text
stringlengths 163
169k
| timestamp
stringlengths 0
20
| url
stringlengths 0
1.8k
| source
stringclasses 5
values |
---|---|---|---|
बहुपति प्रथामा आधारित 'टुल्की' | Karnali Post
कला/मनोरञ्जनमुख्यखबर
बहुपति प्रथामा आधारित 'टुल्की'
डोल्पा। बहुपति प्रथामा आधारित नेपालकै पहिलो चलचित्र 'टुल्की'को छायाङ्कन गरिएको छ। द पाल्म ग्रुप प्रालिद्वारा निर्माण गर्न लागिएको उक्त चलचित्र जिल्लाको फोक्सुण्डो, त्रिपुराकोट, रल्ली, करेलीकाँडालगायत विकट गाउँबस्तीमा पुगेर छायाङ्कन गरिएको हो।
डोल्पा, हुम्ला, मुगु, मुस्ताङलगायत हिमाली जिल्लामा कुप्रथाका रुपमा अझै पनि कायमै रहेको बहुपति प्रथालाई टुल्कीमार्फत देखाइएको निर्माता शेखर लामाले जानकारी दिए। "नेपालमा अहिलेसम्म बहुपति प्रथामा आधारित कुनै पनि चलचित्र बनेको छैन, टुल्की पहिलो चलचित्र हो, निकै जोखिम मोलेर खिचिएको यस चलचित्रका लागि झण्डै चार वर्ष अनुसन्धान नै गरे", निर्माता लामाले भने।
बहुपति प्रथामा घरका कुनै एक भाइले बिहे गरेपछि अन्य दाजुभाइले बिहे गर्नु पर्दैन। जुन भाइले पहिला बिहे गरे तिनै भाइकी श्रीमतीसँग सबैले सामूहिक सन्तान जन्माउनेदेखि रात बिताउन पाउने प्रचलन छ।
चलचित्रमा डोल्पाको तल्लो क्षेत्रमा पर्ने एक फरक समुदायमा हुर्केकी केटी प्रेम विवाह गरेर जान्छिन् र त्यहाँ गइसकेपछि उनले प्रथाका नाममा भोग्नुपरेको सामूहिक बलात्कारको दुखान्त कथावस्तुलाई उजागर गरिएको लामाको भनाइ छ।
चलचित्रमा बहुपति प्रथामा मात्र सीमित नभई पश्चिम नेपालमा कुप्रथाका रुपमा व्याप्त छाउपडी प्रथालाई पनि उजागर गर्न खोजिएको निर्माण पक्षको भनाइ छ।
छायाङ्कन गर्नका लागि मात्रै तीन महिना समय लाग्नाका साथै चलचित्र तयारी हुँदासम्म करीब रु एक करोड खर्च अनुमान गरिएको अर्का निर्माता आरपी कर्माचार्यले बताए।
निर्माता कर्माचार्यका अनुसार अहिलेसम्म बनाइएका अन्य चलचित्रभन्दा फरक प्रकृतिको चलचित्र भएको जनाउँदै अबका दुई महिनापछि नै चलचित्र निर्माणकार्य सम्पन्न हुनेछ। चलचित्र छायाङ्कन सुशील अधिकारीले गर्नुभएको छ भने निर्देशन देवजङ्ग थापाले गरेका हुन्।
चलचित्रमा प्रोडक्शन म्यानेजर भएर कलाकार लक्ष्मण देवकोटाले काम गरेका छन्। चलचित्रमा वरिष्ठ कलाकार शिशिर वाङ्देल, सोम लामा, स्वस्तिमा कार्की, सौजन सुब्बा, नरेन्द्र तामाङ, सोफिया लिम्बू, दीर्घ लामा, महेश लिम्बू, रत्नप्रसाद न्यौपाने लगायतको कलाकारको अभिनय रहेको छ। | 2022/07/04 15:11:58 | https://karnalipost.com/story/1324/2021/06/23/ | mC4 |
डोक्लममा चीन र भुटान दुवैको दाबी छ । चिनियाँ सेनाले दुई महिनाअघि डोक्लम क्षेत्रमा सडक निर्माण गरिरहँदा भारतले सेना प्रयोग गरी रोकेपछि चीन र भारतबीच तनाव बढेको छ ।
नेपालको परराष्ट्र मन्त्रालयले वाङको भ्रमण डोक्लम समस्यासँग नजोडिएको बताएको छ । ‘चिनियाँ उपप्रधानमन्त्रीको भ्रमण पूर्वनिर्धारित हो । यो आकस्मिक होइन । डोक्लम क्षेत्रबारे चीन, भुटान र भारतबीच देखिएको विवादसँग जोडेर यो भ्रमणलाई लिन जरुरी छैन’, उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भने । उनले नेपाल डोक्लम समस्या युद्धबाट नभई शान्तिपूर्ण वार्ताबाट समाधान होस् भन्ने चाहेको बताए ।
‘हामीले यो विवादमा कुनै पक्षको पनि समर्थन गरेका छैनौँ । यस मामिलामा हाम्रो तटस्थ रहने नीति स्पष्ट छ’, उनले हालैको अन्तरक्रियामा पत्रकारसँग भनेका थिए । चीन र भारतका काठमाडौंस्थित राजदूतसँग नेपालको पोजिसन स्पष्ट पारिसकिएको उनले बताए । उनले चीन र भारत दुवैले नेपाललाई डोक्लम मुद्दामा समर्थन गर्न दबाब नदिएको बताएका थिए । तर, यही साता नेपाल भ्रमण गरी फर्किएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले प्रधानमन्त्री देउवासँग डोक्लम मुद्दाबारे एकल भेटमा कुराकानी गरेको र आसन्न देउवाको भ्रमणमा सो मुद्दा उठ्न सक्ने चिनियाँ पक्षको आशंका देखिएको नेपाली अधिकारीले बताए ।
चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेपालको तीनदिने औपचारिक भ्रमणमा सोमबार साँझ काठमाडौं आइपुगेका छन् ।पर्यटन तथा संस्कृतिमन्त्री जितेन्द्र देवले उपप्रधानमन्त्री वाङ नेतृत्वको २१ सदस्यीय चिनियाँ उच्चस्तरीय प्रतिनिधिमण्डललाई त्रिभुवन विमानस्थलमा ६ः१५ बजे स्वागत गरेका थिए । चीनबाट झन्डै ६ वर्षपछि उच्चस्तरीय भ्रमण भएको हो । तत्कालीन चिनियाँ प्रधानमन्त्री वेन जिया वाओले सन् २०१२ जनवरी १४ मा नेपालको संक्षिप्त भ्रमण गरेका थिए । त्यसयता चीनबाट मन्त्री स्तरभन्दा माथिल्लो तहको नेपाल भ्रमण भएको थिएन । | 2021-02-26T04:35:28Z | https://krishidaily.com/lapsi/2794/ | OSCAR-2109 |
राजपुरमा माछापुच्छ«े बैंकको शाखा रहित सेवा - Ganatantra Online
राजपुरमा माछापुच्छ«े बैंकको शाखा रहित सेवा
देउखुरी, पुस २४ गते । राजपुर गाउँपालिकामा माछापुच्छ«े बैंकले ग्राहक सेवा केन्द्र अन्तरगर्त शाखा रहित बैङकिङ सेवा शुरु गरेको छ ।
बिहिवार एक औपचारिक कार्यक्रमका बिच ग्राहक सेवा केन्द्रको उद्घाटन गरिएको छ ।
माछापुच्छ«े बैंक लमही शाखाका प्रमुख मधुसूदन श्रेष्ठको अध्यक्ष तथा राजपुर गाउँपालिका प्रमुख लोकराज केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि केसीले गाउँपालिका क्षेत्रमा बित्तीय सेवाको शुरुवात हुनु सकरात्मक रकेको भन्दै खुसी व्यक्त गर्नुभयो ।
उहाँले पछिल्लो समय धेरैजसो कारोबार बैङकिङ प्रणालीबाट चल्न थालेको भन्दै सुरक्षा, पारदर्शीता र सहजताको लागि बैङकिङ कारोबारबाट सहज हुने बताउनुभयो । कार्यक्रममा बिशिष्ट अतिथि राजपुर गाउँपालिका वडा नम्बर २ का अध्यक्ष दुर्गा प्रसाद शर्माले स्थानीयलाई आर्थिक कारोबारकोे लागि बैंकको ग्राहक सेवा केन्द्रले सघाउने बताउनुभयो ।
कार्यक्रममा माछापुच्छ्रे बैंक केन्द्रिय कार्यालय शाखा रहित सेवाका इन्चार्ज मुकुन्द भट्टराइ र बैंकका लुम्विनी प्रदेश प्रमुख नारायण केसीले ग्राहक सेवा केन्द्रको शाखा रहित सेवाबाट पाइने सेवा सुविधाको वारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा समाजसेवी भोगेन्द्र सिंह राजपुत, तुलीराम भण्डारी लगायतले शुभकामना मनतव्य व्यक्त गर्नुभएको थियो ।
शाखा रहित बैंङकीङ सेवा राजपुरका प्रतिनिधि हरिराज धितालले स्वागत मनत्वयबाट शुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार दिवाकर पोख्रेलले गर्नुभएको थियो ।
यसैविच राजपुर गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष दुर्गाप्रसद शर्माको खाता खोलेर ग्राहक सेवा केन्द्रको कारोबारको औपचारिक शुरुवात गरिएको छ । ग्रामिण क्षेत्रमा बैंङकिङ सेवा उपलव्ध गराउने नेपाल राष्टू बैंकको निर्देशन अनुसार बैंकहरुले पनि आफ्नो सेवालाई गाउँ केन्द्रित गर्न थालेका छन् । | 2021/10/23 05:18:54 | https://ganatantraonline.com/archives/1284 | mC4 |
Yugawani Mediaप्रधानमन्त्री देउवाद्वारा निर्वाचनमा मताधिकार प्रयोग गर्न अपिल - Yugawani Media
२०७९ बैशाख २९ गते बिहीबार, १९:०५ मा प्रकाशित
काठमाण्डौ, २९ वैशाख । प्रधानमन्त्री शेरबहादुर देउवाले यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा निर्धक्कसँग मतदान गरी आफ्नो मताधिकार प्रयोग गर्न सम्पूर्ण देशवासीलाई हार्दिक अपिल गर्नुभएको छ ।
धनगढी उपमहानगरपालिका–४ स्थित आफ्नो निजी निवासबाट आज एक अपिल जारी गर्नुहुँदै प्रधानमन्त्री देउवाले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण व्यवस्थापनलाई चुस्तदुरुस्त बनाएको बताउनुभयो ।
"बालिग मताधिकार तपाईं हाम्रो संवैधानिक अधिकार र लोकतन्त्रको आधारस्तम्भ हो, स्थानीय तहदेखि नै लोकतान्त्रिक अभ्यासमा सहभागी भई लोकतान्त्रिक शासन पद्धतिको संस्थागत विकासमा योगदान पु¥याउन म सबैमा आग्रह गर्दछु", प्रधानमन्त्री देउवाले अपिलमा भन्नुभएको छ । | 2022/05/17 14:51:26 | https://yugawani.com/archives/28129 | mC4 |
अमेरिकामा मंगलबारबाट द्रुत देश निकाला सुरु हुने - Enepalese.com
अमेरिकामा मंगलबारबाट द्रुत देश निकाला सुरु हुने
विगत दुई वर्षमा अमेरिका प्रवेश गरेका, वैधानिक प्रकृयामा नभएकालाई देश निकाला गर्ने
यादवराज जोशी २०७६ साउन ६ गते २१:४६ मा प्रकाशित
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबारबाट गैरकानुनी आप्रवासीलाई द्रुत देश निकाला गर्ने प्रकृया सुरु गर्ने भएका छन् । विगत दुई वर्षमा अमेरिका प्रवेश गरेका र कुनै पनि वैधानिक प्रकृयामा नभएकालाई समात्दै उनीहरुको देश पठाईने छ । यो प्रकृयाले ईमिग्रेसन अदालतलाई छल्ने (वाईपास) गर्नेछ ।
दक्षिणी सिमा बढिरहेको गैरकानुनी प्रवेसलाई कम गर्न र ईमिग्रेसन अदालतमा मुद्दाको चाप कम गर्न यो नीति लिईएको बताईएको छ । ईमिग्रेसन अधिकारीले अमेरिकाको कुनैपनि स्थानमा समातेका कागजपत्रविहिन आप्रवासीलाई तत्काल उनीहरुको देश फर्काउनेछन् । यसअघि सिमाको एकसय माईल भित्र र अमेरिका प्रवेस गरेको दुईसाताभन्दा कम समय भएकालाई द्रुत देश निकालामा राखिएको थियो । यसले ईमिग्रेसन एण्ड कस्टम ईन्फोर्समेन्टको कारागारमा पनि कम दवाव पर्ने छ ।
सन् १९९६ बनेको अमेरिकी केन्द्रिय कानुनले सरकारलाई द्रुत देश निकाला गर्न सक्ने अधिकार दिएको छ । अमेरिकाका दश मुख्य सहरमा रहेका आप्रवासीलाई उनीहरुको देश फर्काउने कुरा ट्रम्पले भन्दै आएका छन् । अमेरिकामा रहेका एककरोड १० लाख कागजातविहिन आप्रवासीमध्ये तीनलाख आप्रवासी द्रुत प्रक्रियामा पर्नेछन् । पोउ रिसर्च सेन्टरका अनुसार, कागजातविहिन आप्रवासी अमेरिकामा सरदर १५ वर्ष बस्ने गरेका छन् ।
मेक्सिकोले आफ्नो सिमामा कडाई गरेपछि जुन र जुलाईमा दक्षिणी सिमा समातिने आप्रवासीको संख्यामा कमी आएको छ । गत मेमहिनामा अमेरिका प्रवेस गर्नेक्रममा दुईलाखभन्दा बढी सीमामा समातिएका थिए । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरीटीले सेन्चुरी सिटीलाई लक्षित गरेर विशेष कार्यक्रम सञ्चालन गर्ने कार्यवाहक सेक्रेटरी (मन्त्री) केभिन म्याकएलिननले बताएका छन् ।
फेडरल रजिस्टारले भोली मंगलबार यसबारेमा सुचना प्रकासित गर्नेछ । यसअघि गत साता अमेरिकाले तेस्रो देश भएर अमेरिका प्रवेश गर्नेलाई एसाईल आवेदनमा रोक लगाई सकेको छ । यसरी अमेरिका प्रवेश गर्नेले बाटोमा देशमा एसाईलम आवेदन गरेर अस्वीकृत भएमात्र अमेरिकामा एसाईलम गर्न पाउने भएका छन् ।
ईमिग्रेसन अदालतमा उपस्थित नगराई द्रुत बाटोबाट देश निकाला गर्ने कदमविरुद्ध सक्दो चाडो मुद्दा हाल्ने तयारी अमेरिकन सिभिल लिवर्टी युनियनले गरेको छ । "हामीले यो नीतिलाई अदालतमा चुनौति दिनेछौ," संस्थाका निर्देशक ओमर जडवाटले भने । | 2021/10/20 13:46:41 | https://www.enepalese.com/2019/07/239110.html | mC4 |
पत्रपत्रिकामा प्रदेश : प्रदेश लगानी प्राधिकरण गठनको तयारी
विराटनगर २९ असोज । लगानी सम्मेलन गर्ने तयारीमा रहेको प्रदेश १ सरकारले तिहार लगत्तै प्रदेश लगानी प्राधिकरण गठन गर्ने भएको छ । आगामी डिसेम्बर महिनामा लगानी सम्मेलन गर्ने योजनामा रहेको प्रदेश सरकारले प्राधिकरण गठनको लागि कानूनी बाटो खुला गरिसकेको छ ।
जनविद्रोह दैनिकमा छापिएको खबरमा प्रदेश सभाबाट सार्वजनिक, नीजि, सहकारी साझेदारी तथा लगानी प्राधिकरण ऐन २०७६ पारित गरेर मार्ग प्रसस्त गरेको आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्वोले बताएको उल्लेख छ । लगानी प्राधिकरणले प्रदेशका आयोजनाहरुको अध्ययन गरेर लगानीको क्षेत्र पहिचान गर्ने छ ।
विराटनगर महानगरपालिका १९ मा जनता आवास कार्यक्रम अन्र्तगत घर निर्माण भइरहेको बेला विवाद आएपछि काम रोकिएको छ । उद्घोष दैनिकमा मुसहर बस्तीमा घर निर्माण भइरहेको बेला विराटनगर ३ पुष्पलालचोकका युवराज खतिवडाले आफ्नो नम्बरी जग्गामा समेत घर निर्माण भएको भन्ने उजुरी वडा कार्यालयमा दिएपछि काम रोकिएको खबर छ । करिब ९ करोडको लागतमा ह्युमानिटी फर ह्याविटेट , जीवन विकास समाज, सहरा नेपाल र विराटनगर महानगरपालिकाको संयुक्त लगानीमा घर निर्माण सुरु गरिएको हो ।
१ बिघा ४ कठ्ठा क्षेत्रफलमा ६० वटा घर बनाउने योजना अनुसार काम थालिएको भएपनि पहिलो चरणमा २६ वटा घर निर्माण गरिदै थियो । काम सुरु गर्दा आफै बसेर साँधसीमाना छुट्याएका खतिवडाले यतिबेला फेरी बखेडा झिकेको नगरपालिकाकाको तर्फबाट सम्पर्क व्यक्ति रहेका पुनम दाहालले बताए । महानगरले जग्गाका विषयमा मालपोत कार्यालय र नापी कार्यालयसंग आवश्यक जानकारी मागेको छ ।
प्रदेश सरकारले सार्वजनिक यातायातमा जेष्ठ नागरिकहरुलाई ५० प्रतिशत छुट गराउन पहल सुरु गरेको छ । सामाजिक विकास मन्त्रालयमा मंगलबार आयोजित सर्वपक्षीय छलफलमा भाडा छुट कार्यान्वयनका लागि सबै सरोकारवालाहरुलाई पत्रचार गरिने निर्णय गरिएको हो ।
विराटनगरस्थित हाम्रो ज्येष्ठ नागरिक हातेमालो सेवा समाजले सार्वजनिक सवारी साधानमा छुट नदिएको, सवारी साधन नरोक्ने गरेको गुनासो राख्दै ज्ञापनपत्र बुझाएपछि सामाजिक विकास मन्त्री जीवन घिमिरेले समस्या समाधानको लागि पहल सुरु गरेका हुन् । बैठकमा यातायात व्यवसायी, जेष्ठ नागरिकका प्रतिनिधि, अन्य मन्त्रालयका सचिव, प्रदेश १ का प्रहरी प्रमुख लगायतका सहभागि थिए । २०६३ सालमै जारी भएको जेष्ठ नागरिक ऐनमा ६० वर्ष पार भएका जेष्ठ नागरिकलाई यातायातमा भाडामा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ । | 2020/02/18 06:27:10 | https://www.koshionline.com/2019/10/16/162737.html | mC4 |
Karnalikhabar » बाढी पीडितलाई खुसीको खबर : राहत सामग्री बोकेर धुर्मुस र सुन्तली मधेश झर्दै बाढी पीडितलाई खुसीको खबर : राहत सामग्री बोकेर धुर्मुस र सुन्तली मधेश झर्दै – Karnalikhabar
प्रकाशित मिति :2017-08-13 08:42:23
बर्दिबास: हाँस्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) बाढी पीडितका लागि रातह लिएर महोत्तरीको बर्दिवास झर्दैछन्। लगातारको मुसलधारे बर्षाले तराई डुवानमा परेपछि राहत लिएर आफूहरु आइतबार बर्दिवास जान लागेको धुर्मुस-सुन्तलीले बताएका छन्।
'मुसलधारे बर्षासँगैको भेलले बर्दिवाससहितका मधेशका बस्तीमा उध्धुम मच्चाएको खबरले हामी मर्माहत भएका छौं' अन्नपूर्णसंग सीताराम कट्टेलले भने-, 'यो दुःख र आपद्का बेला केही राहत सामग्रीसाथ तराई झर्न लागेका हौं।' आफ्नो राहत सामग्रीमा खाद्यान्न, टेण्ट, भाँडाकुँडा, औषधी र केही तयारी खानेकुरा रहने धुर्मुस-सुन्तलीले बताएका छन्।
अविरल बर्षासंगै मधेसका बस्तीहरु कटान र डुबानमा परेपछि यहाँका नागरिकहरु अलपत्र परेका छन्। बाढी पीडितलाई बचाउन सबैले एक भएर जुट्नुपर्ने आवश्यकता रहेको धुर्मुसले बताए। 'मानवता र सद्भावका लागि सहकार्य गरी प्राकृतिक विपद्संग सामना गर्न सबै नेपाली एक जुट हुनु पर्छ,' उनले भने।
यस अघि धुर्मुस सुन्तली आवद्ध धुर्मुस-सुन्तली फाउण्डेसनले भूकम्प पीडितको लागि काभ्रेको पहरी बस्ती, सिन्धुपालचोकको गिरान्चौर बस्ती र मुहसरका लागि महोत्तरीको बर्दिबासमा एकिकृत नमुना बस्ती बनाइसकेका छन्। अन्नपूर्ण पोष्टमा समाचार छ ! | 2017/08/24 02:59:38 | http://karnalikhabar.com/news/89496.html | mC4 |
धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को विभिन्न स्थानमा शिलान्यास कार्यक्रम, प्रदेश सरकारको सहयोगमा निर्माण हुँदै ।। जसपा नेता राजिव झाले भने राजेन्द्र महतो धनुषामा चुनाब जितेपछि चौतर्फी विकासको कार्यलाई तीब्रता दिएको -
१३ चैत्र २०७७, शुक्रबार १४:०५ १३ चैत्र २०७७, शुक्रबार १४:०५ १३ चैत्र २०७७, शुक्रबार १४:०५
धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को विभिन्न स्थानमा विकासको गति दिन शिलान्यास कार्यक्रम गरिएको छ । प्रदेश २ सरकारको विभिन्न मन्त्रालयले सो कार्य अगाडि बढाएको छ ।
नगराइन नगरपालिका वडा नम्बर ८ मा सामुदायिक भवनको निर्माण कार्य शुरु गरिएको छ । सोही नगरपालिका वडा नम्बर–६ बिर्तामा भुइया माइ थानको पनि शिलान्यास गरिएको छ । यसैगरी धनौजी गाउँपालिका वडा नम्बर–१ लखौरीमा भगवान लक्ष्मीनारायण मंन्दिर निर्माणको कार्य पनि शुरु गरिएको छ । भररियामा सामुदायिक भवन, फुलगामामा बर्थिग सेन्टर, तुलसियाहीमा कभर्ड हलको पनि शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।
जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य राजिव झाको प्रमुख आतिथित्वमा सम्पन्न भएको सो समारोहमा झाका अतिरिक्त जसपाका केस मनोज चौधरी, अधिवक्ता श्याम मिश्रा, जिल्ला समन्वय समितिका उपसभापति दिपक झा, ममता चौधरीले पनि विभिन्न स्थानमा शिलान्यास गरेका छन ।
समारोहमा बोल्दै केन्द्रिय सदस्य राजिव झाले राजेन्द्र महतो धनुषा क्षेत्र नम्बर ३ मा चुनाब जितेपछि चौतर्फी विकासको कार्यलाई तीब्रता दिएको बताए । उनले भने राम्रो व्यक्तिलाई जिताउँदा विकास कार्य बढछ यसको उदाहरण यो क्षेत्रलाई देख्न सकिन्छ ।
समारोहमा अर्का केन्द्रिय सदस्य मनोज चौधरीले विकासको लाभ जनताले लिनु पर्छ बताए । सडक, सिचाई, भौतिक निर्माण लगायतका कार्यहरु आउने दिनमा अझै बढने जानकारी दिए ।
सो अवसरमा जसपा नेता राजु चौधरी,अनिल महासेठ, बरिस्ठ चिकित्सक डा अजय मिश्रा, जिबेन्द्र झा, श्याम साह लगायतको उपस्थिति रहेको थियो । | 2021/04/19 00:41:48 | http://doodhmati.com/?p=1402 | mC4 |
जनकपुर–जयनगर रेल माघभित्र सञ्चालन गर्ने तयारी – Kendra Khabar
२०७७, १३ पुष सोमबार ०८:२४
सरकारले दुई महिना पहिले भारतबाट ल्याएको रेल आउँदो माघभित्र सञ्चालनमा ल्याइने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जयनगर–कुर्था रेलमार्गमा सञ्चालनका लागि आवश्यक तयारी अघि बढाएको छ । अबको एकदेखि डेढ महीनाभित्रमा रेल सञ्चालन गर्न सकिने रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताउनुभयो ।
उहाँका अनुसार आवश्यक मर्मत, तालीम र सफ्टवेयरको काम सकिएसँगै रेल सञ्चालन गरिनेछ । रेल सञ्चालनका लागि कर्मचारीलाई एकरदुई साताको तालीम आवश्यकपर्ने उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, "त्यो सकिएपछि ढिलोमा माघको अन्तिमसम्ममा गर्ने लक्ष्य रहेको छ ।"
भारतले निर्माण गरेको संरचना १५ देखि २० दिनमा तयारी हुने महानिर्देृशक भट्टराईले बताउनुभयो । उहाँका अनुसार भारतीय पक्षले यसमा काम गरिरहेका छन् । उनीहरुले गर्नुपर्ने काममध्ये थोरै काम बाँकी रहे पनि सञ्चालनमा समस्या नहुने उहाँको भनाइ छ ।
कम्प्युटरबाट नियन्त्रण हुने सो रेलमार्गमा 'सिस्टम इन्स्टल' गर्ने काम पनि अघि बढाइएको छ । रेल सञ्चालन हुँदा रेल कहाँ पुग्यो, कहाँ पुग्दा अड्कियो वा अरु कुनै समस्या भयो भन्ने हेर्न सकिने उहाँले बताउनुभयो ।
रेल्वे कम्पनीमा यसअघिका झण्डै ६० जना अस्थायी कर्मचारी र १२ जना स्थायी कर्मचारी रहेका थिए । ती कर्मचारी कम्पनी बन्द भए पनि कम्पनीमा रहेका थिए । कम्पनीले रेल चलाउने ज्ञान भएका दक्ष २६ जना भारतीय कर्मचारीसमेत ल्याउन लागेको छ ।
नेपालमा रेलसम्बन्धी अनुभव भएका जनशक्ति नभएकाले भारतीय कर्मचारी करारमा ल्याउन लागिएको हो । त्यसका लागि मन्त्रालयमा प्रस्ताव पेश गरिएको उहाँले बताउनुभयो ।
रेल सञ्चालनका लागि अहिले तत्काल नेपालमा रेलसम्बन्धी कानूनकोसमेत अभाव भए पनि त्यसमा समेत कसरी अघि बढ्ने भनी मन्त्रालय र कम्पनीबीच छलफल भइरहेको छ । रेल्वेसम्बन्धी ऐन, २०२० पुरानो भएकाले नयाँ विधेयक संसद्मा छ ।
रेल सञ्चालनपछि त्यस क्षेत्रका जनता र व्यापारीलाई यातायातमा सहज हुने अपेक्षा गरिएको छ । अहिले पनि सवारीसाधन सञ्चालन भइरहेकामा रेलले यातायातमा अझै सुविधा दिनेछ । सरकारले उक्त रेलमार्ग बर्दिवाससम्म पुग्ने र पूर्वपश्चिम रेलमार्ग पनि बर्दिवास जाने भएकाले त्यहाँ पुगेर जोड्ने योजना लिएको छ ।
भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको सो रेलमार्गमा सञ्चालनका लागि गत असोज २ गते दुई सेट डेमो ट्रेन आएको थियो ।
सो रेलमा एक हजार २०० देखि एक हजार ३०० सम्म यात्रु बसेर र उभिएर गरी यात्रा गर्न सक्ने रेल विभागले जनाएको छ । यात्रुबाहक रेल भएकाले यात्रुको झोला र सामान्य सामान मात्रै राख्न सकिनेछ ।
अहिले कुर्थाबाट जयनगरसम्मको रेलमार्गको निर्माण गत वर्ष नै सकिएको थियो । कूल ३५ किमी लम्बाइमा रेल सञ्चालन हुनेछ । कुर्थादेखि विजुलपुरासम्म थप १७ किमी रेलमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । | 2021/02/27 21:31:59 | https://kendrakhabar.com/2020/12/28/27944/ | mC4 |
छठ पूर्जा गर्न दिन माग | छठ पूर्जा गर्न दिन माग |
काठमाडौँ । स्थानीय प्रशासनद्वारा सामूहिकरुपमा गरिने छठ पूजा रोक लगाएकोमा यहाँ विभिन्न समितिले विरोध जनाएका छन् । कोरोना भाइरसको महामारीको जोखिम जारी रहेको जनाउँदै प्रशासनले छठपूजामा रोक लगाएको जनाइएको छ ।
मोरङका नौ वटा छठ पूजा समितिले आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी छठ पूजा आस्था र विश्वासको धरोहर रहेकाले आफूहरु यो पर्व विश्वस्वास्थ्य सङ्गठन र सरकारको मापदण्डअनुसार सम्पन्न गर्ने जानकारी दिए ।
यो पनि पढ्नुहोस् ... एक हजारभन्दा बढीको उपहारमा रोक
भैतिक दूरी कायम गरी सामान्य तरिकाले पर्व मनाउन व्रतालुले नदीमा वा तलाउमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिने कार्य कतैबाट रोक नहोस् भन्ने माग गरेका छन् । पत्रकार सम्मेलनमा त्रिलोकीनाथ तथा छठ पूजा मन्दिर, झरना चोक छठ पूजा समारोह, पिछरा वडा नं ११ छठ पूजा समारोह समिति, हिन्दू परिषद् नेपाल मोरङ, हलुवाई समाज कल्याण सेवा समिति, सहनी कल्याण समाज समिति, नेपाल बैश्य युवा सङ्घ, मोरङ माछा व्यवसाय सङ्घ, मरिक टोल सङ्गठनका अध्यक्ष तथा सचिवको सहभागिता रहेको थियो । छठ पूजा आगामी मङ्सरि ५ र ६ गते रहेको छ ।
यो पनि पढ्नुहोस् ... वीरगञ्ज-काठमाडौं र रसुवागढी-काठमाडौं रेलमार्ग निर्माणको काम थाल्ने सरकारको घोषणा | 2020/12/05 14:08:47 | https://www.ujyaalonetwork.com/archives/76531 | mC4 |
प्रिमियर लिग र इटालियन सिरी ए उपाधि छिनोफानो अन्तिम चरणमा « Light Nepal
Published On : 18 May, 2022 4:39 pm
युरोपियन फुटबलका दुई प्रमुख लिग इंग्ल्याण्डको प्रिमियर लिग र इटालियन सिरी एके उपाधिको छिनोफानो आगामी आइतवार हुने अन्तिम चरणका खेलहरूले गर्नेछन्।प्रिमियर लिगको उपाधि होडमा रहेका दुई टिम म्यानचेस्टर सिटी अनि लिभरपुल र सिरी ए उपाधिका दावेदार मिलानका दुई टोली एसी मिलान र इन्टर मिलान आ–आफ्ना प्रतिद्वन्द्वीसँग आइतवार राति निर्णायक प्रतिश्पर्धा गर्दैछन्।
इंग्लिस प्रिमियर लिगको स्थितिः
प्रिमियर लिगमा एउटा टोलीले ३८ खेल खेल्नुपर्ने हुन्छ। पछिल्ला दुई–तीन सिजन झैँ यसपटक पनि केबल दुई टोलीले मात्र लिग उपाधि जित्नका लागि खेलेको देखिएको छ। म्यानचेस्टर सिटी र लिभरपुललाई छाड्ने हो भने बाँकी बचेका १८ टोलीहरू केबल च्याम्पियन्स लिग र युरोपा लिगमा स्थान बनाउन अनि रेलिगेसनबाट जोगिनका लागिमात्र खेलिरहेँझैँ देखिएको छ।
लिगको ३६औँ चरणसम्म बलियो स्थितिमा देखिएको शीर्ष स्थानको म्यानचेस्टर सिटीलाई उसले ३७औँ चरणमा वेस्टह्याम विरुद्ध खेलेको बराबरी महँगो पर्नसक्ने देखिन्छ। प्रिमियर लिगमा अन्तिम खेल खेल्न बाँकी रहेको अवस्थामा सिटीको ९० अङ्क छ भने लिभरपुलको ८९ अङ्क, त्यसैले उपाधि आफ्नो पक्षमा पार्ने हो भने अन्तिम खेलमा दुवै टोलीसामु जितको विकल्प छैन। मे २२ मा सिटीले घरेलु मैदानमा एस्टन भिल्लाको सामना गर्नेछ भने लिभरपुलले एनफिल्डमा उल्भस्को आतिथ्यता गर्नेछ।
सिटी र लिभरपुलले आ–आफ्नो खेल हारेमा वा बराबरी मात्र खेले पनि उपाधि सिटीको पोल्टामा जानेछ तर लिभरपुललाई उपाधि जित्न निश्चित जीत आवश्यक छ। त्यसैले प्रिमियर लिग २०२२ को अन्तिम दिन रोमाञ्चले भरिएको हुने अपेक्षा गरिएको छ, चर्चित २०११ को अन्तिम चरणजस्तो, जुनबेला सिटीले इन्जुरी समयको अन्तिम सेकेन्डमा म्यानचेस्टरको घाँटीबाटै प्रिमियर लिग उपाधि खोसेको थियो।
अहिलेसम्मको प्रदर्शनलाई हेर्ने हो भने पनि दुवै टोली एकदमै सन्तुलित देखिएका छन्। दुवै टोलीमा गोल गर्ने खेलाडीको कुनै कमी छैन भने मध्यपङ्क्ति र रक्षापङ्क्तिमा पनि दुबै टोली बलिया देखिएका छन्। अङ्क तालिकामा सिटी बलियो देखिए पनि लिभरपुलले यो सिजन उत्कृष्ट फुटबल खेल्दै कारबाओ कप र एफए कपको उपाधि जितिसकेको छ भने ऊ युरोपियन च्याम्पियन्स लिगको फाइनलमा समेत पुगेको छ।प्रिमियर लिगको उपाधि होडमा पनि जीवितै रहेको लिभरपुलको एकै सिजन चार ट्रफी उचालेर किर्तिमान बनाउने सम्भावना जीवितै छ। त्यसैले केही बलियो स्थितिमा देखिए पनि सिटीले लिभरपुललाई हल्का रूपमा लिने भूल अवश्य गर्नेछैन।
यो सिजन प्रिमियर लिगबाट रेलिगेसनमा पर्ने अन्तिम टोलीको छिनोफानो पनि लिगको अन्तिम दिन नै हुनेछ। वाटफोर्ड र नर्विच सिटी यस अघि नै रेलिगेसनमा परिसकेका अवस्थामा एभरर्टन, बर्नली र लिड्स युनाइटेड प्रिमियर लिगमा आफ्नो अस्तित्वका लागि भिड्दैछन्। दुई–दुई खेल खेल्न बाँकी एभरटनको ३६ र बर्नलीको ३४ अंक छ, तर एक खेलमात्र खेल्न बाँकी लिड्स युनाइटेडको ३५ अङ्क छ। गणितीय आधारमा यी तीनै टोलीको रेलिगेसनमा पर्ने सम्भावना रहे पनि विभिन्न बेटिङ साइटहरूका अनुसार लिड्स युनाइटेडको सम्भावना ज्यादा देखिएको छ। अन्तिम चरण अघि शुक्रवार खेलिने बर्नली र एस्टन भिल्ला बिचको खेल र एभर्टन र क्रिस्टल प्यालेस बिचको खेल पनि रेलिगेसनको भिडन्तमा निर्णायक साबित हुन सक्नेछन् ।
सिरी ए उपाधि होडमा मिलानका दुई टोलीः
इटालीमा यो वर्ष सिरी ए उपाधि जित्ने टोलीको मात्र होइन रेलिगेसनमा पर्ने बाँकी तीन टोलीको निर्णय पनि अन्तिम चरणका खेलहरूले नै गर्नेछ। प्रिमियर लिगमा जस्तै सिरी एमा पनि मिलानका दुई टोली इन्टर र एसी मिलान मात्र उपाधि होडमा बाँकी छन्। ३७ खेलको समाप्तिसँगै एसी मिलान ८३ अङ्क लिएर पहिलो स्थानमा छ भने इन्टर ८१ अङ्कसहित दोस्रो स्थानमा।
मे २२ का दिन इन्टरले आफ्नो घरेलू मैदानमा साम्पाडोरियाको सामना गर्दैछ भने एसी मिलानले सासुओलोको भ्रमण गर्नेछ। अन्तिम पटक २०११ सिजनको लिग उपाधि जितेको एसी मिलान सासुओलो विरुद्ध यस सिजनको आफ्नो अन्तिम लिग खेल जित्दै एक दशकभन्दा लामो अवधिपछि सिरी एको उपाधि चुम्न चाहन्छ, यद्यपि लिग उपाधि जित्नका लागि उसलाई अन्तिम खेलमा बराबरी नै पर्याप्त छ।
यता सिरी एमा युभेन्टसको एक दशक लामो दबदबाको अन्त्य गर्दै २०२१ को लिग उपाधि जितेको इन्टरलाई उपाधि हात पार्न निश्चित जितका साथसाथै भाग्यको पनि उत्तिकै दह्रो साथ चाहिन्छ। यदि एसी मिलानले आफ्नो अन्तिम खेल बराबरी खेलेको अवस्थामा इन्टरलाई लिग उपाधि हात पार्न कम्तीमा १५ गोलको अन्तरले खेल जित्नुपर्ने हुन्छ।
सिरी एमा यसपटक उपाधिको होड जतिको रोचक छ, त्यो भन्दा पनि रोमाञ्चक प्रतिष्पर्धा रेलिगेसनबाट जोगिने टोलीहरूका बिच चलिरहेको छ। लिग तालिकाको पुछारबाट अन्तिम तीन स्थानमा रहेका टोली भेनेजिया, जेनोआ र काग्लियरी आफूलाई रेलिगेसनबाट बचाउन संघर्षरत छन्।
अन्तिम चरणको खेलमा भेनेजिया र काग्लियरी आमनेसामने हुँदैछन्। भेनेजियाका सामु सिरी एमा आफ्नो अस्तित्वलाई कायम राख्न जितको विकल्प छैन भने काग्लिअरीलाई बराबरी नै पर्याप्त छ। भेनेजियाले काग्लिअरीलाई हराएको खण्डमा जेनोआले रेलिगेसन जोगाउन आफ्नो अन्तिम खेलमा बोलोग्नालाई हराउनै पर्ने हुन्छ । | 2022/06/29 06:04:16 | https://www.lightnepal.com/?p=801 | mC4 |
काठमाडौं । एएफसी एसियन कप –२०२३ छनोटको तयारीमा रहेको नेपाली फुटबल टिमले कतारमा दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । कतार फुटबल संघका अनुसार नेपालले कतारमा ओमान र लिष्ट टिमोरसँग खेल्ने पक्का भएको हो ।
त्यसका लागि नेपाली टिम बुधबार राति ८ बजे कतार प्रस्थान गर्दै छ । प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले नियमित टोलीका ११ खेलाडीलाई बाहिर राख्दै टोली घोषणा गरेका हुन् । यसअघि नेपालले कतारमा अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने तयारी गरेको थियो । तर, त्यो अन्तिम समयमा रद्द भयो । अब, नेपालले पहिलो खेल २८ मे अर्थात शनिबार लिष्ट टिमोरसँग खेल्नेछ भने ३ जुनमा ओमानसँग खेल्नेछ । एसियन कप छनोटको समूह ‘ए’ मा रहेको नेपालले कुवेत, जोर्डन, इन्डोनेसियासँग खेल्नेछ।
नेपाली टिम
गोलकिपरः दीप कार्की, विशाल सुनार, टिकेन्द्रसिंह थापा
रक्षकः विकाश खवास, विकाश तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, सुमन अर्याल
मिडफिल्डरः आकाश बुढामगर, एरिक बिष्ट, निरकुमार राई, पुजन उपरकोटी, रोशन रानामगर, सन्तोष तामाङ, सेसेहाङ आङदेम्बे, सुनील बल, सुरजजिउ ठकुरी | 2022-11-28T12:14:12Z | https://globenepal.com/2022/05/21566 | OSCAR-2301 |
» श्रम,रोजगार मन्त्री रामेश्वर राय यादवले डा.बाबुराम भट्टराईलाई १० आरोप लगाउदै कडा आलोचना आखिर किन यति धेरै आरोप लगए? पुर पढ्नुहोस, श्रम,रोजगार मन्त्री रामेश्वर राय यादवले डा.बाबुराम भट्टराईलाई १० आरोप लगाउदै कडा आलोचना आखिर किन यति धेरै आरोप लगए? पुर पढ्नुहोस, – हाम्रो खबर
श्रम,रोजगार मन्त्री रामेश्वर राय यादवले डा.बाबुराम भट्टराईलाई १० आरोप लगाउदै कडा आलोचना आखिर किन यति धेरै आरोप लगए? पुर पढ्नुहोस,
काठमाडौं,९ कार्तिक । गोकर्ण बिष्टलाई हटाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले रामेश्वर राय यादवलाई गत मंसिरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका रुपमा नियुक्त गरे । नियुक्तिपछि केही महिना गुमनाम रहेका मन्त्री यादव पछिल्लो समय विभिन्न विवादमा मुछिँदै आएका छन् ।
कोरोनाको महामारी र त्यसलाई रोक्न गरिएको लकडाउनपछि सबैभन्दा बढी प्रभावित श्रमिकहरु नै थिए । तर, अभिभावकीय भूमिकामा देखिनुपर्ने श्रममन्त्री यादवको कतै उपस्थिति देखिएन । विदेशमा रहेका हजारौं नेपाली श्रमिक स्वदेश फर्किन नपाउँदा उनले चुईंक्क बोलेनन् । श्रमिकले उनलाई खोज्दा पनि भेटेनन् । तर, ठगी र सिन्डिकेटमा संलग्न व्यवसायीहरुलाई वैदेशिक रोजगार बोर्डको सदस्यमा नियुक्ति दिएपछि भएको सार्वजनिक आलोचनाको प्रतिवाद गर्न उनी अघि सरे ।
अझै पनि श्रमिक वर्ग महामारीको चरम मारमा छ । के गर्दैछन् त श्रममन्त्री ? अनलाइनखबरले पुल्चोकस्थित मन्त्री निवासमै पुगेर उनीमाथि केही आलोचनात्मक विषयहरु उप्कायो ।
प्रस्तुत छ, यादवमाथि हाम्रा १० आरोप र उनका स्पष्टीकरण ।
आरोप १– मन्त्रीका रुपमा तपाईंले झण्डै एक वर्षमा गरेको कार्यसम्पादनबाट तपाईं आफैं असन्तुष्ट र निराश हुनुहुन्छ ।
यादव– हो, जति हुनुपर्ने हो, त्यति सन्तुष्ट छैन । परिस्थितिले साथ दिएन, दिइरहेको छैन । जुन गतिका साथ म काम गर्न चाहन्थेँ, त्यसमा बाधा आयो । अहिले पनि छ ।
मन्त्री भएपछि मन्त्रालयका ब्रिफिङ लिन २–३ महिना लाग्यो । त्यसपछि त कोभिड–१९को महामारी सुरु भइहाल्यो । त्यसले गर्दा हाम्रो कार्ययोजनाले मूर्तरुप लिन पाएन । मैले गर्न खोजेको काम र नेपाल सरकारले बनाएको कार्ययोजना कार्यान्वयवन गर्न गाह्रो भयो । महामारीका कारण नै मैले चाहेअनुसार गर्न नसकेको हो र म असन्तुष्ट नै छु ।
महामारीपछि ८०–८५ हजार नेपाली विदेशबाट रोजगार गुमाएर नेपाल आउनुभयो । अझै ५०–६० हजार आउने लाइनमा हुनुहुन्छ । यो परिस्थिति सुखद हैन । श्रममन्त्रीले देशभित्र र बाहिर रोजगारीको व्यवस्थापन गर्नुपर्छ । तर, अहिले त भएकाको रोजगार खोसिने अवस्था आयो । वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउने, देशभित्र रोजगारी सिर्जना गर्ने हाम्रो दायित्व हो । तर, महामारीका कारण विदेशमा रोजगारी गुमाएकालाई फिर्ता ल्याउनुपर्ने, विदेशमा मृत्यु भएकाको शव ल्याउनुपर्ने, देशभित्र रोजगारी खोसिएकालाई पुनस्र्थापित गर्नुपर्ने लगायतका काममा हामी अल्झिनुपर्ने भयो । नयाँ रोजगारी सिर्जनामा ध्यान दिनुपर्ने बेला ठ्याक्कै उल्टो परिस्थिति बनेकाले नै सन्तुष्ट हुनु नसकेको हुँ ।
आरोप २ – चैतमा गरिएको लकडाउनमा देशभित्रका श्रमिकहरुले ठूलो समस्या भोगे । रोजगारी गुम्यो, हातमुख जोड्न मुस्किल भयो, श्रमिक घर फर्किन सयौं किलोमिटर भोकैप्यासै पैदल हिँडे । कतिले पारिश्रमिक पाएनन्, त्यतिबेला तपाईं गुमनाम हुनुभयो ।
यादव– यो गलत कुरा हो । व्यवस्थापनमा कमीकमजोरी भयो । तर, यो आकष्मिकरुपमा आइपरेको विपत्ति थियो । जस्तो कि, घरभित्र आगलागी हुँदा समय सीमित हुन्छ, के बचाउने ? बालबच्चा बाहिर निकाल्ने कि धनमाल ? के गर्ने ? प्राथमिकता जे पर्छ, त्यही गर्ने हो ।
महामारी पनि एक्कासी आयो । हामीले पूर्वतयारी गरेका थिएनौं । यहाँ ज्यालादारीमा बसेकाको सूची थिएन । कुनै खालका प्रमाणित कागजात थिएनन् । आकस्मिक अवस्थामा कसलाई राहत दिने ? हामीलाई यसमा समस्या परेकै हो ।
हो, श्रमिकले दुःख भोगे । यातायात बन्द भयो, श्रमिकहरु टाढा–टाढासम्म सयौं–हजारौं मिल पैदल हिँडे । त्यो परिस्थिति कसैले चाहेर आएको हैन । बाध्यता आईपर्यो । त्यतिखेर, आपत आउँदा कुन चाहीँ श्रमिकलाई राहत दिने भन्ने पहिचान भएन । त्यही कारण धेरै ठाउँमा पाउनुपर्ने श्रमिकले पाएनन्, नपाउनुपर्नेले पाए ।
व्यवस्थापकीय कमी त्यहाँ पनि देखियो । त्यसको पनि कारण के हो भने हामीसँग श्रमिकको कुनै आधिकारिक विवरण नै थिएन । त्यसलगत्तै मैले श्रमिक सूचना बैंक स्थापना गर्न लागेको थिएँ । बल्ल स्थापना भएको छ । अब देशभर काम गर्ने औपचारिक र अनौपचारिक क्षेत्रका श्रमिकको त्यहाँ विवरण हुन्छ । देशभित्र र बाहिर रहेका मजदुर सबैको तथ्यांक त्यसमा हुन्छ । कुन श्रमिक, दक्ष, अर्धदक्ष र अदक्ष के हो, त्यसको सबै सूचना त्यो श्रमिक सूचना बैंकमा रहन्छ ।
अब हामी श्रमिकको पहिचानपत्र पनि दिन्छौं । अहिलेसम्म जन्मेदखि मरिन्जेलसम्म मजदुरी गरेर बाँच्ने श्रमिकको कुनै पहिचान छैन, बीमा हुँदैन, पेन्सन लगायतका सामाजिक सुरक्षा हुँदैन । मजदुर दुर्घटनामा पर्दा पनि ऊप्रति कोही जिम्मेवार हुँदैन ।
यहाँ ६० प्रतिशत बढी श्रमिक कृषि क्षेत्रमा काम गर्छन् । उनीहरुबारे कुनै दस्तावेज र रेकर्ड छैन । अब सबै मजदुर श्रमिक सूचना बैंकमा जोडिन्छन् । सामाजिक सुरक्षा कोषमा पनि उनीहरुलाई जोड्ने योजना छ ।
त्यो हुँदा उसको भावी पिढीलाई पनि समाजिक सुरक्षा मिल्छ । त्यसैले विगतमा गर्न नसकेको कुरा अब गर्न सक्नुपर्छ भनेर मैले काम सुरु गरेको छु ।
आरोप ३– चैतदेखि ३ महिना देशका सबै गेट–वे बन्द भए । त्योबीचमा थुप्रै श्रमिक विदेशमा अलपत्र पर्नुभयो । जब चार्टर्ड उडान खुल्यो, ४ गुणासम्म महंगो हवाई टिकट राखियो । अलपत्र श्रमिकको उद्धारमा ध्यान नै दिनुभएएन । विदेश पुगेका श्रमिकमाथि श्रममन्त्रीका रुपमा अभिभावकीय भूमिका पनि निभाउन सक्नुभएन ।
यादवः तपाईंलाई हाम्रो प्रणालीबारे सबै थाहा छ । महामारी सुरु भएपछि व्यवस्थापनका लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बन्यो । त्यसको अगुवाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललेज्युले गर्नुभयो । त्यो सीसीएमसीमा श्रममन्त्रीलाई राखिएन । आवश्यक पर्दा आमन्त्रितका रुपमा बोलाइने व्यवस्था थियो । त्यहाँबाट हुने नीतिगत निर्णयमा मैले काम गर्नसक्ने अवस्था थिएन ।
डा. बाबुराम भट्टराई पनि बाल्टी लिएर यसो दालभात बाँड्दै गरेको फोटो सामाजिक सञ्जालमा देखियो । मलाई चाहिँ त्योखालको सोख छैन!
परराष्ट्र, पर्यटन, रक्षा, स्वास्थ्य, लगायतका म्न्त्रीको सहभागितामा त्यहाँ नीतिगत निर्णय हुन्थ्यो । हाम्रो आवश्यकता उहाँहरुले महसुस गरेको बेलामा मात्रै बोलाइन्थ्थ्यो । जुन दिन बोलाइन्थ्यो, त्यो बेलामा आफ्ना कुुरा मैले राखेको हुँ ।
पछिल्लो चरणमा सीसीएसीमा हाम्रो अनुपस्थितिले मलाई नै अप्ठेरो लाग्न थाल्यो । त्यसपछि मैले भनेँ कि महामारीका कारण सबैमन्दा बढी मार परेको वर्ग श्रमिक नै हो । सर्वाधिक असर परेको क्षेत्र श्रम हो । तर, श्रमिकको अगुवाई गर्ने मन्त्रालय नै संकट व्यवस्थापको कार्ययोजनामा सहभागी हुँदैन भने कसरी कार्यान्वयन गर्नुहुन्छ ? त्यसपछि लगातार सीसीएसीका बैठकमा मलाई आमन्त्रितका रुपमा बोलाउनुभएको छ । सुरु–सुरुमा त्यस्तो थिएन ।
नबोलाइएको बैठकमा म आफैं पुग्नु राम्रो हुन्थेन होला । यही कारणबाट श्रमिकको समस्यामा श्रममन्त्री बोलेनन् भन्न मिल्छ कि मिल्दैन ? विमान भाडादेखि तपाईंले उठाउनुभएका सबै विषय सीसीएमसीसँग जोडिएको कुरा हो । बाहिर समस्यामा परेका श्रमिकको व्यवस्थापनको जिम्मा पररराष्ट्र मन्त्रालयले लिएको छ । विदेशका दूतावास उहाँहरुको मातहत नै छन् । हामीले त्यहाँ सिधा निर्देशन दिन पनि मिल्दैन । हामीले समन्वय भने गरेकै हौं ।
यो परिस्थितिमा श्रम मन्त्रालयले कहाँनेर नेतृत्व लिने त ? हामीले अनुरोध गर्नेबाहेक के गर्ने ? विमान उडाइदिनुस् भनेर पर्यटनमन्त्रीलाई भन्नुपर्यो, श्रमिक समस्यामा परे भने परराष्ट्रमन्त्रीलाई भन्नुपर्यो । यस्तो परिस्थितिले गर्दा गुनासाहरु आएका हुन् ।
तर, जसले गरे पनि काम त सरकारले नै गर्ने हो । सरकारले महामारी व्यवस्थापनको लागि भनेर जुन कमिटी बनायो, त्यसमा श्रम मन्त्रालय नपरेपछि म निवेदन दिन जाने र जुलुस लिएर जाने कुरा भएन । सीसीएमसीले गरेको निर्णय कार्यान्वयन गर्ने भूमिका मेरो थियो, म त्यही गर्दै थिएँ ।
आरोप ४– रोजीरोटी खोसिएपछि धेरै मजदुरको बेहाल छ । लकडाउनपछि खुलामञ्चमा सामाजिक अभियान्ताले सुरु गरेको खाना बाँड्ने क्रम अझै जारी छ । श्रमिकहरु रोजगारी नपाएर भोकै सडकमा थाल थाप्न बाध्य हुँदा श्रममन्त्रीले देखे–नदेखे झैं गर्नुभयो ।
यादवः सामाजिक सञ्जालले यो विषयमा बढी सक्रियता देखाएको हो । त्यो परिस्थिति छ पनि । अहिले त हैन, लकडाउनको समयमा यो समस्या बढी थियो । श्रमिकले काम नपाउने अवस्था भयो, त्यसको लागि टुँडिखेलमा मात्रै हैन, अन्य ठाउँमा पनि खाना खुवाइयो ।
व्यक्तिगत तवरमा हामीले पनि त्यस्ता खाना खुवाउने अभियानलाई सघायौं । हाम्रै पार्टी कार्यालयमा पनि खाना खुवाइयो । यो हामीले नदेखेको, नबुझेको र नसुनेको विषय हैन ।
डा. बाबुराम भट्टराई पनि बाल्टी लिएर यसो दालभात बाँड्दै गरेको फोटो सामाजिक सञ्जालमा देखियो । यो व्यक्तिगत 'एटिट्च्युड' को कुरा हो । फोटो खिचाउन बाल्टीमा दाल लिएर बाँडनु र वास्तविक जीवनमा त्यस्तो काम गर्नु फरक छ । मलाई चाहिँ त्योखालको सोख छैन ।
मैले ६०–७० क्विन्टलभन्दा बढी चामल वितरण गरेँ । तर, त्यसरी श्रममन्त्रीले पठाए भनेर तपाईंले कतै देख्नु भएन होला । संकट परेका बेला हामीले सकेको गर्यौं । अरुले जोडजाड गर्दिएपछि डा. साबजस्तो प्रतिष्ठित मान्छे पुगिहाल्नु भएछ । त्यो आफ्नो आफ्नो सोच हो, उहाँको त्यहाँ कुनै योगदान थिए ।
मैले डा. साबमाथि व्यक्तिगत कमेन्ट गर्न खोजेको हैन, शैलीको कुरा गरेको हुँ । त्यस्तो गर्नु मेरो रुचीको विषय हैन । म विज्ञापनमा विश्वास गर्दिनँ । म सेवामा विश्वास गर्छु । मैले मन्त्री र व्यक्तिगत हैसियतले पनि सक्ने जति सेवा गरेकै हो ।
लकडाउनका बेला 'बल्क' मा समस्या पर्दा राज्यले गर्न नसकेको वा नभ्याएको सत्य हो । त्यो मैले इन्कार गर्न हुँदैन । तर, गर्न खोज्दा खोज्दै पनि धेरै ठाउँमा अप्ठेरो परेको हो ।
पाउनुपर्नेले पाएनन् होला, तर संघीय, प्रदेश, स्थानीय तहबाट अर्बौं रुपैयाँको राहत वितरण भएको हो । त्यसैले हामीले भविष्यमा पर्नसक्ने अरु समस्यालाई ध्यानमा राखेर श्रमिक परिचयपत्र वितरणको योजना बनाएका हौं ।
आरोप ५– तपाईंहरुले अर्बौं खर्च गर्ने प्रधानमन्त्री रोजगार कार्यक्रम आलोचित छ । यो विपन्न वर्गका केही मजदुरका लागि राहत दिने कार्यक्रम त बन्ला । तर, यो शैलीले रोजगार दिन सकिन्न भन्ने विज्ञहरु बताइरहेका छन् । तपाईं मन्त्री नहुँदैदेखि यो खालको बहस छेडिएको थियो । तर, तपाईंले झन् बजेट बढाएर कार्यक्रमलाई राष्ट्रको ढुकुटी दुरुपयोग गरिरहनुभयो ।
यादवः यो कुरा कुरा सत्य हैन । मैले यो कार्यक्रमबारे सुरुबाटै आफ्ना धारणा बाहिर ल्याएको छु । यो कुनै 'बल्क' मा रोजगारी दिने कार्यक्रम हैन, आधार मात्रै बनाउने हो । यो त 'श्रम गर्नुपर्छ,' भन्ने भावना विकास गराउने कार्यक्रम हो ।
प्रत्येक गाउँपालिकामा बेरोजगारको सूची बनाउने र उनीहरुलाई सय दिनको रोजगारी दिने भनेर सरकारले यसलाई कल्याणकारी कार्यक्रमका रुपमा ल्याएको हो । अर्को रोजगारको व्यवस्था नभएसम्म सीप पनि सिक्ने अवसर यसले सिर्जना गर्छ भन्ने हो ।
प्रारम्भिक अवस्थामा यो कार्यक्रमबारे धेरै कमेन्टहरु आए । पूर्वतयारी नभएको बेलामा आलोचना भएकै हो । कतिले बाँदर धपाउने र झार उखेल्ने रोजगारीका रुपमा समेत ब्याख्या गरे । त्यो सत्य पनि थियो, त्यो बेलामा कार्यक्रमको सही व्यवस्थापन भइसकेको थिएन ।
तर, म मन्त्री भएर आएपछि कार्ययोजनामा आधारित भएर मात्रै बजेट पठाउने निर्णय गरेँ । र, अब हरेक स्थानीय तहले कार्ययोजना पठाएपछि त्यसलाई हेरेर मन्त्रालयले बजेट तल पठाउँछ । त्यसपछि कार्ययोजना अनुसार स्थानीय तहले श्रमिकलाई कार्यान्वयन गर्दै त्यहाँ विकास निर्माणको काम गर्छन् ।
मैले कार्यक्रमलाई अझ वैज्ञानिक हिसावले लैजान खोजेको छु । यसलाई उत्पादनमुलकतिर लगाउने योजना छ । सय दिनको रोजगारी गर्दा औपचारिकता मात्रै पुरा गर्नेभन्दा राष्ट्रिय उत्पादकत्व वद्धिमै योगदान गर्नसक्ने गरी काम गराउने योजना हाम्रो हो । जस्तो कुनै ठाउँमा बाँध बाँधेको छ भने त्यहाँ फलफूल वा उपयोगी वृक्षारोपण गर्दा के हुन्छ ? प्राकृतिक सन्दरता पनि बढ्छ, पालिकालाई केही वर्षपछि आम्दानी पनि हुन्छ ।
कतै कृषि फर्ममा नै सय दिनको काम दिइयो भने श्रमिकले सिप पनि सिक्छ । उत्पादकत्व पनि बढ्छ । हामीले यस्तो कार्यक्रम पनि बनाउने कि भनेर अघि बढेका छौं ।
आरोप ६– पैदल हिँडेर आएका धेरै श्रमिक महामारी साम्य नै नभई दसैंको मुखमा भारत फर्किए र फर्किँदैछन् । नाकामा नेपाल आउने भन्दा भारत जानेको संख्या ठूलो छ । श्रममन्त्रीका रुपमा तपाईंले यस्ता विषयलाई नजरअन्दाज गर्नुभयो ।
यादवः हाम्रा नेपाली श्रमिक जो तेस्रो मुलकुमा रोजगारीमा जान सक्ने अवस्था छैनन्, उहाँहरु मौसमी रुपमा भारतमा काम गर्न जानुहन्छ । एउटा सिजन नेपालमै काम गर्ने र खाली बस्नुपर्ने सिजनमा भारतका सहरहरुमा गाएर काम गर्ने प्रचलन छ । त्यहाँबाट श्रमिकले केही आर्जन गरिरहेका हुन्छन् ।
हजारौं किलोमिटर हिँडेर आएकाहरु पनि फेरि फर्किए, किन त ? किनभने उहनीहरुले यहाँ 'बल्क'मा रोजगारीको अवसर खोजिरहेका थिए । तर, पाएनन् ।
अर्को कारण पनि छ । जति कमाई भारतमा हुन्छ, त्यति यहाँ हुँदैन । यस्तो परिस्थितिमा बचेको समयको सदुपयोग गर्न निकटतम् दूरीमा गएर काम गर्छन् । यसलाई सहज पहुँचका हिसावले पनि हेर्नुपर्छ । नेपाल र भारतको बीचमा कुनै डिमार्केसन छैन, सीमा खुला छ । मान्छेले यसलाई सहजताका साथ लिइरहेको हुन्छन् ।
यो नेपाल र भारतबीचको भौगोलिक तथा राजनीतिक विशेषता पनि हो । तर, यो कुरा पनि सत्य हो कि रोजगारीको व्यवस्थापन गर्न हामीले सकेका छैनौं । हामी प्रयत्नरत छौं । जबसम्म ठूला–ठूला परियोजनाहरु यहाँ बन्दैनन्, तबसम्म रोजगारीका अवसरहरु धेरै सिर्जना हुँदैन ।
अहिले १५ दखि २० लाख मजदुर त निर्माण क्षेत्रमा छन्, त्यसमा ५ लाख त भारतीय पनि छन् । अहिले त त्यो निर्माण क्षत्रेको काम पनि रोकियो । पर्यटन क्षेत्रमा काम गर्नेहरु पनि समस्या परे । यो परिस्थितिले उद्योग कलकारखाना पनि बन्द छन् । त्यसैकारण नेपालबाट भारत जाने स्थिति कायमै छ । भारतीयहरु पनि नेपाल आएर काम गरिरहेका छन् ।
हामी सबै श्रमिकको तथ्यांक राखेर उहाँहरुलाई सिपयुक्त तालिम दिने पक्षमा छौं । सातवटै प्रदेशमा सिप विकास केन्द्रहरु विकास गर्ने योजना छ । सीप सिकेपछि श्रमिकले सहजरुपमा काम पाउँछन् । रोजगार पाएनन् भने पनि आफैंले केही गर्न सक्छन् । सीप सिकेर विदेशमै गएपनि आम्दानीसँगै रेमिट्यान्स बढ्छ । जोखिमयुक्त काम गर्न पर्दैन ।
यसले त दशेको उत्पादकत्व पनि बढ्छ । त्यसैले अब हामी सिप सिकाउने परियोजनामार्फत रोजगारी सिर्जनामा बढी जोड दिने पक्षमा छौं । त्यसका लागि सम्बन्धित विषयगत मन्त्रालयसँग छलफलमा छौं ।
आरोप ७– तेस्रो मुलक जाने श्रमिकलाई श्रम स्वीकृति दिइन्छ, बीमा गराइन्छ, कतिपय अवस्थामा अप्ठेरो पर्दा उद्धार पनि गरिन्छ । तर, भारत गएर काम गर्ने नागरिकलाई सरकारले दोस्रो दर्जाको नागरिकजस्तो व्यवहार गर्छ । यसलाई तपाईले पूरै नजरअन्दाज गर्नुभयो ।
यादव ः त्यो आरोप केही हदसम्म ठीक हो । तर, यो समस्या पनि तथ्यांक नहुँदा नै भएको हो । हामीसँग त्यसरी भारत जाने श्रमिकको विवरण नै छैन । पहिला त तथ्यांक लिनुपर्छ । अब श्रम स्वीकृतिका प्रक्रियालाई अझ वैज्ञानिक बनाएर लैजानुपर्छ । भारतमा जाने श्रमिकले पनि श्रम स्वीकृति लिएर जाने कि ? भारतीय श्रमिकलाई पनि यहाँ श्रम स्वीकृति दिएर मात्रै काम गराउने कि ?
त्यसका लागि दुई देशको बीचमा समझदारी विकास गर्नुपर्छ । त्यो नभएसम्म त अहिलेकै शैली चल्छ । नेपालबाट भारत जाने र भारतबाट नेपाल आउने श्रमिकको हितको लागि पनि यो गर्नुपर्छ ।
आरोप ८– सरकारले वैदेशिक रोजगारीमा रहेका सबै सिन्डिकेट अन्त्य गर्ने नीति लिएको छ । तर, व्यवसायीहरुकै आरोप छ कि तपाईं आफैं कतारको रोजगारीमा सीमित म्यानपावर कम्पनीलाई मात्रै सहभागी गराउने गरी सिन्डकेट खडा गर्न लाग्नुभएको छ ।
यादवः नेपाल सरकार र श्रम मन्त्रालय कुनै प्रकारको सिन्डिकेटमा विश्वास गर्दैन । त्यस्तो कुनै सिन्डिकेट हामी लागू गर्दैनौं । यो लोकतन्त्र हो । यहाँ सरकारले गर्ने काम परादर्शी हुन्छ । सबै काम पारदर्शी रुपमा गरिएको छ, गरिन्छ र गरिनेछ । यसमा धेरै लामो स्पष्टीकरण दिनुपर्ने पनि छैन । सिन्डिकेट हुँदैन ।
नेपाल सरकार र सम्बन्धित देशसँग जुन किसिममा सहमति, सम्झौता र समझदारी भएको छ, त्यसका आधारमा सबै काम पारदर्शी रुपमा काम अघि बढ्छ । कुनै व्यक्ति र संस्थाको स्वार्थ पुरा गर्न काम गरिँदैन ।
आरोप ९– तपाई श्रम मन्त्रालयमा आउनासाथै म्यानपावर व्यवसायीले खुसियाली मनाए । सामाजिक सञ्जालहरुमा तपाईं र व्यवसायीबीचको हार्दिक सम्बन्ध रहेको झल्किने तस्वीर पनि देखिए । ठगी र सिन्डिकेटमा संलग्न व्यवसायीलाई पनि तपाईंले वैदेशिक रोजगर बोर्डमा मनोनयन गर्नुभयो । म्यानपावर व्यवसायीसँग तपाईंको नचाहिँदो हिमचिम छ ।
यादव–तपाई भेट्न आउनुभयो, तपाईसँग सौहार्दपूर्ण कुराकानी भइरहेको छ । तपाई गेटभित्र पस्दा एक्सरे त गरेको छैन । तपाईंको सम्पूर्ण गतिविधि मलाई थाहा छैन । मसँग भेट्ने व्यक्तिबारे मलाई थाहा छैन ।
कुनै नियुक्ति गर्दा तपाईं योग्य हो भने गरिन्छ, होइन भने गरिन्न । म कसैप्रति आग्रह–पूर्वाग्रह राखेर काम गर्दिनँ ।
म सबैसँग अलि बढी नै भेटघाट गर्छु । मन्त्रालयको कामकाजको सिलसिलामा म्यानपावर व्यवसायीसँग सौहार्दता हुनैपर्छ । उनीहरुको समस्या मन्त्रालयले र मन्त्रालयको समस्या उनीहरुले नबुझ्ने हो भने श्रमिकहरु कहाँ–कहाँ मारमा छन्, समस्या के छ भन्ने जानकारी नै हुन्न । सहजताका लागि गरिएका काम र भेटघाटलाई पूर्वाग्रही ढंगबाट विश्लेषण गर्न हुँदैन ।
आरोप १०– इजरायलसँग श्रम समझदारी भयो । तर, यसअनुसार इजरायल जाने श्रमिकले लागत खर्च आफैं बेहोर्नुपर्ने भाियो । खाडी तथा मलेसियामा जाने श्रमिकका लागि शून्य लागत भनिरहेको सरकारले आफ्नै संयन्त्रबाट श्रमिक पठाउँदा भने लागत श्रमिकमाथि थोपर्न लागेको छ ।
यादव–इजरायससँग सरकार–सरकार (जीटूजी) सम्झौता भएको छ । कोरिया, जापानसँग पनि यस्तो सम्झौता छ । इजरायलले रोजगारको व्यवस्थापन आफैंले गर्दैछ । त्यहाँ निजी क्षेत्र त्यसमा संलग्न हुने हैन ।
त्यहाँको सरकारले नै केयर गिभर लैजान खोजेको हो, त्यहाँको सरकारी अस्पतालमा । अब तपाईं श्रमिकका रुपमा त्यहाँ श्रम गर्न जाँदै हुनुहुन्छ भने आफ्नो खर्च त बेहोर्नुपर्यो नि । विमान भाडा, भिसा शुल्क तिर्नुपर्यो । यसलाई सरकारले शुल्क लियो भन्न पनि मिल्दैन ।
फ्रि भिसा र फ्रि टिकट निजी क्षेत्रले निजी क्षेत्रलाई श्रमिक पठाउँदा (पीटूपी) को हकमा मात्रै हो । सरकार र सरकारबीचमा त्यस्तो सम्भव हुन्न । त्यस्तो मेकानिज्म विकास भएको छैन । | 2021/10/22 00:08:00 | https://hamrokhabar.net/649/ | mC4 |
निर्यातमूलक उद्योगलाई विशेष सुविधा दिन माग
आगामी आर्थिक वर्षको बजेटमा स्वदेशी कच्चापदार्थ प्रयोग गर्ने उत्पादन र निर्यातमूलक उद्योगलाई विशेष सुविधा दिने गरी बजेट ल्याउन पूर्वका उद्योगीले सरकारलाई सुझाव दिएका छन् ।
संघीय सरकारले जेठ १५ गते बजेट ल्याउँदैछ । सरकारले सातवटै प्रदेशमा पूर्वबजेट छलफल सकेको छ । चुलिँदै गएको व्यापार घाटा कम गर्न र रोजगारी सिर्जना गर्न उत्पादन र निर्यातमूलक उद्योगलाई बैंक ब्याजदेखि नगद अनुदानलगायतका विशेष सुविधा दिने गरी बजेट ल्याउन उद्योगी व्यवसायीहरूले सुझाएका हुन् । स्वदेशी कच्चापदार्थ प्रयोग गरी उत्पादित उद्योगलाई सरकारले नीति नै बनाएर विशेष सुविधा दिनुपर्ने उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेको भनाइ छ ।
उनले सरकारलाई यथार्थको धरातलमा उत्रिएर कार्यान्वयनमुखी बजेट ल्याउन सुझावसमेत दिए । "स्थानीय कच्चापदार्थ प्रयोग गरी निर्यात र रोजगारमूलक उद्योगलाई विद्युत, बैंक, निर्यातमा अनुदानलगायतका सुविधा दिनेगरी बजेट ल्याउनुपर्छ," घिमिरेले भने, "नत्र भने मुलुकको व्यापार असन्तुलन झनै बिग्रिने निश्चित छ ।" हाल मुलुकको व्यापार घाटा मासिक १ खर्बभन्दा बढी पुगेको छ । युवा जनशक्ति पलायन हुने क्रम बढेको छ । यसलाई रोक्न पनि सरकारले विशेष योजना अघि सार्नुपर्ने उनको भनाइ छ । सबैभन्दा बढी भारतसँग नेपालको व्यापार घाटा छ । तीन दशकअघिसम्म धान, चामल, तोरीलगायतका कृषिजन्य वस्तु निर्यात हुँदै आएको थियो । तर, पछिल्लो समय खाद्यन्नको आयातसमेत बढेको छ ।
सुशासन र लगानीमैत्री नीति नियमहरू बनाउनुपर्नेमा घिमिरेको जोड छ । अहिलेकै अवस्थामा 'समृद्धि नेपाल सुखी नेपाली, ५ वर्षमा ५ लाख युवालाई रोजगारी' नारामै सीमित रहने अध्यक्ष घिमिरेले दाबी गरे । "सरकारको नारालाई सार्थक बनाउन कृषिलाई आधुनिकीकरण, गर्नु आवश्यक छ । कुन क्षेत्रमा कुन कृषि उत्पादन हुन्छ माटो परीक्षण गरेर कृषिलाई आधुनिकीकरण गरे पक्कै पनि खाद्यन्नको आयात प्रतिस्थापन हुनसक्छ," उनले भने, "पर्यटन र ऊर्जामा व्यापक लगानी जरुरी छ ।" नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–१ का उपाध्यक्ष राजेन्द्र राउतले कृषिलाई उद्योगसँग जोड्ने नीति अघि सार्न माग गरे । जग्गाको खण्डीकरण रोकेर एकीकृत खेती गर्नुपर्नेमा उनले जोड दिए । उनले निजी क्षेत्रमैत्री बजेट बनाउन सुझाव दिएका छन् ।
मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले निर्यात बढाउन नगद अनुदान दिनु आवश्यक रहेको बताए । "कुनै पनि वस्तु जुनसुकै देशमा निर्यात गर्दा भ्यालु एडिसनलाई आधार बनाएर नगद अनुदान दिने नीति अवलम्बन गरिनुपर्दछ," अध्यक्ष सारडाले भने, "जसमा ३० प्रतिशतसम्म भ्यालु एडिसनमा ५ प्रतिशत, ५० प्रतिशतसम्ममा १० प्रतिशत र ७० प्रतिशतभन्दा माथि भ्याल्लु एडिसन भएको उद्योगमा १५ प्रतिशत नगद अनुदानको व्यवस्था राज्यले गर्नुपर्छ ।"
उनले विराटनगरमा विशेष आर्थिक क्षेत्र (सेज) स्थापना गर्न पनि माग गरेका छन् । सारडाले सुनसरीको अमडुवामा रहेको साल्ट्रट्रेडिङ कम्पनी लिमिटेडको ६ सय ५० बिघा जग्गामा विद्युत्, सडक, पानी, सुरक्षा व्यवस्थालगायतका भौतिक पूर्वाधारहरू विकास गरी उद्योग ग्रामको स्थापना गर्ने गरी बजेट ल्याउन सुझाएका छन् । "जग्गाको मूल्य अत्यधिक बढेका कारण जग्गा खरिद गरेर उद्योग स्थापना गर्ने अवस्था छैन," सारडाले भने, "नयाँ उद्योगका लागि सबैभन्दा उपयुक्त भनेको विशेष आर्थिक क्षेत्र (सेज) नै हो ।"
तरलताको अभावका कारण बैंकले ऋण दिन नसकिरहेको अवस्थामा जग्गा खरिद गरेर उद्योग स्थापना गर्ने स्थिति नरहेको उनको कथन छ । सारडाले उद्योगका लागि एकद्वार प्रणाली लागू गर्न माग गरे । वैदेशिक लगानी भिœयाउन सरकारले विदेशी लगानीकर्ताका लागि भने एकद्वारा प्रणाली लागू गरेको छ । "उद्योगका सबै काम एकै ठाउँबाट भयो भने धेरै झन्झट कम हुन्छ," सारडाले भने, "अहिले त एउटै कामका लागि पनि विभिन्न कार्यालय धाउनुपर्ने बाध्यता छ ।"
हाल स्थानीय सरकारले उद्योगको आफैं उत्पादन हुने वस्तुहरूमा पनि जवरजस्ती कवाडी कर लिने नीतिले उद्योगहरू मारमा परेका उद्योगी महेश जाजुले बताए । "एक उद्योगको उत्पादन अर्को उद्योगको कच्चापदार्थको रूपमा रहेकाले त्यस्ता वस्तुलाई कवाडीमा परिभाषित गर्नु न्यायोचित छैन," उनले भने, "यस सम्बन्धमा स्थानीय तहसँग उचित समन्वय गरी कवाडी सामानको स्पष्ट व्यख्या गरिदिनुपर्दछ ।" श्रमिकहरूको न्यूनतम् ज्याला कामको प्रवृति हेरी एवं प्रादेशिक हिसाबले तोकिनुपर्नेमा जोड दिए । साथै, भारतीय कामदारको हकमा सामाजिक सुरक्षा काट्न र बैंक खाता सञ्चालनमा कठिनाई हुने र १९५० को सन्धिविपरीत हुने हुँदा पुनरावलोकन गर्न उनले आग्रह गरे । उद्योगहरूले आयत गरेको कच्चापदार्थ र त्यही सामानको तयारी वस्तुमा महसुल दर कम्तिमा १५ प्रतिशत बनाउन सारडाले आग्रह गरे ।
जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छाले भारतीय उत्पादनसँग जुटका उत्पादनले प्रतिस्पर्धा गर्न गाह्रो भएको बताए । उनले भारतीय उत्पादनसँग प्रतिस्पर्धी बनाउन जुट उद्योगलाई विशेष प्राथमिकतामा राखेर बजेट ल्याउन आग्रह गरे । रोजगार, निर्यातमूलक र कृषिमा आधारित उद्योगका रूपमा जुटलाई लिने गरिन्छ । नेपालको औद्योगिक क्रान्ति पनि विराटनगर जुट उद्योग स्थापना भएसँगै वि.सं. १९९३ सालदेखि सुरु भएको थियो । इतिहाससँग जोडिएको जुट उद्योगको संरक्षण र सम्वद्र्धनमा राज्य गम्भीर हुनुपर्ने अध्यक्ष गोल्छाको जोड छ ।
उद्योगी नन्दकिशोर राठीले बैंकको ब्याजदरका कारण उद्योगी व्यवसायीहरू पलायन हुने अवस्थामा पुगेको उल्लेख गरे । औद्योगिक वातावरण अझै बन्न नसकेको उनको कथन थियो । राजस्वसम्बन्धी मुद्दामा जाँदा करदाताहरूले ५० प्रतिशत नगद धरौटी राख्नुपर्ने प्रावधानको सट्टा सो रकम बराबरको बैंक ग्यारेन्टीलाई मान्यता दिने व्यवस्था मिलाउनुपर्नेमा राठीले जोड दिए । "करदाताले मुद्दा जितेमा बैंक ग्यारेन्टी फुकुवा गर्ने एवं नगद धरौटी राखेको खण्डमा रकमको ब्याजसहित फिर्ता दिने नीतिको व्यवस्था गरिनुपर्दछ," उनले भने ।
उत्पादनको ६० प्रतिशतभन्दा कम मालवस्तु विदेश निर्यात गर्ने उद्योगहरूले कच्चापदार्थ आयात गर्दा भन्सार महसुल र मूल्य अभिवृद्धि करबापतको रकम नगदमा बुझाउनुपर्ने व्यवस्थाको सट्टा उत्पादनको कम्तिमा १० प्रतिशतभन्दा बढी विदेश निकासी गर्ने उद्योगलाई निकासीको तथ्यांकको आधारमा कच्चापदार्थ आयात गर्दा लाग्ने महसुलवापतको रकम बैंक ग्यारेन्टीको सुविधाको व्यवस्था गर्न पनि व्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाले बताए । विद्युत् महसुल दरमा २५ प्रतिशत छुटः उत्पादनमूलक उद्योगको हकमा विद्युत् महसुल दरमा २५ प्रतिशतसम्म छुट अनुदान दिने व्यवस्था मिलाउनसमेत उनले माग गरे । जसबाट उद्योगहरूका उत्पादन प्रतिस्पर्धात्मक हुने र विदेशी आयातलाई प्रतिस्थापन गर्न बल पुग्ने उनको सुझाव छ ।
विराटनगरको चक्रपथ निर्माण, विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्ने, जोगबनी–किमाथांका सडक निर्माण, हुलाकी राजमार्ग निर्माण, विराटनगरमा औद्योगिक प्रदर्शनीस्थल निर्माण, सगरमाथासम्मको बाटो बनाउन बजेट विनियोजन, पाथिभरादेवी, चतराधाम, हलेसी महादेवलगायतका स्थानको प्रवद्र्धनलाई प्राथमिकता राखेर बजेट बनाउन उद्योगीहरूले माग गरेका छन् । | 2020/01/21 15:38:37 | https://www.karobardaily.com/news/economy/19095 | mC4 |
E-News Nepali || Fast and Accuracy » प्रवास
दाङका २४ वर्षीय युवकको दुबईमा मृ'त्यु… मनमा दया भए Rip लेख्नुहोला
३१ जेष्ठ २०७९, मंगलवार १९:०३
काठमाण्डौ दाङका एक ब्यक्तीको दुबईमा मृत्यु भएको छ । बैदेशिक रोजगारीको सिलसिलामा दुबई गएका दाङ शान्तिनगर गाउँपालिका वडा नं. २ छोटे निवासी २४ बर्षीय खुमबहादुर थापाको मृत्यु भएको स्थानीय मनोज शर्माले जानकारी दिए । राति साथीहरुसंग कुरा गरेर सुतेका उनको मंगलबार विहान मृत्यु भएको हो । उनी एक बर्ष अघि विदेश.....
पोर्चुगलको समुन्द्र तटमा भेटियो सुजन सिलवालको शव..मनमा दया भए Rip लेख्नुहोला ।
२८ जेष्ठ २०७९, शनिबार ०९:२८
इटाली। करिब दुइ महिनाअघि देखि पोर्चुगलमा हराइरहेका नुवाकोट बेलकोटगढी–१२ का सुजन सिलवालको शव पोर्चुगलको समुन्द्रमा भेटिएको छ। उनी अप्रिल १५ देखि सम्पर्क बिहिन थिए । प्रहरीले बिहिबारमात्रै शवको पहिचान गरी एनआरएनए पोर्चुगललाइ खबर गरेको थियो । सिलवालको शव अहिले अस्पतालमा छ । सिलवाल रोजगारीको सिलसिलामा.....
पब्जी नखेल्नु भन्दा आमाकै ह'त्या गरे यी किशोरले, ला'स नजिकै बसेर पब्जी खेलिरहे…
२७ जेष्ठ २०७९, शुक्रबार ०३:११
काठमाडौं। विश्वभर चर्चित इन्टरनेट गेम अन्तर्गत पब्जी पनि पर्छ। यो खेल हरेक समूहमा लोकप्रिय छ। यो खेल विशेषत् ब'न्दुकसँग सम्बन्धित छ। यहाँ दुश्मलाई खोजेर ब'न्दुकले परास्त गर्ने मिसन हुन्छन्। यो खेल समूहमा पनि खेल्न सकिन्छ र यो खेलको विश्व च्याम्पियन्सिप पनि हुने गर्दछ। जसबाट करोडौं कमाउन सकिन्छ। यद्यपी.....
२५ जेष्ठ २०७९, बुधबार १७:०८
दु:खद खबर, प्र'तिब'न्धित मुलुक इराक पुगेका दुई नेपालीको मृ'त्यु' कारण यस्तो सम्म(हा'र्दिक श्र'द्धा'ञ्जली ) इराक । विदेशमा काम गरी कमाइ गर्ने सपना देखेर इराक पुगेका दुईजना नेपालीहरुको बाढीमा परी मृ'त्यु भएको छ । कामका लागि इराक आएका नेपालको दोलखा जिल्ला विगु गाउका पाल्देन शेर्पा र मोरङ्ग जिल्लाको लेटाङ्ग.....
उत्तर कोरियाले ३२ मिनेटभित्रै दक्षिण कोरियाली क्षेत्रमा हान्दियाे ८ वटा क्षेप्यास्त्र
२२ जेष्ठ २०७९, आईतवार ०३:४५
काठमाडौं । उत्तर कोरियाले दक्षिण कोरियाको क्षेत्रमा आज (आइतबार) आठ वटा छोटो दूरीको क्षेप्यास्त्र प्रहार गरेको छ । दक्षिण कोरियाले तत्काल यसबारे तथ्य सार्वजनिक गरेको छ । दक्षिण कोरियाको सेना प्रमुखका अनुसार उत्तर कोरियाले उसको पूर्व तटबाट दक्षिण कोरियाको जलिय क्षेत्रमा ८ वटा छोटो दुरीको ब्यालिस्टिक.....
हा'र्दिक श्र'द्धाञ्जली ! तनहुँका सन्तोष अधिकारीको साउदीमा नि'धन
२० जेष्ठ २०७९, शुक्रबार १६:३२
म्माम ,साउदी अरेबिया/ कमाएर आफू र आफ्ना परिवारको लागि केही गर्छु भनेरb वैदेशिक रोजगारको सिलसिलामा साउदी आएका तनहुँका सन्तोष अधिकारी सधैंको लागि साउदीमा नै अ'स्ताएको छ। साउदीको प्रतिष्ठित कम्पनी अल्मराईको दम्माम वायरहाउसमा कार्यरत तनहुँ भानु नगरपालिका-१३का स्व बाबुलाल अधिकारीका ३३ बर्षीय छोरा सन्तोष.....
युएईमा सबै कामदारको तलब 10 प्रतिशतले बढ्यो, नबढाउने यी कम्पनी कारबाहीमा परे..
१३ जेष्ठ २०७९, शुक्रबार १८:४२
दुबई : २०२२ मा तलब युएईमा रहेका सबै कामदारको तलब बढिमा १० प्रतिशतले बढ्ने भएको छ, युएईको समाचार संस्थाहरुले जनाए अनुसार बढिमा १० प्रतिशतले तलब वृद्धि हुनेछ । सर्वेक्षणले २०२१ मा १० प्रतिशतसम्म बृद्धि गर्नेहरूमध्ये ४१ प्रतिशत फर्महरूले सल्लाहकार, मानव संसाधन, उत्पादन, प्रविधि, रणनीति र सार्वजनिक क्षेत्रका.....
१२ जेष्ठ २०७९, बिहीबार ०२:२९
काठमाडौं । भारतले आफ्नो आन्तरिक बजारमा चिनी र गहुँको अभाव हुन नदिन निर्यातमा रोक लगाएको छ। गहुँ, चिनी र चिनीजन्य कच्चा पदार्थ निर्यातमा रोक लगाउने निर्णय भएको भारतको वैदेशिक व्यापार महानिर्देशनालयले जनाएको छ। केही दिनअघि गहुँ निर्यातमा रोक लगाएको भारतले फेरि चिनी निर्यातमा पनि रोक लगाएपछि त्यसको.....
७ जेष्ठ २०७९, शनिबार ०३:४३
रोल्पा पूर्व भलिबल खेलाडीसमेत रहेका रोल्पाका एक युवकको यूएईमा मृ'त्यु भएको छ । रोजगारका लागि तीन वर्षअघि यूएई पुगेका रोल्पा नगरपालिका–८ जंकोटका दीपक डांगीको गत शुक्रबार मृ'त्यु भएको परिवारले जनाएको छ। तीन वर्षअघि सु'रक्षा गा'र्डको रुपमा काम गर्न त्यहाँ पुगेका दीपक केही वर्ष नेपाली सेनामा आवद्ध रही.....
प्रधानमन्त्रीको यस्तो हर्कतले देशकै बेइज्जत, सामाजिक सन्जालमा चर्को आलोचना।
२ जेष्ठ २०७९, सोमबार १६:२९
काठमाडौ,जेष्ठ २। यतिखेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदि गौतम बुद्धको जन्मस्थल लुम्बिनी पुगेका छन। भैरहवामा बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलको उद्घाटनमा आउनु भएका नरेन्द्र मोदि सङ्गै नेपालका प्रधानमन्त्री शेर बहादुर देउवा समेत उपस्थित हुनु हुन्छ। आज बुद्ध जयन्तिको अबसर पारेर उद्घाटन.....
पेट्रोलियम पदार्थको भाउ बढेको निहुँमा जथाभाबी मूल्य वृद्धि गर्नेलाई ठाउँको ठाउँ कारबाही हुने, ११३७ मा उजुरी गर्न उपभोक्तालाई आग्रह
गायिका दिलमाया सुनार मृत फेला, सूर्य श्रेष्ठ पक्राउ
झन कडा भएर निस्किए बालेन, गुणस्तरिय काम नगर्ने ठेकेदारहरुलाई ठेगान लगाउँने उद्घोष !
अब खेतीयोग्य जमिन बाँझो राख्नेलाई रु १ लाख जरिवाना गर्ने (सहि वा गलत )
खुशिको खबर !! पेट्रोलमा २० र डिजलमा प्रतिलिटर २९ रुपैयाँ मूल्य घटाउने सरकारको घोषणा
माधव नेपाल भन्दा केपि ओलि नै सयौ गुणा देश प्रेमि रास्ट्रबादि नेता हुन ।( रामकुमारी झाँक्री)
म प्रचण्डको गुटमा नलागेको भए नेकपा फुट्ने थिएन, आत्मआलोचना गरेको छुः वामदेव गौतम
गगन थापा भन्दा पहिला म प्रधानमन्त्री बन्छु, गगन अब असफल भइसके : दुर्गा प्रसाई
रविले आँट गर्नुको पछाडी बालेनको हात !
महावीर पुन र बालेनको कुरो मिल्यो, बल्ल भयो निरन्तरतामा क्रमभंगता !
स्वास्थ्य राज्यमन्त्री विमलाले छट्पटाउदै 'एकराज खोइ' भनेपछी…
मेयर बालेन राजनीतिक व्यक्ति नभएकाले उनमा आलोचना सहने क्षमता रहेनछ : मुख्यमन्त्री राजेन्द्र पाण्डे
नेपालका विमानस्थल हेर्न लायक र रहरलाग्दा बनाउँछु तर हामीलाई बजेट कम भयाे : मन्त्री आले
एक्शनमा अर्थमन्त्री जर्नादन शर्मा, देश लुटेर खानेहरु कसैलाई नछाड्ने लिष्टसहित खोजि गर्दै सम्पत्ती देशको नाममा गरिने…
बालेन शाह काम गर्ने खाले मान्छे हैन यदि छिटो भन्दा छिटो राजीनामा नदिए जे पनि हुन सक्छ । मुकुन्द घिमिरे | 2022/06/26 07:46:35 | https://khabar.enewsnepali.com/news/category/%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%B5%E0%A4%BE%E0%A4%B8 | mC4 |
पुष्प सहकारीको १९ औं साधारणसभा | Tilottama Khabar .Com
Home अर्थ व्यवसाय2 पुष्प सहकारीको १९ औं साधारणसभा
बुटवल । बुटवल–७ पुष्पनगर स्थित श्री पुष्प बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १९ औं साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष चरण तिमल्सेनाको अध्यक्षता तथा बुटवल उप–महानगरपालिकाका प्रमुख शिवराज सुवेदीको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो । सो अवसरमा संस्थाका सल्लाहकार समेत रहनुभएका बुटवल नगर प्रमुख सुवेदीले सहकारीलाई बहुउद्देश्यीयको मर्मअनुसार काम गर्न सुझाव दिनुभयो । समाजको आर्थिक–सामाजिक रुपान्तरणमा सहकारीको महत्वपूर्ण भूमिका रहने नगर प्रमुख सुवेदीले प्रष्टाउनुभयो ।
सो अवसरमा संस्थाको प्रगति प्रतिवेदन पेश गर्दै अध्यक्ष तिमल्सेनाले संस्थाको कार्यक्षेत्र बुटवल नगरपालिकाबाट विस्तार गरी रुपन्देही जिल्ला कायम गराउन थालिएको जानकारी दिनुभयो । उहाँले सदस्यहरुको बीमा, आकश्मिक उपचार स्वरुप चालिस हजारसम्म विनोधितो कर्जालगायतका व्यवस्था सहकारीले मिलाएको बताउनुभयो । संस्थामा हाल ७१८ सदस्य रहेकोमा महिलाको संख्या ४१२ रहेको छ । संस्थाले आर्थिक वर्ष २०७४÷७५ मा चार लाख तीन हजार मुनाफा गरेको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।
साधारणसभामा पूर्व सांसद देवेन्द्र घिमिरे, वडाध्यक्ष कमलप्रताप थापा, विभिन्न सहकारी तथा संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिलगायतले शुभकामना मन्तव्य दिएका थिए । उपाध्यक्ष युवराज अमगाईंको स्वागत तथा सचिव कल्पना थापाको सञ्चालनमा कार्यक्रम भएको हो । | 2019/08/24 16:16:56 | http://tilottamakhabar.com/?p=1390 | mC4 |
विराटनगर । प्रहरीले विराटनगरबाट भारतीय रुपैयासहित एक महिलालाई पक्राउ गरेको छ । विराटनगर १५ रानीबाट दुईलाख भारतीय रुपैयासहित २५ बर्षिया कोरेसा खातुन पक्राउ परेको प्रहरीले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले खातुनलाई रानी नाकाबाट पक्राउ गरेको हो । उनी विराटनगर १७ को बासिन्दा हुन । खातुनको साथबाट पाँचसय दरका चारसय थान भारतीय नोट फेला परेको थियो । पक्राउ परेकी खातुनलाई भारतीय नोट सहित आबश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको छ । | 2022-12-09T15:51:51Z | https://www.biratpath.com/details/957.html | OSCAR-2301 |
गण्डकीमा एक महिनामा १८ हजार बढी पर्यटक - Jhilko
गण्डकीमा एक महिनामा १८ हजार बढी पर्यटक
५ आश्विन,२०७६ 139 0
कास्की, ३० असोज । गण्डकी प्रदेशमा एक महिनाको अवधिमा १८ हजारभन्दा बढी पर्यटक आएका छन् । प्रदेश सरकार आन्तरिक पर्यटन वर्ष सफल पार्न प्रचारप्रसारसँगै तयारीमा लागिरहेको बेला गण्डकीमा सेप्टेम्बरमा मात्र १८ हजार पर्यटक भित्रिएका हुन् ।
सरकारले प्रचारप्रसारलाई तीव्रता दिँदा आन्तरिक तथा बाह्यक पर्यटक आगमन बढ्दै गएको छ । गत अगस्टमा १६ हजार पर्यटक भित्रिएकोमा सेप्टेम्बरमा उक्त सङ्ख्या १८ हजार ३५१ पुगेको छ ।
गण्डकी प्रदेशमा पछिल्लो समय विदेशी पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र नेपाल पर्यटन बोर्ड प्रदेश कार्यालयले जनाएका छन् । ती संस्थाद्वारा जारी प्रेस विज्ञप्तिमा सरकारले सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष, २०२० लाई छिमेकी मुलुक पर्यटन वर्ष, २०२१ लाई पूर्वाधार वर्ष र २०२२ लाई बृहत् अन्तर्रा्ष्ट्रियस्तरको गण्डकी पर्यटन भ्रमण वर्ष मनाउँदै २० लाख पर्यटक भित्राउने लक्ष्य लिँदै गर्दा पर्यटकको संख्यामा दिन प्रतिदिन वृद्धि भएको जनाइएको छ ।
मन्त्रालयका पर्यटन महाशाखा प्रमुख कीर्तनराज पौडेलले गत वर्षदेखि नै पर्यटकको आगमन बढेको जानकारी गराए । पोखरा विमानस्थल, तनहुँको आबुखैरेनी, स्याङ्जाको गल्याङस्थित प्रहरी चौकीमा राखिएको अन्तर्रा्ष्ट्रिय पर्यटकको अभिलेख अनुसार मन्त्रालय र पर्यटन बोर्डले गरेको तथ्याङ्क सार्वजनिक गरेका हुन् ।
पोखरामा बढी पर्यटकीय क्षेत्र भएको र प्रदेश सरकारले अभियानमूलक प्रचारप्रसारका कार्यक्रम सञ्चालन गरेकाले विदेशी पर्यटकको आगमन बढेको पौडेलले जनाए । प्रेस विज्ञप्तिअनुसार सात हजार २१७ भारतीय र तेस्रो मुलुकबाट ११ हजार १३४ गरी जम्मा १८ हजार ३५१ पर्यटक भित्रिएका हुन् । यो गत महिनाको तुलनामा दुई हजार ४८९ जना अर्थात् १५.७ प्रतिशतले बढी हो ।
पर्यटन आगमनको दुई महिनाको अवस्था हेर्दा सहजै लक्ष्यमा पुग्न सकिने उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालको भनाइ छ तर नेपाल पर्यटन बोर्ड पोखराका प्रबन्धक सूर्य थपलियाले विदेशी पर्यटकको सङ्ख्या सन्तोषजनक रहे पनि अझै प्रभावकारी कार्यक्रम गर्नुपर्ने बताए । | 2020/01/23 12:25:52 | https://jhilko.com/post/--5723 | mC4 |
गुगलको नाफा चुलियो, ३ महिनामा ३ अर्ब डलर-Nagarikaawaj.com
गुगलको नाफा चुलियो, ३ महिनामा ३ अर्ब डलर
इन्टरनेट जाएन्ट गुगलले पछिल्लो त्रैमासिकमा झण्डै ३ अर्ब अमेरिकी डलर मुनाफा कमाएको छ । जुलाई देखि सेप्टेम्बर सम्मको तेश्रो त्रैमासिकमा गुगलले २ अर्ब ९७ करोड मुनाफा आर्जन गरेको हो ।
विश्लेषकहरुको अनुमानलाई नाघ्दै गुगलले उच्च मुनाफा गरेपछि कम्पनीको शेयर पनि ह्वात्तै बढेको छ । अक्टोबर १७ मा गुगलको शेयर मूल्यमा ६ प्रतिशतले वृद्धि भै ९४१.२५ पुगेको छ । गुगलका प्रमुख ल्यारी पेजले एक विज्ञप्ती मार्फत तेश्रो त्रैमासिक कम्पनीका लागि निकै ससक्त रहेको र ठूलो प्रगति हासिल भएको जनाएका छन् ।
गुगलले यो अवधिमा खासगरी विज्ञापनमार्फत हुने कमाइमा वृद्धि गरेको छ । विज्ञापनमार्फत हुने कमाइ अघिल्लो वर्षको सोही अवधिको तुलनामा २८ प्रतिशत तथा अघिल्लो त्रैमासिकको तुलनामा ८ प्रतिशतले बढेको हो । तर गुगलको मोटोरोला मोबाइल इकाइ भने घाटाबाटै गुजि्ररहेको छ । अगष्ट महिनामा मोटो एक्स फोन सार्वजनिक गरेपनि मोटोरोलाको खुद घाटा २४ करोड ८० लाख डलर रहेको छ ।
गुगलले दिएको जानकारी अनुसार अहिले यु ट्युबका प्रयोगकर्ता मध्ये ४० प्रतिशत मोबाइल फोनबाट यु ट्युब प्रयोग गर्छन्, जबकी दुइ वर्ष अघि त्यो संख्या ६ प्रतिशत मात्र थियो । मोबाइल फोनमार्फत इन्टरनेट प्रयोगकर्ताको संख्या निकै बढेसागै गुगलले पनि मोबाइल विज्ञापनमा ध्यान केन्दि्रत गरेको छ । मोबाइल फोनमार्फत इन्टरनेट चलाउादा देखिने विज्ञापनको शुल्क अन्य परम्परागत कम्प्युटर ब्राउजरको विज्ञापनको तुलनामा निकै सस्तो बनाएको छ गुगलले । विश्व विज्ञापन बजारमा गुगललको हिस्सा ६.९ प्रतिशत रहेको छ । फेसबुक भने गुगलभन्दा निकै अगाडि रहेको छ । उसको विज्ञापन बजारमा १४.९ प्रतिशत हिस्सा छ । | 2019/06/18 09:41:07 | http://www.nagarikaawaj.com/2013/10/464/ | mC4 |
मानिस .. – Kantipur Hotline
आजबाट हामीले विचार स्तम्भमा पूर्वसंविधानसभाका सदस्य शोभाकर पराजुली द्दारा लिखित लोकतन्त्र र समाजवाद पुस्तक श्रृखलावद्धरुपमा प्रकाशन गर्दैछौं । प्रस्तुत पुस्तकको श्रृखला विशेष गरिमोफसलबाट प्रकाशित हुँने पत्रपत्रिका र कनैपनि अनलाईले साभार गरि प्रकाशन गर्न सकिन्छ । तर स्रोत उल्लेख गर्नु भएमा हामी आभारी हुने जानकारी गराउँदछौं ।
हामी आनन्द चाहन्छौं अर्थात् सबै प्रकारका पीडा र अप्ठेराहरूबाट मुक्ति चाहन्छौं । तर ती सुखहरू कहाँ छन् त ? "खोज्दछन् सबै सुख भनी सुख त्यो कहाँ छ ? आँफू मिटाई अरुलाई दिनु जहाँ छ । "यो वाक्य त हामीले धेरै पहिलादेखि सुन्दै आएका हौ" । मानिसहरू सुखको लागि अध्यात्मको खोजी गर्दछन् वा बाटो लिन्छन् । आध्यात्मिक माध्यमद्धारा सुख पाउने चेष्टा पनि गर्दछन् । कहिलेकाँहि अचम्म पनि लाग्दछ, खरानी घसेर अरुले दिएको दानमा बाँच्दा खुसी हुने मानिस पनि यो दुनियाँमा छन् । माग्नेहरू पनि छन् । खान नपाएपछि र काम गरेर भन्दा माग्न सजिलो भएपछि मानिसले त्यसो गर्नु स्वभाविक हो पनि भन्न सकिएला । यथार्थ त्यही" गएर मात्र टुंगिंदैन । किनकि करोडौँ सम्पति हुने मानिसहरू पनि कुनै कारण त्यसलाई त्याग गरेर मठ, मन्दिर, गुम्बा आदिमा आनन्द र सन्तोष लिएर बसेका पाइन्छन् । त्यो सुख वास्तवमा सुख हो कि होइन ? अर्कोतर्फ सम्पत्ति जति कमायो उति कमाउन मन लाग्ने मानिसहरूको स्वभाव छ । यो स्वभावले लोभलाई अझ तीव्र पारेको पनि पाइन्छ । अरबौ" सम्पत्ति हुनेहरू पनि कर छलेर वा अन्य मान्यता विपरीतका कार्यहरू गरेर अझ सम्पति कमाउन चाहन्छन् । के त्यो सम्पति कमाउनुको अर्थ हीराको खाना खानु हो ? वा सबैभन्दा महंगा वस्तुहरू उपयोग गर्नु हो ? हीरा त शरीर बाहिर मात्र ठीक हो, पेटमा परेमा मृत्युवरण हुन जान्छ । शरीरमा कपडा वा गहना लगाएको देखाएर अरुलाई आफु प्रति इष्र्यालु बनाउने हो कि ? नहुनेलाई ठूलो सम्पतिवाल छु भनेर सान देखाउने हो कि ? या यसको अनावश्यक फुर्ती लगाउनेमाथि नहुनेहरूको घृणा थप्ने हो ? वा डाँकाहरूलाई आमन्त्रण गरेर आफ्नो ज्यान खतरामा पार्ने हो ? वास्तविक आनन्द अर्थात् विकास र समानतामा लगाव तर उपयोगप्रति निष्पृहता ।
सम्पतिका संवन्धमा कतिपय विवादास्पद अनुभवहरू छन् । सुखका बारेमा पनि छन् । सुख भनेको बाहिरी सम्पतिबाट आउने हो कि मनबाट आउने हो ? मनबाट आउने हो भने सुख सम्पतिमा छैन भन्न सकिन्छ । बाहिरी सम्पतिको प्राप्तिबाट सुख आउने हो भने पनि यसको कुनै ठेगान रहेनछ । कहिलेकाँही सुरक्षाको प्राप्ति र सम्पतिको अनावश्यक क्षतिबाट बचाउनु पनि सुख हुँदोरहेछ । नेपालमा माओवादीहरूबाट पीडित भएर, उनीहरूलाई खान दिने, बस्न दिने, छोरीबुहारीहरूलाई यौन शोषणबाट बचाउने, कुटिन वा मारिनसम्मबाट बचाउने र जबर्जस्ती पैसा असुल्ने कार्यबाट बच्ने उद्देश्यका लागि पनि काँग्रेस समेतबाट माओवादीमा प्रवेश गरेको जानकारी पाइयो ।
सुख ? केलाई मान्ने सुख ? र केलाई मान्नु पर्ने सुख ? उनीहरू, जो काँग्रेस समेतबाट माओवादीमा प्रवेश गरे तिनीहरूलाई माओवादीको रातो टीका लगाउनासाथ महसूस भयो होला कि अब विस्थापित हुने एउटा ठूलो डर समाप्त भयो । अब कुटपिट हुने, मारिने वा झूठा आरोपमा समाजमा बेइजती सहन पर्ने पीडाको तात्कालिक रुपमा अन्त्य भयो । मानिसहरूलाई लाग्यो होला, अब ताली र मत दिएको भरमा सुरक्षा हुने भयो र राति कुनै डर बिना आनन्दले सुत्न पाइने भयो । विशेषतः महिलाहरूले राति उठेर डरले खाना बनाई दिनु पर्ने, अरु सेवा गर्नु पर्ने अवस्थाको अन्त्य भयो । त्यस्तै, घरभित्रै सुतेको बेलामा घरमा नै आगो लगाउने अवस्थाबाट मुक्ति पाइने भयो । त्यति मात्र होइन हिजोसम्म सामन्त, प्रतिक्रियावादी आदि आरोप लाग्ने गरेकोमा अब त्यो डर भएन बरु सम्पति बचाउनको लागि, इज्जत बचाउनको लागि हम्मे हुने अबस्थाको अन्त्य त भयो नै, अब ती रिसाहा र देख्दै राक्षसका अवतार र जिउँदै नरक लग्न खोज्ने बन्दुक बोकेकाहरू हात मिलाएर कमरेड भन्ने भए । कहिलेकाँही खानसम्म दिन परे पनि उनीहरूले इज्जत गर्ने भए । उनीहरूले खाएका भाँडा माझ्नै नपर्ने भयो । आर्थिक अवस्था उस्तै रहँदा पनि र अझ चन्दा समेतका बोझ र डरहरू हट्दा पनि एकै चोटी सामन्तबाट सर्वहाराको पक्षधर हुन पुगियो । ब्यक्तिगत जीवनमा सजिलो भयो । कस्तो विडम्बना ? सम्पति बचेपछि सर्वहारा बन्न पाइने भयो । जबरजस्ती लादिएको यो कस्तो परिभाषा हो हँ ? सम्पत्ति कमाएर सुखी हुने सपना देख्नेहरू अब सम्पति नलुटिँदा, परिवारको इज्जत नलुटिँदा तथा अन्य आरोप नलाग्दा पनि खुसी हुने भए । के खुसीको सीमा र असीमित खुसीमा कुनै लक्ष्मण रेखा छ ?
महामानव बी. पी. ले भन्नु भएको छ लोकतन्त्रको रुप जस्तो पनि– हुन सक्दछ तर त्यसमा सत्ताधारीहरू सरह अरु विचारहरूलाई पनि जनताले आवधिक रुपमा छान्न पाउनु पर्दछ । उहाँको विचारमा त्यसो नहुँदा जोसंग बढी ठूलो तरवार छ उसैको शासन हुन्छ । बी. पी. का यी अवधारणाहरूका आधारमा पनि तरबार (बल प्रयोग) लोकतन्त्रको गुण हुन सक्दैन । दलका हतियारधारी जत्था र दलका लडाकुहरूको आधारमा राजनीति हुनु र राज्यको ढुकुटी प्रयोग हुने संस्थामा दलका भातृ संङ्गठनहरू हुनु लोकतन्त्रको परिचय होइन । तर लोकतन्त्रवादीहरूले पनि फलामले फलामलाई काट्छ भन्ने मान्यताका आधारमा एकदलीय सर्वसत्तावादीको एकछत्र राजबाट बचाउन संगठन खोल्नु पर्ने अवस्था आउन सक्दछ । तर त्यो अस्थायी र फलामले फलामलाई काट्ने हदसम्म मात्र । | 2022/07/06 06:50:24 | https://www.kantipurhotline.com/2015/07/%E0%A4%AE%E0%A4%BE%E0%A4%A8%E0%A4%BF%E0%A4%B8/ | mC4 |
नेपाल आज | प्रधानमन्त्रीसँग महन्थ ठाकुर पक्षको माग : संविधान संशोधन, झुठा मुद्दा फिर्ता र रेशम चौधरीलाई रिहा गर
प्रधानमन्त्रीसँग महन्थ ठाकुर पक्षको माग : संविधान संशोधन, झुठा मुद्दा फिर्ता र रेशम चौधरीलाई रिहा गर
मङ्गलबार, ०५ साउन २०७८ गते प्रकाशित - नेपाल आज (विशेष)
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)को महन्थ ठाकुर पक्षले संविधान संशोधन र रेशम चौधरी लगायतका नेता कार्यकर्ताको रिहाइको माग लगमयत विभिन्न मुद्दाको सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
साउन २ देखि ५ गतेसम्म बबरमहलमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारको यस्तो ध्यानाकर्षण गराएको हो।
३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिँदा ठाकुर पक्षले पनि मत दिएको थियो । आफ्नो माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि प्रधानमन्त्रीलाई विश्वासको मत दिएको भन्दै ठाकुर पक्षको कार्यकारिणी समिति बैठकले भनेको छ, 'मुद्दाहरुको सम्बोधनार्थ प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने ।'
यो पक्षले संविधान संशोधन, मुद्दा फिर्ता र कार्यकर्ताको रिहाइका साथै लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, नागरिकतासम्बन्धी समस्या समाधान गर्नुपर्ने, स्थानीय तहहरुको जनसंख्याका आधारमा पुनस्र्थापना गर्नुपर्ने माग पनि अघि सारेको छ ।
एक केन्द्रीय सदस्यका अनुसार बैठकमा नेताहरुले प्रधानमन्त्री देउवाले मिलेर काम गरौं भनेपछि विश्वासको मत दिएको बताएका थिए ।
कार्यकारिणी समितिको बैठकले केही मुद्दा फिर्ता, नागरिकता अध्यादेश जारी, संविधान संशोधन कार्यदल गठन लगायतका लागि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएको छ ।
साथै सबै नेपालीलाई निःशुल्क खोप व्यवस्था गर्न, आर्थिक राहत प्याजेक ल्याउन तथा नेपाल भारत सीमामा सहज आवतजावतको प्रबन्ध मिलाउन सरकारसँग माग गरेको छ ।
त्यस्तै बैठकले वर्षायाम शुरु भएकोले जनतालाई बाढी, पहिरो र डुबानबाट बचाउन पनि सरकारसँग माग गरेको छ । त्यसैगरी बैठकले नेपालको अथैतन्त्र कृषिमा आधारित भएकोले किसानहरुलाई समयमा मलखाद उपलब्ध गराउन माग गरेको छ।
त्यस्तै बैठकले नेपाल-भारत सिमाना भई आवत-जावतको सहजताको लागि आवश्यक प्रबन्ध मिलाउन पनि सरकारसँग माग गर्ने निर्णय गरेको छ। | 2022/05/23 23:27:51 | https://www.nepalaaja.com/2021/7/2021720102757 | mC4 |
आदिवासी जनजाति महासङ्घमा बराम विजयी « Sansar News
६ पुष २०७३, बुधबार ०५:३९
६ पुस,चितवन। नेपाल आदिवासी जनजाति महासङ्घको नवौँ राष्ट्रिय महाधिवेशनले जगत बरामको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
नयाँ नेतृत्वका लागि नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)लगायत अन्य साना दलकोे प्यानलबाट जगत बरामले नेकपा (एमाले)का तर्फबाट अध्यक्षका उम्मेदवार रहेका सूर्य भुजेललाई आठ मतले पछि पार्दै विजयी हुनुभएको हो । ५६ मतदाता रहेको महासङ्घमा बरामले ३१ र भुजेलले २३ मत पाउनु भएको थियो भने एक मत बदर र एकजना मतदानमा सहभागी नभएको निर्वाचन समितिले जनाएको छ ।
तेह्र सदस्यीय सचिवालयलाई बढाएर २१ सदस्यीय बनाएको महासङ्घका अध्यक्ष नगेन्द्र कुमालले बताउनुभयो । संशोधित विधान अनुसार अध्यक्ष, महासचिव र कोषाध्यक्षसहित आठ उपाध्यक्ष र १० सचिव हुने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । रासस | 2021/10/20 19:33:33 | https://sansarnews.com/20428/ | mC4 |
मोडल अञ्जली अधिकारीलाई कलेजमा नै अर्जुनले समाएपछि भो हङ्गमा (भिडियो ) « Bikas Times
मोडल अञ्जली अधिकारीलाई कलेजमा नै अर्जुनले समाएपछि भो हङ्गमा (भिडियो )
काठमाडौं । पछिल्लो समय चर्चित मोडल अञ्जली अधिकारीको चर्चा थप चुलिएको छ । एक पछि अर्को चर्चित गीतमा छाएकी अञ्जलीले बोलमाया, गलबन्दीपछि पछाडी फर्केर हेर्नु परेको छैन । यसैबिच नयाँ वर्षको अवसर पारेर लोकदोहोरी गायक बैकुण्ठ महत र गायिका एवं उद्घोषीका शितल शर्माले बजारमा ल्याएको उपहार 'पिरतीमा ए प्लस'मा पनि अञ्जलीकै अभिनय रहेको छ । जसमा अञ्जली अधिकारीसँग अर्जुन गौतमले अभिनय गरेका छन् ।
गीतकार रमेश बिजीको शब्द सिर्जना रहेको उक्त गीतमा गायक महतले नै संगीत भरेका हुन् । प्रिज्म स्टेडियोमा रेकर्ड गरिएको गीतका कृष्ण बिक 'भान्जा' को संगीत संयोजन रहेको छ । गीतमा अन्य गायक गायिकाहरु गोविन्द अनेक, पदम ल्वागुन, स्मृती शाही र आकृति विश्वकर्माले पनि बैकुण्ठ र शिलतलाई आवाजमा साथ दिएका छन् । मौसम हिमालीले निर्देशन गरेको भिडियोलाई करण चैसीरले छायांकन गरेका हुन् ।
मनोज कार्कीले सम्पादन गरेको उक्त गीतको भिडियो गायिका शितल शर्माकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीतको शब्दमा विद्यार्थी जीवन र माया प्रेमका विषयलाई कलात्मक तरिकाले उठाइएको छ । जुन भिडियोमा हेर्दा हरेक युवायुवतीले आफ्नै कलेज लाइफका दिनको याद गर्नेछन् ।
काठमाडौँ । अभिनेत्री वर्षा राउतलाई कोरोना संक्रमण देखिएको छ । संक्रमणको आशंकापछि पीसीआर गरेकी वर्षामा | 2021/05/11 22:02:40 | https://www.bikastimes.com/2021/04/64331/ | mC4 |
February 26, 2021 - Fonij Korea
कोरियामा शुक्रबारदेखि कोरोना विरुद्ध खोप लगाउन शुरु
दक्षिण कोरियामा शुक्रबारदेखि कोरोना विरुद्धको खोप लगाउन शुरु गरेको छ । पहिलो पटक सउलका ६१ वर्षिय महिला स्वास्थ्यकर्मीबाट शुरुवात गरी देशैभरीका विभिन्न स्थानबाट पहिलो चरणको खोप लगाउन शुरुवात गरिएको हो । व्रिटिस स्विडेनी फार्मास्यूटिकल विशाल एस्ट्राजेनेको साझेदारीमा कोरिया स्थित एसके वायोसाइन्स कम्पनीद्धारा निर्मित एस्ट्रेजेनेका खोप लगाउन शुरुवात गरिएको छ । पहिलो चरणमा ७ लाख ८५ हजार जनालाई दुई डोज लगाउन सकिने खोप तयार परिएको छ । ६५ वर्ष भन्दा मुनीका स्वास्थ्यकर्मी र अस्पतालमा उपचार्थ विरामीहरुलाई पहिलो चरणमा खोप लगाउदै छन् । स्वास्थ्यअधिकारीहरुका अनुसार पहिलो चरणको खोप मार्चसम्म लगाइ सकिने छन्फुर्सदमा
तामाङ भाषा नेपाल र नेपालबाहिर भारतको उत्तर-पूर्वी राज्यहरू (पश्चिम वंगाल, सिक्किम, आसाम, नागालैंड), भूटान र म्यानमार आदि देशमा पनि फैलिएको छ। तामाङ भाषीहरू नेपालमा विशेष गरी बागमती प्रदेशमा केन्द्रित छन् र गण्डकी प्रदेश, प्रदेस नं. २ र प्रदेस नं. १ मा पनि बाक्लो बसोबास पाइन्छ। यस भाषाको के कति क्षेत्रीय भेद र उपभेदहरू छन् (यसलाई 'भौगोलिक भेद' पनि भन्न सकिन्छ र परम्परागत रूपमा 'भाषिका' भनिन्थ्यो), यसबारे हालसम्म भाषावैज्ञानिक अध्ययन अनुसन्धान खासै हुनसकेको छैन। आजको सन्दर्भमा कुनै पनि भाषाको क्षेत्रीय भेदहरूको भाषावैज्ञानिक अध्ययन हुन आवश्वक छ। यस प्रकारको भाषिक सर्वेक्षणबाट भाषाकोफुर्सदमा | 2021/04/18 11:17:27 | https://fonijkorea.net/news/date/2021/02/26 | mC4 |
प्रधानाध्यापकको कुटाइबाट छात्रा घाइते, अवस्था जटिल | Latest news of Nepal,world news, articles, literature, Business news, Entertainment and more प्रधानाध्यापकको कुटाइबाट छात्रा घाइते, अवस्था जटिल
फागुन ११ गते, २०७७ - १०:१२
कञ्चनपुर । भीमदत्त नगरपालिका–९ मटैनामा रहेको बैजनाथ माध्यमिक विद्यालयका प्रद्यानाध्यापक खड्कसिंह विष्टको कुटाइबाट एक छात्रा घाइते भएकी छन् । कक्षा ९ मा अध्ययनरत छात्रा मनिका नाथलाई प्रधानाध्यापक विष्टले सोमबार कुटपिट गरेका हुन् । कुटपिटबाट घाइते भएकी छात्रा नाथलाई उपचारका लागि महाकाली अस्पतालमा भर्ना गरिए पनि अवस्था जटिल भएका कारण थप उपचारका लागि कैलालीको धनगढीतर्फ लगिएको छ । छात्रा नाथको टाउकामा चोट लागेको छ । | 2021/03/02 01:09:54 | https://www.khabardabali.com/2021/02/305963/ | mC4 |
भरतपुर, वैशाख १ गते । नयाँ वर्ष २०७६ को पूर्वसन्ध्यामा पर्यटकीय नगरी सौराहा आन्तरिक पर्यटकले भरिभराउ छ । २०७५ लाई बिदा गर्दै २०७६ लाई स्वागत गर्न सौराहा पर्यटक भरिएका हुन् ।
आज (शनिवार) दिउँसैदेखि 'फूलअकुपेन्सी' छ, क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेले भन्नुभयो, होटलमा कोठा नपाएर फर्कने धेरै छन् । नयाँ वर्षको अवसरमा नेपालीहरू बढी आएको पनि उहाँले जनाउनुभयो ।
उहाँले भन्नुभयो, सामान्य अवस्थामा सौराहामा दैनिक ४० प्रतिशत नेपाली र ६० प्रतिशत विदेशी पर्यटक आउने गर्दछन् तर नयाँ वर्ष भएर होला ८० प्रतिशत नेपाली र २० प्रतिशत विदेशी सौराहामा छन् ।
सौराहा देशकै तेस्रो पर्यटकीय गन्तव्य हो । यहाँ ११० होटलमा पाँच हजार पाँच सय कोठा छन् । सौराहाका अलवा चितवनमा भरतपुर, सौराहा, जगतपुर, पटिहानी र मेघौलीमा पनि पर्यटकीय होटल छन् ।
सौराहाको औसत अकुपेन्सी ४० देखि ५० प्रतिशत हो तर नयाँ वर्षकै कारण अहिले फुलअकुपेन्सी छ, उहाँले भन्नुभयो । नयाँ वर्षमा शैक्षिक संस्थाहरू बन्द हुने र छोराछोरीलाई फुर्सदका बेला घुमाउने संस्कार बढ्दै गएकाले पनि सौराहामा पर्यटकको चाप बढेको बताइन्छ ।
नेपालीमा पनि घुमफिर गर्ने प्रवृत्ति बढेको छ, उहाँले भन्नुभयो । अहिले सौराहा आउने पर्यटक नेपालीबाहेक भारतीय, चिनियाँ र युरोपेली छन् । काठमाडौँबाट परिवार लिएर सौराहा घुम्न आउनुभएका रोशन घिमिरे बच्चाहरूकै कारण घुम्न आएको बताउनुभयो ।
वन र वन्यजन्तुमा आधारित पर्यटनका लागि विश्वभर ख्यातिप्राप्त चितवनमा अहिले वार्षिक डेढ लाखका हाराहारीमा पर्यटक भित्रिइरहेका छन् । यसरी आउने पर्यटकमध्ये ९० प्रतिशत सौराहा आउने गर्दछन् ।
हाल चितवनमा आउने पर्यटकको बसाइ २.४ दिन छ । सौराहा आउने पर्यटकले प्याकेजमा अठार हजारदेखि चौबीस हजार रुपियाँसम्म खर्च गरिरहेका व्यवसायीहरू बताउँछन् ।
सौराहा हात्ती सफारी गरी गैँडा, बाघजस्ता जनावर अवलोकनका लागि ख्यातिप्राप्त छ । पछिल्लो समय जिप सफारी पनि निकुञ्जमा छ । नारायणी राप्तीलगायतका नदीमा डुङ्गा सयर, थारू सङ्ग्रहालय र सांस्कृतिक कार्यक्रमले पनि सौराहामा पर्यटक तानिरहेका छन् ।
नारायणगढको व्यापारिक घरना चुके परिवारले भरतपुर महानगरपालिका ३ स्थित न्यूरोडमा ३५ करोड रुपियाँको लगानीमा तीन तारे होटल निर्माण सुरु गरेको छ । हालै शिलान्यास भई निर्माण सुरु भएको सो होटलको लगानीको बजेट जग्गाबाहेकको हो । जग्गा भने उहाँहरूको पुख्र्यौली हो ।
भरतपुर महानगरपालिकाका पूर्वप्रमुख मुक्तिलाल चुकेका तीन भाइ छोरा मिलेर थ्री पिल्लर नाममा नयाँ होटल स्थापना गर्न लाग्नुभएको हो । चुकेका तीनै भाइ छोरा नारायणगढका प्रतिष्ठित उद्यमी तथा व्यवसायी हुनुहुन्छ । थ्रि पिल्लरका सञ्चालन समितिका अध्यक्ष एवं उद्योग वाणिज्य सङ्घ चितवनका पूर्वअध्यक्ष उत्तमलाल चुके चितवनमा सुविधा सम्पन्न्न होटल सञ्चालन गर्ने गरी निर्माण कार्य सुरु भएको बताउनुभयो । उहाँले दुई वर्षभित्र होटल सञ्चालनमा ल्याइने योजना रहेको बताउनुभयो । यस्तै भरतपुर १० मै एक अर्ब ४१ लाखको लगानीमा चितवन होटल रिसोर्टको निर्माणको काम भइरहेको छ । एक वर्षअघि निर्माण थालनी भएको यो रिसोर्टले पनि आगामी एक वर्षभित्र आफ्नो सेवा सुरु गर्ने बताइएको छ ।
यता भरतपुर १० मै होटल सिँचाइ चुलीको निर्माण भइरहेको छ । ६० करोड रुपियाँ लागतमा निर्माण गर्न लागिएको सो होटल आगामी वर्षदेखि सञ्चालन गर्ने तयारी गरिएको छ । सरकारले लगानीकर्तालाई आकर्षण गर्न लगानी सम्मेलन भर्खरै सकेको भए पनि चितवनमा भने ठूला लगानीमा होटल यसअघि नै निर्माण भइरहेका छन् । चितवन पर्यटन विकास समितिका महासचिव विश्व सुवेदीका अनुसार अहिले पनि आठवटा नयाँ ठूला होटल निर्माण भइरहेका छन् । वन र वन्यजन्तुमा आधारित पर्यटनको विकास भएको देशकै तेस्रो गन्तव्य सौराहा रहेको चितवनमा अहिले २१६ वटा ठूला होटल सञ्चालनमा छन् ।
चितवन उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सहनलाल प्रधान यातायातका साधन सहज पहुँच भएका कारण पनि चितवनमा होटल व्यवसाय स्थापनामा आकर्षण बढेको बताउनुहुन्छ ।
अन्यत्रका तुलनमा चितवनमा औद्योगिक सुरक्षा बढी छ । अन्तर्राष्ट्रिय क्रिकेट मैदान, सिटी हललगायतका ठूला योजना निर्माण हँुदै गरेका कारण पनि लगानीकर्ताको आकर्षण होटल व्यवसायमा गएको हो, प्रधानले भन्नुभयो । तारे होटलहरू खुल्न थाल्नु चितवनको आर्थिक विकासमा टेवा पु¥याउनु हो । | 2019/06/24 20:23:58 | http://gorkhapatraonline.com/news/69027 | mC4 |
रूसी ग्यासमा प्रतिबन्धबारे ईयुमा फेरि विवाद, ईयू ऊर्जा मन्त्रीहरूको आपतकालीन वार्ता :: NepalPlus
रूसी ग्यासमा प्रतिबन्धबारे ईयुमा फेरि विवाद, ईयू ऊर्जा मन्त्रीहरूको आपतकालीन वार्ता
नेपालप्लस संवाददाता२०७९ वैशाख १९ गते १२:३०
रुसी ग्यास कटौतीपछि ईयूका ऊर्जा मन्त्रीहरूले सोमबार आपतकालीन वार्ता गरेका छन् ।
रुसी ग्यास लिएबापत रुसी मुद्रा रुबेलमा भुक्तानी गर्नुपर्ने रुसी मागलाई नसुनेपछि रुसले इयुमा आउने ग्यास काटिदिएको छ ।
मस्कोको मागलाई युरोपेली खरीददारहरूले रुबलमा रूसी ग्यासको लागि भुक्तान गर्न वा तिनीहरूको आपूर्ति कटौतीको सामना गर्नुपर्ने मागलाई एकजुट भएर प्रतिक्रिया जनाउन वार्ता गरेका हुन् ।
ईयु ऊर्जा मन्त्रीहरू रूसी तेलमा प्रतिबन्ध सम्बन्धी सम्झौतामा पुग्न नजिक पुगेका छन् । फ्रान्सका डेभ किटिंगले ब्रसेल्सबाट गरेको रिपोर्ट अनुसार यो हप्ताको गहन वार्ता पछि संझौता नजिक पुगेको उल्लेख गरेका छन् ।
जर्मनीले रूसको ऊर्जा आयातमा चरणबद्ध प्रतिबन्ध गर्न सहमत भएको छ जुन सन् २०२३ को अन्त्यमा सुरु हुनेछ । इयु देशहरूलाई अन्य वैकल्पिक आपूर्तिकर्ताहरू खोज्ने र परिवर्तन समायोजन गर्न पर्याप्त पूर्वाधार निर्माण गर्ने मौका दिन प्रतिबन्ध तुरुन्तै सुरु गर्न नसकिने भएको हो ।
रसियाले गत हप्ता बुल्गेरिया र पोल्याण्डलाई ग्यास आपूर्ति रोकेको थियो । उनीहरूले रुबलमा प्रभावकारी रूपमा भुक्तान गर्ने आफ्नो माग पूरा गर्न अस्वीकार गरेपछि रोकेको हो ।
अस्ट्रिया, इटाली र हंगेरी लगायतका अन्य देशहरुले रूसी जीवाश्म ईन्धनमा निर्भरता भएकाले तिनीहरूको अर्थतन्त्रमा सम्भावित प्रभावको कारण चिन्ता व्यक्त गरेका छन् ।
ती देशहरूले यस वर्ष रूसी ग्यास प्रयोग गर्न बन्द गर्ने योजना बनाइसकेका छन् । उनीहरूले अभावसँग सामना गर्न सक्ने बताएका छन् । तर यसले युरोपको रुसी ग्यासमा प्रमुख निर्भर र ईयुको प्रमुख आर्थिक नेत्रित्वकर्ता जर्मनी सहित अन्य ईयू देशहरूमा अर्को संकट हुनसक्ने डर बढाएको छ।
हंगरीका प्रधानमन्त्री भिक्टर ओर्बानले विगतमा ईयूले रुसी ऊर्जामा प्रतिबन्ध लगाउने प्रयासलाई ईयुको भिटो लगाउने धम्की दिएका थिए ।
ओर्बान रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको लामो समयदेखिका सहयोगी हुन् । यद्यपि अहिलेको संवेदनशिल अवस्थामा भिटो गर्दा पोल्याण्ड, स्लोभाकिया र चेक गणतन्त्रसँग उसले गरेको नवगठित गठबन्धनलाई ध्वस्त पार्न सक्ने किटिंगले बताए ।
यो असहमतिको बीचमा रूस विरुद्ध ईयूको संयुक्त मोर्चालाई अवरुद्द गर्ने धम्की पनि रुसले दिएको छ ।
यसैबिच फ्रंस २४ न्युजका अनुसार युक्रेनको ग्यास पाइपलाइन अपरेटरको डाटाले देखाए अनुसार युक्रेन मार्फत युरोपमा रूसी ग्यास आपूर्तिको लागि सोमवारदेखि माग बढेको छ ।
तथ्यांकअनुसार सोमबार नौ करोड ८८ लाख घनमिटर ग्यास आपूर्तिकोलागि अनुरोध आएको छ । आइतवार नौ करोड ७२ लाख घनमिटर थियो ।
एक अर्को समाचार अनुसार रुसी तेलमाथि नाकाबन्दी लगाउने पक्षमा अझै केही देश नरहेको जर्मन ऊर्जा मन्त्रीले बताएका छन् ।
जर्मन अर्थमन्त्री रोबर्ट हाबेकले सोमवार भने "मैले रुसी ग्यासमाथि प्रतिबन्ध लगाउनेबारे फरक देशका भिन्न प्रक्रितियाहरु सुनें । केहि देशहरु यस्तो निर्णयका पक्षमा छैनन् ।"
केहि समय अघि युरोपेली युनियनका दुई कूटनितिज्ञहरुले इयुले यसै वर्षको अन्त्यसम्म रुसी ग्यासमा प्रतिबन्ध लगाउने बताएका थिए ।
"जर्मनी आर्थिक विपत्ति ल्याउन चाहँदैन" हबेकले भने ।
उता, हंगेरीले रूसी तेल र ग्यास आयातमा ईयु प्रतिबन्धको विरोध गर्ने हंगेरीका प्रवक्ताले बताएका छन् ।
सरकारी प्रवक्ता जोल्टन कोभाक्सका अनुसार हंगेरीले रुसी तेल र ग्यास आयातमा युरोपेली संघको कुनै पनि प्रतिबन्धको विरोध गरिरहेको छ ।
"कुनै पनि तेल र ग्यास प्रतिबन्धको सम्बन्धमा हंगेरीको अडान परिवर्तन भएको छैन । हामी तिनीहरूलाई समर्थन गर्दैनौं" कोभाक्सले रोयटर्सका प्रश्नहरूको इमेल जवाफमा भने । | 2022/05/29 01:11:49 | https://www.nepalplus.com/2022/05/14852.html | mC4 |
राजदूत प्रतिभा राणाको चारवर्षे कार्यकालको उपलब्धि: नेपाल-जापान अझ प्रगाढ – Nepal Japan
राजदूत प्रतिभा राणाको चारवर्षे कार्यकालको उपलब्धि: नेपाल-जापान अझ प्रगाढ
कोरोना खोप सहयोगको मुक्तकण्ठले प्रशंसा
नेपाल जापान १८ आश्विन १९:४३
जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले आफ्नो कार्यकालमा नेपाल तथा जापानबीचको प्रगाढ सम्बन्धमा अरु विस्तार भएको र यसबीचमा नेपाल र नेपालीको हितका लागि थुप्रै कार्य भएको बताउनु भएको छ ।
आफ्नो चार वर्षे आफनो कार्यकाल पूरा गरी नेपाल फर्कनुअघि जापानमा रहेकका नेपाली संचारमाध्यमका सम्पादकहरुसंग कुराकानी गर्दै राजदूत राणाले आफनो कार्यकालमा लामो समययता रोकिएको राष्ट्र प्रमुखहरुको भ्रमण गराउन सफल भएको दावी गर्नुभयो ।
यस्तै नेपाल जापान सिधा हवाई सेवा सुचारु, जापान सरकारले विदेशी कामदारलाई प्रवेश दिने नौ मुलुकमा नेपाललाई समेत समावेश गराएको लगायतका कार्य नै मुख्य रहेको बताउनु भयो ।
यस्तै जापानमा विभिन्न पेसा व्यवसायमा संलग्न नेपाली विशेषज्ञहरूबीच विकास र प्रविधी लगायतका विषयमा चरणवद्द छलफल गरेर नेपालका सम्वन्धीत निकायहरूमा प्रतिवेदन समेत पेश गराउन सफल भएको स्मरण गराउनु भयो।
कोरोना संक्रमण समयमा जापान सरकारले हालै दिएको करिव १६ लाख खोप सहयोगको मुक्तकण्ठले प्रसंसा गर्नुहुदै राजदूत राणाले यसले दुई मुलुकबीच सम्वन्ध प्रगाढ बनाएको दावी गर्नुभयो ।
जापान सरकारले नेपाल सरकारसंग आपसी सम्बन्ध सुदृढ राख्न हरसंभव प्रयास गरेको जानकारी पाएको बताउदै राजदूत राणाले आगामी दिनमा पनि यसले निरन्तरता पाउनेमा आशावादी रहेको बताउनुभयो।
'नेपालीहरूका लागि विकास र प्रविधी सिक्ने अवसर'
यसै बीच जापानवासी नेपालीहरूका बारेमा आफ्नो तर्फबाट छोटकरीमा मुल्यांकन गर्दै राजदूत राणाले जापान सरकारले हामीलाई विश्वास गरेर करिव एक लाखको संख्या पुगेको बताउदै जापान बसुन्जेल यहॅाको विकास र प्रविधिको अधिकतम उपयोगको अध्ययन गर्न तथा सिक्न आग्रह गर्नुभयो ।
नेपाली नेपाली बीचको समस्या समाधानका लागि आपसी सहमतिमा नभए दूतावास मार्फत पहल भएको बताउदै राणाले थप विषयमा नेपाल पुगेर कानुनी रूपमै पहल गर्ने बताउनु भयो। तर आपसी समस्याका कारण जापानका नागरिकलाई असरपर्ने कुनैपनि काम नगर्न भन्दै राणाले यसका कारण पुरै नोपालीको आचरणमा समस्या आउनेमा चिन्ता व्यक्त गर्नुभयो।
पछिल्ला दिनमा नेपाली समुदायका राम्रा कामले जापानमा नेपालीको प्रसंसा पाए जस्तै गलत कृयाकलापले पनि गलत नजिर बसेको स्मरण गराउदै उहॅाले राम्रा कामसंगै गलत कामको समेत समिक्षा गर्ने गरेकोले सचेत भएर काम गर्न आग्रह गर्नुभयो ।
यसै गरी कोरोना संक्रमणबाट धैरे नेपाली विध्यार्थी तथा कामदारहरूमा परेको समस्या समाधानका लागि विभिन्न माध्यमबाट सहयोगका लागि पहल भईरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा दूतावासका उपनियोग प्रमुख अम्विकाप्रसाद जोशी, दितिय सचिव जीतबहादुर कार्की र तितिय सचिव प्रेम बराल लगायतको सहभागिता थियो। | 2021/10/24 20:03:13 | https://www.nepaljapan.com/10/04/525897/ | mC4 |
समयमै वर्षा नहुँदा किसानलाई रोपाइँ गर्न समस्या भएको छ । आकाशे पानीको भरमा धान रोप्दै आएका यहाँका किसान कहिले पानी पर्ला भनेर आकाश हेरेर बसेका छन् । यहाँ अधिकांश क्षेत्रमा आकाशे पानीको भरमा रोपाइँ गर्ने गरिएको छ ।
यो समय रोपाइँका लागि उत्तम समयको रहेको भए पनि वर्षा नहुँदा समस्या भएको किसानले बताएका छन् । ब्याड राखिएको बीउ रोप्न योग्य भए पनि पानीको अभावमा खेत बाँझै रहेको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटका किसान मानसिंह विष्टले जानकारी दिनुभयो । रोप्नका लागि बनाइएको बेर्नासमेत पानीका मूल सुक्दै जाँदा बचाउन मुस्किल भएको छ । उहाँले भन्नुभयो, “हाम्रो खेतमा सिँचाइ सुविधा छैन । आकाशे पानी पर्खिरहेका छौँ । अहिलेसम्म धान रोप्न पाएका छैनौँ, बेर्ना सुक्दै गएका छन् ।”
गत जेठ १५ गतेदेखि असार मसान्तसम्म रोपाइँका लागि उत्तम समय मानिन्छ । जिल्लामा हालसम्म बढीमा १५ प्रतिशतमा मात्रै रोपाइँ भएको अनुमान कृषि ज्ञान केन्द्रको छ । बेसीक्षेत्र तथा सिँचाइ सुविधा भएका क्षेत्रमा मात्रै रोपाइँ भएको केन्द्रका कृषि प्रचार अधिकृत नरेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । रोपाइँका लागि यो उपयुक्त समय हो । वर्षा नहुँदा यो समयमा रोपाइँ गर्न सकिएको छैन । उहाँले भन्नुभयो, “असारभित्र धान रोप्नका लागि उपयुक्त समय हो तर यो समयमा रोपाइँ गर्न सकिएन भने उत्पादनमा कमी हुन्छ ।” रोप्नका लागि बनाइएको बेर्नालाई एक महिनासम्म रोपिसक्नुपर्छ उहाँले भन्नुभयो, “बेर्नालाई २१ देखि ३० दिनभित्र रोपिसक्नुपर्छ, यो अवधिमा रोप्न सकिएन भने उत्पादन कम हुन्छ ।”
यस वर्ष समयमा रोपाइँ सुरु हुन नसक्दा बेर्ना सुक्दै गएका र ढिला रोप्दा रोगकिराको समस्या देखा पर्ने गर्दछ । कृषि प्रचार अधिकृत चन्दले भन्नुभयो, “बेर्नालाई समयमै रोप्न सकिएन भने पछि गएर धानमा रोगकिराले आक्रमण गर्ने, टुप्पो सुक्नेजस्ता रोग देखा पर्छन् र उत्पादनमा ह्रास आउँछ ।” जिल्लाको सुर्नया नदी किनार, चौलानी नदी किनार, पुर्चौडीको हाट, पाटन, पञ्चेश्वरलगायतका बेँसी क्षेत्रमा रोपाइँ भए पनि अन्य क्षेत्रमा बाँकी छ । पाटन नगरपालिकाको पाटन फाँट, सलेना, डिलाशैनी र सिगास गाउँपालिकाका विभिन्न क्षेत्र, दशरथचन्द नगरपालिकाको सेरालाई धानखेतीको पकेट क्षेत्र हुन् ।
धानबाली बर्खेबालीमध्ये मुख्यबालीको रुपमा रहेको छ । यो बैतडीका बेँसी क्षेत्रमा बढी उत्पादन हुने गरेको छ । बैतडीमा नौ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ । | 2022-12-08T07:14:34Z | https://janaawaaj.com/20/2022/5676/ | OSCAR-2301 |
जसपामा दुई लाइन संघर्ष : महन्थ र राजेन्द्र महतोको योजनामा उपेन्द्र र बाबुराम बाधक | Ratopati
जसपामा दुई लाइन संघर्ष : महन्थ र राजेन्द्र महतोको योजनामा उपेन्द्र र बाबुराम बाधक
रेशमलाई रिहा गर्ने प्रक्रिया सुरु, तर समय अनिश्चित
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का नेताहरु सत्ता साझेदारीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीकहाँ धाइरहेका छन् । उनीहरुले रेशम चौधरीको रिहाइसहितका सर्त अघि सारेर सत्ता गठबन्धनका लागि प्रधानमन्त्री ओलीसँग छलफल गर्दै आएका छन् ।
त्यसो त जसपा नेपालले प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा सत्ता साझेदारी गर्ने वा ओलीको विकल्पमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रसँग मिलेर नयाँ गठबन्धन बनाउने भन्ने दुवै विकल्पका लागि छलफल चलाउन सक्ने अवस्था छ । किनकि संसदीय अंक गणितले जसपालाई यस्तो निर्णायक बिन्दुमा उभ्याएको छ कि उसले दुईमध्ये जुन गठबन्धनमा आफूलाई सामेल गर्छ, सोही गठबन्धनले सरकार गठन गर्न सक्छ ।
तर, पछिल्लो समय जसपा नेपालले प्रधानमन्त्री ओलीसँगकै छलफललाई बढी महत्त्व दिएको छ । जसपाका नेताद्वय महन्थ ठाकुर र राजेन्द्र महतोले पटक पटक ओलीसँग भेटवार्ता गरेका छन् । अर्कोतिर काँग्रेस र माओवादी केन्द्रसँगको गठबन्धनका लागि जसपा नेपाल अनिच्छुक भएको हो कि भन्ने आशंका पनि उब्जन थालेको छ ।
सरकार–जसपा वार्ता : उपेन्द्र र बाबुराम किन जाँदैनन् बालुवाटार ?
यिनै आशंकाका बीच जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर भन्छन्, 'अहिलेको प्रधानमन्त्रीमा केपी शर्मा ओली हुनुहुन्छ भने हामी अन्त कहाँ जाने ? हामी आफ्नो माग लिएर जाने सरकार कहाँ नै त हो ।'
सत्ता साझेदारीका लागि जसपा नेपालले पहिलो सर्तका रुपमा रेशम चौधरीको रिहाइ, मधेस तथा थरूहट आन्दोलनका क्रममा लगाइएका मुद्दाहरूको खारेजी, नागरिकतासम्बन्धी कानुन र संविधान संशोधन लगायतका मुद्दा उठाएको छ ।
जसपा नेपालका अर्का अध्यक्ष उपेन्द्र यादव र सोही पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईको अडानका कारण ठाकुर र महतोले सरकारबारे चाँडो निर्णय गर्न सकिरहेका छैनन् । जसपाका एकजना पदाधिकारीले भने, 'उपेन्द्र यादव र डा.भट्टराई नभएको भए उहाँहरु (महन्थ र राजेन्द्र महतो लगायत) ले उहिल्यै मन्त्रीको सपथ लिइसक्नुहुन्थ्यो । उहाँहरुको लक्ष्य सरकार नै हो ।'
सरकारसँग निरन्तर वार्तामा रहेका जसपा नेपालका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण भन्छन्, 'रेशम चौधरीको रिहाइका लागि प्रधानमन्त्री ओली सकारात्मक हुनुभएको छ, त्यसका लागि प्रकृया पनि सुरु गरिसक्नुभएको छ ।'
कर्णले मात्र होइन, प्रधानमन्त्री ओलीसँग बालुवाटारमै गएर वार्ता गर्दै आइरहेका जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पनि आफूहरुको माग पूरा गर्न प्रधानमन्त्री ओली सकारात्मक भएको प्रतिक्रिया दिइरहेका छन् ।
जसपा नेपालको एक पक्षले प्रधानमन्त्री ओली आफूहरुको माग पूरा गर्नेमा विश्वस्त भएर बसिरहेको छ भने अर्को पक्ष ओलीलाई सरकारबाट हटाउनैपर्ने पक्षमा देखिन्छ ।
तर, जसपा नेपालका अध्यक्ष ठाकुरका अनुसार प्रधानमन्त्री ओलीलाई समर्थन गरिसकेको अवस्था नरहेको बताउँछन् । उनले भने, 'हामीले प्रधानमन्त्री ओलीलाई समर्थन दिइसकेका छैनौं । प्रधानमन्त्री ओलीले पटक–पटक सरकारमा आउन आग्रह गरिरहनुभएको छ । तर, हामीले अहिले समर्थन गर्न सकिँदैन, तपाईको विरोध पनि गरिँदैन भनेर विश्वास दिलाएका छौं ।'
आफ्ना माग पूरा भइसकेपछि सरकारका बारेमा विचार गरिने ठाकुरको भनाइ छ ।
रेशम चौधरीलाई रिहा गराएर मधेसमा एउटा वातावरण तयार गर्ने पक्षमा जसपाका अध्यक्ष ठाकुर र महतो रहेको उनले बताए ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओलीलाई सरकारमा समर्थन गर्न नसकिने बताउँदै आएका छन् । ओलीले चालेको असंवैधानिक कदमको बारेमा माफी नमागेसम्म समर्थनको बारेमा सोच्न पनि नसकिने उनको भनाइ छ ।
ओली देशका प्रधानमन्त्री भएका कारण मधेसी, आदिवासी जनजाति, पिछडिएकाहरुको जायज माग पूरा गर्नु उनको कर्तव्य भएको र त्यो पूरा गर्नुपर्ने आफूहरुको भनाइ रहेको यादव बताउँछन् । ती माग पूरा गरेपछि पनि उनलाई प्रधानमन्त्रीमा समर्थन गर्नैपर्छ भन्ने बाध्यात्मक अवस्था नरहने उल्लेख गर्दै यादवले अहिले कसैसँग मिलेर सरकार बनाउने पक्षमा जसपा नेपाल नरहेको बताए ।
जसपा नेपालले प्रधानमन्त्री ओलीसँग वार्ता थालेपछि रेशम चौधरीलाई रिहा गर्ने प्रकृया सुरु गरेको छ । महान्यायाधिवक्ता कार्यालयले चौधरीको फाइल झिकाएर अध्ययन थालेको छ भने जसपा नेपालले पनि जिल्लाहरूबाट कागजात मगाएर प्रधानमन्त्री ओलीमार्फत महान्यायाधिवक्ता कार्यालयमा पठाएको छ । रेशम चौधरीलाई कुन कानुनअनुसार रिहा गर्न सकिन्छ भनी अध्ययन भइरहेको स्रोत बताउँछ ।
जिल्ला अदालतले रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएपछि रेशमले पुनरावलोकनका लागि मुद्दा दायर गरेका छन् । सोही मुद्दामा टेकेर चौधरीलाई छाड्ने तयारी भइरहेको स्रोत बताउँछ ।
जसपाका एकजना कार्यकारिणी सदस्यले भने, 'कुनै पनि मुद्दामा वादी र प्रतिवादी मिलेपछि त्यो मुद्दा आफैं कमजोर हुन्छ । रेशम चौधरीको मुद्दा पनि त्यही हुन्छ । सरकारको तर्फबाट पनि चौधरीलाई सपोर्ट गरेपछि रिहा गर्न सजिलो हुन्छ । यद्यपि कानुनीरुपमा प्रकृया सुरु गरेदेखि अन्तिम फैसला आउँदासम्म कम्तिमा दुई महिना लाग्छ ।'
सरकार पक्षका सांसद तथा मन्त्रीहरु र जसपा नेपालका नेता तथा सांसदहरु दिनहुँजसो डिल्लीबजार कारागारमा गएर रेशम चौधरीलाई रिहाइको आश्वासन दिइरहेका छन् । दुवै पक्षले रेशमलाई आफ्नो पहलमा रिहा गर्न थालिएको आश्वासन दिने गरेका छन् । रेशम चौधरी रिहा हुन्छन् या हुँदैनन् ? र, उनको रिहाइका लागि कसको भूमिका महत्वपूर्ण रहने हो भन्ने प्रस्ट हुन अझै केही दिन कुर्नैपर्ने हुन्छ । | 2021/05/06 22:03:41 | https://ratopati.com/story/173465/2021/3/28/jasapa-baburam-upendra- | mC4 |
निर्वाचन आयोगसँग सर्वोच्चले माग्यो एकीकृत समाजवादी दल दर्ताको सक्कल निर्णय « News24 : Premium News Channel
निर्वाचन आयोगसँग सर्वोच्चले माग्यो एकीकृत समाजवादी दल दर्ताको सक्कल निर्णय
काठमाडौं । सर्वोच्च अदालतले निर्वाचन आयोगसँग एकीकृत समाजवादी दल दर्ताको सक्कल निर्णय माग गरेको छ ।
मंगलबार न्यायाधीश दीपककुमार कार्की र डा. कुमार चुडालको इजलासले सर्वोच्चले निर्वाचन आयोगसँग दल दर्ताको निर्णयको सक्कल फाइल माग गरेको हो ।
मंगलबार कार्की र चुँडालको इजलासले माधवकुमार नेपालसहित १४ जना संघीय सांसद र २ प्रदेश सांसदविरुद्ध सर्वाेच्च अदालतमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दायर गरेका मुद्धाबारे अन्तरिम आदेश दिएको छैन ।
अध्यक्ष ओलीले १४ जना संघीय र २ जना प्रदेश सांसदलाई पदमुक्त गर्न माग गर्दै सर्वाेच्चमा मुद्धा दयार गरेका थिए ।
प्रधानमन्त्रीबाट हटेपछि ओलीले वैशाख २७ मा आफूलाई विश्वासको मत नदिने १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै अदालतमा रिट दायर गरेका थिए । वैशाख २७ गते संसद विघटन गरेपश्चात् प्रधानमन्त्रीमा यथावत रहन विश्वासको मत लिने क्रममा २८ जना एमाले सांसद अनुपस्थित रहेका थिए ।
तर, साउन २५ गते १४ सांसदलाई कारबाही गरेको पत्र एमालेले सभामुख अग्नि सापकोटालाई पठाएको थियो । तर, त्यतिबेला सभामुख सापकोटाले यससम्बन्धी कुनै निर्णय गरेनन् । बीचमा निर्वाचन आयोगले माधवकुमार नेपालसहित १४ सांसदलाई दल दर्ताको मान्यता दिएपछि ओली सर्वोच्च अदालत पुगेका थिए । | 2021/10/18 23:54:06 | https://www.news24nepal.tv/2021/09/21/818146 | mC4 |
भौतिक पूर्वाधार विकासमा अग्रसर बलरा - Artha Beema
भौतिक पूर्वाधार विकासमा अग्रसर बलरा
सर्लाही जिल्लाको दुर्गम स्थानीयतहमध्ये बलार नगरपालिका एक हो । भारतसँग सीमा जोडिएको उक्त नगरपालिका आर्थिक, सामाजिक, भौतिक पूर्वाधार, शैक्षिक क्षेत्रमा समेत पिछडिएको नगरपालिका हो । नगरपालिकाले जननिर्वाचित प्रतिनिधि प्राप्त गरेपछि उक्त क्षेत्रको विकासको लागि बलरा लम्किरहेको छ । अन्य विकसित स्थानीय तहको दाँजोमा पुग्न नसके पनि बलराले जनप्रतिनिधि प्राप्त गरेपछि फड्को मारिरहेको छ ।
११ वटा वडा रहेको उक्त नगरपालिकाको क्षेत्रफल ४८.५५ बर्ग किमि रहेको छ । जहाँ २०६८ को जनगणनाअनुसार ८ हजार १ सय ५२ घरधुरी रहेको छ भने कुल जनसंख्या ५२ हजार ९ सय ९५ रहेको छ । बलरा नगरपालिकाको पूर्वमा गोडैता नगरपालिका, पश्चिममा रौतहट जिल्ला रहेको छ भने उत्तरमा रामनगर गाउँपालिका र दक्षिणमा भारतसँग सीमा जोडिएको छ । साविकका बलरा, हथिऔल, अर्नाहा, मधुबनी, डुमरिया, मिर्जापुर, गढहिया, अचलगढ, सुदामा, छटौनालगायतका गाविस मिलेर बनेको बलरा नगरपालिका भौगोलिक रुपमा दुर्गम भए पनि प्राकृतिक, कृषि र साँस्कृतिक हिसावले सबल छ । ती क्षेत्रको विकास गरेर पर्यटन प्रवद्र्धन गर्न नगरपालिका अग्रसर भइरहेको नगरप्रमुख अभयकुमार सिंह बताउनुहुुन्छ ।
आफू निर्वाचित भएर आएपछि नगरपालिकाभित्र रहेका साँस्कृतिक तथा पुरातात्विक सम्पदाहरुको विकासका लागि प्राथमिकता दिएको उहाँ बताउनुहुन्छ । यही सिलसिलामा नगरपालिकाको वडा नं. ८ गडैयामा ८ लाख बजेटमा हनुमान मन्दिर निर्माणको कार्य अघि बढेको छ भने १ नम्बर वडामा १६ लाख लगानीमा शिवपार्वती मन्दिर बन्दैछ । २ नम्बर वडामा १८ लाखको बजेटमा भगवती मन्दिर बनिरहेको छ । नगरपालिकाभित्र रहेका अन्य सम्पादा तथा मठमन्दिरको भौतिक पूर्वाधार, जिर्णोद्धारको कार्यलाई नगरपालिकाले प्राथमिकता दिएको र यस वर्ष शुरु हुन नसकेका योजनाहरु आगामी वर्ष शुरु गर्ने नगर प्रमुख सिंह बताउनुहुन्छ । त्यसैगरी भौतिक पूर्वाधारको क्षेत्रमा पनि नगरपालिकाले प्राथमिकताका साथ काम गरिरहेको छ । सडक, खानेपानी, सिञ्चाई, तटबन्ध, पुल, कलभर्ट निर्माण जस्ता भौतिक पूर्वाधार विकासमा पनि नगरपालिकाले यथेष्ट बजेट विनियोजन गरी काम गरिरहेको उहाँ बताउनुहुन्छ । यसका लागि भौतिक पूर्वाधारको क्षेत्रमा १० करोड बजेट विनियोजन गरेको नगरप्रमुख सिंह बताउनुहुन्छ । नगरपालिकाले विनियोजन गरेका बजेट र कार्यक्रममध्ये अधिकांश उपभोक्तासँग सम्झौता भई काम शुरु भइसकेका छन् भने कतिपय योजनाहरु सम्पन्न हुने क्रममा छन् ।
बर्खाभन्दा अगाडि नै विनियोजित कार्यक्रम सम्पन्न गरिसक्ने लक्ष्य नगरपालिकाले लिएको छ । त्यस्तै नगरभित्रका विभिन्न स्थानमा ४८ लाख, १६ लाख, २४ लाख, २० लाख, २५ लाख बजेटमा छुट्टाछुट्टै सडक ढलान गर्ने कार्य धमाधम भइरहेको छ । नगरभित्रका वडा नं. १, ३ र ८ मा नेपाल सरकारको ससर्त अनुदानबाट ६६ लाखका दरले ३ वटा स्वास्थ्य चौकीको भवन निर्माण गर्ने काम भइरहेको छ । त्यस्तै नगरप्रमुख सिंहकाअनुसार, वडा नं. ११ को छतौना सुधा राजेश्वर माविमा १६ बजेटमा भवन निर्माण भइरहेको छ भने मिठुवा प्रावि, लक्ष्मिपुर प्राविमा १६/१६ लाखको बजेटमा भवन निर्माण गर्ने कार्य भइरहेको छ ।
विद्यालयको भौतिक पूर्वाधारको विकास पनि गुणस्तरीय पठनपाठनका लागि एउटा सूचक भएको भन्दै नगरपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार निर्माणमा विशेष ध्यान दिएको छ । नगरपालिकाले भौतिक पूर्वाधार विकासका अलावा आफ्नै प्रशासनिक भवन निर्माण कार्यलाई अगाडि बढाउनका लागि यो वर्ष रु १ करोड बजेट विनियोजन गरेको छ । रामसखी मोहित विद्यालयको भवनलाई नगरपालिकाको प्रशासनिक भवनका रुपमा प्रयोग गर्दै आइरहेको नगरपालिकाले वडा नं. २ मा नगरपालिकाको केन्द्र राख्ने र त्यही प्रशासनिक भवन निर्माणका लागि नगरसभाको बहुमत सदस्यहरुले निर्णय गरी प्रदेश नं. २ सरकारलाई केन्द्र स्थापनाका लागि सिफारिश गरिसकेको छ । तर प्रदेश सरकारले उक्त निर्णयका बारेमा हालसम्म केन्द्रीय सरकारलाई सिफारिश नगर्दा भौतिक पूर्वाधारका लागि छुट्याइएको बजेट खर्च हुन पाएको छैन । प्रदेश र केन्द्र सरकारले निर्णय गर्नेबित्तिकै बिनियोजित बजेटबाट भौतिक निर्भाण थालिहाल्ने नगरप्रमुख सिंह बताउनुहुन्छ ।
नगरपालिका भवन निर्माणका लागि स्थानीय जितेन्द्रबहादुर सिंहले १६ कठ्ठा जग्गा पनि निःशुल्क रुपमा नगरपालिकालाई हस्तान्तरण गरिसकेको अवस्था छ । जनप्रतिनिधिहरुको उत्साह भर्ने काम गरेका जितेन्द्रबहादुर सिंहको यो कदमप्रति स्थानीय जनता निकै खुशी छन् । नगरभित्रको विकासका लागि नागरिकहरु लालायित भए पनि राजनीति हुने गरेकोमा भने नगरप्रमुख दुःखी हुुनुहुन्छ । बलरा नगरपालिकाका नागरिक जनप्रतिनिधिलाई विकासप्रति उत्प्रेरणा गराउन उत्सुक छन् तर त्यही नागरिकका नाममा राजनीति गर्ने नेताहरु भने विकासका नाममा राजनीति गरेर जनताको भावनामा खेल्ने काम गरेका छन्, यो दुःखद पक्ष भएको नगरप्रमुख सिंहको दुखेसो छ ।
बलरा नगरपालिकालाई समृद्ध नगर बनाउका लागि जनप्रतिनिधिहरुको योजनामा स्थानीय जनताको साथ सहयोग अपरिहार्य रहेको र त्यो प्राप्त भइरहेको सिंह बताउनुहुन्छ । नगरभित्रको आयस्रोत मुलतः कृषि नै हो । कृषि क्षेत्रलाई वैज्ञानिक र व्यवसायिक बनाउनका लागि नगरपालिकाले पर्याप्त योजनाका अगाडि बढेको उहाँ बताउनुहुन्छ । जनप्रतिनिधिहरुको योजना र लक्ष्यमा कर्मचारीहरुको पनि उत्तिकै साथ सहयोग रहेको नगरप्रमुख सिंह बताउनुहन्छ । तर दरबन्दी अनुसारका सबै कर्मचारीहरु नआएका कारण काम गर्न केही असहज भएको सिंहको धारणा छ ।
हाल विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न नगरपालिका विशेष सजग रहेको सिंह बताउनुहुन्छ । भारतसँग सीमा जोडिएको नगरपालिका भएका कारण पनि आफूहरु विशेष सजग रहेको र नागरिकहरुलाई चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताउँदै उहाँले नागरिकहरुलाई सावधानी अपनाउन आग्रह गर्नुभएको छ । दुर्गम स्थानमा रहेको नगरपालिकाको विकासका लागि स्थानीय जनप्रतिनिधिहरुको अग्रसरतामा प्रदेश र संघीय सरकारले पनि नजर लगाउन सक्यो भने बलरा साँच्चैको बलरा बन्न सक्दछ । | 2020/04/07 09:39:02 | https://arthabeema.com/%E0%A4%AD%E0%A5%8C%E0%A4%A4%E0%A4%BF%E0%A4%95-%E0%A4%AA%E0%A5%82%E0%A4%B0%E0%A5%8D%E0%A4%B5%E0%A4%BE%E0%A4%A7%E0%A4%BE%E0%A4%B0-%E0%A4%B5%E0%A4%BF%E0%A4%95%E0%A4%BE%E0%A4%B8%E0%A4%AE%E0%A4%BE/ | mC4 |
असार २६ । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले निर्वाचनमा सबैको सहभागिता हुनुपर्ने भन्दै चार दलले मात्रै गरेको चुनावको मान्यता नहुने बताएकी छन् ।
काँग्रेस नेता गिरिजाप्रसाद कोइरालाको ९० औं जन्मजयन्तीको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरुस कोइरालाले यस्तो विचार व्यक्त गरेकी हुन् ।
सो क्रममा उनले राष्ट्र कमजोर भएको अवस्थामा सबै दलको सहमति र सहकार्यमा स्वतन्त्र, निष्पक्ष र धाँधलीरहीत चुनाव गरेर राजनीतिक सङ्कटको निकास खोज्नुपर्ने बताइन् ।
सबै दलको सहमति, सहकार्य र एकतामा जोड दिँदै उनले चार दलले मात्रै गरेको चुनावको मान्यता नपाउने जिकिर गरिन् ।
नेकपा(माओवादीका अध्यक्ष मोहन वैद्यजीहरूले के भने भनेर आफूलाई थाहा नभएको भन्दै सबै दलको राष्ट्रिय सहमति हुनुपर्ने र निर्वाचनमा सबै दल आउनुपर्ने बताइन् । | 2022-11-28T07:54:03Z | https://hellokhabar.com/6118/ | OSCAR-2301 |
आधा दर्जन विदेशी एयरलाइन्सको नेपालमा उडान भर्ने तयारी
नेपालमा आधा दर्जन विदेशी वायु सेवा प्रदायक कम्पनीले उडान भर्ने तयारी गरेका छन् । भारतका दुई, कुवेत, फिनल्यान्ड र अष्ट्रेलियाको एक\एक वायु सेवा प्रदायकले नेपालमा उडान भर्न लागेका हुन् ।
भारतको स्पाइस जेट एयरलाइन्स र भिस्तारा एयरले नेपालमा उडान भर्नका लागि प्राधिकरणबाट अनुमति लिइसकेको छ भने कुवेतको जजिरा एयरवेजले पनि नेपाल उडानका लागि स्वीकृति लिएको छ ।
स्पाइस जेटले काठमाडौं–नयाँदिल्ली–मुम्बई र भिस्ताराले काठमाडौं–नयाँदिल्ली रुटका लागि दैनिक एक–एक उडान गर्ने अनुमति पाएका छन् ।
कुवेतको जजिरा एयरले अगामी १ मंसीर (नोभेम्बर १७, सन् २०१९) देखि नेपालमा उडान भर्ने भएको छ । जजिराको उडान तालिका निश्चित भएको जनाइएको छ । भारतका दुई कम्पनीले डिसेम्बर महीनाको दोस्रो सातादेखि नेपालमा उडान भर्ने तयारी गर्दैछन् ।
विदेशी एयरलाइन्सले नेपालमा उडान विस्तार गरेसँगै भ्रमण वर्षको अवधिमा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन सहयोग पुग्ने विश्वास लिइएको छ ।
दिल्ली–काठमाडौं उडान गर्दै आएको जेट एयरवेजले कम्पनीमा वित्तीय समस्या आएको भन्दै गत वैशाखमा उडान बन्द गरेको थियो ।
उक्त एयरवेजको उडान बन्द भएपछि काठमाडौं–दिल्ली रुटको हवाई भाडा महँगिएको थियो । थपिएका नयाँ जहाजको उडानले हवाई भाडासमेत घट्ने अपेक्षा गरिएको छ ।
सरकारले यूरोपेली मुलुक फिनल्यान्डसँग दुई पक्षीय हवाई सम्झौताको तयारी गरेको छ । फिनल्यान्डको सबैभन्दा ठूलो वायु सेवा प्रदायक कम्पनी फिनिस एयरले नेपालमा सीधा हवाई सेवा विस्तार गर्ने तयारी गरेको पर्यटन मन्त्रालयले जनाएको छ ।
नेपालका लागि आकर्षक मानिएको अष्ट्रेलियासँग पनि हवाई सम्पर्क विस्तारका लागि पहल थालिएको मन्त्रालयले जनाएको छ । अष्ट्रेलियन एयरलाइन्सले नेपाल उडान गर्ने अपेक्षा गरिएको छ । नेपालले गत १४ असोज ( १ अक्टोबर, सन् २०१९) मा अस्ट्रेलियासँग प्रारम्भिक हवाई सम्झौता गरेको थियो । –सिबी अधिकारी
रासस आइतबार, २४ कात्तिक, २०७६
आइतबार, २४ कात्तिक, २०७६, १७:१९:०५ मा प्रकाशित
अमेरिकी सर्वोच्च अदालतकी दोस्रो महिला न्यायाधीश रूथ गिन्सवर्गको निधन भएको छ। ८७ वर्षको उमेरमा शुक्रबार साँझ उनको निधन भएको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै सामन्ती र केन्द्रीकृत राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको वर्तमान संविधानले अन्त्य गरेको बताएकी छिन्।
अमेरिकाको वाणिज्य विभागले दुई दिनभित्र दुवैलाई यूएस एप स्टोरबाट हटाउने जनाएको छ। त्यसपछि कोही पनि अमेरिकी नागरिकले यी एप डाउनलोड गर्न सक्ने छैनन्।
असन्तुष्टिका स्वरलाई सहिष्णु भएर सम्बोधन गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव पूर्वराष्ट्रपति डा. रामवरण यादवले संघीय विधायिका र कार्यपालिकाले सबै पक्षको असन्तुष्टिका स्वरलाई सहिष्णु भएर सुन्नुपर्ने बताएका छन्। असन्तुष्टिका कुरालाई सम्बोधन गर्न संविधानले ठाउँ दिएको उल्लेख गर्दै उनले असन्तुष्टिलाई वार्ताद्वारा हल खोज्ने प्रयत्न हुनुपर्ने बताएका हुन्। | 2020/09/19 06:06:19 | https://www.himalkhabar.com/news/15976 | mC4 |
लगानीकर्ताको 'फूट'मा खेल्दै अर्थका अधिकारी, दवाब छल्न सिडिएस र बोर्ड प्रमुख विदामा Bizshala -
काठमाण्डौ । भारित औसत लागत विधि गणना झञ्झटिलो र अव्यवहारिक भएको भन्दै लगानीकर्ता संघसंगठनका नेताहरुको संयुक्त लिखित आग्रहलाई समेत सिडिएस एण्ड क्लियरिङ लिमिटेडले धोती लगाइदिएको छ ।
निराशामा आशाको दीप जलाउने पात्र नै डिजिटाइज्ड बजारको भिलेनका रुपमा सिडिएससीका सीइओ गुप्ता लगानीकर्तामाझ परिचित हुँदै गएका छन् । उनले गरेका केही राम्रा कामका कारण प्राथमिक बजारले क्रान्तिकारी छलाङ मारेकै हो, तर त्यही सफलताका कारण गुप्तामा पलाएको अहम र घमण्डका कारण पहिलो कार्यकालको अन्तिम अवस्थामा उनी विवादास्पद बन्न पुगेका छन् ।
लगानीकर्ता संघ र ब्रोकरहरुबीच आइतबार बिहान बैठकमा लगानीकर्ताहरुले कारोबार बन्द र राफसाफमा सहयोग गरिदिन आग्रह गर्दा विकल्प नभएको भन्दै ब्रोकरहरुले आफ्नो बाध्यता बताएका थिए ।
त्यसपछि लगानीकर्ताका नेताहरुले अर्को व्यवस्था नभएसम्मका लागि भन्दै राफसाफ रोकिदिन सिडिएससीका सीइओ देवप्रकास गुप्तालाई भेटेरै सोही दिन ज्ञापनपत्र समेत बुझाए । आइतबार गत साउन १ गते बुधबारको राफसाफ हुने दिन थियो, त्यो दिन त रोकियो । त्यसको भोलिपल्ट बित्न नपाउँदै सिडिएससीले साउन १ र २ गतेको राफसाफ हिजो सोमबार गर्यो, जुन अहिले निरन्तर छ ।
सिडिएससीका सीइओ गुप्ताले आइतबार लगानीकर्ताका नेताहरुलाई भेट्दा गत असार ३१ गतेलाई कट अफ तोकेर भारित औसत लागत गणना गरिने, जसमा कुनै कानूनी मुद्धा परे आफू खेप्न पछि नपर्ने भन्दै आश्वसन समेत दिएका थिए ।
हिजो बिजशालाले असार २७ गते सिडिएससीका गुप्ताले अर्थमन्त्रालयमा भएको सरकोरवालाहरुबीच भएको सर्वपक्षीय बैठकमा हालको गणना विधिलाई सहमति दिंदै हस्ताक्षर समेत गरेका विषय खुलासा गरिदियो ।
बिजशालाकोे उच्च स्रोतका अनुसार सिडिएससीका सीइओ गुप्ता दोस्रो कार्यकालका लागि अर्थमन्त्रालसँग निकटता र लबिङमा भएकै कारणले नेपाल सरकार अर्थमन्त्रालयको निर्णय उपर कुनै अब्जेक्सन गर्न चाहँदैनन् । यसरी नारायणझै दोहोरो चरित्र निर्वाह गरिरहेका गुप्ताको कार्यकाल सकिनै लाग्दा बजार सुधारको एजेण्डा छाडेर माथिल्लो निकाय र अधिकारीलाई रिझाउन व्यस्त रहेका स्रोत दाबी गर्छ । कार्यकाल लम्ब्याउन माथिल्ला निकायका प्रभूहरुलाई खुशी बनाउन लाग्दा सिडिएससीकै आम्दानीको स्रोत वा स्थायी प्रभू मानिने लगानीकर्तालाई भने एकपछि अर्को मर्कामा पार्ने विवादास्पद र शंकास्पद भूमिका निर्वाह गरिरहेका आरोप लाग्न थालेको छ ।
कतिपय अवस्थामा माथिल्लो निकायको निर्देशन लुरुलुरु मान्ने सिडिएससीको बाध्यता पनि हुन सक्दछ, तर माथिल्लो निकायमा गएर बजारको अवस्था र लगानीकर्ताको मनोविज्ञान वा मागको विषयमा सिडिएससीले सही रिपोर्टिङ गर्नुपथ्र्यो, यही काममा गुप्ता चुकेका देखिन्छ ।
यस्तो अन्यौलपूर्ण अवस्थामा लगानीकर्ता संघसंगठनका नेताहरु हात बाँधेर बसिदिदा संघसंगठनकै अस्तित्वमाथि गम्भीर आरोपहरु आइरहेका छन् । संघसंगठनका नेताहरुको प्रभावकारी नभइदिंदा सिडिएससीले सामूहिक अनुरोधलाई नजरअन्दाज गर्दा विचारमन्थन गर्नुपर्ने हो कि ।
लगानीकर्तामा पनि फूट !
गत आइतबार लगानीकर्ताका संघसंगठनमा निकै फाटोको अवस्था पनि देखियो । नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल एक्लै गएर राजश्व सचिव लालशंकर घिमिरेलाई भेटेरै अवस्थाबारे जानकारी दिएपछि तत्कालै राजश्व सचिवले तीनै निकायका प्रमुखहरुलाई लगानीकर्ताका माग जायज हुन् कि हैनन् भनेर लिखित जवाफ पेश गर्न आदेश समेत दिए । सोही दिन दिउँसो करिब २ बजेतिर अन्य ४ संघका नेताहरुलाई पनि सोही जवाफ दिए । यसरी अर्थमन्त्रालयले समेत लगानीकर्ता संघसंगठनका बीच भएको दरारमा खेल्ने काम गरिरहेको देखिन्छ । लगानीकर्ता संघसंगठनको एउटै मुद्धामा समेत एकीकृत स्वर हुन नसक्दा समेत बजार विरोधीहरुले खेल्ने मौका पाएका प्रष्टै देखिन्छ ।
लगानीकर्ता संघसंगठनका कतिपय नेताहरुले आफ्नो पदको गुड्डी हाक्दै बैंकका सीइओहरुलाई भित्रि सूचना चुहाउन दुष्प्रयास गर्ने गरेको, बैंकहरुसँग मार्जिन लोनमा बार्गेनिङ गर्ने गरेका घटना समेत बेला बेला बाहिर आइरहन्छन् । कतिपय नेताहरुले नियामकसँग निकटता बढाएर भित्रि सूचना तथा जानकारी लिने शर्तमा समेत सम्झौता गर्ने गरेका छन् । कतिपय लगानीकर्ता संगठनका उच्च नेताहरु ५–६ वटा ब्रोकरकहाँ गएर संघको पद भजाउँदै ३०–४० लाखको सेयर उधारोमा खरिद गरेको र भुक्तानी समेत समयमा नदिने गरेका पीडा समेत ब्रोकरहरु व्यक्त गर्छन् ।
लगानीकर्ता कतिपय नेताहरुकै कमजोर धरातल र यस्तै विवादास्पद छवि बुझेको अर्थमन्त्रालयले समेत यो पटक लगानीकर्ताका जायज मागलाई फनफनी घुमाउने रणनीतिमा बसेको देखिन्छ ।
अर्थकै सल्लाहमा लामो विदा
यसैबीच, लगानीकर्ताका नेतासँग चिप्ला र मिठा कुरा गरेका राजश्व सचिव लालशंकर घिमिरेकै सल्लाहमा सिडिएससीका सीइओ देवप्रकाश गुप्ता लगानीकर्ताको दवाबलाई छल्न लामो विदामा बसेका छन् ।
लगानीकर्ताहरु पूँजीगत लाभकर गणनाको नयाँ विधिका कारण अन्यौलग्रस्त बनिरहेको र बजारमा आशाको दीप जलाउने पात्रको रुपमा परिचित गुप्ताबाट समस्या समाधानका लागि केही पहल हुने आशा गरेर बसिरहेका बेला राजश्व सचिवकै सुझाव अनुसार गुप्ता मंगलबारदेखि एक हप्ते विदामा बसेका छन् ।
उनी मात्र होइन, यही बेला आफ्नो कार्यकाल सकिने अवस्थामा रहेका धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्की समेत विदामा बसेका छन्।
एकपछि अर्को निकायका प्रमुख नै विदामा बस्नुले समेत यो विषयलाई विभिन्न बाहानामा अल्झाएर राख्ने, लगानीकर्तालाई यो वा त्यो बाहानामा इन्गेज गराई पूँजीगत लाभकरको नयाँ गणना विधि लागू गराएरै छाड्ने सरकारी नियत प्रष्टिन्छ । | 2019/12/06 01:26:42 | http://www.bizshala.com/story/-1466 | mC4 |
Nagarik News - No. 1 News Portal of Nepal – Latest news of Nepal, राष्ट्रिय दैनिक - संरक्षणको पखाईमा बेलायती महारानी र जंगबहादुरको हौदा
सोमबार, १४ साउन २०७५, २० : ४२ | अशोकसुजन श्रेष्ठ
बेलायती महारानी एलिजावेथ द्वितियले नेपालमा बाघ र गैंडाको सिकार गर्न इङ्गल्याण्डबाटै ल्याईएको भनिने बिशेष सिकारी हौदा । तस्बिर : नागरिक
मकवानपुर– बेलायती महारानी एलिजावेथ द्वितिय सन् १९६१ मा नेपाल आइन्। नेपालका तत्कालिन राजा महेन्द्रको निमन्त्रणामा आएकी उनले चितवन राष्ट्रिय निकुञ्जमा बाघ र गैंडाको सिकार समेत गरिन्। तर बेलायतकी शक्तिशाली महारानीले सिकार गर्दा प्रयोग गरेको विशेष सिकारी हौदा भने संरक्षणको पखाईमा छ। महारानी एलिजावेथ चढ्ने हौदा इङ्गल्याण्डबाट ल्याइएको दस्तावेज पाईए पनि त्यसको पर्याप्त प्रमाण भने पाइँदैन्।
महारानी एलिजावेथ द्वितियका साथै शिकारका सौखिन राणा प्रधामन्त्री श्री ३ जंगबहादुरले प्रयोग गरेको सिकारी हौदालाई हात्तीसार संग्राहलयमा राखिएको छ। संग्रहालय हेटौंडा–काठमाडौं सडक नजिकै मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर–६ चोकबजारमा रहेको छ।
राजधानी काठमाडौं र तराईको मुख्य नाकाको रुपमा भीमफेदी रहेकाले हात्तीसार संग्रहालय त्यहाँ बनाइएको जानकारहरु बताउँछन्। भीमफेदीसम्म सडक बनेकाले काठमाडौंबाट लावा लस्करसहित तराई जाने क्रममा प्रधानमन्त्री जंगबहादुरले भीमफेदीस्थित हात्तीसारमा हात्ती बाँध्ने गर्दथे। ३२ रोपनी क्षेत्रफलमा फैलिएको हात्तीसारमा राणा प्रधानमन्त्रीसहित राजा वीरेन्द्र, ज्ञानेन्द्र र उनका भाई धिरेन्द्र लगायत राजपरिवारले प्रयोग गरेका हौदा र अन्य सामाग्री छन्। राज परिवारका सदस्यहरु चितवनमा बस्ने गरेको भएपनि सवारीका बेला सामान चाँही हात्तीसार संग्रहालयबाटै लैजाने गरेको चितवन राष्ट्रिय निकुञ्जका पूर्व कर्मचारी एवम् संग्रहालयका हेरालु भरत सिं लामाले बताए।
मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर–६ चोकबजारमा रहेको ऐतिहासिक तथा पर्यटकीय हात्तीसार संग्राहलय ।
हेटौंडा, चितवन लगायतका क्षेत्रमा त्यत्तिबेला औलो रोगको प्रकोप हुने भएकाले विशिष्ट ब्यक्तिहरुका लागि चिसापानी गढीको फेदीमा रहेको भिमफेदी सुरक्षित बसोबासको गन्तब्य बनेको देखिन्छ। सिकार खेल्न तराईका जंगल पुगेपनि चिसो हावापानी रहेको भीमफेदीमा बस्ने गरेकाले बिदेशी पाहुना, राणा प्रधानमन्त्री, राजपरिवारले हात्तीमा प्रयोग गरेका सामाग्री त्यही राख्ने गरेको भीमफेदीका बृद्धहरु बताउँछन्। त्यसबेला घोडाहरु भने अहिले क्षेत्रीय कारागार रहेको स्थानमा बाँध्ने गरिन्थ्यो।
हेरालु लामाका अनुसार संग्रहालयमा ४२ वटा हौदा छन् जसमध्ये महारानी एलिजावेथले प्रयोग गरेका ४ वटा सिकारी हौदा र जंगबहादुर राणाले प्रयोग गरेका पिंजडा हौदा छन्। विशिष्ट ब्यक्तिहरु हात्तीमाथि बस्ने २२ वटा फलाम र छालाको काठी, हात्तीको ढाँडमा राख्ने १८ वटा खरगद्दा, सिकारका बेला घेर्ने सेतो कपडा समेत संग्रहालयमा रहेको उनको भनाई छ। विशिष्ट ब्यक्तिको सवारीका बेला भाइभारदार, सुसारे, सिपाही र विशिष्ट ब्यक्तिहरु चढ्ने हौदाहरु समेत संग्रहालयमा रहेको लामाले बताए।
वि.सं. २०४५ सालसम्म राजपरिवारले सिकार खेल्न संग्राहलयबाटै सामग्रीहरु लैजाने गरेको बताउँदै भिमफेदी गाउँपालिका ६ का वडा अध्यक्ष सीताराम थापा तत्कालिन राजा र राजपरिवारका सदस्यहरु सिकार खेल्न चितवन, कोशी, शुक्लाफाटा र बर्दिया राष्ट्रिय निकुन्जमा यहाँबाटै हौदा र सामग्री लाने गरेको बताउँछन्। बहुदल आएपछि सिकार खेल्ने क्रम घटेपछि हौदा र हात्तीसारको प्रयोग खासै भएको पाइँदैन्।
नेपाल भ्रमण वर्ष १९९८ को सन्दर्भमा भीमफेदी हात्तीसार संग्राहलयमा मत्स्य प्रदर्शनी कक्ष समेत बनाइएको थियो। तत्कालिन सांसद हिरण्यलाल श्रेष्ठको पहलमा वि.सं. २०५५ साल पौष १५ गते मत्स्य प्रदर्शनी कक्षको उद्घाटन गरिएको थियो। त्यसयता यो संग्रहालयका संरक्षणमा कसैले चासो दिएका छैनन्।
बेलायती महारानी एलिजावेथ द्वितियले नेपालमा बाघ र गैंडाको सिकार गर्न इङ्गल्याण्डबाटै ल्याईएको भनिने बिशेष सिकारी हौदा देखाउँदै हेरालु भरत सिं लामा ।
'मैले बर्षौदेखि हात्तीसार संग्राहलयको निःशुल्क हेरचाह गर्दै आएको छु', हेरालु लामाले भने, 'यहाँ आएका बेला प्रमुख जिल्ला अधिकारीदेखि नेताहरुलाई अनुरोध गरे पनि कतैबाट संरक्षणको प्रयास नहुँदा ज्यादै दुःख लागेको छ।'
हात्तीसार संग्रहालय चितवन राष्ट्रिय निकुञ्ज मातहतमा रहे पनि निकुञ्जले वेवास्ता गर्दै आएको छ। ईटा र सिमेन्टले बनेको तथा जस्ता पाताले छाएको संग्राहलय भवन ३४ फिट लम्बाई र १६ फिट चौडाई रहेको छ। २०४० सालमा जिल्ला सदरमुकाम भीमफेदीबाट हेटौंडामा सारिए पछि हात्तीसार संग्रहालय समेत छायाँमा परेको स्थानीय अगुवाको भनाई छ। तर राजपरिवारले हौदाका सामग्रीहरु प्रयोग गर्न छाडेपछि निकुञ्जले समेत हात्तीसार संग्रहालयलाई बेवारिसे अवस्थामा छाडेको छ।
यता गाउँपालिका अध्यक्ष हिदम लामाले हात्तीसार संग्रहालयलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न चालु आर्थिक वर्ष २०७५/७६ देखि गुरुयोजना बनाएर काम अघि बढाइने बताए। 'संग्रहालयको संरक्षण र प्रबर्द्धन गर्न सके राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटकको महत्वपूर्ण गन्तव्य बनाउँन सकिन्छ', उनले भने। | 2020/01/18 07:37:10 | https://nagariknews.nagariknetwork.com/news/53515/ | mC4 |
अर्को आर्थिक मन्दी सामनाको तयारी गर्ने कि? - Naya Patrika
अर्को आर्थिक मन्दी सामनाको तयारी गर्ने कि?
ब्यारी इचेनग्रिन | पुष २८, २०७४
टिनको छानो चुहिन्छ कि चुहिँदैन भनेर परीक्षण गर्न घमाइलो दिन नै सबैभन्दा उत्तम हुन्छ । आर्थिक नीति–निर्माताका लागि पनि घमाइलो दिन आइसकेको छ । विशेष गरी उच्च दरको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेका अर्थशास्त्रीले अर्को आर्थिक मन्दी सामना गर्ने तयारी पुगेको छ कि छैन भनेर परीक्षण गर्ने सबैभन्दा उत्तम घडी नै अहिलेको समय हो ।
ब्यारी इचेनग्रिन
विशेषतः अमेरिकाको सन्दर्भमा भन्नुपर्दा यस विषयमा कुनै पनि तयारी भएको छैैन । साधारणतया अर्थशास्त्रीहरूले ब्याजदरमा भएको कटौती, कर कटौती र बढ्दो बेरोजगारी दर तथा अर्थतन्त्रका लागि घातक हुन सक्ने विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने तथा त्यसको सामना गर्ने तयारीको रणनीति निर्धारण गर्ने गर्छन् । तर, अमेरिका भने सो विषयमा तयारी गर्न बिरामी परेको छ । आर्थिक तथा राजनीतिक प्रयासको संयोजन भए मात्र यस विषयमा तयारी गर्न सकिन्छ ।
अझ स्पष्ट रूपमा भन्नुपर्दा अमेरिकी केन्द्रीय बैंक फेडले ब्याजदर १ दशमलव २५ प्रतिशतदेखि १ दशमलव ५ प्रतिशतको बीचमा कायम गर्ने लक्ष्य राखेको छ । आर्थिक मन्दी हुने खालका कुनै पनि संकेत केन्द्रीय बैंकले प्राप्त गरेन भने वर्षको अन्त्यसम्ममा फेडले तीनपटकसम्म सो ब्याजदरमा परिमार्जन गरी २ प्रतिशतको हाराहारीमा पुर्याउन सक्छ । यसले केन्द्रीय बैंकको पोलिसी रेट शून्य अंकमा पुग्नुभन्दा पहिले आर्थिक मन्दीतर्फ उन्मुख प्रवृत्ति सामना गर्न मौद्रिक सहजता कायम गर्न केन्द्रीय बैंकलाई ठाउँ रहन सक्छ ।
विगतका तीनवटा आर्थिक मन्दीमा फेडले करिब पाँच प्रतिशत ब्याजदर कटौती गरेको थियो । ब्याजदरमा त्रमिक रूपमा सुधार हुँदै आएको र ब्याजदर कम हुँदै आएकाले पनि फेडले यसलाई सामना गर्ने आधार पनि कम हुँदै गएको छ ।
सिद्धान्ततः फेडले बजारमा मुद्रा प्रवाह गर्न अर्को राउन्डको कार्यक्रम लन्च गर्न पनि सक्छ । यसका साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिफारिस गरेका कम्तीमा पनि एकजना फेडको बोर्ड सदस्यले नकारात्मक ब्याजदर कायम गर्ने भनी दिएको वक्तव्यले फेरि एकपटक तरंग ल्याइदिएको छ । ट्रम्पले नियुक्त गरेका फेडका एकजना बोर्ड सदस्यसँग उनले पूर्ववर्तीहरूभन्दा कम सक्रिय हुने धारणा राखे । फेडको ब्यालेन्स सिटमा कुनै पनि परिमार्जन तथा वृद्धि भए त्यो पनि केही निश्चित हदसम्म मात्र हुनुपर्ने अमेरिकी कंग्रेसले प्रतिक्रिया दिएको छ ।
मौद्रिक नीतिमा स्पष्ट विकल्प पनि हुनुपर्छ, तर अमेरिकी संसद्ले कर कटौती गरेको छ । सम्भवतः यो समय सबैभन्दा नकारात्मक हुन सक्छ । मौद्रिक नीतिले आर्थिक क्रियाकलापलाई उत्साहित गर्नुपर्ने हो, तर उत्प्रेरक नीतिलाई कुनै स्थान दिइएको छैन । केन्द्रीय सरकारको ऋण बढेर १५ खर्ब डलरभन्दा बढी भएको छ । अझ पनि कर कटौती गरेर अमेरिकाले स्पष्ट बुझिने गरी बेवास्ता गरेको देखिन्छ । बर्कलीकै मेरा सहकर्मी क्रिस्टिना र डेभिड रोमरले आर्थिक मन्दीविरुद्ध लड्नका लागि मौद्रिक नीति प्रभावकारी नभएको धारणा राखेका छन् । देशमा सार्वजनिक ऋण उच्च बिन्दुमा पुगिसकेको अवस्थामा हुन सक्ने सम्भावना पनि कम देखिँदै गएको छ ।
फेरि पनि मन्द बन्दै गएको आर्थिक गतिविधिमा उत्साह थप्नुको साटो रिपब्लिकन पार्टीका सांसदले यसलाई थप बेवास्ता गरेको देखिन्छ । सरकारी आम्दानीमा कमी आएको र व्यापारघाटा पनि तीव्र रूपमा बढ्दै गएको छ । बरु, सरकारी खर्च कटौती गर्न जोड दिँदै आएका छन् ।
रिपब्लिकन पार्टीका सांसद न्यून आम्दानी भएका घरपरिवारलाई खाद्यान्न प्रदान गर्ने लक्ष्यसहित सप्लिमेन्टल न्युट्रिसन एसिस्टेन्स प्रोग्राम (स्नाप) सुरु गर्न चाहन्छन् । उनीहरूले यस्तो कार्यक्रम लागू गर्ने दृष्टिकोण यसअघिदेखि नै राख्दै आएका पनि छन् । स्वास्थ्यसेवा तथा सामाजिक सुरक्षा कार्यक्रममा प्रयोग हुने खर्च कटौती गर्ने प्रक्रिया पनि उनीहरूले चालेका थिए । यस्ताखाले कार्यक्रममा हुने खर्च कटौती गर्दा उपभोक्तालाई हातमुख जोर्न नै समस्या पर्न सक्छ भने उपभोक्ताले पनि आफ्नो खर्च कटौती गर्नाले औसत मागको दर कम हुन सक्छ ।
बजेटसँग मेल खाने गरी स्थानीय तथा राज्यतर्फको कर थपघट गर्न सक्ने अधिकार राज्य सरकारलाई हुने उनीहरूले बताउँदै आएका छन् । यसैगरी बेरोजगार भत्ता प्रदान गर्ने अवधि कम गर्ने र खाद्य तथा पोषण सुरक्षा कार्यक्रममा दिइने आर्थिक सहायता पनि केही हदसम्म कतौती हुन सक्ने रिपब्लिकन पार्टीको धारणा छ ।
अमेरिकाको यो कदमलाई संसारभरका कुनै पनि राष्ट्रले सकारात्मक रूपमा लिएका छैनन् । युरोपदेखि जापानसम्मका विदेशी केन्द्रीय बैंकले ब्याजदर कटौती गर्न सक्ने स्थान राखेका छन् । जर्मनीमा पूर्ण सरकार बनिसकेपछि नीति–निर्माताले मौद्रिक नीति प्रयोगको बेवास्ता गर्न सक्छन् । र, जर्मनीले मौद्रिक नीतिलाई प्रयोग गरेन भने अन्य युरोपेली राष्ट्रले पनि त्यसो गर्न सक्ने सम्भावना कम छ ।
त्योभन्दा पनि बढी सन् २००८–००९ को आर्थिक संकटको असर कम गर्न निर्माण भएको अन्तर्राष्ट्रिय सहयोगको सम्बन्ध पनि ट्रम्पको 'अमेरिका फस्र्ट' एजेन्डासँगै अवरुद्ध बन्न पुगेको छ । सो एजेन्डाले एक वेलाका गठबन्धन राष्ट्रलाई शत्रुका रूपमा ठड्याएको छ । विश्वासको वातावरण बलियो बने मात्र आर्थिक संकट आउन नदिन अन्य राष्ट्रहरू अमेरिकी सरकारसँग काम गर्न चाहन्छन् । अमेरिकामा हुने आपूर्तिले अमेरिकासँग विश्वास निर्धारण आधारको काम गर्न सक्छ ।
सन् २००८–००९ ताका केन्द्रीय बैंक फेडले विदेशी कन्द्रीय बैंकसँग सहकार्य गरी डलरको प्रवाह वृद्धि गरेको थियो, तर आफूले दुःख गरी कमाएको पैसा अन्य राष्ट्रलाई दिइएको भन्दै संसद्मा फेडको कदमको चर्को आलोचना भएको थियो । सन् २००९ को पूर्वाद्र्धतिर विश्वका ठूला तथा विकसित २० राष्ट्रको समूह 'जी ट्वान्टी'को लन्डनमा भएको सम्मेलनमा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामा प्रशासनले अन्य सकारसँग पनि प्रोत्साहन गर्ने मौद्रिक नीति कार्यान्वयन गर्ने प्रतिबद्धता जाहेर गर्यो । करिब एक दशकपछि पनि अमेरिकी ट्रम्प प्रशासन सो विषयमा छलफल गर्ने कुरा कल्पना गर्नसम्म गर्न गाह्रो हुने अवस्था छ ।
आर्थिक विस्तार प्रक्रिया लामो समयसम्म नटिक्दा आर्थिक वृद्धि वा मन्दीसम्बन्धीका प्रक्षेपण पनि विश्वसनीय हुन सकेका छैनन् । कतिसम्म असर गर्ने आर्थिक मन्दी हुने र त्यसको प्रभाव कहाँ–कहाँ पर्ने भन्ने विषय सम्भवतः अनिश्चित नै हुने गर्छ । एउटा कुराचाहिँ के स्पष्ट हुनुपर्छ भने आर्थिक वृद्धि सधैँ भइरहँदैन । आर्थिक विकास तथा वृद्धिदरमा पनि आँधी पक्कै आउँछ, तर जहिले आँधी आउँछ, हाम्रो पूर्वतयारी कम नै हुने गर्छ ।
ब्यारी इचेनग्रिन युनिभर्सिटी अफ क्यालिफोर्नियामा अर्थशास्त्र तथा राजनीतिशास्त्र विषयका प्राध्यापक हुन् । | 2018/04/26 17:17:55 | http://www.enayapatrika.com/2018/01/12/14331/ | mC4 |
यस्तो छ प्रधानमन्त्री प्रचण्डको १८ बुँदे सम्बोधन — OnlineDabali
यस्तो छ प्रधानमन्त्री प्रचण्डको १८ बुँदे सम्बोधन
Posted on February 28, 2017 by अनलाइन डबली
६. चुनावकै सन्दर्भमा म आज तराई–मधेशका जनता, थारु, जनजाति र अन्य असन्तुष्ट पक्षलाई पनि सिधै र विशेष सम्बोधन गर्न चाहन्छु । एकात्मक, केन्द्रीकृत र सामन्तवादी राज्यसत्ताले देशका बहुसङ्ख्यक जातजाति, भाÈाभाÈी, लिङ्ग, वर्ण, वर्ग र क्षेत्रका जनतामाथि सदिऔंदेखि लादेको उत्पीडनविरुद्ध सबैभन्दा बढी को लड्यो ? मधेशी, महिला, आदिवासी–जनजाति, मुस्लिम, दलित र विपन्नमाथिका राजनीतिक, आर्थिक र सांस्कृतिक विभेद अन्त्य गर्ने निर्णायक अभियान कसले सुरु गर्यो ? मधेशलगायत उपेक्षित क्षेत्रमाथिका विभेद र उत्पीडनलाई इतिहासमै पहिलोपटक राष्ट्रिय राजनीतिको केन्द्रीय विषय कसले बनायो ? यहाँहरु आफैं जानकार हुनुहुन्छ । चाहे पहिलो होस् वा दोस्रो, हरेक संविधान सभामा मधेश, थारु, जनजाति, उपेक्षित क्षेत्र र वर्गका जायज चासो र चिन्तालाई सम्बोधन गर्न हरेक लडाइँको अग्रमोर्चामा को थियो ? पक्कै यहाँहरुलाई सम्झाई रहन पर्दैन । र, संविधान जारी गर्नैपर्ने वाध्यतात्मक अवस्थामा समेत मधेशी, आदिवासी र जनजातिका जायज बिमतिलाई दस्तावेजीकरण गर्दै आठ बुँदे असहमति कसले दर्ज गर्यो ? यो पनि भनिरहन पर्दैन । असन्तुष्ट पक्षलाई समेट्न र संविधानको स्वीकार्यता फराकिलो पार्नकै लागि हामी सरकार परिवर्तन गर्न समेत तत्पर भयौं । अत्यन्त निम्न स्तरका लाञ्छना, घृणित आरोपहरु र निकृष्ट गालीगलौजको सामना गरेर पनि संसदमा संविधान संशोधनको प्रस्ताव टेबल गर्योैँ । र, त्यो प्रस्ताव पारित गराउन हर क्षण प्रयत्नरत रह्यौं र अझै छौं । एउटा कालखण्डमा प्रतिपक्षी मोर्चाको संयोजकका रुपमा मैले असन्तुष्टिहरुको नेतृत्व गरेको छु । मधेशबाटै निर्वाचित जनप्रतिनिधि भएका नाताले म अहिलेका असन्तुष्टि र गुनासालाई सबैभन्दा नजिकबाट बुझ्दछु र त्यसको समाधानका लागि देशमा सबैभन्दा बढी क्रियाशील पनि छु ।
७. नयाँ संविधान चाहिएकै मधेशलाई हो, जनजाति, दलित, महिला र दमित वर्गलाई हो । सम्पूर्ण देशबासी र त्यसमा पनि तराई मधेशका विवेकशील जनतालाई झन् बढी थाहा छ । यो देशको परम्परागत शासक वर्गलाई गणतन्त्र मन परेको छैन, संघीयता मन परेको छैन, धर्मनिरपेक्षता मन परेको छैन । अँध्यारा कोठाहरुमा अहिले पनि यी उपलब्धि उल्ट्याउने षड्यन्त्र भइरहेको छ । हिजो मधेशमा सबैभन्दा धेरै उत्पीडन गर्ने त्यही वर्ग अहिले मधेशी जनताकै काँधमा बन्दुक राखेर परिवर्तनलाई उल्ट्याउने सपना देखिरहेको छ । मधेशका जनताको जागरण र साहसको दुरुपयोग गरेर जनताका अधिकार खोस्न चाहिरहेको छ । म मधेशका जनतालाई सोध्न चाहन्छु, के यो षड्यन्त्र सफल हुन दिन सकिन्छ ? के मधेशी जनता यसको हिस्सेदार बन्न सक्छन् ? म विश्वास दिलाउ"छु, संशोधनलाई सरकारले तार्किक निष्कर्षमा पु¥याउने छ । यो निर्वाचनले मधेशलाई आफ्नो असन्तोष मतपत्रबाट जाहेर गर्ने अवसर दिएको छ र यो अवसरको सदुपयोग हुनुपर्छ । मधेशकेन्द्रित दलहरुले पनि अन्ततः आवेग होइन, विवेक र राष्ट्रप्रति जिम्मेवारी देखाउनेछन् भन्नेमा सरकार विश्वस्त छ । जनसंख्याका अनुपातमा मधेशमा स्थानीय तहको संख्या बढाउन सरकार गृहकार्यमा छ । मधेशी जनताको विकास र मधेशी जनताको सरकार अब मतपेटिकाका रुपमा मधेशी जनताको दैलोमा छ । यो ऐतिहासिक अवसरलाई मधेशी जनताले एउटा उत्सवका रुपमा सहर्ष स्वीकार गर्नेमा सरकार पूर्णतः आशावादी छ ।
९. यो संविधानप्रति जे–जस्ता असहमति भए पनि र प्रतिपक्षमा हुँदाहुँदै पनि एउटा विशिष्ट कालखण्डमा मैले संविधान निर्माणको अग्रसरता लिएको हुँ । नेपाललाई ठूलो संवैधानिक र राजनीतिक शून्यतामा लैजाने षड्यन्त्रलाई चिर्न नया" संविधान तत्काल जरुरी थियो । संविधान निर्माणको क्रमलाई कहिल्यै टुङ्गोमा पुग्न नदिएर लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्यायसहितको लोकतन्त्र, धर्मनिरपेक्षता र सङ्घीय समावेशी समानुपातिक शासन प्रणालीलाई नै उल्ट्याउने खेललाई जसरी पनि असफल पार्नु थियो । कहिल्यै संविधान नबन्ने र सधैंको संक्रमणकालले अन्ततः नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डता र स्वाभिमान नै समाप्त हुने सम्भावना बढेपछि केही सम्झौता गरेर भए पनि संविधान बन्ने सुनिश्चितताका लागि मैले पहलकदमी लिएकै हुँ । अब बाँकी असन्तोषहरुलाई पनि व्यवस्थापन गरी आर्थिक सम्वृद्धिबाट समाजवादको आधार तयार पार्न ढिलो भइसकेको छ । स्थानीय निकायको निर्वाचनपछि त्यसले तीव्रता पाउनेछ भन्नेमा म विश्वस्त छु ।
१०. गत बजेटमा उल्लेखित संशोधित अनुमानभन्दा गत आर्थिक वर्षमा रु. २२ अर्ब बढी राजस्व असुली भएको, नेपाल सरकारको नगद बचत अनुमानभन्दा करिब रु. एक सय ३० अर्ब बढी कायम हुन आएको र भूकम्पपछिको पुननिर्माण, सर्वसाधारणको जनजीविका र विकासका पूर्वाधार सम्वन्धी थप कार्यहरु सञ्चालन गर्न आवश्यक देखिएको सन्दर्भमा चालू आर्थिक वर्षको लागि पेश भई पारित भएको उक्त बजेटलाई पुनरावलोकन गरी पूरक बजेट ल्याउने मेरो सुरुको तयारी थियो । तर, त्यसै पनि अविश्वासले जेलिएको संसदमा यो विषयको प्रवेशले थप अविश्वास बढाउला भनेर म त्यो बाटोमा लागिन । त्यसैले मेरा धेरै योजना र परिकल्पनाले साकार रुप लिन पाएनन् । प्रधानमन्त्रीको उम्मेदवारका रुपमा संसदमा मैले भनेको थिएँ, म सस्तो प्रचारवाजीमा लाग्ने छैन, विकासको बहसलाई मनोरञ्जक बतासे सपनामा सीमित हुन दिने छैन । बरु, ठोस योजना ल्याउने छु । देशबाट लोडसेडिङ लगभग अन्त्य भएको छ र यो अन्त्यलाई मैले मुलूक अब अ"ध्यारो युगबाट उज्यालो युगमा प्रवेशको बिन्दु मानेको छु ।
११. यहाँहरुलाई थाहै छ, प्रधानमन्त्रीका रुपमा म परस्पर विरोधी राजनीतिक मागहरुको दवावमा छु । तर, विकास निर्माण र तीव्र आर्थिक प्रगतिको मेरो सङ्कल्प धर्मराएको छैन । म आज सरकारका उपलब्धिको वृहत् चर्चा गर्न चाहन्न । तर, यत्ति भन्न चाहन्छु, हिजोका सवल र दुर्वल पक्षबाट सिकेर म सम्वृद्ध र न्यायपूर्ण नेपालको नयाँ अध्यायको सुरुवातका लागि प्रयत्नशील छु । सरकारबाट केही कमजोरी भएका होलान् तर गल्ती भएका छैनन् । यो सरकार आजसम्म कुनै आर्थिक विवादमा मुछिएको छैन र मुछिने पनि छैन ।
१७. शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमै पुर्याउने गरी सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको म्याद थप गरिएको छ भने सम्बन्धित ऐनहरुको संशोधन मस्यौदा तयार भएको छ । आर्थिक सहायता पाउन बाँकी शहिद र बेपत्ता पारिएका परिवारका लागि सबै रकम निकासा गरी सकिएको छ ।
१८. सार्वभौमसत्ता जनताका हातमा भएको यो लोकतन्त्र जनताको दशकौं लामो अथक सङ्घर्ष र बलिदानले आएको हो । यसका लागि देशको तीन–तीन पुस्ताले अनन्त बलिदान गरेको छ, असैह्य यातना व्यहोरेको छ र दशकौं सङ्घर्ष गरेको छ । त्यसैले संविधान र अझ सिङ्गो लोकतन्त्रकै कार्यान्वयनमा ऐतिहासिक महत्व राख्ने अबको निर्वाचन केवल प्रधानमन्त्री वा सरकारको परीक्षा होइन । बरु, यो सबै राजनीतिक दलको, लोकतन्त्रको र सिंगो राष्ट्रकै परीक्षा हो । झण्डै बीस वर्षदेखि हुन नसकेको स्थानीय तहको निर्वाचन गराई छाड्ने घोषणा गर्दा मलाई कुनै अनिश्चय र संशय होइन, बरु गौरवबोध छ ।
बीस वर्षसम्म कसैले सोच्नसम्म हिम्मत नगरेको यो निर्वाचन गराई छाड्ने मेरो यो आँट र विश्वासको स्रोत जनता नै हो । लोकतन्त्र कार्यान्वयनका हकमा यो एउटा ऐतिहासिक फड्को हो र यसलाई हामीले जसरी पनि सफल बनाउनु छ । मलाई विश्वास छ, निर्वाचनसँगै यो देशका राजनीतिक दलहरुबीच गाली र तालीको होइन । बरु, निर्माणको प्रतिस्पर्धा हुनेछ, विकासको प्रतिस्पर्धा हुनेछ, जनसेवाको प्रतिस्पर्धा हुनेछ । विकास र सरकार अब मतपेटिकाका रुपमा जनताको दैलोमा छ । निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव हो । यो महोत्सवमा बिना संशय, बिना धक, बिना डर, मन वचन र कर्मले उत्साहका साथ सहभागी हुन म सिङ्गो देशलाई हार्दिक आमन्त्रण गर्दछु । | 2019/02/22 03:41:51 | http://onlinedabali.com/archives/22096 | mC4 |
पुरानो नियमका - यहोशू / यहोशू 8
तब परमप्रभुले यहोशूलाई भन्नुभयो, "नडरा, निराश नहो। तेरो सबै योद्धाहरूलाई ऐ शहरमा लैजा। ऐ का राजालाई परास्त गर्नमा म तँलाई सहयोग गर्नेछु। म तँलाई त्यसका मानिसहरू, त्यसको शहर अनि त्यस देश दिंदैछु।
2 यो समयमा मात्र तिमीहरू सबै सम्पत्ति र पशुहरू लिन सक्छौ र तिमीहरू आफ्नै लागि राख्न सक्छौ। अब, तेरा केही सैनिकहरूलाई शहर पछाडि लुक्नु भन्।"
3 यसर्थ यहोशू अनि सबै सेनाहरूले ऐलाई आक्रमण गर्न तयार भए। यहोशूले अति योग्य 3,000 योद्धाहरू छाने अनि तिनीहरूलाई राती नै पठाई दिए।
4 यहोशूले तिनीहरूलाई यो आज्ञा दिए, "ध्यान दिएर सुनः तिमीहरूले शहरको पछाडि लुकेर पर्खिरहने छौ शहरदेखि धेरै टाढा नबस्नु ताकि तिमीहरू आक्रमण गर्न तयारी रहनसक।
5 अघाडि शहर तिर जान मानिसहरूलाई म अगुवाई गर्नेछु। शहरका मानिसहरू हाम्रो विरूद्ध लड्न बाहिर आउने छन्। त्यसरी नै हामी पछि फर्कने छौं अनि तिनीहरू देखि भाग्ने छौं जसरी हामी पहिला भागेका थियौ।
6 मानिसहरूले हामीलाई शहरदेखि टाढा खेद्ने छन्। तिनीहरूले सोच्नेछन् कि हामी पहिले भागे झैं भाग्दैछौं। यसकारण हामी भाग्ने छौ।
7 तब तिमीहरू लुकेको ठाउँबाट बाहिर आउनु पर्छ अनि शहरलाई अधिकारमा लिनु पर्छ। यसप्रकारले परमप्रभु तिमीहरूका परमेश्वरले शहरलाई कब्जा गर्न तिमीहरूलाई सहयोग गर्नुहुनेछ।
8 "तिमीहरूले शहर कब्जा गरेपछि, यसलाई जलाउनु पर्छ। तिमीहरूले परमप्रभुको नियमहरू ठीकसित पालन गर्नु पर्छ; म जस्तो आशा गर्छु तिमीहरूले ठीक त्यसै गर्ने छौ।"
9 तब यहोशूले ती मानिसहरूलाई तिनीहरूको लुक्ने ठाउँमा पठाए अनि प्रतिक्षा गर्न लागे। तिनीहरू बेतेल र ऐ शहर माझको एउटा ठाउँमा गए। यो स्थान ऐ शहरको पश्चिममा थियो। अनि यहोशू रात भरी अरूहरूसँग बसे।
10 भोलिपल्ट बिहानै यहोशूले मानिसहरूलाई एक साथ भेला गरे। तब यहोशू अनि इस्राएलीहरूका अगुवाहरूले मानिसहरूलाई ऐ शहरतर्फ लिएर गए।
11 सबै सैनिकहरू जो यहोशूसित थिए ऐ शहरतर्फ हिंडे। तिनीहरू शहरद्वारको सामुन्ने रोकिए। सेनाहरूले आफ्नो छाउनी शहरको उत्तर तर्फ बनाए। ऐ शहर र सेनाहरू बीच एक बेंसी थियो।
12 त्यसपछि यहोशूले लगभग 5,000 मानिसहरू छाने। यहोशूले ती मानिसहरूलाई शहर देखि पश्चिम तिरका बेतेल अनि ऐ शहर बीचको क्षेत्रमा लुक्न पठाए।
13 यसरी यहोशूले आफ्ना मानिसहरूलाई युद्ध गर्नका निम्ति तयार पारेका थिए। मुख्य छाउनी शहरको उत्तर तर्फ थियो। अन्य मानिसहरू पश्चिम तर्फ लुकेका थिए। त्यस रात यहोशू बेंसी तिर गए।
14 तब ऐ शहरका राजाले इस्राएली सैनिकहरूलाई देखे। अनि राजा उनका सबै मानिसहरू इस्राएलीहरूसित युद्ध गर्न गए। तिनीहरू पूर्वपट्टि यर्दनतिर फर्केको युद्ध भूमिमा गए। ती इस्राएली सैनिकहरू शहरको पछाडि लुकेर पर्खिरहेका छन् भन्ने उसलाई थाहा भएन।
15 यहोशू अनि इस्राएलका सबै मानिसहरूले ऐका सेनाद्वारा आफूहरूलाई पछि धकेल्न दिए। यहोशू अनि तिनका मानिसहरू पूर्वमा मरूभूमि तर्फ दौडन थाले।
16 शहरका मानिसहरू कराउन थाले अनि यहोशू र तिनका मानिसहरूलाई खेद्न थाले। सबै मानिसहरूले शहर छोडे।
17 ऐ अनि बेतेलका समस्त मानिसहरूले इस्राएलका सेनालाई खेदे। शहर खुल्ला छाडियो कोही पनि शहरको रक्षा गर्न बसेनन्।
18 तब परमप्रभुले यहोशूलाई भन्नुभयो, "आफ्नो भालालाई ऐ शहर तर्फ फर्काएर बस। म तँलाई त्यो शहर दिनेछु।" यसकारण यहोशूले आफ्नो भाला ऐ शहर तर्फ फर्कए।
19 इस्राएलका मानिसहरू जो लुकिरहेका थिए तिनीहरूले यो देखे। तिनीहरू झट्टै आफ्ना लुकिरहेका स्थानबाट बाहिर आए अनि हत्तारिएर शहरतर्फ कुदे। तिनीहरूले शहर भित्र प्रवेश गरे अनि त्यसलाई अधिकारमा लिए। त्यसपछि सैनिकहरूले शहरमा आगो लाउन थाले।
20 ऐका मानिसहरूले फर्केर हेरे अनि तिनीहरूका शहर जल्दै गरेका देखे। तिनीहरूले आकाशमा धूँवा उठेका देखे। यसर्थ तिनीहरूले आफ्ना शक्ति र साहस हराए। अनि इस्राएलका मानिसहरूलाई खेदन छाडे। इस्राएलका मानिसहरू भाग्न छाडे। तिनीहरू फर्के अनि ऐका मानिसहरूसित लड्न गए। ऐ का मानिसहरूका निम्ति भागेर जानको कुनै सुरक्षित स्थान थिएन।
21 यहोशू अनि तिनका मानिसहरूले देखेकि आफ्ना सेनाले शहरलाई कब्जा गरेका थिए। यो त्यसबेला भयो जब तिनीहरू भाग्न छाडेर, फर्किए अनि ऐका मानिसहरूसँग लडनलाई दगुरे।
22 त्यसपछि ती लुकेका मानिसहरू युद्धमा सहयोग गर्न शहर बाहिर आए। इस्राएलका सेनाहरू ऐ शहरका मानिसहरूका दुवै तिर थिए-ऐ शहरका ती मानिसहरू फन्दामा परे। तिनीहरूले तब सम्म युद्ध गरिरहे जबसम्म ऐका एकजना मानिस पनि जीउँदो रहेनन् तिनीहरूका कोही पनि बाँचेनन्।
23 तर ऐका राजालाई जीवित छाडियो। यहोशूका मानिसहरूले तिनलाई यहोशू कहाँ ल्याए।
24 युद्धको समयमा, इस्राएलका सेनाहरूले ऐका मानिसहरूलाई मैदान अनि मरूभूमि तिर खेदे। यसरी इस्राएलका सेनाहरूले ऐ शहरका मानिसहरूलाई मैदान तिर अनि मरूभूमि तिर मार्ने काम पूर्ण गरे। त्यसपछि इस्राएलका मानिसहरू ऐ तिर फर्केर गए अनि शहरमा अझ जीवितरहेका सबै मानिसहरूलाई मारिदिए।
25 ऐ शहरका समस्त मानिसहरू त्यस दिन मरे। त्यहाँ 12,000 पुरूष र स्त्रीहरू थिए।
26 यहोशूले शहरलाई ध्वंश गर्नका निम्ति आफ्ना मानिसहरूलाई संकेतको रूपमा आफ्नो भाला ऐ शहरतर्फ फर्काई राखेका थिए। यहोशूले उनको भाला जबसम्म समाति रहे तबसम्म ऐ शहरका मानिसहरू सबै नष्ट भएनन्।
27 इस्राएलका मानिसहरूले शहरका पशु-प्राणीहरू अनि अन्य चीज बीजहरू आफ्नै निम्ति राखे। परमप्रभुले यहोशूलाई भन्नुभएको थियो कि मानिसहरूले यसो गर्न सक्छन्।
28 त्यसपछि यहोशूले ऐ शहरलाई जलाइ दिए। त्यो शहर रित्तो ढुङ्गाहरूको राश बन्यो। त्यो आजसम्म त्यही रूपमा छ।
29 यहोशूले ऐका राजालाई एक रूखमा झुण्ड्याए। तिनले उसलाई साँझसम्म त्यतिकै झुण्ड्याइ राखे। सूर्यास्तको समयमा यहोशूले आफ्ना मानिसहरूलाई ऐका राजाको मृत-शरीरलाई रूखबाट झार्नु भने। तिनीहरूले त्यसको मृत-शरीरलाई शहर-द्वारमा खसाइ दिए। त्यसपछि तिनीहरूले मृत- शरीरलाई ढुङ्गाले ढाकि दिए। त्यो ढुङ्गाको थुप्रो आज सम्म त्यहाँ छ।आशिर्वाद एवं अभिशापहरूको पठन
30 तब यहोशूले परमप्रभु, इस्राएलका परमेश्वरका निम्ति एबाल पर्वतमा एउटा वेदी निर्माण गरे।
31 परमप्रभुका दास मोशाले इस्राएलका मानिसहरूलाई भनेका थिए, कि वेदी कसरी निर्माण गर्नु पर्ने। यसर्थ यहोशूले, मोशाको व्यवस्थाको पुस्तकमा व्याख्या गरे अनुसार निर्माण गरे। त्यो वेदी नकाटिएको ढुङ्गा द्वारा बनाइएको थियो। ती ढुङ्गाहरूमा कुनै हात हतियार कहिले प्रयोग भएको थिएन। तिनीहरूले त्यो वेदीमा परमप्रभु प्रति होमबलि अर्पण गरे। अनि मेलबलि पनि चढाए।
32 त्यस ठाउँको ढुङ्गामा यहोशूले मोशाको व्यवस्था लेखे। उसले इस्राएलका समस्त मानिसहरूका निम्ति हेर्नलाई त्यसो गरे।
33 बूढा-प्रधान, अधिकारी, न्यायकर्त्ता अनि इस्राएलका समस्त मानिसहरू पवित्र सन्दूक वरिपरि लेवी पूजाहारीहरूका सामुन्ने उभिएका थिए जसले परमप्रभुको करारको पवित्र सन्दूक बोकेका थिए। इस्राएलका मानिसहरू अनि तिनीहरूसित भएका अन्य मानिसहरू सबै त्यहाँ उभिएका थिए। आधा मानिसहरू एबाल पर्वतको सामुन्ने उभिएका थिए अनि अर्को आधा मानिसहरू गीरिज्जीम पर्वतको सामुन्ने उभिएका थिए। परमप्रभुका दास मोशाले मानिसहरूलाई यसो गर्नु भनेका थिए। मोशाले तिनीहरूलाई यो आशीर्वादका निम्ति गर्नु भनेका थिए।
34 तब यहोशूले व्यवस्थाका सबै शब्दहरू पढे। यहोशूले आशीर्वादहरू अनि श्रापहरू पढे। तिनले हरेक कुरा त्यही प्रकारले पढे जुन प्रकारले व्यवस्थाको पुस्तकमा लेखिएका थिए।
35 इस्राएलका समस्त मानिसहरू त्यहाँ भेला भएका थिए। सबै स्त्रीहरू, केटा-केटीहरू अनि सबै विदेशीहरू त्यहाँ थिए जो इस्राएलका मानिसहरूसित बस्थे। अनि यहोशूले प्रत्येक आज्ञा पढे जो मोशाले दिएका थिए। | 2020/10/23 00:34:46 | https://wordproject.org/bibles/ne/06/8.htm | mC4 |
किन वयस्क र बच्चाहरु मा चेचक विरुद्ध खोप आवश्यक
सामान्यतया, चेचक एक बाल्यकाल रोग मानिन्छ। ड्रम - पुरानो मान्छे अझै पनि कसरी schoolchildren रोग को प्रसारण को मुख्य मोड रूपमा, बिरामी सम्पूर्ण कक्षाहरू थिए सम्झना। हाल निकै बच्चाहरु बीच भाइरल संक्रमण, खोप धन्यवाद को अवस्थामा कम गर्न व्यवस्थित तथापि, हामी कारण तिनीहरू इन्कार वा रोकथाम को यो उपाय देखि आमाबाबुको एक पल्ट यो गरे भन्ने तथ्यलाई गर्न, वयस्क दुख्यो गर्न थाले। त्यसैले, यो वयस्क भन्दा चेचक Vaccinations कति आवश्यक छ थाहा महत्त्वपूर्ण छ र रोग खतरनाक।
म भन्न पर्छ वयस्क मा चेचक थप यस्तो निमोनिया, encephalitis, अन्धो चोट सुनेपछि रूपमा गम्भीर जटिलताहरू प्राप्त गर्न संभावना समेत छोराछोरी, भन्दा टाढा बुरा ठाँउ लिन्छ। रोग एक वाहक मात्र एक मानिस छ, र तपाईं पनि आकस्मिक सम्पर्क मार्फत संक्रमण प्राप्त गर्न सक्छन्। यस मामला मा, खोप गर्ने थियो र यो संक्रामक रोग खडा सकेन एक अवस्थामा को 95% संक्रमित। मात्र विकल्प - यो गर्नेछ खोप चेचक विरुद्ध वयस्क र बच्चाहरु मा।
त्यहाँ खोप अनिवार्य छ, जोखिममा जनसंख्याको एक समूह छ। यो चिकित्सा विद्यार्थी, डाक्टर, शैक्षिक संस्थाहरु को कर्मचारीहरु। महिला आमा बन्न तयार, र पहिले खोप छैन, पनि प्राप्त गर्भावस्था को समयमा हस्तान्तरण नकारात्मक भ्रूण विकास असर गर्न सक्छ रोग, रूपमा खोप गर्न, प्रोत्साहित गरिन्छ।
चेचक विरुद्ध खोप वैधता अवधि एकदम लामो छ। एक बच्चा वा वयस्क यसलाई बनाएको छ, जसले जीवनको लागि सामान्यतया 25 वर्ष र कहिलेकाहीं यथावत् कि संक्रमण विरुद्ध प्रभावकारी सुरक्षा सिर्जना गर्छ। उहाँले उसलाई चेचक बच्न लागि रोग संग बिरामी भएकाहरूलाई भन्दा कमजोर, तर प्रायजसो, पर्याप्त छ तापनि। सामान्यतया, पहिलो खोप वर्ष को उमेर मा गरेको छ, पटक-पटक पुन खोप स्कूल बच्चा प्रवेश गर्नु अघि 6 वर्ष बाहिर छ। घटना निवारक Vaccinations को रूसी पात्रोमा रेकर्ड गरिएको छ रूपमा टीका, मुक्त छ।
चेचक विरुद्ध खोप जिल्ला चिकित्सक, जाँच्न र खोप पठाउन गर्ने गर्न स्वास्थ्य केन्द्र मा एक वयस्क छ। त्यहाँ रोगी नजिक सम्पर्क हुनेछ कि एक जोखिम छ भने (उदाहरणका लागि, रोग लागि खतरनाक क्षेत्रमा एक यात्रा), यो पनि खोप मानिसहरू संक्रमण एंटीबडी लागि थप परीक्षण पास र आवश्यक भएमा थप Vaccinations बनाउन सिफारिस गरिएको छ।
प्रायजसो, चेचक विरुद्ध खोप एकदम सजिलै हस्तान्तरण। तथापि, शरीर रोग विरुद्ध सुरक्षा गठन गर्न थाले जो सुझाव केही साइड इफेक्ट, हुन सक्छ। पहिलो दिन इंजेक्शन साइट, soreness मा राता, induration अनुमति समयमा। एक हप्ता खोप पछि तापमान मा एक मामूली वृद्धि हुन सक्छ। कुनै पनि अवस्थामा, बिरामी-स्वास्थ्य कुनै पनि लक्षण को उपस्थिति, व्यक्तिगत सल्लाह दिन सक्छन् जो चिकित्सकको सल्लाह लिनुहोस् गर्नुपर्छ।
प्रयोग वा monovalent (केवल रोग बाट), वा MMR (चेचक, mumps र रूबेला)। र वास्तवमा, र अर्को मामला मा, एउटै प्रभाव, तर बाद भारी, शरीर छैन एक विरुद्ध प्रतिरक्षा विकास गर्न आवश्यक छ किनभने बोक्न, तर एकै समयमा धेरै रोगहरु विरुद्ध गर्न सक्नुहुन्छ। यसलाई त्यहाँ खोप गर्न सिफारिस गरिएको छैन जो कारक हो भन्ने उल्लेख गर्नुपर्छ। यो एक कमजोर प्रतिरक्षा प्रणाली, क्षयरोग, लेकिमिया, एचआईभी र गर्भावस्था छ। खोप त्यहाँ प्रक्रिया उत्प्रेरित हुनुपर्छ, अलिकति चिसो छ भने पनि, तर पूर्ण यसलाई दिनुभएन, पूर्ण स्वस्थ मान्छे मात्र हो।
वयस्क र बच्चाहरु मा चेचक एक समय तरिका बनेको छ विरुद्ध धूर्त संक्रमण जोगिन गर्न, यो खोप गर्न आवश्यक छ। यसरी, भारी भाइरस को हानिकारक प्रभाव चिन्ता गर्न आवश्यक छैन त्यहाँ छ। | 2020/07/06 21:20:58 | https://ne.delachieve.com/%E0%A4%95%E0%A4%BF%E0%A4%A8-%E0%A4%B5%E0%A4%AF%E0%A4%B8%E0%A5%8D%E0%A4%95-%E0%A4%B0-%E0%A4%AC%E0%A4%9A%E0%A5%8D%E0%A4%9A%E0%A4%BE%E0%A4%B9%E0%A4%B0%E0%A5%81-%E0%A4%AE%E0%A4%BE/ | mC4 |
उत्तरी सिरियामा परस्पर दुई विद्रोही समूहबीच भएको झडपको क्रममा कम्तीमा १९ जनाको मृत्यु भएको सिरियामा जारी द्वन्द्वलाई निरीक्षण गरिरहेका मानव अधिकारीवादी संस्थाले जानकारी दिएका छन् । सिरियाको पश्चिमी प्रान्त अलेप्पोको पश्चिमी भागमा अल कायदा आबद्ध हयात ताहरिर अल–शाम (एचटीएस) र सिरियाली विद्रोही समूह नुरेद्दिन अल–जिन्कीबीच झडप भएको सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जानकारी दिएको छ । सो झडपका क्रममा आफ्ना पाँच लडाकू मारिएको एचटीएसले सोमबार पुष्टि गरेको छ । त्यसैगरी… पुरा पढौ
उमाकुण्ड गाउँपालिका | रामेछाप,बागमती प्रदेश, नेपाल "सुन्दर, समृद् र विकशित उमाकुण्डको आधार कृषि,पर्यटन,जलश्रोत र सम्पन्न पूर्वाधार"
रामेछाप जिल्लाको उत्तरी भूभागमा अवस्थित उमाकुण्ड गाउँपालिका रामेछाप जिल्लाको प्रचुर सम्भावनाले भरिएको गाउँपालिका हो। यो गाउँपालिका भौगोलिक हिसाबले रामेछाप जिल्लाकै सबै भन्दा ठुलो गाउँपालिकाहो। जम्मा सात ओटा वडा रहेको यो गाउँपालिकाको जनसंख्या १७६०१ रहेको छ ।यो गाउपालिका ४५१.९९ वर्ग किलो मिटर क्षेत्रफलमा फैलिएको छ भने उमाकुण्ड गाउपालिकाको केन्द्र हाल वडा नं ४ प्रिती को च्यादलुमा रहेको छ । | 2021-03-08T08:52:46Z | https://sabalpost.com/archives/111716 | OSCAR-2109 |
२०७६ फाल्गुण ९ शुक्रबार १८:०२:५९ प्रकाशित
बाँके- बाँकेको राप्ती सोनारी गाउँपालिकास्थित खासकुश्मा र कचनापुर स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भएको छ। जापान सरकारको सहयोगमा आड्रा र वातावरण तथा ग्रामीण विकास केन्द्र (इन्रुडेक) द्वारा वडा नं १ मा रहेको खासकुश्मा स्वास्थ्य चौकी र वडा नं २ मा रहेको कचनापुर स्वास्थ्य चौकी भवनको निर्माण तथा नवीकरण गरी उपकरणसहित गाउँपालिकालाई हस्तान्तरण गरिएको छ।
जिल्लामा सञ्चालित नवजात शिशु तथा बाल स्वास्थ्य सुधार परियोजनाअन्तर्गत ती स्वास्थ्य चौकी मर्मतसम्भार र नवीकरण गरिएको हो। नवीकरण गरिएका भवनमा सुरक्षित प्रसूतिकक्ष, सुत्केरी सेवाकक्ष, निर्मलीकरण कर्नर, कर्मचारी आवासकक्ष लगायत बाथरुम, शौचालय, सेप्टिक ट्याङ्क, प्लासेन्टा पिट आदिको समेत निर्माण तथा स्तरोन्नति गरिएको इन्रुडेकका अध्यक्ष धर्मलाल रोकायले जानकारी दिए।
उनका अनुसार अत्यावश्यक नवजात शिशु स्याहारका लागि आवश्यक उपकरणको पनि व्यवस्था गरिएको छ। नवजात शिशु तथा बाल स्वास्थ्य अवस्थामा सुधार ल्याउन यस परियोजनाले जिल्लाका भेरी अस्पताललगायत ४८ सरकारी स्वास्थ्य संस्थामा नवजात शिशु तथा बाल स्वास्थ्य सेवाका लागि उपकरण उपलब्ध गराउने तथा छ स्वास्थ्य संस्थामा भौतिक पूर्वाधार निर्माण तथा स्तरोन्नतिको योजनामा काम गरिरहेको छ।
सन् २०१९ मार्चमा शुरु भई फेब्रुअरी २०२२ सम्म सञ्चालन हुने यस परियोजनाबाट बाँकेका पाँच लाख ६१ हजार ४९७ जना लाभान्वित हुने परियोजनाको कूल लागत रु १२ करोड ८६ लाख रहेको आड्रा नेपालका राष्ट्रिय निर्देशक लेटन फ्लेचरले जानकारी दिए।
"उपकरण तथा भौतिक सुविधासहितको संरचनाबाट विशेषगरी विपन्न वर्ग र समुदायका गर्भवती तथा सुत्केरी महिला, नवजात शिशु र पाँच वर्षमुनिका बालबालिकालाई प्रत्यक्ष लाभ हुनेमा हामी विश्वस्त छौँ", निर्देशक फ्लेचरले भने, "स्थानीय सरकारको प्राथमिकतामा रहेको स्वास्थ क्षेत्रमा काम गर्ने अवसर प्रदान गरेकामा स्थानीय सरकारलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु।"
जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले आड्रा नेपालले सञ्चालन गरेको कार्यक्रमले जनता प्रत्यक्षरूपमा लाभान्वित भएका बताए। गाउँपालिकाका अध्यक्ष लाहुराम थारूले आड्रा नेपालले निर्माण गरेका स्वास्थ्य संस्थाका भवन संरक्षण र सञ्चालनका लागि आवश्यक बजेट गाउँपालिकाले विनियोजन गर्ने बताए। रासस | 2020/04/08 02:36:32 | https://swasthyakhabar.com/story/30761 | mC4 |
एमाले स्थायी समिति बैठक बस्दै : माधव पक्षलाई कारबाहीको सम्भावना - Kantipath.com
शनिबारदेखि जारी नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज (आइतबार) पनि बस्दै छ। पार्टी एकताको पहल गर्न भन्दै शनिबार केहीबेर बसेर स्थगित भएको बैठक आज दिउँसो ३ बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरी बोलाइएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताए।
शनिबारको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सहभागी थिएन। बामदेव गौतम भने सहभागी थिए । बैठकमा पार्टीको विधान अधिवेशनको तयारी, विभागहरुलाई पूर्णतालगायतका विषयमा छलफल हुने कार्यालय सचिव तामाङले जानकारी दिए। महासचिव इश्वर पोखरेलले दोश्रो अध्यक्षको प्रस्तावको कुनै अर्थ नभएको बताएका छन् भने अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल जस्ता गद्दारलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन्।
बैठकमा एमालेभित्र जारी विवाद समाधानका लागि भन्दै गठित कार्यदलले तयार पारेको १० बुँदे सहमतिको प्रस्तावबमोजिम विभिन्न आयोग गठन, केन्द्रीय विभागहरुको पूर्णता र प्रदेश कमिटीहरुको अनुमोदनबारे छलफल हुनेछ। आजको बैठकमा माधव पक्षलाई कारबाहीको सम्भावना पनि रहेको स्रोतले बतायो । | 2021/09/28 05:01:38 | https://kantipath.com/local-news/uml-standing-committee-meeting-madhab-nepal-punishment/ | mC4 |
एजेन्सी : अफगानिस्तानको ७० प्रतिशत भन्दा बढी भू–भागमा बिद्रोही संगठन तालिवान पूर्ण रुपमा सक्रिय रहेको एक अध्ययनले देखाएको छ । अमेरिकी नेतृत्वको गठबन्धन सेनाले तालिवानलाई परास्त गर्न करोडौं डलर खर्च गरेपनि सफल नभएको अध्ययनले देखाएको छ । सन् २०१४ मा विदेशी सैन्य फौजले अफगानिस्तान छोडेपछि तालिवानको खतरा तथा विभिन्न भू–भागमा नियन्त्रण बढेको जनाइएको छ । अफगान सरकारले भने मुलुकको अधिकांश भू–भाग आफ्नो नियन्त्रणमा रहेको दाबी गर्दै आएको छ । अध्ययनअनुसार कूल जनसंख्याको आधा मानिस तालिवानको नियन्त्रणमा रहेको वा पूर्ण सक्रिय रहेको स्थानमा बसोबास गरिरहेका छन् । अफगानिस्तानका १४ जिल्ला तालिवानको पूर्ण नियन्त्रणमा छ । यस्तै २ सय ६४ वटा जिल्लामा तालिवान खुल्ला रुपमा सक्रिय रहेको पाइएको बीबीसीले जनाएको छ । तालेवानको मुख्य निशानामा राजधानी तथा प्रमुख शहरहरु पर्ने गरेको अध्ययनमा जनाइएको छ । | OSCAR-2019 |
||
कर्म के हो? — Study Buddhism
विगतमा हामीले गरेका व्यवहारका कारण केही मानसिक संस्कारहरुको निर्माण भएको हुन्छ जसले हामी कसरी काम गर्छौं, कसरी बोल्छौं र कसरी सोच्छौं भन्ने कुराको निर्धारण गर्छन्। कर्मले तिनै मानसिक संस्कारहरुतर्फ इंगित गर्छ। हाम्रा बानीहरुले मस्तिष्कमा निश्चित स्नायुपथहरु (neural pathways) को विकास गरेको हुन्छ, जसका कारण हामी निश्चित परिस्थितिमा निश्चित प्रकारका काम दोहोर्याइराख्छौं। सरल भाषामा भन्नु पर्दा हामीभित्र कुनै काम गर्ने इच्छा जागृत हुन्छ र हामी बाध्य भएर सोही काम गर्न थाल्छौं।
कर्मलाई भूलवश भाग्य वा नियति भनेर बुझ्ने गरिएको छ। कसैलाई कुनै चोटपटक लाग्यो वा सम्पत्ति नोक्सान भयो भने मानिसहरु भन्छन्ः "ओहो, भाग्य नै खराब रहेछ। उसको कर्म!" त्यसो भन्नु र परमेश्वरको ईच्छा भन्नु उस्तै हो – हामीलाई उक्त घटना कसरी भयो भन्ने थाहा हुँदैन र त्यसलाई आफ्नो काबुबाहिरको कुरा भन्ठान्छौं। बुद्धधर्मअनुसार कर्मको अवधारणा त्योभन्दा विल्कुल फरक हो। कर्मले हाम्रो त्यस्तो मानसिक संस्कार जनाउँछ जसका कारण हामी या त कसैसँग रिसले चुर भएर चिच्याउन थाल्छौं या उप्रतिको आफ्नो रिस अलि शान्त नहुञ्जेल धैर्यपूर्वक बस्छौं र समस्याको समाधान खोज्छौं। कर्मले त्यस्तो मानसिक संस्कार जनाउँछ जसले हामी भर्याङ ओर्लंदा आदतको रुपमा आफ्नो खुट्टा मर्किने गरी हिँड्छौं वा सुरक्षित रुपमा हिँड्छौं भन्ने कुराको निर्धारण गर्छ।
कर्मले कसरी काम गर्छ भन्ने बुझ्न धुम्रपानको उदाहरण लिन सकिन्छ। प्रत्येक पटक हामीले खाने चुरोटले अर्को चुरोट सल्काउनका लागि प्रेरणाको काम गर्छ। जति धेरै चुरोट खायो, त्यत्ति नै धेरै धुम्रपान गर्ने प्रवृत्ति प्रबल हुँदै जान्छ। हुँदा हुँदा कर्मको बलले हामीलाई थाहै नपाई अर्को चुरोट सल्काउन बाध्य बनाइसकेको हुन्छ। कर्मले त्यस्तो भाव वा आवेग जनाउँछ, जसका कारण धुम्रपान गरिन्छ। खासमा यो हामीले नै पहिलादेखि जम्मा गर्दै आएको बानीको बल हो। हामीले तान्ने चुरोटले फेरी त्यही काम दोहोर्याउने प्रवृत्तिलाई बल दिन्छ। यसले शरीरभित्रको त्यस्तो प्रवृत्ति र सम्भावनालाई पनि बल दिन्छ, जसका कारण क्यान्सरको विकास हुन्छ। चुरोट खाने संस्कार र त्यसबाट क्यान्सरको अवस्थासम्म पुग्नु भनेको हामीले नै जम्मा गर्दै आएको बाध्यकारी आवेगको परिणति हो, जसलाई "कर्मको विपाक" भनिन्छ।
बानी परिवर्तन
कर्मको अवधारणा अर्थपूर्ण छ किनकि यसले हाम्रा भावना र मनोवेगहरु कहाँबाट आउँछन् तथा हामी किन कहिले खुशी र कहिले दुःखी हुन्छौ भन्ने बुझ्न सघाउँछ। यी सब हामीले निश्चित ढाँचाबाट गर्ने व्यवहारको परिणामस्वरुप आउने हुन्। हामीले के गर्छौ र हामीमाथि के घटित हुन्छ भन्ने कुरा पहिल्यै निर्धारित हुँदैन। पूर्वनिर्धारित भाग्य वा नियति भन्ने कुरा हुँदैन।
"कर्म" भन्ने शब्दले सक्रिय शक्ति जनाउँछ। यसले भविष्यमा हुने घटनाहरु तपाईंकै हातमा हुन्छ भन्नेतर्फ इंगित गर्छ। – चौधौं दलाई लामा
हामी आफूलाई आफ्नो बानीको दास भन्ठान्छौं। आदतको रुपमा गर्ने व्यवहारका लागि हाम्रो स्नायुतन्त्रमै निश्चित ढाँचा बनेको हुँदा त्यस्तो लागेको हुन सक्छ। तर बुद्धधर्मअनुसार बानीहरुमाथि विजय प्राप्त गर्न सम्भव छ। हामी जीवनपर्यन्त आफ्ना स्नायुपथहरुमा परिवर्तन गर्न र नयाँ स्नायुपथहरुको निर्माण गर्न सक्छौं।
हाम्रो मनमा कुनै काम गर्ने भाव उत्पन्न हुनु र कर्मको बलले साँच्चिकै त्यो काम गरिहाल्नुबीच केही समय हुन्छ। मनमा जे भाव आयो हामी त्यो गरिहाल्दैनौं, किनकि हामी सबैले सानैदेखि आफूलाई रोक्न सिकेका हुन्छौं। शौच प्रशिक्षण त हामीले पक्कै पनि लिएकै हुन्छौं ! त्यस्तै कसैलाई पीडा पुग्नेगरी बोल्नुअघि हामी सोच्न सक्छौं – "यो कुरा भनौं कि नभनौं?" अरुलाई चिच्चाएर गाली गर्दा हामीलाई केहीबेर राहतको महसुस होला। तर गाली गर्ने बानी नै छ भने हाम्रो मन दुःखी रहेछ भन्ने बुझ्नुपर्छ। हामी सबैलाई थाहा छ, वार्ताद्वारा द्वन्द्वको समाधान गर्दा खुशी र शान्ति प्राप्त हुन्छ। सकारात्मक र नकारात्मक कार्यबीच भेद गर्न सक्नुले नै मानिसलाई जनावरभन्दा फरक बनाउँछ। हाम्रा लागि यो क्षमताको ठूलो महत्व छ।
तर, नकारात्मक काम गर्नबाट आफूलाई रोक्न त्यत्ति सजिलो छैन। मनमा जे भाव उत्पन्न हुन्छ, त्यसप्रति सचेत हुने पर्याप्त अवसर (स्पेस) भयो भने मात्र हामी आफूलाई रोक्न सक्छौं। होशमा रहने अभ्यासले हामीलाई त्यो अवसर (स्पेस) दिन्छ। त्यसैले बौद्ध शिक्षामा होशमा रहने अभ्यासलाई महत्व दिइन्छ। यो अभ्यासले हामीलाई शान्त बनाउँछ, र हामी के सोच्छौं, के बोल्छौं वा के गर्छौं भन्ने कुराप्रति बढी सचेत हुन थाल्छौं। हामी यसरी विश्लेषण गर्न सक्छौं – "मलाई केही भन्न मन लागेको छ तर यसले अरुलाई दुःखी बनाउँछ। मैले त्यो कुरा भनेको खण्डमा समस्या उत्पन्न हुन्छ, त्यसैले भन्दिनँ।" त्यसपछि हामी के बोल्ने र के नबोल्ने, छनौट गर्न सक्छौं। यसका विपरीत हामीले होशमा रहने अभ्यास गरेका छैनौँ भने मनको वशमा परेर जे विचार आयो त्यो बोलिहाल्छौं, जे मन लाग्यो त्यही काम गरिहाल्छौं। यसले हामीलाई दुःखबाट कहिल्यै छुटकारा दिने छैन।
आफ्नो भविष्य जानौं
भविष्यमा के भोग्नुपर्ला भन्ने कुरा हामी आफ्नै विगत र वर्तमानका कर्मगत व्यवहारलाई हेरेर भन्न सक्छौं। दीर्घकालीन रुपमा हेर्ने हो भने सकारात्मक कामले हामीलाई खुशी दिन्छ, नकारात्मक कामले अवान्छित परिणाम निम्त्याउँछ।
कुनै निश्चित कर्मको विपाक कस्तो होला भन्ने कुरा विभिन्न तत्त्वहरु र परिस्थितिहरुमा निर्भर गर्छ। एउटा बललाई आकाशतिर फ्याँक्यो भने हामी निश्चित रुपमा भन्न सक्छौं, त्यो बल जमीनमा खस्छ। तर हामीले त्यो बललाई बीचमै समात्यौँ भने जमीनमा खस्दैन। त्यस्तै विगतको अनुभवका आधारमा भविष्यमा के होला भनेर अनुमान लगाउन सकिन्छ। तर त्यो अनुमान ढुंगामा कुँदेको जस्तो वा दैवी निर्देशजस्तो सुनिश्चित र अपरिवर्तनीय हुँदैन। अरु धेरै प्रवृत्ति, कार्य, वा घटनाक्रमले कर्मको परिणामलाई प्रभावित गर्न सक्छन्। हामी मोटोपनको विमारी छौं र धेरै मात्रामा अस्वस्थकर खानेकुरा खाइराख्छौं भने भविष्यमा मधुमेहको रोग लाग्ने सम्भावना प्रबल हुन्छ। तर हामीले दृढतापूर्वक आफ्नो खानपान सुधार्यौ र तौल घटायौं भने रोग लाग्दै नलाग्न सक्छ।
भूईंमा खुट्टा बजार्यो भने निश्चित रुपमा दुख्छ। यो स्वाभाविक कुरा हो, यसका लागि कर्म वा कारण–परिणाम जस्ता कुरामा विश्वास गरिराख्नु पर्दैन। हामीले आफ्नो बानी सुधार्यौ र कल्याणकारी बानीहरुको विकास गर्यौ भने निश्चय नै सकारात्मक परिणाम आउँछ, चाहे हाम्रो धारणा जेसुकै होस्। | 2022/01/19 10:54:10 | https://studybuddhism.com/ne/mula-tattva/ke-ho/karma-ke-ho | mC4 |
बालुवाटारमा प्रधानमन्त्रीको ब्रिफिङ : मुलुक गम्भीर मोडमा – bampijhyala.com
Home > समाचार > राजनिती > बालुवाटारमा प्रधानमन्त्रीको ब्रिफिङ : मुलुक गम्भीर मोडमा
२० कार्तिक २०७७, बिहीबार १३:०० bampijhyala
बाँपीझ्याला, काठमाडौैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि चौतर्फी हमला भइरहेको भन्दै सरकारलाई काम गर्न नदिएर मुलुक गम्भीर मोडमा पुगेको बताएका छन् ।
बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई ब्रिफिङ गर्दै सरकारमाथि पार्टीभित्र र बाहिर दुवैतिरबाट हमला हुँदा सोचेजति काम गर्न नसकिएको बताएका हुन् ।
'पार्टी भित्रैबाट पनि सहयोग भएन । घेराबन्दी गरिन्छ, राजीनामा मागिन्छ । काम गर्न दिइँदैन । तर म राजीनामा दिने पक्षमा अझै छैन । कुनै हालतमा म पछि हट्दिनँ' ओलीको भनाई उदृत गर्दै एक मन्त्रीले भने, 'पार्टीभित्रबाट असहयोग हुँदा सोचेजति काम गर्न सकिएन । अस्थिरता निम्त्याउने काम मात्रै भयो । जसले मुलुक नै गम्भीर मोडमा पुगेको छ ।'
यसअघि ओलीले बुधबार पनि चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन गर्दै आफ्नो राजीनामा मागिएको तर कुनै पनि परिस्थितिमा आफु राजीनामा नदिने बताएका थिए ।
प्रधानमन्त्री ओलीले भनेका थिए्, 'तपाईंहरु विचार गर्नुस के अहिले मैले राजीनामा दिन हुन्छ ? राजीनामा दिन मिल्छ ? मेरो लागि होइन, देशको लागि मैले राजीनामा दिनु भनेको देशलाई बर्बादितिर जान दिनु हो । त्यसकारण म राजीनामा दिनेवाला छैन । त्यो मैले दोहो¥याएर भनेको छु, फेरि केहीले खोइ त राजीनामा भनेर मागिराखेका छन् । बेकारको कुरा हो भन्ने सोच्छु ।'
अहिले ओलीको राजीनामा कसैले नमागेपनि ओली आफैले राजीनामाको प्रसंग निकालेकोमा उनको आलोचना समेत भइरहेको छ ।
बिहीबारको मन्त्रिपरिषद् बैठकमा खासै महत्त्वपूर्ण निर्णयहरु नभएपनि प्रधानमन्त्री ओलीले लामो पुराण सुनाएको अर्का एक मन्त्रीले बताए ।
'खासै त्यस्ता केही निर्णयहरु त भएनन् तर प्रधानमन्त्रीज्यूले समसामयिक विषयहरुमा आफ्ना कुराहरु राख्नुभयो । खासगरी उहाँले आफ्नो राजीनामा मागेर अस्थिरता निम्त्याउन खोजिएको भनेर ब्रिफिङ गर्नुभयो । त्यो सुनेर फर्केका छौ' ती मन्त्रीको भनाइ छ ।
सत्तारुढ दल नेकपाभित्र विवाद र अन्तरविरोध चर्कदै गएका बेला यसअघि पनि अध्यक्ष समेत रहेका ओलीले विना प्रसंगका यस्ता अभिव्यक्तिहरु दिएर विषयान्तर गर्ने गरेका थिए ।
नेकपाका एक नेता भन्छन्, 'ओली एउटा झुट छोप्न अर्को झुट बोल्छन् । त्यसैले उनको बोलीको ठेगान नै हुन छाडेको छ ।'
अमेरिकाको राष्ट्रपति निर्वाचन : महत्त्वपूर्ण राज्यमा मतगणना जारी, परिणाम आउन समय लाग्ने
सञ्चार गृह २० कार्तिक २०७७, बिहीबार १३:००
स्थानीय तहको अन्तिम बजेट आज आउँदै २० कार्तिक २०७७, बिहीबार १३:००
सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीले निःशुल्क पाठ्यपुस्तक पाउने २० कार्तिक २०७७, बिहीबार १३:०० | 2021/06/24 11:37:41 | https://bampijhyala.com/2020/11/05/7361/ | mC4 |
कोभिड–१९ महामारीका सन्दर्भमा पत्रकार महासंघले शुरु गर्यो डिजिटल सम्वाद {हेर्नुहाेस्} - Harekpal
कोभिड–१९ महामारीका सन्दर्भमा पत्रकार महासंघले शुरु गर्यो डिजिटल सम्वाद {हेर्नुहाेस्}
हरेकपल सम्वाददाता २ बैशाख २०७७, मंगलवार १८:३० मा प्रकाशित
काठमाडौं, २ वैशाख । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजनामा र महासंघको डिजिटल मिडिया समितिको संयोजनमा कोभिड–१९ महामारीका सन्दर्भमा नेपाल पत्रकार महासंघले डिजिटल सम्वाद कार्यक्रम आयोजना गर्यो ।
संवाद कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द आचार्यले कोरोना महामारीमा पत्रकारहरु अग्रपङ्तीमा काम गर्नुपर्ने भएकाले उच्च जोखिममा रहेको बताउनुभयो । उहाँले अहिलेको विषम परिस्थितिमा पत्रकारले सत्यतथ्यमा आधारित रहेर जिम्मेवार पत्रकारिता गर्नुपर्ने बताउनुभयो । सञ्चार क्षेत्र गम्भीर संघारमा रहेकाले विशेष राहत प्याकेज घोेषणा गर्न पनि अध्यक्ष आचार्यले सरकारसंग माग गर्नुभयो ।
प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले सञ्चारकर्मीहरुलाई आचारसंहिता पालनामा गम्भीर हुन आग्रह गर्नुभयो । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालले संकटका बेला पत्रकारहरु पारिश्रमिकबाट बञ्चित भएको बताउदै श्रमजीवि पत्रकार थप समस्यामा परेको बताउनुभयो । डिजिटल सम्वादमा महासंघका पूर्व सभापति डा. सुरेश आचार्य, पूर्व अध्यक्ष शिव गाँउले, महासंघका महासचिव रमेश विष्ट, प्रेस संगठन नेपालका संयोजक महेश्वर दाहाल, नेपाल प्रेस यूनियनका अध्यक्ष बद्रि सिग्देल, महासंघका प्रदेश अध्यक्ष एवम् उपाध्यक्षहरु, अनलाइन पत्रकार संघका पूर्व अध्यक्ष प्रवेश सुवेदीलगायतले धारणा राख्नुभएको थियो ।
संवाद कार्यक्रममा महासंघका प्रदेश समितिका अध्यक्षहरुले आ–आफ्नो प्रदेशको पत्रकारिता अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो । | 2020/06/02 21:33:07 | https://harekpal.com/archives/102463 | mC4 |
लाेकप्रिय सन्देश २०७८ श्रावन ५ गते 314
नेपालगञ्ज, साउन ५ गते । नेपालगञ्जको जमूनाह नाकामा स्थायी प्रकृतिको हेल्थ डेस्क निर्माण सम्पन्न भई मङ्गलबारदेखि सञ्चालनमा आएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर, बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरालाल रेग्मीले हेल्थडेस्कको नवननिर्मित भवनको मंगलबार उद्घाटन गर्नुभयो ।
कोरोना, डेङ्गु, मलेरिया लगायतका सङ्क्रमक रोगको नियन्त्रणका लागि नाकामा हेल्थ डेस्क स्थापना गरिएको नगर प्रमुख डा. राणाले बताउनुभयो । देशभरका १३ वटा नाका मध्ये स्थायी प्रकृतिको हेल्थडेस्क सञ्चालन भएको नेपालगञ्जमा पहिलो पटक हो । नयाँ भवनबाट सेवा दिने हेल्थ डेस्कमा चिकित्सक, ल्याब टेक्निसियन सहितका स्वास्थ्यकर्मीहरु खटिन भएका छन् । भारतबाट फर्किनेहरुको स्वास्थ्य परीक्षण(स्क्यानिङ) र आवश्यकता अनुसार परीक्षण गरिनेछ ।
५१ लाख ३१ हजार रुपियाँको लागतमा करिब तीन महिनामा प्रिपेफको भवन निर्माण सम्पन्न गरिएको छ । हेल्थडेस्कको केही भाग ईलाका प्रहरी कार्यालय जमूनाहले समेत प्रयोग गर्ने उपप्रमुख उमा थापा मगरले जानकारी दिनुभयो । | 2021/09/16 10:32:38 | http://www.lokpriyanews.com/news/11730 | mC4 |
काठमाडौं । नेकपा एमालेले मची महाकाली अभियान ३ दिनका लागि स्थिगित गरेको छ । आज राजविराजमा भएको घटनापछि एमाले पछि हटेको जनाएको छ । आज सप्तरी भएको आमसभामा झडप हुँदा एकाएक परिस्थिति बदलिएको छ ।
३ दिन पछि फेरी अयिान संचालन गर्ने निर्णय गरिएको छ । सप्तरमिा बसेको एमालेका उच्च नेताहरुको बैठकले यो निर्णय गरेको हो । | 2022-12-04T06:16:45Z | http://www.aajavoli.com/2017/1194/ | OSCAR-2301 |
पब्लिकेसन नेपालयले कवि श्रवण मुकारुङसँगको सहकार्यमा यो काम शुरू गरेको हो। यसका संयोजक तथा क्युरेटर मुकारुङले आफ्नो सहित पुराना र नयाँ कविहरूका अप्रकाशित सिर्जना प्रस्तुत गर्नेछन्। साप्ताहिक रूपमा सार्वजनिक हुने कविताहरू निर्धारित शुल्क तिरेपछि पढ्न र कविहरूकै आवाजमा वाचन सुन्न सकिने नेपालयले जनाएको छ।
नेपालयका किरणकृष्ण श्रेष्ठले कोभिड-१९ को महामारी उत्कर्षमा रहँदा सबै क्षेत्र जस्तै प्रकाशन र पाठक जमातलाई पनि खुम्च्याएको वेला अनलाइनमा उपलब्ध सामग्रीले साहित्यिक भोक मेटेको अनुभवले नै ई-कविताको जन्म गराएको बताए।
"महामारी सिर्जित क्वारेन्टिनको समयमा प्रकाशित र प्रसारित सिर्जनाले सर्जक र पाठक–श्रोताबीच सेतुको काम गरे पनि व्यावसायिक व्यवस्थापनको आवश्यकता पनि महसूस भयो, ई-कविताको परिकल्पना त्यही व्यावसायिक सेतु हो," उनले भने। यसले पाठकसँग कविहरूलाई व्यावसायिक रूपमा प्रत्यक्ष सम्बन्ध गाँस्ने प्रयास गर्ने उनले बताए।
ई–कविताका संयोजक मुकारुङले कविता लामो समयदेखि व्यावसायिक प्रकाशनको प्राथमिकतामा पछाडि रहनुमा कविता लेख्ने र प्रकाशन गर्ने कामलाई व्यावसायिक बनाउन नसक्नु मुख्य कारण रहेको औंल्याउँदै यो रिक्तता पुर्न नयाँ शुरूआत गरिएको बताए। "ई-कविताले कविहरूलाई गरिमा र सम्मान प्रदान गर्दै सुसूचित बन्ने र किनेर पढ्ने पाठकको सङ्गतमा पनि पुर्याउनेछ," उनले भने।
ई–कविताको औपचारिक शुरूआत वैशाख १७ गतेदेखि हुने भएको छ। उक्त दिन आमाको मुख हेर्ने दिन परेकाले शृङ्खलाको पहिलो कविताका रूपमा आमाहरू र अग्रजप्रति सम्मान स्वरूप कवि गोपालप्रसाद रिमालको चर्चित कविता 'आमा' लाई मुकारुङले वाचन गरेका छन्।
शुरूको महीना पाठक तथा श्रोताले आफ्नो नाम दर्ता गरेर कविताहरू नि:शुल्क पढ्न र सुन्न पाउनेछन् भने त्यसपछि नि:शुल्क पढ्न पाउने कोटा महीनाको एउटा कवितामा सीमित गरिनेछ। सबै कविता पढ्न र सुन्न चाहनेले वार्षिक ग्राहक बन्नुपर्ने नेपालयले जनाएको छ।
नेपालयका श्रेष्ठले कविता विधालाई व्यावसायिक बनाउन आफूहरूले शुरूआती प्रयास गरेको र कविताप्रेमी सचेत पाठकहरूबाट साथ-सहयोग पाउनेमा विश्वस्त रहेको पनि बताए।
ई-कविताको प्राविधिक विकास र व्यवस्थापन थुप्रै डटकमले गरेको छ। थुप्रैले ई-कवितालाई आफ्नो ई-बूक एपबाट पनि पढ्न र सुन्न सक्ने गरी व्यवस्थापन गर्ने जनाइएको छ।
ई-कवितामा उपलब्ध हरेक कविता पढ्न र सुन्न रु.१५ लाग्नेछ भने रु.५२५ तिरेर वार्षिक ग्राहक हुने व्यवस्था गरिएको छ। यस्तै, विदेशमा बस्नेले पाँच अमेरिकी डलरमा वार्षिक ग्राहक बन्न सक्ने नेपालयले जनाएको छ। | 2022/07/05 22:53:20 | https://www.himalkhabar.com/index.php/news/129533 | mC4 |
अभिनयमा भविष्य खोज्दै नव मोडल रिया लामा (भिडियो सहित) – SN-One of the news portal in Nepal
अभिनयमा भविष्य खोज्दै नव मोडल रिया लामा (भिडियो सहित)
२०७६ जेष्ठ १, बुधबार २१:५२ मा प्रकासित
काठमाडौं।। सानै उमेर देखि अभिनय तथा नृत्यमा रुचि राख्ने नव मोडल रिया लामा भविष्यमा एक कुशल चर्चित मोडल तथा नायिका बन्ने सोच लिएर यस क्षेत्रमा प्रवेश गरेकी छिन् भने अहिले त्यसै अनुरूप मेहनत समेत गर्दै छिन् l
मोडलिङ क्षेत्र आफैमा एउटा राम्रो र सम्भावना बोकेको क्षेत्र हो, जहाँबाट एउटा कलाकारले राम्रो अवसर पाउने माध्यम हो, अभिनय र नृत्य विधामा राम्रा सम्भावना बोकेका कलाकारहरूले यसैको माध्यमबाट विभिन्न अवसरहरू पनि पाइरहेको हुन्छन् भने देश विदेशको यात्रा गर्दै संसारमा चर्चित हुने अवसर पनि जुटाइरहेका हुन्छन् ।
पछिल्लो समयमा नयाँ पुस्ताका युवा युवतीहरू पनि यसै क्षेत्रमा धेरै आइरहेको पाइन्छ। धेरै सफल पनि भैरहेका छन् भने कोही क्षणकी अवधि पछि यो क्षेत्र बाट हराइरहेका छन् l मोडलिङ क्षेत्रमा प्रशस्त सम्भावनाहरू रहेका छन् भने क्षमताबान तथा कला भएकाहरुको लागि आफू चर्चित हुने राम्रो मध्यम पनि हो l
वास्तवमा कलाकारतिमा एउटा रहर मात्र होइन, जहाँ गर्न सके नाम र दाम दुवै कमाउन सकिन्छ । त्यसैले पनि मोडलिङ वा कलाकारितालाई धेरैले आफ्नो रुचि र इच्छाको रूपमा लिएको पाइन्छ ।
यसै क्रममा मोडलिङ क्षेत्रलाई व्यावसायिक रूपमा अगाडी बढाउने सोचका साथ सम्भावना सहित पछिल्लो समयमा मोडलिङमा प्रवेश गरेकी हुन नव मोडल रिया लामा ।
नेपाली साङ्गीतिक बजारमा गायक सवन्देप श्रेष्ठको गीतको म्युजिक भिडियो बाट मोडलिङ क्षेत्र्मा प्रवेश गरेकी नव मोडल रिया लामा यसै क्षेत्रमा आफ्नो करियर बनाउने सोचका साथ अघि बढिरहेकी छिन् । | 2019/07/19 10:04:41 | https://sawaalnepal.com/archives/118697 | mC4 |
नागरिक वडापत्र व्यवस्थित गरिने – Sourya Online
नागरिक वडापत्र व्यवस्थित गरिने
सौर्य अनलाइन २०७२ फागुन ९ गते १४:२४ मा प्रकाशित
दोलखा, ८ फागुन । सरकारी निकायले दिने सेवा तथा सुविधाबारे सर्वसाधारण सेवाग्राही नागरिकलाई जानकारी दिन कार्यालय परिसरमा राखिने नागरिक वडापत्रलाई थप व्यवस्थित गरिने भएको छ ।
विनासकारी भूकम्पका कारण भत्किएका जिल्लाका सरकारी कार्यालय नयाँ स्थानमा सरेसँगै नागरिक वडापत्र नराखेको भन्ने गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयले नागरिक वडा पत्र व्यवस्थित गर्न सुरु गरेको हो । गत २ फागुनमा बसेको जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरूको बैठकले नागरिक वडापत्रलाई तत्काल व्यवस्थित गर्ने निर्णय गरेको दोलखाका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताए । 'सेवाग्राही नागरिकलाई सुशानसको प्रत्याभूति गराउनका लागि सबै कार्यालयले नागरिक वडापत्र अनिवार्य राख्नुपर्छ ।' प्रजिअ लामिछानेले भने ।
जिल्लाका सबै कार्यालयको नागरिक वडापत्रलाई संकलन गरी पुस्तकको रूपमा प्रकाशन गरी सर्वसाधारणलाई वितरणसमेत गरिने प्रजिअ लामिछानेले बताए । हरेक गाउँ विकास समितिमासमेत पुग्ने गरी नागरिक वडापत्र वितरण गर्ने जिल्ला प्रशासन कार्यालयको योजना रहेको प्रअिज लामिछाने बताए । जिल्लामा सुशासनका क्षेत्रमा कार्यरत गैर सरकारी निकायसँग सहकार्य गरी नागरिक वडापत्र प्रकाशन गरिने भएको छ । जिल्लामा सुशासन तथा भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्दै आएको मानवअधिकार सचेतन तथा विकास केन्द्र नेपाल दोलखाले नागरिक वडापत्र छपाइका लागि सहकार्य गर्ने भएको छ । सर्वसाधारणलाई वितरण गर्न नागरिक वडा छपाइका लागि सहकार्य गर्ने केन्द्रका अध्यक्ष होम पाठकले बताए ।
भूकम्पपश्चात कार्यालय व्यवस्थित गर्न नसकेका कारण जिल्ला विकास समिति र जिल्ला शिक्षा कार्यालयलगायत जिल्लाका अब्बल कार्यालयमा समेत अहिले नागरिक वडापत्र छैन । अन्य जिल्लामा ध्वनिसहितको नागरिक वडापत्रको अभ्यास सुरु भइसक्दा पनि यस जिल्लामा भने परम्परागत नागरिक वडापत्रलाई समेत व्यवस्थित गर्न नसक्दा सेवाग्राही नागरिक भने आक्रोशित हुने गरेका छन् । जिल्लामा सुशासनको अवस्थाका बारेमा छलफल गर्न कालिञ्चोक सामुदायिक एफएमले बिहीबार सदरमुकाम चरिकोटमा आयोजना गरेको नागरिक बहस कार्यक्रममा सहभागी सर्वसाधारणले नागरिक वडापत्रबारे आफूहरूलाई थाहा नै नभएको सहभागीले बताए । कार्यक्रममा सर्वसाधारण सेवाग्राही उर्मिला श्रेष्ठले नागरिक वडापत्रबारे थाहा नभएकाले सरकारी कार्यालयमा काम लिएर जाँदा झन्झटपूर्ण हुने बताइन् । नागरिक बहस कार्यक्रममा सहभागी सर्वसाधारणले ध्वनिसहितको वडापत्र राख्न सकिएमा निरक्षण र फरक क्षमता भएका सेवाग्राहीलाई पनि सहज हुने बताएका थिए । | 2020/11/26 12:22:35 | https://www.souryaonline.com/2016/02/124619.html | mC4 |
कोरोना संक्रमणबाट तीन जनाको मृत्यु « रिपोर्टर्स नेपाल
प्रकाशित मिति : 2020 September 14, 9:46 am
धरान, भदौ २९ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारका क्रममा मोरङका दुई सङ्क्रमितको मृत्यु भएको छ । तीमध्ये कुनै दीर्घ रोग नभएका एक ४० वर्षीय युवकको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
शुक्रबार प्रतिष्ठानको ल्याबबाट सङ्क्रमण पुष्टि भएपछि उनलाई शनिबार राति साढे १० बजे कोभिड अस्पतालमा सारिएको थियो ।
भदौ २२ गते अस्पताल भर्ना भएकै दिन उनको स्वाब सङ्कलन गरी प्रयोगशाला पठाइएकोमा भदौ २४ गते उनी कोरोना पोजेटिभ रहेको रिपोर्ट आएको थियो । उनी उच्च रक्तचापका बिरामीसमेत रहेको बुझिएको छ । उनको मृत्युसँगै अब महोत्तरीमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १३ पुगेको जिल्लाका कोरोना फोकल पर्सन गिरेन्द्रकुमार झाले बताए । रासस | 2022/06/28 02:49:06 | https://www.reportersnepal.com/2020/09/471943 | mC4 |
अब कर्मचारीलाई हप्तामा दुई दिन बिदा | EDev News
Home प्रमुख अब कर्मचारीलाई हप्तामा दुई दिन बिदा
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हप्तामा २ दिन बिदा दिनेबारे अध्ययन गर्न एक कार्यदल गठन गरेको छ। मन्त्रालयले आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले हप्तामा दुई दिन बिदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषदमा पेस गर्ने तयारी गरेको छ ।
सोही तयारी बमोजिम पर्यटन मन्त्रालयले एक कार्यदल गठन गरेको छ । कार्यदलमा मन्त्रालयका सहसचिव तथा पर्यटन महाशाखाका प्रमुख प्रदीपकुमार कोइरालाको संयोजकत्वमा पर्यटन विभागका प्रमुख रुद्रसिंह तामाङ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक धनञ्जय रेग्मी सदस्य सचिव रहेका छन् । जसमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिहरुलाई समेत सामेल गरेर अध्ययन प्रस्ताव तयार पारिने समितिका एक सदस्यले सुनाए ।
हप्तामा २ दिन बिदा दिनका लागि भएका निर्णय अहिले नै विभिन्न संस्थाहरूमा भइरहेको अभ्यासका बारेमा अध्ययन गरी लागू गर्न सकिने वा नसकिने बारेमा निष्कर्ष सहितको प्रतिवेदन बुझाउनका लागि कार्यदल बनाइएको हो ।
Previous articleजनप्रतिनिधिको गुनासो :- कोरोना रोकथाम तथा नियन्त्रणमा प्रदेश र केन्द्र सरकारबाट सोचेजस्तो सहयोग पाएनौं | 2020/10/30 10:46:26 | https://edevnews.com/archives/41175 | mC4 |
दवाव नदिए आरक्षण कोटा समेत गुम्न सक्ने : महिला अधिकारकर्मी |
दवाव नदिए आरक्षण कोटा समेत गुम्न सक्ने : महिला अधिकारकर्मी
प्रकाशित मिति :2017-03-06 17:29:05
विराटनगर । ३१ बैशाखमा हुन लागेको स्थानिय तहको निर्वाचनमा महिला सहभागिता सुनिश्चित गर्नका लागि महिलाहरु एक ढिक्का भएर दवाव दिन नसके आरक्षण कोटा समेत गुम्न सक्ने सरोकारवालाहरुले बताएका छन् । विराटनगरमा महिला मानवअधिकार रक्षक संजाल र ओरेक नेपालले अन्तराष्ट्रिय श्रमिक महिला दिबशको अबसरमा आइतबार आयोजना गरेको 'स्थानिय निर्वाचनमा महिलाको नेतृत्व विकास' विषयक कार्यक्रमका सहभागिहरुले सविधानमा महिलालाई ४० प्रतिशत छुट्याएकै छ भनेर ढुक्क हुने अबस्था नभएको बताएका हुन् ।
संविधानमा अनिवार्य ४० प्रतिशत छुट्याउने भने पनि कोटा र क्षेत्र सुनिश्चित नहँुदा ढुक्का हुने अवस्था नरहेको भन्दै उनीहरुले कोटा र क्षेत्र सुनिश्चित गर्नुपर्ने आवाज उठाएका छन । सहभागिहरुले एउटा दलले मेयर र उपमेयरमा महिला उठाउदा अर्को दलले प्रतिष्पर्धी पुरुष बनायो र पुरुषले जित्ने अबस्था आए चालिस प्रतिशत पनि गुम्ने बताए । कार्यक्रममा संघिय समाजबादी फोरमकी जिल्ला सदस्य अञ्जु खड्का र अनेमसंघ क्रान्तिकारीकी लता न्यौपानेले अहिलेको संविधानमा पनि महिलाको हकमा कतिपय विषयहरु स्पष्ट नहुदा अधिकार लिन समस्या भएको बताउनुभयो ।
मधेशी जनअधिकार फोरम लोकतान्त्रीककी भुखनीदेवी माझीले शहरका महिलाले चासो दिएपनि ग्रामीण क्षेत्रका महिलाहरुले निर्वाचनमा खासै उत्साहन देखिएकोले जानकारीमूलक कार्यक्रम गर्न आबश्यक देखिएको बताउनुभयो । अन्तरपार्टी महिला संजाल मोरङका अध्यक्ष प्रमिला थापाले महिलाको कोटा र क्षेत्र छुट्याउन दवावमूलक कार्यक्रम आबश्यक देखिएको भन्दै मोरङमा यो अभियान शुरु गरिने बताउनुभयो ।
महिला अधिकारकर्मी रेणु अधिकारीले महिलाहरु विच एकता भए जुन सुकै पार्टीमा आस्था राखे पनि महिलाको सङख्या कायम राख्न सकिने बताउनुभयो । उहाले भाई फुटे गवार लुटे जस्तै महिला फुटे पार्टी लुटे नहोस भन्नुभयो । | 2020/12/03 16:08:28 | https://mahilakhabar.com/news/2017/03/06/23807.html | mC4 |
On: २०७७ मंसिर ११ गते, बिहीबार, ०३:१९ बजे प्रकाशित
एएनआई। भारतमा विगत चौबीस घण्टाको अवधिमा थप ४४ हजार ४८९ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यसैसँग भारतमा हालसम्म संक्रमितको संख्या ९२ लाख ६६ हजार ७०६ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ। जसमध्ये ८६ लाख ७९ हजार १३८ व्यक्ति संक्रमणमुक्त भएका छन्।
मन्त्रालयका अनुसार हाल ४ लाख ५२ हजार ३४४ व्यक्ति अझै पनि सक्रिय संक्रमित अवस्थामा छन् । भारतमा एकै दिन ५० हजारभन्दा कम संक्रमित भेटिएको यो लगातार १९ औं दिन हो। भारतभरी सव भन्दा बढी कोरोना भाइरस प्रभावित राज्य महाराष्ट्रमा अझै पनि ८५ हजार ४८८ व्यक्ति सक्रिय संक्रमित रहेका छन्। त्यसपछि केरलामा ६५ हजार २३४ व्यक्ति सक्रिय संक्रमित रहेका छन् भने राजधानी शहर दिल्लीमा ३८ हजार २८७ जना सक्रिय संक्रमित रहेका छन्।
भारतीय स्वास्थ्य अनुसन्धान परिषदले भारतमा कूल १३ करोड ५९ लाख ३१ हजार नमूना परीक्षण गरेको जनाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले गत मंगलबार सरकारले कोभिड–१९ को खोप निर्माण गर्ने सम्बन्धमा गम्भीरतापूर्वक कार्य गरिरहेको बताउँदै खोपको डोज र मूल्य अझै टुंगो नलागेको बताउनु भएको थियो।
उनले भने, "सरकारले खोप निर्माणमा ध्यान दिइरहेको छ। हामी खोप निर्माताहरुसँग छलफल गरिरहेका छौं। हामी विश्वका अरु नियामकहरु, सरकारहरु, बहुराष्ट्रिय संघसंस्था र अन्तर्राष्ट्रिय कम्पनीसँग पनि छलफलमा छौं। अहिलेसम्म कति डोज आवश्यक हुन्छ भन्ने स्पष्ट भइसकेको छैन। हामीले अझै यसको सही उत्तर प्राप्त गरिसकेका छैनौं।" प्रधानमन्त्री मोदीले यही विषयमा राज्यका मुख्यमन्त्रीहरुसँग छलफल गरिरहनु भएको पनि जानकारी दिए। | 2021/05/16 15:42:07 | https://nepalipatrika.com/2020/11/26/78302/ | mC4 |
सोमवार, मंसिर २०, २०७८ ०३:०५:२८
सरकारले बाढी पहिरोबाट घर भत्केकाहरूको घर निर्माणका लागि ५ लाखसम्म आर्थिक सहयोग उपलब्ध गराउने निर्णय पनि भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार पहाडमा घर बनाउन ४ लाख, हिमालमा ५ लाख र तराईमा ३ लाख उपलब्ध गराइने गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए । घर निर्माणका लाथि जग्गाको अभाव हुनेका लागि थप ३ लाख पनि उपलब्ध गराइनेछ । यस्तै विपद् व्यवस्थापन समितिको तर्फबाट घरबारविहीन भएकाहरुलाई तत्काल ५० लाख पनि उपलब्ध गराउने निर्णय भएको छ ।
सरकारले बाढी पहिरोका कारण मृत्यु भएकाका परिवारलाई कम्तीमा दुई लाख रुपैयाँ आर्थिक सहयोग दिने पनि निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले एक जनाको मृत्यु भएको परिवारलाई २ लाख र सोही परिवारका थप सदस्यको मृत्यु भएमा मृतक प्रति सदस्य थप एक लाख रुपैयाँका दरले अतिरिक्त रकम दिने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
सिंहदरबारमा बसेको बैठकले घाइतेहरुको निःशुल्क उपचार गर्ने निर्णय पनि भएको छ । बैठकले राहत र उद्धारको कार्यलाई प्रभावकारी ढंगले अघि बढाउने निर्णय भएको बताउँदै श्रेष्ठले त्यसका लागि राज्यका सबै संयन्त्र परिचालन हुने बताए । | 2021/12/06 09:20:28 | https://www.nepalbot.com/rajniti/7455 | mC4 |
सरकारले शासन गर्ने नैतिक अधिकार गुमायो : देउवा (संबाेधनकाे पूर्णपाठसहित) - Samadhan News
सरकारले शासन गर्ने नैतिक अधिकार गुमायो : देउवा (संबाेधनकाे पूर्णपाठसहित)
समाधान संवाददाता २०७७ वैशाख २६ गते १६:५३
नेपाली कांग्रेसले संघीय समाजवादी दलका सांसद डा.सुरेन्द्र यादवको अपहरणमा सरकारको संलग्नता रहेको भन्दै दोषीमाथि कारबाहीको माग गरेको छ ।
प्रतिनिधिसभाको शुक्रबारबाट सुरु बजेट अधिवेशनमा कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले अपहरणमा सरकारकै संंलग्नता हुनु दुर्भाग्यपूर्ण भन्दै दोषीमाथि कारबाहीको माग गरेका हुन् । उनले सांसद अपहरणको घटनाको निन्दा गर्दै यस्तो माग गरेका हुन् ।
देउवाले सरकारले कोरोनाको महामारीको बेलामा पनि स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेको, सासद अपहरण भएको, संविधानविपरीत राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर अधिनायकवादी महत्त्वाकांक्षा देखाएको भन्दै सरकारको कडा आलोचना गरे । उनले सोही कारण सरकारले शासन गर्ने राजनीतिक र नैतिक अधिकार गुमाएको टिप्पणी गरे ।
कोरोनाको संकटका बेला सरकारमा नभए पनि संकटमा सँगै लड्न सकिन्छ भन्ने राष्ट्रिय एकताको भावनाले कांग्रेसले काम गरिरहेको छ । पार्टीको सबै संरचना र सदस्यलाई कोरोनाविरुद्ध काम गर्न भनेको र जिम्मेवारीपूर्वक काम गरिरहेको छ, उनले भने, कोरोना नियन्त्रणमा सघाउने तर, बेथिति, भ्रष्टाचार अधिनायकवादी नियतका विरुद्ध लड्ने छौं ।
सरकारले न खान दिने, न गाउँ जान दिने कार्यले जनतालाई आहत बनाएको र सुकुम्बासीलाई खाना पु¥याउने दायित्व बिर्सिएर सुकुम्बासी आयोग गठन गरेको भन्दै उनले आलोचना गरे ।
नेका सभापति तथा पूर्व प्रधानमन्त्री देउवाले शनिबार संसदमा गरेकाे संवाेधनकाे पूर्ण पाठ
कोरोनाको यो संकटका बेला 'सरकारमा संगै नरहेर पनि संकटमा संगै लड्न सकिन्छ' भन्ने राष्ट्रिय एकताको भावनाले प्रतिपक्षी दल नेपाली कांग्रेसले कार्य गरिरहेको छ । नेपाली काँग्रेसले पार्टीको सबै तहका नेता तथा पार्टी सदस्यलाई कोभिड-१९ को नियन्त्रण र निर्मूल गर्न आ-आफ्नो तर्फवाट निरन्तर कार्य गर्न आह्वान गरेको छ र सबै साथीहरूले जिम्मेवारीपूर्वक कार्य गरिरहनु भएको छ । कोरोनाबाट नेपाल र नेपालीको रक्षा गर्ने विषयमा सरकारलाई हरसम्भव सघाउने तर बेथिति, भ्रष्टाचार र अधिनायकवादी नियतविरुद्ध निरन्तर लड्ने यी दुई नीतिलाई हामी निरन्तरता दिनेछौं ।
लकडाउनले श्रमिक, बेरोजगार र विद्यार्थीलाई सबैभन्दा संकटमा पार्यो । सरकारले पर्याप्त राहत नदिँदा हजारौं श्रमिक पैदल हिँडेर गाउँ फर्किए । न खान दिने न गाउँ जान दिने, सरकारको यस्तो व्यवहारले जनतालाई आहत तुल्यायो । कोरानाका कारणले रोजगारी गुमेका र राज्यबाट सहज रुपमा तत्काल राहत पाउनुपर्ने व्यक्तिले राहत पाउन सकेका छैनन् ।
सिंगो देश कोरोनाबाट आतंकित भएको बेलामा सरकारले लोकतान्त्रिक मूल्य र मान्यता एवं संविधानको मूल भावना विपरीत दुईवटा विवादास्पद अध्यादेश जारी गरेर अलोकतान्त्रिक एवं गैह्र जिम्मेवार चरित्र प्रस्तुत गर्यो । विपक्षी लगायत राजनीतिक दल, सञ्चार माध्यम र समस्त नागरिक सहित सबैले कोरोनाविरुद्धको लडाइँमा एक भएर साथ दिइरहेका बेला दल विभाजनको अध्यादेश ल्याउनु र संवैधानिक परिषद्को गरिमा समाप्त पार्ने षड्यन्त्र गर्नु प्रधानमन्त्रीको नियोजित नियत थियो । | 2022/01/16 21:35:28 | https://www.samadhannews.com/2020/05/08/16612/ | mC4 |
आईपीएलको चौधौं संस्करण आजबाट सुरु « Nepal24Hours.com – 'Integration Through Media'
२७ चैत्र २०७७, शुक्रबार ०७:५३ मा प्रकाशित
बेंग्लोरले यसपालीको संस्करणका लागि अष्ट्रेलियाली बिस्फोटक ब्याटस् म्यान ग्लेन म्याक्सवेललाई अनुबन्धित गरेको छ भने मुम्बईको टोलीमा धेरै परिवर्तन देखिएको छैन । यसपटकको आइपीएलमा भने नेपाली स्पीनर सन्दिप लामिछाने देखिने छैनन् । | 2021/05/07 17:03:34 | https://np.nepal24hours.com/archives/84172 | mC4 |
जेठ ५, २०७९ १६:३४ बजे
काठमाडौं - नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरीले युवाहरूलाई भविष्यप्रति उत्साहित बनाउने गरि आगामी आर्थिक बर्षको बजेट ल्याउनुपर्ने बताएका छन् ।
विहिबार प्रतिनिधिसभामा आगामी आर्थिक बर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिदै नेता चौधरीले युवाहरू भविष्यप्रति विश्वस्त नहुदा विदेशिने लहर नै चलेको र देशको विकास अभियानका लागि यो राम्रो संकेत नभएको बताए ।
'हाम्रो ध्यान युवाहरुका लागि गुणस्तरीय शिक्षाको ग्यारेन्टी गर्नेतर्फ हुनुपर्छ । उनीहरुका लागि आकर्षक रोजगारी श्रृजना गर्नेतर्फ हुनुपर्छ,' सांसद चौधरीले भने, 'आगामी बर्षको बजेटले यस बारेमा ठोस कार्यक्रम ल्याउनुपर्छ । बजेट हाम्रालागि आउने होइन भन्ने युवाहरूको धारणामा परिवर्तन ल्याउदै उनीहरु उत्साहित हुने बजेट ल्याउनुपर्छ ।'
चौधरीले अर्थतन्त्रमा सामान्य समस्या रहेको यो समस्या विगत सरकारबाट वर्तमान सरकारलाई हस्तान्तरण भएको विश्लेषण गर्दै थोत्रो गाडीमा इमान्दार ड्राईभर फेर्दैमा गाडी रफ्तारमा कुद्न सक्दैन । यसका लागि गाडीकै मर्मतसम्भार जरुरी पर्ने बताए । 'अर्थतन्त्रमा गत बर्षदेखि नै समस्या थिए तर हाम्रो सुझावलाई वेवास्ता गरियो' नेता चौधरीले भने, 'त्यसको परिणाम अहिले देखिएको मात्रै हो ।'
नेपाली अर्थतन्त्रलाई श्रीलंकाको अर्थतन्त्रसँग जोडेर केही पक्षले धमिलो पानीमा माछा मार्न खोजेको पनि उनले बताए । 'हाम्रो अर्थतन्त्रमा केही समस्या छन् । तर, ति समस्या हाम्रै पहलमा समाधान गर्न सकिन्छ । र, अर्थतन्त्रलाई गतिशील बनाउन संभव छ' नेता चौधरीले सुझाव दिदै भने, 'त्यसका लागि कार्यान्वयनमा रहेका विकास परियोजनालाईलाई सयमसीमा निर्धारण गरि सम्पन्न गर्नुपर्छ । र, पाईपलाईनमा रहेका परियोजनालाई द्रुत गतिमा कार्यान्वनमा लैजान आवश्यक छ ।'
नेपाली अर्थतन्त्रलाई बलियो बनाउन पर्यटन र जलविद्युत्को विकासमा गम्भिर बन्नुपर्ने आवस्यकता पनि नेता चौधरीले दोहो र्याए । भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउदैछन् । 'हाम्रो ध्यान भारत र चिनबाट ५० लाख पर्यटकलाई नेपाल ल्याउने हुनुपर्छ', उनले भने ।
बढ्दो व्यापार घाटा अर्को समस्या रहेको बताउँदै चौधरीले ब्यापार घाटालाई सन्तुलनमा ल्याउन जलविद्युत् निर्यात नै उपयुक्त विकल्प रहेको सुझाव दिए । 'हामीले १५ सय मेघावाट विजुली निर्यात गर्न सक्यौँ भने हाम्रो व्यापार घाटा सन्तुलनमा ल्याउन सकिनेछ' नेता चौधरीले भने ।
तरलता संकट र बढ्दो ब्याजदरको समस्या समाधान गर्न नेपाल राष्ट्र बैंकले विशेष ध्यान दिन आवस्यक रहेकोतर्फ ध्यानाकर्षण गराउदै नेता चौधरीले सरकारको ढुकुटीमा थुप्रिएको रकमलाई बजारमा ल्याउन आवस्यक रहेको बताए । 'आर्थिक बर्षको १० महिनासम्ममा पनि सरकारले पुँजीगत बजेटको ३१ प्रतिशत मात्रै खर्च गरेको छ । हाम्रो विकासको संरचनागत प्रणालीमै समस्या छ । यसमा सुधार नगरेसम्म हामीले विकासको अनुभूति नै गर्न नपाउने भयौँ', चौधरीले भने, 'विकास बजेट कार्यान्वयन गरे पनि हुने र नगरे पनि हुने अहिलेको प्रणालीमा सुधार ल्याउन खास व्यवस्था मिलाउनुपर्छ । अन्यथा आगामी बर्षमा पनि विकासको यहि दारुण कथा दोहोरिइरहनेछ ।'
हाम्रो अर्थतन्त्रमाथि दवाव बढ्नुमा बाह्य कारणहरू पनि जिम्मेवार रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ, स्टील लगायतका वस्तुहरूको उच्च मुल्यवृद्धि भएको र त्यसको प्रत्यक्ष असर हामीलाई परेको विश्लेषण गर्दै नेता चौधरीले यस्ता बिषयमा सजग रहन आवस्यक रहेको बताए । वैदेशिक मुद्राको सञ्चिती जोगाउने प्रयासमा आयातमा गरिएको कडाईले कतिपय अवस्थामा हाम्रो आन्तरिक उत्पादनमूलक उद्योगहरुलाई नकारात्मक असर पर्ने अवस्था आउन सक्नेतर्फ पनि ध्यानाकर्षण गराउदै यसले आन्तरिक उत्पादन घट्ने, राजश्व संकलनमा नकारात्मक असर पर्ने र रोजगारी कटौतीका लागि दवाव पर्ने जस्ता समस्या आउन सक्ने भएकाले यस्तो नकारात्मक अवस्थाबाट जोगिन हामीले सरकार, निजी क्षेत्र र सरोकारवालाहरुवीचमा गम्भीर गृहकार्य गर्न आवश्यक रहेको उनले बताए । | 2022/07/04 23:27:40 | https://ekagaj.com/article/finance/100456/ | mC4 |
बट्टारको ग्लोवल उपभोक्ता सहकारीको साधारणसभा सम्पन्न - Bidur Khabar
बट्टारको ग्लोवल उपभोक्ता सहकारीको साधारणसभा सम्पन्न
विदुर खबर २०७६ पुष १९ गते १६:१७
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ मा रहेको ग्लोबल उपभोत्ता सहकारी लिमिटेडको आठौ साधारणसभा शनिवार विदुरमा सम्पन्न भएको छ ।
साधारणसभा बोल्दै विदुर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष टलकमान श्रेष्ठले सहकारीहरु आर्थिक मेरुदण्ड भएकोले नाफामुखीभन्दा पनि सेवामुखी हुनुपर्ने बताए ।२०६८ सालमा २५ जना युवाहरुको समुह बनाई मासिक एक हजार रुपैयाँ बचत मार्फत सुरुवात भएको सहकारीले हाल १४२४ जना सदस्य मार्फत १ करोड रुपैयाँ शेयर पुँजी रहेको प्रतिवेदनमा उल्लेख गरेको छ । ५ करोड ५५ लाख रुपैयाँ बचत रकम रहेको सहकारीले ५ करोड ९५ लाख रुपैयाँ ऋण लगानी गरी सुदृढ र सवल भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
आठौ बार्षिक साधारण सभाको अबशरमा सहकारीले उत्कृष्ट बचतकर्ताहरु मोहनकुमारी दाहाल, विन्दामाया चित्रकार र पुर्णबहादुर राईलाई दोसल्ला ओडाएर सम्मानपत्र द्धारा सम्मान गरेको छ । यसैगरी, दैनिक उत्कृष्ठ बचतकर्ता तर्फ जयन्त सेढाई र टिकाप्रसाद श्रेष्ठलाई सम्मान गरेको छ । त्यसैगरी, उत्कृष्ट ऋणितर्फ शम्सेरबहादुर तामाङ, गणेश राई र नानीमैया पाण्डेलाई दोसल्ला ओडाएर सम्मानपत्र द्धारा सम्मान गरेको छ । यस्तै उत्कृष्ठ मुना बचतकर्ता आशिक राई सम्मान गरेको छ ।
कार्यक्रममा सहकारकिा सञ्चालक समितिका सदस्य रघुनाथ रिमाल, राष्ट्रिय सहकारी बैङ्का प्रतिनिधि रुपा प्याकुरेल, भैरवी एकेडेमी बट्टारका अध्यक्ष पवन नेपाल, प्रिन्सिपल रामप्रसाद दाहाल, सक्षम सहकारीका अध्यक्ष धनबहादुर श्रेष्ठलगायतले स्थानिय उत्पादनलाई प्रोत्साहन गरी स्थानीय उद्यमीहरुलाई हौसला बढाउने गरी स्थानीय सरकारले कार्य गर्नुपर्ने बताएका छन् । | 2022/06/28 19:05:11 | https://www.bidurkhabar.com/archives/13570 | mC4 |
सर्पको टोकाइबाट पौडेलको मृत्य - Naya Patrika
सर्पको टोकाइबाट पौडेलको मृत्य
जनार्जन खत्री , सर्लाही | साउन ०२, २०७४
सर्लाहीमा सर्पको टोकाइबाट एकको मृत्यु भएको छ । सर्लाही हरिवन नगरपालिका– ८ दनुवारीका ७८ वर्षीय चन्द्र प्रसाद पौडेलको बिषालु सर्पको टोकाइबाट मृत्यु भएको हो । आइतवार राती आफ्नै घरमा खाना खाँदै गर्दा पौडेललाई गोमन सर्पले टोकेको थियो ।
उनलाई तत्कालै उपचारको लागि नवलपुरमा रहेकोे सर्प दंश उपचार केन्द्रमा ल्याइएको थियो । त्यहाँका स्वास्थ्यकर्मीले उपकरणको अभावमा उपचार सम्भव नहुने भनेपछि एम्बुलेन्समा राखेर विरगञ्ज लगिएको थियो । वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा पु¥याएपछि डाक्टरले मृत घोषित गरेको मृतकका कान्छा छोरा गोकर्ण पौडेलले जानकारी दिए ।
नवलपुरमा रहेको सर्प दंश उपचार केन्द्रमा आइसियु सहितको उपचारको व्यवस्था नहुदा सर्लाहीमा सर्पले टोकेका बिरामीको अकालमा ज्यान जाने गरेको छ । स्थानीयबासीको पहलमा पाँच वर्ष अघि नवलपुरमा सर्पदंश उपचार केन्द्रको स्थापना भएपनि उपकरण, औषधि र दक्ष स्वास्थ्यकर्मी नहुँदा गम्भीर अवस्थाका सर्पदंशका बिरामीको उपचार गर्न समस्या हुने गरेको डाक्टरहरुले बताए । | 2017/09/21 23:13:02 | http://www.enayapatrika.com/2017/07/17/165219/ | mC4 |
सरकारलाई अर्बौं राजस्व घाटा | NiD - News
सरकारलाई अर्बौं राजस्व घाटा
प्रगति ढकाल, कारोबार आर्थिक दैनिक, १८ भाद्र, २०७४
मुलुकमा वार्षिक १२ अर्ब रुपैयाँको यार्सागुम्बा संकलन हुने अनुमान गरिए पनि सरकारी तथ्यांकले भने १४ वर्षको अवधिमा करिब १९ अर्बको मात्रै संकलन भएको देखाएको छ । यसबाट विगत १४ वर्षमा १ खर्ब ५० अर्ब बराबरको यार्सा संकलनबाट प्राप्त हुने राजस्व सरकारलाई घाटा भएको देखिन्छ ।
अधिकांश यार्सा गैरकानुनी तरिकाले व्यापार हुने भएकाले कम परिमाण देखिएको हो । यार्साको अनधिकृत व्यापार मौलाइरहेकाले यस्तो अवस्था देखिएको व्यापारी र सरकारी कर्मचारी दुवैले स्वीकार गरेका छन् । वन तथा भूसंरक्षण मन्त्रालयको तथ्यांकअनुसार सन् २००१ देखि २०१४ सम्ममा जम्मा १९ अर्ब रुपैयाँ मूल्य बराबरको यार्सा संकलन भएको छ ।
जडिबुटी व्यवसायीहरूले पनि कानुनीरूपमाभन्दा धेरैजसो यार्सागुम्बा गैरकानुनी रूपमा विक्री गरेको स्विकार गरेका छन् । चिनियाँ नाकामा सीमा सुरक्षाको अभाव, अनुगमनको कमी, भौगोलिक विकटताको फाइदा उठाउँदै अधिकांश यार्सा गैरकानुनी तवरले चीन पुगेको सरकारी अधिकारीहरूको भनाइ छ ।
वन विभागका महानिर्देशक कृष्णप्रसाद आचाार्य यार्सागुम्बा गैरकानुनी रूपमा चीन जाने गरेको स्वीकार गर्दै हिमाली क्षेत्रमा वनको कार्यलय नहुनु, र सीमा सुरक्षा नभएका कारण रोक्ने चुनौती भएको बताउँछन् ।
"हिउँपर्ने र भौगोलिक विकटता भएको क्षेत्रमा नै यार्सा उत्पादन हुने हो, धेरैजसो यार्सा गैरकानुनी रूपमा चीन निकासा हुन्छ भन्ने कुरा नआएका होइनन्, कत्ति गइरहेको छ, भन्ने तथ्यांक भने छैन," उनले भने, "संघीय संरचनामा गएपछि अलिकति व्यवस्थित हुन सक्छ, कसरी यसको व्यापार व्यवसायीहरूलाई व्यवस्थित गर्ने भनेर छलफल त भइरहेको छ ।"वन मन्त्रालयका उपसचिव राजु क्षेत्रीले बार्षिक साढे १२ अर्ब मूल्य बराबरको यार्सा संकलन हुने दावी गरेका छन् ।
"१२ अर्ब रुपैयाँभन्दा बढी मूल्यको यार्सा संकलन हुन्छ, तर ३ अर्बको मात्रै तथ्यांक देखिन्छ, २० प्रतिशत कानुनी र ८० प्रतिशत गैरकानुनी तरिकाले विक्री भइरहेको छ," उनले भने, "यार्सा संकलन गर्नेवित्तिकै चिनियाँ व्यापारीहरूसँग गैरकानुनी रूपमा व्यापार गरिन्छ, प्रत्यक्ष पैसा पनि आउने र बढी मूल्य पनि पाइने तथा राजश्व तिर्न पनि नपर्ने भएकाले यस्तो भएको हो ।
यार्सा खेतीलाई व्यावसायिक रूपमा प्रवद्र्धन गर्नका लागि लार्भालाई टिस्यूकल्चरबाट उत्पादन गर्न सकिने क्षेत्रीको भनाइ छ । "संकलनसम्बन्धी उपकरण पनि छैन, कुटोले यर्सा निकालिन्छ, काटिन्छ कम मूल्य आउँछ , कतिपय कुहिन्छ, संकलनपछि माटो ब्रसले फाल्नुपर्छ तर यस्तो समान्य ज्ञानको समेत अभाव हुँदा कम मूल्य आउँछ ।"
पछिल्लो समय यार्साको प्रतिकेजी २० लाखदेखि २७ लाख रुपैयाँसम्म मूल्य पर्ने गरेको छ । नेपाल हब्र्स तथा हर्बल उत्पादक संघका अध्यक्ष गोविन्द घिमिरे धेरैजसो यार्सागुम्बा गैरकानुनी रूपमा विक्री भइरहेको भन्दै व्यवस्थपनको संयन्त्र आवश्यक रहेको बताउँछन् । "गैरकानुनी रूपमा विक्री हुनु सरकारी अनुगमनको व्यवस्थाका कारण हो," उनी भन्छन् ।
जैविक तथा वातावरण महाशाखा प्रमुख डा. महेश्वर ढकालले संरक्षित क्षेत्रको यार्सागुम्बा संकलनको कार्यलाई व्यवस्थित बनाउने उद्देश्यले तयार भएको कार्यविधि कार्यन्वयनपछि संकलन कार्य केही हदसम्म व्यवस्थित भएको बताए ।
"कार्यविधि कानुनी आधार हो, यसकारण व्यवस्थित हुन थालेको छ, अब संरक्षित क्षेत्रको मात्रै नभएर सबै क्षेत्रको यर्सा संकलनसम्बन्धी कार्यविधि आवश्यक छ, छलफल गरेर प्रक्रिया अगाडि बढाउँछौ ।" उनले भने । यस्तै, वनस्पति विभागका महानिर्देशक डा. अखिलेश्वर कर्णले यर्साबाट प्रशस्त आम्दानी बढाउन व्यावसायिक खेतीसम्बन्धी अध्ययन आवश्यक रहेको भन्दै आवश्यक प्रक्रियाका लागि छलफल सुरु गर्ने बताए । | 2021/07/29 14:58:57 | https://nepalindata.com/ne/%E0%A4%B8%E0%A4%B0%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A4%B2%E0%A4%BE%E0%A4%88-%E0%A4%85%E0%A4%B0%E0%A5%8D%E0%A4%AC%E0%A5%8C%E0%A4%82-%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A4%B8%E0%A5%8D%E0%A4%B5-%E0%A4%98%E0%A4%BE%E0%A4%9F%E0%A4%BE/ | mC4 |
‘छिटो पैसा कमाउन उक्त घटना रचिएको रहेछ । प्रहरीको पनि दुरुपयोग गरियो,’ डीएसपी सिंहले भने, ‘त्यसैले यो घटना संवेदनशील छ । हामी अनुसन्धान गर्दै छौं ।’ महिलामाथि हुने यौन दुव्र्यवहार, जबर्जस्ती करणी प्रयास र बलात्कारलाई कानुनले गम्भीर अपराधका रूपमा लिएको छ ।
बलात्कार गर्नेलाई जन्मकैदसम्मको सजाय छ । तर, कतिपय अवस्थामा त्यही कानुनको दुरुपयोग गरिएको पाइएको छ । ठूला सहरमा ‘हनी ट्रयाप’ प्रवृत्ति बढेका बेला नेपालगन्जमा पनि त्यस्तै घटना भएको छ ।
विदुर | भूकम्पीय आवास पुनर्निर्माण आयोजना, जिल्ला आयोजना कार्यान्वयन इकार्इ, नुवाकोटले भूकम्पपिडित लाभग्राहीहरुको चेक आज जारी गरेको छ । | 2021-03-05T13:32:32Z | http://koshidaily.com/archives/18826 | OSCAR-2109 |
कांग्रेसमा उम्मेदवारको नामावली प्रकाशन, भोलि ८ बजेदेखि मतदान – Online Khabar
कांग्रेसमा उम्मेदवारको नामावली प्रकाशन, भोलि ८ बजेदेखि मतदान
दशैंपछि घरजग्गा कारोबार सुस्त
पदाधिकारीका २ सहित ५८ जनाले लिए उम्मेदवारी फिर्ता
स्वास्थ्य परीक्षणको गलत रिपोर्ट दिने क्लिनिक र डाक्टरलाई ६ लाख जरिवाना
कांग्रेस केन्द्रीय सदस्यमा ढुंगाना र रिजाल निर्विरोध
काग्लियारीको पोष्टमा चार गोल गर्दै इन्टर शीर्ष स्थानमा
एम्बाप्पेको दुई गोलमा पीएसजी विजयी
माओवादी केन्द्रको उपत्यका विशेष प्रदेशको अध्यक्षमा सिंखडा र सचिवमा बस्नेत चुनिए
मड्रिड डर्बीमा रियलको जित, बार्सिलोना बराबरीमा रोकियो
कांग्रेसको नयाँ नेतृत्व चयन गर्न आज मतदान हुँदै
'केन्द्रीय सदस्य थिएँ,महामन्त्री भएर काम गर्न चाहें'
अन्तिम घडीको दौडधुप
सहमहामन्त्रीमा रञ्जितले फिर्ता लिए उम्मेदवारी, रामकृष्णलाई समर्थन गर्ने
मकवानपुरबाट ३४ किलो गाँजासहित दुई जना पक्राउ
२०७८ मंसिर २६ गते १८:०५
२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्य पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । निर्वाचन समितिले राष्ट्रिय सभागृहमा उम्मेदवारको अन्तिम नामावली टाँसेको छ ।
जस अनुसार सभापतिमा ५, दुई जना उपसभापतिका लागि ७, दुई जना महामन्त्रीका लागि ६ र ८ जना सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको छ । सभापतिमा उम्मेदवारी दिएका युवराज न्यौपाने र सहमहामन्त्रीमा उम्मेदवारी दिएका सुरेन्द्र चौधरीले आइतबार उम्मेदवारी फिर्ता लिए ।
शनिबार नयाँ केन्द्रीय समितिको पदाधिकारी र केन्द्रीय सदस्य गरी १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका थिए । तीमध्ये पदाधिकारीमा उम्मेदवारी दिएका २ जना र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ५८ जनाले मनोनयन फिर्ता लिएका छन् । प्रदेश २ बाट दुई केन्द्रीय सदस्यमा रमेश रिजाल र आनन्दप्रसाद ढुंगाना भने निर्विरोध भएका छन् । ।
नयाँ नेतृत्व चयनका लागि सोमबार विहान ८ बजेदेखि राष्ट्रियसभा गृहमा मतदान हुनेछ ।
तीन मतदान केन्द्र
सोमबार हुने मतदानका लागि तीन मतदान केन्द्र कायम गरिएको छ । राष्ट्रिय सभागृहमा दुईवटा र भृकुटीमण्डपमा एउटा बुथ कायम गरिएको निर्वाचन समितिका सदस्य तेज रावलले जानकारी दिए ।
ती मतदान केन्द्रमा करिब एक हजार एक सय बुथ व्यवस्था गरिएको छ । महाधिवेशनबाट नयाँ केन्द्रीय समिति चयनका लागि सोमबार विहान ८ देखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ । महाधिवेशनमा ४ हजार ७ सय ४३ जनाले मतदान गर्नेछन् ।
महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भातृ र शुभेच्छुक सङ्घसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताले मतदान गर्नेछन् ।
प्रदेश २ र गण्डकी प्रदेशका मतदाताले भृकुटीमण्डको प्राङ्गणमा र प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि भृकुटीमण्डपको प्रदर्शनी हलभित्र मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन समिति सदस्य रावलले बताए ।
उनका अनुसार सोमबार हुने निर्वाचनमा २९ प्रकारका मतपत्रको व्यवस्था गरिएको छ भने सबै मतपत्रका लागि छुट्टाछुट्टै मतपेटिकाको व्यवस्था गरिएको छ। मतदान गर्नका लागि राष्ट्रिय सभागृहमा २९३, भृकुटीमण्डप प्राङ्गणमा २९३ बुथ र भृकुटीमण्डपको हलमा ५१४ बुथ राखिएको निर्वाचन समितिले जनाएको छ ।
महाधिवेशनबाट सभापति दुई जना उपसभापति, दुई जना महामन्त्री, आठ जना सहमहामन्त्री निर्वाचित हुनेछन् । केन्द्रीय समितिमा विभिन्न क्लस्टरबाट १२१ जना निर्वाचित हुनेछन् । | 2022/06/27 14:05:40 | https://www.onlinekhabar.com/2021/12/1051222 | mC4 |
काठमाडौँ, १९ माघ । व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख दलबीच निर्वाचनको विषयमा एकमत देखिए पनि संविधान सशोधनका सम्बन्धमा परस्पर विरोधी धारणा र ‘रस्साकस्सी’ले सविधान संशोधन कि निर्वाचन प्राथमिकता भन्ने विषयमा अन्योल कायमै गरेको छ ।
नेपाली काँग्रेस र नेकपा (माओवादी)सहितको गठबन्धन सरकारले निर्वाचन घोषणा गर्ने तयारी गरे पनि लोकतान्त्रिक मधेसी मोर्चासँग आबद्ध तराई–मधेस केन्द्रित दलले भने त्यसप्रति असहमति जनाउँदै आएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले तत्काल निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दबाब दिइरहेको छ भने मोर्चाले संसद् पेस भएको संविधान संशोधन विधेयक परिमार्जनसहित पारित नभएसम्म निर्वाचन स्वीकार नगर्ने जनाउ दिँदैआएको छ ।
नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई भन्नुहुन्छ– “निर्वाचन संविधान कार्यान्वयको निम्ति अनिवार्य कुरा हो, त्यो भन्दा पहिले संविधानमा रहेका कतिपय अपूर्णतालाई पूर्णता दिने गरी संविधान सशोधनको प्रक्रिया पूरा गर्न आवश्यक छ ।
संविधानले तोकेको २०७४ माघ ७ गतेभित्र सङ्घीय, प्रदेश र स्थानीय तहको निर्वाचन हुन सकेन भने आन्दोलनका समग्र उपलब्धि ओझेलमा त पर्दैनन् भनी अहिले सर्वत्र चिन्ता व्यक्त गरिएको छ ।
राष्ट्रिय प्राथमिकताको एजेन्डाको रुपमा रहेका संविधान सशोधन र निर्वाचनको विषयमा प्रमुख दल तत्काल सहमतिमा नपुग्ने हो भने अबको ११ महिनभित्र संविधान कार्यान्वयनसँग प्रत्यक्ष जोडिएको निर्वाचन गर्ने दायित्व पूरा गर्न राजनीतिक दललाई निकै हम्मेहम्मे पर्नेछ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले अहिलेको संविधान सशोधनको प्रस्ताव मुलुकको हितमा नरहेको जिकिर गरिरहेको छ भने मधेसी मोर्चाले भाषा, नागरिकता, राष्ट्रियसभामा प्रतिनिधित्व र प्रदेशको सीमाङ्कनका विषयलाई उठाएर संविधान परिमार्जनसम्मको कुरा उठाएको छ ।
सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव भन्नुहुन्छ– “संविधानका त्रुटी, विभेद्कारी प्रावधान र कमजोरी नसच्याई निर्वाचनमा जाँदा जनता र मुलुकको हित हुँदैन, पहिले संविधान सच्याऔँ अनि सबै चुनाव गरौँ ।”
नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ भनुहुन्छ– “हाम्रो विचारमा कहिल्यै विवाद नै होइन, सत्तापक्ष र हामीबीच संविधान जारी गर्दा नै २०७४ सालभित्र तीन तहको निर्वाचन गर्ने भनेका हौँ, केही साथीको असन्तुटीलाई सम्बोधन गर्ने प्रयास ठीकै हो, तर अब समय घड्की सक्यो, निर्वाधरुपमा निर्वाचनतर्फ लाग्नुपर्छ ।”
‘नेपाली काँग्रेसका नेता राधेश्याम अधिकारी संविधानको पालना भयो कि भएन भएन’ भनेर हेर्दा तीन तहको निर्वाचन गर्न सकियो वा सकिएन भन्नेसँग जोडिन्छ, राजनीतिक विषयसँग जोडिएको अल्झनले सङ्क्रमणकाल लम्बिएको हो, नेतालाई मात्र दोष दिएर पुग्दैन, संसद्ले नै छिनोफानो गरेर अघि बढनुपर्छ भन्नुहुन्छ ।
कानुन विषयका प्राध्यापक डा सुरेन्द्र भण्डारी संविधानले तोकेको समयसीमाभित्र चुनाव हुन नसकेमा मुलुकमा एकैसाथ सवैधानिक र राजनीतिक सङ्कट आउने अवश्यभावी रहेको तथा लोकतन्त्रमा आउने विचलनले राष्ट्रियतालाई नै कमजोर तुल्याउने तर्क गर्नुहुन्छ ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिक नेता जितेन्द्रनारायण देव संसद्मा दर्ता भएको संविधान सशोधन प्रस्तावलाई पारित नगरी चुनावतिर जाने वातावरण बन्न नसक्ने बताउनुहुन्छ ।
नेकपा (माओवादी केन्द्र)का नेता रामनारायण विडारीको विचारमा अहिले चुनावको वातावरण छ, चुनाव अपरिहार्य छ, स्थानीय तहको निर्वाचन हँुदा राष्ट्रिय राजनीतिमा त्यत्रो कुनै फरक नपर्ने उल्लेख गर्नुभयो ।
सद्भावना पार्टीका नेता मनिष सुमनले संविधानप्रति आफूहरुको स्वामित्व कायम गराउन अपूरो र अधूरै भए पनि संसद्मा दर्ता भएको विधेयक पारित गराउन आवश्यक छ, संविधानमा अपनोत्व भएपछि सबैभन्दा पहिले संसद्को निर्वाचन गरेर जाँदा सुल्टो हुने तर्क गर्नुभयो ।
सरकारले यो साताभित्रै स्थानीय तहको निर्वाचन घोषणा गर्ने जनाउँदै त्यसको पक्षमा वातावरण बनाउन नेपालस्थित कुटनीतिक नियोगका प्रतिनिधिलाई जानकारी समेत गराइसकेको छ ।
मोर्चा भन्दछ– “बालुवाटारमा बोलाएर हामीलाई आश्वासन दिने मात्र काम भएको छ, सरकारले हामीले उठाएको मुद्दालाई गहनरुपले लिन आवश्यक छ । राजनीतिक दलबीच रातारात कुनै चमत्कारी सहमति भएन भने संविधान संशोधन पहिले कि निर्वाचन भन्ने मुद्दाको बहसले तत्काल निकास पाउने छाँट देखिदैन ।”-नारायणप्रसाद न्यौपाने
प्रकाशित मिति: Feb 1, 2017
हामीसंग फेसबुक, ट्विटर र युट्युव मार्फत् पनि तपाईं जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
संबन्धित
झापामा ट्रक र मोटरसाइकल ठोक्किँदा २२ वर्षीय युवकको मृत्यु
झापामा ट्रक र मोटरसाइकल ठोक्किँदा २२ वर्षीय युवकको मृत्यु भएको छ । कन्काई नगरपालिका-८ मा
अस्थायी संरचनामै राजधानी लगिएपछि गठबन्धनभित्र असन्तुष्टि
लुम्बिनी प्रदेशको अस्थायी मुकाम रहेको बुटवलबाट स्थायी राजधानी तोकिएको दाङको देउखुरीमा स्थायी संरचनाबिनै सामान सारिएपछि
बैतडी जिप दुर्घटना : चालकसहित ४ जना घाइते, २ को अवस्था गम्भीर
बैतडीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। बुधबार बिहान जिल्लाको सूर्नया ६ दुदिलाखान
कैलालीमा भिनाजुद्वारा हँसिया प्रहारबाट सालाको हत्या
कैलालीमा हँसिया प्रहारबाट एक युवकको हत्या भएको छ। जिल्लाको जोशीपुर गाउँपालिका–६ कुमारी बागका ३३ वर्षीय
कपिलवस्तु जिल्लाका एक न्यायाधीशमाथि बलात्कारको आरोप, आयोगले लेख्यो प्रहरीलाई पत्र
लुम्बिनी प्रदेश स्थित कपिलवस्तु जिल्ला अदालतका १ जना न्यायाधीशमाथि बलात्कारको आरोप लागेको छ। आरोप लागेका
रातारात दाङ सारियो लुम्बिनीको मुख्यमन्त्री कार्यालय, नवनिर्मित भवनमा सथपग्रहण तयारी
बुटवल स्थित रहेको लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय र निजी सचिवालय दाङको देउखुरीमा सारिएको छ ।
Nagariktimesnepal
ताजा
धर्नामा बसेका कानुन व्यवसायीमाथि जुत्ता प्रहार
सर्वाेच्च अदालतको गेटमा कानुन व्यवसायी धर्नामा
चोलेन्द्र सर्वोच्च फर्कने तयारीपछि नेपाल बारको आकस्मिक बैठक
माधवकुमार नेपाल र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता
सत्तारूढ गठबन्धनकै नेतृत्वमा स्थिर सरकार बन्छ : सञ्चारमन्त्री कार्की
सम्पर्क
सिविल मिडिया एण्ड रिसर्च सेण्टर वडा नम्बर १०, सहभागिता मार्ग, मध्यबानेशवर काठमाण्डौ, बागमती प्रदेश
कार्यालय सम्पर्क01-5172222
[email protected] , [email protected]
विज्ञापन सम्पर्क: 01-5172222/9802061729/9840178017
युनिकोड कन्भर्टर
संचालक/सम्पादक : बीरेन्द्र केएम
कार्यकारी सम्पादक: विजय नेपाल समाचार संयोजक: भोला बनियाँ डेक्स: रोजिना सापकोटा अमेरिका प्रतिनिधि: राजीव मेहता
मल्टिमिडिया: हिमान्सु सिंह प्रस्तोता: दिपेश बराल, पवन रौनियार
प्रबन्ध निर्देशक: साजन शर्मा निर्देशक: सुनिलकुमार साह ब्यवस्थापक: किसोर पौडेल बजार व्यवस्थापक : राजु साह | 2022-12-08T03:51:34Z | https://www.nagariktimes.com/2017/02/13560/ | OSCAR-2301 |
महोत्तरीका वडाअध्यक्ष भारतीय नागरिक भएकाे खुलासा (प्रमाणसहित) « The Nepal Top
महोत्तरीका वडाअध्यक्ष भारतीय नागरिक भएकाे खुलासा (प्रमाणसहित)
जनकपुरधाम : महोत्तरीका वडाअध्यक्ष नै दुई देशको नागरिक रहेको प्रमाण फेला परेको छ । अमेरिका, बेलायत, अस्ट्रेलियालगायत अन्य थुप्रै देशहरुमा दोहोरो नागरिकताको सुविधा छ। अर्थात कुनै व्यक्तीले अर्को देशको नागरिकता भएर पनि ती देशका नागरिकता लिन सक्छन् । तर, नेपालमा भने त्यस्तो कानून छैन । यहाँ कसैले कुनै अर्को देशको नागरिकता लियो भने उसको नेपालको नागरिकता कायम नरहने व्यवस्था नेपालको नागरिकता ऐन, २०६३ मा उल्लेख छ।
तर, नागरिकताको सिफारिश र नागरिकताको प्रतिलिपि लिनका लागि सिफारिश गर्ने व्यक्तिले नै दोहोरो नागरिकता लिएको छ भने के हुन्छ ? एकपटक सोचौँ त……जो कोहिलाई पनि पक्कै अच्चम लाग्न सक्छ ।
तपाईंलाई अच्चम लागेपनि महोत्तरीमा एकजना वडाअध्यक्ष नै दुई देशको नागरिक रहेको प्रमाण फेला परेको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जारी गरेको आदेशमा नगरपालिकाका प्रमुख र गाउँपालिकाका अध्यक्षले ३१ र वडाध्यक्षहरूले ५५ वटा काम गर्नुपर्ने कानूनी व्यवस्था छ । तर जनतालाई कानूनको पालना गर्न सिकाउने जनप्रतिनिधि नै गैरनागरिक रहेको प्रमाण फेला परेको हो ।
महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका वडा नम्बर-५ का वडाध्यक्ष जितेन्द्र चौधरी भारत र नेपाल दुबै देशको नागरिक रहेको भेटिएको छ ।
स्थानिय तहको चुनावमा स्वतन्त्रबाट वडाअध्यक्षमा जितेका चौधरी भारतको सितामढी जिल्लाको सिरसिया बजारको बासिन्दा रहेको प्रमाण फेला परेको छ ।
भारतीय निर्वाचन आयोगको लिस्टमा समेत चौधरीको फोटो सहितको नामावली देखिएको छ भने उनको बुवा हिरा चौधरीको समेत फोटो सहित भारतको भोटरलिस्टमा नाम उल्लेख रहेको देखिएको छ । उनीहरूले सन् २०१९ मा भारतिय लोकसभा निर्वाचनमा मतदान समेत गरेका छन् ।
यसैलाई आधार बनाएर वडाअध्यक्ष चौधरी बिरुद्ध रामगोपालपुर नगरपालिका वडा नम्बर-८ का स्थानीय हरिश्चन्द्र ठाकुरले जिल्ला प्रशासन कार्यालय महोत्तरीमा उनको नागरिकता छानविनको माग गर्दै उजुरी समेत दिएका छन् ।
उजुरीकर्ता ठाकुरले जिल्ला प्रशासन कार्यालयमा दिएको उजुरीमा वडाअध्यक्ष जितेन्द्र २०१९ मा भारतमा सम्पन्न भएको लोकसभाको चुनाबमा समेत भोट गरेको प्रमाण पेश गरेका छन् । फर्जि कागजात पेश गरेर वडाअध्यक्ष चौधरीले भारतिय नागरिकताको साथै नेपाली नागरिकता समेत लिएको उजुरीकर्ताको आरोप छ । यस सम्बन्धमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले निवेदन आइसकेकाले अनुसन्धान भइरहेको र दोषी ठहरिए कार्वाही गर्ने बताएका छन् ।
उजुरीकर्ता ठाकुर आफुले जलेश्वर नगरपालिकाको कार्यालयमा समेत सबै प्रमाण लिएर गएपनि कसैले अहिलेसम्म खासै चासो नलिएको बताउँछन्। यता नगरपालिकाकी उपमेयर सिता साहले उजुरीकर्ता ठाकुरले वडाअध्यक्ष चौधरी भारतीय नागरिक रहेको भन्दै यसअघि भारतको विभिन्न कागजातहरु लिएर पालिकामा आएको भएपनि नागरिकता सम्बन्धि आफुहरु सँग कुनै अधिकार नभएका कारण केही फैसला नगरेको भन्दै यस सम्बन्धमा प्रशासनसँग सुक्ष्म अनुसन्धान गर्न आग्रह गरेकी छिन् ।
नागरिकता ऐनको दफा २१ (१) मा विदेशीले नेपाली नागरिक भएको दाबी गरी नागरिकता लिने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद वा ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान छ । त्यस्तै दफा २१ कै उपदफा २ मा नागरिकता दिलाउन सनाखत या सिफारिस गर्नेलाई ६ महिना देखि एक वर्षसम्म कैद वा २५ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने उल्लेख छ ।
छ दिनमै फर्किए संक्रमित जनप्रतिनिधि
काठमाडौंः कोरोनाको संक्रमण भएपछि पाटन अस्पतालमा उपचार गराइरहनुभएकी भक्तपुर नगरपालिका-९ की ४२ वर्षीया महिला जनप्रतिनिधि | 2020/05/29 06:14:22 | https://www.thenepaltop.com/news/97238 | mC4 |
त्रिवि दीक्षान्तका यस्ता छन् तीन नयाँ व्यवस्था | Educationpati.com
२०७५ पुस १६ गते १२:१८मा प्रकाशित
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४४ औं दीक्षान्त सोमबार पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानको मैदानमा हुँदैछ। त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका) का अनुसार यस पटकको दीक्षान्तमा स्नातक, स्नातकोत्तर र विद्यावारिधि (पिएचडी) उपाधि हासिल गरेका ९ हजार ५०५ जना दीक्षित हुँदैछन् ।
पनिकाले विगतका वर्षहरुको तुलनामा यस पटक फरक तरिकाले दीक्षान्त गराउँदैछ। परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार यस पटक दीक्षान्तमा सहभागी हुने सबै विद्यार्थीलाई गाउनको साथमा टोपी पनि प्रदान गरिएको छ। यसअघि पीएचडी उपाधि पाएका विद्यार्थीलाई मात्र गाउन र टोपी दिइन्थ्यो। स्नातक र स्नातकोत्तर तह उपाधि हासिल गरेकालाई गाउन मात्र दिइन्थ्यो।
त्यस्तै दीक्षित हुने सबै विद्यार्थीलाई प्रमाणपत्रको साथमा कभर र फोल्डर समेत दिइनेछ। यसअघि विद्यार्थीलाई एक पानाको प्रमाणपत्र मात्र हातमा दिइन्थ्यो। जोशीका अनुसार यसपटकको तेश्रो विशेषता भनेको पिएचडी उपाधि प्राप्त विद्यार्थीलाई उसको नाम समेत लेखिएको कभर र फोल्डर दिइनेछ। पनिकाले दीक्षान्तमा सहभागी हुने विद्यार्थीबाट प्रति विद्यार्थी स्नातक, स्नातकोत्तर र पिएचडी उपाधि प्राप्तलाई क्रमशः तीन हजार सात सय, चार हजार दुई सय र चार हजार सात सय रुपैयाँ लिएको छ। यो सबै धरौटीबापत् लिइएको हो।
यसबापत् विद्यार्थीलाई गाउन र टोपी दिइन्छ। दीक्षान्त सकिएपछि विद्यार्थीले गाउन र टोपी फिर्ता दिनुपर्छ। गाउन र टोपी पनिकालाई नै फिर्ता दिएपछि प्रति विद्यार्थी सबै तहमा एक हजार पाँच सय रुपैयाँ विद्यार्थीलाई फिर्ता दिइने परीक्षा नियन्त्रक जोशीले बताए।
दीक्षान्त समारोहलाई प्रमुख अतिथिको रुपमा भारतको जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) का प्राध्यापक महेन्द्र पी लामाले सम्बोधन गर्ने त्रिविले जनाएको छ। | 2020/06/06 01:03:58 | https://educationpati.com/dik6antaaat/ | mC4 |
यही अवस्थालाई चिर्न पनि ओलीले कुनै न कुनै लोकप्रिय कदम चाल्न आवश्यक थियो। राजनीतिक विश्लेषक झलक सुवेदीले विप्लवसँको वार्ता सकारात्मक कदम भएको बताए। ‘संविधानभन्दा बाहिर रहेको शक्तिलाई मूलधारको राजनीतिमा ल्याउने प्रयास राम्रो कार्य हो। आवश्यक पनि हो,’ सुवेदीले भने, ‘ओलीले पहिले सीके राउतलाई पनि राजनीतिको मूलधारमा ल्याएर तरंगित बनाएकै हुन्।’
प्रधानमन्त्री ओलीले नै २०७५ फागुन २८ गतेको मन्त्रिपरिषद् बैठकमार्फत विप्लव समूहको गतिविधि आपराधिक भएको भन्दै प्रतिबन्ध लगाएका थिए। सामाजिक तथा राजनीतिक विषयका टिप्पणीकार सञ्जीव पोखरेलले भने आफू कमजोर भएपछि शक्ति आर्जनको उदेश्यले विप्लवसँग ओलीले वार्ता गर्न खोजेको भन्दै आलोचना गरे। ‘विप्लवको राजनीति विशुद्ध आतंकवाद थियो र यसलाई नियन्त्रण गर्न आवश्यक थियो। तर, विप्लवसँग सहमति गर्ने ओलीको अहिलेको प्रयास लोकतन्त्र र संविधानको रक्षा गर्ने उद्देश्यबाट निर्देशित छैन ।
आफू कमजोर भएका बेला शक्ति बटुल्न आतंकवादलाई प्रयोग गर्दा अन्तमा लोकतन्त्र झन कमजोर हुनेछ,’ पोखरेलले भनेका छन्, ‘विप्लवले ओलीसँग बढाएको हिमचिमको अर्को गहिरो अर्थ पनि छ । शोषितपीडित जनताको अधिकारका लागि भनेर हतियार उठाउने उग्रवादी कम्युनिस्टहरू ओलीजस्ता चरम दक्षिणपन्थीसँग मिल्न जाने हिजोआजको प्रवृत्तिले कम्युनिस्ट आन्दोलन भन्ने अवधारणा नै कतिसम्म बकवास रहेछ भन्ने देखाइरहेको छ।’
एकीकृत जनक्रान्तिको रणनीति लिएको विप्लव नेतृत्वको नेकपाको गतिविधिमाथि सरकार कडा रुपमा प्रस्तुत हुँदै आएको थियो। विप्लवको एकीकृत जनक्रान्ति मध्यम वर्गको नेतृत्वमा हुने सहरी विद्रोह र किसान मजदुरको नेतृत्वमा हुने सशस्त्र संघर्षलाई फ्युजन गर्ने कार्यक्रम हो । जसले मध्यम वर्गको भूमिकालाई स्वीकार्छ । विप्लवले मोहन वैद्य र हालका गृहमन्त्री रामबहादुर थापासँग मिलेर पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी फुटाएका थिए। तर, दोस्रो संविधानसभा निर्वाचन बहिष्कार गरेपछि सो समूह तीन भागमा विभाजित भयो ।
वैद्य एकातिर रहे भने एउटा समूहको नेतृत्व गर्दै बादल प्रचण्डसँग मिले। विप्लवले छुट्टै समूहको नेतृत्व गर्न थाले । पछिल्लो समय सरकारले प्रतिबन्ध लगाएपछि विप्लवका धेरै नेता तथा कार्यकर्ता प्रक्राउ परेका थिए । जसको कारण विप्लव समूहलाई भूमिगत भएर काम गर्न पनि अफ्ठ्यारो परेको थियो । ‘एक हजारभन्दा बढीको संख्यामा उनीहरुका कार्यकर्ताले आत्मसमपर्ण गरेका थिए,’ सुरक्षा निकायका एक अधिकारीले भने, ‘जसले गर्दा विप्लवले गतिविधि सञ्चालन गर्न सकिरहेका थिएनन्।
सोल-बिक्रीका हिसावले कोरियाकै सबैभन्दा ठूलो कार निर्माता कम्पनिले आफ्ना एक कर्मचारीमा कोरोना सङ्क्रमण पाएपछि उल्सान शहरस्थित एक प्लान्टको उत्पादन बन्द गरेको छ।कम्पनिले उक्त प्लान्टमा कार्यरत सम्पुर्ण कर्मचारीहरुको स्वास्थ्य परिक्षण गर्ने समेत जनाएको छ ।
बन्द गरिएको प्लान्ट नम्बर २ मा करिव ४ हजार कर्मचारिहरु कार्यरत छन् । उक्त प्लान्टमा कम्पनिले प्यालिसेड एसयुभी, जी भी ८० एसयुभी मोडलका अन्तराष्ट्रिय बजारमा लोकप्रिय कारहरु उत्पादन गर्दै आएको छ ।ह्युण्डाईका कोरियामा सातवटा प्लान्टहरु रहेका छन् जस मध्ये उल्सानमा ५ वटा, आसान तथा छङ्जुमा एक एक वटा रहेका छन् ।
कोरिया बाहिर चीनमा ४ वटा तथा अमेरिका, चेक रिपव्लिक, भारत, टर्की, रसिया र व्राजिलमा एक एक वटा कार उत्पादक प्लान्टहरु छन् जसले करिव ५५ लाख कार उत्पादनको क्षमता राख्दछन् ।हटपाटीबाट
विगत २ हप्तादेखी कोरियामा ब्यापक रुपमा फैलदै गरेको कोरोना भाईरसको डरले थेगु विश्वविधालयमा अध्ययन गर्ने ७ चिनिया विधार्थी स्वदेश फिर्ता भएका छन ।कोरोना भाईरसको कोरिया ईपिसेन्टर थेगुको सिन्छन्जी चर्च नजिकै पर्ने सहर ख्यङ्गसान को एक होस्टेलमा बस्ने २ जना चिनिया विधार्थी अघिल्लो हप्ता बिहिबार स्वदेश फिर्ता भएका छन भने बाँकी ५ जना फेब्रुअरी २४ तारिख नयाँ सेमेस्टरका लागी कोरिया आएका उनिहरु पनि भाईरसको कारणले स्वदेश फिर्ता भएका हुन।
“विधार्थीका बुवाआमा कोरियाको अबस्था र आफ्ना छोराछोरी को अवस्थाबारे चिन्तित भएका थिय।उनिहरुले आफ्ना छोराछोरी हरुलाई फर्काउन सहयोग गरिदिन हामीसंग आग्रह गरेका थिय।चीन बाटै सुरु भएको भाईरसको कारण कोरियाबाट चिनिया विधार्थी सुरक्षित हुन चीन फर्कनुपर्दा हामीलाई एकदमै दुख लागेको छ।”थेगु विश्वविद्यालय का एक अधिकारीले बताएका छन।
कोरियामा नयाँ सेमेस्टरका लागी दर्ता गरेका ३३ जना चिनिया विधार्थीमध्य कोरोना भाईरस त्रासकै कारण १ जना मात्रै कोरिया आएको र बाँकी ३२ जना विधार्थीले सेमेस्टर त्यागेको ख्यङ्गसान होस्टेललाई उदृध गर्दै थेगु विश्वविद्यालय ले जानाकारी दिएको छ।कोभिड १९ को कारण शुक्रबार बेलुकीसम्म २३३७ जना सङ्क्रमित भएका छन ,१३ जनाको मृत्यु संगै २७ जना निको भएर घर फर्केका छन।चीनमा अहिलेसम्म २७०० को मृत्यु भएको छ भने ७८००० जना सङ्क्रमित छन।
दक्षिण कोरियाबाट भागेर आएका उत्तर कोरियाली नागरिकबाट कोरोना संक्रमण फैलन सक्ने सम्भावनालाई मध्यनजर राख्दै उत्तर कोरिया सरकारले राजधानी सोल सहित विभिन्न मुख्य शहरहरुमा सुरक्षात्मक उपाय अपनाउन थालेको छ ।
प्योङयाङ स्थित संक्रमण नियन्त्रण विभागले विभिन्न नाका तथा ट्रान्जिट स्थलहरुमा सुरक्षाका उपायहरु अपनाउन थालेको छ । हाल उत्तर कोरियाका बस तथा रेल स्टेशनहरुमा स्वास्थ्यकर्मी तथा सुरक्षा कर्मीहरुको बाक्लो उपस्थिति देख्न सकिने उत्तर कोरियाली सरकारी । | 2021-03-03T23:45:28Z | https://gorkhasansar.com/2018/04/01/24311.html | OSCAR-2109 |
हेटौंडाः गुणस्तरीय शिक्षा र छरितो स्वास्थ्य सेवामा नागरिक समाजको भूमिका विषयक अन्तरक्रिया हेटौंडामा भएको छ । नागरिक समाज मञ्च मकवानपुर र डेभलप्मेन्ट एक्स्चेन्ज सेन्टर मकवानपुरको संयुक्त आयोजनामा मंगलबार अन्तरक्रिया भएको हो । अन्तरक्रियामा सहभागीले शिक्षा र स्वास्थ्य जस्तो आधारभूत सेवाको क्षेत्रमा नागरिक समाजको नियमित र सन्तुलित निगरानी एवम् खबरदारी हुनुपर्नेमा सहभागीले जोड दिएका छन् ।
नागरिक समाज मञ्च मकवानपुरकी संयोजक रमिला सापकोटाको अध्यक्षतामा भएको अन्तरक्रियामा सहभागीले नागरिक समाजको रुपमा स्थापित हुन मौसमी मुद्दामा मात्रै उपस्थिति नजनाई नागरिकका दैनिक क्रियाकलापमा नियमित रुपमा आवाज उठाउनुपर्नेमा जोड दिएका थिए । अन्तरक्रियामा अधिवक्ता मनप्रसाद भट्टराईले शिक्षा ऐनले महत्वपूर्ण व्यवस्था गरे पनि व्यवहारमा लागु हुन नसकेको बताउनुभयो । विद्यालयको स्थापना, विद्यालयमा अभिभावकको भूमिका, निशूल्क शिक्षाका बारेमा महत्वपूर्ण व्यवस्था गरे पनि त्यसलाई कार्यान्वयन गर्न सरकारले जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न नसकेको अधिवक्ता भट्टराईको भनाइ थियो । | 2021-03-06T11:05:14Z | https://postdainik.com/2021/02/21/23906/ | OSCAR-2109 |
भर्चुअल थिएटर : आज भोको घरसहित तीन नाटक – Online Khabar
२०७६ चैत २८ गते १०:५१ मा प्रकाशित
लकडाउनको कारण घरभित्रै बसिरहेकाहरुलाई लक्षित गर्दै भर्चुअल थिएटर फेस्टिभल भइरहेको छ । 'क्वारेन्टाइन अभियान नाट्य उत्सव–२०७६'मा आज शुक्रबार तीन नाटकको भिडियो प्रदर्शन हुँदैछ ।
आज दिउँसो १ बजे दुई नाटक प्रदर्शन हुँदैछ । जसमा डेनमार्कबाट आएको ज्याक म्याथिसन सिर्जित तथा निर्देशित पपेट प्ले 'टु बी' र चिनियाँ साहित्यकार लु सुनको कथामा आधारित, चे शंकर निर्देशित 'म्याड म्यान्स डायरी'को भिडियो हुनेछ । 'म्याड म्यान डायरी'मा सुदाम सिकेको एकल अभियन रहेको छ ।
त्यस्तै साँझ ५ बजे आयोजककै नाटक 'भोको घर'को भिडियो देखाइनेछ । गोविन्द बहादुर मल्ल 'गोठाले'लिखित नाटक 'भोको घर'लाई केदार श्रेष्ठले निर्देशन गरेका हुन् । जसमा आकाश मगर, शान्ति गिरी, सुदाम सिके, सञ्जिता पराजुली, अभय बराललगायतको अभिनय छ । | 2022/06/26 05:16:59 | https://www.onlinekhabar.com/2020/04/853179 | mC4 |
विद्यालय शिक्षा सुधारका केही सैद्घान्तिक पक्ष
असार १, २०७६ | डा. प्रेम फ्याक
सार्वजनिक विद्यालयहरूको गुणस्तर सुधार नगरी देशको समग्र शिक्षाको अवस्था सुध्रिन सक्दैन । तर सार्वजनिक शिक्षाका मुद्दा प्रायशः नारामा मात्र सीमित हुने गरेका छन् । संविधानले 'समाजवाद उन्मुख' नेपाली समाजको परिकल्पना गरेको छ । यसका लागि संविधानले नै आधारभूत तहको शिक्षा अनिवार्य र निःशुल्क अनि माध्यमिक तहको शिक्षा निःशुल्क गरेको छ । तर के राज्य यो संवैधानिक प्रावधानलाई लागू गर्ने दिशातर्फ बढेको छ त ? सबै बालबालिकाले गुणस्तरीय शिक्षा पाउने अधिकारको प्रत्याभूत गर्न राज्य लागिपरेको छ त ? सार्वजनिक विद्यालय सुधार गर्न राज्यले मुख्य रूपमा के के कुरामा जोड दिनुपर्छ ? यी प्रश्नहरूको उत्तर खोज्ने प्रयास यो लेखमा गरिएको छ ।
गुणस्तरीय विद्यालय शिक्षा भएका देशले विद्यालयको स्तर बढाउनका लागि राज्यको लगानी बढाउन कन्जुस्याईं गरेका हुँदैनन् । बिडम्वना; यो वर्ष अपेक्षा गरेभन्दा धेरै थोरै बजेट मात्र राज्यले नेपालको शिक्षामा विनियोजन गरेको छ । करीब १०.६८ प्रतिशतको हाराहारीमा छुट्टिएको बजेटले सार्वजनिक शिक्षा सुधारका योजना पूरा गर्न सक्दैनन् । अधिकांश बजेट तलबमा खर्च हुन्छ । विद्यालय सुधारको लागि चाहिने पूर्वाधार र अन्य नवीनतम प्रविधि र सीपहरूको खोजी र प्रयोग गर्ने कुरामा सरकारी लगानी कमजोर छ । सार्वजनिक शिक्षामा राज्यको लगानी घट्नु भनेको घुमाउरो पारामा सार्वजनिक विद्यालयलाई कमजोर पारेर निजी विद्यालयको आवश्यकता र औचित्य पुष्टि गर्नु हो । राज्यको कम लगानीले गर्दा संविधानले प्रत्याभूत गरेको निःशुल्क र अनिवार्य शिक्षाको अधिकार प्राप्त हुन सक्दैन ।
शिक्षामा कम बजेट विनियोजनले राज्यको वैचारिक ढुलमुलेपन पनि देखाउँछ । विद्यालय शिक्षा सुधारको लागि शिक्षा 'सार्वजनिक वस्तुु' हो भन्ने सैद्धान्तिक स्पष्टता हुनु पहिलो शर्त हो । राज्यले विद्यालय शिक्षालाई 'निजी सेवा' 'निजी छनोट' को वस्तुको रूपमा 'प्रमोट' गर्ने हो भने कहिल्यै पनि विद्यालय शिक्षा सुधार हुन सक्दैन । संविधानले 'समाजवाद उन्मुख' नेपाली समाजको कल्पना गरेको बेला राज्यले शिक्षामा निजीकरणको मुद्दालाई बढावा दिनु भनेको वैचारिक ढुलमुलेपन बाहेक केही हुन सक्दैन । यस्तो वैचारिक ढुलमुलेपन मुख्यतः २०४७ सालदेखि राज्यले लिएको 'नवउदारवादी' आर्थिक नीतिको परिणामको रूपमा लिन सकिन्छ । नवउदारवादी सिद्धान्तले सबै वस्तु र सेवाहरूलाई निजीकरण गरिनुपर्ने मान्यता राख्दछ । विद्वान डेविड हार्वीका अनुसार नवउदारवादले नागरिकहरूले पाउने सेवा–सुविधाहरू निजीकरणको माध्यमबाट प्रदान गर्नुपर्छ र राज्यले नियमन (regulation) पनि गर्नुहुँदैन भन्ने विचार राख्दछ । यो विश्वव्यापी विचार अनुसार राज्यले प्रदान गर्ने सेवासुविधाहरू 'खुल्ला बजार' लाई छोडिदिनुपर्छ । 'खुल्ला बजार', 'प्रतिस्पर्धा', 'छनोट', र विनियमन (de-regulation) नवउदारवादी चिन्तनका मुख्य खम्बा हुन् । नवउदारवादले अरू अर्थबजार जस्तै शिक्षा र स्वास्थ्य जस्ता आम जनसरोकारका सेवाहरूलाई निजीकरण गरिनुपर्छ भन्ने विचारलाई अघि बढाउँदछ । फलस्वरूप नागरिकले पाउने सेवा र सुविधाहरू राज्यले भन्दा पनि बजारले निर्धारण गर्ने हुन्छ ।
सरकारले औपचारिक रूपमा सार्वजनिक नगरेको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनले शिक्षालाई 'सार्वजनिक वस्तु' को रूपमा लिनुपर्ने कुरामा जोड दिएको छ । वास्तवमा विद्यालय शिक्षालाई सार्वजनिक सेवाको रूपमा लिन र त्यसको प्रत्याभूति राज्यलाई गराउनको लागि आयोगको यो सिफारिशलाई निजी विद्यालयका संचालकहरूले पनि एउटा अवसरको रूपमा लिनुपर्ने हो । तर सरकारले नै उक्त सिफारिशलाई ग्रहण गर्न सकेको छैन । यसका पछाडि एउटा मात्र विचारले काम गरेको छ । त्यो के हो भने, निजी विद्यालयले गुणस्तरीय शिक्षा दिन्छन् । यो सोचले सार्वजनिक विद्यालयहरूले गुणस्तरीय शिक्षा दिन नसकेकाले निजी विद्यालयहरू खुलेका हुन् भन्ने अर्थ दिन्छ । तर, यो तर्कमा कति सत्यता छ भन्ने कुरा खासै विश्लेषण गरिएको छैन । खाली सार्वजनिक विद्यालयहरू कमजोर छन् भन्ने एकोहोरो रटान लगाइएको छ । यो तर्क बुझनको लागि विश्वका गुणस्तरीय विद्यालय शिक्षा प्रदान गर्ने देशहरूको शिक्षा नीतिको थोरै जानकारी राख्नुपर्ने हुन्छ । फिनल्याण्डको विद्यालय शिक्षा अहिले संसारको सबैभन्दा राम्रो भएको कुरा अध्ययनले देखाएको छ । फिनल्याण्डमा निजी विद्यालय छैनन् । विद्यालय शिक्षाको सम्पूर्ण जिम्मा राज्यले लिन्छ । फिनल्याण्ड सरकारले विद्यालय शिक्षामा 'प्रतिस्पर्धा' को सट्टा 'सहकार्य' लाई जोड दिन्छ । स्विट्जरल्याण्डको विद्यालय शिक्षालाई पनि गुणस्तरीय शिक्षाको रूपमा लिइन्छ । यहाँ थोरै मात्र निजी विद्यालयहरू छन् । डेनमार्कको विद्यालय शिक्षा अर्को राम्रो मानिएको प्रणाली हो । यहाँ पनि निजी विद्यालयहरू नगन्य मात्रामा छन् । भएका निजी विद्यालय पनि नेपालमा जस्तो 'नाफामुखी' छैनन् । अन्यत्र निजी विद्यालयहरू विशेष उद्देश्यको लागि खोल्ने चलन छ । जस्तै; अल्पसंख्यक, आप्रवासी र धार्मिक समुदायहरूलाई आवश्यकता अनुसार शिक्षा दिन छुट्टै विद्यालय खोल्नुपर्ने भयो भने स–साना निजी विद्यालयहरू खोल्न सरकारले अनुमति दिन्छ । तर त्यस्ता निजी विद्यालयलाई पनि राज्यले आर्थिक सहयोग गर्छ ।
विद्यालय शिक्षा सुधारको लागि राज्य र राजनीतिक दलहरूले सर्वप्रथम एउटा संकल्प गर्नु जरूरी छ, 'विद्यालय शिक्षा सार्वजनिक सेवा हो र यसलाई गुणस्तरीय बनाउने जिम्मा राज्यको हो।'
विद्यालय शिक्षालाई 'सार्वजनिक' बनाउनुपर्छ भन्ने तर्कको जवाफमा निजी विद्यालयले 'प्रतिस्पर्र्धी' विद्यार्थी उत्पादन गर्छन् भन्ने तर्क अघि सारिन्छ । यो तर्क केही हदसम्म नेपालको सन्दर्भमा जायज जस्तो पनि देखिन्छ । खासगरी एसईई परीक्षामा विद्यार्थीले ल्याएको अंकको आधारलाई हेर्ने हो भने केही हदसम्म निजी विद्यालयहरूले बढी अंक ल्याउने विद्यार्थी उत्पादन गरेका छन् । तर प्रश्न के हो भने, के सरकारी विद्यालयमा पढ्ने विद्यार्थीले बढी अंक ल्याउन सक्दैन र ? बढी अंक ल्याउन निजीमै पढ्न जरूरत छ र ? 'गुणस्तर' को विषयमा चर्चा नगरिएको एउटा विषयवस्तु के हो भने, परीक्षामा प्राप्त अंकको आधारमा मात्र शिक्षालाई गुणस्तरीय भन्न मिल्छ । विद्वान स्टेफेन कार्नेले नेपाल लगायत विभिन्न देशमा गरेको अध्ययनको आधारमा स्कूलको गुणस्तर र प्रभावकारिता – विद्यार्थीले जाँचमा प्राप्त अंकको आधारमा मात्र गरिनुहुन्न भनेका छन् । अध्ययनले देखाए अनुसार सार्वजनिक विद्यालयको प्रभावकारिता जाँच्न सामाजिक, राजनीतिक र आर्थिक पक्षहरूलाई पनि हेरिनुपर्छ । नेपालको सन्दर्भमा सार्वजनिक विद्यालयले समाजमा रहेका दुर्गम, विपन्न वर्ग र विभिन्न अल्पसंख्यक समुदायका बच्चाहरूलाई शिक्षा दिने काम गर्छन् । शिक्षकहरूलाई तलब बाहेक राज्यको तर्फबाट अन्य लगानी न्यून भएको सन्दर्भमा सार्वजनिक विद्यालयले गरेको योगदानलाई कम आँक्न मिल्दैन । धेरै सार्वजनिक विद्यालयले राम्रो शिक्षा दिएका छन् ।
परीक्षामा प्राप्त अंकलाई गुणस्तरीय शिक्षा मान्ने सोचले 'रटेर' पढ्ने र पढाउने प्रवृत्ति बढेको छ । एसईईमा बढी अंक ल्याउने दबाबमा शिक्षण सिकाइका आधारभूत कुराहरू बिर्सिने गरिएको छ । आफ्नै अध्ययनको सिलसिलामा मैले निजी विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकसँग विद्यार्थीले कसरी बढी अंक ल्याइरहेका छन् भन्ने विषयमा कुराकानी गरेको थिएँ । छलफलबाट मुख्यतः दुई वटा महत्वपूर्ण निष्कर्ष निस्किए । पहिलो, निजी विद्यालयहरूमा एसईईमा विद्यार्थीलाई बढी अंक ल्याउने बनाउन 'प्रश्नपत्र सँगालो' पढाउने गरिंदो रहेछ । कतिपय विद्यालयमा त कक्षा–१० मा पढ्नुपर्ने विषयहरू कक्षा–९ बाटै पढाउने पनि गरिंदो रहेछ । यति गर्दा पनि पास हुन नसक्ने विद्यार्थीलाई विद्यालयमै राखेर दिनरात 'कोचिङ्ग' क्लासको नाममा घोक्ने कलाहरू सिकाइने रहेछ । दोस्रो, शिक्षकहरूको जोड पढाउनेमा भन्दा पनि 'टेस्ट' लिइरहने र प्रश्नको 'उत्तर सिकाउने' कुरा हुँदोरहेछ । अहिले कतिपय सार्वजनिक विद्यालयले पनि यही विधि प्रयोग गर्न थालेका छन् । तर यो प्रचलनले सिकाइको जग कमजोर बनाएको छ । यथार्थमा सिकाइनै भएको छैन भन्दा पनि हुन्छ । एक जना शिक्षकको भनाइमा परीक्षामुखी शिक्षाले विद्यार्थीलाई घोक्न मात्र सिकाएको छ । साँच्चिकैको सिकाइ हुनसकेको छैन ।
गुणस्तरीय शिक्षाको लागि गुणस्तरीय सिकाइ हुनु पहिलो शर्त हो । गुणस्तरीय सिकाइको लागि विद्यार्थी शिक्षक र विद्यार्थी–विद्यार्थीबीच अन्तरक्रिया हुन सक्नुपर्दछ । विद्यार्थीले निर्धक्कसँग प्रश्न र छलफल गर्न पाउनुपर्छ । विद्यार्थीले सोच्ने, व्याख्या र विश्लेषण गर्ने सीपहरू सिक्नुपर्दछ । यसका लागि शिक्षकले विद्यार्थीसँग भएका ज्ञान र सीपलाई प्रयोग गरी नयाँ कुराहरू सिक्ने अवसर प्रदान गर्नुपर्दछ । तर प्रायःजसो विद्यालयमा शिक्षण–सिकाइ किताबमुखी मात्र भएको छ । विशेषगरी अंग्रेजी माध्यमको कारणले तल्ला कक्षाहरूमा किताबमा भएको कुरा शिक्षकहरूले पढ्ने र बोर्डमा लेख्ने अनि विद्यार्थीले त्यही सार्ने र रट्ने काम मात्र भएको छ । एक जना शिक्षकको भनाइलाई सापट लिने हो भने 'अहिलेको पढाइमा सृजनशीलता कमजोर हुँदै गएको छ । परीक्षामुखी शिक्षाले परीक्षा कसरी पास गर्ने, कसरी रट्ने मात्र सिकाएको छ ।' गुणस्तरीय शिक्षाको यस्तो भाष्य र अभ्यास परिवर्तन नगरी विद्यालय शिक्षाको सुधार सम्भव छैन । यसका लागि हाम्रा नीति र अभ्यासहरूले गुणस्तरीय सिकाइमा सहयोग गरेको छ कि छैन भन्ने प्रश्न गर्ने बेला आएको छ ।
सार्वजनिक शिक्षा र समाजवादको कुरा
समाजवादका अनेक परिभाषा छन् । तर बुझनुपर्ने आधारभूत कुरा के हो भने, समाजवादले 'समाज' लाई केन्द्रमा राख्छ । यसको उद्देश्य एउटा व्यक्तिको स्वार्थलाई भन्दा पनि समग्र समाजका समस्यालाई सम्बोधन गर्नु हो । समाजको संरचना र त्यसले व्यक्ति र समुदायहरूलाई पारेको प्रभाव नबुझ्ी समाजवादको नारा केबल गफ मात्र हुन्छ । समाजमा व्याप्त खाडलहरू नपुरिकन समाजवादी राज्यको कल्पना गर्न सकिंदैन । तर विद्यालय शिक्षा सुधारको बहस गरिरहँदा हाम्रो शिक्षाले समाजका खाडलहरू (वर्गीय, भाषिक, सांस्कृतिक, लैंगिक, जातीय, क्षेत्रीय आदि) लाई पुर्न सहयोग गरेको छ कि छैन भन्ने मुख्य मुद्दा नै छलफलमा ल्याइएको छैन । हाम्रा शिक्षा नीति र अभ्यासहरूले विद्यार्थीलाई समाज बुझन सहयोग गरेको छ कि छैन ? यी सवालहरू शिक्षाको निजीकरणसँग जोडिएका छन् ।
अहिले शिक्षामा निजीकरणको सवाल पेचिलो भएको छ । विशेष रूपमा उच्चस्तरीय शिक्षा आयोगले निजी विद्यालयहरूलाई विस्तारै 'सेवामुखी' हुनुपर्ने सुझव दिएको छ । तर, सरकारले औपचारिक रूपमा आयोगको प्रतिवेदनमा भएका सुझवलाई ग्रहण गरेको छैन । साथै, निजी विद्यालयका संचालकहरूले यसमा विरोध पनि जनाएका छन् । केही हप्ताअघि मात्र प्रधानमन्त्रीले त निजी शिक्षामा लगानी गर्न लगानीकर्ताहरूलाई प्रेरित नै गर्नुभएको छ । तर बुझनुपर्ने के हो भने, विद्यालय शिक्षामा निजीकरणलाई प्रोत्साहन गरेर समाजवादी राज्यको कल्पना गर्न सकिन्न । विश्वभरिका विद्यालय शिक्षाको अवस्था हेर्ने हो भने नाफामुखी निजी विद्यालय शिक्षाले सामाजिक असमानता झन् बढाउँछ । नाफामुखी शिक्षाले 'धन' हुने र नहुने समुदायहरूबीच असमान पहुँचको आधारमा बनेको खाडल झ्न् गहिरो बनाइदिन्छ ।
सार्वजनिक शिक्षामा राज्यको लगानी घट्नु भनेको घुमाउरो पारामा सार्वजनिक विद्यालयलाई कमजोर पारेर निजी विद्यालयको आवश्यकता र औचित्य पुष्टि गर्नु हो।
नाफामुखी शिक्षाले दुईखाले समुदाय र वर्गको निर्माण गर्छ । यसले 'पहुँच' हुने र नहुने समुदायका बच्चाहरूमाझ् अन्तरक्रिया गर्ने वातावरण बनाउन सक्दैन । निजी र सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीमाझ् अन्तरक्रिया नहँुदा उनीहरूको नेपाली समाजप्रतिको बुझइ पूर्ण हुन सक्दैन । बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय समाज बुझनको लागि एकलभाषी (जस्तै अंग्रेजी माध्यम) शिक्षा पर्याप्त हुँदैन । भाषा, संस्कृति र 'धन' को आधारमा हुने विभाजनलाई विद्यालय शिक्षाले जोड्न सक्नुपर्छ । त्यसनिम्ति सरकारले नाफामुखी विद्यालय शिक्षालाई निरुत्साहित गर्दै सार्वजनिक विद्यालयको गुणस्तर सुधारमा ध्यान दिनु जरूरी हुन्छ ।
विद्यालय 'छनोट' गर्ने अधिकार अभिभावकमा हुनुपर्ने तर्क सार्वजनिक शिक्षाको बहसमा उठेको एउटा जबर्जस्त मुद्दा हो । निजी विद्यालयका संचालकहरूसँग कुरा गर्दा पाइएको साझ तर्क भनेको निजीकरणले अभिभावकलाई 'स्कूल छनोट' गर्ने अवसर दिएको छ । तर प्रश्न के हो भने, स्कूल 'छनोट' ले गुणस्तरीय शिक्षामा सहयोग गर्छ त ? यस सन्दर्भमा युनेस्कोले सन् २०१५ मा गरेको अध्ययनको चर्चा गर्नु सान्दर्भिक हुन्छ । सो अध्ययन अनुसार शिक्षामा निजीकरणले अभिभावक र विद्यार्थीलाई 'खुल्ला बजार' को 'ग्राहक' को रूपमा प्रस्तुत गरेको छ । उक्त अध्ययनले 'स्कूल छनोट' को अवधारणा र गुणस्तरीय शिक्षाबीच खासै सम्बन्ध नभएको पनि देखाएको छ । सार्वजनिक विद्यालयको विशेषता फरक किसिमको हुने हुनाले निजी विद्यालयले अपनाउने 'बजारमुखी' विधि र उपायहरू सार्वजनिक शिक्षा सुधारमा सहयोगी नहुन सक्छन् भन्ने सो अध्ययनको निचोड छ । त्यसले के पनि स्पष्ट पारेको छ भने; केही सीमित 'सम्पन्न' परिवारका अभिभावकका लागि निजी स्कूलले गुणस्तरमा सहयोग गर्लान्, तर आम अभिभावकका लागि निजीकरण प्रत्युत्पादक हुन्छ । मुख्यतः विद्यालय छनोटको तर्क नवउदारवादी चिन्तनको एउटा पक्ष हो । यसले विद्यालय शिक्षालाई खुल्ला बजारको हातमा छोडिदिनुपर्छ भन्ने तर्क गर्दछ । यो चिन्तनले विद्यालय छनोट गर्ने अवसरले शिक्षालाई 'प्रतिस्पर्धी' बनाउँछ भन्ने तर्क अघि सार्दछ । तर के 'प्रतिस्पर्धा' विद्यालय शिक्षाको उद्देश्य हो ? प्रतिस्पर्धी हुनु भनेको गुणस्तरीय शिक्षा प्राप्त गर्नु हो ? यी र यस्ता प्रश्नहरूको उत्तर नखोजी विद्यालय शिक्षा सुधार गर्न सम्भव छैन ।
विद्यालय शिक्षा सुधार गरेका देशहरूको अभ्यासले प्रतिस्पर्धाको अवधारणा गुणस्तरीय शिक्षाका लागि घातक हुने देखाएको छ । सिंगापुरले परीक्षामुखी शिक्षाले घोकन्ते सिकाइ बढाएको भन्दै आधारभूत तहका तल्ला कक्षाहरूमा छलफल, खोज र घरकाम दिएर विद्यार्थीको सिकाइ मूल्याङ्कन गर्न शुरू गरेको छ । उनीहरूको मुख्य उद्देश्य— कसरी 'कम प्रतिस्पर्धी वातावरण' मा विद्यार्थीलाई सिकाउने भन्ने रहेको छ । गत वर्ष विश्व आर्थिक मञ्चले प्रकाशित गरेको रिपोर्टमा सिंगापुरका शिक्षामन्त्री ओङ्ग ये कुङ्गले 'सिकाइ भनेको प्रतिस्पर्धा होइन' भन्दै परीक्षामा प्राप्त अंकको आधारमा विद्यार्थीको क्षमता 'दाँज्न' नहुने तर्क गरेका छन् । प्रतिस्पर्धाले भन्दा 'सहकार्य' ले विद्यार्थीको सिकाइको स्तर बढाउने हुनाले राज्यले जाँच लिएर मूल्याङ्कन गर्ने पुरानो शैली परिवर्तन गरेर वैकल्पिक विधिहरूको खोजी र अवलम्बन गरेको देखिन्छ । फिनल्याण्डको विद्यालय शिक्षामा पनि विद्यार्थीको सृजनशीलतालाई जोड दिइएको छ । परीक्षामा प्राप्त अंकको आधारमा भन्दा उनीहरूले व्यक्तिगत रूपमा के र कसरी सिके भन्ने प्रक्रियाको आधारमा उनीहरूको मूल्याङ्कन गरिन्छ । बढी अंक ल्याएर 'टप' गर्ने भन्दा पनि आफूले के सिक्दैछु र कसरी सिक्दैछु भनेर स्व–मूल्याङ्कन गर्न सक्ने विद्यार्थी उत्पादन गर्नु फिनल्याण्डको विद्यालय शिक्षाको जोड रहेको छ । यसका लागि विद्यालय शिक्षाको सम्पूर्ण जिम्मेवारी राज्यले लिएको छ । यी उदाहरणले पनि विद्यालय शिक्षा सुधारमा नवउदारवादी चिन्तन प्रभावकारी हुन नसक्ने कुरालाई स्पष्ट पारेका छन् ।
विद्यालय शिक्षा सुधारको लागि राज्य र राजनीतिक दलहरूले सर्वप्रथम एउटा संकल्प गर्नु जरूरी हुन्छ । त्यो संकल्प भनेको 'विद्यालय शिक्षा सार्वजनिक सेवा हो र यसलाई गुणस्तरीय बनाउने जिम्मा राज्यको हो ।' यसका लागि राज्यले बजारमुखी शिक्षालाई निरुत्साही गर्नै पर्छ र सार्वजनिक विद्यालयको गुणस्तर बढाउन विशेष योजनाहरू बनाउनुपर्छ । यसका लागि राज्यले लिने नीति र दृष्टिकोणहरू नवउदारवादले जन्माएका 'नाफा', 'विनियगमन', 'प्रतिस्पर्धा' र 'बजार' जस्ता अवधारणाहरूको प्रभावमा पर्न हुन्न । यस्ता अवधारणाहरूले हाम्रो शिक्षाको सामाजिक, आर्थिक, राजनीतिक र भौगोलिक धरातललाई सम्बोधन गर्न सक्दैन । | 2021/07/23 18:42:51 | https://www.shikshakmasik.com/3756/%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD-%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD-%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD-%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD-%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD-%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD%EF%BF%BD | mC4 |
ट्वान्टी ट्वान्टी विश्वक क्रिकेटमा आफ्नो पहिलो खेलमा नेपालले हङकङलाई १ सय ५० रनको लक्ष्य दिएको छ । बंगलादेशमा भइरहेको प्रतियोगितामा नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १ सय ४९ रन बनायो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४८ र पारस खड्काले ४१ रन बनाए । टस हारेर पहिले व्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४९ रन जोडेको हो । | OSCAR-2019 |
||
नेपालको आर्थिक बृद्धिदर शुन्यमा झर्ने बिश्व बैङ्कको प्रक्षेपण
२२ असोज, काठमाडौं । विश्व बैंकले सन २०२१ मा नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशतमा झर्ने अनुमान गरेको छ । बिहीबार दक्षिण एसियास्तरीय आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर शून्यमा झर्ने प्रक्षेपण गरेको हो । चालु आर्थिक वर्ष २०७७ र ७८ मा सरकारले भने ७ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको छ । विश्व बैंङ्कले सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर ०.२ हुने अनुमान गरेको छ । नेपाल सरकारले भने आर्थिक वर्ष २०७६ र ७७ मा भने नेपाल सरकारले भने २.२७ प्रतिशत आर्थिक वृद्धिको अनुमान गरेको थियो । कोरोना महामारी भर्खरै सुरु हुँदा केन्द्रीय तथ्यांक विभागले उक्त अनुमान सार्वजनिक गरे पनि कोरोना महामारीको असर कायमै रहँदा नेपालको आर्थिक वृद्धिदर कति रह्यो भन्ने विवरण सार्वजनिक गरिएको छैन ।
विश्व बैंकका अनुसार कोरोना भाइरसको महामारी र यसको नियन्त्रणका लागि अपनाइएका उपायहरुका कारण दक्षिण एसियाली क्षेत्रको अर्थतन्त्र अहिलेसम्म कै गहिरो संकटमा छ । सुक्ष्म मन्दीको अवस्थामा अर्थतन्त्र रहेको विश्व बैंकले जनाएको छ । जसले गर्दा अनौपचारिक क्षेत्रमा बढी मार पर्ने देखिएको छ । आर्थिक क्रियाकलाप र पर्यटन क्षेत्र सबैभन्दा मारमा परेको विश्व बैंकको भनाइ छ । यसले अनौपचारिक क्षेत्रका कामदारको रोजगारीमा असर परेको छ । फलस्वरुप दक्षिण एसियाली क्षेत्रका मानिसले चरम चरिबीको सामना गर्नुपर्ने भएको छ ।
पछिल्लो ५ वर्षमा दक्षिण एसियाली क्षेत्रको आर्थिक वृद्धिदर ६ प्रतिशत हाराहारी थियो । सन् २०२० मा ७.७ प्रतिशतको आर्थिक वृद्धिमा गिरावट आउने अनुमान गरिएको छ । यो सोचेभन्दा बढी र डरलाग्दो अवस्था भएको बताइएको छ । तर, सन् २०२१ मा भने केही गतिविधिहरु सूचारु हुनेछन् । यसले संकुचनमा पुगेको अर्थतन्त्र बिस्तार उकासिन थाल्नेछ । सन् २०२१ मा क्षेत्रीय वृद्धिदर ४.५ प्रतिशत कायम हुने अनुमान विश्व बैंकको रहेको छ । यस भेगको प्रतिव्यक्ति आय ६ प्रतिशतले घट्ने छ । लगानी र निर्यातमा बढ्दो खाडलले आर्थिक मन्दीमा सहयोग पुग्नेछ । यसले बेरोजगारी बढाउने र यसको असर गरिबीमा पर्ने देखिएको हो । विप्रेषणमा आएको कमीले पनि विपन्न वर्गले तीब्र रुपमा आम्दानी गुमाउने छन् । प्रतिवेदनका सम्बन्धमा प्रतिक्रिया दिँदै माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले आर्थिक क्रियाकलाप वृद्धि गर्न नेपालले बढी भन्दा बढी लगानीको वातावरण बनाउनु पर्ने बताउँछन् । | 2021/01/16 02:50:22 | https://gantabyanepalnews.com/news/12103 | mC4 |
सप्तरीमा ५५ भन्दा बढी मतदान अधिकृतहरु राजपा कार्यकर्ताको नियन्त्रणमा | कुवेतको पहिलो नेपाली अनलाईन पत्रिका
← कतारमा नेपालि कथानक चलचित्र "परदेशी जीवन " प्रदर्शन हुने
टोकियोमा नेपाली फुटबल प्रशिक्षकहरुलाई सम्मान →
सप्तरीमा ५५ भन्दा बढी मतदान अधिकृतहरु राजपा कार्यकर्ताको नियन्त्रणमा
Posted on 14/06/2017 by कुवेतनेपाल एडमिन | टिप्पणी छोड्नुहोस्
बाक्लो संख्यामा प्रहरी परिचालन
अवधेशकुमार झा, सप्तरी
जेष्ठ ३१, २०७४- राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका कार्यकताहरुले सप्तरीमा खटिएका करिब ५५ जना मतदान अधिकृतहरुलाई नियन्त्रणमा लिएका छन् । आगामी असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा मतदान अधिकृत र सहाकयक मतदान अधिकृतहरुलाई बुधबार बिहान ११ बजे निर्वाचनसम्बन्धी तालिम राखेको छ । बिहान १० बजेअघि नै तालिमस्थल पुगेका राजपा कार्यकर्ताहरुले प्रवेशद्वारमै सहायक मतदान अधिकृतहरुलाई नियन्त्रणमा लिएका छन् ।
राजपा कार्यकर्ताको नियन्त्रणमा कपिलदेव यादव, केजुलाल चौधरी, रविन्द्र साह, अरुणकुमार दास र वैद्यनाथ साह, विन्दु खंगलगायत परेका छन् । उनीहरुलाई महेन्द्र क्याम्पस परिसरमै राजपा कार्यकर्ता नाराबाजीका बीच घेरा हालेर राखेका छन् ।
स्थानीय प्रशासनले बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको छ ।
संविधान संशोधन, जनसंख्याको अनुपातमा स्थानीय तहको संख्या निर्धारण, मधेस आन्दोलनका क्रममा मारिएकाहरुलाई सहिद घोषणा, मृतकका परिवारलाई क्षतिपूर्ति, घाइतेको उपचार व्यवस्था सरकारले नगरेको भन्दै राजपा निर्वाचन विरोधी आन्दोलनमा छ । | 2020/09/29 10:18:40 | https://kuwaitnepal.com/2017/06/14/%E0%A4%B8%E0%A4%AA%E0%A5%8D%E0%A4%A4%E0%A4%B0%E0%A5%80%E0%A4%AE%E0%A4%BE-%E0%A5%AB%E0%A5%AB-%E0%A4%AD%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A4%BE-%E0%A4%AC%E0%A4%A2%E0%A5%80-%E0%A4%AE%E0%A4%A4%E0%A4%A6/ | mC4 |
काठमाडौँ, २ भदौ (रासस) । नेपाल राष्ट्र बैंकले प्राज्ञिक शोध तथा अनुसन्धान गर्नेलाई सहायता गर्ने भएको छ ।
सो कार्यका लागि नेपाल बैंक र त्रिभुवन विश्वविद्यालय समझदारी भएको छ । प्राज्ञिक शोध तथा अनुसन्धान कार्यमा सहकार्य गर्ने गरी भएको समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा यही भदौ १ गते बैंकका तर्फबाट जनशक्ति व्यवस्थापन विभागका कामु कार्यकारी निर्देशक तुलसीप्रसाद घिमिरे तथा त्रिभुवन विश्वद्यिालय, अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा डा शिवराज अधिकारी र व्यवस्थापन केन्द्रीय विभागका प्रमुख प्रा डा रामजी गौतमले हस्ताक्षर गर्नुभएको आज जारी विज्ञप्तिमा उल्लेख छ ।
उक्त समझदारीअनुसार अर्थशास्त्र र व्यवस्थापन केन्द्रीय विभागमा स्नातकोत्तर तहका पाँच/पाँच जना, एमफिल र विद्यावारिधितर्फका दुई/दुई जना विद्यार्थीलाई शोधपत्र तयार गर्ने प्रयोजनका लागि केन्द्रीय बैंकले वार्षिकरूपमा शोधवृत्ति (फेलोसिप) उपलब्ध गराउनेछ ।
यस्तै बैंकमा उपलब्ध हुने इन्टनसिपको अवसरमा विश्वविद्यालयको स्नातकोत्तर तहका विद्यार्थीलाई प्राथमिकता दिइने समझदारीसमेत भएको छ । कार्यक्रममा गभर्नर अधिकारीले बैंक र विश्वविद्यालयबीचको समझदारी आफैँमा सकारात्मक शुरुआत भएको बताउनुभयो ।
उहाँले यो सहकार्यले प्राज्ञिक शोध÷अनुसन्धानमा महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास व्यक्त गर्नुभयो । कामु कार्यकारी निर्देशक घिमिरेले उक्त समझदारीले शोध/अनुसन्धान कार्यमा सहकार्य हुने, ज्ञान आदानप्रदानमा टेवा पुग्ने तथा अनुसन्धानबाट महत्वपूर्ण नीतिगत स्रोत सामग्री उपलब्ध हुने विश्वास व्यक्त गर्नुभयो ।
बैंकले अन्य विश्वविद्यालयसँग पनि यस्तै सहकार्य गर्ने नीति लिएको छ ।
Related News
सम्बन्धित समाचार
समानुपातिकतर्फ कुन दललाई कति मत ?
रासस मंसिर १३, २०७९
काठमाडौँ, १३ मङ्सिर (रासस) :प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगका…
आधुनिकताले छोएन पशुपालक किसानलाई
रासस मंसिर १३, २०७९
डम्मर बुढामगर ढोरपाटन, १३ मङ्सिर (रासस): पश्चिम बागलुङको निसीखोला गाउँपालिका–५ र ६ का स्थानीयको मुख्य पेसा नै पशुपालन हो ।…
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार
रासस मंसिर १२, २०७९
– सिबी अधिकारी काठमाडौँ, १२ मङ्सिर (रासस) :राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पोखरा क्षेत्रीय/अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार भएको छ…
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
राष्ट्र न्यूज सम्वाददाता मंसिर ११, २०७९
पोखरा, ११ मंसिर । पोखरा महानगरपालिका वडा नं २५, हेमजा निवासी नारायणी त्रिपाठीले अन्तर्राष्ट्रियस्तरको युथ ट्रेलब्लेजरअवार्डबाट सम्मानित हुनुभएको छ ।…
निर्वाचन अपडेट ः प्रत्यक्षतर्फ कांग्रेस अगाडि
रासस मंसिर १०, २०७९
काठमाडौँ, १० मङ्सिर (रासस) ःप्रतिनिधिसभाको प्रत्यक्षतर्फका कूल एक सय ६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म एक सय १८ स्थानमा अन्तिम मतपरिणाम सार्वजनिक… | 2022-11-29T21:02:58Z | https://www.rastranews.com/2021/08/11450/ | OSCAR-2301 |
गल्याङ नगरप्रमुख सेतीवेणीका बाढि पिडितको बस्तीमा गल्याङ नगरप्रमुख सेतीवेणीका बाढि पिडितको बस्तीमा
गल्याङ नगरप्रमुख सेतीवेणीका बाढि पिडितको बस्तीमा
गल्याङ । लगातारको वर्षातका कारण समस्यामा परेका वासिन्दालाई सान्त्वना दिन गल्याङ नगरप्रमुख भुपराज अधिकारी वडा नम्बर ५ सेतीवेणीमा पुग्नुभएको छ ।वर्षातले कालीगण्डकी नदिको सतह बढेर समस्यामा परेका स्थानीयको अवस्था बुझ्न नगरप्रमुख अधिकारी पिडितहरुको बस्तीमा पुग्नुभएको हो ।सो अवसरमा नगरप्रमुख अधिकारीले तत्कालित राहतको रुपमा जनही पाँच हजारका दरले बाढि पिडितलाई रकम हस्तान्तरण पनि गर्नुभएको छ ।
केही दिन अगाडि परेको पानीका कारण सेतीबेणीमा रहेका दशवटा पसलमा बाढिले असर पु¥याएको थियो भने एक घर पूर्ण रुपमा क्षति भएको थियो । पूर्ण क्षति भएका परिवारलाई २० हजार र अन्य पिडित सहित १९ परिवारलाई पाँच हजारका दरले नगरप्रमुख अधिकारीले तत्कालिन राहत उपलब्ध गराउनुभएको हो ।बाढिले तहसनहस बनाएको सेतीवेणी क्षेत्रको अवलोकन पछि गरिएको कार्यक्रममा नगरप्रमुख अधिकारीले पिडितहरुलाई उचित क्षतिपूर्तिको पहल गर्ने बताउनुभयो ।उहाँले नगरवासीलाई समस्या पर्दा आफु सधैं समाधानको प्रयत्नमा लाग्ने भन्दै पालिकाको तर्फबाट र अन्य निकायबाट सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो ।
नगरप्रमुख अधिकारीले सेतीवेणीका वासिन्दाको चाहनाका आधारमा बैकल्पिक बसोबासको व्यवस्थाका लागि आफुले पहल गर्ने बताउनुभयो । कालिगण्डकी ए जलविद्युत परियोजनासँग समन्वय गरेर बस्ती स्थानान्तरण गर्ने वा अन्य विकल्पमा स्थानीयको चाहना अनुसार आफुले दीर्घकालिन समाधानको पहल गर्ने उहाँले बताउनुभयो ।
नगरप्रमुख अधिकारीले भन्नुभयो –'दुर्गम क्षेत्रमा रहेका र विपन्न परिवारहरु राहत लिन कम पुग्ने गर्नुभएको छ, तर मेरो प्राथमिकता त्यही वर्गमा रहनेछ ।'
कार्यक्रममा गल्याङ नगरपालिका वडा नम्बर ५ का अध्यक्ष विष्णुबहादुर बस्याल क्षेत्रीले स्थानीयको समस्या समाधानमा आफु सधैं प्रयासमा रहेको बताउनुभयो ।
कार्यक्रममा स्थानीयबासीले कालिगण्डकी ए जलविद्युत परियोजनाको कारण आफुहरुले वर्षेनी पिडा भोग्नुपरेको गुनासो गरेका छन् ।सो अवसरमा कालिगण्डकी जलविद्युत आयोजनाका प्रमुख पशुपति न्यौपाने, वडा सदस्य चित्रबहादुर थापा, नेपाल शिक्षक महासंघ स्याङ्जाका उपाध्यक्ष राजेन्द्रदेब खनाल, शिक्षक चुडामणी बस्याल लगायतको पनि उपस्थिति रहेको थियो । | 2021/09/27 09:35:23 | https://sabalpost.com/archives/129317 | mC4 |
काठमाडौं। पछिल्लो पुस्ताका चर्चित लोकगायक प्रकाश दूतराजले अष्ट्रेलियामा आत्महत्या प्रयास गरेको खबर सार्वजनिक भैरहेका छन् । सांगीतिक कार्यक्रमको शिलशिलामा अष्ट्रेलियाको ब्रिसबेन पुगेका उनले त्यहाँ आफू बसेको फ्याटमा आत्महत्याको प्रयास गरेको खबर फैलिएको हो ।
यस विषयमा प्रकाशले मुख खोलेका छैनन् । यद्यपी, कार्यक्रम आयोजक संस्था म्याग्दी सेवा समाजले भने बाहिर आएका खबरहरु भ्रमित रहेको बताएको छ ।
समाजका अध्यक्ष रमेश रोकाले फेसबुकमा स्टाटस् लेख्दै प्रकाश दुतराज आफूहरुसँग सुरक्षित रहेको बताएका छन् । प्रकाशले आफ्नो आगामी कार्यक्रमको तयारी गरेको समेत रोकाले बताएका छन् । गायक दुतराज केही साताअघि गायिका भूमिका गिरीसहित सांगीतिक कार्यक्रमको शिलशिलामा अष्ट्रेलिया पुगेका छन् ।
उनीहरुले केही स्थानमा आफूहरुको प्रस्तुती दिईसकेका छन् भने केही स्थानमा कार्यक्रमको तयारी छ । अन्तर्मुखी स्वभावका दूतराजले मौलिक गीतहरु ल्याउँदै आएका छन् ।
‘बैनी झ्यालैमा’, ‘घर कता हो बहिनीको’, ‘जाम भो माइली’, ‘चोली मैलै भो’, ‘मन भुल्छ’ लगायत उनका चर्चित गीतहरु हुन् । केही दिनअघि सार्वजनिक ‘देउरालीमा’ गीत पनि यतिबेला रुचाईएको छ । | 2022-11-30T21:55:19Z | https://www.nayadhar.com/2022/11/9157/ | OSCAR-2301 |
डडेल्धुरा अस्पतालको सुविधा सम्पन्न भवन वन्दै, सेवा सुविधा वस्तार गर्ने अध्यक्ष ओझाको भनाई | सुदुरपश्चिम खबर
डडेल्धुरा अस्पतालको सुविधा सम्पन्न भवन वन्दै, सेवा सुविधा वस्तार गर्ने अध्यक्ष ओझाको भनाई
डडेल्धुरा – वर्षौ देखी टिनको छानो भएको जिर्ण भवन वाट सेवा सुविधा दिईरहेको डडेलधुरा अस्पतालको सुविधा समपन्न भवन वन्न थालेको छ । नेपाल सरकारको आर्थीक सहयोगमा सुविधा सम्पन्न तिन तले भवनको निर्माण हुन थालेको हो । सुविधा समपन्न भवन वने लगतै थप सेवा सुविधा विस्तार गर्ने अस्पताल विकास समितिका अध्यक्ष करुणकर ओझाले वताए ।
तिन वर्षमा निर्माण सम्पन्न गर्ने गरि सम्झोता भएको भवनको लागत मुल्य अभिवृद्धि कर सहित २९ करोड ८७ लाख रुपैयाँ रहेको छ । डडेल्धुरा अस्पतालकै परिसरमा निर्माण भईरहेकोे अस्पतालको भवनको आशीष कुमार के एस जेभी धनगढीले २०७५ सालमा निर्माणको जिम्मेवारी पाएको थियो ।
भवन निर्माण भएपछि अस्पतालले दिदै आईरहेको सेवा प्रभावकारी रुपमा दिनका लागि सहज हुनुका साथै सेवा सुविधालाई विस्तार गर्न सहज हुने डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष ओझाले बताए ।
नेपाल सरकारको मातहतमा रहेको सुदुरपश्चिम प्रदेशको एक मात्र यस अस्पतालको अहिले मुख्य समस्या भनेको ठाँउको अभवा भएकाले हामिले विषेशज्ञ सेवा थप्नको लागि आसुलेसन थप्नको लागि अपरेसन र्थेईटर, डाईलासि लगायत सुविधा सम्पन्न भवन निर्माण भएपछि अस्पतालका सेवा सुविधालाई पनि विस्तार गर्ने योजना रहेको डडेल्धुरा अस्पतालका निमित्त प्रमुख डा. जगदिश चन्द्र विष्टले जानकारि दिए ।
२०७५ साल पौसमा सम्झौता भएको नयाँ भवनको तुलनात्मक काम भने ७० प्रतिशत भन्दा वढी निर्माणको काम सम्पन्न भई सकेको छ । लकडाउनका कारण विचमा केहि बाधाआएको भएता पनि यो भवन निर्माण कार्या भने समय अगावै अस्पताललाई हस्तान्त्रण गर्ने कम्पनिका टेक्निकल ईन्चार्ज रमेश केसीको भनाई रहेको छ । करिव २५ वर्ष पहिले निर्माण गरिएको टिनको छानो भएको भवन हुँदा अस्पतालका सेवा सुविधा सचालन गर्नका लागि समस्या भईरहेको छ भने अस्पतालको वार्डमा पानी चुहिदा विरामीलाई सास्ती हुने गरेको छ । हरिश चन्दले उपहार खबरमा लेखेका छन । | 2021/01/25 20:53:07 | https://sudurpashimkhabar.com/2020/10/05/21321/ | mC4 |
इंग्ल्याण्डद्वारा अष्ट्रेलिया २४२ रनको भारी अन्तरले पराजित - Nepal Cricket
इंग्ल्याण्डद्वारा अष्ट्रेलिया २४२ रनको भारी अन्तरले पराजित
एकदिवशीय क्रिकेटमा इंग्ल्याण्डले नयाँ कीर्तिमान कायम गरेको छ । अष्ट्रेलियाबिरुद्धको पाँच एकिदिवशीय श्रृंखलाको तेस्रो खेलमा इंग्ल्याण्डले सर्बाधिक योगफलको कीर्तिमान सुधार गरेको हो । साथै उसले अष्ट्रेलियालाई २४२ रनको भारी अन्तरले पनि हराएको छ ।
घरेलु मैदानमा टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको इंग्ल्याण्डले निर्धारित ओभरमा ५ विकेट गुमाएर ४८१ रनको योगफल बनायो । यो योगफल एकदिवशीय क्रिकेटमा अहिलेसम्मकै सर्बाधिक हो । यसअघि सर्बाधिक योगफल पनि इंग्ल्याण्डकै नाममा थियो । उसले सन् २०१६ को अगष्टमा यही मैदानमा ४४४ रनको कीर्तिमानी योगफल बनाएको थियो ।
मंगलबार रनको कीर्तिमान बनाउने क्रममा इंग्ल्याण्डका दुई ब्याट्सम्यानहरु जोनी बेरस्टो र एलेक्स हेल्सले शानदार शतकीय पारी खेले । दुवैले समान ९२ बल खेल्दा बेरस्टोले १५ चौका र ५ छक्काको साथमा १३९ तथा हेल्सले १६ चौका र ५ छक्काको साथमा १४७ रन प्रहार गरेका थिए । ओपनर बेरस्टोले ज्यासन रोयसँग मिलेर पहिलो विकेटका लागि १५९ रनको साझेदारी गरेका थिए ।
रोय ८२ रनको व्यक्तिगत स्कोरमा आउट भएपछि आएका हेल्सले बेरस्टोसँग मिलेर १५१ रनको साझेदारी गरेका थिए । इंग्लिस कप्तान इयोइन मोर्गानले पनि ६७ रनको अर्धशतकीय पारी खेले ।
बलिंगतर्फ अष्ट्रेलियाका एभोन रिचर्डसनले ३ विकेट लिए ।
जवाफमा अष्ट्रेलिया ३७ ओभरमा २३९ रनमा अलआउट भयो । उसकालागि टिम हेडले ५१ र स्टोनिसले ४४ रन बनाउँदा बाँकि खेलाडीले राम्रो खेल्न सकेनन् । बलिङ तर्फ इङ्ग्ल्याण्डका आदिल रासिदले ४ विकेट लिए । | 2022/01/26 23:16:44 | https://cricnepal.com/2018/06/25395 | mC4 |
हिमानीले भेटे पछि पारस थाई प्रेमिकालाई छोडेर नेपाल आउन राजी – नेपालि भिडियो ब्लग, पहिलो र एक मात्र
गत दसैंमा पारसले आफ्नी थाई प्रेमिकालाई लिएर नेपाल फर्कन लाग्दा उनकी श्रीमती हिमानी र बाबु ज्ञानेन्द्रले उनको यात्रा रोकिदिएका थिए ।
केही महिना पहिले गाँजासहित पक्राउ परे पछि उनी अदालतको आदेशकमा जेलमा रहेका छन् । २९ कात्तिकदेखि तीन महिना भन्दा लामो समय सम्म जेलमा पर्दा पनि कुनै वास्ता नगरेको पूर्वराजपरिवार अब उनलाई स-शर्त नेपाल फर्कन दिन राजी भएको हो । अब, थाइ अदालतमा पारसको मुद्दा टुंगिनासाथ उनलाईलाई स्वदेश फर्काउने तयारी शुरु भएको छ ।
अहिले पारसलाई बैंककबाट करिब दुई सय किलोमिटर दूरीमा रहेको लाओससँगको सीमावर्ती उदुकखानीस्थित लेजमा ख श्रेणीको सुविधासहित राखिएको छ ।
This entry was posted in People and tagged Himani Shah, Paras Shah, Thailand. Bookmark the permalink. | 2021/04/22 13:23:49 | https://xnepali.net/np/1586 | mC4 |
एजेन्सी । टी–ट्वान्टी विश्वकप क्रिकेटको सुपर १२ मा स्कटल्याण्ड प्रवेश गरेको छ । बिहीबार राति भएको समूह ‘बी’ को खेलमा ओमानलाई ८ विकेटले हराउँदै स्कटल्याण्ड पहिलो पटक टी-२० विश्वकपको सुपर १२ मा पुगेको हो ।
ओमानले दिएको १ सय २३ रनको लक्ष्य स्कटल्याण्डले १७ ओभरमा मात्र २ विकेटको नोक्सानीमा भेटायो। स्कटल्याण्डको जितमा कप्तान केली कोयट्जरले ४१ रन जोड्दा म्याथ्यु क्रसले अविजित २६ रन तथा रिची बेरिङ्टनले अविजित ३७ रन बनाए।
जर्ज मुन्सेले २० रनमा आउट भए। ओमानका खावर अली र फायज बुटले समान १/१ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ थालेको ओमानले २० ओभरमा अलआउट हुँदै १ सय २२ रन बनाएको थियो।
त्यस्तै, दुई खेल जितेको बंगलादेश समूह उपविजेता बन्दै सुपर १२ मा पुग्दा २ अंक मात्र जोडेको ओमान भने समूह चरणबाटै बाहिरियो ।सुपर १२ मा स्कटल्याण्ड ग्रुप २ मा परेको छ । | 2021-12-08T16:37:36Z | https://www.sallerikhabar.com/archives/159196 | OSCAR-2201 |
केपी ओलीले चुनावमा उठ्दिन भन्दा झलनाथले जवाफ फर्काए - जिते पो लड्नु त ! - Pura Samachar
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीभित्र सवालजवाफ चलेको छ ।
स्थायी कमिटीको पाँचौं बैठकको चौथो दिन सीमा समस्या र कोभिड–१९ नियन्त्रण रोकथामको विषयमाथि समीक्षा हुँदै थियो ।
तर, बैठक चर्चाचर्कीमा परिणत भयो । तिक्ताले सीमा पार गर्यो ।
स्रोतका अनुसार स्थायी कमिटीमा पूर्वएमाले मारामार गर्दा माओवादी केन्द्र घटक रमिते बन्न पुगेको थियो । शीर्ष नेताबाहेक पूर्वमाओवादी केन्द्र समूहका नेताहरू आजको वादविवादमा परै बसे ।
स्थायी कमिटीका अधिकांश माधव नेपाल पक्षका नेताहरूले पार्टी अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार र पार्टी दुवै चल्न नसक्ने निष्कर्ष निकाल्दै तुरुन्तै राजीनामा दिन दबाब दिएका थिए ।
रोचक कुरा त बैठकमा स्थायी कमिटी सदस्य झलनाथ खनालले दुईपटक ओलीलाई हस्तक्षेप गरेका थिए ।
बैठकमा आफूलाई पदच्युत गर्ने तयारी बुझेका ओलीले सुरुमै 'अब प्रधानमन्त्री पनि बन्दिनँ, पार्टी अध्यक्ष पनि चाहिँदैन' भन्दै रक्षात्मक शैलीमा प्रस्तुत भएका थिए ।
झलनाथले बीचमै 'अब जिते पो चुनाव लड्नु त' मुख फर्काएको एक स्थायी कमिटी सदस्यले भने ।
"झलनाथ खनालले दुईपटक ओलीलाई हस्तक्षेप गर्नुभयो । आज खनाल अरू सदस्यभन्दा बढ्ता आक्रोशित मुद्रामा प्रस्तुत हुनुभएको थियो," उनले भने ।
खनालले सुवास नेम्वाङको क्षेत्रमा आयोजनाको खोलो बगाइएको र आफ्नो क्षेत्रमा बजेट नै नपारिएकोसमेत आक्रोश पोख्न भ्याएका थिए । आफूलाई जिते पो चुनाव लड्नु त भने मुख चलाएपछि आक्रोशित ओलीले 'तपाईंको हविगत पनि नबुझेको होइन' भन्दै सवालजवाफ गरेका थिए ।
ओलीले स्थायी कमिटीको बैठकमा त्यागको परिभाषासमेत खोजेको थिए । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ३४ वर्षसम्म पार्टीमा एकछत्र शासन गरेको स्मरण गराउँदै अब पनि केका लागि मरिहत्ते गरेको भन्दै सम्झाएका थिए ।
त्यस्तै ओलीले माधव नेपालले १६ वर्ष पार्टीमा शासन गरिसकेकाले उनका लागि पनि त्याग गर्न नसक्ने बताएका थिए । झलनाथ खनालले पनि १३ वर्ष पार्टी चलाइसकेकाले केका लागि त्याग गर्नुपर्ने हो भन्दै जवाफ तेर्स्याएका थिए ।
उनले एकता महाधिवेशनपछि पार्टी अध्यक्ष र अर्को चुनावदेखि सत्ताको पनि नेतृत्व नगर्ने बताइसकेकाले त्यसैलाई त्यागको रूपमा बुझ्नुपर्ने तर्क गरेका थिए ।
आजको बैठकमा पूर्वएमाले नै बढ्ता आक्रोशित थिए । स्थायी कमिटीका बोल्दै नेतृ अष्टलक्ष्मी शाक्यले ओली निरङ्कुश भएको बताएकी थिइन् । उनले ओली गणतन्त्रवादी पनि नभएकाले त्यसको छनक पार्टीमा देखिएको भन्दै आलोचना गरेकी थिइन् ।
त्यस्तै आजको बैठकमा गोकर्ण विष्टले पनि सरकारबाट हटाएको रिस फेरेका थिए । आक्रोशित मुद्रामा प्रस्तुत भएका विष्टले ओलीबाट समस्याका निकास ननिस्कने भन्दै मार्ग प्रशस्त गर्न जोड दिएको एक स्थायी कमिटी सदस्यको दाबी छ । | 2020/07/02 09:53:38 | https://www.purasamachar.com/news/670/ | mC4 |
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान माथि कू गरेर जनताको अधिकार खोसेको बताउनुभएको छ । प्रदर्शनीमार्गमा भइरहेको विरोधसभालाई सम्बोधन गर्दै शाक्यले जनताले राजाको निरंकुश शासन सडकबाटै फालेको भन्दै ओली शासनलाई पनि फाल्ने बताउनुभयो ।
’हामी राजाविरुद्ध सडकमा ओर्लिएका थियौं । अहिले ओलीविरुद्ध सडकमा छौं । जनताको शक्तिको अघि कस्ता कस्ता तानाशाह त ढले भने ओलीको शासनपनि ढल्नेछ ।’ शाक्यले ओली कमरेड नभइ निरंकुश शासक भएको भन्दै भन्नुभयो, ’जनताको अधिकार खोसेर ओली कमरेड रहेनन् । उनी निरंकुश सामन्ती शासक ओली बने । जनताको खोसिएको अधिकार प्राप्त गर्ने आन्दोलन राजाले रोक्न सकेन भने ओलीले पनि सक्दैन ।’
गणतन्त्र संघीयत र लोकतन्त्र आएपछि राजनीतिक अधिकार स्थापित भएकोमा नेपालीहरुले गर्व गरिरहेको बेला ओलीले संविधान र जनताको इच्छामाथि नै प्रहार गरेको उहाँले बताउनुभयो । संविधान निर्माणपछि राजनीतिक स्थायित्व कायम हुन्छ भनेर जनताले नेकपालाई अभिमत दिएर सम्मान गरेर भन्दै उहाँले ओलीले जनताको विश्वास तोडेको बताउनुभयो ।
ओली प्रधानमन्त्री भएपछि गण्तन्त्र नेपाल बलियो हुन्छ भन्ने लागेको थियो तर ओलीले संवधानमाथि कू गरेर जनताको लोकतान्त्रिक अधिकार खोसेको उहाँको भनाई छ । | 2022-12-01T03:43:36Z | https://www.raynewsdaily.com/story/21688.html | OSCAR-2301 |
भोलि बिहीबार देखि निजी तथा सार्वजनिक सवारी साधनमा यस्तो प्रणाली लागू – Suchana Hub
भोलि बिहीबार देखि निजी तथा सार्वजनिक सवारी साधनमा यस्तो प्रणाली लागू
नेपाल सरकारले भोलि-देखिनै निजी तथा सार्वजनिक सवारी साधनमा फेरी पनि जोर-विजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को जोखिम बढे सँगै फेरी जोर-विजोर लागु गरिएको गृह मन्त्रालयका प्रवक्ता, सह-सचिव चक्रबहादुर बुढाले जानकारी दिनु भएको छ । काठमाडौं उपत्यका भित्रका तीन वोटा जिल्लामा र उपत्यका बाहिर २०० जना भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको जिल्लाका सवारी साधन जोर विजोर प्रणाली लागू हुने निर्णय गरिएको छ । सरकारले गत २६ असारबाट निजी-सवारी साधनको जोर-विजोर प्रणाली हटाएको थियो ।
कोरोना संक्रमणको जोखिम बढे सँगै विज्ञहरुले जोर-विजोर लागूगर्न सुझाब दिएका थिए । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको छलफलमा पनि विज्ञहरुले पूर्ण लकडाउन गर्नुको साटो स्वास्थ्य मापदण्डमा कडाई गर्न र जोरविजोर लगाउन सुझाब दिए । | 2021/10/27 19:32:00 | https://esuchanahub.com/archives/1573 | mC4 |
मुम्बईमा प्रचण्डले आरएसएस प्रमुख मोहन भागवतसँग भेट्न खाेजेकाे खुलासा (भिडियाेसहित) Media for all across the globe
विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँगै परिवार पनि मुम्बई बसाइँ सकेर काठमाडौं फर्किसकेको छ।
उनी श्रीमती सीता दाहालको उपचारका लागि छोरी रेणु र गंगा दाहालको साथमा यहाँ आएका थिए।
उपचारार्थ श्रीमती सिता र मुम्बईमा हेरचाहका लागि बसेकी छोरी गंगा भन्दा केही दिन अघि प्रचण्ड दिल्लीको बाटो हुँदै नेपाल पुगेका छन्। यद्यपी बिरामी सिता र छोरी गंगा भने शुक्रबार मात्रै काठमाडौं फर्केका हुन्।
नेकपाको ओली(प्रचण्डको सत्ता मनमुटावले देशको पछिल्लो राजनीतिक संकट जारी नै छ। प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीसँग राजनीति मतभेदको यस्तो अवस्थामा प्रचण्डको मुम्बई यात्रालाई अर्थपूर्ण ढंगले हेरिएको थियो। तर, अध्यक्ष प्रचण्डको मुम्बई बसाइँ राजनीतिक कोणबाट हेर्दा पूर्णरुपमा असफल देखिएको छ।
प्रचण्डले मुम्बई बसाइँका क्रममा भेट्न कोशिश गरेका कुनै पनि राजनीतिज्ञसँग भेटवार्ता गर्न सकेनन्। श्रीमतीको उपचारका लागि मुम्बई आएपनि पार्टीमा देखिएको राजनीतिक खिचातानीका कारण उनी उच्चस्तरीय भारतीय राजनीतिज्ञसँग भेटघाट र परामर्शमा भने जुट्ने प्रयास गरेका थिए। तर, सफल भएनन्।
प्रचण्डले मुम्बईमा हिन्दू राष्ट्रवादी संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)का प्रमुख मोहन भागवतसँग भेट्ने कोशिश गरेको खुलासा भएको छ।
प्रचण्डले संघ प्रमुख भागवतमार्फत् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकट नेतासँग मुम्बईमा गोप्य भेटघाट गर्ने मनसाय बनाएको हिन्दूवादी पार्टी शिवसेना निकट नेपालीमूलका मास्टर थापाले बताए।
महाराष्ट्र राज्य सरकारका मुख्मन्त्री उद्धव ठाकरे निकट मानिने थापाका अनुसार प्रचण्डले हिन्दूवादी संगठनका प्रमुख भागवत भेट्न कोशिश गरेको बिएल नेपाली सेवालाई जानकारी दिए। आरएसएस सत्तारुढ भारतीय जनता पार्टीको माउ संगठन हो।
थापाका अनुसार (आरएसएस) प्रमुख भागवतले प्रचण्डलाई अहिले भेट्न असमर्थ रहेको फोनमा बताएका थिए। महाराष्ट्र राज्यका मुख्यमन्त्री ठाकरे वा संघ प्रमुख भागवतमार्फत दिल्ली पुग्ने योजना बनाएपनि भरपर्दो माध्यम नपाउदा प्रचण्ड नेपाल फर्किएको 'मातोश्री' स्रोतको दाबी छ।
संघ प्रमुख भागवत भेट्ने प्रयास असफल भएपछि उनले सत्तारुढ दल भारतीय जनता पार्टीका पूर्वउपाध्यक्ष तथा महाराष्ट्र राज्य सरकारका गर्भनर भगतसिंह खोसियारीलाई फोन सम्पर्क गरेका थिए। तर, प्रचण्डले भेटका लागि गरेको अनुरोध खोसियारीले समेत अस्विकार गरे।
प्रकाशित मिति: : 2021-01-16 18:06:00
प्रचण्ड–माधवलाई ओलीको ब्यङ्ग्य: आफ्नो दुईतिहाईको सरकार ढाल्ने अनि अरुलाई प्रधानमन्त्री लिइदिनुस् हजुर भनेर अनुराेध गर्ने ? | 2021/03/05 10:40:09 | https://www.breaknlinks.com/nepali/news/35139421 | mC4 |
नेमकिपाको मत चिकित्सा विधेयकको विपक्षमा - Online Majdoor
काठमाडौँ, ११ माघ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले शुक्रबारको प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ को विपक्षमा मत दिनुभयो ।
पार्टीले चिकित्सा शिक्षा र स्वास्थ्य उपचार निःशुल्क हुनुपर्ने अडान राख्दै आएअनुसार उक्त विधेयक पेश नभएको हुँदा सांसद सुवालले विपक्षमा मत दिनुभएको थियो ।
बैठक सुरू हुनेबित्तिकै नेकाका सांसदहरू आ–आफ्नो स्थानमा उभिएका थिए । नेका सांसद एवम् सचेतक पुष्पा भुसालले गिरिजा र सुशील कोइरालाको नामको दुई अस्पताललाई सरकारले सङ्घीय सरकारअन्तर्गतको सूचीबाट हटाएको र विघटन गरी ती अस्पतालको जग्गा ७ सय रोपनी सरकारले लिन खोजेको आरोप लगाउनुभयो । सांसद भुसालले डा. गोविन्द केसीको मागअनुसार चिकित्सा शिक्षा विधेयक नआएको र माघ ७ र ८ गतेको बैठकमा पुरूष मर्यादापालकले महिला सांसदलाई सभामुख अगाडि जान रोकेकोमा सभामुखको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिपक्षी दलका सांसदहरू संसद अवरोधको क्रममा सभामुखको अगाडि–वेल (Well) नारा लगाउँदै पुग्ने संसदीय परम्परा भएको उल्लेख गर्दै उहाँले माघ ८ गते सत्ता पक्षका सांसदसमेत केही आ–आफ्नो स्थानबाट उठेर मन्त्रीसँगै वेल मा पुगेको घटनाको विरोध गर्नुभयो ।
नेकाका सांसदहरू वेल मा बसेर करिब १०–१५ मिनेट नारा लगाएपछि सभामुख कृष्णबहादुर महराले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई चिकित्सा विधेयक बैठकमा पेश गर्न समय दिनुभयो । शिक्षामन्त्री पोखरेल आफ्नो स्थानबाट सीधा वेल तर्फ नगएर सत्तापक्षका सांसदहरू बसेको कुर्सी भएर रोष्टमतर्फ पुग्नुभयो । झण्डै एकसय जना मर्यादापालक तैनाथ गरिएको हुँदा प्रमुख प्रतिपक्ष नेकाले शिक्षामन्त्रीलाई रोष्टम पुग्न रोक्न सकेन । नेकाको नाराबाजीबीचमै शिक्षामन्त्री पोखरेलले विधेयक बैठकमा पेश गर्नुभयो ।
चिकित्सा शिक्षा विधेयक सत्ता पक्ष नेकपाको बहुमतबाट पारित गरियो । अब डा. केसीको अनसनको कुनै तुक नभएको सत्तापक्षको मत छ । सत्तापक्षले नेकालाई डा. केसीलाई उक्साएर सो¥हौँ पटकको अनसनसम्म उतारेको आरोप छ । नेकाले सत्तापक्षको आरोपलाई कसरी खण्डन गर्छ ?
डा. केसीको माग चिकित्सा शिक्षाको लागि निजी मेडिकल कलेजले रू. ३५ लाखसम्म शुल्क उठाउन पाउने हो । यसकारण डा. केसीको माग उच्च र मध्यम वर्गको हितमा छ । कामदार वर्गको हितमा छैन । यो विधेयकमा चिकित्सा शिक्षा निःशुल्क गर्ने प्रस्तावको पक्षमा आवाज नराख्ने सत्तापक्ष नेकपा र प्रमुख प्रतिपक्ष नेका तथा डा. केसीको गतिविधि व्यापक जनताको हितमा छैन ।
नेकाले वेल घेर्दै लगाएको नारा यसप्रकार छन् – संसदीय परम्परा कायम गर, मर्यादापालकलाई मर्यादामा राख, प्रतिपक्षको मर्यादा कायम गर,
जनताका नेताको अपमान बन्द गर, सरकारले डा. केसीसँग गरेको सम्झौता पालना गर, अधिनायकवादी शैली बन्द गर, यथास्थितिमा संसद चल्न सक्दैन, सभामुख कि सत्तामुख ! आदि
नेकाले यथास्थितिमा संसद चल्न नसक्ने बताए पनि चल्यो र विधेयक बहुमतबाट पारित गरियो । अर्को बैठक माघ १७ गते बिहीबार दिनको १ बजेलाई स्थगित गरिएको छ । यो बैठकमा नेकाको भूमिका के हुन्छ ? बैठक चल्न दिन्छ कि अवरोध गर्छ ? | 2020/10/21 04:19:59 | https://onlinemajdoor.com/?p=24237 | mC4 |
७क. काउन्सिलको काम, कर्तव्य र अधिकार – नेपाल कानून आयोग
७क. काउन्सिलको काम, कर्तव्य र अधिकार
(१) काउन्सिलको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–
(क) चिकित्साशास्त्र अध्ययन अध्यापन गराइने तथा तालिम दिने दिलाउने मेडिकल कलेजलाई तोकिएबमोजिम मान्यता दिने ।
(ख) चिकित्साशास्त्र अध्ययन अध्यापन गराउने तालिम दिने दिलाउने मेडिकल कलेजको पाठ्यक्रम भर्नाका शर्तहरू तथा परीक्षा प्रणाली सम्बन्धी तोकिए बमोजिमको नीति तथा अन्य आवश्यक पूर्वाधारहरू तथा मापदण्ड सम्बन्धी कुराहरूको मूल्याङ्कन र पुनरावलोकन गर्दा सो बमोजिम नभएको ठहर भएमा दर्ता तथा स्वीकृति खारेजीको लागि सिफारिस गर्ने ।
(ग) चिकित्सा व्यवसाय सुचारु रूपले सञ्चालन गर्न आवश्यक नीति निर्धारण गर्ने ।
(घ) चिकित्सकहरूको योग्यता निर्धारण गरी योग्यता पुगेका चिकित्सकहरूको तोकिए बमोजिमको दर्ता प्रमाणपत्र परीक्षा लिई दर्ता प्रमाणपत्र दिने ।
(ङ) चिकित्सकहरूको तोकिएबमोजिम आचार संहिता तयार गर्ने र त्यस्ता आचार संहिता उल्लङ्घन गर्ने चिकित्सक उपर तोकिएबमोजिम कारबाही गरी दर्ता किताबबाट नाम हटाउने ।
(२) नेपाल सरकारले नेपालमा कुनै मेडिकल कलेज स्थापना तथा सञ्चालन गर्ने स्वीकृति दिनु पूर्व काउन्सिलसँग परामर्श माग गर्नेछ र काउन्सिलले त्यस्तो मेडिकल कलेजले
उपदफा (१) को खण्ड (ख) बमोजिम मापदण्ड तथा पूर्वाधार पूरा गरे नगरेको जाँचबुझ गरी पूरा गरेको देखिएमा मात्र काउन्सिलले मेडिकल कलेज स्थापना तथा सञ्चालन गर्न स्वीकृति दिने सम्बन्धमा परामर्श दिनेछ र काउन्सिलको त्यस्तो परामर्शको आधारमा नेपाल सरकारले मेडिकल कलेज स्थापना तथा सञ्चालन गर्ने स्वीकृति दिनेछ । | 2021/09/19 15:04:05 | https://www.lawcommission.gov.np/np/archives/22583 | mC4 |
यतिसम्म बद्मासी गर्छन् कर्मचारी ! संघ शब्द घुसाउने प्रयास असफल – Chautari Khabar
होमपेज / chautari tv / यतिसम्म बद्मासी गर्छन् कर्मचारी ! संघ शब्द घुसाउने प्रयास असफल
३ फागुन, काठमाडौं । प्रतिनिधि सभाले शुक्रबार कर्मचारी समायोजन विधेयक संशोधनसहित पारित गरेको छ । विधेयक पारित हुनुपूर्व भने संसदको राज्य व्यवस्था तथा शुसासन समितिमा केही फरक दृष्य देखिए ।
दिउँसो ३ बजेको प्रतिनिधिसभामा कर्मचारी समायोजन विधेयक समितिको प्रतिवेदनसहित पेस गर्ने कार्यसूची थियो ।
३ बज्नै लाग्दा समितिले प्रतिवेदनमाथि छलफल टुङ्ग्यायो । सहमति भएका विषयसहित प्रतिवेदन तयार पार्ने जिम्मेवारी समिति सभापति शशी श्रेष्ठसहित, नेकपाकी सांसद रेखा शर्मा, यसोदा सुवेदी गुरुङलाई जिम्मेवारी दिएर सांसदहरु संसद भवन नयाँ वानेश्वरतर्फ लागे ।
सचिवालयका कर्मचारीहरु प्रतिवेदन तयार गर्न लागे । केहीबेरमा एक कर्मचारी प्रतिवेदन लिएर सभापति श्रेष्ठ कहाँ गए र हस्ताक्षर गर्न लगाए । सभापतिले प्रतिवेदनमा हस्ताक्षर गरेपछि कर्मचारी संसदतिर लागे ।
सभापति श्रेष्ठ अब जाने होइन भन्दै कानुन मन्त्रालयका सचिव दिनेश थपलिया र सह-सचिव निर्मला अधिकारी रहेको अर्को कोठामा पुगिन् । सचिव थपलियाले प्रतिवेदन आउँदैछ भनेपछि सभापति झसंग भइन् । 'केही संशोधन छ ?' सभापति शेष्ठले सोधिन् । 'छ त त्यो आउँदैछ' भनेर कानुनका सहसचिव अधिकारीले थपेपछि सभापतिले 'अर्को कोठामा गएर छलफल गरौं' भनिन् ।
आफ्नो कक्षमा पुगेपछि सभापति श्रेष्ठले प्रतिवेदन सहि गराएर लिएर जाने कर्मचारीलाई फोन गरिन् । 'हामीले सहमति गरेको भन्दा केही फरक टाइप भएको रहेछ । त्यो तुरुन्तै फिर्ता लिएर आउनुस्' उनले भनिन् ।
तुरुन्तै अर्को फोनमा सभापति भन्दै थिइन्, 'सबै मिलेको तर, यहाँ लेख्ने बेलामा गडबड भयो ।' समितिको प्रतिवेदन कुरेर बसेको प्रतिनिधिसभा बैठक एक घण्टा ढिला हुँदा समेत सुरु हुनसकेको थिएन ।
कसले गर्यो गडबडी ?
प्रतिवेदन लेख्ने बेलामा गडबडी भएको विषय थियो- संघीय संसद सचिवालयमा कार्यरत कर्मचारीहरुको समायोजनको विषय ।
यसअघि प्रदेश सभासम्म मात्रै संघीय संसदका कर्मच्ारीको समायोजन हुन सक्ने प्रावधान थियो । समितिले यसलाई परिवर्तन गर्दै संघीय संसद सचिवालयमा कार्यरत कर्मचारीहरु समायोजन भएर स्थानीय सेवाको प्रशासन समूहसम्म जान सक्ने सहमति गरेको थियो । तर, लेख्ने बेलामा कर्मचारीले (संघ) भन्ने शब्द घुसाइदिए ।
कर्मचारीले (संघ) भन्ने शब्द घुसाएको बेहोरा । 'यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि व्यवस्थापिका संसद सचिवालय सम्बन्धी ऐन, २०६४ बमोजिम गठन भएको नेपाल व्यवस्थापिका संसद सेवा, सामान्य प्रशासन समुहका कर्मचारीलाई संघ,प्रदेश र स्थानीय तहमा समायोजन गर्दा यस ऐनको दफा ८ को अधिनका रही संघीय निजामती सेवाको प्रशासन सेवा, सामान्य प्रशासन समूह वा स्थानीय सेवाको प्रशासन समूहको दरबन्दीमा मन्त्रालयले समायोजन गर्नेछ ।'
सभापतिको कार्यकक्षमा होहल्ला
संसद सेवाका कर्मचारीको समायोजनमा संघ भन्ने शब्द थप भएको थाहा पाएपछि सभापतिको कोठामा केहीबेर होहल्ला भयो ।
कर्मचारीहरुको पनि बाक्लो उपस्थिति थियो । सभापति गूनासो गर्दै गरेको सुनिन्थ्यो, 'तपाईँहरुलाई विश्वास गरेर म सहयोग गर्ने तर, गल्ती भयो भने त म बर्बाद हुन्छु नि !
एक सांसदले भने, कर्मचारीले संघमा पनि समायोजन हुने व्यवस्था राख्न खाजेपछि केहीबेर थप कुराकानी भयो र त्यसलाई सच्याउने काम भयो ।'
संघ भन्ने शब्द झिकेर अर्को प्रतिवेदन तयार गर्न समय लागेपछि प्रतिनिधिसभाको पहिलको बैठकबाट कर्मचारी समायोजन विधेयक सम्बन्धी समितिको प्रतिवेदन पास गर्ने कार्यसूची भिकियो र दोस्रो बैठक राखेर पारित भयो । | 2022/06/30 01:41:33 | https://www.chautarikhabar.com/2019/02/254 | mC4 |
मदिरालय,दोहोरी गीत प्रतियोगीता र लोक संस्कृतीको रक्षा - Ek Jamarko
Home / विचार / मदिरालय,दोहोरी गीत प्रतियोगीता र लोक संस्कृतीको रक्षा
मदिरालय,दोहोरी गीत प्रतियोगीता र लोक संस्कृतीको रक्षा
लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल ले आयोजना गरेको अन्तरदोहोरी साँझस्तरीय दोहोरी गीत प्रतियोगिता को दोश्रो संस्करण को नतिजा यसवर्ष पनि नेपाली दोहोरी साँझ नयाँ बसपार्कले आफ्नो पोल्टामा पारेको छ । गत वर्षबाट सुरु भएको रनिङ शिल्डको उपाधि गत वर्ष पनि नेपाली दोहोरी साँझ नयाँ बसपार्कले नै चुम्न सफल भएको थियो ।
राजधानीको भृकुटीमण्डपमा भएको दोहोरी साँझस्तरीय रनिङ शिल्ड प्रतियोगितमा ३२ वटा दोहोरी साँझले भाग लिएको भए पनि अन्ततः नेपाली दोहोरी साँझ नया वसपार्क ले नै उपाधी हासिल गरेको हो । २४ गतेबाट सुरु भएको उक्त प्रतियोगिता २८ गते आइतबार सम्पन्न भएको थियो।
३२ वटा दोहोरी साँझहरुको प्रतिस्पर्धामा फाइनलमा पुगेको नेपाली दोहोरी साँझ र कोरियामा रहेको नमस्ते मझेरी दोहोरी साँझको प्रतिस्पर्धाबाट नेपाली दोहोरी साँझ उत्कृष्ट बन्न सफल भएको हो । नेपाली दोहोरी साँझले प्रथम स्थान हासिल गर्दै अगील्लो वर्ष जितेको उपाधी लाई यो वर्ष पनि सुरक्षित राख्यो र पुरस्कार स्वरुप नगद रु ७७ हजार ७ सय ७७ रुपैया पनि जितेको छ । त्यस्तै मझेरी दोहोरी साँझ कोरीया ले द्वित्तीय स्थान हासिल गर्दै ५५ हजार ५ सय ५५ रुपैयाँ अनी निरमाया दोहोरी साँझले तृतिय स्थान हासील गर्दै ३३ हजार ३ सय ३३ रुपैयाँ नगद पुरस्कार जितेको छ।
विविधता ले भरिपुर्ण प्रतियोगितामा नेपाली दोहोरी साँझका राजु केसी र संयुक्त दोहोरी साँझका चिज गुरुङ उत्कृष्ट गायक घोषित भए भने न्यू दरबार दोहोरी साँझकी शोभा कार्की त्यस्तै दरबार दोहोरी क्लबकी पार्वती रावल र झरझर झरना दोहोरी साँझकी झरना रसाइली उत्कृष्ट गायिका घोषित भएका थिए ।
आयोजक लोक तथा दोहोरी गीत प्रतिष्ठान को राम्रो प्रचार प्रसार र ब्यवस्थापन को वावजुद गत वर्षको तुलनामा यस वर्षको दोहोरीको रौनकतामा भने दर्शकको सहभागिता कम देखिएको थियो,त्यसै क्रम मा कतिपय मोफसल का कलाकार ले भने प्रतिष्ठान रेष्टुरेण्ट ब्यवसाय मुखी भएर जिल्ला र अन्चल लाई कुनै भुमिका नदिईएको गुनासो गरेको पनि सुनियो साथै कतिपय लोक दोहोरी कलाकार हरुले दर्शकको फितलो उपस्थीती लाई ब्यंग्य गर्दै सामाजीक संजाल मा यथार्थ पोष्ट गरेको पनि देखीयो।
कलाकार का अनुसार रेष्टुरेण्ट स्तरीय दोहोरी गीत प्रतियोगीता ले लोक संस्कृतीको रक्षा गर्छ की गर्दैन अव गम्भीर भएर समिक्षा गर्ने समय आईसकेको छ किनकी लोक संस्कृती मा विकृती भित्र्याउने कारक तत्वका रुपमा रहेका रेष्टुरेण्ट हरु जहिले पनि समिक्षक का आँखा मा केवल मदिरा ब्यवसायी बनेर देखीएका छन र रेष्टुरेण्ट हरुकै कारण नेपाली लोक संस्कृती को परिभाषा नै फेरीएको छ, दिन भरी काम गरेको थकान मेटाउने रोधी घरलाई मदिरालय को रुप मा बुझ्न थालिएको छ,के तिनैले गरेको योगदान ले लोक संस्कृती को जगेर्ना हुने हो त? प्रश्न गम्भीर पनि छ।
जिल्लास्तरीय प्रतियोगीता गरेको भए गाउ गाउ बाट नया प्रतिभा हरु आउने सम्भावना रहन्थ्यो, रेष्टुरेण्ट मा दैनीक दोहोरी गाउने कलाकारहरु शब्दचयन र सवाल जवाफ मा यती अभ्यस्त हुन्छन की उनीहरु लाई प्रतियोगीताको कुनै महत्व नै हुदैन,पुर्व तयारी मा पुर्ण अभ्यस्त ब्यवसायीक दोहोरी गायक गायीका लाई लिएर प्रतियोगीता गर्दा दोहोरी को मौलिकता कुनै हालत मा नजोगीने तर्क गर्छन अर्का कलाकार। तर प्रतिष्ठानले लोक दोहोरी भनेकै रेष्टुरेण्ट ब्यवसाय हो र यही हाम्रो मौलिक संस्कृती पनि हो भन्ने जनाउ दिने किसीमको प्रतियोगीता गराई मदिरालय मा दोहोरी गीत गाउनु नै नेपाली लोक संस्कृती हो भन्ने कुरा नयाँ पुष्ता लाई सिकाउदैछ जुन संस्कृती माथीको गम्भीर कुठाराघात समेत हो।
यही फितलो प्रतियोगीता को आयोजना मा पनि केन्द्रीय पदाधिकारी हरुले आफ्नो उपस्थीती बाक्लो बनाउने निकै प्रयास गरे, कार्यक्रम मा पदधिकारीको हाउभाउ हेर्दा यही कार्यक्रम को समापन संगै केन्द्रीय कार्य समितीको निर्वाचन हुने अवस्था जस्तो सबै जना आफ्नो प्रचार प्रसार मा ब्यस्त थिए। प्रतिष्ठान भित्रको फोहोरी राजनिती छताछुल्ल हुनेगरी पोखीएका केन्द्रीय पदाधिकारी हरुका कृयाकलाप हरुले प्रतीयोगीता लाई अरु खल्लो बनायो, केही तटस्थ कलाकार हरुका अनुसार रेष्टुरेण्ट स्तरीय प्रतियोगीता तल्लो निकायलाई आयोजना गर्न लगाउनु पर्थ्यो केन्द्र ले, यो प्रतियोगीता उपत्यका समन्वय समिती लाई गर्न लगाई केन्द्र ले देशब्यापी प्रतियोगीता गराएको भए संस्कृती जगेर्नामा योगदान दिएको दावी गर्न सुहाउथ्यो,यो प्रतियोगीता गराई केन्द्र ले झारा टार्ने काम मात्र गर्यो।
यही प्रतियोगीता लाई मध्यनजर राख्दै प्रतियोगीता स्थलमा उपस्थीत केही कलाकार साथी हरुको प्रतिकृया बुझ्दा जिल्ला स्तरीय दोहोरी प्रतियोगीता गराई प्रतिष्ठान ले आफ्नो उपस्थीती देशव्यापी बनाउन तर्फ कुनै चासो नदिएको प्रतिकृया दिए, कार्यक्रम मा सुरुको समय मा गायनको समय र दोहोरी का टुक्का हरु को संख्या निश्चित निर्धारण नगरिदा निर्णायक ले गायक गायीका लाई अव एक टुक्का मात्र गाउन पाउने भनेर अचानक रोक लगाउन परेका क्षण हरुले ब्यवस्थापकीय कमजोरी पनि झल्कायो।प्रतिष्ठान का कार्यक्रम संचालन मा आधिपत्य जमाएका केही अग्रज हरु ले निकै सस्तो किसीम ले कार्यक्रम संचालन गरे, कुनै नयापन देखीएन भन्दै अग्रज हरु समेत प्रतिष्ठान भित्रै आलोचित भए।
मदिरालय,दोहोरी गीत प्रतियोगीता र लोक संस्कृतीको रक्षा Reviewed by Jamarko TV on अप्रैल 12, 2016 Rating: 5 | 2022/05/28 14:17:00 | https://www.ekjamarko.com/2016/04/blog-post_12.html | mC4 |
कर्णाली राजमार्गअन्र्तगत खाँडाचक्र नगरपालिका–३ को गल्लीमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । आइतबार राति परेको अविरल वर्षाका कारणले कर्णाली राजमार्गमा पहिरो गएको हो । पहिराका कारणले कर्णाली राजमार्ग अवरुद्ध भएको र अहिले खुलाउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । सडकभन्दा माथिबाट पहिरो आएको र अहिले डोजर लगाएर खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी प्रमुख श्यामबाबु ओलियाले बताउनुभयो ।
बेइजिङ, ४ फागुन । चीनमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या आइतबारसम्ममा एक हजार ६ सय ६९ पुगेको छ ।
चिनियाँ स्वास्थ्य अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो एकै दिनमा थप १ सय ४२ जनाको मृत्यु भएको हो ।
उनीहरूले कोरोनाको संक्रमण थप दुई हजार नौ जनामा देखिएको पनि जानकारी दिएका छन् । सङ्क्रमितहरू चीनका ३१ वटा प्रान्तका रहेका छन् । | 2021-02-25T02:53:14Z | http://swaviman.com/2020/06/24/%E0%A4%B8%E0%A4%BE%E0%A4%A8%E0%A4%BF%E0%A4%AE%E0%A4%BE%E0%A4%B2%E0%A5%87-%E0%A4%B8%E0%A5%81%E0%A4%B0%E0%A5%81-%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%AF%E0%A5%8B-%E0%A4%85%E0%A4%AA%E0%A4%BE%E0%A4%99/ | OSCAR-2109 |
अरुण तेस्रो आयोजनामा कार्यरत भारतीय मजदूरको सुरुड.भित्र ढुंगाले लागेर मृत्यु मजदूरको मृत्यु - Aasha News
Prakash Adhikari December 2, 2021
(खाँदबारी),संखुवासभा, १६मंसिर । सङ्खुवासभामा निर्मार्णाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा कार्यरत एक मजदूरको मृत्यु भएको छ ।
चिचिला गाउँपालिका–३ सोलाखानीस्थित अडिट ३ मा कार्यरत भारतको मध्यप्रदेशका ४५ वर्षीय मुगेरीलाल सिंहको मृत्यु भएको प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो ।
गए राति सुरुङभित्र काम गर्ने क्रममा ढुङ्गाले लागेर भारतीय मजदूर सिंह घाइते भएका थिए । उनको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो । घटनाबारे वास्तविकता पत्ता लगाउन प्रहरी घटनास्थलमा गएको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताउनुभयो । सुरुङभित्र काम गर्न मजदूरलाई जोखिम छ । आयोजनाले सुरक्षा सामग्री उपलब्ध नगराएको मजदूरको गुनासो छ । | 2022/01/21 11:27:59 | http://aashanews.com/archives/55428 | mC4 |
Darpan Nepal – माधुरीसँग २६ वर्षपछि जोडी बाँध्दै अनिल कपुर
माधुरीसँग २६ वर्षपछि जोडी बाँध्दै अनिल कपुर
Apr 15, 2018Admin12International0Like
एजेन्सी,मुम्बई– बलिउडको हिट जोडी अनिल कपुर र माधुरी दीक्षित २६ वर्षपछि पुनः पर्दामा एकसाथ देखिने भएका छन्।
फिल्म 'टोटल धमाल'मा माधुरीसँग २६ वर्षपछि जोडी बाध्न लागेको कुराको जानकारी अनिलले ट्वीटरमार्फत दिएका छन्। इन्द्र कुमारले निर्देशन गर्ने फिल्मको शुटिङ्ग समेत सुरु भइसकेको छ। 'शुटिङ्गको पहिलो दिन निकै राम्रो भयो। टोटल धमालको शुटिङ्ग सुरु भएको छ। माधुरी दीक्षित, इन्द्र कुमार र म २६ सालपछि एकसाथ काम गरिरहेका छौं। तर हाम्रो क्षमता फिल्म 'बेटा'का दिनहरुजस्तो छ। यो यात्रा रोमाञ्चक हुनेवाला छ।'
Previous Postचुलाचुली गाउँपालिकामा बम विष्फोट, भवन क्षतिग्रस्त Next Postक्यान्सर मात्रै होइन, ब्लड प्रेसर र किड्नी समेत ठीक गर्छ जमराले, उमार्ने र पिउने विधि यस्तो छ, पढौं र जानकारीको लागी सेयर गरौं । | 2018/12/19 06:36:12 | http://www.darpannepal.com/archives/68935 | mC4 |
पोखरा-२९ भण्डारढिक स्थित आदर्श चोकमा बिहीबार दिउँसो भएको दुर्घटनामा परी पोखरा-२९ पटनेरी निवासी १९ वर्षीया संगीता बास्तोलाई घाइते हुनुभएको हो । ग१५प ९७२८ नं को मोटरसाइकल र ग१३प ५५३७ नं को स्कुटर एक आपसमा ठक्करखाँदा स्कुटरको पछाडि सवार बास्तोला घाइते हुनुभएको गण्डकी प्रदेश प्रहरी कार्यालय कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभयो ।
घाइते बास्तोलाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ । मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
यसैगरी पोखरा-२६ अघौंचोकमा बिहीबार बिहान मोटरसाइकल र स्कुटर ठक्करखाँदा तीन जना घाइते भएका छन् । पोखराबाट तालचोक जाँदै गरेको ग१८प १८६० नं को स्कुटर र सोही दिशातर्फ जाँदै गरेको ग१६प ८५३२ नं को मोटरसाइकल एक आपसमा ठक्करखाँदा मोटरसाइकल चालक पुरुष र स्कुटरमा सवार दुइ महिला घाइते भएका हुन् ।
घाइते हुनेमा मोटरसाइकल चालक पोखरा-१४ निवासी ४० वर्षीय कृष्णप्रसाद सापकोटा, र स्कुटर चालक पोखरा-२६ बुढीबजार निवासी ३९ वर्षीया बिष्णु महत र स्कुटरको पछाडि सवार पोखरा-२६ बुढीबजार निवासी २५ वर्षीया उर्मिला थापा रहेको जानकारी गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घाइते सापकोटाको लेखनाथ सिटी अस्पताल र बिष्णु र उर्मिलाको मेट्रोसिटी अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Dilip Bhandari
Prev Post
पोखराका १९ जना सहित गण्डकी प्रदेशमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि
Next Post
भागरथीको बलात्कारपछि हत्या गरेको दिनेशले स्वीकारे
You might also like More from author
समाचार
पत्रकार यदुनाथ बञ्जारालाई सुसाशन पत्रकारिता पुरस्कार
समाचार
कास्कीमा ५ प्रतिशत मत बदर
समाचार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन उडान सम्पन्न , प्रतिवेदन आउन ३ साता…
समाचार
देशैभर जाडो बढ्यो
Prev Next
Add
हाम्रो बारेमा
सूर्य हिमाल अनलाईन कम्पनी प्रा.लि द्वारा संचालित जन्मभूमि खवर डट कम नेपाली तथा अंग्रेजी दुवै भाषामा प्रकाशित हुने डिजिटल अनलाईन पत्रिका हो।यश अनलाईन नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सूचना तथा प्रसारण विभागबाट दर्ता भहि संचालनमा आएको छ। | 2022-12-01T07:02:53Z | http://www.janmabhumikhabar.com/%E0%A4%AA%E0%A5%8B%E0%A4%96%E0%A4%B0%E0%A4%BE-%E0%A5%A8%E0%A5%AF-%E0%A4%AD%E0%A4%A3%E0%A5%8D%E0%A4%A1%E0%A4%BE%E0%A4%B0%E0%A4%A2%E0%A4%BF%E0%A4%95%E0%A4%AE%E0%A4%BE-%E0%A4%AE%E0%A5%8B%E0%A4%9F/ | OSCAR-2301 |
20 | अगस्ट | 2019 | कुवेतको पहिलो नेपाली अनलाईन पत्रिका
पोखरा । पोखरा महानगरपालिकाभित्र चल्ने सवारी साधनमा विद्युतीय टिकट (इटिकेटिङ) प्रणाली सुरु भएको छ । महानगरभित्र छोटो दूरीका बसमासमेत यात्रुले अब टिकट काटेरमात्रै यात्रा गर्नुपर्नेछ । साउन अन्तिम साताबाट परीक्षण सुरु भएको इटिकेटिङ प्रणालीका लागि महानगरले सोमबारदेखि स्मार्ट कार्ड वितरण सुरु गरेको छ । कार्ड ओम डेभलपमेन्ट बैंकले वितरण गर्न सुरु गरेको हो । पहिलो चरणमा बैंकले महानगरभित्र चल्ने करिब ८ सय सवारी साधनमा टर्मिनल जडान गर्ने र ४ वर्षभित्र ३ लाख स्मार्ट कार्ड वितरण गर्ने लक्ष्य राखेको छ । इटिकेटिङ सिस्टम लागू गर्न पोखरा महानगरका बस व्यवसायीलाई महानगरले १ महिना तालिमसमेत दिइसकेको छ । पढ्नेक्रम जारी राख्नुहोस् →
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको कार्यक्षमतामा समस्या देखिएपछि आउँदो बिहीबार पुनः सिंगापुर जाँदै छन् । १२ वर्षअघि दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्रीको रगतमा 'क्रिएटिनिन' को स्तर बढेको छ । 'क्रिएटिनिन' बढ्नुको अर्थ मिर्गौलाको कार्यक्षमतामा ह्रास आउनु हो । सैनिक अस्पताल छाउनीमा स्वास्थ्य परीक्षणपछि चिकित्सकको सुझावअनुसार थप फलोअपका लागि प्रधानमन्त्री ओली गत साउन १८ गते सिंगापुर गएका थिए । छाउनीमा प्रधानमन्त्रीको नियमित ल्याब परीक्षणसहित यूएसजी गाइडेड 'रेनल बायोप्सी' समेत गरिएको थियो । त्यसताका समेत उनको रगतमा 'क्रिएटिनिन' मात्रा बढेको पाइएको थियो । पढ्नेक्रम जारी राख्नुहोस् → | 2022/05/20 14:38:27 | https://kuwaitnepal.com/2019/08/20/ | mC4 |
इलाम, नेकपा (एमाले) संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवास नेम्वाङले वाम गठबन्धनले दुई तिहाइ बहुमत ल्याई सरकार बनाउने बताउनुभएको छ ।
इलामको फाकफोकथुम गाउँपालिकास्थित सुर्केमा आज भएको चुनावी सभामा उहाँले वाम गठबन्धनले सिंहदरबारको अधिकार गाउँ–गाउँ पु¥याउने बताउनुभयो । वर्षाैंदेखि विकासका पूर्वाधारबाट वञ्चित जनताका लागि नयाँ कार्यक्रम ल्याउने बताउँदै उहाँले वाम गठबन्धनको सरकारले मुलुकको आर्थिक समृद्धिको योजना ल्याउने बताउनुभयो ।
देशमा स्थिरता कायम भएमा मात्र विकास निर्माण हुने बताउँदै उहाँले स्थिरता कायम गर्न र विकास निर्माणलाई समुचित ढंगले अघि बढाउन वाम गठबन्धनलाई विजयी गराउन मतदातासँग आग्रहसमेत गर्नुभयो । कार्यक्रममा वाम गठबन्धनका प्रदेशसभा २ (ख)का उम्मेदवार धिरेन्द्र शर्माले पनि बोल्नुभएको थियो । | 2022-11-27T07:52:49Z | https://margadarsannews.com/2017/11/22/8068 | OSCAR-2301 |
महले सबै भाँडा भरिए, मह बेच्न बजारको खोजी « प्रशासन
मोरङ । मोरङका मौरीपालक किसान मह बेच्न बजारको खोजी गरिरहेका छन् । आफूहरुले उत्पादन गरेको मह बिक्री नभएपछि मौरीपालक किसान आफूले उत्पादन गरेको मह बेच्ने बजारको खोजी गरिरहेका हुन् । उर्लाबारी र पथरी शनिश्चरे नगरपालिकाका ८८ जना किसान व्यावसायिक मौरीपालनमा लागेपछि महको उत्पादन बढेका कारण मह बेच्ने ठाउँ नहुँदा समस्या भएको हो ।
स्थानीय बजारको मागभन्दा बढी उत्पादन भएपछि किसान घरमै मह भण्डारण गरी बजार खोज्न थालेको मेलीफेरा मौरीपालन सहकारी संस्था अध्यक्ष बोधराज खतिवडाको भनाइ छ । उर्लाबारी क्षेत्रमा मात्र यो मौसममा ९० क्विन्टल मह उत्पादन भएको संस्थाका अध्यक्ष खतिवडाले सुनाए। किसान रमेश खड्काका अनुसार तोरी फुल्ने मौसममा भन्दा जंगली बिरुवा फुल्ने मौसममा मह बढी उत्पादन भएको छ ।
एक दिन अघि मह काढ्नु भएका खड्काले घरमा धान भण्डारण गरे जसरी नै मह राखेको सुनाए । उनले भने– "मह यति धेरै उत्पादन भयो कि किनेर ल्याएका सबै भाडा भरिएर घरका जग, अंखोरामा पनि मह राख्नुपर्ने अवस्था छ ।" खड्काले यो वर्ष तोरी फुलेको सिजनमा चार क्विन्टल र जंगली फूलको मौसममा दुई क्विन्टल गरी छ क्विन्टल मह उत्पादन गर्नुभएको छ । उनले हाल २५ घार मौरी पालेका छन् । गत वर्ष पाँच क्विन्टल मह उत्पादन गरेका खड्काले भने–"४ क्विन्टल बिक्री भयो । एक क्विन्टल मह मौरीलाई खुवाएर सकेँ ।"
अध्यक्ष खतिवडासँग अहिले ७० घार मौरी छन् । एक पटकमा एक घारबाट १० किलोसम्म मह उत्पादन हुने खतिवडाको भनाइ छ । अर्का किसान भोला पोख्रेलको १३ घारबाट ११४ किलो, हरि विष्टको १६ घारबाट १०८ किलो र नवीन कार्कीको १० घारबाट ८० किलो मह दुईदिन अघि मात्र काढिएको हो ।मौरीपालन विकास शाखा, गोदावरीका प्राविधिक सहायक सुवास खनालको प्रत्यक्ष निगरानीमा मह काढेका किसान डाबर र पतञ्जलीको महको प्रयोगलाई घटाउन सरकारी स्तरबाट जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउछन् । | 2022/06/27 08:13:00 | https://www.prasashan.com/2018/04/17/63720/ | mC4 |
सरकारले स्थानीय तहको निर्वाचन | Nagarik News - Nepal Republic Media
सरकारले स्थानीय तहको निर्वाचन
सहयोग गर्ने देशहरूलाई एउटै दृष्टिकोणले हेर्नुपर्छ: प्रवक्ता डा.महत
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सहयोग गर्ने देशहरू सबैलाई एउटै दृष्टिकोणबाट हेर्नुपर्ने बताएका छन्।
नागरिक २९ माघ २०७८ शनिबार १ मिनेट पाठ
स्थानीय तह निर्वाचन सुनिश्चित
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहको निर्वाचन वैशाख ३० गते एकै चरणमा सम्पन्न गर्ने निर्णय गरेको छ।
बालकृष्ण अधिकारी २५ माघ २०७८ मंगलबार ३ मिनेट पाठ
गठबन्धनका माओवादी केन्द्र र नेकपा एसले खुलेरै स्थानीय तहको निर्वाचन पर सार्नुपर्ने र त्यसका लागि ऐन संशोधन गर्नुपर्ने बताउन थालेका छन्। यी दुई दलकै जोडबलमा गठबन्धन दलका नेताहरूले स्थानीय तह निर्वाचन पर सार्न कानुन संशोधन गर्ने सहमति गरिसकेका छन्।
टपेन्द्र कार्की १२ माघ २०७८ बुधबार ४ मिनेट पाठ
स्थानीय निर्वाचनः छिटो मिति तोक्न आयोगको ताकेता
निर्वाचन आयोगले यसअघि स्थानीय तहको पहिलो चरणको निर्वाचन भएको २०७४ वैशाख ३१ लाई आधार मानी स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्थाबमोजिम सबै निर्वाचित पदाधिकारीको कार्यकाल २०७९ जेठ ५ मा समाप्त हुने ठहर गर्दै सरकारसँग मिति तोक्न माग गरेको हो । | 2022/06/28 18:14:41 | https://nagariknews.nagariknetwork.com/tag/slug-1643164208-ZDBz | mC4 |
शहीद मार्गमा कडा चट्टान फोर्दै नेपाली सेना | suryakhabar.com
Home प्रदेश प्रदेश 5 शहीद मार्गमा कडा चट्टान फोर्दै नेपाली सेना
on: ६ असार २०७५, बुधबार १०:३१ In: प्रदेश 5Tags: शहीद मार्गमा कडा चट्टान फोर्दै नेपाली सेनाNo Comments
रोल्पा । दाङबाट रोल्पाको थवाङ जोड्ने शहीद मार्गको दुईखोली—खरिबोट सडकखण्डको विभिन्न स्थानमा नेपाली सेनाले कडा चट्टान फोडी बाटो चौडा गरेको छ ।
सडकखण्डको विभिन्न स्थानमा रहेका ठूलठूला कडा चट्टानले ठूला सवारीसाधन आवतजावतमा मुस्किल पर्दै आएको थियो भने वर्षात्मा समेत पहिरो झरेर सडक अवरुद्ध हुँदा स्थानीयले समस्या भोग्दै आएका थिए ।
नेपाली सेनाको खड्ग दल गणबाट खटिई गएका सेनाले २० दिनसम्म कार्य क्षेत्रमै खटिई विष्फोटक पदार्थ प्रयोग गरी सडक चौडा कार्य सम्पन्न गरेको खडग दल गण, रोल्पाका गणपति अजय गुरुङले जानकारी दिए । विभिन्न खण्डमा गरी ७०० मिटरभन्दा बढी कडा चट्टान फोडेर सडक चौडा गरिएको गणले जनाएको छ । सडक विस्तारसँगै विपद्को समयमा रेस्क्यु गर्नसमेत सहज हुने गणपति गुरुङले आशा व्यक्त गरे ।
जोखिमपूर्ण अवस्थामा रहेको सो सडकखण्डमा सवारी आवतजावत गर्दा सधैँ संसयपूर्ण मानसिकताका साथ यात्रा गर्नुपरे पनि अहिले भने ढुक्कसँग गाडी चलाउन पाएका छौँ, यातायात व्यवसायी खिमबहादुर केसीले भने। सडक चौडा बनेसँगै उत्तरी रोल्पामा निर्माणाधीन विकास योजनाले तीव्रता पाउनुका साथै सामाजिक, आर्थिक र शैक्षिक विकासमा समेत टेवा पुग्ने स्थानीयले अपेक्षा गरेका छन् ।
सडक निर्माणसँगै बस, ट्रकजस्ता ठूला सवारीसाधनसमेत सहजै आवतजावत हुँदा उत्तरी रोल्पाका कुरेली, मिरुल, थवाङका साथै रुकुम पूर्वका जनता समेत लाभान्वित भएका छन् । रुकुमको मैकोट हुैँदै गएको मध्यपहाडी लोकमार्गसंग रोल्पालाई जोड्ने एकमात्र सडकका रुपमा शहीद मार्ग रहेको छ ।
स्थानीयसँगको सहकार्यमा नेपाली सेनाको खड्ग दल गण रोल्पाले यसअघि जिल्लाका विभिन्न स्थानमा विकास निर्माण कार्यमा सहयोग गर्दै आएको छ ।
उत्तरी रोल्पाको वीर बलभद्र माविमा कक्षा कोठा थप, फिल्ड निर्माण, तारा मावि, वामरुकमा सुविधासम्पन्न शौचालय निर्माण, खुमेलमा सामाजिक घर निर्माण, उत्तरी रोल्पाको दुईखोलीमा कडा चट्टान फोडी सडक चौडा बनाउनुका साथै विगत २५ वर्षदेखि निर्माण अवरुद्ध भएको शिरक्याङ भिरको कडा चट्टान फोर्ने कामसमेत गरेको खड्ग दल गण, रोल्पाले जानकारी दिएको छ । | 2020/09/27 22:54:48 | https://www.suryakhabar.com/2018/06/60326/ | mC4 |
यसरी वीरगन्जको प्रथम र द्वितिय नगरप्रमुख मात्र होइन, मुलुककै शैक्षिक विकासमा महत्वपूर्ण योगदान दिएका केशरमान मानन्धरको भौतिक शरीरले आइतबार विदा लिएको छ। मानन्धरका एक छोरा र पाँच छोरीसहित थुप्रै नाति पनाति छन्। उनको शवयात्राका क्रममा त्रिजुद्ध हाइस्कुल र नगरपालिका अगाडि अन्तिम सम्मान प्रकट गरिएको थियो। अन्त्येष्टी आइतबारै स्थानीय रानीघाटमा सम्पन्न भएको छ। प्रकाशित मिति: | 2017/04/28 23:41:39 | http://setopati.com/samaj/65363/ | mC4 |