text
stringlengths 163
169k
| timestamp
stringlengths 0
20
| url
stringlengths 0
1.8k
| source
stringclasses 5
values |
---|---|---|---|
दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते - Nepal Samaj
दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते
गण्डकी । गण्डकी प्रदेशअन्तर्गत नवलपरासी(पूर्व) र कास्कीमा दुई छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
नवलपुरको मध्यविन्दु नगरपालिका–९ वसन्तपुरस्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको थुम्कीदेवी बोर्डिङ स्कूलको ग १ क २४८३ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको लु २० प २४३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सोही नगरपालिका–१३ बस्ने मोटरसाइकलमा सवार २६ वर्षीय सन्तबहादुर कुमालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना भएसँगै नेपालीसहित सोही स्थान बस्ने मोटरसाइकल चालक मनु विक र तुलबहादुर खाम्चा मगरलाई उपचारका लागि पुरानो मेडिकल कलेज चितवन पठाइएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रनाउ राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।
घाइते दुवैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । त्यस्तै कास्कीको पोखरा महानगरपालिका–१४ चाउथेस्थित ओरालोमा ग ४ प ५६४८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टन जाँदा मोटरसाइकल चालक पोखरा–२१ राम्दी बस्ने विजय नेपाली घाइते भएका छन् । नेपालीलाई उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा पठाइएको प्रहरीले जनाएको छ । | 2021/08/04 03:18:33 | https://nepalsamaj.com/2020/12/01/23536/ | mC4 |
बढी मूल्यमा सामान बेच्ने कम्प्लेसलाई रु. २५ हजार जरिवाना « Loktantrapost
बढी मूल्यमा सामान बेच्ने कम्प्लेसलाई रु. २५ हजार जरिवाना
१८ बैशाख २०७७, बिहीबार १२:४५
भद्रपुर, १८ वैशाख । जिल्लास्तरीय आपूर्ति व्यवस्था, अनुगमन सहजीकरण तथा नियन्त्रण समितिले भद्रपुर नगरपालिका–१० मा रहेको गोर्खा सपिङ कम्प्लेसलाई आज रु. २५ हजार जरिवाना गरेको छ ।
चन्द्रगढीस्थित लेखनाथ चोकमा रहेको कम्प्लेसले विल विजक जारी नगरेको, कर पाटी नराखेको, कारोवार स्थलमा खाता नराखेको आरोपमा सो जरिवाना गरिएको समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताए ।
उपभोक्ताहरुले बारम्वार कम्प्लेसका सञ्चालक सन्दीप अधिकारीले बजार मूल्य भन्दा बढीमा सामान विक्री गरेको गुनासो गरेपछि आज समितिले अनुगमन गरेको थियो । अनुगमनका क्रममा अधिकारीले कम्प्लेसले तय गरेको मूल्यको दररेट, विल र खाता समेत नराखेको हुँदा कति मूल्य बढीमा सामान बेचिरहेका छन् भन्ने यकिन नभएको बताए ।
समितिले उपभोक्ताको गुनासोलाई मध्यनजर गर्दै यस अघि पनि भद्रपुर नगरपालिकाभित्रका पाँच वटा किराना पसललाई बन्दाबन्दीको मौका छोपी मूल्य अभिवृद्धि गरेको आरोपमा रु. ३६ हजार जरिवाना गरेको थियो ।
सहायक प्रजिअ राईले बन्दाबन्दीको फाइदा उठाउँदै बजारमा कालो बजारी हुन नदिन समितिले जिल्लाका विभिन्न स्थानमा अनुगमन गरिरहेको बताए । समितिले उपभोक्ताहरुलाई सजक रहन र तोकिएको भन्दा बढी मूल्यमा सामान खरिद नगर्न समेत आग्रह गरेको छ ।
उपभोक्ता संरक्षण ऐन २०७५ अन्तरगत सहायक प्रजिअ राईको संयोजकत्वमा गठन गरिएको समितिमा आन्तरिक राजस्व कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रहरी कार्यालय, गुणस्तर तथा नापतौल कार्यालयलगायत सदस्य रहेका छन् । | 2021/09/23 17:48:45 | https://loktantrapost.com/%E0%A4%AC%E0%A4%9C%E0%A4%BE%E0%A4%B0-%E0%A4%AE%E0%A5%82%E0%A4%B2%E0%A5%8D%E0%A4%AF%E0%A4%AD%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A4%BE-%E0%A4%AC%E0%A4%A2%E0%A5%80%E0%A4%AE%E0%A4%BE-%E0%A4%B8%E0%A4%BE/ | mC4 |
लकडाउनबाट प्रभाबित सामुदायिक बनको उपभोक्ताहरुलाई राहत बितरण -
उदयपुर । उदयपुरको एक सामुदायिक बन उपभोक्ता समुहद्धारा लकडाउनबाट प्रभाबित आफ्नो उपभोक्ताहरुलाई राहत सामाग्री बितरण गरेको छ । बितरण गर्नेमा जिल्लाको उदयपुरगढी गाउँपालिका– ७ अधेरी स्थित विश्व कन्चन सामुदायिक बन उपभोक्ता समुह रहेको छ ।
समितिले कोरोना भाईरसको कारण लागेको लकडाउनबाट प्रभाबित आफ्नो सबै उपभोक्ताहरुलाई राहत बितरण गरिएको समुहका अध्यक्ष भिमबहादुर बस्नेतले बताए । अध्यक्ष बस्नेतका अनुसार ०७६÷७७ को बार्षिक कार्यक्रम अन्तरगत गरिबी निवारण कार्यक्रम अन्तरगत उपभोक्तालाई राहत सामाग्री बितरण गरिएको हो । राहत बितरणको क्रममा उपभोक्ताहरुलाई तिन भागमा बर्गीकृत गरिएको थियो ।
जसमा अत्तिबिपन्न, बिपन्न र मध्येमबिपन्न रहेका छन् । सबै बर्गीकृत उपभोक्ताहरुलाई प्याकेजमा २ पोका तेल, २ पोका नुन, २ केजी दाल र ४ डल्ला साबुन बितरण गरिएको छ । त्यसैगरि अतिबिपन्न २९ घरधुरीलाई ३५ केजी चामल, बिपन्न ४८ घरधुरीलाई २५ केजी चामल बितरण गरिएको छ भने मध्येबिपन्न १८ घरधुरीलाई २० केजी चामल बितरण गरिएको सचिब केशब बहादुर अधिकारीले बताए । सचिब अधिकारीका अनुसार बन उपभोक्ता समुहमा ९५ घरधुरी आबद्ध रहेका छन् ।
राहत सामाग्री बितरण कार्यक्रमा एक नम्बर प्रदेश सांसद् नारायण बुर्जामगर, उदयपुरगढी गाउँपालिका उपाध्यक्ष सानुकुमारी राउत, डिभिजन बन कार्याल उदयपुरका प्रमुख अम्बिका पौडेल, जिल्ला बन महासंघ उदयपुरका अध्यक्ष कुशलबाबु बस्नेत, नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्का लगायतको उपस्थिति रहेको थियो । | 2022/06/26 12:17:44 | http://www.nigranipost.com/archives/5264 | mC4 |
काठमाडौं । मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि जिल्लाहरूबाट जम्बो नाम सिफारिस भएर अाएपछि प्रमुख दल नेपाली कांग्रेसले उम्मेदवार छान्न १७ सदस्यीय संसदीय समिति गठन गरेको छ। | OSCAR-2019 |
||
रसुवा अस्पतालमा ५ किलोको बालक जन्मियो - Rasuwa Nepal
रेडियो रसुवा
रसुवा- रसुवा अस्पतालमा एक महिलाले ५ किलोको बच्चालाई जन्म दिएकी छिन्। रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६, धुन्चेकी २८ वर्षीया दावा तामाङले बिहीबार बिहान स्वस्थ बच्चालाई जन्म दिएकी हुन्। राति १ बजेतिर अस्पताल पुर्याइएकी उनले ३ बजेर ३७ मिनेट जाँदा बच्चा जन्माएकी अस्पतालले जानकारी दिएको छ।
बच्चा थोरै अड्किएको भएपनि शल्यक्रिया नगरी नै सुरक्षित प्रसूति गराइएको अस्पतालका डाक्टर रेसल पोखरेलले बताए। 'तौल धेरै भएको बच्चा अप्रेसन गरेर निकाल्न पर्ने हुन्छ', उनले भने, 'पाँच किलो तौलको बच्चा अप्रेसन नगरी स्वस्थ जन्मँदा मलाई पनि आश्चर्य लागेको थियो।'
भिडियो एक्स–रे गर्दा साढे ४ किलो भन्दा बढी तौलको बच्चा देखिए शल्यक्रिया गर्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता छ। डाक्टर पोखरेलका अनुसार आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो छ। रसुवा अस्पतालमा यसअघि पाँच किलो तौलको बच्चाको जन्म भएको छैन।
५ किलोको बच्चा सामान्य रूपमा जन्मनु असाधारण भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर अनिल खरेलले बताए। अनेकौ प्रयासले गर्दा अड्किएको बच्चा निकाल्न सफल भएको उनले बताए। अप्रेसन गर्नुपर्ने बच्चा साधारण तरिकाले निकाल्न सक्नु अस्पतालको ठूलो उपलब्धि हो। | 2021/09/25 14:41:18 | https://rasuwanepal.com/rm/gosainkunda/17-news/150-kgko-balakh.html?tmpl=component&print=1 | mC4 |
लेवान्डोवस्कीको ह्याट्रिकमा बायर्न क्वार्टरफाइनलमा — Sanchar Kendra
लेवान्डोवस्कीको ह्याट्रिकमा बायर्न क्वार्टरफाइनलमा
काठमाडौँ । बायर्न म्युनिखले साल्जबर्गमाथि अन्तिम १६ दोस्रो लेगमा ७-१ को सानदार जित निकालेको छ।
मंगलबार राति भएको खेलमा स्ट्राइकर रोबर्ट लेवान्डोवस्कीले ह्याट्रिक पूरा गरेपछि बायर्न च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
तीन साता अघि पहिलो लेगमा १-१ को बराबरी खेलको बायर्न लेवान्डोवस्कीले सुरुआती २३ मिनेटमा ह्याट्रिक पूरा गर्दा सहज जित हात पार्न सफल भएको हो ।
बायर्न समग्रमा ८-२ को जितसहित अन्तिम आठमा प्रवेश गरेको हो । १२औं मिनेटमा लोवान्डोवस्कीको पेनाल्टी गोलमा बायर्नले अग्रता लिएको थियो ।
२१औं मिनेटमा लेवान्डोवस्कीले दोस्रो पेनाल्टी प्रहारको पनि सदुपयोग गर्दा बायर्नले अग्रता दोब्बर पारेको थियो । त्यसको दुई मिनेटपछि नै लेवान्डोवस्कीले ह्याट्रिक पूरा गर्दै बायर्नको अग्रता ३-० मा पुर्याएका थिए । लेवान्डोवस्की च्याम्पियन्स लिग लिगमा सबै भन्दा छिटो ह्याट्रिक पूरा गर्ने खेलाडी समेत बनेका छन् ।
३१औं मिनेटमा सेर्जी जीनाब्रीले बायर्नका लागि चौथो गोल गरे । ५४औं मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नलाई सहज जिततर्फ डाेर्याएका थिए । ७०औं मिनेटमा काजगार्डको गोलमा साज्जबर्गले गोलअन्तर कम गर्ने संकेत गरेको थियो ।
८३औं मिनेटमा मुलरको गोलमा बायर्नले आफ्नो अग्रता ६-१ मा पुर्याएको थियो । त्यसको दुई मिनेटपछि नै लोरी सेनले बायर्नका लागि सातौँ गोल गरे ।
अन्तिम १६ को अर्को खेलमा इन्टर मिलानसँग दोस्रो लेगमा १-० अन्तरको हार बेहोरे पनि लिभरपुलले समग्रमा २-१ ले विजयी हुँदै क्वार्टरफाइनलमा स्थान बनाएको छ । | 2022/05/17 00:01:00 | https://sancharkendra.com/archives/156006 | mC4 |
मंसिर १८, २०७८ १६:२५ बजे
काठमाडौँ - सरकारले दैनिक दुई लाख जनालाई काेभिड भाइरसविरुद्धको खोप लगाउने गरी तयारी गरेको छ । यससम्बन्धी तयारी पूरा गरेको सरकारले जनाएको छ । यसका लागि आवश्यक खोप, खोप केन्द्र र जनशक्तिको व्यवस्था गरिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले विदेशबाट नियमित खोप आउन थालेपछि खोप आवश्यक पर्ने सबैलाई लगाउने जनाएको छ । मन्त्रिपरिषद्को मंसिर १३ गते बसेको बैठकले सबै नागरिकलाई निःशुल्क रूपमा कोभिड-१९ खोप उपलब्ध गराउने निर्णय गरेको थियो । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले दैनिक दुई लाख जनालाई खोप लगाउने गरी आवश्यक सबै तयारी पूरा भएको जानकारी दिए ।
'अहिले पनि करिव दुई लाख जनाका हाराहारीमा खोप लगाइरहेका छौं,' उनले भने, 'खोप लगाउन आएका कोहीलाई पनि खोप नलगाई फर्काएका छैनौं खोपकेन्द्रमा आएका सबैलाई खोप लगाएका छौं ।' उनका अनुसार मन्त्रालयले जनताको घरदैलोसम्म खोप पुर्याउनका लागि सम्बन्धित जिल्लाका स्वास्थ्य कार्यालयलाई निर्देशन दिइसकेको छ । 'हामीसँग प्रसस्त्र मात्रामा खोप रहेको छ । अहिले पनि नियमित खोप आइरहेका छन्,' सहप्रवक्ता डा. अधिकारीले भने, 'खोप लगाउन कोही पनि नछुटुन भनेर जनताको घरदैलोसम्म खोप लगाउने अभियान सञ्चालन गर्नसम्बन्धी जिल्लाका खोप केन्द्रलाई निर्देशन दिइसकेका छौं ।'
उनले सर्वसाधारणमा कोभिड-१९विरुद्धको खोप पुर्याउनका लागि नियमित सञ्चालन हुने खोप केन्द्रबाट नै खोप लगाइने बताए । उनले स्वास्थ्यकर्मी, कर्मचारी र अग्रपंक्तिमा काम गर्नेले खोप लगाइसकेको भन्दै अब स्थानीय तहमा पुगेर नै खोप लगाउन छुटेका व्यक्तिलाई खोप लगाइने जानकारी दिए । उनकाअनुसार अहिलेसम्म नेपालमा दुई करोड ७३ लाख ५६ हजार ५ सय ३० मात्रा खोप आइसकेको छ । तीन करोड ५० लाख खोप आउने क्रममा छ । अहिलेसम्म एक करोड ८८ लाख ६२ हजार २ सय १६ जनाले खोप लगाइसकेका छन् । तीमध्ये एक करोड दुई लाख ४८ हजार ३ सय ६९ पहिलो मात्रा र ८६ लाख १३ हजार ८ सय ४७ जनाले पूर्णमात्राको खोप लगाइसकेका छन् ।
कूल जनसंख्यामध्ये ३३।७ प्रतिशतले पहिलो मात्रा र २८.४ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन् । सरकारले पुस मसान्तभित्र कूल लक्षितको दुई तिहाइ र चैतमसान्तसम्म लक्षित सबै नागरिकलाई खोप लगाउने लक्ष्य लिएको छ । सरकारले खरिद गरेर र कोभ्याक्स सुविधामार्फत दैनिक खोप ल्याइरहेको छ । शुक्रबार (हिजो)मात्र मंसिर १७ गते एक लाख ७५ हजार ५ सय ६७ जनाले खोप लगाएका थिए । यस्तै मंसिर १० गते एक लाख ९६ हजार ८ सय ५३ जनाले मंसिर ११ गते एक लाख १५ हजार ४ सय ३४, मंसिर १२ गते एक लाख २७ हजार ६ सय ११ जनाले, मंसिर १३ गते एक लाख ४४ हजार ५ सय ३४ जनाले, मंसिर १४ गते दुई लाख ११ हजार ५ सय ५३ जनाले, मंसिर १५ गते दुई लाख २७ हजार ५ सय ८४ जनाले र मंसिर १६ गते एक लाख ४१ हजार ५ सय ५७ जनाले खोप लगाइसकेका छन् ।
काठमाडौं जिल्ला स्वास्थ्य कार्यालयले नौ वटा खोप केन्द्रबाट खोप वितरण गरेको छ । कार्यालयका प्रमुख शम्भु काफ्लेकाअनुसार वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल, सिभिल अस्पताल, कलंकीस्थित सहिद मेमोरियल अस्पताल, बल्खुको वयोधा अस्पताल, नयाँ बसपार्कको लोत्से भवन र कोटेश्वरको जडीबुटीबाट नियमित खोप वितरण गरिरहेको छ । ती केन्द्रबाट दैनिक दुई हजार ५ सय जनाले खोप लगाइरहेका छन् । उनले १८ वर्ष भन्दामाथिका व्यक्तिलाई खोप अभाव नभएको र जुनुसुकै बेला पनि ती खोप केन्द्रमा खोप लगाउन पाइने बताए । उनले नगरपालिकाले आवश्यकताअनुसार खोप प्रदान गरिरहेको जानकारी दिए ।
सरकारले बालबालिका खोप लगाउनका लागि मोडर्ना र फाइजर ल्याउने अन्तिम तयारीमा गरेको छ । फाइजर खोप एक लाख मात्रा आइसकेको छ । पुस १५ गतेभित्र मोडर्ना र फाइजर खोप ल्याउने मन्त्रालयको तयारी रहेको छ । मोडर्ना ७७ लाख र फाइजर ६० लाख ल्याउनका लागि सबै प्रक्रिया पूरा गरिएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिए ।
सरकारले कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण देखिएका अफ्रिकासहितका नौ मुलुकबाट आउने यात्रुलाई आजैदेखि नेपाल प्रवेशमा अनुमति नदिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंसिर १३ को बैठकले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्वाब्वे, नामिवीया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट नेपाल आउनेलाई प्रवेश अनुमति नदिने निर्णय गरेको हो । भारतमा शुक्रबार मात्र ओमिक्रोन भेरियन्ट फेला परेको जनाइएको छ । | 2022/06/27 03:05:26 | https://ekagaj.com/article/health/32717/ | mC4 |
प्रकाशित मिति: आश्विन १९, २०७८ / sancharlaya
समय लागे पनि मिहिनेत गर्दा काम बनाउन सकिनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। विगतका कमजोरीमा क्रमशस् सुधार आउनेछ। लगनशीलताले उपलब्धि दिलाउनेछ। काम पूरा नभए पनि लाभ हुनेछ। व्यापार–व्यवसायमा पनि सामान्य फाइदै हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। | 2021/10/21 10:46:18 | https://sancharlaya.com/news/6910 | mC4 |
संसदबाट पास नभए पनि एमसीसीको काम अगाडि बढ्ने – Sulsule
९ कात्तिक २०७८, मंगलबार
संसदबाट पास नभए पनि एमसीसीको काम अगाडि बढ्ने
सुलसुले २०७७ भदौ १२ गते ०७:०० मा प्रकाशित
काठमाडौं,भदौ १२
अमेरिकी सरकारको सहयोगी संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन अर्थात् एमसीसी र नेपाल सरकारबीच भएको कम्प्याक्ट सम्झौतालाई नेपालको संसद्ले पास नगरे पनि तत्काल काम अगाडि बढाउन बाधा नपर्ने भएको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार अमेरिकाले उक्त कार्यक्रमका कामहरु अगाडि बढाएर दुवै देशको सहमतिमा पछि संसद्बाट पास गर्ने मिति तोक्न सकिने जानकारी गराएको छ । नेपालको संसदबाट तोकिएको समयमा एमसीसी पास नभएपछि अर्थ मन्त्रालयले नयाँ मिति तोक्न पत्राचार गरेको थियो । तर, अहिले नै मिति तोक्न आवश्यक नभएको अमेरिकाले जानकारी गराएको छ ।
सत्तारुढ नेकपा महासचिव विष्णुप्रसाद पौडेल संयोजकत्वको 'नेकपा समस्या समाधान सुझाव कार्यदल, २०७७' ले बुँदा नम्बर १७ मा मिलेनियम च्यालेन्ज कम्प्याक्ट सम्झौतालाई राष्ट्रिय हितमा स्पष्ट पार्दै आवश्यकताअनुसार परिमार्जन र संशोधन गरी संसद्ले अनुमोदन गर्नुपर्ने सुझाव दिएको बेला अमेरिकाले तत्काल नेपालको संसद्बाट उक्त सम्झौता अनुमोदन नभए पनि काम अगाडि बढाउन बाधा नपर्ने जनाएको हो ।
नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई उक्त प्रतिवेदन केही दिनअगाडि नै बुझाइएको छ । नेकपाले मिलेनियम च्यालेञ्ज कम्प्याक्ट सम्झौता र सोसम्बन्धी कार्यदलको प्रतिवेदनमाथि स्थायी कमिटी र सचिवालयमा छलफल गर्नेछ । नेकपाको कमिटीमा उठेका प्रश्नको उत्तर सम्झौतामा हस्ताक्षर गर्ने दुवै पक्षले दिएपछि ती दुई कमिटीले परिमार्जन र संशोधनको आवश्यकता देखेन भने संसद्मा पेश गरिने नेकपा स्रोतको दाबी छ । उक्त सम्झौतालाई तत्काल पास गर्नुपर्नेमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस तयार नै छ । किनकि उक्त सहयोग सम्झौतामा कांग्रेस सरकारमा भएको बेला सन् २०१७ मा हस्ताक्षर भएको थियो । त्यसमा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले हस्ताक्षर गरेका थिए ।
उक्त सहयोगमा अन्तर्देशीय विद्युत् प्रसारणलाइन निर्माण र सडक मर्मत तथा निर्माणको काम गरिनेछ । विद्युत् प्रसारणलाइन निर्माणको लागि नुवाकोटमा जग्गा अधिग्रहणको काम थालिए पनि कोभिड–१९ को महामारीको कारण हाल स्थगित छ । संसदबाट अनुमोदन र जग्गा अधिग्रहणको काम रोकिए पनि काम अगाडि बढाउने अमेरिकी संकेतले कोरोना महामारी कम हुनासाथ काम सुरु हुने देखिन्छ । एमसीसी परियोजनामा अमेरिकी सैन्य सहयोग रहने प्रचार सो सम्झौताको विपक्षमा रहेकाहरुले गर्दै आएका छन् । तर, अमेरिकाले भने त्यसमा सैन्य सहयोग नहुने स्पष्ट पारेको छ ।
उक्त सहयोगको नाममा अमेरिकी सैनिक नेपाल आउने प्रचार गरिए पनि त्यसमा अहिलेसम्म सत्यता देखिएको छैन । सम्झौतालाई नेपालको संसद्को अनुमोदन किन खोजियो भन्ने बारेमा कसैले पनि स्पष्ट जवाफ दिएका छैनन् । तर, नेपालमा राजनीतिक अस्थिरता भएको बेला सम्झौता गरिएको कारण काम थालेपछि बीचमा राजनीतिक अवरोध नआओस् भनेर अमेरिकाले सहयोग सम्झौतालाई संसदबाट अनुमोदन गर्नुपर्ने शर्त राखेको थियो । अहिले राजनीतिक स्थिरता देखिएको कारण संसद्बाट अनुमोदन गरिरहनुपर्ने आवश्यकता नदेखिएको नेताहरुको भनाइ छ । अमेरिकाले भने उक्त कार्यक्रम लागू गर्नका लागि नेपालले कतै पनि सम्मिलित हुनु नपर्ने र थप सम्झौतमा हस्ताक्षर गर्न नपर्ने स्पष्ट पारिसकेको छ ।
उक्त सहयोगबाट काठमाडौंको लप्सीफेदीबाट नुवाकोट हुँदै बुटवल न्यूगोरखपुर अन्तर्देशीय विद्युत् प्रसारणलाइनको निर्माण हुनेछ । ६० अर्ब रुपैयाँ अमेरिकाले सहयोग दिनेछ भने त्यसमा नेपालले थप १५ अर्ब रुपैयाँ लगानी गर्नुपर्नेछ । उक्त परियोजनाको काम पाँच वर्षमा पूरा गर्नुपर्ने अमेरिकी शर्त छ । नेपालमा विभिन्न आयोजनाको काम तोकिएको मितिमा नभइरहेको बेला अमेरिकाले काम सुरु भएको पाँच वर्षमै सक्नुपर्ने कडा शर्त राखेको छ ।
विकासशील देशहरुलाई ठूला पूर्वाधार आयोजना निर्माण गर्न साझेदारी गर्ने लक्ष्यका साथ अमेरिकी संसद्ले एमसीसी परियोजना सन् २००४ मा स्थापना गरेको हो । सन् २०१२ पछि भएका विभिन्न छलफलपछि सन् २०१७ मा नेपाल सरकार र अमेरिकी सरकारबीच वासिङटनमा सम्झौतामा हस्ताक्षर भएको थियो । उक्त परियोजनामध्ये करिब ४५ अर्ब रुपैयाँ विद्युत्को अन्तर्देशीय प्रसारणलाइन निर्माणमा खर्च हुनेछ । (आर्थिक दैनिक बाट) | 2021/10/26 08:36:59 | https://www.sulsule.com/news/5917/ | mC4 |
Madheshvani : The voice of Madhesh - राजपाको संघर्षमा फोरमको पनि साथ चाहिन्छ : डा. अशोक महासेठ
राजपाको संघर्षमा फोरमको पनि साथ चाहिन्छ : डा. अशोक महासेठ
बुद्धिजीबी
प्रकाशित मिति : २०७५ कार्तिक २३ गते शुक्रबार
० चुनावपछि मधेशको राजनीतिक अवस्थालाई कसरी विश्लेषण गर्नुहुन्छ ?
— चुनावपछि मधेशको राजनीति आशामा बसिरहेको छ । अहिलेका दुई तिहाईको सरकारले देशको हितका लागि समस्या समाधान गर्छ भन्ने आशामा बसेको छ । तर, यति समय बितिसक्दा यो सरकारले कुनै क्रियाकलाप नदेखाउँदा प्रष्टिएको छ कि सत्ता सञ्चालकहरूको नियत ठिक छैन । त्यसैले अहिले अन्योलपूर्ण अवस्थामा परिणत हुँदै गइरहेको छ ।
० मधेशकेन्द्रित दलहरूको क्रियाकलाप कस्तो छ ?
— खासगरी, राजपाको भनाइ र अडान जुन प्रकारकोे छ कि छठपछि आन्दोलनमा जाने त्यो राम्रो कदम छ । किनभने पर्खिँदा–पर्खिँदा धेरै समय बितिसक्यो । मधेशमा राजपा मात्र एउटा राजनीतिक पार्टी छैन, त्यहाँ फोरमको पनि उपस्थिति र संगठन त्यतिकै बलियो छ । फोरमको भनाइ के छ भने प्राविधिकरूपमा सरकारको दुई तिहाई पुगेको संशोधनका लागि सहज हुन्छ भनेर सरकारमा गएको हो । फोरम सरकारमा गएको नराम्रो होइन । तर, संशोधनका लागि सरकारलाई जति घच्घचाउनुपर्ने हो, कुरा उठाउनुपर्ने हो त्यो देखिएको छैन । त्यसकारणले शंका उत्पन्न भइरहेको छ कि फोरम सत्ताको भोग भोग्नका लागि मात्र गएको हो कि । यदि राजपा संघर्षमा जाने हो भने फोरमको साथ पनि आवश्यक छ ।
० तर, आन्दोलनका लागि फोरम सत्ताबाट बाहिरिन्छ त ?
— दुई किसिमको अवस्था हुनसक्छ । सरकारबाट रहेर पनि आन्दोलनमा जान सकिन्छ । यस्ता थुप्रै उदाहरणहरू छन् हाम्रै नेपालमा । सरकारमा हुँदा पनि आन्दोलनको रूप लिन्छ । सत्ताबाट बाहिरिएर मात्र आन्दोलनमा जान सकिन्छ भन्ने छैन । फोरम अहिले जसरी मन्त्रिपरिषद्मा छ, उसले संशोधनका लागि त्यहाँ पनि आन्दोलन गर्न सक्छ । तर, आफूमाथि विश्वास हुनुप¥यो कि म कहाँसम्म आन्दोलन गर्न सक्छु ।
० जसरी संशोधनको नाममा एउटा मधेशकेन्द्रित दल सरकारमा गयो भने अर्का आन्दोलनको चेतावनी दिँदैछ । भनेपछि संशोधन यिनीहरूको एजेन्डा हो कि प्रोपोगण्डा ?
— संविधान संशोधन राजपा र फोरमको राजनीतिक एजेन्डा हो र साथसाथै समग्र देशकै समस्या हो । यो समस्या मधेशको मात्र होइन । बडो दुःखको कुरा छ कि अहिलेसम्म पनि देशहितका लागि वर्तमानमा कुनै पनि पार्टीले काम गरिरहेका छैनन् ।
० संशोधन यदि समग्र देशकै आवश्यक्ता हो भने ठूला दलहरू नेकपा र कांग्रेसको प्राथमिकतामा किन नपरेको होला ?
— यी ठूला भनाउँदा दलहरूमा देशहितको सोच नभएकोले संविधान संशोधन यिनीहरूको प्राथमिकतामा नपरेको हो । यसलाई राजनीतिक बेइमानी भन्न मिल्छ ।
० नेकपा र कांग्रेसलाई क्षेत्रीय दल भन्न मिल्छ ?
— क्षेत्रीय दल त भन्न मिल्दैन तर यिनीहरूमा औपनिवेशिक मानसिकता अहिले पनि हटिसकेको छैन । उनीहरूको सोच र व्यवहारमा प्रजातान्त्रिक गुण र देशहितका लागि नरहेकोले यिनीहरू क्षेत्रीय दल जस्तै देखिएको हो ।
० संशोधन यदि राष्ट्रिय मुद्दा हो भने यी ठूला दलहरूको प्राथमिकतामा नपर्नु कसरी यिनीहरू राष्ट्रिय दल भए ?
— कांग्रेसको समीक्षा गर्ने हो भने उसले लोकतन्त्रको नाम दिएर मात्रै लोकतान्त्रिक पार्टी भनिरहेको छ । वास्तविकरूपमा अहिलेसम्म उनीहरूले लोकतन्त्रको सिद्धान्त, मर्म वा विचारलाई अँगाल्न सकेका छैनन् । त्यसको प्रतिविम्बको रूपमा देशमा देखा पर्न सकेको छैन । यदि देशमा कुनै पनि समस्या छ भने प्रत्येक पार्टीको त्यो एजेन्डा बन्नुपर्छ । यस्तो नभएकोले उनीहरूमा प्रजातान्त्रिक गुणको अभाव छ । यिनीहरूमा देशप्रतिको इमान्दारिता छैन ।
० प्रधानमन्त्री केपी शर्मा ओलीले जसरी बारम्बार भन्नुहुन्छ कि आवश्यक्ता र औचित्यको आधारमा संविधान संशोधन हुन्छ । प्रधानमन्त्रीलाई यसको आवश्यक्ता र औचित्य कि महसुस नभएको होला ?
— आवश्यकता र औचित्य एकदमै छ । अहिले मात्र होइन, जुन बेलामा संविधान निर्माण भइरहेको थियो त्यो बेलामा नै थियो । त्यो बेलामा बलमिचाई गरेको देखिएको छ । जबसम्म समस्या रहिरहन्छ तबसम्म राष्ट्रियता बलियो हुँदैन । त्यसैले, समस्या समाधान गर्नु नै अहिलेको आवश्यक्ता र औचित्य हो । यदि गरिरहेको छैन भने यसको अर्थ हो कि उनीहरूको नियत खराब छ ।
० संविधान जारी भएको तीन वर्षभन्दा बढी समय भइसक्यो तर अहिलेसम्म सर्वस्वीकार्य हुनसकेको छैन । यसरी असन्तुष्टि रहिरहँदा संविधानको भविष्य कति देख्नुहुन्छ ?
— संविधानप्रति यसरी नै असन्तुष्टि राहिरहँदा यसको लामो भविष्य देखिँदैन । किनभने अहिलेसम्म नेपालमा छ वटा संविधान बनेको छ र यो सातौं संविधानको रूपमा आएको छ । त्यसैलै भन्न सकिँदैन कि यसको अवस्था त्यस्तै नहोला । यो संविधानलाई यदि सफल बनाउने हो भने समस्याहरू समाधान गर्दै जानुपर्छ । अनि मात्रै समृद्ध नेपाल र सुखी नेपालीको नाराको सार्थकता हुन्छ ।
० प्रधानमन्त्री केपी ओलीको मधेशमा जुन किसिमको छवि थियो, त्यसमा परिवर्तन आएको हो ?
— हल्का परिवर्तन आएको जस्तो देखिन्छ । उहाँको जुन बानी छ, त्यो परिवर्तन हुँदैन । त्यो परिवर्तन गर्नका लागि धेरै साधना, चिन्तन, मनन गर्नुपर्छ । आफूलाई सर्वव्यापकरूपमा उभ्याउन सक्नुपर्छ । तर, त्यस्तो सोच र व्यक्तित्व भएको केपी ओलीलाई म देख्दिँन ।
० प्रधानमन्त्री ओलीले संविधान संशोधन गर्नुहुन्छ ?
— शंका छ । उहाँ आफ्नो कार्यकालमा सायद संशोधन गर्नुहुन्न ।
० भनेपछि यो पाँच वर्षभित्र संशोधन हुने सम्भावना छैन ?
— अहिलेको अवस्था हेर्दा त त्यस्तै लागिरहेको छ ।
० संशोधनको नाममा सरकारमा गएको फोरमको भूमिकालाई कसरी हेर्दै हुनुहुन्छ ?
— संशोधनका लागि सहमति गरेर फोरम सरकारमा गएको हो । सत्ताका लागि मात्रै फोरम सरकारमा गएको हो भनेर भन्न सकिन्न । देशका समस्याहरू समाधान गर्नका लागि फोरम यदि सरकारमा नगएको भए दुई तिहाईको बहुमत पुग्ने थिएन । जब कि संशोधनका लागि दुई तिहाई आवश्यक हुन्छ । तर, संशोधनका लागि जति काम गर्नुपर्ने थियो, कुरा उठाउनुपर्ने थियो त्यो कुरा फोरमले नगरेकोले फोरममाथि पनि सत्तामोहको शंका उब्जेको महसुस हुन थालेको छ ।
० संशोधनको सर्तमा सरकारलाई समर्थन गरेकै थियो, सरकारमै जानुपर्ने बाध्यता थियो ?
— समर्थन गरेको खण्डमा सरकारमै जानुपर्ने बाध्यता त थिएन । तर, राजनीति गर्ने पार्टीको लक्ष्य सरकारमा जाने हुन्छ । सरकारमा जानु नराम्रो कुरा होइन । तर, गएपछि आफ्नो कर्तव्य पूरा गर्नुपर्छ । त्यो महत्वपूर्ण कुरा हो ।
० संशोधन पक्षधर दलहरू राजपा र फोरमबीच सहकार्य वा सम्वाद नहुँदा सरकार गम्भीर नभएको हो कि ?
— हुनसक्छ । वर्तमानलाई लागेको होला कि मधेशी दलहरूबीच फुट भयो भने सन्चोको अवस्था हुन्छ । त्यो आफैमा ठिक कुरा होइन । दुईटै पार्टी मिल्नु नै मधेश र देशका लागि आवश्यक छ ।
० प्रदेश २ को प्रहरी ऐनप्रति नेकपा अध्यक्ष प्रचण्डले जसरी चेतावनीयुक्त भाषामा अभरटेक नगर्नुस् दुर्घटना निम्तिन्छ भनेर भन्नुभयो, यसले के संकेत गर्छ त ?
— प्रचण्डले जुन किसिमले अभिव्यक्ति दिनुभएको छ त्यो आफैमा अप्रजातान्त्रिक तरिका हो । गैरजिम्मेवारीपूर्ण उहाँले कुरा राख्नुभएको छ । व्यक्तिको जीवनमा जहाँ पनि जुन चीजको आवश्यकता महसुस हुन्छ, मान्छे त्यतातिर काम गर्छ । प्रदेश २ को सरकार जननिर्वाचित छ । जननिर्वाचित सरकारलाई कुनै पार्टीका अध्यक्षले त्यति ठूलो कुरा गर्नु एकदमै अन्यायपूर्ण कुरा हो । गैरजिम्मेवारपूर्ण कुरा हो । यसले गर्दा प्रचण्डजीको व्यक्तिगत छविमा ह्रास ल्याउँछ । | 2019/06/25 20:16:31 | https://madheshvani.com/detail/3011/%E0%A4%B0%E0%A4%9C%E0%A4%AA%E0%A4%95-%E0%A4%B8%E0%A4%98%E0%A4%B0%E0%A4%B7%E0%A4%AE-%E0%A4%AB%E0%A4%B0%E0%A4%AE%E0%A4%95-%E0%A4%AA%E0%A4%A8-%E0%A4%B8%E0%A4%A5-%E0%A4%9A%E0%A4%B9%E0%A4%A8%E0%A4%9B-%E0%A4%A1-%E0%A4%85%E0%A4%B6%E0%A4%95-%E0%A4%AE%E0%A4%B9%E0%A4%B8%E0%A4%A0 | mC4 |
सगरमाथाको उचाइ बढ्न सक्ने: केहि दिनमै सार्बजनिक गरिने - Lekhapadhi मुख्य समाचार : Lekhapadhi lekhapadhi: global magazine of news and opinion
लेखक : लेखापढी १५ मंसिर २०७७, सोमबार १५:१२ मा प्रकाशित
काठमाडौं । सरकारले यसै महिना सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने भएको छ । सरकारले गरेको नाप सर्वेक्षणमा सर्वोच्च शिखर सगरमाथाको उचाइ हाल कायम रहेको आठ हजार आठ सय ४८ मिटरभन्दा केही बढी रहेको पाइएको उच्च स्रोतले बाह्रखरीलाई जानकारी दिएको छ ।
डेढदेखि दुई मिटरसम्म अहिलेकोभन्दा बढी रहेको स्रोत बताउँछ । तर हिउँलाई उचाइ मान्ने कि नमान्ने भन्ने विषयमा छलफल भने जारी छ । हिउँलाई उचाइ मान्ने हो भने उचाइ घट्न पनि सक्ने उनको भनाइ छ । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले हाल कायम रहेको आठ हजार आठ सय ४८ मिटरभन्दा बढी उचाइ रहेको घोषणा गर्ने तयारी गरिरहेको छ ।
नेपाली सर्वेक्षण टोलीले गरेको अध्ययनले समुद्र सतहबाट सगरमाथाको शिखर आठ हजार आठ सय ४९ मिटरभन्दा बढी रहेको पाएको हो । मन्त्रिपरिषद्ले पनि नयाँ उचाइ सार्वजनिकका लागि मन्त्रालयलाई स्वीकृत प्रदान गरिसकेको छ । जसअनुसार सगरमाथाको नयाँ उचाइ यसैमहिना सार्वजनिक गर्ने तयारी छ ।
मन्त्रालयसम्बद्ध स्रोतले बाह्रखरीसँगको कुराकानीमा भन्यो, "हामीले आफ्नै स्रोतसाधन उपयोग गरेर सगरमाथाको उचाइ निकालेका छौं । त्यो उचाइ अहिले कायम रहेकोभन्दा केही बढी छ ।"
हिउँको उचाइ मान्ने हो भने हाल कायम रहेको उचाइभन्दा केही घटेर नतिजा आउन पनि सक्छ । सगरमाथाको टुप्पोमा करिब ४ मिटर हिउँ रहेको बताइएको छ । सगरमाथाको उचाइ नाप्ने क्रम आर्थिक वर्ष २०६४–६५ बाट सुरु भएको हो । २०७२ सालमा गएको विनाशकारी भूकम्पका कारण मुलुकको उत्तरी भूभागमा रहेका स्थानहरुको उचाइमा असर परेको तथ्य नापी विभागको अध्ययनले देखाएको थियो ।
सोही सन्दर्भमा सगरमाथाको उचाइ पनि थपघट भएको हुनसक्ने भन्ने चर्चा चलेपछि नेपालले पहिलोपटक आफ्नै स्रोतसाधनमा सगरमाथाको उचाइ मापन गरेको हो । सन् २०१९ मा चीनका राष्ट्रपति सि चिङफिङको नेपाल भ्रमणका क्रममा सगरमाथाको उचाइ संयुक्तरुपमा घोषणा गर्ने सहमति भएको थियो । | 2021/03/04 06:13:22 | https://lekhapadhi.com/2020/11/30/%E0%A4%B8%E0%A4%97%E0%A4%B0%E0%A4%AE%E0%A4%BE%E0%A4%A5%E0%A4%BE%E0%A4%95%E0%A5%8B-%E0%A4%89%E0%A4%9A%E0%A4%BE%E0%A4%87-%E0%A4%AC%E0%A4%A2%E0%A5%8D%E0%A4%A8-%E0%A4%B8%E0%A4%95%E0%A5%8D%E0%A4%A8/ | mC4 |
बेलायतको जेलमा रहेका विकिलिक्सका संस्थापक जुलियन असान्जलाई बेलायत सरकारले सुपुर्दगी गर्ने निर्णय गरेको छ । अमेरिकी पक्षबाट सुपुर्दगीका लागि माग गरिएकोमा बेलायत सरकारले त्यसलाई सदर गरिदिएको हो । अष्ट्रेलियन नागरिक असान्जमाथि जासुसीसहित विभिन्न १८ वटा मुद्दा लगाइएका छन् ।
२०१० मा अमेरिकाका अति गोप्य हजारौं गोप्य सूचना सार्वजनिक गरेपछि उनी पक्राउ परेका हुन् । २०१९ देखि बेलायतको बेल्मार्स जेलमा रहेका असान्जलाई अमेरिकाले सुपुर्दगीका लागि माग गर्दै आएको थियो ।
यस अघि त्यहाँको अदालतले असान्जको मानसिक अवस्था बिग्रिएको र उनको असुरक्षा हुनसक्ने भन्दै उनलाई 'डिपोर्ट' गर्न नसकिने फैसला गरेपनि बेलायती गृहमन्त्री प्रिती पटेलले सुपुर्दगी गर्ने आदेशमा हस्ताक्षर गरेकी हुन् । सुपुर्दगी गर्ने आदेश विरूद्ध असान्जले पुनरावेदन गर्न पाउने छन् । त्यसका लागि उनलाइ दुइ हप्ताको समयसिमा रहनेछ तर असान्जले बेलायतकै अदालतमा अपिल गर्नु पर्नेछ । उनको अपिल अस्वीकार भयो भने उनलाई २८ दिनभित्र अमेरिका पठाइने छ ।
यसैबीच असान्जकी पत्नी स्टेलाले सुपुर्दगी गर्ने निर्णयप्रति आपत्ति जनाउँदै यसलाई प्रेस स्वतन्त्रता र बेलायती लोकतन्त्रको लागि 'अँध्यारो दिन' भएको प्रतिक्रिया दिएकी छन् । 'जुलियन असान्जको बाटो लामो र कष्टप्रद छ । आज नै लडाइँको अन्त्य भएको छैन । यो त नयाँ कानुनी लडाइँको सुरुआत मात्रै हो,' स्टेलाले भनेकी छन् ।
बेलायती उच्च अधिकारीले भने असान्जले अबका दिनमा आफ्ना प्रमाण पेस गर्न पाउने पनि बताएका छन् । विकिलिक्सका संस्थापक तथा संचालक असान्जले २०१० मा अमेरिकाले लुकाइराखेका भिडियोसहितका हजारौं कागजात सार्वजनिक गरिदिएपछि विश्वभर चर्चामा आएका हुन्। उनले समाचार सार्वजनिक गरिदिएको विषयलाई अमेरिकी सैन्य इतिहासकै सबैभन्दा ठूलो गोपनीयता उल्लंघनको रुपमा लिइन्छ ।
यसबीचमा बेलायतले उनलाई अमेरिका पठाउँदा उनको जीवनलाई नै जोखिममा पार्नु भएको भन्दै उनको सुपुर्दगीविरुद्ध प्रदर्शन समेत भएका थिए । | 2022/06/30 17:28:21 | https://titopati.com/2022/06/19/46355/ | mC4 |
आदिवासी जनजाति महासंघ, साउदी अरेबियाले पीडित महिलाहरुलाई हवाइ टिकेट उपलब्ध गरायो । | कुवेतको पहिलो नेपाली अनलाईन पत्रिका
← अलविदा जगजीत सिंह
यौनिकता र व्यवस्थापन →
नेपाल आदिवासी जनजाति महासंघ, राष्ट्रिय समन्वय समिति, साउदी अरेबियाले गत २९ जुलाई २०११मा अयोजित १७औ विश्व आदिवासी दिवस सम्पन्न गर्नको लागि आयोजक कमिटीका पदाधिकारीहरु, जनजातिहरुको प्रगती चाहने, जनप्रगतिशिल मन्च, साउदी अरबका अध्यक्ष श्री प्रेमध्वज लामा तथा नादेक कम्पनीमा कार्यरत श्री सामसन तामाङ ज्यूले कार्यक्रम सफल्ताको लागि प्रदान गर्नु भएको रकम साथै उक्त दिवसमा उपस्थित दर्शकहरुबाट संकलित रकम ९स्मरण रहोस उक्त दिवसमा नेपालबाट दुई जना राष्ट्रिय कलाकारहरुका साथ साँस्कृतिक कार्यक्रमको आयोजना पनि गरिएको थियो० सा। री। २७,०४५र( बाट जम्मा लागेको खर्च सा। री। २३,८३९र( कटाइ संचित रहेको जम्मा रकम सा। री। ३,२०६र( अथवा नेपाली रुपैया लगभग ६४,१२०र( महासंघको बोर्ड कमिटीको पूर्व सहमती अनुसार नै साउदी अरेबियामा अलपत्र परि नेपाली दुताबासमा शरणार्थी जीवन बिताइरहेका पीडित महिलाहरुलाई रियाद देखि काठमाडौं सम्मको लागि हवाइ टिकेटको ब्यबस्था गरिएको छ ।
दुताबासबाट चार जना पीडित महिलाहरुको नाम सुची प्राप्त भए पनि दुई जनाको म्भउयचतबतष्यल एचयअभकक नसकिएकोले हाललाई दुई जनाको लागि मात्रै स्वदेश फर्किने हवाइ टिकेटको ब्यबस्था गरिएको छ ।
साउदी अरेबियामा पहिलो पटक विश्व आदिवासी दिवस मनाउन अबसर तथा वातावरण बनाइदिनु हुने नेपाली दुताबासका तत्कालिन का वा राजदूत तथा बर्तमान उपनियोग श्री हरिश्चन्द्र घिमिरे लगाएत दुताबासका सम्पुर्ण पदाधिकरीज्युहरु, साझा संयन्त्र लगाएत अन्य सदस्यहरु तथा बिभिन्न संघ संस्थाहरुका पदाधिकारीज्युहरुलाई उक्त १७औ विश्व आदिवासी दिवस २०११का आयोजक कमिटी हार्दिक आभार ब्यक्त गर्दछ । | 2020/05/31 00:37:46 | https://kuwaitnepal.com/2011/10/10/%E0%A4%86%E0%A4%A6%E0%A4%BF%E0%A4%B5%E0%A4%BE%E0%A4%B8%E0%A5%80-%E0%A4%9C%E0%A4%A8%E0%A4%9C%E0%A4%BE%E0%A4%A4%E0%A4%BF-%E0%A4%AE%E0%A4%B9%E0%A4%BE%E0%A4%B8%E0%A4%82%E0%A4%98-%E0%A4%B8%E0%A4%BE/ | mC4 |
प्रिय सुफी कसरी लेखियो ? किन लेखियो ? -सुबिन भट्टराई :: Artha Sansar News | Economic and Political News | Nepal online News
प्रिय सुफी कसरी लेखियो ? किन लेखियो ? -सुबिन भट्टराई
कुनै पनि कथा उत्कृष्ट हुनको लागि त्यसले सबैभन्दा पहिले लेखक स्वयम्लाई छुनुपर्छ । लेखकलाई छोइसकेपछि, त्यसले लेखकजस्तै मन मुटु भएका हजारौँ पाठकलाई पनि छुन्छ । तर सबैलाई छुँदैन । जति नै राम्रो लेखेपनि त्यसको स्वाद सबैलाई मिठो लाग्छ भन्ने छैन जसरी जति नै मिठो खानेकुरा पाकेपनि त्यो सबैको रुचीको सूचीमा पर्दैन । पाठक कुनै पनि बेला लेखकले लेखेको त्यो कथाको बाटो वा बाटो नजीकै हिँडेको हुनुपर्छ छोइनलाई ।
लेख्दै गर्दा लेखकलाई थाहा पनि हुन्छ ऊसले कस्तो लेखिरहेको छ ? शब्दहरु रोप्दै जाँदा शरीरमा काँडा उम्रन्छन् । पात्रहरु आफ्नै वरपर छन् झैँ लाग्न थाल्छन् । लेखन बाहेक अन्यत्र कहीँ केही ध्यान रहन्न । भावुक प्रस·हरुमा आँशु नै तप्प चुहुन्छन् । धेरै नै राम्रो लेखिएको छ भने पढेर कसैलाई सुनाइहाल्ने हत्तारो पनि हुन्छ । यो सब लेखन राम्रो हुँदाका अनुभवहरु हुन् ।
तर म यहाँ मेरो पछिल्लो उपन्यास प्रिय सुफी का बारेमा चर्चा गर्न आएको छु । कसरी लेखियो प्रिय सुफी ? किन लेखियो ? लेख्दाका केही अनुभवहरु बाँड्न चाहन्छु ।कथाकी पात्र, समर लभ, साया र मनसुन गरेर चारवटा किताब छापिसकेपछि अब पालो नयाँ किताबको थियो । कथाकी पात्र छाडेर बाँकीका तीनवटै किताब मा मैले एउटा केटा र केटीको प्रेमलाई महत्व दिएँ । कथाकी पात्रले लेखन क्षेत्रमा पहिलो पाइला टेक्न सघायो ।
समर लभ ले मलाई मेरा प्रिय पाठकहरुसामु चिनायो । सायाले सफलताको केही खुड्किला पक्कै चढायो । मनसुन ले त्यही सफलतालाई पिठ्यूँमा बोकेर थेगिदियो । तर म सन्तुष्ट हुन सकिरहेको थिइँन । मान्छे पूर्ण सन्तुष्ट त कहिले पो हुन सकेको छ र ? मेरो असन्तुष्टि कथाको विषयलाई लिएर थियो । प्रेम त लेखेँ तर योपटक अलिक भिन्न प्रेम लेख्न मन लागिरहेको थियो ।
केही प्रेरणादायी कुरा लेख्ने मन भइरहेको थियो । तर दिमागमा केही कथा थिएन । एकदिन घुम्दै फिर्दै जाँदा श्रीमतिलाई सोधेको थिएँ, 'के पो लेख्ने होला योपटक ?' ऊनले भनेकी थिइन्, 'त्यो तीन वर्ष अघि कान्तिपुरको कोसेलीमा छापिएको संस्मरणलाई कथामा उतार्दा के होला ?'
उनले यस्तो संस्मरणको कुरा गरेकी थिइन् जो धेरै भन्दा धेरै पाठकले रुचाइदिनुभएको थियो । शुरुमा आनाकानी गरेतापनि पछि पछि म कन्भिन्स्ड हुँदै गएँ । पछिल्ला दिनहरुमा म पाठकहरुलाई मनोरञ्जन मात्र होइन केही प्रेरणा पनि दिन चाहिरहेको थिएँ । कान्तिपुर साप्ताहिक मा आउने मेरो स्तम्भ युवा मन मार्फत् मेरो लेखनको प्रेरणादायी पाटोपनि पाठकहरुले पक्कै भेट्टाउनुभएको थियो ।
कलेज पढ्दा म बाथको समस्याले आक्रान्त थिएँ । प्लस टू पढ्दा दुइपटक र मास्टर्स पढ्दा एकपटक गरेर जम्मा तीन पटक मलाई बाथले आक्रमण ग¥यो । अरुलाई प्लस टु सक्न दुइ वर्ष लाग्छ, मलाई चार वर्ष लाग्यो । ओछ्यानमा कोपरा थापेर दिसापिशाब गर्ने स्थिति थियो । म धेरै नै डिप्रेस्ड थिएँ । मलाई मान्छेहरु स्वस्थ भएको डाहा लाग्थ्यो । मलाई मान्छेहरु हाँसेको, रमाएको अचम्म लाग्थ्यो । उनीहरु ठमठम हिँडेको देखेर म आरिसले आक्रान्त हुन्थेँ । ममात्रै किन रोगी ? ममात्रै किन डिप्रेस्ड ? धेरै पटक मर्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो । म कहिल्यै उठेर हिँड्न सक्तिनँ जस्तो लाग्थ्यो । म कहिल्यै ठीक हुन्छ जस्तो लाग्दैनथ्यो । मेरो आत्माबाट उडेर अलप भएको आत्मविश्वास फिर्ता कहिल्यै आउँदैनजस्तो लाग्थ्यो ।
भएभरका औषधीहरु एकैचोटी खाऊँ भन्ने सोच कुनै सुमय नआएको होइन । तर मैले त्यसो गरिनँ । म मरिनँ । म बाँचे । बाँचेरै जितेँ । मरेको भए त हार्थेँ । आफ्नै जीवनसित । यो संसारसित । मैले त कति धेरै थोक गर्नुरैछ । यत्रा किताब लेख्नु रैछ । मेरा पाठकहरुको यति धेरै माया पाउनु रैछ । मेरा मातापितालाई आफ्नो छोरोप्रति गर्व गर्नलायक बनाउनु रैछ । प्रेम गर्नुरैछ । बिहा गर्नुरैछ । यति धेरै ठाउँमा घुम्नु रैछ । यति धेरै साथीहरुसित संगत गर्नुरैछ । कत्ति राम्रा राम्रा सिनेमा बने, ती सिनेमाहरु हेर्नुरैछ । कति राम्रा राम्रा पुस्तकहरु छापिएर, ती पढ्नुरैछ । धेरै परिवर्तन देख्नु रैछ । यो संसार कति सुन्दर छ, त्यो थाहा पाउनु रैछ । क्षणभरको दुःखको सन्तापमा लम्बेचौडे खुसीहरुको घाँटी झन्नै ननिमोठेको ।
हो, यही अनुभवलाई लिएर लेखिएको त्यो संस्मरणलाई उपन्यासका रुपमा उतार्न म हौसिएँ । मान्छे देख्छ आफ्ना आँखा अघिल्तिर एउटा दुःख र त्यही एउटै कारणले छिनमै सिद्याइदिन्छ आफ्नो जीवन । मान्छे बुझ्दैनन् बाँच्ने हजारौँ कारण हुन्छ । पत्रपत्रिकामा अक्सर आफ्नै जीवन सिद्याउनेहरुको समाचार पढेर कैयौँपटक कमसेकम सिँगो दिन खराब भएको कैयौँ अनुभव मसित थियो । सोचेँ, यस्तो किताब लेखौँ, मर्ने सोच राखिरहेको मानिसको हातमा पुग्यो भने, ऊसले त्यो साचाइ त्यागोस् । आफ्नै जीवनलाई प्रेम गरोस् । आफैँलाई प्रेम गरोस् । प्रेम अरुमा नखोजोस् । अरुमा प्रेम खोजेर आफूलाई दुखी नबनाओस् । आफैँलाई प्रेम गरेर आफ्नै जीवनको बगैँचा आफैँ स्याहारोस् । लक्ष्य ठूलो राखेँ र नियत सफा । र लेख्न बसेँ, प्रिय सुफी ।
कपासको डल्लोजस्तै कथालाई मस्तिष्कको मन्थनले कात्दै कात्दै मसिनो धागोजस्तै स्लिम आकारमा ल्याएँ । कल्पनाका थुप्रै रङहरु पोतिदिएँ । र करीब चार महिनाको बसाइपश्चात् तयार भयो प्रिय सुफी । जो अहिले पाठकहरुको पनि प्रिय भइरहेको छ । अहिले पाठकहरु भन्नुहुन्छ, यो पढ्दा कतै हाँसे, कतै रोएँ, कतै रिसाएँ, कतै दिक्क लाग्यो र कतै हिम्मत पलाएर आयो । वहाँहरुको पठन अनुभव मेरो लेखन अनुभवसित कतै फरक छैन । यो लेखिरहँदा, ठाउँ ठाउँमा मपनि मन्द मुस्कुराउँथेँ, ठाउँ ठाउँमा रुन्थेँ पनि । ठाउँ ठाउँमा शरीरमा काँडा उम्रेजस्तो हुन्थ्यो । ठाउँ ठाउँमा आफसेआफँ उर्जा आउँथ्यो । अहिलेपनि प्रिय सुफी को जुनसुकै पन्ना पल्टाएर पढ्न थाल्छु, लाग्छ कथा त्यहीँबाट शुरु भएको छ ।
अहिले यतिखेर प्रिय सुफी पढिसकेपछि आएको पाठकहरुको प्रतिक्रियाको न्यानो घाम म यतिखेर तापिरहेको छु । एउटा लेखकको लागि संसारमा सबैभन्दा महत्वपूर्ण र प्रिय अनुभव नै यहि हो कि आफूले भन्न खोजेको कुरा पाठकले राम्रोसित सूनून् ।
मैले जे भोगेँ, जति भोगेँ त्यो भोगाइको एक चौथाइ भागमात्रै हो प्रिय सुफी । उपन्यास मेरो आत्मसन्तुष्टिको लागि त पक्कै हो तर पाठकहरुको पठन धैर्यलाई पनि मैले बिचार गर्नुपर्ने हुन्छ । त्यसैले आफ्ना सबै भोगाइ र दुखाइलाई मैले यसमा पोखिनँ । ती कुनै बेला, लामा छोटा लेख, रचना, कथा, उपन्यासमा कुनै अर्कै रुपमा पक्कै आउनेछन् । | 2019/05/24 15:21:02 | http://arthasansar.com/news/10877 | mC4 |
♦ जलन तामाङ मलेसिया/ सन् २०१९ डिसेम्बरमा चीनको वुहानमा कोरोना भाइरसको पहिलो संक्रमण देखिएयता विश्वभरि आतंकको रुपमा फैलाएको नोवल कोरोना भाइरस (कोभिड–१९) अहिले विश्वको २ सय २० वटा देशमा पुगिसकेको छ । यो रोगको सक्रमित पनि…
काठमाडौँ/ उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग, २०७५ को प्रतिवेदनलाई यसका बहुमत सदस्यको स्वीकृतिमा एक गैरसरकारी संस्थाले सार्वजनिक गरेको विषयलाई सरकारले प्रतिष्ठाको लडाइँ बनाएको छ । सरकारको निसान छाप र शिक्षा मन्त्रालयको नाम ‘अनधिकृत रूपमा उल्लेख गरेको’ मा…
तिहार भन्न साथ शम्भु प्रधानको आजभन्दा करिब २६ वर्षअघि बनेको फिल्म ‘स्वर्ग’मा समावेश तिहार गीत ‘तिहारै आयो लौ झिलीमिली, ए सुन हजुर भैलिनी आईन् आँगन ....’ नसम्झिने÷नुसन्ने मानिस सायदै मात्रमा होलान् । युट्युबमा खोज्ने हो भने…
काठमाडौँ/ तिहार हिन्दु धर्मावलम्बीहरुको दशैं पछिको सबैभन्दा ठूलो सिंगो नेपाली मानव सभ्यताकै सांस्कृतिक पर्व हो । यो पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन)…
अस्पताललाई मात्र आलोचनाको दायरामा ल्याएर कतै हामी राज्यको नीतिमा प्रश्न गर्न चुकिरहेका त छैनौँ ? काठमाडौँ/ गत वर्षको चैत दोस्रो साता सरकारले बन्दाबन्दी गर्ने निर्णय गर्दैगर्दा राज्य जनताप्रति गम्भीर र संवेदनशील छ भन्ने परिकल्पनाका आधारमै आमसर्वसाधारणले… | 2021-02-24T21:12:27Z | https://sidhakura.net/archives/4137/20/ | OSCAR-2109 |
दिल्लीमा मजदूरलाई जनही ५ हजार दिने - Aathikbazarnews.com दिल्लीमा मजदूरलाई जनही ५ हजार दिने -
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले त्यहाँ निर्माण कार्यमा संलग्न सबै कामदारलाई प्रतिव्यक्ति पाँच हजार भारू दिने बताएका छन् ।
हिन्दुस्तान टाइम्सका अनुसार कोरोना भाइरसको महामारीका कारण यस समयमा निर्माण कार्य रोकिएका छन् । मजदुरहरूको जीविका चलाउन सहज होस् भनेर ती सबै कामदारलाई पाँच हजार रुपैयाँ दिइने केजरीवालले बताएका छन् । सबै दैनिक ज्यालादारी मजदुरहरूलाई काम गर्न नपाउँदा निकै गाह्रो हुने अवस्था आउन नदिन उनले सो घोषण गरेका हुन् । सोमबारदेखि दिल्लीमा लकडाउन छ, त्यहाँ कर्फ्यूको जस्तै अवस्था आएको छ ।
उनले थप भनेका छन्, 'म धेरै खुसी छु कि धेरै व्यक्तिहरु आज एकअर्कालाई सहयोग गर्दै छन् । यो हाम्रो भारतको सबैभन्दा ठूलो शक्ति हो ।'
यो कठिन समयमा जब सम्पूर्ण शहर र देश तालाबन्दीमा छ, हामीले निर्णय गरेका छौं कि हामी दिल्लीको प्रत्येक निर्माण श्रमिकलाई ₹,००० डलर दिने छौं ताकि उनीहरूले आफ्नो जीवन निर्वाह गर्न सकून्।
दिल्लीमा भवन र अन्य निर्माण श्रमिक बोर्ड अन्तर्गत दर्ता भएका मजदुरहरुलाई पाँच हजार रुपैयाँ क्षतिपूर्ति दिइने भएको हो । दिल्ली सरकारका एक वरिष्ठ अधिकारीले भनेका छन्, 'दिल्ली बीओसीडब्ल्यू अन्तर्गत करिब ४ लाख मजदूर दर्ता भएका छन् । | 2020/10/27 15:14:22 | https://aarthikbazarnews.com/2020/03/25/37581/ | mC4 |
जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिकाका एक महिलालाई बलात्कारपछि हत्या गरेको अभियोगमा स्थानीय २४ वर्षीय मोजाहिर अन्सारी पक्राउ परेका छन्।
ती महिलालाई बलात्कारपछि हत्या गरेको अभियोगमा स्थानीय अन्सारीलाई पक्राउ गरी आज सार्वजनिक गरिएको हो।
अभियुक्त अन्सारीले महिलालाई बलात्कारपछि पेचकसले घाँटी, छाती र पेटमा घोचेर हत्या गरी बाँसघारीमा शव फालिएको अवस्थामा प्रहरीले शव फेला पारेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले पत्रकार सम्मेलनमा जानकारी दिए।
घटनास्थलमा मृतकको लुगाफाटा च्यातिएको, सुरुवालको डोली चुँडिएको, पोते चुँडिएको, चुरा फुटेको, कुर्ताका गोजीको टुक्रा फालिएको र आरोपीको गन्जी पनि च्यातिएको अवस्थामा फेला परेको थियो। अभियुक्तले एक सय मिटरसम्म शवलाई घिसारेर बाँसघारी ल्याएको राखेको अर्धनग्न अवस्थामा शव फेला परेको थियो।
साथै हत्यापश्चात् अभियुक्तले मृतकसँग रहेको पाउजू र नाकको फुली निकालेर जिल्ला सदरमुकाम जलेश्वरस्थित एक सुन पसलमा बेचेको पाइएको छ।
प्रहरीले घटना भएको ३६ घण्टापछि अभियुक्तलाई पक्राउ गरेको थियो।
अभियुक्तमाथि प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाएर अनुसन्धान अगाडि बढाएको छ भने यस घटनामा थप व्यक्ति संलग्न छरछैन सम्बन्धमा थप क्रियाकलाप अगाडि बढाएको जनाइएको छ। रासस
प्रतिक्रिया दिनुहोस्
dainikonline
ताजा अपडेट
धनगढीमा जारी निषेधाज्ञा शनिबारदेखि हट्ने
ग्रेडरको ठक्करबाट एक किशोरीको मृत्युको घटनापछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले बिहीबार साँझदेखि धनगढीमा
शंकास्पद कारोबारको विवरण हरेक तीन महिनामा बैंकले राष्ट्र बैंकलाई बुझाउनुपर्ने
बैंक तथा वित्तीय संस्थाको कारोबारबाट हुनसक्ने सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्थामा नेपाल राष्ट्र बैंकले कडाइ गरेको छ।
चेतनासँगै कुल्चिएको नर्स बन्ने सपना
बैतडीको विकट गाउँपालीका डिलाशैनीबाट पढाइको धोका पूरा गर्न धनगढी आउँदा चेतना साउदको लक्ष्य ठूलो भएर
प्रतिनिधिसभा निर्वाचनः ४० वर्षमुनिका १० र ७० माथिका १४ सांसद
प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपान्तरण र युवा पुस्ताको प्रतिनिधित्वको कुरा प्रखररुपमा उठे पनि चुनावी परिणाम भने
रवि लामिछानेको नागरिकतामाथि प्रहरीले थाल्यो अनुसन्धान
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमाथि प्रहरीले अनुसन्धान थालेको छ। जिल्ला प्रहरी परिसर
माओवादी नेता पुन उपचार गर्न चीन जाँदै
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि आज चीन जाने भएका
को-को छन् मधेस प्रदेशमा मुख्यमन्त्रीका आकांक्षी?
मधेस प्रदेशमा प्रदेशसभा सदस्यको मतगणना सकिएसँगै सरकार नेतृत्वको रस्साकस्सी सुरु भएको छ। प्रदेशमा प्रत्यक्षतर्फ सत्ता | 2022-12-02T22:36:12Z | https://www.dainikonline.com/story/232318/2022/09/28/ | OSCAR-2301 |
सगरमाथा फाइनान्सलाई सेञ्चुरी कमर्सियल बैंकले प्राप्ती गर्ने भएको छ । विहिवार दुई संस्थाका अध्यक्षले एक्वीजीशनका लागि हस्ताक्षर गरेका छन् । हकप्रद र अघिल्लो आर्थिक वर्षको मुनाफा वितरण गरी फाइनान्सले पूँजी ७८ करोड रुपैयाँ पुर्याएको छ । यस अघि इन्नोभेटिभ डेभलपमेन्ट बैंक तथा अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्न सेञ्चुरी बैंकले सैद्धान्तिक सहमति प्राप्त गरिसकेकोे छ । बैंकसँग अहिले तीन अर्व ६८ करोड रुपैयाँको चुक्ता पुँजी रहेको छ भने तीन संस्था प्राप्तीबाट बैंकलाई करिब एक अर्ब ५० करोड रुपैयाँ पूँजी थपिनेछ । एक्वीजीशनबाट डेढ अर्व रुपैयाँ थपिएपछि बैंकसँग पाँच अर्व १८ करोड रुपैयाँ चुक्ता पुँजी पुग्नेछ ।
Advertisement
बैंकले नपुग हुने रकम हकप्रद शेयर जारी गरी साथै चालु आर्थिक वर्षको मुनाफाबाट बोनस वितरण गरेर पुर्याउने लक्ष्य लिएको छ ।
एक्वीजीशन गर्न लागिएको सगरमाथा फाइनान्सको १४ वटा (११ वटा सञ्चालनमा रहेको र ३ वटा नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त) शाखा कार्यालय छन्। त्यसैगरी संस्थाले २०७३ पुस मसान्तमा पाँच करोड ६१ लाख रुपैयाँ खुद मुनाफा गरेको छ।
सेञ्चुरी बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा संचालन मुनाफा ३२ करोड ७४ लाख तथा खुद मुनाफा २२ करोड ३९ लाख रुपैयाँ छ। बैंकले ३२ अर्ब ६८ करोड निक्षेप संकलन गरी २९ अर्ब कर्जा प्रवाह गरेको छ। | 2021-12-04T07:14:30Z | https://www.samayapost.com/03/5857.html | OSCAR-2201 |
विदेशी जेलमा नेपाली युवा
वैदेशिक रोजगार बोर्डका कार्यकारी राजनप्रसाद श्रेष्ठकाअनुसार विदेशी जेलमा ५ सय ३२ जना छन् । यसमा महिला १९ जना रहेका छन् ।
यसमध्ये कतिपय गम्भीर अपराध गरेर, कति तत्तत् देशको कानुन नबुझेर उल्लंघन हुनजाँदा जेल परेका हुन् । कतिपय परिवन्दमा फसेका छन् ।
सबैभन्दा बढी इमिरेट्समा १८५, कुबेतमा ५८, कतारमा ३८, साउदीमा २४ र ओमनमा २ जना रहेका छन् । यीमध्येकै २५ जनालाई मृत्युदण्डको सजाय सुनाइसकेको छ । ती मृत्यु कुरेर बसेका छन्, बचाउने कसले ?
खासगरी खाडी मुलुकमा पुगेका कामदारहरु भन्छन्– हजारौंको संख्यामा जेलमा छन् । त्यसै पनि मालिकले जेलका कैदीलाई जस्तै सताएर कामा लगाउँछन्, आनाकानी गरेर फसाएर जेल हालिदिन्छन् । मानसिक र शारिीरिक शोषण व्यापक छ, नेपाली श्रमको शोषण र यातना बढी छ । दूतावासमा गुहार लगायो भने दलालसँग मिलेर झनबढी शोषण हुन्छ, निगरानी कसले गर्ने ?
पहिले पहिले बम्बै भनिन्थ्यो, अव खाडी मुलुकमात्र होइन, तान्जानियाँसम्म पनि युवतीहरु नाङ्गो नाच्न बाध्य पारिएका छन् । हरेक दिन एयरपोर्टमा बाकसमा आउने शब र अर्धचेतन अवस्थामा फर्काइएका युवतीहरु हेर्दा लाग्छ, नेपालमा सरकार नै छैन । यतिमात्र होइन, जो समस्यामा परेर फर्किएका छन्, जो विदेशमा मरेका छन्, तिनको कल्याणका लागि जम्मा गरिएको रकममा वैदेशिक रोजगार बोर्डको हालीमुहाली छ । पाउनै पर्नेलेसमेत क्षतिपूर्ति पाएका छैनन्, क्षतिपूर्तिभन्दा बढी दुःख र झमेला दिने गरिएको छ ।
सरकार छ, जनताप्रति जिम्मेवार सरकार बनेको छ । यो सरकारले विदेश जानेको यकिन तथ्याङ्क राख्ने र कुन कुन देशमा के कति युवायुवती वैदेशिक रोजगारीमा गएका छन्, तिनको तथ्याङ्क राख्न सक्नुपर्छ । कुनै पनि व्यक्तिले विदेशमा दुःख पाएको छ भने उसको राहतका लागि दूतावास उपस्थित भइहाल्ने पद्धतिको विकास गर्नुपर्छ । आवश्यक पर्छ भने यसका लागि सिधै परराष्ट्र मन्त्रालयमा उजुरी गर्न सक्ने व्यवस्था गर्नुपर्छ । अन्यथा राजदूत भनेको आराम गर्न जाने र वैदेशिक रोजगारीमा गएकालाई उल्टै शोषण गर्ने थलोको रुपमा दलाल कार्यालयमा परिणत हुनेछ । कम्तिमा नेकपाको सरकार नागरिकप्रति जिम्मेवार छ र जिम्मेवारी पूरा गर्न भनेर देखाउन जरुरी छ ।
नागरिकको आवाज सुन्ने सरकारमात्र नागरिक सरकार हुनसक्छ । यो मान्यता स्थापित गर्न सकएन भने नेकपाको ऐतिहासिक सरकारको गरिमा कहाँ रहन्छ र ? प्रत्येक नेकपाका नेता कार्यकर्ताले यो हाम्रो नेतृत्वको सरकार हो, कुनै पनि दलको सरकारभन्दा यो सरकार देशप्रति जिम्मेवार छ भनेर भन्न सक्नु वातावरण बन्नु जरुरी छ । किनकि चुनावी माघ फेरि फेरि पनि आउँछ र जनताका सामु नेकपा पटक पटक जिम्मेवारी माँग्न गइरहनुपर्छ ।
र, गलत मार्गबाट वैदेशिक रोजगारीमा जानेको संख्या उल्लेख्य छ । गलत मार्गलाई विशेष निगरानी गर्ने तरिका विकास गरेर रोक्नैपर्छ । जो विदेश जान्छन्, बैधानिक मार्गबाट जाउन्, जानुको सबै विवरण बुझाएर जाउन्, ताकि सरकारलाई ट्य्राकिङ गर्न सजिलो होस् । जो विदेश गएका छन्, उनीहरु अन्यत्र गए भने जानकारी दिएर जाउन् । यसका लागि सरकारले विशेष सञ्जाल निर्माण गर्नैपर्छ । नेपालको सबैभन्दा राम्रो आर्थिक स्रोत रेमिटान्स हो, रेमिटान्स लिने सरकारले बुझाउने नागरिकप्रति जवाफदेहीता पूरा गर्नैपर्छ ।
हुन त युवा पलायन देशको दुर्भाग्य हो । स्वदेशमै रोजगारी सिर्जना गरेर युवा पलायन रोक्न जरुरी छ । नसकन्जेल विदेश गएका र जानेलाई बैधमार्ग र अनुगमन तथा तिनलाई आवश्यक पर्नासाथ सहयोग सरकारको धर्म हो । र, विदेशी जेलमा रहेकालाई तत्काल के गर्न सकिन्छ, सरकारले ध्यान दिनुपर्छ । | 2019/10/17 15:54:15 | http://nepaltoday.com.np/home/politics_detail?id=4493 | mC4 |
चितवनको रेडक्रसग्राम स्कुलमा वार्षिकोत्सव, विद्यालयमा सहयोग गर्ने दातालाई सम्मान - Enepalese.com
चितवनको रेडक्रसग्राम स्कुलमा वार्षिकोत्सव, विद्यालयमा सहयोग गर्ने दातालाई सम्मान
इनेप्लिज २०७४ फागुन ४ गते २२:४७ मा प्रकाशित
खोलेसिमल, चितवन, ४ फागुन ।
चितवनको कालिका नगरपालिका वडा नं. ६ स्थित आधारभूत विद्यालय रेडक्रसग्रामको २८औं वार्षिकोत्सव समारोह एवम् गेट शिलान्यास कार्यक्रममा विद्यालयको स्थापना गर्न, स्तरोन्नती गर्न एवम् विभिन्न समयमा सहयोग गर्ने सहयोगीदाताहरुलाई सम्मान गरिएको छ ।
विद्यालयका संस्थापक अध्यक्ष स्वर्गीय चक्र बहादुर के.सी., संस्थापक प्रधानाध्यापक अबोध किशोर राय यादव, पूर्व प्रधानाध्यापक बासुदेव अर्याल, पूर्व संस्थापक शिक्षक स्वर्गीय रामकाजी श्रेष्ठ र विद्यालयलाई आर्थिक सहयोग गर्ने उदयपुर सामुदायिक वनलाई समेत सम्मानित गरिएको थियो । कार्यक्रममा विद्यालयका पूर्व अध्यक्ष चेत बहादुर थापा, लायन्स क्लव अफ चितवन कालिका, नेपाल–जापान फ्रेण्डसीप लायन्स क्लव त्यस्तैगरी शिक्षिका यशोदा रेग्मी, सहयोगीदाता जागेश्वर पाण्डे र गोविन्द प्रसाद आचार्यलाई प्रशंसा पत्रले सम्मानित गरिएको थियो । सोही कार्यक्रमको अवसरमा विद्यालयको गेट निर्माणको लागि शिलान्यास समेत गरिएको थियो ।
विद्यालयको २८औं वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि कालिका नगरपालिका नगर प्रमुख खुमनारायण श्रेष्ठले नगर क्षेत्र भित्रका शैक्षिक संस्थाको स्तरोन्नती र शैक्षिक उन्नतिको लागि नगरपालिकाले योजना बनाई सहयोग गर्ने बताए । कार्यक्रममा चितवनका जिल्ला शिक्षा अधिकारी मनोज गैरे, नगर शिक्षा अधिकारी नारायण वाग्ले, श्रोतव्यक्ति राजेन्द्र ढकाल, कालिका नगरपालिका वडा नं. ६ वडाध्यक्ष बिनोद रेग्मी, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष हरि कंडेल, नेपाल शिक्षक संगठनका पूर्व जिल्ला अध्यक्ष पूर्ण बहादुर पुरी, नेपाल शिक्षक संगठनका जिल्ला प्रतिनिधि खोम बहादुर गुरुङ्ग, अखिल नेपाल शिक्षक संघका प्रतिनिधि लेखनाथ भट्ट, नेपाल शिक्षक महासंघ कालिकाका अध्यक्ष जीत बहादुर भट्टराई, विद्यालयका पूर्व प्रधानाध्यपक बासुदेव अर्याल, उदयपुर सामुदायिक वनका अध्यक्ष केशव लामा, पृथ्वी मा.वि.का प्राचार्य गंगाराम गुरुङ्ग, विद्यालयका शिक्षक दिपक लामिछाने लगायतले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशम बहादुर राना मगरको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका सहायक प्राचार्य सहदेव लकान्द्रीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने विद्यालयका प्राचार्य नन्दलाल लामिछानेले विद्यालयको प्रगति प्रतिवेदन तथा भावी कार्यक्रमहरु प्रस्तुत गरेका थिए । स्थानीय सुकुम्बासी, दलित, पछाडी पारिएका वर्गहरुका ३ सय ४२ जना विद्यार्थीहरु सो विद्यालयमा अध्ययनरत छन् । सोही कार्यक्रममा विद्यालयद्वारा आयोजित विभिन्न प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । वार्षिकोत्सव कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए । | 2020/10/26 18:40:10 | https://www.enepalese.com/2018/02/167683.html | mC4 |
लन्डन, २२ मंसिर । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको सत्तारुढ कन्जरभेटिभ्स पार्टीले बेलायती संसदका लागि डिसेम्बर १२ गते हुने निर्वाचनमा बहुमत ल्याउने चुनावी मतसर्वेक्षणले देखाएको छ ।
पछिल्लो मत सर्वेक्षण अनुसार लेबर पार्टीभन्दा कन्जरभेटिभ पार्टी ११ अंकले अघि रहेको देखिन्छ । मत सर्वेक्षणले कन्जरभेटिभको पक्षमा ४४ प्रतिशत, लेबर पार्टीको पक्षमा ३३, लिबरल डेमोक्रेटको पक्षमा ११ प्रतिशत समर्थन देखाउँछ ।
प्रधानमन्त्री जोनसोनले बेलायतमा बिहीबार हुने संसदीय निर्वाचनलाई लक्षित गरी चुनावी अभियान समेत तीव्र पारेका छन् । जोनसनकी प्रेमिका (गर्ल फ्रेन्ड) क्यारी साइमण्ड समेत उनको चुनावी अभियानमा सँगै सहभागी भएकी छन् ।
चुनावी अभियानमा निस्केका जोनसन र क्यारीले बेलायतमा रहेको एक हिन्दू मन्दिरको दर्शन समेत गरेका छन् ।
जोनसन र उनकी प्रेमिका क्यारीले लण्डनस्थित एक हिन्दू मन्दिरको दर्शन गरेका हुन् । लण्डनको निआसडनस्थित स्वामी नारायणको मन्दिरमा दुबैजनाले विष्णु भगवानको पूजा गरेका थिए । साथै मन्दिरमा रहेका अन्य दर्शनार्थीसँग तस्बिर समेत खिचाएका थिए ।
मन्दिरको दर्शन गर्न पुगेका जोनसन र क्यारी निकै खुसी देखिन्थे । यता हिन्दू मन्दिरमा साइमण्डले सारी लगाएर प्रवेश गरेकी थिइन् । उनी सारीमा 'टिपिकल हिन्दू' महिला देखिन्थिन् ।
तर चुनावी अभियानका क्रममा साइमण्डसँगै देखिएर जोनसनले आफ्ना आलोचकहरुलाई जवाफ दिन खोजेको जस्तो समेत देखिन्छ ।
पछिल्लो पटक नोभेम्बर ६ मा सुरु भएको चुनावी अभियानमा जोनसन र क्यारी सँगै देखिएका थिए । लगत्तै दुबै जनाको सम्बन्धबारे व्यापक चर्चा भएको थियो ।
संवाददाताले जोनसनलाई ३१ वर्षीया क्यारीसँगको सम्बन्धबारे प्रस्ट गर्न भनेर बेला बेला प्रश्न सोध्दै आएका छन् । तर जोनसनले क्यारीसँगको सम्बन्धबारे खुलेर अहिलेसम्म कुरा गरेका छैनन् । | 2020/08/11 06:35:43 | https://www.sajhapost.com/2019/12/08/206325.html | mC4 |
द्वन्द्व प्रभावितको गुनासो : हाम्रा मुद्दा कसैको प्राथमिकतामा परेनन् - samayapost.com
द्वन्द्व प्रभावितको गुनासो : हाम्रा मुद्दा कसैको प्राथमिकतामा परेनन्
समयपोष्ट २०७९ जेठ १४ गते १५:२०
स्थानीय तहको निर्वाचन भर्खरै सकिएको छ । निर्वाचनमार्फत पाँच वर्षका लागि नयाँ जनप्रतिनिधि चुनिएका छन् । राजनीतिक दल आ–आफ्ना पार्टीका र स्वतन्त्र उम्मेदवारले आफ्ना प्रतिबद्धता लिएर जनतामाझ गए ।
केहीले जिते, केहीले हारे । सशस्त्र द्वन्द्व प्रभावितका लागि भने निर्वाचन 'हात्ती आयो, हात्ती आयो, फुस्सा' जस्तै भएको छ । विकासे कामका योजना लिएर दल र स्वतन्त्र उम्मेदवार सबैका घरदैलोमा पुगे तर, द्वन्द्व प्रभावितका समस्या कसैले सम्बोधन नगरेको उनीहरुको गुनासो छ । "मत माग्न सबै दलका उम्मेदवार आए तर हाम्रो समस्या कसैले बुझ्ने कोशिससमेत गरेनन्", कपिलवस्तुको शुद्धोधन गाउँपालिका–२ की द्वन्द्व प्रभावित लक्ष्मी भट्टराईले दुःखेसो पोख्नुभयो ।
लक्ष्मीका श्रीमान् नेत्रलाल भट्टराईलाई सशस्त्र द्वन्द्वका क्रममा राज्य पक्षद्वारा २०६१ फागुन ११ गते मारिनुभएको थियो । सानो चिया पसल सञ्चालन गर्दै आएका नेत्रलाल लमनीमा सामान लिन गएका बेला सेनाले गोली हानी हत्या गरेको थियो । श्रीमान्को मृत्युपछि मजदुरी गरेर घरखर्च चलाउँदै आउनुभएकी लक्ष्मी अहिले पनि न्यायको पर्खाइमा हुनुहुन्छ । "न्यायका लागि नेता, प्रहरी र अदालतको ढोकामासमेत धेरै पटक पुगियो, हाम्रा मुद्दा कसैका प्राथमिकतामा परेनन्", उहाँले भन्नुभयो ।
तत्कालीन माओवादी र नेपाली सेनाबीचको सशस्त्र द्वन्द्व अन्त्य भई विस्तृत शान्ति सम्झौता भएको डेढ दशक पुगेको छ । विसं २०६३ मा विस्तृत शान्ति सम्झौतामार्फत द्वन्द्व अन्त्य भएको घोषणा त भयो, १० वर्षसम्म चलेको द्वन्द्वमा जबर्जस्ती बेपत्ता, यातना, बलात्कार तथा गैर न्यायिक हत्याका पीडितले अझैसम्म न्याय पाएका छैनन् । लामो समयसम्म न्याय नपाउँदा पीडित र तिनका परिवार निराश देखिन्छन् । यो बीचमा धेरैपटक सरकार फेरियो, धेरै नीति फेरिए तर द्वन्द्व प्रभावितका समस्या भने जस्ताको तस्तै छन् । आयोगमा दिइएका उजुरी त्यत्तिकै थन्किएका छन् ।
रूपन्देहीको सियारी गाउँपालिका–६ की धनकुमारी थारुका श्रीमान् कमलप्रसाद बेपत्ता भएको पनि डेढ दशक बढी भइसक्यो । राज्य पक्षबाट २०६२ भदौ ११ गते बेपत्ता पारिएका कमल अझै पनि फर्केर आउँछन् कि भन्ने आशा धनकुमारीलाई छ । रोजगारीका लागि भारत गएका कमललाई गाउँ फर्किएको केही दिनपछि ससुराली जान लाग्दा बाँसगढी भन्ने ठाउँबाट सादा पोशाकका सुरक्षाकर्मीले लिएर गएका थिए ।
उमेरले त्यतिबेला ३० वर्षका कमलप्रसादलाई घटनाको १५ दिनपछि मात्र सेनाले लगेको भन्ने यकीन भयोे । उनको अवस्थाबारे परिवारलाई कुनै जानकारी गराइएन । कमल बेपत्ता भएपछि धनकुमारीलाई घर चलाउन निकै मुस्किल प¥यो । सामान्य खेतीपाती गरेर गुजारा चलाउँदै आए पनि एक छोरा र एक छोरीलाई पालनपोषण पढाई खर्च जुटाउन धनकुमारीलाई धनको अभाव छ । तर उहाँको पीडा बुझ्ने कोही छैन ।
सरकारले बेपत्ताको अवस्था सार्वजनिक नगर्दा झनै अप्ठ्यारो परेको उहाँको भोगाइ छ । धनकुमारी भन्नुहुन्छ, "हामीले सत्यतथ्य जान्न पाएका छैनौँ, मरेको भनाँै भने लाश देख्न पाएकी छैन, जिउँदै हुनुहुन्छ भनौँ भने अवस्था थाहा छैन ।"
रुपन्देहीकै कञ्चन गाउँपालिका–४ की दिलमाया काउचाका श्रीमान् बालकृष्णको अवस्था पनि अहिलेसम्म थाहा छैन । सशस्त्र द्वन्द्वका क्रममा भर्खर ३९ वर्ष टेकेका बालकृष्णलाई सुरक्षाकर्मीले लिएर गएका थिए । उहाँ पनि श्रीमान्को पर्खाइमा हुनुहुन्छ ।
यस्तै सोही गाउँपलिका–५ का निशान सुवेदीका बुवा जीवनारायणको हत्या भएको १८ वर्ष पुग्यो । विसं २०६० असोज ७ गते सुरक्षाकर्मीलेनै उहाँको हत्या गरेको थियो । तत्कालीन आमा गाविसमा एक कार्यक्रममा सहभागी हुन गएका सुवेदीलाई के कारणले हत्या गरियो भन्ने चित्तबुझ्दो जवाफ परिवारले अहिलेसम्म पाएका छैनन् ।
"वडामा सामान्य सिफारिस बनाउँदा पनि गाह्रो छ । कर्मचारी संवेदनशील छैनन् । उनीहरुले हाम्रा समस्या बुझेका छैनन् नत जनप्रतिनिधिले नै बुझाउन चाहान्छन्", मृतक सुवेदीका छोरा निहान भन्नुहुन्छ । उहाँहरु त प्रतिनिधि पात्र मात्रै हो । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता भएका परिवारको पीडा योभन्दा अझै कहालीलाग्दो छ ।
नेपालमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को नेतृत्वमा भएको सशस्त्र युद्धका क्रममा युद्धरत माओवादी पक्ष र सरकारी पक्षबीचको दोहोरो भिडन्तमा धेरैै मानिसको ज्यान गयो । त्यसका अतिरिक्त युद्धमा संलग्न नरहेका गैरसैनिक नागरिकसमेतले मृत्युवरण गर्नुप¥यो । यातना तथा यौनजन्य हिंसा भए, धेरै सङ्ख्यामा मानिस बलपूर्वक बेपत्ता पारिए । उनीहरुले अझैसम्म न्याय नपाएको एड्भोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता इन्दिरा आचार्यको भनाइ छ ।
"बेपत्ता पारिएका व्यक्तिका परिवारका सदस्यले अचल सम्पत्तिको हक हस्तान्तरण तथा परिवारको कल्याणका लागि यथोचित प्रयोग गर्नबाट कानूनीरूपमा नै वञ्चित हुनु परिरहेको, द्वन्द्वकालमा गैरकानूनी तरिकाले कब्जा गरिएका सम्पत्ति फिर्ता हुन नसकेको तथा विस्थापित आफ्नो थातथलोमा फर्कन नसकेको, द्वन्द्वका समयमा रोजगारी गुमाएका शिक्षक तथा कर्मचारीको पीडा सम्बोधन हुन नसकेको, बहिगर्मित बाल लडाकू युद्ध अपराधका पीडित भएर पनि राज्यबाट यथोचित सम्मान तथा परिपूरणसमेत पाउन सकेका छैनन्", भन्नुहुुन्छ अधिवक्ता आचार्य ।
विसं २०५२ देखि २०६२ सम्म चलेको द्वन्द्वमा दशौँ हजार मानिस जबर्जस्ती बेपत्ता, यातना, बलात्कार तथा गैरन्यायिक हत्याको पीडित बने । उनीहरू अझैसम्म पनि सत्य र न्यायको प्रतीक्षामा छन् । "हामी त भाग्यबाट ठगियौँ, राज्यबाट ठगियौँ, घरपरिवार र समाजबाट ठगियौँ", द्वन्द्व प्रभावित बुटवल–८ की राधिका श्रेष्ठ गुनासो गर्नुहुन्छ, "हामी त सबैतिरबाट ठगियौँ ।"
स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधि भोट माग्दै दैलोमा डुले पनि सङ्क्रमणकालीन न्यायका विषयलाई सम्बोधन गर्न नसकेको बुटवल उपमहानगर–२ की द्वन्द्व प्रभावित जया पौडेलको भनाइ छ । "जुन वडामा द्वन्द्व प्रभावित छन् उसको गाँस, बास र कपासका लागि सम्बन्धित वडालाई जिम्मेवारी दिइनुपर्छ", पौडेल भन्नुहुन्छ ।
सङ्क्रमणकालीन न्यायभित्र सत्य जान्न पाउने अधिकार न्याय र परिपूरणको अधिकारको व्यवस्था भए पनि सशस्त्र द्वन्द्वका क्रममा यौन हिंसामा परेकालाई परिभाषित नगरिँदा राहत र परिपूरणबाट बञ्चित हुनुपरेको समस्या छ ।
नेपालको सशस्त्र द्वन्द्वका समयमा भएका मानवअधिकार उल्लङ्घनका घटनाका कारण पीडितमा शारीरिक, आर्थिक, सामाजिक, शैक्षिक र पारिवारिक समस्या रहेकाले समस्या समाधानका लागि सरकार नै गम्भीर हुनुपर्ने द्वन्द्व प्रभावितको माग छ ।
बुटवल–११ का द्वन्द्व प्रभावित राधा पौडेल भर्खरै स्थानीय तहको निर्वाचन सकिएकाले कार्यपालिका गठन गर्दा द्वन्द्व प्रभावित एक जना सदस्य अनिवार्य राख्नुपर्ने र राज्यका कुनै पनि निकायमा नियुक्ति दिँदा र रोजगारीको व्यवस्था गर्दा उमेर हदको व्यवस्था हटाउनुपर्ने माग गर्नुहुन्छ ।
द्वन्द्वका क्रममा भएका गम्भीर उल्लङ्घनमा सफल अभियोजन अहिलेसम्म हुन नसकेको र अदालतले घटनामा अनुसन्धानका लागि आदेश दिँदा पनि सम्बन्धित निकायले आदेश पालन नगरेको द्वन्द्व प्रभावित बुधु पासीको गुनासो छ ।
"सशस्त्र द्वन्द्वकालका घटनालाई अनुसन्धान गरी समस्या समाधान गर्न सरकारले गठन गरेको बेपत्ता छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐन संशोधन गर्न आवश्यक छ भन्नुहुन्छ", अधिवक्ता शिव गौडेल । "आयोग पीडितमैत्री हुनुपर्छ, त्यहाँ पीडितको प्रतिनिधि छैन । पीडितलाई सत्य, न्याय र परिपूरणको सन्तुष्टि हुनुपर्छ", उहाँ भन्नुहुन्छ ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा दर्ता भएका उजुरीको सङ्ख्या तीन हजार २८८ छ । यी उजुरीमध्ये २७७ सत्यनिरुपण तथा मेलमिलाप आयोगमा पठाइएको छ । उजुरीका आधारमा बेपत्ता पारिएका व्यक्तिको सङ्ख्या दुई हजार ५७० रहेको आयोगको तथ्याङ्क छ ।
विस्तृत शान्तिसम्झौता र नेपालको अन्तरिम संविधान, २०६३ को मर्म र भावनालाई आत्मसात् गरी सशस्त्र द्वन्द्वका क्रममा व्यक्ति बेपत्ता पार्ने घटनाको छानबिन गरी वास्तविक तथ्य जनसमक्ष ल्याउन, सो घटनाबाट पीडित व्यक्तिलाई परिचयपत्र प्रदान गरी परिपूरणको व्यवस्था गर्न तथा त्यस्तो कार्यमा संलग्न व्यक्तिलाई कानूनी कारबाहीका लागि सिफारिस गर्न र संस्थागत सुधारसमेतको उद्देश्यले बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न विसं ०७१ साल माघ २७ गते सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन भएको हो । रासस | 2022/06/27 08:26:43 | https://www.samayapost.com/05/240924.html | mC4 |
'म यस्तो गीत गाउँछु'मा प्रेमिल राज र वर्षा « Khabarhub
'म यस्तो गीत गाउँछु'मा प्रेमिल राज र वर्षा
राज र वर्षा
काठमाडौं–गायक सुगम पोखरेल र गायिका सुष्मा विश्वकर्माको स्वरमा समावेश 'म यस्तो गीत गाउँछु' बोलको गीत सार्वजनिक भएको छ । गीतमा सत्यराज चौलागाइँको शब्द, सरोज प्याकुरेलको संगीत छ । गीतमा उदयराज पौडेलको एरेन्ज छ ।
भिडियोमा कलाकार राज कटुवाल र अभिनेत्री वर्षा शिवाकोटी फिचर्ड छन् । गीतले एक युवक र एक युवतीविचको प्रेम र वाचाको कथा भन्छ । राज र वर्षा पछिल्लो समयमा वास्तविक प्रेमका कारण चर्चामा आएका जोडी हुन् ।
भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी र निर्देशन, सौरभ लामाको छायांकन र अर्जुन जिसीको सम्पादन छ ।
रेनिश फागोको कलर, सुरेश काफ्लेको ड्रोन, सरोज पाण्डे र हरि काव्या थापाको मेकअप रहेको भिडियोमा इश्वर सिन्केमान र हिमाल श्रेष्ठ मुख्य सहायक छायाकार, निर्मल खत्री र दीपक सिके सहायक कोरियोग्राफी र सुदीप ढकाल प्रोडक्सन डिजाइनर हुन् । | 2022/01/19 04:31:29 | https://www.khabarhub.com/2021/27/300763/ | mC4 |
कोभिड–१९ र दक्षिण कोरियाका नेपाली विद्यार्थी – Kathmandu Page
कोभिड–१९ र दक्षिण कोरियाका नेपाली विद्यार्थी
काठमाडौँ पेज २७ भाद्र २०७७, शनिबार १३:१९
डा. बोजिन्द्र तुलाचन राजु रसाली
हाल विश्व कोभिड १९ सँग लडिरहेको छ । यसले संसारका धेरै देशहरूमा प्रत्यक्षरुपमा मानवीय क्षति गरिरहेको छ । कोभिड-१९ ले समाजमा सामाजिक, राजनैतिक, आर्थिक र शैक्षिक क्षेत्रमा प्रत्यक्ष रुपमा प्रभाव पारेको पाइन्छ । कोभिड-१९ पछि संसारका धेरै शैक्षिक केन्द्रहरू, विश्वविद्यालयहरू पूर्णरुपमा बन्द जस्तै छन् यसले गर्दा धेरै विद्यार्थीहरुका भविष्य अन्योल थपिएको छ । विश्वका १९२ देशहरुले स्थानीय रूपमा सबै शैक्षिक संस्थाहरु बन्द गरेका छन् ।
यतिबेला विश्वभर करिब १ अर्ब ७२ करोड ४६ लाख ५७ हजार ८७० विद्यार्थीहरुको दैनिक पठनपाठन र नियमित परीक्षाको तालिका अवरुद्ध भएको थियो । तर संसारका धेरै विकसित देशहरुले अनलाइनमार्फत विद्यार्थीहरुलाई शिक्षा दिइरहेका छन् तर नेपालमा भने अधिकांश ग्रामीण क्षेत्रका विद्यार्थीहरु आधुनिक प्रविधि नहुँदा अनलाइन कक्षा लिनबाट वञ्चित रहनुपरेको छ ।
'नेपाल सरकार शिक्षा मन्त्रालयले आर्थिक वर्ष २०७४र ७५ मा जनाए अनुसार ५८ हजार ७ सय ५८ जना नेपाली विद्यार्थीहरू विदेश पढ्न गएका छन । यस्ता विद्यार्थीहरूबाट ११ करोड ,७५ लाख १६ हजार राजस्व उठेको थियो ।'
कोभिड-१९ ले अन्य क्षेत्रमा जस्तै शैक्षिक क्षेत्रमा निकै ठूलो प्रभाव पारेको छ । शैक्षिक क्षेत्र र विद्यार्थीमा पारेको असरको बारेमा धेरै छलफल र बहस हुनुपर्ने हो तर यसबारेमा सम्बन्धित निकायको कुनै पनि सरोकार देखिँदैन । शिक्षा क्षेत्रमा देखिएका समस्या र नयाँ विकल्पहरु नहुँदा धेरै युवायुवतीहरु अध्ययनको लागि बिदेशिन बाध्य छन् ।
देशमा पछिल्लो समय आएको राजनैतिक परिवर्तनले पनि शिक्षा क्षेत्रमा खासै उल्लेखनीय परिवर्तन गर्न सकेन किनकि शिक्षा क्षेत्रलाई राज्यले कहिल्यै पनि मुख्य बिषय बनाउन सकेन । नेपालको पछिल्लो तथ्यांकलाई हेर्ने हो भने पनि करिब ७० लाख मानिसहरू रोजगारी ,उच्च शिक्षा र व्यवसायिक तवरले बाहिर छन् । यसरी बाहिरिएका ठूलो जनशक्तिलाई कोभिड–१९ ले निकै ठूलो प्रभाव पारेको छ ।
धेरैको रोजगारी गुमेको छ, विद्यार्थीहरुले धेरै किसिमका समस्याहरु भोगिरहेका छन् यसबारेमा सरकारको खासै ध्यान गएको देखिँदैन । विद्यार्थीहरु चाहे स्वदेशमा हुन् वा विदेशमा अहिलेको विषम परिस्थितिमा निकै ठुला र समस्याहरु भोगिरहेका छन् खास गरेर विदेशमा रहने नेपाली विद्यार्थीहरुका आफ्नै किसिमका समस्याहरु छन् विद्यार्थीहरुका समस्याहरुलाई साझा समस्याको रुपमा पनि बुझ्न सक्नु पर्दछ ।
नेपाल सरकार शिक्षा मन्त्रालयले आर्थिक वर्ष २०७४र ७५ मा जनाए अनुसार ५८ हजार ७ सय ५८ जना नेपाली विद्यार्थीहरू विदेश पढ्न गएका छन । यस्ता विद्यार्थीहरूबाट ११ करोड ,७५ लाख १६ हजार राजस्व उठेको थियो । विद्यार्थीहरुबाट राजस्व लिन तयार रहने सरकार हाल कोभिड-१९ को यो विषम परिस्थितिमा विदेशमा पढ्न गएका विद्यार्थीहरूका समस्याका बारेमा भने मौन छ ।
'कोभिड-१९ पछि आएका समस्याहरूको बारेमा हामी नेपाली विद्यार्थीहरु एक आपसमा मिलेर समस्या समधान गरिरहेका छौं । दुःख लाग्छ यस्तो विषम परिस्थितिमा पनि राज्यले विदेशमा पढ्न गएका आफ्ना विद्यार्थीहरूलाई कुनै पनि वास्ता गरेको छैन ।'
हाल देशको पछिल्लो अवस्थामा हेर्दा १९ देखि २५ बर्ष सम्मका युवायुवतीहरू विदेश पढ्न गएका छन् । विदेश पढ्न आएका हाल अधिकांश नेपाली विद्यार्थीहरुको अनलाइन मार्फत आफ्ना कक्षाहरु सञ्चालन गरिरहेका छन् ।
कोभिड-१९ले नेपाली विद्यार्थीहरुमा धेरै ठाउँमा साझा समस्याहरु देखा परेका छन् विगत ३ वर्षदेखि गोरखा घर भई हाल ताइवानमा National Chung Cheng university पढ्दै आएका जीवन श्रेष्ठका अनुसार ताइवानमा पढाइ सकेर नेपाल फर्कन चाहने विद्यार्थीहरूको लागि कुनै पनि विकल्प भएको छैन ।
कोभिड-१९ पछि आएका समस्याहरूको बारेमा हामी नेपाली विद्यार्थीहरु एक आपसमा मिलेर समस्या समधान गरिरहेका छौं । दुःख लाग्छ यस्तो विषम परिस्थितिमा पनि राज्यले विदेशमा पढ्न गएका आफ्ना विद्यार्थीहरूलाई कुनै पनि वास्ता गरेको छैन । विदेश पढ्न आएका अधिकांश विद्यार्थीहरुमा कोभिड-१९ संगै सामाजिक, आर्थिक र मानसिक रुपमा निकै तनावहरु बढ्दैछ । यस्ता तनावले विद्यार्थीहरूको शैक्षिक गुणस्तर विकास गर्ने कुरामा प्रत्यक्षरुपमा असर पर्ने देखिन्छ ।
त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभाग कीर्तिपुर काठमाडौंका उपप्रधापक तथा समाजशास्त्री दिपेश घिमिरेका अनुसार हाल देश छोडेर विदेशमा बसेर अध्ययन गरिरहेका अधिकांश नेपाली विद्यार्थीहरुमा यतिबेला निकै ठूलो चिन्ता र समस्या बढेको छ । राज्य सबै नागरिकको अभिभावक हो । राज्यसँग सबै विकल्पहरू खुला छन् ।
तर विदेशमा गएका नागरिकहरूलाई राज्यले कहिल्यै पनि आफ्नो नागरिक सम्झेको पाइँदैन । संसारका धेरै ठाउँहरुमा छरिएर रहेका नेपाली विद्यार्थीहरुका लागि यतिबेला ठूलो संकट छ । उनीहरु मानसिक रुपमा पीडित छन्। बेरोजगारी छन् , पढाइको चाप छ । त्यसकारण धेरै नेपाली विद्यार्थीहरुमा धेरै प्रकारका समस्याहरु थपिँदैछन् यसतर्फ राज्यको ध्यान जानुपर्ने देखिन्छ ।
पछिल्लो समय दक्षिण कोरिया नेपाली विद्यार्थीहरूको लागि एउटा निकै राम्रो शैक्षिक गन्तव्यको रुपमा परिचित बन्दैछ । कोरिया आएर धेरै विद्यार्थीहरुले उच्चशिक्षा हासिल गरिरहेका छन् । खास गरेर रोजगारीको सिलसिलामा नेपालीहरु धेरै कोरियामा रहेपनि पछिल्लो समय उच्च शिक्षा अध्ययनका लागि नेपालीहरु कोरिया आउने र कोरियाबाट पढाइ सकेर नेपाल फर्कने क्रम पनि बढ्दै गरेको छ ।
कोरियन सरकार बिदेशी विद्यार्थीहरु प्रति सहज र सरल नीतिका कारण पनि नेपाली विद्यार्थीहरूको संख्या दिनानुदिन बढ्दै जानु हो । कोरियामा नेपाली विद्यार्थीहरुका लागि धेरै सम्भावना र चुनौतिहरु पनि छन् अधिकांश नेपाली विद्यार्थीहरु आफ्नो पढाइ सकेर कोरियामा नै निरन्तर रुपमा बस्दै आइरहेका पनि छन् । सुरुका दिनहरुमा कोरियामा अध्ययन गर्न आउने विद्यार्थीहरूका लागि भाषाको समस्या रोजगारी नपाउनु जस्ता समस्याहरु पनि छन् ।
तर पनि केही विद्यार्थीहरु कोरियन रेष्टुरेन्टहरुमा, साना तथा मझौला कम्पनीहरुमा र पछिल्लो समय खोलिएका रेमिट्यान्स कम्पनीहरुमा प्रशस्त रुपमा रोजगारी पाइरहेका पनि छन् । लामो समयदेखि कोरीया बस्दै आएका पोखराका तेज सुनुवारका अनुसार कोरियामा उच्चशिक्षा हासिल गर्न सके निकै राम्रा सम्भावनाहरु पनि रहेको र दैनिक रुपमा गुजारा चलाउन पनि त्यति गाह्रो नभएको अनुभव छ ।
नेपालबाट कोरिया अध्ययनको लागि आउने भनेका प्रायजसो दुई प्रकारका विद्यार्थीहरु आउने गरेका छन् । एउटा कोरियन भाषा D-4 भिसा र अर्को D-4 भिसा अथात एकाडमिक यस्ता धेरै विद्यार्थीहरु कोरियामा अध्ययन गरिरहेका छन् । यसरी अध्ययन गरिरहेका नेपाली बिद्यार्थीहरुका आफ्ना नयाँ र नौला अनुभवहरु पनि धेरै छन् ।
कोभिड-१९ को समस्याले गर्दा नेपालबाट कोरिया आउन नपाएका र कोरियाबाट नेपाल गएका केहि बिद्यार्थीका समस्याहरू पनि छन । कोरियामा कोभिड-१९ फैलन सुरु गरेपछि Calvin university मा मास्टर गरिरहेका म्याग्दीका प्रदिप बज्राचार्य नेपाल गए तर नेपालमा पनि कोभिड-१९ फैलावट र अन्तर्राष्ट्रिय उडानमा लगाइएको रोकका कारण उनी कोरिया फिर्ता हुन सकेका छैनन् । उनको यही सेप्टेम्बरमा भिसा सकिँदै छ ।
यो त एउटा उदाहरण मात्र हो यस्ता धेरै विद्यार्थीहरु यस्ता किसिमका समस्या परिरहेका छन् । कोभिड-१९ को महामारीकै समयमा कोरिया प्रवेश गरेका धेरै नेपाली विद्यार्थीहरुमा निकै ठूला समस्याहरु पनि देखापर्दै गरिरहेका छन् । आफ्नो नाम बताउन नजाने उनीहरुका अनुसार खानको समस्या ,रुम को समस्या, बस्नको समस्या र काम नपाउने जस्ता कुराले उनीहरुलाई दिनानुदिन तनाव थपिदै गरिरहेको बताउदछन ।
कोभिड-१९ को असर सँगै कोरियामा रहेका अधिकांश विश्वविद्यालयहरूले विद्यार्थीहरुका लागि अनलाइनमा क्लास सञ्चालन गरिरहेका छन् यसरी अनलाइनमा सञ्चालन गरिरहेका कक्षाहरुमा केहि युनिभर्सिटीका विद्यार्थीहरु सन्तुष्टि छन् भने अधिकांश युनिभर्सिटीका विद्यार्थीहरुमा सन्तुष्टि देखिँदैन ।
अनलाइन क्लासमा केही असर पर्यो तर रिसर्च, ल्याबमा खासै असर परेन तर दगकष्लभकक ल्याब भने पुरै बन्द हुन पुग्यो । यसले गर्दा हामीलाई निकै ठूलो समस्या भइरहेको बताउदछन Ajou युनिभर्सिटीमा PhD अध्यानरत सुशिल गैरे ।
सरकार शिक्षा मन्त्रालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४-७५ यस मन्त्रालयमार्फत लिएर १०२९ जना विद्यार्थी कोरिया गएको तथ्यांक छ । त्यस्तै कोरियन सरकारको २०१९ मार्च ३१ तारिकसम्म को तथ्यांक अनुसार D-2 भिसामा रहेका १६८४ , D-2 विषयमा रहेका २४३ गरी १९२७ जना नेपाली बिद्यार्थीहरुको हाल दक्षिण कोरियामा रहेको जनाएको छ ।
हाल यो संख्या निकै बढेको Nepalese Student in Korea- SONSIK का उपाध्यक्ष सिरी सत्यालको अनुमान छ । विद्यार्थीहरुमा बेरोजगार बढ्दै गएसँगै नेपालबाट पैसा ल्याएर पनि आफ्नो गुजारा चलाउनुपर्ने अवस्था धेरै विद्यार्थीमा आएको पाइन्छ । सामान्यरूपमा पाईएका पाट टाईम कामहरुबाट पनि दैनिक गुजारा चल्न निकै कठिन बन्दै गएको छ ।
यस्तै लामो समयदेखि कोरियमा बस्दै आएका जुम्लाका हाल पीएचडी अध्ययनरत विद्यार्थी पदम कार्कीको आफ्नै अनुभव छ । उनी भन्छन् पुराना दिनहरुमा कोरियामा कामहरु पनि राम्रै पाइन्थ्यो । अहिले कोभिड-१९ वृद्धि र नेपाली विद्यार्थीहरूको संख्या वृद्धिले गर्दा पनि कोरियामा विद्यार्थीहरुका लागि कामहरुमा समस्या आएको छ ।
उनी थप्छन् अनलाइन कक्षाहरु सञ्चालन हुन थालेपछि हाल आएका नयाँ विद्यार्थीहरुले प्रोफेसरसंग प्रत्यक्ष भेटघाट गर्न पाएका छैनन् भने विश्वविद्यालयका अन्य अनुभवहरु बाट पनि वञ्चित छन् । त्यसकारण नेपाली विद्यार्थीहरु कै विचमा पनि एकप्रकारको छलफलको बहसको हुनु जरुरी देखिन्छ ।
कोरिया स्थित नेपाली दूतावासले पनि कोभिड-१९ को समयमा विद्यार्थीहरुमा उत्पन्न भएका विभिन्न समस्याहरुलाई सम्बोधन गर्न र छलफल गर्न नसकेको स्वीकार गर्दछ । आशा गरौ कोरियालगायत विभिन्न देशमा रहेका नेपाली विद्यार्थीहरुका समस्याका बारेमा सम्बन्धित निकायले छिटोभन्दा छिटो ध्यान दिनेछन् ।
कोभिड-१९ शिक्षा क्षेत्रमा पारेको असर र यसले विद्यार्थीहरूको जीवनमा पर्ने प्रभाव निकै गम्भीर हुने देखिन्छ । विदेशमा पढ्न आएका विद्यार्थीहरूका तत्कालका समस्याहरु मात्र नभएर दीर्घकालीन रूपमा पढेर फर्किसकेपछि के गर्ने भन्ने कुरा पनि महत्वपूर्ण छ । विदेशमा पढेका र उनीहरुलाई कसरी परिचालन गर्ने भन्ने बारेमा राज्यले खासै चासो दिएको छैन ।
राज्यले शिक्षा क्षेत्रलाई मुख्य प्राथमिकताका साथ अगाडि बढाउँदै विकास गर्नुपर्दछ । शिक्षामा देखिएको विभेदकारी नीति जसले सरकारी र निजी गरेर शिक्षा छुट्याएको छ । यसकारणले पनि शिक्षामा विकास हुन नसकेको हो ।
यसतर्फ राज्यको ध्यान जानु जरुरी हुन्छ । नेपालको ठूलो शिक्षित जनशक्ति बाहिर छ यसबाट पनि राज्यलाई निकै ठूलो घाटा परिरहेको छ । विदेश पढ्न जाने भनेर नेपालमा पढ्नलाई निरन्तरता नदिने युवा युवतीहरूको संख्या पनि निकै बढी छ । हामी कहाँ १२ कक्षा पास गरेपछि विदेश जाने र कमाउने धेरैको सपना छ ।
तर विदेशमा गएपछिका समस्याहरूमा भने धेरै जानकार छैनन । पढ्न जाने देशका बारेमा जानकारी लिन नसक्ने, जुन विषय र जुन देश भए पनि हुने , सम्बन्धित देशका शिक्षा नितिहरूका बारेमा जानकारी नहुने जस्ता कारणले पनि नेपाली विद्यार्थीहरू विदेशमा निकै दुःख पाएका धेरै उदाहरणहरू छन । सरकारले पनि कुन तहका विद्यार्थीहरूलाइ विदेश पढ्न जान दिने भन्नेमा नियम बनाइदिनु जरूरी छ ।
ताकी उनीहरू विदेशमा गएर पनि पढाइ छोड्न नपरोस् । लाखै रूपैया लिने र विदेश पढ्न पठाउने धेरै शैक्षिक कन्सलटेन्सिहरू नेपालमा क्रियाशिल छन । उनीहरुले विद्यार्थीहरुलाई लाग्नेभन्दा दोब्बर पैसा लिने र अनावश्यक आश्वासनहरु दिने गरेको धेरै विद्यार्थीहरूको गुनासो छ ।
सरकारले विदेश पढ्न जाने विद्यार्थीहरुलाई कम गरि नयाँ विषयहरु स्थापना गरेर स्वदेशमै शैक्षिक जनशक्ति विकास गरी स्वदेशमै लगानी गर्न सके निकै प्रभावकारी हुने थियो ।
सके सरकारले हालका शैक्षिक कन्सलटेन्सीहरुबाट गर्दै आइरहेका मनपरी पैसा लिने कामलाई तत्काल तत्काल रोक्नुपर्छ । शैक्षिक कन्सलटेन्सीहरुले विद्यार्थीहरुलाई विदेश पढ्नकोलागि भन्दा पनि रोजगारी गर्न गएको जस्तो व्यवहार गरिरहेका छन् । त्यसकारण यस क्षेत्रमा पनि राज्यले तत्काल मापदण्डहरु बनाएर शैक्षिक कन्सलटेन्सीहरुलाई निगरानी गर्नुपर्ने देखिन्छ ।
कन्सलटेन्सीहरुलाई निगरानी गर्नुपर्ने देखिन्छ । भने कोभिड-१९को परिस्थिति बिदेशमा रहेका सम्पूर्ण विद्यार्थीहरुका समस्याहरुलाई मध्यनजर गर्दै सम्बन्धित निकाय अथवा राज्यबाट आर्थिक ,सामाजिक र मनोवैज्ञानिक जस्ता कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने देखिन्छ । साभारः SONSIK स्मारिका, २०२० दक्षिण कोरिया । | 2020/11/28 20:00:27 | https://kathmandupage.com/2020/09/12/30593.html | mC4 |
चीनबाट विद्यार्थी नेपाल ल्याउनुभन्दा उतै उपचार गरेर निको पार्न सुझाव – Nepal Japan
नेपाल जापान २६ माघ १८:४६
सरकारले कोरोना भाइरसले संक्रमित भएको चीनको वुहानबाट ल्याइने नेपाली विद्यार्थीहरुलाई उपत्यकाका चार ठाउँमा राख्ने बताउँदै आएका बेला नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले चीनबाट उद्दार गरिने नेपालीलाई काठमाडौं उपत्यकामा राख्न नहुने बरु चीनमा उपचार गरेर निको पार्नुपर्ने सुझाव दिनुभएको छ । उहाँले चीनमा कोरोना भाइरस फैलनुमा अमेरिकाको हात रहेको हुनसक्ने आशंका समेत व्यक्त गर्नुभएको छ ।
आइतबार नेपाल क्रान्तिकारी किसान संघ भक्तपुर जिल्ला समितिको सातौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उहाँले काठमाडौंमा राखे महामारी फैलिने सम्भावना बढ्ने भएकाले उपचार गराएर निको पार्नुपर्ने सुझाव दिंद भन्नुभयो, काठमाडौं उपत्यकाका चार ठाउँ र भक्तपुरको दुई ठाउँमा राख्ने भनेका छन् । काठमाडौंमा राख्नु हुन्न, महामारी फैलिने सम्भावना हुन्छ, बरु ती विद्यार्थीलाई उतै चीनमै उपचार गराएर निको पार्नुपर्छ' ।
अध्यक्ष विजुक्छेले कोरोना भाइरस लागेका संक्रमितको उपचारका लागि नेपाल सरकारसँग राम्रो तयारी नभएको बताउँदै चीनले सो भाइरसको संक्रमणलाई प्रतिरोध गर्न तीब्र गतिमा काम गरिरहेकाले विद्यार्थीलाई नेपाल फर्काउनु वुद्धिमानी नहुने समेत उल्लेख गर्नुभयो ।
अध्यक्ष विजुक्छेले अमेरिकाले विभिन्न देशसँग आफूले विविन्न तरिकाले जित्न नसकेपछि विभिन्न भाइरस र रोग फैलाउँदै विश्व राजनीति गर्दै आएको स्मरण गराउँदै यसको पछाडि पनि अमेरिकाको हात रहेको हुनसक्ने आशंका गर्नुभएको हो । | 2022/01/17 08:02:10 | https://www.nepaljapan.com/02/09/488279/ | mC4 |
वन विकासको बाधक होइन, समृद्धिको आधार हो : वन तथा वातावरणमन्त्री | HimalDarpan
वन विकासको बाधक होइन, समृद्धिको आधार हो : वन तथा वातावरणमन्त्री
वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले पूर्वाधार विकासमा वन तथा वातावरण मन्त्रालय बाधक नभई समृद्धिको साधक भएको दावी गर्नुभएको छ । वार्तामा उहाँले वन पैदावार समृद्धिका लागि सदुपयोग गर्नेगरी नीति बनाइएको उल्लेख गर्दै आगामी दिनमा परिणाम प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री बस्नेतसँग गरिएको अन्तवार्ताको सम्पादित अंशः
हाम्रा ऐन, कानून, मान्यता वन आर्थिक क्षेत्र हो भन्ने मान्यताबाट कहिल्यै पनि निर्देशित भएन । हामीले नेपाल वन ऐन, राष्ट्रिय वन नीति, नेपाल वन नियमावलीलगायत दस्तावेजमा हरियो वन नेपालको धन बन्नुपर्छ त्यसका लागि वन आर्थिक क्षेत्र हो, यसले नेपालको आर्थिक विकास र समृद्धिमा योगदान पुर्याउनुपर्छ, त्यसका निम्ति वनको समग्र क्षमतामा बहुआयामिक ढङ्गले यसको सदुपयोग गर्नुपर्छ भन्ने विषयलाई हामीले कानूनतः स्थापित गरेको छौँ । अब हरियो वन नेपालको धनका रुपमा विकास हुन्छ भन्ने मेरो विश्वास छ ।
– वन्यजन्तु र मावनको सम्बन्ध अन्तरविरोधी बन्न पुगेको छ । हामीले वन्यजन्तुको व्यवस्थापनका बारेमा पनि सोचेका छौँ । हाम्रो क्षमताले कति धान्छ, कति आवश्यक छ, त्यसको रणनीतिक योजना बनाएका छौँ । यस्तै वन्यजन्तुको पालन र प्रजननमा पनि हामीले नीतिगत, कानूनी व्यवस्था गरिसकेका छौँ । यही वर्षदेखि हामी वन्यजन्तुको पालन र प्रजननका कामलाई पनि व्यवस्थित ढङ्गले अगाडि बढाउँछौँ । यसले वन्यजन्तुको संरक्षण र व्यवस्थापनमा पनि सहयोग पुर्याउँछ । वन्यजन्तुको व्यावसायिक पालनले चोरी–सिकारी पनि नियन्त्रण गर्छ ।
संरक्षण क्षेत्रको क्षमता सही ढङ्गले विश्लेषण गर्ने र त्यस क्षमताभित्रका वन्यजन्तुलाई त्यही राख्ने र बाँकीलाई स्थानान्तरण गर्नुपर्ने हो कि वा अन्य कुनै विधिद्वारा व्यवस्थापन गर्नुपर्ने हो ? तेस्रो कदम यति गर्दागर्दै पनि फेरि द्वन्द्व सम्पूर्ण रुपमा निवारण हुन्छ त ? भन्दा केही न केही बाँकी हुन्छन् । वन्यजन्तुले आएर भौतिक, आर्थिक तथा मानवीय क्षति पुर्याएको अवस्थामा आर्थिक सहायता उपलब्ध गराउने काम सँगसँगै गर्नुपर्ने हुन्छ । यी तीन क्षेत्रबाट मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका निम्ति सघाउन पुर्याउँछ । हामी यही ढङ्गबाट काम गरिरहेका छौँ ।
–प्राणी उद्यानका रुपमा विकास गरेर केही वन्यजन्तुको व्यवस्थापन गर्न सकिन्छ । हामीले ठूलो क्षेत्र समेट्ने गरी भक्तपुरको सूर्यविनायकमा प्राणी उद्यान निर्माण गर्न गुरुयोजना सम्पन्न गर्यौँ । यस वर्ष विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्दैछौँ । डीपीआर सम्पन्न हुने बित्तिकै निर्माण गर्नेछौँ । सबै प्रदेशमा पनि प्राणी उद्यान निर्माण गर्नुपर्छ । केही स्थानीय तहले पनि प्राणी उद्यान निर्माण गर्छौं भनेका छन् । प्राणी उद्यानको नियमन र व्यवस्थापनका लागि मन्त्रालयअन्तर्गत रहनेगरी संयत्रको आवश्यकता पनि हामीले गरेका छौँ ।
–यो आंशिकरुपमा सत्य हो । चितवनबाट बर्दियामा स्थानान्तरण गरिएको गैँडा हुर्कनै नसक्ने भन्ने निष्कर्ष निकाल्नु गलत हो । त्यसको सम्भावना नै छैन भन्ने होइन, सङ्क्रमणको विशेष परिस्थितिमा सुरक्षा व्यवस्था अलि कमजोर हुँदा समस्या आएको हुनसक्छ, त्यसबेलामा पु¥याउनुपर्ने ध्यान नपुगेको हुनसक्छ । तर यो आजको कुरा होइन, धेरै अघिको हो । जतिबेला नेपाल चर्को सङ्क्रमणको ढङ्गबाट गुज्रिरहेको थियो । त्यतिबेला राज्यका तर्फबाट पु¥याउनुपर्ने सुरक्षा व्यवस्थालगायत सम्बन्धित निकायबाट पुर्याउनुपर्ने सुरक्षात्मक उपाय नपुगको अवस्था थियो ।
हाम्रा नीति कानूनका कारण विकासलाई प्रभावित बनाएका कुरालाई हामीले स्वीकार गरेको छौँ । हामीले विकास विरोधी कानूनलाई सुधार गरेका छौँ । सुधार के भनेर गर्यौ भने, पहिलो विकास आयोजना निर्माण गर्नुपर्दा वातावरणीय प्रभाव मूल्याङ्कन (इआए) र प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) गर्नुपर्ने हुन्थ्यो । कहीँ सानो एउटा पानी ट्याङ्की निर्माण पर्यो भने कि इआए कि आइई गर्नुपथ्र्याे । अत्यन्त साना आयोजना निर्माणलाई सहज बनाउन 'संक्षिप्त वातावरणीय मूल्याङ्कन' गर्ने व्यवस्था गरेका छौँ । वन ऐन तथा वातावरण संरक्षण ऐनमा त्यो व्यवस्था गरेका छौँ ।
– त्यही कोषमा पैसा जम्मा हुन्छ र त्यो पैसा वन विकासबाहेक अन्यन्त्र खर्च गर्न पाइन्न । वृक्षरोपण, वन संरक्षण र विकासमै खर्च हुन्छ । यसले विकास र वातावरणबीचको सन्तुलन कायम गर्न सघाउ पुर्याउँछ । यो काम तत्काल गर्दैछौँ । यसका अतिरिक्त हामीले यस वर्षलाई पाँच करोड वृक्षरोपण वर्ष भनेका छौँ । पाँच करोड बिरुवा रोप्दै छौँ । यसको ठोस् कार्यायोजना बनाइसकेका छौँ । वृक्षरोपणसम्बन्धी बुझाइ त्यति राम्रो छैन नेपालमा । तर यस वर्ष हामीले कहाँ कुन बिरुवा रोप्यौँ, त्यसको अवस्था के छ ? प्रस्ट हुने गरी सार्वजनिक गर्छौं । वृक्षरोपणसम्बन्धी मान्छेका बुझाइ हामी बदल्छौँ ।
– प्रश्न काठ काट्ने कुरामात्र गरेका छैनौँ, ढलापढा रूखको व्यवस्थापनको कुरा गरेका छौँ । अब उमेर सकिन थालेका रूखलाई राखेर त भएन नि । नयाँ रूख रोप्नुप¥यो । बुढो रूखको व्यवस्थापन पनि गर्नुपर्यो । रूख त्यसै कुहिन दिन भएन, अनावश्यक लगानी भइरहेको हुन्छ । एउटा निश्चित अवस्थासम्म रूखको राम्रोसँग संरक्षण गरौँ । निश्चित आयुपछि त्यसको व्यवस्थापनका बारेमा पनि सोच्नुपर्छ ।
– हो, रूख कटान वैज्ञानिक वन व्यवस्थापनसँग पनि सम्बन्धित छ । भलै अहिले वैज्ञानिक वन व्यवस्थापनको काम प्रदेश सरकारले गर्छ । सङ्घीयताको विषयमा अलमल हुँदा कतिपय समस्या देखिएका छन् । मान्छेका बुझाइका समस्या छन् । प्रदेश सरकार, स्थानीय सरकारले के काम गरिरहेका छन् भन्ने विषय नबुझ्दा सङ्घीय सरकारले काम गर्यो कि गरेन भनेर अलमलमा परिरहेका छन् । स्थानीय तहले गर्नुपर्ने काम छ, त्यो सङ्घीय सरकारले ग¥यो कि गरेन भनेर खोज्न आइरहेका हुन्छन् । कतिपय प्रदेशले सम्पन्न गर्नुपर्ने काम छन्, त्यो सङ्घीय सरकार वा स्थानीय सरकारमा खोज्न गइरहेका हुन्छन् । तीनै तहका सरकारले सम्पादन गर्ने कामको पनि स्पष्टताको आवश्यकता छ ।
–त्यसलाई हामीले वैज्ञानिक बनाएका छौँ । हामी जे गर्ने हो त्यही भन्ने, लेख्ने पनि त्यही हो, तर जे भन्छौँ जे लेख्छौँ, त्यो अनिवार्यरुपमा गर्नुपर्यो । हामी कुरा धेरै राम्रा, लेख्ने कुरा पनि हाम्रा किताब, कानून, नीति, नियममा असाध्यै राम्रा, संसारका सबैभन्दा राम्रा कुरा लेखिएका छन् । लागू गर्ने कुरा भन्ने हो, लागू गर्ने कुरा लेख्ने हो । लेखेको कुरा अनिवार्य रुपमा लागू गर्ने हो ।
रारा, खप्तड, मकालु, कञ्चनजङ्गा, शुक्लाफाँटामा पर्यटक जानु पर्दैन, आज किन त्यहाँ पर्यटक पुग्न सकेका छैनन् । किन चितवन, सगरमाथा, अन्नपूर्ण र लाङटाङमा मात्र पर्यटक गइरहेका छन् । यसको जवाफ के त त्यहाँ न्यूनतम् पूर्वाधार छैनन् । बाँकी ठाउँमा न्यूनतम् पूर्वाधार छन् । हो अब न्यूनतम् पूर्वाधार ती ठाउँमा बनाएरपछि नयाँ गन्तव्य खुल्छन् नि त । पर्यटन प्रवद्र्धनमा यसले सघाउन पुर्याउँदैन, यो कुनै बेठीक कुरा भयो ? यसले संरक्षणमा कुनै चुनौती थप्छ ? चितवन, सगरमाथामा न्यूनतम पर्यटकीय पूर्वाधार बनाउँदै गर्दा ठीक त्यही कुरा रारा, खप्तड, मकालुलगायतमा गर्दा बेठीक हुन्छ ?
– जलवायु परिवर्तनसँग जोडिएका विषय नेपालको प्रमुख एजेन्डा हो । वातावरणका केही आन्तरिक पक्ष पनि छन् । यस वर्ष हामीले उपत्यकालगायत प्रमुख सहरहरुमा प्रदूषण नियन्त्रणका लागि रणनीतिक कार्ययोजनाका साथ अगाडि बढाएका छौँ । यसलाई थप प्रभावकारी बनाउन मन्त्रिपरिषबाट केही थप निर्णयको प्रक्रिया अगाडि बढाएका छौँ ।
– हाम्रो बजेटरी सिस्टममा नआएका र बीचैमा अलमलिएका अन्य दातृ निकायबाट खर्च हुने रकमलाई पनि हामीले प्रभावकारी ढङ्गबाट परिचालित गरेको छौँ । जस्तो विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को करिब १०० मिलियन अमेरिकी डलरको कार्यक्रम कालीकोट, मुगु र जुम्लामा शुरु गर्यौं। | 2021/07/27 09:55:21 | https://www.himaldarpan.com/%E0%A4%B5%E0%A4%A8-%E0%A4%B5%E0%A4%BF%E0%A4%95%E0%A4%BE%E0%A4%B8%E0%A4%95%E0%A5%8B-%E0%A4%AC%E0%A4%BE%E0%A4%A7%E0%A4%95-%E0%A4%B9%E0%A5%8B%E0%A4%87%E0%A4%A8-%E0%A4%B8%E0%A4%AE%E0%A5%83%E0%A4%A6/ | mC4 |
जातिय समस्याको समाधान अबको विकल्प के ? – email khabar | Latest news of Nepal
जातिय समस्याको समाधान अबको विकल्प के ?
प्रकाशित : २०७७ जेठ १६ गते ११:१४
पश्चिम रुकुमको घटनावारे सत्यतथ्य छानबिन र दोषीउपर कानुनी कारबाही हुन नपाउदै फ़ेरि रुपन्देहीको देबदह नगरपालिकाको -११ मा दलितमाथि अर्को घटना भयो । दलित भएकै कारण रुपन्देहीमा अगिरा पासीको रहस्यमय हत्या भएको घटना सार्बजनिक भएको हो। उक्त घटना पनि अन्तरजातीय प्रेम प्रसङ्गमा भएको उल्लेख छ । प्रेम प्रसङ्गका कारण भएको घटनाको चौथो दिन सम्म पनि पीडितका आफन्तहरुले मृतकको शव दाहसंस्कार गरेनन र न्यायका खातिर प्रहरीमा उजुरी दिए। घटनाको सत्यतथ्य छानबिन होस् । पीडितलाई न्याय र दोषीलाइ कानुनी कठघरामा ल्याइयोस।
त्यस्तै पश्चिम रुकुम घटनाको बास्तबिकतामा सिङो दलित आन्दोलन अहिले जुर्मुराएको छ। ससंदम पनि दलित सासंद पनि जुरुक्कै उठेका छन् । दलित सासंदहरु एक ढिक्का भएर पीडित पक्षलाई न्याय दिन माग गरिरहेका छन् । तर गैर दलितका केही प्रतिनिधि भने कुरा चपाएर बोल्ने गरेको पाइयो । खासमा गैर दलित केटीसङ्गको प्रेममा वाधिएका जाजरकोटका नबराज बिकले साथिभाइको साथ लिएर पश्चिम रुकुमको सोतीमारहेकी सुस्मा मल्ललाई लिन उनकै आग्रहमा गएका थिए । केटि लिन गएका १८ जना मध्ये उनि लगायत ६ जनाले ज्यान गुमाए । उनीहरु मध्ये १जनाको अहिलेसम्म जिउदो मर्दो कुनै ठेगान छैन । जहाँ सम्म भेरी नदिले बगाएर कतै मिल्काएको हुनुपर्छ । उक्त घटना जातियताको नाउँमा मानवता बिरुद्धको जघन्य अपराध हो । तर गैर दलित समुदायका केहि झुन्डले भने के निउ पाउ कनिका बुकाउ भने झै दलितहरुले जातिय मुद्दा बनाएको भन्दै समाजिक संजालहरुमा आफ्ना औचित्यहिन तुष पोखिरहेका छन । घटना जे भए पनि दोषीले कुनै हालतमा यस घटनाबाट उम्कने ठाँउ नपाउन । भलै घटनाका दोषी वडा अध्यक्ष सहितका १२ जनालाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको बुझिइएको छ । तर सम्सद्मै केहि गैर दलित प्रतिनिधिले दिएको अभिव्यक्तिले भने गाउँका ठुला बडो भनाउदा र राजनीतिक सुझबुझ तथा राजनीतिक आडभरोसामा घटनाको ढाकछोप गरि पीडितलाई न्याय दिलाउनुको साटो पिडकलाई उन्मुक्ति दिने प्रयत्न र बहानाबाजीका दाउपेचमा कुनै शंका र दुबिधा देखिदैन। र दलित साम्सदहरु पनि सम्सद्मै यस्कोकडा आलोचना र बिरोध गर्न पुगे । यस्ता घटना एक हैन, दुई हैन अनेक बार गरि पटक पटक दोहोरिएका छन् ।
केही बर्ष पहिले चुरोट सल्काउन जादा, चुलो छोइएकै निउमा कालिकोटका मनवीर सुनारको हत्या गरियो, कालिकोटको घटना सेलाउन नपाउदै दैलेखका सेते दमैले छोरो सन्ते दमैको अन्तरजातिय बिबाह कान्डमा परि ज्यान गुमाए । उनलाई गैरदलितहरुले खेदेर कुटिकुटि हत्या गरे । त्यसैगरी २०६९ साल असारतिर धादिङमा सबिकको पिडा गाबिस मुलाखर्कका दलितहरुको पुरै गाउँ बिस्थापित भए । घटनाको मुल कारण थियो, दलित केटा र गैर दलितसमुदायको केटीसङ्गको अन्तरजातीय प्रेम बिबाह । केटी पक्षकाहरूले केटा र उसको परिवारलाई मार्ने धम्कि दिएपछि उनिहरु सहित पुरै दलितहरु गाउँ छोडेर भाग्न बाध्य भएका थिए । दलितहरुलाई धारामा छुवाछूत पानी बाराबार, खानपिनमा छुवाछूत मन्दिरमा निषेध, सार्वजनिक भोज भतेरमा बन्देज । अन्तरजातिय प्रेम बिबाहमा डर धम्की कुटपिट र हत्या गरि हदैसम्मको ज्यादती, अपमान र जातीय भेदभाव तथा छुवाछूतका घटनामा कमि आउनुको साटो, निरन्तर बढेर आइरहेको छ । यस्ता प्रकारका दलित माथीको जातियतका आधारमा गरिने जुनसुकै बिभेद्को अन्त्यका लागि २०२० सालमा मुलुकी ऐन आयो । तर त्यस्को ठोस प्रभाव केही देखिएन । २०२०को मुलुकी ऐन पछि २०४७ सालको संविधानमा दलितहरुलाइ सार्बजनिक ठाँउमा विभेद गर्न नपाउने ब्यबस्था कायम गरियो तर यसको अर्थ अन्य ठाँउमा गर्न पाउने भन्ने बुझिन गयो जस्ले गर्दा त्यो संविधानले पनि दलितहरुलाई न्याय गर्न सकेन । अर्थात जातीय छुवाछूत र भेदभावमा कमि आउने कुरै भएन ।
बास्तबमा नेपालमा जातिय विभेदको पराकाष्ठा लिच्छिबीकालदेखि सुरु भएको पाइन्छ । पछि मल्लकालिन अवस्थामा जयस्थिति मल्लले यसलाई अझै ब्यबस्थित गर्दै गए । जसको असर र प्रभाव अहिले आधुनिक युगसम्म रहिरहेको छ । जस्लाइ न २०२० सालको मुलुकी ऐनले ठेगान लगाउन सक्यो न त २०४७ सालको संविधानको ब्यबस्था र २०५८ सालमा तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाले मुलुकलाई गरेको छुवाछूत मुक्त घोषणाले । न त २०६३ सालमा पुनः मुलुकलाई छुवाछुत घोषणा गरिएको ब्यबस्थाले नै। यी सबै ब्यबस्थाले दलित समुदायलाई हात्ती आयो हात्ती आयो फुस्स भएको छ। पुनश्च नेपाली दलित आन्दोलनको सिङ्गो जोड बलले २०६८ साल जेष्ठ १० गते जातीय भेदभाव, छुवाछूत र कसुर सजाय ऐन पारित भयो । तर ऐन पारित भएको ६ महिना नपुग्दै दैलेखका सेते दमै गैरदलितबाट कुटिकुटि मारिए । २०६८ को ऐन जारी हुने समय ताका कालिकोटका मनबिर सुनार र दैलेखका सेते दमैले जातका आधारमा ज्यान गुमाएका हुन् । दैलेख घटनामा सेते दमैका छोरा सन्ते दमैले शाही ठकुरिको छोरीलाई अन्तरजातीय प्रेम बिबाह गर्दा गैर दलित भनाउदाका केटी पक्षले ६०,०००र(रुपैया जरिवाना तिराए । त्यतिमात्रै नभई यसका अतिरिक्त सन्ते दमैका बुबा सेते दमैलाइ लामो विवाद र धारिलो हतियार प्रहार गरि कुटपिटपछि अमानवीय ढंगले हत्या गरे । जुन घटनामा पीडितले न्याय पाउन निकै लामै समय लाग्यो । सिङ्गो दलित आन्दोलन र मानव अधिकारबादी समाजको ठुलो जनदबाबपछी मात्रै उक्त घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन दलित आन्दोलन सफल भयो । उनीहरु अहिले जेल सजाय भोगिरहेका छन् । खासमा २०६८ को ऐन जारी भए लगत्तै झन् दलितले निरन्तर छुवाछूत, भेदभाव, अपमान अमानवीय व्यबहार सङ्गै कुटपिट र हत्या सम्मका अनेकौं घटनाहरुको सामना गर्न परिरह्यो । यथार्थमा दलितमाथि यस किसिमका घटनाहरु हम्मेसा भइरहेका छन बदलामा स्थानीय प्रशासनको रहोबरमा छुवाछूतका घटनालाई मिलेमतोमा टुंङ्याउने दुस्साहस गरिएका थुप्रै उदाहरणहरु छन् । मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । संघीय लोकतान्त्रिक गणतन्त्र मुलुकले नयाँ संविधान २०७२ पनि पायो ।
जनताको सहभागितामा जनताद्वारा जनताले निर्माण गरेको नयाँ संविधानमा दलितको हक सम्बन्धि थुप्रै ब्यबस्था गरिएको छ । छुवाछुत भेदभावलाई दण्डनीय अपराध भनि संबिधान र कानुनले जरिवाना समेत तोकेको छ । तर मुलुकले ऐतिहासिक संविधान पाएको बर्ष दिन नपुग्दै फेरि अर्का दलितले ज्यान गुमाउन पर्यो। २०७३ साल असारमा काभ्रेका अजित मिजारलाई अन्तर जातीय प्रेम बिबाह गरेको आरोपमा गैर दलित समुदायले नाटकिय शैलीमा अपहरण गरि कुटपिट पछी हत्या गरे । उनको शव धादिङको फुर्केखोला स्थित त्रिशुली नदिको किनारमा गाडीएको अबस्थामा फेला परेको थियो । उक्त घटनापछि मृतक मिजारको शव अहिले पनि काठमाडौं महाराजगन्जस्थित टिचिङ्ग अस्पतालमा बेवारिसे अबस्थामा राखिएको छ । न मृतकको दाहसस्कार हुन सक्यो न त घटनाका पीडितले न्याय पाउन सके । न त घटनाका दोषीलाई कानुनी कठघरामा ल्याउन पहल गरियो नै । देशभरिको सिङ्गो दलित आन्दोलन र दलित आन्दोलनलाई साथ दिने सम्पुर्ण मानवअधिकार तथा न्याय र लोकतन्त्रप्रेमीहरुको जोडबलले समेत उक्त घटनाको टुंगो लाग्न सकेको छैन । अर्थात सिङ्गो दलित आन्दोलनको पुरै आधिबेहरी र जनसागरको भेल उर्लदा र कुर्लदा सम्म दोषी उपर कारबाही र पीडितलाई न्याय दिलाउन हम्मे हम्मे परेको छ । यसरी हेर्दा यस्ता जातीय छुवाछूत र भेदभावपुर्ण मानवता बिरोधि जघन्य अपराधका घटनामा, अहिलेसम्मका कुनै पनि ऐन कानुन, संविधान र घोषणाका नितिगत ब्यबस्थाका कुनै पनि कार्यक्रमको प्रभाव परेको देखिदैन । यो जातपात र छुवाछूत एक जटिल र बर्गिय समस्या हो । यसको निराकरण शान्तिपुर्ण आन्दोलनका व्यबहारको परिकल्पनाबाट साकार पारौं नकि हिम्सात्मक बिद्रोहको सस्कारबाट । तर अहिले सम्मको शान्तिपुर्ण व्यबहार र बिधि बिधानसंगतको कुनै पनि ब्यबस्थाले त्यसको खास निचोड आउन सकेको देखिदैन । चाहे त्यो जहानिया राणा शासनको पतन होस, चाहे राजाको पन्चायती ब्यबस्था । या २३८ बर्ष सम्मको राजाको एकल राजतत्रात्मक त्यसो हो भने अबको बाटो के रु भनेर सोच्न पर्ने बेला भएको छ ।
संविधान, ऐन कानुन र निति नियमले निर्दिष्ट र निशेधित गरेका जातीय छुवाछूत तथा भेदभाव जस्ता व्यबहारको कुनै पनि घटनामा कमि नभएपछि अवको विकल्प के हुनसक्छ रु सोचौं । मानवीय संबेदना हराएको देशमा अहिले जसरी पुरै दुनियाँलाई आक्रान्त पारीरहेको कोरोना जत्तिकै खतरनाक भाइरस ूजातीय छुवाछूत र भेदभावपुर्ण ू कलङकको नाम निशानी, सानो तिनो जोड बलले मेट्ने नसकिने तितो सत्य यथार्थ प्रमाणित हुदै गएको छ । र खाली मल्लकालिन अबस्थामा झाङिएको र जयस्थिती मल्लले ब्यबस्था गरेको जातपात र बर्णब्यबस्थाको परम्परालाई दोष दिएर अब उम्किने अवस्था रहदैन । गहिराईमा गएर यसको विकल्पमा जातपात र छुवाछूत समस्याको जड उखेल्न जरुरी छ । जसरी अहिले पुरै दुनियालाई कोरोनाले आकुलव्याकुल पारेको छ, त्यसरी नै नेपाल र भारत लगायत दक्षिण एशियाका तमाम दलित समुदायलाई सदियौदेखि छुवाछूतपुर्ण व्यबहार, जातीय भेदभाव र अपमानित र अमानवीय व्यबहार संगै कुटपिट र हत्यासम्मका अपराधीक घटनाहरुले पलपलमा तड्पाइरहेको छ ।
अहिले पश्चिम रुकुमको सोतीमा अन्तरजातिय बिबाहको घटना र उक्त घटनामा मारिएका दलितहरु माथि कथित केहि गैर दलित प्रतिनिधिले गरेको स्मारट राजनीतीले उब्जाएको खेल कदापि दलित समुदायका लागि मान्री हुने छैन । घटनाको राजनीतिकरण अन्त्य होस् र पीडितले यथाशीघ्र न्याय पाउन सकुन् । बास्तबमा दलित समुदाय माथी भैरहने अन्याय र जातीय छुवाछूत र भेदभावपुर्ण घटनाका व्यबहारको अन्त्यका लागि जसरी कोरोना नियन्त्रण र निमुलिकरण गर्न पुरै दुनियाँ खिर्लिप्पै खनिएका छन् त्यसरी नै दलितहरुमाथीको जातीय भेदभाव र छुवाछूतको व्यबहार अन्त्य गर्न सिङ्गो दलित आन्दोलन मात्रै नभै आम उत्पीडित र बिभेद खेप्दै आइरहेका सीमान्तकृत समुदाय र मानव अधिकार, न्याय र शान्तिका पक्षमा निरन्तर बहस र वकालत गर्ने न्यायप्रेमी गैर दलित समाजको ससक्त समूहले समेत खुलेर बहस गर्न जरुरी छ। न कि दलित र गैरदलित समुदाय अलग अलग बाटो हिडेर । त्यसैले आजैदेखि सबै जना एउटा प्रण गरौं, घर परिवार र समाजको फोहोर बाटो आफै सफा पारौं । आफ्नो घर आगनको फोहोर आफैले गर्दा हुने हो र सफा पनि आफैले गर्नुपर्ने हुन्छ । त्यसैले यो घर परिवार र टोल समाजको जातिय छुवाछूत र भेदभावपूर्ण फ़ोहोर सबै मिलेर फ्याँक्न समाजका सच्चा पहरेदार बनौ, परिवर्तनका सम्बाहक बनौं । नकि अरुलाइ दोष दिएर अरुको बाटो कुरेर अनि समय पर्खेर यो समाज र रास्ट्रको परिबर्तन पाउन सकिन्छ। अहिले जसरी कालापानी, लिपुलेक र लिम्पियाधुराका लागि राष्ट्रिय स्वाधीनता र सार्बभौमसत्ताको पक्षमा सम्पुर्ण नेपाली एकजुट भएर बोल्दैछौं, नेपाल र नेपाली मातृभुमीको रक्षाका लागि सबै मिलेर नयाँ स्वर्णिम नेपालको नक्सा तयार गर्यौ, त्यसरी नै वास्तविक नयाँ नेपालको सपना साकार पार्न र सुन्दर शान्त र बिशाल नेपालको छाती चौडा पार्न यो मुलुकमा पछाडी पारिएका सीमान्तकृत उत्पीडित र दलित भनी उनिहरुमाथी गरिएका छुवाछूत र जुनसुकै भेदभावपूर्ण व्यबहारको अन्त्य भएको हुनुपर्नेछ। त्यो दिन नेपालको कुल जनसंख्याको एक चौथाई संख्या ओगटेका साठि लाख अर्थात् १३ प्रतिशत तमाम दलित समुदायले जातीय भेदभावपूर्ण ब्यबहार छुवाछूतको कलङबाट मुक्ति पाउने छन् । र यस कलङबाट दलितले कदापि मृत्युवरण गर्न पर्ने छैन । आखिर मान्छे मान्छे सबै एउटै हो फरक किन रु त्यसैले दलित आन्दोलनका योद्धा र अग्रजहरुको भनाइलाई सापटी लिएर भन्नु पर्दा अबको विकल्प भनेको प्रगतिशील राजनितीक हस्तक्षेप नै हो । जहाँ पीडितले न्याय पाउने ठाँउ रहन्छ । अब धर्म सस्कार, सस्कृती र रितिरिवाजको जातीय परम्परालाई दोष दिएर उन्मुक्ति पाउने ठाँउ कदापि रहने पाउने छैन। | 2021/10/22 07:51:30 | https://www.emailkhabar.com/2020/05/29/67676/ | mC4 |
merolagani - एक एक खबरले प्रभावित बनाउन थाल्यो शेयर बजार, व्याजदरको मिटर बढ्दा बजारमा पहिरो
एक एक खबरले प्रभावित बनाउन थाल्यो शेयर बजार, व्याजदरको मिटर बढ्दा बजारमा पहिरो
वित्तीय क्षेत्रका अधिकांस विषयले छिन छिनमा शेयर बजारलाई नराम्रोसँग प्रभावित बनाउन थालेको छ । २ दिन पहिले स्थानीय तहको पैसा राष्ट्र बैंकबाट वाणिज्य बैंकहरुमा जम्मा भएको खबरले दोहोरो अंकले सुध्रिएको बजार बुधबार निक्षेपको व्याजदरको मिटर बढ्ने खबरले तिब्र गतिमा तल झरेको छ ।
वाणिज्य बैंकहरुले व्यक्तिगत निक्षेपको व्याजदर स्वेच्छिक रुपमा निर्धारण गर्न पाउने निर्णय बैंकर्स संघले गरे पछि त्यसको सिधा असर बुधबारको बजारमा देखिएको हो । निक्षेपको व्याजदर बढ्ने डरमा लगानीकर्ता पछि हट्दा बिक्री चाप बढेको बजार २२.८० अंकले घटेर १११८.१९ अंकमा झरेको छ ।
त्यस्तै 'क' वर्गका कम्पनीको सूचक मापन गर्ने सन्सेटिभ इन्डेक्स पनि ४.९१ अंक घटेर २३७.७८ अंकमा झरेको छ ।
बुधबार १५६ कम्पनीका ११ लाख ६८ हजार २३३ कित्ता शेयर ३७ करोड ७२ लाख रुपैयाँमा किनबेच भए । मंगलबार ३८ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको थियो ।
बुधबार कारोबारमा आएका दश उप सूचकहरु तल झरेका छन् । सबै भन्दा धेरै निर्जीवन बीमा कम्पनीको १८५.२६ अंकले उपसमुह तल ओर्लिएको छ । यस्तै जीवन बीमा ९६.०१, विकास बैंक ३३.८८, माइक्रोफाइनान्स ३०.४१ अंकले तल झरेका छन् । वाणिज्य बैंक समुह १५.२२ अंकले ओरालो लागेको बजारमा फाइनान्सको सूचक पनि २.४ अंकले घटेको छ ।
यस दिन नेपाल बैंकको शेयर कारोबार सबैभन्दा धेरै भएको छ । बैंकको ३ करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ । मंगलबार १६ प्रतिशत बोनस शेयर घोषणा गरेको ग्लोबल आईएमई बैंकको २ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यस्तै मिर्मिरे माइक्रोफाइनान्सको संस्थापक शेयर २ करोड ५९ लाख रुपैयाँ र एनएमबि बैंकको २ करोड ३७ लाख रुपैयाँको किनबेच भए ।
नबिल बैंकको संस्थापक शेयर, एनआईसी एसिया बैंक, सानिमा बैंक, कुमारी बैंक, प्रभु बैंक र नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको शेयर एक करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
बुधबार हाथवे फाइनान्सको शेयरमूल्य सबै भन्दा बढी ५.७७ प्रतिशतले बढेको छ । यस्तै दिव्यश्वरी हाइड्रोपावरको ३.२३, तिनाँउ विकास बैकको २.३५, कालिका पावर कम्पनीको १.९४, सिटि एक्प्रेस फाइनान्सको १.८३ र गुडविल फाइनान्सको शेयर मूल्य बढेको छ ।
जेविल्स फाइनान्स, रिडि हाइड्रोपावर, सेन्ट्रल फाइनान्स र संग्रिला विकास बैंकका शेयरमुल्य एक प्रतिशत हराहरीमा बढेको छ ।
यता राधि जलविद्युत कम्पनीको शेयरमूल्य ६.८९ प्रतिशतले घटेको छ । हिमालयन डिस्टिलरी, सर्पोट माइक्रोफाइनान्स, कालिका माइक्रोक्रेडिट, नेशनल हाइड्रोपावर, नेरुडे लघुवित्त, युनाइटेड इन्स्योरेन्स, मुत्तिनाथ विकास बैंक, आईएमइ जनरल इन्स्योरेन्स र विजय लघुवित्त लगायतको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।
नेप्सेमा सूचीकृत कम्पनीहरुले प्रस्ताव गर्ने लाभांप्रति लगानीकर्ता धेरै आशावादी थिए । तर अधिकांस कम्पनीहरुले नगद लाभांसलाई प्राथमिकतामा राख्दा पनि लगानीकर्ता बजारप्रति उत्साहित हुन नसकेका हुन् । | 2019/04/23 17:58:07 | https://merolagani.com/NewsDetail.aspx?newsID=45049 | mC4 |
'उत्तर कोरियामाथि आक्रमण भए चीन चुप लागेर बस्न सक्दैन' « Imagekhabar – Online News Portal of Nepal
२७ श्रावण २०७४, शुक्रबार १६:४८
'अलजजिरा अनलाइन'का अनुसार उत्तर कोरिया र चीनबिच भएको एकसन्धिअनुसर उत्तर कोरियामा कुनैपनि देशले आक्रमण गरे चीन सरकार हस्तक्षेप गर्न बाध्य हुनुपर्नेछ । यसअघि कोरिया युद्धमा चीन सरकारले उत्तर कोरियाको समर्थन गरेको थियो । करिब एकलाख ५० हजार चिनियाँ सेनाले त्यसबेला कोरिया युद्धमा भाग लिएका थिए । त्यसबेला देखि नै चीन सरकारसँग उत्तर कोरिया असल छिमेकी राष्ट्रको रुपमा रहँदै आएको छ ।
पछिल्लो समय उत्तर कोरियाले अमेरिकी सेनाको पकडमा रहेको गुआम टापुमा मध्य अगष्टतिर आक्रमण गर्ने योजना बनाइरहेको भन्ने तथ्य अमेरिकाले सार्वजनिक गरेको छ । उक्त योजना सार्वजनिक भएपछि अमेरिकी रक्षामन्त्री जेम्स मैटिसले परमाणु संकटलाई राजनितिक तथा कुटनीतिक पहलमा समाधान गर्नुपर्ने बताएको 'बीबीसी'ले उल्लेख गरेको छ । | 2022/05/17 20:37:09 | https://www.imagekhabar.com/news/107299/ | mC4 |
माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड निर्विरोध: प्रस्तावक र समर्थक को-को? - दर्पण संसार
माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड निर्विरोध: प्रस्तावक र समर्थक को-को?
२०७८ पौष १९, सोमबार १३:२३ बजे
काठमाडौं । नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल (प्रचण्ड)निर्विरोध निर्वाचित भएका छन् । माओवादी केन्द्रको आठौं महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय कमिटी बैठकबाट दाहाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
नारायणकाजी श्रेष्ठले राखेको प्रस्ताव र कृष्णबहादुर महराको समर्थनलाई पार्टीको केन्द्रीय कमिटीको बैठकले सर्वसम्मत अनुमोदन गरेको हो ।
दाहाललाई अध्यक्षमा नेता नारायणकाजीले प्रस्ताव गरेका थिए भने कृष्णबहादुर महाराले समर्थन गरेका थिए । अन्य पदाधिकारीको टुंगो लगाउन केन्द्रीय समिति बैठक जारी रहेको छ । यसअघि, नवनिर्वाचित केन्द्रीय सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका थिए ।
माओवादी महाधिवेशनको बन्दसत्रका क्रममा अध्यक्ष पुष्पकमल दाहालले आइतबार २३६ जना केन्द्रीय सदस्यहरुको नाम सिफारिस गरेका थिए । नवनिर्वाचित केन्द्रीय समितिको जारी पहिलो बैठकले पदाधिकारी चयन गर्नेछ । माओवादीमा अध्यक्षसहित १५ जना पदाधिकारी रहने व्यवस्था छ । एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्षको नाम बैठकले टुंगो लगाउने छ ।
२९९ केन्द्रीय सदस्यमा समानुपातिकतर्फ १२५ र खुलातर्फ १११ गरी २३६ जनाको नाम टुंगो लागेको छ भने अब समानुपातिकतर्फ २९ र खुलातर्फ ३४ जना केन्द्रीय सदस्य छनोट हुन बाँकी छ । | 2022/05/27 12:50:14 | https://darpansansar.com/news/2469 | mC4 |
Naya Bikalpa | आगामी जुलाईसम्ममा अधिकांश अमेरिकीलाई खोप दिने तयारी - Naya Bikalpa आगामी जुलाईसम्ममा अधिकांश अमेरिकीलाई खोप दिने तयारी - Naya Bikalpa
प्रकाशित मिती: २०७७ माघ ३०, १६: ५०: ३५
एजेन्सी – अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुलाईको अन्त्यसम्ममा अधिकांश अमेरिकीलाई कोरोनाभाइरस विरुद्धको खोप दिइने योजना घोषणा गरेका छन् ।
राष्ट्रपति बाइडेनले उक्त खोप अभियानका लागि थप दुई करोड डोज खोपको व्यवस्था गर्न लागेको जानकारी दिएका हुन् । अमेरिकामा अब खोपहरु औषधि पसल र सुपरमार्केटका फार्मेसी पसलमा पनि उपलब्ध गराइने योजना अगाडि बढेको छ ।
बाइडेन प्रशासनले मोडर्नाबाट एक करोड तथा फाइजर कम्पनीबाट एक करोड डोज खोप किन्ने सम्झौता गरेको छ । युरोपेली मुलुकमा कोभिड–१९ का संक्रमितको संख्यामा केही कमी आइरहे पनि विश्वका अन्य स्थानमा कोरोनाभाइरसको प्रभाव अझै बाँकी रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।
डब्लुएचओका युरोप निर्देशक हान्स क्लजले कोरोनाभाइरसको संक्रमणमा कमी आएको देखिए पनि समुदायस्तरमा नयाँ स्वरुपमा कोरोना फैलिएको हुन सक्नेतर्फ सचेत रहनु पर्नेमा जोड दिएका छन् । युरोपेली मुलुकहरुमा अझै पनि हरेक साता पाँच लाखको हाराहारीमा नयाँ संक्रमित फेला परिरहेका छन् ।
एएफपीको गणना अनुसार विश्वभर कम्तीमा ९१ मुलुकका १५ करोड ५७ लाख व्यक्तिले कोभिड–१९ विरुद्धको खोप लिइसकेका छन् । तर सीमित आपूर्तिका कारण खोप अभियानमा असर परेको छ । | 2021/06/20 12:33:05 | https://www.nayabikalpa.com/2021/02/20295 | mC4 |
पूर्वमन्त्री पोखरेललाई ३ नम्बर प्रदेशमा संस्थापक सचिवको जिम्मेवारी « Pahilo News
पूर्वमन्त्री पोखरेललाई ३ नम्बर प्रदेशमा संस्थापक सचिवको जिम्मेवारी
प्रकाशित मिति : 21 September, 2018 3:17 pm
काठमाडौं, ५ असोज । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले नेता आनन्दप्रसाद पोखरेललाई ३ नम्बर प्रदेश संगठन कमिटीमा सचिवको जिम्मेवारी दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको केन्द्रीय सचिवालय(हाईकमाण्ड)को बैठकले पूर्व पयर्टन मन्त्रीसमेत रहेका पोखरेललाई सचिवको जिम्मेवारी दिएको हो । यससँगै पोखरेलले पार्टी एकीकरणपछि ३ नम्बर प्रदेश संगठन कमिटीको संस्थापक सचिवको जिम्मेवारी सम्हाल्ने महत्वपूर्ण अवसर पाएका छन् ।
प्रदेश ईन्चार्जमा स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्य, सहईन्चार्जमा हितबहादुर तामाङ र अध्यक्षमा नारायण दाहाल चयन भएका छन् । शाक्य तत्कालीन एमालेकी उपाध्यक्ष तथा ३ प्रदेशकी संयोजक थिए । तामाङ तत्कालीन माओवादीका स्थायी समिति सदस्य हुन् ।
प्रखर वैचारिक नेता र कुशल संगठकको परिचय बनाएका पोखरेल अध्ययनशील र चतुर नेताका रुपमा परिचित छन् । तत्कालीन एमालेको केन्द्रीय कमिटीमा नरहे पनि निरन्तर क्रियाशील पोखरेलले पार्टी एकीकरणपछि केन्द्रीय सदस्यको जिम्मेवारी पाएका थिए । कृषि, जलस्रोत र वाताबरणका विज्ञका रुपमासमेत परिचित पोखरेल नेपाल–चाईन हिमालय फ्रेण्डशिप समाजका अध्यक्ष पनि छन् । श्रीलंकामा हालै सम्पन्न ग्लोबल पार्लियामेन्टरियन फोरम फर इभ्यालुयसनद्वारा आयोजित इभल कोलोम्बो २०१८ मा विश्वका ७० देशका २ सय २५ सांसदलाई पछि पार्दै उनले इभ्यालुयसन अवार्ड २०१८ समेत हात पार्न सफल भएका थिए । श्रीलंकाका प्रधानमन्त्री रणिल विक्रमा सिंह्ेले पोखरेललाई उक्त अवार्ड प्रदान गरेका थिए ।
यस्तो छ पोखरेलको राजनीतिक यात्रा
२९ फागुन, २०१६ मा दोलखाको जफेमा जन्मिएका पोखरेलले २०३४ सालमा अखिल नेपाल क्रान्तिकारी कोअर्डिनेशन केन्द्रबाट राजनीतिक यात्रा शुरु गरेका थिए । २०४० सालमा नेकपा मालेको सदस्यता प्राप्त गरेका उनी चितवनको रामपुर कृषि क्याम्पसमा अध्यनको सिलसिलामा अनेरास्ववियु पाँचौको चितवन जिल्ला अध्यक्ष भएर विधार्थी आन्दोलनमा लामो समय सक्रिय भएका थिए ।
२०४७ सालपछि केपी ओलीको नेतृत्वमा बनेको प्ररायुसंघ नेपालको संस्थापक केन्द्रिय प्रचार विभाग सचिव बनेका उनी २०५४ सालपछि नेकपा एमाले दोलखाको दुई कार्यकाल सचिव भए । यसअघि उनले तत्कालीन एमालेको केन्द्रिय प्राकृतिक स्रोत व्यवस्थापन विभाग, केन्द्रिय जल तथा उर्जा विभाग र पार्टीको सामुदायीक वन उपभोक्ता समूह फ्याक्सनमा सचिवको जिम्मेवारी समेत निर्वाह गरिसकेका छन् । बिभिन्न पत्रपत्रिकाका स्तम्भ लेखक, बुद्ध दर्शनका जानकार पोखरेल २०४३ सालमा दोलखाको साविक जफे गाविसमा जनपक्षिय उम्मेदवारको रुपमा गाविस अध्यक्षसमेत बनेका थिए ।
उनी २०५४ र २०७० सालको संसदीय÷संविधानसभा निर्वाचनमा दोलखा क्षेत्र नम्बर २ बाट सांसदमा निर्वाचित भएका थिए । संविधानसभाको पछिल्लो निर्वाचनपछि केपी ओली नेतृत्वमा बनेको सरकारमा पोखरेल पहिलो पटक पर्यटन मन्त्री बनेर कुशलतापूर्वक जिम्मेवारी सम्हाले । मन्त्रीको जिम्मेवारीमा रहँदा नेपालको अन्तराष्ट्रिय विमान स्थलको व्यवस्थापन, नेपालको पर्यटकीय केन्द्रको विकास र बुद्ध जन्मथलोको विकास र प्रवद्र्धनमा उनले खेलेको भूमिकाको निरन्तर चर्चा हुँदै आएको छ ।
पार्टीभित्र दुई दशकदेखि उनी अध्यक्ष केपी ओली निकट नेताका रुपमा परिचित छन् । ग्रामीण विकास र समाजशास्त्रमा स्नातकोत्तर गरेका पोखरेलले कानुन र कृषि विषयमा स्नातक गरेका छन् । उनी अहिले बुद्ध दर्शको विषयमा पिएचडि गर्ने तयारीमा रहेका छन् । | 2021/01/27 02:45:31 | https://pahilonews.com/%E0%A4%AA%E0%A5%82%E0%A4%B0%E0%A5%8D%E0%A4%B5%E0%A4%AE%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A5%80-%E0%A4%AA%E0%A5%8B%E0%A4%96%E0%A4%B0%E0%A5%87%E0%A4%B2%E0%A4%B2%E0%A4%BE%E0%A4%88-%E0%A5%A9/ | mC4 |
चारजनाको परिवार पाल्दै नेत्रहीन - Enepalese.com
चारजनाको परिवार पाल्दै नेत्रहीन
इनेप्लिज २०७१ पुष २८ गते ६:०३ मा प्रकाशित
पथरी, २८ पुस । इच्छा शक्ति भए शारीरिक असक्षमताले केही फरक पार्दैन भन्ने कुरालाई विराटनगरका ३८ वर्षीय चिरञ्जीवी शर्माले चरितार्थ गर्नुभएको छ ।
विराटनगर–८ शनि मन्दिर रोडमा बस्दै आएका शर्मा जन्मदै दृष्टिविहीन भएपनि दैनिक कठोर शारीरिक श्रम गर्नुहुन्छ । उहाँ नियमित रूपमा विराटनगरको रोड शेषचोकबाट भारी बोकेर जनआन्दोलन चोकमा रहेको होलसेल पसलमा अर्डरको सामान पु¥याउन जाने गर्नुहुन्छ । उहाँ दैनिक जोखिमपूर्ण अवस्थामा भारी बोकेर विराटनगरको मेनरोडका विभिन्न किराना पसलमा सामान पु¥याउनुहुन्छ ।
शर्माले सीमावर्ती बजार जोगवनीबाट होलसेलमा सामान खरिद गरेर विराटनगरका व्यापारीलाई सामान सप्लाइ गर्ने काम गर्दै आउनुभएको छ । परिवारको गर्जाे टार्न उहाँले यस्तो कठोर श्रम गर्नु परेको बताउनुहुन्छ । उहाँका अनुसार पैतृक सम्पत्तिको नाममा शनिमन्दिर रोडमा रहेको चारधुर जग्गामा तीनजना दाजुभाइको परिवारको बसोबास छ । शर्माका १३ वर्षीया एक छोरी र १० वर्षीय छोरा छन् । आफूले संसार देख्न नपाए पनि कठोर शारीरिक श्रम गर्दै छोराछोरीलाई विराटनगरकै एभरेस्ट बोर्डिङ स्कुलमा अध्यापन गराउँदै आएका छन् ।
सो स्कुलले दुईमध्ये एकजनालाई निःशुल्क गरीदिएको शर्माले बताउनुभयो । आफू दृष्टिविहीन भए पनि राज्यबाट पाइने सेवासुविधा आफूले पाउन नसकेको शर्माको भनाइ छ । दृष्टिविहीन शर्माको क्षमता र पौरख देखेर उहाँसँग सामान खरिद गर्ने व्यापारीसमेत छक्क पर्ने गरेका छन् ।
शर्मासँग दैनिक सरसामान खरिद गर्ने हिमालय रोडनजिक पसल रहेका व्यापारी प्रेम प्रधान शर्माको क्षमताको प्रशंसा गर्नुहुन्छ । शर्मा प्रत्येक हप्ताको शनिबार र मङ्गलबार विराटनगरस्थित मेनरोडमा रहेका व्यापारीलाई कागती र खोर्सानी उनेर बनाएको मालासमेत बेच्ने गर्नुहुन्छ ।
उहाँको यो काममा शर्माको श्रीमती र छोराछोरीले सघाउने गरेका छन् । दृष्टिविहीन भएर पनि आफ्नै पौरखले आफूसहित परिवारको पालनपोषण गर्दै बालबालिकालाई समेत राम्रो शिक्षादीक्षा दिलाइरहेका शर्मा दृष्टि भएकाका लागिसमेत प्रेरणाका स्रोत बन्दै आउनुभएको छ । | 2022/07/04 07:02:59 | https://www.enepalese.com/2015/01/1732.html | mC4 |
छिटो खबर २०७७ पौष १४ गते मंगलबार ०९:१५:२१ मा प्रकाशित
१४ पुस, सल्यान :
जिल्लाको छत्रेश्वरि गाउँपालिकाको वडा नम्बर ४ का नेकपा का कार्यकर्ता हरुले ठूलो सङ्ख्यामा काङ्ग्रेसमा प्रवेश गरेका छन ।
सोमबार जयचौरमा आयोजित कार्यक्रममा उक्त स्थानका विभिन्न टोलका ७५ जना नेकपा कार्यकर्ता ले नेपाली कांग्रेसमा प्रवेश गरेको बताइएको छ । यस भन्दा पहिले यो क्षेत्र नेकपाको भोट बैंक रहेको थियो ।
महासमिती सदस्य एबम जिल्ला समन्वय समिती सल्यानका अध्यक्ष केशबहादुर बिष्ट र नेपाली कांग्रेसका क्षेत्रीय सभापती एबम छत्रेश्वरि गाउँपालिका अध्यक्ष सन्तोष केसि लगाएतका नेताहरुले कार्यक्रमलाई सम्बोधन गर्दै उनिहरुलाइ पार्टीमा स्वागत गरेका थिए । नेकपाले जनताको मत गुमाइसकेको र बारम्बार जनतालाई खेलौना बनाएका कारण आफुहरु कांग्रेसमा प्रवेश गरेको नवप्रवेशिहरुले बताएका छन।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख केशबहादुर बिष्टले नेकपा सरकारले अहिले गरेको कदमले देश संकटतर्फ धकिलिले बताएका छ्न। सरकारले अहिले जे गर्यो देश र जनताप्रति धोका र गद्दार गर्यो" उनले भने । ओलिको कदम, सर्वसत्तावादका कारण लोकतन्त्रको संरक्षण नै चुनौती बन्दै गएको भन्दै उनले नेकपाको बहुमतको दम्भ सकिएको स्पष्ट पारेका छन ।
छ्त्रेश्वरि गाउँपालिका अध्यक्ष एबम नेपाली कांग्रेस (ख) का सभापती सन्तोष केसिले नेकपा सरकार भ्रष्टाचार, बलात्कार र कान्डैकान्डको सरकार भएको बताएका छ्न। लोकप्रिय मत ल्याएर बहुमतको सरकार नेकपाले बनाएतापनी सम्हाल्न नसकेर पार्टीनै बिभाजन भएको उनले बताए। उनले जनता र देशको निम्ति अब कांग्रेस नै अगाडि बढ्ने बिश्वास दिलाएका छन ।।कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य एबम छत्रेश्वरि गाउँपालिका उपाध्यक्ष सीता केसिले नब प्रवेशि हरुलाई स्वागत गर्दै ढुक्कले कांग्रेसको राजनितीमा लागेर गाउँ समाजका निम्ति लड्न अनुरोध गरेकी छन। | 2021/04/21 21:25:27 | https://www.chhitokhabar.com/local/641 | mC4 |
गायक बन्ने सपनाले काठमाडौँ छिरेका हाँस्यकलाकार पवन खतिवडा (म्याकुरी) : भिडियो अन्तर्वार्ता
मलाई सरकारले उठाएर लगेर सिधै अधिकृतको पद दिए पनि मा सरकारी जागिर चाहिँ मरे नि खान्न
२०७६ चैत १२ बुधबार
म्याकुरी थेगोबाट एकाएक चर्चामा आएका पवन खतिवडा लाई अहिले धेरैले यही नामले चिन्ने गर्दछन् । उनलाई यो थेगोले एउटा पात्र नै बनाईदियो । आज भन्दा डेढ वर्ष अगाडी गायक बन्ने सपनाले धनकुटाबाट काठमाडौँ छिरेका उनि यति छोटो समयमा नै एक चर्चित हाँस्यकलाकारबाट परिचित भए ।
१ ) तपाईलाई त धेरैले पवन भन्दा पनि म्याकुरी भनेर चिन्दछन् नि ?
होइन मैले गरेको कामको आधारमा मलाई जसरी चिन्दा पनि हुन्छ , पहिले पवन खतिवडा गित गाउने भनेर चिन्नुहुन्थो, रेडियोमा काम गरे रेडियोमा बोल्ने पवन भनेर चिन्नुहुन्थो र अहिले म्याकुरी भनेर चिन्नुहुन्छ, जसरी चिने पनि मेरो पहिचान नै हो जस्तो लाग्छ ।
२ ) पवन खतिवडा र म्याकुरी बीच फरक के छ ?
पवन त मेरो नाम नै हो तर म्याकुरी भनेको चाहिँ एउटा थेगो हो । यो थेगो चाहिँ अचानक भिडियो बनाउदा बनाउदै निस्किएको शब्द हो, यो मैले बोल्छु भनेर बोलेको पनि होइन र कसरी आयो भन्ने नै थाहा छैन मलाई नै तर एक्कासी मानिसहरुले यसलाई मार्क गरिदिनु भयो र धेरैले मन पराउनु भयो र यसलाई निरन्तरता दिएको मात्र हो ।
३ ) यति छोटो समयमा नै धेरैले मानिसहरु चिने नि तपाइलाई ?
तेही त विश्वास नै लागेको छैन, मैले त सोचेको पनि थिईन यति धेरै मानिसहरुले मन पराउनु हुन्छ भनेर , मलाई अझै पनि अचम्म लाग्छ । किनकि आज भन्दा डेढ वर्ष अगाडी सम्म म आफैले कमेडी गर्छु भनेर सोचेको सम्म पनि थिईन । तर मेरो पहिले देखि नै साथीहरु संग ठट्टा गर्ने बानि, जो संग पनि खुलेर बोल्ने बानि रमाइलो गर्ने बानिले नै आज कमेडीयन भए जस्तो लाग्छ ।
४ ) धनकुटा बाट काठमाडौँ गायक बन्न आउनु भएको तर कसरी हाँस्य क्षेत्रमा लाग्नु भयो ?
काठमाडौँ आएको ४-५ महिना सम्म पुतलीसडकमा संगीत सिक्दै थिए , त्यहा आफूभन्दा धेरै नै प्रतिभाशाली पो मानिसहरु देखे, जो सांगेतिक क्षेत्रमा धेरै समय देखि कोसिस गरेको तर अझै पनि सफल नभएको देख्दा म त झन् केहि होइन लाग्यो, डिप्रेसन नै होला जस्तो भयो नि, काठमाडौँ सिंगर बन्न छिरेको कसिंगर भैयो । हालत खराब भन्ने टेलिसिरियल बाट कमेडी सुरु गरेको हो मैले, तर pk vines बाट चाहिँ मेरो जिन्दगीमा टर्निङ्ग पोइन्ट आयो ।
५ ) pk vines कसरी सुरु गर्नु भयो ?
एक जना साथी सरोज घिमिरे र मैले बनाएको हो । पहिले थोरै भिडियो हालिन्थ्यो , अनि मैले इंडियाको केहि चर्चित vines हरु हेरे, त्यसपछि मैले यो vines हरुको बारेमा खोज्न थाले , त्यसै बेला अप्रिल फुल आउन लागेको थियो अनि मैले लेजेड़को अप्रिल फुल भन्ने २ मिनेटको भिडियो बनाए जुन यस्तो भाईराल भयो कि करोडौ भिउज र हजारौ सेयर भयो अनि त्यसपछि pk vines निरन्तरता पायो ।
६ ) गित गाउनु भयो, निकाल्नु पनि भयो होइन ?
म त्यस्तो राम्रो गित गाउने चाहिँ होइन, तर जे भए पनि आफ्नो पहिले देखिको सपना अपुरो नहोस भनेर ।
७) अझै गायक भन्ने सपना छ कि होइन अब चाहिँ म जन्मेको कमेडी गर्नकै लागि हो, अब हाँस्यविधालाई मात्र अगाडी लाग्छु भन्ने छ कि के छ ?
होइन मलाई त म संगीतको लागि नै जन्मेको जस्तो लाग्थ्यो, तर कमेडी को सेन्सर हिउमर म मा रहेछ क्यार, मेरो ममी पनि गित गाउनु हुन्थ्यो त्यहि गुण म मा सरेको हुनुपर्छ सायद त्यसैले अझै पनि आश मरेको छैन ।
८) घर परिवारले चाहिँ यो क्षेत्रमा कतिको सपोर्ट गर्नु भएको छ ?
मेरो बुवाको को त सरकारी जागिर खाएको हेर्ने चाहना छ तर मलाई सरकारी जागिर मन नै पर्दैन, त्यसैले अस्ति रिस नै उठ्यो अनि घर मा भन्दिए " मलाई सरकारले उठाएर लगेर सिधै अधिकृतको पद दिए पनि मा सरकारी जागिर चाहिँ मरे नि खान्न भनेर ।
९) महिनामा कति कमाई गर्नु हुन्छ ?
मलाई पुग्ने छ ज होस् , ५० – ६० जति हुन्छ, जे होस् मलाई पुगेको छ ।
१०) नेपाली हाँस्यक्षेत्रमा मन पर्ने हाँस्यकलाकार को हो तपाईलाई ?
मलाई क्षमतावान कलाकारमा चाहिँ माग्ने बुडो ( केदार घिमिरे ) लाग्छ किनकि उहाले चाहिँ कमेडी पढ्नु हुदोरहिछ, कमेडी सम्बन्धि धेरै किताब हरु पनि पढ्ने अझै पनि कमेडीमा धेरै नयाँ कुरा लिएर आउनको लागि धेरै नै कोसिस गर्नु हुन्छ ।
११) नेपालको राजनीतिक क्षेत्रको कुन चाहिँ नेता मन पर्छ ?
मलाई त मुकुन्दे मन पर्छ, एकदम राम्रो मान्छे तर पिडित मान्छे यार, बिहे पनि भएको छैन, कहिले कहिँ त आफ्नै गर्लफ्रेन्ड दान गरु जस्तो लाग्छ । तर केहि नेता संग काम गर्नु पर्यो भने चाहिँ मलाई शेर बहादुर संग फिल्म खेल्न मन छ किनकि, उहाले भनेको बुझिदैन अनि म अगाडी जान्थे कि !
१२) अन्तिममा तपाईलाई फलो गर्ने र जसलाई पवन खतिवडा जस्तै बन्न मन छ, उहाहरुलाई चाहिँ क भन्न चाहनुहुन्छ ?
म के भन्छु भने गर्नु हुन्छ भने नयाँ काम गर्नुहोस्, कि पुरानो कामलाई नयाँ तरिकाले गर्नुहोस, कि गर्दै नगर्नुहोस । मैले भन्न खोजेको केहि नयाँ चिज खोज्ने प्रयास गर्नुहोस् । | 2021/01/22 11:58:08 | https://nepaldrishtanta.com/2020/03/25/554/ | mC4 |
इस्माली print
सम्झनामा श्यामप्रसाद
होचा–होचा कदका, ठिक्कको जिउडाल। शिरमा ढाका टोपी, जिउमा कमिज सुरुवालको सामान्य पहिरन, जाडो महिना भए कमिजमाथि स्वीटर र कोट पनि, घाँटीमा मफलर। कुममा कपडाको एउटा हलुको झोला। झोलामा आफैंले लेखेका दुई–चार थान स–साना पुस्तक–पत्रिकाको खात र एउटा डायरी। कोही मान्छे सम्मुख पर्नासाथ अधरमा स्मित मुस्कानद्वारा स्वागत गर्ने उज्यालो अनुहार। मृदु मसिनो बोली। छोटो संवाद। सधैँ एकनास, सधैँ उस्तै– श्यामप्रसाद।
म्याट्रिक याने एसएलसी धरि पास हुन नसकेका तर, मान्छे भने लेखक! पत्रकार पनि। ३३ वर्षकै उमेरमा सन् १९६२ मा बुडापेस्ट (हङ्गेरी) मा सम्पन्न भएको अन्तर्राष्ट्रिय पत्रकार महाधिवेशनमा नेपालको प्रतिनिधित्व गर्ने पहिलो नेपाली पत्रकार। त्यो महाधिवेशनमा 'अ रिपोर्ट अन जर्नालिज्म एण्ड जर्नालिस्ट्स अफ नेपाल' (नेपालको पत्रकारिता र पत्रकारहरूबारेको प्रतिवेदन, २०१९) प्रस्तुत गरी तिनताका नेपालमा भएरहेको वाक तथा प्रकाशन अधिकार र स्वतन्त्रताको स्थिति छर्लङ्ग पारिदिए। शस्त्रास्त्रको विशाल भकारी ठड्याएर संसारलाई आतङ्कित पार्ने र शान्ति र अमनचैन खलबल्याएर आफ्नो हैकम जमाउने साम्राज्यवादी प्रवृत्तिका विरुद्ध उभिँदै विश्व शान्ति तथा निरस्त्रीकरणका प्रबल पक्षधर बने। २०१९ सालमै मस्को (रुस, तत्कालीन सोभियत सङ्घ)मा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको सहभागिता जनाउन समेत भ्याइसकेका– श्यामप्रसाद। लेखक इस्माली
लेखक पनि ठूलै लेखक भए उनी। जुन धार समातेर लेखे, त्यसको अगुवा लेखक नै भए। त्यही धारका लेखकको सङ्गठक पनि बने र जन्माए– प्रगतिशील लेखक सङ्घ, २००९ सालमा। नेपालका लेखकहरूको पहिलो सङ्गठन थियो त्यो। २०१७ सालपछि त्यो निष्क्रियप्रायः भयो र ३६ सालपछि प्रलेक संघ हुँदै २०४४ सालमा यसले पूनर्जीवन पायो। र, एकपटक फेरि उनले त्यस सङ्घको अध्यक्षता सम्हाले। मानवमुक्तिको गोरेटो बनाउने धार समाते। वर्गीय विभेद निमिट्यान्न पार्न आजीवन लागि परे। मानिस जातिलाई विभिन्न जातथरमा विभाजन गरेर 'तँभन्दा म ठूलो, त्योभन्दा यो श्रेष्ठ' भन्ठान्ने विभेदकारी सामाजिक परिपाटीजन्य चेतनाप्रति तीव्र असहमति जनाए र मानिस सबै एउटै हुन्, कर्म र तिनमा रहेको कल्याणकारी समाजोपयोगी भावनाले मात्र तिनलाई श्रेष्ठ बनाउँछ, अरूभन्दा अग्लो बनाउँछ भन्ने चेतनाको प्रवाह गर्दै 'जात जातिया खँय/जात जातके बात/जात–जातिका कुरा' बुझाउँदै नेवारी, हिन्दी र नेपाली गरी तीनवटा भाषामा पुस्तक लेखे। आफ्नो नाममा जातथर कहिल्यै लेखेनन् उनले, मात्र लेखे नाम– श्यामप्रसाद। ललितपुरको सोलीथुमको थुम्कोमा जन्मे। हुतकुमारी अधिकारी र जोगनाथ उपाध्याय लामिछानेका एकल सन्तान। गरीब बाहुनको परिवार। पहाडको ठाउँ, नाममात्रको थोरै जग्गाजमिन। खानलाउन सँधै धौधौ। आजित भएर जोगनाथ झरे मधेस– वीरगन्ज, कामको खोजीमा, दुइटी श्रीमती, पाँच वर्षे बालक बोकेर। गहवाको बास भयो। बहादुर शमशेरको मौजाको रेखदेखको काम। पहाडको मान्छे, मधेसको औलो गर्मी! गरिबीले गालेको छँदै थियो, त्यसमाथिको औलो गर्मी। थल्यायो हुतकुमारीलाई। 'कालेका बा, मेरो त लेखान्त सकिएजस्तो भो। दिदी, यो काले तिम्रो जिम्मा!' चोला उठ्यो आमाको। बालवयमै टुहुरा भए श्यामप्रसाद।
घरमै साक्षर बनाएर भाषा पाठशालामा भर्ना गरिदिएपछि किशोर छोरालाई घरव्यवहार सुम्पेर पिता जोगनाथले पनि बाटो तताए। आर्थिक अभावले पहिलेदेखि नै फिटफिटी पारेर पाठशालाको पढाइ हापिसकेका उनी हातमुख जोर्ने मेसोको खोजीमा भाउन्निए। वीरगञ्ज–अमलेखगञ्ज रेल (एन जी आर रेलवे, नेपालको पहिलो रेलसेवा) मा डब्बाडब्बा चहार्दै किताब, पत्रिका बेचे, ट्युसन पढाए, चिठ्ठीपत्र लेखिदिने/पढिदिने पनि गरे। माइथान बजारमा एउटा दोकान खोले। पाठशाला पढ्न नपाएकाले हो कि आफ्नो किताब पढने धोको मेट्न उनले किताबकै दोकान खोले– सेवा सदन। रक्सौलबाट उधारोमा किताब ल्याउँथे टिनको बाक्सा र बोरामा हालेर। पसलमा सजाउँथे माथि माथि देखिने ठाउँमा धार्मिक र चलनचल्तिका किताब अनि भित्रभित्र राहुल सांकृत्यायन, यशपाललगायतका विप्लव प्रकाशनका क्रान्तिकारी किताब। सेवासदनबाट २–४ पैसा जोगाएर आफ्नो पढ्ने धोको मेट्न फेरि पन्ध्र वर्षे उमेरमा ५ कक्षामा भर्नाभए त्रिजुद्ध हाइस्कूलमा। अज्ञान र अविवेकको अँध्यारोमा रुमल्लिइरहेका मानिसमा चैतन्यको खेती गर्न स्कूल छुट्टी हुनासाथ सेवासदनको ढोका खोलिहाल्थे र पसलमा ग्राहक नहुँदा लुकाएर बेच्ने गरेका किताब पढेर बस्थे। त्यतिमात्र कहाँ हो र, मनले खाएका साथीहरूलाई पनि रातिराति पसलको ढोका थुनेर ती किताब पढन लगाउँथे श्यामप्रसाद। सेवासदनमार्फत् सेवा गर्दागर्दै उनी नेपाली राष्ट्रिय काङ्ग्रेसको अभियन्ताहरूको सम्पर्कमा पुगे। र, ०३ सालमै वीरगञ्जभरि राणाशासनविरोधी पर्चा छरेर तत्कालीन शासनसत्ताको अमनचैन खल्बल्याइदिन पनि भ्याए। उनताकै उनी किसुनजी, सूर्यप्रसाद उपाध्याय, सुवर्ण शमशेर, गणेशमानआदिको सम्पर्कमा पनि पुगे। यही सम्पर्कले उनलाई राजनीतितिर डोहो¥यायो। आफ्ना दौँतरी–साथीहरूलाई नेतृत्व दिँदै ०४ सालको सत्याग्रहमा उत्रेका, जेल परे। छोटै अवधिमा पटकपटक जेल परे उनी। जेलमा उनले भेटे कवि युद्धप्रसाद मिश्र, कवि गोपाल प्रसाद रिमाल, धर्मरत्न यमी, सूर्यबहादुर भारद्वाजजस्ता क्रान्ति अभियन्ताहरूलाई। यही काङ्ग्रेसमार्फत् उनको चिनजान भयो पुष्पलालसँग। पढाइ लथालिङ्ङ भयो। तै पनि म्याट्रिकको परीक्षा त दिनुप¥यो भनेर आफू पढेको स्कूलमा पुगे। तत्कालीन हेडसर मदनमणि माड्साबले विन्तिपत्र लेखेर माफी मागेपछि मात्र पढ्न पाइने सर्त तेस्र्याएपछि मोतिहारी पुगे म्याट्रिक जाँच दिन– स्वाभिमानी श्यामप्रसाद। प्रवेशिका उत्तीर्ण नभएर के भो र! प्रकृति र जगतको खुला पाठशालाका शिक्षार्थी बन्न कसले पो रोक्न सक्छ र? प्रकृतिको खुला विद्यालय र सेवासदनका मनको ढोका खोलिदिने पुस्तकहरू पढ्दै वीरगञ्जका गोर्कीको मोहभङ्ग भयो काङ्ग्रेसबाट। ०७ साले क्रान्तिले जनतालाई पूर्ण मुिक्त दिन नसकेको, दिल्ली सम्झौता धोकापूर्ण रहेको बोध हँुदै गयो उनलाई र नेपाली जनताको वास्तविक मुक्तिको बाटो वर्गसंघर्ष मात्र हुन सक्दछ भन्ने चेतका साथ नेपाल कम्युनिस्ट पार्टीमा सङ्गठित हुन पुगे। अनि काठमाडौँ र वीरगञ्ज उनको कर्मथलो बन्यो। पार्टीको पहिलो महाधिवेसनमा पर्यवेक्षकका रूपमा सहभागी बनी वीरगञ्ज नगरकमिटीको सचिव बने श्यामप्रसाद। राजनीति र साहित्यमा समानान्तर यात्रा गरिरहेका उनले सन्देश, कोसेली, साहित्य, सेवा, स्वास्नीमान्छे जस्ता साहित्यिक र राजनीतिक, हस्तलिखित र छापा पत्रिका निकाल्नुका साथै आन्दोलनलाई सघाउन भूमिगत सङ्गठनहरू पनि निर्माण गर्ने गर्दथे। भूमिगतकालमा विभिन्न छद्म नाममा उनले साहित्यको सेवा गरे भने विभिन्न विधाका आकार र पृष्ठसंख्याका हिसाबले साना–ठूलागरी मूलतः नेपाली अनि नेवारी, हिन्दी, अङ्ग्रेजी आदि भाषामा समेत गरी झण्डै सवा सय कृतिहरू प्रकाशित भएका छन्। कतिपय अझ पनि अप्रकाशित छन्। विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म नेपाली र पत्रकारिताका विद्यार्थीहरूले पढिरहेका छन् श्यामप्रसाद।
समयको अचुक पाबन्दीमा चल्न रुचाउने उनको 'एक घण्टा बिताउन ', 'तँ, तिमी, तपाइँ, हजुर', 'लेखक कसरी बन्ने?', साहित्यसम्बन्धी दुईचार कुरा, प्रेम, विवाह र महिला मुक्ति, श्यामप्रसादका निबन्धहरू आदि निकै उल्लेखनीय कृतिहरू हुन्। महत्वपूर्ण घटना र गतिविधि आदिको नियमित अभिलेखन उनको अर्को विशेषता हो। यसबाट ८–१० वटा कृति बनेका छन् उनका। साहित्य, संस्कृति, धर्म, जातजाति, भाषा, वर्गीयता, परिवार नाता कुटुम्ब, महिलामुक्ति, बालबालिका, मजदुर श्रमजीवी, शिक्षा, स्वास्थ आदि उनको लेखनीको केन्द्रविन्दु रहेको पाइन्छ। विषय वैविध्य विशेषता हो श्यामप्रसादको।
आँखामा राखे पनि नबिझाउने उक्तिलाई सार्थक पार्ने उनको व्यक्तित्वको लोभलाग्दो र लोमहर्षक चित्र उतारेका छन् वरिष्ठ कथाकार रमेश विकलले 'ज्ञानी मामा' मा। कतिपय पत्रिकाले उनको व्यक्तित्व र कृतित्वमा केन्द्रित भएर विशेषाङ्क प्रकाशित गरेका छन्, शोधपत्रहरू लेखिएका छन्। कतिपय सङ्घसंस्थाहरूले उनको अभिनन्दन गरेका छन्, विभिन्न पुरस्कार र सम्मानद्वारा सम्मानित गरेका छन्। आफ्नो जीवनकालमै यतिको सम्मान र माया पाउने नेपाली लेखकहरू औँलामा गनिने सङ्ख्यामा मात्र छन्, त्यस्तै विरलमध्येका एक हुन् श्यामप्रसाद। समाजलाई उज्यालोतिर डोहो¥याउने अभियानमा, अग्रगामी समाजको निर्माणमा आजीवन लागि परेका उनको वैवाहिक जीवन भने असफल र विवादमूक्त नरहेको देखिन्छ। उनको पहिलो विवाह चाबहिल काठमाडौँका वाग्ले थरकी कन्या पुनु वाग्लेसँग भयो। यो मागी विवाह थियो। आमा (जेठी आमा/ठूली आमा) र मामाको छनोटको कन्यासँग भएको विवाहलाई पत्नी अपठित, परम्परावादी भएकीले उनले आफैंले झण्डै दशकपछि एकतर्फी बदर गरे। पछिसम्म पनि पहिली पत्नीले उनीसँग घरजमको एकाङ्गी सपना देखिरहिन्। अन्ततोगत्वा उनको बास वृद्धाश्रममा भयो र त्यहीँ तिनले २०६३ सालमा मानव चोला छोडिन्। पछि उनले वर्गीयता नै नमिलेकी अभिजातीय युवती शशिकला नेपालसँग प्रेम विवाह गरे। दुइटी छोरीहरूको जायजन्म भएर पनि यो विवाह टिकेन। दोश्री पत्नी शशिकलाले नै उनलाई छाडिदिइन्। उनलाई माया गर्ने पहिली पत्नीलाई उनले रुचाएनन्, उनले माया गर्ने दोश्री पत्नीले उनलाई रुचाइनन्। पछि शशिकलाले पश्चिमतिरका एकजना कृषि प्राविधिकसँग घरजम गरिन्। र, २०६३ सालमा उनी पनि यस धरतीबाट विदा भइन्। यसरी दुई–दुईजनासँग विवाह गरेर पनि पत्नीविहीन जीवन बाँच्नेमा परे– श्यामप्रसाद।
ललितपुरमा जन्मेका उनी जन्मथलोका हिसाबले मकवानपुरे भए। किनकि, २०१८ सालको जिल्ला विभाजनमा उनको जन्मथलो सोलीथुम मकवानपुरको भागमा प¥यो। वीरगञ्ज छाडी काठमाडौँ आएपछि २०२४ सालमा स्व–निर्वासनमा रहे वा राखिए र २०४७ सालमा प्रजातन्त्रको पुनस्र्थापना भएपछि मात्र उनी बहिर्गत भए। २४ वर्षको त्यो अवधिमा वीरगन्ज गहवाको घरघडेरीमा अर्कैले झण्डा गाडिदियो र उनी घरबार भएर पनि घरबारविहीन सर्वहारा भए। विचारका हिसाबले त उनी सर्वहारा वर्गमा छँदै थिए, अब उनलाई समाजको जालीझेली फटाहाले पुख्र्यौली घरबाट पनि अपदस्थ गरिदियो। लामो झै–झमेला खेप्दै अनेकन हण्डर खाँदै बल्लतल्ल त्यो माखेसाङ्लो चिर्न भ्याए र फेरि पनि घरबारविहीन सर्वहारा नै बने श्यामप्रसाद।
लामो अज्ञात बासपछि बहिर्गत भएका उनीउपर उनका शुभेच्छुहरू निकै आशामुखी भए। वर्गीय समाजमा साहित्यको स्वरूप पनि वर्गीय हुन्छ, जनताको महत्व स्वीकार गरेर लेखिएको साहित्य नै वर्गीय साहित्य हो भन्ने श्यामप्रसाद निरङ्कुश राजाका नाममा स्थापित पुरस्कार लिन हौस्याइए, हौसिए। मान सम्मान र पुरस्कार नपाएका थिएनन् उनले र पनि जनविरोधी र प्रतिक्रियावादी शासनसत्ताका मतियारहरूका नाममा राखिएका पुरस्कार लिन आतुर भए। उनले जग हालेर आरम्भ गरेको आन्दोलनका कतिपय समर्थक–शुभेच्छुकहरूले आग्रह गरे, 'तपाईं यस्तो दागी पुरस्कार नलिनुस्, तपाईंको त्याग तपस्या र वलिदानको सगरमाथाबाट खुरमु¥याएर भुइँमा लोटाउने, तपाईंको व्यक्तित्वमा धमिरा लगाउने यस्तो पुरस्कार हातमा नथाप्नुस् ...।' तर उनलाई आफ्ना समर्थक शुभेच्छुकहरूको त्यस्तो सल्लाह–आग्रह मन परेन। अर्काथरी समर्थक–शुभेच्छुकहरूले आडभरोसा दिँदै भने, 'ती सब जडवादी हुन। त्यस्तो पुरस्कार लिएर बिटुलिने र नलिएर चोखिने, क्रान्तिकारी भइने माक्र्सवादको कुन ग्रन्थमा लेखिएको छ?' त्यसपछि पहिलाथरीले भने, 'त्यस्तो पुरस्कार लिने तपाईंको इच्छा नै छ भने प्रगतिशील लेखक सङ्घको अध्यक्षको पदमा रहेर कम से कम त्यो दागी कुरो नथाप्नुस्, अध्यक्षबाट राजिनामा गर्नूस अनि मात्र थाप्नुस्।' तर उनले त्यो सल्लाह पनि उचित ठानेनन्। आफ्नो समग्र लेखनमा अग्रगामी राजनीतिक चेतनाको कुरो गर्ने उनी यसबेला ठ्याक्कै अराजनीतिक बने। त्यसपछि सम्पन्न भएको प्रगतिशील लेखक सङ्घको राष्ट्रिय सम्मेलनमा यो विवादले चर्को रूप धारण ग¥यो। यो विवादलगायत नेतृत्व चयनको समेत विवादले एमाले पक्षधरबाहेक सबै पक्षका लेखकले त्यो सम्मेलन बहिस्कार गरे। गोविन्द भट्टको अध्यक्षतामा सम्मेलनले एमालेपक्षीय नेतृत्व चयन ग¥यो र प्रलेसको त्यो सम्मेलन प्रगतिशील साहित्यिक आन्दोलनको इतिहासमा ध्वाँसोमय बन्न पुग्यो। हो, यहीँनिर बोध गरे मान्छेले, 'चुके वा चुकाइए –श्यामप्रसाद।' उनी २०२४ सालमा स्वनिर्वासनमा गए र २४ वर्षपछि मात्र बहिर्गत भए। यो २४ वर्षको अज्ञात बास दुनियाँले देख्दा उपलब्धिविहीन रहेको लाग्दछ। यो अज्ञात बासले अघिल्लो श्यामप्रसादलाई भुत्ते बनाइदियो भन्नेहरू नै धेरै देखिए। ३८ औँ वर्षदेखि ५२ औँ वर्षको उमेरसम्मको ऊर्जाशील समय उनले त्यसै खेर फालेजस्तो लाग्यो अरूलाई। र त, भने – बरा, श्यामप्रसाद! चन्द्रमाको साह्रै प्रशंसा हुने गर्दछ रुपवादी लेखनमा। शक्तिको अजस्र श्रोत सूर्यको महिमागान पनि अनन्त छ। सूर्य र चन्द्रमाको हामी पूजा पनि गर्दछौँ। अनि यसो पनि भन्दछौँ– 'सूर्य चन्द्रमा पनि त दाग छ।' र, पनि चन्द्र सूर्यलाई पुजिरहन्छौँ। नेपालीको औषत आयूसँग तुलना गर्दा उनको झण्डै ८८ वर्षको वय लरतरो आयू होइन। जीवनको उत्तरार्धमा कुनै थुम्काथुम्कीमा अझल्टिएर लोटे, लुगामा लागेको धूलो टक्टक्याए र पनि अविराम यात्रामा हिँडिरहे। कतिपय अग्रजझैँ उनी आपूm हिँडेको पुरानो बाटोलाई धिक्कार्दै सत्तोसराप गर्दै वैगुनी र खलहरूको बगालमा मिसिन गएनन्। १९८६ असार ६ देखि सोलीथुम, मन्थलीबाट जीवनको यात्रा थालेका उनी चेत खुलेर बाँचुन्जेल वाममार्गी भएरै बाँचे र प्रगतिवादी लेखक भएरै २०७४ बैशाख २४ आइतबारका दिन विस्मृति (अलजाइमर)बाट रोगाक्रान्त भएर यस धरतीबाट विदा भए– श्यामप्रसाद।
उनको जीवनलाई २४ को गणित घरिघरि चियाइरहेको देखिन्छ। जन्म साल १९८६ का अङ्कहरूको जोडफल २४, २४ गतेकै दिन बिते, २४ सालदेखि २४ वर्ष नै अज्ञातबास बसे। सङ्ख्याशास्त्रमा त्यसको अर्थ जे होला, उनले कोरेको प्रगतिवादको गोरेटो अहिले खस्रो पिचजस्तो राजमार्ग बनेको छ। उनको अवसानले नेपालको प्रगतिवादी पहिलो पुस्ताको लगभग अन्त्यप्रायः भएको छ। 'जीवनको यथार्थ साहित्यको आधारभूमि हो। जीवन लक्ष्य यसको आदर्श हो। विचारको परिस्कृत रूप साहित्य हो।' उनी भन्ने गर्दथे। त्यही विचारको परिस्कृत रूपमुखी राजमार्ग अझ लोभलाग्दो बनाउन वर्तमान पुस्ताले योगदान गर्न सकोस्। यही नै साँचो अर्थको श्रद्धान्जलि हुनेछ, अग्रज सर्वहारा अभियन्ता श्यामप्रसादप्रति। प्रकाशित मिति: | 2017/05/28 12:26:01 | http://setopati.com/blog/69265/ | mC4 |
राष्ट्रिय जनगणना समावेशी हुने – NawalpurTimes.com
राष्ट्रिय जनगणना समावेशी हुने
प्रकाशित : २०७७ मंसिर २४ गते १२:४९
काठमाडौं, २४ मंसिर । आगामी वर्षमा गरिने सङ्घीयतापछिको पहिलो राष्ट्रिय जनगणना हरेक व्यक्तिमा रहेको विशेषता सङ्कलनसहितको गणना हुने भएको छ । अपाङ्गता भएका व्यक्तिहरुको २९औँ अन्तर्राष्ट्रिय दिवसलाई साताव्यापी मनाउने क्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाललगायत संस्थाले आज भर्चुअलरुपमा आयोजना गरेको 'राष्ट्रिय जनगणना २०७८ मा अपाङ्गता भएका भएका व्यक्तिको समावेशी गणना' विषयक छलफल कार्यक्रममा केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछाने उक्त जानकारी दिएका हुन् ।
उनले नेपालको बाह्रौँ आवधिक जनगणनाले सङ्घीय प्रणालीअन्तर्गत तीनै तहका सरकारलाई आवधिक योजना र कार्यक्रम तर्जुमा गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । विभागले २०७८ जेठ २५ देखि असार ८ गतेसम्म राष्ट्रिय गणना गर्ने तयारी गरिरहेको छ । हरेक दश वर्षमा जनगणना गर्नुपर्ने व्यवस्था नेपालको संविधानमा गरिएको छ ।
महासङ्घका अध्यक्ष मित्रलाल शर्माले गणनामा अपाङ्गता भएका सबै नागरिकको सहज सहभागिता हुने स्थिति सिर्जना गर्न विभागलाई आग्रह गरे । महासङ्घका पूर्वाध्यक्ष डा वीरेन्द्रराज पोखरेलले वडातहसम्म परिचालन गरी सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरु गणनामा नछुट्ने प्रबन्ध हुनुपर्ने बताए । उउनले अपाङ्गता भएका व्यक्तिहरु गणक वा सङ्कलकका रुपमा पनि रहन सक्ने प्रबन्धका लागि आग्रह गरे । रासस | 2021/10/19 09:05:58 | https://www.nawalpurtimes.com/2020/12/09/31365/ | mC4 |
बेलायतको नयाँ गोरखा पेन्सन प्रस्तावमाथिको परामर्शमा गेसो सहभागी नहुने | We Nepali
बेलायतको नयाँ गोरखा पेन्सन प्रस्तावमाथिको परामर्शमा गेसो सहभागी नहुने
२०७७ पुष ९ गते ११:५६
लण्डन । बेलायत सरकारले गोरखा पेन्सनबारे ल्याएको नयाँ प्रस्तावमाथि परामर्शमा गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले सहभागिता नजनाउने भएको छ ।
गेसो सभापति कृष्णकुमार राईले विहीबार एक विज्ञप्ति प्रकाशन गर्दै बेलायती रक्षा मन्त्रालयले तयार पारेको प्रस्तावबारे जनवरी महिनामा हुने भर्चुअल बैठक र त्यसपछि पनि कुनै सुझावहरु नदिने र छलफलमा सहभागिता नजनाउने बताएका छन् ।
गोरखा सैनिकहरुमाथिको भेदभावलाई अन्त्य गर्नका लागि दुई देशका प्रतिनिधिहरु तथा गोरखाहरु समेत संलग्न प्राविधिक समितिले दिएको प्रतिवेदनमाथि नै दुई देशका तर्फबाट वार्ता हुनुपर्ने आफ्नो अडान दोहोर्याउँदै गेसोले बेलायती रक्षा मन्त्रालयको नयाँ प्रस्तावलाई 'फेरि पनि गोरखाहरुमाथी अन्याय र विभेदलाई निरन्तरता दिने चाल' को संज्ञा दिएको छ ।
बेलायती रक्षा मन्त्रालयले सातौँ भारतीय सेन्ट्रल पे कमिसनको व्यवस्थाअनुसार गोरखा भूतपूर्व सैनिकहरुले पाउने पेन्सनलाई समायोजन गर्न नयाँ प्रस्ताव परामर्शका लागि यही डिसेम्बर २०२० मा सार्वजनिक गरेको छ । सो प्रस्तावमा भारतीय गोरखा सैनिकहरुले पाइरहेको पेन्सनको १४० प्रतिशत पेन्सन बेलायती सेनाका पूर्व गोरखाहरुलाई दिने र न्यूनतम १० प्रतिशत वृद्धिको ग्यारेन्टी गरिएको छ । यो प्रस्ताव बेलायतले सन् २००० मा आफैंले कबुल गरेको भारतीय सेनाका सेवा निवृत्त गोरखाहरुले पाइरहेको पेन्सनको तुलनामा बेलायती सेनाका सेवा निवृत्त गोरखाहरुलाई २०० प्रतिशत बढी पेन्सन दिने भन्ने प्रतिवद्धता विपरीत रहेको छ ।
सो प्रस्तावमाथि २०२१ को मार्च १२ सम्म परामर्श दिन सकिने बेलायती रक्षा मन्त्रालयले बताएकाे छ तर सो प्रस्तावका बारेमा बेलायती सेनामा काम गरेका पूर्व गोरखाहरु भने सकारात्मक देखिएका छैनन् ।
गेसो र गोरखा सत्याग्रहले सो परामर्शमा भाग नलिने घोषणा गरेका छन् भने बीजीडब्ल्यूएसले भने रक्षा मन्त्रालयको प्रस्तावको विरोध गर्दै सुझाव दिने बताएको छ ।
हेर्नुहोस् विज्ञप्तिको पूर्णपाठ
गोरखाहरुले बेलायती सेनामा भर्ती हुन थालेको २०५ वर्ष भैसकेको छ । सन् १८१६ देखि आज सम्मको प्रत्येक सैन्य मोर्चामा वेलायती सेनाको तर्फबाट युद्ध लड्यो र लड्यौं । वेलायतको तर्फबाट युद्ध लड्दा गोरखाहरुले १३ वटा भिक्टोरिया क्रस, दुईवटा जर्ज क्रस लगायत ६,५०० बहादुरीका तक्माहरुबाट विभूषित भए । युद्धमा हजारौं पुर्खाहरु मारिए, घाइते, अपांग र बेपत्ता भए । त्यसको फलस्वरुप विश्वमा शान्ति, स्वतन्त्र, मानवअधिकार र प्रजातन्त्र पुनर्स्थापना भयो भने वेलायत विश्वमा सर्वशक्तिमान राष्ट्र बन्न सफल भयो ।
भारतको सिपाही बिद्रोहदेखि ईराक र अफगानिस्तान युद्धसम्म आइपुग्दा लाखौं गोरखाहरुले बेलायतको निम्ति जीवन बलिदान गरे । दुःखको कुरो बेलायत सरकारले युद्धमा के कति मरे र के कति घाइते भए भन्ने विषयमा आजसम्म कुनै तथ्यांक सार्वजनिक गरेको छैन । जनसंख्याको अनुपातमा युद्धमा सबै भन्दा बढी मर्ने गोरखाहरु नै थिए । इतिहासविदहरुको भनाई र लेखाई अनुसार युद्धमा करिव ६० हजार गोरखाहरुले जीवन बलिदान गरेका छन् । यदि ती मरेका ६० हजार गोरखाहरुको नाममा बेलायतले एउटा गोरखाको एक मिनट मात्र मौनधारण गर्ने हो भने बेलायत झण्डै साढे १ महिना स्तब्ध हुन जान्छ । त्यसकारण विश्वको निम्ति यति धेरै जीवन वलिदान गर्ने गोरखाहरुलाई वेलायत सरकारले अझै विभेद गरिरहेको छ । सन २९ मार्च २०१७ का दिन वेलायती रक्षा मन्त्रालयमा भएको वैठकमा वेलायती रक्षा राज्यमन्त्री मार्क ल्याङकास्टरले सुझाव दिनु भए अनुसार गोरखाहरुमाथी भएका विभेदहरुको बारेमा अध्ययान र अनुसन्धान गर्न एक त्रिपक्षिय प्राविधिक समिति गठन भयो । गठित प्राविधिक समितिले तयार पारेको प्रतिवेदन २२ मार्च २०१८ का दिन औपचारिकरुपमा दुवै देशका ससरकारलाई बुझाइसकिएको कुरा सवैलाई विदितै छ ।
त्यसैले फेरी पनि एमओडीले गोरखाहरुमाथी अन्याय र विभेदलाई निरन्तरता दिने निस्चित प्राय देखिन्छ । यो अहिले भर्खरै गोरखाहरुको संस्थाहरुलाई आउने जनवरी महिनामा एमओडीको तर्फबाट हुने भर्चुअल वैठकमा र १२ मार्च २०२१ सम्ममा गोरखाहरुबाट सुझाव लिने समयावधीमा गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले कुनै सुझावहरु र सहभागिता नजनाउने कुरा यसै विज्ञप्तीमार्फत सबैमा जानकारी गराउंदछौं ।
वेलायत सरकारले समेत स्वीकार गरेको १३ बुंदे प्रतिवेदन भन्दा अन्य तरिकाबाट हुने बार्ता या सुझाव गोरखा भूतपूर्व सैनिक संघ (गेसो) लाई मान्य हुने छैन । गेसो चाहन्छ त्यो १३ बुंदे प्रतिवेदनमाथी दुवै देशका सरकारले एक उच्च स्तरिय वार्ता समिति गठनगरी समस्याको समाधान गर्न गेसो दुवै सरकारसंग आग्रह गर्दछ ।
दुवै देशका सरकारलाई वुझाएको १३ बुंदे प्रतिवेदन निम्न वमोजिम छ :
१. २२ वर्ष नोकरी पूरा गरेका व्रिटिश गोरखा सिपाहीले समान दर्जानुसारको समान पेन्सन पाउनु पर्ने ।
२. २१ वर्ष उमेर पछि १६ वर्ष नोकरी पूरा गरेका व्रिटिश गोरखा अफिसरले व्रिटिश अफिसर समान दर्जा अनुसारको पेन्सन पाउनु पर्ने ।
३. १५ वर्ष नोकरी पूरा गरेका व्रिटिश गोरखा सिपाहीले ब्रिटिश सिपाहीले पाउने २२ वर्षको पेन्सनको अनुपातिक १५ वर्षको पेन्सन दर्जा अनुसारले पाउनु पर्ने ।
४. अप्रेसनल डिउटीमा मारिएका, मरेका र घाइतेभएका व्रिटिश गोरखाले व्रिटिश समान लिवरल र डिसएविलिटी (घाइते) पेन्सन पाउनु पर्ने साथै अन्य पेन्सनहरु जस्तैः विधवा, मेडिकल आदि सबै खाले पेन्सनहरु व्रिटिश सिपाही समान पाउनु पर्ने ।
५. सन १९७५ अघि नोकरीबाट बर्खास्त गरिएका गोरखाहरुले क्षतिपूर्ति एकमुष्ट रकम पाउनु पर्ने ।
६. सन १९७५ पछि नोकरीबाट बर्खास्त गरिएका गोरखाहरुले व्रिटिश सिपाही समान प्रिजर्भ्ड पेन्सन पाउनु पर्ने ।
७. व्रिटिश गोरखा सिपाहीले वेलायतमा रहंदा नेसनल इन्स्युरेन्स (राष्ट्रिय विमा) तिरेको र मलाया, हङकङ र नेपालमा रहंदा व्रिटिश सिपाही समान तलव नदिएको हुंदा स्टेट पेन्सन पाउनु पर्ने ।
८. व्रिटिश गोरखा सिपाहीको पेन्सन व्रिटिश सिपाही समान तुरुन्त बनाउनु पर्ने ।
९. व्रिटिश गोरखाहरुलाई ऐतिहासिक अन्याय भएको हुंदा अन्यायको क्षतिपूर्तिका लागी सद्भावना पेमेन्ट दर्जा र नोकरीको अवधीअनुसार पाउनु पर्ने ।
१०. पेन्सन वा बर्खास्त भएका तर मरिसकेका व्रिटिश गोरखाका छोराछोरीहरुले सद्भावना पेमेन्ट पाउनु पर्ने ।
११. व्रिटिश रक्षा मन्त्रालयले व्रिटिश गोरखाहरुको लागी मेडिकल सुविधा इन्डियन गोरखाहरुले नेपालमा पाएको समान मेडिकल सुविधा दिनु पर्ने ।
१२. ३० वर्ष भन्दामाथि उमेरका व्रिटिश गोरखाका छोराछोरी सबैलाई बेलायती आवशीय भिसा दिनु पर्ने ।
१३. भूतपूर्व व्रिटिश गोरखा र परिवारलाई ९० दिन नेपाल बस्न पाउने सुविधा मिलोस् ।
१४. भूतपूर्व व्रिटिश गोरखाहरुले पाउने पेन्सन भारतीय रिजर्भ बैंकमा नभै सिधै नेपाल राष्ट्र बैंकमा जाने ब्यवस्था मिलाउनु पर्ने । | 2021/01/22 09:37:43 | https://www.wenepali.com/2020/12/74984.html | mC4 |
2011 September 18 | Himalaya Television
Himalaya Television / 2011 / September / 18 Articles Posted on September 18th, 2011
दानवहादुर चौधरीलाई महिला बालबालिका तथा समाज कल्याण मन्त्री नियुक्त
by admin on Sep 18, 2011 | प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले तराइ मधेश लोकतान्त्रिक पार्टी नेपालका नेता दानवहादुर चौधरीलाई महिला बालबालिका तथा समाज कल्याण मन्त्री नियुक्त गर्नुभएको छ। नव नियुक्त मन्त्री चौधरीले राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनियताको शपथ लिनुभएको छ। चौधरी कपिलबस्तुवाट प्रत्यक्ष निर्वाचित सभासद हुनुहुन्छ। उहां यस अघि माधवकुमार नेपाल नेतृत्वको सरकारमा उद्योग राज्यमन्त्री हुनुहुन्थ्यो। राज्यमन्त्रीहरुको शपथ [...]
शान्ति र संविधानमा केन्द्रीत हुन सबैलाई आग्रह : रामवरण यादव
by admin on Sep 18, 2011 | राष्ट्रपति डाक्टर रामवरण यादवले धेरै उतार चढावले अहिलेको राजनितिक परिर्वतन भएको स्मरण गर्दै शान्ति र संविधानमा केन्द्रीत हुन सबैलाई आग्रह गर्नुभएको छ। राजधानीको त्रिभुवन विश्वबिद्यालय शिक्षण अस्पतालको परिसरमा नवनिर्मित आकस्मिक भवन उद्घाटन तथा गणेशमान सिंहको शालिक अनावरण कार्यक्रममा राष्ट्रपति डाक्टर यादवले मुलुकमा स्थिर राजनीतिक अवस्था भए विकास निर्माणका साथै स्वास्थ्य सेवाले द्रुत विकास गर्ने बताउनुभयो। [...]
बालक अपहरण
by admin on Sep 18, 2011 | चार दिनअघि घरवाट अपहरणमा परेका बाके फत्तेपुर खल्लाटेपरीका १७ बर्षिय सन्तोष पौडेलको अवस्था अझै अज्ञात छ। हतियारधारी एक समुहले सिद्धेश्वर उच्च माविमा कक्षा १० मा अध्ययनरत पौडेललाई घरबाटै अपहरण गरि लगेको थियो। अपहरणपछि सम्भावित क्षेत्रमा निगरानी बढाएर फत्तेपुरका बासिन्दाले रातदिन खोजि गरिरहेको अपहरितका दाजु प्रदिप पौडेलले बताउनुभयो। पौडेलको अपहरणपछि घर परिवारमा रुवावासी छ। परिवारका अनुसार [...]
यूएस ओपन टेनिस प्रतियोगिता
by admin on Sep 18, 2011 | फ्रान्सलाई दुई एकले हराउदै राफेल नाडाल र डेभिड फेररले स्पेनलाई डेभिस कप टेनिस प्रतियोगिताको फाइनल यात्रामा अग्रता बनाएका छन। यूएस ओपन टेनिस प्रतियोगिताको फाइनलमा नोभाक जोकोभिकसंग पराजित भएपछि उपाधिबाट बञ्चित भएका नाडालले सेमिफाइनलमा फ्रान्सका रिचार्ड ग्यास्कोयटलाई छ तीन, छ शुन्य र छ एकको सोझो सेटमा पराजित गरे भने डेभिड फेररले गिल्स सिमोनलाई छ एक छ [...]
अमेरिकामा नेपाली पर्यटन वर्ष
by admin on Sep 18, 2011 | अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सनफ्रानसिस्कोमा शनिबार नेपाल पर्यटन वर्ष दुई हजार एघारलाई सघाउने उद्देश्यले एक सांस्कृतिक झांकीयुक्त प्रदर्शनीको आयोजना गरियो। अमेरिकाको बे एरियामा सक्रिय मदरल्याण्ड नेपालको नेतृत्व तथा सो क्षेत्रमा कार्यरत करिब तीस नेपाली संस्थाको सहयोगमा सञ्चालित सो झांकीयुक्त जुलुसमा लाखे नाच, नेवारी, तामाङ र दौरा सुरुवालमा सजिएका करिब दुई सय नेपालीको सहभागिता थियो। पावल स्टि्रट [...]
आर्सनल ब्ल्याकबर्नसंग ४–३ गोल अन्तरले पराजित
by admin on Sep 18, 2011 | इंग्लीस प्रिमियर लिग अन्तरगत गएरातीको खेलमा आर्सनल ब्ल्याकबर्नसंग पराजित हुँदा एभरटनले विगानलाई स्तब्ध पारेको छ। गएराती सम्पन्न खेलमा आर्सनल ब्ल्याकबर्नसंग ४–३ गोल अन्तरले पराजित भएको हो। हारसगै आर्सनल लिग तालिकामा १५ औं स्थानमा रोकिन पुगेको छ भने जित हात पारेको ब्ल्याकबर्न १४ औं स्थानमा छ। ब्ल्याकबर्नलाई जित दिलाउन याकुबुले दुई गोल गरेका थिएभने आर्सनलले दुई [...]
लिगलिग कोट
by admin on Sep 18, 2011 | आधुनिक नेपालको जग बसालको शाहवंशीय राजतन्त्रको उदय पश्चिमी जिल्ला गोरखाको लिगलिग कोटबाट भएको थियो। इतिहासको साक्षी तथा सौन्दर्यको खानी लिगलिग जगेर्ना र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ। लिगलिगकोट नजिकैको बेलबास गाउंका बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि भने सो ठाउंले मुहार फेर्ने स्थानीयवासीले अपेक्षा गरेका छन्। बाइसे चौविसे राज्यमा नेपाल विभाजित हुंदा गोरखा पाल्पाली राजा मुकुन्दसेनको अधिनमा [...]
लोक गीत प्रतियोगीतामा ६ जना कलाकारलाई सम्मान
by admin on Sep 18, 2011 | सुनसरीको इटहरीमा पूर्वाञ्चल स्तरीय लोक गीत प्रतियोगीतामा ६ जना कलाकारलाई सम्मान गरिएको छ। नेपाली कला, संस्कृति र साहित्यको जर्गेना गरी श्रष्ठालाई सम्मान गरौ भन्ने नाराका साथ दुई दिन गरिएको महोत्सवमा कलाकारहरुलाई सम्मान गरिएको हो। सम्मानित हुनेमा धरानका कृष्ण लावती, इलामका देवीप्रसाद गौतम, संखुवासभाका तारा बुढाथोकी, उदयपुरका शैलेन्द्र खतिवडा, धनकुटाका कुन्दन राई र मोरङका रामकुमार राई [...]
माओवादी सभासद् गुणाखरद्बारा संविधानसभा सदस्य पदबाट राजीनामा
by admin on Sep 18, 2011 | एकीकृत माओवादी सभासद् गुणाखर बस्यालले संविधानसभा सदस्य पदबाट राजीनामा दिनुभएको छ। केहि समयदेखि पार्टीको सम्पर्कमा नरहनुभएका सभासद गुणाखर बस्याललाई बहुविवाहको आरोप लागेको थियो। बहुविवाहको आरोप लागेपछि उहांले आज माओवादी संविधानसभा दलको कार्यालय सिंहदरवारमा फ्याक्स मार्फत राजीनामा बुझाउनुभएको हो। उहां पर्वत क्षेत्र नम्बर २ बाट निर्वाचित सभासद हुनुहुन्छ।
by admin on Sep 18, 2011 | आज असोज १ गते। २०२२ सालदेखि निर्माण शुरु भएको नेपाली चलचित्रको सम्झना गर्दै आजको दिनलाई चलचित्रकर्मीले राष्ट्रिय चलचित्र दिवसका रुपमा मनाउने भएका छन्। नेपाली चलचित्रको साढे चार दशकिय इतिहासमा शुभारम्भको रुपमा राष्ट्रिय चलचित्र दिवस २०६८ मनाउन थालिएको हो। विदेशमा छायांकन भएको पहिलो चलचित्र सत्य हरिश्चन्द्र र नेपालमै निर्माण भएको चलचित्र आमाको प्रदर्शन असोज महिनामै भएका [...] | 2013/06/18 05:32:38 | http://himalayatv.com/news/2011/09/18/ | mC4 |
मुख्य मन्त्री अष्टलक्ष्मी शाक्यले भोलि बिस्वासको मत लिदै, एमाले सत्ता ढल्ने भएपछी गठबन्धनको आफ्नै तैयारी - A complete Nepali news portal based on news & views
मुख्य मन्त्री अष्टलक्ष्मी शाक्यले भोलि बिस्वासको मत लिदै, एमाले सत्ता ढल्ने भएपछी गठबन्धनको आफ्नै तैयारी
२३ आश्विन २०७८, शनिबार १२:४० October 9, 2021 Buddha Sharan
काठमाडौँ । पार्टी बिभाजन पछि विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्थाका कारण बागमती र एक नम्वर प्रदेशका मुख्य मन्त्रीले विश्वासको मत लिने तैयारी गरेका छन्। बागमती प्रदेशकी मुख्मंत्री अष्ट लक्ष्मी शाक्यले भोलि आइतबार विश्वासको मत लिने भएकी छिन।
मुख्यमन्त्री शाक्यले पेश गरेको पत्रमा दल विभाजन भएको परिप्रेक्ष्मा नेपालको संविधानको धारा १८८ को उपधारा (२) तथा बागमती प्रदेश सभा नियमावली २०७४ को नियम १४३ उपनियम (१) बमोजिम प्रदेश सभाबात विश्वासको मत प्राप्तगर्ने सम्वन्धि प्रश्ताव पेस गर्न सुचना दिइएको उल्लेख । शाक्यले विश्वासको मत लिने तैयारी स्वरूप आइतवार प्रदेश सभाको हिउदे अधिवेसन बोलाउन प्रदेश प्रमुख यादव शर्मा समक्ष सिफारी गरेको छिन।
उता प्रदेश १ मा मुख्मंत्री भिम आचार्यले भने दशैँ पछि मात्र विश्वासको मत लिने तैयारी छ । एमालेको शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले आइतबार मुख्यमन्त्रीले विश्वासको मत लिन प्रस्ताव दर्ता गराउने निर्णय गरिसकेको छ।
निर्वाचन आयोगको प्रदेश एक कार्यालयले भने २७ भदौमा एमाले विभाजको पत्र बुझाएको थियो। तर २६ असोज पछि दसैँ बिदा परेको कारण प्रमुख आचार्यले दसैँ पछि कार्तिक पाँचमा मात्र विश्वासको मत लिने तैयारी गरेका हुन्।
मुख्य मन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तिस दिन भित्र मुख्य मन्त्रीले विश्वाशको मतका लागि र प्रदेश सभा समक्ष प्रस्ताव राख्नु पर्ने संवैधानिक ब्यबस्था छ। दुवै प्रदेश सरकार अल्पमतमा परे पछि संवैधानिक व्यवस्थाका कारण विश्वासको मत लिन लागिएको हो।
दुवै प्रदेशमा एमाले एक्लै छ । एमाले सरकार ढल्ने निश्चित भए संगै केन्द्रमा बनेको सत्ता गठबन्धन दलहरुले प्रदेश सरका गठन गर्ने तैयारी बढाएको छ।
तत्कालिन ( नेकपा ) हुँदा प्रदेश नम्बर दुइ बाहेक ६ वटै प्रदेशमा एमाले सरकार थियो।
सर्वच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र विच भएको एकतालाई अवध भन्दै पूर्ववत अवस्थामा फर्की दियो। त्यसपछि एमालेले नेतृत्व गरेको गण्डकी र लुम्बिनी प्रदेशको नेत्रत्व जुमायो भने कर्णालीमा माओवादी नेतृत्वको सरकार बचौं आफ्नै सांसदले रगनितिक वलिदान गरे।
एमाले विभाजन संगै संघीय सरकार गुम्यो भने बाँकी रहेको बाज्मति र १ नम्बर प्रदेश को नेतृत्व पनि गुमाउदै छ। मतदाताले पाँच बर्षको लागि सत्ता राजनीतिबाट बिदा दिएको नेपाली कांग्रेस कम्युनिष्टहरुका बीचको बिभाजन संगै सत्तामा पुग्यो। अहिले कांग्रेसको संघ र गण्डकी प्रदेशमा नेतृत्व छ। आलोपालो सहमति अनुसार छिटै कर्णाली प्रदेशमा पनि नेतृत्व लिदै छ,र चार महिना पछि लुम्बिनीको पनि
बागमती र एक नम्बर प्रदेशमा एमालेको एकलौटी सरकार थियो। पार्टी बिभाजन संगै दुवै प्रदेशको नेतृत्व पनि एमाले गुमाउने तफ नजिकिएको छ।नेता माधव नेपालले नेकपा एकिकृत समाजवादी बनाए संगै यी दुवै प्रदेश सरकार अल्पमतमा परेका छन्। | 2021/12/02 18:53:38 | https://nonstopkhabar.com/archives/66272 | mC4 |
शिथिल बन्दै विश्व अर्थतन्त्र, नेपालबारे अध्ययन गरिँदै - अर्थ / वाणिज्य - कान्तिपुर समाचार
शिथिल बन्दै विश्व अर्थतन्त्र, नेपालबारे अध्ययन गरिँदै
काठमाडौँ — चीनसहित विकासोन्मुख एसियाली मुलुकको अर्थतन्त्रमा १५ अर्ब डलर क्षति हुनेछ, यो दुई महिनाको अवधिमा हुने प्रभावका कारण मात्र हो । तीन महिनासम्म यसको प्रभाव रहिरहे विश्व अर्थतन्त्रमा डेढ खर्ब बराबरको क्षति हुने एडीबीको अनुमान छ ।
सन् २०१९ मा चीनले विश्व बजारबाट २१ खर्ब डलर बराबरका सामग्री आयात गरेको थियो । स्टार बक्सको कफीदेखि फ्राइड चिकेनजस्ता उत्पादनका लागि चीन ठूलो बजार हो । चीनमा हुने बिक्रीले धेरै बहुराष्ट्रिय कम्पनीको आम्दानी र नाफामा ठूलो अर्थ राख्छ । र, यस्ता कम्पनीको वृद्धिले रोजगारी र लगानीमा ।
कोरोना त्रासका कारण चिनियाँ नागरिक घुमघामका लागि ननिस्कनु भनेको माल्दिभ्सका रिसोर्टदेखि पेरिसका बुटिक होटलसम्म खाली रहनु हो । चिनियाँ पर्यटकको संख्याले पर्यटनमा निर्भर धेरै देशको अर्थतन्त्र सबल बनाउन भूमिका खेलेको छ । विश्वभरका ब्रान्डका लागि चीन उत्पादन थलो पनि हो । चिनियाँ उद्योग बन्द रहनु भनेको एप्पलको आइफोनदेखि निर्माण सामग्री जस्ता वस्तु र औद्योगिक कच्चापदार्थकै अभाव हुनु हो । चिनियाँ नयाँ वर्षदेखि सुरु भएको कोरोना (कोभिड–१९) को प्रभावले चीनमा हुने बिक्री र खपतको परिमाण घटाएका छन् । जसले आफ्नो उत्पादन चीनमा बिक्री गर्दै आय गर्ने दर्जनौं देशको अर्थतन्त्रलाई सोझो प्रभाव परेको छ । कोरोना त्रासका कारण चिनियाँ नागरिकले सामान किन्न कम गर्न थालेपछि विश्वका कारदेखि जुत्ताका ब्रान्डले समेत अर्बौं राजस्व गुमाउन थालेका छन् ।
कोभिड–१९ अब संसारका प्राय: देशमा फैलिइसकेको र केही देश फैलन सक्ने उच्च जोखिममा परेपछि चिनियाँ बजार मात्रै होइन, अब ती देशकै अर्थतन्त्र पनि शिथिल बन्ने निश्चितप्राय: छ । चीनले विश्व व्यापारको झन्डै २० प्रतिशत हिस्सा ओगट्छ । भाइरस फैलिइसकेको र फैलन सक्ने सम्भावित कारणले दुई महिनायता हवाई, उद्योग, उत्पादन, निर्माणजस्ता अर्थतन्त्रमा योगदान दिने अधिकांश क्रियाकलाप शिथिल बन्न थालेका छन् । दुई महिनाकै कोरोना प्रभावले यो वर्षलाई सन् २००९ पछिकै सबैभन्दा शिथिल अर्थतन्त्र हुने वर्षका रूपमा हेर्न थालिएको छ । अमेरिकी आर्थिक संकटको २००८–००९ को अवधिले विश्वभरका अर्थतन्त्रलाई धक्का पुगे जस्तै कोरोनाका कारण सन् २०२० को विश्व अर्थतन्त्र वृद्धि नै आधा रोकिने धेरै अर्थविद्हरूको प्रक्षेपण छ ।
सामान्य भाषामा भन्दा कोरोनाको त्रासका कारण उद्योगहरू बन्द भए, मानिसहरूले होटलमा खान छाडे, घुम्न जान छाडे, हवाई उद्योगले यात्रु पाउन छाडे के हुन्छ ? यसले विश्वभरको आर्थिक कारोबारमा कमी ल्याउनेछ । यसले बैंकबाट ऋण लिएर गरिएका धेरै उद्योगलाई ब्याज र किस्तासमेत तिर्न नसक्ने अवस्थामा पुर्याउनेछ भने यस्ता उद्योगमा रोजगारी गरिरहेका करोडौं मानिसको रोजीरोटी खोसिनेछ । व्यवसायबाट हुने आम्दानीले बैंकको ब्याज र किस्ता तिर्न नसक्दा विश्वभरका बैंकहरू टाट पल्टिने अवस्था आउन सक्छ ।
चिनियाँ अर्थतन्त्रले उसलाई मात्रै नभएर अन्य देशलाई कसरी प्रभाव पारिरहेको छ भनेर बुझ्न अमेरिकी स्टक एक्सचेन्जमा आएको गिरावटलाई हेर्दा पनि हुन्छ । अमेरिकी स्टक एक्जचेन्जमा आएको गिरावट सन् २००८ को आर्थिक संकटपछिको खराब अवस्था हो । अमेरिकाको मात्रै होइन संसारका मुख्य स्टक मार्केटको अवस्था पनि उस्तै हुँदै गएको छ ।
कोरोनाको प्रभावले पछिल्लो दुई महिनामा अर्थतन्त्रमा देखिएको नकारात्मक सूचकांकलाई लिएर धेरै निकायले अर्थतन्त्रमा पार्ने प्रभावका विषयमा विश्लेषण सुरु गरेका छन् । अर्गनाइजेसन फर इकोनमिक कोअपरेसन एन्ड डेभलपमेन्ट (ओईसीडी) ले गरेको विश्लेषणमा कोरोनाका कारण यो वर्ष विश्व अर्थतन्त्र २ दशमलव ४ प्रतिशत मात्रै वृद्धि हुनेछ । जुन गत नोभेम्बरमा गरिएको २ दशमलव ९ प्रतिशत वृद्धिको प्रक्षेपणभन्दा ० दशमलव ५ प्रतिशत विन्दु कम हो । यो कोरोना भाइरसको अहिलेको जस्तो अवस्थालाई दृष्टिगत गरी गरिएको प्रक्षेपण हो । तर योभन्दा खराब अवस्थामा विश्व अर्थतन्त्रको वृद्धिदर १ दशमलव ५ प्रतिशत मात्रै हुन सक्ने ओईसीडीको आकलन छ ।
सन् २०२० को पहिलो त्रैमासमै कोरोना नियन्त्रणमा आए सन् २०२१ मा भने विश्व अर्थतन्त्रको वृद्धिदर ३ दशमलव ३ प्रतिशत हुने ओईसीडीको आकलन छ । 'तर कोरोना भाइरसको प्रभाव यसैगरी एसिया, युरोप र उत्तर अमेरिकामा फैलिँदै गए अवस्था झन् खराब हुन सक्छ,' ओईसीडीको विश्लेषणमा भनिएको छ ।
शुक्रबार मात्रै एसियाली विकास बैंक (एडीबी) ले सार्वजनिक गरेको एक अध्ययन रिपोर्टले पनि विश्व अर्थतन्त्रमा झन् भयावह अवस्था औंल्याएको छ । कोरोना भाइरसको प्रभावका कारण एसिया र विश्व अर्थतन्त्रमा पार्ने प्रभावको सरसर्ती विश्लेषण गर्दै एडीबीले विश्व अर्थतन्त्रमा ७६ अर्ब डलर क्षति हुने प्रतिवेदनमा उल्लेख गरेको छ ।
चीनसहित विकासोन्मुख एसियाली मुलुकको अर्थतन्त्रमा १५ अर्ब डलर क्षति हुनेछ । यो दुई महिनाको अवधिमा हुने प्रभावको कारण मात्र हो ।
तीन महिनासम्म यसको प्रभाव रहने हो भने विश्व अर्थतन्त्रमा डेढ खर्ब बराबरको क्षति हुने एडीबीको अनुमान छ । छ महिनासम्म रहिरहे यसले विश्व अर्थतन्त्रमा साढे तीन खर्ब डलर बराबरको क्षति गर्नेछ । फलस्वरूप आर्थिक वृद्धि ० दशमलव ४ प्रतिशत तल झर्नेछ ।
सन् २०१६ देखि २०१८ सम्म चीनलाई सामान निर्यात गर्ने मुलुकको सूचीको विश्लेषण गर्ने हो भने सात वटा मुलुकको अर्थतन्त्रको १० प्रतिशत हिस्सा चीनमा हुने निर्यातमा निर्भर रहेको एडीबीको रिपोर्टमा उल्लेख छ । कोरोना भाइरसको प्रभावका कारण चिनियाँहरूले सामान कम खपत गर्न थाल्ने हो भने यस्ता मुलुक सबैभन्दा पहिला प्रभावित हुने पक्का छ । मंगोलिया, ताइपेई, सोलोमन आइल्यान्ड, भियतनाम, सिंगापुर, कोरिया, मलेसिया, लाओस, म्यानमार, थाइल्यान्डजस्ता मुलुकको अर्थतन्त्र चीनमा गरिने निर्यातमा निर्भर छ । यसबाट दक्षिण दक्षिण एसियाली राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका अछुता छैनन् । पर्यटनमा निर्भर अर्थतन्त्रका लागि पनि कोरोना भाइरसको अवस्था यही रूपमा फैलिइरहे विकराल रूप लिन सक्छ । एडीबीको विश्लेषणलाई आधार मान्ने हो भने अहिलेकै अवस्थामा नेपालको पर्यटन उद्योगले चिनियाँ पर्यटकबाट पाउने १ अर्ब आम्दानी गुमाइसकेको छ ।
छ महिनासम्म यसको प्रभाव रहने हो भने पनि ३ अर्बभन्दा बढीको क्षति हुने विश्लेषण छ । अर्थतन्त्रको ४० प्रतिशतभन्दा बढी हिस्सा पर्यटन उद्योगबाट जोहो गर्ने माल्दिभ्स र पलाउजस्ता मुलुकका लागि त यो अवस्थाले विकराल रूप लिन सक्छ । चीनबाट मात्रै होइन, अन्य देशबाट आउने पर्यटकको कमीले यस क्षेत्रको रोजगारी र आम्दानी दुवै गुम्नेछ ।
नेपालबारे अध्ययन गरिँदै
कोभिड–१९ का कारण नेपालको अर्थतन्त्रमा पर्ने प्रभावबारे अध्ययन थालिएको अर्थ मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणले नेपालको आर्थिक वृद्धिदरमा असर गर्ने अर्थमन्त्री युवराज खतिवडाको अनुमान छ । 'यसले आर्थिक वृद्धिमा ठ्याक्कै कति असर गर्छ भनेर अहिले नै भन्न सक्ने स्थिति भने छैन,' उनले भने, 'अध्ययनपछि यसबारे थाहा हुनेछ ।'
सरकारले यस वर्षका लागि ८.५ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य बजेटमार्फत तय गरेको छ । कोरोना संक्रमण देखिनुपूर्व नै यो वृद्धिदर हासिल नहुने प्रक्षेपण विभिन्न दातृ निकायले गरिसकेका छन् । 'नेपालको अर्थतन्त्रमा पार्ने प्रभावबारे अबका घटनाक्रमअनुसार निरन्तर अध्ययन हुने विषय हो,' उनले भने ।
यसका लागि राष्ट्र बैंक र अर्थ मन्त्रालयका अधिकारीहरूले तथ्यांक संकलन तथा त्यसको विश्लेषण गरिरहेका छन् । 'यो अध्ययनका लागि छुट्टै कुनै कार्यदल वा समिति बनाएर गरिएको हैन,' अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखाका प्रमुख यज्ञप्रसाद ढुंगेलले भने, 'राष्ट्र बैंक, अर्थ मन्त्रालय र अन्तरसम्बन्धित सरकारी निकायहरूका कर्मचारीहरूले तथ्यांक संकलन र सम्भावित असरका विषयमा अध्ययन गरिरहेका छन् ।'
हालसम्मको अवस्थाअनुसार कोभिड–१९ को असर नेपालको आयात–निर्यात, पर्यटन आगमन, विदेशी लगानी, वैदेशिक रोजगारी र रेमिट्यान्स, विकास निर्माणसहित अर्थतन्त्रका सबैजसो क्षेत्रमा देखापरिसकेको छ ।
चीनसँगको आयात–निर्यात ठप्प छ । भारत हुँदै आयात हुने सामग्रीमा भारी गिरावट आइसकेको छ । विकास निर्माणका लागि आवश्यक यन्त्र उपकरण र चिनियाँ श्रमिक नफर्किंदा ससानादेखि ठूला आयोजना निर्माण रोकिन थालेका छन् । नेपालमा श्रम स्वीकृति लिने विदेशीमध्ये चिनियाँ नागरिकको हिस्सा ६० प्रतिशत छ, जसको सोझो असर यहाँको विकास निर्माणमा पर्ने पक्का छ ।
नेपालमा भारतीयपछि सबभन्दा बढी पर्यटक चिनियाँ नै आउने तथ्यांक रहेको र यस वर्ष त्यसमा भारी गिरावट आइसकेको छ । चीन मात्रै नभई अन्य देशबाट समेत पर्यटक आगमन घटेपछि काठमाडौंको ठमेल, पोखरा, चितवनको सौराहालगायत पर्यटकीय गन्तव्य सुनसान छन् । विदेशी लगानी र त्यस्ता लगानी स्वीकृत भइसकेका आयोजना एवं विकास निर्माणको काम पनि रोकिन थालेको छ । अर्को असर भनेको कामको खोजीमा बिदेसिने श्रमिकहरू र त्यसबाट प्राप्त हुने रेमिट्यान्समा देखापरेको छ । कोभिड–१९ नेपालीको प्रमुख श्रम गन्तव्य देशहरूमा फैलिइसकेका कारणले नेपाली त्यता जान छाडेको र भविष्यमा रेमिट्यान्स कम हुने सम्भावना देखिएको छ । नेपालको एक प्रमुख श्रम गन्तव्य दक्षिण कोरियामा संक्रमण निकै फैलिइसकेका कारण नेपालीलाई त्यता पठाउन पनि रोकिएको छ ।
प्रकाशित : फाल्गुन २५, २०७६ १२:०४
तापक्रम नाप्दै, बस चढाउँदै
फाल्गुन २५, २०७६ सीमा तामाङ
काठमाडौँ — बबरमहलबाट शुक्रबार विद्युतीय बसमा तीन जना चढे । बसकी कर्मचारी निकिता सिवाकोटी यात्रुको तापक्रम नाप्न तयार थिइन् । तापक्रम जाँचेपछि कोरोना भाइरससम्बन्धी चेतनामूलक ब्रोसर लिएर उनीहरू सिटमा बसे ।
बस कोटेश्वर चोक पुग्दासम्म कुनै यात्रु चढेनन् । बसमा भइरहेको गतिविधि नियाल्दै यात्रु सुशीला सुुवेदीले भनिन्, 'सबै सार्वजनिक यातायातमा यस्तो सुविधा हुनुपर्छ । तर सधैं यही बस भेटिँदैन ।' बालकुमारी चोकबाट सोही बसमा तीन र ग्वार्कोबाट पाँच जना चढे । 'विद्युतीय गाडीमा ज्वारो नापेर मात्रै यात्रा भनेर समाचार पढेको थिएँ, संयोगले त्यही गाडी चढ्न पाएँ,' सातदोबाटोबाट चढेकी सरला सुवेदीले भनिन् ।
महालक्ष्मीस्थानबाट चढेका एक जना भने आक्रोशमा थिए, 'चीनबाट आएका मानिससँगै हरेक सामान चेक गर्नुपर्छ । यहीँ बसेका मानिसलाई चेक गरेर के हुन्छ ?' अर्का यात्रुले थपे, 'नेपालीलाई आफ्नै सुरक्षाको लागि तापक्रम चेक गर्दा पनि पच्दैन ।' केहीले सहजै तापक्रम जाँच्न दिन्थे भने केही नसुनेझैं गर्थे । कलंकी, स्वयम्भू पुग्दासम्म यात्रु चढ्ने र ओर्लने क्रम जारी थियो । केही यात्रु कोरोनाबाट बच्ने उपायबारे जिज्ञासा राखिरहेका थिए ।
बस वनस्थलीमा पुग्यो । त्यहाँबाट चढेका दुईमध्ये एक जनाले भने, 'सरकारले केही गरेन, तपाईंले नापेर के हुन्छ ? केही समयको लागि मात्र त होला ।' बसन्धुराबाट तीन जना चढे । एक यात्रुले भने नाप्न दिएनन् । उनी घरबाट निस्कँदा परीक्षण गरेर निस्केको बताइरहेका थिए । यात्रुको तापक्रम जाँच गरिरहेकी सिवाकोटीले समेत चित्त बुझाउन सकिनन् । बसन्धुरादेखि महाराजगन्ज, चावाहिल, गौशाला, सिनामंगल हुँदै तीनकुनेसम्म आइपुग्दा ३४ जना यात्रु चढे । चक्रपथ परिक्रमा गरेर तीनकुने आइपुग्दा दिउँसो ४ बजेर २० मिनेट गएको थियो ।
सुन्दर यातायात प्रालिका दुई वटा विद्युतीय बसमा बिहीबारदेखि यात्रुको तापक्रम परीक्षण गरेर मात्र चढाउन थालिएको छ । बसमा चालक, सहचालकसहित अन्य दुई जना कर्मचारी पनि थिए । एक जना तापक्रम जाँच्ने, अर्का चेतनामूलक ब्रोसर बाँड्ने । प्रालिका अध्यक्ष भेषबहादुर थापाले सार्वजनिक उत्तरदायित्व भएकाले जनचेतना अभियान थालिएको बताए । 'हामीले सुरु गर्यौं, अब अन्य सार्वजनिक सवारीसाधनले पनि सुरु गरून् भन्ने चाहना हो,' उनले भने । | 2021/04/22 11:29:14 | https://ekantipur.com/business/2020/03/08/158364837403963718.html | mC4 |
अमेरिका र चीनबीच महामारीबीच व्यापार सम्झौताबारे छलफल | Latest news of Nepal,world news, articles, literature, Business news, Entertainment and more अमेरिका र चीनबीच महामारीबीच व्यापार सम्झौताबारे छलफल
साउन ३० गते, २०७७ - २०:०४
वाशिङ्टन । संयुक्त राज्य अमेरिका र चीनबीचको व्यापार वार्ताबारे शनिबार पूर्व सहमति अनुसार पहिलो चरणको व्यापार सम्झौताको बारेमा छलफल हुने भएको छ ।
कोरोनाभाइरसले विश्व अर्थतन्त्रलाई प्रभावित पार्नु पहिले दुई आर्थिक शक्तिबीचको सम्बन्धमा समस्या देखिइरहेका समय पूर्व सहमति अनुसार छलफललाई अगाडी बढाउन लागिएको हो । विश्वका दुई प्रमुख अर्थतन्त्रबीच सन् २०२० मा उल्लेख्य व्यापार वार्ता तथा सम्झौता हुने अनुमान गरिएको थियो तर अपेक्षा अनुसार वार्ता अघि बढ्न सकिरहेको थिएन ।
वासिङटन र बेइजिङको जनवरी सम्झौताले महिनौँ लामो व्यापार विवादलाई आंशिक सहमतिमा पुर्याएको थियो । सम्झौता अनुसार आगामी दुई वषभित्र बेइजिङले थप दुई खर्ब अमेरिकी डलर बराबरको अमेरिकी उत्पादन आयात गर्ने सहमति भएको थियो । ती अमेरिकी उत्पादनमा कार तथा मेसिनरी समान, तेल र कृषिलगायत रहेका छन् । | 2020/10/19 22:20:59 | https://www.khabardabali.com/2020/08/294759/ | mC4 |
कीर्तिपुर सन्देश साप्ताहिक: कीर्तिपुर नगरपालिकाले विना मितिको सूचना टाँस्यो
कीर्तिपुर नगरपालिकाले विना मितिको सूचना टाँस्यो
कीर्तिपुर नगरपालिकाको प्रवेशद्वार एवं कीर्तिपुरको मुख्य वजार नयाँवजारका व्यापारीहरुले पसलको सामान पसलभित्रमात्र नराखी घरको पेटीमा समेत सामान राखी बाटोमा हिंड्ने वटुवाहरुलाई असुविधा भएकोले जनमानसले कीर्तिपुर नगरपालिकामा सो सामान हटाई आवागमनमा सहज बनाउन अनुरोध गरिएकोले कीर्तिपुर नगरपालिकाले विना मितिको तीनदिने सूचना जारी गरिएको छ । कीर्तिपुर नगरपालिकाले जारी गरेको सो सार्वजनिक सूचना नयाँ वजारको ठाउँ ठाउँमा टाँस गरिएको छ । जसमा लेखिएको छ ।
'यस नगर क्षेत्रको कीर्तिपुर चक्रपथ अन्तर्गत बजार क्षेत्रमा केही व्यक्तिहरुले सार्वजनिक सडक अतिक्रमण गरी सवारी आवागमनमा बाधा पुग्ने गरी पसल राख्ने, निर्माण सामग्रीहरु थुपार्ने, फुटपाथ पसलहरु थाप्ने र सार्वजनिक सडकहरुमा पानी निष्काशन हुने गरी डुँड राख्ने कार्य गरेको पाइएकोले यो सूचना प्रकाशन भएको मितिले ३ (तीन) दिन भित्र सार्वजनिक पेटी, सडकमा पसल नथाप्न, पसलका सामग्री नराख्नका साथै डुँड हटाउन सम्बन्धित सबैको जानकमरीको लागि यो सूचना प्रकाशन गरिएको छ ।'
तर त्यस सार्वजनिक सूचना कहिले जारी भएको हो भन्ने मिति नै छैन । मिति नै नभएको सूचनालाई कहिलेको भनेर आधिकारिकता मान्ने हो ? यो नगरपालिकाको लापरवाही नभए के हो ? भनी कीर्तिपुरवासीले प्रश्न गर्न थालेका छन् । | 2022/05/29 12:33:18 | https://www.kirtipursandesh.com.np/2012/12/blog-post_4412.html | mC4 |
लोकप्रिय गायक निशान भट्टराईको निधन – Nepal Japan
नेपाल जापान २९ पुष १८:१५
लोकप्रिय गायक निशान भट्टराईको सोमबार राति कार दुर्घटनामा निधन भएको छ । दरवारमार्गको एक रेष्टुरेन्टमा गीत गाउँदैआएका भट्टराई सो स्थानबाट आफ्नो निवास फर्कने क्रममा तीनकुनेमा कार दुर्घटनामा परी निधन भएको हो ।
दुर्घटनामा घाइते भएका गायक भट्टराइलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको र चिकित्सकले उहाँलाई मृत घोषित गरेको संगीतकार मिलन मोत्तानले आफ्नो फेसबुमा लेख्नुभएको छ ।
यसैबीच पत्रकार तथा गीतकार रमण घिमिरेले गायक भटुटराईको निधनपछि आफ्नो पुरानो दिनको याद गर्दै हार्दिक श्रद्धान्जली निशान, तिम्रो आत्माले शान्ति पाओस् भन्दै फेसबुकमा लेख्नुभएको छ-
"मेरो अनन्य साथी थियो निशान । उसका र मेरा संघर्षका दिनहरू सँगसँगै सुरु भएका हुन् । ऊ दरबारमार्गको एउटा होटलमा गाउँथ्यो, म लगनटोलबाट प्रकाशित हुने साप्तहिक मन्चमा पत्रकारिता गर्थेँ- चालीसको दशकको कुरा हो ।
त्यहाँदेखि यहाँसम्म हाम्रो मित्रतामा कहिल्यै कुनै आरोह-अवरोह आएन, सधैँ एकनास हामी एक-अर्कालाई मित्रताको अनुभूति बाँडिरह्यौँ ।
हो, लामो अन्तरालमा कहिलेकाहीँ छोटो भेट हुन्थ्यो तर भेट हुँदा हामी फेरि अर्को भेटसम्मलाई पुग्ने गरी खुसी बाँड्थ्यौँ ।
पछिल्लो समय हामीले खुसी बाँडेको धेरै भइसकेको थियो । अचानक तिमी बिनाकुनै सूचना गइहालेछौ । मन चर्कियो, मुटु दुख्यो । फेरि साढे तीन दशकअघि तिमीलाई पहिलोपल्ट भेट्दाको क्षण सम्झिएँ । आँखाहरू बरर बर्सिए ।" | 2021/10/17 02:39:28 | https://www.nepaljapan.com/01/14/487027/ | mC4 |
वातावरणीय दृष्टीकोणले अति उत्तम नेपालकै पहिलो हरित होटल 'सोल्टी वेस्टेन्ड प्रिमियर' | suryakhabar.com
Home पर्यटन/संस्कृति वातावरणीय दृष्टीकोणले अति उत्तम नेपालकै पहिलो हरित होटल 'सोल्टी वेस्टेन्ड प्रिमियर'
वातावरणीय दृष्टीकोणले अति उत्तम नेपालकै पहिलो हरित होटल 'सोल्टी वेस्टेन्ड प्रिमियर'
on: २४ कार्तिक २०७५, शनिबार १६:३० In: पर्यटन/संस्कृति, समाचारTags: No Comments
नेपालगञ्ज, बाँके । सुविधासम्पन्न तारे होटलमा प्रायः बढी ऊर्जा खपत हुन्छ । ती होटलबाट धेरै मात्रामा कार्बनडाइअक्साइड उत्सर्जन हुँदा ऊर्जाको भार बढनाका साथै वातावरणीय असर पनि पु¥याएको हुन्छ तर यहाँको भुजइगाउँ, वासुदेवपुरमा तारे होटलकै रुपमा सञ्चालन भइरहेको 'सोल्टी वेस्टेन्ड प्रिमियर' वातावरण अनुकूलन छ । यो होटल नेपालकै पहिलो हरित (ग्रिन) होटल मानिएको छ ।
वातावरण जोगाउने उद्देश्यले युएस ग्रिन बिल्डिङ काउन्सिलको सुपरिवेक्षणमा होटल निर्माण भएको महाप्रबन्धक इन्द्र खड्का बताउछन् ।
उनका अनुसार होटलको संरचना, होटल बन्ने क्षेत्र लगायत सबै उक्त काउन्सिलको मापदण्डमा आधारित र काउन्सिलले पनि प्रिमियरलाई कार्बनडाइअक्साइड उत्पादन नगर्ने होटलको श्रेणीमा सिल्भर क्याटागोरीअन्तर्गत राखेको छ । हालै उक्त प्रमाणपत्र होटलले हात पारेको हो । एलइडी बत्ती, एसीको सट्टामा रेडिएन टेक्नोलोजीको प्रयोग गरिएकोे छ । फोहोर, बत्ती, एसी, पानी व्यवस्थापन त्यही मापदण्डअनुसार छ ।
होटल एशोसिएसन अफ नेपाल (हान) का महासचिव विनायक शाह सोल्टी वेस्टेन्ट प्रिमियर पूर्ण वातावरणमैत्री होटल भएको र यस्ता होटललाई प्रोत्साहन आवश्यक छ भन्छन् ।
"होटलले पाँच तारे मान्यता पाउने प्रक्रियामा छ, अब नयाँ आउने होटलले पनि यस्ता प्रविधि अपनाउँछन् । पर्यटकले वातावरणमैत्री होटल खोज्छन् अहिले अन्तर्राष्ट्रिय ट्राभल ऐजेन्सीहरुले वातावरणमैत्री होटल खोजेर बुकिङ गर्ने गरेका छन्", उनको भनाइ छ ।नेपालगञ्जमा सुविधासम्पन्न करीब २० होटल छन् हानको नेपालगञ्ज च्याप्टरमा आबद्ध ४० भन्दा बढी पर्यटकस्तरीय होटल छन् । | 2020/04/04 01:51:45 | https://www.suryakhabar.com/2018/11/89038/ | mC4 |
कांग्रेस पथरीशनिश्चरे नगरमा मुख्य सात पदका लागि १४ जनाको उमेद्वारी दर्ता, सदस्यहरु सबै निर्विरोध निर्वाचित (नामावलीसहित) | Rato Kalam
मोरङ । भोली मदतान हुने नेपाली कांग्रेसको नगर अधिवेशनमा मोरङ पथरीशनिश्चरेमा मुख्य सात पदको लागि १४ जनाले मनोनयन दर्ता गरेका छन ।
सभापतिमा तीन, दुई उपसभापतिमा चार जनाले, दुई सचिवमा तीन र दुई सहसचिवका लागि चार जनाले उमेद्वारी मनोनयन दर्ता गरेका छन् ।
नगर सभापतिमा रुपनाराण भट्टराई, ईश्वर थापा र लोकनाथ खरेलले मनोनयन दर्ता गरेका छन् । पर्शुराम कार्कीले भने आफूलाई सर्वसहमत बनाए नेतृत्व गर्ने भन्दै आएका थिए । कार्कीले मनोनयन दर्ता गरेका छैनन् ।
रुपनाराण भट्टराई कोइराला र लोकनाथ खरेल देउवा पक्षको उमेद्वार रहेको बुझिएको छ । ईश्वर थापा कोइराला निकटका भएपनि स्वतन्त्र रुपमा सभापतिको मनोनयन दर्ता गरेका हुन । थापाले आफूलाई अरु गुटगुटको भएपनि आफू सबै कांग्रेस प्रतिनिधिको उमेद्वार भएको बताउदै आएका छन् ।
त्यसैगरी उपाध्यक्षमा सन्तोष कार्की, कुलबहादुर गुरुङ, किशोरबहादुर बस्नेत र सन्तोष गुरुङ, त्यसैगरी सचिव पदमा सोमबहादुर कटुवाल(सन्तोष), लक्ष्मी दुलाल, योगराज पाठकले मनोनयन दर्ता गरेका हुन् । टाइवन राईले उमेद्वारी घोषणा गरेपनि मनोनयन दर्ता गरेनन् ।
सहसचिव २ पदका लागि खगेन्द्र बस्नेत, सागर बराल, लक्ष्मीप्रसाद श्रेष्ठ र सोफिया कटुवालले उमेद्वारी मनोनयन दर्ता गरेका छन् । कोषाध्यक्ष सदस्यहरुबाट मनोनित र नगर सदस्य एक महिला पर्ने गरी हरेक वडाबाट ३—३ जना निर्वाचित हुने ब्यबस्था छ । नगरको १० वटै वडाबाट सदस्य सर्वसहमत चयन भएका छन् ।
मतदान भोलि बिहान ८ देखि २ बजेसम्म र ४ बजेदेखि गणना हुने कार्यतालिका सार्वजनिक भएको छ । नगरमा क्षेत्रीय प्रतिनिधि, वडा सभापति र निवर्तमान नगर सभापति गरी दुई जना मतदाता रहेका छन् । | 2021/12/09 05:12:36 | https://ratokalam.com/news/detail/101504/ | mC4 |
रारा तालमा फोरजी सेवा - Nepali Headlines,Nepal News, Nepali News, News Nepal
२० मंसिर, खलङ्गा । नेपालको सबैन्दा ठूलो ताल तथा कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थलका रुपमा रहेको रारामा फोरजी सेवा सञ्चालन गरिएको छ ।
नेपाल टेलिकमको एक टोलीले रारा पुगेर फोरजी सेवा सञ्चालन गरेको हो । बिहीबारदेखि मुगुको रारामा फोरजी सेवा सञ्चालनमा ल्याइएको रारा पुगेका नेपाल टेलिकमका वरिष्ठ इञ्जिनीयर प्रेमबहादुर क्षेत्रीले बताए । नेपाल टेलिकमका वरिष्ठ इञ्जिनीयर क्षेत्रीसहित चार जनाको टोली अहिले फोरजी सेवा सञ्चालन गर्न रारामै रहेको छ । उनले नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गरेर टेलिकमले द्रुत गतिको फोरजी सेवा सञ्चालनमा ल्याएको हो ।
चाइना कम्युनिकेशन सर्भिसेस इन्टरनेशनलले जिम्मा लिएको उक्त फोरजी सेवा कर्णाली प्रदेशका सुर्खेतमा १५ टावर र दैलेखमा दुई टावर निर्माण गरी रारा तालमा समेत जडान गरिएको इञ्जिनीयर क्षेत्रीले जानकारी दिए । टेलिकमले राराको हुटुमा फोरजीको टावर राखेर सेवा सञ्चालन गरेको हो । उनले अनुसार एक हजार ८०० मेगाहर्जमा फोरजी सेवा शुरु गरिएको छ ।
नेपाल टेलिकमका प्राविधिक कर्मचारी रारातालमा जडान गर्दै फोरजी टावर । तस्वीरः विजय रावत/रासस, जुम्ला
'रारा आउने पर्यटकलाई सहज र छिटो इन्टरनेट सुविधा दिने उद्देश्यले फोरजी सेवा सञ्चालनमा ल्याएका हौँ', पोखरेलले भने, 'यो सेवाले रारामा पुग्ने पर्यटकलाई सामाजिक सञ्जाल प्रयोग गर्न, आफूले खिचेका फोटो तथा भिडियो तत्काल सामाजिक सञ्जालमा राख्न सहज हुनेछ ।' फोरजी सेवा सञ्चालनमा आएसँगै रारा आउने पर्यटक र विकट मुगुका बासिन्दाले उच्च गतिको मोबाइल इन्टरनेट सेवा प्रयोग गर्न पाउने भएका छन् । रासस | 2020/10/25 19:12:50 | https://nepaliheadlines.com/%E0%A4%B0%E0%A4%BE%E0%A4%B0%E0%A4%BE-%E0%A4%A4%E0%A4%BE%E0%A4%B2%E0%A4%AE%E0%A4%BE-%E0%A4%AB%E0%A5%8B%E0%A4%B0%E0%A4%9C%E0%A5%80-%E0%A4%B8%E0%A5%87%E0%A4%B5%E0%A4%BE/ | mC4 |
उच्च शिक्षाका लागि अष्ट्रेलिया जाँदै हुनुहुन्छ, यी कुरा विचार गर्नुहोस् :: हेमन्त काफ्ले :: Setopati
कोरोना कहरले २२ महिना बन्द भएको अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सिमा अघिल्लो महिनादेखि खुलेको छ।
सिमा खुलेसँगै अध्ययनका लागि अष्ट्रेलिया भित्रने विद्यार्थीको संख्यामा बाक्लो भिड देखिएको छ।
कंगारूको देश अस्ट्रेलिया पछिल्लो समय नेपाली विद्यार्थीका लागि पहिलो रोजाइमा पर्दै आएको छ।
अष्ट्रेलिया भित्रने अन्तर्राष्ट्रिय विद्यार्थीमध्ये सबैभन्दा बढी नेपाली विद्यार्थी रहेको यहाँको सरकारी तथ्याङ्कले जनाएको छ।
अस्ट्रेलियाको सिमा डिसेम्बर १५ बाट सबैका लागि खुला भएको छ। सिमा खुलेसँगै करिब तीन हजार भिसा लागेका विद्यार्थी अस्ट्रेलिया भित्रिसकेका छन्। अन्य दसौं हजार जाने अन्तिम तयारीमा छन्।
सिमा नाका खुलेसँगै अष्ट्रेलिया प्रवेश गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीले यहाँका नियम कानुन पूर्णत पालना गर्नुपर्ने हुन्छ। विद्यार्थीले थप अध्ययन अनुसन्धान गरेर प्रकृया अगाडि बढाउनुपर्ने हुन्छ।
व्यवसायिक विषयको रोजाइ र पढाइ अनि मिहिनेत गरे आर्थिक रूपमा पनि व्यवस्थापन गर्न सकिने भएकाले अस्ट्रेलिया धेरैको रोजाइमा परेको हो।
अधिकांश नेपाली विद्यार्थी अस्ट्रेलिया गएर अध्ययन गर्ने र भविष्य निर्माण गर्ने सोचमा छन्। अस्ट्रेलियामा करिब ७० हजार नेपाली विद्यार्थी विभिन्न कलेज, प्राविधिक शिक्षालय र विश्वविद्यालयमा अध्ययनरत छन्।
पछिल्लो समयमा बेलायतका शिक्षण संस्थामा देखिएको समस्या र अमेरिकाको महंगो शुल्कले विद्यार्थीको ध्यान अस्ट्रेलियातर्फ मोडिएको शिक्षाका जानकारहरू बताउँछन्।
केही वर्ष अघिसम्म अमेरिका र बेलायत अध्ययनको आकर्षण हुने गरे पनि पछिल्लो समय विद्यार्थीको लक्ष्य फेरिएको शिक्षा मन्त्रालयको पछिल्लो आकँडाले देखाएको छ।
विदेश पढ्न जानेको लागि शिक्षा मन्त्रालयबाट 'नो अब्जेसन लेटर' लिनेमध्ये आधाभन्दा बढी अस्ट्रेलियाका छन्।
अस्ट्रेलियामा राम्रा विश्वविद्यालयदेखि टेफजस्ता उपयोगी प्राविधिक शिक्षालयसँगै निजी कलेजको उत्कृष्ट शिक्षा पाइन्छ।
यसअघि बेलायतमा यस्तै निजी कलेजको बिगबिगीले शैक्षिक बजारनै उथुलपुथुल भएको भन्दै सरकारले प्रतिबन्धसमेत लगाएको थियो।
तर अष्ट्रेलियामा पढ्न आउँदा कस्तो शैक्षिक संस्था रोज्ने भन्ने विषयमा आउने विद्यार्थी र पठाउने अभिभावकले नै खोज्न सक्छन्।
अस्ट्रेलियाका विश्वविद्यालयमा विभिन्न संगठन छन्। आफू जाने विश्वविद्यालय कुन नेटवर्कसँग आबद्ध छ, त्यो अनुसार युनिभर्सिटीको काम र उद्देश्यको बारेमा विद्यार्थी आफैंले जानकारी लिन सक्छन्।
ग्रुप अफ एट, द अस्ट्रेलियन टेक्नोलोजी अफ युनिभर्सिटिज्, द रिजनल युनिभर्सिटिज नेटवर्क र दइनोभेटिभ रिसर्च युनिभर्सिटिज नेटवर्क अस्ट्रेलियाका विश्वविद्यालय नेटवर्क हुन्।
विद्यार्थीले विश्वविद्यालय रोज्दा व्यवसायिक दक्षताको लागि दिइने सीप र ज्ञान, अध्यापनका बारेमा पर्याप्त जानकारी लिनुपर्छ। त्यस्तै, विश्वविद्यालयले दिने छात्रवृत्ति र सेवा सुविधाका बारेमासमेत विद्यार्थी जानकार हुनुपर्छ।
विश्वविद्यालय र यीसँग आवद्ध उच्च शिक्षाका निकाय तथा पछिल्लो समय व्यवसायीक रूपमा उदाएका केही निजी कलेजका बारे विद्यार्थीले बुझ्न जरूरी हुन्छ।
अस्ट्रेलिया सरकारले शिक्षामा कडाइ गर्दै जाँदा नेपालबाट राम्रो अंक ल्याएर प्लस टु सकेका विद्यार्थीले आफ्नो भविष्यको बारेमा निर्णय लिँदा शिक्षालयबारे राम्ररी जाँचबुझ गरेर मात्रै अष्ट्रेलिया आउनुपर्ने हुन्छ।
पछिल्ला दिन अष्ट्रेलिया आउने अधिकांश विद्यार्थीको रोजाइमा सूचना प्रविधि, नर्सिङ, इञ्जिनियरिङ, स्वास्थ्य विज्ञान, म्यानेजमेन्ट, हस्पिटालिटीजस्ता विषय परेका छन्।
विश्वविद्यालय छनोट, विषय स्पष्टता, विषयको गरिमा, समय अवधि, अस्ट्रेलियामा पढेको कुन कोर्स नेपालका निम्ति पनि काम लाग्छ अथवा त्यो विषयको विश्व बजार कस्तो छ भन्नेबारे जानकारी महत्वपूर्ण हुन्छ।
त्यसैले आफ्नो योग्यता, रूची र चाहनाबारे प्रष्ट हुन जरूरी हुन्छ।
यताका कतिपय ब्याचलर डिग्री पढाउने कलेजको प्रमाणपत्र नेपालमासमेत मान्यता पाउँदैनन्। डिप्लोमा, एडभान्स डिप्लोमाजस्ता भोकेसनल कोर्सहरू आधारभूत ज्ञानका रूपमा मात्र प्रचलित छन्। यस्ता भोकेसनल कोर्सहरू अस्ट्रेलियामा मात्र उपयोगी मानिन्छन्।
विद्यार्थी भिसामा अस्ट्रेलिया जान चाहनेले कम्तीमा १२ कक्षा पास गरेको हुनुपर्छ। कक्षा ११ र १२ को मिलाएर कुल अंक ६० प्रतिशतभन्दा बढी ल्याएका विद्यार्थीले भिसाका लागि सहजै आवेदन दिन सक्छन्। यसका साथै कक्षा दसको परीक्षाफल पनि समावेश गर्नुपर्छ। शैक्षिक योग्यतासँगै आइएलटिएसमा कम्तीमा ६ अंक ल्याउने विद्यार्थीका लागि प्रकृया सहज हुन्छ।
शैक्षिक योग्यता पुगेपछि परिवारको आर्थिक स्रोत, घरजग्गाको वित्तीय मूल्यांकन र सम्पत्ति विवरण देखाएपछि भिसा प्रकृया अगाडि बढ्छ।
कलेजमा कागजात पेश गर्दा एक वर्षको पढाइ शुल्क, स्वास्थ्य बीमा, एक वर्षको बसाइ खर्च, आउ–जाउका लागि हवाइ टिकट बराबरको रकम प्रमाणित गरेपछि मात्र भिसा पाइन्छ।
नेपालबाट पठाएको डकुमेन्ट अनुसार कलेजले ६ महिना वा एक वर्षसम्मका शुल्क तिर्नका लागि प्रस्ताव गरेपछि सिओइ पत्र दिन्छ। यी सबै कागजातलाई विद्यार्थीले दिल्लीस्थित अस्ट्रेलियन दूतावासको हाइकमिसनमा पठाउनुपर्छ। यिनै कागजातका आधारमा भिसा अधिकारीले परीक्षण गरेपछि पन्ध्रदेखि तीस दिनभित्र भिसा प्राप्त गर्न सकिन्छ।
अस्ट्रेलिया पढ्न जाने विद्यार्थीले 'क' वर्गको इजाजत प्राप्त सबै कमर्सियल बैंकबाट बैंकिङ डकुमेन्टेसन गर्न पाउँछन्। अस्ट्रेलिया सरकारले आफ्नो भूमिमा पढ्न आउने विदेशी विद्यार्थीका लागि यस्तो नीति बनाएको हो। अस्ट्रेलियन हाइकमिसनले नेपाल राष्ट्र बैंकको नियन्त्रण र अनुगमनमा रहेका 'क' वर्गका सबै बैंकलाई मान्यता दिएको हो।
अस्ट्रेलिया जाने नेपाली विद्यार्थीमध्ये करिब २५ प्रतिशत 'डिपेन्डेन्ट भिसा' मा रहेको अनुमान छ।
'डिपेन्डेन्ट भिसा' अर्थात् अस्ट्रेलियाको कानुनी परिभाषाअनुसार परिवारभित्र पति, पत्नी र छोराछोरी पर्छन्। अध्ययनमा गएका विवाहित नेपाली पुरूष या महिलाले पाउने अतिरिक्त सुविधाका रूपमा यो भिसालाई लिइन्छ।
एक वर्षभन्दा बढी समयका शैक्षिक योग्यताका कोर्सहरू, ब्याचलर डिग्री, मास्टर्स, मास्टर्स रिसर्च, पिएचडी गर्न जाने विद्यार्थीले यो सुविधा पाउँछन्।
'यदि कुनै विद्यार्थी एक वर्षभन्दा लामो समयका लागि पढ्न जाँदै छ भने आफ्नो परिवारबाट टाढा बस्न नपरोस् भनेर दिइएको सहुलियत पनि हो। अर्कोतिर एक जनाको पढाइका निम्ति आर्थिक रूपमा अर्का सहयोगी बनुन् भनेर यस्तो भिसाको व्यवस्था गरिएको हो।
यस भिसाका लागि केही कानुनी प्रक्रिया आवश्यक रहन्छन्। जसमा विवाह दर्ता प्रमाणपत्र, जन्मदर्ता, नाता प्रमाणित, विवाहको फोटो, घरजग्गाको आधार, संयुक्त बैंक खाता, विभिन्न चाडबाडसँगै मनाएको भिडियो, सिडी, भिसिडी, फोटो आदि पर्छन्।
त्यसैगरी पति र पत्नीबीच हुने सम्बन्धजन्य फोन, इमेल, स्काइप, कुराकानी, विवाह वाषिकोत्सवको मितिजस्ता सम्बन्ध कायम रहेको प्रमाणहरू आवश्यक छन्। यी सबै प्रमाणपुगेपछि कम्तीमा दुई महिनादेखि तीन महिनाभित्र यस्तो भिसा प्राप्त गर्न सकिन्छ।
मास्टर्स या त्योभन्दा माथिको कोर्स पढ्दै गरेको भएमा डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया रहेका परिवारका सदस्यले फुलटाइम काम गर्न पाउँछन्। मास्टर्सभन्दा तल्लो तहको अध्ययन गरेको भएमा परिवारका सदस्यले सातामा २० घन्टाको दरले काम गर्न पाउने कानुनी प्रावधान छ।
अस्ट्रेलियामा विद्यार्थीले सातामा २० घन्टा काम गर्न पाउँछन्। तर कोरोनाकालमा भने सरकारले विद्यार्थीको काम गर्ने समय सिमा बढाएरफुल टाईम बनाएको थियो।
विद्यार्थीले छुट्टिको समयमा भने पूरा समय काम गर्न पाउँछन्। श्रम कानुनअनुसार प्रत्येक कामदारले कम्तिमा १९ अस्ट्रेलियनडलर पारिश्रमिक पाउँछन्। कामको प्रकृतिअनुसार २० देखि ३० डलर घन्टाको कमाइलाई यहाँ सामान्य मानिन्छ।
पढ़ाई सकेपछि विद्यार्थीले टीआर अर्थात् टेम्पोरेरी ग्राजुयट भिसा पाउँछन्। जसमा ब्याचलर डिग्रीलाई लगभग दुई वर्ष र मास्टर डिग्री सकेपछि तीन वर्ष पुरा समय काम र स्थायीत्वको लागि बस्न पाउँछन्।
समग्रमा विदेश जाने विषयमा केही कुरा स्पष्ट हुनु जरूरी छ । पैसा कमाउने या उच्च शिक्षा हासिल गर्ने भन्ने विषयमा स्पष्ट धारणा बनाउन जरूरी छ। | 2022/05/18 19:42:04 | https://www.setopati.com/index.php/global/australia/259590 | mC4 |
ठेकेदारले ढिलाइ गरेपछि सकिएन पाटन कुम्भेश्वरको पुनःनिर्माण | Ratopati
ठेकेदारले ढिलाइ गरेपछि सकिएन पाटन कुम्भेश्वरको पुनःनिर्माण
personरासस exploreललितपुर access_timeअसोज ६, २०७५ chat_bubble_outline0
ललितपुर - भूकम्प गएको साढे तीन वर्ष बित्दासमेत पाटनको कुम्भेश्वर मन्दिरको पुनःनिर्माण सकिएको छैन ।
ठेकेदारले विभिन्न बहानामा ढिलाइ गर्दा काम नसकिएको पाटन स्मारक तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताए । उनले भने, "कहिले के बहाना देखाउने त कहिले ठेकेदार सम्पर्कमा नआउने हुँदा काम अघि बढ्न सकेको थिएन ।"
ठेकेदारसँग गत असारसम्ममा काम सक्ने गरेर सम्झौता भए पनि विभिन्न समस्या देखाएकाले एक वर्ष थप गरिएको जानकारी दिँदै उनले भने, "सरासर काम गरे अब एक वर्षमा सकिन्छ ।"
मन्दिरको कति भागसम्म पुनःनिर्माण गर्ने भन्ने विवाद र सुरक्षा प्रबन्धका कारणले गर्दा मन्दिर लामो समयसम्म पुनःनिर्माण हुन सकेको थिएन । कतिपयले त मन्दिरको माथिल्लो तलासम्म नै पुनःनिर्माण गर्नुपर्ने माग गरेका थिए । विज्ञले भने मन्दिरको सबै भाग भत्काउन नपर्ने सल्लाह दिएकाले आवश्यक ठाउँमा मात्रै काम भइरहेको प्रमुख प्याकुरेलले बताए । मन्दिर निर्माण अवधिभर यहाँ रहेका महत्वपूर्ण सामानको सुरक्षाका बारेमा स्थानीयवासीले चासो देखाएका थिए । प्रहरीले नियमित गस्ती गरी सुरक्षा दिने सहमति भएपछि काम शुरु भएको थियो ।
उपत्यकामा रहेका दुईवटा मात्रै पाँच तले मन्दिरमा कुम्भेश्वर मन्दिर पनि एक हो । राजा जयस्थिति मल्लले मन्दिर बनाउन लगाएका थिए । मन्दिरमा सबै सोमबारका साथै विशेष गरेर साउनको सोमबार भक्तजनको भीड हुने गरेको छ । जनैपूर्णिमाका दिनमा टाढाटाढाबाट समेत यहाँको दर्शनका लागि भक्तजन आउने गरेका छन् । रसुवाको गोसाइँकुण्डबाट यहाँको पोखरीमा पानी आएको विश्वास गरिन्छ । | 2019/06/19 15:27:00 | http://ratopati.com/story/61710 | mC4 |
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई कुबाटोमा धकेल्ने चेष्टाबाट मुलुकलाई जोगाउन नयाँ निर्वाचनमा जानु परेको बताएका छन् ।
७१औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले आफूभित्रैबाट अस्थिरता सिर्जना गर्न खोजिएकाले ताजा जनादेशमार्फत लोकतन्त्र बलियो बनाउनुपर्ने दायित्व आएको बताए ।
प्रधानमन्त्रीले भने, ‘प्रणालीभित्रैबाट लोकतन्त्रलाई अस्थिरतातर्फ लैजान खोज्ने र कुबाटोबाट धकेल्ने चेष्टाबाट मुलुकलाई अघि बढ्न नदिन निर्वाचनमा जानु परेको छ । यसमा सबै निकायले आआफ्नो भूमिका निर्वाह गर्नुपर्छ । लोकतन्त्रलाई अलमलमा पार्ने खालका क्रियाकलाप कहीं कतैबाट नहोस् ।’
प्रधानमन्त्री ओलीले सोही अवसरमा शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन बाँकी रहेका विभिन्न समूहलाई पनि संविधानभित्रको मूल प्रवाहमा आउन आह्वान गरेका छन् ।
समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनालगायतको उपस्थिति थियो । | 2022-12-08T17:17:29Z | https://www.nepalpress.com/2021/02/19/24471/ | OSCAR-2301 |
'साझा बसमा जुरेको पिरती'
विवाह स्मृति
मीरा राणा, वरिष्ठ गायिका तथा संगीतकार
मेरो विवाह २०२८ सालमा भएको हो । त्यो बेला म १८ वर्षकी थिएँ । मेरो श्रीमान् उदयजंग राणा २१ वर्षको हुनुहुन्थ्यो । हामी दुईको जोडी भगवान्ले नै जुराइदिएकोजस्तो लाग्छ ।
२०२६ सालतिरको कुरा हो । पुलिस क्लबमा गीत गाउँथेँ । त्यतिखेर म कमलपोखरीमा बस्थेँ । हरेक दिन साझा बस चढेर आवतजावत गर्थें । एक दिन साझा बस चढेर घर फर्कंदा उहाँ पनि त्यही बसमा हुनुहुुँदो रहेछ । नागपोखरीमा आएपछि कन्डक्टर पैसा उठाउँदै आए । मैले पैसा दिएँ । उनले 'तपाईंको पैसा भइसक्यो' भने । मैले पैसा दिन खोज्दा पनि उनी मान्दै मानेनन् ।
'मैले दिएकै छैन, कसरी भयो' भन्दा उनले 'ऊ त्यो मान्छेले दिएको' भन्दै उहाँलाई देखाए । उहाँलाई दुुई वटा टिकट हातमा देखाएर बसेको देखेँ । बोलचाल भएन । आफ्नो ठाउँ आएपछि म उत्रिएँ । 'मेरो टिकट किन काटेको होला ?' भन्ने लाग्यो । असाध्यै डर पनि लाग्यो । बाटोभरि नानाथरी कुरा मनमा खेल्न थाले । घरमा कसैलाई केही भनिनँ ।
त्यसको तीनचार दिनपछि पुुलिस क्लब जाँदै गर्दा साझामा उहाँसँग फेरि भेट भयो । बोलिनँ तर डरैडरमा बस शहीदगेट पुुगेको पत्तै पाइनँ । एक दिन कुमार बस्नेत दाइलाई भेट्न सञ्चयकोष गएकी थिएँ । त्यहाँ पनि उहाँलाई देखेँ । मलाई देख्नेबित्तिकै उहाँ बाहिर आउनुभयो । 'कुुमार दाइलाई भेट्न आएको हो ?' भनेर सोध्नुुभयो । मैले 'हो' भनेपछि दाइकोमा लगिदिनुुभयो । फर्कने बेलामा हामी सँगै निस्कियौँ ।
त्यहाँदेखि हाम्रो कुराकानी हुन थाल्यो । हामी घुुम्न पनि जान थाल्यौँ । घुुम्न भनेर फिल्म हेर्न जाने, जताततै भौँतारिने गर्दैनथ्यौँ । म पुलिस क्लबबाट छुुट्टी भएर आउँथेँ । उहाँ पनि अफिस छुुटेर आउनुुुहुन्थ्यो । शहीदगेटको बसपार्कमा भेट्थ्यौँ । पहिलो पटक हामी कालिमाटीको पचली भैरव मन्दिर घुुम्न गएका थियौँ । त्यहाँ नजिकै नदीको किनारमा गएर बस्यौँ । गफ पनि खासै आएन ।
वरिपरिको वातावरण र एकअर्कालाई हेर्दाहेर्दै एकडेढ घण्टा बितेको पत्तै लागेन । घर फर्कने बेलामा हामी सँगै हिँडेको कसैले देख्छ कि जस्तो लाग्थ्यो । बुुबाको साह्रै डर लाग्थ्यो । यसरी दुुई वर्ष हाम्रो 'लभ' प¥यो ।
एक पटक उहाँको सानीआमा र सानो बुबा काठमाडौँ आउनुुभएको थियो । उहाँको सानिमाको बम्बई (अहिलेको मुम्बई) मा बिहे भएको रहेछ । मेरो बारेमा उहाँले कुरा गर्नुभएको रहेछ । सनिमाले 'फिल्म हेर्न बोलाउनू, केटी म पनि हेर्छु' भन्नुुभएको रहेछ । एक दिन हामी रञ्जना सिनेमा हलमा गयौँ । उहाँले मलाई गिफ्ट पनि ल्याइदिनुुभएको रहेछ ।
कुुरैकुरामा उहाँले 'तिमीहरूको विवाह गर्ने जिम्मा मेरो, तिमीहरू बम्बई आउनू' भन्नुुभयो । यता मेरो बुुबा कडा हुुनुुहुुन्थ्यो, उता उहाँको आमा । त्यसैले हामीले बम्बईमै गएर विवाह गर्ने निधो ग¥यौँ । 'माया अन्धो हुन्छ' भन्थे । त्यो बेला त्यही भनाइ मलाई ठ्याक्कै मिलेको थियो ।
त्यो समयमा पुलिस क्लबको रेकर्डिङ रेडियो नेपालमा हुन्थ्यो । बिहान ७ बजे रेडियो नेपाल जानुपथ्र्यो । दिनदिनै एक–एक जोर गरेर केही लुुगाफाटा ओसारेँ । उहाँले लगेर जम्मा पारिदिनुुहुुन्थ्यो । रेकर्डिङ सक्किएको दिन हामी वीरगञ्ज जाने गाडीमा चढ्यौँ । गाडीबाट अगाडि–पछाडि ट्याक्सी देख्यो कि डर लाग्थ्यो । बुुबाले खोज्न आउनुुभयो कि भनेर बसको सिटमुुनि लुक्थेँ ।
त्यसो गर्दागर्दै वीरगञ्ज पुुग्यौँ । त्यहाँ हामीले 'भर्खरका केटाकेटीलाई रक्सौल कटेर जान दिँदैन' भन्ने सुुन्यौँ । त्यही बेला एक जना बुुढी मान्छे टाँगा चढेर आइरहनुभएको थियो । उहाँसँगै जाने सोच बनायौँ । उहाँलाई बाटोमा कसैले सोध्यो भने 'मेरो छोराबुुहारी हो, भन्नुुस् है' भन्यौँ । उहाँले मान्नुुभयो । तर, बाटोमा हामीलाई कसैले पनि सोधेन । रक्सौलबाट हामी पटना पुुग्यौ ।
पटनाबाट बम्बई जाने रेल चढ्यौँ । बेलुका ९ बजेतिर रेल छुुट्यो । बिहान ३÷४ बजेतिर मुुगलसराय भन्ने ठाउँमा रोकियो । चिया खान ओर्लियाँै । त्यसपछि रेल चढेपछि भुुसुुक्कै निदाएछाँ । एकैछिनपछि त्यहाँ हल्लाखल्ला हुुनथाल्यो । हल्ला सुुनेर दुुवै जना जुुरुक्क उठ्यौँ । सबैको समान हराएछ । हाम्रो पनि सुुटकेस हरायो । लुुगाफाटा, अलिअलि भएको पैसा सबै चोरले लग्यो ।
कसैको त टिकट पनि हरायो । मैले चाहिँ टिकट चेक गर्न आउँदा झिकेर दिन सजिलो हुुन्छ भनेर सारीको फेरोमा गाँठो पारेर राखेकी थिएँ र जोगियो । ३६ घण्टे यात्रापछि बम्बई पुग्यौँ ।
त्यहाँको महालक्ष्मी मन्दिरमा बिहे ग¥यौँ । रातो सारी कहाँबाट पाउनुु ? गाढा निलो रङमा सुुनौलो धर्का भएको बनारसी सारी लगाएकी थिएँ । उहाँले सामान्य सर्ट–प्यान्ट लगाउनुुभएको थियो । त्यही मन्दिरमा सिन्दुुर–पोते गरियो । उतैको चलनअनुसार मंगलसूत्र लगाइदिनुुभयो । त्यो दिन बुुबामुुमालाई सम्झिएर निकै रोएकी थिएँ ।
विवाह गरेको केही दिनमा मलाई छाडेर उहाँ फर्कनुभयो । उहाँको अफिसमा छुट्टी थिएन । त्यहाँ कसैकसैले मलाई 'उसले छाडेर गयो, अब तिमीलाई लिन आउँदैन' भन्दै जिस्काउँथे । कता–कता 'विवाह गर्छु भनेर बम्बईमा बेच्न लैजान्छन्' भन्ने पनि सुनेकै थिएँ । डर पनि लाग्यो । १०÷१५ दिनपछि उहाँले फोन गर्नुभयो । फोनमा 'तिमीलाई केही दिनमा लिन आउँछु' भन्नुुभयो । त्यसपछि मन शान्त भयो ।
केही दिनपछि उहाँ आउनुभयो र हामी सँगै फर्कियौँ । सासूले त भिœयाउनु भएन तर उहाँको माइजूले भिœयाउनुभयो । केही समयपछि सासूले पनि हाम्रो सम्बन्ध स्वीकार गर्नुभयो । त्यसको आउने दशैँमा हामीलाई बोलाएर माइतीले पनि टीका लगाइदियो । सम्बन्ध गाँसेको लगभग ५० वर्ष पुग्न आँट्यो तर पनि हाम्रो प्रेम अहिले पनि उस्तै छ । | 2021/10/18 04:26:29 | https://sampurnaweekly.com/news/92 | mC4 |
निर्वाचनले देशलाई स्थिरतामा लैजान्छः अध्यक्ष थापा Canada Nepal
फाल्गुण ९ २०७७
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने बताएका छन् ।
मिडिया नेपालद्वारा आज दमकमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचनले देशलाई स्थिरतामा लैजाने हुँदा यसलाई अवसरका रुपमा उपयोग गर्न राजनीतिक दलसँग आग्रह गरे । उनले भने, " निर्चावनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ । निर्वाचनले देशलाई स्थिरतामा लैजान्छ ।
ताजा जनादेश लिन सबै राजनीतिक दल निर्वाचनमा जानुपर्छ ।" नेकपालाई सरकार चलाउन जनताले दुईतिहाइको जिम्मेवारी दिए पनि तीन वर्षमा नै प्रतिनिधिसभा विघटन गरेर संवैधानिक सङ्कट आएको उनको भनाइ थियो । उनले संसद् विघटनसम्बन्धी सर्वोच्च अदालतको फैसला पार्टीलाई स्वीकार्य हुनेछ बताए । | 2021/06/17 19:37:33 | https://canadanepal.com/content/30687 | mC4 |
सञ्जीवको ब्लग: फास्ट ट्रयाक जस्ता ठूला योजना किन र कसका लागि?
फास्ट ट्रयाक कसले बनाउने भन्ने विवाद चुलिएको बेला केही दिनअघि राष्ट्रिय गौरवको भनिएको यो योजना नेपालको प्राथमिकता हुनुपर्छ कि पर्दैन भन्ने विषयमा नै छलफल चाहिन्छ भनेर मैले ट्वीट गरेँ। उक्त ट्वीटमा अपेक्षित रूपमै तिखा प्रतिक्रिया आए। कतिले गालीगलौजमै उत्रेर मलाई अवसरवादी र विकासविरोधीको 'लेबल' पनि लगाइदिए। अन्य केही भलादमीले मधेश र पहाडलाई भावनात्मक रूपमा जोड्न पनि द्रूतमार्ग चाहिन्छ भन्ने तर्क राखे।
यो लेखमा ठूला, राष्ट्रिय गौरवका भनिएका योजनाका बारेमा मेरा दृष्टिकोण केही विस्तृत रूपमा प्रस्तुत गर्दैछु।
चानचुन २ वर्षअघि एउटा चिनियाँ हवाइजहाज नेपाली झण्डा फहराउँदै पहिलोपटक त्रिभुवन विमानस्थल झर्यो। चीनले अनुदानस्वरूप दिएको उक्त जहाज नेपाल झर्दा यहाँको उत्साह हेर्नलायक थियो। विमानस्थलमा पञ्चेबाजा घन्कियो। जहाजको स्वागतमा दमकलबाट पानीका फोहोरा छुटे। उपहारमा पाएको जहाजबाट अब नेपाल वायुसेवा निगममात्र होइन देशले नै काँचुली फेर्नेभयो भन्ने खालको उत्साह सञ्चार भयो।
आज त्यो जहाज 'जियैछी न मरैछी, धिकिर धिकिर करैछी' भन्ने हालतमा विमानस्थलको एउटा कुनामा थन्किएको छ र देशको ढुकुटीलाई हरेक महिना लाखौँको 'चुना' लगाइरहेको छ। त्यो जहाजले नेपाल वायुसेवा निगमको हैसियत उकासेन बरु यसलाई झनै गरीब बनायो। नयाँ जहाज किन्नु वा ल्याउनुमात्र सफलताको सूचक होइन भन्ने टिप्पणी गर्दा त्यो बेला धेरैको खप्की खाइने निश्चित थियो। त्यही कुरा नडराइ भन्न डेढ वर्ष कुर्नु पर्यो।
चीनसँग भएको त्यो जहाज खरिद सम्झौता र सित्तैमा पाएको अनुपयोगी जहाज आवश्यक छलफल, दुरदर्शिता, ठोस दृष्टिकोण र प्रभावकारी योजनाबिना सस्तो लोकप्रियताका लागि निर्धारण गरिने भौतिक पूर्वाधारका योजनाको बिम्ब हुनसक्छ।
हामी सबैले एउटा कुरामा प्रस्ट हुन आवश्यक छ– ठूला बाटा, विमानस्थल वा मेट्रो रेल आफैंमा कुनै देशको आर्थिक र भौतिक समृद्धिका सूचक होइनन्। चीन, सिङ्गापुर वा मलेसियाका भौतिक संरचनाका उदाहरण नेपालमा भ्रामक रूपमा प्रस्तुत गरिएको मात्र हो। भौतिक संरचनाले देशको अर्थतन्त्रमा भइरहेको विस्तारलाई सहज बनाउँछन्। वस्तु र कच्चापदार्थको ओसारपसारका माध्यमले उत्पादक, बजार र उपभोक्तालाई जोड्छन्। अहिलेको विश्वसन्दर्भमा भौतिक संरचनाको मूल उद्देश्य पनि यही हो। चिनियाँ रेल नेपाल नजिकै आइपुगेको नेपाली र चिनियाँ जनता वातानुकुलित रेलका डब्बामा आनन्दले यात्रा गरुन् भनेर होइन। अर्को शब्दमा भन्दा, भौतिक पूर्वाधार बदलिँदो अर्थतन्त्रबाट सिर्जित आवश्यकताका परिणाम हुन्, स्वयंमा विकासका सूचक होइनन्।
चीन, सिंगापुर वा मलेसियाको भौतिक पूर्वाधारको चर्चा गरिरहँदा यो कुरा बिर्सन मिल्दैन उनीहरूसँग संसारलाई बेच्न केही विशिष्ट वस्तु र सेवाहरू थिए, र छन्। हामीसँग पनि विशिष्ट वस्तु वा सेवा हुनसक्छन् जसलाई हामी अन्तर्राष्ट्रिय बजारमा बेच्न भौतिक पूर्वाधारका योजना बनाउन सक्छौँ। मेरो तर्क हो पूर्वाधारका योजना बनाउँदा र तिनको वकालत गर्दा त्यस्ता सम्भावनाहरूको चर्चा गरिनुपर्छ -हचुवा र उडन्ते गफमात्र होइन। आफूसँग भएका क्षमताको तुलनात्मक लाभको लेखाजोखा नगरी भौतिक संरचनालाई आदर्शका रूपमा प्रस्तुत गर्ने प्रवृत्ति गलत हो।
नेपालमा विकासको बहस टाउकाले टेकेर आकाशतिर खुट्टा सोझिएको सर्कसको भालुजस्तो छ।
सन् ८० को दशकमा 'नेपाल इन क्राइसिस: ग्रोथ एण्ड स्टागनेशन इन द पेरिफेरी' भन्ने पुस्तक प्रकाशित भयो। उक्त पुस्तकमा तीन समाजशास्त्रीले पश्चिमाञ्चल विकास क्षेत्रमा सडक मार्गले अवसरको बदला परनिर्भरता बढाएको परिस्थितिको बृहत् अध्ययन प्रस्तुत गरे। उनीहरूको तर्क थियो, यदि सडकसँग जोडिएका गाउँबस्ती वा लक्षित समूहसँग विशिष्ट वा फरक वस्तु वा सेवा उत्पादन गर्ने क्षमता छैन भने सडक संरचनाले अवसर बढाउने होइन परनिर्भरता र गरीबी मात्र बढाउँछ। प्रतिष्पर्धात्मक क्षमताको अभावमा स्थानीय मानिस आफूसँग भएको सामान बेच्न नसक्ने अवस्थामा पुग्छन् र बाहिरबाट आएका सामान किनेर उपभोग गर्नुपर्ने बाध्यता सिर्जना हुन्छ।
यो पुस्तक ३६ वर्ष पूरानो हो। यसबीचमा परिस्थिति निकै बदलिएको छ। विश्व परिवेशमात्र होइन मानिसका आवश्यकता र वस्तु तथा सेवाका प्रकृति पनि फेरिएका छन्। यद्दपि, पुस्तकमा उठाइएको मूल तर्क अहिले पनि उत्तिकै सान्दर्भिक छ –भौतिक पुर्वाधार स्थानीय अर्थव्यवस्था र मानिसको जनजीविकासँग जोडिनुपर्छ। आवश्यकतामा आधारित हुनुपर्छ।
द्रूत मार्गको बहस चलिरहँदा मेरो मनमा खट्केको प्रश्न पनि यही हो –यो योजना कसको आवश्यकता हो ? काठमाडौंवासीको ? मधेशका जनताको ? कृषकको ? व्यापारीको ? ठेकेदारको ? इन्जिनियरको ? बाटाले छुने गाउँको ? गन्तव्यमा रहेका बजारको ? द्रूत मार्ग बनेपछि कसले, कसरी र कति फाइदा, घाटा बेहोर्ने छन् ?
ठूला परियोजनाले समान रूपमा समग्र देशवासीलाई फाइदा पुर्याउने छन् भन्ने तर्क बिल्कुल गलत छ। यस्तो हावादारी तर्क गर्नेहरूले बुझ्न आवश्यक छ –हरेक सडक, विमानस्थल, रेलमार्गजस्ता भौतिक पूर्वाधारमा लक्षित समूह, क्षेत्र र वर्ग हुन्छन् र सँगसँगै यसबाट नकारात्मक रूपमा प्रभावित हुने समूह पनि हुन्छन्। देशको ढुकुटीबाट अर्बौँ खर्च गरेर बन्ने यस्ता संरचनाको फाइदा-बेफाइदा (trade-off) को बृहत् लेखाजोखा नगर्नु वा यस्तो लेखाजोखाको आवश्यकता नै छैन भन्नु गैरजिम्मेवारीपन हो।
द्रूतमार्गले मधेश र काठमाडौंबीचको सम्बन्ध बलियो बनाउँला भन्ने तर्क उत्तिकै सतही र वाहियात छ।
राज्यसंरचनाबाट सिर्जना हुने विभेद वा समाजमा विद्यमान अन्तर्विरोधलाई राम्रा र ठूला बाटा बनाएर समाधान गर्न सकिन्न। यसको उपचारका लागि विभेद र अन्तर्विरोधलाई नै सम्बोधन गर्नुपर्छ। मैले बुझेसम्म मधेशका मानिसले काठमाडौं जान सजिलो बाटो खोजेका होइनन्। काठमाडौँ गइरहनुपर्ने आवश्यकता सकेसम्म कम होस् भन्ने उनीहरूको चाहना हो।
खर्बौँका योजनालाई राष्ट्रिय गौरवका रूपमा प्रस्तुत गरिरहँदा बिर्सन नहुने कुरा नेपालजस्तो अल्पविकसित राष्ट्रका सन्दर्भमा राज्यको बृहत् दायित्वको पनि हो।
नेपालीले राज्यबाट पाउनुपर्ने आधारभूत सार्वजनिक वस्तु र सेवा पाएका छैनन्। शिक्षा गुणस्तरीय र सर्वसुलभ छैन। चाहिए जति पैसा नहुनेहरू ठूला रोग लाग्दा अकालमा मरिरहेका छन्। राज्यले दुर्गम बनाएका क्षेत्रका जनता झाडापखाला वा हिउँदे खोकीकोसमेत उपचार नपाएर खसीबाख्रा मरेझैँ मर्नुपरिरहेको अवस्था छ। सडक र यातायातको सुविधा जर्जर छ। सरकारले सफा र स्वच्छ पिउने पानीको प्रबन्ध गरिदेला भन्ने आशसमेत मानिसले गुमाउन लागिसके।
यस्तो परिस्थितिमा काठमाडौंका लागि बनाइने अर्को एउटा वैकल्पिक मार्ग कसरी राष्ट्रिय गौरवको योजना हुनसक्छ!
नेपालजस्तो गरीब मुलुकको सीमित स्रोतसाधन सबैभन्दा सुविधासम्पन्न शहर वा क्षेत्रका लागि अर्को वैकल्पिक मार्ग बनाउन खर्च गर्ने कुरा लज्जाको विषय हो – गौरवको विषय होइन।
देशको भविष्यमा दूरगामी महत्त्व राख्ने बृहत् योजनामा अहिले हात हाल्नु राम्रो होइन भन्ने बुझ्न नेपालको वर्तमान शासकीय अवस्थालाई पनि हेरौँ।
देश तदर्थवादमा चलेको दशकौँ भइसकेको छ। राज्यका प्राय: सबै निकाय र अङ्ग यतिबेला शिथिल र अप्रभावकारी छन्। सरकार आफ्नो नियमित काम गर्न पनि नसकिरहेको अवस्थामा छ। योजना आयोग निष्प्रभावी छ। स्थानीय तहमा दशकौँदेखि निर्वाचित प्रतिनिधि छैनन्। भ्रष्टाचार स्थानीय तहदेखि केन्द्रीय तहसम्म खूलेआम र संस्थागत भएको छ। राज्यको कमजोरीकै कारण दशकौँअघि धुमधाम उत्साहले सुरु भएका मेलाम्चीजस्ता परियोजना शासकीय कमजोरीकै कारण भद्दा ठट्टा भएका छन्।
विकास-निर्माणका नियमित काम त परै जाओस् महाभूकम्पपछिको पूनर्निर्माणका लागि समेत नेपालसँग शासकीय क्षमता नरहेको प्रस्ट भइसकेको छ।
त्यसमाथि नेपाल यतिबेला संक्रमणकालमा छ। राज्यको संरचना र शैली कागजमा फेरिएको छ र वास्तविकतामा फेरिन अझ बाँकी नै छ। विभिन्न तहका सरकारबीच कसरी समन्वय हुने हो र विकास निर्माणमा सरकारका विभिन्न तहले कस्तो भूमिका कसरी निर्वाह गर्ने हुन् हेर्न बाँकी छ।
यस्तो कठीन परिस्थितिका बीच गरीब करदाताको शुकाआना गरी जम्मा भएको ढुकुटीबाट अर्बौँ, खर्बौँका योजना सुरु गर्ने काम गलत हो। यस्ता परियोजना अहिले सुरु हुँदा संस्थागत भ्रष्टाचारमा नेपालले नयाँ उचाइ हासिल गर्नेछ। ठेकेदार, ठूला व्यापारी, नेता र बरिष्ठ कर्मचारीले योजनालाई दुहुनु गाई बनाउने छन्। आम मानिसमा निराशा र असन्तुष्टि झनै बढ्नेछ। एअरपोर्ट वा द्रूत मार्ग केही वर्षभित्रै चिनियाँ जहाजजस्तो घाँडो हुने सम्भावना नै प्रवल छ।
बेलायतको अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक Bent Flyvbjerg ले ठूला भौतिक संरचनाका योजनको सफलताको विस्तृत अध्ययन गरेका छन्। Project Management Journal मा दुई वर्षअघि प्रकाशित आफ्नो लेखमा उनले अनुमानित बजेट, तोकिएको समय र अपेक्षित प्रतिफलका आधारमा मूल्यांकन गर्दा १० ठूला योजनामध्ये एउटा मात्र सफल हुने गरेको तथ्य प्रस्तुत गरेका छन्। उनको विचारमा ठूला भनिएका यस्ता अधिकांश योजनामा वास्तविक लागत अनुमानित भन्दा दर्जनौँ गुनाले बढी हुनेमात्र होइन –तिनीहरूको अनुमानित समय पनि कैयौँ गुना बढी हुन्छ। उनले आफ्नो लेखमा व्यवस्थापनको क्षमता कमजोर रहेका मुलुकमा ठूला भौतिक पूर्वाधारका योजना बिचैमा असफल हुने सम्भावना उच्च रहेको बताएका छन्।
नेपालको अहिलेको संस्थागत क्षमतालाई हेर्ने हो भने द्रूतमार्गजस्ता ठूला योजना असफल हुने यथेष्ठ आधार हामीसँग विद्यमान छ। यस्तो अवस्थामा देशले यति ठूलो रकमको योजनामा हात हाल्ने जोखिम मोल्नु कुनै दृष्टिकोणबाट जायज छैन।
अहिलेको बहसमा मैले बुझ्न नसकेको कुरा देश विकासको समग्र खाकामा राष्ट्रिय गौरवका भनिएका ठूला योजना कहाँनेर र कसरी 'फिट' हुनेरहेछन् भन्ने पनि हो।
हरेक देशले आफ्नो अर्थतन्त्र, भौगोलिकता, सामाजिक अवस्थिति, क्षेत्रीय विविधता, उपलब्ध स्रोतसाधन र आममानिसको जनजीविकालाई आधार बनाएर विकास वा परिवर्तनका दीर्घकालीन योजना बनाउँछन्। के नेपालसँग यस्तो कुनै ठोस योजना बनेको छ ? छ भने विकासमा नेपालको लक्ष्य के हो ? दृष्टिकोण के हो ? खाका कुन हो ? र, यस्तो खाकामा काठमाडौँ-निजगढ द्रूतमार्ग कहाँनेर 'फिट' हुन्छ।
यी प्रश्न अनुत्तरित छन्।
आठ लेनका दुई चार राजमार्ग, दुई चार ठूला हवाईअड्डा, काठमाडौंमा मेट्रो रेल वा फ्लाइओभर आदिका योजनालाई यसरी प्रस्तुत गरिएको छ कि मानौं यी योजना नै नेपालको भविष्य हुन्। यी नै हाम्रा मूल र अन्तिम लक्ष्य हुन्। विकास भनेको यही हो। यी योजना सम्पन्न भएपछि नेपाल स्वत: विकसित हुन्छ।
यो तर्क वा दृष्टिकोण नेपाल र नेपालीका विविध विशेषता, फरक सपना, विशिष्ट इतिहास र मौलिकताको सस्तो उपहास हो।
नेपाल सुन्दर, सुखी र विकसित हुन काठमाडौंभर फ्लाइओभर, बुलेट रेल वा आठ लेनका राजमार्ग नै चाहिन्छ भन्ने मानसिकताबाट हामी बाहिर निस्कन जरुरी छ। यो देशको मौलिक र विशिष्ट परम्परा छ। हाम्रो ऐतिहासिकता पृथक छ, हाम्रा सामर्थ्य विशिष्ट छन्। त्यसैले हाम्रा सम्भावना पनि आज विकसित भनिएका पश्चिमा मुलुकका भन्दा नितान्त फरक छन्।
नेपालको विकासको खाका यिनै पृथकता वा विशिष्टताको जगमा उभिएर बनाइनु पर्छ।
आधुनिकताको देखासिकी र यसको परिणामस्वरूप हात लाग्ने पपुलिस्ट, हचुवा र अन्धाधुन्ध भौतिक पूर्वाधारले केही इन्जिनियरलाई जागिर देलान्, यसबाट कसैको राजनीतिक अभिष्ट पूरा पनि होला तर हाम्रो मौलिकता र विशिष्टताको तिनले विनाश त गर्ने नै छन् यसबाट सिर्जित वातावरणीय प्रदुषणलाई सफा गर्ने सामर्थ्य पनि हामीसँग हुनेछैन।
विकास यस्तो गरौँ जसमा दुईचार टाठाबाठाले होइन लक्षित समुदाय स्वयंले योजना र कार्यान्वयनको खाका बनाउन्। विकासको लक्ष्य र कार्यक्रमको निर्माणमा आम मानिसको पनि सहभागिता होस्।
अर्थशास्त्री, मानवशास्त्री, प्रशासक वा इन्जिनियरले गरिदिने विकास त्रिभुवन विमानस्थलमा थन्किएको उपहारको जहाजजस्तै कमजोर हुन्छ। टिकाउ र भरपर्दो विकास त्यो हो जसमा आम मानिसका आवश्यकता र सपना गाँसिएका हुन्छन्। विकास भुलभुलैयाको विषय नबनाउने हो भने ठूला परियोजनाको औचित्यमाथि बृहत् बहसको आवश्यकता छ। समृद्धि वा विकासको नेपालको अहिलेको बहस सीमित स्वार्थ समूहको साँघुरो घेराभित्र कैद भएको छ। यो बहसलाई व्यापक र सहभागितामूलक बनाउन जरुरी छ। | 2022/05/28 16:57:16 | https://www.sanjeevpokharel.com.np/2016/05/blog-post_17.html | mC4 |
कञ्चनपुर समाचार भदौ २८ – असोज १ गते देखि कञ्चनपुर सहित सुदुरपश्चिमका विभिन्न स्थानमा सुपथ मुल्यका पसल सञ्चालन हुने भएका छन । दशैंतिहारलाई लक्षित गर्दै सरकारले सुपथ मूल्यका पसल सञ्चालनको तयारी गरेको हो । साल्ट ट्रेडिङ कर्पोरेसन धनगढीले सुदुर– पश्चिमका ६ स्थानमा सुपथ मुल्य पसल संचालनको तयारी भएको जनाएको छ । कर्पोरेसनका अनुसार यस वर्ष कञ्चनपुरको महेन्द्रनगरमा, कैलालीको धनगढी, टिकापुर, डडेल्धुराको तुफानडाँडा, बैतडीको गोठालापानीमा, डोटीको दिपायलमा सुपथ मुल्यका पसल सञ्चालनमा आउने भएका हुन । बजारमा प्रतिकिलो ९० रुपैयाँ पर्ने चिनी सुपथ मुल्यका पसलमा ७९ रुपैयाँमा पाईने छ भने प्रति किलो २० रुपैयाँ बजार मुल्य रहेको नून १६ रुपैयाँमा पाईनेछ । नेपालीहरुका महान चाड दशै–तिहार र छठलाई लक्ष्यित गदै असोज १ गते देखि कार्तिक २१ गतेसम्म सुपथ मुल्य पसल सञ्चालन गरिने भएको हो । बजारमा पाईने गरेको नुन तथा चिनी चोरी पैठारी गरी ल्याईएको हँुदा गुणस्तरीय नहुने भएकाले पनि सुथप मुल्य पसलमा आउन उपभोक्तालाई आग्रह गरिएको छ | OSCAR-2019 |
||
श्रीलंकामा राजनीतिक संकट : के हो कारण ?
श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले शुक्रवार बहालवाला प्रधानमन्त्री रनिल विक्रमसिंघेलाई हटाएर पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री बनाएपछि श्रीलंकामा राजनीतिक तनाव छाएको छ ।
उता विक्रमसिंघेले आफू अझै पनि प्रधानमन्त्री कायम रहेको बताउँदै प्रधानमन्त्री निवासबाट निस्कन मानेका छैनन् । उनलाई निवासबाट निकाल्नका लागि अदालतमा मुद्दा दर्ता गरिने बताइएको छ ।
शनिवार राष्ट्रपति सिरिसेनाले १५ दिनका लागि संसद् स्थगन गरेका छन् । विक्रमसिंघेले संसदमा तत्कालै विश्वासको मत लिन नपाऊन् भनेर राष्ट्रपतिले यो कदम चालेका हुन् ।
विक्रमसिंघेले चाहिँ संसद् सभामुखलाई संसद् बैठक आह्वान गरेर आफूलाई बहुमत सिद्ध गर्न दिन आग्रह गरेका छन् । अनि सभामुख कारु जयसूर्याले विक्रमसिंघेलाई नै प्रधानमन्त्रीका रूपमा पहिचान गरेका छन् ।
संसद् स्थगन हुँदा यसबीचमा राजनीतिक चलखेलका रूपमा विक्रमसिंघेलाई समर्थन गर्ने केही सांसदहरूले आर्थिक लाभ तथा मन्त्री पदको लोभमा राजापाक्षेलाई समर्थन दिने अनुमान गरिएको छ ।
श्रीलंकाका सञ्चार र अर्थमन्त्री मंगला समरवीराले राजापाक्षेलाई प्रधानमन्त्री बनाइनु लोकतन्त्रविरोधी कू र संविधानको उल्लंघन भएको बताएका छन् ।
हुन पनि बहालवाला प्रधानमन्त्री पदमा रहँदा रहँदै राष्ट्रपतिले उचित कारणविना उनलाई हटाएर नयाँ प्रधानमन्त्री नियुक्त गर्नै मिल्दैन । प्रधानमन्त्रीलाई हटाउनका लागि संसद्को बहुमत आवश्यक हुन्छ र विक्रमसिंघेले त्यसको मौकै पाएनन् ।
अचम्मको कुरा त के भने श्रीलंकाको संविधानमा राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने प्रावधान त छ तर बर्खास्त गर्ने सम्बन्धमा कुनै व्यवस्था छैन । प्रधानमन्त्रीको मृत्यु भएमा, राजीनामा दिएमा वा संसद्को अविश्वास प्रस्तावमा पराजय भोगेमा मात्र हटाइने व्यवस्था छ तर विक्रमसिंघेलाई हटाउने क्रममा यी कुनै पनि व्यवस्था आकर्षित भएनन् ।
विक्रमसिंघे र राजापाक्षे दुवैले आफूसँग बहुमत रहेको दाबी गरेपनि त्यसलाई संसदमा सिद्ध नगरुन्जेल श्रीलंकामा संवैधानिक संकट कायम छ ।
देशको दक्षिणी भागको भ्रमणमा रहेका विक्रमसिंघेलाई हटाएर सिरिसेनाले शुक्रवार राजापाक्षेलाई प्रधानमन्त्री पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए । श्रीलंकाको संविधानअन्तर्गत प्रधानमन्त्रीले संसद्को नेतृत्व गर्छन् भने राष्ट्रपतिसँग कार्यकारी अधिकार हुन्छ ।
श्रीलंकामा यो स्थिति आउनुमा गठबन्धन सरकारमा महिनौंसम्म चलेको विवाद नै मूल कारण हो ।
विक्रमसिंघेको युनाइटेड नेसनल पार्टी र सिरिसेनाको युनाइटेड पीपुल्स फ्रीडम अलायन्सले मिलेर गठबन्धन सरकार चलाइरहेको स्थितिमा हालै सिरिसेनाले विक्रमसिंघेको कडा आलोचना गरेका थिए । भारतीय जासूसी निकायले श्रीलंकाली राष्ट्रपतिको हत्या गर्ने षड्यन्त्र बनाएको र त्यसलाई सरकारले पर्याप्त अनुसन्धान नगरेको भन्दै सिरिसेनाले विक्रमसिंघेको आलोचना गरेका हुन् । सिरिसेनाको दलले यसबीचमा सरकार छोड्ने धम्की समेत दिएको थियो ।
त्यसो त विक्रमसिंघेका विरुद्ध यसै वर्षको शुरूआततिर अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो तर उनले बहुमत सांसदको विश्वास मत पाएका थिए ।
त्यतिखेरको तुलनामा विक्रमसिंघेप्रति सांसदको अविश्वास बढेको भए नवनियुक्त प्रधानमन्त्री राजापाक्षेले संसदमा त्यसको परीक्षण गर्नुपर्ने हुन्छ ।
सिरिसेना र विक्रमासिंघेबीचको गठबन्धन नै राजापाक्षेलाई सत्ताबाहिर राख्नका लागि भएको थियो । खासमा भन्ने हो भने विक्रमासिंघेलाई सिरिसेनाले कठपुतली झैं नचाउन सकिने अपेक्षा गरेका थिए । तर विक्रमासिंघेको नेतृत्वमा
श्रीलंकाको आर्थिक विकासदर खस्किँदै गएको अनि विक्रमासिंघेले राष्ट्रपति समेतलाई जानकारी नदिई भारतसँग सम्बन्ध प्रगाढ बनाएको आरोप लगाउँदै सिरिसेनाको दलका नेताहरूले विक्रमासिंघेको दलसँग नाता तोडेर
राजापाक्षेको नेतृत्वमा कामचलाउ सरकार चलाउनुपर्ने बताउँदै आएका थिए ।
त्यसो त सन् २०२० मा राष्ट्रपतीय निर्वाचनमा राजापाक्षेको दलले बहुमत ल्याउने आँकलनहरू पनि गरिएका छन् किनकि उनको दलले हालै भएका स्थानीय निर्वाचनहरूमा राम्रो प्रदर्शन गरेको थियो । अनि राष्ट्रपति र
प्रधानमन्त्रीबीचको सम्बन्धमा बढेको तिक्ततालाई राजापाक्षेले सदुपयोग गरेर सत्तामा आएका छन् तर यसक्रममा उनले संविधान र संसदीय प्रक्रियालाई मिचेका छन् ।
अनि राजापाक्षेबाट लोकतान्त्रिक प्रक्रियाको सम्मान गर्नु पनि आदर्शवादी आशा मात्र हो । आफ्नो कार्यकालमा उनले निरंकुश शासन चलाएकै हुन् । दशकौं चलेको तमिल विद्रोहलाई उनले दबाए तर त्यसक्रममा उनले चरम
मानवअधिकार उल्लंघन पनि गरे । त्यो उल्लंघनको निष्पक्ष अनुसन्धान तथा अभियोजनको सम्भावनालाई पनि उनको पुनः सत्तारोहणले धरापमा पार्न सक्छ ।
राजापाक्षेले सत्तामा टिक्नका लागि सेनाको समर्थन प्राप्त गर्ने आशा गरेका हुनसक्छन् । आखिर तमिल विद्रोहीलाई दमन गर्ने क्रममा सेना पनि मानवअधिकार उल्लंघनमा संलग्न थियो र ऊ पनि सम्भावित अभियोजन टार्न चाहन्छ ।
अनि श्रीलंकाको सर्वोच्च अदालतले पनि यो उच्च राजनीतिक घटनाक्रममा हस्तक्षेप गर्ने सम्भावना क्षीण देखिन्छ ।
राजापाक्षे सत्तामा आउँदा दक्षिण एसियाली क्षेत्रको सबभन्दा ठूलो मुलुक तथा श्रीलंकाको छिमेकी भारत चिन्तित छ । भारतसँग सम्बन्ध बढाउनमा जोड दिने तर चीनसँग पनि सुमधुर सम्बन्ध बनाउने विक्रमासिंघेभन्दा पनि एक कदम
अघि बढेका राजापाक्षेले खुलेरै भारतको साटो चीनको समर्थन गरेका थिए । देशमा २६ वर्ष चलेको गृहयुद्धपछिको पुनर्निर्माणका लागि राजापाक्षेले चीनबाट अर्बौं डलरबराबरको लगानी भित्र्याएका हुन् ।
त्यसो त चिनियाँ लगानीका कारण श्रीलंका ऋणमा चुर्लुम्म डुबेको छ र ऋण तिर्नका लागि उसले रणनीतिक रूपमा महत्त्वपूर्ण हम्बनटोटा बन्दरगाह चीनलाई ९९ वर्षका लागि भाडामा दिएको छ । हिन्द महासागरको उक्त रणनीतिक
महत्त्वको बन्दरगाह चीनलाई सुम्पिएकाले भारत रुष्ट र चिन्तित छ । तर सत्ताबाट बाहिरिएपछि राजापाक्षेले भारतसँग सम्बन्ध सुधार्ने प्रयास भने गरेका छन् ।
चिनियाँ लगानी भित्र्याउने क्रममा राजापाक्षे सरकारले चरम भ्रष्टाचार गरेको आरोप पनि लाग्ने गरेको छ । उक्त भ्रष्टाचारमाथि अनुसन्धान पनि अब राजापाक्षेको पुनरागमनपछि धरापमा पर्ने सम्भावना छ । अनि चीनले चाहिँ
आफूअनुकूलका प्रधानमन्त्री पाउँदा आफ्ना परियोजना अघि बढाउन झन् सहज हुने अपेक्षा गरेको हुन सक्छ ।
अब यो राजनीतिक विवादको टुंगो संसद्को बैठक बसेर अविश्वासको प्रस्तावमाथि छलफल र मतदान भएपछि मात्र लाग्नेछ । | 2019/07/16 16:58:45 | http://lokaantar.com/samachar/59236 | mC4 |
धनगढीमा फुटसलको क्रेज बढ्दो, फ्ल्याटल्याण्डले मनायो पहिलो बार्षिकोत्सव | Dinesh Khabar
धनगढीमा फुटसलको क्रेज बढ्दो, फ्ल्याटल्याण्डले मनायो पहिलो बार्षिकोत्सव
२०७६ असोज ५, ०४:२४
धनगढीमा रहेको फ्ल्याटल्याण्ड फुटसलको पहिलो बार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाएको छ। धनगढीका पाँच जना युवाहरुको झण्डै ७० लाखको लगानीमा खोलिएको फुटसलको पहिलो बार्षिकोत्सव मनाईएको हो। सोही अवसरमा मैत्रीपूर्ण खेलहरु पनि भएका थिए।
फुटसलको गत बर्ष भदौ ४ गते धनगढी उप–महानगरपालिकाका मेयर नृप ओड, सुन्दरपश्चिम अभियानका अभियान्ता तथा साझा पार्टीका सुदूरपश्चिम संयोजक गोपाल हमाल र एसओएस वालग्रामका वालवालिकाले संयुक्त रुपमा उद्घाटन गरेका थिए।
धनगढीका पाँच जना युवा राकेश भट्ट, प्रेमराज जोशी, आशिष शाह, विक्कल केसी र विनोद चटौतको संयुक्त लगानीमा फ्ल्याटल्याण्ड फुटसल सञ्चालनमा ल्याईएको थियो। फुटसल सञ्चालनमा आएपछि खेलकुदको माध्यमले कुलतवाट युवाहरुलाई जोगाउन समेत टेवा पुगेको फुटसलका अध्यक्ष आशिष शाहले बताए।
छानामुनि ५–५ जना भेला भई खेल्न मिल्ने फुटबलको सानो रूप फुटसल पछिल्लो समय सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा व्यवसायिक रूपमा विस्तार हुँदै गइरहेको उनको भनाई छ। बिहान–बेलुका र सार्वजनिक बिदाको दिन फुटसल प्याक नै हुने गरेको फ्ल्याटल्याण्ड फुटसलका अध्यक्ष शाहले बताए।
"धनगढीमा पनि फुटबलको क्रेज ज्यादै गएको र खेल्नका लागि पर्याप्त ठाउँ नभएकाले फुटबलको सानो रूप फुटसलले व्यापकता पाएको हो," उनले भने । ५/५ जनाको समूह बनाई फुटबलकै नियमअनुसार सानो ठाउँमा खेलिने भएकाले फुटसलप्रति सबैको ध्यान खिचिएको सोही फुटसलका सञ्चालक राकेश भट्टको भनाई छ।
बिहान बेलुका एक्सरसाइज गर्नेहरू, दिउँसो कलेज पढ्नेहरू र बेलुका कर्पोरेट हाउस तथा जागिरेहरूले फुटसल खेल्ने गरेका अर्का सञ्चालक विनोद चटौतले बताए। एक बर्वाको अवधीमा फुटसलमा आधा दर्जन बढि प्रतियोगिता सञ्चालन भईसकेका छन्। धनगढीको चटकपुरमा डल्लुज फुटसल सेन्टर पनि सञ्चालनमा रहेको छ। | 2022/06/26 10:44:16 | https://dineshkhabar.com/article/14339 | mC4 |
बिरुवाहरूलाई प्रभावकारी र समान रूपमा उज्यालो बनाउन एलईडी बिरुवाको प्रकाश कसरी महसुस गर्ने?यो भनिन्छ कि एलईडी प्लान्ट बत्तीहरू अत्यधिक कुशल र ऊर्जा-बचत प्लान्ट विकास बत्तीहरू हुन्।कारणको अंश यो हो कि LED बत्तीहरूमा पारम्परिक बत्तीहरू जस्तै इन्यान्डेसेन्ट बत्तीहरू र सोडियम बत्तीहरू भन्दा धेरै उच्च इलेक्ट्रो-अप्टिकल रूपान्तरण दक्षता हुन्छ।यो पनि किनभने LEDs को स्पेक्ट्रम अनुकूलित गर्न सकिन्छ, तर दक्षता अधिकतम गर्न को लागी, LED प्लान्ट बत्ती प्रयोग गर्नुहोस्।, अरू के उपायहरू लिन सकिन्छ?
1. एलईडी प्लान्ट बत्ती वितरण
एलईडी प्लान्ट बत्तीहरू प्लान्ट बत्तीहरू उज्यालो गर्न प्रयोग गरिन्छ।निस्सन्देह, उद्देश्य बिरुवाहरू प्रकाश प्रयोगकर्ताहरूको आदर्श स्थितिमा बढ्नु हो।बाली उत्पादकहरू आशा गर्छन् कि उनीहरूको बाली रमणीय र सन्तुलित हुन सक्छ, र एलईडी प्लान्ट बत्तीहरूको समान वितरण पनि सकारात्मक छ।यो सुनिश्चित गर्न को लागी कि प्रकाश ऊर्जा एकाइ क्षेत्र मा समान रूप देखि विकिरण गरिएको छ।बत्तीको मोतीको वितरणलाई विचार गर्दा, मुख्य समस्या यो हो कि एकल समान रूपमा वितरित एलईडी प्लान्ट बत्तीको ठूलो विकिरण क्षेत्र हुन्छ, र यसको बत्ती मोतीहरू मुख्यतया रातो र नीलो बत्ती मोतीहरू मिलेर बनेका हुन्छन्।यदि विभिन्न स्पेक्ट्रमहरूको बत्ती मोतीहरूको स्थिति उचित रूपमा वितरण गरिएको छैन भने, यसले निश्चित रूपमा नेतृत्व गर्नेछ एलईडी प्लान्ट लाइटको प्रदीपन दायरा भित्र धेरै क्षेत्रहरूमा बिरुवाहरूको वृद्धि स्थितिमा भिन्नता भनेको एलईडी प्लान्ट लाइट प्रयोग गर्नुको अर्थ हो।
एलईडी बिरुवा प्रकाश मोती को वितरण सहज र महत्त्वपूर्ण छ।एक पङ्क्तिमा १२ वटा नीलो मोती र ८४ वटा रातो मोतीलाई सातवटा पङ्क्तिमा मिलाएर राखिएको हो भने, त्यसले कस्तो प्रभाव पार्छ, कल्पना गर्न सक्नुहुन्छ!
२. भौतिक अप्टिकल उपकरणको प्रयोग
LED प्लान्ट बत्तीहरू द्वारा रोशनी बढाउन र प्रकाशको एकरूपता समायोजन गर्न प्रयोग गरिने भौतिक सिद्धान्तहरू मुख्यतया प्रकाश प्रतिबिम्ब र प्रकाश अपवर्तन हुन्।एलईडी प्लान्ट लाइटले प्रकाशको प्रकाश र एकरूपता बढाउन प्रकाशको प्रतिबिम्ब प्रयोग गर्दछ।यसले मुख्यतया COB द्वारा प्रयोग गरिएको परावर्तक र धातु सब्सट्रेट प्रयोग गर्दछ।एलईडी प्लान्ट लाइटको रिफ्लेक्टरको सिद्धान्त हामीले प्रयोग गरेको फ्ल्यासलाइट जस्तै हो।यसले प्रकाश स्रोतबाट उत्सर्जित प्रकाशलाई प्रकाशको किरणमा प्रतिबिम्बित गर्दछ।स्थानीय प्रकाशको तीव्रता बढाउनुहोस्, भिन्नता यो हो कि एलईडी प्लान्ट लाइटको रिफ्लेक्टरको कोण फ्ल्यासलाइट रिफ्लेक्टरको भन्दा ठूलो हुनेछ, र भित्री समयहरू सटीक गणनाहरू मार्फत डिजाइन गरिएको छ ताकि भित्रको प्रकाशको तीव्रता र एकरूपता सुनिश्चित गर्न सकियोस्। रोशनी दायरा।
धातु सब्सट्रेट को परावर्तक प्रभाव पनि बिरुवाहरु द्वारा प्रयोग गर्न को लागी एलईडी प्लान्ट बत्ती मोती द्वारा उत्सर्जित प्रकाश ऊर्जा को अधिकतम गर्न को लागी छ, र मुख्य प्रतिबिम्बित भाग सहायक प्रकाश हो, मुख्य बीम होइन।निस्सन्देह, यसको प्रकार्य प्रकाश प्रतिबिम्बित गर्न मात्र होइन, तर बत्ती मोती र गर्मी अपव्यय पनि ठीक गर्न।LED प्लान्ट बत्तीहरूले प्रकाश अपवर्तनको सिद्धान्तलाई प्रकाश र प्रकाशको एकरूपता बढाउन प्रयोग गर्दछ।अप्टिकल लेन्सको मुख्य प्रयोग भनेको प्रकाशको गति परिवर्तन गर्नु हो।सिद्धान्त भनेको ग्यासबाट ठोसमा यात्रा गर्न प्रकाशको प्रयोग गर्नु हो, र त्यसपछि ठोसबाट ग्यासमा जानुहोस्, जसले दिशा परिवर्तन गर्दछ।, सामान्यतया, एकल लेन्स र रिटेस्ट लेन्सहरू प्रयोग गरिन्छ, जसले प्रकाश वितरणलाई एकदम सही रूपमा नियन्त्रण गर्न सक्छ।
परम्परागत बिरुवा वृद्धि बत्तीहरूमा एलईडी प्लान्ट बत्तीहरूको फाइदाहरू केवल प्रकाश दक्षता र वातावरणीय सुरक्षाको कुरा होइन, तिनीहरूको सानो आकार र कम तातो उत्पादनको कारणले, यसले सुविधाजनक डिमिङ उपचारको सन्दर्भमा पनि पर्याप्त फाइदा ओगटेको छ।
पोस्ट समय: डिसेम्बर-21-2021
उत्पादन
एलईडी ग्रो लाइटहरू
सामानहरू बढाउनुहोस्
मेकानिकल टाइमर
प्रि रोल मेसिनहरू
भेन्टिलेटिंग फ्यान
सम्पर्क जानकारी
आर्किबाल्ड टेक कं, लिमिटेड
amber@hydroponicgrow.com
+८६ १८६८८६९२९१३
समाचारपत्रहरू
हाम्रा उत्पादनहरू वा मूल्यसूचीको बारेमा सोधपुछको लागि, कृपया हामीलाई तपाईंको इमेल छोड्नुहोस् र हामी 24 घण्टा भित्र सम्पर्कमा हुनेछौं। | 2022-12-04T18:24:26Z | http://ne.hydroponicgrow.com/news/how-to-realize-the-led-plant-light-to-efficiently-and-uniformly-illuminate-the-plants/ | OSCAR-2301 |
पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेस एलुम्नाईको भेला सम्पन्न - Everest Dainik - News from Nepal
पोखरा, पुस २२ । पोखरा विश्वविद्यालयको केन्द्रीय आंगिक महाविद्यालय स्कूल अफ बिजनेसबाट अध्ययन पुरा गरेका भूतपुर्व विद्यार्थीहरुको भेला सम्पन्न भएको छ ।
शनिवार पोखराको व्हाइट हाउस पार्टी प्यालेसमा सम्पन्न भेलाले डा.चैतन्य अधिकारीको संयोजकत्वमा १३ सदस्यीय तदर्थ समिति गठन गरेको छ । उक्त भेलाले उपाध्यक्षमा दिपमाला श्रेष्ठ, सचिवमा प्रदिप सापकोटा, सहसचिवमा संतोष शर्मा, कोषाध्यक्ष पुनम गिरी, सदस्यहरुमा अमृत बास्तोला, शिखा गुरुङ, मन्जु बराल, जीवन भण्डारी, सुवर्ण वीर जबरा, सुजिता अधिकारी, सुवास मल्ल, र ज्योति सुनार रहेका छन् ।
तदर्थ समितिले विधान मस्यौदा उपसमिति गठन गरेको छ ।
भेलालाई सम्बोधन गर्दै पोखरा विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्राध्यापक हरिबहादुर खड्काले विश्वविद्यालयको समग्र विकासमा पूर्वविद्यार्थीहरुको विशिष्ट भूमिका हुनेमा जोड दिए । उक्त भेलामा स्कूल अफ बिजनेसका निर्देशक डा. रविन्द्र घिमिरे, पूर्व विद्यार्थीहरुको तर्फबाट डा. चैतन्य अधिकारी, उमेश आचार्य, अमृत बाम्स्तोला र पूनम गिरी लगायतले आफ्ना धारणाहरु राखेका थिए ।
स्कूल अफ बिजनेसका उप प्राध्यपक तथा अलुम्नाइ सेलका संयोजक प्रदिप सापकोटाको अध्यक्षतामा सम्पन्न भेलाको संचालन उप प्राध्यापक सन्तोष गुरुङ्ग तथा स्वागत मन्तव्य स्कूल अफ बिजनेसमका उप प्राध्यापक रामकृष्ण चापागाईले गरेका थिए । उक्त कार्यक्रमलाई माछापुच्छे बैंक र सन नेपाल लाइफ इन्सुरेन्सबाट प्रायोजन गरिएको थियो । | 2020/11/29 12:47:39 | https://everestdainik.com/2019/01/232366/ | mC4 |
चितवनमा स्थानीय जनगणनाका कार्यक्रमलाई तीव्रता | Samabesi Khabar
चितवनमा स्थानीय जनगणनाका कार्यक्रमलाई तीव्रता
स्थानीय जनगणना कार्यालय स्थापनापछि चितवनमा सचेतनाका कार्यक्रमलाई तीव्र पारिएको छ । 'मेरो गणना मेरो सहभागीता' भन्ने नारा सहित सुरु हुन लागेको १२औँ राष्ट्रिय जनगणनालाई त्रुटिरहित बनाउन सचेतना कार्यक्रमलाई तीव्र पारिएको जिल्ला जनगणना अधिकृत यज्ञमूर्ति भण्डारीले जानकारी दिए ।
हरेक १०/१० वर्षमा हुने गणनाको यो पटक घर तथा घर परिवार लगत सूचिकरण, मूख्य प्रश्नावली र सामुदायिक प्रश्नावली समेत समावेश भएकाले त्रुटि हुन नपाउने गरी कार्यक्रमलाई जोड दिइएको हो । गत वैशाख १ गते जिल्लामा सात वटा स्थानीय जनगणना कार्यलय स्थापना गरिएको थियो । त्यसपश्चात जिल्लाको राप्ती, रत्ननगर, कालिका र माडीमा यसअघिनै र सोमबार गीतानगरमा स्थानीय सचेतना कार्यक्रम गरिएको हो ।
सोमबार भरतपुर महानगरपालिका ६ गीतानगरमा रहेको स्थानीय जनगणना कार्यालयले कार्यक्रम सम्पन्न गरेको हो । यो कार्यालयले महानगरका वडानम्वर ५, ६, ७, ८, १३, १४, १५, २२ र २३ हेर्ने गर्दछ ।
कार्यक्रममा जनगणना अधिकारी भण्डारीले जनगणनामा जनप्रतिनिधिको भूमिका सहित १२औँ जनगणनाको महत्व, यस पटक समावेश गरिएका प्रश्नावली, विधि र प्रकृयाबारे जानकारी गराएका थिए । जिल्लामा २१० जना सुपरीवेक्षक र ८५७ जना गणक आवश्यक पर्नेमा सुपरीवेक्षकको नतिजा सार्वजनिक भइसकेको बताउनुभयो । साथै जनप्रतिनिधिहरुको महत्वपूर्ण भूमिका भएकाले जनगणना सफल बनाउन आग्रह गरे ।
भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले महानगरमा तथ्यगत सूचना आउने गरी जनगणनाको काम अघि बढाउने बताए । | 2021/05/17 15:54:31 | https://www.samabesikhabar.com/2021/26/38887/ | mC4 |
मनकी सुन्दर देवदिदी - Aksharang
संस्मरण२०७८ असार ८ मङ्गलबार
जीवन जन्मे पछिको अन्तिम सत्य हो मृत्यु । हरेकले मृत्यु स्वीकार नगरी धर नै पाउँदैनन् । मृत्युलाई धनले, शक्तिले, सत्ताले केहीले परास्त गर्न सक्दैनन । धनी गरिबलाई भेद नै नगर्ने मृत्यु सबैका लागि बराबर हुन्छ । यो यथार्थ सबैले उसरि नै बेहोर्नुपर्छ । यहीँ नै सृष्टिको नियम हो । यहीँ नियमलाई स्विकारेर दार्शनिक, ज्ञानी, तपस्वि, वैज्ञानिक, विद्वान, लेखक, राजनितिज्ञ, राम्रा नराम्रा मान्छेहरू आइरहेछन् गइरहेछन् । यसैको सिलसिलामा वरिष्ठ कथाकार प्रिय दिदी देवकुमारी थापाले पनि वि.सं. २०६८ साल बैशाख-२२ गते विराटनगर आफ्नो घरमा नै जीवनको अन्तिम श्वास लिनुभयो । जहाँ उहाँले जीवनमा कतिकति सपनाहरू बुन्नु भएको थियो, अनि आफ्ना जीवनसाथी बबरसिंह थापाको सामिप्यतामा लामो समय हाँसि खुसी मीठो जीवन बाँच्नु भयो र प्रियजनलाई कहिले प्रेमले कहिले प्रेमलाई अलिक फिका बनाएर पनि स्वागत गर्नु भयो ।
मलाई अझै पनि त्यो थापा निवासको फराकिलो जग्गाको एककुनामा बनेको घरमा देवदिदीको झल्को आउछ । त्यतै कतै ढल्किनु भएको छ कि आकास हेरेर टोलाई रहनु भएको छ की जस्तो लाग्छ । हुनुहुन्न भन्ने पटक्कै लाग्दैन । अहं लाग्दै लाग्दैन ।
मलाई स्नेह गर्ने र मलाई अभिभावत्व प्रदान गर्ने मेरी प्रिय दिदी देवकुमारी । अझ भनौँ मेरी आदर्श । आदर्श प्रात्र त जहिले आदर्श नै हुन चाहे बाँच्दाको दिनमा होस वा मृत्यु पश्चात् । उहाँको घरमा गएर आफ्ना दुःख सुख पोख्दा पनि अलिअलि निको भए जस्तो हुने । हाम्रो सम्बन्ध अनौठो तर गहिरो । प्राय उहाँको घरको ढोका मेरा लागी सधैं खुला हुने । मैले उहाँको हृदय छामेर नै होला कहिले पछाडिको ढोकाबाट उहाँ ढल्किएको या बसेर लोलाएको ठाउँमा जान्थे कहिले अगाडिको ढोकाबाट । तर नभनि अरूलाई लिएर जादाँ चै ढोका बन्द नै हुने ।
यो नाताको नाम दिदी बैनी भने पनि एउटा अद्वितीय नाता । उहाँले तिजमा आमाको भूमिका निर्वाह गर्नु हुन्थ्यो आमाको मुख हेर्ने दिन म दिदीको घर जान्थेँ । अब ती दिनहरू सम्झना मात्र भएका छन् । आमा छोरी भनौँ यो नाम कतै अपुरो होला भन्ने डर । अनि दिदी बैनीको जस्तो हल्का नातो पनि त थिएन । खै कस्तो कस्तो रनभुल्लमा छु म हाम्रो नाताको रंग खोज्दै । लाग्दछ नाम बेगरको नाता राम्रो गरि गाँस्न मन भए पुग्ने रैछ । कुनै ठूलो सपना बुन्नु नपर्ने रहेछ । सुमसुम्याईको अदृश्य स्पर्श कुनै कुनै नातालाई नदेखाएर नखुलाएर पनि मीठो मीठो । नाता अक्षरको मात्र थिएन हाम्रो । अक्षरसँगै मायाको रंग मिसिएर सद्भावको सौन्दर्य पनि थियो । अनि व्यक्तित्व विकासको मधुरो लय । हाम्रा यी खालका नाता बनावटी भएनन् । अविश्वासिला भएनन् र धोकेबाज पनि भएनन् । दिदी मेरा छोरीहरूको बिहेमा आउनु हुँदा बिहेको परिवेश नै धपक्क बलेको अनुभव छ । छोराको पढाइमा कुनै रूपले सहयोग गर्ने र मेरो आशिर्वाद हो भनेर मलाई सहज बनाउनु हुने । अनि उहाँले गरेको हरेक स्नेहर व्यवहारलाई मैले प्रसाद मानेर स्विकार गर्थे । उहाँको यस्तो सद्भावलाई कुन नाम दिउँ । जन्मदै भएको आफन्तको नाता भन्दा बढी स्नेहरत व्यावहार । यति भनिसके पछि धर्म के हो, कर्म के हो र मोक्ष के हो म अनभिज्ञ भएर सम्झिरहेछु देवदिदीसँगका ती सुन्दर क्षणलाई । सुविधा सम्पन्न हुँदाहुँदै आफू असजिलोमा बाँचेर अरूमा अलिकति भए नि खुसी बाढ्ने देवदिदीलाई ।
कुनै कामको योजना बनाएर दिदीकोघरमा गएर प्रस्ताव राख्दा बढो स्नेहले सल्लाह दिनु हुन्थ्यो र निस्कर्षमा पुग्थेँ । तर डर पनि त कति लाग्ने दिदी रिसाउनु होला भन्ने । रिसाउँदा एकछिन चुप लाग्ने एकछिनमा मायालु भएर बोल्ने । आफ्नो जीवनको विगत पोख्नु हुन्थ्यो आगतका योजनामा मीठो कल्पना गरेर रमाउनु हुन्थ्यो । एकछिन गफ गरे पछि लक्ष्मी तिमी आउँछ्यौ भनेर तिमीलाई यो खानेकुरा राखेकी छु खाउ है भनेर दिनु हुन्थ्यो र कस्तो छ भनेर सोध्नु हुन्थ्यो । दिदीको स्नेह मिसिएपछि नमिठो हुने कुरा नै भएन। अब ती दिनहरू कहिले आउँदैनन् भनेर मनमनै पग्लन्छु।
कहिले माझको कोठामा भएको ठुलो सन्दुक खोल्नु हुन्थ्यो र उपहारमा आएका थुप्रै नयाँ साडीहरू देखाएर लक्ष्मी यो साडी कस्तो छ भनेर सोध्नु हुन्थ्यो । मैले राम्रो छ भने पछि तिमीलाई दिन मन लाग्यो लैजाऊ है भनेर झिकेर दिनु हुन्थ्यो । अनि अरूअरू पनि देखाउनु हुन्थ्यो।
तर देवकुमारी दिदीलाई सम्मान गर्ने आधार यी भने पटक्कै हैनन्। मलाई लाग्छ जन्मजन्मान्तरको कुरा यदि सत्य हो भने कुनै जन्ममा हाम्रो गहिरो नाता थियो सायद ।
दिदीका बोल्ने शब्दहरू मेरो कानमा गुन्जिएर हृदय छुन्थे ।
कहिले काहीं फोन गरेर हालखबर सोध्ने र आज फुर्सद भए आऊ है एकछिन भन्नु हुन्थ्यो । दिदीले त्यति भनेपछि म अरू काम छाडेर पनि जान्थेँ । भनेको समयमा चटक्क परेर पुग्थेँ । उसो त दिदी जहिले चटक्क पर्ने । सबै सेट मिलाएर लाउनु पर्ने अझ बाहिर जादाँ त व्याग जुत्ता सबै सेट मिलाएर चटक्क लाउने । दिदी सबै सेट मिलेछनी भन्यो भने मलाई त पहिले देखि नै सेट मिलाएर लाउन मन लाग्ने नि बुझ्यौ । अझै पनि त्यसरि नै लाउन मन लाग्छ । भनेर आफ्नो मन उघार्नु हुन्थ्यो । तर शालीन र सुहाउने हुन्थे उहाँले उपयोग गर्ने साधनहरू । भाषण गर्दा विषयान्तर नभई बिस्तारै कुनै विद्वानको भनाई वा गीता ज्ञानको केही भाव ट्वाक्क मिलाएर राख्ने । मुसुक्क हाँसेर बोलेका हरेक शब्दहरू कति सारगर्भित कति सुन्दर । मझौला कदकी खिरिलो जीउडाल, बान्की मिलेको उहाँको शाररिकको बुनोट सधै एकनासको रह्यो । गोरो वर्णको अनुहार उज्यालो थियो । उहाँ सभ्य र सुसंस्कृत । राष्ट्र र राष्ट्रियताको माया गर्ने देवकुमारी थापा कडा मिजासकी भएर पनि आफुँले लेखेको कथाकी पात्र जस्तै कोमल भावना थियो ।
पढ्ने, लेख्ने र सकुन्जेल कार्यक्रममा जानु हुन्थ्यो । पछि पछि त कुनै कार्यक्रममा प्रमुख अतिथिका लागि मैले अनुरोध गर्दा लक्ष्मी म त अब तिम्रो पेवा जस्तै भइसके भनेर अनुहारको रंग बदल्नु हुन्थ्यो ।
देवकुमारी दिदी गै सके पनि मलाई निकै दिनसम्म लागिरह्यो कुनै दिन देवदीदीको फोन आउँछ । अनि दिदीकहाँ गएर चिया बिस्कुट सँगै खान्छौँ । आफ्नो अनुभवले कमाएर गालेका अनुभूतिहरूलाई बाँढिरहनु हुन्थ्यो। उहाँको जीवन नै एउटा सुन्दर पुस्तक जस्तो। उहाँसँग जीवनका कुरा धेरै र साहित्यका कुरा थोरै हुन्थे । तर यसबेला ती सबै सबै असत्य नै जस्ता भएका छन्।
उहाँका शब्द शब्दमा दुःखले माझिएका आँसुका अक्षर लहरि बनेका उत्कृष्ट सिर्जना छन् । बाहिर खोजेर नपाईने जीवनको गहिरो दर्शन चिन्तन र चेतना उहाँ भित्र कति हो कति । दिदी बुद्ध हुन सक्नु भएन तर शान्ति प्रिय अन्तर्मुखी मान्छे हुनुहुन्थ्यो । तपाई भित्रको शान्तिले हाम्रो चेतना बन्नु भयो र तपाईँलाई लेख्ने शब्द हराएनन्, तपाईँलाई सम्झने मन बदलिएन । प्रेमकी शान्त तलाउ जस्तो शालीनताकी पूर्ण आभा जस्तो, सद्भावकी मीठो आभास जस्तो ममताकी प्रतिमूर्ति जस्तो भएपनि छुट्टै खालको अन्तर्मुखी स्वभावकी लेखिका अझ के नामले सम्बोधन गरौं तपाईँलाई । कर्ममा कुनै लोभ थिएन, तर आफैँ खनिन्थ्यो प्राप्तिको खुसी । जीवनमा कुनै गुनासो थिएन, तर आफैलाई खोजिरहन्थिन एकान्तमा गुमसुम । कथा, निबन्ध र बालसाहित्यकी आलोकित आयम आँसु पिउने भाव हुन्थे कति ठाउँमा । उत्सृङ्खल साहित्य कहिले लेख्नु भएन र लेख्न प्रेरित पनि गर्नु भएन । विश्व साहित्यमा राम्रो दखल भएकी तपाईँले प्रर्वेशिका परिक्षा मात्र उतिर्ण गर्नु भयो । तर अनुभवले कति विषयको डिग्री लिएको आभास छाड्ने तपाईँ । विविध बिधाको लेखनमा शसक्त देवदिदीको को कलमले छोटो मीठो र ज्ञान वर्दक सिर्जना गरिरहयो । आत्मा परक निबन्ध निर्माणमा अग्रजको सम्मान गर्ने बानी निकै उदाहरणीय लाग्छ ।
मान्छे भाग्यको कुरामा विश्वास गर्छन् तर तपाईँले कर्ममा विश्वास गर्नु भनेर भन्नु हुन्थ्यो । हरेक दिन गीता पढ्नु हुने । तपाईँलाई गीताको ज्ञान थियो । र त दार्जिलिङबाट नेपाल आउँदा पनि तपाई सबैकी आदरणीय र लोकप्रिय हुनु भयो बिना कुनै संघर्ष ।
तपाईँका कृतिहरू कथामा एकादशी, झझल्को र सेतो बिरालो "भोकतृप्ति, प्रलय, प्रतीक्षा, देवकुमारीका प्रतिनिधि कथाहरू, जीवनीमा पुण्यात्मा, आमा र छ तारा, अनि बालकथासङ्ग्रहमा रामको कथा, जङ्गलको कथा, कथाको बटुलो, वरपरबाट, 'सुनपखेटी चरी' र निबन्धमा 'क्षण, विचार र स्मृतिहरू' आदी छन् । उसो त दार्जिलिङमा छँदा हिमाली गुराँस पत्रिकाको सम्पादनमा पनि निकै प्रभाव जमाउनु भयो। त्यहीँ भएर होला देवदिदी वरिष्ट साहित्यकार इन्द्रबहादुर राईले "छैटौँ इन्द्रिय भएकी कथाकार" भनेर तपाईँको प्रतिभाको वयान गरेको सम्झिरहेछु ।
अहिले तपाईको अभावमा तिक्तता भोग्दै तपाईँलाई लेख्ने अभिष्ट गरिरहेछु। देवदिदी तपाईँ हुदाँको समयमा पनि तपाईलाई लेखिरहेँ आज पनि लेखेर नटुङ्गने धङधङी कस्तो हो । मान्छेले यसलाई आफ्नै खालको अनुमान लगाउलान तर मेरो तपाईँप्रतिको श्रद्धा हो कसैलाई स्पष्टीकरण दिन जरूरि ठान्दिन् । कति कुराहरू भनेरै पनि नबुझिने अनि नभनेर पनि कतिकति कुराहरू बुझिने हुन्छन् । अक्षरको आलोकले अक्षरधर्मीहरू उज्यालिए झैँ आज हामी बिचका अनेक कुराहरु उद्घाटित् गरि सके पछि यही यथार्थलाई साक्षी राख्दै अरू कुरा नभनि भन्छु देवदिदी तपाईँ मेरो आदर्श हो ।
लेखकमा आफू दुखेर अरूलाई मलम दिने शक्ति हुन्छ भन्ने तपाईँसँग नजिकिएपछि मैले पनि बुझेँ । दिदी कहिले कहीँ तपाईँलाई देख्दा आफूलाई समेत बिर्सने गर्थेँ। सबैको भलो सोच्ने देवदिदीको आशिर्वाद ममा हरेक पटक वर्षन्थ्यो। मान्छेहरू आफ्नो प्रचारका लागि नामका लागि भनेर हुरूक्क हुँदै खर्च गरेर पनि अघि सर्छन् । तर देवदिदी त्यो स्वभावबाट फरक अलग्गै खै कस्तो कस्तो । यो कुरा वनिताको देवकुमारी थापा विशेषाङ्क निकाल्दा मैले राम्रोसँग अनुभव गरेकी छु । वनिताको प्रकाशन हुन थालेको दुई वर्षमा पछि किन किन देवकुमारी थापा वनिता विशेषाङ्क निकाल्न मन लाग्यो । अनि मैले मेरागुरू दधिराज सुवेदीसँग कुरा राखेँ । दधिराज सर पनि उत्साहित हुनु भयो र लेख कसकसलाई लेख्न लगाउने भनेर सरले नै लिस्ट बनाउनु भयो । अनि दिदीलाई प्रस्ताव राखेँ । पहिले त ठाडै अस्विकार गर्नु भयो । म पनि के कम फेरी केही दिनमा दिदीको घरमा गएँ । दोस्रो पटक पनि उहाँ रिसाउनु नै भयो । अनि तेस्रो पटक गएर निकै कर गरेपछि अनुमति दिएर मेरो काममा बाटो खोल्दिनु भयो । अब लिस्टमा मैले चिनेका एकदमै कम स्रष्टाहरू थिए । कोही सिक्किमका, कोही दार्जिलिङ, कोही काठमाडौँका वरिष्ठ लेखकहरू। जे भएनि लिष्टको आधारमा काम सुरू गरेँ । दार्जिलिङ गएँ त्यसबेला मित्र कुमारी खातीले गरेको सहयोग म कहिले बिर्सिन्न । कुमारी जीको सहयोगले दार्जिलिङ, सिलगुडीका स्रष्टाहरूकोमा जाँदा बाटामा सजिलोसँगै कहीँ रमाइलो कहीँ डरलाग्दो स्थिति पनि भएको सम्झना छन् । कुमारी जीसँग हिडेका कतिपय बाटाहरूको माया लागेर आउँछ। सिक्किममा भानुप्रकाश मार्मिकले सहयोग गरेपनि देवदिदीबारे कसैबाट एउटै लेख पाउन सकिन । अनि काठमाडौँमा पनि पटक पटक गएर लेखहरू सङ्कलन गरेँ । अनि वनिता विशेषाङ्क प्रकाशन गरेँ ।
आज दिदीको भित्री प्रेमले स्पर्श गरिरहेछ । दिदी भौतिकरूपमा हुनुहुन्न तर हाम्रो मनमुटुमा नचुडिने गरि सधैंसधैं रहनू भएको छ ।
मझौला कदकी, खिरिलो जीउडाल, बान्की मिलेको शाररिक बुनोट सँधै एकनासको क्या सुन्दर । अनुहार गोरो वर्णको उज्यालो सभ्य र सुसंस्कृत तपाईँको राष्ट्र र राष्ट्रियताप्रति प्रेम कति हो कति । कडा मिजासकी भएर पनि आफुँले लेखेको कथाकी पात्र जस्तै कोमल भावनाकी देवकुमारी थापा तपाईँको उहाँले कहिले आडम्बरी जीवन बाँच्नु भएन । कुनै वस्तुमा कहिले आशक्त नभई ऐस र आरामको जीवन कहिले नअपनाइ गरिब र दुःखीलाई सहयोग नै गरेर खुसी प्राप्त गर्नु भयो । तपाईँ दार्जिलिङ नै भएको समयमा महाकवि देवकोटा, बालकृष्ण सम लगायतका का विद्वानहरूले प्रतिभासँगै गुण रूपको मुक्त कण्ठले प्रशंसा गरेको हस्ताक्षर अझै सुरक्षित छन्।
तपाईका पुर्खाहरू पहिले नेपालको पूर्वी ओखलढुङ्गा जिल्लाबाट खरसाङमा बसाई सरे । तपाईँ पनि भारतमा सन् १९२८ अप्रिल १४ तारिक (वि.सं. १९८५ वैशाख २ गते) जन्मनु भयो । खरसाङको गिद्धेपहाड, भारतमा जहाँ म पनि दिदी जन्मेको घर हेर्ने एकपटक अवसर जुरो । त्यहीँ हुर्कि बढेर बाल्यकाल त्यहीँको माटोमा बित्यो । अध्ययन र तालिमको क्रमामा कलकत्ता र केही समयका लागि दिल्ली र मुम्बई बसेपनि ३९ वर्षमा सन् १९६७ मा मेजर बबरसिँह थापासँग उहाँको विहे भयो र जन्मथलो भारतलाई चटक्क छाडेर विराटनगर आउनु भयो । सैनिक सेवाबाट निवृत्त श्रीमानसँग खुसी हुनुहुन्थ्यो । मेजर बबरसिँह थापा साहित्य र कलाका पुजारी थिए । उनलाई देश विदेशको ज्ञान थियो । असल स्वभावका मेजर थापाको साथ पाएर तपाईँको जीवन सफल भयोे भनेर आफैँ मुक्त कण्ठले भन्नु भएको अहिले जस्तो लाग्छ. । भिनाजुले पनि तपाईँलाई पूजा नै गर्नु हुन्थ्यो । सन् १९९० मा अचानक तपाईँको श्रीमानको मृत्यु भयो । श्रीमानको मृत्युले तपाईँलाई ठूलो चोट पर्यो । यस्तो चोटलाई पनि सेवाभावबाट नै सहनु भयो । तपाईँले पनि भिनाजुलाई ससम्मान प्रेम गर्ने । त्यसको ज्वलन्त उदाहरणका रूपमा श्रीमानको मृत्युपछि ओझेलमा परेका अनुहारलाई समाजमा चिनाउन बबरसिँह थापासेवा गुठी पुरस्कारको आदरणीय कविराज न्यौपानेको नेतृत्वमा स्थापना गर्नु भयो । जुन गुठीमा दिदीको देहवसान पछि दिदीको नामको पनि दिदीका छोरीहरू मालती, पुजा र ज्वाइँहरूले पुरस्कारको अक्षयकोष राखेर आजसम्म सुचारू रूपले दुई पुरस्कार सन्चालित भै रहेको छ । देवदिदी तपाईँ हुनुहुन्न । तर तपाईँलाई सधैं सम्झने विभिन्न वहाना पाइन्छ । वनिता मार्फत पनि हामीले तपाईँलाई सम्झिरहेका छौं । तपाईँको जीवनकाल देखिनै कथाकार जलेश्वरी श्रेष्ठको सौजन्यमा तपाईँको नाममा बाल पुरस्कार स्थापना गर्नु भएको छ भने अर्को तपाईँ की छोरी मालतीका छोरा मानषले ईच्छाएर तपाईँको नाममा कथा पुरस्कार स्थापना भएको छ । हामी बारम्बार तपाईँलाई सम्झने यी वाहाना र अन्य केही गतिविधि छन् । अन्तमा यिनै शब्दद्वारा तपाईँलाई भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु । | 2021/11/29 01:56:07 | http://aksharang.com/2021/06/22/5957/ | mC4 |
सिरहा,१६ जेष्ठ । सिरहा नगरपालिका–९ गुलरियास्थित रहेको सिरहा बहिरा संघ सिरहालाई प्रभु विकास बैंक लिमिटेड सिरहा शाखाले पिपिई सहित अन्य सामग्री दिएका छन् ।
बैंकले बहिरा संघलाई ८ थान पिपिई, केएन ९५ माक्स २० पीस, १ सय जोर ग्लोब्स दिए । बैंकका सिरहा शाखा प्रबन्धक जयप्रकाश गुप्ताले बहिरा संघका अध्यक्ष गंगाराम यादवलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए ।
कोरोना संक्रमण जोखिम बढ्न थालेपछि गरिएको लकडाउनका कारण गएको दुई महिना देखि बहिरा संघले प्रदान गर्दै आएको सेवा प्रभावित भएको थियो । बहिरा संघले दिँदै आएको सेवा प्रभावित हुँदा हजारौं व्यक्ति कष्ट भोग्न बाध्य भएको स्थानीयहरु ब्ताउछन् । 'लकडाउन थोरै दिन चल्छ ।
केही दिन पछि खुलि हाल्छ ठानेको थिए,'बहिरा संघका अध्यक्षले भने,'लकडाउन लम्बिदै जाँदा आमसेवाग्राहीको पिडालाई बुझेर सेवा सुचारु गर्ने तयारीमा लागेका थियौं । यो बीचमै प्रभु बैंकले प्रदान गरेको सामग्रीले त्यसमा थप बल पुगेको छ ।'
अबको केही दिनमै बहिरा संघले कोरोना संक्रमणको जोखिमबाट बच्न उचित प्रबन्ध र विज्ञको परामर्श पछि सेवा सुचारु गर्ने उनले दाबी गरेका छन् । सो अवसरमा बहिरा संघका सचिव विपिन यादव तथा प्रभु बैंकका सहायक प्रबन्धक तारणी प्रसाद यादव लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो । | 2020/07/05 12:37:37 | https://mithilaratna.com/news/1069 | mC4 |
एसियाली बजारमा फेरि घट्यो तेलको मूल्य - Everest Dainik - News from Nepal
साउदी अरेबियाले तेल उत्पादन बढाएसँगै एसियाली बजारमा बुधबार तेलको मूल्यमा कमी आएको छ । कोरोना भाइरसको महामारीका कारण विश्वभर अहिले तेलको मागमा कमी आएको छ ।
गत सोमबार पनि तेलको मूल्यमा १८ वर्षकै न्यून विन्दुमा झरेको थियो तर भाइरसबाट सिर्जित आर्थिक क्षतिलाई न्यूनीकरण गर्न विश्वका नीति निर्माताहरुले अघि सारेका नयाँ नीतिहरुका कारण बजारमा केही सुधार आएको थियो ।
याे पनि पढ्नुस यसो गर्दा कोरोनासँग बचिन्छ भन्दै फैलिएका यि सात झुटा कुरा
बुधबार अपराह्न एसियाली बजारमा अमेरिकी बेन्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटिआई) मा १.६६ प्रतिशतले कमी आई कच्चा तेल प्रतिब्यारेल २०.१४ अमेरिकी डलरमा किनबेच भएको छ । बजार खुल्दा भने डब्लुटिआईको मूल्यमा केही वृद्धि भएको थियो । अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्यमा पनि ३.४२ प्रतिशतले कमी भई प्रतिब्यारेल २५.४५ अमेरिकी डलरमा किनबेच भएको छ ।
याे पनि पढ्नुस कसरी हुन्छ कोरोना परीक्षण ? कस्ले बनायो सुरुमा टेस्ट किट ?
विश्व बजारमा तेलको माग घटे पनि साउदी अरेबिया र रसियाबीच तेल उत्पादनमा कटौती नगर्ने घोषणाले बजारमा तेलको मूल्यमा भारी गिरावट आएको हो । एएनजेड बैंकका एक विश्लेषकले पानीजहाजको ट्राकिङबाट साउदी अरेबियाले गत साता कच्चा तेलको बिक्री बढाएको देखिएको बताए ।
साउदी अरेबियाले प्रतिदिन ७० लाख ब्यारेलबाट करिब ९० लाख ब्यारेल तेल उत्पादन गरेको अनुमान गरिएको छ ।
याे पनि पढ्नुस सोलुखुम्बुका ११६ जनाको आरडिटी रिपोर्ट आयो
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेल उत्पादनलाई घटाउन गरेको अनुरोधलाई बेवास्ता गर्दै साउदी अरेबियाले विश्वमा तेल आपूर्ति बढाएर प्रभाव कायम राख्न चाहेको एक्सीकर्प ग्लोबल मार्केटका रणनीतिकार स्टिफेन इन्सले बताए । यस वर्षको शुरुदेखि मार्च महिनाको अन्त्यसम्ममा अर्थात् तीन महिनाको अवधिमा तेलको मूल्यमा झण्डै ६० प्रतिशतभन्दा बढीले कमी आएको छ । | 2020/05/28 03:44:52 | https://everestdainik.com/2020/04/316999/ | mC4 |
२० लाख आँखाका बिरामीको उपचार, साढे चार लाख मोतियाविन्दुको शल्यक्रिया | suryakhabar.com
Home स्वास्थ्य २० लाख आँखाका बिरामीको उपचार, साढे चार लाख मोतियाविन्दुको शल्यक्रिया
२० लाख आँखाका बिरामीको उपचार, साढे चार लाख मोतियाविन्दुको शल्यक्रिया
on: ११ भाद्र २०७६, बुधबार १६:२९ In: स्वास्थ्यTags: No Comments
आइकेयर फाउन्डेशन, नेदरल्याण्डका प्रमुख कार्यकारी अधिकृत ब्जोर्न स्तेन्र्वेसका अनुसार तत्कालीन समयमा भ्रमणमा आएको नेदरल्याण्डको टोलीले आफ्नो घुमाइका क्रममा नेपालमा आँखाको समस्या भएको कुरालाई मनन गर्यो । नेपालबाट फर्किसके पछि यहाँ आँखाको उपचारमा केही गर्नुपर्छ भन्ने भावना विकसित भएसँगै हिमाली क्षेत्रबाट उक्त संस्थाले आफ्नो सेवा सुरु गरेको थियो ।
पछिल्ला ११ वर्ष भने अस्पतालको आफ्नै व्यवस्थापनमा सञ्चालन भइरहेको छ । अस्पतालले विशेषज्ञको अभावलाई पूरा गर्न पोखरा विश्वविद्यालयअन्तर्गत दृष्टि विशेषज्ञको स्नातक तह (ब्याचलर अफ साइन्स इन अप्टोमेट्रिस्ट) र स्नातकोत्तर तह ९माष्टर अफ साइन्स इन अप्टोमेट्रिस्ट०को अध्यापन गराउँदै आएको छ ।
यसैबीच विगत ३५ वर्षदेखि नेपाल नेत्र ज्योति सङ्घसँग आबद्ध रहँदै आएको आई केयर फाउन्डेशनले ३५ औँ वार्षिक दिवस पोखरामा विभिन्न कार्यक्रमका साथ मनाउन लागेको छ । फाउन्डेशनका नेपालका आयोजना निर्देशक अनिल गोर्खालीका अनुसार वार्षिक दिवसका अवसरमा आँखा उपचार सेवामा महत्वपूर्ण योगदान पुर्याएका चिकित्सकलाई सम्मान गर्नेलगायतका कार्यक्रम छन् । | 2020/02/20 07:58:38 | https://www.suryakhabar.com/2019/08/138244/ | mC4 |
अस्पतालमा कम्जोरीले आदर्शका बाबुको निधन भएपछि बोल्न थाले कलाकार, निश्चल बस्नेतले भने "किन समयमा उपचार दिन सक्दैन राज्यले ?" – Sapana Sanjal
May 28, 2021 248
नारायणी अस्पताल, विरगञ्जमा ४ घन्टा डायलसिस गराउनुपर्नेमा ३ घन्टा मात्रै डायलसिस गरिएका कारण कलाकार आदर्श मिश्राले मंगलबार बाबुलाई गुमाए । विभिन्न अस्पताल धाएर किड्नी प्रत्यारोपण गराउन माग गर्दा पनि अस्पतालले नमानेपछि विगत ४ वर्षदेखि डायलसिस गराउँदै आएका आर्दशका बाबुले मंगलबार कहिल्यै नर्फकिने गरी गए ।
जसको कारण पछिल्लो विग्रेको व्यवस्था र अस्पतालको मनपरी तन्त्र भएको आरोप आर्दशले लगाउँदै आएका बेला यतिबेला कलाकारहरुले पनि आर्दशलाई साथ दिँदै उनको आवाजमा आवज मिलाइरहेका छन् । यसैबिच आदर्शका पिताको निधनपछि निर्देशक तथा कलाकार निश्चल बस्नेतले नेपालको विग्रेको व्यवस्थामाथी प्रश्न उठाएका छन् ।
निश्चलले सामाजिक संजालमा आफ्नो धारणा राख्दै भनेका छन् सायद आदर्शले भनेको कुरा हामीले पनि सुन्नुपर्ने ठाउँमा पुर्याउन सकेको भए । हामीले केही नगर्नु र अस्पताल प्रशासनले केही नगर्नुमा धेरै फरक पर्छ । डायलसिस समयमा गर्न नसक्नु भनेको, चाहिने समयभन्दा थोरै गर्नु भनेको बिरामीको ज्यानको माया मार्नु सरह हो ।
मेरो घरमा पनि डायलसिसको बिरामी हुनुहुन्छ । कती कठिन हुन्छ थाहा छ मलाई । सायद, त्यो विग्रेको मेसिन समयमा नै बनाउने प्रशासन भएको भए, सायद कोभिड मात्र हैन अरु रोग पनि छ जसले अप्ठ्यारो पारिरहेछ भन्ने हाम्रो हेल्थ सिस्टमले पहिले नै वुझेको भए आज उसलाई सहानुभुतीको आवश्यकता पर्ने थिएन होला ।'
'हाम्रो गैह्र जिम्मेवार नेतृत्वको बिग्रेको व्यवस्थाको कारण कैयौं यस्ता घटना घटिरहेका छन् ।
डर लाग्छ हामी पनि कहिले यही व्यवस्थाको शिकार हुन्छौं भनेर ।' त्यस्तै चर्चित नायिका नीता ढुंगानाले पनि आफ्ना साथी हरिहरका बाबुले पनि कोरोनाका कारण समयमा उपचार नपाउँदा अल्पायुमा नै सँधैका लागि छाडेर जानु परेको आरोप लगाएकी छिन् । कलाकार तथा ज्योतिषी हरिहरका बाबुको मंगलबार कोरोना संक्रमणपछि निधन भएको थियो । उनको मंगलबार नै दाहसंस्कार गरिएको छ ।-ओएसनेपालबाट
Prevटाउको मान्छेको तर शरीर पुरै सर्पको एकदमै डरलाग्दो ,यो कस्तो रोग लाग्यो,कठै बिचरा (हेर्नुस् भिडियो )
Nextखुसीको खबर ! २४ घण्टामा संक्रमित भन्दा निको हुने धेरै, ७२२६ जना निको भए
यस्तो माग राखेर पुरा नभए पेट्रोलियम कारोबार बन्द गर्ने चेतावनी
गल्छिबाट काठमाडौं जाँदै गरेको मोटरसाईकल दुर्घटनामा, बाबु छोराको मृत्यु
म संग जापान जाने इमानदार केटा चाइयो।। कृपया मलाई माया गर्नेले मात्रै सम्पर्क गर्नुहोला हेर्नुहोस समाचार | 2021/10/15 21:10:35 | https://sapanasanjal.com/archives/2203 | mC4 |
अख्तियार एक्लैले सुशासन कायम राख्न सक्दैन : आयुक्त घिमिरे - Naya Patrika
अख्तियार एक्लैले सुशासन कायम राख्न सक्दैन : आयुक्त घिमिरे
राज्यभित्र हुन सक्ने हरेक खाले भ्रष्टाचारजन्य गतिविधि रोक्ने प्रयोजनका लागि सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्थापना गरेको हो । यस्तो आयोग स्थापना भएको २८ माघमा २६ वर्ष पूरा हुँदै छ । प्रायः हरेक दिन अख्तियारले भ्रष्टाचारमा संलग्न भएको आरोपमा विभिन्न क्षेत्रका व्यक्तिलाई पक्राउ र मुद्दा दायर गरेको समाचार पनि सार्वजनिक भइरहन्छ । र, पनि देशभित्र संस्थागत भ्रष्टाचार मौलाउँदै गइरहेको छ । यसै सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त नवीनकुमार घिमिरेसँग भेटेर नयाँ पत्रिकाकर्मी पुष्प ढुंगानाले विभिन्न प्रश्न गरेका छन् ।
नवीनकुमार घिमिरे, आयुक्त
देशभित्र संस्थागत भ्रष्टाचार मौलाउँदै गइरहेको छ । यस्तो किसिमको भ्रष्टाचारलाई अख्तियार दुरुपयोग अनुसन्धान अयोगले किन रोक्न सकेन ?
मुलुकमा भ्रष्टाचार संस्थागत हुँदै गएको सत्य हो । तर, संस्थागत बन्दै गएको भ्रष्टाचारको जालोविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग एक्लैले लडेर सुशासन कायम राख्न सक्दैन । सुशासनका लागि नागरिक समाज, सरकारका अन्य निकाय, सञ्चारमाध्यम र राजनीतिक पार्टीको पनि सहयोग आवश्यक छ । राज्यले जबसम्म भ्रष्टाचारविरुद्ध निर्मतापूर्वक प्रहार गर्ने आँट गर्न सक्दैन, तबसम्म संस्थागत भ्रष्टाचार निर्मूल पार्न सकिँदैन । त्यसैले सरकार, अख्तियार, स्थानीय तह, प्रदेश सरकार, नागरिक समाज र आम सञ्चार माध्यमबीच भ्रष्टाचारविरुद्धको अभियानमा सहकार्य आवश्यक छ ।
संस्थागत भ्रष्टाचार बढ्दै जाँदा भ्रष्टाचारका रूप पनि सँगै परिवर्तन भइरहेको छ, यसलाई नियन्त्रणमा लिन आयोगको रणनीति कस्तो हुन्छ ?
हो, अहिले भ्रष्टाचारको स्वरूपमा पनि परिवर्तन भएको छ । त्यसका आधारमा हामीले भ्रष्टाचारविरुद्ध हुने अनुसन्धान पद्धति, शैली र विधिलाई पनि परिवर्तन गर्दै छौँ । त्यसका लागि पहिलो खुड्किलो आयोगमा भएको जनशक्ति र समग्र आयोगको क्षमता विकास गर्नु पर्नेछ । जस्तै अहिले हामीले आयोगमै इन्जिनियरिङ ल्याब राखिसकेका छौँ । यसअघि निर्माण कार्यको गुणस्तर के–कस्तो छ भन्ने जाँच्न सडक विभागसँग भर पर्नुपर्ने स्थिति थियो भने अब हामी आफ्नै जनशक्तिमार्फत निर्माणको गुणस्तर जाँच गर्न सक्ने भएका छौँ ।
यस्तै अनुसन्धानलाई इन्फरमेसन बेस र इन्टेलिजेन्ट बेसका आधारमा अनुसन्धान गर्ने पद्धतिको विकास गर्नुपर्ने छ । यसैगरी आयोगको पहिलो ध्यान आगामी दिनमा आयोग सञ्चालन हुने एउटा पद्धति निर्माण गर्नु छ । आयोगलाई एउटा व्यक्तिले होइन, सिस्टमले चलाओस्, टेक्नोलोजीमा आधारित अनुसन्धान होस् । प्रविधिमा आधारित अनुसन्धान पद्धति विकास गरेर जाने, अनियमितताका नवीनतम प्रविधिलाई पनि प्रहार गरेर जानसक्ने सामथ्र्य आयोगले आफूसँग राख्नुपर्छ, विकसित गर्नुपर्छ भन्ने हिसाबमा हामी क्रियाशील छौँ । र, त्यो दिशातर्फ हाम्रा काम प्रारम्भ भइसकेका छन् ।
अख्तियारले लगातार रंगेहात कर्मचारी पक्राउ गर्छ, लगत्तै त्यही कार्यालयमा अर्को कर्मचारी फेरि त्यस्तै घटनामा संलग्न हुन्छ, अनियमितताप्रति कर्मचारीको यस्तो आकर्षण कसरी न्यूनीकरण गर्ने ?
भ्रष्टाचार संस्थागत हुँदै गएको कारण नै यस्तो स्थिति सिर्जना भएको हो । अहिलेसम्म कुनै पीडित आयोगमा आएर उजुरी दिएपछि त्यसका आधारमा हामीले दोषी कर्मचारीलाई रंगेहात पक्राउ गर्दै आइरहेका छौँ । त्यस्ता कारबाहीका लागि अहिलेसम्म आयोगले नै पैसा उपलब्ध गराइरहेको छ ।
तर आगामी दिनमा त्यसरी आयोगले उपलब्ध गराएको पैसा लिनेहरूका विरुद्ध मात्र होइन, सार्वजनिक पद धारण गरेका दुई वा त्योभन्दा बढी व्यक्तिबीच भएको अवैधानिक लेनदेन गर्नेलाई पनि समात्नुपर्छ भन्ने सोच बनाएका छौँ । त्यसतर्फ पनि क्रियाशील हुन्छौँ । अहिलेसम्म हामीले जति रंगेहात कारबाही गरेका छौँ, अधिकांश सफल भएका छन् । उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेका छौँ । अधिकांश मुद्दा सफल हुँदै पनि गइरहेका छन् । तर, कर्मचारीले डर मान्छन् कि मान्दैनन् भन्ने प्रवृत्तिको कुरा पनि हो । नीति र पद्धतिलाई जबसम्म स्थापित गर्न सक्दैनौँ, तबसम्म प्रशासनभित्र प्रवृत्ति र नियत हाबी भइरहने हुन्छ । त्यस्तो विकृतिलाई नीति र पद्धति स्थापना गरेर परास्त गर्न जरुरी छ ।
तपाईंको नजरमा आयोगका लागि अन्य चुनौती के–के हुन् ?
आयोगलाई प्रविधियुक्त, साधन–स्रोतयुक्त बनाउने र त्यसअनुसारको दक्ष जनशक्ति व्यवस्थापन गर्ने । मुख्य चुनौती त यही नै हो । यस्तै आयोगको अहिलेको सम्पूर्ण संगठन संरचनालाई पुनरावलोकन गर्नुपर्छ । त्यसतर्फ पनि काम गदै छौँ । यसैगरी आयोगले गर्ने निर्णयमा एकरूपता कायम राख्नुपर्ने अर्को मुख्य चुनौती छ । केसको प्रकृति र प्रवृत्तिका आधारमा आयोगका निर्णयमा एकरूपताका लागि एउटा नीति पनि बनाउनुपर्ने छ । ताकि भोलि कुनै व्यक्तिले आयोगलाई चलाउने भन्दा पनि पद्धति र प्रक्रियाले आयोगलाई चलाओस् । जनताले आयोगले काम गरेको छ भन्ने अनुभूति गर्न सकून् । त्यसका लागि पनि काम भइरहेको छ । हाम्रो इमानदारिता बाहिर बसेर हेरेका आमनागरिकले महसुस गर्ने गरी आयोगले काम गर्नुपर्छ भन्ने मेरो सोच छ । तर, यसलाई व्यवहारमा उतार्नु निकै चुनौतीपूर्ण काम हो ।
यसैगरी भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धिको नेपाल पक्षराष्ट्र भइसकेको छ । नेपाल पक्षराष्ट्र हुनेसम्बन्धी संसद्ले अनुमोदन गरिसकेको छ । अब त्यसका आधारमा हाम्रो कानुनलाई समय–सापेक्ष परिमार्जन गर्नुपर्ने पनि चुनौती छ । यस्तै नयाँ संविधानले अख्तियारको कार्यक्षेत्रबाट अनुचित कार्यको प्रावधान संविधानबाट झिकिदिएको छ । त्यसरी आयोगको कार्यक्षेत्र खुम्च्याएर अनुचित कार्यको प्रावधान हटाउँदा सुशासन कायम राख्ने आयोगको सदासयतालाई प्रभावित गरेको छ । यसतर्फ कानुन निर्माताहरूले ध्यान दिनुपर्ने स्थिति छ ।
यस्तै विकास निर्माणका काम स्थानीय तहमा केन्द्रित भएका छन् । त्यससँगै आगामी दिनहरूमा विकास निर्माणका काममा सुशासन कायम राख्न अख्तियारले स्थानीय तहमा ध्यान दिनुपर्ने छ । आयोगले पनि आफ्नो साधनस्रोत, क्षमता र सामथ्र्य स्थानीय तहमा विस्तार गर्दै लैजानुपर्ने चुनौती छ । हामी हामीसँग भएको जनशक्तिको क्षमता विकास पनि गर्दै छौँ । यी समग्र चुनौतीको सामना गर्न आयोगको संगठन संरचना नै परिवर्तन गर्नुपर्छ । अब सातवटै प्रदेशमा आयोगको कार्यालय स्थापना गरेर त्यसलाई साधन, स्रोत र दक्ष जनशक्तिले सम्पन्न बनाएर लैजानुपर्ने छ । यससँगै आयोगले स्थानीय तहमा जति विकासका कार्यक्रम हुन्छन्, त्यसलाई सजगताका साथ नजिकबाट हेर्नुपर्छ । तर, त्यसको अर्थ आयोगले आफूलाई कहिले पनि विकासको बाधकको रूपमा प्रस्तुत गर्दैन । सहयोगी भूमिकामा नै प्रस्तुत हुन्छ । र पनि कानुनविपरीतका काम भएका छन् भने आयोगको कार्यक्षेत्र स्वाभाविक रूपमा आकर्षित हुन्छन् ।
स्थानीय तह र प्रदेश सरकार नयाँ संरचना भएकाले त्यो आफैँमा व्यवस्थित बन्न सकिरहेको छैन, तर विकास निर्माणको धेरै बजेट स्थानीय तह र प्रदेशमा गएको छ, त्यस्ता निकायबाट हुन सक्ने आर्थिक अनुशासनलाई आयोगले कसरी हेरेको छ ?
यस मामलामा आयोग सजग छ । एक किसिमले स्थापित हुँदै गरेको स्थानीय तहले विकासका काम गर्दै जाँदा कतिपय ठाउँमा अज्ञानताकै कारण र कतिपय अवस्थामा नियतवश आर्थिक अनुशासनविपरीतका काम हुनसक्नेतर्फ आयोगले निकै नजिकबाट हेरिरहेको छ । त्यसकारण हामी चाँडै स्थानीय तहका राजनीतिक नेतृत्व र कर्मचारीलाई राखेर स्थानीय तहसँग आयोगको अपेक्षा, आयोगको कार्यक्षेत्र आकर्षित हुने विषय र कस्तो तरिकाले जान सकिन्छ भन्नेबारे छलफल गर्छौं । यो भनेको एक हिसाबले स्थानीय तहसँग सहकार्य गर्ने र अर्कोतर्फ उनीहरूलाई गल्ती गर्दा आयोगले कारबाही गर्छ भन्ने कुरामा वेलैमा सचेत गराउने हो ।
मुलुक संक्रमणकालबाट बाहिरिँदै गर्दा ठेस लाग्नु, ठोक्किनु स्वाभाविक हुन्छ । तर, हामी संक्रमणकालबाट मुक्त हुँदै गरेको स्थिति हो भनेर चुपचाप बस्दैनौँ । हामी हाम्रो कार्यक्षेत्रअन्तर्गतका विषयलाई चनाखो भएर हेरिरहेका छौँ ।
ठूला भ्रष्टाचारमा संलग्नको आरोपमा उजुरी परेकाहरूविरुद्ध अख्तियारले कारबाही गरेको पाइँदैन । तर, १० हजारदेखि एक लाख घुस लिनेहरूलाई समाएर किन बसिरहेको छ ?
हो, बाहिरबाट नागरिकले अख्तियारले ठूलो माछा समातोस् भन्ने अपेक्षा गरिरहेका छन् । तर, आयोगका लागि भ्रष्टाचार सानो वा ठूलो भन्ने हुँदैन, आर्थिक अनियमितता सबै भ्रष्टाचार हो । त्यस्तो भ्रष्टाचारमा साना रकम लिनेहरूलाई उन्मुक्ति दिने र ठूलो रकम लिनेलाई मात्र कारबाही गर्ने भन्ने हुँदैन । आयोगका लागि सबै समान रूपमा आकर्षणका विषय हुन् ।
आयोग यो वर्ष कर–फस्र्योटका विषयमा मुद्दा चलायो, कतिपयको सम्पत्तिका हिसाबमा पनि मुद्दामा गएको छ । हाम्रा लागि अनियमितता सबै उत्तिकै संवेदनशील विषय हुन् ।
अख्तियारले घुस लिँदालिँदै व्यक्तिलाई समाउँछ, र मुद्दा दायर गर्छ तर अदालतमा पुग्दा अख्तियारले हार्छ, के कारण यस्तो भइरहेको छ ?
यस सन्दर्भमा अन्य निकायका बारेमा चर्चा गर्नुभन्दा आयोग आफैँले आत्ममूल्यांकन गर्नु जरुरी छ । हामीले हाम्रो अनुसन्धानलाई वस्तुपरक बनाउन सक्यौँ कि सकेनौँ ? अनुसन्धान जुन गहिराइमा पुगेर गर्नुपर्ने हुन्थ्यो, त्यो गर्न सकियो कि सकिएन भन्ने कुरा आत्मसमीक्षा गर्न आवश्यक छ । त्यसका लागि सर्वोच्च र विशेष अदालतले गरेका फैसलाको विश्लेषण गर्नुपरेको हो । त्यस्तो अध्ययनबाट हाम्रा कमी–कमजोरी पत्ता लगाएर आगामी दिनमा त्यस्तो कमी–कमजोरी नदोहो¥याउन सहयोग पुग्छ ।
केही राजनीतिक नेतृत्वको आर्थिक अनुशानमाथि केही प्रश्न उठेको छ र आयोगमा उजुरी पनि परेको छ, तर आयोगले त्यस्तो उजुरीविरुद्ध कारबाही अघि बढाउँदैन, किन ?
नागरिक समाज, शिक्षित समुदायले बुझिदिनुपर्ने कुरा के हो भने अहिलेको निर्णय प्रक्रियामा राजनीतिक नेतृत्वलाई कानुनले कहाँनेर स्थापित गरेको छ भन्ने कुरालाई हेर्नुपर्छ । सार्वजनिक खरिदको प्रक्रियामा अधिकांशमा निजामती कर्मचारीको संलग्नता हुन्छ । आयोग प्रमाणका आधारमा चल्ने हो । बाहिरको अपेक्षा एउटा खालको छ, तर कागजी संलग्नतामा राजनीतिक नेतृत्वको कति संलग्नता छ, आयोगले हेर्ने त्यो पक्ष हो । अर्को कुरा मन्त्रिपरिषद्बाट गरिने नीतिगत निर्णयको कुरा छ, ती निर्णयलाई परिभाषित गर्न जरुरी छ । मन्त्रिपरिषद्बाट भएका खरिद अनुगमनसम्बन्धी निर्णयमा पक्कै पनि नीतिगत निर्णय हुन सक्दैन । हामीले वस्तुपरक आधारमा परिभाषित गर्न माग गर्दै आइरहेका छौँ । अहिले मन्त्रिपरिषद्को निर्णय नीतिगत हुने भन्दै त्यहाँबाट त्यस्ता खालका निर्णय गर्ने खालको समस्याहरू देखिने गरेको छ ।
यस्तै हाम्रा निर्णय गर्ने अधिकारीको निर्णय गर्ने क्षमता कमजोर भएको हो कि भन्ने मलाई लागेको छ । मन्त्रिपरिषद्मा प्रस्ताव लगेपछि आफू जोगिन सक्छु भन्ने सोच कर्मचारीमा बढेको छ । त्यस्तो सोच र प्रचलनलाई निरुत्साहित गर्नुपर्छ । त्यस्तो प्रवृत्ति रोक्न आयोग आफैँ सक्दैन, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले त्यस्तो कुरामा ध्यान दिनुपर्छ ।
भ्रष्टाचारको दर बढिरहेको छ, यस्तो स्थितिमा भ्रष्टाचार नियन्त्रणका लागि आयोगका आगामी रणनीति कस्ता हुन्छन् ?
आयोगले प्रवद्र्धनात्मक र निरोधात्मक कार्यक्रमका लागि एउटा अवधारणा स्वीकृत गरेको छ । नागरिक समाजले सञ्चार क्षेत्रसँग सहकार्य गरेर प्रवद्र्धनात्मक कार्यक्रमलाई देशभरि लैजानुपर्छ भन्ने सोचमा छौँ । त्यसले नागरिक समाजलाई जागरुक पनि बनाओस् र सचेत पनि होस् भन्ने आयोगको चाहना हो । अख्तियारले मात्र भन्दा पनि सामूहिक रूपमा भ्रष्टाचारविरुद्ध लडौँ भन्ने उद्देश्यले यो कार्यक्रमको मस्यौदा तयार पारेका हौँ ।
आयोगको आगामी कार्यदिशा कस्तो हुन्छ ?
हामी सम्पत्ति मूल्यांकनको नम्स नै पुनरावलोकन गर्दै छौँ । आयोगको दरबन्दी पुनरावलोकनको काम गर्न गइरहेका छाँै । यहाँको मानव संशाधन विकासको एउटा कार्ययोजना नै बनाएर जानुपर्ने छ । अहिले कार्यरत जनशक्तिको क्षमता मूल्यांकन पनि गर्ने र आवश्यकता कस्तो छ, त्यसका आधारमा जनशक्तिलाई प्रशिक्षण गर्ने काम भइरहेको छ । जनशक्तिलाई प्रशिक्षित गर्ने सन्दर्भमा फिलिपिन्स र थाइल्यान्डमा हरेक वर्ष दुई–तीनवटा ग्रुपलाई पठाउने गरेका छौँ । यी काम आयोगको अनुसन्धानलाई व्यवस्थित र प्रविधिमा आधारित बनाउन गरिएको हो । यस्तो प्रशिक्षणलाई थप बढावा दिनेछौँ ।
यसैगरी तथ्यपरक सूचना संकलनलाई बढोत्तरी गर्ने र अनुसन्धानलाई त्यसका आधारमा प्रविधिको प्रयोग गरेर जाने आयोगको सोच छ । यस्तै हामी अख्तियारको दिग्दर्शन प्रकाशित गछौँ, जहाँ आयोगका सबै काम कारबाही र प्रक्रिया अभिलेख गर्न सकियोस् । हामी विशेष अदालत र सर्वोच्च अदालतले गरेका फैसलाको नजिर संकलन पनि गर्ने छौँ । त्यसका लागि आयोगको एउटा टिमले अहिले नै काम गरिरहेको छ । त्यो काम चाँडै सक्नुपर्ने चुनौती छ, त्यो पूरा गर्छौं । | 2018/05/22 19:46:41 | http://www.enayapatrika.com/2018/02/11/22915/ | mC4 |
प्रकाशित: २०७८ साउन ६, बुधबार
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले मंगलबार पत्रकार सम्मेलनलाई सम्बोधन गर्नु हुदै काबुलमा रहेको राष्ट्रपति भवननजिकै भएको रकेट आक्रमणको निन्दा गर्नु भएको हो । संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा हिंसाको अन्त्य र शान्ति पुनस्र्थापनाको गर्न आह्वान गरिरहेको र हामी राजनीतिक बस्तीमा जानको लागि दु्रत मार्ग र हिंसा अन्त्यको लागि आह्वान गर्दछौं प्राइसले पत्रकार सम्मेलनमा भनेका छन् । | 2021/07/24 17:24:07 | https://www.laltinkhabar.com/story/18130 | mC4 |
जोहन्सबर्ग, १३ फागुन । दक्षिण अपि|mकाका पूर्वराष्ट्रपति नेल्सन मन्डेला अस्पताल भर्ना भएका छन् । पेटको समस्या बल्भिmएपछि अतिरिक्त हेरचाहका लागि डाक्टरको सल्लाहमा उनी अस्पताल भर्ना भएका हुन् ।
दक्षिण अपि|mकामा भएको रङ्भेदविरोधी आन्दोलनका सर्वोच्च नेता मन्डेलाको स्वास्थ्य अवस्था केही समययता बिगि्रन थालेको छ । उनलाई अस्पताल भर्ना गरिएपछि दक्षिण अपि|mकी राष्ट्रपति ज्याकोब जुमाको कार्यालयले ‘दक्षिण अपि|mकी जनता र विश्वभरका मानिसको माया र शुभकामना’ मन्डेलासाग रहेको जनाएको छ । त्रियानब्बे वषर्ीय मन्डेलाले आठ वर्षअघि सार्वजनिक जीवनबाट सन्न्यास लिएका थिए । सन् २०१० मा दक्षिण अफि्रकामा आयोजित विश्वकप फुटबल प्रतियोगितामा उनी सार्वजनिक रूपमा देखापरेका थिए ।
नोबेल शान्ति पुरस्कार विजेता मन्डेलालाई सबैले माया गरेर दक्षिण अपि|mकामा ‘मन्डिबा’ भन्ने गर्छन् । रङ्गभेदी शासनविरुद्ध सङ्घर्ष गर्दा उनी २७ वर्ष जेल परेका थिए । सन् १९९० मा उनी थुनामुक्त भएका थिए । उनी सन् १९९४ मा दक्षिण अपि|mकाका पहिलो अश्वेत राष्ट्रपति बनेका थिए । -एजेन्सी) | OSCAR-2019 |
||
प्रदेश २ सरकारमाथि छानबिनको माग
श्रावण ४, २०७६ ०३:०६:१५
प्रदेश २ बाट निर्वाचित प्रतिनिधिसभा र प्रदेश सभाका सांसदहरुले प्रदेश २ को सरकारले कूटनीतिक मर्यादा विपरीतका गतिविधि गरेको दावी गर्दै तत्काल छानबिन गर्न सरकारसँग माग गरेका छन् ।
शुक्रबार विहान प्रदेश २ का प्रतिनिधिसभा र प्रदेश सभाका ११ जना सांसदहरुले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ज्ञापन पत्र बुझाउदै यस्तो माग गरेका हुन् । प्रदेश २ को सरकारले कूटनीतिक मर्यादा विपरीतका गतिविधि गरिरहेकाले छानबिन गर्न सरकारसँग माग गरिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद प्रभु साहले जानकारी दिए ।
सांसदहरुले प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरु, अन्य विशिष्ट कर्मचारीहरुलाई परराष्ट्र नीति सञ्चालनका सम्बन्धमा आवश्यक प्रशिक्षण दिन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन । कूटनीतिक मर्यादा विपरीतका गतिविधि हुन नदिन कूटनीतिक आचारसंहिता परिमार्जन गरी कडाइका साथ लागू गर्न पनि सरकारसँग माग गरिएको छ । अललाइन खबर बाट | 2019/07/20 09:21:17 | https://hetaudakhabar.com/makwanpur/16 | mC4 |
रुसमा १९१७ मा क्रान्ति कसरी सुरु भएको थियो ? - मूल्याङ्कन अनलाइन
समाजवादी क्रान्ति (१९१७–२०१७)
मूल्याङ्कन अनलाइन | July 18, 2017
(यो वर्ष सन् २०१७ ले विश्वमा भएको पहिलो समाजवादी क्रान्तिको शत वार्षिकी मान्दैछ । यानी कि पहिलो समाजवादी क्रान्तिले १ सय वर्ष पार गर्दैछ । विश्वमा पहिलो पटक सन् १९१७ मा रुसमा लेनिनको नेतृत्वमा बोल्शेभिक पार्टीले समाजवादी क्रान्ति गरेको थियो । रुसी समाजवादी क्रान्ति पछि नै विश्वभर समाजवादी क्रान्तिको लहर नै चलेको थियो । लगभग बीसौं शताव्दीको तीन चौथाइ् समयसम्म नै विश्वभर समाजवादी, जनवादी एवं राष्ट्रिय मुक्ति आन्दोलनका आँधी बेहरीहरु चले । ती सबै आन्दोलनमा रुसी समाजवादी क्रान्तिको छाप र प्रभाव रह्यो ।
रुसमा समाजवादी क्रान्तिका लागि तत्कालीन अवस्थामा आन्दोलनहरु कसरी विकसित भए ? १९१७ को वर्षभरि नै चलेको रुसी क्रान्तिका आरोह अवरोहहरु कस्ता रहे ? वर्तमानमा समाजवादी क्रान्तिको शतवार्षिकी मनाइरहँदा यी प्रश्नहरु अत्यन्त सान्दर्भिक देखिन्छन् । मूल्याङ्कन अनलाइनले सन् २०१७ को अन्त्यसम्म नै रुसी समाजवादी क्रान्तिबारे बिचार, संस्मरण, घटना विवरण तथा अन्य लेख रचनाहरु समेटी हप्तामा दुईपटक प्रकाशित गर्ने जमर्को गरेको छ । यसै सिलसिलामा आजको संस्करणमा रुसी समाजवादी क्रान्तिको जगको रुपमा रहेको फेब्रुअरी क्रान्तिबारे केही चर्चा गरिन्छ ।– सम्पादक)
फरवरी क्रान्ति । जारशाहीको पतन । मजदुर र सिपाही प्रतिनिधिहरुको सोवियतको गठन । अस्थायी सरकारको गठन । द्वैत सत्ता ।
१९१७ मा क्रान्तिको नेतृत्व गर्दै लेनिन ।
जनवरी ९ तारिखको हडतालबाट १९१७ साल शुरु भयो । यस हडतालको सिलसिलामा पेट्रोग्राड, मास्को, बाकु र निज्नी नोगरोदमा प्रदर्शनहरु भए । मास्कोमा एक—तिहाइ मजदुरहरुले जनवरी ९ तारिखको हडतालमा भाग लिए । त्वेस्र्कोयी राजमार्गमा भएको दुई हजार मानिसहरुको प्रदर्शनीलाई घोडचढी पुलिसहरुले तितरवितर पारिदिए । पट्रोग्राडको विबोर्ग सडकमा भएको प्रदर्शनमा सिपाहीहरु पनि सामेल भए ।
पेट्रोग्राड पुलिसले रिपोर्ट दियो 'आम हडतालको विचारले दिन प्रतिदिन नयाँ मानिसहरुलाई तानिरहेको छ र त्यो १९०५ मा जतिकै लोकप्रिय हुँदैछ ।' (सन् १९०५ मा रुसमा जारशाही शासनबिरुद्ध किसान मजदुरहरुले ठूलो बिद्रोह गरेका थिए । व्यापक जनताको सहभागिता भएर पनि त्यो बिद्रोहलाई दबाउन जारशाही सफल भएको थियो । रुसी इतिहासमा त्यो बिद्रोहलाई जारशाहीबिरुद्धको असफल क्रान्तिको रुपमा उल्लेख गरिएको छ ।–सम्पादक)
मेन्शेविक (रुसी समाजिक जनवादी मजदुर पार्टी बिभाजन हुँदा त्यसको अल्पमत पक्षले बनाएको पार्टी । बहुमत पक्षले लेनिनको नेतृत्वमा अर्को पार्टी बनायो, जसलाई बोल्शेविक भनिन्छ ।–सम्पादक) र समाजवादी क्रान्तिकारीहरुले यस नवजाल क्रान्तिकारी आन्दोलनलाई उदार पूँजीपतिहरुले चाहेको दिशातर्फ मोड्न कोशिस गरे । राज्य–दूमा (रुसी संसद) शुरु हुने फरवरी १२ तारिखको दिनमा दूमामा मजदुरहरुको एउटा जुलुस लैजानुपर्छ भनेर मेन्शेविकहरुले प्रस्ताव राखे । तर, मजदुर जनताले बोल्शेविकहरुलाई साथ दिए र उनीहरु दूमामा जान होइन कि प्रदर्शन गर्न निस्के ।
फरवरी १८, १९१७ मा पेट्रोग्राडको पसतिलोव कारखानामा हडताल भयो । अन्तर्राष्ट्रिय महिला दिवसको दिन फरवरी २३ (मार्च ८) तारिखमा पेट्रोग्राड बोल्शेविक कमिटीको आह्वानमा, श्रमजीवी महिलाहरु भोक, युद्ध र जारशाहीको विरुद्ध प्रदर्शन गर्न सडकमा निस्के । पेट्रोग्राडका मजदुरहरुले शहरव्यापी हडताल आन्दोलन चलाइ श्रमजीवी महिलाहरुको प्रदर्शनप्रति समर्थन जनाए । राजनैतिक हडतालले जारशाही व्यवस्थाविरुद्ध आम राजनैतिक प्रदर्शनको रुप लिन थाल्यो ।
फरवरी २४ (मार्च ९) मा झन् बढी जोडदार रुपमा प्रदर्शन जारी रह्यो । करिब २ लाख मजदुरहरु हडतालमा उत्रिए ।
फरवरी २५ (मार्च १०) मा सबै मजदुरहरु पेट्रोग्राड क्रान्तिकारी आन्दोलनमा सामेल भए । जिल्लाहरुमा भएका राजनैतिक हडतालहरु मिलेर पूरै शहरको आम राजनैतिक हडताल बने । सबै ठाउँमा प्रदर्शन र प्रहरीबीच मु्ठभेड भयो । मजदुर जनतामाथि लाल झण्डाहरु फरफराए र तिनमा लेखिएको थियो —'जार मुर्दावाद ।' 'युद्ध मुर्दावाद' 'हामीलाई रोटी देऊ'
फरवरी २६(मार्च ११) तारिख बिहान राजनैतिक हडताल र प्रदर्शनले विद्रोहको रुप लिन थाल्यो । मजदुरहरुको साधारण र सशस्त्र प्रहरीबाट हतियार खोसेर आफूलाइृ सशस्त्र पारे । तथापि ज्नामेन्स्काया चौबाटोमा प्रदर्शनमाथि गोली चलेर प्रहरीसितको सशस्त्र मुठभेडको अन्त्य भयो ।
पेट्रोग्राड सैनिक इलाकाका कमाण्डर जनरल खबारोवले के घोषणा गरे भने मजदुरहरु फरवरी १८ (मार्च १३) सम्ममा काममा फर्कनुपर्छ, नत्र उनीहरुलाई मोर्चामा पठाइनेछन् । फरवरी २५ (मार्च १०) मा जारले सेनापति खवारोवलाई यस्तो आदेश दिए—'म तिमीलाई के हुकुम दिन्छु भने भोलिसम्ममा राजधानीको सारा गडबडी खतम हुनुपर्छ ।'
तर, क्रान्तिलाई 'खतम पार्नु' अब सम्भव थिएन ।
फरवरी २६ (मार्च ११) मा पाब्लोब्स्की पल्टनको जगेडा बतालियनको चौथो कम्पनीले मजदुरहरुमाथि होइन, बरु मजदुरहरुसित मुठभेडमा लागेका घोडचढी प्रहरी टुकडीहरुमा गोली चलायो । खास गरेर श्रमजीवी महिलाहरुले सैनिकहरुलाई आफ्नो पक्षमा तान्न निक्कै जोडदार र दृढ प्रयास गरे । ती महिलाहरुले सीधा सिपाहीहरुलाई अपिल गरे, उनीहरुसित भाइचारा कायम गरे र घिनलाग्दो जार–एकतन्त्रशाहीलाई खतम पार्नका लागि जनतालाई मद्दत गर्न उनीहरुलाई आह्वान गरे ।
त्यसताका पार्टीको केन्द्रीय कमिटीको ब्यूरोले बोल्शेविक पार्टीको व्यावहारिक कार्यको संचालन गरिन्थ्यो । त्यसको प्रधान कार्यालय पेट्रोग्राडमा थियो र त्यसका प्रमुख कामरेड मोलोतोब थिए । फरवरी २६ (मार्च ११) मा केन्द्रीय कमिटीको व्युरोले एउटा घोषणपत्र निकाल्योे र त्यसमा जारशाहीविरोधी सशस्त्र संघर्ष जारी राख्न र अस्थायी क्रान्तिकारी सरकार गठन गर्न आह्वान गरिएको थियो ।
फरवरी २७ (मार्च ११) मा पेट्रोग्राडस्थित सैनिकहरुले मजदुरहरुमाथि गोली चलाउन इन्कार गरेर विद्रोहमा जनतालाई साथ दिन थाले । फरवरी २७ तारिखको बिहानसम्म विद्रोहमा सामेल हुने सिपाहीहरुको संख्या १ लाखभन्दा बढी थिएन, तर साँझसम्ममा यो संख्या ६ लाखभन्दा बढी भयो ।
विद्रोहमा उठेका मजदुर र सिपाहीहरुले जारका मन्त्रीहरु र सेनापतिहरुलाई गिरफ्तार गर्न र जेलबाट क्रान्तिकारीहरुलाई मुक्त गर्न थाले । छुटेका राजबन्दीहरु क्रान्तिकारी संघर्षमा सामेल भए ।
सडकमा प्रहरी र घरका माथिल्ला तल्लाहरुमा मेशीनगन राखेर बसेका सशस्त्र दस्ताहरुसित गोली हानाहान भयो । तर, सैनिकहरु छिटो मजदुरहरुको पक्षमा आए र त्यसबाट जारशाहीको भाग्यको फैसला भयो ।
अब पेट्रोग्राडमा क्रान्तिको विजय भएको खबर अन्य शहर र मोर्चामा फैलियो, सबै ठाउँ मजदुर र सिपाहीहरुले जारका अफिसरहरुलाई हटाउन थाले ।
१९१७ फेब्रुअरीमा रुसी मजदुरहरु क्रान्तिका लागि सडकमा उत्रिँदै ।
क्रान्तिको विजय हुनाको कारण के हो भने त्यसको अगुवा मजदुरवर्ग थियो । यस वर्गले सिपाहीको पोशाक लाएका, 'शान्ति रोटी र स्वतन्त्रताको माग गर्ने लाखौं किसानहरुको आन्दोलनलाई नेतृत्व दियो । सर्वहारावर्गको एकछत्र नेतृत्वले नै क्रान्तिको सफलतालाई निश्चित पार्यो ।
क्रान्तिको शुरुको समयमा लेनिनले लेखेका थिए, 'सर्वहारावर्गले क्रान्ति गर्यो । सर्वहारावर्गले बहादुरी देखायो, त्यसले आफ्नो रगत बगायो । त्यसले व्यापक श्रमजीवी र गरिब जनसाधारणलाई आफूसँगै बगाएर लग्यो ।'(लेनिन, संकलित रचनाहरु रसियाली संस्करण भाग २०, पृष्ठ २३, २४)
पहिलो क्रान्तिले अर्थात् १९०५ को क्रान्तिले दोस्रो क्रान्ति, अर्थात् १९१७ को क्रान्तिको छिटो सफलताको लागि बाटो तयार पारेको थियो ।
लेनिनले लेखेका थिए, '१९०५—०७ का तीन वर्षमा भएका ठूल्ठूलावर्ग संग्रामहरु र रसियाली सर्वहारावर्गद्वारा प्रदर्शित क्रान्तिकारी तागतको अभावमा दोस्रो क्रान्ति सम्भवतः यति छिटो हुन सक्ने थिएन । छिटो कुन अर्थमा भने यसको प्रारम्भिक चरण केही दिनभित्रै पूरा भयो ।' (लेनिन, चुनिएका रचनाहरु, अंग्रेजी संस्करण मास्को १९४७ भाग १, पृष्ठ ७३५)
क्रान्तिका प्रारम्भिक दिनहरुमा नै सोवियतहरुको जन्म भयो । विजयी क्रान्ति मजदुर र सैनिक प्रतिनिधिहरुका सोवियतहरुको समर्थनमा आधारित थियो । विद्रोह गर्न मजदुर र सिपाहीहरुले मजदुर र सैनिक प्रतिनिधिहरुको सोवियत गठन गरे । १९०५ को क्रान्तिले के देखाएको थियो भने सोवियतहरु सशस्त्र विद्रोहका साधन हुन् र साथै एउटा नयाँ, क्रान्तिकारी सत्ताका बीज हुन् । मजदुर जनताको मनमा सोवियतको विचार जिउँदै थियो, र जारशाही खतम हुने बित्तिकै तिनीहरुले यस विचारलाई व्यवहारमा उतारे । तर, फरक कति थियो भने १९०५ मा मजदुर प्रतिनिधिहरुको सोवियत मात्र बनाइएको थियो र अब फरवरी १९१७ मा बोल्शेविकहरुको अग्रसरतामा, मजदुर र सैनिक प्रतिनिधिहरुका सोवियतहरुको जन्म भयो ।
यता बोल्शेविकहरु सडकमा जन—संघर्षको प्रत्यक्ष नेतृत्व गर्दै थिए, उता सम्झौतावादी पार्टीहरु अर्थात् मेन्शेविक र समाजवादी क्रान्तिकारीहरु सोवियतमा ठाउँ कब्जा गरेर त्यहाँ बहुमत बनाउँदै थिए । उनीहरुलाई यस काममा आंशिक सफलता पनि मल्यो । त्यसको कारण के हो भने बोल्शेविक पार्टीका अधिकांश नेताहरु जेलमा वा निर्वासनमा थिए (लेनिन विदेशमा र स्टालिन र स्वर्दलोव साइबेरियामा निर्वासित थिए) । तर, मेन्शेविक र समाजवादी क्रान्तिकारीहरु पेट्रोग्राडको सडकमा स्वतन्त्रतापूर्वक घुम्दै थिए । नतिजास्वरुप पेट्रोग्राड सोवियत र त्यसको कार्यकारिणी समितिका अगुवाहरु, सम्झौतावादी पार्टीहरुका प्रतिनिधिहरु अर्थात् मेन्शेविक र समाजवादी—क्रान्तिकारीहरु थिए । मास्को र अन्य कतिपय शहरहरुमा पनि यस्तै स्थिति थियो । खालि इवानोवो वोज्नेशेन्स्क, क्रास्नोयास्र्क र अन्य केही ठाउँका सोवियतहरुमा मात्र शुरुदेखि नै बोल्शेविकहरुको बहुमत रहेको थियो ।
१९१७ फेब्रुअरीमा सडकमा उत्रिएका सशस्त्र रुसी मजदुरहरु ।
सशस्त्र जनताले, अर्थात् मजदुर र सिपाहीहरुले जन—सत्ताको संस्थामा झैं गरेर सोवियतमा प्रतिनिधिहरु पठाए । उनीहरुको के विचार र विश्वास थियो भने मजदुर र सैनिक प्रतिनिधिहरुको सोवियतले क्रान्तिकारी जनताका सबै मागहरु पूरा गर्नेछ, र सबभन्दा पहिले शान्ति कायम हुनेछ ।
तर, मजदुर र सिपाहीहरुको उक्त निराधार विश्वासले गर्दा उनीहरुलाई हानि पुग्न गयो । समाजवादी—क्रान्तिकारी र मेन्शेविकहरुको युद्ध बन्द गर्ने र शान्ति हासिल गर्ने रत्तीभर इरादा थिएन । उनीहरुले क्रान्तिबाट फाइदा उठाएर युद्ध जारी राख्ने योजना बनाएका थिए । क्रान्ति र जनताका क्रान्तिकारी मागहरुको सम्बन्धमा समाजवादी क्रान्तिकारी र मेन्शेविकहरुको कस्तो विचार थियो भने क्रान्ति अब खतम भइसकेको छ र अब क्रान्तिमा सील मारेर पूँजीपतिवर्गसँगसँगै 'सामान्य' संबैधानिक जीवन बिताउनु नै मुख्य काम हो । त्यसैले पेट्रोग्राड सोवियतका सामाजिक क्रान्तिकारी र मेन्शेविक नेताहरुले युद्ध बन्द गर्ने सवाललाई शान्तिको सवाललाई दराजमा थन्क्याई दिन र सत्ता पूँजीपतिवर्गको हातमा सुम्पन भरसक कोशिस गरे । | 2018/01/24 09:34:31 | http://emulyankan.com/russian-revolution-1917/ | mC4 |
श्रमजीवी पत्रकारका समस्या समाधानका लागि पहल गरिदिन १० सञ्चार संगठनद्धारा सरकारलाई आग्रह - khabarchakra.com ~ News from nepal
बिचार बिमर्श मुख्य समाचार
श्रमजीवी पत्रकारका समस्या समाधानका लागि पहल गरिदिन १० सञ्चार संगठनद्धारा सरकारलाई आग्रह
१४ असार २०७७, आईतवार १९:३८ 28/06/2020 Khabar Chakra
ललितपुर । कोभिड–१९ (कोरोना भाइरस)को कारण देखाउँदै विभिन्न सञ्चारमाध्यममा कार्यरत श्रमजीवी पत्रकार÷सञ्चारकर्मीहरुलाई पेशाबाटै निष्काशन गर्ने, बेतलवी विदा बस्न दवाव दिने, राजिनामा दिन बाध्य पार्नेलगायतका समस्या समाधानमा पहल गरिदिन सञ्चार संगठनहरुले सरकारसंग आग्रह गरेका छन् ।
आइतबार प्रेस संगठन नेपाल, प्रेस युनीयन, प्रेस सेन्टर नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, प्रगतिशील पत्रकार संघ, क्रान्तिकारी पत्रकार संगठन, प्रेस नेपाल, जनपत्रकार संगठन, मधेसी पत्रकार समाज लगायतका १० संगठनहरुले संयुक्त वक्तव्य जारी गर्दै श्रमजीवी पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले अल्टिमेटमसहित सञ्चार गृहहरुमा पत्रचार गर्ने तथा सरोकारवाला संगठनहरुसँग बृहत छलफल गरी दवावमुलक कार्यक्रममार्फत् श्रमजीवीको पेशागत सुरक्षाका लागि गरिरहेको पहललाई सकारात्मक रुपमा लिएको जनाएका छन् ।
महासंघकै नेतृत्वमा थप दबाबमूलक कार्यक्रमको घोषणा गरी श्रमजीवी पत्रकार साथीहरुको पेशागत सुरक्षाको सुनिश्चिताका लागि ठोस पहल गर्न सहयोग पुग्ने ठहर गरी संयुक्त वक्तव्य जारी गरेको पनि जनाइएको छ ।
दर्जनभन्दा बढी मिडिया हाउसमा श्रमजीवीका गम्भीर समस्या देखिएकाले मिडिया सञ्चालकहरुले श्रमजीवी पत्रकार ऐन विपरीतका कदमहरु तत्काल बन्द गरी सहजतापूर्वक श्रमजीवीहरुलाई काम गर्ने वातावरण निर्माण गर्न सरकारसंग माग गरिएको छ । महामारीका कारण बन्द हुन पुगेका स्वरोजगारमुखी तथा साना मिडिया र रोजगारी गुमाउन पुगेका पीडित श्रमजीवी पत्रकारहरुको लागि 'विशेष आवधिक राहत प्याकेज'को व्यवस्था गर्न पनि माग गरिएको प्रेस संगठनका संयोजक महेश्वर दाहालले बताउनुभएको छ ।
श्रमजीवीको श्रमको उचित सम्मान र पेशागत सुरक्षाका लागि सशक्त आन्दोलनमार्फत दवाव दिन बाध्य हुने जनाउँदै त्यसबाट सिर्जित परिस्थितिको जिम्मेबार स्वयं मिडिया मालिकहरु र सरोकारवाला निकाय हुने लोकतान्त्रिक छापा माध्यमहरुको संजालका अध्यक्ष दामोदरप्रसाद दवाडीले बताउनुभयो । | 2020/07/05 16:57:46 | http://khabarchakra.com/archives/11640 | mC4 |
मर्दी हिमाल पुग्न नयाँ 'ट्रेकिङ रुट' - Laltin.com
लाल्टिन डट कम August 6, 2021
नयाँ विकास गरिएको पदयात्रामार्गले बसाइ लम्ब्याउनाका साथै ग्रामीण संस्कृति, जीवनशैली र ध्यान (मेडिटेशन)मा पर्यटकलाई आकर्षित गर्ने बताइन्छ । मेलबोटबाट अस्तामसम्को सात किमी पदयात्रामार्गका अधिकांश स्थान समथर छन् । पदयात्रामार्गलाई साइकल चलाउन मिल्ने गरी बनाउने योजना रहेको समितिले जनाएको छ ।
समितिले हालका लागि धितालसम्म मात्र पैदलमार्गको योजना अघि बढाए पनि सरकारले विस्तृत आयोजना प्रतिवेदन तयार गरी मर्दी हिमालसम्म नै साइकल चलाउन मिल्ने गरी पैदलमार्गको सम्भाव्यता अध्ययन गर्नुपर्ने समितिका सचिव कृष्णबहादुर कुँवर बताउनुहुन्छ । मर्दी हिमालसम्म साइकल चलाउन मिल्ने गरी पैदलमार्ग बनेको खण्डमा यसले पर्यटकलाई थप आकर्षित गर्ने विश्वास लिइएको उहाँको भनाइ छ । रासस | 2021/10/22 03:15:01 | https://laltin.com/%E0%A4%AE%E0%A4%B0%E0%A5%8D%E0%A4%A6%E0%A5%80-%E0%A4%B9%E0%A4%BF%E0%A4%AE%E0%A4%BE%E0%A4%B2-%E0%A4%AA%E0%A5%81%E0%A4%97%E0%A5%8D%E0%A4%A8-%E0%A4%A8%E0%A4%AF%E0%A4%BE%E0%A4%81-%E0%A4%9F/ | mC4 |
मकर सक्रान्ति एउटा कृषीप्रधान चाड हो । पुरै भारतवर्षमा बिभिन्न तवरले यस चाडलाई मनाउने चलन छ, के हिमाल के पहाड के तराई ? मकर सक्रन्तिको रौनकमा रंगिएको छ ।
तराईमा यस सक्रान्तिलाई तिलको लड्डु खाने भएकाले तिलुवा सक्रान्ति पनि भनिन्छ । आज हामी तिलुवा सक्रान्तिको कुरा गर्न जाँदैछौं । तराईमा तिलुवाको दिन खिचडीको पनि उत्तिकै रौनकता सहितको चलन छ, उक्त दिन खिचडी खाने अनि कन्दमुल लगायत खिचडीका चार यार खाने चलन पनि छ ।
अर्थात खिचडी खाने ४ वटा यारहरु छन् जस्मा दहि, पापड, घ्यू अनि अचार भन्ने चलन छ । यि ४ वटा कुराहरु तिलुवाको दिन अपरिहार्य मानिन्छन् । तिलुवाको दिन जाडो मौसममा देवताहरुलदाई सख्खर अर्थात गुणमा बनाइएका तिल, मुरी अनि च्यूराका लड्डुहरु चढाउने अनि खाने चलन छ । स्वास्थ अनि मौसमका दृष्टिले यो उत्तम खानेकुरा हो । गर्मीमा सातु अनि जाडोमा तिलको लड्डु हाम्रा समाजका अभूतपूर्व परम्परा हुन् । | 2021-02-28T16:10:23Z | http://eprateekdaily.com/2020/10/10/%E0%A4%B5%E0%A5%83%E0%A4%A6%E0%A5%8D%E0%A4%A7%E0%A4%B5%E0%A5%83%E0%A4%A6%E0%A5%8D%E0%A4%A7%E0%A4%BE-%E0%A4%86%E0%A4%B6%E0%A5%8D%E0%A4%B0%E0%A4%AE%E0%A4%B2%E0%A4%BE%E0%A4%88-%E0%A4%86%E0%A4%B0%E0%A5%8D/ | OSCAR-2109 |
संविधानको रक्षा गर्न सर्वोच्च पुगे : सभामुख Global TV Nepal
प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले श्रृङ्खलाबद्ध रुपमा संविधानको उल्लंघन भएको भन्दै संविधानको रक्षार्थ सर्वोच्च अदालतमा पुगेको बताएका छन्।
सभामुख सापकोटाले शुक्रबार पत्रकार सम्मेलन गर्दै सरकारले श्रृङ्खालाबद्ध रुपमा संविधान उल्लंघन गरेका कारण संविधानको रक्षा, संरक्षण र सम्वद्र्धनको लागि आफु संविधान र कानुनको अन्तिम व्याख्या गर्ने अधिकार पाएको सर्वोच्च अदालतमा पुगेको बताएका हुन्।
सभामुख सापकोटाले संसदीय सुनुवाइ बिना संवैधानिक आयोगका पदाधिकारी नियुक्त गरिएको भन्दै यसले राज्य सञ्चालनका विधि, पद्धति र प्रक्रिया मिच्दै संविधानको ठाडो उल्लंघन भएको बताए।
असंवैधानिक रुपमा संसद विघटन गरिएका कारण संसदीय सुनुवाई समितिमा सुनुवाई हुन नसक्ने स्थिति भएकालेसबै सक्कल कागज संवैधानिक परिषद्मा फिर्ता पठाइएको स्मरण गराउँदै उनले संवैधानिक परिषद्ले पुनः सिफारिस गर्नुपर्ने बाध्यात्मक अवस्थाको विपरित नियुक्ति गरिनु संविधान विपरित भएको बताए । संवैधानिक परिषद्को निर्णय रहस्यमयी र पारदर्शी नभएको उनको भनाई छ। | 2021/12/08 22:52:04 | https://globaltvnepal.com/news-post/news/politics/5845/ | mC4 |
२५ खतराको घन्टी - स्वास्थ्य - प्रकाशितः श्रावण २७, २०७५ - नारी
२५ खतराको घन्टी
खाना खाएपछि केही खान मन गर्नु । केही बेरमै खाइरहनु अर्थात् बिज इटिङ बानीले ओबेसिटीलाई ईशारा गरेको हुन्छ । खानपानको गलत बानी तथा आधुनिक जीवनशैलीलाई जन्म दिन्छ ओबेसिटीले । बाहिरको खाना तथा खानामा पोषक तत्वको कमीले गर्दा बालबालिकाहरू पनि ओबेसिटीको सिकार हुन्छन् । बढ्दो तौलमा नियन्त्रण नगरे यसबाट अन्य रोगको पनि जन्म हुन सक्छ । न्युट्रिसियनिस्ट रश्मि बजिमय श्रेष्ठ भन्छिन्–मोटोपन, मधुमेह तथा हाइपरटेन्सनको समयमै उपचार भएन भने मुटुको बिरामी हुने सम्भावना बढ्छ । मोटोपन बढ्ने समस्याको कारण असन्तुलित आहार हो । अहिले धेरै मानिस घरमा बनेको खाना खानुभन्दा बाहिरको खाना, जंक फुड आदि बढी खान्छन् । नभ्याएको समयमा तथा मुखको स्वादका लागि यस्ता खाना सहज हुन्छन् । यो पनि मोटोपनको विभिन्न कारणमध्ये एक हो ।
वर्तमान युगमा स्मार्ट फोन, आइप्याड, टेलिभिजन, इन्टरनेट आदिका कारण मानिस यसमै भुलेर घन्टौं एकै ठाउँमा समय बिताउँछन् । यसले गर्दा शारीरिक सक्रियता कम हुन्छ । यो पनि मोटोपनको एउटा प्रमुख कारण हो । बालबालिकाहरू पनि अन्य खानेकुरा भन्दा जंक फुड नै मन पराउँछन् । जंक फुड खाँदा तथा शारीरिक सक्रियता नहुँदा मोटोपनको समस्या बढ्छ ।
बालबालिकालाई उनीहरूको शरीरले मागेको भन्दा बढी ख्वाए वजन बढ्छ । आवश्यकभन्दा बढी वजन बढ्दै गएर पछि मोटो हुने सम्भावना पनि रहन्छ । मोटोपनबाट जोगिन सही मात्रामा सही गुणस्तरको खाना ख्वाउनुपर्छ ।
खानपानमा ध्यान दिए मोटोपनको खतराबाट जोगिन सकिन्छ । यसबाट बच्न वजन कम गर्नुपर्छ भने खानामा नियन्त्रण गर्नुपर्छ । ३ देखि ६ महिनाभित्र ५ देखि १० प्रतिशत वजन घटे सजिलै आफ्नो लक्ष्यमा पुग्न सकिन्छ । एक हप्तामा ५ सय ग्रामदेखि १ किलोग्रामसम्म तौल घटाउनु सुरक्षित हुन्छ ।
मोटोपनसँग लड्ने
बीएमआई (बडी मास इन्डेक्स) तथा डब्ल्युएचआर (बेस्ट हिप रेसियो) मा नजर राख्नुपर्छ । विशेषज्ञहरूका अनुसार जसमा बडी मास इन्डेक्स २५ भन्दा धेरै हुन्छ ऊ मोटोको श्रेणीमा आउँछ । यसैगरी वेस्ट हिपको रेसियोमा ०.९० भन्दा बढी तथा महिलाको ०.८५ बढी हुनुको अर्थ पेटको मोटोपन हो ।
खानपानको योजना बनाउनु
सही समयमा राम्रो भोजन खानु जरुरी हुन्छ । न्युट्रिसियनिस्टको सल्लाहमा डाइट चार्ट बनाउनुपर्छ । त्यसमा आफूले कुन समयमा के खाने भन्ने कुरा समावेश गर्नुपर्छ । एक हप्ताको खानपानको योजना बनाउनुपर्छ । डाइटमा सबै आवश्यक पोषक तत्व, प्रोटिन तथा भिटामिन समावेश हुनुपर्छ । चिल्लो तथा कार्बोहाइड्ेरडको मात्रा कम हुनुपर्छ । यो मोटोपनबाट जोगिने सबैभन्दा उत्तम उपाय हो । क्रिम भएका खानेकुरा, दूध तथा अन्य डेरी प्रोडक्टभन्दा अन्य खानेकुरामा जोड दिनुपर्छ । यसैगरी दिनहुँ पाँच पटकभन्दा बढी सलाद, फलफूल तथा सागपात खाने बानी बसाल्नुपर्छ । थोरै–थोरै पटक–पटक खाइरहनुपर्छ । आफ्नो मुख्य खाना अर्थात् लञ्च तथा डिनरमा खानाको आधा प्लेट सलाद, भात, माछा, मासु तथा तरकारी खानु उचित हुन्छ । यसैगरी बेलुकाको खाना हल्का खानुपर्ने भएकाले पास्ता तथा ब्रेड खान सकिन्छ । बिहान खाएर एकैपटक बेलुका खानुभन्दा बीचमा खाजा पनि खानुपर्छ । हरेक पटक थोरै–थोरै खाँदा डाइट इनर्जी डेन्सिटी कम गर्न मद्दत पुग्छ । अन्य पेय पदार्थ भन्दा पनि पानी पिउनुपर्छ ।
खानेबेलामा टिभी नहेर्ने
कतिपयमा टेलिभिजन हेर्दै खाना खाने बानी हुन्छ । यसैगरी केही मानिस पढ्दै खान्छन् । यसो गर्दा खानाका साथै अन्य कुरामा पनि ध्यान जाने भएकाले आवश्यकभन्दा बढी मात्रामा खाइन्छ भने खानालाई राम्रोसँग नचपाई निलिन्छ । सही पाचनका लागि खानालाई राम्रोसँग चपाएर मात्र निल्नुपर्छ ।
कम खाने तथा एकैपटकमा धेरै नखाने
खाना खाँदा असुरक्षित तरिका अपनाउनुहुँदैन । यसकारण कुनै खानेकुरा आफ्नो डाइटबाट गायब गर्ने । आफूलाई तौल बढेजस्तो लागे बिस्तारै–बिस्तारै मोटोपन घटाउनुपर्छ । तीव्र गतिमा तौल घटाउने प्रयास गर्नुहुँदैन । यसले स्वास्थ्यमा नकारात्मक असर पुर्याउँछ । यसैगरी एकैपटक धेरै खाने बानी हटाउनुपर्छ । भोक लागेका बेलामा स्वादका लागि भन्दा पनि स्वास्थ्यलाई ध्यान दिएर खाना खानुपर्छ । तनावमा भएका बेलामा पनि आवश्यकभन्दा बढी खाइन्छ । स्न्याक्समा पनि स्वस्थकर चीज खानुपर्छ ।
व्यायाममा ध्यान दिनु
शारीरिक रूपमा सक्रिय नहुनु स्वास्थ्यका दृष्टिले हानिकारक हुन्छ । बढी क्यालोरी तथा कोलेस्ट्रोल, वृद्धि गर्ने चिल्ला खानेकुरा खाइने भएकाले त्यसको सन्तुलनका लागि पनि शारीरिक व्यायामको आवश्यकता पर्छ । शारीरिक अभ्यास नगर्दा यी चीज फ्याटका रूपमा शरीरमा जम्मा हुन्छ । एक स्पोट्र्स मेडिसिनका अनुसार मोटा मानिसले कम्तीमा पनि साताभर १ सय ५० मिनेट अर्थात् दिनको २२ मिनेट व्यायाम गर्नुपर्छ । एरोबिक्स, जगिङ, वाकिङ, रनिङ आदि व्यायाम तथा योग गर्नु उपयुक्त हुन्छ । व्यायाम तथा योग गर्दा हर्टएट्याक, उच्च रक्तचाप एवं मधुमेह नियन्त्रणमा रहन्छन् ।
समझदारीबाट खरिद
भान्सा तथा फ्रिजमा धेरै दिनदेखिका बासी खानेकुरा राख्नु हुँदैन । धेरै दिनसम्म राखिएका खानेकुरा खाँदा बेफाइदा हुन्छ । दिनहुँ बाहिर हिँडडुल गर्दा तरकारी तथा फलफूल खरिद गर्न सकिन्छ । यसो गर्दा ताजा खानेकुरा खान सकिन्छ । मोटोपन गम्भीर स्वास्थ्य समस्याको कारण भएकाले तौल बढेको महसुस भए सतर्कता अपनाउनुपर्छ । खानपानको सही तरिका नै मोटोपन कम गर्ने प्रमुख उपाय हो ।
खराब पोषण, कम व्यायाम तथा सस्तो बोसोयुक्त खानेकुरा मोटोपनको मुख्य कारण हो । यसका अतिरिक्त कुनै औषधि, तनाव, निद्राको कमी तथा वंशानुगत कारणले पनि कसैकसैलाई मोटोपन हुन्छ ।
- साधारणतया मानिसहरू खाना खाएजति शारीरिक श्रम वा व्यायाम गर्दैनन् । समयमै सुत्ने तथा उठ्ने रुटिन पनि कमैको हुन्छ । यसका साथै काम गर्ने तरिका, उठबस गर्ने तरिकाले पनि यसमा असर पार्छ । महिलाहरू आफ्नो स्वास्थ्यको त्यति परबाह गर्दैनन् । नियमित खानपान, आराम तथा पूर्णनिद्राको वास्ता गर्दैनन् ।
- गर्भावस्था शिशु तथा आमा कमजोर हुँदा पनि ओबेसिटीको समस्या बढ्छ । महिलाले स्वस्थ बच्चा जन्माउन आवश्यकभन्दा बढी मात्रामा खानेकुरा खान्छन् ।
- शरीरमा ओबेसिटी भए–नभएको बडी मांस इन्डेक्स (बीएमआई) बाट थाहा पाइन्छ । बीएमआई २५ भन्दा बढी भए त्यस्ता मानिसलाई ओबेसिटीको श्रेणीमा राख्न सकिन्छ । फास्टफुडको सेवन तथा व्यस्त जीवनशैलीका कारण फिजिकल्ली इनएक्टिभ भइन्छ । यसले गर्दा पेट तथा वरपरको अंगको बोसो बढ्छ । | 2019/07/18 22:07:36 | http://nari.ekantipur.com/news/2018-08-12/20180812110629.html | mC4 |
हिन्दु जागारण नेपाल अभियान इजरायल र श्रीकृष्ण प्रणामी गैर आवासिय युवा परिषद इजरायलको संयुक्त आयोजनामा आगामी ४ सेप्टेम्वर शुक्रवार मनोरञ्जनात्मक भ्रमणको साथमा यस बर्षको श्रीकृष्ण जन्माष्टमी भव्यताका साथ मनाउन लागिएको हो.. .....
ए1न्यूज इजरायल, मुलुकमा रहेका हिन्दु, बौद्द, किरात लगायतका मौलिक धर्महरुमाथि पश्चिमा राष्ट्रहरुबाट आयातित धर्महरुबाट भइरहेको वढ्दो हस्तक्षेपका कारण ती धर्महरु संकटमा पर्ने देखिएपछि त्यसलाई रोक्ने प्रयास स्वरुप थालिएको महाअभियान हिन्दु जागारण नेपालको शाखाको रुपमा इजरायलमा रहेका नेपालीहरूविच थालिएको हिन्दु जागरण नेपाल अभियान इजरायलले गत बर्ष जस्तै यसबर्ष पनि दैनिक श्री स्वस्थानी ब्रतकथा बाचन गर्ने भएको .....
ए1 न्यूज नेपाल देवचन्द्र भट्ट , मंसिर १९ गते निःसन्तानलाई सन्तान प्राप्त हुने विश्वासमा नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा यस वर्ष लागेको मेलामा हजारौं भक्तजनले गाईको दूध चढाएका छन् । दुप्चेश्वर महादेवको मन्दिरमा प्रत्येक वर्षको धान्य पूर्णिमाको अवसरमा साताव्यापारी रुपमा विशेष मेला लाग्ने गर्दछ । सदरमुकाम विदुरदेखि ४० किलोमिटर पूर्वमा ..... | OSCAR-2019 |
||
Bizpati.com - Leading Economic Online News Portal From Nepal | निर्वाचन दुई चरणमा, ३१ वैशाख र जेठ अन्तिममा : रिसायो एमाले
निर्वाचन दुई चरणमा, ३१ वैशाख र जेठ अन्तिममा : रिसायो एमाले
Apr 23, 2017 | 08:25:15 AM मा प्रकाशित
सरकार र मधेसकेन्द्रित दलबीच दुई चरणमा स्थानीय तहको निर्वाचन गर्ने सहमति भएको छ । शुक्रबार दुई चरण र शनिबार प्रधानमन्त्रीनिवास बालुवाटारमा ६ घन्टा बसेको दुई पक्षको बैठकले ३१ वैशाख र जेठमा गरी दुई चरणमा निर्वाचन गर्ने सहमति गरेको हो । संसद्मा विचाराधीन संशोधन विधेयक परिमार्जनसहित सात दिनभित्र पारित गर्ने सहमति दुई पक्षबीच भएको छ ।
संविधान संशोधन परिमार्जनसहित पारित गर्ने सत्तारुढ दलको आश्वासनसँगै मोर्चा आन्दोलनका कार्यक्रम स्थगित गरी निर्वाचनमा जान तयार भएको हो । तर, सहमति भएका विषयलाई सरकारले आइतबार बस्ने मन्त्रिपरिषद् बैठकमा अघि बढाएपछि मात्र आन्दोलनका कार्यक्रम फिर्ता लिने राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले बताए । आजको नयाँ पत्रिकामा खबर छ। | 2022/07/02 18:25:50 | https://bizpati.com/patrapatrika/5617 | mC4 |
नेकपा एमाले निकट युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या भएको छ। सोमबार दिउँसो साढे ३ बजेपछि नचिनेका मानिसहरुले गोली प्रहार गरी देवदह नगरपालिका वडा नम्बर ६ निवासी तिवारीको हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी रवीन्द्र घानुकका अनुसार देवदहमा इँट्टा व्यवसाय सञ्चालन गर्दै आएका तिवारीमाथि दिउँसो साढे तीन बजे देवदह ८ कोलीय बचत तथा सहकारी संस्थादेखि १ सय मिटर दक्षिणमा गोली प्रहार भएको हो।
गोली लागेर ढलेका उनलाई उपचारका लागि तत्काल देवदह मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो। उपचारका लागि काठमाडौं लैजाने तयारी गरिरहेको अवस्थामा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। प्रत्यक्षदर्शीलाई उदृत गर्दै प्रहरीले जनाएअनुसार मोटरसाइकलमा आएका दुई जनाले उनलाई गोली प्रहार गरेका थिए। झण्डै ९ महिनाअघि पनि उनीमाथि गोली प्रहार भएको थियो। दायाँतर्फ पछाडिबाट हानिएको गोली छातीको अगाडि बायाँ तर्फबाट बाहिर निस्किएको प्रहरीले जनाएको छ।
प्रहरीलाई फोन गरेर घटनाको जिम्मेवारी
घटनापछि देवदह २ खैरेनी घर भइ हाल मलेसियामा रहेको बताउने मनोज पुन भन्ने व्यक्तिले इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी मुकुन्द मरासिनीलाई फोन गरेर आफूले हत्या गरेको बताएका छन्। उनले ठेक्कापट्टामा कुरा नमिलेकाले हत्या गरेको समेत बताएका छन्। आफूलाई देबदह २ खैरेनी घर र मनोज पुन नाम बताउने ब्यक्तिले टेलिफोन गरेर ठेक्कापट्टाको विषयमा दुःख दिएको र आफ्ना सहयोगीलाई पनि विभिन्न मुद्दामा फसाएकाले तिवारीको हत्या गरेको दावी गरेका छन्।
तिवारीसँगकै विवादका कारण आफू ५ महिनाअघि मलेसिया आएको पनि ती व्यक्तिले बताए। यसअघि पनि आफूले तिवारीलाई धम्क्याउन आफ्ना साथीहरु परिचालन गरेको उनले दावी गरे। आफ्ना साथीहरु अजय र शालिग्राम चापागाईंलाई चन्दा असुली र लागू औषध कारोबारको मुद्दामा तिवारीले फसाएका कारण बदला लिएको उनले बताए। म नेपाल आउन खोजिरहेका बेला ममाथि इन्काउन्टर गर्ने भन्ने कुरा सुनेँ त्यसैले यो कदम चाल्न बाध्य भएँ आफूलाई मनोज पुन बताउने ती व्यक्तिले टेलिफोनमा भने। आफूले तिवारीमाथि ९ महिनाअघिदेखि आक्रमण गर्न खोजेको बताउँदै उनले अहिले रुपन्देहीमा आन्दोलन भएकै बेलामा घटना हुनु संयोगमात्र भएको बताए। | 2022-11-29T14:40:32Z | https://gaulekhabar.com/2016/12/19/30871/ | OSCAR-2301 |
विषाक्त मदिराबाट १०९ को ज्यान गयो , १७५ जना पक्राउ - VOICE OF NEPAL
विषाक्त मदिराबाट १०९ को ज्यान गयो , १७५ जना पक्राउ
२७ माघ २०७५, आईतवार १६:४८ 80 ??? ???????
लखनउ : नेपालसँग सिमाना जोडिएका भारतका दुई राज्य उत्तरप्रदेश र उत्तराखण्डमा विषाक्त मदिराबाट ज्यान गुमाउनेको संख्या १०९ पुगेको छ।
केही दिनको बीचमा १०९ जनाले ज्यान गुमाएपछि यी दुई राज्यका सरकारले कारबाही तीब्र बनाएका छन् । उत्तर प्रदेशको आबकारी विभागका अनुसार घटनालाई लिएर अहिलेसम्म २९७ वटा उजुरी दर्ता भएका छन् ।
उजुरीसँगै प्रहरीले अहिलेसम्म १७५ जनालाई पक्राउ गरिसकेको छ । यो घटना क्रममा लापरबाही गरेको पाइएपछि उत्तरप्रदेशको सहारनपुरमा १० जना पुलिसलाई निलम्वित गरिएको छ ।
यसका अलावा राज्य सरकारले विषाक्त मदिरा बेच्नेविरुद्ध राष्ट्रिय सुरक्षा कानुन (रासुका) लगाउने तयारी गरेको छ। ताजा विवरण अनुसार दुवै राज्यमा अहिलेसम्म १०९ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मृतकको संख्या सय भन्दा उकालो लागेपछि कडा नीति अपनाएको योगी आदित्यनाथको सरकारले प्रशासनमार्फत् अवैध मदिरा बनाउने र बेच्नेविरुद्ध १५ दिने अभियान नै थालेको छ ।
सहारनपुरमा अहिलेसम्म ३९ जना पक्राउ परिसकेका छन् । यहाँ मात्रै ३५ वटा उजुरी दर्ता गरिएको छ। सहारनपुरमा अवैध मदिराको भट्टीबाट ३६,१०० किलो मदिराको कच्चा पदार्थ, २५० लिटर स्थानीय मदिरा र ६० लिटर आयातित मदिरा बरामद भएको छ । एउटै सहारनपुरको १६ गाउँका कयौँ मानिस विषाक्त मदिराको शिकार भएका छन् ।
शनिवार मुख्यमन्त्री योगी आदित्यनाथले कडा कारबाहीको आदेश दिएका थिए । त्यसपछि अवैध मदिराविरुद्ध पूरै प्रदेशमा कडा अभियान चलाइएको हो । अवैध मदिराका भट्टीमा पुलिसले छापा मारिरहेको छ, यो अभियानको उत्तर प्रदेशका पुलिस महानिर्देशक (डीजीपी) ले निगरानी राखिरहेका छन् ।
यसैबीच सरकारले मृतकका परिवारलाई मुआब्जा दिने घोषणा गरेको छ। मृतकका परिवारलाई जनही २-२ लाख बिरामी परेकालाई उपचारका लागि जनही ५०-५० हजार रुपैयाँ दिने घोषणा योगी सरकारले गरेको छ।
विषाक्त मदिराका कारण दुवै राज्यमा १०९ जनाको ज्यान गएको हो । उत्तर प्रदेशमा ७७ र उत्तराखण्डमा ३२ जनाको मृत्यु भएको हो । उत्तराखण्डको रुडकीमा अहिलेसम्म ३२ जनाको ज्यान गइसकेको छ। अर्कातिर युपीको सहारनपुरमा ६९ (सहारनपुरमा ४६ र मेरठमा २३) र कुशीनगरमा ८ जनाको ज्यान गएको खबर छ । | 2019/08/21 01:50:18 | https://www.voiceofnepal.tv/2019/02/34506/ | mC4 |
फेरि बलात्कार पछि फुपुकै मिलेमतोमा बालिकाको हत्या ! | Rajmarga
कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरिएको घटनाले राज्यको ध्यानाकर्षण गरिरहेकै बेला काभ्रेमा पनि यस्तै कहाली लाग्दो घटना सार्वजनिक भएको छ। सभामुख कृष्णबहादुर महराले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको यथार्थ जानकारी गराउन सरकारलाई आइतबार 'रुलिङ' गरेकै दिन काभ्रेमा बालिका बलात्कारपछि हत्या भएको घटना बाहिर आएको छ।
फुपु मिना तामाङले पर पुरुषसँग यौन सम्बन्ध राखेको देखेकी एलिसालाई फुपुकै मिलेमतोमा हत्या गरिएको जिल्ला प्रहरी कार्यलयका एसपी रविराज खड्काले जानकारी दिए। बारा बारागढी गाउँपालिका-६ का २३ वर्षीय जोखन मन्सुरले एलिसाको हत्या गरेका हुन्। अन्नपूर्ण पोष्टमा खबर छ। | 2021/09/18 17:09:22 | https://rajmarga.com/content/15026 | mC4 |
Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment एमालेभित्रको विवाद मिलाउन बनेको कार्यदलले आजदेखि काम सुरु गर्दै - Pnpkhabar.com
काठमाडौं, ३ जेठ : नेकपा एमालेभित्रको विवाद मिलाउन गठन भएको कार्यदलले (आज) सोमबारदेखि काम सुरु गर्दैछ । पार्टीभित्र अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षबीच विवाद बढ्दै गएर पार्टी फुटकै अवस्थामा पुग्न थालेपछि विवाद मिलाउन कार्यदल बनेको हो । कार्यदलले सोमबारदेखि काम थाल्ने ओलीपक्षका तर्फबाट कार्यदलको नेतृत्व गरेका नेता सुवास नेम्वाङले जानकारी दिएका छन् ।
उनले नेताहरुबीच अनौपचारिक कुराकानी भइरहेको र सोमबार औपचारिक रुपमै बैठक बस्न सक्ने जानकारी दिए । माधव नेपाल पक्षले पार्टीलाई २०७५ सालको जेठ २ गतेकै अवस्थामा फर्काउनुपर्ने माग राख्दै आएको छ । ओली पक्षले भने पार्टीमा धेरै घटनाक्रमको विकास भइसकेको र माओवादी केन्द्रबाट समेत नेताहरु एमालेमा प्रवेश गरेकाले नयाँ ढंगले व्यवस्थापन गर्नुपर्ने बताउँदै आएको छ । | 2021/06/22 08:29:11 | https://www.pnpkhabar.com/%E0%A4%8F%E0%A4%AE%E0%A4%BE%E0%A4%B2%E0%A5%87%E0%A4%AD%E0%A4%BF%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%95%E0%A5%8B-%E0%A4%B5%E0%A4%BF%E0%A4%B5%E0%A4%BE%E0%A4%A6-%E0%A4%AE%E0%A4%BF%E0%A4%B2%E0%A4%BE%E0%A4%89/ | mC4 |
माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा वैशाख १० देखि २२ सम्म - Marganugami Daily
Marganugami Daily Breaking National माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा वैशाख १० देखि २२ सम्म
काठमाडौँ, ४ बैशाख । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२ को परीक्षा) यही वैशाख १० देखि २२ गतेसम्म सञ्चालन हुने भएको छ ।
शिक्षा नियमावली आठौँ संशोधनपछि कक्षा १२ को अन्तिम परीक्षालाई एसएलसी भनिएको छ । यसअघि कक्षा १० को अन्तिम परीक्षालाई एसएलसी भनिन्थ्यो । राष्ट्रिय परीक्षा बोर्ड गठनपछि पहिलो पटक सञ्चालन हुन लागेको परीक्षाको सबै तयारी पूरा भएको बोर्डका परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिए ।
परीक्षामा सम्बन्धन प्राप्त क्याम्पस तथा दश जोड दुई विद्यालयका तीन लाख ५३ हजार १२ परीक्षार्थी सहभागी हुनेछन् । तीमध्ये छात्र एक लाख ७६ हजार छ सय १२ र छात्रा एक लाख ७६ हजार चार सय छन् । देशभर नौ सय ९० परीक्षा केन्द्र निर्धारण गरिएको छ । यसमा सबैभन्दा बढी काठमाडौँमा एक सय १० र सबैभन्दा कम मनाङ÷मुस्ताङमा एकरएक केन्द्र निर्धारण गरिएको छ । परीक्षा सञ्चालनमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कार्यालय सहयोगी तथा सुरक्षाकर्मी गरी ३५ हजार परिचालन हुने जनाइएको छ ।
परीक्षालाई स्वच्छ, मर्या्दित, अनुशासित, व्यवस्थित बनाउन शिक्षा मन्त्रालयका सचिव एवम् बोर्डका उपाध्यक्ष शान्तबहादुर श्रेष्ठका अध्यक्षतामा आज नै बैठकसमेत सम्पन्न भएको थियो । बैठकले परीक्षा अवधिभर बन्द, हडताल नगरी भयरहित वातावरणमा परीक्षा सञ्चालनमा सहयोग पुर्याउन राजनैतिक दल, तिनका भ्रातृ सङ्गठन, अभिभावक, शिक्षक एवम् सरोकार भएका सबैमा आग्रह गरेको छ । सचिव श्रेष्ठले परीक्षालाई सफल बनाउन सरकारी संयन्त्र पूर्ण रुपमा परिचालन गरिने जानकारी दिए ।
यस पटकको परीक्षामा प्रजिअका अध्यक्षतामा प्रत्येक जिल्लामा गठित परीक्षा समन्वय समितिलाई पूर्ण जवाफदेही र अधिकारसम्पन्न बनाइएको तथा परीक्षामा अमर्या्दित काम कारबाही गर्ने व्यक्तिलाई छ महिना कैद र रु एक लाखसम्मको जरिवानाको व्यवस्था गरिएको उनले जानकारी दिए । | 2022/06/27 08:27:42 | https://www.marganugami.com/2017/04/123_19.html | mC4 |
दिवंगत मन्त्री अधिकारीसहित सातै जनाको पार्थिव शरीर टुँडिखेलमा, प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा
जेठ १२, २०७६ ११:२८:१२
बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको पार्थिव शरीर टुँडिखेलमा राखिएको छ । अन्तिम श्रद्धाञ्जलीका लागि सबैको शव एकै ठाउँ राखिएको हो ।
नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिवंगत मन्त्री एवं नेकपाका सांसद अधिकारीको पार्थि शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जी अर्पण गर्नुभएको छ । साथै उप(प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलेले पनि श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
प्रकाशित मिति: शुक्रवार, फाल्गुन १७, २०७५, ०९:०३:००
प्रधानमन्त्री क्रिकेट कप : आर्मीले दियाे प्रदेश २ लाई २७९ रनको लक्ष्य
महानगरीय अपराध महाशाखाले अपहरणपछि हत्या गर्ने धम्की दिएर फिरौती माग्ने दुई जनालाई पक्राउ गरेको छ पुरा पढ्नुहोस्
नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्व समूहका दाङ जिल्ला कमिटी सदस्य तथा घोराही नगर इन्चार्ज रहेका सहदेव थारू 'बिहानी'ले पदबाट राजीनामा दिएका छन् । पुरा पढ्नुहोस् | 2019/05/26 17:43:14 | https://hetaudakhabar.com/country/372 | mC4 |
बालबालिकामा हुन सक्ने कोभिड संक्रमण रोक्न कार्यक्रम «
बालबालिकामा हुन सक्ने कोभिड संक्रमण रोक्न कार्यक्रम
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालबालिकालाई कोरोना संक्रमणको तेस्रो लहरले पार्न सक्ने सम्भावित जोखिमविरुद्ध विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
भदौ २९ गते मनाइने ५७ औं राष्ट्रिय बाल दिवसलाई समेत बालबालिकामा हुन सक्ने कोरोना संक्रमणको उपचार र रोकथामलाई आधार बनाएर कार्यक्रम तय भएको छ । मन्त्रालयले आइतबार 'सामान्य अवस्था वा कोभिड महामारी ः बाल अधिकारको संरक्षण हामी सबैको जिम्मेवारी' नारा दिएर आयोजना गरेको अन्तरक्रियामा कोभिड संक्रमणबाट बालबालिकालाई बचाउन अभियान शुरु गरिने विषयमा छलफल भएको छ । मन्त्रालयका सहसचिव उमेश ढुंगानाले १८ वर्ष माथि उमेर समूहले खोप लगाइरहेको परिप्रेक्ष्यमा बालबालिकालाई कसरी संक्रमणबाट बचाउने भन्नेबारे विभिन्न प्रतिकार्य भइरहेको बताए । "बालबालिकामा हुन सक्ने सम्भावित संक्रमणलाई रोक्न सरकारले १२ देखि १८ वर्ष उमेर समूहका लागि ६० लाख मात्रा एस्ट्राजेनिका खोप ल्याउने तयारी भएको छ," उनले भने, "यसका साथै संक्रमणको जोखिमलाई मध्यनजर गरेर २० प्रतिशत बेड बालबालिकाको लागि छुट्याउने निर्णय समेत भएको छ ।"
राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले कोरोनाको सम्भावित तेस्रो लहरको संक्रमण जोखिमबाट बच्न ७ वटै प्रदेशमा बालमैत्री स्वास्थ्य सेवाको व्यवस्था गर्ने सम्बन्धमा छलफल गर्ने तयारी भएको बताए । बालबालिकामा हुने सक्ने सम्भावित संक्रमणको जोखिमबाट बचाउन ३ वटा योजना बनाएर अघि बढ्ने रणनीति रहेको निर्देशक धरेलले बताए । उनले खोप, स्वास्थ्य सेवा र विशेषज्ञ चिकित्सकसँगको परामर्शमा ३ हजार स्वास्थ्यकर्मीलाई बालमैत्री सेवा सम्बन्धी तालिम दिने तयारी भइरहेको बताए ।
हालसम्म कोभिड लक्षित सचेतना सामग्रीको निर्माण गरी २ लाख ६० हजार भन्दा बढीमा पहुँच पुगेको परिषद्ले जनाएको छ । हालसम्म सातै प्रदेशका ५४२ स्थानिय तहका ६१२ जनाको सहभागितामा कोभिड १९ बालबालिका केन्द्रित सेवा प्रवाहमा स्थानिय तहको भूमिका तथा तयारी सम्बन्धी भर्चुअल माध्यमबाट अन्तरक्रिया गरिएको छ । | 2022/05/21 15:15:21 | https://www.karobardaily.com/news/157256 | mC4 |
यहाँका जिल्ला सदरमुकाममा बाल विवाहका जोडी डोली र घोडा चढेर जाँदै गर्दासमेत उनीहरुलाई कसैले पनि रोक्न नसक्दा बाल विवाह झनै कायमै रहेको स्थानीयवासी मानबहादुर धामीले बताए । उनले भने, "बाल विवाहको अन्त्यका लागी खुलेका सङ्घ संस्था तथा बाल विवाह रोक्ने अधिकार पाएको स्थानीय प्रशासन त मौन छ अरुलाई के चासो ।" कानूनमा विवाहका लागि अभिभावकको मञ्जुरीमा भए केटा र केटीको उमेर १८ वर्ष र आफुखुशी अर्थात् कानुनी विवाह गर्ने हो भने २० वर्ष पुगेको हुनुपर्ने प्रावधान रहेको डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए । कानूनले बाल विवाह गराउनेमा संलग्न सबैलाई कानूनी सजाय तोकेको भए पनि सुदूरपश्चिममा हालसम्म कसैलाई पनि यस्तो सजाय गरिएको छैन ।
बाल विवाह नियन्त्रणका लागि विभिन्न सरकारी तथा गैरसरकारी सङ्घ, संस्था क्रियाशील भए पनि बढ्दो बाल विवाह भने नियन्त्रण गर्न सकेका छैनन् । स्थानीयवासीका अनुसार सुदूरपश्चिम प्रदेशमा कम्तीमा पनि ७० प्रतिशत बाल विवाह हुने गरेकोे छ । बाल विवाह नियन्त्रण गर्न जिल्लामा रहेका सरोकारवाला सङ्घ संस्थाले खासै चासो नदेखाएको र यहाँका जिल्लावासीमा जनचेतनाको कमीका कारण बाल विवाह दिन प्रतिदिन बढ्दै जान थालेको दिपायलका अर्का स्थानीयवासी मेखराज भट्टले बताए ।
कटानको जोखिममा डोटीका बस्ती
डोटी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीमा समयमै नदी कटान र पहिरो नियन्त्रणको पहल नह"ुदा डोटीमा बग्ने सेती, अछाम–बाजुरामा बग्ने बुढीगङ्गा र अन्य शाखा खोलानाला छेउछाउका दर्जनौँ बस्ती जोखिममा पर्दै
डोटी । डोटीको बडीकेदार गाउँपालिका–२ को छेडा गाउँ हिजोआज सुनसान छ । पहिलेको बर्छैन गाविसअन्तर्गत पर्ने यो गाउँमा राम्रै बसोबास थियो । अहिले गाउँमा न मान्छेको चहलपहल हुन्छ न त | 2019/07/23 13:07:23 | https://www.kharibot.com/news-details/32230/2019-04-22 | mC4 |
eHimalayatimes | लुम्बिनी प्रदेश | अख्तियारमा उजुरीको चाङ, बाँके सवै भन्दा वढि उजुरी दर्ता
अख्तियारमा उजुरीको चाङ, बाँके सवै भन्दा वढि उजुरी दर्ता
दीपककुमार शर्मा POSTED ON : श्रावण २८, २०७८ (१०:२३ AM)
बर्दिया । स्थानिय तहमा भ्रष्टाचार तथा अनियमितता बढदै गएको एक तथ्याङ्घ सार्वजनिक गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जले सार्वजनिक गरेको बार्षिक प्रगति प्रतिबेदनमा प्रत्येक वर्ष उजुरीको सख्या बढदै गएको जनाएको छ ।
बाँके, बर्दिया, दाङ्घ र रोल्पा जिल्लालाई कार्यक्षेत्र बनाएर काम गरिरहेको अख्तियारको सम्पर्क कार्यालयल नेपालगञ्जले ४ जिल्लाका ३६ वटा नगरपालिका मध्ये बाँकेको कोहलपुर नगरपालिकाको सवै भन्दा बढि १६ वटा उजुरी परेको कार्यालयल प्रमुख कृष्ण कुमार निरौलाले जानकारी दिनु भयो ।
४ जिल्ला मध्ये बाँकेको उजुरी अन्य जिल्लाको भन्दा वढि रहेको छ बाँकेमा हाल सम्म ३ सय ४४ वटा उजुरी दर्ता भएका थिए ति मध्ये २ सय २४ वटा उजुरी माथी छानविन सम्पन्न हुँदा १ सय २० वटा उजुरीको छानविन हुन बाँकि रहेको छ । यस्तै दोस्रो स्थानमा दाङ्घ जिल्ला रहेको छ दाङमा कुल २ सय ४५ वटा उजुरी दर्ता भएकोमा १ सय ५९ वटा उजुरी माथि छानविन हुदा ९४ वटा उजुरी छानविन हुन बाँकि रहेको छ । यता बर्दिया तेस्रो स्थानमा रहेको छ बर्दियाको १ सय ६० वटा उजुरी दर्ता भएका थिए ति मध्ये १ सय २४ वटा उजुरीमाथि छानविन सम्पन्न हुँदा ५६ वटा उजुरीमाथी छानविन हुन बाँकि रहेको छ । यसै गरी रोल्पाका ७ वटा उजुरी दर्ता हुँदा ४ वटा उजुरी माथि छानविन सम्पन्न भएको छ भने ३ वटा उजुरी बाँकि रहेको छ ।
गएको वर्ष ४ वटा जिल्लाबाट ७ सय ७६ वटा उजुरी परेका थिए ति मध्ये ५ सय ३ वटा फच्र्योट भएका छन सम्पर्क कार्यालय बाँके नेपालगञ्जका अनुसार विकास योजनामा बास्तविक सम्पन्न कार्य भन्दा वढि रकम भुक्तानि गरेको न्युन गुणस्तरियरुपमा काम सम्पन्न गरेको सम्वन्धमा सवैभन्दा बढि उजुरी दर्ता हुने गरेको कार्यालय प्रमुख कृष्ण कुमार निरौलाले जानकारी दिनु भयो । यसैगरी कर्मचारी भर्ना गर्दा योग्यता प्रणालीको वर्खिलाफ हुने गरी भर्ना गरेको, सार्वजनिक खरिद ऐनको पालना नगरी खरिद कारबाहि गरिएको , झुठा विल भरपाई , वास्तविक भन्दा वढि खर्च देखाई अनियमितता गरेको, स्वीकृति दरबन्दि विपरित भर्ना गरेको , सार्वजनिक जग्गाको अनाधिकृत कव्जा, अतिक्रमण र दर्ता सम्वन्धि , पदिय दायित्व पालना नगरेको , अनुचित कार्य गरेको, अकुत सम्पत्ति आर्जन गरेको र झुठा शैक्षिक प्रमाणपत्र लगायतका विषयमा बढि उजुरी पर्ने गरेको पाइएको निरौलाले बताउनु भयो । | 2021/12/06 05:22:05 | https://ehimalayatimes.com/lumbini-pradesh/63829 | mC4 |
काठमाडौं–गृहसचिव प्रेमकुमार राईले बारा र पर्सामा हावाहुरीका कारण क्षति भएको भौतिक संरचना निर्माण सरकारले गरी दिने बताएका छन्।
बाराको फेटामा पीडितलाई भेट्न र क्षतिको अवलोकन गर्न पुगेका गृहसचिव राईले सरकारले पीडितलाई राहत उपलब्ध गराउनुका साथै भत्किएका भौतिक संरचना निर्माण गर्ने आश्वासन दिए।
‘घाइतेको उपचार नेपाल सरकारले गर्ने गर्छ। जुन अस्पतालमा छन् त्यहीँ हुन्छ’, उनले भने, ‘सरकारले मृतकका परिवारलाई क्षतिपुर्ती उपलब्ध गराउँछ।’
फागुन २३ । नयाँ शक्तिमा फरक मत राख्ने समूहका अगुवा निर्मल भट्टराईले पार्टीमा निषेधको राजनीति जारी रहे पार्टी टुक्रिन सक्ने चेतावनी दिएका छन् । स्थानीय तहको निर्वाचन स्थगतको माग गर्दै पार्टी संयोजक डा. बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको संयुक्त विज्ञप्ति जारी गरेपछि निर्मल भट्टराईसमूहले अर्को विज्ञप्ति जारी गर्दै टक्कर दिएको थियो ।
नयाँ शक्तिका केन्द्रीय परिषद् सदस्य भट्टराई पक्षधर नौ जना केन्द्रीय नेताहरुले संयोजक भट्टराईले निर्वाचन बिथोल्ने आशयले विज्ञप्ति जारी गरेको आरोप लगाउँदै विज्ञप्ति जारी गरेका थिए । सो विज्ञप्ति पछि नयाँ शक्तिले फरक विचार राख्नेहरुविरुद्ध आन्तरिक कारबाही पनि थालेको छ । कारबाहीका सम्बन्धमा परिषद् सदस्य भट्टराईले भने, ‘फरक विचार राख्ने साथीहरुलाई निषेध गर्ने हो भने, दमन गर्ने हो भने हामी आफ्नै विचार समूहको नेतृत्व गर्न सक्छौं ।’
पार्टी संयोजक बाबुराम भट्टराईमा मधेसमा राजनीति गर्ने तराई केन्द्रीत चार पाच फुच्चे पार्टी नभई हुँदैन भन्ने गलत छाप परेको निर्मलले बताए । उनले भने, ‘सायद यहि भएर होला संघीय समाजवादीसँग एकताको कुरा छ । तर एकता हुँदैन ।’
संघीय समाजवादीसँग पार्टी एकता हुन नसक्ने कारणबारे स्पष्ट पार्दै उनले भने, ‘बाबुराम भट्टराईको नेतृत्व र संघीय समाजवादी तराईको मात्रै नभएर राष्ट्रकै पार्टी बनेर अगाडि आयो भने हुन्छ एकता । नत्र हुँदैन । ’
लेखनाथ, २८ माघ। पोखरा–३१, पचभैयाँस्थित अमरशिद्ध नमूना माविमा होटल म्यानेज्मेन्ट र ट्राभल एण्ड टुरिजम विषयको प्राविधिक शिक्षा आवश्यकता रहेको बताइएको छ।
विद्यालयको ६४ औं वार्षिकोत्सव तथा अभिभावक भेलामा बोल्ने अधिकांश वक्ताले बेगनास र रुपाताल स्वयंमा पर्यटकीय क्षेत्र भएकाले यस क्षेत्रको पर्यटन विकासका लागि पनि होटल म्यानेज्मेन्ट र ट्राभल एण्ड टुरिजमको पढाइ हुनु आवश्यक भएकोमा जोडग दिएका हुन् ।
शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख नारायणप्रसाद सुवेदीले प्रविधिमैत्री पढाइलाई ध्यान दिँदै हिजोको शिक्षा प्रणाली आज आएर गुणस्तरीय हुन नसक्ला त्यसैले समयको माग अनुसार परिवर्तन हुन सक्नुपर्ने सुझाव राखेका थिए।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष दामोदरभक्त थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा भण्डारढिक स्रोतकेन्द्रका स्रोतब्यक्ति विष्णु तिवारी, वडा ३१ का वडाध्यक्ष कमलबहादुर थापा, जिल्ला समन्वय समिति उपाध्यक्ष सावित्री भण्डारी, त्रिभुवन शान्ति मावि प्रधानाध्यापक मित्रलाल सापकोटा, अभिभावक बोधराज पाण्डे, पार्टी प्रतिनिधि दीननाथ ढकाल र धु्रवनाथ अधिकारी लगायतले ब्यवहारिक र जीवनोपयोगी शिक्षा नै अहिलेको आवश्यकता भएको विचार राखेका थिए। | 2021-03-02T16:07:54Z | http://khabartweet.com/9923 | OSCAR-2109 |
कागेश्वरीमा नित्य पूजामात्र गरिने,मेला स्थगित « Pen Nepal
कागेश्वरीमा नित्य पूजामात्र गरिने,मेला स्थगित
Published On : 26 August, 2020 8:59 am By : पेननेपाल
काठमाडौं । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण कागेश्वरी महादेव मन्दिरमा लाग्ने मेला यस वर्ष स्थगन गरिएको छ ।
काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गई गत हप्तादेखि लागू गरिएको निषेधाज्ञाका कारण मेला स्थगन गरिएको कागेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुख विन्दु पुडासैनी सिम्खडाले जानकारी दिइन् । कागेश्वरी महादेव मन्दिरमा प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मेला लाग्ने गर्दछ ।
एक हजार किलोको अष्टधातुको कागको मूर्ति बनाउन स्थानीयवासीले धातु दान गरी सहयोग गरेका छन् । विसं २०७२ मा तत्कालीन संविधानसभा सदस्य एवं हाल वाग्मती प्रदेशका मन्त्री फुयाँलको अग्रसरतामा यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ गते महोत्सवको शुरुवात गरिएको छ ।
यसै मन्दिरको समेत नाम जोडेर कागेश्वरी मनोहरा नगरपालिकाको नामकरण भएको छ । यस पर्वका अवसरमा नगरपालिकाले प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन नगरपालिकाभर सार्वजनिक बिदा दिँदै आएको छ ।
नामकरण भएदेखि नै महोत्सवको आयोजना नगरपालिकाले गर्दै आएको छ । फागुनमा हुने महोत्सव एवं भदौमा लाग्ने मेलाका अवसरमा यहाँको तामाङ एवं नेवार समुदायका सांस्कृतिक झाँकी प्रदर्शन गरिनुका साथै स्थानीय उत्पादनको समेत प्रदर्शन गरिन्छ ।
धादिङ पहिरोःकाठमाडौं आवतजावत गर्ने गाडी रोकिए
काठमाडौँ । धादिङको धुनिवेशी नगरपालिका स्थित खत्रिपौवामा पहिरो खसेको छ । शुक्रवार विहान धुनिवेशी–९ खत्रिपौवा
चाबहिल-साँखु सडकको दुःख :पहिले स्थानीयवासीले जग्गा दिएनन्, अहिले ठेकेदारले काम गरेनन्
काठमाडौं । ठेकेदारको लापरवाही र सडक मापदण्डको झमेलाका कारण काठमाडौंको चाबहिल(जोरपाटी(साँखु सडक विस्तार अवरुद्ध छ | 2020/09/25 03:57:12 | https://pennepal.com/archives/11753 | mC4 |
बैंकिङ खबर । माछापुच्छ्रे बैंकले भक्तपुरकी बिन्दिना त्यातलाई स्मार्ट बचत खाताको बीमा अन्तर्गत रु. ४३ हजार ८ सय ८६ भुक्तानी गरको छ । त्यातले ३ महिना अघि माछापुच्छ्रे बैंकको भक्तपुर शाखामा स्मार्ट बचत खाता खोलेकी थिइन् । रु. ५ हजार न्यूनतम मौज्दात राखी खोल्न मिल्ने स्मार्ट बचत खातामा ग्राहकहरुले रु. ५ लाख सम्मको दुर्घटना बीमा, रु. १ लाख सम्मको अस्पताल भर्ना खर्च र रु. ५ हजार सम्मको औषधी खर्च जस्ता सुविधाहरु निःशुल्क पाउँदै आएका छन् । स्मार्ट बचत खाता खोलेकीत्यातले अस्पताल भर्ना खर्चको दाबी गरी उक्त रकम प्राप्त गरेकी हुन् । त्यातले आफ्नो उपचार खर्च बैंकबाट फिर्ता पाएकोमा विश्वास नै नलागेको बताइन् ।
माछापुच्छ्रे बैंकलेअब बचत खातामा प्रदान गर्दै आएको ब्याजदर वृद्घि गरि ७% पुर्याएको छ । बैंकले विभिन्न बचत खाताहरुमा ५% देखि अधिकतम ७% सम्म ब्याज प्रदान गर्ने जनाएको छ । ग्राहकहरुले स्मार्ट बचत खाता तथा तलब व्यवस्थापन खातामा ७% ब्याजदर पाउन सक्नेछन् । यो व्यवस्थासँगै ग्राहकहरुले बैंकले प्रदान गर्दै आएका अन्य सुविधा सहित आफ्नो बचतको उच्चतम प्रतिफल पाउने भएका छन् । मुद्दती निक्षेपमा पनि बैंकले १०.५% सम्मको उत्कृष्ट ब्याजदर दिँदै आएको छ ।
बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २८ शाखा रहित बैंकिङ्ग सेवा समेत गरी जम्मा ११६ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ । | OSCAR-2019 |
||
चितवनमा ओली र प्रचण्ड गुटभित्र अन्तर्घातको राजनीति, प्रभाव घुमाउँदै प्रचण्ड | My News Nepal
चितवन। चितवनमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई 'प्रचण्ड'लाई उपनिर्वाचन परिणामले ठुलो झट्का दिएको छ। आफ्नै गृह जिल्ला तथा निर्वाचन क्षेत्र एवं छोरी रेणु दाहाल मेयर भएको भरतपुर महानगर रहेको चितवनमा भएको उपनिर्वाचनले प्रचण्डलाई झट्का दिएको हो।
चितवनको परिणामले प्रचण्डले आफ्नो गृह जिल्लामा प्रभाव गुमाएको समेत देखिएको छ। चितवनको भरतपुर महानगरपालिकामा प्रचण्डकी पुत्री रेणु दाहाल मेयर छिन्। प्रचण्डको निर्वाचन क्षेत्र रहेको भरतपुर महानगरपालिका १६ मा कांग्रेसको जीत धेरै हिसावले अर्थपूर्ण छ। यो निर्वाचनको नतिजाले प्रचण्ड र रेणुको वरिपरी घुम्ने सल्लाहाकारको अहम र घमन्डीपन समेत उदाङिएको छ ।
वडा अध्यक्षमा अमृत हमाल विजयी भएका हुन्। उनले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का भक्तराज हमाललाई पराजित गरेका छन् । यसअघी चितवनमा भरतपुर महानगर तत्कालिन माओवादीलाई छोड्दाको पीडाको बदला पनि स्थानिय कांग्रेस नेता कार्यकर्ताले लिएका छन्। जुन कांग्रेस नेतृत्वलाई समेत स्पष्ट सन्देश हो।
भरतपुर महानगरपालिका १६ मा कांग्रेसका अमृत हमाल, खैरहनी नगरपालिका ४ मा देब बहादुर बस्नेत,५ मा प्रतिमा कार्की विजयी हुँदा सत्तारुढ दलले एउटा वडामा पनि जित्न सकेनन्। खैरहनीमा बस्नेतले १५२ मत अन्तरले प्रतिष्पर्धी नेकपाका बेद बहादुर अधिकारीलाई हराएका हुन्।
बस्नेतले ११३८ मत ल्याउँदा अधिकारीले ९८६ मत ल्याएका हुन्।
नेकपाका अध्यक्ष प्रचण्डको प्रभाव क्षेत्रको रुपमा प्रचारित चितवनको खैरहनी नगरपालिका ५ मा कांग्रेसले जितेको छ।
नेपाली कांग्रेसकी उम्मेद्वार प्रतिमा कार्कीले नेकपाका उम्मेद्वार पुननारायण प्रधानलाई हराएकी हुन्। उनले आफ्नी प्रतिष्पर्धीलाई ८६ मतान्तरले पराजित गरेकी हुन् । कार्कीले ८४२ मत पाउँदा प्रधानले ७५६ मत पाएका थिए । खैरहनीमा ओली समुहले प्रचन्ड गुटलाई अन्तर्घात गरेको आशंका गरिएको छ भने आफ्नै क्षेत्रमा गृहमन्त्री रामवहादुर थापा समेत नगएका कारण नेकपाले हार्नु परेको कार्यकर्ताहरु वताउँछन्। रेणुको क्षेत्रमा गएर भाषण गर्ने प्रचन्डको समेत खैरहनीमा उपस्थिती देखिएन भने साँसद कृष्णभक्त अधिकारीमाथि पनि पुर्व माओवादीले उठाएका उम्मेदवारको पक्षमा नलागेको आरोप लागेको छ। | 2021/08/02 02:04:40 | https://mynewsnepal.com/8690/ | mC4 |
भत्ताको रकम विपन्न समुदायमा बाँडने वडा अध्यक्ष चौधरी माथि झुठो मुद्दा दायर - News Madhesh
भत्ताको रकम विपन्न समुदायमा बाँडने वडा अध्यक्ष चौधरी माथि झुठो मुद्दा दायर
मनोज बनैता, लाहान, २ कार्तिक । लहान २० का वडाध्यक्ष गणेशकुमार चौधरीलाई जिल्ला अदालत सिरहाले पक्राउ पत्र आएको सूचना प्राप्त भएको छ । अदालत बाट आएको पत्र ईलाका प्रहरी कार्यालय लहान ले बुझेको खुलासा भएको छ ।
वडाध्यक्ष चौधरी माथि लहान २० स्थित रहेको हनुमान मन्दिर तोडफोड र मन्दिरका दलित पुजारी श्रीप्रसाद महाराजलाई जातीय भेदभाव गरेको आरोप छ । ०७५ कात्तिक ११ गते उक्त मन्दिर तोडफोड गरिएको थियो । वडाध्यक्ष चौधरीमाथी धर्म सम्बन्धि कसुर र जातीय भेदभाव गरेको कसुरमा मुद्दा दर्ता भएको जानकारीमा आएको छ ।
वडाध्यक्ष चौधरीको अनुसार 'सरकारी वकिलमा मुद्दा गइसकेको छ । यो प्रहरीको नभई अदालतको सरोकारको विषय हो । उनले स्पष्ट रुपमा भने कि 'देशको न्यायीक ब्यवस्थालाई म सम्मान गर्छु तसर्थ अदालतले जे निर्णय गर्छ, त्यो शिरोधार्य हुनेछ । '
अध्यक्ष चौधरीको अनुसार मन्दिर भत्काउन मेयरकै निर्देशन र लहान नपाको नगरप्रहरी प्रमुख शम्भु बस्नेतको नेतृत्वमा जेसिबी लगाई मन्दिर भत्काईएको हो । मुद्दा व्यक्तिगत रिसिबिका कारण वडाध्यक्ष जस्तो सम्मानित ब्याक्तित्वको राजनैतिक छवि धमिल्याउन लगाइएको हो ।
वडा २० का स्थानीयका अनुसार अध्यक्ष चौधरी एक क्षमतावान विकासप्रेमि नेता हुन जसले भत्ता को रकम समेत विपन्न दलित समुदायको बच्चाहरुको पढाईलेखाईमा तथा टियुसन कक्षा चलाउनमा खर्च गर्ने गरेको छ । उनीहरुको दावी छ कि भावी लहान नगरका मेयरका दावेदार २० का वडाध्यक्षलाई राजनीति छवि गिराउनलाई यस्तो गतिविधि गरिएको हो । | 2020/10/24 18:21:01 | https://www.newsmadhesh.com/details/2960.html | mC4 |
२ हजार परिवार भेरी नदीको उच्च जोखिममा « Dainiki
२ हजार परिवार भेरी नदीको उच्च जोखिममा
२ जेठ, काठमाडाैँ । ठूली भेरी नदीले कटान शुरु गरेपछि यहाँका करीब दुई हजार परिवार उच्च जोखिममा परेका छन् । रुकुम पश्चिम र जाजरकोटका ठूली भेरी वारिपारिका बासिन्दालाई बाढीको जोखिम छ । रुकुम पश्चिम, जाजरकोट र डोल्पाको सिमाना त्रिवेणीदेखि रुकुम पश्चिम र जाजरकोटको सीमा रिम्नासम्म नदी आसपासका स्थानीयवासी कटानको जोखिममा छन् ।
आठबीसकोट नगरपालिकाका वडा नं ४, ५, ६, ११ र १३ तथा नलगाड नगरपालिकाका विभिन्न वडाका बासिन्दा उच्च जोखिममा छन् । आठबीसकोट–४ को छरिबगर, ५ को जलिगार, ६ को त्रिवेणी, मन्काबगर, दामाचौर, ज्यामिरे, ११ का चौर, गतसैना, १३ का भल्मा, रिठा र वडा नं १४ का छेपारे, पिपलचौरलगायत बढी जोखिममा रहेको आठबीसकोट नगरपालिकाका प्रमुख गोर्खबहादुर केसीले जानकारी दिनुभयो ।
यस्तै नलगाड नगरपालिकाका औलगुर्ता, खातीगुर्ता, मन्मैतरा, दल्ली, कालीमाटीलगायत ठाउँका बासिन्दा जोखिममा छन् । उनीहरु नदीको क्रासका बीच बस्दै आएका छन् । सडक निर्माणका त्रममा अत्यधिक मात्रामा ढुङ्गा, माटो र अन्य वस्तु नदीमा खसेपछि नदीले बहाव परिवर्तन गरेको छ । वातावरणीय प्रभाव मूल्याङ्कन नगरी सडक बनाउँदा नदी आसपासका अधिकांश बस्ती जोखिममा परेका हुन् । | 2020/05/25 20:16:26 | https://www.dainiki.com/51984/ | mC4 |
९२ बर्षीया आमालाई बृद्धाश्रम पठाउन खोज्दा छोरालाई गोली | Pradesh Aawaj
९२ बर्षीया आमालाई बृद्धाश्रम पठाउन खोज्दा छोरालाई गोली
२१ असार, २०७५ एजेन्सी / अमेरिकामा एक ९२ बर्षीया आमाले आफ्नो ७२ बर्षीय आफ्नै छोरालाई गोली हानेर हत्या गरेकी छिन् । प्रहरीका अनुसार, छोराले आमालाई वृद्धाश्रम पठाउन चाहान्थे । आमालाई छोराको यो आशय यति नराम्रो लाग्यो, रिसको झोकमा छोरालाई गोली मारिन् । यो घटना अमेरिकाको म्यारिकोपा काउन्टीको फोउन्टेन हिल्स शहरमा २ जुलाईको बिहान भएको हो । घटनापछि आमा एना मे ब्लेसिङ्गले भनिन्, 'तिमीले मेरो जिन्दगी खोस्यौ, म तिम्रो जिन्दगी खोस्दैछु ।' एना आफ्नो छोरा र छाेराकी प्रेमिकासँग बस्थिन् । उनले छोरालाई गोली हानेपछि आफूलाई पनि खतम गर्न चाहेको प्रहरीलाई बताइन् । ब्लेसिङ्गका छोरा जसको नाम अहिले सार्वजनिक गरिएको छैन, आमा घर छोडेर वृद्धाश्रममा जाओस् भन्ने उनी चाहान्थे ।
किनकि, आमासँग बस्न उनलाई गाह्रो लाग्न थालेको थियो । प्रहरीका अनुसार, ब्लेसिङ्गले गोजीमा दुई वटा गोली भरेको पेस्तोल बोकिन् र आफ्नो छोराको कोठामा पसिन् । वादविवादका दौरान एना मे ब्लेसिङ्गले सन् १९७० मा किनेको आफ्नो पेस्तोल निकालिन् र दुई वटा गोली छोरालाई हानिन् । प्रहरी घटनास्थल पुग्दा छोराको मृत्यु भइसकेको थियो । उनको घाँटी र बंगरामा गोली लागेको थियो । छोराको हत्यापछि आमा ब्लेसिङ्गले उनकी ५७ बर्षीय प्रेमिकालाई पेस्तोल ताकिन्, तर उनी आफूलाई बचाउन सफल भइन् । दुवैबीच हाताहात हुँदा पेस्तोल एक कुनमा उछिट्टियो ।
त्यसपछि फेरि ब्लेसिङ्गले आफ्नो अर्को पेस्तोल निकालिन्, जुन पेस्तोल सन् १९७०मा उनका पतिले दिएको प्रहरीलाई बताइन् । तर, उनका छोराकी प्रेमिका यस पटक पनि बच्न सफल बनिन् । उनी त्यहाँबाट भागिन् र प्रहरीलाई खबर गरिन् ।
प्रहरी घटनास्थल पुग्दा ब्लेसिङ्ग आफ्नो कोठाको एक कुर्सीमा बसेकी थिइन् । उनले प्रहरीलाई यस अपराधका लागि मृत्युको सजाय मिल्नु पर्ने बताइन् । उनीमाथि हत्या र अपहरण मुद्दा दर्ता गरिएको छ । तारिखका लागि अदालतले ५ लाख डलरको रकम तय गरेको बताइएको छ । –बीबीसी | 2020/11/29 23:08:17 | https://pradeshaawaj.com/?p=7609 | mC4 |
भक्तपुरमा करेन्ट लागेर एकको मृत्यु, एक घाइते « Naya Page
भक्तपुरमा करेन्ट लागेर एकको मृत्यु, एक घाइते
भक्तपुर, २१ पुस । भक्तपुर नगरपालिका–२ इतापाकोमा सडक बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।
घटनामा दोलखा मेलुङ गाउँपालिका–५ घर भई हाल भक्तपुर नगरपालिका–२ व्यासी बस्ने २३ वर्षीय रामकुमार बुढाथोकीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । बत्ति जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका सिन्धुली कमलामाई नगरपालिका–११ घर भई हाल काठमाडौँ बल्खु बस्ने २७ वर्षीय विक्रम मोक्तानको भने कीर्तिपुर अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।
भक्तपुर नगरपालिकामा सडक बत्ती जडान गर्न बोलपत्र पारेको टप्सन इनर्जी सानो भर्याङ काठमाडौँको तर्फबाट काममा खटिएका कामदारले विद्युत्को सिमेन्टको पोलमा सडक बत्तीको मेटलको पोलसहितको बत्ती जडान गर्ने क्रममा पोलमै टाँगिएको नाङ्गो तारमा छुँदा करेन्ट लागेको उनले जानकारी दिए । | 2021/01/16 18:26:28 | https://www.nayapage.com/archives/285426 | mC4 |
इलाम। दाहाल–नेपाल समूहको नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रतिनिधिसभा (संसद्) विघटनविरुद्ध सबै सचेत नागरिक एक भएर उभिनुपर्ने बताएका छन्।
गृह जिल्ला इलाममा शनिबार अगुवा कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता खनालले प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमविरुद्ध सबै डटेर लाग्नु पर्ने बताए।
प्रधानमन्त्री ओलीले प्राप्त अवसरको सदुपयोग गर्न नसकेको भन्दै वरिष्ठ नेता खनालले ओली सहमतिविना आफूखुसी हिँडन खोज्दा अहिलेको परिस्थिति निम्तिएको जिकिर गर्नुभयो ।
नेता जनार्दन शर्माले ओली प्रवृत्तिको उदेश्य लोकतन्त्र र संविधान खारेज गर्ने रहेको आरोप लगाउनुभयो । संविधानलाई बचाउन आन्दोलन गर्नुपर्ने र केपी प्रवृत्ति बुझेर अघि बढ्नुपर्ने बताउँदै उहाँले ओली प्रवृत्ति अन्त्य नगरेसम्म कम्युनिस्ट आन्दोलन सफल नहुने जिकिर गर्नुभयो ।
मृत्यु हुनेमा अन्दाजी ३० बर्षीय उमेश केसीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनले चलाइरहेको बा ४० प ६४६१ नम्बरको मोटरसाइकल अनियन्त्रित कचची सडकमा दुर्घटनामा परेको थियो । मृतक केसी शङ्खरापुर नगरपालिकाकै रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
चितवन, १७ असार । चितवनसहित देशैभरमा मनसुन सक्रिय भएसँगै देशभर पानी परिरहेको छ । पानी पर्ने क्रम भोलि र पर्सि पनि जारी रहने मौसमविदले पूर्वानुमान गरेका छन् ।
धान खेती गर्ने बेला परेको पानीले किसानहरुलाई राहत भए पनि भूकम्प पीडित बस्ती, पहाडी क्षेत्र र तराईका नदी९खोला किनारका बस्ती भने जोखिममा परेका छन् ।
पश्चिम चितवनको ग्रामिण भेग माडी नगरपालिकामा गएरातीदेखि परेको भीषण वर्षाका जनजिवन प्रभावित बनेको छ । बाढीको खतरा बढेपछि त्यस क्षेत्रमा स्थानीय प्रशासनले सचेत रहन आग्रह गरेको छ ।
हरेक बर्ष वर्षाको समयमा त्रसित बन्दै आएका माडी यस बर्ष पनि पीडित बनेका हुन् । जसका कारण माडी९भरतपुर यातायत अवरुद्ध भएको माडीका सञ्चारकर्मी सूर्य पाठकले जानकारी दिए ।
माडी नगरपालिकाको चिताई खोला पुल नजिकैको केही मिटर सडक नै बाढीले भत्काएकोले सो क्षेत्रमा यातायत अवरुद्ध भएको स्थानीय सन्तोष पनेरुले बताए ।
माडीको रिउ खोलासँगै अन्य खहरे खोलाहरु मगुई, घाँगर, परुई, चिताई, बाँदरमुढे लगायायतमा पानीको सतह बढेको र रिउमा खतराको संकेतभन्दा माथी गएकाले उच्च सर्तकता अपनाउन जिल्ला विपद व्यवस्थापन समिति चितवनले अनुरोध गरेको छ । राती १ बजेदेखि परेको वर्षाले चितवनको जनजीवन अस्तब्यस्त बनाएको हो । | 2021-03-01T17:14:45Z | https://alternativeeducationindia.net/707449/1/%E0%A4%B8%E0%A5%87%E0%A4%82%E0%A4%9A%E0%A5%81%E0%A4%B0%E0%A4%BF%E0%A4%AF%E0%A4%A8.html | OSCAR-2109 |
Prem Sunar, समाज » एमाओवादी गुल्मीले बनायो ३५० जनाको टोली सहितको निर्वाचन परिचालन समिति
एमाओवादी गुल्मीले बनायो ३५० जनाको टोली सहितको निर्वाचन परिचालन समिति
भदौ २७, गुल्मी । आगामी संविधान सभा निर्वाचनका लागि एकिकृत नेकपा माओवादी गुल्मी जिल्लाले ३ सय ५० जनाको निर्वाचन परिचालन समिति गठन गरेको छ । समिति जिल्ला संयोजक सुदर्शन बरालको नेतृत्वमा गठन गरिएको प्रचार विभाग प्रमुख बुद्धि जि.सीले जानकारी दिए ।
वरालको नेतृत्वमा ११ सदस्यीय निर्वाचन परिचालन समिति जिल्ला सचिवालय समेत गठन गरिएको छ । सचिवालयमा राज्य समिति सदस्यहरुमा युवराज के.सी., अशोक थापा, बुद्धि जि.सी, निमबहादुर पाण्डे, ज्ञानकुमार बुढा, तेजेन्द्र सलामी, गणेश बिश्वकर्मा, सिर्जना तरामु, शेरबहादुर सर्तुङ्गी र देविराम अर्याल रहेका छन् ।
जिल्ला परिचान समितिमा जिल्ला सदस्य, गाउँ कमिटी अध्यक्ष सहित ३ सय ५० जनाको टोली बनाईएको कार्यबाहक जिल्ल्ला संयोजक युवराज केसीद्वारा जारी पार्टीको सर्कुलरमा उल्लेख छ ।
निर्वाचन परिचालन समितिले विभिन्न उप समिति समेत गठन गरेको छ । राज्य समिति सदस्य निमबहादुर पाण्डेको संयोजकत्वमा प्रचार प्रसार समिति, लगायतका उप समितहरु गठन गरिएको जनाईएको छ । सो पार्टीका केन्द्रिय सदस्य टोपबहादुर रायमाझीको प्रमुख आतिथ्यतामा हिजो देखि सुरु भएको बैठक एवं चुनावी रणनिती प्रशिक्षण कार्यक्रमका क्रममा समिति गठन गरिएको हो ।
गत साउन १५ गते देखि भदौं १० गते सम्म पहिलो चरणको एक महिने चुनावी अभियान सम्पन्न गरेको सो पार्टीले अव दोस्रो चरणको अभियान सुरु गर्ने निर्णय गरेको छ । यस क्रममा योजनाबद्ध रुपमा असौज १८ गते सम्म पार्टी सदस्य र आम मतदाताहरुसंग भेटघाट गर्ने निर्णय भएको जि.सीले जानकारी दिए । | 2022/05/17 09:55:03 | http://www.gulminews.net/2013/09/blog-post_4763.html | mC4 |
कृषक – Online Khabar
२४ माघ, गुल्मी । दुई दिनदेखि परेको हिउँदे वर्षातले कृषकलाई राहत मिलेको छ । गुल्मीलगायत छिमेकी जिल्लाहरुमा शुक्रबार बिहानदेखि परेको पानीका कारण कृषहरुलाई रातह मिलेको हो । हिउँदको समयमा पानी नपर्दा कृषकहरुलाई समस्या पर्दै जान थालेको थियो । गत आसोजको पहिलो साताबाट वर्षात भएको थिएन । तर, यो वर्ष माघको अन्तिम साता भए पनि पानी […]
२१ पुस, काठमाडौं । कृषि उद्योगी र व्यवसायीहरुले कृषि क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने सरकारको निर्णय कृषक र व्यवसायीको हित विपरीत भएको बताएका छन् । डेरी उद्योग संघ, नेपाल डेरी एसोसिएसन, केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपा र केन्द्रीय पशुपन्छी पालन सहकारी संघ लिमिटेडले मंगलबार संयुक्तरुपमा पत्रकार सम्मेलन गरी उनीहरुले कुनै नि सर्तमा वैदेशिक लगानी भित्र्याउन […]
सामान्य अर्थमा भन्ने हो भने किसान भन्नाले किनेर सामान नखाने भन्ने अर्थमा बुझ्न सकिन्छ । तर, हाम्रो देश नेपालमा किसान भन्नाले आफूसँग भएको जग्गामा आफ्नो सीप, ज्ञान, मिहेनत तथा आर्थिक लगानी गरी खेतीपाती/अन्नबाली, तरकारीबाली वा आफ्नो जीवनशैली पूरा गर्न आफूलाई आवश्यक पर्ने बाली उत्पादन गर्ने व्यक्तिलाई बुझिन्छ । प्रदेश १ सरकारको कार्यविधिअनुसार कृषि अनुदान भन्नाले […]
१६ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को महामारी रोक्न लागू भएको निषेधाज्ञाले कृषकहरुलाई समस्या परेको छ । किसानले आफ्नो बारीमा फलाएका तरकारी र फलफूलहरु बजार अभावमा कुहिएर जाने अवस्थामा आएको हो । संघीय राजधानी काठमाडौंको दक्षिण क्षेत्रमा रहेको दक्षिणकालीका किसानको बारीमा फलेको नास्पाती बोटमै कुहिने अवस्थामा पुगेको छ । वषर्ाको सिजनमा नास्पाती बिक्रीबाट आएको […]
मागअनुसार रासायनिक मल पाउन कृषकले अझै डेढ महिना कुर्नु पर्ने
२९ जेठ,काठमाडौं । देशभरका किसानहरु यतिबेला रासायनिक मलको अभाव झेलिरहेका छन् । मनसुनी वर्षा सुरु भइनसकेको र रोपाइँ मुखैमा आएपछि किसानहरु रासायनिक मल खोज्दलै जिल्ला सदरमुकाम तथा नजिकको सहकारी पसलमा पुगेका छन् । तर घण्टौं लाइन बस्दा पनि रासायनिक मल भने मागेजति पाउन सकेका छैनन् । मल अभाव चुलिँदै गएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलेे […]
१२ जेठ, काठमाडौं । काभ्रेका किसानले फलाएको तरकारीले बजार नपाउँदा खेतमै कुहिन थालेका छन् । पाँच खालका कृषक गोविन्द रम्तेलले खेतमा गोलभेँडा लगायतको तरकारी कुहिएर र्झन थालेको बताए । अघिल्लो वर्ष १८ सय रुपैयाँ प्रतिक्रेट (२५ किलो) प्रतिकिलो ७२ रुपैयाँमा बिक्री गरेको गोलभेडा अहिले ३ सय प्रतिक्रेट अर्थात् औसत १२ रुपैयाँ किलोमा पनि बिक्री नभएको […]
अनुदान रकम बढाउन किसानहरुको माग
३१ असार, चितवन । चितवनका कृषकहरुले आफूहरुले पाउँदै आएको अनुदान रकम बढाउन माग गरेका छन् । कृषि व्यावसायलाई दीगो बनाउनका लागि अनुदान रकम बढाउनुपर्ने उनीहरुको माग छ । चितवनका केरा किसान तथा केरा उत्पादक संघ चितवनका पूर्व अध्यक्ष यज्ञ प्रसाद सुवेदीले चितवनमा केरा खेतीको लागि अनुदान रकम बढाउनुपर्ने बताए । केरा खेतीको लागि चितवन पकड […]
१६ असार, ताप्लेजुङ । ताप्लेजुङमा पछिल्लो समय लिचीको उत्पादन बढ्दै गएको छ । पहिले झापा र भारतको विभिन्न स्थानबाट आउने लिचीले माग धान्दै आएको भए पनि अहिले जिल्लामानै उत्पादित लिचीले बजार ओगट्न थालेको छ । चिसो स्थानमा उत्पादन नहुने भन्दै पहिले यसको खेती नगरिएको भए पनि हाल आएर मौषममा आएको परिवर्तनको कारण ताप्लेजुङमानै पनि प्रशस्त […]
अत्याधिक वर्षाले ताप्लेजुङमा गोलभेंडा खेती नष्ट
१२ असार, ताप्लेजुङ । अत्याधिक वर्षाका कारण ताप्लेजुङका कृषकहरुले लगाएको लाखौं मूल्य बराबरको गोलभेंडा बोटमै कुहिएर नष्ट भएको छ । ताप्लेजुङ नगरपालिकासहित नाङ्खोल्याङ, थेचम्बु, हाङ्देवा लगायतका दर्जनाैं स्थानमा लगाईएको गोलभेँडा निरन्तरको झरीका कारण कुहिएको हो । ठूलो क्षेत्रमा ठूलै लगानीमा लगाएको गोलभेँडा एकै सातामा नष्ट भएपछि ताप्लेजुङमा गोलभेंडाको भाउँ समेत अकासीएको छ भने माग अनुसार […]
चितवनको ७२ प्रतिशत पोल्ट्री फर्महरू नाफामा
५ असार, चितवन । चितवनमा सञ्चालित पोल्ट्री फर्ममध्ये ७२ प्रतिशत र्फमहरु नाफामा देखिएका छन् । अहिले चितवनमा १ हजार ९२३ र्फमहरु सञ्चालनमा रहेका छन् । चितवन पोल्ट्री व्यवसायको राजधानीका रुपमा समेत परिचित छ । यहाँका पोल्ट्री किसानअहरु व्यवसायिक रुपमा अब्बल बनेका कारण फर्महरु नाफामा देखिएको केन्द्रिय तथ्यांक विभागले जनाएको छ । विभागले चितवनमा पहिलो पटक आर्थिक […]
च्याउ खेतीबाट यसरी फलाउन सकिन्छ पैसा
१५ वैशाख, काठमाडौं । आजभोलि धेरै युवाको एउटै गुनासो सुनिन्छ, 'देशमा भनेजस्तो काम नै पाइएन ।' गतिलो रोजगारी भेेटिएन भन्दै विदेशिने यस्ता युवाका लागि गतिलो प्रेरणा हुन्, मकवानपुरका नवराज ढकाल । ३३ वर्षीय ढकालले गाउँमै बसेर च्याउ खेतीमार्फत गत वर्ष मात्रै २५ लाख रुपैयाँ चोखो मुनाफा कमाए । १४० वटा टनेलमा च्याउखेति गरिरहेका ढकाललाई अहिले […]
कृषि पेन्सनपछि गुण्डागर्दी अन्त्य हुने गजुरेलको दाबी
१४ वैशाख, काठमाडौं । कृषि विकासमन्त्री हरिबोल गजुरेलले कृषकहरुलाई पेन्सन दिने व्यवस्थापछि गाउँमा गुण्डागर्दी र अनुशासनहीनता अन्त्य हुने दाबी गरेका छन् । कृषि विकास मन्त्रालय, युएसएआइडीलगायतले कृषिमा यान्त्रिकीकरण सम्बन्धमा मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा मन्त्री गजुरेलले कृषकहरुलाई पेन्सन दिने व्यवस्थापछि गाउँका कुनै पनि युवा खाली नबस्ने दाबी गरे । कामको अभावमा अहिले गाउँका कतिपय युवाले क्यारेमबोर्ड […]
यो वर्ष रासायनिक मल अभाव नहुने
१२ वैशाख, वीरगन्ज। यस वर्ष धान लगाउने मौसममा रासायनिक मलको अभाव नहुने भएको छ । पर्याप्त मल सञ्चित रहेका कारण यस वर्ष मध्यमाञ्चलका १३ तथा पश्चिमाञ्चलका १९ जिल्लामा रासायनिक मलको अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालयले जनाएको छ । जिल्लास्थित कम्पनीका गोदाममा पर्याप्त मल भण्डारण गरिएको कार्यालयका क्षेत्रीय प्रमुख राजेन्द्रबहादुर कार्कीले जानकारी दिए […]
भूकम्पभन्दा अलैँची बिक्री नहुँदाको पीडा बढी
१० वैशाख, सोलुखुम्बु । गत वर्षको भूकम्पका कारण घरविहीन भएका जिल्लाका गोली र चौलाखर्क गाविसका बासिन्दा अलैँची बिक्री नहुँदा मारमा परेका छन् । विगतका वर्षहरुमा कात्तिक÷मङ्सिर महिनाभित्रमा गाउँका सबैको अलैँची बिक्री भइसक्थ्यो । तर यस वर्ष कृषकले उत्पादन गरेको अलैँची झुपडीमै थन्किएको छ । करिब दस प्रतिशतले मात्र पछि नै मूल्य कायम गर्ने गरी स्थानीय […] | 2021/06/19 22:15:33 | https://www.onlinekhabar.com/trend/%E0%A4%95%E0%A5%83%E0%A4%B7%E0%A4%95 | mC4 |
संसद विघटन,चुनावको घोषणा र संवैधानीक नियुक्ती नेपाल सुशासन अभियानको विज्ञप्ति – tshorolpa
Home/मुख्य समाचार/संसद विघटन,चुनावको घोषणा र संवैधानीक नियुक्ती नेपाल सुशासन अभियानको विज्ञप्ति
News ७ पुष २०७७, मंगलवार ०९:१८
नेपाल सुशासन अभियानको विज्ञप्ति
विषय सन्दर्भः संसद विघटन , चुनावको घोषणा र संवैधानीक नियुक्ती
प्रधानमन्त्री खडग प्रसाद ओलीले संसद विघटन र चुनावको घोषणाको सिफारिश राष्ट्रपतीलाई गरे लगतै राष्ट्रपतीद्वारा त्यो सिफारिश स्वीकृत भएबाट देशको राजनीति तरंगीत , आक्रोसीत र गंभीर मोडमा पुगेको हुदा नेपाल सुशासन अभीयानको गंभीर ध्यानाकर्षण भएको छ।
प्रधानमन्त्रीले नयां जनआदेशका लागि कदम चाल्नु लोकतन्त्रमा नौलो कुरा त होईन, तर जुन कारण परिस्थिति र औचीत्यका जगमा यो काम भएको छ यसले संविधान, लोकतन्त्र र जनचाहनाको अवमुल्यन मात्र होईन पुर्ण रुपमा अवहेलना गर्दै अधिनायकवादी चरित्रको पर्दाफास भएको छ र संविधान माथि घात र 'कु' नै भएको छ। हामी यो कार्यको घोर भत्सर्ना गर्दछौ। देशको सम्मानीत संस्था राष्ट्र्पतीवाट अध्ययन, राय र परामर्श विना जुन स्वीकृती तुरुन्त भयो यो एऊटा विडम्वना हो र संविधान र जनता माथिको अपमान हो।
मौका क्षोप्दै , स्वार्थपुर्ण रुपमा र संविधान-कानुनकोअवहेलना गर्दै अध्यादेश मार्फत संवैधानीक परिषदले संवैधानीक अगंहरुमा स्वार्थपुर्ण नियुक्ती गरेको छ त्यो समेत गंभीर आपत्तिको विषय छ र सबै राजनीतिक शक्ति , विध्द्वान वर्ग र जनताले यसलाई अमान्य घोषित गर्नु पर्छ भन्ने हाम्रो मान्यता र आव्हान छ। प्रधानमन्त्रि र राष्ट्रपतीको सांठगाठ र अन्य केहि व्यक्तीहरुको मिलिमतोमा भएका यस्ता कार्यहरुको नेपाली जनताले राम्ररी मुल्याकंन गर्ने छन भन्ने हाम्रो ठम्याई छ र हामी संविधान र विधीको शासन तथा सुशासनलाई आघात पुय्याऊने कार्यलाई सफल हुन दिनु हुदैन भन्ने पनि हाम्रो अपिल छ ।
संभवत यो विषय सम्मानीत सर्वोच्च अदालतमा पुग्ला र यथासमयमा निर्णय होला। तर अधिनायकवादी सोच तथा कार्य र संविधान कानुनको अवहेलनालाई जुन तहवाट भएको भए पनि हामी निन्दा र भत्सर्ना गर्दछौ । यो अवस्थामा राजनीतिक शक्ति, जनता, नागरीक समाज सवै देश र जनताका पक्षमा एकजुट भै अघि वढन र निर्णयमा पुग्न आव्हान गर्दछौ। | 2022/05/18 01:10:21 | https://tshorolpa.com/archives/4474 | mC4 |
यसरी बन्दै छ आगामी वर्षको बजेट || अर्थ
यसरी बन्दै छ आगामी वर्षको बजेट
काठमाडौँ/चालु आर्थिक वर्ष २०७७/०७८ सकिन चार महिना बाँकी छ। र, आगामी आर्थिक वर्ष २०७८/७९ को तयारी पनि द्रुत गतिमा भइरहेको छ। अर्थ मन्त्रालय तथा निकायहरुसँग दैनिक बजेटका बारेमा छलफल भइरहेको छ। अर्थ मन्त्रालयका प्रवक्ता सुमन दाहालका अनुसार अहिले बजेट तर्जुमा भइरहेको छ।
'नीति तथा कार्यक्रमका बुँदाहरु तर्जुमा गरेर अर्थ मन्त्रालय र अरु सबै मन्त्रालयले प्रधानमन्त्री कार्यालयमा बुझाए', उनले भने, 'अब विनियोजन विधेयक बजेटका सिद्धान्त र प्राथमिकताहरु तर्जुमा गरिरहेका छौँ। त्यो तयार भइसकेपछि संसदमा पेश गरिन्छ। र, नीति तथा कार्यक्रम, सिद्धान्त तथा प्राथमिकता मर्ज गरेर त्यसलाई एक्टिभिटी वेस्टमा लगिन्छ। जस्तो मेलम्चीको पानी काठमाडौँमा उपलब्ध गराइने छ भनेको नीति कार्यक्रम भयो। प्राथमिकता चाहिँ जनतालाई खानेपानी उपलब्ध गराउने छ। बजेटमा चाहिँ मेलम्चीको खानेपानी आयोजनालाई यति पैसा छुट्याएको छु भन्नेलाई एक्टिभिटी वेस्ट बजेटिङ भनिन्छ। यसै अनुसार छुट्याएर सफ्टवेयरमा बजेट इन्ट्री गरिन्छ।'
सोलाई आधार मानेर मन्त्रालयले बजेटको माग गर्ने उनले जनाए। यसलाई अर्को भाषमा 'प्रोजेक्ट बैंक' भनिन्छ।
'पैसा विनियोजन गर्नुअघि प्रोजेक्टमा 'इन्ट्री' गर्नुपर्छ। बजेटको डिजाइन भएको हुनुपर्छ,' उनले भने, 'अहिले पुँजिगत खर्च हुन सकेन, सरकारले खर्च गर्न सकेन भन्ने जुन कुरा आउँछ। त्यो कसरी भन्दा प्रोजेक्टहरु तयारी अवस्थामा नभएको। बजेट कहाँ र कसरी खर्च गर्ने भन्ने कसैको डिजाइन छैन। कसैलाई जग्गा नै प्राप्ति भएको छैन। कसैको ठाउँ कहाँ हो भन्ने नि थाहा छैन। बजेट छुट्यो तर कहाँ खन्ने के गर्ने थाहा छैन। त्यस कारण अब सबै कुरा तयार भएपछि मात्र इन्ट्री गर्नु पर्नेछ। त्यसैले यसपालि प्रोजेक्ट बैंकको अवधारणा ल्याएकाे छ।
अर्थ मन्त्रालयका प्रवक्ता सुमन दाहालका अनुसार विगतको भन्दा यसपालिको बजेट फरक तथा अलि महत्वपूर्ण छ। जसका कारण विगतको भन्दा आगामी आर्थिक वर्षको बजेट बढी खर्च हुने उनको अपेक्षा छ।
विगतका बजेट खर्च नभएर फिर्ता गर्नुपर्ने अवस्था आएको देखिन्छ। सोही कुरालाई मध्यनजर गर्दै अर्थमन्त्री पौडेलले बहुवर्षीय योजनाहरुमा पनि जति खर्च गर्ने हो, त्यही अनुसार बजेट राख्न आग्रह गरेका हुन्। अहिलेको बजेट सिलिङभित्र रहेर बजेट निर्माण गर्नु पर्ने सीमा रहेको छ। अर्थमन्त्रीले सो कुरालाई मध्यनजर गर्दै बजेट कार्यान्वयन गर्न सक्ने संयन्त्रलाई पनि ध्यान दिन जरुरी रहेको जनाएका थिए।
मन्त्रालयका प्रवक्ता दाहालले आगामी आर्थिक वर्षको कोरोना भाइरसको मारमा परेको क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्ने जनाए।
राजस्व, कर, गैर–कर, आन्तरिक ऋण, वैदेशिक ऋण अनुदान लगायतका बजेटका स्रोत हुन्। चालु आर्थिक वर्षमा एक हजार अर्ब रुपैयाँ बराबरको राजस्व संकलन हुने अनुमान गरिएको उनले जनाए। | 2021/04/10 11:02:55 | https://dharananews.com/corporate-banking/2021-04-06-16859 | mC4 |
Looks Nepal | » “भृकुुटी नमुना स्काउट क्याम्पोरी २०७६” सम्पन्न Looks Nepal “भृकुुटी नमुना स्काउट क्याम्पोरी २०७६” सम्पन्न – Looks Nepal
Skip to content
गृहपृष्ठ
समाचार
राजनीति
समाज
देश
विचार
अर्थ
सूचना प्रविधि
मनोरन्जन
खेलकुद
अन्तर्वार्ता
अन्तर्राष्ट्रिय
ट्रेंडिंग
“सबैलाई माया बाँड्न सकुँ”– मौसमी खनाल (मोडल) “कर्म अनुरुपको फल स्वतः प्राप्त हुन्छ” – निशा श्रेष्ठ (मोडल) काभ्रे काँग्रेसमा लामाको पल्लाभारी जिल्ला समन्वय समितिको वार्षिक समीक्षामा पत्रकार महासंघलाई बेवास्ता ‘फर्केर यादहरू आउने गर्छन्, समय होइन’ : सुजना श्रेष्ठ (मोडल)
“भृकुुटी नमुना स्काउट क्याम्पोरी २०७६” सम्पन्न
Nov, 10, 2019 looksnepal
चितवन÷ “भृकुुटी नमुना स्काउट क्याम्पोरी २०७६” सम्पन्न भएको छ । कार्तिक २२ गते बाट सुरु भई २४ गते सम्म सञ्चालन भएको उक्त कार्यक्रममा १४ जिल्लाका ४८ विद्यालयबाट ११७१ विद्यार्थिको सहभागिता रहेको थियो ।
भातृत्व भगिनीत्व एवम् मित्रता अभिबृद्घि गर्ने, अनेकतामा एकता, नागरिकको चेतनाको विकास, मैत्री भावना, शान्ती, कला संस्कृतिको रक्षा तथा युवा÷युवती तथा किशोर÷किशोरीहरुलाई दुव्र्यसनीबाट बचाई रचनात्मक कार्यमा संलग्न गराउदै उनीहरुको सर्वाङ्गीण विकास गर्ने उद्देश्य राखी भृकुटी वोर्डिङ स्कुल भरतपूर–३ ले ३ दिने “भृकुटी नमुना स्काउट क्याम्पोरी” कार्यक्रम आयोजना गरिएको स्काउट शिक्षक तथा संयोजक रामु पाण्डेले जानकारी दिनुभयो ।
कार्यक्रमलाई नेपाल स्काउट चितवनका जिल्ला आयुक्त तीर्थराज न्यौपाने, संघिय संसदका माननीय सांसद एवं कानुन न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले सम्बोधन गर्नुभएको थियो । शाहशिक, मनोरञ्जनात्मक र वौद्घिक गरि ३ भागमा विभाजित गरिएको उक्त कार्यक्रममा शोभायात्रामा न्यु होराइजन वोर्डिङ स्कुल, प्रगति पाठशाला, लिटिल स्टार वोर्डिङ स्कुल र गुरुकुल स्कुल क्रमश ः प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्न सफल भएका थिए । अन्तर विद्यालय नृत्य प्रतियोगितामा न्यु होराइजन वोर्डिङ स्कुल, अर्किड स्कुल, ग्रीनल्याण्ड पब्लिक स्कुल तथा चित्रवन वोर्डिङ स्कुल क्रमश ः प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गरेका थिए ।
जिल्लाका उच्च पदस्थ व्यक्ति, राजनीतिज्ञ, समाजसेवी तथा स्काउटप्रेमीहरुको सहभागितामा उद्घाटन भएको कार्यक्रमको दोस्रो दिन बृहत क्याम्पफाएरका साथै अन्तिम दिन धार्मिक शहिष्णुतालाई उत्प्रेरित गर्न सर्व धर्म सभाको आयोजना गरी नारायणगढ बजार लगाएत विभिन्न भागको दृश्यावोलोकन कार्यक्रम समावेश गरिएको सहभागी शुभराज तिमल्सिनाले जानकारी दिनुभएको थियो । | 2021-12-03T00:31:47Z | https://looksnepal.com/1332/ | OSCAR-2201 |
Nagarik Shukrabar - 'जय शम्भू'को गाईजात्रा
'जय शम्भू'को गाईजात्रा
आइतबार, १३ साउन २०७५, ०८ : १० | शुक्रवार
विहीबार फिल्म 'जय शम्भू'को गीत रिलिज भयो । उक्त गीत रिलिज कार्यक्रममा नायक अनुपविक्रम शाहीबाहेक प्रायः सबैजसो कलाकार भेला भएका थिए । गीत रिलिज कार्यक्रम भएकाले पनि त्यहाँ चर्चा गीत संगीत, छायांकन र सेट डिजाइन हुनुपथ्र्याे, किनभने फिल्मको सेट डिजाइन र कोरियोग्राफीमा लगभग २० लाख खर्चिएको बताइएको थियो ।
यति धेरै पैसा खर्चिएका निर्मातालाई पत्रकारले कडा प्रश्न तेर्स्याइरहेका थिए तर प्रस्तुतकर्ता तथा निर्माता दिनेश शाही चुप थिए । उनले केही समयअघि फिल्म निर्माणमा ढिलाइ भएको र धेरै खर्च बढेको भनी फिल्म निर्देशकको आलोचना गरेका थिए ।
तर निर्माता शाहीले त्यस आलोचना लुकाउन हो कि साँच्चै पीडित भएर हो, मुख खोल्न चाहेनन् । उनले आफ्नो दाँत दुखेकाले उत्तर दिन नसक्ने भन्दै पन्छिए ।
त्यसैगरी फिल्मका निर्देशक रुपेश तामाङ पनि निद्रा लागेको भन्दै कार्यक्रममा उपस्थित नै भएनन् । रातभर ट्रेलर कटिङमा व्यस्त भएकाले उनी आफ्नै फिल्मको प्रचार कार्यक्रममा उपस्थित हुन सकेनन् । उनलाई निद्राले यति छोप्यो कि कार्यक्रम छुटाउन राजी भए तर निद्रा छुटाउन तयार भएनन् । उता नायक अनुपविक्रम शाही पनि सुटिङ परेकाले आउन नभ्याएको बताइयो ।
'जय शम्भू'को गीत रिलिज कार्यक्रममा निर्माताको दाँत दुख्यो, निर्देशकलाई निन्द्रा लाग्यो, कोही व्यस्त भएर आउन भ्याएनन्जस्ता बहाना बनाउन थालियो भने कतै फिल्म हलमा प्रदर्शन सुरु हुँदा पनि कुनै दर्शकलाई निद्राले च्याप्ने, कोही अस्वस्थ र कोही व्यस्त हुने भइदियो भने कस्तो होला ! | 2019/10/21 01:00:45 | https://shukrabar.nagariknetwork.com/news/4092 | mC4 |