text
stringlengths
163
169k
timestamp
stringlengths
0
20
url
stringlengths
0
1.8k
source
stringclasses
5 values
Nepal Mamila | विवाद बढेपछि अक्सिजन प्लान्ट स्थापनाको ठेक्का रद्द - Nepal Mamila विवाद बढेपछि अक्सिजन प्लान्ट स्थापनाको ठेक्का रद्द - Nepal Mamila विवाद बढेपछि अक्सिजन प्लान्ट स्थापनाको ठेक्का रद्द कञ्चनपुर : महाकाली प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका खोलिएको बोलपत्र (ठेक्का) रद्द गरिएको छ। दोस्रो चरणको कोरोना भाइरस महामारी फैलिएपछि अस्पतालले दुई साताअघि चार करोड रुपैयाँमा अक्सिजन प्लान्ट स्थापनाका लागि आह्वान गरेको बोलपत्र मूल्यांकन प्रक्रियालाई लिएर विवाद देखिएपछि रद्द गरिएको हो। अस्पतालले सबैभन्दा कम रकम कबोल गर्ने सप्लायर्सलाई ठेक्का नदिई अन्यलाई दिएको आशंका गरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा हरिकुमार श्रेष्ठ र अस्पताल व्यवस्थापन समितिलाई विवादमा तानिएको थियो। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रेस विज्ञप्ति निकालेर विरोध गरेको थियो। नागरिक स्तरको अस्पताल सुधार समितिका केही सदस्यले पनि सामाजिक सञ्जालमा लेखिएका धारणालाई लिएर विरोध गरेका थिए। अस्पतालका निमित्त मेडिकल सुपरिटेन्टडेन्ट डा श्रेष्ठले मूल्यांकन प्रक्रिया पूरा नभएर अघि बढेको अवस्थामा विवाद गरिएपछि ठेक्का प्रक्रिया रद्द गरिएको बताए। 'ठेक्का खोलिएअनुसार परेका बोलपत्रलाई मूल्यांकन प्रक्रियामा लगेर काम हुँदै थियो। कोलाई दिने नदिने भन्ने केही थिएन',अस्पतालमा गरिएको पत्रकार सम्मेलनमा उनले भने,'मूल्यांकन प्रक्रियामै विवाद झिकेपछि ठेक्का नै रद्द गरिएको छ।' ठेक्का प्रक्रियालाई लिएर बाहिर विरोध भएपछि मूल्यांकन समितिले पेस गरेको प्रतिवेदनका आधारमा प्लान्ट खरिदका लागि खोलिएको बोलपत्र बदर गरिएको हो। मूल्यांकन समितिले प्लान्ट स्थापनाका लागि बोलपत्र पेस गरेका तीन सप्लायर्सका आवश्यक कागजात नपुगेको प्रतिवेदन बनाएको छ। मूल्यांकन समितिको प्रतिवेदनमा तीनै ओटा फर्मको सार्वजनिक सूचनाअनुसार व्यवसाय दर्ता प्रमाण पत्र, स्वघोषणा पत्र, टेक्निकल कम्प्लायन्स सिट अपूर्ण, उत्पादक कम्पनीको आधिकारिक पत्र, अनुभव पत्र, ३० दिनभित्र कार्य सम्पन्न प्रतिबद्धता पत्र नभएको उल्लेख गरिएको छ। बोलपत्रको मूल्यांकन प्रक्रियामा हुँदा सबैभन्दा कम रकम कबोल गर्नेले आफ्नो रकम सार्वजनिक गरी ठेक्कालाई विवाद पारेको अस्पतालको बुझाइ छ। 'बोलपत्र प्रक्रियामै थियो। त्यहीं बेला सप्लायर्सले मैले यति अंक हालेको छु भनेर बाहिर ल्याएपछि त्यसैलाई आधारमा बनाएर अस्पताललाई विवादमा तान्न प्रयास गरियो', अस्पतालका एक कर्मचारीले भने, 'त्यसैका आधारमा विवाद हुनुभन्दा रोक्न राम्रो हुने भनेर ठेक्का नै रद्द गरिएको हो।' अक्सिजन प्लान्ट स्थापनाका लागि बिआर इन्टरनेसनल, स्नेहा सोप एण्ड केमिकल र टेक्निकल एसोसिएटस सर्भिसले प्लान्ट स्थापनाका लागि बोलपत्र पेस गरेका थिए। सबैभन्दा कम स्नेहाले एक करोड ७९ लाख रकम कबोल गरेको थियो। त्यसपछि बिआरले तीन करोड २६ लाख र टेक्निकलले तीन करोड ६३ लाख रकम कबोल गरेको थियो। सबैभन्दा कम रकम कबोल गर्ने स्नेहाको बोलपत्रमा ६ डकुमेन्ट अपुग देखिएका छन्। अस्पतालको प्लान्ट खरिदको मूल्यांकन प्रक्रिया विवादमा परेका बेला युएनओपिएसले अस्पतालमा निःशुल्क रुपमा प्लान्ट बनाउने प्रक्रिया अघि बढेको छ। अस्पतालमा प्लान्ट बन्ने भएपछि ठेक्का रद्द गर्न अस्पताललाई सहज हुन पुगेको हो।
2021/06/21 19:31:38
https://nepalmamila.com/local-news/22036/
mC4
अमेरिकी राष्ट्रपतीय निर्वाचन : जित्नेमा वाइडेन आशावादी, ट्रम्प ढुक्क! - Dainik Online Dainik Online अमेरिकी राष्ट्रपतीय निर्वाचन : जित्नेमा वाइडेन आशावादी, ट्रम्प ढुक्क! प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार ११ : ५९ वासिङ्टन । अमेरिकामा राष्ट्रपति चयनका लागि भएको निर्वाचन अन्तर्गत मतगणना जारी रहँदा प्रमुख दुई उम्मेदबारले प्रतिक्रिया दिनुभएको छ । चुनावी मैदानमा रहेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले जित्नेमा ढुक्क भएको प्रतिक्रिया दिएका छन भने अर्का प्रतिस्पर्धी पूर्व उपराष्ट्रपति जो बाइडेनले आफू विजयको बाटोमा रहेको उल्लेख गरेका छन। मतगणना भइरहेका बेला सामाजिक सञ्जालहरु मार्फत उनीहरुले अन्तिम नतिजा आफ्नो पक्षमा पर्ने दाबी पनि गरेका छन्। नेपालको समय अनुसार मंगलबार बेलुकादेखि शुरु भएको मतदान राती अबेर सम्पन्न भएको थियो भने बुधबार बिहानदेखि मतगणना शुरु भएको थियो । अहिले विभिन्न राज्यका मत गणनाका परिणामहरु आउने क्रम जारी छ । नयाँ प्रक्षेपणअनुसार महत्वपूर्ण मानिएको फ्लोरिडामा ट्रम्प विजयी भएका छन्। कुल २९ इलेक्टोरल मत रहेको फ्लोरिडामा अघिल्लो निर्वाचनमा पनि ट्रम्पले नै जित्नु भएको थियो । त्यसअघि सन् २००८ र २०१२ को निर्वाचनमा भने डेमोक्र्याट तर्फका उम्मेदवार बाराक ओबामा विजयी भएका थिए। नेब्रास्कामा पनि ट्रम्पले नै जित्ने अनुमान गरिएको छ। त्यहाँ पाँच इलेक्टोरल मत मध्ये चार ट्रम्पलाई र एक वाइडेनलाई आउने देखिएको छ । यसअघि सबै ट्रम्पलाई नै गएकोमा अहिले बाइडेनले एक मत खोस्ने देखिएको हो । कुल १८ इलेक्टोरल मत रहेको ओहायो र ४ मत रहेको आइडहोमा ट्रम्पले जित्ने र १३ इलेक्टोरल मत रहेको भर्जिनियामा बाइडेनले जित्ने प्रक्षेपण गरिएको छ । यी सबै राज्यमा अघिल्लो निर्वाचनमा जस्तो नतिजा आएको थियो अहिले पनि उस्तै नतिजा आउने देखिएको छ । प्रत्यक्ष मतदान मंगलबार भएपनि सोमबारसम्म हुलाकबाट झण्डै नौ करोड अमेरिकी नागरिकले मतदान गरेको अधिकारीहरुले जनाएका छन् । अमेरिकामा हरेक निर्वाचनमा हुलाक मार्फत लाखौ मतदाताले मतदान गर्दछन् । सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा तीन करोड ३० लाख अमेरिकीले हुलाकमार्फत् मतदान गरेकोमा यस पटक कोरोनाभाइरस महामारीलाई लिएर झण्डै ९ करोडले हुलाकमार्फत् मतदान गरेका हुन् । हुलाक मार्फत पठाइएका मत आउने क्रममा रहेको र गणना गर्न समय लाग्ने भएकाले अन्तिम नतिजा आउन केही दिन लाग्न सक्ने बताइएको छ । अमेरिकामा इलेक्टोरल कलेज अर्थात निर्वाचक मण्डल प्रणालीअन्तर्गत राष्ट्रपतिको चयन गर्ने व्यवस्था रहेको छ । सबै राज्यलाई जनसङ्ख्याका आधारमा इलोक्टरल मत तोकिएको हुन्छ । यो प्रणालीअन्तर्गत निर्वाचक मण्डलमा कुल ५३८ मत हुन्छ । निर्वाचन जित्न उम्मेदवारले २७० मत जित्नु पर्दछ । अमेरिकामा रिपब्लिकनहरूलाई परम्परावादी र डेमोक्र्याटहरुलाई उदारवादी धारको रुपमा लिने गरिन्छ । परम्परावादी तर्फका ट्रम्प ७४ वर्ष र उदारवादी तर्फका बाइडेन ७८ वर्षका भएकाले अमेरिकाको जिम्मेबारी बुढा नेतालाई नै पर्ने भएको छ । बाइडेनले निकै सरल रूपमा चुनावी अभियान चलाउँदै ट्रम्पको कार्यकालमा भएका गल्ती र कोरोना भाइरस रोकथाम र नियन्त्रणमा भएका कमजोरीलाई आफ्नो प्रमुख चुनावी मुद्दा बनाउनु भएको थियो भने ट्रम्प आफूमाथि लागेको आरोपहरुको प्रतिरक्षा गर्दै आक्रामक रूपमा प्रस्तुत भएका थिए। चुनावी सर्वेक्षणहरुमा डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेनलाई नै अगाडि देखाइएको थियो भने ट्रम्पप्रति धेरैको असन्तुष्टि रहेको र भरोसा टुटेको दावी गरिएको थियो । यही व्यवस्थाका कारण कतिपय बेला देशव्यापी रूपमा सबैभन्दा धेरै मत ल्याउने उम्मेदवार पनि इलेक्टोरल कलेजमा थोरै मत प्राप्त भएर पराजित हुने गरेका छन् । सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा पनि कुल मतदानमा हिलारी क्लिन्टनले धेरै पाएपनि इलेक्टोरल कलेजको मत डोनाल्ड ट्रम्पले धेरै पाएर उहाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । त्यसैगरी त्यति बेला अधिकांश सर्वेक्षण र सञ्चार माध्यमहरुले हिलारी नै विजयी हुने प्रक्षेपण गरेका थिए । अमेरिकामा हरेक चार चार वर्षमा नोभेम्बर ३ तारिखका दिन निर्वाचन हुने गर्दछ । त्यस निर्वाचनबाट निर्वाचित नयाँ राष्ट्रपतिले औपचारिक रूपमा जनवरीमा २० तारिखमा शपथ ग्रहण गर्दै ह्वाइट हाउस प्रवेश गर्ने परम्परा रहेको छ ।
2021/08/01 01:36:20
https://www.dainikonline.com/story/88315/2020/11/04/
mC4
झापाको कचनकवलमा थप २५ जनामा देखियो कोरोना संक्रमण « News of Nepal झापामा बिहीबार थप २५ जना कोरोना सङ्क्रमित पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरको प्रयोगशाला गरिएको पीसीआर परीक्षणमा झापामा थप २५ जनामा कोरोना सङ्क्रमित पुष्टि भएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिनुभयो । सबै कचनकवलका क्वारेन्टाइन बसेकाबाट पुष्टि भएको उहाँने बताउँनुभयो । कचनकवल गाउँपालिकामै २५ जना थपिएसँगै झापामा कोरोना सङ्क्रमितको सङ्ख्या ७९ पुगेको छ । कचनकवलमा मात्रै सङ्क्रमितको सङ्ख्या ७३ जना पुगेको हो । कचनकवलमा बुधबार मात्रै १५ जना थपिएका थिए । गाउँपालिकाले १६२ जनाको स्वाब परीक्षणका लागि पठाइएको थियो । त्यसमध्ये बुधबार ५६ जनाको रिपोर्ट आएकोमा बिहीबार अन्यको रिपोर्ट आउँदा सङ्क्रमितको सङ्ख्या बढेको बताइएको छ । क्वारेन्टाइनमा बसेका सबै भारतको सङ्क्रमित क्षेत्र मुम्बई, दिल्ली, गुजरात, तामिलनाडु भन्ने स्थानबाट आएका हुन् । गाउँपालिकाकामा अहिलेसम्म भारतबाट ४ सय बढी नेपाली नागरिक आइसकेका छन् । यसअघि झापामा बाह्रदशी गाउँपालिका र गौरदाह नगरपालिकामा दुई÷दुई जना र झापा गाउँपालिका र दमक नगरपालिकामा एक एक जना सङ्क्रमित भेटिएका थिए ।
2020/07/04 11:57:30
https://www.newsofnepal.com/2020/05/28/321278/
mC4
सन्तान नभएका दम्पतिलाई नर्भिकको सेवा : स्वस्थ भ्रुण पहिचान गरी सन्तान प्राप्त गर्न सकिने - KhabarCity होमपेज सन्तान नभएका दम्पतिलाई नर्भिकको सेवा : स्वस्थ भ्रुण पहिचान गरी सन्तान प्राप्त गर्न सकिने सन्तान नभएका दम्पतिलाई नर्भिकको सेवा : स्वस्थ भ्रुण पहिचान गरी सन्तान प्राप्त गर्न सकिने काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आज अर्थात असार २३ गतेदेखि अत्याधुनिक सुविधा तथा प्रविधिसहित नेपालमै पहिलो जेनेटिक ल्याब सहितको आइभिएफ एण्ड फर्टिलिटि सेन्टर संचालनमा ल्याएको छ । विभिन्न कारणले सन्तान नभएकाहरुका लागि आधुनिक प्रविधि, उपकरणले सुसज्जित नर्भिक आइभिएफ एण्ड फर्टिलिटी सेन्टर संचालन हुन लागेको हो । चर्चित बरिष्ठ स्त्री रोग तथा टेस्टट्यूब बेबी विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नूतन शर्मा नेतृत्वको टिमले नर्भिक आइभिएफ एण्ड फर्टिलिटी सेन्टरबाट सेवा प्रवाह गर्नेछ । नर्भिक अस्पतालको आइभिएफ एण्ड फर्टिलिटि सेन्टर नेपालका अस्पतालहरु मध्येकै अत्याधुनिक एवम् सुविधायुक्त रहेको डा. शर्माको भनाई छ । विश्वमा पछिल्लो समय अभ्यासमा आएका अत्याधुनिक उपकरण तथा प्रविधिहरुको प्रयोग गरी स्तरीय सेवा दिने तयारी पूरा भएको आज आयोजित उद्घाटन समारोहमा डा. शर्माले जानकारी दिनुभयो । यो सेन्टरमा बंशाणुगत रोगको पहिचान गर्ने प्रि–जेनेटिक डाइग्नोसिस सेवा सहितको ल्याब समेत रहेको छ । नेपालमा हालसम्म कुनै पनि आइभिएफ सेन्टरमा प्रि–जेनेटिक डाइग्नोसिस सेवा नभएको र प्रि–जेनेटिक डाइग्नोसिस मार्फत स्वस्थ भ्रुणको अवस्था पहिचान गरी गर्भाधारण गराउने गरिन्छ । जसका कारण भविष्यमा जन्मिने बच्चाहरुमा हुनसक्ने विभिन्न खाले बंशाणुगत रोगको जोखिम निराकरण गर्न सहयोग पुग्नेछ । डा. शर्माले विगत १५ वर्षदेखि काठमाण्डौंका विभिन्न अस्पतालसँग आवद्ध रहेर स्त्री रोग तथा बाँझोपनको समस्या रहेका सयौं बिरामीलाई सेवा दिइसक्नुभएको छ । नर्भिकको यो सेन्टरमा आधुनिक सुविधा सहित स्त्रीरोग, प्रसूति सेवाका साथै निसन्तान दम्पत्तिहरुका लागि उपचार सेवा उपलब्ध हुनेछ । परिवर्तित जीवनशैली, वातावरणीय अवस्था र बढ्दो तनाव लगायतका कारणले अधिकांश महिलामा बाँझोपन अर्थात निसन्तान सम्बन्धी समस्या विकराल बन्दै गएको छ । बढ्दो उमेर, ढिलो विवाह, धुम्रपान तथा मादक पदार्थको सेवन, यौन सम्बन्धी रोग, पाठेघरको संक्रमण, असुरक्षित गर्भपतन, महिनावारी रोक्ने औषधिको अधिक सेवन, लामो समयसम्म गर्भनिरोधक अस्थायी साधनको प्रयोग, अधिक मोटोेपन, सुगर तथा थाइराइडको समस्या लगायतका कारणले पनि महिलाहरुमा बाँझोपन हुने अध्ययनहरुले देखाएका छन् । यि सम्पूर्ण कारणले सन्तान नभएका दम्पतिहरुले नर्भिक अस्पतालमा संचालित आइभिएफ एण्ड फर्टीलिटी सेन्टरबाट सेवा लिई सन्तान प्राप्त गर्न सक्नेछन् ।
2021/08/03 20:46:32
https://khabarcity.com/2021/07/07/6702/
mC4
२९ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म देशभरि ४ हजार ३६४ जनामा नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । उनीहरू मध्ये महिला ३०९ र पुरुष ४ हजार ५५ जना छन् । उमेर समूहको हिसाबले हेर्दा सबैभन्दा बढी संक्रमण युवाहरूमा देखिएको छ । ६० प्रतिशत संक्रमित २१ देखि ४० वर्षका छन् । २१ देखि ३० वर्षका संक्रमित ३९ प्रतिशत छन् । ८६ प्रतिशत संक्रमित ११ देखि ४० वर्षका छन् । सबैभन्दा पहिला कोभिड–१९ देखिएको चीनमा भने २० देखि ३९ वर्षसम्मका संक्रमित जम्मा २५ प्रतिशत थिए । त्यहाँ ५० देखि ५९ वर्ष उमेर समूहमा सबैभन्दा बढी अर्थात् २२ प्रतिशत संक्रमित थिए । ज्येष्ठ नागरिक एक प्रतिशत भन्दा कम चीनमा गरिएको एक अध्ययन अनुसार त्यहाँ ६० वर्ष भन्दा बढी उमेर भएका संक्रमित झण्डै एक तिहाई थिए । ४४ हजार ६७२ मा गरिएको उक्त अध्ययन अनुसार संक्रमित मध्ये ३१ प्रतिशत भन्दा बढी ज्येठ नागरिक थिए । तीन प्रतिशतभन्दा बढी संक्रमित ८० वर्ष भन्दा माथिका थिए । नेपालमा ६१ वर्ष कटेका संक्रमित एक प्रतिशत भन्दा कम छन् । बुधबारसम्मको तथ्यांक अनुसार ६१ वर्षभन्दा बढी उमेर पुगेका ४० जनामा संक्रमण देखिएको थियो । उनीहरू धेरैले स्वास्थ्य लाभ गरिसकेका छन् । तीनजनाको मृत्यु भएको छ । नेपालमा ८० वर्षभन्दामाथि एक जनामा कोरोना देखिएको थियो । सुखद कुरा उनले स्वास्थ्य लाभ गरिसकेकी छन् । बाग्लुङकी ६५ वर्षीय महिलाले दमको समस्याका बावजुद कोरोना जित्न सफल भइन् । दुई देखि ७६ वर्षसम्मका मृतक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोनाबाट १५ जनाको मृत्यु भएको छ । सबभन्दा कम उमेरकी बाजुराकी दुई वर्षीय बालिका र बढी उमेरका दोलखाका ७६ वर्षीय पुरुष छन् । ८ जना ५० वर्षभन्दा कम उमेरका र ७ जना ५१ वर्षभन्दा बढी उमेरका छन् । चीनमा मृतक मध्ये ९४ प्रतिशत ५० वर्ष भन्दा बढी उमेरका थिए । ६० प्रतिशतभन्दा बढी मृतक ६० देखि ७९ वर्ष उमेर समूहका थिए । त्यहाँ २९ वर्ष भन्दा कम उमेर समूहका मृतक एक प्रतिशत भन्दा पनि कम थिए । युवामा बढी संक्रमण किन ? प्रधानमन्त्री केपी शर्मा ओलीका अनुसार ८५ प्रतिशत भन्दा बढी संक्रमित भारतबाट आएका हुन् । बुधबार प्रतिनिधि सभामा गरिएको उनको सम्बोधनलाई आधार मान्ने हो भने ३७ सय ९ संक्रमित भारतबाट आएका हुन् । जनस्वास्थ्य वैज्ञानिक डा. समीरमणि दीक्षित धेरै जसो संक्रमण विदेशबाट आएका देखिएकाले युवाको संख्या बढी भएको बताउँछन् । उनी भन्छन्, ‘रोजगारीका लागि जानेहरू अधिकांश युवा उमेरका छन्, अहिले विदेशबाट फर्किनेमा बढी केस देखिएकाले युवाको संख्या धेरै देखिएको हो ।’ कम जोखिमपूर्ण भनेका युवाहरूमा मृतक संख्या बढी देखिनु, धेरैजसो संक्रमितमा लक्षण नदेखिनु जस्ता कुरा थप अध्ययनको विषय भएको डा. दीक्षित बताउँछन् ।
2021-12-05T17:01:24Z
https://janadristi.com/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A4%AE%E0%A4%BE-%E0%A4%95%E0%A5%8B%E0%A4%B0%E0%A5%8B%E0%A4%A8%E0%A4%BE-%E0%A4%B8%E0%A4%82%E0%A4%95%E0%A5%8D%E0%A4%B0%E0%A4%AE%E0%A4%BF%E0%A4%A4%E0%A4%95/
OSCAR-2201
२०७७ पौष ९ बिहीबार ०६:५०:०० विश्व स्वास्थ्य संगठन भन्छ– 'नयाँ भाइरसबाट संक्रमित हुनेको संख्या तीव्र रूपमा बढे पनि संक्रमणले गम्भीर रूप लिने सम्भावना छैन' विश्व स्वास्थ्य संगठनले बेलायतमा नयाँ किसिमको कोरोना भाइरस भेटिएको बताएको छ । बेलायतमा एक हजारभन्दा बढी केसहरूमा स्पाइक उत्पादन भएको पाइएसँगै हाल प्रयोगमा आइरहेको भ्याक्सिन नयाँ संक्रमणविरुद्ध प्रभावकारी हुने नहुने चिन्ताको विषय बनेको छ । नयाँ भाइरसको संक्रमणबाट संक्रमित हुनेको संख्या दु्रत रूपमा बढिरहे पनि संक्रमणले गम्भीर रूप लिने सम्भावना नरहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ । सार्स कोभिडबाट उत्पन्न भएको यो भाइरस विश्वमा छिटो फैलिने अनुमान गरिएको छ । विज्ञहरूका अनुसार नयाँ भाइरस हाल महामारीको रूप लिएको कोभिड भाइरसभन्दा ७० प्रतिशत बढी तीव्र फैलिन सक्छ । यो भाइरसलाई बेलायतले भियुआई अर्थात् भ्यारियन्ट अन्डर इन्भेस्टिगेसन नाम दिएको छ । संक्रमितको संख्या बढ्दै गएपछि विभिन्न देशले बेलायतबाट प्रवेश गर्न रोक लगाएका छन् । कोभिडविरुद्धको भ्याक्सिन निर्माण भइसकेपछि महामारी नियन्त्रणमा आउने आशा गरिए पनि नयाँ संक्रमणले झन् त्रास थपेको विज्ञहरूले बताउँदै आएका छन् । तर, भियुआई नाम दिइएको यो भाइरसले हालसम्म गम्भीर समस्या निम्त्याएको भने रिपोर्टमा उल्लेख छैन । यो भाइरस सार्स कोभिडका स्पाइक प्रोटिनमा जेनेटिक म्युटेसन भएर आएको अनुमान गरिएको छ । यो भाइरस अन्य भाइरसभन्दा तीव्र रूपमा फैलिन्छ । तर, यसका छुट्टै लक्षण भने देखिएका छैनन् । सामान्यतः भियुआई संक्रमण भएका व्यक्तिमा ज्वरो, खोकी, छाती दुखाई र स्वाद वा गन्ध थाहा नपाउनेजस्ता लक्षण देखिएको बताइएको छ । भियुआई भाइरस संक्रमण पहिलोपटक गत सेप्टेम्बरमा बेलायतमा भेटिएको थियो, तर संक्रमितको संख्या नोभेम्बरदेखि बढ्न थालेको पाइएको अध्ययनले देखाएको छ । बेलायतमा मात्र नभई इटाली र अस्ट्रेलियामा पनि यो भाइरसका केही नयाँ केस भेटिएको पाइएको छ । सामान्यतः कुनै पनि भाइरसमा म्युटेसन वा आनुवंशिक परिवर्तन भएर नयाँ भाइरस उत्पन्न हुनुलाई स्वाभाविक मानिन्छ । मे महिनामा सार्स कोभिडको म्युटेसनबारे गरिएको एक अध्ययनअनुसार आनुवंशिक परिवर्तन भएर नयाँ भाइरस उत्पन्न हुने बताइएको थियो । अर्थात् भाइरसको आनुवंशिक परिवर्तन भएर नयाँ देखिनु सामान्य मानिए पनि यो भाइरसविरुद्ध खोप प्रभावकारी हुन्छ हुँदैन भन्ने चुनौतीको विषय बनेको छ । हालसम्म भाइरसको प्रकोप गम्भीर नदेखिएकाले समस्या निम्त्याउने सम्भावना पनि कम देखिएको अनुसन्धानकर्ताको निष्कर्ष छ । योसँगै अध्ययनकर्ताहरू म्युटेसन भएर आएको भाइरस केही समयपछि आफैँ निष्क्रिय भएर जाने सम्भावनासमेत रहने बताउँछन् । नयाँ कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै बेलायतमा उडान भर्दै आइरहेका २५ अन्तर्राष्ट्रिय विमान कम्पनीले तत्कालका लागि सेवा बन्द गरेका छन् । बेलायतमा आफ्ना नागरिकको सुरक्षा नभएको र त्यहाँको अवस्था अत्यन्तै जटिल भएको जनाउँदै ती देशका अन्तर्राष्ट्रिय हवाई सेवा कम्पनीले सोमबार आफ्नो सबै सेवा बन्द गरेको जनाएका छन् । एक्कासि अन्तर्राष्ट्रिय विमान सेवा बन्द भएपछि लन्डनको हिथ्री विमानस्थलमा भिड बढेको बिबिसीले उल्लेख गरेको छ । फ्रान्स, जर्मनी, इटाली, स्विट्जरल्यान्ड, पोर्चुगल, बेल्जियम, अस्ट्रिया, बुल्गेरिया, डेनमार्क, फिनल्यान्ड, रोमानिया, क्रोएसिया तथा नेदरल्यान्डले बेलायतमा जाने र आउने सबै उडानमाथि प्रतिबन्ध लगाएका छन् । भारतले ३१ डिसेम्बरसम्म लन्डन जाने आफ्ना सबै फ्लाइट बन्द गरेको छ । युरोपियन राष्ट्र टर्कीले अस्थायी रूपमा मात्र बेलायतमा जाने हवाई सेवा रोकेको छ । क्यानडा, आयरल्यान्ड, चिली र जोर्डनले लन्डन यात्रामा निस्किने यात्रुहरूलाई ३ जनवरीसम्म कुनै फलाइट नभएको जानकारी दिएका छन् । रसियाले एक साताका लागि यस्तै निर्णय गरेको छ ।
2022/01/23 00:52:39
https://nayapatrikadaily.com/news-details/57218/2020-12-24
mC4
श्री पाथिभरा माताले तपाईको रक्षा गरून् भदौ १७ गते सेप्टेम्बर ०३ मंगलबारको राशिफल आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । धार्मिकरसांस्कृतिक सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ । आम्दानीका नयाँ स्रोत पत्ता लाग्नेछन । व्यपार व्यवसायमा उन्नती हुनेछ । मन प्रसन्न रहने छ । वृष रासि हने मित्रलाई आज प्रेममा समझदारी बढेर जानेछ । नयाँ ठाउँको यात्रा हुने छ । आफन्तको सहयोग प्राप्त हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । वित्तिय संस्था बाट सहयोग पाईनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । आजको दिनमा शत्रु सक्रिय हुनाले काममा बाधा आउने छ । बोल्दा विचार पुर्याउनुहोला अर्थको अनर्थ लाग्ने छ । केहि अफ्ठ्यारा परिस्थितिको सामना गर्नुपर्नेछ । घर परिवारमा झैँ–झमेलाको अवस्था आउला । कर्कट राशिहरूको आजको दिनमा आँटेको र ताकेको कार्य पुरा हुनेछ । ठुला व्यक्तिसँगको सबन्ध आज समधुर हुने छ । मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । सिंह राशि हुने मित्रहरूको आज समय प्रतिकुल भई कुलतमा मन जानेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । मानसिक चिन्ता बढ्नेछ । आफन्तबाट धोका होला । मन चंचल हुने छ । मनमा डरको भय हुनेछ । आजको दिनमा नयाँ काम वा रोजगार पाईनेछ । वैदेशिक यात्रामा सफल भइने छ । प्रेममा सफल भइने छ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । रमाइलो यात्राको योग रहेको छ । तुला राशि हुने मित्र हरूको आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । प्रेमीरप्रेमिकाका बिच खिन्नता बढ्नेछ । सरकारी निकाएको भय रहला । सञ्चित धन व्यर्थमा खर्च हुनेछ । मनमा आज संकाउपसंका उब्जने छ । आज विद्या र बुद्धिको विकास हुनेछ । कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ । व्यपार व्यवसायमा फाइदा हुने छ । घरजग्गा जोडिन सक्छ । नयाँ सवारी साधन प्राप्त हुने छ । मिष्ठान्न भोजनको योग रहेको छ । आजको दिनमा शुभकार्यको चर्चा चल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । सामाजिक सेवामा मन जानेछ । मानसम्मान पाइने छ । नयाँ ठाउँको लाभदायी यात्रा हुनेछ । मकर राशि हुने मित्रहरूको आज पारिवारिक सद्भाव बढ्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । अध्ययन अध्यापनमा सुधार आउनेछ । तपाईको क्षमताको आज मूल्यांकन हुनेछ । नयाँ ब्यक्तिसँगको परिचयले आज काम दिने छ । आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । कामको सन्दर्भमा केही वादविवाद हुन सक्छ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । आर्थिक समस्याले पिरोल्ने छ । आफन्त टाँढिने छन । साथिबाटै धोका हुनेछ । मिन राशीहुनेहरूको आजको दिनमा आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । स्वास्थ्यमा सुधार आउनेछ । ब्यापार ब्यबसायबाट प्रशस्त लाभ मिल्नेछ । मानसम्मान पाइने छ । नयाँ मित्रबाट उपहार प्राप्त होला । प्रेममा सफल भइने छ ।
2019/09/18 09:24:17
https://www.nishannews.com/news/2019/09/24554.html
mC4
पौडेल बेपत्ता भएको महिना दिन : एक आरोपित सुधारगृह, अर्का कारागार चलान - नेपालबहस पौडेल बेपत्ता भएको महिना दिन : एक आरोपित सुधारगृह, अर्का कारागार चलान | १८:३६:३७ मा प्रकाशित २४ भदौ, स्याङ्जा । स्याङ्जाको वालिङका राजन पौडेललाई बेपत्ता पारेको आरोपमा उनका दुई जना साथीलाई पूर्पक्षका लागि थुनामा पठाइएको छ । एक महिनाअघि दुई साथीसँगै पौडी खेल्न गएका १८ वर्षीय पौडेलको अवस्था अझै अज्ञात छ । बेपत्ता पारेको आरोपमा अदालतले दुबै जनालाई पूर्वक्षका लागि कारागार पठाउने निर्णय गरेको हो । जिल्ला अदालतमा मंगलबारको थुनछेक बहसमा पूर्पक्षका लागि थुनामा परेमा ती मध्ये एक नावालक भएकाले सुधारगृह र अर्कोलाई कारागार पठाएको हो । दुईमध्ये २० बर्षिय एक किशोर कारागारमा र अर्का १८ वर्षै एक बालकलाई पोखरास्थित सुधारगृह पठाउने अदालतको निर्णय भएको प्रहरी नायब उपरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिए । नेपालको कानुन बमोजिम १८ वर्ष पुरा नभएकालाई नाबालक मानिने जनाउँदै जिल्ला न्यायाधीश रमानाथ पौडेलको ईजलासले एक जनालाई सुधार गृह र अर्का आरोपितलाई थुनामा राख्ने आदेश भएको श्रेस्तेदार विश्वप्रसाद रेग्मीले जानकारी दिए । राजनले लगाएको कपडा र मोबाइल भीरकोट नगरपालिकाको ओडारेस्थित आँधीखोलाको किनारमा फुटेको अवस्थामा भेटिएको थियो । प्रहरीले घटना लगत्तै उनका दुई जना साथीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दै आएको थियो । उनीहरुको बयानका आधारमा आँधीखोलामा पोखराबाट गोताखोर ल्याएर खोजीकार्य गर्दा समेत फेला पार्न सकिएको छैन् ।
2020/09/29 23:52:07
https://www.nepalbahas.com/2020/09/09/244252/
mC4
» एम्बाप्पेले ह्याट्रिक गर्दा पिएसजी बन्यो लिग च्याम्पियन एम्बाप्पेले ह्याट्रिक गर्दा पिएसजी बन्यो लिग च्याम्पियन ९ बैशाख २०७६, सोमबार १०:०७ प्रकाशित बैशाख ८ – किलियन एमबाप्पेको ह्याट्रिक मद्दतमा पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानको च्याम्पियन बनेको छ ।गए राति भएको खेलमा मोनाकोलाई ३–१ ले पराजित गर्दै पिएसजी पाँच खेल अगावै फ्रेन्च लिग वान च्याम्पियन बनेको हो । यो सँगै पिएसजीले पछिल्लो सात सिजनमा छैटौ उपाधि उचालेको छ । खेलको १५औं मिनेटमा गोल गर्दै एमबाप्पेले पिएसजीलाई शुरुवाती अग्रता दिलाएका थिए । उनले ३८औं मिनेटमा पिएसजीको अग्रता दोब्बर बनाए । पहिलो हाफमा पिएसजी २-० ले अग्रता बनाउन सफल भएको थियो । दोस्रो हाफमा उसले थप १ गोल गर्‍यो भने अर्को १ गोल खायो । ५६औं मिनेटमा गोल गर्दै एमबाप्पेले ह्याट्रिक पुरा गरेपछी पिएसजीले ३-० को अग्रता लियो । ८०औं मिनेटमा एलेसन्दर गोलोभिनले मोनाकोको लागि सान्त्वाना गोल गरे । जित पछी पिएसजीको ३३ खेलबाट ८४ अंक पुएग्को छ । पीएसजी दोस्रो स्थानको लिले भन्दा १९ अंकले अघी रहेको छ । पराजित मोनाको भने समान खेलबाट ३२ अंकका साथ १६औं स्थानमा छ रहेको छ । यस्तै गए राती नै सम्पन्न खेलमा दोस्रो स्थानको लिले टोलुसोसँग गोलरहित बराबरीमा रोकिएसँगै पीएसजी च्याम्पियन बन्न सहज भएको हो ।(एजेन्सी)
2022/06/30 16:51:15
https://a2zsamachar.com/58066/
mC4
कृषि थोक बजारमा निर्वाचनबाट नयाँ नेतृत्व चयनः कमल पौडेल बने अध्यक्ष - Sajhamanch २०७७, माघ ११ गते बिहानिको ०८:१४:३७ बजे Sunday 24th January 2021 कृषि थोक बजारमा निर्वाचनबाट नयाँ नेतृत्व चयनः कमल पौडेल बने अध्यक्ष बिर्तामोड । झापाको बिर्तामोडस्थित कृषिथोक बजार ब्यवस्थापन समितिको निर्वाचन शनिबार सम्पन्न भएको छ । लामो समयदेखि नेतृत्वविहीन समितिले शनिबार निर्वाचनको माध्यमबाट आगामी तीन वर्षे कार्यकालका लागि कमल पौडेलको अध्यक्षतामा ९ सदस्यीय कृषिथोक बजार ब्यवस्थापन समिति चयन भएको छ । कृषिथोक उपज बजार ब्यवस्थापन समितिको चुनाव सोसियोमेट्रिक पद्धतिमा सम्पन्न भएको हो । जसमा मतदाताले आफू बाहेक जो कोहीलाई भोट हाल्न पाउने ब्यवस्था हुन्छ । पुष २४ गते पहिलोचरण कृषकतर्फको चुनाव सम्पन्न भएको थियो । जसमा झापाका ८ वटा स्थानीय तहका ५–५ जना गरी कूल ४० जना मतदाता रहेका थिए । जसमा ३९ मत खसेको मध्ये २ मत बदर भएको थियो । चुनावबाट ३ जना कृषक प्रतिनिधि छनौट भएका थिए । बिर्तामोडका कमल पौडेल, कनकाई नगरपालिकाका हरि सिलवाल र अर्जुनधाराका वृन्दा लुइटेल विजयी भएका हुन् । ब्यापारीतर्फ २५६ मत मध्ये २४३ मत खसेको थियो भने ४ मत वदर भएको थियो । ब्यापारी तर्फको दोश्रो चरणको चुनावबाट ब्यापारी प्रतिनिधि खगेन्द्र महताले ९५ मत, ज्योति चुँडाल (पार्वती) १४१, धर्मप्रसाद बराल, ८६ मत ल्याएर छनौट भएका थिए । निर्वाचित प्रतिनिधि मध्येबाट सञ्चालक समितिको अध्यक्ष हुने ब्यवस्था अनुरुप कमल पौडेल सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित भए । बजार सञ्चालक समितिमा कृषक र ब्यापारीतर्फका ६ जना, सम्बन्धित वडाका अध्यक्ष, कृषि ज्ञान केन्द्र झापाका कृषि अर्थविज्ञ १ जना पदेन सदस्य र जिल्ला समन्वय समिति वाट मनोनित उपभोक्तातर्फवाट १ जना सदस्य गरी कूल ९ सदस्यीय सञ्चालक समिति रहने प्रमुख निर्वाचन अधिकृत वीरेन्द्र पराजुलीले जानकारी दिए । कृषि उपज बिक्री वितरणका लागि बनाइएको बजार भित्र कृषि उपजमात्र नभई अन्य सामग्रीका ब्यापारीहरुले अड्डा जमाएका छन् । सरसफाईदेखि कृषकले उत्पालन गरेको उपज थोक बिक्रीका निमित्त निर्माण गरिएको कृषक चौतारीमा समेत राम्रै चलखेल हुने गरेको बताइएको छ ।
2021/01/24 02:29:37
https://sajhamanch.com/2021/01/10/89218
mC4
काठमाडाैं | जेठ २४, २०७७ लोकान्तर डटकमका सम्पादक गौतम खोज समाचारमा विशेष रुचि राख्छन् । कोरोना भाइरसले विज्ञापन बजारबाट चल्ने संसारभरका मिडियाको भविष्य अन्धकारयुक्त सुरुङमा धकेलिदिएपछि सायद मिडिया सञ्चालकहरू यतिबेला जीवनकै सर्वाधिक छट्पटीमा छन् । उनीहरूको सातो उडेको हुनुपर्छ । विगत ४ वर्षदेखि झण्डै ४० जनालाई रोजगारी दिने मध्यम स्तरको मिडिया चलाइरहेको यो लेखक अपवाद छैन । त्यसैले विगत डेढ महिनायता लेखकले 'मिडिया बिजनेश स्ट्राटेजी'का थुप्रै राष्ट्रिय/अन्तर्राष्ट्रिय बैठक र बहसमा बाक्लो सहभागिता जनाएको छ । यसैक्रममा केहीअघि एउटा महत्त्वपूर्ण प्रस्तुतिका क्रममा लेखकले एउटा शब्द प्रयोग गर्‍यो – विश्व अर्थतन्त्रमाथि 'भवितव्य' आइलाग्यो । अब हामीले नयाँ तरिकाले सोच्नै पर्छ । 'भवितव्य' शब्दप्रति उपस्थित एक महानुभावले तत्कालै विमति जनाए । 'त्यो शब्द चयन उपयुक्त भएन,' उनको भनाइ थियो । म चाहिँ केहीबेर ट्वाँ परें । 'सिंगो विश्व अर्थतन्त्र थिलोथिलो भइसक्दा यसलाई भवितव्य नभनेर के भन्नुपथ्र्यो ?' मनमनै आफैंलाई प्रश्न गर्दै थिएँ । लगत्तै ती महानुभाव बोले, 'म तपाईंको शब्दलाई 'करेक्ट' गरुँ ?' मैले 'हुन्छ' भन्ने भावमा टाउको हल्लाएपछि उनले भने, 'भवितव्य होइन, 'प्रलय' भन्नुहोस्' । अरे वाह ! मेरो अशान्त मन तत्काल 'कूल' भयो । जवाफ फर्काएँ, 'अग्री विथ् यू । कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा भवितव्य होइन, प्रलय नै भएको छ । सहभागीले ताली पिटे । सबै एकमत भए ।' यतिबेला संसारका कहिल्यै बन्द नभएका र संसारको कुनै पनि शक्तिले केही दिनभन्दा बढी असर वा बन्द गर्न नसक्ने ठूल्ठूला उद्योगधन्दा, कलकारखाना महिनौंदेखि बन्द छन् । संसारका सबैभन्दा बढी व्यस्त रहने एयरपोर्टहरू पूर्णरुपमा ठप्प छन् । दिनमा लाखौं सवारीसाधन गुड्ने संसारका अति भव्य र व्यस्त राजमार्गहरू सुनसान छन् । दैनिक हजारौं, लाखौं पर्यटक घुम्ने पर्यटकीय स्थल र व्यस्त शहरहरू शान्त छन् । होटल, रेस्टुरेन्ट, सपिङ मलमा मुर्दा शान्ति छाएजस्तै भएको छ । के यसरी जीवन चल्छ ? चिनी पनि धेरै खायो भने तीतो हुन्छ भन्ने नेपाली उखान छ । यसको अर्थ कुनै चिज अति भएपछि त्यसको महत्त्व क्रमशः घट्दै जान्छ भन्ने हो । कोरोना भाइरसको हालत पनि त्यस्तै हुन लागेको छ । अति भएपछि मानिसले अब कोरोनालाई सामान्य रुपमा लिने अवस्था देखिँदैछ । चीनमा कोरोना देखियो भन्ने समाचार आउँदा मानिसले शुरूमा खासै ध्यान दिएनन् । जब यो संसारका थुप्रै देशमा भूसको आगोसरि फैलन थाल्यो र मानिसलाई भकाभक ढलाउन थाल्यो, तब यससँग तर्सिन थालेका मानिसहरू फेरि 'अब कोरोनासँगै जीउन सिक्नुपर्छ' भन्ने अवस्थामा आइपुगेका छन् । कोरोनाले फलानो देशमा यति मार्‍यो, उति मार्‍यो भनेर व्यापक त्रास, हल्ला र समाचार फैलिए । हाम्रो देशमा सरकारको भर/विश्वास छैन, पशुपतिनाथकै भर छ भन्थे आम नेपाली केहीअघिसम्म । लकडाउन लागू गरेकोमा शुरूमा कसैले विरोध गरेनन् । सरकारको कदम सही छ भन्थे । जब यो लम्बिँदै गयो र मानिस रोगले होइन भोकले मर्नुपर्ने अवस्था आउन थाल्यो, तब मानिस 'अब कोरोनासँगै बाँच्न सिक्नुपर्छ' भन्ने अवस्थामा आइपुगेका छन्, नेपालमा मात्र होइन, संसारभर यहीँ अवस्था छ । के मानव जातिको अगाडि अव कोरोनासँग बाँच्न सिक्नुको विकल्प छ ? एउटा निश्चित समयपछि यो आफैं हराएर जान्छ भनेर पर्खेर बस्ने वा कोरोनाकैबीच जीवन जिउन सिक्ने ? के कोरोनासँग डराएर जीवन चल्छ ? कुनै चिज छुनै नहुने ? बाहिर निस्कनै नहुने ? कसैसँग बोल्नै नहुने ? देखभेट गर्नै नहुने ? १–२ दिन वा बढीमा १–२ हप्ता त यो सम्भव होला, अनिश्चितकालसम्म यसो गरिरहन सम्भव छ ? यो आलेखमा यी प्रश्न वरपर रहेर मन्थन गर्ने प्रयास गरिएको छ । सबैभन्दा पहिला कोरोना र आम मानिसको दिनचर्याको चर्चा गरौं – दैनिक गतिविधि, आम मानिस र कोरोना सरकारले लकडाउन गर्न लागेको सूचना पाएपछि आममानिसले खाद्यान्नको जोहो गरे । केही हप्तालाई पुग्ने सामान किनेर घर लगे । लकडाउनका कारण परिवारका सबै सदस्य घरमै थन्किए । पहिला ३ जनाले खाना खाने घरमा कम्तिमा ५ जनाले खान थाले (यो अनुमानित आँकडा हो) । किनेको खाद्यान्नले १० दिन धान्यो, मानिलिऔं २० औं दिनसम्म धान्यो तर २१ दिनबाट त मानिस पसल नगई नहुने अवस्था आयो । आफैंले रोजेर किन्ने बानी परेका मानिस शुरूशुरूमा सामान छुन डराए । पसलेलाई यो यो हालिदिनुहोस् भने । पसलेले सामान छानिदिँदा बासी, सडेगलेको वा आंशिक बिग्रेको पर्न सक्ने भयो । आफैंले छानेर नकिनिकन चित्त नबुझेपछि मानिस सामान छुन बाध्य भए । सामान किनेपछि पसलेलाई पैसा दिनुपर्‍यो । केही दिन त मानिस खुद्रा पैसा बोकेर सामान किन्न गए तर खुद्रा पैसा पनि सकियो । अनि ३०० रुपैयाँको सामान किनेकाले ५०० रुपैयाँको नोट दिनुपर्‍यो । ७०० रुपैयाँको सामान किन्नेले हजारको नोट दिनुपर्ने अवस्था आयो । पसलेले पैसा बुझ्यो, आफ्नो मूल्य कटाएर बाँकी पैसा फिर्ता दियो । सामान पनि प्लास्टिकको झोलामा राखेर दियो । बाँकी पैसा फिर्ता लिनैपर्‍यो । के त्यति नगरिकन घरमा सामान आइपुग्छ ? कसैले भन्लान् – अनलाइन अर्डर गर्‍यो भने आइहाल्छ नि ! अनलाइन अर्डरबाट सामान हावामा उडेर घर आउने त होइन । सामान पुर्‍याउन कोही न कोही तपाईं–हाम्रो घरमा त आउनैपर्‍यो । त्यो व्यक्तिले सामान झोलामा बोकेर ल्याउनुपर्‍यो । उसले छुँदै नछोई सामान आफैं गएर झोलामा त बस्दैन होला ? अनि त्यसरी सामान ल्याउने मानिसमा कोरोना लागेको रहेछ भने ? आफैंले सामान रोजेर किन्दा, पैसा फिर्ता लिँदा वा प्लास्टिकको झोलामा राखेर सामान घर लैजाँदा कोरोना भाइरस सर्‍यो भने ? के यो प्रश्नसँग डराएर जीवन चल्छ ? के कोरोनासँग डराएर जीवन चल्छ ? कुनै चिज छुनै नहुने ? बाहिर निस्कनै नहुने ? कसैसँग बोल्नै नहुने ? देखभेट गर्नै नहुने ? १–२ दिन वा बढीमा १–२ हप्ता त यो सम्भव होला, अनिश्चितकालसम्म यसो गरिरहन सम्भव छ ? हो, संसारका हजारौं, लाखौं, करोडौं र अर्बौं मानिस यतिखेर यहीँ प्रश्नको उत्तर खोजिरहेका छन् । निर्धक्कसँग पसल जाने, सामान मज्जाले रोजेर, छानेर किन्ने, फिर्ता आएको पैसा मजाले समात्ने, घर गएपछि साबुन पानीले हातधुने, सामानलाई तातोपानीले सफा गर्ने र बजारबाट ल्याएको प्लास्टिकको झोलालाई डस्टबिनमा फालिदिने । यति नगरी जीवन चल्दैन । यति गर्दा पनि कोरोना लागेछ भने लागिरहोस्, मुकाबिला गरौं । के यसो भन्नुको विकल्प छ ? यस्तो तर्क गरिरहँदा कतिपयलाई लाग्न सक्छ – सामान किनेर घर गएपछि साबुन पानीले हात धुँदैमा, सामानलाई तातोपानीले सफा गर्दैमा वा प्लास्टिकलाई डस्टबिनमा फ्याँक्दैमा कोराना भाग्ने हो र ? घर गएपछि तपाईंले सबैभन्दा पहिला गेटको ढोका खोल्नुपर्छ । गेट खोल्ने काम साबुन पानीले हात धुनुअघि नै गर्नुपर्छ । त्यो गेटको ढोकाको ह्यान्डलमै कोरोना बस्यो भने ? ल मानिलिऔं, तपाईंले घरको गेटमा रहेको बेल थिचेर बाहिर कोही आएको सन्देश दिनुभयो र घरका कुनै सदस्य आएर ढोका खोलिदिए । अनि तपाईंले बेल थिच्दा त्यहीँ बेलमा कोरोना टाँसिएर बस्यो भने ? ल मानिलिऔं, बेल थिच्नुभएन । आफ्नो मोबाइलबाट घरका कुनै सदस्यलाई फोन गरेर गेट खोल्न अनुरोध गर्नुभयो । अनि तपाईंको मोबाइलमै कोरोना बस्यो भने ? शंका, आशंका, तर्क, कुतर्क र मनमा अनेक सोचाइ राख्दै जाने हो भने यस्ता प्रश्न कति उब्जन्छन् कति ? त्यसैले यो कोरोनासँग डराएर जीवन चल्दैन । निर्धक्कसँग आत्मबल बढाएर अघि बढौं । उद्योगधन्दा र कोरोना कोराना फैलिन नपाओस् भनेर लागू गरिएको लकडाउनका कारण यतिबेला उद्योग, कलकारखाना, व्यापार, व्यवसाय ठप्प छन् । यसो हुँदा एकातिर वस्तु र विभिन्न सामानको उत्पादन हुन पाएको छैन भने अर्कोतर्फ हजारौं, लाखौं, करोडौं मानिस बेरोजगार भएका छन् । के पहिला कोराना भागोस् अनि उद्योग खोलौंला भनेर अनिश्चितकालसम्म कुरेर बस्ने ? के पहिला कोरोना भागोस् अनि रोजगारीमा जुटौंला भनेर सुतेर बस्ने ? के सुतेर लामो समयसम्म जीवन चल्न सम्भव छ ? बैंकमा भएको पैसाले १ महिना पुग्ला । मानिलिऔं २ महिना पुग्ला । अनि तेस्रो महिनादेखि ? आम्दानी नहुने, एकोहोरो खर्च मात्र हुने अवस्थाले कसरी थेग्न सकिन्छ ? आम्दानी र खर्चको सन्तुलन बिग्रियो भने तपाईंको बैंकमा भएको वा घरमा भएको नगद सकिन धेरै बेर लाग्दैन । जब तपाईंसँग भएको नगद सकिन थाल्छ अनि तपाईंमा छट्पटी हुन थाल्छ । मानिस तनावमा पर्न थाल्छ । कमजोर मुटु भएकालाई हृदयघातको सम्भावना रहन्छ । कोही मानसिक रोगी हुन सक्छन् । कोरोनाका कारण विश्वमा अहिले यही अवस्था आइपरेको छ र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पनि यस्तै विश्लेषण गरिरहेको छ । महिनौंदेखि बन्द अवस्थामा रहेका उद्योगधन्दा, कलकारखाना, एयरलाइन्स, एयरपोर्ट, राजमार्ग, होटल, रेस्टुरेन्ट, शपिङ मललाई अब खुलाउने कि कोरोना भागोस् अनि मात्र खोल्ने भनेर बस्ने ? दैनिक हजारौं, लाखौं पर्यटक घुम्ने पर्यटकीय स्थल र त्यसैबाट जीवन गुजारा गर्ने लाखौं मानिसहरू आफूसँग भएको खानेकुरा सकिएपछि कहिले काम सञ्चालन होला भनेर व्यग्र प्रतिक्षामा छन् । चौबिसै घण्टा व्यस्त रहने, कहिल्यै नसुत्ने संसारका सुन्दर, भव्य र मस्त शहरमा मुर्दा शान्ति छाएजस्तै भएको छ । के यसरी जीवन चल्छ ? निश्चित सावधानी अपनाएर यी सबै व्यापार व्यवसायलाई सञ्चालन गर्नुको कुनै विकल्प छ ? के कोरोना सर्छ, फैलिन्छ भनेर यी सबै व्यापार व्यवसाय अनिश्चितकालसम्म ठप्प पारेर बस्ने ? के त्यसो गर्नु भनेको मानिस आत्महत्या गर्ने तहमा पुगून् वा मानसिक रोगी बनून् भन्नु होइन ? स्कूल, कलेज, विद्यार्थी र कोरोना कोरोना भाइरसका कारण सबैभन्दा बढी समस्यामा परेको वर्ग विद्यार्थी र शिक्षा क्षेत्र हो । विद्यार्थीको दिमाग कोमल माटो जस्तै हुन्छ । स्कूल तहमा अध्ययन गर्ने विद्यार्थीलाई जीवनका विविध पाटासँग घुममिल हुन दिनैपर्छ । जस्तोः पढ्ने, खेल्ने, हिँड्ने, घुमफिर गर्ने । सुन्दा सामान्य लागेपनि यी विषयबाट वञ्चित गरिदिने हो भने विद्यार्थीको मस्तिष्क निष्क्रिय हुने खतरा रहन्छ तर लकडाउनका कारण संसारका लाखौं, करोडौं विद्यार्थी घरमा थुनिन बाध्य छन् । त्यो पनि १ दिन होइन, २ दिन होइन महिनौंसम्म । घरमा थुनिनु एउटा विषय भयो । ती विद्यार्थी घर बाहिर निस्कने, घुमफिर गर्ने, खेल्ने, शारीरिक क्रियाकलाप गर्ने कामबाट सम्पूर्ण रुपले वञ्चित भएका छन् । अब अनुमान गर्नस् – संसारका ती करोडौं कलिला मस्तिष्कको हालत के भएको छ होला ? उनीहरू कति छट्पटिएका होलान् ? उनीहरूको क्रियटिभिटी कति मरेको होला ? के अनिश्चितकालसम्म यसरी नै विद्यार्थीको जीवन चल्न सक्छ ? त्यसैले निश्चित सावधानी अपनाएर स्कूल, कलेज तत्काल खोल्नु आवश्यक छ र कोरोनासँग मुकाबिला गर्दै जानुको विकल्प छैन । ज्यालादारी मजदुर र कोरोना कोरोना भाइरसका कारण यो संसारमा यदि कोही भोकै बस्नुपर्ने बाध्यतामा छन् वा खान नपाएर ज्यानै गुमाउने अवस्थामा पुगेका छन् भने ती दैनिक ज्यालादारी गर्ने मजदुर हुन् । खासगरी गरीब र विकासउन्मुख मुलुकमा यस्ता दैनिक ज्यालादारी मजदुरको संख्या धेरै भएको अनुमान गरिन्छ । उनीहरू दिनभर काम गर्ने, साँझ तलब बुझ्ने र साँझ–बिहानको छाक टार्ने वर्गमा पर्छन् । त्यस्ता मजदुरको न बैंक खातामा पैसा हुन्छ, न कुनै चल–अचल सम्पत्ति नै । उनीहरूको नियति नै दिनभर काम गरेर पेट पाल्ने हुन्छ । उनीहरू त्यसमै रमाएका हुन्छन्, अभ्यस्त हुन्छन् । अब भन्नुस् – सारा व्यापार, व्यवसाय महिनौंसम्म ठप्प हुँदा ती मजदुरको हालत के भएको होला ? अनुमान सहजै लगाउन सकिन्छ – सबैतिर सुनसान भएपछि उनीहरूले काम गर्न पाएनन् । काम गर्न नपाएपछि कमाउन सकेनन् । कमाउन नसकेपछि खान पाएका छैनन् । तिनका पीडा, व्यथा, दबिएका आवाजलाई आजको स्वार्थी दुनियाँमा मिडिया, सरकार वा बौद्धिक समुदाय कसैले प्राथमिकतामा राख्दैनन् । त्यसैले त्यस्ता ज्यालादारी मजुदरका पीडा व्यथाका कथा बिरलै चर्चामा आउँछन् । २ महिना व्यापार, व्यवसाय बन्द गर भन्ने अनि कर चाहिँ यति मितिभित्र बुझाऊ, नत्र कारवाही गर्छु भन्ने ? यो त केवल तानाशाही चरित्र बोेकेका सरकारले मात्र गर्छन् । कोरोना सिर्जित समस्या नियन्त्रणमा ल्याउन लागू गरिएको लकडाउनले संसारका विभिन्न स्थानमा थुप्रै त्यस्ता ज्यालादारी मजदुरले सायद ज्यान गुमाइसकेका हुन सक्छन् । खै तिनको लेखाजोखा ? खै त्यसबारे मिडिया रिपोर्ट ? खै सरकारहरू यसबारे बोलेको ? खै अनुसन्धानदाताले खोज गरेर रिपोर्ट बाहिर ल्याएको ? मजदुरका पीरव्यथा बुझिदिनुपर्ने प्रमुख दायित्व त सरकारको हो । जिम्मेवार सरकार भएको देशमा त्यस्ता मजुदरलाई भोकै मर्न नदिने प्रयास भइरहेका खबर नआएका होइनन् तर हाम्रोमा चाहिँ राज्यले यो लकडाउनमा मजदुरको खोजखबर गरेको समाचार छैन । हाम्रो सरकारले त आँखामा पनि मास्क लगाएको छ, नाक र मुखमा मात्र होइन । जब राज्यले आँखामा मास्क लगाउँछ, त्यसपछि उसले मजुदरलाई देख्ने, तिनका पीडा–व्यथा सम्बोधन गर्ने सवाल कहाँ आउँछ र ? कोरोना भाइरस र लकडाउनका कारण खान नपाएर ज्यान गुमाउने अवस्थामा रहेका त्यस्ता मजदुरलाई बचाउने हो र उनीहरूको पेटमा अन्न पुर्‍याउने हो भने यो कोरोनासँग जिउन सिक्नुको विकल्प छैन । कर्मचारी, बौद्धिक वर्ग, कार्यालय र कोरोना हाम्रा 'विद्धान' अर्थमन्त्री युवराज खतिवडाले फागुन, चैत, वैशाखको कर जेठ २५ गतेभित्र तिर्नैपर्ने नत्र कारवाही गर्ने निर्णय गरे । त्यसको चौतर्फी विरोध मात्र भएन सम्भवतः मन्त्री खतिवडाको रुखो कार्यशैली, अव्यावहारिक चरित्र र कदमलाई लिएर पहिलो पटक उनको अत्याधिक आलोचना भयो । लोकान्तर डट्कमले पनि खतिवडा स्टालिन शैलीमा अघि बढ्न खोजेको विश्लेषण प्रस्तुत गर्‍यो । व्यापक दबाब र विरोधपछि खतिवडा निर्णय सच्चाउन बाध्य भए । कर बुझाउने समय १५ दिन धकेल्न राजी भए । यो प्रसङ्ग यहाँ उल्लेख गर्न मैले यसकारण आवश्यक ठाने ताकि राज्य कति गैरजिम्मेवार, समाजका विभिन्न पेशा, व्यवसाय र वर्गप्रति कति उदासिन, निर्मम र अव्यावहारिक छ भन्ने बुझ्न सजिलो होस् । लकडाउन लगाएर जनतलाई घरमा थुन्ने । कोही अतिआवश्यक कामले घर बाहिर जान खोजे प्रहरीले बाटोबाटै फर्काइदिने । २ महिना व्यापार, व्यवसाय बन्द गर भन्ने अनि कर चाहिँ यति मितिभित्र बुझाऊ, नत्र कारवाही गर्छु भन्ने ? यो त केवल तानाशाही चरित्र बोेकेका सरकारले मात्र गर्छन् । हाम्रोजस्तो लोकतान्त्रिक व्यवस्था अभ्यास गरिरहेको समाजमा त्यो पाच्य हुने विषय थिएन । कोरोना भाइरस, लकडाउन र सामाजिक गतिविधिका कारण ठूला साना सबै व्यावसायिक घराना, विभिन्न पेशा व्यवसाय गर्ने वर्ग मारमा परेका छन् । कर्मचारीहरू काम गर्न कार्यालय जान पाएका छैनन् । यस्तो अवस्थामा उनीहरूको दैनिक प्रशासनिक काम त हुन सकेको छैन भने कर तिर्ने पैसा कसरी जम्मा गर्ने ? विभिन्न कार्यालय, व्यापारिक अड्डा र व्यवसायका सञ्चालक नै समस्या होलान् । हामी मध्ययमस्तरका मिडिया उद्यमीको व्यथा कम पीडादायी छैन । फागुनको तेस्रो हप्तादेखि कोरोना त्रास नेपालमा पनि व्यापक फैलियो । चैत ११ गते सरकारले लकडाउन लगायो । त्यसयता हाम्रो सञ्चार गृहले विज्ञापन वापतको बजारबाट उठाउनुपर्ने पैसा उठाउन पाएको छैन । विज्ञापनको मासिक बिल काट्ने काम प्रभावित छ । नयाँ बिजनेशको त कुरै छोडौं, भएको बिजनेश व्यापक गुमेको छ, कटौतीमा परेको छ । बैंक खातामा रहेको सीमित स्रोतले साथीहरूलाई तलब खुवाउनुपरेको छ । यो हाम्रो मात्र समस्या होइन, सबै सञ्चार गृहको हालत यही छ । सञ्चार गृहको मात्र होइन, सबै व्यापार व्यवसायको नियति उही छ । सिमेन्ट बेच्नेले सिमेन्ट बेच्न पाएको छैन । गाडी बेच्नेले गाडी बेच्न पाएको छैन । डण्डी बेच्नेले ग्राहक पाएको छैन । बैंकहरूले कारोबार गर्न पाएका छैनन् । होटल रेस्टुरेन्टमा ताला लागेका छन् । एयरलाइन्स, ट्राभल, टूर, अस्पताल र सार्वजनिक यातायातका साधन थन्किएको धेरै भयो । यसको सूची लामो हुन्छ । के यसरी लामो समयसम्म धान्न सकिन्छ ? अनि यसरी घरभित्रै गुम्सिएर बसेका व्यावसायिक कार्यालयले ५ दिनको सूचनाका आधारमा कर तिर्न सक्थे ? कसैले तर्क गर्लान्, ब्याज बुझाउने म्याद लम्बाएको छ नि ! के म्याद लम्बाउँदैमा बैंकले लकडाउन अवधिको सावाँ, ब्याज पूरै मिनाहा गर्ने भनेको हो र ? न बैंकले त्यसो गर्न सक्छ, न त्यसो गर भनेर भन्न नै मिल्छ । अब निश्चित सावधानी अपनाएर वा निश्चिन मापदण्ड बनाएर सबै व्यापार व्यवसाय यथाशक्य छिटो सञ्चालन हुनसक्ने वातावरण राज्यले निर्माण गर्नुपर्छ । होइन भने कोरोनाको रोगले होइन भोकले मानिस भकाभक ढल्न थाल्नेछन् । आत्महत्या, मनोरोग, निराशापन र कोरोना हुन त यस आलेखको बीचमा पनि कोरोना सिर्जित तनावले मानिसलाई कसरी सताउँदैछ भनेर संक्षिप्त चर्चा गरिएको छ तर यसलाई अझै ब्याख्या गर्नु जरुरी छ । करीब ३ महिनादेखि व्यापार व्यवसाय ठप्प हुँदा त्यसको बहुआयामिक असर परेको छ । यो दुनियाँमा बैंकबाट श्रण लिएर घर, गाडी, व्यापार, व्यवसाय सञ्चालन गर्नेको संख्या ठूलो छ । महिनामा करोडौंको ब्याज बैंकलाई तिरेर व्यवसाय गर्नेको संख्या ठूलो छ । लाखौंमा त हामीजस्ता व्यवसायी पनि बैंकलाई ब्याज तिर्ने गर्छौं । यसरी ब्याज तिर्नेे आधार भनेको महिनाभर मिहिनत गरेर कमाएको पैसा हो । व्यवसाय गर्ने, खर्च र आम्दानी गर्ने, त्यसबाट कर्मचारी, प्रशासनिक खर्च चलाउने र बैंकको ब्याज पनि तिर्ने गरिएको हुन्छ । अब महिनाको कुनै पनि दिन कार्यालय खोल्न नपाएपछि, कुनै व्यापार गर्न नपाएपछि त्यो बैंकलाई तिर्ने ब्याज बराबरको रकम कहाँबाट जुटाउने ? कसरी तिर्ने ? कसैले तर्क गर्लान्, ब्याज बुझाउने म्याद लम्बाएको छ नि ! के म्याद लम्बाउँदैमा बैंकले लकडाउन अवधिको सावाँ, ब्याज पूरै मिनाहा गर्ने भनेको हो र ? न बैंकले त्यसो गर्न सक्छ, न त्यसो गर भनेर भन्न नै मिल्छ । कतिपय साथीहरू तर्क गर्छन् – व्यापार भएन, व्यवसाय बन्द भयो भने बैंकबाट श्रण लिएर भएपनि कर्मचारीलाई तलब खुवाउनुपर्‍यो नि । मलाई यस्तो तर्क गर्ने यो संसारका सर्वाधिक मूर्ख लाग्छन् । कसैले बैंकबाट श्रण लिएर कर्मचारीलाई तलब खुवाउने जोखिम मोल्छ ? कुनै नयाँ व्यापार वा व्यवसाय शुरू गर्ने चरणमा त्यो गर्नु पनि पर्छ तर बिस्तारै कमाउँदै खर्च गर्दै जाने परिपाटि नै खुला अर्थतन्त्रको अभ्यास हो । कमाउन सकिँदैन भने व्यापार व्यवसाय बन्द गर्नुको विकल्प हुन्छ र ? अब महिनौंदेखि व्यापार व्यवसाय ठप्प हुँदा त्यसको सावाँ–ब्याज तिर्न नसक्ने भएपछि वा त्यसको बोझ बढेपछि उद्योगी व्यापारीसामु के बाँकी रहन्छ ? आत्महत्या ? मनोरोग ? कि राज्य यस्तै चाहन्छ ? होइन भने उद्योगी, व्यापारी र आम मानसिको यो समस्या बुझ्न राज्यले ढिला गर्नुहुन्न । ... त्यसैले कोरोना अब साथी साथी भन्ने शब्दको गहिरो अर्थ लाग्छ । मिल्नु, सम्बन्ध गाँस्नु र राम्रो–राम्रो गर्नु मात्रलाई साथी भनिँदैन । साथी–साथीमा गर्ने व्यवहारको गहिरो परिभाषा छ । एकले अर्को साथीलाई गर्ने व्यवहार असल हुनुपर्छ । साथीको चित्त दुखाउने, नराम्रो लाग्ने काम गर्न हुँदैन । जुन कुरा र विषयवस्तु मन पर्दैन भने त्यो आफ्नो साथीसँग तपाईंले पनि गर्नु हुँदैन । अनि मात्र असल मित्रता हुन्छ । अब कोरोना भाइरसको हकमा पनि यही सिद्धान्त लागू गर्नुको विकल्प देखिएन । जसरी आफ्नो साथीलाई मन नपर्ने व्यवहार हामीले गर्नु हुँदैन, त्यसरी नै कोरोना भाइरसलाई मन नपर्ने (जस्तै संक्रमितसँग मास्क नलगाई वा दूरी कायम नगरी बोल्ने, बस्ने, उठ्बस गर्ने, टाँसिने) व्यवहार गर्नु भएन । जसरी साथी–साथीबीच निश्चित सीमा हुन्छन् र ती सीमा नाघ्नासाथ सम्बन्ध धरापमा पर्ने खतरा रहन्छ । त्यसैगरी निश्चित सीमा कायम गरेर कोरोनासँग जिउन सिक्नुको विकल्प छैन । कोरोना भाइरससँग अब निश्चित सावधानी अपनाएर उठ्बस गर्न बानी बसाल्नुको विकल्प छैन । किनभने संसारका वैज्ञानिकले भनेजस्तै यो तत्काल हराउनेवाला पनि छैन र कहिले हराउँछ भन्ने यकिन छैन । कोरोना सकिएला र काममा फर्किउँला भनेर बस्यौं भने भाइरसले भन्दा भोकले मर्नेको संख्या बढी हुनेछ । त्यसैले आउनुहोस्, अब कोरोनालाई साथी बनाऔं । कानेगुजीले बजाउँछ खतराको घन्टी लोकतन्त्रमा जनता ढाँटिनुहुन्न टाठाबाठाहरूले लोकतन्त्रलाई सरल स्वरूपलाई जटिल बनाइरहेका छन् । त्यसो गर्दा नै लोकतन्त्रका लाभहरू आफ्ना पोल्टामा पार्न सकिन्छ । वास्तवमा यो जटिल बनाइनुपर्ने विषय नै होइन, यो निकै सरल विषय हो । राष्ट्र सबै नागरिकक...
2022/05/20 22:36:43
https://www.lokaantar.com/story/109795/2020/6/6/aalekh/corona-friend
mC4
ड्रपबक्सले यसको सेवाको million०० मिलियन रेजिष्टर्ड प्रयोगकर्ताहरूको घोषणा गर्दछ Androidsis हिजो हामीले ठूलो संख्यामा भेट्यौं भिडियो गेम स्टुडियोहरू मध्ये एकका लागि जुन हालका बर्षहरूमा सब भन्दा राम्रो गरिएको छ। सुपरसेलले आफ्नो चार बेट्सको साथ क्लेश अफ क्लान्स, क्लेश रोयाल, घाँसे डे र बूम बीच बीच ठूलो शक्ति देखायो हिजो १० करोड मानिस सम्म पुग्नुहोस् जो दैनिक भिडियो गेम खेल्छन्। एउटा आकृति जसले हामीलाई उत्कृष्ट क्लाउड भण्डारण सेवाहरू मध्ये एकका लागि महान महत्वको अर्कोको नजिक ल्याउँछ र जुन हामी सबैलाई ड्रपबक्सबाट थाहा छ। आज हामीलाई थाहा छ कि यस सेवाले वर्षको सुरु पछाडि आज million०० मिलियन रेजिष्टर्ड प्रयोगकर्ताहरू पुगेको छ million०० मिलियन स्थापना भएको थियो गुगल प्ले स्टोरमा। गुगल प्ले स्टोरमा डाउनलोडको संख्यामा समस्या यही हो अनुप्रयोग डाउनलोड भएको समय स col्कलन गर्दछ, जसले पूर्व स्थापित संस्करणहरूमा अपडेटहरू समावेश गर्दछ, जसको मतलब हो कि हामी दर्ता भएका प्रयोगकर्ताहरूको संख्या वास्तवमै बुझ्न सक्दैनौं, जस्तो कि यदि हामी सेवाबाटै साझेदारी गरिएको फिगरको साथ आज जान्न सक्छौं। Million०० मिलियन भन्दा बढि व्यक्तिहरूले भण्डारण सेवामा लग ईन गरेका छन् कम्पनी २०० 2008 मा शुरू भयो फोल्डरहरूमा जुन तिनीहरूमा अवस्थित सामग्री सिंक्रोनाइज छन्। ड्रपबक्स संयुक्त राज्यमा आधारित छ, तर विश्वको अन्य भागहरूमा ठूलो विस्तार फेला परेको छ। कम्पनी ब्राजिल, जर्मनी, भारत र ब्रिटेन देशहरु को रूप मा सबै भन्दा बढी प्रयोगकर्ताहरु सेवामा सामेल भएका ती million०० मिलियन पंजीकृत प्रयोगकर्ताहरू छन्। यो सहि 500 users प्रतिशत प्रयोगकर्ताहरू जो संयुक्त राज्य अमेरिका बाहिरबाट आउँदछन्। एक प्रकारको सेवा पाइयो महान प्रतिस्पर्धा को पल एप्पल, गुगल र माइक्रोसफ्टले धेरै रोचक क्लाउड भण्डारण विकल्पहरू प्रस्ताव गर्ने विभिन्न कलाकारहरूको साथ। अहिलेको लागि, ड्रपबक्स बढ्दो छ, जसले अझै ठूलो भविष्यको प्रतिज्ञा गर्दछ जबकि अन्य सेवाहरूले उनीहरूको ढोका बन्द गर्‍यो। लेखको पूर्ण मार्ग: एन्ड्रोइडसिस » एन्ड्रोइड अनुप्रयोगहरू » ड्रपबक्ससँग अब 500०० मिलियन भन्दा बढी दर्ता गरिएको प्रयोगकर्ताहरू छन्
2021/12/06 06:30:55
https://www.androidsis.com/ne/%E0%A4%A1%E0%A5%8D%E0%A4%B0%E0%A4%AA%E0%A4%AC%E0%A4%95%E0%A5%8D%E0%A4%B8%E0%A4%AE%E0%A4%BE-%E0%A4%85%E0%A4%AC-million%E0%A5%A6%E0%A5%A6-%E0%A4%AE%E0%A4%BF%E0%A4%B2%E0%A4%BF%E0%A4%AF%E0%A4%A8-%E0%A4%AD%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A4%BE-%E0%A4%AC%E0%A4%A2%E0%A5%80-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%AF%E0%A5%8B%E0%A4%97%E0%A4%95%E0%A4%B0%E0%A5%8D%E0%A4%A4%E0%A4%BE%E0%A4%B9%E0%A4%B0%E0%A5%82-%E0%A4%9B%E0%A4%A8%E0%A5%8D/
mC4
सुन तस्करीको नयाँ रहस्य: सेटिङ मिलाउँदै १४ वर्षदेखि विमानस्थल भन्सारमा - SangaloKhabar काठमाडौं । सामान्यतः दुई–दुई वर्षमा कर्मचारीको सरुवा हुन्छ । तर, तथ्यांक अधिकृत श्रीनारायण यादवलाई भने निजामती प्रशासनको यो नियम लागू भएन । १४ वर्षदेखि निरन्तर उनी भन्सार कार्यालय विमानस्थलमा थिए । साढे ३३ किलो सुन तस्करी हुँदा विमानस्थलका तत्कालीन एसएसपी श्याम खत्रीले हरेकपटक एक लाखका दरले पैसा बुझ्ने गरेको अनुसन्धानमा खुलेको सिआइबीले जनाएको छ । सिआइबीका अनुसार भन्सारका कर्मचारी श्रीनारायण यादवसँग मिलेर उनले पैसा लिने गरेका थिए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
2022/07/04 12:05:24
https://sangalokhabar.com/1029
mC4
व्यवसायलाई निःशुल्क डिजिटल माध्यममा जोडि व्यापार बढाउन 'वरिपरि एप' – Clickmandu क्लिकमान्डु २०७७ भदौ २९ गते १८:२६ मा प्रकाशित काठमाडौ। पटक–पटकको लकडाउन र निषेधाज्ञाले व्यवसाय थलिएको सन्दर्भमा डिजिटल माध्यम मार्फत ग्राहक माझ पुगेर आफ्ना वस्तु तथा सेवाको बिक्रि गर्नु पर्ने बाध्यात्मक अवस्थामा मोबाइल एप 'वरिपरि' सरल उपाय बनेर आएको छ। कुनै पनि ठाउँ आसपासका व्यवसायले प्रदान गर्ने वस्तु तथा सेवाका बारेमा ग्राहकलाई जानकारी दिन वरिपरि एप तयार गरिएको छ। व्यवसाय दर्ता गर्न मोवाइलमा एप डाउनलोड गरि नाम र मोवाइल नम्बर राखेर एकाउन्ट खोल्न सकिन्छ। एकाउन्ट खोलेपछि 'क्रिएट स्टोर' मा गई आफ्नो व्यवसायको नाम र स्थान उल्लेख गर्नु पर्ने हुन्छ । जुनसुकै व्यवसाय वरिपरिमा दर्ता गर्न सकिने रेग्मीले बताए। वरिपरि एपमा दर्ता गरेपछी व्यवसायीले आफ्नो सेवा अवधी तोक्न मिल्छ जसबाट ग्राहकले एपमा हेर्दा सो समयमा खुल्ला छ कि बन्द छ भनेर जानकारी लिन सक्छन्। होम डेलिभरिको व्यवस्था छ कि छैन अनि भुक्तानीका विकल्पहरु (बैंक कार्ड, इ सेवा, खल्ति, सेल पे) के÷के छन् भनेर पनि एपमै उल्लेख गरेपछी ग्राहकलाई सहज बनाउन सकिन्छ।
2020/09/29 16:00:39
https://clickmandu.com/2020/09/130653.html
mC4
चुनावी सभापछि अख्तरले एक अन्तर्वार्तामा कन्हैया कुमार एक उम्मेदवार र एक सांसद मात्रै नभएर त्यसभन्दा धेरै भएको बताए । राज्यसभा सांसद समेत रहिसकेका अख्तरसँग पत्रकारले गरेको प्रश्न र उनले दिएको जवाफको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ । पत्रकार : तपाईंले चुनावी सभामा कन्हैयालाई जिताउन आवश्यक भएको भन्दै अपील गर्नुभयो । तपाईं स्वयं पनि राज्यसभा सांसद भइसक्नुभएको छ । कन्हैयाले जिते पनि उनी एक सांसद मात्रै बन्छन् । के एउटा सांसदले मुलुकमा परिवर्तन ल्याउन सक्छ ? जावेद अख्तर : तपाईंले राम्रो प्रश्न गर्नुभयो । यो सत्य हो कि एउटा सांसदले संसदमा कुनै क्रान्ति गर्न सक्दैन । तर कन्हैया जो छन्, उनी एक सांसदभन्दा धेरै छन् । प्रगतिशील विचारका उनी एक प्रतीक भइसकेका छन् । धर्मनिरपेक्षता, मजदूर, किसान र कमजोर वर्गका मानिसहरूको लागि समभाव राख्ने नेताको प्रतीकका रूपमा कन्हैया स्थापित भइसकेका छन् । यदि उनी यति महत्वपूर्ण छैनन् भने अचम्मको कुरा यो छ कि मिडियाले उनलाई यति चासोका साथ किन पछ्याइराखेका छन् ? कन्हैया महत्वपूर्ण छैनन् भने मिडियाले उसलाई नपछ्याए भइहाल्थ्यो नि । तर यस्तो होइन । किनकी मिडियालाई थाहा छ कि उनीहरू कसको शासन चाहन्छन् भन्ने जनतालाई थाहा नदिन पनि कन्हैयाजस्ता मानिसहरू आवश्यक छन् । पत्रकार : बडो अचम्म लाग्ने एउटा प्रसङ्ग के छ भने अन्ना हजारेको अभियान चलिरहेको बेला तपाईं त्यसको विपक्षमा बोल्नुहुन्थ्यो । उक्त अभियानमा केही चिज ठीक थिएन भने कुरा के तपाईंलाई पहिल्यै आभाष थियो ? जावेद अख्तर : तपाईंलाई अझै त्यो कुरा याद आइरहेकोमा मलाई एकदमै खुशी लाग्यो । अन्नाको अभियान चलिरहेको बेला नै मैले ट्वीट गर्दै भनेको थिएँ कि दुई वर्षपछि सबैले अन्ना हजारेको नाम समेत बिर्सिनेछन् । त्यो सही ठहरियो । र जसले त्यतिबेला मलाई गाली भरिएका प्रतिक्रिया दिएका थिए, उनीहरूसँग यति साहस थिएन कि मसँग माफी मागुन् । आज अन्ना हजारे कहाँ छन् ? त्यतिबेला मैले यहि भनेको थिएँ कि अन्नाको अभियान झुट थियो । त्यसैले अब मेरो कुरालाई विश्वास गर्नुहोस्, म झुट र सत्य के हो भन्ने चिन्दछु । पत्रकार : तपाईंले जनतालाई अपील गर्ने बेलामा कन्हैयालाई भोट नदिनु भाजपालाई भोट दिनु हो भन्नुभयो । र अर्को प्रसंगमा 'मुसलमान भोट बाँडिन नदिनु' भन्दै एक नेताले भनेको कुरामा विरोध जनाउनुभयो । के यी दुई कुरामा विरोधाभाष छैनन् ? जावेद अख्तर : छैन । यसमा बिल्कुलै विरोधाभाष छैन । किनकी हिन्दू भोट यसमा, मुसलमान र शिख भोट त्यसमा भन्नु कुन लोकतन्त्र हो ? संसदमा कुन धर्मावलम्बीको भोट कति भनेर हात उठाउन भन्नु लोकतन्त्र हो ? अल्पसंख्यकहरूको भावना त्यसमा कसरी सुरक्षित हुन्छ ? लोकतन्त्र भनेको अल्पमत र बहुमतको खेल होइन । अलग–अलग समय र मान्यताका आधारमा यो फेरबदल भइरहन्छ । यो स्थायी होइन । यदी कोही मुसलमान वा हिन्दू भएकै कारण उसलाई भोट गरिन्छ भने त्यसरी भोट गर्नेहरू ठूला पापी हुन् । कुनै पनि धर्म वा विश्वाससँग तपाईंको के लेनादेना ? यदी तपाईं धर्मनिरपेक्षताको लागि लड्नुहुन्छ भने पहिले तपाईं आफै यी कुराहरूसँग निरपेक्ष रहनु आवश्यक छ । यसमा यो वा त्यो बहानामा बाध्यता रह्यो भन्ने कुरा हुँदैन । भोट दिने बेलामा ख्याल गर्नुपर्ने कुरा भनेको यो उम्मेदवारले हामी सबैको भलो गर्न सक्छ कि सक्दैन ? यो व्यक्ति हाम्रो आवाज बन्न सक्छ कि सक्दैन भन्ने नै हो । जुन दिन तपाईं आफुलाई धर्म, सम्प्रदाय वा विश्वासका आधारमा बाँड्नुहुन्छ, त्यसपछि तपाईं सही व्यक्तिलाई चुन्न सक्नुहुन्न । पत्रकार : धर्मनिरपेक्षताका जति पनि स्थापित अनुहारहरू छन्, जस्तो कि लालुप्रसाद यादव, मुलायमसिंह यादवहरू जसरी धर्मनिरपेक्षता शब्दलाई लोकप्रिय नाराको रूपमा दोहोर्‍याइरहन्छन्, उनीहरूलाई यतिबेला मुद्दाको आधारमा कन्हैया साझा व्यक्ति हुनसक्छ भन्ने किन लागेन ? के उनीहरूले यो मौका गुमाएका हुन् ? जावेद अख्तर : राजीतिका बाध्यता, चक्कर वा रणनीतिहरू के हुन्छन् भन्ने म त्यति जान्दिनँ । तर मलाई माफ गर्नुहोस्, देशमा अहिलेसम्म जुन किसिमको धर्मनिरपेक्षता छ भनिन्छ, त्यसबाट म सन्तुष्ट छैन । धर्मनिरपेक्षताको अर्थ कुनै धर्म विशेषको आधारभुत रवैयालाई स्वीकार्नु भन्ने होइन । एक समय शाही हमाम जानुलाई धर्मनिरपेक्षता मानिन्थ्यो । म त्यसलाई धर्मनिरपेक्ष मान्दिनँ । यो त कस्तो कुरा भयो भने सद्भावको राग अलाप्दै एक सम्प्रदाय अर्को सम्प्रदायसँग हात मिलाइरहेका छन् र यहि नै धर्मनिरपेक्षता हो । धर्मनिरपेक्ष मानिस त ती सम्प्रदायहरूसँग जोडिन पनि मन पराउँदैन । पत्रकार : अन्तिम एउटा प्रश्न गरौं । यो पतनको सुरुवात त तपाईंको क्षेत्रमा समेत भइसकेको छ । पतन त्यहाँ पनि छ । जसरी फिल्महरू बनिरहेका छन्, त्यसमा साहित्यबोध छैन, इतिहासबोध छैन । गाउँ, समाजजस्ता चिजहरू त्यहाँ गायब छन् । राजनीतिमा पनि त्यस्तै किसिमको पतन छ । तपाईंले आफ्नो क्षेत्रमा भएको पतन त रोक्न सक्नुभएन भने राजनीतिमा भएको पतन कसरी रोक्न सक्नुहोला भनेर कसैले प्रश्न सोधे भने तपाईं के जवाफ दिनुहुन्छ ? जावेद अख्तर : समाजमा कसको नियन्त्रण छ भन्ने कुरा तपाईंलाई थाहा नै होला ? यहाँ कसको निर्देशनमा सबै हुन्छ ? जो सत्तामा हुन्छ, समाजमा उसैको असर, प्रभाव र नियन्त्रण हुन्छ । र तपाईं जुन पतनको कुरा गर्दै हुनुहुन्छ त्यो त मैले कन्हैयाको सभामै भनिसकेको छु । जब विष फैलिन्छ तब त्यसले शरीरको हरेक अंगलाई असर गर्छ । यस्तो त हुँदैन कि त्यो विषले एउटा अंगलाई मात्रै असर गर्छ र अर्कोलाई गर्दैन । त्यतिबेला त्यो विष हरेक क्षेत्रमा देखिन्छ । त्यो विष तपाईं विश्वविद्यालयमा देख्नुहुन्छ । फिल्म, अफिस, बजार, सडक सबै ठाउँमा त्यो फैलिन्छ । तर यसो भन्दैमा हामी त्यो विष विरुद्धको हतियार बिसाउन सक्दैनौ । हामी लड्नुपर्छ । हामी हरेक मोर्चामा लड्नुपर्छ । विभिन्न तरिकाले लड्नुपर्छ । विषको असर यता लैजाने कि उता लैजाने भन्ने निर्णय सत्ताले गर्छ । त्यसकारण हामी राजनीतिक रूपमा पनि लड्नुपर्छ ।
2020/06/01 13:02:53
http://www.nepalipatra.com/news/kanhaiya-kumar/20110
mC4
मेरो दिमागमा बम्बैको मजदूर आन्दोलन घुमिरहेको थियो – सकारात्मक परिवर्तनवाहक विचार, कला/साहित्य र सत्य खवरको बाटाे मेरो दिमागमा बम्बैको मजदूर आन्दोलन घुमिरहेको थियो - हर्कबहादुर शाही २०१३ सालमा विद्यालय खुल्यो । हामीले त्यहाँ पाँच कक्षासम्म मात्र अध्ययन गर्न पायौं । अहिले त्यो उच्च माविमा विकास भएको छ । आठ कक्षा पास भएपछि मैले गाउँमा पढाएँ र अछाममा गएर पनि पढाए । म २०२५ सालतिर विदेशमा गए । विदेश भनेको इण्डिया नै थियो । म बम्बै पुगे । मेरो थोरै भए पनि राजनीतिक चेतना थियो । बम्बैमा मजदुरहरु आन्दोलनमा उत्रिएका थिए । म पनि ती राजनीति गर्नेहरुसँग नजिकिए । काममा लाागेपछि मजदुर युनियनसँग जोडिए । त्यतिबेला अमृतप्रसाद डाँगे भनिने एकजना स्थापित मजदूर लिडर थिए । बम्बैमा रहेका कलकारखानामा उनको ठूलो प्रभाव र सम्मान थियो । उनी मजदूर युनियनका लिडर थिए । हडताल सुरु भयो, मजदुरहरुको । डाँगे कम्युनिष्ट प्रभाव भएका मजदूर नेता थिए । रेलवे हडताल सुरु भएपछि लाखौं मजदुरहरु सडकमा ओर्लिए । हामी एक दिन अम्यौरी भन्ने ठाउँमा पुग्यौं । त्यहाँ एउटा ठूलो कभर्ड हल रहेछ । त्यो काठमाडौंको सामाखुशी र गोंगबूको पूरै एरिया ढाकेर बनाइए जत्रो । अमृतप्रसाद डाँगे आउने हुन् भनेर कारखाना तथा रेलवे मजदुरहरु खचाखच भरिएका थिए । मजदूरहरु यति थिए र यसरी कोचिएर बसेका थिए कि मैले त यो हल नै भत्कियो भने के होला जस्तो लागेको थियो । त्यतिका धेरै मानिस मैले कहिल्यै पनि देखेको थिएन । त्यहाँ हस्ताक्षर पनि चलिरहेको थियो । सबैले निकै उत्साहका साथ हस्ताक्षर गरिरहेका थिए । हस्ताक्षर यति धेरै संकलन गरियो कि पाँचछ जनाको भारी नै पुग्यो । उपस्थित सबै मजदुरहरुले हस्ताक्षर गरेका थिए । कोही पनि आफ्नो हस्ताक्षर नछुटोस् भन्ने कुरामा निकै सतर्क थिए । यसपछि अमृतप्रसाद डाँगे आएर भाषण गरे । निकै लच्छेदार र आक्रामक भाषण गरे । उनले देशमा मजदूरमारा पुँजीपतिहरुलाई संघर्षका माध्यमबाट ठीक ठाउँमा ल्याउनु पर्छ भने । मजदुरहरुमा अद्वितीय ताकत छ भनेर भाषण गरे । डाँगे निकै आक्रामक र भावनात्मक थिए । उनको भाषणबाट सबै प्रभावित भए पनि । मैले ६÷७ वर्षसम्म त्यही मजदुर भएर काम गरे । बम्बै त्यतिबेला विश्वको सातौं नम्बरको सहरमा गणना हुन्थ्यो । त्यहाँ बस्दा नेपालको पनि र अन्तर्राष्ट्रिय भेटघाट पनि हुने म पाँचछ वर्षसम्म त्यहाँ बसेको पत्तो नै पाएन । मजदुरसँगको सहकार्य र संगठनप्रतिको लगााब निकै गहिरिएर गयो । मलाई आश्चर्य लागेर आउँथ्यो र आज पनि लाग्छ कि मजदुरहरु आफ्ना युनियनका झण्डाहरु हातमा लिएर संघर्षमा उत्रिएपछि उनीहरुको नेतृत्वमा पूरै कलकारखाना ठप्प हुने गर्दथे । रेलवहरु पूरै ठप्प पारिए । विजुलीहरु बलेकै छन्, पंखाहरु चलेकै छन् । तर काखानाहरु सबै खाली छन् । एकजना पनि मजदुर काममा छैन । तर मलाई अर्को आश्चर्य त के कुरामा लागेर आयो भने सरकारले त्यति ठूलो हड्ताललाई दबाएर छाड्यो । रेलवे मन्त्री जर्ज फण्डान्डिस भन्ने थियो, त्यतिबेला । उसले त्यो हडताल पूरै दबाइदियो । हामीले त त्यति ठूलो मजदुर आन्दोलन कसले दबाउन सक्ला भनेका थियौं । त्यो आन्दोलन दबाइन्छ भनेर त कल्पनासम्म पनि गरेका थिएनौ । रेलवे मजदुरहरुलाई प्रहरी लगाएर गोरु चुटाइ लगाउन सुरु गर्यो । मजदुरुहरुलाई रेलवेबाट बाहिर निकालिदियो । सबैलाई कामबाट निकालिदियो । यो आन्दोलन सफल हुन सकेन । तुहिएर गयो । नेता अमृतप्रसाद डाँगे अन्य कार्यक्रमहरुलाई संबोधन गर्न हिंडिसकेका थिए । उनी त्यहाँ हुँदासम्म केही पनि गरेन । डाँगेलाई समातेपछि त खुन खराब हुने स्थिति थियो । गोली चल्ने भयो । ठीक यही कुरा छल्दै पुलिसले उनी नभएको मौका छोपेर एक्लाएक्लै बनाएर मजदुरमाथि धावा बोलेको थियो । यदि यो हडताल आन्दोलनमा बदलिएको भए देशमा गृहयुद्ध हुने संभावना थियो । त्यसपछि पनि मजदुर संगठन र आन्दोलनको तयारीमा जुटेका थिए । उनीहरुले पुनर्गठन गर्दै थिए । मकहाँ खबर पनि पठाएका थिए । म केही दिनपछि घर फर्किए । नेपाल आएँ । मेरो दिमागमा बम्बैको मजदुर आन्दोलन घुमिरहेको थियो । मैले त गाउँमा आएर पनि बम्बैको जस्तै मजदुर आन्दोलन हुनसक्छ भनेर कल्पना गर्न थाले । तर गाउँमा त अर्कै ताल पो थियो । त्यहाँ त महाराजका तालहरु थिए । सामन्ती तालहरु थिए । नंगरा बेचेर खाने शोषकी तालहरु थिए । गाउँमा 'महाराजी नंगरा' भन्ने चलन थियो । त्यो नंगरा ठकुरीहरुले मात्र प्रयोग गर्दथे । अरु कसैले त्यो खालको बाजागाजा हाल्न वा प्रयोग गर्न पाउँदैनथ्यो । यदि कसैले चाहेमा त्यो महंगोमा किनेर प्रयोग गर्नु पर्दथ्यो । हाम्रा गाउँमा दुईजना महाराजहरु थिए । ती दुवै शाही खलकका थिए । उनीहरुले रावत, विष्टहरुसँग नंगरा बेच्ने र हजारौं रुपैया कर दस्तुर लिने गर्दथे । नंगरा बेच्नेहरुको पनि र किनेर नंगरा नचाउनेको पनि होड चल्ने गर्दथ्यो । म कहाँको मजदूर आन्दोलनमा रमाएको, उनीहरु कहाँको नंगरा बेच्दै र खाँदै गरेका । सामान्य रुपमा खटपट र विमतिहरु मनभित्रबाट सुरु हुन थालिहाल्यो । एकदिन उनीहरुले घुम्न जाऔं भनेर मलाई लिएर गए । साथमा त गएँ, तर उनीहरु दण्ड गर्दा रहेछन् दिनका दिन । उनीहरुले झुट्ठा मुद्दा बनाएर दोषी देखाउने र दण्ड गर्ने गर्दा रहेछन् । एक ठाउँमा गयौं । त्यहाँ बिष्टको घर थियो । त्यहाँ मेरो पैसा दिएन भन्ने उजुरी रहेछ । पैसा तिर्ने दलित थरका थिए । उनलाई बोलाएर निकै हिनामिना पार्न थाले । उनी त्यही बसेर रोए । साथ दिने कोही पनि थिएन । मैले यी सबै हेरिरहेको छु । यो देखेर मन मेरो निकै कुढियो । पैसा तत्काल दिनका लागि छैन भनेपछि त्यति बेलाको २४० रुपैयाँ व्याजमात्र भयो भनेर सुनाए । उनी बरर आँशु काढेर रोए । मैले हेरिरहेको थिए, मेरो पनि आँखाबाट आँशु आइहाल्यो । भन्न चाहीं मैले केही पनि सकेन । उनीहरुले जाऔं भनेर साथी बनाएर लगेका छन्, बोल्नु पनि के ? पहिलो पटक साथ लागेर गएको छु । तर अत्याचार सहिनसक्नुको छ । कुरा गर्दागर्दै त्यही बिष्टले त्यो दलितको जग्गा मूल्य गरेर लियो । उनको उठिबास भयो । मलाई असाध्यै पीडा भएपछि तपाईहरु बस्नुस्, मेरो घरमा काम छ भनेर म उठेर हिंडे । पछि त उनीहरु र मेराबीचमा खटपट बढेर जान थाल्यो । म पनि सहेर बस्ने अवस्थामा रहेन । उनी र मेरो बीचमा मिलाप नै भएन । म पढेलेखेको पनि र बलियो पनि । मलाई उनीहरुले 'बोडीगार्ड' राख्ने र लेखन्दास बनाउने उनीहरुको इच्छा रहेछ । त्यो पछि बुझियो । उनीहरुको स्वार्थ पूरा नभएपछि झगडा पनि भयो र एकअर्कामा हातपात पनि भयो । एक पटक सवालजवाफ निकै भएपछि मैले उनीहरुलाई समातेर सिस्नोको घारीमा फालिदिए । यसले आपसी कटुतामा निकै वृद्धि गर्यो । म पनि उनीहरुले दबाएर दब्ने अवस्थामा थिएन । अत्याचार त मलाई देखि सहन निकै कठीन हुन्थ्यो । २०३४ सालमा गाउँफर्क राष्ट्रिय अभियान लागू भयो । यो पञ्चायत कालको उत्कर्षको बेला थियो । गाउँमा प्रतिनिधिका लागि मेरो नाम सिफारीश भएर गयो । मलाई चासो नै थिएन, तर गाउँका सबै मिलेर यसो गरेका थिए । तर मेरै आफन्तहरु, जोसँग मरो मनमुटाब बढिरहेको थियो, उनीहरुले मलाई 'बम्बैको गुण्डा हो काम राम्रो गर्नेछैन' भनेर मुद्दा हालेका रहेछन् । त्यतिबेला गोप्य रुपमा नाम आउने र प्रतिनिधि बनाउने चलन थियो । त्यसपछि एकजना मेरै आफन्त मध्येका एक उनको नाम सिफरीश भएन भनेर जोगी भएको बाहना गरे । मैले गाउँको प्रतिनिधि भएर चलाएपछि शोसकी चाला हराउने र सत्ता अर्काको हातमा जाने डरले यो सबै गर्न लगाइयो । टाउकोमा खरानी हालेर जम्मु रुखको फेदमा बसेर जोगी भएको स्वाङ पारिरहे । जोगीको रुपमा बसिरहे । चिट्ठी आयो । खोलेर हेर्दा मेरोसँगै उनको नाम पनि आएको रहेछ । अब सिंदुरे जात्रा गर्न भनेर तयारी गरियो । मैले हातमा तेल कालो मोसो लिएर ती व्यक्तिको मुखमा घसिदिएँ । सार्वजनिक रुपमा उनको बदनाम भयो । अरुले अबीर घसेका छन्, उनको अनुहारमा कालोमोसो । त्यसपछि पुलिसले मेरो पिछा गर्न थाल्यो । तर हात हालेर समात्न भने सकेन । गाउँका मानिसहरुले भनेका रहेछन्– यिनलाई सानोतिनो बल र शक्तिले कायम गर्न सक्दैन भनेर । म एक्लै मात्र पनि थिएन । मेरा पछाडी बलिया युवाहरु थिए । गाउँमा बस्न पनि थालियो । तर उनीहरुले मेरा विरुद्धमा अफवाह छर्न थाले । 'यो गुण्डा हो, यसले देख्ने बित्तिकै छुरा हानेर मार्छ' भनेर प्रचार गराए । म कलिलो उमेर छँदै बाहिर गएको र भर्खरै मात्र आएकाले जनताले यो साच्चै के हो त भनेर बुझिसकेका पनि थिएनन् । विचारका हिसाबले त कुरै हुन पाएको थिएन ।
2019/06/20 15:51:59
https://moolbato.com/2019/01/24626/
mC4
चेपुवामा ओली, राजिनामा दिन चौतर्फी दबाव ! – Everest Pati चेपुवामा ओली, राजिनामा दिन चौतर्फी दबाव ! काठमाडौं, दुई विवादास्पद अध्यादेशबाट सुरु भएको आन्तरिक विवाद अब नेकपा र सरकारको नेतृत्व परिवर्तनको बहससम्म पुगेको छ। उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी दुबै पदबाट राजीनामा दिन सुझाब दिएका खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन्। तर, ओलीले राजीनामा नगर्ने र सम्भावित सबै चुनौती सामना गर्ने जवाफ दिएका छन्। स्थायी समितिका २० सदस्यले लिखित माग गरे पनि अध्यक्ष ओलीले तत्काल बैठक बोलाउन स्वीकार गरेका छैनन्। तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेल र प्रवक्ता नारायणकाजी श्रेष्ठ बैठक बोलाउनुपर्ने पक्षमा छन्। यही विषयमा छलफल गर्न ओलीले प्रचण्ड, नेपाल र गौतमलाई बालुवाटार बोलाएका थिए। मन्त्रिपरिषदले अध्यादेश पारित गरेर राष्ट्रपतिबाट जारी भएको दिन बसेको स्थायी समिति बैठकमा खरो आलोचना गरेका वरिष्ठ नेता खनाल र प्रवक्ता श्रेष्ठलाई भने ओलीले शनिबार बालुवाटार बोलाएका थिएनन्। तर, अध्यादेश जारी हुने दिन नरम देखिएका गौतमले भने ओलीको खरो आलोचना मात्र गरेनन्, ओलीको नेतृत्व असफल भएको भन्दै दुबै पदलबाट राजीनामा पनि मागे। 'अब हामीलाई धेरै नधम्क्याउनुस्, बरु प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिएर बालकोट जानुस्, आराम गरेर बस्नुस्,' स्रोतका अनुसार गौतमको भनाई थियो, 'तपाईं मेरो लामो समयदेखिको साथी हो, त्यसैले भलाइकै लागि राम्रो सुझाब दिएको हुँ ।'आफूले राजीनामा दिए कसलाई प्रधानमन्त्री र कसलाई अध्यक्ष बनाउने तयारी छ भनेर ओलीले गौतमलाई सोधेका थिए। गौतमको जबाफ थियो, 'तपाईंले राजीनामा दिएपछि पार्टीले विधिसम्मत प्रक्रियाबाट निर्णय गर्छ। तर, सरकारलाई असफल र पार्टीलाई बदनाम बनाएर तपाईं बसिरहन मिल्दैन।'
2021/06/24 13:08:45
https://everestpati.com/archives/3294
mC4
इलाम नगरपालिकाको मिति २०७३-०४-१४ का दिन बसेको २१औ विशेष नगर परिषदको निर्णयानुसार २० औ नगर परिषदबाट पारित दररेटमा परिमार्जन भएको हुँदा यो सूचना प्रकासन गरिएको छ । परिमार्जित दररेटको लागि Supporting document हेर्नुहोला ।
OSCAR-2019
भारतमा एकै दिन १७ हजारमा काेराेना संक्रमण पुष्टि - १२ असार २०७७, NepalTimes १२ असार, नयाँदिल्ली। भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितहरूको दैनिक सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । शुक्रबार सार्वजनिक भएको तथ्याङ्कले पनि एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएको देखाएको छ । मन्त्रालयकाअनुसार पञ्जाबमा सात जना, कर्नाटकमा छ जना, तेलङ्गनामा पाँच जना, राजस्थानमा चार जना र जम्मु कश्मिरमा दुई जनाको कोरोनाका कारण मृत्यु भएको छ ।पीटीआई/रासस
2020/11/24 12:16:41
https://nepaltimes.net/%E0%A4%AD%E0%A4%BE%E0%A4%B0%E0%A4%A4%E0%A4%AE%E0%A4%BE-%E0%A4%8F%E0%A4%95%E0%A5%88-%E0%A4%A6%E0%A4%BF%E0%A4%A8-%E0%A5%A7%E0%A5%AD-%E0%A4%B9%E0%A4%9C%E0%A4%BE%E0%A4%B0%E0%A4%AE%E0%A4%BE-%E0%A4%95/
mC4
आईसीसीले पठायो क्रिकेटरको २ वर्षको तलब | Hakahaki आईसीसीले पठायो क्रिकेटरको २ वर्षको तलब २६ माघ ०७५, काठमाडौं । अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले नेपाली राष्ट्रिय क्रिकेट खेलाडीको २ वर्षदेखि रोकिएको तलब सुविधा एकमुष्ट निकासा गरेको छ । आईसीसीले राष्ट्रिय खेलकुद परिषद (राखेप)को खातामा १ करोड २७ लाख ८७ हजार ७ सय ८२ रुपैयाँ जम्मा गरेको हो । राखेप सदस्यसचिव केशव कुमार विष्टको पहलमा खेलाडीको तलब बापतको रकम निकासा भएको हो । हालै यूएईमा भएको एकदिवसीय र ट्वान्टी–२० शृङखला जितेर फर्किएपछि नेपाली खेलाडीले विमानस्थलमै लामो समयदेखि तलब नपाएकोमा गुनासो गरेका थिए । कप्तान पारस खड्का र प्रशिक्षक जगत टमाटासँगको सल्लाहमा राखेपले खेलाडीको वर्गीकरण पुनःमूल्यांकन गरी आईसीसीमा पठाएको थियो । जस अनुसार २१ जना क्रिकेटरलाई ३ तहमा विभाजन गरिएको थियो । श्रेणी 'क' मा कप्तान पारस, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी छन्। उनीहरुले मासिक ३५ हजार रुपैयाँ तलब पाउँछन् । उनीहरुका लागि २ वर्षको ५८ लाख ८० हजार रुपैयाँ आईसीसीले निकासा गरेको छ । श्रेणी 'ख'मा आरिफ शेख, करण केसी, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी र शक्ति गौचन छन्। उनीहरुले मासिक २५ हजार रुपैयाँ पाउनेछन्। यस श्रेणीका खेलाडीका लागि आईसीसीले २ वर्षको तलवस्वरुप ४२ लाख रुपैयाँ निकासा गरेको छ । श्रेणी 'ग' मा सुवास खकुरेल, सागर पुन, दिलिप नाथ, सुनील धमला, शुसान भारी, किशोर महतो र विनोद भण्डारी छन्। उनीहरुको मासिक १५ हजार तलब अन्तर्गत २ वर्षको २५ लाख २० हजार रुपैयाँ निकासा भएको छ । तीन वर्षअघि घरेलु क्रिकेटको नियमक निकाय नेपाल क्रिकेट संघ क्यान निलम्बन परेपछि खेलाडीको सुविधामा आईसीसीले जिम्मा लिएको थियो । निलम्बनपछिको एक वर्षको तलब पठाए पनि बाँकी दुई वर्षको तलब आएको थिएन । राखेपले ३ पटकसम्म तलब निकासा गर्न आईसीसीलाई ताकेता गरेको थियो । सुरुमा दुई किस्ता गरेर भुक्तानी गर्ने भनिए पनि आईसीसीले २ वर्षको एकमुष्ठ पठाएको हो ।
2022/05/26 12:08:05
http://www.hakahaki.com/2019/02/09/%E0%A4%86%E0%A4%88%E0%A4%B8%E0%A5%80%E0%A4%B8%E0%A5%80%E0%A4%B2%E0%A5%87-%E0%A4%AA%E0%A4%A0%E0%A4%BE%E0%A4%AF%E0%A5%8B-%E0%A4%95%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%95%E0%A5%87%E0%A4%9F%E0%A4%B0%E0%A4%95.html
mC4
केन्द्रीय नेताहरूले नेतृत्व गर्ने : आज सरकारको विरोधमा कांग्रेसको देशव्यापी शक्ति प्रदर्शन | सिमपानी घर राजनीति केन्द्रीय नेताहरूले नेतृत्व गर्ने : आज सरकारको विरोधमा कांग्रेसको देशव्यापी शक्ति प्रदर्शन केन्द्रीय नेताहरूले नेतृत्व गर्ने : आज सरकारको विरोधमा कांग्रेसको देशव्यापी शक्ति प्रदर्शन काठमाडौं, २१ माघ २०७५ । नेपाली कांग्रेसले सरकारको विरोधमा आज ७७ जिल्लामा शक्ति प्रदर्शन गर्ने भएको छ। विरोध प्रदर्शनका लागि अधिकांश शीर्ष तहका नेताहरू आफ्नो गृह पुगिसकेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले गृह जिल्ला तनहुँको विरोध प्रदर्शनको नेतृत्व गर्नेछन्। महामन्त्री डा शशाङ्क कोइराला नवलपुरका विरोध सभामा सहभागी हुनेछन् । पार्टी प्रवक्ता विश्व प्रकाश शर्मा चितवनको विरोध सभामा सहभागी हुनेछन् । चितवनको सभा अहिलेसम्मकै विशाल हुने प्रवक्ता शर्माले दाबी गर्नुभयो । अर्का नेता शेखर कोइराला मोरङको प्रदर्शनमा सहभागी हुनेछन् । युवा नेता गगन थापा पोखराको विरोध सभामा सहभागी हुन सोमबार बिहान जाँदैछन् । पार्टीले केन्द्रीय नेताहरुलाई जिल्ला जानको लागि निर्देशन भने जारी नगरेको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो । केन्द्रीय राजधानीमा हुने विरोध प्रदर्शन सहरका विभिन्न स्थानबाट निस्केर रत्नपार्कस्थित शान्ति बाटिकामा पुगी सभामा टुंगिने छ। सभालाई केन्द्रीय नेताहरूले सम्बोधन गर्ने काठमाडौं जिल्ला सभापति सबुज बानियाँले जानकारी दिए। उपत्यकामा ललितपुर र भक्तपुर जिल्ला समितिले पनि छुट्टा छुट्टै कार्यक्रम गर्नेछन् । सरकारको विरुद्धमा माघ १३ गते बसेको केन्द्रीय समितिको बैठकले देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको थियो । विरोध प्रदर्शनमा कांग्रेसले उठाउने मुद्धाहरु: १ संसदमा माघ ११ गते भएको बलजफ्तीको घटना, प्रधानमन्त्री स्वयंको अग्रसरतामा भएको सम्झौता विपरीत चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्य र डा। गोविन्द केसीको अनसनप्रति संवेदनहीन व्यवहार । २ स्वर्गीय नेताहरू— गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका जी।पी। कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई नामेट गर्न सरकारले गरेको असफल प्रयास । ३ प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको उपस्थिति बिना संवैधानिक परिषद्को बैठक डाकेर नियुक्तिका घटना । ४ देशव्यापी रुपमा बढेको हिंसा, हत्या र बलात्कार जस्ता जघन्य अपराध नियन्त्रण गर्न सरकार असफल भएको मुद्धा । ५ महंगी, भ्रष्टाचार एवं अनेकौं जनविरोधी निर्णयहरू । ६ जिल्ला स्तरमा रहेका स्थानीय मुद्दाहरू । ७‍‍। वाइडबडी जहाज खरिदमा भएको अर्बौंको घोटालाबारे गम्भीर ढंगले गहिरो छानबिन गर्न आवाज उठाउने। ८‍ नेपाल देश आफैले निर्माण गर्नु उपयुक्त हुने र गर्न सकिने ठहर गरिएको बुढी गण्डकी बहुउदेश्यीय परियोजनाबिना प्रतिष्पर्धा विदेशी कम्पनीलाई सुम्पिनुका पछिल्तिर, के रहस्य लुकेको छ ? ९ आवश्यकता भन्दा दोब्बर बढी रुख काट्ने प्रस्तावका कारण उत्पन्न विवाद अन्त्य गरी, निजगढ विमानस्थल निर्माण गर्ने प्रकृयामा ढिलासुस्तीको विषय । १० ३३ किलो सुन काण्डमा 'ठुला माछा' सरिक छन् भनेर गृहमन्त्री स्वयंबाट आएको अभिव्यक्ति अनुरुपका ती ठूला माछा को हुन् र सरकार किन तिनलाई पक्राउ गरिरहेको छैन ? ११ प्रदेश ५ मा प्रदेश सभा सचिवालयले ११ वटा गाडी खरिद गर्दा वास्तविक बजार मूल्य भन्दा बढी निकासा गरी गरिएको भ्रष्टाचार ।
2022/01/20 18:08:56
https://www.simpaninews.com/2019/02/8118/
mC4
Home - नेपाल भ्रमण समाचार नेपाल समाचार भ्रमण नेपालटाउरन्युज.कॉम नेपालको अग्रणी वेब पोर्टल हो जसले यात्रा र पर्यटन उद्योगको सबै पक्षमा समाचार कभर गर्दछ। समाचार पोर्टल सही र सन्तुलित समाचार र यात्रा तथा पर्यटनका बारे विचार व्यक्त गर्न प्रतिबद्ध छ। ट्राभल उद्योगमा मुख्य कथाहरू यसको होमपेजमा प्रत्येक दिन चित्रित हुन्छन् र कथाहरू पर्यटन उद्योगको विभिन्न वर्ग अन्तर्गत वर्गीकृत गरिन्छ। सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित ' भिजिट नेपाल २०२० ' अभियान संचालन गरिने नेपाल टुर न्यूज संवाददाता — काठमाडौँ – अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्यसहित आर्थिक वर्ष २०७५/७६ का लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेपछि मिस्रित प्रतिक्रिया देखापरेको ... सन् २०२० लाई 'नेपाल भ्रमण वर्ष ' घोषणा गरिने , वार्षिक १५ लाख पर्यटक आगमनको लक्ष्य काठमाडौँ – विगतमा चलाइएका विभिन्न प्रवद्र्धनात्मक अभियानले बढीभन्दा बढी पर्यटक भित्र्याउन सफल भएको सरकारले आगामी सन् २०२० भित्र वार्षिक १५ लाख पर्यटक ल्याउने लक्ष्य लिएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय अभियान चलाएर सन् २०१७ मा करिब १० लाख पर्यटक भित्र्याउन सफल भएको सरकारले सन् ... नेपालमा रेलमार्ग निर्माण प्रक्रिया तीव्र , देशका विभिन्न भाग जोड्ने योजना चितवन – नेपालमा रेलमार्ग निर्माणको प्रक्रिया तीव्र गतिमा अगाडि बढाइएको छ । पूर्व–पश्चिम, केरुङ–काठमाडौँ, वीरगञ्ज–काठमाडौँ र भारतीय सीमाका पाँच ठाउँमा क्रस बोर्डर कनेक्टिभिटी रेल निर्माण प्रक्रियालाई तीव्ररुपमा अगाडि बढाइएको हो । यससँगै जयनगर–जनकपुर रेलमार्ग अन्तिम चरणमा पुगेको छ । सो मार्गमा आउँदो वर्ष रेल गुडाउने रेल विभागका अधिकारीहरुले बताएका ... सगरमाथा आरोहण क्रम जारी ,कामी रिता शेर्पाद्वारा २२ पटक आरोहण गरी विश्व कीर्तिमान नेपालटुरन्यूज संवाददाता — काठमाडौँ – यस वर्ष विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण क्रम शुरु भएको चौथो दिन आज कामी रिता शेर्पाले २२ पटक सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका छन् / विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने पर्वतारोहीको संख्या अव २७७ पुगेको छ / ... पर्यटक, खोज, उद्धार, उपचार तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७५' काठमाडौँ/ पर्यटकको उद्धार अबदेखि सम्बन्धित ट्राभल एजेन्सीले नै गर्नुपर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले 'पर्यटक, खोज, उद्धार, उपचार तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७५' स्वीकृत गर्दै विपतमा परेका पर्यटक तथा सहयोगी हराएमा वा बेपत्ता भएमा खोजी गर्ने प्राथमिक दायित्व एजेन्सीकै हुने व्यवस्था गरेको हो । पर्यटकको उद्धारको नाममा फर्जी उद्धार ... पाँच वर्षभित्र प्रदेश १ मा पाँच लाख विदेशी पर्यटक : मुख्यमन्त्री विराटनगर – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आगामी पाँच वर्षभित्र प्रदेशमा पाँच लाख विदेशी पर्यटक भित्र्याइने बताउनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आयोजित वायु सेवा कम्पनीहरुको सेवा प्रवाह एवं विमानस्थलका लागि भावी योजना विषयक अन्तक्र्रिया कार्यकममा उहाँले प्रदेशमा रहेका धार्मिकस्थल र हिमाली क्षेत्रमा आवश्यक ...
2021/10/28 14:53:52
https://nepaltournews.com/ne/
mC4
Nagarik News - No. 1 News Portal of Nepal – Latest news of Nepal, राष्ट्रिय दैनिक - प्रदेश २ मा सरकार बनाउन पहल गर्ने राजपाको पहल बिहिबार, १३ पुष २०७४, ०८ : ४२ | भुवन शर्मा काठमाडौं- राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले २ नम्बर प्रदेशमा आफू र संघीय समाजवादी फोरम नेपाल गठबन्धनको सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ । यी दुई दल २ नम्बर प्रदेशमा गठबन्धन बनाएर प्रदेश र प्रतिनिधिसभा निर्वाचन लडेका थिए । राजपा राजनीतिक समितिको बुधबारको बैठकले फोरमसँग मिलेर सरकार गठन गर्न अघि बढ्ने निर्णय गरेको हो । बैठकले संघीय फोरमसँग निर्वाचनमा भएको सहकार्यलाई प्रदेश सरकार गठनमा पनि निरन्तरता दिने निर्णय लिएको छ । 'दुई नम्बर प्रदेशमा मधेस सरकार गठन गर्न अघि बढ्ने निर्णय गरेका छौं', बैठकपछि राजपा अध्यक्षमण्डलका सदस्य शरतसिंह भण्डारीले नागरिकसँग भने । बैठकले राष्ट्रियसभा निर्वाचनका लागि एकल संक्रमणीय निर्वाचन प्रणालीका पक्षमा पार्टीलाई उभ्याउने निर्णय पनि गरेको छ । सरकारले एकल संक्रमणीय प्रणालिका आधारमा राष्ट्रियसभा गठन गर्ने प्रावधान राखेर ल्याएको अध्यादेश राष्ट्रपति कार्यालयमा अड्किएको छ । बैठकले राष्ट्रपतिले सरकारले स्वीकृतिका लागि पेस गरेको सो अध्यादेश रोक्न नहुने निष्कर्ष पनि निकालेको छ । समावेशी सिद्धान्त कार्यान्वयन गर्न पार्टी एकल संक्रमणीय निर्वाचन प्रणालीको पक्षमा उभिएको जानकारी भण्डारीले दिए । बैठकमा निर्वाचन समीक्षा, निर्वाचन आयोगमा पठाउने प्रदेशसभा समानुपातिक सदस्यको नामावलीलगायत विषयमा पनि छलफल भयो । बैठकको मुख्य अजेन्डा प्रदेशसभामा समानुपातिक प्र्रणालिअन्तर्गत पार्टीबाट निर्वाचित हुने सदस्यको नाम टुंगो लगाउने भए निर्णय भएन । राजनीतिक समितिको बैठकले समानुपातिकतर्फबाट सांसद हुने नाम टुंगो लगाउन नसकेपछि यसको जिम्मा अध्यक्षमण्डलका सदस्यलाई दिएको जानकारी भण्डारीले दिए । उनका अनुसा शुक्रबारसम्म अध्यक्षमण्डलका सदस्यहरूको बैठक बसेर नाम टुंगो लगाएर निर्वाचन आयोगमा पठाउने सहमति भएको छ । बिहीबार अध्यक्षमण्डलको बैठक बस्नेछ । राजपाले समानुपातिकतर्फ २ नम्बर प्रदेशमा १०, प्रदेश नम्बर ५ मा १ र प्रदेश नम्बर ७ मा १ सिट पाएको छ । राजपालाई २ नम्बर प्रदेशबाट निर्वाचन आयोगमा पठाउने नाम टुंगो लगाउन सकस भएको छ । २ नम्बर प्रदेशमा राजपाले पाएको १० सिटका लागि ७ महिला र तीन पुरूषको नाम पठाउनुपर्नेछ । पुरूषको नाममा सहमति जुटाउन सकस भएको स्रोतले बतायो । तीन पुरूष सिटमा आदिवासी, जनजाति, थारू, मुस्लिम, दलित, मधेसीको कलष्टर पनि मिलाउनुपर्ने बाध्यता छ । राजपा सहमहामन्त्री डा. सुरेन्द्र झाले वरिष्ठता, क्षमता, कार्यशैली, विगतको पुष्ठभूमि, मधेस आन्दोलनमा सक्रियतालगायतलाई आधार मानेर नाम चयन गरिने बताए । यसअघि पार्टीले आयोगमा बुझाएको २ नम्बर प्रदेश समानुपातिक बन्दसूचीमा पुरूषतर्फ रामनरेश राय यादव, जानकीशरण साह, नेत्रविक्रम साह, विनोदकुमार सिंह, काशीराम यादव, केशव झाको नाम अग्रपंक्तिमा छ । यसैगरी महिलातर्फ बविताकुमारी चौधरी, निलमदेवी भुमियार, अञ्जुकुमारी, डिम्पल झा, निराकुमारी साह, अल्काकुमारी चौधरी, रिना यादवको नाम अग्रपंक्तिमा छ ।
2020/01/28 08:25:19
https://nagariknews.nagariknetwork.com/news/33360/
mC4
Naya Bikalpa | फर्जी मतदाता बनाएर चुनाव गराउन खाेजेपछि एनआरएन अमेरिका विघटन गर्ने आईसिसिको चेतावनी - Naya Bikalpa फर्जी मतदाता बनाएर चुनाव गराउन खाेजेपछि एनआरएन अमेरिका विघटन गर्ने आईसिसिको चेतावनी - Naya Bikalpa प्रकाशित मिती: २०७८ बैशाख २, १५: ५०: ५४ काठमाडौं –गैरआवासीय नेपाली संघ राष्ट्रिय कार्यसमिति अमेरिका फेरि अप्रमाणित मतदाता तयार गरी जवर्जस्ती चुनाव गराउन खोजेपछि विघटनको संघारमा पुगेको छ । अमेरिका एनआरएन नेतृत्वको अकर्मन्यताको कारण अमेरिका जस्तो देशमा बसेर पनि नक्कली मतदाता बनाएर नेतृत्व हत्याउने काम गर्ने परम्परालाई वर्तमान अध्यक्षले निरन्तरता दिएपछि विवाद सतहमा आएको हो । अमेरिकामा यसरी नक्कली मतदाता बनाउने कामको शुरुवात डा. केशव पौडेलको पालादेखि शरु भएको थियो । मतदाता सदस्यहरु आफूखुुसी बनाइएको र सन् २०१९ का दुई हजार ९३ जना फर्जी मतदाता भनी विभिन्न छानविन समितिले किटानी रिपोर्ट दिएको थियो । सबै फर्जी मतदाता यसपल्ट पनि सदस्य बनाइएकाले सदस्यता प्रमाणीकरण गरेर फर्जी मतदातालाई हटाएर मात्र चुनाव गर्ने दवावमा एनआरएनए अमेरिका छ । तर, यस्तो दवावलाई वेवास्ता गर्दै यही मे महिनाको अन्तिम साताका लागि चुनाव गराउने कार्यतालिका प्रकाशन गरेपछि अप्रमाणित सदस्यबाट हुने चुनावको मान्यताबारे प्रश्न उठेको हो । जवर्जस्ती चुनाव गराउन खोजेको भन्दै एनआरएनए अमेरिकाकी महिला संयोजक उमा कार्की थापा, आईसीसीका सदस्यहरु प्रमोद सिटौला, होम गौतम, डा विष्णुमाया परियार, स्वराज खाती, यमुना भट्टराई, डा. हरि दाहाल र पुरुषोत्तम बोहराले एनआरएनए अन्तर्राष्ट्रिय समितिसमक्ष निर्वाचन प्रक्रिया तत्काल रोक्न निर्देशन दिन भन्दै निवेदन दिएका छन् । निवेदकहरुले मतदाता नामावली प्रकाशन गर्नुपर्नेमा प्रमाणीकरण नै नभई निर्वाचन आयोगले निर्वाचनको प्रयास गर्नु दुरासयपूर्ण रहेको, आईसीसीका उपाध्यक्ष सोनाम लामाको नेतृत्वमा बनेको प्रमाणीकरण कमिटीले काम पूरा नगर्दै निर्वाचनमा जाने गरी अटेर गरेको, आईसीसीको निर्देशनविपरीत निर्वाचन कार्यतालिका प्रकाशन गरेको, अघिल्लो निर्वाचनमै पद र प्रविधिको दुरुपयोग गरेर अमेरिकी अदालतमै मुद्धा खेपिरहेका प्रमुख निर्वाचन आयुक्तले गराएको निर्वाचन मान्य नहुने जस्ता आधार दिए रतत्काल निर्वाचनको प्रक्रिया रोक्न आईसीसीका अध्यक्ष कुमार पन्तलाई पत्र लेखेका थिए । आईसीसीका महासचिव हेमराज शर्माले हस्ताक्षर गरी एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल साहलाई एक निर्देशनात्मक पत्र लेख्दै आईसीसीका निर्णयहरु लागू गर्न र वेवास्ता गरी निर्वाचनमा गए आईसीसीले मान्यता नदिन सक्ने उल्लेख गरेका छन् । आईसीसीका अध्यक्ष कुमार पन्त र उपाध्यक्ष तथा अमेरिकाको सदस्यता प्रमाणीकरणका लागि आईसीसीले बनाएको टोलीका संयोजक सोनाम लामाले अर्को निर्देशनात्मक पत्र लेखेर आईसीसीको प्रमाणीकरण टोलीका संयोजक लामालाई हालसम्म बनाएका सदस्यहरुको विवरण प्रमाणीकरणका लागि तत्काल उपलब्ध गराउन, दर्ता भइसकेका सदस्य आईसीसीको एमआईएस सिष्टममा अनिवार्य दर्ता हुनुपर्ने र सन् २०२१—२०२३ को नयां कार्यसमितिका लागि हुनुपर्ने चुनाव जुलाईभन्दा अगाडि नगर्न भनेका छन् । यी सबै निर्देशन, निवदेनलाई बेवास्ता गर्दै एनआरएनए अमेरिकाका अध्यक्ष सुनील साहले चुनाव मे मै हुने र आईसीसीले भनेजस्तो तत्काल साधारणसभा बोलाएर त्यसलाई अमेरिकी कानुनअनुसार प्रमाणित गराई जुलाईमा चुनाव गराउन नसकिने बताएका छन् । साहले अहिलेकै प्रक्रियाअनुसार गई चुनाव गराएर जुलाईमा हुने साधारणसभामा आईसीसीको निर्देशनअनुसारको प्रस्ताव साधारणसभामा लैजान सकिने जवाफ फर्काएका छन् । केन्द्रले विधिविपरीत फेरि धांधली गरेर चुनाव गराउन लागेको भन्दै तत्काल निर्वाचनको काम रोक्न निर्देशन दिने र एनआरएन अमेरिकाले केन्द्रको निर्देशनको पूरै वेवास्ता गर्दै निर्वाचन कार्यतालिका प्रकाशित गर्ने र मे महिनामै चुनाव गराउने अडान राख्दै काम अघि बढाउने गरेकाले केन्द्र र एनसीसी अमेरिकाबीच तीब्र विवाद देखिएको हो ।
2021/06/20 12:35:49
https://www.nayabikalpa.com/2021/04/22688
mC4
बन्द चिनी मिल सञ्चालन माग क्रान्ति शाह बुधवार, फागुन ३०, २०७४ 320 पटक पढिएको डेढ दशकदेखि बन्द रहेको सरकारी स्वामित्वको वीरगन्ज चिनी कारखाना। क्रान्ति शाह वीरगन्ज : डेढ दशकदेखि बन्द रहेको सरकारी स्वामित्वको वीरगन्ज चिनी मिल र कृषि औजार कारखाना पुनः सञ्चालन गर्न किसानले प्रदेश २ को सरकारसँग माग गरेका छन्। वीरगन्ज चिनी मिल र कृषि औजार कारखाना पुनः सञ्चालनको माग गर्दै पर्साका किसानले प्रदेश २ का मुख्यमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाएका छन्। किसान हकहित संघर्ष समिति पर्साका अध्यक्ष सहरुम राउतको नेतृत्वमा गएका पर्साका किसानले मंगलबार मुख्यमन्त्री लालबाबु राउत गद्दीलाई ज्ञापन बुझाएका हुन्। वीरगन्ज १५ स्थित मुख्यमन्त्रीको निजी निवासमा मंगलबार बिहानै पुगेर किसानले ज्ञापनपत्र बुझाएका हुन्। 'संविधानको धारा ३३ मा प्रत्येक नागरिकलाई रोजगारीको हक हुनेछ भनेर संवैधानिक ग्यारेन्टी गरिएको छ', ज्ञापनमा भनिएको छ, 'तर बारा, पर्सा, रौतहट मात्रै नभएर धनुषासम्मका किसानको आर्थिक जीवनस्तर उकास्न सक्ने वीरगन्ज चिनी मिल र कृषि औजार कारखना डेढ दशकदेखि बन्द रहेकाले हजारौं किसान मारमा परेका छन्। त्यसैले अविलम्ब दुवै कारखाना सञ्चालनका लागि माग गर्छौं।' डेढ दशकदेखि बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी मिलको अर्बौं रुपैयाँबराबरका उपकरण र भौतिक संरचना दिन प्रतिदिन जीर्ण भइरहेकोप्रति पनि आफूहरूले मुख्यमन्त्रीसमक्ष चिन्ता व्यक्त गरेको संघर्ष समितिका अध्यक्ष राउतले बताए। 'पर्सा, बारा र रौतहटका किसानका लागि आयस्रोतको मुख्य आधार नै वीरगन्ज चिनी कारखाना थियो', पर्साको जगरनाथपुरका किसान मित्रदेव कोहारले भने, 'खेतमा उखुको गन्ना (ठुटो) रोपेपछि छोरीबेटीको बिहे छिन्थ्यौँ, चलानी पुर्जी धितो राखेर ऋण लिन्थ्यौँ अनि छोरीबेटीको बिहेबारी गथ्र्यौं, पछि मिललाई उखु दिएपछि रकम भुक्तानी लिएर ऋण तिरिदिन्थ्यौँ, मिल चल्दासम्म हामीलाई गाह्रोसाह्रो पर्दा कहिल्यै पनि रुपैयाँ पैसाको कमी भएन।' पर्सा, बारा र रौतहटका झन्डै २० हजार किसानलाई पाल्दै आएको वीरगन्ज चिनी कारखाना बन्द भएको डेढ दशक भइसक्दा पनि सञ्चालनका लागि सरकारले कुनै वास्ता नदेखाएकाले अब प्रदेश सरकारसँग गुहार मागेको उनले बताए। तत्कालीन सोभियत संघ रुसको आर्थिक सहयोगमा सरकारले २०२१ साल देखि सञ्चालनमा ल्याएको वीरगन्ज चिनी कारखाना २०५९ सालमा बन्द भएको हो। तत्कालीन शाही सरकारले चिनी कारखाना घाटामा गएको भन्दै २०५९ साल फागुन १६ गते बन्द गर्ने निर्णय गरेको थियो। यसले पर्सा, बारा र रौतहटका गरी झन्डै २० हजार किसान प्रत्यक्ष मारमा परेका छन्। चिनी मिल बन्द हुँदा एक हजार पाँच सय जनाको रोजगारी पनि खोसिएको छ। यस्तै सरकारी स्वामीत्वकै वीरगन्ज कृषि औजार कारखाना पनि २०५७ सालमा बन्द भएको हो। सञ्चालनमा रहेका बखत एक हजार पाँच सयभन्दा बढीलाई रोजगारी दिनुका साथै झन्डै २० हजार किसानको उखु खरिद गर्दै आएको वीरगन्ज चिनी कारखाना र एक हजारलाई रोजगारी दिँदै आएको कृषि औजार कारखाना दुवै पुनः सञ्चालनमा ल्याउन सके पर्सा र बाराबाट रोजगारीका लागि युवाहरू खाडी मुलुकमा बिदेसिनु नपर्ने संघर्ष समितिका अध्यक्ष राउतले बताए। सरकारी स्वामित्वको वीरगन्ज चिनी मिल बन्द भएपछि निजी चिनी मिलले उखुको चलानी, ढुवानी र भुक्तानीमा बखेडा गर्दै आएका कारण उखु उत्पादक किसान समस्यामा पर्दै आएको उनको भनाइ छ। 'वीरगन्ज चिनी मिल बन्द भएपछि निजी मिलले उखुको उचित मूल्य नदिँदा पनि किसान मर्कामा परेका छन्', उनले भने। उखुको मूल्य निर्धारणमा बर्सेनि विवाद हुँदै आएको छ। ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री गद्दीले वीरगन्ज चिनी मिल र कृषि औजार कारखाना पुनः सञ्चालनका लागि प्रदेश सरकारले छिट्टै प्रक्रिया थाल्ने प्रतिक्रिया दिए। यसअघि बन्द वीरगन्ज चिनी सञ्चालनका लागि भन्दै २०७० असोजमा पर्सा र बाराका उखु किसान सम्मिलित संघर्ष समिति पनि गठन गरिएको थियो। समितिले वीरगन्जको घण्टाघर चोकमा वीरगन्ज चिनी मिल सञ्चालन माग गर्दै तीन दिनसम्म आमरण अनशन पनि गरेको थियो। त्यस बेलाका उद्योगमन्त्री अनिलकुमार झाले वीरगन्ज चिनी कारखाना सञ्चालनका लागि भन्दै वीरगन्जमै आएर अनशनकारीसँग सातबँुदे लिखित सहमति पनि गरेका थिए। डेढ दशकदेखि बन्द चिनी कारखाना सञ्चालनका लागि पटकपटक सरकारको ध्यानाकर्षण गराउँदा पनि कुनै वास्ता नहुनु पर्सा र बाराका किसानका लागि दुर्भाग्य नै भएको वीरगन्ज चिनी कारखानाका पूर्वप्राविधिक सहायक प्रबन्धक विनोद गुप्ताले बताए। बारा, रौतहट र सर्लाहीमा निजीक्षेत्रको लगानीमा चिनी मिल सञ्चालनमा आएपछि वीरगन्ज चिनी कारखनामा उखुको आपूर्ति घटेको थियो। यसले घाटामा गएको भन्दै सरकारले कारखाना बन्द गरेको गुप्ताको भनाइ छ।
2018/03/21 14:57:19
http://annapurnapost.com/news-details/93233
mC4
हस्ताक्षरसहित राणाले भने – म राजेन्द्र लिङ्देनको पक्षमा छैन – Nepal Views हस्ताक्षरसहित राणाले भने – म राजेन्द्र लिङ्देनको पक्षमा छैन काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता पशुपति शमशेर राणाले आफू राजेन्द्र लिङ्देनको पक्षमा नरहेको बताएका छन्। कमल थापालाई समर्थन गरिरहेका उनले शनिबार निर्वाचन शुरु भइसकेपछि सामाजिक सञ्जालमार्फत लिङ्देनलाई आफ्नो समर्थन नरहेको बताएका हुन्। आफूले लिङ्देनलाई समर्थन गरेको भन्दै कुप्रचार गरिएको बताउँदै उनले त्यसमा आपत्ति जनाएका छन्। उनले हस्ताक्षरसहित लेखेको हस्तलिखित चिट शेयर गरेका छन्। जसमा उनले लेखेका छन्, "कुनै कतत्वले फेसबुमा मैले राजेन्द्र लिङ्देनको पक्षमा अपिल गरेको भन्दै किर्ते पोष्ट गर्या देखेँ। यो सरासर झूट कुरा हो। यसको कडा खण्डन गर्दै म काँचो नेतृत्वको पक्षमा नरहेको प्रष्ट पार्न चाहन्छु।" उक्त पोष्ट थापाले आफ्नो वालमा शेयर गरेका छन्। महाधिवेशनस्थल भृकुटीमण्डपमा यतिबेला आगामी नयाँ नेतृत्वका लागि राप्रपामा हाल निर्वाचनको जारी छ। बेलुका पाँच बजेसम्म निर्वाचन हुने बताइएको छ। पर्टी नेतृत्वका लागि थापा र लिङदेनबीच प्रतिस्पर्धा हुँदैछ। थापालाई पार्टीका पूर्व अध्यक्ष राणाको समर्थन रहँदा लिङदेनलाई पूर्व अध्यक्ष प्रकाश लोहनीले समर्थन गरेका छन्।
2022/01/19 11:49:33
https://www.nepalviews.com/2021/12/04/20458/
mC4
तीन बाट 'एक' भएको राप्रपा फेरी तीन टुक्रा २०७४ साउन २२ गते २१:१४ काठमाडौँ, २२ साउन । एकीकरण पूर्व तीन टुक्रा रहेको राप्रपा एक भएको ८ महिनापछि पुनः तीन टुक्रा बनेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणाको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) गठन भएपछि राप्रपा पुनः तीन टुक्रामा विभाजित भएको हो । यअघि नै राप्रपाबाट बाहिरिएका डा.प्रकाशचन्द्र लोहनीको नेतृत्वमा एकीकृत राप्रपा (राष्ट्रवादी) गठन भइसकेको थियो । राष्ट्रिय प ... read more... विवादित वडा नं १९ को मतपरिणाम रणु कि देवी पोल्टामा जाला ? २०७४ साउन १९ गते १०:३३ चितवन, १९ साउन । सर्वाधिक चर्चित र विवादित चितवन भरतपुर महानगरपालिका वडा नं १९ मा भोली मतदान हुने भएको छ । सर्वोच्चको फैसलापछि वडा नं १९ मा पुनःमतदान हुन लागेको हो । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल पुत्री रणु दाहाल र नेकपा एमालेका देवी ज्ञवालीबीच रोमान्चित प्रतिस्पर्धा चलिरहेकै बेला मतपत्र एकाएक च्यातिएपछि निस्किएको विवाद सर्वोच्चसम्म पुगको थियो । सर्वोच्चको पुनःमतदान गर्ने फैसलासंगै विवाद साम्य ... read more... कडा सुरक्षा प्रवन्ध मिलाउने अठोट २०७४ साउन १८ गते १९:१० काठमाडौँ, १८ साउन । २ नम्बर प्रदेशमा आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा कडा सुरक्षाको प्रवन्ध मिलाउने सरकारका प्रमुख चार सुरक्षा निकायले अठोट गरेका छन् । सरकारका प्रमुख चार सुरक्षा अंगका प्रमुखहरु सम्मिलित बैठकले यस्तो अठोट गरेको हो । शान्ति सुरक्षाको प्रवन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता निर्वाचन आयोगमा बसेको सुरक्षा समितिको बैठकमा गरिएको हो । सुरक्षा समितिका संयोजक सुधिरकुमार शाहको अ ... read more... विवेकशील र साझा पार्टीबीच एकताले युवाहरुमा उत्साह २०७४ साउन ११ गते १८:२९ काठमाडौं, ११ साउन । दुई युवाले नेतृत्व गरिरहेका विवेकशील नेपाली दल र साझा पार्टीबीच एकता भएको छ । मुलुकलाई समृद्धितर्फ लैजाने मूल उद्देश्यका साथ एकता भएको एकीकरणपछि पार्टीको नाम 'विवेकशील साझा पार्टी' राखिएको छ । दुई पार्टीको एकीकरणपछि ३४ सदस्यीय केन्द्रीय समिति बनाइएको पत्रकार सम्मेलन जानकारी गराइयो । पार्टीको नेतृत्व अब रवीन्द्र मिश्रले नेतृत्व गर्ने भएका छन् भने विवेकशील नेपालीका उज ... read more... 'एक पेटी एक मार्ग अवधारणा' नेपालको समग्र विकासका लागि अवसर २०७४ साउन १० गते २२:२७ काठमाडौं, १० साउन । पूर्वप्रधानमन्त्री झलनाथ खनालले चीनको 'एक पेटी एक मार्ग' (ओबोर) अवधारणाबाट नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बताएका छन् । नेता खनालले भने,'एक पेटी एक मार्ग (ओबोर) अवधारणाबाट नेपालको बहुआयामिक क्षेत्रमा योगदान पुग्ने छ । उनले सो कुरा नेपाल–चीन मैत्री समाजले आयोजना गरेको 'एक पेटी एक मार्ग' (ओबोर) बाट नेपालको आर्थिक विकासमा योगदान& ... read more... ३३ प्रतिशत समावेश नगरिए महिला संघ आन्दोलनमा उत्रने २०७४ साउन ९ गते १५:०७ काठमाडौं, ९ साउन । नेपाल महिला संघकी अध्यक्ष उमा रेग्मीले अब गठन हुने मन्त्रीपरिषद्मा ३३ प्रतिशत महिलाको अधिकारलाई सुनिश्चित नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएकी छिन् । संघले आयोजना गरेको एक पत्रकार सम्मेलनमा बोल्दै उनले गठन हुनै लागेको मन्त्रीपरिषद्मा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व हुनुपर्ने माग राखिन् । संविधानमा व्यवस्था भएअनुसार मन्त्रीपरिषद्मा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व कायम हुुनुपर्ने ... read more... एमालेद्वारा गाडी तोडफोड गर्नेमाथि कारबाहीको माग २०७४ साउन ८ गते २०:४९ काठमाडौँ, ८ साउन । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल चढेको गाडीमाथि भएको तोडफोडको निन्दा गरको छ । वरिष्ठ नेता माधवकुमार नेपाल चढेको गाडि शनिबार रामेछापको मन्थलीमा तोडफोडको निन्दा गरेको थियो । पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले विज्ञप्ति जारी गर्दै तोडफोड गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले तोडफोडमा संलग्नलाई कडा कारबाहीको माग गरेका छन् । नेता नेपाल चढेको बा ५ ... read more... नोटमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको चित्र अंकित गर्न माग २०७४ साउन ६ गते १७:५१ काठमाडौं, ६ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमिति बैठकले मुुलुकमा राष्ट्रिय एकताको भावना अभिबृद्धि गर्न नेपाली नोटमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको चित्र अङ्कित गर्न माग गरेको छ । पार्टीले राष्ट्रिय एकता मजबुद पार्न विभिन्न अभियान समेत चलाउने जनाएको छ । निर्वाचनमा राप्रपा पराजय हुनुको कारणः तीन दिनसम्म चलेको केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीले लिएको हिन्दू राष्ट्र, संव ... read more... 'राजनीति एक दिन गर्ने चटके होइन' २०७४ साउन ५ गते १९:५१ काठमाडौं, ५ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लाभ र पदको लोभमा देशलाई अहित हुने काम गर्न नहुने बताएका छन् । उनले भने,'देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई कुठाराघात हुनेखालको काम प्रायोजित रुपमा हुन खोजेको छ । राजनीति एक दिन गर्ने चटके होइन, स्वार्थको खेल होइन, भ्रम फैलाउने पनि होइन, त्यस कारण लाभ र पदको लोभमा देशलाई कुठाराघात गर्ने काम गर्नुहुंदैन ।' नेपाल टे«ड य ... read more... यस्तो छ २ नम्बर प्रदेशमा नेपाली कांग्रेस पहिलो बन्ने रणनीतिक रोडम्याप २०७४ साउन ५ गते १९:२३ काठमाडौं, ५ साउन । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा अन्तर्घात गर्नेलाई तत्काल कारबाही हुने बताएका छन् । उनले भने,'पार्टीभित्रकै अन्तर्घातका कारण स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्नबाट बन्चित भएको हो । पार्टीको विरुद्ध निर्वाचनमा अन्तर्घात गर्नेलाई कारवाही गरिनेछ ।' तेस्रो चरणअन्तर्गत २ नम्बर प्रदेशमा हुने आ ... read more... प्रधानमन्त्रीको कार्यशैली आलसीपन र सुस्ती निरीहताको पराकाष्ठाः दाहाल २०७४ साउन ४ गते २२:०० काठमाडौं, ४ साउन । राजनीति विश्लेषक एवं बरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यशैलीलाई आलसीपन र सुस्ती निरीहताको परकाष्ठा भएको बताएका छन् । उनले भने,'नेपालका प्रधानमन्त्री एक महिनाभर सरकार गठन गर्न असमर्थ भइरहेका हुन्छन्, सचिवालय हुंदैन, सल्लाहकार नियुक्त हुंदैनन् । सहयोगी/विज्ञहरुको अभाव छ, चयन हुंदैन । यो भन्दा लाजमर्दो अरु के हुनसक्छ ?' प्रधानमन् ... read more... यसरी लत्रिए पशुपति राजा सा'व अध्यक्ष थापा काजीसंग २०७४ साउन ३ गते २२:४३ काठमाडौं, ३ साउन । अन्ततः राष्ट्रिय प्रजातन्त्र पार्टी नफुट्ने भएको छ । पार्टी अध्यक्ष कमल थापाले चलाखीपूर्व ४२ जना केन्द्रीय सदस्य मनोनित गरी केन्द्रीय समिति आफ्नो पक्षमा पारेपछि असंभव भएको हो । पार्टी फुटेर संसदमा मान्यता पाउन संसद र केन्द्रीय समितिमा ४० प्रतिशत पुग्नै पर्ने बाध्यता भएपछि पार्टी फुट्नबाट जोगिएको हो । पार्टी एकीकरणपछि डा. प्रकाशचन्द्र लोहनीको नेतृत्व पार्टी फुटेको थियो । राप्रपाब ... read more... भारतसंग युद्धको अन्तिम तयारीमा चिनियां सेना (भिडियोसहित) २०७४ साउन ३ गते २१:३५ काठमाडौं, ३ साउन । दोेक्लम नजिकै चीनले ११ घण्टा लामो सैन्य अभ्यास गरेपछि उक्त अभ्यासलाई भारतविरुद्ध युद्धको अन्तिम तयारीका रुपमा लिएको छ । चीन, भुटान र भारतको त्रिदेशीय सीमाक्षेत्र दोक्लममा जारी सीमा विवादका बीच चिनियां सेनाले सैन्य अभ्यास थालेको हो । चिनियां ११ घण्टा लामो सो सैन्य आक्रमणको अभ्यासलाई भारतलक्षित चेतावनीका रुपमा हेरिएको छ । अभ्यासमा विमान र ट्यांक ध्वस्त पार्ने अभ्यास भएको ... read more... काँग्रेसले स्व जोशीको सम्मानमा ३ दिन पार्टीको झण्डा आधा झुकाउने २०७४ असार ३० गते १३:४२ काठमाडौँ, ३० असार । नेपाली काँग्रेसले दिवंगत नेता रामहरि जोशीको सम्मानमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ । सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा सेको केन्द्रीय समितिको आकस्मिक बैठकले सो निर्णय गरेको हो । पार्टीका एक संस्थापक नेता जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै आइतबार एकदिन देशभरका पार्टी कार्यालय समेत बन्द गर्ने निर्णय गरेको छ । पार्टी सभापति एवम् प्रधानमन्त्री शे ... read more...
2019/08/20 01:50:32
http://cpostnews.com/category/politics/?pg=36
mC4
आज असारको १३ गते शुक्रबारबाट देशभरका हलमा बाबु छोराको सम्बन्धको कथा बोल्ने चलचित्र 'आप्पा' र तत्कालिन राजा पृथ्वीनारायण शाहले एकिकरणको अभियानमा कीर्तिपुरमा गरेको आक्रमणको कथा बोल्ने चलचित्र 'कीर्तिपुर' एकसाथ प्रदर्शनमा आएका छन् । 'आप्पा' का निर्देशक अनमोल गुरुङ हुन् । एउटा ड्राईभरले गाडी चलाउँदा केके भोग्न पर्छ भन्ने कथा चलचित्र 'आप्पा'ले उठान गरेको छ। बाबु छोराको सम्बन्धको कथा बोल्ने चलचित्रका कार्यकारी निर्माता माबो चेम्जोङ्ग हुन् । 'अ माउन्टेन स्टोरीज प्रोडक्सनु र 'सिनेमा आर्ट'को संयुक्त ब्यानरमा निर्माण भएको 'आप्पा'मा रुदेन सादा लेप्चाको लगानी रहेको छ । चलचित्रमा दयाहाङ राई, सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चा, बरिष्ठ निर्देशक तथा निर्माता तुलसी घिमिरे,अरुणा कार्की लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । 'आप्पा'मा निर्देशक अनमोल गुरुङको कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि कार्कीको छायाँकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन चलचित्रमा रहेको छ । त्यसैगरी पाँच वर्षअघि नै निर्माण गरिएको ऐतिहासिक चलचित्र 'कीर्तिपुर'मा प्रदीप खड्गीको निर्देशन रहेको छ । साहित्यकार बासु पासाद्वारा लिखित 'भैरवसिंह' नामक उपन्यासमा आधारित भएर निर्माण भएको 'कीर्तिपुर' मा यशराज गराच, हिसिला महर्जन, मदनदास श्रेष्ठ, शुशिल राजोपाध्याय, लक्ष्मी गिरी, सुरविर पण्डित, विनेश श्रेष्ठ आदि कलाकारहरुले अभिनय गरेका छन्। चलचित्रलाई अनन्तकुमार श्रेष्ठले निर्माण गरेका हुन् । चलचित्रमा अभिनेता यसराज गराजले पृथ्वीनारायण शाह तथा अभिनेत्री हिसिला महर्जनले कीर्तिलक्ष्मीको भूमिका निर्वाह गरेका छन्।
2022/06/26 23:41:03
http://artistkhabar.com/fimly/9149
mC4
'बुद्धभूमि बनाउन लागिपरेका छौँ' | Ratopati 'बुद्धभूमि बनाउन लागिपरेका छौँ' personरातोपाटी संवाददाता exploreकाठमाडौं access_timeजेठ १४, २०७६ chat_bubble_outline1 सिद्धार्थनगर नगरपालिका प्रदेश ५ को रूपन्देही जिल्लाको दक्षिणी भागमा अवस्थित छ । यो नेपाल–भारत सिमानामा पर्ने पाँचवटा मुख्य प्रवेशद्वारमध्ये एक महत्त्वपूर्ण नगरपालिका हो । पर्यटकीय, व्यापारिक र औद्योगिक केन्द्रका रूपमा स्थापित यो नगरपालिकाको नाम भगवान् गौतम बुद्धको बाल्यकालको नाम सिद्धार्थ (सर्वअर्थसिद्ध)बाट बनाइएको हो । भैरहवा रूपन्देही जिल्लाको सदरमुकाम हो । हाल सिद्धार्थनगर नगरपालिका वडा नं ७ मा पर्ने भैरहवा गाउँ नै पुरानो थलो हो । यो नगरपालिकामा १३ वटा वडा रहेका छन् । रूपन्देन्ही जिल्लाको सदरमुकाम बेथरीमा रहिआएकोमा वि.सं. १९९१ मा भैरहवामा सारिएको थियो । यहाँ रहेका विभिन्न स्मारक तथा कलावस्तुहरुले यसको पुरानो अस्तित्व प्रमाणित गर्न सघाएका छन् । स्थानीय निर्वाचन २०७४ मा यस नगरपालिकामा नेकपाबाट उम्मेदवारी दिएर मेयरमा विजयी भएका थिए– हरिप्रसाद अधिकारी । उनले निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवारलाई हराउँदै १४५२ मतको अन्तरले जितेका थिए । उनै अधिकारीसँग रातोपाटीको 'जनप्रतिनिधि संवाद'का लागि प्रतिक्षा भट्टले गरेको कुराकानीः तपाईंले आफ्नो नगरपालिकामा कस्ता योजनालाई प्राथमिकतामा राखेर काम गरिरहनुभएको छ ? –हामीले नगरपालिकामा सफाइ अभियानका लागि ढल निकासको कार्यक्रम सञ्चालन गरिरहेका छौँ । सिद्धार्थ नगरपालिका पर्यटकका हिसाबले अगाडि रहेको छ । यहाँ कृषि र कलकारखानाको सम्भावना ज्यादै न्यून छ । त्यसैले सिङ्गो नगरपालिकालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यका साथ अगाडि बढिरहेका छौँ । यो नगरपालिका गौतम बुद्ध क्षेत्रको प्रवेशद्वार भएको हुनाले सिङ्गो पर्यटकीय दृष्टिकोणलाई मध्यनजर गरेर विकासका कार्यक्रमहरुलाई प्राथमिकतामा राखेका छौँ । त्यसैले हामीले 'लुम्बिनी भिजन–२०७६' जस्तो कार्यक्रम अगाडि बढाएका छौँ । यो नगरपालिकालाई बुद्धमय बनाउन हामीले दुईवटा बुद्धको मूर्ति सिमानामा राखिसकेका छौँ । त्यसैगरी, लगभग साढे ५ करोडको लगानीमा २०० मिटर लामो बुद्ध गेटको निर्माण पनि गरिरहेका छौँ । यसैगरी लगभग साढे तीन अर्बको लगानीमा परिपथको डीपीआर निर्माण गरेका छौँ । हाम्रो आयस्रोत न्यून छ । हामीलाई जनताले बुझाउने कर एकदमै कम छ । वार्षिक आम्दानी ८, ९ करोड मात्रै छ । यहाँको आयस्रोतका लागि खोला, नाला केही पनि नभएको अवस्थामा पर्यटन एक मात्र आयस्रोतको विकल्प हो । तर पनि हामीले आन्तरिक स्रोत नभए पनि विभिन्न क्षेत्रबाट आर्थिक स्रोत जुटाएर काम अगाडि बढाइरहेका छौँ । यसैगरी, हामीले सपिङ कम्प्लेक्सको निर्माणको लागि डीपीआर तयार गरेका छौँ । विशेषतः सरसफाइलाई विशेष ध्यान दिएर तीन वर्षभित्र वातावरण स्वच्छ बनाउने र पर्यटनको क्षेत्रमा विशेष सुधार ल्याउने लक्ष्य लिएका छौँ । यद्यपि, आयस्रोतको अभावका कारण ठूला–ठूला योजनाहरु भने अगाडि बढाउन समस्या भइरहेको छ । स्थानीय तह र प्रदेशबीचको समन्वय कसरी गरिरहनुभएको छ ? –अहिले प्रदेश र सङ्घले अधिकार खोस्ने प्रक्रियामा गइरहेको छ । प्रदेश र सङ्घले यसरी स्थानीय तहको अधिकार खोस्ने हो भने सिंहदरबार गाउँगाउँमा भन्ने नारा नारामा मात्रै सीमित नहोला भन्न सकिन्न । प्रदेशले नगरपालिकामा जुन मान्छे राख्नुपर्ने हो त्यो मान्छे पठाउँदैन । स्थानीय तहलाई अत्यावश्यक कर्मचारीसमेत राख्ने अधिकार प्रदेशले दिएको छैन । प्रदेशले स्थानीय तहमा जो मान्छेको आवश्यकता छैन, तिनीहरुलाई प्रदेश आफैले भर्ती केन्द्रका रूपमा भर्ती गरेर पठाएको छ । हाम्रो नगरपालिका र प्रदेशबीच समन्वय खासै भएको छैन । प्रदेश र स्थानीय तहबीचको समन्वय लिखित रूपमा मात्रै सीमित भएको छ । हामीसँग प्रदेशले २ र ४ लाखका मात्रै योजनामा मात्र सहकार्य गरिरहेको छ । प्रदेश र सङ्घले भनेको ठूला योजना (२५ लाख, १ करोड, २ करोड) को योजना गर्नुपर्नेमा साना वडाले गर्ने जस्ता आयोजनाहरु ल्याएको छ । सङ्घ र प्रदेशले यस्ता साना आयोजनाका लागि पैसा विनियोजन गरेर सङ्घीयताको खिल्ली उडाएको छ । स्थानीय तहका मुख्य समस्या के–के हुन् ? –सबैभन्दा पहिले त हामीसँग जनशक्तिको अभाव छ । जनशक्ति भए पनि सिंहदरबारका अधिकार गाउँगाउँमा पुर्याउने भनेजस्तो जनशक्ति सक्षम छैनन् । हामी न दक्ष जनशक्ति भर्ती गर्न सक्छौँ न सरुवा न बढुवा । हामीसँग कुनै पनि अधिकार छैन । प्रदेश र सङ्घले पठाएको जनशक्तिमा स्थानीय निकायमा गर्नुपर्ने कामसम्बन्धी ज्ञान नै छैन । हाम्रा लागि जस्तो जनशक्तिको आवश्यकता छ ती जनशक्तिको एकदमै अभाव छ । साँचो भन्नुपर्दा हामीसँग राम्रोसँग कम्प्युटर चलाउन सक्ने पनि कर्मचारी छैनन् । यसैगरी, यो नगरपालिकामा आर्थिक समस्या पनि छ । हाम्रो क्षेत्रमा भारतीय नाका गुलरिया भएको हुनाले पनि सङ्घ र प्रदेशले प्रभावकारी योजना ल्याउनुपर्छ भन्ने मलाई लाग्छ । तर, केन्द्रबाट यसका लागि योजना तर्जुमा भइरहेका छन्, जसले गर्दा स्थानीय क्षेत्रले बजेट विनियोजन गरेर नयाँ योजनाहरु अगाडि बढाउन सकेको छैन । दीर्घकालीन योजना प्रदेश र सङ्घले सञ्चालन गर्ने हो तर स्थानीय तहले साना र मध्यम खालका योजना मात्रै सञ्चालन गर्नुपर्ने हो । तर सङ्घ र प्रदेशले ठूला योजनाहरु सञ्चालन गरिरहेका छैनन् । जनताका गुनासाहरु के–कस्ता छन् ? –जनताका गुनासाहरु हामी आइसकेपछि सम्बोधन भइरहेका छन् । हामीले उहाँहरुको कुरा सुनिरहेका छौँ । अहिले पनि हामीले आर्थिक अभावका कारण जनताका गुनासाहरु सम्बोधन गर्न सकिरहेका छैनौँ । स्थानीय क्षेत्रमा पनि राजनीतिक प्रभाव छ, जसले गर्दा विरोध र विवाद पनि भइरहने भएकाले स्थानीय क्षेत्रमा समस्याहरु छन् । स्थानीय तहमा बेरुजु धेरै देखिएको छ । यस्तो किन भइरहेको छ ? –सबैभन्दा पहिले हाम्रो देशको 'खरिद ऐन' नै संशोधन गर्नुपर्छ । यो ऐनलाई संशोधन गरेर सरलीकरण गर्नुपर्छ । जस्तो कि यहाँ एउटा सानो सामान किन्नका लागि लामो प्रक्रियामा जानुपर्ने हुन्छ, जसले गर्दा खरिद गर्न नै ढिलो हुने देखिन्छ । यद्यपि, हाम्रो नगरपालिकामा बेरुजु देखिएको छैन । हामीले बेरुजु कम देखाउनका लागि विभिन्न कार्यक्रमहरु गरिरहेका छौँ । अझै कम गर्न लागिपरेका छौँ । –तपाईंले नेतृत्व गरेको स्थानीय तहलाई अरूभन्दा फरक र नमुना बनाउन के–कस्ता योजना अघि सार्नुभएको छ र कसरी काम भइरहेका छन् ? यो नगरपालिका भारतको सीमानामा पर्ने र बुद्धको भूमि पनि हो । तर बुद्ध कहाँ जन्मेको भन्दा भारत भन्ने सुन्नमा आइरहेको छ । अब हामी बुद्ध भारतमा होइन नेपालमै जन्मिएका हुन् भनेर प्रमाणित गर्न लागिपरेका छौँ । यसका लागि सीमा छेउमा २ वटा मूर्ति राखेर २०० मिटर लामो गेट बनाइरहेका छौँ । बुद्ध पूर्णिमामा गेट बनाउन सुरु गरिसकेका छौँ । यो गेट २ वर्षभित्र सकिसक्ने लक्ष्य लिएका छौँ । जनता करिडोरको पनि निर्माण गर्नका लागि पनि योजना बनाइरहेका छौँ । भैरहवालाई कसरी नमुना बनाउने भन्ने कुरालाई ध्यानमा राखेर काम गरिरहेका छौँ ।
2021/10/27 04:58:28
https://ratopati.com/story/88840/2019/5/28/siddhartha-municipality-hariprasad-aadhikari
mC4
काठमाडौं । सशस्त्र प्रहरी बलमा ‘व्यापक अनियमितता’ भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गम्भीर र विस्तृत छानबिन थालेको छ । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालको कार्यकालमा विभिन्न सामान खरिद प्रक्रिया, कार्यालय मर्मतसम्भार, फर्जी बिल, भत्ता वितरण, इन्धन, पोसाक खरिदलगायतमा ‘व्यापक अननियमितता भएको’ भन्दै प्रमाणसहितको उजुरी परेपछि अख्तियारले छानबिन थालेको हो । कोरोना भाइरस नियन्त्रण एवं परिचालनका लागि आवश्यक पाललगायत बन्दोबस्तीका सामान खरिद गर्दासमेत ठेकेदारसँगको मिलिमतोमा सार्वजनिक खरिद ऐनविपरीत गरिएको भन्दै छानबिन माग गरिएको छ । अख्तियारले उजुरीको प्रकृति गम्भीर देखिएकाले आवश्यक छानबिन थालिएको जनाएको छ । अख्तियारका एक अनुसन्धान अधिकारीका अनुसार सशस्त्र प्रहरी बलमा भएका खरिद प्रक्रिया र विभिन्न शीर्षकमा भएका खर्चबारे गम्भीर छानबिन थालिएको छ । छानबिन क्रममा सशस्त्र प्रहरी बलका महानिरीक्षक खनालसँग सोधपुछसमेत गरिएको ती अधिकारीले दाबी गरेका छन् । अख्तियारले खनाललाई कार्यालयमै बोलाएर सोधपुछ गरेको हो । ‘अनुसन्धान क्रममा आवश्यक परे कागजात नै मगाएर पनि छानबिन गर्न सकिन्छ,’ अख्तियारका ती अधिकारीले राजधानीसँग भने । सशस्त्र प्रहरी बलले कोभिड नियन्त्रणका लागि आवश्यक बन्दोबस्ती सामग्री टेटलगायतमा सार्वजनिक खरिद ऐन र नियमावलीविपरीत केन्द्रलाई विनियोजित बजेट टुक्र्याइ मातहत कार्यालयमा निकासा गरी प्रधान कार्यालयबाटै ठेकेदारसँगको मिलेमतोमा मातहतका कार्यालयमार्फत नै भुक्तानी गरी अनियमितता गरेको स्रोतको दाबी छ । अख्तियारमा दिइएको उजुरीमा ती सामान खरिद गर्दा खरिद ऐन र नियमावलीमा भएको गिन्ती तथा गुणस्तर परीक्षण प्रतिवेदन नगराई कमसलखाले खरिद गरिएकाले विस्तृत छानबिन माग गरिएको छ । त्यस्तै, सो शीर्षकमा विनियोजित बजेटबाटै पुरानो पाल किनेको नक्कली फर्जी बिल बनाइ अनियमितता गरिएको जनाइएको छ । जसअनुसार २०७२ भूकम्पका समय सहयोगस्वरूप प्राप्त भई ‘राष्ट्रिय विपद् व्यवस्थापन शाखा गृह मन्त्रालयको आम्दानीमा रहनेगरी सशस्त्र प्रहरी बल नेपाल नं २० गणमा भण्डारण गरी राखिएका पालसमेत केन्द्रकै निर्देशनमा रातको समय झिकी नं १८ गण हेडक्वाटर निलबराही गणमा भण्डारण गरी केही दिनभित्रै ती पाल मातहत कार्यालयमा पठाई नयाँ खरिद बिल भर्पाइ बनाई आर्थिक अनियमितता गरेको’ दाबी उजुरीमा गरिएको छ । उजुरीमा ‘सशस्त्र मुख्यालयमा आईजीपी खनालकै मिलिमतोमा फर्जी कागजातका आधारमा भ्रमण भत्ता स्वीकृत गरी भ्रमण भत्ता शीर्षकमा ठूलो रकम अनियमितता भएको’ जनाइएको छ । यसैगरी, सशस्त्र प्रधान कार्यालयको विभिन्न शाखामा रहेका फर्निचरलगायत विद्युतीय सामान फेर्दै नफेरी नक्कली कागजातसहित ‘सामान फेरेको विवरण बनाएर रकमान्तरमार्फत लाखौं रुपैयाँ अनियमित किसिमले खर्च गरेको’ बताइएको छ । मुख्यालयमा आर्थिक वर्ष २०७५÷७६ मा पुँजीगत खर्चतर्फ २ करोड ३२ लाख विनियोजन भएकोमा फरकफरक फर्निचर सामग्री सोझै खरिद गरेको, बोलपत्रमार्फत खरिद भए पनि ३० देखि ४० हजारमा पाइने सोफा सेट १ लाख ८० हजारसम्म भुक्तानी गरिएको, १०–१५ हजारसम्ममा पाइने कुर्सीलाई ४० हजारदेखि ५० हजारसम्म मूल्य कायम गरी खरिद गरिएकोसमेत पाइएको छ । यसैगरी, गृह र अर्थ मन्त्रालयको सहमति लिएर मात्रै चालू आवको ‘पोसाक’ शीर्षकमा विनियोजित बजेटबाट मात्रै अघिल्लो आवमा भएका टेन्डर भुक्तानी गर्न सकिने अवस्था रहने तर अघिल्लो आवमा विनियोजित गरिएको ‘ पोसाक’ शीर्षकको खर्च ‘फ्रिज’ गरी पठाएको नदेखिएको र सो रकम विभिन्न ‘अन्य’ शीर्षकमा रकमान्तर गरी दुरुपयोग गरिएको दाबी उजुरीमा गरिएको छ । त्यस्तै, आव २०७५÷७६ अन्त्यमा लगभग १ करोडबराबरको विपद् उद्धारका सामान खरिदका लागि बोलपत्र गरिएको तर आव अन्त्यसम्म सामान नै प्राप्त नगरी भुक्तानी दिएर अनियमितता गरिएको बताइएको छ । ती सामान प्राप्त भएको भन्दै नक्कली बिल देखाइएको र कतिपय सामान बाटाबाटे ‘गायब’ पारिएको दाबीसमेत उजुरीमा गरिएको छ । यसैगरी, आर्थिक वर्ष २०७५÷७६ मा ‘ विविध खर्च’ शीर्षकमा ३ करोडभन्दा बढी रकम विनियोजन गरी चाडपर्व खर्च, वार्षिक उत्सव खर्च तथा बडाभोजलगायतमा नक्कली स्रेस्ता तयार गरी ठूलो रकम खर्च भएको देखाई नेतृत्व र लेखा अधिकृतको मिलिमतोमा आर्थिक अनियमितता गरेको दाबीसमेत उजुरीमा गरिएको छ । त्यस्तै, सशस्त्र प्रहरीबलका गुल्म हेडक्र्वाटरमा सामान्यः ७÷८ लाख लाखको हाराहारीमा इन्धनबापतको रकम विनियोजन गर्दै आइएको थियो । सबै गुल्ममा सवारी साधन संख्या दुईवटा रहे पनि एउटा मात्रै सवारी साधन चालू अवस्थामा रहने हुँदा सो रकमसमेत अधिक हुन जाने देखिएको छ । तर, आर्थिक अनियमितता गर्ने प्रायोजनले केन्द्रकै योजनाअनुसार नं १४ गुल्ममा १६ लाख, नं ३० गुल्ममा १५ लाख ७५ हजार, नं ३४ गुल्ममा १२ लाख ५० हजार नं ३८ गुल्ममा १५ लाख ५० हजार न, नं ४८ गुल्ममा १५ लाख ५० हजार रुपैयाँ इन्धन शीर्षकमा रकम विनियोजन गरी केन्द्रबाटै फर्जी कागजात र बिल भर्पाई बनाउन लगाई अनियमितता गरिएको भन्दै अख्तियारसमक्ष छानबिन माग गरिएको छ । त्यस्तै, सशस्त्र प्रहरी कर्मचारीलाई सशस्त्र प्रहरी नियमावलीअनुसार विभिन्न पोसाक प्राप्त हुनेगर्छ । ती पोसाकका लागि केन्द्रमा विनियोजन भएको ४० करोड रकम केन्द्रबाटै आर्थिक नियमअनुसार बोलपत्र र सिलबन्दी दरभाउपत्रको आधारमा पोसाक खरिद गर्नुपर्नेमा त्यसो नगरी सो रकमबाट मातहतका विभिन्न कार्यालयमा ‘पोसाक’ शीर्षकको रकम पठाई सबै कार्यालयलाई एउटै ठेकेदारबाट सोझै खरिद गर्न लगाई ठेकेदारसँग अनियमित किसिमले मिलिमतो गरेको आरोप उजुरीमा लगाइएको छ । ती पोसाक हालसम्म पूर्ण परिमाणमा सम्बधित कार्यालयमा नपठाइएको र पोसाक दाखिला तथा निकासी एवं वितरण अभिलेखसमेत नराखिएको पाइएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ । प्रतिक्रिया दिनुहोस् संबन्धित एमसीसी सम्झौता : निर्णय छिटो लिन अमेरिकाको दबाब नेपालमा लामो समयदेखि विवादित बनिरहेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाबारे ठोस निर्णय लिन अमेरिकाले नेपाललाई जबरामाथि गम्भीर १० आरोप हाम्रो न्यायपालिका यति बेला सर्वोच्च संकटमा परेको छ। न्यायालयका नेतृत्वकर्ता प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रश्नहरूको ‘कठघरा’मा देउवा-प्रचण्डको परस्पर विरोधी धारणाले एमसिसीको भविष्य थप अन्योल अमेरिकी सहयोग परियोजना (एमसिसी) बारे सत्ता गठबन्धनका दुई शीर्ष नेताको परस्पर विरोधी धारणाले यसको भविष्य महाधिवेशन खर्च कसरी जुटाउँदैछ एमाले ? एमालेले आगामी महाधिवेशनको खर्चको लागि चन्दा नउठाउने भएको छ। एमाले सचिव योगेश भट्टराईले महाधिवेशनको खर्चको
2021-11-28T16:52:02Z
https://www.sagarmathadaily.com/2021/06/08/5349/
OSCAR-2201
विन्दास मुसहरको झक्कास जिन्दगी - Saptakoshionline विन्दास मुसहरको झक्कास जिन्दगी प्रकाशित मिति: बिहिबार, भाद्र १४, २०७५ समय: २:२३:०६ इनरुवा । 'मुसहर जन पेरवा धन गन्दै नगन' भन्ने भनाई कामको लागि कुनै भरोसा नहुने मजदुरका रुपमा चित्रण गर्न प्रयोग गरिएका सुनसरीका मुसहर समुदायको जीवनमा अपत्यारिलो परिवर्तन आएको छ । अर्काको घरमा जनबनी गरेर दुःखपूर्ण रुपमा जीविकोपार्जन गर्दै आएका मुसहर पुरुषहरु अहिले काममा जाँदैनन् । घरमै सञ्चारका आधुनिक साधनको प्रयोग गर्ने, तास खोल्ने र बेलुका भएपछि महंगा मदिराको चुस्की लिदै विताउँछन । सुनसरीको इनरुवा ८ स्थित डुम्राहामा रहेको मुसहरी वस्तीमा भेटिने मुसहर समुदायका पुरुषहरुको दिनचर्या फरक रुपमा बित्ने गरेको छ । दुई चार वर्ष अगाडि बिहानदेखि साँझ अबेरसम्म कामको खोजी र कामका लागि घरबाट निस्कने मुसहर समुदायका पुरुषहरु हिजोआज पहिला जस्तो घर बाहिर कामको खोजीमा जान छाडेका छन । उनीहरु प्रायः जसो बिहान उज्यालो भएदेखि शहर बजारका युवायुवती झै एन्ड्रोइड मोवाइल चलाउनमा व्यस्त हुन्छन । प्रायः मुसहरी वस्तीका विवाहित सवै पुरुषहरु सँग आजकाल हातमा एन्ड्रोइड मोवाइल हुन्छ । हातमा मोवाइल बोके सरह प्रत्येकका घरको छानामा वा आगनमा स्वदेशी वा विदेशी डिस छाताहरु राखिएका छन भने कोठामा एलईडी टीभी झुण्डाईएका छन । यि सवै मनोरञ्जनका आधुनिक प्रविधिहरु उनीहरुले कडा परिश्रम गरेर बिहानदेखि बेलुकासम्म पसिना बगाएर कमाएको रकमले भने होइन । विन्दास मुसहर पुरुषहरुको झक्कास जिन्दगीका बारेमा भने कथा अर्कै रहेको छ । प्रायः सुनसरीका धेरै जसो मुसहरी वस्तीबाट विवाहित महिलाहरु विभिन्न माध्यमबाट वैदेशिक रोजगारीका लागि एजेण्टमार्फत खाडीका मुलुकहरु रोजगारीका लागि गएका छन । घरबाट श्रीमती बाहिर गएपछि साना साना केटाकेटी र घरमा भएका बुढाबुढीको रेखदेखका लागि सेवामा प्रायः पुरुषहरु घरमा बसेर दिन बिताउने गरेका छन । साउदी अरब, दुवई, कतार लगायतका मुलुकमा रोजगारीका लागि गएका महिलाहरुले कमाएको रकम घर खर्चका लागिपठाउने गरेका छन । सोही रकमले यहाँ भएका पुरुषहरुले भने बचत लगायतका काममा खर्च नगरी विलासिताका सामग्रीहरु मोवाइल, टिभी र छाता किन्नमा खर्चिने गरेका हुन । डुम्राहाका बिलट सदा भन्छन, 'श्रीमती विदेश गएको ३ वर्ष भयो उताबाट घरमा खर्च गर्नका लागि ५ पटक रकम पठाईसकेकी छिन । पैसा आएपछि गाउँमा सवैले छाता राखेर टीभी घरमा जोडेका छन । विदेशमा कुरा गर्न मोवाईल समेत किनेका छन । श्रीमतीले फोन गरेर पहिला टीभी मोवाइल फोन किन्न भनेकाले हामी सबैले किनेका हौ ।' उनकै छिमेकी सुरजा ऋषिदेवकी श्रीमती विदेश गएको २ वर्ष भयो । उनले ४ पटक घरका लागि पैसा पठाईन् । छिमेकीहरुले झै उनले पनि श्रीमानलाई पहिला छानमा छाता र कोठामा टीभी किन्न सल्लाह दिएपछि सुरजाले इनरुवा बजारबाट २५ हजार खर्च गरेर टीभी र छाता किनेर ल्याए । अहिले उनीसहित तीन छोराछोरी र आमा घरमा एक साथ बसेर टीभी हेर्दै दिन बिताउँछन । इनरुवा ४ गणेशपुरका पुलकित सदा भन्छन, 'महिलालाई बाहिरबाट आएका मानिसहरुले पासपोर्ट बनाएर विदेश जाने भिसा निःशुल्क ल्याईदिन्छन । सवैका श्रीमती विदेश गएर पैसा पठाउदै समानहरु किन्न थाले १७ महिना अगाडि मैलेपनि श्रीमतीलाई कुवेतका लागि पठाए ।' उनले अरुले जस्तै मोवाइललगायतका सामानहरु किनेर परिवारका साथ खुशी हुँदै दिन बिताउने गरेको सुनाए । इनरुवाकै भुनाई सदाले यहाँबाट मात्र नभई मुसहरी वस्तीबाहेक अन्य वस्तीहरुबाट समेत रोजगारी दिने भन्दै आउने एजेण्डले आसपासका धेरै गाउँबाट विदेश काम गर्न महिलाहरु लैजाने गरेकाले आजकाल तगडा महिलाहरु बाहिर गएपछि गाउँ घर शहर बजार तिर काम गर्न धेरै जसोले जान छाडेको बताए । मुसहरी वस्तीमा रहेका अविवाहित युवाहरु समेत बिहानदेखी बेलुकासम्म शहर बजारमा काम गरेर रकम जम्मा गर्दै विवाहको समयमा यस वर्ष विवाह गरेर श्रीमती विदेश पठाई गाउँका अन्य पुरुष सरह विन्दास पारामा झक्कास जीवन जिउने सोचाई रहेको बताउँछन ।
2021/02/27 23:52:51
https://saptakoshionline.com/19474/
mC4
आज सोमबार ५ वैशाख, २०७९ हेर्नुहोस् तपाईंको राशिफल कस्तो छ ? – kalikadainik.com सोमबार, बैशाख ०५, २०७९ | ७:१८:५८ | काठमाडाैँ । ५ वैशाख, २०७९ सोमबार । तद्नुसार अप्रिल महिनाको १८ तारिक २०२२ । वैशाखकृष्णपक्ष द्वितीया, श्रीसूर्य उत्तरायण वसन्तऋतु, तैलित करण स्वाती नक्षत्र, सिद्धि योग, चन्द्रमा तुला राशीमा छ । आज बिहान सूर्योदय ५ः३९ मा भएकाे छ भने सूर्यास्त १८ः३० मा हुनेछ । आजको देवता गणेश र ग्रहदेव मंगल हुन् । सोमबार देवादिदेव महादेवका प्रिय बार हो । सोमबारको दिन शिवालय यात्रा गर्दा मन प्रसन्न हुनेछ । आज बिहान ७ः१४ देखि ८ः५० सम्म राहुकाल छ । राहुकाल भएको भएको समयमा शुभकार्य नगर्नु भनेको छ । आज ११ः३८ देखि १२ः२९ सम्म शुभ समय रहेको छ । अभिजित मुर्हूत भएको समयमा गरेका कामहरु सफल हुनेछन् । आर्थिक कारोबार, बाहन खरिद र शुभकार्यको लागि सोमबार उपयुक्त मानिन्छ । सोमबारको दिन शिवध्यान साधना गर्नु पर्दछ । मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : मेष राशिको जातकका लागि आजको दिन अर्थ लाभ हुने छ । व्यापारव्यवसायबाट सोचेभन्दा बढी लाभ मिल्ने छ । परिवार र दाम्पत्य जीवनमा साथ सहयोग र यात्रा गर्दा कष्ट हुने छ । स्वास्थ्यमा केही समस्या हुनसक्ने भएकाले ध्यान दिनुहोला । सकारात्मक सोच, चिन्तन र परोपरकारी सोचले फाइदा हुने छ । वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : विगतमा गरेको कामबाट फल प्राप्ति हुनेछ । तर, मनमा निरासा छाउने छ । पारिवारिक समस्याका कारण आयभन्दा व्ययबढी हुने भएकाले सोचपूर्वक खर्च गर्ने गर्नुहोला । आजको दिन मौन रहनु शुभ मानिन्छ । सकारात्मक सोचकाअनुसार सबैको भलो चिताएर काम गर्नु बेस हुने छ । मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : आज समय र दिन अनुकुल छ । मनमा हर्ष र नयाँ काम गर्दा पनि फाइदा हुने छ । मानसम्मान मिल्नेछ । सामाजिक सेवाको भाव बढ्ने छ । त्यसैले जे सोचेर काम गर्नुहुन्छ फल प्राप्त हुने छ । सबैको भलो सोचेर काम गर्नुभयो भने भलो हुने छ । कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आजको दिन मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा चिन्ता छाउन सक्छ । कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने हानी हुने छ । आजको दिन विहान शिवालय र नवग्रह दर्शन गर्दा तपाईंका संकट समस्या समाधान हुनसक्छ । सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : सिंह राशिका जातकका लागि आजको दिन यात्रा गर्दा उपलब्धि हुनसक्छ । मित्रमण्डली र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यसँग विवाद हुनसक्छ । आजको दिन सिंह राशिका जातकले कम बोल्नु र मौन रहनु नै बुद्धिमानी हुने छ । कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : आजको दिन शुभ रहेको छ । तपाईंले गर्दै आउनुभएको क्षेत्रमा मानसम्मान मिल्नसक्छ । आजको दिन नयाँ काम गर्दा भने सोच विचार गरेर काम गर्नुहोला । कन्या राशिका पुरुष र महिला दुवैले आजको दिन कसैसँग विवाद नगर्नु नै वेबस हुने छ । शिवालयको यात्रा गरेर केही खानेकुरा वितरण गर्नुभयो भने उत्तम हुने छ । तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : तपाईंले आजको दिन सुरु गरेको कामले सफलता प्राप्त गर्ने छ । व्यापारव्यवसायमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ । यात्राका लागि प्रस्ताव आउनसक्छ । अध्यात्मयात्राले तपाईंलाई मनमा उर्जा थप गर्ने छ । चन्द्रमाको साथ छ । आजको दिन सत्पात्रलाई दान र भोका व्यक्तिलाई भोजन दिनुभयो भने मनमा खुसियाली छाउने छ । कन्या राशिका पुरुष जातकका लागि स्त्रीजातिबाट प्राप्त हुने सहयोगले मनमा प्रसन्नाता छाउने छ । वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : आज नियमित कामबाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला । आजको दिन तपाईंले गरेको कामको प्रशंसा हुने छ । मानसम्मान मिल्नसक्नेछ । सरकारी कार्यालयका अधिकारीलाई उच्च अधिकारबाट धन्यवाद प्राप्त हुनसक्छ । सकारात्मक सोचका कारण मनमा खुसियाली छाउने छ । धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : तपाईंले गरिरहनु भएको कामबाट धन लाभ हुने छ । त्यसैले आजको दिन तपाईंले सोचअनुसारको काम हुने छ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ। देवालय र शिवालयको यात्रा तपाईको लागि आज फलदायी हुने छ । मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : अर्थलाभ हुने सम्भावना छ । कसैलाई अर्थ सापटी दिनुभएको छ भने आजको दिन पनि प्राप्त हुनसक्छ । तर, मनमा अशान्त हुने छ । स्वास्थ्यमा निकै ध्यान दिनुहोला । कसैसँग विवाद हुने कुरा नगर्नुहोला । परिवारका सदस्यहरुसँग लेनदेनमा विवाद हुनसक्छ त्यसैले होस गर्नुहोला । कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : यात्राले मनमा प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजयप्राप्ति हुने छ । व्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्चनु भएको छ भने सम्मान मिल्ने छ । दाम्पत्य जीवनमा खुसियाली छाउने छ । स्वास्थ्यमा सामान्य समस्या हुनसक्छ । मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : शिवालयको यात्रा र अध्ययन अध्यापनमा निरन्तरको प्रयासले सफलता प्राप्त हुने छ । मीन राशिका जातकले सोमबार सुरु गरेका काम साताभित्र सकिने छ । त्यसैले आजको दिन कुनै शुभ कामको सुरुवात मीन राशिका जातकले आजको दिन कुनै पनि शुभकर्म गर्नुभएको छ साताका दिनमा नयाँ सफलता मिल्ने छ ।
2022/05/23 21:45:05
https://www.kalikadainik.com/2022/04/18/63377/
mC4
नेपाल भित्रियो मनसुन, एक–दुई दिनमा देशभर फैलिने – Online Khabar २०७८ जेठ २८ गते १७:०७ मा प्रकाशित २८ जेठ, काठमाडौं । यस वर्षको मनसुन नेपाल भित्रिएको छ । औसत मिति जुन १३ अर्थात् जेठ ३० गतेभन्दा दुई दिन अगाडि नै मनसुनको आगमन भएको हो । गत वर्ष जुन १२ मा भित्रिएको मनसुन अक्टुबर १२ मा बाहिरिएको थियो । शुक्रबार पूर्वी नेपाल हुँदै भित्रिएको मनसुन प्रदेश १, प्रदेश २ र बागमती प्रदेशसम्म फैलिएको छ । अबको एक–दुई दिनमा देशैभर मनसुन फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद राजु प्रधानाङ्गले जानकारी दिए । उनका अनुसार आगामी साता मनसुन सक्रिय भई देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा, केही स्थानहरुमा भारी वर्षा र थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना छ । मनसुनको प्रभाव कुन भागमा कस्तो रहन्छ ? नेपालमा मनसुन बाहिरिने औसत अध्यावधिक अवधि अक्टुबर २ तारिख निर्धारण गरिएको छ । यस वर्ष मनसुन अवधिभर देशका धेरैजसो स्थानमा सरदर भन्दा बढी पानी पर्ने प्रक्षेपण मौसमविदले गरेका छन् । अंग्रेजी महिनाको जुन, जुलाई, अगष्ट र सेप्टेम्बर महिनालाई मनसुनको अवधि भनिन्छ । मनसुनको यो चार महिनाको अवधिमा सामान्यता १ हजार ५ सय मिलिलिटर पानी पर्छ । तर यस वर्षको मनसुनमा त्यो भन्दा पनि बढी पानी पर्ने प्रक्षेपण गरिएको छ । जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद इन्दिरा कँडेलका अनुसार यस वर्षको मनसुनमा हिमाली भेगमा बढी र पहाडी भेगतिर हिमाली भेगको तुलनामा अलि कम पानी पर्ने सम्भावना छ । यस्तै तराईका क्षेत्रमा सरदर वर्षा हुने अनुमान छ । प्रदेश १ को दक्षिण भाग र प्रदेश २ को पूर्वी भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना औंल्याइएको छ । नेपालीको मुख्य बाली धान खेती गर्ने बेलामा पर्ने पानीले किसानहरुलाई राहत नै मिल्छ । तर अत्यधिक वर्षाले बाढी, डुबान र पहिरोको जोखिम पनि रहन्छ । त्यसैले बाढी, पहिरो र डुबानबाट हुन सक्ने सम्भावित क्षतिबाट जोगिन पूर्व तयारी गरी सतर्कता अपनाउनुपर्ने मौसमविदहरु बताउँछन् । ३० वर्षको अवधिमा भएको सरदर वर्षाको आँकडा तुलना गरेर औसत निकालिन्छ । औसतभन्दा १० प्रतिशत बढी वा घटी भएमा पनि त्यसलाई सरदर नै मानिने मौसमविद बरुण पौडेल बताउँछन् । सन् १९९० देखि सन् २०२० सम्मको वर्षाको आँकडालाई हेरेर नेपालमा मनसुन सुरु हुने औसत मिति जुन १३ र बाहिरिने औसत मिति अक्टुबर २ निर्धारण गरेर अध्यावधिक गरिएको छ । यसअघिसम्म नेपालमा जुन १० मा मनसुन भित्रिने र सेप्टेम्बर २३ मा बाहिरिने भन्ने गरिन्थ्यो ।
2021/10/16 08:34:01
https://www.onlinekhabar.com/2021/06/968203
mC4
विशाल पौडेलको उपचारमा गुरुङको पहलमा संकलित ९१ हजार हस्तान्तरण – हिमाली आवाज विशाल पौडेलको उपचारमा गुरुङको पहलमा संकलित ९१ हजार हस्तान्तरण हिमाली आवाज २०७७ आश्विन ११ गते ,आईतवार २१:१८ मा प्रकाशित हिमाली आवाज । मादी गाउँपालिका–६ निवासी १३ वर्षीय बालक विशाल पौडेलको उपचारमा आज थप सहयोग रकम परिवारलाई हस्तान्तरण गरिएको छ । मादी–७ घर भई हाल पोखरा महानगरपालिका– १३ निवासी समाजसेवी दुर्गा बहादुर गुरुङ को पहल मा संकलित रकम रु ९१ हजार १८५ बिरामी पौडेलका दाजु विजय पौडेललाई हस्तान्तरण गरिएको हो । पौडेल गत साउन २८ गते राति आफ्नो घरमै सुतेका बेला बिषालु सर्प कालो करते सर्पले डसेपछि गम्भिर बिरामी परेका थिए । उनको पोखरामा ४४ दिन उपचारपछि हाल काठमाडौँ स्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनको उपचारमा आर्थिक अभावभएपछि मादीवासी तथा देश विदेशमा रहेका शुभचिन्तकहरु सहयोग संकलनमा जुटेका छन् । कार्यक्रमा मादी वडा नं ७ का वडाध्यक्ष एवं नेकपा जिल्ला कमिटी सचिवालय सदस्य लाल बहादुर गुरुङले नेपाली स्वभाव दीन,दुःखी र असाहाय र विपन्नको सहयोग गर्ने भएकाले बिरामी पौडेलको उपचारमा सक्दो सहयोग गर्न सबैमा आग्रह गरे । दाजु विजय पौडेलले रकम ग्रहण गर्दै सहयोग दाता र संकलनमा खटिने सबै जना प्रति धन्यवाद गरे । रकम जुटाउन खटिएका दुर्गा बहादुर गुरुङ ले सहयोग गर्न पाउदा आफुलाइ खुशी र सन्तुष्टि मिलेको र बिशाल भाइको स्वास्थ लाभको कामना गर्दै अझै अभियान जारी राखिने प्रतिवद्धता जनाए । आइतबारनै पोखरा–१९ निवासी श्रीराम गौतमकोे पहलमा संकलित रकम रु एक लाख १४ रुपैयाँ पनि परिवारलाई हस्तान्तरण गरिएको थियो । विशाल पौडेल बचाउ अभियानका संयोजक योग बहादुर क्षेत्री को अध्यक्षता सहयोग रकम हस्तान्तरण कार्यक्रम भएको थियो ।
2021/12/02 04:58:59
https://www.himaliawaj.com/2020/09/2651
mC4
एउटै हात्तीले लियो ७ को ज्यान, जङ्गली हात्तीको आक्रमणबाट त्रस्त दैनिकी, दिशा पिसाब पनि घरभित्रै | गृहपृष्ठ Home मुख्य खबर एउटै हात्तीले लियो ७ को ज्यान, जङ्गली हात्तीको आक्रमणबाट त्रस्त दैनिकी, दिशा पिसाब पनि घरभित्रै on: December 01, 2018 मुख्य खबर, समाचार एउटै हात्तीले लियो ७ को ज्यान, जङ्गली हात्तीको आक्रमणबाट त्रस्त दैनिकी, दिशा पिसाब पनि घरभित्रै मङ्सिर १५, माडी (चितवन) । चितवनको माडी प्राकृतिक दृष्टिले जति शुन्दर र रमणीय लाग्छ, यहाँको दैनिकी त्यति नै त्रासदीमा बाँचेको छ । ४ गाविस गाभेर बनाइएको माडी नगरपालिकाको साविक अयोध्यापुरीका बासिन्दाको त्रासको मुख्य कारण अरू केही नभएर जङ्गली जनावरको आक्रमण हो । चारैतिर घना जङ्गल र पहाडले घेरिएको यो शुन्दर वस्तीका बासिन्दा भने पटकपटक जङ्गली हात्ती र बाघको आक्रमणमा पर्दैआएका छन् । कुनै बेला सुगम जिल्लाको दुर्गम बस्तीको उपनाम पाएको माडीमा अहिले सडक, बिजुली बत्ती, सञ्चार सबै पुगेको छ । दिनभरि हिँडेर सदरमुकाम पुग्नुपर्ने बाध्यतालाई सडकमा दौडिने दर्जनौं सवारी साधनले समाधान दिएका छन् । अहिले सदरमुकाम भरतपुरबाट एक घण्टामा माडी पुग्न सकिन्छ । घरघरमा झिलिमिली बिजुली र हातहातमा मोबाइलले दैनिकीलाई भौतिकरुपमा सहज देखाउँछ । तर, जङ्गली जनावरको आक्रमणबाट ज्यान गुमाउनुपर्ने विडम्वना र पीडा भने उस्तै छ । स्थानीय बासिन्दा पटकपटक जीवन रक्षाको माग गर्दै आन्दोलित हुनु परेको छ । राज्य आश्वासनमात्र दिन्छ । लाग्छ–माडीको पीडामा राज्यको भूमिका रमितेबाहेक अन्य छैन । भनिन्छ–गाउँगाउँमा सिंहदरवार पुगेको छ । स्थानीय सरकारका सञ्चालक नै सुरक्षा माग्दै सडकमा उत्रिनुपरेको दृष्यले यो नारामा मात्र सीमित भएको भान हुन्छ । गत बुधवार चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको हात्तीको आक्रमणमा परी माडी वडा नम्बर ९ का २ जना महिलाको ज्यान गएपछि वडाध्यक्ष शिवहरि सुवेदीले नै सडक आन्दोलनको नेतृत्व लिनु प¥यो । स्थानीयले २ दिनसम्म भरतपुर–माडी–ठोरी सडक अवरुद्ध पारे । निकुञ्ज प्रशासन र स्थानीयबीच सहमति भयो । हात्ती आक्रमणमा परी अकालमै ज्यान गुमाएका ३५ वर्षीया सुशीला भण्डारी र ६२ वर्षीया कृष्णकली पौडेल जैशीको अन्त्येष्टि गरियो । तर, स्थानीयको त्रास भने अझै अन्त्य हुन सकेको छैन । साँझ पर्दा नपर्दै गाउँ पस्ने हात्तीको डरले उनीहरू सम्साँझै आआफ्नो घरमा पस्छन् । कतिपयले शौचसमेत घरभित्रै गर्छन् । भण्डारी र पौडेलमात्र होइनन्, माडीमा जङ्गली जनावरको आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या दर्जनौं पुगिसकेको छ । यसवर्षमात्रै हात्तीको आक्रमणमा ३ जनाको मृत्यु भइसकेको छ । केही समयअघि ९ नम्बर वडाकै बगइमा बाघको आक्रमणमा एक जनाको ज्यान गएको थियो । वडाध्यक्ष सुवेदी वर्षौदेखि हात्ती, बाघ र गैंडाले स्थानीयको ज्यान लिएको बताउँछन् । सरोकारका निकाय जनावार नियन्त्रणमा उदासीन भएको आरोप सुवेदीको छ । 'राज्यले अहिलेसम्म हाम्रो पीडालाई महसुस गरेकै छैन', वडाध्यक्ष सुवेदीले भने, 'जीवन रक्षाको माग गर्दै ७/८ पटक निकुञ्ज कार्यालय पनि घेर्यौं, तर समाधान पाइएको छैन ।' स्थानीयको खेत निकुञ्जसँग जोडिकाले जङ्गली जनावर पसेर खेती सखाप पारेको सुवेदीले बताए । दुःख गरेर लगाएको वालीनाली भित्र्याउन नपाइएकोमात्र होइन, जनावरको आक्रमणमा कुन बेला कसको ज्यान जान्छ भन्ने डरमा बस्नु परेको स्थानीय बताउँछन् । स्थानीय प्रेम आचार्य अयोध्यापुरीका बासिन्दाको जीवन सुरक्षाका लागि राज्यसँग सुरक्षित ठाउँमा स्थानान्तरणको माग गर्छन् । 'कि जनावर रोकिदिनुप¥यो, होइन भने सुरक्षित ठाउँमा स्थानान्तरण हुन पाउनुप¥यो,' आचार्यले भने । मानव र वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि भन्दै निकुञ्जले सीमाना जोडिएका ग्रामीण क्षेत्रमा उपभोक्ता समिति परिचालन गरेको छ । तर, समितिका अगुवाहरू सञ्चालित कार्यक्रमबाट सन्तुष्ट छैनन् । टम्टा–अनार सामुदायिक वन समितिका अध्यक्ष प्रेमप्रसाद भण्डारी जङ्गली जनावर नियन्त्रणका प्रयास प्रभावकारी नभएको बताउँछन् । 'जनावर रोक्न लगाइएका काँडेतार र विद्युतीय धरापसमेत सफल भएनन्,' अध्यक्ष भण्डारीले भने, 'अब निकुञ्ज र बस्तीको सीमानामा पर्खाल लगाउनुको विकल्प छैन । अहिले ड्याम बाँधेर जाली र विद्युतीय धरापको काम भइरहे पनि नियन्त्रणमा स्थानीय विश्वस्त छैनन् । 'निकुञ्जलाई शानको विषय बनाएर संरक्षण गरिन्छ । तर, त्यही निकुञ्जका जनावरबाट मानवीय र धनजनको क्षति हुँदा राज्य रमितेमात्र बनेको छ,' वडाध्यक्ष सुवेदीले भने । पछिल्लो घटनापछि चितवन राष्ट्रिय निकुञ्ज समस्याको निकासमा केही चनाखोजस्तो देखिएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले अल्पकालीन र दीर्घकालीन समाधान खोजिने बताए । मृतकका परिवारलाई क्षतिपूर्ति, बालबालिकालाई शिक्षा र प्रभावित परिवारलाई रोजगारी दिने सहमति भएको ढकालले जानकारी दिए । नगरपालिकाले मृतक शुशीलाका २ जना छोराछोरीलाई शिक्षाका लागि ५ लाख रुपैयाँको कोष निर्माण गर्ने वडाध्यक्ष सुवेदीले बताए । आक्रामक हात्तीलाई नियन्त्रण गर्ने सहमति पनि भएको छ । 'सुरक्षा निकाय र निकुञ्जको पहलमा ड्याटिङ गरेर दारा काट्ने र स्याटलाइट कलर लगाउने सहमति भएको छ,' संरक्षण अधिकृत ढकालले भने 'त्यति गर्दा पनि गाउँ पस्यो भने कानूनी प्रक्रिया पु¥याएर हात्तीलाई मार्ने सहमति छ ।' निकुञ्जका जनावरलाई गाउँ पस्न नदिने खालका वृहत संरचना निर्माणका लागि सरकारलाई आग्रह गरिने भएको छ । माडी क्षेत्रमा अन्य मध्यवर्ती क्षेत्रभन्दा बढी कार्यक्रम लैजाने गरी ऐन कानून संशोधनका लागि पहल गर्ने सहमति पनि भएको प्रमुख संरक्षण अधिकृत ढकालले आर्थिक अभियानलाई बताए । 'राज्यले दिने क्षतिपूर्तिलाई छरितो बनाउन एक महीनाभित्र क्षतिपूर्ति पाउने व्यवस्था मिलाइनेछ,' उनले भने । पर्साको पनि उस्तै पीडा :- निकुञ्जसित जोडिएको पर्साको ठोरी गाउँपालिकाको मुख्य समस्या जङ्गली जनावर नै भएको निर्मल–ठोरी उपभोक्ता समतिका अध्यक्ष स्वस्थानी बिष्टले बताए । एक महीनामै ठोरीमा जङ्गली हात्तीले ३ जनाको ज्यान लिएको उनले बताए । जङ्गली जनावर बस्तीमा पसेर आतङ्क मच्चाउने र बालीनाली सखाप पार्दा संरक्षणको औचित्यमै प्रश्न उठेको विष्टको दाबी छ । ७ जनाको ज्यान लिने हात्ती एउटैः- चितवन र पर्सामा ७ जनाको ज्यान लिने हात्ती एउटै भएको पर्सा निकुञ्जले बताएको छ । सहायक संरक्षण अधिकृत अशोक रामले गणेश नाम गरेको हात्ती गाउँ पसेको र आक्रमण गरेको बताए । हात्तीले केही दिनघि ठोरीमा तीन जना, पर्साकै घोडेमसानमा एक र चितवनको माडीमा ३ जनालाई मारेको छ । उत्तेजित हात्तीलाई नियन्त्रणको प्रयास भइरहेको सहायक संरक्षण अधिकृत रामले बताए । हात्तीकै बारेमा विद्यावारिधी गरिरहेका उनले अक्रामक हात्तीलाई नियन्त्रणमा लिई स्याटलाइट कलर हाल्ने प्रयास भइरहेको बताए । 'यो हात्ती अहिले निकुञ्जमा बसेको सूचना आएको छ । स्याटलाइट कलर हालेपछि यसको अवस्थिति पत्ता लगाएर नियन्त्रण सहज हुन्छ,' उनले भने ।
2019/07/17 05:01:41
http://www.abhiyan.com.np/?p=296797
mC4
प्रदेश २ मा कोरोना संक्रमितको संख्या ४९६ पुग्यो – The Public Today प्रदेश २ मा कोरोना संक्रमितको संख्या ४९६ पुग्यो विजय कुमार सिंह जेठ १७, २०७७ ८:०९ am जेठ १७ गते : प्रदेश नं. २ मा कोरोना सङ्क्रमितको सङ्ख्या तीव्ररुपमा बढ्दै ४९६ पुगेको छ । पछिल्लो चौबीस घण्टामा ९६ जना नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराएका हुन् । यस प्रदेशमा अहिलेसम्म ११ हजार ६२६ को स्वाबको नमूना सङ्कलनको नमूना सङ्कलन गरिएकोमा आठ हजार ९७६ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने दुई हजार १५४ जनाको रिपोर्ट आउन बाँकी रहेको सचिव डा घिमिरेले बताए । यस प्रदेशमा भारतबाट फर्कनेको सङ्ख्या बढ्दै गएपछि क्वारेन्टाइनको सङ्ख्या पनि थप गरिएको छ । यस प्रदेशअन्तर्गतका विभिन्न जिल्लामा क्वारेन्टाइनको सङ्ख्या ३४२ रहेको छ भने श्ययाको सङ्ख्या २२ हजार ५१० रहेको छ । होम क्वारेन्टाइनमा छ हजार १८९ जना र आइसोलेसनमा २३६ जना बसेका छन् । आइसोलेसनमा श्ययाको सङ्ख्या ६६५ रहेको छ । रासस
2021/12/04 00:45:24
https://thepublictoday.com/2020/20183
mC4
सरकार ! जंगलबाट गाउँ छिरेको बाघ आफै नगएसम्म ढोका थुनेर भित्रै बस्ने हो ? सरकार ! जंगलबाट गाउँ छिरेको बाघ आफै नगएसम्म ढोका थुनेर भित्रै बस्ने हो ? काठमाडौँ - मन्त्रिपरिषदको शनिबार साँझ बसेको बैठकले जेठ ३२ गतेसम्म कोरोना लकडाउन जारी राख्ने निर्णय गर्यो । यसपालिको लकडाउन जेठ २० गते मंगलबारसम्म थियो। त्यसको ३ दिन अघि नै १२ दिन थपेर जेठ मसान्तसम्म लकडाउन जारी राख्ने निर्णय गरिएको सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री युवराज खतिवडाले जानकारी दिए। मन्त्रिपरिषदले अन्तर्राष्ट्रिय सीमा नाकाहरू असार १६ गतेसम्म बन्द राख्ने निर्णय पनि गरेको छ। आन्तरिक लकडाउनसँगै विदेशमा रहेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने निर्णय पनि बैठकले गरेको छ। कोरोना जोखिम व्यवस्थापन समितिले दैनिक ३ हजारदेखि ३ हजार ५ सयसम्म नेपाली ल्याउन सकिने निष्कर्ष निकालेको थियो। तर सुरु गर्न अझै ८/१० दिन लाग्ने बताइएको छ । भारतबाट फर्किनेका लागि पनि विभिन्न २० नाकाहरू तोकेको थियो। शनिबार नै मन्त्रिपरिषद बैठकअघि बसेको सुरक्षा परिषद बैठकले कोरोना प्रभावित क्षेत्रमा सेना परिचालन गर्ने निर्णय पनि गरेको छ। साथै, विदेशबाट आउने नेपालीहरूको व्यवस्थापनमा पनि सेना परिचालन हुनेछ। यस बिचमा सरकारले आर्थिक गतिविधि गर्नका लागि पुर्व तयारि तर्फ ध्यान नदिंदा लक्डाउनको उचित प्रतिफल प्राप्त हुने सकेको छैन । कोरोनाले आक्रान्त यूरोपेली मुलुकहरु बेलायत, जर्मनी, इटालीलगायतले लकडाउनको बिचमा कोरोना जोखिम न्यूनीकरणका लागि आवश्यक संरचनाहरु निर्माण गरे । सामाजिक दुरी कायम गर्न जनचेतना फैलाए । र अन्ततः लक्डाउन खोले । त्यसको ठिक विपरित नेपाल सरकारले लकडाउनको समयलाई जनताको हिड्डुल रोक्न र बजार बन्द गर्ने कामको लागि मात्रै सदुपयोग गरेको देखिन्छ । आर्थिक गतिविधि गर्नका लागि पुर्व तयारि गर्नु त परको कुरा विदेशबाट फर्किने नेपालीको लागि उचित ब्यबस्थापन गर्नको लागि पुर्व तयारि समेत छैन । यसले जंगलबाट गाउँ छिरेको बाघ आफै नगएसम्म ढोका थुनेर भित्रै बस्ने तर अन्य विकल्पको लागि कुनै तयारि नगर्ने उखानको चरितार्थ भएको छ ।
2020/07/02 13:33:43
http://duniyakhabar.com/news-details.php?id=9430
mC4
स्थिर परराष्ट्रनीतिका लागि थिङ्ट्याङ्क गठनमा जोड २०७३ भदौ ३१ शुक्रबार, काठमाडौँ, ३१ भदौ । व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिमा नेपालको परराष्ट्र नीति, उत्तर–दक्षिणमा रहेका सीमा स्तम्भको व्यवस्थापन, बौद्धिक समूहको गठन, स्थानीय तहको निर्वाचनलगायत समसामयिक विषयमा छलफल भएको छ । समितिको आजको बैठकमा सदस्यहरुले अध्यागमन कार्यालयका काम कारबाहीलाई पनि थप चुस्त र व्यवस्थित गर्नुपर्ने खाँचो औँल्याए। लोकसेवा आयोग र नेपाली सेनाबीच देखिएको समस्याको निराकरण, दक्षिण सुडानमा शान्ति स्थापना कार्यमा खटिए ... बाँकी अंश» राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सदनमा पेश, गोविन्द केसीको माग पूरा होला ? २०७३ भदौ २९ बुधबार, काठमाडौं । शिक्षामन्त्री धनिराम पौडेलले व्यवस्थापिका–संसद्को बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७३ पेश गरेका छन् । मन्त्री पौडेलले वुधबार सदनमा उक्त विधेयक प्रस्तुत गरेका हुन् । चिकित्सा शिक्षा ऐनको माग राख्दै पटक–पटक अनसन बस्दै आएका डा. गोविन्द केसीको माग कार्यान्वयनबारे प्रधानमन्त्रीले निर्देशन दिएको भोली पल्टै मन्त्री पौडेलले चिशित्सा शिक्षा विेधेय सदनमा पेश गरे । विधेयक पास भए चिकित्सा शिक्षा एने बनाउने बाट ... बाँकी अंश» प्रधानमन्त्रीले भारत भ्रमणको एजेण्डा सदनलाई सुनाए २०७३ भदौ २९ बुधबार, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले गर्न लागेको छिमेकी मुलुक भारतको भ्रमण असल नियतका साथ विश्वासको वातावरण बनाउने मार्गमा केन्द्रित हुने बताएका छन् । व्यवस्थापिका–संसद्को वुधबारको बैठकमा विहिबारबाट हुने आफ्नो भारत भ्रमणको बारेमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै प्रधानमन्त्री दाहालले नेपाल र भारतबीच रहँदैआएको सहयोगात्मक सम्बन्ध विस्तार गर्न आफ्नो भ्रमणबाट थप सहायोग पुग्ने विश्वास व्यक्त गरे । प्रधानमन् ... बाँकी अंश» सवारी तथा यातायात व्यवस्था दोस्रो संशोधन विधेयक प्रस्ताव स्वीकृत २०७३ भदौ २७ सोमबार, काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकले 'सवारी तथा यातायात व्यवस्था (दोस्रो संशोधन) विधेयक, २०७२' माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । विधेयकको सैद्धान्तिक पक्षमा उठेका छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री लेखकले एक वर्षअघि सरकारले सो विधेयक ल्याउने निर्णय गरेको जानकारी गराउँ ... बाँकी अंश» गणपूरक सङ्ख्या नपुगेपछि संसद बैठक स्थगित २०७३ भदौ २४ शुक्रबार, काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठक अन्तिम समयमा आएर गणपूरक सङ्ख्या नपुगेपछि स्थगन भएको छ । बैठकमा गणपूरक सङ्ख्याका बारेमा सांसद डिल्लीराज काफ्लेले प्रश्न उठाउनुभएको थियो । त्यसलगत्तै सभामुख ओनसरी घर्तीले संसद् सचिवालयका कर्मचारीलाई सदस्यको सङ्ख्या गणना गर्न निर्देशन दिनुभयो । सङ्ख्या गणना गर्नका लागि तीन मिनेटको घन्टी बजाएर समय प्रदान गरिएको थियो । सो समयमा पनि बैठकमा १२६ जना मात्र सदस्य रहेको तथ्याङ्क सचिवालयले सङ् ... बाँकी अंश» आश्वासन बाँड्नभन्दा दिइएका आश्वासन पूरा गर्न आग्रह २०७३ भदौ २० सोमबार, काठमाडौँ । भूकम्पपीडित जनतालाई मीठो आश्वासन बाँड्नभन्दा दिइएका आश्वासन पूरा गर्न सांसदहरुले सरकारसित माग गरेका छन् । उनीहरुले भूकम्पपीडित जनताका समस्यालाई ओझेलमा पारेर सरकार बनाउने र गिराउने खेल नखेल्न पनि राजनीतिक नेतृत्वको ध्यानाकर्षण गराए । व्यवस्थापिका–संसद्, विकास समितिको आजको बैठकमा उनीहरुले पुनःनिर्माणका सामग्री अभाव हुन थालेकामा चिन्ता व्यक्त गर्दै प्रभावित जिल्लामा निर्माण सामग्री बैंक स्थापना गर्न आग्रहसमेत गरे । भ ... बाँकी अंश» चार विधेयक पारित २०७३ भदौ १६ बिहिबार, काठमाडौँ। व्यवस्थापिका–संसद्ले कर्मचारी सञ्चय कोष (नवौँ संशोधन) विधेयक, २०७३ लाई सर्वसम्मतिले पारित गरेको छ । संसद्को आजको बैठकमा अर्थमन्त्री कृष्णबहादुर महराले उक्त विधेयक परित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । यसअघि उक्त विधेयकमाथिको छलफलमा भाग लिँदै नेपाल मजदुर किसान पार्टीका सांसद डिल्लीराज काफ्लेले कर्मचारी सञ्चय कोषको रकम ऊर्जाको विकासलगायत सामाजिक सुरक्षाका क्षेत्रमा लगाउन विशेष कार्ययोजना आवश्यक रहेको भनी सदनको ध्याना ... बाँकी अंश» भाषणवाजीका लागि शून्य समय २०७३ भदौ १४ मंगलबार, काठमाडौँ । व्यवस्थापिका–संसदमा शून्य समयमा विभिन्न पार्टीका सांसद्ले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए । यद्यपि, सांसदहरुले शून्य समयमा राखेका विषय सुन्ने सरकारका मन्त्री र शीर्ष दलका नेताहरु बैठकमा उपस्थित हुँदैनन् । उनीहरुको बोली भाषणवाजी जस्तो मात्र हुने गरेको छ । केही दिन अघि संसद बैठकमै सांसदहरुले नै महत्वपूर्ण विषय सुन्नु पर्ने र राख्नु पर्ने सरकारका मन्त्री तथा शीर्ष दलका नेताहरु बाहिर गएर बोल्ने तर संसदमा उपस्थित नहु ... बाँकी अंश» २०७३ भदौ १३ सोमबार, काठमाडौँ। व्यवस्थापिका–संसद्को आजको बैठकमा विकास समितिको वार्षिक प्रतिवेदन पेस गरिएको छ । समितिका सभापति रवीन्द्र अधिकारीले सदनसमक्ष विकास समितिको वार्षिक प्रतिवेदन पेस गरेका हुन् । अधिकारी समितिले भूकम्पपछिको पुनःनिर्माण, विकास निर्माण र अन्य समितिका कामका सम्बन्धमा सरोकारवाला निकायसँग भएका छलफल र दिएको निर्देशनका बारेमा जानकारी गराउँदै अपेक्षित रुपमा उपलब्धि हासिल हुन नसकेको बताए । समितिले दिएका निर्देशनको कार्यान्वय ... बाँकी अंश» संसद बैठक : सवारी दुर्घटना देखि खुमबहादुरले गोली चलाएको सम्म कुरा उठ्यो २०७३ भदौ १३ सोमबार, काठमाडौं। व्यवस्थापिका–संसदको विशेष समयमा भाग लिने अधिकांश सांसदले आ–आफ्नो जिल्ला, निर्वाचन क्षेत्र र मुलुकको समसामयिक विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद रेशमबहादुर बानियाले सडक दुर्घटनाबाट पछिल्लो समय ठूलो जनधनको क्षति भएको हुँदा सडकलाई व्यवस्थित गर्न र सवारी चालक अनुमतिपत्र वितरण व्यवस्थालाई समयसापेक्ष तुल्याउन सुझाव दिए । सांसद रवीन्द्र अधिकारीले सरकार गठन भएको एक महिना बितिसक्दासमेत स्थानीय तह ... बाँकी अंश» गृहमन्त्री निधिले भारत भ्रमणबारे सदनलाई के भने ? २०७३ भदौ १२ आइतबार, काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले प्रधानमन्त्री पुष्पकमल दाहालको विशेषदूतको रुपमा यही भदौ २ देखि ७ गतेसम्म गरेको भारत भ्रमणको बारेमा आज सदनलाई जानकारी गराएका छन् । व्यवस्थापिका–संसद्को आजको बैठकमा उनले भने – "आफ्नो भ्रमणबाट दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ तुल्याउन, सहकार्य र सहयोग विस्तार गर्न तथा उच्चस्तरीय भ्रमणको आदानप्रदान गर्न मद्दत पुगेको छ ।" सरकारको गत साउन २७ गतेको निर्णयअनुसार उपप ... बाँकी अंश» २०७३ भदौ ८ बुधबार, काठमाडौँ । व्यवस्थापिका–संसद्अन्तर्गतको सामाजिक न्याय तथा मानव अधिकार समितिकोे बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । समितिको आज बसेको बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको काम कारबाही प्रभावकारी ढङ्गले अघि बढाउन सर्वोच्च अदालतको निर्णय एवं प्रचलित अन्तर्राष्ट ... बाँकी अंश» संसद बेकामेः 'बिजनेस' नपाउँदा बैठक सात दिन स्थगित २०७३ भदौ ६ सोमबार, काठमाडौँ । सरकारले 'बिजनेस' दिन नसक्दा व्यवस्थापिका संसद् कामविहीन भएको छ । बिजनेस नभएपछि सभामुख ओनसरी घर्तीले संसद् बैठक एक सातासम्मका लागि स्थगित गरेकी छिन् । संविधान कार्यान्वयनका महत्वपूर्ण विधेयक सदनमा धमाधम छलफल हुनुपर्ने समयमा संसद् कामविहीन भएको हो । साउन १९ गते संसद्ले नयाँ प्रधानमन्त्री चयन गरेको थियो । झन्डै तीन सातासम्म पनि सरकारले पूर्णता नपाउँदा सदनको बिजनेसमा सरकारको चासो पुगेको छैन । संविधा ... बाँकी अंश» यातायात कानुनमा कडाई गर्न सांसदहरुको माग २०७३ भदौ १ बुधबार, काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको विशेष समयमा बोल्ने अधिकाश सांसदहरुले काभ्रेमा सोमबार भएको बस दुर्घटना र स्थानीय तहको पुनःसंरचनाबारे केन्द्रित रहेर आ–आफ्नाे भनाइ प्रस्तुत गरे । यातायात क्षेत्रमा देखिएको एकाधिकार र चालकको लापरबाहीका कारण सडक दुर्घटना हुने गरेको बताउँदै उनीहरुले यातायात क्षेत्रलाई नियमन गर्न बनेको कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिए । बैठकमा पहिलो वक्ताको रुपमा नेपाली काँग्रेसका तीर्थबहादुर ला ... बाँकी अंश» सभामुख घर्तीको सक्रियता बढ्यो, समिति सभापतिहरुलाई ल्याइन् एउटै टेबलमा २०७३ श्रावण ३२ मंगलबार, काठमाडौं । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसदअन्तर्गतका विभिन्न समिति सभापतिसँग समितिको प्रभावकारीता र क्षेत्राधिकारबारे छलफल गरेकी छन् । मंगलबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सभामुख घर्तीले समिति सभापतिहरुसंग छलफल गरेकी हुन् । छलफलमा समितिको क्षेत्राधिकार र संसदमा विषय प्रवेश गराउँदा हुने गरेको बाँझिने समस्या समाधानका विषयमा दोहोरो कुरा भएको संसदको विकास समिति सभापति रविन्द्र अधिकारीले हाम्राकुरालाई जानकारी दिए । ... बाँकी अंश» विकास आयोजना समयमै बनाऊ २०७३ श्रावण ३२ मंगलबार, काठमाडौँ व्यवस्थापिका–संसद्, विकास समितिले विकास आयोजना निर्धारित समयसीमाभित्रै सम्पन्न गर्न सङ्घीय मामिला तथा स्थानीय विकास र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकमा समितिले सरकार परिवर्तनको असर विकास आयोजनामा पर्न नदिन र विकास आयोजनामा विनियोजित बजेट पूरै खर्च हुने अवस्था सिर्जना गर्न पनि विशेष गरी ती दुई मन्त्रालयसित आग्रह गरेको छ । बैठकमा सांसदले विकास आयोजनाका लागि जग्गा प्राप ... बाँकी अंश» न्याय परिषद् विधेयक समितिमा, तीन संशोधन विधेयक पेश २०७३ श्रावण ३० आइतबार, काठमाडौं । व्यवस्थापिका– संसद्ले न्यायपरिषद् विधेयक, २०७३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । यसअघि प्रधानमन्त्री एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीका तर्फबाट उपप्रधानमन्त्री कृष्णबहादुर महराले उक्त विधेयक दफावार छलफलका सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकको प्रारम्भमा सभामुख ओनसरी घर्तीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ... बाँकी अंश» २०७३ श्रावण ३० आइतबार, काठमाडौँ। व्यवस्थापिका–संसद्को आजको विशेष समयमा सांसदले स्थानीय तहको संरचना, नेपाल– भारत सम्बन्ध, द्रुत राजमार्ग, बाढीपहिरो लगायत विषयमा सदनको ध्यानाकर्षण गराएका छन् । विशेष समयमा पहिलो वक्ताका रुपमा नेपाली काँग्रेसका तारामान गुरुङले जनसङ्ख्याका आधारमा होइन, भूगोलका आधारमा स्थानीय निकायको संरचना बनाउन, आवश्यकता र प्राथमिकताका आधारमा आयोजना र कार्यक्रमका लागि बजेट विनियोजन गर्न तथा जिविसले दिएको प्रस्तावका आधारमा मात्र बजेट ... बाँकी अंश» मुद्दा सम्बोधन नभएसम्म मोर्चा सरकारमा नजाने २०७३ श्रावण २४ सोमबार, काठमाडौँ। तराई मधेस लोकतान्त्रिक पार्टीका सर्वेन्द्रनाथ शुक्लले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग भएको तीन बुँदे सहमतिअनुसार संविधान संशोधन नभएसम्म आफूहरु सरकारमा नजाने बताएका छन् । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई व्यवस्थापिका–संसद्को बैठमा आज बधाई र शुभकामना दिँदै उनले तीनबुँदे सहमतिका आधारमा प्रधानमन्त्रीका पक्षमा मत हालेको जनाउँदै नयाँ सरकार बने पनि आफूहरुको लक्ष्य पूरा नभएको बताए । उनले सीमाङ्कनस ... बाँकी अंश» दाहाल सरकारपछिको पहिलो संसद् बैठक सुरु २०७३ श्रावण २४ सोमबार, काठमाडौँ। नयाँ सरकार गठनपछि व्यवस्थापिका–संसद्को पहिलो बैठक आज सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल निर्वाचित भएपछि बसेको संसद्का बैठकमा शून्य समय, विशेष समय सञ्चालन र अन्य नियमित कार्यसूची छन्। मन्त्रिपरिषद्ले पूर्णता नपाएकाले बैठकमा धेरै कार्यसूची छैनन्। दाहाल यही साउन १९ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। रासस ... बाँकी अंश»
2020/07/14 15:53:46
https://hamrakura.com/category.php?_Id=3&p=54
mC4
काठमाडौँ – सरकारले सिंहदरबारभित्र रहेका मन्त्रालय, आयोगको कार्यालय, सडक र झाडी सफाइ अभियानलाई तीव्रता दिएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाणडेले लेखेका छन् । प्रधानमन्त्री केपी ओलीको निर्देशनअनुसार मुख्यसचिव लोकदर्शन रेग्मीसहितको उच्च अधिकारीहरूको बैठकले सिंहदरबारभित्र सफाइ अभियान चलाएको हो । मुख्यसचिवसहित उच्च अधिकारीहरूको बैठकले १६ माघभित्र रङरोगनसहित सबै मन्त्रालयमा सफाइ अभियान सम्पन्न गरिसक्न तथा परिसरभित्र रहेका सबै पुराना सवारीसाधनको व्यवस्थापन गर्न निर्देशन दिएको थियो । त्यसअनुसार अहिले सबै मन्त्रालय आयोग र निकायले अभियान चलाइरहेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोद कुँवरले जानकारी दिए । तपाईको प्रतिक्रिया के छ ? < सम्बन्धित प्रचण्ड किन हतारमा एकीकृत समाजवादीसँग पार्टी एकता गर्न खोज्दैछन् ? राप्रपालाई राजेन्द्र लिङ्देनले एक वर्षमै दिए पुनर्जीवन नेता चौधरीद्धारा जनसम्पर्क कार्यालय स्थापना ताजा अपडेट आज मंसिर २० गते मंगलवार , गणेश भगवानको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल पत्रकार एलनमाथि हातपात, कान र गालामा चोट हाम्रो बारेमा दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।
2022-12-06T14:54:20Z
https://www.darpanpost.com/details/13706.html
OSCAR-2301
जनकपुरमा थप सात दिन निषेद्याज्ञा – AayoMail जनकपुरमा थप सात दिन निषेद्याज्ञा आयाेमेल संवाददाता २०७७ साउन २५ गते १७:२२ जनकपुरमा लागू भएको निषेधाज्ञा एक साताको लागि थप गरिएको छ। उपमहानगर क्षेत्रमा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि गत मंगलबारदेखि लागू भएको निषेधाज्ञा थप सात दिनका लागि बढाइएको हो। आइतबार बसेको सुरक्षा समितिको बैठकले जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्र थप एक साताका लागि निषेधाज्ञा बढाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए। भट्टराईका अनुसार निषेधाज्ञाको अवधि साउन ३२ गते आइतबार राति १२ बजेसम्म थप भएको हो। सुरक्षा समितिको बैठकले निषेधाज्ञा अवधिमा बैंक तथा वित्तीय संस्था सञ्चालन गर्न समयसिमा तोकेको छ। बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्म निजी क्षेत्र र दिउँसो २ बजेदेखि ५ बजेसम्म सरकारी कारोबार गर्ने गरी बैंक तथा वित्तिय संस्थाका लागि समय तोकिएको छ। यद्यपि अत्यावश्यक कारोबार सम्बन्धमा शाखा प्रबन्धकलाई व्यवस्थापन गर्ने अधिकार दिइएको छ। सामाजिक सुरक्षा भत्तासम्बन्धी कार्य शुक्रबार एक दिनमात्र गर्ने निर्णय बैठकले गरेको छ। यसैगरी भूमिसुधार तथा मालपोत कार्यालय/नापी कार्यालयको सेवा प्रवाह स्थानीय तहहरुलाई आलोपालो गरी सेवा प्रदान गर्न सम्बन्धित कार्यालयलाई व्यवस्थापन गरी जानकारी सार्वजनिक गर्न भनिएको छ। सुरक्षा समितिको बैठकले जनकपुर उपमहानगरपालिकाको पूर्वमा कपिलेश्वर बसपार्क, उत्तरमा क्षिरेश्वरनाथ नगरपालिकाको औरही पुल, पश्चिममा कुर्था जाने बाटो र बसबिट्टी (दुधमति पुल), दक्षिणमा बनौली मोड, बसहिया रोडको सोनासती मन्दिर र प्रदेशसभा जाने मोडसम्म निषेद्याज्ञा लगाउने निर्णय गरेको छ। निषेद्याज्ञा अवधिभर औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी सेवा, सञ्चार सेवा, बैंकिङ्ग सेवा, खानेपानी, इन्धन, विद्युत सेवालगायतका बाहेक अन्य सवारी साधनहरु सञ्चालनमा रोक लगाइएको छ। सर्लाहीमा पनि लकडाउन कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सोमबारदेखि सर्लाहीमा पनि लकडाउन हुने भएको छ। जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको सर्वपक्षीय बैठकले सोमबारदेखि लकडाउन गर्ने निर्णय गरेको हो। समुदायस्तरमा कोरोना फैलिइसकेको भन्दै सर्वपक्षीय बैठकले एक सप्ताहको लागि लकडाउन गर्ने निर्णय गरेको बताइएको छ। लकडाउन पालना गराउन सबै स्थानीय तह, राजनैतिक दल, नागरिक समाजलगायत सबै पक्षलाई अनुरोध गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए।
2022/05/23 16:55:32
https://www.aayomail.com/2020/08/3147/
mC4
सुदूरपश्चिम प्रदेशमा नीतिगत भ्रष्टाचार : बाजुराका २ निजी कम्पनीलाइ अनुदान - बडिमालिका खबर सुदूरपश्चिम प्रदेशमा नीतिगत भ्रष्टाचार : बाजुराका २ निजी कम्पनीलाइ अनुदान पदमबहादुर सिह/बाजुरा–सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते प्रस्तुत गरेको बजेट र असार ७ गते वितरण गरेको रातो किताब (रेडबुक) मै बाजुराका दुइ निजी कम्पनीलाई अनुदान दिने उल्लेख छ। आर्थिक मामिलामन्त्री प्रकाशबहादुर शाहको गृहजिल्ला बाजुराको दीपेन्द्र फर्निचर उद्योगलाई १५ लाख, बाजुराकै गणेश नमुना गार्मेन्ट उद्योग तथा न्यू–भिजन टेक्सटाइल उद्योगलाई २० लाख अनुदान दिने उल्लेख छ। बाजुरामा मात्र नभइ शुदुरपश्चिम प्रदेश भरि निजी कम्पनीलाई अनुदान दिने उल्लेख छ। बजेट वक्तव्य र रातो किताबमै निजी कम्पनीको नाम उल्लेख गरी साढे १० करोड अनुदान तोकिएपछि त्यसको विरोध हुन थालेको छ।'बजेट वक्तव्यमा यसरी कुनै निजी प्रालि वा कम्पनीको नामै तोकेर अनुदान घोषणा गर्नु भनेको नीतिगत भ्रष्टाचार हो', राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री भन्छन्, 'यसले सम्बन्धित योजना सिफारिस गर्ने सांसद र रातो किताबमा राख्ने मन्त्रीको मिलेमतोको आशंका गर्न सकिन्छ।' बाजुराका २ निजी कम्पनी १) गणेश नमुना गार्मेन्ट उद्योग तथा न्यू–भिजन टेक्सटाइल उद्योग यो उद्योग बाजुराको बडिमालिका नगरपालिका–९ मार्तडीमा छ। यसका सञ्चालक गौमुल गाउँपालिका–६ का गणेश रोकाया हुन्। उनी एमालेबाट साविक जुगाडा गाविस अध्यक्षमा चुनाव लडे पनि पराजित भएका थिए। उनी स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट गौमुल गाउँपालिका अध्यक्षमा पनि पराजित भएका थिए। रोकाया आस्थामा फरक भए पनि आर्थिक मामिलामन्त्री शाहका साथी हुन्। यो उद्योग आर्थिक मामिलामन्त्रीकै निर्वाचन क्षेत्रमा पर्छ। २) दीपेन्द्र फर्निचर उद्योग यो फर्निचनर उद्योग बाजुराको त्रिबेणी नगरपालिका–६ मा छ। यसलाई १५ लाख अनुदान दिइएको छ। यसका सञ्चालक सोही ठाउँका वीरबहादुर बुढा हुन्। बुढा माओवादी केन्द्रनिकट हुन्। उनी नेकपा हुँदा आर्थिक मामिलामन्त्री शाहका निकट थिए। उनको यो योजना पनि आर्थिक मामिलामन्त्रीले नै सिफारिस गरेका हुन्।
2021/09/17 15:53:12
https://badimalikakhabar.com/2021/07/03/111706/
mC4
वृद्ध भत्ता थाप्ने वसुधराको चाहना अधुरै « News24 : Premium News Channel मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका–५ डिपुस्थित मुसहर बस्तीकी वृद्धा वसुधरा ऋषिदेवको वृद्ध भत्ता थाप्ने चाहना पूरा हुन सकेको छैन ।वृद्ध भत्ताबाट न्यानो कपडा र औषधि किन्ने चाहना पूरा हुन नसकेको सार्वजनिक भएपछि स्थानीय अन्तरपार्टी महिला सञ्जालले नागरिकता बनाउन पहल गरे पनि सिफारिस हुन नसक्दा वसुधराको भत्ता थाप्ने चाहना अधुरै रहेको हो । दुवै खुट्टा पक्षघात भएकाले हिँडडुल गर्न नसक्ने वसुधराले शौच पनि ओछ्यानमै गर्छिन् । डिपोस्थित मुसहर बस्तीमा करिब ५० घर सुकुम्बासी ऋषिदेव (मुसहर) परिवारको बसोबास छ । नयाँ पत्रिकाबाट
2022/01/29 00:44:08
https://www.news24nepal.tv/2017/12/29/228314
mC4
कोरोना महामारीकै बीच विदेश जाने युवाको ताँती – Bikash Khabar बिहिबार, ०६ फाल्गुण २०७७ गते १९:०६ मा प्रकाशित Author विकास खबर Comment(0) 301 Views कर्णाली । विश्वभर फैलिएको कोरोना भाइरसको महामारी अझ सेलाएको छैन । कतिपय मुलुक त बन्दाबन्दीमै छन् । नेपालमा भर्खर खोप अभियान सुरु भए पनि यसको त्रास कायमै छ तर कोरोना सन्त्रासकै बीच वैदेशिक रोजगारीका क्रममा तेस्रो मुलुक जाने युवाको संख्या उत्तिकै छ । कोरोना महामारी सुरु भएयता सुर्खेतका एक हजार ३७३ युवाले राहदानी लिएका छन् । तीमध्ये ४९२ ले दु्रत माध्यमबाट राहदानी लिएको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ । कार्यालयका सूचना अधिकारी श्रीशम्शेर रानाले स्वदेशमा रोजगारीका अवसर नभएकाले युवा विदेशिने क्रम नरोकिएको बताए । 'कोरोना महामारीमा घर फर्केका पनि महामारी नसकिँदै विदेशतिर गएको पाइयो', उनले भने, 'गाउँघरमै रोजगारीको भरपर्दो अवसर पाएको भए विदेश जाने क्रम केही रोकिन्थ्यो ।' विदेशबाट फेर्केका युवालाई लक्षित गरी आयआर्जन तथा रोजगारीका कार्यक्रम सञ्चालन गर्न ढिलाइ गर्दा युवा पुनः विदेशतर्फ लागेको उनको भनाइ छ । त्यस्तै श्रम तथा रोजगार कार्यालयले पछिल्लो छ महिनामा कर्णालीका २०० भन्दा बढी युवाले पुनः श्रम स्वीकृति लिएको जनाएको छ । पछिल्लो तीन वर्षको तथ्यांकलाई केलाउने हो भने कर्णालीबाट पुनः श्रम स्वीकृति लिएर विदेश जानेको संख्या बढ्दो छ । श्रम तथा रोजगार कार्यालयका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा ९२६ ले श्रम स्वीकृति लिएका छन् । कार्यालय प्रमुख सुनिता दर्लामीले यो संख्या बढेर गत आर्थिक वर्ष २०७६/२०७७ मा दुई हजार २६ ले पुनः श्रम स्वीकृति लिएको जानकारी दिए । पुनः श्रम स्वीकृति लिनेमा संयुक्त अरब इमिरेट्स, साउदी अरब, दुबई, कतार, मलेशियालगायत खाडी मुलुक जाने छन् । खाडी मुलुकमात्र नभई छिमेकी मुलुक भारतमा रोजगारीका लागि जानेको संख्या पनि बढी छन् । एकसय ७० लिटर घरेलु मदिरा नष्ट २० पुष,डोटी । जिल्ला प्रहरी कार्यालयले यहाँका विभिन्न ठाउँमा अवैधरूपले उत्पादन गरिएका १७० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको काठमाडौं । टोखा नगरपालिकाले कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि रु चार करोड ७५ हजार ७७३ खर्च गरेको छ ।
2022/07/01 02:23:30
https://bikashkhabar.com/4591/
mC4
काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले भ्रष्टाचार विरुद्धको चित्रकला प्रदर्शनी आयोजना गरेको छ । आर्ट काउन्सिल बबरमहलमा २६ देखि २८ फागुन सम्म आयोजित प्रदर्शनीमा ललितकला क्याम्पसमा अध्ययनरत तथा ख्याती प्राप्त युवा कलाकार समेत गरि ६५ जना युवा कलाकारहरुले तयार गरेको चित्रकला राखिएको छ । प्रदर्शनीमा सहभागी ६५ युवा कलाकारहरुले बनाएको चित्रकलाहरु मध्येबाट उत्कृष्ट १२ चित्रहरु छनौट गरिएका छन् । उत्कृष्ट चित्रकला छनौट गर्नका लागि वरिष्ठ चित्रकार श्री गोविन्द डंगोल र टीआई नेपालका अध्यक्ष श्री खेमराज रेग्मी सम्मिलित छनौट टोली बनाइएको थियो । सो टोलीले पहिलो, दोस्रो र तेस्रो चित्रहरु छनौट गरेको छ । भ्रष्टाचारविरुद्धको उत्कृष्ट चित्र बनाई कलाकारहरु श्री उद्धवराज रिमाल पहिलो, श्री कृष्ण लामा दोस्रो र साजन ह्यङ्गजु तेस्रो हुन सफल भएका छन् । पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद सहित प्रमाणपत्र दिइएको छ । यसैगरी अन्य ९ जना कलाकारहरु अनिल महर्जन, निरज चित्रकार, लक्ष्मण भुसाल, सविन आचार्य, कमल श्रेष्ठ, विद्यामन तामाङ, रोजन खड्का, विवश राई, कृष्णादेवी महर्जनलाई सान्त्वना पुरस्कार स्वरुप प्रतिव्यक्ति २ हजार रुपैंया र प्रमाणपत्र दिइएको छ । चित्रकला प्रदर्शनीको संयोजन ललितकला क्याम्पसका उपप्राध्यापक जस्मिन राजभण्डारीले गरेका थिए । बबरमहलस्थित आर्ट काउन्सिलमा आयोजना गरिएको चित्रकला प्रदर्शनी उद्घाटन प्रमुख अतिथिका रुपमा ललितकला एकेडेमीका उपकुलपति के के कर्माचार्यले गरेका थिए ।
2021/05/08 04:36:52
https://www.tinepal.org/%E0%A4%AD%E0%A5%8D%E0%A4%B0%E0%A4%B7%E0%A5%8D%E0%A4%9F%E0%A4%BE%E0%A4%9A%E0%A4%BE%E0%A4%B0-%E0%A4%B5%E0%A4%BF%E0%A4%B0%E0%A5%81%E0%A4%A6%E0%A5%8D%E0%A4%A7%E0%A4%95%E0%A5%8B-%E0%A4%9A%E0%A4%BF%E0%A4%A4/
mC4
कोभिड–१९ महामारीको आक्रान्तबाट बल्लतल्ल अगाडि बढ्न खोजिरहेको विश्वमा अनेक प्रकारका मानसिक स्वास्थ्य समस्याहरू थपिएका छन् । वर्ष २०२१ को विश्व मानसिक स्वास्थ दिवसको नारा पनि यसै परिवेशमा 'Mental health in an unequal world' अर्थात् 'असमान विश्वमा मानसिक स्वास्थ्य' भन्ने तय भएको छ । तनाव, सीमा, तुलना, संयम अनि हिनतावोध धेरै कुराहरूबीच जीवनले आशाको त्यान्द्रो जोडेको हुन्छ । हामीले सबै गतिविधिलार्य सन्तुलनमा राखेर अगाडि बढ्नु जरुरी छ । जीवन केवल उपभोगकर्ता र उपलब्धिको धरोहर मात्र हैन । शून्यताबीच रहेको निरपेक्ष हरेक श्वासहरूको माला गाँसेर बनाइएको जीवनको महत्व पनि बुझ्नु जरुरी छ । सूर्य उदाउँदा हाँस्न भुलेको मानिसलाई आजभोलि हाँस्न बैंकमा ब्यालेन्स या राम्रा फोन या अन्य भौतिक अवयवहरू चाहिन्छ । जीवनको खुशी र सन्तुष्टि भौतिक प्राप्ति र प्रतिस्पर्धामा मात्र देख्ने पुस्ताले हाँस्न अनि हँसाउन नजानेको त पक्का हो । अर्कालाई पछारेर आफू अगाडि बढ्नुलाई जितको परिभाषा बनाएका मान्छेको झुण्डले एउटा अस्वस्थ प्रतिस्पर्धाबीच अन्योलको परिधि बनाएका छन् । अनि तनावपूर्ण जीवनको श्रीगणेश पनि त्यहीबाट हुन्छ । मानसिक स्वास्थ्यको यिनै मुद्दा अनि परिवेशले ल्याएको चुनौतिलाई विश्वभरि मिलेर सामना गर्न सन् १९९२ देखि हरेक वर्ष १५० भन्दा बढी देशहरूमा विभिन्न कार्यक्रम गरी विश्व मानसिक स्वास्थ्य दिवस मनाइन्छ । यो दिवसले संसारमा मानसिक स्वास्थ्यसम्बन्धी मुद्दाहरू, समस्याहरू अनि उपचारात्मक र प्रतिरोधात्मक तरिकाहरूबारे चेतना जागृत गरिन्छ । मानसिक स्वास्थ्यका मुख्य आधारहरू भनेको मानवीय संवेदनात्मक सहयोग र भावनात्मक प्राथमिक उपचारहरू हुन् । जीवन अनमोल छ । यहाँ महत्वपूर्ण कुराहरू जस्तैः धन सम्पत्ति र सुन चाँदीमा मात्र तुलना गर्नु मुर्खता हो । कमाउने र जोगाउने दौडमा कतै हामीले बाँच्न त बिर्सिरहेका छैनौँ ? खुशी हुनु र सकारात्मक सोच राख्नु एकदमै ठूलो कुरा हो, मुस्कुराउन र मुस्कान बाँड्न नभुलौं । स्मरणरहोस्, हरेक वर्ष करिब ३० करोड मानिसहरू संसारमा 'डिप्रेशन'का शिकार भइरहेका छन् । खुशी अनि सन्तुष्टिकासाथ जीवन बाँच्ने आधार नै मानसिक स्वास्थ्यको पहिलो खुड्किलो हो । हामीलाई त्यसै ३० करोडको सूचीमा नाम लेखाउने रहर पक्कै पनि छैन । जीवनमा सक्दो प्रयास गर्न सक्नु नै उपलब्धि हो । परिणाम त केवल उपज मात्र हुन्, प्रयासको । हामी छाँयाको पछाडि कुद्न बन्द गर्दै जीवनको वास्तविक मूल्यको पछि लाग्न जरुरी छ । हरेक दिन घट्दै गएका यी सीमित जीवनका दिनलाई रमाइलो गरी बिताउने साहस सबैमा होस् । मानसिक समस्या भएकाहरूको विशेष रेखदेख र स्वस्थ्य र सामान्य जीवनका लागि पहल गर्नु हाम्रो दायित्व हो । उनीहरूलाई दया होइन माया र स्नेहले भरिएको सामाजिक संरचनाको विकास गरौं ।
2022/01/24 00:07:19
https://www.hamropatro.com/posts/articles-events-v2/articles-events-v2-hamro-patro-mental-health-day
mC4
काठमाडौं– दुर्लभ तथा संरक्षित बन्यजन्तुको अवैध चोरीशिकारी र आखेटोपहारको अवैध कारोबार बिरुद्धको अप्रेशनमा प्रहरीले ठुलो सफलता पाएको छ । केन्द्रीय अनुसन्धान ब्युरोले तनहुँ प्रहरीको सहयोगमा गरेको अप्रेशनमा ठुलो परिमाणमा दुर्लभ ध्वाँसे चितुवाको छाला र हड्डी सहित कारोबारीलाई पक्राउ गरेको हो । प्रहरीले आबुखैरेनी गाउँपालिका–४ पुलजिपस्थित पृथ्वी राजमार्गबाट नुवाकोटको शिवपुरी गाउँपालिका बस्ने २८ वर्षीय भिमबहादुर तामाङ र गोरखाको सुलीकोट–२ बस्ने ३५ वर्षीय ईतबहादुर घलेलाई चितुवाको छाला ३ थान, सोको हड्डी ५ केजी ५ सय ५० ग्राम सहित मंगलबार पक्रेको हो । ब्युरोका अनुसार काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.१५ च ७४५६ नम्बरको स्कारपियो गाडीलाई केन्द्रीय अनुसन्धान ब्युरो र ईलाका प्रहरी कार्यालय आबुखैरेनीको संयुक्त टोलीले खानतलासी गर्दा गाडीमा सवार तामाङ र घलेलाई उक्त वस्तु सहित पक्राउ गरेको हो । काठमाडौं– प्रहरीले काठमाडौंकै प्रतिष्ठितमध्ये एक मानिएको शालिमार ज्वैलर्सका संचालकलाई सुन तस्करीको आरोपमा पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले गत पुस २१ मा बरामद साढे ३३ किलो सुन तस्करीको घटनामा प्रतिवादी बनाईएका शालिमार ज्वैलर्सका संचालक राहुल गोयललाई पक्रेको हो । ब्युरोले दुबईबाट तस्करी गरि भित्राएको साढे ३३ किलो सुन विमानस्थल बाहिरबाट बरामद गरेको थियो ब्युरोले अनुसन्धानको क्रममा १२ जना प्रतिवादीहरु पक्राउ गरी ३३ जना प्रतिवादीहरु बिरुद्द संगठित अपराध अन्तर्गत अनुसन्धान गरी जिल्ला सरकारी वकील कार्यालय काठमाण्डौ मार्फत मिति चैत्रमा काठमाण्डौ जिल्ला अदालतमा मुद्दा बुझाएको थियो । संगठित अपराध मुद्दामा संलग्न भई फरार रहेका भारत राजस्थान गंगानगर स्थायी ठेगाना भएका राहुललाई पुस २६ मा ब्युरोले पक्राउ गरेको हो । सशस्त्र आगलागी घटनाको अनुसन्धान अब सिआईबीले गर्ने, प्रमाण नष्ट गर्न योजना बनाएर आगो लगाएको गृहको निश्कर्ष काठमाडौं– गृह मन्त्रालयले सशस्त्र प्रहरी बलको हल्चोकस्थित मुख्यालयमा पुस ४ मा भएको आगलागी प्रमाण नष्टगर्ने उद्देश्यबाट योजना बनाएर गरिएको निश्कर्ष सहित अनुसन्धानको जिम्मेबारी केन्द्रीय अनुसन्धान ब्युरोलाई दिएको छ । सशस्त्रको स्टोर रुममा पुस ४ गते एकाबिहानै आगलागी भएको थियो । घटनामा २०६१ पछिका महत्वपूर्ण कागजपत्र जलेर नष्ट भएका थिए । घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयले एकजना सहसचिवको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिती पुस ५ मा गठन गरेको थियो । मन्त्रालयका अनुसार छानबिन समितीले पुस २३ मा बुझाएको प्रतिवेदनमा सुनियोजित तरिकाले श्रेष्ता तथा कागजपत्र जलाउने उद्देश्यले आगलागी भएको निश्कर्ष निकालेको हो । छानबिन समितीले सशस्त्र प्रहरीको आर्थिक प्रशासन निर्देशनालय र सो मातहत रहेका शाखा कर्मचारीलाई तत्काल हटाएर अनुसन्धानको जिम्मेबारी सिआईबीलाई दिन भनेको हो । घटनाको प्रारम्भीक अनुसन्धान गरिरहेको महानगरीय अपराध महाशाखाले यसअघि नै सशस्त्रका नायब निरीक्षक र हवल्दारलाई पक्राउ गरेर कारवाही गरिरहेको छ । नेपालको सुरक्षा इतिहासमा पहिलो पटक एउटा सुरक्षा संगठनले भ्रष्टाचार ढाकछोपगर्न आफ्नै मुख्यालयमा आगलागी गराएको हो । काठमाडाैं– भारतीय गुप्तचर संस्था अनुसन्धान औंर बिश्लेषण विङ (रिसर्च एण्ड एनालाइसिस विङ ‘र’) को नाममा तीनय बढि युवा ठगिएका छन । ठगीमा संलग्न आरोपीले नेपालस्थित भारतीय दुतावासको लेटर प्याड र ‘र’ कै लोगो समेत प्रयोगगरि नक्कली नियुक्ती पत्र समेत तयार पारेर युवाहरुलाई रोजगारीका नाममा ठगेका हुन । महानगरीय अपराध महाशाखाले सप्तरीका रमाकान्त नोनियालाई आइतबार कलंकीबाट पक्रेको हो। रमाकान्तले केही महिनादेखि २ सय २० जनाभन्दा बढी मानिसलाई ‘र’ मा जागिर लगाइदिने भन्दै रकम लिने गरेका थिए। खाडी देशबाट केही समय अघि फर्किएका रमाकान्तले युवालाई नियुक्ती पत्र दिनुका साथै सूचना संकलनका लागि आधार क्षेत्र समेत बाँडेका थिए । उनले मासिक ५० हजार भारतीय रुपैयाँ तलब तथा सुविधा र परिचय सधै गोप्य राख्न भन्दै विभिन्न नम्बर उपलब्ध गराएका थिए । तर नियुक्ति पत्र पाएको लामो समयसम्म पनि जागिरको टुङगो नलागेपछि नक्कली नियुक्ती पत्र बोकेर युवाहरुको एउटा समुह प्रहरीसम्म पुगेको थियो । तर यसअघि भारतीय दुतावासले घटनाक्रमको सूचना प्रहरी प्रधान कार्यालयलाई दिएर आवश्यक अनुसन्धानका लागि आग्रह गरेको थियो । भारतको अन्तर्राष्ट्रिय गुप्तचर संस्था ‘र’ को जागिरको प्रलोभनमा पर्ने युवाले रमाकान्तले आफुलाई भारतीय दुतावासको खास मान्छे भन्दै परिचय दिने गरेका थिए ।
OSCAR-2019
ओमकार टाइम्स नेपाल, स्कटल्याण्ड र नामिबियाबीचकाे त्रिकाेणात्मक सिरिज स्थगित – OMKARTIMES काठमाण्डाै – आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्कटल्याण्डमा हुने भनिएको त्रिकोणात्मक सिरिज स्थगित भएको छ । कोरोना भाइरसकाे कारण स्कटल्याण्ड क्रिकेट बोर्डले सिरिज स्थगित गरेको जनाएको छ । बोर्डले विज्ञेप्ति निकाल्दै नवाैँ चरणका खेलहरु स्थगित भएको जनाएको हो । स्कटल्याण्ड क्रिकेटको आग्रहपछि आईसीसीले सिरिज स्थगित गरेको जनाएको छ । प्रतियोगितामा नेपाल, नामिबिया र स्कटल्याण्डले जुलाई ४ देखि ११ सम्म खेल्ने तालिका थियो । सन् २०२३ को एकदिवसीय विश्वकपको छनोट प्रक्रियाकाे रुपमा रहेको यो प्रतियोगिता अब कहिले हुन्छ भन्नेमा आईसीसीसँग समन्वय गरेर मिति तोक्ने जनाइएको छ । आईसीसी प्रतियोगिता प्रमुख क्रिस टेट्ले विभिन्न देशले कोरोनाकाे कारण विदेशी नागरिकलाई प्रवेशमा रोक लगाएकाेले त्यसको असर प्रतियोगितामा परेको जनाएका छन् । यसअघि कोरोनाकै कारण नेपालले नामिबियामा खेल्ने त्रिकोणात्मक सिरिज पनि आईसीसीले स्थगित गरेको थियो । यो सिरिज नामिबियामा अप्रिल २० देखि २७ मा हुने तालिका थियो । स्कटल्याण्डमा नेपाल, नामिबिया र घरेलु टिमले दुई/दुई एकदिवसीय खेल खेल्ने कार्यक्रम रहेको थियो । साथै मलेसियामा हुने भनिएको आईसीसी मेन्स टी–२० विश्वकपको दोस्रो चरणको छनोट पनि कोरोनाकाे कारण स्थगित भएको छ । यो जुन २६ देखि जुलाई २ ताखिरमा हुने तालिका थियो ।
2020/09/29 19:58:58
https://www.omkartimes.com/archives/22073
mC4
नागरिक मैत्री कार्यक्रम र बजेट ल्याउन महानगरलाई सञ्जालकाे सुझाव – Informal Sector Service Centre नागरिक मैत्री कार्यक्रम र बजेट ल्याउन महानगरलाई सञ्जालकाे सुझाव समाधान संवाददादता पोखरा महानगरपालिका नीति तथा कार्यक्रम र बजेटको तयारीमा जुटिरहेका बेला शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराले आइतबार सुझाव बुझाएको छ । नागरिक संघ संगठनको भूमिका मार्फत् नागरिक संगठनमैत्री वातावरण सिर्जना गर्दै दिगो विकास लक्ष्यका सूचांक प्राप्तिका लागि प्राथमिकता दिन सञ्जालले महानगरको ध्यानाकर्षण गराएको छ । महानगरका मेयर मानबहादुर जिसीलाई बुझाइएको सुझावपत्रमा सुशासन, शिक्षा स्वास्थ्य र रोजगारी, सार्वजनिक सम्पतिको संरक्षण, कृषि उत्पादनमा जोड, नागरिक तथा नगर सुरक्षा, नागरिकमैत्री वातावरण सिर्जना र नागरिक समाजसँगको सहकार्यमा जोड दिन आग्रह गरिएको छ । महानगरको योजना प्रक्रिया, योजनाको छनोट, योजनको दिगोपना, दिर्घकालीन, मध्यकालीन तथा अल्पकालीन योजना छनोट गरी रणनीतिक योजना तथा नीति जारी गर्न माग गरिएको छ । आन्तरिक तथा पुँजीगत खर्चहरुमा सुशासन कायम गर्ने गरी उपर्युक्त नीति जारी गरी साधारण खर्चमा समेत सुशासन लक्षित गर्न सुझाव दिइएको छ । यसैगरी दिगो विकास लक्ष्यले तोकेका परिसूचकहरु पूरा हुने गरी उक्त १७ वटा क्षेत्रहरुमा महानगरपालिका योजना समावेश गर्न सञ्जालको सुझाव छ । महानगरपालिकाको आर्थिक नीति तथा कार्यक्रममा नगरपालिक भित्रको सार्वजनिक शिक्षा त्यसमा हुने आर्थिक र भौतिक लगानी तथा प्राप्तहुने प्रतिफल समेतलाई मनन गरी शिक्षामा लगानी गर्न एवं कोरोनाको महामारीबाट बच्न स्वास्थ्य संस्थाहरुको सवलीकरण गर्न उचितनीति र कार्यक्रमले सम्बोधन माग गरिएको छ । महानगरपालिकाभित्र रहेका सार्वजनिक सम्पत्ति चौतारो, सडक, पोखरी, तालतलैया, पार्क उद्यान, महानगरपालिकाको स्वामित्वमा रहेका भवनहरूको हाल संरक्षण हुन सकेको छैन । फिर्के खोला दायाँ बायाँको मापदण्ड बमोजिमको सार्वजनिक सम्पत्ति हाल व्यक्तिले हडप गरी नागरिकको अधिकारमा हनन् गरेको, चौतारो, तालतलैया अधिग्रहण गरेको अवस्था देखिएकाले उक्त सम्पत्ति संरक्षणका लागि उचित कार्यक्रम ल्याउन महानगरसँग सञ्जालले आग्रह गरेको छ । कृषि उत्पादनमा वृद्धि गर्न कृषिजोन छुट्याउनु पर्ने, एक गाउँ एक उत्पादनको कार्यक्रमको साथै उत्पादनमा आधुनिक प्रविधि प्रयोग गर्ने, कृषकहरुलाई अनुदान वृद्धि गर्दै उत्पादनका लािग कृषि उपकरणहरु निशुल्क प्रदान गर्न समेत माग गरिएको छ । सुझावमा भनिएको छ, 'महानगरपालिककालाई खाद्यन्नमा आत्मनिर्भर बनाउने गरी कार्यक्रम ल्याइयोस् ।' पोखरा विमानस्थल सञ्चालनमा आएपछि पोखरामा वाह्य सुरक्षामा खतरा हुने भन्दै महानगरपालिकाले नगर क्षेत्र भित्र बसोबास गर्ने तथा वाह्य क्षेत्रबाट आउने व्यक्तिहरुको टे«सिक र ट्रयाक गर्ने गरी एप्ब बनाउन समेत सुझाव दिइएको छ । नगर क्षेत्र भित्र बसोबास गर्ने बालबालिका, महिला, अपांगता भएका, ज्येष्ठ नागरिक, एकल महिला र पछाडि पारिएको वर्ग लगायत विभिन्न क्षेत्रका नागरिकहरूलाई संरक्षण गर्नुका लागि नीति तथा कार्यक्रमको साथै बजेटको व्यवस्था गर्न समेत माग गरिएको छ । महानगरपालिकाले नागरिक समाज, नागरिक संगठनहरूको सहकार्य र समन्वयलाई जोड दिदै नागरिक संगठनहरुको परिचालनका लागि छुटै डेक्सको व्यवस्थाका गरी अगामी नीति तथा कार्यक्रम ल्याउन सञ्जालको माग छ । सुझावपत्रमा सञ्जाल संयोजक विष्णुप्रसाद बराल, वरिष्ठ अधिवक्ता रामप्रसाद घिमिरे, गैसस महासंघका महासचिव रामप्रसाद सुवेदी, सयपत्री समाज पोखराका अध्यक्ष गेहेन्द्रेश्वर कोइराला, इन्सेक प्रदेश संयोजक शिवप्रसाद खकुरेल, गैसस महासंघ प्रदेश संयोजक बिना सिलवाल, सयपत्री समाजका सदस्य गिरधारी सुवेदी, मानव अधिकार संरक्षण मञ्च, (मासम) कास्की अध्यक्ष कमलप्रसाद अर्याल टोली नेपाल कास्की अध्यक्ष छवि गौंडेल , हुरडेप उपाध्यक्ष ढाकाराम पौडेल, इन्सेक पोखराका अधिकृत सवनम शर्माको हस्ताक्षर छ ।
2022/05/20 06:25:28
https://www.insec.org.np/insec-news/%E0%A4%A8%E0%A4%BE%E0%A4%97%E0%A4%B0%E0%A4%BF%E0%A4%95-%E0%A4%AE%E0%A5%88%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A5%80-%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%AF%E0%A4%95%E0%A5%8D%E0%A4%B0%E0%A4%AE/
mC4
कटारीमा पनि २५ औ विश्व आदिवासी दिवश धुमधाम मनाईयो । नगर प्रमुखबाट जनजाती पार्क निर्माण गरिने घोषणा प्रकाशित मिति: August 9,2019 २४ श्रावण, शुक्रवार उदयपुर ः विश्व भरी आज २५ औ आदिवासी दिवश मनाईरहेको छ । कटारीमा पनि धुमधामका साथ मनाएको छ । 'पहिचान सहितकको संघियता र स्वशासनको लागि संबिधान संसोधनको अभियान । समान प्रतिनिधित्व सहितको राज्य निर्माणको लागि २५ औं आदिवासी दिवशको आन्दोलन ।।' भन्ने मुल नाराका साथ नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय समितिको आयोजनामा झाँकी प्रदर्शन गर्दै कटारी बजार परिक्रमा गरी कटारी स्थित भु.पु.सैकिन क्लवको कवर्ड हलमा विभिन्न कार्यक्रम गरी मनाएको नेपाल आदिवासी जनजाती महासंघ कटारी नगर समन्वय समितिका अध्यक्ष केदार राना मगरले बनाउनु भयो । कटारी नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठको प्रमुख आतिथ्य र उपमेयर भिमकुमारी राउतको विशेष आतिथ्यमा भएको कार्यक्रममा आदिवासी जनजातीहरुको बरिष्ठ व्यक्तित्वहरुको उपस्थिति थियो । विगतका दिनहरुमा नगरपालिकाले आप्mनो कार्यालय व्यव्स्थापन र जनप्रतिनिधिहरुलाई प्रशिक्षण गर्दै समय वितेकोले जनजातीहरुको मागहरुलाई सम्बोधन गर्न नसकिएको होकी भन्दै माफी माग्दै यसै आ.ब.भित्र सम्पूर्ण जनजातिहरुको पहिचान खुल्ने गरी जनजाती पार्क (पर्यटकिय क्षेत्र) निर्माण गरिने प्रमुख अतिथि तथा नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताउनु भयो । कार्यक्रममा सहभागी भई झाँकी प्रदर्शन गरेका समूहहरुलाई संस्कार र संस्कृतिको संरक्षण गर्न रु. ५० हजार का दरले नगरपालिकाले दिईने विशेष अतिथि तथा उप मेयर भिमकुमारी राउतले बताउनु भयो । कार्यक्रममा बोल्दै आदिवासी वक्ताहरुले राज्यले संविधानमा उल्लेखित कुराहरुलाई उपेक्षा गर्दै कार्यान्वयन पक्षमा नल्याइएको लोकसेवा आयोगले आरक्षरण कोटाहरु हटाइएकोमा चर्को विरोध गरेका थिए । करिव ५ हजार माथि जनजातिहरुको उपस्थितिमा भएको कार्यक्रममा कटारी नगरपालिकाको १४ वटा वडा कै जनजातिहरुको सहभागि थियो । कार्यक्रममा नगर भरिकै उच्च अंक प्राप्त गरी एस.ई.ई. परीक्षा उत्तीर्ण २८ जना विद्यार्थीहरुलाई रु. १ हजारका दरले र प्रसंशा पत्र प्रदान गरी शिक्षा क्षेत्रमा हौसला प्रदान गरिएको थियो ।
2019/08/20 03:14:03
http://ekhabarpatrika.com/news/992/%E0%A4%95%E0%A4%9F%E0%A4%BE%E0%A4%B0%E0%A5%80%E0%A4%AE%E0%A4%BE-%E0%A4%AA%E0%A4%A8%E0%A4%BF-%E0%A5%A8%E0%A5%AB-%E0%A4%94-%E0%A4%B5%E0%A4%BF%E0%A4%B6%E0%A5%8D%E0%A4%B5-%E0%A4%86%E0%A4%A6%E0%A4%BF%E0%A4%B5%E0%A4%BE%E0%A4%B8%E0%A5%80-%E0%A4%A6%E0%A4%BF%E0%A4%B5%E0%A4%B6-%E0%A4%A7%E0%A5%81%E0%A4%AE%E0%A4%A7%E0%A4%BE%E0%A4%AE-%E0%A4%AE%E0%A4%A8%E0%A4%BE%E0%A4%88%E0%A4%AF%E0%A5%8B-%E0%A5%A4-%E0%A4%A8%E0%A4%97%E0%A4%B0-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%AE%E0%A5%81%E0%A4%96%E0%A4%AC%E0%A4%BE%E0%A4%9F-%E0%A4%9C%E0%A4%A8%E0%A4%9C%E0%A4%BE%E0%A4%A4%E0%A5%80-%E0%A4%AA%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%95-%E0%A4%A8%E0%A4%BF%E0%A4%B0%E0%A5%8D%E0%A4%AE%E0%A4%BE%E0%A4%A3-%E0%A4%97%E0%A4%B0%E0%A4%BF%E0%A4%A8%E0%A5%87-%E0%A4%98
mC4
नेपाल अमेरिका पत्रकार संघको छैंटौं अधिवेशनको तयारी पुरा – खुल्लामन्च : समुदायको आवाज प्रकाशित: २०७५ असार ३२ गते ५:१० सियाटल – नेपाल अमेरिका पत्रकार संघ, नेजाले छैंटौं अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । संस्थाद्वारा प्रेषित वक्तव्य : नेपाल अमेरिका पत्रकार संघ, नेजाको छैटौं अधिवेशन तथा बाह्रौं वार्षिक साधारण सभाको तयारी पूरा भएको छ । यही शनिवार र आईतवार अर्थात जुलाईको २१ र २२ तारिखमा वाशिंगटनको सियाटलमा हुन लागेको अधिवेशनमा भाग लिन नेपाल पत्रकार महासंघका सभापति गोबिन्द आचार्य बिहिबार कार्यक्रममा सहभागि हुन आउने कार्यक्रम रहेको छ । त्यसैगरि विभिन्न राज्यवाट नेजाका सदस्यहरु, प्रतिनिधी तथा शुभेच्छुकहरु बुधबार देखिनै सियाटल आउने भएका छन् । 'नेजाको अधिवेशनका लागि गर्नुपर्ने सम्पूर्ण तयारी हामीले पूरा गरेका छौं', छैटौं अधिवेशन तयारी समितिका संयोजक तथा कार्यसमितिका क्षेत्रिय संयोजक ध्रुब कुँवरले जानकारी दिनु भएको छ । कूल १ सय ३६ सदस्य मध्ये २१ जना आजीवन सदस्य र १ सय १५ जना साधारण सदस्यहरुले यस अधिवेशनमा भाग लिनेछन । कार्यक्रममा सहभागी सदस्यले रजिस्ट्रेसनबापत ५० डलर तिर्नु पर्नेछ । रजिष्ट्रेशनको लागि नगद वा चेकवाट भुक्तानी लिन सकिने भएकाले सहभागीहरुलाई सोही अनुसार व्यवस्था गर्न कुँवरले आग्रह गर्नु भएको छ । उदघाटन कार्यक्रम तपसिलमा उल्लेख भए अनुसार रहेको छ । मिति: जुलाई २१, २०१८ शनिवार समय: साँझ ५:०० बजे स्थान: Clarion Hotel Seattle Airport 3000 S. 176th St,Seattle, WA 98188 हवाई माध्यमबाट आउने साथीहरुले समयमा नै टिकटको व्यवस्थापन गर्नु भएको होला भन्ने हामीलाई लागेको छ । कोही पनि साथीहरु जुलाई २१ भन्दा पहिले सियाटल आउदै हुनुहुन्छ भने कृपया हामीलाई तत्काल जानकारी दिनु होला । जुलाई २१ र २२ बाहेकको बसोवासका लागि हामीले सहुलियत दरमा तपाईंहरुको होटल व्यवस्थापन गर्न समन्वय गर्नेछौं । होटेलको ठेगाना : 3000 S. 176th St, Seattle, WA 98188 हो । हाम्रो अधिवेशन स्थल नजिकको विमानस्थल Seattle–Tacoma International Airport (SEA) हो | SEA बाट होटेलसम्म पैदल करिब १० मिनेटको दुरी पर्दछ भने एअरपोर्टबाट फ्री सटलको ब्यबस्था छ । अधिवेशनमा सहभागी हुनु हुने सबै प्रतिनिधि साथीहरुले रजिष्ट्रेशन वापत ५०.०० डलर तिरेर अधिवेशनमा सहभागी हुनुपर्नेछ । स्वागतको प्रतिक्षामा अधिवेशनसम्बन्धी अन्य कुनै जानकारी आवश्यक परे हामी सधैं उपलब्ध छौं ।
2021/12/04 23:47:37
https://www.khullamanch.com/2018/07/16/9514/
mC4
डा. गोविन्द केसीको समर्थनमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की सडकमा, « Khasokhas Follow @khasokhasmag डा. गोविन्द केसीको समर्थनमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की सडकमा, चिकित्सा क्षेत्र सुधारको माग राखी १३ दिनदेखि अनशनरत डा. गोविन्द केसीको समर्थनमा शनिबार जुलुस प्रदर्शन गरिएको छ । पूर्व प्रधान न्यायाधीस सुशीला कार्कीले डाक्टर गोविन्द केसीले उठाएकोे माग विधिसम्मत भएको बताएकी छिन् । डाक्टर केसीको समर्थनमा आयोजित र्‍यालीपछिको सभालाई सम्बोधन गर्दै उनले यो लडाई विकृति विरुद्धको पनि भएकाले आम जनताको पक्षमा रहेको बताइन् । उनले डाक्टर केसी १३ दिन देखि भोकभोकै विकृति विरुद्ध लडेको भन्दै आफू सधैँ केसीको पक्षमा हुने बताइन् । उनले भनिन्, 'उहाँको माग गरिव विद्यार्थीले पढ्न पाओस, चिकित्सा शिक्षामा व्यापार नहोस, सामजिक न्याय होस भन्नका लागि हो ।' उनले थपिन, 'यसै अनुसार कानुन बन्नुपर्छ भन्नु न्यायसम्मत विषय हो ।' साथै उनले आम नागरिकलाई यो विकृति विरुद्धको लडाईमा साथ दिन आह्वान पनि गरिन् । 'जसले जे मन लाग्यो त्यही गर्ने ? त्यही हुँदा हामी चुप बसिराख्ने ?' कार्कीले थपिन, 'सरकारले बेलैमा सोचोस, कुनै दुर्घटना भयो भने देशकै लागि कलंक हुनेछ ।' प्रदर्शनमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की पनि सहभागी थिइन् । जुलुस बानेश्वर पुगेर कोणसभामा परिणत भएको छ । प्रदर्शनकारीहरूले केसीले अघि सारेका माग तत्काल सम्बोधन गर्नुपर्ने माग राखेका छन् । चिकित्सा शिक्षासम्बन्धी विधेयक संसदबाट तत्काल पारित गरिनुपर्नेलगायत केसीको माग छ । माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शनमा चिकित्सा शिक्षाका विद्यार्थी, विभिन्न पेसाकर्मी र सर्वसाधारणको उपस्थिति थियो ।
2022/05/19 06:05:38
https://www.khasokhas.com/18654
mC4
श्रीमान् छाडेर फेसबुके प्रेमीको पछि लाग्दा…. – Jagaran Nepal भारतको दिल्लीमा काम गर्ने बैतडीका एक युवकले फेसबुकबाटै मायाप्रेमको नाटक गरेर काठमाडौंबाट महेन्द्रनगर बोलाई ती युवतीलाई गड्डाचौकी नाका हुँदै भारततिर लग्दै गर्दा माइती नेपालले उ'द्धार गरेर आफन्तको जिम्मा लगाएको हो । हाम्रो एक वर्षअघि फेसबुकबाटै परिचय भएको थियो,' माइती नेपाल कक्षमा विमलाले भनिन्, '२र३ महिनासम्म दिनहुँ कुराकानी हुन थालेपछि उसले नै प्रेम प्रस्ताव गरेको थियो । विमलाले ती युवकलाई फेसबुकमा बाहेक अन्त कतै देखेकी थिइनन् । तर प्रेमले अन्धो बनाएपछि उनी कहिल्यै नदेखेको व्यक्तिले बोलाउँदा घर छाडेर हिँडिन् ।'बैतडी भनेको मध्यपश्चिमको पहाडी जिल्ला हो भनेको थियो उसले,' विमलाले भनिन्, 'दिल्लीमै पढाइ गरिरहेको छु, पढाइ सकेपछि बिहे गरेर घर लैजान्छु भनेको छ ।' उनले ती युवकप्रति आफू विश्वस्त भएकाले धोका दिन नसक्ने बताइन् १ बरु उसैसँग बिहे गरेर बैतडी जान तयार छु घर जाँदिनँ उनले भनिन् । माइती नेपालले शनिबार गड्डाचौकीबाट उद्धार गरेको हो । केटाको उमेर १७ वर्षमात्रै छ१ माइती नेपाल कञ्चनपुर संयोजक महेश्वरी भट्टले भनिन्, 'ऊ अहिले दिल्लीमा १० कक्षामा पढदै छ १ स्कुले केटालाई प्रयोग गरेर अन्य व्यक्तिले नै युवतीलाई ललाइफकाई भारत पुर्‍याउने योजना हुन सक्ने उनले बताइन्। । उद्धार गरी ल्याएकी विमलाले मरे पनि दिल्ली नै जाने भनिरहेकी थिइन् । उनले उता घरमा पनि श्रीमान्ले जथाभावी कुटपिट गर्ने भएकाले छोडेर हिँडेको बताइन् ।श्रीमान् घर भए दिनहुँ कुट्छ, मलाई पहिलेजस्तो माया पनि गर्दैले भनिन्, माइतीमा पनि आमा सानैमा बितेकाले खासै मतलव हुँदैन ११ उनले ३ वर्षकी छोरीलाई काकाकाकीको भरमा छाडेकी छन् । दुई वर्षअघि यस्तै एक अर्को घटनामा फेसबुकमै प्रेम हुँदा काठमाडौंकी एक युवती कहिल्यै नदेखेको केटासँग विवाह गर्न महेन्द्रनगर हुँदै वनबासा पुगेकी थिइन् । तर उनले आफूले फेसबुकमा मन पराएको केटा देखेपछि अघि बढ्ने वा पछि हट्ने भन्ने अलमलमा परिन् ।उनले फेसबुकमा मन पराएको युवक अपांग भएकाले पछुताउनुपरेको थियो । पछि हामीले नै वनबासाबाट उद्धार गरी काठमाडौंबाट आफन्तलाई बोलाएर घर पठाएका थियौं,' भट्टले भनिन् । नेपाली न्युज बाट।
2021/07/30 03:49:08
https://www.jagarannepal.com/details/27523.html
mC4
ललितपुरको महालक्ष्मी नगरपालिका र सल्यानको त्रिवेणी गाउँपालिकाले पनि आफ्नै स्थानीय पाठ्यक्रम बनाएर लागू गरेका छन्। अरू कैयौं स्थानीय तहले समेत यसैगरी आफ्नै क्षेत्रका वातावरण, इतिहास, संस्कृतिलगायत विषय समेटेर पठनपाठन शुरू गरिसकेका छन्। ३ असोज २०७२ मा जारी नेपालको संविधान लागू भएपछि २०७४ मा सम्पन्न निर्वाचनबाट गठन भएका स्थानीय तहले गरिरहेका सेवाप्रवाहका यी केही उदाहरण हुन्। संवैधानिक हैसियतका स्थानीय तहले आफ्ना संवैधानिक अधिकार पूर्ण रूपमा अभ्यास गर्न थाल्दा नागरिकले छिटो र सहज तरिकाले थप सेवा प्राप्त गर्न थालेका छन्। जनताका प्रतिनिधिले संविधान बनाउने परिकल्पना २००७ सालको ‘नेपाल अन्तरिम शासन विधान’ले नै गरेको भए पनि त्यसको करीब ६५ वर्षपछि संविधानसभाले जारी गरेको संविधानमार्फत मुलुकले साँच्चैका स्थानीय सरकारको अभ्यास शुरू गरेको हो। लोकतन्त्र पुनर्वहालीका लागि भएको २०६२/६३ को जनआन्दोलनका बलमा राजनीतिक व्यवस्था परिवर्तन भएपछि गठन भएको संविधानसभाले जारी गरेको यो संविधानका मुख्य विशेषता गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीपन हुन्। मौलिक हकका हिसाबले नेपालको संविधानलाई अध्येताहरूले भारतलगायतका मुलुकमा समेत अनुकरणीय भनेर चर्चा गरेका छन्। अन्तरिम संविधानमै व्यवस्था भएका गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीपनलाई नेपालको संविधानले संस्थागत गरेको हो भने मौलिक हकमा सूचीकृत नागरिकका अधिकारको दायरालाई यसले थप फराकिलो पारेको हो। नेपाली कांग्रेसका नेता डा। रामशरण महत मौलिक हकले समेटेका राजनीतिक, सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक, पर्यावरणीय लगायतका अधिकारको सूची विश्वका विरलै संविधानमा भएको बताउँछन्। उनले संविधानका यी मौलिक हकको केन्द्रमा व्यक्तिको वैयक्तिक स्वतन्त्रता रहेको उल्लेख गर्दै त्यसले नै संविधानको लोकतान्त्रिक चरित्रलाई जीवित राख्ने बताए। संवैधानिक कानूनका जानकारहरू संविधानमा फराकिलो दायरासहित समेटिएका मौलिक हक र तिनले सुनिश्चित गरेको वैयक्तिक स्वतन्त्रता नै यो संविधानको मूल पूँजी भएको बताउँछन्। विना भेदभाव सम्मानपूर्वक बाँच्न पाउने अधिकारदेखि राजनीतिक दल तथा संघ–संगठन खोल्ने, त्यसमा संगठित हुन पाउने, व्यक्तिगत गोपनीयता कायम राख्ने जस्ता अधिकार यसैभित्र पर्छन्। अभिव्यक्ति स्वतन्त्रता, आफू र सार्वजनिक सरोकारको विषयमा सूचना माग गर्न र लिन पाउने हक वैयक्तिक स्वतन्त्रताकै विस्तारित रूप हुन्। लोकतन्त्रको मेरुदण्ड मानिने प्रेस स्वतन्त्रताको ग्यारेण्टी संविधानले प्रस्तावनामै गरेको छ। मानवअधिकारका नवीन अवधारणालाई यसले मौलिक हकका रूपमा समेटेको छ। फौजदारी न्याय प्रणालीको सुधारका लागि लामो समयदेखि चर्चा हुँदै आएको ‘अपराध पीडितको हक’ संविधानले मौलिक हककै सूचीमा राखेको छ।
2021-03-04T22:06:18Z
https://www.thapanirajan.com/2012/12/blog-post_18.html?showComment=1355786063988
OSCAR-2109
प्रचण्डकी नातिनी भन्छिन्, 'यसरी भएँ गायिका' – Kathmandutoday.com प्रचण्डकी नातिनी भन्छिन्, 'यसरी भएँ गायिका' काठमाण्डु टुडे २०७१ असोज १० गते ७:३६ मा प्रकाशित दुई वर्षदेखि गाउँथें मेरो जन्म २०५५ साल माघ १ गते दार्जिलिङमा भएको हो । परिवारका सिनियरहरुले भन्नु भएअनुसार म दुई वर्षको हुँदा नै आफ्नै सुरमा गुन्गुनाउँने गर्थें रे । तर त्यो मलाई सम्झना छैन । मलाई सम्झना भएको चाहिं ५/६ वर्षको भएपछि हो । गाउन एकदमै मन लाग्थ्यो । ठूलो भएपछि गायिका बन्ने इच्छा हुन्थ्यो । रेडियो/टिभीमा सुनेर पूराना गितहरु जस्ताकोतस्तै गरी गाउने कोसिस गर्थें । तिहारको गितहरु गाएको सम्झना अहिले पनि छ । लता मंगेस्करको 'कान थापेर सुनिदेऊ' बोलेको गीत बढी गाउँथे । परिवारको छाप म सानो हुँदा आमा, हजुरआमाहरुले गीत गुन्गुनाउनुहुन्थ्यो । म ध्यान दिएर सुन्थें । एल्बम बिमोचनमा हजुरबाले पनि भन्नुभएको थियो, हजुरआमामा गायिका हुने कला छ भनेर । त्यो कुरा सत्य हो, उहाँ राम्रो गाउन सक्नुहुन्छ । हजुरबाले ममा वंशानुगत गुण आएको भन्नुभएको ठीक हो । ममीले गाउने क्रममा मलाई सघाउनुहुन्थ्यो । मेरो रुची बुझेर परिवारका सबैले गायिका नै बनोस् भन्ने चाहना राख्नुभएको थियो । पछि गायिका बन्नुपर्छ भनेर हौसला दिनुहुन्थ्यो । परिवारको सहयोगबाटै म आजको ठाउँमा आइपुगेकी हुँ । स्कुलमा गाउँथें म दार्जिलिङमा जन्मिएको हुँ । कक्षा चारसम्म उतै पढें । त्यतिबेला स्कुलमा गाउने थिइन । घरमा, बाटोमा, बेडरुममा, स्कुल अाउँदा जाँदा गीत गुन्गुनाउने गर्थें । शान्ति प्रक्रिया सुरु भएको दुई वर्षपछि परिवारसँगै २०६५ सालमा काठमाण्डु आएँ । काठमाण्डु आएर कक्षा पाँचमा भर्ना भएँ । त्यसयता हरेक वर्ष स्कुलको अभिभावक समारोह र बाल दिवसमा गीत गाउँथें । तर स्कुलमा प्रतियोगिता भने हुँदैनथ्यो । आफ्नो एल्बम नहुनुभन्दा पहिला अरुको गीत गाउँथें । मैले गाउँदा फ्लोरबाट ताली बज्थ्यो । साथीहरु र शिक्षकहरुले हौसला दिनुहुन्थ्यो । कतै सिकेको छैन व्यवसायिक रुपमा गीत गाउन अहिलेसम्म कतै क्लास लिएको छैन । आफ्नै अभ्यासले यतिसम्म गाउन सकेकी हुँ । केही समयदेखि संगीतकार चन्दन श्रेष्ठसँग सिक्दैछु । समय नै हुँदैन । अहिले क्याम्पस बिदा भएकाले अब एक महिना सिक्छु । सकेसम्म यसलाई निरन्तरता दिन्छु । सफलतासँगै चुनौती पनि थपिंदै जान्छन् । अहिले सानो छु, पारिवारिक कारणले सहानुभूति पाएकी छु । तर संधै यस्तो कुराले मात्र 'करिअर' अगाडि जान सक्दैन । त्यसैले व्यवसायिक क्षमता त बढाउनै पर्छ । पहिलो एल्बम स्मिताका गितहरु 'नेचुरल भ्वाइस' मा गाएको थिएँ । त्यसलाई पनि सबैले मनपराई दिनुभयो । पहिलो एल्बमको सफलताबाट पाएको हौसलाले नै स्मिता–२ आउन सकेको हो । सबैलाई पढाइकै चिन्ता म कक्षा ११ मा विज्ञान विषय पढ्दैछु । घरमा हजुरबा, हजुरआमा, ममीदेखि सबैकाे म राम्रो गायिका भइदिए हुन्थ्यो भन्ने चाहना छ । तर सँगसँगै गायनमा लाग्दा पढाईमा नकारात्मक प्रभाव पर्छ कि भन्ने चिन्ता पनि छ । कलेजमा साथीभाई र सर मेमहरुको चिन्ता पनि त्यही छ । अहिले मेरो पढाइलाई नै पहिलो प्राथमिकता दिने बेला हो । पढाई र गायन दुवै क्षेत्रमा सँगै अगाडि बढ्ने चाहना छ । सबैबाट हौसला पाएकी छु हजुरबुबा राजनीतिक कामले बढी व्यस्त हुनुपर्छ । समय मिलाएर कुरा हुन्छ । उहाँ मेरो गाउने कलाको तारिफ गर्नुहुन्छ । नातिनी भविष्यमा राम्रो गायिका बनोस् भन्ने इच्छा उहाँको छ । त्यस्तै हजुरआमा, ममी, ठूलोममी, मामा सबै खुसी हुनुहुन्छ । सबैले शुभकामना दिनुहुन्छ । साथीहरु र सरहरुले पनि तिम्रो संगीत क्षेत्रमा भविष्य उज्ज्वल छ, अगाडि बढ भन्नुहुन्छ । स्मिता–२ को बिमोचनमा सरहरु र साथीहरु धेरै आएका थिए । प्रचण्डको नातिनी होइन, स्मिताको नामले चिनिन चाहन्छु म प्रचण्डकी नातिनी हुँ । उहाँको परिवारको सदस्य हुन पाउँदा मलाई गर्व लाग्छ । त्यही कारण अरु मानिसहरुले गर्ने व्यवहार राम्रो हुने गरेको छ । स्कुल, कलेजमा उहाँको नामबाट चिनिँदा सजिलो पनि भएको छ । तर, सधैं परिवारको ठूलो मान्छेको नामबाट मात्र चिनिएर काम हुँदैन । म आफूलाई भविष्यमा 'गायिका स्मिता' भनेर चिनाउन चाहन्छु । स्मिताकै नामबाट अलग परिचय बनाउन चाहन्छु । भुवन केसी र रामकृष्णको प्रस्तावबारे स्मिता–२ को बिमोचनमा वरिष्ठ चलचित्रकर्मी, गायक र संगितकारहरुको बाक्लो उपस्थिति थियो । त्यो मेरो हौसलाका लागि थियो भन्ने बुझेकी छु । सबैको प्रतिनिधित्व गरेर नायक भुवन केसी र गायक रामकृष्ण ढकालले मेरो एल्बमका बारेमा समीक्षा गर्नुभएको थियो । बोल्ने क्रममा रामकृण ढकालले मञ्चबाटै म अर्को एल्बममा स्मितासँगै गाउन चाहन्छु भन्ने घोषणा गर्नुभयो । रामकृष्ण ढकाल मलाई सानैदेखि मन पर्ने गायक हो । उहाँका ओराली लागेको हरिणको चाल भो, बाचुञ्जेलीलाई, चरीले त छाडेर गइगयो भन्ने गीतहरु सानैदेखि गाउँथें । भुवन केसीको फिल्म पनि हेरेको छु । उहाँको साथी म तिम्रो चलचित्र पहिलोपटक हेरेको थिएँ । राम्रो नायक हो । उहाँले पनि आफ्नो आगामी फिल्ममा गीत गाउन दिने घोषणा गर्नुभयो । उहाँहरुका कुरा सुनेर मलाई एकदमै खुसी लाग्यो । उहाँहरुले मेरो स्वर मन पराएर त्यस्तो घोषणा गर्नुभएको हो । नाम चलेका ठूला सेलीब्रेटीका यस्ता कुराले राम्रो गाउने रहेछु कि क्या हो जस्तो लाग्यो । म उहाँहरुको प्रस्ताव सहर्ष स्वीकार गर्छु । मैले कार्यक्रम सकिएपछि त्यो कुरा बताएको छु । वैद्य हजुरबाले पहिलाको गीतै सुन्नु भएनछ स्मिता–२ को बिमोचनमा नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्येल पनि शुभकामना दिनुभयो । मेरो स्वरको प्रशंसा गर्नुभयो र भविष्यमा राम्रो गर्ने विश्वास व्यक्त गर्नुभयो । मलाई नातिनी भनेर सम्बोन गर्नुभयो । उहाँ हजुरबाको पूरानो साथी हो । मलाई पनि हजुरबाजस्तै लाग्छ । उहाँले हाम्रो परिवार संघर्षबाट आएको भन्दै जनवादी गीत गाउन सुझाव दिनुभयो । उहाँको सुझावलाई म सम्मान गर्छु । मैले यसअघि नै २०६६ सालमा पहिलो एल्बम स्मिता बजारमा ल्याएको थिएँ । त्यसमा थरिथरिका फूलहरु, आमा भन्ने, नयाँ नेपाल, हामीलाई खाते नभन, कस्तो भाग्यजस्ता जनवादी र देश प्रेमले भरिएका गीतहरु गाएको छु । उहाँले सुन्न भ्याउनुभएनछ जस्तो लाग्यो । मैले कार्यक्रम सकिएपछि उहाँलाई त्यो कुरा सम्झाउन खोजेकी थिएँ । तर गइसक्नु भएछ । हजुरबा रुँदा नमज्जा लाग्यो स्मिता–२ मेरी दिवंगत ठूलोममी ज्ञानु दाहालको सम्मानमा ल्याएको हुँ । कार्यक्रमको ब्यानरमा पनि त्यो लेखिएको थियो । सबैले बोलेपछि अन्तिममा हजुरबाको पालो थियो । उहाँ मञ्चमा जानुभयो । सुरुमै ठूलो ममीको प्रसंग कोट्याउने बित्तिकै उहाँलाई गाह्रो भयो । हजुरबा भक्कानिनुभयो । केहीबेर बोल्नै सक्नुभएन । मैले पनि ठूलो ममीलाई सम्झिइरहेको थिएँ । हजुरबा रोएपछि झन नराम्रो लाग्यो । ठूलो ममीको याद आयो, एकै छिनअघिको रमाइलो माहोल एकाएक सुनसानजस्तो भयो । रोयल्टीको पैसा अनाथको पढाइमा मैले गीत गाएर आएको रोयल्टी अनाथ बालबालिकाको पढाइमा खर्च गर्ने सोच बनाएकी छु । दसैंपछि स्मिता फाउण्डेशन खोल्ने योजना छ । स्टेजमा गाएको, रोयल्टी, युट्युब, सिआरबीटी र पिआरबिटीबाट आएको पैसा फाउण्डेशनमा जम्मा गर्ने र सहिद परिवार, घाइते, अपाङ्ग, अनाथ, असहाय र टुहुराहरुको पढाइमा खर्च गर्ने योजना छ । मैले व्यवसायिक रुपमा गीत गाएको पनि त्यही भएर हो । मलाई सांगितीक यात्रामा हात समातेर हिंड्न सिकाउने आमा र हजुरआमा विशेष धन्वादयका पात्र हुनुहुन्छ । सधैं गाउन हौसला दिइरहनुहुने हजुरबुबा, ठूलो ममी, ठूलाबाहरु, मामा सबैलाई धन्यवाद नदिइरहन सक्दिन । एल्बम बजारमा ल्याउन सहयोग गर्ने महानुभावहरु चेतन सापकोटा, महाराज थापा डा‍ कृष्णहरि बराल, डा‍ भोला रिजाल, आनन्द अधिकारी, रमेशराज भट्टराई, गैरे सुरेश, वसन्त सापकोटा, शिखर सन्तोष, ए वन म्युजिसियन रेकर्डिङ स्टुडियो र एल्बम बजारमा ल्याउन सहयोग गर्ने भाइब्स क्रियसन प्रालि र संगीतकार संघ नेपाललाई विशेष धन्यवाद दिन चाहन्छु ।
2021/12/04 07:51:37
https://www.kathmandutoday.com/2014/09/55626.html
mC4
उद्योगी, व्यवसायीहरुको समस्याप्रति प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री आचार्य प्रकाशित: भदौ १९, २०७८ / 343 पटक पढिएको विराटनगर: प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले उद्योगी व्यवसायीहरुको समस्याप्रति प्रदेश सरकार गम्भीर भएको बताएका छन् । कोभिड–१९ का कारण भएको समस्याप्रति सरकार गम्भीर भएको उल्लेख गर्दै उद्योग व्यवसाय प्रवद्र्धनका लागि प्रदेश सरकारले नयाँ कार्यक्रम ल्याउने पनि आचार्यले बताए । शनिवार धरानमा सुनसरी उद्योग बाणिज्य संघले आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रमलाई सम्बोधन गदैं मुख्यमन्त्री आचार्यले हाल राजनीतिक परिस्थिति प्रतिकुल भएको तर परिस्थिति अनुकुल भएपछि सरकारले प्रदेश १ को अर्थतन्त्र मजबुद बनाउन नयाँ योजना ल्याउने बताए । मन्त्रीपरिषदको पहिलो वैठकबाट यातायात व्यवास्था कार्यालय, मालपोत कार्यालयहरुबाट अनलाइन सेवा सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिदै आचार्यले कोभिड प्रभाव न्यूनिकरणका लागि १० करोड बजेट विनियोजन गरेर प्रदेश सरकारले काम थालेको पनि बताए । प्रदेश सरकारको विकास सम्वृद्धिका लागि उद्योगी व्यवसायीहरुसँग हातेमालो गरेर अगाडि बढ्ने सरकारको नीति भएकोले सरकारलाई सहयोग गर्नसमेत उनले आग्रह गरे । कार्यक्रममा प्रदेश सभामुख प्रदिपकुमार भण्डारीले प्रदेशको आर्थिक सम्वृद्धिका लागि उद्योगी र व्यवसायीको ठूलो भूमिका भएको बताए । सुनसरी उद्योग बाणिज्य संघ अध्यक्ष गिरीधारी सापकोटा, पूर्ण अध्यक्ष मोहनकाजी शाक्य, प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठलगायतले व्यवसायी र उद्योगीहरुको तत्कालका समस्याहरु उठाएका थिए ।
2021/09/24 21:33:14
https://clickdharan.com/news/2021/09/04/5645.html
mC4
Football Khabar » ६० मिनेट खेलेका हल्यान्डलाई 'प्लेयर अफ् मन्थ' अवार्ड ! ६० मिनेट खेलेका हल्यान्डलाई 'प्लेयर अफ् मन्थ' अवार्ड ! जर्मन क्लब बोरुसिया डर्टमुन्डका युवा स्टार अर्लिङ हल्यान्ड घरेलु लिग बुन्डेसलिगामा महिनाको उत्कृष्ट खेलाडी घोषित भएका छन् । लिग बुन्डेसलिगाले उनलाई जनवरी महिनाका लागि 'प्लेयर अफ् द मन्थ' घोषित गरेको हो । जनवरी महिनामै क्लबमा अनुबन्ध भएर मात्रै ६० मिनेट खेलेका १९ वर्षीय हल्यान्डले सनसनीपूर्ण प्रदर्शन गर्दै सुरुआतका दुई खेलबाटै ५ गोल हानेका थिए । ती दुवै खेलमा उनले बेन्चबाट खेलेका थिए । मात्रै ६० मिनेट मैदानमा बिताएर ५ गोल गरेका उनलाई लिगले महिनाकै सर्वोत्कृष्ट खेलाडी घोषित गरेको हो । हल्यान्ड जनवरी विन्डोमा अस्ट्रियन क्लब रेड बुलबाट डर्टमुन्डमा अनुबन्ध भएका थिए । उनले एफसी कोल्नविरुद्धको खेलमा जनवरी २५ तारिखमा डेब्यु गरेका थिए । बेन्चबाट मैदान छिरेका उनले डेब्यु खेलमै ह्याट्रिक गरेर सनसनी मच्चाएका थिए । त्यसपछि दोस्रो खेलमा हल्यान्डले युनियन बर्लिनविरुद्ध पनि २ गोल गरे । सो खेलमा पनि बेन्चबाटै मैदान छिरेका उनले टिमको ५–० को जितमा २ गोलको योगदान दिएका थिए । हल्यान्डले हालसम्म डर्टमुन्डका लागि मात्रै ६ खल खेल्दै ९ गोल गरेका छन्, जुन ताजा अवस्थामा युरोपियन टप–५ लिगमा अन्य कुनै पनि खेलाडीको भन्दा राम्रो तथ्यांक हो ।
2020/09/28 19:48:41
https://www.footballkhabar.com/details/19196
mC4
ज्ञानमाण्डू।सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) का चार हजारभन्दा बढी सङ्क्रमित निको भएका छन् । प्रदेशका नौ वटै जिल्लामा कोरोना भाइरसका चार हजार ४०० सङ्क्रमित निको भइसकेका छन् । अहिलेसम्म यो प्रदेशमा पाँच हजार ४०६ सङक्रमित रहेको र तीमध्ये ९ जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ । सुदूरपश्चिममा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ९२९ रहेका छन् । सङ्क्रमण पुष्टि भएका र लक्षण देखिएका ६३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य निर्देशक गणराज अवस्थीले बताए । निर्देशक अवस्थीका अनुसार हाल कञ्चनपुरको महाकाली अस्पतालमा २३, कैलालीको सेती प्रादेशिक अस्पतालमा १४, टीकापुर अस्पतालमा ११, जिल्ला अस्पताल अछाममा १०, जिल्ला अस्पताल डोटी र डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा दुई/दुई र मालाखेती अस्पतालमा एक जना सङ्क्रमितको उपचार भइरहेको छ । अन्य सङ्क्रमित भने स्थानीय तहको आइसोलेसन र घरमै रहेको बताइएको छ । पछिल्लो समय भारतबाट नेपाली आउने क्रम रोकिएको छ । यहाँका विभिन्न जिल्लाका स्थानीय तहमा प्रयाप्त मात्रामा आइसोलेसन वेड नभएका कारण कोरोना सङ्क्रमितलाई निकै समस्या भइरहेको बताइएको छ । कोरोना सङ्क्रमित तथा उनीहरुका परिवारलाई गाउँमा हेर्ने दृष्टिकोण नै फरक वा सकारात्मक नहुने भएका कारण पनि अहिले उनीहरु झनै समस्या परेको शिखर नगरपालिका–१ कपल्लेकीका खडकबहादुर बोगटीले जानकारी दिए । बोगटीले भने, "कोरोना सङ्क्रमितलाई गाउँमा हेर्ने दृष्टिकोण नै फरक छ, उनीहरुलाई घिर्ना वा तिरस्कार होइन, माया, सद्भाव र हौसला दिन जरुरी छ ।" सुदूरपश्चिममा पहिलो पटक गत चैत १४ गते धनगढी उपमहानगरपालिका–५ का ३४ वर्षीय एक युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । रोजगारीको सिलसिलामा दुवईबाट आएका ती युवक सेती प्रादेशिक अस्पतालमा ३० दिनको उपचारपछि निको भएर घर फर्किएका थिए । सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार नाघेको छ । पछिल्लो समय भारतबाट रोजगारी गरी फर्किएका नागरिकसँगै उनीहरुका परिवारमा पनि कोरोना सङ्क्रमण देखिन थालेको स्वास्थ्यकर्मीहरु बताउँछन् । सङ्क्रमित भन्दापनि उपचारपछि निको हुने दर बढ्दै गएकाले यसबाट त्रसित वा अत्तिइ हाल्नुपर्ने अवस्था नरहेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । प्रमुख मलासीले भने , "सङक्रमित हुने र निको हँने दर करिब करिब बराबर छ, कोरोना लागि हाले पनि अत्तिइ हाल्नु पर्ने अवस्था छैन तर सावधानी र सचेतना भन्ने अपनाउनु पर्छ ।" सुदूरपश्चिममा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारीलगायतमा पनि कोरोना सङ्क्रमण देखिएको छ । कोरोनो नियन्त्रणका लागि प्रदेश सरकारसहित यहाँका सबै स्थानीय तहले सावधानी अपनाएका कारण सोचेजस्तो समुदायमा फैलिन नपाएको प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरको दाबी छ ।रासस
2021/05/15 11:11:48
https://www.gyanmandu.com/2020/08/4000-recovered-from-coronavirus-in-the-far-west.html
mC4
कालाजातिका युवाको हत्यामा संलग्नलाई मृत्युदण्ड | suryakhabar.com Home अन्तर्राष्ट्रिय कालाजातिका युवाको हत्यामा संलग्नलाई मृत्युदण्ड on: १२ बैशाख २०७६, बिहीबार १७:१६ In: अन्तर्राष्ट्रियTags: No Comments जोन विलियम किङ नामका गोरा जातिका व्यक्तिले टेक्सासको जेस्पर नजिक सडकमा सन् १९९८ मा ट्रकले घिसारेर हत्या गरेका थिए । विलियम किङले कालाजातिलाई खासरुपमा लक्षित गरी जेम्स बायर्डको हत्या गरेको पुष्टी भएको थियो । अमेरिकी इतिहासमा सर्बाधिक वीभत्स घृणायुक्त अपराधको संज्ञा दिइएको यस घटनामा दोषी ठहरिएका विलियम किङलाई बुधबार साँझ घातक सुई दिएर मृत्युदण्ड दिइएको थियो । अभियोजनकर्ताहरुले २१ वर्षीय युवक बायर्डमाथि कालाजाति भएकै कारण साङ्घातिक हमला गरिएको पुष्टी भएको बताएका छन् ।बायर्डको हत्यामा संलग्नको आरोपमा मृत्युदण्ड दिइएका किङ दोस्रा व्यक्ति हुन् । तेस्रो व्यक्तिलाई जन्मकैदको सजाय दिइएको छ ।
2020/05/26 09:46:34
https://www.suryakhabar.com/2019/04/118551/
mC4
सक्रिय संक्रमितको संख्या २५ हजार नाघे पुनः लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस- समाचार - कान्तिपुर समाचार काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय संक्रमितको संख्या २५ हजार नाघे पुन: लकडाउन गर्न सिफारिस गरेको छ । बुधबार बिहान बसेको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले सक्रिय संक्रमितको संख्या २५ हजार नाघे पुनः लकडाउन गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय १४ रहेको छ । त्यस्तै बुधबार दिउँसोसम्म नेपालका संक्रमण पुष्टि भएकामध्ये ४९ हजार ९ सय ५४ जना निको भएका छन् । त्यस्तै, कोरोनाबाट अहिलेसम्म ४ सय ३६ जनाको मृत्यु भएको छ । नेपालमा अहिलेसम्म ६७ हजार ८ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रकाशित : आश्विन ७, २०७७ १७:०५ कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ३६ पुग्यो काठमाडौँ — कोरोना संक्रमणबाट २४ घन्टामा थप ७ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा बुधबार प्रवक्ता डा जागेश्वर गौतमले मृतकमा ६ पुरुष र १ जना महिला रहेको बताए । मृतकमा काठमाडौँका ६८ वर्षीया महिला, झापाका ८६ वर्षीय, सिरहाका ५० वर्षीय, काठमाडौँका १६ वर्षीय, ललितपुरका ६४ वर्षीय र बर्दियाका ३९ वर्षीय पुरुष रहेका छन् । मृत्यु हुने नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको हालसम्म ४३६ पुगेको छ । देशभर पछिल्लो २४ घन्टामा ११ सय ७२ कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा १८ सय ९३ जना डिस्चार्ज भएका छन् ।
2021/04/20 10:44:30
https://ekantipur.com/news/2020/09/23/160086001011815377.html
mC4
electronic cigarette, cigarette, vape ई–सिगरेटसको नामले चिनिने इलेक्ट्रोनिक निकोटिन डेलिभरी सिस्टम (ईएनडीएस) सामान्य चुरोटको तुलनामा स्वास्थ्यका लागि कम खतरनाक मानिन्छ । यो धुम्रपान छोड्नका लागि राम्रो हतियार भएको एक भारतीय शोधले निश्कर्ष निकालेको छ । इन्डियन जर्नल अफ क्लिनिकल प्राक्टिस (आईजेसीपी) मा प्रकाशित यो अध्ययनमा नर्थ–इस्टर्न हिल युसनिभर्सिटी शिलाङका प्राध्यापक आर एन शरण तथा उनको टोलीद्वारा प्रकाशित वैज्ञानिक साहित्यको व्यवस्थित समीक्षा गरेका छन् । यसमा चुरोटको धुम्रपान गर्ने वा ई–सिगरेट पिउने समयमा आउने निकोटिन जन्य रसायन तथा धातुको विषाक्तताको तुलना गरिएको छ । टीमले भनेको छ, "धुम्रपानलाई हतोत्साहित गर्नका लागि बढ्दो जागरुकता तथा नियामकको उपायका बावजुद विश्वभरी सूर्तीको उपयोगमा कुनै कमी आएको छैन ।" यस किसिमको परिस्थितिमा सूर्तीको क्षति कम गर्ने विकल्पको रुपमा ईएनडीएस या ई–पिसगरेटको मूल्यांकनको विचार गर्नु आवश्यक छ । प्राध्यापक शरणले आईएएनएसलाई भने,"भारतमा विशेषज्ञद्वारा ईएनडीएस वा ई–सिगरेटको उपयुक्तताको मूल्यांकनको यो पहिलो प्रयास हो ।"
2020/09/25 09:16:08
https://nepalhealthtimes.com/category-news-detail/%E0%A4%88%E2%80%93%E0%A4%B8%E0%A4%BF%E0%A4%97%E0%A4%B0%E0%A5%87%E0%A4%9F%20%E0%A4%A7%E0%A5%81%E0%A4%AE%E0%A5%8D%E0%A4%B0%E0%A4%AA%E0%A4%BE%E0%A4%A8%20%E0%A4%9B%E0%A5%8B%E0%A4%A1%E0%A5%8D%E0%A4%A8%E0%A5%87%20%E0%A4%B0%E0%A4%BE%E0%A4%AE%E0%A5%8D%E0%A4%B0%E0%A5%8B%20%E0%A4%A4%E0%A4%B0%E0%A4%BF%E0%A4%95%E0%A4%BE
mC4
प्रेम राइको उद्दारका लागि जेद्दाका नेपालीको ८ लाख ९२ हजार सहयोग – Online Khabar प्रेम राइको उद्दारका लागि जेद्दाका नेपालीको ८ लाख ९२ हजार सहयोग २०७५ जेठ १ गते १८:५० मा प्रकाशित १५ मे, जेद्दा । बिगत दुई वर्षदेखि साउदी अरबको रियादस्थित मलाज जेलमा बन्दी रहेका इलामका प्रेमबहादुर राइको उद्दारका लागि साउदी अरबकै जेद्दा क्षेत्रमा रहेका नेपाली समुदायले ८ लाख ९२ हजार १२४ रूपैयाँ चन्दा सहयोग गरेका छन् । उक्त रकम पत्रकार रबी लामिछानेको हातबाट प्रेम राई उद्दार अभियानका निमित्त गठित मुलसमितिलाई सोमबार एक बिशेष कार्यक्रम गरी हस्तान्तरण गरिएको हो । कार्यक्रममा बिगतमा साउदीमै रोजगारी गरी फर्किएका युबा क्लबका भूपु सदस्यहरू साही बहादुर धिमाल, थिरनाथ भट्टराई र राम शाहको पनि उपस्थिति थियो । रकम जुटाउन नेपाली यूवा क्लब जेद्दाले संयोजनकारी भूमिका निर्बाह गरेको थियो भने अन्य संस्थाहरू तमु धी जेद्दा, नेपाल तामाङ घेदुङ प्रवास शाखा साउदी अरब, आदिवासी जनजाति महासंघ क्षेत्रीय समिति जेद्दा, गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति जेद्दा, नेपाली सेवा समाज जेद्दाले पनि उल्लेख्य सहयोग गरेका थिए । संस्थाहरूले रकम संकलनको थालनी गर्नुअघि अनिस प्रतिष्ठान संस्थामा रहेको भनिएको २ करोड ३६ लाख रूपैयाँ बाट प्रेमको उद्दार गरिनुपर्छ भनि प्रेस बक्तब्य जारी गरेका थिए । ११ मे मा महाबाणिज्य दूतावासमा भएको भेलामा क्लबका प्रमुख सल्लाहाकार नरकुमार मगरले जेद्दामा अभियानको थालनी, संकलित रकमको विवरण र अभियानअन्त गरेको जानकारी गराएका थिए । बिगतमा थानेश्वर भुषालका निमित्त पनि अत्यन्त सकृयताकासाथ चन्दा संकलन गरेका जेद्दाका नेपालीहरूले प्रेम राइलाई पनि सोही ढंगले सहयोग गरेकोमा सबै चन्दा दाताहरूप्रति आफू कृतज्ञ रहेको क्लबका अध्यक्ष कृष्ण भट्टराइले बताए । राई बिगत दुई वर्षदेखि परिबन्दले गर्दा साउदीको जेलमा छन् । उनले झण्डै ९५ लाख नेपाली रूपैयाँ नबुझाएसम्म उनी जेलमुक्त हुने छैनन् । सहयोग रकम ग्रहण गर्नेक्रममा प्रेम उद्दार अभियानका कोषाध्यक्ष अनिता ताम्बुछाले आबश्यक रकम लगभग संकलन भइसकेकाले अब छिट्टै अभियान स्थगित गर्ने योजना रहेको र उनको रिहाइको निमित्त अन्य आवश्यक प्रकृया अगाडि बढाउने जानकारी दिइन् ।
2019/01/20 06:45:47
https://www.onlinekhabar.com/2018/05/679368
mC4
मुख्यमन्त्रीकै गाउँका डाँगीले पनि छोडे पोखरेलको साथ :: Setopati मुख्यमन्त्रीकै गाउँका डाँगीले पनि छोडे पोखरेलको साथ नेकपा एमालेको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं. २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचन अमरबहादुर डाँगी नेकपा माओवादी केन्द्रको उम्मेदवारको पक्षमा उभिएका छन्। माओबादी केन्द्रकी सांसद तथा प्रदेश मामिला तथा कानुन समितिकी सभापति दामा शर्माले एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य डाँगी माओवादी, नेपाली कांग्रेस, जनता समाजबादी पाटी, राष्ट्रिय जनमोर्चाको समर्थनमा आएको दाबी सेतोपाटीसँग गरेकी छन्। 'अस्ति नै त्यो कुरा हामीले प्रदेश प्रमुखको कार्यालय घेराउ गर्ने क्रममा अमर डाँगी हाम्रो पक्षमा आएको अवगत गराएका थियौं, त्यही भएर हाम्रो पक्षका ४३ सदसयको हस्ताक्षर बुझाएका थियौं,' शर्माले भनिन्, 'तर, हाम्रो आवाज नसुनेर जोर जवरजस्ति अल्पमतमा रहेका शंकर पोखरेललाई सपथ ग्रहण गराउने अलोकतान्त्रिक र असंवैधानिक खेल भयो।' शर्माले तीन दिन अगाडि नै एमालेबाट निर्वाचित डाँगीले माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम) लाई समर्थन गर्दै आफूहरू सँगै मुख्यमन्त्रीको बिरोधमा धर्ना बसेको बताइन्। 'विधि र विधान मिचेर हिँड्ने पोखरेलेविरूद्धमा उभिने उच्च नैतिक साहस डाँगीज्यूले देखाउनु भएको छ,' उनले भनिन्, 'पोखरेलको तानाशाही प्रवृत्तिका बिरूद्ध बिस्तारै अन्य साथीहरू पनि हाम्रो गठबन्धनलाई समर्थन गर्दै जानुहुने विश्वास छ।' डाँगी मुख्यमन्त्री पोखरेलका एउटै गाउँ र ठाउँका नेता हुन्। यअसघि उनी एमाले भित्र माधवकुमार नेपाल पक्षधर मानिन्थे। डाँगी पार्टी भित्र एक हक्की, निस्कलंक र बफादार नेताको छबि बनाएका नेताको रुपमा हेरिन्छन्। उनले राजनीतिका लागि प्रधानाध्यापकको जागिरसमेत त्यागेका थिए। नेकपा एमाले दाङको संगठन निर्माण र विस्तारमा उनको ठूलो योगदान रहेको छ। उनी घोराही उपमहानगरपालिकाका पूर्वमेयर पनि हुन्।
2021/06/15 07:13:27
https://www.setopati.com/politics/236554/
mC4
पाकिस्तानी शरणार्थीको कथा सर्वोत्कृष्ट - चलचित्र - साप्ताहिक पाकिस्तानी शरणार्थीको कथा सर्वोत्कृष्ट पाकिस्तानको अमर अजिजले तयार पारेको 'अ वाल्नट् ट्री' लाई रामबहादुर ट्रफीसहित २ हजार अमेरिकी डलरको पुरस्कार प्रदान गर्दै दसौं दक्षिण एसियाली वृत्तचित्र महोत्सव (फिल्म साउथ एसिया, २०१५) सम्पन्न भएको छ । पाकिस्तानी सेना र तालिबानका बीच दोहोरो लडाइँमा घरबार छाडेर शरणार्थी जीवन बिताउन बाध्य भएकाहरूको भोगाइमा आधारित उक्त वृत्तचित्र एउटा परिवारको मिठो विगत, असुरक्षित वर्तमान एवं अन्धकारमय भविष्यको घतलाग्दो दस्तावेज हो । महोत्सवमा इफात फातिमाको वृत्तचित्र 'ब्लड लिभ्स इट्स ट्रेल'ले एक हजार अमेरिकी डलरसहितको दोस्रो पुरस्कार हात पारेको छ । कास्मिरमा राज्यद्वारा भैरहेको दमनमा आधारित यो वृत्तचित्र त्यसै भेगकी फातिमाले नौ वर्ष लगाएर तयार पारेकी हुन् । नेपाली विषयवस्तुमा तयार भएको वृत्तचित्र 'ड्रइङ द टाइगर'ले भने यो वर्षको युनिसेफ एवार्ड जितेको छ । रामेछापको एक दलित परिवारको भोगाइमा आधारित यो वृत्तचित्र एमी बेनसन र रम्यता लिम्बूले संयुक्त रूपमा तयार पारेका हुन् । बंगलादेशका दिवंगत चलचित्रकर्मी तारिक मसुदको नाममा राखिएको डेब्यु एवार्ड भने १ हजार अमेरिकी डलर राशिसहित प्रतीक विश्वासको 'अन एन्ड अफ दि रेकर्ड्स'ले जितेको छ । भारतीय शास्त्रीय संगीतको अभ्यास र समयसँगै प्रविधिमा आएका परिवर्तनले यो संगीतमा पार्दै गएको प्रभावलाई वृत्तचित्रले चित्रण गरेको छ । फिल्म साउथ एसियाले यही वर्षदेखि चलचित्रका विद्यार्थीहरूले तयार पारेका वृत्तचित्रहरूको प्रदर्शन पनि सुरु गरेको छ । यो वर्ष यो विधाअन्तर्गत आठवटा वृत्तचित्र प्रस्तुत भएका थिए । दि काठमाडौं पोस्टका तर्फबाट प्रदान गरिएको ५ सय अमेरिकी डलरको सर्वोत्कृष्ट विद्यार्थी वृत्तचित्रको एवार्ड म्यानमारका क्याउ म्यो ल्विनले तयार पारेको 'टायर्स'ले जितेको छ । राज्यले नरुचाएका वृत्तचित्रहरू राजनीतिक हिंसाले सिंगो दक्षिण एसिया प्रभावित रहेका बेला निष्पक्ष वृत्तचित्र बनाउनु कत्तिको जोखिमपूर्ण हुन्छ ? राजधानीमा सम्पन्न दक्षिण एसियाली वृत्तचित्र महोत्सवका केही चलचित्र यस्तै जोखिम मोलेर तयार भएका थिए । भारतमा राज्य वा सत्तासीन राजनीतिक दलसँग सोझै यस्तो टक्कर लिएर तयार भएका तीनवटा वृत्तचित्रका निर्देशक राजधानीमा थिए, जसका चलचित्रलाई उनीहरूकै मुलुक भारतमा निर्वाध रूपले प्रदर्शन गर्न मुस्किल परिरहेको छ । गत शुक्रबार प्रदर्शित 'मुजफ्फरनगर बाँकी है' हेर्न दर्शक जम्मा भएकै कारण सम्पूर्ण टिकट बिक्री भएको थियो । 'निर्माणकै क्रममा पटक–पटक अवरोध झेल्नुपरेकाले यो वृत्तचित्र तयार पार्न डेढ वर्ष लाग्यो,' वृत्तचित्रका निर्देशक नकुलसिंह सावनी भन्छन्, 'त्यसपछि भारतमा बारम्बार प्रदर्शनका बेला सत्ताधारी दलनजिक रहेका संगठनहरूले कार्यक्रम नै बिथोल्दै आएका छन् ।' महोत्सवमा नकुलको वृत्तचित्र मात्र होइन, भारतको संस्थापनबाट संभावित खतरा मोलेर तयार भएको अर्का दुई वृत्तचित्र पनि प्रदर्शन भए । भारतमा माओवादी विद्रोहको भित्री तहसम्म पुगेर तयार पारिएको 'रेड एन्ट ड्रिम' र कास्मिरमा भैरहेको मानवअधिकार उल्लंघनका गम्भीर घटनाहरूमा आधारित 'ब्लड लिभ्स इट्स ट्रेल' साहसिक निर्माणको नमुनाका रूपमा प्रस्तुत भएका छन् । महोत्सवकै निम्ति 'रेड एन्ट ड्रिम'का निर्देशक सञ्जय काक र 'ब्लड लिभ्स इट्स ट्रेल'की इफात फतिमासमेत काठमाडौं आए । छत्तीसगढका माओवादी, उडिसाका आदिवासी तथा पञ्जाबका प्रदर्शनकारीले कसरी चिनियाँ सांस्कृतिक क्रान्तिका नेताको विरासतलाई भारतमा धानिरहेका छन् भन्ने रोचक जानकारी दिने काकको वृत्तचित्र दुई घण्टा लामो थियो । त्यसैगरी कास्मिरमा सर्वसाधारणमाथि राज्यका तर्फबाट भैरहेको दमनका भयावह दृश्य फातिमाको डेढ घन्टा लामो वृत्तचित्रले प्रस्तुत गर्‍यो । महोत्सवअन्तर्गत शुक्रबार १५ वटा वृत्तचित्र देखाइएका थिए । तीमध्ये 'मुजफ्फरनगर बाँकी है' बाहेक 'अन एन्ड अफ द रेकर्ड्स', बंगलादेशको 'विषकान्त' र 'ब्रिफ लाइफ अफ इन्सेक्ट्स' थिए । महोत्सवअन्तर्गत शनिबार १२ वटा वृत्तचित्र देखाइए, त्यसमध्ये सञ्जय र फातिमाका बाहेक 'जापान इन् नागाल्यान्ड', 'कोटीवाले सुपरस्टार', 'सिटिज अफ स्लिप' तथा 'ड्रविङ द टाइगर' आदि थिए ।
2019/09/22 18:42:19
https://saptahik.com.np/news/2015-11-27/20151127181105.html
mC4
Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment दुई सय उपसचिव कामविहिन - Pnpkhabar.com काठमाडौं, १२ असोज : शिक्षा सेवाका दुई सय भन्दा बढी उपसचिवलाई झण्डै साढे दुई महिनादेखि कामविहीन बनाइएको छ। हामिलाई राम्रा ठाउँमा पठाउन टुंगो नलाग्दा यस्तो समस्या आएको कतिपयको भनाइ छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरिका नगरपालिकाका शिक्षा शाखामा उपसचिवलाई खटाउने बाटो खुला गरिदिए पनि शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले कुन उपसचिवलाई कहाँ पठाउने भन्ने निर्णय गर्न नसकेको छ। शिक्षा मन्त्रलायले दुई साताअघि नै नगरपालिकाहरुमा पठाउने उपसचिवहरुको नामावली तयार गरेको थियो, तर राजनीतिक दबाब परेपछि त्यसलाई थन्क्याइएको छ। 'फलानोलाई फलानो ठाउँमा नपठाउनू फलानो ठाउँमा पठाइदिनू भनेर राजनीतिक दबाब आएपछि हामीले बनाएको सूचीअनुसार उपसचिवहरुलाई खटाउन सकिएन', शिक्षा मन्त्रालयका प्रशासन महाशाखाका एक अधिकिृतले भने 'हाम्रा र राम्रको सन्दर्भ उप्काउँदै भने । नयाँ आर्थिक बर्षको साउन १ बाटै ती उपसचिवहरु कामविहीन भएका हुन् ।, आजकोगोरखापत्र दैनिकमा यो खबर छ ।
2021/04/14 10:46:37
https://www.pnpkhabar.com/%E0%A4%A6%E0%A5%81%E0%A4%88-%E0%A4%B8%E0%A4%AF-%E0%A4%89%E0%A4%AA%E0%A4%B8%E0%A4%9A%E0%A4%BF%E0%A4%B5-%E0%A4%95%E0%A4%BE%E0%A4%AE%E0%A4%B5%E0%A4%BF%E0%A4%B9%E0%A4%BF%E0%A4%A8/
mC4
काठमाडौं, ८ मंसिर – ड्यनामो केईभलाई पराजित गर्दै जर्मन बुण्डेसलिगा क्लब बायर्न म्युनिखले युईएफए च्याम्पियन्स लिगको समूह 'इ' मा ८ अंकको अग्रता बनाएको छ । मंगलबार राति भएको खेलमा बायर्नले ड्यानामो केइभलाई २–१ गोलले परातिज गरेको हो । बार्सिलोनाले भने अन्तिम खेलबाट नै अन्तिम १६ को स्थान बनाउने छ । अन्तिम खेलमा बार्सिलोनाले बायर्नको सामना गर्नेछ । बेन्फिका र ड्यनामो भिड्नेछन् । यस खेल बराबर भए अथवा बार्सिलोना आफ्नो खेलमा विजयी भए अन्तिम १६ मा स्थान बनाउनेछ । मंगलबार भएको खेलमा भ्रमणकारी टोली बायर्नलाई जिताउन रोबर्ट लेवाण्डोस्की र किङस्ले कोम्यानले समान १/१ गोल गरे । केइभको लागि डेनिस गार्मन्सले १ सान्त्वना गोल गरे । पहिलाे पटक पूर्वखेलाडी जाभि हर्नाण्डेजको प्रशिक्षणमा च्याम्पियन्स लिग खेलेको बार्सिलोना बेन्फिकासँग गोलरहित बराबरीमा रोकियो । जितले बार्सिलोना नक आउट चरणमा स्थान बनाउने थियो । बराबरीसँग उसले अर्काे खेल कुर्नपर्ने भएको छ । समूह 'इ' मा बायर्नको ५ खेलबाट १५ अंक छ । बार्सिलोनाको ७ अंक रहँदा बेन्फिकाको ५ अंक रहेको छ । पुछारमारहेका केईभको १ अंक छ ।
2021/12/02 03:36:17
https://www.osnepal.com/118547/
mC4
ओली-प्रचण्डबीच मन्त्रिमण्डल पुनर्गठनबारे बालुवाटारमा छलफल « Naya Page ओली-प्रचण्डबीच मन्त्रिमण्डल पुनर्गठनबारे बालुवाटारमा छलफल काठमाडौं, १२ असोज । दशैंअघि नै मन्त्रिमण्डल हेरफेरको चर्चा चलिरहेका बेला प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पाटी) (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीच आज (सोमबार) पनि बालुवाटारमा छलफल चलिरहेको छ । नेकपाका दुबै अध्यक्ष मन्त्रिमण्डल फेरबदलमा सहमत भए पनि मापदण्डका विषयमा सहमति जुटिनसकेको अवस्थामा आज फेरि दुई अध्यक्ष बालुवाटार छलफलमा जुटेका हुन् । मन्त्रिपरिषद् पुनर्गठन, संबैधानिक आयोगहरुमा पदाधिकारी नियुक्ति र पार्टी एकताका बाँकी काम पूरा गर्ने विषयमा ओली र प्रचण्डबीच जारी नियमित छलफल अन्तर्गत आज सोमबार पनि सो भेट भएको नेकपाका नेताहरुले जानकारी दिएका छन् । गत बिहीबारदेखि ओली र प्रचण्डबीच दैनिक छलफल भइरहेको छ । प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठनको तयारी तीब्र पारेपछि पार्टीका दुई प्रमुख नेताबीच छलफल सघन रुपमा अगाडि बढिरहेको छ । मन्त्रिमण्डल पुनर्गठनका लागि केहि मन्त्रालय फुटाउन सक्ने समाचार बाहिर आइरहेका छन् । यस्तै मन्त्रिमण्डल पुनर्गठनका लागि मन्त्रिहरुको संख्या पनि भागवण्डामा मिलाउनु पर्ने खबर विभिन्न सञ्चार माध्यममा सार्वजनिक भएका छन् ।
2020/10/30 08:30:40
https://www.nayapage.com/archives/266929
mC4
पैयुको राजनैतिक तरंगमा बिर्सनै नसकिने बालकृष्ण « Sansar News २४ जेष्ठ २०७९, मंगलवार १२:२६ युरोपको समय साँझ साढे सात जति बजेको थियो । मेसेन्जरमा घन्टी बज्यो । मोबाइल हेरेको अशोकको फोन आएको रहेछ । अशोक गाउँले भतिज मेरो प्रिय बालसखा बालकृष्ण न्यौपानेको भाइको छोरा । स्पेनमा बस्छन बेला बखत कुरा भै रहन्छ । गाउँका कुरा, परिवारका कुरा, संगठनका कुरा, बिकास परिबर्तन आदिका कुरा । त्यो साँझ उनले अलि मधुर स्वरमा बोले 'अङ्कल हाम्रो त बर्बाद भयो ।' सम्हालिएर सुन्ने प्रयत्न गरें । जे जस्तो बर्बादी भएको भए पनि आँफु भन्दा साना केटाकेटीसंग कुरा गर्दा उनीहरु जति सुकै बुझक्कड भए पनि सम्झाउनै पर्छ भन्ने लाग्यो । भन त के भयो ? मेरो प्रश्न भुइँंमा खस्न नपाउंदै उनले भने– 'हाम्रो ठुलोबा त रहनु भएन नि ।' एकछिन मेरो आवाज रोकियो मैले केहि सोच्नै सकिन । के कसरि यस्तो घटना घट्यो उनले अलि अलि बिस्तार लगाए, मैले धेरै सोधपुछ गर्ने हिम्मत भएन । हुन्छ फोन राख भनें र उनीसंग बिदाबादी भएँ । अशोक, अर्जुन अनिलका ठुला बा सुर्यका बा स्कुल जीवनका मेरा सहपाठी बालकृष्ण न्यौपानेसंगको तस्विर सिनेमाको रिल जस्तै मेरो मानस पटलमा घुम्न थाले । आफ्नै घरको काँक्रो चोरेर पाखिम्बास देखी लिएर आउने र स्कुल पछाडिको कोदो बारीमा लुकाएर हाफछुट्टीमा पलाँसे गहिरामा लगेर लुकाएर खाएको घटनाले मलाइ निकै अधैर्य बनायो । तिनै बालकृष्ण अब यो संसारमा छैनन । उनीसंग अब भेट हुंदैन भनेर पत्याउनु पर्ने भएको छ । काँशीनाथ न्यौपानेका दुई छोरा बालकृष्ण र यज्ञ मध्ये बालकृष्णसंग मैले हाइस्कुलसम्म संगै पढ्ने अवसर पाएँ यज्ञ हाम्रो साहिँलो भाइ सहीद कृष्ण गौतमको सहपाठी हुन । स्कुल जीवनमा यज्ञ र कृष्ण पनि आपसमा घनिष्ठ सहपाठी थिए । बालकृष्णका हजुरबा बालानन्द हाम्रो घरमा नियमित जस्तै आउंथे । बा संग धर्मशास्त्रका कुरा गरेको मैले बाक्लै सम्झन्छु । म ६ कक्षामा पढ्दा एक दिन बालानन्द हजुरबा घर भन्दा अलि माथीबाटै बाको नाम लिएर चिच्याऊंदै आए । 'ओइ, लाल प्रसाद यो संसार कस्तो लाग्यो ? बा भैंसी दुहुँदै गरेको देखेर बुढा आँगनमै रोकिनु भयो । नौलो मान्छे देखेर भैसी उफ्रिन्छ भन्ने लागेरै होला । बा भैसी दुहेर निस्केपछि फेरि पहिलाकै प्रश्न दोहोर्याउनु भयो बालाइ । संसार कस्तो लाग्यो भनम मैले ? सबै हजुरलाई थाहै छनी, बाले जवाफ फर्काउनु भयो । यो सब मायाको जालो हो, अब म यो जालोबाट मुक्त हुन्छु, हाम्रो नेता अब कुश्मा तिरै घर बनाएर बस्छ होला । भैंसी मर्ने भए । काशिनाथलाइ व्यंग्य हानेको सजिलै बुझ्न सकिन्थ्यो । घरमा बा संग कसैले गफ गरेको बेलामा सम्मुखमै उपस्थित भएर कुरा सुन्ने चलन पहिला थिएन । यसो कुनाकानीबाट सुन्ने गरिन्थ्यो । हिंड्ने बेलामा उहाँले मलाइ बोलाउनु भयो र भन्नु भयो, 'हाम्रो क्रिश्णेलाइ बोकेखोला पढ्न पठाउने कुरा सुनेको थिएँ । तिमीहरु मिल्ने साथी हौ, तेस्लाई पनि सम्झा है संगै पढे हुन्छ ।' जनसेवा नि मा वि हुवासको विद्यालय संचालक समितिसंगको केहि मनमुटावको कारण बालकृष्णको बुवाले उनलाई निर्मल जनसेवा मा वि मा पढाउने कुरा चल्दै थियो । यो कुराको इतिवृतान्तको मलाइ सबै स्मरण छ तर यसलाई व्याख्या गर्न यहाँ उपयुक्त ठानिनँ । पैयुँ गाउँपालिकाको राजनीतिक इतिहांस भन्ने मेरो अप्रकाशित लेखमा सबै समेटिएको छ । पुस्तकाकारमा अब केहि समय पछि उक्त लेख प्रकाशित हुनेछ । २०३६ सालको राष्ट्रब्यापि बिद्यार्थी आन्दोलनले बोकेखोलाको निर्मल जनसेवा मा वि को बातावरण राजनीतिमय भयो । मेजर भिम बहादुर राना स्कुलको संचालक समितिको अध्यक्ष हुनुहुन्थ्यो । हामीले स्कुलमा स्वतन्त्र बिद्यार्थी युनियन खोल्यौं । स्ववियुको अध्यक्षमा मेरो नाममा सर्वसम्मति जुट्यो । बालकृष्णले मलाइ जुरुक्कै पिठ्युमा बोके । घर फर्किने बेलामा रातिको ११ बजेको थियो । अर्थुनमा झरेर चप्पलको तुना बालेर त्रिबेणीसम्म आउँदा आगो निभ्यो । अँधेरी रातमा सेती खोलो तर्दा बालकृष्णका किताबहरु चुर्लुम्मै भिजे । हाम्रो घरको धन्सारमा सुटुक्क छिरेर परालमा दुवै जना मज्जाले सुतियो । अबेला घरमा आएको हुँदा पेटमा दौडेका मुसाहरु पनि निद्रासंगै शान्त बने । पर्वत जिल्ला पंचायतको उपसभापति काशिनाथ न्यौपाने त्यतिबेला हुवासमा मात्र हैन सिंगो दक्षिणभेकमा चर्चाको शिखरमा हुनुहुन्थ्यो । दक्षिण पर्वतका आम सर्वसाधारणमा काशिनाथप्रति अलि पृथक प्रकारको सकारात्मक सम्बन्ध र धारणा थियो । बिकास आयोजनामा सदरमुकामले साह्रै अपहेलना गरेकाले काशिनाथको सदरमुकाम आवत जावतले मानिसहरुमा आशा पलाएको थियो । कुरा त्यत्ति मात्र होइन काशिनाथ गरिब तथा दलित जनजातीहरुसबैसँग सम्मानपुर्वक बोल्थे । सानासाना बच्चाहरुलाई पनि साह्रै माया गर्थे । बालकृष्ष्ण न्यौपाने उहाँका जेठा छोरा अर्थात निर्दलीय पंचायतका घोर बिरोधि, मेरा एक असल मित्र । स्कुलको आन्दोलन बालकृष्णको बुबालाई पनि ठुलो टाउको दुखाइको विषय भएको थियो । जिल्लाबाट सीडिओले हैरान पाथ्र्यो अरे मैले सुनेको । साह्रै भएर होला एकपटक त बालकृष्णलाइ घरै जान गाह्रो भाको कुरा गर्नुहुन्थ्यो । स्कुलबाट फर्केपछि झोला बोकी बोकी नौबिसेको खेतमा पानी लगाएर राति घर जाने उनको पुरानो बानी थियो । लेखकः उदयराज गौतम केहिदिन पढाइ समेत ठप्प भयो । माहोल निकै टकरावपूर्ण भयो । राष्ट्रिय बिकास सेवाका शिक्षकहरु शंकर दाहाल, जायस्वर चापागाईँं लगायतले पंचायती ब्यवस्था बिरुद्ध सचेत बिद्यार्थीहरु एकजुट हुनुपर्ने र बिद्यार्थी आन्दोलनको उद्धेस्य के हो भन्ने कुरा आन्तरिक रुपमा प्रशिक्षित गर्दथे । अंग्रेजी शिक्षक राजेन्द्र प्रसाद तिवारीको बिद्यार्थी आन्दोलनप्रति सकारात्मक दृष्टिकोण थियो । बिद्यार्र्थी नेताहरु सुरेन्द्र भुसाल, टिकाराम लेकाली, कम्निस्ट नेता राम प्रसाद भुसाल, पूर्व बिद्यार्थी जयनारायण तिवारी आदिको आडभरोसा र प्रशिक्षणले आन्दोलन सोंचे भन्दा प्रभावकारी बन्यो । तत्कालिन समयमा हामीलाई स्थानिय समर्थनको निकै आवस्यकता थियो । यसको कथा अलि लामो छ , यहाँ सबै व्याख्या गर्न सान्दर्भिक पनि छैन । मात्र कुरा के भने आन्दोलनको नेतृत्वमा म अग्रपंक्तिमा भएकोले बालकृष्णका बा काशिनाथ न्यौपानेले त्रिबेणि स्कुलको आन्दोलन र स्व वि यु खारेज गर्ने सम्बन्धमा धारणा बुझ्न, कुरा गर्न टेक बहादुर आलेमार्फत मलाइ घरमै बोलाएको खबर आयो । उहाँ त्यतिबेला जिल्ला पंचायतको उपसभापति हुनु हुन्थ्यो । स्वाभाविक रुपमा पंचायती व्यवस्थाका नेताहरु पंचायत बिरुद्धको आन्दोलन दबाउन मूल नेतृत्वलाई फकाउने, माया गर्ने अलि बढी सहानुभूति राख्ने कुरालाई बुझ्न सकिने भयो । किन, किन मलाइ यसपटक यो विषयमा कुरा गर्न उहाँको घरमा जान मन लागेन । कुरा एक कान, दुइ कान, मैदान हुँदै बोकेखोलाको स्कुल सम्म पुग्यो भने साथीहरुले गद्धार धोकेबाज भन्न बेर लाउदैनथे । १,२ महिनामै स्कुलको मात्र हैन, मुलुककै कायापलट गरिन्छ भन्ने लाग्थ्यो त्यति बेला । सोझै काशिनाथको घर जान्न भन्न सकिने अवस्था पनि थिएन । बाहिरबाट हेर्दा उनको भूमिका तत्कालिन पैयुँ खोलाको बर्र्गीय आन्दोलनमा धेरैले थाहा नपाए पनि संगठनले दिएको जिम्मेवारी पूरा गर्नेमा उनको नाम एक नम्बरमा आउंथ्यो । जोखिम मोल्न सक्ने तर जस लिन नहतारिने मित्र बालकृष्णले बिद्यार्थी कालपछि पनि लामो समय नेकपा (मसाल) मा आफ्नो जिम्मेवारी पूरा गरे । सामाजिक शोषण अन्याय र बेथितिका बिरुद्ध आगो ओकल्न सक्ने मेरा लगौंटी मित्र धर्तीबाट सदका लागि बिदा भए । बालकृष्णसंग कुरा राखें । सल्लाह देलान भनेको त, जनैले खानी भेट्न गयौ भने स्कुलमा लगेर सप्पै पोल खोल्दिन्छुुु भने, कुरा सकियो । स्कुल हड्ताल र दक्षिण पर्वतको जाग्दो विद्यार्थी आन्दोलनलाई कसरी दमन गर्ने भन्ने नीति कहाँ कसरी र केके बन्दैछ भन्ने कुरा हामीलाई लगभग थाहा हुन्थ्यो । हरेक गतिविधिको सुक्ष्म निगरानी गर्ने इलाकीय संयन्त्रहरुले डुम्रे भंज्यांगदेखि लुंखुसम्म तथा बिहादीदेखि चिन्नेखर्क सम्मका पन्च गतिविधिको जानकारी लिन्थ्यो । केहि चर्चित पंचहरुले पनि हामीलाई यस्तो सुराकी दिन्थे। २ थरि पंचहरु थिए त्यतिबेला । पहिलो नम्बरका पंचहरु हामीलाई निकै माया गरे जस्तो गर्थे भेट हुँदा ओहो बाबुहरू अस्तिको भाषण निकै राम्रो गर्नु भयो भन्थे । हामीलाई सबैभन्दा खतरा उनीहरुबाट हुन्थ्यो । अर्काथरी पंचहरु थिए अगाडी निकै मुर्मुरिन्थे । खाउँला जस्तो गर्थे । तर हामीहरुलाई यो श्रेणीका पन्चहरुबाट खास डर हुँदैनथ्यो । किनकि यो श्रेणिका पंचहरुले हामीलाई भित्रभित्र माया गर्थे । गतिविधिको मौन समर्थन गर्थे । काशिनाथले न्यौपानेले आफ्ना मन मिल्ने दानाकाजी श्रेष्ठ जस्ता मित्रहरुसंग संगै बसेर आंफुहरु रसियन कम्युनिष्ट भएको कुरा गर्थे । एकपटक काशिनाथ न्यौपाने र दानाकाजी श्रेष्ठसंगै काठमांडू भ्रमण गर्न गएको कुरा मैले थाहा पाएँ । काठमांडू पुगेपछि काशिनाथ पंचनेता नबराज सुबेदीलाई भेट्न जानु भयो अनि दानकाजी श्रेष्ठ रसियन कम्युनिस्ट भएकोले केशरजंग रायमाझीलाई भेट्न गएको घटना मैले थाहा पाएको थिएँ । पछि बालकृष्णले थाहा पाएपछि कुरा भयो आखिर के फरक पर्यो त केशरजंग रायमाझी दर्बार पसेको हामी नजन्मदै हो भनेर ठट्टा भयो । अघोषित रुपमा बालकृष्ण न्यौपानेले यी गतिविधिको संयोजन गर्दथे । पंचायतको बिरुद्धमा तत्कालिन समयमा कुनै गतिबिधि गर्नु भनेको ज्यानको जोखिम मोल्नु थियो । एउटा सम्पन्न परिवारमा जन्मेर पाखिम्बासे साहुको नातीले वर्ग संघर्षमा भाग लिनु चानेचुने कुरो थिएन । बालकृष्ण यिनै अब्बल क्रान्तिकारी बिद्यार्र्थी नेता थिए । एउटा घटना सम्झिन्छु टेक बहादुर आलेलाई धेरै चिया पिउन कसरि छोडाउन सकिन्छ होला भन्ने गफ भयो पुलामीको भट्टिमा । पुलामी बाजेले पत्याउनु भएन । बालकृष्णले जुक्ति निकाले । पार्टीलाई भनेर धेरै चिया पिउन नपाउने नियम बनाउने भन्ने कुरा आयो । त्यो कुरा सम्भव थिएन । आले सरको स्वास्थ्य नबिग्रोस भन्नेमा बालकृष्णले फुराएको जुक्ति पार्टीभित्र चर्चाको बिषय भएको थियो । बाहिरबाट हेर्दा उनको भूमिका तत्कालिन पैयुँ खोलाको बर्र्गीय आन्दोलनमा धेरैले थाहा नपाए पनि संगठनले दिएको जिम्मेवारी पूरा गर्नेमा उनको नाम एक नम्बरमा आउंथ्यो । जोखिम मोल्न सक्ने तर जस लिन नहतारिने मित्र बालकृष्णले बिद्यार्थी कालपछि पनि लामो समय नेकपा (मसाल) मा आफ्नो जिम्मेवारी पूरा गरे । सामाजिक शोषण अन्याय र बेथितिका बिरुद्ध आगो ओकल्न सक्ने मेरा लगौंटी मित्र धर्तीबाट सदका लागि बिदा भए । अब पत्याउनु बाहेक अरु विकल्प रहेन । केहि समय पहिला फोन गरेको थिएँ तर त्यस दिन सम्पर्क हुन सकेन । छोरीले फोन उठाइन । २०३६ सालको जनमत संग्रहमा हामी जिउ ज्यान दिएर खटियो । बहुदलको पक्षमा प्रचार गर्न बाइनडाँडा, भुर्तेल्थोक, हुल्कांग, धरादी, सौर्र्कोटको कमाण्डिङ्गको नेतृत्व बालाकृष्णले गरे । भुटेका मकै मुलाको साग खाँदै हामीहरु प्रचारमा लागियो । आन्तरिक रुपमा हामीलाई केशबहादुर गुरुङ, खगेन्द्र भुर्तेलले सहयोग गर्नु भयो यद्यपि बाहिर उहाँहरु खाटी पन्च हुनुपथ्र्यो । एकदिन मर्दिखोलामा झरेपछि बालकृष्ण र टेक बहादुरको जोडका तोड बिबाद भयो । जनैले खानि राजाले हार्छ, हजुर किन ढिपी गर्नु हुन्छ ? बाल कृष्णले जंगीएर बोलि हाले । बालकृष्णको 'जनैले खानी' भन्ने कसम सुनेपछि 'सुर्यचन्द्र आकाशमा छउन्जेल राजतन्त्र फाल्छु भनेर कोशिश नगर्नु' बिस्तारै टेक बहादुरले अर्कोे दनक दिनु भयो । एकछिन मौनता छायो । राजा बिरेन्द्रले निर्दलीय पंचायती ब्यबस्था वा बहुदलिय शाशन ब्यबस्था भनेर रोज्नेमा जनमत संग्रहको चुनाब गराउने घोषणा भर्खर गरेका थिए । मेजर बा,बाल कृष्णका बा, आले सर लगायत धेरैलाइ निर्दल बिरोधि गतिबिधि बढेकोमा ठुलो टाउको दुखाइको विषय भएको थियो । युवाप्रति आले सर धेरै सकारात्मक हुनुहुन्थ्यो । हाम्रो कुरा नमिले पनि उहाँले फेरि फेरि भेटौं है भन्दै त्यो दिन बिदा भैयो । अलि पर पुगेर फेरी बोलाउनु भयो , 'जिल्लाबाट वारेण्ट काट्न सक्छ मैले अलि अलि सुनेको छु सतर्क रहनु ।' राजतन्त्रात्मक देश बेलायतबाट प्रशिक्षित भएर होला सायद त्यतिबेला निर्दलीय पंचायती व्यबस्थाको पक्षमा र खासमा अझै भन्नुपर्दा राजतन्त्रप्रति टेक बहादुर सरको ठुलो सम्मान थियो । बेलायती जनताले एकपटक फालिसकेको राजतन्त्रलाई किन फेरि ससम्मान स्थापित गराए भनेर उहाँले राम्रै व्याख्या गर्नुहुन्थ्यो । बेलायती फौजको सिपाही भएर पनि राजनीतिक चेत उहाँमा राम्रो थियो । जो कोहिमा त्यतिबेला त्यस्तो राजनीतिक ज्ञान हुँदैनथ्यो । हाम्रो बिचमा राजनीतिक समझदारी हुन नसकेकोमा उहाँ गम्भीर हुनुहुन्थ्यो । यद्धपी उहां पछि कडा गणतन्त्रवादी बन्नुभयो । २०३६ सालको बिद्यार्थी आन्दोलनको राँको देशैभरी फैलियो । सीडिओ कार्यालयले म लगायत केहि साथीहरुलाई वारेण्ट पुर्जी जारी गर्यो । झन्डै ३५ दिन स्कुल नगई वारेण्टको म्याद गुजार्ने निधो गरियो । एक जना हवल्दारको कमाण्डमा ५ जना पुलिस दिनभरी स्कुलमा र अर्थुन बजारमा मार्च पास गरि रहन्थे । बालकृष्ण पनि स्कुल जान छाडे म पनि जान सकिनँ । स्थिति जटिल बन्यो । दिनेशलाई पक्रेछ । कुश्मा लैजान भनेर खोर पोखरा पुर्याएको रहेछ । पिसाबले च्याप्यो भनेर अलि तल कान्लामा झरेको पुलिसको आँखा छलेर भागेछन । जहाज चलाउने पाइलट बनाउँछु भनेको ८ कक्षामा पढ्दै गर्दा राजनीति गरेर पक्राउ पुर्र्जी पायो भनेर घरमा बाले भन्न थाल्नु भयो । आन्दोलनको ताप नशा नशामा भिजिसकेको थियो । बहुदललाई जिताउन कम्मर कसेर लागियो । झन्डै ३,४ दिन पछिको कुरा हो, छोरालाई जसरि पनि भेट्न पठाइदिनु भनेर काशिनाथले बालाई खबर पठाउनु भएछ । खोलाको जिउँदो मान्छे हो, लबस्तरो छैन एकपटक भेट्न जा भनेर बाले कडा आदेश गर्नु भो । ए राम, अब फेला परियो भन्ने लाग्यो मन मनमा । विद्यार्थीको हुलको बिचमा भए त मज्जाले थर्काइन्थ्यो । एक्लै काशिनाथसंग कहिल्यै कुरा गरेको थिइनँ । एकपटक बालकृष्ण सँग गएर उनको घरमा भात खाएको थिएँ । त्यतिबेला उनि घरमा थिएनन । पुलामिको चिया पसलमा भेट्ने रे, भनेपछि के–के भन्ने होलान भनेर मनमा अनेक तर्कना खेल्यो । जे त पर्ला बालकृष्णका बाउ त हुन् भनेर जाने बिचार गरें । लामा लामा काला जुँगा, अग्लो शरीर सेतो पाइण्ट धर्के सर्ट लगाएका उच्च व्यक्तित्वका धनि काशिनाथलाइ भेट्ने बित्तिकै बुवा नमस्कार भने, उदय बाबु यता आउ त भनेर चिया पसलको पछाडी लगे भन्नुभयो, 'हेर, हाम्रो कृष्णेले त तिम्लाई गुरुनै मान्छ क्यारे, तिमीहरु २ जना अलि दिन घुम्न जावो, यसो पोखरासम्म पुगेर के के गतिबिधि छ कापीको पानामा टिपेर ल्याउनु ।' मैले केहि बोलिन । यति कुरा फटाफट भनेर उहाँ हिंडी हाल्नु भयो । मैले मेरो कुरा राख्नै पाइन । त्यति बेला ठूला मान्छेहरु आँफु भन्दा सानाको कुरा खासै सुन्दैनथे सुनिहाले पनि त्यसलाई त्यति महत्व दिंदैनथे । तुलनात्मक रुपमा अन्य ठुला बडाहरु भन्दा काशिनाथमा अलि पृथक गुण थियो । उनी दलितहरु, खेलाडि र बिद्यार्थीहरुलाई अलि बढि माया गर्थे अनि गफ गाफ गर्थे मज्जाले । बिरेन्द्र च्यालेन्ज शिल्ड प्रतियोगितामा हाइजम्पतर्फ जिल्लामा म दोस्रो बन्दा उनले मलाइ कुश्माको बडा चौरमा बोकेरै दुई फन्को लगाए । त्यो घटना म कहिल्यै बिर्सन्न । असामयिक रुपमा रुपमा काशिनाथ न्यौपानेको मृत्यु भयो । दक्षिण पर्वतका सपना सेलाए । नयाँ चेतना र बर्गीय मुक्ति आन्दोलनको रापले सेकिएका मेरा बाल दौंतरी बालकृष्ण आफ्ना सन्तानको उन्नति प्रगति हेर्न नपाइ यस धर्तीबाट बिलाए । मन मष्तिष्कमा राजनीतिको बिजारोपण हुँदा कम्युनिष्ट आन्दोलनबाट प्रभावित, प्रशिक्षित र ब्यबहारिक राजनीतिका प्रेरक दृष्टान्त हुन बाल कृष्ण । पहाडको बसाइ सरेर बर्दिया गए पनि उनि पर्बतमै सपना देख्थे । बसाईं सराइमा हरेक मानिसका आ आफ्नै कथा ब्यथा हुन्छन । रहर कमैको हुन्छ होला । सामाजिक रुपान्तरणको अग्रभागमा उनि बर्दिया जिल्लामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला सदस्यको भूमिकामा रहेका थिए । मृत्युपश्चात उनको अन्त्यष्टि कर्म गर्न जन्मस्थान हुवास लैजाने परिवारको चाहनालाई कोरोनाको निहुँ बनाएर उनको शवमाथि स्थानिय निकायले जुन अड्को थाप्ने काम गर्यो त्यो जायज अनि मानविय थिएन । त्यो प्राकृतिक न्यायको सिद्धान्तसंग मिल्ने कुरो थिएन । त्यो सरासर अन्धविस्वाश थियो । त्यसमा कुनै बैज्ञानिक र मानविय सोंच थिएन । भाइछोराहरु यज्ञ,सुर्य, अर्जुन अशोक, अनिल, छोरीहरु लगायत सम्पूर्ण परिवारजनमा यो आकष्मिक घटनाले पारेको असैह्य पीडाप्रति हार्दिक समबेदना प्रकट गर्दछु । दिवंगत बालसखा बालकृष्ण प्रति हार्दिक श्रद्धासुमनपुर्बक क्रान्तिकारी अभिबादन अर्पण गर्दछु । (बालकृष्णका साथी उदय गौतम, पैयुक्षेत्रका वरीष्ठ राजनीतिज्ञ हुन । उनले यो लेख २ बर्ष अगाडी सार्वजनिक गरेका थिए )
2022/06/27 14:59:21
https://sansarnews.com/331193/
mC4
मौलायो सूचना चुहाएर सेयर कारोबार गर्ने प्रवृत्ति - Dainik Online Dainik Online प्रकाशित मिति : १९ चैत्र २०७७, बिहिबार ७ : ५० उक्त सूचना अघिल्लो दिनै पाएपछि केही लगानीकर्ताले ठूलो संख्यामा अजोडको सेयर कारोबार गरे । सोमबार उक्त कम्पनीको ८ करोड ९५ लाख ६७ हजार रुपैयाँ बराबरको कुल १ लाख १७ हजार ५ सय ६६ कित्ता सेयर कारोबार भएको थियो। उक्त दिनको कुल कारोबारमध्ये करिब ४० प्रतिशत अर्थात् ४७ हजार ३८ कित्ता सेयर ब्रोकर नम्बर ३४ बाट कारोबार भएको छ । ब्रोकर नम्बर ५० र ३३ बाट भएको कारोबार उक्त दिन अजोड इन्स्योरेन्सको कुल सेयर कारोबारको करिब १०/१० प्रतिशत हो। सोमबार यो कम्पनीको धेरै सेयर कुमारी बैंक रकुमारी क्यापिटलले खरिद गरेको देखिन्छ । यो एउटा उदाहरण मात्र हो। विगतमा विभिन्न बैंक तथा वित्तीय संस्थाको मर्जर तथा एक्विजिसन, लाभांश घोषणा, वित्तीय विवरणको अवस्थालगायत सूचना चुहाएर ती कम्पनीको सेयर कारोबार गर्ने प्रवृत्ति मौलाएको खबर कान्तिपुर दैनिकमा छ । यस्तै प्रवृत्ति वाणिज्य बैंक, बिमा कम्पनी मात्र नभएर अन्य क्षेत्रका कम्पनीमा पनि देखिएको छ । यस्तो कारोबारलाई भित्री कारोबार (इन्साइडर ट्रेडिङ) भनिन्छ । कानुनले यस्तो कारोबारलाई वञ्चित गरेको छ । तर नियामक निकाय धितोपत्र बोर्ड र फ्रन्टलाइन रेगुलेटर नेप्सेले प्रभावकारी नियमन गर्न नसक्दा यस्तो कारोबार मौलाएको हो।
2022/01/17 22:13:12
https://www.dainikonline.com/story/123450/2021/04/01/
mC4
प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा माग – Online Bichar Online Bichar 28th April, 2020, Tuesday 8:53 AM काठमाडौं, १६ बैशाख २०७७ । नेकपाभित्र उत्कर्षमा पुगेको विवाद समाधान गर्न नेताहरूले वार्ता तीव्र बनाएका छन् । चरणबद्ध रूपमा भएका वार्तामा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने प्रस्ताव गरेको छ । ओली समूहले भने मन्त्रिपरिषद् पुनर्गठन र मुख्यमन्त्री हेरफेर गरेर सहमति गर्न खोजेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ – विवाद समाधान गर्न प्रधानमन्त्री ओलीका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सक्रिय छन् । ओली समूह र नेपाल समूहका नेताहरूबीच सोमबार कोटेश्वरस्थित वन पैदावारको कार्यालयमा साढे चार घन्टा छलफल भएको थियो । अर्को समूहको तर्फबाट नेता नेपाल स्वयं, भीम रावल, सुरेन्द्र पाण्डे र रघु पन्त सहभागी थिए । छलफलमा महासचिव महासचिव विष्णु पौडेलले पनि भाग लिएका थिए । 'यो समस्याको लामो पृष्ठभूमि छ । त्यसैले पार्टी पद्धतिबाटै निकास निकाल्नुपर्छ, त्यसैले सचिवालय र स्थायी समितिको बैठक बोलाउनुपर्छ, पार्टी्भित्र विवाद चर्किनुको सबै जिम्मेवारी लिँदै प्रधानमन्त्री र अध्यक्षको हैसियतबाट उहाँले निकास दिनुपर्छ, छोड्नुपर्छ भनेर माधव कमरेडले स्पष्ट भनाइ राख्नुभयो,' छलफलमा सहभागी नेता सुरेन्द्र पाण्डेले नयाँ पत्रिकासँग भने । पार्टी्भित्र उत्पन्न संकटको समाधान प्रधानमन्त्रीको राजीनामा नै हो भन्नेमा आफू एक्लो नभएको नेपालको भनाइ थियो । पाण्डेका अनुसार नेपालले भनेका थिए, 'भर्खरै पनि वामदेव कमरेडले फोन गरेर शनिबारको भेटमा प्रधानमन्त्रीलाई दुवै पदबाट राजीनामा दिनुस् भनेका कुरामा म अडिग छु, त्यसबाट म दायाँ–बायाँ हुन्न र भएको छैन भनिरहनुभएको छ, संकट समाधानको उपाय त्यही हो, अरू उपाय केही छ भने पनि बैठकमा छलफल गरेर अघि बढौँ ।' ओली समूहका नेताहरूले पार्टी्भित्र आफूहरूलाई नेपालको नेतृत्व स्वीकार्य हुने र त्यसका लागि एकता महाधिवेशनसम्म धैर्य गर्न सुझाएका थिए । बरु, अहिले नै समझदारी विकास गरेर जान सकिने उनीहरूको भनाइ थियो । बैठकमा सहभागी एक नेताका अनुसार उनीहरूको भनाइ थियो, 'यो पार्टी निर्माणमा, अहिलेसम्म यो अवस्थामा ल्याइपुर्‍याउन तपाईंको निर्णायक योगदान छ, राष्ट्रिय–अन्तर्रा्ष्ट्रिय रूपमा पनि सन्तुलित र समन्वयकारी नेताका रूपमा तपाईंको पहिचान बनेको छ,' शंकर पोखरेलको भनाइ थियो, 'त्यसैले अहिले सरकारलाई सफल बनाउने काममा तपाईंले भूमिका खेल्नुपर्छ, महाधिवेशनबाट तपाईंले पार्टीको नेतृत्व गर्ने गरी अहिल्यै समझदारी बनाएर अघि जान सकिन्छ ।'
2021/08/02 19:58:39
https://www.onlinebichar.com/archives/17951
mC4
Eternal Bliss: रक्षामन्त्रीले कसैसँग सम्झौता नगर्ने सोमबार, 25 में 2009 19:33 काठमाडौँ, जेठ ११ (नागरिक)-नवनियुक्त रक्षामन्त्री विद्यादेवी भण्डारीले राष्ट्रिय एकता अखण्डता र सार्वभौमिकताको रक्षाका लागि आफूले कसैसँग सम्झौता नगर्ने बताएकी छिन्। नेपाली सेना मुलुकको एकमात्र राष्ट्रिय सेना भएको उनले बताइन्। सोमबार रक्षा मन्त्रालयको कार्यभार सम्हाल्दै नेपालको राजनीतिक इतिहासमा पहिलो पटक महिला रक्षामन्त्री भएकी भण्डारीले राष्ट्रिय एकता अखण्डता र सार्वभौमिकताको रक्षाका लागि नेपाली सेनाले पुर्याएको योगदानको उच्च प्रशंसा गरिन्। माओवादी सेनाको उचित व्यवस्थापन हुने बताउँदै माओवादी सेना समायोजनका लागि विशेष समिति बनिसकेकाले समितिको निर्णयका आधारमा सरकार अगाडि बढ्ने धारणा उनले व्यक्त गरिन्। कर्मचारीलाई निर्देशन दिइरहँदा मन्त्रीसँगै सेनापति कटवाल पनि ड्यासमा बसेका थिए। "सेनापति प्रकरणमा राष्ट्रपतिको निर्देशनबारे नयाँ सरकारले के निर्णय गर्नेछ भन्नो संचारकर्मीको जिज्ञाशामा प्रस्ट जवाफ दिन चाहिननन्। उनले यतिमात्र भनिन् "मुलुक जटिल संक्रमणकालमा गुज्रँदैछ यस्तो अवस्थामा जे निर्णय गर्छ त्यो राष्ट्रिय र सर्वपक्षीय हितमा हुनेछ।" यसैगरी नवनियुक्त अर्थमन्त्री सुरेन्द्र पाण्डेले पनि सोमबारै कार्यभार सम्हालेका छन्। सञ्चारकर्मीहरुसित कुरा गर्दै उनले पूँजिगत खर्च गर्ने तर्फ आफूले ध्यान दिने बताए। पूर्व अर्थमन्त्री बाबुराम भट्टराईले गरेको राजस्व संकलनको उनले प्रश‌सा गर्दै धन्यवाद दिए। प्रधानमन्त्री माधवकुमार नेपालले हालको मन्त्रिमन्डल तत्कालका लागि मात्र भएको र विभिन्न पार्टी सरकारमा सहभागी भइसकेपछि उनीहरुको कार्यभार समेत परिवर्तन हुनसक्ने बताएका छन्।
2018/04/19 09:31:21
http://paramananda.blogspot.com/2009/05/blog-post_8915.html
mC4
मतदाता खरीदमा हिँडेका मन्त्री थकाली प्रशासनको नियन्त्रणमा : जोमसोममा बिरोध जुलुस ! – ebaglung.com २०७४ बैशाख ३०, शनिबार ०९:४३ Footer Slider, Home Slider, Top News, प्रमुख समाचार केशव वि.क मुस्ताङ २०७४ बैशाख ३० । स्थानिय तहको निर्वाचन आउन एक दिन बाँकी हुँदा माननीय वाणिज्य मन्त्री रोमी गौचन थकाली सहित नेपाली काँग्रेसका कार्यकर्तालाई मुस्ताङको छुसाङमा स्थानियले नियन्त्रणमा लिएका छन् । स्थानिय तहको निर्वाचनमा मतदाता खरिद गर्न छुसाङ पुगेको आशंकामा वाणिज्य मन्त्री सहितको टोलीलाई बैशाख २९ गते बेलुका १२ बजे करिब ७० जना स्थानियको टोलीले नियन्त्रणमा लिएका हुन् । छुसाङबाट मन्त्री सहित बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष पदका उम्मेदवार नामग्याल गुरुङ, सदस्य प्रेम गुरुङ, सरिला परियार र शान्ति गुरुङलाई नियन्त्रणमा लिई जिल्ला सदरमुकाम जोमसोम ल्याईएको प्रमुख जिल्ला अधिकारी भीमराज पोखरेलले जानकारी दिए । मन्त्री गौचन सहितको टोलीले निर्वाचनको आचारसंहिता विपरित गतिविधि बढाएकोे जनगुनासो बढेपछि निगरानी बढाईएको र अन्तमा नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी पोखलेले बताए । मन्त्री गौचन आफ्ना अंगरक्षक, इन्जिनियर सहित कोरला नाका जाने बाहानामा विभिन्न ठाउँमा निर्वाचन आचारसंहिता विपरित मत खरिद गर्न हिँडेको स्थानियले आरोप लगाएका छन् । मन्त्री ज्युको टोली रातारात ताङवे, छुसाङ, समर, घिलिङ लगायतका क्षेत्रमा मतदातालाई भेट्न जाने कार्यक्रम थियो नाम नखुलाउने सर्तमा एक जना स्थानियले भने । शनिवार बिहानै देखि विपक्षी राजनीतिक दल र स्थानियले मन्त्री गौचनको विरुद्ध सदरमुकाम जोमसोममा विरोध प्रदर्शन गरिहेका छन् । कार्यकर्तालाई नियन्त्रणमा लिए पश्चात सांसद श्रीमाया थकाली सहितको उपस्थितिमा जिल्ला प्रशासन कार्यालय जोमसोममा सर्वदलीय बैठक बसी रहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । वाणिज्य मन्त्री गौचनले जिल्लामा पटकपटक आचारसंहिता विपरित काम गरिरहेको जानकारी निर्वाचन आयोगमा पठाईसकेको र अहिले पनि मत खरिदमा संलग्न भएकाले आरोप लागेकाले यस जानकारी पनि निर्वाचन आयोगमा पठाउछौँ । जिल्ला निर्वाचन अधिकृत सीताराम शर्मा लामिछानेले भनेका छन् । मन्त्री गौचनलाई दोस्रो संविधान सभा निर्वाचनमा पनि आर्थिक चलखेल गरी मतदाता खरिद गरेको आरोप लागेको थियो । चुनावको बेलामा आर्थिक चलखेल हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङले शुक्रबार विहान हेलिकप्टरको खानतलासी गरेको थियो ।
2020/01/25 21:32:43
https://www.ebaglung.com/archives/7674
mC4
चिस्यान केन्द्र संचालन पछि कृषि उत्पादनले मुल्य पायो संजोगबाबु दाहाल धरान । एक महिना अघि सम्म कोशी पहाडी जिल्लाबाट धरान स्थित कृषि उपज बजार स्थलमा आएका कृषिजन्य उत्पादनहरु समयमै बिक्रि नसकिदा फ्याक्नुपर्ने बाध्यता थियो । फ्याक्नु पर्ने डरले जति मुल्य पाए पनि बिक्रि गर्नुपर्ने हुन्थ्यो । भण्डारण गर्ने स्थलको अभावमा कृषिजन्य उत्पादनहरु कुहिएर जान्थे । तर एक महिना यता बजारले चिस्यान केन्द्र संचालनमा ल्याए पछि कृषकहरु त्यो बाध्यताबाट मुक्त भएका छन् । लामो समय सम्म कृषिजन्य उत्पादनहरु चिस्यान केन्द्रमा राखेर बिक्रि गर्न पाएका छन् । मुल्य नपाउँदा चिस्यानमा राख्ने मुल्य पाउँदा बिक्रि गर्न पाउने भएका छन् । चिस्यान केन्द्र संचालनमा आए पछि कृषक, व्यवसायी खुशी भएका छन् । कृषकहरुले पनि आफ्नो कृषि उत्पादनको पनि मुल्य पाउँन थालेका छन् । सरकारले संचालन गरेका ११ वटा कृषि उपज बजार स्थल मध्ये धरान स्थित कृषि उपज बजार स्थलमा पहिलो पटक चिस्यान केन्द्र स्थापना गरिएको हो । कृषि बजारमा भोजपुर, संखुवासभा, धनकुटा लगायतका जिल्लाहरुबाट कृषि उत्पादनहरु आउने गरेका छन् । पहाडी जिल्लाबाट आएका किवी, सुन्तला लगायतका कृषिजन्य उत्पादनहरु चिस्यान केन्द्रमा भण्डारण गरिएको छ । चिस्यानकेन्द्र सञ्चालनमा आए पछि कृषकहरु लाभान्वीत भएको बजारका व्यवस्थापक लक्ष्मण भट्टराई बताउँछन् । भण्डारण गर्ने स्थान नहुँदा सस्तो मुल्यमा बिक्रि गर्नु पर्ने बाध्यताबाट मुक्त हुँदै उचित मुल्यमा बिक्रि गर्ने अवश्था सिर्जना भएको उनको भनाई छ । कृषिजन्य उत्पादनहरु भण्डारण गरि उचित मुल्यका लागि बार्गेनिङ हुने गरेको उनले बताए । सरकार र बजारको संयुक्त लगानीमा चिस्यान केन्द्र निर्माण भएको हो । करिब ७५ लाख रुपैयाको लगानिमा ७५ टन क्षमताको चिस्यान केन्द्र संचालनमा आएको हो । व्यबस्थापक भट्टराईका अनुसार कोल्ड स्टोरमा २५÷२५ टनका ३ वटा चेम्बर रहेका छन् । भट्टराईले भने, चिस्यान केन्द्रको परीक्षण समयावधी १ महिना तोकिएको मा २० दिन बित्दा राम्रै प्रतिक्रियाहरु आइरहेका छन्, अहिले २० टन बराबरको फलफुल किबी, स्याउ, सुन्तला राखिएको छ ।' एक महिनाको परिक्षण समयमा नै किसानहरु लाभान्वित हुन थालेको उनको दाबी छ । उनका अनुसार चिस्यान केन्द्रमा २ जना व्यापारी र १ जना किसानले प्रयोग गरेका छन् । उनले भने, चिस्यान केन्द्र सञ्चालनमा आए सँगै किसानहरुको बार्गेनिङ पावर बढ्दो रहेछ, पहिला जस्तो मुल्य नपाउँदा पनि आफ्नो समान बिक्री गर्नु पर्ने बाध्यता छैन्, मुल्य आएन भने केन्द्रमा राख्ने र मुल्य आएपछि बिक्री गर्ने गरेका छन् ।' केन्द्र सञ्चालानमा आए पछि कृषकहरुले पनि आफ्नो उत्पादनको उचित मुल्य पाउन थालेको कृषकहरु बताउँछन् । चिस्यान केन्द्रमा कृषिजन्य उत्पादन भण्डारण गरेका व्यवसायी बिकाश कुमार शाहा सामान बिक्री नभएर बिग्रन्छ भन्ने डर हटेको बताउँछन् । घाटा खाएर भए पनि बेच्नुपर्ने बाध्यताबाट मुक्त भएको उनको भनाई छ । उनले भने, "पहिला आफ्नो सामानको मुल्य पाउन गाह्रो हुन्थ्यो, ताजा छैन बिग्रीएको छ भनेर मुल्य पाइदैन थियो, अब त्यो समस्या बाट मुक्त भएका छौं ।' मुल्य पाउँदा बिक्रि गर्ने नपाउँदा भण्डारण गर्न सहज भएको उनले बताए ।
2021/01/23 23:15:50
https://koshipatra.com/news/2020/12/29/2308.html
mC4
डेढ करोडको जडीबुटी निकासी::KhojOnline.com डेढ करोडको जडीबुटी निकासी प्यूठान। जिल्लामा गतवर्ष १ करोड ६६ लाख रूपैयाँ बराबरको जडीबुटील जिल्लाबाहिर निकासी भएको छ । रिट्ठा, दालचिनीको बोक्रा तथा पात, टिमुर र अल्लो जिल्लाबाहिर निकासी भएको हो । जिल्ला वन कार्यालयकाअनुसार उक्त अवधिमा ४५ हजार ४०० किलो टिमुर मात्रै निकासी भएको छ । जडीबुटीजन्य वस्तुबाट किसानले मनग्य आम्दानी गर्ने गरेको जिल्ला वन अधिकृत धनञ्जय लामिछानेले बताए । 'टिमुरबाट किसानले रु ६८ लाख १० हजार आम्दानी गरेका छन्,' उनले भने । त्यस्तै व्यक्तिगत, राष्ट्रिय र निजी वनबाट ५८ हजार किलो रिट्ठा जिल्लाबाहिर निकासी हँुदा रु चार लाख ६४ हजार आम्दानी भएको छ । सामुदायिक र राष्ट्रिय वनमा उत्पादन भएको ४७ हजार ६६८ किलो दालचिनीको बोक्रा निकासी हुँदा ३८ लाख १३ हजार ४ सय रूपैयाँ किसानले आम्दानी गरेका छन् । यस्तै ८९ हजार ६८५ किलो दालचिनीको पातबाट ३५ लाख ८७ हजार ४ सय रूपैयाँ आम्दानी भएको छ । वनमा आधारित वस्तुअन्तर्गत एक वर्षको अवधिमा २ हजार ७९५ किलो अल्लो निकासी हुँदा १९ लाख ५६ हजार रूपैयाँ आम्दानी भएको छ । 'त्पादित वस्तु राष्ट्रिय वनको भएमा केही राजस्व तिर्नुपर्छ, अन्यमा राजस्व लाग्दैन,' वन अधिकृत लामिछानेले भने । जिल्लामा व्यावसायिक रुपमा जडीबुटी उत्पादन र प्रशोधन केन्द्रको आवश्यकता रहेको छ । रासस 'मेरो विवाहको तयारी भइरहेको छ । तर एउटा कुराले मलाईं डर लाग्न थालेको छ कि, हुनेवाला श्रीमान्ले मेरो कुरामारीत्वमाथि आशंका गर्ने त होइन ?' अक्सर यौनसम्बन्धीको सवाल-जवाफमा यस्तो प्रसंग निकै आउने गर्छ । विवाहअघि नै यौन सम्पर्क गर्नुलाई आजको समाजले अनौठो मान्दैन । यौनमा उदार बन्दै... केही समयअघि नेपाल भ्रमणमा आएकी बलिउड अभिनेत्री जुही चावलाले ट्वीटरमा पोस्ट गरेको तस्विरमाथि खासगरी नेपाली प्रयोगकर्ताले तिखो आलोचना गरे । ट्वीटरमा उनी केही महिलाहरुसँग लस्करै उभिइरहेकी देखिन्थे र तस्विरसँगए उनले पेट्रोलको गन्ध मिसिएको काठमाडौंको वायुमाथि कटाक्ष गरेकी थिइन् । हामीलाई लाग्यो, बलिउड अभिनेत्रीले नेपालको बदनाम गरिन्...
2018/09/26 11:32:11
http://www.khojonline.com/2015/12/29/134/
mC4
श्रावण शुक्ल पुत्रदा एकादशी पौराणिक प्रसंग - नेपाली पात्रो | Nepali Patro नेपाली पात्रो > चाडपर्व > श्रावण शुक्ल पुत्रदा एकादशी श्रावण शुक्ल एकादशीको नाम 'पुत्रदा एकादशी' हो। यस एकादशीका आराध्य भगवान् नारायण हुनुहुन्छ। पुत्रदा एकादशीका सन्दर्भमा राजा युधिष्ठिरको जिज्ञासा मेट्दै भगवान् श्रीकृष्णले यस एकादशीको महत्त्व दर्साउनुभएको पौराणिक प्रसंग पाइन्छ। यस एकादशीको महात्म्य मात्र सुन्दा पनि वाजपेयी यज्ञ गरेजस्तै पुण्य फलको भागीदार भइन्छ। यस एकादशीको व्रतकथा यसप्रकार रहेको छ: द्वापर युगको आरम्भतिर महिष्मती भन्ने देशमा महीजित नामका राजाले राज्य गर्दथे। उनको राज्य–व्यवस्था अति राम्रो भए पनि उनी पुत्रहीन हुनाले अत्यन्त दु:खी थिए। यही कारण उनलाई राज्य सुखदायक लाग्दैन थ्यो। उनी भन्ने गर्थे – अपुत्रस्य सुखं नास्ति इह लोके परत्र च। अर्थात् जसको सन्तान छैन, त्यसका लागि यो लोक परलोक दुवै पीडादायी हुन्छन् । त्यसैले उनले पुत्र प्राप्तिका लागि अनेक उपाय गरे, तापनि पुत्र प्राप्ति हुनै सकेन। यस्तैमा आफ्नो उमेर ढल्किन लागेको देखेर राजाले आफ्ना प्रजाका प्रतिनिधिहरूको सभा बोलाएर भन्न लागे– हे प्रजाजन, मैले यस जन्ममा कुनै पापकर्म गरेको छैन। त्यसैले मेरो भण्डारमा अन्यायपूर्वक कमाएको धन छैन। मैले देवता र ब्राह्मणहरूको धन कहिल्यै खोसेको छैन। कसैको धन असुल गरेको छैन। समस्त प्रजाजनलाई पुत्रजस्तै पालें । जघन्य अपराधीलाई पनि पुत्र तथा बान्धव ठानेर दण्ड दिएँ। कहिल्यै कसैलाई घृणा गरेको छैन। सबैलाई समान व्यवहार गरें। सज्जनहरूलाई सधैं पूजा गरें। यसरी धर्मको पूर्ण पालना गरेर राज्य गर्दा पनि मेरा पु‍त्र छैनन् । त्यसैले म अत्यन्त दु:खी छु। यसको कारण के हुन सक्ला ? कृपापूर्वक बताइदिनुभए आभारी हुने थिएँ। आफ्ना राजाको यो वेदना हरण गर्नका निमित्त मन्त्री र केही विशिष्ट जनहरू वनमा गए । त्यहाँ विशेष तपस्वी ऋषिमुनिहरूको दर्शन गरी परामर्श लिने विचार गरे। राजाको उत्तम कामनाको पूर्तिका लागि एक श्रेष्ठ तपस्वी मुनिको खोजी गर्दा उनीहरूले एक आश्रममा अति वयोवृद्ध धर्मका ज्ञाता, परमात्मामा मन लगाएर निराहार तपस्या गरिरहेका जितेन्द्रिय, जितात्मा, जितक्रोध, धर्मविद् एवं समस्त शास्त्रहरूका ज्ञाता महात्मा लोमश मुनिलाई देखे। त्यस बेला लोमश ऋषिको कल्प व्यतीत भएर एउटा केश झरेको थियो। त्यस्ता ऋषिलाई उनीहरूले प्रणाम गरे। ऋषिले पनि तपाईंहरू के कामले आउनुभएको होला ? तपाईंहरूको भलाइ गर्न पाउँदा मेरो जन्म सार्थक हुनेछ भनी प्रश्न गर्नुभयो। लोमश ऋषिका वचनले आश्वस्त प्रजाजनले राजाको वृत्तान्त सुनाए र राजाको समस्या समाधान गर्ने उपाय सुझाउन आग्रह गरे। हामी उनै राजाका प्रजा हौं। अत: उनको पीडाले हामी पनि दु:खी छौं। तर, हजुरको दर्शनले हामीलाई यो संकटबाट मुक्ति मिल्ने विश्वास जागेको छ। किनकि महापुरुषको दर्शन मात्रले अनेक कष्ट दूर हुन्छन्। अब हजुरले कृपापूर्वक राजाको पुत्र हुने उपाय बताउनुहोस्। प्रजाजनको यस्तो प्रार्थना सुनेर ऋषिले आँखा बन्द गरी केही छिनका लागि ध्यानमग्न हुनुभयो। त्यसपछि ऋषिले राजाको पूर्वजन्मको वृत्तान्त बताउनुभयो– यी राजा पूर्वजन्ममा एक निर्धन वैश्य थिए। गरिबीका कारण यिनले धेरै नराम्रो कर्म गरेका थिए। यो एक गाउँबाट अर्को गाउँमा व्यापार गर्न जाने गर्थे। एक समय ज्येष्ठ शुक्ल पक्षको द्वादशीका दिन मध्याह्न कालमा दुई दिनदेखि भोकै रहेकाले उनी एक जलाशयमा पानी खान गए। त्यहाँ भर्खरै ब्याएकी प्यासी गाई पानी खाइरहेकी थिइन्। उनले ती प्यासी गाईलाई पानी खान नदिई धपाएर आफूले मात्र पानी खाएकाले राजालाई यो दु:ख आइपरेको हो। एकादशीको दिन भोकै बसेको हुनाले उनी राजा भए र प्यासी गाईलाई जल पिउन लाग्दा धपाएकाले पुत्रविहीनताको पीडा सहनुपरेको रहेछ। यो कथा सुनेपछि समस्त प्रजाजनले उक्त पापबाट मुक्ति तथा प्रायश्चित्तको उपाय सुझाउन पनि आग्रह गरे। त्यसपछि लोमश ऋषिले भन्नुभयो– श्रावण शुक्ल पक्षको एकादशीलाई पुत्रदा एकादशी भनिन्छ। तपाईंहरू सबैले पुत्रदा एकादशीको व्रत गरी रात्रिमा जागरण गर्नुहोस्, यसले राजाको पूर्वजन्मको पाप अवश्य नष्ट हुनेछ र उनलाई पुत्रप्राप्ति पनि हुनेछ। लोमश ऋषिको उपदेश सुनेर मन्त्रीसहित सबै प्रजाहरू नगरमा आए र श्रावण शुक्ल एकादशीमा ऋषिको आज्ञानुसार सबैले पुत्रदा एकादशीको व्रत र जागरण गरे। यसरी विधिपूर्वक व्रत एवं पारण गरिसकेपछि द्वादशीका दिनमा सबैले उक्त पुण्यफल फल राजालाई दिए। त्यही पुण्यका प्रभावले रानीले तत्कालै गर्भ धारण गरिन् र प्रसवकालपछि उनको अत्यन्त तेजस्वी पुत्र उत्पन्न भयो। यो कथा सुनाइसकेपछि भगवान् श्रीकृष्णले महाराज युधिष्ठिरलाई भन्नुभयो– हे राजन, यसरी श्रावण शुक्ल एकादशीको नाम पुत्रदा पर्न गयो। सन्तान सुखको कामना हासिल गर्नका लागि यस व्रतको पालना गरौं। यसको माहात्म्य मात्र सुन्नाले पनि मनुष्य सबै पापहरूबाट मुक्त हुन्छ र यस लोकमा सन्तान सुख तथा परलोकमा स्वर्गको सुख प्राप्त गर्दछ।
2021/10/16 11:14:44
https://nepalipatro.com.np/blog/%E0%A4%B6%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%B5%E0%A4%A3-%E0%A4%B6%E0%A5%81-%E0%A4%AA%E0%A5%81%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%A6%E0%A4%BE-%E0%A4%8F%E0%A4%95%E0%A4%BE%E0%A4%A6%E0%A4%B6%E0%A5%80/
mC4
नौँ वर्षको नौलो यात्रा,सवैलाई धन्यवाद - Sindhuli Saugat नौँ वर्षको नौलो यात्रा,सवैलाई धन्यवाद प्रकाशकिय २०७६ साउन १ गते बुधवार सिन्धुली पत्रकारिताको यात्रा पक्कै पनि सजिलो छैन । भनिन्छ, पत्रकारिता अपजसिलो पेसा हो । तर पनि यात्रा गर्नुनै थियो । सिन्धुलीवासीसँग दैनिक जोडिएर सूचना प्रवाह गर्नुनै थियो । अन्ततः २०६८ साल श्रावण १ को बिहानी सगुन सौगात मिडिया प्रा.लि.ले सिन्धुली सौगात राष्ट्रिय दैनिक पत्रिका संचालनमा ल्यायो । एकपिच्छे अर्को अवरोध खडा भए । तर पनि निरन्तर ८ वर्षसम्म यस्ता कयौँ समस्याहरुलाई उछिन्दै हामी नवौँ वर्षमा टेकेका छौँ । हाम्रा पाठकवर्ग, विज्ञापनदाता र शुभचिन्तकको सहकार्यबिना यो यात्राले पक्कै पनि निरन्तरता पाउने थिएन । तपाईहरुको माया र विश्वासले नै गर्दा आज सिन्धुली सौगात सिन्धुलीको लोकप्रिय एवं उत्कृष्ट दैनिक पत्रिका बन्न पुगेको छ । पत्रिकाले आठौँ वसन्त पार गरिरहदा हामी जिल्ला भित्र र बाहिर रहनुभएका सम्पुर्ण पाठकवर्ग, विज्ञापनदाता, शुभचिन्तक र जिल्लावासीलाई धन्यवाद दिन चाहान्छौँ । ८ बर्ष अघि ठिक आजको दिन सिन्धुली सौगातले आफ्नो यात्रा प्रारम्भ गरेको थियो । थोरै पत्रकार, सिमित श्रोत साधन अनि सत्य र निडरताको आँडमा शुरु ग्रिएको सिन्धुली सौगात पाठकहरुको माझ थोरै समयमै लोकप्रिय बन्न पुग्यो । त्यो कागज हाम्रो थियो तर प्रतिबिम्ब सिन्धुलीको, मसि हाम्रो तर वास्तविक, निर्भिक अनि सटिक प्रतिक्रिया, विचार एवं अभिव्यक्ति समाजको थियो । त्यो छापा मात्र थिएन कडा परिश्रम र सूचनाको अधिकारमा सिन्धुलीवासीको पहुँचको सपना थियो । सत्यको साथ र जनताको विश्वासले हामी अघि बढ्यौँ । हामी पाठकवर्गको हातमा दैनिक पुग्न सफल भयौँ । आवाजबिहिनको आवाज बनेर हामी उभियौँ । जिल्लामा रहेका बेथितिलाई उजागर गर्दै राम्रो कामलाई प्रोत्साहन गर्न हाम्रा कलमहरु सधैँ चलिरहेको छ । सुशासन र खबरदारी हाम्रो मुख्य प्राथमिकता बनेको छ । सिन्धुली जस्तो सानो ठाउँ जहाँ विज्ञापनको सधैँ खडेरी हुने गर्दछ तर पनि पाठकवर्गले दिनुभएको माया, प्रेरणा हौसाला नै हाम्रो उर्जा बनेको छ । अन्याय, अत्याचार, भ्रष्ट्राचार, ठगी घुसखोरी आदि विसंगतिमा हाम्रा आवाज सधैँ बुलन्द छ । हामीले कहिलेपनि कसैको दबाब र प्रभावमा परेर समाचार संपे्रषण गरेनौँ । पत्रिकाबाट आफूले केहि पाउने भन्दा पनि समाजलाई केहि दिने उद्धेश्यका साथ हामीले सिन्धुली सौगातको संचालन गरेका थियौँ । तर, हाम्रो यात्रामा धेरैँ अवरोध सिर्जना भए । कुनै एक राजनीतिक दलको बिल्ला भिडाएर हाम्रो अनर्गल प्रचार भयो । पत्रिकानै बन्द गराउने सम्मको दुष्प्रयास भए । हाम्रा कलमलाई सदाका लागि भाँच्न सुनियोजित तरिकाले केहि तत्व हावि भए । हामी सिन्धुलीमा सूचनाको संवाहक थियौँ । बेथिति हामीहरुका लागि कहिलेपनि स्विकार्य भएन । यो अवधिमा आग्रह पुर्वाग्रह राखेर सिन्धुली सौगातमाथि थुप्रै प्रहारहरु भए । तर, फल फलैकै रुखमा ढुंगा प्रहार हुन्छ भन्नेमा हामी सचेत थियौँ । हाम्रा कदमहरु कहिल्यैँ ढगमगाएनन् । बरु थप सशक्त भएर हामी अघि बढ्यौँ र सिन्धुलीवासीको साथ र सहयोग पायौँ । नवौँ वर्षमा टेकिरहदा हामी यसो भएन र उसो भएन भनेर सधैँ गुनासो गर्नेलाई यसरी गरौँ र यसरी गर्नसकिन्छ भन्ने हैसियत राख्नुपर्छ भन्ने मान्यता राख्छौँ । हामी अन्याय, अत्याचार र विसंगितको विरुद्धमा सधैँ आवाज उठाउनेछौँ र सशक्त भएर अघि बढ्ने सिन्धुलीवासीलाई प्रतिबद्ध गर्न चाहान्छौँ । यसैबिच, हाम्रो यात्रामा हामीलाई साथ दिने सम्पुर्णलाई धन्यवाद दिन चाहन्छौँ । हाम्रा पाठकवर्ग, विज्ञापनदाता र शुभचिन्तकलाई हामी अझ बढि प्रतिबद्ध, जिम्मेवार र जिल्लाबासीका आवाजलाई अझै बुलन्द पार्नेमा निर्धक्क हुन अनुरोध गर्दछौँ । अन्त्यमा फेरिपनि यो आठ वर्षको यात्रामा साथ र सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिदैँ थप सशक्त भएर अघि बढ्ने वाचा गर्दछौँ ।
2019/08/17 21:16:08
http://sindhulisaugat.com/big-news/85417
mC4
कोरोनाको नयाँ संस्करण-सर्वसाधारणको लापरवाही Nami News 2021-12-26 17:25:00 कोरोनाभाइरस अर्थात कोभिड-१९ को महामारीले विश्व आक्रान्त भएको पनि दुई बर्ष वित्न लागिसकेको छ। यो महामारीले विश्वलाई हल्लाइराखेको छ। यसको निराकरणको नाममा कोरोना विरुद्धका विभिन्न खोपको विकास भएर लाउने क्रम जारी पनि रहेको छ। यद्यपि, दुई बर्षयता कोरोनाभाइरसको एक पछि अर्को गरेर नयाँ नयाँ संस्करण आएको आयै गरेको कारण विश्व हैरान भएको छ । झण्डै एक वर्ष अगाडि भारत तथा नेपालमा विध्वंस मच्चाएको र हाल विश्वव्यापी फैलिएको 'डेल्टा भेरियन्ट' पछि हाल यो नयाँ भेरियन्ट 'ओमिक्रोन' विश्वव्यापी चासोको विषय बनेको हो। दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको बी ११ ५२९ नाम दिएको यो नयाँ भाइरस २४ नोभेम्बरमा पहिलो पटक विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ) मा रिपोर्ट गरिएको थियो। डब्ल्यूएचओमा व्यापक छलफलपछि २६ नोभेम्बेरमा यो भाइरसलाई 'ओमिक्रोन भेरियन्ट' भनेर नामाकरण गरिएको हो। यसलाई 'भेरियन्ट अफ कन्सर्न' अन्तर्गत राखिएको छ। तीव्र गतिमा फैलनु, फरक लक्षण देखिनु, घातकता बढ्नु, जनस्वास्थका मापदण्ड प्रभावहीन हुनु, हाल उपलब्ध निदान गर्ने प्रविधि, खोप तथा उपचारमा समस्या देखिनु आदि मध्येमा एक वा सो भन्दा बढी लक्षण देखिएमा यो भाइरसलाई 'भेरियन्ट अफ कन्सर्न' अन्तर्गत राखिने गरिन्छ। डब्ल्यूएचओका अनुसार प्रारम्भिक नतिजा अनुसार ओमिक्रोन भेरियन्टले अरु 'भेरियन्ट अफ कन्सर्न' अन्तर्गत राखिएका भाइरसहरु भन्दा पुनः संक्रमण गर्न सक्ने क्षमता बढी देखाएको भनिएको छ। दक्षिण अफ्रीकाको धेरै प्रान्तहरुमा यो भेरियन्ट तीव्र गतिमा फैलिएको छ भने, कोरोनाको 'एस जिन' हाल प्रयोगमा आइरहेको रिएजेन्ट पिसिआर प्रविधिले पत्ता लगाउन नसक्ने भनिएको छ। दक्षिण अफ्रिकाका प्रान्तहरुमा तीव्र गतिमा 'ओमिक्रोन भेरियन्ट' फैलिएको भनिएको छ। दक्षिण अफ्रिकामा ३५ प्रतिशतले मात्र पूर्ण खोप लगाएको र बाँकीले नलगाएको कारण पनि यो भेरियन्टले तिब्र आक्रमण गरेको हो कि भन्ने अनुमान पनि गरिएको छ। लक्षित जनसंख्यालाई खोप लगाएको भए तीव्र गतिमा फैलने वा अस्पताल भर्ना गराउन 'ओमिक्रोन भेरियन्ट' सक्षम हुन्थ्यो वा हुँदैन थियो भन्ने अझैपनि कुनै यकिन भएको भने छैन्। यसले गर्दा पनि लक्षित जनसंख्यामा दुई मात्रा पूर्ण खोप लगाइसकेका देशमा 'ओमिक्रोन भेरियन्ट' ले कसरी प्रभाव पर्छ भन्ने नतिजा अवको लागि महत्वपूर्ण हुनेछ। त्यस्तै, सबैभन्दा महत्वपूर्ण जान्नु पर्ने भनेको हाल प्रयोगमा आइरहेका खोपहरु यो भाइरसविरुद्ध कति प्रभावकारी छ, रहने छ भन्ने पनि हो। खोप उत्पादक कम्पनीहरुले प्रभावकारिताको बारेमा युद्धस्तरमा अनुसन्धान अगाडि बढाइरहेका छन्। 'ओमिक्रोन भेरियन्ट' बारेमा धेरै जानकारी आउन बाँकी नै रहेको विज्ञहरुको विभिन्न भनाई प्रकाशमा आइरहेको छ। तर पनि यो भेरियन्टको जिनमा अत्यधिक मात्रामा म्यूटेसन देखिएको र त्यसमा पनि अझ 'स्पाईक प्रोटिन' समेतमा हुँदा वैज्ञानिकहरुले विगतमा देखिएका 'भेरियन्ट अफ कन्सर्न' अन्तर्गत पर्ने भाइरसहरु भन्दा बढी जोखिम हुन सक्ने अनुमान गरेका छन्। यसकारण, विभिन्न देशहरुले अन्तरदेशीय यातायातमा कडाई गरेका छन्। नेपालले पनि अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने यात्रुहरुमा विशेष निगरानी राख्ने भनिसकेको छ। यद्यपि, व्यवहारमा भने अझै त्यस्तो देखिएको छैन्। सार्वजनिक यातायात तथा सार्वजकि सभाहरुमा धेरैले कतिपय स्वास्थ्य मापदण्ड पालना गरिरहेको पाइदैन। सार्वजनिक यातायातमा कुनै सामाजिक दूरी कायम गरेको पाइदैन। मास्क लगाउन पनि कतिले छाडिरहेको वर्तमान अवस्थामा यो कोरोनाको नयाँ भेरियन्टले धेरैको ज्यान लिने हो कि भन्ने डर कायमै रहेको छ। हामी आफै सचेत नभएसम्म कुनै रोगको निदान हुन सक्दैन। तसर्थ, हामी आफै सचेत हुनु आवश्यक छ। Published Date: 2021-12-26 17:25:00 अमरगढीलाई २०९६ सम्म पूर्ण स्मार्ट सिटी बनाउँने मेयर ओझाको अठोट आइतबार, पुस ११, २०७८, १७:२५:०० सूर्यले लुकाएको प्रतिभा आइतबार, पुस ११, २०७८, १७:२५:०० सिमानामा काँडेतार अभियान : लिपुलेक सडक बारे सरकार र दलहरूको आधिकारिक अडान के हो ? आइतबार, पुस ११, २०७८, १७:२५:००
2022/01/24 00:46:29
https://www.naminews.com/news-detail/1062
mC4
जो बाइडेन निर्वाचित भएमा सबैलाई निःशुल्क कोरोना भ्याक्सिन दिने - || वर्णन मिडिया - संवाहक सूचना तथा समाचारको || जो बाइडेन निर्वाचित भएमा सबैलाई निःशुल्क कोरोना भ्याक्सिन दिने वर्णन मिडिया २०७७ कार्तिक ९, आईतवार ०६:५८:०० वासिङटन । भारतको बिहार विधानसभा निर्वाचनका सँगसँगै अमेरिकामा पनि राष्ट्रपति निर्वाचन माहौल तातेको छ । बिहारमा भारतीय जनता पार्टीले सबैलाई कोरोना भाइरसको भ्याक्सिन निःशुल्क उपलब्ध गराउने भने झैं अमेरिकामा जो वाइडेनले पनि निःशुल्क भ्याक्सिन दिने आश्वासन दिएका छन् । अमेरिकामा ३ नोभेम्बरमा हुन लागेको राष्ट्रपति निर्वाचनअघि डेमोक्रेट उम्मेदवार बाइडेनले अमेरिकीहरूलाई निःशुल्क भ्याक्सिन उपलब्ध गराइने चुनावी वाचा गरेका छन् । बाइडेनले शुक्रबार भने, 'यदि म राष्ट्रपतिमा निर्वाचित भएँ भने कोभिड १९ को भ्याक्सिन अनिवार्य रूपमा निःशुल्क गरिनेछ ।' उनको यो कदम कोरोनाबाट मुक्तिका दिशामा राष्ट्रिय रणनीतिको अंश हुनेछ । डोनाल्ड ट्रम्पमाथि आक्रमण गर्दै बाइडेनले भने, 'ट्रम्प प्रशासन कोरोना भाइरस हमामारीबाट उम्कन असमर्थ भएको छ । उनले कोरोनासँगको युद्धमा आत्मसमर्पण गरिसकेका छन् । यसले अमेरिकालाई पछाडि पार्दै छ ।' अमेरिकामा राष्ट्रपति निर्वाचनको ठिक ११ दिनअघि बाइडेनले कोरोनाबाट मुक्त हुन एक पटक हामीसँग सुरक्षित एवं प्रभावकारी भ्याक्सिन आएपछि बिमा गरेका वा नगरेका सबै अमेरिकीलाई निःशुल्क व्यवस्था गरिने बताए । बाइडेनले कोरोना संक्रमणबाट अमेरिकामा भएको मृत्युलाई लिएर ट्रम्पमाथि हमला गर्दै कोरोनाका कारण विश्वमा सबैभन्दा बढी मानिस अमरिकामा मरेका छन् । इतिहासमा कोरोना जस्तो महामारी नदेखिएको बताउँदै वाइडेनले यसको संक्रमण आठ महिनादेखि फैलँदा पनि राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुनै योजना नभएको दाबी गरे । उनले राष्ट्रपति निर्वाचन जितेमा सर्वप्रथम कोरोना भाइरसबाट उम्कने राष्ट्रिय रणनीति लागु गरेर मानिसको जीवनलाई सामान्य बनाउने बताए । त्यसमा सबै ५० राज्यका राज्यपालहरूको विचार पनि समावेश गरिनेछ । बाइडेनले राष्ट्रपति निर्वाचन जितेमा तत्काल कांग्रेससँग अपिल गरेर भाइरसबाट उम्कनका लागि विशेष कानुन पारित गरी सबै स्थानमा मास्क अनिवार्य गर्दै राष्ट्रिय परीक्षण योजना लागु गरिने बताए । (लाइभ हिन्दुस्तान)
2020/11/29 00:51:42
https://barnanmedia.com/detail/1603588434-bi-e-blii-l-hv
mC4
लहान । प्रहरीले सिरहाको गोलबजार नगरपालिका–४ गोलबजारबाट लागुऔषध सेतो ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले ६० ग्राम सेतो ब्राउन सुगर तथा नगद रु ४० हजारसहित सुनसरीको इटहरी उपमहानगरपालिका–१७ का ३० वर्षीया रूबि बेगमलाई पक्राउ गरेको हो । काठमाडौं । हिन्दुहरुको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज कुकुर तिहार मनाइदैछ । घर–घरमा सुरक्षा गर्ने कुकुरलाई आज मीठा मीठा खानेकुरा खान दिइदैछ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको हो । विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको स्वास्थ्य अवस्था सामान्य रहेको छ । घाँटी सम्बन्धी समस्या पत्ता नलागेपछि उनी उपचारका लागि गत शुक्रबार थाइल्याण्डको राजधानी बैंकक गएका थिए । जनकपुरधाम । जनकपुरधाममा सोमबार धनतेरस पर्व हर्षोल्लासकपूर्वक सम्पन्न भएको छ । यो पर्व मूलतः आयुर्वेदका प्रवर्तक धन्वन्तरी र धनका देवता कुबेरको जन्मोत्सव भए पनि मिथिलाञ्चलमा हिजोको दिन नयाँ–नयाँ भाँडाकुँडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा छ ।
OSCAR-2019
नेपाल मदर डट कम (www.NepalMother.com): हत्यारा सभासद् बालकृष्ण ढुङ्गेललाई मुद्दा नटुंगिदासम्म आममाफी नदिन सर्बोच्च अदालतद्वारा अर्को आदेश हत्यारा सभासद् बालकृष्ण ढुङ्गेललाई मुद्दा नटुंगिदासम्म आममाफी नदिन सर्बोच्च अदालतद्वारा अर्को आदेश "यदी यो अपराधी हत्यारा ढुँगेलले पनि माफी पाउँछ भने नेपाल का जेल हरु बन्द गरे हुन्छ, सबै हत्यारालाई माफी दिए हुन्छ, कानुन र न्यायका कुरा नगरे हुन्छ, अदालत हरु बन्द गरिदिए हुन्छ, प्रहरी सेवा पनि खारेज गरेहुन्छ, किनकी यो भन्दा ठुलो अपराधी हत्यारो अरु हुन सक्दैनन" पीडित परिवार यसै भन्दै र दिन रात रुँदै न्यायका लागि लड्दैछन । काठमाण्डौं - सर्वोच्च अदालतले माओवादी सभाषद बालकृष्ण ढुङ्गेललाई आम माफी दिन सरकारले राष्ट्रपति समक्ष गरेको सिफारिस कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश कल्याण श्रेष्ठ, शुशीला कार्की र कमल नारायण दासको विशेष ईजलासले मुद्दा नटुंगिदासम्म आममाफी नदिन अन्तरिम आदेश जारी गरेको हो ।सभाषद ढुङ्गेललाई ओखलढुङ्गाका उज्जनकुमार श्रेष्ठको हत्याको अभियोगमा सर्वोच्चले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । तर सरकारले राष्ट्रपतिलाई आममाफीको लागि सिफारिस गरेपछि उज्जनकी दिदी साबित्री श्रेष्ठले दायर गरेको रिटमाथी सुनुवाई गर्दै सर्वोच्च अदालतले न्यायिक प्रकृयामा असर पुग्ने भन्दै सरकारको सिफारिस कार्यान्यन नगर्न अन्तरिम आदेश दिएको हो ।
2019/01/21 16:15:27
http://www.nepalmother.com/2011/11/blog-post_3905.html
mC4
भाद्र २, मुग्लिङ ।चितवनको एकमात्र गाउँपालिका ईच्छाकामना वडा नं ५ स्थित मुग्लिङ हाईवे हस्पिटलमा मेडिकल अफिसरको रुपमा डा. आनन्द प्रसाद आचार्य नियूक्त भई आजै कार्यभार समेत सम्हालेका छन् । सरकारी छात्रबृत्तिमा ःद्यद्यक् गरेका डा. आचार्य रामेछाप जिल्ला अस्पतालमा २ बर्ष मेडिकल अफिसरको रुपमा काम गरिसकेका छन् । मुग्लिङ हाईवे हस्पिटलका अध्यक्ष राम बहादुर लामाले हस्पिटलका बोर्ड मेम्बर तथा हस्पिटलका कर्मचारीहरुकोे उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी डा. आचार्यलाई मेडिकल अफिसरको रुपमा खादा लगाई पदभार ग्रहण गराएका हुन् । एक मात्र सामुदायिक हस्पिटलको रुपमा संचालित यस हस्पिटलमा मेडिकल अफिसर नियुक्ति संगै स्थानीय सेवाग्राही र राजमार्गमा दैनिक जसो हुने दुर्घटनामा परेका घाईतेहरुको तत्काल उपचारको लागि हुने मुलिन हाइवे हस्पिटलका अध्यक्ष राम बहादुर लामाले बताउनु भयो । २४ सै घन्टा ईमरजेन्सी र एम्बलेन्स सेवा सहित फार्मेशी, भिडियो एक्सरे, नर्मल एक्सरे, डेन्टल सेवा समेत उपलब्ध रहेको १५ शैयाको यस हस्पिटलमा मेडिकल अफिसरको नियुक्त संगै प्रसूति सेवा समेत उपलब्ध रहेको बताउनुहुदै केहि दिनपछि यस हस्पिटलले आखा क्लिनिक सेवा समेत संचालन गरिने अध्यक्ष लामाले जानकारी दिनुभयो ।
2021-11-28T05:48:24Z
https://www.ichchhakhabar.com/2020/08/13869/
OSCAR-2201
कोमलिकाको भूमिकामा हिना खान « रंग खबर रंगखबर, काठमाडौँ- अभिनेता जितेन्द्रकी सुपुत्री एकता कपूरलाई इन्डियन टेलिभिजन कै रानी मान्ने गरिन्छ । उनले अहिले सम्म सयौ धारावाहिकका साथै धेरैलाइ सुपर-स्टार बनाई सकेकी छिन । उनै निर्मात्री तथा निर्देशक एकताले अब भने आफ्नो १७ बर्ष अगाडीको धारावाहिक 'कसौटी जिन्दगी की' को पुन: रीमेक बनाउने घोषणा गरेकी छिन । एकताका चर्चित धारावाहिक हो कसौटी जिन्दगी कि । जसमा प्रेरणा, अनुराग, मिस्टर बजाज र कोमलिकालाई अहिले पनि दर्शकहरुले याद गर्ने गर्दछन । हो अब पुन: उक्त शो चाडै नै अन एयर हुने भएको छ । हाल धमाधम छायांकन सुरु भै रहेको धारावाहिकमा अब भने कुन कुन कलाकारले कसको भूमिका निर्वाह गर्दैछन भन्ने बारे अहिले सबैको चासोको विषय बनेको छ । शोमा मुख्य पात्रमा भने एरिका फर्नान्डेज फाईनल भै सकेकी छिन भने बाकी कलाकारहरु पनि चाडै नै फाईनल हुने जानकारी प्राप्त भएको छ । त्यति बेला कोमलिकाको भूमिका निभाउने अभिनेत्री उर्वसी ढोलकियाको खुबै चर्चा चुलिएको थियो । अहिले उक्त रोलकालागि मधुरिमा तुली र अर्शी खानको नाम आई रहेको छ । तर एकताले उक्त खबरलाई झुट सावीत गर्दै सो क्यारेक्टरको लागि मात्र हिना खानलाई अप्रोच गर्ने जानकारी मिडियालाई दिएकि छिन । भारतीय मिडियाले दिएको जानकारी अनुसार हिना र सिरियलका मेकर्स बीच कुरा भै सेको र अब चाडै नै हिनाले सम्झौता पत्रमा हस्तक्षर गर्ने छिन । हिना ले यस अघि ये रिश्ता क्या केहेलाता है, खत्रो के खेलाडी र रियालिटी शो बिग बोस ११ मा काम गरिसकेकी छिन । जे होस अब हेर्न यो बाँकी छ कि सोझी बुहारी बनेर सबैको मन जित्न सफल हिनाले के आम दर्शकलाई तर्साउन सफल हुनेछिन ?
2022/07/05 09:39:22
https://www.rangakhabar.com/2018/07/13/kasauti-jindagi-ki/
mC4
संयुक्त अरब इमिरेट्स (युएई)लाई पाजित गर्दै कतार एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनल खेलमा युएईलाई ४-० को फराकिलो अन्तरले पराजित गर्दै कतार पहिलोपटक एसियन कपको फाइनलमा प्रवेश गरेको हो । नेपाल समय | काठमाडौं, आइतबार, पुष १६, २०७४ नेपाल समय आइतबार, पुष १६, २०७४, काठमाडौं एजेन्सी- संयुक्त अरब इमिरेट्स (युएई)लाई पाजित गर्दै कतार एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनल खेलमा युएईलाई ४-० को फराकिलो अन्तरले पराजित गर्दै कतार पहिलोपटक एसियन कपको फाइनलमा प्रवेश गरेको हो । करतारको जितका लागि बोउलिम खोउकी, अल्मोइज अली, हसान अल हाइडोज र हामिद इस्मेलले समान एक एक गोल गरे । पहिलो हाफमा २-० को अग्रता लिएको कतारले खेलको २२औं मिनेटमा बोउलिम खोउकीको गोलबाट अग्रता लिएको थियो । त्यसपछि ३७औं मिनेटमा अल्मोइज अलीले गोल गर्दै पहिलो हाफमा २-० को अग्रता निएको थियो । दोस्रो हाफमा थप दुई गोल गरेको कतारले ८१औं मिनेटमा हसन अल आइडोजको गोलबाट अग्रतथा तेब्बर पार्यो । खेलको इन्जुरी समयमा गरिएको वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका हामिद इस्मेलले गोल गर्दै कतारलाई ४-० को फराकिलो जित दिलाए । सन् २०२२ को विश्वकप आयोजना गर्ने अधिकार पाएको कतारले पछिल्लो केही वर्षयता राम्रो फुटबल खेलिरहेको छ । अब कतारले उपाधिका लागि चार पटकको च्याम्पियन जापानको सामाना गर्नेछ । जापानले इरानलाई ३-० ले पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको थियो । फाइनल खेल फ्रेब्रुअरी १ मा हुनेछ । प्रकाशित: December 31, 2017 | 18:23:00 काठमाडौं, आइतबार, पुष १६, २०७४ तपाईं को प्रतिक्रिया ट्रेंडिंग सकियो समानुपातिक मतगणना, तीन दिनमा सिट बाँडफाँट हुने निर्वाचन आयोगका अनुसार आज साँझ प्रत्यक्ष र समानुपातिक दुवैको गणना सकिएको हो। प्रत्यक्षतर्फको गणना हिजै सकिएको थियो भने समानुपातिक गणना भइरहेको थियो। जनैसुपारी फिर्ता भएपछि युवतीले त्यागिन् प्राण, परिवारको जाहेरीमा युवक पक्राउ युवतीको मृत्यु भएसँगै परिवारका सदस्यले घटना शंकास्पद रहेको भन्दै प्रहरीमा जाहेरी दिएका छन्। बुद्धनगर घर भएकी २७ वर्षीया पुष्पा न्यौपानेले सुधन संग्रौलाको घरबाहिर पुगेर साँझ सवा ७ बजे आफूलाई आगो लगाएकी थिइन्। सख्त घाइते भएको अवस्थामा युवतीलाई अस्पताल लगिएको थियो। सत्ताको राइँदलोमा माओवादी, प्रचण्डलाई प्रधानमन्त्रीको अफर दिएर कांग्रेसबाट छुट्याउने एमाले रणनीति पार्टी सभापति देउवादेखि महामन्त्री गगन थापासहित आधा दर्जन प्रधानमन्त्रीको आकांक्षी रहेका बेला माओवादीले कांग्रेसभित्रको घरझगडाको फाइदा उठाउन खोजेको राजनीतिक वृत्तमा चर्चा छ। समानुपातिकको मतगणना मंगलबार सकिने, त्यसपछि के हुन्छ प्रक्रिया? प्रतिनिधिसभामा सो प्रणालीतर्फ हालसम्म एक करोड चार लाख ३० हजार चार सय ३९ मतगणना सकिएको छ। आफूलाई निर्णायक दाबी गर्ने माओवादीका तीन दाउ शनिबार र आइतबार माओवादी मुख्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले दुईथरी कुरा बाहिर ल्यायो। पहिलो दिन अर्थात् शनिबारको बैठकमा माओवादीले एमालेसहितका अन्य दलसँग पनि सहकार्य गर्न सकिने कुरा बाहिर ल्यायो। तर आइतबारको बैठकमा भने सो कुरालाई ढाकछोप गरेर वर्तमान सत्ता गठबन्धनकै नेतृत्वमा सरकार बन्नेबारे छलफल भएको बताइयो। न निर्णय न टेन्डर ! आफ्नै शोरुमबाट वडाध्यक्षका लागि भनेर मेयरले किनिन् १० मोटरसाइकल करिब ४० लाख रुपैयाँ सरकारी बजेट दुरुपयोग गरी नगर कार्यपालिकामा प्रस्ताव नै नलगी स्वमर्जी मोटरसाइकल किनेपछि मेयर शाही विवादमा तानिएकी छन्। कांग्रेस केन्द्रीय समिति बैठक बोलाउन नेता महरको माग नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसले तत्काल केन्द्रीय समिति बैठक बोलाएर आम निर्वाचनको समीक्षा र गठबन्धन तथा दलभित्र भएका घात-अन्तरघातको छानबिन गर्न माग गरेका छन्। नेपाल–भारत सीमामा ढुंगा हानाहान दार्चुलास्थित नेपाल–भारत सीमामा तनाव भएको छ। भारतीय नागरिकले नेपाली नागरिकमाथि ढुंगा प्रहार गरेको बताइएको छ। संसद्‍मा हुने १२ मध्ये ५ वटाले राष्ट्रिय दलको मान्यता नपाउने ७ वटा दलले समानुपातिकको थ्रेसहोल्ड कटाएर राष्ट्रिय दलको मान्यता पाउने भएका छन् भने पाँच वटा राष्ट्रिय दल नहुने भएका छन् । विश्वकपमा मेस्सीले तोडे म्याराडोनाको रेकर्ड त्यसै क्रममा टिमका लागी एक गोल गरेका अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले आफ्ना देशका लिजेन्ड खेलाडी डिएगो म्याराडोनाको किर्तीमान तोडेका छन्। थप समाचार क्रिकेट २० ओभर नपुग्दै रोहितबाहेक सबै नेपाली ब्याट्स्मेन आउट नेपालले १९ ओभर दुई बलदमा छैटौं विकेटका रुपमा हरिशंकर साहलाई गुमाएको हो। अहिले २१ ओभर सकिँद नेपालले ७७ रन बनाएको छ। फुटबल जर्मन प्रशिक्षक बन्न चाहँदैनन् लिभरपुलका क्लोप जर्मन टिम सम्हालेको एक वर्ष हुँदै गर्दा राम्रो प्रदर्शन गर्न नसकेका कारण उनको विकल्पको खोजी सुरु हुन थालेको छ। खेलकुद फुटबल लिग सञ्चालन गर्न सरकारसँग ६ करोड माग्दै एन्फा एन्फाले सरकारसँग ‘ए’ डिभिजन लिगका लागि ३ करोड, ‘बी’ डिभिजन लिगका लागि २ करोड र ‘सी’ डिभिजन लिगका लागि १ करोड आर्थिक सहयोग मागेको हो। फुटबल हामी विश्वकपको उपाधि दावेदार हौंं : बेलायती डिफेन्डर ह्यारी मग्वायेर इंग्ल्यान्डले फुटबलमा पछिल्ला वर्षदेखि राम्रो प्रदर्शन गर्दै ठूला प्रतियोगिताको अन्तिम चारसम्म स्थान बनाउँदै आएको छ। फुटबल उनी हुन् मोरक्कोलाई विश्वकपको क्वार्टरफाइनलमा पुर्‍याउने पहिलो प्रशिक्षक त्यो यात्राका हिरो र रणनीतिकार, हुन् प्रशिक्षक वालिद। ‘हामी सहमत छौं कि बल पोसेसन राख्न सकेनौं। स्पेनविरुद्ध यो डराउने कुरा पनि होइन,’ खेलपछि प्रशिक्षक रेग्रागुईले भनेका छन्।
2022-12-08T10:33:13Z
https://nepalsamaya.com/sports/2017-12-31-182300-9236
OSCAR-2301
कोरोना सङ्क्रमित एक विरामीको मृ त्यु भएपछि चिकित्सकमाथि आक्रमण गर्ने २४ जना पक्राउ जेष्ठ १९ २०७८, बुधबार गुवाहाटी, १९ जेठ-भारतमा चिकित्सकलाई आक्रमण गर्ने २४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।आसामका मुख्यमन्त्री हिमन्त विश्वास शर्माले २४ जना आक्रमणकारीलाई पक्राउ गरिएको बुधबार जानकारी दिनुभयो ।होजाइ जिल्लामा रहेको उडाली केयर सेन्टरमा उपचारका क्रममा कोरोना सङ्क्रमित एक विरामीको मृ त्यु भएपछि मंगलबार डा. सेउज कुमार सेनापतिमाथि आक्रमण भएको थियो । चिकित्सकीय सेवा दिइरहेका चिकित्सकमाथि आक्रमण हुनु निन्दनीय भएको भन्दै सर्वत्र विरोध भएको छ । स्थानीय प्रहरी अधिकारीहरुले घटनालाई गम्भीरतापूर्वक लिइएको र दोषीलाई कुनैपनि हालतमा उन्मुक्ति नदिइने दावी गरेका छन् । "घटनामा संलग्न र दोषी ठानिएका २४ जनालाई हामीले पक्राउ गरेका छौँ, थप अनुसन्धान र कारबाहीको प्रक्रिया अगाडि बढिरहेको छ," मुख्यमन्त्री शर्माले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नु भएको छ । महामारीका विरुद्धमा अग्रमोर्चामा रहेर लडिरहेका चिकित्सकहरुमाथि भएको आ क्रमण र व्यवहार अक्षम्य भएको प्रहरी महानिर्देशक भास्कर ज्योति महन्तले बताउनुभयो ।उहाँमाथिको आक्रमण सबै अग्रपंक्तिका सेवकहरुमाथिको आक्रमण भएको र त्यसले अरुलाई पनि निराश बनाउन सक्ने खतरा भएको महन्तको भनाई थियो । (रासस-पिटिआई)
2021/06/15 14:59:48
https://www.osnepal.com/15761?t_id=1662
mC4
प्रतिष्ठानको गठन, पुरस्कारको राशी, विधान निर्माण र कार्यक्रम पछि तय गरिने पारिवारिक स्रोतले जनाएको छ । झापाका अग्रज तथा वरिष्ठ पत्रकार खनालको बिर्तामोड स्थित महेन्द्र राजमार्ग अन्तर्गत रामचौकमा जीपले उहाँ चढेको साईकललाई ठक्कर दिंदा घाईते हुनुभएको थियो भने अस्पतालमा शल्यक्रियाको क्रममा उहाँको जुलाई २० तारिख असामयिक निधन भएको थियो । स्व. खनालका जेठा छोरा अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी शहर (न्युयोर्क) निवासी संचारकर्मी मनोज खनालले आफ्नो बुबाको नाममा पुरस्कार राखी उहाँको पत्रकारिता र सामाजिक सेवाको कार्यलाई निरन्तरता दिने योजना बनाएको जानकारी दिनुभयो । स्व. खनालको तेर्हौं दिनको पून्यतिथिमा उहाँकी श्रीमति रुपीदेवी खनालको संरक्षकत्वमा ‘गोपीकृष्ण स्मृति प्रतिष्ठान’ र ‘गोपीकृष्ण पत्रकारिता पुरस्कार’ स्थापना गरिएको हो । उहाँले २०२८ सालदेखि मोफसलमा प्रकाशित भएका नेपाली भाषा र साहित्यका विभिन्न पुस्तकहरु र पत्र पत्रिकाहरु संकलन गर्नु भएको र उक्त पुस्तकहरुको संगालो ससानो लाईब्रेरी नै रहेको हुँदा प्रतिष्ठानले उक्त पुस्तकहरु पनि संरक्षण र सम्बर्धन गर्ने सोच बनाएको स्व. पत्रकार खनालका आफन्त एबम् पत्रकार तीर्थ सिग्देलले जानकारी दिनुभयो । साथै, उहाँद्धारा लिखित अप्रकाशित पुस्तकको पनि प्रकाशन गर्ने योजना रहेको बताइएको छ ।
2021-03-02T08:18:20Z
https://samriddhasamaj.com/archives/7217
OSCAR-2109
हेटौंडा । जितपुर—सिमरा उपमहानगरपालिकामा भएको बस दुर्घटनामा १६ जनाको मृत्यु भएको छ भने चालक सहित ३६ जना घाइते छन्। उक्त बसमा सवार केही यात्रुमात्र सामान्य रहेका र धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । यही बसमा सवार १५ वर्षीय बालक हुन् बिरोज पाख्रिन। बारा घर भएर मकवानपुरगढी बस्ने बिरोज मूलघरको टीका सकेर बिहानै बाराको अमलेखगञ्जमा रहेको घरमा पुग्न बिहान ५ बजे नै हेटौंडा बसपार्क पुगेका थिए । आफ्ना ४५ वर्षीय बुबा ललित पाख्रिनका साथ उनी बस कुर्दै थिए। दसैँका कारण थोरै सवारी र त्यसमा पनि खचाखच भरिएर आएका सवारी साधनहरुका कारण ३÷४ घण्टा बसपार्कमा नै कुर्नुपर्यो। धेरैपछि नारायणगढबाट बीरगञ्जका लागि छुटेको बा ०६–००१ ख ०११० नं को बस बसपार्कमा आइपुग्यो र पाख्रिनका बुबा छोरा चढे। बस बीचबीचमा यात्रुहरु चढाउँदै चुरियामाई मन्दिरनजिक पुगेर रोकियो। त्यहाँ पनि चार जना यात्रु बस चढे। त्यसको केहीबेरमा नै अगाडिबाट ब्रेक फेल भयो भन्ने आवाज आएको उनले सुने । बस चढेका चार यात्रु बस्न नपाउँदै अगाडिबाट बसको ब्रेक फेल भयो भन्ने आवाज सुनिएको उनले बताए। टाउको र घुँडामा चोट लागेका बिरोज भन्छन् “ब्रेक फेल भयो भन्ने सुने, गाडी यताउता गर्दै गुड्यो, त्यसपछि म त बगरमा पुगेको रहेछु।” गाडी पल्टेको थाहा नै नभएको बताउदै उनी भन्छन् “झसङ्ग भएर बुबालाई हेरेको देखिन । उहाँलाई मानिसहरुको चेपमा देखेँ । चार जना मान्छे हटाएर बुबालाई तानेर निकालेँ । बुबालाई थिचेका वरपरका अरु यात्रु भने चलमल गर्नुभएको थिएन । उहाँहरुको बीचबाट बुबाको हात बाहिर निस्केको देखेर चिनेँ ।” बाहिर निकालेपछि प्रहरी आयो। प्रहरीको बसमा बुबासहित अरुलाई पनि हेटौंडाको अस्पतालमा ल्याएको बिरोज बताउछन्। तर दुर्घटनाको कतिबेरपछि प्रहरी घटनास्थलमा पुग्यो भन्ने पत्तो नपाएको उनको भनाई छ । गम्भिर घाइते भएका कारण बिरोजका बुबा ललित पाख्रिनलाई भरतपुर लैजान एम्बुलेन्सको ब्यबस्थापन गरिएको अस्पतालले जनाएको छ । उनका आफन्तहरु पनि सम्पर्कमा आएको उनले बताए। त्यसैगरी अर्का घाइते ३५ बर्षीय बस चालक दिप्तनारायण ढकाल बसको ब्रेक फेल भएको थाहा पाएपछि बचाउने प्रयास गर्दागर्दै नसकेको बताउनुहुन्छ। उहाँले आफूले भने हामफालेर ज्यान जोगाएको बताउनुहुन्छ। नारायणगढबाट हेटौंडा हुँदै बीरगञ्जतर्फ गइरहेको बसमा यात्रु चढ्ने र झर्ने क्रम जारी रहेसँगै चुरियामाई मन्दिरमा पुग्दा मुसलधारे पानी परेको र त्यसलगत्तै बसको ब्रेक फेल भएको उहाँ बताउनुहुन्छ । ब्रेक फेल भएको गाडीलाई भित्तामा ठोक्काएर रोक्ने प्रयास गर्दागर्दै टाटासुमो, अटोरिक्सा र मोटरसाइकललाई छल्दै अघि बढ्दा भित्ता नभेटिएर दुर्घटना भएको उहाँको भनाई छ । उक्त क्रममा पुल नजिकै पुग्दा बसलाई नियन्त्रण गर्न सक्ने अवस्था नभएपछि आफु हामफाल्न बाध्य भएको उहाँको भनाई छ। बाराका १८ वर्षीय युवक आर्यन भोम्जनले पनि एक्कासी बस तीब्र गतिमा गुडेको थाहा पाएपछि डर लागेको र अगाडिबाट झाडीतिर हाल, भित्तातिर हाल भनेको आवाज सुनेको बताउँछन्। पछाडिको सीटमा रहेका उनी होसमा छँदा चिच्याएको आवाज सुनेको र पछि भने आफैले होस नपाएको बताए। उनको हेटौंडास्थित चुरहिल अस्पतालमा उपचार भइरहेको छ । उहाँको हातको शल्यक्रियाको तयारी हुदैछ। बसको ब्रेक फेल भएको प्रारम्भिक अनुसन्धान आज बिहान करिब १० बजे जितपुर सिमरा–२२ मा पर्ने तीन नम्बर पुल नजिक दुर्घटना भएको नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको ०६–००१ ख ०१० नम्बरको बस ब्रेक फेल भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक मुनेन्द्र थापाले बताउनुभयो। चालकसँग गरिएको अनुसन्धानका आधारमा बसलाई चालकले जोगाउन खोज्दाखोज्दै दुर्घटना भएको देखिएको उहाँको भनाई छ । बस चुरेमन्दिरबाट केही तल पुगेपछि ब्रेक फेल भएको र विभिन्न सवारीसाधन सडकमा गुडिरहेकोले उक्त सवारीसाधनहरुलाई जोगाउँदै गुड्दै गर्दा दुर्घटनामा परेको बुझिएको थापाको भनाई छ। अहिलेसम्म हेटौंडा अस्पतालमा १२, चुरेहिल अस्पतालमा दुई, मकवानपुर सहकारी अस्पतालमा दुई र चितवनमा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमले जानकारी दिनुभयो। हेटौंडामा एम्बुलेन्सको कमी भएका कारण केही घाइतेहरुलाई भने निजी सवारी साधनमा थप उपचारका लागि पठाइएको बताइएको छ। प्रतिक्रिया दिनुहोस् dainikonline ताजा अपडेट धनगढीमा जारी निषेधाज्ञा शनिबारदेखि हट्ने ग्रेडरको ठक्करबाट एक किशोरीको मृत्युको घटनापछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले बिहीबार साँझदेखि धनगढीमा शंकास्पद कारोबारको विवरण हरेक तीन महिनामा बैंकले राष्ट्र बैंकलाई बुझाउनुपर्ने बैंक तथा वित्तीय संस्थाको कारोबारबाट हुनसक्ने सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्थामा नेपाल राष्ट्र बैंकले कडाइ गरेको छ। चेतनासँगै कुल्चिएको नर्स बन्ने सपना बैतडीको विकट गाउँपालीका डिलाशैनीबाट पढाइको धोका पूरा गर्न धनगढी आउँदा चेतना साउदको लक्ष्य ठूलो भएर प्रतिनिधिसभा निर्वाचनः ४० वर्षमुनिका १० र ७० माथिका १४ सांसद प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपान्तरण र युवा पुस्ताको प्रतिनिधित्वको कुरा प्रखररुपमा उठे पनि चुनावी परिणाम भने रवि लामिछानेको नागरिकतामाथि प्रहरीले थाल्यो अनुसन्धान राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमाथि प्रहरीले अनुसन्धान थालेको छ। जिल्ला प्रहरी परिसर माओवादी नेता पुन उपचार गर्न चीन जाँदै काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि आज चीन जाने भएका को-को छन् मधेस प्रदेशमा मुख्यमन्त्रीका आकांक्षी? मधेस प्रदेशमा प्रदेशसभा सदस्यको मतगणना सकिएसँगै सरकार नेतृत्वको रस्साकस्सी सुरु भएको छ। प्रदेशमा प्रत्यक्षतर्फ सत्ता
2022-12-02T23:03:19Z
https://www.dainikonline.com/story/233044/2022/10/06/
OSCAR-2301
कर्मचारी हाजिर हुन मेयरले रोके- प्रदेश २ - कान्तिपुर समाचार कर्मचारी हाजिर हुन मेयरले रोके श्रावण १७, २०७६ सन्तोष सिंह धनुषा — समान्य प्रशासन मन्त्रालयले अनुदान रोक्ने चेतावनी दिए पनि स्थानीय तहले समायोजनमा खटिएका कर्मचारीलाई राजनीतिक आस्थाका आधारमा हाजिरी गराउन मानिरहेको छैन । जनकपुरधाम उप–महानगरपालिका मेयर लालकिशोर साहले शिक्षा शाखामा समायोजन भएर खटिएका शाखा अधिकृत धीरेन्द्रलाल कर्णलाई आइतबारदेखि हाजिरी हुनबाट रोकेको छ । प्रमुख प्रशासकीय अधिकृत सीता परियारले कर्णलाई हाजिरी गराउन तोक लगाए पनि मेयर साहको निर्देशनमा समायोजन पत्र कार्यालयमा दर्ता गर्न रोकेपछि शाखा अधिकृत कर्ण अन्योलमा छन् । अधिकृत कर्ण ललितपुरको गोदावरी नगरपालिकाबाट जनकपुरधाम उप महानगरपालिकामा समायोजन भएका हुन् । 'प्रशासकीय प्रमुखले तोक लगाएको पत्र लिएर दर्ता फाँटमा पुग्दा मेयरको आदेश भन्दै दर्ता गर्न मानेन्न,' अधिकृत कर्णले भने, 'मेयर साहले कार्यालयमा कर्मचारी आवश्यक नरहेको भन्दै फिर्ता जान भने । फिर्ताका लागि पत्र दिए पनि मेयरले त्यसमा हस्ताक्षर गर्न मानेका छैनन् ।' उपमहानगरको शिक्षा शाखामा उप–सचिवको नेतृत्वमा तीनजना अधिकृतसहित ७ कर्मचारीको दरबन्दी छ । तर अहिले त्यहाँ २ जना कर्मचारी मात्र कार्यरत छन् । जनकपुर उप–महानगरपलिकाको कार्यालयमा अधिकृत कर्णजस्तै समायोजन भएर आएका कार्यालय सहयोगी रामसकल साहलाई पनि हाजिरी गर्नबाट रोकिएको छ । कार्यालय सहयोगी पदमा समायोजन भएर जनकपुर उपमहानगरमा सरुवा भएका साह हाजिरी गराउन २० दिनदेखि धाउँदै छन । मेयर साहको आदेशमा समायोजन भएर आएका कर्मचारीको पत्र दर्ता गर्न रोकिएको दर्ता फाँटका नायव सुब्बा बद्रिनाथ बगालले बताए । कार्यालयलाई आवश्यक कर्मचारीलाई हाजिरी गराएको र राजनीति दलको दबाब र प्रभावमा आएका कर्मचारीलाई हाजिरी गर्न रोकेको मेयर साहले स्विकारे । 'अवकाश हुने बेलामा राजनीति स्वार्थ पूरा गर्न समायोजनमा आएका कर्मचारी हाजिरी गरेर बेपत्ता हुन्छन्,' मेयर साहले भने, 'कर्मचारीको हाजिरी मात्रै गराएर के गर्ने । बसेर काम गर्ने ठाउँ पनि छैन ।' यस अघि पनि जनकपुरधाम उपमहानगरको शिक्षा शाखा प्रमुखमा सरुवा भएर आएका उपसचिव उमेशलाल कर्णलाई हाजिरी हुनबाट मेयर साहले रोकेका थिए । मेयरले हाजरी हुन नदिएपछि प्रदेशको सामाजिक विकास मन्त्रालय गएका कर्ण अहिले क्षिरेश्वरनाथ नगरपालिकामा कार्यरत छन् । कर्ण कांग्रेससँग निकट रहेको भन्दै मेयर साहले हाजिरी हुन रोकेका हुन् । आफनै पार्टी निकट भए काम गर्न सजिलो हुने भन्दै कर्मचारीलाई हाजिरी हुनबाट मेयरले रोकेको पीडित कर्मचारीको आरोप छ । पत्र लिएर हाजिरी हुन आएका कर्मचारीलाई मेयरले महिना दिनसम्म उपमहानगरमा धाउन लगाएर फर्काउने गरेका छन् । समायोजनमा परेका कर्मचारी हाजिरी नहुँदा स्थानीय तहमा काम गर्न समस्या भएको आरोप लागिरहँदा जनकपुरधाम उपमहानगरले कर्मचारीलाई हाजिरी हुनबाट रोक्न थालेका छन् । प्रकाशित : श्रावण १७, २०७६ ०९:०८ प्रदेश २ ले माग्यो २५ अर्ब श्रावण १३, २०७६ सन्तोष सिंह धनुषा — प्रदेश २ सरकारले बाढी र डुबानबाट पीडितलाई राहत र क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि संघीय सरकारसित २५ अर्ब रुपैयाँ माग गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै बाढीबाट प्रदेशमा भएको क्षतिबारे जानकारी गराउँदै बजेट माग गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मुख्यमन्त्री राउतले प्रधानमन्त्री ओलीलाई बाढीबाट प्रदेश २ मा ३७ जनाभन्दा बढीको मृत्यु भएको र हजारौं परिवार घरबारविहीन भएको ब्रिफिङ गरेका थिए । उनले विस्थापित परिवारको पुनर्वास, नदी नियन्त्रण र सडक मर्मतमा विशेष जोड दिन प्रधानमन्त्रीसित आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले केही दिनभित्रै आफूले बाढी प्रभावित क्षेत्र भ्रमण गर्ने र सहयोग गर्ने आश्वासन दिएका छन् । मुख्यमन्त्री राउतसँगै काठमाडौं पुगेका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले बाढीपीडितलाई राहत र संरचना पुनर्निर्माण प्रदेश सरकारबाट सम्भव नरहेकाले संघीय सरकारलाई सहयोग मागिएको बताए । 'संघीय सरकारसँग दीर्घकालीन रूपमा बाढी नियन्त्रणको प्याकेजसमेत मागेका छौं,' मन्त्री यादवले भने, 'संघीय सरकारसँग चुरे संरक्षण र भारतीय बाँधले हुने डुबानबारे समेत छलफल भएको छ ।' प्रधानमन्त्रीसँगको भेटमा नदीको बाँध तत्काल मर्मत गर्ने, भत्केको घर पुनर्निर्माण गर्ने, क्षतविक्षत सडक मर्मत गरी बाढी र डुबानको दीर्घकालीन समाधान खोज्ने विषयमा छलफल भएको मन्त्री यादवले जानकारी दिए । भेटमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानुनमन्त्री यादव, नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल र नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादव सहभागी थिए । प्रकाशित : श्रावण १३, २०७६ ०७:१५ शिक्षा गुणस्तर सुधार्न स्थानीय तहको पहल आत्महत्याको कारण घरेलु हिंसा विद्यालय क्षेत्रमा दिनहुँ प्रदर्शन मेयरमाथि ज्यान मुद्दा बलात्कारको घटना मिलाउन बसेको 'पञ्चायत'मै झडप लथालिङ स्थानीय तह सहप्रमाणीकरणको औपचारिकता सम्पादकीय भाद्र २०, २०७६ कामको खोजीमा दक्षिण एसियाकै छिमेकी मुलुक अफगानिस्तान पुगेका सबैजसो नेपाली सुरक्षाकर्मीका रूपमा खटिइरहेका हुन्छन् । तर विडम्बना, उनीहरूको मुख्य चिन्ता आफ्नै सुरक्षाको हुन्छ । जनता जागे के हुन्छ ? श्रीकृष्ण अनिरुद्ध गौतम भाद्र २०, २०७६ राज्य अभेद्य किल्ला होइन । आजको युगमा त्यस्तो ठान्नु पनि हुँदैन । पछिल्लो समयमा हङकङ त्यस्तै एउटा दृष्टान्तका रूपमा देखिएको छ । अन्ततः जनतासामु राज्य झुक्नुपर्‍यो र झुक्नैपर्छ ।... उच्चशिक्षाको ओरालो यात्रा लोकरञ्जन पराजुली भाद्र २०, २०७६ राष्ट्रिय सभाबाट भर्खरै 'शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७६' सत्ताधारी पार्टीका सदस्यहरूको बहुमतबाट पारित भएको छ । यो विधेयक अब प्रतिनिधिसभामा प्रस्तुत गरिनेछ ।... बैंकको साइबर सुरक्षा सुशील कार्की भाद्र २०, २०७६ नेपाली बैंकहरूबाट चिनियाँ ह्याकरले करोडौं रुपैयाँ चम्पत पारेको समाचारले हाम्रो बैंकिङ सिस्टमको सूचना प्रविधि सम्बन्धी चुकलाई उजागर गरिदिएको छ । सूचना प्रविधि अचेल विश्वभरिकै संस्थाहरूका लागि... बैंकहरूले सुधार्नुपर्ने साइबर सुरक्षा सम्पादकीय भाद्र १९, २०७६ बैंकका 'एटीएम' बाट पैसा चोरिएका घटना काठमाडौंमा धेरैपटक भएका छन् । यस्ता चोरीमा विशेषगरी अरू कसैको एटीएममा भएको विवरण अर्को एटीएममा राखेर त्यसैबाट पैसा झिकिन्थ्यो । एटीएमबाट... विश्वविद्यालयमा पहिले पद्धति प्रा. तारानिधि भट्टराई भाद्र १९, २०७६ अघिल्लो महिना प्रायः सञ्चार माध्यमले सबै विश्वविद्यालयका पदाधिकारीको कार्यकाल सकिन लागेको हुनाले नयाँ उपकुलपतिहरूको नियुक्ति सम्बन्धमा विविध दृष्टिकोण प्रस्तुत गरे । सबैजसोको ध्यान देशको जेठो उच्च... तीज : उन्मुक्तता कि उत्पीडनको विरेचन ? सावित्री गौतम भाद्र १९, २०७६ आँगनीको छेउ पनि धान सुकाउन चाहिन्छजाऊ चेली आफ्नै घर अंश पाइन्छ...ठ्याक्कै तीन वर्ष भयो, यो पुरानो तीज गीतको एउटा अन्तराले दिमागमा ठोक्न थालेको । यही गीतले... भुइँतहमा भ्रष्टाचार चन्द्रकिशोर भाद्र १९, २०७६ पश्चिम नेपालतिर लोककथा सुरु गर्नुअघि एउटा आहान भन्ने गरिन्छ, जुन पृथक् भए पनि कथाकै अंग बन्न पुग्छ । जस्तो— 'कौ लाटा काथ–बाधा/सुण काला तु/काणैले चोरी करी/दौड... सीडीओ सरुवाको सन्देश सम्पादकीय भाद्र १८, २०७६ 'डोजरे विकास' को विकृति रोक्न खोजेकै कारण बझाङका प्रमुख जिल्ला अधिकारीलाई जनप्रतिनिधिहरूको दबाबमा सरुवा गरिएको घटना हाम्रो राज्य व्यवस्थाको एउटा विद्रूप तस्बिर हो । प्रशासनिक प्रणालीभित्र... वितृष्णा रोपेर फल्दैन विश्वास विश्वप्रकाश शर्मा भाद्र १८, २०७६ हाम्रो राजनीति यति बेला आशा र ऊर्जाभन्दा असन्तुष्टि, आक्रोश र वितृष्णाले बढी घेरिएको छ । यो यथार्थलाई जबर्जस्ती ढाकछोप गर्न खोजेर राजनीतिको अनुहार उज्यालो बनाउन सकिन्न ।...
2019/09/19 10:57:50
https://ekantipur.com/pradesh-2/2019/08/02/156471622406592250.html?author=1
mC4
बारा-पर्सामा उद्योगले द्वन्द्व निम्त्याउँदै – Online Khabar - Karnali Headlines घर Online Khabar Rss बारा-पर्सामा उद्योगले द्वन्द्व निम्त्याउँदै – Online Khabar बारा-पर्सामा उद्योगले द्वन्द्व निम्त्याउँदै – Online Khabar १४ चैत, वीरगञ्ज । ४ चैत २०७७ मा बाराको जीतपुर सिमरा उपमहानगरपालिका-२ मा स्थानीय र प्रहरीबीच झडप भयो । तत्कालीन घटना जुनसुकै परिस्थितिले उत्पन्न भए पनि मूल जरो उद्योगबाट हुने ध्वनी प्रदूषण रहेको स्थानीयको भनाइ छ । उद्योगले उत्तर तर्फको जग्गामा गोदाम घर र आवास बनाउने भनेर काम गरेको तर ध्वनी प्रदूषण गर्ने मेसिन राखेको आरोप स्थानीयको छ । ठूला-ठूला फलाम सिधा गर्ने मेसिन चलाउँदा रातमा ठूलो आवाज आउने गरेको स्थानीय रवीन्द्र खकुरेल बताउँछन् । 'उत्तरतर्फाको जग्गामा नयाँ गोदाम बनाउँदैछु, आवासका लागि घर बनाउँछु भनेर काम सुरु गरेका थिए । बनाइसकेपछि त मेसिन राखेर चलाइरहेका छन् । दिनमा त जसोतसो झेलिन्छ, रातमा सुत्नसमेत नसक्ने अवस्था बनेपछि गुनासो गरेका हौं,' उनले भने, ' उद्योगले स्थानीयको आवाजको बेेवास्ता गरेपछि फागुन ११ गते तालाबन्दी नै गरेका थियौं, चैत ४ गते त प्रहरी प्रशासनको साथ लिएर उद्योगले झडपकै स्थिति सिर्जना गरायो ।' गर्मीमा बिहान ९ देखि बेलुका ७ बजेसम्म र जाडोयाममा बिहान ९ बजेदेखि ५ बजेसम्म मेसिन चलाउन आग्रह गर्दासमेत अटेर गरेको उनी बताउँछन् । 'जगदम्बाले जनताको कुरा त सुन्दैन सुन्दैन, न जनप्रतिनीधिलाई टेर्छ, न प्रशासनको कुरा सुन्छ, माथिबाटै अनुमति लिएर आएको छु भन्छ उद्योग विस्तार गर्छ । जनतालाई सास्ती दिन्छ,' खकुरेलले थपे । जगदम्बा स्टिल्स उद्योगको उत्तर, दक्षिण र पश्चिमतर्फ मानव बस्ती छ । तीनैतिरका स्थानीय बासिन्दा जगदम्बाको प्रदूषणबाट धेरैथोरै प्रभावित छन् । उद्योगमा डिजीलगायत विभिन्न मेसिन चलाउँदा उत्पन्न हुने कम्पनले घरहरु चर्किएको स्थानीयको दाबी छ । पश्चिमतर्फ कालिमाया चौधरी, रुकु घिमिरे, रामबहादुर तामाङ, चन्द्र प्रसाद पौडेललगायतको घर चर्किएको उनीहरुको भनाइ छ । शंकर ग्रुपद्वारा सञ्चालित जगदम्बा स्टिल्स उद्योग र स्थानीयबीचको विवाद नौलो भने होइन् । विभिन्न समयमा आन्दोलन हुने र सहमति हुने भइरहेको छ । प्रदूषण नियन्त्रणका लागि काम गर्ने, वृक्षारोपण गर्ने, निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने, स्थानीयलाई रोजगारी दिने, स्वरोजगारमुलक कार्यक्रम ल्याउने आश्वासन दिने तर काम नगर्ने प्रवृत्ति उसको रहेको स्थानीयको भनाइ छ । जनप्रतिनीधि नै पीडित जगदम्बाको प्रदूषणले गर्दा स्थानीयमात्रै नभएर जनप्रतिनिधि नै पीडित छन् । जनताको गुनासो सुनेर समाधान गर्नुपर्ने जिम्मेवारीमा रहेका उनीहरुका आफ्नै गुनासा छन् । वडा सदस्य चिनिमाया परियारले ५ वर्षअघि २० लाख खर्च गरेर बनाएको घर भूकम्पले जस्तै चर्किएको गुनासो गर्छिन् । रोजगारीका लागि भारतको उडिसामा पसिना बगाइरहेका श्रीमान र आफ्नो मेहनतले बनाएको घर चर्किएको उनको गुनासो छ । ३ जना बालबच्चा हुर्काउँदै घर बनाउनु त्यति सहज थिएन । जगदम्बाबाट आउने चर्को ध्वनी र कम्पनले घर चर्किएको दाबी उनको छ । 'उद्योगका कारणले घर चर्कियो, एक लाख ३० हजार खर्च गरेर मर्मत गरेँ,' उनले भनिन्, 'उद्योगले एक रुपैयाँ पनि क्षतिपूर्ति दिएको छैन ।' अर्की वडा सदस्य शोभा कार्कीको गुनासो पनि उस्तै छ । डेढ वर्षअघि २५ लाखमा बनाएको ४ कोठे पक्की घर चर्कन थालिसकेको छ । 'ठूला-ठूला भट्टी विस्तार गर्दै गएपछि, डिजी मेसिनहरु चलाउन थालेपछि ध्वनी प्रदूषण बढेको छ,' उनले भनिन्, 'कम्पनी हट्नुपर्छ, बन्द हुनुपर्छ भन्ने माग हाम्रो कहिल्यै छैन । कुनै पनि खाले प्रदूषण हुनु भएन ।' जगदम्बाले जस्ताको नयाँ प्लान्ट थप्ने क्रम नरोकिएको र प्रदूषण नियन्त्रण नगर्ने लापरबाही बढ्दै गएको प्रति स्थानीय चिन्तित छन् । ध्वनीमात्रै नभएर, वायुलगायत अन्य प्रदूषण नियन्त्रणका लागि वडा कार्यालयले पटकपटक आग्रह गरे पनि उद्योगले अटेर गर्ने गरेको जीतपुरसिमरा- २ का वडा अध्यक्ष तिलक श्रेष्ठ बताउँछन् । 'प्रदूषण भयो भनेर जनगुनासो आएपछि हामीले उद्योगलाई प्रदूषण नगर्न भन्छौं । कालो धुवाँ त सिमराबासीले कति खायो खायो । रातिको समयमा शान्तिले सुत्न देउ भनेर आग्रह गर्छौं,' उनले भने, 'तर उद्योगले अटेरी गर्छ, हामीले के गर्ने ?' मेसिन थप्दा, उद्योग विस्तार गर्दा उद्योगले वडा कार्यालयसँग कहिल्यै समन्वय नगर्ने गरेको उनी सुनाउँछन् । प्रदूषण गरेको भन्ने विषयलाई लिएर स्थानीय र प्रहरीबीच झडप नै भएपछि जगदम्बाको विषयलाई स्थानीय प्रशासनले चासोका साथ हेरेको छ । उद्योगको मापदण्ड अध्ययन गर्दै प्रशासन प्रभावित स्थानीयसँग प्रमुख जिल्ला अधिकारीले छलफलसमेत गरेका छन् । उद्योगको स्थलगत अनुगमन निरीक्षणसमेत गरेका छन् । वातावरण संरक्षणका मापदण्ड के के छन ? त्यसको पालना भए नभएको अध्ययन भइरहेको प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल उद्योगका बारेमा कागजपत्र अध्ययनका लागि समिति बनाएको र समितिको अध्ययन प्रतिवेदन आएपछि थप प्रक्रिया अघि बढाउने बताउँछन् । 'प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) र वातावरणीय प्रभाव मूल्याङ्कन -ईआईए), उद्योग सञ्चालन अनुमति पत्रलगायत सम्पूर्ण कागजात चैत मसान्तभित्र दिन भनेका छौं,' प्रजिअ पौडेलले भने, 'त्यसको अध्ययनका लागि समिति बनाएको छ, त्यसले के रिपोर्ट दिन्छ । त्यसपछि अन्य प्रक्रिया अघि बढाउँछौं ।' स्थानीयले आरोप लगाउने र उद्योगले गरेको छैन भनेर भन्ने गरेकोले वास्तविकता पत्ता लगाएर आवश्यक कारबाही प्रक्रिया अघि बढाउने उनी बताउँछन् । वीरगञ्ज-पथलैया क्षेत्रमा बढ्यो प्रदूषणको समस्या दक्षिण एसियाकै सबैभन्दा ठूलो स्टिल्स उद्योग दाबी गर्ने जगदम्बा स्टिल्स मात्रै हैन । वीरगञ्ज-पथलैया क्षेत्रमा उद्योगधन्दा र बस्तीको विकास सँगगसँगै भएपछि स्थानीय र उद्योगबीच द्वन्द्व बढ्दै गएको छ । यस क्षेत्रमा साना, मझौला र ठूला गरी दुई हजार हाराहारीमा उद्योग-कारखाना खुलिसकेका छन् । पथलैया, सिमरा, जीतपुर, नितनपुर, परवानीपुर, वीरगञ्जमा बस्तीको विकास पनि तीव्र गतिमा भइरहेको छ । प्रदूषण नियन्त्रणका लागि ठोस प्रयास भएकै छैन । न उद्योगले प्रदूषण नियन्त्रण गरेको छ, न राज्यले कुनै ठोस व्यवस्था गर्न सकेको छ । औद्योगिक प्रदूषणको नमुना सिर्सिया नदी पनि हो । सिर्सिया नदी : औद्योगिक प्रदूषणको एउटा 'केस स्टडी' वातावरणीय ह्रासबाट मानव जाति, जीवजन्तु, वनस्पति, प्रकृति तथा भौतिक वस्तुमाथि हुन सक्ने प्रतिकूल प्रभावलाई कम गर्नर्, नागरिकको स्वच्छ र स्वस्थ वातावरण बाँच्न पाउने हकलाई सुनिश्चित गर्न, प्राकृतिक स्रोतको समुचित उपयोग र व्यवस्थापनबाट वातावरण संरक्षण गर्ने उद्देश्यले वातावरण संरक्षण ऐन २०५३ र वातावरण संरक्षण नियमावली ०५४ ल्याएको छ । ऐन तथा नियमावलीले कुनै पनि आयोजनाका लागि प्रारम्भिक वातावरणीय परीक्षण तथा वातावरणीय प्रभाव मूल्यांकन अनिवार्य गरेको छ । कसैले पनि कुनै यान्त्रिक साधन, औद्योगिक प्रतिष्ठान वा अन्य ठाउँबाट ध्वनी, ताप, रेडियोधर्मी विकिरण तथा फोहर मैला निष्कासन गर्न गराउनमा रोक लगाएको छ । त्यसो गरेमा सम्बन्धित निकायले दण्ड सजाय गर्न सक्ने व्यवस्था पनि छ । तर यस्ता ऐन कानुनमा भएका प्रावधान सर्वसाधरणका लागि आकाशको फल आँखा तरी मर भने जस्तै छ । संसदीय समितिको चासो प्रदूषणविरुद्ध सबैतिरबाट आवाज उठेपछि संसदीय समितिले समेत चासो राखेको छ । सांसद विमल श्रीवास्तव संयोजक रहेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चासो राखेको हो । समिति अन्तर्गत देवेन्द्र पौडेल संयोजकत्वको अनुगमन समितिले वीरगञ्ज-पथलैया क्षेत्रमा विद्यमान औद्योगिक प्रदूषणको स्थलगत अध्ययन, अवलोकन गरेको छ । समितिले स्थानीय बासिन्दा, जिल्ला प्रशासन तथा सुरक्षा निकायहरु, दलका प्रतिनिधिलगायत अन्य सरोकारवालासँग छलफल समेत गरेर फर्किएको छ । अनुगमनका क्रममा नारायणी छाला उद्योगले प्रशोधन नै नगरी सिर्सिया नदीमा पानी खसालेको, अमृत घ्यु, राजहंश घ्युले उद्योगबाट निस्कने लेदो प्रशोधन नगरी छोडेको, त्रिवेणी टेक्सटायललगायत टेक्सटायल उद्योगले केमिकलयुक्त पानी नदीमा मिसाएको, त्रिशक्ति सिमेन्ट, चावासोती ग्रुप, हिमालयन डिष्ट्रलरी उद्योगले उद्योगबाट सिर्जित प्रदूषण नियन्त्रण गरेका छैनन् । सलाई, कागज हड्डी उद्योगले पनि जथाभावी प्रदूषण गरेको पाइएको अनुगमन टोलीमा सहभागी एक सदस्यले बताए । त्यस्तै वीरगञ्ज-१८ भवानीपुर, सुखचैना, सौराहा, जगनाथपुर क्षेत्रका बासिन्दा प्रदूषणले बढी प्रभावित छन् । स्थलगत अध्ययनका क्रममा प्रदूषण नियन्त्रण हुन नसक्दा नागरिकले सास्ती पाएको अनुभूति भएको सांसद प्रदीप यादवले बताए । 'जगदम्बा स्टिलदेखि सुरु गरेर वीरगञ्जसम्मका उद्योगहरुको स्थलगत अध्ययन अवलोकन गरेका छौं, जनता किन आतंकित छन्, बुझेका छौं, केही कमीकमजोरी देखिएको छ,' उनले भने । अनुगमनका क्रममा प्रदूषण नियन्त्रण नभएका कारण निकै कष्ट भइरहेको गुनासो सर्वसाधरणबाट आएको उनले सुनाए । 'गाउँघरमा स-साना बालबालिकालाई घाममा राखेर तेल लगाउने चलन छ । उद्योग कलकारखाना खुलेपछि स्थानीय बाहिर निस्कन मुस्किल भइरहेको छ,' उनले भने, ' उद्योगबाट निस्कने धुँवा धुलोले शिशुलाई घाममा राखेर तेल लगाउन पाइएन भनेर आमाहरु रोइरहेका थिए ।' गुनासो तथा उजुरीपछि स्थलगत अध्ययनका लागि आएको टोलीले मुल समितिमा प्रतिवेदन पेश गर्ने र सरोकारवालासँग प्रश्न गर्ने संयोजक पौडेल बताउँछन् । ' जल, वायु, ध्वनी प्रदूषणलाई लिएर उद्योग र बस्तीबीच द्वन्द्व चलिरहेको छ । वास्तविकता के छ त भनेर सिमरादेखि वीरगञ्जसम्म फिल्डको अवस्था बुझेका छौं, सरोकारवालासँग छलफल गरेका छौं, त्यसैको आधारमा प्रतिवेदन तयार गर्छौ,' उनले भने, 'संसदीय समितिमा मन्त्री, उद्योगी, व्यवसायीहरुसँग प्रश्न गर्छौं ।'
2021/08/04 09:12:13
https://karnaliheadlines.com/10017/
mC4
उद्योग र सल्लाह द्वारा वेबसाइट बाउन्स दरहरू उद्योग वेबसाइट बाउन्स दर र सल्लाह बिहीबार, सेप्टेम्बर 1, 2011 बुधबार, अक्टोबर 26, 2011 Douglas Karr म कहिले पनि एक प्रयोग को एक विशाल प्रशंसक भएको छैन उछाल दर तपाइँको साइट को समग्र प्रदर्शन को एक प्रमुख प्रदर्शन सूचक को रूप मा। बाउन्स दर एक व्यवसाय देखि अर्को आफ्नो खोज इञ्जिन अनुकूलन र र्याकिंगमा आधारित फरक फरक हुन सक्छ। यदि तपाईं प्रासंगिक सर्तहरूको लागि श्रेणीकरण गर्नुहुन्छ भने, तपाईंसँग कम बाउन्स रेट हुनेछ। यदि तपाईं केहि अप्रासंगिकको लागि दर्जा दिनुहुन्छ भने, तपाईंको बाउन्स रेट स्काइरोकेट गर्न सक्दछ। हाम्रो एजेन्सी एक पटक एक अनलाइन प्रकाशकसँग काम गरे जसले विज्ञापनको साथ आफ्नो सबै पैसा कमायो र उनी आफ्नो बाउन्स दरको बारेमा चिन्तित थिए। जे होस्, बाउन्सको मतलब अक्सर विज्ञापनमा क्लिक गरिरहेको थियो। उच्च बाउन्स रेटहरू राख्नु नै उसको सब भन्दा राम्रो ब्याज हो ... त्यसरी उसले पैसा कमायो। त्यसैले हामीले उसको बाह्य लिंक क्लिकहरू मापन गर्न तर्क लागू गर्‍यौं र यसलाई पुष्टि गर्‍यौं! यदि तपाईं वेबमा व्यापार गर्दै हुनुहुन्छ र गुगल विश्लेषक तपाईंको वेबसाइटको लागि सेटअप छ भने, यस्तो धेरै सम्भावना हुन्छ कि तपाईंलाई आफ्नो वेबसाइटको लागि बाउन्स दर थाहा छ। तर, के तपाइँ यसलाई केहि हिसाब गर्नुहुन्छ, के बारे मा केहि थाहा छ, तपाइँको उद्योग को औसत बाउन्स दर के हो वा के कारणहरु को लागी तपाइँको बाउन्स दर लाई असर गर्छ? हामीले सुनेका सामान्य प्रश्नहरूबाट प्रेरणा पाएर, यो इन्फोग्राफिक भनेको तपाईंलाई जवाफ दिन र केही सुझावहरू दिन तपाईंको उछाल दर सुधार्नको लागि हो। बाट Kissmetrics.
2022/06/27 15:29:54
https://ne.martech.zone/industry-bounce-rates/
mC4
डडेल्धुरा । जिल्ला समन्वय समिति डडेल्धुराको प्रमुखमा नेपाली काँग्रेसबाट उम्मेदवार रहेका गगनसिंह भण्डारी निर्विरोध निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराका कांग्रेसको तर्फबाट उम्मेदवार बनेका भण्डारीको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । यस्तै उपप्रमुखमा पनि कांग्रेस बाट नै उम्मेदवारी दिएको अमृताकुमारी ठडालीमगर निर्विरोध निर्वाचित भएकी छन् । उपप्रमुखमा पनि ठडालीमगरको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएकी हुन् । प्रमुखमा निर्वाचित भण्डारी अमरगढी नगरपालिका वडा नम्बर ७ को वडा सदस्य पदमा गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा विजयी भएका थिए । उपप्रमुख ठडालीमगर आलिताल गाउँपालिका वडा नम्बर ८ बाट वडा सदस्य पदमा विजयी भएकी थिइन् । निर्वाचन कार्यालयले तोकेको अन्तिम समयसम्म नौ पदमा नौ जनाको मात्रै उम्मेदवारी परेपछि उनीहरु सबै निर्विरोध भएका हुन् । निर्वाचित जिल्ला समन्वय समिति सदस्यहरुमा लीलाकुमारी धामी, गणेशसिंह धामी, प्रकाशदत्त भट्ट, सुनिता विक, टेकबहादुर धानुक बसन्तीदेवी भूल र संजय जैरू रहेका छन् । उनीहरु सबै निविरोध निर्वाचित भएको भएपनि औपचारिक घोषणा भने २२ गते हुने निर्वाचन कार्यालयले जनाएको छ । डडेल्धुराका दुई नगरपालिका र पाँच गाउँपालिकामा गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले अमरगढी नगरपालिकामा प्रमुख र उपप्रमुख, गन्यापधुरा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नवदुर्गा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, परशुराम नगरपालिका प्रमुख, भागेश्वर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष र अजमेरु गाउँपालिका उपाध्यक्ष जितेको थियो । यस्तै नेकपा माओवादी केन्द्रले अजयमेरु गाउँपालिकामा अध्यक्ष, आलिताल गाउँपालिका अध्यक्ष र उपाध्यक्ष र परशुराम नगरपालिकामा उपप्रमुख जितेको थियो । नेकपा एमालेले डडेल्धुरामा कुनैपनि स्थानीय तह जित्न सकेन ।
2022/06/26 14:01:04
https://www.samabhaav.com/news-detail/5962
mC4
लुम्बिनी प्रदेश जिल्ला कपिलवस्तुको विजयनगरमा छात्रालाई निःशुल्क साइकल धर्मेन्द्र कुमार कुर्मी विजयनगर लुम्बिनी प्रदेश जिल्ला कपिलवस्तुको विजयनगर गाउँपालिकाले छात्रालाई विद्यालयमा नियमितताका लागि निःशुल्क साइकल वितरण गरेको हो । विजयनगरका कक्षा ९ र ११ मा अध्ययनरत छात्रालाई निःशुल्क साइकल वितरण गरिएको हो । तल्लो कक्षादेखि माथिल्लोमा उक्लिँदा विद्यालय छोड्नेक्रम बढेपछि गाउँपालिकाले छात्रालाई विद्यालयसँग जोड्ने उद्देश्यले लुम्बिनी प्रदेश सरकारसँगको सहकार्यमा निःशुल्क साइकल वितरण कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख हरिहर बेल्बासेले बताउनुभयो ।उहाँका अनुसार गाउँपालिकाले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तरगत पालिकामा रहेका विद्यालय ९ र ११ सम्म अध्ययन गर्दै आएका ४१५ छात्रालाई साइकल वितरण गरेको हो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले महिला सशक्त भए मात्र पालिकाको विकास सम्भव रहेको दोहोर्‍याउँदै थापाले भने, 'साइकलले महिला सशक्त नभएपनि समाजिक रुपान्तरणका लागि सहयोगी हुन्छ ।' शिक्षा, स्वास्थ्यसहित प्रत्येक निकायमा पछि परेका महिलालाई अगाडि बढाउन पालिका प्रतिबद्ध रहेको भन्दै उनले छोरीलाई शिक्षित र सबल बनाउन नै 'बेटी पढाउ, बेटी बचाऊ' अभियान ल्याइएको बताए । त्यसतै कार्यक्रम बोल्दै गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले छोरीहरूलाई शिक्षा र रोजगारीका साथै आत्म रक्षाका लागि समेत अग्रसर बनाउने लक्ष्यका साथ पालिका अघि बढेको बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै विजयनगर गाउँपालिका प्रशासकीय अधिकृत गोविन्द भट्टराईले टाढा टाढा बाट विद्यालय आउने छात्राहरुलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो । बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत शिक्षा विमा, महिला मैत्री शौचालयको निर्माण जस्ता कार्यक्रमहरूलाई अघि बढाएर महिला सशक्तिकरणमा पालिकालाइलाई अग्रपङ्तिमा राख्ने सोच लिएको बताउनु भयो । यसअघि पनि २०७७/०७८ मा विजयनगरका ९ र ११ का विद्यालयका २४० छात्रालाई साइकल वितरण गरिएको हो ।
2022/07/04 09:25:41
https://sirahatimes.com/news/4367
mC4
» व्यवसायी खुसी भए माटोको दियोले बजार पाएपछि १५ कार्तिक २०७८, सोमबार १७:३२ सुनसरीको इनरुवा नगरपालिका २ का झमेली पंडितले तिहारका लागि बनाएको माटोको दियोले बजार पाएपछि खुसी व्यक्त गर्नुभयो । तिहार नजिकिनुभन्दा एक महिना अघिबाटै माटोको दियोसहित कलश र माटाको भाँडा बनाउनमा व्यस्त बनेको उहाँ बजारमा दर्जनको ३० रुपियाले दियो विक्री गर्न पाएकोमा खुसी भएको बताउनुभयो । पंडितले सोमबारे हाटमा पाँच हजार दियो विक्रि गरेको सुनाउँदै गत वर्ष कोरोनाले हाट बन्द भएको र यसपाली हाटमै बेच्न पाएपछि आफू खेशी भएको बताउनुभयो । पण्डितजस्तै पानवनी पंडितले पनि आफूले बनाएको दियोले बजार पाएपछि सिजनमा १५ हजार रुपियाँ आम्दानी भएको बताउनुभयो । इनरुवासहित सुनसरीका बिभिन्न गाउपालिका र नगरपालिका क्षेत्रमा कुम्भकार पंडित समुदायका मानिसले माटोको भाँडा बनाउने काम गर्दैआएकोमा प्लास्टिकको सामग्री प्रयोग भएपछि माटोको भाँडो संकटमा पर्दैआएको छ । भाँडो र दियो कलश धार्मिक तथा सांस्कृतिक पर्व तिहारमा प्रायःले दियो प्रयोग गर्ने भएकाले माटोको दियो र कलशले बजार पाएको रमेश पंडितको भनाई छ । तिहार र छठमा आवश्यक पर्ने माटोको भाँडोसहित दियो र कलश लगायतका माटोको भाँडाको बजारमा माग बढ्दै गएको उहाँले बताउनुभयो । यसपाली सामानको उचित मूल्य पाएको पनि उहाँले बताउनुभयो । कुम्हार समुदायका मानिसले कालो अर्थात कुमाले माटो ल्यएर दियो र कलश लगायतका सामग्रीहरु बनाएर बजारमा बेच्ने गरेका छन् । इनरुवा नगरपालिका २ का जितन पण्डितले वर्तमान अवस्थामा कुम्भकारको पेशा संकटमा रहेको बताउँदै चाडपर्व नहुने हो भने हातमुख जोड्न समस्या हुने चिन्ता व्यक्त गर्नुभयो । पण्डितकाअनुसार माटो पाउन निकै मुस्किल रहेको अवस्थामा बजारमा आएको रेडिमेट, प्लास्टिकका सामानले केही समस्या पारेको बताउनुभयो । बजारमा उचित मूल्य नपाए पनि आफूहरुले पुर्खौली पेशा भएकाले बचाई राख्न भएपनि माटोको भाँडा बनाउने काममा लागेको उहाँको भनाई छ ।
2021/11/28 02:29:00
https://www.lalkhabar.com/?p=124387
mC4
merolagani - युनिलिभर नेपालले गत आर्थिक वर्षमा बढाएर प्रस्ताव गर्यो लाभांश युनिलिभर नेपालले गत आर्थिक वर्षमा बढाएर प्रस्ताव गर्यो लाभांश Sep 05, 2019 03:19 PM Merolagani युनिलिभर नेपाल (UNL) ले गत आर्थिक वर्ष २०७५/०७६ मा अघिल्लो आर्थिक वर्षको तुलनामा बढाएर लाभांश प्रस्ताव गरेको छ। कम्पनीको भदौ १९ गते बिहीबार बसेको १५६ औं सञ्चालक समितिको बैंठकले प्रतिकित्ता ७७० रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। अघिल्लो आर्थिक वर्ष ७०० प्रतिशत लाभांश वितरण गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा कम्पनीले प्रतिशेयर ७० रुपैयाा लाभांश बढाएको हो। सो भन्दा अघिल्लो वर्ष आर्थिक वर्ष २०७३/०७४ मा भने कम्पनीले विशेष बोनस १७० रुपैयाँ सहित प्रतिकित्ता १२७० रुपैयाँ नगद लाभांश वितरण गरेको थियो । कम्पनीले गत आर्थिक वर्ष २०७५/०७६ को अन्त्य सम्ममा ५ अर्ब ७५ करोड रुपैयाँ बराबरको वस्तु बिक्री गरी एक अर्ब ६ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बिहीबार कम्पनीको प्रतिकित्ता शेयरमूल्य १९ हजार ४०० रुपैयाँ कायम छ। चुक्ता पूँजी ९ करोड २१ लाख रुपैयाँ रहेको कम्पनीको ११५८ रुपैयाँ ०९ पैसा, नेटवर्थ २५२६ रुपैयाँ र मूल्य आम्दानी अनुपात १७.४९ गुणा बढी छ।
2020/09/18 17:43:44
https://merolagani.com/NewsDetail.aspx?newsID=53282
mC4
सीटीईभीटीको मौका परीक्षा २२ कात्तिकमा – Online Khabar २०७७ कार्तिक २ गते १३:२३ मा प्रकाशित २ कात्तिक, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) डिप्लोमा/प्रमाणपत्र तहको एक विषय मौका परीक्षा २२ कात्तिकमा सञ्चालन गर्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण गत चैतपछि रोकिएको डिप्लोमा/प्रमाणपत्र तहको नियमित तथा छात्रवृत्ति कार्यक्रमको एक विषय मौका परीक्षा नेपाल सरकारकाले तोकेको सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न लागिएको सीटीईभीटीले जनाएको छ ।
2020/10/27 15:08:04
https://www.onlinekhabar.com/2020/10/904090
mC4
स्विट्जल्याण्डमा हरितालिका तीज तथा अन्तरक्रिया कार्यक्रम हुने, Latest breaking news and updates on latest top stories, Video News, national, international, NRN, Gulf News, politics, sports, business, finance, entertainment, photo-gallery and more. Nepali News from Nepal and All over the Countries. स्विट्जरल्याण्ड । गैर आवासीय नेपाली संघ, महिला फोरम स्विट्जरल्याण्डको आयोजनामा हरितालिका तीज तथा अन्तरक्रिया कार्यक्रम हुने भएको छ। महिलाहरुको महान पर्व तीजका अवसरमा हरेक वर्ष झैँ यो वर्ष पनि महिला फोरम र एनआरएनए स्विट्जरल्याण्डले संयुक्त रुपमा हरितालिका तीज एवं अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो। प्रवासी भूमिमा मनाइने उक्त तीज कार्यक्रमलाई आकर्षक एवं सफल बनाउन यस पटक नेपालबाट चर्चित गायिका रिता के. सी. कार्यक्रममा आफ्नो प्रस्तुति पस्कन आउने कार्यक्रमम तय भएको छ। आगामी १५ सेप्टेम्बर २०१८ शनिवारको दिन स्वीट्जरल्याण्डाको सियोनमा हुने तीज कार्यक्रममा यस पटक भने केबल मनोरञ्जनात्मक कार्यक्रम मात्र नभएर महिला सशक्ति करण सम्बन्धी अन्तरक्रिया कार्यक्रम समेत गरिने आयोजकले बताएका छन्। एनआरएनए आईसिसी महिला संयोजक रजनी प्रधान र यूरोप क्षेत्रीय महिला सहसंयोजक संगीता मरहट्ठा अतिथिको रुपमा कार्यक्रममा सहभागी हुने जानकारी प्राप्त भएको आयोजकले जनाएको छ। एनसिसी स्वीट्जरल्याण्ड महिला फोरम संयोजक शुभ एल्मर लामाले दिएको जानकारी अनुसार उक्त दिन दिनको ठीक १३ः३० बजेबाट अन्तरक्रिया कार्यक्रम सुरु हुने र त्यसपछि तीज कार्यक्रम सुरु गरिने कार्यक्रम तय भएको छ। त्यसैगरी कार्यक्रम आयोजक महिला फोरमले स्विट्जरल्याण्डमा रहेका सम्पूर्ण नेपाली संघ संस्थाहरु तथा अन्य नेपालीहरु समेतलाई कार्यक्रममा उपस्थित भई सो कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गराउन सहयोग गरिदिनका लागि आग्रह समेत गरको छ। उक्त कार्यक्रम सम्मन्धी अन्य बिस्तृत जानकारी छिट्टै सार्वजनिक गरिने पनि आयोजकले जनाएको छ।
2019/03/25 18:18:54
http://www.dcnepal.com/-45954
mC4
आज भाईटिका, ११ः५१ बजेको साइत उत्तम - Hamrokhotang Home » »Unlabelled » आज भाईटिका, ११ः५१ बजेको साइत उत्तम आज भाईटिका, ११ः५१ बजेको साइत उत्तम By: HamroKhotang.com on Saturday, October 21, 2017 / काठमाडौँ, ४ कात्तिक । यमपञ्चक अर्थात् तिहारको पाँचौंँ एवम् अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइबाट पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए । "भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ बजेर ५१ मिनेटको समय उत्तम छ, भाइटीकालगायत महत्वपूर्ण साइत अभिजित मुहूर्तमा दिइने भएकाले मध्याह्नको समय निकालिएको हो", उनले भने । दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले मन्दिर क्षतिग्रस्त भएकाले मन्दिर बाहिर तस्वीर राखेर पूजा एवम् दर्शन गर्ने व्यवस्था मिलाइएको छ । बालगोपालेश्वर मन्दिर वर्षमा एक पटक आजैका दिन मात्र खुल्ने गथ्र्यो । दिदीबहिनी नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्छन् । दिदीबहिनी नहुनेहरुका लागि अञ्जलि दिदीले पनि काष्ठमण्डपनिर टीका लगाइदिने बताइएकाे छ ।
2018/11/19 22:00:25
http://www.hamrokhotang.com/2017/10/vai-tika.html
mC4
कोरोना संक्रमण अहिलेसम्मको उच्च, एकैदिन ६७१ संक्रमित, थप २ जनाकाे मृत्यु – Health Post Nepal कोरोना संक्रमण अहिलेसम्मको उच्च, एकैदिन ६७१ संक्रमित, थप २ जनाकाे मृत्यु २०७७ असार ४ गते १६:३२ बिहीबार थप ६७१ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले थप ६७१ जनामा कोरोना संक्रमण देखिएको बताए। विभिन्न प्रयोगशालामा गरिएको परीक्षण सो संक्रमण पुष्टि हो। यति धेरै संख्या पुष्टि भएको यो पहिलो पटक हो। बिहिबार संक्रमित देखिएको मध्ये ५९१ पुरुष र ८० महिला रहेको मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा संक्रमित हुने संख्या ७ हजार ८ सय ४८ जना पुगेका छन् । जसमध्ये ७ हजार २ सय २९ पुरुष र ६ सय १९ महिला रहेका छन्। हालसम्म देशका ७४ जिल्लामा संक्रमण देखिएको छ। बिहिबार १९ जना पुरुष संक्रमण निको भएर डिस्चार्ज भएको डा. गौतमले जानकारी दिए । हालसम्म १ हजार १ सय ८६ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका छन्। जसमध्ये महिला १सय १४ रहेका छन् भने १ हजार ७२ पुरुष रहेका छन्। शनिबार कोरोना संक्रमण पुष्टि भएका कैलालीको गोदावरी नगरपालिका–४ का ४६ वर्षीय संक्रमित पुरूषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वासप्रस्वाशमा समस्या भएपछि धनगढीको निसर्ग अस्पताल हुँदै नवजीवन अस्पताल पुगेपछि ती मृतकमा कोरोना पुष्टि भएको थियो। स्वास्थ्य अवस्था निक्कै बिग्रेपछि मात्रै सेतीमा भर्ना भएका कारण कोरोनाबाट ती व्यक्तिको मृत्यु भएको हो । यसैगरी,कैलालीको लम्की चुहा नगरपालिकाकी ४३ वर्षीया महिलाको मंगलबार कोरोनाका कारण मृत्यु भएको छ। लामो समयदेखि ती महिला रोगले ग्रसित रहेको खुलेको छ। नेपालगंज मेडिकल कलेजमा उपचारत कैलालीको लम्की चुहा नगरपालिका–२ की ४३ वर्षीया महिलामा मृत्युपछि कोरोना पुष्टि भएको हो। टाउकोमा चोट लागेकी उनलाई ३१ गते नेपालगंज मेडिकल कलेज कोहलपुर लगिएकोमा मंगलबार राती मृत्यु भएको थियो। उनको मृत्युपछि बुधबार मात्र कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ ।
2022/05/21 16:04:49
https://www.healthpostnepal.com/2020/06/18/25212/
mC4
५ पुस, सर्लाही । जिल्लाको पश्चिमी क्षेत्रमा पछिल्लो समयमा भारतीय नम्बरका सवारी साधनको प्रयोग व्यापकरूपमा बढेको छ । भारतको विहार राज्यसँग सिमाना जोडिएका प्रदेश नं २ का अधिकांश जिल्लामा खुलेआम भारतीय सवारी साधनको प्रयोग बढेको छ । भारतीय सवारी साधनले भन्सारसमेत नबुझाई नेपाली सडकमा खुलेआम बर्चश्व जमाइरहेको पाइएको छ । भारतीय सवारी साधन सडकमा बर्चश्व जमाइरहेको भए पनि सरोकारवाला निकायको ध्यान नपुगेको स्थानीय सर्वसाधारणको आरोप छ । जिल्ला भन्सार कार्यालय सिमानामै रहेको भएको भए पनि भन्सारका कर्मचारी असुलीमा व्यस्त रहेका कारण पनि भारतीय सवारी साधनको दादागिरी चलेको स्थानीय व्यापारी राजीव सिंहले बताए । सिमानामा २४सै घण्टा रहने नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि यस्ता सवारी साधनलाई ध्यान नदिँदा नेपाल प्रवेश गरेपछि भारतीय सवारी साधनको दादागिरी नेपाली बजारमा बढ्ने गरेको छ । बिना रोकटोक नेपाल प्रवेश गरेका भारतीय सवारीको प्रयोगले नेपाली भूमिमा आपराधिक गतिविधि हुनुका साथै तीव्रगतिमा सञ्चालन हुने यस्ता सवारी साधनका कारण दुर्घटनासमेत बढेको र बेथिति बढ्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी निरीक्षक केदारमान दोङले बताए । भारतीय सवारी साधनको प्रयोग, आपराधिक गतिविधि र दुर्घटनाका साथै बेथितिको विषयमा जिल्लामा सुरक्षा संयन्त्रको छलफल चलिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए ।
2022/05/23 14:47:40
https://www.nmbnews.com/2020/12/21389/
mC4
Yugawani Mediaगठबन्धन वर्षौंसम्म आवश्यक छःप्रधानमन्त्री देउवा - Yugawani Media गठबन्धन वर्षौंसम्म आवश्यक छःप्रधानमन्त्री देउवा २०७९ बैशाख २३ गते शुक्रबार, १९:४३ मा प्रकाशित काठमाडौ, २३ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन वर्षौंसम्म आवश्यक रहेको बताउनुभएको छ । पाँच दलीय गठबन्धनको तर्फबाट आज यहाँ आयोजित संयुक्त चुनावीसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो "संविधानको हालको व्यवस्थाअनुसार एकल पार्टीको बहुमत आउन गाह्रो छ । तसर्थ पनि मुलुकका लागि गठबन्धन आवश्यक छ । युरोपका कतिपय देशमा पनि यस खालको संस्कृति छ ।" उहाँले सबै मिलेर सत्तागठबन्धनलाई सफल बनाउनु पर्नेमा जोड दिनुभयो । विगतमा आफू एक्लै निर्वाचनमा जाने रहर गर्दा पराजित भएको तथ्य पेश गर्दै सभापति देउवाले वाम गठबन्धन गरेर एमालेसँग एकता गर्दा माओवादीले दुःख पाएको सुनाउनुभयो । कांग्रेसको केही समयअघि सम्पन्न १४औँ महाधिवेशनले पाँच दलीय गठबन्धनको आवश्यकता महसुस गरी सर्वसम्मतिले यससम्बन्धी प्रस्तावलाई पारित गरेको र केन्द्रीय समितिले पनि यसलाई अधिकार दिएको जानकारी दिनुभयो । "अहिले केही परस्पर विरोधी भावना भएकाले बखेडा झिकेका छन् । विगतमा विपी कोइरालालाई फाँसी दिनुपर्छ भन्ने यसको खिलाफमा छन्", सभापति देउवाले भन्नुभयो । मुलुकको सङ्घीय राजधानीसमेत रहेको काठमाडौँ र अर्को महानगर भरतपुर प्रमुखमा महिला उम्मेदवारलाई टिकट दिएर गठबन्धनले राम्रो काम गरेको बताउँदै उहाँले मतदातासमक्ष विजयी गराउन आह्वान गर्नुभयो । काठमाडौँ महानगरको प्रमुखको उम्मेदवार सिर्जना सिंहका सन्दर्भमा उहाँले कसैको घरमा विवाह गरेर बुहारी बन्नु उहाँको दोष नभएको र त्यसैका आधारमा अवसरबाट वञ्चित गर्न नहुने उल्लेख गर्नुभयो । त्यसैगरी भरतपुर महानगरका प्रमुखका उम्मेदवार रेणु दाहालले राम्रो काम गरेको प्रशंसा गर्दै उहाँले कहाँ जन्म हुने भन्ने कुरा कसैको हातमा नहुने हुँदा त्यस आधारमा आरोपित गर्न नहुने स्पष्ट पार्नुभयो । काठमाडौँ महानगरको समग्र व्यवस्थापनका सन्दर्भमा उम्मेदवार सिंहका तर्फबाट प्रस्तुत गरिएको प्रतिबद्धताको प्रसंशा गर्दै प्रधानमन्त्री देउवाले छ महिनाभित्र यहाँको फोहोर व्यवस्थापन गरी सुन्दर नगरी बनाउने र त्यसबाट ऊर्जा उत्पादन गरेर चुल्हो बाल्न र सवारी साधनसमेत चलाउन सकिने बताउनुभयो । सो कार्यका लागि सरकारको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले केपी शर्मा ओली प्रधानमन्त्री रहँदा जनमानसमा डर, त्रास र आतङ्क रहेको स्मरण गर्दै नेकपा(माओवादी केन्द्र) र नेकपा(एकीकृत समाजवादी)लगायतका दलको सहयोगमा आफू प्रधानमन्त्री भएपछि जनतामा त्रास हटेर खुसी भएको समेत जानकारी गराउनुभयो । उहाँले भन्नुभयो "सत्ता गठबन्धन जिन्दावाद । सबै मिलेर सफल पार्नुपर्छ । वाम लोकतान्त्रिक गठबन्धन नै प्राकृतिक छः अध्यक्ष दाहाल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एकता, सहकार्य, सहमतिका आधारमा अगाडि बढ्न सबैलाई आग्रह गर्दै संविधान, गणतन्त्र, सङ्घीयता र समावेशितालाई जोगाउन कायम भएको वाम लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउन आग्रह गर्नुभएको छ । पाँच दलीय गठबन्धनको तर्फबाट आयोजित संयुक्त चुनावीसभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले गठबन्धनलाई लामो समयसम्म लैजाने, देश र जनताको पक्षमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो । गठबन्धन देश, जनता र हितमा रहेको उल्लेख गर्दै उहाँले वामशक्ति, प्रजातान्त्रिक शक्ति मिल्दा परिवर्तनका ठूलठूला इतिहास कायम भएको र जनताको अधिकार प्राप्त भएको बताउनुभयो । शान्ति प्रक्रियाको कामलाई अन्तिम निष्कर्षमा पु¥याउन र संविधानलाई थप कार्यान्वयन गर्नका लागि पनि गठबन्धन जरुरी रहेको उहाँको भनाइ छ । अध्यक्ष दाहालले योग्य महिला उम्मेदवारलाई छोरी र श्रीमतीको रूपमा प्रचार गरेर महिलाकै अपमान गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, "कसैलाई छोरी र कसैलाई श्रीमतीको रूपमा कुप्रचार गरेर नकारात्मक प्रवृति देखिइरहेको छ । महिलाको क्षमतालाई अवमूल्यन गर्ने एकथरी मानिसको कोसिस छ ।" उहाँले त्यस्ता प्रवृत्तिको विरोध गर्दै जहाँ जहाँ महिला कार्यकारी भूमिकामा रहेका छन् ती ठाउँमा राम्रो काम भएको बताउनुभयो । अध्यक्ष प्रचण्डले पुरुषले देशमा धेरै राज गरे पनि ठूलो परिवर्तन गर्न नसकेको र उहाँकै भाषामा 'ठूलो लछारपाटो' लगाउन नसकेको स्पष्ट पार्नुभयो । महिलालाई कार्यकारी भूमिका दिइएको स्थानमा भ्रष्टाचार र अनियमिततासमेत कम भएको उहाँको भनाइ थियो । उहाँले वाम लोकतान्त्रिक गठबन्धन नै सबैभन्दा प्राकृतिक रहेको स्पष्ट पार्नुभयो । अध्यक्ष दाहालले विगतमा वाम गठबन्धनको अभ्यास भएको भए पनि हालको जस्तै वाम–लोकतान्त्रिक गठबन्धन नै सही र उपयुक्त देखिएको स्पष्ट पार्नुभयो । अध्यक्ष दाहालले भन्नुभयो, "वाम–लोकतान्त्रिक गठबन्धन नै 'नेचुरल' थियो । शेरबहादुरजी र मैले पहिले गरेको गठबन्धन नै राम्रो थियो । पछि वामको सजिलो हो कि भनेर लागियो तर त्यो होइन रहेछ ।" कांग्रेस र कम्युनिष्टबीच बेमेल हुँदा मुलुकले कुनै उपलब्धी हासिल गर्न नसकेको उहाँको भनाइ थियो । "कांग्रेस र कम्युनिष्टबीच पानी बाराबारको अवस्था हुँदा मुलुकले केही पाएन तर कांग्रेस कम्युनिष्ट मिलेपछि प्रजातन्त्र पुनःस्थापना पनि भयो, शान्तिप्रक्रिया पनि भयो, संविधानसभाबाट संविधान पनि बन्यो । यो वामपन्थी र प्रजातन्त्रवादी शक्तिकै सहकार्यले सम्भव भएको हो । अहिलेको गठबन्धन पनि यही आधारमा बनेको हो", उहाँले भन्नुभयो । कांग्रेस कार्यकर्ताले रुखबाहेक हँसिया हथौडामा र माओवादी कार्यकर्ताले हँसिया हथौडाबाहेक रुखमा भोट हाल्दिन भन्न नहुने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, "वाम गठबन्धन र पार्टी एकता गरेर जुन स्थायित्व र विकासको सपना देखेका थियौँ त्यो सपना तीन वर्ष पुग्दा नपुग्दै चकनाचुर भयो । केपी ओलीलाई हामीले ठूलो समर्थन गरेर नायकको भूमिकामा लगेका थियौँ तर, एकताको दुई हप्तादेखि नै ओलीबाट धोका पायौँ", उहाँले भन्नुभयो । गठबन्धनलाई नयाँ उचाइमा पु¥याउन आफ्नो ठूलो मेहनत परेको उल्लेख गर्दै उहाँले यसको मूल्य र मान्यताभन्दा बाहिर जाने छुट कोही कसैलाई नभएको बताउनुभयो । काठमाडौँ महानगरलाई रूपान्तरण गर्न सकिन्छ भनेर प्रतिबद्धता व्यक्त गर्दै उहाँले ऐतिहासिक परिवारसँग जोडिएको व्यक्तित्वलाई साझा उम्मेदवारको रूपमा अगाडि सारिएको अध्यक्ष दाहालको भनाइ थियो ।
2022/05/17 14:55:35
http://yugawani.com/archives/27917
mC4
माध्यमिक विद्यालयमा शिक्षकको कमी हुँदा पठनपाठनमा समस्या – इन्सेक माध्यमिक विद्यालयमा शिक्षकको कमी हुँदा पठनपाठनमा समस्या हुम्ला ०७६ जेठ ७ गते नाम्खा गाउँपालिका–५ स्थित याल्बाङ्गमा रहेको महाबौद्ध माध्यमिक विद्यालयमा शिक्षकको कमी हुँदा पठनपाठनमा समस्या भएको छ । महाबौद्ध माध्यमिक विद्यालयको माध्यमिक तहमा एक जनाको मात्रै दरबन्दी रहेकाले यस्तो समस्या भएको हो । विद्यालयमा माध्यमिक तहका लागि कम्तीमा पनि चारजना शिक्षकको दरबन्दी हुनुपर्नेमा दरबन्दी कम भएको शिक्षक लक्ष्मण थापाले बताए । गत वर्षदेखि कक्षा ११ र १२ को कोटा स्थापना राखिएको भएपनि, शिक्षक नहुँदा माध्यमिक तहका कुनै पनि विषयको पठनपाठन हुन नसक्दा आफूहरू मर्कामा परेको कक्षा ११ मा अध्ययनरत पेमा डोल्कार लामाले गुनासो गरिन् । विद्यालयमा दरबन्दी छुट्याउनुपर्ने गाउँपालिकास्थित शिक्षा समन्वय समितिले भएपनि पहल नथाल्दा समस्या भएको हो । कक्षा एक देखि १२ सम्ममा पठनपाठन हुने महाबौद्ध विद्यालयमा ३ सय ५० जना छात्रछात्रा अध्ययनरत रहेका छन् । महाबौद्ध याल्बाङ्गमा माध्यमिक तहको शिक्षक नहुँदा विद्यार्थीलाई पठनपाठनमा समस्या भएको बारेमा प्रश्न गर्दा प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले शिक्षा एकाइसँग सहकार्य गरेर विद्यालयमा शिक्षक दरबन्दीको लागि पहल गर्ने जानकारी दिए । सोही विद्यालयमा एक जना माध्यमिक तहको शिक्षकको दरबन्दी खाली रहेता पनि एक वर्षदेखि शिक्षकको पदपुर्ति नहुँदा निम्न माध्यामिक विद्यालयका शिक्षक पठनपाठन गरिरहेका छन् । माथिल्लो तहका विद्यार्थीलाई पठनपाठन गराउँदा गुणस्तरीय शिक्षा प्रदान नहुने विद्यार्थी योङ्जोर लामाले गुनासो गरे । प्रमुख जिल्ला अधिकारी ढकालले विद्यालयमा शिक्षकसँगै खानेपानी तथा पर्याप्त कक्षाकोठाको समेत अभाव रहेको बुझिएकोले समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे । शिक्षा समितिमा कर्मचारी समायोजन भई गाउँपालिकामा नगएको हुनाले अनुमति प्राप्त भएपनि सो विद्यालयमा शिक्षक पदपुर्तिमा ढिलाई भएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।
2020/06/06 01:03:06
http://inseconline.org/np/news/%E0%A4%AE%E0%A4%BE%E0%A4%A7%E0%A5%8D%E0%A4%AF%E0%A4%AE%E0%A4%BF%E0%A4%95-%E0%A4%B5%E0%A4%BF%E0%A4%A6%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%B2%E0%A4%AF%E0%A4%AE%E0%A4%BE-%E0%A4%B6%E0%A4%BF%E0%A4%95%E0%A5%8D/
mC4
eHimalayatimes | अर्थ/कर्पोरेट | वस्तुुगत संघका समस्या सम्बोधन गर्न माग वस्तुुगत संघका समस्या सम्बोधन गर्न माग हिमालय टाइम्स POSTED ON : आश्विन ८, २०७८ (६:१४ AM) काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले वस्तुुगत संघका समस्या सम्बोधन गर्ने भएको छ । फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल (फ्यान), एलपी ग्यास उद्योग संघ र नेपाल हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष, पदाधिकारी एवं कार्यसमिति सदस्यको सम्मानमा आयोजित कार्यक्रममा महासंघ अध्यक्ष शेखर गोल्छाले यस्तो बताउनुभएको हो । सो अवसरमा फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले कोरोनाका कारण पुुष्प व्यवसाय क्षेत्रले ठूलो नोक्सानी बेहोर्नुपरेकाले राहत उपलब्ध गराउनुपर्ने, स्वदेशी पुष्प प्रवद्र्धनका लागि आयातित फूल प्रतिबन्ध लगाउनुुपर्ने, पुुष्प नीतिलाई संघीय संरचनाअनुसार परिमार्जन गर्न महासंघले सहयोग गर्नुुपर्ने बताउनुभयो । नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष कुशप्रसाद मल्लीले ठूलो लगानी रहेको एलपी ग्यास उद्योगलाई राज्यले हेर्ने नजरमा परिवर्तन गर्नुपर्ने, केवल खाना पकाउने इन्धनका रूपमा मात्र नलिई अन्य औद्योगिक प्रयोजनका उपाय पनि पहिल्याउनुुपर्ने बताउनुभयो । संघमा हाल ५८ ग्यास उद्योग आबद्ध रहेको, करिब ११ सय करोड लगानी रहेको र करिब २२ देखि २५ हजारले प्रत्यक्ष रोजगारी पाइरहेको पनि उहाँले जानकारी गराउनुभयो । हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठले उत्तरी छिमेकी देशसँग जोडिएका खासगरी तातोपानी र रसुुवाका व्यापारिक नाका सुुचारु नभएको र चीनसँगको व्यापार पूर्वावस्थामै फर्कन नसक्दा व्यवसायीहरू ठूलो आर्थिक मारमा परेको भन्दै महासंघले तत्काल नेपाल सरकार तथा चिनियाँ राजदूतावासमार्फत् पहल गरी समस्या समाधानमा सहयोग गर्नुपर्ने बताउनुभयो । लामो समयसम्म दुवै नाकाहरू बन्द रहेका र हाल पनि न्यूनतम संख्या तोकी सामान आयात गर्न दिने तर निर्यातका लागि कुनै व्यवस्था नभएकाले आयात पूर्णरूपमा खोलिनुपर्ने र निर्यातका लागि पनि आवश्यक व्यवस्था हुनुपर्ने, सीमानाका तातोपानी र रसुवामा चिनियाँ पक्षबाट प्राप्त एसपीएस प्रमाणीकरण गर्ने व्यवस्था भएमा नेपालको निर्यात अभिवृद्धि हुने भएकाले प्रयोगशालाको स्थापना हुनुपर्ने, सीमानाकामा आयातनिर्यातसँग सम्बन्धित व्यक्तिहरूलाई समस्या समाधानार्थ निश्चित पास सिस्टमको व्यवस्था हुनुपर्ने र नेपाल–चीनबीच भएको पारवहन सम्झौता प्रोटोकल चाँडो कार्यान्वयनमा ल्याइनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । सो अवसरमा महासंघका अध्यक्ष गोल्छाले स्वदेशी पुष्प व्यवसाय प्रवद्र्धन गर्नुपर्नेमा आफ्नो पनि जोड रहेको बताउनुभयो । उहाँले कोरोनाबाट थलिएका पुुष्प व्यवसायीका समस्या समाधानमा महासंघले पहल गर्ने, पुुष्प नीति संशोधनको विषयलाई महासंघको वस्तुुगत परिषद्मार्फत् अगाडि बढाउने आश्वासन दिनुभयो । त्यस्तै एलपी ग्यासका सम्बन्धमा सरकारसँग छलफल गर्ने, चीनसँगको व्यापारिक नाका पूर्वावस्थामै सञ्चालन गर्न छिट्टै महासंघको नेतृत्व संघका पदाधिकारीसमेत सम्मिलित टोलीले चिनियाँ राजदूत र नेपाल सरकारको सम्बन्धित निकायमा पहल गर्ने पनि उहाँले प्रतिबद्धता जनाउनुभयो । वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको वर्तमान टिम उद्यमी व्यवसायीका समस्या समाधान, मुुलुकको अर्थतन्त्र निर्माण, आर्थिक व्यावसायिक विकासका मुुद्दामा निरन्तर खटिरहेको भन्दै सबै सदस्य संघहरूको सहकार्यमा जोड दिनुभयो । महासंघको वस्तुुगत परिषद्का सभापति एवं उपाध्यक्ष अञ्जन श्रेष्ठले निर्वाचित टिमलाई बधाइ दिँदै महासंघले सदस्य वस्तुुगत संघसँग सधैं नजिकमा रहेर काम गर्ने बताउनुभयो ।
2021/10/18 00:10:23
https://ehimalayatimes.com/artha-corporate/66724
mC4