text
stringlengths 163
169k
| timestamp
stringlengths 0
20
| url
stringlengths 0
1.8k
| source
stringclasses 5
values |
---|---|---|---|
कस्तो बन्छ त रानीपोखरी ? | Sagarmatha TVSagarmatha TV कस्तो बन्छ त रानीपोखरी ? | Sagarmatha TV
कस्तो बन्छ त रानीपोखरी ?
शान्ता दनुवार । २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा ध्वस्त सांस्कृतिक धरोहर रानीपोखरी पुनः निमार्ण थप अनिश्चित् बनेको छ । रानीपोखीको स्वामित्व काठमाडौ महानगरपालिकासंग रहेपनि भुकम्प गएको करिव ४ बर्षसम्म यसको पुर्ननिर्माण हुन सकेको छैन ।
जिम्मेवार निकायका बीच मै बिवाद चर्किएपछि ऐतीहांसीक महत्वको रानीपोखरी पुननिर्माण अन्ततः राष्ट्रिय पुनर्निर्माण प्रधिकरणले नै रानीपोखरी बनाउने भएको छ । त्यसोत, रानीपोखरी काठमाडौं महानगरपालीकाले आफ्नो गौरव गर्न लायकको सम्पदाको रुपमा सुचिकृत क्षेत्र ।
जुन बिगत ३ बर्षदेखि खण्डहरका रुपमा अस्तव्यस्त छ । मल्लकालीन इतिहाससंग जोडीएको यो पोखरी सुरुमा काठमाडौं महानगरपालीकाले बनाउने भन्दै २०७२ माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट शिलान्यास गराएको थियो ।
तर, यो तीन वर्षको अवधीमा रानीपोखी झनै खण्डहर बनेर मासिने अवस्थामा पुगेको छ । यो महानगरले ऐतीहांसीक सम्पदा पुनर्निर्माण गर्न नसक्नुको परिणाम हो ।
जसलाई महानगरले आधुनीक निमार्ण सामाग्री हालेर बनाउने प्रयास सम्म ग¥यो । तर सम्पदा संरक्षण अभियन्ता देखि पुरातत्व विभागसम्मले विरोध जनाएपछि रानीपोखरी बन्न सकेन ।
यही अल्झन र बिबादका बीच सरकारले अब पुरानो ठेक्का सम्झौता रद्ध गरेर यसको पुनर्निर्माणको जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिएको छ । रानीपोखरीको मध्य भागमा रहेको बालगोपालेश्वर मन्दिर अब प्राधिकरणले अहिलेसम्मको अनुभव, सुझाव र विज्ञहरुको निगरानीमा परम्परागत् शैली र स्वरुप मै बनाउने छ ।
जसले साढे ३ बर्षसम्म रानीपोखरी पुनर्निर्माणको राजनीति ग¥यो अहिले त्यही निकाए काठमाडौ महानगरपालीका भने सरकारको निर्णय प्रति आपत्ति जनाई रहेको छ । महानगरपालीकाको आपत्ति र असहयोग कायम रहेपनि अब रानीपोखरी मल्लकालिन शैलीमै निर्माण हुने छ ।
पुर्ननिमार्ण प्राधिकरणले यसको मौलीकता कायम राख्दै, भुकम्प प्रतिरोधी संरचना तयार पार्ने बिषयमा आवाश्यक छलफल र अध्ययन थालीसकेको छ । आशा गरौं रानीपोखरी अब राजनीति गर्ने थलो बन्ने छैन । | 2019/07/23 12:16:37 | https://sagarmatha.tv/%E0%A4%95%E0%A4%B8%E0%A5%8D%E0%A4%A4%E0%A5%8B-%E0%A4%AC%E0%A4%A8%E0%A5%8D%E0%A4%9B-%E0%A4%A4-%E0%A4%B0%E0%A4%BE%E0%A4%A8%E0%A5%80%E0%A4%AA%E0%A5%8B%E0%A4%96%E0%A4%B0%E0%A5%80/ | mC4 |
'स्न्याप इङ्क'का सिइओको तलब सुविधा ६४ करोड डलर | गृहपृष्ठ
Home अन्तरराष्ट्रिय 'स्न्याप इङ्क'का सिइओको तलब सुविधा ६४ करोड डलर
अन्तरराष्ट्रिय 169 views
'स्न्याप इङ्क'का सिइओको तलब सुविधा ६४ करोड डलर
फागुन ११, क्यालिफोनिर्या (अमेरिका) । अमेरिकी प्रविधि र सामाजिक सञ्जाल कम्पनी 'स्न्याप इङ्क'का प्रमुख कार्यकारी अधिकृत एभन स्पिगलले झण्डै ६४ करोड डलर तलब सुविधा लिएका छन् । सन् २०१७ मा स्न्याप इङ्कबाट स्पिगलले कुल ६३ करोड ७८ लाख डलर तलब सुविधा बुझेका छन् । यो कुनै पनि कम्पनीको सीईओले लिएको अहिलेसम्मकै तेस्रो बढी तलब हो ।
यस अघि कीर्तिमानी तलब सुविधाको रेकर्ड हेज फण्ड अक–जिफ क्यापिटल म्यानेजमेन्ट गु्रपका सीईओ ड्यानियल अकले सन् २००७ र सन् २००८ मा बनाएका थिए । अकले सन् २००७ मा ९१ करोड ८९ लाख डलर र सन् २००८ मा १ अर्ब १९ करोड डलर बराबरको तलब सुविधा लिएका थिए । प्राथमिक शेयर निष्कासनपछि गत वर्ष शेयर बजारमा स्न्याप इङ्कको शेयर किनबेच शुरु भएको थियो ।
शेयर बजारमा कम्पनीको प्रदर्शनको आधारमा स्पेगलको तलब सुविधा तय गरिएको थियो । सोही आधारमा उनलाई ६३ करोड ६६ लाख डलर बराबरको कम्पनीको शेयर र १२ लाख डलर बराबरको अन्य सुविधा दिइएको कम्पनीले बिहीवार शेयर नियामकमा दर्ता गराएको फाइलिङमा भनिएको छ । फाइलिङअनुसार गत वर्ष स्पिगलले तलब भने ९८ हजार ७८ डलर मात्रै लिए छन् । एजेन्सी
Notice: It seems you have Javascript disabled in your Browser. In order to submit a comment to this post, please write this code along with your comment: cb80f7fcdf056e6e1864682bb6af148e | 2018/04/27 08:30:52 | http://www.abhiyan.com.np/2018/02/23/182791 | mC4 |
मानव बेचबिखनका अभियुक्त कारागार चलान – KhabarPurwanchal
खबर पूर्वाञ्चल, २३ फाल्गुन २०७६, शुक्रबार २०:१३
विराटनगर / मानव बेचबिखन तथा ओसारपसार मुद्दाका एक अभियुक्त जिल्ला अदालत मोरङले मागेको धरौटी वापतको रकम बुझाउन नसक्दा कारागार चलान भएका छन् ।
ललाई फकाई वैदेशिक रोजगारीको प्रलोभनमा परेर नेपाली युवतीलाई प्रतिबन्धित मुलुक कुवेत पु¥याउने योजना अनुसार मानव तस्करी गर्ने गिरोहलाई सहयोग पु¥याएका विराटनगर महानगरपालिका–१ का ३५ वर्षीय दीपक कुर्मी कारागार चलान भएका हुन् । उनी विरुद्ध चलाइएको मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत मोरङका न्यायाधीश किशोर घिमिरेको इजलासले चार लाख रुपैयाँ धरौटी माग गरेको थियो ।
इजलासले धरौटीमा छाड्न आदेश दिएपछि त्यो वापतको रकम बुझाउन नसकेका कारण कुर्मीलाई कारागार चलान गरिएको जिल्ला अदालत मोरङका सूचना अधिकारी युवराज पौडेलले बताए ।
भारतको नयाँ दिल्ली हुँदै अवैध बाटोबाट कुवेत पु¥याउन लागिएका दुई युवतीलाई जोगवनीतिर लिएर जाँदै गरेको अवस्थामा उनलाई प्रहरीले माघ २२ गते दिउँसो विराटनगर भन्सार कार्यालयको २ नम्बार टाढबाट पक्राउ गरेको थियो । आफन्त नेपाल नामक संस्थासँग समन्वय गर्दै प्रहरीले सिन्धुपाल्चोक घर भएका २० र २२ वर्षीया युवतीको उद्धार पनि गरिएको थियो । नेपाली महिलालाई श्रममा लगाउनका लागि कुवेत लैजान प्रतिबन्ध लगाइएको छ ।
दुवै युवतीलाई सिन्धुपाल्चोकका अर्जुन तामाङ र विराटनगर महानगरपालिका–५ का राजुप्रसाद रिजालबीचको योजना र 'सेटिङ'मा जोगवनीबाट रेल चढाएर नयाँ दिल्ली हुँदै कुवेत पु¥याउने योजना बनेको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यही योजना अनुसार कुर्मीले दुवै युवतीलाई जोगवनीसम्म पु¥याउने जिम्मा लिएका थिए । युवतीलाई जोगवनी लिएर जाँदै गर्दा उनी पक्राउ परे ।
उद्धार गरिएका युवतीहरुले वैदेशिक रोजगारीको बहानामा प्रलोभनमा पार्दै झुक्याएर प्रतिबन्धित मुलुक लैजान खोजेको भनेर तामाङ, रिजाल र कुर्मी विरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । उनीहरु विरुद्ध प्रहरीले मानव बेचबिखन तथा ओसारपसार मुद्दा चलायो । मुख्य अभियुक्त तामाङ र रिजाल भने फरार रहेको र खोजी भइरहेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले बताए । 'तामाङ र रिजाल मानव तस्करी गर्ने गिरोह भएको अनुसन्धानबाट पत्ता लागेको छ,' उनले भने, 'कुर्मीले भने उनीहरुको योजनामा सहयोग पु¥याएको देखिन्छ ।'
प्रहरीका अनुसार मानव तस्करी गर्ने गिरोहले पारिवारिक आर्थिक अवस्था कमजोर भएका युवतीलाई वैदेशिक रोजगारीको प्रलोभनमा पारेर प्रतिबन्धित मुलुक कटाउने गरेको खुलेको छ । अनुसन्धानबाट सम्बन्धीत ठाउँमा पु¥याएपछि गिरोहले कमिसन पाउने गरेको पुष्टि भएको जानकारी थापाले दिए । | 2021/02/25 01:50:51 | https://khabarpurwanchal.com/2020/03/06/40068/ | mC4 |
१ पुस, वीरगञ्ज । घरायसी विवादमा तरकारीमा विष हालेर खाँदा वीरगञ्जमा एक महिलाको मृत्यु भएको छ भने सोही परिवारका अन्य ५ जना सदस्य बिरामी भएका छन् ।
वीरगञ्ज–२४ बहुअरीका जगदिश कुर्मीकी श्रीमती ३४ बर्षकी राधिकादेवीको मृत्यु भएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दीपक साहले जानकारी दिए ।
राधिकाका छोरा ३ वर्षीय करिमन भन्ने विवेक कुमार, उनका सौताका छोरा २० वर्षीय राकेश पटेल, १८ वर्षीय विकास पटेल र १७ वर्षीय विशाल पटेल र छोरी १६ वर्षीया मनिषा पटेल सिकिस्त छन् । उनीहरुको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ । सघन उपचार कक्ष (आईसीयु) मा उपचाररत उनीहरुको स्वास्थ्यमा सुधार आइरहेको अस्पतालले जनाएको छ ।
राधिका जगदिशको दोस्रो श्रीमती हुन् । १५ बर्ष पहिले जेठी श्रीमतीको मृत्यु भएपछि जगदिशले राधिकासँग विवाह गरेका थिए । स्रोतका अनुसार सोमबार बिहान खाना पकाउने विषयमा राधिका र छोरी मनिषाबीच झगडाको भएको थियो ।
त्यही रिस फेर्न सोमबार राति खाना पकाउने क्रममा राधिकाले तरकारीमा अल्मुनियम फस्फेट नामक विषादी हालेकी थिइन् । विषादी हालेर पकाएको तरकारी परिवारका सदस्यलाई खुवाउनुको साथै राधिका आफूले समेत खाएकी थिइन् । परवानीपुरको कपडा उद्योगमा काम गर्ने जगदिश सोमबार राति घर नआई उद्योगमै बसेका थिए ।
खाना खाएलगत्तै गम्भीर बिरामी परेका उनीहरुलाई उपचारका लागि सोमाबार राति वीगञ्जको तराई हस्पिटलमा लगिएको थियो । उपचारकै क्रममा राधिकादेवीको मृत्यु भएको तराई हस्पिटलले जनाएको छ ।
अन्यलाई तराई हस्पिटलमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि राति नै नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो ।
‘सोमबार बिहान खाना कसले पकाउने विषयमा राधिका र मनिषाबीच विवाद भएको रहेछ, प्रहरी निरीक्षक साहले भने, ‘त्यसपछि आवेशमा आएर राधिकाले राति खाना पकाउँदा तरकारीमा विषादी हालेर आफूसहित परिवारका सदस्यलाई खुवाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । विरामी आईसीयूमा भएकोले थप सोधपुछ गर्न पाएका छैनौं ।’ | 2022-11-29T12:20:21Z | https://www.onlinekhabar.com/2019/12/821254 | OSCAR-2301 |
भैसेपाटी भेट्न पुगेको प्रधानमन्त्री ओलीलाई वामदेवले यसो भनेर फर्काए ! – Naya Kura Daily
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमबीच भेटबार्ता भएको छ । सोमबार अवेर साँझ भैसेपाटीस्थित गौतम निवासमा अध्यक्ष र उपाध्यक्ष बीच भेटबार्ता भएको हो ।
उक्त छलफलमा नेकपालाई कुनै हालतमा 'फुट्न' नदिनेमा केन्द्रीत भएको भैसेपाटी स्रोतले बताएको छ । अध्यक्ष ओली र उपाध्यक्ष गौतमबीच करिब एक घण्टा भन्दा बढी नै छलफल भएको थियो । प्रधानमन्त्री ओली परिवारका सदस्यसहित गौतम निवास पुगेका थिए । भेट पछि साँझ ९ बजे गौतम निवासबाट प्रधानमन्त्री बाहिरिएको स्रोतले बताएको छ । बैठकमा विष्णु पौडेलको पनि सहभागिता थियो ।
भैसेपाटी गौतम निवास स्रोतले छलफललाई नितान्त पारिवारिक भेटघाट भनेको छ । तर त्यसमा राजनीतिक विषयमा समेत छलफल भएको बताएको छ । पार्टीभित्र चुलिएको विवादले प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतम दुवैले चिन्ता व्यक्त गरेकाछन्।
छलफलमा नेकपा भित्र चुलिएको विवादलाई चाँडोभन्दा चाँडो सल्टाउन नेताहरु सबै लाग्नुपर्ने र पार्टीलाई हरहालतमा 'फुट'बाट बचाउनु पर्ने सुझाव गौतमले दिएको स्रोतले बताएको छ । नेकपाभित्र चुलिएको विवाद सल्टाउन उपाध्यक्ष गौतमद्वारा राखिएको ६ बुँदे मध्यमार्गी प्रस्तावमा प्रधानमन्त्री ओली सकारात्मक प्रतिक्रिया दिएको बुझिएको छ । स्रोतका अनुसार बैठक सकारात्मक रहेको बताइएको छ ।
स्थायी समितिमा अल्पमतमा परेका प्रधानमन्त्री ओलीले समितिको बैठक छल्दै आएका छन् । स्थायी समिति बैठकमै प्रधानमन्त्रीको राजिनामा मागेपछि उनले बैठक छल्दै आएका हुन् । सांझ ७ वजे गौतम निवास पुगेका ओली दुई घण्टा बसेर फर्किएका हुन् । नेकपाको मंगलबारका लागि तय भएको बैठक पनि ओलीले आधा घण्टाअघि एकतर्फी रुपमा स्थगित गरेका थिए।
Prevगर्भवती रिताको कैलालीमा उपचार सम्भव नभएपछि सेनाको हेलिकप्टरबाट गरियो उद्धार, मेडिसिटीमा उपचार हुँदै | 2021/06/19 14:26:15 | https://nayakuradaily.com/archives/1253/20 | mC4 |
हङकङबाट राष्ट्रसंघ होइन, बेइजिङ जाउँ « Naya Page
प्रकाशित मिति : 4 August, 2018 1:13 am
गोर्खा सैनिककी नातिनी सुस्किहन्ना गुरुङ हङकङको शिक्षा र स्वास्थ्य क्षेत्रमा अल्पसंख्यक समुदायमाथि हुने विभेदको विषय लिएर संयुक्त राष्ट्रसंघ जान लागेको खबर केही दिनअघि हामीले पढ्यौं। भर्खरै हङकङ विश्वविद्यालयबाट ग्रयाजुएट २१ वर्षीय गुरुङ हङकङ युनिसन नामको गैरसरकारी संस्था मार्फत् राष्ट्रसंघको जातीय विभेद उन्मुलन कमिटिको अगष्ट १०–१३ मा जेनेभामा हुने बैठकमा नेपाली सहित अल्पंख्यक समुदायको मुद्दा लिएर जान लागेको त्यो खबरमा छ।
यो सुनेर हङकङका धेरै नेपाली खुशी भएको हेर्दैगर्दा मैले भने यसलाई भविष्यमा ल्याउन सक्ने अनिष्टको संकेतका रुपमा लिएको छु। हङकङमा हामी नेपाली समुदायको मूल मुद्दा एकातिर छाडेर आफ्नो स्वार्थ पूरा गर्न युनिसनले हाम्री एक चेलीको काँधमा बन्दूक राखेर संयुक्त राष्ट्रसंघ (युएन) मा पड्काउँदा यसले भविष्यमा पुर्याउने नकारात्मक असर सकारात्मक भन्दा कयौं गुणा बढी हुनेछ।
हामी नेपालीहरू युद्धैयुद्ध झेल्दै आए तापनि शान्तिप्रिय जाति हौं। घरको समस्या घरमै समाधान गर्ने अनि सधैं सत्यको पक्षमा उभिने जाति हौं। लामो समयदेखि हङकङमा बसोबास गरेकाले हङकङ हाम्रो घर हो। घरको समस्या घरभित्रै समाधान नगरी बाहिर होहल्ला गर्ने कुरामा म कत्ति पनि सहमत हुन सक्दिनँ। हाम्रो एजेण्डा बोकेर युनमा जाने विषयमा सामाजिक संजालमा हङकङका नेपालीले दिएको प्रतिक्रियाको विश्लेषण गर्ने हो भने यसले भेदभाव कम गराउने नभई बढाउने प्रष्ट संकेत देखिएको छ।
मेरो यो आलेखको आसय हङकङमा भेदभाव छैन भन्ने होइन। तर मूल मद्दा एकातिर छ, हामी चाहिँ शिक्षा र स्वस्थ्यको नाममा युनिसन नामको गैरसरकारी संस्थाको एजेण्डामा बहकिएका छौं।
हामी नेपाली समुदायको मूल मुद्दा हङकङमा राजनीतिक सहभागिता हो। हाम्रो सहभागिता सबै क्षेत्रमा शून्य छ। १८ जिल्लामा ४३१ जिल्ला पार्षद् चुनिन्छन् तर हामी चुनिनु असम्भव छ। विधायिका परिषद्का ७० जना सदस्यमा हामी पुग्न असम्भव छ। कार्यकारी प्रमुख चयन गर्ने १२०० जनाको इलेक्सन कमिटि छ, त्यहाँ ६ प्रतिशत अल्पसंख्यक समुदायबाट एकजना प्रतिनिधि पनि छैनन्। न त अल्पसंख्यक समुदायका एजेण्डा हेर्ने आयोग नै छ।
गोर्खा सैनिककी नातिनी हङकङकी सुस्किहन्ना गुरुङ
हाम्रो आवाज सुन्ने र नीति निर्माण गर्ने निकायमा हाम्रो प्रतिनिधित्व नै छैन भने युएनमा गएर शिक्षा र स्वास्थ्यमा यस्तो भयो, उस्तो भयो भनेर के होला?
सिङ जोडेर समुदाय र सरकारसँग लड्ने योग्यता हामीसँग छैन। कसैको भड्काउमा लाग्दा हाम्रो समुदायलाई ठूलो असर पर्ने निश्चित छ। त्यसैले हामीले कसैको पक्ष वा विपक्षमा उभिनु आवश्यक छैन। बरु हाम्रा आवाज मिहिन ढंगले हङकङ सरकार र बेइजिङको केन्द्र सरकार समक्ष लैजान थप पहल गर्नुपर्छ।
हाम्रो मतृभूमि नेपाल हो र चीन हाम्रो छिमेकी देश हो। मूख्यभूमि चीनसँग नेपालको शताब्दीऔं लामो र सुमधूर मैत्री सम्बन्ध छ। चीनसँग अल्पसंख्यक जातिलाई हेर्ने थुप्रै कानुन र निकाय छन्। त्यसैले बरु पोल लगाउन युएन होइन, आफ्ना कुरा राख्न बेइजिङ जाउँ। हात फैलाउनु नै छ भने बेइजिङ पुगेर हाम्रा समस्या सम्झाइ बुझाई गरौं। म फेरि भन्छु, चीनसँग हाम्रो मैत्रीसम्बन्ध धेरै लामो छ र यो सुमधुर रहिरहनु पर्छ।
हङकङमा जातीय भेदभाव भयो भन्ने कुरा सुनेको एक दशक अधिक भयो। २००८ सालमा रेसियल डिस्क्रिमिनेशन अर्डिनेन्स लागू भएपछि यसले झन् बढी चर्चा पायो। यो अर्डिनेन्स लागू गर्न गराउन हाम्रो आवाजले पनि काम गरेको छ।
हङकङ चीनको अंश भएका कारण यहाँ उठ्ने सानाठूला आवाज बेइजिङले संवेदनशील भएर सुन्छ। गतवर्ष हङकङको आधारभूत कानुनमा भएको परिवर्तन र त्यसपछि विधायिकाहरुमाथि भएको कारबाही यसको पछिल्ल उदाहरण मान्न सकिन्छ।
चिनियाँ भाषा नजानेर इन्टिग्रेशन नभएको हो?
शैक्षिक शत्र सन् २०११/१२ मा फर्मी वङले नेतृत्व गरेको युनिसनले केही पाकिस्तानीलाई जम्मा गरेर 'चिनियाँ भाषा नजानेको कारण आफूहरूले काम नपाएको' भन्दै हल्लीखल्ली गर्न लगायो। यतिका वर्ष पढेर पनि चिनियाँ भाषा सिक्न नसक्नुको दोषी विद्यालयलाई बनाइयो। सायद फर्मी वङलाई थाहा छैन, इन्टिग्रेशन नहुनुको मुख्य समस्या के हो भन्ने। त्यसैले सम्पूर्ण दोष चिनियाँ भाषालाई दिइयो। अहिले फिलिस चेउङले नेतृत्व गरेको युनिसनले पनि त्यही पुरानै एजेण्डालाई निरन्तरता दिइरहेको छ।
सरकारले चिनियाँ भाषा पढाउन विद्यालय मात्र होइन, यहाँका सबै गैरसरकारी संस्थालाई धेरै रकम निकासा गरिदियो। ती एनजीओहरूले हाम्रो नाममा आएको बजेटबाट हामीलाई खान, बस्न, हात धुन, हिंड्न सबै सिकाए। हामीलाई हाम्रा पोशाकहरू प्रदर्शन गर्न लगाए। हाम्रो कमजोरीबाट फाइदा उठाउँदै चिनियाँ बन्न खुबै सिकाए, सिकाइरहेका छन्। आखिर, फेरि पनि समस्या किन त्यहीँ छ त?
उनीहरूले कहिल्यै हामीलाई हङकङको बासिन्दा सम्झेका छैनन्। हाम्रो पृष्ठभूमि र योगदान कहीं कतै उल्लेख छैन। हामीलाई हङकङको मौलिक अधिकार प्रयोग गर्न कतिपय अवस्थामा अवरोध गरिएको छ। हरेक दिन हुने प्रत्यक्ष–अप्रत्यक्ष भेदभावको कारण चिनियाँ भाषा होइन। चिनियाँ भाषा नजानेर इन्टिग्रेसन नभएको होइन। अस्तित्व स्वीकार नहुनु चाँहि मुख्य समस्या हो। हङकङको राज्य संयन्त्रमा हाम्रो उपस्थिति नहुनु कारक तत्व हो।
भाषा सिक्नु र ज्ञान लिनु फरक
म अहिले चिनियाँ (क्यान्टोनिज) भाषा सिकिरहेको छु। भाषाको ज्ञानले मानिसको पहुँचलाई बृहत्तर बनाउँछ। स्थानीय भाषा सिक्नुमा कुनै विमति होइन। गएको १५ वर्ष ईएम विद्यार्थीहरूको संगतमा रहें, उनीहरूलाई चिनियाँ भाषा नसिकौं भनेर मैले कहिल्यै भनेको छैन।
तर सेमिनार, बैठक र कक्षाहरूमा विधार्थी र शिक्षाकर्मीसँग हुने छलफलमा मैले चिनियाँ भाषा पढाउने तरिकामा प्रश्न गरेको छु। शिक्षा विभाग र विद्यालयले उपलब्ध गराएका तालिमहरूमा भनेको छु। भाषा सिक्नु र ज्ञान लिनु फरक कुरा हो।
हाम्रो उद्देश्य हङकङका विश्वविद्यालयहरूबाट हाम्रा नानीहरूले पनि उच्च शिक्षा लिन पाउन भन्ने हो। ग्लोबल सिटिजन बनुन् भन्ने हो। अध्ययनलाई सम्मान गरौं भन्ने हो। हामी 'भात खानका लागि शिक्षा प्राप्त गर्ने' पुरानो मानसिकताबाट मुक्त हुनुपर्छ।
हङकङ अन्तर्राष्ट्रिय सहर हो, हाम्रो पनि हो। यहाँका ९५ प्रतिशत मानिस एकै जातीका हुन् र उनीहरू एकै किसिमका छन्। त्यसैले हाम्रो आवाज सानो सुनिन सक्छ। तर आवाज सानो छ भन्दैमा हामी कमजोर छौै भन्ने होइन। कानुनले हङकङमा हामीलाई पनि उत्तिकै अधिकार दिएको छ। तर समुदायको संरक्षण गर्न राज्यले हामीलाई विशेषरुपमा हेर्नुपर्छ। हाम्रो भाषा, संस्कृति पनि राज्यको हो। कामका लागि भाषा सिक्ने हो भने चीनको प्रमुख भाषा पुतोङ्वा नै सिकौं न। जुन विश्वमा धेरैले बोल्ने भाषा पनि हो।
हामीले विद्यालय र अभिभावक स्तरमा छलफल प्रारम्भ गरौं र यो विषय सामाजिक रुपमा पनि उठान गरौं। हङकङका पाकिस्तानी, भारतीय, फिलिपिनो समुदायसँग पनि छलफल गरौं। यो लेख छलफल अगाडि बढाउनकै लागि लेखिएको हो।
हार्मोनियस सोसाइटी निर्माण हामी सबैको कर्तव्य हो। हामीलाई एथनिक माइनोरिटिजको लेबल लागेको छ, यसलाई हटाएर हङकङेली नेपाली, हङकङेली इण्डीयन वा हङकङेली पाकिस्तानीका रुपमा चिनिएर वास्तविक रुपमा हङकङको बासिन्दा बनौं। बहुसाँस्कृतिक मूल्य मान्यता भएको समाज निर्माण गरौं।
फेरि पनि भन्छु, समुदायको हितमा साँच्चिकै काम गर्ने हो भने हङकङमै गरौं। राष्ट्रसंघ होइन, आवश्यक पर्छ भने बरु बेइजिङ जाउँ। | 2020/01/25 14:15:49 | https://www.nayapage.com/archives/71607 | mC4 |
१७ करोडको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम : रहर कि आवश्यकता ? | Ratopati
१७ करोडको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम : रहर कि आवश्यकता ?
personरातोपाटी संवाददाता exploreरुपन्देही access_timeअसार २०, २०७५ chat_bubble_outline0
तेजेन्द्र केसी
बुटवल । प्रदेश ५ को सरकारले मानव विकास सूचकाङ्कमा पछाडि परेका प्रदेशका ३५ स्थानीय तहमा गरिबी हटाउने उद्देश्यले विशेष कार्यक्रम सञ्चालामा ल्याएको छ ।
सङ्घीय सरकारको सिको गर्दै मुख्यमन्त्री शङ्कर पोखरलले जस पाउने गरी ल्याएको ग्रामीण विकास कार्यक्रमाको नाममा यो आर्थिक वर्षमा १७ करोड खर्च हुँदैछ ।
यस कार्यक्रमले आखिर जनताको जीवनस्तरको उकास्ने कार्य कसरी गर्ला ?
अर्थशास्त्री प्रा. बैकुण्ठ पाण्डेले एकीकृत बजेट खर्च गरेर गाउँका जनताको जीवनस्तरमा परिवर्तन ल्याउन सकिने बताए ।
उनले आर्यआर्जन वृद्धिका लागि पहिले सीप दिनुपर्ने र अन्य आवश्यकताका आधारमा कार्यक्रम तय गर्दा ५ नम्बर प्रदेशको गरिबीको कम गर्न सकिने बताए । अझ यहाँ पिछडिएका जनताको लागि सीप, शिक्षा, स्वास्थ्य र सहरको पहुँच बढाउने काम यो परियोजनाले ठोस रूपमा ल्याउनुपर्ने उनले बताए ।
घोषित कार्यक्रमअन्तर्गत प्रदेशका उच्च पहाडी, मध्य पहाडी र तराईका १२ जिल्लाका ७३ गाउँपालिकामध्ये ३५ स्थानीयतहमा लागू गर्दैछ ।
जसअनुसार नवलपरासीको सुस्ता, प्रतापपुर र पाल्हीनन्दन गाउँपालिका, रूपन्देहीका मर्चवारी, समरीमाई र कोटहीमाई गाउँपालिका, पाल्पाको, निस्दी, माथागढी र रैनादेवी छहरा गाउँपालिका, गुल्मीको कालीगण्डकी, मालिका र मदाने, अर्घाखाँचीको पाणिनी, मालारानी र छत्रदेव, कपिलवस्तुको विजयनगर, शुद्धोधन र महाराजगञ्ज, दाङको बङ्गलामुखी, राजापुर र बबई, प्युठानको गौमुखी, नौबहिनी र ऐरावती, रोल्पाको सुन्छहारी, थवाङ र परिवर्तन, पूर्वी रुकुमकापुथा, उत्तरगङ्गा र भुमे बाँकेमा नारायणपुर, ढुढवा र जानकीनगर र बर्दियाको बढैयाताल र गेरुवा गाउँपालिका रहेका छन्
विकास कार्यक्रम परेका गाउँपालिका यस्तो भन्छन्
कपिलवस्तुको महाराजगञ्ज नगरपालिका मेयर अब्दुल कलाम खाँले जिल्लाको सबैभन्दा धेरै गरिबी भएको आफ्नो ठाउँमा मुख्यमन्त्री ग्रामीण विकासले निकै सहयोग गर्ने बताए ।
उनले नगरपालिकाले अघिसारेका गरिबी निवारणसम्बन्धी कार्यक्रम र मुख्यमन्त्रीको गरिबी कार्यक्रमलाई सहकार्य गरेर आगाडि जाने योजना रहेको बताए ।
महाराजगञ्ज नगरपालिका भारतसँग जोडिएको क्षेत्र भएकाले गरिबी उन्मूलनका लागि आर्यआर्जनका लागि सीपमूलक तालिम र रोजगारीका लागि ससाना उद्योग स्थापना गर्न प्रदेश सरकारले सहयोग गनुपर्ने माग उनको छ ।
व्यावसायिक तरकारी खेती, फलफूलको बजारीकरणका लागि कार्यक्रम नगर र प्रदेशले मिलेर ल्याउन सकिने उनले बताए ।
यो नगरपालिकाले किसानका लागि सिंचाइ, मल र बीउ समस्या छ । सिंचाइका लागि ठूलो लगानी प्रदेश सरकारले गर्नुपर्ने कमल खाँको माग छ ।
कपिलवस्तु जिल्लाको पिछडिएको विजयनगर गाउँपालिका प्रमुख गोपालबहादुर थापाले प्रदेश सरकारले विजयनगरबासीको मन जित्ने गरी कार्यक्रम ल्याएको प्रतिकृया दिए ।
उनले गाउँपालिकाले लिएको गरिबी हटाउने अभियानमा कार्यक्रमले साथ दिने गरी सीपमूलक तालिम, प्रविधिक शिक्षाका लागि लागनी वृद्धि गनुपर्ने माग राखे ।
महिला तथा दलित आदिवासीको आर्थिक क्षेत्रमा विशेष पहँुच पुर्याउन शिक्षा महत्वपूर्ण भएकाले विषेश ध्यान दिन नगर र प्रदेशले मिलेर कार्यक्रम ल्याउनुपर्ने बताए ।
नेपाल भारत सिमाना पर्ने र पटक पटक चर्चामा आउने नवलपरासीको सुस्ता गाउँपालिकाका रामप्रसाद पाण्डेयले अधिकांश गाउँपालिका वडाहरूमा पछिडिएको बस्ती छ ।
यहाँ मूलतः युवा तथा महिलालाई तालिमको र अलि केही गर्न चाहिनेहरूको ससाना कुटिर उद्योग स्थापना गर्न सहयोग गर्ने खालका मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमा रहनुपर्ने बताए ।
उनले गाउँपालिकाका मुख्य समस्या सिंचाइ र मल बीउ नै किसानको लागि हो ।
किसानको उत्पादन वृद्धि र व्यावसायीकरणको लागि तालिम र बजारीकरणको व्यावस्था मिलाउने जिम्मा गाउँपालिका तथा प्रदेश सरकारको रहेको उनले बताए ।
गाउँ तहबाट गरिबी निवारणका लागि अगाडि सारेका योजनाहरूलाई मिलाए मुख्यमन्त्रीको कार्यक्रम आगडि जाँदा प्रतिफल प्राप्त गर्न सकिने विश्वास उनको छ ।
नवलपरासी जिल्लाका तीन गाउँपािलकामा परेको कार्यक्रममध्ये अर्को प्रतावपुर गाउँपालिका हो । जहाँको मुख्य समस्या केरा, उखु र तरकारी खेती हो ।
"पहिलो विषय बजार पाउन गाह्रो छ, पाए पनि उचित मूल्य पाउँदैनन्", प्रतावपुर गाउँपालिका उपप्रमुख अञ्जु चौधरीले भनिन्– "तरकारीको पनि उस्तै समस्या छ, तसर्थ बजारीकरण र स्टोरको लागि गाउँ र प्रदेश मिलरे कार्यक्रम ल्याउनुपर्छ ।"
प्रतावपुरमा युवाहरूका लागि स्वरोजगार सिर्जना गर्ने कार्यक्रम आवश्यक छ । प्रदेशका मुख्य मन्त्रीको कार्यालयभन्दा झन्डै ५२ किलोमटिर दूरीमा रहेको रूपन्देहीको मर्चवारी गाउँपालिका अध्यक्ष केवश नन्द बनियाँ मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमप्रति निकै उत्साहित छन् ।
उनले जिल्लामा पछिडिएका गाउँहरूको विकास गर्नका लागि मुख्यमन्त्रीले ल्याएको नीति निकै सकारात्मक भएको प्रतिकृया दिए ।
प्रायः ठूला नेताहरू र मन्त्रीहरू नपुग्ने मर्चबारमा मुख्य मन्त्री दुई पटक पुगेर गाउको गरिबी कम गर्नका लागि कार्यक्रम पारेपछि मर्चबारका जनता उत्साह आएको प्रमुख बानियाले बताए ।
उनले गाईपालन र तरकारी खेतीको व्यावसायीकरणका लागि प्रदेश सरकार र गाउँपालिका मिलेर काम गनुपर्ने बताए ।
गाउँपालिका भन्दा पिछडिएको मर्चबारका जनताको शिक्षा र स्वास्थ्यको पहुँचमा पुर्याउनको लागि एकीकृत कार्यक्रमा चाहिने बताए । मर्चवारमा अझै पनि सचेतना अभावका बालविवाह प्रथा छ । यस्तै सामान्य बिरामी पर्दा पनि लागि भैरहवा तथा भारत जानुपर्ने मर्चबारीको बाध्यता छ ।
जिल्लाको अर्को विकट समरीमाई गाउँपालिका जितेन्द्रनाथ शुक्लाले रोगजारी सिजर्ना गर्नको लागि गाउँपालिकाले विभिन्न तालिमहरू सञ्चालन गरेकाले अब ठूला र प्राविधिक शिक्षाका लागि प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए ।
महिलाहरूको नेतृत्व विकास, बुटिक, सिलाइ कटाइ आदि जस्ता कामहरू भएका छन् । ती महिलाहरूलाई ससानो लगानीमा व्यावसाय सञ्चालन गर्ने वातावरण मिलाउनुपर्छ ।
प्युठान जिल्लाको नैवाहिनी गाउँपालिका प्रमुख शिव रिजालले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमबारे कुनै पत्र नआएकाले गाउँ तहमा कार्यक्रम कसरी सञ्चालन गर्ने भन्नेमा स्पष्ट नभएको बताए ।
उनको गाउँपालिकाका लागि प्रदेश सरकारले १ करोड ४३ लाख रूपियाँ सभाहल, खेल मैदान निमार्ण र अन्य कार्यका लागि छुट्याएको बताए ।
उनले सहिद तथा बेपत्ता परिवार, दलितका लागि छुट्टै विशेष कार्यक्रम गाउँपालिकासँग समन्वय गरेर कार्यक्रम लैजानुपर्ने बताए ।
अर्घाखाँचीको मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले ग्रामीण विकास कार्यक्रमले आफ्नो गाउँपालिका कृषि स्वरोजगार र कृषि उत्पादनमा ध्यान दिन सकिने बताए ।
उनले यो योजना पहिले नै सुनिएको भए अझै स्पष्ट अध्ययन गरेर सहकार्य गर्न सकिने थियो । कार्यक्रम आइसकेकाले गरिबी हटाउने कार्यका लागि गाउँपालिका, केन्द्र र प्रदेश सरकारसँग तयार रहेको बताए ।
कार्यक्रम लागू गर्नका लागि संरचना व्यवस्था यस्तो छ :
यो कार्यक्रमका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मुख्य जिम्मेवार निकाय रहने छ ।
कार्यक्रम कार्यान्वनका लागि प्रदेशस्तरमा समन्वयकर्ताका रूपमा मन्त्रालयको कुनै एक शाखालाई एकाइका रूपमा तोकिने गरी काम अगाडि बढाउने निर्देशिका बनाइएको छ ।
यसबाट प्रदेशको गरिबीको दरलाई १० प्रतिशतभन्दा कम ल्याउने रणनीति सरकारको रहेको सरकार प्रवक्ता एवम् भौतिक योजना तथा पूर्वधार मन्त्री बैजनाथ चौधरीले बताए ।
गरिबी निवारणमा सीधा प्रभाव पार्न आयआर्जन वृद्धिका लागि स्वरोजगारमूलक सीप विकास सञ्चालन गर्ने योजना रहेको छ ।
सरकार प्रवक्ता मन्त्री चौधरीले मुख्यतः समावेशीकरणमा सहयोग पुर्याउने उद्देश्यले महिला, दलित, मधेसी, थारु, मुस्लिम, जनजातिहरूको सहभागिता गराइने छ । यस कार्यक्रमले असहाय, एकल, पीडित महिला, असहाय बालबालिका तथा घरपरिवार, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिक र पिछडिएका समूहलाई समेट्ने सरकारको रणनीति छ ।
मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सरकारको सामान्यीकरण अनुदानबाट बजेट विनियोजन गरी सरकारको संयन्त्र कार्यक्रम कार्यान्वयनमा परिचालित हुने हो ।
कार्यक्रम मुख्यमन्त्री शङ्कर पोखरललेको प्रत्यक्ष निगरानीमा हुने भएकोले प्रतिफल राम्रो आउने मन्त्री चौधरीको दाबी छ ।
जनताको आयआर्जन तथा स्वास्थ्य, शिक्षा जस्ता विषयमा काम गर्ने भएको मुख्यमन्त्री विपन्न गर्नका जनता सीधै मुख्यमन्त्रीसगँ जोडिने छन् ।
कार्यक्रमलाई प्रभावकारी रूपमा लैजानका लागि स्थानीय गाउँपालिका तथा नगरपालिका, गैरसरकारी संस्थाहरू सामुदायिक सङ्गठनसँग मिलेर काम गरिने छ ।
उपसचिवको नेतृत्वमा रहेको टोलीले गाउँपालिका सञ्चालन भएका रोजगारमूलक कार्यका लागि विशेष ध्यान दिने गरी खटाइने छ ।
अहिले तयार परिएको निर्देशिकामा स्थानीय जनताको सरोकार पहिचान गरी कार्यक्रम सञ्चालन हुने मुख्यमन्त्रीमा प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए ।
उनले निश्चित समयभित्र निश्चित परिमाण आउने गरी काम गर्नका लागि यो कार्यक्रम सञ्चालन गरिएको बताए ।
मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम प्रदेश सरकारको अनुदानबाट बजेट विनियोजन गरी सरकारको संयन्त्रमार्फत कार्यान्वयन हुने हो ।
पुष्कर लोहनीको जीवन : '...त्यसपछि म यौन साहित्यमा लागेँ'
नेपालकी पहिलो रक गायिकादेखि सेनाकी मेजर डाक्टरसम्मको यात्रा
प्रिमियम लिन्छन् तर भुक्तानी गर्न मान्दैनन् इन्स्योरेन्स कम्पनी
सामाजिक सुरक्षासम्बन्धी तीन संस्था : कहाँ कस्ता छन् सुविधा ?
कारबाहीमा पर्ने म्यानपावरको सङ्ख्या बढेमा प्राइम बैङ्कले हात उठाउनुपर्ने बेला आउन सक्छ
कोरोनाविरुद्धको युद्धमा इरानका प्रेरक र दुःखद् कथा
लकडाउनमा घरबाट बाहिर निस्कन नपाएपछि युवक झुण्डिए, क्वारेन्टिनबाट भागेका पुरुषद्वारा वृद्धाको टोकेर हत्या
बिरालोमा पहिलो पटक कोभिड–१९ को संक्रमण भेटियो
इतिहासमा आज : हार खाएर भियतनामबाट फर्कियो अमेरिकी सेना
भारतमा कोरोना भाइरस संक्रमितलाई २८ दिनको तलबी बिदा दिन निर्देशन
न्यूयोर्कको लकडाउन प्रस्तावबारे बोले गभर्नरः त्यसपछि हामी चीनको ऊहान जस्तो हुनेछौं जसको कुनै अर्थ छैन | 2020/03/29 03:02:57 | http://ratopati.com/story/51791 | mC4 |
भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौँ विमानस्थलमा
काठमाडौँ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयोग (बिम्स्टेक) सम्मेलनमा भाग लिन काठमाडौं आइपुगेकी छन् ।
स्वराज बिम्स्टेकको १५औं मन्त्रीस्तरीय बैठकमा सहभागी हुन विहिबार अपरान्ह नेपाल आएकी हुन् ।
सोल्टी होटलमा दुई दिनसम्म हुने मन्त्रीस्तरीय बैठकको उद्घाटन बिहीबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ ।
नेपालसहित भारत, भुटान, बंगलादेश, थाइल्याण्ड, म्यान्मा र श्रीलंका सदस्य रहेको उक्त उपक्षेत्रीय संगठनको विहिबार र शुक्रबार सोल्टी होटलमा सम्मेलन हुने छ । | 2018/07/22 06:40:53 | http://kharibot.com/news-details/616/2017-08-10 | mC4 |
बालदिवस मनाउँदै एनआरएनए यूके – Nepalilink
23:19 | ०४:०४
बालदिवस मनाउँदै एनआरएनए यूके
चित्रकलाको नतिजा र पुरस्कार वितरण गरिने
नेपाली लिङ्क अगस्ट १९, २०२०
लन्डन । गैरआवासीय नेपाली संघ यूकेले आगामी १३ सेप्टेम्बर आइतबार विविध कार्यक्रमका साथ बाल दिवस मनाउने भएको छ ।
त्यस अवसरमा गैरआवासीय नेपाली संघ यूकेले यसअघि लकडाउनको बेला आयोजना गरेको चित्रकला प्रतियोगिताको नतिजा सार्वजनिक गर्ने, प्रतियोगितामा सहभागिहरुलाई प्रमाण पत्र तथा विजेताहरुलाइ पुरस्कार तथा प्रमाणपत्र समेत वितरण गरिने संघका महासचिव फडिन्द्र भट्टराईले जानकारी दिएका छन् ।
कार्यक्रममा बाल चित्रकला प्रतियोगिताका क्रममा संकलित बाल कलाकारहरुका चित्रहरुको पुस्तकाकार संगालो 'कोपीला' को विमोचन पनि गरिनेछ ।
आउंदो भाद्र २९ अर्थात १४ सेप्टेम्बरमा बालदिवस पर्ने भए पनि अघिल्लो दिन १३ सेप्टेम्बर आइतबार गर्ने निर्णय गरिएको बताइएको छ ।
प्रवासमा हुर्केका नेपाली बालबालिकाहरुलाई गैर आवासीय नेपालीको रुपमा नेपालको संस्कृति, सभ्यता, र परम्परा संग साक्षात्कर गराउने प्रयास स्वरुप कोरोना भाइरसको माहामारीका बेला लकडाउन परी स्कुल छोडेर घरमै बस्न बाध्य भएका नेपाली बालबालिकाहरुलाई सहभागी गराई चित्रकला प्रतियोगिताको आयोजना गरिएको थियो ।
चित्रकला प्रतियोगिताअन्तर्गत बालबालिकाहरुले बनाएका चित्रहरु संकलन गरी चित्रकला पुस्तिकाको रुपमा प्रकाशन समेत गरिएको छ । पुस्तकमा नेपालको सभ्यता, संस्कृति भेषभुषा र भुगोल झल्किने खालका चित्रहरु प्रकाशित छन् । चित्रकला प्रतियोगिताको संयोजन एनआरएनए यूकेका उपाध्यक्ष नारायण कंडेलले गरेका हुन् ।
बालबालिकाहरुको यो विशेष दिन बालदिवसमा आयोजित यस कार्यक्रममा सहभागी भएर सामाजिक संजालमार्फत बालबालिकाहरुलाई हौसला दिएर, प्रवासमा रहेको नेपाली बाल पुस्तालाई नेपाली संघको अभियानमा सहभागी गराउन सहयोग गर्न सबैमा गैरआवासीय नेपाली संघ बेलायतले आव्हान गरेको छ ।
यसअघि भौतिक रुपमा कार्यक्रम गरेर बाल दिवस मनाउने योजना भए पनि कोरोना संक्रमणको खतरालाई मध्यनजर गर्दै विद्युतीय माध्यमबाट मनाउन लागिएको जानकारी एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङले दिइन् । | 2021/07/28 22:20:00 | https://www.nepalilink.com/2020/08/19/10469.html | mC4 |
दाङ- दाङमा माटो खन्ने क्रममा पुरिएर तीन जनाको मृत्यु भएको छ । दाङको राप्ती गाउँपालिका दोलइ खोलामा घर पोत्ने माटो खन्न गएका एकैघरका तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिनुभयो । राप्ती गाउँपालिका ४ मौरीघाटका ३० वर्षकी श्यामाकुमारी चौधरी, ३५ वर्षीया मीनाकुमारी चौधरी र १२ वर्षीया रोजिना चौधरीको मृत्यु..
बिष्णुकुमार देवकोटा दाङ - दाङमा सरीरैभरी भैसीको रौं जस्तो भुत्लै भुत्लाले आधा आँङ ढाकिएका ८ बर्षिय बालक भेटिएका छन् । दाङको घोराही उपमहानगरपालिका वडा नं ८ बेलुवा गाँऊमा पिता दिलबहादुर रावत र आमा शिला रावतको कान्छो छोराको रुपमा २०६७ सालमा जन्मिएका दिवश रावतको सरीरै भरी जन्मजात यस्तो कालो दाग र सरीरैभरी भुत्लैभुत्ला पलाएको आमा शिला रावतले जानकारी दिनुभयो । “वावुको..
घोराही । जेष्ठ २६ गते शनिबारका दिन नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)को दाङ जिल्लाको आठौँ अधिवेशन सम्पन्न भएको छ । घोराही उपमहानगर–३, वेलुवा स्थित सहिदपार्कको सभाभवनमा सम्पन्न भएको आठौँ अधिवेशनको पार्टीका पोलिट व्युरो सदस्य तथा ५ नं. प्रदेशका का.वा. सेक्रेटरी समेत रहेका के.वि.गुरुङले आठ वटा मैनबत्ती बालेर उद्घाटन गरेका थिए । उद्घाटन मन्तव्यका क्रममा गुरुङले..
दाङ । लमही बजारछेउमा चारतले ठूलो घरमा डेढ महिनाअघि ठूलो बोर्ड झुन्ड्याएर घोषणा गरियो ‘प्रभुको राज्य !’ बोर्डमा लेखिएको थियो, यहोवा (परमेश्वर) को राज्य । बाइबल अध्येताका अनुसार यहोवाको अर्थ परमेश्वर हो । यहोवा राज्य घोषणा भएपछि त्यो बस्ती आफ्नो कब्जामा परिसकेको भन्ने बाइबलमा उल्लेख छ । छिमेकीहरुले प्रभुको राज्य घोषणाको चर्को विरोध गरे । विरोधपछि बोर्ड हटाइएको छ । प्रभु..
दाङ। प्रतिनिधिसभाको सभामुख चयन भएपछि पहिलोपटक चैत पहिलो साता आफ्नो निर्वाचन क्षेत्र दाङ आएका कुष्णबहादुर महराले प्रदेशको स्थायी राजधानीबारे मुख खालेका थिए, प्रदेश ५ को स्थायी राजधानीको विषय अलि जटिल छ, पाँच बर्षसम्म पनि अस्थायी रुपमै चल्न सक्छ । महराको आशय प्रदेश ५ को राजधानी स्थायी हुने न्युन सम्भावना भन्ने अर्थमा भने थिएन । राजधानीको अपेक्षामा लामो समयसम्म रहेका..
दाङ - वसको ठक्करवाट २ जनाको ज्यान गएको छ । लमही नगरपालिका वडा नम्बर ६ वेल्दमार मोडमा ना ६ ख २३३१ नम्बरको वसले रा ४ प २९९९ नम्बरको मोटरसाइललाई ठक्कर दिदा लमही नगरपालिका वडा नम्बर ६ देउपुरका १९ वर्षीय मिनराज न्यौपाने र घोराही उपमहानगरपालिका निवासी २१ वर्षीय मञ्जित गुप्ताको मृत्यु भएको हो । वस चालकलाई प्रहरीले पक्राउ गरेको छ..
तुलसीपुर। प्रदेश नं ५ को राष्ट्रियसभा सदस्य निर्वाचनको मतपरिणाम घोषणा गरिएको छ। मुख्य निर्वाचन अधिकृत हेमन्तकुमार रावलका अनुसार दलिततर्फ नेकपा (एमाले)का उम्मेदवार रामलखन चमार विजयी भएका छन्। चमारको मतभार पाँच हजार ५०८ रहेको छ भने उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मैकुलाल वाल्मिकीको मतभार दुई हजार ३७० रहेको छ। त्यसैगरी, अपाङ्ग तथा अल्पसंख्यकतर्फ नेकपा (माओवादी..
इटहरी ८ माघ । इटहरी उपमहानगरपालिका -८ मा रहेको सरस्वती माध्यामिक विद्यालय इटहरीको जेठो विद्यालय हो । इटहरी बजारबाट चारपाङ्ग्रे यात्रामा चार मिनेटमै पुगिन्छ । मध्य शहरको सुगम र ऐतिहासिक विद्यालय भएपनि सोमबारको सरस्वती पूजामा त्यस्तो कुनै हर्षउल्लास र भिडभाड थिएन । करिब दुई सय विद्यार्थी, केही दर्जन अभिभावक र अतिथीहरु कार्यक्रममा उपस्थित थिए । यति लामो इतिहास बोकेको..
दाङ ,०८ माघ । रुकुमबाट दाङ जादै गरेको यात्रु बस सल्यानको त्रिवेणी गाउँपालिका-६, भाटखोलामा दुर्घटनाग्रस्त भएको छ । यो दुर्घटनामा कम्तिमा तीन यात्रुको ज्यान गएको छ । रुकुमबाट दाङ जाने क्रममा ना ५ ख ५३१ नम्बरको बस सडकबाट डेढ सय मिटर तल खस्दा कम्तिमा तीन यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा थप ३० जना घाईते भएको वडा प्रहरी कार्यालय लुहामले जनाएको छ । घाइतेको..
दाङ, ७ माघ । पाँच दिनदेखिको बन्द खुलेसँगै दाङको जनजीवन सामान्य बन्दै गएको छ । पाँच नम्बर प्रदेशको राजधानी रुपन्देही तोकिएको विरोधमा गएको मंगलबारदेखि बन्द खुलेसँगै आइतवार बिहानैदेखि दाङको जनजीवन सामान्य बनेको हो । पाँच दिनदेखि बन्द रहेका जिल्लाका शिक्षण संस्था पनि खुलेका छन् । बन्द खुलेसँगै जिल्लाका बजार क्षेत्र खुलेका छन् भने लामो तथा छोटो दूरीका गाडी पनि चलेका छन्..
दाङ, ३ माघ । प्रदेश नम्बर–५ को राजधानी दाङमा कायम हुनुपर्ने माग गर्दै आह्वान गरिएको अनिश्चितकालीन बन्दका कारण दाङको जनजीवन प्रभावित भएको छ । पूर्व–पश्चिम राजमार्गसहित तुलसीपुर, घोराही, लमही र भालुवाङलगायतका बजारका सम्पूर्ण पसलहरु बन्द गरिएका छन् । यातायात, कलकारखाना, विद्यालय सबै ठप्प छन् । बुधबार बजारका मुख्य चोकमा नाराबाजी र जुलुसहरुसहित प्रदर्शन गरिएको छ । चोकचोकमा.. | OSCAR-2019 |
||
समाचार कांग्रेस र वाम गठबन्धनबिच झडप, ३ जना घाइते
Ujyaalo शुक्रवार, मंसिर ८, २०७४ ०४:०३:००
ओखलढुंगा, मंसिर ७ – नेपाली कांग्रेस र वाम गठबन्धनका कार्यकर्ताबिच ओखलढुंगामा दोहोरो झडप भएको छ । झडपमा परि कांग्रेसका दुई र एमालेका एक जना कार्यकर्ता घाइते भएका छन् ।
जिल्लाको चम्पादेबी गाउपाँलिका–९ बिलन्दुमा गएराति झडप हुदाँ नेपाली कांग्रेसका उत्तम कार्की र दुर्गा श्रेष्ठ घाइते भएका छन् । आफ्ना कार्यकर्ता घाइते भएपछि कांग्रेसका नेता तथा कार्यकर्ताले वाम गठबन्धनका कार्यकर्तामाथि आक्रमण गरेका थिए । आक्रमण एकजना कार्यकर्ता गम्भीर घाइते भएका छन् । वाम गठबन्धनले चम्पादेवी गाउँपालिकाका प्रमुख नवराज केशीको नेतृत्वमा आक्रमण गरेपछि प्रतिकार गरेको जनाएको छ ।
गठबनधनका नेता विनोद सुनुवारले गाउँपालिका प्रमुख नै झडपमा उत्रिएको आरोप लगाएका छन् । स्रोतका अनुसार पैसा बाँड्न हिँडेको टोलीलाई रोक्न खोज्दा झडप भएको हो । घाइते एमाले कार्यकर्ताको नाम पहिचान हुन बाँकी रहेको छ । कांग्रेस कार्यकर्ताको टाउकोमा चोट लागेको छ ।
उनीहरुको काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचार भैरहेको ओखलढुंगा कांग्रेसले जनाएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको ओखलढुंगा प्रहरी प्रमुख अर्जुन तिमल्सिनाले बताउनुभयो । रातको समयमा अचानक दुई समूहबिच जम्काभेट हुदाँ झडप भएको हुन सक्ने प्रहरी प्रमुख तिमिल्सिनाको भनाइ छ ।
तर नेपाली कांग्रेसले ज्यान मार्ने उद्योगले आक्रमण गरेको आरोप लाएको छ । बाम गठबन्धनले भने पैसा बाँड्दै हिँडेका कार्यकर्तालाई भेटेपछि विवाद भएको बताएको छ । घटनाको बिषयमा थप अनुसन्धान भैरहेको र दोषीलाई कारबाहीको दायरामा ल्याउने ओखलढुंगा प्रहरी प्रमुख डिएसपी तिमिल्सिनाले बताउनुभयो । | 2019/11/12 04:05:49 | http://election.ujyaaloonline.com/index.php/news/107 | mC4 |
भोजपुरकी शशिकलाराईको ब्रेन ट्युमरको शल्यक्रिया गर्न आर्थिक सहयोगको अपिल — KhabarTweet
भोजपुरकी शशिकलाराईको ब्रेन ट्युमरको शल्यक्रिया गर्न आर्थिक सहयोगको अपिल
प्रकाशित मिति: बिहिबार, भाद्र ११, २०७७ समय: १०:४१:३५
काठमाडौं- भोजपुरको हतुवागढी गाउँपालिका–४ की ४१ वर्षीया शशिकला राईलाई 'ब्रेन ट्युमर' शल्यक्रियाका लागि परिवारले आर्थिक सहयोगको आह्वान गरेको छ । बल्खुस्थित बयोधा अस्पतालमा उपचाररत उनलाई शल्यक्रियाका लागि ७–८ लाख रुपैयाँ जम्मा गर्न अस्पतालले भनेको छ । तर बिरामीको आर्थिक अवस्था कमजोर भएकाले आफैले रकम जुटाउन नसक्ने भएपछि परिवारले आर्थिक सहयोगको आह्वान गरेको हो ।
कोभिड–१९ को विषम परिस्थितिमा राईको पति र छोरा समेत बिरामी भएर गाउँमा छन् । गाँउमा बुबाको खुट्टा नचल्ने र भाई निमोनियाले सिकिस्त भएपछि परिवारको विचल्ली भएको छोरि एलिसा राईले पिडा सुनाईन । 'आमाको उपचार गर्न अस्पतालले ७–८ लाख जम्मा गर्नु भनेको छ, हामीसँग त्यत्रो खर्च जुटाउने स्थिति छैन, आमाको ज्यान बचाउनका लागि सहयोगी हातहरुको अपेक्षामा छौ' बिरामी कुरुवाको रुपमा आएकी छोरी एलिसा राईले भनिन् ।
राईलाई साउन १८ गते आखाको समस्या भएकोले तिलगंगा अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालले सिटिस्क्यान गर्न भक्तपुर क्यान्सर अस्पतालमा रिफर गरेको थियो । सिटिस्क्यान गर्दा ब्रेन ट्युमर भएको चिकित्सकले पत्ता लगाएपछि शल्यक्रिया गराउनुपर्ने भयो । तर भक्तपुरमा हप्ता दिन कुर्दासम्म शल्यक्रिया गराउनेबारे अस्पतालले निर्णय दिन नसकेपछि विरामीलाई बल्खुस्थित बयोधा अस्पतालमा शल्यक्रियाका लागि भर्ना गरिएको छ । बयोधाले तत्कालै शल्यक्रिया गर्नुपर्ने भनेको छोरी एलिसाले वताईन् ।
किरात राई विद्यार्थी संघ केन्द्रीय कार्य समितिले केन्द्रीय सचिव प्रविणा राईको नेतृत्वमा 'शशिकला राई उपचार सहयोग अभियान' सञ्चालन गरी सहयोग संकलनमा सहयोग गरिरहेको छ । आर्थिक पारदर्शिताका लागि अभियानमा सचिव प्रविणा राईको नाममा रहेको सिदार्थ बैंक गोंगबु शाखाको खाता नं (०१६१५०७२४६५) मा सहयोग रकम जम्मा गरि उपचाररत राईको जीवन रक्षा गरिदिन परिवार र किरात राई विद्यार्थी संघ केन्द्रीय कार्य समितिले हार्दिक अपिल गरेको छ । | 2021/04/21 05:58:07 | http://khabartweet.com/18632 | mC4 |
नुवाकोट असार १५, विदुर नगरपालिका वडा नम्बर ५ माझिटारका ४९ वर्षिय जीवन कुमाल तीन दिनदेखि वेपत्ता भएका छन ।
Advertisement
जिल्ला अस्पताल त्रिशुली उपचारका लागि गएका कुमाल अस्पतालबाटै वेपत्ता भएको उनका साला सरोज कुमालले विदुर खबरलाई जानकारी दिए । आफ्नै घरमा काम गरिरहेका जीवन खुट्टामा चोटपटक लागेपछि जिल्ला अस्पताल कोलनी भर्ना भएका थिए । जीवनलाई देख्नुहुनेले उनका साला सरोज कुमाललाई ९८०८५०८१५३ मा खबर खरिदिन परिवारले आग्रह गरेका छन । | 2021-11-27T23:15:47Z | https://www.bidurkhabar.com/archives/8303 | OSCAR-2201 |
सलमान खानको नयाँ फिल्म "राधे" अब डिसहोममा हेर्न पाइने - PT Online News
सलमान खानको नयाँ फिल्म "राधे" अब डिसहोममा हेर्न पाइने
२ जेष्ठ, २०७८ ०२:०४
बलिउड चलचित्र 'राधे' हाइब्रिड प्रविधि मार्फत नेपालमा समेत रिलिज गरिने भएको छ । कोभिड१९ को महामारी बिच दर्शकले लामो समय पछि फ्रेस चलचित्रको मज्जा लिन पाउन् भन्दै नेपाल राइट्स एट्स डिस्ट्रीबूसन वितरक कम्पनीले 'राधे'को राइट्स किनेको छl
डिस होम सञ्चालक दयाराम पाण्डेको अनुसार ३२५ रुपैयाँमा टिकट लिएर डिस होम च्यानल नम्बर १०८ बाट चलचित्रलाई हेर्न पाइने छ l अभिनेता सलमान खानको मुख्य भूमिका रहेको चलचित्रलाई सलमानकै प्रोडक्सन हाउसबाट निर्माण गरिएको हो ।
चलचित्रलाई प्रभु देवाले निर्देशन गरेका हुन् l चलचित्रमा सलमान सी बि आइ पुलिस अफिसरको भूमिकामा देखिएका छन् l खानको अलावा दिशा पटानी, रणदीप हुन्ड्डा, ज्याकी श्राफ लगायतका कलाकारहरुले चलचित्रमा अभिनय गरेका छ्न भने यो चलचित्रलाई नेपाली दर्शकहरुले नि पर्खेर बसेका छ्न । | 2021/06/15 16:16:31 | https://ptonlinenews.com/archives/34336 | mC4 |
नयाँ प्रकारको कोरोना भाइरस देखिएका संयुक्त अधिराज्य बेलायत लगायतका विभिन्न २०/२२ वटा देशबाट आउने यात्रुलाई १० दिन सम्म क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउने निर्णय गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय पनि सीसीएमसी निर्देशक समितिले गरेको छ ।
यस्तै तेस्रो मुलुकबाट आउने व्यक्तिहरुलाई अनलाइन फारम भर्ने व्यवस्था मिलाइएकोमा त्यसलाई नयाँ भाइरसको कारणले अझ प्रभावकारी रुपमा भराउने सम्बन्धमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एयरलाइन्सहरुलाई निर्देशन दिने सम्बन्धी निर्णय भएको पनि सचिव गुरागाईंले बताए ।
अमेरिका / अमेरिकामा रहेका नेपाली भौतिकशास्त्रीहरुको संस्था असोसिएसन अफ नेपाली फिजिसिस्टस इन अमेरिका (एन्पा) ले तेस्रो बैज्ञानिक सम्मेलन तथा तेस्रो वार्षिक साधारणसभा यहि जुलाई १९ मा सम्पन्न गरेको छ ।
संस्थाका सचिव डा. सी. आर. भट्टको संयोजकत्वमा भएको तिन दिने उक्त सम्मेलन सुक्रबार जुलाई १७ मा सुरु भएको थियो । यस बर्षको सम्मेलनमा नेपाल, अमेरिका, जापान, यु. के, क्यानाडा र इंडियाबाट जम्मा १०९ वटा बैज्ञानिक अनुसन्धान सोध पत्र हरु प्रस्तुत गरिएका थिए भने ३०० भन्दा बढी सहभागी भएका थिए।नियमित अनुसन्धान पत्रहरु बाहेकअनुसन्धानमा सहकार्यको महत्व विषयमा छलफल र अनुसन्धान पत्रहरु कसरी लेख्न्ने विषयमा पनि प्रस्तुती दिइएको थियो।
COVID – १९ को महामारी ले गर्दा यसबर्ष को सम्पूर्ण कार्यक्रम अनलाइन प्रविधि WebEx मार्फत गरिएको थियो। प्रायः जसो सबै कार्यक्रमहरु फेसबुक तथा युट्युबबाट प्रत्यक्ष प्रसारण पनि गरिएका थिए। सम्मेलनमा विभिन्न बिश्वबिद्यालयका प्राध्यापकहरु, बिद्यार्थीहरु र विभिन्न अनुसन्धान प्रयोगशाला तथा उद्योगहरुमा कार्यरत बैज्ञानिकहरु सहभागी भएका थिए। सम्मेलनका सबै दिनहरुमा उत्साहप्रद उपस्थिति रहेको थियो र उत्कृष्टअनुसन्धान पत्रहरु प्रस्तुत गरिएका थिए। | 2021-03-02T23:33:54Z | https://www.nepalsandesh.com/2017/03/21/189404/ | OSCAR-2109 |
दैनिक दुई लाख यात्रु बाहिरिँदै, १२ लाखले काठमाडौँ छाडिसके – Online National Network
१० आश्विन २०७४, मंगलवार ०३:२७
काठमाडौं, १० असोज — मंगलबारदेखि निरन्तर तीन दिन (१०–१२ गतेसम्म) राजमार्ग र स्थानीय सडक वर्षभरमै सबैभन्दा बढी व्यस्त हुँदै छन् । यातायात व्यवसायीका अनुसार यो अवधिमा ६ लाख मानिस उपत्यकाबाट बाहिरिँदै छन् । 'काठमाडौंमा पेसा–व्यवसाय गर्नेदेखि अधिकांश विद्यालय, क्याम्पस बिदा हुने भएकाले यो वर्षको दसैँमा घर जाने 'पिक आवर' सुरु हुँदै छ,' नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने ।,
बिहीबारसम्म सबै यात्रुको यात्रा सफल बनाउन सकेको खण्डमा यो वर्षको दसैँ सफल भएको मानिने व्यवसायीको भनाइ छ । 'त्यसका लागि यात्रुबसको व्यवस्थापनमा खटिरहेका छौँ,' सिटौलाले भने । मंगलबारसम्म काठमाडौं उपत्यकाबाट बाहिरिएकामध्ये ११ लाख गन्तव्य (घर) मा पुगिसकेको र करिब १ लाख मानिस यात्रारत रहेको महासंघले जानकारी दिएको छ ।
नजिकिँदो चाडपर्व र मौसममा देखिएको सुधारसँगै यात्रुबाहक र साना सवारीसाधनलाई २४ घन्टा नै छोडिने भएको छ । चाडपर्वमा यात्रुबाहक सवारीसाधनको बढ्दो चाप र ती सवारीलाई प्राथमिकता दिँदै सवारी व्यवस्थापन चुस्त बनाउन मालबाहक ठूला सवारीसाधनलाई भने प्रत्येक दिन राति ८ बजेदेखि १२ बजेसम्म रोकिने भएको छ । ती सवारीसाधनलाई नारायणघाटतर्फबाट आउनेलाई भतेरी जंगल इलाकामा, काठमाडौंतर्फबाट आउनेलाई लेवाटार इलाकामा र पोखरातर्फबाट आउनेलाई आँबुखैरेनीमा रोकिने आयोजना कार्यालयले जानकारी दिएको छ ।- नयाँ पत्रिका दैनिक | 2022/01/16 20:06:43 | https://www.onnnepal.com/2017/09/26/4156 | mC4 |
सगरमाथा आरोहण शुरु, पहिलो दिनमै ८ शेर्पा चुचुरोमा | We Nepali
सगरमाथा आरोहण शुरु, पहिलो दिनमै ८ शेर्पा चुचुरोमा
२०७५ वैशाख ३० गते १६:२०
काठमाडौँ-यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा (८,८४८ मिटर) हिमालको आरोहण शुरु भएको छ । ८ जना शेर्पा आरोहीले डोरी टाँग्ने (रोप फिक्सिङ) का क्रममा आइतबार सगरमाथाको चुचुरोमा पुगेपछि आरोहणका लागि बाटो खुला भएको हो ।
रोप फिक्सिङसँगै सगरमाथाको पहिलो आरोहण शुरु भएको पर्यटन विभागले जनाएको छ । विभागका महानिर्देशक दिनेश भट्टराईले आठजना शेर्पा आरोही चुचुरोमा पुगेको प्रारम्भिक जानकारी आएको बताए । सगरमाथा आधार शिविर (वेस क्याम्प) मा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार आइतबार दिउँसो ३.३० बजे शेर्पा आरोही बाटो बनाउने क्रममा सगरमाथाको चुचुरो पुगेका हुन् । योसँगै सगरमाथाको पहिलो आरोहण सफल भएको छ ।
अहिले अनुकूल मौसमका लागि धेरै आरोही प्रतिक्षामा छन् । वेस क्याम्पभन्दा माथि २०० भन्दा बढी आरोही रहेको र सोमबार र मंगलबार झण्डै १५० आरोही चुचुरोमा पुग्ने अनुमान गरिएको सम्पर्क अधिकृत श्रेष्ठले जानकारी दिए । "धेरै आरोही सगरमाथाको चुचुरो नजिक क्याम्प–४ मा पुगिसकेका छन्, भोलिबाट धमाधम समिटमा जानेछन्, सबैभन्दा धेरै आरोही मंगलबार चुचुरोमा पुग्ने अनुमान गरिएको छ," उनले भने ।
आरोहणका लागि मौसम अनुकूल देखिएकाले यो वर्षको आरोहण उत्साहजनक हुने श्रेष्ठको भनाइ छ । सगरमाथाको चुचुरो पुग्ने शेर्पा आरोहीमा पासाङ तेञ्जिङ शेर्पा, पासदावा शेर्पा, लाक्पा तेन्डी शेर्पा, जीनजेन लामा, सिद्धिबहादुर तामाङ, पेम्बाछिरि शेर्पा, तेञ्जिङ ग्याल्जेन शेर्पा र डेटुक भोटे रहेका छन् ।
हिमालयन गाइड नेपाल ट्रेक एण्ड एक्सपिडिसन प्रालिबाट गएका आठ शेर्पा चुचुरोमा पुगेका हुन् । उनीहरु दिउँसो आरोहण सफल गरी अहिले फर्कने क्रममा रहेका र आज क्याम्प–२ सम्म आइपुग्ने कम्पनीका प्रबन्ध निर्देशक ईश्वरी पौडलले बताए। गतवर्ष बाटोका कारण आरोहणमा केही ढिलाइ भएपनि यो वर्ष समयमै बाटो खुलेकाले आरोहण उत्साहपूर्ण रहने उनले उल्लेख गरे ।
यसैबीच, आजै सगरमाथासँगै अन्नपूर्ण (८०९१ मिटर) हिमालको पनि सफल आरोहण भएको छ । दक्षिण कोरियाली नागरिक हाेंगविन किमको समूहले आइतबार विहान ११.३० बजे अन्नपूर्ण हिमालको सफल आरोहण गरेको छ ।
किमका साथमा चारजना शेर्पा पनि सँगै अन्नपूर्णको चुचुरोमा पुगेका छन् । पिछुम्बी शेर्पा, ग्याल्जे शेर्पा, छिरिङ शेर्पा र निमा तेञ्जी शेर्पा अन्नपूर्ण आरोहणमा सफल भएका हुन् ।
यो मौसममा एकमात्र आरोहण दलले अन्नपूर्ण हिमाल आरोहणका लागि अनुमति लिएको सम्पर्क अधिकृत श्रेष्ठले जानकारी दिए । अन्नपूर्ण हिमाल आरोहणका हिसाबले असाध्यै गाह्रो मानिन्छ । | 2021/12/01 13:15:56 | https://www.wenepali.com/2018/05/50309.html | mC4 |
काठमाण्डौ । एक महिना अघि बेइरुतमा भएको विस्फोटबाट उत्पन्न भएको भग्नावशेषमा ज्युदै मानिस अहिले सम्म रहन सक्ने खोजकर्ताहरुले बताएका छन् । गत अगष्टमा भएकाको शक्तिशाली विस्फोटनमा ध्वस्त भएको एउटा भवनको भग्नावशेषमा एकजना व्यक्ति अझै जीवितै हुनसक्ने सङ्केत पाएको बताएका हुन् । लेबननको राजधानीस्थित एउटा व्यावसायिक तथा आवासीय क्षेत्र मर मिखाइलमा एकजनाको मुटुको धड्कन थाहा भएको भन्ने अपुष्ट खबरहरू आएका थिए। कुकुरले मानिस ज्युदै रहेको संकेत गरेको बीबीसीले जनाएको छ ।
भग्नावशेष हटाउने क्रेनको अभावमा रातभरि खोजीकार्य रोकेर शुक्रवार बिहानैबाट पुनः त्यो सुरु भएको छ । बिहीवार बिहान उनीहरू त्यहाँ फर्कँदा समेत अनुसन्धानमा प्रयोग भएको उक्त कुकुरले सोही ठाउँमा अघिल्लो दिनको जस्तै सङ्केत ग¥यो। त्यसपछि उक्त समूहले त्यहाँ स्क्यानर प्रयोग गरेर मुटुको धड्कन वा सासको सङ्केत खोज्दै भग्नावशेष हटाउने काम सुरु गरेका थियो। एकजना उद्धारकर्ताले भग्नावशेषमा दुई मिटर मुनि मुटुको चाल रेकर्ड भएको र तापक्रमको सेन्सरसँग समेत त्यो मेल खाएको जनाएका छन्। बिहीवार सबेरैदेखि चिलेका खोजकर्ताहरूले काम सुरु गर्दा मानिसहरू भवन वरपर जम्मा भएर चमत्कारको आशा गरेका छन्। तर ती मानिस भग्नावशेषमा अझै जीवित रहेरनरहेकोबारे केही स्पष्ट छैन। | 2021-03-02T22:36:01Z | https://narayanionline.com/2021/01/27/100107/ | OSCAR-2109 |
आठ महिनापछि शुरु भयो खेलकुद गतिविधि | Ratopati
personरासस exploreकास्की access_timeमंसिर १३, २०७७ chat_bubble_outline0
कोरोना कहरका कारण गत चैत १० देखि बन्द भएका रङ्गशाला तथा खेलकुद गतिविधि पुनः सञ्चालन गर्ने सरकारको निर्णयपछि पोखरा रङ्गशालामा खेल अभ्यास तथा प्रशिक्षण शुरु भएको छ ।
आठ महिना बन्द भएको रङ्गशाला खुलाउन सरकारले निर्देशन दिएपछि खेलकुद शहरको रुपमा स्थापित पोखरामा खेल गतिविधि शुरु भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
सरकारले गत मङ्सिर १ पछि खेलगतिविधि शुरु गर्ने निर्णय गरेको थियो । रङ्गशाला तथा खेलकुद प्रशिक्षण स्थलहरु लामो समयसम्म बन्द हुँदा खेलाडी तथा प्रशिक्षक अभ्यासबाट बञ्चित भएका थिए । फुटबल, भलिबल, व्याडमिन्टन, बास्केटबल, स्क्वास, क्रिकेट, टेनिस, बक्सिङ, कराँतेलगायतका खेलका खेलाडीहरु अभ्यासका लागि रङ्गशाला आउन थालेको समितिका प्रमुख प्रकाश बरालले बताए । | 2021/01/18 11:12:09 | http://ratopati.prixa.org/story/156642/2020/11/28/game-started | mC4 |
महिनौ देखि पारिश्रमिक नपाउदा कुबेतको एक कम्पनीमा सयौ नेपालीको बिजोग | कुवेतको पहिलो नेपाली अनलाईन पत्रिका
← मौन अवधिमा फेसबुकमा मत मागे पनि कारबाही
अवैध बाटो हुँदै कुवेत पुगेकी बर्दियाकि अम्बा हमाल अलपत्र ! सहयोग गरिदिन अपिल →
महिनौ देखि पारिश्रमिक नपाउदा कुबेतको एक कम्पनीमा सयौ नेपालीको बिजोग
कुबेत – मङ्सिर १९- कुवेतको पुरानो र ठुलो कम्पनी नेशनल खराफी कम्पनीमा केही प्रेजेक्ट अन्तर्गत कार्यरत सुलेबिया क्याम्पमा रहेका करिब २०० जना भन्दा बढी नेपाली कामदारहरु लामो समय देखी पारिश्रमिक नपाएको र केही दिन देखी कम्पनीले खाना समेत नदिएकाले बिचल्लीमा परेका छन।पीडितहरुले तत्कालका लागि खाना तथा स्वदेश फर्काउन समेत सहयोग गर्न कुवेतमा कार्यरत सम्पूर्ण नेपाली संघ-संस्थाहरु, पत्रकार अनी दूतावासलाई अनुरोध गरेका छन।
सुलेबिया क्याम्पको अस्तब्यस्तताका 'bout तीतोपाटी सँग कुरा गर्दै पीडित भिम अर्यालले भने "हामी तीन दिन देखी धाराको पानी मात्र पिएर बसी रहेका छौ।केही साथीहरु बिरामी परिसकेका छन।त्यसैले हामीलाई मानबिय सहयोगको खाँचो छ। "त्यसै गरी करिब ९ महिनाको पारिश्रमिक नपाएर स्वदेश फर्कने आशमा ५ महिना देखी बिना काम मिनअब्दुल्ला क्याम्पमा घर फर्कने दिन कुरेर बसेका सुरेश कुमारले भने "हामीलाई पनि कहिलेबाट मेस बन्द गरेर भोकै राख्ने हो थाहा छैन।"घर फर्कनका लागि भिसाको म्याद नाघेर नबिकरण नगरेका कारण ओभर स्टेको पैसा कसले तिरिदिने? उनले भने हामीलाई छिट्टै घर फर्काउन पहल गरिदिनु पर्यो।
नेशनल खराफीमा कार्यरत पीडित नेपालीहरुको समस्या हेरिरहेका नेपाली दूतावासका द्वित्तीय सचिब ज्ञान बहादुर मगरले तीतोपाटी सँग भने"हामी सके सम्म छिटो पीडितहरुलाई स्वदेश फर्काउन कोशीस गरिरहेका छौ।डिसेम्बर ५ तारिक बेलुका सुलेबिया क्याम्पमा पीडितहरुलाई खाना लिएर पुगेका मगरले भने"दूतावासको पहलले मात्र तत्काल समस्या समाधान हुँदैन, कुवेतमा रहेका सम्पूर्ण नेपाली सघं-संस्थाहरुले हातेमालो गरेर पीडितहरुलाई खानाको ब्यबस्था गरिदिन म अनुरोध पनि गर्दछु।उनले थपे" सकिन्छ भने सबै संघ-संस्थाले केही सहयोग उठाएर आर्थिक सहयोग गरेर ओभर स्टे चार्ज तिर्न सहयोग गरे उनिहरुलाई स्वदेश फर्काउन सजिलो हुनेथियो।मगरले नोभेम्बर महिना भित्रमा क्रमश भिसा नबिकरण र पारिश्रमिक पनि दिने भने पनि कम्पनीले अहिले झन खाना समेत नदिएकाले भोली नै कम्पनीको मेनेजरलाई भेटेर बाँकी कुराहरु र बिशेष गरी तत्कालका लागि खानाको ब्यबस्था गर्न भन्ने छु।"
पीडितहरुलाई नेपाल फर्काउनको लागि ९४ जनाको नाम लिस्ट तयार भएको बताउदै द्वित्तिय सचिब मगरले भने" ९४ कामदार मध्ये २३ जनाको भिसा म्याद भएकाले टिकट उपलब्ध हुने बित्तिकै पठाउने र बाँकी ७१ जनालाई भने कम ओभर स्टे जरिवाना हुनेलाई जरिवाना तिरेर र बाँकीलाई पनि क्रमश पठाउने छौ।" पीडित मध्ये धेरै जना एस ओ एस म्यानपावरका भएका र केही लोटस र गल्फ मेनपावरका भएकाले नेपालबाट म्यानपावर सँग पनि छलफल र सहयोगको लागि प्रकृया चलिरहेको छ।उनले भने लामो समय देखी पारिश्रमिक नपाएको र भिसा समेत नबिकरण नभएका कारण जटिलता बढी रहेको तितोपाटीमा खबर छ। | 2019/10/22 00:04:14 | https://kuwaitnepal.com/2017/12/06/%E0%A4%AE%E0%A4%B9%E0%A4%BF%E0%A4%A8%E0%A5%8C-%E0%A4%A6%E0%A5%87%E0%A4%96%E0%A4%BF-%E0%A4%AA%E0%A4%BE%E0%A4%B0%E0%A4%BF%E0%A4%B6%E0%A5%8D%E0%A4%B0%E0%A4%AE%E0%A4%BF%E0%A4%95-%E0%A4%A8%E0%A4%AA/ | mC4 |
Sajhasabal.com |दोलखाको इतिहाँसमै पहिलो पटक क्रिकेट प्रतियोगिता
दोलखाको इतिहाँसमै पहिलो पटक क्रिकेट प्रतियोगिता
ताराबहादुर महत । फागुन ७, दोलखा । जिल्ला व्यापी अन्तर माध्यामिक विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता आजबाट चरिकोटमा शुरु भएको छ ।
क्रिकेट संघ दोलखाद्वारा जिल्लामै पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा जिल्लाका आठवटा विद्यालयका १० टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन खेलमा आज मोर्डन नेपाल बोर्डिङ स्कुलले त्रिपुरा ग्लोरियस एकेडेमीलाई ९३ रन अन्तरले पराजित गर्दै विजयी भएको छ । मोर्डन नेपाल बोर्डिङ स्कुलले २ विकेटको क्षतिमा १६९ रन बनाएको थियो । १ सय ७० रनको लक्ष्य पाएको त्रिपुराले जवाफी ब्याटीङ गर्ने क्रममा १२ ओभरमा अल आउट हुँदै ७६ रन मात्र जोड्न सकेको थियो । खेल १६ ओभरमा संचालन भएको थियो ।
प्रजातन्त्र दिवसको अवसरमा क्रिकेट संघ दोलखाले प्रतियोगिताको आयोजना गरेको हो । विश्वमा नेपाललाई चिनाउन क्रिकेट खेलले महत्वपुर्ण भुमिका खेलेको भन्दै दोलखामा क्रिकेट खेलाडी उत्पादन गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको क्रिकेट संघ दोलखाका अध्यक्ष सन्तोष पोखरेलको भनाई छ । प्रतियोगिताका विजेताले २० हजार र उपविजेताले १० हजार नगद सहित शिल्ड, मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।
खेलको उद्घाटन पुर्व पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेल र भिमेश्वर नगरपालिकाका मेयर भरत केसीले गर्नुभएको थियो । दोलखाको ईतिहाँसमै पहिलो पटक क्रिकेट संघ दोलखाको आयोजनामा क्रिकेट प्रतियोगिता भएको हो । प्रतियोगिता आगामी शुक्रबारसम्म संचालन हुनेछ । | 2019/03/18 19:53:54 | http://sajhasabal.com/dolakha/society/34870 | mC4 |
नेपालसँग सम्बन्ध सुधार्न भारतको पहल, यसै महिना विदेश सचिवको भ्रमण - Hulaki News
Home Headlines1 नेपालसँग सम्बन्ध सुधार्न भारतको पहल, यसै महिना विदेश सचिवको भ्रमण
नेपालसँग सम्बन्ध सुधार्न भारतको पहल, यसै महिना विदेश सचिवको भ्रमण
हुलाकी न्यूज, काठमाडौँ : पछिल्लो समय चिसिएको नेपाल–भारत सम्बन्ध सुधारका लागि भारतले महत्वपूर्ण प्रयास गरेको छ । भारतीय सेना प्रमुख नेपाल भ्रमण गरी फर्किएको एक सातापछि नै विदेश सचिव हर्ष वर्धन श्रींग्ला नेपाल भ्रमणमा आउने कार्यक्रम तय भएको छ।
उनी यही नोभेम्बरको अन्त्यमा काठमाडौँ आइपुग्ने बताइएको छ। विशेष गरी नेपालसँग पछिल्लो समय चिसिएको सम्बन्ध सुधारका लागि उनको भ्रमण हुन लागेको बुझिएको छ । नेपालसँगको सम्बन्ध सामान्य बनाउन भारतले ठूलो कदम चालेको भन्दै हिन्दुस्तान टाइम्सले एक समाचार प्रकाशित गरेको छ । भारतीय सेना प्रमुख एमएम नारावणेले नेपाली सेनाबाट मानार्थ महारथीको दज्र्यानी चिन्ह प्राप्त गरेर स्वदेश फर्किएको केही दिनमै भारत सरकारले विदेश सचिव हर्ष वर्धनलाई नेपाल पठाउन लागेको हो ।
नारावणेले नेपालस्थित प्रधानमन्त्री केपी ओलीसँग समेत भेट गरेका थिए । त्यस क्रममा दुई देशबीच संवादबाट समस्या समाधान गर्ने कुरा भएको बताइएको थियो । कालापानी, लिपुलेक र लिम्पियाधुराको क्षेत्रलाई समेट्दै नेपाल सरकारले आफ्नो देशको नक्सा जारी गरेसँगै भारतका विभिन्न उच्च ओहदाका अधिकारीहरुले नेपालबारे टिप्पणी गरेका थिए ।
भारतीय सेनाप्रमुख नारावणेसहित भाजपाका उच्चस्तरीय नेताले नै नेपालबारे टिप्पणी गरेका थिए । तिक्तताका बावजुद नेपाल–भारत सम्बन्ध सुधार्ने पहल भएको विज्ञहरु बताउँछन् । हिन्दुस्तान टाइम्सका अनुसार भारतीय विदेश सचिव श्रींग्ला नोभेम्बर २६ देखि २७ का लागि नेपाल आउनेछन् । नेपाल भ्रमणको अवसरमा श्रींग्लाले नेपालस्थित प्रधानमन्त्री केपी ओलीसहित राष्ट्रपति विद्यादेवी भण्डारी, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई पनि भेट गर्नेछन् ।
श्रींग्लाको यस भ्रमणमा संयुक्त प्राविधिक स्तरीय सीमा समितिको बैठकको मिति समेत तय गरिने बताइएको छ । भारतीय कुटनीतिज्ञहरुको हवाला दिँदै हिन्दुस्तान टाइम्समा जनाइएको छ कि, उक्त भ्रमणमा एक भन्दा धेरै एजेन्डामा छलफल हुनेछ । अन्नपूर्णबाट | 2021/04/15 05:32:47 | https://www.hulakinews.com/archives/25339 | mC4 |
कलाकार अधिकारीको अन्त्येष्टि विद्युतीय शवदाह गृहमा
वरिष्ठ कलाकार शुभद्रा अधिकारीको पशुपतिस्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिएको छ । दम र निमोनिया रोगले पीडित अधिकारीको आज (शनिबार) बिहान निधन भएको थियो ।
नेपाली सिनेमा क्षेत्रकी वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको जन्म २००३ सालमा काठमाडौंको असनमा भएको हो भने अधिकारीले जीवनको अन्तिम समयसम्म नै कलाकारितामा आफ्नो जीवन समपर्ण गरेर जानुभएको छ । उहाँले ६ वर्षको उमेरदेखि नेवारी नाटक कचिमचा अर्थात् काँचो माटोबाट अभिनय यात्रा थाल्नुभएको थियो ।
मनको बाँधबाट चलचित्रमा अभिनय सुरु गर्नुभएकी अधिकारीले चिनो, कन्यादान, वसन्ती, मुनामदनजस्ता चलचित्रमा प्रभावशाली अभिनय दिएर नेपाली चलचित्रको पर्दामा एक अविष्मरणीय कलाकारको रुपमा इतिहास बनाउनुभएको छ ।
नृत्य, रङ्गमञ्च हुँदै चलचित्र कलाकारका रुपमा लामो समय कलाकारिता गर्नुभएकी अधिकारीलाई सरकारले विशिष्ट श्रेणीको सुविधा दिँदै आएको नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष रवीन्द्र खड्काले जानकारी दिनुभयो ।
स्व. अधिकारीले लामो समय सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा समेत सेवा गर्नुभएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराई पशुपति आर्यघाट पुग्नु भई स्व अधिकारीप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।
विसं २००४ भदौ २० गते जन्मनुभएकी अधिकारीको ७३ वर्षको उमेरमा निधन भएको हो । कलाकारमाझ मिलनसार र मृदुभाषीको परिचय बनाउनुभएकी अधिकारीका एक छोरा र एक छोरी हुनुहुन्छ । | 2020/02/28 01:56:12 | https://www.ghatanarabichar.com/161743 | mC4 |
बिहिबार नेप्से ० दशमलव ४८ अंकले ओरालो लागेर बन्द « अर्थबजार – आर्थिक विकासको लागि सञ्चार
बिहिबार नेप्से ० दशमलव ४८ अंकले ओरालो लागेर बन्द
१५ कार्तिक २०७५, बिहीबार १५:२०
काठमाडौँ। कारोबारको अन्तिम दिन आज बिहिबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से ० दशमलव ४८ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको होटल,विकास बैँक , फाइनान्स , न्नलाइप,लघुवित्त र लाइफ इन्स्योरेन्स बाहेब अरु सबैँ समुहले गुमाएका छन् । आज कारोबारमा आएको १६० कम्पनीको ७ लाख ८२ हजार २९ कित्त सेयर बाट २४ करोड ६७ लाख ३० हजार ३ सय ६४ रुपैयाको कारोबार भएको छ ।
आज सबैँ भन्दा धेरै लाइफ इन्स्योरेन्से समुहले कमाएको छ । आज लाइफ इन्स्योरेन्स समुह १३ दशमलव ३२ अंकले उकालो लागेको छ। आज होटल समुह १० दशमलव ६४ अंकले, न्नलाइफ इन्स्योरेन्स समुह ७ दशमलव ८५ अंकले, विकास बैँक समुह २ दशमलव ५७ अंकले, लघुवित्त समुह १ दशमलव ८१ अंकले र फाइनान्स समुह ० दशमलव १९ अंकले उकालो लागेको छ।
आज सबैँ भन्दा धेरै उतपादनमुलक समुहले गुमाएको छ । आज उतपादनमुलक समुह १३ दशमलव ५७ अंकले ओरालो लागेको छ ।आज जलविधुत समुह ५ दशमलव ८२ अंकले, अन्य समुह २ दशमलव ४ अंकले र बैँक समुह ० दशमलव ४६ अंकले ओरालो लागेको छ । | 2021/09/21 01:51:03 | https://www.arthabazar.com/29964 | mC4 |
यस योजनाको भाग्यसाली विजेता प्रजेशलाल श्रेष्ठ भएका छन्। बिजेतालाई सेल्सबेरी तथा यामाहा टिमबाट बधाइ दिइएको छ।
टिभी, फ्रिज, वासिङ, मेसिन वा ओभनको खरिदमा उक्त स्कुटर जित्ने अवसर भएको यस अभियानको बिजेता छनौट सेल्सबेरीको प्रधान कार्यालय, सातदोबाटोमा गरिएको थियो।
उक्त योजनाको भाग्यशाली विजेताको घोषणा सेल्सबेरीका सिओओ रमेश कार्की, पोखरा प्रदेशका प्रबन्धक, दयाल गिरी, यामाहाकी मार्केटिंग म्यानेजर बिबेचना श्रेष्ठ र ब्रान्ड अफिसर भारती आचार्यको उपस्तिथिमा गरिएको थियो।
सो अफर सेल्सबेरी डिपार्टमेन्ट स्टोर र सेलवेज पोखरामा संचालन गरिएको थियो। यस अभियानमा सहभागी हुनुहुने सबैलाई सेल्सबेरीको तर्फबाट धन्यवाद दिइएको छ। | 2021-12-03T04:00:51Z | https://www.setopati.com/kinmel/business/254786 | OSCAR-2201 |
चाडपर्वको शुरुआत : पारि भीड, वारि सुनसान - Durbin Nepal News
चाडपर्वको शुरुआत : पारि भीड, वारि सुनसान
काशीराम शर्मा ७ आश्विन २०७६, मंगलवार ११:०७
बाँके, ७ असोज : सदरलाइन नेपालगञ्जकै पुरानो बजार हो । जसलाई एकलैनी बजार पनि भनिन्छ । एकलैनीका साँघुरा गल्लीभित्र सबैथोक पाइन्छ । नुनदेखि सुनसम्मको व्यापार यहीँ हुन्छ । नेपालगञ्जको सबैभन्दा पुरानो बजार हो, एकलैनी । नेपालगञ्जको परिचय जोडिएको एकलैनी बजारको साघुँरो गल्लीभित्र पाइलैपिच्छे थरिथरिका पसल खुलेका छन्, तर ग्राहकको रोजाइँमा अझै पनि एकलैनी बजार नै पर्छ ।
बीच सडकमा पसल राखिँदा यात्रामा अलिकति असहज भए पनि यसलाई यहाँका बासिन्दाले सहजरूपमा लिने गर्दछन् । नेपालगञ्जको सदरलाइन मुख्य बजारअन्तर्गत नै पर्दछ । नेपालगञ्ज उपमहानगरपालिकाले चाडविशेषमा लाग्ने पसललाई व्यवस्थित गर्ने प्रयास गर्दै आएको छ । यहाँ एउटा पसल राखेवापत रु २५० को पर्चा काट्नुपर्ने नियम रहेको पसले बताउँछन् ।
सदरलाइनमा अलि लामो समयका लागि दशैँ–तिहारमा पसल लाग्छन् । अरु चाडपर्वमा दुई÷तीन दिनका लागि पसल लगाउने गरिन्छ । बाहिरबाट आएका यात्रुलाई असहज लागे पनि यहाँका रैथानेले बीच सडकमा लागेका पसललाई स्वभाविकरूपमा लिने मात्रै गरेका छैनन्, त्यस्तो पसल देखेपछि चाडपर्व भित्रिएको धारणा बनाउँछन् । चारपाङ्ग्रे साधनलाई प्रवेश नदिँदा सडकमा थापेका पसलले अप्ठ्यारो नपार्ने स्थानीयवासी अनिल श्रेष्ठ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, "बीच सडकमा पसल थापेको देख्दा चाडबाडको रौनक बढेजस्तो लाग्छ ।"
नेपालगञ्जको बजारभन्दा सीमावर्ती रुपैडिहा बजारमा नेपाली उपभोक्ताको भीडभाड भइरहेको छ । नजिकिँदै गरेका चाडपर्वका लागि नेपालगञ्ज बजारमा सबैखाले उपभोग्य सामग्री सहजरूपमा उपलब्ध भए पनि आम उपभोक्ता भने रुपैडिहा बजारप्रति नै बढी आकर्षण छ । नेपाली ग्राहकको भीडले सीमावर्ती रुपैडिहा बजारको कारोवार ह्वात्तै बढेको छ । यहाँका मात्र नभई पहाडी जिल्लाका उपभोक्ता समेत किनमेल गर्न रुपैडिहा पुग्ने गरेका छन् ।
चाडपर्व र बिहेवारीको सिजनबाहेक पनि नेपालगञ्जका करीब ५० प्रतिशत उपभोक्ता सस्तोमा दैनिक उपभोग्य सामग्री खरीद गर्न पाउने लोभमा रुपैडिहा नै पुग्ने गरेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यको भनाइ छ । उहाँका अनुसार मल्टिनेशनल कम्पनीको सामान पनि भारतमा भन्दा नेपालमा सस्तो पर्छ । तर नेपाली उपभोक्ता भने भारतमै सस्तो पाइने लोभमा रुपैडिहामा ठगिइरहेका छन् ।
सामान्यतया मुस्लिम समुदायको इद, हिन्दूको दशैँ–तिहार र छठमा नेपाली उपभोक्ताले सीमावर्ती बजार रुपैडिहाको व्यापार ह्वात्तै बढाइदिन्छन् । यसरी रुपैडिहा किनमेल गर्न जानेमा बढीजसो नेपाली गृहिणी छन् । प्रायः सबै पसलमा नेपालीकै भीडभाड देखिन्छ । दशैँ–तिहारजस्ता पर्वमा चाहिने सामान किन्नका लागि नेपाली ग्राहकको रुपैडिहा बजारमा निकै भीड बढ्न थालेको रुपैडिहाका कपडा व्यापारी अमनलाल सिन्धीले बताउनुभयो ।
किनमेलका लागि नेपालगञ्ज, कोहलपुरदेखि सुर्खेत, दैलेख, दाङ, सल्यानलगायतका जिल्लाबाट पनि उपभोक्ता रूपैडिहा पुग्ने गरेको व्यापारी सिन्धीको भनाइ छ । रूपैडिहाको राष्ट्रिय व्यापार मण्डलका अनुसारका रुपैडिहामा साना–ठूला गरी एक हजार बढी पसल रहेका छन् । धेरै खाद्यान्न, फेन्सी र काँचो कपडा पसल रहेका छन् । रुपैडिहामा अटोमोबाइल्सको व्यापारमा पनि उत्तिकै बढेको छ ।
एउटा पसलले दैनिक कम्तीमा रु तीन लाख बढीको कारोवार गर्ने व्यापारी सिन्धीले बताउनुभयो । उहाँका अनुसार रुपैडिहाको व्यापार ९० प्रतिशत नेपाली ग्राहकले नै धानेका छन् । दैनिक उपभोग्य सामग्री, साबुन, महिला सौन्दर्यका सामग्री, लत्ताकपडा, अन्न, विद्युतीय उपकरण, मोबाइल, साइकललगायतका सामग्री नेपाली ग्राहकले खरीद गर्ने गरेका छन् । नेपालगञ्ज बजारको तुलनामा रुपैडिहाको बजार मूल्यमा खासै अन्तर छैन ।
फोटो : तनहुँको शुक्लागण्डकी नगरपालिकाको नेतृत्वमा दुलेगौडास्थित एक पसलमा अनुगमन गर्दै जिल्ला प्रशासन कार्यालय, खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय र नगरपालिकाका कर्मचारी । दशैं नजिकिएसँगै नगरपालिकाले अनुगमनलाई तीव्रता दिएको छ । तस्वीर : कृष्ण न्यौपाने | 2020/11/28 13:29:42 | https://durbinnepal.com/archives/47236 | mC4 |
के तपाईंमा भुल्ने समस्या छ ? यी हुन् स्मरणशक्ति बढाउने पेयपदार्थ « Khoj Raftar
ग्रीन टी स्मरणशक्ति बढाउने एक सही उपाय हो । यसमा पाइने एन्टि एक्सिडेन्ट र एमिनो एसिडले बेचैनी र दबावको स्थितीलाई कम गर्छ । र स्मरणशक्ति बढाउँछ । ग्रीन टीमा एलथियानिन नामक एक यौगित पदार्थ पाइन्छ जसले शरीरमा भएको 'स्ट्रेस हर्मोन' ९कार्टिसोल० को स्तर समेत घटाउँछ । | 2021/04/20 18:51:52 | https://khojraftar.com/2020/10/30/1492 | mC4 |
म्युजिक भिडियोमा एक छत्र राज गरिरहेको मोडल पल शाहलाई अनुस शाहले धोका दिएकी छिन् । वास्तविक जीवनमा नभई माधव कार्कीको स्वर रहेको हाँसी हाँसी बोलको गीतमा अनुस शाहले पललाई धोका दिएकी हुन् ।
पल र अनुस अभिनित उक्त गीतको भिडियो भर्खरै युट्युबमार्फत सार्वजनिक भएको छ । गीतमा दिनेश थपलीयाको शब्द रहेको छ भने बसन्त सापकोटाले संगीत भरेका छन् । सरोज ओलीको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा सुदिप बरालको सिनेमेट्रोग्राफि र रञ्जन न्यौपानेको सम्पादन छ । गीतले एक भन्दा बढी सम्बन्ध गाँस्दा आइपर्ने परिस्थीतिलाई चित्रण गरेको छ । | OSCAR-2019 |
||
छुट्टाछुट्टै दुर्घटनमा दुईको मृत्यु - छुट्टाछुट्टै दुर्घटनमा दुईको मृत्यु
छुट्टाछुट्टै दुर्घटनमा दुईको मृत्यु
नेपालबहस संवाददाता २०७५, ३२ असार, 05:57:54 AM
उदयपुर । उयपुरमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । उदयपुरको कटारी बजारबाट ओखलढुंगा गइरहेको ना४ख ८०७९ नम्बरको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सहचालक घाइते भएका छन् ।
सिद्धिचरण लोकमार्गको कटारी घुर्मी सडकमा पर्ने कटारी नगरपालिका–१४ भदौरेमा बिहान ८ बजे भएको दुर्घटनामा कटारी सिरिसेका २८ वर्षीय चालक मोहनबहादुर तामङको घटनास्थमै मृत्यु भएको हो ।
अस्थायी ट्राफिक पोष्ट घुर्मीका सहायक निरीक्षक कुमार फुयालकाअनुसार सिन्धुली दुधौली नगरपालिका कत्लेखोल घर भएका सहचालक पुर्ण सुनुवार घाइते छन् । ट्रक सडकबाट एकसय ५० मिटर तल खसेको छ ।
यसैगरि त्रियुगानगरपालिका–६ सगरमाथा लोकमार्गमा आइतबार राति भारतीय नम्बरको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भारतको फारबिसगन्जबाट जन्तीलिएर आएको बीआर ११ जे ४४२८ नम्बरको बस दुर्घटना हुँदा त्यसमा सवार भारतीय नागरिक ३२ वर्षीय मनोज दासको मृत्यु भएको एसपी नवराज भट्टले बताए ।
दुर्घटनामा गम्भीर घाइते भएका दासको उपचारकोक्रममा जिल्ला अस्पतालमा राति नै मृत्यु भएको हो । दुर्घटना पछि फरार रहेका बस चालकको खोजी भइरहेको एसपी भट्टले बताए । बस जन्ती बोकेर भारतको फारबिसगन्जबाट उदयपुरको जलजले आएको थियो । दुर्घटनामा अन्य सामान्य घाइते भएका छन् । | 2019/03/23 06:23:43 | https://www.nepalbahas.com/security-crime/19109/ | mC4 |
गैरआवासीय नेपाली संघले अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य मनोनयनको लागि सिफारिस पठाउनको लागि क्षेत्रीय संयोजकहरुलाई अनुरोध गरिएको छ । संघका महासचिव हेमराज शर्माका अनुसार क्षेत्रीय संयोजकहरुलाई नाम सिफारिस गरि पठाउन परिपत्र गरिएको छ ।
उनका अनुसार प्रस्तावित व्यक्तिहरुको व्यक्तिगत विवरण, अनुभव, विशेषज्ञता र उनीहरुले संघलाई पुर्याउन सक्ने योगदानको विवरण (२ पेजमा नबढाई) १८ नोभेम्बर २०१९ सम्म अनुरोध गरिएको छ।
७ जना महिलासहित २१ जना सदस्यहरु मनोनित हुने व्यवस्था रहेकोले सोही अनुपातमा महिलाहरुको नाम सिफारिस गर्नु पर्ने र क्षेत्रीय संयोजकहरुले राष्ट्रिय समन्वय परिषद्हरुसँग परामर्श गरी नाम सिफारिस गर्नु पर्नेछ। 'अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य मनोनयन सम्बन्धि नियमावली २०१९' अनुसार सदस्यहरुको मनोनयन गरिने उनले जानकारी दिए।
गैरआवासीय नेपाली संघको विधानको दफा २२९१४० अनुसार विभिन्न विषयहरुमा संघको केन्द्रीय तहमा रही योगदान गर्न सक्ने व्यक्तिलाई अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यमा मनोनित गर्ने प्रावधान रहेको छ। | 2020/04/09 03:33:20 | https://www.sansarnews.com/176611/ | mC4 |
अहिलेसम्मको महान मार्केटिंग उपकरण! | Martech Zone
बुधबार, नोभेम्बर 11, 2009 मंगलवार, नोभेम्बर 10, 2009 एडम सानो
होइन, म नयाँ महान र अद्भुत प्रविधि, वेबसाइट, वा अन्य मार्केटिंग सिल्भर बुलेट अनावरण गर्न गइरहेको छैन जुन तपाईंको कम्पनीलाई सुपर स्टारडममा रोकेट गर्दछ।
म कुरा गर्दैछु महान ग्राहक सेवा। यो स्पष्ट छ जस्तो देखिन्छ। सबैलाई थाहा छ कि महान ग्राहक सेवा तपाईको व्यवसायलाई बढाउनको लागि एक प्रमाणित विधि हो, तर मैले के देखेको छु, धेरै कम्पनीहरूले यसलाई बिर्सेका छन्। यदि तिनीहरूले यो बिर्सेका छैनन् भने, कम्तिमा उनीहरूले आफ्नो खुसी ग्राहकहरूको आवाजलाई उनीहरूको व्यवसाय बढाउन सक्षम हुने अवसर हराइरहेका छन्।
सबैको ग्राहक सेवा बारे आफ्नै डोरर कहानी छ र सबैको आफ्नै ग्राहक सेवाको आफ्नै कहानी छ। बजारका रूपमा, हामीले यो कुरा बिर्सनु हुँदैन कि यी कथाहरू प्रत्येक दिन सम्भावित ग्राहकहरू र ग्राहकहरूलाई भनिन्छ। र अब - सोशल मिडियाले यी कुराकानीहरूमा विस्तार ल्यायो!
ग्राहक सेवा दुबै तरीकाले काट्ने शक्ति छ। त्यो नराम्रा कहानीसँग नयाँ सम्भावनाहरू र अवस्थित ग्राहकहरूलाई तपाईंको प्रतिस्पर्धीहरू पठाउने शक्ति छ। त्यो महान कथा नयाँ ग्राहकहरु र बिक्री वृद्धि ल्याउन सक्छ। खराब काम रोक्नको लागि ग्राहक सेवा सुधार गर्ने यो तपाईंको काम हो, र राम्रो विस्तार गर्नको लागि बुलहर्न प्रदान गर्नुहोस्!
त्यसोभए कहानी कसरी भनिएको छ भनेर हामी कसरी पक्का गर्ने? हालसालै, मैले केहि सस्तो, व्यावहारिक तरिकाहरू देखेको छु कि निश्चित भइरहेको कि कहानी भनिएको छ। मलाई थाहा भएको एक कम्पनीले ग्राहकहरूलाई कम्पनीको ब्लगमा उनीहरूको कथाहरू लेख्न र पोष्ट गर्न अनुमति दिइरहेको छ र पढ्नको लागि कसैलाई पनि साझा गर्न।
केही कम्पनीहरु मा ग्राहकहरु को नेटवर्क शुरू गरीएको छ निing्ग प्लेटफर्म। तिनीहरू यी नेटवर्कहरू एक ज्ञान आधार, फोरम, मद्दत डेस्क र प्रशंसापत्र साइट सबै एक मा प्रयोग गर्दैछन्। यो एक उत्तम तरिका हो ग्राहक अनुभव समग्र र आफ्नो कम्पनी को महान ग्राहक सेवा को सही कहानी चित्रण।
त्यसोभए तपाईं यो सुनिश्चित गर्न के गर्दै हुनुहुन्छ कि तपाईंको सम्भावितहरूले तपाईंको महान ग्राहक सेवाको बारेमा सुनेका छन्?
टैग: लौरा लिप्पेWordPress
जुली भिडा
नोभेम्बर २०, २००। 11::2009 अपराह्न
धन्यबाद, धन्यबाद, धन्यवाद मलाई विश्वास छ कुनै पनि टेक्नोलोजी छलफलको साथ कोठामा हात्ती सधैं मानिसहरूलाई बिर्सिने छैन जुन तपाईं आफ्नो प्रविधि प्रयोग गर्न चाहानुहुन्छ। यदि तपाईं व्यक्ति बिर्सनुभयो भने विश्वको सबै महान प्रविधि तपाईंको विचारलाई लाभदायक वा लाभदायक बनाउन सक्दैन।
जुली, धन्यवाद! मँ सहमत छु, टेक्नोलोजी केवल उसको प्रयोग गर्ने व्यक्तिको जत्तिकै राम्रो छ।
यो पर्याप्त भन्न सकिदैन। र अझै कम्पनिहरु * अझै पनी "यसलाई प्राप्त छैन। यो त्यस्तो कुरा हो जुन हामी हाम्रो ब्लगमा बढी कुरा गर्न थाल्छौं, र हामी कसरी गहिरो खुदाईदै गइरहेका छौं कसरी ठ्याक्कै कम्पनीहरूले कसरी सामाजिक मिडिया मार्केटिंगबाट सामाजिक मिडिया ग्राहक सेवामा जान सक्दछन्, तर म अझै पनी सोच्दछु कि पहिलो चरण भनेको कम्पनीहरूलाई सम्झाउने हो त्यो ग्राहक सेवा त्यहाँ उत्तम मार्केटिंग उपकरण हो।
स्टीवन हार्ट
मैले याद गरें कि ग्राहक सेवाहरूको वास्तवमा ख्याल गर्ने कम्पनीहरूले सोशल मीडियाको प्रयोग एकदम प्रभावकारी रूपमा गर्न थालेका छन्। समीक्षा साइटहरूमा सूचीबद्ध गरिएकोदेखि लिएर ग्राहकहरूको हुन सक्ने प्रश्नहरूको जवाफ दिन, र सार्वजनिक रूपमा उत्पादन गुनासोहरू र उनीहरूको समाधान स्वीकार्नुहोस्। हो, यो लामो बन्नु अगाडि लामो बाटो छ।
ठीक छ आदम। पा wheel्गललाई पुनर्निर्मित गरिँदै छैन, यसलाई सजिलै सार्नको लागि मोल्ड गरिएको छ। Aपउल
धन्यवाद पॉल!
uckchuckgose
ग्राहक सेवा ती चीजहरू मध्ये एक हो जुन सँधै सराहना गरिन्छ र अधिक मूल्यवान छ। तर अझै म तिनीहरूलाई फ्लिप-फ्लप भएको हेर्न चाहन्छु। सकारात्मक ग्राहक सेवा प्रतिष्ठा पाउँदा कम्पनीहरूले चिप्लन्छन् तर तिनीहरूले त्यो अक्षांश कमाए।
केही कम्पनीहरू ग्राहक सेवामा बेवास्ता देखिन्छन् किनकि तिनीहरूसँग सीधा नियन्त्रण छैन। जहाँसम्म तपाईं यो सही हुनुहुन्छ कि यो अहिलेसम्मको सबैभन्दा ठूलो मार्केटिंग उपकरण हो, विशेष गरी जब तपाईं लोभ्याइएको शब्द-अनुहारमा कारक गर्नुहुन्छ।
उत्कृष्ट पोस्ट।
टम केली
जनवरी १, २०१ 18 १२::2010 अपराह्न
यद्यपि यस्तो देखिन्छ कि यो स्पष्ट हुनुपर्दछ कि तपाईसँग राम्रो ग्राहक सेवा हुनुपर्दछ, यो स्पष्ट रूपमा छैन, कति कम्पनीहरुसँग वास्तवमै राम्रो सेवा छ भन्ने कुराको आधारमा न्याय गर्दै। | 2021/07/30 13:47:20 | https://ne.martech.zone/customer-service/ | mC4 |
खेल होइन, झेल पनि हुन्छ - खेलकुद - साप्ताहिक
ब्राजिलीयन टेनिस खेलाडी जाँओ डिसुजालाई गत शनिबार अन्तर्राष्ट्रिय टेनिस फेडेरेसनले आजीवन प्रतिबन्ध लगाउँदै २ करोड २६ लाख रुपैयाँ जरिवनाको घोषणा गर्यो । ३१ वर्षीय डिसुजाले सन् २०१५ देखि २०१९सम्म भएका एटिपी च्यालेन्ज र आईटीएफअन्तर्गत भएका प्रतियोगितामा मिलेमतो गरेको अभियोग लागेको थियो । छानबिनका क्रममा डिसुजाले प्रमाण नष्ट गरेको र अनुसन्धानमा सहयोग नगरेको पाइयो ।
यसरी खेलमा मिलेमतो गर्ने डिसुजा एक्ला खेलाडी भने होइनन् । विश्वको खेलकुद क्षेत्रमा मिलेमतो, शक्तिवद्र्धक औषधि सेवन, भ्रष्टाचार, विद्रोह, बहुविवाहजस्ता विभिन्न घटनामा मुछिएर करिअर नै समाप्त गरेका खेलाडी तथा खेल पदाधिकारी धेरै छन् ।
महिला टेनिसको शीर्ष वरियताक्रममा रहेकी रसियन टेनिस खेलाडी मारिया सारापोभाले शक्तिवद्र्धक औषधि सेवन गरेको प्रमाणित भएपछि उनको खेल करिअर नै बर्बाद भयो । सन् २०१६ मा अस्ट्रेलियन ओपन खेल्ने क्रममा उनको रगत परीक्षण गर्दा शक्तिवद्र्धक औषधि सेवन गरेको प्रमाणित भयो । उनलाई दुई वर्षको प्रतिबन्धको घोषणा गरिए पनि नौ महिनामा फुकुवा गरियो ।
सन् २०१६ को रियो ओलम्पिक प्रतियोगितामा शक्तिवद्र्धक औषधि सेवन गरेका कारण सबैभन्दा धेरै खेलाडी प्रतिबन्धमा परे । रसियाबाट सहभागी ६८ जना एथलेटिक्स खेलाडीमध्ये ६७ जनाले शक्तिवद्र्धक औषधि सेवन गरेको प्रमाणित भएको थियो । अन्तर्राष्ट्रिय डोपिङ एजेन्सीले सन् २०११ देखि २०१५ बीचमा रसियन खेलाडीहरूको पिसाब परीक्षणको नमुना संकलन गरेर उक्त नतिजा ल्याएको थियो । यो घटनापछि रसियन खेलाडीमाथि प्रतिडोपिङ एजेन्सीले विशेष निगरानी बढाएका थिए ।
ओलम्पिक प्रतियोगिताको चर्चा गर्दा अमेरिकी धाविका मारियन जोन्सको नाम छुट्दैन । सन् २००० को सिड्नी ओलम्पिक प्रतियोगितामा जोन्सनले छोटो दूरीका दौड र लङजम्पमा ३ स्वर्ण र २ कास्य पदक जितेकी थिइन् । यस्तै वल्र्ड च्याम्पियनसिपमा छोटो दूरीको दौडमा पनि उनले सन् २००१ मा आफ्नो वर्चस्व देखाएकी थिइन् । जोन्सनले शक्तिवद्र्धक औषधि सेवन गरेको प्रमाणित भएपछि उनलाई ६ महिनाको काराबास सजाय हुनुका साथै सन् २००० को अवधिमा ओलम्पिक र वल्र्ड च्याम्पियनसिपमा जितेका सबै पदक खोसिएको थियो ।
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को उपल्लो तहमा रहेका ७ जना पदाधिकारीलाई सन् २०१५ को मे महिनामा स्विट्जरल्यान्डको ज्युरिचको एक होटलमा पक्राउ गरिएको थियो । सोही वर्षको डिसेम्बरमा फिफाका दुई उपाध्यक्षसहित १६ जना ज्युरिचमै पक्राउ गरे । कतारलाई सन् २०२२ को विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्न दिने विषयमा उनीहरू आर्थिक प्रलोभनमा परेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको थियो । उक्त बिषयमा छानबिन गर्न गठन गरिएको समितिले फिफा र यूईएफएका अध्यक्ष सेप ब्लाटर र माइकल प्लाटिनीलाई समेत आठ वर्षको प्रतिबन्ध लगाइयो । भ्रष्टाचारको अभियोगबाट दुवै जना मुक्त भए पनि आफ्नो इच्छा अनुकूल निर्णय गराउन प्रभावित गरेको अभियोगमा भने उनीहरू दोषी पाइए ।
क्रिकेट खेलमा पनि खेल मिलेमतो हुने घटना निकै हुने गर्छन् । दक्षिण अफ्रिकाका तत्कालीन कप्तान ह्यान्सी क्रोने सन् २००० मा खेल मिलेमतोमा मुछिए । यो घटना सनसनीपूर्ण त बन्यो नै, अहिलेसम्मकै चर्चित क्रिकेट मिलेमतो पनि मानिन्छ । सन् १९९६ मा दक्षिण अफ्रिकाका क्रिकेटरहरू भारतमा खेल्न आएका थिए । क्रोने र भारतका चर्चित सट्टेबाज सञ्जय चावलाबीच भएको टेलिफोन संवाद उक्त खेल मिलेमतोको बलियो प्रमाण बन्यो । खेल मिलेमतोमा समाप्त गर्न क्रोनेले १ लाख डलर लिएको स्वीकार गरे । यो अभियोगमा हसेल गिब्स, निक्की बोज र पिटर सिन्ड्रम पनि मुछिए । सन् २००२ मा भएको विमान दुर्घटनामा क्रोनेको निधन भयो ।
इन्डियन प्रिमियर लिग ट्वान्टी–२०लाई क्रिकेटमा सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता मानिन्छ । सन् २०१३ मा यो क्रिकेट प्रतियोगिता पनि म्याच फिक्सिङको फन्दामा पर्यो । राजस्थान रोयलका तीन क्रिकेटर एस श्रीसन्त, अजित चण्डिला र अंकित चाभानलाई दिल्ली प्रहरीले पक्राउ गर्यो । सन् २०१५ मा पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा गठन गरेको छानबिन समितिले चेन्नई सुपर किङ र राजस्थान रोयल टिमलाई दुई वर्षको प्रतिबन्ध लगायो । यो अभियोगमा चेन्नई सुपर किङका गुरुनाथ मेयाप्पन र राजस्थान रोयलका राज कुन्द्रालाई आजीवन क्रिकेट गतिविधिमा लाग्न प्रतिबन्ध लगाएको थियो ।
सन् २०१६ मा आयोजना भएको अस्ट्रेलियन ओपनमा ब्वाइजको एकल उपाधि जितेका ओलिभर एन्डरसन म्याच फिक्सिङको अभियोगमा फसे । एटीपी टुरअन्तर्गत आयोजित खेलमा ओलिभरले आफूभन्दा कमजोर प्रतिद्वन्द्वीलाई खेल मिलेमतो गरेर विजयी गराएका थिए । यो अभियोगमा उनलाई ५ सय डलर जरिवाना गरिएको थियो ।
टुर डी फ्रान्सलाई विश्वकै सम्मानित साइकल रेस मानिन्छ । यो प्रतियोगिता सात पटक जितेर विश्वकै महान् खेलाडीको लाममा लान्स आर्मस्ट्रङ उभिएका थिए । क्यान्सर रोगबाट पुनर्जीवन पाएका लान्सले आफ्नो नाममा फाउन्डेसन राखेर मानवीय सहायताका धेरै कामसमेत गरे । जब उनी शक्तिवद्र्धक औषधि सेवन गरेर सफल भएको चर्चा चल्न थाल्यो, उनी त्यसलाई इन्कार गर्थे । पत्रकारहरूप्रति जाईसमेत लाग्ने गर्थे । तर, ओपरा विन्फ्रीको एक कार्यक्रमको दौरान उनले आफूले जितेको सातवटै उपाधि शक्तिवद्र्धक औषधि सेवन गरेर गरेको बताए र उनले जितेका सबै उपाधि खोसिएको थियो ।
गल्फमा टाइगर उड महान् खेलाडी मानिन्थे । सन् २००९ को नोभेम्बरमा उनले परस्त्रीहरूसँग सम्पर्क राखेको घटना सार्वजनिक भयो । यो समाचारले उनको घरमा आक्रोश बढ्यो । रिसको झाेंकमा कार चलाउँदा दुर्घटना भयो र आफैं चोटग्रस्तसमेत भए । यो घटना सार्वजनिक भएपछि उडको जीवनमा जोडिएका महिलाहरू एकपछि अर्को गर्दै देखा पर्न थाले । उनकी श्रीमती इलिन नोड्रेगेन ७५ करोड डलर लिएर उडसँग अलग भइन् । उडलाई ब्रान्ड एम्बेसडर बनाएका दर्जनौं कम्पनीले हात झिके भने उनको गल्फ करिअरको वरियताक्रम पनि पुछारमा पुगेको थियो ।
फिगर स्केटिङकी दुई सुन्दरी टोन्या हार्डिङ र नेन्सि केरिग्यानबीच भएको घटना पनि विश्वको खेलकुद क्षेत्रले कहिल्यै बिर्संदैन । सन् १९९४ मा नर्वेको लिलेह्यामरमा आयोजना हुने हिउँदे ओलम्पिक प्रतियोगिताको तयारीमा अमेरिकी टिमको तर्फबाट टोन्या र नेन्सी छनोट भएका थिए । उक्त प्रतियोगितामा नेन्सीले रजत पदक जितिन् भने टोन्याले आठौं स्थान हासिल गरिन् । यो पराजयको बदला लिन टोन्याको पति र उनको अंगरक्षकले एक भाडाको व्यक्तिलाई लगाएर नेन्सीको खुट्टा भाँचिने गरेर आक्रमण गराइन् । घटना सार्वजनिक भएपछि टोन्याले आफ्नो षड्यन्त्र स्विकार गरेकी थिइन् । त्यसबापत उनलाई १ लाख डलर जरिवाना गरिएको थियो । | 2020/03/30 10:02:49 | https://saptahik.com.np/news/2020-02-17/20200217113559.html | mC4 |
सन्दिपको टिम दिल्लीले कोलकाताको सामना गर्दै : कोलकाता दिल्ली सँग बदला लिने दाउमा – onlinekhelkhabar.com
सन्दिपको टिम दिल्लीले कोलकाताको सामना गर्दै : कोलकाता दिल्ली सँग बदला लिने दाउमा
चैत्र २९ , अनलाईन खेलखबर ।। बिश्वको सबैभन्दा चर्चित तथा ठुलो क्रिकेट प्रतियोगिता ईण्डियन प्रिमियर लिग ( आईपिएल ) अन्तर्गत अहिले केहि समय पछि नेपालका युवा क्रिकेटर सन्दिप लामिछानेको टिम दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सको सामना गर्नेछ ।
खेल नेपालि समय अनुसार अहिले राति सवा ८ बजेपछि कोलकताको घरेलु मैदान ईडन गार्डनमा हुनेछ । यसअघि प्रतियोगितामा दिल्ली र कोलकताको भेट भईसकेको अबस्था छ । निकै रोमाञ्चक बनेको खेलमा सुपर ओवरमा दिल्लीले ३ रनले बाजी पारेको थियो । दिल्लीको घरेलु मैदान फ़िरोज़ शाह कोटलामा भएको खेलमा कोलकताले सुरुमा ब्याटिंग गर्दै निर्धारित २० ओवर पुरै खेल्दै ८ विकेटको क्षतिमा १ सय ८५ रनको योगफल खडा गरेको थियो ।
यसपछि जवाफी ब्याटिङ्ग गरेको दिल्लीले पनि २० ओवरमा ६ विकेट गुमाएर १ सय ८५ रन बनाएपछी खेलको टुंगो सुपर ओवरले लगाएको थियो ।
यस अर्थमा कोलकताले सो हारको बदला आज आफ्नो घरेलु मैदानमा लिन चाहन्छ भने दिल्लीले दोस्रो पटक कोलकतालाई निराश बनाउने रणनीतिका साथ् मैदान उत्रिने छ ।
अहिले सम्म कोलकताले प्रतियोगितामा ६ खेल खेल्दै ४ मा जित र २ खेलमा हार व्यहोर्दै ८ अंकसहित अकतालिकामाको दोस्रो स्थानमा रहेको छ । भने दिल्ली समान ६ खेल खेलेको भएपनि ३ मा जित र ३ मै हार व्यहोर्दै ६ अंकसहित अहिले अकतालिकामा छ्ठौ स्थानमा रहेको छ ।
यसपछि पाचौ खेलमा हैदराबाद संग ५ विकेटले पराजित हुन् पुग्दा अघिल्लो खेलमा भने दिल्लीले बैंगलोरलाई ४ विकेटले पराजित गरेको थियो । यता कोलकता अघिल्लो खेलमा चेन्नई संग ७ विकेटले पराजित भएको थियो ।
यता दिल्लीमा नेपालका शान सन्दिप लामिछानेलाई आजको खेलमा पनि निरन्तरता दिने सम्भावना उच्च रहेको छ । राम्रो लयमा रहेका सन्दिपले अहिले सम्म टिमको बिश्वाशमा खरो उत्रिरहेका छन । उनले अहिले सम्म ४ खेल बाट ५ विकेट लिईसकेका छन । | 2021/09/17 08:14:28 | https://onlinekhelkhabar.com/cricket/3910/2019/04/12 | mC4 |
लोकतन्त्र, निर्वाचन र युवा सहभागिता – Online Khabar
युवाको भूमिका निर्वाचनमा भाग लिनेमा मात्र सीमित नगरी निर्वाचन अघि, पछि र मतदानको दौरानमा सक्रिय भूमिका सुनिश्चित गर्न आवश्यक छ । किनकि युवाहरू आफैंमा लोकतन्त्रको संवाहक हुन् ।
२०७८ माघ २६ गते १४:५६
आवधिक निर्वाचन लोकतन्त्रको सबैभन्दा उत्कृष्ट पक्ष हो । लोकतन्त्र र निर्वाचन अन्तर सम्बन्धित छन् । यी दुई एकअर्काको परिपूरक हुन् र एक विना अर्कोको अर्थ रहन्न । त्यसैले आवधिक निर्वाचनलाई लोकतन्त्रको मेरुदण्ड पनि भनिन्छ ।
निर्वाचनमा सबैभन्दा ठूलो भूमिका हुन्छ, मतदाता अर्थात् जनताको । मतदाताले आफ्नो मतको महत्व बुझेमा मात्र लोकतन्त्र सुदृढ गर्न सकिन्छ । मतदाताले चुनेकै व्यक्तिहरूले नै लोकतन्त्रमा निश्चित अवधिको लागि शासन सत्ता चलाउने अवसर पाउँछ ।
निर्वाचनमा एक व्यक्ति एक मत प्रयोग हुने भएकोले सबैको मतको मूल्य बराबर हुन्छ । लोकतन्त्रले कुनै पनि व्यक्तिलाई वर्ण, वर्ग, लिङ्ग, जातका आधारमा भेदभाव गर्दैन । त्यसैले यो लोकमत मापन गर्ने वैधानिक विधि हो ।
जनताको अभिमतलाई प्रतिनिधिको रूपमा रूपान्तरित गर्ने वैधानिक तरिका निर्वाचन हो । यसमा दुई वा दुईभन्दा बढी उम्मेदवार वा दल मध्येबाट आफ्नो मत जाहेर गरी चयन गर्न पाउने अधिकारको प्रयोग हुन्छ । सरोकारवालाहरूको वास्तविकता परीक्षण पनि निर्वाचनमै हुन्छ ।
युवा परिवर्तनका संवाहक हुन् । त्यसैले निर्वाचनमा युवा सहभागिता महत्वपूर्ण हुन्छ । नेपालमा सबै वर्ग र समुदायमा (महिला, जनजाति, मधेशी, मुस्लिम, अपाङ्गता भएका, दलित) युवाको बाहुल्य रहेकोले निर्वाचनमा युवाको भूमिका अपेक्षित हुन्छ । शासकीय प्रक्रिया र सामाजिक, आर्थिक एवं सांस्कृतिक रूपान्तरणमा युवाको सार्थक सहभागिताको लागि निर्वाचनमा युवा सहभागिता अभिवृद्धि गर्दै जानुपर्छ । अधिकारप्रति सचेत र कर्तव्यप्रति जागरुक स्वावलम्बी, सिर्जनशील, उद्यमशील र चरित्रवान युवाहरूको परिचालनबाट निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र, विश्वसनीय र मितव्ययी बनाउन ठूलो योगदान पुग्दछ ।
सरकारको वैधताको प्रणेता जनता नै हो । निर्वाचन गराउने निकाय र निर्वाचनका प्रक्रिया विश्वसनीय हुनुपर्दछ । निर्वाचनको लागि कानुनी संरचना स्पष्ट हुनुपर्दछ । चाहे त्यो संविधानमा होस् या निर्वाचन सम्बन्धित ऐनमा निर्वाचनलाई लिएर सबैले बुझ्ने गरी प्रावधानहरूको व्यवस्था हुन आवश्यक छ । मतदाता नामावली शुद्ध हुनुपर्दछ । भयरहित चुनावी वातावरणको सुनिश्चितता हुनुपर्दछ । सबै दल तथा उम्मेदवारका लागि अवसर समान हुनुपर्दछ । गोप्य मतदानको सुनिश्चितता हुनुपर्दछ । सही मतदाताले मात्र मताधिकार प्रयोग गर्ने हुनुपर्दछ । मतदान गोप्य, मतगणना पारदर्शी र निर्वाचन परिणाम स्वीकार्य हुनुपर्दछ ।
युवाको निरपेक्ष परिभाषा नभए पनि नेपालमा भने १८–४० वर्ष उमेर समूहका मानिसलाई जनाउँछ । नेपालमा लगभग ४०.३५ प्रतिशत जनसंख्या यस समूहमा पर्दछ । युवा उमेरभन्दा पनि जोस, जाँगर र उत्साहको अवस्था हो । युवा कुनै पनि मुलुकको वास्तविक पूँजी हो । कुनै पनि समाजको क्रियाशील जनशक्तिको महत्वपूर्ण र निर्णायक हिस्सा यसैमा पर्दछ । आशा र आकांक्षाका पुञ्जको रूपमा युवालाई चित्रण गरिन्छ ।
जागरण, आन्दोलन र क्रान्तिका स्वस्फूर्त ऊर्जाको रूपमा युवालाई लिइन्छ । युवालाई राष्ट्र निर्माणको आधार, परिवर्तनको कारक र संवाहक हो । समाज र पुस्ताको सम्बन्ध सेतु हो युवा । समृद्धि, रूपान्तरण र सशक्तीकरणका लागि सक्रिय, सुसूचित, सुविज्ञ, स्वचालित र स्वनिर्देशित युवा आवश्यक पर्दछ ।
मतदाता नामावली दर्ता तथा मताधिकार उपयोग गर्न युवालाई उत्प्रेरित गर्न आवश्यक छ । उम्मेदवारको रूपमा निर्वाचनमा उम्मेदवारी दिनका लागि युवाहरूलाई प्रोत्साहित गर्नुपर्छ । युवाले अभियन्ताको रूपमा निर्वाचन तथा मतदाता शिक्षालाई बृहत् रूपमा सञ्चालन गर्न आवश्यक छ । राजनीतिक प्रक्रियाप्रति युवा वर्गमा रहेको वितृष्णा हटाई नयाँ जोस र जाँगर ल्याउनका लागि उत्प्रेरणामूलक गतिविधिहरू सञ्चालन गर्नुपर्दछ । युवालाई नै लक्षित गरेर निर्वाचनको दौरानमा निर्वाचन आयोगले पनि पूर्व तयारीको रूपमा कार्यक्रमहरू जानकारी दिन जरूरी देखिन्छ ।
युवाहरूलाई निर्वाचन, यसको प्रक्रिया र युवाले खेल्ने भूमिकाको बारेमा स्पष्ट पार्नुपर्छ । यसो गर्दा उनीहरूले अरूलाई पनि निर्वाचनको बारेमा सूचना दिन सकून् ।
हाम्रो देशमा १६ वर्ष उमेर पुगेकाले नागरिकता पाउने व्यवस्था छ । नागरिकता प्राप्त १६ वर्ष उमेर पूरा गरेका व्यक्तिले मतदाता हुनका लागि मतदाता नामावलीमा नाम दर्ता गराउन सक्नेछन् । तर १८ वर्ष उमेर पूरा भएपछि मात्र मताधिकार उपयोग गर्न पाउने प्रावधान छ । स्थानीय तहको निर्वाचनमा २१ वर्ष उमेर पूरा भएका व्यक्ति उम्मेदवार हुन पाउने व्यवस्था गरिएको छ ।
प्रदेशसभा सदस्यको निर्वाचनमा २५ वर्ष उमेर पूरा भएका व्यक्ति उम्मेदवार हुन पाउने तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा २५ वर्ष उमेर पूरा भएका व्यक्ति उम्मेदवार हुन पाउने प्रावधान छन् । यस्तै, राष्ट्रियसभा सदस्यको निर्वाचनमा ३५ वर्ष उमेर पूरा भएका व्यक्ति उम्मेदवार हुन पाउनेछ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा ४५ वर्ष उमेर पूरा भएका व्यक्ति उम्मेदवार हुन पाउने प्रावधान कानुनमा राखिएको छ ।
राष्ट्रिय युवा परिषद्ले प्रत्येक स्थानीय तहमा गठन गरेको युवा क्लबको काम, कर्तव्य र अधिकारमा निर्वाचन व्यवस्थापनका प्रक्रियालाई लक्षित वर्ग तथा समुदायसमक्ष पु¥याउने सवाललाई पनि समेटिएको छ । यस्ता क्लबलाई निर्वाचन व्यवस्थापनमा नागरिकको संलग्नता अभिवृद्धि गर्ने कार्यमा सहकार्य तथा समन्वय गरिने भनिएको छ ।
युवाको भूमिका निर्वाचनमा भाग लिनेमा मात्र सीमित नगरी निर्वाचन अघि, पछि र मतदानको दौरानमा सक्रिय भूमिका सुनिश्चित गर्न आवश्यक छ । किनकि युवाहरू आफैंमा लोकतन्त्रको संवाहक हुन् । कुनै पनि मुलुकको लोकतन्त्र कतिको बलियो छ भन्नको लागि त्यस मुलुकको आवधिक निर्वाचनमा युवाहरूले खेलेको भूमिकामा निर्भर रहन्छ ।
त्यसैले नेपाल सरकारले पनि ३० वैशाखमा एकै चरणमा ७५३ वटै स्थानीय तहमा निर्वाचन गर्ने मिति घोषणा गरिसकेको छ । स्थानीय तहको निर्वाचनपछि संघ र प्रदेशसभाको निर्वाचन हुनेछ । स्थानीय निर्वाचन गर्नको लागि त सरकारले निर्वाचन आयोगलाई गृहकार्य अघि बढाउनको लागि समेत सन्देश दिइसकेको छ ।
नेपालको लोकतन्त्रमा महत्व मानिएका आउने तीन तहको निर्वाचनमा नेपाली युवाहरूको भूमिका महत्वपूर्ण हुन्छ । आशा छ, नेपालको लोकतान्त्रिक अभ्यासलाई थप चलायमान बनाउनको लागि युवाहरू सक्रिए हुनेछन् र हुनुपर्छ । | 2022/06/28 18:54:42 | https://www.onlinekhabar.com/2022/02/1076569 | mC4 |
डीडीसीका उत्पादन विमान सेवामा बेच्ने तयारी | Nepal Ghatana
डीडीसीका उत्पादन विमान सेवामा बेच्ने तयारी
प्रकाशित : १४ श्रावण २०७८, बिहीबार १०:०६
दुग्ध विकास संस्थान (डीडीसी)ले आफ्ना उत्पादन नेपाल एयरलाइन्समा बेच्ने भएको छ । नेपाल वायु सेवा निगमले डीडीसीले उत्पादन गरिसकेपछि खरिद गर्न सुरु गर्ने भनेका कारण आफूहरू त्यसको तयारीमा लागेको डीडीसीका महाप्रबन्धक रुद्रप्रसाद पौडेलले जानकारी दिनुभयो ।
डीडीसीले आफ्नो दुग्धजन्य पदार्थ खरिद गर्न आग्रह गरेपछि निगमले खरिद गर्ने प्रतिबद्धता जनाएको छ । त्यसको प्याकेजिङका लागि डीडीसीले मेसिन खरिद गर्ने सूचना प्रकाशित गरेको छ । मेसिन खरिद भइसकेपछि निगमसँग सम्झौता गरी उत्पादन बेच्ने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, "अहिले सम्झौता भएको छैन । हामीले मेसिन ल्याएर उत्पादन सुरु गरेपछि दुई पक्षबीच सम्झौता हुन्छ । त्यसपछि मागबमोजिम हामीले दुग्धजन्य पदार्थ दिनेछौँ । "
निगमलाई दिन आठदेखि १० ग्रामको बटरको प्याक र ५० एमएल दहीको बट्टा बनाउने तयारी डीडीसीको रहेको छ । ती जहाजमा वार्षिक छ लाखदेखि आठ लाखसम्म खपत हुने बताइएको छ । वार्षिक एकदेखि डेढ अर्बको कारोबार हुने अनुमान आफूहरूले गरेको उहाँले बताउनुभयो ।
मेसिन खरिद गरेर आएपछि दुईदेखि तीन महिनाभित्रमा डीडीसीबाट उत्पादित दुग्धजन्य पदार्थ बिक्री हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, "डीडीसीको मुख्य उद्देश्य स्वदेशी उत्पादनलाई विदेशसम्म पु-याउने, आफ्नो देशको जहाजमा आफ्नै देशबाट उत्पादित वस्तु बिक्री वितरण होस् भन्ने हामीले चाहेका हौँ । "
निगमले डीडीसीबाट उत्पादित वस्तु खरिद गर्न थाले मौज्दात रहेको दुग्ध पदार्थको खपत बढ्ने विश्वास आफूहरूले लिए महाप्रबन्धक पौडेलले बताउनुभयो । मौज्दात रहेको दुग्ध पदार्थ बिक्री नहुँदा किसानलाई रकम तिर्न समस्या भइरहेको डीडीसीले जनाएको छ । किसानको बक्यौता रकम भुक्तानीका लागि सरकारले २० करोड रुपियाँ सहुलियत ऋणमा दिएको छ ।
किसानलाई अझै ४५ करोड रुपियाँ तिर्न बाँकी रहेको छ । डीडीसीले आफ्नो दुग्धजन्य पदार्थको खपत बढाउन आमउपभोक्ताका लागि धुलो दूध बजारमा ल्याउनुका साथै कुखुराका लागि दानामा तथा खोपमा प्रयोग हुने धुलो दूध पनि बिक्री वितरण गर्न थालेको छ । घिउ जापान निर्यात गर्नुका साथै नेपाली सेनालाई पनि दूध बेच्न थालेको छ ।
दुग्ध क्षेत्रमा ३० प्रतिशत बजार ओगटेको डीडीसीको बिक्री वितरण निजी क्षेत्रभन्दा राम्रो देखिन्छ तैपनि वार्षिक रूपमा घाटा देखाइरहेको छ । हाल डीडीसी १० करोडको घाटामा रहेको छ । | 2021/09/20 23:44:31 | https://www.nepalghatana.com/news/76100/ | mC4 |
एडीएसएल सेवा:जोरपाटी पूर्वोत्तर क्षेत्रमा समस्या - Demo Khabar
बिहिवार, भाद्र १० २०७८
काठमाडौँ, भदौ । नेपाल टेलिकमको एडीएसएल इन्टरनेट सेवा लिएका जोरपाटीसुन्दरीजल क्षेत्रका सेवाग्राही पटकपटक सेवा अवरुद्ध हुने क्रम नरोकिँदा समस्यामा परेका छन् । जोरपाटी;सुन्दरीजल सडक विस्तारका क्रममा रहेकाले पटक पटक सेवा अवरुद्ध हुने गरेको टेलिकमले जनाएको छ ।नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कायमै रहेकाले विद्यालय सञ्चालन भएको छैन । विद्यार्थी अनलाइनबाट अध्ययन गरिरहेका बेला इन्टरनेटका कारण सेवा अवरुद्ध हुँदा अध्ययनमा समस्या भएको अभिभावक मङ्गलबहादुर तामाङको गुनासो छ ।
अनलाइन कक्षा चलिरहेका बेला इन्टरनेट जान्छ, फेरि जोडिन समय लाग्छ, कहिले त एउटा कक्षा सकिँदा पनि इन्टरनेट चल्दैन, नेपाल टेलिकममा उजुरी गर्दा प्राविधिक आएर एडीएसएल चल्न गाह्रो छ, अरु विकल्पमा जानु भन्छन्, यसै क्षेत्रमा बस्ने टेलिकमका प्राविधिक आफूले अरु नै सेवा लिएको सगर्व बताउँछन्, उनले भने । सडक, खानेपानी, ढल खन्न पटकपटक सडक खनिएकाले तार काटेर ठाउँ ठाउँमा जोड्पर्दा एडीएसएल सेवा प्रभावकारी हुन नसकेको हो । सडक विस्तार सम्पन्न नभएसम्म टेलिकमको एडीएसएल सेवा प्रभावकारी हुन नसक्ने नेपाल टेलिकम जोरपाटी शाखामा एडीएसएल शाखा हेर्नुहुने अर्जुन पोखरेलले बताए ।
टेलिकम केन्द्रीय कार्यालयका तीन प्रमुख कर्मचारी सङ्घ, सङ्गठनले पनि सेवाको गुणस्तर खस्कँदै गएको लगायत माग राखी ३७ दिनदेखि कार्यालय परिसरमा धर्ना दिँदै आएका छन् । एडीएसएल, एफटिटीएचलगायत सेवामा भएका कामका बारेमा श्वेतपत्र जारी गर्नुपर्ने कर्मचारी सङ्घ, सङ्गठनको माग छ ।टेलिकमका प्रवक्ता राजेश जोशी हाल पटकपटक एडीएसएल सेवामा समस्या आएको भनी गुनासो आइरहेको जोरपाटी सुन्दरीजल सडक विस्तारका कारण त्यस क्षेत्रमा एफटिटीएच सेवा विस्तार गर्न नसकिएको बताउँछन ।
यो क्षेत्रमा फाइबर टु होमअर्थात् एफटिटीएच सेवा विस्तार गर्ने कार्यक्रम छ तर सडक विस्तारकै कारण काम अघि बढ्न सकेको छैन । सबैतिर फाइबर जोड्न टेलिकमले तामाको तार किन्न छोडिसकेको उनले सुनाए ।एडीएसएल तामाको तारका आधारमा जोडेर प्रदान गरिएको सेवा भएकाले पटकपटक तार काट्ने र जोड्ने गर्दा पनि सेवाको गुणस्तर खस्कने गरेको छ । यो समस्याका कारण जोरपाटी पूर्वोत्तरका करिब दुई हजार ल्याण्डलाइन टेलिफोन र एडीएसएल सेवामा समस्या आउने गरेको टेलिकमले जनाएको छ ।सेवा अवरुद्ध भएमा १९८ मा गुनासो दर्ता गरी टेलिकमको लेखा कार्यालयको मूल्याङ्कन समितिले अध्ययन गरेर क्षतिपूर्ति दिने व्यवस्था रहेको छ । त्यसका लागि १९८ मा गुनासो दर्ता गर्नुपर्ने प्रवक्ता जोशीको भनाइ छ । रासस | 2021/09/27 06:46:10 | https://demokhabar.com/news/11909 | mC4 |
कोभिड–१९ ले अर्थतन्त्रलाई दिएको चुनौती र आगामी बाटो
भीम घिमिरे/प्रकाश मुन्दडा
गत आर्थिक वर्ष २०७५/७६ मा ७.१ प्रतिशतआर्थिक वृद्धिदर हासिल गरेको र चालु आर्थिक वर्ष २०७६/७७ मा ८.५ प्रतिशत आर्थिक वृद्धिदरको प्रक्षेपण गरिरहेको नेपालको अर्थतन्त्र सामान्य अवस्थामा चलिरहेको थियो । नेपालको प्राथमिकता अन्तर्राष्ट्रिय प्रतिवद्धताअनुरुप वि.सं. २०८७ सम्म दीगो विकास लक्ष्यहरू हासिल गर्नु थियो । त्यसरी वि.सं. २०७९ सम्म नेपाललाई कम विकसित राष्ट्रहरूको समूहबाट मध्यमस्तरको औसत आय भएको विकासशील राष्ट्रको श्रेणीमा स्तरोन्नति गर्नु पनि रहेको थियो ।
दिनानुदिन बढ्दै गएको व्यापारघाटा (लगभग १२ खर्ब) लाई यथासम्भव घटाउँदै लैजाने र हाल न्म्ए मा महत्वपूर्ण योगदान पुर्याउने सेवा क्षेत्र र कृषि क्षेत्रमा अझ प्रभावकारी ढंगबाट केन्द्रित रही उत्पादन, उत्पादकत्व, रोजगारी र स्वरोजगारका अवसरहरू सिर्जना गरी आम नेपालीलाई गरिबीको दुष्चक्रबाट मुक्त गराउने उद्देश्य राखी कार्यक्रमहरू सञ्चालन हुँदै गएका थिए ।
तर मध्यावघि मूल्याङ्कनमा ८.५ प्रतिशतको आर्थिक वृद्धिदर ६.५ प्रतिशतमा सीमित रहने अनुमान गरियो । यद्यपि, यसबीच अल्पकालीन अवस्थामा भएपनि व्यापार घाटामा सामान्य सुधारको संकेत देखिएको थियो । विगतका वर्षहरूमा राष्ट्रिय अर्थतन्त्रले भोग्नुपरेको संकट प्राकृतिक विपत्ति (बाढी, खडेरी, भुइँचालो) आदि नै थियो । सुशासनको अभाव भने नेपालले विगत लामो समयदेखि भोग्दै आएको तीतो यथार्थ होे ।
वर्तमान अवस्थामा गत डिसेम्बर महिनामा चीनको वुहान प्रान्तबाट फैलिएको नोवेल कोरोना भाइरस कोभिड १९ ले विश्व अर्थतन्त्रलाई नै चुनौती दिएको छ । हालसम्म झण्डै २ लाख ५० हजार व्यक्तिले ज्यान गुमाइसकेका छन् र तीसौं लाखको संख्यामा संक्रमित व्यक्तिहरू उपचाररत छन् । नेपालको सन्दर्भमा मानव क्षति नभएपनि आर्थिक रूपमा तहसनहस र मानसिक रूपमा नागरिकहरू त्रसित अवस्थामा रहेका छन् । यसबाट आर्थिक जीवन मात्र प्रभावित नभई मानसिक रोगको चरणसम्ममा पुगेको महशुस गर्न थालिएको छ । हालसम्मको झण्डै ७ हप्ताको लकडाउनले व्यापक रूपमा नकारात्मक परिवेशको सिर्जना गरेको छ । आर्थिक वृद्धिदर २.५ देखि १.५ प्रतिशतसम्म हुने अनुमान गरिए पनि ऋणात्मक नहोला भन्ने अवस्था नरहेको देखिन्छ ।
अवसर र चुनौतीहरू
अर्थतन्त्रको परम्परागत संरचनामा व्यापक परिवर्तन गरी चुस्त, परिणाममुखी र अनुशासित पद्दतिको विकास गर्न, सरकारी खर्चको अुनत्पादक पक्षलाई निरुत्साहित गर्दै विकास खर्च तथा पूँजीगत खर्चमा जोड दिन, निजी क्षेत्रलाई आर्थिक विकासको मेरुदण्डको रूपमा प्रोत्साहन गर्दै आर्थिक विकासमा नयाँ सम्भावनाका अवसरहरू सिर्जना गर्न, कृषि क्षेत्रलाई व्यावसायीकरण गर्दै तुलनात्मक लाभको अवसर प्रदान गर्दै निर्यात व्यापार बढाउन ।
अनियन्त्रित आयातलाई खासगरी विलासिताका वस्तुको आयातमा नियन्त्रण गरी स्वदेशी वस्तुको उत्पादन र प्रयोगलाई जोड दिन ।
सबल एवम् सक्षम आर्थिक कुटनीतिको माध्यमबाट स्वदेशी उद्योगीको दायरा बाहिरका क्षेत्रहरूमा वैदेशिक लगानी बढाउने र निर्यात व्यापार प्रवर्द्धन गर्न ।
वैदेशिक रोजगारीबाट स्वदेश फर्केका युवाहरूलाई कृषि सेवा तथा उनीहरूले अनुभव संगालेका क्षेत्रमा लगाई रोजगारीका लागि विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्न ।
आन्तरिक तथा बाह्य रोजगारीका अवसरमा संकुचनः कामको अभाव, आमरूपमा गरिबी बढ्ने, उपभोक्ताको क्रयशक्तिमा व्यापक ह्रास आउने । बेरोजगारीको दुष्चक्रको भुमरीमा अर्थतन्त्र पर्ने सम्भावना छ । देशमा कुल रोजगारीमा संलग्न व्यक्तिहरूको संख्या संगठित क्षेत्रतर्फ १० लाख ९१ हजार २ सय ४४ र असंगठित क्षेत्र तर्फ ५९ लाख ९४ हजार ७ सय रहेको अवस्थामा हालको लकडाउनको अवधिमा झण्डै ६० लाख मानिसहरूले रोजगार गुमाएको अवस्था छ । यस अवस्थामा भारत, मलेशिया र खाडी मुलुकहरूमा उत्पन्न समस्याका कारण रोजगारीबाट विस्थापित हुनेहरूको संख्या पनि निकै ठूलो हुन सक्छ । यति ठूलो संख्यालाई रोजगारी वा स्वरोजगारको अवसर दिने चुनौतीपूर्ण अवस्था देखिन्छ ।
उद्योगको चालु खर्च (बैंक व्याज, भाडा, ज्याला तथा पारिश्रमिक, बिजुली तथा अन्य प्रशासनिक खर्चहरू) धान्न नसकी उद्योग व्यवसाय क्षेत्र खासगरी उत्पादनमूलक उद्योग, पर्यटनसँग सम्बन्धित उद्योग व्यवसाय, यातायात श्रेत्र, निर्माण क्षेत्र) धारासायी हुने अवस्था ।
लघु, घरेलु तथा साना औद्योगिक व्यवसायमा यसको असरको दायरा अझ व्यापक बन्ने तथा यो क्षेत्र क्षेत्र ऋणको ट्र्यापमा पर्ने अवस्थामा पुग्ने ।
GDP आर्थिक वर्ष २०७५/७६ मा १ खर्ब ९५ अर्बको योगदान पुर्याएको पर्यटन क्षेत्र निष्प्रभावी र निस्तेज अवस्थामा पुगेको ।
विप्रेषण (Remittance) मार्फत प्राप्त हुने वैदेशिक मुद्रामा व्यापक मात्रामा ह्रास आई वैदेशिक व्यापारको भुक्तानीमा समस्या उत्पन्न हुनसक्ने,
कोभिड १९ को विश्वव्यापी संकटले विश्व अर्थव्यवस्थाको प्राथमिकतामा आउन सक्ने परिवर्तनका कारण वैदेशिक अनुदान, वैदेशिक लगानी, वैदेशिक व्यापार लगायतमा व्यापक गिरावट आउनसक्ने ।
अर्थतन्त्रमा नगद प्रवाहको कमी र यसबाट सबै क्षेत्रमा संकुचन आउनसक्ने ।
उद्योग, व्यापार तथा सेवाको क्षेत्रमा सरकारले सहयोगीको भूमिका खेल्दै निजी क्षेत्रलाई अग्रसर तुल्याउने ।
स्वदेश र विदेशमा रोजगारीबाट विस्थापित हुनेहरूका लागि तत्काल गहन अध्ययन गरी कार्य योजना (Action Plan) बनाई सम्भाव्य र उनीहरूले अनुभव संगालेका क्षेत्रमा उत्पादन र उत्पादकत्व बढ्ने गरी समायोजन गर्ने ।
हालको २ खर्ब रुपैयाँको कृषिजन्य वस्तुको आयात र ५ अर्बको निर्यातको अवस्थामा सुधार ल्याउन कृषि क्षेत्रमा अनुदानको व्यवस्था गरी तुलनात्मक लागतलाई प्रतिस्पर्धात्मक बनाई निर्यात अभिवृद्धिमार्फत वैदेशिक मुद्रा आर्जनको स्रोतको रूपमा विकास गर्ने ।
बाँझो र पर्ती जमिनमा स्थानीय सरकारको संयोजकत्वमा सामूहिक खेतीलाई प्रोत्साहन गर्ने ।
सहकारी खेतीमार्फत ठूलो समूहलाई परिचालन गरी कृषि उद्योगको विकास गर्ने ।
पर्यटन उद्योगलाई टिकाई राख्न स्वदेशी संघ/संस्थामा कार्यरत कर्मचारीहरूलाई सरकारले अतिरिक्त खर्च दिई आन्तरिक पर्यटनमा प्रवर्द्धन गर्ने ।
विलासिताका र सानो समूहले प्रयोग गर्ने खालका वस्तुहरूमा आयात रोकी वैदेशिक मुद्रालाई व्यय हुनबाट जोगाउने ।
तीनै तहका सरकारहरूले गर्ने खर्चमा व्यापक कटौती गर्ने उपायहरू अवलम्वन गर्ने ।
व्याजदर र करको सहुलियतमार्फत उद्योग व्यवसाय र अन्य आर्थिक क्रियाकलापमा संलग्न हुन प्रोत्साहित गर्ने ।
मानव स्वास्थ्यलाई उच्च प्राथमिकता दिई सोही अनुरुपको नीतिनिर्माण गर्ने ।
कृषि उत्पादन, कृषिको व्यवसायीकरण, कृषिलाई केन्द्रमा राखी यसको Backward and Forward Linkages मा आउने समग्र कृषिजन्य औद्योगिक विकासमा केन्द्रित हुने ।
रोजगारीको दुष्चक्र (Vicious Circle of Unemployment) लाई तोड्ने ।
स्वदेशी उत्पादन तथा उद्योगको संरक्षण तथा आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने
घरेलु, साना उद्योगलाई प्राथमिकता, Smallis Beautiful को अवधारणालाई अंगिकार ।
नीतिनियमको प्रभावकारी कार्यान्वयनका लागि सुशासन र पारदर्शितामा जोड ।
कोविड-१९ ले विश्व अर्थतन्त्रको अवस्थामा नै संरचनात्मक परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याएको छ । परनिर्भरताभन्दा पनि आत्मानिर्भर अर्थतन्त्र निर्माण गर्न अबका दिनमा सोहीअनुरुपको पुँजी परिचालन, खर्चमा मितव्ययिता, रोजगारीका अवसर सिर्जना, स्वदेशी वस्तु उपभोग, स्थानीय कच्चापदार्थमा आधारित निर्यातमुखी उद्योगको स्थापनामा केन्द्रित भएर यसअघिका सम्पूर्ण नीतिहरूलाई पुनरावलोकन गर्दै राज्यले नयाँ नीति निर्माण गर्नुपर्ने ।
प्रभावलाई कम गर्न तत्काल सम्बोधन गर्नुपर्ने विषयहरूः
उद्योग व्यवसाय धारासायी हुनबाट बचाउन यस्ता उद्योगको चालु खर्च व्यवस्थापनका लागि सहुलियत दरमा कर्जा प्रवाहको व्यवस्था, विद्युतको डिमाण्ड शुल्कमा छुटलगायत अन्य कर महशुलमा छुटको व्यवस्था, बन्द अवधिको NO BUSINESS NO WORK HOW TO PAY ? को सिद्धान्त अनुसरण गर्दै श्रमिकहरूको पारिश्रमिक भुक्तानीमा सहजीकरण, लगायत stimulus package ल्याउनुपर्ने ।
अर्थतन्त्रमा नगद प्रवाहको अवस्थालाई कमी हुन नदिन विभिन्न नीतिहरूको अवलम्बन गर्नुपर्ने जस्तैः थप नगद प्रवाह गर्ने Additional Money Inject, स्थिति सामान्य नहुञ्जेल लगानी हुने आयको श्रोत नखोज्ने । संघ, प्रदेश र स्थानीय सरकारबाट पर्याप्त पुँजिगत खर्चहरू गरी तरलता अभावको सिर्जना हुन नदिने ।
उपभोक्ताको क्रयशक्तिमा कमी आउन नदिन, सार्वजनिक क्षेत्रमा व्यापक रोजगारका अवसरहरूको श्रृजना जस्तै कामका लागि खाद्यान्न जस्ता अल्पकालीन रोजगारीका कार्यक्रम सञ्चालन, छोटो अवधिमा प्रतिफल प्राप्त गर्न सकिने क्षेत्र पहिचान गरी त्यस्ता क्षेत्रमा लगानीलाई प्रोत्साहन गर्ने । जस्तै कृषि क्षेत्र
विलासिताका वस्तुहरू जस्तैः महंगा गाडी, मदिरा, फर्निचर, गरगहना, सुर्तीजन्य पदार्थ, महंगा मोबाइल फोन तथा अन्य ग्याजेट्सहरू आयातमा प्रतिबन्ध ।
स्वदेशी कच्चापदार्थमा आधारित वस्तुहरूको उत्पादनमा जोड त्यस्ता वस्तुहरूको निर्यातमा सहजीकरण ।
तत्काल रोजगारीका अवसरहरू सिर्जना गर्न सक्ने कृषि क्षेत्रको प्रोत्साहनका लागि प्याकेजका कार्यक्रमको घोषणा र अविलम्व कार्यान्वयनमा ल्याउने ।
आयात हुने कृषिजन्य वस्तुलाई प्रतिस्थापन गर्न त्यस्ता वस्तुको उत्पादनका लागि विशेष सहुलियत दरमा ऋण प्रवाह, व्यावसायिक उत्पादनका लागि कृषि उपकरण खरिदमा अनुदानको व्यवस्था तथा बिउ, बिजन, मलखाद खरिदमा सहजीकरण । | 2020/09/30 07:00:06 | https://www.koshionline.com/2020/05/05/196796.html | mC4 |
भोटको आशक्तिमा बजेटको 'ललिपप' « AayoMail
भोटको आशक्तिमा बजेटको 'ललिपप'
डा. सुमन खनाल
बिहीबार,२०,जेठ,२०७८ ०७:०९
दुई–दुईपटक संसद विघटन गरेको ओली सरकारले राष्ट्रपतिबाट अध्यादेश जारी गराइ आर्थिक वर्ष २०७८–७९ को बजेट सार्वजनिक गर्योे। बजेट ल्याउने चर्चा सुरु भएसँगै संविधानविद, अर्थशास्त्री, प्राध्यापक एवं तमाम बुद्धिजीविले यो सरकारले कानुनी र अर्थशास्त्रीय दुवै आधारमा पूर्णरूपको बजेट ल्याउन नमिल्ने तर्क जोडदार रूपमा उठाएका थिए। तर, आफैंलाई सर्वज्ञाता सम्झने मनोरोगले ग्रस्त हठी प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धिजीविहरूको कुरा सुन्न आवश्यक ठान्ने कुरै भएन। फेरि, जे जस्तो अध्यादेश लगे पनि मध्यरातमा हस्ताक्षर गरिदिने राष्ट्रपति भएपछि ओलीहठ कार्यान्वयनमा झनै सहज हुने भयो। परिणामस्वरूप अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ गते प्रधानमन्त्री निवास बालुवाटारबाटै बजेट वक्तव्य वाचन गरे।
अर्थ मन्त्रालयमा पनि संस्थागत रूपमा नभई चार–पाँचजनाको सानो कोटरीले निर्माण गरेको यो बजेट सारभूत रूपमा चुनाव केन्द्रित छ। सकभर अनेक कानुनी र राजनीतिक रूपमा खुराफाती गरेर सत्ता लम्ब्याइराख्ने र कथंकदाचित राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेश अनुकूल भएन भने चुनाव गराउँदा जनताले आफ्नै दललाई मत दिउन् भन्ने उद्देश्यबाट यो बजेटको निर्माण भएको देख्न सकिन्छ। यसले पूरै जनसंख्यालाई राहत दिएको देखाउन नै सबै ध्यान केन्द्रित गरेको स्पष्ट छ। बजेटले निजी क्षेत्र, पत्रकार, ज्येष्ठ नागरिक, सहकारी, निजामती, सुरक्षा निकाय, महिला स्वास्थ्य स्वयंसेविका तथा सामाजिक सुरक्षामा समेटिएका सबैलाई धेरथोर 'ललिपप' चटाउन खोजेको छ।
नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको हुबहु नक्कल गरेर खानेपानी र विद्युतका उपभोक्तालाई पनि शुल्क माफ गरिएको छ। यतिमात्र नभएर आफूहरूले चुनाव जित्नका लागि मतदातालाई प्रभाव पार्न प्रधानमन्त्री, अर्थमन्त्री, प्रदेशका मुख्यमन्त्रीलगायत चुनावी क्षेत्रमा स्रोत खन्याउने काम पनि भएको छ। दल फुटाएर पनि सत्ता टिकाउन सहयोग गरेवापत जनता समाजवादी पार्टी (जसपा) का नेता महन्थ ठाकुर पनि लाभान्वित हुने वर्गमा परेका छन्। उनकै अनुरोधमा महोत्तरीको जलेश्वरमा इन्जिनियरिङ कलेज स्थापना गर्न बजेट व्यवस्था गरिएको छ।
उद्देश्य र प्राथमिकताका आधारमा यस बजेटलाई मुख्यतः चार भागमा बाँडेर हेर्न सकिन्छ। कोरोना महामारी रोकथाम, कोरोना संक्रमणका कारण समस्यामा परेका उद्योग–व्यवसायलाई राहत, लोकप्रियता कमाउन सबै तह र तप्कालाइ स्रोतको भागबण्डा र विभिन्न कार्यक्रमका नाममा कार्यकर्ता पोस्न गरिएको स्रोतको सुनिश्चितता गर्ने कार्यक्रममा नै बजेटको समष्टि स्वरूप झल्किन्छ।
यसरी हेर्दा बजेटका केही राम्रा पक्ष पनि देखिन्छन्। तर, कस्ता कार्यक्रम कार्यान्वयन हुन्छन् र जुन बजेटमा लेखिए पनि कार्यान्वयन प्राथमिकतामा पर्दैनन् भन्ने विषयले वास्तविक अर्थ राख्ने हुन्छ। प्रधानमन्त्री ओलीकै सरकारले गत वर्षको बजेटमा पनि कोरोनालगायत सबै प्रकारका स्वास्थ्य जोखिमबाट नागरिकलाई सुरक्षित राख्ने पहिलो प्राथमिकतामा राखेको थियो। यसको कार्यान्वयन कसरी भयो हेर्न अक्सिजन र अस्पतालमा शय्या नपाएर दिनहुँ सयौंको संख्यामा नागरिकले ज्यान गुमाउनपरेको तथ्य काफी छ। यसमा थप विश्लेषणको आवश्यकता छैन। व्यवसायीलाई राहत दिने कुरामा निजी क्षेत्रले नै शंका गरिसकेको छ। बाँकी दुई क्षेत्रमा भने बजेट कार्यान्वयन हुनेमा शंका छैन।
प्रधानमन्त्री रोजगार, युवा स्वरोजगारजस्ता कार्यक्रम आफ्ना कार्यकर्ता परिचालन गर्न प्रयोग भएको र यसमा भ्रष्टाचार व्याप्त रहेको टिप्पणी भइरहँदा यिनै शीर्षकमा थप बजेट विनियोजन गरेको पाइन्छ। गरिबी निवारण कोष खारेजी गरेर त्यसमा रहेको १९ अर्ब रुपैयाँ सहकारीको बीऊ पुँजीका रूपमा उपयोग गरी गरिबी निवारण कार्यक्रममा खर्च गरिने उल्लेख छ। यद्यपि, यसको उपयोग पारदर्शी ढंगबाट हुनेमा आशंका छ। अर्थ मन्त्रालयले अंशबण्डाका रूपमा कुटिल नियतसाथ ८३ अर्बबराबरको बजेट विविध शीर्षकमा राखिएको छ जसको ठूलो अंश चुनावलाई प्रभाव पार्न खर्च गरिने छ।
बजेटको आकार गत वर्षको तुलनामा करिब १२ प्रतिशतले वृद्धि गरी १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ पुर्याइएको छ। यसमा ६१ प्रतिशत चालू खर्च, २६ प्रतिशत पुँजीगत खर्च र वित्तीय व्यवस्थामा करिब १३ प्रतिशत खर्च गर्ने गरी बजेट प्रस्तुत भएको छ। चालू आर्थिक वर्षको पुँजीगत बजेट खर्चको स्थिति हेर्दा बढीमा ७० प्रतिशतहाराहारीमा खर्च हुनसक्ने देखिन्छ। यसलाई आधार मान्ने हो भने करिब ३ खर्बमात्र पुँजीगत खर्च हुने देखिन्छ।
गत वर्ष 'विद्वान' अर्थमन्त्री डा. युवराज खतिवडाले सात प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राख्दा राष्ट्रियसभाका एक सदस्यले उक्त लक्ष्य हासिल भए आफूले राजनीति नै छाडिदिने उद्घोष बजेट छलफलका क्रममा गरेका थिए। डा. मन्त्रीले यसलाई गम्भीरतापूर्वक लिएनन्। वर्षान्तमा आर्थिक वृद्धिले २.५ प्रतिशतको दरलाई पनि भेट्टाउन सकेन। माननीयले आर्थिक वृद्धिको प्रक्षेपण वास्तविक भएन भनेर तथ्यगत आधारमा प्रश्न उठाइरहँदा मन्द मुस्कान दिएर सभाहलमा बसेका खतिवडा हाल अमेरिकाका राजदूत भएका छन्। २.३ प्रतिशतको आर्थिक वृद्धि हुने परिवेशमा पनि सात प्रतिशतको सपना देखाएर एक वर्ष भए पनि वाहवाही कमाउन सफल गराएवापत पुरस्कारकै रूपमा खतिवडाको यो नियुक्तिलाई लिन सकिन्छ। यसबाट नेपालका कम्युनिस्टहरू क्षणिक सपना देखाएर जनतालाई भ्रममा पार्ने र पछि कुनै बहाना बनाएर त्यसको प्रतिरक्षा गर्न माहिर छन् भन्ने देखिन्छ। प्रक्षेपित गार्हस्थ उत्पादनका दृष्टिमा अहिलेको बजेटलाई पनि त्यसैको एउटा शृंखलाका रूपमा लिन सकिन्छ।
बजेटको स्रोत हेर्ने हो भने पनि कुनै विश्वासिलो आधार भेटिँदैन। बजेटको ६२ प्रतिशत अंश राजस्वबाट बेहोरिने भनिएको छ जुन १० खर्ब २४ अर्ब हुन आउँछ। चालू आर्थिक वर्ष ९ खर्ब उठ्ने सम्भावना नदेखिएको राजस्वले यो लक्षलाई कसरी हासिल गर्ला? सेवा क्षेत्रमा पूरै छुट (१ प्रतिशतमात्र कर लाग्ने), सहकारीमा ऋण तथा बचत सहकारीलाई मात्र कर्पोरेट दरको आधा कर लगाउने गरिएकोमा सबै सहकारीलाई आधा कर लाग्ने व्यवस्था, मूल्य अभिवृद्धि कर (भ्याट) मा अनिवार्य दर्ताको व्यवस्था हटाउनुका साथै छुटमा थप वस्तु तथा सेवा समावेश गरेको अवस्था र साना व्यवसायीलाई लाग्ने करमा ९० प्रतिशतसम्म छुट दिनेजस्ता व्यवस्थाका साथ १० खर्ब राजस्व उठाउने लक्ष्य चुनौतीपूर्ण छ। करको दर परिवर्तन र प्रणाली सुधारबाट मात्र ७२ अर्ब थप राजस्व संकलन गर्ने भनिए पनि सुर्तीजन्य पदार्थ र मदिरामा लाग्ने अन्तःशुल्कबाहेक करका दरमा परिवर्तन नभएकाले पनि यो लक्ष प्राप्त हुनेमा शंका गर्न सकिन्छ।
त्यसैगरी बजेटको स्रोतका रूपमा वैदेशिक ऋण र अनुदान गरेर ३ खर्ब ७२ अर्ब परिचालन गरिने उल्लेख छ। यो आफंैमा असम्भव छ। नेपालको अहिलेसम्मकै वैदेशिक सहायता प्राप्तिको इतिहास हेर्ने हो भने सबैभन्दा बढी सहायता प्राप्त भएको भनिएको १ खर्ब ४७ अर्ब हो। आर्थिक वर्ष २०७२–७३ देखि २०७६–७७ सम्म पाँच वर्षको औसत वैदेशिक सहायता प्राप्ति १ खर्ब १८ अर्ब भएको अर्थ मन्त्रालयले वार्षिक रूपमा प्रकाशन गर्ने आर्थिक सर्वेक्षणबाट स्पष्ट हुन्छ।
नेपालले अनुरोध गरेकै आधारमा अमुक आर्थिक वर्षमा वैदेशिक सहायता बढाउन पनि सकिन्न। किनकि, हरेक दातृ निकायले हाम्रो खर्च गर्न सक्ने क्षमता, उनीहरूको आर्थिक अवस्था र अन्य मुलुकलाई गर्नुपर्ने सहायतासमेतका आधारमा नेपाललाई दिने सहायता एक वर्षअघि नै निश्चित गरिसकेका हुन्छन्। युवराज खतिवडा अर्थमन्त्री भएलगत्तै प्रधानमन्त्री ओलीलाई खुसी पार्न १० ठूला आयोजनाका लागि १० खर्ब वैदेशिक सहायता लिने र यी आयोजना कार्यान्वयनबाट मुलुकको अर्थतन्त्रले 'टेक अफ' गर्ने रणनीति सुनाए। यसका लागि उनले भरमग्दुर प्रयास पनि गरे। वासिङटन डिसीस्थित विश्व बैकको केन्द्रीय कार्यालयमा 'नेपाल डे' कार्यक्रम नै राखेर उनले ओलीको सपना त्यहाँका अधिकारीहरूलाई सुनाए। तर, त्यहाँबाट एक डलर थप सहायता ल्याउन सकेनन्। अर्थ मन्त्रालयका विश्वासपात्र कर्मचारीको दलबलसहित गएका खतिवडा गोराहरूसँग सेल्फी खिचेर रित्तो हात फर्किएको यथार्थ अहिलेका अर्थमन्त्रीलाई पनि कर्मचारीहरूले सुनाएकै हुनुपर्ने हो।
वैदेशिक सहायताका सन्दर्भमा चालू आर्थिक वर्षको वैशाखसम्ममा करिब २ खर्बको प्रतिबद्धता प्राप्त भएको बजेट वक्तव्यमा उल्लेख छ। यसको मतलब बाँकी दुई महिनामा करिब १ खर्ब ७२ अर्बको प्रतिबद्धता ल्याउन सक्नुपर्छ। एकातर्फ, यो असम्भवप्रायः देखिन्छ भने अर्कोतर्फ प्रतिबद्धता र वास्तविक प्राप्तिमा ठूलो अन्तर रहने गरेको अर्थ मन्त्रालयकै तथ्यांकबाट देखिन्छ। वैशाखसम्मको प्रतिबद्धतामा पनि शंका गर्नुपर्ने अवस्था छ। दातृ निकायगत विवरण माग गरेर २ खर्बको हिसाब हेर्ने हो भने यथार्थ तस्बिर देखिन्छ।
खर्च बेहोर्ने अर्को स्रोत भनेको आन्तरिक ऋण हो। यो बजेटले आन्तरिक ऋणबाट २ खर्ब ५० अर्ब बेहोर्ने भनेको छ। यस प्रकारको स्रोत व्यवस्थापन मुख्यतः दुई कारणले सजिलो छैन। पहिलो, कानुनले कूल गार्हस्थ उत्पादन (जिडिपी) को पाँच प्रतिशतभन्दा बढी ऋण उठाउन बन्देज गरेको छ। २०७६–७७ को करिब ३९ खर्बको जिडिपीलाई आधार मान्दा १ खर्ब ९५ अर्ब आन्तरिक ऋण उठाउन कनुनतः मिल्ने देखिन्छ। यो प्रस्तावित आन्तरिक ऋणभन्दा करिब ५५ अर्बले कम हुन्छ। दोस्रो, आन्तरिक ऋणले उत्पादन र उपभोक्ताको खर्च गर्ने क्षमता (कन्जुमर स्पेन्डिङ) दुवैमा नकारात्मक असर गर्दछ। त्यसैले आन्तरिक ऋण स्रोत पु¥याउनकै लागि उठाउनेभन्दा पनि समग्र आर्थिक क्रियाकलापमा नकारात्मक असर नपर्ने गरी उठाउनुपर्दछ।
बजेटका प्राथमिकता, विनियोजनको छरपष्टता र खर्च बेहोर्ने स्रोतका आधारमा हेर्दा यो बजेट अवास्तविक, कार्यान्वयन योग्य नभएको र लक्षित उद्देश्य प्राप्त गर्न नसक्ने बजेटका रूपमा आएको छ। जनतालाई ललिपप चटाएर ठूलो हिस्सा दलका कार्यकर्तामा परिचालन गरी चुनाव जित्ने निहित उद्देश्य बजेटले लिएको देखिन्छ। आर्थिक वृद्धि र समग्र आर्थिक स्थायित्वका दृष्टिकोणबाट मात्र नभई अर्थतन्त्रको समन्यायिक वितरणका दृष्टिकोणबाट पनि यसलाई उल्लेखनीय मान्न सकिन्नँ। | 2021/06/25 04:21:15 | https://aayomail.com/khabar/42380/ | mC4 |
काठमाडौं, चैत ३० गते । थारु समुदायको पहिचान तथा संबैधानिक अधिकारको विषयमा थारु आयोगले थारु आगुवाहरुसँग छलफल गरेको छ । कार्यक्रममा थारु समुदायले लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ खेलेको भूमिका र प्राप्त गरेको उपलब्धीको समीक्षा गर्नुभएको छ ।
थारु अगुवा कुछतनारायण चौधरीले कार्यपत्र प्रस्तुत गर्दै सरकार निर्वाचनमा केन्द्रीत रहेकाले थारुको हक, अधिकारी र संविधानमा भएको व्यवस्थासम्बन्धी जानकारी दिनुभयो । भाषा आयोगको प्रतिवेदनमा भाषा सिफारिस र थारु मातृभाषाका लागि गरेका पहलबारे पनि उहाँले जानकारी दिनुभयो । राज्यको हरेक परिवर्तनमा आदिबासी थारुले खेलेको भूमिकाको तुलनामा अधिकार प्राप्त नभएको उहाँको भनाई छ ।
थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा थारु कल्याणकरिणी सभाका महामन्त्री प्रेमीलाल चौधरी, थारु आयोगका सदस्य सुवोधसिंह थारु, भोलाराम चौधरी, शन्ति मोदी, थाकसका केन्द्रीय सदस्य मानबहादुर चौधरीलगायतको उपस्थिति थियो । | 2022/05/16 09:37:42 | https://beta.gorkhapatraonline.com/open/2022-04-13-62054 | mC4 |
तपाईले आफ्नो सार्वजनिक IP ठेगाना, देश र इन्टरनेट प्रदायक मेरो IP ठेगाना उपकरण के हो भनेर पत्ता लगाउन सक्नुहुन्छ। IP ठेगाना के हो? IP ठेगानाले के गर्छ? यहाँ पत्ता लगाउनुहोस्।
तपाईको आईपी ठेगाना
इन्टरनेट प्रदायक: TurkTelecom
कम्पनीको नाम: AS9121 Turk Telekomunikasyon Anonim Sirketi
IP ठेगाना के हो?
IP ठेगानाहरू अद्वितीय ठेगानाहरू हुन् जसले इन्टरनेट वा स्थानीय नेटवर्कमा जडान भएका यन्त्रहरू पहिचान गर्छन्। यो संख्या को क्रम को एक प्रकार छ। त्यसोभए, वास्तवमा "डोरी" भनेको के हो? आईपी शब्द; अनिवार्य रूपमा इन्टरनेट प्रोटोकल शब्दहरूको आद्याक्षरहरू समावेश गर्दछ। इन्टरनेट प्रोटोकल; यो इन्टरनेट वा स्थानीय नेटवर्क मार्फत पठाइएका डेटाको ढाँचालाई नियन्त्रण गर्ने नियमहरूको संग्रह हो।
आईपी ठेगानाहरू; यसलाई सामान्य र लुकेको दुई भागमा विभाजन गरिएको छ। उदाहरणका लागि, घरबाट इन्टरनेटमा जडान गर्दा, तपाईंको मोडेममा सार्वजनिक IP छ जुन सबैले देख्न सक्छन्, जबकि तपाईंको कम्प्युटरमा लुकेको IP छ जुन तपाईंको मोडेममा स्थानान्तरण हुनेछ।
तपाईले आफ्नो कम्प्युटर र अन्य उपकरणहरूको IP ठेगाना क्वेरी गरेर पत्ता लगाउन सक्नुहुन्छ। निस्सन्देह, IP ठेगाना क्वेरीको परिणामको रूपमा; तपाइँ कुन इन्टरनेट सेवा प्रदायकमा जडान हुनुहुन्छ र तपाइँ कुन नेटवर्क प्रयोग गरिरहनु भएको छ भनेर पनि हेर्न सक्नुहुन्छ। IP ठेगाना म्यानुअल रूपमा सोध्न सम्भव छ, अर्कोतर्फ, त्यहाँ यस कामको लागि विकसित उपकरणहरू छन्।
IP ठेगानाको अर्थ के हो?
IP ठेगानाहरूले नेटवर्कमा कुन यन्त्रबाट कुन यन्त्रमा सूचना जान्छ भनेर निर्धारण गर्दछ। यसले डाटाको स्थान समावेश गर्दछ र सञ्चारको लागि उपकरण पहुँचयोग्य बनाउँछ। इन्टरनेटमा जडान भएका यन्त्रहरू, विभिन्न कम्प्युटरहरू, राउटरहरू र वेबसाइटहरूलाई एकअर्काबाट अलग गर्न आवश्यक छ। यो IP ठेगानाहरू द्वारा पूरा हुन्छ र इन्टरनेटको सञ्चालनमा एक आधारभूत सिद्धान्त बनाउँछ।
व्यावहारिक रूपमा "आईपी ठेगाना के हो?" प्रश्नको जवाफ पनि यसरी दिन सकिन्छ: IP; यो इन्टरनेटमा जडान भएका यन्त्रहरूको पहिचान नम्बर हो। इन्टरनेटमा जडान भएका प्रत्येक उपकरण; कम्प्युटर, फोन, ट्याब्लेटमा आईपी छ। यसरी, तिनीहरू नेटवर्कमा एक अर्काबाट अलग गर्न सकिन्छ र आईपी मार्फत एक अर्कासँग कुराकानी गर्न सकिन्छ। एक आईपी ठेगाना डट्स द्वारा विभाजित संख्या को एक श्रृंखला समावेश गर्दछ। जबकि IPv4 ले परम्परागत IP संरचना गठन गर्दछ, IPv6 ले धेरै नयाँ IP प्रणाली प्रतिनिधित्व गर्दछ। IPv4; यो लगभग 4 बिलियन IP ठेगानाहरूको संख्यामा सीमित छ, जुन आजको आवश्यकताहरूको लागि पर्याप्त अपर्याप्त छ। यस कारणका लागि, 4 हेक्साडेसिमल अंकहरू समावेश गरी IPv6 को 8 सेटहरू विकसित गरिएका छन्। यो आईपी विधिले आईपी ठेगानाहरूको धेरै ठूलो संख्या प्रदान गर्दछ।
IPv4 मा: अंकका चार सेटहरू उपलब्ध छन्। प्रत्येक सेटले 0 देखि 255 सम्म मान लिन सक्छ। त्यसैले, सबै आईपी ठेगानाहरू; यो ०.०.०.० देखि २५५.२५५.२५५.२५५ सम्म हुन्छ। अन्य ठेगानाहरूले यस दायरामा विभिन्न संयोजनहरू समावेश गर्दछ। अर्कोतर्फ, IPv6 मा, जुन अपेक्षाकृत नयाँ छ, यो ठेगाना संरचनाले निम्न रूप लिन्छ; 2400:1004:b061:41e4:74d7:f242:812c:fcfd।
इन्टरनेट सेवा प्रदायकहरूमा कम्प्युटरहरूको नेटवर्क (डोमेन नाम सर्भर - डोमेन नेम सर्भर (DNS)) कुन डोमेन नाम कुन आईपी ठेगानासँग मेल खान्छ भन्ने जानकारी राख्छ। त्यसोभए जब कसैले वेब ब्राउजरमा डोमेन नाम प्रविष्ट गर्दछ, यसले त्यो व्यक्तिलाई सही ठेगानाहरूमा निर्देशित गर्दछ। इन्टरनेटमा ट्राफिकको प्रशोधन यी आईपी ठेगानाहरूमा सीधा निर्भर हुन्छ।
IP ठेगाना कसरी पत्ता लगाउने?
प्रायः सोधिने प्रश्नहरू मध्ये एक हो "आईपी ठेगाना कसरी फेला पार्ने?" राउटरको सार्वजनिक आईपी ठेगाना पत्ता लगाउने सबैभन्दा सजिलो तरिका गुगलमा "मेरो आईपी के हो" हो? गुगलले यो प्रश्नको उत्तर माथि नै दिनेछ।
लुकेको IP ठेगाना पत्ता लगाउने प्लेटफर्ममा निर्भर गर्दछ:
ब्राउजरमा
softmedal.com साइटमा "मेरो IP ठेगाना के हो" उपकरण प्रयोग गरिन्छ।
यो उपकरण संग, तपाईं सजिलै संग आफ्नो सार्वजनिक आईपी ठेगाना पत्ता लगाउन सक्नुहुन्छ।
विन्डोज मा
कमाण्ड प्रम्प्ट प्रयोग गरिन्छ।
खोज क्षेत्रमा "cmd" आदेश टाइप गर्नुहोस्।
देखा पर्ने बाकसमा, "ipconfig" लेख्नुहोस्।
MAC मा:
प्रणाली प्राथमिकताहरूमा जानुहोस्।
नेटवर्क चयन गरिएको छ र IP जानकारी देखा पर्दछ।
iPhone मा
सेटिङहरूमा जानुहोस्।
Wi-Fi चयन गरिएको छ।
तपाई जुन नेटवर्कमा हुनुहुन्छ त्यसको छेउमा रहेको सर्कलमा रहेको "i" मा क्लिक गर्नुहोस्।
IP ठेगाना DHCP ट्याब अन्तर्गत देखिन्छ।
साथै, यदि तपाइँ अरू कसैको आईपी ठेगाना फेला पार्न चाहनुहुन्छ भने; वैकल्पिक मार्गहरू मध्ये सबैभन्दा सजिलो; यो Windows उपकरणहरूमा आदेश प्रम्प्ट विधि हो।
Windows र R कुञ्जीहरू एकै समयमा थिचेर र खोलिएको फिल्डमा "cmd" आदेश टाइप गरेपछि "Enter" कुञ्जी थिच्नुहोस्।
देखा पर्ने कमाण्ड स्क्रिनमा, "पिंग" कमाण्ड र तपाईंले हेर्न चाहनुभएको वेबसाइटको ठेगाना लेख्नुहोस्, र त्यसपछि "इन्टर" कुञ्जी थिच्नुहोस्। आखिर, तपाईले ठेगाना लेख्नु भएको साइटको आईपी ठेगानामा पुग्न सक्नुहुन्छ।
IP कसरी सोध्ने?
IP ठेगानाको ठेगानाको भौगोलिक स्थान निर्धारण गर्नको लागि, तपाईंले "ip query" विधि प्रयोग गर्न सक्नुहुन्छ। अनुसन्धान परिणाम; सान्दर्भिक शहर, क्षेत्र, जिप कोड, देशको नाम, ISP, र समय क्षेत्र दिन्छ।
भर्चुअल ठेगाना स्थान भन्न सकिने IP ठेगानाबाट मात्र सेवा प्रदायक र क्षेत्र सिक्न सम्भव छ। त्यो हो, घरको ठेगाना आईपी कोडहरू द्वारा स्पष्ट रूपमा फेला पार्न सकिँदैन। साइटको आईपी ठेगानाको साथ, यो कुन क्षेत्रबाट इन्टरनेटमा जडान हुन्छ भनेर मात्र निर्धारण गर्न सकिन्छ; तर तपाईले सही स्थान फेला पार्न सक्नुहुन्न।
त्यहाँ धेरै वेबसाइटहरू छन् जहाँ तपाइँ IP सोध्न सक्नुहुन्छ। Softmedal.com मा "मेरो आईपी ठेगाना के हो" उपकरण ती मध्ये एक हो।
IP ठेगाना कसरी परिवर्तन गर्ने?
अर्को बारम्बार सोधिने प्रश्न "कसरी आईपी ठेगाना परिवर्तन गर्ने?" प्रश्न छ। यो प्रक्रिया 3 तरिकामा गर्न सकिन्छ।
1. विन्डोज मा आदेश संग आईपी परिवर्तन
स्टार्ट बटन थिच्नुहोस्।
Run मा क्लिक गर्नुहोस्।
खोलिएको बक्समा "cmd" आदेश टाइप गर्नुहोस् र इन्टर थिच्नुहोस्।
खुल्ने विन्डोमा "ipconfig / रिलीज" टाइप गर्नुहोस् र इन्टर थिच्नुहोस्। (अवस्थित आईपी कन्फिगरेसन सञ्चालनको परिणामको रूपमा जारी गरिएको छ)।
प्रक्रियाको परिणाम स्वरूप, DHCP सर्भरले तपाइँको कम्प्युटरमा नयाँ आईपी ठेगाना प्रदान गर्दछ।
2. कम्प्युटर मार्फत आईपी परिवर्तन
तपाईले आफ्नो आईपी ठेगाना कम्प्युटरमा विभिन्न तरिकामा परिवर्तन गर्न सक्नुहुन्छ। सबैभन्दा सामान्य विधि; भर्चुअल निजी नेटवर्क (भर्चुअल निजी नेटवर्क) VPN प्रयोग गर्न हो। VPN ले इन्टरनेट जडान इन्क्रिप्ट गर्दछ र तपाइँको छनौट गरिएको स्थानमा सर्भर मार्फत मार्ग प्रदान गर्दछ। त्यसैले नेटवर्कमा भएका यन्त्रहरूले VPN सर्भरको IP ठेगाना देख्छन्, तपाईंको वास्तविक IP ठेगाना होइन।
VPN को प्रयोगले तपाईलाई सुरक्षित वातावरण दिन्छ, विशेष गरी यात्रा गर्दा, सार्वजनिक Wi-Fi जडान प्रयोग गर्दा, टाढाबाट काम गर्दा, वा केहि गोपनीयता चाहानुहुन्छ। VPN को प्रयोगको साथ, केहि देशहरूमा पहुँच गर्न बन्द गरिएका साइटहरू पहुँच गर्न पनि सम्भव छ। VPN ले तपाईंलाई सुरक्षा र गोपनीयता दिन्छ।
एक VPN सेट अप गर्न;
आफ्नो रोजाइको VPN प्रदायकसँग साइन अप गर्नुहोस् र एप डाउनलोड गर्नुहोस्।
एप खोल्नुहोस् र आफ्नो देशमा सर्भर छान्नुहोस्।
यदि तपाइँ अवरुद्ध साइटहरू पहुँच गर्न VPN प्रयोग गर्न जाँदै हुनुहुन्छ भने, तपाइँले रोजेको देश अनब्लक छ भनेर सुनिश्चित गर्नुहोस्।
तपाईंसँग अब नयाँ आईपी ठेगाना छ।
3. मोडेम मार्फत आईपी परिवर्तन
सामान्य आईपी प्रकारहरू; स्थिर र गतिशील मा विभाजित। स्थिर आईपी सधैं निश्चित छ र प्रशासक द्वारा म्यानुअल रूपमा प्रविष्ट गरिएको छ। डायनामिक आईपी, अर्कोतर्फ, सर्भर सफ्टवेयर द्वारा परिवर्तन गरिएको छ। यदि तपाईले प्रयोग गरिरहनु भएको आईपी स्थिर छैन भने, तपाइँसँग मोडेम अनप्लग गरेपछि, केहि मिनेट पर्खिएर र यसलाई पुन: प्लग इन गरेपछि नयाँ आईपी ठेगाना हुनेछ। कहिलेकाहीँ ISP ले उही आईपी ठेगाना बारम्बार दिन सक्छ। मोडेम जति लामो समयसम्म अनप्लग रहन्छ, नयाँ IP प्राप्त गर्ने सम्भावनाहरू उति नै बढी हुन्छ। तर यदि तपाईले स्थिर आईपी प्रयोग गर्दै हुनुहुन्छ भने यो प्रक्रियाले काम गर्दैन, तपाईले आफ्नो आईपी म्यानुअल रूपमा परिवर्तन गर्नुपर्नेछ।
एक आईपी विवाद के हो?
समान नेटवर्कमा जडान गरिएका IP ठेगानाहरू अद्वितीय हुनुपर्छ। एउटै नेटवर्कमा कम्प्युटरहरू एउटै आईपी ठेगानाको साथ पहिचान गरिएको स्थितिलाई "आईपी द्वन्द्व" भनिन्छ। यदि त्यहाँ आईपी विवाद छ भने, उपकरण बिना समस्या इन्टरनेटमा जडान गर्न सक्दैन। नेटवर्क जडान समस्या उत्पन्न हुन्छ। यो अवस्था सच्याउन जरुरी छ । एउटै आईपी ठेगाना बोकेर नेटवर्कमा विभिन्न उपकरणहरू जडान गर्दा समस्या सिर्जना हुन्छ र यसले आईपी द्वन्द्वको समस्या सिर्जना गर्दछ। जब त्यहाँ द्वन्द्व हुन्छ, यन्त्रहरूले एउटै नेटवर्कमा काम गर्न सक्दैनन् र त्रुटि सन्देश प्राप्त हुन्छ। IP द्वन्द्व मोडेम रिसेट गरेर वा म्यानुअल रूपमा IP पुन: असाइन गरेर समाधान गरिन्छ। अलग आईपी ठेगाना भएका यन्त्रहरूले कुनै पनि समस्या बिना फेरि काम गर्नेछन्। | 2022/07/02 07:22:38 | https://ne.softmedal.com/tools/what-is-my-ip-address/ | mC4 |
गणतन्त्र लोकतान्त्रिक आन्दोलनको सर्वोच्च उपलब्धि : प्रधानमन्त्री (पूर्णपाठ) – नेपाल टेलिभिजन
गृह पृष्ठ/विचार/गणतन्त्र लोकतान्त्रिक आन्दोलनको सर्वोच्च उपलब्धि : प्रधानमन्त्री (पूर्णपाठ)
गणतन्त्र लोकतान्त्रिक आन्दोलनको सर्वोच्च उपलब्धि : प्रधानमन्त्री (पूर्णपाठ)
केपी शर्मा ओली १५ जेष्ठ २०७८, १०:०४
आज सिङ्गो मानव समुदाय कोरोना महामारी विरूद्ध कठीन सङ्घर्षमा जुटेको छ । हाम्रो पुस्ताले भोग्नु परेको सर्वाधिक ठूलो चुनौतीका रूपमा देखिएको यस महामारीबाट जनताको जीवन रक्षा गर्न हामीले कुनै पनि सम्भव प्रयासहरु अघि बढाएका छौँ । यसले हाम्रा कार्यपद्दतिहरू, प्राथमिकताहरू, स्वभाव र जीवनशैलीलाई चुनौति दिएको छ। यो महामारी अकस्मात आएकाले संसारका कुनै पनि देशमा यसको पूर्वतयारी थिएन।मौजुदा स्वास्थ्य संरचनाको क्षमताले सम्पूर्ण समस्यालाई सम्बोधन गर्न सबैलाई हम्मेहम्मे नै पर्यो । हामीले करिब शून्य अवस्थाको स्वास्थ्य संरचना र पूर्वाधारलाई यसैबीचमा व्यवस्थित गरी आइपरेको संकटसँग जुध्नु पर्यो। अहिले त दोस्रो/तेस्रो लहरका रूपमा मानव स्वास्थ्यलाई चुनौति दिई भाइरसका नयाँ स्वरूपसमेत देखा परिरहेका छन् ।
यस अवधिमा हाम्रा हरेक प्रयास लोकतान्त्रिक गणतन्त्रलाई जीवनपद्दतिका रुपमा स्थापित गराई शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन, नयाँ संविधान कार्यान्वयन गर्न, संक्रमणकालको अन्त्य गरी गणतन्त्रलाई संस्थागत गर्न र विकासको यात्रालाई अघि बढाउन केन्द्रित रहेका छन्। यस अवधिमा चेतनाको संस्थागत विकाससँगै विकास र समृद्धिका सपनाहरूले पनि साकार रूप लिन थालेका छन्। जनताले आफूलाई शासन गर्ने, आफ्ना प्रतिनिधि आफै चयन गर्ने र आफ्नै सहभागितामास्वतन्त्र ढङ्गले विकास गर्ने पद्दति बसालिएको छ। राष्ट्रको सार्वभौम अभ्यासले नवस्थापित गणतान्त्रिक प्रणालीलाई मजबुत पार्दै राष्ट्रले अन्तर्राष्ट्रिय रुपमा समेत भिन्न पहिचान बनाएको छ।
लोकतन्त्र जनताको जीवनमा बाँच्नुपर्ने प्रणाली हो। जनताको जीवनबाट यसलाई अलग गरेर केही व्यक्ति विशेषको स्वार्थसिद्धिका लागि उनीहरुलाई उपभोक्ता बनाई शासन अवधिको बाँडफाँड तथा उपभोगका रुपमा अर्थ्याउने विसङ्गत परिभाषा यसका लागि हानीकारक छ। यो जनताको सार्वभौम अधिकार हो, जसलाई जनताले निर्वाचन मार्फत अभ्यास गर्दछन्। जनता बाहेक कुनै पनि तागतले कसैलाई सत्ताको केन्द्रमा पुर्याउने र कसैलाई सत्ताबाट खसाल्ने परिभाषा र अभ्यासलाई लोकतान्त्रिक गणतन्त्रले आत्मसात गर्न सक्दैन। हाम्रो गणतन्त्रले प्रणालीका छिद्रहरु खोजेर कसैलाई सत्तामा चढाउने र कसैलाई झार्ने खेलमा समय व्यतीत गर्ने होइन, गरिबी र पछौटेपन विरूद्धको लडाईँ जित्नुपर्ने छ। जनता मजबुत हुँदा स्वतः लोकतन्त्र मजबुत हुने प्रत्याभूतिको बाटोमा हामी छौँ। राजनीतिक झगडा÷लडाईंका मुख्य विषयमा जनतालाई न्यायाधीश बनाएर जनताको अभिमतलाई सर्वोपरी मान्दै अग्रसर रहन म सबैलाई आग्रह गर्न चाहन्छु। | 2021/06/25 12:20:32 | https://nepaltvonline.com/2021/05/25829/ | mC4 |
अमेरिकाबाट उ हरेक दिन साँझको समयमा फोन गर्थी । उता भने मिर्मिरे उज्यालो भई रहेको हुँदो रहेछ । भन्थि म बिहानै हजुरसंग बोले भने मेरो दिन राम्रोे हुन्छ । अन्त्यमा भन्ने गर्थि 'थ्याङ्क्यु फर मेकिङ माइ मर्निङ गुड'..
हाम्रा गफहरु निरन्तर चलिरहन्थे । सधै सधै उस्तै खालको हामी विवाह गर्ने, विवाह पधि विश्व भ्रमणमा जाने, एउटा फुटवल टिम जन्माउने । र रिटायर्ड लाइफपछिको जीवन नेपालमा नै विताउने । मेरो, चियामा चिनी खाने बानी थिएन, त्यो कुरा उसलाई पनि थाहा थियो । एक दिन फोनमा कुरा गर्दा गर्दै आमाले चिया मेरो अगाडी ल्याएर राखिदिनु भयो । म चियाको चुस्कीमा उसको गफ सुनिरहेको थिए ।
'मेरो घरमा मलाई माग्न आएको दिन चियामा चिनि हालेर दिन्छु अनि मान्छेको अगाडी त्यो चिया फल्नु हुन्छ की खानुहुन्छ ?'
उ मेरो कुरा सुनेर मज्जाले हाँसी ।..... क्रमश: हामी यो कथाको अर्को भाग आगामी मंगलबार प्रकाशित गर्नेछौ ।
दुबई । आबुधाबीस्थित नेपाली दूतावासले रोजगारीको लागि भिजिट भिसामा यूएई नआउन आग्रह गरेको छ । नेपालबाट पछिल्लो समय भिजिट भिसामा यूएई आउने क्रम बढेपछि दूतावासले त्यसो नगर्न आग्रह गरेको हो।
पछिल्लो समय भिजिट भिसामा आउने नेपाली ठगीमा परेको, रोजगारी नपाएर अलपत्र परेको तथा अन्य विभिन्न अप्ठ्यारोमा गूनासो बढेको भन्दै दूतावासले सचेत गराएको छ ।
भिजिट भिसामा आएर रोजगारी गर्नु कानून विपरीत हो। वैदेशिक रोजगार ऐन २०६४ र वैदेशिक नियमावली २०६४ ले श्रम स्वीकृति लिएर मात्रै वैदेशिक रोजगारीमा जाने व्यवस्था गरेको छ । श्रम स्वीकृति नलिइ भिजिट भिसामा वा अन्य भिसामा गएर काम गर्ने कानूनी व्यवस्था छैन ।
यसरी भिजिट भिसामा आउने क्रममा विभिन्न किसिमका ठगीमा पर्ने, भिजिट भिसामा बोलाउनेले नै अलपत्र पारिदिने र मानव तस्करको सञ्जालसम्म पुग्ने जोखिम हुनसक्ने दूतावासले जनाएको छ।
यस्तै भिजिट भिसामा गएर काम गर्ने क्रममा अलपत्र परेको वा समस्यामा परेको खण्डमा म्यानपावर कम्पनी वा सरकारी निकाय पनि जिम्मेवार नहुने भएकाले काम गर्ने उद्देश्य हो भने श्रम स्वीकृति लिएर मात्र आउन दूतावासले आग्रह गरेको छ। | 2021-03-02T01:06:10Z | https://rajdhanidaily.com/id/21806/ | OSCAR-2109 |
पूर्वाधार निर्माणसम्बन्धी बजेट भौगोलिकरुपमा समावेशी छः मन्त्री महासेठ |
कर्पोरेट नेपाल , २२ असार २०७६, आईतवार २२ असार २०७६, आईतवार
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पूर्वाधार निर्माणसम्बन्धी बजेट भौगोलिकरुपमा समावेशी भएको बताए । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७६ अन्तर्गत मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले मन्त्रालयले सङ्घ, प्रदेश र स्थानीय तहबीचमा तालमेल मिलाउन समन्वयको प्रयास शुरु गरेको हो ।
मन्त्री महासेठले निजगढ–काठमाडौँ द्रुतमार्गको विस्तृत परियोजना प्रस्ताव (डिपिआर) को काम छिट्टै हुने प्रतिबद्धता जनाए। गीत सङ्गीतको राजस्व कुनै सवारी साधनले तिरे पनि धेरै सवारी साधनले नतिरेको बताउँदै उहाँले राजस्व बुझाउने कार्यलाई अझै व्यवस्थित गर्न लागिएको जानकारी दिए ।
राष्ट्रिय गौरवका ८० योजना पूरा गर्ने लक्ष्य छ भन्दै उहाँले प्रदेश नं एक र दुई माभन्दा छ र सात मा नै बढी बजेट रहेको जिकिर गरे । हुलाकी राजमार्गमा करीब ८० पुल निर्माण भइसकेको, मध्यपहाडी राजमार्ग द्रुतगतिमा अघि बढेको, मदन भण्डारी राजमार्गको हेटौँडा–धरान खण्डको काम अन्तिम चरणमा पुगेको मन्त्री महासेठले बताए ।
रसुवागढी र ठोरी सडकखण्ड दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिँदै उहाँले एक वर्षभित्र काठमाडौँको सडकलाई व्यवस्थित गरिने र ट्राफिक बत्तीलाई व्यवस्थित गर्न बजेटको विनियोजन भइसकेकोे जानकारी दिए।
नागढुङ्गा सुरुङमार्गको स्वीकृतिको काम अन्तिम चरणमा पुगेको, मुग्लिनबाट नौबिसेसम्मको सडक चार लेनको बनाउन लागिएको मन्त्री महासेठले बताए । तीन लाख ५० हजार सवारी कम्पनीमा दर्ता भएको जानकारी दिँदै उनले दश लाख स्मार्ट लाइसेन्स कार्ड र एउटा प्रिन्टर ल्याउन लागिएको बताए । "तीन महीनाभित्रमा बाँकी सबैले स्मार्ट लाइसेन्स पाउने छन्, कार्यालय स्थापना भइसकेकाले छिट्टै पानीजहाज आउँदै छ । पानीजहाजसम्वन्धी ऐन संशोधन हुँदैछ", मन्त्री महासेठले भने ।
मन्त्रीको जवाफमा पूरक प्रश्न गर्दै सांसद रमेशप्रसाद यादवले द्रुतमार्गको डिपीआर किन तयार भएन भने । सांसद प्रकाश पन्थले मिटर ट्याक्सी कहिले व्यवस्थित हुन्छ भन्ने जिज्ञासा राखे । सांसद मुक्ताकुमारी यादव र विमला राईले सडक दुर्घटना बढेकाले त्यसको व्यवस्थापन कसरी हुँदैछ भने । | 2019/12/12 12:26:29 | https://www.corporatenepal.com/2019/07/127637/ | mC4 |
१६ वर्ष नाघेका नेपालीलाई दुई वर्षे राहदनी-NepalKanoon.com
१६ वर्ष नाघेका नेपालीलाई दुई वर्षे राहदनी
श्रावण ६, काठमाण्डौ । सरकारले लामो समय विदेशमा रही नागरिकता बनाउन नभ्याएका १६ वर्ष नाघेका नेपालीलाई जन्मदर्ता प्रमाणपत्र तथा नाबालक परिचयपत्रका आधारमा दुई वर्षका लागि राहदनी दिने भएको छ।
विदेशमा रहेका नेपालीले राहदानी बनाउँदा आइपरेका समस्या सम्बोधन गर्न सरकारले राहदानी निर्देशिका, २०६७ लाई पहिलोपटक संशोधन गरेर १६ वर्ष नाघेकालाई नागरिकताको प्रमाणपत्रबिना राहदानी उपलब्ध गराउने व्यवस्था गरेको हो। यो नियम विदेशमा रही राहदानीका लागि आवेदन दिने नेपालीलाई मात्र लागु हुनेछ। यसरी जारी हुने राहदानीको नागरिकता प्रमाणपत्र महलमा नाबालक परिचयपत्रको नम्बर वा जन्मदर्ता प्रमाणपत्रको नम्बर उल्लेख गरिनेछ। आजको नागरिकमा खबर छापिएको छ।
'विदेशमा रहेका नेपालीले सहज रूपमा राहदानी पाउन सकून् भनेर निर्देशिका संशोधन गरिएको हो,' परराष्ट्रमन्त्रालय राहदानी विभागका महानिर्देशक रमेशप्रसाद खनालले भने, 'राहदानीका लागि पेस गरिने नाबालक परिचयपत्र तथा जन्मदर्ताको अभिलेख नेपाली दूतावासमा राख्ने व्यवस्था गरिएको छ।'
संशोधित राहदानी निर्देशिका, २०७१ मा 'व्यावहारिक कारण' भन्दै एकपटकका लागि मात्र विदेशमा रही १६ वर्ष नाघेका नेपालीलाई नाबालक परिचयपत्र तथा जन्मदर्ताका आधारमा राहादानी उपलब्ध गराइने उल्लेख छ। यसरी राहदानी लिएको दुई वर्षभित्र उसले नेपाल फर्केर नागरिकता बनाइसक्नुपर्नेछ।
यसअघि नेपाली बाबुको विदेशमा जन्मिएका छोरा–छोरीलाई पहिलोपटक राहादानी जारी गर्दा जन्म प्रमाणपत्रलाई मुख्य आधार मानी बाबुको नेपाली नागरिकताको प्रमाणपत्र र राहदानी प्रतिलिपि लिई नयाँ राहदानी जारी गर्ने व्यवस्था थियो। यो नियम १६ वर्षमुनिका बालबालिकालाई मात्र लागु हुन्थ्यो। १६ वर्ष पुगेकाले नागरिकता पाउने हुनाले सरकारले यो उमेरभन्दा माथिकाले राहदानी लिँदा अनिवार्य रूपमा नागरिकताको प्रमाणपत्र पेस गर्नुपर्ने व्यवस्था गरेको थियो। तर, विदेशमा रहेका नेपालीलाई यसले समस्या पारेपछि १६ वर्ष नाघेकालाई जन्मदर्ता प्रमाणपत्र तथा नाबालक परिचयपत्रका आधारमा एकपटक दुईवर्षे राहदानी जारी गर्ने निर्णय गरिएको हो।
विदेशमा जन्मिएका नेपाली बाबुको सन्तानका हकमा भने नियोगले दर्ता अभिलेख खडा गरी (त्यसमा अभिलेख गरिएको नम्बर उल्लेख गरी) राहदानी जारी गर्न सक्ने व्यवस्था गरिएको छ। 'यसरी राहदानी प्राप्त गर्ने नेपाली नागरिकको सन्तानले दुई वर्षभित्र अनिवार्य रूपमा नेपाल आई नागरिकताको प्रमाणपत्र बनाएपछि मात्र त्यसका आधारमा दोस्रोपटक १० वर्षको म्याद राखी राहदानी जारी गर्न सकिनेछ,' संशोधन गरिएको निर्देशिकामा उल्लेख छ।
निर्देशिकाको दफा २३ 'विदेशमा रहेका नेपाली नागरिकलाई राहदानी दिनेसम्बन्धी थप व्यवस्था' मा संशोधन गर्दै सरकारले ९ उपदफा थपेर १७ वटा पुर्याकएको छ। केही दिनअघि संशोधनमार्फत थप गरिएका उपदफामा विदेशमा रहेका १६ वर्ष उमेर नपुगेका नाबालिग सन्तानलाई राहदानी उपलब्ध गराउन पनि सहज बनाइएको छ।
'नेपाली नागरिकको १६ वर्ष उमेर नपुगेका नाबालिग सन्तानलाई राहदानी उपलब्ध गराउनुपर्दा आवेदन फारमका साथ पुरानो हस्तलिखित राहदानी (लिएको भए), नाबालिग परिचयपत्र वा जन्मदर्ता प्रमाणपत्र,' संशोधन गरिएको निर्देशिकामा उल्लेख छ, 'निजको बाबु वा आमा वा संरक्षक भएको बेहोरा खुल्ने लिखित तथा नागरिकताको प्रमाणपत्रसहित आवेदन प्राप्त भए त्यसका आधारमा नियोगले एमआरपी जारी गर्न सक्ने।'
विदेशमा रहेका नेपालीले आफ्नो जन्ममिति नागरिकता प्रमाणपत्रका आधारमा नभई शैक्षिक प्रमाणपत्र, पेन्सन पट्टाका आधारमा पनि राख्न सक्ने व्यवस्था नयाँ संशोधनले गरेको छ। तर, यो उनीहरूको जन्मदर्ताको अभिलेख विदेशमा खडा भइसकेको अवस्थामा मात्र लागु हुनेछ। नागरिकता र विदेशमा प्राप्त शैक्षिक प्रमाणपत्र तथा पेन्सन पट्टामा जन्ममिति फरक–फरक पर्दा नेपाली नगारिक सम्बन्धित देशमा अवैध बसोबास गरेको ठहरिने हुँदा यस्तो व्यवस्था गरिएको महानिर्देशक खनालले बताए। | 2021/01/25 12:53:35 | https://nepalkanoon.com/4122/ | mC4 |
पोखरामा दिनप्रतिदिन प्रभावकारी बन्दै लकडाउन « OSNepal.com :: Latest News,Breaking News, Latest, Politics, World, Entertainment, Sports, Technology, Interview, Nepal News
पोखरामा दिनप्रतिदिन प्रभावकारी बन्दै लकडाउन
पोखरा- कोरोनाको सम्भावित सङ्क्रमण रोक्न सरकारले घोषणा गरेको लकडाउनको प्रभाव पोखरामा दिनप्रतिदिन प्रभावकारी बन्दै गएको छ ।लकडाउनको शुरुका दुई दिनका तुलनामा आज बिहान पोखरामा मर्निङवाकमा निस्कनेको सङ्ख्या निकै कम देखिएको छ । मर्निङवाकमा फाट्टफुट्ट निस्कनेलाई पनि यसअघिजस्तै सुरक्षाकर्मीले सम्झाएर फर्काउने गरेका छन् ।
गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरामा बुधबार अधिकांश पसल, व्यवसाय तथा यातायात पूर्णतः बन्द थियो । आवतजावत गर्ने सर्वसाधारणलाई सुरक्षाकर्मीले सचेत बनाउँदै घरमा फिर्ता गरेका थिए । "लकडाउनको पहिलो दिन अवज्ञा गरी हिँड्ने ३ सय ७५ सवारी नियन्त्रणमा लिइएकामा दोस्रो दिन १ सय ६७ मात्र सवारी साधन नियन्त्रण गरिएको थियो", रोकाले भने ।
जिल्ला प्रशासन कार्यालयले औषधि उपचार, खाद्यवस्तु खरिदलगायतका अत्यावश्यकीय काममा बाहेक कोही पनि व्यक्तिलाई लकडाउन अवधिभर घरबाट बाहिर ननिस्कन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताए। लकडाउनको अवस्थामा दैनिक उपभोग्य वस्तु तरकारी, खाद्यान्न, पानी, दूध, विद्युत्, औषधि र ग्यास तथा पेट्रोलियम पदार्थ बिक्रीवितरण अनिवार्य गर्न आग्रह गरिएको उनको भनाइ छ ।
"मङ्गलबार मात्रै १४ जनाले फोन गरेर परामर्श लिएका थिए", उनले भने, "हालै विदेशबाट आएका व्यक्तिका छिमेकीले समेत व्यक्तिको लक्षणलगायतका विषयमा पनि सोधपुछ गर्ने गरिएको छ ।"आजैदेखि नेपाल टेलिकमसँगको सहकार्यमा हेलो डक्टरकक्ष टोल फ्रि नम्बरसहित सञ्चालन गरिने उनले जानकारी दिए । -रासस | 2020/08/11 19:02:10 | https://www.osnepal.com/882130 | mC4 |
मन्त्री आफैँ खेतबारीमा आएर क्षतिको अवस्था बुझी फर्केपछि आफूहरुलाई राहत पाउने आशा जागेको अर्का किसान पविसरा परियारको भनाइ छ । केही दिन पहिले कर्णालीमा ठूलो समूहमा सलह देखिएका थिए । प्रतिकूल मौसमका कारण सानोसानो झुण्डमा सलह देखिने गरेका छन् । सलहले क्षति पु¥याउन सक्ने खतरा भने अझैं रहेको कृषि प्राविधिक बताउँछन् । सुर्खेतमा १०० हेक्टर बालीमा क्षति पु¥याइएको प्रारम्भिक तथ्याङ्क छ । भेरीगङ्गा नगरपालिकाको रामघाट, वीरेन्द्रनगरको गर्पन र चिङ्गाड गाउँपालिकाका केही स्थानमा सलहले ठूलो क्षति गरेको छ ।
एकीकृत कृषि प्रयोगशालाका बाली संरक्षण अधिकृत घनश्याम केसीले क्षतिको विवरण सङ्कलनको काम भइरहेको बताएका छन् । उनका अनुसार हालसम्म दैलेखमा १९० हेक्टरमा लगाइएको मकै, कोदोलगायत बालीमा सलहले क्षति पु¥याएको छ । दैलेखको नौमूले क्षेत्रमा सलहले बढी क्षति पु¥याएको छ । सल्यान, जाजरकोट, जुम्ला, कालीकोटलगायत जिल्लामा पनि सलहले क्षति गरेको छ । रासस | 2021/04/12 03:52:03 | https://www.gyanmandu.com/2020/07/locust.html | mC4 |
सैनिकको शव ल्याइयो, सनाखत हुँदै - Enepalese.com
सैनिकको शव ल्याइयो, सनाखत हुँदै
इनेप्लिज २०७२ जेठ ३ गते १२:०३ मा प्रकाशित
काठमाडौँ, ३ जेठ । सिन्धुपाल्चोकको घोर्थलीमा दुर्घटनाग्रस्त अमेरिकी मरिन कर्पस्को हेलिकप्टरमा सवार आठै जनाको शव राजधानी ल्याएर सनाखत थालिएको छ ।
पहिचानपछि नेपाली सैनिकको शव त्रिभुवन विश्वविद्यालय. शिक्षण अस्पतालमा शल्यपरीक्षण गरी वीरेन्द्र सैनिक अस्पताल छाउनीमा राखिने र अमेरिकी सैनिकको शव लैनचौरस्थित अमेरिकी मनोरञ्जन केन्द्रमा राखिने नेपाली सेनाले जनाएको छ ।
दुर्घटनामा ज्यान गुमाएका दैलेखको नारायण नगरपालिका–. ८का सह–सेनानी तपेन्द्र रावल र दार्चुलाको शिखर गाविस– ३ निवासी जमदार वसन्त तितराको भोली नेपाली सेनाको एक टुकडीले सम्मानका दाहसंस्कारको लागि मृतकको गृह जिल्ला पठाइने छ ।
प्रधानसेनापति गौरव शम्शेर जबराले कर्तव्यपालनको सिलसिलामा ज्यान गुमाएका नेपाली सेनाका अधिकारी र अमेरिकी सेनाका वीर सपूतहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दैै मृतकका परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।
उक्त हेलिकप्टर दुर्घटनाबारे सत्यतथ्य पत्ता लगाउन नेपाली सेनाले चालक सहायक रथी सुधीर श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय टोली गठन गरेको छ । उक्त टोलीले छानबिन प्रारम्भ गरिसकेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । | 2022/05/24 11:22:15 | https://www.enepalese.com/2015/05/22194.html | mC4 |
एक हप्तादेखि अन्धकारमा ढोरपाटनवासी - नेपालबहस
एक हप्तादेखि अन्धकारमा ढोरपाटनवासी
| १३:५६:३० मा प्रकाशित
२४ भदौ, गलकोट । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ मा यही भदौ १७ गते राति भुजीखोलामा आएको बाढीका कारण ठूलो जनधनमा क्षति पुगेको छ । बाढीका कारण मानवीय मात्रै नभई ठूलो मात्रमा भौतिक क्षति भएको छ । हालसम्म १९ जनाको मृत्यु भइसकेको छ भने त्यत्तिकै अझ बेपत्ता छन् । बाढीले ८० घर पूर्ण र ७१ घरसहित १७१ भौतिक संरचनामा क्षति पुगेको छ ।
जिल्लामा जम्मा ५५ प्रतिशत केन्द्रीय विद्युतीकरण पुगे पनि विकटमा लघुजलविद्युत आयोजना सञ्चालनमा छन् । खोला किनारमा रहेका जलविद्युत्गृहमा भुजीखोलाको बाढीले क्षति पु¥याएको छ । अवरुद्ध एक जलविद्युत् आयोजनाको मर्मतपछि सञ्चालनमा ल्याइएको छ भने अन्य आयोजना मर्मतका लागि स्वतस्र्फुत रुपमा अभियान थालिएको स्थानीयवासी विजय कायतले जानकारी दिए । अहिले ढोरपाटनको बोबाङ गाउँबाहेक अन्य अन्धकार भएको ढोरपाटन नगरपालिका–९का वडाध्यक्ष हरिबहादुर घर्तीले जानकारी दिए ।
"बाढीले घरमा क्षति पुगेको छ, बारीमा त्रिपाल टाँगेर बस्दै आएका छौंँ", पुनले भने "घर बाहिर बस्नुपर्ने पीडा त छँदैछ, त्यसमा न विद्युत् छ न मोबाइलको टावर छ ।" घरमै आएका स्वास्थ्यकर्मीले सामान्य उपचार गरे पनि थप उपचारका लागि बुर्तिवाङ जान नसकेको पुनको भनाइ रहेको छ । बाढीका कारण भुजिखोला पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौँ, नेपाने देउराली जलविद्युत् र रुद्रताल लघुजलविद्युत् आयोजनासहित ११ जलविद्युत्मा क्षति पुगेको हो ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बाढीग्रस्त क्षेत्रको अवलोकनपछि निजीरुपमा सञ्चालनमा आएका लघुजलविद्युत् आयोजनाको अवस्था हेरेर मर्मतमा सहयोग गरिने आश्वासन दिएका थिए । | 2020/09/27 13:15:42 | https://www.nepalbahas.com/2020/09/09/244153/ | mC4 |
मधेसमा होली उल्लासपूर्ण- मधेस - कान्तिपुर समाचार
कोरोना संक्रमणको त्रास घट्दा यसपटक छुट्टै रौनक
चैत्र ५, २०७८ शंकर आचार्य, भरत जर्घा मगर
पर्सा, सिरहा — मधेस प्रदेशमा यस वर्ष पनि ३ दिन होली खेलिने भएको छ । तीन वर्षयता यस्तै संयोग पर्दै आएको छ । बिहीबार यहाँ पहाडी समुदायले होली खेले । तराई मधेसी समुदायले शुक्रबार होली मनाए । साथै सामान्यतः फागु पूर्णिमाको भोलिपल्ट तराईमा होली खेल्ने चलन रहेकाले शनिबार पनि धेरैले होली खेल्ने भएका छन् ।
निरन्तर २ वर्षको कोरोना कहरको कारण होली खेल्न नपाएका वीरगन्जेलीहरू यस वर्ष खुलेर खेल्दै छन् । साता अघिदेखि नै यहाँ होली मिलन समारोह तथा शुभकामना आदानप्रदानजस्ता कार्यक्रमहरू निरन्तर चलिरहेका छन् । विभिन्न संघसंस्थाले सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिरहेका छन् ।
वीरगन्जको आदर्शनगर क्षेत्रका मारवाडी समुदायले बिहीबार राति सम्वत् जलाएपछि शुक्रबार होली खेलेका छन् । अन्य समुदाय भने फागुपूर्णिमाको भोलिपल्ट अर्थात् शनिबार होली खेल्ने मनस्थितिमा छन् । विश्लेषक मनोज उपाध्याय होली पर्वलाई धार्मिकभन्दा पनि सांस्कृतिक हिसाबले मान्ने चलन भएकाले अधिकांश तराईवासीले प्रायः २ दिन होली खेल्ने चलन रहेको बताउँछन् ।
'धार्मिक पक्षमा प्रख्यात पुराना व्यक्तिहरूको गाथा गाउने भएकाले प्रज्ञा र ज्ञानसँग यो पर्व जोडिएको हुन्छ,' उनले भने, 'यसका साथै होलीमा रमाइलो गर्ने, आफन्तजन इष्टमित्रसँग भेटघाट गर्ने, सामूहिक खानपिन गर्ने चलन छ, यो पर्वमा अन्य पर्वहरूजस्तो ब्रत लिने, शुद्ध चोखो खानेजस्ता धार्मिक नियम नरहेकाले यो पर्वमा खाने पिउने रमाउने, आफन्तसँग भेटघाट गर्नेजस्ता अवसर मिल्ने भएकाले यो सबैको प्रिय भएको हो ।'
पर्सा, बारा र रौतहटको होलीले पर्व मात्र नभई भोजपुरी संस्कृतिको पनि प्रतिनिधित्व गर्छ । यहाँ परिवारका सदस्य मात्र नभई आफन्त इष्टमित्रलाई पनि घरमा बोलाएर मिष्टान्न खुवाउने चलन छ । होली गीतमा जनकपुर, रामजानकी, जनक आदिको प्रसंग बढी हुन्छ । होली पर्वमा वर्षभरि भेटघाट नभएकाहरू एकअर्काको घरमा भेटघाट गर्न जाने र रंग तथा शुभकामना आदानप्रदान गर्ने चलन छ । यो पर्वले साथीभाइ इष्टमित्रलाई वर्ष दिनमा एकपटक भेटघाट गर्ने अवसर पनि जुराउँछ ।
आपसमा मनोमालिन्य र रिसराग भएकाहरू पनि त्यसलाई बिर्सेर आजकै दिनबाट सम्बन्धको नयाँ सुरुवात गर्छन् । तराईमा गर्मी भएकाले यहाँ पहिलेदेखि नै पानी र रंगसँग होली खेल्न सहज महसुस गरिन्छ । रंग र अबिरको होली खेलेपछि आफन्तजन एवं इष्टमित्रहरूलाई काजु, किसमिस, नरिवल, छोकडा, सुपारी आदिको मसला खान दिने चलन छ । खाने पिउने मात्र नभई नेता तथा समाजका प्रतिष्ठित व्यक्तिलाई पनि सार्वजनिक रूपमा व्यंग्य गर्ने छुट यो पर्वमा छ । यसरी होली पर्वमा व्यंग्य गर्दा कसैले पनि चित्त दुखाउँदैनन् ।
फागु गीतमा बेलापट्टी प्रथम
जनकपुर– मिथिला नाट्यकला परिषद् (मिनाप) द्वारा आयोजित फागु गीत (डम्फा) प्रतियोगितामा धनुषाको विदेह नगरपालिकास्थित बेलापट्टी होलैया समूह प्रथम भएको थियो । बसहिया द्वितीय, मंगलपुर धनुषाधाम तृतीय तथा बलहाको महिला समूह चौथो भएको थियो । संगीतकार अनिलकुमार मिश्र, लोकगायक रामनारायण ठाकुर तथा युवा गायक ललित कामतसहितको निर्णायक मण्डलले उक्त निर्णय सुनाएका थिए । महोत्सवको पहिलो दिन बिहीबार फागु तीन प्रतियोगिता तथा हास्य कविगोष्ठी आयोजना गरिएको थियो ।
जनकपुरधाम उपमहानगरका प्रमुख लालकिशोर साह, मिनाप अध्यक्ष प्रमेश झासहित सहभागीले सामूहिक रूपमा डम्फा बजाएर महोत्सवको उद्घाटन गरेका थिए । कार्यक्रममा मधेस प्रदेशका उद्योग पर्यटन तथा वनमन्त्री शत्रुघ्न महतोको पनि उपस्थिति थियो । प्रथम, दोस्रो तथा तेस्रो स्थान प्राप्त गर्ने समूहहरूलाई क्रमश : ९ तोला, ५ तोला तथा ३ तोला चाँदीको तक्मा, सिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा धनुषाको गिद्धा बेलापटी, धनुषाधाम मंगलपुर, विश्वम्भरपुर, हरिपुर, बभनगा तथा महोत्तरीको पिपरा र बेला गरी ९ समूहको सहभागी थियो । अन्य सहभागीहरूलाई डम्फा, गमछा, प्रमाणपत्र तथा यातायात खर्च प्रदान गरिएको थियो ।
होलीमा सुनिन छोड्यो परम्परागत गीत
सिरहा– तराई–मधेसमा शुक्रबार धुमधामका साथ होली पर्व मनाइएको छ । तर फागु पूर्णिमा अर्थात् होलीमा गाइने प्रचलित मौलिक गीत 'जोगिरा सररर' पछिल्लो समय हराउँदै गएको छ । होली पर्वको दिन शुक्रबार गाउँघरमा यो मौलिक गीत गुन्जिएन । बरु त्यसको स्थान आधुनिक डिजे गीतसंगीतले लियो । तराईका सहर र गाउँ देहातमा होलीका बेला गाइने प्रचलित यो मौलिक गीत आधुनिक संस्कृतिको प्रभाव बढेसँगै हराउँदै गएको छ ।
फागु अर्थात् होली आउन १५ दिनअघिदेख तराई–मधेसमा गुन्जिने फागु विशेष गीत सुनिन छाडेको बताउँछन् लहान नगरपालिका–१६ का ७० वर्षीय राजलाल चौधरी । उनी भन्छन्, 'फागुको मौलिकतामा आँच अएसँगै होलीको रौनक पनि खस्कँदो छ, श्रीपञ्चमीदेखि नै अबेर रातिसम्म मृदंग, हारमोनियम र डम्फुका तालमा तराईका बस्ती–बस्तीमा गाइने जोगिरा हराउँदै गएपछि पर्वको मौलिकता नै हराउने हो कि भन्ने चिन्ता बढेको छ ।'
वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म गाइने फागु गीत लोप हुन थालेकोमा गाउँघरका बूढापाका चिन्तित छन् । 'पहिला हामीहरू मृदंग, हारमोनियम र डम्फुका तालमा गीत गाएरै फागु आएको संकेत गर्थ्यौं,' उनले भने, 'अब न त ढोल, मृदंग नै बज्छन् न त फागु गीत नै गुन्जिन्छन् बरु त्यसको ठाउँमा नानाथरीको डिजे गीत बज्न थालेको छ ।'
प्रकाशित : चैत्र ५, २०७८ ०८:४२
झा भए 'महामूर्ख'
चैत्र ५, २०७८ श्यामसुन्दर शशि
जनकपुर — मधेस प्रदेश सरकारको नीति तथा योजना आयोगका उपाध्यक्ष भोगेन्द्र झा महामूर्ख घोषित भएका छन् । मिथिला नाट्यकला परिषद् (मिनाप) ले आयोजना गरेको होरी महोत्सवको दोस्रो दिन शुक्रबार जानकी मन्दिर प्रांगणमा आयोजित रंगारंग कार्यक्रमबीच झा महामूर्ख घोषित भएका हुन् ।
मिनाप अध्यक्ष परमेश झा, मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, उद्योग पर्यटन तथा वनमन्त्री शत्रुघ्न महतोले उनलाई तरकारीको कलात्मक माला, प्रशस्तीपत्र, कलात्मक टोपी र दोसल्ला ओढाएर सम्मानित गरेका थिए ।
कार्यक्रममा प्रदेश सांसद मञ्जु यादवलाई अदलबदली, जनकपुरधाम उपमहानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न उपाध्यायलाई वैशाखनन्दन, व्यवसायी प्रमोद चौधरीलाई बोतलानन्द, मिथिला चित्रकलाकी कलाकार मिथिलेश्वरी कर्णलाई लालबुझक्कडी, लोकगायक तथा बादक रामरेखा पण्डितलाई बज्रकीट, बेलापट्टी गिद्धा माविका प्रधानाध्यापक पवन मण्डललाई डपोरशंख, पर्यावरण अभियानी देवनारायण मण्डललाई हराशंख उपाधि प्रदान गरियो ।
नेपाल पत्रकार महासंघ धनुषा अध्यक्ष मोनिका झालाई दिलतोडिया, अधिवक्ता सुदीप कोइरालालाई गोबर गणेश, मिथिला चित्रकलालाई देश–विदेशमा प्रचारप्रसार गर्ने मनीषा साहलाई गन्ही, समाजसेवी प्रकाशजंग राणालाई तरघुसका, काव्या अस्पतालका सञ्चालक डा. एसके सिंहलाई कफनचोर तथा युवा अभियानी राकेशविक्रम साहलाई टिटहीको उपाधि प्रदान गरी सम्मान गरिएको थियो ।
महामूर्ख घोषणा भएपछि झाले यो उपाधि जीवनको 'अनुपम उपहार' भएको बताए । शिक्षा मन्त्रालयद्वारा प्रदान गरिने शिक्षा पदक लिन इन्कार गरेका झाले भने, 'सोर्सफोर्सका आधारमा कुनै पनि पुरस्कार स्वीकार गरेको छैन तर यो सम्मान मेरा लागि नेपाल रत्नभन्दा कम छैन ।' | 2022/06/25 02:30:19 | https://ekantipur.com/pradesh-2/2022/03/19/164765862817073517.html?author=1 | mC4 |
मैले रामचन्द्रलाई कारबाही गरे के हुन्छ ? : जाेशी,कम्युनिस्टबाहेक सबै शक्ति हामीसँग छन् : पौडेल
न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक १९ आइतबार |
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएर चुनावी प्रचारमा व्यस्त छन् ।
टिकट बाँडफाँटमै धेरै कसरत गर्नुपर्दा बिहीबार ढिला गरी उम्मेदवारी दर्ता गराएर चुनावी प्रचार थालेका पौडेललाई हाइसञ्चो भने अझै छैन किनभने एक आफूले चुनाव जित्नुछ, अर्काे कांग्रेसलाई देशभरबाट माथि उठाउनु पनि छ । आसन्न निर्वाचन र कांग्रेसको अवस्थाको विषयमा कुराकानी :
बिहीबार देशभर उत्साहपूर्ण तरिकाले मनोनयन दर्ता सम्पन्न भएको छ । तपाईंले यसलाई कसरी मूल्यांकन गर्नुभएको छ ?
संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछि देशमा पहिलो आम निर्वाचन हुँदैछ । प्रदेश तथा प्रतिनिधि सभाको चुनाव एकसाथ हुन लागिरहेको छ । अब यसले नेपाललाई नयाँ बाटोमा लैजाने छ । अहिलेसम्म जुन अन्योल थियो ।
त्यो अन्योललाई हटाएर शान्ति सुव्यवस्था कायम गराएर देशलाई स्थिर, प्रगतिको बाटोमा लैजाने काम यो निर्वाचनले गर्नेछ । यो निर्वाचन अत्यन्त महत्वपूर्ण घडीमा भइरहेको छ । यो निर्वाचन देशमा लोकतन्त्र राख्ने कि निरंकुशतातिर जाने भन्ने बीचमा पनि लडाइँ हो । र हामी लोकतन्त्रका पक्षमा ७० वर्षदेखि लड्दै आएका छौं र लोकतन्त्रलाई बचाईं राख्नेछौं । लोकतान्त्रिक समाजवादको माध्यमले नेपालको प्रगति गर्छाैं । नेपाली जनताको उन्नति हुन्छ । नेपाली जनतलाई शान्ति, सुख र समृद्धि दिन हामी आतुर छौं ।
नेपाली कांग्रेस अहिले कठिन अवस्थामा छ नि, दुई वाम शक्ति एकताबद्ध भएका छन् । यो बेला चुनावमा जानु त कांग्रेसका लागि बहुत चुनौतीपूर्ण होइन ?
लोकतन्त्रलाई पछाडि धकेल्न चाहने तत्वहरुले फेरि पनि नयाँ किसिमको चहलपहल गरेको देखिन्छ । यसबाट हामी लोकतन्त्रवादीहरु बिचलित हुँदैनौं ।
हामी नेपाली जनतामा विश्वास गर्छाैं, नेपाली जनता लोकतन्त्रमा विश्वास गर्छ । र नेपाली जनताले लोकतन्त्रको अहित हुन दिने छैनन् । लोकतन्त्रलाई अब फेरि पछाडि धकेल्ने प्रयत्न सफल हुन दिने छैनन् । त्यसैले हामी निश्चिन्त छौं ।
हामी लोकतन्त्रवादी भन्नुभयो । हामीमा कोको रह्यो र अब ? राप्रपा तपाईंहरुसँग असन्तुष्ट भएर अन्तै जान लाग्यो । लोकतान्त्रिक गठबन्धन त बनेन त ?
मधेसवादी दलसँग नि तपाईंहरुको एकता हुन सकेन ?
होइन, यो सिट बाँडफाँडको कुरा भयो अनि व्यवहारिकता अलि मिलेको छैन । तर हामी लोकतन्त्रको रक्षाका लागि एक छौं । वाम गठबन्धन भएपछि कांग्रेस अब एक भयो ।
कांग्रेसबाहिरका घर फर्किए अब कांग्रेस पनि बलियो हुन्छ भन्ने थियो । तर टिकट वितरण असन्तुष्टि देखाउने धेरै गए र बागी उम्मेदवार नै खडा भए नि ?
पार्टीका यस्ता सानातिना घटना घटिरहन्छन् । सबैको चित्त बुझाउन सकिँदैन । तर, नेपाली कांग्रेस मूल रुपमा एक छ र यो चुनावमा कांग्रेसले जित हाँसिल गर्नेछ ।
कांग्रेसको सदस्य नै भएर बागी उठ्नेहरुलाई के गर्नुहुन्छ त ?
तनहुँको अन्य दलसँगको प्रतिस्पर्धालाई कसरी हेर्नुभएको छ ?
तनहुँमा हामीलाई अफ्ठ्यारो छैन । किनभने हामी सजिलै चुनाव जित्छौं । जहिले पनि तनहुँमा नेपाली कांग्रेसले जित्दै आएको छ । हामी जित्छौं ।
यही कांग्रेस अनुकुल नतिजा आएन भने चुनावपछिको कांग्रेस कहाँनेर होला ?
कांग्रेस अरु सुव्यवस्थित हुनेछ । झन् विकासवादी हुनेछ । जनताको पक्षमा जनमुखी हुनेछ । चुनावपछि कांग्रेस एककृत हुनेछ ।
अन्त्यमा, नेपाली जनतालाई चुनावको मुखमा तपाईंको सन्देश के हो ?
नेपाली जनतालाई सन्देश एउटै छ । देश ७० वर्षदेखि एउटा अन्योलमा फस्यो । त्यसको कारण देशको विकास हुन पाएको छैन । देशलाई राजनीतिक स्थिरता दिएर उन्नतिका लागि अगाडि बढ्ने हो । समृद्धिको बाटोमा हिँड्ने हो ।
खारेजीमा पर्नुअघि जाेशीकाे अन्तर्वार्ताः मैले रामचन्द्रलाई कारबाही गरे के हुन्छ ?
तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलकाविरुद्ध कांग्रेस नेता गोविन्दराज जोशीले उम्मेदवारी दर्ता गरेपछि पौडेललाई मात्रै होइन सिंगो नेपाली कांग्रेसलाई नै झड्का दिएको थियाे ।
त्यसाे त चुनावमा सँगै नभए पनि यी दुई नेता तनहुँका परिचित प्रतिद्वन्द्वी हुन् । तनहुँमा सबैभन्दा ठूलो गुट नै पौडेल–जोशीका बीच । सबै कार्यकर्ता यही दुई गुटमा विभक्त छन् । तनहुँबाट एकअर्कालाई सिध्याउने खेलमा कांग्रेसका यी दुई नेता सधैं प्रतिस्पर्धी भए ।
पूर्व शिक्षा र गृहमन्त्रीसमेत बनेका जोशी भ्रष्टाचारको अभियोग लागेपछि केन्द्रीय राजनीतिभन्दा बाहिर परेका छन् । कांग्रेसभित्रैको यो लडाईंले चुनावी नतिजा कस्तो निकाल्ला ? स्वतन्त्र भन्दै कांग्रेस भित्रैबाट यो बागी उम्मेदवारी किन त ? यसैको वरिपरी रहेर जोशीसँग गरेको कुराकानी :
केन्द्रीय पार्टी कमिटीले त रामचन्द्र पौडेललाई टिकट दिएर चुनाव लड्न पठायो । तपाईंले चाहिँ किन उम्मेदवारी दर्ता दिनुभएको ?
नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ को भेलाले मलाई आधिकारिक उम्मेदवारको रुपमा प्रस्तुत गरेको छ । वास्तवमै नेपाली कांग्रेसको मै आधिकारिक उम्मेदवार हुँ । चुनाव कानुनी कुरा होइन राजनीतिक कुरा हो ।
त्यसकारण प्राविधिक कारणले कसैले उम्मेदवारको टिकट ल्याउला तर यो क्षेत्रको मै आधिकारिकता उम्मोदवार हुँ । मलाई क्षेत्र नम्बर एक कार्यकर्ताले तपाईंका विरुद्ध कोही उठ्यो भने त्यसलाई हामी सहयोग गर्दैनौं भनेका छन् । त्यो पनि ८-१० हजार कार्यकर्ताले ।
अर्को, जंगबहादुर राणले बोलेसी कानुन हुन्थ्यो तर उसलाई शासन गर्न ऐनकानुन चाहिन्छ भन्ने लागेर मुलुकी ऐन बनायो । अहिलेको हाम्रो केन्द्रीय कमिटीले आफैं बनाएको विधान पनि कुल्चिएर टिकट बाँड्ने काम भएको छ । जुन अवैधानिक छ । २-४ जना बसेर निर्णय गरेर बसालिएको अहिले पद्दतिकाविरुद्ध मेरो उम्मेदवारी हो । अहिले पार्टीले टिकट दिँदा भागबन्डाको आधारमा दिइएको छ, इमान्दार कार्यकर्तामाथि अन्याय गरिएको छ । देशभर टिकट किनबेच भएको छ । यस्तो वेथितिकाविरुध्द मैले उम्मेदवारी दिएको हुँ ।
मेराबारेमा विभिन्न भ्रम सिर्जना गरियो । जुन समानुपातिक दिने भन्ने कुरा थियो भनेर भ्रम फैलाइयो त्यो पनि भ्रम नै छरिएको हो । पार्टीका नेताले मिलाउनै चाहदैनथे । मलाई टिकट दिनै चाहँदैनथे । मलाई भनिएको चाहिँ के थियो भने, तलाईं समानुपातिकमा १० नम्बरभित्र पारिदिन्छु भनेका हुन् ।
अब मलाई १० नम्बरमा पार्छु भन्नुको मतलब के हो तपाईं आफै बुझ्नुहोस् । अनि मलाई अर्को क्षेत्रमा जाउ पनि त भन्न सकिन्थ्यो नि तर भनिएन ? किन भनिएन भने मलाई षडयन्त्रपूर्वक फसाउने तरिका अपनाइयो । मेरो उम्मेदवारी त्यसकैविरुद्ध हो ।
तपाईंले उम्मेदवारी दर्ता त गराउनु भयो तर फिर्ता गर्नुभएन भने साधारण सदस्यसमेत नरहने गरी कारवाही गर्ने भनेका छन् त ? तपाईं के गर्नुहुन्छ ?
तनहुँको कांग्रेस मसँग छ । उनीहरुले त अस्ती मैले टिकट माग्दा खेरी नै खेद व्यक्त गरेका हुन् नि । यहाँ एउटा षडयन्त्रकारी जत्था, जसले मलाई कारवाही गर्नु भन्न सक्छ । मेरा कार्यकर्तालाई कारवाही गर्छु भन्न सक्छ, अनेकौं दुख दिन सक्छ । जे भनोस्, म यहाँको कार्यकर्ताको साथमा देशभरको भावनालाई समेट्नै म डटेर चुनाव लड्छु, उम्मेदवारी फिर्ता गर्दिनँ ।
हिजो रामचन्द्र पौडेलकै विरुद्ध उठेका व्यक्तिलाई आज उनैले टिकट दिएका छन् । उनैले टाउकोमा बोकेर हिँडेका छन् । कांग्रेसको कारबाही त यही न रहेछ । क्षेत्र नम्बर १ को समिति मसँग छ यही कसैले कारबाही गर्छु भन्छ भने मैले पनि निकालिदिए हुन्छ नि रामचन्द्र पौडेललाई । म पनि रामचन्द्र पौडेललाई साधारण सदस्यबाट निकालि दिन सक्छु, किन भने १ नम्बरको क्षेत्रीय समिति मसँग छ, त्यहाँका पदाधिकारी मेरा हातमा छन् । के मैले निकालिदिउँ रामचन्द्र पौडेललाई ? तर त्यो काम राजनीतिक कुरा होइन । म त्यसो गर्न चाहन्न तर उनीहरु त जे पनि बोल्छन् जे पनि गर्छन् ।
गोविन्दराज जोशि र रामचन्द्र पौडेलबीच एकअर्कालाई सिध्याउने खेलकै परिणाम हो, अहिलेको यो अवस्था भन्ने चर्चा छ । आफूले जित्छु भन्नुभन्दा पनि रामचन्द्रलाई हराउँछु भनेर उम्मेदवारी दिनुभयो भन्ने आरोप छ नि तपाईंलाई ?
मैले उम्मेदवारी जित्नै भनेर दिएको हुँ । किनकी हिँजोहिँजो पनि जितेकै व्यक्ति हुँ । तर, चुनावी प्रतिस्पर्धा नै मेरो र एमालेबीच हुन्छ । रामचन्द्रजीसँग हुँदैन ।
उहाँलाई त म सजिलै हराउँछु । तपाईं आफैं गएर १ नम्बरमा बुझ्नु भयो भने उहाँको जनमत छैन थाहा पाउनुहुन्छ । अनि २६ वर्ष मन्त्री भएर उहाँले केही गर्नुभएन भन्छन् मान्छेहरु, मैले भनेको होइन । हामी राजनीतिकर्मी बाँच्ने भनेको कार्यकर्ताको मायाममताले हो, त्यहाँ उहाँले पाउने माया ममता नै छैन अब कसरी बाँच्नुहोला । त्यहाँ हजारौं कार्यकर्ताले तपाईं उठ्नुपर्छ भनेपछि मैले जान मिल्छ ? तलाई आफैं भन्नुहोस् न । त्यसैले ममाथि जे होला मेरा साथीहरु सहन तयारछन्, म तयार छु ।
रामचन्द्र पौडेल पनि कांग्रेसका वरिष्ठ नेता हुनुहुन्छ । उहाँको पनि जनमत त पक्कै होला । तर तपाईंहरुको इगोको लडाईंले अर्को पार्टीलाई फाइदा पुग्यो भने त्यहाँ तपाईंहरुले जितेको मान्ने कि कांग्रेसले हारेको ?
सुन्नुस् न, २०४८ सालमा २ नम्बर क्षेत्रबाट सिफारिस भएको हुँ । उहाँले मलाई ३ नम्बर क्षेत्रमा पठाउनु भयो र २०५१ सालमा मलाई नसोधि १ नम्बर क्षेत्रमा पठाउनुभयो । पोहोर साल मलाई समानुपातिकसम्म दिनुभएन । यो राजनीतिक भएन नि । यो जिल्लामा २०२५ सालदेखि नेपाली कांग्रेसको नेतृत्व मैले गरेको हुँ । कांग्रेसको संगठन मैले बनाएको हुँ ।
पोहोर समानुपातिकसम्म नदिने, अहिले पनि त्यस्तै । ल मानौं १ नम्बर भएन ल २ नम्बरमा टिकट दिएको भए के हुन्थ्यो ? अथवा अरु जिल्लामा पनि म जान सक्थें । समानुपातिकमा पनि मलाई १ दिन के बिग्रन्थ्यो । त्यसकारण उहाँको मप्रतिको दृष्टिकोण त तनहुँका सबैलाई थाहा छ । तर, यसपटक म आफैं जित्ने हो मेरो सम्भावना पनि छ । जुन जनलहर मसँग छ त्यसले मलाई जिताउँछ ।
तपाईं र नेता रामचन्द्र पौडेलबीचको गुट तनहुँमा सधैं चर्चामै रह्यो तर तपाईंमाथि लागेको भ्रष्टाचारको अभियोगको देशभर चर्चा छ ? अभियोग विचारधीन अवस्थामै रहँदा कसरी भोट माग्नुहुन्छ ?
यस विषयमा म बोल्दिन्, यससँग सम्बन्धित मलाई केही नसोध्नुस् । अदालतप्रति म बोल्निनँ ।
मतदाताले जवाफ खोजे के भन्नुहुन्छ नि ?
होइन यो विषयमा म बोल्दिनँ । अरु कुरा गरौं ।
ल ठिकै छ, १ नम्बर क्षेत्रका मतदाताले के विश्वास र के हाधारले तपाईंलाई भोट हाल्छन्जस्तो लाग्छ ?
एक त त्यहाँका मान्छेहरु अभिभावकविहीन भएका छन् । उनीहरुले अहिले त्यो महसुस गरिरहेका छन् । म अभिभावकत्व दिन्छु ।
दोस्रो, उनीहरुलाई के विश्वास छ भने गोविन्दराज जोशी भइदियो भने हाम्रो यहाँका आवश्यकता पूरा गर्न अत्यन्त सहयोग पुग्यो भन्ने उनीहरुलाई लागिरहेको छ । म सहयोगी पनि छु । के ठूलो कुरा छ तनहुँमा । एउटा, हस्पिटल छैन, एउटा स्तरीय सरकारी कलेज छैन । त्यसकारण मैले यहाँको आवश्यकता बुझेको छु । र त्यहाँका मान्छेले पनि गोविन्दराज जोशीले काम गर्छ भन्ने बुझेका छन् । राष्ट्रिय राजनीतिमा अहिले तनहुँको उपस्थिति छैन । जब म यहाँबाट हटें । मसित यो जिल्ला र देशकै विकास गर्न सक्ने योजना छ । | 2018/12/10 20:04:21 | http://newsabhiyan.com/news-details.php?nid=102065 | mC4 |
गण्डक सम्झौतामा ‘नहरका कारण नेपाली भूमिमा कुनै दुर्घटना, क्षति भए तुरुन्त क्षतिपूर्ति दिने’ उल्लेख भए पनि अहिलेसम्म त्यस्ता दुर्घटना र क्षतिका पीडित नेपालीले भारतबाट क्षतिपूर्ति पाएका छैनन् ।
“कति पटक बेच्न खोजें, सस्तोमा दिंदा पनि कसैले किनेन । ब्यांकमा धितो राखेर ऋण लिन खोजेको थिएँ, जोखिमयुक्त जमीन भन्दै कसैले पनि मानेनन्” विश्वनाथ गुप्ताले अँध्यारो मुख लगाउँदै भने ।
अहिलेको पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका–७ सूर्यपूरामा विश्वनाथ गुप्ता (५७) को १५ बिघा उर्वर जमीन छ । पहिले यही जमीनको उब्जनीले उनको पारिवारिक जीवन सुखी थियो, तर २०५० सालयता डुबानले क्षति पुर्याउन थालेपछि उनले जमीनबाट उब्जनी भित्र्याउन पाएका छैनन् । उनको जमीन पानी चाहिएका बेला मरुभूमि झैं हुन्छ भने बर्खाको समय डुबानमा पर्छ । कुनै बाली हुन छाडेपछि गत वर्ष उनले उखु लगाएका थिए, त्यो पनि सबै बाढीले बगायो ।
कृषिमै आश्रित उनको कुनै अन्य आम्दानी छैन । भएको जमीन पनि न बिक्छ, न त कुनै आम्दानीको स्रोत बन्छ । गुप्ता भन्छन्, “हाम्रा गाउँमा त बिहेवारी गर्न र छोरी दिन पनि नमान्ने दिन आउन थाले ।”
यस्तो समस्या झेल्नेमा विश्वनाथ एक्ला छैनन्, भारतीय गण्डक नहरका कारण अहिलेको पश्चिम नवलपरासीका साबिकका १३ गाविसका ८ हजार ४६४ घरधुरीको हालत उनको जस्तै छ ।
पुरानो गण्डक सम्झाैता पुनरावलोकन नहुँदा र १० वर्षअघि नेपालीलाई क्षतिपूर्ति दिने सम्झाैता समेत उल्लंघन भएपछि आफूहरू डुबानमा परेको दूधनाथको भनाइ छ ।
नेपाली भूमि कटान गर्दै घरै अगाडिबाट बग्ने नहरको पानीले भारतीय भूमि उर्वर भइरहे पनि नहर नजिकैका स्थानीय सिंचाइको अभावमा छन् । स्थानीय कृषक सावित्रा न्यौपाने भन्छिन्, “यही नहरले जग्गा बगायो, उखु, धान सबै डुबायो ।”
१८ किलोमिटर नेपाली भू–भाग हुँदै भारत पुग्ने गण्डक नहरको पानीबाट महाराजगञ्ज, कुशीनगर, देवरिया, गोरखपुर लगायत भारतीय भू–भागको लाखौं हेक्टर जमीन सिंचाइ हुने गर्छ । पूर्व–पश्चिम दुई नहरबाट भारतमा झण्डै ३३ हजार क्यूसेक पानी जाने गर्छ ।
यता, गण्डक नहरकै कारण साबिकका त्रिवेणी सुस्ता, गुठी सुरजपुरा, ठुलोखैरटवा, बैदौली, भुजहवा, कुडिया, रुपौलिया, नर्सही, प्रतापपुर, पक्लिहवा, गुठीपर्सौनी लगायत १३ गाविस बढी प्रभावित छन् । स्थानीयका अनुसार यहाँ ५०० बिघाभन्दा बढी जमीन कटान भएको छ । दुई हजार बिघा पूर्ण रूपमा र एक हजार बिघा अर्ध डुबानमा पर्ने गरेको छ ।
पश्चिम नवलपरासीका गण्डक प्रभावित नेपालीले तत्काल भारतले सम्झाैता अनुसारको क्षतिपूर्ति नदिए भारतमा सिंचाइका लागि पानी जाने गण्डक नहर थुनेर आन्दोलनमा उत्रिने बताएका छन् । क्षतिपूर्ति दिने सम्झाैता पालना नहुँदा वर्षेनि झन् बढी क्षति भइरहेको भन्दै उनीहरू फेरि ‘पानी रोको’ आन्दोलनको तयारीमा छन् ।
२०६५ सालमा भारत जाने पानी थुनेर आन्दोलनमा उत्रिएका गण्डक पीडितहरु । ३५ दिनसम्मको यो आन्दोलनपछि भारतीय पक्षले क्षतिपूर्ति दिने २१ बुँदे सहमति जनाएको थियो ।
“भारतीय पक्षले विगतको औपचारिक सम्झाैता अहिलेसम्म लागू गरेन । नेपाली पक्षले पनि त्यस्तो सम्झाैता लागू गर्न दबाब नै दिएन” संघर्ष समिति अध्यक्ष दूधनाथ भन्छन्, “अब अर्को आन्दोलन गर्नुको विकल्प छैन । त्यसको तयारीमा छौं ।”
६० वर्षअघि भएको गण्डक सम्झाैता अनुसार भारतीय पक्षले काम नगरेपछि गण्डक पीडितले क्षतिपूर्ति माग गर्दै ११ जेठ २०६५ बाट भारतमा सिंचाइका लागि पानी जाने नहर थुनेर ३५ दिनसम्म ‘पानी रोको’ आन्दोलन गरेका थिए ।
उनीहरूको माग सम्बोधन गर्न नेपाल र भारतीय पक्षबीच १२ असार २०६५ मा २१ बुँदे सहमति भएको थियो । सहमतिमा नेपालका तर्फबाट नवलपरासी जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी गोविन्द खनाल र भारतका तर्फबाट बिहार चम्पारणका जिल्ला अधिकारीले हस्ताक्षर गरेका थिए । सहमतिपत्रमा भारतीय अधिकारीको हस्ताक्षर छ, तर नाम उल्लेख छैन ।
सहमतिमा बाँधका कारण भएको क्षतिपूर्तिस्वरुप भारतीय पक्षले नेपाली क्षेत्रमा सरसफाइ गरिदिने, स्कूल, अस्पताल बनाइदिने, बालबालिकाका लागि मनोरञ्जनका संरचना र साधनहरू बनाइदिने लगायत बुँदा उल्लेख थिए ।
गण्डकपीडितले त्यतिबेला नहरमा रहेको सिल्ट इजेक्टर (बालुवा छान्ने ठाउँ) देखि नारायणी नदीको ‘ए ग्याप’ बाँधको किनारासम्म नयाँ तटबन्ध निर्माण गरिनुपर्ने, ए ग्याप बाँधको उँचाइ थप दुई मिटर बढाउनुपर्ने लगायत २१ बुँदे माग राखेका छन् ।
त्यस्तै, धोबाहा खोलाको साइफनसहितको पुल निर्माण गर्नुपर्ने, त्रिवेणीको रानीनगरस्थित ३२ आरडीको जीर्ण पुलको पुनर्निर्माण गर्नुपर्ने, गण्डक ब्यारेजदेखि गजेन्द्रमोक्ष धामसम्म तटबन्ध बनाउनुपर्ने, पक्लिहवा गाविसस्थित ‘बी ग्याप’ बाँधलाई भारतीय सीमासम्म नयाँ निर्माण गर्नुपर्ने, २०४२ सालदेखि हालसम्मको जग्गा कटान र डुबानको क्षतिपूर्ति तत्काल पाउनुपर्ने, गण्डक क्षेत्रमा वर्षामा आउने बाढीका कारण मलेरिया रोग बढ्दै गएकाले रोग नियन्त्रण कार्यालय स्थापना गरी नियन्त्रण गर्नुपर्ने लगायत माग पनि उनीहरूले राखेका थिए ।
त्यस्तै, उक्त क्षेत्रमा गण्डक अस्पताल निर्माण गर्नुपर्ने, गण्डक सम्झाैतामा उल्लेख भए अनुसार नेपाली नहरमा ३०० क्यूसेक पानीसहितको संरचना निर्माण गर्नुपर्ने र भारतले गण्डक नहर अन्तर्गत नेपालभित्र गर्ने निर्माणका कार्य नेपाली लाइसेन्स प्राप्त कम्पनी वा ठेकेदारलाई दिनुपर्ने माग समेत नहरपीडितले उठाएका थिए ।
गण्डकपीडितले आफ्ना माग राखी यसरी संगठित रूपमा आन्दोलन गर्न थालेको १० वर्ष भइसकेको छ । अध्यक्ष दूधनाथका भनाइमा त्यतिबेला अधिकांश माग सम्बोधन गर्ने सहमति भएको थियो ।
“तर १० वर्षसम्म पनि ती कुनै सम्झाैता लागू भएनन्” संघर्ष समितिका प्रवक्ता वृजराज कुशवाह भन्छन्, “सम्झैता पालना गराउन नेपाल सरकारले पनि तदारुकता देखाएन ।” उनका अनुसार बाँधकेन्द्रित आफ्नो क्षेत्रमा भारतले विभिन्न संरचना बनाइरहेको छ । तर सम्झाैता अनुसार नेपाली भू–भागमा लगानी गरेको छैन ।
अध्यक्ष दूधनाथका भनाइमा दश वर्षअघि नै क्षतिपूर्तिबापत भारतले २ अर्ब ९३ करोड ६१ लाख नेपाली रुपैयाँ दिनुपर्ने नेपाली पक्षको माग थियो । त्यसयता झन् धेरै क्षति भइसकेको छ ।
नेपाल सरकारको २८ पुस २०६६ को निर्णयानुसार सिंचाइ मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई २९ पुस २०६६ मा क्षतिपूर्ति रकमका लागि पत्र पठाएको थियो भने परराष्ट्र मन्त्रालयले दुईपटक भारतीय दूतावासलाई पत्र लेखेको थियो । अध्यक्ष गुप्ता भन्छन्, “तर उपलब्धि केही भएन । त्यसयता सरकारले चासो पनि देखाएन ।”
त्यो बेला नेपालीले पानी थुनिदिएपछि भारतीयले नेपालका लागि इन्धन रोक्ने चेतावनी दिएको समाचार भारतीय अखबार अमर उजाला ले लेखेको थियो । झण्डै एक साता पश्चिम तराईका तीन जिल्लामा पेट्रोलियम पदार्थ रोकिएको थियो । त्यतिबेला भारतीय सांसद पंकज चौधरी र पूर्व सांसद हर्षवद्र्धन सिंह लगायतले भारतीय सरकारलाई पानी सुचारु गर्नुपर्ने बताएका थिए ।
गण्डक सम्झाैता नेपाल र भारत सरकारबीच २०१६ साल मंसीर १९ गते राति भएको थियो । सिंचाइ र जलविद्युत्मा केन्द्रित उक्त सम्झाैतामा नेपालका तर्फबाट तत्कालीन श्री ५ को सरकारका उपप्रधानमन्त्री सुवर्णशमशेर जबरा र भारतका तर्फबाट तत्कालीन भारतीय राजदूत भगवान सहायले हस्ताक्षर गरेका थिए ।
पदीय हैसियतले समेत असमान व्यक्तिले हस्ताक्षर गरेको उक्त सम्झाैतालाई शुरूदेखि नै नेपालीले असमान भन्दै आएका थिए । सम्झाैता अनुसार गण्डक नदीको नियन्त्रणदेखि सिंचाइ र विद्युत् उत्पादनका कार्य पनि भए, तर त्यसबाट नेपालले निकै सीमित भूमिमा सिंचाइ र विद्युत् पायो । त्यस्तै, सम्झाैता अनुसार मर्मत, सम्भार र पुनर्निर्माणका काम पनि भारतले गरेको छैन ।
साढे आठ लाख क्यूसेक पानी धान्ने क्षमताको भनिएको गण्डक नहरको मुख्यद्वार कमजोर भएकाले ६ लाख क्यूसेक पानी धान्न नसकेर २०५० सालमा भत्कियो । त्यतिबेला नेपाली भू–भागमा ठूलो क्षति भयो । असमान गण्डक सम्झाैता विरुद्ध शुरूदेखि नै नेपाली पक्षबाट असन्तोषका स्वर उठे पनि २०६५ सालमा पहिलो पटक संगठित रूपमा आन्दोलन उँचाइमा पुगेको थियो ।
संघर्ष समितिका अगुवा प्रेमचन्द गुप्ताका अनुसार २०१६ सालको गण्डक सम्झाैता अनुसार भारत सरकारले गण्डक ब्यारेज रहेको नारायणी नदीको ठोकर मर्मत, साइफन सरसफाइ तथा जल निकासका कुलाहरू सरसफाइ लगायत महत्वपूर्ण काम नियमित रूपमा गर्नुपर्ने थियो । अहिलेसम्म ती कुनै पनि काम भएका छैनन् ।
त्यस्तै, दश वर्षमा हुनुपर्ने सम्झाैताको पुनरावलोकन पनि हुनसकेको छैन । “प्रधानमन्त्री केपी ओलीको पछिल्लो भारत भ्रमणमा यो विषय उठाउन माग गरेका थियौं” गुप्ता भन्छन्, “तर यसबारे कुरा नउठेको खबरले दुःखी छौं ।”
सम्झाैताको धारा २ को उपधारा २ मा नहरका कारण नेपाली भूमिमा कुनै दुर्घटना, क्षति भएमा भारतले तुरुन्त क्षतिपूर्ति दिने स्पष्ट किटान छ । तर अहिलेसम्म ती र त्यस्ता कुनै पनि बुँदा कार्यान्वयन नगरेर भारतले सम्झाैताको पूरै उल्लंघन गरेको उनको आरोप छ । | OSCAR-2019 |
||
बर्खास्त विष्ट र इन्सपेक्टर भट्टले पुनर्बहालीको माग गर्दै निवेदन दिए – Everest Dainik – News from Nepal
बर्खास्त विष्ट र इन्सपेक्टर भट्टले पुनर्बहालीको माग गर्दै निवेदन दिए
काठमाडौं, मंसिर १६ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धानमा चरम लापरबाही गरेको प्रहरीको सेवाबाट हटाइएका कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदिश भट्टले पुनर्वाहलीको माग गर्दै मन्त्रिपरिषदमा निवदेन दिएका छन्।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते उनीहरूलाई सेवाबाट निष्कासन गर्न गृह मन्त्रालयसमक्ष पत्राचार गरेका थिए। गृह मन्त्रालयले कात्तिक ८ गते कञ्चनपुरका तत्कालीन एसपी विष्ट र प्रहरी निरीक्षक भट्टलाई भविष्यमा सरकारी सेवामा अयोग्य नहुनेगरी सेवाबा हटाएको थियो। आफूहरुमा अन्याय भएको भन्दै उनीहरु दुवैजनाले त्यसबेलै कानुनी उपचार खोज्ने बताएका थिए ।
हटाएको ३५ दिनभित्र पुनर्बहालीको लागि मन्त्रिपरिषदमा निवेदन दिनुपर्ने प्रावधान अनुसार दुवैजनाले निवेदन दिएको स्रोतले जानकारी दिएको छ ।
'गत आइतबार प्रहरी निरीक्षक भट्ट र मंगलबार एसपी विष्टले निवेदन दिएका छन्,' स्रोतले भन्यो, 'उनीहरुको निवेदन उपर क्याबिनेटले छलफल गरेर निर्णय गर्छ। क्याविनेटको निर्णयमा चित्त नबुझे अदालत जाने बाटो समेत खुला हुन्छ।' एसपी विष्ट र भट्ट दुवैले आफूहरुमाथि अन्याय भएको बताउँदै आएका छन्।
गत साउन १० गते बालिका पन्त साथी रोशनी बमको घरमा घरकी थिइन्। त्यसपछि वेपत्ता भएकी पन्तको भोलिपल्ट ११ गते उखुबारीमा शव भेटिएको थियो।
घटनाको अनुसन्धानमा प्रहरीले चरम लापरबाही गरेको भन्दै एसपी डिल्लीराज विष्ट, प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठी र अङ्गुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट र एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरिएको थियो। पछि एसपी विष्ट र प्रहरी निरीक्षक भट्टलाई सेवाबाट समेत हटाइएको थियो।
त्यसैगरी निर्मला पन्त हत्या प्रकरणमा एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट, महेन्द्रनगरका मेयर सुरेन्द्र विष्टका भतिज आयुष विष्ट, दिलिपसिहं विष्ट, चक्र बडुलगायत ९ जनाको डिएन परीक्षण भइसकेको छ। तर पनि घटनामा कुनै नयाँ क्लु फेला पर्न सकेको छैन। पन्तको न्यायको माग गर्दै भएको आन्दोलनमा एक जनाको प्रहरीको गोली लागेर मृत्यु समेत भएको थियो। तर पन्तको हत्यारा भने अहिलेसम्म पत्ता लाग्न सकेको छैन। नेपाल लाइभ डट.कमबाट | 2020/02/27 22:44:42 | https://everestdainik.com/2018/12/224661/ | mC4 |
रूपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले महिलाको कपाल कीराले काटेको बताउँदै कपाल काट्ने कीरालाई कपाल काट्दै गरेको बेला नियन्त्रणमा लिएको दाबी गरे । प्रहरीले बेथरीबाट उक्त कीरा समातेको बताएको छ ।
प्रहरीले यस्ता घटनामा घरकै कुनै सदस्य या महिलाको हात हुनसक्ने अनुमान गरिरहेको छ । महिला आफैले आफ्नो कपाल काट्ने काम गरेर आतङ्क सिर्जना गरेको हुनसक्ने अनुमान गरिए पनि त्यसको पुष्टि हुन सकेको छैन ।
अहिलेसम्म कपाल काटिएका महिलाको कपाल घरभित्रै काटिएको पाइएको छ । कपाल काटिएर उपचार गर्न आएकामध्ये केही महिला दुईतीन दिनको अन्तरालमा दोहोरिएर आएको चिकित्सकले जनाएका छन् । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भैरहवाका मानसिक रोग विशेषज्ञ डा.सञ्जीव रञ्जनले मास हिस्टेरिया नामक रोगका कारण यस्ता घटना बाहिर आएको बताए । चिकित्सकले हाउगुजीको पछि नलागी नडराईकन बस्न पनि सुझाएका छन् ।
काठमाडौं । नेपालका एकमात्र खर्बपति विनोद चौधरीले विश्वभर व्यापार थप विस्तार गर्दै लगेका छन् । उक्त क्रममा उनी टेलिकम बिस्तारको बिजेनेशमा पनि थप सक्रिय देखिएका छन् । | 2021-03-09T10:06:25Z | https://www.joshilopost.com/post/2021/02/79 | OSCAR-2109 |
कुल आचार्यद्धारा एनआरएन उपाध्यक्षमा उम्मेदवारी घोषणा | Nepal Britian
कुल आचार्यद्धारा एनआरएन उपाध्यक्षमा उम्मेदवारी घोषणा
काठमाण्डौं । गैरआवासीय नेपाली संघको यूरोप संयोजक कुल आचार्यले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आचार्यले शनिवार विज्ञप्ति जारी गर्दै यही अक्टोबर १४ देखि १७ सम्म काठमाण्डौंमा हुन गैरहेको आठौं महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । आचार्यले आफ्नो घोषणसंगै ७ बँुद्धे प्रतिवद्धता जनाएका छन् । उनले एनसिसिहरुलाई अरु बढी कृयाशील र सुदृढ तुल्याउने, बैदेशिक रोजगार, कल्याणकारी तथा मानवीय सहयोग, क्षमता, सीप र पूँजी नेपालमा लगानी गर्ने वातावरण बनाउने लगायतका प्रतिवद्धता जनाएका छन् । | 2017/10/19 16:30:44 | http://www.nepalbritain.com/?p=22489 | mC4 |
लिम्बुवानको कमल गाउँपालिकाका लोकप्रिय नेताको निधन । - Ujyaalo Sandesh Online
लिम्बुवानको कमल गाउँपालिकाका लोकप्रिय नेताको निधन ।
अबिन मेयाङ्बो,दमक/ कमल गाउँपालिका वार्ड नं ४ का हनेरी कप्तान याम प्रसाद लावती चार पाँच महीना देखि अस्वास्थ्यअवस्थामा थिए। उनको सोमवार आफ्नै निवासमा निधन भएको थियो।उहाँ सामाजिक कार्य सेवामा निकै योगदान पूराएको र निस्वार्थ भावनाले काम गर्ने गरेको स्थानीय बासीहरुले बताएका छन्।
त्यस अलवा स्थानीय ठाऊँ राजनीतिक क्षेत्रमा हेर्ने हो भने संघीय लोकतांत्रिक राष्ट्रीय मञ्च , संघीय लिम्बुवान मञ्च ,नेपाल को सावित तोपगाछी हाल कमल गाउँपालिकामा स्थापनकाल देखि ४ कार्यकाल सम्म अध्यक्ष रहेका भू पु हनेरी कप्तान याम प्रसाद लावती उनले ७५, ७६ वर्षमा शारीरिक असक्त हुदै गरे पछि उनले आफै पनि स्वयम राजीनामा दिएका थिए। उहाँको परिवार श्रीमती , छोरा बुहारी , छोरी ज्वाइ, नाती नातीनी बुहारी गरी १२ परिवार छन् ।
जति खेर नेपालको सुदूर पूर्वमा पहिचान, सम्मानता हक अधिकारको लागि जोड़दार आन्दोलनमा उठेका छन् । त्यो समयमा ( तोपगाछी ) कमल गाउँपालिकाको तर्फबाट लिम्बुवान कमाण्डरहरुसंग एक ढिक्का भई केर्खा , दमक , दुधे जस्तो विभिन्न ठाऊँहरुमा शसक्त आन्दोलन छेडेका थिए ।
उन कै कार्यकालमा लिम्बुवान आन्दोलनमा शहीद माङतोक राज कुमार आङदेम्बे प्रथम शहीद भएका थियो । अहिले नेपालमा कोरोना कहरको संक्रमित आतंकले मरिमरौमा खासै ठुलो भेला नभएको बेला उनको आज पाड़ाजुगी अन्तेष्टीमा चर्को गर्मीलाई व्यवस्था गर्दै सामाजिक र राजनीतिक योगदान प्रति ख्याल गर्दै उनी प्रतिको सदभाव र सम्मानको लागि ६०० भन्दा बढ़ीको मलामीहरुको सहभागिता रहेको थियो ।
जसमा पार्थिक शरीरलाई दफन गर्नु अगाडि समवेदना प्रकट गर्न संघीय लिम्बुवान मञ्चका कमलगाउँपालिका एकाई कमिटी देखि केन्द्रीय नेताहरुको उपस्थिति थियो भने केन्द्रीय नेता सूर्य प्रसाद याक्पादेनबाट सहजिकरण गर्दै पार्टीको झण्डा केन्द्रिय सल्लाहकार अम्बर बहादुर राई , केन्द्रीय उपाध्यक्ष ज्ञानु ईम्बुङले लिम्बुवान पार्टीको झण्डा मृतक शरीरलाई ओढ़ाई सम्मान साथै मृतक प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको थिए ।
उक्त कार्यक्रम संचालन पार्टीका केंद्रीय सचिव विष्णु भट्टराईले सालिन भावमा संचालन गरेका थिइन । त्यस्तै गरी उहाँको अन्तिम काज क्रिया २०७७ जेष्ठ ३० सामेल हुने मृतकका परिवारले बताएका छन् । | 2021/04/23 11:02:24 | https://ujyaalosandeshonline.com/2020/06/1404 | mC4 |
एमाले-माओवादी एकीकरण प्रक्रिया सुरु | Nagarik News - Nepal Republic Media
१३ पुस २०७४ ७ मिनेट पाठ
प्रकाश तिमल्सिना/मणि दाहाल
काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सरकार गठन र पार्टी एकीकरण प्रक्रिया सँगसँगै अघि बढाउने निष्कर्षमा पुगेका छन् । सरकार गठन र पार्टी एकीकरणबारे विभिन्न अडकलबाजी चलिरहेका बेला दाहाल र ओलीले बुधबार उक्त निष्कर्ष निकालेका हुन् । मतदातालाई धन्यवाद दिएर चितवनबाट फर्कनेबित्तिकै दाहाल अपराह्न बालकोटस्थित ओली निवासमा पुगेका थिए ।
पार्टी एकीकरणका लागि केही दिनमा केन्द्रीय एकता संयोजन समितिको बैठक बोलाइने सहमति भएको दाहालका प्रेस संयोजक मनहरि तिमल्सिनाले जानकारी दिए । 'दुई अध्यक्षबीच एकदुई दिनमै संयोजन समितिको बैठक डाकेर एकता प्रक्रिया अघि बढाउने समझदारी भएको छ,' तिमल्सिनाले भने । संयोजन समितिमा ओली र दाहालसहित एमालेका माधवकुमार नेपाल, झलनाथ खनाल र ईश्वर पोखरेल तथा माओवादीका नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालगायतका नेता छन् ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा साझा घोषणापत्रसहित गठबन्धन बनाएर भाग लिएका दुवै दलबीच एकीकरण गर्ने घोषणा यसअघि नै भए पनि प्रक्रिया भने अघि बढ्न सकेको थिएन । दुई नेताबीच एकीकरणपछिको नयाँ पार्टीको मार्गदर्शक सिद्धान्त, कार्यनीति, रणनीति तथा सांगठनिक संरचनाका बारेमा पनि छलफल भएको छ । 'दुई अध्यक्षबीच सांगठनिक मोडालिटीबारे छलफल भए पनि बाहिर सार्वजनिक गरिएको छैन,' एमाले सचिव प्रदीप ज्ञवालीले नागरिकसँग भने, 'बहसमा अनेक थरीको कुरा आउने हुनाले सांगठनिक मोडालिटी सरप्राइज ढंगले बाहिर आउँछ ।' उनका अनुसार ओली र दाहालले संयोजन समितिको बैठकमा छलफलका लागि आआफ्नो पार्टीको माग र अजेन्डा प्रस्तावका रूपमा पेस गर्ने प्रतिबद्धता जनाएका छन् ।
दुई अध्यक्षबीच वामपन्थीको नेतृत्वमा नयाँ सरकार गठन र राष्ट्रियसभा निर्वाचनबारे पनि छलफल भएको थियो । 'नयाँ जनादेश प्राप्त भएको परिस्थितिमा वर्तमान सरकारले नयाँ सरकार गठनको मार्गप्रशस्त गर्नुपर्ने विषयमा कुराकानी भएको थियो,' बैठकपछि तिमल्सिनाले भने, 'निर्वाचन आयोगले नयाँ सरकार गठनका विषयमा वातावरण सहज बनाउनुपर्नेमा पनि दुवै नेताहरुबीच छलफल भएको छ ।' राष्ट्रियसभा निर्वाचनलाई देखाएर सरकार नछाड्ने प्रधानमन्त्री शेरबहादुर देउवाको कदमप्रति दुवै नेताले असन्तुष्टि जनाएका छन् ।
प्रदेशसभाको समानुपातिकतर्फको उम्मेदवार माग भइसक्दा पनि प्रतिनिधिसभातर्फको उम्मेदवारको सूची निर्वाचन आयोगले माग नगर्नुको कारणबारे अध्यक्षद्वयले आयोग पदाधिकारीसँग जानकारी लिने भएका छन् । 'निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनबारे दलीय विवादका कारण प्रतिनिधिसभातर्फका समानुपातिक उम्मेदवार माग नगरिएको हो वा प्राविधिक काम नै नसकेको हो भन्नेबारे आयोगसँग जानकारी लिने काम हुनेछ,' ओली निकट स्रोतले नागरिकसँग भन्यो । नयाँ सरकार गठन प्रतिनिधिसभा सदस्यले गर्ने र त्यहाँ राष्ट्रियसभाको कुनै भूमिका नहुनेमा दुवै नेता सहमत देखिएका छन् ।
'प्रतिनिधिसभाको समानुपातिक सिट तत्काल बाँडफाँट गरी राजनीतिक दलसँग माग गर्न र विजयी उम्मेदवार घोषणा गर्न आयोगलाई आग्रह गरिने सहमति भएको छ,' ओलीका प्रेस संयोजक चेतन अधिकारीले नागरिकसँग भने, 'राष्ट्रियसभासम्बन्धी अध्यादेश फिर्ता लिनुपर्नेमा दुवै दल मञ्जुर भएका छन् ।'
गत भदौ २८ गते सरकारले राष्ट्रियसभा निर्वाचनसम्बन्धी विधेयक बहुमतीय प्रणाली नै राखेर संसद्मा पेस गरेको थियो । उक्त विधेयकमा संशोधन हाल्ने ७२ घन्टा अवधिमा बहुमतीय प्रणालीप्रति असहमति जनाउँदै कांग्रेसका रामहरि खतिवडा र भरत साहले एकल संक्रमणीय निर्वाचन प्रणाली हुनुपर्ने भन्दै संशोधन हालेका थिए । तर, त्यसपछि कांग्रेस–माओवादी गठबन्धन भत्किएर वाम गठबन्धन बनेको र निर्वाचन परिणाम पनि वाम गठबन्धनका पक्षमा आउने संकेत देखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले एकल संक्रमणीय प्रणालीबाट राष्ट्रियसभा सदस्य निर्वाचित गर्नुपर्ने प्रावधान राखेर अध्यादेश लगेको वाम गठबन्धनको आरोप छ । दुवै नेता उक्त अध्यादेश फिर्ता गरी नयाँ सरकार गठनपछि अर्को अध्यादेश लैजाने पक्षमा छन् ।
बैठकमा अध्यक्षद्वयले दुवै पार्टीका दोस्रो तहका नेताले दिएका पार्टी एकीकरणविरोधी अभिव्यक्तिलाई आफ्नो स्थान सुरक्षित पार्न खोजिएको कदमका रूपमा लिएका छन् । त्यसैले पनि आन्तरिक रुपमा भइसकेको सहमति बाहिर ल्याउन नसकिएको एमाले नेता ज्ञवालीले बताए । 'आफूलाई केन्द्रबिन्दुमा राखेर दुवै पार्टीका नेताहरुले छलफल गरिरहेको देखिएपछि नेतृत्वले धेरै कुरा गोप्य राख्न बाध्य भएको हो,' ज्ञवालीले भने । उनका अनुसार अब एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालले एकीकरणबारे दोस्रो तहका नेतासँग छलफल गर्नेछन् । | 2020/10/01 20:39:09 | https://nagariknews.nagariknetwork.com/politics/135493-1514425500.html | mC4 |
वर्ष को शुरुवात मा, यो एक राम्रो सुरुवात मा ushered छ। यस वर्ष को शुरुवात मा, कम्पनी नयाँ स्वचालित रेखाचित्र Lacquering मिसिन मोडेल विकास गरे। यो मोडेल लाह प्रशोधनका लागि डिजाइन गरिएको छ। यो मात्र होइन Lacquering प्रक्रिया पूर्णतया पूरा, तर गर्न सक्नुहुन्छ पनि निकै ठेस सुधार ... थप पढ्नुहोस् » | OSCAR-2019 |
||
काठमाडौं । विवादित अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदमा टेबुल गर्ने सरकारको निर्णयविरुद्ध आज नेपाल बन्द आह्वान गरिएको छ । आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल गर्ने निर्णयसँगै पाँच दलीय मोर्चाले नेपाल बन्दको आह्वान गरेको हो ।
नेकपा (क्रान्तिकारी माओवादी), विप्लव नेतृत्वको नेकपा, नेकपा माओवादी केन्द्र समाजवादी, वैज्ञानिक समाजवादी पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा र देशभक्त जनगणतान्त्रिक मोर्चाले संयुक्त रुपमा नेपाल बन्दको आह्वान गरिएको छ । उनीहरुले एमसीसी सम्झौता खारेजीको माग गर्दै आएका थिए ।
एमसीसी राष्ट्रघाती भएको र सत्ता गठबन्धन दलहरुले उक्त सम्झौता संसदबाट पारित गरी लागु गर्न खोजेको भन्दै विरोध जनाएका छन् । एमसीसी संसदमा नलिएर खारेज गर्नुपर्ने उनीहरुको माग छ ।
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जबरजस्त भएपनि संसदमा एमसीसी लैजाने पक्षमा उभिएपछि सत्ता गठबन्धन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी समर्थन नगर्ने बताएका छन् । त्यस्तै राष्ट्रिय जनामोर्चालगायतका साना पार्टीले पनि एमसीसीको विरोध जनाउँदै आएका छन् ।
नेपाली काँग्रेसको मंगलबार बसेको संसदीय दलको बैठकले एमसीसी टेबुल गर्ने निर्णय गरेको थियो । यो निर्णयसँगै देशभर विरोध सुरु भएको छ ।
यसअघि रोकेपनि सरकारले निर्णय नै गरिसकेपछि टेबुल गर्नुपर्ने कानुनी बाध्यतामा सभामुख अग्नि सापकोटा रहेका छन् ।
यसैबीच नेपाल बन्दका कारण लामो र छोटो दूरीका सवारी साधान चलेका छैनन् भने जनजीवन विहानैबाट प्रभावित भएको छ । एमसीसी टेबुल गर्ने निर्णयविरुद्ध विरोधलाई रोक्न सरकारले राजधानी काठमाडौँसहित ७७ वटै जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रधान कार्यालय, सशस्त्रि प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई कानुन विपरीतका गतिविधि हुन नदिन सम्पूर्ण सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखि शान्ति सुरक्षा कायम गर्न निर्देशन दिएको छ ।
About us
डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो । | 2022-12-06T18:47:33Z | https://onlinedabali.com/archives/75532 | OSCAR-2301 |
चेम्बरका नवनिर्वाचित पदाधिकारीलाई महासंघको स्वागत,संस्थागत सहकार्य र कार्यगत एकतामा जोड « लुम्बिनी सञ्चार
चेम्बरका नवनिर्वाचित पदाधिकारीलाई महासंघको स्वागत,संस्थागत सहकार्य र कार्यगत एकतामा जोड
प्रकाशित मिति : 18 April, 2021 9:09 pm
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्वर अफ कमर्सका पदाधिकारीहरूले निजी क्षेत्रका प्रतिनिधि संस्थाहरू बीच कार्यगत एकता अपरिहार्यतामा जोड दिएका छन् ।
निजी क्षेत्र एक ढिक्का भएर जान सकेमात्र उद्योग व्यवसाय क्षेत्र बलियो हुने दुबै संस्थाको निष्कर्ष छ ।
मिलेर जाँदा मात्रै निजी क्षेत्रले उठाएका मुद्दाहरू कार्यान्वयन गर्न तथा आर्थिक विकासमा समेत बलियो उपस्थिति जनाउन सकिने भएकाले संस्थागत सहकार्य र कार्यगत एकताको विषयलाई जोडतोडका साथ अगाडि बढाउनु पर्ने कुरामा दुवै संस्थाका पदाधिकारीहरूले जोड दिएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघद्वारा नेपाल चेम्वर अफ कमर्सको हालै सम्पन्न ७० औं वार्षिक साधारण सभाबाट निर्वाचित अध्यक्ष सहित पदाधिकारीहरूको स्वागतमा आज महासंघ सचिवालयमा आयोजित कार्यक्रममा दुबै संस्थाका नेतृत्वको कुरामा जोड दिइएको हो ।
एकता नै बल हो भन्ने कुरालाई हामी तीनै वटा संस्थाहरूले मनन गरेर अगाडी बढ्नु पर्ने भन्दै महासंघका अध्यक्ष शेखर गोल्छाले चेम्वरका पदाधिकारीहरूलाई स्वागत गर्दै भने,"हामी प्रतिस्पर्धी होइन एक अर्काका परिपुरक हौं र आउने समयमा पनि एक भएर हाम्रा मुद्दाहरूमा कार्यगत एकता गरौ, सहकार्यलाई घनिभुत ढंगले अगाडि बढाऔं । हामीले बोल्ने भाषा एकै हुनुपर्छ । हामीले एकता देखाउन सक्यौ भने हामी अझ बलियो हुन्छौं ।"
अध्यक्ष शेखर गोल्छाले महासंघले सार्वजनिक गरेको राष्ट्रिय आर्थिक रूपान्तरण २०३० सम्पूर्ण निजी क्षेत्रको दस्तावेजको रूपमा रहेकाले यसको सफल कार्यान्वयनबाट सिंगो निजी क्षेत्रको सम्मान बढ्ने पनि उहांले स्पष्ट पारे ।
महासंघले अगाडि सारेको भिजन पेपरको स्वामित्व लिई सफल कार्यान्वयनमा समेत संस्थागत सहकार्य गर्न चेम्वरलाई आग्रह गरे । अध्यक्ष गोल्छाले महासंघ र नेपाल चेम्वर बीचको ऐतिहासिक सम्बन्धका वारेमा स्मरण पनि
अध्यक्ष मल्लले महासंघले अगाडी सारेको भिजन पेपरको कार्यान्वयनमा के कसरी सहकार्य गरि अगाडी बढ्न सकिन्छ त्यसमा आफ्नो पूर्ण समर्थन रहने प्रतिवद्धता जनाए ।
बजेट ल्याउने तर कार्यान्वयन नहुने सरकारको समस्या रहेकाले बजेटमा उल्लेख गरिएका कार्यक्रमको पूर्ण कार्यान्वयनका लागि पनि एकतावद्ध भएर पहल गर्नुपर्ने अवस्था रहेको उनले बताए । संस्थागत सहकार्य र कार्यगत एकता भोलिका पिंढीहरूका लागि पनि उदाहरणीय बनाउनु पर्नेमा उनको सुझाव थियो ।
स्वागत कार्यक्रममा कोभिडको दोस्रो लहर आएको सन्दर्भमा लकडाउनका कुरा समेत आउन थालेकाले लकडाउन नै अहिलेको समस्याको समाधान नभएको र मुलुकको अर्थतन्त्रले अव अर्को लकडाउन थेग्न नसक्ने दुबै संस्थाको निकर्ष छ । | 2022/05/22 21:02:22 | https://www.lumbinisanchar.com/archives/29801 | mC4 |
त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय,बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७८ सालमा संचालन हुने कानून संकायतर्फ २ वर्षे एल.एल.एम दोस्रो वर्ष (२०७६) आंशिक परीक्षा दिने परीक्षार्थीहरुको निम्न कार्यक्रमानुसार परीक्षा संचालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो कार्यक्रम प्रकाशित गरिएको छ । | 2021-12-08T12:03:52Z | https://www.janaboli.com/post/362263 | OSCAR-2201 |
गणेशमान सिंह स्मृति बक्सिङ चैतमा « News of Nepal
गणेशमान सिंह स्मृति बक्सिङ चैतमा
नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा स्व. गणेशमान सिंहको स्मृतिमा 'वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता आगामी चैतमा हुने भएको छ। गणेशमान सिंह फाउन्डेसनको आयोजनामा हुने प्रतियोगिता चैत १८ देखि २२ गतेसम्म हुने आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो।
काठमाडौंको वसन्तपुर डबलीमा आयोजना हुने प्रतियोगितामा महिलातर्फ ४८, ५१, ५४, ५७, ६० र ६४ केजी गरी कुल ६ वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ। त्यसैगरी, पुरुषमा ४९, ५२, ५६, ६०, ६४, ६९, ७५ र ८१ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछ।
जसमा सात प्रदेश र तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब र नेपाल पुलिस क्लबका खेलाडीले प्रतिस्पर्धा गर्ने गणेशमान सिंह फाउन्डेसन खेलकुद विभागका संयोजक सञ्जीव तुलाधरले जानकारी दिए।
प्रतियोगिताका लागि सातै प्रदेशमा छनोट प्रतियोगितासमेत आयोजना गरिने भएको छ। प्रदेश–१ को छनोट प्रतियोगिता फागुन १५ देखि १७ गतेसम्म विराटनगरमा सञ्चालन हुनेछ।
यस्तै, प्रदेश २ र बागमती प्रदेशको छनोट फागुन २० देखि २२ सम्म काठमाडौंमा, गण्डकी प्रदेशको छनोट फागुन २९ देखि चैत १ गतेसम्म पोखरामा हुनेछ। प्रदेश ५ र कर्णाली प्रदेशको छनोट चैत ४ देखि ६ गतेसम्म नेपालगन्ज र सुदूरपश्चिम प्रदेशको छनोट प्रतियोगिता चैत ८ देखि १० गतेसम्म धनगढीमा सञ्चालन हुनेछ।
जिल्ला स्तरमा छनोट भएका खेलाडीले प्रादेशिक छनोटमा सहभागिता जनाउने प्रतियोगिता संयोजक राजीव श्रेष्ठले जानकारी दिए। प्रतियोगिताका हरेक तौल समूहका विजेताले २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुने खेलाडीले सात हजार पाँच सय रुपियाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताका उत्कृष्ट पुरुष खेलाडीलाई मोटरसाइकल र महिला खेलाडीलाई एक थान स्कुटर प्रदान गरिनेछ। | 2020/04/05 09:56:12 | https://www.newsofnepal.com/2020/02/17/294584/ | mC4 |
ग्रीस युरो समूहबाट बाहिर नजाने | We Nepali
ग्रीस युरो समूहबाट बाहिर नजाने
२०७२ असार २९ गते ०:१६
म्याड्रिड, २८ असार । स्पेनका प्रधानमन्त्री म्यारियानो रजोइले ग्रीस र युरो समूह राष्ट्रबीचको ऋण दाता सम्बन्धमा चुलिएको विवादलाई मध्यनजर गर्दै सोमबार सन्तुलित समजदारी सर्त प्रस्ताव गरेका छन् ।
स्पेनको यो सर्तले युरो समूहका सदस्य राष्ट्र वा ग्रीसका ऋण दाताबीच भएको विवाद समाधान गर्न मध्यस्थ भूमिका खेलेकोे र ग्रीसको अर्थतन्त्रलाई उकास्नु साथै युरो क्षेत्रलाई मजबुत बनाउने रजाईको विश्वास छ ।
'मलाई लाग्छ यो सन्तुलित सर्त थियो,' एथेन्सको आर्थिक विवादमा कडा विचार प्रस्तुत गर्नु हुने मध्येका एक स्पेनी प्रधानमन्त्रीले पत्रकारसँग भनेका छन् । 'मुख्य कुरा के हो भने सबैले आ–आफ्नो भूमिका निभाउनुपर्छ र वचनबद्धता पूरा गर्नु पर्छ,' उनले थपे ।
यसैबीच इटालीका प्रधानमन्त्री माटेओ रेन्जीले सोमबार युरोपेली युनियनको तेस्रो ग्रीक जमानत सम्बन्धमा भएको सम्झौता महत्वपूर्ण भएको भन्दै यसबाट दुवै पक्षको हित हुने बताएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । यसमा कसैको जित अथवा कसैलाई कम आङ्कलन नगरिएको ब्रसेल्समा भएको पत्रकार सम्मेलनमा रेन्जीले बताए ।
'हामीबीच आज राति भएको सहमति महत्वपूर्ण भए पनि छलफलका क्रममा यहाँसम्म पुगिन्छ होला भन्ने कमै मात्र आशा थियो । किनभने यो जटिल विषय थियो,' उनले पत्रकारसँग भने । यसअघि सोमबार बिहानै युरोपेली आयोगका अध्यक्ष डोनाल्ड टस्कले एथेन्ससँग युरो समूहका राष्ट्रबीच भएको सहमति सर्वसम्मत भएको जनाएका थिए ।
ग्रीसले स्वायत्तताको बाटो रोजेको थियो । जनमत सङ्ग्रह प्रजातान्त्रिक सिद्धान्तअनुसार सम्मानजक छनौट थियो तर ग्रीक नागरिकका लागि उत्तिकै खतरनाक पनि हुन सक्थ्यो । यो समग्रमा 'गलत' थियो किनकी यो युरो समूह सदस्यबीच सल्लाह नभई आएको ग्रीसको निर्णय थियो ।
गए रातीको सहमति सबैको योगदानबाट सम्भव भएको छ । ग्रीक युरो समूहबाट बाहिरिनबाट जोगिएको छ भने यसका सदस्य राष्ट्रहरूले आफ्नो साझेदार सदस्यलाई समेट्न सफल भएको रेन्जीले जनाए । | 2022/01/21 13:47:55 | https://www.wenepali.com/2015/07/10473.html | mC4 |
खुँडा प्रहार गरेर युवकको हत्या, एक पक्राउ : RajdhaniDaily.com -
Home प्रमुख खुँडा प्रहार गरेर युवकको हत्या, एक पक्राउ
बझाङ । बझाङमा खुँडा प्रहार गरी एक युवकको हत्या गरिएको छ । जिल्लाको छविसपाथिभेरा गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहको खुँडा प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताउनुभयो ।
छविसपाथिभेरा–३ मा रहेको बान्नीचौर माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा मङ्गलबार साँझ भएको विवादपछि खुँडा प्रहार गर्दा सिंहको ज्यान गएको उहाँले बताउनुभयो ।
खुँडा प्रहार गर्नेमध्येका एक जना सोही गाउँपालिका–२ का ३२ वर्षीय ज्ञानबहादुर कडायतलाई घटनास्थलबाटै पक्राउ गरिएको छ भने सोही ठाउँका प्रकाश ऐडी फरार रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।
हत्यामा प्रयोग गरिएको खुँडा बरामद गरी शव जिल्ला अस्पताल सिमखेतमा राखिएको र शवको परीक्षण भने अहिलेसम्म नभएको बताइएको छ । फरार व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
यसअघि समेत सो विद्यालयमा व्यवस्थापन समिति गठनको विषयमा विवाद हुँदै आएको बुझिएको छ ।
काठमाडौं महानगरमा घरमै बसी नक्सा पास गर्न सकिने
भवनाथ प्याकुरेल - July 4, 2020
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी साउनदेखि नक्सा स्वीकृत गर्दा विद्युतीय हस्ताक्षर (डिजिटल सिग्नेचर) प्रयोगमा ल्याउने भएको छ । भवनको नक्सा पास गर्दा कागजी प्रक्रिया...
मुख्यमन्त्री राई र युरोपियन युनियनका राजदूतबीच भेटवार्ता
राजधानी संवाददाता - March 13, 2020
मोरङ, ३० फागुन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र युरोपियन युनियन डेलिगेशन नेपालका लागि राजदुत भेरोनिका कोडीबीच (Veronica Cody) भेटवार्ता भएको...
कामु गभर्नरमा शिवाकोटी
Not-to-be-missed मधुजंग पाण्डे - March 18, 2020
काठमाडौं । नेपाल राष्ट्र बैंकको आगामी गभर्नर नियुक्ति नहुँदासम्मका लागि कामु गभर्नरमा वर्तमान डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले पाउने भएका छन् । उनलाई अर्थ मन्त्रालयले...
अमेरिका ३५ रनमा अलआउट, सन्दीपको नाममा ६ विकेट
Breaking News एजेन्सी - February 12, 2020
काठमाडौं । सन्दीप लामिछाने र सुशन भारीले घातक बलिङ गरेपछि जारी आईसीसी विश्वकप क्रिकेट लिग– २ मा नेपालले अमेरिकालाई ३५ रनमा सीमित...
विदेश एजेन्सी - November 30, 2020
विलमिङटन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको कुकुरसँग खेल्नेक्रममा खुट्टा मर्किएको अमेरिकी संचार माध्यमहरुले जनाएका छन् । बाइडेनका चिकित्सकका अनुसार बाइडेनको दायाँ खुट्टा मर्किएको...
Breaking News रासस - September 5, 2020
भदौ १ गतेदेखि विद्यालय भर्ना सुरु, लामो दुरीका यातायात सञ्चालन हुने
प्रमुख राजधानी समाचारदाता - July 21, 2020
काठमाडौं । सरकारले आगामी भदौ १ गतेदेखि विद्यालयमा भर्ना आह्वान गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेदेखि नयाँ शैक्षिक... | 2021/03/01 23:04:34 | https://rajdhanidaily.com/id/33892/ | mC4 |
बागलुङ। व्यवसायीले मुस्ताङी च्याङ्ग्रा बजार भित्र्याएका छन्। बागलुङ, पर्वतसहित आसपासमा सोमबार च्याङ्ग्रा आइपुगेका हुन् । व्यवसायीले हप्तौँ लगाएर बर्सेनि दशैँमा च्याङ्ग्रा भित्र्याउँछन्। दशैँमा च्याङ्ग्राको माग उच्च हुन्छ।
बागलुङका व्यवसायी महेन्द्र केसीले स्थानीय बलबहादुर थापासहित पर्वत र काठमाडौँका दुई–दुई व्यवसायी मिलेर दुई सय ५० च्याङ्ग्रा ल्याएको बताए। “सानो बगालमा किन्न नमिलेपछि छ जना मिलेर ल्यायौँ”, उनले भने, “यीमध्ये केही च्याङ्ग्रा काठमाडौँ पुग्छन्, अरु बागलुङ र पर्वतमा बेच्छौँ।”
उनका अनुसार मुस्ताङ पुगेका अरु व्यापारी च्याङ्ग्रा ल्याएर बाटोमा फर्कदैँछन्। मुस्ताङको जोमसोम, कागबेनी, चमरलगायत ठाउँमा पुगेर व्यवसायीले च्याङ्ग्रा ल्याउँछन्। त्यहाँबाट म्याग्दी, बागलुङ हुँदै पर्वत ल्याइपु¥याउन हप्ता दिनसम्म लाग्छ । बर्सेनि मुस्ताङी च्याङ्ग्रा पोखरा हुँदै काठमाडौँ पनि पुग्छ।
सात वर्षदेखि च्याङ्ग्राको व्यापार गर्दै आएका केसीले यसपालि पनि भाउ महँगो परेको सुनाए। “रोज्जा च्याङ्ग्रालाई मुस्ताङमै रु ४० हजार जति पर्यो, यहाँ बेच्दा त ४५ हजारमाथि पुग्छ”, उनले भने, “तिब्बतबाट च्याङ्ग्रा आएन, मुस्ताङको आफ्नै उत्पादन कम छ।”
कोराला नाका नखुल्दा तिब्बतका व्यापारीले च्याङ्ग्रा मुस्ताङ भित्र्याउन पाएका छैनन्। मुस्ताङमा पालिने च्याङ्ग्राले मात्र बजार माग धान्दैन। च्याङ्ग्रै कम आएका कारण मूल्य बढेको व्यवसायी बताउँछन्। दुई वर्षअघि रोज्जा च्याङ्ग्रालाई मुस्ताङमा रु २७ हजार पाँच सय परेकामा अहिले त्यो बढेर रु ४० हजार पुगेको छ।
मूल्य चर्को परेपछि कतिपय पुराना व्यवसायी यसपालि च्याङ्ग्रा किन्नै नगएको पर्वत, कुश्माका व्यवसायी राजु पुनले बताए। “च्याङ्ग्रामा पहिलेको झैँ व्यापार छैन”, उनले भने, “महँगो परेपछि व्यवसायीले पनि झट्ट हात हाल्न आँट गर्दैनन्।”
बर्सेनि भाउ महँगिदै जान थालेपछि च्याङ्ग्राको कारोबार कम छ। ठूलो लगानी चाहिने हुँदा व्यवसायीमा पनि रुचि घट्दो छ। “बाटोको आउजाउ कठिन हुन्छ, खर्चपर्च धेरै लाग्छ, खेतला लगाउनुपर्छ”, केसीले भने, “तैपनि दशैँमा उपभोक्तालाई च्याङ्ग्रा चखाउनुपर्छ भनेर व्यवसायीले ल्याइरहेका छन् ।” उनका अनुसार केही वर्षअघिसम्म बागलुङमा मात्रै दुई हजार बढी च्याङ्ग्रा भित्रिने गरेकामा अहिले त्यो सङ्ख्या केही सयमा मात्र सीमित हुन पुगेको छ।
सदरमुकाममा मासु पसलसमेत सञ्चालन गर्दै आउनुभएका केसीले दशैँमा च्याङ्ग्राको मासुको माग अत्यधिक हुने बताए। अहिले च्याङ्ग्राको मासु प्रतिकिलो रु दुई हजार बढी पर्ने देखिएको उनको भनाइ छ। हुनेखानेले महँगै परे पनि दशैँमा च्याङ्ग्राको मासु खोजीखोजी किन्ने गर्छन्।
कोभिड–१९ महाव्याधिपछि च्याङ्ग्रा महँगिएको व्यवसायी बताउँछन्। च्याङ्ग्रा कम आउनु, बढ्दो करजस्ता कारणले पनि मूल्य बढ्दै गएको हो। स्थानीय तहसहित ठाउँठाउँमा दस्तुर र कर तिर्नुपर्दा थप मर्का पर्ने गरेको व्यवसायीको गुनासो छ। यस क्षेत्रमा मुख्य गरी मुस्ताङ र डोल्पाको च्याङ्ग्रा आउने गरेको छ। नाका नखुल्दा तिब्बतको च्याङ्ग्रा भित्रिनसकेको छैन।
पछिल्लो पाँच वर्षमा रु २० हजारभन्दा बढीले च्याङ्ग्राको भाउ बढेको व्यवसायी बताउँछन्। व्यवसायीले एउटा च्याङ्ग्रामा रु एक–दुई हजारसम्म फाइदा राखेर बेच्ने गरेका छन्। हिमाली हावापानीमा जडीबुटी खाएर हुर्केको हुनाले च्याङ्ग्रा स्वादिष्ट र स्वस्थकर मानिन्छ। मासुजन्य अरु परिकार बाह्रैमास पाइने भए पनि च्याङ्ग्राका लागि भने उपभोक्ताले दशैँ नै कुनुपर्छ।
प्रतिक्रिया
Leave a Reply Cancel reply
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.
सम्बन्धित खवर
जगदम्बा इन्टप्राइजेज विद्युत प्राधिकरणको सबैभन्दा ठूलो ग्राहक, ४८ मेगावाट बिजुली आपूर्ति
हेर्नुहोस् शुक्रबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
पाँच जलविद्युत् कम्पनीले पाए आईपीओ जारी गर्ने अनुमति
ओरेण्टल सहकारीमा फसेको १० अर्ब ८३ कराेड बचतकर्तालाई फिर्ता गराउँदै सरकार
सहकारीविरुद्धको उजुरी बढेपछि तात्यो काठमाडौं महानगर, जारी गर्यो १२बुँदे निर्देशन
शुक्रबार घट्यो अमेरिकी डलरको भाउ, हेर्नुहोस् यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर
११.५६ अंकले बढ्यो नेप्से, निर्जीवन बीमाबाहेक सबै उपसूचकमा हरियाली
२० अर्बको ट्रेजरी बिल्स खरिद गर्दै राष्ट्र बैंक
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले गर्यो लाभांश घोषणा
धेरै पढिएको
डडेल्धुरामा सागर ढकालको अग्रता, शेरबहादुर देउवा पछि परे
५ मंसिर २०७९ १५:४१
समुन्द्र किनारमा हिड्ने व्यक्तिले फेला पारे यस्तो चिज, मूल्य थाहा पाउँदा छक्क परे !
४ मंसिर २०७९ १५:३९
२९ वर्षका युवा उम्मेदवार प्रतिनिधि सभाको निर्वाचन जित्ने पहिलो सांसद बने
५ मंसिर २०७९ ११:५०
लौरोले काठमाडौंबाट खाता खोल्यो !
६ मंसिर २०७९ ११:२२
मुकेश अम्बानीकी छोरी ईशाले जुम्ल्याहा बच्चा जन्माइन्
४ मंसिर २०७९ १६:४९
डिसी नेपाल डटकम एक दशकदेखि निरन्तर संचालनमा रहेको नेपाली भाषाको समाचार अनलाइन हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं | 2022-11-26T12:21:51Z | https://www.dcnepal.com/2022/09/406382/ | OSCAR-2301 |
७ वटा अस्पतालले उपचार गर्न मानेन, चहार्दाचहार्दै ज्यान गुम्यो, मृत्युपछि कोरोना पोजिटिभ | Kendrabindu Nepal Online News
२५ श्रावण २०७७, आईतवार १३:१०
मृत्यु आफैमा दु:खद हुन्छ तर कतिपय मृत्यु निकै दुखदायी हुने गर्छ । वीरगन्जकी २० वर्षीया एक महिलाले यसरी नै ज्यान गुमाइन् ।
वीरगन्ज महानगरपालिका–२ छपकैयाकी उनको शुक्रबार राति एक्कासि श्वासप्रश्वासमा समस्या देखिएपछि परिवारले रिक्सामा राखेर उनलाई अस्पताल पुर्याएका थिए ।
सुरुमा उनलाई आदर्शनगरस्थित एड्भान्स मेडिकेयर हस्पिटल पुर्याइयो । त्यहाँ भर्ना लिन नमानेपछि नारायणी अस्थायी कोरोना (गण्डक) अस्पताल लगियो । त्यहा पनि भर्ना लिन नमानेपछि नारायणी बयोधा अस्पताल लगियो । तर बयोधाले पनि भर्ना लिएन ।
त्यसपछि उनलाई तराई हस्पिटल हुँदै नेसनल मेडिकल कलेजसम्म लगियो । त्यहाँबाट फेरि वीरगन्ज हेल्थ केयर पुर्याइयो । तर त्यहाँ पनि उनलाई भर्ना लिन मानेन ।
त्यसपछि उनलाई पुन: दोस्रोपटकमा नारायणी अस्थायी कोरोना अस्पताल लगियो । दोस्रो पटक भर्ना लिन अस्पताल तयार भए पनि त्यसबेलासम्म उनको मृत्यु भइसकेको थियो ।
यसरी ज्यान गुमाएका महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले जनाए । | 2020/09/27 02:56:08 | https://kendrabindu.com/post/163482 | mC4 |
आहा रारा गोल्डकपको १८ औँ संस्करण फागुन २२ देखी - Peacepokhara.com
पहिराले अवरुद्ध लामाचौर–माछापुच्छ्रे सडक भिजन लुम्बिनी हाइड्रोले खुलायो | २८ असार २०७७, आईतवार ०७:००
माछापुच्छ्रेका तामाङ सेतीमा हामफालेर बेपत्ता | २७ असार २०७७, शनिबार १९:००
दुई वर्षभित्र हल्लनचोकदेखी पञ्चासेसम्मको सडक कालोपत्रे : सांसद पहारी | २७ असार २०७७, शनिबार १८:००
राहत वितरण तथा उद्धारमा खट्न कार्यकर्तालाई राष्ट्रिय युवा संघ कास्कीको निर्देशन | २७ असार २०७७, शनिबार ०७:००
कास्की काँग्रेसद्वारा बाढिपहिरोका कारण जनधनमा पुगेको क्षतिप्रति दुःख व्यक्त, तत्काल राहत उपलब्ध गराउन माग | २७ असार २०७७, शनिबार ०७:००
पार्टी पङ्क्तिलाई उद्धार र राहतमा लाग्न नेकपा कास्कीको निर्देशन | २६ असार २०७७, शुक्रबार २१:००
आहा रारा गोल्डकपको १८ औँ संस्करण फागुन २२ देखी
कृष्ण दवाडी १९ माघ २०७६, आईतवार १९:००
पोखरा,१९ माघ । मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको १८ औँ संस्करण आगामी फागुन अन्तिम साता सञ्चालन हुने भएको छ ।
'खेलकूदको विकासमा सहकार्य गरौँ,पोखरालाई खेलकूद पर्यटन शहरको रुपमा स्थापित गरौँ' भन्ने उद्धेश्य सहित सहारा क्लब पोखराले आयोजना गर्ने प्रतियोगिता आगामी फागुन २२ देखी चैत १ गतेसम्म सञ्चालन गरिने आज आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष केशवबहादुर थापाले बताए ।
सो प्रतियोगितामा ए डिभिजनका क्लबहरु,मोफसलका टोली, आयोजक सहाराको टोली र दुई विदेशी गरी १० टोलीबीच उपाधिका लागि स्पर्धा हुने आयोजकले जनाएको छ । अखिल नेपाल फुटबल सङ्घले उपलव्ध गराएको समयतालिका अनुसारनै प्रतियोगिताको मिति तय गरिएको क्लबका अध्यक्ष थापाले जानकारी दिए ।
आयोजकले यस वर्षको पुरस्कार राशी तय गरिसकेको छैन । गत वर्षको विजेताले रु आठ लाख एक हजार तथा उपविजेताले रु चार लाख एक हजार नगद पुरस्कार प्राप्त गरेका थिए । प्रतियोगिता सम्पन्न गर्न रु ९९ लाख ३८ हजार खर्च लाग्ने तथा एक करोड १८ लाख सङ्कलन गर्ने लक्ष्य राखिएको छ । सहाराले प्रतियोगिताबाट बचत रकमले फुटबल एकेडेमी सञ्चालन गर्दैै आएको छ ।
प्रतियोगितालाई पहिलो संस्करणदेखीनै पोखराको प्रतिष्ठित व्यापारिक प्रतिष्ठान हिमश्री फुड्सले मुख्य प्रायोजन गर्दै आएको छ ।क्लबद्धारा पोखरा महानगरपालिका–१७ दोविल्लामा सञ्चालन गरिएको एकेडेमीमा हाल तेस्रो व्याचका १५ जिल्लाका २४ जना बालकहरु वि.सं. २०७० देखी आवासीय रुपमा निःशुल्क शिक्षा दिक्षा तथा फुटबल प्रशिक्षण गर्दै आएका छन् । | 2020/07/12 09:18:02 | https://peacepokhara.com/2020/02/52061/ | mC4 |
क्यान्सरको फैलावट जाँच्न अब बिदेसिनुपर्दैन
19 Jul 2013 | 09:57am
शुक्रबार ४ श्रावण, २०७०
काठमाडौं - शरीरमा क्यान्सर कहाँकहाँ फैलिएछ भन्ने जाँच्न अब बिदेसिनुपर्दैन। नेपालले यही वर्ष क्यान्सरको फैलावट जाँच्ने अत्याधुनिक उपकरण न्युक्लियर मेडिसिनसहितको सिटी स्क्यान पेट (प्रोजिट्रोन इमिसन टोमोग्राफी) किन्न लागेको हो।
नेपालमा यो मेसिन नहुँदा यस्तो जाँचका लागि बिदेसिनुपर्ने बाध्यता थियो। एक महिनाअघि राष्ट्रपति रामवरण यादवको आन्द्रामा देखिएको दागको असर कहाँकहाँ फैलिएको छ भन्ने पत्ता लगाउन जापान पठाउनुपरेको थियो। जापानमा उनको जाँचपछि मात्र क्यान्सर नरहेको पत्ता लागेको थियो।
राष्ट्रपति स्वयंले यस्तो मेसिन राष्ट्रकै आवश्यकता भएको औंल्याएपछि अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७०/७१ को बजेट पुस्तिका (रातो किताब) मै यसका लागि बजेट छुट्ट्याएका थिए। स्वास्थ्य मन्त्रालयका अनुसार यो मेसिन भरतपुरस्थित क्यान्सर अस्पतालमा राखिनेछ।
यो मेसिनबाट शरीरभित्रको परीक्षण गर्दा सुरुमा इन्जेक्सनमार्फत शरीरमा आइसोटोप (एकप्रकारको औषधि) पठाएर त्यो शरीरका कुन–कुन भागमा पुग्छ, सोही अंगको तस्बिर लिइन्छ। यस्तो सिटी स्क्यानबाट आवश्यकताका आधारमा स्लाइस सेट गरेर चित्र निकाल्न सकिन्छ।
वरिष्ठ रेडियोलोजिस्ट एवं स्वास्थ्य मन्त्रालय नीति योजना महाशाखाका प्रमुख डा. तीर्थराज बुर्लाकोटीले पूरै शरीरको जाँच गर्न उपयोगी हुने यो उपकरण किन्ने निर्णय भइसकेको बताए। 'महँगो हुनाले यतातिर ध्यानै गएको थिएन, त्यस्तो परीक्षणका लागि विदेश नै जानुपर्ने अवस्था थियो,' उनले भने, 'देशकै लागि आवश्यक उपकरण ल्याउन सरकार नै अग्रसर हुनुपर्योल।'
स्रोतका अनुसार राष्ट्रपतिको सुझावमा स्वास्थ्यमन्त्री विद्याधर मल्लिकले चालु आर्थिक वर्षको कार्यक्रममा यस्तो उपकरण खरिद योजना राख्न लगाएका थिए। रातो किताबमा स्वास्थ्यका लागि विभिन्न उपकरण खरिद शीर्षकमा विनियोजित ४६ करोडमध्ये करिब ३० करोड यो उपकरण खरिदमा प्रयोग गरिने मन्त्रालयको योजना महाशाखाका अधिकृत लीलाराज पौडेलले बताए। आइसोटोप उत्पादन गर्ने मेसिन साइक्लोटोन खरिदका लागि करिब १५ लाख र सिटी स्क्यानसम्बन्धी उपकरण खरिदका लागि करिब १५ करोड लाग्छ।
आइसोटोप उत्पादन गर्ने मेसिन साइक्लोटोन अहिलेसम्म नेपालमा थिएन। अब अन्य अस्पतालहरुले समेत पेट सिटी स्क्यान किन्दा साइक्लोटोन किन्नुपर्दैन। यही साइक्लोटोनले उत्पादन गरेको आइसोटोपले नै अन्य पेट सिटीलाई आवश्यक औषधी उत्पादन गर्न सक्छ। डा. बुर्लाकोटीले सरकारले पहिलोपटक यस्तो उपकरण किनेर चलाइदिए पनि अन्य अस्पताललाई पेट सिटी खरिद गर्न सुलभ कम खर्चिलो हुने बताए। '१५ करोडको अर्को उपकरण किन्न नपरेपछि अन्य उपकरण किन्न पनि सहिलो हुन्छ,' उनले भने।
स्वास्थ्य मन्त्रालयले अन्तर्राष्ट्रिय बोलपत्र आह्वानबाट खरिद गरिने यो मेसिन मुलुकमा क्यान्सर उपचारका प्रमुख केन्द्र बिपी कोइराला क्यान्सर अस्पताल, भरतपुर अस्पतालमा राख्नेछ। विनियोजित बजेटबाट ग्लोबल टेन्डर गरेर खरिद गरिनेे मन्त्रालयले जनाएको छ। | 2017/10/24 02:21:02 | http://archive.nagariknews.com/health/story/4493 | mC4 |
मिलिनियम च्यालेन्ज इण्डो प्यासिफिकको अंग होइन भन्ने अमेरिकाले पुष्टि गरोस : नेकपा सचिवालय - Sagarmatha Online News Portal
मिलिनियम च्यालेन्ज इण्डो प्यासिफिकको अंग होइन भन्ने अमेरिकाले पुष्टि गरोस : नेकपा सचिवालय
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले मिलेनियम च्यालेन्स कर्पोरेसन ९एमसीसी० इण्डो प्यासिफिक रणनीतिको अंग होइन भनी अमेरिकाले पुष्टि गर्नुपर्ने निर्णय गरेको छ । आइतबार सकिएको नेकपा स्थायी कमिटीको बैठकले यसबारे अमेरिकासँग सम्वाद गर्न सरकारलाई आग्रह गरेको छ ।
सो बैठकपछि नेता भीम रावलले भने, 'अमेरिकी सरकारले यो इण्डो प्यासिफिकको अंग होइन भन्ने प्रष्ट गर्नुपर्छ । र, यससम्बन्धमा प्रधानमन्त्री र सचिवालयका सदस्यहरु बसेर स्पष्ट भएपछि मात्र संसदबाट अनुमोदन हुनसक्छ ।
बिहीबारदेखि बसेको बैठकमा नेताहरुले एमसीसी इण्डो प्यासिफिक रणनीति अंग भएको हो वा होइन भन्ने आशंका गरेका थिए । यदि होइन भने पनि संसदमा पेश भएको सम्झौता परिमार्जन गरेर मात्र अनुमोदन गर्न सकिने नेताहरुको मत थियो ।
बैठकले केन्द्रीय कमिटीको बैठक पुस २३ गते बस्ने निर्णय पनि गरेको छ । स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा पेश गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहिहत पारित गरेको छ ।
महासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्ताव भने केन्द्रीय कमिटीमा लैजाने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
स्थायी कमिटी बैठकले महाकालीको मूल लिम्पियाधुरा रहेको भन्दै लिम्पियाधुरासहित लिपुलेक र कालापानी नेपालको भूभाग रहेको भन्दै भारतले एकपक्षीय रुपमा निर्णय गरेर सार्वजनिक गरेको नक्सालाई अस्वीकार र अमान्य घोषणा गरेको छ ।
नेपाली भूभागबाट भारतीय सुरक्षाकर्मी र सुरक्षा शिविरहरु हटाउनका सरकारले गरेको पहल र तयारीलाई स्वागत गर्ने निर्णय पनि गरेको प्रवक्ता श्रेष्ठले बताए । | 2021/06/25 07:32:29 | https://www.sagarmathaonline.com/52072/2019/12/22/ | mC4 |
काठमाडौं । नेपालमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको संख्या ३० जना पुगेको छ । आजमात्रै थप १४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार उदयपुर जिल्लाका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने चितवनका दुई जनामा पनि कोरोना पुष्टि भएको छ ।
‘हालको अध्यावधिक विवरण अनुसार कोभिड–१९ को जम्मा पुष्टि भएको संख्या ३० पुगेको छ । जसमध्ये आज मात्रै १४ जनामा नयाँ पुष्टि भएको छ । जसमध्ये उदयपुर जिल्लाका १२ वटा (१२ जना नै पुरुष, ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षीय) र चितवन जिल्लाको २ वटा केस (पुरुष, २७ र महिला ६३ वर्षीया) रहेका छन्’, मन्त्रालयले भनेको छ ।
यसअघि नै १६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यसमध्ये एक जना निको भएर घर फर्किसकेका छन् । कोरोनाभाइरसको संक्रमण पुष्टि भएकाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जानकारी दिएको छ । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
पछिल्लो तथ्यांक अनुसार उदयपुरमा सर्वा्धिक धेरै १२ जना, काठमाडौँमा ५, कैलालीमा ४, पर्सामा ३, चितवन र बाग्लुङमा २–२ तथा कञ्चनपुर र रौतहटमा १–१ जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् । यसमध्ये काठमाडौँका एक जना स्वस्थ भइसकेका छन् ।
काठमाडौं, कात्तिक २३–विगत १० महिनाको अवधिमा करिब १० लाख पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागका अनुसार सन् २०१९ को अक्टोबरसम्म नौ लाख ७५ हजार ५५७ जनाले नेपाल भ्रमण गरेका छन् । यो सङ्ख्या गत वर्षको तुलनामा आठ प्रतिशतले बढी हो । नेपाल घुमघामका लागि मुख्य सिजन मानिने अक्टोबरमा पर्यटकको सङ्ख्यामा आएको वृद्धिले कुल पर्यटक सङ्ख्या बढाउन सहयोग पुगेको छ । विभागका अनुसार अक्टोबरमा मात्रै एक लाख ४३ हजार विदेशी नेपाल आएका छन् ।
अघिल्लो वर्षको अक्टोबरमा यस्तो सङ्ख्या करिब एक लाख ३१ हजार थियो । यस हिसाबले अक्टोबरमा भित्रिने पर्यटकको सङ्ख्यामा अघिल्लो वर्षको तुलनामा १० प्रतिशतको वृद्धि आएको छ । अक्टोबरमा सबैभन्दा धेरै चिनियाँ पर्यटक नेपाल आएका छन् । विभागका अनुसार १५ हजार चिनियाँ पर्यटक यस अवधिमा नेपाल भित्रिएका छन् । काठमाडौँ, पोखरा र सौराहा घुमघामसहित पछिल्लो समय पदयात्रामा चिनियाँ पर्यटकको रोजाइमा पर्न थालेको छ ।
चीनपछि करिब १३ हजार भारतीय पर्यटकले नेपाल घुमघाम गरेका छन् । यो समयमा भारतीय पर्यटकको मुख्य रोजाइ पोखरा र मुस्ताङ हुने गर्छ । भारतसहित सार्क क्षेत्रबाट २१ हजार सात सय पर्यटक यो अवधिमा नेपाल आएका छन् । यो समाचार आजको गोरखापत्र दैनिकले छापेको छ ।
पाँचथर, कात्तिक २७–निर्माणाधीन कोशी कोरिडोर अन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका–४ सालिंगेमा टिपर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । सुभाङदेखि सडक निर्माणको काम गरेर कोरिडोरको ४ नम्बर क्याम्प अमरपुर फर्किदै गर्दा गएराति सो टिपर दुर्घटनामा परेको हो ।
सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी रसुवा कन्सट्रक्सन प्रा.लि.को बा २ ग २९२० नम्बरको टिपरका चालक धादिङका करिब २६ वर्षीय विनोद तामाङ र कन्सट्रक्सनकै पूर्वकर्मचारी हिलिहाङ–१ अमरपुरका २२ वर्षीय भीम तामाङको मृत्यु भएको हो । उनी रसुवा कन्सट्रक्सनमा स्टोर किपरको रुपमा कार्यरत रहेको र बरबुझारत गरेर फर्किने क्रममा दुर्घटनामा परेर मृत्यु भएको हो ।
पाकिस्तानको बबुसार टप नजिकै यात्रुबाहक बस दुर्घटना हुँदा कम्तिमा २६ जनाको मृत्यु भएको छ ।आईतबार बिहान भएको दुर्घटनामा परी अन्य १२ जना घाइते भएका छन् । मृत्यु र घाइते भएकामा अधिकांश बालबालिका र महिला रहेको बताइएको छ । स्कार्दुदेखि रावलपिण्डीतर्फ जाँदै गरेको बस दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । घाइतेमध्ये अधिकांश गिल्गिट बल्तिस्तानका रहेका छन् । घटनाका बारेमा अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पतालमा लगिएको छ ।
अन्तर प्रदेशिय व्यापार प्रवर्द्धन गरि आयात प्रतिस्थापन गर्दै निर्यात बढाउने सन्दर्भमा केन्द्रका कार्यकारी निर्देशक सहितको टोलिले कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री श्री महेन्द्र बहादुर शाहीज्यूसँग छलफल सम्पन्न गरेको छ ।
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडको १८औं वार्षिक साधारणसभा फागुन २५ गते मंगलवार हुने भएको छ । कम्पनीले एनआईसी शिक्षालय हल नक्सालमा बिहान १०ः३० बजे सभा आयोजना गर्ने भएको हो । कोभिड–१९ महामारी जोखिमका कारण साधारणसभा भिडियो कन्फ्रेन्समार्फत शेयरधनीहरुलाई सहभागी गराईने कम्पनीले जनाएको छ ।
सभाले सञ्चालक समितिबाट प्रस्ताव गरेको चुक्तापूँजीको ०.५३ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर पारित गर्नेछ । सभाले आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ । त्यस्तै आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
साधारणसभा प्रयोजनको लागि फागुन ७ गतेदेखि २५ गतेसम्म शेयरधनी दर्ता किताब बन्द गरिनेछ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा फागुन ५ गतेसम्म कारोबार गर्ने शेयरधनीहरुले सभामा भाग लिनुका साथै प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् । | 2021-02-25T07:22:05Z | https://www.rastriyatimes.com/2020/11/blog-post_687.html | OSCAR-2109 |
लगानीका लागि नेपाल सुरक्षित बन्दै गएको विज्ञहरूको भनार्इ
ऋषि अाचार्य
मेलवर्न । बहुमत र स्थिर सरकार भएकाले नेपाल वैदेशिक लगानीका लागि सुरक्षित बन्दै गएको मेलवर्नमा आयोजित एक कार्यक्रममा विज्ञहरूले बताएका छन् । नेपालमा वैदेशिक लगानी बढाउन मेलवर्नमा आयोजित बिजनेस फोरम २०१८ मा सहभागि व्यवसायी, राजनीतिज्ञ र कुटनितिक क्षेत्रका व्यक्तिहरूले नेपालको राजनीतिक परिवर्तन पछि अब नेपाल अर्थिक विकासमा लगानीका लागि मैत्रीदेश बन्दै गएको सहभागिहरुले बताएका थिए ।
नेपाली दूतावास क्यानबेरा र नेपाली अवैतनिक महावाणिज्यदूतको कार्यालय भिक्टोरियाको संयुक्त आयोजनामा जुन ३० मा आयोजित उक्त कार्यक्रमको उद्घाटन पछि बोल्दै अष्ट्रेलियाको भिक्टोरिया राज्यका अर्थमन्त्री तथा बहुसंस्कृति मन्त्री रविन स्कटल अष्ट्रेलियामा सबैभन्दा छिटो वृद्धि भइरहेको नेपाली समुदायले नेपाल र अष्ट्रेलियाबीचको व्यापार वृद्धिका लागि ध्यान दिनुपर्ने बेला आएको पनि धारणा राखे । सेवा होस् वा वस्तुको हरेक चिजको आदानप्रदान वृद्धिका लागि नेपाल सरकारसँग मिलेर काम गर्न आफुहरू तयार रहेको उनको भनाई थियो ।
कार्यक्रममा स्वागत मन्त्तव्य दिदैँ अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले नेपाल संघीयतामा गइसकेको र राज्यका सबै तह पूर्ण बनिसकेको अवस्थामा लगानीका लागि उपयुक्त हुने भन्दै व्यवसायीहरूलाई नेपालमा लगानी गर्न आह्वान गरेकी थिइन् । अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई अवसर भएको बताउँदै अष्ट्रेलिया र नेपालबीच जनता जनताबीचको सम्बन्ध विस्तार गर्दै दुईपक्षीय लगानीका नयाँ आयामहरू खोज्नुपर्ने पनि उनको धारणा थियो ।
बिजनेस फोरमका सहभागिहरूले नेपाल र अस्ट्रेलियाबीचको व्यापार, नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको अवसर, अष्ट्रेलियामा आयात गर्न सकिने वस्तुहरूको पहिचान लगायतका विषयमा आ–आफ्नो विचार राखेका थिए । प्रमुख अतिथि नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले लगानीकर्ताहरूलाई आइपर्ने समस्याहरूको समाधान नेपाल सरकार सक्रिय रहेको बारे सहभागिहरूलाई भरोसा दिलाउँदै नेपालको निर्माणमा अरबौं बजेट चाहिएको र यो वैदेशिक लगानीविना पूरा हुन नसक्ने धारणा राखेका थिए ।
अष्ट्रेलियाको डिपार्टमेन्ट अफ फरेन अफियर्स एण्ड ट्रेड (डिफ्याट) को नेपाल हेर्ने डेस्क प्रमुख फियानो म्याकग्रीले नेपालमा हालै भएको परिवर्तनका लागि बधाई दिँदै उनले निजी क्षेत्रलाई आकर्षित गर्नका लागि व्यापार मैत्री कानून बनाउनुका साथै शैक्षिक, पर्यटन अझ दुई पक्षीय सहकार्य हुनुपर्ने बताइन् ।
एनआरएनका अध्यक्ष भवन भट्टले बिजनेस फोरमको आयोजनाले नेपाल र अष्ट्रेलियाबीच व्यापार अभिवृद्धि होस् भन्ने शुभकामना दिए । अध्यक्ष भट्टले अहिलेको सरकारले समृद्धिको लािग देखेको सपना पूरा गर्न विश्वका विभिन्न कुनामा रहेका नेपाली तयार रहेको बताउँदै अध्यक्ष भट्टले विश्वको एघारौं ठूलो अर्थतन्त्र अष्ट्रेलियासँगको सहकार्य नेपालको लागि महत्वपूर्ण हुने भन्दै नेपालबाट अष्ट्रेलियामा निर्यात गर्ने सेवा र सामग्रीको खोजी गर्दै व्यापार घाटालाई कम गर्नुपर्ने पनि उनको धारणा थियो ।
एनआरएनका पूर्वअध्यक्ष शेष घलेले डायस्पोरामा नेपालीहरूले देखेको र अभ्यास गरिरहेका सीप, ज्ञान नेपालमा आवश्यक रहेको धारणा राखेका थिए । उनले नेपालमा जाँदा अष्ट्रेलियाको सम्झना हुने र अष्ट्रेलियामा आउँदा नेपालमा केही गर्न पाए हुन्थ्यो भन्ने जस्तो अवस्थामा आफु रहेको सुनाए । नेपालमा लगानीका विभिन्न क्षेत्रको चर्चा गर्दै कृषि उत्पादन, मासुजन्य उत्पादन, पोलिटेक्निक शिक्षाको विस्तार, जलश्रोत, पर्यटन, नवीकरणीय ऊर्जा, शिक्षा लगायतमा दुई देशबीच लगानीकर्ताको सहकार्य हुनसक्ने धारणा राखे ।
कार्यक्रममा उपस्थितहरूलाई धन्यवाद ज्ञापन गर्दै भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जनले दूतावास र महावाणिज्यदूतको कार्यालयहरू नेपालमा लगानी गर्न चाहने अष्ट्रेलियनहरूलाई समन्वय गर्न सदा तत्पर रहेको बताए । नेपालमा लगानी गर्ने अहिले सबैभन्दा उपयुक्त अवसर भएको दोहोर्याउँदै महावाणिज्यदूत योन्जनले नेपालको समृद्धिका लागि उद्योग, कलकारखाना र सेवाको विकास हुनुपर्ने भन्दै तिनै क्षेत्रमा अष्ट्रेलियन निजी क्षेत्रको लगानी पहिचान गर्न कार्यक्रम आयोजना गरिएको धारणा राखेका थिए ।
नेपालमा लगानी सम्बन्धि कार्यशाला
नेपाल अष्ट्रेलिया बिजनेश फोरमको दोस्रो शत्रमा नेपालमा वैदेशिक लगानीबारे जानकारी दिने दुई वटा कार्यशालाहरू भएका थिए । कार्यशालाका प्रमुख वक्ता लगानी बोर्डकै अधिकारी रतिस बस्नेतले नेपालमा लगानीको वातावरण र अवसरहरू, हालको कानूनी, आर्थिक र सामाजिक वातावरणबारे प्रष्ट पारेका थिए ।
अष्ट्रेलियाका १०० बढी अष्ट्रेलियन व्यवसायी र लगानीकर्ताहरू सहभागी उक्त कार्यशालामा नेपाली मूलका अष्ट्रेलियाली सफल व्यवसायी एवं परोपकारी व्यक्तित्व शेष घलेले नेपालमा लागनी गर्दाको अनुभवहरू प्रस्तुत गरेका थिए । कार्यशालामा नेपालमा लगानीको वातावरणको बारेमा नेपालका युवा व्यवसायी मंगेशलाल श्रेष्ठ, महिला व्यवसायी रन्जु थापा र सिड्नीका युवा व्यवसायी पिजे श्रेष्ठले कार्यपत्र पेश गरेका थिए ।
कार्यक्रममा नेपाल सरकारले अष्ट्रेलियाको विभिन्न राज्यका लागि तोकेका सबै महावाणिज्यदूतहरू न्यु साउथ वेल्सबाट दिपक खड्का, साउथ अष्ट्रेलियाबाट दिपक धमला, पश्चिम अष्ट्रेलियाबाट फेड्रिक निल ब्राउन र क्विन्सल्याण्डबाट जोसेफ एन्थोनि टोमाको उपस्थिति थियो । एनआरएन ओसिनिया संयोजक धर्म अधिकारी, अष्ट्रेलिया अध्यक्ष तोनु गोताने, नेप्लिज एसोसिएसन अफ भिक्टोरियाका अध्यक्ष तारा गैरे र स्थानीय लेवर पार्टीका नेता डा. महेश भण्डारी कार्यक्रमको उद्घाटन शत्रमा सहभागि थिए ।
नेपाल बिजनेस तथा पर्यटन प्रवर्द्धन साँझ २०१८
नेपाल बिजनेस तथा पर्यटन प्रवद्र्धन साँझ २०१८ प्रमुख अतिथी भिक्टोरियाको व्यवस्थापिका परिषद्का अध्यक्ष ब्रुस एटकिन्सले गरेका थिए । त्यसैगरी कार्यक्रममा विपक्षी स्यडो व्यवसाय मन्त्री क्रेग ओन्डारचि, संघिय संसद पिटर खलील लगायत अन्य अष्ट्रेलियन सरकारी अधिकारीहरू, राजनीतिज्ञ, विभिन्न देशका महावाणिज्यदूतहरू, काउन्सलर पदाधिकारीहरू, ट्राभल एजेन्ट, टुर अपरेटर, भिक्टोरिया राज्यका नेपाली समुदायका अग्रजहरू, नेपाललाई माया गर्ने शुभेच्छुक र विभिन्न राज्यबाट आएका पाहुना र सञ्चारकर्मीहरूको उक्त कार्यक्रममा उपस्थिति रहेको थियो ।
नेपाल र अष्ट्रेलियाको सम्बन्ध धेरै बर्षदेखि सुदृढ रहेको बताउँदै अध्यक्ष एटकिन्सले महावाणिज्यदूतको कार्यालयले आयोजना गर्ने हरेक वर्षको नेपाल पर्यटन प्रवर्द्धन साँझमा आफू सहभागि हुन पाउँदा एकदमै रमाइलो लाग्ने र कार्यक्रमले नेपालको पर्यटकिय गन्तव्यको बिषयमा अष्ट्रेलियावासीलाई जानकारी दिन मद्दत गर्ने बताए ।
त्यसैगरी कार्यक्रममा विपक्षी स्यडो व्यवसाय मन्त्री क्रेग ओन्डारचि, संघीय संसद पिटर खलीलले कार्यक्रममा सहभागी हुन पाउँदा एकदमै खुसी लागेको र आउँदा दिनहरूमा पनि नेपालको व्यवसायिक र पर्यटन विस्तारमा यसरी नै एकजुट भएर काम गर्न शुभकामना दिएका थिए ।
कार्यक्रममा नेपालको हिमाल, पहाड र तराई झल्कने साँस्कृतिक सामाग्री प्रस्तुत गरिएको थियो । कार्यक्रमस्थलमा बुद्धको मूर्ति, मिथिला चित्र, हस्तकलाका सामानहरु र चित्रकार ग्यालरीको नेपाल झल्कने चित्रहरू प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा मेलवर्नका विभिन्न ट्राभल कम्पनी, एयरलाइन्सका प्रतिनिधिहरू, नेपाल घुमेर फर्केका पर्यटक, स्वयंसेवक, नेपालमा शिक्षा, स्वास्थ्यको क्षेत्रमा काम गर्ने एनजिओका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रतिनिधिले नेपालमा गर्न सकिने पर्यटकीय गतिविधिहरूको बारेमा जानकारी गराएका थिए । | 2021/12/05 17:01:23 | https://nepalipatra.com/news/business-forum/2980 | mC4 |
वर्षाबाट १९ जिल्ला प्रभावित, ६ को मृत्यु, अझै केही दिन वर्षा जारी रहने
अविरल वर्षाका कारण देशका १९ जिल्ला प्रभावित भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा कालीकोट, डडेलधुरा, कञ्चनपुर, बझाङ, बर्दिया, कैलाली, डोटी, सुनसरी, दैलेख, दार्चुला, बाजुरा, सुर्खेतलगायतका १९ जिल्ला प्रभावित हुनुका साथै ६ जनाको मृत्यु भएको उल्लेख गरिएको छ ।
मृतकमा कालिकोटका १ जना, डडेलधुराका १, डोटीका २ र सुनसरीका २ जना रहेका छन् । यस्तै ५ जना घाइते भएका छन् भने बेपत्ताको विवरण मन्त्रालयले खुलाएको छैन । तर, मिडियो रिपोर्टमा बझाङमा पहिरोमा परी २३ जना बेपत्ता भएको उल्लेख गरिएको छ ।
यस्तै ३ दिनदेखिको अविरल वर्षाका कारण ४ घर पहिरोले पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने करिब ५०० परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । कतिपय जिल्लाहरुमा सञ्चार सम्पर्क, विद्युत सेवाका साथै सडक अवरुद्ध भएको पनि मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच बाढी पहिरोबाट सिर्जित परिस्थितिलाई दृष्टिगत गर्दै आजै गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षमा बैठक बसेर प्रभावित जिल्लाहरुमा नागरिकको जीउधनको सुरक्षाका लागि सुरक्षा निकायहरुले संयुक्त प्रयास जारी राख्न एवम् सेनाको हेलिकोप्टरलाई तयारी अवस्था राख्नका साथै उद्दारका लागि अन्य आवश्यक सामग्रीहरु समयमै उपलब्ध गराउन सकिने गरी व्यवस्थापन गर्न निर्देशन भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले वर्षा कायमै रहेको र अझै केही दिन जारी रहने जल तथा मौसम विभागलाई उदृत गर्दै जनाएको छ । मन्त्रालयले तटीय र जोखिमयुक्त स्थानमा रहेका नागरिकलाई उच्च सतर्कता कायम राख्न पनि अनुरोध गरेको छ । | 2021/12/05 12:05:48 | https://www.lokaantar.com/story/160267/2021/10/19/main-news/flood-weather- | mC4 |
REPUBLICADAINIK | » देउवाको लोकप्रिय निर्णयबाट ओली डराए, कांग्रेसको बदनाम गराउँदै एमाले
देउवाको लोकप्रिय निर्णयबाट ओली डराए, कांग्रेसको बदनाम गराउँदै एमाले
काठमाडौं । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले गरिव जनताको पक्षमा गरेका निर्णयहरूबाट नेकपा (एमाले)ले तर्सिएको छ ।
प्रधानमन्त्री देउवाले गरिव जनताका पक्षमा धमाधम निर्णयहरू गरेपछि आत्तिएको एमालेले आकस्मिक रुपमा पत्रकार सम्मेलन गरेर विरोध गरेको छ । एमालेका अध्यक्ष केपी ओलीले बिहीबार पार्टी मुख्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरेर देउवा सरकारले गरेका निर्णयहरू भविष्यमा आफू प्रधानमन्त्री बनेपछि सबै उल्ट्याइदिने चेतावनी दिए ।
वर्षमा १२ करोड रुपियाँ सरकारी पैसाले बैंकक गएर उपचार गराउने एमालेका अध्यक्ष ओलीले गरिव जनताले उपचारका लागि पाएको मासिक ५ हजारको विरोध गरेका छन् । बीर अस्पतालमा प्रधानमन्त्री देउवाल बिरामी जनतालाई दिएको चेक र आर्थिक सहयोगको समाचारलाई एमाले निकटका पत्रकार र सञ्चारमाध्यमहरूले बङ्ग्याएर समाचार दिएका छन् । ओली र एमालेका नेताहरूलाई कांग्रेस नेतृत्वको वर्तमान सरकारले गरेको निर्णय असैह्य भएको छ ।
किन भने कांग्रेसले गरिव जनताको पक्षमा धमाधम निर्णयहरू गरेको छ । कांग्रेसले जहिले पनि राष्ट्र र जनताको पक्षमा निर्णय गर्दै आएको बताउँछन् महामन्त्री डा.शशांक कोइराला । डा.कोइरालाका अनुसार एमालेले वर्तमान सरकारले कानून र संविधान तथा आफ्नो अधिकार क्षेत्रभित्र रहेर गरेको निर्णयको विरोधको कुनै अर्थ नरहेन बताउँछन् ।
एमाले नेतृत्वको सरकारले वृद्ध भत्ता दिने लोकप्रिय निर्णय गर्यो । एमालेको यो निर्णय आजसम्म पनि लोकप्रिय छ । यसको प्रशंसा नेपाली कांग्रेसका नेताहरूले पनि गरिरहेका छन् । ओलीले सरकारसँग उपचार खर्च वर्षमा १५ करोडसम्म लिन्छन् तर त्यही एमालेले लागू गरेको वृद्ध भत्तामा ७० बाट ६५ वर्षमा झार्ने देउवा सरकारको निर्णयलाई किन एमालेले बिरोध गरिरहेको छ ? धेरैले आशंका गरेका छन् ।
कांग्रेसले गरेको आर्थिक सुधार र नीतिका कारण मुलुकले अहिलेसम्म ठूलो विकास गरेको छ । तर, कांग्रेसले त्यो विषयलाई प्रचार गर्न नसक्दा एमालेले झिनामसिना कुरा र कांग्रेस नेतृत्वको सरकारले गरेका राम्रा निर्णयहरूको समेत बिरोध गरेर जस लिने प्रयास गरिरहेको छ । एमाले निकटका मिडिया परिचालन गरेर ओलीले कांग्रेस विरुद्ध समाचार लेखाएको आरोप समेत छ ।
कांग्रेसको आर्थ नीतिका कारण जम्मा भएको रकममा हालिमुहाली गरेको एमालेले अबको पाँच वर्ष कसरी चलाउने हो भनेर सपना देखेको आरोप कांग्रेस नेताहरूको छ । कांग्रेसले जम्मा गरेको पैसालाई वितरणमुखी बनाएको यसअघि पनि आरोप थियो । एमालेले अबको सरकारमा वितरणमुखी बनाउँने छैन । किन भने कांग्रेसले जम्मा गरेको बजेट सक्किएको छ । | 2020/10/30 07:21:42 | http://www.republicadainik.com/2018/01/4308/ | mC4 |
काठमाडौँ । नेकपा (एमाले)ले यही भदौ २० गतेभित्रमा प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको सिफारिस केन्द्रमा गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ ।
भदौ १० गतेदेखि दुई दिनसम्म ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा भएको चौथो केन्द्रीय कमिटी बैठकले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि भदौ २० भित्रमा उम्मेदवारको सिफारिस गर्नका लागि निर्देशन दिएको बैठकपछि आज आयोजित पत्रकार सम्मेलनमा एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
पार्टीले समानुपातिकतर्फको बन्दसूचीका लागि उम्मेदवारको प्रस्ताव पठाउँदा सन्तुलन, समावेशी र अवसरको न्यायोचित वितरणलाई समेत ध्यान दिन जिल्ला कमिटीबाट सिफारिस गर्न निर्देशन दिएको छ । जिल्ला कमिटीले सिफारिस गरेको उम्मेदवारको प्रदेश कमिटीले आफ्नो राय भए सोसमेत उल्लेख गरेर केन्द्रमा पठाउने र केन्द्रले आवश्यक ठानेमा कुनै पनि तहको प्रत्यक्ष वा समानुपातिकतर्फको निर्णयलाई पुनःविचार गर्नसक्ने उहाँले बताउनुुभयो ।
जिल्लाको सम्बन्धित प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले प्रतिनिधिसभा सदस्यको उम्मेदवारको सिफारिस गर्नेछन् । यस्तै एउटा मात्र निर्वाचन क्षेत्र रहेका जिल्ला कमिटीको बैठकबाट उम्मेदवारको सिफारिस गर्ने र प्रदेशसभा सदस्यको उम्मेदवारको सिफारिस पनि निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले गर्नेछ ।
यसरी सिफारिस गर्दा जिल्ला कमिटी र प्रदेश कमिटीले आफ्नो रायसमेत उल्लेख गरी सिफारिस गर्नुपर्नेछ । उहाँका अनुसार मातहतका कमिटीले प्रत्येक निर्वाचन क्षेत्रबाट तोकिएको मापदण्ड पूरा गरेका कम्तीमा एक जना महिलासहित तीन जना उम्मेदवारको नाम सिफारिस गर्नुपर्नेछ ।
एमालेले निर्वाचनका लागि उम्मेदवारको छनोटका पाँच वटा मापदण्ड तय गरेको छ । प्रचार विभाग प्रमुख गुरुङका अनुसार पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिबद्धता, लोकप्रियता र विजयको सुनिश्चिता, पार्टीप्रतिको निष्ठा र आन्दोलनमा योगदान, सन्तुलन र समावेशीता तथा निर्वाचन कानूनबमोजिमको योग्यता रहेका छन् ।
लोकप्रियलाई टिकट
यस्तै पार्टीले जित्ने सम्भावना र संसदीय भूमिका प्रभावकारी भएकालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै पार्टीले समानुपातिक उम्मेदवार नदोहोर्याउने निर्णय गरेको छ । उहाँले समानुपातिक वा कुनै पनि अप्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रतिनिधित्व हुने स्थानमा एकचोटी अवसर प्राप्त गरेका पार्टीका नेता, कार्यकर्ता वा समर्थकलाई पुनःसोहीमा दोहोर्याउने र पालैपालो वितरण प्रणाली लागू गरिने जानकारी दिनुभयो ।
यस्तै पार्टीले स्थानीय तह वा कुनै पनि तहमा बहालवाला जनप्रतिनिधिलाई राजिनामा गराएर प्रतिनिधि वा प्रदेशसभामा उम्मेदवार सिफारिस नगर्नेसमेत निर्णय गरेको छ । पहिलो पटक भएको कुनै पनि तहको निर्वाचनमा पराजित उम्मेदवार कसैलाई पनि प्रदेशसभा वा प्रतिनिधिसभाको प्रत्यक्ष वा समानुपातिकतर्फको उम्मेदवार बनाउनेसमेत निर्णय गरेको छ ।
बैठकले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीतर्फ पार्टीले निर्धारण गरेको मापदण्ड पूरा भई योग्य उम्मेदवारको चयन गरी औपचारिक मनोनयन र बन्दसूचीको निर्णय गर्ने अधिकार भने केन्द्रीय कमिटीकोतर्फबाट केन्द्रीय सचिवालयलाई प्रदान गरेको छ ।
यसरी सचिवालय बैठकले गरेको उम्मेदवारलाई मनोनयन पत्र दिन र उम्मेदवारको बन्दसूची पेश गर्ने दलको केन्द्रीय कमिटीकोतर्फबाट पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई अख्तियारी दिने निर्णयसमेत गरेको छ । बैठकले प्रत्येक मतदान केन्द्रमा निर्वाचन परिचालन बुथ कमिटी गठन निर्णय गरेको छ ।
स्थानीय निर्वाचनमा प्रत्येक कमिटीका सदस्यलाई घरधुरी ताकेर परिचालन गर्ने र पार्टीलाई आवश्यक पु¥याउन ६ प्रतिशत मत वृद्धिका लागि हरेक पार्टी सदस्यले नयाँ दुई भोट थप्ने पाँच भोट संरक्षण गर्ने नीति बैठकले लिएको उहाँले बताउनुभयो । बैठकले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि सुझावसहित पारित गरेको छ ।
सदस्यको समस्या समाधान
बैठकले दोहोरिएका सङ्गठित सदस्य नम्बरलाई व्यवस्थित गर्ने निर्णय गरेको छ । प्रचार विभाग प्रमुख गुरुङले दोहोरिएका सदस्यमध्ये सबैभन्दा पुरानो सदस्यको नम्बर कायम राखी बाँकी सदस्यलाई विशेष नम्बर दिने र त्यस्तो विशेष नम्बर १४ लाख ३१ हजारबाट १५ लाखसम्मको कल्स्टरमा व्यवस्थित गर्ने उल्लेख गरिएको बताउनुभयो ।
यसअघि पार्टीको सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो निर्णय केन्द्रीय कमिटी बैठकले निर्वाचन घोषणापत्र मस्यौदा कार्यदल, निर्वाचन परिचालन कमिटी, १२ विभागको सचिवको मनोनयन र तीन विभाग विस्तार, स्थानीय तह विकास विभागको निर्देशिका र नीति अनुसन्धान प्रतिष्ठानको कार्यविधि, पार्टीको वार्षिक बजेट र पार्टी प्रवेश गरेकाको व्यवस्थापनको कामसम्बन्धी प्रस्ताव, केन्द्रीय सल्लाहाकार परिषद्मा मनोनयन र केन्द्रीय कमिटीमा मनोनयन गरिएको प्रस्तावलाई अनुमोदन गरेको छ ।
बैठकले भारत प्रवासको कामलाई व्यवस्थित गर्न नियमावली निर्माण र प्रतिष्ठानको कामलाई व्यवस्थित गर्न नियमावली निर्माण गर्नका लागि खगराज अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरेको छ । पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजत्वमा स्थानीय तह निर्वाचनमा अन्तरघात भएको सम्बन्धमा छानबिन गर्न गठित कार्यदलले कामका प्रगतिबारे जानकारी गराएको थियो । | 2022-11-30T14:27:23Z | https://www.wenepali.com/2022/08/87231.html | OSCAR-2301 |
नोभेम्बर र डिसेम्बरमा भारतका पाँच राज्यमा चुनाव - NayaMedia:: Naya Media । Leading Nepali News Portal
नोभेम्बर र डिसेम्बरमा भारतका पाँच राज्यमा चुनाव
आइतवार, अशोज २१, २०७५ (October 7, 2018, 1:27 pm) मा प्रकाशित
भारतको विभिन्न ५ राज्यमा नोभेम्बर तथा डिसेम्बर महिनामा विधानसभा निर्वाचन हुने भएको छ । भारतको निर्वाचन आयोगले छत्तीसगढ, मध्य प्रदेश, मिजोरम, राजस्थान र तेलंगनामा विधानसभा निर्वाचनको मिति तय गरेको हो । जसमध्ये छत्तीसगढमा दुई चरणमा निर्वाचन हुनेछ भने अन्य राज्यहरुमा एकै चरणमा सो निर्वाचन हुन गइरहेको हो ।
भारतमा सन् २०१९ मा हुन गइरहेको निर्वाचनको लागि पनि उक्त राज्यहरुमा हुन गइरहेको निर्वाचन महत्वपूर्ण हुने बताइएको छ । यी राज्यहरुमा जित हासिल गर्नेको पक्षमा आगामी सरकार बन्नसक्ने धेरैको आँकलन रहेको छ । यो निर्वाचनमा विपक्षी पार्टी एक भएर जाने तयारीमा छन् । आगामी निर्वाचनमा गठबन्धन बनाउँदै निर्वाचनमा जाने तयारीमा रहेको कांग्रेस आईलेअन्य पार्टीहरुसँग सहकार्य गर्दै अघि बढ्ने योजना बनाएको छ ।
अहिले विधानसधाको निर्वाचन हुन गइरहेको ३ राज्यमा भारतीय जनता पार्टी (बीजेपी)को सरकार रहेको छ । छत्तीसगढ, राजस्थान र मध्य प्रदेशमा रहेको बीजेपीको सरकार पुनः कायम हुने वा नहुने भन्ने कुराले आगामी निर्वाचनको भविष्य तय गर्नेछ । यसअघि बीजेपीको सरकार रहेको गोवामा कांग्रेस पहिलो पार्टी बनेको थियो भने मोदीकै गृहक्षेत्र गुजरातमा पनि विपक्षी पार्टीहरुसँग निकै कडा प्रतिस्पर्धा भएको थियो ।
अहिले निर्वाचन हुन गइरहेका राज्यहरुमा मध्यप्रदेशमा २३० सिटको लागि निर्वाचन हुन लागेको छ भने राजस्थानमा दुई सय सिटमा प्रतिस्पर्धा हुनेछ । छत्तिसगढमा ९० सिट, तेलगंनामा ११९ सिट र मिजोरममा ४० सिटको लागि प्रतिस्पर्धा हुन गइरहेको हो । उक्त पाँच राज्यका लागि भारतको निर्वाचन आचार संहिता लागू गरेको छ । | 2022/01/21 02:32:08 | https://www.nayamedia.com/international/2018/10/07/35462/ | mC4 |
थाइल्याण्डसँगको खेल रद्द भएपछि नेपाल समूह विजेता – Sourya Online
थाइल्याण्डसँगको खेल रद्द भएपछि नेपाल समूह विजेता
सौर्य अनलाइन २०७६ वैशाख १२ गते १७:०६ मा प्रकाशित
काठमाडौँ । एशियाली क्रिकेट काउन्सिल (एसिसी) यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र आयोजक राष्ट्र थाइल्याण्डबीचको खेल रद्द भएको छ । थाइल्याण्डको चियाङमाईमा चट्याङसहित वर्षा भएपछि नेपाल र थाइल्याण्डबीच भएको समूह चरणको अन्तिम खेल नतिजाविहीन बनेको हो ।
नेपालले दिएको २३५ रनको लक्ष्यसहित मैदान उत्रेको आयोजक थाइल्याण्डले जवाफी ब्याटिङ गरिरहँदा भारी वर्षा भएपछि खेल पुनः सञ्चालन हुन नसकेकाले रद्द भएको हो ।
खेल वर्षाले रोकिनु अघि थाइल्याण्डले एक ओभर ५ बलमा एक विकेट गुमाएर कुनै रन जोड्न सकेको थिएन् । नेपालका प्रशान्त महतले थाइल्याण्डले चावात्रीचाइलाई शून्य रनमा आउट गरेका थिए । खेल नतिजाविहीन बनेसँगै नेपाल र थाइल्याण्डले एक एक अङ्क बाडेका छन् । नेपालले यस अघिका दुई खेल जितेको थियो ।
थाइल्याण्डसँग अङ्क बाडेसँगै नेपालले समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको छ । नेपालले तीन खेलमा पाँच अङ्क जोड्यो । मलेसिया चार अङ्कसहित उपविजेता बन्दै सेमिफाइनलमा पुग्यो । थाइल्याण्ड र म्यानमार भने समूह चरणबाट बाहिरिएका छन् ।
थाइल्याण्डले तीन अङ्क जोड्दा म्यानमारले अङ्क जोड्न सकेको थिएन । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरै ३५ ओभर खेल्दै सात विकेट गुमाएर २३४ रन बनाएको थियो ।नेपालको उच्च योगफलमा आशिष भट्टराईले ५८ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै विशालविक्रम केसीले ३८ रन र दीपक बोहराले ३५, विशालकुमार पटेलले २८ र निखिलकुमार सिंहले २२ रन बनाएका थिए । साविकको विजेतासमेत रहेको नेपालले पहिलो खेलमा म्यानमारलाई सात विकेटले पराजित गरेको थियो । यस्तै दोस्रो खेलमा नेपालले मलेसियालाई ३९ रनले पराजित गरेको थियो । अघिल्लो संकरणमा नेपालले सिङ्गापुरलाई ७१ रनले पराजित गर्दै उपाधि जितेको थियो । | 2019/09/15 20:21:35 | https://www.souryaonline.com/2019/04/243838.html | mC4 |
अति भयो अतिक्रमणः प्रशासनकै जग्गा पनि अतिक्रमण – RaptiSandesh
Home / Feature Breaking news / अति भयो अतिक्रमणः प्रशासनकै जग्गा पनि अतिक्रमण
अति भयो अतिक्रमणः प्रशासनकै जग्गा पनि अतिक्रमण
दाङ, २१ पुस
पछिल्लो समयमा अतिक्रमणकारीहरु जिल्ला प्रशासन कार्यालयकै जग्गा हड्प्न तल्लीन देखिएका छन् । त्यसको जानकारी पाएपछि जिल्ला प्रशासन कार्यालयले तीन जनालाइ प्रशासन कार्यालयमा कागजात गराएको छ भने एक जना घर भत्काएर फरार रहेको जनाएको छ । घोराही उपमहानगरपालिका—१४ को कपासी वगीयामा रहेको जिल्ला प्रशासनको स्वामित्वमा रहेको जग्गामा अतिक्रमण गरी भवन निर्माणको प्रक्रियामा थिए ।
'भोली अमिन बोलाएर जग्गा छुट्टयाउंदै छौं, त्यसपछि मुद्धाको छिनोफानो हुने छ'—प्रमुख जिल्ला अधिकारी गजेन्द्र वहादुर श्रेष्ठले भने । साथै उनले अतिक्रमण हटाउने सवालमा आफ्नो पहलमा सवैको सहकार्य आवस्यक रहेको पनि बताए । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले अतिक्रमण रोक्न एक्लो सिडिओ काफि नहुने भन्दै यसलाइ संपुर्ण राजनितिक दल, नागरीक समाज र अधिकारकर्मिहरु समेतले सहयोग गर्नुपर्ने अपेक्षा गरे ।
जिल्लामा सम्पुर्ण सरकारी कार्यालयहरुको जग्गा संरक्षणको जिम्मा पाएको जिल्ला प्रशासन कार्यालयकै जग्गा अतिक्रमण भएको बर्षाै वितेपनि अतिक्रमित जग्गा फिर्ता हुन सकेको छैन । प्रशासन कार्यालयको मौनताका कारण जिल्ला प्रशासन कार्यालयको नाममा रहेको घोराही उपमहानगरपालिको कपासी र तेरौटेमा रहेको करिव १३ विघाह १४ कट्ठा तीन धुर जग्गा अतिक्रमणमा वितेको झण्डै १५ बर्ष वितेपनि सरकारले उक्त जग्गा फिर्ता लिने पहल गरेको छैन । जसको मुख्य कारण राजनीतिक दवाफ रहेको छ । भुमिहिनहरुको नाममा अतिक्रमित उक्त जमिनमा हाल करिव ६५ घरधुरी भुमिहिन, सुकुम्वासी,कमैयाहरु बस्दै आएका छन । तर उनीहरुले आफुहरु ऐलानी जग्गामा बस्दै आएको दावी गर्दै आएका छन् । प्रशासनको जग्गा यो नभएको पनि उनीहरुको दावि थियो ।
मुलुकमा द्धन्द्धको सुरुआत संगै भुमिहिनका नाममा सरकारी स्वामित्व, वन क्षेत्र, संघसंस्था र गुठिका जग्गा समेत अतिक्रमणमा परेका छन् । तर राज्य यसमा गुमनाम रहेको छ । राज्य स्वयमले अतिक्रमित संरचनालाइ निरन्तर प्रोत्साहन गर्दै आएको छ । तर राज्यले ती अतिक्रमित बस्तीलाइ बैधानिकता दिन भने सकेको छैन । विभिन्न राजनितिक नेतृत्वका सरकारहरुले यी बस्तीहरुलाइ झुठा आश्वासन दिंदै भोट बैंक मात्रै बनाउंदै आएका छन् ।
सात दशकदेखि स्थीर सरकार नहुदा दाङमा सयौँ विवाह जग्गा अतिक्रणमा परेको छ । जग्गा अतिक्रमण गर्नेलाई राजनीतिक दलको संरक्षण हुदा जिल्लामा धेरै सरकारी जमिन अतिक्रमणको निरन्तरता रोकिएको छैन । त्यसैले अव स्थानिय सरकारले अतिक्रमित जग्गा व्यवस्थापन गरीनुपर्ने स्थानियबासीहरुले बताउंदै आएका छन् । अस्थीर राजनीतिक व्यवस्थाका कारण नेपाल सस्कृत विश्वद्यालयको सय विगाहा भन्दा बढि जग्गा अतिक्रमण भएको छ । बेलझुण्डिदेखि देउखुरी सम्म विश्व विद्यालयको स्वामित्वमा रहेको अतिक्रमित जग्गा फुकुवा हुन सकेको छैन । अतिक्रमणको चरम तनावमा स्वर्गद्धारी गुठि रहेको छ । पन्चायत कालदेखि सुरु भएको अतिक्रमणको अझै व्यवस्थापन हुन सकेको छैन । राजतितिक दलहरुले चिल्ला कुरा गर्ने तथा अतिक्रमणकारीहरुलाइ आन्तरीक रुपमा हौस्याउने प्रवृत्तिले स्वर्गद्धारी आश्रम अतिक्रमणको संशटमा परेको आश्रमले जनाएको छ ।
जिल्ला खेलकुद विकास समितिको स्वामित्वमा रहेको रामपुरको करीव ६० विगाहा जग्गा अतिक्रमण हटाउने हैसियत राज्यलाइ मस्कील भएको छ, किनकि त्यहां पनि अतिक्रमणकारीहरुले पक्कि संरचना निर्माण गरीसकेका छन् भुमिहिनका नाममा त्यहां बसोबास गराइएको छ, तर उनीहरुलाइ भुमिहिनका नाममा लालपुर्जा भने दिइएको छैन । अस्थीर सरकार, दुरगामि सोंचको अभावका कारण भुमिहिनको समस्या संबोधन हुन नसकेको स्थानियबासीहरुले बताउंदै आएका छन् ।
त्यसैगरी स्वर्गद्धारी आश्रमको जग्गामा लमहीको हाइवे बजार बसेको छ । धेरैले त्यहि आश्रमको जग्गा खरीदविक्रि समेत गर्न थालेका छन्, तर प्रशासन निरिह छ । प्रशासननै निरिह भएपछि आश्रमका महन्तले केनै गर्न सक्छन् र? सवै अतिक्रमणका भागेदार राजनितिक दलहरु हुन्, अव स्थानिय तहले त्यसको समन्वयको दायित्व बोकेको छ, तर प्रयास खोइ? आम अधिकारकर्मिहरुले राजनितिक दलहरुको अतिक्रमणकारीलाइ संरक्षण गर्ने निति कहिले अन्त होला? ।
,स्वर्गद्धारी आश्रमसँगै सिद्धरत्ननाथ विद्यालय नारायणपुर, बालमितेरी भोजपुरलगायतका विद्यालयहरुको जग्गा अतिक्रमण भएको बर्षौ वितेपछि अहिलेसम्म फिर्ता हुन नसकेको छैन । जग्गा अतिक्रणकारीलाई राजनीतिक संरक्षणसँगै प्रशासनले तदारुपता नदेखाउदा अतिक्रमित जग्गामा ठुला ठुला भवनहरु बनेका छन ।
तत्कालिन नेकपा माओवादीको सशस्त्र आन्दोलनदेखि जग्गा अतिक्रमणको चपेटामा परेको नेपाल सस्कृत विश्वविद्यालयलाई आफनो कति जग्गा अतिक्रमणमा परेको थाहा नै नभएको बताउछ । विभिन्न समयमा भैरहने अतिक्रण र जग्गा फिर्ताका लागि प्रशासनले नदेखाएको चासोका कारण विश्वविद्यालयसँग अतिक्रमित जग्गाको निश्चित तथ्याङक थाहा नभएपनि करिव १२ सय विघाह जग्गा अतिक्रमणमा परेको बताउदै आएको छ ।
त्यस्तै स्वर्गद्धारी आश्रमको दाङको हर्नाेक,झिगौरा रु लमहीगरी करिव सय विघाह भन्दा बढि जग्गा अतिक्रमणमा परेको आश्रमले बताएको छ । जग्गा फिर्ताका लागि आश्रमले पटक पटक पहल गरेपनि जग्गा कव्जा गर्ने किसानहरुलाई राजनीतिक संरक्षण् हुदा जग्गा फिर्ता हुन नसकेको सामाचार श्रोतले जनाएको छ ।
त्यस्तै नारायणपुरमा रहेको सिद्धरत्ननाथ नमूना माध्यामिक विद्यालयको खैरामा रहेको जग्गा अतिक्रमण परेको बर्षौ भएपनि फिर्ता हुन सकेको छैन । त्यहां दिनप्रतिदिन पक्कि संरचनाहरु ीनर्माण भैरहेका छन्, त्यसमा पनि राजनितिक दलहरुको सहमती रहेको बताइन्छ । यसैगरी बालमितेरी माध्यामिक विद्यालय भोजपुर, मावि दुधराशलगायतका विभिन्न विद्यालयहरुको जग्गा समेत बर्षौदेखि अतिक्रमण परेको छ । अतिक्रमित जग्गा फिर्ताका लागि विद्यालयहरुले जिल्ला शिक्षा कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा पटक पटक निवेदन दिने गरि सम्वन्धीत निकायको मौनताका कारण अतिक्रमित जग्गा फिर्ताको पहल हुन सकेको छैन । जसले गर्दा कतिपय विद्यालयहरुलाई सञ्चालनमा समस्या समेत पर्ने गरेको छ ।
यता जिल्ला प्रशासन कार्यालयले भने बास्तविक भुमिहिन सुकुमवासीहरुको संरक्षण गर्ने सरकारी दायित्व भएपनि सुकुमवासीहरुको नाममा सरकारी जग्गा अतिक्रमण गरि बस्नेलाई हटाउने बताए । 'कत्तिपनि जग्गा नहुने,भुमिहिन,सुकुमवासी,मुक्त कमैयाहरुको व्यवस्थापन सरकारले गर्छ',प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भने,'तर आफनो जग्गा भएपनि सरकारी जग्गा अतिक्रमण गर्ने कार्यलाई सरकारले निरुत्साहित गर्छ ।' | 2021/03/06 07:03:40 | http://raptisandesh.com/2018/01/05/3340/ | mC4 |
भायानेटले गुड विथ इन्टरनेट मार्फत १५ परिवारलाई सहयोग गर्यो « Nepal'S Largest Digital Online Newspaper (Magazine)
भायानेटले गुड विथ इन्टरनेट मार्फत १५ परिवारलाई सहयोग गर्यो
काठमाडौं । भायानेट कम्युनिकेसन प्रा. लि. ले आफ्नो कर्पोरेट सामाजिक दायित्व अन्तर्गतको गुड विथ इन्टरनेट अभियान यो वर्ष पनि जारी राखेको छ । यो अभियान कोभिडको महामारीका कारण भएको लकडाउनको समयमा पैसाको अभावले इन्टरनेट जोड्न नसकी शैक्षिक अवसरहरूबाट वञ्चित भएका विद्यार्थीहरूलाई मद्दत गर्ने उद्देश्यले सुरु गरिएको थियो ।
ह्युमन्स अफ काठमाडौंले आफ्नो सामाजिक संजाल मार्फत काभ्रेबाट आफ्ना छोराछोरीलाई पढाउन काठमाडौं आएकी प्रतिभा दिदीले महामारीका कारण अनलाइन गएको समयमा आफ्नो छोरालाई पढाउन नसकेको कुरा लेखेको थियो। उक्त कुरा थाहा पाएपछि भायानेटले प्रतिभा दिदीको परिवारलाई इन्टरनेट दिएर सहयोग गरेको थियो ।
यसरी इन्टरनेट र पठन-पाठनबाट वञ्चित एउटा परिवारलाई गरिएको सहयोग नै गुड विथ इन्टरनेट नामक कर्पोरेट सामाजिक उत्तरदायित्व अभियानमा परिणत भयो । जसले पैसाकै अभावका कारण इन्टरनेट र पठन-पाठनबाट वञ्चित परिवार र उनीहरूका बालबालिकाको शिक्षालाई इन्टरनेट दिएर सहयोग गर्दछ ।
आगामी वर्षहरूमा कम्पनीले यस्ता धेरै परिवारहरूलाई मद्दत गर्ने योजना बनाएको छ । र तपाईंको गाउँ-समाजमा पनि पैसाकै अभावका कारण कोही इन्टरनेट र पठन-पाठन बाट वञ्चित छन् भने कार्यक्रम साझेदार @Human'sofKathmandu मार्फत भायानेटमा सम्पर्क गर्न सक्नुहुनेछ ।
गुड विथ इन्टरनेट सम्बन्धी थप जानकारीका लागि दिइएको लिंक हेर्नुहोस्
: https://www.facebook.com/vianetnepal/videos/1636532250056787
आफ्ना ग्राहकहरूलाई उत्कृष्ट डिजिटल अनुभव प्रदान गर्ने उद्देश्यमा अग्रसर भायानेट कम्युनिकेसन्स प्रा. लि. नेपालकै अग्रणी इन्टरनेट र टिभी सेवा प्रदायकहरू मध्ये एक हो । नेपालमै पहिलोपटक फाइबर-टू-होम इन्टरनेट र डिजिटल टिभी सुरु गरेको भायानेटका सेवाहरू हाल देशव्यापी रूपमा विस्तार हुँदै छन् । | 2022/07/01 19:37:59 | https://www.onlinepana.com/content/176073/ | mC4 |
आइसिटी समाचार Archives - Page 5 of 250 - Living with ICT
Home / आइसिटी समाचार (page 5)
साइबर अपराध र नेपालको बैकिङ क्षेत्रको सुरक्षा अवस्था विषयमा कन्फरेन्स हुँदै
पछिल्लो समय नेपालमा साइवर अपराधहरु घटनाहरुमा व्यापक बृद्धि भएका छन् । नेपाल प्रहरीको साइवर अपराध सेलमा हप्तामा सयौं साइवर अपराधका उजुरीहरु पर्ने गरेका छन् भने वर्षमा ३ हजारभन्दा माथि पर्ने गरेका छन् । साइवर अपराधका घटनासँगै नेपालको बैकिङ क्षेत्र पनि असुरक्षित बन्दै गएको छ । भर्खरै एनआइसी बैंकको स्वीफ्ट ह्याकिङ घटनाले अब नेपालको बित्तिय तथा बैकिङ क्षेत्र साइवर आक्रमणको निशानामा …
सरकारले नै बन्द गर्न थाल्यो एनालग प्रविधिको टिभी
अन्ततः सरकारले नै एनालग प्रविधधिका केबल टेलिभिजनको प्रशारण बन्द गर्न थालेकाे छ । डिजिटल सिस्टमको टेलिभिजन सेवा सुरु गर्ने समयसीमा नाघेपछि सूचना तथा सञ्चार मन्त्रालयले काठमाडौंबाट एनालग टेलिभिजन सेवा बन्द गर्न सुरु गरेको हो । महानगरपालिका हुँदै उपमहानगरपालिका र नगरपालिकाहरुसम्म याे अभियान सञ्चालन हुने जनाइएकाे छ । सरकारले बुधबार ८ वटा एनालगमा चलिरहेका केबल टेलिभिजनको हेड-इन (कन्ट्रोल रुम) को ज्याक सिल गरेको सूचना …
सनवे कलेज अब मैतीदेवीमा
काठमाडौंको बानेश्वरमा रहेको सनवे इन्टरनेश्नल बिजनेश स्कुल मैतीदेवीमा सरेको छ । नयाँ ठाउँमा सरेको उपलक्ष्मा शुक्रबार कलेजले एक विशेष समारोह आयोजना गर्यो । समारोहको अवसरमा नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीलगायत सरकारी, शैक्षिक, सामाजिक एवं अन्य विभिन्न क्षेत्र र कलेजका विद्यार्थी, अभिभावक एवं शुभचिन्तकले कलेजको नयाँ परिसर अवलोकन गरेका छन् । सनवेको स्थापना सन् २०१० मा भएको हो । …
विज्ञान तथा प्रविधि राज्यमन्त्री विराज विष्टले आइटी विद्याथीको पक्षमा न्यायपूर्ण व्यवस्था ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास र विस्तार व्यापक रुपमा भइरहेको सन्दर्भमा देशका लागि आवश्यक आइसिटी जनशक्तिलाई देशमै अवसर प्रदान गर्न आवश्यक रहेको उनले बताए । बुधबार सूचना तथा सञ्चार प्रविधि समाज नेपाल (एसआइसिटी नेपाल)को प्रतिनिधिमण्डलसँग कुरा गर्दै राज्यमन्त्री विष्टले आइसिटी क्षेत्रको समुचित विकासका … | 2017/12/12 00:46:53 | http://livingwithict.com/category/ict-news-update/page/5/ | mC4 |
प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक सुरु, प्रमुख विपक्षी दल एमाले गएन « गोर्खाली खबर डटकम
प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक सुरु, प्रमुख विपक्षी दल एमाले गएन
२०७८ असोज १४ गते बिहिवार प्रकाशित
काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि बोलाउनुभएको सर्वदलीय बैठक सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजेदेखि सुरु भएको बैठकमा प्रमुख विपक्षी दल नेकपा एमाले सहभागी भएन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सभामुखको केही कार्यप्रति असन्तुष्ट जनाउँदै चालु अधिवेशनको सुरुदेखि नै संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।
बैठकमा कांग्रेसबाट प्रधानमन्त्री एवं सभापति देउवा, कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव बेदुराम भूसाल सहभागी हुनुभएको छ ।
जनता समाजवादी पार्टी (जसपा)का राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीबाट अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो, जनमोर्चाबाट दुर्गा पौडेल र नेमकिपाबाट प्रेम सुवाल सहभागी हुनुभएको छ । | 2021/10/25 03:37:33 | https://gorkhalikhabar.com/archives/51519 | mC4 |
'सूर्यवंशी'मा लगानी गरेको 'ब्लुचिप इन्भेष्टमेन्ट' नेपाली फिल्म बनाउन इच्छुक – Online Khabar
'सूर्यवंशी'मा लगानी गरेको 'ब्लुचिप इन्भेष्टमेन्ट' नेपाली फिल्म बनाउन इच्छुक
२६ पुस, काठमाडौं । केही बलिउड र साउथ इण्डियन चलचित्रमा समेत लगानी गरेको अन्तर्राष्ट्रिय कम्पनी 'ब्लुचिप इन्भेष्टमेन्ट'ले नेपाली चलचित्रमा पनि लगानी गर्ने इच्छा व्यक्त गरेको छ ।
बलिउड चलचित्र 'सूर्यवंशी' र '८३' सहित केही दक्षिण भारतीय चलचित्रमा लगानी गरेको उक्त कम्पनीका प्रतिनिधिहरु केही दिनअघि नेपाल आएका छन् । सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनीहरुले नेपाली चलचित्रमा लगानी गर्न आफूहरु इच्छुक रहेको बताएका हुन् ।
'ब्लुचिप'का प्रमुख कार्यकारी अधिकृत (सीईओ) रवीन्द्रनाथ सोनीले भने, 'बलिउडमा हामीले धेरै काम गरेका छौं । सूर्यवंशी, ८३ जस्ता चलचित्रमा पनि फाइनान्स गरेका छौं । अब राम्रो विषयमा हामी नेपाली चलचित्र बनाउन इच्छुक छौं ।'
उनले नेपाल बसाइका क्रममा यो विषयमा सरोकारवालाहरुसँग छलफल गर्ने बताए । नेपाल र भारतको संस्कृति मिल्दोजुल्दो रहेकाले पनि चलचित्रमार्फत नेपाली संस्कृतिको प्रवद्र्धन गर्न आफूहरु तयार रहेको उनले बताए ।
सीईओ रवीन्द्रनाथ सोनीसँगै अपरेशन हेड गुरमित कौर, सेल्स एण्ड मार्केटिङ हेड सुरज जुमानी, डा. प्रीति गिरी लगायतको टिम नेपाल आएको हो । | 2022/05/20 21:10:33 | https://www.onlinekhabar.com/2022/01/1063853 | mC4 |
जबजमा मदनको सोच के थियो ? « Drishti News
जबजमा मदनको सोच के थियो ?
मदन भण्डारीको जनताको वहुदलीय जनवाद नेपाली राजनीतिमा पुनः एकपटक वहसको विषय वनेको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर वनेको नेकपा(नेकपा)को घोषणामा अध्यक्ष द्वयले समाजवाद उन्मुख जनताको जनवाद भन्ने शब्द प्रयोग गरेकोमा केहीले विवाद उत्पन्न गरेका छन् । यतिबेला विवाद र बहसको विषय बनेको छ– जनताको बहुदलीय जनवाद । मदन भण्डारी असार १४ गते जन्मीएका थिए । उनको रहस्यमय हत्या हुँदा उनको उमेर ४१ बर्षको मात्रै थियो । अहिले मदन भण्डारीको जबजका कट्टर समर्थक केपि ओली प्रधानमन्त्री तथा पार्टी अध्यक्ष छन् । सरकारलाई दुई तिहाइको समर्थन छ । तर दुईतिहाइको कम्युनिष्ट सरकार जबजको बाटोमा हिँडेको छ त ? यो गहन प्रश्न हो ।
दुईतिहाइको सरकार भएको बेलामा जनताको बहुदलीय जनवादमा मदन भण्डारीले घोषणा गरेका र गर्न सकिने कामहरुसमेत पनि नगर्नु दुखद् कुरा हो । वर्तमान सरकारले मदन भण्डारी र उनको जबजलाई देखाउने दाँतको रुपमा मात्र प्रयोग गरिररहेको देखिएको छ । ओली सरकारले पाएको स्वर्णिम अवसर गुमाउँदैछ । जबजको नाम मात्रै जप्ने र त्यसको कार्यान्वयन नगर्ने सरकारले जबजमाथि नै विश्वासघात गरिरहेको छ । जबजवादी भनिएका नेताहरुले अरुलाई दोष दिनुको कुनै अर्थ रहेको छैन ।
मदन भण्डारीले जबज दस्तावेजको बुँदा नम्बर ३.१० मा आर्थिक ब्यवस्थाको विषयमा जबजको कार्यक्रम र नीति उल्लेख गरेका थिए । कृषि क्षेत्र उपशिर्षकमा भनिएको थियो,"क्रान्तिकारी भूमिसुधारको कार्यक्रम कार्यान्वयन गर्दै वास्तविक जोताहा तथा भूमिहीन किसानहरुलाई भूमिको वितरण गरिनेछ । भूमिमाथि निजी स्वामित्वको नयाँ हदवन्दी कायम गरिनेछ ।" तर वर्तमान सरकारले क्रान्तिकारी भूमि सुधार लागु गरेन । भूमि माथिको नयाँ हदवन्दी पनि कायम गरिएन । त्यस दस्तावेजमा थप भनिएको थियो," किसानहरुकोलागि सस्तो व्याजमा कृषि ऋण, कृषि उत्पादनको उचित मूल्य प्राप्त गर्न संगठित कृषि वजारको व्यवस्था, सहुलियत दरमा उन्नत मल विउको व्यवस्था, सिंचाइ र प्राविधिक शिक्षा किसानको घर दैलोमा पु¥याइनेछ ।" तर यो कुनै भएको छैन । उल्टो किसानहरुले भन्दा विचौलियाहरुले वढी नाफा कमाइरहेको समाचार वारम्वार सार्वजनिक भैरहेको छ ।
जबज दस्तावेजको उद्योग उपशिर्षकमा भनिएकोछ,"समतामूलक सामाजिक आर्थिक विकासकोलागि औद्योगिक क्रान्तिको योजना कार्यान्वयन गरिनेछ । राष्ट्रिय पूँजीलाई उद्योग विकासमा संलग्न गर्ने उद्देश्यले संरक्षण र प्रोत्साहन दिइने छ । आम जनताको बृहत आर्थिक सामाजिक हित र सुविधा संग सम्वन्धीत उद्योगहरु सरकारी स्वामित्वमा राखि संचालन गरिनेछ । " तर जबज पक्षधर सरकारले औद्योगिक क्रान्तिको कुनै ठोस योजना अहिले सम्म पनि वनाएन । राष्ट्रिय उद्योगहरुलाई संरक्षण र प्रोत्साहन दिने कुनै नीति योजना वनेन । सरकारको स्वामित्वमा एउटा उद्योगपनि थप वनेन । कूल गार्हस्थ उत्पादनमा उद्योगको योगदान १० प्रतिशतवाट घटेर ५ प्रतिशत मात्रै हुन पुगेको छ । व्यापार उपशिर्षकमा सो दस्तावेजमा भनिएको छ,"व्यापार र राष्ट्रिय वजारमा रहेको दलाल नोकरशाही एकाधिकार र प्रभूत्वलाई समाप्त पारिनेछ ।" तर वर्तमान सरकारको समयमापनि विदेशवाट सामान ल्याएर वेच्ने दलाल पुँजीवादी व्यापार झन् फष्टाएको छ । वजारमा विचौलियाको मनोमानी पराकाष्ठामा छ । देशको वजेट भन्दा वढी व्यापार घाटा हुन थालेको छ ।
उक्त दस्तावेजमा "जलश्रोतको एकीकृत प्रयोजनकालागि शक्ति संचय गर्ने आयोजनाहरु(जस्तै सेती, वुढी गण्डकी) कार्यान्वयन गर्ने काममा प्राथमिकता दिइने छ" भनिएको थियो । तर वर्तमान सरकारले त्यसमा कुनै चासो देखाएको छैन । कहिले आफै वनाउने र कहिले विदेशीलाई दिने भन्ने अलमल अझै टुंग्याएको छैन । सो दस्तावेजमा "सार्वजनिक संचार माध्यमहरुले सत्तापक्षको गुणगान गाउने परिपाटीलाई अन्त्य गरी जनता र राष्ट्रको सेवामा लगाइने छ" भनिएको थियो । तर अहिले पनि सरकारी सञ्चारमाध्यमले पञ्चायतमा जस्तै सत्ताको भजन गाइरहेको अवस्था छ ।
मदन भण्डारीले जबजमा "वास विहिन प्रत्येक नेपालीको वासको लागि जमीन उपलब्ध गराई वास निर्माणमा सहयोग पु¥याइने छ " भन्ने घोषणा गरेका थिए । तर मदन भण्डारीको जबजका सच्चा उत्तराधीकारी भन्ने नेताहरु रहेको सरकारले यसमा कुनै सिन्को सम्मपनि भाच्ने काम गरेन । मदन भण्डारीको अर्को घोषणा थियो, "सरकारीस्तरबाट विभिन्न दैनिक आवश्यकताका वस्तु शूपथ रुपमा उपलब्ध गराउने व्यवस्था मिलाइने छ ।" तर सरकारले यसतर्फ पनि कुनै ठोस कदम चालेको छैन । बजारमा बिचौलियाहरुको मनोमानी र नाफाखोरी चरमचुलीमा पुगेको छ । उक्त जबज दस्तावेजमा भनिएको थियो, "विकास प्रशासनलाई चुस्त दुरुस्त, प्रभावकारी र जनमुखी वनाइने छ, कमिशन तन्त्र र भ्रष्टाचारलाई निर्मूल गरिनेछ ।" तर अहिलेको सरकारी प्रशासन ढिलासुस्तीमा विश्व प्रशिद्ध वन्न थालको छ र जनतालाई दुख दिने तथा भ्रष्टाचारमा डुबेको छ । प्रशासन चलाउने ठुला नेताहरु नै भ्रष्ट भएपछि प्रशासन पनि त्यही वाटोमा लाग्नु नौलो कुरा होइन । देशमा ठुल्ठुला भ्रष्टाचार काण्ड भएकाछन्, तर उनीहरुमाथि शिघ्र छानवीन र कारवाही भन्दापनि नेताहरुले नै उनीहरुको संरक्षण गरी आर्थिक लाभ लिने गरेको तथा चुनावी टिकट र राजदूत पद समेत पैसा लिएर वेच्न थालेको आरोप लाग्न थालेको छ ।
मदन भण्डारीले जबज दस्तावेजमा लेखेका थिए, "आर्थिक तथा सामाजिक अवस्था आदिका आधारमा कुनै भेदभाव नराखी सबैलाई शिक्षाको समान अवसर प्रदान गरिनेछ ।" तर वर्तमान सरकारले पनि धनीका छोराछोरीलाई दिने शिक्षा र गरिवका छोराछोरीलाई दिने शिक्षा भिन्दा भिन्दै गरिरहेको छ । हालैको एसइई परीक्षाको परिणामले पनि यसलाइ पुष्टि गर्दछ । गरिबका छोराछोरी पढ्ने सामुदायिक स्कुलको खराब परिणामले जबजलाई व्यंग्य गरिरहेको छ ।
जबज दस्तावेजको बुँदा नम्वर ३.१३ मा मदन भण्डारीले "स्वास्थ्य सेवा सुविधा होइन अधिकार हो" भन्ने घोषणा गरेका थिए र त्यसलाई मानव अधिकारको रुपमा लिएर स्वास्थ्य सेवाको स्वरुपमा आमूल परिवर्तन गरिनेछ भनेका थिए । तर अहिलेको सरकारले यसतर्फ कुनै कदम चालेको छैन । सरकारी अस्पतालहरुको दुर्दसा उस्तै छ, धनीको लागि सुविधाजनक अस्पताल धेरै छन्, तर गरिवका लागि हेर्ने सरकारी अस्पतालहरुको अवस्था दयनीय छ । नेताहरुलाइ विदेशमा उपचार गर्ने सुविधा छ, गरिवलाई सिटामोल पाउन पनि कठिन छ । उक्त दस्तावेजमा भनिएको थियो, "औषधि क्षेत्रमा राष्ट्रिय आत्मनिर्भरताको नीति लिइनेछ र बहुराष्ट्रिय औषधि कम्पनीहरुको शोषणवाट देशलाई मुक्त गरिनेछ ।" तर वर्तमान सरकारले यसतर्फ कुनै काम गरेको छैन ।
"तस्करी, घुसखोरी, भ्रष्टाचार, कालोबजारी, नातावादजस्ता सामाजिक विकृतिको अन्त गरिनेछ र अपराधीहरुमाथि कानूनी कारवाही गरिनेछ । पार्टी र राजनेताहरु तथा उच्च पदस्थ अधिकारीहरुको सम्पत्ति जाँच गर्ने व्यवस्था गरिनेछ ।"
जबज दस्तावेजको ३.१७ बुँदामा भनिएको छ, "तस्करी, घुसखोरी, भ्रष्टाचार, कालोबजारी, नातावादजस्ता सामाजिक विकृतिको अन्त गरिनेछ र अपराधीहरुमाथि कानूनी कारवाही गरिनेछ । पार्टी र राजनेताहरु तथा उच्च पदस्थ अधिकारीहरुको सम्पत्ति जाँच गर्ने व्यवस्था गरिनेछ ।" तर सरकारले यसतर्फ कुनै चासो देखाएन । बुँदा नम्वर ३.१९ मा भनिएको छ,"सबै असमान सन्धी सम्झौताहरुलाई पंचशीलको आधारमा नवीकरण गरिनेछ ।" तर सरकारले यसतर्फ कुनै ठोस पहल तथा प्रस्ताव सार्वजनिक गरेको छैन । विदेशी शक्तिका सामु गरुडका अगाडि हरेउ परे जस्तै व्यवहार यस सरकारलेपनि देखाइ रहेको छ । बुँदा नम्वर ३.२० मा मदन भण्डारीले भनेका थिए," सेनाको जनवादीकरण गरिने छ ।" यसको अर्थ सबैलाई कम्युनिष्ट वनाउने भनेको नभइ लोकतान्त्रिकरण गरिने भनेको हो । तर जबजवादी रक्षामन्त्री ईश्वर पोखरेल कामरेडले सेना परिचालन गर्ने संवैधानिक प्रावधानलाई ऐनमार्फत संशोधन गरी सेना परिचालनमा प्रधानसेनापतिको अधिकारसमेत कटौती गरी प्रधानमन्त्रीले मनोमानी गर्न पाउने खालको विधेयक वनाएर उल्टो काम गर्न कोशिस गरे । सेनामा माथिकाले तलकालाई तँ भनेर गरिने समेधनको पुरानो चलन परिवर्तन गरी सके तपाई, नभए तिमीसम्म भए पनि भन्न पर्ने चलन बसाउने कोसिस जबजवादी रक्षामन्त्रीले गरेनन् ।
मदन भण्डारीले बुँदा नम्वर ४.२ मा घोषणा गरेका छन्, "प्रत्येक व्यक्तिलाई सरकार, राजनैतिक पार्टीहरु, सामाजिक संस्थाहरु, नेताहरु र अधिकारीहरुको वारेमा आफुलाई लागेका कुराहरु स्वतन्त्र रुपमा बोल्न दिनु पर्दछ । त्यसको उल्टो केवल शासक वर्ग र पार्टीको प्रशंसामा मात्र बोल्न पाइने र विरोधमा मुख खोल्न नपाइने व्यवस्था अरुपक्षमा जतिसुकै राम्रो भएपनि टिकाउ हुन सक्दैन । कम्युनिष्ट पार्टीले शासन चलाएका कतिपय देशमा वहुलवाद र खुल्लापन रहेन र त्यसको परिणामपनि राम्रो भएन । हामी वहुलवाद र खुल्ला समाजको पक्षमा छौं ।"तर ओली सरकारले प्रेस स्वतन्त्रताको घाँटि निमोठ्ने तथा जनताको लोकतान्त्रिक अधिकार कुण्ठित पार्ने खालका अन्य विधेयक संसद्मा पेश गरेर जबजको विरुद्ध कदम चालेको छ । | 2019/10/20 06:32:39 | https://www.drishtinews.com/archives/16073 | mC4 |
नवलपुरमा लक्षित समूहका नागरिकले पाएनन् कोरोनाविरुद्धको खोप - Pariwartan Khabar Pariwartan Khabar
11 June, 2021 8:21 pm
–टेकराज पोखरेल
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यबिन्दु नगरपालिकामा समेत जेठ २५ देखि २७ गतेसम्म भेरोसेल खोपको पहिलो मात्रा लगाइएको छ । नगरपालिकाअन्तर्गत पर्ने नवलपुर स्वास्थ्य चौकीले तोकिएको उमेर समूहका ज्येष्ठ नागरिकलाई कोरोना भाइरस विरुद्धको खोपको पहिलो मात्रा नदिएको पाइएको छ । मध्यविन्दु–३ का हुमनाथ पोखरेल एक घण्टा हिँडेर नवलपुर स्वास्थ्य चौकी पुगे पनि खोप लगाउन नपाएको बताउँछन् । | 2021/06/24 18:39:47 | https://www.pariwartankhabar.com/2021/06/11/194868/ | mC4 |
सफल न्युज द्वारा २०७९ असार ४ गते शनिबार २१:०५ मा प्रकाशित
पोखरा, असार ४ गते ।पोखरा महानगरपालिका वडा नम्बर ८ ले वर्ष २०७९÷०८० का लागि वार्षिक योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ । योजना तर्जुमा गोष्ठीमा वडा ९ स्थित विभिन्न संघसंस्था, टोल विकास समिति, क्लव, आमा समुह, वडास्थित राजनीतिक दलका प्रतिनिधी, जननिर्वाचित प्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमका सहभागिहरुले वडा भित्र आफ्नों संस्थाले गर्न चाहेका योजनाका बारेमा अवगत गराएका थिए । स–साना गतिविधीभन्दापनि ठूला खाले योजनालाई प्राथमिकतामा राख्न उनीहरुले जनप्रतिनिधीलाई सुझाव दिए । भौतिक विकास, खानेपानी, शिक्षा, स्वास्थ्य, शौचालय, चौतारा, पार्क निर्माण लगायतमा उनीहरुले जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष रुद्रनाथ बरालले गोष्ठीमा उठेका सुझाव तथा कार्यक्रमहरुलाई आगामी योजनामा समेटन सक्दो प्रयास गर्ने बताए । उनले वडास्थित विभिन्न सामाजिक संघसंस्थाहरुसंग हातेमालो गर्दै अघि बढ्ने प्रतिवद्धता जाहेर गरेका थिए । | 2022/07/04 21:47:16 | https://www.safalnews.com/2022/06/35248 | mC4 |
कोरोना संक्रमित आमा छोराकै मृत्यु
सुनसरीको इनरुवाका कोरोना संक्रमित आमा छोराकै मृत्यु भएको छ । उनीहरुको तीन दिनको अवधिमा मृत्यु भएको हो । ८४ वर्षिया आमाको होम आइसोलेसनमा मृत्यु हुँदा अन्दाजी ६४ वर्षिय छोराको भने उपचारको क्रममा कोशी कोभिड अस्पताल बिराटनगरमा ज्यान गएको छ ।
सुनसरी प्रशासनका अनुसार संक्रमित पुरुषलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । प्रशासनले तीन दिनको अवधिमा आमा छोराकै ज्यान गएको र परिवारका अन्य व्यक्ति समेत संक्रमित रहेकाले घर रहेको आसपासको क्षेत्रमा सिल गर्ने विषयमा छलफल थालिएको जनाएको छ ।
मृतकको परिवारमा एकसाथ ९ जनामा संक्रमण देखिएको थियो । संक्रमित पाइएका परिवारका ७ जना अझै होम आइसोलेसनमा छन् । उनीहरु मध्ये केहिको अवस्था अझै जटिल रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । इनरुवामा पछिल्लो एक साताको अवधिमा कोरोना संक्रमित ३ जनाले ज्यान गुमाएका छन् । | 2021/07/31 04:38:10 | https://pradeshtimesonline.com/2021/05/3487/ | mC4 |
२०७८ जेठ १४ शुक्रबार ०७:४२:००
कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार संविधानको मूल मर्म र भावनाविपरीत सत्तामा आसीन भएकाले दूरगामी प्रकृतिका निर्णय गर्न नमिल्ने बताएका छन् । बिहीबार विज्ञप्ति जारी गर्दै कांग्रेस सभापति देउवाले प्रधानमन्त्री केपी ओलीलाई सरकारी संयन्त्रको दुरुपयोग नगर्न चेतावनी दिएका छन् ।
'सरकारका सम्बन्धमा न्यायपालिकामा मुद्दा विचाराधीन रहेको अवस्थामा कुनै पनि दूरगामी प्रकृतिका निर्णय नलिन र कार्यान्वयन नगर्न म सरकारलाई खबरदारी गर्दछु । सरकारको नेतृत्वलाई सरकारी संयन्त्रको दुरुपयोग नगर्न र सरकारी संयन्त्रमा कार्यरतहरूलाई दुरुपयोग हुनबाट अलग रहन पनि ध्यानाकर्षण गराउँदछु,' देउवाको विज्ञप्तिमा छ । त्यसैगरी, सभापति देउवाले सरकारले कोभिड– १९ संक्रमणलाई सत्ता सुरक्षाको कवच र जनअधिकार कुण्ठित गर्ने हतियारका रूपमा प्रयोग गरेको आरोप लगाएका छन् ।
'संक्रमण फैलन नदिने उद्देश्य प्राप्त गर्न निषेधाज्ञाको वैज्ञानिक व्यवस्थापन गर्दै नागरिकका दैनिक आवश्यकताको सहज र सरल आपूर्ति सुनिश्चितता गर्न सरकार कार्यरत हुनुपर्ने हो । तर, निषेधाज्ञा कडाइका नाममा जनतामा हाहाकार र असुरक्षा बढाउने काम हुँदै छ,' देउवाको विज्ञप्तिमा छ, 'कोभिड– १९ संक्रमणलाई सरकार सत्ता सुरक्षाको कवच र जनअधिकार कुण्ठित गर्ने हतियारका रूपमा प्रयोग गर्दै छ ।' | 2021/07/29 23:50:59 | https://nayapatrikadaily.com/news-details/64801/2021-05-28 | mC4 |
बाहिरी आयताकार पोर्टेबल फोल्डिंग स्टील डेस्क-कुर्सी, फोल्ड गर्न मिल्ने डिजाइन, केहि सरल चरणहरूमा फोल्ड गर्न सजिलो, फोल्ड गरेपछि सानो ठाउँ ओगटेको, बोक्न सजिलो।एन्टि-स्लिप समर्थन टेबल खुट्टा, टेबल खुट्टाहरू उच्च-गुणस्तर कोल्ड-रोल्ड स्टीलबाट बनेका छन्, र तल एन्टि-स्लिप फुट प्याडहरू छन्।बाहिरी पिकनिक, बारबेक्यू, क्याम्पिङ, अन-बोर्ड सेल्फ-ड्राइभिङ र फिल्ड प्रशिक्षणको लागि उपयुक्त।
हामीलाई इमेल पठाउनुहोस्
उत्पादन विवरण
FAQ
उत्पादन ट्यागहरू
विस्तृत विवरण
फिल्ड फोल्डिंग टेबल र कुर्सीहरू डिजाइनमा कम्प्याक्ट र कारीगरीमा उत्कृष्ट छन्।तिनीहरू स्टूल, कुर्सी, टेबलको रूपमा प्रयोग गर्न सकिन्छ, र बोक्न, बोक्न, बोक्न, आदि प्रयोग गर्न सकिन्छ। यो प्रयोग गर्न धेरै सुविधाजनक छ।फोल्ड गरिसकेपछि, यसले ठाउँ बचत गर्छ, लचिलो, बोक्न सजिलो, लोड गर्न, अनलोड गर्न, भण्डारण र यातायात गर्न सजिलो हुन्छ र बाहिरी माछा मार्ने र सेल्फ ड्राइभिङ पिकनिक यात्राको लागि पनि प्रयोग गर्न सकिन्छ।
फिल्ड अपरेशनको लुकाइ सुधार गर्नको लागि उपस्थितिमा विभिन्न प्रकारका क्यामोफ्लाज र आर्मी हरियो उपस्थिति छ।
हामी विभिन्न सैन्य उपकरण, सुरक्षात्मक कपडा, सुरक्षात्मक उपकरण, दंगा हेलमेट, दंगा ढाल र दंगा स्टिक, साथै बाहिरी उपकरण फोल्डिंग टेबल र कुर्सीहरू, उपकरण बक्सहरू, बाहिरी झोलाहरू र यस्तै अन्यको उत्पादन र बिक्रीमा केन्द्रित छौं।कम्पनी द्वारा बेचेको उत्पादनहरूको श्रृंखलामा धेरै क्षेत्रहरू समावेश छन्, प्रशिक्षण उपकरणदेखि दैनिक आवश्यकताहरू सम्म, र थप विस्तृत, राम्रो र अधिक व्यापक हुन कोसिस गर्दछ।
हामी सँधै "गुणवत्ता जीवन हो" को गुणस्तर नियन्त्रण अवधारणाको पालना गर्छौं, उत्पादनको गुणस्तर र ग्राहक सन्तुष्टिलाई पहिलो स्थानमा राख्नुहोस्, अनुसन्धानमा ध्यान केन्द्रित गर्नुहोस्, र उत्पादनहरूको लागि विभिन्न बाहिरी वातावरणको आवश्यकता अनुसार उत्पादन प्रक्रियामा निरन्तर सुधार र नवीनता, र विभिन्न प्रकारका अन्तर्राष्ट्रिय उन्नत उत्पादनहरू डिजाइन र विकास गर्नुहोस्, कम्पनीका उत्पादनहरूको प्रत्येक विवरणले डिजाइनरहरूको सरल र मानवीकृत डिजाइन विचारहरू प्रतिबिम्बित गर्दछ, र ग्राहकहरू र बाहिरी उत्साहीहरूका लागि एक आदर्श विकल्प हो।
ग्राहकहरूको आवश्यकताहरू हामीलाई अगाडि बढ्नको लागि ड्राइभिङ फोर्स हुन्, र प्रत्येक ग्राहकलाई राम्रोसँग सेवा गर्ने हाम्रो उद्देश्य हो। | 2022-11-29T08:31:13Z | http://ne.jsbailiying.com/outdoor-rectangle-portable-folding-steel-desk-chair-product/ | OSCAR-2301 |
merolagani - विन्ध्यवासिनी हाइड्रोको २५ लाख कित्ता आइपिओ आउने, सानिमा क्यापिटल बिक्री प्रबन्धक
विन्ध्यवासिनी हाइड्रोको २५ लाख कित्ता आइपिओ आउने, सानिमा क्यापिटल बिक्री प्रबन्धक
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले स्थानीयवासी तथा सर्वसाधारण लगानीकर्तालाई उक्त परिमाणको शेयर जारी गर्ने जनाएको छ ।
शेयर निष्काशनको लागि कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
सो क्रममा सानिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी र विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका तर्फबाट संचालक भरत वहादुर पाण्डेले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
यस कम्पनीले स्थानीयवासीको लागि दश करोड रुपैयाँ बराबरको १० लाख कित्ता र सर्वसाधारणको लागी १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता गरि जम्मा २५ करोड बराबरको २५ लाख कित्ता साधारण शेयर सार्वजनिक निष्काशन गर्न लागेको हो ।
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लमजुङ र कास्की सिमाना रुदीखोलामा ८.८ मेगावाटको रुदी 'ए' जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । 'रुदी 'ए' आयोजना निर्माण सकिनै लागेको छ । उक्त आयोजनासँगै रुदी 'बी' आयोजनाको निर्माण पनि अघि बढाएको छ । रुदी 'बी' को पनि ५० प्रतिशत निर्माण कार्य सकिएको छ ।
आयोजना १ अर्ब ३ करोड रुपैयाँमा निर्माण हुने भनिए पनि भूकम्प र बाढी पहिरो लगायतका प्राकृतिक प्रकोपले समय लम्बिएकाले लागत बढ्न सक्ने प्रवद्र्धक कम्पनीले जनाएको छ ।
आयोजनाले ०७१ साउन २० मा विद्युत् प्राधिकरणसँग चलनचल्तीको दर (हिउँदमा ८ रुपैयाँ ४० पैसा र बर्खायाममा ४ रुपैयाँ ८० पैसा) मा विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) गरिसकेको छ । | 2020/04/07 11:06:05 | https://merolagani.com/NewsDetail.aspx?newsID=42160 | mC4 |
स्पेनिस ला लिगा : रियल मड्रिडको ४-१ को सानदार जित - CNN EXPRESS
स्पेनिस ला लिगा : रियल मड्रिडको ४-१ को सानदार जित
माघ ११, काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले अलाभेसमाथि सानदार जित निकालेको छ। मेन्डिजोरोजा स्टेडियममा भएको खेलमा मड्रिडले घरेलु टोलीमाथि ४-१ गोलअन्तरले जित निकालेको हो।
खेलको १५ औं मिनेटमै टोनी क्रुसको पासमा कासेमिरोले गोल गर्दै मड्रिडलाई अग्रता दिलाएका थिए। क्रुसकै पासमा ४१ औं मिनेटमा करिम बेन्जेमाले अर्को गोल थपे। त्यस्तै पहिलो हाफको अतिरिक्त समयमा इडेन हजार्डले गोल गर्दा पहिलो हाफमै मड्रिड तीन गोलले अघि रह्यो।
दोस्रो हाफमा घरेलु टोलीका जोसेलुले सान्त्वना गोल फर्काए। उनले खेलको ५९ औं मिनेटमा गोल गरेका थिए। त्यस्तै खेलको ७० औं मिनेटमा लुका मोड्रिचको पासमा बेन्जेमाले नै अर्को गोल थप्दा मड्रिडले ४-१ को सानदार जित निकाल्यो। जितसँगै मड्रिड अंकतालिकाको दोस्रो स्थानमा यथावत छ। | 2022/01/16 11:01:44 | https://cnnexpress.com/2021/01/24/3454/ | mC4 |
प्रतिनिधिसभा विघटनविरुद्धमा परेको रिटमाथि आज संवैधानिक इजालसमा सुनुवाइ - Janata Bulletin
» राजनीति अंक: 7941
प्रतिनिधिसभा विघटनविरुद्धमा परेको रिटमाथि आज संवैधानिक इजालसमा सुनुवाइ
जनता बुलेटिन शुक्रबार, पौष १०, २०७७ मा प्रकाशित
काठमाण्डाै – प्रतिनिधिसभा विघटनविरुद्धमा परेका रिटमाथि आज संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।
अस्ति बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले सबै निवेदनलाई संवैधानिक इजलासमा पठाउने आदेश दिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको आइतबार प्रतिनिधिसभा विघटन गरेको निर्णयविरुद्ध नेकपाका प्रचण्ड–नेपाल समूहका सांसदसहितको १३ वटा रिट सर्वोच्चमा दर्ता भएको थियो ।
संसद् विघटनको विषय संविधानसम्बन्धी व्याख्या गर्नुपर्ने भएकाले संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित पाँच जना न्यायाधीशबाट सुनुवाइ हुन लागेको हो । संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनका क्रममा लिइएका आधार र त्यसको संवैधानिक धरातलको परीक्षण गर्नेछ ।
सरकारले संसद विघटन गर्दा संविधानको धारा ७६ र ८५ लाई आधार मानेको छ । प्रधानन्यायाधीश जबराले भने यो धाराको थप संवैधानिक व्याख्या आवश्यक रहेकाले रिटहरुलाई संवैधानिक इजलासमा पठाउन अस्ति आदेश दिनुभएको थियो । रिट निवेदक र अधिवक्ताहरुले भने बृहत इजलासमा सुनुवाइ हुनुपर्ने माग गरेका थिए ।
संवैधानिक इजलासका लागि सर्वोच्चले तयार गरेको रोस्टरमा भएका १० जनामध्ये चार जना न्यायाधीश प्रधानन्यायाधीशले छान्न पाउने व्यवस्था छ । अहिले संवैधानिक इजलासका लागि तयार भएको रोस्टरमा न्यायाधीशहरू दीपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिह्ना, प्रकासिंह राउत र सपना प्रधान मल्ल छन् । | 2021/01/15 14:58:45 | https://www.janatabulletin.com/details/7941.html | mC4 |
हेलम्बु र चेपाङलाई जोड्ने त्यो रातो झोला ! | Aaja ko Shiksha
समाचार , मुख्य समाचार , फिचर
पुसको ठिही र छोटो दिन । घाम ढल्कँदै थियो । चम्किलो किरण फिकामा मलिन हुँदै गर्दा मनहरि नदीको किनार नजिक एकसरो निलो पोशाकमा बालबालिका पलेँटीबद्ध थिए । तिनका मुहारमा चाहिँ आशा र खुशीका किरण झल्किरहेथ्यो ।
मकवानपुर जिल्लाको दुर्गम क्षेत्रमध्ये राक्सीराङ गाउँपालिका चैनपुरमा रहेको एउटा विद्यालयमा हेलम्बु एजुकेसन एण्ड लाइभ्लीहुड पार्टनरसिप (हेल्प) संस्थाका स्वयंसेवीहरु रातो झोला लिएर जब पुगे, वातावरण एकाएक गडगडाहट तालीमा गुञ्जायमान भयो । त्यो रातो झोला 'बाँडिदिऊ न त' भन्दिए जस्तो केवल औपचारिकतामा सीमित थिएन । यो त अभियान थियो । हेलम्बुबाट थालिएको विशुद्ध शैक्षिक अभियान । सिन्धुपाल्चोकका तत्कालीन जिल्ला शिक्षा अधिकारी गेहनाथ गौतमको पहलमा सोही जिल्लाको भीमटारमा माझी र दनुवार समुदायका विद्यार्थीलाई हेल्पबाट सहयोग गरेर थालिएको अभियान थियो यो । सिङ्गो सिन्धुपाल्चोकदेखि शुरु भएर यतिबेला पर्वत, पाल्पा, गोर्खा र मकवानपुर हुँदै प्यूठानसम्म यो पुगिसकेको छ ।
नयाँ वर्ष २०१९ को पूर्वसन्ध्यामा यो टिम चेपाङ बाहुल्य क्षेत्र 'स्कूल इन अ ब्याग' अर्थात् स्कूलमा रातो झोला अभियान लिएर पुगेको थियो । विद्यार्थीमा धेरैजसो चेपाङ जाति र केही चाहिँ अरु समुदायका देखिन्थे । नामै प्रजा जागृति आधारभूत विद्यालय । जहाँ चेपाङ विद्यार्थी अत्यधिक हुने नै भए । प्रजा चेपाङको एउटा थर हो । शिक्षकका अनुसार यो विद्यालयमा ८० प्रतिशत चेपाङ विद्यार्थी छन् ।
के छ त त्यो रातो झोलामा ? यो जिज्ञासा मेटाउन हेल्पका स्वयंसेवीले पहिला त झोलाभित्र रहेका सामग्रीबारे विद्यार्थीलाई जानकारी दिए । दिनभरी विद्यालयमा समय बिताउनुपर्ने विद्यार्थीका लागि उसको झोलामा किताब मात्र भएर पुग्दो रहेनछ । खाजा खाएपछि पानी पनि पिउनै पर्यो । बोत्तल त चाहिन्छ–चाहिन्छ । त्यसो त, घरमा बिहान उठ्नेबित्तिकै नित्य कर्म गर्दा चाहिने सामग्रीसमेत झोलामा देख्दा कलिला विद्यार्थी दङ्ग परे । रातो झोलाभित्र पेन्सिल–कपी त छँदैथिए । ज्यामिती बक्स, एउटा लामो स्केल, ड्रइङ्ग कपी, दुई प्याकेट बल पेन अनि कलर पेन्सिल थप थिए । शरीर स्वस्थ राख्नका निम्ति अत्यावश्यक एक थान दन्त मञ्जन, दाँत माझ्ने ब्रस, साबुन, रुमाल, काँगियो, नेल–कटर, अनि पानी पिउने बोतल पनि राखिएका रहेछन् । बालकक्षादेखि ८ सम्मका २९४ जना विद्यार्थीले यस्तो बहुआयमिक सामग्रीसहितका रातो झोला पाए ।
भन्दिनेले त 'विद्यालयमा झोला बाँड्ने त हो नि !' भन्लान् । 'स्कूल इन अ ब्याग' अभियानलाई सामान्य ठानिएला पनि । तर, यसमा मानवीय भावना र लक्ष्य ज्यादै प्रगाढ भएर गाँसिएको छ । 'म ती बालबालिकाका निर्दाेष अनुहारमा एकछिन भएपनि खुशी छाएको हेर्न सधैं लालयित हुने गर्छु,' हेल्पका कार्यकारी निर्देशक जिमी लामा भन्नुहुन्छ, 'रातो झोलाभित्र भरिएका शैक्षिक सामग्री वितरण गर्ने काम त एक निश्चित समयमा समाप्त हुनेछ तर झोला पाउने प्रत्येक विद्यार्थीभित्रको रङ्गीन र असीमित भविष्यलाई खोजतलास गर्ने प्रेरणा भने धेरै लामो समयसम्म टिक्नेछ ।' हुन पनि, हेलम्बुको नकोते–सेर्माथाङ्गमा हुर्की पढी दुःख–कष्टलाई भोगेर संघर्षका साथ बेलायतबाट स्नातकोत्तर हासिल गरेको आफ्नो विगतलाई उहाँ स्मरण गर्नुहुन्छ । यत्तिका संख्यामा त्यत्रो १५–१६ किसिमका सामग्रीसहितका हजारौं झोला तयार पार्न कम खर्च लाग्दैन । प्रतिविद्यार्थी नै १५ सय रुपियाँको हाराहारीमा लागत लाग्दो रहेछ । यही रकम जोड्न विदेशी दातालाई 'कन्भिन्स' गर्दै अझ उनीहरुलाई समेत अभियानमा सँगसँगै हिँडाउनु चानचुने कुरा छैन नै ।
हेल्पको 'हेल्प'बाट खुबै खुशी हुनुभएका राक्सीराङ्ग गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले भन्नुभयो, 'सहयोगका लागि मकवानपुरमा धेरै मान्छे र संस्थाहरु आए तर हेटौडा र राजमार्गभन्दा माथि यो क्षेत्रमा कहिल्यै आएनन् । आज हेल्पले यस्तो महत्वपूर्ण सहयोग यहाँसम्म आएरै गरिदियो । म निकै आभारी छु उहाँहरुप्रति ।'
यसरी यी कलिला विद्यार्थीसँग खुशी साट्न थालेको पनि हेल्पले झण्डै एक दशक बिताएको छ । सन् २००९ बाटै शिक्षाका लागि काम शुरु गरेको हेल्पले २०१२ बाट भने स्कूल–स्कूलमा रातो झोला वितरण अभियान थालेको हो । मूलतः विद्यार्थी भर्ना अभियानलाई सघाऊ पुर्याउनु, ड्रप–आउट (बीचैमा पढाइ छोड्ने) दर घटाउनु र शैक्षिक सामग्रीमार्फत् शिक्षामा गुणस्तर बढाउनु यो अभियानको उद्देश्य हो । अहिलेसम्म झण्डै १५ हजार विद्यार्थीलाई यस्ता स्कूल ब्याग हेल्पले बाँडिसकेको छ । हालसम्म वितरण गरिएका १५ हजार थान स्कूल ब्यागमध्ये गएको तीन महिनामै हेल्पले ५ हजार विद्यार्थीलाई रातो झोला उपलब्ध गराएको थियो । हेल्पको स्कूल इन अ ब्याग अभियानमा विदेशबाट समेत धेरै स्वयंसेवी मिसिनुभएको छ । पछिल्लो ब्याग वितरणको आर्थिक जोहो गर्न यो अभियानसँग जोडिनुभएका बेलायती नागरिक एड प्रेटले एक वर्ष लगाएर एक पांग्रे साइकलमार्फत् विश्व भ्रमण गर्नुभएको थियो । प्रजा जागृति आधारभूत विद्यालयमा ब्याग बाँड्न अर्का बेलायती नागरिक हान्ना गान्टलेट पनि पुग्नुभएको थियो । विद्यार्थीलाई ब्याग बाँड्न व्यस्त हुँदै गर्दा उहाँले भन्नुभयो, 'हेल्पको यस्तो गजबको काममा सामेल हुन पाउँदा साह्रै खुशी लागेको छ ।'
यो कार्यक्रमले यसरी निरन्तरता पाउनुमा राजनीतिक नेतृत्व र सामाजिक व्यक्तित्वदेखि मिस नेपालसम्मको प्रेरणादायी भूमिका देखिन्छ । चेपाङ्ग समुदायमा जाँदा यो वर्षकी मिस नेपाल श्रृंखला खतिवडाले उत्साहप्रद प्रेरणा दिनुभएको हेल्पका कार्यकारी निर्देशक लामा बताउनुहुन्छ । चेपाङ समुदायका लागि यस क्षेत्रमा सामाजिक काम गरिसक्नुभएकी श्रृंखलाले हेल्प टिमलाई झोला अभियानका निम्ति शुभकामना दिनुभएको थियो । त्यसो त, संघीय सांसद एवं कांग्रेस युवा नेता गगन थापा, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्ले र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व कार्यकारी डा. गोविन्दराज पोखरेल पनि अभियानमा आफैं सरिक भई हौसला दिने गर्नुहुन्छ । सांसद गगन थापा भन्नुहुन्छ, 'कोही पनि बालबालिका विद्यालय आउनबाट बञ्चित हुनु हुँदैन । तसर्थ यो स्कूल ब्याग कार्यक्रमले विद्यार्थीलाई विद्यालय आउन आकर्षण गर्छ भन्ने हाम्रो विश्वास छ ।' | 2020/05/25 08:40:22 | http://aajakoshiksha.com/2019/01/07/newschepang-makwanpur/ | mC4 |
केन्याविरुद्ध सिरिजः नेपाली टोलीमै चार रोचक प्रतिस्पर्धा | Radio Makalu 102.1 MHz Websoft University
केन्याविरुद्ध सिरिजः नेपाली टोलीमै चार रोचक प्रतिस्पर्धा
नेपालले यसै महिनाको अन्त्यमा विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत केन्यासँग घरेलु मैदान कीर्तिपुरमा खेल्दैछ ।
र, कप्तान र कोचसहितको छनोटकर्ता टोलीले १९ सदस्यको नाम सार्वजनिक गरिसकेका छन् । यो टोली शुक्रबार भारत जानेछ र नोयडामा एक साता अध्यास गर्नेछ । तीन अभ्यास खेल मध्ये एक अफगानिस्तानको एक टिमसँग मिलाउने प्रयास भइरहेको छ ।
भारत भ्रमणपछि चार वैकल्पिकसहित १८ खेलाडीको नाम सार्वजनिक गरिनेछ, जसले केन्याविरुद्ध फागुन २८ र ३० मा खेल्नेछ ।
१९ सदस्यीय टोलीमा अधिकांश पुराना अनुहार छन् । तर, केही युवा क्रिकेटर पनि टोलीमा परेका छन्, जसले उमेर समूहमा प्रभावशाली प्रदर्शन गरेका थिए । र, यो पटक युवा क्रिकेटरहरुले नेशनल टिममा डेब्यू गर्ने लगभग पक्का भइसहेको छ ।
केन्याविरुद्धको खेल नेपालका लागि निकै महत्वपूर्ण छ र नेपाल दुबै खेलमा जित चाहन्छद्ध । तर, त्यसअघि नेपाली टोलीको केही प्रमुख स्थानका लागि सदस्यहरुबीच नै कडा प्रस्पिर्धा हुनेछ । सम्भवत नोयडाको प्रर्दर्शनले धेरै कुरा निर्धारण गर्छ ।
ज्ञानेन्द्रको ओपनिङ पार्टर
नेपालले लामो समयदेखि ओपनिङ ब्याट्सम्यानको खोजी गरिरहेको छ । पुवुद्धु यशानायकेको कार्यकालमा सुवास खकुरेल र नरेश बुढायरलाई ओपनिङ जोडी बनाउन प्रयास गरिएको थियो । अनिल मण्डलसहित केही ब्याट्सम्यान पनि आए ।
तर, अहिले नेपाली टोलीमा कोही पनि छैनन् । पछिल्ला केही खेलमा उपकप्तान ज्ञानेन्द्र मल्ललाई ओपनिङ ब्याट्सम्यान बनाइएको छ, जबकी उनी यसअघि तेस्रो नम्बरमा आउँथे । अब उनी ओपनिङमै रहने पक्का भएको छ । तर, उनको जोडी भेटिएको छैन ।
यो पटक युवा क्रिकेटरको ज्ञानेन्द्रसँग ओपनिङ जोडी बनेर खेल्नेछन् । स्रोतका अनुसार यसका लागि तीन ब्याट्सम्यान विकल्पका रुपमा छन् । दिलिपनाथ, आशिफ शेख र सुनिल धमलाबीच ज्ञानेन्द्रको ओपनिङ पार्टनरका लागि प्रतिस्पर्धा हुनेछ ।
यू-१९ मा राम्रो प्रदर्शन गरेर प्रशिक्षक जगत टमाटाको नजरमा परेका सुनिल धमला नेदरल्याण्ड्सविरुद्ध सम्भावित टोलीमा परेका थिए तर, डेब्यू गर्न सकेनन् । दिलिपनाथ राष्ट्रिय क्रिकेटमा लगातार खेल्दै आएपनि यसअघि राष्ट्रिय टोलीमा पर्न सकेका थिएनन् भने आशिफ पनि पहिलो पटक राष्ट्रिय टिममा डेब्यूको पर्खाइमा छन् । एभरेष्ट पि्रमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका उनले यू-१९ एसिया कपमा भने खासै प्रदर्शन गरेनन् । घरेलु मैदानमा भने उनको प्रदर्शन रेकर्ड राम्रो छ ।
विकेट किपर को ?
आशिफ शेख ब्याट्सम्यान मात्र होइनन, विकेट किपर पनि हुन् । र, केन्याविरुद्धको खेलमा विकेट किपरको भूमिकामा विनोद भण्डारीसँगै उनको पनि दाबी छ ।
औलामा लागेको चोटका कारण हालै भएको यू-१९ एसिया कपमा भने विकेट किपरको भूमिका निभाउन पाएका थिएनन् ।
उसो त पछिल्लो केही वर्षमा नेपाली टोलीमा विकेट किपरको भूमिका ओपनिङ ब्याट्सम्यान सुवास खकुरेलले निभाउँदै आएका थिए । उनी टोलीमा पर्दा यू-१९ को कप्तान हुँदै सिनियर टोलीमा परेका राजु रिजालले यो जिम्मेवार पाए । अहिले सुवास र राजु दुबै टोलीमा छैनन् र विकेट किपरका लागि विनाद र आशिफ शेख दुई मध्ये एक छनोट गर्ने विकल्प कोचसामू छ ।
तल्लो क्रमका फिनिसर
विरानगरमा भएको सातौं राष्ट्रिय खेलकुदमा विनोद भण्डारीले आफ्नो विस्फोटक ब्याटिङ देखाए । तर, यू-१९ एसिया कपमा दिपेन्द्र सिंह ऐरीले विनोदलाई माथ दिने प्रदर्शन गरे । ऐरी अन्तिम ओभरहरुमा बलिङ गर्ने क्षमता पनि राख्छन् ।
अब केन्याविरुद्धको खेलमा तल्लो क्रमको व्याट्सम्यान, जो फिपिनसरका रुपमा हुन्छन्, त्यो स्थानका लागि दिपेन्द्र र विनोदबीच प्रतिस्पर्धा हुनेछ । यदि प्रशिक्षकले दुबैलाई खेलाउने निर्णय गरेको अवस्थामा राजेश पुलामी मगरको नाम काटिनसक्छ ।
सोमपाल भर्सेस करण
सोमपाल कामी र करण केसी पछिल्लो समय नेपाली टोलीको ओपनिङ बलरका रुपमा रहेका छन् । करणको तुलनामा सोमपाल मााथि छन्, यस कारण पनि केन्याविरुद्ध खेलमा ओपनिङ बलरमा सोमपाल पक्का जस्तै छन् । यदि ब्याट्सम्यान थप्ने निर्णय भएको अवस्थामा करणको सट्टा कप्तान पारस खड्काले नै सोमपालसँग मिलेर ओपनिङ बलिङ गर्नेछन् । तर, विपक्षी टोलीलाई सरप्राइज दिन प्रशिक्षकले सोमपाललाई ड्रप गरेर करणलाई मौका दिन पनि सक्छन् ।-अनलाइनखबर | 2022/07/07 17:26:58 | http://www.radiomakalu.com.np/2017/02/blog-post_191.html | mC4 |
ब्लड क्यान्सरका लक्षण : नारीदर्पण डट कम
स्वास्थ्य » ब्लड क्यान्सरका लक्षण
थकान महसुस हुनु : ब्लड क्यान्सरबाट पीडित भएपछि मानिसलाई थकान र कमजोरी महसुस हुन्छ । रगतमा राता रक्तकोशिकाको संख्या कम हुन थाल्छ, जसबाट रगतको पनि कमी हुन्छ ।
पटक– पटक संक्रमित हुनु : प्रभावित मानिस पटक–पटक संक्रमित हुन्छ । जब शरीरमा ल्युकिमियाको कोष विकसित हुन्छ । रोगीको मुख, घाँटी, छाला, फोक्सो आदिमा संक्रमण देखिन्छ ।
तौल घट्नु : तौल अस्वभाविक रुपमा घट्दै जान्छ ।
अचानक ज्वरो आउनु : ज्वरो क्यान्सरको एक लक्षण मानिन्छ । क्यान्सर रोगीको शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ, यसकारण रोगीलाई समय–समयमा ज्वरो आइरहन्छ । ब्लड क्यान्सर, ल्यकेमियामा ज्वरोको लक्षण देखिन्छ ।
बढी रगत आउनु : शरीरमा ल्युकिमिया कोषहरुको असामान्य निर्माणका कारण स्वस्थ रक्त कोषिकाहरु प्लेटलेट्स निर्माणमा अवरोध आउँछ । प्लेटलेट्स कोशिकाहरुको एक हिस्सा हो, जो चोट लाग्दा बढी रगत आउनबाट रोक्छ । तर, यसको कमीका कारण नाकबाट, महिलालाई रजस्वलाका दौरान र गिजाबाट बढी रगत आउने समस्या हुन्छ ।
जोर्नीमा दुखाई : जोर्नीको दुखाई आर्थराइटिसमात्र होइन, क्यान्सरको लक्षण पनि हुन सक्छ । ब्लड क्यान्सर बोन म्यारोमा हुने रोग हो, जो जोर्नीको आसपास बढीमात्रामा पाइन्छ । बोन म्यारोमा सेता रक्तकोशिका बढ्दा यस्तो हुन्छ ।
लिम्फ नोड्स बढ्नु : लिम्फ नोड्समा परिवर्तन हुनु पनि ब्लड क्यान्सरको संकेत हुन सक्छ । लिम्फ नोड्समा अथवा घाँटीमा एउटा गाँठो देखिए या सुन्निए तुरुन्त डाक्टरसंग सम्पर्क गर्नु आवश्यक हुन्छ ।
पेटको समस्या : असामान्य सेता रक्तकोशिका कलेजोमा जम्मा हुँदा पेट सुन्निे र अरु समस्या निम्तन्छ । यस्तो समस्याले भोक पनि कम लाग्न सक्छ र थोरै खाएपनि पेट भरिएजस्तो लाग्छ । | 2022/05/22 22:26:20 | http://www.naridarpan.com/2016/05/blog-post_777.html | mC4 |
डिफेन्डरको तीन गोलमा थ्रीस्टारको उडान
Nov-21 तारिख 12:24 बेलुका
काठमाडौँ — ५ मंसिर २०७८
काठमाडौँ , सहिद स्मारक 'ए' डिभिजन लिगमा थ्रीस्टारलाई सधैं उपाधिको दाबेदार मानिन्छ । तर पाटनको यो क्लब लिग च्याम्पियन नभएको नौ वर्ष भयो । उपाधि होडमा पछाडि परेकोमात्रै होइन, अंक तालिकामा पनि खस्किँदै गएको छ । यसपालि भने पहिलो खेलमै छिमेकी च्यासल युवा क्लबलाई ३–० ले पन्छाउँदै थ्रीस्टारले शनिबार उपाधि होडमा बलियो दाबेदारी पेस गर्ने संकेत दिएको छ । तीनपल्टको लिग च्याम्पियन थ्रीस्टारका लागि दशरथ रंगशालामा च्यासलविरुद्ध तीनै गोल डिफेन्सका खेलाडीले गरे । तीनै गोल 'सेट पिस' मा भए । कर्नरमा दुई र फ्रि–किकमा एक गोल । थ्रीस्टारले पूरा खेलमा पाँचपल्ट पोस्टमा प्रहार गर्यो र त्यसमा गोलकर्ता रहे निशान खड्का, रिम राफाएल र अनन्त तामाङ । इटालियन सिरी 'ए' क्लब एट्लान्टाको युवा टिमबाट च्यासल आइपुगेका फरवार्ड विकास मेराग्लियाले पहिलो हाफमा केही दबाब दिए पनि दोस्रो हाफ पूर्णत पकडमा राख्दै थ्रीस्टारले तीन अंक जोड्दै उत्कृष्ट सुरुआत गरेको हो ।
करिब २७ यार्डबाट निशानले बायाँ खुट्टाले प्रहार गरेको फ्रि–किकमा बल 'टप बार' मा आकर्षक गोलमा परिणत भएपछि थ्रीस्टारले २२ औं मिनेटमा अग्रता लियो । च्यासलले दबाब दिइरहेको समयमा त्यो नै थ्रीस्टारमा पहिलो आक्रमण थियो । त्यसको चार मिनेटभित्रै च्यासलले बराबरी गर्ने राम्रो अवसर पाएको थियो । इटालीको यू–१६ टिमबाट खेलिसकेका विकासले बल पाएको अवस्थामा पेनाल्टी क्षेत्र वरिपरि खतरनाक देखिएका थिए । बल अघि बढाइरहेका उनलाई अनन्तले 'फाउल' गर्दै लडाएपछि रेफ्री प्रकाशनाथ श्रेष्ठले च्यासललाई पेनाल्टी दिए । विकासले प्रहार गरेको पेनाल्टीमा गोलकिपर येल्भेस प्रिसोले रोक्दै थ्रीस्टारलाई राहत दिलाए । त्यसमा विकासको प्रहार पनि खासै उत्कृष्ट थिएन ।
प्लेयर अफ द म्याच निशान खड्का ।
पेनाल्टी क्षेत्रमा बल प्रहार गर्ने क्रममा रहेका विकासलाई ३२ औं मिनेटमा राफाएलले लडाएका थिए । च्यासलले पेनाल्टी अपिल गर्यो । रेफ्रीले श्रेष्ठले अस्वीकार गरिदिए । त्यसबारे च्यासलका मुख्य प्रशिक्षक बालगोपाल साहुखलले भने, 'पेनाल्टी हुनुपर्ने थियो । पहिला नै पहेंलो कार्ड पाइसकेका राफाएललाई रेड कार्ड पनि हुन्थ्यो । रेफ्रीकै निर्णयले खेल परिवर्तन भयो । सेट पिसमा डिफेन्सले रोक्न नसक्नु हाम्रो पनि कमजोरी हो ।' धेरै कुरा हेर्दा रेफ्रीले थ्रीस्टारलाई समर्थन गरेजस्तो देखिए पनि त्यस्तो गल्ती हुने उल्लेख गर्दै उनले थपे, 'जबसम्म रेफ्रीको स्तर बढ्दैन, तबसम्म फुटबल राम्रो हुँदैन ।' दोस्रो गोलको फ्रिकिक पनि 'सफ्ट पुस' मै दिएको उनले आरोप लगाए ।
च्यासलका पूर्वमिडफिल्डर हेमन्त थापामगरको फ्रिकिकमा अग्ला कदका डिफेन्डर राफाएलको हेडरमा थ्रीस्टारले ४५ औं मिनेटमा अग्रता दोब्बर बनायो । तेस्रो गोल अनन्तले गरे । उनले पनि हेमन्तकै कर्नर उपयोग गर्दै ५८ औं मिनेटमा हेडद्वारा गोल गरे । लिगमा दुई वर्षअघि च्यासलविरुद्ध २–० को जितमा पनि अनन्तले गोल गरेका थिए । 'ए' डिभिजन लिगमा च्यासलविरुद्धका तीन खेलमा थ्रीस्टारको यो नै सबभन्दा ठूलो अन्तरको सफलता हो । शीर्ष श्रेणीमा च्यासलले डेब्यु गरेको लिग (२०७५) मा भने थ्रीस्टारलाई च्यासलले गोलरहित रोकेको थियो । अर्पण कार्कीको अनुपस्थितिमा गोलपोस्ट सम्हाल्ने अवसर पाएका प्रदीप भण्डारीले ८४ औं मिनेटमा ऋतिककुमार खड्का र मिक्छेन तामाङको प्रहारलाई रोक्दै च्यासललाई अझै ठूलो अन्तरबाट जोगाइदिए ।
'लय समात्ने कोसिस'
'यो जितले टिमको हौसला त बढाउँछ नै,' थ्रीस्टारका कप्तान विक्रम लामाले भने, 'हामीले गोल स्कोरिङभन्दा लय समात्ने कोसिस गर्यौं । कमी कमजोरी धेरै छ । यसलाई सुधार गरेर हामी उपाधि होडमा राम्रोसँग जान सक्छौं । लक्ष्य उपाधि जित्ने नै हो । त्यसको लागि हामीले धेरै सुधार गर्नुपर्छ ।' 'ए' डिभिजन लिगमा डेब्यु गरेका विंगर आयुष घलान, सर्लाहीका ऋषितक र हेमन्तको आगमनले टिमलाई बलियो बनाएको पनि उनले बताए । क्यामरुनी डिफेन्डर राफाएल पनि थ्रीस्टारमा नयाँ हुन् । पहिलो खेल भएकोले अलि गाह्रो भएको उल्लेख गर्दै थ्रीस्टारका प्रशिक्षक उर्जन श्रेष्ठले भने, 'सुरुमा च्यासलले दबाब दियो । ३–० (नतिजा) एकदम राम्रो हो । यसले खेलाडीहरू आत्मविश्वासी हुन्छन् । अब कमजोरी सुधार्न सजिलो हुन्छ । अर्को खेलमा योभन्दा राम्रो गर्नेछौं ।' उनले थपे, 'हामी अगाडि चुकिरहेका छौं । तीनै गोल डिफेन्सले गरे ।' २०५४, ०६१ र ०६९ को च्याम्पियन थ्रीस्टार त्यसपछि केही कमजोर देखिएको थियो । उसको पछिला तीन संस्करणमा (२०७० मा दोस्रो, ०७५ मा तेस्रो र ०७६) वरीयता पनि खस्कियो । यसैलाई उकास्दै लोकप्रिय क्लबलाई फेरि च्याम्पियन बनाउने जिम्मेवारीमा छन् प्रशिक्षक श्रेष्ठ ।
हिमालयन १–१ संकटा
अनुभवी मिडफिल्डर लक्ष्मण रुचालले हिमालयन शेर्पाका गोलकिपर दीप कार्कीको गल्तीको फाइदा उठाउँदै ६० औं मिनेटमा यो लिगकै पहिलो गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । त्रिदेव गुरुङले ६४ औं मिनेटमा गोल गर्दै हिमालयन शेर्पालाई १–१ मा पुर्याए । संकटाका गणेश हमालले ८४ औं मिनेटमा प्रहार गरेको बल डिफेन्समा डिफ्लेक्ट हुँदै बारमा लागेर फर्कियो । त्यही 'रिबाउन्ड' मा लक्ष्मणको 'फ्रि–हेडर' मा बल पोस्टबाहिर जाँदा संकटाले तीन अंक जोड्ने अवसर गुमाएको थियो । 'गल्तीले गोल खायौं । समग्रमा दुवै टिमको राम्रो भयो,' हिमालयन शेर्पाका प्रशिक्षक युगलकिशोर राईले भने, 'संकटाले सोचेभन्दा राम्रो अनुशासित खेल खेल्यो । हाम्रो ट्याक्टिकल अनुशासन पनि कायम रह्यो ।' संकटाका मुख्य प्रशिक्षक विष्णु गुरुङले भने, 'टिमको प्रदर्शनमा खुसी छु । मेरो प्रणालीमा खेल्न अझै समय लाग्छ ।' यी दुवै प्रशिक्षकले पहिलो पल्ट 'ए' डिभिजन क्लब सम्हालेका हुन् । | 2021/12/07 09:44:20 | https://rajyadainik.com/detail/sports/9500 | mC4 |
जाडोमा मह सेवनका फाइदाहरू onlinedarpan.com
Friday 1st of July 2022 / 04:39:55 AM
जाडोमा मह सेवनका फाइदाहरू
अनलाइन दर्पण 2016-12-19
जाडो मौसमले तपाई हामीलाई छोपिसेकेको छ । विहान होस् या बेलुका हिड्दा हामीले चिसोको महशुस गर्न थालि सक्यौ । यहि चिसोसँगै विभिन्न रोगहरुले हाम्रो शरिरमा प्रवेश पाउँछन् । पर्यावरणमा तापक्रम घट्दै जाँदा शरीरमा पनि अनेकौं समस्या आउँछन् । ओठ फुट्ने, छाला सुक्खा हुने, घाँटी दुख्ने, खोकी लाग्ने, हात खुट्टा कटकट्टी दुख्नेलगायतका समस्या आइलाग्छ । यस्ता समस्या देखिनासाथ हामीमध्ये धेरैको औषधि सेवन गर्ने बानी हुन्छ । प्राकृतिक रूपमा आउने स–साना समस्यामा औषधि खानु उचित हुँदैन । त्यसका लागि प्राकृतिक उपचार खोज्नु नै बुद्धिमानी हुन्छ । मह त्यस्तै बहुपयोगी प्राकृतिक उपचार हो । यसलाई जाडो र गर्मी दुबै मौसममा महको निम्न प्रयोग गर्न सकिन्छ ।
आयुर्र्वेिदक औषधीय गुण भएको 'खाए पनि ठीक लगाए पनि ठीक' बहुउपयोगी वस्तु महलाई यस्तै धेरै गुणहरूको आधारमा अमृत पनि भनिन्छ । फरक मौसममा फरकफरक प्रकृतिका वनस्पतिहरू फुल्ने हुनाले महको रङ र स्वाद पनि फरकफरक प्रकृतिको नै हुन्छन् । जस्तै, जाडो मौसममा फुल्ने तोरी वा च्यूरीको फूलबाट तयार भएको मह जमेर सेतो रङ देखिन्छ । जाडो मौसममा नजमेको महलाई मौरी विज्ञहरू राम्रो मान्दैनन् । राम्रो पूर्ण प्राकृतिक मह जाडो मौसममा जम्नु पर्दछ । विविधताले धनी हाम्रो देशमा पाइने वनस्पतिहरूमा महìवपूर्ण आयुर्र्वेिदक औषधीय गुण भएको मह पाइने भएको हुनाले विश्वमा नै नेपाली महको महìव अग्रणी मानिन्छ ।
शक्तिवर्धक रोग निरोधक सबैको लागि भनेको मह र अमला चूर्ण (धुलो) एक चम्चाको दरले दैनिक सेवन गर्नाले स्मरण शक्ति बढ्ने, छालामा चमक ल्याउने, पेट सफा हुने, शरीर ज्यादै फुर्तिलो हुने, निरोगी बन्नको लागि पनि ठूलो उपलब्धिमूलक नै रहेको छ । ह्प्तामा दुई(तीनपटक महको प्रयोग गरेर दाँत माझ्न लगाउने हो भने दाँतमा चमक आउने र स्वस्थ हुने गर्दछ । नुहाउँदा पनि सकेसम्म निम र मह दुई(तीन थोपा प्रयोग गर्न सके यसले शरीरलाई ज्यादै राम्रो गर्दछ ।
शरीरमा मालिस गर्दा शुद्ध तोरीको तेलमा महको केही मात्रा मिसाएर गर्ने हो भने पनि शरीरमा रोगको लक्ष्यणहरूले आक्रमण गर्न पाउँदैनन् । महमा बहुगुण हुने भएकोले हुनाले तातो वस्तुमा राखेर खाँदा गर्मी हुने र चिसो वस्तुमा राख्दा चिसो हुने हुँदा बालबालिकालाई गर्मी मौसममा पनि चिसो खानेपानीमा ताजा कागतीको रस महमा घोलेर प्राकृतिक सर्वत बनाएर पनि खान सकिन्छ । दैनिक खानमा पोषिलो तìवको कमी हुँदै गइरहेको र बच्चाहरूको रुचि अखाद्य वस्तुहरूमा वृद्धि हुँदै गइरहेको हुनाले विशेष गरी आफ्ना बाल(बालिकाहरूलाई रोग न्युनीकरणका लागि पनि हरेक दिन आयुर्वे्दिक खानाको प्रयोग बढाउँदै लैजानु उपयुक्त देखिन्छ
दुई वर्षभन्दा माथि उमेर समूहका बच्चाहरूले मानिसहरूले दैनिक एक चम्चा मह सेवन गर्नाले हाम्रो शरीरलाई आवश्यक पर्ने सम्पूर्ण भिटामिनहरूको स्रोतहरू पूर्ति गर्नुको साथै रोगविरुद्ध लड्ने क्षमता बढ्दछ । विशेषगरी बालबालिकामा यसको सेवनले हुने फाइदाहरूलाई हेर्दा बालबालिकाहरूलाई बिहानको खाजामा एक कप दूध, एक चम्चा मह, दस दाना सुकेको बदाम नियमित खान दिनाले शरीर स्वर्फूत हुने गर्दछ । बालबालिकाहरूको लागि चिनीको गुलियो होइन महको गुलियो अति नै आवश्यक हुने चिकित्सकहरूको रायअनुसार दैनिक महको सेवनले चिसो नलाग्ने, शरीरमा रगतको कमी नहुने, हड्डी, नशा, छालालगायत सम्पूर्ण शरीरको सुरक्षाको लागि मह ज्यादै उपयोगी मानिन्छ ।
बेलपत्रको धूलो एक चम्चामा एक चम्चा मह मिसाएर बिहानरबेलुका खाने गरेमा दमको रोग समन हुँदै जान्छ ।
रुघा, खोकी लागेमा
जीराको धूलो, ५० ग्राम, सिदेनूनको धूलो ५० ग्राम र घ्यूमा फुराएको हिङ १० ग्रामको धूलो सबै मिसाएर मनतातो पानीसँग १्१ चम्चा मह अथवा घ्यूमा मिसाएर दिनको ३्४ पटक रोग अनुसार मात्रा मिलाई खाएमा दीसा धेरै लागेको ठीक हुन्छ ।
डाडु भाङको गेडाको धूलोमा १ चम्चा मरिचको धूलो मिसाउने र बिहान खाली पेटमा १ चम्चा महसँग फिटेर खाने गर्नुहास्, भोक राम्ररी जाग्नेछ ।
स्त्रीको मासिक धर्म रोकिएमा
बकाइनोको फूलको रस आधा चम्चामा मह आधा चम्चा मिसाएर बिहानरबेलुका खाने गरेका धर्म रोकिएको खुल्छ र नियमित हुन्छ ।
दूध र सुन्तलाको रससँग मह मिसाएर सुक्खा वा फुटेको छालामा लगाउन म्वाइस्चराइजर बनाउन सकिन्छ । यसको प्रयोगले छालामा भएका पानी सोस्ने ब्याक्टेरिया हटाएर छालाको सुक्खापन कम हुन्छ । त्यसरी प्रयोग भएको दूधले छालामा मरेका कोषको पुनर्निर्माण गर्छ । सुन्तलाको छालामा भएको भिटामिन सीले छालालाई नरम बनाउँछ । हल्का तताएको एक कप महमा दुई चम्चा शुद्ध दूध र सानो सुन्तलाको जुस मिसाएर त्यस्तो म्वाइस्चराइजर बनाउन सकिन्छ । प्रत्येक दिन दुईपल्ट ४५/४५ मिनेट त्यो म्वाइस्चराइजर प्रयोग गरेर तातो पानीले पखाल्नुपर्छ । | 2022/06/30 23:09:55 | http://onlinedarpan.com/index.php?topic=shwasthyasaili&id=128 | mC4 |
थाहा खबर: जनप्रतिनिधिको खल्तीमा राजस्व, काल्पनिक कित्ताकाट गरेर पनि मुआब्जा
जनप्रतिनिधिको खल्तीमा राजस्व, काल्पनिक कित्ताकाट गरेर पनि मुआब्जा
आफन्त हेरेर सुरक्षा भत्ता दिएको उजुरी
काठमाडौं : स्थानीय जनप्रतिनिधि तथा पदाधिकारीले कानुनी अधिकार र शक्तिको गम्भीर दुरुपयोग गरेको पाइएको छ।
सेवाग्राहीबाट मनपरी राजस्व उठाएर अभिलेख नराखी प्रयोग गरिएको, विकास निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण गर्ने क्रममा सडक नै नभएको क्षेत्रमा पनि सडकसरहको मुआव्जा दिएर रकम दुरुपयोग गरेको जस्ता समस्या देखिएको हो।
कतिपय स्थानीय तहले पुँजीगत रकम चालुमा रकमान्तर गरेर खर्च गरेको समेत पाइएको छ। यस विषयमा अख्तियार दुरुपयोग अनसन्धान आयोगमा धेरै उजुरी परेका छन्।
'हामीलाई पर्ने उजुरीमध्ये २६ प्रतिशत स्थानीय तहको देखियो। यसबारे अध्ययन तथा विश्लेषण र अनुसन्धान गर्दा थुप्रै कमजोरी देखिएका छन्,' अख्तियार प्रवक्ता प्रदीप कोइरालाले थाहाखबरसँग भने, 'अहिले हामीले सेचत गराएका छौँ, सुधार भएन भने आवश्यक प्रकिया चाल्ने छौँ।'
अख्तियारले आफूसँग आएको उजुरीको अध्ययन र छानविन गरेर नेपाल सरकार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत् सबै स्थानीय तहलाई पत्राचार गरेको जनाएको छ।
'अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको दफा ६८ ले नेपाल सरकारलाई सुझाव दिनसक्ने व्यवस्था गरेकोले अहिले हामीले यस्ता समस्या छ भनेर सुझाव दिएका छौँ', कोइरालाले भने 'हामीले दिएका सुझाव कार्यन्वयन भए ठिकै छ हैन भने कतिपयलाई छानविनको दायारामा ल्याउनु पर्ने अवस्था रहेको छ।
केही स्थानीय तहले बजेट सभामा स्वीकृत नगराई खर्च गरेको, सीमाभन्दा बढी रकमान्तर गरेर खर्च गरेको जस्ता समस्या पनि अख्तियराको अध्ययनल देखाएको छ। यस विषयमा महालेखखा नियन्त्रकको कार्याललयले पनि स्थानीय तहलाई सेचत गराउँदै आएको थियो।
त्यस्तै मौखिक आदेशको भरमा कार्यसंचालन गरेको पाइएकोले स्थानीय सरकार संचालन ऐन २०७४ को मर्मअनुसार कानुन बनाएर अघि बढ्न सुझाव दिएको छ।
सेवा तथा खरिदको सवालमा पनि दोहोरो रसिद प्रयोग गरेको अवैधानिक उत्खनन् दिएको र राजस्वको हिनामिना भएको विषयमा पनि सचेत गराएको छ।
सामाजिक सुरक्षा भत्ता अपारदर्शीढंगले वितरण गरिएको पनि देखिएको छ। अर्काको नाममा कीर्ते दस्ताखत गर्ने, जनप्रतिनिधिले कुनै न कुनै ढंगले लक्षित वर्गले पाउने भत्ता आफ्ना आफन्तलाई दिने जस्ता काम गरिएको पाइएको छ,' स्थानीय तहलाई पठाइएको ध्यानकर्षणमा भनिएको छ।
सामाजिक सुरक्षा भत्ता दोहोरपन नपर्ने गरी वितरण गर्न र विवरण अध्यावधिक गराउन आग्रह गरिएको छ। यता प्रदेश सरकारले नेपाल सरकारले अवकाश दिएका शिक्षलाई पनि करारमा नियुक्ति गरेको विना मापदण्ड दरवन्दी सिर्जना र नियुक्ति गरिएको लगायतका समस्या देखिएका छन्।
सवारी साधन खरिद गर्दा सार्वजनिक खरिद एनको प्रयोग हुन नसेकोमा समेत सचेत गराइएको छ। प्रदेश सरकारले कर्मचारी, पत्रकार तथा लक्षित वर्गलाई तालिम दिने नाममा विल भरपाइ नगरी अस्वभाविक खर्च गरेकोमा पनि अख्तियारमा उजुरी परेको छ। | 2020/07/03 17:23:18 | http://thahanews.com/news/85386 | mC4 |
थाहा खबर: कांग्रेस १४औँ महाधिवेशन : यी हुन् लमजुङ जिल्ला सभापतिका आकांक्षी
काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशनको सरगर्मी बढिरहँदा जिल्ला जिल्लामा चुनावी माहोल तातेको छ। कांग्रेस लमजुङमा पनि जिल्ला अधिवेशनको चटारो छ।
केन्द्रमा जस्तै जिल्लामा पनि सभापतिसहित पदाधिकारीका आकांक्षी थुप्रै देखिएका छन्। सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, संस्थापनइतर समूहबाट र अन्य असन्तुष्ट समूहको प्रतिनिधित्व गर्दै लमजुङ जिल्ला कांग्रेसका नेताहरुले सभापति र अन्य पदाधिकारीको लागि उम्मेदवारी दिने तयारी गरेका छन्।
लमजुङ सभापतिका लागि लागि बृषराज गुरुङ, टकराज गुरुङ, गमप्रसाद गुरुङ, रमेश पाण्डे, आनन्द घिमिरे र हरि बरालको चर्चा छ। उपसभापतिका लागि रहर गर्ने नेता खासै खुलिसकेका छैनन् भने सचिवका आकांक्षीहरु नवीनचन्द्र घिमिरे, कृष्णबहादुर अधिकारी, राजकुमार पाण्डे, रघुनाथ गुरुङ लगायत छन्। अधिवेशनसम्म आकांक्षी घटाएर सकेसम्म सहमतिमा ल्याउने प्रयास गर्ने' नभए थोरै प्रतिस्पर्धीबीच चुनाव गराएर नेतृत्व छान्ने कसरतमा लमजुङ कांग्रेस लागेको छ।
सभापति उमेदवारको अन्तिम टुंगो लागेपछि मात्रै अन्य पदाधिकारीका आकांक्षीलाई टिममा मिलाएर अघि बढाउने तयारी भएको नेता टकराज गुरुङले बताए। सोही अनुसार छलफल चलिरहेको उनको भनाइ छ।
लमजुङमा असोज ९ गते स्थानीय तह, १२ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन हुँदैछ भने एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन असोज १५ गते गर्ने पूर्वनिर्धारित कार्यतालिका अनुसार नै अधिवेशन हुन लागेको गुरुङले बताए।
सभापतिका आकांक्षी आकर्षक योजनासहित चुनावी मैदानमा देखिएका छन्। बृषराज गुरुङले आफू सभापतिमा निर्वाचित भए लमजुङमा कांग्रेसलाई आगामी चुनावमा स्थानीय तहदेखि प्रतिनिधिसभासम्म पहिलो पार्टी बनाउने दाबी गरेका छन्। यस्तै' स्थानीय तहसम्मै पार्टी संगठनको वैचारिक संगठन बलियो बनाउने, जिल्ला कार्यसमिति निमार्णमा कांग्रेसलाई नेतृत्वदायी भूमिका निर्वाह गर्ने वातावरण बनाउनुका साथै अग्रजलाई राजनीतिक सम्मान र युवालाई अवसर दिने योजना गुरुङको छ।
सभापतिका अर्का आकांक्षी गमप्रसाद गुरुङले संगठन चुस्त बनाउने, कार्यकर्तालाई प्रशिक्षित गर्ने र अन्य राजनीतिक दलको दाँजोमा कांग्रेसलाई अब्बल बनाउने क्षमता भएका कारण आफूले सभापतिमा तयारी गरेको बताए। यस्तै' आनन्द घिमिरेले पार्टीलाई गतिशील र रचनात्मक बनाउनुका साथै पर्यटन, कृषि, जलविद्युत्, भौतिक संरचना निमार्णमा सांगठनिक विकासको दृष्टिकोण स्पष्ट पार्ने योजना अघि सारेका छन्।
सभापतिका अन्य आकांक्षीहरु पनि आ–आफ्नै एजेन्डा लिएर चुनावी तयारी गर्दै छन्। जिल्लाको वर्तमान सभापति भेषबहादुर पौडेलले भने आफूलाई सभापतिमा दोहोरिने इच्छा नभएको तर सक्षम नेतृत्व आउनुपर्नेमा जोड दिएका छन्।
सचिवको तयारी गरिरहेका नवीनचन्द्र घिमिरेले पार्टीको अभिलेखीकरण, पार्टी कार्यालयको व्यवस्थापन, अग्रजको योगदानको अध्ययन र कदर, सभापतिलाई सहयोग गर्दै संगठनलाई अगाडि बढाउनुको साथै बीपीको समाजवादको सिद्धान्त बुझाउनु जरुरी रहेको जोड दिएका छन्। यस्तै' लोकतान्त्रिक समाजवादबारे तल्ला तहको कार्यकर्तासम्मलाई पनि जानकारी दिने उनको उद्देश्य छ।
लमजुङ कांग्रेसका पुराना नेता दामोदर अधिकारीले निकै संघर्ष गरेर जिल्लामा कांग्रेसको स्थापना गरेको र त्यसलाई मौलाउने काममा पनि धेरै नेता कार्यकर्ताको योगदान रहेकोले ऊर्जाशील नयाँ पुस्ताले अबको नेतृत्व सम्हालेर संगठन हाँक्न आग्रह गरेका छन्। | 2022/05/24 22:11:00 | https://www.thahakhabar.com/news/135956/ | mC4 |
Global Aawaj | बाँकेमा उपचाररत ३० संक्रमित सिकिस्त बाँकेमा उपचाररत ३० संक्रमित सिकिस्त
नेपालगन्ज । कोरोना सङ्क्रमण भई बाँकेका दुई ठूला अस्पतालमा उपचाररत ३० बिरामी सिकिस्त अवस्थामा पुगेका छन् । भेरी अस्पताल, नेपालगञ्ज र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत १०१ जना कोरोना सङ्क्रमितमध्ये ३० जना सिकिस्त रहेको स्वास्थ्य कार्यालय, बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार, भेरी अस्पतालमा १८ र शिक्षण अस्पताल कोहलपुरमा १२ गरी ३० बिरामी सिकिस्त रहेका छन् । भेरीमा ३६ र कोहलपुरमा १४ गरी मध्यम खालका बिरामी ५० जना रहेका छन् ।
बाँकेका विभिन्न स्थानीय तहमा १९१ जना कोरोना सङ्क्रमित रहेका छन् । उनीहरु होम आइसोलेसनमा बसेका छन् । नेपालगञ्ज उपमहानगरपालिकामा ९३, कोहलपुर नगरपालिकामा ४१, खजुरा गाउँपालिकामा १०, बैजनाथ गाउँपालिकामा १४, जानकी गाउँपालिकामा १७ र राप्ती सोनारी गाउँपालिकामा ६ जना होम आइसोलेसनमा रहेको स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए । | 2020/11/25 10:16:27 | https://www.globalaawaj.com/archives/62899 | mC4 |
साझा र विवेकशीलको एकतामा रमेश खरेलदेखि ज्ञानेन्द्र शाहीसम्मलाई शामिल गर्ने तयारी - खबरदार न्युज
September 8, 2020 September 9, 2020 AdministerLeave a Comment on साझा र विवेकशीलको एकतामा रमेश खरेलदेखि ज्ञानेन्द्र शाहीसम्मलाई शामिल गर्ने तयारी
१६ भदौ काठमाडौं । एकताको डेढ वर्षमा विभाजित बनेका साझा र विवेकशील पार्टी विभाजनको डेढ वर्षपछि फेरि एकता प्रयासमा फर्केका छन् । यसपालिको एकता प्रक्रिया पहिलेभन्दा मजबुत र फराकिलो हुने नेताहरुको दाबी छ । विभाजनपछि हण्डर र ठक्कर खाएका दुवै दलले गत असारदेखि एकता वार्ता सुरु गरेका थिए । दुबैले महिला नेतृत्वमा संवाद समिति गठन गरेर वार्ता अगाडि बढाएका छन् । विवेकशीलको संवाद समिति रञ्जु दर्शनाको नेतृत्वमा छ भने साझाको नेतृत्व समीक्षा बास्कोटाले गरेकी छन् । उनीहरु दुवै वार्ता प्रक्रिया सकारात्मक र निस्कर्षउन्मुख रहेको बताउँछन् । 'हामीले विगतको विभाजनको समीक्षा गरेर आत्मालोचनासहित एकता प्रक्रिया थालेका हौं,' विवेकशील नेतृ रञ्जुले भनिन्, 'अबको एकता फराकिलो दायरामा हुनेछ र पुराना गल्तीहरु दोहोरिने छैनन् ।' समीक्षाले पनि यही भाव व्यक्त गरिन् । उनले भनिन्, 'वैकल्पिक शक्ति एक हुनैपर्छ भन्ने निस्कर्षका साथ वार्ता एकदम सकारात्मकरुपमा अघि बढेको छ । निषेधाज्ञाले गर्दा अलिकति सुस्ताएको मात्र हो । वार्तामा अहिलेसम्म धेरै उपलब्धी भएका छन्, तर, कम्प्लीट प्याकेट आएपछि मात्रै बाहिर ल्याउने कुरा भएको छ ।' विवेकशील र साझाले यसपालिको एकता फराकिलो दायरामा हुने बताएका छन् । यस्तो एकतापछि निर्माण हुने पार्टी नेकपा र कांग्रेसको विकल्पका रुपमा उभिने दाबी उनीहरुको छ । विवेकशील र साझा मात्रै नभएर समान भावना भएका अन्य राजनीतिक समूह र संगठनलाई पनि समेटेर ठूलो मोर्चा बनाउने प्रयास भइरहेको रञ्जुले बताइन् । यस्ता व्यक्ति र समूहहरुको सुचीकरण र अनौपचारिक कुराकानी भइरहेको उनले जानकारी दिइन् । यद्यपि कोरोना र निषेधाज्ञाका कारण औपचारिक संवाद सुरु हुन सकेको छैन । हिरामणि पौडेलको नेतृत्वमा रहेको सहकारी पार्टी भने विवेकशीलमा मिसिन तयार भइसकेको छ । केही दिनमै औपचारिक सहमति गरेर विवेकशीलले सहकारीलाई आफूमा विलय गराउने छ । विवेकशीलले समेट्न चाहेकामा रमेश खरेलदेखि निगम हुमागाईं र ज्ञानेन्द्र शाहीसम्म छन् । साझा पार्टीकी संयोजक बास्कोटाले पनि एकता प्रक्रिया दुई पार्टीमा मात्रै सीमित नरहने बताइन् । 'हामी तेस्रो ठूलो दल बनाउने उद्देश्यसहित वैकल्पिक समूह, व्यक्तिहरु को–कहाँ हुनुहुन्छ सबैलाई एक ठाउँमा ल्याउने प्रयास गर्नेछौं । तर, अहिले विवेकशीलबाहेक अरुसँग औपचारिक कुराकानी सुरु भएको छैन,' उनले भनिन् ।
कति सम्भव ?
साझा र विवेकशीलले सुसंस्कृत राजनीतिको वकालत गर्दै आएका छन् । तर, पार्टी एकता दुई वर्ष पनि टिकाउन नसकेर विभाजित भएपछि उनीहरु पनि 'उही ड्याङ्को मुला' भएको आरोप लागेको छ । यो आरोपलाई मेट्न उनीहरुले निकै कसरत गर्नुपर्ने छ ।अर्कोतर्फ, यी दुई दलबीच कार्यशैलीगत भिन्नताहरु छन् । नेतृत्वमा केही प्रबुद्ध व्यक्तिहरु रहेको साझा र युवाहरुको बाहुल्य रहेको विवेकशीलको पारा ठ्याम्मै मिल्दैन । यही शैलीगत भिन्नताका कारण उनीहरु विभाजनमा पुगे । अबको एकतामा पनि पहिलेको अवस्था नदोहोरिएला भनेर आश्वस्त हुन सकिन्न । तर, पहिलेभन्दा अवस्था अलिकति बेग्लै छ । दुवै दलले चुनावमा धक्का खाएका छन् । साझाबाट हालै दुई हस्तिहरु डा. सुर्यराज आचार्य र मुमाराम खनाल बाहिरिए । विवेकशीलले पनि पुरानो आकर्षण गुमाउँदै गइरहेको छ । यसर्थ एकप्रकारले दुवै दल यथार्थको धरातलमा ओर्लिएका छन् । त्यसैले अबको एकता पहिलेभन्दा परिपक्व र दिगो बन्ने आशा राख्न सकिन्छ । तर, उनीहरुले चाहेजस्तो विभिन्न अभियानबाट समर्थक कमाएका व्यक्तिहरु यो एकता प्रक्रियामा समेटिनचाहिँ सहज छैन । किनकि उनीहरुको वैचारिक धार एवं कार्यशैलीमा विविधता छ । गणतन्त्र ठीक कि राजतन्त्र, संघीयता ठीक कि एकात्मकता, हिन्दू राष्ट्र ठीक कि धर्मनिरपेक्षता भन्नेजस्ता आधारभूत मुद्दाहरुमा नै उनीहरु विभाजित छन् । एउटै विचारधारा र एउटै नारा लिएर हिँडिरहेकाहरु समेत व्यक्तित्वको टकरावले गर्दा मिल्न नसकिरहेको स्थिति छ । उदाहरणका लागि रमेश खरेल र ज्ञानेन्द्र शाहीलाई नै लिन सकिन्छ । ज्ञानेन्द्र शाहीलाई 'नेपालका लागि नेपाली अभियान' ले वैचारिक मतभेद देखाएर निष्काशित ग¥यो । त्यहाँबाट निकालिएपछि ज्ञानेन्द्रले रमेश खरेलसँग मिलेर नयाँ अभियान सुरु गर्ने घोषणा गरे । तर, घोषणा कार्यक्रमको अघिल्लो दिन त्यो अभियानबाट रमेश खरेल अलग भए । उनले बेग्लै अभियान चलाइरहेका छन् । जबकि रमेश खरेल र ज्ञानेन्द्र दुवैले चलाएका अभियानले भ्रष्टाचारलाई मूल मुद्दा बनाएका छन् ।
हाम्रो नेपाल हामी नेपाली' नामक अभियान चलाइरहेका युवा अभियन्ता शाहीले साझा र विवेकशील दुवैका नेताहरुसँग एकताको विषयमा कुराकानी भएको बताए । 'केही दिनअघि रवीन्द्र मिश्रजीसँग लामो छलफल भएको थियो । हामीबीच केही आधारभूत विषयहरुमा मतभिन्नता देखियो । संघीयता खारेज गर्नुपर्ने, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्थामा जानुपर्ने, सनातन हिन्दू राज्यलाई पुनस्थार्पित गर्नुपर्ने जस्ता मुद्दामा हाम्रो कुरा मिल्न सकेन,' उनले भने । शाहीको भनाइमा मिश्र अहिलेकै संविधानलाई जस्ताको तस्तै स्वीकारेर अघि बढ्ने पक्षमा देखिएका छन् । तर, आफूहरुले संघीयता र धर्मनिरपेक्षतालाई स्वीकार्न नसक्ने उनले बताए । 'यी विषयहरुमा उहाँहरु हाम्रो लाइनमा आउनुभयो भने एकता सम्भव पनि छ,' शाहीले भने । उनले विवेकशीलका अध्यक्ष मिलन पाण्डे र प्रदेश सांसद रमेश पौडेलसँग पनि आफ्नो कुराकानी भइरहेको जानकारी दिए ।
नेतृत्व कसले गर्ने ?
हरेक दलहरुबीच एकता प्रक्रियामा अन्तत्वगत्वा निर्णायक बन्ने विषय हो– नेतृत्व । अहिलेसम्म नेतृत्वको सवालमा दुवै दल 'तैं चुप मै चुप' को अवस्थामा छन् । अघिल्लोपटक साझा र विवेकशील एकतामा रवीन्द्र मिश्र र उज्जल थापाले एक–अर्काको नेतृत्व स्वीकार्न तयार नभएपछि दुवैजना बराबरी हैसियतमा अध्यक्ष बनेका थिए । यसपाली विवेकशलिमा युवा नेता मिलन पाण्डे आएका छन् । उनी पहिले पनि आफ्नो मातहतमा रहेर काम गरेकाले अबको नेतृत्वका लागि आफूलाई चुनौति नदिने विश्वास मिश्रको छ । मिलन भने यस विषयमा खुलेका छैनन् । पार्टीको सानो आकारका बाबजुद मिडियामा राम्रो स्पेस पाइरहेका मिलनमा पनि महत्वाकांक्षा बढ्दो छ । यता रवीन्द्र मिश्र देशकै नेतृत्व गर्ने आकांक्षा बोकेर राजनीतिमा लागेका व्यक्ति हुन् । वरिष्ठता र लोकप्रियताको हिसाबले नेतृत्वको सवालमा पक्कै पनि मिश्रको दाबेदारी बलियो हुनेछ । संवाद समितिमा रहेका नेतृहरुले एकीकृत पार्टीको नेतृत्व कसले गर्ने भन्ने विषयमा अहिलेसम्म छलफल प्रवेश नगरेको बताए । रञ्जुले भनिन्, 'नेतृत्व र संगठनको विषयमा प्रवेश गर्न बाँकी छ । तर, हामी ठूलो सोच लिएर अघि बढेका छौं सम्भवतः नेतृत्वको विषयले एकता नअड्काउला ।' उनले थपिन्, 'संवाद समितिले नै सबै टुंगो लगाउने होइन । एउटा सहमति जुटिसकेपछि हामी प्रतिवेदन बनाएर पार्टीलाई बुझाउँछौ । यो प्रतिवेदनमाथि पार्टीको तल्लो तहसम्म छलफल हुन्छ, अनि मात्र निर्णयमा पुगिन्छ ।' साझाकी समिक्षाले भनिन्, 'नेतृत्वको विषयमा छलफल हाम्रो माथिल्लो प्राथमिकतामा छैन । अरु सबै विषयहरु मिलेपछि त्यसमा आउँछौं ।'
विवेकशीलको नयाँ दस्तावेज
साझा पार्टीसँग एकता वार्ता जारी रहेका बेला विवेकशीलले आफ्नो नयाँ राजनीतिक दस्तावेज सार्वजनिक गरेको छ । यसबाट साझाका नेताहरु केही शशंकित बनेका छन् । गत भदौ ९ गते सार्वजनिक गरेको राजनीतिक दस्तावेजमार्फत विवेकशीलले आफूमा वैचारिक प्रष्टता ल्याउन खोजेको छ । यद्यपि, पार्टीको मूल नीति र लक्ष्यमा आधारभूत परिवर्तन छैन । दस्तावेजअनुसार विवेकशीलले 'गतिशील लोकतान्त्रिक बहुलवाद' लाई आफ्नो मूल दर्शनका रुपमा अपनाउने छ भने ४ खम्बे सिद्धान्त (सहभागितामूलक लोकतन्त्र, गतिशील मध्यमार्ग, सामाजिक न्याय र दिगो आत्मनिर्भर अर्थतन्त्र) लाई निरन्तरता दिइएको छ । दस्तावेजको एउटा बुँदा रोचक छ । यसमा भनिएको छ, 'विवेकशील नेपाली दल इतिहासमा राज्य र तत्कालीन शासकहरुद्वारा गरिएका सम्पूर्ण दमन, उत्पीडन र विभेदका निम्ति उक्त समुदाय, वर्ग र प्रत्येक व्यक्तिहरुप्रति क्षमायाचना गर्दछ ।' दस्तावेजमा नेपाललाई संसारसामु 'गुरु–राष्ट्र'कारुपमा स्थापित गरिने उल्लेख छ । यसको आशय भने खुलाइएको छैन । संघीयता धर्मनिरपेक्षता र गणतन्त्रलाई विवेकशीलले स्वीकारेको मात्र नभएर थप मजबुत बनाउने बताएको छ । यसैगरी, यसले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुने शासकीय प्रणालीको वकालत गरेको छ । राष्ट्रपतिसँगै जोडी भई निर्वाचित उपराष्ट्रपति राष्ट्रिय सभाको अध्यक्ष हुने, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिले चुनेको मन्त्रिमण्डल बन्ने, प्रदेशमा पनि प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री रहने अवधारणा विवेकशीलले अघि सारेको छ । १८ वर्ष पुगेका प्रत्येक नागरिकले जुनसुकै पदमा उठ्न पाउने नीतिको पार्टीले वकालत गरेको छ । | 2021/07/31 05:54:37 | https://khabardaarnews.com/archives/53 | mC4 |
ऐनमा ‘कसैले नेपालको भूमि प्रयोग गरी नेपालसँग दौत्य सम्बन्ध भएको मित्र राष्ट्र विरुद्ध हातहतियार उठाई युद्ध गर्न, त्यसको धम्की दिन वा युद्ध गर्ने उद्योग गर्न वा विद्रोह गर्न वा सोको उद्योग गर्न हुँदैन ।’ भनी उल्लेख गरिएको छ।
भारतिय बिस्तारवाद भन्दै सुरुङ्ग युद्द लडाउने प्रचन्डको पार्टी (पुर्ब माओबादि) हाल पार्टी एकीकरण पछि आफै सत्ताको मालिक छ । उनै प्रचन्डको सराकारले भारत र चीन लगायतका देशहरुको बिरुद्द बिद्रोह गर्नेलाई ७ बर्ष सजाय दिलाउने हास्यास्पद कानुन भन्दै चारैतिर आलोचना भइरहेको छ ।
हाम्रो राष्ट्र नेपाल जलसम्पदाको हिसाबले सम्पन्न रहेको छ । यहाँ ठूला साना गरेर ६ हजार भन्दा बढी नदी नालाहरू छन् । नेपालमा हिउँ पग्लिएर अविरल रूपमा सधैं बगिरहने ठूला हिमननदीहरूमा कोशी, गण्डकी, महाकाली र कर्णाली पर्दछन् । यी नदीहरूमा कयौं सहायक नदीहरू मिसिएर बग्ने गर्दछन् । ठूला नदीहरू कोशी, गण्डकी र महाकाली क्रमशः एकपछि अर्काे गर्दै देशका शासकहरूले राष्ट्रघाति सन्धीसम्झौता गर्दै २०४६ भन्दा अगाडि नै छिमेकी मुलुक भारतीय विस्तारवादको पोल्टामा पर्ने गरी बुझाइ सकेका छन् । जसमा कोशी सम्झौता वि.सं.२०११ बैशाख १२ गते मातृकाप्रसाद कोइरालाले गरेका थिए । त्यो सम्झौता भएको १२ वर्षपछि २०२३ साल पौष ११ मा कोशी नदीको उपयोगको समय अवधि एक सय ९९ वर्ष तोकिएको थियो । त्यस्तै अर्काे ठूलो नदी गण्डकी पनि विपी कोइरालाको पालामा वि.सं.२०१६ साल मार्ग १९ गते भएको थियो । यो सम्झौता ९९ वर्षका लागि गरिएको थियो र त्यस्तै शेरबहादुर देउवाको पालामा एमालेसहित महाकाली नदीको सम्झौता ७५ वर्षका लागि गरेर बुझाइएको छ । ठूला नदीहरू मध्ये बचेको एउटा देशको विकासका लागि धेरै सम्भावना बोकेको कर्णाली नदी पनि नेपाली जनताको ऐतिहासिक महान् जनआन्दोलन २०६२/०६३ पछि नेपाली कांग्रेस, नेकपा एमाले र तात्कालीन एमाओवादीले भारतीय शासकहरूको पाउमा सुम्पन पुगे ।
नेपालको अन्तरिम संविधानको धारा १५६ मा उल्लेखित प्राकृतिक श्रोत तथा त्यसको उपयोगको बाँडफाँड सम्बन्धमा विदेशीहरूसित सन्धी सम्झौता गर्नुपरेमा संसदको दुई तिहाइ बहुमतद्वारा अनुमोदन गर्नुपर्ने संवैधानिक व्यवस्था थियो । उक्त संवैधानिक व्यवस्थाको उल्लंघन गर्दै २०६३ मंसिर २८ को विभागीय मन्त्रीस्तरको निर्णयानुसार माथिल्लो कर्णाली, अरुण–३ र बुढीगण्डकी आयोजनाहरू प्रतिस्पर्धाका माध्यमबाट कार्यान्वयन गर्न पूर्वसचिव भानुप्रसाद आचार्यको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरी अघि बढाइयो । २०६३ कार्तिक १२ गते ग्लोबल टेण्डर आव्हान गरियो र सरकारले भारतीय कम्पनी जिएमआरसँग माथिल्लो कर्णाली परियोजनाको निर्माणका लागि २०६४ माघ १० गते सम्झौता गर्नपुग्यो । यो सम्झौता नेपालको सबैभन्दा खतरनाक जलस्रोत सम्झौता हो । यसले कर्णाली नदीको सम्पूर्ण जलाधारक्षेत्र भारतीय विस्तारवादको हातमा पु¥याउने व्यवस्था गरेको छ । उक्त सम्झौता भएपछि यसक्षेत्रका सरोकारवाला समुदाय, कयौं बौद्धिक व्यक्तित्वहरू, बुद्धीजीवि, जलस्रोतका जानकार एवम् विज्ञहरू, देशभक्त राजनैतिक शक्तिहरूले पनि उक्त सम्झौताको खारेजी र स्वदेशी लगानीमै निर्माणका लागि आवाज उठाउँदै आएका छन् त्यसका लागि विभिन्न चरणका संघर्षहरू पनि भएका छन् भने केहीले यसलाई बुझेर वा नबुझेर विकास विरोधीको संज्ञा पनि दिने गरेका छन् । के यो माथिल्लो कर्णालीको विरोध गर्नु वा त्यसलाई स्वदेशी लगानी मै निर्माण गरिनुपर्छ भनेर आवाज उठाउनु वा संघर्ष गर्नु विकास विरोधी हो त ? यस विषयमा सबै देशभक्त नेपालीहरूले यसको गहिरो अध्ययन गर्दै सही निश्कर्षमा पुग्ने प्रयत्न गर्नु पर्दछ ।
सर्वप्रथम त नेपाल सरकारको तर्फबाट तात्कालीन अवस्थामा नेपाल सरकारको जलस्रोत मंन्त्रालयको तर्फबाट अनुपकुमार उपाध्याय (सह–सचिव) र जीएमआर आइटीडीको तर्फबाट अविनास शाह (वरिष्ठ उपाअध्यक्ष ) को हस्ताक्षर रहेको ४१ बुँदे सम्झौता पत्रको अध्ययनले पनि यो हाम्रो देशका निम्ती कति राष्ट्रघाती प्रावधान रहेको छ भन्ने कुरा प्रष्ट हुन्छ ।
१. सर्वप्रथमत सरकारले भारतीय कम्पनी जीएमआरसँग मिति २०६४ माघ १० गते गरेको सम्झौता देशहितमा छैन भन्ने कुरा दिनको उज्यालो झै प्रष्ट छ ।
२. जीएमआरसँग गरिएको सम्झौताको बुँदा नं. १ मा परियोजनालाई निर्यातमुखी भनिएको छ । यसको अर्थ हो यो परियोजना नेपालको विकास र नेपालीले भोगीरहेको लोडसेडिङ्गबाट मुक्त गर्न होइन भन्ने प्रष्ट हुनुपर्दछ । | 2021-03-08T09:17:31Z | https://www.himalayatv.com/2020/10/15/14245/ | OSCAR-2109 |
उच्चस्तरीय समिति: बन्दाबन्दीको समय थप्न सिफारिस – email khabar | Latest news of Nepal
उच्चस्तरीय समिति: बन्दाबन्दीको समय थप्न सिफारिस
प्रकाशित : २०७७ जेठ ४ गते १८:५०
जेठ ४, काठमाडौ- कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले बन्दाबन्दी लकडाउन को समय थप गर्न सरकारलाई सिफारिस गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहको उक्त समितिको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको बैठकले वर्तमान अवस्थामा बन्दाबन्दी नै प्रभावकारी माध्यम भएकाले बढाउनुपर्ने निष्कर्षसहित सरकारलाई सिफारिस गरेको हो ।
समितिको निर्णयबारे जानकारी दिँदै समितिका सदस्य–सचिव तथा प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले कोभिड–१९ कल्पनै नहुने गरी बढ्ने अवस्था रहेकामा बन्दाबन्दीकै कारण सङ्क्रमण रोक्न सफल भएकाले थप गर्नु नै उपयुक्त र सही छ भन्ने निष्कर्ष समितिको रहेको बताए । यसअघि बन्दाबन्दी सोमबार भोलि राति १२ बजेसम्मका लागि घोषणा गरिएको थियो । बन्दाबन्दीको अन्तिम निर्णय आज जारी मन्त्रिपरिषद् बैठकले गर्नेछ ।
समितिको आजको बैठकमा विभिन्न क्षेत्रमा रहेको क्वारेन्टाइनलाई थप व्यवस्थित बनाउँदै मापदण्ड नपुगेकालाई पनि पु¥याउने र आवश्यक रकम व्यवस्थापन गर्ने निर्णय पनि समितिले गरेको छ । यस्तै बन्दाबन्दी कार्यान्वयन र मानिसको आवागमन रोक्न सुरक्षा व्यवस्था कडा बनाउने तथा स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउने पनि समितिले निर्णय गरेको छ । अत्यावश्यक वस्तुको कमी हुन नदिने र आपूर्तिको बन्दोबस्त मिलाउने निर्णय पनि समितिले गरेको बिडारीले बताए।
आजको बैठकमा विदेशमा रहेका नेपालीलाई ल्याउने विषयमा समेत गम्भीर छलफल भएको थियो । छलफलले निष्कर्ष निकाल्न भने नसकेको छलफलमा सहभागी स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्य मन्त्रालयले क्वारेन्टाइन र आइसोलेशनको आवश्यक व्यवस्थापन नहुँदासम्म ल्याउन नहुने सुझाव प्रस्तुत गरेको थियो । | 2021/10/22 09:45:12 | https://www.emailkhabar.com/2020/05/17/67049/ | mC4 |