text
stringlengths
163
169k
timestamp
stringlengths
0
20
url
stringlengths
0
1.8k
source
stringclasses
5 values
आज कतिमा हुँदैछ सुनको कारोबार ? - Everest Dainik - News from Nepal काठमाडौः बुधबार सुनको मूल्य स्थिर देखिएको छ । आज मंगलबारको मूल्यमा नै सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ७१ हजार दुई सय रुपैयाँ तोकिएको थियो । बुधबार पनि सोही मूल्यमा सुन किन्न सकिने बताइएको छ । मंगलबार तेजावी सुन पनि ७० हजार नौं सय रुपैयाँमा कारोबार भइरहेको छ । तर, चाँदीको मुल्य भने तोलामा ५ रुपैयाँले बढेको छ । मंगलबारले प्रतितोला आठ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज भने आठ सय ५५ रुपैयाँमा पुगेको छ ।
2020/09/21 01:08:50
https://everestdainik.com/2019/11/291213/
mC4
काठमाडौं, कात्तिक १५ । बालबालिकालाई विभिन्न रोगबाट बचाउन जन्मेको ४५ दिनदेखि १५ महिनासम्म ११ प्रकारका रोगविरुद्धका खोप दिनुपर्छ । तर, आफ्नो बच्चालाई कुन समयसम्म कतिपटक खोप लगाउनुपर्छ ? भन्ने जानकारी भने सबै अभिभावकलाई हुन आवश्यक छ । राष्ट्रिय खोप कार्यक्रमअनुसार बच्चा जन्मेको ४५ दिनभित्र क्षयरोगविरुद्धको खोप लगाउनुपर्छ । यो खोपले मेनेन्जाइटिस, क्षयरोगलगायतका रोगबाट बचाउँछ । यस्तै, ९ महिनामा निमोनिया, १२ महिनामा जापानिज इन्सेफलाइटिस र १५ महिनामा दादुरा, रुवेला रोगविरुद्धको खोप लगाउनुपर्ने कार्यतालिका निर्धारण गरिएको छ । सरकारले वार्षिकरुपमा एकजना बालक/बालिकाका निम्ति करिब पाँच हजार ३०० रुपैयाँ खोपमा खर्च गर्ने गरेको छ । नेपालमा खोप दिन थालेयता २०६७ सालदेखि कुनैपनि पोलियोका बिरामी नभेटिएको र जापनिज इन्सेफलाइटिस, धनुस्टंकार, टिटानस रोग निवारणको चरणमा रहेको सरकारी भनाइ छ । सरकारले वार्षिक ६ लाखभन्दा बढी बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको छ । तर, यो लक्ष्यप्राप्तिमा खोप समयमा नपुग्नु, उत्पादनदेखि प्रयोग नगरेसम्म निश्चित तापक्रममा खोप राख्न नसक्नु, दुर्गम क्षेत्रहरुका खोप केन्द्रको पहुँचमा बालबालिका पुग्न नसक्नु, तालिमप्राप्त स्वास्थ्यकर्मीहरुको अभावलगायतका समस्या छन् । त्यसका लागि सरकारको खोप अभियान प्रभावकारी हुनुका साथै अभिभावकको सचेतना र जागरण पनि उत्तिकै आवश्यक छ ।
OSCAR-2019
जिल्ला इन्चार्जस्वा.वाग्लेको श्रदान्जली अर्पण प्रवक्ता श्रेष्ठ सर्लाही आउने कमलामाई खबर सम्वाददाता प्रकाशित: २०७७-१०-२३ गते १६७९ पटक हेरिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा प्रवत्ता नारायण काजी श्रेष्ठ आज सर्लाही आउनु हुने भएको छ । नेकपाका केन्द्रीय सदस्य एवम सर्लाही ईन्चार्ज डाचाराज वाग्लेको श्रदान्जली अर्पण कार्यक्रममा सहभागी हुन प्रवक्ता श्रेष्ठ सर्लाही आउनु हुने भएको नेकपा सर्लाहीका सचिव कमल बुढाथोकीले जानकारी दिनु भयो । विहिबार धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको जिल्ला इन्चार्ज स्वा. वाग्लेको शव पोष्टमार्टम पछि सर्लाही ल्याउने तयारी गरिएको बताउँदै सर्लाहीको बागमती नदीको कर्मैर्या आर्यघाटमा शनिबार(आज) दिउँसो २ बजे श्रदान्जली अर्पण गर्न प्रवक्ता श्रेष्ठ आउनु हुने भएको सचिव बुढाथोकीले जानकारी दिनु भयो । '२०७७ माघ २१ गते सर्लाहीको बरहथवामा भएको पार्टी जिल्ला कमिटीको बैठकमा अतिथि रहनु भएका उहाँले साँझ बरहथवामा नै भएको मसाल जुलुस पछिको कोण सभालाई सम्बोधन गर्नु भएको थियो, त्यसपछि सर्लाहीको बागमतीतर्फ जाने क्रममा साँझ करिब ९ बजे बरहथवा–नयाँरोड सडकको मूर्तिया जंगलमा उहाँलाई मृत अवस्थामा प्रहरीले भेटेको बताइएको छ ।', 'दुर्घटना भनिएपनि उहाँको मृत्यु रहस्यमय देखिएको छ, मोटरसाईकलको अगाडीको भाग क्षतविक्षत भएको, उहाँको हातगोडा बाहेकको शरिरमा चोटपटक नदेखिएको, खुट्टामा गहिरो चोट भएपनि पाईन्ट नच्यातिएको एवं रगत नदेखिएको, हेल्मेट र चश्मा जस्ताको तस्तै देखिएको आदि जस्ता शंकाष्पद् तथ्य देखिएको छ, । त्यस्तै स्व. वाग्लेको सम्मानमा विहिबारदेखि तीन दिनसम्म पार्टीको औपचारिक कार्यक्रम नराख्ने एवम पार्टी कार्यालयहरुमा झण्डा झुकाएर राख्ने लगायत कार्यक्रम समेत तय गरिएको नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तले बताउनु भयो । साथै विहिबार अपरान्ह ४ बजे सर्लाहीको २० वटै स्थानीय तहमा पार्टीको स्थानीय कमिटीले शोक पुस्तिका खडा गरिएको र श्रद्धाञ्जली कार्यक्रम गरिएको कार्यक्रम पार्टीले तय गरेको थियो । प्रहरीले भने घटनाबारे सुक्ष्म ढंगले अनुसन्धान भईरहेको जानकारी दिएको छ । बरहथबाबाट नयाँरोडतर्फ आउँदै गर्दा मूर्तिया चोकबाट केही सय मिटर उत्तर वन कार्यालय नजिक नयाँरोड–बरहथवा सडकखण्डमा बुधबार राती ९ बजे लडिरहेको अबस्थामा स्वा.वाग्लेलाई स्थानीयले देखेका थिए । स्थानीयको खबर अनुसार प्रहरी घटनास्थल पुगेको थियो । लगतै प्रहरीले वाग्लेको शरिरलाई उठाएर पा्रथमिक स्वास्थ्य केन्द्र बरहथवामा उपचारका लागि लगेको थियो । त्यहाँका चिकित्सकले मृत्त घोषणा गरेका थिए । प्रहरीका अनुसार वाग्ले ज. १० प ३२०६ नम्बरको मोटरसाईकलमा बरहथवाबाट नयाँरोडतर्फ आउँदै थिए । मोटरसाईकलमा उनी एक्लै भएकाले अझैपनि घटनाबारे एकिन थाहा हुन सकेको छैन । प्रहरीले भने कुनै जंगली जनाबरले बाटो काटेपछि तिब्र गतिमा रहेको मोटरसाईकल अनियन्त्रित भई पल्टिएको वा आफै लडेको हुनसक्ने अनुमान गरेको बताएको छ । 'मोटरसाईकल र मृतकको अवस्था हेर्दा अर्को ठूलो सवारी साधनले ठक्कर दिएको जस्तो देखिँदैन', सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले बताउनु भयो । 'तथापी घटनाबारे सुक्ष्म ढंगले अनुसन्धान गरिरहेका छौं, पोष्टमार्टम रिपोर्ट पश्चात थप कुराहरु खुल्ने छ ।'उहाँले बताउनु भयो । ५२ वर्षीय स्वा.वाग्ले २०४२ सालदेखि नै प्रगतिशिल विद्यार्थी आन्दोलनमा जोडिनु भएको थियो । उहाँ २०४५ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य तथा २०५२ मा तत्कालिन अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्ष हुनु भएको थियो । २०६४ सालमा तत्कालिन एकता केन्द्र मसाल राम सिंह समूहको केन्द्रीय सदस्य बनेका स्वा.वाग्ले एकता पछि तत्कालिन नेकपा माओवादी केन्द्रको केन्द्रीय सचिवालय सदस्य हुँदै देशको बाम प्रजातान्त्रिक आन्दोलनमा क्रियाशिल रहनु भएको थियो । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता पश्चात बनेको नेकपामा केन्द्रीय सदस्य एवं सर्लाही इन्चार्जको रुपमा क्रियाशिल स्वा.वाग्ले संसद् विघटन प्रकरण पश्चात सत्ताधारी नेकपामा आएको विवादसँगै प्रचण्ड–नेपाल समूहमा आवद्ध रहेर आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहनु भएको थियो । स्वा.वाग्लेका श्रीमती र दुई छोरा छन्। सर्लाहीको हरिपुर नगरपालिका–१ हजारबिघा घर भएका स्वा.वाग्ले परिवारसहित महोत्तरीको बर्दिबास बस्दै आएका थिए । उहाँका जेठा छोरा जर्मनीमा थिए भने अर्का छोरा नेपालमै छन् ।
2022/06/27 04:40:25
https://kamalamaikhabar.com/news/1213
mC4
राजनीतिक नेतृत्व, निजामती सेवा, प्रशासन सुधार आयोग र जनता « प्रशासन १५ औं निजामती सेवा दिवस मनाइरहँदा सरकारी सेवाको क्रममा विभिन्न कोपभाजनमा परी शहीद हुने काजी भीम मल्ल, सुब्बा कृष्णलाल अधिकारी(मकै खेतीका लेखक), सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, निजामती सेवा, अन्य सार्वजनिक प्रशासनको सरकारी सेवा र नेपालको मुक्तिगामी आन्दोलनमा मृत्यवरण गर्ने शहीदहरूमा भावपूर्ण श्रद्धान्जली एवम् ती दिवंगत आत्माको चीर शान्तीको कामना गर्दछु । हाम्रो दक्षिणतीरको देश भारत 'मेड इन इन्डिया' को नारा लिएर अगाडि बढिरहेको छ । उत्तरतिरको छिमेकी देश 'चीन महान र चिनिया जाति महान' नाराको साथ विश्वशक्ति रंगमञ्चमा उद्घोष गर्दैछ । सुपर पावरमा नम्बर वान मानिँदै आएको अमेरिकामा ४५ औं राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्प 'द फस्ट अमेरिकन' नाराको साथ राष्ट्रपतिको रूपमा निर्वाचित भएका छन् । यि राष्ट्रहरू विकसित तथा शक्तिशाली हुनुमा त्यहाँको प्रशासन संयन्त्र निजामती सेवा चुस्तदुरुस्त, स्फुर्त, सुदृढ भएको कारणले हो । नेपालमा निजामती सेवा वा अन्य सार्वजनिक प्रशासनका सेवाहरूमा प्रवेश गरी विभिन्न पदमा बहाल रहेका अन्य राष्ट्रसेवकहरू सेवा प्रवेश गर्दा संसार जितेको अनुभूति हुन्छ । उनीहरूमा संसार जित्न सकिने विश्वास पलाएको हुन्छ । जब सेवा अवधिका दिन, हप्ता, महिना, वर्षौं बित्दै जान्छ । ती राष्ट्रसेवकहरू आफू निराश हुँदै आफै मानसिक तनावमा अल्झिनेहरूको संख्या दिन दुईगुणा, रात चौगुणा बढिरहेको छ । खान, बस्न, लगाउन, स्वास्थ्य उपचारको व्यवस्था गर्न मानसिक, सामाजिक, आर्थिक र राजनीतिक तनावमा विक्षिप्त जनशक्तिले राज्यको विकास बजेट खर्च गर्न र सार्वजनिक सेवा प्रवाह गर्न नसकिरहेको अवस्था सबैको सामु जग जाहेर छ । प्रत्येक राजनीतिक परिवर्तनपश्चात् हामीकहाँ कागजी घोडाका प्रतिवद्धताहरू २००८ सालको पब्लिक सर्भिस कमिसनदेखि प्रशासन सुधार प्रतिवेदन २०७० सम्मका प्रतिवद्धताहरू छन् । तर, व्यवहारमा ठूलो विभेद देखिन्छ । भनसुन र मनसुनलाई अँगाल्न सक्नेहरूको मात्र वर्चश्व देखिन्छ । ऐन/नियममा तोकिएका व्यवस्थाहरू दोहोरो अर्थ लाग्ने भएकाले जसरी भए पनि कमाउनुपर्छ भन्ने मानसिकता बोकेका राजनीतिककर्मी, निर्माण व्यावसायी, उद्योगी, व्यापारी, निजामती प्रशासनभित्रका विकृत सोच बोकेका उच्च प्रशासनिक नेतृत्व र ट्रेड युनियनका नेतृत्व सबैबाट सेवाकर्मीहरू पीडित भएको पाइन्छ । भर्खर सेवामा प्रवेश गरेका निजामती सेवाकर्मीहरू आफूभन्दा अग्रज निजामती सेवाकर्मीहरू निम्न कुरामा लिप्त भएको पाइन्छ । र, ऊ पनि त्यसैको पछाडि लाग्न बाध्य हुन्छ । वर्तमान अवस्थामा निजामती सेवाकर्मीहरूको ध्यान सेवा प्रवाह र समुन्नत राष्ट्र निर्माणभन्दा आत्मकेन्द्रित निम्न प्रवृत्तिहरूमा अल्मलिरहनुपर्ने बाध्यता देखिन्छ: १. कमाउका मानिने आकर्षक कार्यालय र फाँटमा पुग्न गरिने दौडधुप । २. बिल मिलाउन 'लाइन'का लागि गरिने कसरत । ३. अनुगमन/मूल्यांकनको नाममा दैनिक भ्रमण भत्ताका लागि गर्नुपर्ने चाकडी । ४. वैदेशिक भ्रमणको लागि गर्नुपर्ने चलखेल । ५. अध्ययनको लागि छात्रवृत्ति प्राप्त गर्न गरिने तिकडम । ६. माथिल्लो पदको परीक्षा तयारीको लागि काठमाडौंमा बस्न ऐन/नियमको उल्लंघन गर्न राजनीतिक दलका नेता, उच्च प्रशासकको ढोका, ट्रेड युनियनका अखडाहरू धाउनुपर्ने बाध्यता । ७. बढुवामा पदोन्नति र अवकाशपछिको जीवनको लागि नगदनारायणको व्यवस्था गर्न मरिहत्ते गर्ने प्रवृत्ति । ८. हा.टा. गरी परीक्षा तयारी, आर्थिकका लागि कलेज पढाउन र शेयर बजारमा जानेको लर्को । माथि उल्लेखित प्रवृत्तिहरूलाई निराकरण गर्न निजामती सेवालाई बढी सक्षम, सुदृढ, सेवामुलुक र उत्तरदायी बनाउन समयको माग र राजनीतिक परिवर्तनको चाहना अनुसार समयसापेक्ष बनाउन निम्न आयोगहरू बनाएको पाइन्छ: १. पब्लिक सर्भिस कमिशन २००८ २. प्रशासकीय पुनर्गठन समिति २००९ ३. प्रशासकीय पुनर्गठन योजना आयोग २०१३ ४. प्रशासकीय सुधार आयोग २०२५ ५. प्रशासकीय सुधार आयोग २०३२ ६. प्रशासकीय सुधार आयोग २०४८ ७. प्रशासन सुधार प्रतिवेदन २०७० हालसम्मका प्रशासन सुधारको लागि बनाइएका आयोगहरूले समग्र विषयमा समयको माग अनुसार थुप्रै सुझावहरू दिएको पाइन्छ । तर, पनि निम्न विषयहरूका सुझावहरूमा समानता देखिन्छ । साथै कार्यान्वयन पनि नहुने समान अवस्था छ: क) राष्ट्रसेवकहरू राजनीतिमा संलग्न हुनु, ग) राष्ट्रसेवकहरू जनतामुखी नहुनु, घ) ऐन/नियमहरूलाई समय सापेक्ष र जनतामुखी नबनाउनु, क) नेपालको राजनीतिक वा प्रशासनिक इतिहास हेर्दा जंगबहादुर राणाले तत्कालीन अवस्थामा दरवारभित्र राज सिंहासनमा विराजमान हुन गरिने हर्कत, भारदारहरूबीच एक–आपसमा लडाउन (भारत अधिनस्थ गरिराखेको इस्ट इन्डिया ब्रिटिश कम्पनी सरकार) षडयन्त्रको बीचबाट सेनाको सामान्य कप्तान जंगबहादुर राणाले १०३ वर्षको जहाँनिया राणा शासनको सुरुवात गरेको देखिन्छ । राणा शासन कालमा जनताको दयनीय अवस्था देख्न नसकी तत्कालीन भन्सारका मीरसुब्बा कृष्णप्रसाद कोइरालाले जनताका फाटेका लुगाहरू राणा प्रधानमन्त्री जुद्धशम्शेरकहाँ पठाइदिएका थिए । तिनै सुब्बाका तीन छोरा २००७ सालपछि प्रधानमन्त्री भएको ज्यूँदो इतिहास छ । २००८ सालको पब्लिक सर्भिस कमिशनदेखि २०७० सालको प्रशासन सुधार प्रतिवेदनसम्म गठन गरिएका सबै आयोगहरूको मूल मर्म निजामती प्रशासनलाई राजनीतिबाट तटस्थ राख्ने सुझाव दिए पनि व्यवहारमा सबैभन्दा बढी राजनीतिकरण भएको उदाहरणहरू प्रशस्त पाइन्छ । १. २००७ सालदेखि २०४६ सालसम्म पर्चा उठाएर अन्तर्राष्ट्रिय तत्वको उपमा दिएर सेवाबाट हटाइएका राष्ट्रसेवकहरूको फेहरिस्त संकलन गर्ने हो भने संख्या हजार भन्दा बढी होला । तिनैमध्येका कति राजनीतिक दलका नेता एवम वर्तमान मन्त्रीमण्डलका सदस्य होलान् । २. २०४८ सालमा नेपाली कांग्रेसले सुविधाजनक बहुमत प्राप्त गरेपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले हजारभन्दा बढी कर्मचारीलाई सेवाबाट अवकाश दिएर निजामती प्रशासनमा राजनीतिक हस्तक्षेप गरी कांग्रेसीकरणको सुरुवात गरेका थिए । ३. २०४८ सालमा नेकपा एमालेको भातृ संगठनले समयसापेक्ष तलव भत्ता वृद्धिसहितका माग राखी आन्दोलन गर्दा, आन्दोलन दवाउन कांग्रेस समर्थकहरूले 'आधा तलब खान्छौं, काम हामी गर्छौ' भनी प्रदर्शन गर्दा आम राष्ट्रसेवकहरू नै एमाले समर्थक बन्न पुगेको ज्वलन्त उदाहरण छ । ४ व्यक्तिगत स्वार्थबिना राज्य पुनर्संरचनाको लागि ज्यानको बाजी लगाएर हतियारवद्ध आन्दोलन (जनयुद्द)मा होमिएको पार्टी तत्कालीन नेकपा (माओवादी) शान्ति प्रक्रियामा आएपछि उसको भातृ संगठन राष्ट्रिय कर्मचारी संगठनको नेतृत्वमा २०६४ सालमा टाइमवद्ध (व्याच प्रणाली) बढुवालाई स्थापित गरेपछि निजामती सेवा र अन्य सार्वजनिक प्रशासनको सरकारी सेवाहरूमा समेत ३० औं वर्षसम्म एउटै पदमा काम गर्न बाध्य करिब (एक लाखभन्दा) राष्ट्रसेवकहरूको पदोन्नति भएको सुखद इतिहास छ । ५. संघीयता कार्यान्वयन गर्न निजामती कर्मचारी समायोजन ऐन २०७४ मा गरिएको व्यवस्था अनुसार पदस्थापना गरेको मितिले ३५ दिनभित्र हाजिर हुन नजाने राष्ट्रसेवकलाई जागिरबाट अबकाश दिने व्यवस्थाले 'संघीयता कार्यान्वयन र राष्ट्रसेवकको सेवा मृत्यदण्डको घोषणा' जस्तो भएको छ । जनतालाई झुटका दिवास्वप्न बाँडेर निर्वाचित जनप्रतिनिधि बनेका आठ हजार दुई सय ४९ समेत करिब ३० हजार राजनीतिकर्मीहरूले पाँच लाख राष्ट्रसेवकहरू जसले आफ्नो उर्वर समय राष्ट्रसेवामा समर्पित गरेकाहरूमाथि विष बमन र खेलवाड गरिरहेका छन् । ६. प्रस्तावित संघीय निजामती सेवा ऐन २०७५ को दफा ४ मा प्रस्तावित गरिएको ८ सेवा मात्र राख्ने प्रस्तावले निजामती सेवा विशिष्टीकृत गर्दै लैजानु पर्नेमा सबैलाई प्रशासन सेवामा राखेर आर्थिक योजना तथा तथ्यांक, शिक्षा, विविध सेवाका महिला विकास, अर्थशास्त्री ,आइटी, कम्प्युटर अपरेटर सेवामा काम गरेका विज्ञ जनशक्तिको अनुभव संघीयता कर्यान्वयनमा लगाउनुपर्नेमा अन्यायपूर्वक प्रशासन सेवामा धकेल्दा वर्षौदेखि निरन्तर काम गरिराखेका राष्ट्रसेवकहरूको बढुवामा असर पर्ने देखिन्छ । निजामती सेवा पदपूर्तिमा गरिएको व्यवस्था अनुसार राजपत्र अनंकित प्रथम श्रेणीका कर्मचारीहरूको २५ वर्षसम्म पनि बढुवा नभई एउटै पदमा बसेर काम गर्नु पर्ने वा हा.टा. गरी परीक्षाको तयारी गर्नुपर्ने स्थिति हा.टा. गरी उच्च प्रशासक बनेका व्यक्तिहरूले सिर्जना गरेको अवस्था छ । प्रदेश र स्थानीय तहमा कर्मचारीहरू स्वेच्छाले जान नचाहेको र कर्मचारी संख्या नपुगिरहेको अवस्थामा भइराखेका कर्मचारीहरूलाई जागिर छोड्न दबाब परेको देखिन्छ । यसमा सरकारले समयमा नै ध्यान पु-याउनुपर्ने देखिन्छ । ख) आजको युग २१ औं शताब्दी सूचना प्रविधिको युग हो । राज्यको अभिलेख प्रणाली र कार्य सञ्चालन प्रणाली कम्प्युटरकृत हुनुपर्ने हो । राज्यको सार्वजनिक सेवाप्रवाहमा खट्ने जनशक्तिहरूलाई नवीनतम प्रविधिसँग अभ्यस्त बनाउन राज्यले पहल गरेको देखिँदैन । स्वतःस्फूर्त आफ्नै प्रयासले केही राष्ट्रसेवकहरू सूचना प्रविधिमैत्री बनेका छन् । राज्यले प्राथमिकताको साथ राष्ट्रसेवकलाई सूचना प्रविधिले अभ्यस्त बनाउने सोच राखी कार्यान्वयनको चरणमा लैजाने हो भने कर्मचारी संख्या एवम संगठन सानो, छरितो, चुस्त, दुरुस्त र स्फूर्तका साथै कर्मचारी संख्या र कार्यालय संख्या कम गरी कर्मचारीको सेवा सुविधा बढाउन सकिने थियो । ग) नेपालमा २००७ सालभन्दा अगाडि निजामती सेवा ऐन र नियमको आधारमा चलेको पाइँदैन । शासन सञ्चालन प्रक्रिया नै हुकुमी भएकोले राणाकालदेखि पञ्चायतसम्म निजामती सेवा लाए, अह्राएको आदेश पालन गर्ने अंगका रूपमा रहेको थियो । पर्चा खडा गरेर हटाउने, हायर एण्ड फायर जस्तो भर्ना र अवकाश गर्ने परिपाटी भएकोले सेवाग्राहीको काम जनमुखी जस्तो सुधारका कामहरू भएको पाइन्छ । २०४६ सालको राजनीतिक परिर्वतनपछि निजामती सेवा जनमुखी होइन, राजनीतिक दलमुखी भएको अवस्था विद्यमान छ । कर्मचारीहरू एक-आपसमा निजामती प्रशासनभित्रै सेवामुखी हुन नसकिरहेको अवस्थामा कर्मचारीहरूलाई जनमुखी बनाउने बिषय सुन्दर योजनामा मात्र सीमित रहेको अवस्था देखिन्छ । घ) ऐन/नियम बनाउने तथा संशोधन गर्ने निकाय संसद वर्षमा १०० दिन मात्र चल्छ । संसद चले पनि सांसद्हरू उपस्थित हुँदैनन् । कतिलाई त कानुन, ऐन÷ नियम बन्ने प्रक्रिया थाहा हुँदैन । थाहा भए पनि दलीय ह्विप लाग्छ । सांसदहरू अन्तर्राष्ट्रिय, बहुराष्ट्रिय कम्पनीहरु, विश्व बैंक, एसियन बैंक, डब्लुटिओ जस्ताको सेमिनार गोष्ठी तथा वैदेशिक भ्रमण र पार्टीका आन्तरिक काममा व्यस्त हुन्छन् । एनजिओ, आइएनजिओ जस्ता सञ्जाल ठेक्कापट्टा, निजी स्कुल, निजी कलेज, निजी अस्पताल, कानुन व्यवसाय र आयात–निर्यातको काममा अप्रत्यक्षरूपमा संलग्न हुने भएकोले, विद्यमान वर्तमान कानुन, ऐन/नियमहरू कमजोर भएकोले, समय सापेक्ष ऐन/नियम बनाउन, जनताबाट निर्वाचित प्रतिनिधिहरू चाहँदैनन् । परिणामस्वरूप कानुन र ऐनहरूलाई समयसापेक्ष बनाउन सकिएको छैन । ङ) मुलको मुहान शुद्ध भए, त्यसबाट निस्कने पानी शुद्ध हुन्छ । खोला बग्ने करिडोर (किनारा) सफा भए त्यहाँ फोहोर मिसिदैन । फोहोर नमिसिएमा पानी संक्रमित नभए जस्तै नीति बनाउने राजनीति शुद्ध हुनुपर्छ । राजनीतिकर्मीहरू स्वतन्त्र हुनुपर्छ । राजनीतिकर्मीहरू बाह्य प्रभावबाट मुक्त हुनुपर्छ । राज्यसत्ता सञ्चालकहरूको कार्य संस्कार, स्पष्ट र निर्धारित हुनुपर्छ । मन्त्री वा उसको दलको हुकुममा नचल्नु पर्ने भए, राष्ट्रसेवकको कार्य संस्कारमा अटोमेटिक सुधार हुन्छ । मन्त्रालयको सचिवले आवश्यक ऐन/कानुनको निर्धारित मापदण्डभन्दा पनि विभागीय मन्त्री, उसको दलको मापदण्ड बुझ्दाबुझ्दै, हुनुपर्ने र गर्नुपर्ने आवश्यक निर्णयको औचित्यता समाप्त भइसकेको हुन्छ । पाउनु पर्ने सेवा ढिलो पट्यारलाग्दो भएपछि कार्य संस्कारमा सुधार भएको देखिँदैन । च) दक्षिण एसियाली राष्ट्रहरूले निजामती राष्ट्रसेवकहरूलाई निम्नअनुसार मासिक तलव भत्ता प्रदान गरेको अवस्था छ । सि.न. देशको नाम मुख्य सचिवको मासिक तलब १ भारत आइआरएस २,५०,००० २ भुटान नगुल्ट्रम २,५०,००० ३ पाकिस्तान पिकेआर १,३८,७२० ४ श्रीलंका एलकेआर १,३३,७५० ५ बंगलादेश टाका ७८,००० ६ नेपाल एनआरएस ५८,८८० आज यो २१औं शताब्दीमा विज्ञानका आश्चर्यजनक आविष्कारहरूले विश्व समुदाय विलासीताका साधनहरूको नवीनतम् रूपलाई उपभोग गरिरहेको छ । यो शताब्दी उपभोगको शताब्दी बनेको छ । विलासिताका साधनहरू खरिद र सञ्चालन गर्न ठूलै रकमको आवश्यकता हुन्छ । सुपर पावर राष्ट्रहरू आर्थिक समृद्धि र आफ्नो प्रभाव विश्वभर कायम राखी राख्न जोडतोडका साथ राष्ट्र निर्माणलाई प्राथमिकतामा राखेका छन् । राष्ट्रिय अर्थत्रन्त्र बलियो र विश्व बजार कब्जा गर्न नक्षत्र युद्ध, अन्तरिक्ष युद्ध, लेजर विपन, अन्तर महादेशीय ब्यालेस्टिक मिसाइल र सुपर सोनिक प्लेनका साथ अगाडि बढिरहेका छन् । हामी दुई विशाल भूगोल, अरबभन्दा बढी जनसख्या र विश्व अर्थतन्त्रमा शीर्ष पाँचभित्र पर्ने देशकाबीच अवस्थित छौं । हाम्रो आम्दानीको स्रोत वैदेशिक रोजगारबाट प्राप्त हुने रेमिट्यान्स र आयातित सामानमाथि लगाइएको भन्सार कर मात्रै हो । निजी स्कुल, कलेज, अस्पताल तथा बैंक, सहकारी, एनजिओ, आइएनजिओ, निर्माण व्यवसाय, आयात–निर्यातको काम, विदेश पठाउने शैक्षिक परामर्श एजेन्सी र वैदेशिक रोजगार एजेन्सीको मालिक भएका व्यक्तिहरु नै राजनीतिक दलका सञ्चालक, सरकार सञ्चालक र राजनीतिक दलका कार्यकर्ता हुने विद्यमान अवस्था छ । समाजवाद उन्मुख संविधान भएको देशमा करीब ३० हजार राजनीतिककर्मीहरूले कुल जनसंख्या दुई करोड ५४ लाख ४२ हजार ९ सय ५१ माथि शिक्षा, स्वास्थ्य र आवासको व्यापार गर्ने भएकोले, राज्यले बेलगाम निजी क्षेत्रलाई व्यापार गर्न छुट दिएको छ । निजी क्षेत्रको अस्वच्छ, अपारदर्शी, नाफाखोर र माफिया प्रवृत्तिले गर्दा युवायुवतीहरूलाई विदेश पलायन हुनुपर्ने बाध्यता छ । रोजगार प्राप्त नगरेका नागरिकहरूलाई बेरोजगार भत्ताको व्यवस्था राज्यले गर्नुपर्छ । राष्ट्र सेवा गरिरहेका इमानदार राष्ट्रसेवकहरूलाई जीवन निर्वाह गर्न पुग्ने उचित तलब भत्ता राज्यले प्रदान गर्नुपर्छ । निजामती सेवा दिवसका अवसरमा व्यक्ति विशेष दल विशेष र पद विशेषबाट माथि उठी पुर्खाले अरु राज्यको अधिन पर्नबाट जोगाएर राखिदिएको स्वतन्त्र राष्ट्रलाई स्वाधिन, सबल र आत्मनिर्भर राष्ट्रको रूपमा स्थापित गर्ने अभियानको सुरुवात गरौं ।
2021/09/17 05:14:20
https://www.prasashan.com/2018/09/07/81226/
mC4
एमसीसी सम्झौता खारेज नगरे आन्दोलन चर्काउने चेतावनी - Abhiyan news एमसीसी सम्झौता खारेज नगरे आन्दोलन चर्काउने चेतावनी १३ भाद्र २०७८, आईतवार १२:०० अभियान न्यूजLeave a Comment on एमसीसी सम्झौता खारेज नगरे आन्दोलन चर्काउने चेतावनी युवाहरूको एक अभियानले एमसीसी सम्झौता खारेजीको माग गरेको छ । एमसीसी खारेज राष्ट्रिय अभियानले भदौ १९ गतेसम्म सम्झौता खारेज गर्न माग गरेको हो । एमसीसी सम्झौताको संसदीय अनुमोदन प्रक्रिया रद्द गर्नुपर्ने र एमसीसी कार्यान्वयन सम्झौता खारेज गरी एमसीसीको नेपाल संरचना 'एमसीए नेपाल' तत्काल विघटन गर्नुपर्ने अभियानको माग छ । सरकारले आफ्ना माग पूरा नगरे सशक्त संघर्ष चेतावनी सो अभियानले दिएको छ । अभियानले अघि सारेका मागमा विद्युत विद्येयक फिर्ता गरी विद्युत प्राधिकरणको निजीकरणका सम्पूर्ण प्रक्रियालाई बन्द गर्नुपर्ने लगायतका छन् । यस्तै विद्युत आयोग खारेज गर्दै प्राधिकरणलाई अधिकार सम्पन्न बनाउनुपर्ने समेत माग गरिएको छ । यीबाहेक प्राधिकरणमा हुने भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने, विद्युत विकासका लागि पर्यावरणमैत्री र जनमुखी कार्यक्रम ल्याउनुपर्ने, जलविद्युत उत्पादनमा राष्ट्रिय पूँजीपति तथा सर्वसाधारण नेपाली जनताको स्वामित्व स्थापना गर्ने नीति अख्तियार गर्नुपर्ने माग राखिएको छ । अभियान संयोजक निर्ग नविनले एमसीसी सम्झौताबारे सबै कुरा स्पष्ट भएको भन्दै खारेज नभएसम्म आफूहरूको अभियान जारी रहने बताए । उनले भने, 'एमसीसी सम्झौता गर्नको लागि कुन–कुन पार्टीका कुन कुन नेता कसरी सहभागी भए भन्ने छर्लङै छ । यो एमसीसी नेपालको गलपासो बनाउनको लागि, को को कति जिम्मेवार भए, यो पनि सबैलाई थाहा भएको कुरा हो ।' उनले आफूहरु राष्ट्रिय स्वाधिनताको आन्दोलनमा रहेको पनि बताए । उनले एमसीसी संसदबाट पारित भए देशले ठूलो मूल्य चुकाउनुपर्ने खतरा रहेको दाबी गरे ।
2022/07/06 06:15:54
https://abhiyannews.com/archives/1505
mC4
Nagarik News - No. 1 News Portal of Nepal – Latest news of Nepal, राष्ट्रिय दैनिक - विशारदको भर्जिन ट्रेलर विशारदको भर्जिन ट्रेलर सोमबार, १४ साउन २०७५, ११ : ०८ | नागरिक काठमाडौं– निर्माणको घोषणादेखि नै चर्चामा रहेको फिल्म 'मिस्टर भर्जिन'को ट्रेलर सार्वजनिक भएको छ । भदौ १ मा रिजिल हुने भर्जिनको आइतबार ट्रेलर सार्वजनिक भइरहँदा निर्देशनमा डेब्यु गरेका कलाकार विशारद बस्नेतले फिल्म मनोरञ्जनको प्याकेज रहेकाले निर्धक्कसँग भएर फिल्म हेर्न आग्रह गरे। फिल्मको ट्रेलरमा द्विअर्थी संवादको भरमार भए पनि उत्शृृंखल नरहेको दाबी बस्नेतले गरे । 'फिल्मको नाम हेरेर दर्शकहरू नझुक्किनु होला,' उनले भने, 'फिल्मको नाम मात्र सम्झेर जानुभयो भने तपार्इंले आफूले चाहेको कथा नपाउन पनि सक्नुहुनेछ।' फिल्मका कलाकार कमलमणि नेपालले नामलाई अनर्थमा नबुझ्न आग्रह गरे । 'फिल्मको नाम नै मिस्टर भर्जिन भएपछि दर्शकका मनमा अनेक कुरा खेल्न सक्छन् । तर फिल्म सामान्य कथामा बनेको छ,' कमलमणिले भने, 'धेरै नेपालीहरु दिनभरि काम गर्छन् र राति सुत्छन् । तर हामी चाहीं यो फिल्ममा रातभरी काम गथ्र्यौ, दिनभरी सुत्थ्यौं।' नायिका मरिस्का पोखरेलले जाडोको समयमा काम गर्दा निकै रमाइलो लागेको बताइन् । 'ठमेलको लोकेसनमा भएकाले पनि रातिको सुटिङ निकै रमाइलो भयो,' उनले भनिन्, 'फिल्म सरल छ, लजाउनुपर्ने कुनै दृश्य छैनन् ।'कार्यक्रममा रवीन्द्र झा, विजय बराल, भोलाराज सापकोटा, गौरव पहारी, सिर्जना सुब्बालगायतले फिल्ममा काम गर्दाको अनुभव सुनाएका थिए । फिल्ममा तीन युवाको यौन मनोविज्ञानलाई प्रस्तुत गरिएको छ । ट्रेलरमा पनि युवाको यौन चाहना र त्यो यौन चाहना पूरा गर्न खोज्दा आइपर्ने बाधा अवरोधलाई देखाइएको छ। वल्र्ड वाइड फिल्मस् डिस्ट्रिब्यूसनको ब्यानरमा निर्मित फिल्ममा खिलेन्द्र तिमिल्सिना, मुकेश रेग्मी, प्रजापति शिवाकोटी, विशारद बस्नेतको लगानी छ । फिल्ममा दीपकमान सिंहको नृत्य, रामेश्वर कार्कीको छायांकन, महेश दवाडीको संवाद छ ।
2019/10/22 16:34:20
https://nagariknews.nagariknetwork.com/news/53472/
mC4
​​​बजार लिँदै इलामको 'ह्वाइट टी' २०७४ असोज २ सोमबार गते ०७:३९ मा प्रकाशित इलाम, 2 असोज: दुई पात एक सुइरो चिया बोटैमा मनै मेरो फुरु¨ भो लाली ओठैमा... एक जमानाको चर्चित यो गीतले भनेको दुई पात एक सुइरोको चिया त्यो बेला उत्कृष्टमा गनिन्थ्यो । दुई पात एक सुइरोको चिया नै सबैभन्दा गतिलो भनेर त्यसैलाई सबैभन्दा बढी दाममा किनबेच गरिन्थ्यो । तर अब दुई पात एक सुइरोको चियालाई पनि पछि पार्दै त्यो भन्दा उत्कृष्ट मानिन थालेको छ 'ह्वाइट टी'लाई । उत्पादकहरूका अनुसार एक पात एक सुइरोबाट मात्र बनाइने गरेको हवाइट टी अर्थात् सेतो चिया अहिले नेपालसहित विश्व बजारमै उत्कृष्ट ठहरिन थालेको छ । यो चिया इलामका चिया कारखानाहरूमा पनि उत्पादन हुने गरेको छ । इलाम नगरपालिका वडा नम्बर १ को साँखेजुङका दुई उद्योग, सुर्योदयन गरपालिकाको एउटा र देऊमाई नगरपालिकाको पानीटारमा रहेको एउटा उद्योगले यो चिया उत्पादन गरिरहेका छन् । विश्व बजारमा सबै भन्दा मह¨ा मानिएका चियाहरूमध्ये ह्वाइट टी पनि हो । स्वादका लागि, बासनाका लागि र स्वास्थ्यका लागि अति नै उपयुक्त मानिएको ह्वाइट टी उत्पादन हुन थालेपछि चिया कृषकलाई पनि फाइदा हुन थालेको छ । ह्वाइट टी बनाउने एक पात एक सुइरोको पत्तीको मूल्य ३०० देखि ४०० रुपैयाँसम्म कारखानाहरूले उपलब्ध गराउने गरेका छन् । त्यसो त जुन पायो त्यो बगानबाट टिपिएको पत्तीले यो चिया बनाइँदैन । अर्गानिक प्रविधिबाट उत्पादन गरिएको बगानको पत्ती, त्यो पनि एक पात एक सुइरोमात्र यसका लागि छनौट हुने गरेको साँखेजुङको ग्रीन हिल अर्थोडक्स चिया उद्योगका प्रोप्राइटर टंक दहालको भनाई छ । दहालका अनुसार नेपाल, जापानसहित युरोपेली देशहरूमा समेत बिक्रीका लागि जाने ह्वाइट टीको तयारी चियापत्ती हेर्दा सेतो नै देखिन्छ भने चिया बनेपछि केही धमिलो पानीजस्तो देखिन्छ । इलाममा उत्पादित ह्वाइट टी कारखानाबाटै प्रतिकिलो चार हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । बर्षादको समयमा केही कममा बिक्री हुने दहालको भनाई छ । नेपालमै सबैभन्दा पहिला ह्वाइट टी उत्पादन शुरु गरेको दाबी गर्ने साँखेजुङकै हिमालयन साङ्ग्रिला टी स्टेटका ब्यवस्थापक (जो ह्वाइट टी बनाउने प्राविधिक हुन्) दिनेश रसाइलीले पनि किसानबाट हरियो पत्ती एकपात एक सुइरो प्रतिकिलो ३०० देखि ४०० रुपैयाँमा लिने गरेको र बिक्री गर्दा प्रतिकिलो चार हजार रुपैयाँसम्मले बिक्री हुने गरेको बताए । हिमालयन साङ्ग्रीलाबाट धेरैजसो यो चिया जर्मन जान्छ । यो चिया उत्पादनका लागि मौसमअनुसार फरक गुणस्तर हुने उत्पादकहरूले बताएका छन् । उनीहरूका अनुसार बर्षादमा कम गुणस्तरको र हिउँदको पहिलो चरण (प्mस्र्ट प्mलस)को पत्तीबाट धेरै राम्रो हुने गरेको छ । यो चिया बनाउन ब्ल्याक टी भन्दा धेरै फरक नभएको टंक दहालले बताए । उनले वेदरिङसहितको चिसो हावा दिएर ओभाउने, रोलिङ गर्ने जस्ता काम हुने गरेको बताए । ती सबै काम तातो चिसोको समय मिलाएर तयार गर्दा र केही प्राविधिक कुराहरूलाई मिलाउँदा ह्वाइट टी बन्ने उनको भनाई छ । अहिले इलाममा यो चिया दैनिक ५० किलोसम्म तयार हुने गरेको पाइएको छ । एउटा कारखानाले दैनिक १० देखि १५ किलो ह्वाइट टी बनाउँदै आएका छन् । यसरी हेर्दा उत्पादन समयमा बढीमा ६० लाख रुपैयाँसम्मको ह्वाइट टी इलामबाट बिदेशतिर निकासी हुने गरेको छ । यो चिया उत्पादन गर्ने कारखानाहरुले अर्डर अनुसार प्रशोधन गर्ने गरेको बताएका छन् । स्वदेशबाट नभई बिदेशबाट मात्र अर्डर आउने भन्दै हिमालयन साङ्ग्रीलाका रसाइलीले भने, 'यो चियाको बाहिरी देशबाट मात्र अर्डर आउँछ । अर्डर आयो भने हामी दिनमा ५० किलोसम्म उत्पादन गर्न सक्छौँ ।' ह्वाइट टी प्रशोधन गर्दै आएका हिमालयन साङ्ग्रीला र टंक दाहालको ग्रीन हिल चिया उद्योगलाई उन्नति समावेशी बृद्धि परियोजनाबाट पनि चालु आर्थिक वर्षमा केही सहयोग भएको छ । उन्नतिको सहयोगले ह्वाइट टी प्रशोधन स्थललाई अझ आधुनिक बनाउन थालेको र आगामी दिनमा ह्वाइट टीको गुणस्तर बृद्धि गर्न सहयोग पुगेको उनीहरुले बताए ।
2018/02/20 05:59:54
http://sandakpuronline.com/news/single/4342
mC4
राज्यको ढुकुटीबाट चिया–नास्तामै २० अर्ब खर्च – Online Bichar Online Bichar 7th September, 2020, Monday 8:17 AM काठमाडौं, २२ भदौ । राज्यको ढुकुटीबाट पछिल्लो ३ वर्षमा चियापान, भोजलगायतका नाममा २० अर्ब रुपैयाँ खर्च भएको छ। खर्च रकम वर्गीकरण र व्याख्याअनुसार विविध शीर्षकबाट मनोरञ्जन, चियापान, भोज, कार्यालय सुरक्षा, अतिथि सत्कारलगायतमा खर्च बेहोर्ने व्यवस्था छ। तर, विनियोजित बजेटभन्दा ८ सय प्रतिशतसम्म बढी खर्च हुने गरेको पाइएको छ।
2021/09/17 06:47:26
https://www.onlinebichar.com/archives/21300
mC4
'a reporter/ blogger'. I was a professional journalist associated to Kantipur Daily of Nepal. I worked as a Crime/Security Reporter. I used to cover the Home Ministry, crime issues of Kathmandu Valley and the issues related with Nepal Police and Armed Police Force. सुनमा सुराकी को ? 'आँपसँग मात्र सरोकार राख्ने हो, रूखसँग होइन' प्रतिमा बाँस्कोटा काठमाडौ, पुस ६ - भक्तपुरको जगाती प्रहरीका एक जवानलाई सोमबार राति खबर आयो- 'तातोपानीबाट काठमाडौं आउँदै गरेको कन्टेनरमा २० किलो अवैध सुन आउँदै छ ।' गाडी नम्बर खुले पनि 'अल्फाबेट' खुलेको थिएन । प्रहरीहरू सडकमा खटिए । हरेक सवारी जाँच गर्न थाले । अन्ततः एक घन्टापछि १२ बजे गाडी नम्बर मिलेको ना२ख ५०५८ नम्बरको कन्टेनर आइपुग्यो । स्याउ राखिएको कन्टेनरमा भन्सार विभागको लाहाछाप थियो । लाहाछाप लागेमा प्रहरीले खोल्न पाउँदैन । तर सूचना आएकाले नजरअन्दाज पनि गर्न मिलेन । चालकसहितलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा चालककै सिट छेउको झ्यालमा फल्स बटम बनाएर लुकाएको पाइयो । सूचना दिने मान्छेबारे थाहा भए पनि किन दियो प्रहरीलाई थाहा छैन । प्रहरीले सूचना किन दिँदै छस् भनेर सोध्दैन । 'कारण, त्यसरी सोध्दा व्यक्तिले सूचना नै दिँदैन,' मुख्यालयका एक प्रहरी अधिकृतले भने, 'हामीले आँपसँग मात्र सरोकार राख्ने हो, रूखसँग होइन ।' 'आधा रातमा लोग्ने र सासु ससुराले कुटेर निकाल्दा नि अझै लोग्नेकै ईज्जतको चिन्ता छ' कोही पुरुषले महिलालाई मानसिक र भावनात्मक रुपमा चोट कति पुर्‍याएको छ भन्ने मापन यन्त्र खोई ? 'उनीहरुको ईज्जत मेरो ईज्जत हो, उनीहरुलाई नराम्रो भन्दा मेरो पनि ईज्जत रहन्न' प्रतिमा बाँस्कोटा 'श्रीमान र सासु ससुराले राती १ बजे कुटेर घर निकाला गरे' दुई दिन अघि राजधानीको उच्च घरानाकी एक युवतीको सन्देश आयो । पिडीत ति युवती र अर्की एक युवती बिच सामाजिक सञ्जाल 'ह्वाटस् एप्स म्यासेन्जर' मा भएको कुराकानी ईमेल गरिदिएको थिईन् । राम्रै पढेलेखेकी र उच्च घरानाकी ती महिला पछिल्ला ६ महिनायता घरेलु हिंसाको शिकार बनेकी छन् । अनेकौं बहनामा उनी माथी दिनरात अत्याचार भएको छ । यिनलाई यसरी अत्यचार गर्ने श्रीमान्ले उनी भन्दा पहिला दुई वटा बिबाह गरिसकेका छन् । अहिले यातना सहिरहेकी युवती यिनकी कान्छी श्रीमती हुन् । पाँच बर्ष अघि जेठी श्रीमती भारतिय नागरिक बिहे गरेका यि युवकले बिहेको दुई बर्षमै ति युवतीसंग सम्बन्ध बिच्छेद गरे । उनीहरुको मुद्धा अझै जिल्ला अदालत काठमाडांैमा बिचाराधिन छ । मलाई ईमेल गरिदिने महिलाले झण्डै ३ महिना अघि पनि यो घटनाका बारेमा जानकारी गराएकी थिईन् । तर मैले आपसी मामला हो भन्दै नजरअन्दाज …
2019/10/23 02:28:00
http://www.pratimabanskota.com/2014/12/
mC4
किन काठमाडौँ महानगरलाई कसैले गुनासो गर्दैन ? काठमाडौं । केन्द्र सरकारको 'हेल्लो सरकार'को चर्चा त सुनिएकै हो । त्यसकै सिको गर्न स्थानीय सरकारहरुले पनि 'हटलाइन' नम्बरबाट उजुरी सुन्ने रहर गरे तर विडम्बना उजुरी गर्ने कोही भएनन् । यसको ज्वलन्त उदाहरण हो काठमाडौं महानगर । संघीय राजधानी रहेको नेपालकै जेठो महानगरमा जनताको उजुरी सिधै सुन्नको लागि महानगरले हेल्लो महानगर भनेर 'हटलाइन नं. ११८०'को व्यवस्था गरेको छ । तर तीन महिना भइसक्दा समेत काठमाडौं महानगरलाई गुनासो गर्ने कोही नभएजस्तो देखिएको छ । उक्त नम्बरमा गुनासो शून्य रहेको छ । त्यसो भए के काठमाडौंमा कुनै गुनासो नै नभएर उजुरी नपरेको हो त ? कि थाहा नभएर ? हरेकप्रकारको प्रविधिको उपयोग गर्ने महानगरबासीले उक्त हटलाइन नम्बर थाहै पाएनन् भनेर डेढ अक्कल गर्नु पनि मनासिब हुँदैन । महानगरबासीलाई समस्याहरु हटलाइनमार्फत राख्ने र समस्याको उचित समाधान खोज्नकै लागि उक्त हटलाइनको व्यवस्था गरिएको हो तर कसैले गुनासो नै नगरेपछि त्यसको औचित्य पनि सकिएजस्तो भएको छ । काठमाडौँ महानगरपालिका जनसम्पर्क अधिकृत कृष्ण प्रसाद चापागाई आफू महानगरको जनसम्पर्क अधिकृतका रुपमा प्रवेश गरेदेखि हालसम्मको अवधिमा जम्मा ४ वटा मात्रै गुनासो आएको बताउँछन् । जुन गुनासा पनि २ जना सर्वसाधारणले गरेका छन् भने बाँकी दुईमध्ये एउटा काठमाडौँ महानगरकै कर्मचारी र अर्को संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट आएको छ । साउनदेखि राखिएको हटलाइनको अवस्था हेर्दा लाग्छ काठमाडाँै महामनगरभित्र केही समस्या छैन । किन आएनन् गुनासा ? काठमाडौँ महानगरलाई नियालेर हेर्नै पर्दैन, महानगरभित्र प्रवेश गर्नेबित्तिकै यहाँको धूवाँ, धूलो, अव्यवस्थित सडक, खानेपानीको समस्या र फोहोरको दुर्गन्धजस्ता अनेकानेक समस्या छन्, जसले महानगरवासी उकुसमुकुसमा बस्नुपरेको छ । कतिपय स्वास्थ्यविद्हरुले त काठमाडौंमा बिहानै उठेर 'मर्निङ वाक' समेत गर्ने वातावरण नभएको बताउँछन् । यति धेरै समस्या हुँदा पनि महानगरलाई किन गुनासो आउँदैन, जबकि महानगर आफैँ गुनासो सुन्ने भनेर अघि सरेको छ । यससम्बन्धमा जनसम्पर्क अधिकृत चापागाई भने काठमाडौँ महानगरले सञ्चालनमा ल्याएको हटलाइनबारे कसैलाई जानकारी नभएर र यसको प्रचारप्रसार नहुँदा गुनासो नआएको बताउँछन् । यस्ता थिए चार गुनासा आएका गुनासाहरुमध्ये भदौ ५ गते कलंकीका सिद्धिरत्न स्थापितले कम्पोष्ट बिनको प्रचारप्रसार हुनुपर्ने, कलंकी क्षेत्रमा निस्किएका प्लाष्टिक जलाउने गरिएको हुनाले स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भएकाले तत्काल बन्द गर्नुपर्ने, स्कुले विद्यार्थीहरुलाई सार्वजनिक स्थलमा चुरोट खान रोक्नुपर्ने, खाद्यान्नमा भएको मिसावट नियन्त्रण गर्नुपर्यो भनी हटलाइनबाट जानकारी गराएका थिए । त्यस्तै, भदौ १९ गते फोहोर मैला व्यवस्थापन गर्न भन्दै रातोपुलका राधेश्याम मित्र र महानगरकै कर्मचारी उदय थापाले फोन गरेका थिए भने असोज ११ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट माइतीघरमण्डलामा राखिएको नेपालको झण्डा च्यातिएको हुनाले तत्काल फेर्न भन्दै मन्त्रालयका सूचना तथा प्रविधि शाखाबाट सुशील भट्टराईको फोन आएको थियो । त्यस्तै कात्तिक ११ गते सोल्टी होटलदेखि श्रम कार्यालयसम्म जथाभावी पार्किङ गरेको भन्दै अर्को फोन आएको थियो । यति नै हुन् महानगरमा अहिलेसम्म आएका गुनासा भनेका । यसरी हेर्दा लाग्छ काठमाडौँ महानगरमा कुनै समस्या नै छैन । तर जनसम्पर्क अधिकृत चापागाईं भने ठूलो महानगरमा आएका यस्ता गुनासोलाई शून्य नै मान्नुपर्ने बताउँछन् । गुनासो नआएकामा उनलाई पनि अचम्म लागेको रहेछ, उनले खरीबोटसँग भने, 'हटलाइनमा महानगरवासीमा परेका सबै गुनासाहरु राख्ने ठाउँ हो तर गुनासो नै आउँदैन के गर्ने ?' जनताको समस्या महानगरले सिधै सुन्ने भनेर नै हटलाइन राखिएको हो तर विडम्बना महानगरको हटलाइन मेयर सचिवालयसँगै छैन । किनकि जनताको समस्या सुन्ने जनताकै प्रतिनिधि अर्थात् मेयरले हो, उनको सचिवालय हो तर जनताको समस्या आउने हटलाइनलाई भने मेयरले टाढै राखेका छन् । ठाउँको अभाव भन्दै यसलाई महानगरपालिका वातावरण विभाग टेकुमा राखिएको छ । यसले के बुझ्न सकिन्छ भने महानगर देखावटी रुपमा गुनासो सुन्ने भनिरहेको छ । नभए जनताको समस्यालाई मेयरले नजिकबाट नियाल्ने इच्छा नै राखेका भए हटलाइन आफ्नै सामुन्नेमा राख्ने पहल हुन्थ्यो र जनताहरुले पनि सिधै मेयरसँग, उनको सचिवालयसँग समस्या सुनाउने अवसर पाउने थिए । अहिलेसम्म उजुरी नपर्नुमा ठाउँको अभाव, प्रचारप्रसारको अभाव, मेयरको चासो नै नहुनु, महानगरले गम्भीरता नदेखाउनुलाई लिन सकिन्छ । सबै राजनीतिक दललाई समेटेर लैजानुपर्छ : माधव नेपाल सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशलाई अघि बढाउन एक्लैले नसकिने हुँदा त्यसका लागि सबै राजनीतिक पार्टीलाई समेटेर लैजानुपर्ने बताएका छन् । आज सिन्धुपाल्चोकको देशलाई स्वच्छ राजनीतिक दिशा दिन्छौँ : नेता पौडेल सिन्धुली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई सुधार गर्ने र देशलाई सही बाटामा हिँडाउन अहिले जागरण अभियान चलाइएको बताए । नेपाल प्रेस युनियन सिन्धुलीले आज सिन्धुलीमाढीमा गरेको पत्रकार भेटघाट सन्नी देओल राजनीतिमा, बिजेपीको सदस्यता लिदै भने, 'मोदीसँग जोडिन आए' नयाँ दिल्ली । बलिवुड अभिनेता सन्नी देओल सत्तारुढ दल भारतीय जनता पार्टीको सदस्यता लिएका छन् । सन्नी देओलले मंगलबार बिजेपीको सदस्यता लिएका हुन् । अहिले भारतीय लोकसभाको निर्वाचन चलिरहेका बेला बलिवुडका
2019/05/22 09:53:27
https://www.kharibot.com/news-details/24663/2018-11-22
mC4
चितवनका स्थानीय तहको एमाले नेतृत्वमा अधिकांश पुरानै आकांक्षी (सूचीसहित) – Nepal Press २०७८ कार्तिक ७ गते ११:४५ चितवन । चितवनका सात स्थानीय तहमा नेतृत्वमा पुग्न एमालेका नेताहरू सक्रिय बनेका छन् । चितवन एमालेले कात्तिक ९ गते ६ स्थानीय तह र १३ गते भरतपुर महानगर कमिटीको अधिवेशन गर्दैछ । महानगरमा १ सय १, नगरमा ८५ र गाउँपालिकामा ७५ सदस्यीय पालिकास्तरको कमिटी गठन हुँदैछ । हरेक पालिकामा एक/एक जना अध्यक्ष र सचिव, २ जना उपसचिव चयन हुनेछन । वडाअधिवेशन जस्तै सर्वसम्मत नेतृत्व चयन गर्न नेताहरूले पहल गरिरहेका छन् । नेतृत्वको दौडमा अधिकाँश पुराना नेता छन् । अन्य आकांक्षीलाई व्यवस्थापन गरेर नेतृत्व लिन उनीहरू सक्रिय भएका हुन् । भरतपुर महानगरबाहेक अन्य सबैमा वर्तमान अध्यक्षहरु नै आकांक्षी देखिएका छन् । महानगर कमिटी अध्यक्ष रामप्रसाद न्यौपाने जिल्ला अध्यक्षको दौडमा छन् । उनले महानगर कमिटीमा चासो नदेखाएका कारण शंकर थपलिया र प्रल्हाद प्रधानले आकंक्षा देखाएका छन् । थपलिया अहिले महागर कमिटी सचिव र प्रधान जिल्ला सदस्य हुन् । माडीमा वर्तमान कार्यवाहक अध्यक्ष रेशमलाल आचार्य र जिल्ला सदस्य श्रीप्रसाद दवाडी अध्यक्ष बन्ने दौडमा छन् । इच्छाकामना गाउँपालिकामा वर्तमान अध्यक्ष कृष्ण सिलवाल अध्यक्ष बन्दैछन् । यहाँ अन्य अध्यक्षका आकांक्षी देखा परेका छैनन् । पूर्वीचितवनका ४ नगरपालिका मध्ये रत्ननगर, राप्ती र कालिकामा २-२ जनाको नाम चर्चामा छ । खैरहनीमा वर्तमान अध्यक्ष पूर्णप्रसाद डल्लाकोटीमात्र अध्यक्ष पदका लागि चर्चामा छन् । रत्ननगरमा वर्तमान अध्यक्ष इश्वर अर्याल, जिल्ला सदस्य किशोरबाबु पुरीको नाम चर्चामा छ । राप्तीमा वर्तमान अध्यक्ष पूर्ण थापा र पूर्व अध्यक्ष सिताराम बलको नाम चर्चामा छ ।
2021/11/28 10:55:15
https://www.nepalpress.com/2021/10/24/113708/
mC4
जिम्मेवारी पुरा नगरेको भन्दै नगरपालिकाद्वारा शिक्षक निलम्वित | Educationpati.com २०७६ जेष्ठ १७ गते ०९:३१मा प्रकाशित खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले दुई शिक्षकलाई निलम्बन गर्ने निर्णय गरेको छ। तोकिएको जिम्मेवारी पूरा नगनरेको भन्दै हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित रातमाटे प्राविका शिक्षक खेमराज राई र इच्छाराम राईलाई नगर कार्यपालिकाको बिहिबारको बैठकले निलम्बन गर्ने निर्णय गरेको हो । दायित्वच्यूत भएको जनगुनासोका आधारमा शिक्षकलाई संघीय तथा नगर शिक्षा नियमावली अनुशार निलम्बन गर्नका लागि प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी दिइएको मेयर इवन राईले बताए। विद्यालयमा नियमति हाजिर नहुने, पटक–पटक मापसे गरेर बिद्यालय जाने, व्यवस्थापन समिति र प्रअलाई सहयोग नगर्ने लगायतका गैर–जिम्मेवार क्रियाकलाप देखाएको भन्दै अभिभावक पटक–पटक डेलीगेसन आएको आधारमा शिक्षकलाई निलम्बन गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ। शैक्षिक–सत्र २०७६ लाई शैक्षिक सुधार वर्षकारुपमा रुपान्तरण गर्ने प्रतिवद्धता जुटाएको नगरपालिका शिक्षकप्रति आक्रामक बनेको हो। पदीय जिम्मेवारी पूरा नगरेका दुई शिक्षकमाथि अवकाशको प्रकृया थालिएको प्रमुख प्रशासकीय अधिकृत राजकुमार राईले बताए। 'यो अवकाशको पहिलो चरण हो। पूर्ण अवकाश होईन,' प्रमुख प्रशासकीय अधिकृत राईले भने, 'छानबीनकाक्रममा अवकाश दिन नपर्ने अवस्था देखिए पुःन उहाँहरु आफ्नो जिम्मेवारीमा फर्कनुहुने छ।' व्यवस्थापन समितिको बैठक बसिरहेकाक्रममा प्रअ टेकबहादुर राईमाथि हातपातको प्रयास गर्दा शिक्षक खेमराजलाई बैसाख २७ गते प्रहरीले नियन्त्रणमा लिएको थियो। आक्रमण रोक्न खोज्दा वडा सदस्य फलामसिं राईको खुट्टामा सामान्य चोट लागेको नगरपालिकाले जनाएको छ।
2020/01/23 02:26:37
https://educationpati.com/ggg2076217
mC4
नेपाल लाइफ इन्स्योरेन्सले दुर्गम डोल्पाको दुनैमा शाखा खोल्यो | कर्पोरेट नेपाल , ८ कार्तिक २०७६, शुक्रबार काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले डोल्पाको दुनैमा शाखा कार्यालय उद्घाटन गरी कारोबार सुरु गरेको छ । शाखाको बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले उद्घाटन गरे । कार्यक्रममा चापागाईंले जीवन बीमाले जोखिम बहन गर्नुका साथै बचत गर्ने बानीको पनि विकास हुने भएकोले जोखिम बहनको साथै बचतसमेत हुने बताए । देशव्यापीरुपमा जीवन बीमा क्षेत्रको बजार विस्तारमा नेपाल लाइफले महत्वपूर्ण योगदान पुर्याएको र डोल्पा जस्ता नेपालका अन्य दुर्गम क्षेत्रमा पनि आप्mनो सेवा पुर्याइरहेकोमा नेपाल लाइफलाई धन्यवाद दिए । चापागाईंले हिमाली जिल्लाको दुरदराजमा पुगेर न्यून आय भएका जनतालाई पनि बीमाको दायरामा ल्याउन सुझाए । उनले बीमाको महत्वबारे हिमाली क्षेत्रका बासिन्दालाई बुझाउन आवश्यक रहेको भन्दै डोल्पामा नेपाल लाइफको सेवा प्रवाहले हिमाली क्षेत्रमा बीमाको उपस्थिति बलियो हुने बताए । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले तीब्र गतिमा बीमा व्यवसाय विस्तार भइरहेको परिपेक्षमा एक तिहाई बजार हिस्सा नेपाल लाइफले ओगट्न सफल भई देशको बीमा व्यवसायलाई बढाउन महत्वपूर्ण योगदान पुर्याउन सफल भएको बताए । नेपालका दुरदराजसम्म पनि सहजरुपमा बीमा सेवाको पहुँच पुर्याउन सकियोस भनी डोल्पाको दुनैमा शाखा विस्तार गरिएको र नेपालभर नै सेवाको विस्तार गर्ने लक्ष्य नेपाल लाइफको रहेको झाले जानकारी दिए । करिब एक तिहाई बजारहिस्सा ओगटेको यस कम्पनीको चुक्तापूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक पाँच अर्ब ५० करोड रहेको छ भने लगानी ७७ अर्ब ५४ करोड रुपियाँ रहेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोष ७२ अर्ब २४ करोड रुपियाँ र शेयरधनी कोष आठ अर्ब ५७ करोडभन्दा बढी रहेको छ । कम्पनीले यस आर्थिक वर्षको पहिलो तीन महिनामा जम्मा सात अर्ब ९० करोड बीमा शुल्क संकलन गरेको छ । एक लाख ३४ हजार ५६३ प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि हालसम्म देशभर फैलिएका १९३ शाखा तथा उप शाखामार्फत जीवन बीमा सेवा उपलब्ध गराइरहेको छ । हालसम्म स्वदेश र विदेश गरी २६ लाख ६३ हजार ९८१ व्यक्ति यस कम्पनीमा बीमित भइसकेका छन् ।
2019/12/13 17:13:40
https://www.corporatenepal.com/2019/10/146990/
mC4
साताको सेयर: २ अर्ब ६३ करोडमाथि कारोवार | Ratopati साताको सेयर: २ अर्ब ६३ करोडमाथि कारोवार personरातोपाटी संवाददाता exploreकाठमाडौं access_timeअसार २३, २०७४ chat_bubble_outline0 काठमाडौं– यो साता नेपालको पुँजी बजारमा कुल २ अर्ब ६३ करोड ६० ला भन्दा वढीको कारोवार भएको छ । यो साता बजारमा सकारात्मक प्रभाव नै देखिएको छ । साताको पहिलो दिन आइतबार पुँजी बजार दोहोरो अंकले ओर्लिएको थियो । गत साताको बिहीबार स्टक व्रोकरहरुको आन्दोलनले कारोवार नभएको बजारमा आइतबार भने २१.९९ अंकले झरेको हो । एक दशमलव ४१ प्रतिशतले झरेको बजारमा एक सय ४८ कम्पनीको ९ लाख ३१ हजार ९ सय ७५ कित्ता सेयर किनवेचवाट ५६ करोड ७७ लाख १६ हजार ५ सय ९८ रुपयाँको कारोवार भएको थियो । साताको दोस्रो दिन वजार २.४७ अंकले वढेको थियो । यो दिन बजारमा ८ लाख ३९ हजार कित्ता सेयर कारोवारवाट ४४ करोड ६७ लाख रुपैयाँको कारोवार भएको छ । यस्तै, तेस्रो दिन मंगलबार पनि पुँजी बजार सामान्य ओरालो लागेको छ यो दिन बजार ३.०१ अंकले घटेको हो । यता साताको चौथो दिन बुधबार भने बजार बजार करिव १० अंकले बढेको छ । बीमा समूहको सूचक ५० अंकले बढेपछि वजार उकालो लागेको हो । यो दिन बैंकिङ समूहको सूचक १० अंकले बढेको थियो । सो दिन वजारमा ४८ करोड २९ लाख रुपैयाँ बरावरको कारोवार भएको छ । अन्तिम दिन बिहीबार भने बजार उच्च अंकले बढेको थियो । यो दिन बजार यो साताकै उच्च अंक ३१.०५ अंकले बढेको थियो । यो २ प्रतिशतको वृद्धि हो । यो वृद्धिसँगै बजार एक हजार ५ सय ८२.११ अंकमा पुगेको छ । एक सय ४८ कम्पनीको ३५ लाख ९ हजार ३ सय ९० कित्ता सेयर किनवेच भएको आज ७६ करोड ३० लाख ६८ हजार ८ सय ३३ रुपैयाँको कारोवार भएको छ । यो दिन सवै समूहको सूचक हरियो भएका छन् । बैकिङ समूहको सूचक २४.५३ अंकले बढेको यो दिन होटल समूहको सूचक ५८.८७ अंकले वढेको छ । यस्तै, विकास बैंक समूहको सूचक ३९.४५ अंकले वढेको छ भने जलविद्युत समूहको सूचक भने २०.७४ अंकले वढेको छ । यस्तै, फाइनान्स समूहको सूचक ४.९२ अंकले वढेको छ भने बीमा समूहको सूचक ३१९.९ अंकले वढेको थियो । उत्पादनमुलक समूहको सूचक ११.२४ अंकले वढेको र अन्य समूहको सूचक भने ४.३४ अंकले वढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
2020/12/04 02:19:02
https://ratopati.com/story/4125
mC4
Nagarik News - No. 1 News Portal of Nepal – Latest news of Nepal, राष्ट्रिय दैनिक - रंगशालाको पूर्वाधार निर्माण धमाधम शुक्रबार, १६ फागुन २०७६, ०६ : १२ सोमबार, ०४ चैत २०७५, १० : २७ | सविता श्रेष्ठ भरतपुर महानगरपालिका वडा नम्बर १५ मा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थल । तस्बिर: सविता/नागरिक चितवन - गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा यति बेला धमाधम काम भइराखेको छ। रंगशाला निर्माण गर्नका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण भइरहेको छ। भरतपुर महानगरपालिका वडा नम्बर १५ को शान्ति चोकमा रहेको रंगशाला निर्माणस्थललाई चारैतिरबाट घेर्ने, अस्थायी गेट बनाउने, सुरक्षाकर्मी बस्नेलगायतका पूर्वाधार निर्माणको काम सुरु गरिएको छ। भरतपुर महानगरपालिकासँग सम्झौता गरेर धुर्मुस–सुन्तली फाउन्डेसनले रंगशाला निर्माणको काम अघि बढाएको छ। फाउन्डेसनका प्रतिनिधि चन्द्र खड्का पूर्वाधार निर्माणका लागि रंगशाला निर्माणस्थलमा खटिएका छन्। २० बिघा ६ कट्ठामा बन्न लागेको रंगशालाले ओगट्ने क्षेत्रलाई फलामको पाइप राखेर टिन लगाएर घेर्ने काम अहिले भइरहेको छ। त्यसका लागि वेल्डर ग्रुपले निर्माणस्थललाई घेर्ने काम अघि बढाएको छ। यो काम केही दिनमा सकिने उनले जानकारी दिए। यस्तै, रंगशालाको साइट अफिस बनाउन रंगशालानजिकैको एउटा घर लिइएको छ। त्यसमा पनि आवश्यक पूर्वाधार तयार गर्ने काम भइराखेको छ। भरतपुर महानगरपालिका वडा नम्बर १५ को शान्ति चोकमा रहेको रंगशाला निर्माणस्थललाई चारैतिरबाट घेर्ने, अस्थायी गेट बनाउने, सुरक्षाकर्मी बस्नेलगायतका पूर्वाधार निर्माणको काम सुरु गरिएको छ। निर्माण सामग्री ल्याउने, इन्ट्री गर्ने कामका लागि अस्थायी पूर्वाधारका रूपमा गेट निर्माण गरिँदै छ। निर्माणस्थलमा निर्माण सामग्री राख्ने गोदाम घरलगायतका पूर्वाधार तयार गर्न अहिले दैनिक ५० जना कामदार खटिएका छन्। आवश्यक पूर्वाधार तयार भएपछि रंगशालाको गुरुयोजनाअनुसार काम अगाडि बढाइने फाउन्डेसनका प्रतिनिधि खड्का बताउँछन्। जमिन सम्याउनेदेखिका सबै काम सोहीअनुसार गरिने उनले जानकारी दिए। विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको प्रारम्भ गर्न घोषणा गरिएको दिनबाट छ महिनाको अवधिमा डिपिआर तयार गर्ने भनिएअनुसार नै काम अघि बढाइएको फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल बताउँछन्। फाउन्डेसनका पदाधिकारी भरतपुरमा नै आएर रंगशाला बनाउने घोषणा गरेको एक महिना पूरा भएको छ। माघ २० गते रंगशाला निर्माणस्थलमा आएर डिपिआर निर्माण प्रारम्भ गरिएको घोषणा गरिएको थियो। निर्माण घोषणा भएको एक महिनाको अवधिमा रंगशाला निर्माणका लागि फाउन्डेसनलाई साढे पाँच करोड रुपैयाँ सहयोग प्राप्त भएको फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले जानकारी दिए। वैदेशिक यात्रामा गरिने कार्यक्रमहरूबाट सहयोग संकलन गर्ने काम थालिएको उनी बताउँछन्। यस्तै, फाउन्डेसनलाई सहयोग गर्न धेरै स्थानमा सहयोग संकलन समितिसमेत बनाइएको उनले बताए। संकलित रकम पारदर्शी र व्यवस्थित रूपमा खर्च गर्न फाउन्डेसन प्रतिबद्ध रहेको उनको भनाइ छ। रंगशाला निर्माणका लागि आर्थिक सहयोग गर्ने दातालाई सहयोग संकलनका रसिद पनि दिइने व्यवस्था गरिएको छ। रंगशाला निर्माणस्थलमा काम नरोकियोस् भनेर सामान राख्नका लागि गोदाम घर बनाउन थालिएको उनले बताए। शिलान्यास गरिसकेपछि काम रोकिनु हुँदैन भन्ने मान्यताका साथ काम अघि बढाइएको उनले जानकारी दिए। डिपिआर बनाउनका लागि पनि आवश्यक रकम संकलित सहयोगबाट नै खर्च गरिने उनले बताए। डिपिआर बनिसकेपछि विषय विज्ञसँगको सहकार्यमा निर्माणको काम अघि बढाइनेछ। सुरुमा नै गृहकार्य गर्दा आधुनिक प्रविधिको प्रयोगबाट आधुनिक रंगशाला बनाउन सकिने भएकाले त्यसमा प्राथमिकता दिइएको छ। 'जस्तो परियोजना हो त्यसको सम्पूर्ण तयारी गरेर पूर्वाधार बनाउने काम सुरु गरिन्छ,' उनी भन्छन्, 'शिलान्यास गरिएको मितिले दुई वर्षभित्रमा रंगशाला बन्छ।' फाउन्डेसनले सरकारको नीतिनियमभित्र बसेर काम गर्ने उनी बताउँछन्। रंगशाला निर्माणको जिम्मेवारी फाउन्डेसनले लिँदा गरिएका टीका टिप्पणीलाई उनले सकारात्मक रूपमा लिएका छन्। 'नशानशामा सामाजिक सेवा छ। कुनै पनि स्वार्थ छैन,' उनी भन्छन्, 'देश बनोस् भनेर अभियान सुरु गरिएको हो। यसलाई सकारात्मक रूपमा लिइनुपर्छ।' रंगशाला निर्माणका लागि फाउन्डेसन आर्थिक रूपमा सक्षम नभए पनि संयोजनको भूमिकामा आएको कट्टेलले बताए। निराशा मात्र भइरहेको समयमा आशाको दियो मात्र बाल्न खोजेकाले फाउन्डेसनमार्फत आँट गरिएको उनको भनाइ छ। रंगशालाको नाम कुनै विवादको विषय नभएको उनी बताउँछन्। गौतमबुद्धप्रति भएका भ्रम चिर्नका लागि नाम परिकल्पना गरिएको उनले बताए। 'धेरै ठूलो परियोजना हो। सबैले यसमा अपनत्व ग्रहण गर्नु हुनेछ' उनी भन्छन्, 'हिजोको दिनमा सीमित ठाउँ र समुदायका लागि हामीले काम गरेका थियौं। रंगशाला निर्माणको काम देशका लागि हो।' रंगशाला निर्माण गर्नुको मुख्य उद्देश्य भनेको खेलकुद क्षेत्रको समुन्नत विकाससँगै खेलाडीको स्तरोन्नति र विकासलाई अघि बढाउनु भएको उनले प्रस्ट पारे। खेलकुदको संरचना र खेलाडीको अवस्थाका बारेमा बुझेर रंगशाला निर्माण गर्ने योजना अगाडि बढाइएको हो। क्रिकेटलाई प्राथमिकता दिए पनि यो क्रिकेटको मात्र रंगशाला होइन, करिब ३५ वडा खेल खेल्न मिल्ने संरचना बनाइनेछ। अन्तर्राष्ट्रिय रूपमा देशको चिनारी उच्च बनाउने परिकल्पना गरिरहँदा रंगशालालाई एकेडेमीका रूपमा अगाडि बढाइने उनी बताउँछन्। रंगशालामार्फत खेलकुदको हब निर्माण गर्न खोजिएको र हरेक जिल्लाबाट खेलाडी छनोट गरेर ल्याएर उत्कृष्ट खेलाडी उत्पादन गरिने उनले बताए। रंगशाला निर्माण पूरा भएभछि धेरैभन्दा धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सक्दा हुने आम्दानी खेलाडी र खेलको विकासका लागि खर्च गरिनेछ। भरतपुर महानगरले कृषि तथा वन विज्ञान विश्वविद्यालयको जमिन रंगशाला बनाउनका लागि फाउन्डेसनलाई दिएको छ। प्रारम्भिक अनुमानअनुसार करिब ३ अर्ब रुपैयाँको लागतमा ३० हजार दर्शक अट्ने रंगशाला बन्नेछ।
2020/02/28 00:27:30
https://nagariknews.nagariknetwork.com/news/71671/
mC4
माछापुच्छरेमा पहिरामा परी तीनको मृत्यु « Drishti News माछापुच्छरेमा पहिरामा परी तीनको मृत्यु Published On : 17 July, 2020 कास्की, २ साउन । माछापुच्छरे गाउँपालिकामा आज बिहान खसेको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । वडा नं ८ को खोराकोमुखस्थित पाखा भन्ने ठाउँमा स्थानीय प्रेमराज विकको घर बिहान अन्दाजी ५ः४५ बजेको समयमा पहिरोले बगाउँदा उहाँका दुई जना नाति १६ वर्षीय कुशल र १४ वर्षीय समिर तथा १६ वर्षीया नातिनी रेजिना विकको मृत्यु भएको सोही वडाका वडाध्यक्ष कृष्णप्रसाद दवाडीले जानकारी दिनुभयो । सुरक्षाकर्मी तथा स्थानीयवासीले पहिरोमा पुरिएका तीनै जनाको शव बाहिर निकालेका थिए । घरको २०० मिटर माथिबाट झरेको पहिरोले घर बगाएको हो । ढुङ्गा माटोले बनेको कच्ची घरको तीन वटा कोठा पहिराले बगाएको वडाध्यक्ष दवाडीले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले घटनामा तीन जनाको मृत्यु भएको पुष्टि गर्दैै प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल तथा प्रहरी प्रमुख जीवनराम श्रेष्ठ सहितको टोली घटनास्थलमा पुगिसकेको जानकारी दिनुभयो । घटनास्थल पोखराबाट उत्तर पश्चिम २० किमीको दूरीमा पर्दछ ।
2020/08/10 15:22:32
https://www.drishtinews.com/archives/38342
mC4
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् सुझावहरूको लागि सूत्र खोज्ने उपकरण प्रयोग गर्न सक्नुहुन्छ। (जुन २०११) शोणितपुर जिल्ला भारतीय राज्य आसामको एउटा जिल्ला हो। शोणितपुर आसामको जिल्ला शोणितपुर जिल्लाको नक्सा शोणितपुर आसामको नक्सा देखाउनुहोस् शोणितपुर भारतको नक्सा देखाउनुहोस् निर्देशाङ्क: २६°३८′N ९२°४८′E / २६.६३°N ९२.८°E / 26.63; 92.8निर्देशाङ्कहरू: २६°३८′N ९२°४८′E / २६.६३°N ९२.८°E / 26.63; 92.8
2022-11-30T10:41:42Z
https://ne.m.wikipedia.org/wiki/%E0%A4%B6%E0%A5%8B%E0%A4%A3%E0%A4%BF%E0%A4%A4%E0%A4%AA%E0%A5%81%E0%A4%B0_%E0%A4%9C%E0%A4%BF%E0%A4%B2%E0%A5%8D%E0%A4%B2%E0%A4%BE
OSCAR-2301
'नेपाली सभ्यता : विगत र वर्तमान'पुस्तकको विमोचन Weekly Nepal 'नेपाली सभ्यता : विगत र वर्तमान'पुस्तकको विमोचन April 12th, 2017 | by Weekly Nepal काठमाडौँ, ३० चैत । नेपालको ऐतिहासिक सभ्यताका बारेमा लोककृष्ण भट्टराईले लेख्नुभएको पुस्तक 'नेपाली सभ्यता ः विगत र वर्तमान' को आज यहाँ विमोचन गरिएको छ । पुस्तकको नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, नेकपा माओवादी (क्रान्तिकारी)का अध्यक्ष मोहन वैद्य र साहित्यकार नरनाथ लुइँटेलले संयुक्तरुपमा विमोचन गर्नुभयो । पुस्तकको विमोचन गर्दै वरिष्ठ नेता खनालले गणतन्त्र र लोकतन्त्रको उत्पत्ति नेपालबाट भएको बताउनुभयो । "नेपालको पुरानो सभ्यता हेर्ने हो भने गणतन्त्र र लोकतन्त्रको उत्पत्ति नेपालबाट नै भएको हो" उहाँले भन्नुभयो– "राजा शुद्धोधन गणराज्यले निर्वाचित गरेका प्रमुख थिए । अरु राजा पनि एउटा राज्यको प्रमुख भएको इतिहास छ ।" पूर्व प्रधानमन्त्री खनालले लेखकले पुस्तकमा उल्लेख गरेजस्तै मिथिला सभ्यताको सुरुवात नेपालबाटै नै भएको दाबी गर्नुभयो । उहाँले पुस्तकमा लेखिएको तथ्यको आधारमा वास्तविक सत्य पत्ता लगाउन सकिने हो भने नेपालबाट नै सभ्यताको सुरुवात गरिएको मान्न सकिने धारणा राख्नुभयो । उहाँले नेपाल निर्माणको लागि ऐतिहासिक विकासक्रमको भौतिकवादलाई अध्ययन गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । नेता खानालले पुस्तकमा लेखिएका कुरा अध्ययनका लागि उत्सुक भएर लाग्न प्रेरणा दिने उल्लेख गर्दै हामी हाम्रो देशको इतिहासलाई अझ गहिरो तरिकाले अध्ययन गर्न सहयोग पु¥याउने दाबी गर्नुभयो । कार्यक्रममा अर्का एमाले नेता नेपालले पुराना सभ्यताका रुपमा रहेका पुराना सालिक, दरबार भत्काउने कार्य भइरहेको बताउनुभयो । "पुराना सभ्यता इतिहासलाई मेटाउन खोजिएको छ" उहाँले भन्नुभयो– "पुराना शासकका सालिक केही भए पनि समाप्त पार्न खोजिएको छ । पुरानाको चर्चा नगरी निमिट्यान्न पार्न खालका क्रियाकलाप भइरहेको छ ।" "राणाकालीन दरबार भत्काइँदै छ । कुनै दिन नारायणहिटी दरबार पनि भत्काउने छन् । अनि शाहवंश समाप्त पारे भन्दै खुसीयाली गर्ने छन्" उहाँले भन्नुभयो– "कहिले बुद्धकालीन इँटा लुटेर इतिहास मेटिने खतरा रहेको छ ।" उहाँले इतिहासका वस्तुलाई जोगाउने संस्कार नभएकाले इतिहासप्रति गौरवबोध हुन नसकेको धारणा राख्नुभयो । पुस्तकमाथि टिप्पणी गर्दै क्रान्तिकारीका अध्यक्ष वैद्यले नेपाली सभ्यताको विकासमा शिव, बुद्ध र कार्लमाक्सलाई एउटै ठाउँमा लेखकले उभ्याउन खोजिएको बताउनुभयो । उहाँले विश्वको ठूलो सभ्यतामध्ये नेपालको सभ्यता पुरानो रहेको उल्लेख गर्दै शिव भौतिकवाद र बुद्ध द्वन्दात्मवाद भएको उल्लेख गर्नुभयो । उहाँले मधेसवादी दललाई मिलाएर लैजानुको विकल्प नभएको भन्दै निर्वाचनमा दललाई चुनाव चिह्न नदिनु र मतदाताको नाम नराख्नु लोकतन्त्र विरोध भएको बताउनुभयो । पुष्पलाल स्मृति प्रतिष्ठानको आयोजना भएको कार्यक्रममा लेखक भट्टराईले नेपालको सभ्यतालाई विश्वसामु परिचित गराउन लागि पुस्तक लेखिएको बताउनुभयो । उहाँले पुस्तकमा नेपाली सम्यताको विकास क्रमको उल्लेख गर्दै लोकतान्त्रिक आन्दोलन र नेपालको विकासको मोडेलको बारेमा लेख्नुभएको छ । विभिन्न आठ अध्यायमा लेखिएको पुस्तकमा लेखकले नेपाली जनतालाई शिक्षित र दक्ष बनाउनका लागि उहाँको प्राकृतिक स्रोत साधन अधिकतम प्रयोग गर्नु जोड दिनुभएको छ ।
2017/10/21 14:18:29
http://weeklynepal.com.np/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A5%80-%E0%A4%B8%E0%A4%AD%E0%A5%8D%E0%A4%AF%E0%A4%A4%E0%A4%BE-%E0%A4%B5%E0%A4%BF%E0%A4%97%E0%A4%A4-%E0%A4%B0-%E0%A4%B5%E0%A4%B0%E0%A5%8D/
mC4
११ वर्षीय युक्रेनी बालक एक्लै १ हजार किलोमिटर हिंडेर छिमेकी देशमा पुगे ! विश्वभरबाट पाए नायकको सम्मान – Cn Chautari फागुण २४, २०७८ मंगलबार 215 ११ वर्षीय युक्रेनी बालक । एक्लै १ हजार किलोमिटर हिंडेर छिमेकी देशमा पुगे ! विश्वभरबाट पाए नायकको सम्मानयुक्रेनमा रुसी यु-द्धमाझ एक ११ वर्षीय युक्रेनी बालक एक्लै १ हजार किलोमिटर यात्रा गरेर छिमेकी स्लोभाकिया पुगेका छन् । आमाको नोट र आफ्नो हातमा टेलिफोन नम्बर लेखेर ती बालक एक्लै त्यति लामो दूरी पार गरेका हुन् ।आफूसँगै उनले एउटा झोला पनि बोकेका थिए । ती बालक दक्षिणपूर्वी युक्रेनको जापोरिज्जिया क्षेत्रका बासिन्दा भएको बताइएको छ । सो क्षेत्रमा रहेको एउटा आणविक केन्द्रलाई रुसी फौजले गत साता नि-यन्त्रणमा लिएको थियो । समाचार विवरणअनुसार विरामी आफन्तको हेरचाह गर्न उनका अभि-भावक युक्रेनमै बस्नु परेको थियो । आफ्नो अविस्मरणीय यात्रा पूरा । गरेको भन्दै उनलाई स्लोभाकियाली गृहमन्त्रालयले 'पछिल्लो रातकोसबैभन्दा ठूलो नायक' भनेको छ । विवरणअनुसार बाल ककी आमाले एउटा रेल चढाएर स्लो-भाकिया पठाएकी थिइन, जहाँ उनले आफ्ना नातेदार फेला पार्न सकुन् । उनीसँग एउटा प्लाष्टिकको झोला, पासपोर्ट र पट्टयाइएको नोटमा एउटा सन्देश लेखिएको थियो । ठेगानासहितको कागज लिएर स्लोभाकिया पुगेपछि सीमामा खटिएका अधिकारीहरुले राजधानी ब्रा-टिस्लाभामा रहेका उनका आफन्तजनहरुलाईसम्पर्क गर्न सहज भएको थियो । उनीहरुले लगत्तै त्यहाँ उनका आफन्तहरुलाई सुम्पि-दिएका थिए । छोराको हेरविचार गरेकोमा बालककी आमाले स्लोभाक सरकार र प्रहरीलाई धन्यबाद दिएकी छिन् ।स्लोभाकियाका गृहमन्त्रीले फेसबु कमा बालकबारे कमेन्ट गर्दै उनको 'निडर र दृढता'को प्रशं-सा गरेका छन् । 'प्लास्टि-कको झोला, राहदानी र हातमा फोन नम्बर लेखेर उनी एक्लै आए, किनकी उनका अभिभा-वक युक्रेनमा बस्नुपर्ने थियो,' मन्त्रालयले भनेको छ ।
2022/05/18 23:12:41
https://cnchautari.com/archives/1154
mC4
एमिकसको राय पक्ष र विपक्षमा – KarnaliPost Daily एमिकसको राय पक्ष र विपक्षमा ६ फाल्गुन २०७७, बिहीबार ०५:१५ February 19, 2021 by Karnali Post Daily काठमाडौँ  । प्रतिनिधि सभा विघटनविरुद्ध विचाराधीन रिटमा संवैधानिक इजलाससमक्ष एमिकस क्युरीका तर्फबाट राय व्यक्त गर्ने क्रममा बुधबार परस्पर विरोधी धारणा आएका छन् । बुधबार बहस गर्नुभएका दुई वरिष्ठ अधिवक्तामध्ये एकले प्रधानमन्त्रीलाई विघटनको अधिकार नभएकाले पुनस्र्थापनाको पक्षमा राय दिनुभएको छ भने अर्काले संविधानको धारा ७६ ले नै प्रधानमन्त्रीलाई विघटनको अधिकार दिएको भन्दै विघटन सदरको पक्षमा राय दिनुभएको छ । सतीशकृष्ण खरेलले विघटनको विपक्षमा राय दिँदा विजयकान्त मैनालीले पक्षमा राय दिनुभएको छ । बुधबार बहस प्रारम्भ गर्दै वरिष्ठ अधिवक्ता खरेलले विघटनको विषय संवैधानिक नभएको जिकिर गर्नुभयो । विघटनको अधिकार संविधानको धारा ७६ (५) को प्रधानमन्त्रीसँग मात्र निहित रहेको तर्क गर्दै उहाँले २०४७ को संविधानले कार्यकारीमा स्पष्ट अधिकार दिए पनि अहिले त्यस्तो अधिकार नभएको स्पष्ट पार्नुभयो । संविधानको धारा १०३ र १८७ ले मात्र विशेषाधिकारको परिकल्पना गरेको र ती कार्यकारीका अधिकार नभएको जिकिर उहाँको छ । संविधान र कानुनभन्दा बाहेक कार्यकारीका विशेषाधिकार नहुने जिकिर गर्दै उहाँले विघटनको विषय संविधानमा उल्लेख नभएको अवस्थामा लुकेको अधिकार छ भन्न नमिल्ने तर्क गर्नुभयो । संविधानको भविष्य हेर्ने हो भने पुनस्र्थापनाको विकल्प नरहेको जिकिर गर्दै खरेलले भन्नुभयो, "संविधानमा कमजोरी होलान् तर सम्भावना छन् । संविधान ध्वस्त हुँदा खुसी हुने एउटा वर्ग पनि छ । संविधानले दिएका अधिकारप्रति सत्तासँग नजिक भएको वर्ग दुःखी नै छ । यो संविधानले काम गर्न सक्छ भन्ने हो भने विघटन बदर हुनुपर्छ । प्रणाली नै ध्वस्त पार्ने कम्पन दिने हो भने विघटन प्रधानमन्त्रीको अधिकार भनेर सदर गरे हुन्छ ।" विघटन सदर गरिएमा देशलाई हानि हुने खरेलको तर्क छ । नलेखिएको अधिकार दिएर प्रधानमन्त्रीको विघटन सदर भएमा यो अवस्था प्रदेशसम्मै सर्न सक्ने तर्क गर्दै उहाँले धारा ८५ र ७६ एकअर्काका परिपूरक भएको जिकिर गर्नुभयो । वरिष्ठ अधिवक्ता मैनालीले २०४७ को संविधानको धारा ५३ (४) को व्यवस्था अहिलेको संविधानमा पनि रहेको जिकिर गर्दै २०४७ को संविधानको धारा ३६, ४२ र ५३ का व्यवस्थाहरू अहिलेको संविधानको धारा ७६ को एकीकृत रूपमा भएको दलिल इजलाससमक्ष गर्नुभयो । धारा ७६ तत्कालीन २०४७ को संविधानका धाराको सम्मिश्रण भएको बताउँदै उहाँले वर्तमान संविधानको धारा ७४, ७५, ८५, १०० को व्याख्या विघटन मुद्दामा हुनुपर्ने जिकिर गर्नुभयो । उहाँले संविधानमा स्पष्ट नलेखिएको अवस्थामा व्याख्याको विकल्प नभएको जिकिर गर्नुभयो । मैनालीले संविधानको धारा ७६ नै विघटनको मुख्य स्रोत भएको तर्क गर्नुभयो । "धारा ७६ ले विघटनको अधिकार दिन्छ, ७६ (७) मै विघटनको अधिकार छ, धारा ८५ सस्पेन्सिभ अधिकार हो । धारा ७६ (७) राइट हो", मैनालीले थप्नुभयो, "७६ (७) को व्यवस्था सबै प्रधानमन्त्रीलाई विघटनको अधिकार पनि हो । सबै सम्भावना 'इन्जेक्ट' हुन्छन् । सरकारविहीनताको परिकल्पना संविधान निर्माताले गरेका हैनन् ।" संविधानको धारा १०० को व्याख्यामा लामो समय खर्च गर्नुभएका उहाँले उक्त धाराको व्यवस्थाअनुसार अविश्वास प्रस्ताव पारित भएको अवस्थामा पनि सरकार गठनका लागि धारा ७६ मै फर्कनुपर्ने अवस्था जानकारी गराउँदै ७६ (७) को व्यवस्था सरकारका प्रधानमन्त्रीहरूले प्रयोग गर्न पाउने जिकिर गर्नुभयो । उहाँले विघटनको अधिकार धारा ७६ अन्तर्गतका सबै प्रधानमन्त्रीसँग रहने जिकिर गर्नुभयो । उहाँले बेल्जियम, ग्रिसलगायतका देशमा राजनीतिक विवादकै कारण पनि संसद् विघटन भएको उदाहरण पेस गर्नुभयो । त्यहाँ एक पार्टीभित्र मात्र नभई गठबन्धन गरेको दलसँगको विवादका कारणले पनि विघटन भएको तर्क गर्दै उहाँले अन्तरपार्टी कलहका कारण संसद् विघटन भएको तथ्यको स्वीकार नेपालकै यसअघिका विघटनमा पनि रहेको जिकिर गर्नुभयो । २०५१ सालको विघटनले पनि उक्त तथ्य स्वीकार गरेको जिकिर मैनालीको छ । Posted in राजनिति, समाज जुम्लामा भिरबाट लडेर एक जनाको मृत्यु जुम्लामा पनि सहुलियत मूल्य पसल सञ्चालन घाइतेको अवस्था बुझ्न प्रदेश अस्पताल पुगे मन्त्री श्रेष्ठ किशोरीलाई महिनावारी स्वच्छता सचेतीकरण कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार पुग्यो
2021/09/18 19:19:02
https://karnalipostdaily.com/archives/8415
mC4
ज्वरो र शरीर दुखाइका लक्षण देखिएपछि स्वास्थ्य परीक्षण गर्दा आफूमा डेंगु पुष्टि भएको जानकारी लामिछानेले सामाजिक सञ्जालमार्फत दिएका हुन्। अस्वस्थताका कारण आफू भरतपुर, तनहु, लमजुङ, गोर्खालगायत स्थानका कार्यक्रममा सहभागी हुन नसक्ने उनले बताएका छन्। डाक्टरले उनलाई केही दिन आराम गर्न सुझाव दिएका छन्। अहिले काठमाडौं उपत्यकालगायत स्थानमा डेंगुको संक्रमण फैलिने क्रम तीव्र बनेको छ। चिकित्सकले यसबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्न सुझाव दिएका छन्।
2022-12-02T05:22:07Z
https://nepalkhabar.com/politics/144620-2022-9-30-10-57-8
OSCAR-2301
जनकपुरधाममा रामजानकी विवाह महोत्सवको रौनक (तस्वीर) « News24 : Premium News Channel धनुषा । ऐतिहासिक रामजानकी विवाह महोत्सव आज जनकपुरधाममा हर्षोल्लासका साथ मनाइदैछ । प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन मर्यादा पुरुषोत्तम भगवान श्रीराम र आदर्श नारी सीताबीच त्रेता युगमा भएको विवाहको स्मरणमा विवाह पञ्चमी महोत्सव मनाउने गरिन्छ । सात दिने विवाह पञ्चमी महोत्सवको आज छैठौं दिन जनकपुरको जानकी मन्दिरमा वैदिक परम्परा अनुसार राम र सीताबीच विवाह हुनेछ । दिउँसो जनकपुरको जानकी मन्दिरबाट निस्केको सीताको डोली र राम मन्दिरबाट निस्केको रामको डोली रंगभूमि मैदानमा पुगी स्वयम्वर कार्यक्रम आयोजना सम्पन्न भएको छ । स्वयम्वर कार्यक्रमको शोभा बढाउन हेलिकप्टरबाट पुष्प वर्षा गरियो । महोत्सवमा नेपाल तथा सीमा क्षेत्रका मन्दिरबाट झाँक्रीसहितको डोला लिएर सहभागी भएका थिए । महोत्सवमा भारतको विभिन्न राज्यसहित विभिन्न स्थानबाट हजारौंको संख्यामा स्वयवरमा सहभागी भएका थिए । त्यस पश्चात् राम र सीताको डोला रामानन्द चौक, पिडारी चौक, मिल्सएरिया, भानुचौक हुँदा जानकी मन्दिर आएका छन् । विवाह महोत्सवमा भाग लिन श्रद्धालु भक्तजनको विहानैदेखि भीड लागेको छ । स्थानीय संघ संस्थाले हजारौं श्रद्धालुलाई निःशुल्क रुपमा आवास, भोजन उपलब्ध र स्वास्थ सेवा उपलब्ध गराएका छन् । महोत्सवमा सुरक्षा व्यवस्था कडा पारिएको छ । महोत्सवलाई ध्यानमा राख्दै नियमित भन्दा आठ सयबडी सुरक्षाकर्मी खटाइएको छ । त्यस्तै ट्राफिक व्यवस्थापन मिलाउन तीन सय ट्राफिक प्रहरी खटिएका छन् । विगतका विवाह पञ्चमी महोत्सवमा नेपालका राष्ट्रपति, प्रधानमन्त्री, संघीय मन्त्रीलगायत प्रदेश २ का मुख्यमन्त्री, मन्त्रीलगायत देशको विशिस्ट व्यक्तिको सहभागिता रहन्थ्यो । तर, पछिल्ला दुई वर्ष वर्ष कोरोना महामारीका कारण विशिस्ट व्यक्तिहरु उपस्थित भने छैन । विशिस्ट व्यक्तिलाई बढी भिडभाड हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै आयोजक समिति निम्तो नगरेको बताइएको छ । यद्यपि यस वर्ष पनि एकलाख श्रद्धालुको उपस्थिति रहेको अनुमान गरिएको छ ।
2022/01/16 19:27:34
https://www.news24nepal.tv/2021/12/08/841512
mC4
जेरुङ फिल्मस संवाददाता २,कात्तिक–काठमाण्डौं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएको हिमालय एयरलाइन्सले चीनमा पनि व्यावसायिक उडान सुरु गर्ने भएको छ । चीनको पर्यटकीय शहर चोङकिङमा आफ्नो पहिलो व्यावसायिक उडान गर्दै एयरलाइन्सले चीनको हवाई बजारमा प्रवेश गरेको छ । सुरुवाती उडान साताको प्रत्येक बिहीबार चोङकिङदेखि काठमाडौं सम्मको चार्टड सेवा उपलब्ध गराउने एयरलाइन्सले जानकारी दिएको छ।चोङकिङ र काठमाडौंबीच सीधा उडान भर्ने हिमालय एअरलाइन्स एकमात्र एयरलाइन्स हो । २०७५ कार्तिक १ मा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो ४ः५५ मा आफ्नो उद्घाटन उडान गरेको एअरलान्इसको जहाजले चोङकिङस्थित जियाङबेई अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय रातको ११ः०५ मा अवतरण गरेको थियो । २०७५ कात्तिक २ गते चोङकिङबाट हिमालयएयरलाइन्सको जहाजले स्थानीय समय रातको १२ ः०५ मा उडान गरी काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा रातको १ ः५५ मा अवतरण गरेको थियो । ‘चीन हाम्रो लक्षित बजारमध्ये एक हो हामी एक पाइला अगाडि सर्न पाउँदा एकदमै हर्षित छौं यो उडानको सुरुवातसँगै हामीले ‘विजनेश ट्राभलर’लाई सेवा उपलव्ध गराउने अवसर पाएका छौं’ एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले भने। बेइजिङ, हाएकाउ, नान्चाङ मा पनि उडान विस्तार गर्ने एयरलाइन्सले लक्ष्य लिएको छ। नेपाली एयरलाइन्सले चिनियाँ भुमीमा उडान अनुमति पाउन सकेका थिएनन्। नेपाल एयरलाइन्सले लामो समयदेखि उडान अनुमति मागे पनि पाउन सकेको छैन। नेपाल९चीनको हवाई सम्झौताअनुसार नेपालका एयरलाइन्सले चीनका ७ वटा सहरमा उडान गर्न सक्छन्। बेइजिङ, संघाई, ल्हासा, ग्वाङजाउ, कुनमिङ, छेन्दु र जियानमा नेपालका एयरलाइन्सले उडान गर्न सक्छन्। चीनले बेइजिङमा ‘स्लट’ छैन भनेर नेपाल एयरलाइन्सलाई पन्छाएको थियो भने ग्वान्जाउमा पनि अहिलेसम्म दिएको छैन। चिनियाँ एयरलाइन्सले भने अहिले विभिन्न विमानस्थलबाट काठमाडौंका लागि सातामा ४८ उडान गरिरहेका छन्। सम्झौताअनुसार सातामा ७० वटासम्म उडान गर्न पाइन्छ। तर नेपाली एयरलाइन्सले भने अहिलेसम्म एउटा उडानको पनि अनुमति पाएका छैनन्। तिब्बत एयरलाइन्सको ४९ प्रतिशत सेयर रहेको हिमालय एयरलाइन्सले सम्झौता बाहिरकै सहरमा भएपनि चिनियाँ पक्षले उडान अनुमति दिएको छ। Related Post प्रदेश नम्बर १ को नाम किरात राख्ने लिम्बू नेताहरुको प्रस्ताव Nov 10, 2021 माओवादी कम्युनिष्ट पार्टीको संयुक्त प्रेस बिज्ञप्तिमा एमसिसि खारेज राष्ट्रिय अभियान Nov 10, 2021 आसन्न १२ औं राष्ट्रिय जनगणना २०७८ मा जेरुङ जातिको सवाल Nov 7, 2021 Most Popular नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज् सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र... हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर... गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित २१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन... गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको... टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...
2021-11-28T10:52:14Z
https://www.jerungfilms.com/2018/10/1079/
OSCAR-2201
यसअघि बाढीबाट सबैभन्दा बढी प्रभावित २ नं. प्रदेशका सप्तरी र रौतहट जिल्लाका बाढी प्रभावित स्थानका बासिन्दाहरुलाई राहत वितरण गरेको नयाँ शक्तिले शनिबार बाँकी ६ जिल्लाका प्रभावित क्षेत्रका स्थानीयबासीलाई सहयोग गर्नका लागि भन्दै ३ लाख रुपैंया जिल्लामा पठाएको छ । शनिबार केन्द्रीय कार्यालयका संयोजक गंगानारायण श्रेष्ठले नयाँ शक्तिका नेता रामरिझन यादवलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । सो रकममा स्थानीय पार्टी कमिटीले संकलन गरेको थप रकमसहित प्रभावित जिल्लाका बाढीपीडितहरुलाई अत्यावश्यक खाद्यान्न तथा लत्ताकपडा खरिद गरेर वितरण गर्ने नेता यादवले बताउनुभयो । यसैबिच नयाँ शक्तिले शनिबार बारा जिल्लाको रतनपुरी गाउँका २५ घरपरिवारलाई लत्ताकपडा तथा खाद्यान्न वितरण गरेको छ । नयाँ शक्ति पार्टीकी नेतृ हिसिला यमीकाे नेतृत्वमा ऋषवदेव भट्टराई, बारा जिल्ला संयोजक सुशील यादव, संघीय परिषद् सदस्य मनोज तिमल्सिनालगायतको टोलीले बाराकै फेटा गाउँपालिकाको नदी कटान क्षेत्रको अवलोकनसमेत गरेको छ । राहत वितरण तथा प्रभावित क्षेत्रको अवलोकनसँगै नयाँ शक्तिको टोलीले कलैया बजारमा उद्योग वाणिज्य संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा समेत सहभागिता जनाएको बारा जिल्लाका संयोजक सुशील यादवले जानकारी दिनुभयो । राहत वितरणकै क्रममा नयाँ शक्तिले शुक्रबार रौतहट जिल्लाको राजपुर नगरपालिका वडा नं. १ पिप्रा भगवानपुर, फतुवा महेशपुर, बैरियाका बाढीपीडितलाई ४० क्वीन्टल चामल, त्रिपाल, लत्ताकपडासहितको राहत सामग्री वितरण गरेको नयाँ शक्तिले जनाएको छ ।
OSCAR-2019
ARCHIVE, AUTO, INVESTIGATION » 'यामाहा एक्सचेन्ज एण्ड अपग्रेड' स्किम 'गैरकानुनी' भएको खुलासा, ३० हजारको लोभमा तपाईं पनि फस्नुहोला नि ! अख्तियार भन्छ, 'यो त सरासर गैरकानुनी हो' यस विषयमा हामीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सोधेकाा थियौं । त्यहाँका एक अधिकाारीले ब्लुबुक मात्रै भएको जतिसुकै पुरानो बाईक वा स्कुटरमा न्युनतम ३०,००० मुल्यांकन गरि यामाहाको नयाँ बाइक वा स्कुटर दिने योजनाले ठुलो राजश्व छली हुने हुनाले यो काम गलत भएको स्पष्ट पारे । उनका अनुसार पुरानो थन्काएर राखिएको बाइक र स्कुटरहरु 'डम्पिङ' गर्नु अगाडी सम्बन्धित बिभाग र बिभिन्न मन्त्रालयबाट प्रकृया पुर्याउनुपर्छ । कसैको मनखुसीले यस्तो काम गर्न पाईदैन । 'देशमा कानुन छ । कानूनी प्रक्रिया त पूरा गर्नुपरिहाल्यो नि ।' उनले अर्थ सरोकार डटकमसंग भने, 'राज्यको नियमलाई चुनौती दिएर मनपरी गर्न खोज्नेहरुलाई कारवाहीको दायरामा ल्याउँछौं ।' यता महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता जगन्नाथ देबकोटाले पनि कानुनी प्रक्रिया पूरा नगरी बाइक बेच्ने वा कसैले मुल्यांकन गर्ने काम गलत भएको स्पष्ट पारे । पोखरामा 'यामाहा'का बाइकका पाठपूर्जामा 'लुट', एमआरपीलाई मार्करले मेटेर खुलेआम 'कालोबजारी' ! (प्रमाणसहित)
2019/05/27 10:21:46
https://www.arthasarokar.com/2018/10/yamaha-.html
mC4
देशभरका जेसिजहरुको मप्रतिको विश्वास नै मेरो विजयको आधार हो : खनाल » Chitwan Samachar - चितवन समाचार देशभरका जेसिजहरुको मप्रतिको विश्वास नै मेरो विजयको आधार हो : खनाल चितवन समाचार | ३० कार्तिक २०७६, शनिबार २०:१६ | नेपाल जेसिजको ४६ औँ राष्ट्रिय महाधिवेशन यही पौष ९, १० , ११ र १२ गते चितवनको रत्ननगरमा हुँदैछ । महाधिवेशन नजिकिँदै गर्दा नेपाल जेसिजको आगामी नेतृत्वका लागि रस्साकस्सी पनि सुरु भएको छ । जेसिजमा एक पद, एक व्यक्ति र एक कार्यकालको आधारमा निर्वाचन हुने गर्दछ । यस अर्थमा आगामी वर्ष सन् २०२०को नेतृत्वका लागि यो निर्वाचन हुन लागेको हो । निर्वाचनमा चितवनका युवा अरुणेश्वर खनाल आफ्नो उम्मेदवारी घोषणा गरेर चुनावी मैदानमा ओर्लिएका छन् । उनलाई जेसिजभित्र नेपाल जेसीजका पुर्व राष्ट्रिय उपाध्यक्ष सुदीप सिंह अधिकारीले नेतृत्व गरेको समूहको समर्थन छ । पछिल्लो पटक जेसीजमा बलियो समूह मानिने अधिकारीको समूहबाट चुनावी प्रतिष्पर्धामा उत्रिएका खनालले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका अधिकांश जेसीजका शाखाहरुमा पुगी आफ्ना एजेन्डाबारे जानकारी गराएका छन् । सन् २००४देखि जेसीज अभियानमा लागेका खनाल सन् २०१० मा बीसहजार जेसीज भरतपुर चितवनको शाखा अध्यक्ष, सन् २०१२ मा राष्ट्रिय उपाध्यक्ष, सन् २०१३ मा राष्ट्रिय महासचिव र सन् २०१६ मा राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष भई काम गरिसकेका छन् । पछिल्लो पटक देश दौडाहापछि चितवन फर्किएका खनालसँग चुनावी एजेन्डा रणनीति र उनका अनुभवबारे गरिएको कुराकानीको संक्षिप्त अंश : प्रश्न : नेपाल जेसीजको राष्ट्रिय अध्यक्षका लागि उम्मेदवारी दिनुभएको छ, के छन् तपाईँका चुनावी एजेन्डा ? उत्तर : राजनीतिक दलहरुमा जस्तो जेसिजमा झुटा आश्वासन दिने गरी धेरै चुनावी एजेन्डा हँुदैनन् । जेसीजलाई कसरी उत्कृष्ट बनाउन सकिन्छ र देशभरका जेसीजहरुलाई कसरी संस्थाको उद्देश्यअनुरुप अगाडि बढाउन सकिन्छ भन्ने नै मूल विषय हो । जेसिज मूलत ः व्यक्ति नेतृत्व, व्यक्तित्व र क्षमता विकास गर्ने एउटा तालिम प्रदायक संस्था हो । मैले आगामी वर्ष जेसिजमा तालिमलाई नै प्रमुख स्थान दिनेछु । तालिम बिना कोही पनि व्यक्ति पर्फेक्ट हुन सक्दैन । यस कारण तालिमलाई नै म मुख्य प्राथमिकता दिनेछु । यसका लागि चारवटै क्षेत्रमा क्षेत्रीय तालिम प्रतिष्ठान स्थापना गरी जेसीज साथीहरुलाई सहज तवरले तालिम प्रदान गर्ने वातावरण तयार पार्न म लागि पर्नेछु । प्रश्न : तपाईँले तालिमलाई प्राथमिकता दिन्छु भन्नुभयो, के यस अघि जेसिजमा तालिम हुन्नथ्यो र ? उत्तर : मैले त्यसो भन्न खोजेको होइन, जेसिज आफैँमा एउटा तालिम प्रदायक संस्था हो । यो संस्थाभित्र तालिम नहुने भन्ने कुरा नै भएन । मेरो कार्यकालमा तालिमलाई अझै सर्वसुलभ बनाउने मेरो प्रयास हुनेछ । त्यसका लागि चावटै क्षेत्रमा क्षेत्रीय तालिम प्रतिष्ठान स्थापना गर्नेछु । यस अघि पनि क्षेत्रगत रुपमा यस्ता तालिम प्रदान गर्ने गरी प्रतिष्ठान स्थापना भएका थिए तर पछिल्ला केही वर्ष त्यो बन्द भएको छ । म त्यसलाई पुनःस्थापना गरेर जेसिज साथीहरुलाई सर्वसुलभ तवरले तालिम प्रदान गर्ने कुरामा लाग्नेछु । तालिम लिनकै लागि धेरै खर्च गरेर टाढा जान नपरोस् , आफ्नै क्षेत्रमा सहज तरिकाले तालिमहरु हुन् र यसले जेसीज साथीहरुलाई सहज होस् भन्ने मेरो उद्देश्य हो । अर्को कुरा म तालिमलाई तालिमको रुपमा मात्र नभई व्यावपहारिक रुपमा लैजान चाहान्छु । तालिम लिइसकेपछि तालिम लिने मान्छेले त्यसलाई व्यवहारमा उतारोस् भन्ने मेरो चाहाना छ । खाली औपचारिक रुपमा मात्र तालिम नहोस् तालिमले मान्छेको जीवनशैलीमा नै परिवर्तन ल्याओस् भन्ने मेरो उद्देश्य हो । यसका लागि प्रशिक्षकहरुलाई सोही बमोजिमको कोर्स डिजाइन गर्न लगाई आगामी वर्ष तालिम प्रदान गर्ने मेरो उद्देश्य हो । प्रश्न : देशभरि हिँड्नु्भयो, जेसिजहरुको प्रतिक्रिया कस्तो पाउनुभएको छ ? उत्तर : व्यक्तिगत रुपमा मैले साथीहरुको अपार समर्थन पाएको महसुस गरेको छु । साथीहरुले देखाएको प्रेम र सद्भावले म उत्साहित छु । साथीहरुमा मप्रति एउटा विश्वास छ, म यो विश्वासलाई खेर जान नदिने गरी काम गर्नेछु । अरुणेश्वर खनालले गर्न सक्छ र जेसिजमा केही न केही परिवर्तन ल्याउछ भन्ने कुरामा साथीहरु विश्वस्त हुनुहुन्छ । यसकारण पनि मैले राम्रो गर्नैपर्छ, मैले जति पनि आफ्ना एजेन्डाहरु साथीहरुलाई सुनाएँ त्यसलाई उहाँहरुले समर्थन गर्नुभएको छ । यो नै म बलियो भएको आधार हो । सुाथीहरुको विश्वास आर्जन गरेको छु । लामो समय जेसिमा काम गरँे, म बीसहजार जेसिजको वर्ष २०१०को शाखा अध्यक्ष हो । सन् २००४देखि नै जेसिजको सदस्यता लिएर निरन्तर १५ वर्षदेखि जेसिज अभियानमा छु । राष्ट्रिय उपाध्यक्ष, राष्ट्रिय महासचिव, राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष भएर काम गरिसकेको छु । त्यसकारण पनि जेसिजलाई अब कसरी लैजाने भन्ने विषयमा मेरो यो लामो अनुभवको सदुपयोग गर्नेछु र सकारात्मक परिणाम दिने कुरामा लागि पर्ने छु । साथीहरुले यही कुरामा मलाई विश्वास गर्नुभएको छ । म साथीहरुको यही विश्वासको जगमा उभिएर विजयी हुने कुरामा विश्वस्त पनि छु । प्रश्न : जेसिजले समाज र देशमा साकारत्मक प्रभाव पार्ने गरी काम गरेको देखिँदैन, यस्तो किन भइरहेको छ ? उत्तर : तपार्इँले भनेका कुरा केही हदसम्म सत्य पनि होला, तर पुरै सत्य होइन । हाम्रो इतिहास हेर्नुहोस् , जेसिज विधिको शासनमा विश्वास गर्छ, मानवताको कार्यलाई आफ्नो आर्दश ठान्छ । हाम्रो आस्था हेर्नुहोस् समाज रुपान्तरणका लागि जेसिजले सबै काम गर्दै आइरहेको छ । निरङ्कुश र कहालिलाग्दो साशन व्यवस्था भएका बेलामा पनि जेसिजले आफ्नो सिद्धान्तसँग कहिल्यै सम्झौता गरेन र आगामी दिनमा पनि गर्ने छैन । हिजो राजाको निरङ्कुश साशन व्यवस्था भएको बेला होस् या पञ्चायती व्यवस्था हँुदा होस् जेसिजले विधिको साशन नै मुलुकका लागि चाहिन्छ भनेर वकालत गरेको छ । तपाईँले जेसिजका गतिविधि आउटडोर रुपमा धेरै देखिएन भन्ने कुरा गर्नुभएको होला, त्यसमा म पनि चिन्तित छु, यदि म राष्ट्रिय अध्यक्ष बन्न सकेँ भने हरेक नागरिकले देख्ने गरी आउटडोर गतिविधि पनि हुनेछन् । आफ्नो मिसन, भिजन र गोलमा केन्द्रित रहेर आफ्ना आस्थालाई शिरोपर गर्दै यस्ता गतिविधि जेसिजले अब गर्नेछ । जेसीजलाई राष्ट्रको एउटा महत्त्वपूर्ण संस्थाका रुपमा विकास गर्न म लागि पर्नेछु । प्रश्न : तपार्इँसँगै अरु पनि प्रतिस्पर्धामा छन् ? तपाईँ र उनीहरुमा फरक के हो ? उत्तर : हो मसँगै अरु तीन जना साथीहरु प्रतिष्पर्धामा हुनुहुन्छ, उहाँहरु जेसिज अभियानकर्मी हो । सँगसँगै जेसिज आन्दोलनजमा छौँ । चुनावका बेला एजेन्डाले फरक हुने कुरा हो । नेतृत्वका हिसाबले फरक हुने कुरा हो । मैले देशभरका साथीहरुलाई आफ्ना एजेन्डामा कन्भिन्स गर्न सकेँ भने त्यो नै फरक कुरा हो । मैले पूर्वदेखि पश्चिमसम्म पुग्दा आफ्ना एजेन्डामा साथीहरुलाई कन्भिन्स गर्न सकेको छु जस्तो लाग्छ, यो नै फरक कुरा हो । जेसिजका साथीहरुले एजेन्डा हेरेर भोट हाल्छन् । अनुभवी नेतृत्वलाई स्वीकार गर्छन् । त्यस कारण मैले म बिचित्रै फरक छु भन्नभन्दा पनि एजेन्डागत रुपमा फरक महसुस गर्ने कुरा हो । यो साथीहरुले महसुस गर्नुभएको छ । प्रश्न : जेसिज पनि राजनीतिबाट ग्रसित छ भनिन्छ , कुरा के हो ? उत्तर : हरेक मान्छेको आफ्नो आफ्नै राजनीति आस्था हुन्छ, यो स्वभाविक कुरा हो । मेरो एउटा आस्था छ, तपार्इँको अर्को आस्था होला । भोट हाल्ने चिन्ह मानिस अनुसार फरक फरक होला । तर जेसिजमा राजनीतिक आस्थाले केही फरक पार्र्दन । यो आफैँमा गैररानीतिक संस्था हो । यो राजनीति गर्ने थलो नै होइन । यो सिक्ने र सिकाउने थलो हो । त्यसकारण यहा राजनैतिक आस्थाले केही फरक पार्दैन । राजनीतिक आस्थाको आधारमा यहा विभाजन पनि हँुदैन । न हिजोका दिनमा त्यस्तो भयो, न भोलिका दिनमा हुन्छ । जेसिजभित्र राजनीति हुन्छ भनेर जुन हल्ला फिजाइएको छ । त्यो बिलकुल गलत कुरा हो । यहाँ आफ्नो विवेक प्रयोग गरेर मतदान गरिन्छ । जेसिजले सबैलाई समान रुपले हेर्छ । राजनीतिक आस्थाकै आधारमा याहाँ कुनै विभेद हँुदैन । प्रश्न : तपार्इँ विजय हुने आधारहरु के के हुन् ? उत्तर : पहिलो कुरा त साथीहरुको मप्रतिको विश्वास नै म विजय हुने आधार हो । म यही विश्वासको जगमा विजय हुने कुरामा अत्यन्तै विश्वस्त छु । परिवर्तनका लागि हामी उठ्नु पर्छ र मानवको चौतर्फी विकासका लागि नेतृत्वले काम गर्नुपर्छ अर्थात नेतृत्वको अभ्यास त्योतर्फ केन्द्रित हुनुपर्छ भन्ने मेरो कुरा हो । किनकी नेताका कुरालाई धेरैले फलो गर्छन् । त्यसैले नेतृत्वले गर्ने अभ्यास अनुकरणीय हुनुपर्छ भन्ने हो । साथीहरुले यसलाई पराइदिएका छन् । यो नै विजयको अधार हो । अर्को कुरा राज्यका विभिन्न अङ्गहरुसँग समन्न्वय गरी देशभर जेसिजवादको विकास गर्नका लागि म लागी पर्नेछु । परम्परागत नभई व्यावहारिक तालिम र तालिमलाई सिपमा परिवर्तन गराउन मेरो प्रयत्न हुनेछ । योसँगै प्रशिक्षित नेतृत्वको उत्पादन र खारिएको नेतृत्व समाजलाई हस्तान्तरण गर्न एक वर्षभरि म क्रियाशील हुनेछु । विधिको शासन र लोकतान्त्रिक पद्धतिको कार्यान्वयनका लागि निरन्तर खबरदारी गर्दे राज्यलाई जिममेवार बनाउन हाम्रा कार्यक्रम केन्द्रित हुनेछन् । मानव सेवाको लागि युवाहरुलाई अभिप्रेरित गर्र्दै उनीहरुमा सकारात्मक सोचको विकास गर्ने नेपाल जेसीजको हरेक क्रियाकलापहरुलाई समयानुकूल परिवर्तन गर्र्दैे त्यसलाई परिणाममुखी बनाउने, सिज अभियानलाई प्रभावकारी बनाउँदै नेपाल जेसिजलाई राज्यको एक महत्त्वपूर्ण संस्थाका रुपमा विकास गर्न लागि पर्ने लगायत मेरा प्रमुख एजेन्डा हुन् । यसका अलावा राज्यको नीति निर्माण तहमा जेसिज नेतृत्वको उपस्थिति गराउँदै राज्यका महत्वपूर्ण अङ्गहरुमा जेसिज स्कुलिङ्गको नेतृत्व स्थापित गर्नका लागि म लागि पर्ने छु । यो संगै देशभरका युवाहरु बिच भाईचारा सम्बन्ध स्थापित गर्दै राष्ट्र निर्माणमा युवाहरुलाई समाहित गर्नप्रेरित गर्ने जेसीजका अबसरका क्षेत्रहरु व्यक्तिगत, व्यावसायिक, सामुदायिक र अन्तर्राष्ट्रिय क्षेत्रहरुको व्यावहारिक रुपमा अभ्यास गर्न कार्यक्रमहरु तय गर्नेै प्रतिबद्धता मैले साथीहरुका बीचमा गरेको छु । र मलाई लाग्छ यो नै म विजय हुने आधार हो । मलाई विस्वास छ, जेसिज साथीहरुले यो पटक पक्कै म माथी न्याय गनेछन् ।
2020/05/31 13:14:38
https://chitwansamachar.com/archives/13350
mC4
काठमाडौं – आगामी असोज १३ गतेदेखि सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल हुँदै छ । उद्घाटन खेल न्युरोड टिम एनआरटी र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा गठित लिग कमिटीले मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । खेल तालिकाअनुसार उद्घाटन खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा असोज १३ गते शनिबार दिउँसो ३ बजे हुनेछ । १३ चरणसम्म खेलाइने लिगको सबै खेल तालिका सार्वजनिक गरिएको छ । सो अवसरमा ए डिभिजनका १४ वटै क्लबका प्रतिनिधि सहभागी थिए । गोला प्रथाद्वारा सार्वजनिक गरिएको तालिकामा पहिलो राउन्डमा सातवटा खेल हुनेछन् । असोज १५ हुने पहिलो खेलमा फ्रेन्ड्स क्लबले थ्री स्टार क्लबसँग र दोस्रो खेलमा जावलाखेल युथ क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ । असोज १६ गते हिमालयन शेर्पा क्लबले सशस्त्र प्रहरीको विभागीय क्लब एपिएफ क्लबसँग एन्फा मैदानमा खेल्नेछ भने दोस्रो खेलमा हलचोक मैदानमा सरस्वती युथ क्लबले संकटा युथ क्लबको सामना गर्नेछ । पहिलो चरणको खेल सकिएपछि तीन दिन कुनै पनि खेल हुँदैनन् भने १९ गतेदेखि दोस्रो चरणका खेल हुनेछन् । दोस्रो चरणको पहिलो खेल असोज १९ गते एनआरटीले मनाङ–मस्र्याङ्दी क्लबसँग, दोस्रो खेल सोही दिन त्रिभुवन आर्मीले च्यासल युथ क्लबसँग खेल्नेछ । २० गते ब्रिगेड ब्वाइजले थ्री स्टार क्लबसँग खेल्नेछ । सोही दिन हुने दोस्रो खेलमा मछिन्द्र क्लबले नेपाल पुलिसको सामना गर्नेछ । त्यसैगरी, २१ गते फ्रेन्ड्स क्लबले एपिएफसँग र सोही दिन दोस्रो खेलमा हिमालयन शेर्पाले सरस्वती युथ क्लबसँग तेस्रो खेलमा जावलाखेल युथ क्लबले संकटासँग खेल्नेछ । असोज २४ गतेदेखि तेस्रो चरणका खेलहरू हुनेछन् । तेस्रो चरणपछि चाडपर्व सुरु हुने भएकाले एक महिना लिग स्थगित हुनेछ । महत्त्वपूर्ण चाडपछि आगामी मंसिर २ गतेदेखि पुनः लिगका खेलहरू हुनेछन् । लिगमा १४ 'ए' डिभिजन क्लबहरू थ्री स्टार, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस, एपिएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, सङ्कटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्युरोड टिम (एनआरटी) ,ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले खेल्नेछन् । राउन्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कुल ९१ खेल हुनेछन् । लिगको विजेताले ५० लाख, उपविजेताले ३५ लाख, तेस्रोले २५ लाख रुपैयाँ नगद पुरस्कार। पाउनेछन् । लिगको चौथो टोलीले १५ लाख, पाँचौँ टोलीले सात लाख र छैटौँले पाँच लाख पाउनेछन् । फेयर प्ले टिमले एक लाख पाउनेछ । प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई ५० हजार तथा म्यान अफ दी म्याच खेलाडीलाई १० हजार दिनेछ । यस्तै, लिग विजेता टोलीले एएफसी एसियन कप फुटबलमा सहभागिता जनाउन पाउने लिग निर्देशक सञ्जिव मिश्रले जानकारी दिए । 'ए' डिभिजन लिग चार वर्षपछि हुन् लागेको हो । पछिल्लोपटक २०७१ सालमा 'ए' डिभिजन लिग भएको थियो । एन्फा अध्यक्ष शेर्पाले नियमित 'रेलिगेसनसहित लिग सञ्चालन गर्न एक वर्ष समय लाग्ने हुनाले यसपटक फुटबलको रौनक ल्याउन रेलिगेसनबिनाको लिग गर्न लागेको बताए । चार वर्षदेखि 'मोफसल'का खेलले नेपाली फुटबल धानेको बताउँदै उहाँले समय अभाव र क्लब मानसिक रूपमा तयार नभएका कारण यसपालि यस्तो निर्णय लिन बाध्य भएको दाबी गरे । संयोजक शर्माले रेलिगेसन नहुँदैमा यो वर्ष केही फरक नपर्ने बताउँदै अर्को वर्षदेखि नियमित 'रेलिगेसन' सहितको लिग गर्ने बताए । एसियाली फुटलब संघ (एफसी) र विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले नेपालमा फुटबलको रौनक सिर्जना गर्न रेलिगेसनविनाको लिग गर्न अनुमति दिएको छ ।
2021/01/19 19:14:49
https://www.farakdhar.com/story/5410/
mC4
आइपीएल पञ्जावको दोस्रो जित | Sagarmatha TV आइपीएल पञ्जावको दोस्रो जित काठमाडौँ– जारी आईपीएलमा किङ्स इलाभेन पन्जाबले दोस्रो जित हात पारेको छ । यूएईमा जारी प्रतियोगितामा पन्जाबले रोयल च्यालेन्जर्स बैंगलोरलाई ८ विकेटले पराजित गर्दै दोस्रो जित निकालेको हो । सारजाह क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १ सय ७२ रनको लक्ष्य पन्जाबले २० ओभरमा २ विकेट गुमाएर पुरा गर्‍यो । पन्जाबको जितमा कप्तान केएल राहुल र क्रिस गेलले अर्धशतकीय इनिङ्स खेले । राहुलले ४९ बलमा अविजित रहदै ६१ रन बनाए । गेलले ४५ बलमा ५३ रनको अर्धशतकीय इनिङ्स खेले । यस सिजन पहिलो पटक पन्जाबको प्लेइङ सेटमा परेका गेलले पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरेका हुन् । यस्तै मायांक अग्रवालले ४५ रनको योगदान दिए । निकोलस पुरन ६ रनमा अविजित रहे । बैंगलोरका युजभेन्द्र चाहलले १ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो । बैंगलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४८ रन जोडे । यस्तै शिबम डुबेले २३ रन जोड्दा आरोन फिन्चले २० रन बनाए । देभदुत पडीक्कल १८ रनमा आउट हुँदा वासिंगटन सुन्दर १३ रनमा आउट भए । क्रिस मोरीस २५ रनमा अविजित रहदा इसुरु उडाना १० रनमा अविजित रहे । पन्जाबका मोहमद शामी र मुरुगान आश्विनले २/२ विकेट लिए । यस्तै अश्रदिप सिंह र क्रिस जोर्डनले १/१ विकेट लिए । जितसँगै पन्जाबले ८ खेलमा ४ अंक जोडेको छ । पन्जाब पुछारमा रहेको छ । पन्जाबले यस सिजन लगातार दोस्रो खेलमा बैंगलोरलाई हराएको हो । यसअघिको पहिलो भेटमा पनि पन्जाबले बैंगलोरलाई ९७ रनले हराएको थियो । बैंगलोरको यो तेस्रो हार हो । बैंगलोरले ८ खेलमा १० अंक जोडेको छ र उ तेस्रो स्थानमा यथावत छ ।
2020/10/29 11:09:14
https://sagarmatha.tv/2020/10/16/59219
mC4
अनलाइन स्विमिङ लेभल १ कोर्स शनिबारबाट « Nepali Digital Newspaper अनलाइन स्विमिङ लेभल १ कोर्स शनिबारबाट १६ श्रावण २०७७, शुक्रबार ०८:०७ नेपाल ट्राइयाथलन संघको आयोजना तथा वल्र्ड कोचेज एकेडेमीको सहयोगमा अनलाइन स्विमिङ लेभल १ कोचिङ कोर्स साउन १७ गते शनिबारबाट हुने भएको छ । साउन १७ र १८ गते दुई दिनसम्म सञ्चालन हुने अनलाइन कोर्समा पौडीसम्बन्धी प्राविधिक ज्ञान प्रदान गरिने छ । सिङ्गापुरका प्रशिक्षक युगिन लिले अनलाइनमार्फत प्रशिक्षण प्रदान गर्नेछन् । युगिन वर्ल्ड कोचेज एकेडेमीका संस्थापक निर्देशक पनि हुन् । पौडी प्रशिक्षकहरुमा बैज्ञानिक प्रशिक्षण र पौडीसम्बन्धी प्राविधिक ज्ञानका कारण पौडी खेलाडीमा प्रभावकारी ज्ञान प्रदान गर्न मद्धत पुऱ्याउने कोर्सको उद्देश्य रहेको छ । कोर्सले प्रशिक्षकहरूमा प्रशिक्षणसम्बन्धी उच्च ज्ञान प्रदान गर्नुका साथै प्रशिक्षको भूमिका र उत्तरदायित्व, प्रशिक्षण प्रणाली र खेलसम्बन्धी बिशेष ज्ञान प्रदान गर्नेछ । प्रशिक्षकहरुले प्राप्त गरेका यस प्रकारको ज्ञानले नयाँ खेलाडी उत्पादनमा सहयोग पुग्नुका साथै खेलाडीहरुको स्तर बृद्धि गर्नमा ठूलो सहयोग पुग्ने संघले जनाएको छ । वर्लड कोचेज एकेडेमीले चिन, हङ्गकङ्ग, मलेसिया, इन्डोनेसिया, सिंगापुर र भारतमा सफलतापूर्वक कोर्स सञ्चालन गरिसकेको छ । ट्राइयाथलन पौडी, साइक्लिङ र दौडको मिश्रित खेल हो । कोर्समा ट्राइयाथलनसँग सम्बन्धित २५ प्रशिक्षकहरुले प्रशिक्षण लिने यसले पौडी र ट्राइयाथलन दुवै खेललाई मद्धत पुग्ने नेपाल ट्राइयाथलन संघका महासचिव युवराज सुनुवारले जानकारी गराएका छन् । विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा नेपालका खेलाडी प्रिन्स दाहालले छलाङ मारेका छन् । विश्व ब्याडमिन्टन महासङ्घले शुक्रबार जारी गरेको जुनियरतर्फको बरियताअनुसार टेनिसमा प्रशिक्षकद्वयको दादागिरी गैरकानुनी रूपमा रकम माग्दा खेलाडी पुगे परिषदमा श्रीविक्रम भण्डारी राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षकद्वय रेणुदेवी कोण्डा र सूर्यभुषण बज्राचार्यले टेनिस खेलका सहकार्य गर्दै चुनौती चिर्ने खेलकुदमन्त्रीको दाबी नवनियुक्त युवा तथा खेलकुदमन्त्री दावा तामाङले खेलकुदमा रहेका चुनौतीलाई सहकार्य गर्दै पन्छ्याउने दाबी गरेका छन् । राष्ट्रिय खेलकुद परिषद्द्वारा मंगलबार वीर गणेशमान सिंह स्पोर्ट्स कमिटी गठन सर्वोच्च कमान्डर गणेशमान सिंहको स्मृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा परिचित गराउन वीर गणेशमान सिंह स्पोर्ट्स कमिटी गठन भएको छ
2021/01/16 08:15:29
https://www.ghatanarabichar.com/195938
mC4
कहीँ नभएको जात्रा बालुवाटारमा - Jhilko गृहपृष्ठ ∕ बिचार ∕ कहीँ नभएको जात्रा बालुवाटारमा झिल्को डटकम २०७७, चैत्र १५ गते २०:५० मा प्रकाशित फागुन २३ गतेको सर्बोच्चको फैसलापछि एकीकृत भइसकेर तीन वर्ष राजनैतिक र संगठनात्मक पार्टीगत अभ्यास गरी सकेको पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यतिबेला पूर्ववत दुई पार्टीको अवस्थामा फर्किन कानुनी कर लागेको छ । संसारमा विरलै हुने यो फैसलाले जन्मिसकेको बच्चा पुनः आमाकै कोखमा फर्केको रुपमा लिइएको छ । भनिने गरिएको छ, बेलायतको संसदले लिङ्ग परिवर्तन बाहेक सबै कुरा गर्न सक्छ । तर, नेपालको न्यायपालिकाले त्यो भन्दा अगाडि बढेर पार्टी एकीकरण भएको तीन वर्षपछि दुई पार्टीको एकीकरणलाई खारेज गर्दै विश्वको नवौं आश्चर्यको फैसला गरेर जगतलाई नै हँसाएको छ । सम्भवतः यो फैसला हास्य शृङ्ला नहुने हो भने गिनिज बुकमा लेखिनु पर्ने हो । गएको फागुन ११ गतेको सर्बोच्च अदालतको फैसलाले प्रतिनिधिसभाको पुनस्र्थापना गरेकाले नेपालको न्यायपालिकाको विश्वसनियतालाई स्थापित गरेको थियो । तर, त्यसकै लगत्तै भएको अर्को फैसलाले कानुनको दाउपेचलाई स्थापित गरिदियो । यो फैसलाले संविधानको प्रस्तावनामाथि नै प्रश्न उठाएको छ । र, यो फैसला लगत्तै नेपालको राष्ट्रिय राजनीतिलाई यथास्थितिको माखे साङ्लोमा जकडिएको छ । प्रतिष्पर्धात्मक बहुदलीय व्यवस्थाको मर्मलाई गहिरो चोट पु¥याएको छ । राजनैतिक पार्टीको स्वतन्त्रता कुनै तालुकदार अड्डाको मातहतमा संकुचित गराउने नजिर बसाएको छ । कहीँ नभएको अल्पमतको सरकारलाई जबर्जस्ती बोकेर हिँड्नु पर्ने बाध्यात्मक परिस्थिति सिर्जना गरेको छ । राजनैतिक लकडाउन : अदालतको यो निर्णयसँगै राष्ट्रिय राजनीति 'लकडाउन' को शिकार भएको छ । यो लकडाउनलाई मलजल गर्ने काम स्वयम् प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको एक घटकले गरेका छन् । परिस्थिति परिपक्व नभएको बहानामा कांग्रेस चुप्पी साँधेर बसेको छ । हिजो आफैले अधिनायकवादी र प्रतिगमनकारी करार गरेको ओली र ओली गुटको अल्पमतको सरकारलाई अनावश्यक सत्ताको साँचो सुम्पिरहने अघोषित ऐक्यवद्धता गरेको अहिलेसम्मको घटनाले प्रस्ट पारेको छ । अधिनायकवादी, सर्बसत्तावादी र प्रतिगमनकारी लेभल लगाएको ओली सरकारलाई अभयदान दिइरहने कांग्रेसको यो अघोषित निर्णयपछिको रहस्य बुझी नसक्नु पहेली हो । तर, कालान्तरमा भने कांग्रेसको यो रवैया उसैलाई घातक हुने निश्चित छ । ओली गुटको सरकारलाई पदच्युत गर्न कांग्रेसले जति ढिलो गर्छ उसले पाउने जनमतले खोलो तरिसकेको हुनेछ । जसपालाई जस–अपजस : यता जसपाको पूर्व घटक राजपाले राजनैतिक जस्तो देखिने फँडा निकालेर यथास्थितिको मनोरञ्जन लिइरहेको छ । पूर्व राजपाले सांसद रेशम चौधरीको रिहाई, नागरिकताको सहज बन्दोबस्त र संविधानको अमूर्त संशोधनको तुरुप झिकेको छ । रेशम चौधरी रिहाइको कानुनी अडचनको 'स्टण्ट'मा राष्ट्रिय राजनीतिको हलो अड्काएको छ । राजनीतिमा स्थायी शत्रु र स्थायी मित्रु हुन्न भन्ने अराजनैतिक र पाजी सूत्र झिकेर केपी ओलीको अल्पमतको सरकारलाई अवैधानिक रुपमा सत्ताको पोखरीमा मनोरञ्जन गर्न दिइरहेको छ । संसदीय व्यवस्थाको मान्यता बहुमतको शासन र अल्पमतको विपक्ष हुने विषयलाई खण्डित गरिदिएको यो नौलो उदाहरण हो । जसपाको पूर्व मान्यता ओली प्रतिगमनको मतियार नै भएको राजनैतिक ठहर थियो । तर, जसपाकै पूर्व घटक राजपाले ओलीको प्रतिगमनलाई शून्य समयमा आएर सुनपानी छर्कने भगिरथ प्रयत्न गरिरहेको छ । वर्तमानमा पूर्व राजपालाई यसले राष्ट्रिय राजनीतिको चावी भएको लोकप्रियता प्राप्त होला तर भविष्यमा उसले यो निर्णयमा परिवर्तन गरेन र ओलीसँगै सती जाने निर्णय ग¥यो भने मधेस आन्दोलनको अवमूल्यन गरेको ठहर्नेछ । त्यतिखेर मधेसको जनमत मात्र गुमाउने छैन पार्टीको भविष्य पनि विचलित हुनेछ । मधेसी दलका नेतालाई लाग्दै आएको सत्तालोलुपको ट्याग फेरि पनि लाग्नेछ । ओली क्याम्पमा हर्ष बढाई : सर्बोच्चको पहिलो फैसलाले ओली केम्पको 'बर्थ डे केक'मा ढुङ्गा परेको थियो । त्यतिखेर ओली नमूनाको भिजिलान्तेहरु भिजेको मुसा जस्तो दुलोभित्र पसेका थिए । जसै दोस्रो फैसला आयो ओली गुटलाई एमालेको विभाजन गर्ने 'बाइरोडको बाटो' खुल्यो । तुरुन्तै ओली गुटमा नन्दीहरु भर्ति गराइए । यो फागुन २८ गतेको पर्व थियो । बालुवाटारमा ओली गुटको भारदारी सभा बस्यो । भारदारी सभाले ओली नै एकमात्र प्राधिकार भएको घोषणा गरियो । पार्टी भनेको ओली र ओली भनेकै एमाले पार्टी ठहर गर्दै भारदारी सभाले ऐलान ग-यो । दलीय व्यवस्थालाई पूर्णतः खारेज गर्दै ओलीको एकल निर्णय र एकल नेतृत्वलाई सर्बमान्य बनाइयो । ओलीले आफ्नै निर्वाचित पूर्वसहकर्मीको पाँडे पजनी गरे । दलाल नोकरशाही पूँजीवादका एजेण्टहरुलाई पार्टी प्रवेश गराए । नाचगान भयो, ओली गुटको बंश भेला भयो । होली वाइन, ठोरी हुँदै जलारीसम्मको समृद्धिको प्रवचन भारदारीसभामा उच्च मूल्याङ्कन भयो । ओलीलाई भारदारी सभाले पार्टीलाई निजीकरण गर्ने बाटो मात्र प्रसस्त गरेन पार्टी सञ्चालन गर्ने विधि पद्दतिलाइ नै धोती लगाइ दिने नाजी पार्टीको रुपरेखामा पु¥याइ दियो । एकीकृत माक्र्सवादी, लेनिनवादी पार्टी (एमाले) यतिखेर केपी शर्माको एकल स्वामित्वको 'केमाले' जस्तो हुन पुगेको छ । केमाले यतिखेर गुटको भन्दा पनि गिरोहको पार्टी र ओलीको विचारहीन कम्पनीमा रुपान्तरित हुन पुगेको छ । दुई लाइन : यतिखेर एमालेको अर्को समूह मााधव नेपाल र झलनाथ खनाल पक्षले पार्टीभित्र दुई लाइनको विचार संघर्षको लडाईं भइरहेको अर्थमा बुझ्ने भुल गर्नु हुँदैन । गत चार र पाँच गते भएको कार्यकर्ता भेलाको १७ बुँदे अवधारणालाई विकसित गर्दै बृहत्तर वामपन्थी एकताको बाटो तेर्सिनु पर्छ । एमाले पार्टीभित्र विधि र पद्धतिको प्राविधिक कुराले मात्र एमालेलाई पुनर्गठन गर्न सक्तैन । विचारसहितको पार्टीमा मात्र लाइन संघर्ष हुने हो । पार्टी गिरोहको हातमा पुगेपछि त्यहाँ विधिको कुरा गर्नु मृगमरिचिका मात्र हुन्छ । विचार विचलन भएको पार्टीमा विचार संघर्ष भन्ने नै हुन्न । संघीय लोकतान्त्रिक गणतन्त्र र अहिलेसम्मको उपलब्धि नै गुम हुने र पार्टी स्वतन्त्रता धरापमा परेको अर्थमा बुझ्ने चुनौतीलाई स्विकार्ने हदको राजनैतिक रुपरेखा तय गर्न सक्नु पर्छ । यसको अर्थ पार्टी पुननिर्माणको अर्थमा हेलिनु पर्छ । ओलीले केमाले गिरोह बनाइ सके, महाधिवेशनको मिति तोकी सके अब कसरी एमाले ०७५ जेठ २ गते फर्केला ? यस्तो उधारो आश गर्नु नै बेकार हुन्छ । सोम शर्माको सातुको कथाको नियति जस्तो हुनेछ । समयबद्ध साप्ताहिकबाट
2021/04/15 13:58:28
https://www.jhilko.com/views/27710/
mC4
सगरमाथा आरोहणमा कामीरिताको नयाँ कीर्तिमान, आफ्नै रेकर्ड तोडदै २३औँ पटक सफल आरोहण - Rojgar Manch साहसिक आरोही कामीरिता शेर्पाले २३औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन । सोलुखुम्बु थामेका शेर्पाले बुधबार बिहान ७ः५० मा विश्वको सर्वोच्च शिखर सगरमाथामा २३औँ पटक पाइला टेक्नुभएको आधार शिविरबाट पर्यटन विभाग पर्वतारोहण शाखाका नायबसुब्बा रामेश्वर निरौलाले जानकारी दिए । लामो समयदेखि आरोहण क्षेत्रमा रहेका ४९ वर्षीय शेर्पाले आफूले कायम गरेको विश्व रेकर्ड आफैँले तोड्दै नयाँ विश्व कीर्तिमान कायम गर्न सफल भएका हुन । कामीरिता शेर्पा र ओङ्दी शेर्पाले सेभेन समिट्स ट्रेक्समार्फत आरोहण गरेका हुन् । कम्पनीका टासी लाक्पा शेर्पाले यो राष्ट्रकै गौरवको कुरा भएको बताए । सन् १९९४ मा पहिलोपटक सगरमाथाको आरोहण गरेका कामीरिताले आरोहण अघि सञ्चारकर्मीसँग कुरा गर्दै २५ पटक चुचुरोमा पुगेपछि आराम गर्ने बताएका थिए । बौद्ध धर्म अनुसार एक महीनाअघिदेखि गुम्बामा पूजापाठ गरी आरोहणमा गएका शेर्पाले आरोहण कठिन हुने भए पनि आफूलाई सामान्य लाग्ने बताए ।
2020/06/02 21:54:42
https://rojgarmanch.com/news/2019/05/7376/
mC4
कोरोनाको तेस्रो लहर आउने वा नआउने सर्वसाधारणमा निर्भर | Sajha Sandesh Home कोरोना अपडेट कोरोनाको तेस्रो लहर आउने वा नआउने सर्वसाधारणमा निर्भर १२ भाद्र २०७८, शनिबार १८:१७ काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणको तेस्रो लहर आउने वा नआउने सर्वसाधारणमा निर्भर भएको जनस्वास्थ्यविद्ले जनाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अबको एक महिना अर्थात् असोज दोस्रो हप्ता सङ्क्रमणको तेस्रो लहर आउने चेतावनी दिएको छ । तेस्रो लहर आउने वा नआउने सर्वसाधारणमा निर्भर हुने विज्ञले बताएका छन् । निषेधाज्ञा खुकुलो र चाडपर्व सुरु भएसँगै आउजाउ बढेको र जनस्वास्थ्य सुरक्षा मापदण्ड लागू नगर्दा तेस्रो लहरको जोखिम बढेको बताइएको हो । अहिले जनस्वास्थ्यका मापदण्ड लागू नगर्दा गत साउनदेखि उकालो लागेको कोरोना भाइरस सङ्क्रमण दर अहिले पनि जारी छ । गत साउन १ गते दुई हजार ९३६ मा कोरोना भाइरस सङ्क्रमण देखिएकामा गत साउन ७ गतेसम्म आइपुग्दा दुई हजार ७१४ जना सङ्क्रमित पुगेका छन् । यस्तै हिजो (शुक्रवार) दुई हजार ६५, भदौ १० गते दुई हजार ४३३, भदौ ९ गते दुई हजार ४८२, भदौ ८ गते दुई हजार ५२५ सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले तेस्रो लहर आउने वा नआउने सर्वसाधारणमा निर्भर भएको बताउनुभयो । "सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड लागू गरे भने तेस्रो लहर आउने सम्भावना कम हुन्छ", उहाँले भन्नुभयो, "तेस्रो लहर नेपालमा भित्र्याउने कि नभित्र्याउने, कस्तो भेरियन्ट ल्याउने भन्ने जनताको हातमा छ ।" भिडभाडमा हिँड्ने, जनस्वास्थ्यका मापदण्ड लागू नगर्ने हो भने नेपालमा पनि तेस्रो लहर नआउने भन्न नसकिने उहाँको भनाइ छ । उहाँले सरकारले मात्र सङ्क्रमण नियन्त्रण गर्न नसकिने भन्दै सर्वसाधारणले पालना गरेको मापदण्डका आधारमा सङ्क्रमण नियन्त्रण गर्न सकिने जानकारी दिनुभयो । गत वर्ष निषेधाज्ञा खुला भएसँगै सर्वसाधारणले जनस्वास्थ्यमा मापदण्ड लागू नगरेकाले गत चैतमा दोस्रो सातादेखि दोस्रो लहरको सङ्क्रमण फैलिएको थियो । दोस्रो लहरमा मुलुकमा धेरै नै मानवीय क्षति भएको थियो । नेपालमा अहिले कोभिड–१९ को डेल्टा भाइरस रहेका छन् । सङ्क्रमणको चौथो तह मन्त्रालयका प्रवक्ता डा पौडेलका अनुसार अहिले नेपालमा समुदाय स्तरमा सङ्क्रमण फैलिरहेको छ । "अहिले समुदाय स्तरमा सङ्क्रमण मजाले फैलिरहेको छ । यसरी फैलिनु भनेको देशको सबै भागमा सङ्क्रमणको तेस्रो वा चौथो तह भन्ने बुझिन्छ", उहाँले भन्नुभयो, "कुनै पनि जिल्ला वा गाउँमा सङ्क्रमण छैन भन्ने अवस्था छैन । सङ्क्रमण फैलिरहेको हुनाले कति सचेत भएर रोक्न सक्छौँ भन्ने कुरा हो ।" उहाँले तेस्रो लहरका लागि अहिले मानिसमा बनेको रोग प्रतिरोधात्मक क्षमताले कति काम गर्छ भन्ने अध्ययनका क्रममा रहेको जानकारी दिनुभयो । पाँच÷छ महिना अघि खोप लगाएका मानिसको पनि रोग प्रतिरोधात्मक क्षमता घटेकाले तेस्रो लहरसँग सचेत हुनुपर्ने बताउनुभयो । "अहिले भन्दा कमजोर भेरियन्ट आए समस्या हुँदैन", उहाँले भन्नुभयो, "तर अहिलेको भन्दा बलियो आए समस्या आउन सक्छ ।" पीसीआर परीक्षण गर्दा अहिले १९.५ प्रतिशतमा सङ्क्रमण देखिएको छ । सङ्क्रमित सबैले परीक्षण नगराउँदा पनि सङ्क्रमणको यकिन तथ्याङ्क बाहिर नआएको मन्त्रालयले जनाएको छ । अहिले पनि सामान्य रुघाखोकी, ज्वरो आएका मानिस परीक्षण गराउन नगएकाले घरमै सङ्क्रमित रहेको मन्त्रालयका प्रवक्ता डा पौडेलले जानकारी दिनुभयो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा अनुष बास्तोलाले मानिस आफैँ सचेत भएर सङ्क्रमणलाई रोक्नुपर्ने बताउनुभयो । उहाँले दैनिक १० देखि २० जना अस्पतालमा आइसकेको भन्दै खोप लगाएका मानिसबाट पनि सङ्क्रमण सर्न सक्ने भएकाले स्वास्थ्यको मापदण्ड लागू गर्न आग्रह गर्नुभयो । मन्त्रालयले तेस्रो लहर आउन सक्ने भएकाले सबै स्वास्थ्य सङ्घसंस्थालाई अक्सिजन, शय्यालगायतका पूर्वाधार तयारी अवस्थामा राख्न अनुरोध गरिएको छ । तेस्रो लहरले बालबालिकालाई बढी प्रभाव पार्ने भएकाले उनीहरूका लागि सघन उपचार कक्ष र भेन्टिलेटर तयारी अवस्थामा राख्न निर्देशनसमेत दिएको छ । मन्त्रालयले कामै नपरी घर बाहिर निस्किने, अनावश्यक रुपमा जमघट गर्ने जस्ता कार्य गर्दा कोरोना फैलिएर तेस्रो लहर नआउला भन्न सकिन्न । त्यसैले जिम्मेवार नागरिक भई भिडभाड भएको ठाउँमा नजान र घरबाट निस्किँदा सधैँ सही तरिकाले मास्क लगाउन र एक अर्काबीच कम्तीमा दुई मिटरको दूरी कायम गर्न मन्त्रालयले आग्रह गरेको छ । साँझ ८ बजेपछि एक समूह जोगियो मन्त्रालयका प्रवक्ता डा पौडेलले साँझ ८ बजेपछि होटेल रेस्टुरेन्ट बन्द गरेर एउटा समूह सङ्क्रमणको जोखिमबाट जोगिएको उहाँको भनाइ छ । "रेस्टुरेन्टमा बसेर खाना, खाजा खानेले मास्क लगाउँदैनन्", उहाँले भन्नुभयो, "तर साँझ ८ बजेपछि रेस्टुरेन्ट बन्द हुँदा एउटा समूह सङ्क्रमणको जोखिमबाट जोगिएको छ ।" रासस
2021/10/26 08:29:53
https://sajhasandesh.com/2021/08/28/%E0%A4%95%E0%A5%8B%E0%A4%B0%E0%A5%8B%E0%A4%A8%E0%A4%BE%E0%A4%95%E0%A5%8B-%E0%A4%A4%E0%A5%87%E0%A4%B8%E0%A5%8D%E0%A4%B0%E0%A5%8B-%E0%A4%B2%E0%A4%B9%E0%A4%B0-%E0%A4%86%E0%A4%89%E0%A4%A8%E0%A5%87/
mC4
विप्लव समूहसँगको दोस्रो चरणको वार्ता निष्कर्ष नजिक पुगेको सरकारको दाबी | Ratopati काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच दोस्रो चरणको वार्ता सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सरकार र विप्लव समूहका प्रतिनिधि बीचका बैठक सकारात्मक रुपमा सम्मान भएको हो । सरकारी वार्ता टोलीका सदस्य डा.राजन भट्टराईले दोस्रो चरणको बैठक सम्पन्न भएको बताए । उनले भने, 'नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच दोस्रो चरणको वार्ता अहिले सॉझ सम्पन्न भयो । वार्ता बिषय केन्द्रीत रह्यो । दुबै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ।
2021/04/17 08:42:11
https://ratopati.com/story/170230/2021/3/3/rajan-bhattarai
mC4
News Collection: 'दरवार हत्याकाण्डको थप अध्ययन र खोजी आवश्यक' विवेक शाह - २०४६ सालको राजनीतिक परिवर्तनपछि नेपालको अवस्थामा कुनै पनि किसिमको सुधार आएन, जनताले खासै केही पाउन सकेनन् । 'महाराजाधिराजले कडा कदम चाल्नुपर्‍यो' भनेर पछिल्ला वर्षहरूमा दरबारको एउटा खेमाबाट निरन्तर दबाब आइरहेको थियो । मेरो बुझाइमा दरबारको त्यो अनुदारवादी खेमाको प्रतिनिधित्व बडामहारानी, युवराजाधिराज दीपेन्द्र र अधिराजकुमार ज्ञानेन्द्रबाट हुन्थ्यो । यो खेमाले राजा महेन्द्रलाई आदर्श मान्थ्यो, राजा कडा हुनुपर्छ र दलहरूलाई पेलेरै जानुपर्छ भन्ने कठोर मान्यता राख्थ्यो । मुमा बडामहारानी रत्न लगायत राजपरिवारका अधिकांश सदस्य यस खेमामा होइबक्सन्थ्यो । तर महाराजाधिराज वीरेन्द्र 'प्रजातान्त्रिक तवरले नै अघि बढ्नुपर्छ, पार्टी तथा तिनका नेताहरूलाई सहयोग गर्नुपर्छ, सिकाउनुपर्छ, पार्टी प्रणालीलाई बलियो बनाउनुपर्छ' भन्ने मान्यतामा अडिग होइबक्सन्थ्यो । जति चर्को दबाब आउँदा पनि आफ्नो मान्यताबाट सरकार अलिकति पनि विचलित होइबक्सेन । यसरी अगाडि बढ्दा सरकारको 'लिडरसिप' फितलो भयो भन्ने पनि आरोप थियो । त्यही दृष्टिकोणबाट प्रभावित भएर युवराजाधिराज सरकारबाट आफ्ना बुबालाई कमजोर नेताका रूपमा लिइबक्सन्थ्यो र 'म कडा नेता बन्छु' भन्ने सोचाइ राखिबक्सन्थ्यो । युवराजाधिराजको अपरिपक्व, परपीडक एवं हठी स्वभावलाई 'दरो नेतृत्व'को गुणका रूपमा व्याख्या गरिदिनेहरूको दरबारभित्र र बाहिरसमेत विलकुलै कमी थिएन । दीपेन्द्र सरकारलाई 'हि इज अ गुड लिडर, स्ट्रङ लिडर, दीपेन्द्र सरकार स्ट्रङ किङ हुन सकिबक्सन्छ' भनेर केही मान्छेले बारबार उक्साउने गरेको हामीले नदेखेका, नसुनेका होइनौँ । यसप्रकार राजपरिवारभित्रको कलह र विवाद तथा कमी-कमजोरीमा खेल्दै युवराजाधिराज दीपेन्द्रको महत्त्वाकाङ्क्षालाई उकासेर लामो तथा सुविचारित षडयन्त्र अन्तर्गत देशी तथा विदेशी शक्तिले दरबार हत्याकाण्ड गराएको हो भन्ने मेरो निष्कर्ष रहेको छ । राजदरबार हत्याकाण्ड हुनुभन्दा झन्डै वर्षदिन अघिदेखि शाही नेपाली सेनाको आधुनिकीकरणको कार्ययोजना बनिरहेको थियो । यसक्रममा पुरानो हतियार बदल्न अत्याधुनिक हतियार किन्ने र सेनाको प्रत्येक तहमा पुर्‍याउने योजना थियो । वीरेन्द्र सरकारबाट उच्च चासोका साथ यस प्रक्रियालाई अगाडि बढाइबक्सेको थियो । मुलुकमा माओवादी समस्या जटिल बन्दै जाँदा कुनै पनि बेला सेना परिचालन गर्नुपर्ने अवस्था आउन सक्छ भन्ने विश्लेषण गरेर यो आधुनिकीकरणको प्रयास सुरु गरिएको थियो । यसै सिलसिलामा नेपालले 'अल्ट्रा मोडर्न' हतियार एचके जी- ३६ राइफल किन्ने प्रक्रिया अगाडि बढाइरहेको थियो । यो हतियार नेपालमै 'एसेम्बल' गर्ने र दक्षिण एसियाली मुलुकमा बेच्नेसमेत योजना थियो । यसका लागि हतियार उत्पादक कम्पनी हेक्लर एन्ड कोकले समेत सहमति जनाइसकेको थियो । तर एचके जी- ३६ राइफल खरिद गर्ने र नेपालमै 'एसेम्बल' गर्ने योजना हाम्रो छिमेकी देश भारतलाई मनपरिरहेको थिएन । किनभने उसले भारतमै बनेको कम गुणस्तरको इन्सास राइफल बेच्न सबै किसिमले जोड दिइरहेको थियो । त्यसैले हतियारको राजनीति पनि राजदरबार हत्याकाण्डभित्र लुकेको एउटा प्रमुख कारण हुनसक्छ भन्ने मलाई लाग्छ । यसअघि २०४४ सालतिर नेपालले चीनबाट केही एन्टी एयरक्राफ्ट हतियार किन्दा पनि भारत निकै क्रुद्ध बनेको थियो । र नेपाललाई आर्थिक नाकाबन्दी गरेर नेपाली जनतालाई असह्य कष्ट दिएको थियो । यस्तै वीरेन्द्र सरकारबाट २०३१ सालमा सम्पन्न शुभराज्याभिषेकका अवसरमा नेपाललाई 'शान्ति क्षेत्र' घोषित गरियोस् भनेर राखिबक्सेको प्रस्तावलाई संसारका सबैजसो महत्त्वपूर्ण ११६ देशले स्वागत र समर्थन गरेका थिए । तर भारतले यस विषयमा समेत नकारात्मक दृष्टिकोण राखेर समर्थन गरेको थिएन । यी त केही घटनामात्र हुन् । २०५७ सालको अन्तिमतिर महाराजाधिराजबाट चीनको महत्त्वपूर्ण भ्रमण सम्पन्न गरिबक्सेको थियो । यतिबेला सरकार नेपालको माओवादी समस्या समाधान गर्ने र केही वर्षदेखि जारी राजनीतिक गतिरोध अन्त्य गर्ने सोचाइमा होइबक्सन्थ्यो । त्यसका निम्ति तत्कालै शाही कदम चाल्नसक्ने अवस्था विकसित हुँदै थियो । सरकारबाट राजसंस्थाप्रति आस्था राख्ने र राष्ट्रवादी छवि बनाएका विभिन्न दलका नेताहरूसँग विचार-विमर्श गरिबक्सँदै थियो । पूर्ववरिष्ठ प्रशासक र सुरक्षाकर्मीहरूको 'विशेष कार्यटोली' बनाई मुलुकको समस्या समाधानका लागि योजना बनाउन लगाउनेबारे विचार भइरहेको थियो । अर्को विशेष कार्यटोली गठन गरी रणनीति तयार पार्न लगाउने र त्यसमार्फत माओवादीसँग वार्ता गर्ने सोचाइ थियो । यही क्रममा सरकारबाट भाइ पूर्वअधिराजकुमार धीरेन्द्र शाहलाई माओवादी नेताहरूसँग वार्ता गर्न खटाइबक्सेको थियो । साथै सरकारले शाही नेपाली सेनाका महासेनानी दिलीप रायमाझीलाई समेत माओवादीसँग सम्पर्क गर्न खटाइबक्सेको थियो । यसै सिलसिलामा २०५७ सालको मध्यतिर सरकारबाट मलाई एउटा गोप्य फाइल अध्ययन गर्न दिइबक्सेको थियो । उक्त फाइलमा देशमा सङ्कट आएको अवस्थामा अपनाउनुपर्ने विभिन्न रणनीतिबारे उल्लेख गरिएको थियो । त्यस योजनाको नाम थियो- 'वाज' । यसक्रममा सरकार पूर्वप्रधानसेनापति धर्मपालवरसिंह थापालाई अतिरथी -फिल्ड मार्सल) बनाएर सबै सुरक्षा निकायसँग समन्वयकर्ताको जिम्मेवारी दिने सोचमा होइबक्सन्थ्यो । उहाँलाई २०५८ वैशाख १ गते अतिरथी बनाउने तय भएको थियो । यसै समयमा राजनीतिक नेताहरू र उनीहरूका गतिविधिमा समेत निगरानी राख्ने योजना बनेको थियो । सरकारको योजना कार्यान्वयन भएको भए त्यसैबेला माओवादी समस्या समाधान हुने थियो । साथै २०४६ सालमा नराम्ररी क्षति भएको राजसंस्थाको छवि बढ्ने थियो र राजसंस्थाको भविष्य सुनिश्चित पनि हुने थियो । यो कुरा बेग्लै हो, सरकारको योजनाले अर्कै मोड लिएर वा अन्य कुनै कारणबाट पञ्चायती व्यवस्थाको पुनरावृत्ति भएको भए राजसंस्था त्यसै समयमा समाप्त हुने अवस्था सिर्जना हुन पनि सक्थ्यो । भारतले माओवादीलाई संरक्षण र सहयोग दिएको थियो भन्ने कुराका अनेकौँ संवेदनशील प्रसङ्गहरू म सैनिक सचिव छँदै जानकारीमा आएका हुन् । तीमध्ये एउटा प्रसङ्ग यहाँ उल्लेख गरौँ । २०६० असारतिर सशस्त्र प्रहरीबलको एउटा कम्पनी कमान्डो तालिमका लागि भारत गएको थियो । टोलीले देहरादुनदेखि ७० किलोमिटर टाढा मसुरीनजिकै जङ्गल र पहाडी इलाका रहेको चक्रातामा तालिम लिएको थियो । तालिम सकिएपछि नेपाल फर्किएर एकजना प्रहरी निरीक्षकले सशस्त्र प्रहरी महानिरीक्षक सहवीर थापालाई तालिमका क्रममा देखेका र सुनेका केही प्रसङ्ग सुनाएछन् । तिनका कुरा सुनेर सशस्त्र प्रहरी महानिरीक्षक थापा मलाई भेट्न आउनुभयो । उहाँले भन्नुभयो, 'सशस्त्रको एउटा गुल्म भारतको चक्रातामा तालिमका लागि गएको थियो । त्यहाँ देखे-सुनेअनुसार उक्त गुल्म त्यहाँ गएको एक महिना अगाडि नेपालका माओवादीको टोलीले पनि सोही स्थानमा तालिम लिएको बुझियो । यो ज्यादै गम्भीर विषय हो । उक्त प्रहरी निरीक्षकसँगै बुझ्ने हो भने पनि म बोलाउँछु । तपाईंले नै विस्तृतमा जानकारी लिए झनै प्रस्ट हुन्छ ।' केही दिनपछि चक्राताबाट तालिम लिएर फर्केका प्रहरी निरीक्षक मलाई भेट्न आए । उनले भने, "सशस्त्रको टोलीलाई तालिम दिनेक्रममा जस्तो स्यान्ड मोडल बनाइएको थियो, हुबहु त्यस्तै स्यान्ड मोडल माओवादीले दाङको सतबरिया, अछामको मङ्गलसेन र सङ्खुवासभाको चैनपुर आक्रमणमा प्रयोग गरेका थिए । उक्त स्यान्ड मोडलबारे छलफल गर्दा हामीलाई ठीक त्यसैगरी काम गर्ने भनेर बुझाइएको थियो, जसरी माओवादीले सतबरिया, मङ्गलसेन र चैनपुरमा आक्रमण गरेका थिए । तालिम केन्द्रबाहिर रहेको चिया पसलेले समेत 'योभन्दा अगाडि नेपालबाट तालिमका लागि आएको टोलीमा महिला पनि थिए, तर तपाईंको टोलीमा महिला रहेनछन्' भनेको थियो । त्यस्तै एकजना इन्स्ट्रक्टरले 'भारतले यो के गरेको होला, नेपालका माओवादी र नेपालकै सशस्त्र प्रहरीलाई पालैपालो तालिम दिइरहेको छ' भनेका थिए ।" यो कुरा सुनेर म अचम्ममा परेँ । चक्रातास्थित सशस्त्र तालिम केन्द्रमा भारतले पहिले श्रीलङ्काली पृथकतावादी तमिल विद्रोहीलाई पनि तालिम दिएको थियो । बङ्गलादेश स्वतन्त्रताका लागि मुक्ति वाहिनीलाई पनि भारतले सोही केन्द्रमा तालिम दिएको थियो । चक्राता तालिम केन्द्रस्थित इस्ट्याब्लिसमेन्ट- २२ नामक कम्प्लेक्स अमेरिकाले बनाइदिएको हो । अमेरिका र भारतले नेपालमा स्वतन्त्र तिब्बत आन्दोलनका लागि लडाकु तयार पार्ने क्रममा खम्पा लडाकुलाई समेत सोही स्थानमा सशस्त्र तालिम दिएका थिए । यस पृष्ठभूमिमा नेपालमा माओवादीको सशस्त्र शक्ति बढ्नु र सफल हुँदै जानुमा यो तालिम पनि महत्त्वपूर्ण कारण हुनसक्छ भन्ने मलाई लाग्यो । मैले यो कुरा महाराजाधिराजमा जाहेर गरेँ । सरकार पनि अचम्ममा परिबक्स्यो र गम्भीर होइबक्स्यो । मैले 'यसबारे सत्य-तथ्य पत्ता लगाएर कूटनीतिक माध्यमबाट भारत सरकारसँग कुरा गर्नु उपयुक्त हुन्छ' भनेर विन्ती चढाएँ । सरकारबाट 'यसबारे के गर्न सकिन्छ, सबै सुरक्षा निकायका प्रमुखसँग सल्लाह गरेर आवश्यक प्रक्रिया सुरु गर' हुकुम भयो । एकदिन राष्ट्रिय अनुसन्धान विभागको उपप्रमुखबाट केही समयअघि अवकाश पाएका लालबहादुर थापा मलाई भेट्न आउनुभयो । उहाँले 'अझै पनि म देशका लागि केही गर्न र सरकारबाट जस्तोसुकै जिम्मेवारी बक्से पनि काम गर्न तयार रहेको' भनी मसँग अनुरोध गर्नुभयो । साथै आफूले भारतका विभिन्न स्थानमा रहेर अध्ययन गरेको समेत जानकारी गराउनुभयो । उहाँलाई 'सम्पर्कमा बस्नुस्, केही काम पर्‍यो भने म खबर गर्छु' भनेँ । त्यसपछि उहाँको प्रस्ताव सरकारलाई जाहेर गर्दै 'लालबहादुरलाई चक्राता पठाएर गोप्य रूपमा सशस्त्र प्रहरी निरीक्षकले भनेको विषयमा सत्य-तथ्य बुझ्न लगाउनु उचित हुन्छ' भनी विन्ती गरेँ । सरकारबाट 'लालबहादुरले विगतमा गरेको कामको पृष्ठभूमिले गर्दा ऊ यसका लागि उपयुक्त हुनसक्छ' हुकुम भयो । त्यसपछि २०६० साउनको अन्त्यतिर उहाँलाई बोलाएर 'एउटा काम पर्लाजस्तो छ, म एक-दुई सातामा खबर गरुँला' भनेँ । मैले १५ दिनसम्म कुनै खबर नगरेपछि उहाँले नै फोन गर्नुभयो । मैले उहाँलाई घरमा बोलाएर 'भारतले चक्रातामा नेपालका माओवादी र सशस्त्र प्रहरीबलका सुरक्षाकर्मीलाई पालैपालो तालिम दिइरहेको खबर आएको छ, यसबारे तपाईंले बुझ्न सक्नुहुन्छ ?' भनेर सोधेँ । उहाँले 'म देहरादुनको मसुरीमा धेरै बसेको छु, चक्राता तालिम केन्द्रभित्र नगए पनि उक्त स्थान कहाँ छ, मलाई राम्ररी थाहा छ' भन्नुभयो । मैले उहाँलाई कामबारे विस्तृत रूपमा जानकारी गराएँ । दसैँ र तिहारको बीचमा उक्त स्थानमा गएर सत्य-तथ्य पत्ता लगाउन आवश्यक सबै कुराको प्रबन्ध मिलाएर जिम्मेवारी दिएँ । यो कुरा महाराजाधिराज, उहाँ र मलाई बाहेक अरू कसैलाई जानकारी थिएन । लालबहादुरले तिहार सुरु हुनुअगाडि मलाई कामबारे रिपोर्ट गर्नुपर्ने थियो । तर उहाँले कुनै सम्पर्क गर्नुभएन । म पनि २०६० कात्तिक २१ गते अकस्मात् राजिनामा गरी राजदरबारबाट बाहिरिएँ । लालबहादुरले त्यसपछि आजसम्म मसँग भेट गर्नुभएको छैन । साथै म पछिका सैनिक सचिव उपरथी गजेन्द्रबहादुर लिम्बुलाई पनि उहाँले जिम्मेवारी अनुसारको रिपोर्ट बुझाउनुभएको छैन । यो प्रसङ्गलाई दरबारबाट मेरो बहिर्गमनसँग जोड्दै कोसोभोमा भारतका एकजना वरिष्ठ आईपीएस अधिकृतले नेपाल प्रहरीका अधिकृतसँग भनेको 'नेपाल में हम जो चाहते हैं, वही होता है' भनेको कुरा स्मरणीय छ । संविधानसभाको निर्वाचनमा भारतले नेपालका माओवादीलाई ठूलो शक्तिका रूपमा देख्न चाहेको थिएन । पहिले राजसंस्थालाई विस्थापित गर्न भारतले माओवादीलाई प्रयोग गर्‍यो भने संविधानसभाको निर्वाचन हुनुअघि माओवादीलाई 'साइज'मा राख्न 'मधेस कार्ड' प्रयोग गर्न थाल्यो । यसै सन्दर्भमा म एउटा घटना सम्झन पुग्छु । २०६३ चैत ७ गते बुधबार साँझ भारतीय राजदूतावासमा कार्यरत द्वितीय सचिव दार्जिलिङनिवासी धीरज मुखियाको घरमा म केही साथीहरूका साथ डिनरमा गएको थिएँ । त्यसैदिन रौतहट जिल्लाको सदरमुकाम गौरमा माओवादीका २७ भन्दा बढी कार्यकर्ताको सामूहिक हत्या भएको थियो । हामी डिनरमा पुग्दा भारतीय दूतावासका तीन-चारजना कर्मचारी आइसकेका रहेछन् । तीमध्ये एकजनाको हातमा दुईवटा मोबाइल थिए । उनी एउटा सेटबाट सम्भवतः भारतीय राजदूत या आफ्नो हाकिमसँग र अर्कोबाट अन्य कुनै व्यक्तिसँग एकसुरले कुरा गरिरहेका थिए । उनी गौर घटनाको विवरण र अन्य जानकारी एउटा मोबाइलबाट 'अपडेट' गरी उक्त खबर अर्को मोबाइलबाट रिपोर्ट गरिरहेका थिए । साथै स्थानीय 'इन्र्फमर'लाई केही निर्देशनसमेत दिँदै थिए । उनलाई गौरबाटै माओवादी कार्यकर्ताको हत्याबारे सम्पूर्ण ताजा विवरण आइरहेको थियो । त्यसबाट मलाई दूतावासका ती कर्मचारी भारतीय गुप्तचर संस्था रअका हुन् भन्ने स्पष्ट भयो । संयोगवश उक्त घटनाको भोलिपल्ट माओवादी अध्यक्ष प्रचण्ड र नेता डा. बाबुराम भट्टराईसँग मेरो भेट भयो । गौर घटनाबाट उहाँहरू निकै हताश र संवेदनशील मनस्थितिमा हुनुहुन्थ्यो । उहाँहरूले मलाई 'भारतलाई हामीले प्रयोग गरिरहेका छौँ भन्ने हाम्रो बुझाइ थियो, तर भारतले हामीलाई पो उल्टै खेलाइरहेको रहेछ, अहिले आएर हामी स्तब्ध भएका छौँ' भन्नुभयो । माओवादीसँग सम्पर्क अगाडि बढाउन मन्त्री पुनलाई निर्देशन दिइयो । यसक्रममा माओवादीले 'वार्ताका लागि दरबारबाट पुनलाई स्वीकृति दिइएको छ' भन्ने व्यहोराको पत्र खोजे । त्यस्तो लिखित पत्र हामी सचिवहरूले दिनसक्ने कुरा थिएन । 'माओवादीसँग वार्ता गर्न मन्त्री पुनलाई महाराजाधिराजको स्वीकृति छ भनेर कसरी पत्र लेख्ने ? महाराजाधिराजले पनि पत्र दिइबक्सने कुरा भएन । बडो धर्मसङ्कटमा परियो । धेरै सोचविचारपछि मैले कसैलाई पनि सम्बोधन नगरी 'जो जससँग सम्बन्धित छ' भनेर पत्र लेखे हुन्छ भने म लेखिदिन्छु भनेर मन्त्री पुनलाई भनेँ । मन्त्री पुनले 'हुन्छ, कोसिस गरौँ न त' भनेपछि मैले व्यक्तिगत तवरले साधारण कागजमा पत्र तयार पारेँ । पत्रमा लेखिएको थियो, 'माननीय आवास तथा भौतिक योजनामन्त्री नारायणसिंह पुनलाई शान्ति प्रक्रियाका लागि माओवादी पार्टीसँग वार्ताका लागि अनुरोध गरिएको छ ।' पत्रको व्यहोरा यतिमात्र थियो । त्यसमा मैले महाराजाधिराजका सैनिक सचिव' भनेर हस्ताक्षर गरेँ । यसमा पनि हामीबीच के सहमति भयो भने पत्र माओवादीलाई देखाउनेमात्र हो, उनीहरूलाई कुनै प्रयोजनका निम्ति दिने होइन । यसप्रकार उनीहरूलाई देखाएपछि फिर्ता ल्याउनेगरी त्यो पत्र मैले मन्त्री पुनलाई दिएँ । त्यसबेला महाराजाधिराज पूजाका लागि दक्षिणकाली सवारी भएकाले यो विषय सरकारमा जाहेर हुन पाएन । महाराजाधिराजलाई जाहेर नगरी यसरी पत्र लेख्नु एकदमै जोखिमको कुरा थियो । शान्ति स्थापनाका लागि बिनासङ्कोच मैले त्यो जोखिम मोलेको थिएँ । माओवादी उच्च नेतृत्वले सरकारको दर्शनभेट गर्ने भनेर धेरै नै जोड गरेपछि दर्शनभेटमा केके विषयमा छलफल गर्ने, माओवादीका कुनकुन मागलाई सम्बोधन गर्ने र माओवादीले केकस्ता सर्त मान्नुपर्ने भनेर दस्तावेज नै तयार भएको थियो । सरकारसँग धेरैपटकको दर्शनभेटपछि मन्त्री पुनले त्यो दस्तावेज तयार पार्नुभएको थियो । उहाँले दस्तावेजलाई अन्तिम रूप दिन सरकारमा चढाएपछि सरकारले मसँग पनि त्यो विषयमा निकै लामो छलफल गरिबक्सेको थियो । दस्तावेज 'फाइनल' भएपछि मन्त्री पुनले नै त्यसलाई माओवादी नेतृत्वसमक्ष पुर्‍याउनुभएको थियो । १५-१६ बुँदामा समेटिएको त्यो दस्तावेज कति 'प्रोग्रेसिभ' थियो भने दस्तावेजमा उल्लेख भएका कुरा माओवादी नेतृत्वले पत्याउनै सकेन । उनीहरूले सोचेभन्दा धेरै अग्रगामी बनेको थियो, त्यो दस्तावेज । त्यसपछि त माओवादी नेताहरूले महाराजाधिराजसँग प्रत्यक्ष भेट्न झनै तीव्र इच्छा जोडदार रूपमा जाहेर गरेका थिए । -यसक्रममा भक्तपुरको बालकोटमा प्रचण्ड र डा. भट्टराईका लागि दर्शनभेटको स्थानसमेत तय भएको थियो रे भन्ने गाइँगुइँ सुनिएको थियो । त्यस कार्यमा भने म संलग्न थिइन ।) दर्शनभेटका लागि माओवादी नेतृत्वको हुटहुटी एकदमै बढेपछि मैले 'माओवादी वार्ताटोली खुला पनि भइसकेको छ, माओवादीले के कुरा गर्न खोजेको हो, एकपटक म भेटुँ ?' भनेर सरकारमा जाहेर गरेँ । सरकारबाट 'हुन्छ' हुकुम भयो । साथै सरकारबाट 'उनीहरूले मलाई किन भेट्न खोजेका हुन्, केके विषयमा मसँग कुरा गर्न चाहन्छन्, राम्ररी बुझ्नु' हुकुम भयो । त्यसअनुसार म माओवादी नेतालाई भेट्न गएँ । भेटको व्यवस्था मन्त्री पुनले नै मिलाउनुभएको थियो । मन्त्री पुनको कणर्ाली एयरलाइन्सको कार्यालय एयरपोर्टछेउ, सिनामङ्गलमा थियो । त्यहीँ माओवादी नेताहरू रामबहादुर थापा -बादल) र कृष्णबहादुर महरासँग मेरो निकै लामो कुराकानी भयो । त्यहाँ पनि उहाँहरूले महाराजाधिराजसँग दर्शनभेट गर्न चाहेको बताउनुभयो । 'हामी राजासँग प्रत्यक्ष भेटेर आधिकारिक धारणा सुन्न चाहन्छौँ,' उहाँहरूको भनाइ थियो । भेटमा मसँग माओवादी नेताहरूले 'अहिलेको सरकार भङ्ग गरी अन्तरिम सरकार गठन गरौँ । संविधानसभाको चुनाव गरौँ' भनेका थिए । त्यसबेला कुनै पनि सर्त राखेर संविधानसभाको चुनाव घोषणा गरेको भए सायद 'जनयुद्ध' त्यहीँ समाप्त हुने थियो । तर अन्य राजनीतिक दलको मान्यता संविधानसभामा जानैहुन्न भन्ने थियो । सरकारको विचार 'प्रोग्रेसिभ' थियो, सुरु-सुरुमा । एकपटक मलाई सरकारले स्वयम् हुुकुम भएको थियो, 'विवेक, दलहरूभन्दा एक कदम अगाडि गएर सिधै संविधानसभाको चुनाव गराउँदा कसो होला ?' तर पछि कहाँबाट के कुरा भएर हो, त्यो प्रसङ्ग हरायो । यसै सिलसिलामा २०६० कात्तिक २० गते प्रधानमन्त्री थापाले केही डीआईजी सरुवाबारे सरकारमा जाहेर गर्नुभएछ । त्यसको भोलिपल्ट सरकारबाट अचानक मेरो राजिनामा मागिबक्स्यो । यस विषयमा सरकारमा प्रधानमन्त्रीले के कुरा जाहेर गर्नुभयो, त्यो त सरकार र उहाँलाई मात्र थाहा हुने कुरा भयो । तर त्यो बेला बाहिर के सुनिन आएको थियो भने प्रधानमन्त्री थापाले 'डीआईजी सरुवामा विवेक शाहले हस्तक्षेप गर्‍यो' भनेर सरकारमा जाहेर गर्नुभएको थियो । वास्तविकता के हो भने देशी तथा विदेशी शक्तिकेन्द्रले म सैनिक सचिव भइरहेको रूचाएका थिएनन् । डीआईजी प्रकरणमा भन्दा पनि मेरो राजिनामा मागिनुका पछाडि उनीहरूको योजनाले काम गरेको हो । प्रधानमन्त्री थापाले उनीहरूलाई सघाउनु विलकुलै अस्वाभाविक थिएन । यही सिलसिलामा एउटा प्रसङ्ग उल्लेख गरूँ । संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापना मिसन कोसोभो गएका नेपाल प्रहरीका एक अधिकृतले मलाई त्यहाँबाट फर्किएर आएपछि सुनाएका थिए, 'कोसोभो मिसनमा मैले काम गर्ने सेक्टरका प्रमुख भारतीय सिनियर आईपीएस अधिकृत थिए । एकदिन कुराकानीकै क्रममा उनले भने, 'देखो हम नेपाल में जो चाहते हैं, वही होता है । दरबार में एक सैनिक सचिवको मालुम हो गया हैं कि भारत नेपाल के माओवादीओंको तालिम दे रहा है । भारत को लगा कि इससे उसको इसमें इम्ब्यारेसमेन्ट हो सकता हंै, इसलिए सैनिक सचिव को वहाँ से हटाना जरुरी हैं । हमारे भी दरबार में एडीसी हैं, और लोग भी हैं । और नेपाल के प्रधानमन्त्री सूर्यबहादुर थापा तो हमारे ही आदमी हैं । उनको भी सैनिक सचिव को हटाने के लिए प्रस्ताव भेज दिया । हमने उनको परिचालन किया और महाराज से कहकर सैनिक सचिव हटवाने को कहा । और महाराज ने भी उसको हटा दिया ।' सैनिक अस्पतालको पुस्तकालय हलमा अधिराजकुमार ज्ञानेन्द्रका साथै प्रधानमन्त्री कोइराला, प्रधानन्यायाधीश उपाध्याय, सभामुख रानाभाट, राष्ट्रिय सभाका अध्यक्ष डा. मोहसिन, राजपरिषद स्थायी समितिका सभापति डा. रायमाझी र प्रमुख विपक्षी दलका नेता नेपाल सम्मिलित बैठक बस्यो । हामी सचिवहरू पनि सहभागी भयौँ । यही बैठकमा राजदरबार हत्याकाण्डबारे जाँचबुझ गर्न एक उच्चस्तरीय आयोग गठन गर्ने निधो भयो । मलाई के सम्झना छ भने, 'यत्रो घटना घट्यो, अब यसको निष्पक्ष छानबिन हुनुपर्छ' भनेर एमाले महासचिव माधवकुमार नेपालले निकै जोड दिनुभएको थियो । सुरुमा न्यायक्षेत्रका व्यक्तिमात्र राखेर आयोग गठन गर्ने प्रस्ताव आएको हो । तर महासचिव नेपालले नै 'होइन, पार्टीका वरिष्ठ नेताहरू र विपक्षीका नेतासमेत बसेर आयोग गठन गरौँ' भनेर प्रस्ताव गर्नुभयो । साथै उहाँले 'यदि त्यसो नगर्ने हो भने उच्चस्तरीय आयोगमा प्रधानन्यायाधीशलाई अध्यक्ष राखेर सदस्यमा सभामुख रानाभाट र प्रमुख विपक्षी दलको नेताका रूपमा मलाईसमेत राख्नुहोस्' भनी प्रस्ताव गर्नुभयो । बैठक सकेर र्फकने क्रममा समेत उहाँले 'आयोगमा म छुटुँला नि' भनिरहनुभएको थियो । तर गठन भइसकेपछि एमाले महासचिव नेपालले के कारणले हो, आयोगमा नबस्ने भनेर राजिनामा दिनुभयो ।
2018/04/25 09:00:00
http://reportsnews.blogspot.com/2010/12/blog-post_6313.html
mC4
मनिषा कोइरालाको समर्थनमा विप्लव समूह, भारतीय च्यानलमाथि प्रतिबन्ध लगाउने चेतावनी 21st May 2020, 11:42 am | ८ जेठ २०७७ काठमाडौं : कालापानीको विषयमा मनिषा कोइरालाले नेपालको अडानलाई समर्थन गरेसँगै भारतीय मिडियाले उनको खेदो खनिरहेका छन्। कोइरालाविरुद्ध भारतीय मिडियामा आएका अभिव्यक्तिप्रति नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको अखिल नेपाल जनसांस्कृतिक महासंघले आपत्ति जनाएको छ। भारतीय मिडियाले कोइरालाले भारतीय नुन खाएर चीनको गीत गाएको आरोप लगाउन थालेसँगै महासंघले मनिषा कसैको दयाले नभई आफ्नो श्रम र सीपले अगाडि बढेको बताएको छ। भारतीय मिडियाहरूबाट नेपाल र नेपाली राष्ट्रियताका विरुद्ध गरिएका तमाम अनर्गल प्रचारको प्रतिवादसमेत महासंघले गरेको छ। 'नेपाली छोरीले नेपालको माया गर्न नपाउने?' महासंघले वक्तव्य जारी गर्दै प्रश्न गरेको छ, 'श्रम बेच्न हुन्छ तर स्वाभिमान बेच्नुहुँदैन' भन्ने मनिषाको अभिव्यक्तिले देशभक्तिको पवित्र आस्थालाई झनै स्पष्ट गरेको छ। हामी नेपालकी नायिका मनिषा कोइरालामा जीवन्त रहेको देशभक्तिपूर्ण आस्था र निष्ठाको उच्च सम्मान गर्न चाहन्छौँ।' महासंघले नेपाल र नेपाली जनताको विरोध गर्ने भारतीय च्यानलमाथि प्रतिबन्ध लगाउने चेतावनीसमेत दिएको छ। 'मनिषा कोइरालाको अभिव्यक्तिमाथि प्रहार हुनु सांस्कृतिक अतिक्रमणकै नयाँ शृङ्खलाको रूपमा हाम्रो सङ्गठनले लिएको छ। भारतीय साम्राज्यवादी सांस्कृतिक प्रदूषणका विरुद्ध हामी निकै लामो समयदेखि सङ्घर्ष गर्दै आइरहेका छौँ,' वक्तव्यमा भनिएको छ, 'भारतले नेपाल र नेपाली जनताको भावनामाथि चोट पुयाउने सम्पूर्ण हर्कत बन्द नगरे हामी नेपालमा हिन्दी गीतहरू बजाउन रोक लगाउन र सम्पूर्ण भारतीय च्यानलमाथि प्रतिबन्ध लगाउन बाध्य हुनेछौँ।'
2020/05/26 16:30:31
https://pahilopost.com/content/20200521114719.html
mC4
सांसदकी छोरी मिस नेपाल भई भनेर हल्ला गर्नुको औचित्य देख्दिनँ -श्रृंखला खतिवडा | mulkhabar.com April 22, 2018 | 6:22 am 734 Hits मिस नेपालमा भाग लिने सोच कहिलेबाट र कसरी आयो ? सानैदेखि मिस नेपाल प्रतियोगिता राम्रो लाग्थ्यो । मेरो बच्चादेखिकै रहर पनि हो । मिस नेपाल भएपछि सबैले चिन्छन् भन्ने मनसाय थियो ममा । बिस्तारै बुझ्दै जाँदा सबैले चिन्ने मात्र नभएर मिस नेपालको आवाज पनि बलियो हुँदोरहेछ भन्ने थाहा भयो । त्यसले गर्दा मिस नेपाल हुन्छु भन्ने संकल्प कसेँ । त्यहीअनुसार आफूलाई क्षमतावान बनाएँ । पूर्वयोजनाका साथ यो वर्ष भाग लिएकी हुँ । पूर्वयोजना कस्तो थियो ? म आर्किटेक्चरको विद्यार्थी हुँ । ब्याचलर पढ्दादेखि नै मिस नेपालमा भाग लिन्छु भन्ने सोच बनाएकी थिएँ । ब्याचलर सक्दा २०१८ को मिस नेपालमा भाग लिन पाउँथेँ । यही नै पूर्वयोजना हो । मिस नेपालमा भाग लिन जान्छु भनेर परिवारलाई कहिले भन्नुभयो ? मेरो रहर छ भनेरचाहिँ थाहा पाउनुभएको थिएन । भन्न त पहिलादेखि नै आमालाई भनिरहेकी थिएँ । तर, उहाँलाई म जिस्किएकोजस्तो लागेको रहेछ । मैले उहाँलाई मनाइरहेँ । आमाले नै बाबालाई मेरो इच्छा सुनाइदिनुभयो । परिवारले सहजै स्वीकार गर्नुभयो ? खासमा आमाबाबाको मिस नेपाल ग्ल्यामर फिल्ड हो भन्ने बुझाइ थियो । त्यति नै वेला पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठले विद्याभूषण जितेपछि उहाँहरूलाई सम्झाउन सहज भयो । मिस नेपाल भनेको ग्ल्यामर मात्र नभएर अवसर पनि हो । म फेमका लागि नभएर प्लेटफर्मका लागि जान लागेको हो भनेँ। त्यसपछि उहाँहरू कन्भिन्स हुनुभयो । साथ पनि दिनुभयो । उपाधि जितेपछि आमा–बुवाको प्रतिक्रिया कस्तो आयो ? एकदम खुसी हुनुहुन्छ । आमा देशबाहिर हुनुहुन्थ्यो, बुवाचाहीँ यहीँ । आमासँग मिस नेपाल भएको एक हप्तापछि मात्र भेट भयो । अगाडि फोनमा कुराकानी भइरहेको थियो । बुवाले प्लेटफर्मको सदुपयोग गर्नु भनेर सुझाब दिनुभएको छ । मेरो जितले उहाँहरू गौरवान्वित हुनुहुन्छ । कम्युनिस्ट सांसदको छोरी मिस नेपाल भई भनेर चर्चा भयो, कस्तो लागिरहेको छ ? यो कुरा मलाई चित्त बुझिरहेको छैन । किनभने मैले आफ्नो पहिचानका लागि मिस नेपालमा भाग लिएकी हुँ । पहिचान बनाउन पनि सफल भएँ । सांसदको छोरी हुनु मेरो रोजाइ होइन । उहाँहरूको रुचि, रोजाइअनुसार राजनीतिमा लाग्नुभयो, सांसद हुनुभयो । उहाँहरू सांसद भएकै कारण म मिस नेपाल भएकी भए जोड्न मिल्थ्यो, तर म मेरो आफ्नो क्षमताको कारण मिस नेपाल भएकी हुँ । सांसदकी छोरी मिस नेपाल भई भनेर हल्ला गर्नुको औचित्य देख्दिनँ । पुल्चोक इन्जिनियरिङ कलेजको आर्किटेक्चरको टपर हुँ । त्यसैले मेरै क्षमतासँग जोडिएर चर्चा होस् । न कि सांसदकी छोरी भई भनेर विवाद । संसद् भवनमा सांसद विरोध खतिवडाकी छोरी भनेर चर्चा हुनु स्वाभाविक हो । तर, मिस नेपाल भएपछि सांसदकी छोरी भनेर जबर्जस्ती आमाबुवासँग जोड्नु ठीक होइन । अस्वाभाविक विवादले मेरो पहिचान बंग्याउन खोजियो । मेरो पहिचानलाई जबर्जस्ती गौण बनाइयो । पहिला कम्युनिस्टहरूले मिस नेपालको विरोध गर्थे नि, यसमा के भन्नुहुन्छ ? पहिला नबुझेर विरोध भयो होला । मेरो बुवा पनि भन्नुहुन्छ, 'त्यसवेला नबुझेको कारण विरोध भयो, तर गलत रहेनछ ।' समय पनि परिवर्तन हुँदै गएको छ । हुनु पनि पर्छ । कम्युनिज्म पनि त फेरिइसकेको छ । पहिलाको जस्तो 'हाडकोर्ड' कहाँ छ र रु यसलाई म सकारात्मक मान्छु । प्रगतिशील हो भनेर बुझ्नु जरुरी छ । नत्र त यथास्थितिवादी भइहालिन्छ नि । मिस नेपाल भएपछि तपाईंमा के परिवर्तन आयो ? पहिलो परिवर्तन त पहिला परिवार, आफन्त, साथीभाइमाझ मात्र परिचित थिएँ । अहिले सबै नेपालीले चिन्नुहुन्छ । बाटोमा हिँड्दा पनि ओहो मिस नेपाल भन्नुहुन्छ । व्यस्त दैनिकी सुरु भएको छ । विश्वमा नेपाल चिनाउने जिम्मेवारी थपिएको छ । सबै नयाँ लागिरहेको छ । सचेत छु । राजनीति बुझेकी छु । सबैले बुझ्न जरुरी पनि छ । राजनीति एउटा यस्तो महत्वपूर्ण क्षेत्र हो जसको माध्यमबाट नीति परिवर्तन गर्न सकिन्छ । तर, आफैँ राजनीतिमा लाग्ने अथवा सक्रिय हुने भन्ने विषयमा चाहिँ सोचेकी छैन । अहिलेको राजनीतिक अवस्था कस्तो लाग्छ ? अहिलेको राजनीति धेरै सकारात्मक भएको छ । हामीलाई विकेन्द्रीकरण चाहिएको थियो, पायौँ । १८ वर्षपछि स्थानीय सरकार बनेको छ । पाँचवर्षे स्थायी सरकार छ । तीन तहको सरकारले मिलिजुली विकास र समृद्धिका लागि काम गर्दै छ । गाउँगाउँमा सिंहदरबार छ । सरकारसँग सबैको पहुँच छ । राजनीतिक स्थायित्व छ । 'मिस वल्र्ड'मा नेपालले के उपलब्धि हासिल गर्छ ? मिस नेपाल वल्र्ड भएसँगै विश्वमा नेपाललाई चिनाउने ठूलो जिम्मेवारी थपिएको छ । मिस वल्र्डमा नेपालले यही स्थान हासिल गर्छ भनेर म अहिले भन्न सक्दिनँ । तर, मेरो लक्ष्य मिस वल्र्डको टाइटल नेपाल ल्याउनेमा रहनेछ । त्यहीअनुसार म कडा मिहिनेत गरेर आफूलाई सक्षम बनाउनेछु ।- नयाँ पत्रिकामा प्रकाशीत
2019/02/23 12:59:35
http://mulkhabar.com/2018/04/86260
mC4
मतदातालाई गगनको आग्रह : राजाको छोरा राजा हुने दिन गए — Ratopost.com News from Nepal मतदातालाई गगनको आग्रह : राजाको छोरा राजा हुने दिन गए पोखरा : काठमाडौंदेखि कास्कीको उपनिर्वाचनमा आफ्ना उम्मेदवारलाई भोट माग्न आएका कांग्रेसका युवा नेता गगन थापाले रवीन्द्र अधिकारीको उत्तराधिकारीको रूपमा विद्या भट्टराईलाई जिताउन नहुने बताएका छन्। पोखरामा भएको चुनावी सभालाई सम्बोधन गर्दै नेता थापाले राजाको छोरा राजा हुने व्यवस्थाको अन्त्य भरखरै भएकोले त्यस्तै प्रकृतिको प्रथा नेकपाले रवीन्द्र अधिकारीको उत्तराधिकारीका रूपमा उनकी पत्नी विद्या भट्टराईलाई चुनावमा उठाएर दोहोर्‍याएको आरोप छ। 'गणतन्त्रमा रवीन्द्र अधिकारीको योगदान महत्त्वपूर्ण छ,' उनले भने, 'अहिले त्यै योगदान मिसिएको गणतन्त्रमाथि प्रहार गर्ने खेल कास्की २ को उपनिर्वाचनमा भइरहेको छ। विद्यालाई चुनावमा उठाउनु र जनताले मतदान गर्नु गणतन्त्रमाथिको प्रहार हुनेछ।' गगनले रविन्द्रको सम्मान गर्न उनको परिवारले जान्नुपर्ने बताए। उनले भने, 'प्रविण गुरुङकाण्डमा पारस शाहविरुद्ध उत्रिएका रवीन्द्र परिवारतन्त्रका विरोधी हुन्। त्यसलै रवीन्द्रको सम्मान गर्न यो परिपाटिको अन्त्य हुनुपर्छ।' उनले गणतन्त्रलाई थप संस्थागत गर्न कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई जिताउनुपर्ने बताए। 'यो निर्वाचनको नतिजाले नेपाली कांग्रेसलाई सत्तामा पुर्‍याउने र नेकपाको सत्ता गिर्ने पनि होइन,' उनले भने, 'कास्की २ का जनताले सहानुभूतिका आधारमा मतदान गर्नुहुनेछैन। देशको लागि दिएको योगदानको पनि मनन गर्नुहुनेछ।' उनले सहानुभूतिले देश र घर दुवै नचल्ने भन्दै रवीन्द्र अधिकारीप्रति श्रद्धाञ्जलि अर्पण गरे। उनले भने, 'हामीलाई रवीन्द्र दाइको निधनप्रति दुःख छ। तर, रवीन्द्र दाइको सपना उनका परिवारले पूरा गर्ने होइन, कास्कीका जनताले पूरा गर्ने हो। जसका लागि खेमराज पौडेल जस्तो छवि भएका अरू कुनै उम्मेदवार नै छैनन।' गगनले दुई वर्षअघि केपी ओलीले बोलेका भनाइ स्मरण गर्दै अहिलेसम्म गरेका काम सार्वजनिक गर्न पनि आग्रह गरे। 'रेल, पानी जहाजलयागत यो सरकारले बाँटेका सपनाहरू जनतामैत्री छैनन,' उनले भने। थाहा खबरबाट
2022/06/27 18:28:23
http://ratopost.com/archives/15993
mC4
भक्तपुरमा कोरोना सङ्क्रमितको 'ग्राफ' उकालो लागेको छ । पछिल्लो सयम जिल्लमा दैनिक ५०० भन्दा धेरै सङ्क्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा आइतबार २५८ पुरुष र २७२ महिला गरी ५३० जना नयाँ सङ्क्रमित थपिए । त्यस्तै यही माघ ८ गते शनिबार ९६८, ७ गते ६२७, ६ गते ५६४ सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालयमा प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए । सङ्क्रमितको सङ्ख्या बढेसँगै जिल्लामा सक्रिय सङ्क्रमित सङ्ख्यासमेत ह्वात्तै बढेको छ । जिल्लामा आइतबारसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार नजिक पुगेको छ । कूल सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार ९९८ पुगेको छ । तीमध्ये पुरुष दुई हजार ७० र महिला एक हजार ९२८ छन् । त्यस्तै सूर्यविनायकमा एक हजार ६२, भक्तपुरमा ७६५ र चाँगुनारायण नगरपालिकामा ४६१ र अन्य २७४ सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । सक्रिय सङ्क्रमितमध्ये ३१ संस्थागत आइसोलेसन तथा अस्पतालमा र २३ जना सामान्य आइसोलेसनमा उपचाररत छन् । त्यस्तै एचडियूमा चार, आइसियुमा तीन र भेन्टिलेटरमा एक जनाको उपचार भइरहेको छ । जिल्लाका विभिन्न अस्पतालमा सामान्य आइसोलेसन २५६ शय्या, एचडियु ११७ शय्या, आइसियु ३५ र भेन्टिलेटर १६ छन् ।
2022/06/30 20:23:37
https://www.tvannapurna.com/41068/2022/01/24/
mC4
जेठ १३ , अनलाईन खेलखबर || राजधानि मा जारी नेपाल को सबैभन्दा ठूलो एकदिवसीय क्रीकेट प्रतियोगिता प्रधानमन्त्री कप को पहिलो दिनको दोस्रो खेल मा प्रदेश ६ , प्रदेश ७ सगँ ४८ रनले पराजित भएको छ । प्रतियोगिता को बैकल्पिक मैदान मुलपानी क्रीकेट मैदान मा भएको खेल मा पहिले टस हारेर ब्याटिङ गरेको प्रदेश ७ ले ३१.३ ओवर मै अलआउट हुदाँ निकै कम स्कोर १ सय २५ रन मात्र बनाएको थियो ।
2021-02-26T03:59:20Z
https://www.ournewscrew.com/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2-%E0%A4%B5%E0%A4%BF%E0%A4%A6%E0%A5%8D%E0%A4%AF%E0%A5%81%E0%A4%A4-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%A7%E0%A4%BF%E0%A4%95%E0%A4%B0%E0%A4%A3%E0%A4%95/
OSCAR-2109
छमछमीबाट एलेक्सको बिदाई « News of Nepal छमछमीबाट एलेक्सको बिदाई नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको मेगा डान्स रियालिटी शो रियो छमछमी ३ बाट यो साता दाङका एलेक्स विकको यात्रा समाप्त भएको छ। कोहलपुरको अडिसनबाट काठमाडौंको मेगा अडिसन हुँदै हरेक प्रस्तुतिमा निर्णायकबाट बारम्बार शुभकामना र माया बटुल्दै आएका एलेक्सका लागि यो साता दर्शकबाट सोचेजति भोट भने प्राप्त भएन। चटपटे हिरोको नामले शोमा परिचित एलेक्सले टप ६ राउन्डको प्रस्तुतिमा निर्णायक र अतिथिबाट प्रसंशा बटुले पनि दर्शकबाट उनले प्राप्त गरेको भोटले उनलाई अगाडि लैजान भने सकेन। शोमा अभिनेत्री स्वेता खड्काको प्रस्तुति एवं सहभागीहरूसँगको वार्तालाप थप रोमाञ्चक बन्यो। लकिङपपिङमा खास क्षमता र सम्भावना बोकेका चकलेटी एलेक्सले शोको प्रतिस्पर्धाबाट बिदा लिनु परे पनि उनका लागि नयाँ सम्भावनाका ढोका खोलिएको रियो छमछमी ३ निर्माण कोर कमिटी सदस्य एवं मिडिया संयोजक रामबाबु अधिकारी बताउँछन्। छमछमी ३ बाट यात्रा समाप्त भए पनि अन्तर्राष्ट्रियस्तरको उनको गायकी क्षमता प्रदर्शनले प्रभावित अभिनेत्री स्वेता खड्का र निर्णायक महेश गोदारले त उनलाई भविष्यमा आफ्ना फिल्मी प्रोजेक्टमा रोल नै दिने घोषणा गरे। यसका लागि एलेक्स निर्णायक, कोरियोग्राफर, अतिथि कलाकार, भोटदाता र छमछमीको मञ्चप्रति कृतज्ञ छन् र आगामी दिनमा समेत आफू यही क्षेत्रमै लागिरहने र यसैमा आफ्नो भविष्य रहेको बताउँछन्। टप ६ राउन्डसम्मका सहभागीको रूपमा रहँदा कोरियोग्राफर र निर्णायकहरूबाट धेरै फर्ममा नृत्य सिक्ने राम्रो अवसर पाएको उनले बतए। शोबाट बाहिरिँदै गर्दा उनले ३२ इन्चको एलजी स्मार्ट टीभी पुरस्कारका रूपमा प्राप्त गरे। सुनसरी, धरानकी मनिता राईले भने यस पटक पनि सबभन्दा बढी भोट प्राप्त गर्ने प्रतिस्पर्धीको रूपमा चौधरी ग्रुपको तर्फबाट विशेष गिफ्ट ≈याम्पर प्राप्त गरिन्।
2019/02/23 22:48:47
http://www.newsofnepal.com/2018/02/03/81459/
mC4
शरणार्थीलाई लगाएको प्रतिबन्ध अमेरिकाद्वारा फूकुवा | Global PostInfo Home Uncategorized शरणार्थीलाई लगाएको प्रतिबन्ध अमेरिकाद्वारा फूकुवा १६ माघ, काठमाण्डौ । अमेरिकाले अति जोखिमपूर्ण भनिएका ११ वटा देशका शरणार्थीमाथिको प्रतिबन्ध हटाएको छ ।तर अमेरिका प्रवेश गर्न चाहनेहरूले अब नयाँ सुरक्षा व्यवस्थाको सामना भने गर्नुपर्ने बीबीसीले जनाएको छ । आन्तरिक सुरक्षा मामिलासम्बन्धी मन्त्री क्रिस्चन निल्सनले शरणार्थीको मान्यता दिनुअघि सुरक्षा जोखिमको जाँच गरिने बताएकी छन् । ट्रम्प प्रशासनले सन् २०१७ को अक्टोबरमा १० वटा मुस्लिम बहुल देश र उत्तर कोरियाबाट शरणार्थी स्वीकार नगर्ने बताएको थियो। गत अक्टोबरमा ट्रम्प प्रशासनको प्रतिबन्ध कार्यान्वयनमा आएपछि आर्थिक वर्ष २०१८ मा शरणार्थीहरूको संख्या आधाले घटेर ४५ हजार पुगेको छ।
2022/01/27 04:57:41
https://globalpostinfo.us/?p=5532
mC4
पछिल्लो समय उपकुलपति नियुक्तिका लागि सर्च कमिटिले प्रक्रिया अघि बढाएको तथा सो पदका लागि तीन दर्जनभन्दा बढी आवेदनहरु परेको अवस्थामा नियुक्ति प्रक्रिया निष्पक्ष र न्यायोचित हुनु पर्दछ । त्यसका लागि विज्ञहरुबाट सबै उम्मेदवारको योग्यता र अनुभवदेखि भिजनसम्मको मुल्यांकन गरेर मात्रै नियुक्तिका लागि सिफारिस गरिनुपर्दछ । खास गरी मेडिकल शिक्षा नियमनमा गत वर्षहरुमा देखिएको चरम् अनियमितता र बेथितिको केन्द्रमा काठमाडौं विश्वविद्यालयका निवर्तमान पदाधिकारीहरु रहेका छन् । देशका आधाभन्दा बढी निजी मेडिकल कलेजहरु उक्त विश्वविद्यालय अन्तर्गत रहेकोमा ती मेडिकल कलेजका सञ्चालकहरुको स्वार्थ र इशारामा पदाधिकारीहरु चल्ने गरेका छन् । कतिसम्म भने निजी कलेजहरुलाई नेपाल सरकार मन्त्री परिषद्ले एमबीबीएस कार्यक्रमका लागि तोकेकोभन्दा बढी शुल्क लिन दिने गरी अवैध निर्णयहरु समेत भएका छन् । त्यसैले हामीसँग पछिल्लो सत्याग्रहमा भएका सम्झौताहरु समेत कार्यान्वयन हुने गरी तथा सक्षम र नैतिकवान व्यक्तिको नियुक्ति हुने गरी सो प्रक्रिया अघि बढाउन सम्बन्धित सबैसमक्ष माग गर्दर्छौं । Spread the loveएक पटक कोरोनाभाइरसबाट सङ्क्रमित भएको व्यक्ति कम्तीमा अर्को पाँच महिनासम्म सङ्क्रमण हुनबाट बच्ने पब्लिक हेल्थ इङ्गल्यान्डको एउटा अध्ययनले देखाएको छ । वैज्ञानिकहरूले कोरोनाभाइरस सङ्क्रमण हुने सम्भावना कहिल्यै सङ्क्रमण नभएका व्यक्तिको दाँजोमा एक पटक सङ्क्रमित भएका व्यक्तिलाई ८३ प्रतिशतले कम हुने पत्ता लगाएका छन् । तर विज्ञहरूले कोरोनाभाइरसको सङ्क्रमण […]
2021-03-03T09:05:36Z
https://motivatenews.com.np/archives/5383
OSCAR-2109
कुटपिटबाट वृद्धको मृत्यु - Merodesh.news लमही। दाङमा कुटपिटबाट एक वृद्धको मृत्यु भएको छ । तोरीमा सिँचाइ गर्ने पानी लैजाने विषयमा विवादपछि कुटपिट हुँदा तुलसीपुर उपमहानगरपालिका–६ गोलौराका ७३ वर्षीय सुकलाल भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय ४० वर्षीय मइमान बस्नेतको कुटपिटबाट भण्डारीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । हत्या आरोपमा बस्नेतलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।
2020/11/24 21:11:15
https://www.merodesh.news/2018/10/30/7928.html
mC4
लिलु डुम्रे मंगलबार, फागुन ४, २०७७, १०:०२ ३ फागुन २०७४ मा प्रधानमन्त्रीका रुपमा सत्तारोहण गर्दा केपी शर्मा ओलीसामु ऐतिहासिक अवसर रहेको चर्चा भएको थियो। भर्खरै सम्पन्न स्थानीय तह, प्रदेश सभा र संघीय संसदको निर्वाचनमा ओलीले नेतृत्व गरेको बाम गठबन्धनले प्रचण्ड बहुमत प्राप्त गरेको थियो। गठबन्धनका दुई घटक, तत्कालीन एमाले र माओवादी पार्टी एकीकरणतर्फ नै अघि बढिसकेका थिए। केही समयपछि दुवै पार्टी एक भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भयो। ओलीको सरकार झन् शक्तिशाली भएको चर्चा भयो। संसदको प्रमुख प्रतिपक्ष, नेपाली कांग्रेस कमजोर आकारमा थियो। इतिहासमै कमजोर देखिएको कांग्रेस प्रमुख प्रतिपक्ष हुनु ओलीका लागि थप सुखद पक्ष थियो। अर्थात् पछिल्लो कालखण्डका जननिर्वाचित प्रधानमन्त्रीहरुमध्ये सबैभन्दा अनुकुलता ओलीका लागि देखिएको थियो। राष्ट्रिय मात्रै होइन,अन्तराष्ट्रिय परिस्थिति पनि ओलीको लागि प्रतिकुल थिएन। स्थिरताको मुद्दा लिएर निर्वाचनबाट अनुमोेदित भएको नेकपासँग जनअपेक्षा बढी हुनु स्वाभाविक थियो। समृद्धिको नाराले मत पाएकाले प्रमुख प्रतिपक्ष कांग्रेस सरकार विरुद्ध प्रतिवाद गर्ने वा गर्न सक्ने अवस्थामा थिएन। यतिसम्म कि, पहिलो वर्षको नीति तथा कार्यक्रमलाई कांग्रेसले विना अवरोध पारित गर्न सहयोग गर्‍यो। नीति तथा कार्यक्रमको साथै बजेटमा विरोध गर्ने प्रतिपक्षको 'धर्म' पनि कांग्रेसले विर्सिएको थियो। कांग्रेस नेता गगन थापा भन्छन्, 'सामान्य अवस्थाको भिन्न सरकार भएकाले अपेक्षा जनतामा बढी थियो। असमान्य तरिकाले मूलुकको रुपान्तरण हुन्छ भन्ने थियो।' नेकपाको शक्तिशाली सरकारले जनअपेक्षा पूरा गर्ने विश्वासमा रहेको कांग्रेसको भूमिका खुम्चिएको थियो। प्रधानमन्त्रीले पाएको असिमित अनुकुलताको विश्वास घट्ने क्रम शुरु हुन भने एक वर्ष पनि लागेन। 'अनुकुलता थेग्न सक्ने क्षमता प्रधानमन्त्री ओलीमा थिएन। प्रधानमन्त्रीको नियत लोकसम्मत तरिकाको देखिएन', कांग्रेस नेता थापा भन्छन्, 'शक्ति पृथकीकरणको सिद्धान्त विर्सेर प्रधानमन्त्रीले राज्यका अंगहरु आफ्नो काबुमा ल्याउन थाल्नुभयो। राज्यका अंगलाई विश्वास नगरेर व्यक्ति प्रधान हुने गरी चल्नुभयो।' प्राप्त अनुकुलताको प्रयोग गर्ने क्षमता नै प्रधानमन्त्रीको नभएको थापा टिप्पणी गर्छन्। 'अनुकुलता थेग्न सक्ने क्षमता प्रधानमन्त्री ओलीमा थिएन। प्रधानमन्त्रीको नियत लोकसम्मत देखिएन', कांग्रेस नेता थापा भन्छन्, जनताको विश्वास धर्मराउँदै गएपछि सरकार विरुद्ध आलोचना सुरु भयो। तर, प्रधानमन्त्रीले त्यसलाई सच्याउने प्रयास नगरेको कांग्रेसको बुझाई छ। औसत सरकारकै गति पनि सरकारले लिन नसकेको थापाको बुझाई छ। 'प्रधानमन्त्री कार्यालय सञ्चालन, सार्वजनिक खर्च, कार्यक्रम छनोट, सुशासनमा जनताले नयाँ महसुुुस गर्नै पाएनन्', थापाले भने, 'ठूला पूर्वाधारको आयोजनामा प्रधानमन्त्रीमा आशक्ति देखिन्थ्यो। तर रेल, पानीजहाजका परियोजना पनि व्यवहारमा ल्याउन सक्नुभएन।' यसबीचमा भ्रष्टाचारका काण्ड एकपछि अर्को गरी सार्वजनिक भए। वाइडवडी जहाज खरीद, नेपाल ट्रष्टको सम्पति मनपरी लिजमा लगाउने प्रक्रिया, सेक्यरिटी प्रिन्टिङ प्रेस खरिद लगायतबाट सरकार आलोचित बन्यो। विवादित विधेयकको संसदमा चाङ लागे। प्रमुख प्रतिपक्षले भ्रष्टचारका काण्ड उजागर गर्ने प्रयत्न गरेपनि मुद्दालाई उठाइरहन भने सकेन। विकासका लागि प्रधानमन्त्रीको सोच्ने तरिका र त्यसका लागि स्रोतको खोजीमा तादाम्य नमिलेको कांग्रेसको ठहर छ। भ्रष्टचारका मुद्दा र सरकारको कार्यशैलीप्रति प्रश्न उठ्न थाले। त्यसपछि प्रधानमन्त्रीले प्रश्न उठाउनेप्रति नै कटाक्ष गर्न थाले। त्यो क्रम पार्टी भित्र र बाहिर दुबैतिर रह्यो। पहिलो वर्ष सकिए लगत्तै हुन नसकेको 'डेलिभरी' बारे सरकारले समीक्षा गर्नुपर्ने थियो। सरकारले आफै समीक्षा गरी सुधार गर्नुभन्दा पार्टी भित्र र बाहिरकाले घेराबन्दी गरेको भन्दै प्रधानमन्त्री नै प्रतिवादमा उत्रे। कांग्रेस नेता थापाले भने, 'गल्ति सच्याएर अघि बढ्नु पर्नेमा दोश्रो वर्षमा पनि कार्यशैलीमा रत्तिभर परिवर्तन प्रधानमन्त्रीमा देखिएन।' सुशासनमा कमजोर सरकारको प्रस्तुतिले दोश्रो वर्षमा पनि निरन्तरता पायो। चुनावी घोषणापत्रका प्रतिवद्धता तोकिएको समयावधिमा पुरा हुन सक्ने कुरै थिएन। वाम गठबन्धनको घोषणापत्र स्मरण गर्दै कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल भन्छन्, 'दुई वर्षमा खाद्यान्नमा आत्मनिर्भर हुने भनिएको थियो। आत्मनिर्भर हुने त परको कुरा उहाँहरुले मल पनि दिनसक्नुभएन।' दुई अंकको आर्थिक वृद्धिदर गर्ने घोषणापत्रको प्रतिवद्धता असफल भएको पौडेलले बताए। सुशासनमा कमजोर सरकारको प्रस्तुतिले दोश्रो वर्षमा पनि निरन्तरता पायो। सरकारको तेस्रो वर्ष सुरु हुँदै गर्दा कोरोनाभाइरस संक्रमणको महामारीले ओली सरकारलाई चुनौतीको साथै अवसर पनि ल्याएको थियो। कोरोना नियन्त्रणमा सरकार सक्षम भएको भए विगतको असफलता छोपिने अवसर थियो। राज्यका सबै क्षेत्रले सरकारलाई सहयोग गर्ने परिस्थिति थियो। सरकारले कोरोना नियन्त्रणमा चालेका कदमको विरोधमा आवाज कसैको उठेको थिएन। कोरोनाकै संकटको बेला दक्षिण कोरिया र न्युजिल्याण्डले प्रभावकारी भूमिका खेलेका थिए। त्यो अवसर प्रधानमन्त्री ओलीमा पनि थियो। ती देशमा राजनीतिक नेतृत्वलाई कोरोनाले क्षमता देखाउने अवसर दियो। 'कोभिड–१९ को बेला सबैले सरकारको त्यसअघिको भूमिका विर्सेका थिए। विपत्तिले नागरिकलाई घेराबन्दी गरेको थियो', थापा भन्छन्, 'कोरोनाकालमा प्रधानमन्त्रीको भूमिका देख्दा लोकतान्त्रिक सरकार यो तहको असंवेदनशील हुनै सक्दैन।' नेकपाको आन्तरिक विवाद र कोरोना कहरमा सरकारको तेश्रो वर्ष वित्यो। नेकपाभित्रको विवादको आडमा कोरोना कहरमै प्रधानमन्त्री ओलीले बैशाख ८ मा अध्यादेश ल्याए। नेकपाभित्रको विवादबीच आएको त्यो अध्यादेशले कांग्रेसलाई झस्काइदियो। दल फुटाउन सहज हुने गरी राजनीतिक दल सम्बन्धि व्यवस्थालाई संशोधन गरी अध्यादेश आएको थियो। चौतर्फी दबाब पश्चात् सरकार ४ दिनपछि अध्यादेश फिर्ता लिन वाध्य भएको थियो। मधेशकेन्द्रित दल फुटाउने गरी ल्याइएको अध्यादेश अन्ततः नेकपालाई नै महंगो पर्यो। मधेशकेन्द्रित दल फुटाउने ध्येयले ल्याएको अध्यादेशको विरोधमा विपक्षी दल एक ठाउँ उभिए। सरकारकै कारणले तत्कालीन समाजवादी पार्टी र तमलोपा एकिकृत भएका थिए। अध्यादेश जारी भएको अर्को दिन मधेसी दललाई निम्त्याएर कांग्रेसले संयुक्त विरोध समेत गर्‍यो। 'ओली नेतृत्वको सरकारको लोकतान्त्रिक मूल्य र मान्यतालाई समाप्त पारी निरंकुश शासनतर्फ उन्मुख श्रृङ्खलावद्ध कदमहरुको पछिल्लो नाङ्गो कदमका रुपमा यी अध्यादेशहरुलाई हामीले लिएका छौँ', कांग्रेसले बोलाएको संयुक्त बैठकपछिको वक्तव्यमा भनिएको थियो। 'गर्नैपर्ने काम ओलीले कुनै गरेनन्। गर्नै नहुने काम भने कुनै बाँकी राखेनन्।' कोरोना कहरको विचमा सरकार आन्तरिक विवादमा रुमल्लिए पनि कांग्रेसले खबरदारी गर्न छाडेको थिएन। दुई वर्षमा प्रतिपक्षको भूमिका कमजोर भएको आरोप खेपेको कांग्रेसले कोरोनाकालमा सशक्त रुपमा आफुलाई उभ्याउन खोज्यो। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा र पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले सरकारलाई निरन्तर घच्घच्याईरहे। कोरोना नियन्त्रण र रोकथामका लागि कांग्रेसले संसदमा संकल्प प्रस्ताव पनि ल्यायो। त्यसमा छलफल गर्नुको साटो संसद 'हठात्' स्थगित गरियो। महाविपत्को बेला खरिद गरेको मेडिकल सामग्रीमा समेत अनियमितता प्रकरण बाहिर आयो। कोरोना नियन्त्रण र सीमाका सन्दर्भमा युवापुस्ताको कांग्रेसमा सार्थक हस्तक्षेप समेत भएको थियो। पूर्ण नक्साको लागि संविधान संशोधन गर्ने क्रममा कांग्रेसले सरकारलाई पूर्ण समर्थन गरेको थियो। नक्साको पक्षमा पुरै दुनियाँ एकवद्ध थियो। प्रधानमन्त्री ओली भने चुच्चे नक्सा प्रकाशित गरेको जस आफुले मात्र लिने पक्षमा देखिए। प्रधानमन्त्रीले एकल जस लिने शैलीको कांग्रेसले विरोध गरिरह्यो। कोभिडले महाविपत्ति ल्याउने आँकलन पहिल्यै गरिएको थियो। महाविपति देशले भोग्नु परेन। सोचेको भन्दा क्षति कम भयो। यद्यपि, महामारीको जोखिम अझै पनि कायमै छ। कोरोना संक्रमण घट्न थालेसँगै दैनिक जीवन सहज हुँदैथियो। पुरानै लयमा फर्किएको दैनिकी प्रधानमन्त्रीका लागि पुनः नयाँ अवसर थियो। अर्थतन्त्र उकास्ने, रोजगारी गुमेकालाई रोजगारीमा फर्काउने, आत्मविश्वास जगाउने समय थियो। शिक्षा/स्वास्थ्य/कृषि लगायतका क्षेत्रमा सरकारले थोरै मात्र ध्यान दिए ती क्षेत्रको विकास ह्वात्तै हुने अवस्था पनि थियो। 'सहज समयमा आएको परिस्थतिमा प्रधानमन्त्रीले संसद विघटन गरी देशलाई दुर्घटनामा पुर्‍याउनुभयो', थापाले भने। सरकारको तीन वर्षे कार्यकालको छोटो समीक्षा गर्दै कांग्रेस प्रवक्ता शर्माले भने, 'नेकपाले देशलाई ३ वर्षमा दिएको ३ उपहार– दम्भ, द्वन्द्व र भ्रस्टाचार।' निर्वाचनको समयमा बहुमत माग गरेको नेकपालाई जनताले करिब दुई तिहाइ नजिक पुर्‍याइदिए। स्थिरता र सुशासन दिने भनि गठन भएको सरकारले अस्थिरता निम्त्याएको कांग्रेसको निचोड छ। प्रधानमन्त्री ओलीले अस्थिरतासँगै व्यवस्थामाथि नै कुठाराघात गरेको कांग्रेस नेता पौडेलले बताए। प्रदेश सरकारलाई अधिकारविहीन बनाई निकम्मा बनाउने कार्य संघीय सरकारले गरेको कांग्रेस उपसभापति विमलेन्द्र निधि बताउँछन्। केन्द्रमा शक्ति केन्द्रित गर्ने ओली सरकारले कानुन बनाउने कार्यमा प्रदेशलाई नसघाएको निधिले बताए। सरकारका अघिल्ला दुई वर्षमा आफ्नो भूमिका शसक्त हुन नसकेको कांग्रेस नेताहरु स्विर्काछन्। सरकारमाथि निरन्तर दबाब पैदा गर्न कांग्रेस चुकेपछि पार्टीको आलोचना समेत भएको थियो। प्रतिपक्षले निरन्तर खबरदारी गर्ने डर सत्ता पक्षमा पैदा गराउन नसक्नु र विभिन्न निकायमा हिस्सेदारी खोज्ने कार्यले कांग्रेस चुकेको नेताहरु स्विकार्छन्। थापा भन्छन्, 'गर्नैपर्ने काम ओलीले कुनै गरेनन्। गर्नै नहुने काम भने कुनै बाँकी राखेनन्।'
2021/05/11 04:50:29
https://nepallive.com/story/238652
mC4
हाल सक्रिय संक्रमितमध्ये अस्पताल आइसोलेशनमा ४९ र होम आइसोलेशनमा ४७९ उपचाररत रहेको पोष्टले जनाएको छ । काभ्रेपलाञ्चोकमा हालसम्म १४ पुरुष र सात महिला गरी २१ को कोरोना संक्रमणका कारण मृत्यु छ । पोष्टका अनुसार २४ घण्टामा ४८ पुरुष र ४४ महिला गरी ९२ नयाँ कोरोना संक्रमित थपिएका हुन् । एजेन्सी – यमनको एडन सहरस्थित विमानस्थलमा भएको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । ५० भन्दा बढी घाइते भएका छन् । हालै गठन भएको सरकारका सदस्यहरू सवार विमान छिमेकी साउदी अरेबियाबाट अवतरण गरेको केहीबेरमै २ वटा विस्फोट गराइएको थियो । अन्तर्राष्ट्रिय रेडक्रसले आफ्ना १ जना कर्मचारी मारिएको जनाएको छ । श्रम मन्त्रालयका उप सचिव समेत मारिएका छन् । २ जना उपमन्त्री घाइते भएका छन् । यमनका प्रधानमन्त्री मीन अब्दुल मलिक सइदले आफू र मन्त्रिपरिषद् सदस्यहरू सकुशल रहेको बताएका छन् । मृत्यु र घाइते हुनेमा सहायतामा जुटेका मानिसहरु रहेको बताइएको छ । यमनका सूचना मन्त्रीले हुथी विद्रोहीहरूले कायरतापूर्ण आतंकवादी आक्रमण गरेको आरोप लगाएका छन् । सन् २०१९ को अगस्टमा सैन्य परेडका बेला हुथि विद्रोहीहरूले गरेको आक्रमणमा ३६ जनाको मृत्यु भएको थियो । सन् २०१५ देखि यमन द्वन्द्वको चपेटामा परेको छ । साउदी अरेबियाले नेतृत्व गरेको अरब राष्ट्रहरूको समूहले हुथी विद्रोहीहरूलाई परास्त गर्न र राष्ट्रपति अब्दराबा मन्सुर हादीको शासन पुनः स्थापित गर्नका लागि सैन्य कारबाही सुरु गरेसँगै यमनमा समस्या देखा परेको हो । यमनमा द्वन्द्वका कारण १ लाख १० भन्दा बढीले ज्यान गुमाएका छन । लाखौँलाई भोकमरीको चपेटामा पारेको छ । काठमाडौँ : २०७४–७५ मा १ हजार ६ सय ७४ वटा बलात्कारका घटना प्रहरीमा दर्ता भए । तीमध्ये १ हजार २ सय ९० वटा चिनेजानेकै व्यक्ति संलग्न भएको प्रहरी तथ्यांकले देखाउँछ । ३ सय ८४ वटा चिनजानबाहिरका व्यक्ति संलग्न देखिए । २०७७–७८ मा १ हजार ४ सय २७ वटा घटना प्र्हरीमा दर्ता भएका छन् । यी घटना पनि चिनेजानेकै व्यक्ति बढी संलग्न रहेको प्रहरी अनुसन्धानले देखाएको छ । प्रहरी प्रवक्ता कुँवरका अनुसार तथ्यांक हेर्दा १ हजार १ सय ४३ घटनामा चिनेजाने कै र २ सय ८४ वटामा चिनजान नभएका व्यक्ति संलग्न देखिएका आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
2021-03-05T13:07:36Z
https://pahilonews.com/%E0%A4%AE%E0%A4%BE%E0%A4%A5%E0%A4%BF%E0%A4%B2%E0%A5%8D%E0%A4%B2%E0%A5%8B-%E0%A4%95%E0%A4%B0%E0%A5%8D%E0%A4%A3%E0%A4%BE%E0%A4%B2%E0%A5%80-%E0%A4%B8%E0%A5%81%E0%A4%B0%E0%A5%81-%E0%A4%A8%E0%A4%B9/
OSCAR-2109
चितवन । पूर्वशिक्षामन्त्री धनीराम (डिआर) पौडेलको आज बिहान निधन भएको छ । उहाँको हृदयाघातका कारण माडीमा निधन भएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष यमबहादुर परियारका अनुसार बिहान ७ बजे उहाँको निधन भएको हो । माडी नगरपालिका–५ रमाइलोडाँडास्थित आफ्नै निवासमा हृदयाघात भएपछि बिहान ७ बजे माडीस्थित बघौडा अस्पतालमा ल्याइएको थियो । अस्पतालका चिकित्सकले निधन भएको जानकारी दिएका हुन् । पौडेल संविधानसभाको सदस्य हुनुहुन्थ्यो । पार्टीका केन्द्रीय सदस्य पौडेल तत्कालीन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्षसमेत हुनुहुन्थ्यो । पौडेल लेखक एवं पूर्वपत्रकार पनि हुनुहुन्छ । उहाँकी श्रीमती गङ्गा वेलवासे पनि पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँका दुई छोरी छन् । पौडेलको अन्तिम संस्कारमा सहभागी हुन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सहित नेकपाका नेताहरु आउने कार्यक्रम रहेको जिल्ला अध्यक्ष परियारले जानकारी दिनुभयो । उहाँको शव बघौडा अस्पतालमा रहेको छ । रासस
2019/10/22 01:24:43
http://ammarwani.com/education/post/2019-06-14-04-03-06
mC4
३५ औं विपी स्मृति दिवसको अवसर पारेर नेपाली कांग्रेस रामधुनीनगर समितिले रक्तदान कार्यक्रममा एक सय ५७ प्रिन्ट रगत संकलन भएको भनी नगर सभापति सुदिप अधिकारीले जानकारी दिएका छन । रगतको अभाव हुन नदिन, अकाल्मै ज्यान जान नदिन, तीनतीन महिनामा खेर जाने रगत संकलन गरी मानिसको जीवन बचाउनका सकिने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको हो भनी अधिकारीले बताए हुन । उक्त कार्यक्रम रामधुनीका नव निर्वाचित मेयर जयप्रकाश चौधरी र उप मेयर सविना चौधरीले सयुक्त रुपमामा विपिको तस्विरमा फुल, माल्या अर्पण गरी उद्घाटन गरेका हुन । कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सभापति राजिव कोइराला, सचिव केदार भण्डारी लगायत उद्योगी, व्यापारी, समाजमा सेवी साथै राजनैतिक दलका प्रतिनिधिहरुले सहभागी भई रक्तदान कार्यक्रम सम्पन्न गरेका हुन । १९७१ भदौ २४ गते भारतको वनारसमा जन्मिनुभएका बीपीको २०३९ साल साउन ६ गतेका दिन क्यान्सरबाट निधन भएको थियो । उहाँले आफ्नो जीवनकालमा लामो समयसम्म नेपाली कांग्रेसको नेतृत्व सम्हालेका थिए । नेपालमा प्रजातन्त्र स्थापना गर्नमा बीपीको निकै ठूलो योगदान रहेको छ
2022-12-02T18:51:24Z
https://samabeshifm.com/2017/07/22/%E0%A4%B0%E0%A4%BE%E0%A4%AE%E0%A4%A7%E0%A5%81%E0%A4%A8%E0%A5%80%E0%A4%AE%E0%A4%BE-%E0%A4%B5%E0%A4%BF%E0%A4%AA%E0%A5%80-%E0%A4%B8%E0%A5%8D%E0%A4%AE%E0%A5%83%E0%A4%A4%E0%A4%BF-%E0%A4%A6%E0%A4%BF/
OSCAR-2301
हिमाली आयोजना अलपत्र – Karnali Pati शनिबार, अशोज ४, २०७६ (2019-09-21) हाम्मो कर्नाली प्रेम र जीवन मेरो अतीत हिमाली आयोजना अलपत्र कर्णालीपाटी जुम्ला,चन्दननाथ नगरपालिका ९ का तिलवहादुर गिरी हिमाली आयोजनाको सहयोगमा स्थापित त्रिवेणी गाईपालन उद्योगका सदस्य हुन । उद्योग स्थापना हुनु अघि उनले, गाईपालन गरेर मनग्गे आम्दानी गर्ने योजना बुनेका थिए । गाउँकै अम्मराज गिरीको अध्यक्षतामा उद्योग स्थापनाका लागि समुह बनाएर हिमाली आयोजनामा प्रस्तावना पेश गरेपछि गाईपालन उद्योग छनौटमा परेको थियो । उनले भने, जिल्लाकै नमुना गाईपालन गर्ने र दुध बेचेर व्यवसायिक क्रियाकलापमा अग्रसर हुने सपना बुनेको थिए, तर समुह भित्रैको किचलोको कारण उनको सपना पुरा हुन सकेन । उनले भने, पाँच वर्ष सम्मको लागि तर्जुमा गरिएका सवै योजना वर्षदिन नपुग्दै तुहिए । उद्योगका गाई समुहमा आबद्ध सबैले चार चार वटा भाग लगाएर घरमा लिएका छौ । एउटा गाईलाई काठमाण्डांैको वोटल खैरेनीवाट जुम्ला पुरयाउन न्युनतम ८० देखि ९० हजार रुपैया लगानी गरिएको छ । २०६९ सालमा स्थापित उद्योगमा १५ जर्सिगाई ल्याएका थिए । ३७ लाख २५ हजार रुपैयाको लागतमा उद्योगको भौतिक संरचना निर्माण गरिएको छ । तिल वहादुरले भने,४ वर्ष सम्म सयुक्त रुपमा पाल्यौ,हिमाली आयोजनाले चासो नदिने र समुहमा रहेका सदस्यले रेखदेख र संरक्षण गर्न छाडेपछि वाध्य भएर भागवण्डा गरेका हौ । अहिले उद्योग सुनसान छ । भवनको सुरक्षा गर्न सकिरहेको अवस्था छैन । अध्यक्ष अमर रावतले हिमाली आयोजनावाट आएको हिसावकिताव देखाएनन,हिमाली आयोजनाले हिसाव कितावका वारेमा अन्य सदस्य संग परामर्श गरेन, उनले भने,प्रहरी चौकी देखि सामुदायीक प्रहरी सम्म पुगेर उजुरी सम्म चल्यो । अहिले उद्योग गाई विनाको भएको स्थानीय वताउछन । शुरुका वर्षमा एक गाईले न्युनतम २ लिटर देखि ३१ लिटर सम्म दुध दिए । मल एक गाडीमा लिदा ७ हजार रुपैयामा विक्रि हुदै आएको थियो । तर उद्योग फस्टाउने संभावना छदाछदै गाई बाँडेर घरघरमा लिनु पर्ने अवस्था आयो । उसो त गाई बाँडीसकेपछि उद्योगको भवन भत्काएर काठ ढुंगा बराबर लिने सहमति भईसकेको थियो । जग्गा उद्योगको नाममा छैनन् । लिजमा लिएर उद्योग लगाएपनि भाडा नतिरेको स्थानीय बताउछन् । एक भारी जग्गाको एक हजार ५ सय रुपैया दिने सहमति छ । समुहका सदस्य बीचमा बोलचाल छैन, हिमाली आयोजनालाई वास्ता छैन, उनले भने,नाम मात्रको उद्योग रहेको छ । पहिलो वर्षमा दुध बेचेका झण्डै ९ लाख रुपैया वाहेक पछि उद्योग फाईदामा जान सकेन । गाईलाई घास दाना संकलनमा संकट हुदै आयो,हिमालीका कर्मचारी उद्योगमा हाजिर भएर फर्कने र तलव पकाउने मात्रै गरे, तिल वहादुरले भने,गाई वाडिसकेपछि निजि विद्यालयलाई भाडा दिने सम्मको कुरा चलेको थियो । घर भत्काउन नमिल्ने भाडा तिरेर हिमाली आयोजनाको कार्यालय रहने भनेपछि अहिले उद्योगको भवनमा कसैको ध्यायन गएको छैन । उद्योगको नाममा जग्गा नभएकोले जग्गावालाले जसको जग्गा उसैको घर हुनु पर्ने जिकिर गरेको छ । पाँच जना सदस्यले कसैले घास उमार्ने, कसैले दानाको व्यवस्थापन गर्ने त कसैले भवन लगाउनको लागि जग्गा उपलव्ध गराउने सहमति थियो । कर्णाली राजमार्गको आसपासमै रहेको उद्योग सबैको आकर्षणको केन्द्र मानिएको थियो । राजमार्गमा आवतजावत गर्ने जो सुकैले उद्योग अवलोकन गर्ने गर्थे । पहुँचका भरमा योजना छनौट हुनु, अर्कैको योजनामा व्यवसायीक योजना बनाईनु, आवश्यकता र ईच्छा शक्ति नभै कागजी प्रमाणलाई मात्रै ख्याल गरिनु, व्यवसाय सञ्चालन भईसकेपछि उचित रेखदेख र सुझाव नदिनु,लगायतका कमजोरीका कारण गाईपालन उद्योग अलपत्र वनेको स्थानीय बताउछन् । गाईपालन उद्योग प्रतिनिधी उदाहरण मात्र हो ।जिल्लाका ७० उपआयोजनामा अधिकांश आयोजना नाजुक अवस्थामा रहेका छन् । हिमाली आयोजनाका कृषि उद्यम व्यवसाय विज्ञ नारायण श्रेष्ठले सामुहिक रूपमा लगानी गरे अनुसारको प्रतिफल प्राप्त गर्न नसकेको स्वीकार गरे ।
2019/09/20 20:22:23
https://karnalipati.com/2017/12/730
mC4
नयाँ बर्षको आगमन सगै सिरुवा पर्व शुरु - Saptakoshionline नयाँ बर्षको आगमन सगै सिरुवा पर्व शुरु प्रकाशित मिति: शनिबार, बैशाख ०१, २०७५ समय: ९:३४:३४ कृष्ण जुनेली,इनरुवा । पुर्वी तराईका थारु समुदायले मनाउने सिरुवा पर्व नयाँ बर्षको आगमन सगै शुरु भएको छ ।वर्षको शुरुवातको महिना वैशाख भरी पुर्वी तराईमा थारु समुदायका मा निसहर ुले सिरुवा पर्वमनाउने गरेका छन । वैशाख महिना वर्षको सिरको महिना भएको र सिरमा प्रत्ययजोडीर सिरुव ा भएको मान्यता रहेको छ । वालीनाली थन्क्याए फुर्सदको समय पारेर मनाइने यो पर्वमा आगामीवालीनाली राम्रो होस भनेर भगवानसंग प्राथना समेत गर्ने गरेको वताइन्छ । सिरुवा पर्व वैशाख महिना भरी विभिन्न ठाँउका ग्रामथानमा गएर पुजाआजा गरी रोगव्याध नलागोस भनेर कामना गर्ने , त्यसै गरी छालाका रोगहरु नलागोस भनेर भान्टाको भार चढाउने गरिन्छ । ग्रामथानहरुमा वली समेत चढाउने गरेको पाइन्छ । थारु समुदायका मानिसहरुले मनाउने सिरुवा पछिल्लो समयमा आएर पुर्र्वी तराईकाहरेक जातजातिका मानिसहरुले मनाउन थालेका छन । ग्रामथानहरुमा लाग्ने मेलामा भाण्टा वोकेर चढाउन गएका अन्य समुदायका मानिसहरुले उल्लेखिय भिड देखिन्छ । थारु समुदायका वृद्धवृद्धाहरु देखि लिएर वालवालिकाहरु समेत नयां लुगाएर मेला भर्न टाढाटाढा सम्म पुग्ने गरेका छन । ग्रामथानसंग जोडीएको यो पर्वमा थारुसमुदायका मानिसहरु ग्रामथानमा जल चढाउने तथा ग्रामथानमा पुजाआजा गरीएको जल ल्याएर आफु भन्दा सानालाई जल सिरमा लगाई दिएर आर्षिवाद दिने प्रचलन रहेको छ । सिरुवाका अवसरमा एक आपसमा शुभकामना साटासाट समेत गर्ने गरिन्छ । ग्रामथानमा टाढा टाढाका आफन्तहरुसंग सीरुवाको अवसरमा भेटघाट गर्ने प्रचलन समेत रहेको छ। केही वर्ष अघि सम्म सिरुवाका अवसरमा ग्रामथानमा भेला भएर थारु समुदायका मानिसहरुले आफ्ना छोरा छोरी र नाती नातीनीको विवाहका लागि कुरा चलाउने गर्दथे भने अहिले यो परम्परा हराउदै आएको छ । पुर्वी तराईमा वैशाख भरी मनाइने यो पर्व अर्थात ग्रामथानमा लाग्ने मेलाका कारण मानिसहरु बैशाख महिना भरि सिरुवा मेला भर्न विभिन्न ठाँउ पुग्ने गर्दछन ।
2021/03/07 01:41:39
https://saptakoshionline.com/15381/
mC4
बेलायतका अर्थमन्त्री क्वासी क्वार्टेङ ३८ दिनमै बर्खास्त, जेरेमी हन्ट नयाँ मन्त्री - वैज्ञानिक मिडिया::Baigyanik Media – world No 1 News Portal from Nepal in Nepali. https://www.baigyanikmedia.com बिहिबार, मंसिर २२, २०७९ प्रिती बाट युनिकोड युनिकोड बाट प्रिती Toggle navigation " सबैको साथ सबैको विकास " Toggle navigation ” सबैको साथ सबैको विकास ” वैज्ञानिक अपडेट राजनीतिक राष्ट्रिय अन्तर्राष्ट्रिय समाज पत्रपत्रिका प्रवास अपराध मौसम प्रदेश प्रदेश नं १ प्रदेश नं २ वाग्मती प्रदेश गण्डकी प्रदेश प्रदेश नं ५ कर्णाली प्रदेश सुदूरपश्चिम प्रदेश अर्थ विशेष जीवन शैली सांस्कृतिक बैंकिङ सुरक्षा रोजगारी भ्रष्ट्राचार बीमा चाड पर्व धर्म कला संगीत सीमापारी चलचित्र खेलकुद विचार ब्लग लेख विश्लेषण लाइफ स्टाइल सौन्दर्य पर्यटन स्वास्थ्य कृषि बिज्ञान-प्रबिधि अन्य अन्तर्वार्ता Baigyanik Media TV HD कोरोना अपडेट मनोरञ्जन साहित्य ट्रेन्डीङ्ग #नेपाली कांग्रेस नवलपरासी काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी पश्चिम नवलपरासी उदयपुर एमाले जगदम्बिके भगवती माध्यमिक विद्यालय Advertisment SKIP THIS https://baigyanikmedia.com/wp-content/uploads/2022/08/VID-20220823-WA0005.mp4 बेलायतका अर्थमन्त्री क्वासी क्वार्टेङ ३८ दिनमै बर्खास्त, जेरेमी हन्ट नयाँ मन्त्री वैज्ञानिक मिडिया प्रकाशित मिति : शनिबार, अशोज २९, २०७९ काठमाडौं । बेलायती प्रधानमन्त्री लिज ट्रसले शुक्रबार आफ्ना अर्थमन्त्री क्वासी क्वार्टेङलाई दक्षिणपन्थी आर्थिक फोरमका कारण उत्पन्न उथलपुथलका लागि आरोप लगाउँदै बर्खास्त गरेकी छन् । वासिङ्टनमा अन्तर्राष्ट्रिय बैठकबाट फर्केपछि तत्कालै ट्रसले आफ्ना वित्तमन्त्रीलाई व्यक्तिगत रूपमा बर्खास्त गरेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । https://baigyanikmedia.com/wp-content/uploads/2022/08/VID-20220823-WA0005.mp4 उनले आफ्नो मिनी बजेटका कारण बेलायती अर्थतन्त्रमा नकारात्मक प्रभाव देखिएको आरोपपछि राजीनामा दिए । ‘तपाईंले मलाई वित्तमन्त्रीबाट राजीनामा दिन भन्नुभएको छ । मैले यसलाई स्वीकार गरेको छु,’ क्वार्टेङले प्रधानमन्त्री लिज ट्रसलाई सम्बोधन गर्दै ट्वीटरमा लेखेको राजीनामामा भनेका छन् । क्वार्टेङको ३८ दिनको कार्यकाल इतिहासमै सबैभन्दा कम समय जिम्मेवारी सम्हाल्ने बेलायती अर्थमन्त्रीको रूपमा रेकर्ड भएको छ । गत महिना उनले प्रस्तुत गरेको मा विवादास्पद ऋण–वित्त पोषित कर कटौती समावेश मिनी बजेटलाई बेलायतको आर्थिक समस्याको लागि दोषी ठहराउँदै उनलाई पदबाट हट्न दवाव दिइएपछि उनको राजीनामा आएको हो । बेलायती मुद्रा (पाउण्ड) लाई अमेरिकी डलरको तुलनामा ३७ वर्षको सबैभन्दा कमजोर अवस्थामा पुर्‍याउन मिनी बजेटको भूमिका रहेको ठहर बेलायती अर्थतन्त्रका जानकारहरूले गरेका छन् । विश्लेषकहरूले बेलायतमा मूल्यमा सरकारी उधारो र विविध सेवाको दरहरूको लागतमा वृद्धि हुनुमा मिनी बजेटलाई दोषी ठहर गर्दै चर्को दबाबपछि क्वार्टेङले राजीनामा दिएका हुन् । उनले यसै महिनाको सुरुमा सबैभन्दा बढी कमाउनेहरुका लागि ४५ प्रतिशत आयकरको दर खारेज गर्ने योजनामा यू–टर्न (पुनः विचार) गरेका थिए । ‘मैले विगतका हप्ताहरूमा धेरै पटक भनिसकेको छु, यथास्थितिलाई पछ्याउनु कुनै विकल्प थिएन । लामो समयदेखि यो देश न्यून आर्थिक वृद्धिदर र उच्च करको चपेटामा परेको छ, यदि यो देश सफल हुने हो भने अझै पनि परिवर्तन हुनैपर्छ,’ उनले राजीनामामा भनेका छन् । बैंक अफ इङ्ल्यान्डले ऋणपत्र बजारमा हस्तक्षेप गरेपछि नयाँ सरकारले सेप्टेम्बर २३ मा कर कटौती गर्ने योजना बनाएको र त्यसपछि उत्पन्न वित्तीय उथलपुथल केही हदसम्म कम भएको छ । तर केन्द्रीय बैंकले शुक्रबार आफ्नो ऋणपत्र खरिदको क्रम अन्त्य गर्ने अडान लिएको थियो र बजार विश्लेषकहरूले गत महिना क्वार्टेङको विनाशकारी बजेट घोषणापछि ट्रसको ठूलो गिरावटले मात्र नयाँ आतङ्कलाई रोक्न सक्ने बताएका छन् । ट्रसको पत्रकार सम्मेलनका लागि कुनै समय दिइएको थिएन, तर यो घोषणाले खतराको भावनालाई जोड दिएको छ किनकि केही कन्जरभेटिभ सांसदहरूले बोरिस जोनसनको उत्तराधिकारी भएको पाँच हप्तापछि मात्र नयाँ नेतालाई अपदस्थ गर्ने वातावरण बनाउन सांसदहरूलाई परिचालन गरेका थिए । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) की प्रमुख क्रिस्टालिना जर्जिएभाले ‘सुसङगत’ नीतिको खाँचोबारे चेतावनी दिएपछि क्वार्तेङले यसै साता वासिङ्टनमा अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको वार्षिक बैठक समापन गर्ने कार्यक्रम तय भएको थियो । ट्रेजरीका एक प्रवक्ताले क्वार्टेङले अक्टोबर ३१ मा हुने ‘आफ्नो मध्यम अवधिको वित्तीय योजनामा काम जारी राख्न’ यात्रा कटौती गरेको पुष्टि गरे । ट्रसले बिहीबार आफ्नै वित्तीय सल्लाहकारहरूसँग उनको अनुपस्थितिमा हतारमा बैठकहरू गरेकी थिइन् । बेलायती प्रसारणकर्ताहरूले क्वार्टेङको ब्रिटिस एयरवेजको विमान हिथ्रो विमानस्थलमा अवतरण गरेको प्रत्यक्ष फुटेज देखाएसँगै सरकारी ऋणपत्रको प्रतिफल कम भएको छ । बर्खास्तीसँगै बेलायतका पूर्व विदेशमन्त्री जेरेमी हन्टलाई बेलायतको वित्तमन्त्रीका रूपमा नियुक्त गरिएको डाउनिङ स्ट्रिटले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
2022-12-07T20:41:18Z
https://baigyanikmedia.com/2022/10/15/00/4315/
OSCAR-2301
बजेटमा धेरै योजना समेटिएकामा मधेस प्रदेशका स्थानीयवासी खुसी « Drishti News – Nepalese News Portal बजेटमा धेरै योजना समेटिएकामा मधेस प्रदेशका स्थानीयवासी खुसी १७ जेष्ठ २०७९, मंगलबार 10:04 am जनकपुर । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत मधेस प्रदेशका थुप्रै योजनालाई समेटेको छ । यसका कारण सर्वसाधारण उत्साहित बनेका छन् । सरकारले मधेस प्रदेशको राजधानी जनकपुरधाम र बाराको सिमरौनगढलाई विशेष पर्यटकीयस्थलका रूपमा प्रवद्र्धन गरिने घोषणा गरेको छ । आइतबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आव २०७९÷८० को बजेट सार्वजनिक गर्नुहुँदै अर्थमन्त्री जनार्दन शर्माले मधेस प्रदेशको जनकपुरधाम र सिमरौनगढलगायतका धार्मिक, सांस्कृतिकस्थललाई विशेष पर्यटकीयस्थलका रूपमा प्रवद्र्धन गरिने घोषणा गरेका हुन् । यस्तै बाराको सिमरालाई विशेष आर्थिक क्षेत्रका रूपमा विकास गर्ने घोषणा गर्नुहुँदै अर्थमन्त्री शर्माले बाराको निगजढ विमानस्थलको ढाँचा निर्माण गरी लगानी बोर्डबाट आयोजना विकास कार्य अगाडि बढाउने योजना बजेटमार्फत सार्वजनिक गरे । महोत्तरीको जलेश्वरमा सुक्खा बन्दरगाह निर्माणको सम्भाव्यता अध्ययन गरी निर्माण अघि बढाइने उल्लेख गर्दै अर्थमन्त्री शर्माले जयनगर–जनकपुर कर्था रेल सेवा विस्तार गरिने घोषणासमेत गरेका छन् । आगामी आवभित्र जयनगर–जनकपुर कर्था रेल सेवालाई बर्दिबाससम्म विस्तार गरिने घोषणा गर्दै उनले वीरगञ्ज–काठमाडौँसम्म रेल सेवाको सम्भाव्यता अध्ययन गरिने जानकारी दिए । राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई निरन्तरता दिने घोषणा गरेको सरकारले तराई–मधेसका नदीहरूमा तटबन्धन निर्माण गरी नदीउकास जग्गामा वृक्षरोपण तथा बगरखेती गर्न प्रोत्साहित गर्ने घोषणा गर्दै अर्थमन्त्री शर्माले नदीमा तटबन्धन निर्माणको कामलाई प्राथमिकताका साथ अघि बढाइने बताए । े काठमाडौँ–तराई मधेस द्रुतमार्गलाई आगामी तीन वर्षभित्र सकिने गरी कामलाई तीव्रता दिइने जानकारी दिँदै अर्थमन्त्री शर्माले निर्माणाधीन पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत थप ३०० किलोमिटर सडक कालोपत्र गर्न र २३ वटा पुल निर्माणका लागि बजेट विनियोजन गरिने घोषणा गरे । तराई–मधेसका जिल्ला सदरमुकाम जोड्ने सडकलाई आगामी वर्षभित्र सडक स्तरोन्नति गरिने उल्लेख गर्दै अर्थमन्त्री शर्माले सप्तरी सदरमुकाम राजविराज जोड्ने सडकलाई चार लेनमा विस्तार गरिने बताए । विगतको भन्दा कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिएको सरकारले तराई–मधेसका किसानको खेतमा बाहै्र महिना सिँचाइ पु¥याउन डिपट्युबेल र स्यालोट्युबेलमार्फत सिँचाइ सेवा विस्तार गरिने घोषणा गर्दै अर्थमन्त्री शर्माले किसानलाई बीउ र मलमा विशेष अनुदान दिने घोषणा गरेको छ । यसरी विगतको भन्दा सरकारले मधेस प्रदेशका थुप्रै र महत्वपूर्ण योजनालाई बजेटमार्फत सम्बोधन गरेको भन्दै स्थानीयवासी खुसी भएका छन् । "सरकारले धार्मिक, सांस्कृतिक र ऐतिहासिकस्थल जनकपुरधामलाई विशेष पर्यटकीयस्थल बनाउने घोषणा गर्नु आफैँमा स्वागतयोग्य छ", जनकपुरधाम उपमहानगरपालिका–४ का स्थानीयवासी वसन्त साहले भने, "यसबाट जनकपुरधाम पर्यटन प्रवद्र्धनसँगै आर्थिक समृद्धिको बाटो खुल्ने छ", यसलाई तत्काल कार्यान्वयनमा लैजानुपर्ने उहाँको भनाइ छ । रासस
2022/06/29 00:36:31
https://www.drishtinews.com/archives/167311
mC4
आधारभूत सहकारीका देवकोटा दम्पतीमाथि छानबिन गर्न म्याद थप - News From Nepal आधारभूत सहकारीका देवकोटा दम्पतीमाथि छानबिन गर्न म्याद थप काठमाडौँ । ज्यान मार्ने उद्योगमा पक्राउ परेका इन्द्रचोकमा रहेको आधारभूत बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष खड्गबहादुर देवकोटा र प्रबन्धनिर्देशक रहेकी उनकी श्रीमती सविना वाग्ले देवकोटालाई जिल्ला अदालतले अनुसन्धानका लागि थप दुई दिन थुनामै राख्न आदेश गरेको छ । जिल्ला अदालत काठमाडौंले बिहीबार उनीहरुलाई थुनामै राखेर छानबिन गर्न म्याद थपेको हो । अदालतले पक्राउ पुर्जी जारी गरेपछि उनीहरु गत जेठ १८ गते पक्राउ परेका थिए । आधारभूत सहकारीका अध्यक्ष देवकोटा र प्रबन्धनिर्देशक देवकोटाविरुद्ध गत जेठ १३ गते ज्यान मार्ने उद्योग गरेको भनी प्रहरी वृत्त लैनचौर सोह्रखुट्टेमा किटानी जाहेरी परेको थियो । उनीहरुले भाडाका गुण्डा लगाएर गत जेठ ८ गते रोमनाथ भण्डारीमाथि सांघातिक आक्रमण गरेका थिए । आधारभूत सहकारीको पूर्वकर्मचारी समेत रहेका भण्डारी बेलुका ७ः३० बजेतिर कामबाट निवासमा फर्किँदै गर्दा कामनपा वडा नं. १७ को धोबीचौरमा आक्रमण गरेका थिए । मरणासन्न हुने गरी भण्डारीलाई पिटेर आक्रमणकारीहरु भागेका थिए । घाइते भण्डारीलाई सुरुमा क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि ट्रमा सेन्टरमा रिफर गरिएको थियो । त्यहाँ उनको टाउकोमा सात टाँका लगाइएको थियो । आक्रमण गरेलगत्तै पक्राउ परेका अध्यक्ष देवकोटा त्यसै रात छुटेका थिए भने १३ गते प्रहरीले जाहेरी लिएपछि अदालतबाट पक्राउ पुर्जी लिएर उनीहरुलाई १८ गते पक्राउ गरेको थियो । त्यसरी पक्राउ परेका आधारभूत सहकारीका देवकोटा दम्पतीले आफूहरुलाई प्रहरीले गैरकानुनी रुपमा पक्राउ गरेर थुनामा राखेको भनी सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । तर प्रहरी अनुसन्धानका क्रममा उनीहरुले सिलसिलेबर रुपमा फट्याइँ र ठगी गर्ने गरेको आधारहरु भेटेपछि सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिटलाई उम्किने जालसाजीका रुपमा लिएर मुद्दा हेर्ने म्याद सार्दै आएको छ । आपराधिक पृष्ठभूमि भएका आधारभूत सहकारीका देवकोटा दम्पतीबाट ठगिएको भनी जिल्ला प्रहरी कार्यालय टेकु र उनीहरुलाई थुनामा राखिएको सोह्रखुट्टे र उनीहरुको कार्यालयमा समेत पीडितहरुको लर्को लाग्ने गरेको छ । देवकोटा दम्पतीको धन्दालाई संगठित रुपमा संरक्षण गर्दै आएका जनसेवन वृत्तमा कार्यरत प्रहरी निरीक्षक प्रकाश रेग्मीलाई उनीहरुमाथिको छानबिनबाट ठूलो असर परेको बताइएको छ । एक अनुसन्धान अधिकृतका अनुसार रेग्मीले उनीहरुमाथि सोह्रखुट्टे प्रहरीबाट भएको अनुसन्धानलाई समेत प्रभावित पार्न खोजेका छन् ।
2022/06/25 05:49:06
https://kantipursanchar.com/%E0%A4%86%E0%A4%A7%E0%A4%BE%E0%A4%B0%E0%A4%AD%E0%A5%82%E0%A4%A4-%E0%A4%B8%E0%A4%B9%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A5%80%E0%A4%95%E0%A4%BE-%E0%A4%A6%E0%A5%87%E0%A4%B5%E0%A4%95%E0%A5%8B%E0%A4%9F%E0%A4%BE/
mC4
स्वास्थ्य मन्त्रालयको चरम लापरबाही : सात करोडको र्‍यापिड टेस्ट किट कामै नलाग्ने – NawalpurTimes.com स्वास्थ्य मन्त्रालयको चरम लापरबाही : सात करोडको र्‍यापिड टेस्ट किट कामै नलाग्ने प्रकाशित : २०७६ चैत १९ गते ९:०१ चैत १८, काठमाण्डौ । चरम आर्थिक अनियमितता गरेर खरिद गरिएको कोरोना भाइरसको उपचार तथा परीक्षण सामग्रि प्रयोग गर्न अयोग्य रहेको खुलासा भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको परीक्षणमा हालसम्म विश्व स्वास्थ्य संगठनले स्विकृती नदिएको र्‍यापिड टेस्ट किट खरिद गरेको पाइएको हो। कोरोनाको स्वास्थ्य सामग्री खरिदका लागि दूई महिनाअघिको प्रक्रिया रद्द गरेर लकडाउनको समयमा तीन घन्टाभित्र महँगोमा सामग्री खरिद गर्ने सम्झौता गरेको मन्त्रालयले कोरोना परीक्षणमा कामै नलाग्ने किट खरिद गरेको पाइएपछि चौतर्फि आलोचना भएको छ। विश्व स्वास्थ्य संगठनले सिफारिस नगरेका र भर पर्न नसकिने भन्दै विभिन्न मुलुकमा आलोचना भएका र्‍यापिड टेस्टिङ किट सरकारले किनेपछि त्यसमाथि चौतर्फी प्रश्न उठेको छ। सरकारले चीनबाट सात करोड रूपैयाँभन्दा बढी लागतमा ७५ हजार त्यस्ता किट किनेको छ। चीनमा बनेका त्यस्तो किटले १० देखि १५ मिनटमै कोरोना भाइरस (कोभिड-१९) पत्ता लगाउन सक्छ। तर त्यसको परिणाम भरपर्दो हुँदैन। यसले संक्रमित व्यक्तिको नतिजा पनि नेगेटिभ देखाइदिँदा संक्रमितहरू समुदायमा जाने र त्यसले अर्को खतरा निम्त्याउने भन्दै विज्ञहरूले यसको प्रयोगमा निरुत्साहित गरिरहेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालि (ओबिसिआई)सँग सामाग्री खरिदको सम्झौता गरेको थियो। आबिसिआईले चीनबाट विश्व स्वास्थ्य संगठनले अनुमति नै नदिएको र्‍यापिड टेस्ट किट ल्याएको हो। चीनबाट आइबिसिआईले स्वास्थ्य मन्त्रालयमा ७५ हजार थान यस्ता किट ल्याएको छ। मन्त्रालयले प्रति किट ८ डलरमा यस्ता किट खरिद गरेको हो। ७५ हजार किटका लागि ६ लाख डलर अर्थात ७ करोड २० लाख नेपाली रुपैयाँ परेको छ। मन्त्रालयले खरिद गरेको उक्त किटको प्रभावकारितमा प्रश्न उठेपछि स्पेनले फिर्ता गरेको थियो। विश्व स्वास्थ्य संगठनले पनि उक्त किट प्रयोग नगर्न भनेको छ। स्वास्थ्य मन्त्रालयको मंगलबारको नियमित कोरोना ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा खेम कार्कीले समेत यस्ता किट प्रयोग गर्न नहुनेबताएका थिए। डा कार्कीले ती टेष्ट कीटहरु विश्व स्वास्थ्य संगठनले जाँचका लागि गुणस्तरीय नभएको भन्दै अनुमति नदिएकोले प्रयोग नगर्न अनुरोध गरेका थिए । तर, यस्ता किट खरिदका लागि स्विकृती दिने क्रममा भने उनकै हस्ताक्षर समेत छ । कोभिड १९ को रोकथाम तथा व्यवस्थापनको सामग्री आपूर्तिको विवरणमा डा कार्कीले समेत हस्ताक्षर गरेको छन् । कीट लगायतका उपकरणहरु प्रक्रिया मिचेर खरिद गरिएको भन्दैै सरकारको आलोचना भइरहेको छ।
2021/08/04 13:09:51
https://www.nawalpurtimes.com/2020/04/01/17399/
mC4
पर्सामा सामूहिक आत्महत्या प्रयास ! एक जनाको मृत्यु, दुई बिरामी::Digital News Paper पर्सामा सामूहिक आत्महत्या प्रयास ! एक जनाको मृत्यु, दुई बिरामी वीरगञ्ज – पर्साको जीराभवानी गाउँपालिकामा तीन जनाले सामूहिक आत्महत्याको प्रयास गरेको घटना सार्वजनिक भएको छ ।जसमा एक युवतीको मृत्यु भएको छ भने दुई जना बिरामी भई भारतको इनर्वा बजारमा उपचार भइरहेको छ । जिराभवानी गाउँपालिका ४ सढीटोलकी २७ बर्षकी सजिता कुमारीको मृत्यु भएको हो ।भारतको इनर्वा बजारस्थित डा. अनिल कुमारको क्लिनिकमा उपचार क्रममा उनको मृत्यु भएको थियो । उनको शव पोष्टमार्टमका लागि वीरगञ्जको नारायणी अस्पतालमा ल्याइएको छ । सोही गाउँकी १३ बर्षकी मजिता कुमारी र जिराभवानी गाउँपालिका वडा नं २ सेढवा २२ वर्षका सञ्जय दास बिरामी छन् ।उनीहरु भारतको इनर्वा बजारमै उपचार गराई घर फर्किएका छन् । उनीहरुले विष सेवन गरेको आशंका गरे पनि पुष्टि भएको छैन ।जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी अनन्तराम शर्माले घटनाबारे अनुसन्धान भइरहेको बताए । 'उनीहरुले विष सेवन गरेको आशंका गरिएको छ, मृतकको शव पोष्टमार्टमका लागि वीरगञ्ज ल्याइसकेका छौं' उनले भने 'भागेर विवाह गर्न खोज्दा घटना भएको जस्तो देखिन्छ । उनीहरुलाई यता ल्याएपछि थप कुरा खुल्छ । ' स्थानीयका अनुसार २६ गते सञ्जय दास, राम चौधरीलगायत ५ जना केटाहरु सजिता र मजितालाई लिन उनीहरुको गाउँ गएका थिए । तर उनीहरु मध्ये ४ जनालाई स्थानीयले पक्रेर प्रहरीलाई बुझाए । दुईजनालाई लिएर सञ्जय मोटरसाइकलमा भागेका थिए । स्थानीयले दिनभरी खोजतलास गर्दा पनि उनीहरु फेला परेनन् । उनीहरु भारततर्फ भागेर राति मात्रै फर्केको बुझिएको छ । सञ्जय दुई युवतीसहित आफ्नो घर पुगेका थिए । त्यसपछि उनीहरु बाहिर गएका छैनन् । बिहान सञ्जयको आमाले तीनै जना बेहोस भएको थाहा पाइन् । त्यसपछि गाउँलेलाई हार गुहार गरेर उनीहरुलाई उपचारका लागि भारतीय बजार इनर्वा पुर्‍याइयो । सजितालाई चिकित्सकले मृत घोषित गरे । पक्राउ परेकाहरुसँग प्रहरीले सोधपुछ गरिरहेको छ । पक्राउ परेका मध्येका राम चौधरीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइएको छ । घटनाबारे प्रहरीले फागुन २७ गते बिहान ११ बजे मात्रै जानकारी पाएको थियो । त्यसपछि घटनाबारे अनुसन्धानमा खटिएका इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक आशिष अधिकारीले उनीहरु सुतेको भनिएको कोठामा विष सेवन गरेको पुष्टि हुने कुनै प्रमाण नभेटिएको बताए । ' परिवारले विष सेवन गरेको भनेका छन्, तर विषको बोतल लगायतका कुनैपनि वस्तु कोठामा भेटेका छैनौं' उनले भने 'अहिले नै यकीन भन्न सक्ने अवस्था छैन । हामी अनुसन्धान गरिरहेका छौं । ' सामाजिक सचेतनाको खाँचो कानुनले विवाहको उमेर २० वर्ष तोकेको भएपनि पछिल्ला दिनमा तराई मधेसका जिल्लामा कम उमेरमै भाग्ने प्रचलन बढी रहको छ । त्यसले गर्दा अभिभावक र प्रहरी प्रशासन हैरान भइसकेका छन् । यो पनि पढ्नुहोस् : किशोरीको डेरामा सुसाइड नोट ! 'आइ लभ यु पापा-ममी' कतिपय अभिभावकले छोरी भगाउने केटा विरुद्ध मानव बेचविखन, अपहरण तथा शरीरबन्धक र जर्बजस्ती करणीको मुद्धा दर्ता गराउन आउने गरेका छन् । प्रहरीले केटा केटी दुवैलाई झिकाएर अभिभावकको जिम्मा लगाएर पठाएपनि कतिपय किशोर किशोरी पुन भाग्ने गरेका घटना समत भएको प्रहरी अधिकारीहरु बताउँछन् । समाजमा छोरा छोरीले अन्तरजातिय विवाह, भागी विवाह र प्रेम विवाह हुँदा इज्जत प्रतिष्ठामा आँच आउँछ भन्ने सोच विद्यमान रहेको जानकारहरुको भनाइ छ । अधिवक्ता विनोद कुर्मी समाजमा पछिल्लो समयमा देखिएको घटनाहरु रोक्नका लागि स्थानीय सरकार, अभिभावक र शिक्षकहरु सचेत हुनुपर्ने बताए । विद्यार्थीलाई नैतिक शिक्षा दिनु आवश्यक देखिएको पनि उनको भनाइ छ ।
2019/08/21 14:55:54
http://www.praharnews.com/samachar/55781/
mC4
Nagarik News - No. 1 News Portal of Nepal – Latest news of Nepal, राष्ट्रिय दैनिक - सहज छैन शीर्ष नेतालाई शुक्रबार, १६ फागुन २०७६, १८ : ०१ बुधबार, २९ कार्तिक २०७४, ०७ : १४ | नागरिक सन्तोष पोखरेल/नरहरि सापकोटा पोखरा/गोरखा – प्रधानमन्त्री बनिसकेका, पटकपटक प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गरेका, बारम्बार मन्त्री भएका, युवा नेतादेखी 'डन'को समेत पहिचान बनाएका उम्मेदवार प्रदेश–४ का जिल्लामा चुनावी मैदानमा छन् । उनै चर्चित उम्मेदवारका कारण ती जिल्लाको निर्वाचन परिणामप्रति धेरैको चासो छ । लोकतान्त्रिक र वाम गठबन्धनबाट उम्मेदवार बनेका 'हेभीवेट' नेताको हारजितको आकलन अहिले धेरैतिर चलिरहेको छ । माओवादी छाडेर नयाँ शक्तिको संयोजन गरेका डा. बाबुराम भट्टराई र अर्का नेता नारायणकाजी श्रेष्ठका कारण गोरखा सबैभन्दा बढी चर्चामा छ । दुवै नेता चर्चित भएका कारण उनीहरुमध्ये कसले जित्ने भन्नेमा अनुमान गर्न सहज छैन । त्यस्तै तनहुँ कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका कारण चर्चामा छ । पटकपटक प्रधानमन्त्रीको दाबेदार बनिसकेका पौडेलका लागि पार्टीको आन्तरिक गुटवन्दीले अप्ठयारो पारिदिएको छ । लोकतान्त्रिक र वाम गठबन्धनबाट उम्मेदवार बनेका 'हेभीवेट' नेताको हारजितको आकलन अहिले धेरैतिर चलिरहेको छ। युवा नेता रवीन्द्र अधिकारीका कारण कास्कीले थोरै भएपनि चर्चा बटुलेको छ । स्याङ्जा पनि हेभीवेट नेता गोपालमान श्रेष्ठका कारण अन्यत्रको तुलनामा चर्चामा छ । मनाङमा 'डन' उम्मेदवारको रुपमा चिनिएका दिपक मनाङे (राजीव गुरुङ) का कारण सबैतिर चर्चा चलिरहेको छ । पार्टीभित्र हाई प्रोफाइल बनाए पनि निर्वाचनमा आफ्नो पक्षमा जित दर्ता गर्न हेभीवेट र चर्चित नेतालाई सहज नभएको विश्लेषक बताउँछन् । पृथ्वीनारायण क्याम्पसका राजनीतिशास्त्रका प्राध्यापक कपिलमणि दाहाल ४ नं. प्रदेशभित्रका कुनै पनि शीर्ष नेतालाई निर्वाचनमा आफ्नो पक्षमा परिणाम ल्याउन सहज नभएको बताउँछन् । 'पार्टीभित्र जति नै बलियो भए पनि मतदाताको मन पगालेर आफ्नो पक्षमा भोट तान्न नेतालाई फलामको च्युरा चपाएसरह छ,' उनले भने, 'प्रतिस्पर्धा बढेकाले सहजै भन्न सकिन्न । यसपटक वाम दलबीचको गठबन्धनले पनि थोरै फरक पार्न सक्छ ।' पौडेललाई चुनौती गोरखा–२ मा रोचक भिडन्त कुनै बेला समान हैसियतमा रहेर काम गरेका नयाँ शक्तिका संयोजक भट्टराई र माओवादी नेता नारायणकाजी श्रेष्ठ अहिले एउटै चुनावी मैदानको मोर्चामा छन् । भट्टराई र श्रेष्ठ गोरखा–२ बाट उम्मेदवार बनेका छन् । प्रदेश नं. ४ भित्रको गोरखा–२ अहिले भट्टराई र श्रेष्ठकै कारण चर्चामा छ । भट्टराई कांग्रेसको साथ लिएर चुनावी मैदानमा होमिएका छन् भने श्रेष्ठ एमालेसँगको गठबन्धनबाट उभिएका छन् । माओवादीमा रहँदा यी दुवै नेता पार्टीको शीर्ष तहमा थिए । माओवादीमै छँदा भट्टराईले प्रधानमन्त्रीको पद सम्हाल्ने मौका पाएका थिए भने श्रेष्ठ माओवादी सरकारमा उपप्रधानमन्त्रीसम्म बन्न भ्याएका थिए। माओवादी छाडेर नयाँ शक्ति खोलेका भट्टराई आफ्ना समकक्षीसँगै मैदानमा छन् । पहिलो संविधानसभा निर्वाचनमा देशभरबाट सर्वाधिक मत ल्याएर भट्टराईले गोरखामै जित हासिल गरेका थिए । संविधानसभा निर्वाचनसम्म ३ क्षेत्र रहेको गोरखा अहिले २ वटामा खुम्चिएको छ । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा भट्टराईले गोरखा–२ बाट सर्वाधिक मत ल्याएका थिए । २०७० मा उनी गोरखा–१ बाट विजयी भएका थिए । संविधानसभा निर्वाचनमा २ नम्बर क्षेत्र पर्ने सबै भूभाग अहिले पनि २ नम्बरभित्रै पर्छ । त्यसबाहेक १ नम्बरको केही भूगोल पनि २ मा मिसिएको छ । ३ नम्बरका अधिकांश क्षेत्र अहिले गोरखा–१ मा गाभिएका छन्। कुनै बेलाका सहयात्रीसमेत रहेका दुवै हेभीवेट नेता एकै क्षेत्रमा प्रतिस्पर्धा गर्दा धेरैको चासो गोरखा–२ मा देखिएको छ । हेभीवेट नेताकै कारण केही दिनअघि पोखरामा भएको प्रदेशस्तरीय सुरक्षा भेलामा प्रदेशभित्रको अति संवेदनशील जिल्लाका रुपमा गोरखालाई लिइएको थियो । गोरखाका विश्लेषक स्थानेश्वर दुवाडी हेभीवेट नेताको भिडन्त भए पनि दुवैजना उम्मेदवारको मतदाताबीच एकपटक परीक्षण भइसकेको बताउँछन् । दुवै नेता संसद्मा रहेर काम गरेकाले जनताले उनीहरुको क्षमता परीक्षण गरिसकेको दुवाडी बताउँछन् । 'संसद्मा दुवैजना परीक्षण भइसकेका नेता हुन् । नयाँ मान्छे अगाडि आएको भए केही गर्छन् कि भन्ने आश हुन्थ्यो । नयाँ जोस भएका उम्मेदवार कतै भएनन्,' उनले भने, 'उनै परम्परागत नेता मतदाताले पाएका छन् । उनीहरुबाट जनताले आश नगरे पनि मत दिन बाध्य छन् ।' दुईमध्ये एक संसद्मा जान नसक्ने पक्का भए पनि उनीहरुको पार्टीभित्र पदीय हैसियत उच्च रहेकाले राजनीतिमा हावी हुन सक्ने आधार रहेको उनी बताउँछन्। 'दुवैजनाबीच कडा प्रतिस्पर्धा छ । भट्टराई अलि अगाडि बढेको देखिन्छ,' उनले भने, 'जहाँजहाँ भट्टराई पुगेका छन्, ती ठाउँमा उनको चर्चा बढी छ । मतदाताले उनलाई चासोपूर्वक हेरेका छन् । कांग्रेसको बलियो साथले पनि बाबुरामलाई राहत मिल्ने देखिन्छ ।' उनको विश्लेषणमा दुवैजनाको घर गोरखा–२ मा परे पनि पालुङटार नगरपालिका क्षेत्रका मतदाताले निर्वाचन परिणाममा प्रभाव पार्ने देखिन्छ । पालुङटार क्षेत्र भट्टराईको पक्षमा छ । त्यसले पनि भट्टराई बलियो देखिएको उनले बताए । 'गोरखा–२ को परिणाममा पालुङटारले महŒवपूर्ण हिस्सा लिन्छ । सर्वसाधारणको भेटघाट र कांग्रेसको बलियो समर्थनले बाबुराम बलिया देखिएका छन्,' उनले भने, 'तर निर्वाचन हो, यसै भन्न सकिन्न । वाम गठबन्धनले नयाँ रणनीति अपनायो भने पनि बाबुराम कमजोर साबित हुन सक्छन् । तर गोरखा–२ प्रदेशभित्रकै सबैभन्दा बढी प्रतिस्पर्धा हुने क्षेत्रको रुपमा छ ।' भट्टराईले छाडेपछि माओवादीलाई गोरखामा स्थानीय तह निर्वाचनमा ठूलो धक्का लागेको थियो । संविधानसभाको पहिलो र दोस्रो निर्वाचनमा भट्टराईको साथ रहँदा तीनवटै क्षेत्र एक्लै जितेको माओवादीले स्थानीय तह निर्वाचनमा ११ मध्ये दुईवटा तहमात्रै जित्यो । भट्टराई साथ नहुँदाको फाइदा कांग्रेसलाई मिल्यो र उसले ९ स्थानीय तहमा जित हासिल गर्‍यो। कास्की–२ मा पूर्वविद्यार्थी नेताबीच भिडन्त राजनीतिशास्त्रका प्राध्यापक दाहालको विश्लेषणमा एमालेका रवीन्द्र अधिकारी र कांग्रेसका देवराज चालिसे दुवैजना क्षमतावान् उम्मेदवार भएकाले कास्की–२ चर्चामा छ । वाम गठबन्धनसँग लोकतान्त्रिक पक्षको प्रतिस्पर्धा भएपनि वाम गठबन्धनका कार्यकर्ताको मन कसरी मिलेको छ, भन्न नसकिने दाहालले बताए । अधिकारीले युवा नेताको पहिचान बनाएका छन् भने चालिसे बुद्धिजीवी र विश्लेषकको भूमिकामा रहँदै आएका छन् । स्याङ्जा २ मा गोपालमानलाई चुनौती त्यस्तै स्याङ्जा २ बाट उम्मेदवार बनेका कांग्रेस नेता गोपालमान श्रेष्ठलाई पनि जित सहज नभएको दाहाल बताउँछन् । 'गोपालमान प्रधानमन्त्रीका दाबेदार होइनन् । गोपालमानको अन्तिम विन्दु नै यही रहन्छ,' दाहालले भने, 'तर जित्न भने सहज छैन । मतदातासँग उम्मेदवारले राख्ने सम्बन्ध र परिवर्तित अवस्थाले परिणाम यही नै हुन्छ भन्ने आकलन गर्न सकिन्न।' डन उम्मेदवारले चर्चामा मनाङ एमालेले मनाङमा प्रदेशसभा निर्वाचनमा दीपक मनाङे (राजीव गुरुङ) लाई उम्मेदवार बनाएपछि मनाङले राष्ट्रिय राजनीतिमा चर्चा बटुलेको छ । मनाङेलाई सहज हुनेगरी एमालेले उम्मेदवारी फिर्ता लिएको थियो । एमालेले सुरुमै मनाङेलाई उम्मेदवार बनाउने तयारी गरे पनि विवाद हुँदा अन्तिम समयमा अर्कै महिलालाई उम्मेदवार चयन गरेको थियो । आफूलाई टिकट नदिएपछि मनाङेले प्रदेशसभा (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए। एमालेको आधिकारिकता पाएपछि मनाङे निर्वाचनमा होमिएका छन् । दलहरुका अनुसार मनाङमा परिवारको राजनीति हावी हुन्छ । परिवारको भोट नै निर्णायक हुने त्यहाँका मतदाताको भनाइ छ । मनाङमा यसअघिका कुनै पनि निर्वाचनमा एमालेले जितेको इतिहास छैन । दलबीच प्रतिस्पर्धा नहुँदा निर्वाचनमा निर्विरोध हुने जिल्लासमेत हो मनाङ । त्यसबाहेक स्वतन्त्र उम्मेदवार पनि जिल्लामा हावी हुन्छन् । यसअघिका धेरै निर्वाचनमा सहज जित हासिल गरेकाले पनि यो निर्वाचनमा कांग्रेस पुनः जित हासिल गर्नेमा ढुक्क छ । राप्रपाका अधिकांश नेता एमालेमा प्रवेश गरेपछि एमालेले पनि सुधार गरेको छ।
2020/02/28 12:16:19
https://nagariknews.nagariknetwork.com/news/30466/
mC4
छोटो दुरीको भाडा दर नतोकिँदा सुदूरमा नयाँ भाडा दर कार्यान्वयन गर्न ट्राफिक प्रहरी अन्योलमा ! – Sodhpatra प्रदेश सरकारले छोटो दुरीको भाडा दर कायम गरिदिए कार्यान्वयनमा सजिलो हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख बोहराको भनाई प्रकाशित : ५ श्रावण २०७८, मंगलवार ०८:५० July 20, 2021 सुदूर: सुदूरपश्चिममा सार्वजनिक सवारी साधन धनीहरुले भाडादर बढाएको गुनासो आउन थालेको छ । यातायात व्यवस्था विभागले बढाएको भाडादर मा अन्यौलता कायमै रहेका बेला यहाँका सार्वजनिक सवारी साधनहरुले भने मनपरी भाडा लिन थालेका हुन । कोरोना संक्रमण न्युनिकरण गर्न जारी गरिएको निषेधाज्ञाका कारण करिब २ महिना पछि सार्वजनिक सवारी साधन सञ्चालनमा आएका थिए । तर सवारी साधन धनीहरुले अहिले पनि विभिन्न बहानामा मनपरी भाडा असुल्ने गरेको गुनोसो आउन थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले अनुगमनमा सक्रियता देखाएको छ । कोरोना संक्रमण न्यनिकरण गर्न स्थानीय प्रशासनले कैलालीमा पनि बैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरेको थियो । सरकारले लागु गरेको नयाँ भाडादरको अन्यौलता कायमै रहेको बेला सुदूरपश्चिमका सार्वजनिक सवारी साधनहरुले भने भाडा असुल्न थालि सकेका छन । सार्वजनिक सवारी साधनहरुले महङ्गो भाडा लिने गरेको जनगुनासो आएपछि आफुहरुले अनुगमन तिब्र पारेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरिक्षक बिरेन्द्र बहादुर बोहराले जानकारी दिए । केन्द्र सरकारले लामो दुरीको भाडादर बढाएको भएपनि छोटो दुरीको भाडादर नभएका कारण यात्रुहरु मारमा पर्न थालेको उनले बताए । प्रदेश भित्रका विभिन्न स्थान सम्म पुग्न प्रदेश सरकारले भाडादर कायम गर्नु पर्ने बताउँदैं उनले आफुहरुलाई सो भाडादर कार्यान्वयन गर्न सजिलो हुने बताए । साथै उनले जिल्लाका विभिन्न ठाउँहरुमा आफुहरुले सार्बजनिक सवारी साधनहरुमा भाडा लिष्ट भए÷नभएको अनुगमन गर्ने गरेको जानकारी दिए । पहिलो पटक भाडादर बढाएका सवारी साधन धनीहरुलाई सम्झाई बुझाई गर्ने र फेरी पनि भाडा बढाएको भेटिए कानुन अनुसार कारवाही प्रहरी निरिक्षक बोहराले बताए । यस्तै चेकजाँच तथा अनुगमनका क्रममा भाडा लिष्ट टाँस नगरेका सार्वजनिक सवारी साधनमा भाडा लिष्ट टाँस्न लगाईएको छ । सवारी साधनका चालक÷सहचालक तथा सवारी धनीहरुलाई सवारी साधनहरुमा भाडादर टाँस्न लगाएको र नभएका सवारी साधनहरुलाई अनिबार्य रुपमा राख्न सम्झाई बुझाई गरिएको जिल्ला ट्राफिक प्रहरी कार्याल कैलालीले जनाएको छ ।
2021/08/01 16:12:09
https://sodhpatra.com/2021/07/14044/
mC4
यसो गर्नुभयो भने हुनुहुनेछ महिलाहरुको पहिलो रोजाई, टुट्दैन प्रेम - E Net Nepal Home Relationship यसो गर्नुभयो भने हुनुहुनेछ महिलाहरुको पहिलो रोजाई, टुट्दैन प्रेम यसो गर्नुभयो भने हुनुहुनेछ महिलाहरुको पहिलो रोजाई, टुट्दैन प्रेम E NET NEPAL 12:04 AM Relationship, प्रेम यस्तो चिज हो जसको बिना संसार चल्न मुश्किल मात्रै हैन असम्भव पनि छ। प्रेममा जो सुकै डुब्की लगाउन चाहन्छन र प्रेमको मजा लिन चाहन्छन। तर यहि प्रेमले कहिलेकाहीं तपाई हामीलाई दुखी बनाइ दिन्छ। कहिलेकाहीं बिशेष कारणबस तपाईले आफ्नो प्रेममा समस्याहरुको समाना गर्नुपर्ने हुन्छ। बिशेषगरि पुरुषहरु आफ्नी प्रेमिकाले आफुलाई बुझ्न नसकेको भन्दै प्रेमिकाहरु फेर्ने गर्दछन हुन त महिलाहरुमा नि यो समस्या नभएको भने हैन। आज इनेटनेपालडटकम तपाईहरुलाई बताउँदैछ कि कसरि आफ्नी महिला मित्रसंगको सम्बन्धलाई प्रगाढ र मजबुत बनाउने? कसरि महिलाको रोजाइमा रहिरहने? महिलाहरुलाई राम्रो लाग्ने केहि कुराहरु जसलाई आफ्नो ब्यबहारमा लागु गर्नुभयो भने तपाई बन्न सक्नुहुनेछ महिलाको पहिलो रोजाई: जब तपाईकि पत्नी वा तपाईकि प्रेमिका तपाईसंग कुरा गर्दै हुन्छिन, उनको कुरालाई ध्यान दिएर सुन्नुहोस। जसले गर्दा तपाईको प्रेमिका वा पत्नीलाई लाग्ने छ कि तपाईले उनको भावनाको कदर गर्नु हुन्छ। पुरुषहरु आफ्नी पत्नी वा प्रेमिकासंग भावनात्मक रुपमा जोडिन सक्नुपर्छ जस्तो कि पुरुषले आफ्नो प्रेमिका वा पत्नीको कुराहरुलाई गहिराईबाटै बुझ्न सक्नु पर्छ। आफ्नी पत्नी वा प्रेमीकासंग खुलेर कुरा गर्नुहोस जसले गर्दा तपाई आफ्नी पत्नी वा प्रेमिकाको अझ नजिक हुनुहुनेछ र तपाईहरुको सम्बन्ध अझ बलियो बन्छ। याद गर्नुहोस प्रेम बिश्वासमा अडिएको हुन्छ। त्यसैले बिश्वास तोड्ने काम नगर्नुस। आफ्नी पत्नी वा प्रेमिकासंग सबै सत्यहरु खोल्नुहोस्। ताकी पछी गएर तपाईहरुको सम्बन्धमा अविश्वासको शृंखला सुरु नहोस। सकेसम्म आफ्नो पार्टनरको परिवार र सथिहरुसंग पनि सम्बन्ध बनाउने कोशिस गर्नुहोस। जसले गर्दा तपाईको पार्टनरलाई लाग्नेछ कि तपाई साँच्चै उनको केयर गर्नुहुन्छ। यदि तपाई बिजी लाइफ बाँचीरहनु भएको छ भने कमसेकम हप्तामा एकपटक आफ्नो पार्टनरसंग खाना खानुहोस। महिनामा एक दिनको समय उनका लागि छुट्याउनुहोस्। यसो गर्दा तपाईको र तपाईको पार्टनरबिचको सम्बन्धमा अझ प्रगाढ़ता बढ्छ। प्रेमिकालाई इम्प्रेस गर्न प्राय: सबै प्रेमीहरु बाईक वा गाडी स्पीड चलाउछन्। यसो गर्नुभन्दा पहिला आफ्नो पार्टनरलाई कस्तो लाग्छ भन्ने बुझ्नुहोस्। हुन सक्छ तपाईकि प्रेमिकालाई यो कुरा राम्रो नलाग्न पनि सक्छ। सधै आफ्नो पार्टनरको हौसला बढाउनुहोस्। उनिसंग टचमा रहिरहनुहोस्। तर कहिल्यै पनि उनिमाथि आफ्नो हक जताउने तथा जबरजस्ती गर्ने जस्ता काम नगर्नुहोस। यस्ता कार्यहरु महिलाहरुले मन पराउदैनन। महिलाहरु सरप्राइज मन पराउछन त्यसैले हरेक सानो-ठुलो चाडबाड वा अवसरमा सरप्राइज दिने गर्नुहोस। हरेक महिला आफ्नो पुरुषबाट प्रेम चाहिन्छन। त्यसैले सहि समयमा सहि तरिकाले प्रेम दर्शाउनुहोस जसले गर्दा तपाईहरुको सम्बन्ध अझ मजबुत हुन पुगोस।
2021/03/05 06:32:19
http://www.enetnepal.com/2013/07/first-choice-of-women.html
mC4
चिनियाँहरु ४० बर्ष सम्म कब्जा रहने गरि दमकको सफा औद्योगिक पार्कमा उद्योगहरू ओइरिने छ - ACPNEWSNEPAL Home Breaking News चिनियाँहरु ४० बर्ष सम्म कब्जा रहने गरि दमकको सफा औद्योगिक पार्कमा उद्योगहरू... चिनियाँहरु ४० बर्ष सम्म कब्जा रहने गरि दमकको सफा औद्योगिक पार्कमा उद्योगहरू ओइरिने छ २७ भाद्र २०७८, आईतवार ०१:५४ भदौ २७ गते २०७८ आइतबार । गिरीबन्धु टी स्टेट रियल स्टेटमा बदलिने बाटो खुला भएका दिन हदबन्दी छुट लिएर चिया बगान गरिरहेका अरू धेरै मालिक रमाउनेछन् । गिरीबन्धुको नजिर पछ्याउँदै उनीहरू पनि अन्यत्र सस्ता पाखाबारी खोज्न लागिपर्नेछन् र राजमार्गले भेटेका सुगम जग्गालाई प्लटमा रूपान्तरण गर्न अघि सर्नेछन् । पूर्वी नेपालबाट घाम मात्रै होइन, समृद्धि पनि उदाउन थालेको छ । आर्थिक उन्नतिका ती उज्याला किरणको मुहान भने दमक नगरपालिका हो । सबैभन्दा अग्लो व्यापारिक धुरी बन्दै गरेको दमकमै हो, ५४२ फिट अग्लो बुद्धको मूर्ति बनाउने योजना दमककै हो, र ६४ अर्बको लगानीमा सफा औद्योगिक पार्कको परिकल्पना पनि दमककै । भएका पुराना र थोत्रा मासेपछि मात्रै नयाँ बन्छ भन्ने प्रचलित सिद्धान्त छ । सो सिद्धान्तमा पारंगत पार्टी एवं नेताको नेतृत्वमा समृद्धि अभियान सुरु भएकाले हुनसक्छ, दमकभन्दा करिब पैंतीस किलोमिटरपूर्वको पुरानो उद्योग मास्ने प्रपञ्च सफलताउन्मुख छ । विसं २०२९ मा कानुन बनाई जग्गा हदबन्दी छुट लिएर सयौं बिघामा सञ्चालित निजी चिया बगान र कारखाना नष्ट नगरी 'अत्याधुनिक समृद्धि' सम्पन्न नहुने सम्भवतः यस भेगका शक्तिशाली नेता र दलको ठहर छ । त्यसैले दमकबाट निर्वाचित पूर्वप्रधानमन्त्री केपी ओलीले सरकारबाट बहिर्गमन हुनुभन्दा ठीक पहिले जग्गा हदबन्दीसम्बन्धी कानुन संशोधन गरी झापाको गिरीबन्धु टी स्टेटलाई हाल बगान रहेको जग्गा अन्य प्रयोजनका लागि उपयोग गर्न दिने व्यवस्था मिलाए । बिर्तामोड र अर्जुनधाराका जग्गाको सट्टामा कतै दुर्गममा खरिद गर्न मिल्ने सुविधा सृजना गरिदिए । पर कतैका पाखाबारी लाखौंमा खरिद गर्ने, यता हातलागेको सयौं बिघा सरकारी जग्गा कट्ठाको 'प्लट'मा रूपान्तरण गरी अर्बौंमा बेच्ने सुविधा । कानुन कार्यान्वयन भए सहर र राजमार्गछेउका चियाका हजारौं बुटा मासिनेछन्, बगानका बीचबीचमा उभिएका हरिया रूखहरू सबै उखेलिनेछन् । सतह सम्याइनेछ, पानी कटाउन बनाइएका साना कुला पुरिनेछन् र उद्योगबाट आवाद गरिएका जग्गा 'प्लटिङ' गरिएको सूचना दुनियाँमा फैल्याइनेछ । कानुन संशोधन गराउन दशकौं मिहिनेत गरेर ओली सरकारका पालामा सफल भएका व्यापारीका योजना सार्वजनिक हुन बाँकी छन् । चल्तीको बजार केको छ, त्यसैका आधारमा सामान्य अन्दाज गर्न सकिन्छ । सम्भवतः अहिले चियाका बुटा उभिएका ठाउँमा भोलि पक्की घरका पंक्तिहरू खडा हुनेछन् । साना बाटा चौडा हुनेछन् र कालोपत्रे पोतिनेछ । त्यहाँचिल्ला गाडी कुद्नेछन् । गिरीबन्धु टी स्टेट रियल स्टेटमा बदलिने बाटो खुला भएका दिन हदबन्दी छुट लिएर चिया बगान गरिरहेका अरू धेरै मालिक रमाउनेछन् । गिरीबन्धुको नजिर पछ्याउँदै उनीहरू पनि अन्यत्र सस्ता पाखाबारी खोज्न लागिपर्नेछन् र राजमार्गले भेटेका सुगम जग्गालाई प्लटमा रूपान्तरण गर्न अघि सर्नेछन् । बगान सञ्चालन गर्नु अप्ठ्यारो काम हो । मजदुरसँगको सम्बन्ध सधैं जटिल हुन्छ, कारखाना सुचारु राख्न मिहिनेत उत्तिकै गर्नुपर्छ । चियाको बजार ठूलो भए पनि प्रतिस्पर्धामा खरो उत्रन र अब्बल ठहरिन सजिलो छैन । अन्तर्राष्ट्रिय बजारमा पकड राख्न हम्मे पर्छ नै । त्यसैले चिया उद्योग काउसो भएको छ । वर्षौंसम्म यसबाट धनदौलत प्रशस्त कमाइसकेका मालिकहरूले आइन्दा असमर्थ भए हदबन्दी छुट लिएको सरकारी स्रोत सरकारलाई नै फिर्ता गर्नुपर्छ । इमान भए यसो गरिन्थ्यो । सस्तो पैसाका लागि इमान उपयोगी हुँदैन । अवैध बाटो समातेर सस्तैमा अर्बौं कमाउने प्रपञ्च त्यस कारणले रचियो । मेचीपारि भारतको पश्चिम बंगालमा यस्ता घटना भइरहन्छन्, शिक्षा त्यहीँबाट लिइएको हुनसक्छ । काँकरभिट्टा नाका तरेर बंगाल जाँदा सिलिगुडी सहर क्षेत्र प्रवेश गर्नुअघि ठूलो क्षेत्रफलमा चिया बगान देखिन्थ्यो । अहिले त्यहाँ सयौं अत्याधुनिक घर छन् । राजमार्गसँग जोडिएको फराकिलो फलकमा ठूलो सपिङ मल छ । करिब ४ सय एकडमा फैलिएको जग्गालाई १,०८० प्लटमा विभाजन गरी नयाँ सहरको निर्माण गरिएको छ । हिजो हरिया चियाका बुटा र रूख उभिएका ठाउँमा आज रंगीन भवनहरू खडा भएका छन् । 'उत्तोरायन – द न्यु टाउनसिप'मा अहिले उच्च मध्यमवर्गको बसोबास छ । चिल्ला गाडीको आवतजावत छ, सुकिला मान्छेको बाहुल्य छ । पर्खालले घेरेका, अग्ला गेटले सुरक्षित राखेका घरहरू शान्त, स्निग्ध र सौम्य देखिन्छन् । हिजो त्यही ठाउँमा गन्जी र कछाड लगाएर बिँडी तान्दै ढुनुमुनु गरिरहेका मजदुरहरू देखिन्थे । स्थानीय खरोपन मिसिएको बंगाली, सन्थाली र राजवंशी भाषामा हल्ला गर्थे । कपडाको ठूलो झोला हरिया चियापत्तीले भरेर टाउकामा बोकेर हिँड्ने महिलाको ताँती अचेलका भवनजस्ता सौम्य देखिँदैनथे । बंगालको यथार्थ, नेपाली व्यापारीको बिकाउ सपना भयो । निजी समृद्धिको लालसा जो छ, सपनालाई यथार्थमा रूपान्तरण गर्न सत्तामा पहुँच भएका पार्टीका स्थानीयदेखि केन्द्रीय नेता सबैको जोडबल लाग्यो । वैधता पूरा गर्न अवैध षड्यन्त्र रचियो । हुकुमी शासनले पनि आँट्न नसकेको काम, जनताका प्रतिनिधिले मुठीभर व्यापारीको मिलेमतोमा फत्ते गरिदिए । झापाली सहरमा खुलेका नयाँ कफी सपहरूमा गफीहरू हिसाब लगाउँछन्, 'सबै कुरा भनेजस्तो भए गिरीबन्धुको जग्गामा करिब ३५ अर्बको कारोबार हुने पक्का छ, भनेपछि स्थानीय दलपतिहरूका भागमा २–४ करोडभन्दा माथि परेको हुनसक्छ । अनि मुख्य जिम्मेवारको हातमा ? सामान्य क्यालकुलेटरले भ्याउँदैन ।' यसो भन्दै गर्दा कोही आक्रोशित छैन, बरु नेताहरूको 'सफलता' बाट उल्टै वशीभूत भएझैं देखिन्छन् । अनेक समस्याका बावजुद उत्पादनमा योगदान गरिरहेको चिया उद्योग मासिँदैछ, दमकको सफा औद्योगिक पार्कमा भने चिनियाँ उद्योगहरू ओइरिने सपना बुनिँदैछ । चालीस वर्षसम्म चीनका बहुराष्ट्रिय कम्पनीहरूलाई मोबाइल फोन, अन्य विद्युतीय सामग्रीहरू तथा मोटर उत्पादनका लागि कारखाना राख्न रतुवा खोला वारिपारिको जमिनमा औद्योगिक पार्क बनाउन लागिएको बताइँंदैछ । पूर्वाधार विकासको तीव्र आकांक्षालाई सम्बोधन गर्न यस्ता रंगीन आयोजनाहरू धेरैजसो प्रदर्शनका सस्ता वस्तु भएका छन् । साँचो अर्थमा उत्पादनमा सरिक भएका उद्योगको प्रवद्र्धन गर्नुको साटो धराशायी बनाउने काममा वैधता र नैतिकतासमेतका सबै सीमा भत्काइएका छन् । क्लिन इन्डस्ट्रियल पार्क र अग्ला अवलोकन धुरीको मोहमा फसेको आमवृत्तलाई गिरीबन्धु काण्डले उद्वेलित बनाउन सकेको छैन । हदबन्दी छुटको जग्गामा मनपरी गर्ने प्रपञ्चमा संलग्नहरू कोको हुन् भन्ने सतही अन्दाज सबैलाई छ । विरोध भने कतै सुनिँदैन, गतिलो प्रतिरोधको छनक कतै पाइँदैन । अरू त अरू, काठमान्डुका अखबारले मन्त्रालयका स्रोतबाट सूचना टिपेर समाचार लेखेपछि मात्रै स्थानीय अनलाइनले सुइँको पाए, केन्द्रीय खबरको सारांश यता छापे । नाम चलेका स्थानीय पत्रकारले सुहाउँदिलो बन्न फेसबुकमा दुई–चार पोस्ट लेख्न भ्याए । बगान काण्डबारे खोजी गरेर लेख्न सकिने दर्जनौं कथा छन्, ती कहिल्यै लेखेनन् । कानुन संशोधन गराउने हदसम्म व्यापारी कसरी सफल भए ? स्थानीय नेताहरू कोको संलग्न छन् ? अब कानुन कार्यान्वयन भए कस्ता असर देखापर्छन् ? बगान मासिए त्यहाँ काम गरिरहेका मजदुरको अवस्था के हुन्छ ? आम नागरिकले के असर भोग्नुपर्छ ? अर्थतन्त्र कसरी प्रभावित हुन्छ ? सरकार एवं जनप्रतिनिधिप्रतिको आम भरोसा के हुन्छ ? यस्तो षड्यन्त्र र भ्रष्टाचारले व्यवस्थामाथि कस्तो प्रश्न खडा गर्छ ? यी यावत् प्रश्नमा स्थानीय सञ्चारमाध्यम मौन छन् । वस्तुगत सूचनाको खडेरी छ, आमवृत्तमा आवश्यक विमर्शको निसासलाग्दो अल्पता छ । यस्तो अवस्था किन छ ? उत्तर सरल छ— स्थानीय पत्रकारिताको चाबी जिल्लास्तरीय दुई–चार दलपति र व्यापारीका हातमा छ । नाफाखोरी र अपराधको दलीयकरण, दलीयकरणको दलदलमा पत्रकारिता ! न भरपर्दा संस्था छन्, न जोखिम मोलेर काम गर्ने पत्रकार ! अपवाद एकादुईले गरेका काम सीमान्तमै बिलाउँछन् । त्यसो त को पत्रकार र को गुट–कार्यकर्ता, को सञ्चारकर्मी र को नेताका गोजीको मान्छे — छुट्याउन महाहम्मे छ । दिनहुँ दर्ता भइरहने स्थानीय अनलाइन पोर्टलहरू व्यक्ति–पत्रकारका निजी जेब हुन् । समाचार केवल स्वाङ हो, उद्यम जेबको पुर्ताल मात्रै हो । त्यसैले स्थानीय आमवृत्तमा ठोस सूचनाका आधारमा हुनुपर्ने कुनै विमर्श छैन, प्रतिरोधी आवाज विलुप्त छ । सयौं मजदुरको भविष्यमा मजाक गरिएको, सिंगो मुलुकको अर्थतन्त्रसँग सोझै खेलबाड गरिएको, अमूल्य सरकारी सम्पत्तिमा ठाडै मच्चाइएको लुटको बरु ढाकछोप र कताकति प्रशंसा पो छ ! पत्रकारिता र राजनीतिसँग जोडिने एउटा स्थानीय प्रसंग सुनाउनु यहाँ सान्दर्भिक हुन्छ । केही दिनपहिलेसम्म वाग्मती प्रदेशको प्रमुख थिए— विष्णु प्रसाई । उनी नेकपा एमालेका नेता हुन्, गत स्थानीय निर्वाचनमा मेयरमा पराजित । प्रदेशप्रमुखबाट बिदा भएको साता पनि नबित्दै उनले झापाली टीभीमा अन्तर्वार्ता दिए । भविष्यमा राजनीति गर्ने कि नगर्ने भन्ने प्रश्नको जवाफमा उनले भने, 'अब राजनीति नगरी कसरी हुन्छ ? बीसौं साथीहरू घरमा आउँछन्, तिनलाई चिनी हालेको चिया ख्वाउनुपर्छ । सरकारले प्रमुख भइन्जेल मात्रै खान दियो, सकिएपछि निस्केर जा भन्यो । छेउमा ठिङरिंग पीएसओ पनि उभ्याइदिँदैन ।' उनको भनाइबाट बुझिन्छ— राजनीति गरेकै खानका लागि हो र खाएको देखाउनका लागि हो । खासगरी चिनी हालेको चिया खान ! स्पष्ट छ, गुलियो चिया खान र खुवाउनकै लागि, उनका कमरेडहरूले गिरीबन्धु टी स्टेट काण्ड मच्चाएका हुन् । अन्त्यमा पुरानै प्रश्न फेरि एकपटक दोहो¥याऊँ— मूल्यहीनताको गुलियो दूध चियामा चुर्लुम्म डुबेको राजनीति र पत्रकारितालाई समाज रूपान्तरणको ऊर्जामा बदल्ने कसरीे ? । ईकान्तिपुर
2021/09/17 10:55:39
https://acpnewsnepal.com/?p=26325
mC4
यसरी व्यवस्थित गर्दै छन् भरतपुर बजारलाई महानगर प्रमुख रेणुले – Everest Dainik – News from Nepal यसरी व्यवस्थित गर्दै छन् भरतपुर बजारलाई महानगर प्रमुख रेणुले चितवन, जेठ ८ । भरतपुर महानगरपालिकाभित्र अटोरिक्साका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेपछि महानगरले यसलाई रोक्ने प्रक्रिया शुरु गरेको छ । महानगरपालिकाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पत्राचार गरी महानगरभित्र सञ्चालन हुने गरी इरिक्सा वा अटो रिक्सा दर्ता तथा सञ्चालन अनुमति प्रक्रिया रोक्नका लागि पुनः पत्राचार गरेको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले हस्ताक्षर गर्नुभएको सो पत्रमा यसअघि गत वर्षको जेठ ७ र भदौ २१ गते यस कार्यालयबाट पत्रचार गरिएकामा दर्ता प्रक्रिया रोकिएको भनी कार्यालयमा पत्र प्रेषित भएको तर तीन पाङ्ग्रे अटो रिक्सा दर्ताको प्रक्रिया नरोकिएको उल्लेख छ । पत्रमा अब पनि अटो रिक्सालाई यस महानगरपालिकाभित्र अनुमति दिन नसकिने हुँदा यसरी महानगरपालिकाको स्वीकृतबेगर अटोरिक्सा वा अन्य तीन पाङ्ग्रे सवारी साधन महानगरपालिकाको क्षेत्रभित्र सञ्चालन हुने गरी दर्ता अनुमति रोक लगाइदिन आग्रह गरेको छ । जिल्लामा इरिक्सा एक हजार र अटो रिक्सा तीन हजारभन्दा बढी रहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार ७० प्रतिशत हाराहारी तीन पाङ्ग्रे इरिक्सा र अटो रिक्सा महानगरको मुख्य बजार क्षेत्रमै गुड्ने गर्छन् । जिल्लामा मोटरसाइकलको संख्या ७० हजार छ । तीन पाङ्ग्रे चलाउने ४० प्रतिशतको चालक अनुमतिपत्रसमेत नभएको उहाँले बताउनुभयो । "दैनिक तीन÷चारवटा तीन पाङ्ग्रे दुर्घटना हुने गरेको छ," पन्तले भन्नुभयो । महानगरले फुटपाथ व्यापार हटाउने भरतपुर महानगरपालिकाले फुटपाथको व्यापार हटाउने भएको छ । महानगरका प्रमुख रेणु दाहालको अध्यक्षतामा सोमबार बसेको बजार व्यवस्थापन समितिको बैठकले जेठ १४ गतेदेखि नारायणगढ क्षेत्रमा फुटपाथको व्यापार बन्द गराउने निर्णय गरेको हो । बैठकले भरतपुर महानगरपालिकाको लायन्सचोकदेखि पुल्चोक हुँदै नारायणगढ बसपार्क, मिलनरोड, शहीदचोक, बेलचोक एवं मुख्य राजमार्गदेखि ५०० मिटर भित्रसम्म, बजार क्षेत्र, फुटपाथ र ठेला व्यवसायलाई पूर्णरुपमा निषेध गर्ने निर्णय गरेको छ । बैठकले यस्तो व्यापार व्यवसाय गर्न चाहने व्यक्तिलाई भरतपुर महानगरपालिकाले सञ्चालनमा ल्याएको बालकुमारी कन्या माविको जग्गामा फुटपाथ व्यवसाय सञ्चालन गर्न दिइने निर्णय गरेको छ । यसैगरी बैठकले महानगरपालिकाको नारायणगढ बजार क्षेत्र र भरतपुरको मुख्य बजार क्षेत्रमा आफ्नो पसल अगाडि सडक अतिक्रमण गरी सामान राख्ने कार्यलाई निषेध गर्ने निर्णय गरेको छ । अटेर गरी सामान राखेको पाइएमा जफत गर्ने निर्णय बैठकले गरेको महानगरपालिकाका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले बताउनुभयो ।
2019/09/24 09:24:43
https://everestdainik.com/2018/05/183040/
mC4
जाडोमा स्वस्थ रहने काइदाः मज्जाले घाम ताप्नुस्, खुब पानी पिउनुस् | Sankalpa Post जाडोमा स्वस्थ रहने काइदाः मज्जाले घाम ताप्नुस्, खुब पानी पिउनुस् जाडोयाममा विभिन्न खाले स्वास्थ्य समस्या देखिने गर्दछन् । यस्तो अवस्थामा आफुलाई विमारीबाट कसरी बचाउने र जाडोको मज्जा कसरी लिने भन्ने कुरा राम्रोसँग बुझ्नु आवश्यक हुन्छ । जाडोयाममा शरीरलाई तन्दुरुस्त राख्नका लागि मज्जाले घाम ताप्न डाक्टरहरु सल्लाह दिन्छन् । यदि निरन्तर घाम ताप्न नपाएमा भिटामिन डीको कमी हुनसक्छ । भिटामिन डीको कमीले डिप्रेसन, जोर्नी दुख्ने तथा रोगप्रतिरोधी क्षमता ह्रास हुने जस्ता स्वास्थ्य समस्या पैदा हुन्छन् । हरेक दिन बिहान उठिसकेपछि खाजा खानुअघि आधा लिटर पानी पिउनुहोस् र दिनभर हरेक घण्टा उचित मात्रामा पानी पिउनुहोस् । विज्ञहरुका अनुसार जाडोयाममा हृदयाघातका कारण ज्यान गुमाउनेहरु बढी हुन्छन् । यसका विभिन्न काणहरु हुन्छन् । पहिलो त दिन छोटो हुँदा शरीरको जैविक घडीमा प्रभाव पर्दछ र शरीरमा हर्मोनको असन्तुलन हुनजान्छ । त्यस्तै दिन छोटोे हुँदा घाम ताप्न पाउने समय पनि घट्ने हुनाले भिटामिन डी को कमी हुन्छ । जसका कारण हृदयाघातको जोखिम बढ्दछ । चिसो मौसममा मुटुका धमनीहरु संकुचित हुन्छन् जसका कारण मुटुमा रगत तथा अक्सिजनको कमी हुन जान्छ । यसले ब्लड प्रेसर बढाउँछ । चिसो मौसममा खासगरी पाका मानिसहरु डिप्रेसनका शिकार हुने गर्छन् । जसका कारण उनीहरुमा तनाव तथा हाइपरटेन्सन निकै बढ्छ । चिसोमा डिप्रेसनबाट पीडित मानिसहरु प्रायः चिनी, चिल्लो तथा सोडियम र धेरै क्यालोरीयुक्त आरामदायी भोजन खान लाग्छन् । जसका कारण मधुमेहको जोखिम बढ्दछ । जाडोमा स्वस्थ रहन निम्न कुरामा ध्यान दिऔं- सुस्वास्थ्य कायम राख्नका लागि फाइबरयुक्त खानेकुराहरु पर्याप्त खानुहोस् । फलफूल, सागपात पर्याप्त मात्रामा खाने । त्यस्तै अंकुरित अनाज तथा काँचो फल तथा सलाद खानाले शरीरमा आवश्यक इन्जाइम, भिटामिन तथा रोग प्रतिरोधी एन्टी अक्सिडेन्ट प्राप्त हुन्छ । पर्याप्त पानी पिउने । पानी पिउनाले उर्जा, मानसिक स्पष्टता तथा पाचन प्रणाली पनि राम्रो बनदछ । मज्जाले घाम ताप्ने । अहिले अधिकांस मानिसहरु भिटामिन डी को कमीबाट पीडित छन् । जसका कारण डिप्रेसन, जोर्नी दुख्ने आदि समस्या बढिरहेका छन् । त्यसैले जाडो याममा बढि भन्दा बढि घाम ताप्ने गर्नुस् । धुम्रपान नगर्नुहोस् । यसले स्वासप्रस्वास सम्बन्धी रोगहरु, जस्तै दम आदि बढाउँछ र जाडो याममा झनै गाह्रो हुन्छ । यो हृदयाघातको कारक पनि बन्नसक्छ ।
2020/09/21 13:00:34
http://www.sankalpapost.com/2016/11/28/175/
mC4
लोधा जातिको परम्परागत पहिरन : अरूभन्दा के-के छ फरक ? – Online Khabar २०७७ चैत ८ गते १०:४८ मा प्रकाशित लोधा जाति रुपन्देही जिल्लाको दक्षिणी भेगमा बसोबास गर्ने आदिवासीहरू हुन् । उनीहरू आफूलाई यदुवंशी भन्न रुचाउँछन् । यो जातिको मुख्य पेसा कृषि हो । यो जातिलाई हिन्दु वर्ण व्यवस्था अनुसार क्षेत्रीय वर्णमा राख्ने गरिन्छ । लोधा जातिको नामको पछि पनि केही कथाहरू जोडिएको पाइन्छ । मुस्लिम शासक औरंगजेबको पालामा हिन्दु र मुसलमानहरूबीच भएको युद्धको बेलमा हिन्दुहरुको तर्फबाट अर्काेपक्षको हतियार नष्ट गरेको कारणले उनीहरुलाई लोहाधार नामाकरण गरियो । त्यही नामलाई पछि लोधा मात्रै नाम राखिएको कुरा त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र तथा मानवशास्त्र केन्द्रीय विभागका लागि विनोद पोखरेल र नारायण पौडेलले सन् २०१४ मा गरेको लोधा जातिको बारेमा गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । लोधा जातिको परम्परागत पहिरन लोधा जातिको पहिरन सुन्दर एवं तराईका अन्य जातीय पहिरनसँग मिल्दोजुल्दो खालको देखिन्छ । यस्तो जातीय पोसाक सामान्यतया कुनै समारोहमा लगाउने गरिन्छ भने केही जातीय पहिरन नियमित पनि लगाएर बस्ने चलन छ । सामान्यतया लोधा जातिका पुरुषहरूले धोती, जामा, वेस्ट कोट, र गम्छा बेर्ने गर्छन् । उनीहरुले घरबाट बाहिर जाँदा पगरी पनि गुथ्ने गर्छन् । घरमा बस्दा भने सहजताको हिसाबले एउटा धोती र जामामा मात्रै बस्ने गर्छन् । विशेष कार्यक्रममा भने पुरुषहरुले धोती र कुर्था, पगरी र कोटको साथमा जुत्ता पनि लगाउने गर्छन् । लोहा जाति आफ्नो परम्परागत पोसाकमा गर्व गर्ने एवं यसलाई जोगाउनतर्फ विशेष ध्यान दिने एक जाति पनि हो । मृत्यु संस्कारको बेलामा उनीहरु सबै सेतो कपडा लगाउने गर्छन् । लोधा जातिका महिलाहरूले सामान्यतया ब्लाउज र साडी लगाउने गर्छन् । यो पोसाक विशेषगरी विशेष कार्यक्रममा लगाउने पोसाक हो । उनीहरूमध्ये अधिकांशले गाउँघर गर्दा चप्पल लगाउने गर्दैनन् । यद्यपि बजार जाँदा र कुनै विशेष कार्यक्रममा जाँदा भने चप्पल लगाउने गर्छन् । आफ्नो श्रीमानको मृत्यु भयो भने एक वर्षसम्म सेतो ब्लाउज र सारी लगाउने गर्छन् तर एक वर्षपछि भने जुनसुकै रंगको साडी र ब्लाउज पनि लगाउन सक्छन् । तर सिन्दुर भने पहिरिने गर्दैनन् । यद्यपि आधुनिकीकरणको चपेटामा यहाँको परम्परागत पोसाक पनि लोपोन्मुख अवस्थामा छ । लोधा जातिको परम्परागत गरगहनाहरू लोधा जातिमा पहिरिने विभिन्न किसिमका गहनाहरू मान्छेको उमेर, पेसा र संस्कृति अनुसार भिन्दाभिन्दै हुन्छ । सामान्यतया कुनै विशेष समारोहमा पुग्दा पुरुषको तुलनामा महिलाहरूे धेरै गहना लगाउने गर्छन् । त्यसमध्ये केही गहना अनिवार्य पनि हुन्छ । पुरुषहरूले एउटा औंठीबाहेक गहना पहिरिँदैनन् । महिलाहरूले लगाउने गहनाहरू भने अधिकांश चाँदीका हुन्छन् । अविवाहित महिलाहरू नाकमा फुली लगाउने गर्छन् । कानमा रिङ र घाँटीमा पनि गहना लगाउने गर्छन् । विभिन्न अंगमा महिनाहरूले लगाउने गहनालाई तल उल्लेख गरिएको छ । पाउमा लगाउने गहना : कडा, पाउजेब, पायल पाखुरामा लगाउने गहना : पाछेला, बाजु, छान्नी, पुहुजु, बिजयाद घाँटीमा लगाउने गहना : हासुली, ताइक जोसन निधारमा लगाउने गहना : बन्नी, बन्दी, टिकुली कानमा लगाउने गहना : टर्की टाउकोमा लगाउने गहना : भुर्गेना, डोरी औंलामा लगाउने गहना : बिहुवा, औंठी नाकमा लगाउने : फुलकी यी गहनाहरूको मात्राले उनीहरूको आर्थिक हैसियत बढाउने काम गर्छ । यसबाहेक टाटु यो जातिको एउटा महत्वपूर्ण परम्परा हो । यो महिला र पुरुष दुवैले लगाउने गर्छन् । यो पुरुषको लागि ऐच्छिक हो भने महिलाहरु सबैले लगाउने गर्छन् ।
2021/04/17 15:10:57
https://www.onlinekhabar.com/2021/03/939401
mC4
Global Aawaj | सरकारलाई चाँडो पूर्णता दिनुपर्छ : पूर्वअर्थमन्त्री डा. महत सरकारलाई चाँडो पूर्णता दिनुपर्छ : पूर्वअर्थमन्त्री डा. महत काठमाडौं । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले चाँडो सरकारलाई पूर्णता दिनुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा पूर्व अर्थमन्त्री डा.महतले सरकार गठन भएको लामो समय बितिसक्दा पनि सरकारले पूर्णता पाउन नसक्नु दुःखद् भएको बताए । "सरकारलाई पूर्णता दिन ढिलाइ भयो, सरकार गठन भएको लामो दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेन, सत्ता गठबन्धन दलसँग सहकार्य गरेर चाँडो मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्छ", उनले भने । पूर्वअर्थमन्त्री डा. महतले अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गर्नका लागि नयाँ पूर्ण बजेट ल्याउनुपर्ने बताए । अध्यादेशमार्फत ल्याइएको बजेटले देशको आन्तरिक र बाह्य दुवै ऋणलाई बढाएको उनको भनाई थियो । डा. महतले अब ल्याइने नयाँ बजेटले प्रशासकीय खर्च पनि घटाउनेतर्फ सरकारको ध्यान जानुपर्ने उल्लेख गरे । भूमिहीन व्यक्तिलाई भूमि दिने कुरामा सरकारले उचित निर्णय लिने भन्दै भूमि आयोग खारेज गर्नु स्वागतयोग्य निर्णय भएको उनको भनाई थियो । फरक प्रसङ्गमा डा. महतले काँग्रेसको क्रियाशील सदस्यता टुङ्गो लाग्न नसक्दा पार्टीको १४औँ महाधिवेशन तोकिएको समयमा हुन नसक्ने बताए । रासस
2021/09/19 11:39:26
https://www.globalaawaj.com/archives/126913
mC4
यसकारण आफूलाई चुनावमा जित्ने राष्ट्रपति बाइडेनको राजीनामा मागे ट्रम्पले... - Dainik Online Dainik Online यसकारण आफूलाई चुनावमा जित्ने राष्ट्रपति बाइडेनको राजीनामा मागे ट्रम्पले… प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार ४ : ११ अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले वर्तमान राष्ट्रपति जो बाइडेनको राजीनामा मागेका छन्। अफगानिस्तानबाट असरफ गनी नेतृत्वको सरकार परास्त हुनुमा बाइडेन प्रशासन जिम्मेवार रहेको भन्दै ट्रम्पले बाइडेनको राजीनामा मागेका हुन्। अफगानिस्तानमा शान्तिपूर्ण र सफलतापूर्वक गनी सरकारलाई टिकाइराख्न र तालिबान लडाकूहरुलाई पराजित गर्न बाइडेन प्रशासन असफल भएको ट्रम्पको भनाइ छ। स्थानीय समयअनुसार आइतबार राति जारी गरेको वक्तव्यमा ट्रम्पले लेखेका छन्,"अफगानिस्तानमा देखिएको असफलताका कारण अव बाइडेनले राजीनामा दिनुपर्ने बेला आएको छ।" अफगानिस्तानमा अहिले जे भइरहेको छ, त्यो सबैको दोषी बाइडेन प्रशासन नै भएको ट्रम्पको आरोप छ। आफू यो कार्यकालका लागि पनि राष्ट्रपतिमा निर्वाचित भएको भए अफगानिस्तानमा यस्तो अवस्था नआउने आशय पनि उनले व्यक्त गरेका छन्। अफगानिस्तानका राष्ट्रपति ननीले देश छोडेको र तालिबान लडाकूहरुले सत्ता कब्जा गरेको थाहा पाउनासाथ ट्रम्पले यस्तो वक्तव्य जारी गरेका हुन्। तालिवान विद्रोहीहरु देशको केन्द्रीय राजधानी काबुल प्रवेश गरेपछि गनीले देश छाडेका हुन्। स्रोतका अनुसार अब तालिबान लडाकूहरुकोतर्फबाट अली अहमद जलाली देशको अन्तरिम राष्ट्रपति बन्नेछन्। उनीहरुले नयाँ सरकार गठनका लागि आन्तरिक गृहकार्य गरिरहेको जनाइएको छ। रासस
2021/09/26 15:38:31
https://www.dainikonline.com/story/151287/2021/08/16/
mC4
नेपालगञ्ज, २२ फागुन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बाँकेका दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । नेपालगञ्जस्थित आयोगको कार्यालयले मङ्गलबार साँझ बाँकेका दुई सरकारी कार्यालयमा छापा मारेर रु ८७ हजार घुससहित दुई कर्मचारीलाई नियन्त्रण लिएको हो ।अख्तियारका नेपालगञ्ज कार्यालयका प्रमुख गणेश गैरले विशेष सूचनाका आधारमा नेपालगञ्ज भन्सार कार्यालयका नायबसुब्बा लक्ष्मण चन्दलाई रु ५२ हजार र आयातनिर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, बाँकेका कार्यालय प्रमुख तथा खाद्य अनुसन्धान अधिकृत विनोदकुमार श्रीवास्तवलाई रु ३५ हजार घुससहित रङ्गेहात नियन्त्रणमा लिएको बताए । नेपालगञ्ज भन्सार कार्यालयका नासु चन्दले आयात हुने सामानको सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट रु ५२ हजार घुस लिएको अवस्थामा र आयातनिर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, बाँकेका प्रमुख श्रीवास्तवले गुणस्तर प्रमाणीकरण गरिदिएवापत सेवाग्राहीको काम सम्पन्न भएपछि रु ३५ हजार घुस लिँदै गर्दा पक्राउ गरिएको हो । यसैगरी, अख्तियारले मङ्गलबार नै यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा छापामारी त्यहाँबाट केही कागजात नियन्त्रणमा लिएको प्रमुख गैरले जानकारी दिए ।
2022-12-02T00:23:47Z
https://www.onlinebichar.com/archives/7757
OSCAR-2301
करको करकाप | Nagarik News - Nepal Republic Media २३ आश्विन २०७५ १४ मिनेट पाठ यसै आर्थिक वर्षको सुरुआतसँगै स्थानीय निकायहरूले विभिन्न प्रकारका नयाँ कर र गैरकर राजस्वहरू उठाउन थालेपछि जनस्तरमा ऊसन्तुष्टि, अनि राजनैतिक र बौद्धिक स्तरमा नयाँ बहसको शृंखला सुरु भएको छ। केन्द्रीय सरकारले संघीयता र कर वृद्धिको कुनै सम्बन्ध नरहेको बताएको छ भने कुनै कुनै प्रदेश सरकारहरूले केन्द्रको स्वीकृतिबेगर जनतामा नयाँ करको भार थप्न गएको खण्डमा केन्द्रीय सरकारले स्थानीय सरकारलाई दिने अनुदान त्यही मात्रामा कटौती गरिनुपर्ने बताएका छन् । उता धेरै स्थानीय निकायहरू स्थानीय योजनाको तर्जुमा र आफ्नो क्षेत्रमा उठाउन सकिने राजस्वको बारेमा आत्मनिर्णय गर्ने अधिकार स्थानीय निकायसँगै रहेको बताउँछन् । यसले के देखाउँछ भने केन्द्रीय, प्रादेशिक र स्थानीय सरकारहरू कर उठाउन पाउने अधिकार, प्रक्रिया र आवश्यकताको सन्दर्भमा प्रस्ट छैनन् । यसमा सबैभन्दा पहिले यी निकायहरू बीच केही नीतिगत पक्षहरूमा प्रस्ट धारणा हुनु जरुरी छ। संघीयताको अवलम्बन गरेका मुलुकहरूमा कर प्रशासनका चारवटा मूलभूत उद्देश्यद्वारा कर प्रणाली निर्देशित हुने गर्छ । पहिलो, आन्तरिक साझा बजारको सञ्चालन दक्षता र विवेकपूर्ण ढंगले हुनु जरुरी छ । यसको अर्थ विभिन्न प्रान्तहरूमा वस्तु र सेवाहरूको मूल्यमा तात्विक भिन्नता हुनु हुँदैन । त्यसैले गर्दा भन्सार र मूल्य अभिवृद्धि करहरू केन्द्रीय सरकारको मातहतमा राख्नुपर्छ भनिएको हो । हुन त वस्तु र सेवाको मूल्य निर्धारण यी दुई करहरू लगायत लागत र अन्तःशुल्कले पनि निर्धारण गर्छन् । तर हालका वर्षहरूमा अन्तःशुल्क अल्कोहल र सुर्तिजन्य पदार्थहरू लगायत केही विलासिताका सामानहरूमा मात्र सीमित हुन पुगेको छ । यो एकाध अपवादबाहेक सामान्यतया विश्वव्यापी प्रचलन नै हो । अन्तःशुल्क आवश्यकताअनुसार केन्द्रीय सरकार, प्रान्तीय सरकार वा स्थानीय सरकार जुनसुकै स्तरमा पनि राख्न सकिन्छ । भारतमा यो केन्द्रीय सरकारको मातहतमा छ भने क्यानाडा र अमेरिकामा केन्द्रीय र प्रान्तीय सरकार दुवैले लगाउन सक्ने किसिमको व्यवस्था छ । तर यसलाई फराकिलो बनाउनेबित्तिकै यसबाट प्राप्त हुने राजस्व तहगत सरकारहरूमा विभाजन हुने व्यवस्था पनि सँगै हुनुपर्छ। अहिले स्थानीय तहले जसरी अन्धाधुन्ध नयाँ कर, महसुल र शुल्कहरू लगाउँदै जाने र भइरहेकाहरूको पनि दर बढाउँदै जाने प्रवृत्ति देखाएको छ, यसले सरकारलाई दीर्घकालीन रूपमा गहिरो राजनैतिक मूल्य चुकाउनुपर्ने स्थितिमा नपु-याउला भन्न सकिँदैन। यदि नेपालका प्रान्तीय र स्थानीय सरकारहरूलाई राजस्वका स्रोतहरूको नै समस्याले गर्दा जनता माथि नयाँ नयाँ कर र शुल्कहरू लगाउँदै जान थालिएको हो भने यो जायज कदम होइन । यसका लागि नयाँ कर र शुल्कहरू लगाउँदै जानुभन्दा भइरहेका करहरूलाई फराकिलो बनाउनु बुद्धिमानी हुन्छ । सन् १९९० देखि विश्वव्यापी रूपमा भइरहेका कर सुधारका प्रयासहरूलाई अध्ययन गर्ने हो भने पनि यही निष्कर्ष आउँछ । साना साना धेरै प्रकारका करहरू लगाउँदै जाँदा एक त कर प्रशासन महँगो र झन्झटिलो हुन जान्छ भने त्यसलाई पूर्ति गर्नुपर्ने कारणले करका दरहरू पनि उच्च हुन जान्छन् । यहीँबाट नयाँ समस्याहरूको सुरुआत भएको छ र सरकारका तीनवटा गल्तीहरू एकैसाथ आएका छन् । पहिलो त थप करहरू लगाउँदा वा करका दरहरू परिवर्तन गर्दा पहिले कानुनी पाटो पूरा गरिनुपथ्र्याे किनकि विनाऐन सरकारले कुनै पनि तहमा नयाँ कर लगाउन सक्दैन । दोस्रो, कर प्रणालीमा गर्न खोजिएको परिवर्तन पहिले सम्बन्धित पक्षहरूसँग पनि छलफल गरिनुपथ्र्याे । तेस्रो, जथाभावी करहरू लगाउँदै जाँदा एउटै व्यवसाय र उत्पादनमाथि पनि दोहोरो कर लाग्ने सम्भावना बढेर जान्छ । उदाहरणका लागि, सिमेन्टमा र क्लिंकरमा दुवैमा कर लगाउँदा क्लिंकरको हकमा दोहोरो कर लाग्नपुगेको छ, छुट्टै रूपमा र सिमेन्टमा उपयोग भइसकेपछि पनि । त्यसैगरी, पेट्रोल प्रयोग गरकोमा र पेट्रोलले वातावरण प्रदूषण गरेकामा छुट्टाछुट्टै कर लगाउँदा पेट्रोलमाथि दोहोरो कर लाग्न पुगेको छ । त्यसैगरी कच्चा फलाममा पनि कर र कच्चा फलामबाट बनेका वस्तुहरूमा पनि कर लगाउँदा त्यहाँ पनि दोहोरो कर लाग्न पुगेको छ । स्थानीय स्तरमा यस्ता समस्याहरू देखापरेपछि उद्योगी, व्यापारीहरूको विरोधपश्चात् केन्द्रीय सरकारले स्थानीय निकायहरूलाई यसरी दोहोरो कर नउठाउन दिएको निर्देशन कुनै निकायले मानेर पछि हटेका छन् भने कुनैले स्थानीय निकायको अधिकार भन्दै केन्द्रीय सरकारको निर्देशन अवज्ञा गर्दै अगाडि बढेका छन् । यसले गर्दा अर्को भद्रगोलको सुरुआत हुन पुगेको छ। नयाँ करका साथै स्थानीय निकायहरूमा अन्य धेरै गैरकर शुल्क र महसुलहरूमा पनि भारी वृद्धि गरिएको छ । विभिन्न प्रकारका राजस्वका स्रोतहरू पहिचान गर्नु अनि कर, महसुल र शुल्कहरू संकलन गर्नु सरकारको अधिकारको कुरा हो तर तिनीहरूको संवैधानिक र कानुनी आधार पहिले नै तय हुनुपर्छ । अहिले स्थानीय तहले जसरी अन्धाधुन्ध नयाँ कर, महसुल र शुल्कहरू लगाउँदै जाने र भइरहेकाहरूको पनि दर बढाउँदै जाने प्रवृत्ति देखाएका छन् यसले सरकारलाई दीर्घकालीन रूपमा गहिरो राजनैतिक मूल्य चुकाउनुपर्ने स्थितिमा नपु-याउलान् भन्न सकिँदैन । कुनै नगरपालिकाहरूले अन्य प्रदेशहरूको सवारी साधनको प्रवेशमा चर्को कर लगाउन थालेपछि नेपालको संविधानको धारा २३६ ले दिएको वस्तु र सेवाहरूको स्वतन्त्र आवागमनको नैसर्गिक अधिकारलाई कुण्ठित गरेको आवाज उठ्न थालेपछि काठमाडाँँैको निर्देशनमा यो प्रयास स्थानीय निकायहरूले छोडे । हाल काठमाडाँँैका गल्लीहरूमा सरकारले कर उठाउन जानेको तर फोहोर उठाउन चाहिँ नजानेको, काठमाडाँैका भित्री गल्लीहरूमा असारमा रोपाइँ गरे पनि हुने स्थिति आएको, पानी जहाजका लागि काठमाडाैंका सडकमा जमेको पानीले भूमिका तयार पारिदिएको जस्ता अस्वस्थ टिप्पणीहरू सुन्नमा आउँछन् । त्यसकारण नयाँ र उच्च दरका करहरूले अन्ततोगत्वा जनताको हितमा नै काम गरेका छन् भन्ने आभास सरकारले दिनुपर्ने देखिन्छ। तेस्रो महत्वपूर्ण पक्ष के हो भने कर संकलन खर्चको निश्चित अवधिमा पुनरावलोकन गरिनुपर्छ । यसमा कर प्रशासनको खर्च र करदाताको खर्च दुवै पर्छन् । यसले कर प्रशासनको दक्षता देखाउँछ । कुनै साना करहरूबाट थोरै मात्र राजस्व संकलन हुने तर त्यसका लागि ठूलो कर प्रशासनिक खर्च लाग्ने देखिएको खण्डमा यस्ता करहरू हटाइनु उपयुक्त हुन्छ नत्र यसले समग्र कर प्रशासनलाई नै अनुत्पादक र भुत्ते बनाउँछन् । यसै कारणले गर्दा आयकर केन्द्रीय सरकारले र सम्पत्ति कर स्थानीय निकायले संकलन गर्दा कर प्रशासन छिटो छरितो र कम खर्चिलो बन्न जान्छ । चौथो महत्वपूर्ण पक्ष भनेको जुन उद्देश्यले नयाँ कर लगाइएको छ सम्बन्धित करबाट त्यसको लक्ष्य पूरा हुनुपर्छ । अन्यथा एउटा करले उठाउन नसकेको स्रोत पूरा गर्न अर्को कर लगाउनुपर्ने स्थितिको सिर्जना हुन्छ र अनुत्तरदायी र अपारदर्शी करहरूको शृंखला तयार हुन पुग्छ । यी व्यावहारिक र सैद्धान्तिक पक्षहरूलाई मध्यनजर राख्दै कर प्रणालीमा आवश्यकता अनुसार परिवर्तन गर्दै गएको खण्डमा सरकार पनि अनावश्यक विवादको भूमरीमा पर्दैन।
2021/09/21 17:13:39
https://nagariknews.nagariknetwork.com/opinion/161599-1539054360.html
mC4
नाजिरको 'कुरुप हाँस' पोखरामा असार १ देखि देखाइने « Ramailo छ नाजिरको 'कुरुप हाँस' पोखरामा असार १ देखि देखाइने नाजिर हुसेनको परिकल्पना एवं निर्देशन रहेको नाटक 'द अग्ली डकलिङ' (कुरुप हाँस) पोखरामा मञ्चन हुने भएको छ । असार १ गतेदेखि ३ गतेसम्म पोखरा थिएटरको गन्दर्भ नाटकघरमा नियमित मञ्चन हुनेछ । डेनिस लेखक हेन्स क्रिश्चियन एन्डरसनको कथा 'अग्लीडकलिङ' कथामा आधारित नाटक यसअघि वैशाख २८ गतेदेखि जेठको २० गतेसम्म काठमाडौंस्थित मण्डलानाटकघरमा मञ्चन भएको थियो । नाटकमा सेता हाँसहरुसँगै जन्मने कालो हाँसलाई आमा हाँस, दाइ दिदी र यात्राका क्रममा भेटिनेहरुले गर्ने अपहेलना र विभेद देखाइएको छ । नाटकमा संवादको प्रयोग छैन । 'यो एउटा बिम्वात्मक कथा र प्रस्तुति हो । कथाको केन्द्रमा हाँस भएपनिहाम्रो समाजमा मान्छेले मान्छेलाई नै रुप, रङ् वा जात, धर्म, लिङ्गका आधारमा गरिने विभेद संकेत गर्छ', नाजिर भन्छन् । नाटकको कथामा आफू र आफ्ना भोगाइहरु समेत महसुस गरेको नाजिरले बताए । सांगीतिक नाटकमा कलाकारहरु नाजिर हुसेन, मिलन कार्की, बिनिता गुरुङ, किरण श्रेष्ठ, विक्रम श्रेष्ठ, विजयाकार्कीको अभिनय रहेको छ। अनुप न्यौपानेको मञ्च व्यवस्थापन रहेको नाटकमा प्रकाश सुदिप खतिवडाले र संगीत मिलन कार्कीलेव्यवस्थापन गर्नेछन्। नाटक असार १ गतेदेखि ३ गतेसम्म दिउसो १ बजे र साँझ ५ : ३० बजे नियमित मञ्चन हुनेछ। नाटक हेर्नकालागि टिकट दर विद्यार्थीका लागि २००, जेनेरल ५०० र १००० रुपैयाँ रहेको छ ।
2021/09/18 16:51:54
https://www.ramailochha.com/post/10345
mC4
भदौं १४ गते गरिएको परीक्षणका नतिजामा उनीहरुको रिपोर्ट पोजिटिभ आएको हो । उनीहरुलाई एक साता घरमै बसेर आराम गर्ने र त्यसलगत्तै निरन्तर कार्यक्षेत्रमा फर्किने गरि डिस्चार्ज गरिएको चिकित्सक सिंहले जानकारी दिनुभयो । मंसिर १२,चितवन । कीर्ते नागरिकता सिफारिस गरेको भन्दै जिल्ला अदालत बागलुङले वडाध्यक्षसहित पाँच जनालाई पक्राउ पुर्जी जारी गरेको छ । बागलुङ नगरपालिका–४ का वडाध्यक्ष ध्रुवबहादुर केसीसहित पाँच जनाविरुद्ध जिल्ला अदालत बागलुङले बिहीबार पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए । पक्राउ पुर्जी जारीपछि जिल्ला प्रहरी कार्यालय बागलुङले तत्कालीन वडा नं ४ का सचिव प्रेमबहादुर खड्का र कीर्ते नागरिकता लिनका लागि साक्षी बसेका ३० वर्षीय सन्तोष आचार्य पक्राउ परेका छन् । अदालतले वडाध्यक्ष ध्रुवबहादुर केसी, कीर्ते नागरिकता लिने युवकका पिता गुरुदत्त आचार्य र स्थानीय महेन्द्र सापकोटालाई पक्राउ गर्न भनेपछि प्रहरी परिचालन भएको छ ।
2021-02-25T16:10:50Z
https://pahilonews.com/%E0%A4%AF%E0%A4%BE%E0%A4%A4%E0%A4%BE%E0%A4%AF%E0%A4%BE%E0%A4%A4-%E0%A4%B5%E0%A5%8D%E0%A4%AF%E0%A4%B5%E0%A4%B8%E0%A4%BE%E0%A4%AF%E0%A5%80-%E0%A4%B0%E0%A4%BE%E0%A4%B7%E0%A5%8D%E0%A4%9F%E0%A5%8D%E0%A4%B0/
OSCAR-2109
कञ्चनपुरका महिला सालको पातबाट आम्दानी गर्दै, दुनाटपरी बनाएर घरखर्च धान्छन् कञ्चनपुर। दुनाटपरी बचेर कञ्चनपुरको कृष्णपुर नगरपालिका– ६ बन्जरियाका श्यानीदेवी चौधरीले घरखर्च चलाउँदै आएकी छन्। घरको कामबाट फुर्सद पाइएका बेला उनले दुनाटपरी बनाउँछिन्। उनका अनुसार बनाइएका ती दुनाटपरी नजिकैको गुलरिया बजार र कैलालीको धनगढी बजारमा बिक्री हुने गर्दछ। उनी भन्छिन्, बाँसको सिन्का सालको पातमा गाँसेर दुनाटपरी बनाउँदै आएको छु। यसबाट महिनामा १० हजारदेखि १५ हजार जति आम्दानी हुने गरेको छ। महाकाली सामुदायिक वनले दुनाटपरी बनाउने पात ल्याउनका लागि सहज गरिदिएको जनाइएको छ। उनले भनिन्, पात ल्याएर फुर्सदका बेला दुनाटपरी लगाउँछु। लगाएको दुनाटपरी बिक्री गरेर आउने पैसाले समूह बचत गर्ने कार्यसँगै घरको नुन, तेल, साबुन, कपडा धुने सोडा खरिद गरेर ल्याउँछु।विद्यालयमा पढ्ने बालबालिकाको खर्च समेत दुनाटपरी बिक्री गरी आएको पैसाले धान्ने गरिएको छ।घरको अत्यावश्यक कार्यका लागि समेत दुनाटपरी बेचेर आएको पैसा खर्च हुने गरेको उनले बताइन्। धेरैजसो धार्मिक कार्यका लागि दुनाटपरीको प्रयोग हुन्छ। मन्दिर, बौद्ध गुम्बालगायतमा दुना टपरीको बढी माग आउने गर्दछ।पहिला एक दुनाटपरी तीन रुपैयाँमा बिक्री हुन्थ्यो। हाल मूल्य बढेर पाँच रुपैयाँमा बिक्री हुन्छ। जति बनाउन सक्यो त्यति नै फायदा छ, किसान चौधरीले भनिन्।दुनाटपरी विशेष गरी सालको पात र मालुको पातको बन्ने गरेको छ। सालको पातको दुनाटपरी बढी दिनसम्म चल्ने भएकाले त्यसकै माग बजारमा बढी हुने गरेको छ।दुनाटपरी विभिन्न प्रकारको हुने गरेको छ। जसमा बमुन्या पत्री, बोसो डोन्या, चिरी डोन्या, डोष्टी डोन्या बढी प्रचलित रहेका छन्। देख्नमा आकर्षक र ठूला आकारका दुनाटपरी ग्राहकले बढी रुचाउने गरेका छन्।बजारमा दुनाटपरीको माग धेरै छ,श्यानीदेवीले भनिन्, पुर्‍याउनै सकिँदैन। जति बनाए पनि बजारमा बिक्री हुन्छ। यसलाई व्यवसायीकरण गरी बजारमा ल्याउन सके बढी आम्दानी लिन सकिन्छ।उनले आफ्नी बुहारीलाई समेत दुनाटपरी बनाउने सीप सिकाइरहेकी छन्।यससँगै सामुदायिक वनले उपभोक्ताको आय–आर्जनमा टेवा पुर्‍याउनका लागि सञ्चालन गरेको दुनाटपरी बनाउने तालिममा प्रशिक्षक भएर बीस महिलालाई सीप सिकाउने कार्यलाई निरन्तरता दिँदै आएकी छन् श्यानीदेवी। श्यानीजस्तै बिर्सना चौधरीलेसमेत दुनाटपरी बनाइ बजारमा बिक्री गर्ने गर्छिन्।पहिला ग्राहक खोज्न निकै अप्ठेरो थियो। हाल ग्राहक दुनाटपरी खोज्दै घरमै आइपुग्ने गरेका छन्। घरमै आफूलाई पनि दुनाटपरी चाहिन्छ। माग आएअनुसार बजारमा समेत बेच्छौं, बिर्सना चौधरीले भनिन्।थारु समुदायमा दुनाटपरी बनाउने कला पुस्तौंदेखि पुस्तान्तरण हुँदै आएको छ। धार्मिक कार्य र अनुष्ठानमा सालको पातका दुनाटपरी सामग्री राख्नका लागि परापूर्वकाल देखि नै प्रयोग हुँदै आएका छन्।हाल यसको प्रचलन पहिला जस्तै रहेको छ। धार्मिक कार्यसँगै थारु समुदायले दुनाटपरीमा खानाका परिकार पस्केर खाने कार्यसमेत हुँदै आएको छ।पहाडी समुदायले समेत धार्मिक कार्यमा दुनाटपरीको प्रयोग गर्दै आएका छन्। महकाली सामुदायिक वनका अध्यक्ष वीरबहादुर राजवंशी दुनाटपरीको माग बजारमा बढ्दै गएकाले मेसिनको व्यवस्था गरी व्यावसायिक रुपमा दुनाटपरी उत्पादन गरी बजारमा बिक्री गर्ने योजना रहेको जानकारी दिए।यस व्यवसायमा आर्थिक रुपमा विपन्न रहेका उपभोक्ताको सहभागिता गराइ आर्थिक रुपमा सवल पार्ने योजना रहेको उनको भनाइ छ।हिन्दू धर्ममा दुनाटपरीको प्रयोग व्यक्तिको जन्मदेखि मृत्यु संस्कार सम्ममा प्रयोग हुने गरेको छ।
2022/06/27 17:55:16
https://www.state7online.com/archives/49887
mC4
मोरङ– मोरङको पथरी शनिश्चरे शिविरकी ७२ वर्षीया भुटानी शरणर्थी जानुका खत्रीका छोरा हाल अमेरिकामा छन्। हिन्दुबाट इसाई (क्रिस्चियन) धर्म परिवर्तन गरी उनका छोरा अमेरिका पुगेका हुन्। तर, अहिले छोराले अमेरिकामा पाएको दुःख सुनेर उनी जीवनभर अमेरिका नजाने सोच बनाएकी छिन्। बरु विदेशी संस्थाले उपलब्ध गराएको मासिक ६ सय ५० रुपैयाँको भरमा जीवन पाल्ने उनी बताउँछिन्। जानुकाले अमेरिकाप्रति बनाएको धारणा सबै भुटानी शरणार्थीहरुका लागि भने लागू नहुन सक्छ। सोही शिविरका सयौं युवाहरू भने अमेरिका जान पाए हुन्थ्यो भन्ने आशमा छन्। जसका लागि उनीहरु भरमजदुर प्रयास पनि गरिरहेका छन्। सोही शिविरका दीपक लिम्बु अमेरिका जाने अन्तिम तयारीमा छन्। उनका दाजुभाउजु अमेरिका पुगेको ६ महिना पुरा भयो। उनले नेपाली मूलकी युवतीसँग विवाह गरेका छन्। दीपकले आफूलगायत सालासालीलाई पनि अमेरिका लैजाने तयारीमा छन्। त्यसैको तयारीस्वरूप हिजोआज उनका सालासाली पनि चर्च धाउन थालेका छन्। क्रिस्चिएन भएपछि अमेरिका जाने पक्का हुने आशासहित धर्म परिवर्तन गरेको दीपक स्विकार्छन्। अमेरिका जान धेरै सङ्घर्ष गर्नुनपर्ने भएकोले धर्म परिवर्तन गरेको उनको भनाइ छ। उनीजस्तै अहिले धेरै भुटानी युवकले नेपाली युवतीसँग विवाह गरेका छन्। अमेरिका जाने सुन्दर सपना सजाएका छन्। केही युवतीको परिवारले ज्वाइँलाई छोरा बनाएर नागरिकता समेत दिलाइसकेको बताइन्छ। छोरीलाई अमेरिका पुर्‍याउने भएपछि धर्म परिवर्तन गर्ने र नागरिकता दिनेहरूको कमी छैन। हाल करिब ३ हजार घर परिवारको बसोबास रहेको उक्त शिविरका बालबालिका स्थानीय स्कुलमा पढ्छन्। तर, स्कुलका शिक्षकमार्फत नै धर्म परिवर्तनको सफल अभ्यास भइरहेकोे छ। कक्षा ७ मा अध्ययनरत केशव गौतमले धर्म परिवर्तन गरेको धेरै भएको छैन। उनी पढ्ने विद्यालयका शिक्षक डानियन तामाङ नजिकैको चर्चका पास्चर पनि हुन्। तामाङ आफ्नो कक्षाकोठामा पनि परमेश्वरकै विषयमा कुरा गर्छन्। तामाङले कहिलेकाहीँ परमेरश्वरको बारेमा बुझ्न बाइबल अध्ययन गर्न लगाउने गरेको गौतम बताउँछन्। ‘तिमीहरू सँगैका साथी अमेरिका गइसके, तिमीहरू चाहिँ यतै बस्ने हौ? हैन भने बाबाआमालाई भनेर भोलिदेखि चर्च आउन सुरु गर्नु भन्दै सरले भन्नु हुन्थ्यो।’, गौतमले इसाई धर्म अगाल्नुअघिको दिन सम्झिँदै भने, ‘मेरा धेरै साथीहरू अमेरिका पुगेका छन्, डानियल सरले हामीलाई पनि पठाइदिने भन्नु भएको छ।’ गौतम मात्र होइन उनका साथी सारांश लिम्बु पनि केही दिनयता चर्च जान थालेका छन्। उनीसँगै उनका बाआमा पनि चर्च जान थालेका छन्। सरले धेरै कर गरेपछि आफूले घरमा भनेको उनी बताउँछन्। ‘पापाआमा चर्च नगइन्जेल सरले मलाई सधैँ कराउनु हुन्थ्यो।,’ उनी भन्छन् , ‘सरले गाली गर्न थालेपछि म घरमा रुन थालें, अनी पापाआमा पनि चर्च जान थाल्नुभएको हो।’ धर्म परिवर्तन गरी छोराहरू विदेशीए पनि पथरी शनिश्चरे शिविरमा वृद्ध श्रीमानसँगै बस्दै आएकी छिन् माया राई। धेरैपटक ‘धर्म परिवर्तन गर्नु हामी तपाईँको सम्पूर्ण जिम्मा लिन्छौं’ भन्दै आएको उनी सुनाउँछिन्। तर, आफूले जीवनभर नगरेको काम गरेर शान्ति नमिल्ने उनको विश्वास छ। नेपाली चाडपर्वमै आफू रमाउने र खुसी हुने उनी बताउँछिन्। स्थानीय रणबहादुर राईका अनुसार हरेक स्कुलका शिक्षकहरू धर्म परिवर्तनका लागि खटिन्छन्। आफूहरूले शिक्षकले त्यस्तो काम गर्न नपाइने भनेर आवाज उठाएको तर कुनै सुनुवाइ नभएको उनको भनाइ छ। अधिकांश राई समुदाय, मतवालीहरू र दलित परिवारमा बढी मात्रमा धर्म परिवर्तनको प्रभाव परेको उनको बुझाई छ। ‘पहिला यो गाउँमा बुढापाकाको संख्या पनि उल्लेख्य थियो। तर, अहिले सबै अमेरिका गइसके।,’ उनी भन्छन्, ‘धर्म परिवर्तन गर्यो भने अमेरिका लैजान्छौं भनेपछि रातारात धर्म परिवर्तन गर्नेहरूको संख्या ह्वात्तै बढेको हो।’ भुटानबाट धपाइएपछि राईसँगै नेपाल आएका उनका एक छिमेकीले केही समयअघि मात्रै अमेरिका पुगेपछि आत्महत्या गरेको खबर आयो। त्यस दिनदेखि उनले अमेरिका जाने इच्छा मेटाइदिएका छन्। अमेरिकामा गएपछि सुख पाइन्छ भन्दै लैजाने र गएपछि धेरै मान्छे विचलित हुने गरेको उनको दाबी छ। हाल भुटानी शरणार्थीको लागि रेडक्रसलगायत संस्थाले दिँदै आएको सहयोगमा कटौती भएको छ। ‘द लुथ्रेन वर्ड फेडेरेसन’ (एलडव्ल्युएफ) को सहयोगमा ‘युनाइटेड नेसन हाई कमिस्नर फर रिफ्युजी’ (युएनएचसिआर)ले हरेक महिना प्रतिव्यक्ति ६ सय ५० रुपैयाँ दिँदै आएको छ। पहिले हरेक १५ दिनमा ५ केजी चामल र अन्य खाद्य पदार्थ उपलब्ध गराउने गरेको ‘युनएनएचसिआर’ले हाल नगद मात्र उपलब्ध गराउँदै छ। विदेशीदाताले दिने पैसाले दैनिक जीवनयापन धान्न असहज हुनु र अमेरिकामा पुग्न पाउने ‘अफर’ एकै पटक बाहिरिएपछि धर्म परिवर्तनको दर आकासिएको छ। चर्चको तर्फबाट विभिन्न पर्वको अवसर पारेर क्रिस्चियन परिवारलाई चामल, दाललगायत नगदसमेत दिने गरेको पाइएको छ। जसका कारण पनि धेरै शरणार्थीहरु लोभमा पर्ने र धर्म परिवर्तन गर्ने गरेको पाइन्छ। यो न्युजमाथि अत्यन्त शंका छ । सर्व प्रथम त,, त्यसरी खुल्लमखुल्ला धर्म परिवर्तनको लोध वा अाश दिइन्छ भन्ने कुरामा दम छै । दोस्रो प्रथम त, इसाइ बनेपछि अमेरिका जान पाइने नत्र नलगिने कुरा सरासर झूट हो । अमेरिका मात्र किन क्इानडा, अष्ट्रेलिया पनि लगिएक्ा होलान्, तिनीहरूलाइचाहिँ केको लोभमा लगेछन्र। तेस्रो प्रथम त, यसले भुटान, भारत नेपाल तिनै देशलाइ गिज्याउँछ । अाअाफ्नै मतमा रहनेहरूलाइ स्वीकार ग्रहण गर्न नसक्ने, अर्कोले मत परिवर्तन गराएर भए नि पालनपोषण गरेको नि देख्न नसक्ने । जताबाट पनि पश्चिम र इसाइ मतलाइ जोडेर अालोचना नगरी पत्रकारिता हुँदनै, त्यसो गर्दा मात्र पपुलर होइन्छ भन्ने भ्रममा छन् नेपाली पत्रकारहरू, रिपोर्टरहरू ।
OSCAR-2019
यी हुन् सम्भावित प्रदेश राजधानीहरु :तपाइको सम्भवित राजधानी कहाँ हो? हेर्नुहोस « Postpati – News For All यी हुन् सम्भावित प्रदेश राजधानीहरु :तपाइको सम्भवित राजधानी कहाँ हो? हेर्नुहोस पोष्टपाटी/भदौ १५, काठमाडौं । सरकारले निर्वाचन आयोगको आग्रहअनुसार प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन एकैपटक, तर २ चरणमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले २१ मंसिरमा दोस्रो चरणको निर्वाचन गर्ने घोषणा गरेको हो । पहिलो चरणको निर्वाचन भने यसअघि नै १० मंसिरमा गर्ने निर्णय सरकारले गरिसकेको छ । चिसोसँगै हिउँ पर्ने भएकाले पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लामा तथा दोस्रो चरणमा बाँकी क्षेत्रमा निर्वाचन गर्ने गरी मिति घोषणा गर्न सरकारलाई निर्वाचन आयोगले सुझाब दिएको थियो । आयोगले पहिलो चरणमा ३१ हिमाली र उच्च पहाडी जिल्लामा निर्वाचन गर्ने जनाएको छ । 'गृह मन्त्रालयले प्रहरी प्रशासनअन्तर्गत प्रदेश इन्चार्जका रूपमा एआइजी खटाइसक्यो, सरकारले निर्वाचनको मिति पनि घोषणा गरिसकेको छ,' कर्मचारीलाई निर्देशन दिँदै बस्नेतले भने, 'अब प्रदेश प्रशासकीय अधिकृत(प्रदेश मुख्यसचिव)नियुक्ति पनि चाँडै गर्नुपर्छ । त्यसका लागि मन्त्रिपरिषद्मा पेस गर्ने एजेन्डा तयार गर्नुस् ।' सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोग गठनका लागि संवैधानिक समितिबाट सिफारिस गर्ने निर्णय गरेको छ । त्यसका लागि संवैधानिक परिषद्को बैठक राख्ने निर्णय भएको छ । तीन तहका सरकारबीच राजस्व साझेदारी, केन्द्रीय सरकारले स्थानीय र प्रदेश सरकारलाई दिने अनुदानसम्बन्धी सुझाब दिन संविधानले वित्तीय आयोग गठन हुने व्यवस्था गरेको छ । यस्तै स्थानीय तहको राजस्व तथा क्षेत्राधिकार बाँडफाँड गर्ने जिम्मेवारी पनि वित्तीय आयोगलाई दिइएको छ । यस्तै, प्रधानमन्त्री कार्यालयमा रहेका गोपीनाथ मैनालीलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरेको छ । सरकारले भर्खरै बढुवा भएका सचिव रेश्मीराज पाण्डेलाई मध्यमाञ्चल क्षेत्रीय प्रशासकको जिम्मेवारी तोकेको छ । सरकारले खानेपानी तथा सरसफाइ मन्त्रालयको सचिवमा कृष्णराज विसीलाई पदस्थापनसमेत गरेको छ । विसी प्राविधिक समूहतर्फ सचिवमा बढुवा भएर पदस्थापन भएका थिएनन् । मन्त्रिपरिषद् बैठकले प्रदेशको सदरमुकाम र प्रदेश प्रमुख (गभर्नर) यथाशीघ्र तोक्ने निर्णय गरेको छ । तत्कालका लागि प्रदेश सदरमुकाम अस्थायी रूपमा तोकिनेछन् । बैठकले प्रदेश सदरमुकाम तोक्ने जिम्मा मन्त्रिपरिषद्को राजनीतिक समितिलाई दिएको छ । दुई साताभित्रै समितिले निर्णय गर्नेछ । समितिको अध्यक्षता प्रधानमन्त्रीले गर्नेछन् भने केही प्रभावशाली मन्त्रीहरू सदस्य रहनेछन् । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री मोहन बस्नेतका अनुसार राजनीतिक समितिले प्रदेश सदरमुकाम तोक्दा सरकारबाहिर रहेका दल र अन्य सरोकारवाला निकायसँग पनि परामर्श गर्नेछ । निर्वाचन आयोगले १० र २१ मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता लागू गरेको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरण सम्पन्न गर्न आयोगले बुधबारबाटै आचारसंहिता लागू गर्ने निर्णय गरेको हो । आचारसंहिता नेपाल सरकार र सरकारका मन्त्री, स्थानीय तह, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्था, सबै सुरक्षा निकाय र सार्वजनिक पद धारण गरेका व्यक्तिमा लागू हुनेछ । प्रदेश नं. १ : इटहरी, विराटनगर, धनकुटा यो प्रदेशका लागि सबैभन्दा धेरै सहर दाबेदार देखिएका छन् । हेटौँडा, चितवन, काठमाडौं, ललितपुर र बनेपालाई प्रदेश राजधानी बनाउन माग छ । सरकारले ललितपुरमा उच्च अदालत स्थापना गरेको छ । काठमाडौं केन्द्रीय राजधानी भएकाले ललितपुरलाई प्रदेश राजधानी बनाउने सम्भावना छ । केन्द्रमा र पूर्वाधारको रूपमा पनि ललितपुरको सम्भावना देखिएको हो । प्रदेश नं. ४ : यो प्रदेशको राजधानीको रूपमा पोखरा निर्विकल्प देखिएको छ । प्रदेश राजधानीका लागि अन्यन्त्रबाट दाबी नआएको र पूर्वाधार पनि अन्यन्त्र नभएकाले पोखरा राजधानी बन्ने निश्चित छ । पश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयको सदरमुकाम पनि पोखरामा नै रहेको छ । प्रदेश उच्चअदालत पनि पोखरामा नै स्थापना भएको छ । प्रदेश नं. ५ : यो प्रदेशको राजधानीका लागि रूपन्देहीको बुटवल र दाङको तुल्सीपुरको सम्भावना बराबरीजस्तै छ । बुटवल र तुल्सीपुर दुवैलाई प्रदेश राजधानी बनाउन राजनीतिक रूपमा लबिङ भइराखेको छ । प्रदेश उच्च अदालत र अहिले क्षेत्रीय प्रशासन कार्यालय तुल्सीपुरमा रहेको छ । प्रदेश नं. ६ : कर्णालीका जिल्ला समेटेर बनेको यो प्रदेशको राजधानीका लागि सुर्खेत र जुम्लाको दाबेदारी छ । कर्णालीको केन्द्र र कर्णाली अञ्चल सदरमुकामसमेत भएकाले जुम्ला प्रदेश राजधानी हुने सम्भावना रहेको छ । तर, प्रदेशको उच्च अदालत सुर्खेतमा स्थापना गरेको, क्षेत्रीय कार्यालय पनि सुर्खेतको वीरेन्द्रनगरमै रहेकाले वीरेन्द्रनगरलाई प्रदेश राजधानी तोक्ने सम्भावना पनि उत्तिकै छ । पूर्वाधारका आधारमा पनि जुम्लाभन्दा सुर्खेतको अवस्था निकै बलियो छ । प्रदेश नं. ७ : यो प्रदेशको राजधानीको रूपमा धनगढी र दीपालयको उत्तिकै सम्भावना देखिएको छ । धनगढी सुदूरपश्चिमको ठूलो सहरमध्ये एक हो । भौतिक पूर्वाधार र ठूलो सहर भएका कारण पनि धनगढीको सम्भावना रहेको छ । यस्तै दीपायल पनि प्रदेश राजधानीका लागि निकै बलियो सम्भावना बोकेको सहर हो । क्षेत्रीय कार्यालय रहेको र उच्च अदालत पनि स्थापना भएकाले दीपायलको सम्भावना बढी देखिएको छ । -नयाँ पत्रिका दैनिकबाट
2021/05/08 14:18:39
https://postpati.com/2017/31/08/2595
mC4
६५ वर्ष पुगेका पत्रकारलाई जीवन निर्वाह भत्ता — donnews.com 'समानुपातिक विज्ञापन ऐन लागू गर्न भनेर उठाएको मुद्दा अब छिट्टै कार्यान्वयनमा आउने विश्वास' कार्यक्रममा वाग्मती प्रदेशका उपाध्यक्ष यदुनाथ गौतम, महासचिव कृष्ण सारु, सचिव सुरेश हुमागाइँ, शाखा सल्लाहकार भोजराज तिमल्सिना, भोला थापा, प्रेस सङ्गठन नेपाल वाग्मती प्रदेशका सहसंयोजक सुनिल खड्कालगायतले सदस्यता नवीकरण र त्यसका लागि खेल्नुपर्ने भूमिकाका विषयमा आ-आफ्नो धारणा राख्नुभएको थियो । सो क्रममा महासङ्घले प्रदान गर्दै आएको स्व भरतराज पत्रकारिता पुरस्कार यस वर्ष प्रदीप केसीलाई प्रदान गरेको थियो । महासङ्घले साधारणसभा सम्पन्न गर्न सहयोग गर्ने विभिन्न सङ्घसंस्थालाई सम्मान गरेको थियो ।रासस
2021/07/30 17:20:28
https://donnews.com/archives/3839
mC4
काठमाडौं । प्रेस काउन्सिलको पत्रपत्रिका वर्गीकरणको नीति र पद्दती नै त्रुटीपूर्ण भएका कारण हरेक वर्ष समस्या देखाएको सरोकारवालाहरुले बताएका छन् । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशले आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले पत्रपत्रिका वर्गीकरणको नीति र पद्दतीमा सुधार हुनुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशका अध्यक्ष एनके दाहालको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहाल, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दिपक आचार्य प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, प्रगतिशिल पत्रकार महासंघका अध्यक्ष नारायण शर्मा लगायतका वक्ताहरुले प्रेस काउन्सिलको नीतिगत सुधार गरे मात्र पत्रपत्रिका वर्गीकरणको विवाद अन्त्य हुने स्पष्ट पारे । उनीहरुले नीति र पद्दती नै गलत भएपछि त्यही नीति र पद्दतीलाई आधार मानेर गरिने वर्गीकरणको औचित्य नभएको बताए । कार्यक्रममा महेश्वर दाहालले सधैं आग्रहा, पूर्वाग्रह राखेर पत्रपत्रिका वितरण सम्परीक्षणको नतिजा प्रकाशित गरी विवाद सिर्जना गर्ने हो भने यो पद्दति नै खारेज गर्दा हुनेमा जोड दिए । कार्यक्रममा नेपाल पत्रकार महांघ काठमाडौ शाखाका अध्यक्ष शन्तराम बिडारीं, ललितपुरका अध्यक्ष ज्ञानप्रसाद पौडेल र भक्तपुरका अध्यक्ष पुष्कर बुढाथोकीले काउन्सिलले पत्रपत्रिका वर्गिकरण नतिजा प्रकाशित गर्दा पूर्वाग्रही ढंगले उभिएको औल्याए । कुनै लेख रचनाहरु एउटा सञ्चारमाध्यममा आइसकेको तर त्यो सामग्री चेतनामुलक, लोककल्याकारी ठानेर अर्को सञ्चारमाध्यमले प्रकाशित गर्दा वा प्रसारित गर्दा त्यसलाई हुबहु भन्न नमिल्नेमा जोड दिए । उनीहरुले पत्रपत्रिका चाहिं हुबहु होइन प्रेस काउन्सिल चाहिं हुबहु भएको बताए । किन भने सधैंभरि एउटैखालको नतिजा प्रकाशित गरेर । पत्रकार पदमराज जोशी, देवेन्द्र चुँडाल, भावना विद्रोही लगायतले पनि पत्रपत्रिका वर्गीकरणमा ब्यापक धाँधली भएकोमा औल्याए । उनीहरुले पत्रपत्रिका वर्गिकरणको नतिजा प्रकाशित गर्दा पार्टी पत्रकारितालाई जोगाएर माथिल्लो श्रेणीमा राखेरको बताए । स्वतन्त्र रुपमा स्वरोजगारमुलक ढंगले निकालिएका पत्रपत्रिकाहरुलाई पुरै ओझेलमा पार्न खोजिएको बताए । काउन्सिलको यस्तो नीतिले व्यवसायिक पत्रकारितालाई निमिट्यान्न पार्न खोजेकोमा आक्रोस पोखे । बर्गिकरणमा गुणस्तरभन्दा पनि पार्टी र पहुँचको आधारमा नतिजा प्रकाशित भएको औल्याए । मुलुकी ऐनलाई विस्थापीत गर्ने गरि भदौ १ गते लागू भएको देवानी संहित र अपराध संहीतालाई तत्तकाल संसोधन गर्न माग गरेका छन् । संविधान प्रदत्त अभिव्यक्ती स्वतन्त्रताको हक समेत बाँझीएको उनीहरुको भनाई थियो ।
2022-11-30T17:08:39Z
http://www.aajavoli.com/2018/3798/
OSCAR-2301
दसैंको दक्षिणा - मुक्त आकाश - साप्ताहिक मआठ–नौ वर्षको हुँदो हुँ, दसैंमा बुबाले टीका लगाइदिएर सबैलाई पाँच–पाँच रुपैयाँ दक्षिणा दिनुभयो तर मलाई दिनुभएन । सामान्यत: हाम्रो समाजमा छोरी मान्छे जतिलाई दक्षिणा दिने र छोरालाई पछि अंश खान्छन् भनेर चाडबाड वा श्राद्धमा दक्षिणा नदिने चलन छ, तर त्यतिबेला, भाइ–बहिनी सबैले पैसा पाए, तर बुबाले मलाई दिनुभएन । उक्त व्यवहारले मेरो मन असाध्यै कुँडियो र म भलभल आँसु निकालेर रुँदै गोठतिर पुगें । म रोएको देखेर बुबाले माया गरेर पैसा दिनुको साटो उल्टै एक झापड दिनुभयो । त्यसपछि हजुरबुबा कुद्दै आउनुभयो र मलाई सम्हाल्नुभयो अनि बुबालाई गाली पनि गर्नुभयो । हजुरबुबाले आफैं दस रुपैयाँको नोट देखाएर फकाउन खोज्नुभयो । हजुरबुबाको मायाले म फकिएँ तर त्यही बेला मैले मनमनै प्रण गरें कि अब म कहिल्यै आफ्नो व्यक्तिगत रहर र इच्छा पूरा गर्न बुबासँग कहिल्यै पैसा माग्नेछैन । सबैलाई पैसा दिएर मलाई किन पैसा दिनुभएन र उल्टो मलाई किन पिट्नुभयो ? मैले कहिल्यै बुझ्न सकिन तर त्यो व्यवहार र पिटाइले मलाई ठूलो पाठ सिकायो । त्यसपछि मैले आफैं कमाएर देखाउँछु र बुबाको कमाइ कहिल्यै खानु नपरोस् भनेर प्रण गरें । स्कुल सकिएपछि नै म कसरी आत्मनिर्भर हुने भन्ने बाटोतर्फ लागेेंं । मैले बुबासँग मलाई यस्तो गर्न यति पैसा चाहियो, मलाई यो किन्दिनु, मलाई यो खान मन लाग्यो भनेर कहिल्यै भनिन र आजसम्म आफ्ना लागि भनेर एक पैसा पनि मागिनँ । मेरो बालसुलभ मस्तिष्कमा परेको चोट र आफैं कमाएर देखाउँछु भन्ने ईखले मलाई आत्मनिर्भर हुन धेरै समय लागेन र पछाडि फर्केर पनि हेर्नु परेन । पितृसत्तात्मक हाम्रो समाजमा लोग्नेमानिसलाई मामाघर र ससुरालीमा मात्र दक्षिणा दिने चलन छ । सानो छँदा मामाघर वा दक्षिणा पाइने ठाउँमा गएर दक्षिणा थाप्न पनि मज्जा हुन्थ्यो । कसको दक्षिणा कति भयो भनेर गन्न, दक्षिणा कति पाइयो भनेर एकान्तमा गएर हेर्न र आफ्नो धेरै भएका बेला धक्कु लगाउनुको आनन्द नै बेग्लै हुन्थ्यो । दसैंमा पाइने नयाँ नोटको बास्ना र कट्कट् गर्दै गन्दा आउने रमाइलो बयान गरी साध्य छैन । त्यतिबेला दक्षिणा जम्मा गरेर सय रुपैयाँ पुर्‍याउन पनि हम्मे हम्मे पथ्र्यो । धेरै पाइन्छ भनेको ठाउँमा थोरै पाइन्थ्यो । सय पुर्‍याउन खोज्यो मरिकाटे पुग्दैनथ्यो । एक साल त कति भयो भनेर गन्दागन्दै कतिबेला कहाँ हरायो कि कसैले चोरिदियो कुन्नि, बीस रुपैयाँको नयाँ नोट नै गायव भयो । त्यो बीस रुपैयाँ सम्झ्यो भने अहिले पनि थक्थकी लाग्छ । जे होस्, बाल्यकालमा दसैंमा मामाघर गएर मान–सम्मान पाउन र दक्षिणा लिन मज्जा नै हुन्थ्यो । दसैंमा दक्षिणा लिनेलाई त मज्जै आउँछ तर दिनेलाई कसरी पुर्‍याउने भन्ने पिरलो हुन्छ । हुनेलाई त भएको अलिअलि बाँड्दा खासै फरक नपर्ला तर नहुनेलाई र धेरै आफन्त तथा इष्टमित्र भएकाहरूलाई मार पर्छ । अर्को खट्किने कुरा दक्षिणा दिनेले पनि टीका थाप्नेको हैसियत हेरेर दक्षिणा दिन्छन् । ठूलो पद र धनी मानिस छ भने उसैले धेरै दक्षिणा पाउँछ नहुनेले अलि कम पाउँछ । खासमा नहुनेलाई धेरै दिनुपर्ने हो तर शक्तिको नियम दक्षिणा लेनदेनमा समेत लागू हुन्छ । कति त कमजोर र गरिब आफन्तकहाँ मीठो खान पाइँदैन र दक्षिणा पनि धेरै दिँदैन भनेर टीकै लगाउन जाँदैनन् । गरिब आफन्तलाई उनीहरू टीका लगाउन आइदिएकोमै खुसी मिल्छ भन्ने कुरा धनीहरूले बुझ्दैनन् । सद्भाव र आशीर्वाद थाप्न जाने कुरालाई पनि कसैले पैसा र शक्तिअनुसार भेदभाव गर्छन् भने ती आफन्त होइनन्, स्वार्थी हुन् । कसले कति दिएर कसलाई नै पुग्छ र ? तर दसैंलाई कतिपय मानिसले आफ्नो आर्थिक हैसियत र रवाफ देखाउने पर्वका रूपमा पनि लिन्छन् । दक्षिणाको लोभमा टीका थाप्न जानेहरू र टीका लाउन आउनेहरूको हैसियत हेरेर दक्षिणा र मान–सम्मानमा उचनिच गर्ने दुवै सम्बन्धका व्यापारी हुन् । अर्को कुरा, दसैंमा नयाँ नोट समात्नुको मज्जा बेग्लै हुन्छ । उही मूल्यको पुरानो नोट भए पनि नयाँ नोटको भाउचाहिँ धेरै हो जस्तो लाग्छ । नेपाल राष्ट्र बैंकले दसैंमा नयाँ नोट निकाल्ने र साटन पाइने चलन चलाएर पनि होला, दसैंमा दक्षिणामा नयाँ नोट लिने–दिने बानी परेको हुनुपर्छ । गाउँघरतिर नयाँ नोट लिएर गएर साटिदिनेहरूको रवाफ पनि बेग्लै हुन्छ । दसैंमा साना केटाकेटीलाई यो छोरा यो छोरी भनेर नछुट्याई सबैलाई समान दक्षिणा दिएर खुसी पारौं र उनीहरूले हामी दुवै समान वा बराबर हौं भन्ने महसुस गरुन् । धनीले हाम्रो त यतिखर्च भयो नि भनेर धक्कु नलगाउँm, गरिबले गच्छेअनुसार व्यवहार टारौं तर आफन्तको मन जित्न ऋण नकाढौं ।
2019/06/15 23:21:03
http://saptahik.ekantipur.com/news/2018-10-13/20181012110752.html
mC4
अमेरिकाका राष्ट्रपति जो बाइडनले कार्यकाल आरम्भ गर्दा देशमा चरम निराशा र विभाजनको स्थिति छ । त्यहाँको लोकतन्त्र नै धरापमा परेको छ । माथिल्लो सदन सिनेटले पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाअभियोगको प्रस्तावमा पुर्पक्ष गर्दैछ । अधिकांश अमेरिकीहरू चार वर्षसम्मको नाटकबाट आजित भइसकेका छन् । महामारीले चार लाखभन्दा बढी मानिसलाई मारिसकेको छ । अर्थतन्त्र सुस्त छ र असमान छ । जातीय विभेद चरममा छ । प्रहरीले हिंसा गरिरहेकै छ । अनि पृथ्वी थप तातिरहेको छ । धेरै अमेरिकीहरूलाई देश गलत दिशातिर गइरहेको जस्तो लाग्छ । तर कार्यकाल सम्हालेको पहिलो दिन बाइडनले आशा गर्ने ठाउँहरू छन् । विभिन्न सर्वेक्षणमा उनको समर्थन सूचकांक बढिरहेको देखिन्छ । लगभग ६० प्रतिशत समर्थन पाउनु भनेको अहिले परिस्थितिमा राम्रै हो । बाराक ओबामा सन् २००९ मा ह्वाइट हाउस प्रवेश गर्दा पाएको जस्तो परिस्थिति अहिले छैन । उनी ओबामा जति लोकप्रिय छैनन् । सिनेटमा झिनो बहुमतका साथ उनले कार्यकाल आरम्भ गर्नेछन् । उपराष्ट्रपति कमला ह्यारिसले सिनेटमा टाइब्रेक गर्नेछिन् । ओबामासँग ६० सीटको सुपरमेजोरिटी थियो । बाइडनसँग बहुमत पनि झिनो छ अनि काम गर्ने समय पनि थोरै छ । चार वर्षको अवधिमा उनले असम्भव जस्ता लाग्ने काम गर्नुपर्नेछ । तर विभाजित मुलुकमा बाइडन र उनको मन्त्रिपरिषद्लाई स्वीकृति दिने बहुमत हुनु पनि आफैंमा ठूलो कुरा हो । बाइडनका सहयोगी तथा साझेदारहरूले जनता ट्रम्प युगबाट अघि बढ्न चाहेको आकलन गरेका छन् । यसलाई बाइडन समर्थकहरूले उनलाई काम गर्ने अवसर दिन चाहेको भनी बुझेका छन् । अमेरिकीहरूको दृष्टिकोण बाइडनप्रति ट्रम्पको तुलनामा नरम छ । अनि केही सांसदप्रति पनि उनीहरूको सोच त्यस्तै छ जस्तो लाग्छ । ट्रम्पले आफ्नो कार्यकाल विषाक्त वातावरण निर्माण गरेर बिताए । त्यसैले अमेरिकीहरू ह्वाइट हाउसबाट नयाँ आवाज सुन्न आतुर छन् । बाइडनले जनतालाई खोप उपलब्ध गराएर अनि भारीभरकम राहत प्याकेज दिएर अमेरिकालाई सामान्य अवस्थामा पुर्‍याउने महत्त्वाकांक्षी योजना सार्वजनिक गरेका छन् ।
2021/03/03 09:34:55
https://www.lokaantar.com/story/131302/2021/1/21/biden-challenges
mC4
काठमाडौँ,अफगानिस्तानमा काम लगाइदिन्छु भन्दै करोडौं रकम हिनामिना गरेर रुपन्देहीका जिवलाल पोखरेल फरार भएका छन् । सुरक्षा गार्डमा काममा लगाइदिन्छु भन्दै पोखरेलले ४० युवाहरुबाट १ करोड ५० लाख उठाएर फरार भएका हुन् । काठमाडौँ, १७ भदौ - सर्वोच्च अदातले विदेशमा बस्ने सबै नागरिकलाई आउँदो निर्वाचनदेखि सहज र सरलरुपमा मतदानमा सहभागी हुने व्यवस्था मिलाउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव समिति अमेरिकाको आगामी निर्वाचनको लागि अध्यक्ष पदका प्रत्याशीहरुको डीसीमा हुने बहस कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ l वासिगंटन डिसि स्थित नेपाल र नेपाली डायस्पोराप्रति समर्पित ग़ैरराजनीतिक तथा
OSCAR-2019
Yugawani Mediaबागलुङमा ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा - Yugawani Media २०७८ असार ४ गते शुक्रबार, ०६:४७ मा प्रकाशित गलकोट, ४ असार । निरन्तरको वर्षाका कारण बागलुङमा ४१ घर परिवार विस्थापित भएका छन् । गत सोमबारदेखि निरन्तर परेको भारी वर्षाका कारण ४१ परिवारले घर छोडेर अन्यत्र आश्रय लिएर बस्न बाध्य भएका छन् । यसमा अधिकको घर पूर्ण क्षति र केहीको आशिंक क्षति भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
2021/08/05 18:02:34
https://yugawani.com/archives/9841
mC4
चाडपर्वमा जित र हारको खेल कत्तिको भैरहेको छ ? - केवल एक प्रश्न - प्रकाशितः आश्विन २३, २०७४ - साप्ताहिक दसैंमा जित र हारको खेल आत्मीय ढंगबाट सम्पन्न भएको थियो । दसैंपछि जित र हारको खेल तँछाड–मछाड तरिकाले अझैं कडा र द्रुत गतिमा भैरहेको छ । कुर्सीमा बस्नेहरू सधै जितिरहन्छन् । खेतमा पसिना बगाउनेहरू हारिरहन्छन् । हाम्रो देशमा यो खेल सधैं चलिरहकै छ— हाम्रो देशको नियति । मेरो जित अरूको भन्दा फरक छ । आफू गीत–संगीतको क्षेत्रमा जित्नका लागि १०–१२ वर्षदेखि दु:ख गरिरहेको छु । यसपालि दसैंमा सांगीतिक कार्यक्रमका लागि साइप्रस आइपुगेको छु । त्यसैले आफ्नो कमाइलाई नै मैले मेरो सबैभन्दा ठूलो जित मानेको छु । यसपालि रमाइलो टिभी र एक्सन स्पोर्ट्सको ओपनिङमा साह्रै व्यस्त भएँ । अष्टमीको रात जन्मस्थल स्याङ्जाको कालीगण्डकी गाउँपालिका पुगेँ । नवमीको दिन तीर्थस्थल आलमदेवीको दर्शन गर्दैमा बित्यो । टीकाको दिन टिका लगाउँदैमा बित्यो । यो पल्ट तास खेल्न त परै छाडौं, छुन पनि भ्याइएन । एकदिन खेल्दा नराम्रोसँग हारियो । त्यसको पर्सिपल्ट त्यसको दोब्बर जितियो । यस्तो खेल रमाइलोका लागि दसैं–तिहारमा मात्र खेल्ने गरेको छु । खेलेको भए पक्कै हार्थें । आफूलाई त एक–दुई पेग लगाएपछि संसारै जितेजस्तो लाग्छ अनि भुक्लुक्क निदायो । सपनामा कहिले जितिन्छ, कहिले हारिन्छ । ब्युँझियो, जस्ताको तस्तै । हरेक पल हारजितको खेल हुन्छ । जिन्दगी नै हारजितको खेल हो । जति नै जिते पनि एकदिन हार्नु नपर्ने कोही छैनन् ।
OSCAR-2019
'बलेवामा हवाईजहाज सरर…' « Naya Page बागलुङ, १२ साउन । करिब २६ वर्षअघि उडान बन्द भएको बागलुङको बलेवा विमानस्थलमा तारा एयरले विसं २०७४ मा परीक्षण उडान गरेपछि जिल्लाका प्रसिद्ध लोकगायक पूर्ण परियार र सीता परियारले त्यस लगत्तै यो गीत बजारमा ल्याएका थिए । विमानस्थलको धावनमार्गमै छायाङ्कन गरिएको यो गीतमा बलेवा क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय विशेषता समावेश गर्दै विमानस्थलको उपयोगिताको चर्चा पनि छ । गीतमा भनिए जस्तै विमानस्थल विसं २०७४ चैत ९ गतेदेखि पुनः एक वर्ष सञ्चालनमा आयो । यसअघि धवलागिरि अञ्चलको सदरमुकाम बागलुङबाट पश्चिमको प्रमुख शहर एवं पश्चिमाञ्चल विकास क्षेत्रको सदरमुुकाम पोखरा तथा राजधानी काठमाडाैंलाई जोड्न हवाईजहाज बाहेकको अर्को विकल्प नरहेकामा विसं २०४८ मा पोखराबाट बागलुङ बजार सडक सञ्जालले जोडिएपछि विमानस्थल बन्द भएको थियो । विसं २०७४र७५ मा बलेवामा हप्तामा दुईदिन हवाईजहाज सरर उडे । बागलुङ नगरपालिकाले एयरलायन्स कम्पनीहरुको क्षति बेहोर्ने गरी सम्झौता गरेरसमेत एक वर्षमा जहाज सञ्चालन गर्‍यो । एशियाकै अग्लो पुल तरौंला भैरव थानको दर्शन नि गरौंला प्रायः पहाडी बाटो रहेको पोखरा पश्चिमको भेगलाई पोखरा र अन्य शहरसँग जोड्न आवश्यक त छँदैछ त्यसबाहेक पनि यहाँ हवाईयात्राको आवश्यकता यस क्षेत्रको पर्यटकीय विकासका लागि देखिन्छ । पूर्ण परियारले गीतमा भनेजस्तै पश्चिमका प्रसिद्ध धामहरु बलेवा भैरवस्थान र बागलुङ कालिका, पञ्चकोट, जैमिनी ऋषिको धाम पुग्न पनि यहाँ विमान अवतरण भए सजिलो हुन्छ । मुक्तिनाथ जान पनि जोमसोम एक मात्र विमानस्थल छ र कहिलेकाहीं मौसमको खराबी या अन्य कारण उडान नभएमा बलेवाबाटै जानुपर्छ । साविकको धवलागिरि अञ्चलमा मुस्ताङको जोमसोम विमानस्थल मात्रै सञ्चालनमा छ । मौसमको खराबीका कारण पटक–पटक उडान अवरुद्ध हुँदा विकल्पका रूपमा बलेवा विमानस्थल प्रयोग गर्न सकिने नागरिक उड्डयनका जानकारहरु बताउँछन् । बागलुङ, पर्वत र म्याग्दीको सदरमुकामदेखि नजिकै रहेकाले पनि यो विमानस्थलमा यात्रुको खाँचो नहुने बलेवाका स्थानीय भरत पौडेल बताउँछन् । जहाजमा बलेवाबाट पोखरा १३ मिनेटमा नै पुग्न सकिन्छ भने काठमाडौं २५ मिनेट । बलेवा विमानस्थल पहाडी उडानका लागि किन महत्वपूर्ण गन्तव्य मानिन्छ भने यहीँबाट ढोरपाटन, म्याग्दी, मुस्ताङ र पश्चिमका रोल्पा रुकुम, प्यूठान, गुल्मीसमेत पुग्न सकिन्छ । पर्यटनका जानकारहरु मुस्ताङको 'गेटवे' पनि यसैलाई मान्ने गरेकाले आन्तरिक तथा बाह्य पर्यटकलाई यो विमानस्थल सहयोगी बन्नसक्छ । बेरुजुको भारी बोकेर नगरले सम्झौता बढाउन सकेन र विमानस्थल फेरि बन्द भयो । बन्द भएको विमानस्थलले अहिले भने स्वरूप फेर्ने काम गरिरहेको छ । 'हामीले रु २० लाख खर्चेर एक वर्ष जहाज चलायौँ, त्यसैको उपलब्धि अहिले धावनमार्ग कालोपत्रको काम चलिरहेको छ', बागलुङ नगरपालिकाका प्रमुख जनकाराज पौडेल भन्छन्, 'पक्की विमानस्थलमा सबैखाले जहाज चल्छन्, जहाज उडानको सम्भावना अहिले नै टरेको होइन बढेर गएको छ ।' कच्ची धावनमार्ग भएका कारण यसअघि नेपाल एयरलायन्स र तारा एयरलायन्सले मात्रै यहाँ उडान गरेका थिए । अन्य कम्पनीका जहाज कच्ची धावनमार्गमा चल्न मानेनन् । हरेक उडानमा नपुग यात्रुको भाडा नगरपालिकाले तिर्ने गरेको थियो । कयौंपटक खाली जहाज चल्दासमेत नगरले भाडा तिरेर नियमित ग¥यो । फलस्वरूप धावनमार्ग कालोपत्रका लागि नागरिक उड्डयन प्राधिकरण बाध्य भएको पौडेल बताउँछन् । पछिल्लो पटक थप भएको म्याद असार मसान्तमा सकिएको र छ महिना थपिएको म्यादसमेत सकिएपछि प्राधिकरणले पुनः तीन महिना म्याद थपको तयारी थालेको छ । 'असोजसम्ममा कालोपत्र काम सक्ने गरी म्याद थपको तयारी छ', बलेवा विमानस्थल आयोजना प्रमुख मीनराज ओझाले भने, 'अवरोधहरु धेरै भएकाले निर्माण कम्पनीले समयमा काम सक्न पाएन, अब धेरै काम छैन ।' अहिलेसम्म बलेवा विमानस्थलमा सानो ट्वीनअटर जहाज मात्रै चल्न सक्ने अवस्था थियो । धावनमार्ग कालोपत्र भएपछि आइकाओको मापदण्डअनुसारका जहाज चल्ने संरचना तयार हुने ओझाले बताए । 'हामीले गर्ने पूर्वाधार निर्माणको काम हो, जहाज चलाउने कम्पनीले हो', ओझाले भने, 'एनएस–२४ आइकाओको मान्यताअनुसारको दुर्गमको विमानस्थलको मापदण्डमा बलेवा विमानस्थल तयार हुन्छ ।' 'रनवे' धावनमार्ग कालोपत्र गर्ने तयारी हुँदै गर्दा विसं २०४८ अघिको जस्तै उत्साह स्थानीयवासीमा छ । 'अब जहाज चलाउनैपर्छ, वारिपारिका शहर बढ्दैछन्, बस्ती विकास हुँदा बलेवामा यात्रुको समस्या नहोला', स्थानीयवासी उमानाथ सिग्देल भन्छन्, 'सरकारले पहल गरोस्, हामी स्थानीयवासी उत्साहित छौँ ।' बलेवा विमानस्थलले धेरै क्षेत्रमा प्रभाव राख्न सक्छ । विमानस्थलको भौतिक प्रगति ९० प्रतिशत रहेको विमानस्थल निर्माण कम्पनीका इञ्जीनियर चिरञ्जीवी खड्काले जानकारी दिए । 'वर्षामा बाटो बिग्रिन्छ, बिरामी अस्पताल लैजानसमेत कठिन', जैमिनी नगरपालिका–८ छिस्तीका राजेन्द्र पौडेलले भने, 'जहाज चले सिधै काठमाडौँ, पोखरा जान सकिन्थ्यो ।' बलेवा विमानस्थल बागलुङको चर्चित ठाउँ बलेवाको पहिचान हो । पोखरा विमानस्थल अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा विकास भइरहेकाले आन्तरिक उडानका लागि गण्डकी प्रदेशको वैकल्पिक विमानस्थलका रूपमा विकास गर्नुपर्ने स्थानीयवासीको माग छ ।
2021/09/28 11:05:51
https://www.nayapage.com/archives/329979
mC4
पुस १८ – विश्वका सर्वोत्कृष्ट दुई फुटबलर क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीले फरक फरक तरिकाले नयाँ वर्षको स्वागत गरेका छन् । यो वर्ष पाँचौँपटक बोलोन डी’ओर अवार्ड जितेर मेस्सीसँग अवार्डमा बराबरी गरेका रोनाल्डोले गृहनगर मदेइरामा आफूले अहिलेसम्म पाएका १५ व्यक्तिगत ट्रफी तथा अवार्डसहित फोटो खिचाएर नयाँ वर्षको स्वागत गरेका छन् । मेस्सीले भने निकै शालिन तरिकाले नयाँ वर्षको उत्सव मनाएका छन् । उनले घरमा श्रीमतीसँग मुस्कुराउँदै फोटो खिचाएर नयाँ वर्षको स्वागत गरेका हुन् । मेस्सी र उनीकी श्रीमती एन्टोनिला रोकुजोले सामान्य रुपमा नयाँ वर्ष मनाएका हुन् । मेस्सी तेस्रोपटक पिता बन्दैछन् । मेस्सी अहिले पनि विश्वको उत्कृष्ट खेलाडी रहेको बार्सिलोनाका प्रशिक्षक एरनेस्तो वाल्वेर्डेले बताएका छन् । ३० वर्षे मेस्सीले यो सिजन अहिलेसम्म क्लबबाट २५ खेलमा १९ गोल गरेका छन् । रोनाल्डोले भने यो सिजन च्याम्पियन्स लिग र राष्ट्रिय टिमबाट राम्रो गरे पनि ला लिगामा भने खासै राम्रो प्रदर्शन गर्न सकेका छैनन् । उनले २२ खेलमा १६ गोल गरेका छन् । श्रीलंका - श्रीलंकामा दुई जनाले प्रधानमन्त्री पदको दाबी गर्ने क्रम अझै जारी छ । यसले गर्दा राजनीतिक हिंसाको घटना बढ्न सक्ने अवस्था विद्यमान देखिएको छ । गएको शुक्रबार श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई.. एजेन्सी - संयुक्त राज्य अमेरिकाको विदेशमन्त्रालयले साउदी अरेबिया सरकारका कटु आलोचक पत्रकार जमाल खशोग्गी बेपत्ता भएको घटनाको सम्बन्धमा साउदी अरेबियाले जवाफहरू दिनुपर्ने बताएको छ। अमेरिकी विदेशमन्त्री पोम्पेओ तथा साउदी नेताहरूबीच रियादमा भएको.. मुम्बई - केही दिनअघि आमा कृष्णा राज कपूरको मृत्युमा उपस्थित हुन नसकेका ऋषि कपूरबारे दुखद खबर सार्वजनिक भएको छ । ऋषि कपूर आमाको निधन हुनु केही दिनअघि छोरा रणबिर कपूर र श्रीमती नीतू कपूरसहित अमेरिका गएका थिए । ऋषि कपूरले उनको ट्वीटरमार्फत आफू स्वास्थ्य.. अमेरिका - सन् २०१० मा बुर्ज खालिफा निर्माण गरी दुबईले विश्वको सबैभन्दा अग्लो भवनको कीर्तिमान आफ्नो नाममा पारेको थियो । त्यस समय पूरै विश्व इन्जिनियरिङको त्यो अद्वितीय नमूना देखेर हैरान भयो । दुबईको सिको गर्दै बुर्ज खालिफालाई उछिन्ने प्रयत्न तत् पश्चात्.. नैरोब - तान्जानियामा रहेको अफ्रिकाको ठूलो ताल भिक्टोरियामा भएको एक डुङ्गा दुर्घटनामा कम्तीमा एकसय जनाको मृत्यु हुनको साथै अन्य दर्जनौ वेपत्ता भएका छन् । तान्जानियाका उद्धारकर्ताहरुले शुक्रबार सो दुर्घटना भएको जानकारी दिएका छन् । बेपत्ताहरुको.. काठमाडौ - बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा विद्युत् व्यापार तथा आदानप्रदानका लागि मार्ग प्रशस्त गर्ने गरी समझदारी गरिने भएको छ । विद्युत् व्यापार तथा सहजीकरणका लागि ‘बिम्स्टेक.. अमेरिका - अमेरिकाको एक बरिष्ठ सिनेटर जोन म्याकेनको शनिबार निधन भएको छ । ओबामाको पहिलो कार्यकालको समयमा रिपब्लीकन पार्टिको तर्फबाट राष्ट्रपतीका उम्मेदवार छनौट भएका मेकनको ८१ बर्षको उमेरमा निधन भएको हो । भियतनाम युद्धको वेला पाइलट रहेका म्याकेन युद्ध.. इन्डोनेसिया - मध्य इन्डोनेसियाको लोम्बोक द्वीपमा गत अगष्ट ५ मा गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ४६० पुगेको प्रकोप नियन्त्रण निकायका एक अधिकारीले बिहीबार जानकारी दिएका छन् । यस भूकम्पमा परी ७ हजार ७७३ व्यक्ति घाइते भएका छन् । साथै ७१.. काठमाडौं - सरकारले आसन्न बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) चौंथो शिखर सम्मेलनको तयारीको कामलाई अन्तिम चरणमा पुर्याएको जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार बसेको मूल तयारी समितिको..
OSCAR-2019
तरकारीमा नुन चर्को हुँदा के गर्ने ? यी ४ उपाय अपनाउनुहोस ! « Thahaonline.com | थाहा अनलाइन तरकारीमा नुन चर्को हुँदा के गर्ने ? यी ४ उपाय अपनाउनुहोस ! ९ पुष २०७५, सोमबार ०८:५४ मा प्रकाशित काठमाडौ ।के तपाइको घरमा कुनै समयमा यस्तो भएको छ ।जब पाहुना आएको बेलामा तपाइले उनीहरुको सम्मानका लागी निकै मिठो तथा स्वादिष्ट खाना अथवा विभिन्न परिकार पकाउदा खोज्दा त्यही दिन नै त नुन चर्को भएको त छैन ।तर यस्तो अवस्थामा तपाइ के गर्ने भन्ने कुराले चिन्तामा त पर्नुभएको थियो कि । साथै ती सबै खानेकुरा फ्याकेर अर्को नया खाना पो पकाउन सुरु गर्नुभयो कि ।अब त्यस्तो अवस्थामा तपाइ गुर्जनु भएको छ भने चिन्ता नलिनुहोस ।अब हामी गर्दिनेछौ तपाइको खानाको बचतका साथै समयको पनि बचत ,यदि यसो गर्नुभयो भने तपाइको पाहुनाको पनि सम्मान हुन्छ र परिकार पनि खेर जार्दैन ।यो तरिका अपनाउनुहोस। पहिलो एकदमै उपयुक्त उपाय भनेको तरकारीमा नुन बढी भएको अवस्थामा आलुलाई काटेर मसिनो टुक्राहरु नुन बढी भएको तरकारी र दालमा राख्नाले नुनिलोको मात्र कम हुन्छ ।तर पूर्ण रुपले नुनिलोको समस्या समाधान नभएता पनि नुनिलोलाई केहि मात्रामा कम गराएर हल्का सहजता दिलाउछ । त्यसैगरी दोस्रो उपाय आँटाको पिठोलाई प्रयोग गरेर पनि तरकारीमा नुनिलो घटाउन सकिन्छ। यसको लागि नुन चर्को भएको तरकारी अथवा दालमा आँटाको डल्ला बनाएर राख्न पर्ने हुन्छ। त्यसैगरी तरकारी र दालमा दहि मिसाउनाले पनि नुनिलोको मात्र केहि हदसम्म कम गर्न सक्छ। नुन चर्को भएको तरकारीमा दहि मिसाउँदा तरकारीको स्वादमा पनि केहि परिवर्तन आउन सक्छ। तर नुनको मात्रा पनि केहि हदसम्म कम गराउन दहि सहयोग हुन सक्छ । त्यसैगरी अर्को धेरै प्रयोग हुने उपयुक्त तरिका भनेको नुन चर्को भएको तरकारी र दालमा कागतीको प्रयोग धेरै उपयोगी हुन्छ । यसरी तरकारीमा कागतीको रस मिसाउनाले नुनिलो कम हुने मात्र नभई तरकारीको स्वादमा पनि परिवर्तन ल्याउन सक्छ ।यसकारण यी उपायले तपाइको खानको स्वाद परिवर्तन गराइ तपाइको परिवारको शिष्टता बढाउछ ।
2021/07/23 22:12:52
https://thahaonline.com/62215/
mC4
पार्टीको विभाजन रोक्न मुख्यमन्त्री त्यागे– मुख्यमन्त्री राई – KhabarPurwanchal पार्टीको विभाजन रोक्न मुख्यमन्त्री त्यागे– मुख्यमन्त्री राई खबर पूर्वाञ्चल, ११ भाद्र २०७८, शुक्रबार १८:३० विराटनगर / नेकपा एमालको पार्टी विभाजन रोक्न प्रदेश १ को मुख्यमन्त्री पद त्याग गरेको प्रदेश १ का निवर्तमान मुख्यमन्त्री शेरधन राईले बताएका छन् । मुख्यमन्त्रीबाट हिजो राजीनामा दिएका राईले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै टुटफुटबाट पार्टी जोगाउन मुख्यमन्त्रीको पद त्याग गर्नु परेको बताएका हुन् । राईले तीनवर्ष ६ महिना ७ दिन प्रदेश १ को मुख्यमन्त्री पद सम्मालेका दिए । संघीयतालाई सवल बनाउन कुनैपनि दल विभाजन हुनु राम्रो हैन, राईले भने–एकतावद्ध एमालेलाई कायम राख्नका लागि योगदान गरिएको राईले बताए । प्रदेशको नामाकरण मुख्यमन्त्रीको मात्रै क्षेत्राधिकार भित्र नरहेको बताउँदै राईले त्यसका लागि आगामी दिन सर्वसम्मत ढंगबाट अगाडी बढिने दावी समेत गरे । अन्य दलको व्यवधानका कारण प्रदेशको नाम टुङ्गो लगाउन नसकिएको बताउँदै राईले आफ्नो कार्यकालमा धेरै राम्रा कामहरू गरेको दावी गरे । उनले प्रदेश सरकारले निर्माण सुरु गरेका सडक पुल र विकासका अन्य कार्यक्रम निर्माणधिन अवस्थामा रहेको बताए । 'हाम्रो तीन वर्ष ६ महिनाको कार्यकाल त्यतीकै बितेको छैन,' उनले भने,' हर समय हाम्रो ध्यान र दृष्टि प्रदेशको समग्र विकास र समृद्धिमा खर्च भएको छ ।' 'हामीले थालेका कामहरु सम्पन्न हुँदै गर्दा प्रदेशले विकासमा बेग्लै खालको उचाई प्राप्त गर्नेछ,' उनले अघि भने,'जनताले सडक खानेपानी, सिंचाई,शिक्षा स्वास्थ्यको क्षेत्रमा ।' आफू पदमा रहँदा धेरै काम गर्न नसकेपनि राम्रा कामहरु गरेको राईले जानकार िगराए । गलत नगरेका कारण शिर निहु¥याएर हिड्नुपर्ने अवस्था नरहेको उनको भनाई थियो । पहिलो वर्ष बस्ने ठाउँको खोजी, दोस्रो वर्ष केही कानून र संरचनागत प्रगति, प्रादेशिक आकांक्षा राखिएको भन्दै अन्तिम वर्षमा तीव्र गतिमा गर्नुपर्ने काम पनि कोभिड संक्रमणले गर्दा गर्न नसकिएको दावी थियो । यस्तै राईले सन्तुलित विकासको अवधारणा अगाडि सारिएको र ६२ वटा बहुवर्षीय आयोजनासमेत सम्पन्न भएको बताए । होचो केचना र अग्लो सगरमाथा जोड्ने सडकको खाका आफ्नै सरकारको पालामा तयार भएको भन्दै जतिसुकै बेला शिर ठाडो पारेर बोल्न र हिँड्न सक्ने बताए । मुख्यमन्त्रीबाट बिहीबार राजीनामा दिएका राईकै प्रस्तावमा एमाले सचिव भीमप्रसाद आचार्य मुख्यमन्त्री बनेका थिए ।
2021/12/01 18:26:51
https://khabarpurwanchal.com/2021/08/27/51395/
mC4
भुकम्पका कारण 'होस्टेल रिटर्न्स' पोस्टपोन्ड, 'धुन' पनि बैशाख १८ मा नलाग्ने « THULOPARDA.COM: Entertainment News Portal From Nepal भुकम्पका कारण 'होस्टेल रिटर्न्स' पोस्टपोन्ड, 'धुन' पनि बैशाख १८ मा नलाग्ने शनिबार गएको महाभूकम्पको कारण आईपरेको दुखद घडीमा बैशाख २५ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र 'होस्टेल रिटर्न्स'ले आफ्नो प्रदर्शन मिति पोस्टपोन्ड गरेको छ । चलचित्रका निर्माता सुनिल रावलका अनुसार हाल देशमा महाविपत्ति लाइलागिरहेको अवस्थामा चलचित्र प्रदर्शन गर्नु उचित नहुने भएका कारण चलचित्रको प्रदर्शन मिति पोस्टपोन्ड गरिएको जानकारी दिए । रावलका अनुसार चाँडै चलचित्रको नयाँ प्रदर्शन मिति सार्वजनिक गरिनेछ । छात्रावासमा बस्ने पात्रहरुको जीवनशैली, प्र्रेम, आकर्षणलाई प्रस्तुत गरेको चलचित्रलाई सुरज भुषालले निर्देशन गरेका हुन् । चलचित्रमा सुशिल श्रेष्ठ, नजिर हुसेन, सुशिल सिटौला, अभय बराल, शशी श्रेष्ठ, स्वस्तिमा खड्का, दीया मास्के लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रमा स्वप्निल आचार्यको संगीत, हरि हुमागाईँको छायांकन, अष्ट महर्जनको एक्सन, गोविन्द राइको नृत्य, सुरज भुषाल र सन्तोष लम्सालको पटकथा समावेश छ । चलचित्रलाई सुरज भुसालले निर्देशन गरेका हुन् । यस सँगै अर्को चलचित्र धुनले पनि आफ्नो प्रदर्शन मिति पर सारेको छ । बैशाख १८ गतेबाट देशव्यापी प्रदर्शनको तयारीमा रहेको यो चलचित्रले यसभन्दा अघि पनि प्रदर्शन मिति सारेको थियो तर शनिबार गएको महाभूकम्पका कारण चलचित्रको प्रदर्शन मिति पर सारिएको चलचित्रका निर्देशक कृष्ण पौडेलले जानकारी दिए । उनका अनुसार चलचित्रको नयाँ प्रदर्शन मिति चाँडै सार्वजनिक गरिनेछ । साथै, शुक्रबार बाट प्रदर्शनमा आएका दुई चलचित्र 'रेशम फिलिली' र 'झोला'लाई पनि भूकम्पले नराम्रो असर पारेको छ । धेरै चलचित्र हलहरु भत्किएका र दर्शकहरु त्रासले हलसम्म जान नसकेपछि यति बेला यि दुई चलचित्रको व्यापार निराशा जनक मात्र नभएर हलहरुनै बन्द भएका छन् । चलचित्र झोला भने पुन: प्रदर्शनमा आएको थियो ।
2021/10/27 04:04:50
https://www.thuloparda.com/post/11213
mC4
शिक्षक सङ्गठनका उपाध्यक्ष पक्राउ | eAdarsha.com शिक्षक सङ्गठनका उपाध्यक्ष पक्राउ भीमदत्तनगर, १९ वैशख । प्रहरीले गाउँ तथा नगरपालिका कार्यालयमा चन्दा असुल्ने उद्देश्यले डर धम्की देखाउने विप्लव समूह निकट अखिल नेपाल शिक्षक सङ्गठनका नेतालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले उक्त कार्यमा संलग्न अखिल नेपाल शिक्षक सङ्गठन कञ्चनपुरका वरिष्ठ उपाध्यक्ष विवेकप्रसाद लम्साललाई पक्राउ गरिएको जानकारी दिए । प्रहरीले लम्साललाई कञ्चनपुरको बेलारीस्थित हात्तीबजार क्षेत्रबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको जनाएको छ । साथै प्रहरीले पक्राउ गर्न खटिएका प्रहरीमाथि पनि अवरोध सिर्जना गरेको जनाएको छ ।
2022/01/27 18:05:08
https://www.eadarsha.com/nep/74755
mC4
कृषि पत्रकार महासंघ गठन – Krishakkhabar कृषि पत्रकार महासंघ गठन Thursday, March 18th, 2021 | krishak khabar काठमाडौ ५चैत्र कृषि क्षेत्रमा कलम चलाउने पत्रकारहरुको एउटै साझा संस्था बनाउने उद्देश्यसहित साढे दुई दशकदेखि पत्रकारितामा क्रियाशील अन्तर्राष्ट्रिय पत्रकार महासंघका सदस्य समेत रहेका पत्रकार बैकुण्ठ भण्डारीको नेतृत्वमा नेपाल कृषि पत्रकार महासंघ गठन भएको छ । नवगठित महासंघको उपाध्यक्षमा सुमन पन्थ, महासचिवमा पवन श्रेष्ठ, सचिव गोपाल आले, कोषाध्यक्ष कमला भट्टराई चयन भएका छन् । यस अघि स्थापना भएका नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना), कृषि पत्रकार समाज (साज) नेपाल र कृषि सञ्चार समाज एकीकरण गरी महासंघ गठन गरिएको हो । पेशागत अधिकार र श्रमजीवी कृषि पत्रकारको आवाज बुलन्द बनाउँदै सम्बन्धित निकायसम्म पु¥याउने उदेश्यले स्थापित महासंघको पदाधिकारीको बैठकले कृषि पत्रकारको स्वास्थ सुरक्षालाई लक्षित गरी २५ लाखको कृषि पत्रकार स्वास्थ्य उपचार कोष स्थापना गर्ने निर्णय एवम् घोषणासमेत गरेको छ । देशैभर समान उद्देश्य राखेर स्थापना भएका कृषिसँग सम्बन्धित सञ्चार संस्थाहरुलाई छाता सङ्गठनमा आबद्धताका लागि समेत महासंघको पहिलो बैठकले आह्वान गरेको छ । विहीबार बसेको बैठकले कृषि पत्रकार स्व.गोविन्द प्रसाद घिमिरेको नाममा गोविन्द शर्मा स्मृति कृषि पत्रकारिता पुरस्कार स्थापना गरी सो पुरस्कार महासंघ स्थापना दिवसको अवसर पारी हरके वर्ष कृषि क्षेत्रमा कलम चलाउने उत्कृष्ठ पत्रकारलाई सम्मान गर्ने जनाएको छ । साथै महासंघले सातै प्रदेशमा छरिएर रहेका कृषि पत्रकारहरुलाई संगठित गरी महासंघको सातै प्रदेश शाखा विस्तार समेत गरेको छ ।
2021/12/06 15:34:13
https://krishakkhabar.com/news/2021/03/18/3867/
mC4
स्वस्थ बालबालिका प्रतियोगिता | स्वस्थ बालबालिका प्रतियोगिता प्रकाशित मिति :2017-02-27 11:24:25 लमजुङ । पाँचौं स्वास्थ्य सेवा दिवसको अवसरमा सदरमुकाम बेशीसहरमा स्वस्थ्य बालबालिका प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता अन्तर्गत जन्मेदेखी ६ महिनाभित्रका समिर राउत पहिलाे, रोश्ना श्रेष्ठ दोस्रो र इसिका श्रेष्ठ तेस्रो भएका छन् । यस्तैगरी, ६ महिनादेखि १ बर्षसम्ममा दिप तामाङ पहिलाे, सफल थापा दोस्रो र सुर्दशन देउजा तेस्रो भएका छन् । यस्तै, एक बर्षदेखि २ बर्ष सम्मका लिजन बुढाथोकी प्रथम, मिलन शाह दोस्रो र शसिन गुरुङ तेस्रो भएका छन् । बिजयी स्वस्थ बालबालिकाहरुलाई सर्बोतम मिठो, २ वटा बेबी स्याम्पु, ३ वटा साबुन वितरण गरीएको छ । जिल्ला जनस्वास्थ्य कार्यलय लमजुड र अपांग संरक्षण समाज लमजुडको संयुक्त आयोजनामा भएको प्रतियोगितामा एक सय २१ जना बालबालिकाको स्वास्थ्य परिक्षण गरिएको अपांग संरक्षण समाज लमजुडका सचिव सिताराम बसेलले जानकारी दिनुभयो ।
2020/12/03 23:23:11
https://mahilakhabar.com/news/2017/02/27/23570.html
mC4
Thu, Feb 27, 2020 at 11:17pm आईतवार, १५ भाद्र २०७६, आहाखबर 4.65K शनिबार अपराह्न पटक–पटक गरी शङ्कास्पदरूपमा ठूलो रकम दरबारमार्गस्थित नबिल बैंकको एटिएम बुथबाट निकालियो । यसअघि एटिएम बुथबाट पटक–पटक व्यक्तिको पैसा निकालिएको घटनाका कारण नबिल बैंक उच्च सतर्कतामै थियो । प्रभु बैंकको रकम अस्वभाविक रुपमा आफ्नो बुथबाट निकालिएपछि उसले प्रभु बैंक र प्रहरीलाई खबर ग¥यो । यो काम एक्लैले गर्न सक्दैन भन्ने लागेर प्रहरीले खोजी थाल्यो । उनीसँग भएको साँचोको आधारमा प्रहरीले होटल पत्ता लगाएको थियो । नेपाली र अङ्ग्रेजी नबुझ्ने भएकाले ट्रान्सलेटर मगाएर प्रहरी होटलमा पुगेको थियो । घटनाबारे प्रहरी नायब उपरीक्षक बोगटीले भन्नुभयो, "साँचोको आधारमा हात्तीसारस्थित माया–मनोहर बुटिक होटलमा पुगेर एक्सन नलिएको भए ह्याकरको ठूलो गिरोह करोडौँ रुपैयाँ लिएर फरार हुनसक्थ्यो ।" "हामी जुन लिफ्टबाट छ तलामाथि चढ्यौँ, उनीहरु त्यही लिफ्ट कुरेर झर्न लाग्दै रहेछन्, उनीहरु हतासमा थिए, झोला बोकेर भाग्न खोजेको जस्तो देखियो, अनि लिफ्टमा चढ्नलाग्दा रोक्यौँ, जाँच गर्दा सबै गिरोह एकैठाउँमा भेटियो", प्रहरी नायब उपरीक्षक बोगटीले भन्नुभयो । केही सेकेण्ड मात्रै ढिला भएको भए चार जना फरार हुने प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा राहदानी नम्बर १९३७५५८ का झू लियाङ्याङ, राहदानी नं ०९५५२६३७४ का लुओ जियालेइ, राहदानी नं ३२३७७७१३ का लिन जियानमेङ, राहदानी नं ०२७७६५० किऊ युनकिङ र राहदानी नं ८९०५६८२५ का चेन विनविन रहेका छन् । "सबै काम समयमै हुँदा गिरोहबाट ठूलो क्षति बचाइयो", प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले रासससँग भन्नुभयो । नक्कली भिषाकार्ड प्रयोगबाट विभिन्न बैंकहरुको डाटा ह्याक गरेर एटिएम बुथबाट एकै दिनमा करोडौँ रकम निकाल्ने गिरोह यसरी नेपाल प्रवेश गरेको थिएन । यस्तो प्रकृतिको घटना नभएकोसमेत परिसरले जनाएको छ । "यसअघि सामान्य खालको एटिएमबाट पैसा चोरी भएको थियो, यस्तो गम्भीर प्रकृतिको घटना पहिलोपटक देखियो", सुवेदीले भन्नुभयो । उहाँका अनुसार ह्याकरले व्यक्तिको पैसाभन्दा बैंकको पैसा निकाल्नुले पनि उनीहरुको योजना धेरै रकम निकाल्नु रहेको देखिएको छ । उनीहरुले नबिल बैंकको बुथ प्रयोग गरेर प्रभुसँगै एनआइसी एशिया, जनता, इन्भेष्टमेन्ट, कुमारी, ग्लोबललगायत बैंकको रकम निकालेको प्रहरीले जनाएको छ । धेरै नबिल बैंक प्रयोग गरेको देखिएको भन्दै प्रहरीले अन्य बैंकसमेत प्रयोग गरेको हुनसक्ने बताएको छ । प्रहरीले उनीहरुबाट रु एक करोड २६ लाख २९ हजार ४५, नौ हजार १०८ अमेरिकी डलर, एक हजार १९१ युआन, २५० युरो, पाँच हजार क्याम्बोडियन मुद्रा, ८० हङकङ डलर, १३२ थान नक्कली भिसाकार्ड, १७ थान सक्कली भिसाकार्ड, एक थान कार्ड प्रिन्टर मेसिन, छ मोबाइल तथा ल्यापटप, डाटा कार्डलगायत बरामद गरिएको छ । उनीहरुलाई बैंकिङ्कसुरअन्तर्गत आजै अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान थालिएको छ । उक्त कसुरअन्तर्गत तीन वर्ष कैद, बिगोबराबरको जरिवाना र क्षतिपूर्तिको व्यवस्था रहेको छ । ह्याकरहरु भदौ १३ गते चीनबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश गरेका थिए । सोमबार गते फर्कने योजनामा रहेका ह्याकरले नेपालमा बिदाको दिन पारेर एटिएम बुथ ह्याक गर्ने योजना बनाएका थिए । उनीहरुले विदेशमै बसेर योजना बनाउने गरेको खुलेको छ । यसअघि उनीहरु कम्वोडिया गएकोसमेत खुल्न आएको छ । अनुसन्धानका क्रममा उनीहरुले बिदाको दिनलाई उपयोग गर्ने गरेको पाइएको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले बताउनुभयो । प्रारम्भिक बयानमा उनीहरुले होटलको बारमा काम गर्ने जानकारी दिएको बताउँदै प्रहरीले विस्तृत कुरा भने अनुसन्धानपछि मात्रै थाहा हुने बताएको छ ।
2020/02/27 23:17:02
https://www.aahakhabar.com/news/31947
mC4
महंगा कलाकारमाथि महंगो लगानी, तर जोखिम कती ? – An Online Entertainment News Portal HomeNewsFeature Newsमहंगा कलाकारमाथि महंगो लगानी, तर जोखिम कती ? सुत्र इन्टरटेन्मेन्ट- सिनेमा बनाउनु सामान्य कुरा रहेन । सिनेमाका लागि लगानी पनि सामान्य रकमले नहुने भयो । सिनेमाको छायांकन अगावै करोड रुपैयाँ छुट्याउँदा हुने भयो । अझ बजारमा स्वघोषित स्टारहरुलाई लिने हो भने त छायांकन अगावै करोड सकिन्छ । अहिले महंगो मानिने कलाकारमाथि यसरी नै लगानी भैरहेको छ । सिनेमाको कथा राम्रो बनाउने कि कलाकारको पारिश्रमिक र प्राविधिक पक्ष भन्न मत भिन्नता छ । अहिले कथामा लाख र कलाकार र प्रविधीमाथि करोड लगानी छ । जसले गर्दा सिनेमा चल्ने कुरा भगवानको हातमा मात्र पर्दछ । अहिले महंगा भनिएका कलाकारमाथि महंगो बजेटमा सिनेमा बनिरहेका छन् । अभिनेता अनमोल केसीमाथि निर्मात्री झरना थापाले करोडौ बजेट लगाएकी छिन् । अनमोलको पारिश्रमिक नै ४० लाख माथिको भनिएको फिल्मको बजेट २ करोड पुग्नेछ । निर्माता गोविन्द शाहीले लभ स्टेशन सिनेमामा पनि यसरी नै लगानी गरेका छन् । प्रदिप खड्काको शेयर पारिश्रमिकमा तयार हुन लागेको यो सिनेमाको जापान र मनाङको छायांकन सकिदा पारिश्रमिक ३ भेट्ने छ । निर्देशक हेमराज वीसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई १५ लाख पारिश्रमिक दिए । अभिनेता प्रदिप खड्कालाई कती दिए होलान्, सजिलै भन्न सकिन्छ । सिनेमाको सबै दृश्य विदेशमा खिचिनेछ । यसैले प्रदिप र साम्राज्ञीमाथि ३ करोड भन्दा माथिको लगानी हुँदैछ । अभिनेता सलिनमान बनियाँलाई १२ लाख पारिश्रमिक दिएर सुरु भएको यात्रा रिलिजसम्म ३ करोड बजेट निर्माताको सकिनेछ । अब, निर्मातालाई जोगाउन मात्र पनि सलिनमानको स्टारडम धुवाधार चल्नुपर्ने हुन्छ । अभिनेता पल शाहमाथि पनि त्यस्तै लगानी छ । अभिनेता शाहमाथि निर्माता तथा निर्देशक सुरज सुब्बा नाल्बोले २० लाख पारिश्रमिक लिएर महंगो सिनेमा बनाउँदैछन् । नेपाली फिल्म अहिले कलाकारको पारिश्रमिक र उनीहरुमाथि गरिएको महंगो लगानीले जोखिमपूर्ण छ । प्रदिप खड्काले २५ लाख पारिश्रमिक लिएको रोज सिनेमाले देशभरबाट कति रकम कमायो भन्ने सबैलाई थाहा नै छ । अभिनेता अनमोल केसीलाई २० लाख दिएर निर्माता सुवास गिरीले बनाएको कृ सिनेमाको लगानी कती फिर्ता भयो भन्ने सोच्न घोत्लन पर्दैन । जबकी यो सिनेमाको बजेट ४ करोडको थियो । कायरामा साम्राज्ञीलाई १० लाख दिएर आर्यन सिग्देलले सिनेमा बनाएपनि यसले गतिलो पैसा उठाएन । यी सबै कलाकारका पारिश्रमिक महंगो भएपनि सिनेमाको कथा कमजोर थियो । जसलेगर्दा सिनेमा २ दिनपनि हलमा राम्रोसँग चलेन । भारतमा साढे २ सय करोडमा बनेको ठग्स अफ हिन्दुस्तान सिनेमाले १२५ करोड पनि नकमाएको उदाहरण छ । जबकी, आमिर खान र अमिताभ बच्चनमाथि निर्माताले भरोसा राखेर साढे २ सय करोड लगानी गरेका थिए । नेपाली स्टार कलाकारमाथि करोडौ लगानी छ । तर, त्यो लगानी उत्तिकै जोखिमपूर्ण पनि छ । फिल्म 'प्रेमलीला'को पोष्टर सार्वजनिक सुत्र इन्टरटेन्मेन्ट – अभिनेत्री रेखा थापापछि कुनै अर्की हिरोइनको जन्म नेपाली फिल्ममा भएको छ, जो हिरोलाई चुनौती दिने आँट गर्दैछिन् । रेखा थापाले हिरो नै आफू भन्दै सिनेमामा आफूलाई नै हाबी बनाएकी थिइन् । रेखा थापाले […]
2019/04/22 16:32:22
https://www.sutraentertainment.com/%E0%A4%AE%E0%A4%B9%E0%A4%82%E0%A4%97%E0%A4%BE-%E0%A4%95%E0%A4%B2%E0%A4%BE%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A4%AE%E0%A4%BE%E0%A4%A5%E0%A4%BF-%E0%A4%AE%E0%A4%B9%E0%A4%82%E0%A4%97%E0%A5%8B-%E0%A4%B2/
mC4
नेपाल र केन्याबिचको क्रिकेट खेलको पहिलो म्याचको सम्पूर्ण टिकट विक्री | KhelkudNews.com नेपाल र केन्याबिचको क्रिकेट खेलको पहिलो म्याचको सम्पूर्ण टिकट विक्री Published on March 10, 2017, by Manoj Shiama - Posted in Cricket, Slideshow 0 अन्र्तराष्टिय क्रिकेट परिषद आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्र्तगत नेपालको कीर्तिपुर क्रिकेट मैदानमो शनिबार हुने पहिलो म्याचको सम्पूर्णं टिकट विक्री भएका छन् । टिकट विक्री तथा व्यवस्थापन गरेको इसेवा फोन पे. प्रा.लिका अनुसार ११ हजार दुई सय टिकट विक्री भएका छन् । इसेवाका प्रमुख कार्यकारी अधिकृत अस्गर अलीले भने, " हामीलाई आइसीसीले टिकट विक्री रोक्न आग्रह गरेअनुसार टिकट विक्री रोकेका छौँ " । सोमबार हुने दोस्रो म्याचको पनि सिमित टिकट बाँकी रहेको इसेवाले जनाएको छ । आइसीसीले टिकटको मूल्य प्रति म्याच दुई सय रूपैयाँ तोकेको छ । विगतमा जस्तै यसपटक पनि सम्पूर्ण टिकट अनलाइनबाटै खरिद गर्न सकिने व्यवस्था इसेवाले मिलाएको थियो । पहिलो दिनको टिकट रोकिएपनि दोस्रो म्याचको टिकट विक्री भने खुल्ला रहेको छ । दोस्रो म्याचका लागि क्रिकेटडटइसेवाडटकमडटएनपी लग अन गरि टिकट खरिद गर्न सकिने विज्ञप्तीमा उल्लेख छ । सुरक्षाको दृष्टिकोण र टिकट दुरुपयोग नहोस् भन्नका लागि झिहरेक टिकटमा दर्शकको नाम र सम्पर्क नम्बर अनिवार्य गरिएको पनि इसेवाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । मैदानमा प्रवेशका लागि टिकटमा लेखिएको नाम प्रमाणित गर्ने परिचयपत्र अनिवार्य लिएर आउनुपर्नेछ ।
2019/03/26 02:34:36
http://www.khelkudnews.com/news/15942
mC4
दोलखाका सहकारीमा सदस्यहरुको आकर्षण बढ्दै : सहकारीमा साढे ८ अर्ब पुँजी - Cooperative News Service दोलखाका सहकारीमा सदस्यहरुको आकर्षण बढ्दै : सहकारीमा साढे ८ अर्ब पुँजी सहकारीको नमूना जिल्लाका रुपमा परिचित दोलखामा सहकारी संस्थाहरूले साढे ८ अर्ब पुँजी सङ्कलन गरेका छन् । जिल्लामा सहकारीको सेवाप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएपछि कारोबारसमेत वृद्धि भएको हो । दोलखामा हाल ५ सय ३ वटा विभिन्न विषयका सहकारी संस्था सञ्चालनमा छन् । ती सहकारीमार्फत बचत तथा ऋणका साथै कृषिलगायतका क्षेत्रमा उलेख्य काम भइरहेको जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाईले जानकारी दिनुभयो । सहकारीमार्फत दोलखाले गरेको प्रगति देखाउनकै लागि संघले जिल्लामा पहिलो पटक बृहत सहकारी सम्मेलनसमेत गरेको छ । शुक्रबार र शनिबार दुई दिन चलेको सम्मेलनमा जिल्लाका सहकारीको अवस्थाका र सहकारीमार्फत समृद्धिका बारेमा बहस भएको छ । सम्मेलनले उद्यमशीलतामार्फत आर्थिक समृद्धिमा योगदान गर्न अन्तरसहकारी र स्थानीय तहबीच साझा बुझाइ विकास गरी अगाडि बढ्ने लक्ष्यसहित 'सहकारी उद्यमशीलता मार्फत आर्थिक समृद्धिका लागि दोलखा घोषणापत्र २०७६' जारी गरेको छ । घोषणापत्रमार्फत सहकारी र स्थानीय तह साझेदारीका लागि विद्यमान कानुनी, नीतिगत तथा व्यवस्थापकीय सवालहरु पहिचान गरी प्राथमिकताका साथ कार्यान्वयन गर्ने र उद्यमशीलता र सहकारी सूचना व्यवस्थापनसम्बन्धी जिल्लास्तरीय डिजिटल प्रविधि विस्तारलगायतको विषयमा प्रतिवद्धता व्यक्त गरिएको अध्यक्ष चौलागाईंले जानकारी दिनुभयो । यसैगरी घोषणापत्रमा सहकारी क्षेत्रका अन्तर्राष्ट्रिय सिद्धान्त र मूल्य मान्यता, दिगो विकास लक्ष्य, राष्ट्रिय दीर्घकालीन सोच, सहकारी ऐन, नीति, नियमावली तथा मापदण्डहरु, स्थानीय आवश्यकता, अवसर र सामथ्र्यको आधारमा रहेर काम गर्न सोहीअनुसारको संस्थागत संरचना, दक्ष जनशक्ति र योजना प्रणाली विकासका लागि तत्कालै योजना बनाइ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ । यस्तै सहकारीको आधारभूत मापदण्डलाई एकरुपता र प्रविधियुक्त बनाउने, सहकारी र स्थानीय तहबीचको संयुक्त योजना तथा रणनीति तयार गर्ने, जिल्लामा रहेका सहकारीमा कर्मचारी व्यवस्थापन, सेवा सुविधा, सार्वजनिक विदा लगायतका निर्णयहरूमा एकरुपता कायम गर्ने घोषणा गरिएको छ । घोषणापत्रको कार्यान्वयन तथा अनुगमनका लागि आयोजक संस्थाहरु र स्थानीय तहका प्रतिनिधिहरूको पाँच सदस्यीय दोलखा सहकारी उद्यमशीलता प्रवद्र्धन समन्वय समिति गठन गरी अघि बढ्ने समेत निर्णय गरिएको अध्यक्ष चौलागाईले जानकारी दिनुभयो । सम्मेलनमा दोलखा जिल्लामा सहकारी विकासको अवस्था, उद्यमशीलता, स्थानीय सरकारको भूमिका, कानुनी व्यवस्था र विकास नीतिहरू, दीगो विकास लक्ष्यलगायतका विषयमा कार्यपत्र प्रस्तुत तथा छलफल भएको थियो । सम्मेलनको उद्घाटनमा बोल्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले सामूहिक रूपमा उत्पादनमूलक काममा लाग्न आग्रह गर्नुभयो ।
2020/02/23 14:42:09
https://cns.coop.np/news/2019/05/3782/
mC4
बाँकेका अस्पतालमा उपचाररत चार संक्रमितको मृत्यु « The Nepal Top बाँकेका अस्पतालमा उपचाररत चार संक्रमितको मृत्यु बाँके : कोरोना सङ्क्रमितको उपचार हुँदै आएको बाँकेका अस्पतालमा गए राति थप चार बिरामीको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई, शिक्षण अस्पताल कोहलपुरमा एक र युनाइटेड अस्पताल नेपालगञ्जमा एक गरी थप चार जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार बाँसगढी नगरपालिका–८ बर्दिया निवासी ३९ वर्षीय पुरुष, ठाकुरबाबा नगरपालिका–२ बर्दिया निवासी ५५ वर्षीय पुरुष, बैजनाथ गाउँपालिका–३ बाँके निवासी ३३ वर्षीया महिला र नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी ४५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । यससँगै बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका ३१३ र जिल्लाकै ३०२ जनाले हालसम्म कोरोना भाइरस सङ्क्रमणका कारण ज्यान गुमाएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले जानकारी दिए । बाँकेमा एक हप्तायता कोरोना सङ्क्रमण र मृत्युदर घट्दै गएको छ । अहिले अधिकांश बिरामी बाहिरी जिल्लाबाट प्रेषण भई आउने गरेका छन् ।
2021/06/13 13:35:59
https://www.thenepaltop.com/news/202528
mC4
हिमाल खबरपत्रिका | क्यामेराले चालकसँगै प्रहरीको निगरानी गर्छ' क्यामेराले चालकसँगै प्रहरीको निगरानी गर्छ' महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी नायब महानिरीक्षक प्रकाश अर्याल भन्छन्, "छातीमा लगाइएको क्यामेराले अडियो–भिडियो रेकर्ड गर्ने भएपछि चालकसँगै ट्राफिक प्रहरी पनि जवाफदेही हुनुपर्नेछ।" ड्यूटीमा खटिएका ट्राफिक प्रहरीको छातीमा क्यामेरा राख्नुको कारण के हो? यसको उद्देश्य यातायात सञ्चालन व्यवस्थित गर्नु हो। अमेरिकालगायतका देशमा यस्तो क्यामेराको प्रयोग पहिलेदेखि नै हुँदै आएको छ। हामीले पाँच वटा क्यामेराबाट परीक्षण थालेका छौं। शुरु भएको एक सातामै राम्रो प्रतिक्रिया आएकाले क्यामेरा थप गर्दैछौं। सीसीटिभीबाट निगरानी गर्ने प्रयास असफल भएपछि यो प्रविधि ल्याइएको हो? सीसीटिभी र यो क्यामेरा प्रयोगको उद्देश्य नै फरक छ। सीसीटिभीले निश्चित स्थानबाट निगरानी मात्रै गर्न सक्दछ। तर यो क्यामेरा मान्छेसँगै चलायमान हुन्छ र आवाज पनि रेकर्ड गर्दछ। क्यामेराको प्रयोगबाट यातायात व्यवस्थापन कसरी चुस्त हुन्छ? ड्यूटीमा बस्नेको छातीमा जडित क्यामेराले प्रहरी र सवारी चालक दुवैलाई जिम्मेवार बनाउँछ। तनावका वेला पनि उनीहरू नम्र हुनेछन्। क्यामेरामा रेकर्ड हुने भएपछि दुवै पक्ष जवाफदेही बन्नेछन्। सडक लेन मात्रै होइन, अन्य गतिविधिको निगरानीमा पनि क्यामेराको महत्वपूर्ण भूमिका हुन्छ। दुर्घटनामा लेन अनुशासन उल्लंघन कत्तिको जिम्मेवार छ? पालना गर्नै पर्ने भएकाले सडकमा लेन छुट्याइएको हुन्छ। अधिकांश दुर्घटना त्यसमा पनि ज्यानै जाने गरिका दुर्घटना लेन अनुशासन पालना नगरेका कारण भएका छन्। लेनमा नचलाउनु भनेको विपरीत दिशाबाट आउने व्यक्ति र आफ्नो समेत ज्यान जोखिममा राख्नु हो। लेन अनुशासन पालना नगर्नेलाई कस्तो कारबाही हुन्छ? गोप्रो क्यामेरा, सीसीटिभी र प्रत्यक्ष निगरानीबाट लेन अनुशासन पालना नगर्नेको सवारी लाइसेन्स जफत गर्ने गरेका छौं। जरिवाना रकम तिरेको भौचर र ट्राफिक प्रहरीको कक्षा लिएको प्रमाण पेश गरेपछि मात्रै लाइसेन्स फिर्ता गर्छौं।
2019/05/26 01:33:01
http://nepalihimal.com/article/5-prasna/6461
mC4
सिन्धु इन्जिनियरिङ समाज नेपालद्वारा राहत बितरण | नयाँ अभियान सिन्धु इन्जिनियरिङ समाज नेपालद्वारा राहत बितरण २०७८ अषाढ ७, सोमबार (१ साल अघि) असार ७,चौतारा । गत असार १ गतेको बाढीबाट सर्वाधिक क्षति भएको हेलम्बु गाउँपालिकाका स्थानीयका लागि सिन्धु इन्जिनियरिङ समाज नेपालले राहत सामाग्री बितरण गरेको छ । समाजका महासचिव बिदुर कडेल र गुरु गणेश लाइट ब्लक उद्योगका प्रबन्ध निर्देशक कृष्णराज बन्जाराले संयुक्तरुपमा पालिका उपाध्यक्ष कोपिला पण्डितलाई सोलार, सोलार टर्च लाईट, त्रिपाल, म्याट, वाटर फिल्टर, साबुन र बालबालिका लक्षित कपडा हस्तान्तरण गरेको हो । राहत सामाग्री हस्तान्तरण गर्दै समाजका महासचिव कडेलले आवश्यकताको आधारमा थप सहयोग उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरे । महासचिव कडेलले बाढी पीडितका बसोबासको प्रबन्ध मिलाउनका साथै पुनर्स्थापनाका लागि योजना बनाएर अघि बढ्ने पनि बताए । नयाँ नेपाल निर्माणका लागि प्राविधिक मोर्चा कसिरहेको समाजले सिन्धुपाल्चोकमा हुने गरेको बिपत्तिमा सहयोग समन्वय गर्दै आएको छ । यस अघि पनि कोरोना महामारीको समयमा समाजले जिल्ला स्वास्थ्य कार्यालय चौतारालाई स्वाब संकलन बुथ सहयोग गरेको थियो । समाजले इन्जिनियरिङ पेशामा आबद्ध रहेका र अन्य सहयोगी ब्यक्ति र संघ संस्थाहरु संग सहयोग संकलन गरि राहत बितरण गरेको समाजका सन्देश श्रेष्ठले जानकारी दिए ।
2022/07/07 10:44:13
https://nayaabhiyan.com/2021/06/21/3700/
mC4
रानीमहललाई थप आकर्षक बनाइने | सिमपानी घर समाचार पर्यटन रानीमहललाई थप आकर्षक बनाइने पाल्पा, ९ मङ्सिर २०७५ । मंसिर ८ । नेपालको ताज महल भनेर चिनिने पाल्पाको रानीमहललाई थप आकर्षक बनाउन यसको पूर्वाधारमा लगानी गर्न थालिएको छ । पुरातात्विक महत्वको रानीमहलको स्वरुप वातावरणमैत्री इको पार्क बनाउन प्रदेश नं ५ को सरकारले नयाँ योजना ल्याएको छ । प्रदेश ५ को पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालयले रु २० लाख बजेट विनियोजन गरेको प्रदेश सरकारका वातावरणमन्त्री लिला गिरीले बताइन् । उनले रानीमहललाई प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने भएर चासो देखाइएको बताइन् । यस वर्षभित्र नै पार्कको निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटमा पर्यटनलाई थप प्राथमिकता दिइने मन्त्री गिरीले जानकारी दिइन् । रानीमहल क्षेत्रको पर्यटकीय सम्भाव्यता र सडक पूर्वाधारबारे मन्त्री गिरीसहित भौतिक पूर्वाधार विकासमन्त्री तथा प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरी, प्रदेशसभाअन्तर्गतको उद्योग पर्यटन विकास समिति सभापति दधिराम न्यौपाने प्रदेशसभा सदस्य चेतनारायण आचार्य, नारायण आचार्य, वीरबहादुर राना, पाल्पा जिल्ला समन्वय समितिका सभापति दयाराज बस्याललगायत स्याङ्जाका प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिको टोलीले स्थलगत अवलोकन गरी सम्भावनाका बारेमा अध्ययन समेत गरेको छ । पाल्पा सदरमुकाम तानसेनबाट करीब १४ किलोमिटर दूरीको सडकमध्ये पाँच किमी कालोपत्रे हुन बाँकी छ । कालीगण्डकी करिडोरतर्फ ७०० मिटर दूरीको चट्टानले रानीमहल पुग्ने बाटोमा अवरोध गरेको छ । यस्तै रानीमहललाई स्याङ्जासँग जोड्ने पक्की पुलको पाल्पातर्फको काम पनि पूरा भएको छैन । तत्कालीन जनरल खड्ग शमशेरले पत्नी तेजकुमारीको सम्झनामा कालीगण्डकीको तटमै जग हालेर विशाल रानीमहल बनाएको बताइन्छ । कालीगण्डकी नदी किनारमा पत्थरबाट ठड्याएर उक्त दरबार बनाइएको छ । दरबारको एकातर्फ बुर्जाको जग कालीगण्डकी नदीमा नै रहेको र महलभित्र पानीपोखरी, मन्दिर, बगैँचा आदि रहेका छन् । दरबार ५६ फिट चौडा, ११२ फिट उचाइ भएको चारतले भवन विसं १९५० मा शिलान्यास भई चार वर्षमा दरबार, मन्दिर र पाटीपौवासहितको निर्माणकार्य पूरा भएको बताइन्छ । महल जीर्ण भएपछि विसं २०७२ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पुरातत्व विभागले रु दुई करोड ७२ लाख ३७ हजार २४७ लागतमा रानीमहलको पुनःनिर्माण गरेको थियो । रानीमहल दरबारको बायाँतर्फ शित्तलपाटी दरबार परिसरमा फोहोराका लागि कुँदिएका ढुङ्गाले निर्मित दुईवटा पोखरी दाहिनेतर्फ पहरा दिने स्थल छ भने खुड्किलोको बायाँतर्फ एउटै किसिमका शिव र गङ्गाका दुई मन्दिर छन् । उक्त महल युयानीशैलीमा बेलायती इञ्जिनीयरको डिजाइनमा बनाइएको हो । दरबारको मूलढोकाबाट कुँदिएको ढुङ्गा र इँटाबाट बनाइएका खुड्किला सिधै कालीगण्डकी नदी कुण्डमा जोडिएको छ ।
2021/01/18 16:05:43
http://simpaninews.com/%E0%A4%B0%E0%A4%BE%E0%A4%A8%E0%A5%80%E0%A4%AE%E0%A4%B9%E0%A4%B2%E0%A4%B2%E0%A4%BE%E0%A4%88-%E0%A4%A5%E0%A4%AA-%E0%A4%86%E0%A4%95%E0%A4%B0%E0%A5%8D%E0%A4%B7%E0%A4%95-%E0%A4%AC%E0%A4%A8%E0%A4%BE/
mC4
जनयुद्धमा आधारित कौरा गीत 'गोली लाग्यो नि' (भिडियोसहित) - Goraksha Online जनयुद्धमा आधारित कौरा गीत 'गोली लाग्यो नि' (भिडियोसहित) दाङ,१ फागुन । तत्कालिन सरकार र माओवादी जनयुद्धमा आधारित कौरा गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सशस्त्र द्वन्द्वका क्रममा घाइते,अपांगलगायतका कथाबस्तुलाई समेटिएर निर्माण गरिएको गीतको म्युजिक भिडियो २६ आंंै जनयुद्ध दिवसको अवसर पारेर शनिवार सार्वजनिक गरिएको हो । माओवादी द्वन्द्वका क्रममा देश परिवर्तनको सपना देखेर माओवादी आन्दोलनमा होमिएर अहिले घाइते तथा अपांगता जीवन बेतित गरिरहेका व्यक्तिहरुको संघर्षको जीवनलाई गीतमा समेटिएको निर्देशक सुदन थापाले बताए । 'तत्कालिन माओवादी सशस्त्र युद्धलाई आधार बनाएर गीत र म्युजिक भिडियो निर्माण गरिएको छ । यो भिडियोले तत्कालिन युद्धको झल्को दिने गरेको छ'–निर्देशक थापाले भने–'जसका कारण हामीले भिडियो जनयुद्ध दिवसकै अवसर पारेर सार्वजनिक गरेका हौ ।' गीत महेश आरोहीको शब्द र संगीत रहेको उक्त कौरा गीत नेपाल आइडलका प्रतिष्प्रर्धी रामकुमार नेपाली र नीता पुनले स्वर दिएका छन् । उक्त म्युजिक भिडियोमा कलाकारहरु ममता खड्का, अमरजीत पुन, प्रकश पुन, निशा घर्ती, डम्मर बुढा, नवीन डिसीलगायतले अभियान गरेका छन् । भिडियोको परिकल्पना र निर्देशन सुदन थापाले गरेका छन भने सन्देश शाहले सम्पादन गरेका छन् । क्यामेरा म्यानका रुपमा विशाल रोका रहेका छन् । मगरात युटुव च्यानलबाट सार्वजनिक गरिहेको भिडियोले जनयुद्धको कथा बोकेको छ । भिडियो दाङ, रोल्पा र रुकुमका विभिन्न स्थानमा छाँयाकन गरिएको छ ।
2021/03/08 15:33:28
https://gsamachar.com/?p=11951
mC4
काठमाडौँ । राष्ट्रियसभाको बुधबारको बैठकमा सांसदहरूले मुलुकभर शान्ति सुरक्षाको अवस्था खस्किएको, अपराधी राज्यभन्दा बलिया भएको हुने प्रवृत्तिको नियन्त्रण गर्न सरकारले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए । सभाको शून्य...बाँकी काठमाडौँ । प्रतिनिधिसभा बैठकमा सांसदले संविधान कार्यान्वयन गर्न मौलिक अधिकारसम्बन्धी १६ विधेयक लागू भएकामा खुशी व्यक्त गर्दै विधेयकको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । बिहबिारको बैठकको शून्य समयमा...बाँकी इरानमा मूल्यवृद्धि र मुद्राको अवमुल्यनको विरोधमा विशाल प्रदर्शन भएको छ । राजधानी तेहेरानमा पसलहरु बन्द गरिएका छन् भने हजारौं मानिस प्रदर्शनमा सहभागि भएका छन् । सन् २०१२ यताको...बाँकी प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थसहित दैनिक उपभोग्य बस्तुको मूल्यवृद्धि फिर्ता नभएसम्म सरकारविरुद्धको सडक संघर्ष जारी रहने चेतावनी दिएको छ । नेपाल...बाँकी मुलुकको आर्थिक समृद्धिका लागि बैंक तथा वित्तीय क्षेत्रको भूमिका महत्वपूर्ण मानिन्छ । द्वन्द्वको पृष्ठभूमि पार गरेर आएको हाम्रोजस्तो मुलुकको जर्जर अर्थतन्त्रमा मलम लगाउन बैंकिङ क्षेत्रको अझै विशिष्ट भूमिका...बाँकी
OSCAR-2019
eHimalayatimes | लुम्बिनी प्रदेश | नगर प्रमुखको कार्यकक्षमा गोलभेंडा फालेर विरोध 13th April | 2021 | Tuesday | 7:18:29 PM नगर प्रमुखको कार्यकक्षमा गोलभेंडा फालेर विरोध प्रकाश न्यौपाने POSTED ON : फाल्गुन ६, २०७७ (९:१५ AM) नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा किसानले नगर प्रमुखको कार्यकक्षमा गोलभेंडा फालेर विरोध जनाएका छन् । नेपाली बजारमा भारतीय गोलभेंडा खुल्लमखुला बजारमा भित्रिएको र स्थानीय तहले किसानको समस्या समाधान गर्नेतर्फ योजना नल्याएको भन्दै नगरपालिकाको कार्यालय अगाडि, नगर प्रमुखको कार्यकक्ष र सडकमा गरी करिब तीन हजार केजी गोलभेंडा किसानले फ्याँकेर विरोध जनाएका हुन् । नगर प्रमुखलाई आफ्नो समस्याबारेमा जानकारी गराउन खोज्दा नगर प्रमुख धीरज शर्मा बस्यालले समय नदिएको भन्दै किसानहरूले उहाँको कार्यकक्षमा समेत गोलभेंडा फ्याँकेर विरोध जनाएको स्थानीय कृषक सन्तबहादुर चौधरीले बताउनुभयो । 'कमिसन आउने र आफ्ना कार्यकर्तालाई काम दिने योजनामा मात्र बढी जोड दिने, किसानको फसलले मूल्य नपाएको नदेख्ने जनप्रतिनिधि के काम ?' चौधरीले भन्नुभयो, 'किसानलाई समय नदिने नगर प्रमुखको विरोधमा कार्यकक्षमा गोलभेंडा फ्याँकेर विरोध जनाएका हौं ।' यता, बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले भने बजारीकरणका लागि नगरपालिकाले पहल गर्न सक्ने अवस्था रहँदा रहँदै पनि बिना जानकारी किसानहरूमाथि राजनीति गरेको बताउनुभयो । उहाँले किसानहरूको आन्दोलनमा वडाध्यक्ष स्वयंले प्रत्यक्षरूपमा आन्दोलनको अगुवाई गर्नु जायज नभएको समेत बताउनुभएको छ । विरोधपछि किसानहरूले नौ सदस्य वार्ता टोली गठन गरेर नगर उपप्रमुख मायादेवी पौडेललाई नामावली बुझाएका छन् ।
2021/04/13 13:33:29
https://ehimalayatimes.com/lumbini-pradesh/53756
mC4
IPL : धोनीले त्यस्तो के गरे, जसपछि अम्पायरले निर्णयनै परिवर्तन गरे – WicketNepal WicketNepal Staff, २०७७ आश्विन २८, बुधबार ०८:०९ चेन्नाई सुपर किंग्स र सनराइजर्स हैदरावाद बीच मंगलवार राति सम्पन्न खेलको १९ औं ओभरमा घटेको घटनाले धेरैको ध्यानाकर्षण गर्यो। अम्पायर पल रेफलले चेन्नाई कप्तान धोनी र बलर शार्दुल ठाकुरले बिरोध गरेपछि दिईसकेको 'वाइड बल' को निर्णयनै परिवर्तन गरे। २ ओभरमा हैदरावादलाई जितको लागि २७ रन आवस्यक थियो। १९ औं ओभरको दोश्रो बलमा शार्दुल ठाकुरले 'वाइड योर्कर' बल गरे जसलाई अम्पायरले वाइड दिए। पुनः अर्को बलमा ठाकुरले त्यही बल दोहोर्याए। उक्त बललाई राशिद खानले हान्ने प्रयास गरे तर उनको ब्याटले पिचमा छोयो र ब्याटको माथिबाट बल विकेटकिपर तिर गयो। बल वाइड लाइनको घेरा भन्दा थोरै बाहिरबाट गएको थियो र अम्पायर रेफलले वाइड दिन हात फैलाउन सुरु गरे। तर सोहि समयमा बलर ठाकुर र धोनीले स्टम्प पछाडीबाट बिरोध गरेपछि तुरुन्त अम्पायरले निर्णय परिवर्तन गरे। जसपछि उक्त बल 'डट बल' हुन पुग्यो। घटनाले सबैलाई आश्चर्यमा पार्यो। कमेन्टेटर केभिन पिटरसन, सुनिल गावस्कर र माइकल स्लेटरले कमेन्ट्रिको दौरान त्यसलाई प्रकट पनि गरे। "यस्तो लाग्दै छ उनि माथिबाट ( थर्ड अम्पायर ) चेक गर्दैछन्। मलाई थाहा छैन उनि के चेक गर्दैछन्।" स्लेटरले बताए – "उनको हात बाहिर आउदै थियो, रोचक कुरा हो .. मलाई थाहा छैन… " "(उनीहरु चेक गर्दैछन् ) बलले ब्याटलाई छोएको हुनुपर्छ , तर यदी ब्याटले छोएको हो भने त्यो त क्याच हुनु पर्ने हो। त्यो सिधै धोनीको हातमा गएको थियो।" गावस्करले बताए। "म झन्डै मरे, जब उनले ( रेफल ) हात फैलाइसकेका थिए।" पिटरसनले बताए "त्यहाँ उनि बिरुद्ध कोहि कराइरहेका थिए, त्यसपछि उनले आफ्नो निर्णय रोके।" त्यसपछि स्टारस्पोर्ट्सले रिप्लेमा उक्त घटना दोहोर्यायो जसमा स्पस्ट देखियो कि अम्पायरले निर्णय दिन हात थोरै फैलाएका थिए तर बिरोध पछि निर्णय परिवर्तन गरेका थिए। वाइड दिन खोजेपछि धोनी र ठाकुरले अम्पायरको निर्णयको बिरोध गरेका थिए। त्यही बेला डेभिड वार्नरले डगआउटमा आश्चर्यजनक प्रतिक्रिया दिएका थिए। रिप्ले हेर्दै पिटरसनले बताए – "उनले वाइड दिन खोजेका थिए, हेर्नुस उनले दिनै थालेका थिए।" पिटरसनले धोनी र ठाकुरले अम्पायरमाथि जाइलागे पछि उनले मनसाय परिवर्तन गरेको बताए। खेलमा चेन्नाई २० रनले विजयी भयो। सोहि ओभरमा ठाकुरले राशिद खानलाई हिट विकेटको रुपमा आउट गरे तर उक्त घाटनापछि अम्पायरको सामाजिक संजालमा बिरोध भयो जसको एउटै आवाज थियो कि अम्पायर बलियो हुनुपर्छ जसले खेलाडीको दबाबमा नआएर निर्णय गर्नुपर्छ। धोनीले निर्णयको बिरोध गर्नु उनको अविवेक भएको समेत धेरैले बताएका छन्। धेरैले उक्त बल राशिदले भेटेको भन्दै अम्पायरको निर्णय सहि भएको पनि बताएका छन्। धोनीले अम्पायरको निर्णयको बिरोध गरेको आईपीएलमा यो पहिलो घटना हैन। गत वर्ष भारतीय पूर्व कप्तानले राजस्थान रोयल्स बिरुद्धको खेलमा अम्पायर बिरुद्ध जाइलागेका थिए। अम्पायरले आफुले दिएको नो बलको इशारा लेग अम्पायरसंग छलफल पछि परिवर्तन गरेका थिए जसपछि धोनी आक्रोसित भएका थिए। खेलपछि धोनीलिई म्याच फिको ५० प्रतिशत जरिवाना गर्दै आईपीएलले कारवाही गरेको थियो।
2022/05/29 02:20:12
https://wicketnepal.com/dhoni-controversy-wn20-wide-ipl/
mC4
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध जारी राख्ने भन्दै अडानबाट पछि नहटेपछि राजनीतिक सहमति खोज्नका लागि समय आवश्यक परेको भन्दै प्रमुख राजनीतिक दलको आग्रहमा सचिवलायले बैठक अपरान्ह ३ बजे सम्मका लागि स्थगित गरेको हो । बैठकबाट नयाँ प्रमको चयन गर्ने कार्यतालिका छ ।
OSCAR-2019
गम्भीर जालसाजी भएको र लाखौँले गैरकानुनी रूपमा मतदान गरेको ट्रम्पको दाबी-Setoghar गम्भीर जालसाजी भएको र लाखौँले गैरकानुनी रूपमा मतदान गरेको ट्रम्पको दाबी वासिङटन । अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा विजय हासिल गरेका डोनाल्ड ट्रम्पले थप प्रमाण नदिइकनै आइतबार निर्वाचनमा मतदाताबाट गम्भीर जालसाजी भएको र लाखौँ व्यक्तिले गैरकानुनी रूपमा मतदान गरेको दाबी गरेका छन्। उनले आफ्ना भनाइ प्रमाण नदिइकनै ट्विटरमा व्यक्त गरेका हुन्। ह्वाइट हाउसतर्फको मार्गमा सबैलाई चकित बनाउँदै प्रवेश गरेका ट्रम्पले डेमोक्र्याटिक पार्टीका प्रतिद्वन्द्व हिलारी क्लिन्टनभन्दा कम लोकप्रिय मत प्राएका थिए। क्लिन्टनले ट्रम्पको भन्दा २२ लाख बढी मत प्राप्त गरे पनि ट्रम्पले इलेक्टोरल कलेजमा बढी मत प्राप्त गरेका छन् र यसैका आधारमा अमेरिकामा राष्ट्रपति पदको निर्वाचन निर्धारण हुन्छ। रिपब्लिकन पार्टीका अर्बपति ट्रम्पको पछिल्लो भनाइमा लाखौँ व्यक्तिले गैरकानुनी रूपमा मतदान नगरेको भए आफूले लोकप्रिय मत पनि बढी प्राप्त गर्ने दाबी गरिएको छ। विसकनसिन राज्यमा पुनः मतगणना हुनेतर्फ पाइला अगाडि बढेको अवस्थामा ट्रम्पको भनाइ आएको हो। उक्त राज्यमा ट्रम्पले विजय हासिल गरेका थिए। पुनः मतगणनाको कार्य हुननदिन ट्रम्प तथा उनका सहयोगीहरूले कडा प्रयास गरेका छन् र उनले यसघि क्लिन्टनले निर्वाचन प्रक्रियालाई सम्मान गर्नुपर्ने भनी अनेकौँ ट्विट गरेका थिए। निर्वाचन अगाडि ट्रम्पले निर्वाचनको नतिजामा धाँधली हुने चेतावनी दिएका थिए भने नोभेम्बर महिनामा अनपेक्षित रूपमा विजय हासिल गरेपछि उनले त्यस्तो कुनै गुनासो गरेका छैनन्। ट्रम्पले ट्विटमा भर्जिनिया, न्यु ह्याम्पसर र क्यालिफोर्नियामा पनि गम्भीर जालसाँजी भएको र आमसञ्चारले यस्तो समाचार नदिएको भनी आरोप लगाएका छन्।
2017/11/19 01:34:53
https://www.setoghar.com/2016/11/%E0%A4%97%E0%A4%AE%E0%A5%8D%E0%A4%AD%E0%A5%80%E0%A4%B0-%E0%A4%9C%E0%A4%BE%E0%A4%B2%E0%A4%B8%E0%A4%BE%E0%A4%9C%E0%A5%80-%E0%A4%AD%E0%A4%8F%E0%A4%95%E0%A5%8B-%E0%A4%B0-%E0%A4%B2%E0%A4%BE%E0%A4%96/
mC4
कूटनीतिक मञ्चकालागि परराष्ट्रमन्त्री टर्की प्रस्थान - सफल नेपाल २०७९ जेष्ठ ३ मंगलवार, ०९:३० कूटनीतिक मञ्चकालागि परराष्ट्रमन्त्री टर्की प्रस्थान परराष्ट्रमन्त्री डा नारायण खड्का यही फागुन २७ देखि २९ गतेसम्म टर्कीको अन्तालियामा आयोजना हुने अन्तालिया कूटनीतिक मञ्चमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मङ्गलवार राति त्यसतर्फ प्रस्थान गर्नुभयो । टर्कीका विदेशमन्त्री मेभलुट चाभुसोउलुको निमन्त्रणामा उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । परराष्ट्रमन्त्रीले यही फागुन २८ गते मञ्चमा ५० भन्दा बढी देशका परराष्ट्रमन्त्री र नीति निर्माता तथा विज्ञहरूको सहभागितामा 'लोकतान्त्रिक शासन र सुरक्षा' तथा 'दिगो क्षेत्रीय विकासको लागि नयाँ एशिया' विषयमा हुने दुई बेग्लाबेग्लै सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ । मञ्चको यस वर्षको विषय 'रिकोडिङ डिप्लोमेसी' रहेको छ । मञ्चमा विद्यमान क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरू र तिनको समाधानमा केन्द्रित भएर छलफल हुनेछ । आज मन्त्री खड्काले गैर आवासीय नेपाली सङ्घ टर्कीका पदाधिकारी र इस्तानबुलमा रहेका नेपाली उद्यमीसँग व्यवसायका अवसरहरू र चुनौतीहरूका साथै नेपाली समुदायले सामना गर्नुपरेका समस्याबारे छलफल गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । टर्कीमा रहँदा मन्त्री खड्काले आफ्ना समकक्षी, विभिन्न मुलुकका विदेशमन्त्री तथा उच्चपदस्थ व्यक्तिहरूका साथै इस्तानबुल र अन्तालियाका उद्योग वाणिज्य सङ्घका सदस्यहरूसँग पनि छलफल गर्ने कार्यक्रम छ । नेपाल र टर्कीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वर्ष प्रवेशको सन्दर्भमा भएको परराष्ट्रमन्त्रीको यो भ्रमण द्विपक्षीय सम्बन्ध अझ प्रगाढ तुल्याउन फलदायी हुने विश्वास गरिएको छ । भ्रमणबाट द्विपक्षीय व्यापार, लगानी, पर्यटन, वैदेशिक रोजगारी तथा जनस्तरको सम्बन्ध अभिवृद्धिमा योगदान पुग्ने अपेक्षा पनि गरिएको छ । मन्त्री खड्कालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका निमित्त सचिव सेवा लम्साललगायत मन्त्रालयका उच्च अधिकारीहरूले बिदाइ गर्नुभएको थियो । परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल फागुन ३० गते स्वदेश फर्कने छ । -रासस
2022/05/17 03:45:05
https://www.saphalnepal.com/35362/2022/03/09/
mC4