बिशेषत सन् १९५६ मा निकिता खु्रश्चेवको नेतृत्वमा भएको प्रतिक्रान्ति वा समाजवादको विघटनसँगै विश्व सर्वहारा वर्गको व्यवस्था र माक्र्सवादी दर्शन वा विज्ञान माथि प्रश्न चिन्ह खडा भएको छ । आज विश्वको कुनै पनि मुलूकमा सर्वहारा वर्गको आफ्नै शासन व्यवस्था छैन । विश्व पुँजीवाद जसरी पनि श्रमजीवि वर्गको व्यवस्था माथि हमला गर्ने र सफायाको नीति अवलम्वन गरी विश्वमा आफ्नो एकाधिकार लाद्न चाहन्थ्यो र अहिले पनि चाहन्छ । एकहत्तर दिनमा पेरिस कम्यून विघटन हुनु, शोभियत संघ जस्तो शक्तिशाली सर्वहारा वर्गको लाल किल्ला भत्काइनु, निकारागुवा जस्तो देशमा कोन्ट्रा विद्रोही खडा गरी प्रतिक्रान्तिद्धारा पुँजीवादलाई पदस्थापन गराउनु अनि विजयको सन्निकट पुगेको पेरुभियाली कम्यूनिष्ट पार्टी (साइनिङपाथ) का मुख्य नेतृत्व गोञ्जालोलाई गिरफ्तार गरी सामन्तवादी व्यवस्था र पुँजीवादी अर्थराजनीतिलाई निरन्तरता दिनु जस्ता कुराले पँुजीवाद कति निकृष्ट र आक्रमक शैलीमा सर्वहारा आन्दोलन माथी बमबाड गर्दैछ भन्ने कुराको अन्दाज लगाउन गाह्रो छैन । यता माक्र्सवादी–लेनिनवादी विचारधारात्मक जगसँग नाभी जोडिएका र त्यही जगमा हुर्किएका सत्ता र कम्यूनिष्ट पार्टीहरु पनि विचलित भई संशोधनवादमा पतन भए र आफ्नो वर्गलाई धोका दिई पँुजीवादको सेवा गर्न पुगेका छन् । रुस, चीन जस्ता देशहरु यसका ज्वलन्त उदाहरणहरु हुन । जसले सर्वहारा वर्गिय आन्दोलनमा अतुलनिय क्षति पु¥याएको छ । त्यसैले पँुजीवादको विश्व एकाधिकारलाई तोड्न विश्वका सर्वहारा श्रमजीवि वर्गहरु एकजुट भई सर्वहारा समाजवादी व्यवस्था प्राप्तिको महान् रणसंग्राममा लामबद्ध हुनुको विकल्प देखिन्न । सर्वहारा समाजवादी व्यवस्था साम्यवादी लक्ष्य प्राप्तिको बाटोलाई सुदृढ र सबल बनाउने संक्रमणकालिन व्यवस्था हो । जो पँुजीवादको पतनबाट मात्र सम्भव छ । अहिले विकसित र बलियो देखिएको पुँजीवाद केहि समयका लागि छाडावाद अन्र्तगत फस्टाएको मात्र हो, जसको विघटन अनिवार्य छ । जन्म पछी मृत्यु अनिवार्य शर्त हो । कुनै जमनाको औपनिवेशिक कालमा जन्मिएको पँुजीवाद मृत्युको सन्नीकट छ । त्यसैले त लेनिन भन्नु हुन्छ पँुजीवादको मरणासन्न रुप साम्राज्यवाद हो । लेनिन कै कुरालाई विश्लेषण गर्ने हो भने पनि अहिलेको यूग साम्राज्यवादी यूग हो र यो पँुजीवादको अन्तिम घडी मात्र होइन सर्वहारा समाजवाद र साम्यवादको श्रमजीवि वर्गीय उद्देश्य परिपुर्तिको नौलो बिहानी पनि हो । त्यसैले ढिलो चाडो पँुजीवादको अवसान भई सर्वहारा वर्गले आफ्नो व्यवस्था प्राप्त गर्ने कुरामा दुईमत छैन । मर्ने बेलामा कमिलाको प्वाख आए जस्तै पँुजीवाद यतीबेला सर्वहारा वर्गको क्याम्पमा बमबाड गर्दैछ भने कथित सर्वहारा नेताहरु पनि पँुजीवादकै पिछलग्गु बन्दै आफ्नो वर्ग माथि बमबाड गरिरहेका छन् । तर विचलित नभई वर्गीय स्वार्थमा केन्द्रित रहेर आम जगतलाई बिउँझाउन सके र माक्र्सवादको अकाट्य वैज्ञानिक बैचारीक हतियारलाई भौगोलिक बिशिष्टता अनुकुल प्रयोग गर्न सके पँजीवादको पतन र विश्व सर्वहारा वर्गको विजय सुनिश्चित छ । सबै सर्वहारा श्रमजीवि वर्गले एक चोटी सोचौं ।
2017/12/17 21:33:22
http://ournepalnews.com/2017/07/27/18722/
mC4
योजना, लक्ष्य र गन्तव्य - नमोबुद्ध न्युज योजना, लक्ष्य र गन्तव्य - नमोबुद्ध न्युज जेठ ३१, २०७७ थम्मन निर्दोषी बस्नेत जिवनका उद्देश्यहरुलाई योजनाबद्ध ढङ्गले अगाडि बढाउने सोच राख्नु अधिकाङ्स मानिसहरूको रोजाइ हो। यसो हुदा पनि हाम्रा जिवनरुपी यात्राहरुमा अकल्पनीय र अप्रत्याशित उतारचढाव आउनु योजनामा समेट्न नसकिएका पाटाहरुमा पर्द्छन। जसरी हलुका बेगमा बहने हावाले पनि शान्त तलाउको पानीमा हलचल पैदा गरेर त्यस पानीमा पर्ने दृष्टिहरुलाई हल्लाई दिएर पानीको स्थिर छायामा दृष्टि केन्द्रित गर्न अप्ठ्यारो परिस्थिति श्रीजना गरिदिन्छ त्यसैगरी एक्कासि आइपर्ने असहजताले पनि यात्राको बाटो नै मोडिदिने रहेछ्न। छोटो होउस वा लामो, अल्पकालीन होउस वा दीर्घकालीन योजना, लक्ष्य र गन्तव्य ब्यक्ति, घर, संघ संस्था, कार्यालय अनि राज्य सबैले परिवेश अनुकुल बनाएका हुन्छ्न। तर जिवनमा अकस्मात आइपर्ने कैयन प्रतिकुलताहरुको आकलन गर्न नीति, नियम, ज्ञान, बिज्ञान देखि ज्योतिष बिज्ञान सम्म चुक्ने रहेछन। गत डिसेम्बर पहिले सिङ्गो बिश्वलाई थररर हल्लाईरहेको नोबल कोरोना भाइरसको कहि कतै बहस नहुनु यसको प्रमाण हो जस्तो लाग्द्छ। यहि दृष्टान्तले हामीले पनि अनगिन्ती अन्धाधुन्ध जिवनका यात्राहरु पुरा गरिसकेको तथ्य बोल्द्छ। यद्यपि हाम्रा यात्राहरुले आज सम्म लक्ष्य विपरीत गन्तव्यमा पुर्याएनन, तब त हामीले तय गरेका यात्राहरुलाई पछाडी फर्केर नियाल्ने जमर्को समेत गरेनौ। गन्तव्यहिन यात्रामा पाइलाहरु अघि बढाउने क्रममा ठोस योजना बिना यात्रामा होमिएका तर सफलताको कथा बोकेका केहि जिवनीहरु अक्सर सुन्ने अवसरहरु सबैलाई मिलेको हुनुपर्द्छ। जग बलियो भयो भने घर बलियो हुन्छ भन्ने परापुर्वकाल देखि सुनिदै आएको कथन हो। त्यसैले मानिसहरुको लक्ष्य पनि अटल र दृढ भयो भने सफलताको राजमार्गमा संकेत चिन्हहरु यथेष्ट देख्न सकिन्छ। यात्राको सुरुमा गन्तव्य नदेखे पनि, लक्ष्य निर्माण गर्न नसके पनि, योजनाको खाका कोर्न नसके पनि चुनौतीले जुटाएका अवसरमा हाम फल्दा पनि कहिलेकाही गन्तव्य आफै देखिदोरहेछ। लक्ष्यले दृढता पाउदोरहेछ। योजनाले आकार पनि लिदोरहेछ। मेरो जस्तै गन्तव्यहिन यात्री बनेर खाका बिनाको योजना र दृढता बिनाको लक्ष्य पछ्याउँदै आजको स्थान सम्म आइपुगेका अनगिन्ती अलिखित, स्वरहिन कथाहरु बिलिन हुदैछ्न। चुनौतीहरुले लखेट्दै उत्तानो लडाएको बेला सारथी बनेर उठाउने मेरो पेशालाई छुट्टाउन नहुने सफलताको कथा त कसरी भन्नू र ? तर पनि कहिँ कतै यस्ता कथाहरूलाई लिपिबद्ध गर्यो भने कुनै कालखण्डमा पुगेर मार्मिक र कथनिय कथा बन्न नसक्ला भन्न सकिदैन।धर्तीमा आँखा खोले पछि अनि शरीरमा प्राण वायु भरे पछि जिन्दगीको यात्रा पूरा गर्न हातखुट्टाहरु नचलाउने कुनै पनि जिवित जिवनलाई हर तवरले भौतिक रुपमा समाजले पूरा वा सिङ्गो जिन्दगीको परिभाषाभित्र समावेश गर्न सक्दैन। भाषा नमिल्नु, भेष नमिल्नु, बिचार नमिल्नु, कद नमिल्नु, वर्ण नमिल्नु, आकार नमिल्नु एउटा पाटो हो भने मानिस हुनुको गुण नै नमिल्नु हासको बथानमा बकुलो बन्नु जस्तै हो। मानिसहरुको भौतिक आवरण, सोच, बिचार, अनि जीवन र जगत प्रतिको दृष्टिकोण नमिल्नुलाई हामी सबैले सामान्य ढंगले स्वीकार गर्नुपर्द्छ। असङ्ख्य भिन्नताहरुका बावजुद पनि बिश्वमा अस्तित्व जमाई राखेका हरेक प्राणीहरुमा साझा रुपले मिल्ने के होला भनेर मैले सोच्ने धृष्टता गर्दा मेरो दिमाग हल्लियो। आत्माको अन्तरकुनाबाट हृदयलाई साक्षी राखेर बिचारहरुका सागरमा डुबुल्की लगाउदा पो थाहा भयो मानिसहरुका प्रशस्त गुणहरु मिल्दारहेछ्न। जस्तै दुखी हुनु, खुसी हुनु, माया गर्नु, घृणा गर्नु, लोभ गर्नु, डराउनु, निडर हुनु आदि इत्यादि। हाम्रा यी जम्मै गुणहरुको बिकास कहिले र कहाँबाट सुरु हुन्छ भनेर अध्ययन गर्दै जादा जिवनको निश्चित चरणमा पुग्दा शिशुले आफुलाई पहिचान गर्न सक्द्छ भन्ने थाहा पाए। जब देखि शिशुले आफुलाई चिन्न सुरु गर्द्छ अनि बिस्तारै यी सबै गुणहरुले आफ्नो स्वरुप र आकार ग्रहण गर्दारहेछ्न। हाम्रा यी गुणहरुका आ-आफ्नै बिशेषताहरु छन तथापि डर अर्थात् भय जुन दुई अक्षरले बनेको छ, यसले हाम्रा अन्य गुणहरुलाई खिर्लिप्पै निल्दोरहेछ। डरलाई गहिराइमा पुगेर बुझ्ने हो भने यो हाम्रो जिन्दगी सुरु हुनु अगावैबाट जरा टेकेर आउदोरहेछ। परिस्थिति फरक होला, कारण फरक होला, समय फरक होला तर डर कहिल्यै फरक हुदोरहेनछ। केबल डरको रुप मात्र फरक हुदोरहेछ। मेरो जिवनको यात्राले सिकाएको पाठ डर नभएको प्राणी सम्भव हुदोरहेनछ। डर बिनाको प्राणी यदि भेट्टियो भने उसले आफ्नो अस्तित्व पहिल्यै गुमाई सकेको हुदोरहेछ। ठ्याक्कै समय त यकिनका साथ मलाई सम्झिन कठिन भयो। मेरो ख्यालमा २०६४/६५ साल तिरको कुरा हुनु पर्द्छ। ट्युसन कक्षा विद्यार्थीहरुको भिडले खचाखच भरिएको थियो। एस.एल. सी. दिने ती विद्यार्थीहरु निक्कै चासो दिएर मैले पढाएको सुनिरहेका थिए। नोबेल पुरस्कार विजेता बङ्गाली कवि रबिन्द्रनाथ टेगोरको "होयर द माईन्ड इज विथ आउट फियर" कविता पढाउदै थिए। त्येसै क्रममा उनीहरुलाई मैले कस-कसलाई डर लाग्दैन भनी सोधेको थिए। अधिकाङ्स विद्यार्थीहरुले उनिहरुलाई केहिको पनि डर लाग्दैन भन्ने उत्तर दिएका थिए। प्रश्न उत्तर गर्दै बिच, बिचमा हसाउदै म उनिहरुलाई बडो रोचक शैलीमा पढाउदै थिए। मैले उनीहरुको एकाग्रतालाई सुक्ष्म तरिकाले नियालिरहेको पनि थिए। ठिक त्येसैबेला एक्कसी म अत्यधिक जोडले चिच्याए। अघि डर लाग्दैन भन्ने धेरै विद्यार्थीहरुको हंसले ठाउँ छोड्यो। डर लाग्छ भन्नेहरुको त झन के कुरा भयो र। यो र यो भन्दा अघि मैले प्रयोग गरेका यस्ता थुप्रै घटनाहरुबाट मैले दुनियाँमा नडराउने प्राणी नै हुदैन भन्ने निर्क्योल निकालेको छु। त्यो डरले छोपेको सन्नाटालाई मत्थर गर्न मैले अघि पछि सुनाउदा हासोको ज्वालामुखी फुटाउने चुट्किलाहरुको झरी पार्दा पनि उनीहरुको आखामा डरको भाव प्रष्टै देखिरहेको थिए।डर एउटा अनौठो मानवीय गुण हुदोरहेछ, भलै यस्को प्रकृति र परिवेश फरक हुने गर्द्छ। कति आमा बुवाहरुलाई हामी गर्भमा बस्छौ कि भन्ने डर भयो होला। कति आमाहरूलाई हामी गर्भमा बसिसके पछि मासै नपुगी झर्छौ कि भन्ने डर भयो होला। मिति पुगेर धर्तीमा आउदा पनि आफ्नो अस्तित्व गुमाउछौ कि भन्ने डरले सताइरह्यो होला। अनेक दुख, कष्ट अनि अभावहरु झेल्दै माया, स्नेह अनि जतनले हुर्काई बढाएको जिन्दगीलाई डरै डरले गर्भ देखि नै सम्पन्न र सु – सज्जित बनाइदिएको हुदोरहेछ। सायद यसैकारणले होला डररहित मानवको परिकल्पना गर्न मुस्किल पर्ने।तमाम प्रकारका डरहरुलाई भुलेर खुला आकाशमा स्वच्छन्द बहिरहेको प्राण वायु भयरहित मस्तिष्कले निसंकोच ग्रहण गरिरहेको जिन्दगी आज अचानक आफनै स्वास देखि त्रसित हुने अवस्थामा खडा हुन पुगेकोछ। आफ्नै कोखबाट जन्म दिई आफ्नै काखमा हुर्काएका सन्तानहरुलाई छुन हिचकिचाउन पर्ने परिस्थिति बनेको छ। सन्तानको मन्द स्पर्शमा शितलता महसुस गर्ने बुवा आमाहरुलाई डरले भतभती पोल्ने भएको छ। हिजो बेफिकर आफन्त र हितैषीहरु सङ्ग हातेमालो गर्दै अङ्कमाल गर्ने तनहरु सात आठ फिट टाढै बाट बातचीत गर्न विवश भएका छन। अघिपछि हतार हतार हात मुखै नधोएर खान हतार गर्ने भोको पेट पनि आफ्नै हातले छोएको खाना खादा संकोच मान्ने भएको छ। फेसनको सौखिन शरीर बाहिर निस्कदा लगाएका आफनै कपडा दोहोराएर लगाउन भयभीत हुने भएको छ। आफ्नै शरीरलाई आफैले धित मरुन्जेल स्पर्श गर्न स-सङ्कित हुने भएको छ। पहिला बसेर उठेको ठाउँमा केहिछिन पछि फेरि गएर बस्न दुई तीन पटक सोच्नु पर्ने भएको छ। यस्तो परिस्थितिमा बाचेको जिन्दगीलाई के भनु जिन्दगी भनु या डर ? यसको कुनै जवाफ नपाउदै मस्तिष्कमा द्विविधाले रजाइँ गर्न थालिसकेको छ। डरले विश्व आक्रान्त भैरहेको बिषम घडीमा नाना थरीका चाहाहरु बढ्ने रहेछ्न। आखालाई बाहिरी दुनियाको रङ्गिन दृश्यपान गराउन खुट्टा अघि अघि लम्कन खोज्ने, नाकलाई यहिबेला चिलाउनु पर्ने, जिब्रो पनि यस्तै बेला स्वाद फेर्न लालायित भएर ओठभरी लतपतिनु पर्ने। बिश्व कोरोनाको संक्रमणले आक्रन्त भैरहेको बेला गेट, ढोका अनि झ्यालका चुकुल र ह्यान्डलहरु अनि धाराको टाउकोमा लगाएत हात पुछ्ने टावलमा कोरोना भाइरस मौका कुरेर औधी खुसी हुँदै मेरै प्रतीक्षामा बसिरहेको जस्तो प्रतीत हुन लागिसक्यो। बाहिर हेर्दा झ्वाट नदेखिने कोरोना भाइरस मैले फेर्ने स्वासै पिच्छे नाक मुखको बाटो भएर फोक्सो भित्र छिर्ने अवसर ढुक्दै मलाई कुरिरहेको आभास हुन थाली सक्यो।एकोहोरो कोरोनाको त्रासले चौतर्फी घेराबन्दिमा पारेको मन र मस्तिष्कलाई शान्त अनि संयम पार्ने उपाय खोतल्न प्रयास गर्द्छु। कोरोनाले फैलाएको सन्त्रासबाट ध्यान अर्को तिर मोड्न खोज्द्छु। कहिले कविता कोर्न कोसिस गर्द्छु तर कपिको पाना भरी भाइरस आएर गिज्याइ दिन्छ। कलमको निवबाट मसिको साटो भाइरसको गन्ध झरेर मेरो कल्पनालाई बिचलित बनाईदिन्छ। उपायहरू खोज्दै उसो भए पढौ न त भनेर पुस्तक खोल्न पुग्द्छु त्यहा पनि प्रत्येक वाक्यांशका शब्द शब्दमा अनि अक्षर अक्षरहरुमा उहि कोरोना भाइरस आएर नाचिदिन्छन।सङ्कटको घडीमा अनभिज्ञ हुदा जति डरले मुटु च्यापपारी अठ्याउद्छ त्यो भन्दा कैयौ गुना बढि त त्यो सम्बन्धी ज्ञान बटुल्दा अठ्याउदोरहेछ। कोरोनाको अदृश्य डरले हात धुदा धुदा हस्तरेखाहरु मेटिए पनि छाला नै पातलो भए पनि नियमित सावुन पानीले हात मुख धुनु नै बुद्धिमानी सावित हुनेछ। बिना सित्तै भिडभाडमा नजाने, बाहिर निस्कदा पञ्जा, मास्क अनि चस्मा लगाउने र बेला बेलामा स्यानिटाइजरले हात सफा गर्नुका साथै उच्च सतर्कता अपनाउनु नै बाच्ने र बचाउने उत्तम बिकल्प हुनेछ। सामाजिक दुरी कायम गर्नुका साथै ब्यक्तिगत सरसफाइ गर्ने दृढ प्रण गर्ने र आफ्नो घरको चौघेरा बाहिर नजाने सङ्कल्पका साथ स्व- क्वारेन्टाइनमा बस्ने लक्ष्य बनाई जिवनको नया भाग्यरेखा कोर्ने प्रतिबद्धता गर्नु जरुरी छ। यदि हामी सबैले आ-आफ्नो तर्फबाट कोरोना भाइरससङ्ग सुरक्षित लडाइँ लड्यौ भने विश्वले एक दिन अवश्य विजय गाथा गाउने छ र नया इतिहास रच्ने छ। अनि आगामी दिनहरुका लागि सबै सम्बन्धित निकायहरुलाई दुरदृष्टी राखी गन्तव्यको सुदुर भविष्य नियाल्दै योजनाबद्ध लक्ष्यको निर्माण तथा अकस्मात् आइपर्ने समस्याहरु निवारणका ठोस नितिहरु बनाउन घचघचाउने छ।अनि हामी सबैको यसैमा भलो हुनेछ।जय होस ! हाम्रो जय होस ! हामी सबैको जय होस !
2021/01/20 04:27:04
http://www.namobuddhanews.com/2020/06/2373/
mC4
प्रशोधित दूधको मूल्य बढाउने सरकारी तयारी « अर्थबजार – आर्थिक विकासको लागि सञ्चार प्रशोधित दूधको मूल्य बढाउने सरकारी तयारी २८ पुष २०७८, बुधबार १२:३६ काठमाडौं । राष्ट्रिय दुग्ध विकास बोर्डले हाल कायम रहेको प्रशोधित दूधको मूल्यमा १० रुपैयाँ वृद्धि गरी ८६ रुपैयाँ कामय गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सिफारिस गरेको छ । किसानबाट खरिद गरिने कच्चा दूधको उत्पादन लागत प्रतिलिटर मूल्य ५७।१४ रुपैयाँ देखाएको छ । त्यसमा २।३६ पैसा मुनाफासहित किसानको दूधको मूल्य प्रतिलिटर ६०।५० रुपैयाँ कायम गरिएको छ । प्रशोधित दूधको उपभोक्ता मूल्य प्रतिलिटर ८६ रुपैयाँ सिफारिस गरिएको छ ।
2022/01/17 07:03:38
https://www.arthabazar.com/59335
mC4
चितवनमा जातिभेद उन्मूलन दिवस मनाइयो – Saurahaonline.com चितवनमा जातिभेद उन्मूलन दिवस मनाइयो सौराहा अनलाइन | २०७५, ७ चैत्र बिहीबार चितवन, ७ चैत । राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावलले दलित आन्दोलबाट प्राप्त अधिकारलाई संस्थागत गर्नतर्फ लाग्नुपर्ने बताएकी छिन् । लामो समयसम्म भएको आन्दोलनबाट प्राप्त भएको नेपालको संविधान २०७२ ले दलितहरुका लागि धेरै व्यवस्था गरेको रावलले बताइन् । चितवनको भरतपुरमा विहीबार आयोजना गरिएको ५४ औँ अन्तर्राष्ट्रिय जातिभेद उन्मूलन दिवसका अवसरमा रावलले प्राप्त उपलब्धीको प्रभावकारी प्रयोग गर्दै समाजमा हुने विभेदहरु सहन नहुने उल्लेख गरिन् । दलित विरुद्ध हुने संवेदनशील घटनाहरुका विरुद्ध पीडितले समेत आवाज उठाउनुपर्ने उल्लेख गर्दै रावलले आफ्नो समितिले समेत त्यस्तो विषयमा संसदमा, सरकारमा आवाज उठाउने बताइन् । कार्यक्रममा उपेक्षित उत्पीडित दलित वर्ग उत्थान विकास समितिका कार्यकारी निर्देशक डाक्टर वुद्धि नेपालीले संयुक्त राष्ट्र संघले दक्षिण एशीयाको दलितको मुद्दालाई उठान गर्न नसकेको बताए । दक्षिण एशीयामा नै छुवाछुतको घटनाहरु धेरै भएकाले यसको अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा नेपालीले जोड दिए । विहीबार परेको ५४औँ अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवसका अवसरमा भरतपुरको चौबिसकोठीबाट अस्प्ताल रोड, जिल्ला प्रहरी कार्यालय हुँदै जिल्ला समन्वय समितिसम्म ¥याली समेत निकालिएको थियो । नेपाल उत्पीडित जतीय मुक्ति समाज चितवन र नेपाल दलित मुक्ति मोर्चा चितवनको संयुक्त आयोजनामा भएको कार्यक्रममा दलित अगुवाहरुले छुवाछुतलाई अन्त्य गर्नका लागि जनप्रतिनिधिहरुले भूमिका खेल्नुपर्ने बताए । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका नेता तेजेन्द्रबहादुर खड्का, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, कमला घतानेलगायतले मन्तव्य राखेका थिए । नेपाली दलित आन्दोलन आन्दोलनका उपलब्धी चुनौती र आगामी कार्यदिशा विषयमा खेम बहादुर दर्जी, सहदेव लकान्द्री तथा टुलकप्रसाद विश्वकर्माले कार्यपत्र प्रस्तुत गरेका थिए । नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज चक्र रुचालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उत्पीडित जातीय मुक्ति समाज चितवनका अध्यक्ष विजय कुमार विश्वकर्माले स्वागत मन्तव्य राखेका थिए ।
2020/11/30 22:51:10
https://saurahaonline.com/2019/03/100945/
mC4
मेकानिकल इन्जिनियरिङका टपर विद्यार्थी–जसलाई रोजाइले नभई भाग्यले दैनिक ज्यालादारी बनाइदियो - Engineers Post #नेपाललाई_सिरिज #बाटो_सवारी #व्यवसायीका_समस्या इन्जिनियर्स पोस्ट July 21, 2021 २३ वर्षीय रमनजनेया इन्जिनियरिङका टपर विद्यार्थी हुन् । एक उत्कृष्ट इन्जिनियरको भूमिकामा हुनुपर्ने उनी यतिबेला कर्नाटकको कोपाला जिल्लाको टानापुरा गाउँमा दैनिक ज्यालादारीमा काम गरिरहेका छन् । रमनजनेयाले सन् २०२० मा बेङ्लुरुस्थित जेएसएस एकेडेमी अफ टेक्निलकल एजुकेसनबाट मेकानिकल इन्जिनियरिङमा स्नातक गरेका हुन् । इन्जिनियरिङमा ७५ प्रतिशत अंक ल्याएर उत्तीर्ण भएका उनी कलेजमा टपर विद्यार्थीका रूपमा चिनिन्थे । इन्जिनियरिङ अध्ययन सुरु भएपछि उनले असल इन्जिनियर बन्ने, राम्रो पैसा कमाउने र परिवारको खर्च धान्ने सपना देखेका थिए । तर, इन्जिनियरिङ डिग्री हात पारेको केही वर्षपछि उनले जागिर पाउन सकेनन् । 'पढाइमा राम्रो स्कोर भएकोले मैले कलेजबाटै जागिरको प्लेसमेन्ट पाउँछु भन्नेमा म शतप्रतिशत विश्वस्त थिएँ । इन्जिनियरिङ विषय पढ्न मैले शैक्षिक ऋण पनि लिएको छु । तर, कोभिडका कारण हाम्रो कलेजमा कुनै पनि कम्पनी आएनन् । बैङलुरुमा भएका थुप्रै कम्पनीमा आवेदन दिए । कुनैले पनि जागिर दिएनन् । शहरमा बस्ने कुनै पनि आधार नभएपछि म गाउँ फर्र्किए । गाउँमै दैनिक ज्यालादारीमा काम गरिरहेको छु,' उनले भनेका छन् । रमनजनेयाका बुवाले पनि गाउँमा दैनिक ज्यालादारीको काम गरिरहेका छन् । उनकी आमा बिरामी छिन् । उनका एक भाइ र बहिनीले गाउँमै उच्च शिक्षा हासिल गरिरहेका छन् । हाल उनले गरिरहेको दैनिक ज्यालादारीको काम भने 'महात्मा गान्धी नेसनल रुरल एम्प्लोएमेन्ट' कोष अन्तर्गतको हो । सय दिन काम गरेबापत् उक्त कोषले कामदारको रकम बैंक अकाउन्टमा पठाइदिन्छ । सो रकमले उनले आफ्नो परिवारको खर्च धान्दै आएका छन् । उक्त कोषबाहेक रमनजनेयाले कृषि फार्ममा पनि दैनिक ज्यालादारीमा काम गरिरहेका छन् । यसबाट कमाएको पैसा भने उनले अन्य प्रतिस्पर्धी परीक्षाको तयारीका लागि बचत गरिरहेका छन् । 'यदि आइएएस या केएएस भएन भने मैले एफडीए र अन्य सरकारी पदका लागि भिड्नेछु । यहाँ दैनिक ज्यालादारीमा काम गरेर मात्र भविष्य बन्दैन । अहिलेसम्मको पढाइलाई माटोमा मिसाएर मात्र हुँदैन, यही माटोका लागि केही न त गर्नैपर्छ ।' उनले ८६ प्रतिशत स्कोर ल्याएर प्लस टु टप गरेका थिए । आफ्नो गाउँनजिकै कल्याणी स्टिल्स र किर्लोस्कार प्लान्ट जस्ता केही औद्योगिक क्षेत्र भएकोले रमनजनेयाले इन्जिनियरिङ अध्ययनपश्चात गाउँकै कम्पनीमा जागिर गर्ने उद्देश्यले मेकानिकल इन्जिनियरिङ विषय रोजेका थिए । तर, उनको रोजाइभन्दा पर भाग्यले अरू नै योजना बुनेको रहेछ । गाउँमा एक उत्कृष्ट र असल इन्जिनियर बन्ने सपना बुनेर इन्जिनियरिङ रोजेका उनले भाग्यबस दैनिक ज्यालादारीमा काम गर्नुपरेको छ । हाल रमनजनेयाले दैनिक ज्यालादारी स्वरूप २ सय ८९ भारु कमाउँछन् । एजेन्सी
2021/09/19 02:48:21
https://engineerspost.com/2021/07/21/12024/
mC4
कोरोनाले चलचित्र उद्योग धरासायी, के भन्छन चलचित्र कर्मीहरु ? « Dainik Online प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार ९ : ०५ विसं २०७६ चैतदेखि कोरोना महामारी फैलिएसँगै नेपाली चलचित्र उद्योग धरासायी भएकाले यसको पुनरुत्थानका लागि आवश्यक कार्यक्रम बनाइनुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल फाउण्डेशनले जुम प्रविधिबाट आयोजना गरेको 'कोरोना महामारी नेपाली चलचित्र' क्षेत्र विषयक छलफल कार्यक्रममा चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीले सन् २००८ देखि डिजिटल प्रविधिमा गएपछि चलचित्र उद्योग राम्रो चल्न थालेकामा भूकम्प, नाकाबन्दी, कोरोना महामारीजस्ता कारणले धरासायी अवस्थामा पुगेको बताउनुभयो । हाल अमेरिकामा रहनुभएका निर्देशक एवं लेखक अनिश कोइरालाले चलचित्र बनाउन धेरै दस्तावेज जुटाएर अनुसन्धान गरेर अघि बढेमात्र सफल हुने गरेको सुनाउनुभयो । कार्यक्रममा चलचित्र निर्देशक महासङ्घका अध्यक्ष रक्षासिंह राणा, समालोचक सामीप्य तिमल्सिनालगायतले महिलालाई चलचित्रमा टिक्न अप्ठ्यारो हुने गरेको भन्दै कोरोना महामारी पलायन हुन लागेको बताउनुभयो । फाउण्डेशनका सदस्यसचिव अतुल कोइरालाले नेपाललाई चिनाउन सक्ने चलचित्र बनाइनुपर्नेमा जोड दिँदै बिपी, पुष्पलाल, सत्यमोहन जोशी, माधवप्रसाद घिमिरेजस्ता ऐतिहासिक व्यक्तित्वका विषयमा चलचित्र बनाउन आवश्यकता रहेकामा जोड दिनुभयो । कोरोनाअघि देशभर करिब ३०० चलचित्र घर चल्ने गरेकामा गत वर्षको बन्दाबन्दीपछि केही समय खुलेका बेला ८० चलचित्र घर पनि चल्न नसकेको निर्माताहरुको भनाइ छ ।
2022/06/28 02:56:28
https://www.dainikonline.com/story/139127/2021/06/08/
mC4
नेकपा एमाले विभाजित भई हालै गठन भएको नेकपा एकीकृत समाजवादीले संसदीय दलको नेता चयन गरेको छ । सो पार्टीको आज बसेको संसदीय दलको बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरेको हो । बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (संघीय संसद भवन) को ल्होत्से हलमा बसेको आज अपरान्ह बसेको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मत चयन गरेको छ । कांग्रेस नेतृत्वको गठबन्धन सरकारमा सहभागी हुने तयारी गरिरहेको नेकपा (एस) सँग संघीय संसदमा ३० जना सांसद रहेका छन । नेपाल नेतृत्वको नेकपा एसले गत भदौं ९ गते दलको मान्यता प्राप्त गरेको थियो । माधव नेपालको ओलीलाई सुझाव : महालेखाको प्रतिवेदन पढ्नुहोस् Madhav kumar nepal CPN Unified Socialist Parliamentary leader मिल्दो जुल्दो समाचार No stories found. Daily News Nepal | Ph: +977 982-3010477 | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | प्रधान सम्पादकः शर्मिला घिमिरे | सूचना विभाग दर्ता नं. ००० |
2021-12-06T20:09:08Z
https://www.dailynewsnepal.com/politics/madhav-nepal-unanimously-elected-as-the-parliamentary-leader-of-the-unified-socialist-party
OSCAR-2201
नुवाकोट दुर्घटना अपडेट : घाइते एक जनाको मृत्यु, ३४ जना घर फर्किए « Salleri Khabar नुवाकोट दुर्घटना अपडेट : घाइते एक जनाको मृत्यु, ३४ जना घर फर्किए २ कार्तिक, नुवाकोट । नुवाकोटबाट काठमाडाैँतर्फ जाँदै गरेको बस किस्पाङ गाउँपालिका–५ मनकामनामा दुर्घटना हुँदा घाइते भएकामध्ये एकजनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएर उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको किस्पाङ–१ का रमेश तामाङको निधन भएको हो । ३८ वर्षीय तामाङको उपचारका क्रममा ग्रान्डी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिनुभयो । उहाँका अनुसार गम्भीर अवस्थाका थप नौजनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा घाइते भएकामध्ये बाँकी आठजनाको त्रिशूली अस्पताल नुवाकोटमा उपचार भइरहेको छ । उनीहरूमध्ये अधिकांशको हात र खुट्टा भाँचिएकाले अवस्था क्रमशः सामान्य हुँदै आएको छ । घाइतेमध्ये अन्य ३४ जना उपचारपछि आजै घर फर्किएको त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दीपेन्द्र पाण्डेले जानकारी दिए । किस्पाङ गाउँपालिका–१ भाल्चेबाट त्रिशूली हुँदै काठमाडौँ जान लागेको बा ४ ख ५७६२ नंको बस आज बिहान ११ बजे मनकामना आइपुग्दा बे्रकले काम नगरेसँगै दुर्घटनामा परेको थियो । यात्रुले खचाखच भरिएको केरुङ यातायात प्रालिको बस मनकामनाको धारापाखो भन्ने स्थानमा अनियन्त्रित भएर दुर्घटनामा हुँदा चालकसहित ५३ जना घाइते भएका थिए ।
2021/12/06 14:44:37
https://www.sallerikhabar.com/archives/158883
mC4
हराउँदै छ सुकुल भोजको 'सलिचा', येस्तो छ कारण हराउँदै छ सुकुल भोजको 'सलिचा', येस्तो छ कारण आसन सुकुलमा अगाडि सालको पातको लपेस, त्यसमा चिउरा, साँधेको भटमास, सिद्रा, चना, केराउ, अचार, मासुका परिकार, छेउमै जाँड र रक्सीले टन्न भरिएको सलिचा, यी परम्परागत नेवारी भोजका परिकार हुन् । नेवारी भोजमा प्रयोग गरिने सलिचा लोप हुँदै गएको छ । सलिचा दही, जाँड, रक्सी, पाऊँ आदि हालेर खाने सानो माटाको भाँडो हो । यसको सट्टा प्लास्टिकको कप प्रयोग हुन थालेको छ । भक्तपुरका सरोज लबजु भन्छन्, 'सलिचामा दही खाँदा मिठो स्वाद फरक हुन्थ्यो। प्लास्टिकका गिलासमा त्यो स्वाद कहाँ पाउनु ?' ६–७ वर्षअघि भोजमा 'सलिचा' अनिवार्य मानिन्थ्यो । सलिचा माटोको भाँडो हो । हुन त सुकुल भोजलाई पार्टी प्यालेसले विस्थापित गरिसकेको छ । बिहे, व्रतबन्ध र पास्नी जस्ता कार्यमा पार्टी प्यालेसमै भोज हुन थालेको छ । घरमै हुने सानातिना भोज र देवालीमा भने सुकुल भोज हुन्छ । भक्तपुर च्यामासिहंकी कृष्णश्वरी प्रजापति (६२) को पुर्ख्यौली पेसा सलिचा बनाउनु हो । उनका अनुसार सलिचाको माग घटेको छ । त्यसैले बनाउनेको कमी आएको उनी बताउँछिन् । यसप्रति नयाँ पुस्ताले चासो दिन छाडेको उनको अनुभव छ । उनी भन्छिन्, 'छोराहरूले गर्दैनन्, हामी बूढाबूढी मिलेर बनाउँछौँ । अब त बूढो पनि भइयो, धेरै काम गर्नै सकिँदैन ।' सलिचाको माग पनि घटेको छ। मागअनुसार आपूर्ति गर्न नसकेको उनी बताउँछिन् । यसको माग जात्रा, भोज, दसैँतिहारमा मात्र हुने गर्छ । पहिलेपहिले जाँडरक्सी सलिचामा हालेर खाइन्थ्यो। माटोको भाँडामा खाँदा स्वादिलो हुन्छ । यस्तै माटोले खानामा भएका विकार हटाउने जनविश्वास छ । संस्कृतविद् तेजेश्वर बाबु ग्वँगका अनुसार माटोसँगको मानव सभ्यता जोडिएको छ । उनले भने, 'भोजमा सलिचाको प्रयोग हाम्रो परम्परा हो । अझै पनि सलिचाको प्रयोग गरिएको पाइन्छ, तर घट्दै गएको छ ।' अचेल माटो पाइने ठाउँमा बस्ती विस्तार भएका छन् । त्यसैले भाँडा बनाउन माटो पाइन छाडेको छ । पहिलेपहिले भाँडा बनाउने माटो जहाँ पनि पाइन्थ्यो । अहिले अन्यत्रबाट मगाउनुपर्छ । यस्तै माटोको भाँडा बनेपछि पोल्नका लागि दाउराको पनि अभाव छ । 'माटो नै पाउन छाडेको छ । त्यसैले हामीलाई नै गाह्रो भएको छ', व्यवसायी विनोद प्रजापति भन्छन् । उनका अनुसार उपत्यकाबाहिरबाट पनि माटो ल्याउनुपर्ने हुन्छ । एउटा सलिचाको मूल्य ५ रुपैयाँ पर्छ । ५० देखि ६० वटा प्लास्टिकका गिलासको करिब एक सयदेखि एक सय पचाससम्म पाइन्छ । त्यही ५० देखि ६० वटा सलिचाको पाँच सय पर्न जान्छ । यसैले पनि मानिस सस्तो रोज्न थालेका छन् । नयाँ प्रविधि आउनु स्वाभाविकै रहे पनि मौलिकता गुमाउन नहुने सुझाव ग्वँगको छ । उनले भने, 'यसका लागि आफ्नै प्रविधि, संस्कार र परम्परा र स्थानीय स्रोतसाधनको ज्ञान दिने पाठ्यक्रम बनाउनुपर्छ ।' यसो नगरे संस्कृति नै हराएर जाने उनले बताए । सलिचालाई समयअनुसार परिमार्जन गरी प्रयोग गर्नुपर्ने उनले बताए । उनले भने, 'समाज परिवर्तनशील छ तर परम्परा हराएर जानु राम्रो होइन ।' यस्ता परम्परागत विषयमा विद्यालय स्तरबाटै सिकाउने हो भने जगेर्ना हुन सक्ने उनको भनाइ छ । अन्यथा आगामी पुस्ताले 'सलिचा' 'bout केही थाहै नपाउने उनले बताए ।
2022/01/17 17:18:20
https://nepmag.net/%E0%A4%B9%E0%A4%B0%E0%A4%BE%E0%A4%89%E0%A4%81%E0%A4%A6%E0%A5%88-%E0%A4%9B-%E0%A4%B8%E0%A5%81%E0%A4%95%E0%A5%81%E0%A4%B2-%E0%A4%AD%E0%A5%8B%E0%A4%9C%E0%A4%95%E0%A5%8B-%E0%A4%B8%E0%A4%B2%E0%A4%BF/
mC4
स्वरोजगार बन्दै दलित समुदाय | Sourya Daily स्वरोजगार बन्दै दलित समुदाय इलाम । भगत सर्वजित सीप विकास प्रवद्र्धन कार्यक्रमबाट सीप मुलक तालिम लिएपछि इलामका दलित समुदाय स्वरोजगार बन्दै गएका छन् । आर्थिक अवस्था कमजोर भएका दलित समुदाय लक्षित गरी इलाम नगरपालिका उद्योग विकास शाखाले इलामका गाउँपालिका र नगरपालिका क्षेत्रका विभिन्न वडामा सीप मुलक तालिम प्रदान गर्दै आएको छ । परम्परागत रूपमा व्यवसाय गर्दै आएका दलित समुदायका युवा युवती र उद्यमीको व्यवसायीकरण गर्न जिल्लाको गाउँपालिका र नगरपालिकामा उद्यमशिलता तालिम प्रदान गरेको थियो । उद्योग विकास शाखाका कार्यक्रम संयोजक खड्ग बस्नेतका अनुसार उद्यमशिलता तालिम सूर्योदय नगरपालिका, माई नगरपालिका, चुलाचुली गाउँपालिका, माईजोगमाई गाउँपालिका, इलाम नगरपालिका, देउमाई नगरपालिका र माङ्सेबुङ गाउँपालिका क्षेत्रका वडामा सञ्चालन गरिएको थियो । भगत सर्वजित सीप विकास प्रवद्र्धन कार्यक्रमबाट ढाका कपडा बुनाई, मौरीपालन तथा मह प्रशोधन, एडभान्स सिलाई कटाइ, कृषि औजार निर्माण, व्युटीपार्लर, सिलाइ कटाइ, मोटर ड्राईभिङ तालिम सञ्चालन गरिएको उद्योग विकास शाखा इलामका कार्यालय प्रमुख नवीनकुमार पौडेलले बताए । यस्तै, भगत सर्वजित सीप विकास प्रवद्र्धन कार्यक्रमअन्तर्गत इलाम नगरपालिका वडा नम्बर ४ र ५ मा आधुनिक कृषि औजार तालिम सम्पन्न भएको छ । इलाम नगरपालिका उद्योग विकास शाखाको आयोजना र दलित अधिकार मञ्चको सह–आयोजनामा १५ दिने आधुनिक कृषि औजार तालिम सम्पन्न भएको हो । दलित अधिकार मञ्चका अध्यक्ष रुद्र दर्नालको अध्यक्षता र उद्योग विकास शाखाका प्रमुख नवीनकुमार पौडेलको प्रमुख आतिथ्यतामा भएको तालिम समापन कार्यक्रममा १५ दिनमा बनाइएका कृषि औजारको प्रदर्शनी गरिएको थियो । कार्यक्रममा इलाम नगरपालिका वडा नम्बर ४ वडाअध्यक्ष नुतनदेव दुलाल, वडा नम्बर ५ का वडाध्यक्ष ठाकुरनारायण श्रेष्ठले तालिममा सहभागीलाई प्रमाणपत्र वितरण गरेका थिए । समापन कार्यक्रममा बोल्दै इलाम नगरपालिका वडा नम्बर ४ वडाअध्यक्ष नुतनदेव दुलालले आगामी आर्थिक वर्षका कार्यक्रममा दलित समुदायको आर्थिक विकास हुने खालका कार्यक्रम सञ्चालनका लागि पहल गर्ने बताए । वडा नम्बर ५ का वडाध्यक्ष ठाकुरनारायण श्रेष्ठले दलित समुदायमा भएको सीपको स्तरउन्नतिका लागि १५ दिने तालिम उपलब्धिमूलक भएकाले आगामी दिनमा थप तालिम प्रदान दिनुपर्नेमा जोड दिएका थिए ।
2018/06/19 23:36:26
http://www.souryadaily.com/2017/07/144716.html
mC4
आइमाई शब्दको प्रयोगले रमाइलो माहोललाई नरमाइलो बनाएका केही अनुभव छन् । गफगाफ र औपचारिक कुराकानीमा पुरुष र कहिलेकाहिँ महिलाले फ्याट्ट आइमाई भनिदिँदा अन्य महिलाले नमिठो मान्छन् । कहिलेकाहिँ यो नमिठो अनुभव मनमा मात्र राख्छन् तर कहिलेकाहिँ यसको कडा र ठाडो प्रतिवाद गर्छन् । औपचारिक कार्यक्रममा महिलालाई आइमाई भन्दा बोल्नेले माफी नै माग्नुपरेको पनि देखिन्छ कहिलेकाहिँ ।
OSCAR-2019
काठमाडौं –पप्पु कन्स्ट्रक्सनको गैरजिम्मेवारीका कारण तीनकुनेस्थित वाग्मती नदीमा निर्माणाधीन पुलको तीनवटा फाउण्डेशनमा गम्भीर त्रुटि देखिएको छ । सो पुलको लम्बाइ ८६ र चौडाइ १७ मिटर रहेको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले निर्माण व्यवसायीलाई हाल पुलको निर्माण रोक्न निर्देशनसमेत दिएको छ । प्रतिनिधिसभा विकास तथा प्रविधि समितिका सदस्यले हालै सो पुलको स्थलगत अध्ययन गर्दा पुलको तीनवटा फाउण्डेशनमध्ये दुईवटा क्र्यायाक देखिएको समितिको आजको बैठकमा जानकारी दिइयो । समितिको बैठकले पुलको नक्सामा पुनरवलोकन गरी काम अगाडि बढाउन सरकारलाई निर्देशनसमेत दिएको छ । समितिका सभापति कल्याणीकुमारी खड्काले पुलको स्थलगत अध्ययन गर्दा फाउण्डेशनमा क्र्याक देखिएकाले तत्काल पुलको नक्सालाई पुनरवलोकन गरी काम अगाडि बढाउन आवश्यक रहेको बताइन् । त्रिभुवन विश्वविद्यालय, इञ्जिनीयरिङ अध्ययन संस्थानलाई पुलको पुनः नक्साङ्कन गर्न पठाइएको छ । बैठकमा समितिका सदस्य गणेश पहाडीले छिटो पुलको निर्माण कार्य अगाडि बढाउन आग्रह गरे । अर्का सदस्य जीपछिरिङ शेर्पाले रातको समयमा पनि सरकारी प्राविधिक विकास निर्माणस्थलमा अनुगमनका लागि अनिवार्य रहनुपर्छ, भने । आजको बैठकमा समितिको आव २०७५/७६ को वार्षिक प्रतिवेदनको मस्यौदा पेश हुनाका साथै, सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा गठित उपसमितिले आफ्नो प्रतिवेदन समितिसमक्ष प्रस्तुत गर्‍यो ।
2019/11/14 01:10:12
https://lokaantar.com/samachar/78724
mC4
राधालाई कुटेको आरोपमा इलाका प्रहरी कार्यालय सुख्खडको प्रहरी टोलीले स्थानीय २८ वर्षीय कालीचरण चौधरीलाई बुधबार पक्राउ गरेको छ । राधा आफैले जिल्ला प्रहरी कार्यालय कैलालीमा आफूमाथि कुटपिट भएको फोन गरेर जानकारी दिएपछि जिप्रकाले इप्रकालाई उनको उद्धार गर्न तथा आरोपी पक्राउ गर्न निर्देशन दिएको थियो । जिप्रकाको निर्देशनपछि आरोपी कालिचरणलाई बुधबारै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयको डिएसपी हरीबहादुर वलीले डीसीनेपाललाई जानकारी दिए । पक्राउ परेका चौधरी हाल इलाका प्रहरी कार्यालय सुख्खडको हिरासतमा रहेको र उनीमाथि कानुनी कारबाही हुने डिएसपी वलीले बताए । पीडित राधाले कालिचरणविरुद्ध जाहेरीसमेत दिएको प्रहरीले जनाएको छ । यसअघि गत वर्ष फागुन २४ गते नारी दिवसका दिन स्थानीय भोलेबाबा भनिने रामबहादुर चौधरीले बोक्सी भगाउने भन्दै राधा चौधरीलाई निर्घाट कुटपिट गरेका थिए । रामबहादुरसहित उनका सहयोगी दुईजना महिला अहिले पनि कैलाली कारागारमा सजाय भोगिरहेका छन् । उनै राधा फेरि बोक्सीको आरोपमा कुटपिटमा परेकी हुन् ।
OSCAR-2019
एनआरएनए निर्वाचन प्रकृया अघि बढाउन अध्यक्ष पन्तले दिए निर्देशन – News Portal of Global Nepali 25/01/2022 मा प्रकाशित लण्डन । गैरआवासीय नेपाली संघको २८ फेब्रोअरीमा हुने निर्वाचन प्रकृया अघि बढ्ने भएको छ । गैरआवासीय नेपाली संघको महाधिवेशन प्रतिनिधि विवाद मिलाउन गठित कार्यदलको मंगलवार बसेको बैठकको निर्णय अनुरुप अध्यक्ष कुमार पन्तले निर्वाचन समितिलाई तत्तकाल निर्वाचनका सबै प्रकृया अघि बढाउन पत्राचार गरेका हुन् । निर्वाचन समितिका एक सदस्यका अनुसार पन्तले निर्वाचन समितिका संयोजक भीमसेन बञ्जारालाई मंगलवार लेखेको पत्रमा ५ फेब्रोअरीमा संघले मतदाताको अन्तिम नामावली निर्वाचन समितिलाई उपलब्ध गराउने उल्लेख गरेका छन् । निर्वाचन समितिले एक दुई दिनभित्र बैठक गरेर निर्वाचनको नयां कार्यतालिका प्रकाशन गर्ने तयारी गरेको छ । यसअघि संघका पूर्वअध्यक्ष शेष घलेको अध्यक्षतामा बसेको कार्यदलको बैठकले निर्वाचन प्रकृया अघि बढाउने सर्वसम्मतले निर्णय गरेको थियो । संघको गत अक्टोवरमा तय गरिएको निर्वाचनमा परराष्ट्र मन्त्रालयले हस्तक्षेप गरे पछि रोकिएको थियो । नयाँ नेतृत्वको लागि संघका उपाध्यक्षद्धय डा. बद्री केसी, रविना थापा र कुल आचार्यले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
2022/05/17 12:10:25
https://www.nepalbritain.com/?p=106881
mC4
राम अवतार चौधरी २१ फागुन, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटामा दुई वटा अस्पातालको एकैसाथ उद्घाटन गरिएको छ । कोरोना कहरका बीच निर्मित आईसुलेशन सेन्टरको रुपमा प्रयोग गरिदैँ आएको सेन्टरलाई परिमार्जन गरि आधारभुत स्वास्थ्य सेवा अस्पाताल र नागरिक आरोग्य सेवा केन्द्रको रुपमा शुक्रबार उद्घाटन गरिएको हो । अस्पातलको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले यस क्षेत्रका नागरिकहरुको स्वास्थ्य सेवामा पहुँच पुर्याउनका लागि अस्पातल निर्माण गरिएको बताएका छन् । कपिलवस्तु आसपासका नागरिकलाई स्वास्थ्य सेवा पाउनको लागि टाढा जान पर्ने बाध्यता हटेको जनाउँदै स्थानिय नागरिकहरुले आधारभुत स्वास्थ्य सेवा अस्पताल सेवा पाउनेमा उनले विश्वास व्यक्त गरे । सधैँ स्वास्थ्य सेवाबाट बन्चित रहँदैै आएकोले लुम्बिनी प्रदेश सरकारको सहयोगले अस्पाताल निर्माण गरी स्वास्थ्य सेवा प्रवाह गरिने प्रदेश सभा सदस्य केसीले जानकारी दिए । शिवराज नगरपालिका नगर प्रमुख नेत्रराज अधिकारीले कोरोना भाइरस कोभिड–१९ कोरोना आइसोलेशन अस्पातालको रुपमा निर्माण गरिएको भवनलाई आधारभुत स्वास्थ्य सेवाको रुपमा विकास गरिएको उनले बताए । दुवै अस्पाताल एकै स्थानमा भएकोले नागरिकहरुलाई सेवा प्रवाह गर्न दक्ष डाक्टरको व्यवस्था गरिएको नगरप्रमुख अधिकारीले जनाए । नेपाली काँग्रेस नगर सभापति मधु पोख्रलले यस आधारभुत स्वास्थ्य सम्बन्धि चाहिने सम्पुर्ण सेवा शिवराज नगरपालिकाले प्रवाह गर्ने अधिकारीले बताए । नगरले दिएको जिम्मा सबैको पहल साथ र सहयोगले गर्दा आधारभुत स्वास्थ्य सेवा निर्माण गर्न सफल भएको शिवराजमा आधारभुत स्वास्थ्य सेवा निर्माण समितिका संयोजक महादेब पोख्रेलले जनाए । शिवराज नगरपालिका चन्द्रौटामा रहेको नल्कुपको क्षेत्रमा ७६ लाख भन्दा बढीको लागतमा अस्पातालको निर्माण गरिएका आधारभुत स्वास्थ्य सेवा अस्पाताल र नागरिक आरोग्य सेवा केन्दमा आकास्मित सेवा २४ सै घण्टा सञ्चालनको तयारी रहेकोे जनाइएको छ । उक्त अस्पातालमा १ जना मेडिकल अफिसर, ३ जना स्टाप नर्स, १ जना परामिडिक्स र १ जना ल्याब टेक्नीसियनले सेवा दिने छन् । त्यसैगरी नागरिक आरोग्य केन्द्रमा १ जना मेडिकल अफिसर रहेका छन् । अस्पातल खुलेपछि यस क्षेत्रका नागरिक खुुसी भएको स्थानिले जानकारी दिए । उक्त उद्घाटन कार्यक्रम शिवराज नगरपालिका वडा नं ५ का वडाअध्यक्ष अर्जुन बहादुर केसीको अध्यक्षतामा भएको स्वास्थ्य अस्पताल उद्घाटन कार्यक्रममा शिवराज नगरपालिकाका नगर प्रमुख लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसी, शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारी, उपप्रमुख शिव कुमारी चौधरी, शिवराज नगरका विभिन्न वडाका वडा अध्यक्षहरु कार्यपालिका सदस्य विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता रहेकोे थियो
2021/04/20 12:30:05
https://bhagirathinews.com/Health_Education/details/1194/-----
mC4
काठमाडौं । कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गर्दै थप व्यवस्थित गर्न सरकारले तीनबर्से योजना तयार गरेको छ । आर्थिक वर्ष ०७५÷७६ मा पुग्दा १ करोड ७ लाख मेट्रिक टन खाद्यान्न उत्पादन गर्ने योजना सहित काम गरिरहेको कृषि विकास मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष ०७२÷७३ मा ८६ लाख ९२ हजार मेट्रिक टनबाट बढाउने सरकारको योजना हो । ‘आगामी तीन वर्षमा कृषिको उत्पादकत्व बढाएर खाद्यान्न २० लाख ८ हजार मेट्रिक टन बढाउने योजना छ,’ मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाले भने, ‘सरकारले तयार गरेको कृषि रणनीति अनुसार त्रिवर्षीय योजना बनाएका हौं ।’ मन्त्रालयले खाद्यान्न मात्र नभएर दलहन, तरकारी, फलफूल, आलु, माछामा समेत उत्पादन बढाउने गरी योजना तयार गरेको छ । राष्ट्रिय योजना आयोगले दिएको ‘गाइडलाइन’ अनुसार १४ औं योजनाको लागि मन्त्रालयले विशेष रणनीतिसहित कार्यनीति तयार गरेको छ । हरेक वर्ष कृषि क्षेत्रमा गरेको लगानीको आधारमा प्रतिफल नआएको अवस्थामा सरकारले तीन बर्षे योजना बनाएको छ । अहिले उत्पादन भएको दलहन ३ लाख ५२ हजार मेट्रिक टनबाट बढाएर ३ लाख ९० हजार टन पुर्याउने, तरकारी ३६ लाख ४३ हजार टनबाट बढाएर ३९ लाख टन, फलफूल १० लाख ९६ हजारबाट १४ लाख ८० हजार टन, आलु २८ लाख ४२ हजारबाट ३९ लाख मेट्रिक टन पुर्याउने गरी योजना बनाएको मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्ष ०७३÷७४ बाट ५ अर्ब ७८ करोड रुपैयाँको ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’ मार्फत जोन, सुपरजोनमार्फत कृषिमा उत्पादकत्व बढाउने मन्त्रालयको योजना छ । चालु आर्थिक वर्षमा २७ अर्ब ४३ करोड ८२ लाख ६१ हजार रुपैयाँ कृषिमा खर्च गर्ने योजना बनाएको सरकारले त्रिवर्षीय योजनाको लागि थप बजेट व्यवस्था गर्नुपर्ने छ । खेतीयोग्य जग्गालाई बाँझो राख्ने प्रवृत्ति निरुत्साहित गर्दै बाँझो रहेका कृषि भूमिको दिगो उपयोगको लागि उपयुक्त योजना तयार गरी कार्यान्यन गर्ने जनाएको छ । ‘खाद्य उपज उत्पादन, प्रशोधन, भण्डारण एवं वितरण प्रणालीमा नयाँ प्रविधिको विकास गरी आधुनिकीकरण गरिनेछ,’ सापकोटाले भने, ‘परम्परागत कृषि प्रणालीलाई परिवर्तन गर्न निजी तथा सहकारी क्षेत्रको संलग्नता बढाउँछौं ।’ योजना अनुसार ग्रामीण क्षेत्रमा कृषि वस्तु उत्पादन बढाउन, कृषिजन्य वस्तुहरुको व्यावसायिकताका लागि दिगो सिँचाइ सुविधा लगायत आवश्यक पूर्वाधार तयार गर्ने योजना छ । खाद्यान्न उत्पादन न्यून हुने तथा खाद्य पोषण असुरक्षित क्षेत्रमा स्थानीय स्तरमै उत्पादन गर्न सकिने कृषिजन्य उत्पादन प्रवद्र्धन र उपयोगमा समेत त्रिवर्षीय योजनामा जोड दिइएको छ । कृषि वस्तु उत्पादन अभिवृद्धि गर्न कृषिजन्य वस्तुको व्यावसायिक उत्पादन क्षेत्रमा उपयुक्त र दिगो सिँचाइ सुविधालगायत आवश्यक पूर्वाधारलाई प्राथमिकता दिने, गुणस्तरीय उत्पादन सामग्री, कृषिको यान्त्रीकरणका लागि कृषिमैत्री औजार, उपकरण, उन्नत प्रविधि, सुलभ कृषि कर्जाको व्यवस्था गर्ने भएको छ । फार्म केन्द्रहरुलाई स्रोत केन्द्रको रुपमा विकास र सुदृढीकरण गर्ने गुणस्तरीय बिउ, बेर्ना, माछाका भुरा आदिको सुनिश्चितता, नर्सरी स्थापना, बगैँचा व्यवस्थापन, बाली तथा मत्स्य बिमा सम्बन्धी कार्यक्रम प्रभावकारी बनाउने मन्त्रालयले जनाएको छ । कृषि उद्योगमा आवश्यक गुणस्तरीय कच्चा पदार्थ उत्पादन गर्ने, प्रांगारिक खेतीको उत्पादन वृद्धि गरी उत्पादित वस्तुको ब्रान्ड प्रवद्र्धन गर्दै राष्ट्रिय तथा अन्तराएष्ट्रिय स्तरमा बजारीकरण गर्न सघाउने मन्त्रालयले जनाएको छ । रोजगारी सिर्जना गर्न कृषिमा आधारित उद्योग स्थापना, ग्रामीण कृषि पर्यटनको विकासमा युवा तथा उद्यमीलाई आकर्षित गर्ने कृषि राज्यमन्त्री राधिका तामाङले बताइन् । ‘कृषिमा युवालाई आकर्षित गर्ने योजना बनाएका छौं,’ उनले भनिन् ‘कृषक पेसालाई सम्मानित नबनाउँदासम्म कृषिको विकास हुँदैन भन्ने हाम्रो ठहर हो ।’ त्यसकै लागि सरकारले किसान आयोग गठन गरेर पेन्सनसमेत दिने गृहकार्यमा जुटिरहेको उनले बताइन् । ‘यसअघि नै किसान पेन्सन कार्यक्रम सञ्चालन गर्ने योजना हो,’ उनले भनिन्, ‘मन्त्रालयले यसलाई उच्च प्राथमिकतामा राखेको छ ।’ त्रिवर्षीय योजनामा लोपोन्मुख बीउबिजन र बालीजन्य जैविक विविधता संरक्षणमा स्थानीय समुदायको अग्रसरतालाई प्रोत्साहन गर्ने, मध्यपहाडमा सम्भाव्य क्षेत्र लगायत तराईका जिल्लामा मत्स्य उत्पादन विशेष कार्यक्रम सञ्चालन गर्ने मन्त्रालयका प्रवक्ता योगेन्द्र कार्कीले बताए । ‘हावापानीको उपयुक्तताको आधारमा पकेट क्षेत्र तयार गर्छौं,’ कार्कीले भने, ‘सार्वजनिक निजी साझेदारीमा एक गाउँ एक उत्पादन, एक जिल्ला एक उत्पादन कार्यक्रम सघन बनाउँदैछौं ।’ मन्त्रालयले बृहत्तर ट्राउट विकास कार्यक्रम सञ्चालन गर्ने, कार्प, रेम्बो ह्याचरी निर्माण एवं व्यवस्थापन गर्न निजी क्षेत्रलाई सघाउने, चिया तथा कफी क्षेत्र विस्तार, चिया तथा कफी प्रशोधन उद्योगलाई आर्थिक तथा प्राविधिक सहयोग गर्ने कार्यक्रम छ ।
2022-12-04T11:25:20Z
https://krishipatrika.com/2016/10/1468/
OSCAR-2301
लकडाउनको ४६ औं दिनः काठमाडौं उपत्यकामा भीडभाड बढ्न थाल्यो – RemitKhabar काठमाडौं । कोभिड—१९ संक्रमणको जोखिम कम गर्न सरकारले जारी गरेको लकडाउनको ४६ औं दिन पुगेको छ । गत चैत ११ गतेबाट जारी गरिएको लकडाउनको ४६ औं दिनमा आइपुग्दा अत्यावश्यक सेवाका पसलहरु खुलेका छन् । सरकारले पछिल्लो समय औषधि पसल, तरकारी पसल र खाद्यान्न पसलहरु खोल्ने निर्णय गरेपछि केही भीडभाड बढेको छ । उपत्यकामा अत्यावश्यक र खाद्यान्न बोकेका सवारीसँगै नीजि पासबाहक सवारी पनि सञ्चालनमा आएका छन् । मुख्य व्यापारिक मल तथा व्यापारिक क्षेत्रहरु अझै बन्द रहेपनि विभिन्न क्षेत्रमा रहेका तरकारी पसल, औषधि पसल र खाद्यान्नका पसलहरु खुलेका छन् । तरकारी तथा फलकुल किन्नेहरुको पसलमा भिड देखिन्छ । सडकमा समेत विगतका दिनभन्दा केही बाक्लो सवारी साधन चलेका छन् । सरकारले खाद्यान्न, उत्पादन र प्रशोधन, दुध तथा दुग्धजन्य पदार्थ, औषधी पसल, खानेपानी उत्पादन, पाउरोटी, विस्कुट र कन्फेक्सनरी र पशु औषधि र कीटनाशक औषधि लगायत सञ्चालन गर्ने पाउने निर्णय गरेको छ । बालुवा प्रशोधन तथा क्रसर, सिमेन्ट, जस्तापाता, विद्युत उत्पादन, फोहोरमैला सङ्कलन तथा प्रशोधन, वर्कसप, छानाखाना तथा प्रेससम्बन्धि उद्योग लगायतका क्षेत्र सञ्चालन छन् । शैक्षिक संस्था, तालिम तथा प्रशिक्षण केन्द्र, गैरखाद्यवस्तु विक्रि वितरण गर्ने व्यवसायिक मलहरु र होटल तथा रेष्टुरेन्टहरु सञ्चालन गर्न नपाइने निर्णय सरकारले गरेको छ ।
2021/11/29 20:23:45
https://remitkhabar.com/05/08/1470/
mC4
गायिका विष्णु माझीको जीवन फेरि बहसमा – Sky News Nepal गायिका विष्णु माझीको जीवन फेरि बहसमा कतिपयले उनी नै श्रीमान्‌को 'जेलमा' छिन् पनि भनेका छन् तर गीतको शब्द भने श्रीमान् सुन्दरमणिले नै लेखेका हुन् २८ भाद्र २०७८, सोमबार १२:५४ मा प्रकाशित कास्की — 'तीजको दरै खान मन थियो, माइती घरै जान मन थियो, जेलैमा हो जेलैमा चरी जेलैमा, मै छोरी रुँदैरुँदै बेसी मेलैमा' एक वर्षअघि जन्मदिने आमा गुमाएकी चर्चित लोक दोहोरी गायिका विष्णु माझीको यस वर्षको तीज गीत हो यो । २४ दिनअघि (भदौ ३) मात्रै सपना म्युजिक इन्डस्ट्रिजको युट्युबमार्फत सार्वजनिक गरिएको यो गीत अहिले युट्युब 'टेन्डिङ' मा छ । बजारमा तीज गीतको बाढी आएका बेला चरी जेलैमा गीतले सबैलाई किनारामा पारेको छ । २ भदौमा युट्युबमा राखिएको यो गीत २५ दिनमा २ करोडभन्दा पटक हेरिएको छ । 'पुतलीको भट्टी' भाग १७ का रूपमा सार्वजनिक गरिएको यो गीतले एक सातामै करोडभन्दा बढी 'भ्युज' कमाएको छ । 'पुतलीको भट्टी' शृंखला तीजकै सन्दर्भमा सार्वजनिक गर्ने परम्पराजस्तै छ । त्यसो त यसअघि पनि विष्णु माझीले गाएका आधा दर्जन गीत करोड क्लबमा प्रवेश गरिसकेका छन् । 'सालको पात टपरी', 'लालुमै', 'बोकेझार', 'छिपछिपे पानीमा लेउ', 'पिँडालु' लगायतका गीत करोडभन्दा बढी हेरिएका छन् । कतिपयले भने यो गीतबाट विष्णुले घर र श्रीमान् होइन, माइतीप्रति गुनासो गरेको टिप्पणी गरेका छन् । आम दर्शकले पनि गीतको प्रशंसा गरेका छन्, युट्युबमा १८ हजारभन्दा बढी प्रतिक्रिया आएका छन् । 'गीत भनेको यस्तो हुनुपर्छ, बल्ल तीज आए जस्तो भयो,' दर्शकले सुन्दरमणिको शब्द र विष्णुको स्वरको तारिफ गरेका छन् । गीत गाउने नगाउने निर्णय र सम्झौता श्रीमान्ले गर्छन् र पारिश्रमिक पनि उनैले लिन्छन् भन्ने कलाकारहरू नै विष्णुको स्वतन्त्रता संकटमा भएको दाबी गर्छन् । तर, प्रतिष्ठानका अध्यक्ष बीजी नै भन्छन्, 'बाहिर सार्वजनिक नहुनु उनको स्वतन्त्रता हो तर उनी राष्ट्रिय कलाकार भएकाले पनि जनताले देख्न पाउनुपर्छ ।' विन्ध्यावासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मी भने प्रत्येक वर्ष तीज गीत निस्किएपछि विष्णु माझीको चर्चा हुने बताउँछन् । 'गुमनाम रहनु विष्णुकै इच्छा हो, माइतीको नाताले हामीले उनलाई बाहिर ल्याउन, दुःखसुख बुझ्न धेरै पहल गर्‍यौं, तर उनले नमानेपछि कति पिछा लाग्नु,' उनले थपे । कलाकार शिव हमाल पनि गीतसंगीतमा धेरै नयाँ कलाकार आए पनि विष्णुसँग प्रतिस्पर्धा गर्न सक्ने कोही नभएको बताउँछन् । उनको विषयलाई लिएर यतिबेला स्याङ्जा प्रहरी र प्रशासन कार्यालयले पनि फेरि चासो दिएको छ । राष्ट्रिय मानवअधिकार आयोगले विष्णुको अवस्था खोजी गर्न पत्राचार गरेको स्याङ्जा प्रहरी प्रमुख एसपी होविन्द्र बोगटीले बताए । उनले विष्णु र सुन्दरमणिलाई एक पटक भेटेर नै छलफल गर्ने तयारी भएको बताए । (कान्तिपुर)
2021/09/24 09:39:03
https://skynewsnepal.com.np/2021/09/13/17683
mC4
लक्ष्मीपुर पतारी गाउँपालिका–१ रामपुर बजारमा चिया पसल गर्दै आउनुभएका साहले आफ्नो नाममा रहेको गाउँको सम्पूर्ण ९सात कट्ठा १० धुर० जग्गा स्वास्थ्य मन्त्रालयको नाउँमा दान गर्नुभएको हो । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले सुनकोशी कन्सट्रक्सन नेपाल प्रालि काठमाडाँैमार्फत अस्पताल भवन निर्माण गर्ने योजना रहे पनि जग्गा अभावमा भवन निर्माण गर्न नसकेको अवस्थामा साहले जग्गा दान दिएपछि अब छिट्टै अस्पताल निर्माण गर्ने वडा नं १ का वडाध्यक्ष मानिकलाल यादवले जानकारी दिनुभयो ।
OSCAR-2019
बागलुङ जिल्लाको जैमिनी नगरपालिकाका ३७ वर्षिय पुरुषको धौलागिरी अस्पतालमा उपचारको क्रममा निधन भएको धौलागिरी अस्पताल बागलुङका प्रमुख डा. शैलेन्द्र बि पोखरेलले बताउनुभयो । उनलाई २१ गते अस्पतालमा भर्ना गरिएको थियो । हाल सम्म बागलुङमा कोरोना संक्रमणवाट मृत्यु हुनकोे सख्या ११ पुगेको छ ।
2022-11-29T11:52:40Z
https://rastradaily.com/news/13614/
OSCAR-2301
थारू समुदायले 'अट्वारी पर्व' आज धुमधामका साथ मनाउँदै « Nepal Bahas प्रकाशित मिति : २७ भाद्र २०७८, आईतवार ०७:५८ २७ भदौ, देउखुरी । थारू समुदायले 'अट्वारी पर्व ' आज धुमधामका साथ मनाउँदैछन् । बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङ जिल्लामा बसोबास गर्ने ती समुदायले माघीपछिको ठूलो पर्वका रुपमा यसलाई मनाउने गर्दछन् । धार्मिक एवं सांस्कृतिक महत्व बोकेको सो पर्व तीजपछिको पहिलो आइतबारमा व्रत बस्ने र सोमबार सकिने गर्दछ । थारू सस्ंकृतिविद् अशोक थारूका अनुसार उनीहरुले पर्वको पहिलो रात दर 'भिन्स¥या भाट' खाने गर्दछन् । दरमा भात, माछा चोखो तरिकाले पकाइन्छ र भाले नबास्दै उठेर दर खाने प्रचलन छ । यसपछिको दोस्रो दिन प्रायः पुरुष र इच्छा भएका महि ला व्रत बस्छन् । उनले भने," दिउँसो पुरुष बर्तालु नुहाइधुवाई गरेर चामलको पिठोको 'ठोप्वा' गोलो आकारको रोटी पकाउँछन् । रोटी पकाउने ठाउँलाई गोबरले लिपेर चोखो बनाइएको हुन्छ । सबैभन्दा पहिले पकाइएको रोटी आकारमा अरु रोटीभन्दा ठूलो हुन्छ । पहिलो रोटी थारू लोकविश्वासअनुसार भीम 'पाण्डुका माइला पुत्र'का लागि भनेर छुट्टै राखिन्छ । साँझ सबै बर्तालुहरु गोबरले लिपेका ठाउँमा बस्छन् । बीचमा आगो र लोटामा पानी राखिन्छ ।" यो अग्रासनले माइतीको माया, प्रेम र सद्भावलाई दर्शाउँछ । 'अग्रासन'ले पराइघर बसेकी चेलीको प्रेमलाई छर्लङ्ग पार्दछ । दाजुभाइ दिदीबहिनीको प्रेमको प्रतीक हो । सस्ंकृतिविद् भने, "दाङ सुकौराका थारू राजा दङ्गीशरणको दरबार घोडारुपी उर्वसीका कारण स्वर्गका राजा इन्द्रले आक्रमण गरिदिने धम्की दिएपछि भीमले निजलाई शरण दिएपछि भीम र दङ्गीबीच निकै घनिष्टता बढेको मान्यता छ । एकपटक कुनै शत्रुले दङ्गीमाथि आक्रमण गरेपछि रोटी पकाउँदा–पकाउँदै त्यसै छाडेर भीम दङ्गीको सहयोगमा गएछन् । संयोगले त्यो दिन आइतबार नै परेछ । त्यसैबेलादेखि यही घटनाको सम्झनामा भीमलाई सम्झिएर अट्वारी पर्व मनाउन थालिएको हो ।" परम्परागत रुपमा मनाइँदै आएको पर्व आइतबारका दिन मनाउने भएकाले 'अट्वारी' भन्ने गरिएको हो । "यो थारूहरुको माघिपछिको ठूलो पर्व हो", थारू कल्याणकारीसभाका अध्यक्ष भुवन चौधरीले भने । आइतबार दिनभरि व्रत बसेर दाजुभाइले साँझ पूजापाठ गरेर फलफूल र अनदीको रोटी खाने गर्दछन् । बर्तालुले फलफूललगायतका परिकार खानुपूर्व आफ्नो खानाबाट आधा भाग झिकेर अलग राख्ने प्रचलन छ । यसरी छुट्याएको परिकार विवाहित छोरीचेलीलाई कोसेलीका रूपमा उपहार दिने चलन छ । जिल्ला स्थानीय तहले आज पर्वका अवसरमा बिदा दिएका छन् । घोराही तुलसीपुर उपमहानगरपालिका सहित राप्ती, दङ्गीशरण, गढवा गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् ।
2021/09/24 00:33:53
https://www.nepalbahas.com/2021/09/12/339199/
mC4
थाहा खबर: कोशी ब्यारेज : नेपालले भोगिरहेको भारतको दु:ख (फोटो फिचर) कोशी बाँध अथवा कोशी ब्यारेज पूर्वी नेपालको कोशी नदीमाथि बनाइएको बाँध हो। यो बाँध नेपाल-भारत सीमाक्षेत्र नजिकको हनुमाननगरबाट डेढ कोश उत्तरतर्फ बनाइएको छ। कोशी नदीलाई 'बिहारको दु:ख' पनि भनिन्छ। कोशी नदी प्राकृतिक बहावमा रहँदा भारतको विहारमा बर्खायामका बेला निकै फराकिलो क्षेत्रमा फिँजाएर बग्ने गर्थ्यो। तर नेपालको कोशी नदीबाट हुने प्रकोपबाट बच्न भारतले सन् १९५४ अप्रिल २५ का दिन नेपाललाई कोशी सन्धिमा हस्ताक्षर गरायो। नेपाली कांग्रेसका नेता मातृकाप्रसाद कोइराला नेतृत्वको तत्कालिन सरकारले यो सम्झौतामा हस्ताक्षर गरेको थियो। सन् १९५८ देखि सन् १९६२ को बीचमा बनाइएको यो बाँध नेपालमा रहेपनि सम्झौता अनुरूप सय वर्षसम्म भारतको नियन्त्रणमा रहने बताइन्छ। यस बाँधमा ५६ ढोकाहरू रहेका छन्, जसलाई पानीको बहावको आधारमा खोल्ने र लगाउने गरिन्छ। खासगरी यसको अधिकार भारतीय अधिकारीहरुसँग भएकाले नेपालले चाहेर पनि आफुले चाहेका बेलामा खोल्न वा बन्द गर्न सक्दैन। ठूलो बाढीपहिरो आउँदा र नेपाली भुमी डुबानमा पर्दा पनि आफ्नै भूमिमा बनाइएको बाँध खोल्न नेपालले सक्दैन। भारतीय पक्षलाई सुचना दिएर मात्र खोल्नुपर्छ। बाँध खोल्न भारतले अटेरी गरिदिँदा पटक-पटक नेपालले ठूलो क्षति ब्यहोर्नुपरेको छ। कोशी ब्यारेज क्षेत्र पुग्दा भारतको फाइदाका लागि आफ्नै भूमी र प्राकृतिक स्रोत यो हदसम्म दुरुपयोग गरियो होला भन्ने प्रश्नले बारम्बार उद्वेलित बनाइरहन्छ। भारतले आफ्नो दुनो सोझाएर नेपालीको खेतिपाती नष्ट गरिदिँदा नेपाली किसानका आँखामा आँशुले भरिने गर्छन्‌, तर यो जान्दाजान्दै पनि सम्बन्धित निकाय कानमा तेल हालेर बसिरहेको किसानहरू बताउँछन्‌। दैनिक हजारौं सवारीसाधन हुने कोशी पुल यतिखेर भने कोरोना महामारी नियनत्र्णका लागि लगाइएको लकडाउनका कारण सुनसान देखिएको छ।
2020/07/14 04:03:21
http://www.thahakhabar.com/news/99768
mC4
इकोनोमिक अपडेट : April 2012 जनताले प्रतिस्पर्धी मूल्यमा सिमेन्ट पाएका छैनन् महासचिव, सिमेन्ट उत्पादक संघ प्रबन्ध निर्देशक, सौरभ ग्रुप औद्योगिक तथा व्यापारिक घराना सौरभ ग्रुपका प्रबन्ध निर्देशक विष्णुप्रसाद न्यौपाने नेपालमा निर्माण सामग्रीको उत्पादनमा स्थापित व्यक्तित्व हुन् । उनको समूहले उत्पादन गर्ने जगदम्बा सिमेन्ट बिक्रीको आधारमा अग्रस्थानमा छ भने दुई वर्षअघि स्थापित लक्ष्मी स्टिलले राम्रै बजार लिइरहेको छ । सौरभ समूहअन्तर्गत सौरभ फोटो इन्टरनेसनल, जगदम्बा स्पिनिङ मिल्स, जगदम्बा सिमेन्ट, सौरभ टेक स्टेट्स, लक्ष्मी स्टिल, एसएस जगदम्बा बिल्डर्स, जगदम्बा सिन्थेटिक्सलगायतका स्थापित कम्पनीहरूको नेतृत्व गरिरहेका न्यौपाने सिमेन्ट उत्पादक संघका महासचिव पनि हुन् । क्लिंकर उत्पादनका लागि सर्वोत्तम सिमेन्ट उद्योग स्थापनाको तयारी गरिरहेका उनीसँग नेपाली सिमेन्ट उद्योगको वर्तमान अवस्था, क्लिंकर आयातमा लगाइएको उच्च भन्सार दर तथा सरकारी सिमेन्ट उद्योगको पुनर्संरचनाका सम्भावनालगायतका विषयहरू समेटेर कर्पोरेट ब्युरो प्रमुख विपेन्द्र कार्कीले गरेको कुराकानीको प्रमुख अंश : नेपाली सिमेन्ट उद्योगहरू अहिले कस्तो अवस्थामा छन् ? नेपालका सिमेन्ट उद्योगहरू यतिबेला केही अप्ठेरो अवस्थाबाट गुज्रिरहेका छन् । हाउजिङ र अपार्टमेन्ट्स व्यवसायमा आएको संकटको प्रत्यक्ष प्रभाव सिमेन्ट उद्योगलाई पनि परेको छ । ऊर्जासंकटको असरले पनि सिमेन्ट उद्योगहरू मारमा परेका छन् । विद्युत् आपूर्ति नहुँदा जेनेरेटर चलाएर उद्योग सञ्चालन गर्न पनि लागत ज्यादै महँगो पर्न जान्छ । सरकारको विकास बजेट समयमै खर्च नहुँदा पूर्वाधारका क्षेत्रमा कामहरू भइरहेका छैनन्, त्यसले पनि सिमेन्टको माग घटाएको छ । यसका अतिरिक्त सरकारले गएको वर्षको बजेटमार्फत सिमेन्टको कच्चापदार्थ क्लिंकरलगायतका वस्तुमा लाग्ने भन्सार महसुल वृद्धि गरेपछि यो क्षेत्र गम्भीर समस्यातर्फ धकेलिएको छ । स्वदेशमै क्लिंकर उत्पादन हुन थालिसक्यो भने यसको आयातमा लगाइएको भन्सारको विरोध किन गरिरहनुभएको हो ? नेपालमा क्लिंकर आयातमा जति भन्सार लगाइएको छ, त्यो संसारकै सबैभन्दा महँगो दर हो । उदाहरणका लागि एक टन क्लिंकरको मूल्य २ हजार भारु छ भने यसमा बुझाउनुपर्ने भन्सार, अन्तःशुल्क, भ्याटजस्ता महसुल जोड्ने हो भने ४ हजार तिर्नुपर्ने अवस्था छ । यो त कार र अन्य विलासी वस्तुमा लाग्ने भन्सारभन्दा पनि महँगो भइसकेको छ । तयारी सिमेन्ट नै आयात गर्ने हो भने एक बोरा सिमेन्ट किन्दा २ सय रुपैयाँ लाग्छ भने भन्सारबापत ४ सय रुपैयाँ थप तिर्नुपर्ने अवस्था छ । यतिबेला हामी क्लिंकरमा खरिद मूल्यको अनुपातमा डेढ सयदेखि २ सय प्रतिशतसम्म भन्सार तिरिरहेका छौं । कच्चा पदार्थमा यतिधेरै भन्सार दर संसारको कुनै मुलुकमा पनि छैन । हामीले गत वर्ष नै एक टन क्लिंकरमा १५ सय रुपैयाँ भन्सार राख्न गत वर्ष नै माग गरेका थियौं । जब कि त्यसबेला १८ सय रुपैयाँ थियो । क्लिंकरमा भन्सार दर बढाउँदा कुन क्षेत्रलाई असर परेको छ ? यसको प्रभावबाट कोही पनि अछुतो छैन । व्यक्तिगत रूपमा घर बनाउनेदेखि निर्माण व्यवसायीहरूसम्म यसबाट प्रत्यक्ष मारका परिरहेका छन् । घर बनाउनेले सिमेन्टको भाउकै कारण आफ्नो डिजाइन परिवर्तन गर्नुपर्ने अवस्था छ । यतिसम्म कि नेपालमा गहुँभन्दा सिमेन्टको धूलो महँगो छ । यस्तो विडम्बना संसारका कमै मुलुकमा मात्रै हुन्छ । एक किलो सिमेन्टका लागि १५ रुपैयाँ तिर्न सक्ने हैसियतमा नेपाली उपभोक्ता छैनन् । सरकारले आफ्नो नीतिमा पुनर्विचार नगरेसम्म यस्तो विडम्बना रहिरहन्छ । सरकारले त स्वदेशमै क्लिंकर उत्पादन हुन थालेको अनि भारतसँगको व्यापारघाटा कम गर्नुपर्ने जस्ता कारण देखाएर भन्सारदर बढाएको थियो नि ? नेपालमा डिजेल पनि उत्पादन गर्न सकिन्छ । आयातित डिजेलमा प्रतिलिटर ५ सय रुपैयाँ भन्सार लगाइदिने हो भने डिजेलको मूल्य ६ सय रुपैयाँ पुग्छ र त्यतिबेला भने यहीं निकालेर बेच्न सकिन्छ होला, तर यसले उपभोक्ताको मौलिक हकको हनन हुन्छ । उत्पादन लागत अन्तर्राष्ट्रिय मापदण्डअनुसार हुनुपर्छ, नेपालको सन्दर्भमा कम्तीमा पनि भारतको हाराहारीमा हुनुपर्छ । यहाँ स्वदेशी उद्योग संरक्षणको नाउँमा केही व्यक्तिलाई लाभ पु¥याएर जनतालाई महँगोमा सिमेन्ट किनाउने जुन खाले खेल भइरहेको छ, त्यसलाई हामी स्वीकार्न सक्दैनौं । सर्वसाधारण जनता, जसले जीवनभरको कमाइले धेरै सोचेर सानो घर बनाउँछन् । उनीहरूलाई हिजो २ सय बोरा सिमेन्ट किन्दा हिजो ३–४ सय रुपैयाँ प्रतिबोराका दरले किन्दा ८० हजार पथ्र्यो भने आज ८ सय रुपैयाँ बोराले किन्दा १ लाख ६० हजार रुपैयाँ तिर्नुपर्दा क्षमताले नै भ्याइराखेको छैन । यो सबै स्वदेशी उद्योगलाई संरक्षण दिने नाउँमा गरिएको अदूरदर्शी निर्णयको उपज हो । कुनै वस्तु स्वदेशमा उत्पादन हुन्छ भने त्यसको मूल्य घट्दै जानुपर्छ । संसारको सबैभन्दा बढी कच्चापदार्थको स्रोत अमेरिकामा भए पनि उसले आयात गरिरहेको छ, किनकि उसको उत्पादन लागत आयातभन्दा महँगो पर्न जान्छ । हामीले भने आफैं खानी चलाउने भन्दै जनतालाई मारमा पारिरहेका छौं । नेपालमा क्लिंकर उत्पादनको सम्भावना प्रचुर छ, त्यसैले निकासी गर्नुपर्छ भन्नेसम्मका चर्चा भइरहेका छन् । यसमा कत्तिको सत्यता छ ? हो, केही साथीले विद्युत्को जस्तै नेपाललाई क्लिंकर प्रशस्त छ र भोलि निकासी पनि गर्नुपर्छ भनिरहेको मैले पनि सुनेको छु । म उहाँहरूलाई प्रश्न गर्छु कि आजसम्म कुनचाहिं सिमेन्ट फ्याक्ट्रीले क्लिंकर बेच्न सकेको छ ? केही पाइपलाइनमा भएका आयोजनाहरू सञ्चालनमा आउनै महिनौं लाग्ने अवस्था छ । सञ्चालनमा भएका भनिएकाहरूको पनि उत्पादन महिनाको ५–७ सय टनभन्दा बढी छैन । वार्षिक ३३ लाख टन माग भएको मुलुकमा स्वदेशी क्लिंकर उद्योगले मुस्किलले मागको १५ प्रतिशत पूर्ति गरिरहेका छन् । यहाँ ती १५ प्रतिशतलाई संरक्षण गर्ने नाउँमा बाँकी ८५ प्रतिशतमाथि सरासर अन्याय भइरहेको छ । यो अन्यायको सजाय सर्वसाधारण जनताले समेत भोग्नुपरिरहेको छ । प्रतिस्पर्धात्मक मूल्यमा सिमेन्ट किन्न पाउने जनताको नैसर्गिक अधिकारको सोझै हनन गरिएको छ । तपाईंहरूले यस विषयलाई जिम्मेवार निकाय र व्यक्तिहरूसम्म पु¥याउनुभएन र ? हामीले धेरै पहल ग¥यौं । हामीले सरोकारवाला प्रत्येक निकायमा लेखेरै दिएका छौं । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघदेखि राजस्व परामर्श समिति लगायतका सरकारका हरेक मन्त्रीहरूसँग पटक–पटक भेटेर आफ्ना कुरा राखेका छौं । उद्योग मन्त्रालय, विभागमा मात्र नभई प्रधानमन्त्री कार्यालयमा समेत हामीले लेखिपठाएका छौं । तर, दुर्भाग्यवश यसलाई सम्बोधन गरिएको छैन । यो विवादलाई त स्वदेशमै क्लिंकर उत्पादन गर्ने र भारतबाट आयात गर्ने उद्योगीबीचको विवाद हो भनिन्छ नि ? म आफैंं सिमेन्ट उत्पादक संघको महासचिव छु र हाम्रो आफ्नै क्लिंकर फ्याक्ट्री चाँडै स्थापना हुँदैछ, तर यसमा व्यावसायिक स्वार्थभन्दा नैतिक दायित्व बढी छ । जनतालाई सस्तोमा सिमेन्ट दिन सकिने सम्भावना हुँदाहुँदै स्वदेशी उद्योग संरक्षणको नाउँमा महँगोमा बिक्री गर्न र अभाव चर्काउन मेरो नैतिकताले दिंदैन । जुन दिन नेपालमै सहज रुपमा क्लिंकर पाइन्छ र त्यो प्रतिस्पर्धी हुन्छ भने हामी पनि भारतबाट ल्याइरहनुपर्छ भन्दैनौं । क्लिंकर उत्पादकले उत्पादन लागत देखाएर १५ प्रतिशत नाफा राखेर हामीलाई चाहेजति क्लिंकर दिन सक्छन् भने जतिसुकै भन्सार दर बढाए पनि हामीलाई आपत्ति छैन । सबैभन्दा महŒवपूर्ण कुरा त जनताले सस्तोमा सिमेन्ट पाउनुप¥यो । आजको दिनमा तपाईं सिमेन्ट किन्न जानुभयो भने ओपीसी सिमेन्ट ८ सय रुपैयाँ घटीमा पाउनुहुन्न । १६ रुपैयाँ किलोमा सिमेन्ट किनेर जनताले कसरी घर बनाउँछन् भन्ने पनि त विचार गर्नुपर्छ । नेपालका क्लिंकर पर्याप्त छ अथवा नेपाल सिमेन्टमा आत्मनिर्भर हुँदैछ भन्ने चर्चा गलत नै हो त ? त्यो गलत नै होइन, तर यो पनि हाइड्रोपावरजस्तै हो । हामीसँग क्लिंकर पनि खानीहरू प्रशस्तै छन् तर त्यसको प्रशोधनमा समय लाग्छ । अहिले जति उत्पादन भइरहेको छ, त्यसले वार्षिक मागको वृद्धिदरसमेत धान्न सकिरहेको छैन । वर्षमा ५ सय टन उत्पादन गर्ने उद्योग त थपिन्छन् तर माग त्योभन्दा धेरै बढिसकेको हुन्छ । रेमिट्यान्स बढेको छ, नयाँ घरहरू बन्ने नै छन्, पूर्वाधारका नयाँ आयोजनाहरू पनि अवश्य आउँछन् भने हाम्रा अहिलेका उद्योगहरूले माग पूरा गर्न सक्दैनन् । क्लिंकर उत्पादन गरिरहेका उद्योगहरूलाई संरक्षण गर्नु सरकारको दायित्व होइन र ? हरेक वर्ष उद्योग मन्त्रालयले क्लिंकर उत्पादन गर्ने उद्योगको पूर्वाधारका लागि ६० करोड रुपैयाँ त खर्चिएकै छ । त्यसको बदलामा जनताले के पाए भन्ने हो भने ८ सय रुपैयाँ बोरा सिमेन्ट नै हो । भारतबाट क्लिंकर ल्याउने उद्योगहरूले पनि शून्य भन्सारको माग गरेका होइनन् । प्रतिमेट्रिक टन १५ सय रुपैयाँ भन्सार लगाउनुपर्छ भनेर त हामीले नै भनिरहेका छौं । राजस्थान वा मध्यप्रदेशबाट क्लिंकर किन्दा भाडाबापत २ हजार रुपैयाँ मेट्रिक टन, भन्सार २२ सय रुपैयाँ मेट्रिक टन, २ सय रुपैयाँ अन्तःशुल्क लाग्छ । नेपालभित्रै उत्पादन गर्दा भाडा पनि न्यून मात्रै लाग्छ । यसरी नै उनीहरू त सहुलियतमा छन् । हामी पनि क्लिंकर उत्पादनमा लागिरहेका छौं तर उद्योगलाई संरक्षणमात्रै गर्ने हो भने उनीहरू प्रतिस्पर्धी हुन सक्दैनन् भन्ने हाम्रो बुझाइ हो । आयातमा अत्यधिक भन्सार लगाएर स्वदेशी उद्योगलाई संरक्षण नै गर्ने हो भने म नेपालमै डिजेल निकाल्ने उद्योग चलाउन तयार छु । संसारका हरेक मुलुकमा प्राकृतिक स्रोत हुन्छ तर अन्तर्राष्ट्रिय मापदण्डअनुसारको लागत मूल्यका आधारमा मात्रै निर्णय गरिनुपर्छ । सिमेन्ट उद्योगहरूले यतिबेला सरकारबाट चाहेको के हो ? सबैभन्दा पहिले त क्लिंकर आयातमा लगाइएको भन्सार महसुल घटाउनुपर्छ । दोस्रो, ऊर्जाको व्यवस्था गर्नुपर्छ । विद्युत दिन नसके पनि डिजेलको आपूर्ति सहज गरिनुपर्छ । तेस्रो अर्थात् सबैभन्दा महत्वपूर्ण कुरा क्लिंकर उत्पादकहरूलाई पूर्ण र निःसर्त सहयोग गर्नुपर्छ । पूर्वाधार नपुगेका ठाउँमा पूर्वाधार पु¥याइदिनुपर्छ । बाटो, बिजुलीको व्यवस्थाका साथै मुआब्जा विवाद पनि मिलाइदिनुपर्छ । तपाईंहरूलाई यसरी भन्सार बढाउनुपछाडि लुकेको नियतचाहिं के हुन सक्छ ? स्वदेशी क्लिंकर उत्पादकहरूले प्रतिस्पर्धा गर्न सक्दैनन् भनेर यसो गरिएको हो भने उनीहरूले उत्पादन गरेको क्लिंकरमा १५–२० प्रतिशत नाफा राखेर सबै हामीलाई बेचे हुन्छ । हामी उनीहरूका सबै उत्पादन किन्न तयार छौं । यसमा अर्थ मन्त्रालयको नियत नै बाधक देखिन्छ । अर्थमन्त्रालयलाई उद्योग बचाउनेभन्दा राजस्व कसरी बढाउन सकिन्छ भन्ने चिन्ता बढी देखिन्छ । क्लिंकर २० लाख टन भित्रिदो रहेछ, यसमा ५ सय रुपैयाँ बढाउने हो भने १ अर्ब त सिंगै राजस्व बढ्ने रहेछ भन्ने सोझो हिसाब गरियो । उत्पादक र उपभोक्तालाई पर्ने असरबारे विमर्श नै गरिएन । क्लिंकर उत्पादकहरूको गलत लबिङले पनि यसमा काम गरेको हो । सिमेन्ट उद्योगमा पछिल्लो समय कर्पोरेट हाउसहरूको आकर्षण देखिएको छ । लगानी बढ्नु र नयाँ उद्योगहरू थपिनुको कारण के हो ? सिमेन्ट उद्योगमा अहिले जति लगानी थपिएका छन्, तीमध्ये अधिकांश पुराना सिमेन्ट उद्योगी नै हुन् । यसरी लगानी बढ्नुको कारण नेपालका अरू क्षेत्रमा लगानीको अवसर नभएरै पनि हो । अरू मुलुकजस्तो नेपालमा लगानीको धेरै अवसर छैनन् । सञ्चालनमा रहेका उद्योगहरूलाई क्षेत्र बिस्तार गर्नु आवश्यक रहन्छ । सधैंभरि भारतबाट क्लिंकर ल्याएर उद्योग चलाउँछु भन्न सकिँदैन । अहिले नयाँमा चौधरी समूहको मात्रै चर्चा छ, बाँकी पुरानै लगानीकर्ता हुन् । उनीहरूले लगानी थपेका मात्रै हुन् । तपाईको उद्योग जगदम्बा सिमेन्टको अवस्था कस्तो छ ? हामी अहिले सबैभन्दा ठूलो सिमेन्ट उत्पादक कम्पनी हौं । हाम्रो जगदम्बा र शुभश्री जगदम्बा ब्रान्डमा वार्षिक झन्डै १ करोड बोरा सिमेन्ट उत्पादन भइरहेको छ । यही सिमेन्ट उद्योगलाई सपोर्ट गर्न हामीले सर्वोत्तम सिमेन्ट उद्योग स्थापना गर्दैछौं । यसले क्लिंकर उत्पादन मात्रै गर्नेछ । यसले जगदम्बाका लागि नै क्लिंकर बनाउने हो । उद्योग स्थापनाका लागि बैंकिक प्रक्रिया पूरा भइसकेको छ । जग्गा खरिद भइसकेको छ भने मेसिनरी पनि अर्डर भइरहेको छ । जेठको अन्तिम हप्तादेखि यसबाट उत्पादन सुरु हुनसक्छ । नेपाली सिमेन्टको गुणस्तर ठूला परियोजनाका लागि कत्तिको उपयुक्त छ ? अहिले हामी सक्षम भइसकेका छौं । सुरुका चरणमा गुणस्तरमा केही समस्या थियो, जुन स्वाभाविक पनि हो तर औद्योगीकरण सधंै एकनासको हुँदैन । अहिले त ठूला आयोजनाकै लागि भनेर अल्ट्रा, ओपीसी सिमेन्टहरू उत्पादन हुन थालिसकेका छन् । सरकार आफैंले भने भन्सार छुट पाउने भएकाले विदेशी सिमेन्ट प्रयोग गरिरहे पनि स्वदेशमा बन्ने निजी क्षेत्रका सबैजसो परियोजनामा नेपाली सिमेन्ट नै प्रयोग भइरहेको छ । भारतीय सिमेन्टको आयात त अहिले २० प्रतिशतमा सीमित छ । निजी क्षेत्रले सिमेन्ट उद्योगमा एकपछि अर्को सफलता हासिल गरिरहेको छ, सरकारका दुई सिमेन्ट उद्योगहरूको अवस्था त गिर्दो अवस्थामा छ नि ? निजी क्षेत्रले त्यसको सुधारका लागि केही गर्न सक्दैन ? सरकारले चलाइरहेका उदयपुर र हेटौंडा सिमेन्ट क्षमताको ४० प्रतिशतभन्दा बढीमा चलेकै छैनन् । उदयपुरले अहिले वर्षको १८÷२० लाख बोरामात्र उत्पादन गरिरहेको छ । त्यो प्लान्ट हामीलाई सञ्चालन गर्न दिने हो र ओपीसी नै उत्पादन गर्ने हो भने पनि ६० लाख बोरा र पीपीसी उत्पादन गर्ने हो भने ८० लाख बोरा सजिलै उत्पादन गर्न सक्छौं । यसको पूर्वसर्तचाहिं त्यहाँका सबै कर्मचारीलाई घर फर्काउनुपर्छ । कर्मचारीलाई घरै बसे पनि पूरै तलब दिनेछौं भने उद्योगमा राख्ने नयाँ कर्मचारीको तलबसमेत आफैं तिरेर उद्योग चलाउन र सरकारको राजस्व बढाउन हामी तयार छौं । तलबका लागि सरकारले अरू स्रोत खोजिरहनु पर्दैन, हामी नै दिन तयार छौं तर उद्योग सञ्चालनको पूर्ण अख्तियारी हामीलाई दिनुपर्छ । सरकारी संस्थान चल्न नसक्नुको कारण कर्मचारी मात्रै होइनन् । विद्यमान ऐन–कानुनकै कारणले सानोतिनो निर्णय गर्न नसक्दा पनि उद्योगहरू धराशायी हुन्छन् । व्यवसायमा तत्काल निर्णय गर्न सकिएन भने धेरै पछि परिन्छ । उद्योगमा कन्भेयर बेल्ट बिग्रियो भने म आफैं गएर चार्टर्ड गरेरै तत्काल झिकाउन सक्छु तर सरकारी संस्थानले प्रक्रिया पु¥याएर टेन्डर गर्नुपर्ने भएकाले पनि समस्या परेको हुन्छ, तर योभन्दा ठूलो समस्या त दुवै उद्योगमा भएको राजनीतीकरण नै हो । ट्रेडमार्कसम्बन्धी करिब ६ सय आवेदनविरुद्ध उजुरी फ्रान्सका तीन कम्पनीको पनि दाबी विरोध काठमाडौं, १३ वैशाख-बौद्धिक सम्पत्तिअन्तर्गत ट्रेडमार्क चिन्हका लागि परेका पौने ६ सय आवेदनमा दाबी गर्दै उजुरी परेका छन् । टे«डमार्क, पेटेन्ट र डिजाइन शीर्षकमा अनुमति लिन चालू आवको चैत मसान्तसम्म दिइएका ५ सय ७३ आवेदनमा उजुरी परेको उद्योग विभागले जनाएको छ । सन् २००४ देखि ट्रेडमार्क माग गर्दै दर्ता भएका टेक्टाइल, बिस्कुट, मिठाई, गार्मेन्ट, पश्मिना र हस्तकलाका सामानका चिन्हमा बढी उजुरी छन् । क्वालिटी फुड इन्डस्ट्रिज, शारदा डिस्टिलरी, गोरखा टोबाको, गोर्खा ब्रुअरी, हिमाल डिस्टिलरी, नेपाल केमिकल सोप, गोयल मेटल इन्डस्ट्रिज र बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल गार्मेन्टविरुद्ध टे«डमार्क चिन्हको दाबी गर्दै उजुरी परेको विभागले जनाएको छ । आदित्य कस्मेटिक, माउन्टेन सर्फ केयर, शेर्पा एग्रोभेन्चरका ट्रेडमार्क चिन्हविरुद्ध फ्रान्सका तीन कम्पनीले उजुरी गरेका छन् । उत्पादनशील उद्योगमा उजुरी धेरै पर्ने गरेको विभागका बौद्धिक सम्पत्ति निर्देशक रामशरण चिमोरियाले बताए । उनका अनुसार विभागले ट्रेडमार्कका लागि परेका आवेदन सार्वजनिक गरेपछि विश्व बौद्धिक सम्पत्ति संगठन (वाइपो) सँग आबद्ध सबै मुलुकले दाबी विरोधसहित उजुरी गर्न पाउँछन् । विभागले प्रत्येक महिना दर्ता भएका ट्रेडमार्कविरुद्ध ९० दिनभित्र दाबी विरोधसहितको उजुरीका लागि सूचना सार्वजनिक गर्छ । "विभागले सूचना जारी गरेपछि मात्र त्यस्ता उजुरी आउँछन्," चिमोरियाले भने, "यस्ता उजुरीलाई आवश्यक परामर्शका आधारमा टुंगो लगाउँछौं ।" दाबी विरोधको माग गर्दै गरिएका उजुरीमा धेरैजसो व्यक्तिको नाम छ । सामान्यता उजुरी गर्दा संस्थाको नाम र ब्रान्ड खुलाउनुपर्ने कानुनी प्रावधान छ । चिमोरियाले भने, "प्रतिवादीतर्फबाट उजुरी गर्दा संस्थाको नाम उल्लेख गर्नुपर्ने भनिए पनि व्यावहारिक कठिनाइका कारण धेरै उजुरी व्यक्तिका तर्फबाट परेका छन् ।" विभागका अनुसार चालू आवको चैत मसान्तसम्म १ सय ९ ट्रेडमार्कविरुद्ध उजुरी परेका छन् । आव २०६७/६८ मा ६८ वटा र ०६६/६७ मा ९९ वटा र ०६४/०६५ मा ५८ वटा दाबी बिरोधसहितका उजुरी परेका थिए । २०६३/६४ मा ३९ वटा र त्योभन्दा अघि २ सय ८९ वटा उजुरी परेको विभागले जनाएको छ । चिमोरियाका अनुसार सामान्य औद्योगिक प्रतिष्ठान, शैक्षिक पाठशाला, म्यानपावर एजेन्सीलगायत आयात÷निर्यात गर्ने कम्पनी तथा बहुराष्ट्रिय कलकारखानाविरुद्ध उजुरी परेका छन् । विभागले व्यावसायिक प्रयोजनको अधिकारलाई शक्तिशाली बनाउन टे«डमार्क (व्यापारचिन्ह), पेटेन्ट (आविष्कारमाथिको अधिकार) र डिजाइन (आवरणात्मक सीप र कला) को चिन्ह प्रदान गर्दै आएको छ । संस्कृति मन्त्रालयको प्रतिलिपि रजिस्ट्रारको कार्यालयबाट प्रतिलिपि अधिकार र संवैधानिक मामिला अध्ययन केन्द्रले बौद्धिक विषयका चिन्ह वितरण गर्दै आएका छन् । कुनै कम्पनी, संस्था वा संघ–संगठनले ट्रेडमार्कका लागि आवेदन दिएको तीन महिनासम्म कुनै कम्पनी वा संघ–संस्थाबाट दाबी नआएको अवस्थामा चार महिनासम्म टे«डमार्क पाउने कानुनी व्यवस्था छ । एक ठाउँमा दर्ता भएको व्यापार चिन्हको प्रयोग विश्वका जुनसुकै ठाउँबाट प्रयोग गर्न सकिने व्यवस्था छ । विभागका अनुसार एक व्यक्ति वा सरोकारवाला निकायले प्रयोग गरेको व्यापार चिन्हको चोरी वा नक्कल (कपी) भएको अवस्थामा सम्बन्धित व्यक्ति वा सरोकारवाला निकायले आवेदन दिएको मितिले ९० दिनसम्म दाबी विरोध गर्न पाउँछन् । विभागमा चैत मसान्तसम्म ४३ हजार १ सय ३ वटा ट्रेडमार्क माग गर्दै आवेदन परेका छन् । विभागले अहिलेसम्म १७ हजार ७ सय २ वटा आन्तरिक र १४ हजार १ सय ७५ वटा विदेशी गरी ३१ हजार ८ सय ७७ ट्रेडमार्क अनुमति दिइसकेको छ । पेटेन्टको संख्या ६९ र डिजाइनको संख्या ७२ छन् । नेपालले औद्यिोगिक बौद्धिक सम्पत्तिको अधिकारलाई १९९४ देखि मान्यता दिँदै आएको भए पनि २००४ देखि विश्व बौद्धिक सम्पत्ति संगठनको सदस्यता लिएको हो । वाइपोको सदस्यता लिएपछि ट्रेडमार्क दाबी गर्ने संघसंस्था र कम्पनी वा जो–कोहीले आफ्नो ब्रान्डलाई विश्वभर स्थापित गर्न पाउँछन् । ट्रेडमार्क प्रयोगले औद्योगिक उत्पादन बढ्ने, व्यापार बढ्ने र ब्रान्ड स्थापित गर्न सहज हुने भएकाले बौद्धिक सम्पत्तिमाथिको अधिकारमाथि चेतना बढ्न थालेको निर्देशक चिमोरियाले बताए । बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन काठमाडौ, १४ वैशाख-नेपालले विश्वव्यापार संगठन (डब्लूटीओ) मा गरेको प्रतिबद्धताअनुसार बौद्धिक सम्पत्ति सरंक्षणसम्बन्धी प्रभावकारी कानुनी व्यवस्था गर्न सकेको छैन । संगठनमा आबद्ध भएको ८ वर्ष बितिसक्दा पनि प्रतिबद्धता अनुरूपको कानुनी व्यवस्था गर्ने सरकारी निकायको बेवास्ता र मुलुकको राजनीतिक वातावरणका कारण यसमा ढिलाइ भएको हो । नेपालले सन् २००४ मा संगठनको सदस्यता लिँदा गरेको प्रतिबद्धताअनुसार ४२ वटा कानुन तयार गर्नुपर्छ । यीमध्ये केही कानुन बनेका छन् भने केही व्यवस्थापिका संसद्मा अनुमोदनको प्रक्रियामा छन् । बौद्धिक सम्पत्ति डब्लूटीओको तीनवटा महत्वपूर्ण संयन्त्रमध्ये एक हो । नेपालजस्ता अतिकम विकसित मुलुकलाई बौद्धिक सम्पत्तिसहित अन्य कानुन बनाउने समय २०१३ को जुनसम्म छ । तर यसमध्ये सबैभन्दा महत्वपूर्ण बौद्धिक सम्पत्तिको कानुन बनाउन भने हालै छलफल सुरु भएको छ । व्यापार विज्ञ तथा साउथ एसियन वाच अन टे«ड, इकनोमी एन्ड इन्भारमेन्टका प्रमुख कार्यकारी निर्देशक डा. रत्नाकार अधिकारीले नेपालले बौद्धिक सम्पत्ति संरक्षणमार्फत नेपालले धेरै फाइदा लिनसक्ने बताए । "नेपाल व्यापार एकीकृत रणनीति (एनटीआईएस) ले निकासी सम्भावना भएको वस्तुका रूपमा सुझाएको वस्तुहरूको संरक्षण गरी लाभ लिन सक्छ," उनले भने । हाल बौद्धिक सम्पत्ति संरक्षणसम्बन्धि कानुनको अभावमा नेपालले आफ्ना परम्परागत तथा भौगोलिक महत्वका वस्तुहरूको संरक्षण गर्न नसकेको डा. अधिकारीले बताए । "आगामी वर्षको जुनसम्ममा डब्लूटीओको प्रावधानअनुसार सबै नीति बनाइसक्नुपर्छ तर कतिपय कानुन निर्माण हालसम्म सुर भएको छैन," डा. अधिकारीले भने "यसले गर्दा नेपाललाई भविष्यमा समस्या आउन सक्छ ।" यो कानुन तयार गर्ने जिम्मेवारी पाएको उद्योग मन्त्रालय, उद्योग विभाग, कानुन मन्त्रालयलगायत अन्य सरोकारवाला निकायबीच लामो समय अघिदेखि नीतिमा कस्तो व्यवस्था गर्ने भन्नेमा छलफल भइरहेको छ । उद्योग मन्त्रालयले राष्ट्रिय बौद्धिक सम्पत्ति नीति र कार्यान्वयन संयन्त्र बनाउने तयारी गरेको भए पनि यसमा केही प्रगति हुन सकेको छैन । नेपालमा अहिले औद्योगिक बौद्धिक सम्पत्तिको संरक्षण गर्न सक्ने कानुनी व्यवस्था अत्यावश्यक भएको नेपाल इन्ह्यान्सड क्यापासिटीज फर ट्रेड एन्ड डेभलपमेन्ट (नेकट्रेड) का परियोजना तथा नीति विश्लेषक धीरज कार्कीले बताए । "बौद्धिक सम्पत्तिसम्बन्धी कानुनको अभावमा एनटीआईएसले सुझाएको विभिन्न औद्योगिक र कृषिजन्य वस्तुहरूको अन्तर्राष्ट्रिस्तरमा बजारीकरणमा समस्या देखिएको छ," उनले भने । उद्योग मन्त्रालयले अघि सारेको बैद्धिक सम्पत्ति संरक्षणका लागि छुट्टै निकायको स्थापना गर्ने कार्य पनि अन्योलमा परेको छ । केही समय अघि छुट्टै कार्यालय स्थापनाका लागि मन्त्रालयले पठाएको अध्ययन प्रतिवेदन अर्थमन्त्रालयले नयाँ दरबन्दी नभएको भन्दै फिर्ता पठाएको थियो । यसपछि यसमा केही प्रगति हुन सकेको छैन । अहिले नेपालमा औद्योगिक बौद्धिक सम्पत्ति र प्रतिलिपि अधिकारको संरक्षणका लागि उद्योग मन्त्रालयअन्तर्गतको उद्योग विभाग र संघीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृति मन्त्रालयअन्तर्गत रहेको प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयले गर्दै आएका छन् । "अहिले पनि ४० वर्षअघिको कानुनअनुसार काम भइरहेको छ," उद्योग विभागका महानिर्देशक धुव्रलाल राजवंशीले भने "बौद्धिक सम्पत्ति नीतिको माध्यमबाट चिया, कफी, गलैंचा, अलैंची, पश्मिना, स्याउ, चाँदीका सामग्रीजस्ता उत्पादनहरूलाई समूह चिह्न, ब्रान्डिङ र भौगोलिक सूचकको माध्यमबाट अझ बढी प्रवद्र्धन गर्न सकिने सम्भावना छ ।" सिमेन्ट उद्योग न्यून क्षमतामा सञ्चालन स्वदेशी सिमेन्ट उद्योगहरूले कुल जडित क्षमताको २५ प्रतिशत मात्रै उत्पादन गरिरहेका छन् । यो कुल क्षमताको न्यूनतम प्रतिशत भएको सिमेन्ट उत्पादक संघले जनाएको छ । संघका अनुसार मुलुकमा ऊर्जा संकट, मागमा कमीलगायत अन्य कारणले उद्योगहरूको उत्पादन क्षमतामा ह्रास आएको हो । उद्यमीहरूका अनुसार ऊर्जा संकटका कारण उत्पादन लागत बढ्नुका साथै पूर्वाधार निर्माणमा आएको कमीले माग पक्षसमेत कमजोर बन्दै गइरहेको छ । "मुख्य समस्या भनेको मागमा कमी नै हो," उत्पादक संघका महासचिव विष्णुप्रसाद न्यौपाने भन्छन्, "एकातिर सरकारको पुँजीगत बजेट खर्च भएको छैन भने अर्कोतिर हाउजिङ, रियलस्टेटजस्ता व्यवसायमा संलग्न निजी क्षेत्रले नयाँ प्रोजेक्ट नल्याउँदा माग स्वात्तै घटेको छ ।" उद्योगहरूले क्षमताको तुलनामा न्यून उत्पादन गरिरहे पनि यस क्षेत्रमा लगानी थपिने क्रम भने रोकिएको छैन । सिमेन्ट उद्योगको प्रचुर संभावना भएकै कारण पछिल्लो समयमा सिमेन्ट उद्योगमा भइरहेको लगानी उत्साहजनक रहेको उद्यमीहरूको अनुभव छ । सिमेन्ट उत्पादनका लागि चाहिने आवश्यक कच्चा पदार्थ नेपालमै उपलब्ध हुन थालेपछि सिमेन्ट उद्योगमा लगानी बढ्न थालेको न्यौपाने बताउँछन् । कम्पनी रजिस्ट्रार कार्यालयको तथ्यांकअनुसार दर्ता भएका १ सय २ सिमेन्ट कम्पनीहरूले १३ अर्ब २९ करोडबराबरको लगानी प्रतिबद्धता जनाएका छन् । यो प्रतिबद्धता सिमेन्ट मात्रै उत्पादन गर्ने कम्पनीको हो । सिमेन्टका लागि चाहिने कच्चा पदार्थ कंक्रिट, पाइप रड, क्रसर उद्योगहरूको दर्तामा पनि उत्साहजनक वृद्धि भएको छ । तर, यो वृद्धिको अनुपातमा मागमा आइरहेको कमीले भने उद्यमीहरूलाई चिन्तित बनाएको छ । पछिल्लो केही समययता विकासका कामहरूले निरन्तरता पाउने सम्भावना भएकोले उद्यमीहरू उत्साहित भएको सिमेन्ट उत्पादक संघका अध्यक्ष आत्माराम मुरारका बताउँछन् । नेपालमा उत्पादन हुने सिमेन्टले कुल आवश्यकताको ७० प्रतिशत माग पूरा गरेको दाबी गर्दैै मुरारकाले सरकारले विकास निर्माणलाई अझ अगाडि बढाएमा सिमेन्ट उद्योग फस्टाउन सक्ने जिकिर गरे । उनले भने "झन्डै १० वटा उद्योग सञ्चालनको पूर्वतयारीमा छन् विकास निर्माणका काम भएमा नेपालमा सिमेन्ट उद्योगको भविष्य राम्रो छ ।" उनका अनुसार सरकारी स्वामित्वको लगानीका उद्योगभन्दा निजी उद्योगहरूमा व्यवसायीको चाख बढ्दै गएको छ । बृज, जगदम्बा, पञ्चकन्या, कस्मोस, महालक्ष्मी मारुती, विश्वकर्मा, अम्बेलगायतका सिमेन्ट उद्योगहरू निजी लगानीमा आफ्नो पहिचान बनाइसकेका उद्योगहरू हुन् । पञ्चकन्या समूहका अध्यक्ष प्रदीपकुमार श्रेष्ठले नेपालमा सिमेन्टको आयात बढ्दै गएको शन्दर्भमा यसको प्रतिस्थापन गर्न नयाँ उद्योग सञ्चालनमा ल्याउनुपर्ने बताए । सिमेन्ट उत्पादन गर्न आवश्यक कच्चा पदार्थहरू नेपालमै पाइने जानकारी दिँदै उनले कोल जिप्सन नामक कच्चा पदार्थमात्र दोस्रो मुलुकबाट ल्याउनु परेको बताए । उनले भने, "सिमेन्ट उत्पादन गर्न चाहिने मुख्य वस्तु चुन ढुंगा हो त्यो नेपालमै प्रशस्त छ ।" हाइड्रोपावरमा सिमेन्टको प्रयोग अनिवार्यजस्तै भएको बताउँदै उनले निर्माण र रियलस्टेटमा कारोबार वृद्धिका कारण सिमेन्ट उद्योगमा लगानी बढ्न थालेको जिकिर गरे । गोेयन्का सिमेन्टका सञ्चालक अजय गोयन्काले मुलुकमा बढ्दै गएको औद्योगिकीकरण र सहरीकरणले सिमेन्टको मागलाई बढाएको बताए । गएको मंसिर महिनादेखि सिमेन्टको उत्पादन सुरु गरेको बताउँदै उनले पहिलोपटक क्लोज सर्किट मिलबाट सिमेन्ट उत्पादन सुरु गरेको जानकारी दिए । विगत तीनदशकदेखि निर्माण सामग्रीको व्यवसायमा संलग्न गोयन्का समूहले उत्पादन क्षमताको प्रचुर संभावना हुँदाहुँदै पनि आन्तरिक कारणले सिमेन्ट उद्योगमा लगानी गर्न नसकेको बताए ।
2019/02/18 18:24:26
http://anjanniru.blogspot.com/2012/04/
mC4
Nepal Samaya | कमेडी च्याम्पियनमा 'पूर्वयुवराज पारस' कमेडी च्याम्पियनमा 'पूर्वयुवराज पारस' नेपाल समय | काठमाडौं, शनिबार, भदौ १२, २०७८ शनिबार, भदौ १२, २०७८, काठमाडौं काठमाडौं– कमेडी रियालिटी शो 'कमेडी च्याम्पियन २' को शनिबार, १२ भदौको शृंखला हाँस्यप्रेमीहरुका लागि प्रतिक्षाको विषय बन्यो। त्यसको खास कारण यो शृखंलामा साँच्चैका पूर्वयुवराज पारसको उपस्थिति भने होइन। प्रतियोगी भरतमणि पौडेलले पूर्वयुवराज पारस शाहको 'गेट–अप'मा उनको 'क्यारिकेचर' प्रस्तुत गर्दैछन् जसलाई 'ट्रेलर'ले मात्र सबैलाई त्यत्तिकै जिज्ञासु बनाएको देखियो। 'ट्रेलर'का केही परिदृश्य र संवादहरु शृंखला प्रसारण हुनुपुर्व नै सामाजिक सञ्जाल खासगरी टिकटक, फेसबुक र ट्वीरमा छरिएका छन्। पछिल्लो शृंखलाको यो प्रस्तुतिमा कलाकार पौडेलले पूर्वयुवराज शाहसँग हुबहु मिल्दो 'गेटअप'मा उनको व्यवहारिक आयाम मार्फत् ब्यङ्ग्य प्रवाहको प्रयास गरेका छन्। प्रस्तुतीमा उनले पूर्वयुवराज शाहको 'हेल्मेट काण्ड'लाई मियो बनाएका छन्। मोटर साइकलमा सवार पारसलाई महाराजगञ्जमा ट्राफिकले समातेको र त्यसमा उनले प्रतिवाद गरेको भिडियो सामग्री यसअघि बाहिरिएको थियो। प्रस्तुतीमा पौडेलले हेल्मेट र श्रीपेचको सम्बन्ध मोह जोडेर व्यङ्ग्य सृजना गर्न खोजेका छन्। साथै, उनले सहभागी जजहरुलाई पनि दरबारको आँखिझ्यालबाट नियाल्दै 'रोस्टिङ गर्ने' प्रयत्न गरेको ट्रेलर सामग्रीमा देख्न सकिन्छ। ट्रेलर सार्वजनिक भएपछि भरतमणिको यो लुक्सले चारैतिर चर्चा पाइरहेको छ। ट्रेलर युट्युबको ट्रेनिङमा पर्न सफल भएको छ। ताप्लेजुङबाट प्रतिस्पर्धामा सहभागी पौडेलले यस अगाडि पनि पूर्वमन्त्री गोकुल बाँस्कोटासहित नेताहरु राजेन्द्र महतो, सांसद रामनारायण विंडारी र आफ्नै जिल्लाका नेता योगेश भट्टराईसम्मको क्यारिकेचर गरेर चर्चा कमाएका थिए। कलाकार पौडेलले अघिल्लो वर्षको गाइजात्रा कार्यक्रममा पनि पूर्वयुवराज पारसको क्यारिकेचर गरेका थिए। उनका अनुसार त्यो कार्यक्रम पनि अधिक रुचाइएको थियो। पात्र र व्यवहारहरुको खोजी गर्दै जाँदा यसपटकको कमेडी च्याम्पियनमा पनि उनले शाहलाई छोडेनन्। 'कमेडी च्याम्पियन २' को अहिले उत्कृष्ट ४ प्रतिस्पर्धा चलिरहेको छ। आज प्रसारण हुने प्रतिस्पर्धाबाट पौडेल उत्कृष्ट तीनमा पर्ने नपर्ने निक्र्याैल गर्नेछ। पौडेलसहित उत्कृष्ट ४ मा बिक्की अग्रवाल, सन्तोष थापा, हिक्मत महरा पनि छन्। प्रकाशित: August 28, 2021 | 16:44:58 काठमाडौं, शनिबार, भदौ १२, २०७८ काठमाडौं, शनिबार, भदौ १२, २०७८ पचली भैरव जात्राको यस्तो छ प्रेमिल अन्तरकथा उपत्यकाको टेकु आसपासका खड्गीहरूले प्रत्येक १२ वर्षमा 'पचली भैरव'को खड्गजात्रा काष्ठमण्डप अगाडि गर्दै आएका छन्। यसरी लयमा फर्कंदैछ पोखराको रंगमञ्‍च लामो समय प्रत्यक्ष नाटक हेर्न नपाएका पोखरेली दर्शकहरुले प्रदर्शन भएका नाटकहरुलाई राम्रै रुचाए। दर्शहरुको रोजाईमा परेपछि पोखरामा नाटक घरको आवश्यकता महसुस भयो। भरतमणि पौडेल बने कमेडी च्याम्पियन कमेडी च्याम्पियन सिजन २ को विजेता भरतमणि पौडेल बनेका छन्। बिक्की अग्रवाल दोस्रो बनेका छन् भने तेस्रो बनेका छन् सन्तोष थापा। नेपालकै ठूलो डान्स रियालिटी शो कात्तिक ११ बाट हुने आगामी कात्तिक ११ गते बिहीबारदेखि नेपालकै ठूलो 'रियालिटी डान्स च्याम्पियन शो' हुने भएको छ। सिर्जनशील १० किशोरी : एक महिना सिकेकै भरमा फिल्म बनाएर प्रदर्शन फिल्ममेकिङको 'फ'सँग पनि परिचित नभएका किशोरीले छोटो समयमै फिल्म बनाएर देखाउलान् भन्ने पत्याउन गाह्रै पर्छ कमेडी च्याम्पियनमा यस्तो प्रस्तुति जसले निर्णायकलाई नै विवादमा उभ्यायो यसअघिको सिजनमा सहभागी कलाकार आदर्श मिश्राले पनि निर्णायक पन्तले रङ्गभेदी प्रतिक्रिया दिएको बताएका थिए।
2021/11/29 09:28:27
https://nepalsamaya.com/theater/2021-08-28-164458
mC4
गुरुङ स्पोर्ट्स हाउस कप भलिबल मंगलबारबाट पाँचदिने प्रतियोगितामा १६ टोलीको सहभागिता निश्चत भइ सकेको आयोजक टोलीका संयोजक विकास गुरुङले जानकारी दिए । भलिबलका पूर्व कप्तान शाह डीएसपीमा बढुवा अछामको रिडिकोटमा जन्मिएका शाहले २०५२ सालमा भारतमा भएको सातौं दक्षिण एसियाली खेलकुदबाट राष्ट्रिय टिममा डेब्यु गरेका थिए । कप्तान अरुणा सम्मानित शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले शनिबार नगद ५० हजारसहित सम्मानित गरेको हो । पुरुष भलिबल टिमको प्रशिक्षण सुरु नेपाल आईपुगे डच प्रशिक्षक एबिङ एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगिताका लागि प्रशिक्षक एबिङ नेपाल आएका हुन् । उपाधि जित्नु चुनौती छ : प्रतिभा सेन्ट्रल जोनको प्रशिक्षण दौरान संचारकर्मीसँग कुरा गर्दै स्पाइकर प्रतिभाले साविक विजेता नेपाललाई उपाधि रक्षाको लागि चुनौती रहेकी बताएकी हुन् । अघिल्लो संस्करणको शाख जोगाउने छौँ : प्रशिक्षक भट्ट त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा महिला भलिबल टोलीको आइतबारबाट सुरु भएको अभ्यासका क्रममा प्रशिक्षक भट्टले राष्ट्रलाई स्वर्ण पदक दिलाउने योजनाका साथ अघि बढ्ने बताए । उपाधि जित्ने लक्ष्य छ - कप्तान अरुणा सेन्ट्रल जोनको प्रशिक्षणअघि आइतबार संचारकर्मीसँग कुरा गर्दै कप्तान अरुणाले टिमको लक्ष्य उपाधि जित्ने रहेको बताएकी हुन् । महिला भलिबल टोलीको प्रशिक्षण सुरु त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा महिला भलिबल टोलीको प्रशिक्षण आज आइतबारबाट सुरु भएको हो । महिला भलिबल टोलीको प्रशिक्षण आजबाट नेपाल भलिबल संघले महिला टोलीको प्रशिक्षण आइतबारबाट सुरु हुने जनाएको छ । एभीसी सेन्ट्रल जोन भलिबलमा नेपालले प्रतिस्पर्धा गर्ने नेपाले भलिबल संघले शुक्रबार बंगलादेशमा आयोजना हुने प्रतियोगितामा नेपालको सहभागिता पक्का भएको जनाएको छ । भलिबल खेलाडी लोकेन्द्रलाई सहयोगको अपिल भण्डारी बिगत लामो समयदेखि गम्भिर बिरामी भएर नवजात शिशु सहित मेडिसिटी हस्पिटलमा अपचाररत रहेको उल्लेख गर्दै संघले खर्च ब्यवस्थापनमा निकै कठिन भएकाले सहयोगको अपिल गरेको हो । डोटीलाई प्रदेश स्तरीय पुरुष भलिबलको उपाधि फाइनलमा डडेल्धुरालाई ३–० को सोझो सेटले पराजित गर्दै डोटीले उपाधि जितेको हो । प्रथम प्रदेश भलिबलको सेमिफाइनल समीकरण पूरा प्रतियोगिता अन्तर्गत शुक्रबार ४ वटा खेल सम्पन्न भएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको हो । दार्चुला र बैतडीको जित दोस्रो दिन कञ्चनपुर, डडेल्धुरा, डोटी, दार्चुला र बैतडीले जित हासिल गरेका छन् । प्रदेश स्तरीय भलिबलको ट्रफी र खेल तालिका सार्वजनिक सुदूरपश्चिम खेलकुद परिषद्ले आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको तयारी पुरा भएको जनाएको हो ।
2021-11-30T08:29:41Z
https://www.khelpati.com/volleyball
OSCAR-2201
तेस्रो हिमालयन ट्राभल मार्ट आगामी वर्षको जुन ७ देखि ९मा गर्ने घोषणा | Ratopati तेस्रो हिमालयन ट्राभल मार्ट आगामी वर्षको जुन ७ देखि ९मा गर्ने घोषणा काठमाडौं । हिमालयन ट्राभल मार्ट तेस्रो संस्करण आगामी वर्ष जुन ७ देखि ९ सम्म आयोजना हुने भएको छ । यहि जुन ३ मा काठमाण्डौको पार्क भिलेज होटलमा आयोजित दोस्रो हिमालयन ट्राभल मार्टको समापन कार्यक्रमलाई सम्बोधन गर्दै हिमालयन ट्राभल मार्ट २०१८ मूल–आयोजक समितिका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरीक उड्डयन मन्त्रालयका सचिव कृष्ण प्रसाद देवकोटाले मार्टको आगामी संंस्करणको मिति धोषणा गरे । नेपालको पर्यटन प्रवद्र्धनका लागि कोसेढुङ्गा बन्दै गएको हिमालयन ट्राभल मार्ट जस्तो कार्यक्रम निरन्तर आयोजना हुनुपर्ने कुरामा उनको जोड थियो । सोहि कार्यक्रममा नेपाल पर्यटन बोर्डका बरीष्ठ निर्देशक नन्दनी लाहे थापाले मार्टमा समापन भएका सम्पूर्ण गतिविधिहरु बारे प्रकाश पार्दै सहयोगी सबै ब्यक्ति एवम् संघ–संस्थाहरुलाई धन्यवाद ब्यक्त गरिन् । पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यले हिमालयन ट्राभल मार्ट २०१८ सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पाएको भन्दै मार्टलाई थप प्रभावकारी बनाउँदै निरन्तरता दिनुपर्नेमा जोड दिए । देशकै प्रथम तथा एक मात्र अन्तर्राष्ट्रिय ट्राभल ट्रेड मेलाको रुपमा स्थापित हिमालयन ट्राभल मार्ट सरोकारवालाहरुका लागि नेटवर्किङ्ग, ब्यावसाय प्रवद्र्धन, ज्ञान तथा सिप आदान–प्रदान गर्न एक अद्धितीय मञ्च बनेको छ । नेपाल, भारत, पाकिस्थान, चाईना (तिब्वत), भुटान र म्यानमार जस्ता हिमालयन राष्ट्रहरुबाट विक्तेताहरु तथा युरोप, अमेरीका (उत्तर–दक्षिण), अष्टे«लिया, न्यूजिल्याड, एसिया सि. आई. एस. राष्ट्रहरु एशिया र अरब राष्ट्रका विक्रेताहरुलाई एउटा मञ्चमा भेला गराई उनीहरुबीच ब्यापार आदान–प्रदान तथा सम्बन्ध संञ्जाल विस्तारको उद्देश्यले पाटा नेपाल च्याप्टरद्धारा यस विजनेस–टु–विजनेस मार्टको परिकल्पना गरीएको थियो ।
2019/05/20 16:42:24
http://ratopati.com/story/48480
mC4
प्रत्येक प्रदेशलाई २\२ करोड | Hamro Biratnagar गृह पेज प्रदेश प्रत्येक प्रदेशलाई २२ करोड प्रत्येक प्रदेशलाई २\२ करोड संघीय संसदले प्रत्येक प्रदेशलाई भेन्टिलेटर र आईसीयूका लागि २\२ करोड रूपैयाँ निकासा गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले मङ्गलबार प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले गरेको भर्चुअल बैठकमा सो रकम सबै प्रदेशमा ४ भेन्टिलेटर र १० आईसीयू थपका लागि छुट्टयाइएको जानकारी गराएका छन् । कोरोना संक्रमणको जोखिम बढी रहेको ठाउँमा चिकित्सक थप गरेको जानकारी दिएका छन् । उनले भने 'प्रदेश २ मा मात्रै २३ चिकित्सक खटाएका छौं। विरगञ्जको नारायणी अस्पतालमा ११ चिकित्सक गइसकेका छन् भने जनकपुर र गौर अस्पतालमा पनि चिकित्सक जाँदै छन्।' त्यस्तै हालसम्म देशभर १ हजार ७५ टिम कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा खटिएको पनि उनले जानकारी दिएका छन्।
2021/04/20 13:44:09
https://hamrobiratnagar.com/2020/08/26/1707/
mC4
काठमाडौं । नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवाले सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई ‘लिपस्टिक लगाएर सुन्दरी’ बन्ने भन्दै टिप्पणी गरेकी छिन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा बजेटमाथिको विषयगत छलफलमा भाग लिने क्रममा उनी व्यक्तिगत टिप्पणीमा उत्रिएकी हुन्। प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकअन्तर्गत शहरी विकास मन्त्रालयको छलफलका क्रममा एमाले सांसद चौधरी झाँक्रीले लगाएको लिपस्टिकको चर्चा गरेकी थिइन् । उनले भनिन्, ‘सहरी मन्त्रीको कुरा थोरै जोड्छु। ओठमा लिपस्टिक लगाएर जति सुन्दरी बन्न चाहनुहुन्छ, त्योभन्दा धेरै स्मार्ट सिटी बनाउने दायित्व तपाईंसँग छ। आज काठमाडौं शहरमा दुर्गन्ध फैलिएको छ। तपाईंलाई त्यति पनि ज्ञान छैन भने घोराही उपमहानगरपालिकामा गएर हेर्नुहोस्। २० करोडको लगानीमा फोहरबाट वैकल्पिक ऊर्जा निकालिएको छ। काठमाडौंमा ४० करोड लाग्ला।’ कागजको खोस्टोमा लेखेर सुन्दर शहर नबन्ने बताउँदै उनले आफू जस्तै सुन्दर सहर बनाउने दायित्व रहेको जिम्मेवार बोध गर्न मन्त्री झाँक्रीको ध्यानाकर्षण गराइन्। सांसद चौधरीले लिपस्टिकको प्रसंग निकालेपछि नेकपा (एस)ले नियमापत्ति गरेको छ । सांसद चौधरीको टिप्पणी मन्त्रीलक्षित नभइ व्यक्तिगत भएको भन्दै नेकपा (एस) की सांसद निरादेवी जैरुले नियमापत्ति जनाएकी थिइन्। उनले देशकै सर्वप्रतिष्ठित स्थानमा रहेर संसदको गरिमाभन्दा बाहिर गएर चौधरीले बोलेको भन्दै नियमापत्ति जनाएकी हुन्। जैरुले भनिन्, ‘मन्त्रीलाई होइन, व्यक्तिगत रुपमा टिप्पणी भएको छ। त्यो रेकर्डबाट हटाइयोस्। आगामी दिनमा व्यक्तिगत टिप्पणी नगरियोस्।’ बैठकको अध्यक्षता गरिरहेकी पुष्पा कर्ण कायस्थले ध्याानकर्षण भएको बताइन् । ‘माननीयले उठाउनु भएको विषयमा मेरो ध्यानाकर्षण भएको छ,’ सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गरेकी कर्णले भनिन् ।
2022-12-07T03:28:23Z
https://globenepal.com/2022/06/24560
OSCAR-2301
Homeबिबिधमलाई एकदिनको लागि अर्थमन्त्री बनाउनुस्, देशको अर्थतन्त्रको कायापलट गर्छु – ज्ञानेन्द्र शाही (भिडियो सहित) केहिदिन अघि राहत वितरण गर्दै गर्दा प,क्राउ परेका ज्ञानेन्द्र शाही अहिले रि,हा भएका छन् । आफुलाई गृहमन्त्रीले बदलाको भावना लिएर प,क्राउ गर्ने आदेश दिएको सार्वजनिक रुपमा भन्दै आएका छन् । गृहमन्त्री विरु,द्द आफु बोलेको कारण अहिले रा,हत वितरण गर्दैगर्दा प,क्राउ गरि तनाव दिएको आ,रोप लाएका छन् । "अब राहत बाँढे फेरि प,क्राउ गर्ने भनेपछि अहिले म रा,हत बाढ्न छोडेको छु । सरकारलाई सबैभन्दा पहिला मैले नै सहयोग गरेको हुँ तर मलाई नै प,क्राउ गर्दा दुख लागेको छ ।" शाहीले दु,खेसो पोखे ।
2022/05/21 03:39:56
https://kandaikanda.com/2741/
mC4
निषेधाज्ञा थप कडा गर्ने तयारी, अटेर गरे कारवाही गरिने – Classic Khabar जिल्ला प्रशासन कार्यालय चितवनले कोरोनाभाइरस (कोभिड–१९) लक्षित निषेधाज्ञा अझै कडा बनाउने तयारी गरेको छ । जिल्लामा कोरोना संक्रमित हुने र मृत्यु हुनेको संख्या नघटेको भन्दै थप कडाइ गर्न लागिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानले बताउनुभयो । उहाँले जिल्लाका सबै पालिकाहरुलाई पनि अलट हुन आग्रह गरिएको जानकारी दिनुभयो । त्यस्तै सिरहामा आंशिक निषेधाज्ञा–कोभिड–१९ को सङ्क्रमण बढ्दै जाँदा सिरहामा पनि आंशिक निषेधाज्ञा जारी गरिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (डिसीसीएमसी) को बैठकले वैशाख २३ गते बिहान ६ बजेदेखि सिरहा जिल्लाभरि आंशिक निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । Prevओलीलाई प्रधानमन्त्रीवाट हटाउन हात्तिवनमा यी नेताबीच बन्यो यस्तो गोप्य योजना Nextकोरोनामा नेपालमा नयाँ रेकर्ड, यो भन्दा अघि यस्तो कहिल्यै थिएन गर्मीमा छालामा चमक ल्याउने यस्ता छन् तरिका जानी राखौँ सामन्थाले डिभोर्सको घोषणा गरेपछि उनका पूर्व प्रेमी सिद्धार्थले भने, 'धोकेवाज कहिले पनि फल्न फूल्न सक्दैन'
2021/10/26 12:47:01
https://classickhabarnepal.com/archives/1810
mC4
सत्ता गठबन्धन फेरिने हल्ला निराधारः प्रधानमन्त्री « प्रशासन सत्ता गठबन्धन फेरिने हल्ला निराधारः प्रधानमन्त्री काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बर्तमान सत्ता गठबन्धन फेरिने हल्ला निराधार भएको बताएका छन् । शनिवार साँझा नेपाल टेलिभिजनको 'सिधा कुरा प्रधानमन्त्रीसँग' कार्यक्रमको अन्तरवार्तामा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । उनले भने,' न्यूनतम् आवश्यक तयारी गरेर नै निर्वाचनको मिति घोषणा गरिएको हो । ऐनहरु बनेका छन्, अरु केही ऐन पनि पारित गर्नुछ । तर, त्यसले स्थानीय निर्वाचनलाई असर गर्दैन । संसद खुल्ने बित्तिकै बाँकी ऐन पनि पारित हुन्छन् । स्थानीय तहको प्रतिवेदनका सन्दर्भमा पनि पर्याप्त आधार दिएका छौं । कार्यदलको प्रतिवेदन पनि आएको छ । भोलि मन्त्रीपरिषदबाट त्यो प्रतिवेदन पनि पास गरेर कार्यान्वयनमा जान्छ । भोलि हामी सम्पूर्ण सामाग्री निर्वाचन आयोगलाई दिन्छौं ।' प्रधानमन्त्रीले भने,'प्रदेश र केन्द्रको निर्वाचन एकै दिन गर्न सकिन्छ । स्थानीय निर्वाचनले हामीलाई अनुभव र उत्साह पनि दिन्छ । मौसमका कारण पनि पौष र माघ महिनामा निर्वाचन हुन कठिन हुन्छ । त्यसैले आगामी कार्तिक वा मंसीरभित्र प्रदेश र केन्द्रको निर्वाचन गर्नुपर्छ, गर्न सकिन्छ । २०७४ माघ ७ मा संसदको म्याद थप्ने कुरा कल्पना पनि गर्नु हुँदैन । संविधानले दिएको समयसीमा पालना गर्नैपर्छ । संसदको म्याद थप्ने कुरा म कल्पना गर्न सक्दिनँ ।' उनले भने,'प्रधानमन्त्री भएदेखि नै थारु, मधेशी र जनजातिका मुद्दा अधिकतम् सम्बोधन गर्ने मेरो प्रयास हो । मधेशी मोर्चालाई पनि सहभागी बनाएरै निर्वाचनमा गइन्छ, मेरो पुरै कोशिस छ । संशोधन विद्येयकलाई निर्वाचन अगाडि नै पारित गर्न चाहन्छौं, त्यसका लागि सबै राजनीतिक दलसँग सम्वाद जारी छ । त्यसका लागि सम्पूर्ण रुपले कोशिस हुन्छ ।'
2021/10/25 10:35:18
https://www.prasashan.com/2017/03/05/18420/
mC4
महिला भलिबलमा कप्तानकाे भूमिकामा चम्किएकी अरूणा | | Neplays.com महिला भलिबलमा कप्तानकाे भूमिकामा चम्किएकी अरूणा भलिबल नेपालको राष्ट्रिय खेल घोषणा भएको २ वर्ष पुरा भएको छैन् । तर यसको उपलव्धिले भने नेपालको शिर उच्च बनाएको छ । पुरुष टिमले आशातित सफलता दिलाउन नसकि रहेका बेला महिला भलिबलले भने एक पछि अर्को सहभागितामा नेपालको शिर उच्च बनाउने काम गरेको छ । हालै बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोन वुमन् भलिबल च्याम्पियन्ससिपमा स्वर्ण पदक जित्दै नेपाली महिला टिमले अन्तर्राष्ट्रिय एरेनामा नेपालको भण्डा फहराई सकेका छन् । एकै छिन हामीले विगतको कुरा गरौं । नेपालले १३ औं दक्षिण एसियाली खेलकुद साग आयोजना गर्ने जिम्मेवारी लिएको थियो । त्यसबीचमा एसियन गेम्समा सहभागिता जनाउँदा नेपाली महिला भलिबल टिमलाई मेडल आउँदैन किन पैसा खर्च गर्ने भनेर सहभागिता जनाउन दिइएन् । त्यतिबेला नेपाली खेलाडीहरु निराश भएका थिए । आफूलाई मौका नै नदिइ मेडल आउँदैन भनेर प्रतियोगिताबाट रोक्नु नेपाली खेल पदाधिकारीले ठूलो अपमान गरेको भन्दै असन्तुष्टि पनि जनाए । नेपालले साग खेलकुदका लागि टिम बनाउने उपयुक्त माध्यम भनेको गत बैशाखमा प्रदेश पाँचमा भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई आधार बनाएको थियो । सोही प्रदर्शनका आधारमा नेपाली महिला टिमको घोषणा हुँदै धेरै नै आश्चर्यमा परेका थिए । कारण थियो । तत्कालिन अर्थात नियमित कप्तान विनिता वुढाथोकी र उप कप्तान मञ्जु गुरुङ नै थिएनन् । त्यतिबेला नेपाली टिममा नयाँ र पुराना खेलाडीहरुलाई मौका दिइएको थियो । साथै प्रशिक्षक पनि नयाँ नै आए । हुन त अहिले प्रशिक्षण गराइरहेका जगदीश भट्ट नयाँ प्रशिक्षक भने होइनन् । उनले यसअघि पुरुष टिम हेरिरहेका थिए । उनलाई नै महिला टिमको प्रशिक्षक बनाएर नेपाल भलिबल संघले पठायो । उनको आगमनसँगै नेपाली टिमको मनोबल उचो भएको छ । साथै राष्ट्रिय खेलकुद परिषद् राखेपले पनि भलिबललाई हेर्ने नजर परिवर्तन गरेको छ । अरु खेलको भन्दा १५ दिन अघि नै खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न लगाएको राखेपले थाइल्याण्डमा वैदेशिक प्रशिक्षणको पनि व्यवस्था मिलायो । थाइल्याण्ड जानु अघिसम्म नेपाली टिमको नयाँ कप्तान को हो भन्ने कसैलाई थाहा थिएन् । थाइल्याण्ड जाँदा अरुणा शाहीलाई कप्तानको रुपमा पठायो । २१ दिनको थाइल्याण्डको प्रशिक्षण पछि नेपाल फर्किएको भोलिपल्टै नेपाली टिम बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोन खेल्नका लागि गएको थियो । बंगलादेशमा नेपाली टिमले खेलको १५ सेट कुनै पनि गुमाएन भने स्वर्ण पदक जित्दै इतिहास रच्न सफल भयो । सेन्ट्रल जोनमा गरेको प्रदर्शनकै आधारमा सोही टिममा रहेका १२ जना खेलाडीमा अरु २ जना थप गर्दै नेपाली टिम सागका लागि तयार भयो । समूह चरणमा भारतसँग पराजित भएको नेपालले सेमिफाइनलमा श्रीलंकामाथि जित निकाल्दै फेरि भारतसँग फाइनल भिडन्त पक्का गरेको थियो । जसमा नेपालले समूह चरणको बदला लिने माैका थियाे । अहिले सम्म भारतलसँग नेपाली महिला टिमले सेट जित्न पनि हम्मे हम्मे परेका बेला सागमा नेपाली महिला टिमले भारतसँग पहिलाे सेट गुमाए पनि लगतार २ सेट जित्दै उत्कृष्ट लय लिएकाे थियाे । तर चाैथाे र पाँचाै‌ं सेटकाे नतिजाले नेपाल स्वर्ण पदक नजिक पुगेर पनि रजत पदक जित्दै इतिहास भने कायम गर्न सफल भयाे । कप्तान शाहीले कप्तानको रुपमा बंगलादेशमा डेव्यु गर्दै स्वर्ण पदक जिताएर नेपाललाई गुण लगाइसकेकी थिइन् । अब पालो थियो त सागको । बंगलादेशमा स्वर्ण पदक जित्दा नेपाली भलिबललाई नराम्राे भन्नेहरुले सेन्ट्रल जाेनमा भारत थिएन, श्रीलंका थिएन पनि भने । त्यसकाे जवाफ कप्तान अरुणा र उनकाे टिमले नेपाली टिमलाई फाइनलमा पुर्‍याएर दिइसकेका थिए । अहिलेसम्म नेपाली महिला टिम सागमा कास्य पदक मात्रै जित्न सफल भएकाेमा टिम फाइनल पुगेसँगै कम्तिमा रजत पदक पक्का गरेको थियो । फाइनलमा नेपाली टिमलाई कुनै प्रेसर पनि थिएन । कारण थियो नेपालले इतिहास बनाइसकेको र स्वर्ण जित्दा झनै राम्रो हुने अवस्था भएकाले पनि नेपाली खेलाडीहरु विना प्रेसर दिलो ज्यान दिएर खेले । यसको श्रेय कप्तान अरुणा र उनकाे टिमलाई जान्छ । साथै नेपाली टिमकी प्रतिभा माली र सरस्वती चौधरीको जति नै प्रशंसा गरे पनि कम हुन्छ । सरस्वतीले सेन्ट्रल जोनमा घाइते भएकाले त्यतिबेला धेरै खेल खेल्न पाएकी भने होइनन् । तर सागमा उनले आफूलाई निकै नै उत्कृष्ट प्रर्दशन गरिन् । यसैगरी प्रतिभा माली सेन्ट्रल जोनको उत्कृष्ट खेलाडी पनि हुन् । उनको प्रदर्शनले नै नेपाली टिमलाई धेरै सफलता दिलाएको छ । सागमा पनि उनले उत्कृष्ट लय कायम राख्दै हरेक एंगलमा प्वाइन्ट ल्याउन सफल भइन् । कम बोल्ने कप्तान अरुणालाई यो पदकले सधै चिन्ने छ । कारण उनले लगातार २ ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई सफलता दिलएकाेमा । बधाई नेपाली महिला भलिबल टिम तथा कप्तान अरुणालाई ।
2020/08/13 17:30:16
https://www.neplays.com/2019/12/64844/
mC4
खर्बाङमा खरालहरुको पहिलो अधिवेशन : अध्यक्षमा छानिए कृष्ण खराल ! – ebaglung.com २०७३ माघ ९, आईतवार ०७:२९ Top News, अन्य समाचार विमल नेपाली, खर्बाङ, २०७३ माघ ९ । बागलुङ जिल्लाका खरालहरुको प्रथम जिल्ला अधिवेशन खर्वाङमा सम्पन्न भएको छ । अधिवेशनबाट कृष्ण प्रसाद खरालको अध्यक्षतामा १० सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा नगेन्द्र खराल, सचिवमा कमल खराल, सह सचिवमा राधिका खराल, कोषाध्यक्षमा हेमलाल खराल र सदस्यहरुमा रामचन्द्र खराल, देवीराम खराल, दुर्गादत्त खराल, नारायण प्रसाद खराल र होमनाथ खराल रहेका छन् । अधिवेशनले केशव प्रसाद खरालको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समितिको समेत गठन गरेको छ । सल्लाहकार समितिको सदस्यहरुमा विष्णु प्रसाद खराल, शेषकान्त खराल, डिलाराम खराल र टीकाराम खराल रहेका छन् । देशभर छरिएर रहेका खरालवीच एकात्मता निर्माण गर्दै पुख्यौली बंश इतिहास निर्माण गर्ने, कुल धर्म रितिथिति, संस्कृतिको संरक्षण गर्ने उद्देश्यसहित सम्पन्न अधिवेशनमा केन्द्रिय अध्यक्ष गुणाखर खरालको प्रमुख आतिथ्यिता एवम उपाध्यक्ष माधव प्रसाख खरालको विशिष्ट आतिथ्यिता रहेको थियो । कार्यक्रममा राधिका खराल, नगेन्द्र खराल, माधव प्रसाद खराल, गुणाखर खराल, रामचन्द्र खराल, टिकाराम खराल, विष्णु प्रसाख खराल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । अधिवेशन टिकाराम खरालको अध्यक्षता तथा केन्द्रिय सदस्य सागर खरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
2019/12/13 06:17:21
https://www.ebaglung.com/archives/1404
mC4
सभामुखले सहमति तोडेको कांग्रेसको आरोप, बैठक अवरुद्ध « News of Nepal सभामुखले सहमति तोडेको कांग्रेसको आरोप, बैठक अवरुद्ध नेपाल समाचारपत्र, काठमाडौं। सभामुख कृष्णबहादुर महराले सत्तापक्षका सांसदलाई शुरूमै बोल्न समय दिएपछि दोस्रो दिन पनि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। बाँके घटनामा संलग्न दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै आइतबार दुईपटक बसेको बैठक प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरुद्ध गरेको थियो। शीर्ष तहमा बैठक सुचारु गर्ने सहमति भए पनि सोमबार बसेको प्रतिनिधिसभा बैठकमा महराले अवरोधकै बीचमा सत्तापक्षका सांसदलाई बोल्न समय दिएपछि बैठक पुनः अवरुद्ध भएको हो। बैठक शुरू हुनासाथ सभामुखले कांग्रेसकी सचेतक पुष्पा भुसाललाई समय उपलब्ध गराउनुभएको थियो। उहाँले बाँके घटनामा किटानी जाहेरी दिइएका बाँके खजुरा नगरपालिका–१ का वडाध्यक्ष सुमन मल्ललाई पक्राउ गर्न माग गर्नुभयो। भुसालले आफ्नो कुरा नसक्दै नेकपा बाँकेका सांसद नन्दलाल रोकायाले बीचमा उठेर प्रतिवाद गर्नुभएको थियो। सभामुख महराले रोकायालाई रोकेर भुसाललाई बोल्न दिनुपर्ने भए पनि रोकायलाई नै बोल्न दिएपछि कांग्रेसका सांसदहरूले उठेर विरोध जनाएका थिए। सांसद रोकायाले सीतापुर घटनाको वास्तविकता अर्कै भएको भन्दै मल्ललाई कारबाही नहुने बताउनुभयो। उहाँले भन्नुभयो– 'कांग्रेसले आन्दोलन गर्छ भने हामी पनि गर्छौं।' रोकायाको अभिव्यक्तिले कांग्रेस सांसदले अवरोध शुरू गरेका थिए। संसद् बैठकअघि बसेको कार्यव्यवस्था समितिमा दलहरूबीच कांग्रेसले शुरूमा आफ्नो कुरा राख्ने र सभामुखको निर्देशनपछि संसद् सञ्चालन हुने सहमति भएको थियो। तर, सभामुखले उक्त सहमतिविपरीत समय दिएपछि कांग्रेस सांसद आक्रोशित हुँदै बेल घेराउ गर्न पुगेका थिए। कांग्रेसका सांसदले अवरोध गरेपछि सभामुखले असोज १ गते बस्ने गरी बैठक स्थगित गर्नुभएको थियो।
2021/01/26 14:56:24
https://www.newsofnepal.com/2019/09/17/245864/
mC4
2nd July 2017 admin 0 Comment काठमाडौं- नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई सेयर धितोमा राखी 'खुसुक्क' १२ करोड ५० लाख ऋण प्रवाह गरेको विषयमा स्पष्टीकरण सोधेको छ। नबिल बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिल ज्ञवालीले जनता बैंकका तत्कालीन सञ्चालक समिति सदस्यसमेत रहेका गुरु न्यौपानेलाई उनी अध्यक्ष रहेकै अपी पावर कम्पनीको सेयर धितोमा राखी उक्त कर्जा दिएको खुलासा भएपछि केन्द्रीय बैंकले स्पष्टीकरण सोधेको हो। एक बैंकको सञ्चालकले सेयर धितो राखी अर्को बैंकबाट ऋण लिन नपाउने नियम छ। तर, न्यौपानेले घुमाउरो पाराले बैंकको सेयर धितोमा नराखी जलविद्युत् कम्पनीको सेयर धितोमा राखी ऋण लिएका थिए। नबिल बैंकले आर्थिक वर्ष २०७२/७३ मा न्यौपानेलाई उक्त कर्जा उपलब्ध गराएको थियो। बैंकको बाह्य लेखापरीक्षण टोली टिआर उपाध्याय एन्ड कम्पनीले सो ऋणको बारेमा प्रश्न उठाएपछि समस्या बाहिर आएको हो। नबिल बैंकले सेयर धितोमा ऋण दिनुको कारणबारे स्पष्टीकरण सोधिएको राष्ट्रबैंकका कार्यकारी निर्देशक एवं सुपरीवेक्षण विभागका प्रमुख महेश्वरलाल श्रेष्ठले बताए। 'नबिल बैंकले लिखित स्पष्टीकरण दिइसकेको छ,' उनले भने, 'अलि पुरानो केस (मुद्दा) हो। गुरु न्यौपानेले अपी पावर कम्पनीको सेयर धितोमा राखेर ऋण लिएका रहेछन्।' नबिल बैंकले नियमविपरीत यो ऋण प्रवाह गरेको भेटिएको छ। एक बैंकको सञ्चालकले सेयर धितो राखी अर्को बैंकबाट ऋण लिन नपाउने नियम छ। तर, न्यौपानेले घुमाउरो पाराले बैंकको सेयर धितोमा नराखी जलविद्युत् कम्पनीको सेयर धितोमा राखी ऋण लिएका थिए। 'जनता बैंकको सेयर धितोमा राखी ऋण लिँदा केन्द्रीय बैंकको कारबाहीमा परिने डरले पनि जलविद्युत् कम्पनीको सेयर धितोमा राखी घुमाउरो तरिकाले कर्जा लिएका रहेछन्,' राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, 'जलविद्युत् कम्पनीको नियमन राष्ट्र बैंकले नगर्ने भएकाले पनि अर्को बाटो अपनाएका रहेछन्।' नबिल बैंकका तत्कालीन सिइओ ज्ञवालीले पनि आफू केन्द्रीय बैंकको कारबाहीबाट बच्न जलविद्युत् कम्पनीको सेयर धितोमा राखी जनता बैंकका सञ्चालक एवं अपी पावरका अध्यक्षलाई ऋण दिएका थिए। 'बैंकका सञ्चालकले आफू सञ्चालक समितिमा रहेको बैंकबाट कुनै पनि कर्जा लिन पाउँदैन, अर्को बैंकबाट पनि शिक्षा, आवास (१ करोडभन्दा मुनि) को ऋण, अटोलोनबाहेक अन्य शीर्षकमा कर्जा लिन पाइदैन,' राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, 'त्यसबाहेक अन्य कर्जा लिए कानुनअनुसार कारबाही हुन्छ।' यता न्यौपानेले भने उक्त ऋणबारे अनभिज्ञता प्रकट गरे। 'नबिल बैंकबाट त्यसरी ऋण लिएको छैन,' उनले नागरिकसँग भने। बैंक तथा वित्तीय संस्था ऐन (बाफिया) अनुसार पनि कुनै बैंक तथा वित्तीय संस्थाका पदाधिकारीले अर्को बैंकबाट ऋण लिन पाइँदैन। यसरी ऋण लिने न्यौपानेमात्र होइनन्, पछिल्लो समयमा अन्य बैंक सञ्चालकले पनि सेयर धितो वा अन्य कुनै माध्यबाट कर्जा लिने गरेको पाइन्छ। पछिल्लो समय नेपाल राष्ट्र बैंकले बैंकका संस्थापकले हकप्रद सेयरको आवेदन भर्न ठूलो मात्रामा अर्को बैंकबाट ऋण लिएका कारण बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) अभाव भएको आशंका गरेको छ। बैंक संस्थापकले कुनै न कुनै तरिकाले अर्को बैंकबाट ऋण लिएर हकप्रद सेयर भरेको राष्ट्र बैंकको भनाइ छ। वाणिज्य बैंकहरुले छोटो समयमै तीन गुणाभन्दा बढी पुँजी बढाउनुपर्ने नियम केन्द्रीय बैंकले ल्याएपछि बैंकहरुले हकप्रद सेयरलाई पुँजी वृद्धिको उपाय बनाए। त्यही मेसोमा सर्वसाधारण लगानीकर्तासँगै संस्थापकले पनि हकप्रद सेयर किन्न बैंकबाट ऋण लिन थालेका कारण लगानीयोग्य पुँजीको अभाव देखिएको हो। राष्ट्रबैंकले २०७२ सालको मौ›िक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाले पुँजी वृद्धि गर्नुपर्ने नीति ल्याएको थियो। सो नीतिअनुसार वाणिज्य बैंकहरुले दुई अर्ब रहेको चुक्ता पुँजी बढाएर आठ अर्ब रुपैयाँ पुर्‍याउनुपर्ने व्यवस्था भयो। यसका लागि निष्कासित हकप्रद सेयरमा लगानी गर्न कुनै न कुनै तरिकाले अन्य बैंकबाट ऋण लिएका कारण लगानीयोग्य पुँजी अभाव भएको राष्ट्रबैंकका एक उच्च कर्मचारीले बताए। 'बैंक सञ्चालकले करोडौं रुपैयाँ खातामा राखेर बसेका हुँदैनन्, कुनै न कुनै तरिकाले बैंकबाट ऋण लिएकै कारण यस्तो अवस्था आएको हो,' उनले भने, 'बैंक सञ्चालकले करोडौंको हकप्रद सेयर भर्न कहाँबाट पैसा ल्याए? सजिलै अनुमान गर्न सकिन्छ, उनीहरुले आफ्नो बैंकबाट ऋण लिन नपाए पनि अर्को कुनै बैंकबाट लिए। त्यसैले गर्दा तरलता अभाव भयो।
2018/10/16 02:01:27
https://khabarnews.000webhostapp.com/archives/98
mC4
डलरको भाउ अहिलेसम्मकै महँगो::समायोजन खबर डलरको भाउ झनै महंगो भएको छ । आज १ डलरको नेपाली बजार भाउ १ सय १४ रुपैयाँ ८४ पैसा पुगेको छ । नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिद दर १ सय १४ रुपैयाँ २४ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ८४ रुपैयाँ तोकेको छ । डलरको भाउ बढ्दा नेपाललाई रेमिट्यान्स, पर्यटन र वस्तु निकासी लगायतका केही क्षेत्रमा फाइदा भए पनि घाटा धेरै हुने अर्थविद्हरुको भनाई छ । डलर महँगो हुँदा नेपालले विकास निर्माणका लागि ल्याउने विदेशी सामग्रीको भाउ बढ्न सक्ने डर छ । त्यस्तै भारतीय मुद्रा बाहेक अन्य मुद्रा किनिने सामग्रीको भाउ पनि बढ्न सक्छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशन नरबहादुर थापाका अनुसार डलरको भाउ बढ्दा सबैभन्दा ठूलो असर पेट्रोलियम पदार्थमा पर्ने गरेको छ । उज्यालो
2019/08/19 00:44:43
http://www.samayojankhabar.com/2018/09/05/10454/
mC4
राष्ट्र बैंकले बनायो १४ दिनको साता – BikashNews राष्ट्र बैंकले बनायो १४ दिनको साता २०७२ वैशाख २८ गते १२:५३ विकासन्युज २८ बैशाख । सामान्यता ७ दिनलाई एक साता मान्ने गरिए पनि नेपाल राष्ट्र बैंकले भने १४ दिनलाई एक साता बनाएको छ । विनासकारी भूकम्पको कारण सवै क्षेत्रमा नकारात्मक प्रभाव परेपछि बैंक तथा वित्तीय संस्थालाई राहत दिन राष्ट्र बैंकले १४ दिनको साता बनाएको हो । राष्ट्र बैंकले सवै बैंक तथा वित्तीय संस्थाहरुलाई निश्चित प्रतिशत रकम अनिवार्य रुपमा नगदै राख्नुपर्ने ब्यवस्था गरेको छ । चालु आर्थिक बर्षको मौद्रिक नीति अनुसार बाणिज्य बैंकहरुले ६ प्रतिशत, विकास बैंकहरुले ५ प्रतिशत र फाइनान्स कम्पनीहरुले ४ प्रतिशत रकम अनिवार्य नगद मौज्दात राख्नु पर्छ । यस्तो रकमको गणना साप्ताहिक रुपमा हुने गर्छ । तर १२ बैशाखमा आएको विनासकारी भूकम्पको कारण सवै क्षेत्र प्रभावित भएकोले यस्तो गणनाको अवधि १४ दिनको भनाइएको हो । राष्ट्र बैंकले २७ बैशाखमा परिपत्र गर्दै १३ बैशाखदेखि २६ बैशाखसम्मलाई एक साता मान्ने ब्यवस्था गरिएको जानकारी दिएको छ । 'भूकम्पका कारणले गर्दा अनिवार्य मौज्दात गणना गर्ने प्रयोजनका लागि मिति २०७२ बैशाख १३ गते देखि २०७२ बैशाख २६ गतेसम्मको अवधिलाई हप्ता कायम गरिएको छ,' राष्ट्र बैंकको परिपत्रमा उल्लेख गरिएको छ ।
2020/07/11 11:13:14
https://www.bikashnews.com/2015/05/11/9713.html
mC4
गायिका सुनितामी परियारको नयाँ तीज गीत सार्वजनिक गरिएको छ । मौलिक तीज गीत ‘पिया राजै’मा सुनितामीको स्वरसँगै संगीत रहेको छ भने गीतमा तेजु सनमको शब्द रहेको छ । मौसम हिमालीको निर्देशन एवम् कोरियोग्राफीमा तयार पारिएको उक्त गितको भिडियोमा अञ्जली अधिकारि, सुनितामी परियार र तेजु सुनामको अभिनय तथा नृत्य रहेको छ । नवराज उप्रेतिले छांयाकन गरेको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका हुन् । गीतलाई लिएर गायिका सुनितामी उत्साहित बनेकी छिन् । सार्वजनिक भएको तीनदिनमै सकारात्मक प्रतिक्रिया आइरहेको गायिका सुनितामीको भनाई छ । उनले मौलिक तीज गीतलाई फोकस गरेको र जतिले हेरे त्यतिबाट राम्रो प्रतिक्रिया पाइरहेको बताइन् ।
2022-12-07T01:16:03Z
https://artistkhabar.com/music/11751
OSCAR-2301
चनैराज माविको ३० औं बार्षिकोत्सव सम्पन्न – SidhaRekha चनैराज माविको ३० औं बार्षिकोत्सव सम्पन्न २०७३ माघ २३, आईतवार १९:४३ February 5, 2017 बैतडी, २३ माघ । बैतडीको श्रीकोट गाविस वडा नं ७ मा रहेको चनैराज मावि श्रीकोटको ३० औं बार्षिकोत्सव कार्यक्रम शनिबार विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम भट्टको अध्यक्षतामा सम्पन्न भएको बार्षिकोत्सव समारोहमा पूर्वसभाषद नरेन्द्र कुवर प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका रमेश कोली, एमालेका देवराज जोशी, नेकपा माओवादी केन्द्रका नवराज भटट्, श्रोत व्यक्ति हरि नाथ बिशिष्ट अतिथी रहनु भएको थियो । बार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यपाक कैलाश कुमार भट्टले ३९ लाख ३३ हजार ५५ बराबरको आय-व्यय विवरण प्रस्तुत गर्नुभएको थियो । साथै उहाँले विद्यालय शैक्षिक, भौतिक प्रतिवेदन पेश गर्नुभएको थियो । बार्षिकोत्सव समरोहमा विद्यालय सञ्चालनमा सहयोग गर्ने विभिन्न संघसंस्था तथा महानुभावहरुलाई दोसल्ला र प्रमाण पत्र सहित सम्मान गरिएको छ । यसका साथै विद्यालयका उत्कृष्ट छात्राछात्रहरुलाई पनि पुरस्कार वितरण गरिएको छ । यस्तै बार्षिकोत्सवको अवसरमा आयोजना गरिएको विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई पनि पुरस्कृत गरिएको विद्यालयले जनाएको छ । चनैराज माविमा गएको शैक्षिक सत्र देखि कृषि जेटिएको पढाई भइरहेको छ भने चालु शैक्षिक सत्रदेखि आइ एसी एजीको पनि पढाई शुरु भएको छ । विद्यालयमा २६९ विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जनाएको छ । दुर्गम क्षेत्रका विद्यार्थीहरुको प्राविधिक शिक्षामा पहुँच पुर्याउनका लागि विद्यालयमा कृषि जेटिए र आइएस्सी एजीको पढाई शुरु गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम भट्टले जानकारी दिनुुभयो ।
2018/05/27 13:21:44
http://sidharekha.com/2017/02/%E0%A4%9A%E0%A4%A8%E0%A5%88%E0%A4%B0%E0%A4%BE%E0%A4%9C-%E0%A4%AE%E0%A4%BE%E0%A4%B5%E0%A4%BF%E0%A4%95%E0%A5%8B-%E0%A5%A9%E0%A5%A6-%E0%A4%94%E0%A4%82-%E0%A4%AC%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%B7/
mC4
प्रधानन्यायाधीशविरूद्ध मार्चपास हुँदै | दर्पण दैनिक प्रधानन्यायाधीशविरूद्ध मार्चपास हुँदै प्रकाशित मिति: २०७८ मंसिर ९ गते ०९:२० काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको बिरोधमा आज सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास हुने भएको छ । नेपाल बार एशोसिएशनलगायत विभिन्न संघसंस्थाले संयुक्त रुपमा मार्चपास गर्न लागेका हुन् । नेपाल बार एशोेसिएशन, बृहत् नागरिक आन्दोलन, नेपाल पत्रकार महासंघ, नेपाल शिक्षक महासंघ, नेपाल ईन्जिनियर्स एसोसिएसन, नेपाल जनस्वास्थ्य संघ र नेपाल आदिवासी जनजाति महासंघले प्रधानन्यायाधीश राणालाई पदमुक्त गर्न माग गर्दै मार्चपास गर्ने भएका हुन् । प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोग लगाउन र उनको सम्पत्ति छानविन गर्न माग गर्दै सर्वोच्च अदालतबाट दिउँसो २ बजे सुरू हुने न्याय मार्चपास वालुवाटार पुगेर सकिने जनाइएको छ । मार्चपासमा सहभागी हुने बारसहितका पेशागत संघसंस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै आह्वान गरेका छन् । देशमा न्याय शून्यताको अवस्था सिर्जना भएको भन्दै विज्ञप्तिमा प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोग लगाउन र सम्पत्ति छानविन गर्न माग गरिएको छ । नेपाल बारले यसअघि सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर राणाविरुद्ध महाअभियोग लगाउनभन्दै त्यसका लागि आधारसमेत दिएको थियो ।
2021/12/02 15:37:10
https://darpandainik.com/2021/11/23263
mC4
उपत्यकाका जिल्ला प्रशासनले बन्द गरे अत्यावश्यक बाहेकका सेवा, न्यूरोड, जमल लगायतका क्षेत्र सिल Friday, 7 Aug, 2020 3:48 PM २३ साउन काठमाडौ । उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेका छन्। तीन जिल्लाका कोरोना संकट व्यवस्थापन जिल्ला समितिको शुक्रबार बसेको संयुक्त बैठकले जोखिम बढेको भन्दै नियमित काम बन्द गर्ने निर्णय गरेको हो। यस्तै बैठकले सरकारले लागू गरेको सवारी साधानमा जोर–बिजोर तथा हिँड्डुललाई थप कडाइका साथ कार्यन्वयन गर्ने निर्णय गरेको छ। जिल्ला समन्वयन समिति काठमाडौंमा भएको संयुक्त छलफलले निजी क्षेत्र तथा अन्य कार्यालयलाई पनि भीडभाड र चहल पहल कम हुने गरी काम सञ्चालन गर्न आग्रह गरेको छ। योसँगै निजी क्षेत्र तथा कार्यालय पनि आफ्नो कार्यालयको अत्यावश्यक बाहेक सेवा सञ्चालन नगर्ने निर्णय गर्न सक्ने भएका छन्। यसको निर्णय गर्ने जिम्मा सम्बन्धित कार्यालयलाई नै दिइएको छ। सरकारले उपत्यकामा सवारी साधानमा जोररबिजोर प्रणाली लागू गरेको छ। यस्तै राति ९ बजे पछि बिहान ५ बजेसम्म हिँड्डुल तथा सवारी साधान सञ्चालन गर्न पनि बन्द गरेको छ। अत्यावश्यक कामका लागि भने जुनसुकै बेला आवातजावत गर्न पाइने छ । यस्तै न्यूरोज, जमल र महाबौद्ध तथा टेकु क्षेत्रलाई सिल गरिने भएको छ ।
2020/09/21 09:04:18
https://www.newssewa.com/content/banda-29.html
mC4
काठमाडौं, ७ पुस । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ घटेको छ । मंगलबार छापावाल सुनको मूल्य ९४ हजार ९ रुपैयाँ तोकिएको छ। सोमबार छापावाल सुन प्रतितोला ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेको छ। सोमबार १३ सय २० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य मंगलबारका लागि १३ सय १५ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
2022-11-28T19:53:21Z
https://arthakoartha.com/archives/39884
OSCAR-2301
राजपाका उछृंखल कार्यकर्ताहरुले ढुङ्गा हान्दैमा जनकपुरको एमालेको सभा रोकिएन, भब्य सम्पन्न « Postpati – News For All राजपाका उछृंखल कार्यकर्ताहरुले ढुङ्गा हान्दैमा जनकपुरको एमालेको सभा रोकिएन, भब्य सम्पन्न पोष्टपाटी/जनकपुर। मंगलबार जनकपुरमा आयोजित नेकपा एमालेको २ नम्बर प्रदेश स्तरीय मोर्चा संगठनको कार्यक्रमका क्रममा झडप भएपनि कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ । यसरी ढुंगाका वर्षाको बेवास्ता गर्दै कार्यक्रम सम्पन्न गरेरै छाड्यो एमालेले ! एमालेको सो कार्यक्रममा वरिष्ठ नेता माधव नेपाल, एमाले सचिव गोकर्ण विष्ट लगायतका युवा नेताहरु समेत सहभागी रहेका बेला राजपाका कार्यकर्ताले कालो झण्डा देखाउन खोज्दा प्रहरीसँग झडप भएको थियो । तर केही क्षणपछि एमालेले कार्यक्रम सञ्चालन गरेर अहिले भव्यरुपमा सम्पन्न भएको खबर प्राप्त भएको छ । एमाले निकट युवा संघका अध्यक्ष राजिव पहारीले राजपाका आठ दश जना कार्यकर्ताले कार्यक्रम स्थलमा ढुंगा हान्दैमा र दुई–चारवटा कालो झण्डा प्रदर्शन गर्दैमा असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा एमालेको विजय यात्रालाई कसैले रोक्न नसक्ने जनाएका छन् । उनले जनकपुरमा मंगलबार आयोजित भव्य कार्यक्रमका तस्वीरहरु आफ्नो फेसबुकमार्फत सार्वजनिक गर्दै राजपाका कार्यकर्ताहरुको यस्तै रवैया जारी रहे युवा संघ नेपाल पनि टाउकोमा कफन बाँधेर मैदानमा उत्रिने समेत चेतावनी दिएका छन् । एमालेले कार्यक्रममा सञ्चालन गरिरहँदा राजपाका कार्यकर्ताले बाहिरबाट ढुंगा प्रहार गरिरहेका थिए । त्यहीबीचमा एमालेका बरिष्ठ नेता माधव नेपालले सम्बोधन गरेका थिए । राजपाले कार्यक्रम विथोल्न खोजेपनि एमालेले भव्यरुपमा कार्यक्रम सम्पन्न गरेको थियो ।
2021/05/08 14:07:43
https://postpati.com/2017/29/08/2499
mC4
चितवन, २९ असारः त्रिभुवन विश्वविद्यालयले रामपुरमा इञ्जिनीयरिङ क्याम्पस सञ्चालन गर्ने भएको छ । हाल कृषि तथा वन विज्ञान विश्वविद्यालय रहेको उक्त क्याम्पस सञ्चालन गर्न लागिएको हो । उक्त विश्वविद्यालयको इञ्जिनीयरिङ सङ्कायको यो पाँचौँ आङ्गिक क्याम्पस हो । विश्वविद्यालयका इञ्जिनीयरिङ सङ्कायका डिन प्रा रामचन्द्र सापकोटाले अन्य क्याम्पससँगै प्रस्तावित क्याम्पसका रुपमा रहेको चितवन इञ्जिनीयरिङ क्याम्पसको नाम राखेर प्रवेश परीक्षाको सूचना प्रकाशित गरिएको जानकारी दिनुभयो । उक्त विश्वविद्यालयले कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई उपलब्ध गराएर बाँकी रहेको ४० बिघा जमीनमा इञ्जिनीयरिङ क्याम्पस सञ्चालन गर्न लागेको हो । सो स्थानमा रहेको त्रिविको कृषि क्याम्पस हटेपछि इञ्जिनीयरिङ क्याम्पस सञ्चालन गरिने छ । सापकोटाका अनुसार रामपुरमा उक्त क्याम्पस सञ्चालनका लागि विश्वविद्यालयको कार्यकारी परिषद् र मन्त्रिपरिषद्ले निर्णय गरिसके पनि भौतिक संरचना बनिनसकेका कारण समयमै बजेट निकासा नभए यसै शैक्षिकसत्रबाट क्याम्पस सञ्चालन गर्न कठिन हुनेछ । कम्तीमा एउटा कार्यक्रम भए पनि यसै शैक्षिकसत्रबाट सञ्चालन गर्ने तयारी विश्वविद्यालयले गरेको छ । विश्वविद्यालयले रामपुरका लागि विश्वविद्यालय अनुदान आयोगमार्फत सरकारसँग पहिलो चरणका लागि तत्काल रु १५ करोड माग गरेको र यसै शैक्षिकसत्रको पढाई मङ्सिर १ गतेदेखि गर्ने तयारी गरिरहेको छ । यो समयमा एउटा कार्यक्रम सञ्चालनका लागि आवश्यक पूर्वाधार बनाउनुपर्ने भएकाले तत्काल सरकारले बजेट उपलब्ध गराएमा सम्भव हुने भन्दै प्रवेश परीक्षाको सूचनामै प्रस्तावित क्याम्पसको नाम राखिएको हो । रामपुरमा सात वटा कार्यक्रम सञ्चालन गर्ने तयारी विश्वविद्यालयको भएको उहाँले जानकारी दिनुभयो । सम्पूर्ण कार्यक्रम सञ्चालन गर्न १९१ प्राध्यापक र १२८ कर्मचारी आवश्यक पर्ने, काठमाडौँको पुल्चोक र पोखरामा रहेका इञ्जिनीयरिङ क्याम्पस जस्तै व्यवस्थित क्याम्पस रामपुरमा पनि निर्माण गर्न लागिएकाले रु १६ अर्ब हाराहारी खर्च लाग्ने विश्वविद्यालयको अनुमान छ । रामपुरमा क्याम्पस सञ्चालनका लागि भरतपुर महानगरपालिकाले आवश्यक सहयोग गर्ने जनाउँदै आएको छ । महानगरप्रमुख रेनु दाहालले आवश्यक बजेटका लागि सरकारसँग पहल गर्ने र नपुग केही बजेट आवश्यक भएमा महानगरले पनि सहयोग गर्ने बताउनुभयो । रामपुरमा त्रिभुवन विश्वविद्यालयको इञ्जिनीयरिङ क्याम्पस सञ्चालनका लागि आफू महानगरप्रमुख भएदेखि नै पहल गर्दै आएको जानकारी दिँदै उहाँले यसै शैक्षिकसत्रबाट कक्षा सञ्चालनका लागि आवश्यक पहल र सहयोग गरिने जानकारी दिनुभयो । विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थ खनियाँ चितवनवासी हुनुहुन्छ । कार्यकाल सकिनै लाग्दा रामपुरमा इञ्जिनीयरिङ क्याम्पस शुरु गर्ने धोको आफूमा रहेको खनियाँले बताउँदै आउनुभएको छ । इञ्जिनीयरिङतर्फ त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन पाएका १० निजी क्याम्पस छन् । विश्वविद्यालयले यसै वर्ष केमिकल इञ्जिनीयरिङ विषयसमेत पढाउने तयारी गरेको छ । योसँगै इञ्जिनीयरिङ सङ्कायमा १२ विषयको पढाई हुने भएको छ । विद्यार्थीको पहिलो रोजाइमा त्रिभुवन विश्वविद्यालयको आङ्गिक इञ्जिनीयरिङ क्याम्पस पर्ने गर्दछ । (रासस) दैनिक नेपाल न्युज व्यवस्थापक अघिल्लो समाचार सङ्खुवासभाको मकालु गापामा ५० घर पहिरोको उच्च जोखिममा अर्को समाचार डोल्पाको पहिरोमा बेपत्ता ९ जना अझै भेटिएनन्, दुईको शव फेला चर्चामा १ विष्टले खिंचेका सात तस्वीर अन्तरराष्ट्रिय छनोटमा २ हेर्नुस कति धेरै दयालु बने समाजसेवी कुमार राइ, २० लाख खर्च गरेर गरिब दुखिका लागि बनाए यति राम्रो घर (भिडियो सहित) ३ आध्यात्मिक पुस्तकको माग बढ्दो, गीता प्रेस चार घण्टा खुला ४ एकाबिहानै रुपन्देहीमा ४ जनाको विभत्स हत्या ५ कोरोनाबाट मृत्यु भएकाको शव गाड्न लाग्दा पोखरामा झडप, प्रहरीको लाठीचार्ज (भिडियो) ६ जिब्रोले निधार छुने मोरङका यज्ञ बहादुर, गिनिज वर्ल्ड रेकर्डमा नाम लेख्न चाहान्छन् (भिडियो) सम्बन्धित समाचार समाचार दुःख भुलाउने हिजोको तीज पोखरा, २४ भदौ: “ओहो ! तीज आउनुभन्दा महिना दिन अघिदेखि माइत जाने हुटहुटी हुन्थ्यो । माइतीबाट लिन को आउनुहोला भनेर मनमा बेग्लै उत्साह हुन्थ्यो । घरको काम पनि कति छिटो–छिटो [...] ३ महिना अगाडि समाचार उदयपुरमा भिरबाट लडेर युवकको मृत्यु उदयपुर, २८ साउनः उदयपुरको रौतामाई गाउँपालिका–८ पुवाँरेभञ्ज्याङको भिरबाट लडेर गए राति एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतामाई गाउँपालिका–८ डिल्लीबरगाउँका ३० वर्षीय चन्द्रबहादुर रिखाम मगर रहेको जिल्ला प्रहरी [...] ४ महिना अगाडि समाचार उपत्यकामा ‘नो हर्न’ अभियानलाई प्रभावकारी बनाइँदै काठमाडौँ, २६ साउन: उपत्यकामा ‘नो हर्न’ अभियानलाई थप प्रभावकारी बनाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘नो हर्न’ अभियान प्रभावकारी बनाउन आजदेखि स्टिकर टाँस्न थालेको छ । उपत्यकामा २०७४ [...] ४ महिना अगाडि समाचार धरमघरमा पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध बैतडी, २६ साउन: लगातारको वर्षाका कारण महाकाली राजमार्ग अवरुद्ध बनेको छ । राजमार्गअन्तर्गत बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको धरमघरमा पहिरो खस्दा आवतजावत बन्द भएको हो । आज बिहानै सडकमाथिबाट खसेको पहिरोले राजमार्ग [...] ४ महिना अगाडि समाचार ३१ हजारकेजी हरियो केराउ बरामद परासी, १४ साउनः नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रहरीले ठूलो परिमाणमा हरियो केराउ बरामद गरेको छ । नेपालबाट भारततर्फ तस्करी हुँदै गरेका अवस्थामा जिल्लाको सीमावर्ती क्षेत्रबाट प्रहरीले ३१ हजारकेजी केराउ नियन्त्रणमा [...] ४ महिना अगाडि समाचार गुल्मीमा जीप दुर्घटना, तीनको मृत्यु, सात घाइते गुल्मी, १३ साउनः गुल्मीमा आज भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बिहान चन्द्रकोट गाउँपालिका अन्तर्गत शान्तिपुरबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ४५५९ नम्बरको जीप मुसिकोट [...]
2021-12-01T01:21:23Z
https://www.dainiknepalnews.com/6369
OSCAR-2201
प्रदेश सांसद चौधरीको सरकारी गाडीमा एमालेको झण्डा, स्थानीयले लिए नियन्त्रणमा धनगढी। नेकपा एमालेका एवम् सुदूरपश्चिम प्रदेश सांसद नेपालु चौधरीले चढ्दै आएको सरकारी गाडी स्थानीयले नियन्त्रणमा लिएका छन् । निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै सरकारी गाडीमा एमालेको झण्डा गाडेको भन्दै धनगढी-१९ मा नेपाली काँग्रेसका युवाहरूले नियन्त्रणमा लिएका हुन् । प्रदेश सांसद चौधरी आफै सवार रहेको से१झ ३०७ नम्बरको गाडी धनगढी उपमहानगरपालिका १९ जे गाउँबाट शनिबार राति करिब ९ बजेको समयमा नियन्त्रणमा लिई युवाहरूले प्रहरीलाई बुझाएका छन् । उक्त गाडी बहुलिया प्रहरी चौकीमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए। जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी नायव उपरीक्षक वेदप्रकाश चौधरीका अनुसार सो गाडी बहुलिया प्रहरी चौकीमा राखिएको छ । साथै घटनाबारे थप अनुसन्धानको काम जारी रहेको उनको भनाइ छ। सांसद चौधरी प्रदेश सभाको विधायन तथा प्रदेश मामिला समितिका सभापति हुन् । समितिको सभापति भएपछि उनले गाडी सुविधा पाएका थिए ।
2022/06/27 18:46:14
https://www.state7online.com/archives/49726
mC4
कुल आचार्यले फाइनल गरे आफ्नो टिम, महेश श्रेष्ठ पनि आचार्यको टिममा - HimalayaMail.com कुल आचार्यले फाइनल गरे आफ्नो टिम, महेश श्रेष्ठ पनि आचार्यको टिममा BY: Jagan Karki In Uncategorized काठमाडौँ — गैर आवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय अध्यक्ष पदका प्रत्यासी कुल आचार्यले आफ्नो टिमलाई अन्तिम रुप दिएका छन्। आचार्य निकट सूत्रका अनुसार उनको टिममा मन केसी, जानकी गुरुङ, डा. केशब पौडेल, डीबी क्षेत्री, महेश श्रेष्ठ, किरण विक्रम थापा, त्रिलोक गुरुङ र सोम सापकोटा रहने टुंगो लागेको छ। एनआरएन बेल्जियमका निवर्तमान अध्यक्ष लोक दाहालको पनि आचार्यलाई नै सहयोग हुने सूत्रको दावी छ। "उहांहरु कुन पदमा लड्ने भन्ने पनि मोटामोटी सहमति बनेको छ, यसको घोषणा छिट्टै हुनेछ," सूत्रले भने। यस अघि जापानस्थित एकजना सफल व्यवसायी महेश श्रेष्ठ अध्यक्ष पदका अर्का प्रत्यासी कुमार पन्तको टिमबाट कोषाध्यक्षको पदमाचुनाव लड्ने भनेर चर्चा चलेको थियो। तर कुल आचार्यको टिमबाट चुनाव लड्ने श्रेष्ठको निर्णय पन्तको टिमका लागि एक धक्का भएको जानकारहरु बताउंछन् । आचार्यलाई महासचिवको छनोट गर्न केही गार्हो हुने देखिएको छ । जानकी गुरुङ, डा केशब पौडेल र डीबी क्षेत्री तीनै जना महासचिव पदका प्रत्यासी ठानिएको छ। तर ती तीनजना मध्ये एकजना महासचिब र अन्य दुइ जना अन्य पदमा जान सक्ने बताइएको छ । एनआरएन अस्ट्रेलियाका पूर्व अध्यक्ष तथा एनआरएनएका पूर्व प्रवक्ता मन केसीले यस अघि नै कुल आचार्यको टिमबाट उपाध्यक्षको उम्मेदवारी दिने बताइसकेका छन् ।
2020/04/03 05:00:53
https://himalayamail.com/14955.html
mC4
पालुङ्गटारको मेयरमा दिपक कडेलको जीत सुनिश्चित » खबरहरुको एउटै केन्द्र पालुङ्गटारको मेयरमा दिपक कडेलको जीत सुनिश्चित बिहीबार, बैशाख २८, २०७४ १२:४३ मा प्रकाशित ! पालुङ्गटार, २८ बैशाख । कुनै समय माओबादीले आफ्नो किल्ला मानेर बिस्तारित बैठकसमेत राखेको पालुङ्गटारमा कांग्रेसको पल्ला भारी देखिएको छ । १९ बर्षपछि हुनलागेको स्थानीय निर्वाचनमा गोरखाको पालुङ्गटार कांग्रेसमय देखिएको हो । पालुङ्गटार नगरपालिकामा नेकपा माओबादी केन्द्रको भोट बाबूराम भट्टराई नेतृत्वको नया शक्ति पार्टीमा बाडिने भएपछि पालुङ्गटारमा नेपाली कांग्रेसको जीत निश्चितप्राय देखिन्छ । नेपाली कांग्रसको तर्फबाट मेयरका उमेदवार दीपक कड़ेल जनप्रिय नेता भएकोले पनि पालुङ्गटारको माहौल कांग्रेसको पक्षमा पुगेको हो । पालुङ्गटार नगर बिकास समितिको सभापतिसमेत रहेका कड़ेल नगरको भौतिक पूर्वाधार निर्माणमा असाध्यै लागिपरेका नेता हुन । पेशाले इंजिनियरसमेत रहेका कड़ेलले पालुङ्गटार लाई स्मार्ट सिटी बनाउने उद्घोष गरेपछि मतदाताहरु उत्साहित देखिन्छन । युवादेखि जेष्ठ नागरिकसमेत कांग्रेसको पक्षमा देखिएपछि कांग्रेस नै किन ? भन्ने गोरखा न्यूज एक्सप्रेसको सवालमा अधिकांशले कांग्रेसको उमेद्वारको बौध्दिक ब्यक्तित्वलाई कारण बताउँदै भने, " भाषण गर्न त सबै नेताले जानेका हुन्छन , काम गर्न जान्दछन की जान्दैनन त्यों हेर्ने हो । दीपक कड़ेल काम गर्न सक्ने क्षमतावान प्राविधिक नेता भएकोले यसपटक उनलाई जिताइन्छ ।" कड़ेलले ' हाम्रो पालुङ्गटार, राम्रो पालुङ्गटार' बनाउने भन्दै त्यसको मार्गचित्रसमेत प्रस्तुत गरेका छन । उनले भ्रष्टाचारमुक्त नगर बनाउने बताउँदै शान्ति र सुशासनसहित आर्थिक समृध्दिमा पाइला चाल्ने पालुङ्गटारमा आफ्नो भरपूर श्रम र शीप प्रयोग गर्ने प्रतिबध्दता ब्यक्त गरेका छन । शिक्षा, स्वास्थ्य, आवास र रोजगारमा जनताको मौलिक अधिकार स्थापित गरिने बताउँदै कड़ेलले परम्परागत शीपयुक्त बर्ग, किसान , मजदुर लगायत सबै गरीखाने जनताको लागि बिशेष कार्यक्रम ल्याइने दावी गर्दै उद्योगी, ब्यापारी र व्यवसायीको लगानीको शुरक्षा गर्दै स्थानीय श्रोत र साधनको भरपूर उपयोग गर्न सरकारीस्तरमा जनसहभागीतामा उद्योग संचालन गर्ने समेत जिकिर गरेका छन । पालुङ्गटारमा चुनावी गतिबिधि हेर्दा कांग्रेस कार्यकर्ताहरुमा जीतको उत्साह देखिन्छ जून तुलनात्मकरुपमा अरु पार्टीहरुको कार्यकर्ताहरुमा पाइएको छैन । घरदैलो कार्यक्रम र र्यालीहरुमा ब्यापक जनसहभागिता हेर्दा चुनावमा कांग्रेसको जीतलाई रोक्न अन्य दलहरु असमर्थ हुने देखिएको छ । मेयर बन्नू भयो भने के गर्नुहुन्छ एक बाक्यमा बताइदिनुस न भन्ने हाम्रो सवालमा कड़ेलले भने, " गोरखा र पालुङ्गटारको पहिचानलाई राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा स्थापित गर्दै गर्वका साथ सुबिधासम्पन्न र समृध्द पालुङ्गटार नगरवासी हु भन्ने अवस्था सृजना गर्न दिलोज्यानले लाग्नेछु । "
2022/01/22 19:55:08
https://www.khabarkendra.com/2017/05/10478/
mC4
ल्याउन लागेको सूचना प्रविधि ऐनमा के छ ? « ABC NEWS NEPAL | No.1 News channel of Nepal ल्याउन लागेको सूचना प्रविधि ऐनमा के छ ? काठमाडौँ, ४ वैशाख । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधिलाई खुला, पारदर्शी, व्यवस्थित र विकसित गर्न सूचना प्रविधि ऐन ल्याउन लागेको बताउनुभएको छ । उहाँले भन्नुभयो, "सूचना प्राविधिले बरदान र बर्बादी दुवै निम्त्याउँदै छ, बर्बादीलाई नियन्त्रण र बरदानलाई सुरक्षित गर्नु प्रस्तावित नयाँ ऐनको ध्येय हो ।" सूचना प्रविधि विभागद्वारा तयार पारिएको प्रस्तावित नयाँ सूचना प्रविधि ऐनको मस्यौदाबारे आज मन्त्रालयमा आयोजित राय तथा सुझाव कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री बास्कोटाले सूचना प्रविधि व्यवसायलाई प्रस्तावित ऐनले थप बलियो बनाउन मद्दत गर्ने बताउनुभयो । "सूचना प्रविधि दैनिक जीवनमा नभई नहुने दाल, भात, तरकारी जस्तै भएको छ, यसयसमा सबैको पहुँच बढाउन सरकारले उच्च प्राथमिकता दिएको छ, यसैले ऐन ल्याउन लागिएको हो" उहाँले भन्नुभयो । सरकारका प्रवक्तासमेत रहनुभएका राज्यमन्त्री बाँस्कोटाले सूचना प्रविधिको नाममा राष्ट्रिय सुरक्षा र व्यक्तिगत अधिकारमाथि आँच आउनेगरी व्यवसाय गर्न कसैलाई छुट नभएको स्पष्ट पार्दै ती दुई विषयलाई मानवाधिकारसित तुलना गर्न सकिँदैन भन्नुभयो । मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले सूचना प्रविधिको विकासका साथै आर्थिक समृद्धि हासिल गर्न ऐन ल्याउन लागिएको जानकारी दिँदै यसले सूचना प्रविधिलाई जनताका हातहातमा पु-याउन सहयोगसमेत गर्ने विश्वास व्यक्त गर्नुभयो । प्रस्तावित ऐनमा के छ ? विद्युतीय प्रणालीमा रहेको व्यक्ति तथा संस्थाको पहिचान चोरी गरेमा, सूचना प्रविधि प्रणालीमा अनधिकृत रुपले पहुँच तथा हानि पु¥याएमा, कम्प्युटरको स्रोत चोरी भएमा, साइवर आतंक गरेमा, अनुमति नलिई डाटा केन्द्र÷क्लाउड सञ्चालन गरेमा सजाय गर्न सकिनेसमेत ऐनको मस्यौदामा उल्लेख छ ।
2022/01/23 08:38:33
https://www.abcnepal.tv/posts/32520
mC4
गुल्मीमा पनि निजामति सेवा दिवस मनाइयो, खेलकुद देखि सम्मान सम्म – Gulminews Home/जिल्ला समाचार/गुल्मीमा पनि निजामति सेवा दिवस मनाइयो, खेलकुद देखि सम्मान सम्म गुल्मीमा पनि निजामति सेवा दिवस मनाइयो, खेलकुद देखि सम्मान सम्म गुल्मीन्युज Follow on Twitter Send an email २०७६ भाद्र २३, सोमबार ००:३० मा प्रकाशित गुल्मी, २२ भदौ । गुल्मीका विभिन्न कार्यक्रम गरेर निजामति सेवा दिवस मनाइएको छ । 'सक्षम निजामती प्रशासन: विकास, समृद्धि र सुशासन' यो बर्षको नारा रहेको थियो । निजामती सेवा दिवस मूल समारोह समिति गुल्मीको भदौ ११ गतेको बैठकले विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको थियो । दिवसकै अवसरमा सरसफाई, खेलकुद प्रतियोगीता, सेवारत कर्मचारी मध्येबाट सबैभन्दा बढी राष्ट्रसेवा गरेका कर्मचारीलाई दिर्घसेवा सम्मान र सेवा निवृत्त निजामती कर्मचारी मध्येबाट सबैभन्दा जेष्ठ कर्मचारीलाई सम्मान गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले बताए । राष्ट्रसेवक महिला कर्मचारीबीचको म्यूजिकल चेयर प्रतियोगिताको प्रथम जिल्ला हुलाक कार्यालयमा कार्यरत जयन्ती पाण्डे र द्धतिय कोष तथा लेखा नियन्त्रणको कार्यालयकी लेखापाल सीता भण्डारी भएको मुल आयोजक समितिले जनाएको छ । त्यस्तै निजामती कर्मचारीहरुबीचको व्याडमिन्टन प्रतियोगिताको जिल्ला प्रशासन कार्यालयका जयश्वर पन्थी र गुल्मी अस्पतालका हुम बहादुर पल्ली प्रथम भएका छन् । मदन भण्डारी राजमार्गका चर्तुभुज पन्थी र सुनित केसी द्धतिय भएका छन् । भने जिल्ला प्रशासन कार्यालयका कृष्ण पन्थी र वन डिभिजन कार्यालयका नविन पन्थी, चन्द्रकोट गाउँपालिकाका शिव बस्नेत र सुन्तला जोनका कृष्ण प्रसाद भण्डारी तृतिय भएका छन् । राष्ट्रसेवक कर्मचारीहरुबीच मैत्रीपूर्ण फुटवल खेल भएको थियो । दिवसकै अवसरमा सेवा निवृत्त कर्मचारीहरुमध्ये सबैभन्दा जेष्ठ निजामती कर्मचारी रेनपा वडा १ का ८९ बर्षीय केशर बहादुर थापा र सेवारत निजामती कर्मचारीहरु मध्ये सबैभन्दा बढी राष्ट्रसेवा गर्ने मालपोत कार्यालय तम्घास गुल्मीका कार्यालय सहयोगी मान प्रसाद सुवेदीलाई सम्मान गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिए । साथै इस्मा गाउँपालिका ३ का रेशम कुमाललाई शैक्षिक सामग्री, पोशाक र खाजा रकम वितरण गरिएको छ । उनलाई नेपाल सरकारको एक विद्यार्थी भर्ना अभियान अन्तर्गत ट्रेड युनियन गुल्मीले गत वर्ष अभिभावकत्व लिएको थियो । मुल समारोह समिति गुल्मीका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला न्यायधिश कृष्णप्रसाद पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उद्धव पन्थीको स्वागत मन्तव्य रहेको कार्यक्रममा अर्का प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । त्यस्तै मालिका गाउँपालिकाको आयोजनामा अन्तराष्ट्रिय साक्षरता, निजामति तथा शिक्षा दिवस सम्पन्न भएको छ । बिद्यालयको विभिन्न बिधामा उत्कृष्ट बिद्यार्थीलाई सम्मान, एसइइ परिक्षामा गाउँपालिकामा उत्कृष्ट हुने बिद्यार्थीलाई सम्मान, बिद्यार्थीद्धारा मार्च पास, सेवा निवृत शिक्षक र शिक्षा क्षेत्रमा योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको स्वास्थ्य संयोजक बसन्त भुसालले बताए । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले निजामति सेवा र शिक्षा क्षेत्रको वर्तमान अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । गाउँपालिका अध्यक्ष रित बहादुर थापाको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य राम मल्ल ठकुरी, गाउँपालिका उपाध्यक्ष देवा अर्याल, रेसुंगा बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख शशी पन्थी, शिक्षा समन्वय इकाई प्रमुख तथा गाउँपालिकाका वडाध्यक्षहरु, विभिन्न पार्टीका प्रमुख प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन मालिका माविका शिक्षक कृष्ण अर्यालले गरेका थिए ।
2021/12/06 02:23:40
https://gulminews.com/%E0%A4%97%E0%A5%81%E0%A4%B2%E0%A5%8D%E0%A4%AE%E0%A5%80%E0%A4%AE%E0%A4%BE-%E0%A4%AA%E0%A4%A8%E0%A4%BF-%E0%A4%A8%E0%A4%BF%E0%A4%9C%E0%A4%BE%E0%A4%AE%E0%A4%A4%E0%A4%BF-%E0%A4%B8%E0%A5%87%E0%A4%B5/
mC4
चौथोपटक संशोधन हुँदै सहुलियतपूर्ण कर्जा कार्यविधि सहुलियतपूर्ण कर्जामा कडाइ गरिने, व्यावसायिक कृषि कर्जाको सीमा कस्दै भदौ १९, २०७८ १७:५ बजे काठमाडौँ - सरकारले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ चौथोपटक संशोधन गर्ने तयारी गरेको छ । राष्ट्र बैंकले कार्यविधि संशोधन गर्न प्रारम्भिक मस्यौदा तयार पारिसकेको छ । प्रस्तावित व्यवस्थाअनुसार व्यावासायिक कृषि तथा पशुपन्छी कर्जाको सीमा घटाइएको छ । यस्तो कर्जा एउटा ऋणीले दुई करोड रुपैयाँसम्म लिन पाइने प्रस्तावमा उल्लेख छ । हालसम्म एक ऋणीले पाँच करोड रुपैयाँसम्म कर्जा लिन पाइने व्यवस्था छ । यस्तो कर्जा बढी लिनुपर्ने भएमा केन्द्रीय समन्वय तथा अनुगमन समितिमा स्वीकृतिका लागि पेस गर्नुपर्नेछ । समितिले परियोजनाको आवश्यकता तथा औचित्यताको आधारमा सीमाभन्दा थप तीन करोड रुपैयाँसम्म कर्जा प्रवाह गर्ने स्वकृति दिन सक्ने प्रस्तावमा उल्लेख छ । त्यसबाहेक कार्यविधिले तोकेको सीमाभन्दा बढी कर्जा लिने ऋणीहरू सहुलियतपूर्ण कर्जाका लागि योग्य नहुने प्रस्तावमा उल्लेख छ । अब व्यवसायको आवश्यकता कम भएमा बैंक तथा वित्तीय संस्थाले सोहीअनुसार कर्जा प्रवाह गर्नुपर्ने उल्लेख छ । सहुलियतपूर्ण कर्जा लिएका ऋणीलाई थप भएको रकममा अनुदान सुविधा नदिने प्रस्तावमा उल्लेख छ । प्रस्तावित मस्यौदामा सरकारले ब्याज अनुदान उपलब्ध गराउने कर्जामा घ वर्गको लघुवित्त वित्तीय संस्थाले आधार दर वा कोषको लागतमा दुई प्रतिशत बिन्दुभन्दा बढी नहुने गरि ब्याजदर कायम गर्नुपर्ने व्यवस्था छ । धितो सम्बन्धी व्यवस्थालाई समेत कडाइ गर्ने तयारी गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरूले १० लाख रुपैयाँभन्दा माथिका व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा तथा कपडा उद्योग सञ्‍चालनका लागि कर्जाबाहेकका सहुलियतपूर्ण कर्जामा अचल सम्पत्ति धितो राख्न नपाउने प्रस्ताव छ । फरक ढंगले सक्षम व्यक्तिलाई सहुलियतपूर्ण कर्जाको पहिलो प्राथमिकतामा राखिएको छ । यसअघि भूकम्प पीडित, बाढी पीडित, विपद्‌ प्रभावित नागरिकहरूलाई मात्र प्राथमिकतामा राखिएको थियो । एउटा बैंक तथा वित्तीय संस्थाबाट एक पटक सहुलियतपूर्ण कर्जा उपभोग गरिसकेको ऋणीले पुनः अर्को बैंक तथा वित्तीय संस्थाबाट सहुलियतपूर्ण कर्जाका लागि आवेदन दिन नपाउने व्यवस्था समेत प्रस्तावित मस्यौदामा उल्लेख छ । प्रवाहित सहुलियतपूर्ण कर्जा एउटा बैंक तथा वित्तीय संस्थाबाट अर्को बैंक तथा वित्तीय संस्थामा सारेमा (स्वाप गरेमा) सोही मितिदेखि ब्याज अनुदान सुविधा खारेज हुने प्रस्तावमा भनिएको छ । प्रस्तावित मस्यौदामा बैंक तथा वित्तिय संस्थाहरूको काम, कर्तव्य र अधिकारमा केही बुँदा थप गरिएको छ । ब्याज अनुदान प्राप्त गर्नका लागि नेपाल राष्ट्र बैंकले तोकेको ढाँचामा ऋणीले अनुदान पाउने रकम बाहेक अरू ब्याज रकम असूल गरेको प्रमाणपत्र बुझाएर मात्रै राष्ट्र बैंकसँग सोधभर्ना माग गर्नसक्दैनन् । उनीहरूले ब्याज सोधभर्ना माग गरिएका कर्जाहरू कार्यविधिबमोजिम भए नभएको यकिन गरी आन्तरिक लेखा परिक्षणको सिफारिश समेत पेस गर्नुपर्नेछ । यसरी ऋणीले पाउने अनुदान रकम ऋणीसँग कुनै पनि शर्तमा असुल गर्न नपाइने व्यवस्था थप गरिएको छ । हाल कार्यविधिमा ब्याज अनुदान दिइने अवधि पाँच वर्ष तोकिएको छ । यस्तो कर्जाको भुक्तानी प्रयोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरूले कर्जाको प्रकार, रकम, उद्देश्य, व्यवसायको प्रकृति, प्रतिफलको अवधि र जोखिमको स्तरलगायतका आधारमा किस्ता भुक्तानी अवधि निर्धारण गर्न सक्ने व्यवस्था छ । यो अवधि समाप्त भएको छ महिनाभित्र ऋणीले चुक्ता नगरेमा कालोसूचीमा राख्नेदेखि नागरिक सुविधासम्म रोक्का राख्‍ने व्यवस्था छ । यस्तो कारबाहीको प्रक्रिया पूरा गरी सम्बन्धित बैंक तथा वित्तीय संस्थाले दावी माग गरेमा एक वर्षभित्र भुक्तानी गर्ने व्यवस्था प्रस्ताव गरिएको छ । प्रस्तावित व्यवस्थामा १० लाख रूपैयाँभन्दा माथिको कपडा उद्योगलाई दिइने कर्जालाई विपन्‍न वर्ग कर्जाबाट अलग्याएको छ । कार्यविधि जारी हुनुपूर्व स्थापित व्यवसाय तथा कार्यविधि जारी भएपछि पुनः दर्ता गरिएका वा नामसारी गरिएका स्थापित व्यवसाय सहुलियतपूर्ण कर्जाका लागि योग्य नहुने प्रस्ताव गरिएको छ । ऋणीसँग सम्बन्धित अन्य व्यवसाय विगत ३ वर्ष देखि नाफामा सञ्‍चालन भई प्रस्तावित परियोजनामा लगानीको स्रोत जुटाउन सक्ने अवस्था भएको ऋणी योग्य नहुने उल्लेख छ । चुरोट, बिडी, सिगार, सुर्ती, खैनी, गुट्खा लगायतका सुर्तीजन्य उद्योग व्यवसाय र मदिरा तथा मदिराजन्य उद्योग व्यवसायलाई प्रवाह भएका कर्जाहरू सहुलियतपूर्ण कर्जाका लागि योग्य नहुने व्यवस्था थप गरिएको छ । सहुलियतपूर्ण कर्जाबाट प्राप्त रकम व्यवसायीले तोकिएको व्यवसाय बाहेक अन्य व्यक्तिगत प्रयोजन, अन्यत्र लगानी साथै कर्जाको साँवा वा ब्याज तिर्न प्रयोग गर्न नपाइने उल्लेख छ ।
2021/10/17 13:34:54
https://ekagaj.com/article/finance/24228/
mC4
लकडाउनको स्वरुप फेरिने, प्रधानमन्त्री र विज्ञ छलफलमा - जे देख्छ, त्यही लेख्छ लकडाउनको स्वरुप फेरिने, प्रधानमन्त्री र विज्ञ छलफलमा चैत ११ गतेदेखि जारी लकडाउनको अवज्ञा हुन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल थालेका छन्। लकडाउन अढाई महिना पुग्दै गर्दा जनजीवन संकटग्रस्त भएपछि अहिलेसम्मको समीक्षा र नयाँ विकल्पबारे प्रधानमन्त्री ओलीले बुधबार विज्ञहरुसँग संवाद गर्ने भएका हुन्। प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले बुधबार अपरान्ह ४ बजे बालुवाटारमा छलफल गर्ने गरी विभिन्‍न क्षेत्रका २५ जना विज्ञलाई बोलाएका छन्। 'यो छलफलमा अहिलेसम्मको लकडाउनको समीक्षा हुनेछ। त्यसैगरी लकडाउनले पारेका प्रभाव र आगामी रणनीतिबारेमा प्रधानमन्त्रीले छलफल गर्नुहुनेछ', थापाले भने, 'छलफलमा अर्थविद्, स्वास्थ्य क्षेत्रका विज्ञ, सामाजिक अगुवासहितका करिब २५ जनालाई बोलाइएको छ। थापाका अनुसार प्रधानमन्त्रीले लकडाउनको मोडालिटीसहित अहिलेसम्मको अवस्थाबारे पनि विज्ञहरुसँग समीक्षा गर्ने छन्। 'लकडाउनको मोडालिटीमा पनि छलफल हुनेछ। सरकारले कोरोना संकटविरुद्ध जुध्न नयाँ रणनीति बनाइरहेका बेला विज्ञसँगको छलफलले केही निचोड दिनेछ', उनले भने, 'लकडाउनले अर्थतन्त्रमा पारेको प्रभाव, भोलिको जोखिम र असरबारे पनि कुरा हुनेछ। लकडाउनबाट व्यापारी पनि आजित बनेका छन् । आज मात्रै दरबारमार्ग र मैतिदेबीका व्यापारीले पुल खोल्न पाउनुपर्ने माग राखेर पुल खोलेका थिए । मैतिदेबीको वडाअध्यक्षले भने १ बजे सम्म पुल खोल्ने अनुमति दिएका छन् । त्यस्तै हेटौंडालगायतका केहि ठाउँका लकडाउन उल्लङगन गर्ने भनेर व्यापरीहरु आक्रोशित छन् भने केहि ठाउँमा कर्फ्यु लगाइएको छ ।
2021/12/01 04:12:56
https://ktmdainik.com/2020/06/13251/
mC4
अमेरिकामा ग्यास स्टेशन र कन्भिनियन्स स्टोरको इतिहास—————————- ग्यास स्टेशनः अमेरिकी अर्थतन्त्रको महत्वपूर्ण हिस्सा - Enepalese.com अमेरिकामा ग्यास स्टेशन र कन्भिनियन्स स्टोरको इतिहास—————————- ग्यास स्टेशनः अमेरिकी अर्थतन्त्रको महत्वपूर्ण हिस्सा इनेप्लिज २०७२ पुष २३ गते ८:४५ मा प्रकाशित ग्यास स्टेशन र कन्भिनियन्स स्टोरलाई अमेरिकी जीवनको एउटा महत्वपूर्ण पर्याय भन्दा फरक नपर्ने भइसकेको छ । यहाँ पेट्रोललाई ग्यास भनिन्छ । पेट्रोल अर्थात ग्यासबिनाको अमेरिकी जीवन कल्पनासमेत गर्न सकिँदैन । ग्यास स्टेशनसँगै स्टोर पनि हुन्छ । तर, सबै स्टोरहरुमा ग्यास स्टेशन नहुन सक्छ । हेर्दा र देख्दा सरल र भन्दा सामान्य लाग्ने ग्यास स्टेशन तथा कन्भिनियन्स स्टोरको ब्यवसाय, काम, यसमा काम गर्ने ठूलो समुदाय, यसमा लगानी गर्ने लगानीकर्ता र अमेरिकी सरकारको राजश्व र रोजगारको ब्यापकता र स्वरुपलाइ बिश्लेषण गर्दा ग्यास स्टेशन र कन्भिनियन्स स्टोर बिना अमेरिकी जीवनशैली, दिनचर्या र अर्थतन्त्र अपुरो र असम्भब जस्तै छ​। ग्यास स्टेशन र कन्भिनियन्स स्टोर सञ्चालन गर्न लगानी र अनुभव तथा कानुनी हिसाबले सोचेजस्तो र भनेजस्तो सहज र सरलचाहिँ पक्कै छैन । खुसीको कुरा पछिल्ला वर्षहरुमा भारतीय, पाकिस्तानी, अमेरिकी वा अन्य समुदायका लागि इमानदारीपूर्वक काम गर्ने नेपाली समुदायले दुःखजेलो गरी कमाएको थोरै श्रोत र आर्थिक स्वतन्त्रताका लागि पहुँचको ब्यवसाय ग्यास स्टेशन र कन्भिनियन्स स्टोरहरुमा क्रमशः लगानीमात्रै गरिरहेका छैनन्, आफ्नो साहु आफैं बनी अमेरिकी राजश्व र रोजगारी सिर्जना गर्ने अमेरिकी अर्थतन्त्रको एउटा सहयोगी समुदायको रुपमा स्थापित हुँदै गइरहेका छन् । आश्चर्य लाग्न सक्छ, अमेरिकामा ग्यास स्टेशन र कन्भिनियन्स स्टोर इतिहास कसरी सुरु भयो भन्नेमा । अमेरिकाको ब्यबसायिक​, आर्थिक, रोजगार, राजस्व तथा जिबनशैलिको पर्याय यस महत्वपुर्ण ब्यबसायको शुरुवात अमेरिकामा कसरि भयो? यस ब्यबसाय यस समयसम्म आइपुग्दा यसको सरचना, बिकास र अमेरिकि अर्थतन्त्रमा पुर्याएको योगदानको जानकारि सहितको यस लेख पस्किएको छु यसपटक​। ग्यास स्टेशनको इतिहास विश्वकै इतिहासमा सन् १८५९ मा अमेरिकाको पेन्सिलभेनिया राज्यको टिट्सभिलमा सफलतापूर्वक खनिएको तेल प्रशोधनलाई ब्यावसायिक र ब्यापारिक आधार मानिन्छ । जहाँ मुख्यतः मट्टितेल निकाल्ने र प्रशोधन गर्ने गरिन्थ्यो । सन् १८८५ मा जर्मनका कार्ल बेन्जले आविष्कार गरेका तीन पाङ्ग्रे अटोमोवाइल गाडी तीन वर्षसम्मको छोटो दुरीमा परीक्षणपश्चात १८८८ मा उनै बेन्जकी श्रीमती वेर्था बेन्जले उक्त गाडी जर्मनीको मानहर्जदेखि फोरजिमसम्मको ६० माइल प्रदर्शनीका लागि कुदाइन् । र, बिसलोचमा रहेको फार्मेसीमा रोकिन् । उनले रोकेको फार्मेसी जहाँ ब्यावसायिक रुपमा पेट्रोल पनि बेचिन्थ्यो । त्यसलाई नै विश्वकै पहिलो तेल बिक्रि केन्द्रका रुपमा लिइन्छ । सन् १८८५ मा अमेरिकाको इन्डियाना राज्यको फोटवार्नमा अमेरिकी स्यालभानस ब्राउजरले पहिलो पेट्रोल पम्प स्थापना गरे । तर, त्यहाँ मट्टितेलबाट बल्ने बत्ती र स्टोभमा मात्र भरिन्थ्यो । १८९३ मा चार्ल्स र फ्र्यान्क​ दुर्या दुई दाजुभाइले न्यूयोर्कमा पहिलो पटक पेट्रोल (ग्यास)बाट चल्ने गाडी आविष्कार गरी परीक्षण गरे । १८९६ मा दुर्या मोटर वागोन कम्पनी खडा गरी पहिलो दुर्या वागोन मोटर बनाए र बेचे पनि । बेचेको दुई महिनापछि त्यहि गाडीले न्यूयोर्कमा एक जना साइकलयात्रीलाई ठक्कर दिई दुर्घटना गरायो । यो नै अमेरिकाको सबैभन्दा पहिलो ट्राफिक दुर्घटना थियो । सन् १८९८ मा जोन टोकिमले पहिलो पटक पेट्रोल बिक्रि गर्ने मेसिन डिस्पेन्सर र पहिलो पटक जमिनमुनि पेट्रोल ट्यांक स्थापना गरे । ब्यावसायिक रुपमा सन् १९०५ मा मिजौरी सेन्ट लुईसको थेरेसा एभेन्यूको ४२० साउथमा खोलिएको ग्यास स्टेशन कम्पनी नै अमेरिकाको पहिलो ग्यास स्टेशन हो । त्यसपछि वासिङटनको सियाटल जहाँ ५ ग्यालनको क्यानमा ग्यास भरेर ग्राहकका गाडीमा भरिन्थ्यो । सन् १९०७–०८ सम्म आइपुग्दा अमेरिकामा झन्डै तीन लाख गाडीहरु जन्मिसकेका थिए । सन् १९०९ मा पेन्सिलभेनियाको एलटनामा रिगर्डस ग्यास स्टेशन खोलियो । यो नै अमेरिकाको सबैभन्दा पुरानो ब्यापारिक ग्यास स्टेशन हो । र, अझै पनि सञ्चालनमा छ । अमेरिकामा यसरी सुरु भएको ग्यास स्टेशन सन् २०१६ सम्म आइपुग्दा एक लाख ५७ हजार तीन सय ९३ वटा पुगिसकेका छन् । अमेरिकाको ग्यास स्टेशन र कन्भिनियन्स स्टोरहरुको ठूलो संस्था एनएसीएक्स (नाक्स) का अनुसार अमेरिकामा सन् २०१३ मा एक लाख २१ हजार ग्यास स्टेशनहरु सञ्चालनमा रहेको देखाइएको छ । सन् २०१५ को डिसेम्बरसम्मको तथ्यांक हेर्दा अमेरिकामा एक लाख २६ हजार ग्यास स्टेशनहरु सञ्चालनमा छन् । वातावरणीय प्रदुषण, पुराना पम्प, पुराना ट्यांकी, ग्यासमा सुक्दै गइरहेको मुनाफा, तीब्र प्रतिस्पर्धा र विविध नीतिगत झन्झटका कारण ग्यास स्टेशनको संख्या र सञ्चालनमा उतार चढाव आइरहेको देखिन्छ । अमेरिकी अर्थतन्त्र, रोजगार, राजश्व र अमेरिकी जनताको पर्याय बनेको ग्यास स्टेशन सुरु गर्न, सञ्चालन गर्न र आर्थिक मुनाफा गर्न चुनौती, सम्भावना र अवसरहरु उस्तै उस्तै छन् । अमेरिकामा कन्भिनियन्स स्टोरको इतिहास कन्भिनियन्स अर्थ सहज, सजिलो र छिटो सेवा हो । अमेरिकी नागरिक अंकल जोनीले सन् १९२७ मा टेक्सासको डल्लासस्थित एजफिल्ड स्ट्रिटको १२ औं कर्नरमा आइस बेच्ने पसल आइस डक सञ्चालन गरे । राति अबेरसम्म चल्ने आइस डक चलाउँदै जाँदा उनलाई यस्तो अनुभव भयो कि ग्रोसरी स्टोरहरु साँझ सबेरै बन्द भएपछि स्थानीयलाई आवश्यक पर्ने अत्यावश्यक खाध्यान्न, दुध, पाउरोटी, अण्डा खोज्न कहाँ जाने ? त्यहाँ उनले अमेरिकी जनतालाई मन पर्ने मुख्य खाना पाउरोटी, अण्डा, दुध, चिज राखेर बेच्न थालेपछि यसलाई नै अमेरिकाको पहिलो कन्भिनियन्स स्टोर मानिन्छ । अंकल जोनीको यो चिन्ता र चासोले कन्भिनियन्स स्टोरले बिस्तारै ब्यपकता पाउदै गयो। नाक्सका अनुसार, अमेरिकामा सन् २०१५ सम्म एक लाख ५२ हजार सात सय ९४ कन्भिनियन्स स्टोरहरु जन्मिइसकेका छन् । कन्भिनियन्स स्टोरहरुमा ग्यास अर्थात पेट्रोल भर्न होस् वा स्थानीय ग्रामीण वा छिटो छरितो सेवा चाहने हाइवेका भोकाएका र तिर्खाएका ग्राहकहरु सहजरुपमा प्रवेश गरी छिटो छरितोरुपमा सामान किनेर गन्तब्यतर्फ जान चाहन्छन् । त्यसैले कफी, कोल्ड ड्रिंक्स, स्न्याक्स, फलफूल, धुम्रपान, मध्यपान आदि सबैका लागि केन्द्रविन्दू मानिने कन्भिनियन्स स्टोरहरुले अमेरिकामा ब्यापकता पाइसकेका छन् । नाक्सका अनुसार अमेरिकामा सन् २०१४ मा एक लाख ५१ हजार दुई सय ८२, २०१३ मा एक लाख ४९ हजार दुई सय २०, २०१२ मा एक लाख ४८ हजार एक सय २६, २०११ मा एक लाख ४६ हजार तीन सय ४१ कन्भिनियन्स स्टोरहरु दर्ता भई सञ्चालनमा रहेका थिए । यो तथ्यांकले के देखायो भने अमेरिकामा वर्षेनी स्टोरहरुको संख्या बढ्दो छ । ५० वटै राज्यमा छरिएका यस्ता स्टोरहरु राज्यको जनसंख्या, अवस्था र भौगोलिकताअनुसार संख्यामा तलमाथि छन् । टेक्सास राज्यमा सबैभन्दा बढी १५ हजार चार सय ३४ वटा कन्भिनियन्स स्टोरहरु छन् । दोस्रोमा क्यालिफोर्नियामा ११ हजार चार सय तीन, तेस्रोमा फ्लोरिडामा नौ हजार आठ सय १०, चौंथोमा न्यूयोर्कमा आठ हजार दुई सय ४७, पाँचौंमा जर्जियामा ६ हजार सात सय ६६, छैंठौंमा नर्थ क्यारोलिनामा ६ हजार तीन सय नौ वटा कन्भिनियन्स स्टोरहरु रहेका छन् । त्यसैगरी सातौंमा ओहायोमा पाँच हजार पाँच सय ३९, आठौंमा मिचिगनमा चार हजार नौ सय सात, नवौंमा इलिनोइजमा चार हजार ६ सय ७० र दसौंमा पेन्सिलभेनियामा चार हजार ६ सय चार वटा कन्भिनियन्स स्टोरहरु छन् । त्यसैगरी अलास्कामा सबैभन्दा कम दुई सय, विमिङमा तीन सय ४६ र डेलवारेमा तीन सय ५३ वटा कन्भिनियन्स स्टोरहरु रहेका छन् । एनएसीएक्स (नाक्स) का अनुसार, अमेरिकामा ग्यास स्टेशन र कन्भिनियन्स स्टोरहरु वर्षेनी एक प्रतिशतको दरले थपिने गरेका छन् । सन् २०१५ को तथ्यांकअनुसार वर्षेनी औषधि स्टोरको संख्या ४१ हजार सात सय ९९, सुपर मार्केटको संख्या ४१ हजार पाँच सय २९ र डलर स्टोरको संख्या २६ हजार पाँच सय ७२ रहेछन् । अमेरिकाको जनसंख्या तथ्यांक ब्यूरोका अनुसार अमेरिकाको जम्मा जनसंख्या ३२०.१० मिलियन छ । जुन जनसंख्यामा दुई हजार ९५ परिवारलाई एक ग्यास, कन्भिनियन्स तथा अन्य स्टोरहरु भागमा पर्ने रहेछ । अमेरिकामा ग्यास तथा कन्भिनियन्स स्टोरहरुले गत सालमात्रै सात सय बिलियन डलरको ब्यापार गरेका रहेछन् । विकिपेडियाका अनुसार अमेरिकाका ग्यास तथा कन्भिनियन्स स्टोरहरुबाट हरेक दिन ११ मिलियन कफी कप बिक्रि हुँदा रहेछन् । वियरको दैनिक खपतको ८० प्रतिसत हिस्सा ग्यास तथा कन्भिनियन्स स्टोरहरुले ओगटेका रहेछन् । वर्षमा झन्डै चार बिलियन राजश्व संकलन गर्ने ग्यास तथा कन्भिनियन्स स्टोरहरुले लाखौं लाख रोजगार सिर्जना गरेका छन् । इयुक्लिडको तथ्यांकअनुसार ग्यास स्टोरमा नौ लाख २६ हजार सात सय ९२ जनाले रोजगारी पाएका छन् । यसबाहेक तथ्यांकमा नसमेटिएका लाखौं लाख छन् । ग्यास स्टेशन सञ्चालन गर्न के कस्ता चुनौती, अवसर र सम्भावना छन् ? के कस्तो आम्दानी हुन्छ ? जोखिम र फाइदाहरु के कस्ता छन् ? ग्यास तथा कन्भिनियन्स स्टोरहरु कसरी खोज्ने र सुरु गर्ने ? सञ्चालन गर्दा के कुरामा ध्यान दिने ? कसरी सफलता हात पार्न सकिन्छ ? अमेरिकाका कहाँ कहाँ ग्यास स्टेशन सुरु गर्न उपयुक्त हुन्छ ? र, सञ्चालन र सफलताका मूलमन्त्रहरु के के हुन् ? यी र यस्ता विषयमा विस्तृत अर्को लेखमा उल्लेख गर्नेछु । (लेखक सिलवाल यु एस नेपाल चेम्बर अफ कमर्शका कार्यबाहक सभापति, अमेरिकामा नेपालि ब्यबसायि पनि हुनुहुन्छ​। बरिष्ठ बाताबरण पत्रकार सिलवाल यु एस चेम्बर अफ कमर्श अमेरिकाका सल्लाहकार सदस्य पनि हुनुहुन्छ​।।)
2021/07/25 00:46:47
https://www.enepalese.com/2016/01/61713.html
mC4
गर्भनिरोधक चक्कीसँगै कण्डम पनि प्रयोग गर्नुपर्छ ? – NawalpurTimes.com प्रकाशित : २०७७ भदौ २६ गते २१:३८ पारिवारिक जीवनमा धेरै व्यावहारिक समस्या हुन्छन् । यी समस्यामा झनै जटिल भनेको यौनसँग जोडिएको विषय हो । नेपाली समाजमा यौनको कुरालाई बाहिर गर्न लजाउने संस्कृतिका कारण पनि कतिपय जायज प्रश्न समेत त्यसै मनभित्रै हराउने गरेको छ । परिवार र बच्चाको जन्मान्तरको विषयमा आउने विज्ञापनले समेत लज्जा उत्पन्न गराउने हाम्रो समाजमा यससँग सम्बन्धित धेरै प्रश्नहरू अनुत्तरित भएर नै हामी मनैभित्र गुम्साउने गर्छाैं । यसैमध्येको एउटा प्रश्न हो स्त्रीले गर्भनिरोधक चक्की प्रयोग गरिरहेको समयमा यौन सम्पर्क गर्दा पुरुषले कण्डम प्रयोग गर्नुपर्छ कि पर्दैन ? गर्भ निरोधक चक्की वा गर्भनिरोधक इन्जेक्सनहरू अनावश्यक गर्भ रोक्न प्रभावकारी हुन्छन् । तर तिनीहरू यौन रोग वा यौन संक्रमणबाट कुनै पनि प्रकारले सुरक्षा प्रदान गर्दैनन् । तपाईंलाई गर्भनिरोधक चक्की के हो भनेर जान्नु समेत महत्वपूर्ण छ । यो एक चक्की हो जसले महिलाको हार्मोनमा एस्ट्रोजेन र प्रोजेस्टेरोन हुने गर्छ । यी हार्मोनहरूले महिलाको अण्डकोशमा अण्डको विकास हुनबाट रोक्ने गर्छ । जसले गर्दा गर्भवती हुनबाट रोक्ने गर्छ । यो औषधिले सँगै गर्भाशयबाट बाहिर निस्कने तरल पदार्थलाई गाढा बनाउँछ ताकि शुक्राणु गर्भाशयसम्म नजाओस् । तर कण्डमले गर्भ नियन्त्रणसँगै आफ्नो साथीमा हुन सक्ने सम्भावित यौन रोगबाट बचाउने काम समेत गर्छ । साथसाथै अनावश्यक गर्भधारणको समस्याबाट पनि मुक्त गराउँछ । त्यसैले कन्डमको प्रयोग यौन रोगबाट बच्न समेत उपयुक्त हुन्छ । अनिच्छित गर्भबाट कसरी जोगिने ? अनिच्छित गर्भावस्थाले नवविवाहित महिलाको स्वास्थ्यमा मात्रै असर गर्दैन यसले दम्पतीको सम्पूर्ण विवाहित जीवनलाई नै असर गर्न सक्छ । अनिच्छित गर्भधारणमा गर्भपतन गर्नु उपयुक्त समाधान होइन । बच्चा जन्माउने कि नजन्माउने भन्ने निर्णय दम्पतीको जीवनको महत्वपूर्ण निर्णय हो । गर्भपतन गर्नुभन्दा अनावश्यक गर्भधारण नै नहुने उपाय खोज्नु उपयुक्त हुन्छ । यसले महिलामा आर्थिक, सामाजिक र मानसिक रूपमा तनावमुक्त गर्न सहयोग मिल्छ । अनावश्यक गर्भावस्था कसरी जोगाउने ? कुन गर्भनिरोधक विधि प्रभावकारी छ र किन ? त्यस्ता धेरै प्रश्नहरू महिलाहरूको दिमागमा खडा हुन्छन् र यसको सही जवाफ समयमै उनीहरूलाई थाहा हुँदैन । सामान्यतया प्रायः महिलाहरू निम्न प्रश्नहरूको उत्तर जान्न चाहन्छन् : महिला कन्डम के हो र कस्तो हुन्छ ? महिला कन्डम पातलो रबरबाट बनेको हुन्छ । यो यौनसम्पर्कको क्रममा ८० प्रतिशतसम्म सुरक्षित हुन्छ । यसलाई ८ घण्टासम्म प्रयोग गर्न सकिन्छ । तर यसको प्रयोग यौनसम्पर्कपछि गरिराख्नु उपयुक्त हुँदैन । के पुरुष र महिलाले नै कण्डमको उपयोग गर्नुपर्छ? धेरैलाई लाग्न सक्छ कि सुरक्षित यौन सम्पर्कको लागि महिला र पुरुषले पनि कण्डमको प्रयोग गर्नुपर्छ ? भन्ने प्रश्न आउन सक्छ । तर यसमा चिकित्सकहरू महिला या पुरुषमध्ये एकले यसको प्रयोग गर्दा हुने बताउँछन् । महिलाले लगाउने कण्डमको कुनै साइडइफेक्ट हुन्छ ? महिला कन्डमको कुनै साइड इफेक्ट हुँदैन । गर्भनिरोधका साथसाथै यसले एचआईभी, एड्स र अव्यक्त रोगहरूबाट पनि सुरक्षा प्रदान गर्दछ । महिलालाई सुरुमा प्रयोग गर्नमा केही कठिनाइ र भ्रम हुन सक्छ तर यसको कुनै असर हुँदैन । के गर्भनिरोधक चक्कीको कुनै साइड इफेक्टहरू हुन्छ ? धेरै महिलाहरूमा यसले कुनै प्रभाव पार्दैन । केही महिलालाई भने धेरै समस्या हुन्छ । त्यस्ता समस्या पनि ३–४ महिनासम्म गोली लिँदा स्वतः समाधान हुँदै जान्छ । धेरैजसो महिलाको छातीमा दुखाइ र भारीपन, वान्ता जस्ता समस्या हुन सक्छ । कहिलेकाहीँ गोलीले अनुहारमा समेत समस्या निम्त्याउँछ । यद्यपि, महिलाको स्वास्थ्यमा गर्भनिरोधक चक्कीको दुष्प्रभाव यसको फाइदाको तुलनामा नगन्य छ । अनावश्यक गर्भावस्था र गर्भपातले स्वास्थ्यमा धेरै नराम्रो प्रभाव पार्छ । किन गर्भनिरोधक चक्कीको प्रयोग गर्ने, यसको फाइदा के हो ? गर्भनिरोधक चक्की गर्भधारण रोक्न नवदम्पतीको लागि एक सुरक्षित र सरल तरिका हो । यसबाहेक, यी औषधिको धेरै फाइदाहरू छन् । यस गोलीले २० वर्षभन्दा कम उमेरका महिलाहरूमा मासिक अनियमितता र कम रक्तस्रावलाई नियमित गर्न मद्धत गर्छ ।
2022/05/23 11:11:01
https://www.nawalpurtimes.com/2020/09/11/26888/
mC4
गलेश्वर । देशैभर ‘एक घर एक धारो’ कार्यक्रमले व्यापकता पाइरहेको समयमा म्याग्दीको पुरण्य गाउँवासीका लागि एउटा मात्रै धारोले काम चलाउनुपर्ने बाध्यता छ ।जिल्लाको बेनी नगरपालिका वडा नं ५ स्थित सो गाउँमा १०३ दलित परिवारको बसोवास छ । ती परिवारका चारसय भन्दा बढी सदस्यले गाँउका बीचमा रहेको एउटा मात्र धारोबाट गुजारा चलाउँदै आएको वर्षौ बितिसकेको छ । सो गाउँमा दलितको मात्रै बस्ती रहेको छ । सो गाउँमा बिहान उठेदेखि रातिसम्म पानीको मात्रै चिन्ता हुनेगरेको बताइएको छ । अन्य समयमा भन्दा बिहानको समयमा यहाँका गृहिणीहरुलाई सास्ती हुनेगरेको ६८ वर्षीया कालिका दर्जीले गुनासो गरिन् । “बिहान ४ बजेदेखि नै यहाँ भीड लाग्छ”, बुधबार दिउँसो धारामा पानी भर्न आएकी उनले भनिन् “११ वर्षमा बिहे भएर यो गाउँमा आएकी हुँ,त्यतिबेलादेखि नै खानेपानीको समस्या जस्ताको यस्तै छ ।” उनको जस्तै समस्या यस गाउँका सबै गृहिणीले भोग्दै आएका छन् । एक गाग्री पानी भर्नको लागि एक घन्टा नै लाइनमा बस्नु पर्ने बाध्यता भएको स्थानीय महिला पार्वती दर्जीले गुनासो गरिन् । “घरको अरु काम गर्नै भ्याइँदैन, बिहान धारामै बित्छ, काममा जाने लोग्नेमान्छे र विद्यालय जाने केटाकेटीहरुलाई खाना पकाएर खुवाउन ढिला हुन्छ,अनि गाली आफूले खानुपर्छ” उनले भनिन् “अरु गाउँका घरघरमा धारा छन्,हाम्रो गाउँमा गाउँभरीकै मान्छेका लागि जम्मा एउटा धारो छ ।” यस गाउँमा पानीकै कारण झगडासमेत हुने गरेको पुलाचौरका बुद्धिजीवि शिव बानियाँले जानकारी दिए । “एउटा मात्रै धारो, १०३ घर परिवार, पानी भर्नका लागि तछाँडमछाड त हुने नै भयो, अनि सुरु हुन्छ झगडा, मेरो पालो भन्दै एक जना अघि बढेपछि अर्को पछि हट्ने कुरै भएन, सबैलाई छिटो पानी भरेर घरको काम सक्ने हतारो हुन्छ । यहाँ पानीकै कारण दैनिक झगडासमेत हुने गरेको छ ” उनले भने । बाक्लो बस्ती भएको यस गाउँलाई चुनावका बेला भने राजनीतिक दलका नेताहरुबाट खुब मीठामीठा आश्वास मिल्ने गरेका तर ती आश्वासन कहिल्यै पनि वास्तविकतामा परिणत हुन नसकेको स्थानीय अगुवा यामबहादुर दर्जीले बताए । “हामी जहिल्यै पनि राजनीतिक दलहरुका लागि भोट बैंकको रुपमा प्रयोग भयौं,दलित भएकै कारण सवै राजनीतिक दलहरुबाट हेपिदै आएका छौं,अहिलेसम्म चुनावको बेला आश्वासनबाहेक अरु केही पाउन सकेनौँ” उनले भने “चुनाव सकियो भने यो गाउँमा नेताहरुले नाकमुखै देखाउँदैनन् ।” जिल्ला स्थित राजनीतिक दलहरुले मात्रै होइन स्थानीय तहका जनप्रतिनिधिहरुले समेत यस गाउँलाई वेवास्ता गर्ने गरेको उनीहरुको आरोप रहेको छ । “हाम्रो भोटले नै जितेर गएका जनप्रतिनिधिले चुनावको बेला बाहेक अरु समयमा हामीलाई फर्केर पनि हेर्दैनन्,खानेपानी र मोटरबाटोको मर्मतका लागि कति पटक यहाँका जनप्रतिनिधिलाई भन्यौँ तर सुनेको नसुन्यै गरे” स्थानीयवासी लालबहादुर परियारले भने । बेनी नगरपालिकाले खानपानी समस्या समाधान गर्न उच्च प्राथमिकता दिएको जनाएको छ । वडा नंका ५ का वडाध्यक्ष लक्ष्मण बानियाँले भने, “पुरण्यमा खानेपानीको समस्या छ, तर खानेपानीको स्रोतका अभावमा त्यो समस्यालाई सम्बोधन गर्न सकिएको छैन उनीहरुलाई बेवास्ता गरेको भन्ने कुरै आउँदैन, श्रोतको खोजी भैरहेको छ, केही समय पछि उनीहरुको समस्या समाधानका लागि प्रयास सुरु हुने छ ।” रासस हिमालय खबर - अब माओवादी एक नम्बरको पार्टी बन्छ : मन्त्री भुसाल समाजवादी आम जनताको हित गर्ने पार्टी हो : नेता नेपाल अनुशासित र एकताबद्ध भएर देश निर्माणमा लाग्न अध्यक्ष ओलीको आह्वान माओवादीको पालिका सम्मेलन सम्पन्न, आइतबारसम्म नेतृत्व चयन भइसक्ने शनिबार ७५३ वटै पालिकाको सम्मेलन गर्दै माओवादी एमाले महाधिवेशनको उद्घाटन सभामा जे देखियो... संवाद र सहकार्यबाट जनताको मूल मुद्दामा समान धारणा बनाउनु आवश्यक : प्रधानमन्त्री देउवा देश बनाउन एमालेको एकल बहुमत आवश्यक : अध्यक्ष ओली आइसिसी महिला क्रिकेट : नेपालद्वारा मलेसिया पराजित दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दाबी थप » यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? 0% Happy 0% Sad 0% Excited 0% Angry 0% Surprise प्रतिक्रिया फेसबूक प्रतिक्रिया सम्बन्धित खबर नेपाल महिला हिंसा न्यूनीकरणमा प्रभावकारी कदम चाल्न आग्रह हिमालय खबर ९ मंसिर २०७८, बिहीबार काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले महिला हिंसा न्यूनीकरण र अन्त्यका लागि प्रभावकारी नीति तथा कार्यक्रम तथा कानूनको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ । आयोगले घरेलु हिंसा ( ... पूरा पढ्नुहोस् › नेपाल बिहीबार ३०८ जनामा कोरोना पुष्टि, २९८ निको हिमालय खबर ९ मंसिर २०७८, बिहीबार काठमाडौँ । देशभर पछिल्लो २४ घन्टामा थप ३०८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा आठ हजार ९०९ को पीसीआर परीक्षण गरिएको थियो । योसँगै नेपालमा पिसिआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ ... पूरा पढ्नुहोस् › नेपाल महिलालाई राजनीतिकरुपमा सक्षम बनाउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री हिमालय खबर ९ मंसिर २०७८, बिहीबार काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले लैङ्गिक उत्तरदायी शासन पद्दतिको विकास गर्दै महिलालाई आर्थिक, सामाजिक र राजनीतिकरुपमा सक्षम बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् । महिला, बालबालिका तथा ... पूरा पढ्नुहोस् › नेपाल महिला हिंसा अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्छ : राष्ट्रपति हिमालय खबर ९ मंसिर २०७८, बिहीबार काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यका लागि कानुनमा उल्लिखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गरिनुपर्ने बताएकी छन् । महिलाविरूद्ध हुने हिंसा ...
2021-11-27T15:22:33Z
https://www.himalayakhabar.com/detail/1713576654542851.html
OSCAR-2201
पीठो व्यापारीजस्तो सत्तापक्षको तर्क ! – mYKantipur.Com २०७५, २४ पुष मंगलवार २१:५० तर्कशास्त्रका 'boutमा कुरा गरिरहँदा दुईवटा भाष्य स्मरणीय छन्ः एक– नेपाली आहान छ, बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल बिक्दैन । दोस्रो– नेकपाका आदर्शपुरुष कार्ल मार्क्सले नै भन्दिएका छन्– सत्तापक्षीय विचारले नै समाजमा मान्यता (वैधानिकता) पाउँछ । आखिर ओली सरकारका 'boutमा सत्य के हो त ? कि प्लेटोले भनेजस्तै 'संसार सुन्दर छ, कुरुप पनि छ' भनेरै चित्त बुझाउनुपर्ने स्थिति हो ? प्रधानमन्त्री ओलीले आइतबार संसदमा उभिएर दुईवटा त्रुटीपूर्ण कुरा बोले । सबै मिलेर राष्ट्र निर्माण अभियानमा लागौं भन्ने प्रधानमन्त्री ओलीको नियत त ठीकै देखिन्थ्यो, तर सरकारको अवस्था'bout वास्तविक ज्ञान नपाएर उनी आफैं भ्रान्तिमा परेको देखियो । राष्ट्रपतिलाई दिइने सुविधामाथि प्रश्न उठाउनु वा सांसदहरुले मिचेको आर्थिक अनुशासन'bout प्रश्न उठाउनु व्यवस्थाकै विरोध हो भन्ने सिद्धान्त प्रधानमन्त्रीले संसदबाट प्रतिपादन गरिसके । 'cause, तर्क नै ओलीसत्ताको 'आधेय' भएता पनि यसको 'आधार' चाहिँ गणित हो । जहाँ आवाजविहीनहरुको चामल बिक्दैन, सत्तासीनहरुको पीठो बिक्छ !
2019/01/21 23:02:25
https://mykantipur.com/news/misc-news/433503.html
mC4
पहिरोले चार दिनको सुत्केरीलाई घरबारविहीन बनाउँदा बिजोग - satkar post पहिरोले चार दिनको सुत्केरीलाई घरबारविहीन बनाउँदा बिजोग जेष्ठ ३२, २०७७ मा प्रकाशित रोल्पा, ३२ जेठ: रोल्पा नगरपालिका १० धबाङको लङजुङ भन्ने ठाउँमा पहिरो जाँदा दयाराम घर्तीको परिवार घरबारविहीन भएका छन्। मनसुन सुरु भएसँगै परेको अविरल बर्षाको कारण विहिबार राति गएको पहिरोले घर भत्काइदिए पछि चार दिनको सुत्केरी श्रीमतीसहित सबै परिवार स्थानीयको गोठमा गएर बसेको स्थानीय मिलन घर्तीले बताएका छन्। पहिरो घर नजिकैबाट आएकोले अन्य स्थानीयलाई क्षति नगरे पनि घर्तीको भने यहि साल बनाइएको नयाँ घर भत्काउँदा करिब दश लाख बराबरको क्षति भएको तर कुनै मानविय तथा पशुपन्छीको क्षति भने नभएको घर्तीले बताएका छन्। अविरल वर्षाका कारण थप अन्य ठाउँमा पनि पहिरो आउने सम्भावना रहेकाले गाउँ नै त्रासमा रहेको बताएका छन्। घरमा भएको सबै खाद्यान्न तथा लत्ताकपडा लगायत सबै आवश्यक सामान पहिरोले पुरिदिए पछि उनलाई निकै समस्या रहेको बताइएको छ। अहिले मोबाइल फोनको जमाना भएता पनि त्यहाँ चाहेको बेला नेटवर्कले काम नगरेपछि प्रहरी तथा स्थानीय निकायलाई जानकारी ढिला दिएको तथा हाल पहिरोले बाटो बिग्रिएको हुँदा घटनास्थलसम्म सरकारी निकायहरू पुग्न नसकेको तथा सरकारी निकायबाट कुनै पनि राहत प्राप्त नभएको घर्तीले जानकारी गराएका छन्। उनलाई अहिले स्थानीयवासीले सहयोग गर्दै आएको छन्। पिडितले पिडा पोख्दै भन्छन्,'सुत्केरीलाई पोषणयुक्त खुवाउनु पर्ने समयमा गोठको वास भयो।' घर्तीले हामीलाई जानकारी दिँदै भने,'पिडितको परिवारको लागि हामी स्थानीय निकाय , स्थानीय क्लब र देश तथा विदेशमा रहेका सहयोगी मनहरुबाट सहयोगको अपेक्षा गरेका छौं।' नेपालगन्ज देखि सुर्खेत जादै गरेको कार दुर्घटना , ३ जाना गम्भीर घाइते,४ को अवस्था सामान्य कार्तिक,२४, बाँके :- कोहलपुर देखि सुर्खेत भाइटीका लगाउन जादै गरेको बाँ २१ च.६३४० को कार र बिपरित दिशाबाट आएको अटो... नेपालगञ्ज देखि जाजरकोट आउदै गरेको जीप सिम्तामा दुर्घटना : ६ जना घाइते, ३ को अवस्था गम्भीर दिपेन्द्र थापा मगर सुर्खेत ९ भाद्र । नेपालगञ्ज देखि जाजरकोट जाँदै गरेको फोर्स गाडि दुर्घटनामा परेको छ । बुधबार दिउँसो...
2021/12/07 12:15:13
https://satkarpost.com/2020/06/14/22507/
mC4
काठमाडौं । प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा कार्तिक १९ गतेदेखि नवलपरासीको देवचुली नगरपालिका वडा नं. १५ स्थित प्रगतिनगरमा २११ औं शाखा खोली सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी बैंकले सेवा विस्तार गर्ने क्रममा नवलपरासी जिल्लामा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको हो । प्रभु बैंकको प्रगतिनगर शाखाबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
2022-12-06T03:34:47Z
https://www.samabesionline.com/2020/11/10163
OSCAR-2301
उदयपुरमा बाँदर आतंक : नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र - उदयपुर । उदयपुरमा बाँदर आतंक मचिएको छ । केही दिनदेखि त्रियुगा नगरपालिका १५ खाँबु, डहर, कुभिण्डे आसपासका क्षेत्रका सर्वसाधरणको घर, खेतबारीमा प्रवेश गरी अन्नपात खानुको साथै महिला तथा बालबालिकालाई आक्रमण गर्न थालेका छन् । मंगलबार प्रमुख जिल्ला अधिकारी विष्णु बहादुर कार्कीलाई ध्यानाकर्षण पत्र बुझाउँदै त्रियुगा नगरपालिका १५ का वडाध्यक्ष निरबहादुर मगर सहितको टोलीले अन्नबाली, फलफुल र तरकारीबाली संरक्षणको माग गरेका छन् । उनीहरुले बाँदरलाई अन्यत्र धपाउने प्रभावकारी बिधि खोजीदिन प्रशासनको ध्यानाकर्षण समेत गराएका छन् । खेतबारीमा लगाइएको धान, कोदो, मकै, गहुँ, आलु लगायतका अन्नबाली बाँदरले खाइदिने र नष्ट बनाइदिने महिला तथा बालबालिकालाई चिथोर्न थालेको भन्दै स्थानीयहरुले बाँदर आतंक नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय उदयपुरलाई अनुरोध गरेका हुन । 'एक्लै हिड्न हुन्न झम्टिहाल्छ । बारीमा लगाएको खेती त नष्ट गर्यो, घरमा राखेको अन्न पनि लिएर जान्छ,' वडा अध्यक्ष मगरले नागरिक बहससँग भने । भान्छामा पकाएर राखेको भात समेत खाइदिने गरेकाले दिउँसै ढोका थुनेर बस्नु परेको उनले सुनाए । महिला बालबालिकालाई आक्रमण नै गर्न थालेपछि प्रशासनको ध्यानाकर्षणका लागि डेलिकेसन लिएर आएको वडाa अध्यक्ष मगरले बताए । जंगली जनावरलाई मार्दा कानुन लाग्ने भएकाले अन्य कुनै उपायबाट नियन्त्रण लिनका लागि प्रशासनलाई अनुरोध गरिएको उनको भनाई छ ।' अन्नपात मात्र खाँदा त सहेकै थियौं, वडाध्यक्ष मगरले भने, 'धपाउन गएका महिला तथा बालबालिकामाथि नै आक्रमण गर्न थालेपछि आतंक नियन्त्रणको माग गरेका हौं ।' 'बादरहरु घरघरै आएर दुःख दिनुका साथै मानिस माथि आक्रमण गर्न थालेको सिद्धवती माध्यमिक विद्यालयका शिक्षक बालकृष्ण भट्टाराईले बताए । 'केही दिनदेखि बाँदरको आक्रमणबाट आधा दर्जन भन्दा बढी घाइते हुने गरी पिट्यो' उनले भने, 'टाउको र अनुहारमा मात्र आक्रमण गर्दाे रहेछ । पुरुष भन्दा बढी महिला र केटाकेटीलाई आक्रमण गरेको गरेको छ । बाँदर आतंक बढेपछि विद्यार्थीहरु बिद्यालय आउन डराउने गरेका छन् ।' बाँदरले हिँडै्दै गरेका र घरमा बसेका महिला तथा बालबालिकालाई चिथोर्ने, टोक्नेसमेत गर्ने गरेको छ । काम सकेर आरामले खाना खाउँला भनेर पकाएर राखेको खानासमेत खान नपाएपछि सर्वसाधरण निकै चिन्तित भएको स्थानीय कुलबहादुर खत्रीले बताए । उनले भने, 'बिहान मेलापात जानुअघि खाना पकाएर जानुपर्छ, आउँदा बाँदरले खाइसकेको हुन्छ ।' बाँदरबाट आजित भएपछि स्थानीयले वडासदस्य कुलबहादुर खत्रीको नेतृत्वमा १२ सदस्य बाँदर आतंकविरुद्धको संर्घष समिति नै गठन गरी नियन्त्रणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने र उपाय खोज्नेसमेत निर्णय गरेका छन् । स्थानीय ५५ घरपरिवारले संयुक्त रुपमा हस्ताक्षर गरी दिएको निवेदनमा बाँदर नियन्त्रण, वैकल्पिक बसोबासको व्यवस्थापन, क्षतिपूर्ति उपलब्ध गराइ दिन समेत माग गरिएको छ । स्थानीयको निवेदन बुझ्दै प्रजिअ कार्कीले नियन्त्रणका लागि सम्बन्धित निकाय डिभिजन वन कार्यालयलाई परिपत्र गरिने बताए । उनले भने, 'नियन्त्रणका लागि प्रशासनले गर्नसक्ने अवस्था छैन्, त्यसैले जंगली जनावर भएकाले वन कार्यालयले यसको उचित रेखदेख गर्नुपर्छ ।'
2022/01/22 18:41:29
https://www.nigranipost.com/archives/3818
mC4
प्रकाशित मिति: 2018/08/24 विदा मनाउनको लागि प्रख्यात बाली र सुन्दर स्थल लोम्बोकका जुलाई २९ र अगष्ट ५ मा शक्तिशाली भूकम्प गएको थियो । गत अगष्ट ५ आइतबारका दिन गएको यस भूकम्प ६.९ म्याग्नीच्युडको मापन गरिएको थियो । देशको उत्तर भागमा रहेको लोम्बोक र छिमेकमा पर्ने प्रान्त सुम्बावा यस भूकम्पबाट अत्यन्त प्रभावित भएको थियो । यसै क्षेत्रका धेरै व्यक्तिहरु मारिएका इन्डोनेसिया प्रकोप नियन्त्रण विभागले जनाएको छ । सो भूकम्पमा परी मारिएका व्यक्तिहरुका प्रायःजसो भवन भग्नावशेषमा पुरिएका थिए । भूकम्पको त्रासको कारण अझै पनि तीन लाख ९० हजार व्यक्ति विस्थापित रहेका प्रकोप नियन्त्रण निकायले जानकारी दिएको छ । भूकम्पका कारण लोम्बोकमा विद्युत सेवा अबरुद्ध हुनुका साथै ठाउँठाउँमा पहिरो गएको छ । आवासीय र कार्यालय भवनमा ठूलो क्षति पुगेको बताइएको छ । बेलाबेला आइरहने परकम्पका कारण स्थानीयबासीमा त्रास छाएकाले अझै पनि उनीहरु घरभित्र बस्न सकेका छैनन् । केही साताको अन्तरालमा लोम्बोकमा एकपछि अर्को शक्तिशाली भूकम्प गएपछि त्यहाँ ठूलो जनधनको क्षति भएको हो । यी शक्तिशाली भूकम्पबाट करिब ५५५ मानिसको मृत्यु भइसकेको छ । अधिकारीले यो सङ्ख्या अरु बढ्न पनि सक्ने बताएका छन् । दुई साता अघिकै भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या बढिरहेका बेला गत अगष्ट १९ आइतबार फेरि अर्को शक्तिशाली भूकम्प गएको थियो । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) का अनुसार आइतबार साँझ गएको पहिलो भूकम्प ६.९ म्याग्नीच्यूडको थियो । त्यस्तै आइतबारै साँझ अर्को परकम्प ६.३ र ५।४ म्याग्नीच्यूडका गएका थिए । यी सबै भूकम्प लोम्बोक द्वीपको उत्तरपूर्वमा केन्द्रित भएका थिए । सन् २००४ डिसेम्बरमा पनि इन्डोनेसियाको सुमात्रामा ९।१ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको र त्यसबाट सिर्जित सुनामीबाट एक दर्जन मुलुकका तटीय क्षेत्रका दुई लाख ३० हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो ।
2021/01/25 03:43:45
https://gantabyanepalnews.com/world/7196
mC4
कैलालीमा अघोषित लोडसेडिङ, ४२ डिग्री तापक्रममा छट्पटाउँदै नागरिक • Nepal's Trusted Digital Newspaperकैलालीमा अघोषित लोडसेडिङ, ४२ डिग्री तापक्रममा छट्पटाउँदै नागरिक • Nepal's Trusted Digital Newspaper कैलालीमा अत्याधिक गर्मी बढेका बेला विद्युत् प्राधिकरणकाे गर्ने अघोषित लोडसेडिङका कारण नागरिक मारमा परेका छन् । केही दिनयता कैलालीमा तापक्रम उच्च हुँदा विद्युत् कटौति पनि बढ्न थालेको हो । नागरिकले विद्युत् प्राधिकरणले अघोषित लोडसेडिङ गरेको स्थानीय आरोप लगाइरहेका छन् । 'तराईमा ४२ डिग्रीसम्म तापक्रम पुग्न थालेको छ,' धनगढी-५ का ईश्वर जोशीले भने, 'यही बेला विद्युत् प्राधिकरणले अघोषित रुपमा लोडसेडिङ गरिरहेको छ । अत्यधिक गर्मीमा लोडसेडिङ हुन थालेपछि नागरिक मारमा परेका छन् ।' तर, विद्युत् प्राधिकरणले लाेडसेडिङ नगरेकाे दाबी गरेकाे छ । नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुख सूर्यनारायण मण्डलले कैलालीमा नियमित विद्युत आपूर्ति भइरहेको भन्दै अहिले कुनै समस्या नरहेको बताए । प्राधिकरणकाे दाबीलाई अस्वीकार गर्छन् । ' कैलालीभरि नै दैनिकजसो अघोषित रूपमा हुने लोडसेडिङ भइरहेको छ,' गोदावरी नगरपालिका–२ का लालबहादुर सुनारले भने, 'नियमित विद्युत् सुचारु नभएको १५-२० दिन भइसक्यो ।' उनका अनुसार 'आघा घण्टा बत्ती आउने र १५–२० मिनेट विद्युत कटौती हुने गरेको छ । 'यो विद्युत प्राधिकरणको अघोषित लोड सेडिङनै हो, जनतालाई त्यसको सूचना लुकाइएको छ,' सुनारले भने । धनगढी–२ का सुशील जोशीले विद्युत प्राधिकरण व्यापारीसँग मिलेको आरोप लगाउँछन् । व्यापारीका इन्भर्टर बिकाउन प्राधिकरणले गर्मी बढेपछि अघोषित लोडसेडिङ गर्ने गरेको उनको आरोप छ । 'गर्मीमा झ्याप्प- झ्याप बत्ती कटौती गरेर नागरिकलाई इन्भर्टर किन्न बाध्य पारिँदै छ,' उनले भने, 'विद्युत् प्राधिकरणले व्यापारिलाई फाइदा पुग्ने गरी काम गरिरहेको छ ।' पटक-पटक बिजुली जाने र आउने हुन थालेपछि वैकल्पिक उपकरणको समेत बिक्री बढ्ने र त्यसबाट विद्युत्‌का कर्मचारीले कमिसन खानेगरेको उनको आराेप छ । विद्युत प्राधिकरणले गर्मी सुरु भएपछि सधैँ अघोषित लोडसेडिङ गर्ने गरेको धनगढी–५ का अनिल बोहरा पनि बताउँछन् । 'यसअघिका वर्षहरूमा पनि गर्मी सुरु भएपछि अघोषित लोडसेडिङ हुनेगरेको थियो,' बोहराले भने, 'यस वर्ष पनि त्यो समस्या दोहोरिएको छ । कर्मचारीको प्रलोभन र लापरबाहीका कारण यस्तो समस्या आइरहेको छ ।' बिजुली आउने जाने गर्दा विद्युतीय उपकरणमा समेत क्षति पुग्ने गरेको धनगढीका स्थानीय देवराज अवस्थीले बताए । बिजुली आउने र जाने भइरहँदा पंखा, फ्रिज, बिजुलीका बल्बमा क्षति पुग्ने गरेको उनि बताउँछन् । 'पछिल्लो समयमा बत्ती आउने–जाने धेरै भइरहेको छ,' उनले भने, 'यसले गर्दा विद्यार्थी लगायत अन्य सबै नगरबासीको दैनिक कष्टकर भएको छ ।' प्राधिकरणले विभिन्न बाहना बनाएर विद्युत् कटौती गर्दा गृहणी, विद्यार्थी, उद्योगी, व्यापारीहरूले समस्या झेल्नु परेको छ भने विद्युत् नभएपछि पंखा, एसी, कुलर लगायतका उपकरण चलाउन नपाउँदा चर्को गर्मी कटाउन मुस्किल परिरहेको छ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र धनगढीका प्रमुख मण्डल भने विद्युत नियमित सुचारु भएको र कुनै लोडसेडिङ नरहेको बताउँछन् । 'ठाउँठाउँमा सडक निर्माण भइरहेका कारण लाइनविच्छेद गर्नु पर्ने अवस्था आइरहेको छ,' उनले भने, 'कतै फ्यूज जाने हुँदा मर्मत गर्नु पर्दछ, त्यसबेला बिजुली गएको हुन सक्दछ, तर लोड सेडिङ भने छैन ।' उनले कहिलेकाहिँ चमेलिया विद्युत् आयोजनाबाटै बिजुली कटौती हुने गरेको भन्दै त्यस्ताे अवस्थामा भने केही समस्या हुने गरेको बताए । तर, चमेलियामा पनि मर्मतका लागि मात्र विद्युत् अवरुद्ध हुने गरेको वितरण केन्द्र प्रमुख मण्डलले बताए ।
2022/06/27 20:13:33
https://samacharpati.com/2022/04/112058/
mC4
"भारतले देखाएको नक्कली काली नदी त्यो सानो तुरतुरे खोला मात्र हो महाकालीको मुहान होइन"- हिरण्यलाल श्रेष्ठ, परराष्ट्रविद् | emissionkhabar.com Home Main "भारतले देखाएको नक्कली काली नदी त्यो सानो तुरतुरे खोला मात्र हो महाकालीको... "भारतले देखाएको नक्कली काली नदी त्यो सानो तुरतुरे खोला मात्र हो महाकालीको मुहान होइन"- हिरण्यलाल श्रेष्ठ, परराष्ट्रविद् कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो देशममा पारेर भारतले हालै नयाँ नक्सा सार्वजनिक गर्यो । भारतको यो कदमलाई यहाँले कुन रुपमा विश्लेषण गर्नु भएको छ ? – भारतमा अहिले विजेपीको सरकार छ, नरेन्द्र मोदी प्रधानमन्त्री छन् । उनीहरुले अहिले भारतभरमा सबै भन्दा ठूलो शालिक सरदारभाई पटेलको बनाएका छन् । त्यसबाट पनि देखिन्छ कि उनीहरुको आर्दश महात्मागान्धी होइन, नेहरु होइन– सरदारभाई पटेल हुन् । सरदार पटेल जसले हैदरावादलाई फौज पठाएर भारतमा गाभ्यो, जसले कस्मिरको ठूलो भाग गाभ्यो ।उनले वरिपरिका देशहरु, नेपाललाई पनि भारतमा गाभ्नु पर्छ भनेका थिए । तर उनी चाडै बिते । अहिलेको भारतको मोदी सरकारको वैचारिक आदर्श भनेको पटेलवादी विचार हो । त्यसैका कारण नै यसले वरिपरिका देशहरुमा अतिक्रमण गरिरहेको छ । पाकिस्तानसँग कस्मिर समस्या छ । दराखलाई पनि केन्द्र शासित बनायो, त्यो चीनसँग सम्बन्धित छ । चार लाख बंगलादेशी मूलका मुसलमानहरुलाई राज्यविहीन बनाएको छ । पहिले तामिलहरुका कारणले श्रीलंकासँग परेको थियो । त्यो बेलाकै रक्षामन्त्री अहिले राष्ट्रपति भएका छन् । अझ अहिले नागरिकता विधेयक पास गरेको छ । विपक्षीहरु साराको विरोध हुँदा पनि जवरजस्ती पास गर्यो नागरिकता विधेयक । अहिले आसाममा मान्छेहरु गरिरहेका छन् । हिजोदेखि दिल्लीमा पनि आन्दोलन भएको छ । देशभित्र पनि भिन्न धर्मावलम्बीहरुलाई दबाउने, देश बाहिर पनि प्रभाव र प्रभुत्व जगाउँदै सिमा समेत मिच्ने कामहरु गरेको छ । हरेक काम विचारबाट निर्देशित हुन्छ । सरदार पटेलवादी विचारबाट निर्देशित देखिन्छ मोदी सरकार । त्यसैले भारतले नेपालको भूमि अतिक्रमण गरेको घटनालाई एक्लै नहेरिकन समष्टिगत रुपमा उसको सोच र कार्यहरुलाई हेरेर नै विश्लेषण गर्नु पर्छृ । यो त उसको सोच भयो । तर यहाँ नेपालको पनि कमजोरी छ । के कमजोरी छ नेपालको प्रष्ट पारिदिनुहोस न ? – नेपालको मुख्य गरेर तीन वटा कमजोरी छन् । पहिलो नम्बर लिम्पियाधुरासम्मको चुच्चे नक्सा निकाल्नु पर्नेमा पंचायतको सबै भन्दा कमजोर प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजालका पालामा बुच्चे नक्सा निकालियो । त्यसमा लिम्पियाधुरा देखाइएको छैन । कालापानीमा बसिराखेका भारतीय सेना हटाउन राज्यले चौकी खडा गरेर त्यहाँ आफ्नो उपस्थिति जनाउन सक्नु पथ्र्यो । तर सकेन । पटकपटक वार्ता हुने अनि फेरि सेलाएर चुपलाएर बस्ने काम भयो । सिमा समस्या समाधान नभएसम्म लागि पर्नु पर्ने कुटनीतिक प्रयासमा पनि नेपालको कमजोरी रह्यो । यिनै तीनवटा नेपालको कमजोरीबाट फाइदा लिएर कालापानीमा भारतीय सेना बसिरहेका छन् । अहिले भारतले यो नक्सा निकाल्नुको भित्री रहस्य के हो भने– आफूले कब्जा गरेर बसिराखेको कालापानीदेखि लिम्पियाधुरासम्म कब्जालाई आफूसँगै गाँस्ने दुष्मनसायबाट यो नक्सा निकालेको हो । नेपालको कालापानीदेखि लिम्पियाधुरासम्मको भूभाग जुन अहिले भारतले आफ्नो नक्सामा पारेको छ त्यो भूभाग हाम्रो हो भनेर दावी गर्न हामीसँग त्यस्ता ऐतिहासिक तथ्यगत प्रमाणहरु के छन् ? – पहिलो प्रमाण सुगौली सन्धिको धारा ५ हो । जस अनुसार नेपालका राजाका उत्तराधिकारीहरुले कालीपारीको आफ्नो दावी छोड्नेछन् र सम्पर्क राख्ने छैनन् भनिएको छ । त्यसले प्रष्ट रुपमा के देखाउँछ भन्दाखेरी महाकालीको पूर्व नेपाल हो र पश्चिम भारत हो । अस्ति पूर्व प्रधानन्याधीश सुशिला कार्कीजीले भन्नु भएको थियो – त्यो नै हाम्रो लालपुर्जा हो सुगौली सन्धिको धारा ५ । त्यो प्रमाण नेपालसँग छ । १८१६ मा सुगौली सन्धि भयो त्यसपछि नयाँ कुनै त्यो क्षेत्रका लागि सिमा सन्धि भएको छैन । भारतले त महाकालीको मुहान कालापानीमा रहेको एउटा खोल्सालाई बताएको छ नि ! यस बारेमा के भन्नु हुन्छ ? – त्यो गलत हो । किनभने नदी सिमाना हो सुगौली सन्धि अनुसार जमिन होइन । अहिले उसलेनक्कली काली नदी भनेर जुन देखाएको छ, त्यो सानो तुरतुरे खोला मात्र हो महाकालीको मुहान होइन । नदी भनेको त त्यसको मुलधार कहाँबाट बग्छ ? त्यो हेर्नुपर्छ । त्यो भारतले देखाएको तुरतुरे खोलाको पानी भन्दा दश दोब्बर भन्दा बढी छ त्यो लिम्पियाधुराको मुहानबाट बग्ने पानी । यसरी जलविज्ञान अनुसार पनि महाकालीको मुहान लिम्पियाधुरा नै हो भन्ने कुरा प्रष्ट हुन्छ । १८१६ मा सन्धि भएपछि त्यसपछि १८५४ सम्मका अंग्रेजका सम्पूर्ण नक्साहरुमा महाकाली नदीको मुहान लिम्पियाधुरा भनेर देखाएको छ । अंगे्रजका पालामा पनि सिमा मिचिएको थियो । त्यसपछि पनि भारतले मिचेको छ । त्यसरी लगातार हाम्रो सिमाना मिच्नु पछाडिको उनीहरुको खास उद्देश्य के हो जस्तो लाग्छ यहाँलाई ? – त्यसको उद्देश्य पानीको स्रोतमाथि कब्जा गर्नु नै हो । किनभने भारतको उत्तर प्रदेशमा अनिकाल परेका बेला, सुख्खा परेका बेला, उनीहरुले महाकालीको पानी लग्नु प¥यो । युपीको लागि पनि र खाने पानीका लागि त्यो दिल्लीसम्म पनि लान सकिन्छ भनेर चन्द्र सम्सेरका पालामा नै शारदाबाँध बनाउने प्रस्ताव पठाए । १९१० मा सम्झौता गरेर बाँध पनि बनायो । त्यो बाँध म आफू फुच्चे हुँदा हेर्न गएको थिएँ । त्यतिखेर त्यो बाँधको बीचमा नेपाल र इण्डियाको झण्डा राखिएको थियो । तर पछिल्लो चोटी जाँदा त्यहाँ नेपालको झण्डा हटाएर भारतको झण्डा नेपालको सिमानासम्म राखेको छ । त्यसकारण शारदा नदीमा बाँध बनाउने, पानी बढी आफैले सोहर्ने र यसको मुहान पनि आफ्नो बनाउन सकियो भने पानीमाथि हैकम जमाउन सकिन्छ भनेर त्यो सम्झौता गरिएको हो । कस्मिर कब्जा गर्नुको अरु पनि कारण छन् रणनैतिक तर मूल एउटा कारण सिन्ध नदीको मुहान कस्मिरमा भएको हुनाले त्यो पानी सोहर्नका लागि त्यो मुहानलाई कब्जा गरिएको हो । इजरायल र अरबहरुको झगडा पनि जोडन रिभरको स्रोत कसले कब्जा गर्ने भन्ने हो । यसरी विश्वका धेरै ठाउँमा पानीका कारणले बलियाले विस्तार गर्ने, पानीको स्रोत नियन्त्रण गर्ने गर्दै आइरहेका छन् । १८५६ पछि नक्सामा ल्याएको परिवर्तनको भित्री रहस्य पानीको स्रोतमाथि कब्जा गर्ने रह्यो । के उसो भए त्यही पानीका स्वार्थले मात्र हो त भारतले नेपालको कालापानी लगायतका भूमि त्यसरी अतिक्रमण गरेको ? अन्य कुनै कारण छैनन ? त्यो मूल कारण हो तर त्यति मात्र कारणले होइन । १९४७ मा भारत स्वतन्त्र भयो १९४९ मा चीनमा नयाँ जनवादी सत्ता आयो । सन् १९५१ मा आएपछि चीनको जनमुक्ति सेनाले तिब्बतमा आइसकेपछि त्यहाँ पश्चिमी देशहरुले र भारतले अब नेपाल चीन सीमा भनेको दुई देशीय सीमा मात्र होइन, रणनैतिक दृष्टिकोणले तथाकथित स्वतन्त्र विश्वको पनि फ्रन्टीयर सीमा हो । त्यसैले कन्टेन चाइना भन्ने पोलिसी अन्तर्गत १९५० को सन्धिको पत्राचारमा प्रष्ट लेखेको छ– एक अर्को देश माथि कसैल हमला गर्यो भने एकले अर्कोलाई सूचित गर्ने र समन्वय गरेर अगाडि बढ्ने । भारतले हिमालको दक्षिणी मेरो प्रभाव र प्रभुत्वको क्षेत्र हो र मेरो सुरक्षा छाता ओढेर बस्नुपर्छ भन्ने नेहरु डक्ट्रराइन आयो र त्यस अनुसार भयो । चीन र भारतप सुरुका केही वर्ष त भाइभाई थिए । पछि उनीहरुको सीमा विवाद पनि भयो । दृष्टिकोणमा पनि दुईटा फरक फरक दृष्टिकोण भए । यसले गर्दा चीन विरोधी गठबन्धनका दृष्टिकोणले कुन ठाउँमा नेपालमा पस्दाखेरी चिनियाँ गतिविधिलाई हेर्न सकिन्छ र छेक्न सकिन्छ त्यो दृष्टिकोणले मातृका प्रसाद कोइराला प्रधानमन्त्री हुँदा १९५२ मा १८ वटा उत्तरी सिमानामा भारतीय सैनिक संचारकर्मीहरु राखेर चौकीहरु खडा ग¥यो र सैनिक मिसन पनि नेपालमा हुल्यो । १९६२ मा भारत–चीन सीमा युद्ध भएका बेलामा अरु सबै ठाउँमा भारत बहादुरीका साथ पिछे हट गया भन्दै मार खाएर पछि हट्यो तर कालापानी क्षेत्रमा झन फौज थप्यो । १९६९ मा कृतिनीधि विष्ट प्रधानमन्त्री भएका बेलामा एउटा अन्तरवार्ता दिएर खुल्ला रुपले भारतीय सैनिक चेकपोष्ट र सैनिक मिसन फर्काउनका लागि नेपालले खुल्ला आह्वान ग¥यो । यसरी १९६९ मा भारतीय सेनाहरु १७ ठाउँबाट फर्किए । १८ वटा चेकपोष्ट बनाएकोमा कालापानी क्षेत्रबाट फर्कैनन् । भारतीय सेनाहरु कालापानीमा त्यसरी अड्डा जमाएर किन बसे त ? – तिनीहरु त्यहाँ किन त्यसरी बसिराखे भने उनीहरुका लागि त्यो कालापानी रणनीतिक महत्वको ठाउँ रहेछ। जहाँ उसले अहिले सैनिक चौकी बनाएर बसेको छ त्यहाँबाट लिपुलेक माथिसम्मको सबै चिनियाँ सेनाको गतिविधि हेर्ने सकिने ठाउँ रहेछ । त्यहाँ ओर्लियो भने चिनियाँ फौजलाई डेलि हान्नलाई सजिलो हुन्छ भनेर छेक्ने ठाउँ । त्यसैले वाच र कन्टेन्ट गर्नका लागि त्यो कालापानी रणनैतिक महत्वको क्षेत्र भएको हुनाले अरु ठाउँमा "बहादुरीका साथ पिछे हटगया" भनेर फक्र्यो इण्डियन सेना । नेपाललाई कमजोर छिमेकी ठानेर जग्गा हडपेर बस्यो । त्यसैले पानीको स्वार्थ र रणनैतिक सुरक्षा स्वार्थ त्यहाँ गाँसियो । हामीले देखिरहेका छौं नागरिकस्तरबाट यस विषयमा खबरदारीपूर्ण आन्दोलन निरन्तर चलाइएको छ । तपाईहरुले नेपालको नयाँ नक्सा पनि सार्वजनिक गर्नु भएको छ । तर सरकारले यस विषयमा खासै कुटनीतिक पहल गरेको देखिए नि ! यस्तो बेला सरकारले गर्नु चाहिं के पर्छ ? –सरकारले अहिलेसम्म तीन वटा काम गरेको छ । एउटा सर्वदलीय र सर्वपक्षीय बैठक प्रधानमन्त्रीले नै बोलाउनु भयो । त्यसमा मलाई पनि बोलाएको थियो, गएको थिएँ म । त्यहाँ सत्तापक्षीय मात्र होइन प्रमुख प्रतिपक्ष दल, मधेशवादी दलहरुले समेत कालापानी नेपालकै भूभाग हो । लिम्पियाधुरासम्म त्यसलाई फिर्ता गर्न कुटनीतिक प्रयास गर भनेर प्रधानमन्त्रीलाई सुझाव दिए । कर्मचारी तहबाट हुँदैन । प्रधानमन्त्री तहबाटै कुरा थाल्नुपर्छ भनेर हामीले भन्यौं । नेपालको इतिहासमा यति अभूत पूर्वरुपमा राष्ट्रिय एकता देखिएको यो पहिलोपल्ट हो । पहिलो काम त्यो गर्यो सरकारले सर्वदलीय सहमति । दोस्रो काम सरकारले एउटा कुटनीतिक नोट पठायो । भारतलाई–तिमीहरुले निकालेको नक्सामा हामी सहमत छैनौं, त्यो नक्सा सच्चाउनु पर्यो, वार्ता तुरुन्त थाल्नु प¥यो भनेर वार्ताको डेट पनि दिएर पठायो । तर इण्डियाले जवाफ दिएन । यो काममा भारतमा रहेका नेपाली राजदुतलाई लगाएको थियो । त्यहाँको परराष्ट्र मन्त्रालयसँग सम्पर्क गरेर डेट माग्नका लागि । बरु उल्टै यो हाम्रो भूमि हो भनेर त्यहाँको प्रवक्ताले बोल्यो । हामीले नक्सा फेरेका छैनौं भन्यो । भारतले बंगलादेशसँग वार्ता गर्न जान पर्यो भने त्यहाँ बाढी आएका बेला जान्छ । किनभने त्यतिबेला उनीहरु नर्भस भएका हुन्छन् । त्यस्तै नेपालमा राजनैतिक अस्थिरता भएका बेला रातारात सिमानामा पिलर पनि हराउँछन । त्यहाँबाट आर्मीका अधिकृतहरु आउँछन् यहाँ सुरक्षासम्बनधी वार्ता गर्न । नेपालको चाहिं घर जग्गा नाप्ने नापी विभागलाई जिम्मा दिएकाले पनि त्यो म्याचिङ भएको छैन टिम । यसरी दोस्रो प्रयास सरकारले नोट पठायो, तेस्रो प्रयास वार्ताको डेटहरु दियो । त्यसपछि प्रधानमन्त्रीले खुलेर बोल्नुभयो–अर्काको एक इन्च जमिन पनि हामी चाहँदैनौं हाम्रो एक इन्च जमिन पनि छोड्दैनौं भनेर । लिम्पियाधुरासम्म नै नेपालको जमिन हो तिमीहरु फर्क र वार्ता गरौं भनेर प्रधानमन्त्री बोल्नु भयो । यति प्रष्टसँग पहिलेका प्रधानमन्त्रीहरुले बोलेका थिएनन् । त्यसपछि राजनैतिक वातावरण तयार गर्नका लागि ट्रयाक टु कुरा गर्ने भनेर माधव नेपाल सहित तीन जनालाई दिल्ली पठाउने भन्यो । त्यसका लागि माधव नेपालले यहाँको भारतीय राजदुतलाई भेटेर ल डेट फिक्स गर्देऊ हामी दिल्ली कहिले जाने भन्दाखेरि दिल्लीबाट डेट आएन । यसरी प्रयास त गरेको छ सरकारले । ठूला देशसँग कुटनीतिक प्रयास नै गर्ने हो । तर यति प्रयास र सक्रियताले मात्र पुग्दैन । यस्तोमा कमजोरी चाहिं देखिएको छ सरकारको पनि । यसबाट भारतले नेपाल सरकारलाई नटेरेको नै प्रष्ट भयो । अब नेपाल सरकार कसरी अगाडि बढ्नु पर्ला त ? –सरकारले प्रष्ट रुपमा तीन वटा काम गर्नुपर्यो । पहिलो प्राविधिक काम । त्यो भनेको भारतले नेपालको भूमि अतिक्रमण गरेर नक्सा निकाले पछि, हाम्रो भूमि यहाँसम्म हो भन्ने प्रष्ट भएको नक्सा नेपालले जारी गर्नु प¥यो । अतिक्रमित नक्साका विरुद्ध राष्ट्रिय नक्साको तत्काल प्रकाशन पहिलो कर्तव्य राज्यले गर्नु पर्ने । दोस्रो, त्यो ठाउँमा राज्यको उपस्थिति भएन । गृह र रक्षा मन्त्रालयले त्यहाँ आर्मी एसएविहरु पठाएर चौकीहरु खडा गर्नु पर्यो । त्यहाँ राज्यको उपस्थिति हुनु प¥यो । त्यहाँको लोकल मान्छेहरुले नेपालको पक्षमा बोल्न डराउँछन किनकि भोलि दमन गर्छ भारतले भनेर । त्यसैले त्यहाँका लोकल जनताहरु जसले पहिले नेपाललाई तिरो तिरेका थिए, जसले जनगणनामा नेपाली हुँ भने, जसले भोट हालेर त्यो क्षेत्रबाट आफ्ना प्रतिनिधि पठाएका छन् उनीहरुलाई भारतीयको दमनबाट जोगाउनका लागि उनीहरुलाई सुरक्षा अनुभूति हुने गरी त्यहाँ राज्यको उपस्थिति हुनु आवश्यक छ । हामीले गृहमन्त्रीलाई भेट्दा पहिले २० किलो मिटरको फरकमा रखेका थियौं, चौकीहरु अब दश किलो मिटरको फरकमा राख्छौं भन्नु भाथ्यो । सुरक्षाकर्मीको संख्या पुगेको छैन त्यो थप्ने दोस्रो त्यो क्षेत्रमा राख्नका लागि हामीले नक्सा बनाएर ठाउँ रोजेर बनाएको वन मन्त्रालयले स्वीकृत गरेन डेढ वर्ष यता भन्नुभयो । भनेपछि मन्त्रालय –मन्त्रालय बीच समन्वय हुन नसकेको देखियो । जसले सुरक्षा मामिलामा गलत नक्सा निकाल्छ, जसले सुरक्षा चौकी बनाउन खोज्दा बाहाना बनाई ढिलो गर्छ । तिनीहरु माथि राष्ट्रद्रोहको मु्द्दा लगाउनु पर्छ । तथापि गृहमन्त्रालयले योजना बनाएर पठाउन नै भनेको छ, त्यो पठाउन ढिलो गर्न भएन । तेस्रो कुरा, कुटनीतिक पहल गर्नुपर्छ । त्यसका लागि तीनवटा तह भन्छु म । पहिलो दुई पक्षीय वार्तागर्ने परराष्ट्रमन्त्री सचिव स्तरीय । भारतले नयाँ नक्सा निकाले पनि भारत सरकारका परराष्ट्र प्रवक्ताले दुई देशको संयन्त्र छ कुटनीतिक वार्ता गरेर टुंग्याउँछौं भनेका छन् । भनेपछि त्यो भूमि विवादित हो भन्ने कुरा त भारतकै वक्तयमा पनि स्वीकार गरिएको छ । विवादित ठाउँमा एकतर्फी नक्सा निकाल्नु अवैध हुन्छ अन्तर्राष्ट्रिय कानुन अनुसार । त्यसैले त्यो नक्सा फिर्ता लिएर वार्तामा बसौं भन्नु पर्छ । पहिलो वार्ता दुइपक्षीय गर्ने । अर्को कुरा त्यो लिम्पियाधुरा भन्ने नेपालको मात्र सिमाना होइन । भारतको मात्र पनि होइन । त्यसैले त्यहाँ दुईवटाले मात्र निर्णय गरेर पुग्दैन । भारत, नेपाल र चीन त्यो तीनवटा देश जोडिने स्थान भएको हुनाले नेपालले नेपाल, भारत, चीन त्रिपक्षीय वार्ताका लागि आह्वान गर्नु पर्छ । नेपाल र चीन बीचको सीमा सन्धि जुन भएको छ, त्यसमा लिपुलेक नजिकैबाट १ नम्बर पिलर गाडेको छ । सिमानाको पिलर र बाटो बनाउँदा जिरोबाट एक हुन्छ । उसो भए त्यो जिरो कहाँ हो त ? त्यो एकिन भएको छैन । किनकि त्रिदेशीय वार्ता भएकै छैन । अहिले संसारमा धेरै छिटोछिटो भेट्ने नेताहरु भनेको सिजिङपिङ र नरेन्द्र मोदीनै हुन । अहिले उनीहरुको सम्बन्ध सुध्रिएको पनि छ । त्यसैले त्रिदेशीय वार्ताको प्रस्ताव गरेर जिरो प्वाइन्ट कहाँबाट शुरु हुन्छ, लिम्पियाधुराबाटै तिनै देश मिलेर सीमा गाड्नु पर्छ भनेर प्रस्ताव गर्नु पर्ने उपयुक्त समय यही हो । अहिले चीन भनेको अमेरिकासँग कम्पीटिसन गर्ने नवोदित शक्ति हो । इण्डिया पाँचौं हो । व्यालेन्स अफ पावरमा पनि चीनलाई बेवास्ता गर्न नसकिने अवस्था छ भने त्यो कुटनीतिक फाइदा लिन नेपाल किन हिच्किचाइरहेको छ ? त्रिदेशीय वार्ताको प्रस्ताव तत्काल गर्नु पर्छ । कालापानीमा भारतीय सेना आएको पनि चीनको विरोधमा हो । तिमीहरको सम्बन्ध सुधार भएपछि त्यहाँबाट हट्न आवश्यक छ । अहिलेका बेला वाच गर्न परो भने त स्याटलाइटबाट हेर्न सकिन्छ । कमजोर देशको सीमा हडपेर हुँदैन भन्ने कुरा राखेर त्रिदेशीय वार्ता गर्ने । यसरी कुटनीतिक प्रयास भनेको दुइ पक्षीय वार्ता मात्र होइन । त्रिदेशीय गर्नु पर्यो । यस्तै इष्ट इण्डिया कम्पनीसँग हाम्रो सुगौली सन्धि भएको थियो । कालापानी होइन सीमा लिम्पियाधुरा नै हो । सिमा भन्ने कुरा त पहिलेको १८१६ सन्धि र त्यसपछिका लगत्तै १८२० र १८५४ सम्मका नक्साहरुमा नेपाल र भारतको सीमा भनेरै देखाएको छ । अझ अलमोडाको उपगर्भनरले त त्यहाँका मान्छे हामीलाई असुविधा हुन्छ भन्दा होइन सन्धि अनुसार नेपालकै भैसक्यो त्यो भूभाग भनेर गुन्जी नाभीतिरका जनतालाई नेपालमै तिरो तिरेर त्यही बसनु भनेर लेखेको पत्र पनि छ । २०११ सम्म त जनगणना गर्न भैरव रिसालजी टोली प्रमुख भएर त्यहाँ जानु भएको थियो । जनगणना गराएको, तिरो तिरेको रसिदहरु भएको , त्यहाँ गएका सिडियोहरुले त्यो क्षेत्र घुमेर रिपोर्टहरु सरकारलाई बुझाएको पनि थियो । त्यसैले अब बेलायतलाई मध्यस्थता गर भन्न पर्ने हो कि ? सुगौली सन्धिले निर्धारित गरेको वास्तविक सीमा त उसले देखाउन सक्छ । यो मुद्दालाई अन्तर्राष्ट्रिय अदालत समक्ष पुर्याउन कत्तिको आवश्यक छ ? त्यहाँ जाँदा कसरी जाने ? –दुई पक्षीय, त्रिपक्षीय वार्ता र मध्यस्थताबाट पनि समाधान भएन भने नेपाल पनि संयुक्त राष्ट्र संघको सदस्य, चीन पनि सदस्य भारत पनि संयुक्त राष्ट्रसंघ कै सदस्य युएनको गुहार माग्नु पर्छ । अन्तर्राष्ट्रिय अदालत पनि जानु पर्छ । जस्तो क्यामरुन र नाइजेरियाबीच विवाद भएको थियो । नाइजेरिया ठूलो क्यामरुन सानो देश । नाइजेरियाले क्यामरुनको जमिन मिच्यो । क्यामरुनले प्रमाण सहित अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्यो । सबै प्रमाणहरु हेरेर अदालतले त्यो जमिन नाइजेरियाले क्यामरुनलाई फर्काउनु पर्छ भन्ने फैसला सुनायो । र फर्कियो पनि । यस्तै बंगलादेश र भारतका बीचमा पनि सीमा सम्झौता भएको छ । बंगलादेश राजनैतिक रुपमा भारतको नजिक भए पनि बंगलादेशले सीमाका सन्दर्भमा भारतसँग कहिल्यै कम्प्रोमाइज गरेको छैन । नेपालले पनि त्यसरी नै गर्नुपर्छ । हाम्रो बल भनेको प्रमाण हो । त्यसैका आधारमा हामी अन्तर्राष्ट्रिय अदालत पनि जानु पर्दछ । त्यो जाने भनेको सरकार नै हो , अरु गएर हुँदैन । जनस्तरबाट त निरन्तर दबाब दिने हो । तर सत्तासीन नेकपाका एउटा अध्यक्ष प्रचण्डले त यो विषयलाई अन्तर्राष्ट्रियकरण नगरौं भन्नु भयो नि, किन होला ? –मैले अघि सिम्बोलिकल्ली भनेको थिएँ– भारत बंगलादेशमा वार्ता गर्न जान प¥यो भने बाढी आएका बेला जान्छ । नेपालमा आउन प¥यो भने अस्थिरता पैदा गरेर आउँछ । अन्तर्राष्ट्रियकरण गर्न हुँदैन भन्नुको अर्थ भारतको बल मिचाइलाई संसार सामुन्ने भण्डाफोर गर्दिन भनेको हो । भारतलाई नरिझाइकन सत्तामा पुग्न सकिंदैन भन्ने मानसिकताबाटै त्यस्तो अभिव्यक्ति आएको हुनुपर्छ । त्यस्तो कमजोरी देखाउनु हुँदैन । एक ढिक्को भएर अगाडि बढ्नु पर्छ । कालापानी लिम्पियाधुरा नेपालकै हो भनेर दुवै अध्यक्षहरुले प्रष्ट नै राखेका छन् । अब त्यो राखे अनुसार व्यवहारमा पनि दृढ भएर अगाडि बढ्नु पर्छ । व्यक्तिगत महत्वकांक्षा भन्दा राष्ट्रहितलाई सर्वोपरी मानेर अगाडि बढ्नु पर्छ । आन्तरिक पक्षमा पनि कमजोरी देखाउनु हुन्न । व्यापक समझ्दारीबाट सबै दललाई समेटेर नै अगाडि जानु पर्छ । देशमा "राष्ट्रवादी" छविबाट बनेको सरकार रहे पनि देशको राष्ट्रियता यसरी दिनप्रतिदिन संकटमा पर्दै गैरहेको छ । यस्तो बेला सरकार र देशभक्त नेपालीहरुलाई तपाईले विशेष जोड दिएर के भन्न चाहानु हुन्छ ? –म के भन्नु चाहान्छु भने– राष्ट्रियता सिजनल हुइमको विषय होइन । एक पटक हल्ला गर्ने त्यसपछि वर्षौं सुतेर बस्ने, त्यस्तो गर्नु भएन । सीमा समस्या समाधान नभएसम्म लागि पर्नु पर्छ सरकार । कालापानी, लिम्पियाधुरा क्षेत्रमा चौकीहरु खडा गरेर राज्यको उपस्थिति गराउनै पर्दछ । र, सरकारले नक्सा तुरुन्त निकाल्नु पर्दछ । कसले छेक्यो चुच्चे नक्सा निकाल्नको लागि ? अहिलेसम्म नापी विभाग र भूमिसुधार मन्त्रालय तयार भएको देखिएको छैन । संसदको समितिले पनि घच्घचायो । अदालतले पनि कारण देखाऊ, प्रमाण ल्याऊ भन्यो । नेपालको राज्यका सबै अंगहरु– व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका सबैले एकै स्वरले उठाएका छन् । सडक तातेको छ । नेविसंघ, अखिलदेखि लिएर सबैले प्रतिस्पर्धा गर्दैछन् जुलुस निकाल्नका लागि । मधेश, पहाड, हिमाल जताततै जुलुस निस्किएको छ । यसरी देश एक भएका बेला, देशभित्र सर्वदलीय सर्वपक्षीय परराष्ट्र मामिलाको परामर्स समिति बनाउनु पर्छ । एकजुट भएर, एक ढिक्का भएर अगाडि बढ्नुपर्छ । दोस्रो, प्रमाण हामीसँग छ, बल मिचाई मात्र भारतको हो । एक्काइसौं सताब्दीमा बल मिचाई गरेर हुन्न भन्दै निरन्तर लागि परेर नेपालले यो समस्याको समाधान गर्नुपर्छ । विभिन्न उपायहरु अवलम्वन गरेर दुइपक्षीय वार्ता, त्रिपक्षीय वार्ता, बहुपक्षीय वार्ता गरेर भए पनि यो समस्या नसुल्झिएसम्म निरन्तर लाग्नु पर्दछ । यो समस्या समाधान गर्न सरकार नै अघि सर्नु पर्छ । जनताले साथ दिनु पर्छ सरकारले राष्ट्रहितको पक्षमा काम गर्नुपर्छ, नभएमा खबरदारी गर्नु पर्छ । यो विषयलाई कमजोर हुन नदिन, सेलाउन नदिनतका लागि नागरिकको पनि भूमिका छ । राज्यको पनि भूमिका छ । चीन, भारत लगायत सबै मित्र राष्ट्रलाई अहिलेको जमानामा बल मिचाई होइन, प्रमाण र विवेकका आधारमा समाधानका लागि कुटनीतिक सहयोग प्रदान गर्न आह्वान गर्नु पर्छ । आफ्नो महत्वपूर्ण समय हामीलाई उपलब्ध गराउनु भएकोमा तपाईलाई हार्दिक धन्यवाद ? –धन्यवाद तपाईहरुलाई पनि आफ्ना विचारहरु राख्ने अवसर दिनु भएको मा । (परराष्ट्रविद् एवं रुसका लागि नेपालका पूर्व राजदुत हिरण्यलाल श्रेष्ठसंग हाँक साप्ताहिकका सम्पादक नााायण शर्माले गरेको कुराकानी हामीले हाँक साप्ताहिकबाट साभार गरेका हौं )
2021/09/18 02:25:23
https://emissionkhabar.com/%E0%A4%AD%E0%A4%BE%E0%A4%B0%E0%A4%A4%E0%A4%B2%E0%A5%87-%E0%A4%A6%E0%A5%87%E0%A4%96%E0%A4%BE%E0%A4%8F%E0%A4%95%E0%A5%8B-%E0%A4%A8%E0%A4%95%E0%A5%8D%E0%A4%95%E0%A4%B2%E0%A5%80-%E0%A4%95%E0%A4%BE/
mC4
भूमि व्यवस्थापनको चुनौती चिर्दै मन्त्री अर्याल - Arthikbazar.com भूमि व्यवस्थापनको चुनौती चिर्दै मन्त्री अर्याल २०७५ पुष २२ Arthikbazar.com – भूमि सुधार तथा सहकारी र गरिबी निवारण मन्त्री पद्मा अर्यालले भूमिसम्बन्धी समस्या हल गर्न सरकारले उच्चस्तरीय आयोग गठन गर्न लागेको जानकारी दिएकि छिन् । मन्त्रि अर्यालका अनुसार भूमि व्यवस्थामा नयाँ योजना र कार्यक्रम आउन लागेका छन् । उनले भनिन् भूमि व्यवस्थापनको काम होइन, जग्गा प्रशासनको काम मात्रै रहेछ । अबको हाम्रो प्रमुख दायित्व भनेकै जग्गा प्रशासनका साथसाथै भूमि व्यवस्थापनको कार्यलाई सँगसँगै लैजानु हो । किनकि विगत लामो समयदेखि राजनीतिक दलहरूले सुकुम्बासीका समस्यालाई आफ्नो प्रमुख एजेन्डा बनाउँदै आए, जनतामा जोतको र पोतको आश्वासन दिए । सुुकुम्बासीलाई जग्गा बाँड्नकै लागि सरकारले विभिन्न आयोग त गठन गर्यो तर अधिकांश आयोग प्रतिवेदनमुखी मात्रै भए । २०५१ सालको ऋषिराज लुम्साली आयोगले छोटो समयमा धेरै पुर्जा बाँडेको छ । झन्डै ५ हजार पुर्जा बाँड्यो अन्य आयोगले खासै काम गर्न सकेको देखिएन । खाली प्रतिवेदन बुझाउने काम मात्रै गरेको छ । अहिले कम्युनिस्ट पार्टीको बहुमतको सरकार छ । यो सरकारले हिजोदेखि भूमिसँग सम्बन्धित समस्या, सुकुम्बासी समस्या समाधान गर्नुपर्नेछ । ती समस्या समाधान गर्ने दायित्व हाम्रो काँधमा आएको छ । कम्युनिस्ट सरकारसँग जनताले यस विषयमा धेरै आशा र भरोसा राखेका छन् । त्यसका लागि यो सरकारको र मेरो कार्यकालभित्र अब नेपालमा सुुकुम्बासी छैनन् भनेर प्रमाणित गर्ने गरी काम गर्नुपर्नेछ । यो महत्वपुर्ण दायित्वलाई बोध गरेर हामी अगाडि बढेका छौं । यसका लागि सबैभन्दा पहिला नीतिगत कार्यक्रम ल्याउनुपर्छ । त्यसपछि संरचनागत कार्य गर्नुपर्छ अनि मात्रै एक्सनमा लैजान सकिन्छ । यसकारण कि गुठी जमिन कमाइरहेका किसानका समस्या तथा कतिपय जिल्लामा रहेको बिर्ता जमिन कमाउने किसान र बिर्तावालका उत्तराधिकारीबीचका संघर्ष बाँकी नै छन् । जग्गाको खण्डीकरण बढ्दो छ । भूमिमा राज्यको भन्दा निजी क्षेत्रको नियन्त्रण बढ्दै गएको छ । जसले गर्दा पूर्वाधारका लागि चाहिने आवश्यक जमिन व्यवस्थापन गर्न र परियोजना सञ्चालन गर्नसमेत सरकारलाई चुनौती बढ्दै गएको छ । भूमिको परम्परागत उपयोगसम्बन्धी दृष्टिकोणमा आएको परिवर्तन, बजार मूल्यमा आएको अत्यधिक वृद्धि, जग्गा बाँझो रहने समस्याले यसलाई झनै जटिल बनाएको छ । संविधानले नै भूमिहीन दलित परिवारलाई एकपटक आवासका लागि जमिन उपलब्ध गराउने भन्ने नीति लिएकाले त्यसलाई व्यवहारमा लागू गराउनु राज्यको दायित्व हो । हलिया र मुक्त कमैयाले पाउनुपर्ने भनिएको जमिनको व्यवस्थापन नभइसकेको तथा जमिनको उत्पादकत्वमा वृद्धि र सामाजिक न्यायका खातिरसमेत भूमि व्यवस्थापनलाई नयाँ ढंगले अघि बढाउनुपर्ने दबाबमा सरकार छ ।तर यो करिबकरिब अन्तिम चरणमा पुगेको छ । भू–उपयोग ऐन र नीति नबन्दासम्म त भूमिको उचित व्यवस्थापन हुन सक्ने अवस्था नै थिएन । भूमि व्यवस्था गर्ने उद्देश्यले यो ल्याउन लागिएको हो । अहिले देखिएका भूमि व्यवस्थापका समस्या ऐन र नीति आएपछि समाधान हुन्छ । हामी हिँड्ने बाटो नीतिमा छ र व्यवस्थापनका उपाय ऐनमा आउछ । त्यसपछि हामी त्यसको कार्यान्वयनमार्फत फटाफट काम थाल्छौं । भू–उपयोग ऐनभित्र जमिनको वर्गीकरण समेटिनेछ । अनि त्यसका साथमा वर्गीकरणका आधारमा भू–उपयोग नक्सा तयार गरिनेछ । सो नक्सा स्थानीय तहलाई हस्तान्तरण गरिनेछ । जमिन बाँझो राख्न पाइनेछैन । यसरि नै अव्यवस्थित बसोबासलाई हामीले व्यवस्थित गर्ने र मोहियानी हकलाई स्थापित गर्ने कार्यक्रम ल्याइने छ । मोहीको समस्या समाधान गरिनेछ । गुठी ऐन पनि संशोधन प्रक्रियामा छौं । अव्यवस्थित गुठीलाई व्यवस्थित गरिने छ र एउटै प्राधिकरणभित्र ल्याउने योजना बनाएका छौं । गुठीसँग जोडिएका मोहीहरूलाई जहाँ बसेका छन्, त्यही नै पुर्जा दिने गरी योजना बनाएका छौं । ऐन नियम पास भएपछि हामी संरचना निर्माण गर्नेतर्फ आवश्यक काम थाल्छौं । त्यसलगत्तै हामी शक्तिशाली आयोग गठन गरेर स्थानीय तह र प्रदेशसँग समन्वय गरी स्थानीय तहका तमाम समस्या समाधान गर्नेगरी अघि बढ्ने योजना बनाएका छौं । संघ, प्रदेश र स्थानीय तहले समन्वयत्मक रूपमा सुकुम्बासी र भुमिहीनको समस्या समाधान गर्ने भन्ने व्यवस्था संविधानले गरेको छ । सोहीअनुसार हामी अघि बढ्छौं । २०७१ सालमा आवेदन गरिएका संख्या सुकुम्बासीको ८ लाख रहेछ । तर, देशभरिका सुकुम्बासीको जम्मा तथ्यांक कति हो ? स्पष्ट छैन । वास्तविक र नक्कली सुकुम्बासी पत्ता लगाउनुपर्ने दायित्व छ । मन्त्री अर्यालले भन्छिन् हामीले चाहेको वैज्ञानिक भूमि व्यवस्थापन हो । यो सम्भव छ । भूमि व्यवस्थापन तीन किसिमले गर्ने योजना बनाएका छौं । पहिलो भनेको राष्ट्रियकरण, दोस्रो भनेको चक्लाबन्दी तेस्रो भनेको भूमि ऐन लागू गर्ने हो । अब भूमि ऐन संशोधन गरेर स्थानीय तहसँग समन्वय गरेर भूमिका तमाम समस्या समाधान गर्छौं । हामी फरक विधि, नीति र कार्यक्रमबाट अगाडि बढेकाले अब हामी सफल हुनेमा ढुक्क छौं। ऐन नियम कार्यान्वयनमा कुनै समस्या हुँदैन । हामी नयाँ किसिमले अगाडि बढ्ने हो । यो सरकारले आफ्नो कार्यकाल पनि सफलता हासिल गरेरै छोड्छ । हामी एक्सन ओरियन्टेड हौं । त्यसैले सफल नहुने भन्ने छैन । हामी अहिले गुठी ऐन पनि संशोधन गर्ने प्रक्रियामा छौं, मन्त्रि अर्यालको भनाई थियो ।
2019/02/17 12:01:08
http://www.arthikbazar.com/2019/01/06/5850/
mC4
पेश्की फिर्ता लिएपछि कारागार निर्माण अन्योलमा - Butwal Online पेश्की फिर्ता लिएपछि कारागार निर्माण अन्योलमा बाँके, २५ असार : विकास निर्माणका क्षेत्रमा सर्वाधिक आलोचित पप्पु–रसुवा कन्स्ट्रक्सनको अर्को लापरवाही बाहिर आएको छ । पप्पु कन्स्ट्रक्सनकै लापरवाहीका कारण बाँकेको बैजनाथ गाउँपालिका–३ नौवस्तामा निर्माणाधीन क्षेत्रीयस्तरको अत्याधुनिक कारागार निर्माण अलपत्र परेको छ । निर्माण अलपत्र पारेपछि निर्माण कम्पनीलाई दिइएको पेश्की रकम फिर्ता लिइएको छ । तीन वर्षमा निर्माण सक्ने गरी ठेक्का सम्झौता भएकामा सम्झौता अवधि पूरा हुनलाग्दासमेत चार प्रतिशतमात्र निर्माणकार्य गरेर अलपत्र पारेपछि निर्माण कम्पनीबाट पेश्की रकम फिर्ता लिइएको शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना एकाइ कार्यालय नेपालगञ्जले जनाएको छ । निर्माणाधीन कारागारको काम सन्तोषजनक नभएको र तोकिएको समयमै काम गर्न नसक्ने देखिएपछि निर्माण कम्पनीबाट पेश्की रकम फिर्ता लिइएको हो । हालसम्म चार प्रतिशत मात्रै काम भएपछि मोबिलाइजेशनवापतको रु सात करोड छ लाख फिर्ता लिइएको आयोजना एकाइ कार्यालय नेपालगञ्जका प्रमुख सुवास बस्नेतले जानकारी दिए । निर्माण कम्पनीको तीनवर्षे ठेक्का सम्झौताको अवधि कात्तिक ४ गते सकिँदैछ । तीन हजार जना अट्ने क्षमताको निर्माणाधीन कारागारको रु ५३ करोड कूल बजेट रहेकामा पप्पु–रसुवा कन्स्ट्रक्सनले विसं २०७३ कात्तिक ८ गते रु ३८ करोड ६८ लाख ७९ हजार २८१ मा ठेक्का सकार गरेको थियो । कारागारको २५ भवन संरचना बनाइने लक्ष्य रहे पनि अहिले पाँच संरचनामा अत्यन्तै सुस्तगतिमा काम भइरहेकाले पेश्की रकम फिर्ता लिनुपरेको कार्यालय प्रमुख बस्नेतले जानकारी दिए । पेश्की रकम फिर्ता लिएसँगै ठेक्का सम्झौता तोड्ने प्रक्रिया शुरु भएपछि क्षेत्रीय कारागारको निर्माण अन्योल बनेको छ । मानवबस्ती बाक्लिँदै गएपछि तथा कैदीबन्दीको अनुपातमा कारागारको भौतिक संरचना साँघुरो भएपछि क्षेत्रीय कारागार निर्माण शुरु गरिएको थियो । अहिलेको कारागार सुरक्षा र क्षमताका दृष्टिकोणले उपयुक्त नभएपछि बाँकेको नौवस्तामा क्षेत्रीय कारागार र गनापुरमा खुला कारागार निर्माणको काम शुरु गरिएको थियो । दुवै कारागार निर्माण भएपछि नेपालगञ्जको मानवबस्तीको बीचमा रहेको जिल्ला कारागारलाई विस्थापित गरिने योजना रहेको थियो ।
2019/07/20 11:46:33
http://butwalonline.com/2019/07/70517/
mC4
उपत्यका प्रवेश नाका साँगामा सवारी चाप कम गर्न प्रजिअबीच छलफल « प्रशासन "साँगा नाकामा देखिने भीडभाड सहजरूपमा व्यवस्थापन गर्ने विषयमा छलफल गर्‍यौँ", उनले भने, "सवारी साधन जाँचका क्रममा हुने गरेको भीडका कारण साँगा क्षेत्रका नागरिकलाई जोखिमबाट कसरी मुक्त गर्ने भन्ने विषयमा गहन छलफल भएको छ ।" बैठकमा साँगामा भएको सुरक्षा जाँचको विषयमा जानकारी गराइएको थियो । विषेशगरी तराई जिल्लाबाट आएका सवारीसाधन उपत्यका प्रवेश नाका साँगामा कडाइ गर्दा स्थानीय बासिन्दा जोखिममा रहेको भन्दै त्यहाँका बासिन्दाले दुवै जिल्ला प्रशासनको ध्यानाकर्षण गराएका थिए । त्यसका लागि काभ्रेपलाञ्चोक जिल्लाको सीमा नाका बिपी राजमार्ग भएर सिन्धुलीबाट आउने सवारी साधनलाई काभ्रेपलाञ्चोकको मङ्गलटारमै रोकिने र अरनिको राजमार्ग भएर सिन्धुपाल्चोकबाट आउने सवारी साधनलाई दोलालघाटमै रोकेर जाँचपास गरी आवश्यकताका आधारमा मात्रै प्रवेश गराउने विषयमा निर्णय भएको जनाइएको छ । बैठकमा बिनापास अन्तर जिल्ला आएका सवारी साधनलाई ती ठाउँमै रोकेर राख्ने कुरालाई अझ कडाइ गर्ने निर्णय भएको प्रजिअ तिमिल्सिनाले बताए । पास लिएर आएकाहरुले पनि तोकिएको सङ्ख्याभन्दा बढी ल्याउने गरेको पाइएका कारण त्यसलाई समेत कडाइ गर्ने उनले बताए । सो क्रममा उपत्यका केन्द्रित भएर व्यवसाय गर्ने कर्मचारी, विद्यार्थीका लागि सहज बनाउने विषयमा दुवै जिल्लाबीच सहमति गरेर खुकुलो गर्ने विषयमा पनि छलफल भएको उनले बताए । सो क्रममा मास्कको प्रयोगबिना बाहिर निस्केको पाइएमा सङ्क्रमण रोग ऐन, २०२० अन्तर्गत कारवाही गर्नका लागि पहिलोपटक सचेतनासँगै मास्क नलगाई हिँड्नेलाई मास्क बाँड्ने काम गरिएको उनले बताए। उनी नेतृत्वको टोलीले साँगा र बनेपा चारदोबाटोमा सडकमा हिँड्ने सर्वसाधारणलाई मास्क वितरण गरेको थियो ।
2021/10/25 02:04:21
https://www.prasashan.com/2020/08/05/189109/
mC4
दलान नेपाल : अन्योलमा मधेश अन्योलमा मधेश at 5:17 AM Posted by Dalan काठमाडौमा एमाओवादी र मधेशी मोर्चाले मधेशमा आन्द्योलन गरेर सतापक्षलाई झुकाउने भाषण गरिरहदा मधेश चाही अन्योलमा देखिन्छ । दोस्रो संंविद्यानसभामा मधेशी पार्टीहरु तथा एमाओवादीहरुको पराजय भोगेका थिए । दोस्रो संविद्यानसभामा संविद्यान निर्माणको प्रक्रिया सुरु भए संगै दलहरु दुई ध्रुवमा विभाजित छन । मधेशी पार्टीहरु पुछार लगेर एमाओवादी आन्द्योलनमा जाने मनस्थिती बनाएको देखिन्छ । दोस्रो संविद्यानसभामा पराजय भेगेका मधेशी पार्टीहरु मधेशमा आन्द्योलन भयो भने आफनो शक्ति पुर्नगठन हुने आकंलनमा छन । नवलपरासी बस्ने मधेशमा एक जना अगुवा वुद्धजिवी कौशलेन्द्र श्रीवास्तव भन्छन, मधेशी पार्टीहरुले भने जती सजिलो आन्द्योलन छैन । श्रीवास्तव भन्छन, मधेश अन्योलमा छन । मधेशमा पछिल्ले समयमा भईरहेको अनेकन गतिविधीले मधेशलाई थप अन्योलग्रस्त बनाउदै लगेको देखिन्छ, जुन कुनै पनि प्रकारले विष्फोटन हुन सक्छ । पछिल्लो समयमा मधेशमा एक साथ अनेकन अभ्यासहरु जारी छन । गएको सेफटेम्बरमा प्रहरीले सिके राउतलाई समातेपछि मधेशका जिल्लाहरुमा उनको गतिविधीहरु पनि तीव्र रुपमा भइरहेको देखिन्छ । पुर्व एमाओवादीका एक जना अगुवा मातृका यादव पछिल्लो समयमा संयक्त मधेशी राष्टिय आन्द्योलन समिती बनाएर मधेशमा सक्रिय छन । गएको एक बर्ष भन्द्या अघि देखि नै जेपी गुप्ता तराई मधेश राष्टिय अभियान बनाएर मधेशमा छुटै सक्रिय छन । मधेशी पार्टीहरुको आ आफनै स्थान छदै छन । दोस्रो संविद्यानसभाको सेरोफेरोमा मधेश केन्द्रित सशस्त्र समुहको केही प्रमुख नाईकेहरु पक्राउ परे पछि मधेशमा सशस्त्र समुहहरु नै सकियो भन्ने एक खालको आकंलन थियो । तर हालै मधेशका केही जिल्लाहरुमा जयकृष्ण गोईतको संगठनहरुको समेत पुर्नगठन हुने कामहरु भएको छ । श्रीवास्तव भन्छन, मधेश राजनितीको धरातलीय मनोविज्ञान परिवर्तन हुदै छ । जसलाई मधेशी पार्टीहरुका नेतृत्वहरुले अझै आत्मसाथ गरेको पाईदैन । जसका कारण सिके राउत जस्ता पक्षहरुलाई मजवुत हुने खतरा मधेशमा वढेर गएको देखिन्छ । उनी यसमा अर्को प्रमुख गल्ती गर्नेमा वर्तमान सतापक्षलाई देख्छन । उनी भन्छन, संघियता सहित नयां संविद्यान जारी भएको भए वातावरण विस्तारै अर्कौ बन्दै जाने थियो, तर अहिले आएर संघियतामा विवाद हुनुले मधेशमा सिके राउतका अभियानीहरु हौसिएका छन । कपिलवस्तूका अधिकारकर्मी रवी ठाकुरको बुझाईमा मधेशमा सतापक्षहरु प्रति तीव्र आक्रोश छ । ठाकुर भन्छन, खासगरी एमालेका अध्यक्ष केपी ओलीको पछिल्लो केही अभिव्यक्तिहरुले मधेशलाई तीव्र असन्तुष्ट बनाएको छ । ओली र मधेशी पार्टीहरुका अध्यक्ष विच प्रधानमन्त्री निवास वालुवाटारमा भनाभन हुने गरी नै झगडा परेको थियो । संघियतामा मधेशी पार्टीहरु सहित एमाओवादी एक ठाउमा देखिन्छन भने काग्रेस एमाले एक ठाउमा उभिएको छ । पहिलो मधेश आन्द्योलनको क्रममा फोरम नेपालको पश्चिमी कमाण्ड सम्हाले चक्रधारी पाण्डे भन्छन, संघियतामा तलमाथी भए आन्दोलन त हुन्छ तर अबको आन्द्योलनको वर्तमान मधेशी नेतृत्वहरुको समेत हिसाव किताव हुन्छ । संघीयतामा देखिएको विवादको केन्द्रमा पनि छन मधेश । मुख्यगरी मधेशका पुर्वी जिल्लाहरु झापा, मोरड र सुनसरी तथा पश्चिमी जिल्लाहरु कैलाली र कन्चनपुरका लागी विवाद देखिएका छन । काग्रेस एमाले यी जिल्लाहरु लाई पहाड संग जोडन चाहन्छन भने मधेशी पार्टीहरु मधेश प्रदेशमै राख्नका लागी अडान लिदै आएका छन । एक मधेश प्रदेशको आफनो माग वाट लचक हुदै दुई मधेश प्रदेशमा झरेको मधेशी पार्टीहरु लागी 'गर या मर'को अवस्था छ । काग्रेस एमाले संख्यात्मक हिसावले अहिले आफुहरु मजवुत भएको दम्भमा मधेश आन्दोलनको म्यान्डेड उल्टाउने पक्षमा देखिन्छ । जुन मधेशी नेतृत्वहरु भन्दा सम्रग मुलुकका लागी अहितकर हुने कुरा काग्रेस एमाले नेतृत्वले अहिले वुझेका छैन वा बुझ पचाईरहेका छन । मधेशमा पछिल्लो समयमा अभिव्यक्त भईरहेको विभिन्न विचार र गतिविधीलाई मुल्याकंन नगर्नु काग्रेसको परम्परागत कमजोरी हो भने एमालेको वलमिच्याए । यस्तै अनेकन वलमिच्याइका कारण एमाओवादीले मधेशमा व्यापक क्षती व्योहोरेका थिए । त्यसैले दुई मधेश प्रदेशमा सहमत हुन तयार मधेशी पार्टीलाई अनाहकमा किचोलेर नयां संविद्यान जारी गर्न ढिलाईमा काग्रेस एमाले जानु हुदैन । यसले कसलाई कति क्षती वा फाईदा हुन्छ, त्यो पछि को कुरा हो ? तर एउटा कुरा निश्चित के छ भने यसले मधेशलाई थप अस्थिरताको भुमुरीमा धकेल्ने छ । र मधेशलाई भडकन बेर लाग्ने छैन । जुन सबैका लागी धातक हुन्छ । सदभावना पार्टीका संस्थापक गजेन्द्र नारायण सिंहसंग लामो संगत गरेका श्रीवास्तव भन्छन, सदभावना पार्टीले संघियताको कुरा गर्दा कुन अवस्था थियो तर आज के अवस्था छ ? यसलाई ख्याल गर्नु पर्छ अन्यथा भोली हामी राजनितीक रुपमा काहा पुग्ने छौ त्यो कुनै ठेगान छैन । नेपालको मुल धारको राजनिती प्रति अहिले पनि मधेशीहरु अपनत्व ठान्दैन, यसलाई सम्बोधन गर्ने कि नगर्ने, उनी प्रश्न गर्छन । श्रीवास्तवका अनुसार काग्रेस एमालले संघियता विनाको नयां संविद्याँन जारी गर्न अघि वढेको आम बुझाई छ । यही परिपेक्ष्यमा १६ फागुन पछि मधेशी पार्टीहरु तथा एमाओवादीहरु निर्णयक आन्द्योलन गर्ने कार्यतालिका सार्वजनिक गरेका छन । त्यो आन्द्योलन कस्तो होला त्यो त अहिले नै भन्न सकिन्न । तर विस्तरै आक्रोशित गएको मधेशको मेड भडकियो भन्ने धनजनको व्यापक क्षती र अवस्था पुरै अनियन्त्रित पनि हुन सक्छ । दोस्रो संविद्यानसभाको नतिजा लगतै मधेशमा सुरु भएको अनेकन उकुसमुकुसले पछिल्ले समयमा पाएको राम्रो मलजलले कसलाई कति फाईदा वा घाटा गर्छ त्यो पछि हिसाव किताव हुदै गर्छन तर अहिले मधेश पुरै देशलाई चाही अस्तव्यस्त बनाइएदिन्छ ।
2020/11/30 13:11:42
http://www.dalannepal.com/2015/02/blog-post347.html
mC4
धनगढी, २९ भदौ । ‘नालायक नेतृत्वले लच्जित बनाएको छ’ भदौ २२ गते प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुरमै पुगेर निर्मला हत्या घटनाका सम्बन्धमा एसपी डिल्लीराज विष्टलाई इंगित गर्दै भनेका थिए, ‘दोषी नै मानेर एपसीलाई निलम्बन गरिएको हो, या घटनाले गम्भिर पाठ सिकाएको छ । प्रहरी सेवामा प्रवेश गरेपछि अधिकांश समय सुदूरपश्चिमका विभिन्न जिल्लाहरूमा पोस्टिङ भएका एसपी विष्ट जुन–जुन जिल्लामा कार्यरत रहे, त्यहाँ कुनै न कुनै घटनामा विवादमा परिरहे । कान्तिपुर दैनिकले समाचार छापेको छ । निलम्बित एसपी डिल्लीराज विष्ट दुई वर्ष दार्चुलामा डीएसपीको रुपमा बसेको रेकर्ड जिल्ला प्रहरी कार्यालयमा छ । उक्त अवधिमा जिल्ला प्रहरी कार्यालयमै कार्यरत महिला प्रहरीलाई दुर्व्यवहार गरेको आरोप लगाएर स्थानीयले जिप्रका घेराउ र आन्दोलन भएपछि जिल्ला बाहिर तानिएको स्थानीय बताउँछन् । ‘महिला मामिलामा उनमा कमजोरी थियो’ एक जना स्थानीयले भने, ‘यहाँ बस्दा उनको व्यवहार र कामकारबाही निष्पक्ष नै थियो स्थानीय भएकाले पनि हुन सक्छ ।’
OSCAR-2019
काठमाडौं । पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको (एन एइटी) कल साइनको ट्विनअटर विमान मुस्ताङको लेते ठोक्कियो छ । दुई विदेशी, दुई भारतीय नागरिक र १३ जना नेपाली सहित १९ जना लिएर उडेको जहाज लेतेमा ठोक्किएको छ । आइतबार विहान ९ः५५ बजे उडेको जहाज सम्पर्कविहीन भएको विमान मुस्ताङको लेतेमा ठोक्कीएको हो । पोखरा विमानस्थलका अनुसार घोरेपानी भन्ने ठाउँसम्म पुग्दा सम्पर्क कायमै रहेको थियो त्यसपछि सम्पर्क विहिन बनेको थियो । आहिलेसम्म सम्पर्कविहीन जहाजको खोजीकार्य सुरु गरिएको तारा एयरका प्रवक्ता सुर्दशन बर्तौलाले जानकारी दिए । आइतबार विहानै देखि मौसममा बदली हुँदा देसैभर बर्षा भएको थियो । घटनाको पुरा विवरण आउन अझै बाँकी रहेको छ । तपाईलाई यो खबर कस्तो लाग्यो प्रतिक्रिया दिनुहोस नालीबेली न्युज नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।
2022-12-06T10:29:34Z
https://nalibelinews.com/10459.html
OSCAR-2301
पर्यटन क्षेत्रका श्रमिकका माग पूरा गर्न ध्यानाकर्षण - Dainik Nepal दैनिक नेपाल २०७५ चैत ७ गते १८:३२ पर्यटन मजदूरको सङ्गठन युनिट्राभलले पत्रकार सम्मेलन गरी नौ बुँदे माग अघि सार्दै श्रम ऐनअनुसार पर्यटन क्षेत्रका श्रमिकको कार्यक्षेत्रमा सेवासुविधा कार्यान्वयन गरिनुपर्ने भन्दै माग सम्बोधन नभए सङ्घर्षमा जान बाध्य हुने जनाएको छ । उहाँले समस्याको समाधान नभए ट्रेकिङ, ट्राभल्स, र्याफ्ट्री, एयरलाइन्स, पुरातात्विक, संस्कृति, कार्गो, कुरियरलगायतका कार्यालयलाई असहयोग पुर्याउन तथा तत्काल माग सम्बोधन नभए चैत २१ गतेदेखि सङ्घर्षमा जाने उल्लेख गर्नुभयो । युनिट्राभको मागमा ट्रेकिङ एजेञ्सिज एशोसिएसन अफ नेपाल (टान) नेपाल एशोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्टस् (नाट्टा) बीच भएको सहमति चार महीना पूरा भइसक्दा पनि कार्यान्वयन नभएको, श्रमिकले सम्झौताअनुरुप सुविधा माग्दा धम्की दिने र रोजगारबाट निष्काशन गर्ने कार्य भएकोप्रति आपत्ति जनाउँदै कम्पनीले सम्झौतामा तोकेको ज्याला, बीमासहित अन्य सुविधा नदिएमा कानूनी साहाराका साथै त्यस्ता कम्पनीको विवरण सार्वजनिक गरिने सो सङ्गठनद्वारा जारी विज्ञप्तिमा जनाएको छ । त्यसैगरी पर्यटन क्षेत्रका होटल तथा रेष्टुरेन्ट क्षेत्रमा १० प्रतिशत सेवा शुल्क लगाइरहेको हुँदा ट्रेकिङ ट्राभल्स र्याफ्टिङ र क्लाइम्बिङ क्षेत्रका श्रमिकलाई पनि १० प्रतिशत सेवा शुल्क लगाउन व्यवस्था गर्न सङ्गठनले माग गरेको छ । नेपाल भ्रमण वर्ष मनाउने क्रममा श्रमिकको सहभागिताको सुनिश्चि गर्दै पर्वतारोहणलाइ व्यवस्थित बनाउन माग गरेको छ । यो सङ्गठनमा ट्रेकिङ, ट्राभल्स र्याफ्ट्री, एयरलाइन्स, पुरातात्विक, संस्कृति, कार्गो, कुरियर कर्मचारी मजदूर आबद्ध छन् । – रासस
2019/06/16 17:27:55
https://www.dainiknepal.com/2019/03/383758.html
mC4
प्रहरीले काठमाडौँ महानगरपालिका–२६ गोङ्गबु चोकबाट रामेछाप दोरम्बा गाउँपालिका–७ थापागाउँ घर भएका ३८ वर्षीय प्रेमबहादुर विक र खोटाङ अर्खल गाउँपालिका–९ घर भएका २१ वर्षीय अर्जुन मगरलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । प्रहरीले उनीहरुसँग १० किलोग्राम पाँच सय ग्राम सालकको खपटा बरामद गरेको छ । यस्तै, विकले प्रयोग गर्ने बा५८प ८३३७ नंको मोटरसाइकल र मगरले प्रयोग गर्ने बागमती प्रदेश ०२–०२८ प ७६७२ नंको मोटरसाइकल बरामद गरेको प्रहरीको भनाइ छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।—
2022-11-30T17:51:56Z
https://yugawani.com/archives/36764
OSCAR-2301
सरकार सर्वसत्तावादतर्फ उन्मुख भयो: कमल थापा | Ratopati काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले केपी ओली नेतृत्वको वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख रहेको आरोप लगाएका छन् । अध्यक्ष थापाले ओली नेतृत्वको वर्तमान सरकारलाई जनताले दिएको दुई तिहाई मत 'बाँदरको हातमा नरिवल' जस्तै भएको भनि कडा टिप्पणी पनि गरे ।
2020/01/24 01:13:55
http://ratopati.com/story/91213/2019/6/19/kamal-thapa
mC4
बसले ठ'क्कर दिँदा मोटरसाइकल चालक भण्डारीको मृ'त्यु » बुद्ध भूमि नेपाल २९ पुष २०७७, बुधबार सुर्खेत । सल्यानमा बसले मोटरसाइकललाई ठ'क्कर दिँदा एकजनाको मृ'त्यु भएको छ । शारदा नगरपालिका–६, बरला बजार नजिकै ना ३ ख ९६४३ नम्बरको बसले रा ३ प ८७६७ नम्बरको मोटरसाइकलाई ठ'क्कर दिँदा मोटरसाइकल चालक सेही ठाउँका ३० वर्षीय वीरेन्द्र भण्डारीको मृ'त्यु भएको हो । ढोरचौरबाट श्रीनगर आउँदै गरेको बसले श्रीनगरबाट बरलातर्फ जाँदै गरेको मोटरसाइललाई ठ'क्कर दिँदा भण्डारी ग'म्भीर घा'इते भएका थिए । जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी लक्ष्मण ओलीका अनुसार भण्डारीको उपचारका क्रममा जिल्ला अस्पताल खलंगामा मृ'त्यु भएको हो । ठ'क्कर दिने बस र चालक नियन्त्रणमा रहेकोे प्रहरीले जनाएको छ । यो पनि पढ्नुहोस : अब धेरै समय बाकी छैन मेरो नानु सियोनालाइ बचाई दिनुस —-स्पाइनल मस्कुलर एट्रोफी नामक रोगसँग लडिरहेकी नाबालिका सियोना श्रेष्ठलाई संसार भरी बाट आर्थिक संकलन हुने प्रक्रिया जारी छ । थोपा थोपा मिलेर नदी र नदी नदी मिलेर समुन्द्र बने झैं सबैको प्यारी सियोनाको उपचारका लागि संसार बाट सहयोगमा अहिले सम्म १६ करोड नेपाली रकम भन्दा धेरै संकलन भएको सियोना को आमाले जानकारी गराउनु भएको छ । सामाजिक संजाल मा लाइव गर्दै उहाले आफ्नो छोरी लाइ बचाउन आग्रह गर्नु भएको छ । सियोना को पुरै उपचार को लागी २५ करोड नेपाली रुपया को खर्च लाग्ने जानकारी गराउनु भएको छ ।सियोना को आमा लेख्नु हुन्छ : सियोना जन्मेको २०७६/५/२६ गते अहिले १६ महिना भयो सियोना यो रोग संग लडेको ६ महिना को उमेर देखि हो र अहिले सम्म लड्दै आको छ ।सियोना नेपाल मा हुदा देखि नै धेरै आस्पताल मा भर्ना भयो र पोल्याण्ड को आस्पताल मा नि icu मा महिना भन्दा धेरै बसेउ तर सियोना ले हार मानेको छैन धेरै शंघर्ष गर्दै आएको छ । अब कति सहोस बिचारा यो सानो बच्चा ले तेसैले आउनुस मेरो नेपाली परिवार नानु को यो रोग लाई सधै को लागी हटाई दिउ । सियोना लाइ नया जीवन दिनु र तेस्को लाई १ या २ जना मात्र भएर हुन्न सबै को एकता चाहिन्छ सबैले please आफ्नो आफ्नो साथी परिवार मा हेल्प गर्न लाई request गर्दिनु अलि अलि गर्दै हुने हो सक्ने ले अभियान चलाई दिनु र नसक्ने ले share र आशिर्बाद दिनु । नानु को उपचार आउने भद्र सम्म मा गर्नु पर्ने छ समय धेरै कम छ । तेसैले सबैले साथ मा साथ दिनु होला है र सबै लाई धन्यवाद अहिले सम्म साथ दिनु भएको मा ।र यो videos नानु को हेर्नु होला उसले सहेको यो दुख र हामी आमा बुवा ले पनि धेरै सहेको छम तर हामी हार मान्दैनौ ।
2021/01/16 03:06:34
https://www.buddhabhuminepal.com/archives/27787
mC4
कोरोना खोप यसै साता आउने सम्भावना | raynewsdaily.com कोरोना खोप यसै साता आउने सम्भावना Thursday, July 16th, 2020, 8:14 am एजेन्सि । कोरोना भाइरसविरुद्ध खोप निर्माणमा अरूभन्दा अगाडि रहेको बेलायतको अक्सफोर्ड विश्वविद्यालय र औषधि निर्माता कम्पनी आस्ट्राजेनेकाले यसै साताभित्र सम्भावित खोप घोषणा गर्न सक्ने अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। रोयटर्सले बेलायती टेलिभिजन नेटवर्क आइटिभीका राजनीतिक सम्पादक रोबर्ट पेस्टनलाई उद्धृत गर्दै उक्त जानकारी दिएको हो। अक्सफोर्ड विश्वविद्यालय र आस्ट्राजेनेकाले परीक्षण गरिरहेको कोरोना खोपमा छिट्टै सम्भवत आजनै सकारात्मक खबर सुन्न पाइने छ,ु रोयटर्सले उद्धृत गरेको पेस्टनको ब्लगमा उल्लेख छ। पहिलो चरणको परीक्षण नतिजा जुलाई अन्त्यसम्म सार्वजनिक हुने रोयटर्सले लेखेको छ। पहिलो चरणको क्लिनिकल परीक्षण क्रममा बेलायतका १ हजार १ सय जनालाई खोप लगाइएको थियो। यसको नतिजा ुल्यान्सेटु भन्ने मेडिकल जर्नलले सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।
2022/05/26 17:48:58
https://www.raynewsdaily.com/story/11186.html
mC4
"विपतमा स्वास्थ्य ईञ्जिनियरिङ्ग" विषयमा अन्तर्राष्ट्रिय सम्मेलन शुरू – Pokhara University :: Pokhara Metropolitan City-30, Dhungepatan, Lekhnath, Kaski, Nepal HomeNews & Events"विपतमा स्वास्थ्य ईञ्जिनियरिङ्ग" विषयमा अन्तर्राष्ट्रिय सम्मेलन शुरू पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायको आयोजनामा "विपतमा स्वास्थ्य ईञ्जिनियरिङ्ग" नामक ३ दिने अन्तराष्ट्रिय सम्मेलन शुरू भएको छ । प्राकृति तथा मानव निर्मित भुकम्प, सुख्खापन, बाढी, पहिरो, हिमपहिरो तथा विभिन्न रोग प्रकोप विश्वव्यापि समस्याको रूपमा देखा पर्दै गरेको अवस्थामा यसलाई के कस्ता विधि प्रविधि अपनाएर न्यूनिकरण गर्ने भन्ने विषय सम्मेलनको मुख्य एजेण्डा रहेको छ । कार्यक्रमका प्रमुख अतिथि एवम् पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जि.सी. ले पानसमा दीप प्रज्ज्वलन गरी सम्मेलनको होटल पोखरा ग्रैंडेमा आज २०७५ साल वैशाख १९ गते बिहीबार उद्घाटन गर्नुभएको थियो । सम्मेलनमा आफ्नो मन्तव्य राख्दै महानगर प्रमुख जि.सी. ले विपत व्यवस्थापन हचुवा र निर्वाहमुखी हुने गरेको उल्लेख गर्दै यसको वैज्ञानिक व्यवस्थापन गरी क्षति न्यूनिकरण गर्नेतर्फ सम्मेलन केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमका अतिथि एवम् विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. भिमप्रसाद सुवेदीले परम्परागत प्रविधि र सोचाईबाट विपत व्यवस्थापन हुन नसक्ने उल्लेख गर्दै यसका लागि विश्व जगतमा घटेका घटना परिघटनाबाट सबैले पाठ सिक्नु जरूरी छ भन्नुभयो । अन्तर्राष्ट्रिय सम्मेलनमा आफ्नो मन्तव्य राख्दै त्रिभुवन विश्वविद्यालय ईञ्जिनियरिङ्ग अध्ययन संस्थानका पूर्व डीन प्रा.डा. भरतराज पहारीले विपत भौतिक रूपमा मात्रै नभई सांस्कृतिक रूपमा समेत रहेको उल्लेख गर्नुभयो । उहाँले हालै पोखरा विश्वविद्यालयका उपकुलपतिमाथि गरिएको दुव्र्यवहार संस्कृतिमाथिको गम्भिर विपत्ति हो भन्दै हामीले कस्तो संस्कृतिको निर्माण गरिरहेका छौं भन्नेमा बौद्धिक जगतले बुझनुपर्नेमा जोड दिनुभयो । पोखरा विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायका डीन बुद्धिराज जोशीले सम्मेलन प्राज्ञिक व्यक्तित्वहरूलाई प्राकृतिक र मानव निर्मित विपत्तिहरूको बढ्दो जोखिमलाई नियन्त्रण गर्ने तरिका आदान प्रदान गर्नेतर्फ अभिप्रेरित हुने विश्वास व्यक्त गर्नुभयो । अन्तर्राष्टिय सम्मेलनका संयोजक एवम स्कूल अफ ईञ्जिनियरिङ्ग पोविका प्रा.डा. बिनयकुमार मिश्रले कार्यक्रमको उपादेयता र महत्वका बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा यूनिभर्सिटी अफ ओभिइडियो, स्पेनका प्रा.डा. पेड्रो इग्नासियो अरकोश गोन्जालेश तथा यूएनका लागि स्वतन्त्र विपत न्यूनिकरण सल्लाहकार, ग्यारि डे ला पोमेराई, यूकेले मानव तथा प्राकृतिक विपत व्यवस्थापनका तौर तरिकाका बारेमा प्रकाश पारेका थिए । अन्तराष्ट्रिय सम्मेलनमा नेपाल लगायत स्पेन, साइप्रस, बेलायत, पोर्चुगल, उज्बेकिस्तान आदिका गरी लगभग ३०० जना प्राध्यापक, अनुसन्धानकर्ता लगायत आदिको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेज, पोखरा विश्वविद्यालयका उपप्राध्यापक चिरञ्जीवी अधिकारीले गर्नुभएको थियो । हिजोबाट शुरू भएको कार्यक्रम भोलि २०७६ वैशाख २० गते शुक्रबार सम्पन्न हुनेछ ।
2019/05/19 20:22:28
https://pu.edu.np/edu/%E0%A4%B5%E0%A4%BF%E0%A4%AA%E0%A4%A4%E0%A4%AE%E0%A4%BE-%E0%A4%B8%E0%A5%8D%E0%A4%B5%E0%A4%BE%E0%A4%B8%E0%A5%8D%E0%A4%A5%E0%A5%8D%E0%A4%AF-%E0%A4%88%E0%A4%9E%E0%A5%8D%E0%A4%9C%E0%A4%BF%E0%A4%A8/
mC4
नेप्सेमा दोहोरो अङ्कको वृद्धि, नौ अर्बको कारोबार | Hamro Biratnagar विराटनगर हाटखोलामा ट्रिपरले मोटरसाइकललाई ठक्कर दियो, दुई जना गम्भिर घाइते राज्यमन्त्रीबाट हटाइएका दुगड मन्त्रीसरहको सल्लाहकारमा नियुक्त विराटनगरका मोतीलाल दुगड फुल मन्त्रीसरहको आर्थिक सल्लाहकार बन्दै नेपाल चिकित्सक संघ कोशीको नयाँ नेतृत्वका लागि मतदान जारी लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै विराटनगरको अवधनारायण क्लिनिकमा तोडफोड, ३… गृह पेज अर्थ / वाणिज्य नेप्सेमा दोहोरो अङ्कको वृद्धि, नौ अर्बको कारोबार विराटनगर । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार लगातार उकालो लागेको नेप्से झण्डै २९ अङ्कले वृद्धि हुँदा कारोबार रकमसमेत झण्डै रु नौ अर्बको हाराहारीमा पुगेको छ । आइतबार झण्डै ७५ अङ्कले बढेको नेप्से आज २८.७९ विन्दुले वृद्धि हुँदा एक हजार ९९७.०५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.६३ विन्दुले बढेर ३८५.५६ मा पुगेको छ । कूल १९८ कम्पनीको दुई करोड ५१ लाख ९१ हजार ३१९ कित्ता शेयर रु आठ अर्ब ८६ करोड ७७ लाख १४ हजार ६८२ मूल्यमा खरिद बिक्री भए । स्टकका अनुसार, आज कारोबार भएका कूल १२ उपसमूहमध्ये चार उपसमूहको शेयर ओरालो लागेको छ भने आठ उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ ७.३८, विकास बैंक ४८.१४, वित्त ५.४१ र सामूहिक लगानी कोष ०.१३ विन्दुले घटेको छ । यस्तै व्यापार १५१.०७, होटल ४.९६, जलविद्युत् ८९.२३, निर्जीबन बीमा १९३.०४, उत्पादन ७३.६३, अन्य ४०.२८, लघुवित्त ३७.६ र जीवन बीमा ८२३.३६ विन्दुले उकालो लाग्यो । कारोबार भएका कम्पनीमध्ये आज नेपाल लाइफ इन्सुरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३८ करोड ४८ लाख ८६ हजार ७७२ बराबरको कारोबार भयो । नेपाल पुनर्बीमा कम्पनी रु ३७ करोड ३४ लाख ११ हजार १०९, प्रभु बैंक रु ३६ करोड ७१ लाख ३९ हजार ९३६, नेपाल बंगलादेश बैंक रु ३३ करोड ३३ लाख २७ हजार ७८४, ग्लोबल आइएमई बैंक रु २७ करोड दुई लाख ३२ हजार २१३, नेपाल इन्भेस्टमेन्ट बैंक रु २४ करोड ८६ लाख चार हजार ५२५, नेपाल बैंक रु २४ करोड ६० लाख ७५ हजार , नबिल बैंक रु २२ करोड ९७ लाख १३ हजार १४० र एनएमबी बैंक रु २२ करोड ५४ लाख ४१ हजार बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । आज कारोबार भएका कूल कम्पनीमध्ये ११० कम्पनीको शेयर उकालो लाग्यो भने ५६ कम्पनीको शेयर ओरालो लाग्दो छ कम्पनीको शेयरमा भने कुनै परिवर्तन भएन । स्टकका अनुसार, युनाइटेड मोदी १०, माथिल्लो तामाकोशी ९.८०, ग्रिन डेभलपमेन्ट बैंक ९.७०, नेपाल बङ्गलादेश बैंक ९.६९, साञ्जेन जलविद्युत् कम्पनी ९.६२, रसुवागढी हाइड्रोपावर ९.६१, नेपाल लाइफ इन्सुरेन्स कम्पनी ९.४४, साल्ट टे«डङ कर्पोरेसनका लगानीकर्ताले ९.१७ प्रतिशतले कमाए । त्यसैगरी विशाल बजार कम्पनी १०, बोटलर्स नेपाल तराई ५.४२, लुम्बिनी विकास बैंक ४.१०, गरिमा विकास बैंक ३.७९, प्राइम बैंक ३.७७, श्री इन्भेस्टमेन्ट बैंक ३.६७, नेपाल एसबिआई बैंक ३.४४, महालक्ष्मी विकास बैंक ४.३७ र पोखरा फाइनान्सका लगानीकर्ताले ३.३२ प्रतिशतले गुमाए । आजको वृद्धिसँगै कूल बजार पूँजीकरण भने रु २६ खर्ब ७६ अर्ब ५२ करोड ४५ लाख ६० हजार ७९० बराबर पुगेको छ । नेप्से र कारोबारमा उच्च अङ्कले भइरहेको वृद्धिका कारण कूल बजार पूँजीकरणसमेत झण्डै रु २७ खर्ब बराबर पुगेको हो ।रासस अघिल्लो समाचारआजदेखि सकियाे चतुर्मासा व्रत, विराटनगरकाे सत्यनारायण मन्दिर झिलिमिली अर्को समाचारशुद्ध र सहज 'वैदिक श्राद्ध पद्धति' सार्वजनिक भारतले पाम आयलमा प्रतिबन्ध लगाएपछि धराशायी बन्दै नेपाली उद्योग इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ : एक दिनमा ३ करोड ७० कित्ता सेयरको आवेदन नेपालमा अहिलेसम्मकै बढी आईपीओ बिक्री खुला अन्तर बैंक एटिएम प्रयोग गर्दा अब २० रुपैयाँ शुल्क लाग्ने विराटनगरमा अत्याधिक जाडो, तर बढेन जाडोको व्यापार सुनसरीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु अपराध ४ माघ २०७७, आईतवार विराटनगर, ४ माघ । सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा शनिवार राती भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । शनिवार राती सवा ७... विराटनगरमा फोटोग्राफीका लागि बोलाएर सामान चोरी गर्ने पक्राउ अपराध २ माघ २०७७, शुक्रबार विराटनगर, २ माघ । फोटोग्राफिका विभिन्न सामाग्रीसहित फरार व्यक्ति र उनका सहयोगीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका–६ महानन्द... झापाको बुद्धशान्तिबाट ब्राउनसुगर सहित २ जना पक्राउ अपराध १ माघ २०७७, बिहीबार झापा, १ माघ । झापाको बुद्धशान्ति गाउँपालिका–३ बाट नियन्त्रित लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ४१ बर्षीय दिनेश...
2021/01/17 13:22:37
https://hamrobiratnagar.com/2020/11/30/10963/
mC4
प्रधानमन्त्री कृषि अन्तर्गतका कार्यक्रमलाई प्रभावकारी रुपमा संचालनमा ल्याउनुपर्छ : कृषि मन्त्री यादव – Sourya Online एसपी यादव २०७८ मंसिर १२ गते २०:१५ मा प्रकाशित ललितपुर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना खुमलटार, ललितपुरले आइतबार आयोजना गरेको परियोजनाको कार्यान्वयन अवस्था बारे जानकारी कार्यक्रममा संघीय सरकारका माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले भने, किसान वर्ग र देशलाई कृषिमा आत्मनिर्भर बनाउनका लागि परियोजनाले गर्दै आएको नियमित कार्यक्रमहरुलाई अझ प्रभावकारी रुपमा संचालनमा ल्याउन निर्देशन दिएका छन् । मन्त्री यादवले, परियोजनाले गर्दै आएका कामहरुको पारदर्शिता र अनुदानको नितिमा सुधार ल्याउन आवश्यक रहेको बताए । उनले भने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई राष्ट्रिय गौरवको परियोजनाको रुपमा लिनुपर्ने मन्त्री यादवले जनाए । कृषिमा राज्यले प्रदान गर्दै आएको अनुदान सुविधा लक्षित समुहसम्म पुग्न नसकेको र विपन्‍न किसानको जीवनस्तर उकास्‍न भन्दै आएको अनुदान सुविधा टाठाबाठा र पहुँचवालाले लिदै आएको समेत मन्त्री यादवले बताएका छन् । यो गलत प्रवृत्तिलाई तोड्न आफुले कुनै कसर बाकी नराख्ने बताउदै मन्त्री यादवले भने, 'वास्तविक किसानले अनुदान नपाएकै कारण न कृषि उत्पादन बढायो, न विपन्न किसानको जीवनस्तरमा सुधार आयो ।' ब्रीफिङमा संलग्न रहेका कर्मचारीहरुलाई मन्त्री यादवले बजेटमा पारदर्शी भएर काम गर्न निर्देशन दिएका हुन् । ब्रीफिङमा परियोजनाको संक्षिप्त्त परिचय, परियोजनाको सम्भागहरुको स्थिति एवं प्रगति, आ. व. २०७८/७९ को परियोजना, परियोजनाको उपलब्धि, समस्या, चुनौती र सवाल लगायतका विषयहरुमा छलफल भएको हो । कार्यक्रमका प्रमुख अतिथिका रुपमा संघीय सरकारका माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादव रहेका थिए । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचीव द्वय डा. श्री गोविन्द प्रसाद शर्मा र श्रीमती निरु दाहाल पाण्डे समेतको विशेष उपस्थितिमा भएको कार्यक्रमको अध्यक्षता परियोजनाका निर्देशक बैकुण्ठ अधिकारीले गरेका थिए । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका निजी सचीव डा. दिनेश यादव, परियोजनाका कर्मचारीहरु, र सञ्चारकर्मी समेतको उपस्थिति रहेको सो कार्यक्रमको उद्घोषण परियोजनाका वरिष्ठ अधिकृत दिवसराज विष्टले गरेका थिए ।
2022/01/20 18:00:31
https://www.souryaonline.com/2021/11/406733.html
mC4
काठमाडौँ । नेपाल ट्रेड युनियन काँग्रेसले नोबेल कोरोना भाइरस (कोभिड–१९) परीक्षणको दायरा बढाउन माग गरेको छ । युनियनका महासचिव योगेन्द्रबहादुर कुँवरले बुधबार एक विज्ञप्तीमार्फत कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेललाई कोरोना भाइरसको परिक्षण बढाउन ट्रेड युनियन काँग्रेसका तर्फबाट ध्यानाकर्षण गराएका हुन । विश्वव्यापी रुपमा कोरोना भाईरस सङ्क्रमण फैलिएको लामो समय भइसक्दा पनि नेपालमा जम्मा एकहजार व्यक्तिको मात्र जाँच हुनु दुःखद भएको महासचिव कुँवरले बताए । "सरकारले वर्तमान सङ्कट र समस्याप्रति संवेदशील भई कोरोना भाइरस परिक्षणको दायरा बढाउनुपर्छ", विज्ञप्तिमा भनिएको छ । नेपाल ट्रेड युनियन काँग्रेसले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुरुपको व्यक्तिगत सुरक्षा सामग्री पीपीईको व्यवस्था गरी प्रत्येक जिल्लाबाट कोरोना परीक्षण तथा उपचार सेवा तत्काल विस्तार गर्नुपर्ने, स्थानीय तहसँग समन्वय गरी ट्रेड युनियनलाई समेत प्रतिनिधित्व गराई श्रमिकको अभिलेख तयार गरी दैनिक ज्यालादारी मजदूरलाई लकडाउन अवधिभर दैनिक न्यूनतम पारिश्रमिक दिनुपर्ने माग राखेको छ । सरकारले स्वास्थ्यकर्मीका लागि घोषणा गरेको बीमा रकमलाई बढाउनुका साथै दायरा बढाउनुपर्ने, कामदार तथा कर्मचारीलाई पारिश्रमिक दिनुपर्ने, वैदेशिक रोजगारीमा रहेका श्रमिकले स्वदेश आउन चाहेमा उद्दार गर्नुपर्ने, लकडाउनका कारण अप्ठ्यारोमा रहेका श्रमिकलाई सुरक्षित तवरले आफ्नो गन्तव्यसम्म पु¥याउने व्यवस्था तत्काल गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । यसैगरी लकडाउन अवधिभर श्रमिक तथा स्वरोजगार व्यक्तिलाई प्रभावकारी रुपमा घर भाडा मिनाहा गर्नुपर्ने माग समेत गरिएको छ ।
2020/05/25 01:50:13
http://www.nepalipatra.com/news/covid-19/44780
mC4
"पार्टी एकिरणमा कुनै खालको बार्गेनिङ् भएको छैन"-पम्फा भुषाल | mulkhabar.com "पार्टी एकिरणमा कुनै खालको बार्गेनिङ् भएको छैन"-पम्फा भुषाल May 9, 2018 | 2:30 pm 155 Hits भक्तपुर । नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुषालले पार्टी एकिकरणका विषयमा आपसी गृहकार्य भइरहेको भइरहेको बताएकि छिन् । भक्तपुरस्थित रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै प्रवक्ता भुषालले बाहिर आएजस्तो एमालेमा माओवादी र माओवादीमा एमाले बिलय नभई सम्मान जनक ढंगले दुई पार्टी एकिकरण हुने स्पस्ट पारिन् । प्रवक्ता भुषालले पार्टी एकता संयोजन समितिले एकिकरणका लागि आबश्यक तयारी गरिरहेको र पार्टी एकिकरणका विषयमा केही सञ्चार माध्यममा अध्यक्ष दाहालले भागबण्डाबारे आएका समाचारहरु निराधार भएको दाबी गर्दै पार्टी एकिरणमा कुनै खालको बार्गेनिङ् नभएको स्पष्ट पारिन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका कारण एमाले र माओवादीबीचको पार्टी एकिकरण प्रक्रियामा ढिलाई भएको उनको भनाई छ । भारतीय प्रधानमन्त्री मोदीको स्वागतका लागि प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कार्य व्यस्तता बढेका कारण दुई पार्टीको एकिकरण प्रक्रियामा ढिलाई भएको उनले बताइन् । अहिले नै सरकारका गतिविधिको समिक्षा गर्ने बेला नभइसकेको भन्दै प्रवक्ता भुषालले सरकारले निर्वाचनको समयमा जनतामाझ लिएर गरेका एजेन्डा अनुसार काम अघि बढाएको बताइन् । सरकारले तोकिएकै समयमा बजेट ल्याईसक्ने बताउँदै उनले उक्त बजेट जनमुखी र आर्थिक समृद्धिको खाका भएको बताइन् । प्रवक्ता भुषालले विगतमा जस्तै नभई यो सरकारले कुटनीतिक पाटोलाई देश र समयानुकुल बनाउँदै गएको उनको भनाई छ ।
2019/02/20 04:27:32
http://mulkhabar.com/2018/05/86858
mC4
१२ तस्बिरमा हेर्नुहोस् क्युट डान्सर तेरिया मगरको लुक्स (फोटो फिचर) - Everest Media News Home News-ticker १२ तस्बिरमा हेर्नुहोस् क्युट डान्सर तेरिया मगरको लुक्स (फोटो फिचर) तेरिया मगर घर रुपन्देही जिल्लाको रुद्रपुरमा पर्छ।उनले आफ्नो नृत्य बाट नेपाल र भारत बाट धेरै उपाधि जितिसकेकी छिन्। उनी सानै उमेर बाट नृत्यको अभ्यास गर्दै आएकी थिइन् । सन् २०१४ मा चर्चित भारतीय रियालिटी सो 'डीआईडी लिटिल मास्टर'को विजेता बनेकी तेरिया त्यस लगतै उनी फेरी अर्को भारतीय रियालिटी सो 'झलक दिखला जा'मा समेत विजेता बनिन् । मात्रै १४ वर्षको उमेरमा यो रियालिटी शो जिते पछि उनी निकै चर्चामा आइन् । लगत्तै उनी भारत र नेपालका विभिन्न ठूला स्टेज कार्यक्रममा सहभागी हुने अवसर पाइन् । तेरिया भविष्यमा कोरियोग्राफर बन्न चाहन्छिन् । अभिनयलाई पनि अगाडि बढाउन चाहन्छिन् । केही समय भारतमै करिअर बनाउने सोचमा छिन् उनी । १४ वर्षे उमेरमा डान्स इन्डिया डान्सको उपाधि जितेकी उनी अहिले १८ वर्षे जवान भएकी छन्। उमेर बढेसँगै उनी झनै सुन्दर हुँदै गएकी छिन् । हामीले क्युट डान्सर तेरिया मगरको सामाजिक सञ्जाल बाट केही उनका सुन्दर तस्बिर लिएका छौ । हेर्नुहोस् तस्विरहरूः
2021/01/28 11:28:57
http://everestmedianews.com/archives/6053
mC4
नेपाली काँग्रेस नवलपुर र चितवनको जिल्ला अधिवेशन आजदेखि – नेपाल टेलिभिजन गृह पृष्ठ/विशेष/नेपाली काँग्रेस नवलपुर र चितवनको जिल्ला अधिवेशन आजदेखि नेपाल टेलिभिजन १९ फाल्गुन २०७८, १३:५३ नवलपुर- नेपाली कांग्रेस नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को जिल्ला अधिवेशन आजदेखि सुरु हुँदैछ । निर्वाचन अधिकृतको कार्यालयले आज मतदाता नामावली प्रकाशन, २० गते उम्मेदवारको मनोनयन दर्ता र २१ गते मतदान गर्नेे गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । फागुन २१ गते हुने निर्वाचनमा एक सभापति, दुई उपसभापति, दुईसचिव, दुई उपसचिव गरी पदाधिकारीको सात पदका लागि निर्वाचन हुने निर्वाचन अधिकृत गोविन्द सिग्देलले जानकारी दिनुभयो । त्यसैगरी जिल्ला सदस्यहरुमा एउटा नगरपालिकाबाट एक महिलासहित तीन सदस्यका दरले चार वटा नगरपालिकाबाट १२ सदस्य, एउटा गाउँपालिकाबाट एक महिलासहित दुईसदस्य गरी चार वटा गाउँपालिकाबाट आठ सदस्य निर्वाचित हुने उहाँले जानकारी दिनुभयोे । त्यस्तै खसआर्यबाट दुई महिला र दुई खुल्ला सदस्य, जनजातिबाट तीन महिला र तीन खुल्ला सदस्य गरी छ सदस्य दलित तथा थारुबाट एक–एक महिला र एक खुल्ला गरी दुई सदस्य,अल्पसङ्ख्यक वा अपाङ्गता भएका समुदायबाट एक सदस्यसहित कूल ४१ जनाको जिल्ला कार्यसमिति चयन हुने जनाइएको छ । एक हजार ९६१ जनाले जिल्ला अधिवेशनमा आफ्नो मत प्रयोग गर्नेछन् । मतदाता नामावली प्रकाशन र उम्मेदवारी दर्ताको कार्यक्रम नेपाली कांग्रेसको जिल्ला कार्यालयको बिपी स्मृति भवनमा र मतदान २१ गते शनिबार लुम्बिनी आदर्श कलेजमा हुने भएको छ । कांग्रेसको चितवन जिल्ला अधिवेशन नेपाल कांग्रेस चितवनको जिल्ला अधिवेशन आजदेखि सुरु भएको छ ।अधिवेशनअन्तर्गत हुने निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवाका पक्षबाट बागमती प्रदेशका मन्त्री मिलनबाबु श्रेष्ठ तथा शेखर कोइरालाका पक्षबाट डा सूर्यकान्त घिमिरे, उत्तम जोशी, विजय भुषाल र राजेश्वर खनालले सभापतिमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । यसैगरी कैलाश कोइरालाले साझा उम्मेदवारको रुपमा आफ्नो उम्मेदवारी भएको जिकिर गर्दै आउनुभएको छ । उहाँहरुबीच सहमति गराउन बुधबारदेखि नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी जुटिरहनु भएको छ । जिल्लाका नेता र उम्मेदवारलाई समूहगत र एकल भेट्दै आउनुभएका केसीले पहिलो चरणमा मिल्ने सम्भावना कम रहेको बताउनुभयो । उहाँले भन्नुभयो "पहिलो चरणमा साथीहरु मिल्ने देखिएन, दोस्रो चरणमा आफ्ना समूहका उम्मेदवारलाई सहयोग गर्ने वातावरण बनेको छ ।" आज मनोनयनसँगै शुक्रबार निर्वाचन हुँदैछ । पहिलो चरणमा ५० प्रतिशतभन्दा बढी मत कुनै उम्मेदवारले ल्याउन नसकेमा दोस्रो चरणमा सबैभन्दा धेरै मत ल्याउने दुई जनाबीच प्रतिस्पर्धा हुने निर्वाचन समितिले जनाएको छ ।।
2022/06/27 23:27:57
https://nepaltvonline.com/2022/03/42078/
mC4
वर्ल्ड वाईड ई–काता च्याम्पियनसिपमा नेपाललाई तीन स्वर्णसहित १० पदक « Janata Samachar काठमाडाैं । पाकिस्तान गोजुरियो कराते महासंघको आयोजनमा भएको ओपन २०२० वर्ल्ड वाईड ई–काता च्याम्पियनसिपमा नेपालले ३ स्वर्ण, ५ रजत र ३ कास्य गरि १० पदक हात पार्न सफल भएको छ । नेपाली खेलाडी सञ्जु देशार, सुबिता गौतम र अनुभा मग्रातीले नेपालका लागि स्वर्ण दिलाएका हुन् । महिला १४ देखि १८ बर्ष एडभान्स समूहमा सञ्जुले फिलिपिन्सकी काई डेनिस्टल बोनो अक्विनोलाई फाईनलमा पराजित गर्दै नेपालका लागि स्वर्ण दिलाएकी प्रतियोगितामा निर्णायक तथा प्रशिक्षक रवि शाहीले जानकारी गराएका छन् । सुविता गौतमले नेपालकै जुलियाना मोक्तानलाई रजतमा खुम्चाउँदै स्वर्ण हात पारिन् । गौतमले १० वर्ष मुनि इन्टरमिडियट विधामा उक्त पदक प्राप्त गरेकी थिईन् । नेपालका लागि स्वर्ण जित्ने क्रममा अर्की खेलाडी अनुभाले ११ देखि १४ बर्ष ईन्टरमिडियट विधामा नेपालकै नान्सी क्षेत्रीलाई पराजित गर्दै स्वर्ण पोल्टामा हालिन् । १० दिन अगाडि मात्र क्यानडा कराते संघको आयोजनमा भएको सातो कप ईन्टरनेशनल २०२० मा नेपाका लागि स्वर्ण दिलाएका प्रशिक्षक एवं खेलाडी रविन्द्र मानन्धर भने रजतमानै खुम्चन बाध्य भए । मानन्धर पुरुष ४५ वर्ष एडभान्स विधामा मोरोक्कोका अजिर कायरसँग पराजित हुँदै रजतमा खुम्चन बाध्य भए । यस्तै, २२ देखि ४५ महिला एडभान्स् विधामा रिना श्रेष्ठ ईटालीकी ईलियोनोभा कोलेट्टाेसँग पराजित हुँदै रजतमा नै चित्त बुझाउन बाध्य भईन् । सातो कपमानै स्वर्ण दिलाउन सफल नेपाली अर्की खेलाडी निता आचार्य पनि रजतमा खुम्चिईन् । १९ देखि २१ वर्षको गर्ल्स एडभान्स विधामा आचार्य ईटालीकी सारा लङ्गो संग पराजित भएकी थिईन् । सत्कार घर्ती मगर र राजकुमार श्रेष्ठ भने कास्य पदक भन्दा माथि पुग्न सकेनन् । मगर १० वर्ष मुनि ब्वाईज एडभान्समा र राजकुमार २२ देखि ४५ वर्ष एडभानसमा पराजित हुँदै कास्यमा सिमित भएका हुन् । २० देखि २१ नोभेम्बर संम्म संचालित च्याम्पियनसिपमा नेपालसहित १६ राष्ट्रका २ सय ५० खेलाडीहरुले आफ्नो कौशलता अनलाईन मार्फत प्रदर्शन गरेका थिए । प्रधानमन्त्री कप क्रिकेटमा गण्डकी प्रदेशकाे पहिलाे जित संघर्षपूर्ण जित निकालेको गण्डकीको जारी प्रतियोगितामा यो पहिलो जित हो । पुरुष क्रिकेटमा गण्डकीको पहिलो जित काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । ६ ओभर बलिङ गरेको जितेन्द्र मुखियाले दुई मेडन राख्दै १६ रन खर्चिए । प्रधानमन्त्री कप क्रिकेटमा एपिएफकाे विजयी सुरुआत नेपाल क्रिकेट संघको आयोजनामा तीन विभागीय र सात प्रदेशका टोलीबीच प्रतिस्पर्धा भइरहेको प्रतियोगिता माघ १०
2021/01/19 02:44:23
https://www.janatasamachar.com/2020/11/226845
mC4
सम्पादकीय लेख | Janaakash Home / सम्पादकीय लेख ३१ जेष्ठ २०७६, शुक्रबार १३:५१ सम्पादकीय लेख 0 लोक सेवा आयोगको नीति कार्यक्रमलाइ प्रभावित पार्ने गरी लोक सेवा आयोगले प्रकाशन गरीसकेको विज्ञापन रद्ध गर्न निर्देशन दिने सवैधानिक नामका अयोग्य सासदहरुले गरेको हस्तक्षेप बन्द गर्नु पर्छ देशमा राजनीतिक पार्टीहरु अयोग्यहरुले देश चलाउदा देशको हालत यो अवस्थामा पु¥याएका छन् । त्यसैगरी कर्मचारीहरु पनि त्यस्तै अयोग्य नियुतिm गर्न करार नियुतिmलाइ जोड ... २३ जेष्ठ २०७६, बिहीबार ०७:२८ सम्पादकीय लेख 0 काठमाडौं उपत्यकामा बजेट भाषणसँगै बजार भाउ आकासिँदै गएको छ । त्यसमा कोठा भाडा, घरभाडा पनि समावेश छ । काठमाडौं उपत्यकामा जताततै अव्यवस्थित घर बनाउने र ट्वाइलेट, खानेपानी, सरसफाइको मापदण्ड केही पनि पूरा नगर्ने तर घरभाडा चाहिँ प्रत्येक बर्ष बढाउने उपत्यकाका घरबेटीहरुलाई सरकारले एउटा मापदण्ड नबनाउने हो भने त्यसैकारणबाट अर्को समस्या ... ९ जेष्ठ २०७६, बिहीबार २१:०२ सम्पादकीय लेख 0 नेपालमा जब आर्थिक बर्षको वजेट सुरुवातको वेला सेन्डिकेटधारी माफीयातन्त्रहरुले बजारमा बजार भाउ बढाएर आतंक सृजना गर्ने गर्छन् । यस वर्ष पनि त्यसै गरेका छन् । बजेट सार्वजानिक गर्न ८ िदन वाकी रहदा बजारमा विभिन्न बस्तुहरुको कृतिम अभाव सृजना गरी भाउ बृद्धिको हल्ला फिजाएर आतंङ मच्चाइएको छ । २०७२ को माहा ... १ जेष्ठ २०७६, बुधबार २१:०६ सम्पादकीय लेख 0 काठमाडौ उपत्यकामा गर्मी बढेसँगै खानेपानीको अभाव त्यतित्तकै बढेको छ । सुख्खा मौसममा भूमिगत मुहान पनि सुक्ने र ढुंगेधारालगायत मुहानबाट आउने पानीहरु पनि सुक्ने हुँदा काठमाडौं उपत्यकावासीहरुले प्रत्येक वर्षको चैत, वैशाख, जेठ महिनामा खानेपानीको चरम अभाव व्यहोर्दै आएका छन् । यो भन्दा तीस बर्ष अगाडि नै सामान्यरुपमा काठमाडौं उपत्यकामा खानेपानीको अभाव ... २५ बैशाख २०७६, बुधबार १२:०६ सम्पादकीय लेख 0 नेपाल देश जलस्रोतमा धनी देश भनेर चिनिए पनि नेपालमा उत्पादित विद्युतले नपुगेर भारतबाट आयात गरेर बाल्नुपर्ने अवस्था कायमै छ । नेपालमा पटक पटक बनेका परिवर्तन भई रहने सरकार जो सत्तामा पुग्छन् र विद्युतको विकासको मच्ची मच्ची भाषण गर्छन् तर काम भने कछुवा गतिमा जतिको पनि गरिँदैन । त्यसको उदाहरण नेपालमा ... ६ बैशाख २०७६, शुक्रबार २१:३१ सम्पादकीय लेख 0 २०७५ साल हामीबाट विदा भइसकेको छ । २०७५ भित्र जेजस्ता दुःख सुख भएपनि २०७६ को नयाँ बर्षको शुरुवातसँगै नेपालीहरुको सुख, शान्ति, उन्नति, प्रगतिको कामना गर्दै नेपाली–नेपालीबीचमा शुभकामना आदान–प्रदान भइरहेको छ । कतिपय संघ संस्थाले नेपलाीको नयाँ वर्षको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रमहरु राखेर भाइचारा बढाउने काम समेत गर्दै आइरहेका छन् ... २८ फाल्गुन २०७५, मंगलवार १९:५९ सम्पादकीय लेख 0 आउँदो चैत १५ गते नेपालको राजधानी काठमाडौंमा अन्तर्राष्ट्रिय लगानी सम्मेलन हुँदैछ । त्यस लगानी सम्मेलनमा नेपालले खेल्नुपर्ने भूमिका महत्वपूर्ण हुनुपर्छ । ताकी नेपालको अर्थतन्त्रलाई बलियो बनाउन सक्ने सबै प्रकारका तरिकाहरु अपनाउनुपर्छ र नेपालको प्रचुर विकासमा प्रत्यक्ष ती विदेशी लगानी आकर्षित होउन् । हुनत अन्तर्राष्ट्रिय लगानी सम्मेलनको उद्देशय पनि नेपालमा धेरै ... भारतीय एजेण्टहरुले कलकत्तामा गरेको अवरोध र त्यसबाट नेपालीको शुद्धी फिर्नुपर्छ २२ माघ २०७५, मंगलवार २०:४४ सम्पादकीय लेख 0 नेपाल अन्तर्राष्ट्रिय डब्लुटिओको सदस्य राष्ट्र हो । विश्व व्यापार संगठनको सदस्य भइसकेको राष्ट्रले जुनसुकै तेश्रो राष्ट्रबाट आयात निर्यात गर्न स्वतन्त्ररुपमा पाउने व्यवस्था छ । विश्वको त्यस्तो राष्ट्र छ भारत जो डब्लुटिओको सदस्य भएर पनि छिमेकी राष्ट्रहरुलाई व्यापार गर्नबाट वञ्चित गराउन तल्लिन छ । त्यसको पछिल्लो उदाहरण कोलकत्ता बन्दरगाहबाट नेपाल आउने ... किसानका लागि बनेका नीति कार्यान्वयन होस् १७ माघ २०७५, बिहीबार २१:१३ सम्पादकीय लेख 0 कृषिप्रधान देश भनेर सयौं बर्षसम्म एउटै शब्द विद्यार्थीलाई रटाइराख्ने तर कृषि व्यवसाय, पेशा छोडेर देशको सक्रिय जनशक्ति रोजगारको लागि विदेश पलायन भएर देशका अधिकाँश कृषिजन्य उत्पादन गर्ने खेतबारीहरु बाँझोमा परिणत हुँदासम्म पनि कक्षाकोठामा पढाइने पाठ भनेको नेपाल कृषि प्रधान देश भनेर नै पढाइँदैछ । यो हामी नेपालीहरुको लागि लाजमर्दो विषय ...
2019/07/17 12:49:09
http://janaakash.com/category/%E0%A4%B8%E0%A4%AE%E0%A5%8D%E0%A4%AA%E0%A4%BE%E0%A4%A6%E0%A4%95%E0%A5%80%E0%A4%AF-%E0%A4%B2%E0%A5%87%E0%A4%96/
mC4
ह्याप्पी होली २०७४ ! (फोटो कथा) १७ फागुन । होली रंगहरुको पर्व हो । फागुन शुक्ल पूर्णिमाको दिन मनाइने होली पर्व मनाउनेको संख्या बढ्दै गएको पाइन्छ । बिहिबार देशका विभिन्न भागमा होली खेलिएको छ भने शुक्रबार तराईमा होली धुमधामका साथ मनाइन्छ । होलीमा सार्वजनिक विदा दिइएको छ । विभिन्न रंगको माध्यामबाट एक आपसमा सद्भाव साट्न होली मनाइने गरेतापनि पछिल्लो समय होली मनाउने तरीकामा परिवर्तन आएको छ । लोला हान्ने, जवर्जस्ती रंग दल्ने, होहल्ला गर्ने, अत्याधिक मदिरा सेवन गर्ने जस्ता कार्यले होलीलाई कुरुप बनाएको छ । होलीको समयमा गलत कृयाकलाप गरेको भन्दै देशभरबाट करीव पाँचसय जनालाई प्रहरीले पक्राउ गरेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पनि विभिन्न कार्यक्रमका साथ होली सम्पन्न भएको छ । होलीको अवसरमा सांगितिक कार्यक्रमहरुको समेत आयोजना गरिएको थियो ।विभिन्न क्याम्पसहरुमा मैत्रीपूर्ण होली कार्यक्रमको आयोजना गरिएको थियो भने कतिले साहित्यिक माहौलमा होली मनाएका थिए ।
2019/03/22 14:03:36
http://serophero.com/news/1284
mC4
संसदीय सुनुवाइ विशेष समितिको सभापतिमा लक्ष्मणलाल कर्ण निर्विरोध चयन — Motivatenews.Com असोज ७, काठमाडौँ- संसदीय सुनुवाइ विशेष समितिको सभापतिमा लक्ष्मणलाल कर्ण निर्विरोध चयन भएका छन्। संसदीय सुनुवाइ विशेष समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले कर्णलाई सभापतिमा निर्विरोध चयन गरेको हो। एउटै मात्रै उम्मेदवारी परेकाले कर्ण सभापतिमा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको समितिका जेष्ठ सदस्य भिमसेनदास प्रधानले जानकारी दिए। यस अघि पनि जेष्ठ सदस्यको हैसियतमा समितिको सभापतिको भूमिका निर्वाह गर्दै आएका नवनिर्वाचित सभापति कर्णले समितिको काममा आफूले समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले समितिले आफूलाई निर्विरोध निर्वाचित गरेको उल्लेख गर्दै समितिका सबै निर्णयहरु पनि सर्वसम्मत ढंगले सम्पन्न हुने विश्वास पनि व्यक्त गरे। बैठकमा समितिका सदस्यहरुले नवनिर्वाचित सभापति कर्ण नेतृत्वको समितिले आफ्नो कामलाई उदाहरणीय रुपमा अघि बढाउने विश्वास व्यक्त गरेका थिए। समितिका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले समितिको कामलाई उदाहरणीय रुपमा अघि बढाउन सभापति कर्ण सक्षम हुने विश्वास व्यक्त गरे। समितिकी अर्का सदस्य पूर्णकुमारी सुवेदीले पनि सभापतिमा निर्विरोध निर्वाचित भएका कर्ण समक्ष र योग्य रहेको उल्लेख गर्दै समितिको आफ्नो कार्य सम्पादन परिपक्व ढंगले अघि बढ्ने विश्वास व्यक्त गरे। नवनिर्वाचित सभापति कर्ण राष्ट्रिय जनता पार्टी, नेपालका प्रतिनिधिसभाका सांसद हुन्।
2021/01/27 12:45:22
https://motivatenews.com.np/archives/2793
mC4
ओलीको स्थानमा माधव नेपाललाई अध्यक्ष बनाईने, कार्यकारी अध्यक्ष प्रचण्ड नै रहनेMain Samachar ओलीको स्थानमा माधव नेपाललाई अध्यक्ष बनाईने, कार्यकारी अध्यक्ष प्रचण्ड नै रहने ७ पुष २०७७, मंगलवार १२:२२ प्रकाशित काठमाडौँ । प्रधानमन्त्री ओलीले संसद विघटनको असंवैधानिक कदम चालेपछि नेपाल कम्युनिस्ट पार्टीभित्र उथलपुथल मच्चिएको छ । पार्टी फुटको संघारमा पुग्नै लाग्दा वर्तमान दुई अध्यक्षले छुट्टाछुट्टै छलफलसमेत चलाएका छन् । मंगलबार नै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ११ सय ९९ सदस्यीय महाधिवेशन समिति घोषणा गरिसकेपछि अर्का अध्यक्षको प्रचण्ड–माधव पक्षले केपी ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरिसकेको छ । प्रधानमन्त्री ओली समुहले महाधिवेशन समिति घोषणा गर्दैगर्दा प्रचण्ड–माधव पक्षले भने ओलीलाई अध्यक्षबाट हटाउने र त्यसको ठाउँमा वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने तयारी गरेका छन् । उक्त समुहमा प्रचण्डको कार्यकारी अध्यक्षतालाई निरन्तरता दिइने बताइएको छ । प्रचण्ड–माधव पक्षको तयारीका अनुसार अब बन्ने नेकपामा दुई जना नै अध्यक्ष रहनेछन् । अध्यक्ष प्रचण्ड कार्यकारी अध्यक्षको रुपमा रहनेछन् भने माधव कुमार नेपाल दोस्रो अध्यक्ष बन्ने छन् । पार्टी एकताको मर्मलाई कायम राखिरहनका लागि उक्त पक्षले दुई अध्यक्षलाई निरन्तरता दिने तयारी थालेको हो ।
2022/01/20 19:47:08
https://www.mainsamachar.com/details/7078
mC4
निर्वाचन आचारसंहिता उल्लंघन भए पछि पोष्टर पम्पलेट हटाउने अभियान शुरु Friday 19th of October | २०७५ कार्तिक २ शुक्रबार राजविराज, १ मसिंर । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सप्तरीमा व्यापकरुपमा निर्वाचन आचारसंहिता उल्लंघन भएको पाइएको छ । जिल्ला निर्वाचन कार्यालय सप्तरीले राजविराजमा आयोजना गरेको निर्वाचन आचारसंहितासम्बन्धी छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले निर्वाचनमा जित्नुपर्ने होडबाजी तथा एक अर्काको प्रतिस्पर्धाले गर्दा अहिले जिल्लामा आचारसंहिता उल्लंघन भइरहेको बताउनुभयो । उहाँले जिल्लाको विभिन्न ठाउँ र राजविराजकै मुख्य चोक गजेन्द्र नारायण र दशन चोकमा अनुगमनका क्रममा उम्मेदवारले निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएको बताउनुभयो । उक्त ठाउँमा उम्मेदवारको तस्वीरसहित पोस्टर पम्पलेट टाँसेका छन् । आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि मुख्य दल वाम गठबन्धन, लोकतान्त्रिक गठबन्धन, अन्य दल तथा स्वतन्त्र उम्मेदवारले राजविराजस्थित अदालत तथा सरकारी कार्यालय एवं सार्वजनिक संस्थामा समेत चुनावी पोस्टर पम्पलेट टाँसेर आचारसंहिता उल्लंघन गरेको पाइएको स्थानीय प्रशासनले जनाएकोे छ । प्रतिनिधिसभाका लागि उम्मेदवार बनेकाको तस्वीर र चुनाव चिह्न अङ्कित पोस्टर सरकारी कार्यालय, निवास, सार्वजनिक संस्थाको भवन, पर्खालमा छ्यापछ्याप्ती टाँसिएको अवस्थामा रहेको पाइएको छ । आचारसंहिताविपरीत भड्किलो प्रचारप्रसारमा उत्रिएका उम्मेदवारले जिल्लाको विभिन्न सार्वजनिकस्थल, मठमन्दिर, सरकारी कार्यालय, विद्युतीय पोल लगायतका स्थानमा पर्चा पोष्टर टाँसेकाले यसप्रति स्थानीय प्रशासन र निर्वाचन कार्यालयको ध्यान जान जरुरी रहेको नगरवासीको भनाइ छ । निर्वाचन आचरसंहिता २०७२ को परिच्छेद २ को ४ 'झ' मा निर्वाचनसम्बन्धी प्रचारप्रसारका लागि धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिकस्थल वा सार्वजनिक संस्थाको भवन, स्मारक, पर्खाल, सडक, खम्बा वा संरचनालगायतको कुनै पनि सार्वजनिकस्थलमा पर्चा टाँस्न वा टाँस्न लगाउन वा लेख्न लगाउन नहुने उल्लेख छ । आचारसंहिताको उल्लंघन नहोस् भनेर सचेत रहेको र निगरानी गरिरहेको भन्दै मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुंगानाले आचारसंहिता उल्लंघन भएको ठाउँमा प्रचापम्पलेट र उम्मेदवारको तस्वीरसहितको पोस्टर हटाउने कार्य भइरहेको बताउनुभयो । आचारसंहिता उल्लंघन गरेको पाएकोमा आयोगमा प्रतिवेदन पठाइ आवश्यक दण्डात्मक निर्णय गरिने उहाँले बताउनुभयो । साथै सप्तरीको राजविराज नगरपालिकालगायत जिल्लाको विभिन्न ठाउँमा राजनीतिक दलबाट पोष्टर ,पम्पलेट टाँसिएको छ भने अविलम्ब हटाउन सबैलाई अपिल गर्दै उहाँले यदि आचारसंहिता उल्लंघन गरेको पाइएमा कारबाहीसमेत हुने बताउनुभयो । यसैबीच राजविराजको केहि स्थानमा स्थानीय प्रहरी प्रशासनले आचारसंहिता विपरित राखिएका पोष्टर पम्पलेटलाई हटाउने अभियान शुरु गरेको छ ।
2018/10/18 23:42:05
http://newsabhiyan.com.np/news-details.php?nid=103871
mC4
कमैया झैँ हरुवा-चरुवाको पनि मुक्ति हुनुपर्छ - Laltin.com कमैया झैँ हरुवा-चरुवाको पनि मुक्ति हुनुपर्छ सप्तरी, २२ साउन ९रासस० ः बँधुवा मजदुरका रुपमा रहेको भनिएका यहाँका हरुवाचरुवाले मुक्तिको माग गरेका छन् । उनीहरुले क्षतिपूर्ति र ऋण मिनाहासहित तत्काल हरुवाचरुवा प्रथा खारेज हुुनुुपर्ने माग गरेका हुन् । सप्तरीको राजविराजमा आज आयोजित कार्यक्रममा सहभागी हरुवाचरुवाले कमैया, हलिया, कमलरी प्रथालाई सरकारले अन्त्य गरे झैँ हरुवाचरुवाको समस्या सम्बोधन गर्नुपर्ने माग गर्नुभएको हो । कमैया, हलियाजस्तै हरुवाचरुवाको पनि गम्भीर समस्या रहेको बताउँदै हरुवाचरुवा अधिकार मञ्चका राष्ट्रिय अध्यक्ष दर्शन मण्डलले उनीहरुको सुरक्षित बास र परिवार सङ्ख्याका अधारमा जग्गासहित पुनःस्थापना गर्ने प्रतिबद्धता सरकारले पूरा नगरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, "यो देश हाम्रो पनि हो, कानून र राज्य सबैका लागि समान हो भने उस्तै प्रकारको हलिया, कमैया मुक्त हुँदा हरुवाचरुवाको समस्या पनि समाधान हुनुपर्छ ।" जनचेतना दलित सङ्गमका अध्यक्ष रामलखन रामले सरकार र व्यवस्था पटक पटक परिवर्तन भए पनि हरुवाचरुवाको समस्या जस्तातस्तै रहेको बताउनुभयो । उहाँले भन्नुभयो, " विभिन्न पार्टी नेतृत्वको सरकार हे¥यौँ, राजा जनता भएको र जनता राजा भएको पनि हे¥यौँ तर हामी जहाँको तही छौँ ।" व्यवस्था परिवर्तन गर्न, संविधान र कानून बनाउन पटक–पटक बलिदान गर्नुपरेको स्मरण गर्नुहुँदै उहाँले अब कार्यान्वयनका लागि बलिदान गर्नुपर्ने बेला आएको बताउनुभयो । इन्सेक प्रतिनिधि मनोहर पोखरेलले दलित, गरिबको कोखमा जन्मनु नै अपराध नभएको बताउनुभयो । हरुवाचरुवाको काम दिनुलाई नै धनीको महानता ठानेर उचित ज्याला र उचित खानपानसमेत माग्न नसक्ने बाध्यतालाई भजाएर खानुचाहिँ अपराध भएको उहाँको भनाइ छ । बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले शिक्षा, क्षमता विकास र राजनीतिक सहभागितामा हरुवाचरुवाहरूले ध्यान दिनुपर्ने बताउँदै सेवा, सुविधाका लागि गाउँपालिकाले पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । यसअघि हरुवाचरुवा अधिकार मञ्च सुरुङ्गाका सोभितलाल राम, खडकका बलदेव मण्डललगायतले 'स्थानीय सरकारमा जनताको पहुँच खोई रु' भन्दै प्रश्न उठाएका थिए । हरुवाचरुवा अभियानकी अगुवा चन्देश्वरी सदा, प्रेम विश्वकर्मा, बलान बिहुल गाउँपालिकाका कार्यपालिका सदस्य हरिप्रसाद रामले दलितका लागि आएको सुविधाको रकम चरम दुरूपयोग हुने गरेको, उठीवासको समस्या रहेको र घटना दर्तामा समेत स्थानीय तह गम्भीर नभएको गुनासो गर्नुभएको थियो । सहभागीले हरुवाचरुवाको आर्थिक तथा सामाजिक विकासका लागि स्थानीय तहले योजना बनाएर अघि बढनुपर्ने बताएका छन् । मुलुकमा ठुल्ठूला परिवर्तन भए पनि हरुवाचरुवाको जीवनमा परिवर्तन आउन नसकेको भन्दै उनीहरूले त्यसका लागि सङ्घीय, प्रदेश र स्थानीय तहको ठोस योजना र पहलको आवश्यकता औँल्याउनुभयो । कानून व्यवसायी केशरलाल खङ्गले पटक–पटक आग्रह र आन्दोलन गर्दा पनि राज्यको नजरमा ओझेल परेका हरुवाचरुवाले आन्दोलनलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाले पश्चिम नेपालमा कमैयालाई सरकारले मुक्त गरेझै पूर्वी तराइका हरुवाचरुवाको माग सम्बोधन गर्नुपर्ने बताउनुभयो । कार्यक्रमको शुरुआतमा कार्यपत्र प्रस्तुत गर्नुहुँदै पत्रकार मणिलाल विश्वकर्माले राज्यले भूमिहीन दलितलाई एकपटक जमिन उपलब्ध गराइ आवासविहीन दलितलाई बसोबासको व्यवस्था गर्ने संवैधानिक कानून बनाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । जीविकाका लागि सीप विकास, शिक्षा, स्वास्थ्य, रोजगारी, आयआर्जनसम्बन्धी तालीम र व्यवहारमै छुवाछुतको अन्त्य आवश्यक रहेको उहाँको भनाइ छ । हरुवाचरुवाले जमिन्दारको ऋणबाट मुक्ति नपाएको र सरकारले समस्या समाधान नगरेको भन्दै हरुवाचरुवा लामो समयदेखि सङ्घर्षरत छन् । सरकारले समस्या समाधान गर्ने प्रतिबद्धता जनाए पनि माग सम्बोधन नभएको उनीहरुको आरोप छ । सप्तरीको पातो, जमुनी मधेपुरा, मलेकपुर तथा सिरहाको बस्तीपुर, हनुमाननगर, नहरा रिगौलमा गरिएको नमूना सर्वेक्षणअनुसार दुवै जिल्लामा ४५ हजार ६५ हरुवाचरुवा रहेको हरुवाचरुवा अधिकार मञ्चको दाबी छ । हरुवाचरुवाको लगत सङ्कलन, वर्गीकरण, परिचयपत्र वितरण, ऋण मिनाहा, जग्गा र आवासको व्यवस्था, रोजगारीको सुनिश्चितता, आयआर्जनसम्बन्धी तालीमका लागि उनीहरुले सरकारसँग माग गर्दै आएका छन् । धेरै जमिन हुने जमिन्दारले आफैँले खेती गर्न नसकेपछि आफ्नो खेती सुनिश्चित गर्नका लागि कसैलाई 'स्थायी खेतालो' राख्नुपर्ने हुन्छ । खासगरी पूर्वतराई क्षेत्रमा वार्षिक १५÷२० मन धान पाउने गरी खेतीपाती सुनिश्चित गर्न राखिएका व्यक्ति नै हरवा हुन् । गरिब परिवारको मूलीलाई हरुवा राखेपछि उसकी श्रीमती खानाकै भरमा लोग्ने हरवा बसेकै घरमा 'सघाइदिने' गर्छन् । अनि उनीहरूका छोराछोरी भने सोही जमिनदारको घरमा गाईबस्तु, बाख्रा आदि चराउन 'नियुक्त' हुने भएकाले चरुवा भनिँदै आएको छ ।
2021/09/25 00:31:01
https://laltin.com/%E0%A4%95%E0%A4%AE%E0%A5%88%E0%A4%AF%E0%A4%BE-%E0%A4%9D%E0%A5%88%E0%A4%81-%E0%A4%B9%E0%A4%B0%E0%A5%81%E0%A4%B5%E0%A4%BE-%E0%A4%9A%E0%A4%B0%E0%A5%81%E0%A4%B5%E0%A4%BE%E0%A4%95%E0%A5%8B-%E0%A4%AA/
mC4
पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि प्रदेश १ को टोली घोषणा – Satyapati काठमाडौं । यही माघ पहिलो सातादेखि सुरु हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि प्रदेश नम्बर १ ले टोली घोषणा गरेको छ । प्रदेश १ क्रिकेट संघले बुधबार १४ सदस्यीय टोली घोषणा गरेको हो । जसमा राष्ट्रिय टिमबाट खेलिसकेका सिद्धान्त लोहनी कप्तान छन् । यस्तै ४ जना वैकल्पिक खेलाडी रहेका छन् । यस्तै प्रशिक्षकमा लाक्पा लामा छन् भने राजकुमार प्रदान बलिङ प्रशिक्षकमा छन् ।पीएम कप पुरुष क्रिकेट प्रतियोगिता माघ २ गतेदेखि काठमाडौंको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछ । सात प्रदेश र तीन विभागीयसहित कूल १० टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् । जहाँ प्रदेश १ समूह ए मा रहेको छ । यस समूहमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफका साथै गण्डकी र कर्णाली प्रदेश छन् ।
2021/01/15 14:49:46
https://satyapati.com/2021/01/47678/
mC4
प्रिटोरिया (दक्षिण अफ्रिका), ४ भदौं। दक्षिण अफ्रिकामा एक महिलालाई कुटपिट गरेको आरोप लागेपछि एक मन्त्रीले राजिनामा दिनुभएको छ। गत सप्ताहान्तमा राजधानी जोहान्सवर्गस्थित एक रात्रि क्लबमा पुग्नुभएका उच्च शिक्षा तथा तालिम उपमन्त्री मदुदुजि मनाना र एकजना महिलाबीच भनाभन भएको थियो। उपमन्त्री मनानाले आक्रोशमा आएर आफ्नो मर्यादाविपरीत उक्त महिलालाई अप्रत्याशित आक्रमण गरी जथाभावी कुटपिट गर्नु हुँदा ठूलो होहल्ला हुन गएको थियो। यस घटनापश्चात् उपमन्त्री मनानाले पदबाट राजिनामा दिनुभएको हो। उपमन्त्री मनाना सत्तारुढ दल अफ्रिकन नेशनल काङ्ग्रेसका सदस्य हुनुहुन्छ। राजिनामा पत्रमा उहाँले आफ्नो गैरजिम्मेवार क्रियाकलापप्रति पश्चातापसहित राष्ट्रको नाममा क्षमायाचना गर्नुभएको जनाइएको छ। आफ्नो हीनतापूर्ण कार्यबाट सत्तारुढ दल अफ्रिकन नेसनल काङ्ग्रेस र देशको मन्त्रीमण्डल समेतले लज्जाबोध गर्नुपरेको कारण राजिनामा दिएको उहाँले स्विकार गर्नुभएको छ। मन्त्रीपदबाट राजिनामा दिए पनि उहाँले संसद् सदस्यता भने त्याग गर्नुहुनेछैन। उपमन्त्री मनानाको राजिनामा तत्कालै स्वीकृत गर्नुहुँदै दक्षिण अफ्रिकी राष्ट्रपति ज्याकोब जुमाले हालसम्म आफ्नो कर्तव्य निर्वाह गरी सरकारलाई सहयोग गरेकोमा मनानालाई धन्यवाद दिनुभएको एक विज्ञप्तिमा जनाइएको छ। साथै, सत्तारुढ पार्टी अफ्रिकन नेशनल काङ्ग्रेसले पनि उपमन्त्रीको राजिनामालाई ठीक कार्य गरेको ठहर गर्दै पार्टी प्रवक्ता जिजि कोद्वाले मनानालाई धन्यवाद दिएका छन्। महिलाको अपमान र कुटपिटको घटनापछि उपमन्त्री मनानालाई प्रहरीले नियन्त्रणमा लिई स्थानीय अदालतमा तुरुन्तै मुद्दा चलाएको थियो। अदालतमा पाँचहजार दक्षिण अफ्रिकी र्‍यान्ड (तीनसय असी अमेरिकी डलर) धरौटी राखेपछि मात्र उपमन्त्री मनाना हिरासत मुक्त हुनुभएको छ। आगामी सेप्टेम्बर १३ का दिन यस मुद्दाको सुनुवाइ हुने भएकोले यस दिन उहाँ अदालतमा उपस्थित हुनुपर्नेछ। सिन्ह्वा
2018/01/23 21:26:23
http://majdoor.com.np/international.php?id=6299
mC4
रुपन्देहीमा विकास बैंकले शेयर कर्जा प्रवाह गर्दै « ABC NEWS NEPAL | No.1 News channel of Nepal रुपन्देहीमा विकास बैंकले शेयर कर्जा प्रवाह गर्दै बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई आकर्षित गर्ने लक्ष्यसहित सहुलियत ब्याज दरमा शेयर कर्जाको योजना सार्वजनिक गरेको बेला मोफसलका बैंकले सानो आकारमा भए पनि शेयर बजारमा लगानी विस्तार गरेका छन् । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत शेयर धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्राप्त गर्न सकिने प्रावधान छ । राष्ट्र बैंकका अनुसार बैंकले आफ्नो प्राथमिक पूँजीको २५ प्रतिशत शेयर धितोमा कर्जा उपलब्ध गराउन सक्छन् । कैलाश विकास बैंकले 'कैलाश शेयर लोन योजना' अघि सारेर लगानीकर्तालाई आकर्षित गर्ने योजना बनाएको छ । आवश्यक कागजात पेश गरेपछि सात दिनभित्रै कर्जा प्रवाह हुने बताइएको छ । बैंकले १२ प्रतिशतमा शेयर कर्जा दिने गरी शेयर कर्जामा बजार मूल्यको ५० प्रतिशतसम्म एक वर्षका लागि रु ९० करोडसम्म लगानी गर्नेछ । कैलाश विकास बैंक क्षेत्रीय कार्यालय, बुटवलका प्रमुख कृष्ण अर्याल शेयर रजिष्ट्रारको कार्यालय बुटवल नभएका कारण ठूलो आकारमा शेयर कर्जा प्रवाह नभएको उल्लेख गर्दै शेयर कारोवार बुटवलमा कम भएको जिकिर गर्नुहुन्छ । उहाँले भन्नुभयो, "शेयर कारोवार गर्न आफै काठमाडौँ जानुपर्ने भएकाले लगानीकर्ताले झण्झट व्यहोरेको छैन ।" प्रमुख अर्यालले बुटवल र आसपासमा कम्तीमा रु २५ लाख शेयर कर्जा प्रवाह भएको जानकारी दिँदै शेयर कर्जा लामो समय रहँदैन भन्नुभयो । साइन रेसुङ्गा बैंक, प्रधान कार्यालय बुटवलका नायब महाप्रबन्धक लोकराज पनेरुले राष्ट्र बैंकले तोकेको नियमानुसार साधरण शेयरको ५० प्रतिशत शेयर कर्जा प्रवाह भएको बताउनुभयो । उहाँले शेयर कर्जाका लागि ९० प्रतिशत लगानीकर्ता काठमाडौँ धाउने गरेको उल्लेख गर्दै बुटवलमा ब्रोकर कम्पनी भर्खरै सञ्चालन भएकाले शेयर कर्जामा आकर्षण कम भएको तर्क गर्नुभयो । "हामीले पनि अन्य कर्जाजस्तै यसलाई प्राथमिकतामा राखेर लगानी गरेका छैनौँ," उहाँले भन्नुभयो । अहिलेसम्म १० जनाले रु १० लाखदेखि रु २५ लाखसम्म शेयर कर्जा लिएको जानकारी दिनुभयो । सो बैंकले दुई वर्षदेखि शेयर कर्जामा लगानी गरेको जनाएको छ । यस्तै मुक्तिनाथ विकास बैंकले पनि शेयर कर्जामा विशेष छुट दिएको छ । आवश्यक कागजात पेश गरेको दुई दिनमा नै सर्वसुलभ दरमा शेयर कर्जा उपलब्ध हुने जनाएको छ । राष्ट्र बैंकले लागू गरेको मौद्रिक नीतिमा शेयर धितोकर्जा ५० प्रतिशत तोकिएको छ । चालु आर्थिक वर्ष २०७५-७६ को मौद्रिक नीतिमा गरिएको व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले शेयरको धितोमा प्रवाह गर्न 'मार्जिन' प्रकृतिको कर्जा प्राथमिक पूँजीको २५ प्रतिशतसम्म प्रवाह गर्न पाउने व्यवस्था गरेको छ । यो व्यवस्थापछि बैंकले झण्डै रु एक खर्बसम्म मार्जिन कर्जा (शेयर धितोमा राखेर दिइने कर्जा) प्रवाह गर्ने क्षमता राख्छन् । पछिल्लो २४ घण्टामा १३ हजार २२ जनाको परीक्षण गर्दा २ हजार ८२८ जनामा कोरोना पुष्टि काठमाडौं, २ असार । बुधबार थप २ हजार ८२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल १३ हजार
2021/06/16 13:23:25
https://www.abcnepal.tv/posts/61634
mC4
लक डाउनमा घरमै बसेर हेर्नुहोस नाटक – NawalpurTimes.com लक डाउनमा घरमै बसेर हेर्नुहोस नाटक प्रकाशित : २०७६ चैत १५ गते ०:०६ काठमाडौं। 'लक डाउन'को समयलाई मध्यनजर गर्दै विश्व रङ्गमञ्च दिवसको अवसर पारेर भर्चुअल 'रङ्गमञ्च महोत्सव' हुने भएको छ। थिएटर मल–कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टीसीसी नेपाल)ले संयुक्त रूपमा महोत्सव आयोजना गर्न लागेको हो। 'कोभिड–१९को महामारीले पैदा गरेको संकटको समयमा रङ्गमञ्चका दर्शकसँग निरन्तर सम्बन्धमा रहन फेस्टिभल गर्ने सोंच बनाएको महोत्सव निर्देशक केदार श्रेष्ठले बताए। "तर, यो महोत्सव भर्चुअल हुनेछ। हरेक दिन फेसबुक पेजबाट नाटक लाइभ स्ट्रिमिङ हुनेछ। घरमै बसेर नाटक हेर्न सकिनेछ, प्रतिक्रिया दिन सकिनेछ", उनले भने। हरेक साँझ ठीक ५ बजे थिएटर मलको अफिसियल फेसबुक पेजबाट एउटा नाटक देखाइनेछ। थिएटर मल तथा टीसीसी नेपालका अध्यक्षसमेत रहेका श्रेष्ठ भन्छन्, "सेल्फ क्वारेन्टाइनमा बसिरहँदा पनि रङ्गमञ्चबाट टाढा हुन नपरोस् भन्ने हाम्रो ध्येय हो। यसले रङ्गमञ्चका कलाकार र दर्शकबीच अन्तरक्रियाको अवसर पनि सिर्जना गर्छ।" महोत्सवको पहिलो दिन विश्व रङ्गमञ्च दिवसको सन्देश वाचन गरिने र सम्भव भएसम्म अग्रजहरूको रेकर्डेड शुभकामना सन्देश पनि नाटकअघि देखाइने उनले जानकारी दिए। "यस्तो विपद, दुःख र भिन्न वातावरणमा नेपाली रङ्गमञ्चले पनि खास केही गर्न सक्ने अवस्था छैन। रङ्गमञ्च आफैंमा त्यस्तो जटिल माध्यम हो जसले दर्शक र जनतासँग नाटकमार्फत् प्रत्यक्षमात्र सञ्चार र संवाद गर्न सक्छ। त्यसकारण रङ्गमञ्चले यो बेला नाटकघरमा वा कुनै पनि मञ्चमा नाटक मञ्चन गरेर सञ्चार र संवाद गर्न सक्दैन", उनी भन्छन्, "तर, पनि यस्तो संकटपूर्ण र जटिल अवस्थामा दर्शक र रङ्गप्रेमीहरूलाई दैनिक जीवनयापन सहज बनाउन र मानसिक रूपमा साथ दिन भर्चुअल माध्यम प्रयोग गर्दै नाटकको भिडिओ फेसबुकको भित्तामा प्रस्तुत गर्दैछौं। यसबाट थिएटरको वास्तविक आनन्द, अनुभूति र अनुभव लिन नसकिए पनि क्वारेन्टाइन अवधिलाई रङ्गमञ्चसँग जोडिरहन मद्दत गर्छ भन्ने विश्वास छ।" उनले 'क्वारेन्टाइन अभियान नाट्य उत्सव'मा आफ्ना नाटकको भिडिओसहित सहभागी हुन सबै रङ्गकर्मीहरूलाई आग्रह पनि गरेका छन्। महोत्सवलाई 'क्वारेन्टाइन अभियान नाट्य उत्सव–२०७६' अर्थात 'क्वारेन्टाइन क्याम्पेनिङ थिएटर फेस्टिभल २०२०' नाम दिइएको छ। विश्व रङ्गमञ्च दिवस अर्थात २७ मार्चकै दिन शुरू हुने महोत्सवको पहिलो चरण सात दिनसम्म चल्नेछ। महोत्सवको स्लोगन 'क्वारेन्टाइन, इट्स योर टाइम' तय भएको छ भने सब स्लोगन 'फाइभ पिएम, इट्स थिएटर टाइम' रहनेछ। लाइभ स्ट्रिमिङमा विभिन्न समय र स्थानमा मञ्चन भएका नाटक प्रस्तुत गरिनेछ। उत्सवको पहिलो दिन केदार श्रेष्ठ लिखित तथा निर्देशित नाटक 'मान भर्सेस मती' प्रस्तुत गरिनेछ। थिएटर मलकै नाटकबाट शुरू गरेर अरू इच्छुक थिएटरहरूका नाटक पनि पालै–पालो प्रस्तुत गर्दै जाने योजना रहेको फेस्टिभल प्रस्तुति संयोजक प्रशुन सिन्धुलीयले बताए। उनले भने, "लाइभ स्ट्रिमिङ थिएटर टाइम जस्तै ठीक समयमा हुनेछ र थिएटरकै नियमहरू लागू हुनेछ।" उनले लाइभ स्ट्रिमिङ पछि नाटक पुनः हेर्न नपाइने भएकाले दर्शकलाई समय छुट्याउनसमेत आग्रह गरे। फेस्टिभल संयोजक सञ्जिता पराजुलीका अनुसार लाइभ स्ट्रिमिङ भएका नाटकको भिडिओ डाउनलोड गर्न र मोबाइल वा क्यामेराले खिच्न निषेध छ। त्यसो गरिएको पाइएमा सर्वाधिकार र साइबर कानून लागू हुने उनले बताइन्। उनी भन्छिन्, "हामीलाई थाहा छ–हामीले यो समयमा जे काम गर्दैछौँ, रङ्गमञ्चका दर्शकको मनोभावना बुझरै गर्दैछौँ। उहाँहरू जिम्मेवार हुनुहुन्छ भन्ने विश्वास छ। सिर्जनामाथिको सर्वाधिकारलाई उहाँहरूले सम्मान गर्नुभएको छ र गर्नु हुने नै छ।" फेस्टिभलको लाइभ स्ट्रिमिङ संयोजन रमेश भट्टराईले गर्दैछन्। अन्य बेलाको महोत्सवमा जस्तै यसमा पनि नाटक शुरू हुनुअघि उद्घोषण हुने उनले बताए। "त्यस अवधिमा 'कोरोना भाइरस (कोभिड–१९) बारे सामान्य जानकारी र क्वारेन्टाइन बस्दाका नियमहरू समेत उद्घोषण गरिनेछ", उनले भने। नाटकको समयावधि १ घण्टादेखि २ घण्टासम्मको हुने र लाइभ स्ट्रिमिङ भिडिओ सार्वजनिक रूपमा शेयर गर्न सकिने उनले जानकारी दिए। लाइभ स्ट्रिमिङपछि थिएटर मलकै फेसबुक पेजमा अन्तरक्रिया गर्न सकिनेछ। फेस्टिभलबारे बढीभन्दा बढी रङ्मञ्चप्रेमीलाई सूचना पुगोस् भन्ने हेतुले सामाजिक सञ्जालमा राख्न जानकारीमूलक प्रचार सामग्री तयार पारिएको पब्लिसिटी डिजाइन संयोजक सुजिता महर्जनले बताइन्। त्यसलाई बढीभन्दा बढी शेयर गरिदिनु हुन पनि उनले आग्रह गरिन्।
2022/07/03 15:24:55
https://www.nawalpurtimes.com/2020/03/28/17108/
mC4
राजा छैनन्, शक्ति छ, सहकार्य गरौं काठमाडौं । १२ बुँदे दिल्ली सम्झौतामा सही गर्नु गलत भनेर आत्मालोचना गरेको नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छे रोहितले विदेशी प्रभावबाट देशलाई बचाउन राजासँग मिलेर अघि बढ्ने बेला आयो भन्ने निष्कर्ष सुनाएपछि राजनीतिक बृत्तमा तीब्र तरङ् उठेको छ । बिजुक्छे राजावादी होइनन्, उनी सत्तालोलुप पनि छैनन् । बिजुक्छको अभिव्यक्तिको मर्म हो– देशको बिग्रँदो अवस्थालाई सुधार गर्न राजासँग मिलेर अघि बढ्न जरुरी छ । केही दिनअघि योहो टीभीमा अन्तर्वार्ता दिने क्रममा नेकपा माओवादी क्रान्तिकारीका महासचिव मोहन वैद्यले पनि देशको बिग्रदो स्थिति सम्हाल्नका लागि राजतन्त्रसँग मिलेर अघि बढ्न सकिने बताएका थिए । यस्तै धारणा बिजुक्छेको आएको छ । मोहन वैद्यले पहिले पनि भनेका थिए– जोसँग जनताको समर्थन छ, त्यो राजनीतिक शक्ति हो । राजनीतिक शक्ति सबैसँग सहकार्य गर्नैपर्छ । वैद्यले कम्बोडियामा साम्राज्यवादीहरुसँग मिलेर लड्दा नरोद्दम सिंहानुकलाई पुनः राजामा पुनःस्थापना गरे जस्तै नेपालमा त्यस्तै कोर्षमा जान सकिने उनको धारणा हो । बिजुक्छेले संसारमा कहीँ पनि कम्युनिष्ट र राजातन्त्रबीच संघर्ष भएको छैन । रुस, चीनमा राजा र कम्युनष्टिबीच भिडन्त भएको होइन । त्यहाँ पुँजीपति वर्ग र कम्युष्टिबीच मात्रै संघर्ष भएको हो । नेपालको सन्दर्भमा पनि भारतीय बिस्तारवाद र अमेरिकी साम्राराज्यवादविरुद्ध उभिन तयार भयो भने राजतन्त्रबारे छलफल गर्ने ढोका खुल्छ । राष्ट्रिय स्वाधिनतता बचाउने हो भने राजनीतिक शक्तिहरु एकै ठाउँमा आउनैपर्छ । पूर्वाग्रह लिनुपर्ने कुनै कारण छैन । राजा छैनन्, शक्ति छ, नयाँ ढङ्गले सोचौं ।
2021/10/26 08:49:01
http://nepaltoday.com.np/home/featured_detail?id=7117
mC4