text
stringlengths 163
169k
| timestamp
stringlengths 0
20
| url
stringlengths 0
1.8k
| source
stringclasses 5
values |
---|---|---|---|
समृद्ध उदयपुर अभियान, कृषकलाई आत्मनिर्भर बनाउने योजना « News of Nepal
आसन्न मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा राजनीतिक दलहरू चुनावी मैदानमा उत्रिएका छन्। उदयपुर जिल्लामा २ प्रतिनिधिसभा र ४ वटा प्रदेशसभामा राजनीतिक दलहरूले उम्मेदवारी दर्ता गराउँदै चुनावी अभियानमा जुटेका छन्। उदयपुरमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धन र नेपाली कांग्रेसको बीचमा नै चुनावी प्रतिस्पर्धा हुने देखिन्छ। उदयपुर जिल्लाको विकास गर्ने योजना के छ ? भन्ने विषयमा प्रतिनिधिसभाका र प्रदेश सभाका उम्मेदवाहरूसँग नेपाल समाचारपत्रका लागि दीपेन्द्र थापाले गरेको कुराकानीः
सुकुम्वासीलाई बसोबासको व्यवस्था
समग्र मुलुकको विकासको एजेन्डा त सबैलाई थाहा छँदै छ अब मेरो क्षेत्रको कुरा गर्दा शिक्षा, स्वास्थ्य, यातायात खानेपानीलगायतका समस्यामा समाधान गर्नुपर्ने देखिन्छ यसलगत्तै मुख्यरूपमा पहिलो प्राथमिकता त्रियुगा नदीले दुःख दिइरहेको छ। वर्षेनी कैयौं उर्वरभूमि नदीले कटान गरेर खेतीयोग्य जमिन नष्ट गरिरहेको छ। त्रियुगा नदीलाईचाँहि वडा नं. ७ को भोग्सेदेखि वडा नं १ को जागीदहसम्म दुवैतर्फ तटबन्ध निर्माण गरी नदी नियन्त्रण गर्ने र दुवैतर्फ सडक निमार्ण गर्ने र त्यहाँबाट बाँकी रहेका जग्गामा हजारौं सकुम्बासीलाई बसोबास गराउने पहिलो प्राथमिकतामा छ। त्यस्तै अर्का नदी सरस्वती, शाही, खानीखोलालगायतका नदीलाई नियन्त्रण गरेर व्यवस्थित गरेर वर्षेनी हुने कटानको क्षतिबाट बचाउने एजेन्डा रहेको छ।
'उदयपुरलाई समृद्ध बनाउन भूमिका खेल्छु
नेपाली कांग्रेस, प्रतिनिधिसभा क्षेत्र नं. १
उदयपपुर क्षेत्र नम्बर १ लामो समयदेखि म उदयपुरको विकासमा लागिपरेको छु। समग्र विकासमा नै मैले हेरेको छु, र गर्दै आएको छु। प्राकृतिकरूपले पनि यो जिल्ला धनी छ। यस क्षेत्रका आम कृषकलाई कृषिकै माध्यमबाट आत्मनिर्भर बनाउने मेरो योजना छ। यहाँ सडक, पुल खानेपानी र नदी नियन्त्रणको पनि काम हुँदै आएको छ। यहाँ करिब २५ ओटा खहरे खोला रहेका छन्। खोला नदीको नियन्त्रणको लागि राष्ट्रिय गरुयोजना बनिसकेको छ।मेरो विकासप्रतिको प्रतिबद्धता र लगनशीलता नै मेरो जितको आधार हो।
जिल्लाको
विकासमा लाग्छु
खेतीयोग्य जमिन नदीले वर्षेनी कटान गर्ने भएकाले उदयपुरको त्रियुगा नदीको कटान नियन्त्रणको काम मुख्य रहेको छ। किसान मजदुरको समस्या हल गर्नुछ। स्कुलमा दरबन्दीहरू छैनन्, त्यो पनि समस्या हो, यसको समाधानमा लाग्नेछु। उदयपुरलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न चाहेको छु। स्वास्थ्य सेवा पनि राम्ररी पुगेको छैन। यहाँ ठूलो चुनढुंगा खानी छ। धेरै सिमेन्ट फ्याक्ट्री छन् र अरू पनि बन्न सक्छन्। ऐतिहासिक धरोहरहरू छन् त्यस्तालाई पर्यटकीय क्षेत्र बनाउने योजना छ। रोजगारीको कुरा पनि छ। पुल छैन भनेर भन्दै हुनुहुन्छ। यी सबै समस्याको समाधान गर्नेछु। पहिलो जिम्मेवारी पूरा गरेका छौं, जुन संविधान निर्माण हो त्यो हामीले गरिसक्यौं। विकासको कुरामा पनि मैले अरू जनप्रतिनिधिले भन्दा कम काम गरेको छैन, मैले अहोरात्र खटिएर विकास निर्माणको काम गरेको छु।
विमल कार्की
नेकपा एमाले, प्रदेशसभा १ 'क'
औद्योगीकरणको विकास
पहिलो कुरा त आर्थिक समृद्धिका प्याकेज, औद्योगीकरणको क्षेत्रमा विशेष फोकस गर्छौं। यहाँ स्वदेशी र विदेशी लगानी भित्र्याउने र यो जिल्लालाई नेपालको सिमेन्ट उत्पादनको हब बनाउने चाहना छ। कृषिक्षेत्रमा पनि आधुनिकीकरण गर्छौं। त्यसलाई औद्योगिक उत्पादनको रूपमा विकास गर्छौं। भौतिक पूर्वाधारको निर्माणमा काम गर्छौं। मेरो विर्वाचन क्षेत्रमा अहिले ६० प्रतिशतभन्दा बढी ऐलानी जग्गा छ। त्यसका लागि जसले भोगचलन गरेको छ उसलाई लालपुर्जा उपलब्ध गराउँछौ। अव्यवस्थित बसोबासलाई व्यवस्थित बनाउँछौ।
नदी कटान नियन्त्रण
त्रियुगा नदीले आक्रान्त पारेको यहाँको कृषियोग्य जमिन हरेक वर्ष नदीले कटान गरिरहेको छ। यसलाई नदीको नियन्त्रण गर्नुपर्ने अति आवश्यक छ। यहाँको ठूलो समस्या भनेको अव्यवस्थित बसोबास रहेको छ। यहाँका ठूला जग्गा नापी हुन सकेका छैनन्, जसको लागि व्यवस्थित बसोबास हुनुपर्ने देखिन्छ। आगामी दिनमा मलगायत नेपाली कांग्रेसले प्रदेशको सरकार बन्दा यहाँका समस्या समाधानका लागि काम गर्नेछ। जनाताका बीचमा हामीले यही नदी नियन्त्रण र व्यवस्थित बसोबासलाई चुनावी नारासमेत बनाएका छौं।
रामबहादुर थापा मगर
नेकपा एमाले , प्रदेशसभा १ 'ख'
सिमेन्ट उत्पादनमा जोड
हाम्रो योजना भनेकै विकास योजना हो। वाम गठबन्धनकै मुख्य नारा भनेको समृद्ध नेपालको स्थापना हो। पहिला पनि निवार्चनमा राम्रै बहुमत ल्याएको थियो। स्थिर सरकार र विकासका लागि मलाई जिताउनुपर्ने आवश्यक छ। म पहिला पूर्वसभासद भएको नाताले नीति निर्माणमा पनि मेरो अनुभव रहेको छ। त्यसैले पनि फेरि मौका पाए नेपालीको लागि काम गर्नेछु। नेताभन्दा नीति ठूलो हो ,नीतिले नेतालाई दोहोर्याउँछ। त्रियुगा नगरपालिका देशकै सबैभन्दा ठूलो क्षेत्रफल भएको नगरपालिका हो। यहाँ मेट्रोसिटी बन्ने सम्भावना छ। एसियाकै सबैभन्दा ठूलो सिमेन्ट कारखाना छ यहीं गाईघाटमा। जसले ४० प्रतिशतभन्दा बढी काम गर्न सकेको छैन। शतप्रतिशत यसको उत्पादन गराएर राष्ट्रिय आयमा टेवा पुर्याउने काम गर्न जरुरी छ। | 2021/06/13 11:42:04 | https://newsofnepal.com/2017/12/03/69534/ | mC4 |
चितवन । चितवनमा १३औँ चितवन महोत्सव २०७८ हुने भएको छ । आज उद्योग बाणिज्य संघ चितवनले पत्रकार सम्मेलन गरी प्रत्येक २–२ वर्षमा हुने महोत्सव यस पटक गर्न लागिएको जनाएको छ ।
महोत्सवका संयोजक, उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठले आगामी पौष २५ देखि माघ ४ गतेसम्म महोत्सव गर्ने निर्णय भएको जानकारी दिनुभयो । महोत्सव नारायणी नदी किनार स्थित प्रदर्शनी मैदानमा हुनेछ ।
महोत्सवमा कोरोनाले सवैभन्दा बढी असर परेको पर्यटन क्षेत्रलाई केन्द्रमा राखिने छ । १० दिन सम्म चल्ने महोत्सवमा २५ करोड भन्दा बढीको कारोवार हुने अपेक्षा गरिएको छ । महोत्सवले चितवनको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा टेवा पु¥याउने बिश्वास गरिएको छ ।
चितवन महोत्सव
प्रतिक्रिया दिनुहोस्
संबन्धित
एमाले अध्यक्ष मण्डलको बैठक सुरु
दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक
मौद्रिक नीतिको समिक्षा तरलता व्यवस्थापन गर्ने गरी आयो : प्रवक्ता ढकाल
ए डिभिजन लिगमा पुलिसको पहिलो जित
Imagekhabar
ताजा अपडेट
एमाले अध्यक्ष मण्डलको बैठक सुरु
काठमाडौं, मंसिर १२ । एमालेको महाधिवेशनको अध्यक्ष मण्डलको बैठक सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीसहित ३०१ प्रस्तावित केन्द्रीय समिटी सदस्यको नाम फाइनल
दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक
काठमाडौं, मंसिर १२ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर राखेर सरकारले दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल प्रवेशमा रोक लगाउने निर्णय
मौद्रिक नीतिको समिक्षा तरलता व्यवस्थापन गर्ने गरी आयो : प्रवक्ता ढकाल
काठमााडौं, मंसिर १२ । नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले मौद्रिक नीतिको समिक्षा तरलता व्यवस्थापन गर्ने गरी आएको बताउनु भएको छ । प्रवक्ता ढकालले चालु | 2021-11-28T17:18:41Z | https://www.imagekhabar.com/news/265634/ | OSCAR-2201 |
विद्युतका आधा दर्जन कानुन अर्थमै रोकिए | NepalEnergyForum
विद्युतका आधा दर्जन कानुन अर्थमै रोकिए
काठमाडौं- विद्युत विकास तथा सहजीकरण गर्न तयार भएका झन्डै आधा दर्जन नीति, नियम तथा कानुन अर्थ मन्त्रालयले रोकिदिएको छ। आवश्यक प्रक्रिया पूरा गरेर स्वीकृतिका लागि ऊर्जाले अर्थ मन्त्रालय पठाएकोमा पुनः केही विषय थप्नुपर्ने वा संशोधन गर्नुपर्ने भन्दै रोकिएको हो।विद्युत विकासलाई तीव्रता दिन जरुरी रहेको भन्दै ऊर्जाले ताकेता गरे पनि अर्थले भने आर्थिक विषय समेटिने धेरै विषय संशोधन गर्नुपर्ने अडान लिएको छ।
ऊर्जा मन्त्रालयका अनुसार विद्युत नियमन आयोग, ऊर्जा संकट विधेयक, विद्युत व्यापार कम्पनी, इन्जिनियरिङ परामर्श कम्पनी र बूढीगण्डकी जलविद्युत कम्पनीको सैद्धान्तिक स्वीकृतिको फाइल रोकिएको छ।प्रक्रिया सहजीकरण गर्नुको साटो अर्थले अनेक समस्या खडा गरेर लामो समयदेखि फाइल रोकेको ऊर्जाको दाबी छ।
अर्थ मन्त्रालयकै कारणले कम्पनी स्थापना गरेर जलविद्युत आयोजना निर्माणलाई तीव्र दिने प्रयास अघि बढ्न नसकेको ऊर्जाका एक उच्च अधिकारीले बताए। 'धेरै विषय छलफलमै सीमित हुने गरेको छ, ऊर्जा मन्त्रालयले मात्र छिटो काम गरेर नहुँदो रहेछ,' ती अधिकारीले भने, 'प्रक्रिया पुर्याएर मन्त्रिपरिषदमा पुगेको काम पनि अर्थको स्वीकृति नलिएको भन्दै फर्काइएको छ।'
जलविद्युत कम्पनी, ऊर्जा संकट निवारण गर्न बनेको विधेयकलगायत कानुन अर्थले स्वीकृति नदिँदा काम अघि बढ्न नसकेको ऊर्जा मन्त्री जनार्दन शर्माले समेत बताउँदै आएका छन्। 'ऊर्जाले मात्र गरेर हुँदो रहेनछ, हरेक निकायको सहमति तथा स्वीकृत लिनुपर्दा कामको परिणाम दखिएको छैन,' उनले भने, 'केही ठाउँमा समस्या अड्केको छ, हामी फुकाउन लागिरहेका छौं।'
एक मेगावाट बराबरका आयोजनालाई भ्याट (मूल्य अभिवृद्धि कर) छुट दिन वा नदिने भन्ने विषय अर्थ मन्त्रालयले टुंगो लगाउन सकेको छैन। यही कारण महिनौंदेखि ऊर्जा संकट विधेयक अघि बढ्न नसकेको ऊर्जा मन्त्रालय कानुन महाशाखा प्रमुख कोशलचन्द्र सुवेदीले बताए। 'छलफल भइरहेको छ, केही समयभित्र यसको टुंगो लाग्न सक्छ,' उनले भने, 'अर्थ सचिव शान्तराज सुवेदी बिदा बसेकाले उहाँ आउनासाथ काम हुन्छ।'
विद्युत नियमन आयोग गठन गर्दा कति जिम्मेवारी दिने वा अधिकार दिने भन्नेमा छलफल भइरहेको अर्थ मन्त्रालयका एक अधिकारीले बताए। ऊर्जा मन्त्रालयले विद्युत खरिद सम्झौता (पिपिए), जलविद्युत आयोजनाको अनुमतिपत्र वितरण, विद्युत र प्रसारण लाइनको महसुल निर्धारणलगायत जिम्मेवारी आयोगमा राख्ने गरी मस्यौदा तयार गरेको छ। तर, अर्थले यी सबै अधिकार आयोगमा राख्न नहुने भनेकाले मस्यौताको अन्तिम टुंगो लाग्न सकेको छैन।
आयोग सञ्चालन गर्न छुट्टै कोष राख्ने विषयमा पनि अर्थ मन्त्रालयले आपत्ति जनाएको छ। सञ्चालन, नियमनलगायत काम गर्न कोषको खाँचो पर्ने ऊर्जा मन्त्रालयले औंल्याएको छ। आवश्यक अधिकार तथा जिम्मेवारी दिएर आयोग शक्तिशाली बनाउने र अधिकार सीमित गर्ने भन्ने ऊर्जा र अर्थ मन्त्रालयको विवादको समेत निकास ननिस्केको ऊर्जाका अधिकारी बताउँछन्।
पिपिए र अनुमतिपत्रको काम आयोगमा
पिपिए र जलविद्यत आयोजना तथा प्रसारण लाइन निर्माणको जुनसुकै अनुमतिपत्रको काम विद्युतनियमन आयोगलाई जिम्मा दिइने भएको छ। ऊर्जा मन्त्रालयले तयार गरेको मस्यौदामा यी विषय समेटिएको छ।
सरकारले नयाँ विद्युत ऐन र नियमन आयोग ऐन ल्याउन लामो समयदेखि प्रयास गरे पनि त्यसको ठोस परिणाम आउन सकेको छैन। विद्युत ऐनको मस्यौदा परिमार्जन तथा संशोधनको काम सकिएकाले अहिले आयोग गठन र यसलाई कति अधिकार दिने भन्ने विषयमा छलफल भइरहेको मन्त्रालयका अधिकारीले बताए।
विद्युत खरिद–बिक्रीको थोक बजार नबनेसम्म वितरण तथा उत्पादन अनुमति प्राप्त व्यक्ति वा व्यापार अनुमतिपत्र प्राप्त व्यक्ति वा प्रचलित कानुनअनुसार सरकारले गठन गरेको संगठित संस्थाबीच हुने विद्युत खरिद प्रक्रिया निर्धाण गर्ने अधिकार आयोगलाई दिइने मस्यौदामा उल्लेख छ। यस्तै, एकदेखि १० मेगावाटसम्म जडित क्षताको उत्पादन अनुमति प्राप्त व्यक्तिले उत्पादन गरेको विद्युतको खरिद बिक्री दर र अन्य दस्तुरको अधिकतम सीमा निर्धारण पनि आयोगले नै गर्नेछ।
आयोगले विद्युतको वैज्ञानिक महसुल दर निर्धारण गर्दै विद्युत मूल्यको लागत न्यूनतम बनाउन आवश्यक उपाय पहिचान गरी लागू गर्नेछ। प्रसारण शुल्क तथा विद्युत महसुलमा अतिरिक्त महसुल निर्धारण गर्ने जिम्मेवारी पनि आयोगले पाउने मस्यौदामा उल्लेख छ।
पिपिए दरमा प्रतिस्पर्धाको वातावरण कायम गर्ने, महसुल दरमा एकाधिकार (सिन्डिकेट) हुन नदिने, विद्युतको थोक बजार स्थापना, सञ्चालन तथा खरिद बिक्री प्रक्रिया आयोगले निर्धारण गर्ने गरी मस्यौदा तयार गरिएको छ। अनुमतिपत्र प्राप्त व्यक्तिबीच गाभिन (मर्जर), आपसमा मिल्न, एक्लै वा आफ्नो सहायक कम्पनी मिल्ने वातावरण पनि आयोगले नै सिर्जना गर्नेछ। | 2022/05/22 23:42:58 | http://www.nepalenergyforum.com/%E0%A4%B5%E0%A4%BF%E0%A4%A6%E0%A5%8D%E0%A4%AF%E0%A5%81%E0%A4%A4%E0%A4%95%E0%A4%BE-%E0%A4%86%E0%A4%A7%E0%A4%BE-%E0%A4%A6%E0%A4%B0%E0%A5%8D%E0%A4%9C%E0%A4%A8-%E0%A4%95%E0%A4%BE%E0%A4%A8%E0%A5%81/ | mC4 |
चिनी उद्योग छिटै सञ्चालनमा आउने - Enepalese.com
चिनी उद्योग छिटै सञ्चालनमा आउने
इनेप्लिज २०७४ मंसिर २८ गते २:०५ मा प्रकाशित
देशभरका चिनी उद्योगहरु छिटै सञ्चालनमा आउने भएका छन् । राजधानी काठमाडौँमा मंगलवार चिनी उत्पादक संघ र उखु उत्पादक महासंघबीच चिनी उद्योगहरु सञ्चालनमा ल्याउने दुई पक्षीय सहमति भएको हो । तीन हप्तापछि दोस्रोपटक भएको दुई पक्षीय वार्तामा नयाँ सरकार गठन भएपछि दुवै संघ र सरकारका प्रतिनिधि बसेर त्रिपक्षीय सहमति अनुसार उखुको मूल्य निर्धारण गर्ने र तत्काल प्रति क्वीन्टल ५३१ रुपैया २० पैसाको दरले किसानले भुक्तानी पाउने छ ।
मूल्य निर्धारण नहुँदा खेतमा उखु बिग्रिन लागेको र समयमा उखु क्रसिङ नहुँदा पछि गर्मीको कारणले चिनी कम हुने भएकोले किसान र उद्योगी दुवैको हितलाई ध्यानमा राखी उद्योग सञ्चालनमा ल्याउने सहमति भएको वार्तामा सहभागी उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक कुमार यादवले जानकारी गराएका छन् ।
वार्तामा चिनी उत्पादक संघका अध्यक्ष शशीकान्त अग्रवाल, महासचिव राजेश केडिया, गरुडास्थित श्रीराम सुगर मिल्सका महाप्रबन्धक हितेश गोल्छा, उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनाली, विभिन्न पाँच जिल्लाका उख उत्पादक संघका अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता रहेको वार्तामा सहभागी उखु उत्पादक संघ रौतहटका अध्यक्ष यादवले बताएका छन् । | 2021/09/22 02:41:35 | https://www.enepalese.com/2017/12/159004.html | mC4 |
महानगरकै सडक डेढ महिनादेखि पहिराले अवरुद्ध « ABC NEWS NEPAL | No.1 News channel of Nepal
पोखरा । पोखरा महानगरपालिका र माछापुच्छे गाउँपालिका जोड्ने प्रमुख सडक डेढ महिनादेखि पहिराले अवरुद्ध बनेको छ ।महानगरभित्रकै महत्वपूर्ण सडक अवरुद्ध बनेको लामो समय व्यतित हुँदासमेत सञ्चालनमा नआउँदा आवतजावतमा समस्या छ । लामाचौर–माछापुच्छ«े सडकको पक्की कालोपत्र सडक पोखरा महानगरपालिका–१९ बेंसीचोकमा गत असार १ गते रातिको पहिराले अवरुद्धपछि हालसम्म सञ्चालन नहुँदा सर्वसाधारणले सास्ती पाएका छन् ।
पक्की सडक लामो समय अवरुद्ध हुँदा उत्तरी भेगका नागरिक समस्यामा परेका छन् । अहिले माछापुच्छ«े गाउँपालिका र महानगरको वडा नं १९ साविक पुरुनचौर गाविसका नागरिकले घुमाउरो बाटो हुँदै यात्रा गर्न बाध्य छन् । माछापुच्छ«े गाउँपालिकाका आधाभन्दा बढी नागरिक यही सडक हुँदै पोखरा आवतजावत गर्ने गरेका थिए । माछापुच्छ«े–२ सार्दिखोलाका गणेश आचार्य दैनिक सयौँ सवारी र नागरिक आवतजावत गर्ने र माछापुच्छ«े गाउँपालिकालाई जोड्ने महत्वपूर्ण महानगरभित्रको मुख्य सडक लामो समय अवरुद्ध हुँदा आफूहरुले ठूलो दुःख र सास्ती पाएको बताउनुभयो । उहाँले पहिराले बन्द सडक डेढ महिना व्यतित हुँदासमेत खुलाउने प्रयास नभएकामा आक्रोश व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, "बाटो अवरुद्ध हुँदा बिरामीलाई अस्पताल लैजानसमेत समस्या भएको छ । छोटो र सिधा बाटो छाडेर हेमजा वा घार्मीको घुमाउरो बाटो हिँड्नुपर्ने बाध्यतामा हामी छौँ । अहिलेसम्म पनि सडक खुलाउने पहल नहुनु दुःखद् र लाजमर्दो भएको छ ।" बेंसीचोकमा सडकमाथिबाट खसेको पहिराले बाटो अवरुद्ध बनेको हो । यसैगरी सडकको तल्लो भागसमेत पहिराले बगाएको छ । गत वर्ष पनि सोही स्थानमा पहिरो खसेको थियो । त्यस बेला पनि लामो समय सडक अवरुद्ध बनेको थियो । पूर्वाधार विकास कार्यालय कास्कीले रु ४० लाख लगानीमा मर्मत गरेको सडक एक वर्ष नपुग्दै पहिराले पुनःबगाएको हो ।
पूर्वाधार कार्यालय कास्कीका इञ्जिनीयर गुरुदत्त अधिकारीले सडक खुलाउने जिम्मेवारी महानगरपालिकाको भएको बताउनुभयो । गत वर्ष पूर्वाधार कार्यालयले बजेट विनियोजन गरेर काम गरेकामा यस वर्ष पुनः क्षति पुगेको बताउँदै उहाँले तत्काल महानगरले बाटो खुलाउने काम अघि बढाउने र पूर्वाधार कार्यालयले बर्खा सकिएपछि विज्ञको परामर्शमा अन्य पहिरो रोक्ने खालका पूर्वाधार बनाउने निर्णय भएको जानकारी दिनुभयो । पोखरा–१९ का वडाध्यक्ष शोभामोहन पौडेलले आगामी १५ दिनभित्रमा सडक खुलाइसकिने बताउनुभयो । महानगरको अग्रसरतामा पाँच दिनदेखि जेसिवी र टिपरले पहिरो पन्छाउने काम गरिरहेको बताउँदै उहाँले पहिरो पन्छाउने र फाउण्डेशनमा जाली भर्ने काम भइरहेको जानकारी दिनुभयो ।
दिनहुँ पानी परेकालेसमेत सडक खुलाउने काम तीव्रताका साथ अघि बढाउन समस्या भएको उहाँ बताउनुहुन्छ । "छिटो कसरी सडक खुलाउने भनेर अहिले हामीले काम शुरु गरेका छौँ", वडाध्यक्ष पौडेलले भन्नुभयो, "पहिरोभन्दा तल सिँचाइ नहर र खानेपानीको पाइप रहेकालेसमेत काममा केही कठिनाइ छ । तत्कालका गाडी वारपार कसरी गर्न मिल्ने बनाउन सकिन्छ,त्यसतर्फ केन्द्रित छौँ ।"पटकपटक सोही ठाउँमा पहिराले दुःख दिएकाले बर्खा रोकिएपछि पहिराको समस्या दीर्घकालीन समाधानका लागि प्रदेश सरकार तथा सङ्घीय सरकारसँगसमेत सहकार्य गरेर काम अघि बढाइने महानगरले जनाएको छ । | 2021/09/18 17:30:15 | https://www.abcnepal.tv/posts/156108 | mC4 |
स्थापना दिवसको अवसरमा लेखनाथको सामाजिक कार्य « Sahakari Nepal
प्रकाशित मिति : 12 February, 2021 8:39 am
कास्की । पोखरा महानगरपालिका-२६, आघौंस्थित लेखनाथ वचत तथा ऋण सहकारी संस्थाले माघ २७ गते आफ्नो १३औं स्थापना दिवस एवम् १२औं बार्षिक उत्सवका अवसरमा सामाजिक कार्य गरेको छ । स्थापना दिवसको अवसरमा संस्थाले पोखरा २६ वडा कार्यालय नजिक निर्मित यात्रु प्रतिक्षालय अर्घौं बजार व्यवस्थापन समिति र २६ नम्बर वडा कार्यालयको रोहवरमा लोकार्पण गरेको हो । सहकारीको सामाजिक उत्तरदायित्वपूर्ण कार्यक्रम अन्तर्गत स्थानीय आवश्यकतालाई मध्येनजर गरी यात्रु प्रतिक्षालय निर्माणको काम गरिएको संस्थाका अध्यक्ष खडानन्द लामिछानेले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि वडा नं. २६ का वडा अध्यक्ष नारायणप्रसाद बराल, विशेष अतिथि जिल्ला सहकारी संघ कास्कीका वरिष्ठ उपाध्यक्ष छविलाल लामिछाने, जिल्ला सहकारी संघ कास्कीका महिला उपाध्यक्ष अम्बिका गौतम, संस्थापक अध्यक्ष नारायणदत्त वस्ताकोटी लगताय कार्यक्रम संयोजक शिवप्रसाद भण्डारी, स्थानीय सहकारी प्रतिनिधि, नेपाल रेडक्रस सोसाइटी लेखनाथ शाखा, विभिन्न युवा क्लव र अर्घौं बजार व्यवस्थापन समितिका प्रतिनिधिहरुको उपस्थिति थियो ।
२०६५ साल माघ २७ गते स्थानीय १ सय ३१ जना महिला तथा पुरुषहरुको सहभागितामा शुरु भएको सहकारी आज १३ औं वर्ष प्रवेश गर्दै गर्दा १५ सय ०५ सदस्यमार्फत कुल ४६ करोड २० लाखको कारोबार गरिरहेको छ । संस्थामा कुल ६ करोड ३६ लाख सेयर पुँजी, ३५ करोड ७९ लाख ०२ हजार बचत संकलन र ३३ करोड ५२ लाख ७९ हजार ऋण लगानी रहेको छ । संस्था नेफ्स्कूनद्वारा प्रवर्द्धित नेपाल स्तरको गुणस्तर प्रमाणिकृत कार्यक्रम प्रोवेसनमा २ बर्षदेखि आवद्ध छ । | 2022/05/26 07:24:10 | https://sahakarinepal.com/archives/21049 | mC4 |
घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):फगाम गाविस ७ दाङसीङकी १९ वर्षीया आउसी घर्तीमगर बनबाट घाँसकाटेर घरतिर आइरहेको समयमा २०५८ चैत १२ गते माओवादी र सेनाको दोहोरो भिडन्तमा परी मृत्यु भयो। पीडित सर्वधारण थिइन। | OSCAR-2019 |
||
इराकमा नेपालीहरुले मनाए 'ग्याल्पो ल्होसार' | Temal Online
सुनिता दोङ तामाङ / इराकमा रहेको नेपालीहरुले शेर्पा समुदायले मनाउँदै आएको २१४९ (छु फो तक लो) अर्थात बाघ बर्ष ग्याल्पो ल्होसारको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । विविध संस्कृतिक कार्यक्रमका साथ नेपालीहरुले शुभकामना आदान प्रदान गरेका हुन् ।
कार्यक्रम ठुलो कान्छा शेर्पाको सभापतित्वमा र बिनोद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । साथै कार्यक्रममा बिशेष अतिथिहरू कुर्दिस्थान प्रवासी समाज सुलेमानिका पदाधिकारीहरु, नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकका पदाधिकारीहरु, एफडब्लुसीओका चेयर मेन, महिला समाज सुलेमानि विभिन्न संघ सस्थाका पदाधिकारीहरु रहेका थिए । कार्यक्रमको प्रायोजन एक्सचेन्ज मनी ट्रान्सफरले गरेको थियो ।
कार्यक्रम सव्य र भब्य रूपमा सफल भएको कार्यक्रम संयोजक निमा शेर्पाले जानकारी दिए । ग्यल्पो ल्होसार बौद्ध धर्मलम्वी पात्रो अनुसार नयाँ सालको पहिलो दिनलाई लोसारको रुपमा मनाईन्छ । यो ग्याल्पो ल्होसार शेर्पा, लामा तथा भोटे समुदायहरुले मनाइन्छ । शेर्पा ल्होसार १० औ महिना अर्थात फागुन महिनामा पर्दछ । प्राकृतिक रुपमा सूर्य उत्तर दिशा फर्कने, रुख विरुवाको नयाँ पालुवा फेरिने र यहाँबाट नै रात छोटो र दिन लामो समेत हुने खालको परिवर्तन हुने भएकोले यसलाई शेर्पा समुदायले नयाँ सालको रुपमा मनाईन्छ । | 2022/05/17 14:00:54 | https://temalonline.com/?p=40234 | mC4 |
अनमोलको 'क्याप्टेन' प्रदर्शनको चौथो सातामा प्रवेश « Ramailo छ
अनमोलको 'क्याप्टेन' प्रदर्शनको चौथो सातामा प्रवेश
प्रकाशित मिति : Mar 22, 2019
अनमोल केसी स्टारर फिल्म 'क्याप्टेन' प्रदर्शनको चौथो हप्तामा प्रवेश गरेको छ । भुवन केसी निर्मित यो फिल्म अझै पनि देशका एकल पर्दामा प्रदर्शनरत छ ।
फुटबल खेल सम्बन्धी बनेको फिल्मले नेपालबाटै लगानी सुरक्षित गरिसकेको निर्माता केसी दाबी छ यो फिल्मलाई होलीको अवसर पारेर प्रधानमन्त्री केपी शर्मा वलीले पनि हेरेका थिए । उनले फिल्म राम्रो बनेको प्रतिक्रिया दिएका थिए । दर्शकले डेब्यु गर्ल उपासना सिंह ठकुरीको अभिनयलाई निकै रुचाएका छन् । यो भिडियो हेर्नुस् :
फिल्ममा अनमोल केसीसँगै सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन विक्रम राई, उपासना सिंह ठकुरी, प्रियंका एमभी लगायत कलाकारहरुको अभिनय रहेको छ । उपासना सिंह ठकुरी, प्रियंका एमभीको यो डेब्यु फिल्म हो । भुवन केसीले निर्माण गरेको फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । अनमोल र उपसनासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् : | 2019/06/26 14:43:39 | http://www.ramailochha.com/post/20943 | mC4 |
छिमेकी मुलुक भारतको बिहार राज्यस्थित गोपालगँजमा रक्सी खाएर ९ जनाको मृत्यू भएको भारतीय सँचारमाध्यमहरुले जनाएको छ । मृत्यू हुनेको सँख्या अझै बढदै गएको बताइएको छ ।
Advertesment
यस घटनामा डिएम डा. नवल किशोर चौधरीले गोपालगँजमा अहिलेसम्म ९ जनाको मृत्यूको पुष्टि गरेका छन् । सबै लासको पोष्टमार्टम गरिएको छ ।
सोही विषयमा तीन ठाउँमा छापामारी गर्दा तीन जनालाई पक्राउ समेत गरिएको छ । पक्राउ गरिएका तीनैजनाको घरबाट लोकल रक्सी (खुल्ला रक्सी) को पाउच समेत फेला परेको छ । ईमरजेन्सीको लागि डाक्टरको मेडिकल टीम तयार राख्न डिएम चौधरीले कडा निर्देशन समेत दिएका छन् ।
यसका साथै, पश्चिम चम्पारणमा समेत ८ जनाको शँकास्पद मृत्यू भएको छ । विषालु रक्सी सेवनले उनीहरुको मृत्यू भएको अनुमान गरिको छ । जिल्ला प्रशासनले मृत्यूको पुष्टि समेत गरेको छ । तर, एक मृतक परिवारका अनुसार, विषालु रक्सी खाएर उनीहरुको मृत्यू भएको बताएका छन् ।
सोही ईलाकाका स्थानीयहरुका अनुसार विषालु रक्सी खाएर मृत्यू हुनेको सँख्या १० पुगेको छ । स्थानीइ सँतोष साह, छोटेलाल साह, सूरज राम, दुर्गा शर्मा, ईन्द्रजीत राम, मुकेश राम, लालबाबु राम र बैलिस्टर रामको मृत्यू भईसकेको छ । जबकी, डिएम चौधरीले मात्र ९ जनाको मृत्यू भएको दाबी गरेका छन् ।
यस बाहेक ७ जनालाई छुटटा छुट्टै स्थानमा उपचारको लागि भर्ना गरिएको छ । त्यसमध्ये भोला रामको स्वास्थ्य अवस्था बिग्रेपछि थप उपचारको लागि पटना पठाइएको बताइएको छ ।
सो आरोपमा तीन जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ । विहार राज्यमा रक्सी बैन गरिएको छ । गत सन् २०१६ मै विहारमा रक्सीमा प्रतिबन्ध लगाएको थियो ।
Advertesment
कस्तो महसुस भयो ?
7%
21%
7%
7%
7%
29%
21%
प्रतिकृया दिनुहोस्
अर्को समाचार
मनोरञ्जन
बलिवुड हिरोइन ज्याक्लीन फर्नान्डिज एयरपोर्टबाटै पक्राउ
२०७८ कार्तिक १९ शुक्रबार
एजेन्सी । शोको लागि दुबइ जान लागेकी बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज पक्राउ परेकी छिन् । ज्याकलिनविरुद्ध प्रवर्तत निर्देशनालय (इडी) ले लुकआउट नोटिस जारी गरेपछि उनलाई पक्राउ गरिएको थियो । यद्यपि उनलाई विदेश
एजेन्सी । शोको लागि दुबइ जान लागेकी बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज पक्राउ परेकी छिन् ।
ज्याकलिनविरुद्ध प्रवर्तत निर्देशनालय (इडी) ले लुकआउट नोटिस जारी गरेपछि उनलाई पक्राउ गरिएको थियो ।
यद्यपि उनलाई विदेश जान रोकिएको भए पनि पक्राउ गरेको केही समयपछि छोडिएको छ । उनी दुबइ जान पाउने छैनन् तर अहिले हिरासतमा पनि छैनन् ।
ज्याकलिनलाई दिल्लीमा इडीसमक्ष सोधपुछका लागि उपस्थित हुन सूचित गरिएको छ । इडीले उनीविरुद्ध छिटै नयाँ समन जारी गर्नेछ ।
ज्याकलिनविरुद्ध यो लुकआउट नोडिस मनी लन्ड्रिङ केसमा जारी गरिएको हो । उनीसँग केही महिना पहिले दिल्लीमा इडीका अधिकारीले सोधपुछ पनि गरेका थिए ।
इडीले २०० करोडको लेनदेनमा सुकेश चन्द्रशेखरसहित अन्यविरुद्ध चार्जशीट दायर गरेको छ । अनुसन्धानमा सुकेश र ज्याकलिनबीच पैसा लेनदेनको प्रमाण भेटिएको थियो ।
पूरा पढ्नुहोस्
भाईरल समाचार
मिर्चैयाका मेयर यादवलाई पक्राउ गर्न निर्देशन
जनकपुरका स्कूल, कलेजहरु बन्द गर्न सूचना
प्रदेश २ः हेलिकप्टर चार्टर्ड गरेर छोराको विवाह
प्रदेश २ः १६ बर्षिय अञ्जली बनिन गाउँपालिका अध्यक्ष
सम्बन्धित खवर
ओमिक्रोनको पहिलो सँक्रमति होटलबाटै भागे
विद्यालयभित्र पसेर अन्धाधुन गोली प्रहार, तीन विद्यार्थीको मृत्यू
जन्ती लिएर नगएपछि बेहुलीले दिइन बेहुलाको घर अगाडी धर्ना
Bureau Menus
प्रमुख समाचार
देश काल
राजनीतिक
आर्थिक ब्यूरो
विचार / ब्लग
मनोरञ्जन
ब्यूरो-रिपोर्टर
टिप्स / जानकारी
बैंकिङ्ग
कृषि/ कृषक
त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा जनकपुरबाट सञ्चालित
नेपालको प्रदेश नं. २ जनकपुरबाट श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. मिडिया हाउसद्धारा सँचालित “न्यूज ब्यूरो” डिजिटल अनलाईन पत्रिका हो । तराई-मधेस र प्रदेश नं. २ को डिजिटल दुनियाँमा सबभन्दा सक्रिय तथा पाठकवर्गमा लोकप्रिय अनलाईन सँचार माध्यमको रुपमा स्थापित सँचार जगतमा क्रान्ती थप्दै नयाँ प्रविधिसँगै दुनियाँ डिजिटलाईज भईरहदाँ न्यूज ब्यूरो अनलाईनले पाठकवर्गमा सत्य खवर र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ । | 2021-12-06T23:09:17Z | https://www.enewsbureau.com/news-details/11912/2021-11-05 | OSCAR-2201 |
गेहेन्द्र महरालाई चीनमा विद्यावारिधि « Sansar News
गेहेन्द्र महरालाई चीनमा विद्यावारिधि
२४ असार २०७४, शनिबार ११:११
२४ असार, काठमाडौं । रोल्पा जिल्लाको सखी होलेरी जन्मी हुर्केर हाल नारायणपुर दांगमा बसोबास गर्नु हुने गेहेन्द्र महरालाई चीनमा विद्यावारिधि उपाधि प्राप्त भएको छ । महरालाई Capital मेडिकल यूनिभसिटी, स्कूल ऑफ पब्लिक हेल्थ ले भोगोलिक स्वास्थ्य अनुसन्धान (Space -time Scan study) मा विद्यावारिधि दिएको हो ।
डा. गेहेन्द्र महरा लाई गतबर्ष चीन सरकारले चिनमा अध्यन गर्ने समग्र बिदेशी बिद्यार्थीहरुमा उत्कृस्ट बिद्यार्थी को उपाधि (Chinease Government Outstanding International Student Award -२०१६) ले सम्मान पनि गरेको थियो । उहाले धेरै पटक बेस्ट student उपाधि तथा बेस्ट अनुसन्धान पेपर लेखनमा University बाट पनि उपाधि पाई सक्नुभएको छ ।
उहाका थप्रै अनुसन्धान पेपरहरु अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित भैसकेका छन् । डा. महराले युएसए, मलेसिया, सिंगापुर, भारत तथा चीनका बिभिन्न शहर मा पुगि आफ्ना विषयसँग सम्बन्धित दर्जनौ पेपरहरु प्रस्तुत दिएसक्नु भएको छ । | 2022/01/21 11:03:12 | https://sansarnews.com/49623/ | mC4 |
भ्रमणबाट दूई देशबीचको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुगेको छःप्रधानमन्त्री ओली| Nepal Pati
भ्रमणबाट दूई देशबीचको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुगेको छः प्रधानमन्त्री ओली
प्रधानमन्त्री के पी शर्मा ओलीले छ दिने चीनको भ्रमणमा भएका सम्झौताहरुताबारे संसदमा अवगत गराएका छन् ।
सोमबार संसदमा बोल्दै प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा नेपाल र चीनबीच व्यापार ,पर्यटन, लगानी र नाका लगायत अन्य गरी जम्मा २२ वटा छलफल तथा सम्झौता भएको बताएका हुन्।
प्रधानमन्त्री ओलीले उर्जा सहयोग,मालसामन ढुवानी लागी लगानी तथा उत्पादन क्षेत्रमा सहयोग तथा सम्झौता भएको बताएका छन् ।
भ्रमणका क्रममा नेपालका रसुवा,दोलखा लगायतका जिल्लाहरुमा विधालय पुननिर्माणको विषयमा पनि सम्झौता भएको उल्लेख गरे ।
झण्डै ४० मिनेट लामो आफ्नो सम्बोधनमा प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा स्थल तथा हवाई संजाल विस्तार, उत्तर दक्षिण जोड्ने सम्पर्क सञ्जाल निर्माण, कोशी, कर्णाली, गण्डकी आर्थिक करिडोर निर्माण गर्ने विषयमा समेत सहमती भएको बताउँदै चीनमा नेपाली बस्तुको निर्यातका लागि सहजीकरण गर्ने विषयमा पनि महत्वपूर्ण छलफल भएको र सो विषयलाई चिनियाँ पक्षले समेत सकारात्म ढंगले लिएको बताए ।
सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने नेपालको लक्ष्यलाई पनि चिन सरकारले आवश्यक सहयोग उपलब्ध गराउने र चिनियाँ पर्यटकहरुलाई नेपाल भित्र्याउने विषयमा महत्वपूर्ण छलफल भएको जानकारी दिंदै प्रधानमन्त्री ओलीले आफ्नो उच्च स्तरीय चीन भ्रमणका क्रममा दुबै देशको सम्बन्ध विस्तार गर्न दुबै पक्ष सहमत भएको भन्दै चीनका राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्ता दिइएको तथा उनीहरुको छिट्टै नेपाल भ्रमण हुने पनि विश्वास व्यक्त गरेका छन् ।
भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सि जिनपिङ, प्रधानमन्त्री लिखछ्याङ, चिनियाँ जनकांग्रेस पार्टीका अध्यक्ष, चिनियाँ स्वशासित क्षेत्र तिब्बतका जनसरकार प्रमुख छिटला लगायतका व्यक्तित्वहरुसँग आफ्नो भेट भएको जानकारी दिंदै प्रधानमन्त्री ओलीले भ्रमणका अवशरमा १४ बुँदे संयुक्त विज्ञप्ति समेत जारी भएको तथा १३ वटा सरकारी स्तरमा र ९ वटा निजिस्तरमा गरी २२ वटा महत्वपूर्ण सहमति तथा सम्झौताहरु भएको पनि स्पष्ट पारेका छन् ।
प्रधानमन्त्री ओलीले चिनियाँ रेलवे प्रोटोकलका विषयमा भने प्रक्रियागत कारणले तत्काल सम्झौता हुन नसकेको बताउँदै आउँदो जुलाईसम्ममा सो प्रोटोकल तयार भई सम्झौता समेत गरिने बताए ।
प्रधानमन्त्रीसँग प्रतिनिधि सभाको आजको बैठकमा प्रत्यक्ष सवालजवाफ कार्यक्रम समेत भएको छ भने नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुको रेलवे प्रोटोकल र लिपुलेक सम्बन्धि प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले सो कुरा जानकारी गराएका हुन् ।
प्रधानमन्त्री ओलीले सांसद बडुको लिपुलेक सम्बन्धि प्रश्नमा भने घुमाउरो पाराले जवाफ दिंदै सबै विषयहरु एउटै भ्रमणका क्रममा राखिने तर कुनै पनि विषयमा निचोडमा चाँहि नपुगिने भएकाले सो विषय यसपटक नराखिएको बताए ।
पूर्वी तराईमा ९ ओटा नदी नियन्त्रणबारे पनि छलफल भएको बताए ।
नेपाल र चीनबीच प्राविधीक र व्यापारिक सम्बन्ध थप मजबुत भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले समृद्द नेपाल र सुखी नेपालीको बनाउने कुरामा सरकार प्रतिबद्द रहेका र सोहीअनुरुप कार्य अगाडी बढाउने प्रष्ट पारेका छन् ।
नेपालको विकाश हामी आफैले गर्नुपर्नै भन्दै ओलीले छिमेकीहरुसँगको सम्बन्भ थप प्रगाढ बनाउन पनि वर्तमान सरकार थप केन्द्रीत रहेका भन्दै चीन भ्रमण यसको लागी महत्वपूर्ण रहेको बताए ।साथै उनले चीन भ्रमण्का क्रममा चीनका विभीन्न पक्षहरुबाट गरिएको स्वागत मननयोग्य भएको भन्दै चिनीया पक्षलाई धन्यवाद समेत प्रकट गरेका छन् । | 2019/05/26 23:12:36 | http://nepalpati.com/news/bharamd-prabhavkari/ | mC4 |
आजबाट मुलुक लोडसेडिङमुक्त - Nepalpati.com - News Portal from Nepal, Politics, Business, Science, Social, Sport, Ecomony, Entertainment, Movie, Nepali Model, Actor, Actress, Interview| Nepal Pati
काठमाडौं । विद्युत् प्राधिकरणले सोमबार आजदेखि मुलुक लोडसेडिङमुक्त हुने घोषणा गरेका छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले औद्योगिक क्षेत्रमा दैनिक तीन घण्टाका दरले गरिँदै आएको विद्युत् आपूर्ति कटौति सोमबारदेखि अन्त्य गरिने भएकाले मुलुक लोडसेडिङमुक्त हुने बताए । 'सोमबारबाट देशका कुनै पनि भाग वा क्षेत्रमा लोडसेडिङ हुनेछैन', घिसिङले आइतबार भने, 'विद्युत् उत्पादनमा वृद्धि, चुहावट नियन्त्रण र मागमा आएको परिवर्तनका कारण लोडसेडिङमुक्त पार्न सम्भव भएको हो ।'
देशभर केन्द्रीय प्रसारण लाइन र वैकल्पिक ऊर्जा गरी ६० प्रतिशत जनसंख्यालाई बिजुली पुगेको छ । अझै पनि ४० प्रतिशत जनसंख्या स्थायी लोडसेडिङमा छन् ।
प्राधिकरणले लोडसेडिङमुक्त तुल्याउन सकिनुका कारणमा खोलामा पानीको बहाव बृद्धि भएकाले नदी प्रवाही (गैरजलाशययुक्त) विद्युत् गृहबाट उत्पादन बढोत्तरी भएको, पिकिङ (अर्धजलाशयुक्त विद्युत्गृह) को कुशलतापूर्वक सञ्चालन, कुलेखानी जलाशययुक्त आयोजनाको उपयोग, संरचनागत सुधार र अपुग भारतबाट आयात उल्लेख गरेको छ । अहिले औद्योगिक ग्राहकको माग तीन सय मेगावाटको हाराहारीमा रहेको घिसिङले बताए ।
अन्न्पूर्णपोष्टका अनुसार प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले मौजुदा प्रसारण तथा वितरण संरचनाको क्षमता र अवस्था, उत्पादन केन्द्र तथा प्रसारण÷वितरण प्रणालीमा आउनसक्ने प्राविधिक समस्या, मर्मत सम्भार एवं विकास निर्माणका कारण समय-समयमा हुन सक्ने विद्युत् आपूर्तिको अवरोधलाई लोडसेडिङ नभनिदिन आग्रह गरे ।
अधिकारीले बिहान र बेलुकाको पिक (अत्यधिक बिजुली खपत हुने समय) मा अधिकतम विद्युत् खपत हुने विद्युतीय उपकरण प्रयोग नगरिदिन र अन्य समयमा पनि ऊर्जा कम खपत गर्ने उपकरण प्रयोग गरी ऊर्जा बचतमा सदाझै सहयोग गर्न उपभोक्तालाई आग्रह गरेका छन् । | 2019/03/25 16:08:05 | http://nepalpati.com/news/no-loadseding/ | mC4 |
नबराज बिकको जीवन कथामा बन्यो यस्तो रूहाउने चलचित्र(हेर्नुहोस्) – Complete Nepali News Portal
Kamal Sargam July 9, 2020
केहि समय अगाडी रुकुममा घटेको दलित विभेद बिचको खाडल चिर्नको लागि एउटा फरक र मार्मिक कथा सहितको छोटो चलचित्र निर्माण भएको छ।अधुरो प्रेम नाम दीइएको चलचित्रमा नवराजको घटना छर्लङ् पारिएको छ भने नवराज जस्तै दलित हुनालेनै प्रेममा पर्ने बाधाको बिषयलाई बिशेष चित्रण गरिएको छ।
यो समय जातियाताको बिषयमा निकै आवाज उठे तर बोल्न पर्नेहरु नबोलेको हुनाले पनि यस बिषय झन् जटिल बन्दै गएको छ।भोलि जातीय विभेद चर्कियो भने यसको परिणाम के आउला भन्ने कसैले सोचेको छैन साहेद त्यसैले पनि यी चलचित्रको निर्माण भएको हुन पर्छ।चलचित्रमा दलित प्रेमीको रुपमा सुरेन खड्का रहेका छन भने माथिल्लो जातीय भूमिकामा पार्वती महत रहेकी छिन।हेरौ यो निर्माण गरिएको भिडियो : | 2021/06/18 05:05:44 | https://www.scotnepal.com/posts/51633 | mC4 |
काभ्रे-२ : हुमागाईको चुनावी मसला ‘७० करोड’, बास्कोटालाई प्रतिष्ठा जोगाउन मुस्किल ! काभ्रे-२ : हुमागाईको चुनावी मसला ‘७० करोड’, बास्कोटालाई प्रतिष्ठा जोगाउन मुस्किल ! – Diyopost – ओझेलको खबर
मंगलबार, मंसिर १३, २०७९ | November 29, 2022
Dark Mode
×
Close
होमपेज
समाचार
दियो विशेष
अन्तर्राष्ट्रिय
अन्तर्वार्ता
अर्थ/व्यापार
खेलकुद
कला-मनोरंजन
दियोखोज
मिडिया
भर्खरै
युनिकोड
ट्रेण्डिङ :
निर्वाचित नेपाली कांग्रेस प्रचण्ड प्रतिनिधि सभा प्रतिनिधि सभा निर्वाचन प्रतिनिधि सभा निर्वाचन २०७९ माओवादी केन्द्र विश्वकप फुटबल २०२२ स्पेन
काभ्रे-२ : हुमागाईको चुनावी मसला ‘७० करोड’, बास्कोटालाई प्रतिष्ठा जोगाउन मुस्किल !
- खुमा ओली बिहिबार, कार्तिक १७, २०७९ | १४:५७:१२
काभ्रे । काभ्रेको निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधि सभाका लागि पुनः उम्मेदवारी दिएका नेकपा एमालेका नेता गोकुल बास्कोटा चर्को स्वभावका कारण बेला–बेला चर्चामा आइरहन्छन् ।
अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका बास्कोटा यस पटक सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका नेता शिव हुमागाईसँग प्रतिस्पर्धामा छन् ।
यस पटक बलियो सङ्गठन भएको दाबी गर्दै आएको नेकपा एमालेसँग पाँच दलीय गठबन्धनको भिडन्त रोचक हुने अनुमान गरिएको छ । काभ्रेको क्षेत्र नं २ लाई एमालेको प्रभाव क्षेत्र मानिन्छ, तर पछिल्लो परिस्थिति भने बदलिएको छ ।
२०६४ सालमा माओवादीको दबदबा रहेको अवस्थामा समेत नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद सापकोटाले जित हासिल गरेका थिए । त्यस्तै २०७० सालमा समेत तत्कालीन क्षेत्र नं ४ बाट (अहिलेको क्षेत्र नं २) मा एमालेका उम्मेदवार विदुर सापकोटा निर्वाचित भएका थिए, भने अघिल्लो २०७४ सालको आम निर्वाचनमा बास्कोटा सोही क्षेत्रबाट प्रतिनिधि सभा सदस्य बने ।
अहिलेको परिस्थिति हेर्दा बास्कोटालाई त्यति सजिलो छैन । उनका मुख्य सहकर्मी बनेका कृष्णप्रसाद सापकोटा र विदुर सापकोटा दुवै एमालेमा छैनन् । नेकपा विभाजनपछि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा छन् । त्यसैले पनि आगामी निर्वाचनमा आफू निर्वाचित हुने दाबी गरे पनि उनलाई हम्मे हम्मे पर्न सक्ने देखिन्छ । साथै बास्कोटाको व्यक्तिगत आनीबानी र मन्त्री हुँदा लागेको ७० करोड काण्डको राप अझै सेलाएको छैन ।
गत ७ फागुन ०७६ मा सञ्चार मन्त्रीको जिम्मेवारी सम्हाल्दा बास्कोटाले विजयप्रकाश मिश्रसँग प्रिन्टिङ प्रेस खरिदका क्रममा गरेको भनिएको “घुस डिल”को अडियो बाहिरिएको थियो । संवादमा उनीहरूबिच ७० करोड रुपैयाँ लेनदेनको कुराकानी भएको थियो ।
घटना बाहिरिए पछि ततकालिन नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० भित्रकै एउटा खेमाको दबावका कारण बास्कोटाले नैतिकताका आधारमा भोलिपल्ट राजीनामा दिन बाध्य भए । यो घटनामा संसद्को सार्वजनिक लेखा समितिले समेत हात हाल्यो, तर टुङ्गोमा पुर्याउन भने सकेन । यद्यपि बास्कोटाले औपचारिक कार्यक्रममा नै आफूले ७० करोडको डिल गरेको स्विकारेका छन् ।
यता सोही क्षेत्रबाट उम्मेदवारी दिएका हुमागाइलाई गठबन्धनको साथ छ । त्यसमाथि भ्रष्ट्राचारमा मुछिएका पूर्व सञ्चार मन्त्री बास्कोटालाई अघिल्लो निर्वाचनको जस्तो महोल छैन । दियोपोस्टसँग हुमागाइले भने, “काभ्रेली जनताको गुम्न लागेको साहसलाई बचाउन र संस्थागत विकासका साथै काभ्रेली मतदातामा लागेको दाग मेटाउनका लागि मेरो उम्मेदवारी हो । यहाँका जनताको शिर र यहाँको माटोको निष्ठा झुक्न दिने छैन भन्ने मेरो प्रतिबद्धता समेत छ ।”
उनले अघि भने, “सञ्चारमन्त्री हुँदा उहाँमाथिको आरोप के हो भन्ने कुरा , काभ्रेली मतदातामा घाम जतिकै छल्लङग छ । यति मात्रै होइन ७० करोड प्रकरण देशका हरेक सचेत नागरिकले समेत राम्ररी बुझेका छन् । यसलाई नै राजनीतिक एजेन्डामा उठाउनु पर्छ भन्ने म देख्दिनँ । यो त मुलुकै एजेन्डाका रूपमा सवत्र सबैलाई सर्व विदितै छ । यस घटनाका कारण काभ्रेली मतदाताको शिर झुकेको छ ।”
२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गरेर गोकुल विजयी भएका थिए। गोकुलले ५४ हजार ४ सय २७ मत पाउँदा प्रतिद्वन्द्वी कांग्रेसका मधु आचार्यले ३६ हजार ५ सय ७९ मत प्राप्त गरेका थिए। दुई उम्मेदवारबीचको मतान्तर १७ हजार ८ सय ४८ थियो।
वैशाख ३० गते सम्पन्न स्थानीय तहको वडा तहको मतमा पनि एमाले अगाडि छ। एमालेको ४५ हजार ५ सय १४ मत छ भने कांग्रेसको ४५ हजार ४ सय ५६ मत छ। काभ्रे-२ मा १ लाख ५७ हजार ४ सय ४२ मतदाता छन्। काभ्रे–२ अन्तर्गत ४ वटा पालिकाको पूर्ण क्षेत्र र २ पालिकाको केही वडा पर्दछन् । सो क्षेत्रमा काभ्रेको बेथानचोक गाउँपालिका, मण्डन देउपुर नगरपालिका, पाँचखाल नगरपालिकाको पूरा भाग तथा धुलिखेल नगरपालिकाको १, २, ३, ४, ५, ६, ७ र पनौती नगरपालिकाको १, २, ३, ११ र १२ वडा पर्दछन् ।
प्रकाशित मिति : बिहिबार, कार्तिक १७, २०७९ | १४:५७:१२
- खुमा ओली
दियोपोस्ट अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । दियोपोस्ट प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद । | 2022-11-29T13:54:48Z | https://www.diyopost.com/11/103699/ | OSCAR-2301 |
थप विवादमा जेलिँदै – Sourya Online
थप विवादमा जेलिँदै
कांग्रेसको विधान मस्यौदा
विन्दुकान्त घिमिरे २०७५ मंसिर ८ गते ६:५१ मा प्रकाशित
काठमाडौं । सहमति हुन नसकेपछि नेपाली कांग्रेस विधान संसोधन मस्यौदा समितिले विवादास्पद प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
पदाधिकारीको संख्या, सदस्यताको प्रकार, प्रदेश समितिको अधिकार लगायतका विषयमा सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडल पक्षबीच विवाद उत्पन्न भएका कारण प्रतिवेदनको मस्यौदा तयार हुन सकिरहेको थिएन ।
विधान संसोधन मस्यौदा समितिमा पौडेल पक्षबाट प्रतिनिधित्व गरेका नेता दीलेन्द्रप्रसाद बडुले भने–'विवादमा परेका प्रावधानहरूलाई केन्द्रीय समितिले नै सुल्झाउने गरी प्रतिवेदन मस्यौदा तयार गरेका छौं', कुन कुन प्रावधानमा सहमति हुन सकेन भन्ने कुरा मस्यौदा समितिका संयोजकले नै केन्द्रीय समितिमा प्रस्तुत गर्ने सहमति हामीबीच भएको छ ।'
सदस्य बडुले केन्द्रीय समितिको आकार ८५ बाट बढाएर एक सय २५ सदस्यीयसम्म पु¥याउने कुरामा सहमति भए पनि पदाधिकारीको संख्या वृद्धि गर्ने विषयमा सहमति हुन नसकेको बताए । उनले भने, 'संस्थापन पक्षका साथीहरूले केन्द्रीय समितिको आकार बढेपछि पदाधिकारीको संख्या पनि बढाउनुपर्ने अडान लिनुभयो, हामीले पदाधिकारीको संख्या बढाउन नहुने अडान राख्यौँ , त्यसैले सहमति हुन सकेन , अब यो विवाद केन्द्रीय समितिले नै सल्टाओस् भन्नेमा हाम्रो सहमति भएको छ ।
केन्द्रीय समितिको आकार ८५ बाट बढाएर एक सय २५ सदस्यीयसम्म पुर्याउने सहमति, पदाधिकारीको संख्या, सदस्यताको प्रकार, प्रदेश समितिको अधिकार लगायतका विषयमा संस्थापन र पौडेल समूहबीच विवाद ।
यसैगरी क्रियाशील सदस्यताको प्रावधान खारेज गर्ने कि निरन्तरता दिने ? भन्ने विषयमा पनि मस्यौदा समितिले निर्णय गर्न नसकेको बडुले बताए । उनले भने, 'नेपाली कांग्रेसको सदस्यता जो सुकैले पनि लिन सक्ने गरी बाटो खोलिएको छ । एक वर्ष पछि सदस्यता नवीकरण गर्न सकिने र सदस्यता नवीकरण भएको व्यक्तिले मात्रै पार्टीका चुनावमा मत हाल्न पाउने व्यवस्था गरिएको छ ।
सदस्यता नवीकरण भएको एक वर्षपछि मात्रै पार्टीका निकायमा उमेद्वार हुन पाउने प्रावधान राखिएको छ । पार्टीका चुनावमा उमेदवार हुने हैसियतको सदस्यतालाई क्रियाशील सदस्यता भन्नुपर्ने प्रस्ताव केही साथीहरूले राख्नु भएको थियो, तर यो निर्णय केन्द्रीय समितिले नै गरोस् भनेर हामीले थाती राखेका छौँ । समाचार स्रोतका अनुसार प्रदेश समितिको अधिकार तथा भूमिकाका विषयलाई लिएर पनि विवाद उत्पन्न भएको छ ।
मस्यौदा समितिले दसैं र तिहारको बीचमा अर्थात् कात्तिक १५ गतेको सेरोफेरोमा प्रतिवेदन बुझाउने बचन दिएपछि महासमितको बैठक मंसिर ५ देखि ९ गतेसम्मका लागि तय गरिएको थियो । तर विवादका कारण प्रतिवेदन दिनसक्ने अवस्थामा मस्यौदा समिति पुगेपछि महासमितिको बैडक मंसिर २८ देखि पुस ३ गतेसम्मका लागि सारियो ।
तर, यो मितिमा पनि महासमितिको बैठक हुन्छ भन्ने सुनिश्चित वातावरण अझै बन्न सकेको छैन । विवादास्पद प्रतिवेदन बुझ्ने सहमति सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच भएको छ । उक्त सहमतिअनुसार मंसिर ९ गते आइतबारका लागि केन्द्रीय समितिको बैठक बोलाइएको छ ।
आइतबार बिहान ९ बजेदेखि सुरु हुने बैठकमा विधान संसोधन मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले प्रतिवेदन पेस गर्नेछन् । उनले प्रतिवेदन पेस गरेलगत्तै अध्ययनका लागि सबै केन्द्रीय सदस्यहरूलाई एक–एक कपी वितरण गरिने छ । केन्द्रीय सदस्यहरूले प्रतिवेदन अध्ययनका लागि कति समय माग्छन् त्यही अनुसार बैठकको समय लम्बिने छ ।
केन्द्रीय सदस्यहरूलाई प्रतिवेदन अध्ययनका लागि कति समय चाहिएला त ? भन्ने प्रश्नमा आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेलले भने, 'विधान मस्यौदाजस्तो महत्वपूर्ण विषय बुँदागत अध्ययन गर्नुपर्ने भएकोले कम्तीमा १ साताको समय चाहिने हो, तर महासमितिको बैठकको मितिसमेत नजिक आइसकेका कारण त्यति लामो समय केन्द्रीय समितिले पाउन सक्ने सम्भावना म कम देख्छु ।'
केन्द्रीय समितिले विधान मस्यौदा पारित गरेपछि महासमिति सदस्यहरूलाई वितरण गर्न प्रेसमै छाप्नुपर्ने हुन्छ । महासमितिका सदस्यहरूको हात हातमा बैठकको मितिभन्दा कम्तिमा एक साता पहिले नै विधान संसोधन मस्यौदा पुर्याइसक्नुपर्ने हुन्छ ।
उनीहरूको हात–हातमा विधान संसोधन मस्यौदा पु¥याउन पनि कम्तीमा एक साता समय लाग्छ । एक केन्द्रीय सदस्यले भने, 'मंसीर १५ भित्र केन्द्रीय समितिले विधान संसोधन मस्यौदा प्रतिवेदन पारित गरेन भने महासमितिको बैठक फेरी सर्न सक्ने सम्भावना छ । मस्यौदा समितिमा सल्टिन नसकेको मुद्दा केन्द्रीय समितिद्वारा सल्टिन सजिलो छैन ।' | 2021/09/22 21:22:49 | https://www.souryaonline.com/2018/11/208732.html | mC4 |
प्रधानमन्त्री ओलीको सनक |
प्रधानमन्त्री ओलीको सनक
नेपाली कांग्रेसले एउटा आरोप कम्युनिष्ट सरकारप्रति लक्षित गर्दै भन्दै आएको थियो, 'कम्युनिष्टहरुको हट कुनै बेला बिष्फोटन हुन सक्छ । त्यसबेला जनताले दुःख पाउनेछन् ।' आज त्यो आरोप कम्युनिष्ट सिद्धान्त अंगालेको नेकपाले चरितार्थ गरेको छ । कांग्रेससँगै बसेर पञ्चायत र राजा फ्याक्न सफल भयो, त्यसपछि कम्युनिष्ट एक भएर सामन्तवादको संज्ञा दिँदै कांग्रेसमाथि जाईलाग्यो । जनताले कम्युनिष्टहरुलाई दुईतिहाईसम्म पुर्याए । २०७२ मा संविधान लेखियो । एक्लौटि सरकार बन्यो । अब त जनताले सुखको सास फेर्नेछन् । मुलुक समृद्धिको बाटोमा लम्कनेछ । यतिधेरै आशा र भरोसा गरेर बसेको जनताको ति आशा र सपनाहरु पुष ५ गते चकनाचुर बन्यो ।
प्रधानमन्त्री ओलीको एउटा आरोप बाहिर आएको छ, आफ्नै पार्टीभित्रबाट काम गर्न दिइएन भनेर । अन्ततोगत्वा त्यो भनाई यो बेला गोहीको आँसु हुन बाहेक अरु हुन नसक्ने प्रतिपक्षी दलहरुको भनाई छ । काम गर्न सक्नु नसक्नु स्वयम् ओली सरकारको कार्य हो । पार्टीभित्र रहेर आफ्नो दलका नेताले हलो अड्काएको भन्दै संसद विघटन गरेर रातारात चुनावको तिथि, मिति तोक्नु ओली सरकारको सनक बाहेक अर्को अर्थ नलाग्ने वौद्धिक व्यक्तित्वहरुको भनाई पनि छ । ओली सरकार आगो लगाउने राष्ट्रपति विद्यादेवी भण्डारी आगोमाथि नौनी घ्यू थप्ने बाहेक अर्को कार्य देखिएन । राष्ट्रपतिले त मुलुक र जनताको परिस्थितिलाई हेरेर सरकारलाई सल्लाह दिँदै अगाडि बढ्नु पर्ने हो । तर, ओली सरकारको सनकमा राष्ट्रपति बहकिदा मुलुक जटिल स्थितिमा पुगेको छ ।
ओली सरकार फुट्नु देशी–परदेशीको हात भए पनि नेपाली जनताको अवस्था र अर्थतन्त्रलाई हेर्दै अगाडि बढ्नुपर्ने हो । तर, त्यसतर्फ ध्यान नपुग्नाले के अब ओली सरकार चुनावमा आए जनताका मत प्राप्त गर्न सक्छन् त ? यक्ष प्रश्न तेसिएको छ । एक पटक निर्वाचन गर्दा नेपालको अर्थतन्त्रमा गम्भीर असर पर्नका साथै मूल्यवृद्धि जस्ता कार्यले जनताकै ढाड सेक्ने कार्य हुन्छ । त्यसमा पनि मध्यवदी चुनाव अझ खर्चिलो र बोझिलो भएको हुँदा संसद बिउँझाउनु बाहेक अर्को विकल्प देखिन्न । पार्टी फुट्नु जुट्नु स्वाभाविक नै हो । ओली पक्ष कमजोर रहे प्रचण्ड–नेपालले प्रतिपक्षी कुनै दलसँग साँठगाँठ राखेर अगाडि बढ्न उपयुक्त रहन्छ । यो नै एक मात्र विकल्प हुन सक्छ । | 2021/01/24 18:15:26 | https://www.yalambartimes.com/?p=6123 | mC4 |
मंसिर महिनाको सङ्क्रान्ति शनिवार परेको छ र सूर्यको राशिसङ्क्रमणको समयमा तुला लग्न, शुक्लपक्षको नवमी तिथि र कुम्भ राशिको चन्द्रमा रहने छ । समग्र ग्रह परिवेश यस्तो रहने छ, सूर्यले मंसिर महिनाभरि बृश्चिक राशिमा विचरण गर्नेछन् । यस महिनामा चन्द्रमाका अतिरिक्त शुक्र ग्रहले मात्र राशि परिवर्तन गर्ने सङ्केत छ, शुक्र ग्रहले यस महिनाको १३ गते आफ्नै राशिमा प... | OSCAR-2019 |
||
दुर्घटना – www.sahayatree.com
2 weeks ago Breaking News, दुर्घटना, समाचार 0
काठमाडौँ, १८ असार । अछाम जिल्लाको साँफेबगर नगरपालिका वडा नं २ को झकालेमा आज बिहान बस दुर्घटना हँुदा १५ घाइते भएका छन् भने चारको अवस्था गम्भीर रहेको अछामका प्रहरी प्रमुख जनकबहादुर शाहीले जानकारी दिनुभएको छ । महेन्द्रनगरबाट बाजुराका लागि छुटेको पवनदूतको ना७ख २५६४ नम्बरको बस सडकबाट २५ मिटर तल खसेको …
2 weeks ago टप स्टोरी, दुर्घटना, देशभित्र, समाचार 0
रुकुमपूर्व, असार १६ गते । रुकुमकोटबाट मुसीकोटतर्फ जाँदै गरेको लु १ ज ४११५ नम्बरको जीप सिस्ने गाउँपालिका–६ को पाखागाउँमा गए राति १२ बजे दुर्घटना हुँदा पाँच जना घाइते भएका छन भने तीनको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा परेका पुथा उत्तरगङ्गा गाउँपालिका–५ हुकामका १८ वर्षीया कोपिला बुढा, सोही ठाउँकी १७ …
Sep 21, 2018 Breaking News, दुर्घटना, देशभित्र 0
काठमाडौं, ५ असोज । भक्तपुरको सूर्यविनायक–९ हवनव अगाडि अरनिको राजमार्गमा गए राति बनेपा जाँदै गरेको बा९ख ९४५४ नं को बसले विपरीत दिशाबाट आउँदै गरेको बा८०प ६९५९ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल चालक काभ्रे पनौती–९ सुनथानका ३५ वर्षीय सुदर्शन तिमल्सिना र मोटरसाइकलको पछाडि …
तान्जानियामा भयानक फेरी दुर्घटना, कम्तीमा ४२ जनाको मृत्यु
Sep 21, 2018 Breaking News, टप स्टोरी, दुर्घटना, प्रवास 0
काठमाडौं, ५ असोज । तान्जानियाको भिक्टोरिया तालमा भएकाे फेरी दुर्घटनामा कम्तीमा ४२ जनाको ज्यान भएको छ भने कैयन हराइरहेका छन् । तान्जानियाका सरकारी अधिकारीहरुका अनुसार १ सय जनाको भने जीवितै उद्धार गरिएको छ । जसमध्ये ३२ को अवस्था चिन्ताजनक छ । बिहीबार दिउँसो उकारामा दुर्घटनामा परेको एमभी नेरेरे नाम दिइएको …
भारतबाट आएर पहिचान गरेरै टाउको र छातीमा गोली हानेको खुलासा
Sep 21, 2018 Breaking News, दुर्घटना, पत्रपत्रिकाबाट, समाचार, समाज 0
काठमाडौँ, ५ असोज । (रासस) । बिहीबार सुनसरीको हरिनगर गाउँपालिका–२ मा रहेको रै्ययान नेशनल स्कूलका सञ्चालक मौलाना खुर्शिद अन्सारीलाई पहिचान गरेर गोली हानी हत्या गरेको रहस्य खुलासा भएको छ । स्कूल सञ्चालक समितिको बैठक सकेर अमीन अन्सारीको मोटरसाइकलमा पछाडि बसेर विद्यालयबाट दक्षिण घरतर्फ जाँदै गरेको बेला दिउँसो ११ बजेर १५ …
Sep 21, 2018 Breaking News, दुर्घटना, समाचार, समाज 0
काठमाडौं , ५ असोज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ कुसुण्डेमा रात्रिबस दुर्घटना हुँदा ३२ यात्रु घाइते भएका छन् । काठमाडाँैदेखि दाङका लागि छुटेको ना६ख ९२८ नं को यात्रुवाहक बस गए राति विपरीत दिशाबाट आउँदै गरेको आरजे १४ जिसी ३८४९ नं को भारतीय ट्रकसँग जुझ्दा बस सडकदेखि ५० मिटर तल …
Sep 19, 2018 Breaking News, दुर्घटना, देशभित्र 0
काठमाडौं ३ असोज । धादिङको पृथ्वीराजमार्गअन्तर्गत थाक्रे गाउँपालिका–७ जंङ्गेखोला नजीकै आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । खानीखोलाबाट गजुरीतर्फ जाँदै गरेको बा७९प ७२६५ नंको मोटरसाइकल राजमार्गमा पल्टिँदा मोटरसाइकलमा सवार तीन जनामध्ये एकजनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको छ । मृत्यु …
तिर्थयात्रु लिएर फर्कदै गरेको बस दुर्घटना ,४५ जनाको मृत्यु
Sep 11, 2018 टप स्टोरी, दुर्घटना, विश्व, समाचार 0
हैदराबाद, २६ भदौ । भारतको तेलङ्गाना राज्यको जगतियाल जिल्लामा मङ्गलबार भएको बस दुर्घटनामा कम्तीमा ४५ जनाको मृत्यु हुनुका साथै अरु धेरैजना घाइते भएको प्रहरीले जनाएको छ । यात्रुले खचाखच भरिएको राज्य सञ्चालित एउटा बस गहिरो खोचमा खसेको थियो । उक्त बसमा ५० भन्दा बढी यात्रु सवार रहेको पनि प्रहरीले जनाएको … | 2019/07/15 22:12:26 | http://www.sahayatree.com/category/%E0%A4%A6%E0%A5%81%E0%A4%B0%E0%A5%8D%E0%A4%98%E0%A4%9F%E0%A4%A8%E0%A4%BE | mC4 |
ओलीले नारायणीमा बोटिङ गर्ने कार्यक्रम स्थगित - Lekhapadhi.com मुख्य समाचार : Lekhapadhi.com lekhapadhi: global magazine of news and opinion
लेखक : लेखापढी १० मंसिर २०७८, शुक्रबार १४:२५ मा प्रकाशित
चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नारायणी नदीमा बोटिङ गर्ने कार्यक्रम स्थगित गरिएको छ ।
'जल पर्यटनलाई प्रवर्द्धन गर्न अध्यक्षले गैंडाकोट तर्फबाट मोटर बोट चढेर महाधिवेशन उदघाटन स्थलमा आउने कार्यक्रम थियो तर सुरक्षाका कारण स्थगित गरिएको छ,' तामाङले भनेका छन् । | 2022/05/17 18:00:29 | https://lekhapadhi.com/2021/11/26/narayani/ | mC4 |
युएईबाट तीन पदक लिएर फर्कियो नेपाली बक्सिङ टोली « Thahaonline.com | थाहा अनलाइन
युएईबाट तीन पदक लिएर फर्कियो नेपाली बक्सिङ टोली
थाहा अनलाइन १५ भाद्र २०७८, मंगलवार १८:०० मा प्रकाशित
काठमाडौँ । एएसबीसी युथ तथा जुनियर बक्सिङ प्रतियोगितामा सहभागी भई नेपाली बक्सिङ टोली मङ्गलवार काठमाडौँ फर्किएको छ । अगष्ट २० देखि ३१ सम्म युनाइटेड अरब इमिरेट्स (यूएई) मा भएको प्रतियोगितामा ६ खेलाडीसहित ११ सदस्यीय टोली सहभागी थिए ।
६ नेपाली खेलाडीले प्रतिस्पर्धा गरेको प्रतियोगितामा तिन खेलाडी पदकसहित नेपाल फर्किएका हुन् । महिलातर्फ जुनियर ५२ केजीमा स्वस्तिका तिरुवा तथा युथ ५७ केजीमा नारिका राईले कांस्य जिते । पुरुष जुनियर ५४ केजीमा छिरिङ वाङदी शेर्पाले कांस्य जितेका थिए । कांस्य विजेता तिनै खेलाडीले १ हजार अमेरिकी डलर नगद पुरस्कार प्राप्त गरेका छन् ।
छिरिङले प्रतियोगिताका लागि धेरै मेहनत गर्नुका साथै ट्रेनिङमा बक्सिङ सङ्घ र गुरुहरूको सहयोगका कारण सफलता प्राप्त भएको बताउनु भयो । उनले यो सफलताले आगामी दिनमा अझ बढी राम्रो गर्न हौसला बढेको भन्दै अबको लक्ष्य युथ च्याम्पियनसिप रहेको बताउनु भयो । | 2021/09/20 13:29:47 | https://thahaonline.com/210664/ | mC4 |
नेपाल र मलेसियाबीचको मैत्रीपूर्ण खेल स्थगित - लोकसंवाद
नेपाली फुटबल टिम । तस्बिर : द-एन्फा डट कम ।
काठमाडौं । नेपाल र मलेसियाको राष्ट्रिय फुटबल टोलीबीच आगामी चैत महिनाका लागि तय भएको मैत्रीपूर्ण फुटबल खेल स्थगित भएको छ ।
विश्व फुटबल महासङ्घ (फिफा)ले अनुमति नदिएपछि खेल स्थगित गर्नुपरेको मलेसिया फुटबल सङ्घबाट प्राप्त पत्रमा उल्लेख गरिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।
नेपालले आगामी चैत १२ मा मलेसियासँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्ने तयारी गरेको थियो । मैत्रीपूर्ण खेलका लागि एसियाली फुटबल महासङ्घ (एएफसी)ले समेत अनुमति दिएको थियो । तर, मलेसियाको यस महिना कोटाभन्दा बढी खेल हुने भएको कारण (फिफा)ले अनुमति दिन अस्वीकार गरेको मलेसियाली फुटबल सङ्घलाई उढृत गर्दै एन्फा महासचिव इन्द्रमान तुलाधरले बताउनुभएको खबर राससमा छ । | 2020/07/03 14:13:07 | https://www.loksambad.com/news/676 | mC4 |
काठमाडौं – काठमाडौंको बिजुली बजारको धोबीखोला र तीनकुनेको बागमती नदीमाथि आकर्षक पुल बनाउने काम भैरहेको छ ।
नेपालमै पहिलोपटक नेटवर्क आर्क प्रविधिबाट निर्माण गर्न लागिएको पुलले गाडी सञ्चालन सहज बनाउनुको साथै शहरको सौन्दर्यता पनि बढाउने काठमाडौं सडक विस्तार आयोजनाका प्रवक्ता ई. विश्व विजयलाल श्रेष्ठले बताउनुभयो ।
माइतीघर मण्डलादेखि भक्तपुरको सूर्यविनायकसम्मको आठ लेनको सडकमा धोबीखोला र बागमती नदीमाथि चार लेनकै पुल भएपछि नयाँ पुल बनाउन लागिएको हो । माइतीघर–तीनकुने सडकखण्डलाई आठ लेनसहितको आकर्षक नमूना सडक बनाउने उद्येश्यअनुुरुप ‘नेटवर्क आर्क ब्रिज’ निर्माण गर्न लागिएको योजना प्रमुख दिपक केसीले जानकारी दिनुभयो ।
वि.सं. २०७१ साल पुषमा सुरु गरेर २०७४ पुसमा निर्माण सम्पन्न गर्ने गरी योजना रहेपनि अहिलेसम्म निर्माण कार्य सम्पन्न हुन सकेको छैन । सुरुवातीका डेढ वर्ष डिजाइन बनाउनमा नै लागेको र त्यसपछिका दुई वर्ष ढल, पानी, पोल आदि व्यवस्थापनमा खर्च भएका कारण गएको फागुनदेखि मात्र काम सुरु गरिएको योजनाका प्रवक्ता श्रेष्ठले बताउनुभयो । यी पुलको डिजाइन बंगालादेशको निर्माण कम्पनी डीपीएनबाट परीक्षण गराइएको हो ।
नेपालमा यस्तो पुल पहिलो भएकाले यहाँ अनुभवी कन्सल्टेन्ट नहुँदा बंगलादेशबाट गराउनुपरेको प्रवक्ता केसीले बताउनुभयो । धोबीखोलामा ५१ मिटर लम्बाई र १२ मिटर चौडाई गरी दुईवटा र बागमती नदीमा ८५ मिटर लम्बाई र १२ मिटर चौडाईका दुईवटा गरी चारवटा यस्ता पुल बन्दैछन् ।
१३ करोड १४ लाखको ठेक्का सम्झौतामा बागमतीमाथिको आर्क पुल निर्माणको जिम्मा पप्पु कन्ष्ट्रक्सनलाई र २१ करोडको ठेक्का सम्झौतामा धोबीखोलामाथि बनिरहेको आर्क पुलको निर्माण जिम्मा जई कन्ष्ट्रक्सनलाई दिइएको श्रेष्ठले बताउनुभयो ।
अहिले धोबीखोलामाथि एकातर्फ मात्र आर्क ब्रिज बनिरहेको छ । यो पुलको निर्माणकार्य ४५ प्रतिशत सम्पन्न भइसकेको र आउँदो असोजसम्म सम्पन्न गरिसक्ने लक्ष्य छ । तर अर्कोतर्फ भने जग्गामा केही विवाद देखिएकाले अहिले निर्माण कार्य सुरु नगरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
यस्तै बागमती खोलामाथिको आर्क पुल निर्माणको काम भनसुरु गर्न अझै केही समय लाग्ने उहाँले जानकारी दिनुभयो ।
पुलको भार पिल्लरमा नभई आर्कले बहन गर्ने पुललाई आर्क ब्रिज भनिन्छ । आर्क भन्नाले पुलको माथिको घुमाउरो भागलाई जनाउँछ । यस प्रविधिमा बन्ने पुलहरु जतिसुकै लामो भए पनि दुई छेउबाहेक बीचमा पिल्लर राख्नु पर्दैन ।
र नेटवर्क आर्क ब्रिजमा पुलको भार बहन गर्नका लागि आर्क र पुलको बिमलाई फलामे ह्याङगरहरुको नेटवर्कले जोडिन्छ । यसले गाडीको भारलाई एउटै ठाउँमा सीमित नगरी चारैतिर फैलाएर राख्ने हुदा बढी भार क्षमता पनि थेग्न सक्ने श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठका अनुसार यी पुलहरुलाई नेटवर्क आर्क ब्रिज भनिएता पनि अरसीसी, प्रि—स्ट्रेस र आर्क तीनवटै प्रविधि प्रयोग गरिएको हुन्छ । जसअनुसार पुलको पूर्ण भार बिम, केबल वायर र आर्कले संयुक्तरुपमा बहन गर्दछ । अन्य पुलमा जस्तो पिल्लरलाई नदीको पानीको बहाबले हल्लाएर पुल भत्किने डर यस्तो पुलमा रहँदैन ।
अहिलेसम्म नेपालमा बनेका पुलहरु आरसीसी वा प्रि—स्ट्रेस प्रविधिमा अधारित भएको श्रेष्ठले बताउनुभयो । आरसीसी प्रविधिको प्रयोग गर्दा २५ मिटरको दुरीमा पिल्लर राख्नुपर्छ भने प्रि—स्ट्रेस प्रविधिमा आइपुग्दा ४० देखि ५० मिटरमा पिल्लर राखे हुन्छ ।
अहिले भित्र्याइएको आर्क प्रविधिमा चाहिँ बीचमा पिल्लर राख्नुपर्दैन । ‘यो ब्रिज नेपालकै पहिलो नेटवर्क आर्क ब्रिज हो’ श्रेष्ठले भन्नुभयो, ‘यस्तै पुल मुग्लिनमा बनिरहेको छ, तर त्यो पुल नेटवर्क आर्क नभई आर्क मात्र हो । त्यस पुललाई फलामको नेटवर्कले यसरी झुण्ड्याइएको हँुदैन ।’
भारतविरुद्धको पाँचौ टेस्ट पनि १ सय १८ रनले जित्दै इंग्ल्याण्डले ४–१ ले सिरिज आफ्नो पक्षमा पारेको छ ।
पाँचौ टेस्टको अन्तिम खेल अगाडि नै सिरीज कब्जा गरेको इंग्ल्याण्डले अन्तिम टेस्ट पनि आफ्नो नाममा पार्न सफल भयो । ४ सय ६४ रनको विशाल लक्ष्य पछ्याएको भारतका लागि लोकेश राहुल र ऋषभ पन्तले संघर्ष गरे पनि उनीहरु आउट भएलगत्तै भारतको ब्याटिङ अर्डर ध्वस्त भएको थियो । | OSCAR-2019 |
||
निर्देशक रेनशा र साम्राज्ञीको सम्बन्ध किन चिसियो ?
2018/09/22 मनोज
गफगाफ - शुक्रवारबाट अल नेपाल प्रदर्शनमा आएको चलचित्र हो 'इन्टु मिन्टु लण्डनमा' । यस चलचित्र युनिटले रिलज अघि प्रिमियर सो समेत गर्यो । प्रिमियर सो मा चलचित्र क्षेत्रका विभिन्न व्यक्तित्व हरुको उपस्थिती रहेको थियो । प्रिमियरमा चलचित्रका मुख्य कलाकार हरु धिरज र सारुक को उपस्थिती थियो । तर त्याहा मुख्य नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह को उपस्थिती थिएन । साँझ करीब ६ बजे कार्यक्रम सुरु भयो, साम्राज्ञीको उपस्थिती बिनै चलचित्रका निर्माता प्रभु समशेर जबरा सहितको टिमले रिवन काटे । तर चलचित्रकी नायिका आउने नआउने अत्तोपत्तो थिएन ।
उनि नआए पछि निर्देशक रेनाशा वान्तवा राईको हात समात्दै अभिनेता द्वय धिरज मगर र सारुक ताम्राकारले प्रिमियरमा ईन्ट्री लिएका थिए । यता सबैमा कौतुहल्ता थियो, के चलचित्रको प्रिमियरमा नायिका साम्राज्ञी नआउने नै हुन त ? पालै संँग नायक सारुक,धिरज हुदै निर्देशक रेनशा बान्तवाले चलचित्रका विषयमा आ आफ्नो धारणा राखे । कार्यक्रम सुरु भएको करिव २५ मिनेट पछि कार्यक्रम उद्घोषिकाले साम्राज्ञी आउँदै गरेको बताइन् । सबैले बोली सके पस्चात सबैजना स्टेजबाट बाहिरीसकेका थिए । तर कार्यक्रममा उपस्थित पाहुना सबै साम्राज्ञीको पर्खाइमा थिए ।
त्यसको केहि समय पश्चात बल्ल सबैको प्रतिक्षाको घडि समाप्त गर्दै साम्राज्ञीे उपस्थित भइन् । कालो पहिरनमा निकै आकर्षक देखिएकी उनले साथमा आमालाई समेत लिएर आएकी थिइन् । उनको उपस्थिती पश्चात सबैको ध्यान साम्राज्ञी तिर नै केन्द्रित भयो । उनको तस्विर खिच्न सुरु भयो तर उनको साथमा तस्विर खिच्न कोहि अएन । अन्त त उनले त्यसका निम्ति आफ्नै आमाको साहारा लिइन् । केहिवेर उनले तस्विर खिचाए पश्चात फेरि पनि उद्घोषिकाले निर्देशक र कलाकारलाई स्टेज अगाडि आउन अनुरोध गरिन् । त्यस पछि फेरि पनि रेनाशा, धिरज र सारुक अगाडि उपस्थित भए । तर त्याहाँ साम्राज्ञी लाई कसैले वास्ता सम्म नगरेको देखियो ।
अझै अचम्म त के भयो भने निर्देशक रेनशा बान्तवा राईले उनको आमालाइ अंकमाल गरिन् तर साम्राज्ञी सग अंकमालको त कुरै छडौ उनले साम्राज्ञी लाई 'हाई' सम्म पनि भनिनन् । यता धिरज र साम्राज्ञी लाई नियाल्ने हो भने सायद कसैले पनि भन्दैन थियो होला उनिहरु एक आपसमा परिाचत छन् । चलचित्र सुरु गर्नु अघि फेरी पनि युनिटले चलचित्रका विषयमा धारणा राखे । तर निर्देशक राई माइक समाउन नपाउदै भक्कानिएर रुन थालिन । उनलाइ सम्हाल्न धिरज अघि बढे र सारुक पनि उनि सगै निर्देशक राईलाइ सम्हाल्न पुगे तर साम्राज्ञीले भने त्यो दृश्य एकोहोरो भएर हेरिमात्र रहिन् । यसबाट स्पष्टै भएको थियो, रेनशा र साम्राज्ञीको सम्बन्धमा केहि न केहि भएकै छ । नत्र भने निर्देक त्यो पनि महिला उनि भक्कानि रहदा दुइ नायकलाई भन्दा साम्राज्ञीले उनलाई सम्हाल्न प्रयास गरेको भए त्यो दृश्य अर्कै हुन्थ्यो होला ।
चलचित्र रिलिजको संघारमा भएका बेला चलचित्रकी नायिका साम्राज्ञी भने अवार्डका निम्ति जापान तिर लागेकी थिइन् । उनिहरुको सम्वन्ध बिग्रीनुको मुख्य कारण नै यहि भएको बुझिएको छ । साम्राज्ञी जापानबाट फर्किएपछि रेनशा र साम्राज्ञीको बोलचाल नै बन्द भएको कुराले चलचित्र नगरीमा चर्चा पाइरहेको छ । चलचित्र रिलिज भइरहेको अवस्थामा निर्देशक र नायिका विचको यो सम्वन्धले कसलाई फाइदा पुर्याउला ? खैर् जे भए पनि चलचित्र 'इन्टु मिन्टु लण्डनमा' लाई गफगाफको शुभकामना | 2019/03/23 04:55:36 | http://gufgaf.com/story.php?id=397 | mC4 |
'छक्का पञ्जा ३' सफलतापूर्वक ५१ औं दिनमा, कमायो कति ? « THULOPARDA.COM: Entertainment News Portal From Nepal
'छक्का पञ्जा ३' सफलतापूर्वक ५१ औं दिनमा, कमायो कति ?
दशैंको घटस्थापनाबाट प्रदर्शनमा आएको चलचित्र 'छक्का पञ्जा ३' ले १३ वटा हलमा सफलतापूर्वक ५१ औं दिन मनाएको छ । उपत्यकामा चलचित्रले मल्टिप्लेक्स अन्तर्गत क्युएफएक्सको सिभिल मल, बिग मुभिज, एफक्युब, बिजी मल तथा सिंगल थिएटर अन्तर्गत अष्टनारायण पिक्चर्स, गुण सिनेमा, गंगा सिनेमा, गोपीकृष्ण मुभिज र बाराही मुभिजमा ५१ औं दिन मनाएको निर्माता तथा कलाकार दीपकराज गिरीले बताए ।
यसैगरि मोफसल अन्तर्गत कालिका सिनेमा, क्युएफएक्सको जलमा नारायणगढ र बागेश्वरी नेपालगञ्ज तथा विन्दवासिनी सिनेमा पोखरामा पनि चलचित्रले ५१ औं दिन पार गरेको छ । निर्माण टिम ५१ औं दिनको सेलिब्रेसन आइतबार एक कार्यक्रमका बीच गर्ने तयारीमा छ । चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । यसको अघिल्ला दुई सिरिज पनि उनले नै निर्देशन गरेकी थिइन् ।
चलचित्रले ५१ औं मनाउँदै गर्दा वितरकबाट कलेक्सन रिपोर्ट प्राप्त भएको छ । राजधानी वितरक मनोज राठीले 'छक्का पञ्जा ३' ले ८ करोड ग्रस कलेक्सन गरेको जानकारी दिए । उनका अनुसार, यसबाट निर्मातालाई करीब ४ करोड शेयर हातमा पर्नेछ । यस्तै, मोफसल वितरणको जिम्मा लिएको एफडी कम्पनीका अध्यक्ष नरेन्द्र महर्जनले चलचित्रले ९ करोड ग्रस कमाइ गरेको बताए ।
वितरकबाट प्राप्त रिपोर्टलाई टेक्ने हो भने उपत्यका र मोफसलबाट चलचित्रले हालसम्म १७ करोड ग्रस कलेक्सन गरिसकेको छ । यो सिरिजको पहिलो भागको लाइफटाइम कलेक्सन १५ करोड नेट थियो । अब 'छक्का पञ्जा ३' नेपाली चलचित्र इतिहासमा नै सर्वाधिक कलेक्सन गर्ने चलचित्र बनेको छ । चलचित्रमा दिपकराज गिरी, दीपिका प्रसाइँ, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, नीर शाहलगायतको प्रमुख भूमिका छ । | 2021/07/30 13:08:30 | https://www.thuloparda.com/post/27884 | mC4 |
प्रधानमन्त्रीलाई आफ्नैले डुबाए – Nepalpostkhabar
Hemant KC । २३ चैत्र २०७६, आईतवार १०:२९ मा प्रकाशित
प्रधानमन्त्रीलाई 'विश्वासघात' ः झन्डै दुईतिहाइको शक्तिशाली सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको सपना छ, 'समृद्ध नेपाल, सुखी नेपाली ।' त्यही सपना पूरा गर्न छानीछानी नजिककालाई सरकार र सचिवालयमा महत्वपूर्ण जिम्मेवारी दिएका छन् । तर, आफैँले विश्वास गरेकाबाटै विश्वासघात भएको छ, नजिककाबाटै प्रधानमन्त्रीको छवि धुमिल पार्ने क्रियाकलाप हुँदै आएका छन् ।
'अस्गरजी र विकासजी प्राविधिक मात्र हुन्, म हथौडालाई भन्दा हथौडा चलाउने हातलाई खोज्नुपर्छ भन्छु । यो प्रकरणको कारक राजनीतिक तहकै हुनुपर्छ।' प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्वप्रेस सल्लाहकार डा कुन्दन अर्यालले शुक्रबार गरेको ट्विटको अंश हो, यो । यो ट्विटको प्रसंग थियो, काठमाडौं प्रेस डटकमबाट समाचार डिलिट गरिएको विषय । प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधिविज्ञ अस्गर अली समाचार डिलिट गरेको विवादमा मुछिएपछि पूर्वप्रेस सल्लाहकार अर्यालले प्रधानमन्त्रीलाई वरिपरिका सल्लाहकार र नेताले नै असहयोग गरिरहेको संकेत गरे । अर्यालले हथौडा राजीतिक तहबाटै चलाइएको भन्नु र चीनबाट खरिद स्वास्थ्य सामग्रीमा उपप्रधानमन्त्री ईश्वर पोखरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालकै छोराको संलग्नता रहेको समाचार काठमाडौं प्रेस न्युज पोर्टलबाट डिलिट हुनुले कहीँ न कहीँ 'कनेक्सन'को संकेत गर्छ ।
अब तीन विषयमा 'बोल्ड' निर्णय गर्नुपर्छ महेश बस्नेत सांसद एवं केन्द्रीय सदस्य, नेकपा
पुनर्गठन अबको विकल्प कृष्ण पोखरेल राजनीतिक विश्लेषक
तर, बुझ्नुपर्ने मुख्य कुराचाहिँ के हो भने उनीहरू ९विवादमा तानिएका मन्त्री र सल्लाहकारको दोष कति हो, कतिचाहिँ त्यतिकै मिडियाले एजेन्डा सेटिङ गरेर बनाइदिएको पो हो कि १ तर, जे कुरा सतहमा आएको छ, त्यसमा कतिपय त उनीहरूले नै स्वीकार गरेको पनि पाइएको छ । अस्गर अली जोडिएको कम्पनीले गर्न नहुने काम भयो भनेर स्वीकार गरेको छ । त्यसकारण हो नै रहेछ भनेर बुझ्नुपर्ने भयो । यी सबै कुराबाट 'इमेज' त प्रधानमन्त्रीकै धुमिल हुने हो । | 2020/11/27 17:08:33 | https://nepalpostkhabar.com/2020/04/33102 | mC4 |
'सबै वर्गलाई अधिकार सम्पन्न बनाउने पहल जारी' अध्यक्ष दाहाल - Enepalese.com
'सबै वर्गलाई अधिकार सम्पन्न बनाउने पहल जारी' अध्यक्ष दाहाल
इनेप्लिज २०७४ जेठ २९ गते १७:२५ मा प्रकाशित
काठमाडौँ, २९ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले मुलुकभित्रका मधेसी, आदिवासी, जनजाति तथा अल्पसङ्ख्यक समुदायलाई राज्यको मूलप्रवाहमा ल्याउन आफू र आफ्नो पार्टीको प्रयास निरन्तर जारी रहेको बताउनुभएको छ ।
डा जितेन्द्र महासेठलगायतलाई आज पार्टी प्रवेश गराउँदै उहाँले संविधानसभाबाट जारी संविधान कार्यान्वयनका लागि आफू र आफ्नो पार्टीको तर्फबाट हालसम्म पनि प्रयास जारी रहेको बताउनुभयो ।
अध्यक्ष दाहालले स्थानीय तहको निर्वाचनपछि संविधान कार्यान्वयनको प्रक्रिया अगाडि बढेको चर्चागर्दै दोश्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन तोकिएकै समयमा सम्पन्न हुने र यसबाट सबै वर्ग तथा क्षेत्रको अधिकार संस्थागत हुने धारणा व्यक्त गर्नुभयो ।
डा महासेठको पार्टी प्रवेशले मधेस र मधेसी बुद्धिजीवीमा निकै ठूलो सन्देश जान्छ, उहाँले भन्नुभयो, "माओवादीले मधेस र मधेसी जनतालाई निरास पार्दैन, सिङ्गो देशलाई एकताबद्ध बनाएर मात्रै देशको परिवर्तन र विकासले नयाँ गति लिन सक्दछ, तपाईँको माओवादी प्रवेशले मधेस, मधेसी जनता र मधेसी बुद्धिजीवीमा निकै ठूलो सन्देश जानेवाला छ ।"
तत्कालीन गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको नेतृत्वमा २०४२ सालमा राजामाथि गरिएको बम हमलाको उहाँ एक कमाण्डर हुनुहुन्थ्यो । बम काण्डपछि डा महासेठले १३ महिना लामो यातनापूर्ण हिरासत जीवन बिताउनुभएको थियो । जनवादी मोर्चाका नेतासमेत रहेका महासेठले २० वर्ष नेपाल मेडिकल कलेजको निर्देशक भएर काम गर्नुभएको थियो ।
सो अवसरमा डा महासेठले आफू राष्ट्रिय एकता र परिवर्तनप्रतिको माओवादीको प्रतिबद्धताबाट प्रभावित भएर माओवादी केन्द्रमा आएको बताउनुभयो । उहाँले भन्नुभयो, "माओवादीले अघि सारेको राष्ट्रिय एकताको नीति नै सही छ, नेपालभित्रको जुनसुकै भूगोलमा बसेका व्यक्ति नेपाली हुन, तिनीहरुलाई समान आँखाले हेरेर मात्रै राष्ट्रिय एकता बलियो हुन्छ, माओवादीको यो नीतिले देशलाई एकताबद्ध गर्ने निष्कर्षसहित आफू माओवादी केन्द्रमा आएको हुँ ।" | 2021/09/19 04:21:15 | https://www.enepalese.com/2017/06/130586.html | mC4 |
काठमाडौं । काठमाडौंको बागबजारमा भर्चुअल अष्ट्रेलियन एजुकेशन मेला सञ्चालन हुन लागेको छ । शैक्षिक कन्सल्टेन्सी एजुकेशन प्लानेटले यही आउदो असोज १६ गते शुक्रबार 2nd October 2020 का दिन तत्कालीन परिस्थितीलाई मध्यनजर गर्दै भर्चुअल प्रविधिद्वारा मेला आयोजना गर्न लागेको हो ।
मेला कम्पनीको बागबजारस्थित प्रधान कार्यालयमा हुनेछ । अष्ट्रेलियाका २० भन्दा बढी विश्वप्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरुको सहभागीता रहने मेलामा नेपाल लगायतका विभिन्न देशहरुबाट अष्ट्रेलियामा अध्ययन गर्न चाहने विद्यार्थीहरु सहभागी भई प्रत्यक्ष लाभ लिन सक्ने कम्पनीका कार्यकारी निर्देशक नयन लामिछाने बताए । उनका अनुसार मेलाबाट विद्यार्थी तथा अभिभावकहरुले विश्वविद्यालयका प्रतिनिधिहरुसंग प्रत्यक्ष संवाद गर्न सक्नेछन ।
मेलावाट विद्यार्थीहरुले आफ्नो शैक्षिक योग्यता अनुसारको छात्रवृत्ती, निशुल्क आवेदन तथा अन्य बिशेष छुटहरु प्राप्त गर्नुका साथै अध्ययन गर्न जान चाहेका विश्वविद्यालयहरुमा सिट सुनिश्चित समेत गर्न सक्ने कम्पनीका कार्यकारी प्रमुख सविन पण्डित क्षेत्रीले बताए ।
कोरोना महामारीको वर्तमान परिस्थितीलाई मध्यनजर गर्दै विद्यार्थीहरुले अष्ट्रेलियामा अध्ययन गर्न जाने बारे सबै जानकारी दिन र जिज्ञाशाहरुको समाधान गर्न प्लानेटले Online PTe|IELTs\ Class, Online Abroad Qmudy & Career Counseling, E-Planet IOqmAndroid App Service, Virtual Career Development Sessions, University Information Sessions लगायतका विभिन्न अनलाईन तथा भर्चुअल सेवा दिंदै आएको छ ।
यसकासाथै कोभिड १९ सम्वन्धि नेपाल सरकार तथा अन्तराष्ट्रिय स्वस्थ्य संगठनबाट जारी गरिएका सुरक्षा मापदण्डहरुको पुर्ण पालना गरि उक्त सेवाहरु प्रदान गर्दै आएको जानकारी गराएको छ ।
E-Planet Virtual Australian Education Fair का बारेमा जानकारी दिंदै कम्पनीका प्रवन्धक बुद्धिबहादुर गुरुङले एजुकेशन प्लानेटका शाखाहरु लगनखेल, चितवन, कावासोती, बुटवल, पोखरा, ईटहरी हुँदै भारतको हैदरावादबाट पनि विद्यार्थीहरुको उल्लेखनीय सहभागिता रहने बताए ।
यस विषम परिस्थितीमा पनि E-Planet ले आयोजना गर्न लागेको ये मेला, बर्षकै बृहत मेला हुने र सहभागि सम्पुर्ण अभिभावक तथा विद्यार्थीहरुको जिज्ञासाको समाधान गर्नसक्ने कम्पनीले जनाएको छ । कम्पनीले विगत १६ बर्षदेखि एजुकेशन कन्सल्टेन्सी क्षेत्रमा विश्वसनीय सेवा प्रदान गर्दै आएको छ । | 2021/04/15 04:14:26 | https://pokharelinews.com/archives/15779 | mC4 |
Sajhasabal.com | Homeस्वचालित पेस्तोलसहित शिक्षक पक्राउ
मङ्सिर १०, पर्सा । वीरगञ्ज महानगरपालिकाबाट गए राति प्रहरीले स्वचालित पेस्तोलसहित एक शिक्षकलाई पक्राउ गरेको छ । ठाकुरराम बहुमुखी क्याम्पसमा लेक्चररको पदमा कार्यरत सर्लाही जिल्लाको बलरा नगरपालिका–१० निवासी जितेन्द्रप्रसाद सिंहलाई प्रहरीले वीरगञ्ज–वडा नं ११ दुर्गाटोलस्थित निजी निवासबाट अवैध हतियारसहित पक्राउ गरेको हो ।
उहाँले खोजतलासका क्रममा प्रहरीले अलमारीबाट पेस्तोलमा प्रयोग हुने म्यागजिन एक थान, नपड्काइएको गोली चार थान र व्यक्तिलाई बेहोस पार्ने एनेस्थेतिक इथर एक बोतल बरामद भएको बताउनुभयो । पक्राउ परेका शिक्षक सिंहलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । उनीमाथि हातहतियार तथा खरखजाना मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । रासस | 2021/01/17 23:58:47 | http://sajhasabal.com/society/71638 | mC4 |
Thu, Dec 5, 2019 at 9:49pm
शनिबार, २१ आषाढ २०७६, –प्रेम रौले. 1.15K
मार्तडी २१, असार
जिल्लाको बूढीगङ्गा नगरपालिका–४ कोटमा रहेको बार्जुकोट दरबार भग्नावशेषका रुपमा रहेको छ । दश वर्षे जनयुद्ध शुरु भएको समयमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का कार्यकर्ताले दरबार आगजनी गरेको १८ वर्ष वितिसक्दा पनि पुनःनिर्माण हुन नसकेको दरबार हकवाला राजेन्द्रबहादुर शाह बताउनुहुन्छ ।
विसं २०५७ भदौ २२ गते माओवादीका कार्यकर्ता आएर आगजनी गरेको लामो समय बित्दा पनि पुनःनिर्माण हुन नसकेको शाहको भनाइ छ । ऐतिहासिक दरबारको भग्नावशेष मात्र रहेकाले आन्तरिक रुपमा हेर्न जाने पर्यटक समेत निराश भएर फर्किने अवस्था छ ।
पर्यटकीय रुपमा स्थापित गर्नका लागि नगरपालिकाले सङ्ग्रहालय निर्माण कार्य गर्न जरुरी रहेको स्थानीयवासीको भनाइ छ । बार्जुकोट दरबारलाई पुनःनिर्माण गरी पर्यटकीय रुपमा प्रचारप्रसार गरे दरबारको संरक्षण र प्रवद्र्धन हुने स्थानीय अगुवा मोहन नेपालीले बताउनुभयो । दरबारमा बाइसे चौबिसे राज्य हँुदा उक्त दरबारका राजाले सो क्षेत्रको जनतामा शासन चलाउँदै आएको बताइएको छ ।
ऐतिहासिक दरबारको भग्नावशेष मात्र रहेकाले आन्तरिक रुपमा हेर्न जाने पर्यटक समेत निराश भएर फर्किने अवस्था छ ।
जिल्लाका प्रख्यात दरबार द्वन्द्वकालमा जलाइएको १८ वर्ष बित्दा पनि पुनः निर्माण नहुँदा यसको प्रचारप्रसार हुन नसकेको अगुवा नेपालीको भनाइ छ । बाइसे चौबिसे राज्य चलाउँदै आएका जुगाडी राजा, कुडिकोट राजा र बार्जुकोटे राजाको शासनका चल्ने गरेको बूढीगङ्गा नगरपालिका–३ का ७५ वर्षीय बुद्धनरबहादुर रौलेले बताउनुभयो ।
राज्य सञ्चालनका बेला बार्जुकोटमा आउने जानेको लर्काे लाग्ने भए पनि अहिले दरबारसमेत नरहँदा दुःख लागेको रौलेको भनाइ छ । उहाँले स्थानीय तहको निर्वाचनपछि नगरपालिकाले नै यसको संरक्षण संवद्र्धन तथा प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो ।
बूढीगङ्गा नगरपालिकाका नगर प्रमुख दीपकविक्रम शाहले बार्जुकोट दरबारको संरक्षण र प्रवद्र्धन गर्दै पर्यटकीय क्षेत्रमा स्थापित गर्न थालेको बताउनुभयो । नगरपालिका क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण संवद्र्धन तथा प्रवद्र्धन गर्दै उनीहरुलाई पर्यटकीय रुपमा लैजाने गरी योजना बनाउन थालेको नगर प्रमुख शाहले जानकारी दिनुभयो ।
बार्जुकोट दरबार मात्र नभइ यो नगरपालिकाको १ देखि ९ वटै वडामा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको पहिचान गर्दै संरक्षण र संवद्र्धन गर्दै लैजाने नगर प्रमुख शाहको भनाइ छ । बार्जुकोट दरबारमा संग्रहालय बनाउन प्रदेश र सङ्घ सरकारसँग समन्वय गरी आवश्यक बजेटका लागि पहल गर्ने शाहले वाचा दिनुभयो ।
कुँडीकोट संरक्षणको अभाव
बूढीगङ्गा नगरपालिका–१ मा रहेको कुँडीको दरबार जीर्ण बन्दै गएको छ । बार्जकोट दरबारले उक्त क्षेत्रमा राज्य सञ्चालन गर्न बनाएको दरबार अहिले संरक्षणको अभावका कारण जीर्ण बन्दै गएको स्थानीयवासीले बताएका छन् ।
दरबारका मुख्य हकदार राजेशकुमार सिंह सोही नगरपालिका–१ का वडा अध्यक्षसमेत रहेका छन् । उहाँका बुबाले राज्य सञ्चालन गरेको भए पनि उहाँले नै दरबार छोडेर गाउँ बस्न थालेपछि जीर्ण बन्दै गएको बताइएको छ ।
हरेक वर्ष दरबारमा दशमीको दिन राँगा बोका काट्ने र रातभरी मेला लाग्ने भए पनि दरबारको भने संरक्षण नहुँदा जीर्ण बन्दै गएको हो । रातभरी लाग्ने मेलामा खप्तड खेडेदह, त्रिवेणीलगायतका क्षेत्रका स्थानीयवासी जात्रा हेर्न आउने गर्छन् ।
दरबारको अवलोकन गर्न र अवस्था बुझ्नका लागि उक्त क्षेत्रमा लाग्ने जात्रा हेर्नको घुइँचो लाग्ने गर्छ । हरेक वर्ष मेला पर्व मनाउने गरेको भए पनि दरबार भने संरक्षणको अभावमा रहेको स्थानीय समाजसेवी गोकुलबहादुर सिंहले बताउनुभयो । | 2019/12/05 21:49:20 | https://www.aahakhabar.com/news/28849 | mC4 |
सङ्कट मोचन गणेश मन्दिर जो राष्ट्रीय राजमार्ग ५५ को सड़क किनारा रङ्गबुल फाटक मै अवस्थित छ। जसको स्थापना सन् २०११ सालमा स्थानीय रित्विक तामाङले उनको स्वर्गीय पिताको स्मृतिमा निर्माण गरेका हुन्।
मन्दिर परिचालक समितिले सामाजिक जागरूकता कार्यक्रमहरू पनि बेला बेला आयोजन गर्दै आइरहेको छ। आर्थिक विपन्न परिवारलाई भ्याए अनुसार आर्थिक सहयोग पनि गर्दै आइरहेको छ। यसै मन्दिरमा गत १३ सेप्टेम्बरदेखि गणेश चतुर्थी पूजा चलिरहेको छ। आयोजक समितीका सदस्य रूपेश छेत्रीले दिएकोजानकारी अनुसार उक्त पूजा समारोह १३ २२ सेप्टेम्बरसम्म हुनेछ।
हरेक दिन नै पूजा अर्चना, भजन किर्तन बाहेक अन्य कार्यक्रमहरू गरिनेछ। १८ सेप्टेम्बर बिहान दश बजीदेखि पूजा आयोजन स्थलमै निःशुल्क स्वास्थ्य शिविर हुनेछ। ब्लडसुगर, ब्लड हेमोग्लोबिन, मलेरिया, ब्लड सुगर बाहेक अन्य अन्य रोगहरू पनि जचाँउन सकिने समितिले बताएको छ। | OSCAR-2019 |
||
भूकम्पको २० महिनापछि पीडितको घरमा इन्जिनियर - Karobar National Economic Daily
भूकम्पको २० महिनापछि पीडितको घरमा इन्जिनियर
query_builderJanuary 21, 2017 4:13 PM supervisor_accountघनश्याम पौडेल visibility909
अर्घाखाँचीको डिर्भनामा प्रमुख जिल्ला अधिकारी हितको टोली । तस्बिर: घनश्याम पौडेल
सन्धिखर्कः गोरखा भूकम्प गएको २० महिनापछि पीडितहरुको अवस्था बुझ्न इन्जिनियरहरु घर घरमा पुग्न थलेका छन् । अर्घाखाँचीका गाउँगाउँमा ८ जना इन्जिनियर भूकम्पको २० महिनापछि पीडितको लगत सङ्कलनका लागि गाउँ पसेका हुन् ।
उनीहरूले २ महिना गाउँमै बसेर पीडितको तथ्याङ्क सङकलन गर्ने भएका छन् । हरेक इन्जिनियरले भौगोलिक विकटता र सुगमतालाई मध्यनजर राखेर १०२ देखि २८९ घर धुरीको तथ्याङ्क सङकलन गर्नेछन् ।
जिल्लास्थित, राजनीतिक दल, समाजसेवी, शिक्षक तथा सरोकारवाला निकायहरू र पत्रकारसँग सामूहिक छलफल सम्पन्न भइसकेको छ ।
सामाजिक परिचालकहरुलाई २ दिने तालिमपछि फिल्डमा खटाइएको छ । जिल्लास्थित लगत सङ्कलन व्यवस्थापन कार्यालयका अनुसार १७ सय ५९ घरधुरी परिवार भूकम्पपीडितको तथ्याङ्क सङकलन पहिलो चरणमा गरिने भएको हो ।
उक्त तथ्याङक स्थानीय विकास अधिकारीबाट प्रमाणित भई गृहमन्त्रालयमार्फत सूची तयार गरी केन्द्रीय तथ्याङ्क विभागले जिल्लामा पठाएको हो ।
जिल्ला लगत सङ्कलन व्यवस्थापन कार्यालयका इन्टरलोकुटर अधिकृत अवधेश कुमार शुक्लाका अनुसार विभागले पठाएको सूची अनुसार तथ्याङ्क सङ्कलन हुनेछ ।
तथ्याङ्क कार्यालय कपिलवस्तुका प्रमुख शुक्लालाई विभागले ३ महिनाका लागि अर्घाखाँचीमा खटाएको हो । शुक्लाका अनुसार सर्भेयर इन्जिनियरले जिल्लाका भूकम्पपीडितको तथ्याङ्क सङ्कलन गरी केन्द्रीय तथ्याङ्क कार्यालयमा पठाउने बताए ।
भूकम्पपीडितको घरबाट उनीहरूको तथ्याङ्कलाई सिधै केन्द्रीय तथ्याङ्क विभागमा पठाउने व्यवस्था छ । इन्टरेनमार्फत सरकारी एकीकृत टाटा प्रणाली (जीआईडिसी) मा सिधै पठाउन मिल्ने गरी तथ्याङ्क सङ्कलन गरिने सहायक इन्टर लोकुटर रवि श्रेष्ठले बताए ।
भूकम्पपीडितको तथ्याङ्क सङ्कलनका लागि गठित जिल्ला समन्वय समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले आफ्नो उपस्थितमा भएको बैठकमा राजनीतिक दलले सर्भेयर इन्जिनियरलाई दबाब नदिने सहमति जनाएको बताए ।
स्थानीय विकास अधिकारी प्रदीप पौडेलले काममा खटिएका बेला कुनै पनि समस्या र अवरोध आएमा सबैभन्दा पहिले जिल्लाका अधिकारीलाई खबर गर्न अनुरोध गरे ।
जिल्ला विकास समितिका सम्पर्क व्यक्ति नेत्रप्रसाद खनालका अनुसार केही पुराना र नयाँ सर्भेयर इन्जिनियर खटिएका छन् । उनीहरूलाई तथ्याङ्क विभागले तालिम दिइसकेको छ ।
सर्भेयर इन्जिनियरले निजी घरको क्षतिविवरण सङ्कलन, आर्थिक तथा सामाजिक अवस्थाको तथ्याङ्क र विद्युतीय तथ्याङ्कको आधार तयार पार्ने खनालले बताए ।
अन्य जिल्लाको तुलनामा अर्घाखाँचीमा सबैभन्दा पहिले इन्जिनियर खटिएकाले कामले निकै गति लिएको बताइएको छ । फिल्डमा विवाद वा कुनै समस्या परेमा जिल्लास्थित सरोकारवाला निकायसँग छलफल गरी समाधान गर्ने गरिएको छ । | 2017/10/19 05:27:48 | http://www.karobardaily.com/news/71903 | mC4 |
बानेश्वरमा बसेर अस्ट्रेलियाको कार्ड होल्डर हुँ भन्दै २३ वर्षीया रोजिनाले यसरि केटाहरु…… – Khabar Silo
भगवान शिवले बनाएको एउटा अनौठो गुफा र त्यसबारे बारे कैयौ मान्यता प्रचलित छन् । भनिन्छ कि, जसले यो गुफाको सुरुङभित्र जाने कोसिस गर्यो त्यो व्यक्ति फर्केर आउन सकेको छैन । भारतको जम्मु कास्मिरबाट लगभग १४० किलोमिटरको दुरीमा अवस्थित उधमपुर क्षेत्रमा यो गुफा छ। शिवखोडि नामले परिचित यो गुफा भगवान शिवले नै बनाएको विश्वास गरिन्छ।यस गुफामा […]
काठमाडौँ । ज्योतिष शास्त्रमा अंकको ठूलो महत्व छ। अंक अनुसार नै मान्छेको भविष्यबारे बताउँछन् ज्योतिषहरु। विवाहका लागि अंकमिलान एकदमै महत्वपूर्ण मानिन्छ। पछिल्लो समयमा सम्बन्धहरु सहजै विग्न थालेपछि यसको महत्व झनै बढेर गएको छ। जन्मदिनको मुलाङ्क अनुसार कुन केटा केटीको जोडी बन्ने कि नबन्ने निर्धारण गर्छन् ज्योतिषहरुः के हो मुलाङ्क ? कुनै पनि ब्यक्तिको मुलाङ्क उसको […] | 2021/09/27 11:11:36 | https://khabarsilo.com/20530/ | mC4 |
शुक्रबार, साउन ०२, २०७७ | १६:१९:२८ |
रिजल्ट हेर्न तलको लिङ्क क्लिक गर्नुहोस
अजोड इन्स्योरेन्स लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । यस कम्पनीको आईपिओमा २ लाख ७३ हजार जनाले १० कित्ताका दरले हात पारेका छन् भने २ लाख ७३ हजार ४९८ जनाको भने हात खाली भएको छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाटमा शुक्रबार गोलाप्रथाका माध्यमबाट आइपीओ बाँडफाँट गरिएको हो । कम्पनीको साधारण शेयरका लागि ५ लाख २ हजार २९८ जनाले १ करोड ८१ लाख ६३ हजार ९९० कित्ताका लागि आवेदन परेको क्यापिटलले जनाएको छ । | 2021/09/25 02:43:25 | https://onlinearthik.com/2020/07/1109/ | mC4 |
रारा पुगेपछि कोमललाई फर्किन मन लाग्दैन - Digital Khabar – डिजिटल खबर
Home / कुराकानी / रारा पुगेपछि कोमललाई फर्किन मन लाग्दैन
रारा पुगेपछि कोमललाई फर्किन मन लाग्दैन
भाद्र १६, २०७२- गायिका कोमल अोलीलाई सलमान खान मनपर्छaन् । उनको अभिनय भन्दा पनि हकी स्वभावले कोमललाई उनको प्रशंसक बनाएको हो । रारा ताल, सि फुड र आइफोन पनि उनलाई मनपर्ने कुरा हुन् । कोमललाई अरु के-के मनपर्छन् ?
नेपालको रारा तालमा दुईपटक मात्रै गएकी छु। फेरि जाने धोको छ। त्यहाँ राजा महेन्द्रले बनाएको अप्सरा किनारा भन्ने ठाउँ निकै मनमोहक लाग्छ। त्यो ठाउँ पुगेपछि फर्किनै नपरे 'नि हुन्थ्यो जस्तो लाग्छ।
त्यति चुजी छैन। भोक लागे जे पनि खाइदिन्छु। तर, स्वादकै कुरा गर्ने हो भने इटालियन फुड मन पर्छ। खास गरी पिज्जा, पास्ता, सी फुडले लोभ्याउँछ। प्राय: विदेश गएको बेला यिनै परिकार खाने गर्छु। दालभात त सदाबहार नै भइहाल्यो।
अल्कोहल कहिल्यै खाँदिनँ। ८ कक्षा पढदा जाँड चाखेकी थिएँ। त्यसपछि मेरो मन नै फर्किएन। जुस र पानी प्रशस्त पिउँछु।
मदन पुरस्कार प्राप्त साहित्यिक कृति नछुटाई पढ्ने गर्छु। पछिल्लो समय अमर न्यौपानेको 'सेतो धर्ती' उपन्यास निकै मन परेको थियो। संगीतसँग सम्बन्धित साहित्यमा पनि रुचि राख्ने गर्छु।
थुप्रै छन्। सिद्धिचरण श्रेष्ठ, डायमनशम्शेर, तुलसी दिवस, युवराज घिमिरे मन पर्ने मध्येमा पर्छन्।
कथावस्तुमा भरपर्छ। 'कान्छी', 'जीवन रेखा', 'चिनो' पुरानामध्ये निकै मन पर्ने फिल्म हुन्।
अभिनेतामा बलिउडका सलमान खान सदाबहार हुन्। उनको हक्की स्वभावले मन छुन्छ। अभिनेत्रीमा बलिउडकै सुस्मिता सेन। उनको पर्सनालिटी र प्रस्तुति दुवै मन पर्छ।
'म त खाँदिनँ कुवाको पानी…', 'मै छोरी सुन्दरी…', 'आमा रुँदै गाउँबेसी मेलैमा…' जस्ता लोकगीत सुन्दै हुर्किएकी मलाई यस्तै गीत मन पर्छ। समयसापेक्ष नयाँ गीतहरू पनि राम्रा छन्।
निकै रिस्की प्रश्न हो यो। तर, पुरानो पुस्तामा धर्मराज थापा, गणेश रसिक, हिरण्य भोजपुरे राम्रा गायक हुन्। गायिकामा बिमाकुमारी दुरा, हरिदेवी कोइरालाको स्वर लोकगीतमा सदाबहार लाग्छ।
आइफोनले मन चोरेको छ। डाउनलोड गर्न अलि गाह्रो लाग्छ, तर पनि यही मन पर्छ। सामाजिक सञ्जालमा तुरुन्तै आफ्ना गतिविधि दर्शकमाझ पुर्याउनुको मज्जै बेग्लै।
नेपालमा उत्कृष्ट…
सुन्दरता वास्तवमा हो…
२३ मा आलिया
'म महिलावादी हैन'
Related ItemsBusinessdigital khabarEntertainmentFilmGlamourInternationalModelsmoviesNationalNepalNewsWorld | 2019/01/18 21:47:14 | http://digitalkhabar.com/dk/?p=21579 | mC4 |
रोल्पामा २०५ जनामा कोरोना संक्रमित पुष्टि, एकजनालाई हेलीबाट काठमाण्डौ लगियो – रोल्पा समाचार
२०७८ बैशाख २९, बुधबार ०४:१० गते
रोल्पा समाचारदाता on २०७८ बैशाख २९, बुधबार ०४:१० गते
कोरोनाको दोस्रो चरणको लहर नेपालमा तीव्र रुपमा फैलिएको बेला रोल्पा जिल्लामा २०५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय रोल्पाले दिएको जानकारी अनुसार बैशाख २८ गतेसम्ममा २०५ जनामा पुष्टि भएको जनाइएको हो ।
मंगलवारसम्मको रिपोर्ट अनुसार ४७१ जनाको पी.सी.आर. परिक्षण गर्दा १२४ जनामा संक्रिमत पुष्टि भएको हो । यस्तै २११ जनामा एन्टीजेन्ट परिक्षण गर्दा ९२ जनामा संक्रिमत पुष्टि भए संगै रोल्पा जिल्लामा २०५ जना सक्रिय संक्रमित रहेको जिल्ला प्रशासन कार्यालय रोल्पाले बताएको छ । संक्रमितहरु १८३ जना होम आइसोलेशनमै रहेका छन् भने जिल्ला अस्पताल रेउघामा १७ जना र रोल्पा जिल्लाका विभिन्न आइसोलेशनमा ५ गरी २१ जना उपचारमा रहे पनि ति संक्रमितहरुको अवस्था समान्य एवं सुधार उन्मुख रहेको प्रशासन कार्यालय रोल्पाले बताएको छ । जिल्लामा ७६ बेड संख्या रहेको छ । रोल्पा जिल्लामा अक्सीजनको संख्या ८ र १८ वटा एम्बुलेन्स जिल्ला भित्र रहेको बताइएको छ ।
रोल्पा अस्पतालका सूचना अधिकारी कुलबहादुर डाँगीले रोल्पा जिल्लामा आइतबार नै एक जना विरामीलाई हिलिकप्टरबाट थप उपचारका लागि काठमाण्डौँ लगिएको बताउँदै विरामी भए पनि एन्टीजेन किट नभएकोले चेक भन्दा उपचारमै ध्यान दिनु पर्ने बताउनुभयो ।
एन्टीजेन परिक्षण किटको नभएपछि चेक नै नगरी उपचार गर्न वाध्यछन् स्वास्थ्यकर्मीहरु
पोबाङ स्वास्थ्य चौकी १५ शैयाको अस्पताल
Author रोल्पा समाचारदाताPosted on २०७७ आश्विन १४, बुधबार १२:५१ गते
पोबाङ स्वास्थ्य चौकी १५ शैयाको अस्पतालजुनिस कुमार बिष्टअसोज १४ गते (पोबाङ) रोल्पा । रोल्पा, सुनछहरी गाउँपालिका–५ नं. वडा पोबाङ स्थित स्वास्थ्य... | 2021/07/27 11:12:34 | https://rolpasamachar.com/samachar/8654/ | mC4 |
परिवार दलको अध्यक्षमा पुनः ढकाल निर्वाचित (नामावलीसहित)
यसैगरी, महाधिवेशनबाट ८५ जना केन्द्रीय सदस्य चयन गरिएको छ भने भौगोलिक तथा समावेशी समूहबाट ४ जना मनोनित गरिने जनाइएको छ ।
काठमाडौं । नेपाल परिवार दलका तेस्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पुनः एकनाथ ढकाल निर्वाचित भएका छन् ।
शनिबार सुरु महाधिवेशन अध्यक्षमा ढकाललाई निर्वाचित गर्दै आईतबार सकिएको छ । 'सबैखाले विभेदको अन्त्य गरौँः सुःसंस्कृत, समृद्ध र समावेशी नेपाल निर्माण गरौँ' भन्ने नारा तय गरेको महाधिवेशनले नयाँ नेतृत्वसँगै नयाँ राजनीतिक प्रतिवेदनसमेत पारित गरेको छ ।
महाधिवेशनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र संविधान सुधार आयोग लगायतको बिषयलाई पारित गरेको छ ।
महाधिवेशनबाट थलिएको नेपाली अर्थतन्त्रलाई माथि उकास्न विज्ञहरु सम्मिलित एक राष्ट्रिय अर्थ व्यवस्था विकास आयोग गठन गर्न संविधानलाई सर्ब स्वीकार्य बनाउन नेपाली उत्पीडित समूदायको हक अधिकार थप सुनिश्चित गर्न आवश्यक पर्ने सुधारको लागि संविधान सुधार सिफारिस आयोग गठन गर्नुपर्ने बिषय पारित गरेको छ ।
महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षद्वय विनोद डाँगी तथा गणेशकुमार श्रेष्ठ, महामन्त्रीद्वय सन्तोषकुमार पौडेल र प्रकाशबाबु थापा तथा सह–महामन्त्रीमा मिलनकुमारी राजवंशी, रुपसिँह भण्डारी, मनोजकुमार सुर्खेती, अब्दुलकैयुम शाह, अशोककुमार चौधरी, कोषाध्यक्ष गोविन्दनाथ मिश्र, सहकोषाध्यक्ष बुद्धिमाया पुनमगरलाई चयन गरेको छ ।
नवनिर्वाचित अध्यक्ष ढकालले संविधान निर्माणपछिको पहिलो दशकलाई आर्थिक क्रान्तिको दशक' घोषणा गर्दै तराई मधेशका बासिन्दाको हितलाई ध्यानमा राखी विशेष आर्थिक प्याकेज सञ्चालन गर्ने संविधान गतिशील दस्तावेज भएकाले समयानुकूल र जनआकांक्षा अनुरूप संशोधन गर्दै लैजानुपर्नेमा जोड दिएका छन् ।
महाधिवेशनले राजनीतिक तथा आर्थिक प्रतिवेदन पारित गरेको छ । काठमाडौंमा भएको महाधिवेशन मंगलबार पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । एमाले अध्यक्ष ओलीद्वारा सहकार्य गर्न परिवार दलसँग आव्हान गरेका छन् ।
महाधिवेशनमा बोल्दै परिवार दल विकासप्रेमी र शान्तिवादी पार्टी भएकाले एमालेले विगतमा पनि सहकार्य गरेको स्मरण गर्दै अगामी दिनमा पनि सहकार्य हुनेमा जोड दिए । थप उचाई र फराकिलो सोचका साथ सहकार्य गर्न आव्हान गर्दै छोटो समयमा परिवार दलले देशव्यापी रुपमा संगठन विस्तार गर्न सफल भएकोमा बधाई दिए । अध्यक्ष ओलीले अहिले न्यायालयमा भईरहेको आन्दोलनको औचित्य नभएको पनि स्पष्ट पारे ।
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले परिवार दलले मूल्य र मान्यताको राजनीतिक गर्ने पार्टी भएको बताउँदै परिवार दलले नेपाली राजनीतिमा शान्तिको सन्देशको प्रवाह गरेको बताए । | 2021/12/07 08:57:08 | https://www.capitaldainik.com/politics/17374 | mC4 |
हामी सबैको पोखरा न्युज अफ पोखरा : Sports
एन्फा अध्यक्ष शेर्पालाई शितल ज्याति क्लबद्धारा सम्मान-Sports News
पोखरा २७ बैशाख ।
अखिल नेपाल फुटबल सँघका नबनिर्बाचित केन्द्रीय अध्यक्ष कर्मा छिरिङ शेर्पालाई पोखरा लेखनाथ महानगरपालिका –१२ मा सक्रिय रहेको शितल ज्याति युवा क्लबले एक औपचारिक कार्यक्रमका बिच सम्मान गरेको छ ।
बिहिबार सम्पन्न परिचय तथा सम्मान कार्यक्रममा क्लबका अध्यक्ष तथा पदाधिकारीहरुद्धारा खादा, फुलकोगुच्छा सहित मायाको चिनोले शेर्पालाई सम्मान गरेको हो ।
सोही अबसरमा बोल्दै शेर्पाले संस्थामा एकात्मक तवरबाट हालीमुहाली रहेको नेतृत्वको शुद्धिकरण गर्न सफल भएको बताए । उनले अब सिङ्गो फुटबल क्षेत्रमा परिबर्तन हुने बताउदै खेलकुद जगतमा बिकासले गति लिने बताए । उनले भने "पोखरा आफैमा स्तरिय खेलाडी उन्पादन गर्न सक्ने ठाउँ हो, तर राम्रा राम्रा एकेडेमीको अभाबका कारण तुलनात्मक रुपमा गुणस्तरिय खेलाडी बाहीर निस्कन सकेका छैनन् ।"
उनले यथाशिघ्र ए डिभिजन लिग तथा ग्रासरुट लेभलका फुटबल प्रतियोगिताहरु छिट्टै आयोजना गर्ने बताउदै पोखरा क्षेत्रमा ५ देखी ७ वटा सम्म फुटबल ट्रेनिङ सेन्टर स्थापनाका लागी केन्द्रबाटै पहलकदमी थाल्ने प्रतिबद्धता समेत जनाएका थिए ।
परिचय तथा सम्मान कार्यक्रममा शितल ज्याति युवा क्लबका पदाधिकारी तथा साधारण सदस्यहरु, एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ, उपाध्यक्ष ईश्वर गुरुङ (चन्द्र) सदस्य नर बहादुर गुरुङ, टोल बिकास संस्थाका प्रतिनिधीहरु, आमा समुहका पदाधिकारीहरु, वडाबासीहरु तथा सामुदायिक प्रहरी सेवा केन्द्र माटेपानीका अध्यक्ष लगायतको उपस्थिती रहेको थियो ।
क्लबका अध्यक्ष सन्तोष गुरुङको सभापतित्वमा सम्पन्न सम्मान कार्यक्रमको सञ्चालन सचिब पुर्ण गुरुङले गरेका थिए ।
Labels: international, Kathmandu, National, National News, Nepal, News, Pokhara, Sports
भिमकाली कपमा दोस्रो चरणका खेल जारी
पोखरा २१ बैशाख ।
पोखराको पुरानो टुडिखेलमा जारी दोस्रो भिमकाली सेभेन ए साईड कपमा शुक्रबार सम्पन्न दोस्रो चरणको खेलबाट के.बि गाईज, रि युनाईटेड, आयोजक टिम "ए", रत्न समाज, लेकसाईड फुटबल क्लब, गौरी युनाईटेड, ए.वाई.सि भण्डारढिक र डिफेण्डिङ च्याम्पियन दिप युनाईटेड बिजयी भएको छ ।
शुक्रबार टुडिखेल भेट्रान्स र के.बि गाईज बिच भएको पहिलो खेल १–१ को बराबरीमा सकिएपछि ट्राईबेकरमा ३–१ गोल अन्तरले हराउदै के.बि गाईज तेस्रो चरणमा प्रबेश ग¥यो ।
दोस्रो खेलमा शितल ज्योति फुटबल क्लबलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै रि युनाईटेडले तेस्रो चरणको लागी स्थान बनायो ।
प्रतियोगिताको तेस्रो खेलमा सबिन मेमोरियललाई ५–२ गोलको नतिजा सँगै पराजित गर्दै आयोजक टिम ए बिजयी भयो । आयोजक टिमको जितका लागी रञ्जन पुनले ह्याट्रिक गर्न सफल भए । त्यसैगरी चौथो खेलमा समर जुनलाई १–३ को गोल अन्तरले रत्न समाजले पाखा लगायो ।
प्रतियोगिताको पाँचौ खेलमा लेकसाईड फुटबल क्लबले घान्दु्रक फुटबल क्लबलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गर्यो । लेकसाईडको जितमा सुनिल बिकले ह्याट्रिक गरे ।
छैटौं खेलमा गौरी युनाईटेडले याम्दी फुटबल क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै तेस्रो चरणका लागी स्थान बनायो ।
एल्सन गेम जोन र ए.वाई.सि बिच भएको सातौ खेल २–२ को बराबरीमा सकिएपछि ट्राईबेकरमा ४–३ को गोल अन्तरले हराउदै ए.वाई.सि तेस्रो चरणमा प्रबेश गर्यो ।
त्यसैगरी डिफेण्डिङ च्याम्पियन दिप युनाईटेड र बिटि रेड बिच भएको अन्तिम खेल निर्धारित समयमा गोलरहित भएपछि ट्राईबेकरमा ६–५ को गोल अन्तरले डिफेण्डिङ च्याम्पियन दिप युनाईटेड बिजयी भएको खेल संयोजक मनोज श्रेष्ठले जानकारी दिए । उनका अनुसार शनिबार पनि दोस्रो चरण अन्तर्गतकै ८ खेल सञ्चालन हुनेछन ।
Labels: international, National News, Nepal, News, Pokhara, Sports
पोखरा २० बैशाख ।
पोखराको पुरानो टुडिखेलमा जारी दोस्रो भिमकाली सेभेन ए साईड कपमा बिहिबार सम्पन्न पहिलो चरणको खेल अन्र्तगत बिष्णु पादुका क्लब, बि.वाई.सि बसपार्क, पसगाउँ फुटबल क्लब, मर्निङ गाईज र फेवा युवा क्लब बिजयी भएको छ भने दोस्रो चरण अन्तर्गतको खेलमा दिप युनाईटेड, एल जि एसोशियसन र तारा फुटबल क्लब टिम "ए" बिजयी भएको छ ।
पुरानो टुडिखेलमा सम्पन्न पहिलो खेलमा तारा फुटबल क्लब टिम "बि" लाई २–१ को गोल अन्तरले हराउदै बिष्णु पादुका क्लब अघिल्लो चरणमा प्रबेश गर्यो ।
प्रतियोगिताको दोस्रो चरणको पहिलो र आजको छैटौ. खेलमा दिप युनाईटडले डाडाँ फुटबल क्लबलाई १३–१ को फराकिलो गोल अन्तरले पराजित ग¥यो । दिप युनाईटडको जितमा स्तेफेनले सर्बाधिक ७, होलयाण्डले ४ र पेम्बा नर्बु लामा तथा बिबेक गुरुङले समान १/
१ गोल गरे ।
Labels: Local, National News, Nepal, Nepal Problems, Pokhara, Sports
आठौ राष्ट्रपति रनिङ्ग शिल्ड जारी आठ सय मिटरमा पवन र जमुनालाई स्वर्ण Sports News Pokhara
पोखरा, बैशाख १६ गते
कास्की जिल्ला स्तरीय आठौ राष्ट्रपति रनिङ्ग शिल्ड विद्यालय खेलकुद प्रतियोगिता अन्र्तगत रगंशालामा विहिबार सम्पन्न ८ सय मिटर छात्र÷छात्रा दौडमा सैनिक आवासिय माविका पवन श्रेष्ठ र गौरिशंक माविकी जमुना कुँवरले स्वणपदक जितेका छ । पोखरा रगंशालाको एथलेटिक्स ट्रयाकमा भएको दौडमा छात्र तर्फ गण्कडी आवासियका सम्मर ढकालले रजत जिते भने मेश्रमबराह माविका सचिन गुरुङले कास्यपदक जिते । छात्रा तर्फ भद्रकाली उच्च माविकी सुजाता रानामगरले रजत र गौरीशंक माविकी ओममाया खगाने मगरले कायस्पदक प्राप्त गरिन् । त्यस्तै एक सय मिटर छात्रा दौडमा टप्स उच्चमाविकी शशी चौधरीले स्वण हात पारिन भने छोरेपाटन उच्च मावीकी गोम वि.कले रजत र कास्की मोर्डनाइजकी सृजना क्षेत्रीले कास्य पदक जितिन् । छात्र तर्फ गण्डकी आवासीयका विकास कुमार शाहले स्वर्ण जिते, सैनीक आवासीयका सिद्धान्त काकीले रजत र हेमजा बोर्डिङका सागर नेपालीले कास्यपदक हात पारे ।
जापानमा ड्याम साईड क्लब विजयी -Pokhara-News-Japan
पोखरा, १५ मंसीर
जापानमा आयोजना हुदै आएको फेडेरेशन रनिङकप फुटवल प्रतियोगिताको उपाधी ड्याम साईड क्लवले हात पारेको छ ।
आईतवार सिनकिवास्थित स्टेडियममा भएको प्रतियोगितामा घान्द्रुक समाजलाई ६–३ गोल अन्तरले पराजित गर्दै ड्याम साईडले उपाधी जितेको हो । फाईनल भिडन्तमा नेपाली राष्ट्रिय टोलीका पुर्व खेलाडी विसन गौचन तथा स्ट्राईगर सन्तोष साहुखलको जोडीले खेललाई नियन्त्रणमा राखेको थियो । सेमी फाईनलमा ड्याम साईड क्लबले शुभराशी क्लव तथा घान्द्रुकले दुई पटकको उपाधी विजेता दीप युनाईटेडलाई हराउदै फाईनल पुगेका थिए ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी विसन गौचन, उत्कृष्ट गोल किपर डयाम साईडकै नवीन महर्जन, उच्च गोलकर्ता घान्द्रुकका शंकर श्रेष्ठ, उत्कृष्ट रक्षक घान्द्रुककै हिरोसीले दश/दश हजार नगद पुरस्कार हात पारेका थिए ।
विकाश र अनिल आरएमसी पोखरा ओपन टेनिसको उपाधीका लागि भिड्ने-News-Pokhara-Nepal Tennis
जेष्ठ २२, पोखरा
विकाश गुरुङ्ग र अनिल शाहि पोखरा रंगशालामा जारी आरएमसी पोखरा ओपन टेनिस प्रतियोगिताको उपाधीका लागि भिड्ने भएका छन् । शुक्रबार भएको सेमिफाइनलमा विकासले नविन रानामगरलाई तथा अनिलले धरमसिंह लामिछानेलाई पराजित गर्दै उपाधी भिडन्त निश्चित गरेका हुन् । प्रतिस्प्रधात्मक खेलमा विकासले नविनलाई ६–१,६–७ र सुपरटाईमा १०–५ ले पराजित गरेका थिए । त्यसअघि भएको पहिलो सेमिफाइनलमा अनिलले धरमलाई ६–१, ६–४ को सोझो सेटमा पराजित गर्दै फाइनल पुगेका हुन् ।
नौ वर्षदेखि टेनिस खेल्दै गरेका विकासले यसअघि लेकसाइडको गुरुङ्ग भिलेज टेनिस कोर्टमा दशै कपको उपाधी जितेका थिए । सोही कोर्टमा सम्पन्न ओम फ्यामिली कपमा पनि उनी उपविजेता बनेका थिए । गत महिना भुकम्प प्रभावितहरुको सहयोगका लागि पस्र्याङ्गमा सम्पन्न प्रतियोगितामा पनि उनी सेमिफाइनल पुगेका थिए । त्यसैगरि हेटौडामा सम्पन्न सामरि ओपन राष्ट्रिय टेनिस प्रतियोगितामा ३५ वर्ष माथिको एकलमा सेमिफाइनल पुगेका थिए । त्यसैगरि दार्जलिङमा भएको अन्र्तराष्ट्रिय टेनिस प्रतियोगितामा पनि क्वाटरफाइनल सम्म पुगेका थिए । अर्का प्रतिस्पर्धी अनिल शाहिले भने पोखरामा भएका प्रतियोगिताका विभिन्न ११ वटा टाइटल जितिसकेका छन् । उनी हाल पोखराको शिर्ष बरियता खेलाडी हुन् ।
मेन्स सिंगल्सको 'बि' क्याटोगोरीतर्फ उपाधीका लागि लोक गुरुङ्ग र प्रदिप खड्का आमने सामने हुनेछन् । स्काइ माउण्ट टेनिस क्लवको आयोजनामा भएको प्रतियोगिता अन्र्तगत मेन्स डबल्सको उपाधी शक्ति शर्मा र शरण गुरुङ्गको जोडिले जितेको छ । धरमसिंह लामिछाने र गोपीबहादुर भट्टराईको जोडिलाई ६–३, ६–२ को सोझो सेटमा पराजित गर्दै शक्ति शरण जोडिले सो उपाधी रक्षा गरेको हो । प्रतियोगितामा दुईवटा उपाधी जित्ने क्रममा शरणले नविन श्रेष्ठसंगको जोडिबाट मेन्स डबल्स 'बि' क्याटोगोरीको उपाधीपनि जिते । शरण र नविनको जोडिले पृथ्वीमान गुरुङ्ग र प्रदिप खड्काको जोडिलाई ६–३, ३–६ र १०–५ को सेटमा जित हाँसिल गर्दै उपधीमाथि कब्जा जमाएका हुन् ।
प्रतियोगिताको फाइनल खेल शनिबार बिहान हुने प्रतियोगिता संयोजक राजेन्द्र प्रसाद घिमिरेले जानकारी दिए । प्रतियोगितामा एकलतर्फको विजेताले नगद १० हजार र उपविजेताले ५ हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन् भने अन्य इभेण्टका विजेताले नगद ५ हजार र उपविजेताले ३ हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन् ।
Let's go Pokhara-Nepal-Pokhara is the most famous tourist place in Nepal
Let's go Nepal-जाउ है नेपाल घुम्नलाई
Let's go Pokhara-जाउ है पोखरा घुम्नलाई
Pokhara is the most famous tourist place in Nepal, and is the 2nd largest city, a valley, after Kathmandu, the capital. Pokhara is the city.
Adventure Sports in Pokhara Nepal-
One of the must visit places during your Holidays
पोखरा किन घुम्नै पर्ने ठाऊ हो
Bungee Jump,Zipflyer,Paragliding,Rafting,Ultralight, and Canoeing
Zipflyer Pokhara Nepal
Bungee Pokhara Nepal
Rafting Pokhara Nepal
Canoeing Pokhara Nepal
Ultralight Pokhara Nepal
Labels: international, National, National News, Nepal, News, Pokhara, Sports, Tourism
अन्तरलायन्स फूटवलको उपाधि यस बर्ष पनि आयोजक पिससिटिलाई
५,असोज ७ ,पोखरा
पोखरामा सम्पन्न अन्तरलायन्स फुटवल प्रतियोगिताको उपाधी यस बर्ष पनि आयोजक पिससिटिले उचालेको छ ।
पोखराको बगर स्थित पुराँनो टुँडिखेलमा आज सम्पन्न फाईनल प्रतिस्पर्धामा लायन्स क्लब अफ पोखरा मुनाललाई ४–० गोल अन्तरले हराउँदै पिससिटिले उपाधी चुमेको हो । प्रतियोगितामा लायन्स क्लब अफ पोखरा मुनाल उप–विजेता भयो भने लायन्स क्लब अफ पोखरा माछापुच्छ्रे र ताल बाराहि क्रमश ः तृतिय र सान्तोना भयो ।
प्रतियोगितामा प्रथम,द्धितिय र तृतिय क्लबले क्रमश २५ हजार ५ सय ५५,१५ हजार ५ सय ५५ र ५ हजार ५ सय ५५ रुपयाँ नगदको साथमा मेडल ,ट्रफि र प्रमाणपत्र प्राप्त ग¥यो ।
प्रतियोगितामा अनुशासित टिम लायन्स क्लब अफ पोखरा फिस्टेल सिटि घोषित भयो । त्यसैगरी उत्कृष्ट ड्रेस र अधिक सदस्य उपस्थितिको उपाधी लायन्स क्बल अफ अन्नपुर्ण र मुनाल प्राप्त गर्न सफल भयो ।
५ दिन सम्म चलेको सो प्रतियोगितामा सर्बाधिक गोलकर्ता,उत्कृष्ठ गोल रक्षक,उत्कृष्ठ खेलाडीहरु आयोजक क्लब पिससिटिकै शैलेस रायमाझी,समुन्द्र देवकोटा र बलराम केसी भए । आज नै विजयी क्लब तथा खेलाडीहरुलाई लायन्स क्लब अफ पोखराका संस्थापक अध्यक्ष शिक्षा विद् जोर्ज जोनले पुरस्कार वितरण गर्नुभएको हो ।
फाईनल खेल पछि आज आयोजित पुरस्कार वितरण तथा समापन समारोहमा बोल्दै क्लब अफ पोखराका संस्थापक अध्यक्ष शिक्षाविद् जोनले पोखराकै ईतिहासमा लायन्स क्लब अफ पोखरा पिससिटिले आयोजना गरेको क्रमश उदाहरणीय भएको वताउनुभयो । सेवाको भावनाले स्थापना भएका लायन्स क्लबहले गरेको कामहरु समाजमा अनुकरणीय हुनुपर्ने उहाँले जोड दिनुभयो ।
त्यसैगरी कार्यक्रममा बोल्दै विशेष अतिथि पोखरा उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत झलकराम अधिकारीले लायन्स क्लबहरु सेवा गर्ने उद्देश्यले गठन भएकाले सेवामुलक काममा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सोहि समारोहमा बोल्दै लायन्स क्लब ईन्टरनेशनल ३२५ वि वान का सेकेन्ड फाईस डिष्ट्रिक गर्भनर लायन धुर्वबहादुर थापाले सेवाको पवित्र भावना राखेर गठन भएका लायन्स क्लबहरुले गर्ने यस्ता कार्यहरुले सेवा गर्ने भावनालाई अभिबृद्धि गर्ने वताउँदै यस्ता कार्यक्रमहरुले निरन्तरता पाउनु पर्ने जोड दिनुभयो ।
त्यसैगरी फोर्ड गाडीको अधिकृत बिक्रेता अटो भन्चर प्रालि पोखराका अध्यक्ष विन्दुकुमार थापाले खेल जिवनकोलागि महत्वपूर्ण भएकाले यसरी हुने कार्यक्रमले हामिलाई स्वाथ्य राख्न पनि सहयोग पु¥याउने वताउनुभयो ।
क्लबका अध्यक्ष प्रसान्तराज धमलाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रतियोगिता संयोजक सुदिपराज ढुङ्गाना र सचिव टंकराज अधिकारीले पनि बोल्नु भएको क्लबका संचार निर्देशक उत्तम पण्डितले जानकारी दिनुभयो ।
राष्ट्रिय तेक्वान्दो महोत्सव पाल्पामा-National Taekwondo Festival in Palpa
पाल्पा– नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघको आयोजना यही भदौ २८ र २९ गते तानसेनमा 'राष्ट्रिय तेक्वान्दो महोत्सव' हुने भएको छ । तेक्वान्दोका जन्मदाता स्व.जनरल चोई होङ्ग हीको स्मृतिमा आठौं जनरल चोइ स्मृति आइटिएफ तेक्वाण्डो महोत्सव गर्न लागेको हो ।
नेपाल आइटिएफले चोइको स्मृतिमा हरेकवर्ष प्रतियोगितात्म महोत्सव गर्दै आएको छ । पाचै विकास क्षेत्रको ३० जिललका ८१ क्लव साथै विभागीय टोलीको सहभागीता रहने छ । पाल्पा आइटिएफएको व्यवस्थापन र नेपाल आइटिएफले तानसेनमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता मुल आयोजक समितिका संयोजक रेवतबहादुर रानाले महोत्सवमा महासंघसंग आवद्ध देशभरका क्लव, डोजाङ्ग, स्कुल दुई विभागीय टोली एपिएफ र नेपाली सेनाबाट सहभागीता हुने बताए । स्पारिङ्ग, प्याटर्न, सेल्फ डिफेन्स, स्पेशयल टेक्निक, पावर ब्रेकिङ्ग गरी आइटिएफ तेक्वान्दोका पाच विद्या प्रतिस्पर्धा हुनेछ । जसमा १ सय ४ स्वर्ण र रजत र १ सय ४० कास्य गरी जम्मा ३ सय ४८ पदकका लागि झण्डै ६ सय ५० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
आइटिएफका महासचिवसमेत रहेका रानाले १८ वर्षदेखि ३९ वर्षसम्मको सिनियरतर्फ महिला तथा पुरुष, १४ वर्षदेखि १७ वर्षसम्मको जुनियरतर्फ महिला पुरुषको स्पर्धा हुने बताए । यस्तै १४ वर्षमुनिका बालबालिकाहरुको व्ल्याक वेल्ट तथा करण वेल्टहरुको छुट्टाछुट्टै क्याटगोरी प्रतिस्पर्धा गर्न मिल्नेगरी प्रतियोगिता आयोजना गरिएको उनले बताए । एकल स्पारिङ्ग तर्फ ३६ क्याटेगोरी हुनेछ । जसमा महिला, पुरुष र बालबालिका हुनेछन् । एकल प्याट्रनमा ३२ क्याटोगोरी, समूहगत प्याट्रन चार क्याटोगोरी हुनेछ । आयोजकका अनुसार पावर बे्रकिङ्ग दुई, स्पेसल टेक्निक दुई, सेल्फ डिफेन्स दुई क्याटोगोरी हुनेछ । प्रतियोगितामा झण्डै १० लाख खर्च हुने अनुमान आयोजकको छ । जिल्ला अध्यक्ष निरबहादुर सारुले पर्यटकीय नगरमा राष्ट्रिय प्रतियोगिता सम्पन्न गर्न पाउदा जिल्लाकै गौरव बढेको बताए ।
Labels: National News, Nepal, News, Sports
MEXICO VS SOUTH AFRICA (11 JUNE, 2010)
South Africa sends the host nation's fans into frenzy when winger Siphiwe Tshabalala gives the team a 1-0 lead against Mexico in the 55th minute in the World Cup's opening match. A good passing move in midfield by South Africa led to Tshabalala breaking free down the left wing. He surged forward and was left one-on-one with the Mexico goalkeeper. The stadium erupted into cheers and the vuvuzelas reached record volume when his high shot landed in the net. Mexico, after a bright first half, picked up the pace again, but had not been able to break through the South Africa defense by the 75th. Giovani Dos Santos had two chances to equalize about five minutes after South Africa's goal. Match between Mexico and South Africa was interesting. In first 45 minutes they ended in goal less draw. They both have huge opportunities but they could utilize them. In the second half RSA took the lead over North American but after some minutes Mexican equalizes. They shares 2 goals.
भारत बाहिरियो
पूर्व विजेता भारत वेष्ट इन्डीजमा जारी आईसीसी ट्वान्टी ट्वान्टी बिश्व कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियागिता अन्तर्गत गएराति भएको खेलमा वेष्ट ईन्डीजसँग १४ रनले पराजित भएपछि भारत प्रतियोगिताको अन्तिम आठबाटै बाहिरिएको हो । सुपर एटको पहिलो खेलमा भारत अष्ट्रेलियासँग पराजित भएको थियो । किङसटन ओभल बार बाडसमा घरेलु टोलीद्वारा प्रस्तुत १ सय ७० रनको विजय लक्ष्य पछ्याएको भारत निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदा १ सय ५५ रनमै समेटिएको थियो । भारतका लागि सुरेश रैनाले सर्वाधिक ३२ तथा कप्तान महेन्द्र सिंह धोनीले २९ रनको योगदान गर्न बाहेक अन्य कुनैपनि ब्याट्सम्यानहरुले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । यूसुफ पठान १७, गौतम गाम्भीर १५, हर्वजन सिंह १४ तथा युवराज सिंह १२ रनमा आउट भए । यस अघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको वेष्ट ईन्डीजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै भारतसामु १ सय ७० रनको बिजय लक्ष्य पेश गरेको थियो । वेष्ट ईन्डीजलाई सम्मान जनक योगफलमा पुयाउन क्रिस गईलले सर्वाधिक ९८ रनको योगदान गरेका थिए । यस्तै सिभनारायन चन्द्रपउलले २३, ड्यारेन स्वामीले १९ तथा किरोन पोलार्डले १२ रनको योगदान गरेका थिए । प्रतियोगिता अन्तर्गत गए राति नै भएको सुपर एटको अर्काे खेलमा अष्ट्रेलियाद्वारा श्रीलंका ८१ रनले पराजित भएको छ । जितबाट अष्ट्रेलियाको सेमिफाईनल प्रवेशको सम्भावना बलियो बनेको छ । प्रतियोगिता अन्तर्गत आज साबिकको बिजेता पाकिस्तान र दक्षिण अफ्रिका तथा इङल्याण्ड र न्युजिल्याण्ड भिड्ने छन् ।
मोटरसाइकल र्याली
आहा गोल्डकपको आठौ सस्करण शुरु हुन एक दिन बाकि रहदा आयोजक सहारा क्लवले प्रचार प्रसारको लागि पोखरामा सोमवार आयोजना गरेको तस्बिर- सुदर्शन रञ्जित
Paragliding Nepal in 1995-96
Paragliding was introduced into Nepal in 1995-96 when some foreign visiting pilots decided to explore flying possibilities around the Pokhara valley. The sport with its self advertising nature soon charmed the country 'advertising' and has gained enormous popularity since.More to the point, Nepal's vast and diverse geographic features offer a variety of sites and absolute flying cnditions,almost anythings a para glider pilot could wish for. A paragliding trip in Nepal takes you over some of the best scenery on earth,as you share airspace with Himalayan griffin vultures,eagles,kites and float over mystery shrouded monasteries,ancient temples ,beautiful turquoise lakes,raging rivers,exotic jungles and old villages with a fantastic view of majestic Himalaya. Pokhara is the most celebrated destination for paragliding in Nepal and is fast attaining world recognition.The beautiful city at the foot of the Annapurna Himalayan gives of opportunity for a commanding aerial view of the Annapurna range that compries 3 of the 10 highest peaks in the world-Dhaulagiri, Annapurna ,Manasulu,all over 8000m. | 2022/05/18 18:50:54 | https://www.rajeshlamsal.com.np/search/label/Sports | mC4 |
नेपाल एकीकरणको ऐतिहासिक महत्व बोकेका पदमार्गको सरंक्षण, प्रवर्द्धन र प्रचार–प्रसारका लागि ‘लिगलिगकोट–सिरानचोककोट–गोरखा दरबार म्याराथन दौड प्रतियोगिता’ २०७९ हुने भएको छ।
गोरखाका तीन स्थानीय तह र नेपाली सेनाको रिपुमर्द्धन गणको संयुक्त आयोजनामा ४० किलोमिटरको दौड प्रतियोगिता आयोजना गरिने गोरखा नगरपालिकामा नगरप्रमुख कृष्णबहादुर रानामगरले बताए।
तत्कालीन राजा द्रव्य शाहले गोरखा राज्याभिषेक गरेको दिनको अवसर पारेर भदौ २५ गते गोरखामा दौड प्रतियोगिताको आयोजना गरेको उनले बताए।
नेपाल एकीकरणको उद्गमथलोका रूपमा रहेका ऐतिहासिकस्थलको जगेर्ना गर्दै पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुर्याउने उद्देश्यले प्रतियोगिता गर्न लागिएको उनको भनाइ छ।
जिल्लाभित्रका तीन स्थानीय तहमा पर्ने ऐतिहासिक महत्व बोकेका स्थललाई जोडेर दौडका लागि रुट तय गरेको सेनानी प्रकाश परियारले बताए।
प्रतियोगितामा प्रथम हुनेदेखि १० औँ स्थानसम्मका विजेतालाई नगद, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको पालुङटार नगरपालिकाका प्रमुख विवश चिन्तनले बताए।
प्रतियोगितामा प्रथम हुनेले रु एक लाख ५० हजार पुरस्कार पाउने छन्। द्वितीय र तृतीयले क्रमशः रु एक लाख र ७५ हजार नगद पुरस्कार प्राप्त गर्ने उनले बताए।
प्रतियोगिता सम्पन्न गर्न करिब र १५ लाख खर्च लाग्ने अनुमान गरिएको छ। नेपाली सेनाको पहलमा विसं २०७६ देखि सुरु भएको प्रतियोगिता हरेक वर्ष गर्ने भनिएको भए पनि कोभिडका कारण गएको दुई वर्ष सञ्चालन हुनसकेको थिएन।
दौड प्रतियोगिता हुने ऐतिहासिक रुटलाई पदमार्गका रूपमा विकास गर्ने योजना रहेको सिरानचोक गाउँपालिका प्रमुख ज्ञानेन्द्र गुरुङको भनाइ छ। प्रतियोगितामा करिब तीन सय धावक सहभागी हुने अनुमान छ। सहभागिताका लागि अनलाइनमार्फत फारम दर्ता गर्न सक्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ। | 2022-11-29T21:18:03Z | https://www.setopati.com/social/280012/ | OSCAR-2301 |
टेलिकमद्वारा सफाइ सामग्री हस्तारन्तरण « News of Nepal
टेलिकमद्वारा सफाइ सामग्री हस्तारन्तरण
नेपाल टेलिकम १३औं वार्षिकोत्सवको अवसरमा शनिबार बाग्मती सफाइ अभियानमा सहभागी भएको छ। सो अवसरमा कम्पनीले सफाइ अभियानका लागि आवश्यक सफाइ सामग्रीहरु पनि सहयोगस्वरुप हस्तान्तरण गरेको छ।
सुविधानगर तीनकुनेस्थित बाग्मती नदी किनारमा आयोजित कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले सफाइ कार्यका लागि आवश्यक विभिन्न सामग्रीहरु हस्तान्तरण गर्नुभयो। उक्त सामग्रीहरु बाग्मती सफाइ अभियानका अभियन्ता किशोर थापामार्फत अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिलाई हस्तान्तरण गरिएको हो। उक्त अवसरमा अभियन्ताहरुका लागि आवश्यक सफाइ सामग्रीहरू सय जोर ट्रयाक सुट, ३ सय जोर गम बुट, ३ सय जोर पञ्जा, ५० थान डोको, ५० थान सुइरो र २ सय थान मास्क हस्तान्तरण गरिएको थियो।
सो अवसरमा प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले नदीनाला र हरियाली मानव जीवनको अभिन्न अंग भएकाले बाग्मती नदीको संरक्षण, सम्वद्र्धन गर्नुपर्ने आवश्यकता महशुस गरी नेपाल टेलिकम यस कार्यमा प्रत्यक्षर अप्रत्यक्ष रुपमा निरन्तर संलग्न रहेको बताउनुभयो। उहा"ले यसै आर्थिक वर्षभित्र बाग्मती नदी किनारामा दुई वटा शौचालय निर्माण सम्पन्न गर्ने बताउ"दै भविष्यमा पनि बाग्मती सफाइ अभियानमा सहयोग र सहभागिता भइरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उक्त अवसरमा बाग्मती सफाइ अभियन्ता डा. राजु अधिकारीले नेपाल टेलिकमले शुरुआतदेखि नै बाग्मती सफाइ अभियानका लागि निरन्तर रुपमा गर्दै आएको सहयोग र सहभागिताका लागि धन्यवाद दिनुभएको थियो। उहा"ले आगामी दिनमा समेत कम्पनी यो कार्यमा संलग्न रहने विश्वास ब्यक्त गर्नुभयो।
सफाइ अभियान शुरु हुनु अघि कम्पनीमा कार्यरत कर्मचारी बबरमहलस्थित दूरसञ्चार तालिम केन्द्रमा भेला भई सफाइ स्थलमा पुगेका थिए। नेपाल टेलिकमले बाग्मती सफाइ अभियान शुरु भएको दोस्रो हप्तादेखि नै हरेक हप्ता सफाइ अभियानमा संलग्न हुन कम्पनीको तर्फबाट निःशुल्क एसएमएस पे्रषित गर्दै आएको छ। त्यसैगरी बाग्मती सफाइ अभियान प्रारम्भ भएदेखि नै नेपाल टेलिकम आफ्नो वार्षिकोत्सवको अवसरमा सफाइ अभियानमा संलग्न हुुनुका साथै सफाइका लागि विभिन्न सामग्रीहरु उपलब्ध गराई सहयोग गरिरहेको छ।
बाग्मती नदीको सफाइ, स्वच्छता र संरक्षण एवं बाग्मती सभ्यताको प्रवद्र्धनको लागि २०७० जेठ ५ गतेदेखि हरेक शनिबार यो अभियान सञ्चालन हु"दै आइरहेको छ र हिजो शनिबार १९४औं हप्ताको सफाइ अभियान हो। | 2021/06/19 02:19:11 | https://newsofnepal.com/2017/01/29/9233/ | mC4 |
चितवनका सामुदायिक विद्यालयहरुमा स्वास्थ्य सामग्री वितरण | Edupatra
चितवनका सामुदायिक विद्यालयहरुमा स्वास्थ्य सामग्री वितरण
चितवन समाज जर्मनीको पहलमा Kaarster Nepal Initiatives को आर्थिक सहयोगमा नमस्ते प्यारो नेपालद्वारा चितवनका २५ विद्यालयहरुमा कोभिड-१९ विरुद्ध विद्यालयलाई भौतिक कक्षा संचालनका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री वितरण गरियो । स्वास्थ्य सामग्री अन्तर्गत ती विद्यालयहरुलाई ७५०० N/95 मास्क, ५०० फेससिल्ड, २०० लिटर सोडियम हाइड्रोक्लोराइड, २०० लिटर ह्यान्ड स्यनिटाइजर, थर्मल गन, स्यनिटाइजर स्ट्य़ाण्ड, साबुन लगायतका सामग्री वितरण गरिएको थियो ।
सामग्री वितरण कार्यक्रममा बोल्दै अब विस्तारै भौतिक रुपमा संचालनको तयारीमा रहेका विद्यालयहरुलाई सरकारले स्वास्थ्य सामग्री उपलव्ध गर्न केहि समय लाग्ने कुरालाई मध्यनजर गर्दै सिकाईको निरन्तरताका लागी सहज होस् भनेर आफुहरुले यी सामग्री वितरण गरेको नमस्ते प्यारो नेपालका सचिव सुरेन्द्र सुबेदीले बताउनुभयो । यो कार्यक्रमले सकेसम्म कमजोर आय भएका परिवारका विद्यार्थी पढ्ने स्कुललाई छनोट गरेको चितवन समाज जर्मनीका सल्लाहकार हुमनाथ ढकालले कार्यक्रममा बताउनुभयो ।
प्रभात मावि शुक्रनगरका प्रधानाध्यापक होमनाथ भण्डारीले सीमित श्रोत र साधनका बाबजुत विद्यालय परिवारलाई महामारीका विच पनि स्वास्थ्य सतर्कता अपनाई सिकाइलाइ निरन्तरता दिन सहज बनाउने हुँदा यस किसिमको सहयोगको मुक्त कण्ठले प्रशंसा गर्नुपर्ने बताउनुभयो । सहयोग प्राप्त गरेका विद्यालयकातर्फबाट अन्नपुर्ण मावि पार्बतिपुरका स प्रधानाध्यापक पूर्णचन्द्र घिमिरेले यस किसिमको सहयोगको लागि यी संस्थाहरु प्रति धन्यवाद सहित हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रममा विद्यालयलाई सम्झिदिनु अनुरोध गर्नुभयो । उक्त कार्यक्रमबाट थुप्रै विद्यालयहरुलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ । | 2021/01/15 14:03:38 | https://edupatra.com/news/community-schools-of-chitwan-helped/ | mC4 |
ताम्राकार कम्प्लेक्समा मोबाइल किन्नेको थामिनसक्नु भीड (अर्थ संसार कभरेज) :: Artha Sansar News | Economic and Political News | Nepal online News
ताम्राकार कम्प्लेक्समा मोबाइल किन्नेको थामिनसक्नु भीड (अर्थ संसार कभरेज)
अर्थ संसार, काठमाडौं– काठमाडौंको मुख्य व्यापारीक केन्द्र पाको न्यूरोडमा अवस्थित ताम्राकार कम्प्लेक्सले नेपालीहरुको महान चाड बडादशैंको अवसर पारेर आयोजना गरिरहेको दशैं मोबाइल मेलामा ग्राहकहरुको अपार भीड देखिएको छ ।
मोबाइल फोनमा पाएको अधिक छुट र विभिन्न कम्पनीहरुको उपहार योजनाले गर्दा ताम्राकार कम्प्लेक्समा ग्राहकहरुको भीड देखिएको हो ।हरेक मोबाइलमा न्यूनतम ४ प्रतिशतदेखि अधिकतम ६० प्रतिशतसम्म छुट पाईने हुँदा ग्राहकहरु मोबाइल किन्न ताम्राकार नै आउने गरेको मोबाइल व्यवसायी संघका सचिव गूरुदत्त शर्माले बताए ।
'हामीले ग्राहकहरुलाई बढि भन्दा बढि छुट र सेवा दिईरहेका छौं' ग्राहकहरु पनि निकै खुशी भएका छन्, उनले भने ।उनले कम्प्लेक्समा यसपटक मोबाइल खरिदमा एउटा इनर्जी ड्रिंक सित्तैमा दिएकोा हुँदा ग्राहकहरुले नौलो अनुभव गरेको जानकारी दिए ।दशैं मोबाइल मेलामा ताम्राकार कम्प्लेक्सभित्रका मोबाइल पसलहरुमा मोबाइल खरिद बिक्रीमा ग्राहकहरुले न्यूनतम ४ प्रतिशतदेखि अधिकतम ६० प्रतिशतसम्मको छुट प्राप्त गर्नसक्नेछन् ।
त्यसैगरि ताम्रकार कम्प्लेक्समा आउने ग्राहकहरुले बजारमा नयाँ आएका स्मार्टफोनहरु खोज्ने गरेको सोहि स्थानमा व्यवसाय गर्दै आएका मोबाइल व्यवसायी संघका कोषाध्यक्ष अनिल ढकालले बताए ।ताम्राकार मोबाइल बजारको मूख्य केन्द्र भएको हुँदा यहाँ नेपालमा लन्च भएका सबै किसिमका ुस्मार्टफोनहरु सबैभन्दा पहिले उपलब्ध हुने हुँदा ग्राहकहरु सोधेरै आउने गरेका छन् ' कोषाध्यक्ष ढकालले भने ।
ताम्राकार कम्प्लेक्समा नेपालमा लन्च भएका सबै ब्राण्डका र सबै मोडलका स्मार्टफोनहरु र फीचर फोनहरु उपलब्ध हुने गरेको छ । यहाँ न्यूनतम रु १,०००र– देखि रु १,५०,०००र– सम्मका मोबाइल फोनहरु उपलब्ध छन् । त्यस्तै ग्राहकहरुको लागि विभिन्न कम्पनीहरुको सर्भिस सेन्टर संचालनमा छन् ।
कम्प्लेक्समा ग्राहकहरुका लागि आफूसँग भएको पुरानो मोबाइल साटेर नयाँ मोबाइल किन्ने एक्सचेन्जको सुविधा उपलब्ध छ । ताम्राकार कम्प्लेक्समा नै रु१ मा स्मार्टफोन दिने सेवा पनि उपलब्ध रहेको छ, जहाँ ग्राहकले मासिक किस्ताबन्दीमा स्मार्टफोन किन्न सक्दछन् ।
यसका साथै हरेक कम्पनीहरुले आफ्नो प्रबद्र्धनमा राखेको स्क्रीमहरु पनि ग्राहकहरुले साथमा नै प्राप्त गर्नसक्नेछन् ।यस दशैं मोबाइल मेलाको अवसर पारेर मोबाइल व्यवसायी संघ ताम्राकार कम्प्लेक्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक सेवा समेत गर्ने घोषणा गरेको छ ।
दशैं मोबाइल मेलाको अवधिभर ताम्राकार कम्प्लेक्सबाट बिक्री हुने प्रत्येक मोबाइलबाट रु २०र– संकलन गरेर चर्चित मिडियाकर्मी रवि लामिछानेको नेतृत्वमा निर्माण भईरहेको कालिकोट जिल्लाको अस्पताललाई उपलब्ध गराउने छ । यस्तो रकम रवि लामिछानेलाई मेला सकिएपछि हस्तान्तरण गरिनेछ ।
कम्प्लेक्समा सामसंग, ह्वावे, एप्पल, भीभो, जिओनी, शाओमी, ओप्पो, माइक्रोम्याक्स,सोनी, वानप्लस, लाभा, लेनोभो, मोटोरोला, कलर्सलगायतका ब्राण्डका स्मार्टफोन तथा फिचर फोनहरु उपलब्ध छन् ।नेपालकै सबैभन्दा चर्चित ताम्राकार कम्प्लेक्समा भ्रमण गरि दशैं मोबाइल मेलाको अवसरमा मोबाइल खरिद गरि मौकाको फाईदा उठाउन हुन हार्दिक अनुरोध गर्दछौं । | 2019/05/22 17:06:35 | http://arthasansar.com/news/10953 | mC4 |
युनियन लाइफको आइपीओ साउन १ गते बाँडफाँट गर्ने प्रारम्भिक तयारी
६४ लाख ५० हजार कित्ता सेयर बिक्री खुला गरेको युनियन लाइफ इन्सुरेन्सको आइपीओ साउन १ गते बाँडफाँट गर्ने प्रारम्भिक तयारी गरिएको छ । युनियन लाइफले असार २४ गतेदेखि २८ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँको दरमा सेयर बिक्री खुला गरेको हो । २१ लाख ७२ हजार ८६८ जनाले ३ करोड ४३ लाख ६१ हजार ८२० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागको तुलनामा ५.९१ गुणा बढी हो ।
बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आइपीओ बाँडफाँटका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा डकुमेन्ट पठाइएको छ । बोर्डबाट अनुमति प्राप्त भएमा शुक्रबार नै बाँडफाँट गर्ने तयारी गरिएको प्रभु क्यापिटलले जानकारी गराएकोे छ ।
युनियनको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ । यसमा कुल ३ अर्ब ४३ करोड ६१ लाख ८२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । | 2021/10/23 14:39:05 | https://www.laganisutra.com/%E0%A4%AF%E0%A5%81%E0%A4%A8%E0%A4%BF%E0%A4%AF%E0%A4%A8-%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%AB%E0%A4%95%E0%A5%8B-%E0%A4%86%E0%A4%87%E0%A4%AA%E0%A5%80%E0%A4%93-%E0%A4%B8%E0%A4%BE%E0%A4%89%E0%A4%A8/ | mC4 |
२०७८ माघ २८ शुक्रबार १८:२४:००
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो मन्त्रालयअन्तर्गतको अतिक्रमणमा परेकाे राज्यको सम्पत्ति फिर्ता ल्याउन नसके आफू एक सेकेन्ड पनि मन्त्री पदमा नबस्ने बताएका छन्।
शुक्रबार पर्यटन मन्त्रालयमा आयोजित दोस्रो त्रैमासिक प्रगति समीक्षा र मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री आलेले मातहतका अतिक्रमित सरकारी सम्पत्ति फिर्ता गर्न नसके आफू एक सेकेन्ड पनि पदमा नबस्ने बताएका हुन् । राज्यको दोहन भएको सम्पत्ति फिर्ता ल्याउनु आफ्नो कर्तव्य भएको उनले बताए ।
विगतदेखि नै सरकारी जग्गाहरूमा अतिक्रमण भइराखेको भए पनि सम्बन्धित निकाय टुलुटुलु हेरेर बसेको भन्दै आफूले फिर्ता गराएरै छाड्ने उनले बताए। पदमा बसुन्जेल इमान्दारीपूर्वक देशको लागि काम गर्ने मन्त्री आलेले प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री आलेले सरकारी नियुक्ति पाएका कर्मचारीहरूले अन्य व्यक्तिहरूसँग बसेर सेटिङ गरेको भेटिएमा सह्य नहुने चेतावनी दिए। उनले भने, 'नारायणहिटी दरबार संग्रहालयको कुरा भो, धर्मशालाको कुरा भयो । मैले भनेको छु, साथीहरूलाई पब्लिकको कोर्टमा यो बल गएको छ । यदि यो प्रोपर्टी हामीले रिटर्न ल्याउन सकेनौँ भने म त एक सेकेन्ड त्यहाँ बस्नेवाला छैन । मलाई त्यो नैतिकता पनि छैन । म बस्न पनि सक्दिनँ । राज्यको सम्पत्ति दोहन भएको छ, त्यो फिर्ता ल्याउने कर्तव्य मेरो हो । सचिवजीको हो । हामी सबै मन्त्रालय, सरोकारवाला, पशुपति क्षेत्र विकास कोष हामी सबैको साझा समस्या हो यो । हामी एक्टिभ्ली लागौँ । गोठाटारमा सयौँ टहरा बनेर त्यहाँ अतिक्रमण भइराखेको छ । विगतदेखि हामी टुलुटुलु हेरेर बसेका छौँ । पशुपति क्षेत्र विकास कोषको जग्गा अतिक्रमण गर्न पाइन्छ ? खोइ त ध्यान गएको त्यहाँ ? त्यसको लागि सचिव महेश्वर न्यौपाने नै चाहिने ? प्रेम आले नै चाहिने मन्त्री ? विगतदेखि सिस्टम बिग्रेको अवस्था मैले देखेको छु । हामी जति दिन बस्छौँ, देशको लागि काम गर्छौँ । राष्ट्रको लागि काम गर्छौँ । इमान्दारीताका साथ काम गर्छौँ । र, यसमा कसैले पनि गल्ती नगर्नु होला । कार्यालयमा नियुक्ति पाएका साथीहरू विभिन्न अर्को मान्छेसँग बसेर सेटिङ गर्ने यस्तो कामहरू भयो भने यो सह्य हुनेवाला छैन । तपाईंहरू राम्रो सँग काम गर्नुस् ।'
नेपालका क्यासिनोहरूले विगतमा मन्त्रीसँग सेटिङ गरेर कर नतिर्ने गरेको भन्दै उनले अहिले मन्त्रालय कर उठाउन लागेको बताए । आफूले राम्रो काम गरिरहे पनि केही मिडियाहरू भने आफ्नो विरुद्धमा लागेको भन्दै उनले गलत समाचारमा विश्वास नगर्न आग्रह गरे । उनले मन्त्रालयमा परिवर्तन देखिने गरी काम गर्न निर्देशन पनि दिए ।
मन्त्री आलेले पुँजीगत खर्चलाई वृद्धि गर्नेतर्फ सबैको ध्यान जानुपर्ने बताए । पर्यटन मन्त्रालयको पुँजीगत खर्च न्यून छ भनेर शिर निहुराउनुपर्ने अवस्था आउन नदिने गरी काम गर्न उनले निर्देशन दिए । | 2022/06/30 12:42:58 | https://www.nayapatrikadaily.com/news-details/80406/2022-02-11 | mC4 |
हामी समृद्ध नेपाल निर्माणका लागि सबै नेता एक भएको हेर्न चाहन्छौँ : युवा नेता बस्नेत - Himalaya Post
हामी समृद्ध नेपाल निर्माणका लागि सबै नेता एक भएको हेर्न चाहन्छौँ : युवा नेता बस्नेत
Posted by Himalaya Post | २२ फाल्गुन २०७६, बिहीबार १६:१५ |
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता पर्शुराम बस्नेतसँग विविध विषयमा गरिएको कुराकानी :
हिजो मात्रै सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ ।
उहाँको दृढ इच्छाशक्ति, साहस सम्पूर्ण नेपालीको शुभेच्छाले प्रत्यारोपण सफल भएर स्वास्थ्य अवस्था क्रमिक सुधार भइरहेको छ ।
उहाँको स्वास्थ्यप्रति सम्पूर्ण नेपाली जनता, युवा तथा विद्यार्थीहरु चिन्तित छन् र स्वास्थ्य लाभको कामना गरिरहेका छन् । अन्य संगठनका कामहरु पनि विस्तारै अघि बढ्दैछन् ।
नेकपाभित्र युवा नेताहरुको सक्रियता अहिले कस्तो छ ?
'सुखी नेपाली, समृद्ध नेपाल' भन्ने मूल नाराका साथ प्रधानमन्त्री पवित्र उद्देश्य बोकेर नेपाल निर्माणमा लाग्नु भएको छ । उहाँको यो सपनालाई साकार बनाउनका लागि सबै हिसाबले हामीले साथ र सहयोग प्रदान गरिरहेका छौँ ।
युवासंघ नेपालको एकतापछि बीचमा केही मतभेदहरु पनि बाहिरिएका थिए । अहिले अवस्था के छ ?
केन्द्रीय तहमा केही मतभेद देखिएपनि तल्लो तहमा राष्ट्रिय युवा संघ नेपालको एकता प्रक्रिया तीव्र रुपमा अगाडि बढिरहेको छ । विभिन्न जिल्लाहरुमा कमिटि निर्माण भएर शपथग्रहण लगायतका भेलाहरु सम्पन्न हुँदैछन् । र नमिलेका मनहरु मिलाउने कामहरु भईरहेका छन् ।
जुन उत्साहका साथ पार्टी एकता भएको थियो, त्यसको 'स्प्रिट'लाई बोक्न नसकेको हो कि भन्ने नेपाली युवा
तथा विधार्थीहरुले बुझिरहेका छन् । तर, अब सकारात्मक पहल कदमीबाट राष्ट्र निर्माण अभियानमा प्रधानमन्त्रीलाई साथ दिँदै अघि बढ्नेछ । युवा संघ नेपाल अहिले यही अभियानमा लागेको छ ।
नेकपाको पार्टी एकतापछि विकास भएका घटनाक्रमलाई युवाहरुले कसरी हेरिरहेका छन् ? यसमा तपाईंको दृष्टिकोण के छ ?
सिंगो नेपाली युवाहरुले पार्टी एकतालाई एउटा उत्साहका रुपमा हेरेका थिए । तर, माथिका नेताहरुको गतिविधि जसरी 'पदलोलुपता'को हिसाबले प्रकट भएपछि नेपाली युवाहरु निराश हुने अवस्था सिर्जना भएको छ । यसकारण शीर्षस्थ नेताहरुलाई हामी आग्रह गर्न चाहन्छौँ कि तल कार्यकर्ता एकदम ठीक छन्, माथिल्लो स्तरमै समस्या छ । त्यसलाई समाधान गरेर यो मुलुकलाई समृद्धि दिने कुरामा, प्रधानमन्त्री ओलीको सपना पूरा गर्ने कुरामा सबै एक भएर जानुपर्ने हामीले देखेका छौँ । सबै नेताहरु एक भएको हामी हेर्न चाहन्छौँ ।
तर, अहिलेको परिस्थति हेर्दा त त्यो अवस्था आउने जस्तो देखिन्न नि ?
प्रधानमन्त्रीले आफू अस्वस्थ हुँदा हुँदै पनि यो देशलाई कम्युनिस्टको नेतृत्वमा समृद्धिको उचाईंमा पुर्याउने सपना देख्नु भएको छ । तर, त्यो सपना पूरा हुन नदिनका लागि विभिन्न खालका षड्यन्त्रहरु भइरहेका छन् । त्यसमा नेतृत्व नै लागेको हो कि भन्ने हामीलाई महसुस भएको छ । अहिलेको अर्जुनदृष्टि भनेको पार्टी एकता भइसकेपछि वर्तमान सरकारको सपनालाई पूरा गर्नु हो । त्यसतर्फ लाग्न हामी आग्रह गर्छौं ।
स्थायी सरकार पाइसकेपछि जनताले समृद्धि पाउँछन् भन्ने अपेक्षा छ । आज जनताले विश्वास गरेर दुई तिहाईको सरकार बनेको छ । तर, फेरि ९–९ महिनामा सरकार फेरिने अवस्था कतै कुनामा बसेर सिर्जना गर्न खोजिन्छ भने त्यो नेपाली जनता, नेपाली युवा तथा विधार्थीहरु टुलुटुलु हेरेर बस्दैनन् । भोलि जनताको बीचमा जाने बाटो राखेर यो पाँच वर्षका लागि जनताले दिएको मत खेर जान नदिनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई सबै शीर्षस्थ नेताहरुले साथ दिन जरुरी छ ।
अहिले पनि पार्टी नेताहरुबीच पूर्व एमाले र पूर्व माओवादी भनेर भागवण्डा मिलाएको समाचारहरु बाहिरिन्छन् । यसले युवाहरुमा कत्तिको निराशा पैदा गर्छ ?
अहिले जुन रुपमा पार्टीभित्र विभिन्न गितिविधिहरु भइरहेका छन्, तिनलाई नेपाली जनताले गम्भीर रुपमा नियालीरहेका छन् । राष्ट्रिय राजनीतिमा को नेताले के भूमिका निर्वाह गर्दैछ भन्ने कुरा बुझ्न नेपाली जनता सचेत भइसकेका छन् ।
जे कुरा बाहिर आईरहेका छन्, त्यसले नेपाली जनतालाई निराश पारिरहेको छ । अब नेताहरुले हिजोकै गल्ती दोहोर्याए भने नयाँ हिसाबले सोच्न बाध्य हुनेछन् । त्यसकारण हामी नेताहरुलाई ध्यानाकर्षण गराउन चाहन्छौँ । समृद्ध नेपाल र सुखी नेपालीको नारालाई साकार बनाएर आउँदो निर्वाचनमा कम्युनिस्ट पार्टीको विकल्प छैन भन्ने एउटा नमूना नेपाल कम्युनिस्ट पार्टीले दिएर जनताका बीचमा जानुपर्छ । त्यसकारण नेताहरु सरकारविरुद्धका कुनैपनि षड्यन्त्रमा फस्नु हुँदैन ।
तर, जनताले अयोग्य ठहराएकाहरुलाई राष्ट्रियसभामा ल्याउने र त्यसमा पनि प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्ने कुराहरु आए । यसबारे के भन्नुहुन्छ ?
अहिले नेपाली जनताले आशा गरे अनुसार नै नेताहरुले गर्नुहुन्छ भन्ने हामीले विश्वास गरेका छौँ ।
यो सरकारलाई दायाँबायाँ गरेर प्रधानमन्त्रीले सोचेको भन्दा फरक हिसाबले राष्ट्रिय सभामा विज्ञका रुपमा यसलाई बनाउनु पर्छ, उसलाई बनाउनुपर्छ भनेर बल मिच्याईं गर्ने कुराको कुनै अर्थ छैन । वामदेव गौतम पार्टीको एउटा वरिष्ठ नेता हुनुहुन्छ । उहाँले म राष्ट्रियसभा सदस्यका लागि जान्छु भनेपछि त्यो पार्टीले सम्बोधन गर्ने कुरा हो ।
तर, पार्टीले प्रस्ताव गर्दा उहाँले म राष्ट्रियसभामा जान्नँ भन्नुभयो । तर पछि, राष्ट्रियसभामा गएपछि संविधान संशोसन गरेर प्रधानमन्त्री हुन पाउनुपर्छ भन्नुभो ।
एउटा व्यक्तिको लागि संविधान संशोधन अहिलेको आवश्यकता हो कि होइन ? यो विषयमा नेपाली जनताले के भन्छन् ? यी कुराहरु नेतृत्वले ख्याल गर्नुपर्छ । पार्टीलाई यहाँसम्म पुर्याउन उहाँहरुको योगदान छ । तर, योगदान छ भन्दैमा सँधैभरि एउटैले अवसर पाइराख्ने भन्ने कुरा र मैँले अवसर पाइनँ भने पार्टी नै विघटन गर्छु भन्ने तहका कार्यशैली, व्यवहार र गतिविधिले राम्रो गर्दैन ।
अन्त्यमा पार्टीका अध्यक्षद्वयलाई युवाका तर्फबाट के भन्नुहुन्छ ?
अहिले एक जना अध्यक्ष पार्टीको काममा लागिरहनु भएको छ र अर्को अध्यक्षले सरकारको नेतृत्व गरिराख्नुभएको छ । त्यो हिसाबले दुबै अध्यक्षले दायाँबायाँ नगरी जनअपेक्षा अनुसार नै काम गर्दा नै देशको लागि हित हुन्छ । दुई अध्यक्षलाई फुटाएर आफू राज गर्ने नीति कसैले कल्पना गरेको छ भने त्यो 'हात लाग्यो शून्य' हुनेछ । यो कुरा नेताहरुले ख्याल गर्नुपर्छ । पार्टीलाई यहाँसम्म पुर्याउन उहाँहरुको योगदान छ । तर, योगदान छ भन्दैमा सँधैभरि एउटैले अवसर पाइराख्ने भन्ने कुरा र मैँले अवसर पाइनँ भने पार्टी नै विघटन गर्छु भन्ने तहका कार्यशैली, व्यवहार र गतिविधिले राम्रो गर्दैन । | 2020/04/10 18:46:32 | https://himalayapost.com/archives/111556 | mC4 |
यो दृष्य कुनै मेला वा हाट बजारको होइनःशिविरमा नागरिकता लिनेको घुँइचो - मनकामनापोष्ट
Written by मनकामनापोष्ट• September 18, 2021• 4:27 pm• ताजा अपडेट, मधेस प्रदेश, मनकामनापोष्ट स्पेसल, राष्ट्रिय
यो दृष्य कुनै मेला वा हाट बजारको होइनःशिविरमा नागरिकता लिनेको घुँइचो
सिरहा,असोज २ गते । यो दृष्य कुनै मेला वा हाट बजारको होइन । धनगढीमाई नगरपालीकाले आयोजना गरेको एक दिवसिय नागरिकता शिविरमा नागरिकता लिन भेला भएका नगरवासिहरु हुन् ।
नगरपालीले सर्वसुलभ तरिकाले नागरिकता पाउन भन्ने उद्देश्यले जिल्ला प्रशासन संगको समन्वयमा आज नागरिक्ता शिविर आयोजना गरिएको नगरप्रमुख हरिनारायण चौधरीले जानकारी दिए । जिल्ला सदरमुकाम सजिलै पुग्न नसक्ने अशक्त, अपाङ, विपन्न तथा गरिवहरुको लागि शिविरको आयोजना गरिएको जनाएको छ ।
गाउँ टोलमै नागरिकता टोली आएपछि स्थानीयहरु उल्लासमय सहभागिताकासाथ नागरिकता प्राप्त गरिरहेका छन् । यद्यपि एक दिनमै विविध कारणले नागरिकता लिनबाट छुटेका सबैले पाउन नसक्ने स्थानीयहरुको गुनासो रहेको छ ।
नगरपालिकाको आयोजनामा संचालित एक दिने नागरिकता टोलीबाट पाँच सय बढी नगरवासीको सनाखत भइसकेको नगरपालिकाले जनाएको छ । सनाखत भएका सबैलाई भोलि असोज ३ गते नागरिकता वितरण गरिने जिल्ला प्रशासन कार्यालय, सिरहाले जनाएको छ ।
चौध वटा वडा रहेको नगर क्षेत्रभित्रका मुख्यतः दलित, विपन्न, असक्त भएका व्यक्तिहरुलाई विशेष प्राथमिकतामा राखेर नागरिकता टोली ल्याइएपनि विविध कारणले नागरिकता लिन छुटेका सबैले नागरिकता लिन इच्छाएपछि आजै नागरिकता पाउन सम्भव रहेको नगरप्रमुख हरिनारायण चौधरीले जानकारी दिए ।
उनले छुटकाहरुका लागि फेरी अर्को समय मिलाएर नगरबाटै सबैलाई नागरिकता दिलाउने वातावरण मिलाइरहेको नगर प्रमुख चौधरीले बताए ।
धनगढीमाई नगरपालिकाको नगरवासीहरुले नागरिकता लिन झण्डै ३० किलोमिटरको दुरीमा रहेको सिरहा जिल्ला स्थित जिल्ला प्रशासन कार्यालय जानुपर्ने वाध्यता रहँदै आएको छ । | 2022/07/01 08:17:57 | https://manakamanapost.com/archives/7892 | mC4 |
३३ किलो सुनमा अनुसन्धान सुरुः प्रहरीका उच्च अधिकारी नै संलग्न !
काठमाडौं । सुन तस्करीको अन्तर्राष्ट्रिय सञ्जाल र त्यसको नेपाल तथा भारत सम्पर्क सूत्रको पत्तो पाएर अनुसन्धान थालेको केन्द्रीय अनुसन्धान ब्युरोलाई अल्झाएर आफ्ना सहकर्मी जोगाउन संगठनका प्रमुखदेखि उच्च हाकिमहरु सक्रिय भएका छन् । ब्युरोले बिहीबार बरामद गरेको करिब ३४ किलो अवैध सुन भारतीय समूहको सहयोगमा नेपाली ग्राहकका लागि पठाएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
ब्युरोको टोलीले बिहीबार लगेज लिएर विमानस्थल बाहिर आएका बाँकेका गोपालबहादुर शाही र लगेज रिसिभ गर्न बसेका दिलबन्धु थापा र सन्तोष काफ्लेलाई पक्राउ मात्र गरेन, संगठित अपराधमा म्याद लिएर अनुसन्धान थालेको छ ।
ब्युरोका डीआईजी नवराज सिलवालले बिहीबार राति नै केही सञ्चारमाध्यमसँग संगठित अपराधमा अनुसन्धान गर्ने संकेत गरेकै अर्को दिन ९शुक्रबार० बिहान महानिरीक्षक उपेन्द्रकान्त अर्याल ब्युरो पुगेर सिलवालको मुखको बोली उछिने । त्यसभन्दा एक कदमअघि गृह मन्त्रालय निस्कियो ।
गृहमन्त्री विमलेन्द्र निधिले सुरक्षा निकायका प्रमुखलाई डाँकेर नाइके पक्रन निर्देशन दिए र जिम्मेवारी आफूले चाहेको व्यक्तिलाई दिएर अनुसन्धान समिति बनाउने रणनीति बनाएका अर्याललाई माइनस गर्दै निधिले अनुसन्धानको जिम्मेवारी केन्द्रीय अनुसन्धान ब्युरोलाई दिए । अब प्रश्न हो, पक्राउ पर्लान् त नाइके रु
सुन तस्करीका नाइके खोज्न पक्राउ परेका अभियुक्तलाई राजस्वमा नबुझाएको ब्युरोले ३४ किलो सुनका मालिक खोज्ला रु यतिबेला धेरैको चासोको विषय यही भएको छ । केन्द्रीय अनुसन्धान ब्युरोले आफ्नै शैलीमा सुरु गरेको अनुसन्धानमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सहयोग गरेका हुन् कि भाजो हाले रु यो पनि अहिले बजारको तातो आलु भएको छ ।
प्रहरी उच्चस्रोतका अनुसार महानिरीक्षक अर्यालका रुममेट तथा पूर्वडीआईजी गोपाल भण्डारी, संगठनमा 'माइलो भाइ' भनिने एआईजी विज्ञानराज शर्मा र त्यसपछिका विवादास्पद डीआईजी विजयलाल कायस्थ लगायतका सबैको सुन तस्करीका माफियासँग राम्रै हिमचिम थियो र हालसम्म पनि छ ।
यस्तै, पूर्वएआईजीहरु कल्याणकुमार तिमल्सिना, नवराज ढकाल र पूर्वडीआईजी केशव अधिकारी सुन तस्करीका नाइकेको विवाहदेखि पास्नीसम्मका भोजमा देखिन्छन् । यस्तो अवस्थामा प्रहरीको नाइके खोज्ने अभियान प्रभावित हुने देखिएको हो ।
लोकमान शक्तिमा पुगेसँगै सुन तस्करीले संगठित कारोबारको रुप लिएको हो । अख्तियारको सामान भन्ने थेगोले सुन भन्ने देखाउन थालेको कार्यकालमा विमानस्थल बसेका डीआईजी कायस्थले तस्करी रोक्नेभन्दा मलजल गरेका थिए ।
हाल महानिरीक्षक अर्याल निकट रहेर मुख्यालयमा रहेका कायस्थका पार्टनर त्रिभुवन विमानस्थलका पसल ठेकेदार सुवास श्रेष्ठ, पूर्वएआईजी ढकालका पवन सरिया र मोहन अग्रवाल तथा विज्ञानराज शर्माका खास व्यक्ति दीपक मल्होत्रालाई पक्रनबाट बचाउनकै लागि मुख्यालयमा बनेको योजना भताभुङ्ग हुने देखिएको छ ।
प्रहरीले बिहीबार विमानस्थलको भन्सारबाट भित्रिएको सुन समाएलगत्तै धेरैले आँकलन गरे 'सुन दीपक मल्होत्राको त होला रु' भनेपछि काठमाडौंका जनजनले थाहा पाएको कुरो रहेछ, सुन तस्करीमा मोबाइल व्यापारी मल्होत्राको साम्राज्य । त्यसपछि एकाएक हल्ला चलाइयो 'दीपक मल्होत्रा, एआईजी विज्ञानराज शर्माका भाइ दयाराज शर्मा र हुण्डी कारोबारी पवन सरियाको सुन होइन रे । आखिर सुन हो कसको रु
स्रोतका अनुसार यसपटकको सुन काभ्रेका एक मोटरपार्टस् व्यापारीको लगानीमा भित्रिएको हो । यसमा एक मिडिया हाउसका मालिक र केही ठेकेदारको समेत संलग्नता हुनसक्ने आशंका गरिएको छ । केन्द्रीय अनुसन्धान ब्युरोले विदेशबाट आएको सूचनाका आधारमा बरामद गरेको करिब ३४ किलो सुनका मालिक खोज्न ब्युरोको टोली नाकानाकामा खटिएको छ ।
ब्युरोका एसपी मीरा चौधरीको कमाण्डमा ब्युरो टोलीको बिहीबारदेखि छापामारी भइरहेको छ । तर मालिक फेला पर्न सकेको छैन । परोस् पनि कसरी सुनको तस्करी भनेपछि वामदेव गौतम, लोकमानसिंह कार्की र अर्थमन्त्री कृष्णबहादुर महराको तार जोडिन्छ ।
यस्तोमा प्रहरी अनुसन्धानले सञ्जाल भत्काउनेभन्दा आफूनिकट तस्करका हितमा पक्राउ अभियान चलाउने योजना प्रहरी मुख्यालयभित्रै बुनिन थालेको हो सुशासन न्युजमा समाचार छ ।
कुनै समय सुन तस्करीमा कहलिएका बाँकेका मामराज अग्रवाल, हुण्डी, तस्करी र ठेक्कापट्टाले मौलाएका पवन सरिया, मोहन अग्रवाल, होटल ग्र्याण्डका मालिक गोयलकै योजना र सहयोगमा अर्थ मन्त्रालयको बागडोर सम्हालेका शान्तराज सुवेदी, अख्तियारकै भक्त भएर विभागमा टिकेका शिशिरकुमार ढुङ्गाना र मोटो नजराना बुझाएर विमानस्थल भन्सार पुगेका नारायणप्रसाद सापकोटाको योजनासमेत अनुसन्धानलाई जतिसक्दो चाडो परिणाम शून्य बनाउनेछ ।
यस्तो अवस्थामा सरकारको विपक्षमा उभिएर तस्कर समाउने जिम्मा पाएको प्रहरीले अनुसन्धानका नाममा केही अधिकारीको फेरबदल र आफूनिकटलाई अवसर नबनाओस्, सर्वसाधारण हेरेर बसेका छन् । | 2018/06/20 04:04:35 | http://newsabhiyan.com.np/news-details.php?nid=58434 | mC4 |
चलचित्र लम्फूको घोषणा
सोमबारदेखि फ्लोरमा जाने
काठमाडौं- गोपालचन्द्र लामिछानेको निर्देशन रहने चलचित्र 'लम्फू' को आइतबार औपचारिक निर्माण घोषणा गरिएको छ । राजधानीमा सञ्चालन गरिएको हप्तौ लामो वर्कसपु र फ्लोरमा जाने निश्चिततापछि निर्माण टिमले कास्ट एण्ड क्रियूु सार्वजनिक गर्दै चलचित्र घोषणा गरेको हो ।
शक्तिवल्दव घोरासिनी निर्माता रहने चलचित्रमा कबिर खड्का, मरिस्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, ओम गुरुङ, कुशाग्र भट्टराई लगायत प्रमुख अभिनयमा रहनेछन् ।
पपुलर मल्टिमिडियाको ब्यानरमा बन्ने फिल्मको लेखन भूपतिको हो । उक्त ब्यानरबाट यसअघि चलचित्रहरु किन लाग्छ माया, बोक्सी तथा दि मिरर निर्माण भईसकेका छन् । पुनम ईन्टरटेन्मेन्टको सहकार्यमा ओ माइ म्यान शीर्षकको लघु चलचित्र पनि निर्माण गरिसकेको छ ।
सुखी र सम्पन्न जीवन जिउने लक्ष्यका साथ सहर पसेको एक युवकको जीवनका यात्रा सुरु भए पश्चात उत्पन्न हुने आरोह अवरोहको कथा चलचित्रले बोल्नेछ । अर्जुन पोखरेलको संगीत रहने चलचित्रमा द्वन्द्व निर्देशन अष्ट महर्जनको रहनेछ भने दिपक बज्राचार्यको छायांकन तथा हरि सिलवालको सम्पादन रहनेछ । नृत्य निर्देशनमा रामजी लामिछाने छन् ।
पुनम ईन्टरटेन्मेन्टको कस्ट्युम डिजाईन रहने चलचित्रलाई ४० दिन भित्र खिचिसक्ने लक्ष्य निर्माण टिमले राखेको छ । पश्चिम नेपालको पर्वत र काठमाडौंमा लम्फूुको छायांकन गरिनेछ ।
चलचित्रमा समावेश हुने गीतहरुमा प्रमोद ढुङ्गाना, नरेश भट्टराई, युवराज सापकोटा र दिग्गज धौरालीका शब्द रहनेछन् । लम्फूबाट डेब्यू गर्न लागेका कबिर अस्कर कलेजका स्नातक हुन् । | 2019/12/07 10:39:56 | https://www.kalakarmi.com/kollywood/788/ | mC4 |
प्रतिष्ठानले हटायो लक्षित बर्गको सेवा – Rajmarg Online
प्रतिष्ठानले हटायो लक्षित बर्गको सेवा
घोराही, २१ पुस । तत्कालिन राप्ती उपक्षेत्रिय अस्पताल हालको स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वामित्वमा आएसँगै त्यहाँबाट दिदै आएको लक्षित वर्गको सेवामा समेत कटौति भएको छ ।
आर्थिक अभावको कारण पोषणयुक्त खान नपाएर कुपोषित शिशु र आमाको निशुल्क पोषण पुनस्थापनाको कार्यक्रम समेत हटाइएको छ । पोषण पुर्नस्थापना गृहलाई डाक्टरको आवास गृह बनाएको छ भने आमा र बच्चा स्याहार गर्ने सुसारेहरु अहिले डाक्टरको खानापकाउने र लुगा धुने काममा लगाइएका छन ।
यस्तै क्षयरोग निवारण कार्यक्रम अन्र्तगत क्षयरोगका विरामीले पाउने निशुल्क औषधी सेवा समेत त्यहाँबाट हटाइएको छ । नेपाललाई क्षयरोगबाट मुक्त पार्ने सरकारको नीति अन्र्तगत सुरु गरेको उक्त कार्यक्रमलाई पतिष्ठान आए लगत्तै हटाइएको हो । त्यसै गरि सरकारले कुष्ठरोगीहरुलाई निशुल्क दिदै आएको डट्स सेवामा पनि बन्देज लगाइएको छ ।
जिल्ला जनस्वास्थ्यको पहलमा अस्पतालमा संचालिन सुरक्षित स्वास्थ्य क्लीनिक चाडो हटाउन भनिएको छ । जहाँ गर्भजाँच, सुरक्षित गर्भपत, अस्थायी साधनको वितरण, बालबालिकालाई खोप सेवा, परिवार नियोजनको परामर्श र बध्याकरणको सेवा अस्पताल हाता भित्रबाट संचालन हुदै आइरहेको छ । प्रतिष्ठान आए लगत्तै त्यस स्वास्थ्य क्लीनिकलाई त्यहाँबाट हटाउने प्रयास भैरहेको छ । त्यसलाई अनेत्र सार्न उपकुलपति संगिता भण्डारीले पटक पटक दवाव दिइरहेको बुझिएको छ ।
यसैगरि लैंगिक हिंसा पीडितहरुलाई एक द्धार संकट व्यवस्थापन प्रणाली मार्फत दिइने दिने सेवा समेत उनलाई असह्य भएको छ । पहिले अस्पताल विकास समितीको आन्तरिक कोष र स्वास्थ्य मन्त्रालयबाट आउने बजेटबाट चल्ने हिंसा पीडितहरुको लागि निशुल्क उपचार, परामर्श समेत गर्न नसकिने भन्दै त्यहाँ पनि दवाव बढेको छ ।
आफन्तबाट लखेटिएका, कुटपिटमा परेका, बलात्कार, यौन हिंसा र मानसिक समस्यामा परेका हिंसा पीडितलाई अस्पतालले मनोपरामर्श दाता, स्वास्थ्य कर्मी र एक जना महिला प्रहरीलाई खटाई सुरक्षित सेवा दिदै आइएको थियो । त्यसलाई पनि कि त्यहाँबाट हटाउनुपर्ने वा शुल्क लिएर मात्रै सेवा दिनुपर्ने भन्दै दवाव बढेको बताइएको छ । जसमा शुल्क बृद्धि लागु भएसँगै उपकुलपति भण्डारीको दवावमा लैगिंक हिंसा पीडितहरुले निशुल्क नाम दर्ता समेत गर्न पाएका छैनन ।
प्रतिष्ठानको उपकुलपति नियुक्ती भएसँगै एक बर्षसम्म काठमान्डौमा डेरा लिएर बस्दै आउनुभएकी भण्डारी अस्पताल स्वामित्वमा लिएसँगै मनोमानि सुरु गर्नुभएको छ । जसको मारमा गरिव जनताहरु परेका छन । भारी शुल्क किन बृद्धि गरिएको भन्ने प्रश्नमा उपकुलपति भण्डारीले 'अस्पताल गरिव आउने थलो मात्रै हाइने, धनिको पनि हो ।' भन्दै अमानविय अभिव्यक्तिm समेत दिनुभएको छ । | 2020/10/25 11:29:57 | http://rajmargonline.com/archives/2618 | mC4 |
पत्रकार सिलवालको 'श्रीलंका स्मृति'
कोलम्बो । पत्रकार अशोक सिलवालको पछिल्लो पुस्तक 'श्रीलंका स्मृति' श्रीलंकाको आर्थिक राजधानी कोलम्बोमा आयोजित एक भव्य कार्यक्रममा सार्वजनिक गरिएको छ । श्रीलंका संसदका सभामुख कारु जयासूर्या, श्रीलंका प्रेस एशोसिएसन (एसएलपिए) को अध्यक्ष मुदिता कारियाकार्वाना र इन्डियन फेडरेसन अफ वर्किङ जर्नालिस्ट ९आइएफडब्लुजे०का अध्यक्ष बीभी मल्ल्किार्जुनाले सिलवालको पुस्तक संयुक्त रुपमा सार्वजिनिक गरेका हुन् ।
एसएलपिएको ६४ औं बार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रममा विशिष्ट अतिथिको रुपमा निम्त्याइएका लाङटाङ सद्भावना दूत समेत रहेका सिलवालको पुस्तक सोही कार्यक्रममा सार्वजनिक गरिएको हो । अघिल्लो बर्ष समेत विशिष्ट अतिथीका रुपमा त्यहाँ निम्त्याइएका उनको त्यही बेलाको एक साता लामो श्रीलंका यात्रा पुस्तकमा समेटिएको छ ।
'एक साताको श्रीलंका यात्रामात्र होइन, त्यहाँ जानुपूर्वको तयारी, त्यहाँ पुग्दासम्मका अनेक भोगाई, यात्रामा भेटिएका अनेक मानिस, संस्कृति र जीवनशैलीसँग जोडिएका मसिना सम्झनाहरूको संग्रह हो यो पुस्तक', सिलवालले भने, 'यो पुस्तक श्रीलंका परिचय होइन तर मैले चिनेको श्रीलंका भने पक्कै हो, जहाँ नेपालका जस्तै पहाडी वस्तीहरू थिए । वुद्धका अनुयायीहरू थिए ।
नेपालजस्तै राजनीतिको एउटा संक्रमण पार गरेर अर्को चरणमा प्रवेश गरेको स्थिति थियो । छिमेकी भारत थियो । चियाका बगानहरू थिए । मोहक तालहरू थिए । । हरियाली थियो ।' पुस्तकले दुई देशबीच अझ आत्मीयता थप्ने विश्वास पनि उनले व्यक्त गरे । | 2020/09/28 22:02:06 | https://hamrakura.com/news-details/68865/2019-11-03 | mC4 |
शिक्षा क्षेत्रको सुधार नगरेसम्म समृद्धि र विकासको सपना पूरा हुन सक्दैन: अध्यक्ष दाहाल | suryakhabar.com
Home राजनीति शिक्षा क्षेत्रको सुधार नगरेसम्म समृद्धि र विकासको सपना पूरा हुन सक्दैन: अध्यक्ष दाहाल
on: २२ मंसिर २०७६, आईतवार १९:४५ In: राजनीतिTags: No Comments
काठमाडौँ, २२ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सामुदायिक विद्यालयको गुणस्तर सुधार गरेर वैज्ञानिक र गुणस्तरीय शिक्षा उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन् । श्रीकृष्ण मावि दहचोकको नवनिर्मित विद्यालय भवनको आज उद्घाटन गर्दै प्रचण्डले सरकार र पार्टीको ध्यान सामुदायिक विद्यालयको पूर्वाधार र शैक्षिक गुणस्तरको अभिवृद्धि गर्नेतर्फ केन्द्रित रहेको स्पष्ट पारे ।
राज्यले प्राथमिकताका आधारमा शिक्षा क्षेत्रमा २० प्रतिशतसम्म लगानी गरेर देशभित्रै स्वरोजगार एवं दक्ष जनशक्ति उत्पादन गर्ने खालको शिक्षा उपलब्ध गराउन लाग्नुपर्नेमा उनले जोड दिए । उनले भने, "बेरोजगार उत्पादन गर्ने शिक्षाभन्दा स्वरोजगारमुखी प्राविधिक जनशक्ति उत्पादन गर्ने शिक्षा प्रदान गर्नेतर्फ हामी सबै लाग्नुपर्छ ।"
प्रचण्डले आफूहरुको घोषणापत्रमा नै प्रविधिमैत्री शिक्षा बनाउने उल्लेख गरिएको स्मरण गर्दै राष्ट्रिय शिक्षा नीतिलाई अन्तिम रुप दिने क्रममा रहेको जानकारी दिए । शिक्षा क्षेत्रको सुधार नगरेसम्म समृद्धि र विकासको सपना पूरा हुन नसक्ने उनको भनाइ थियो । व्यावसायिक शिक्षा निर्माणमा अघि बढ्नुपर्नेमा जोड दिँदै उनले शिक्षामा निजी क्षेत्रलाई निषेध गरेर नहुने बताए । निजी क्षेत्रलाई पनि निषेध गर्न खोजेर, राज्यले दमन गरेर नियन्त्रण गर्ने होइन, सामुदायिक विद्यालयलाई राम्रो गरिदिएपछि स्वतः निजी र सार्वजनिकको सन्तुलन मिल्ने उनको भनाइ थियो ।
त्यसैगरी श्री नारायणजन माध्यमिक विद्यालय, मच्छेगाउँको पनि आजै अध्यक्ष दाहालले भवन हस्तान्तरण तथा समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वैज्ञानिक शिक्षाका लागि सरकारले विशेष जोड दिएको बताए । उनले आफूहरुले जनताको जीवनमा सकारात्मक सन्देश दिने र रोजगारमूलक शिक्षाका लागि प्रयासरत रहेको उल्लेख गरे । अध्यक्ष दाहालले समाज र राष्ट्रका लागि योगदान दिनसक्ने क्षेत्र भनेको शिक्षा भएकाले यसमा थप लगानी जरुरी रहेकाले सरकार त्यसतर्फ क्रियाशील रहेको बताए । | 2020/08/10 11:16:51 | https://www.suryakhabar.com/2019/12/150615/ | mC4 |
विभागमा आएको गुनासोका आधारमा विभागले केही ठूला उद्योगमा अनुगनम समेत गरेको थियो । अनुगमनका क्रममा व्यवसायीले अन्तर्राष्ट्रिय रुपमा नै निर्माण सामग्रीको मूल्य बढेको बताएका थिए ।
हाल अन्तर्राष्ट्रिय रुपमा नै बाहिरबाट मूल्य बढेर आउँदा बजारमा डण्डीको मूल्य बढेको तर केही दिनयता मू्ल्य केही घट्दा सामान्य घटाएको व्यवसायीले बताएका छन् ।
पोखरा न्यूज । नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले नेपाल पत्रकार महासंघको आगामी निर्वाचनमा सबै संगठनलाई मिलाएर अगाडि वढ्ने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन कास्कीले नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनका सन्दर्भमा पोखरामा आज आइतबार आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै उहाँले महासंघलाई सबै पत्रकारको साझा संस्था बनाउने गरी नेतृत्व युनियनले लिने उद्घोषण गर्नुभयो ।
नेकपानिकट पत्रकारका २ संगठनले सहकार्यका लागि युनियनसँग छुट्टाछुट्टै प्रस्ताव गरेको भए पनि उनले युनियनको भूमिका सबै पत्रकारलाई मिलाएर लैजाने पक्षमा रहेको हुँदा आगामी परिस्थिति अनुसार निर्णय लिइने बताउनुभयो ।
प्रेस युनियनका उपाध्यक्ष रमेश पौडेलले संगठनप्रति बफादारसँगै क्रियाशील पत्रकारलाई संख्याले अगाडि बढाउने बताउनुभयो । | 2021-03-04T04:09:00Z | https://sadakpeti.com/category/province-news/province-1/ | OSCAR-2109 |
बुधवार २९ पौष, २०७७ | कानून र मानवअधिकार
आदिवासी जनजातिको प्रथाजनित संस्थालाई स्थानीय सरकारहरुले कानुनी मान्यता दिन थालेका छन् । यसै साता मात्र र्बिदैया जिल्लाको एक स्थानीय तहले आदिवासी थारुहरुको परम्परगत संस्था बरघरलाई कानुनी मान्यता दिने गरी स्थानीय कानून बनाएको छ ।
बर्दियाको बारबर्दिया नगरपालिकाको हालै सम्पन्न नगरसभाले परम्परागत संस्था बरघरलाई कानूनी मान्यता दिने गरि बरघर संस्थालाई परिचालनगर्न बनेको ऐन २०७७ पारित गरेको छ ।
नगरसभाले थारु समुदायमा रहेको बरघर प्रथालाई संस्थागत गर्नका लागि ऐन पास गरेको हो । बारबर्दिया नगरकार्यपालिकाले निर्माण गरेको ऐन अनुमोदनका लागि नगरसभामा पेश गरीएको थियो । सभाले ऐनमा रहेका केही भाषालाई सुधार गर्दै पारित गरेकोे बारबर्दिया नगरपालिकाले जनाएको छ ।
आदिवासीको प्रथाजनित संस्थालाई स्थानीय तहमा कानूनी मान्यता दिईएको यो पहिलो घटना हो । हरेक थारु टोलमा बरघर नामक प्रथाजनित संस्था रहेको हुन्छ । हरेक माघे संक्रान्तिमा प्रथाजनित संस्थाको नेर्तत्व परिबर्तन हुने परम्परा छ ।
नेपालका सबै आदिवासीमा प्रथाजनित संस्था रहेको हुन्छ । आदिवासी थारुहरुको प्रथाजनित संस्था सबैभन्द्या बढी सक्रिय छ भने थकालीहरुको घम्प प्रणाली, मगरहरुको भेजा, माझीहरुको मझेसेवा, सन्थालको माझीहडाम पाि सक्रिय रहेको छ । तर ती संस्थाहरुलाई सरकारले अहिलेसम्म कानुनी मान्यता दिएको छैन ।
बर्दियाको बारबर्दिया नगरपालिकाले ल्याएको ऐनमा बडघरको चयन, उनीहरुको कार्यक्षेत्र, कामकर्तव्य अधिकार, मर्यादा लगायतका बिषयहरु ऐनमा समेटिएको छ । बरघरले आफ्नो कार्यक्षेत्रमा नेपाल सरकारको प्रचलित ऐन नियमको विपरित नहुने गरी गर्नुपर्ने उल्लेख गरीएको छ ।
त्यसैगरी ऐनमा नगरपालिकाका जनप्रतिनीधिहरु सँग समन्वय गर्ने , गाउँमा रहेका सानातिना झै झगडा समाधान गर्ने, गाउँ टोलमा आई पर्ने जुनसुकै काममा सक्रिय सहभागीता जनाउने लगायत समुदायमा सामाजिक, साँस्कृतिक, आर्थिक सद्भाव कायम राख्ने बरघरको काम कर्तव्य अधिकार भनेर उल्लेख गरिएको छ ।
ऐन पारित भएपछि परम्परागत रुपमा चल्दै आएको वरघर प्रथा संस्थागत भएको बारबर्दिया नगरपालिकाका नगर प्रमुख दुर्गा बहादुर थारुले बताउनु भयो । सदियौँ देखि जिम्मेवारी पुरा गर्दै आएको गाउँ टोलको सबैभन्दा लोकतान्त्रिक विधिलाई हामीले संस्थागत गरेका छौँ । ऐनले बरघर प्रथालाई व्यवस्थीत मर्यादित र संस्थागत गर्ने बताउँदै उनीहरुले गर्ने सामाजिक कार्यको अभिलेखीकरण हुने नगरप्रमूख थारुले बताउनु भयो ।
उपप्रमुख अञ्जु दहितले बडघर प्रथाभित्र रहेका विकृतिहरुलाई नियमन गर्दै उनीहरुले गर्ने सामाजिक कार्यलाई अभिलेखीकरण गर्न ऐनले सघाउ पुराउने बताउनु भयो ।
उनले बडघर प्रथाले थारु समुदायको सामाजिक साँस्कृतिक र आर्थिक विकासको लागि महत्वपुर्ण योगदान गरेको कारणले त्यसलाई निरन्तरता दिन संस्थागत गर्नु परेको बताईन् ।
बारबर्दिया नगरपालिकाका बरघरहरुले नगरपािलकाको यो कदमको स्वागत गरेका छन् । स्थानीय तहको योजना तर्जुमा गरिँदा टोल सुधार समितिको भूमिका रहन्छ । बरघरले टोल सुधार समितिको काम गर्न सक्ने स्थानीय शासन बिज्ञहरुको बुझाई छ । | 2021/09/18 01:12:05 | https://www.indigenousvoice.com/1087.html | mC4 |
नेपाली महिलाले अमेरिकाको डेनाली हिमाल चढ्ने - Vishwa News
नेपाली महिलाले अमेरिकाको डेनाली हिमाल चढ्ने
नेपाली महिला शर्मिला थापामगरले अमेरिकाको डेनाली हिमाल चढ्ने भएकी छिन् । सन् २०१४ देखि अमेरिका आवतजावत गरिरहेकी थापा यसपाली अमेरिकाको अलस्का राज्यमा रहेको ६,१९० मिटर अग्लो डेनाली हिमाल चढ्ने उदेश्य लिएर आएकी हुन् । गत शनिबार न्यूयोर्कको ज्याक्सन हाइटमा पत्रकार सम्मेलन गर्दै आगामी मे महिनामा डेनाली हिमाल चढ्ने तयारी भइरहेको बताइन् । उनीसंगै ३५ पटक बिभिन्न हिमाल आरोहण गरिसकेका हिमाल आरोही तुलसी गुरुङ पनि चढ्ने छन् ।
डेनाली हिमाल अमेरिकाको सबै भन्दा अग्लो हिमाल हो । नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न र सम्पूर्ण एकल महिलालाई केही गर्ने प्रोत्साहन मिलोस् भन्दै हिमाल चढ्न लागेको उनको भनाइ छ । 'बिभिन्न कारणले एकल भएका महिलालाई अझैपनि समाजले हेर्ने दृष्ट्रिकोण परिवर्तन हुन सकेको छैन । महिलाहरु नरम होलान् तर कमजोर छैनन भन्ने सन्देश फैलाउनका लागि पनि मैले यस्तो तयारी गरेको हँ ' उनी भन्छिन्, 'सन् २०२० लाई सरकारले नेपाल भ्रमण वर्षका रुपमा मनाइरहेको अवस्थामा मैले अमेरिकाको हिमालमा नेपालको झण्डा फहराउन सके भने त्यसले 'नेपाल भ्रमण वर्ष २०२०' का लागि सकारात्मक सन्देश दिनेछ ।'
गत वर्ष ६००० मिटर अग्लो सिन्धुपाल्चोकको जुगल हिमाल सफल आरोहण गरिसकेकी शर्मिलाले अमेरिकामा पनि केही गरेर देखाउने लक्ष्य लिएकी हुन् । हिमाल चढ्नका लागि आर्थिक संकलन जुटाउन अमेरिकास्थित नेपाली समुदायसंग सहयोगको अपिल गरेकी छिन् । 'हिमाल चढ्नका लागि झण्डै २७ हजार अमेरिकी डलर अनुमानित खर्च लाग्ने भएकाले सबैले सहयोग गरिदिनु हुन अनुरोध छ' उनी भन्छिन्, '१३ दिन सम्म माथि जाने र फर्कने गरी २१ दिनको समय लाग्छ । त्यसबिचमा खानपान, बसोबासको सामग्री देखि हामी लगाउने बिशेष कपडा, गियरहरु समेतको खर्च सबै जुटाउनु पर्नेछ । यस्ता सामाग्री अत्यन्तै महंगो हुन्छ ।' हाल उनी क्विन्सको कोर्ट अफ स्क्वायर एक स्कुलमा क्लाइम्वर्सको तालिम लिइरहेकी छिन् । नेपाली समुदाय र संघ संस्थामा आफ्नो उदेश्य बारे बताउँदा सबैले मगर संघमा जानु भनिरहेको पनि उनले बताइन् । 'तर, म मगरको छोरी भएर मात्रै हिमाल चढ्न लागेको होइन । आम नेपालीको छोरी भएर हिमाल चढ्दैछु । भोली मैले हिमालको चुचुरोमा नेपालको झण्डा फहराउँदा त्यहा सिङ्गो नेपाल र सम्पूर्ण नेपालीले गौरब गर्नेछन् । त्यसैले मलाई सबैले सहयोग गरिदिनु हुन पनि अनुरोध गर्दछु' उनको अपिल छ ।
शर्मिलाले एकल महिलाको जीबनमा मात्र हैन समाज परिवर्तन गर्नका लागि गहन भूमिका निर्वाह गदै आएकी छिन् । 'मृत्यपछि दागबत्ती दिन छोरा नै चाहिन्छ' भन्ने पुरानो मान्यतालाई चिर्दै छोरीले पनि छोरा सरह काम कर्तब्य पालन गर्न सक्छ भन्ने सन्देश दिएकी छिन् । उनले आफ्नो आमाको मृत्युमा आफैले दाग बत्ती दिएर, कपाल मुन्डन गरी १३ दिनसम्म आमाको काजकिरियामा बसेकी थिइन् । उनको यो शाहसलाई सामाजिक रुपान्तरणको उदाहरणको रुपमा लिइएको छ
सन् २०१५ मा नेपालामा गएको महाभुकम्पमा ज्यान गुमाउनेका परिवारलाई दिनरात सहयोग गरिन् । उनले समाज परिवर्तनका लागि गरेको योगदानको कदर गर्दै सन् २०१५ मा संयूक्त राष्ट्र संघले एन पी सी अर्वाडले सम्मान गरेको थियो । कार्यक्रममा शर्मिलाले जीवनका गरेका संघर्षबारे बनेको छोटो बृतचित्र प्रस्तुत गरिएको थियो ।
मगर संघ अमेरिकाका अध्यक्ष कुलदीप रानामगरले शर्मिलालाई सबैले सहयोग गरिदिनु हुन आग्रह गरेका छन् । शर्मिलाको यो लक्ष्य पुरा गराउनका लागि संस्थाको तर्फबाट अभिभावकको भुमिका निर्वाह गरिरहेको पनि उनले जानकारी दिए । न्यूयोर्क, टेक्सास, बाल्टिमोर लगायतबाट पनि सहयोग गराउन पहल गरिरहेका छौं । सहयोगको अपिल गर्दै उनी नेपाली महाबाणीज्य दूताबास, डिसिस्थित नेपाली राजदुताबास सबैतिर धाइरहेकी छिन् । सरकारका तर्फबाट केही जानकारी नआएसम्म कन्सुलेटले प्रत्यक्ष बजेट दिन नमिल्ने जानकारी गराएको उनले बताइन् । | 2020/09/21 08:40:23 | https://vishwanews.com/archives/7481 | mC4 |
प्रेमील मनहरुको वहुआयामिक दिन – Rajmarg Online
प्रेमील मनहरुको वहुआयामिक दिन
बेबो आचार्य
भेलेनटाइन डे अर्थात् प्रेम दिवस ! मनदेखि मन जोड्ने अनि जिन्दगीका वहुआयामिक पलहरुलाई सार्थक बनाउनका लागि वाचा कसम खाने दिन ! आजको दिनलाई प्रेमील मनहरुले विशेष दिनकारुपमा लिने गर्दछन् । मन पराएकाहरुले आजकै दिन प्रेम प्रस्ताव राख्छन् । आजको दिन मनको मान्छेसँग भेटिएर आफ्नो गक्ष अनुसारको उपहार दिने, एकअर्का प्रतिको विश्वासलाई अझ प्रगाढ बनाउने गरिन्छ । जेहोस्, प्रेम दिवसको महत्व वास्तवमै धेरै नै छ भन्न सकिन्छ ।
समाज विभिन्न विषाक्त सोँचका कारण दिनप्रतिदिन क्रूर, कुरुप बनि रहेको छ । यस्तो अवस्थामा सद्भाव, स्नेह, शान्ति, प्रेमको वकालत गर्ने आजको दिनलाई केवल एउटा केटा र केटीबीचको सम्वन्धसँग जोडेर मात्र हेर्नु त्यति उपयुक्त नहोला । आजको दिनलाई सिर्जनशील सोँचहरुमा लिप्त बनाएर समाजलाई सकारात्मक कोणबाट गति प्रदान गर्ने सवालसँग जोड्नु पर्छ । प्रेम अपरिहार्य छ । प्रेम नै जिन्दगी हो । तर पछिल्ला दिनहरुमा प्रेम भन्नासाथ आइलभयू, सेमटूयूको पेरिफेरिमा घुमाएर शरिरको मिलन बिन्दूसँग जोडेर व्याख्या विश्लेषण गरेको सुनिन्छ । जसका कारण प्रेम क्रमशः धोकामा परिणत हुन्छ । अन्तत्वगत्वा त्यसले ब्रेकअपको रुप लिन्छ ।
साथमा बस्न नसक्ने स्थिति आउँदा सौहार्दपूर्ण तरिकाले छुटिनु ठूलो कुरा होइन । जिन्दगीभरि साथमै रहने योजना बुनेर प्रेम पथमा हिँड्दा समयका डोबहरुले मनसँगको सहकार्यलाई कहिले काँही छुट्ने अवस्थामा पु¥याई दिन्छ । यसलाई अन्यथा मान्नु पनि हुँदैन । प्रेम बस्दैमा दुबैको जिन्दगी अन्तिम अवस्थासम्म एक हुन्छन्, हुनुपर्छ भन्ने पनि होइन । तर प्रेमको परिभाषाले जेजस्तो अवस्थामा बसेपनि दुबैलाई सधैभरी खुशी, उमंग, प्रगतिमा लम्कन सक्ने आँट, प्रेरणा दिनुपर्छ ।
साथमा हुँदा आशिष, छुटिदा अभिश्राप दिने मनहरुले कहिल्यै साँचो प्रेम गरेका हुँदैनन्, न भविष्यमा गर्न सक्छन् । प्रेमको परिभाषा त्याग, समर्पणसँग जोडेर गर्नुपर्छ । नाफा र नोक्सानको हिसाब किताबमा प्रेम पथलाई अगाडी बढाउनु हुँदैन । प्रेमले सधैभरी दिन जानेको हुन्छ । साथमा हुँदा खुशीको भण्डार दिन्छ प्रेमले, दिनुपर्छ । केही समय अलग हुँदा जिन्दगीप्रतिको माया, मोह बढाउने काम गर्छ प्रेमले । कदम कदाचित अलग भैहालेमा पनि साँचो प्रेमले प्रगतिपथमा लम्कनका लागि सदैव उर्जा दिने काम गर्छ, गर्नुपर्छ ।
विशेष गरी प्रेम भन्नासाथ युवा वर्गको पेरिफेरिमा यसलाई बढि मात्रामा जोड्ने गरिन्छ । यो साँचो पनि हो । तर प्रेम युवामा मात्र हुन्छ, आफ्नै तरेलीसँग मात्र प्रेम गरिन्छ भन्ने होइन । प्रेम बृद्धावस्थामा पनि हुन सक्छ । उमेरका हिसाबले कल्पनै गर्न नसक्नेहरु बीचमा पनि प्रेम हुन सक्छ । यसले जातभात, धनिगरिव, गोरो कालो, सुन्दर, कुरुप केही भन्दैन ।
प्रेम मनसँग मन जोडिने प्रक्रिया भएकाले कुनै पनि वाधा, वन्धन, अड्चनको घेराभित्र प्रेम रहँदैन । यसलाई कसैको डर, भय, लोभ, त्राश हुँदैन । साँचो प्रेम कोमल हुन्छ, तर यसको शक्ति यति हुन्छ कि यसले बन्दुकलाई समेत जित्न सक्छ ।
प्रेम अलौकिक छ । मानिस धनपैशा, इज्जत प्रतिष्ठा, पावरको पछि जिन्दगीभरि लागे पनि अन्तिममा मानिसलाई चाहिने प्रेम, अमन, चयन, शान्ति नै हो । प्रेमका अनेक रुप हुन्छन् । उमेर अनुसार प्रेम गर्ने तरिका र शैलि फरक हुन्छ । प्रेमको अर्थ जसले आत्मसात गर्न खोज्छ, सक्छ त्यसले जिन्दगीमा जटिल मोढहरुलाई पनि सजिलै पार लगाउन सक्छ । प्रेमले सकारात्मक चिन्तनको विकास गर्ने भएकाले साँचो प्रेम गर्ने मान्छे असन्तुष्ट बन्नु पर्दैन ।
प्रेम दिवसकोलाई लिएर विश्वभर विभिन्न खालका वहसहरु चलाइएको छ । यसको उत्पत्तीलाई लिएर आ–आफ्ना तर्कहरु छन् । यसको सुरुवात प्राचिन रोम सभ्यतामै भएको भनिन्छ । त्यस बेलाका सन्त भ्यालेनटाइनको नाममा प्रेम दिवस मनाउन सुरु गरिएका कथाहरु पनि प्रशस्त छन् । जसको नामबाट यो दिनको सुरुवात भएको भएपनि प्रेम दिवसको वहुआयामिक महत्व मनसँग मन जोड्दै सभ्य, समतामूलक समृद्ध समाज निर्माण गर्ने कडिसँग जोड्नुपर्छ । प्रेम दिवसको सबैलाई शुभकामना । | 2020/11/28 07:47:27 | http://rajmargonline.com/archives/4597 | mC4 |
ओलीविरुद्ध अदालतको अवहेलना निवेदन | कुवेतको पहिलो नेपाली अनलाईन पत्रिका
← संवैधानिक इजलासमा सुनुवाइ सुरु हुनुअघि केहीबेर 'बाझाबाझ'
नेकपाका दुवै समूहले पाएनन् मान्यता →
Posted on 25/01/2021 by कुवेतनेपाल एडमिन | टिप्पणी छोड्नुहोस्
बारलगायतले गरे प्रधानमन्त्रीका अभिव्यक्तिको निन्दा
काठमाडौँ — कानुन व्यवसायीहरूको मानमर्दन गरेको र अदालतमा विचाराधीन विषयलाई प्रभावित पार्न खोजेको आरोप लगाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलनासम्बन्धी निवेदन पेस भएको छ । वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यको उक्त निवेदन सर्वोच्च अदालतले समय अभावको कारण देखाई आइतबार दर्ता गरेन । अदालत प्रशासनले सोमबार निवेदन दर्ता नगरे कारण खुलाई अस्वीकृत गर्नुपर्नेछ ।
'प्रधानमन्त्री पदमा आसीन खड्गप्रसाद शर्मा ओली' भनी सम्बोधन गरिएको निवेदन दर्ता भए प्रधानमन्त्री ओलीले पदीय हैसियतमा मात्र नभई व्यक्तिगत रूपमा समेत मुद्दा सामना गर्नुपर्ने हुन सक्छ । निवेदनमा प्रधानमन्त्री ओलीले शुक्रबार (माघ ९) कार्की ब्यांक्वेटमा भएको पार्टी कार्यकर्ता भेलामा कानुन व्यवसायी र अधिवक्ताहरूमाथि गरेको टीकाटिप्पणीले अदालतमा विचाराधीन विषय प्रभावित पार्न खोजेको आरोप लगाइएको छ ।
प्रधानमन्त्री ओलीले शुक्रबार सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दामा बहस पैरवी गरिरहेका कानुन व्यवसायीमाथि व्यंग्य गरेका थिए । 'प्रतिनिधिसभा पुनःस्थापना गर्ने कुनै ठाउँ संविधानमा छैन । कुरा फिटेको फिट्यै छन् केही वकिलहरूले,' उनले भनेका थिए, 'एक जना बाजे वकिललाई पनि लिएर गएछन् त्यहाँ तमासा देखाउन । किन दुःख दिएको हो, बूढा मान्छेलाई ?' उनको यो अभिव्यक्तिको चौतर्फी आलोचना भएको थियो ।
कानुन व्यवसायीलाई संविधान र कानुनले दिएको विशेषाधिकारको सबैले सम्मान गर्नुपर्ने निवेदनमा भनिएको छ । 'त्यसमा पनि प्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्तिले अपमान गर्नु उहाँको पदीय मर्यादाविपरीत हुन्छ । उहाँले प्रयोग गरेका शब्द, लवज र उहाँले प्रदर्शन गरेको व्यवहारले अदालत र इजलासको अवहेलना भएकाले उहाँलाई अवहेलनामा कारबाही गरी सजायसमेत गरी पाउन अनुरोध गर्दछु,' निवेदनमा उल्लेख छ ।
सामान्य व्यक्तिलाई पनि क्षम्य नहुने व्यवहार प्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्तिलाई झनै क्षम्य नहुने भन्दै निवेदनमा वरिष्ठ अधिवक्ता शर्माले आफू मुद्दाको कुनै पक्ष नभएर बसेको अवस्थामा समेत प्रधानमन्त्रीको बोली र व्यवहारले अवहेलना भएको महसुस गरेको उल्लेख गरेका छन् । निवेदनमा प्रधानमन्त्री ओलीलाई अदालतमा झिकाएर अवहेलनाको कारबाही चलाउन माग गरिएको छ । अदालतको अवहेलनाको आरोप ठहर भए एक वर्ष कैद सजाय वा १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन्छ ।
आरोप पुष्टि हुनुअघि नै क्षमा मागे अदालतले अवहेलनाको कारबाही स्थगन गर्न सक्छ । विघटनविरुद्धका निवेदनहरूमाथि सुनुवाइ चलिरहेका बेला सर्वोच्च अदालतको संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पनि यस'bout कुरा उठाएका थिए । उनले प्रधानमन्त्री ओलीको क्रियाकलापबाट खुलेआम अदालतको अवहेलना भएको भन्दै इजलासको ध्यानाकर्षण गराएका थिए ।
जवाफमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले 'बजारको कुरा सुनिसाध्ये नभएको' भनी प्रतिक्रिया दिए । आफूहरू इजलासको कुरा मात्रै सुन्न बसेको उल्लेख गर्दै उनले भनेका थिए, 'बजारको कुरा सुन्ने हो भने वर्तमानदेखि पूर्वप्रधानमन्त्रीहरूलाई समेत अदालतमा ल्याउनुपर्छ । त्यता नलाग्नुस्, बहसको मूल विषयमा प्रवेश गर्नुस् ।'
बारको विरोध
कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले विज्ञप्तिमार्फत प्रधानमन्त्री ओलीको अभिव्यक्तिको निन्दा गरेको छ । प्रधानमन्त्रीको अभिव्यक्ति संविधान, कानुन, पदीय मर्यादा र आचरण अनुकूल नभएको उल्लेख गर्दै बारले वरिष्ठतम अधिवक्ता कृष्णप्रसाद भण्डारी'bout गरेको टीकाटिप्पणीलाई अदालतको अवहेलनाजन्य काम भनेको छ ।
'प्रधानमन्त्रीज्यूको उक्त अमर्यादित, अपमानजनक र असहिष्णु अभिव्यक्तिप्रति नेपाल बार एसोसिएसन गम्भीर आपत्ति र खेद व्यक्त गर्दछ,' विज्ञप्तिमा भनिएको छ, 'उक्त अभिव्यक्तिप्रति तत्काल सार्वजनिक रूपमा माफी माग्नसमेत सम्माननीय प्रधानमन्त्रीज्यूसँग जोडदार माग गर्दछौं ।' यस किसिमका अभिव्यक्ति नदोहोर्याउन चेतावनी दिँदै बारले दोहोर्याए विरोधका कार्यक्रम गर्ने घोषणा गरेको छ ।
संविधान र कानुन व्यवसायी परिषद् ऐनले पनि बहस पैरवी गरेकै कारण कानुन व्यवसायीविरुद्ध कुनै मुद्दामामिला गर्न नसकिने भनी संरक्षण दिएको जनाउँदै बारले कुनै पनि मुद्दामामिलाका क्रममा कानुन व्यवसायीमाथि गालीगलौज, अपमान, होच्याउने काम गर्न नहुने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।
नेपाल बार एसोसिएसनका चार पूर्वअध्यक्षले पनि आइतबार संयुक्त विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको अभिव्यक्तिले कानुन व्यवसायीहरूको घोर अपमान र मानमर्दन गरेको जनाउँदै त्यसलाई 'कानुन व्यवसायमाथि सत्ता पक्षबाट गरिएको निर्लज्ज प्रहार' भनेका छन् ।
प्रधानमन्त्रीले यसअघि पनि बारम्बार कानुन व्यवसायीमाथि प्रहार गरेको उल्लेख गर्दै उनीहरूले यो अभिव्यक्ति 'अदालतमा विचाराधीन विषयलाई समेत प्रतिकूल असर पार्ने प्रयास' भनी टिप्पणी गरेका छन् । विज्ञप्तिमा २०१३ सालदेखि संस्थागत स्वरूप ग्रहण गरेको कानुन व्यवसायलाई तमासा देखाएको भनी निर्लज्ज प्रहार गरिएको र राजतन्त्रकालमा समेत सत्ता पक्षद्वारा यस्तो प्रहार नभएको उल्लेख छ ।
लामो इतिहास भएका कानुन व्यवसायीलाई बहस गरेकै आधारमा अपमान गर्ने, होच्याउने, प्रहार गर्ने क्रियाकलापले प्रधानमन्त्रीमा शक्तिको अहंकार र उन्माद भएको ठहर गर्दै पूर्वअध्यक्षहरूले उक्त अभिव्यक्तिको विरोध गर्न बार र देशभरका कानुन व्यवसायीलाई अनुरोध गरेका छन् । उनीहरूले प्रधानमन्त्रीलाई सार्वजनिक क्षमायाचना गर्न माग गरेका छन् । अदालतको अवहेलना गरेको भन्दै जवाफदेही बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । उनीहरूले संविधानको रक्षा गरी मुलुकलाई संवैधानिक बाटामा ल्याउनसमेत आम समुदायलाई आग्रह गरेका छन् ।
कांग्रेस निकट नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसनले पनि 'बाजे वकिल' र 'तमासा' जस्ता शब्द प्रयोग गरी कानुन व्यवसायीहरूको मानमर्दन गरेको भन्दै प्रधानमन्त्री ओलीको निन्दा गरेको छ । उमेर, बौद्धिकता, अनुभव र योगदानका दृष्टिकोणले समेत आदरणीय स्थानमा रहेका वरिष्ठ अधिवक्ता भण्डारीमाथि गरिएको भद्दा टिप्पणीले समग्र कानुन व्यवसायीमाथि विवेकहीन प्रहार भएको भन्दै एसोसिएसनले यसलाई प्रधानमन्त्रीको अधिनायकवादी, चरम स्वेच्छाचारी र अनुशासनहीन प्रवृत्ति भनेको छ । 'कानुन व्यवसायीको बहस विवेक, ज्ञान र बौद्धिकताको त्रिवेणी हो, कार्यकर्तालाई हँसाउने सस्तो प्रहसनको विषय होइन,' एसोसिएसन विज्ञप्तिमा भनिएको छ ।
कानुन व्यवसायीहरूले पनि प्रधानमन्त्रीको अभिव्यक्तिको आलोचना गरेका छन् । '९४ वर्षका व्यक्तित्व अदालतमा उपस्थित हुनुलाई प्रधानमन्त्रीले बाजेको तमासाको संज्ञा दिए,' अधिवक्ता भीमार्जुन आचार्यले ट्विटरमा भनेका छन्, 'उपस्थितले ताली बजाए । कल्पना गरौं, हामी कस्तो सरकारको संरक्षणमा छौं ? आउने दिन अब कस्ता होलान् ?'(कान्तिपुर ) | 2021/04/20 23:22:09 | https://kuwaitnepal.com/2021/01/25/%E0%A4%93%E0%A4%B2%E0%A5%80%E0%A4%B5%E0%A4%BF%E0%A4%B0%E0%A5%81%E0%A4%A6%E0%A5%8D%E0%A4%A7-%E0%A4%85%E0%A4%A6%E0%A4%BE%E0%A4%B2%E0%A4%A4%E0%A4%95%E0%A5%8B-%E0%A4%85%E0%A4%B5%E0%A4%B9%E0%A5%87%E0%A4%B2/?shared=email&msg=fail | mC4 |
नेपालको जलविद्युतमा लगानी गर्न युएई इच्छुक | Sankalpa Post
अबुधावी, ३ माघ । ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकर र संयुक्त अरब इमिरेट्सका ऊर्जामन्त्री सुहेल महम्मद अल मजौरीबीच भेटवार्ता भएको छ ।
अबुधावीस्थित उर्जा मन्त्रालयमा भएको भेटवार्तामा नेपालमा जल उर्जा उत्पादनको क्षेत्रमा गर्नसकिने सहकार्यका विषयमा कुराकानी भएको त्यहाँस्थित नेपाली राजदूतावासका सहचारी केशवराज पोख्रेलले जानकारी दिनुभयो ।
वर्ल्ड फ्युचर इनर्जी समिट २०१७ मा भाग लिन युएई पुग्नुभएका उर्जामन्त्री शर्माले कम्तीमा आगामी एक सय वर्षसम्मको लागि नेपालमा हाइड्रो पावर विकासको राम्रो संभावना रहेको उल्लेख गर्दै त्यसमा लगानी गर्न युएई सरकारलाई आग्रह गनुभयो । त्यहाँका ऊर्जामन्त्री मजौरीले नेपालमा हाइड्रो पावरमा लगानी गर्न आफूहरु पनि इच्छुक रहेको भन्दै त्यसको लागि दुवै पक्षबीच औपचारिक प्रक्रिया शुरु गर्न सकिने बताउनुभयो ।
करिब ४५ मिनेट भएको भेटवार्ताको क्रममा युएईका ऊर्जामन्त्री मजौरीले हाइड्रो पावरका अतिरिक्त नेपालमा कृषि र पर्यटनमा लगानी गर्न आफूहरु इच्छुक रहेको जानकारी दिनुभयो । उहाँले दीगो ऊर्जा विकासका लागि हाइड्रो पावर र सोलार पावरलाई एकीकृत गरेर अघि बढाउन नेपाललाई सुझाव दिनुभयो ।
अबुधावीमा जारी वर्ल्ड फ्युचर इनर्जी समिटमा नेपालको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ऊर्जामन्त्री जनार्दन शर्माले भाग लिनु भएको छ । समिटमा पेट्रोलियम र हाईड्रो ऊर्जालाई क्रमश सौर्य उर्जा र वायोग्याँसले विस्थापित गर्दै लैजाने विषयमा छलफल केन्द्रीत हुने बताइएको छ ।
यस्तै समिटमा सन् २०५० सम्ममा बायोग्यास र सौर्य उर्जाको उत्पादन बढाएर ९० प्रतिशत पुर्याउने र अन्य उर्जालाई १० मा सीमित पार्ने लक्ष कार्यान्वयनका विषयमा गहन छलफल गर्ने कार्यक्रम रहेको छ । एक सातासम्म चल्ने इनर्जी समिटमा एक सय ५० राष्ट्रका प्रमुख, सरकार प्रमुख तथा मन्त्रीहरुले भाग लिएका छन् ।
यसैबीच ऊर्जामन्त्री जनार्दन शर्मा अबुधावीस्थित नेपाली राजदुतावास, नेपाली जनप्रगतिशिल मञ्च युएई र नेपाली विजनेस काउन्सीलले आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा सरिक हुनुभएको उहाँका स्वकीय सचिव वसन्तराज शर्माले जानकारी दिनुभयो । | 2020/09/22 18:22:41 | http://www.sankalpapost.com/2017/01/16/2876/ | mC4 |
छानबिन समितिको प्रतिवेदनप्रति स्वास्थ्यकर्मी असहमत, बाँकेमा आन्दोलन छानबिन समितिको प्रतिवेदनप्रति स्वास्थ्यकर्मी असहमत, बाँकेमा आन्दोलन
छानबिन समितिको प्रतिवेदनप्रति स्वास्थ्यकर्मी असहमत, बाँकेमा आन्दोलन
विक्रम खड्का, बुटवल- बाँकेस्थित भेरी अस्पताल नेपालगञ्जमा कार्यरत डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीले बिहीबार बेलुका पनि अस्पताल परिसरमा शान्तिपूर्ण रुपमा प्रदर्शन गरेका छन् । १३ गते राति एक जना कोभिड(१९ संक्रमितको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले त्यहाँ कार्यरत डाक्टर र नर्सहरूमाथि आक्रमण गर्नुका साथै अस्पतालभित्र तोडफोड गरेका थिए ।
घटनापछि गठन गरिएको छानबिन समितिले ४ दिन लगाएर बुधबार बुझाएको प्रतिवेदन स्थानीय प्रशासनले सार्वजनिक गरेको थियो । जसमा अस्पतालको कमजोरीले गर्दा आवेगमा आई डाक्टर, नर्समाथि आक्रमण भएको उल्लेख छ ।सार्वजनिक प्रतिवेदनप्रति पीडित डाक्टर तथा नर्सहरूले असहमति जनाएका छन् । त्यसको विरोधमा अस्पतालका डाक्टर तथा नर्सहरूले दोषीमाथि कारबाहीको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गर्दै आएका हुन् ।
बिहीबारको प्रदर्शनमा सहभागी स्वास्थ्यकर्मी तथा चिकित्सकहरूले पिटाइ खाई खाई पनि काममै छौं, दोषीलाई कडा भन्दा कडा कारवाही गर, स्वास्थ्य सुरक्षा ऐन लागू गर भन्ने जस्ता प्लेकार्ड छातीमा टाँसेका थिए ।आन्दोलन उपचारमा अवरोध हुने गरी सचालन नगरिएको एक स्वास्थ्यकर्मीले बताए । उनका अनुसार दोषीलाई कारबाही हुनेमा शंका देखिएपछि आन्दोलन बढ्दै गएको छ । | 2021/06/16 22:43:02 | https://sabalpost.com/archives/124824 | mC4 |
लुुम्ले महायज्ञमा भक्तजन बढ्दै — SuchanaKendra.Com
लुुम्ले महायज्ञमा भक्तजन बढ्दै
सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/१४ गते
४४१ &#२३४६;&#२३३५;&#२३२५;
श्रीभद्र पौडेल, अन्नपूर्ण (लुम्ले), । कास्कीको अन्नपूर्ण ६ स्थित लुम्लेमा रहेको कालिका मन्दिर पुनःनिर्माण तथा संरक्षण प्रतिष्ठान सहयोगार्थ जारी श्रीमद्भागवत महापुराण एवं देवी भागवत नवाह ज्ञान महायज्ञमा भक्तजनको सहभागिता बढ्दै गएको छ ।
यज्ञमा आइतवारको तुलनामा सोमवार भक्तजनको बाक्लो उपस्थिती देखिन्थ्यो ।हालसम्म करिव २ हजारले यज्ञमा सहभागिता जनाएको यज्ञका सहसंरक्षक समेत रहेका वडाध्यक्ष चित्रबहादुर गुरुङले जानकारी दिए ।यज्ञमा लुम्लेका साथै ढिकुरपोखरी, सल्यान तथा दाङसिङवासीले पनि सहभागिता जनाउन थालेका छन्।
यज्ञ अन्र्तगत सोमवार सवैभन्दा धेरै लुम्लेका कृष्णबहादुर गुरुङको परिवारले रु.५० हजार पचास दान गरेको छ ।त्यस्तै लुम्लेकै ओमप्रसाद देवकोटाबाट रु.२२ हजार दुई सय २५, नेपाली काँग्रेस कास्कीका कार्यवहाक सभापति आइवहादुर गुरुङ र अन्नपूर्ण ५ का अध्यक्ष जीवनाथ पौडेल(शंकर)बाट समान रु.१५ हजार १ सय लगायत अन्य थुपै दाताबाट नगद तथा जिन्सी सहयोग प्राप्त भएको छ।
सोमवार यज्ञमा काँग्रेसका नेता शुक्रराज शर्मा तथा कास्की काँग्रेसका कार्यवहाक सभापति आइबहादुर गुरुङले सम्बोधन गरेका थिए ।उनीहरुले पश्चिमी संस्कृतिको जगजगी रहेको वर्तमान अवस्थामा लुम्लेमा यज्ञको माध्ययम मार्फत महत्वपूर्ण कार्य भएको भनाई राखे । यज्ञमा कथा शिरोमणि पं. दिपकप्रसाद पौडेलले कथा प्रवचन गरिरहेका छन् ।यज्ञ यहि असोज १९ गतेसम्म चल्नेछ । | 2022/06/30 07:48:25 | http://suchanakendra.com/archives/35617 | mC4 |
सौन्दर्यविद् सुष्मा महरा 'राष्ट्रिय नारी सम्मान २०७४' बाट सम्मानित — Motivate News
सौन्दर्यविद् सुष्मा महरा 'राष्ट्रिय नारी सम्मान २०७४' बाट सम्मानित
काठमाडौँ – महिला उद्यमी तथा वरिष्ठ सौन्दर्यविद् सुष्मा महरा राष्ट्रिय नारी सम्मान २०७४ बाट सम्मानित भएकी छिन् । सुष्मा महराले काठमाडौंमा ४ र काठमाडौं वाहिर २ गरि ६ वटा आउटलेटबाट फेसियल हाउस सञ्चालन गर्दै आएकी छिन् ।
फेसियल हाउसले करिब ५० जना भन्दा धेरैलाई रोजगारी दिइरहेको छ । १०८ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर उनलाई सम्मान गरिएको हो ।
बिगत एक दशकदेखि सेवा मूलक व्यबसाय सञ्चालनमा सक्रिय भई रोजगार र विभिन्न सेवामुलक सामाजिक संघसंस्था मार्फत् राष्ट्र र समाजका लागि पुर्याएको निरन्तर योगदान स्वरुप महरालाई फोकस नेपाल तथा सिर्जनशील महिला मञ्च र नागरिक एकता समाजले राष्ट्रिय नारी सम्मान २०७४ बाट सम्मानित गरेको हो ।
नेपाल प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय नाँच घरमा सम्मान कार्यक्रम भएको थियो । महिला तथा बाल कल्याण मन्त्री थममाया थापा र प्रदेश नम्बर ३ की प्रमुख अनुराधा कोइरालाले सम्मान गरेका हुन् ।
अवसरमा महरासँगै व्यवसायी, फिल्म निर्मात्री र अभिनेत्री स्वेता खड्कालगायत सामाजिक क्षेत्र तथा अन्य क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्ने महिलाहरुलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा मन्तव्य राख्दै महिलाहरुलाई ३३ प्रतिशत अधिकार दिएकोमा कोइरालले असन्तुष्टि प्रकट गरिन् । उनले भनिन्, 'नेपालमा कूल जनसंख्याको ५१ प्रतिशत महिलाहरु छन् । उनीहरुले ३३ प्रतिशतको मात्र अधिकार दिन खोज्नु अझै पनि पुरुषवादी सोचको उपज हो ।'
साथै संघीय नेपालको सात प्रदेश प्रमुखहरुमा महिला आफू मात्र रहेको अवगत गराउँदै महिला अधिरकार प्राप्त भइनसकेको बताइन् । माइती नेपालका अध्यक्ष समेत रहेकी कोइरालाले चेलिबेटी बेचबिखन नरोकिएको बताइन् । उनले भनिन्, 'गरिबी र लैङ्गिक विभेद नहटाइ यो रोकिदैन ।'
'समृद्ध नेपाल निर्माणका लागि महिलाहरुको भूमिका' भन्ने नाराका साथ बुधबार १०८औँ अन्तराष्ट्रिय नारी दिवस, मनाइयो । उक्त अवसरमा राष्ट्रिय नारी सम्मान २०७४ कार्यक्रममा सम्मान लगायत विभिन्न साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । | 2018/06/19 18:19:05 | http://motivatenews.com/archives/27447 | mC4 |
मंगलादेवी सिंहको योगदानबारे चर्चा | Janaandolan
Home महिला मंगलादेवी सिंहको योगदानबारे चर्चा
मंगलादेवी सिंहको योगदानबारे चर्चा
विर्तामोड ११ भदौ । नेपाल महिला संघकी संस्थापक अध्यक्ष तथा अग्रज प्रजातन्त्रवादी नेतृ मंगलादेवी सिंहको २४ औं स्मृति दिवसको अवसर पारेर देशभरका महिला नेतृहरुले मंगलादेवी सिंहको जीवनी र राजनीतिक योगदानबारे चर्चा गरेका छन् ।
एन.सी. वुमन फोरम ९लअ धयmभल ायचगm० को आयोजनामा सम्पन्न भर्चुअल बैठक (जुम)मा महिला अधिकार स्थापना र लोकतान्त्रिक शासन ब्यवस्थाका लागि मंगलादेवी सिंहले पु¥याएको योगदानको चर्चा गरिएको हो ।
जुममा सहभागी महिला नेतृहरुले मंगलादेवी सिंहले महिलाहरुको मतदान अधिकार, सामाजिक सशक्तिकरण, शैक्षिक, राजनीतिक अवसर सिर्जनाका लागि गरेको योगदानको चर्चा गरेका थिए ।
राणाहरुको क्रुर शासन ब्यवस्था भएको तत्कालीन अवस्थामा पनि पिकनिक लगेर महिलाहरुलाई संगठित गर्दै नेपाल महिला संघको स्थापना गर्नु र लोकतान्त्रिक शासन ब्यवस्थाका लागि राणाहरुकै सामु जुलुस लिएर पु्ग्नु स्वर्गीय सिंहका शाहसिक कार्य भएको चर्चा गरेका थिए । कार्यक्रममा सहजीकरण देवा डाँगीले गर्नुभएको थियो । महिलाहरुकै अगुवाइमा स्थापित एन.वुमन फोरमले समसामयिक सन्दर्भ र राजनीतिक विषयमा चर्चा परिचर्चा तथा प्रशिक्षण समेत सञ्चालन गर्ने क्रममा मंगलादेवी सिंहको स्मृति दिवसको अवसरमा उहाँको योगदानको चर्चा गरेको हो ।
स्व. सिंहले राणा शासकहरुको क्रुर शासनका विरुद्ध सशक्त आवाज उठाउन महिलाहरुलाई पिकनिक लगेर भूमिगत रुपमै २००४ सालमा महिला संघको स्थापना गर्नुभएको थियो । आजीवन महिला संघको अध्यक्ष रहनुभएकी सिंहले त्यसपछि नेपाली कांग्रेसको नेतृत्वमा भएका ब्यवस्था परिवर्तनका आन्दोलनमा सशक्त भूमिका खेल्नुभएको थियो ।
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नेपाल महिला संघ तथा नेपाली कांग्रेसका विभिन्न तहमा रहेर नेतृत्व संहालीरहेका महिला नेतृहरुको सहभागितामा सम्पन्न कार्यक्रममा मंगलादेवी सिंहले चाहेजस्तो परिवर्तन र महिलाहरुको सशक्तिकरणका लागि हरेक क्षेत्रमा सशक्त सहभागिता आवश्यक रहेको बक्ताहरुको धारणा थियो ।
'अहिले पनि महिलालाई दोस्रो स्थानमा नै राख्ने प्रवृत्ति राज्यका हरेक निकाय तथा राजनीतिक दलहरुमा छ,'–कार्यक्रममा सहभागी वक्ताहरुको साझा धारणा थियो–'अव पहिलो दर्जाको पदीय दायित्व पूरा गर्न महिलाहरु सक्षम छन् । महिलालाई अवसरको खाँचो छ ।'
वि.सं. १९८१ मा काठमाडौंमा जन्मनुभएकी सिंहको १९९७ मा गणेशमान सिंहसँग विवाह भएको थियो । वि.सं. १९९७ कात्तिकमा प्रजापरिषद् काण्डमा परी गणेशमान सिंहलाई जन्मकैद भएपछि श्रीमती सिंह जहानिया राणाविरोधी आन्दोलनमा सक्रिय हुनुभएको थियो । पद्म शमशेरले गरेको सुधारप्रति असन्तुष्ट सिंह २००५ सालमा जुलुस लिएर राणाहरुको दरबार अगाडि पुग्नुभएको थियो भने २००७ सालमा प्रजातन्त्र स्थापनाअघि भएको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भूमिका खेल्नुभएको थियो ।
२०१७ सालमा तत्कालीन राजा महेन्द्रले प्रजातन्त्रमाथि 'कू' गर्दै संसदीय ब्यवस्थाको अपहरण गरेको विरोधमा आन्दोलन गर्ने क्रममा पक्राऊ पर्नुभएकी सिंहलाई पाँचवर्ष कैद सजाय दिइएको थियो २०२५ सालपछि ८ बर्षसम्म प्रवासी जीवन विताउनुपरेको थियो । उहाँको २०५३ मा निधन भएको थियो ।
श्रीमती सिंहलाई २०१७ सालमा संसदीय व्यवस्थाको अपहरण भएपछि विरोध गर्दा पक्राउ गरी ५ वर्ष कैद गरियो। २०२५ सालपछि ८ वर्ष प्रवासमा रहनुभयो । | 2021/02/28 06:44:07 | https://janaandolan.com/5868/ | mC4 |
सुदूरपश्चिममा क्वारेन्टाइनमा रहेका १ हजार ४८३ जनाको स्वाब सङ्कलन -सुदूरपश्चिममा क्वारेन्टाइनमा रहेका १ हजार ४८३ जनाको स्वाब सङ्कलन -
२९ चैत्र २०७६, शनिबार ११:५३ मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेशका ६ जिल्लाका क्वारेन्टाइनमा रहेका एक हजार ४८३ जनाको स्वाब सङ्कलन गरिएको छ । सङ्कलित ती स्वाब परीक्षणका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँ पठाइएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरले जनाएको छ । निर्देशनालयका अनुसार डोटीमा ३३०, कैलालीमा ३७१, कञ्चनपुरमा १५८, डडेल्धुरामा १९९, बैतडीमा ४२५, अछाममा २२६ जना गरी कुल ४८३ जनाको स्वाब सङ्कलन गरिएको छ । यहाँका अन्य तीन जिल्ला बझाङ, दार्चुला र बाजुरामा भने स्वाब सङ्कलन गर्न बाँकी रहेको बताइएको छ ।
त्यसैगरी डोटीका क्वारेन्टाइनमा रहेका २१३ जनामा गरिएको कोभिड–१९ ¥यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटी) जाँचमा सबैको नेगेटिभ आएको छ । क्वारेन्टाइनमा रहेका स्वाब सङ्कलनमा नसमेटिएका १९१ पुरुष र २२ महिला गरी २१३ मा रगतबाट गरिने आरडिटी जाँचमा सबैमा 'नन रिएक्टिभ' नतिजा आएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए ।
जिल्लाको आदर्श गाउँपालिका, बडीकेदार गाउँपालिका, सायल गाउँपालिका र बोगटान फुड्सिल गाउँपालिकामा गरी चार वटा गाउँपालिकामा आरडिटी गरिएको हो । तीमध्ये आदर्श गाउँपालिकामा २३ पुरुष र दुई महिला गरी २५ जना, बडिकेदार गाउँपालिकामा ६२ पुरुष र एक महिला गरी ६३ जना, सायल गाउँपालिकामा २० पुरुष र पाँच महिला गरी २५ जना र बोगटान फुड्सिल गाउँपालिकामा ८६ पुरुष र १४ गरी १०० जनाको रगत जाँच गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
त्यस्तै आजदेखि होम क्वारेन्टाइनमा बसेकाहरुको समेत आरडिटी परीक्षण शुरु गरिने स्वास्थ्य कार्यालयका प्रमुख मलासीले जानकारी दिए । यसका लागि जिल्लाका नौवटै स्थानीय तहसँग तथ्याङ्क माग्ने काम भइरहेको पनि उनले जानकारी दिए । सुदूरपश्चिमकै तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा गरिएको कोरोना जाँचको ¥यापिड टेष्टमा २३८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रादेशिक प्रयोगशाला धनगढीसहित टोलीले ¥यापिड टेष्ट किटमार्फत उक्त टेष्ट गरेको थियो ।
कैलालीमा १७९ जना र कञ्चनपुरमा ५९ जनाको क्वारेन्टाइन स्थलमै ¥यापिड टेष्ट गरिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए । ¥यापिड टेष्ट किटमा पोजेटिभ देखिएकालाई मात्रै रियल टाइम पिसिआर मेसिनमा कन्फर्म गरेर मात्रै नतिजा सार्वजनिक गरिने सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुर, प्रादेशिक प्रयोगशाला, सेती प्रादेशिक अस्पताल र नेपाली सेनाको टोलीले तीव्र रुपमा कोरोना जाँच गरिरहेकाले सबैको जिल्लाअनुसारको तथ्याङ्क आइनसकेको बताइएको छ । 'स्वाब सङ्कलन गरिएकाहरुको एकीकृत तथ्याङ्क आउन केही समय लाग्छ', उनले भने, 'स्वास्थ्यका सबै निकाय फिल्डमा खटिएका छन्, तथ्याङ्क आउन समय लाग्छ ।' | 2020/07/10 05:20:45 | https://www.ujyaalonetwork.com/archives/46589 | mC4 |
प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस, केहीबेरमै अपरेसन हुने
मंगलवार, मंसिर १०, २०७६ साल,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएको छ । अहिले उनको अपरेसनको तयारी भइरहेको छ । स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओली आज मंगलबार बिहानै उपचारका लागि अस्पताल गएका थिए । परीक्षणका क्रममा प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस देखिएको हो ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका डा। अरुण सायमीले प्रधानमन्त्रीको अपरेसनका लागि तयारी भइरहेको जनाए ।
ठूलो आन्द्रासँग गाँसिएर बसेको एक सानो अंग नै 'एपेण्डिक्स' हो । एपेण्डिक्समा ब्याक्टेरिया संक्रमण अथाव कुनै अवरोध भएको अवस्थामा सुन्निने र पिप भरिने हुन्छ । समयमै उपचार नभएको अवस्थामा फुट्ने र यसभित्र रहेको फोहोर आन्द्रा पेटभित्रै पोखिने सम्भावना हुन्छ ।
एपेण्डिसाइटिस भएको बिरामीको २४ घण्टाभित्रै उपचार गरिनु पर्छ । एपेण्डिक्स फुट्नुअगावै अपरेसन गरेर फालिएन भने बिरामीको मृत्यु समेत हुन सक्छ । अपरेसन गरेका यस्ता बिरामीले केही दिन अस्पतालमै आराम गर्नुपर्छ ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा पछिल्लो पटक समस्या बल्झिरहेको छ । मिर्गौलाका बिरामी ओलीको स्वास्थ्यमा समस्या आएपछि एक महिनाको अन्तरालमा चार पटक डायलायसिस गरिसकेको छ । | 2019/12/14 03:04:49 | http://www.arthadainik.com/news/8938 | mC4 |
ब्रासिलिया- ब्राजिलमा सेना, नौसेना र हवाई सेनाका प्रमुखहरूले एकसाथ राजीनामा दिनुभएको छ । राष्ट्रपतिले सेनामाथि अनावश्यक दबाव दिने प्रयास गरेको विरोधमा उहाँहरूले राजीनामा दिनुभएको बताइएको छ ।
राष्ट्रपति जइर बोल्सोनारोले राजनीतिक सङ्कट जेलिरहेका यस अवस्थामा पुनः सेनातर्फका तीन ओटा उच्च पदबाट राजिनामा आएको समाचार जनाइएको छ ।
राष्ट्रपतिसँग मतभेद भएर ब्रजिलका सेना, नवसेना तथा हवाई सेनाका प्रमुखहरूले एकसाथ राजीनामा दिनु यहाँको इतिहासमा सन् १९८५ पछिको पहिलो घटना भएको बताइएको छ ।
गत सोमबार मात्रै आफ्ना विदेश तथा रक्षामन्त्री दुवैले राजीनामा दिएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्न बोल्सोनारो बाध्य हुनु भएको थियो ।
बोल्सोनारोका समर्थक मानिएका विदेशमन्त्रीले सांसदहरूको आलोचनापछि राजीनामा दिनुभएको भोलिपल्टै सेना, नौसेना र हवाई सेनाका प्रमुखहरूको राजीनामा आएको बताइएको छ ।
सन् २०१९ को जनवरी बोल्सोनारोले सत्ता सम्हालेयताकै सबैभन्दा ठूलो राजनीतिक सङ्कटको सामना गर्नुपरेको छ।कोरोना भाइरस सङ्क्रमणको कारण विश्वमा दोस्रो स्थानमा परेको ब्राजिलमा कोरोनाभाइरस महामारीलाई लिएर राष्ट्रपतिको लोकप्रियता खस्कँदो अवस्थामा रहेको छ ।
ब्राजिलमा कोरोना भाइरसका कारण अहिलेसम्म तीन लाख १४ हजार व्यक्तिको ज्यान गइसकेको छ भने एक करोड २५ लाखमा सङ्क्रमण पुष्टि भएको छ । -सिन्ह्वा | 2022-11-28T18:25:02Z | https://yobela.com/2021/03/116425/ | OSCAR-2301 |
भित्री बस्त्र र प्रजनन स्वास्थ्यको सम्बन्ध – Online Khabar
भित्री बस्त्र र प्रजनन स्वास्थ्यको सम्बन्ध
२०७८ भदौ ८ गते १६:१४
भित्री वस्त्रमा दिनभर किटाणुहरु जम्मा हुने एवं यीस्ट र फंगसको लागि यो उत्तम ठाउँ बन्न सक्छ । जुन मल र मूत्रबाट दूषित हुन्छ । यसको सञ्चितिले गन्ध पैदा हुन्छ । जसले केवल मान्छेको बेइज्जत मात्रै हुँदैन, धेरै अस्वस्थ पनि बनाउन सक्छ ।
आफ्नो निजी अंगमा हुने दुखाइ
पसिना, चिसोपना, फोहोर र तैलीय पदार्थको सञ्चयका कारण शरीरको विभिन्न भागमा रातो हुने एवं दुखाइको महसुस हुन सक्छ । तपाईंको अनुहार जस्तै तपाईंको अन्तरंग क्षेत्र पनि ताजा र सफा राख्नका लागि पनि हामी सधैं सफा हुनुपर्छ ।
यीस्ट संक्रमणका लागि प्रजननको क्षेत्र बन्न सक्छ
यीस्ट संक्रमण महिलाहरुमा हुने साधारण संक्रमणहरुमध्ये एक हो । यो अनुचित र अस्वस्थ बानीका कारण सिर्जना हुन्छ । यस्तो संक्रमण सामान्यतया धेरै दिन एउटै खाले फोहोर अण्डरवेयर लगाएर फैलिन्छ ।
जब तपाईं त्यस्तो गल्ती गरिरहनु भएको छ भने तपाईं यीस्टको संक्रमणको लागि प्रजननको ठाउँ दिइरहनु भएको छ । यसका अलावा यो तपाईंको इन्टिमेट क्षेत्रमा र उसको आसपास जलन र बेचैनीको सम्भावनालाई पनि बढाउँछ ।
तपाईंलाई रेशेस हुनसक्छ
हामी धेरैलाई थाहा छ कि यो रेशेसका कारण हामीलाई कति दुखाइ र असहज हुन्छ भन्ने ? यसले केवल हाम्रो दिनचर्यालाई संघर्षशील मात्रै बनाउँदैन । पीडादायी र काममा असर पनि गर्छ । | 2022/05/24 13:17:26 | https://www.onlinekhabar.com/2021/08/1003478 | mC4 |
जिल्ला प्रशासन कार्यालय जाजरकोटले पुन र विकलाई ६ वर्षअघि अन्तरजातीय विवाह प्रोत्साहन भत्ताबापतको १ लाख रुपैयाँ पनि उपलब्ध गरायो । वीरबहादुरलाई उनका बाबुआमाले माथिल्लो जातको विवाह गर्न र दलित बुहारी छाड्न दबाब दिन छाडेनन् । १० महिनादेखि अमृता र उनका ३ सन्तानको बिचल्ली छ । बिहेको ११ वर्षपछि वीरबहादुरले उनलाई घरबाट निकाले । पतिले पटक(पटक कुटपिट गरी घर बस्न नदिएको विकले बताइन् । उनी नाबालक ३ सन्तानसहित सदरमुकाम खलंगामा आश्रय लिन बाध्य छिन् । | 2021-03-04T19:07:58Z | https://onlinesunapatidahoo.com/archives/14726 | OSCAR-2109 |
नक्कली अन्तशुल्क स्टिकर मुद्दामा १ वर्ष जेल, पौने ७ करोड जरिवाना
टुडे समाचारदाता असाड २९, २०७५
वीरगञ्ज । मदिरामा लगाईने अन्तशुल्कको नक्कली स्टीकरको कारोबारमा संलग्नहरुलाई आन्तरिक राजस्व कार्यालयले सजाय गरेको छ ।८ जना बिरुद्ध सुनाईएको सजाय पाउनेमा अधिकांश भारतीय नागरिक छन् ।उनीहरुले भारतमा अन्तशुल्कको नक्कली स्टीकर छपाई नेपालमा मदिरा कम्पनीहरुलाई आपूर्तीगर्दै आएका थिए ।प्रमुख कर अधिकृत गोपिकृष्ण कोइरालाको इजलाशले अभियुक्तहरुलाई दोषी ठहरगर्दै जनही १÷१ वर्ष कैद र ६ करोड ७८ लाख ७० हजार १ सय १६ रुपैयाँ जरिवाना असूल गर्ने फैसाल सुनाएको हो ।सजाय पाउनेहरुमा विराटनगर महानगरपालिका १ का ५० वर्षीय कुलप्रसाद राजभण्डारी, ११ का ५४ वर्षीय प्रकाश घिमिरे र काठमाडौं बुढानीलकण्ठ १० का ५० वर्षीय राजकुमार भण्डारी छन् । त्यसैगरि भारत पूर्वी चम्पारण रक्सौल २० का ४९ वर्षीय वीरेन्द्र कुमार महतो छन् ।पक्राउ परेका चारैजना पुर्पक्षका लागि वीरगञ्ज कारागारमा छन् । सजाय सुनाउने बेलामा उनीहरु ४ जनालाई कोइरालाको ईजलासमा उपस्थित गराईएको थियो । | 2019/03/18 19:56:23 | http://ejanakpurtoday.com/news/12986 | mC4 |
थाहा खबर: विराटनगरको बजेट ३ अर्ब ३८ करोड
विराटनगरको बजेट ३ अर्ब ३८ करोड
छोरी जन्माउने परिवारलाई ३ हजार भत्ता, नयाँ रक्सी पसललाई इजाजत नदिइने
विराटनगरः विराटनगर माहानगरपालिकाले आर्थिक वर्ष २०७४÷०७५ का लागि तीन अर्ब ३८ करोड ८९ लाख २१ हजार रुपैयाँको अनुमानित आय–व्ययसहित बजेट पारित गरेको छ।
'सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर' भन्ने नाराका साथ शुक्रबारदेखि सुरु भएको पहिलो नगरपरिषदबाट उक्त बजेट पारित भएको हो।
आइतबार पत्रकार सम्मेलन गर्दै माहानगरपालिकाका प्रमुख भीम पराजुलीले नगरपालिकातर्फ एक अर्ब ७४ करोड ७९ लाख २१ हजार रुपैयाँ र मझौला शहर एकीकृत शहरी वातावरणीय सुधार परियोजना÷क्षेत्रीय शहरी विकास परियोजनातर्फ एक अर्ब ६४ करोड रुपैयाँ गरी जम्मा तीन अर्ब ३८ करोड रुपैयाँको बजेट पारित भएको जानकारी दिए।
उल्लिखित रकममध्ये नगरपालिकाको आन्तरिक स्रोतबाट २७ करोड १४ लाख ४० हजार, राजश्व बाँडफाँडबाट दुई करोड २५ लाख, नेपाल सरकारबाट अनुदान ५४ करोड ६१ लाख, नेपाल सरकारबाट सशर्त अनुदान विषयगत कार्यालयबाट २६ करोड ७१ लाख, नेपाल सरकार समपूरक र विशेष अनुदानबाट तीन करोड, सरकारको सशर्त अनुदान ३१ करोड ५४ लाख, वैदेशिक अनुदान तीन करोड ५४ लाख, जनसहभागिताबाट तीन करोड २० लाख, नगर विकास कोष ऋण सहयोगबाट पाँच करोड र नगरपालिकाको मौज्दात १७ करोड ८७ लाख रुपैयाँ गरी एक अर्ब ७४ करोड ८९ लाख रुपैयाँ आय हुने अनुमान गरिएको छ।
यस्तै, मझौला शहर एकीकृत शहरी वातावरणीय सुधार परियोजना÷क्षेत्रीय शहरी विकास परियोजनातर्फ विनियोजित कुल बजेटको ९३ प्रतिशत नेपाल सरकारबाट अनुदान प्राप्त हुने र सात प्रतिशत नगरपालिकाले समपूरक कोषवापत व्यहोर्नेगरी अनुमान गरिएको छ।
विनियोजित रकममध्ये २० करोड ८६ लाख रुपैयाँ चालु खर्च हुने अनुमान गरिएको छ भने विषयगत खर्चका लागि २६ करोड ७१ लाख रुपैयाँ रकम विनियोजन गरिएको छ।
यस्तै, सामाजिक सुरक्षा भत्ताका लागि २० करोड, भौतिक पूर्वाधार निर्माणका लागि ९२ करोड ५१ लाख, वातावरण, सरसफाई तथा विपत व्यवस्थापनका लागि तीन करोड २३ लाख, सामाजिक एवं लक्षित कार्यक्रमका लागि ११ करोड ५६ लाख रुपैयाँ विनियोजन गरिएको छ।े सार्वजनिक निर्माण खर्चका लागि एक अर्ब ५४ करोड रुपैयाँ विनियोजन गरिएको छ।
छोरी जन्माउनेलाई ३ हजार रुपैयाँ भत्ता
माहानगरपालिकाले 'छोरी बचाऊ अभियान'अन्तर्गत पहिलो पटक छोरी जन्माउने परिवारलाई तीन हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको छ। ९० वर्षमाथिका जेष्ठ नागरिकलाई सम्मान स्वरूप थप एक हजार भत्ता दिने, गुणस्तरहीन घरेलु रक्सी उत्पादन तथा बिक्री वितरण कार्यमा पूर्ण रोक लगाउने, इजाजत लिएका मदिराजन्य होटल तथा पसलहरू ९ बजेसम्ममा बन्द गरिसक्नुपर्ने, नयाँ मदिराजन्य पसलको इजाजत अब नदिने पनि नगरपरिषदको निर्णय छ।
नगरपरिषदले विराटनगरको ट्राफिक व्यवस्थापनका लागि विभिन्न ठाउँमा आकाशे पुल निर्माण गर्ने, सिटी बस संचालन गरी साना सवारी साधन निरुत्साहित गर्ने, सौर्य सडक बत्ती जडान गर्ने निर्णय पनि गरेको छ।
यस्तै, महानगरभित्र प्लानिङ नलिई घर घडेरी विकास गर्न नपाइने, वर्सेनि बाढीबाट हुने क्षतिलाई न्यूनीकरणका लागि सिंघिया र केशलिया खोला किनारको दायाँ बायाँ एक÷एक सय मिटरसम्म माटो खन्नमा रोक लगाउने, सुकुम्वासी तथा खोला छेउका घर परिवारको व्यवस्थापनका लागि एकीकृत वस्ती विकास परियोजना संचालन गर्नेलगायतका योजना रहेका छन्।
माहानगरपालिकाले करको दर नभई दायरा वृद्धि गर्ने जनाएको छ। महानगरलाई तीन वर्षभित्र धूलो र हिलोमुक्त बनाउने लक्ष्य लिएको छ भने ऐतिहासिक विराट राजाको दरबार क्षेत्रको विकासका लागि पनि बजेट विनियोजन गरेको छ।
शैक्षिक प्रगतिका लागि दुई सामुदायिक विद्यालय तथा एक मदरसा छनोट गरी एक करोड ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ। नहरलाई वाइपासको रूपमा विकास गर्न एक करोड रुपैयाँ विनियोजन गरेको छ। | 2018/06/20 09:11:45 | http://thahakhabar.com/news/23265 | mC4 |
गरीबी निवारण कोष : गरीबी नाममा टाठाबाठाको रजाइ - RatoKalam.com is No one news portal.
काठमाडौँ, २९ माघ । गरीबी निवारण कोषमा गरीबको नाममा आएको रकममा टाठाबाठाले रजाइ गर्ने गरेको प्रतिवेदन सार्वजनिक भएको छ ।
यस्तै २०७४ मङ्सिर २५ मा भ्रमण टोलीमा संलग्न हुने सदस्यको नामावली परिवर्तन गर्ने गरी उपाध्यक्ष स्तरबाट निर्णय भएको प्रतिवेदनले देखाएको छ । भारत भ्रमणमा ३५ कालीगढ लैजाने भनिएता पनि १४ जनामात्र लगिएको देखिएको छ ।
"भ्रमण टोलीमा जम्मा ३५ रहेकोमा १४ जना कालीगढबाहेक अन्य सबै विभिन्न निकायका कर्मचारी रहेको देखिन्छ भने कपिलवस्तु, तेह्रथुम, गोरखा, ललितपुरका कालीगढलाई संलग्न गराएको देखिँदैन" प्रतिवेदनमा भनिएको छ, "यसबाट के देखिन्छ भने गरीबको नाममा हाकिम विदेश घुम्ने र कोषको लाखाँै रकम हिनामिना नभएको भन्न सक्ने अवस्था देखिएन ।"
'एकल स्रोत छनोट विधि अबलम्वन गर्न परेको प्रमाण र पुष्टाई बेगर प्रतिस्पर्धा सीमित हुने गरी सम्झौता गरेको विषय नियमसङ्गत नदेखिएकाले संलग्नलाई कानूनबमोजिम कारवाही हुनुपर्ने' प्रतिवेदनमा भनिएको छ ।
प्रतिवेदनमा गरीबी निवारण कोष र विश्व बैंकबीचको सम्झौता २०१८ डिसेम्बर ३१ मा समाप्त भइसकेको अवस्थामा कोषको लगानी गरेको रु १९ अर्ब रकम जोखिम बढ्न गएकाले त्यसको व्यवस्थापन सरकारले गर्नुपर्नेसमेत सुझाव दिइएको छ ।
सो प्रवितेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाइएको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी गराउनुभयो । | 2019/02/24 03:24:12 | http://ratokalam.com/2019/02/12/39925/ | mC4 |
के हो कुम्भ मेला ? - JamarkoOnline
होमपेज / पर्यटन / के हो कुम्भ मेला ?
के हो कुम्भ मेला ?
शुक्रबार, चैत २२, २०७५ , जर्मर्को अनलाईन
ः नवराज विष्ट
कुम्भ मेलालाई हिन्दु धर्मावलम्बीहरुको एक महान स्नान पर्वको रुपमा लिइन्छ । यो मेला पृथ्वीमा जम्मा ५ ठाउँमा लाग्ने गरेको छ ्रशास्त्रले इङ्गित गरेका जम्मा १२ कुम्भ भए पनि हाल खोज भैसकेका जम्मा ५ कुम्भ मेलाहरु मध्ये ४ कुम्भस्थलहरु भारतका हरिद्वार, प्रयाग, नाशिक र उज्जयिन हुन् जहाँ प्रत्येक १२÷१२ बर्षमा लाग्ने कुम्भ मेला लाग्ने गरेको छ र बाँकी १ कुम्भ मेला नेपालको सुनसरी जिल्लास्थित कोशी नदीको किनार प्राचिन हरिद्वार चतारधाममा हो भन्ने कुरा शास्त्रहरुले मुक्तकण्ठले प्रस्तुत गरेका छन् ्र
शास्त्रीय प्रमाण ः
समुन्द्र मन्थन पछी उत्पन्न अमृतमय कुम्भघडा आफ्नो बनाउन देवता र दैत्यका वीच भएको लुछातानीको क्रममा जहाँ–जहाँ अमृत खस्यो खस्यो त्यहाँ–त्यहाँ कुम्भपर्व भनेर बताइएको छ । जस्तै
सुधाविन्दु विनिक्षेपात् कुम्भपर्वे्ति विश्रुतम् ।।१८।।
तर नेपालको प्राचीन हरिद्वार चतराधाममा लाग्ने कुम्भ मेलाको सन्दर्भमा श्रीमद् स्कन्द महापुराणको हिमाद्रिखण्ड अध्याय १२ को श्लोक संख्या ३५ देखि ३८ सम्मकाका श्लोकहरुमा स्पस्ट संग बताइएको छ –
जब भगवान विष्णु मोहिनीरूप धारण गरेर देवताहरूलाई अमृत बाँड्न लाग्नुभएको थियो, कुम्भ घडाको अमृतमा माथिपट्टि ढपक्क छाली "तर " लागेको थियो । त्यस अमृतको सुन्दरतालाई देखेर मोहिनीरूप भगवानले विचार गर्नुभयो कि यस अमृतको सार "तर" त देवतालाई दिनु हुँदैन । यसलाई अलग्गै राखेर अमृतमात्र बाँड्नु पर्छ ्र त्यस अमृतलाई उनै भगवान् मोहिनीरूप विष्णुले कपडाले छानेर अमृतको तरलाई बाहिर निकालेर एउटा पवित्र स्थानमा राखी ती देवताहरूलाई अमृतपान गराउनु भयो ।
तदा तदमृतं देवस् कृत्वा वस्त्रेण गालितम् ।
सुधापिण्डीकृतो यस्मात् पिण्डेश्वर इति स्मृत ।।३८।।
त्यसपछि त्यो पहिला नै निकालेर राखेको अमृतको पनि तर या सारलाई लिएर देवताहरूले एउटा पिण्डरूप शिवलिंग बनाए । त्यस अमृतको सारबाट निर्मित शिव– लिंगलाई सबै वनहरूभन्दा सर्वोत्तम वन रुद्राक्षारण्यका मध्यभागमा लगेर स्थापना गरे । त्यस स्थानमा स्थापना गरिएको लिंगरूप अमृतलाई देवताहरू स्वयंले विधि–विधानपूर्वक धूमधामसँग पूजा समेत गरी त्यस अमृतको पिण्डबाट निर्मित शिवलिंगको नामसमेत पिण्डेश्वर भने त्यसै कारण अद्यापि नेपालको पूर्वाञ्चल सुनसरी जिल्लाको धरान नगरपालिका अन्तर्गत पवित्र तीर्थ विजयपुर पर्वतका शिखरमा रुद्राक्षारण्यका बीचभागमा अमृतपिण्डस्वरूप पिण्डेश्वर महादेव विराजमान भएर रहनुभएको सर्व्विदितै छ ।
अब भन्नुहोस् भारतमा कुम्भ लगाउने प्रमाण के हो त ? भन्दा त्यही स्कन्दपुराणको (सुधाविन्दु विनिक्षेपात् अर्थात् अमृतको एक विन्दु झरेको हुँदा नासिक, उज्जैन, प्रयाग र हरिद्वारमा कुम्भ मेला भएको देखिन्छभने नेपालको विजय पर्वतमा त केवल अमृतको विन्दु मात्र नभएर स्वयं अमृतकलशमाथि ढपक्क जमेको तर या सारलाई नै पिण्डरूप शिवलिंग बनाएर स्थापना गरेको प्रमाण शास्त्रहरूमा मुक्त कण्ठले वर्णन भएको छ । ल भन्नुहोस्! अमृतको विन्दुको महत्व विशेष हुन्छ कि स्वयं अमृतकै तर या सारको थुप्रोको त ? विज्ञजनहरू आफै निर्णय गर्नुहोस् यसै शास्त्रवचनलाइ प्रमाण मानी कौशिकीतट प्राचीन हरिद्वार चतराधाममा कुम्भ मेला पुनःस्थापना नेपालका जगदगुरु अनन्त श्री विभूषित श्री बालसन्त महाराज श्रीबाट भएको हो । | 2020/08/12 21:40:37 | http://www.jamarkoonline.com/2019/04/3286/ | mC4 |
न्युयोर्कमा परराष्ट्रमन्त्रीले भने– अनन्तकालसम्म सार्क निष्क्रिय रहे विचित्र हुनेछ – Online Khabar
धरानका वडाध्यक्षको छोरालाई कैंची प्रहार गर्ने पक्राउ
२०७६ असोज १० गते ८:५५ मा प्रकाशित
१० असोज, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले लामो समयसम्म सार्क निष्क्रिय रहिरहे त्यसले विचित्र परिणाम ल्याउने बताएका छन् ।
सार्क मन्त्रिपरिषद्को अनौपचारिक बैठकमा मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् । तर, उनले त्यस्तो सम्भावित विचित्र परिणमबारे भने केही खुलाएका छैनन् ।
'सार्कको शिखर बैठक हुन सकेको छैन, सदस्य राष्ट्रले यस सम्बन्धमा उपयुक्त निर्णय नगरिनहुने भएको छ । हाम्रो सङ्गठन अनन्तकालसम्म निष्क्रिय रहिरह्यो भने त्यो विचित्र हुनेछ', मन्त्री ज्ञवालीले भने, 'सम्भावना र अवसरले परिपूर्ण दक्षिण एशियाको सामाजिक–आर्थिक भूदृश्य रुपान्तरणका लागि क्षेत्रीयस्तरमा प्रभावकारी सहयोग अपरिहार्य छ ।'
पछिल्लो समय सदस्य राष्ट्रबीचको मनमुटावले सार्क शिखर सम्मेलन हुन सकिरहेको छैन । सम्मेलन नहुँदा सार्कले लक्ष्य अनुरूप काम गर्न सकेको छैन ।
ज्ञवालीले गरिबी, असमानता, अल्पविकास, जलवायु परिवर्तन र प्राकृतिक विपत्तिजस्ता अनेकौँ चुनौतीले गाँजेको यथार्थ सुनाउँदै तिनको प्रभावकारी सम्बोधनका निम्ति सुदृढ सहयोग अत्यावश्यक भएको बताए ।
'चौंतीस वर्षअघि हाम्रा नेताले शान्त, समृद्ध र सुखी दक्षिण एशियाको परिकल्पना गरेर त्यो लक्ष्यमा पुग्न सार्क स्थापना गरेका हुन्, त्यो परिकल्पना साकार पार्न तथा हाम्रो साझा लाभ र हितका लागि सार्कका कार्यक्रम एवम गतिविधिलाई कार्यान्वयन गर्नुको विकल्प छैन', ज्ञवालीले भने ।
एकीकृत दक्षिण एसिया, आर्थिक परस्परनिर्भरता, एशियाली आर्थिक सङ्घ, शान्ति सुरक्षा र यो क्षेत्रको समृद्धि प्राप्तिका लागि सुदृढ एवम विस्तारित सहयोग, आपसी विश्वास र मैत्री अपरिहार्य भएको मन्त्री ज्ञवालीको भनाइ छ । | 2022/01/29 05:05:42 | https://www.onlinekhabar.com/2019/09/799561 | mC4 |
डेंगु नियन्त्रणका लागि सङ्कटकाल घोषणा गर्नुपर्ने अवस्था छैन: स्वास्थ्य मन्त्रालय – BRTNepal
बिआरटीनेपाल २०७६ भदौ २६ गते ११:३० मा प्रकाशित
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगु रोग नियन्त्रणका लागि सङ्कटकाल घोषणा गर्न आवश्यक नरहेको बताएको छ । डेंगुको महामारी नियन्त्रण बाहिर गएकोले सङ्कटकाल घोषणा गरेर नियन्त्रण अभियान चलाउन संसद्मा माग उठेका बेला स्वास्थ्य मन्त्रालयले आत्तिन पर्ने अवस्था नरहेको बताएको हो ।
मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले आम नागरिकमा अनावश्यक भय फैलाइएको जिकिर गर्नुभयो । काठमाडौँ उपत्यकासहित विभिन्न जिल्लामा डेंगुको सङ्क्रमणले ६ जनाको मृत्यु भइसकेको छ भने हजारौँ सङ्क्रमित भएका छन् । तराईका जिल्लामा मात्रै भेटिने डेंगुका बिरामी पहाडी जिल्ला हुँदै हिमाली जिल्ला मनाङमा समेत भेटिएपछि आम नागरिक थप त्रसित बनेका छन् ।
तर स्वास्थ्य मन्त्रालयका प्रवक्ता श्रेष्ठले भूगोलका हिसाबले धेरै ठाउँमा डेंगु भेटिए पनि महामारीको अवस्था नरहेको बताउनुभयो । काँग्रेस सांसद राधेश्याम अधिकारीले बुधवार राष्ट्रियसभाको बैठकमा डेंगु रोग नियन्त्रणका लागि सङ्कटकाल घोषणा गरेर अभियान थाल्न माग गर्नुभएको थियो । यसअघि उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले डेंगु नियन्त्रणका लागि सेना र प्रहरी परिचालन गर्ने बेला भएको बताउनुभएको थियो । | 2020/09/24 18:32:47 | https://www.brtnepal.com/2019/09/12/92314.html | mC4 |
६० वर्षकी बेहुली २० वर्षका बेहुला, मिसकलले जुराएको हो यो विवाह – Online Saptarangi
काठमाडौं । नेपाली संस्कारमा वेहुला र वेहुलीको उमेरको धेरै अन्तर हुँदैन । प्राय वेहुलीको उमेर सानो हुन्छ । पछिल्लो समयमा भने उमेरको खासै महत्व राखिदैन । बढी उमेरको युवतीसंग पनि विवाह गर्ने थालनी भएको छ । तर त्यो प्राय प्रेम विवाहमा हुन्छ । तर कहिले काँही यस्तो पनि हुन्छ जुन कुरा विश्वास गर्न पनि मु'स्किल पर्छ ।
विवाहमा ५, ७ वा १० वर्ष सम्मकै भिन्नतालाई सामान्य मानिन्छ । तर एउटाको उमेर भन्दा अर्काको उमेर झण्डै तीहाइले बढी भयो भने के होला ? त्यो पनि बेहुलीको । तर प्रेम अन्धो हुन्छ भनेजस्तै यहाँ त्यस्तै भएको छ ।
सुन्दै पत्यार नलाग्ने यस बिवाहमा बेहुला बेहुली बिचको उमेर भिन्नता ४० बर्षको छ । र अझ रोचक त के छ भने बेहुला २० बर्षका छन् भने बेहुली ६० बर्षकी । उनीहरुले एक अर्कालाई यति माया गर्छन की यो उमेरले पनि छेकेन ।
यो भारतको उत्तर प्रदेशको मु'रादाबाद जिल्लाको रामपुर शहर, सैदनगर गाउँमा भएको घ'टना हो । एक ६० वर्षकी महिलाले २० वर्षका युवकसंग धुमधामले विवाह गरेकी छन् ।
खासमा दुई बर्षअघि यि युवाले गल्तीले एक नम्बरमा कल गरेका थिए । उनले फोन डायल गर्दा गर्दै गलत नम्बरमा डायर गरे भन्ने थाहा पाए अनि क्यान्सिल गरे । उता महिलाले भने मिसकल आएको थाहा पाइन् । उनले फोन फर्काइन् । मिसकलवाट सुरु भएको उनीहरुको मित्रता घनिष्ट हुन थाल्यो । फोनमै उनीहरुले संगै बाँच्ने कसम खाए ।
अहिले यस विवाहको चर्चा आसपासका गाउँ मात्र नभई विश्वभर फैलिएको छ । बेहुला भारत हरदोईका निवासी हुन् । यि दुबैको भेट मिस्डकलबाट शुरुवात भएको थियो ।
करिब १२ बिघाकी धनि ती महिलाको पतिको केहि बर्षअघि निधन भइसकेको छ । उनकी विवाह भइसकेकी छोरी पनि छन् । आमाले २० वर्षका उमेरका युवासंग विवाह गर्न लागेको थाहा पाएर छोरीले निकै विरोध गरिन् ।
यो बिषय प्रहरीकोमा समेत पुग्यो । तर महिला र युवकले विवाहमा दुबै पक्षको मञ्जुरी भएको बताएपछि प्रहरीले उनीहरुलाई कारबाही गर्न सकेन । उनीहरुले धुमधामले विवाह गरे । | 2020/12/03 13:16:16 | https://onlinesaptarangi.com/2384/ | mC4 |
२०१४ मा शुरू ब्रोडगेज रेल्वे १ वर्षभित्र सञ्चालनमा आउने तयारी – BikashNews
२०१४ मा शुरू ब्रोडगेज रेल्वे १ वर्षभित्र सञ्चालनमा आउने तयारी
२०७५ माघ २८ गते ११:५३ विकासन्युज
काठमाडौं । २०१४ मा निर्माण शुरू भएकाे ब्रोडगेज रेल्वे १ वर्षभित्र सञ्चालनमा आउने तयारी भएकाे छ । भारत सरकारको रु ७ अर्ब २० करोडको आर्थिक सहयोगमा ब्रोडगेज रेल्वे विस्तारको काम सन् २०१४ मा शुुरु गरिएको हो ।
विसं १९९४ शुरु भएको विजलपुरा (भङ्गाहा महोत्तरी)–जनकपुर(धनुषा)–जयनगर ५१ किमी रेलमार्ग विसं २०५८ मा बाढीले विग्हीपुल भत्काएपछि रेल सेवा जनकपुर–जयनगर २९ किमीमा सीमित भएको थियो । सो रेलमार्गमा पनि स्तरोन्नतिको काम शुरु गरिएसँगै विभागले विसं २०७० मै रेल सेवा बन्द गराएको थियो । इजोतीयाजस्तै कुर्था स्टेशन नजिकका महोत्तरी जिल्लाका लोहारपट्टी, बलबा र भङ्गाहा नगरपालिकाका बासिन्दा पनि आफ्नो रेल चढ्ने आस अधुरै रहेको बताउँछन् ।
"सन् २०१९ भित्रै कुर्थादेखि भङ्गाहा (विजलपूरा स्टेशन) सम्म रेल सञ्चालन भइसक्छ" रेल विभागका प्रवक्ता अमन चित्रकारले विभागको तालीकाअनुसार भङ्गाहाबाट बर्दिवाससम्मको १८ किलोमिटर दूरीमा पनि सन् २०२० भित्र रेल सञ्चालन हुने गरी काम हुनेछ जानकारी दिएका छन । यद्यपि बिजलपुरा स्टेशनदेखि बर्दिवाससम्मको १८ किमी दूरीमा भने अझै जग्गा मुआब्जाको कुरा नटुङ्गिएकाले प्रवक्ता चित्रकारको भनाइअनुसार काम हुनेमा यस भेगका सर्वसाधारण आश्वस्त भने देखिँदैनन् ।
पहिलो चरणको काम सम्पन्न भएर हस्तान्तरणको तयारी रहेको, दोस्रो चरणअन्तर्गतको कुर्थादेखि भङ्गाहासम्मको खण्डमा माटो सम्याउने, ग्राबेल ओछ्याउने र पुलपुलेसा निर्माणको काम अन्तिम चरणमा रहेको विभागले जनाएको छ । यता तेस्रो चरणमा काम सम्पन्न गरिने भनिएको भङ्गाहाको बिजलपुराबाट बर्दिवासम्मको १८ किमी दूरीभित्र काम अघि बढ्न अझै अन्योल नै छ । रासस | 2019/08/23 09:07:47 | https://www.bikashnews.com/2019/02/11/135496.html | mC4 |
दुई लिम्बुवान पार्टीको सामायोजन कार्यक्रम सम्पन्न - Naya Online
बिहिबार, माघ २९, २०७७ (February 11th, 2021 at 5:07pm ) ब्रेकिंग न्युज, मुख्य समाचार, समाचार
२९ माघ २०७७ बिहीबार
पाँचथर – अरुणपूर्वका नौ वडा जिल्लालाई छुट्टै लिम्बुवान स्वायत्त राज्य स्थापनाको माग राखि गतिबिधि गर्दै आएका लिम्बुवानजन्य संगठनहरुबीचको समायोजन प्रक्रिया सुरु भएको छ ।
पहिलो चरणमा कुमार लिङदेन नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपाल र सञ्जुहाङ पालुङवा नेतृत्वको संघीय लिम्बुवान पार्टी नेपालबीच समायोजन प्रक्रिया सुरु भएको दुबै संगठनका नेताहरुले बताएका छन् ।
बिहीबार पाँचथरको फिदिममा आयोजित कार्यक्रममा बोल्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालका उपाध्यक्ष तथा संगठनको तर्फबाट एकता तथा समायोजन बार्ता टोलिका संयोजक ज्ञान बहादुर गुरुङले लिम्बुवानजन्य संगठनहरु छिन्नभिन्न हुँदा आन्दोलन कमजोर हुँदै गएकाले एकता र समायोजनको प्रक्रिया सुरु गरिएको बताए ।
त्यस्तै संघीय लिम्बुवान पार्टी नेपालका उपाध्यक्ष तथा उक्त संगठनको तर्फबाट बार्ता टोलिका संयोजक रामकुमार लिङदेनले विगतमा लिम्बुवानजन्य संगठनहरुबीच एकता भए पनि स–सानो बिवादका कारण फुट हुँदा अन्ततः लिम्बुवान प्राप्तीको आन्दोलनलाई नै घाटा भएकाले अब एकिकृत शक्ति निर्माण गरेर लड्नुको बिकल्प नभएको बताए ।
समायोजन प्रक्रियाको पहिलो चरण अन्तर्गत संघीय लिम्बुवान पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष रामकुमार लिङदेन, क्या.सुरेन्द्रप्रकाश जबेगु, केन्द्रीय सदस्यहरु सिंहराज नेम्बाङ, शशी जबेगु, सीता जबेगु, कर्ण काम्बाङ लगायत नेताहरु संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालमा समाहित भएको मञ्चका महासचिव संगम खनालले बताए ।
सबै जनालाई महाधिवेशन सम्मका लागि साबिकको पद र जिम्मेवारी प्रदान गरिएको र जिल्ला नगर, गाउँ र वडा समितिहरुको समायोजन प्रक्रिया पनि सोहि अनुरुप अगाडि बढाइएको बताइएको छ ।
फिदिमस्थित सिंगापुर होटलमा भएको कार्यक्रममा केन्द्र तथा जिल्ला तहका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपाल, पाँचथरका अध्यक्ष सागर केरुङको अध्यक्षतामा सम्पन्न भएको थियो । | 2021/04/11 13:09:55 | https://nayaonline.com/2021/02/11/45773/ | mC4 |
समता स्कुल कोहलपुरमा पनि सञ्चालन हुँदै – Sadarline
२६ चैत नेपालगन्ज : गुणस्तरिय शिक्षाको लागि सञ्चालनमा रहेको समता विद्यालय बाँकेको कोहलपुरमा पनि सञ्चालनमा आउँने भएको छ । नयाँ शैक्षिक शत्रबाट सो विद्यालय सञ्चालनमा आउने गरी तयारी अगाडि बढाईएको संचालक समितिका सदस्य सुदर्शन पौडेलले जानकारी दिएका छन् ।
चर्चित हास्य कलाकार महजोडी (मदनकृष्ण श्रेष्ठ हरिबश आचार्य) द्धारा विभिन्न कार्यक्रमहरुको आयोजनाबाट संकलित रकमबाट यो विद्यालय संचालनमा रहेको छ । कोहलपुर नगरपालिका नगर कार्यापालिकाको कार्यालयबाट स्वीकृत भई जिल्ला शिक्षा कार्यालय बाँकेबाट सम्बन्ध प्राप्त गरे पश्चात विद्यालय संचालनमा आउन लागेको हो ।
कोहलपुर क्षेत्रका एक सय ५० बालबालिकालाई गुणस्तरीय शिक्षा दिने उद्देश्यले विद्यायलय संचालन गर्न लागेको सञ्चालक पौडेलले जानकारी दिए । हाल समता विद्यालय ५१ जिल्लामा विस्तार भैसकेको छ । नेपालका सबै प्रदेशहरुमा गुणस्तरीय शिक्षा पु¥याउँने लक्ष्य अनुसार कोहलपुरमा यो विद्यालय सञ्चालनमा ल्याईएको हो । अभिभावकहरुबाट बालबालिका भर्ना शुल्क एक सय ५० लिइने र मासिक शुल्क भने एक सय रुपैया रहेको पौडेलले बताए ।
एजेन्सी : अहिलेको हाइटेक जमानामा सबैसँग स्मार्टफोन हुन्छ नै । स्मार्ट फोन भएपछि थ्री जी वा वाइफाइबाट इन्टरनेट चलाउने कुरा कुनै नयाँ कुरा भएन । तर कहिले काँहि बाहिर निस्किँदा वा आफ्नो इन्टरनेटले काम नगर्दा नेट चलाउन नपाएर छटपटी हुने गर्छ । यस्तै अवस्थामा कसैको वाइफाइ पासवर्ड थाहा पाउन पाए ! […] | 2021/09/25 23:39:32 | https://sadarline.com/2017/04/9401 | mC4 |
पहिलो भेटमै यौन सम्पर्क भयो, के गर्ने ? – Online Khabar
२०७५ माघ ११ गते १७:०१ मा प्रकाशित
करुणाजी, नमस्कार
'पहिलो भेटमा यौन सम्र्पक भयो भने त्यो प्रेम सम्बन्ध अगाडि बढ्दैन । किनभने यस्तो सम्बन्धमा एकअर्कामा शंका बढदै जान्छ ।' केही बर्षअघि एक तालिममा प्रसंगवस तपाईंले यसै भन्नुभएको थियो । आज तपाईंको त्यो भनाइ मेरो जीवन-भोगाई बनेको छ । केही समय अघि रोजगारीको सिलसिलामा एक युवतीसँग परिचय भयो । फिल्डमा थियौं । उस्तै काम र एकै क्षेत्रमा भएकाले हामी नजिक भयौं । हामीवीच यौन सम्बन्ध पनि रहन गयो । यौन सम्पर्कपछि उनलाई केही पश्चाताप लागेको हुनुपर्छ, मैले यस्तै महसुष गरेको छु ।
उक्त घटनाको एक वर्षपछि अर्थात अहिले उनी मबाट टाढिदै गएकी छिन् । जबकी हामीले एकअर्कासँगै जीवन विताउने योजना बनाएका थियौं । त्यही अनुसार नै पहिलो पटक शारीरिक सम्पर्क भएको थियो । तर, अहिले उनको आनीबानी फेरिएको छ । उनी खिन्न देखिन्छन् । यौन सम्पर्कका लागि पनि राजी छैनन् । उनी टाढाको यात्रामा वा एकान्तमा जान इच्छुक छैनन् ।
म उनीप्रति असाध्यै आकषिर्त छु र जीवनसाथी बनाउन चाहन्छु । तर, उनी क्रमस टाढिदैछिन् । मलाई लाग्छ, पहिलो भेटमै यौन सम्पर्क राखेकाले उनले मेरो आनीबानीमाथि शंका गरेकी छिन् । हुन त मलाई पनि उनीमाथि त्यस्तै शंका लागेको थियो । एकै भेटमा यौन सम्पर्कका लागि राजी हुने कस्ती केटी होलान् भनेर सोचेको थिएँ । तर, अहिले त्यस्तो लाग्दैन । मैले त्यो घटनालाई एउटा संयोग मानेको छु ।
तर, उनीभने के मलाई शंकाकै नजरले हेरिरहेकी छिन् ? के ममाथि उनको विश्वास टुटेको छ ? पहिलो भेटमै यौन सम्पर्क गरेपछि मित्रता वा सम्बन्ध टुट्छ ? प्रेम सम्बन्ध राख्ने मनासयमा पुगिसकेको बेला यौन सम्पर्क राख्नु ठिक थिएन ? -रमेश
अनुमान गर्दा तपाईहरु दुवैजना युवा अवस्थामा हुनुहुन्छ । यस्तो उमेरमा विपरीत लिङ्गीप्रति आकषिर्त हुनु स्वाभाविक नै हो । मुख्य कुरा यही बेला प्रेममा फस्ने उमेर पनि हो । शरीरमा एकप्रकारको ज्वर प्रशारित भएको हुन्छ । त्यसैले पहिलो भेटमै केही समय व्यथित गर्दा यौन सम्पर्क हुनुलाई मैले आश्चर्य मानेकी छैन । किनभने यो स्वभाविक प्रक्रियाभित्रै पर्छ ।
यौन सम्पर्कपछि तपाईंले त्यो घटनालाई जीव्ानभर सधैं रहने प्रेमपूर्ण काम मान्नु भएको छ कि तत्कालको आवेग, त्यो कुरा छुट्याउनु पर्ने हुन्छ । जीवनभर रहने घटना मान्नु भएको छ भने त्यसलाई अघि बढाउन केही सम्झौता गर्नुपर्ने हुन्छ ।
तपाईंहरु यौनमा मात्रै हुनुहुन्छ कि प्रेममा पनि अगाडि बढि सक्नुभएको यो कुरा बुझ्न आवश्यक छ । एक पल्ट अचानक यौन सम्पर्क भएको हो भने त्यो कुरा त्यहीँ सकिनु पर्छ । तर प्रेम सम्बन्ध पनि छैन र प्रत्येक भेटमा यौनसम्पर्क हुन्छ भने चाहीँ यो चिन्ताको विषय हो ।
तपाईंको प्रश्नबाट तपाईंहरुलाई नजिक हुनासाथ यौन सम्पर्कमै पुग्ने गरेको कारणले चिन्ता बढ्न थालेको देखिन्छ । साथै निजी जीवनमा वा प्रेममा अप्ठेरो स्थिति आउला कि भन्ने चिन्ता पनि उत्तिकै देखिन्छ । भेट हुनासाथ यौन सम्पर्कमा पुगिहालेकोले प्रेमीलाई केही आत्मग्लानी भएको हुनसक्छ । त्यो कुरा तपाईले संकेतको रुपमा पाउनुभएको छ र त्यसले तपाईलाई छटपटी गराएको छ । हुनत यो उमेर यसरी छटपटाउने खालको पनि हो । तुरुन्तै यौन सम्पर्क भैहालेकोले पनि छटपटाहट बढेको हुनसक्छ । युवतीलाई आफूले बचाएर राखेको भर्जिननेस तोडिएकोमा केही पश्चाताप पनि हुनसक्छ । तपाईहरुको छटपटाहटमा यस्ता थुप्रै पक्षहरुको भूमिका रहेको छ ।
पहिलाका अध्ययनहरुले देखाए अनुसार पहिलो डेटिङ्गमै पनि यौन सम्पर्क भैहालेमा यसले जोडीको दीर्घकालिन सम्वन्धमा खासै असर पर्दैन ।
केही अध्ययनले चाही पहिलो डेटिङ्गमानै हुने यौन सम्बन्धले पार्टनर माथि शंका पैदा हुने वताएको छ । विशेष गरेर यौन समबन्ध पहिलो भेटमानै हुने व्यक्तिले सामाजिक वा प्रेम सम्वन्धलाई बलियो बनाउछ त भन्नेमानै दुविधा भएको पाईन्छ । अनुसन्धानकर्ताहरुले पहिलो डेटिङमै यौनसम्पर्क हुनासाथ सम्वन्ध नै बिग्रने भनेका छैनन् । तर उनीहरुको भनाईमा गुणस्तरीय यौन सम्पर्क र गुणस्तरीय जीवनका लागि लामो चिनजान वा पटकपटकका डेटिङपछि मात्र यौन सम्पर्क भए राम्रो हुन्छ ।
एकअर्कालाई बुझ्ने, यौन सम्पर्कका सकारात्मक नकारात्मक पाटाको अध्ययन विश्लेषण गर्ने, भविष्यको के कस्तो योजना बनाउन लागिएको हो, त्यसबारेमा स्पष्ट हुने, जीवनका उच्च प्राथमिकताहरु र न्युन प्राथमिकताहरुका बारेमा राम्ररी थाहा पाउने र आपसमा सञ्चार गर्ने गर्नाले अझ सामिप्यता बढाउँछ, प्रेम सम्वन्ध घनिभूत हुन्छ ।
यसले बिभिन्न शंका उपशंकाहरु पैदा गर्दैन र मानसिक असर पनि नकारात्मक हुँदैन । यसले पछिको गुणस्तरीय जीवनलाई पनि सहयोग नै गर्छ ।
प्रेमीलाई पहिलो यौन सम्पर्कले कति असर गरेको छ भन्ने थाहै नपाई तपाई बढी छटपटिनु भएको हुन सक्छ । यसका लागि तपाईले उनलाई राम्ररी सोध्ने र पछिका दिनहरुमा सहमतिमा अगाडि बढ्न सकिने कुरा बताउनुपर्छ । अर्थात प्रेमीको प्रतिक्रिया के छ भन्ने स्पष्टरुपमा थाहा पाउनुहोस । समाधान त्यही निस्कन सक्छ । उनलाई नराम्रो असर परेको छ भने पनि आपसमा छलफल गरेर दिल खुलस्त पार्न सकिन्छ । यसले दुबैलाई थप नजिक ल्याउन मद्दत पुर्याउँछ । | 2019/04/26 05:49:39 | https://www.onlinekhabar.com/2019/01/737044 | mC4 |
'बीच भलिबल' मैदानको निर्माण कार्य अन्तिम चरणमा – Tandav News
ताण्डव न्यूज द्वारा २०७६ कार्तिक १४ गते बिहीबार १३:१९ मा प्रकाशित
ताण्डव /न्यूज पोखरा ।
नेपालमा आयोजना हुने १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत बीच भलिबलका लागि निर्माणाधिन मैदानको काम अन्तिम चरणमा पुगेको छ ।
लेकसाईड स्थिल फेवा किनार (नेपाल ट्रष्टको स्वामित्वमा रहेको जग्गा) मा निर्माणाधिन मैदानको निर्माण कार्य तीब्र पारेसँगै अन्तिम चरणमा पुगेको हो ।
हप्ता दिनमै सम्पन्न गर्ने गरी निर्माण कार्य तीव्र पारिएको उक्त मैदानको निर्माण कार्य करिब ८० प्रतिशत सम्पन्न भैसकेको बीच भलिबल व्यवस्थापन समितिका संयोजक भिम पराजुलीले बताए । उनले आगामी २० गते सम्म निर्माण सम्पन्न गर्ने गरि काम तीव्र पारिएको जानकारी दिए । 'आजै सम्याउन सक्छौ, उनले भने, 'त्यसपछि बालुवा हाल्छौ अनि पोल गाड्ने मात्र काम बाँकी रहन्छ ।'
पराजुलीले मैदान निर्माण सकिएपछि महिला र पुरुषका लागि फरक फरक चेन्जिङ रुम र शौचालय व्यवस्थापनको काम गर्ने बताए । उनले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको ४ वटा बीच भलिबल कोर्ट बन्ने बताउँदै १ हजार ५ सय बढि दर्शक क्षमताको कृत्रिम प्याराफिट समेत निर्माण गरिने उल्लेख गरे ।
त्यस्तै स्थलगत अवलोकनमा पुगेका राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले निर्माणाधिन मैदानको लागि राखेपले ५२ लाख विनियोजन गर्ने आश्वासन दिएको बताउदै जोखिम मोलेर आफ्नै खर्चमा निर्माण कार्य तीव्र पारिएको बताए ।
उनले पुरानो १ कोर्ट रहेको बताउदै नयाँ ३ कोर्ट निर्माणका लागि खाल्डाखुल्डी पुर्न ५ हजार घनमिटर माटो खपत भएको जानकारी दिए । गुरुङले मैदान लेवलिङ गरेर डेढ फिट बालुवा हाले पश्चात भलिबल मैदान प्रारम्भिक तयार हुने बताए ।
उनले हप्ता दिनमै मैदानको सबै निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाउदै नेपाली राष्ट्रिय बीच भलिबलको टोली प्रशिक्षणका लागि पोखरा आउने कार्यक्रम समेत रहेको बताए ।
गुरुङका अनुसार आगामी मंसिर १५ देखी २४ गतेसम्म नेपालमा आयोजना हुने १३ औँ दक्षिण एशियाली खेलुकद प्रतियोगिता (साग) अन्तर्गत पोखरामा बीच भलिबलसँगै भारात्तोलन, महिला फुटबल, महिला र पुरुष ह्याण्डबल, प्याराग्लाईडिङ, आर्चरी र ट्रायथोलन प्रतियोगिता हुनेछ । | 2020/09/21 13:16:37 | https://www.tandavnews.com/2019/10/32437 | mC4 |
प्रदेशसभाको बैठक : प्रदेशको नामाकरण र राजधानीका प्रस्तावमा छलफल हुने – Nepal Japan
नेपाल जापान २ माघ १७:३८
प्रदेश नं २ को प्रदेशसभाको आजको बैठकमा प्रदेशको नामाकरण र स्थायी राजधानीसम्बन्धी अध्ययन गर्न गठित विशेष समितिले आफ्नो प्रतिवेदन पेस गर्ने भएको छ ।
सभामुख सरोजकुमार यादवका संयोजकत्वमा गठित समितिले प्रदेशको नाम र राजधानीको सन्दर्भमा विभिन्न दल तथा प्रदेशसभा सदस्यहरुसँग भएका छलफलका निर्णयसहितको प्रतिवेदन आजको बैठकमा पेस गर्ने प्रस्तावित कार्यसूचि छ । यसपछि प्रदेशसभामा प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जीतकुमार यादवले जानकारी दिनुभयो ।
प्रदेशसभाद्वारा सभामुखको नेतृत्वमा गठन गरेको विशेष समितिले प्रदेशको नाम र राजधानीमा समिति जुटाउन नसकेपछि विभिन्न दलका प्रदेशसभा सदस्यबाट नाम र राजधानीका लागि आएका प्रस्ताव मतदानबाटै टुङ्गो लगाउने सहमति भएको नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता भरतप्रसाद साहले बताउनुभयो ।
सो समितिको पहलमा पटक पटक बसेको सर्वदलीय बैठकमा प्रदेशको नाम र राजधानीको प्रस्ताव सहमति जुट्न नसकेपछि ती सबै प्रस्तावहरु मतदानमै लैजाने सहमति भएको आन्तरिक मामिला तथा सञ्चारमन्त्रीसमेत रहनुभएका उहाँले जानकारी दिनुभयो ।
समितिले प्रदेशसभामा दर्ता भएको प्रदेशको नाम मधेस, जानकी, मिथिला भोजपुरा, मध्य मधेस र राजधानीको प्रस्ताव जनकपुर र वीरगञ्जमाथि सांसदहरूबीच छलफल सकेर संसदीय दलका नेताहरूसँग छलफल गरेको थियो । तर कुनै प्रस्तावमा सहमति नभएपछि मतदानका लागि सहमति भएको उहाँको भनाइ छ ।
प्रदेशसभामा कुनै पनि दलको बहुमत नरहेका अवस्थामा कुनै पनि प्रस्तावमा दुई तिहाइ बहुमत नपुग्ने र प्रस्तावहरु पुनः अस्वीकृत हुने जोखिम बढ्ेको बुद्धिजीवीले बताएका छन् ।
प्रदेशको नाम र स्थायी राजधानीको प्रस्ताव पारित हुन प्रदेशसभामा दुई तिहाइ बहुमत आवश्यक छ । तर दलहरुबीच प्रदेशको राजधानी जनकपुर कायम गर्नुपर्नेमा करिब सहमत रहे पनि नामको विषयमा फरक फरक प्रस्तावहरु आएका छन् ।
यस्तै, सत्तारूढ नेकपा (एकीकृत समाजवादी) पार्टी र प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रदेशको नाम जानकी राख्नुपर्ने प्रस्ताव गरेको छ । ती दुवै दलको प्रदेशसभामा २१ सदस्य छ भने प्रदेशको नाम मिथिला भोजपुरा प्रस्ताव गरेको नेपाली कांग्रेससँग १९ प्रदेशसभा सदस्य छन् । यसबाहेक कांग्रेसकै राजेश्वरप्रसाद साहले प्रदेशको नाम मध्य मधेस प्रस्ताव गर्नुभएको छ ।
"सत्तारूढ गठबन्धनसँग प्रदेश २ सभामा रहेको त्यो सङ्ख्या प्रस्ताव पारित गर्न दुई तिहाइ पुग्छ," प्राध्यापक उहाँले भन्नुभयो, "तर गठबन्धन दलहरुभित्रै प्रदेशको नामका विषयमा फरक फरक धारणा र प्रस्ताव छन् ।" यस्तो अवस्थामा नामाकरणको प्रस्ताव पारित हुने सम्भावना कमजोर रहेको उहाँको कथन छ ।
प्रदेश २ को नामका विषयमा सबै दलको आ–आफ्नै अडान रहेकाले दलीय सहमति नभएसम्म नामाकरणको बिषय टुङ्गिन गाह्रो रहेको प्राध्यापक यादवले बताउनुभयो । कुनै प्रस्वातमा ठोस सहमति नभए पुनः अघिल्लो मतदानकै जस्तै परिणाम आउने उहाँको कथन छ । यसअघि गत २०७७ चैत ५ गते प्रदेश २ को राजधानी र नामाकरणको विषयमा प्रदेशसभामा भएको मतदान भएको थियो ।
त्यतिबेलै प्रदेशको राजधानी जनकपुर राख्ने विषयमा सहमति नजिक पुगेका राजनीतिक दलहरुबीच नामाकरणमा सहमति नभएपछि मतदान प्रक्रियाबाटै दुवै विषय टुङ्ग्याउने भन्दै मतदान गरेका थिए । तत्कालीन बैठकमा पनि दुई तिहाइ बहुमत नपुगेपछि राजधानी र नामाकरणको प्रस्तावसमेत पारित हुन असफल भएको थियो । | 2022/05/19 14:24:56 | https://www.nepaljapan.com/01/16/532058/ | mC4 |
भारतमा पहिलो कोरोना मृत्यु मार्च १३ मा भएको थियो। त्यति बेलासम्म ७४ जना मात्र कोरोना बिरामी फेला परेका थिए। त्यसको १२ दिनपछि मार्च २५ बाट भारतले देशव्यापी लकडाउन सुरू गरेको हो, जुन अहिलेसम्म जारी छ।
शुक्रबार साँझसम्म संसारभरि कोरोना संक्रमण संख्या ४५ लाख नाघेको छ भने ३ लाख ४ हजारभन्दा बढीको ज्यान गएको छ। यीमध्ये १७ लाखभन्दा बढी निको भइसकेका छन्।
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको राजकीय भ्रमणमा आउने तयारी सुरू भएसँगै भारतीय गुप्तचर संस्था 'रअ' हावी भएको बिश्लेशण हुन थालेको छ । भारतमा ०१९ को चुनावअघि नेपालसँग विग्रिएक ... | 2021-03-06T13:49:48Z | https://www.nepalmala.com/2020/02/9080/ | OSCAR-2109 |
उच्च अदालत बुटवलको गेटबाटै पक्राउ परे विप्लवका नेताहरू
विराटनगरको पाञ्चालीमा आठ करोडको लगानीमा पार्टी प्यालेस सञ्चालन हुदै
शतप्रतिशत दलित विद्यार्थी अध्ययनरत धनपालथानको किसान आधारभुत विद्यालयको भवन निर्माण हुने
पाँच वर्षमुनिका ३ हजार ५ सय ६५ जना संक्रमित, १० जनाको मृत्यु
रंगेली–विराटनगर सडक खण्डमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु
अन्तर्राष्ट्रिय आगमन कल बाइपास गर्ने दुई जना पक्राउ
सरकारलाई मानवअधिकार आयोगले भन्यो- 'कोरोना जोखिम रहेका बालबालिकाको स्वास्थ्य अधिकारमा खेलाँची नगर्नू'
बुटवल, माघ १४–प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई जना नेतालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवलस्थित उच्च अदालत बुटवल इजालसबाट बालकृष्ण शर्मा र प्रदीपबहादुर वलीलाई पक्राउ गरेको हो । शर्मा र वलीलाई रिहाको आदेश दिए पनि प्रहरीले अदालतको गेटबाटै पुनः पक्राउ गरेको हो ।
गत असोज २९ गते दाङबाट पक्राउ परेका सो पार्टीका २१ जना कार्यकर्तामध्ये २ जना शर्मा र वलीलाई माघ ८ गते जिल्ला अदालत दाङले धरौटीमा रिहा गरे पनि तत्कालै उनलाई प्रहरीले पक्राउ गरेको थियो । आज पक्राउ परेका शर्मा र वलीलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।
शर्मा र वलीलाई नवलपरासीमा प्रहरीलाई अभद्र व्यवहार गरेको मुद्दा दायर गरिएको थियो । नवलपरासीमा गरिएको मुद्दा झुटा र थुना गैरकानुनी रहेको भन्दै डिल्लीबहादुर वलीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । रिटमाथि वादीको तर्फबाट वरिष्ठ अधिवक्ता तेजप्रसाद कँडेल, वरिष्ठ अधिवक्ता दिलबहादुर सहनी, वरिष्ठ अधिवक्ता प्रदीप धिताल, अधिवक्ता ज्ञानु केसी र अधिवक्ता कुलबहादुर डाँगीले बहस गरेका थिए । | 2021/04/19 00:26:44 | https://rusnepal.com/archives/38795 | mC4 |
मेरो भनाइ 'पोलोराइज' नगर्नू : अध्यक्ष दाहाल « Janata Samachar
मेरो भनाइ 'पोलोराइज' नगर्नू : अध्यक्ष दाहाल
प्रकाशित मिति : 1 June, 2019 2:03 pm
विराटनगर । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफूले पार्टी एकता हुनुअघि गरेको सहमतिको विषयमा बोलेको कुरालाई अनावश्यक पोलोराइज नगर्न सबैमा आग्रह गर्नुभएको छ ।
विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उहाँले पार्टीका नेता कार्यकर्ता, समर्थक, जनसमुदायलाई अनावश्यक प्रचार नगरी आरोप प्रत्यारोपमा नउत्रन आग्रह गर्नुभएको हो । आफूले भनेको कुरा नौलो नभइ सहमति भएको विषय पहिलेनै सार्वजनिक भएको बातउनुभयो ।
आफूले बोलेको विषयमा प्रधानमन्त्री तथा केपी शर्मा ओलीले दिल्लीमा दिएको अभिव्यक्ति प्रतिकात्मक भएको दाहालकाे भनाइ छ । पार्टी एकताको संन्दर्भमा भएका सहमतिको स्मरण मात्रै आफूले गरेको तर, बाहिर कोकोहोलो र प्रचारबाजी भएको उहाँको भनाइ छ ।
आगामी महाधिवेशनबाट सहमतिमा अध्यक्ष हुने–नहुने भन्ने विषय पार्टीले निर्णय गर्ने बताउँदै उहाँले पार्टी एकताको सन्दर्भमा भएका सहमति भने इमान्दारीताका साथ पालना हुने विश्वास व्यक्त गर्नुभयो । आफूले गरेको कुराले र भएका प्रचारबाजीले प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीसँग आफ्नो सम्बन्ध अझ सुदृढ भएको उहाँको दाबी थियो ।
२० गते बस्ने पार्टी सचिवालयको बैठकले कार्यविभाजनसम्बन्धी आवश्यक निर्णय गर्ने जानकारी दिँदै प्रचण्डले आइतबार प्रस्तावलाई अन्तिम रुप दिन दुवै अध्यक्षबीच छलफल हुने बताउनुभयो ।
फरक प्रसंगमा दाहालले हिंजोको परिघटनाबाट नाकाबन्दी र संविधान निर्माणको विषयमा भएका घटनाको भारतले समिक्षा गरिसकेको र नेपालले पनि पुरै सतर्कता अपनाएको कारण भारतमा को विदेशमन्त्री भयो भन्ने कुराले नेपालसँगको सम्बन्धमा कुनै असर नगर्ने स्पष्ट पार्नुभयो ।
कोकोहोलो
पोलोराइज
बेलायतको संसदीय निर्वाचनमा सत्तारुढ पार्टीकाे बहुमत
काठमाडाैं । बेलायतमा भएको संसदीय निर्वाचनमा सत्तारुढ कन्जरभेटिभ पार्टीले बहुमत पाएको छ । विपक्षी लेबर
पूर्वमा उधौलि पर्वको रौनक (फोटोफिचर)
छवि चापागाँई पाँचथर । किराँत धर्मावलम्बीहरुको बाहुल्यता रहेको पूर्वी जिल्लाहरुमा उधौली पर्वको रौनक शुरु भएको
भगीरथ भण्डारी इलाम । इलामा उद्योग वाणिज्य संघ मंगलबारे शाखाले व्यवसाय प्रवर्द्धन भइरहेको क्षेत्रका लागि | 2019/12/14 03:20:35 | https://www.janatasamachar.com/2019/06/118567 | mC4 |
निकारागुआमा सरकारविरोधी प्रदर्शन: १५ जनाको मृत्यु - USNEPALNEWS.COM
निकारागुआमा सरकारविरोधी प्रदर्शन: १५ जनाको मृत्यु
मध्यअमेरिकी देश निकारागुआमा राष्ट्रपति ड्यानिएल ओर्टेगाविरुद्ध विगत एक महिनादेखि चलिरहेको आन्दोलनमा बुधवार भएको हिंसामा १५ जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन् ।
निकारागुआ प्रहरीले यसको जानकारी दिएको हो । क्याथोसलक बिशपहरूको एपिस्कोपल संगठनले हिंसाको निन्दा गर्दै संगठित र सुनियोजित आक्रामकता संज्ञा दिएको छ ।
संगठनले सरकारसँग बिहीवार निर्धारित वार्ता स्थगित गरेको छ । प्रहरीका अनुसार, निकारागुआमा बुधवार मदर्स डेको अवसरमा सरकारसमर्थित सशस्त्र समूहले –याली निकालिरहेका प्रदर्शनकारीमाथि गोली चलाए जसमा १५ जनाको | 2021/01/25 16:27:37 | https://usnepalnews.com/internationalnews/2018/06/01/26144/ | mC4 |
मधेस - Gorkhapatra | Nepal's First News Organization
धनौजी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा काँग्रेस निर्वाचित
धनुषाको धनौजी गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार राजकुमार साह निर्वाचित हुनुभएको छ । जिल्लाको धनौजी गाउँपालिका अध्यक्षमा २ हजार २ सय ६२ मतले काँग्रेसका उम्मेदवार साह विजयी हुनुभएको हो ।
सर्लाहीको बलरा नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका रामाशङ्कर प्रसाद कुशवाहा विजयी हुनुभएको छ । निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अभय कुमार सिंहलाई एक हजार १२ मतले पछि पार्दै कुशवाहा नगरप्रमुखमा निर्वाचित हुनुभएको हो ।
स्थानीय तह निर्वाचन, कतै स्थगित कतै पुनः मतगणना
मधेस प्रदेशका जिल्लाको स्थानीय तहको मत परिणाम आउने क्रम जारी छ । यहाँका स्थानीय तहमा केही स्थानमा मतगणना सम्पन्न भएको छ, केहीमा मतगणना स्थगित भएको छ भने मतगणना स्थगित भएका केही स्थानमा त्रुटि सच्याएर पुनः मतगणना सुरु भएको छ । यहाँका अधिकांश स्थानीय तहमा मतगणना जारी छ ।
जलेश्वर नगरपालिकामा जसपाले खाता खोल्यो
महेशकुमार दास जलेश्वर, जेठ २ गते । जलेश्वर नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) नेपालले खाता खोलेको छ । जारी मतगणना परिणामअनुसार जलेश्वर नगरपालिका १ को वडा अध्यक्षमा जसपाका अनिलकुमार झा विजयी हुनुभएको छ । झा ५४७ मत ल्याइ विजयी हुनुभएको जलेश्वर नगरपालिकाको निर्वाचन अधिकृत ठाकुरचन्द्र त्रितालले बताउनुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका राकेशकुमार साहले ४२७ मत ल्याउनु भएको निर्वाचन अधिकृत त्रितालले बताउनुभयो । जलेश्वर नगरपालिका १ मा निर्वाचित वडा अध्यक्ष झा यसअघि पनि सोही वडाको वडा अध्यक्षमा निर्वाचित भई ५ वर्षे कार्यकाल पूरा गरी वैशाख ३० गते सम्पन्न भएको चुनावमा मनोनयन दर्ता गर्नुपूर्व पदबाट राजिनामा गरी पुनः चुनावमा होमिनु भएको थियो । झा १२० मतको अन्तरले विजयी हुनुभएको छ । विजयी भएका वडा अध्यक्ष झाले जनताले अघिल्लो कार्यकालमा बाँकी रहेको अधुरो काम पूरा गर्ने जिम्मवारीकासाथ दोस्रो पटक जिताएको बताउनुभयो । 'अधुरो काम पूरा गर्ने विश्वासका साथ चुनाव जिताउनु भएको छ, म जनताको विश्वासमा खडा उतार्ने प्रयास गर्नेछु' उहाँले भन्नुभयो ।
सर्लाहीको धनकौल गाउँपालिका अध्यक्षमा कांग्रेसका रामआश्रय साह विजयी
जनार्जन खत्री सर्लाही, जेठ २ गते । सर्लाहीको धनकौल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रामआश्रय साह विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका फकिरा महतोलाई एक हजार ९९ मतले पछि पार्दै साह गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको धनकौलका निर्वाचन अधिकृत शिवदत्त बरालले गोरखापत्रलाई जानकारी दिनुभयो । साह गाउँपालिकाको निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ । अध्यक्षमा विजयी साहले चार हजार ४७७ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी माओवादी केन्द्रका महतोले तीन हजार ३७८ मत मात्रै प्राप्त गर्नुभएको छ । यस्तै, गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकै अकली सहनी चार हजार ५०४ मत ल्याएर विजयी हुनुभएको छ । सहनी पनि गाउँपालिकाको निवर्तमान उपाध्यक्ष हुनुहुन्छ । उहाँकी प्रतिस्पर्धी माओवादी केन्द्रकी निलमकुमारी देवी सहनीले तीन हजार २२५ मत मात्रै ल्याउनुभएको छ । सातवटा वडा रहेको धनकौलमा नेपाली कांग्रेस चार, नेकपा माओवादी केन्द्र दुई र नेकपा एमाले एउटा वडामा विजयी भएका छन् । कांग्रेसले वडा नं. १, २, ४ र ७, माओवादी केन्द्रले वडा नं. ५ र ६ तथा एमालेले वडा नं. ३ मा जित निकालेको छ । यस्तै, सर्लाहीका अन्य १८ वटा पालिकामा अहिले मतगणना जारी रहेको छ । तीमध्ये बलरा नगरपालिका, रामनगर गाउँपालिका, हरिपुर नगरपालिकालगायतका केही पालिकामा सोमबार बेलुकासम्म अन्तिम नतिजा आइसक्ने सम्वन्धित निर्वाचन अधिकृतको कार्यालयहरुले जनाएका छन् । जिल्लाको बरहथवा नगरपालिकामा भने मङ्गलबार वडा नंं. १७ मा पुनः मतदान भएपछि मतगणना सुरु गरिने निर्वाचन अधिकृत दशरथ पङ्गेनीले बताउनुभयो ।
धनुषाको बिभिन्न पालिकाका ११ वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । ती मध्ये नेपाली कांग्रेसले सात ,नेकपा (एकीकृत समाजवादी)ले दुई तथा नेकपा (माओवादी केन्द्र) र लोकतान्त्रिक समाजवादी पार्टीले एक/एक स्थानमा विजयी भएका छन् । कांग्रेसले जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर १ र २ सहित मिथिला नगरपालिकाको वडा नम्बर १, धनुषाधाम नगरपालिका नम्बर १, मिथिला बिहारी नगरपालिकाको वडा नम्बर १, सबैला नगरपालिका वडा नम्बर १ र बटेश्वर गाउँपालिका–१ को वडाध्यक्षमा जित हासिल गरेको छ ।
धनुषाको १८ वटै पालिकामा मतगणना जारी
धर्बेन्द्र झा धनुषा, जेठ १ गते । धनुषाको १८ वटै पालिकामा मतगणना जारी रहेको छ । धनुषाको १० वटा पालिकामा नेपाली काँग्रेस, दुई वटामा नेकपा एमाले, दुईमा जसपा र लोसपा, एक वटामा माओवादी केन्द्र र एकमा स्वतन्त्र उम्मेदवारको अग्रता छ । जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसबाट राजीनामा दिएर मेयर पदमा घन्टाघर चुनाव चिन्ह लिई स्वतन्त्र उम्मेदवारी दिनुभएका मनोजकुमार शाह अगाडि हुनुहुन्छ । शाहले १ हजार २ सय ६४ मतसहित अग्रता हासिल गर्नुभएको हो । उहाँलाई पछ्याउँदै नेकपा एमालेका उम्मेदवार शिवशङ्कर शाह हीराले ६ सय ३८ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी, आँप चुनाव चिन्ह लिएका स्वतन्त्र उम्मेदवार बलराम महतोले ३ सय ८० मत प्राप्त गर्नुभएको छ । उपमेयर पदमा नेपाली काँग्रेसका उम्मेदवार किशोरी शाह १ हजार ३ सय ६२ मतसहित अग्र स्थानमा रहनुभएको छ भने उहाँलाई नेकपा एमालेका उम्मेदवार रुना झाले ६ सय ७५ मत ल्याई पछ्याउँदै हुनुहुन्छ । आँप चुनाव चिन्ह रहेका उपमेयर पदका स्वतन्त्र उम्मेदवार निर्मल चौधरीले ५ सय ५ मत प्राप्त गर्नुभएको छ । जनकपुरधाम उपमहानगरपालिकामा रहेको २५ वडामध्ये आईतबार चार बजेसम्ममा २ वटा वडाको मत परिणाम मात्र सार्वजनिक भएको छ । जनकपुरधाम उपमहानगरपालिका १ मा नेपाली काँग्रेसका दीपनारायण यादवले एक हजार १४३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्धी नेकपा एमालेका लभ अधिकारीले ५४१ मत प्राप्त गर्नुभएको हो । त्यसैगरी, वडा नम्बर २ मा नेपाली काँग्रेसका शिवकुमार शाहले ६६१ मत ल्याएर विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा एसका अशोक गुप्ताले २९५ मत ल्याउनुभएको हाे । वडा नं.३ मा तमलोपाका दीपेन्द्र शाह विजयी भए पनि औपचारिक घोषणा हुन बाँकी छ । जिल्लाभरिमा मतगणनाको क्रम निक्कै सुस्त भएकाले मत परिणाम आउनमा ढिलाइ भएको छ । प्रदेश निर्वाचन कार्यालयका प्रमुख श्रीधर पन्थीले दिनुभएको जानकारी अनुसार कमला नगरपालिका १ मा नेकपा माओवादी केन्द्रका सरददेव यादव, क्षिरेश्वरनाथ नगरपालिका १ मा नेपाली काँग्रेसका मुवारक कवाडी, नगराईन नगरपालिका १ मा नेपाली काँग्रेसबाट सीताराम महतो, बटेश्वर गाँउपालिका १ मा नेपाली काँग्रेसका अशोककुमार महतो, मिथिला नगरपालिका १ मा नेपाली काँग्रेसका जोगी महतो, लक्ष्मीनियाँ गाँउपालिका १ मा नेकपा एमालेका दिलिप यादव, २ मा नेकपा एमालेकै लालजी साह तेली, विदेह नगरपालिका १ मा नेकपा एमालेका सञ्जय पाण्डे, वडा नं.२ मा रामपुकार सहनी, शहीदनगर नगरपालिका १ मा नेपाली काँग्रेसका तेजीलाल यादव र हंसपुर नगरपालिका १ मा जसपाका रामदेव कापर विजयी हुनभएको छ ।
पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार मेयर पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले एक हजार ३६३ मतसहित अग्रतालाई निरन्तरता दिनुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धामा नेकपा (एमाले)का विजयकुमार सरावगीले ६५९ मत प्राप्त भएको छ । हाल वडा नं १, २, ३१ र ३२को मतगणना जारी छ । हालसम्म कूल तीन हजार ६७ मत मतगणना भएको छ । मतणना गर्न लामो समय लाग्ने भएका कारणले अन्तिम नतिजा आउन समय लाग्ने बताइएको छ ।
बरहथवा नगरपालिका-१७ मा पुनः मतदान हुने
सर्लाहीको बरहथवा नगरपालिका–१७ मा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले उक्त वडामा पुनः मतदान गर्ने निर्णय गरेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका निर्वाचन अधिकारी दिवाकर भूजेलले जानकारी दिनुभयो ।
महोत्तरीको बर्दिवास–८ मा माओवादी विजयी
महोत्तरीको वर्दिवास नगरपालिकामा नेकपा माओवादीले मात्र ९ मतको झिनो अन्तरले पहिलो खाता खोलेको छ ।
मलङ्गवा नगरपालिका १ को वडाध्यक्षमा काँग्रेसका यादव ११ मतले विजयी
जनार्जन खत्रीसर्लाही, वैशाख ३१ गते । सर्लाही सदरमुकाम मलङ्गवा नगरपालिका वडा नं. १ को वडाध्यक्षमा नेपाली काँग्रेसका नवलकिशोर यादव विजयी हुनुभएको छ । जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार राजकिशोर राय यादवलाई ११ मतको झिनो अन्तरले पराजित गर्दै यादव वडाध्यक्षमा निर्वाचित हुनुभएको हो । सो वडामा नेपाली काँग्रेसको प्यानल नै बिजयी भएको छ । वडाध्यक्षमा निर्वाचित हुनुभएका नवलकिशोरले ४२३ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी राजकिशोरले ४१२ मत ल्याउनुभएको छ । वडा नं. १ को मतगणना सकिँदा नगरप्रमुखमा पनि काँग्रेसले नै अग्रता लिएको छ । काँग्रेसका नागेन्द्र रायले ४५५ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी जसपाका निरसल साहले ३६६ मत ल्याउनुभएको छ । उपप्रमुखमा काँग्रेसकै सकुन्तलादेवीले ४१८ मत ल्याउँदा जसपाकी पानोदेवीले ३७३ मत ल्याउनुभएको छ । मलङ्गवामा काँग्रेसले वडाध्यक्षमा चुनाव जित्दै खाता खोलेको हो । जिल्ला समन्वय समिति मलङ्गवाको सभा हलमा मतगणना जारी रहेको छ । | 2022/05/17 10:33:53 | https://gorkhapatraonline.com/categories/province-two | mC4 |
सरकारले थाल्यो विदेशमा रहेका नेपाली ल्याउन आन्तरिक तयारी | KhabarWay.com Nepali News
सरकारले थाल्यो विदेशमा रहेका नेपाली ल्याउन आन्तरिक तयारी
२३ बैशाख २०७७, मंगलवार ०९:१९
नेपाली श्रम रोजगार पत्रकार समूहले सोमबार कोभिड–१९ का कारण विदेशमा अलपत्र श्रमिकको व्यवस्थापनमा सरकारको आगामी योजना विषयमा आयोजना गरेको भर्चुअल अन्तरक्रियामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदेशमा अप्ठ्यारोमा परेका नेपालीको पहिचान गरेर प्राथमिकताका आधारमा स्वदेश ल्याइने बताए ।
परराष्ट्रमन्त्री ज्ञवालीले अन्तर्राष्ट्रिय उडान बन्द रहेकाले उहाँहरूलाई कुन मितिमा ल्याउने भन्न सकिने अवस्था नरहेको स्पष्ट गरे । उनले भने, 'जहाँसुकै रहेका नेपालीसँग हाम्रो भावनात्मक सम्बन्ध छ, अहिले धेरै कुरालाई योजना बनाएर मात्रै काम गर्नुपर्छ, कसरी फर्काउने र नेपालको श्रम बजारमा उहाँहरूको कसरी व्यवस्थापन गर्ने भन्नेबारे गहन छलफल गरेका छौँ ।' | 2020/05/24 22:26:14 | https://khabarway.com/archives/74156 | mC4 |
शैक्षिक वित्त – Interview Nepal
शैक्षिक वित्त
December 11, 2020 December 11, 2020 by China Regmi
सरोज पोखरेल/काठमाण्डौँ, मंसिर २६
शिक्षाका लागि आवश्यक आम्दानीका स्रोतहरु संकलन गर्ने र त्यसको उपयुक्त वांडफांड नै शैक्षिक वित्त हो | यसले शिक्षा खर्च कसरी जुटाउने , कस्तो शिक्षा दिने , क-कसलाई शिक्षा दिने , समाजबाट के- कस्तो अपेक्षा राख्ने ,सामाजिक संरचना , भौगोलिक अवस्था र प्राकृतिक सम्पदाका आधारमा शिक्षा क्षेत्रमा भएको लगानीलाई के-कसरी न्यायोचित र प्रभावकारी बनाउने , सामाजिक लाभ र सामाजिक न्यायको सिद्धान्त अनुरुप शिक्षा खर्चमा सवैको समान पहुँच र अवसरलाई कसरी सुनिश्चित गर्ने ? वित्तीय स्रोतहरुलाई सिधै लक्षित वर्गमा पुर्याउन के-कस्तो प्रकारको नीति अनुशरण गर्ने, शिक्षामा गरिने खर्चलाई कसरी परिणाममुखी बनाउने तथा वित्तीय स्रोतहरुलाई के-कस्ता विधि अवलम्वन गरी उदेश्यमूलक बनाउन सकिन्छ भन्ने लगायतका विषयवस्तुहरुको अध्ययन गर्दछ |
शैक्षिक वित्तका क्षेत्रहरुमा शिक्षामा के-कति लगानी गर्ने , कुल राष्ट्रिय उत्पादनबाट शिक्षा क्षेत्रमा कति लगानी गर्दा मुलुकको अर्थतन्त्रमा कस्तो प्रभाव पर्दछ , शिक्षामा गरेको लगानीले समाजमा कस्तो प्रभाव पर्दछ ? अपेक्षा अनुरुप लगानी र लगानी अनुरुप प्रतिफल प्राप्त भयो कि भएन इत्यादि पर्दछन् | शिक्षाको वित्तीय व्यवस्थापनका लागि विभिन्न विधिहरु अवलम्वन गर्न सकिन्छ | शिक्षामा अनुदान सहायता, ऋण सहायता लगायत जुनसुकै पनि हुन सक्छ | दातृ संस्था वा रास्ट्र , अन्तरास्ट्रिय सहयोग नियोग, विश्व बैंक लगायतका विभिन्न संघ संस्थाहरुबाट शिक्षा क्षेत्रको लागि l4पक्षीय तथा बहुपक्षीय ऋण तथा अनुदान दुवै उपलब्ध भै नै रहेको हुन्छ | नेपाल जस्तो विकासोन्मुख रास्ट्रहरुका लागि यस प्रकारको अनुदान तथा ऋण अत्यन्तै महत्वपूर्ण मानिन्छ | शैक्षिक वित्तका प्रचलित केही विधिहरुको संक्षेपमा परिचय र फाइदा /वेफाइदाहरुको वर्णन गरिन्छ |
• अनुदान सहायता(Grant इन Aid) : नेपालमा शिक्षाको स्वरूप तीन तहको रहेको छ | आधारभूत तह , माध्यमिक तह र उच्च तह | आधारभूत तह अनिवार्य हो माध्यमिक तह स्वेच्छिक हो | उच्च तहको शिक्षा भने अन्य तहको शैक्षिक संस्थाहरु भन्दा पूर्ण स्वतन्त र स्वायत्त रहेका हुन्छन् | यस तहको शिक्षा प्रदान गर्ने विश्वव्यापी एवं प्रचलित विधि अनुदान सहायता हो | शिक्षामा सवैलाई समान अवसर र पहुँच प्रदान गर्नको लागि अनुदान सहायताको व्यवस्था गरिएको हुन्छ | सरकारले जनताबाट उठाएको करबाट गुणस्तरीय उच्च शिक्षा प्रदान गर्नको लागि विश्वविद्यालयलाई अनुदान रकम उपलव्ध गराउने गर्दछ | यसरि उपलव्ध गराएको रकमलाई विश्वविद्यालयले पुन : फिर्ता गर्नु पर्दैन | शिक्षाको अवसरवाट कोही पनि बन्चित हुन नपरोस भनेर यसलाई प्रभावकारी रुपमा अगाडी बढाउदै आएको पाइन्छ | विश्वका विकसित र विकासोन्मुख हरेक रास्ट्रमा शैक्षिक वित्तको महत्त्वपूर्ण विधिका रुपमा अनुदान सहायतालाई लिएको पाइन्छ |
फाइदाहरु :
o गुणस्तरीय शिक्षा प्रदान गर्ने सर्वस्वीकार्य विश्वव्यापी पद्धति
o उच्च शिक्षा संचालन गर्न आवश्यक खर्च का लागि सरकार बाट प्राप्त अनुदान नै खर्च हुने हुदा शैक्षिक संस्थालाई पर्ने आर्थिक भार न्युन हुने
o उच्च शिक्षामा सवैलाई समान रुपले सहभागी गराउन सकिने
o कमजोर आर्थिक हैसियत भएका वर्गलाई समेट्न सहयोग पुग्ने
o देशको सामाजिक ,आर्थिक , प्राविधिक सांस्कृतिक लगायतका समग्र क्षेत्रमा विकाशको आधार खडा हुने
वेफाइदाहरु :
o अनुदान सहायताको प्रमुख स्रोत कर भएको हुदा शिक्षा आर्जन नगर्नेले समेत अनावश्यक करको भार बहन गर्नुपर्ने
o अनुदान सहायता प्रदान गर्नुको खास उदेश्य शिक्षामा सवैको समान पहुँच र सहभागिताको सुनिश्चितता गर्न भए तापनि अवसर माथिल्लो तथा उपल्लो वर्गले बढी प्राप्त गर्ने हुदा समानता कायम हुन नसक्ने
o आर्थिक सहायता सगै सरकारी हस्तक्षेप पनि हुने हुदा स्वायत्त र स्वतन्त्र अस्तित्व गुम्ने र परनिर्भर हुदै जाने प्रवल सम्भावना
o करदाता र कर संकलन (सरकार र जनता) दुवैलाई दिर्घकालिन समयसम्म आर्थिक बोझ बढ्दै जाने
• शैक्षिक ऋण(Education Loan): तेश्रो तहको शिक्षाको लागि अनुदान सहायताको विकल्पको रुपमा शैक्षिक ऋण लाई लिइएको छ | अनुदान सहायता भन्दा पनि शैक्षिक ऋण बढी उपयुक्त छ भन्ने मतहरु पनि प्रस्तुत भएका छन् | अनुदान सहायता लिंदा शिक्षा आर्जन नगर्ने व्यक्तिले पनि करको भार बहन गर्नुपर्ने हुदा शिक्षा ऋणको नीति अनुशरण गर्नु पर्दछ | विद्यार्थीलाई ऋण दिदा उसको केही वर्षको अध्ययन पश्चात उक्त विद्यार्थीले आय-आर्जन गर्न सक्ने र ऋण चुक्ता गर्न सक्ने भएको हुदा सो ऋणलाई अन्य ऋणमा सार्न सकिन्छ | अनुदान सहायता लागु गर्दा तेश्रो तहको शिक्षा लिन नचाहनेले पनि करको भार बहन गर्नुपर्ने देखिन्छ भने शैक्षिक ऋण लागु गर्दा तेश्रो तहको शिक्षा नलिनेलाई केही भार पर्दैन | वर्तमान समयमा मूलत: विकशित राष्ट्रहरुमा अनुदान सहायता को सट्टामा शिक्षा ऋणको प्रयोग बढिरहेको देखिन्छ | शिक्षामा ऋण पद्दति लागु गर्ने देशहरुमा USA. Germany, Canada, Denmark, England लगायतका मुलुक पर्दछन् | वर्तमानमाकेही विकासोन्मुख देशहरुले समेत ऋण पद्दति लागु गरेका छन् |
o अनुदान सहायता भन्दा बढी समतामूलक र न्यायोचित छ किनकि यसले तेश्रो तहको शिक्षा लिंदा जसले ऋण लिन्छ उसैलाई मात्र भार पर्छ , ऋण नलिनेलाई यसले कुनै आर्थिक भार पर्दैन | तथापि अनुदान सहायताले तेश्रो तहको शिक्षा नलिनेलाई पनि असर गर्दछ |
o सरकारले एकपटक व्यवस्था गरेको ऋण रकम विभिन्न व्यक्तिमा लगानी भइरहने हुदा वर्सेनी ऋण रकम व्यवस्था गर्न नपर्ने
o अनुदान सहायताले गर्दा विश्वविद्यालय लाई बनाएको परनिर्भरता हटाउन सकिने
o विश्वविद्यालय लाई आर्थिक रुपले आत्मनिर्भर गराउने पद्धति
o विश्वका विकसित र विकासोन्मुख हरेक राष्ट्रका लागि उपयोगी पद्धति
o ऋण पद्दतिले शिक्षामा असमानता ल्याउँदछ किनकि तल्लो , गरिब एवम् असहाय वर्ग वा मजदूर वर्गले जोखिम मोलेर आफ्ना सन्ततिलाई ऋण लिएर पढाउन सक्दैनन् |
o यो असुली नहुने पनि सम्भावना रहन्छ किनभने ऋण लिएर पढेको व्यक्ति विदेश गयो र त्यतै स्थायी बसोबास गर्ने प्रक्रियामा लाग्यो भने ऋण असुल्ली नहुन सक्छ | ऋणका लागि पुन: रकम व्यवस्था गर्नु पर्दा सकारलाई आर्थिक बोझ थपिदै जान्छ |
o शैक्षिक कार्यक्रम संचालन गर्नका लागि वास्तविक खर्च लाग्ने गर्छ | यसलाई परोक्ष तवरले जनाताले नै वहन गर्ने हो तसर्थ यो कस्टकर नहोला भन्न सकिन्न |
o विकासोन्मुख राष्ट्रका लागि अनुपयोगी पद्धति
• भौचर पद्धति( Voucher System) : शिक्षा क्षेत्रमा लगानी गर्ने आधुनिक एवं वैज्ञानिक तरिका भौचर पद्धति हो | यसका प्रणेताका रुपमा वरिष्ठ अर्थशास्त्री Friedman लाई मानिन्छ | Grant in Aid र Loan System का कमि-कमजोरीहरुलाई हटाउनका लागि विकल्पको रुपमा एउटा नयां पद्धतिको विकाश गरियो त्यसलाई नै voucher system भनिन्छ | वास्तवमा भौचर भनेको तोकिएको क्रयशक्ति भएको एउता कुपन हो जसलाई निर्दिष्ट सेवा प्राप्त गर्नका लागि प्रयोग गरिन्छ | तर यस किसिमको भौचरको प्रयोगबाट उपभोग्य वस्तु खरिद गर्न सकिदैन | यसले त केवल शिक्षा सेवा मात्र खरिद गर्न सकिन्छ | यसका माध्यमबाट आफ्ना सन्तानको लागि पढ्दा लागेको खर्च तिर्न सकिन्छ | यस किसिमको भौचर ले शिक्षाको एउटा निश्चित तहको खर्चलाई समेटेको हुन्छ |
केन्द्रीय वा स्थानीय सरकारले शिक्षाका विभिन्न तहको प्रत्यक्ष खर्च अनुमान गरि फरक-फरक मूल्यका भौचरहरु निष्कासन गर्दछ र निष्कासित भौचरहरुलाई शिक्षासंग सम्वन्धित कर्मचारहरुलाई घर-घरमा वितरणको लागि पठाउने गर्दछ | भौचर प्राप्त गरे पश्चात अभिभावकहरुले भौचर मार्फत आफ्ना सन्तानलाइ शिक्षाको विभिन्न तहको विद्यालयमा भर्ना गर्ने गर्दछन् | विद्यालयमा भर्ना गर्दा भौचरबाहेक अतिरिक्त रकम बुझाउनु पर्दैन | विद्यालयले पनि विद्यार्थी भर्ना हुदा प्राप्त हुन आएका भौचरहरुलाई संकलन गरि त्यसको भुक्तानी सम्वन्धित शिक्षा शाखाबाट प्राप्त गर्ने गर्दछन् | भौचरलाई अभिभावकहरुले आफ्ना सन्ततिको शिक्षा आर्जन बाहेक अन्यत्र प्रयोग गर्न पाउदैनन् | भौचर बराबरको रकम सरकारलाई पुन : फिर्ता गर्नु नपर्ने हुन्छ |
समाजमा पछाडी परेका वर्गहरुलाई शिक्षा आर्जन गर्न यसले प्रोत्साहित गर्दछ | यसबाट सवैले शिक्षामा समान र न्यायोचित अवसर प्राप्त गर्दछन् | यसमा प्रत्यक्ष खर्च मात्र समावेश हुने भए तापनि कहिलेकाहीँ गरिब बर्गको हितलाई मध्यनजर गरी अप्रत्यक्ष खर्च समेत समावेश गर्न सक्छ तर यो दुर्लभ मात्रामा हुने गर्दछ | यस्तो अवस्थामा प्रत्यक्ष खर्च भन्दा बढी भएको रकम स्कुलले जहाँ गरिबका छोराछोरीहरु भर्ना भएका छन् त्यहाँ फिर्ता दिन्छ | त्यस्तै सरकारले जारी गरेको भौचर सरकारी र निजी दुवै विद्यालयमा स्वीकार गर्न सक्ने गरि व्यवस्था गरिएको हुन्छ | अभिभावकहरु आफ्ना सन्तानलाई निजी वा सरकारी विद्यालय जहाँ भर्ना गर्न पनि स्वतन्त्र हुन्छन् | सरकारी विद्यालय भर्ना गर्ने हो भने भौचर मार्फत सवै खर्च बेहोरिन्छ | निजीमा भर्ना गर्ने हो भने भौचरको मूल्य भन्दा बढी रकम अभिभावक स्वयम्ले भुक्तानी गर्नु पर्ने हुन्छ |
o यो प्रजातान्त्रिक पद्धतिमा आधारित छ किनकि अभिभावकहरु आफ्ना सन्तानलाई सरकारी वा निजी विद्यालय जुनासुकैमा भर्ना गर्न स्वतन्त्र हुन्छन् |
o सरकारले जारी गरेको भौचर पद्धति सरकारी र निजी दुवै विद्यालयमा स्वीकार्य हुन्छ | यसो हुदा स्वस्थ्य प्रतिस्पर्धा भइ शिक्षाको गुणस्तरमा बढोत्तरी हुन पुग्दछ |
o जनताको आर्थिक अवस्थालाइ मध्यनजर गर्दै बढी मूल्यको भौचर समेत प्रदान गर्न सकिने भएको हुदा शिक्षामा व्यापक जनसहभागिता बढ्न सक्छ |
o भौचर पद्धतिले दोहोरो खर्चमा कटौती गर्दछ | अनुदान सहायतामा एकातिर र अर्कोतिर शैक्षिक शुल्क बुझाउनु पर्दैन | कर मात्र बुझाए पुग्छ |
o नेपालजस्ता विकासोन्मुख रास्ट्रहरु जहाँ गरिब एवं बेरोजगारीको संख्या अधिक छ , त्यस्ता मुलुकहरुमा शिक्षाको समान अवसर प्रदान गरिदिने प्रभावकारी पद्धति
बेफाइदाहरु :
o भौचर पद्धतिले धनि र गरिब बीच सामाजिक विभेद सिर्जना गरेको छ किनकि महँगो र गुणस्तरीय शिक्षा केवल धनीमा मात्र सीमित गरेको छ |
o भौचर पद्धति गरिब वर्ग भन्दा धनी वर्गका लागि फाइदाजनक छ किनकि भौचर ले नखामेको रकम मात्र तिर्नु पर्ने भएको हुदा चाहे जस्तो शिक्षा प्राप्त गर्न गरिबले सक्दैन | सो अवसर धनीका लागि मात्र हुन्छ |
o भौचर पद्धति निजी र सरकारी दुवैका लागि स्वीकार्य हुने हुदा निजी स्तरमा धेरै विद्यालय खुल्न पुग्दछन् र अस्वस्थ प्रतिस्पर्धा भइ शैक्षिक गुणस्तर खस्किन सक्छ | | 2021/07/30 13:07:45 | https://interviewnepal.com/1546/ | mC4 |
सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जा भालु पहाडमा माथिबाट खसेको पहिरो हटाएपछि बिहान १० बजेर १८ मिनेटमा दुईतर्फी रुपमा सञ्चालनमा आएको छ।
तिन दिन देखि परेको अविरल वर्षाको कारण सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जा पोखरा सडकखण्ड आज बिहान साढे ३ बजे देखि यातायात अवरुद्ध भएको थियोे ।
फेदीखोला गाउँपालिका २ भालुपहाडस्थित सिद्धार्थ राजमार्गमा ठूलो ढुङ्गासहित पहिरो खस्दा यातायात अवरुद्ध भएको थियोे।
चट्टानसहितको ठूलो पहिरो भएकाले सडक खुलाउन समय लागेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
सडक अवरुद्ध हुँदा सिद्धार्थ राजमार्गको पोखरा-स्याङ्जा सडकमा सयौँ सवारी साधन रोकिएका थिए । यस ठाउँमा सडक विस्तार गरिएकाले पटक पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।
पुतलीबजार नगरपालिका, फेदिखोला गाउँपालिका, सडक विभागसँगको सहकार्यमा र तिनैवटा सुरक्षा निकाएको पहलमा सडक पुर्ण रुपमा सञ्चालनमा आएको छ।
सिद्धार्थ राजमार्ग स्याङ्जा पोखरास्याङ्जा
प्रतिक्रिया दिनुहोस्
संबन्धित
महिला हिंसाविरुद्धको कानून कार्यान्वयन गर्न सरकारसँग माग
थपिए २६५ संक्रमित, दुई जनाको मृत्यु
आफ्नो देशविरुद्ध मत जाहेर गरेको भन्दै इजरायली राजदूतको असन्तुष्टि
शेयर बजारको ‘वियरिष ट्रेण्ड’मा ब्रेक
Imagekhabar
ताजा अपडेट
महिला हिंसाविरुद्धको कानून कार्यान्वयन गर्न सरकारसँग माग
काठमाडौं, मंसिर २० । संसदीय समितिले महिला हिंसा विरुद्धका कानूनको प्रभावकारी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । महिला हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा
बुटवल-नारायणगढ सडकखण्डको ११ प्रतिशत मात्र काम सकियो, म्याद थप्न कम्पनीको आग्रह
काठमाडौं, मंसिर २० । बुटवल-नारायणगढ सडकखण्डको निर्माण कम्पनीले म्यादथप गर्न सरकारसँग माग गरेको छ । निर्माणाधीन सो खण्डमा कोरोना संक्रमण, लगातारको वर्षासँगै ‘साइट क्लिरियर’मा ढिलाइ
थपिए २६५ संक्रमित, दुई जनाको मृत्यु
काठमाडौं, मंसिर २० । नेपालमा पछिल्लो २४ घण्टामा २६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ११४ | 2021-12-06T11:26:27Z | https://www.imagekhabar.com/news/260501/ | OSCAR-2201 |
अस्पताल भवन निर्माणका लागि करोडको जग्गा दान
प्रकाशित मितिः माघ 25, 2078
जीबछ यादव
लहान । सखुवानन्कारकटि गाँउपालिकामा १० शैयाका आधारभूत अस्पताल निर्माणको लागि एक करोड मूल्य बराबरको १० कठा जग्गा दान गर्ने पाँच दाजुभाइ लाई सखुवा नन्कारकटि गाँउपालिकाले दोसल्ला ओढाई सम्मान गरेको छ ।
आमा शङकरियादेवी यादव, पिता पतासी यादव र काका फुसयाही यादवका सम्झनाका लागि एक करोड मूल्य बराबरको जग्गा दान गरेको रामप्रसाद यादवले बताउनुभयो । जग्गा दान गरेपछि सखुवानन्कारकटि गाँउपालिकाले दोसल्लार र सम्मानपत्रसहित सम्मान गरेको उहाँले बताउनुभयो ।
पाँच जना दाजुभाइ सम्मानबाट खुसी भएका छौं, उहाँले भन्नुभयो । सखुवानन्कारकटि गाँउपालिकामा आधारभूत अस्पताल नभएकाले अस्पताल निर्माणका लागि जग्गा दान गर्ने दोरिक यादव, बद्री नारायण यादव, रामप्रसाद यादव, रामविलास यादव र रामकुमार यादवको योगदानको कदर गरी सम्मान गरेको गाँउपालिका अध्यक्ष केदारनाथ यादवले बताउनुभयो ।
१० शैयाको अस्पताल निर्माणका लागि संघीय प्रदेश सरकारसँग आवश्यक बजेटको लागि पहल थालिसकेको उहाँले जानकारी दिनुभयो । अस्पताल नभएपछि स्थानीयलाई उपचारका लागि १० किलोमिटर टाढा लहान जानुपर्ने बाध्यता रहेकाले अस्पताल निर्माणपछि ग्रामीण भेगका जनतालाई राहत हुने उहाँले बताउनुभयो ।
रोयाण्टर मण्डललहान / सिरहाको सुखीपुर नगरपालिकामा नेकपा एमालेले विजयी जुलुस निकालेको छ । सुखीपुर नगरपालि�
डि.एन. यादवसुखीपुर (सिरहा) / प्रधानमन्त्री शेर बहादुर देउबाको वडामा नेपाली कांग्रेसलाई पराजित गरी नेपाली क
सुखीपुर (सिरहा) / सुखीपुर नगरपालिका वडा नम्बर १ को नेकपा माओवादी केन्द्रका लोकप्रिय नेता राजेन्द्र चौधरी ७ | 2022/05/21 16:17:27 | https://madheshspecial.com/news/view?id=1702 | mC4 |
३० हजार बेरोजगारहरुका लागि डेरी उद्योगबाट रोजगारको अवसर - Everest Dainik - News from Nepal
३० हजार बेरोजगारहरुका लागि डेरी उद्योगबाट रोजगारको अवसर
पाल्पा, असोज । डेरी उद्योगले नेपालमा ३० हजारभन्दा बढी बेरोजगार युवालाई प्रत्यक्ष रोजगारी दिएको छ ।
नेपाल डेरी एशोसिएशन केन्द्रीय समितिका अध्यक्ष राधाकृष्ण सापकोटाले नेपालमा डेरी उद्योगमा लगानी बढ्दा बेरोजगार युवाले डेरीबाट रोजगार पाउन सफल भएको बताए । डेरी उद्योगको विकासका लागि २० अर्बभन्दा बढी लगानी रहेको र दैनिक ५० हजार लाख लिटर दूध उत्पादन हुनेमा फर्मल सेक्टरमा १७ र इनफर्मलमा ३३ प्रतिशत र किसान स्वयंले उपभोग गर्ने ५० प्रतिशत दूध खर्च हुने गरेको उनले उल्लेख गरे ।
श्रम ऐन २०७५ पास भई न्यूनतम पारिश्रमिकमा वृद्धि हुन गएकाले र बैंकको ब्याज दर बढ्न गई आर्थिक भार बढ्न गएको, घर भाडा बढेर आर्थिक भार बढ्न गएको डेरी व्यवसायीको भनाइ छ । विसं २०५५ मा नेपाल डेरी एशोसिएशन नेपालको स्थापना भएको हो । हाल डेरी उद्योग ७७ जिल्ला शाखा विस्तार भएको छ । यस संस्थामा देशभरका २५० भन्दा बढी उद्योग आबद्ध छन् । रासस | 2020/07/06 22:59:38 | https://everestdainik.com/2018/09/210983/ | mC4 |
दसैं नजिकिएसँगै काठमाडौँ उपत्यकामा खसी–बोका भित्रिन थाले - Nepal's First News Agency
काठमाडौं, असोज २१ गते । काठमाडौं उपत्यकामा दशैँ लक्षित खसि बोका भित्रिन थालेको छ । कोरोना संक्रमणको जोखिम कम भए सँगै खसि बोका किन्नेको भीड बढ्न थालेको हो । कोरोना संक्रमण फैलनु अघिका वर्षझैँ पर्याप्त मात्रामा खसि बोका नआएको कारण मुल्यमा वृद्धि भएको छ । हिमाली जिल्लाबाट आउने च्याङ्ग्राहरु पर्याप्त नआएपनि खसि बोकाहरु काठमाडौंका मुख्य बजारमा आउन थालेको छ । काठमाडौं भित्रिने पशु चौपायको स्वास्थ्य परिक्षण गरेर मात्र ल्याइने व्यवसायीले बताएका छन् ।अघिल्ला वर्षहरुमा जिउँदो च्याङ्ग्रा ७, ८ सय रुपैयाँमा पाइने अहिले १३, १४ सय रुपैयाँ मुल्य पर्न थालेको किन्न आउने उपभोक्ताहरुले गुनासो गरेका छन् । नेपालमा आउने च्याङ्ग्रा हिमाली जिल्लाको साथै मित्रराष्ट्र चीनको सिमावर्ति गाउँबाट पनि आउँछ । कोरोना संक्रमणको जोखिमको कारण सीमा नाका नखुल्दा च्याङ्ग्राको मुल्य बढेको छ । काठमाडौंमा अहिले मकवानपुर, धादिङ, गोरखा तथा रसुवाको दक्षिण भेग र नुवाकोटबाट खसि बोका आउन थालेको छ । जिउँदो खसि बोका सरदरमा ७ सय रुपैयाँ देखि ८ सय रुपैयाँमा विक्रि भइरहेको व्यवसायीले बताएका छन् ।काठमाडौंमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडल पनि खसि बोका विक्रि गर्दै आएको छ । कम्पनिले भोली शुक्रवारबाट खसि बोका विक्रि गर्ने बताइसकेको छ । यसबाहेक फुलपातीको दिनदेखि काठमाडौंको चोकहरुमा किसान आफैँ आएर समेत खसि बोका बेच्ने गर्दछन् । काठमाडौंमा दशैँको बेला खसि बोकाको मासु ११ लाख किलो भन्दा खसि बोकाको मासु खपत हुने अनुमान गरिन्छ । | 2021/10/16 02:44:56 | https://newsagencynepal.com/2021/10/07/5595/ | mC4 |
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको विम्ब झैं बनेको छ, घडीघर। जुन भवनमा मानवशास्त्र केन्द्रीय विभाग पनि छ। दुई वर्षअघिसम्म घडीघर परिसर गौचरन सरह थियो। गाईहरू चर्ने मात्र होइन, कक्षाकोठामै पस्ने र फोहोर गर्ने गर्थे।
यसबारे तस्वीरसहित समाचारहरू सार्वजनिक भए। त्रिविको त्यो बेहाल देखेपछि संस्थाको व्यवस्थापकीय क्षमतामाथि चौतर्फी प्रश्न उठे।
यसपछि पनि अवस्था सुध्रेन। त्यस क्षेत्रमा गाई देखिने क्रम जारी नै रह्यो, बन्सो, कुरो, सुँगुरे काँडा बढ्दै गएर झाडी भयो।
पछिल्लो समय भने घडीघर परिसरको स्वरूप फेरिएर ढकमक्क फूल फूलेको सुन्दर बगैंचामा परिणत भएको छ। यो परिवर्तन मानवशास्त्र केन्द्रीय विभागका प्रमुख डम्बर चेम्जोङको मिहिनेतको रङ हो।
त्रिविमा तीन दशकभन्दा बढी अवधिसम्म मानवशास्त्र र समाजशास्त्र एउटै विभागका रूपमा थिए। २०७२ सालमा मानवशास्त्रलाई छुट्टै विभाग बनाइयो। त्यसपछि भौतिक संरचना र अन्य व्यवस्थापन नयाँ ढंगले मिलाउनुपर्ने भयो।
त्यसै क्रममा विभागीय प्रमुखका रूपमा डम्बर चेम्जोङ नियुक्त भए। त्यसयता विभागको संस्थागत तथा प्राज्ञिक विकासको थालनी गरेका उनले विश्वविद्यालयलाई नयाँ रुप–रङ दिएका छन्।
शिक्षाको 'सिंहदरबार' मा साजसज्जा
चेम्जोङको अग्रसरतामा मानवशास्त्र विभाग रहेको भवन परिसरको स्वरूप मात्र फेरिएको छैन, विभागको भौतिक संरचना सुधार र प्राज्ञिक आकर्षण वृद्धि समेत भएको छ।
शुरूमा बगैंचाकै कुरा गरौं।
विभाग प्रमुख चेम्जोङ गत वर्षको माघदेखि विभागको अगाडि बगैंचा बनाएर स्याहारमा जुटिरहेका छन्। यो काममा मानवशास्त्र विभागकै कार्यालय सहयोगीहरु आफ्नो दाहिने हात बनेर खटिएको उनी बताउँछन्।
बगैंचामा ढकमक्क फूल देखिए पनि खासमा विभिन्न प्रजातिका फल र वनस्पति रोप्न प्राथमिकता दिइएको रहेछ। गत जून महीनाको पहिलो साता विश्व वातावरण दिवसको अवसरमा फलफूलका विरुवा रोप्न शुरु गरिएको हो। जून महीनाभरिमा विभिन्न प्रजातिका फलफूल र वनस्पतिका करीब ७० विरुवा रोपिए। जसमा अम्बा, सुन्तला, जुनार, जामुन, नास्पाती, आरु, एभोकाडो, ओखर, जैतुन, चेरी, बुद्धचित्त, लगायत छन्। विरुवाको वरिपरि इँटाको घेरो लगाइएको छ।
चेम्जोङ भन्छन्, "फलका विरुवाहरू सानै छन्। विरूवा वरिपरि राखिएको इँटाको घेरोभित्र खाली जस्तो देखिएपछि सयपत्री, गोदावरी रोपेका थियौं, त्यही अहिले ढकमक्क भएको हो।"
खाली जमीनमा पलाएको कुरो, सिरू आदि निर्मूल पार्न तिनलाई जरैसहित हटाएर स्थानीय दुबो रोपिंदैछ। सबैतिर दुबो रोपिसक्न अझै एक वर्षसम्म लाग्न सक्ने उनी बताउँछन्। परिश्रम गरे अनुसारको सुहाउँदिलो कल्पना पनि सुनाउँछन्, "२–३ वर्षभित्रमा घडीघर अगाडिको जमीन दूबोमय हरियो चउर बन्नेछ। त्यसमा विभिन्न जातका फल लटरम्मै फल्नेछन्, र सिजन अनुसारका फूल फुल्नेछन्।"
सिंहदरबारभित्र पस्दा जसरी सफा र फूलैफूलले सुन्दर देखिन्छ, विश्वविद्यालय पनि त्यस्तै हुनुपर्ने चेम्जोङको मान्यता छ।
"यो विश्वविद्यालय केन्द्रीय क्याम्पस भएकाले मुलुकको शिक्षाको सिंहदरबार नै त हो", उनी भन्छन्, "त्यसैले यहाँ पढ्न आउने विद्यार्थी, पढाउने शिक्षक र काम गर्ने कर्मचारी सबैलाई उत्साह र ऊर्जा दिने भौतिक तथा प्राज्ञिक वातावरण बनाउनुपर्छ।"
यी काम आवधिक योजना बनाएर गर्नेभन्दा विभागमा उपलब्ध सीमित स्रोतकै उपयोगबाट गरिरहेको चेम्जोङ बताउँछन्। उनका अनुसार, आफ्नो विभाग आफैं बनाऔं भन्ने नीति अँगालेर मानवशास्त्र विभाग अगाडि बढिरहेको छ। "क्षमता हुनेले आफैं गर्ने हो, अर्काको मुख ताक्ने र माथिको आदेश पर्खने प्रवृत्तिले आफ्नो संस्थाको स्तरोन्नति गर्न सकिंदैन", उनी भन्छन्।
विभागले बगैंचा निर्माण गर्नुको पृष्ठभूमिमा त्रिविका उपकुलपतिको चाहना पनि जोडिएको रहेछ। प्रा.डा. धर्मकान्त बास्कोटा त्रिविका उपकुलपति नियुक्त हँदा त्रिविलाई सौन्दर्यीकरण गर्ने इच्छा व्यक्त गरेको र त्यसैलाई साकार पार्न मानवशास्त्र विभागले बगैंचा निर्माण गरेको चेम्जोङ बताउँछन्। "यसैले यो बगैंचा मानवशास्त्र विभागको तर्फबाट त्रिविलाई सुन्दर उपहार हो", उनी भन्छन्।
विश्वविद्यालयको भौतिक र प्राज्ञिक विकासमा लाग्नुलाई चेम्जोङ आफ्नो जिम्मेवारी मान्छन्। यस काममा विभागका सहकर्मी शिक्षक र कर्मचारीको भरथेग र सहयोग पाइरहेको उनी बताउँछन्।
"देशकै जेठो र ठूलो विश्वविद्यालयको प्राज्ञिक क्षेत्रको भौतिक सुधारको जिम्मा स्वयं विश्वविद्यालय र मातहतका विभागको हो, मैले त्यही भूमिका निर्वाह गरेको मात्र हो", उनी भन्छन्।
एउटा मान्छेले पारेको फरक
घडीघरको दोस्रो तलाका चार वटा कोठा मानवशास्त्र विभागले उपयोग गरिरहेको छ। जसमध्ये दुई वटा कक्षाकोठा छन् भने एउटा ठूलो कोठामा पुस्तकालय छ।
संस्थागत सुधारका क्रममा मसिना–मसिना कुरामा पनि ध्यान दिइएको छ।
भवनमा परेवा, भँगेरा लगायतका चराचुरुंगी बसेर फोहोर पार्थे। पछिल्लो समय वरपरका रुखहरूमा चरा बस्ने ससाना घर बनाइयो। विभाग प्रमुखमा चेम्जोङको आगमनसँगै भौतिक पूर्वाधारले नयाँ लुगा पाए, अर्थात् कोठाहरूमा रङरोगन गरिएको छ, सिलिङ लगाइएको छ र भुइँ पार्केटिङ गरेर टिलिक्क बनाइएको छ। झ्यालमा नयाँ र सफा पर्दा छन्। कक्षाकोठामा इन्टरनेट सुविधा पु¥याइएको छ।
विभागको पुस्तकालय व्यवस्थापनको काम पनि धमाधम भइरहेको छ। चेम्जोङ विभागीय प्रमुख भएर आउनु अघि विभागको पुस्तकालयमा करीब पाँच हजार थेसिस थिए, भुइँमा विभागको आफ्नै अनुसन्धानमा आधारित पुस्तक र प्रतिवेदनहरुको डंगुर थुपारिएको अवस्थामा थियो। पुस्तकालयमा बसेर पढ्ने व्यवस्था थिएन।
अहिले थेसिसलाई छुट्टै कोठामा व्यवस्थित गरेर राखिएको छ। पुस्तकालयमा पुस्तकहरु वर्गीकरण गरी क्याटलग बनाएर राख्ने काम भइरहेको छ। ई–लाइब्रेरी बनेपछि पुस्तकहरूका सूची अनलाइन मार्फत हेर्न सकिनेछ। यसका लागि पुस्तकालय विज्ञानमा स्नातकोत्तर गरेका तीन जनाले काम गरिरहेका छन्। यस्तै, मानवशास्त्र विभाग नेपाल लाइब्रेरी एन्ड इन्फर्मेशन कन्सर्टियम (नेलिक) सँग सम्बद्ध भएसँगै पुस्तकालयमा बसेर अनलाइनबाट अन्तर्राष्ट्रिय जर्नलहरु समेत पढ्न सकिने भएको छ।
अमेरिकाको कोर्नेल विश्वविद्यालयले हालसालै विभागलाई मानवशास्त्र तथा समाज विज्ञान विषयका ११०० थान पुस्तक उपहार दिएको छ। चेम्जोङका अनुसार, अमेरिकाको कोर्नेल विश्वविद्यालयले सन् १९९४ देखि सञ्चालन गरेको कोर्नेल नेपाल अध्ययन कार्यक्रम सन् २०१५ (२०७२ साल) को भूकम्पपछि बन्द भएकाले उक्त कार्यक्रमको पुस्तकालयका पुस्तक विभागले पाएको हो।
विभागले मानवशास्त्र अध्ययनबारे प्रचारप्रसार पनि बढायो। जसका कारण विद्यार्थी भर्ना संख्या बढेको चेम्जोङ बताउँछन्। "म नियुक्ति हुनुभन्दा अघिल्लो ब्याचमा मानवशास्त्र स्नातकोत्तर तहमा ९ जना र त्यो भन्दा पनि अगाडि १७ जना विद्यार्थी थिए। म आएपछिको वर्ष २६ जना भर्ना भए", उनी भन्छन्।
उनका अनुसार, एम फिलमा पनि उनी नियुक्त हुनुअघिको ५/६ ब्याच १२ देखि १५ जना विद्यार्थी भर्ना हुने गरेकोमा उनी आएपछि २७ जना भर्ना भए। विद्यार्थीको संख्या अझै बढाउन मिहिनेत गरिरहेको उनी बताउँछन्।
घडीघरका भौतिक संरचनाको बिजोग शौचालयहरूमा झनै अचाक्ली थियो। त्यहाँका सम्पूर्ण शौचालय दुर्गन्धित र जाम भएर पसिनसक्नु अवस्थामा थिए। प्रयोगविहीन बनेपछि पहिलो तलाका शौचालय त ताल्चा बन्द गरेर राखिएका थिए। बन्दाबन्दीको बेला विश्वविद्यालयमा कक्षा नभएको मौका पारेर घडीघरका पहिलो, दोस्रो र तेस्रो तलाका सबै शौचालयलाई मर्मत सम्भार गरी सफा र सधैं पानी उपलब्ध हुने व्यवस्था गरिएको छ।
घडीघरकै तेस्रो तलामा करीब सय जना अट्ने व्यवस्थित सेमिनार हल भर्खरै पुनःनिर्माण गरिएको छ। पुनःनिर्माणको खर्च त्रिवि उच्च शिक्षा परियोजना, समाजशास्त्र केन्द्रीय विभाग र मानवशास्त्र केन्द्रीय विभागले संयुक्त रूपमा व्यहोरेको चेम्जोङले बताए। "यति भएपछि हामीलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय सभा तथा सेमिनार गर्न बाहिर होटल तथा पार्टी भेन्यूहरु खोज्नुपर्दैन", उनले भने।
खर्चको जोहो
भौतिक र शैक्षिक सुधारमा लागिरहेको मानवशास्त्र केन्द्रीय विभागले यसका लागि आर्थिक जोहो कसरी गरिरहेको छ त भन्ने जिज्ञासा हुनु स्वाभाविकै हो।
विभागीय प्रमुख चेम्जोङ मानवशास्त्र शिक्षणसँगै अनुसन्धानलाई पनि सँगै अगाडि बढाउने विज्ञान भएको सन्दर्भ जोड्दै विभिन्न संघसंस्थासँग मिलेर अनुसन्धानका काम गरी बजेट जुटाइरहेको बताउँछन्।
उनका अनुसार, मानवशास्त्र विभागले विभिन्न सरकारी–गैरसरकारी संघसंस्थासँग अनुसन्धानमूलक कामहरु गरिरहेको छ। "त्रिवि आर्थिक रुपमा कमजोर भएकाले शिक्षक तथा कर्मचारीका लागि नियमित तलब बाहेक थप बजेट हुँदैन", उनी भन्छन्, "विश्वविद्यालयको आर्थिक सीमाका कारण मानवशास्त्र जस्ता अनुसन्धानमा क्षमता र अनुभव भएका विभागले आफैं विभिन्न निकायसँग अनुसन्धानका लागि थप बजेट जुटाएर विभाग र विषयको संस्थागत विकासमा लगानी गर्नुपर्ने हुन्छ।"
मानवशास्त्र विभागले अमेरिकी परियोजना यूएसएआईडीसँगको सहकार्यमा 'सामाजिक समावेशी अनुसन्धान परियोजना' कार्यक्रम सम्पन्न गरेको छ। उक्त अनुसन्धानमा आधारित चार वटा पुस्तक प्रकाशनको तयारीमा छन्। त्यस्तै, गोरखापत्र दैनिकको भाषा पृष्ठको मूल्यांकन गर्ने काम पनि सम्पन्न गरेको छ।
विभागले ओपन सोसाइटी फाउन्डेसनको सहयोगमा 'समावेशी लोकतन्त्र तथा स्थानीय सुशासन' परियोजना पनि संचालन गरिरहेको छ। स्थानीय सरकारहरुको अध्ययन गरिने यो परियोजनामा विभागका शिक्षकहरुलाई विद्वत् वृत्ति तथा विद्यार्थीलाई शोध अनुसन्धान गर्न छात्रवृत्ति समेत प्रदान गरिन्छ। विभागको पुस्तकालय यसै परियोजनाबाट अद्यावधिक भइरहेको हो। विभागले थारु आयोगका निम्ति 'थारुका थरहरु सूचीकरण परियोजना' पनि चलाइरहेको छ।
यी परियोजनाहरुबाट विभागको संस्थागत विकासका लागि थोरै भए पनि आर्थिक सहयोग भइरहेको चेम्जोङ बताउँछन्। साथै, यस्ता परियोजनाबाट विभागले विभिन्न प्रकाशन गर्न पनि सम्भव भइरहेको उनको भनाइ छ।
बगैंचा निर्माणदेखि कक्षाकोठा मिलाउनेसम्म सुधारका प्रयास गरेका उनले कामले काम थप्ने अनुभव गरेका छन्। बगैंचा निर्माण जोश–जाँगरले गरेको तर यसलाई रेखदेख गर्न र अझ सुन्दर बनाउने चुनौती थपिएको उनी बताउँछन्।
"विरुवा रोप्न सजिलो भए पनि रोपेको भोलिपल्टदेखि त्यसको माया लाग्छ। त्यसपछि मलजल गरेर हुर्काउन, फुलाउन, फुलाउन र संरक्षण गर्नमा पो जुनी बित्ने रहेछ त", उनी हाँस्दै सुनाउँछन्।
चेम्जोङका अनुसार, नेपालमा नीतिगत तथा प्राज्ञिक अनुसन्धानको क्षेत्रमा मानवशास्त्र केन्द्रीय विभागले आफ्नो क्षमता र पहिचान स्थापित गरिसकेको छ। अब विभागको आफ्नै जर्नल प्रकाशनको काम छिटै थाल्ने उनको योजना छ।
विभागलाई नै आफ्नो घरसंसार बनाइरहेका उनको कुनै ठूलो सपना छैन। भन्छन्, "कार्यकाल पूरा गरेर जाँदा एउटा व्यवस्थित, सुन्दर र सफल विभाग बनाई विश्वविद्यालयलाई उपहार छोडेर जाउँला भन्ने चाहना छ।" | 2021/09/18 23:30:10 | https://www.himalkhabar.com/index.php/news/120181 | mC4 |
थाहा खबर: सरकार सम्पर्क सूत्र खोज्दै, विप्लव पत्र कुर्दै
वार्ताको बाटो खोज्न नख्खुमा विष्णु, भक्तपुरमा सोमप्रसाद!
प्रधानमन्त्री ओली र नेकपाका प्रमुख विप्लव
काठमाडौं : प्रतिबन्धमा परेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग वार्ताका लागि सरकारले प्रयास थालेको छ। नख्खुस्थित एनसेलको केन्द्रीय कार्यालयमा एकजनाको ज्यान जाने गरी विस्फोट गराएपछि सरकारले प्रतिबन्ध लगाएको विप्लवको नेकपासँग वार्ताका लागि प्रधानमन्त्री केपी शर्मा ओली नै सक्रिय भएका हुन्।
नख्खु प्रकरणपछि विप्लवलाई आतंककारीको संज्ञा दिएका प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओवादी र पूर्वएमालेका नेताहरूलाई सम्पर्क सूत्रका रूपमा प्रयोग गरेर वार्ताको कोशिस गरिरहेका छन्।
पूर्वमाओवादीका लडाकु र युवापंक्तिसहित भूमिगत जीवन बिताइरहेका विप्लवसँग सम्पर्क स्थापित गर्नैका लागि ओलीले नेकपा महासचिव विष्णु पौडेललाई समेत खटाएका छन्। सम्पर्क सूत्रका रूपमा विष्णु पौडेल, नेकपा नेता जनार्दन शर्मा, सरकारी वार्ता टोलीका संयोजक सांसद सोमप्रसाद पाण्डेलाई प्रधाननमन्त्रीले खटाएका हुन्।
प्रतिबन्धको कथा
विप्लव समूहले गत फागुनमा ललितपुरको नख्खुस्थित एनसेलको केन्द्रीय कार्यालयसहित मुलुकभरका मोबाइल टावरमा आक्रमण गरेको थियो। त्यसक्रममा नख्खु विस्फोटमा परेर लमजुङका सिंहप्रसाद गुरुङले ज्यान गुमाएका थिए।
एकजनाको ज्यान जानेगरी विप्लवले सार्वजनिक संरचनामा हमला गरेपछि सरकार आक्रमक भएको थियो। त्यहीँक्रममा सरकारले फागुन २८ गतेको निर्णयअनुसार विप्लव समूहलाई प्रतिबन्ध लगाउने निर्णय गर्यो।
सरकारको प्रतिबन्धसँगै विप्लवसहितका अधिकांश नेता कार्यकर्ता भूमिगत भए। भूमिगत भइसकेपछिको तीन महिनाको अवधिमा सरकारले देशभर विप्लवविरुद्ध 'सर्च अप्रेशन' चलायो।
त्यसक्रममा काठमाडौंमा भएका विस्फोटसहितमा विप्लवका ८ भन्दा बढी नेता कार्यकर्ता मारिए। २०० भन्दा धेरै नेता/कार्यकर्ता पक्राउ परे। विप्लवका स्थायी समिति सदस्य तथा तेस्रा ठूला नेता हेमन्तप्रकाश वली सुदर्शन पक्राउ परे। उनलाई नख्खु विस्फोटमा संलग्न भएको अभियोगमा प्रहरीले चैत पहिलो साता काभ्रेबाट पक्राउ गर्यो।
त्यसपछि विप्लवको कारबाहीमा परेका पोलिटब्युरो सदस्य पदमबहादुर राईले पार्टी छाडेर सत्तारुढ नेकपामा प्रवेश गरे। विप्लवका एक नेताका अनुसार करिब ५०० कार्यकर्ता देशका विभिन्न जेल र प्रहरीको हिरासतमा छन्।
अघि बढेको छैन वार्ता
सरकारले विप्लवका प्रवक्तासमेत रहेका स्थायी समिति सदस्य खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पक्राउ पर्नुअघि वार्ताको कोशिस भएको थियो। त्यो वार्ता पनि उनै प्रकाण्डसँग सरकारी वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले अघि बढाएका थिए।
विप्लवका एक पोलिटब्युरो सदस्यकाअनुसार त्यसयता सरकारसँग औपचारिक–अनौपचारिक वार्ता हुन सकेको छैन। उनले भने, 'सरकारले प्रतिबन्ध लगाएको अवस्थामा वार्ता कसरी सम्भव हुन्छ? सरकारले आतंककारी भनेको अवस्थामा गरिएको वार्ताको हल्ला व्यर्थ हो।'
आफ्नो पार्टीले राजनीतिक मुद्दा उठाइरहेको बताउँदै विप्लव नेकपाले नख्खु घटनाका कारण सरकारले प्रतिबन्ध लगाएर पेल्न खोजेको निष्कर्ष निकालेको छ। 'नख्खु घटनामा मानिसको ज्यान जानु दुर्घटना थियो, त्यो हामीले स्वीकारेका छौँ', विप्लवका पोलिटब्युरो सदस्य अनिल शर्मा 'विरही'ले थाहा खबरसँग भने, 'तर सरकारले हामीलाई सिधै प्रतिबन्ध लगायो। हाम्रो सुरक्षाको ग्यारेन्टी गर्ने गरी औपचारिक पत्र नआएसम्म वार्ताको सम्भावना छैन।'
'चार कम्पनी सेना'को तरङ्ग
प्रतिबन्ध लगाएपछि एक महिनाअघि संसदमा बोल्दै गृहमन्त्री रामबहादुर थापा बादलले विप्लवले चार कम्पनी लडाकु बनाइसकेको गम्भीर अभिव्यक्ति दिए।
'हामीलाई प्राप्त सूचनाअनुसार विप्लवले ४ कम्पनी सेना बनाइसकेका छन्', उनले त्यो बेला संसदमा भनेका थिए, 'हामीले यसलाई गम्भीर रूपमा लिएका छौँ। संविधान विपरीत जानेलाई सरकाले जुनसुकै विकल्प लगाएर तह लगाउँछ।'
गृहमन्त्री बादलको यो डरलाग्दो अभिव्यक्तिपछि विप्लवको शक्तिबारे सरकारले पनि आँकलन गरिसकेको निचोड निकाल्न सकिन्थ्यो। कुनै पनि भूमिगत समूहले हतियारसहितका सेना नै विकसित गर्नु राज्यका लागि चुनौती थियो। त्यसमा पनि विप्लवले आफूलाई राजनीतिक शक्तिका रूपमा परिचित गराउँदै हतियार उठाउने तत्कालीन या दीर्घकालीन रणनीति नरहेको बताइरहेको छ।
विप्लवले आफ्ना कुनै पनि कार्यकर्तासँग अहिले हतियार नरहेको बताउँदै आएको छ। तर प्रहरी इन्काउन्टरमा मारिएका सर्लाही इन्चार्ज कुमार पौडेल र भोजपुरमा मारिएका प्रशान्त राईबाट पेस्तोल बरामद भएको दाबी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गरेका छन्।
सूत्र खोज्दै सरकार
प्रतिबन्धमा परेपछि विप्लवको ८ जना भन्दा धेरै कार्यकर्ता गुमाइसकेको छ। जसमा दुई जिल्ला सर्लाही र ओखलढुंगाका प्रमुख रहेका छन्। यसबीचमा सरकार पनि विप्लवलाई गलाउने रणनीतिमा लागेको थियो। त्यही रणनीति अनुसार सरकारले जनपद र सशस्त्र प्रहरी परिचालन गरेर सर्च अप्रेशन नै चलायो।
सुरुमा विप्लवकै गाउँ कपिलवस्तुका शिवगढीमा प्रहरीले सर्च अप्रेशन चलाइयो। जहाँबाट प्रहरीले केही हतियार बरामद भएको दाबी गर्यो। तर त्यहाँ पुगेका प्रहरीविरुद्ध गाउँले नै प्रतिकारमा उत्रिए।
सोलुखुम्बुको छेस्काममा प्रहरी चौकी कब्जा भएको अफबाहपछि त्यहाँ सरकारले तीनवटा हेलिकोप्टरबाट दुवै प्रहरीका १०० भन्दा धेरै जवान उतार्यो। संखुवासभामा पछिल्लो पटक गोली हानाहान भएपछि त्यहाँ पनि तीनवटा हेलिकोप्टरबाट प्रहरी उतारेर सर्च अप्रेशन चलाइयो। त्यहाँबाट एक थान एसएलआर राइफल बरामद भएको दाबी प्रहरीको थियो।
तेस्रा ठूला नेताको पक्राउले विप्लव सजग
मोबाइल फोनको लोकेशनकै कारण पार्टीका तेस्रा ठूला नेता रहेका स्थायी समिति सदस्य हेमन्तप्रकाश वली सुदर्शन काभ्रेबाट पक्राउ परेपछि महासचिव विप्लव सजग भएको सूत्र बताउँछ।
'वली पक्राउ परेपछि विप्लवले मोबाइल फोन प्रयोग गर्न छाडेका छन्', स्रोत भन्छ, 'विप्लवसँग सम्पर्कको भरपर्दो सूत्र फेला नपरेपछि प्रम ओलीले केही नेतालाई खटाएको हामीले सुनेका छौँ, तर अहिले दोस्रो, तेस्रो तहका नेतासँग मात्रै कुरा भइरहेको छ।'
विष्णु पौडेल नख्खुमा
वार्ताको वातावरण बनाउन भन्दै नेकपा महासचिव विष्णु पौडेल साताअघि हेमन्त प्रकाश वलीलाई राखिएको नख्खु कारागार पुगेका थिए। जहाँ उनीसँग नेकपा सुदूरपश्चिमका अध्यक्ष कर्णबहादुर थापा र कानुनमन्त्री भानुभक्त ढकाल पनि थिए।
वलीसँगको भेटमा पौडेलले वार्ताको वातावरण बनाउन सरकार तयार रहेको भन्दै 'कन्भिन्स' गर्न खोजेको सूत्र बताउँछ। तर विप्लवका एक नेताले भने जेलमा भएका हेमन्तप्रकाशलाई भेटेर वार्ता हुनै नसक्ने बताए। 'सरकारले साँच्च्किै वार्ता गर्न चाहेको हो भने जेलमा भएका नेतासँग होइन, बाहिर रहेकासँग सम्वाद थाल्नुपर्छ', ती नेताले भने, 'जेलमा रहेका नेतालाई भेट्नुको अर्कै उद्धेश्य हुनसक्छ। त्यो हामीले बुझेका छौँ।'
हेमन्तप्रकाशलाई पनि गलाउने रणनीतिअनुसार नेकपा महासचिव पौडेलले भेटेको दाबी विप्लव पक्षको छ। 'उहाँलाई गलाएर लैजान खोजेको देखिन्छ। नत्र जेलमा भएको व्यक्ति कसरी सम्पर्क सूत्र हुनसक्छ?', विरही प्रश्न गर्छन्, 'पदम राईकै शैलीमा उहाँलाई पनि पार्टी छाड्न बाध्य पार्ने खेल भएको हुन सक्छ। त्यसो हो भने सरकारले वार्ता नचाहेको पुष्टि हुन्छ।'
सरकारले सिके राउतसँग भएको वार्ताकै शैलीमा विप्लवसँग कुरा अगाडि बढाउन खोजेको विप्लवनिकट स्रोत बताउँछ। 'हामीलाई हेर्ने सरकारको दृष्टिकोण सिके राउतलाई जस्तै हो भने त्यो गलत हो', विप्लवका नेता विरही भन्छन्, 'संवाद गर्ने हो भने सजिलै हुनसक्छ। अहिले पनि हामी वार्ताकै चरणमा छौँ। तर, सरकार हामीले हतियार उठाइदिए दमन गरेर तह लगाउने मुडमा देखिएका बेला वार्ता कसरी हुन्छ?'
सरकारको तर्फबाट नेकपाका नेता जनार्दन शर्मा र सरकारी वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डे पनि खटिएका छन्। तर दुवै नेता विप्लवसम्म पुग्ने सम्पर्क सूत्रको खोजीमा छन्।
सोमबारै मात्र विप्लवनिकट जनपत्रकार संगठनका एक पदाधिकारीमार्फत् नेता जनार्दन शर्माले विप्लवका एक दोस्रो तहका नेतासँग संवाद गरेका छन्। शर्माले ती नेतामार्फत विप्लवसम्म पुग्ने सूत्रबारे कुराकानी गरेको स्रोतले दाबी गरेको छ।
विप्लवका नेतासँगको अन्तर्वार्ता पढ्नुहोस्ः
भक्तपुरमा पाण्डेले कसलाई भेटे?
स्रोतका अनुसार भक्तपुरमा केही समयअघि वार्ता टोली संयोजक पाण्डेले विप्लवका कुनै नेतालाई भेटेका थिएनन्। उनीसँग विप्लव नेकपानिकट जनपत्रकार संगठनमा एक पदाधिकारीसँग सम्वाद भएको थियो।
त्यो सम्वादमा पनि पाण्डले वार्ताका लागि नेताहरूसँगको सम्पर्क सूत्र बनाइदिन आग्रह गरेका थिए। तर ती पत्रकारले सरकारले औपचारिक पत्र दिए मात्रै आफूले त्यो भूमिका निर्वाह गर्न तयार रहेको जवाफ दिएको स्रोतको दाबी छ।
वार्ताका लागि विप्लवको अडान
सरकारले वार्ताका लागि सम्पर्क सूत्र खोजिरहेका बेला विप्लवले भने विभिन्न शर्त राखेका छन्। विप्लवका नेताहरूसँग प्रारम्भिक छलफल भएको समाचार आइरहँदा विप्लव पक्षले भने आफूले राखेका न्यूनतम शर्त सरकारले पूरा गर्नुपर्ने अडान राखेको छ।
'नेकपा वार्ता विरोधी होइन। तर हामीले अघि सारेका मूलभुत मुद्दामा सरकार कति जिम्मेवार छ? यो प्रमुख कुरा हो', विप्लव समूहका अर्का नेता भन्छ्न, 'सरकारी वार्ता टोलीको म्याद सकिएको छ। त्यसको म्याद थप्ने या अर्को टोली गठनमा सरकार मौन छ। यसअर्थमा तत्कालै वार्ता सम्भव छैन।'
विप्लवले वार्ताका लागि कम्तीमा प्रतिबन्ध फुकुवा,पक्राउ कार्यकर्ताको निशर्त रिहाई, दमन र धरपकड रोक्नुपर्ने अडान राखेको छ। कम्तिमा पनि सरकारले औपचारिक रूपमा नेकपालाई सम्बोधन गरेर पत्र पठाउनुपर्ने विप्लवको अडान छ। त्यसले आफ्ना कार्यकर्ता र नेता सुरक्षित हुने र वार्ताको वातावरण बन्ने उनको विश्वास छ। 'सरकारले राजनीतिक इमानदारिता देखाए हामी वार्ता विरोधी होइनौं', विप्लवका पोलिटब्युरो सदस्य विरही भन्छन्, 'वार्ता प्राविधिक समाधानमा भन्दा राजनीतिक समाधानतिर हुनुपर्छ भन्ने हाम्रो जोड हो।' | 2020/02/23 07:05:33 | http://www.thahakhabar.com/news/74628 | mC4 |
निर्मला हत्या प्रकरणः ६० भन्दा बढीको डीएनए परीक्षण – Online Khabar
२०७५ चैत १४ गते २०:५४ मा प्रकाशित
१४ चैत, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न भएको आशंकामा प्रहरीले ज-जसलाई समायो, सबै डीएनए नमिलेपछि छुटे ।
अनुसन्धानका क्रममा पक्राउ परेका दिलिप सिंह विष्टदेखि प्रदीप रावलसम्मले प्रहरीको दबाव वा स्वस्फर्त रुपमा अभियोग स्वीकार गरे । तर, उनीहरुको डीएनए म्याच भएन ।
कुनै पनि घटनामा डीएनएन नै सबै प्रमाण होइन । सर्वोच्च अदालतको फैसला यसको नजिर हो । तर, निर्मला प्रकरणमा प्रहरी सामू डीएनएन नै सबैथोक बनेको छ ।
पछिल्लो पटक प्रहरीले हत्यामा संलग्न भएको आशंकामा अछामबाट दुई जनालाई नियन्त्रणमा लिइएको छ । स्रोतकाअनुसार डीएनए परीक्षणका लागि उनीहरुलाई काठमाडौं ल्याउने तयारी छ । तर, डीएनए परीक्षण नगरेसम्म प्रहरी बोल्न तयार छैन ।
स्रोतका अनुसार पक्राउ परेका दुई व्यक्ति पन्तको हत्या भएको दिन कञ्चनपुर आसपास नै थिए । घटनापछि नदेखिएका उनीहरुको बयान शंकास्पद देखिएपछि नियन्त्रणमा लिइएको हो ।
६० बढीको डीएनए जाँच
प्रहरीले सुरुमा अभियुक्तका रुपमा सार्वजनिक गरेका दिलिप सिंह विष्ट डीएनए नमिलेकै कारण छुटे । जबकी, उनले प्रहरीलाई दिएको बयानमा हत्या अभियोग स्वीकार गरेका थिए ।
तत्कालिन कञ्चनपुर प्रहरी र अनुसन्धानका लागि काठमाडौंबाट गएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले प्रमाण नष्ट गरेको आरोपमा सरकारले प्रहरी अधिकारीमाथि कारबाही गरेको थियो । तत्कालिन प्रहरी प्रमुख डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदिश भट्ट बर्खास्त नै भइसकेका छन् भने ब्युरोका डीएसपी अंगुर जिसी निलम्बित छन् ।
प्रहरीको थुप्रै टोली अनुसन्धानका लागि कञ्चनपुर पुग्यो । घटना भएको जिल्ला कञ्चनपुरमै दुई जना प्रहरी प्रमुख फेरिइसकेका छन् तर, अझै हत्यारा पक्राउ परेका छैनन् ।
पटकपटक विभिन्न संदिग्धको नाम र साबिती बयानसहितको विवरण प्रहरीले चुहाउँछ तर, डीएनए नमिल्दा उनीहरु सजिलै छुट्छन् । यतिसम्मकी हत्या स्वीकार गरेको सूचना पाएपछि प्रदीप रावल र विशाल चौधरीको बयान लिन आईजीपी सर्वेन्द्र खनाल आफैं सीआईबी पुगेका थिए । तर, उनीहरुको पनि डीएनए मिलेन ।
एक अनुसन्धान अधिकारीका अनुसार शंकित ६० जनाभन्दा बढीको डीएनए जाँच गरिसकिएको छ । तर, कोहीसँग पनि डीएनए मेल खाएको छैन ।
ब्युरोका प्रवक्ता एसपी उमाप्रसाद चतुर्वेदी भन्छन्, 'अहिलेसम्म पोजेटिभ नतिजा छैन ।'
अहिलेसम्मकै रेकर्ड
नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाका एक अधिकारीका अनुसार एउटै घटनामा सबैभन्दा धेरै डीएनए परीक्षण गरिएको घटना निर्मला पन्त बलात्कार प्रकरण हो ।
प्रहरीको ल्याबमा डीएनए परीक्षण हुन थालेकै ५ वर्ष मात्र भयो । त्यसमा पनि बलात्कारको नगन्य घटना मात्र डीएनए जाँच गरिन्थ्यो ।
प्रयोगशालाको रेकर्ड अनुसार आर्थिक वर्ष ०७३/०७४ मा १ सय ३७ वटा डीएनए प्रोफाइलको निकालिएको छ । तर, यो आर्थिक वर्षमा निर्मला प्रकरणमा मात्रै ६० बढीको डीएनए जाँच भइसकेको छ । | 2019/08/19 06:11:51 | https://www.onlinekhabar.com/2019/03/753751 | mC4 |
जनकविकेशरीको 'कवि घर'मा बहस ! - Bulbul Samachar
जनकविकेशरीको 'कवि घर'मा बहस !
bulbul बिहिवार, पुष ८ गते 125 views
उहाँले भन्नुभयो,"धर्मराज थापाले लोक साहित्य र सांस्कृतिक सहिष्णुताको पक्षमा गरेको कामको अझै देशव्यापी लैजानु आवश्यक छ, यसका साथै गण्डकी प्रदेशको लोकसंस्कृतिका विविध पक्षका बारेमा बहस हुनेछ ।"
कविकेशरी थापाले 'हरियो डाँडामाथि हलो जोत्ने साथी, हह माले हह', 'आज मादल बजेको किन गाउँबेसी दुनियाँ ब्युँझाउन', 'धुरुधुरु नरोउ आमा, तिम्रो आँसु पुछेरै छाडौँला', 'घर सम्झि रोएको होला डाँडा काटी गएको नेपाली,' 'हाम्रो तेन्जिङ शेर्पाले, चढ्यो हिमाल चुचुरो' लगायतका थुप्रै गाउँबेसीका धुन र भाकालाई राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउनुभएको थियो । उहाँको विसं २०७१ असोज १८ गते निधन भएको थियो । | 2022/06/26 17:41:25 | https://bulbulsamachar.com/2021/12/%E0%A4%9C%E0%A4%A8%E0%A4%95%E0%A4%B5%E0%A4%BF%E0%A4%95%E0%A5%87%E0%A4%B6%E0%A4%B0%E0%A5%80%E0%A4%95%E0%A5%8B-%E0%A4%95%E0%A4%B5%E0%A4%BF-%E0%A4%98%E0%A4%B0%E0%A4%AE%E0%A4%BE/ | mC4 |
एमाले चुनावमा अब ८४ मत मात्रै खस्न बाँकी
नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनअन्तर्गत चितवनमा भइरहेको मतदानमा अब ८४ मत मात्रै खस्न बाँकी रहेको छ ।
एमाले नेता राजन भट्टराईले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार बिहान १०ः३५ बजेसम्म २ हजार ६९ मत खसिसकेको छ ।
कूल २ हजार १५३ मतदाता रहेकोमा अब ८४ मत मात्रै खस्न बाँकी रहेको भट्टराईले जनाएका छन् ।
मंगलवार बिहान ४ बजेदेखि मतदान शुरू भएको थियो । विद्युतीय मशिनबाट भइरहेको मतदान सकिएलगत्तै मतगणना शुरू हुने निर्वाचन आयोगले जनाएको छ ।
एमाले चुनावमा मतदान सकियो, खसेनन् सबै मत
मोरङको लेटाङ नगरपालिकामा एमालेले मेयर-उपमेयर नै जितेको छ । मेयरमा भुपेन्द्र लावतीले १० हजार २२७ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका ज्ञानेन्द्र ढकालले ८ हजार १०५ मत मात्रै ल्याएका छ... | 2022/05/18 06:21:51 | https://lokaantar.com/story/164396/2021/11/30/politics/uml | mC4 |
अमेरिका तर्फ हुने तयारी पोसाक निर्यातमा उल्लेख्य वृद्धि | AawajNews
Home अर्थ / बजार अमेरिका तर्फ हुने तयारी पोसाक निर्यातमा उल्लेख्य वृद्धि
सन् २००४ को अगष्टमा सत्तरी लाख १९ हजार अमेरिकी डलर बराबर मूल्यको १४ हजार ८ सय ५४ केजी तयारी पोसाक निर्यात भएकोमा गत अगष्टमा १ लाख ३४ हजार ७ सय ४९ अमेरिकी डलर मूल्य बराबरको पोसाक अमेरिका निर्यात भएको नेपाल गार्मेन्ट उद्योग संघ (गान) ले जनाएको छ । निर्यात चार वर्षअघिकोे सोही अवधिको तुलनामा ८१ प्रतिशतले घटेको हो ।
गएको चार वर्षमा नेपालबाट तयारी पोसाकको अमेरिका निर्यातमा ८४ प्रतिशतले गिरावट आएको छ । संघका अनुसार सन् २००४ मा ८ करोड ५७ लाख १६ हजार छ सय ६८ अमेरिकी डलर मूल्य बराबरको तयारी पोसाक नेपालबाट अमेरिका निर्यात भएकोमा सन् २००८ मा यो १ करोड ३६ लाख ९ हजार अमेरिकी डलरमा झरेको छ ।
त्यसपछि तयारी पोसाकको निर्यातमा अघिल्ला वर्षहरुको तुलनामा क्रमशः ४१, ६ र ४८ प्रतिशतले कमी आएको थियो । सन्् २००४ पछिका तीन वर्षसम्ममा पनि तयारी पोसाकको निर्यात बढ्न नसकेकोमा सन् २००८ को पहिलो महिना जनवरीमा भने केही सुधार आएको थियो । उक्त महिना तयारी पोसाकको निर्यात अघिल्लो वर्षको सोही महिनाको २५ लाख ९७ हजार ७ सय ४८ अमेरिकी डलरकोे तुलनामा २ प्रतिशतले वृद्धि भई २६ लाख ५० हजार ७ सय ४७ डलर पुगेको थियो । | 2020/10/24 21:12:44 | https://www.aawajnews.com/2019/09/4143/ | mC4 |
कलाकार सुशीला दाहालको निधन कलाकार सुशीला दाहालको ६७ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि पेल्भिक क्यान्सरबाट पीडित दाहालको अमेरिकाको वाल्थमस्थित हस्पिस केयर सेन्टरमा बिहीबार बिहान निधन भएको हो।
शिल्पी थिएटरले भौतिक उपस्थितिमा वृत्तचित्र प्रदर्शन र पुस्तक सार्वजनिक गर्ने शिल्पी थिएटरले भौतिक उपस्थितिमा वृत्तचित्र प्रदर्शन र पुस्तक सार्वजनिक गर्ने भएको छ। गएको वर्ष देशका विभिन्न जिल्लामा नाटक यात्रा गर्दाको अनुभवलाई समेटेर तयार पारिएको वृत्तचित्र र पुस्तक आउने शनिबार शिल्पी थिएटर बत्तीसपुतलीमा कार्यक्रम गरी सार्वजनिक गरिने भएको हो।
के 'जोकर' को सिक्वल बन्दैछ ? अभिनेता फिनिक्स र निर्माताले दिए संकेत 'जोकर'को सिक्वलको लागि फिल्मका निर्देशक, निर्माता र अभिनेता कसैले पनि सोच नबनाए पनि व्यावसायिक सफलता र समीक्षकबाट पनि राम्रो प्रतिक्रिया आएपछि फिनिक्स र निर्देशक फिलिप्स सिक्वल बनाउने संकेत दिइरहेका छन्।
बलिउड निर्देशक अनुराग कश्यपमाथि यौन शोषणको आरोप 'ग्याङ्स अफ वासेपुर', 'मुक्काबाज' लगायत फिल्म निर्देशन गरेका भारतीय फिल्ममेकर अनुराग कश्यपमाथि यौन शोषणको आरोप लागेको छ। उनीमाथि अभिनेत्री पायल घोषले यस्तो गम्भीर आरोप लगाएकी हुन्।
खुल्दै पशुपतिनाथ मन्दिर, यस्ता छन् दर्शनार्थीले पालना गर्नुपर्ने मापदण्ड दर्शनार्थीको सुविधालाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पशुपतिनाथ मन्दिर खुला गर्ने तयारी पशुपति क्षेत्र विकास कोषले गरेको छ। कोरोनाका कारण लामो समयदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर दर्शनार्थीको सुविधालाई मध्यनजर गर्दै खुल्ने भएको हो।
कमल हसनको २३२औं फिल्मको घोषणा दक्षिण भारतीय सुपरस्टार कमल हसन (६५) को नयाँ फिल्मको घोषणा गरिएको छ। लोकेश कनागराजले निर्देशन गर्ने फिल्मको नाम ह्यासट्यागसहित 'कमल हसन २३२' राखिएको छ।
अक्षय कुमार अभिनीत 'लक्ष्मी बम' को नयाँ रिलिज मिति तय अक्षय कुमारको हरर-थ्रिलर फिल्म 'लक्ष्मी बम' को रिलिज मिति सार्वजनिक गरिएको छ। फिल्म ओटीटी प्लेटफर्म डिज्नी प्लस हटस्टारमा ९ नोभेम्बरमा रिलिज हुने तय गरिएको छ
म्यासेजिङ एप भाइबरमा 'मह जोडी'का स्टिकर म्यासेजिङ एप भाइबरमा 'मह जोडी' का रुपमा परिचित वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यका स्टिकरहरू आएका छन्। | 2020/12/01 05:14:55 | https://himal.softnep.us/category/kala | mC4 |
काठमाडौ । नेकपा माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिएसँगै त्यसको प्रतिक्रिया आउनेक्रम सुरु भएको छ ।
समर्थन फिर्ता लिएरसँगै नेता पोखरेलले माओवादीबाट राष्ट्रवादी गठबन्धन विरुद्ध म्याच गरेर आत्मघाती गोल होनेको टिप्पणी गरेका छन् ।
फेसबुक,ट्टिर लगायत सामाजिक संजालमा प्रतिक्रिया दिंदै पोखरेलले लेखेका छन्, राष्ट्रवादी गठबन्धन बिरुद्ध म्याच फिक्सिङ गरेर माओवादी केन्द्रले आत्मघाती गोल हानेछ । उठ्दै गरेको राष्ट्रिय स्वाभिमान चै थला नपरोस् । | 2022-12-07T12:37:23Z | https://www.arthatantra.com/2016/07/12/11600/ | OSCAR-2301 |
२०२० मा बढे महिला निर्देशक - TokhaLive
२२ पुष २०७७, बुधबार १६:४७
२०२० मा बढे महिला निर्देशक
हलिउड : अमेरिकाको सान् डियागो युनिभर्सिटीले गरेको एक अध्ययनले सन् २०२० मा महिला निर्देशक संख्यामा बढोत्तरी भएको देखाएको छ । गत वर्ष १०० वटा सबैभन्दा बढी कमाउने फिल्मको सूचीमा महिला निर्देशकको संख्या १६ प्रतिशत रहेको अध्ययनले देखाएको छ ।
गतवर्ष यसरी कमाउने फिल्ममा महिलाले निर्देशन गरेको फिल्मको संख्या १२ प्रतिशत रहेको थियो । तर, त्यो भन्दा अघिल्लो साल भने कमाउने फिल्म निर्देशन गर्ने महिलाको संख्या जम्मा ४ प्रतिशत रहेको अध्ययनको निष्कर्ष रहेको छ । यो साल फिल्मको प्रदर्शन हलबाट खुम्चिएर भर्चुअल माध्यममा सिमित रह्यो ।
यही कारण क्लोइ झाउको 'एक्सटर्नल्स', केट सर्टल्यान्ड को 'ब्ल्याक विडो' जस्ता फिल्म सन् २०२० बाट २०२१ मा सरे । तर, क्लोइकै 'नोम्याडल्यान्ड', पेटी जेन्किन्सको 'वन्डर वुमन', काथी यान 'बर्डस् अफ प्रे' यो वर्ष कमाउने फिल्ममा अग्रस्थानमा रहे ।
यो सालकै आंकडाको कुरा गर्दा अध्ययनले कमाउने सय फिल्ममा २८ प्रतिशत महिला निर्माता रहेको र २१ प्रतिशत कार्यकारी निर्माता रहेको पनि देखिएको छ । गत सालको तुलनामा यो दुई प्रतिशतको वृद्धि हो । त्यसैगरी सय फिल्ममध्ये १८ प्रतिशत सम्पादक, १२ प्रतिशत लेखक र ३ प्रतिशत सिनेमाटोग्राफरले यो साल फिल्ममा काम गरेका थिए । | 2021/04/17 12:44:09 | https://tokhalive.com/%E0%A4%AE%E0%A4%A8%E0%A5%8B%E0%A4%B0%E0%A4%9E%E0%A5%8D%E0%A4%9C%E0%A4%A8/%E0%A4%AC%E0%A4%B2%E0%A4%BF%E0%A4%89%E0%A4%A1-%E0%A4%B9%E0%A4%B2%E0%A4%BF%E0%A4%89%E0%A4%A1/9660/ | mC4 |
जापान : एम्बेसी कपको लागि नेपाली टिमको घोषणा – WicketNepal
WicketNepal Staff, २०७८ कार्तिक ६, शनिबार १७:४२
जापान क्रिकेट एसोसियसनद्वारा आयोजना हुँदै आइरहेको एम्बेसी कप-२०२१ क्रिकेट प्रतियोगिता खेल्नको लागि नेपाल एम्बेसीको तर्फबाट आफ्नो टिम घोषणा गरिएको छ।
अक्टोबर ३० र ३१ तारिख तोचिगी प्रान्तमा रहेको सानो अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुन लागेको एम्बेसी कप-२०२१ मा नेपाल एम्बेसीको तर्फबाट १६ जना खेलाडी सहभागी हुन लागेको टोकियो राइनो क्रिकेट क्लबका अध्यक्ष विनम्र खत्रीले जानकारी दिए । एम्बेसी कप-२०२१ क्रिकेट प्रतियोगितामा नेपालको तर्फबाट आवश्यक तयारी सँगै अजय ठाकुरको कप्तानीमा प्रतियोगितामा सहभगिता जनाउन लागेको टिम म्यानेजर नेत्र रोकाले बताए ।
सो प्रतियोगितामा नेपाल सँगै भारत , बङ्गलादेश , पाकिस्तान , श्रीलंका, ब्रिटेन, न्युजिल्याण्ड र अष्ट्रेलिया एम्बेसी र जापानको अन्तर्राष्ट्रिय खेलाडीहरुको सहभागिता रहने जनाईएको छ ।
हरेक बर्षको सेप्टेम्बर महिनाको अन्त्यमा आयोजना हुँदै आएको एम्बेसी कप यस पटक भने कोभिड-१९ नियन्त्रणको लागि आपतकाल लागू रहेका कारण एक महिना ढिलो गरि आयोजना हुने भएको छ । २०१८ बाट शुरु भएको एम्बेसी कपमा नेपाल पहिलो पटक उपविजेता बनेको थियो भने २०१९ मा पनि उपबिजेता बनेको नेपाली टिम २०२० मा भने समुह चरणबाटै बाहिरिएको थियो ।
नेपालमा रहदा विभिन्न ज़िल्ला वा सो सरहका क्रिकेट प्रतियोगितमा खेलेर अनुभव र दक्षता हासिल गरेका विभिन्न ज़िल्लाबाट जापानमा आई क्रिकेट खेललाइ माया गर्ने युवाहरुको समूह सम्मिलित साथीहरुद्वारा गठन गरिएको टोकियो राइनो क्रिकेट क्लबले जापानमा हुने क्रिकेट प्रतियोगितामा भाग लिदै आइरहेको अध्यक्ष खत्रीले बताए । "बिगतका अनुभवलाई समेटेर र खेलका लागि आवश्यक तयारी पनि राम्रो भएकोले यस पटकको प्रतियोगितामा हाम्रो उपस्थिति बालियों हुनेछ"अध्यक्ष खत्रिले भने ।
जापानी क्रिकेट टिमले विभिन्न देशका दूतावाससँगको सम्बन्धलाई अझ प्रगाढ़ बनाउन र क्रिकेट खेलप्रति चासो जगाई राख्नका लागि हरेक वर्ष एम्बेसी कपको आयोजना गरिदै आएको आयोजकले बताएको छ ।
विदेशमा रहेर पनि खेलका माध्यमबाट आफ़नो देशको नाम चिनाई राख्नका लागि टोकियो राइनो क्रिकेट क्लब क्रियाशील रहेपनि आर्थिक रूपमा अझै सबल र सक्षम नभएकोले प्रतियोगिता खेल्नका लागि बुद्दी शेरचन,पारसमणि पोखरेल, दिपक नेपाल, दिपक कार्की लगायतले आर्थिक सहयोग गरेर हौसला बढाइदिएको अध्यक्ष खत्रीले बताए ।
अक्टोबर ३० र ३१ मा हुने प्रतियोगिताको लागि अजय ठाकुरको कप्तानीमा सिद्धान्त खत्री, अर्जुन गौतम, बिनम्र खत्री, विक्रम रानामगर, पंकज चन्द, उपहार रायमाझी, क्षितिज पाठक, सन्तोष पौडेल, शक्ति क्षेत्री, रोशन दंगाल,सुजन बास्तोला, उज्वल रायमाझी, दिपक सुनार , अभिषेक केसी र विकास के.सी सम्मिलित १६ सदस्यीय टिमको घोषणा गरिएको छ । टिमको म्यानेजर नेत्र रोका रहेका छन्। | 2021/12/09 07:46:53 | https://wicketnepal.com/japan-team-ghoshana-wn21-10-23/ | mC4 |