text
stringlengths 163
169k
| timestamp
stringlengths 0
20
| url
stringlengths 0
1.8k
| source
stringclasses 5
values |
---|---|---|---|
चीन गएको विमान शुद्धिकरणमा –
चीन गएको विमान शुद्धिकरणमा
संक्रमण प्रभावित क्षेत्रबाट उद्दार गर्दा त्यसमा प्रयोग गरिएको उपकरण र सवारी साधन लगायतबाट समेत राग फैलिने सम्भावना हुन्छ । त्यस्ता उपकरण वा साधनको पनः प्रयोग गर्दा विशेष तरिकाले सरसफाई गरिनु पर्छ ।
कोरोना प्रभावित चीनको वुहान लगायतका शहरबाट उद्धार गरिएका नेपाली नागरिकलाई अहिले क्वारेन्टाईनमा राखिएको छ । उद्दार टोलीलाई पनि ७ दिन क्वारेन्टाइन मै राखिनेछ । त्यस्तै उद्धारमा प्रयोग गरिएको विमान र बस लगायतका सवारी साधनलाई समेत विशेष तरिकाले सरसफाई गर्नु पर्नुपर्ने हुन्छ ।
चीनबाट नेपाली नागरिकको उद्धारका लागि नेपाल एरलाईन्सको ए ३ सय ३० विमान प्रयोग गरिएको थियो । अन्तराष्ट्रिय मापदण्डका अनुसार संक्रमित स्थानमा गएको विमानलाई समेत ४८ घण्टा सम्म डिसइन्फेक्ट अर्थात किटाणुविहिन बनाइन्छ र त्यस पछि विमानलाई विभिन्न रासायन प्रयोग गरी सफाई गर्नु पर्ने हुन्छ ।
उद्दार गरिएका नेपाली नागरिकमा संक्रमण नभए पनि मापदण्ड अनुसार क्वारेन्टाइनमा राखिनु पर्ने हुन्छ । त्यस्तै संक्रमित देशमा गएको विमान पनि मापदण्ड अनुसार नै शुद्धिकरण गर्नु पर्ने हुन्छ । मापदण्ड अनुसार सफा गरिए पछि मात्र विमानले अर्को उडान भर्नेछ ।। | 2021/06/16 23:32:53 | https://www.ournewscrew.com/%E0%A4%9A%E0%A5%80%E0%A4%A8-%E0%A4%97%E0%A4%8F%E0%A4%95%E0%A5%8B-%E0%A4%B5%E0%A4%BF%E0%A4%AE%E0%A4%BE%E0%A4%A8-%E0%A4%B6%E0%A5%81%E0%A4%A6%E0%A5%8D%E0%A4%A7%E0%A4%BF%E0%A4%95%E0%A4%B0%E0%A4%A3/ | mC4 |
लोपउन्मुख 'कुसुन्डा' भाषाकी विज्ञ तथा संरक्षक ज्ञानीमैयाको निधन – Voice of Kathmandu
लोपउन्मुख 'कुसुन्डा' भाषाकी विज्ञ तथा संरक्षक ज्ञानीमैयाको निधन
8 months ago भिओके 1 Views
काठमाडौं, २०७६ माघ ११ गते शनिबार
लोपउन्मुख कुसुण्डा भाषाको पूर्ण वक्ता मानिएकी ज्ञानीमैया कुसुण्डाको शनिबार निधन भएको छ । लमही नगरपालिका वडा नं. ६ कुलमोहरस्थित आफ्नै घरमा उहाँको निधन भएको हो ।उहाँको मृत्युपछि उक्त भाषा थप संकटमा पर्ने भाषाका बीज्ञ तथा सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन् ।
'म मरेपछि यो भाषा पनि मर्छ, बचाउनुपर्छ भनेर खुबै लाग्नु हुन्थ्यो ।' कुसुन्डा भाषाका अनुसन्धानकर्ता उदय आलेले भन्नुभयो 'उहाँको दुःखद निधन भयो । अव यो भाषालाई बचाउन झनै समस्या पर्ने छ ।' उहाँको निधनले कुसुण्डाको पहिचानमा अपूर्णीय क्षती पुगेको उहांले बताउनु भयो । अनुसन्धानकर्ता आलेका अनुसार ज्ञानीमैैयाले आफ्नो घरको पेटीमा समेत कुसुन्डा भाषाको कक्षा चलाउनु हुन्थ्यो । साना बालबालिकादेखी भाषा सिक्न चाहने जो कसैलाई पनि उहाँले सहजै भाषा सिकाउन थाल्नुहुन्थ्यो ।
भाषाको अध्ययन गर्न आउनेहरू महिनौंसम्म बसेर जान्थे । उहाँकै आधारमा भाषा आयोगले बिशेष कक्षा समेत चलाउन सहयोग ग¥यो । लोपन्मुख कुसुन्डा भाषाको संरक्षणमा ज्ञानीमैयाको ठूलो योग्दान छ । सरकारले उहाँलाई प्रमुख भाषा स्रोत व्यक्ती मानेर नयाँ पुस्तामा भाषा हस्तान्तरण गर्ने कार्यक्रम सञ्चालन गरेको आलेको कथन छ । भाषा आयोगले ज्ञानीमायालाई भाषिक वृद्धि स्वरुप मासिक तीन हजार रुपैयाँ उपलब्ध गराउदै आएको थियो । त्यस्तै भाषा आयोगले उहाँलाई श्रोत व्यक्ति मानेर दुई चरणको कसुन्डा भाषा कक्षा पनि संचालन भएको थियो ।
लामो समयदेखि कुसुन्डा भाषाको संरक्षणमा क्रियाशील ज्ञानीमैया बिरामी हुँदा कुसुन्डा भाषामै बर्बराउने गर्नुहुन्थ्यो । उहाँका एक छोरा र दुई छोरी हुन । छोरा प्रेमको ६ वर्षअघि करेन्ट लागेर मृत्यु भयो । छोरीहरुको विवाह भैसकेको छ । बिरामी पर्दा छोरी ज्वाई भेट्न र उपचारको लागी खटीनुभयो । उहाँ बुहारी र नाति नातिनाका साथ बस्दै आउनु भएको थियो । दशैंमा आफूभन्दा ठूलो मान्नेजन नभएकाले आफ्नै नातिनीको हातबाट दशैको टीका समेत लगाउनु भएको थियो ।
बाल्यकालको जीवन जंगलमा बिताएकी ज्ञानीमैयाले आमाबुवाबाट सिकेको कुसुण्डा भाषालाई अहिलेसम्म बचाएर राख्नुभयो । कुसुण्डा जातिको जंगली जीवनको समाप्तिसँगै भाषा संस्कृति पनि संकटमा परेको छ । अब कुसुन्डा भाषा बोल्न जान्ने उहाँकी बहिनी नाता पर्ने कमला कुसुन्डा मात्रै जीवित हुनुहुन्छ । ज्ञानीमैया र कमला भेट हुदा कुसुन्डा भाषामा दोहोरो कुराकानी गर्नुहुन्थ्यो । अव कमलासंग दोहोरो कुराकानी गर्ने व्यक्ती छैन् ।
कमलालाई भाषिक कुराहरु जनकारी भए पनि ज्ञानीमैयाँमा जस्तो पूर्ण सिप र ज्ञान नभएका कुसुन्डा भाषाको शब्दकोष प्रकासन गर्नुभएका आलेले बताउनुभयो । आलेका दाबीमा नेपालको जनगणना २०६८ अनुसार नेपालभर दुई सय ७३ जना कुसुन्डा रहेको उल्लेख छ । स्थलगत अध्ययनको क्रममा हाल जम्मा एकसय ५४ जना मात्रै रहेको आलेले जानकारी दिनुभयो । दाङमा कुसुन्डा जातीको संख्या ७५ रहेको छ । कुसुन्डा जातीको दाङ सहित तनहुँ, कपिलवस्तु, गोरखा, अर्घाखाँची, प्युठान, रोल्पा, सुर्खेतमा बसोबास गर्ने गर्दछन ।
ज्ञानीमायाँको पार्थिव शरीरलाई अन्तिम शन्दान्जली दिन भाषा आयोगका अध्यक्ष लवदेव अवस्थी आउने र अन्त्येष्ठि गरिने परिवारिक श्रोतले जानकारी दिएको छ ।
पुस २८ गते आगो फुक्ने क्रममा एक्कासि चक्कर लागेर लडेपछि ज्ञानीमैया बिरामी पर्नु भएको थियो । उहाँलाई उपचारका लागि लमही हुँदै मेडिकल कलेज कोहलपुर लगिएको थियो । त्यहाँ पनि स्वास्थ्यमा सुधार आएन । घर ल्याएर पुनः फ्लोरेन्स अस्पतालमा भर्ना गरिएको थियो । तर, उहाँलाई निको भएन् ।
मस्तिस्कमा 'डिजेनेरेटिभ चेन्जेज' अर्थात उमेर बढ्दै जाँदा मस्तिस्कका सेलहरु नष्ट हुँदै जाने र दमको समस्या रहेको उपचारमा संलग्न फ्लोरेन्स अस्पताल लमहीका डाक्टर पुष्प भुसालले जानकारी दिनुभयो । गोरखापत्र अनलाईनबाट | 2020/09/21 06:34:32 | https://voiceofkathmandu.com/archives/3011 | mC4 |
विवाह भएपछि युवतीहरु मोटाउनुको खास कारण यस्तो रहेछ – Jagaran Nepal
विवाहपछि किन मोटाउछन् त पातला मानिस यसबारे अनुसन्धान भइरहेको छ । फेमिली सिस्टम एण्ड हेल्थ जर्नलमा प्रकाशित एक अनुसन्धानका अनुसार विवाह पछि थुप्रै महिला र पुरुषको तौल तेज रुपमा बढ्ने गर्दछ । यस्तै एक अन्य अनुसन्धानका अनुसार विवाहको ५ वर्ष भित्र ८२ प्रतिशत जोडीको तौल ५ देखि १० किलो बढ्ने गर्दछ ।
विशेषज्ञका अनुसार तौल बढ्नुमा हाम्रो परिवर्तित जीवनशैली र बडी चेन्ज नै हो । विवाह पछिको परिवर्तित दैनिकी र जीवनशैलीका कारण शरिरमा थुप्रै हर्मोनल चेन्ज हुने गर्दछ । यो तौल बढाउनका लागि जिम्मेवार हुनसक्छ । यस्तै विवाह पछि व्यस्त समय तालिकाका कारण थुप्रै मानिसहरु पर्याप्त निदाउन पाउँदैनन् ।
अध्ययनका अनुसार दैनिक ७–८ घण्टा राम्रोसँग नसुत्दा शरिरको मेटाबोलिजम कम हुने गर्दछ । जसले तौल बढ्ने गर्दछ । विवाह पछि जीवनमा आएको परिवर्तनका कारण मानिसहरु तनावमा हुन्छन् । यस्तो अवस्थामा भोक बढाउने हर्मोनको लेभल बढ्ने गर्दछ जसले तौल बढ्ने गर्दछ ।
मानिसहरु विवाह पहिले राम्रो देखिनका लागि आफ्नो डाइट र फिटनेसमा पूरा ध्यान दिने गर्दछन् तर विवाह पछि जीवनशैलीमा परिवर्तन हुने भएका कारण यस्ता कुराहरु छुट्ने गर्दछ जसले तौल बढ्छ । एक्लै हुँदा आफूलाई फिट राख्नका लागि पर्याप्त समय निकाल्न सकिन्छ तर विवाह पछि प्राथमिकता परिवर्तन हुन्छ ।
मानिसहरु व्यायमको लागि समय निकाल्न सक्दैनन् । शारिरिक रुपमा निष्क्रिय हुने भएका कारण तौल बढ्ने गर्दछ । आजकाल धेरैजसो मानिस २८–३० वर्षमा सेटल भएपछि विवाह गर्दछन् । जबकी अध्ययनका अनुसार ३० वर्षपछि हाम्रो शरिरको मेटाबोलिजमको रेट कम हुन्छ जसका कारण तौल बढ्छ ।
विवाह पछि हनिमुन जाँदा बाहिरको खाना साधारण हुन्छ । यसका साथै धेरैजसो जोडी विकेन्ड र आउटिंग भन्दै बाहिर खाना खान रुचाउँछन् । यी हाइ क्यालोरी खाना तौल बढाउनको लागि जिम्मेवार हुन्छन् । विवाह पछि आफन्तकोमा जानु पर्ने रितिरिवाज हुन्छ जहाँ धेरैजसो हेभी खाना हुने गर्दछ । धेरै जोडीको खाना खानको लागि निश्चित समय पनि हुँदैन । यसले तौल बढ्छ । | 2021/09/19 13:14:15 | https://www.jagarannepal.com/details/95669.html | mC4 |
गाउँकाे मौलिक भैलोको तिर्सना मेटाउने म्युजिक भिडियो बजारमा | Ekata News
तिहारमा शहर बजारमा खेलिने भैलो हेर्दा धेरैको प्रतिकृया हुन्छ 'गाउँको जस्तो मौलिक र रसिलो भए पो हेर्नु ।' युट्युवमा हेर्न पाइने देउसी भैलोले पनि गाउँबाट शहर पुगेकाहरुलाई भैलोको तिर्सना मेटाउँदैन ।
मौलिक भैलोको यही तिर्सना मेटाउन गायक नारायण घर्तीले मौलिक देउसी भैलो ल्याएका छन् । नजिकिदै गरेको तिहारलाई लक्षित गरी 'भैलो आयो रे' बोलको गित बजारमा ल्याएका घर्तीले गाउँले परिवेशलाई नजिकबाट नियालेर रचिएको बताएका छन् ।
शहरमा बसेकाहरुले जहिल्यै गाउँको झल्को मेटाउने देउँसी भैलो हेर्न नपाएकोले त्यही अभाव पूर्ति गर्नका लागि 'भैलो आयो रे' ल्याएको उनको भनाई छ । 'यो म्युजिक भिडियो हेर्दा भैलेनीहरु घरमै आएजस्तो अनूभुति गराउने छ', उनले भने ।
पेशाले निजामति सेवाका अधिकृत रहेका घर्तीघर्तीले यसअघि दँशैमा घरबाहिर रहेकाहरुको भावना समेटेको गीत 'म परदेशी' बजारमा ल्याएका थिए । जुन गीत छोटो समयमै निकै लोकप्रीय बनेको थियो । आफूलाई पहिल्यै देखि गाउँको मौलिक संस्कृतिसँग जोडिएको र घर जान नपाउनेहरुले भरपूर मनोरञ्जन लिनेगरी म्युजिक भिडियो तयार गर्ने चाहना रहेपनि नमिलेको र यसपटक सरकारी जागिरबाट फूर्सद मिलाएर भिडियो तयार पारेको उनको भनाई छ ।
नारायण घर्ती र कमला पोखरेलको स्वर रहेको 'भैलो आयो रे'मा नेत्र अर्यालको शब्द र एरेञ्ज रामचन्द्र चन्दको संगीत संयोजन रहेको छ । हुम गैरेका निर्देशन तथा सम्पादनमा निर्माण भएको म्युजिक भिडियोमा चर्चित मोडल अञ्जली अधिकारी र लोमश शर्माको अभिनय छ । | 2021/09/27 10:31:49 | https://www.ekatanews.com/2020/10/30/9784/ | mC4 |
तनहुँका बैङ्कले सामाजिक सुरक्षा भत्ता घरदैलोमा पुगेर बाँड्दै - Hello Samaj
२२ फाल्गुन २०७६, बिहीबार ०८:२७
तनहुँ । तनहुँको दमौलीमा शाखा कार्यालय रहेका कतिपय बैङ्कले घरदैलोमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेका छन् । व्यास नगरपालिकाका वडामा सो भत्ता वितरणको जिम्मा पाएको प्रभु र महालक्ष्मी विकास बैङ्कले घरदैलोमा नै पुगेर भत्ता बापतको रकम सेवाग्राहीलाई वितरण गरेका छन् ।
अझै कतिपय बैङ्कले शाखामा नै बोलाएर भत्ता वितरण गर्ने गरेका छन् प्रभु बैङ्कले व्यास नगरपालिका–५ को समन्वयमा भत्ता बापतको रकम वितरण गरेको छ । बैङ्कले वडाको तीन ठाउँबाट ४ सय १३ लाभग्राहीलाई भत्ता वापतको रकम वितरण गरेको बैङ्कका क्लष्टर हेड राजु रानाले जानकारी दिए । उनका अनुसार वडा कार्यालयबाट २ सय ४३, रानीटारी सामुदायिक भवनबाट १ सय ५ र चिन्तुटार दरै समाजबाट ६५ जनाले भत्ता बुझेका छन् ।
ज्येष्ठ नागरिकलाई भत्ता लिनका लागि सदरमुकाम दमौलीसम्म आउन नपरोस् भनेर घरदैलोमा नै भत्ता वितरणको व्यवस्था मिलाइएको वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए । "ज्येष्ठ नागरिकलाई दमौलीसम्म पुगेर भत्ता बुझ्न गाह्रो हुने भएकोले घरदैलोबाटै वितरणको व्यवस्था मिलाएका हौ," उनले भने, "घरदैलोमा नै भत्ता बुझेपछि ज्येष्ठ नागरिक पनि खुशी भएका छन् ।" वडाध्यक्ष श्रेष्ठका अनुसार एकल महिलालाई चौमासिक बापतको रु आठ हजार र ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई रु १२ हजारका दरले भत्ता वितरण गरिएको छ । घरदैलोमै भत्ता बुझेपछि व्यास नगरपालिका–५ रानीटारीका पदमपाणी अधिकारीले खुशी व्यक्त गरे ।
"दमौली पुगेर बैङ्कमा लाइन बसेर भत्ता बुझ्न गाह्रो हुन्थ्यो, वडा कार्यालयले बैङ्कसँग समन्वय गरेर घरदैलोमा नै भत्ता दियो," उनले भने, "यसले ज्येष्ठ नागरिकलाई एकदमै सजिलो भयो ।" प्रभु बैङ्क दमौली शाखाले व्यास नगरपालिका–३, ४, ५ र १० मा सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मा पाएको छ । शाखाले घरदैलोमा नै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको जनाएको छ । यसैगरी महालक्ष्मी विकास बैङ्कले व्यास नगरपालिका–६ शिशाघाटमा भत्ता वापतको रकम वितरण गरेको छ ।
वडा कार्यालयको सहकार्यमा ५ सय ९२ लाभग्राहीमध्ये ३ सय ४२ जनालाई भत्ता वितरण गरिएको बैङ्कका शाखा प्रमुख सुदीप न्यौपानेले जानकारी दिए । बैङ्कले व्यास नगरपालिका–६ र ९ मा भत्ता वितरणको जिम्मा पाएको छ । व्यास नगरपालिका–६ का अध्यक्ष सूर्यभक्त भण्डारीले भत्ता लिनका लागि दमौली जानुपर्ने र लाइन बस्नुपर्ने अवस्था रहेकोले घरदैलोबाटै भत्ता वितरणको व्यवस्था मिलाइएको जानकारी दिए । | 2020/10/27 15:20:05 | http://hellosamaj.com/?p=6037 | mC4 |
दशैंका कारण लामो समय क्याम्पस विदा भएको मौका पारेर चोरले २ वटा ल्यावटव चोरि गरेको र अन्य सामनमा क्षति गरेको क्याम्पस प्रशासनले जनाएको छ ।
चोरले २ वटा ल्यावटव चोरिगर्नुका साथै १ थान पावर प्वईन्टमा क्षतिपुर्याएको र क्याम्पसमा भएका विषयगत शिक्षकका दराजमा समेत क्षति पुर्याएका कारण ३ लाख रुपैया भन्दा बढीको क्षतिभएको क्याम्पस सञ्चालन समितीका अध्यक्ष चक्रबहादुर गुरुङ्गले जानकारी दिनुभयो ।
त्यसैगरि एउटै कम्पाउण्डमा भएको शहिद धर्मभक्त माध्यमिक विद्यालयमा सञ्चालन रहेको वालकक्षामा समेत चोरले क्षति गरेको अध्यक्ष गुरुङ्गले बताउनुभयो
क्याम्पसमा कस्ले चोरी गरेको भन्ने कुरा अनुसन्धान भैरहेको प्रहरी चौकी केर्खाका ईन्र्चाज प्रहरी सहायक निरिक्षक अशोक दर्नालले जानकारी दिनुभयो । | 2022-12-04T04:55:38Z | http://kamalkhabar.com/news/2922 | OSCAR-2301 |
काङ्ग्रेसले चुनाव जित्नुपर्छ : नेता डा रिजाल | Kendrabindu Nepal Online News
काङ्ग्रेसले चुनाव जित्नुपर्छ : नेता डा रिजाल
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा मिनेन्द्र रिजालले जनताको विश्वासलाई कायम राख्न काङ्ग्रेसले उपनिर्वाचन जित्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले भन्नुभयो, ''यो चुनाव जितेर सरकार परिवर्तन हुँदैन, काङ्ग्रेस सत्तामा पनि पुग्दैन तर काङ्ग्रेसप्रति जनताको विश्वास कायमै छ भन्ने सन्देश दिन पनि यो चुनाव जित्नु अपरिहार्य छ ।''
संविधानको रक्षा गर्दै सरकारका अलोकतान्त्रिक गतिविधि रोक्न पनि यो चुनाव काङ्ग्रेसले जित्न आवश्यक रहेको उल्लेख गर्दै उहाँले कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो ।
कास्की काङ्ग्रेसले घरदैलो तथा मतदाता भेटघाट अभियान तीव्र बनाएको छ । पोखराका ११ वटै वडाभित्रका सबै टोलमा काङ्ग्रेसका नेता कार्यकर्ता पुग्ने र मतदाता भेटघाट गर्ने कार्यक्रम तीव्ररुपमा भइरहेको कास्की काङ्ग्रेसका सभापति कृष्ण केसीले जानकारी गराउनुभयो । | 2020/07/09 11:32:30 | https://kendrabindu.com/post/115091 | mC4 |
सन् १९३८ अघिसम्म कोरिया एक स्वतन्त्र मुलुक थियो । युरोपेलीझैं साम्राज्यवाद खडा गर्ने धुनमा जापानले सन् १९३८ मा कोरियामाथि आक्रमण गर्यो । अब कोरिया जापानको उपनिवेश बन्न बाध्य भयो । लगत्तै जापानले चीनको मञ्चुरिया पनि कब्जा गर्यो । भनिन्छ, जापानले सम्पूर्ण एसिया तथा हिटलर नेतृत्वमा जर्मनले बाँकी विश्व कब्जा गर्ने सहमति गरेका थिए । त्यसरी जापानी सेनाहरु कोरिया, चीन, बर्मा कब्जा गर्दै हाल भारतको नागाल्याण्डसम्म आइपुगेका थिए ।
पहिलो विश्व्युद्वमा जर्मनविरुद्ध भर्साइल सन्धिसम्म मात्र अघि सरेको अमेरिका हतियार उत्पादन गरेर बेच्दै धन कमाउँदै थियो । दोस्रो विश्वयुद्वमा भने त्यो विश्व महाशक्ति बन्न पुग्यो । जब फ्रान्समाथि कब्जा जमाएर हिटलर सेनाले बेलायतमाथि बम वर्षा गर्न थाल्यो, तब सोभियत राष्ट्रपति स्टालिन समक्ष हिटलरविरुद्ध संयुक्त मोर्चाका लागि बेलायती प्रधानमन्त्री चर्चिलले अनुनय गरे । अब हिटलर विरुद्धकाे संयुक्त लडाइँमा स्टालिन अग्रसर भए ।
स्मरणीय के छ भने कोलम्बसले कथित पत्ता लगाएको अमेरिकी महादेशमा मुख्यत: बेलायतको कब्जा थियो । त्यसैले अमेरिकी स्वतन्त्रता संग्राम, खासगरी अमेरिका र बेलायतबीचको लडाइँ थियो । पहिला बेलायतीलाई लखेटेर धपाउने अनि अमेरिकामाथि आफ्नो साम्राज्य कायम गर्ने रणनीतिमा फ्रान्सले अमेरिकी स्वतन्त्रता संग्रामीहरुलाई भारी सहयोग गरेको थियो । यद्यपि अमेरिकामाथि साम्राज्य कायम गर्ने फ्रान्सेली रणनीति प्रयोग हुन सकेन । जे होस्, यसरी बेलायतविरुद्ध फ्रान्स र अमेरिकाबीच मित्रता बन्न पुगेको थियो ।
अत: दोस्रो विश्वयुद्वमा हिटलरविरुद्ध चर्चिल-स्टालिनबीच संयुक्त मोर्चा अमेरिकाको ढाँड भाँच्ने मोर्चामा परिणत हुन सक्ने खतरा अमेरिकाले ठान्यो र नै फ्रान्स मुक्तिका लागि भन्दै अमेरिकाले जोरजुलुम गर्यो । अब अमेरिकी सेना फ्रान्स हुँदै जर्मनीतर्फ अघि बढ्यो । जब चर्चिल-स्टालिनबीच संयुक्त मोर्चा घोषणा गरियो, लगत्तै हिटलरले आफ्नो मुख्य फौज सोभियत संघमाथि खन्यायो । सोभियत सेना र जनसमुदायले वीरतापूर्वक प्रतिरोध युद्ध लड्दै अघि बढे । परिणामस्वरुप सोभियत सेनाका सर्वोच्च कमाण्डर जोसेफ स्टालिन अमेरिकीहरुभन्दा अगाडि नै बर्लिन पुगे । (पराजय अवश्यम्भावी देखेर हिटलरले आत्महत्या गरे।) यसरी सोभियत नियन्त्रणको समाजवादी जर्मनी र अमेरिका नियन्त्रणको पुँजीवादी जर्मनीमा त्यो विभाजन हुन पुग्यो ।
यसरी विश्व कब्जा गर्न हिडेका हिटलरको अवसान भयो । तर, जापानी सेनाको आक्रमण निरन्तर जारी थियो । अमेरिकी सेनाको एक अखडा पर्लहार्बर टापुमाथि जापानी आक्रमणको निहुँमा अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमाथि अणु बम खसाल्यो । आत्मसमर्पण नगरे टोकियोमाथि पनि अणु बम प्रहार गरिनेछ भन्दै अमेरिकाले जापानलाई २४ घण्टे चेतावनी प्रसार गर्यो । जापानले आत्मसमर्पण गर्यो । सन् १९४५ मा दोस्रो विश्वयुद्ध यसरी सकियो ।
अमेरिका नभए पनि नेपाल सहजै चल्न सक्छ । तर छिमेकी चीन र भारत बिना किमार्थ चल्दैन ।
भनिन्छ, हिटलरको अवसानसँगै आफ्नो सम्राटको रक्षा सुनिश्चित भएमा सोभियत संघको नेतृत्वमा समाजवादको बाटो हिड्न जापान तयार रहेकोबारे जापानले स्टालिनसँग वार्ता पहल बढाएको थियो । त्यो सूचना पाएर नै अमेरिकाले जापानमाथि बिनाशकारी आक्रमण गर्यो । जब आत्मसमर्पण गर्यो, जापान अमेरिकाको पुँजीवादी नेतृत्वमा गयो । परिणाम, चीन लगायत सबैतिरबाट सेना फिर्ता गरे पनि कोरियामाथिको आफ्नो सेना जापानले यथावत राख्यो । अर्को शब्दमा भन्नुपर्दा कोरियामा विश्वयुद्ध जारी रह्यो ।
परन्तु, कोरियाली देशक्तहरुको जनप्रतिरोध युद्ध पनि जारी थियो । त्यसैले सन् १९४७ मा कोरियाली श्रमिक पार्टीको नेतृत्वमा जनवादी गणतन्त्र कोरिया घोषणा गर्दै स्वतन्त्र कोरियाको प्रथम राष्ट्रपतिमा किम ईल सुङलाई चुनियो । लगत्तै अमेरिकाले आफ्नो दलाल सिकमण्ड रीलाई कोरियाको राष्ट्रपति घोषणा गर्यो । यसरी कोरियाली युद्ध विस्तार हुँदै राज्यको विभाजनमा पुग्यो । कोरिया युद्धका केही तथ्यहरु निम्न छन्ः
१. सोभियत राष्ट्रपति स्टालिनको सहयोग र समर्थनमा सन् २९५० मा राष्ट्रिय एकीकरणका लागि उत्तरबाट किम ईल सुङ नेतृत्वको जनसेनाले दक्षिणमा चढाई गर्यो । जहाँ संयुक्त राष्ट्रसंघ सेनाको नाममा अमेरिकाले अड्डा जमाएर बसेको थियो ।
२. कोरियाली जनसेनालाई सहयोग गर्न, भर्खरै स्वतन्त्र बनेको चीनले १ लाख ५० हजार जनमुक्ति सेना कोरियातर्फ खटायो ।
३. कोरियाली युद्धमा उत्तर कोरियाको ९ लाख र चिनीयाँ जनमुक्ति सेनाको ६ लाख गरि सेना तथा जनता समेत ३० लाखको बलिदान भयो ।
४. कोरियाली युद्धमा अमेरिकाले ६ लाख टन बम खसाल्यो । अणु बम चाहिँ यसकारण प्रहार गरेन कि जुन अणु बम सोभियत संघले पनि उत्पादन गरिसकेको थियो ।
५. सुरुमा जापान र त्यसपछि अमेरिकी साम्राज्यवादका कारण सन् १९५३ मा पुगेर कोरिया विभाजनको सिकार बन्यो ।पहिलो विश्वयुद्ध (सन् १९१४-१९१९) मा मारिएका विभिन्न देशका सैनिक एवम् जनसाधारणको संख्या निम्नअनुसार बताइन्छ:
१. रुस साम्राज्यको २८ लाख ४० हजार ।
२. अटोमन (टर्की) साम्राज्यकाे २८ लाख ।
३. जर्मनीको २२ लाख ।
४. अष्ट्रिया-हंगेरीको १८ लाख ।
५. फ्रान्सको १७ लाख ।
६. इटलीको १० लाख ।
७. बेलायतको ८ लाख ५० हजार ।
८. सर्बियाको ७ लाख ।
९. बुल्गेरियाको ६ लाख ।
१०. अमेरिकाको १ लाख १६ हजार ।
११. बेल्जियमको १ लाख ।
१२. पाेर्तुगलकाे ८२ हजार ।
१३. क्यानडाको ६० हजार र
१४. जनसाधारण १ करोड ।
उपरोक्त संख्यामा प्रथम विश्वयुद्ध नामको अन्तर-पुँजीवादी युद्धमा सैनिक एवम् जनसाधारणको हत्या भएको तथ्य इण्डो-प्यासिफिक सैन्य रणनीति अन्तर्गत देशद्रोही एमसीसी सम्झौताको सन्दर्भमा हेक्का राख्न अत्यन्त जरुरी छ । आज पैदलको सट्टा नाभिकीय युद्ध हुन सक्ने प्रष्ट छ । र त्यसले आम बिनाश गर्ने पनि त्यत्तिकै प्रष्ट छ । तर, यहाँ भन्न खोजिएको अमेरिकाकै कारण नेपाल र नेपालीको जसरी बिनाश निम्त्याइँदैछ, प्रतिरोधमा एमसीसी परियोजना खारेज आन्दोलनलाई देशभक्तिपूर्ण जनप्रतिरोध क्रान्तिमा विकसित गर्नुपर्दछ । अमेरिका नभए पनि नेपाल सहजै चल्न सक्छ । तर छिमेकी चीन र भारत बिना किमार्थ चल्दैन । (किरातीकाे फेसबुक वालबाट)
#
एमसीसी
कोरियाली युद्ध
गाेपाल किराती
प्रथम विश्वयुद्ध
1 COMMENT
साेनाम सज्जन किराती February 11, 2022 At 1:48 pm
गम्भीर विषयमा तयार गर्नु भएको लेख र लेखकलाई धन्यवाद छ ।
Reply
प्रतिक्रिया लेख्नुहाेस् Cancel reply
प्रतिक्रिया
Please enter your comment!
नाम*
Please enter your name here
इमेल*
You have entered an incorrect email address!
Please enter your email address here
अर्को पटक प्रतिक्रिया लेख्न नाम र इमेल सेभ गर्नुहोस् ।
सम्बन्धित समाचार
४८५ मतले अशोक राईको अग्रता, निरन्तर मतान्तर बढाउँदै
November 27, 2022
चुनावको परिणाम रहस्यमयी रहे पनि हामी जनताको निर्णयको सम्मान गर्छाैंः उपेन्द्र यादव
November 26, 2022
खोटाङबाट तीनजनै राई उम्मेदवार निर्वाचित
November 24, 2022
याे पनि पढ्नुस्
सुनसरी–१ को प्रदेशसभा–१ मा एमालेका रमेश बस्नेत निर्वाचित
मुस्ताङबाट कांग्रेसले खाता खोल्यो, गौचन विजयी
पुनः मतदान हुनुपर्छः नेता खनाल
सूचना विभाग दर्ता नं– २६७०/०७७–७८ । सञ्चालक/प्रधान सम्पादक– विजय राई । सम्पादक– विनिता राई । सम्पर्क नं– ९८४००५९१७२, साकेला-५ खाेटाङ । | 2022-11-27T18:31:38Z | https://salpaonline.com/main-news/6841/ | OSCAR-2301 |
काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच निर्वाचनपछि आलोपालो प्रधानमन्त्री हुने ‘अनौपचारिक सहमति’ बारे चर्चा भइरहेका बेला कांग्रेस महामन्त्री गगनकुमार थापाले आफूलाई मतदातामाझ भावी प्रधानमन्त्रीका रूपमा उभ्याएका छन् । उनले प्रधानमन्त्रीका रूपमा गर्ने पाँचवर्षे कार्ययोजनासमेत अघि सारेका छन् ।
कांग्रेसमा संसदीय दलको नेता नै प्रधानमन्त्री हुने अभ्यास धेरै अघिदेखि छ । काठमाडौं–४ बाट उम्मेदवारी दिएका महामन्त्री थापाले निर्वाचनमा सफलता मिले संसदीय दलमा आफ्नै पार्टीका सभापति तथा सत्ता गठबन्धनकै कमान्ड सम्हालेका देउवासँग प्रतिस्पर्धा गर्नुपर्ने छ । प्रधानमन्त्री हुन पार्टीमा संसदीय दलको नेता मुख्य द्वार भएकाले थापाले पार्टीभित्रको शक्ति सन्तुलनलाई भन्दा देउवासँगको प्रतिस्पर्धालाई अर्थपूर्ण ठानेका छन् । ‘पार्टीभित्रको अंकगणित अनुकूल/प्रतिकूल कस्तो हुन्छ, त्यसको मतलब राखेको छैन । नभए पनि बिस्तारै अनुकूल बन्दै जान्छ । म यसैपटक नेतृत्व बदल्न पर्याप्त हस्तक्षेप गर्ने गरी अघि बढ्छु । पछि हट्दिनँ,’ थापाले कान्तिपुरसँग भने ।
अहिलेको नेतृत्वबाट सुशासन, समुन्नत र समृद्धिको आशा गर्न नसकिने भएकाले आफूले हस्तक्षेप गर्न चाहेको महामन्त्री थापा बताउँछन् । ‘गाडी चलाउने नियम र तरिका बदलिएका छन् । वर्षौंदेखि ड्राइभिङ सिटमा बस्नेहरूले गाडी चलाउने तरिका बदल्न सक्नुहुन्न । हामीलाई सिटमा बसेपछि नयाँ तरिकाले गाडी चलाउने हुटहुटी छ,’ उनले भने । भावी प्रधानमन्त्रीमा थापालाई अघि सार्न अर्का महामन्त्री विश्वप्रकाश शर्माले पहिले नै समर्थन जनाइसकेका छन् ।
एमालेमा अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहालको विकल्प खोज्ने अरू नेता देखिएका छैनन् । कांग्रेसमा सभापति एवं प्रधानमन्त्री देउवा निर्वाचनपछि छैटौंपटक प्रधानमन्त्री हुने कसरतमा छन् । ‘देउवामा प्रधानमन्त्री किन हुने भन्दा पनि ज्योतिषीको भविष्यवाणी पुर्याउने लक्ष्य मात्र देखिन्छ । उहाँले आज नगरेको काम भोलि गर्नुहुन्छ भनेर कसरी पत्याउने ?’ कांग्रेसको संस्थापनइतर समूहका एक नेताले भने, ‘थापाले देउवाको विकल्पमा आफूलाई अघि बढाएर राष्ट्रिय राजनीतिमा आशाको सन्देश दिन खोज्नुभएको छ ।’
महामन्त्री थापाले आगामी पाँच वर्षमा कार्यकारी प्रमुख बनेर गर्ने कामको खाकासमेत सार्वजनिक गरेका छन्, जसलाई उनले ‘प्रोजेक्ट गभर्मेन्ट’ नाम दिएका छन् । आर्थिक, सामाजिकलगायत मुलुकका तमाम एजेन्डामाथि अब फेरि अलमल नहोस्, शासनको कौशल र गुणस्तरमा वृद्धि होस् र देशलाई समुन्नतिको मार्गमा अघि बढाउन सकियोस् भनी विज्ञहरूसँग दुई वर्ष लगाएर गरेको परामर्शका आधारमा प्रोजेक्ट गभर्मेन्ट तयार गरेको उनले जानकारी दिए । ‘प्रधानमन्त्री कार्यकारी भएको हाम्रो व्यवस्थामा सरकारको बागडोर प्रधानमन्त्रीको हातमा हुन्छ, सरकार चलाउन प्रधानमन्त्रीले प्रत्येक मन्त्रीलाई लक्ष्य, कार्यक्रम, योजना दिनुपर्ने र अनुगमन गर्नुपर्ने हुँदा प्रधानमन्त्री कार्यालयलाई सबैभन्दा सशक्त बनाउनुपर्छ,’ प्रोजेक्ट गभर्मेन्टको मूल अंश उल्लेख गर्दै उनले भने ।
थापाले प्रोजेक्ट गभर्मेन्टमा स्वास्थ्य, सडक, भौतिक पूर्वाधार, आधारभूत र माध्यमिक विद्यालय, श्रम तथा वैदेशिक रोजगार, कृषि, उद्योग तथा लगानी, कर नीति, अर्थ नीति, उच्च शिक्षा, प्राविधिक शिक्षलगायत ३१ क्षेत्रबारे उल्लेख गरेका छन् । यसको केन्द्रमा प्रधानमन्त्री कार्यालयलाई सशक्त बनाउने योजना अघि सारिएको छ ।
तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालासँग नेतृत्वमा बारम्बार चुनौती दिएका नेता नरहरि आचार्यले थापाको यो अभियान ढिला भएको प्रतिक्रिया दिए । ‘कांग्रेसमा मुलुकका लागि केही गर्ने अठोट बोकेको र सम्भावना भएको एक जना नेता नै गगन देखिएको छ । कांग्रेसमा अरूको अर्थ छैन । कार्यक्रम, दृष्टिकोण र लक्ष्य गगनले राम्रोसँग अघि बढाएका छन् । यो अभियान युवा हुँदै सुरु गर्नुपर्थ्यो । अहिले त उनी पनि प्रौढ भइसके,’ उनले भने । अहिलेको नेतृत्वको पुस्ताबाट मुलुकमा परिवर्तनको आशा गर्न नसकिने आचार्यले बताए । ‘नेतृत्व बदल्न आवश्यक मात्रै होइन, अत्यावश्यक छ,’ उनले भने ।
सभापति देउवानिकट केन्द्रीय सदस्य मीन विश्वकर्मा भने निर्वाचनपछि देउवा नै प्रधानमन्त्री हुने दाबी गर्छन् । ‘आलोपालो सरकारको नेतृत्व लिनेमा अब कुनै अलमल छैन । निर्वाचनपछि जनमत र प्राकृतिक हिसाबले ठूलो दलको हैसियतमा शेरबहादुर दाइले सरकारको नेतृत्व गर्नुहुन्छ, दोस्रो चरणमा माओवादीको नेतृत्वमा सरकार बन्छ,’ उनले भने, ‘गगन यसैपटक प्रधानमन्त्री हुने सम्भावना देखिँदैन ।’
पार्टीको तेह्रौं महाधिवेशनमा महामन्त्रीमा प्रतिस्पर्धा गरेर चौधौंमा मात्रै सफल भएको उदाहरण दिँदै विश्वकर्माले सरकारको नेतृत्व पनि त्यस्तै रहेको बताए । ‘यसपटक गगनले प्रधानमन्त्री भन्ने कुरा गर्दा अर्का महामन्त्री विश्वप्रकाशले पनि समर्थन जनाउनुभएको छ । यसले मतदातालाई तरंगित बनाएको छ । युवाको समर्थन पनि पाउनुभएको छ । चुनाव प्रचारमा यो राजनीतिक स्टन्ट हुनु अस्वाभाविक होइन,’ उनले भने, ‘यसैपटक प्रधानमन्त्री हुन सकिन्छ भन्ने विश्वास उहाँलाई पनि छैन । अर्कोपटकका लागि ठाउँ बनाउने कोसिस हो ।’
कांग्रेस विश्लेषक पुरुषोत्तम दाहाल पार्टीबाट नभई आफैंले घोषणा गरेर प्रधानमन्त्री बन्न सम्भव नहुने बताउँछन् । ‘पहिले सांसद जित्नुपर्यो, संसदीय दलको नेता हुनुपर्यो अनि मात्रै प्रधानमन्त्रीको कुरा हुन्छ,’ उनले भने, ‘कांग्रेसमा वरिष्ठ नेता धेरै छन् । व्यक्तिगत रूपमा घोषणा गरेर प्रधानमन्त्री पाउने कुरा होइन ।’ २०५६ मा वयोवृद्ध सन्त नेता कृष्णप्रसाद भट्टराईलाई भावी प्रधानमन्त्री घोषणा गरेर जाँदा कांग्रेसले बहुमत ल्याएको स्मरण गर्दै दाहालले नयाँ अनुहार हुँदैमा पार्टीको सिद्धान्त नजोगिने बताए ।
कांग्रेसले सुशासन, सेवा प्रवाह र समृद्धिको यात्रालाई केन्द्रमा राखेर चुनावी घोषणापत्र ल्याएको छ, जसका कतिपय प्रावधान बहालवाला नेतृत्वको कार्यशैली र व्यवहारमा मेल खाँदैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कानुनी रूपमा बलियो बनाउने र संवैधानिक पदाधिकारीको नियुक्तिमा भागबन्डा गर्न नहुने पार्टीको चुनावी प्रतिबद्धताप्रति देउवाको व्यवहार अहिले मात्रै होइन, भोलि पनि मेल नखाने कांग्रेसका एक मन्त्री बताउँछन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमा शक्ति केन्द्रित गर्न अर्थ मन्त्रालयमातहत रहेका सम्पत्ति शुद्धीकरण, राजस्व अनुसन्धान विभाग, राष्ट्रिय अनुसन्धान विभागजस्ता निकाय कार्यविधि परिवर्तन गरी प्रधानमन्त्रीमातहत लैजाँदा देउवाले ‘अधिनायकवाद र सर्वसत्तावाद’ को संज्ञा दिएका थिए । ओलीलाई सरकारबाट विस्थापित गरेको डेढ वर्ष बित्दा पनि प्रधानमन्त्री देउवाले ती निकाय पहिलेकै ठाउँमा फिर्ता गर्ने, स्वायत्त वा प्रभावकारी बनाउन कुनै कदम अघि बढाएनन् । भोलि पनि यही नेतृत्वबाट यस्ता निकायलाई प्रभावकारी बनाउने र सुशासन दिनेमा आशावादी हुन नसकिने महामन्त्री थापा बताउँछन् । ‘एउटा पुस्ताले राजनीतिक अधिकार र आन्दोलनको नेतृत्व गर्यो, परिवर्तन स्थापित गर्यो । यसप्रति अत्यन्तै आदर गर्छौं । तर यही नेतृत्वबाट मुलुकको सुशासन, समुन्नत र समृद्धिको परिणाम प्राप्त हुने अपेक्षा गर्नु नै मूर्खता हुन्छ,’ उनले भने ।
प्रकाशित : कार्तिक २८, २०७९ ०८:२३
Share on Facebook
Share on Twitter
Share via Email
प्रतिक्रिया
पठाउनुहोस्
अर्को समाचार
shares
संग्रह सेयर
विचार
बौद्धिक वर्गको जिम्मेवारी छैन ?
जसरी दलहरू आ–आफ्ना विशिष्ट दार्शनिक आधारसहितका घोषणापत्र सूत्रपात गर्नबाट चुकेका छन्, त्यसै गरी नेपालको बौद्धिक भनिने वृत्त पनि ती घोषणा, प्रतिबद्धता वा संकल्पहरूको वैचारिक झुकावको आग्रह र पूर्वाग्रहरहित समीक्षा गर्न उत्तिकै अक्षम र उदासीन देखिएको छ ।
कार्तिक २८, २०७९ अच्युत वाग्ले
भारतको मुम्बईका नानाभाइ (नानी) पाल्किवाला (सन् १९२०–२००२) एक अद्भुत ‘पब्लिक इन्टेलेक्चुअल’ थिए । पेसाले कर सम्बन्धी कानुनका वकिल उनी आफ्नो ‘समानान्तर बजेट’ का लागि प्रख्यात भए । आफूलाई ‘अफर’ गरिएका सर्वोच्च अदालतको न्यायाधीश, महान्यायाधिवक्तासहित धेरैवटा उच्च सार्वजनिक पद अस्वीकार गरेका उनको इमानदारी र जनविश्वास अप्रतिम थियो ।
सन् १९५८ मा उनले भारत सरकारले बजेट प्रस्तुत गर्नेबित्तिकै त्यसको चिरफारसहित त्यो बजेट कस्तो हुनुपर्थ्यो वा हुन सक्थ्यो भनेर समानान्तर बजेट वक्तव्य दिन सुरु गरे । एउटा होटलको सानो हलबाट सुरु भएको उनको बजेट–वक्तव्य सुन्न भारतभरिबाट उद्योगपति, प्राज्ञ, कर्मचारी र सर्वसाधारण हजारौंको संख्यामा आउन थालेपछि पछिल्ला वर्षहरूमा मुम्बईको ब्रेबोर्न स्टेडियम बुक गर्न थालिएको थियो । ‘भारतमा दुईवटा बजेट भाषण हुन्छन्, नानीको र सरकारको’ भनिन्थ्यो । पाल्किवालाको बजेट सरकारको भन्दा धेरै लोकप्रिय हुन्थ्यो । उनको समीक्षापछि सरकार धेरैवटा कमजोरी सच्याउन बाध्य हुन्थ्यो ।
सार्वजनिक महत्त्वका दस्तावेजहरूमाथि बौद्धिक जगत्को यस्तो गम्भीर प्रकृतिको विश्लेषण, निर्भीक हस्तक्षेप र वैकल्पिक अवधारणा निर्माणले लोकतान्त्रिक प्रणाली सबल र प्रभावकारी हुन्छ । नेपाल संसदीय चुनावको संघारैमा छ । प्रतिस्पर्धी दलहरूले बाध्यतावश अन्तिम घडीमा घोषणापत्रहरू ल्याए । ती घोषणापत्रहरूमाथि ‘पब्लिक इन्टेलेक्चुअल’ हरूका गम्भीर समीक्षा र धारणा पटक्कै आएका छैनन् । ती घोषणापत्रहरूमा नवीनता विरलै रहेका, मुलुकका समस्याहरूको सम्बोधनमा दलहरू चुकेका, ती कर्मकाण्डी मात्र भएका केही प्रतिक्रिया अवश्य नै आएका छन् । तर, खास गरी सरकार बनाउने दाबी गरिरहेका दल वा दलका गठबन्धनहरूले कुनकुन क्षेत्रमा केकस्ता प्रतिबद्धता ल्याउने दूरदृष्टि र हिम्मत देखाउनुपर्थ्यो भन्ने विषय समेटेर नानी पाल्किवालाले जस्तै ती सतही घोषणाहरूलाई रौंचिरा विश्लेषण गरेर बौद्धिक जगत्ले पनि राजनीतिका सतही ढाकछोपलाई चुनौती दिन सक्नुपर्थ्यो ।
यस आलेखमा पाल्किवालाको प्रसंग उठाइनुको कारण गहन सार्वजनिक चासोका राष्ट्रिय मुद्दाहरूमा नेपाली बौद्धिक जगत्को चासो, क्षमता र भूमिकाको तुलना गर्नु हो । आन्तरिक लोकतन्त्रको अभ्यास शून्यप्रायः भएकाले दलहरूले अवलम्बन गर्ने अर्थ–सामाजिक नीतिहरू र मुलुकको उन्नयनका लागि आ–आफ्नो वैचारिक आवश्यकता अनुरूपको विधि निर्माणको प्राथमिकता ती दलको आन्तरिक संरचनाबाट निःसृत हुने उपक्रम ठप्प छ । राजनीतिक दलहरूले चुनावी घोषणापत्र लेखन वा अन्य कुनै गम्भीर दस्तावेज तयार गर्नुपरेमा बौद्धिक खेतालाहरूलाई जिम्मेवारी दिने गरेका छन् । यो भूमिका स्वीकार गर्ने बौद्धिकहरूले आफ्नो विवेक र बौद्धिक स्वतन्त्रता प्रयोग गर्ने क्षमता राखेको देखिँदैन । मुलुकका समस्याहरूको गाम्भीर्य र तिनको समधानका लागि आवश्यक विधि, कार्ययोजना र इच्छाशक्तिसहितको इमानदार प्रतिबद्धता ती दस्तावेजहरूमा समाविष्ट हुने सम्भावना असाध्यै कम छ । समस्याहरूको भित्री चुरोमा पुगेर समाधानहरू प्रस्ताव गर्नुको साटो आफ्नो दलको नेतृत्वले चुनाव जित्नका लागि जे आवश्यक भएको ठान्छ, त्यही लेखोट गर्ने बौद्धिक भाट प्रवृत्ति मौलाएको छ । खास विषयका विज्ञसँग लिइएका धारणाहरूलाई पनि सुविधा अनुसार तोडमरोड र काटछाँट गरेर घुसाइने गरेको छ ।
यो चुनाव पनि अपेक्षित बौद्धिक हस्तक्षेपका यी सबै कसीमा परम्पराभन्दा फरक हुन सकेन । मुलुकको भविष्यलाई सीधै चुनौती दिइरहेका गम्भीर मुद्दाहरूमाथि सके सबै दलको साझा समाधान, नसके चुनावी गठबन्धन गरेका दलबीचको साझा कार्यक्रम र त्यति पनि हुन नसके एकल दलकै भए पनि ती दिनानुदिन जटिल बन्दै गएका र दूर क्षितिजमा पनि समाधान नदेखिएका राष्ट्रिय समस्याहरूको समाधानको बाटो सुझाउनु आवश्यक थियो । यसमा दलहरू नराम्ररी चुकेपछि बौद्धिक जगत्ले मतदातामा मुद्दाहरूमा आधारित सुझबुझ अभिवृद्धि गराउने अभियानमार्फत जनमतलाई समग्र राष्ट्रहिततर्फ अभिप्रेरित गर्नु अपरिहार्य थियो । खास गरी मुलुकको शिक्षा, सुशासन र समृद्धिका तीनवटा पक्षमा उल्टो बाटामा तीव्र गतिमा भइरहेको यात्रालाई रोक्ने र सके सुधार पनि गर्ने प्रस्तावना नै कुनै निर्णायक दलको घोषणाले प्रस्टसँग नसमेटेपछि त्यसको तथ्यगत बौद्धिक प्रतिवाद हुन नसक्नु मुलुकको भविष्य वास्तवमै संकटापन्न भएको प्रमाण हो ।
१. शिक्षा
नेपालको खास गरी विश्वविद्यालय तहको शिक्षा सम्पूर्ण रूपले थला बस्ने अवस्थामा आइपुग्दा सबभन्दा बढी चासो र चिन्ता बौद्धिक जगत्ले नै राख्नुपर्ने हो । उच्च शिक्षा दिने शैक्षिक संस्थाको संख्या २० को हाराहारी पुग्दा ‘प्लस टु’ उत्तीर्ण गर्नेहरूको संख्या वार्षिक २ लाख हाराहारी झरेको छ । तीमध्ये आधाभन्दा बढी उच्च अध्ययनमा जाँदैनन् भनेर मान्ने हो भने, एउटा शैक्षिक संस्थाको भागमा औसत ५ हजार विद्यार्थी भर्नाका लागि आउने अनुमान गरौं । त्यो संख्या पनि सानो आकारका विश्वविद्यालयहरूका लागि ठीकै हुँदो हो । तर वार्षिक सवा लाख विद्यार्थी पढ्नकै लागि विदेश गइरहेका छन् । अध्ययन सकेर फर्कनेको संख्या शून्य बराबर छ ।
नेपालका सबै उच्च शिक्षाप्रदायक संस्थाहरूमा यही कराण विद्यार्थीको चरम अभाव हुन थालेको छ । यो सम्पूर्ण शैक्षिक प्रणाली छिट्टै धराशायी हुने संकेत त हुँदै हो, शिक्षा नै मुलुकको विकासका लागि आवश्यक सीपयुक्त जनशक्तिÙ नैतिक, राष्ट्रप्रेमी एवम् जिम्मेवार नागरिक उत्पादनको पूर्वसर्त भएकाले यसमा निर्णायक र तत्काल हस्तक्षेप भएन भने, मुलुकले अहिले भोगिरहेको सर्वाङ्गीण दुरवस्थामा सुधार आउँदैन ।
त्यसैले, जिम्मेवार दलहरूका घोषणापत्रमा नेपालमा उच्च शिक्षा पढाइ नहुने विषय अध्ययन गर्न विदेशी मुद्रा सटही लिएर वा विदेशबाट छात्रवृत्ति पाउनेले मात्र विदेश पढ्न जान पाउने व्यवस्थाको घोषणा गराउन तिनलाई सूत्रबद्ध गर्न खटिएका बौद्धिकहरू सक्षम हुनुपर्थ्यो । साथमा, गुणस्तरलाई सुधार्न उत्तिकै निर्मम निर्णय गर्नु आवश्यक छ । विदेशी राम्रा विश्वविद्यालयमा पढेका नेपाली वा विदेशी शिक्षक–प्राध्यापकहरूलाई उदारतापूर्वक स्वागत गर्ने र शैक्षिक पूर्वाधारमा लगानी गर्ने राजनीतिक प्रतिबद्धताले मात्रै सुधारको आरम्भ गर्न सक्छ । ‘ट्रेड युनियन’ सिफारिसको विकल्पमा योग्यता फद्धति (मेरिटोत्रेसी) को कदर गर्ने परिपाटी बसाउने अग्रणी चासो बौद्धिकहरूबाटै अपेक्षा गरिनु स्वाभाविक हो । सार्वजनिक पदमा बस्नेहरूले आम्दानीको स्रोत नदेखाई छोराछोरी विदेश पढाउने अभ्यासमा सम्पूर्णतः रोक लगाउनु अब अपरिहार्य छ । चिकित्सा, आईटी र इन्जिनियरिङ शिक्षा पूर्णतः नाफाखोरहरूको पन्जामा परेको छ । त्यसलाई तोड्ने इमानदार वाचा चाहिएको छ । अंग्रेजी माध्यममा विद्यालय शिक्षाको अवसर नपाउनेहरूका लागि यी विषयहरू ‘वीरबलको खिचडी’ सरह भइसकेका छन् । शिक्षा नीतिको आमूल सुधारबिना यी सुधारहरू सम्भव छैनन् । कुनै पनि दलले यसको प्रस्तावना गरेको छैन । यसको प्रतिवादसम्म पनि बौद्धिकहरूले गरेनन् ।
वस्तु उत्पादन गरेर छिमेकी अर्थतन्त्रका ठूला बजारहरूसँग प्रतिस्पर्धाको सम्भावना न्यून रहेकाले नेपाललाई उच्च शिक्षाको आकर्षक गन्तव्य बनाउने सम्भावनातर्फ ध्यान जान ढिला भएको छ । सस्तो शुल्क तिरेर अंग्रेजी माध्यममा उच्च शिक्षा लिन आतुर ठूलो चिनियाँ जनसंख्या र नेपालसँग आवतजावत सहज भएका भारतका छिमेकी राज्यका विद्यार्थीहरूलाई लक्षित गरेर पाठ्यक्रम र शैक्षिक पूर्वाधार विकास गर्ने अवसर नेपालले चुकाएको छ । शिक्षा आर्जनपछि राज्यले रोजगारी दिने अवधारणाबाट शिक्षाले नै स्वतः रोजगारी र स्वरोजगारी सृजना गर्ने स्वचालित पद्धति निर्माण गर्ने अवधारणा पनि घोषणापत्रहरूमा परेनन् ।
स्वास्थ्य क्षेत्रका समस्या र सम्भावना शिक्षाका भन्दा धेरै फरक छैनन् । अझ, मुलुकको राजनीतिक बहसको केन्द्रभागमा रहिरहने चिकित्सा शिक्षाको प्रश्न त सीधै जनस्वास्थ्यको गुणस्तर र पहुँचसँग सम्बन्धित छ । नेपालका करिब आधा दर्जन, भारतसँगका सीमावर्ती, सहरमा ठूलो क्षमताका स्तरीय अस्पताल र मेडिकल एवम् प्राविधिक शिक्षालयहरूको स्थापनाले स्वास्थ्य र शैक्षिक पर्यटनका असीमित ढोका खोल्ने सम्भावनाको पहिचान वर्षौंपहिले नै भएको हो । ती विषयले यस पटकका चुनावी प्रतिबद्धताहरूमा पनि प्रस्ट र यथेष्ट स्थान पाएनन् ।
२. सुशासन
सुशासनलाई अनेकौं आयाममा बुझ्न र विश्लेषण गर्न सकिन्छ । एकातर्फ मुलुकको संविधानले परिकल्पना गरेको शासकीय स्वरूपको सबलीकरण र अर्कातर्फ सार्वजनिक सेवाप्रदायमा सहज पहुँचलाई सुनिश्चित गर्न सके सुशासन स्वतः प्रत्याभूत हुन्छ । तर, यी दुवै अहिले खण्डित अवस्थामा छन् । उपल्लो तहमा राजनीतिक अपराधीकरणको घना छाया परेको छ । सबै दलका उच्च नेतृत्वलाई आफूले आर्जन नगरेको, स्रोत नखुलेको र कर नतिरिएको आम्दानीमा ठाँट–रवाफको जीवनयापन गर्ने कुलत लागेको छ । सेवाप्रदायका सबै तहमा भ्रष्टाचार व्याप्त छ । नागरिकले घरदैलोमा पाउनुपर्ने सेवा पाउन ठूलो कष्ट बेहोर्नु र मूल्य चुकाउनुपरिरहेको छ ।
बौद्धिक भनिन रुचाउने वर्ग यस्तो भ्रष्टाचारको साङ्लोमा नजोडिनुपर्ने हो । आफूहरूले सबै ऊर्जा खन्याएर देवत्वकरण गरेका राजनीतिकर्मीहरूमध्ये को कति भ्रष्ट र शुद्ध छ भन्ने भेउ पाउन, परख गर्न पनि बौद्धिकहरूले नै सबभन्दा राम्ररी सक्दा हुनन् । तर, त्यसको झल्कोसम्म पनि यस पटकका घोषणापत्रहरूमा पाइएको छैन । सबै तहका सार्वजनिक पदमा बस्नेहरूले वैध आम्दानीको स्रोत बराबरभन्दा बढी जम्मा गरेको सम्पत्ति स्वतः राष्ट्रियकरण हुने प्रस्ताव गर्न कुनै दलले सकेन । भ्रष्टाचारभन्दा बढी सबै प्रकृतिका अपराधमा दण्डहीनता चरममा छ । जनतालाई यो सबै अनुभूति छ । त्यसको आक्रोश राजनीतितिर मात्रै होइन, आफूलाई बौद्धिक भनाउने तर विवेकको स्वतन्त्र प्रयोग नगर्नेहरूतिर पनि सोझिएको छ ।
३. समृद्धि
समृद्धि एक सापेक्ष शब्द हो । यसले मनोवैज्ञानिक भलाइ (साइकोलोजिकल वेलबिइङ) देखि प्रतिव्यक्ति आय, जीवनस्तर, भौतिक पूर्वाधारहरूको उपलब्धता र विकासका अन्य सूचकहरूसम्मको प्रतिनिधित्व गर्न सक्छ । तर यी सबैका लागि पूर्वसर्त चाहिँ समान छ- उत्पादकत्वकेन्द्रित आर्थिक प्रभावकारिता (इकोनोमिक इफिसियन्सी) । नेपालमा यथार्थमा वस्तुहरूको उत्पादकत्व शून्य र सेवाहरूको उत्पादकत्वको लगभग सम्पूर्ण हिस्सा आयातित वस्तुहरूमा आधारित छ ।
नेपालको अर्थतन्त्र झन्डै ७९ प्रतिशत छाया वा अवैध छ । उदाहरणका लागि, २०६८ सालको जनगणनाले नै ५३.९ प्रतिशत जनता पक्की घरमा बसोबास गर्ने देखाएको थियो । यो संख्या विगत दस वर्षमा उल्लेख्य बढेको छ जुन २०७८ सालको जनगणनाको परिष्कृत तथ्यांक आएपछि यकिन होला । अहिले ३२ लाखभन्दा बढी सवारीसाधन दर्ता छन् । तर स्थायी लेखा नम्बर र मूल्य अभिवृद्धि करमा दर्ता हुनेको जम्मा संख्या ५३ लाख पुगेको देखिए पनि वास्तविक प्रत्यक्ष कर तिर्नेहरूको संख्या १५ लाख हाराहारी मात्रै छ । यो ठूलो विडम्बना हो । पक्की घर बनाउने र सवारी साधन खरिद गर्ने हैसियतको आम्दानी हुनेहरू पनि करको दायरामा छैनन् । सामान्यतः धेरैको जीवनस्तर देखिने आम्दानीका तुलनामा धेरै माथि छ । घरजग्गा लगायतमा सट्टेबाजी (स्पेकुलेटिभ) प्रकृतिको लगानी अत्यधिक छ । तिनमा मूल्य नियामकहरू छैनन् ।
यो अवैध अर्थतन्त्रलाई वैध बनाउने कार्ययोजना कुनै दलको घोषणापत्रले प्रस्तुत गरेन । अर्थशास्त्री र विज्ञहरू नेपाल कुल गार्हस्थ्य उत्पादनको २५ प्रतिशत बराबर कर उठाउने मुलुक हुनु आफैं उच्च करको दरको संकेत हो भनेर उम्किरहेका छन् । एकतिहाइ अर्थतन्त्र मात्र वैध गणनामा समेटिएपछि यो अनुपात यसरी अस्वाभाविक देखिने नै भयो । सामान्य उपभोगका वस्तुलगायत सम्पूर्ण आयात निर्भरता, अत्यन्त कम रोजगारी सृजना र आयातमा आधारित प्रतिगामी राजस्वबाहेक अन्य आर्थिक स्रोत वा लगानी नगण्यमा पुगेको अर्थतन्त्र उकास्ने कुनै आशालाग्दो कार्यक्रम कुनै पनि दलको घोषणापत्रमा उल्लेखसम्म छैनÙ अवैध अर्थतन्त्रलाई वैधताको परिधिमा ल्याउनु त धेरै परको कुरा भयो । बौद्धिकहरू पनि यस्ता गम्भीर विश्लेषणभित्र छिर्नुभन्दा भोट खसाल्ने रमाइलोमै बढी रुमलिएका छन् । जसरी दलहरू आ–आफ्ना विशिष्ट दार्शनिक आधार (फिलोसोफिकल अन्डरपिनिङ्स) सहितका घोषणापत्र सूत्रपात गर्नबाट चुकेका छन्, त्यसै गरी नेपालको बौद्धिक भनिने वृत्त पनि ती घोषणा, प्रतिबद्धता वा संकल्पहरूको वैचारिक झुकावको आग्रह र पूर्वाग्रहरहित समीक्षा गर्न उत्तिकै अक्षम र उदासीन देखिएको छ ।
प्रकाशित : कार्तिक २८, २०७९ ०८:२३
पूरा पढ्नुहोस्
Share on Facebook
Share on Twitter
Share via Email
प्रतिक्रिया
पठाउनुहोस्
थप केही समाचारबाट
गौतमको निर्णय पछाडि कुन शक्तिको आड ?
जयसिंह महरा
कोभिडका बेला लैंगिक हिंसा बढ्यो : यूएनएफपीए
कान्तिपुर संवाददाता
चोलेन्द्र ‘क्लिन चिट’ प्रकरणमा वैधताको प्रश्न
कान्तिपुर संवाददाता
देउवालाई विश्वप्रकाशको आग्रह- 'संसदीय दलको नेताको दाबी छाड्नु'
अर्जुन राजवंशी
जबरामाथिको महाभियोग निष्प्रभावी गर्ने पत्रविरुद्धको रिटमा शुक्रबार सुनुवाइ
कान्तिपुर संवाददाता
संसदलाई सर्वोच्चको प्रश्न- 'कुन कानुनअनुसार जबरालाई महाभियोग निष्प्रभावी भएको पत्र दिइयो ?'
कान्तिपुर संवाददाता
Best Deals on Daraz 12.12
Enya 21 Inch Soprano Ukulele
Rs. ?999
Daraz Grand Year End Sale Coming Soon | Upto 70% off | Mega Vouchers up to Rs.7000 & More
Apple iPad 9th Gen
Rs. 4?999
Start adding to your cart | Daraz 12.12 Coming Soon | Grand Year End Sale
Lotto Track Set for Men
Rs. ?300
Daraz Grand Year End Sale Coming Soon | Upto 70% off | Bank Discounts up to Rs.1212 & More
विचार/विविधा
विचार
आम चुनावपछिको राजनीतिक परिदृश्य
मोहना अन्सारी मंसिर २१, २०७९
दोस्रो आम निर्वाचनको नतिजा लगभग अन्तिम चरणमा छ । राजनीतिक पर्यवेक्षक र बौद्धिक जमातबाट निर्वाचनको सन्देशलाई विभिन्न कोणबाट अर्थ्याउने प्रयास हुँदै छ । विशेष गरी राष्ट्रिय स्वतन्त्र...
विचार
विपरीत यात्रामा अन्योलग्रस्त वामपन्थीहरू
टीकाराम भट्टराई मंसिर २१, २०७९
गन्तव्यभन्दा ठीक विपरीततर्फ पाइला चालियो भने यात्रीहरूको हालत के होला ? जब विपरीत दिशातर्फ पाइला सारिन्छ तब यात्रीहरू अन्योलग्रस्त हुन पुग्छन् । यात्राको सामान्य बुझाइ हो यो ।...
विचार
महँगो उपचार खर्चले बुनेको गरिबीको जालो
तारानाथ सापकोटा मंसिर २१, २०७९
काभ्रेको दोलालघाटका ६३ वर्षीय पुरुषको मुटुमा समस्या देखिएको निकै पछि अस्पताल जाँदा डाक्टरले शल्यक्रिया गर्नुपर्ने बताए, जसका लागि झन्डै ५ लाख रुपैयाँ जोहो गर्नुपर्ने भयो ।...
विचार
पुल नहुँदाको सडक-सास्ती
सम्पादकीय मंसिर २१, २०७९
भारत र चीनलाई जोड्ने भेरी करिडोर अन्तर्गत जाजरकोटबाट डोल्पासम्म १ सय १८ किमि सडक २०६५ सालमा खन्न सुरु गरियो । जटिल भूबनोट भएको यो क्षेत्रको ‘ट्र्याक’...
विविधा
जैविक विविधता कसरी जोगाउने ?
दिलराज खनाल मंसिर २०, २०७९
‘मानिसले प्रकृतिसँग सद्भाव र मेलमिलाप गरी बाँच्ने’ प्रतिवद्धतासहित जैविक–विविधता महासन्धि १९९२ अन्तर्गत सन् २०११–२०२० का लागि घोषणा गरिएको जैविक विविधतासम्बन्धी विश्व्यापी रणनीतिक योजना (जसलाई आईची...
विचार
आफैं लघारिँदै कम्युनिस्ट पार्टीहरू
झलक सुवेदी मंसिर २०, २०७९
आमनिर्वाचनको पूर्वसन्ध्यामा एउटा टीभी च्यानलसँगको अन्तर्वार्तामा नेकपा एमालेका अध्यक्ष कमरेड केपी ओलीले दाबी गरेका थिए, ‘दुईचार सिट तलमाथि होला तर प्रत्यक्षतर्फ १०० सिट ल्याउँछौं । सुविधाजनक...
विचार
लुइँचेका दुइटा भाले
महेन्द्र पी. लामा मंसिर २०, २०७९
हाम्रा म्हेम्हे–बाजेले सुनाउने दन्त्यकथाहरूमध्ये बढी चाखलाग्दो कुरोचाहिँ जंगली कुखुरा लुइँचेका भालेहरूबारे हुन्थ्यो । आआफ्ना पोथीहरूलाई लिएर हिँड्दै गरेका लुइँचेका भालेहरू एकअर्कोलाई देख्नासाथ हुर्रिएर गई झम्टिन्छन् रे...
विचार
नारायणी किनार बचाऊ !
सरिता तिवारी मंसिर २०, २०७९
केही दिनयता चितवनका पर्यावरणकर्मीहरू भरतपुर महानगरतर्फ फर्किएर महानगर स्वयं संलग्न एउटा गम्भीर त्रुटिपूर्ण पर्यावरणीय मुद्दाको जवाफदेही खोजिरहेका छन् । त्यो जवाफदेही औद्योगिक र व्यावसायिक समृद्धिको लक्ष्यसँगै...
विचार
ढुंगा-गिट्टी निर्यात योजनालाई सर्वोच्चको अंकुश मननीय
सम्पादकीय मंसिर २०, २०७९
व्यापार घाटा न्यूनीकरणको बहानामा ढुंगा–गिट्टी निर्यात गर्न नमिल्ने भनी सर्वोच्च अदालतले गरेको फैसला र त्यसको पूर्णपाठ सराहनीय छन् । प्रकृतिको अनियन्त्रित दोहन गर्न कसैले नपाउने भन्ने...
विचार
गरिबीका पक्षमा लोकतन्त्र
भास्कर गौतम मंसिर १९, २०७९
अहिले देशमा नयाँ सरकार गठनसँगै काठमाडौं महानगरपालिका, वाग्मती सभ्यता एकीकृत विकास समिति, उपत्यका विकास प्राधिकरण आदि शासकीय संरचनाले अँगालेका नीति र हिंसाको परिचर्चा सर्वत्र छ ।...
पुस १७, २०२६
कान्तिपुरका स्तम्भहरु
१३औं साग खेलकुद
हेलो शुक्रबार
हाम्रो नेपालमा
स्वास्थ्य
स्थानीय निर्वाचन २०७४
स्थानीय तह निर्वाचन २०७९
सुदूरपश्चिम
साहित्य/विविध
सम्पादकलाई चिठी
समाचार
शिक्षा
विश्वकप फुटबल २०२२
विश्व
विविधा
विज्ञान र प्रविधि
विचार
वाग्मती
लुम्बिनी
रोचक
मनोरञ्जन
मधेस
मधेश मन्थन
भिडियो
ब्लग
बजार
फोटोफिचर
फिचर
फड्को
प्रिन्ट संस्करण
प्रवास
प्रदेश १
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४
प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९
नारी नेपाली
दसैं विशेष
जीवनशैली
गन्तब्य
गण्डकी
खेलकुद
क्रिकेट विश्वकप - २०१९
कोसेली
कोपिला
कुराकानी
कला
कर्णाली
उपत्यका
अर्थ / वाणिज्य
अन्य
हाम्रो बारेमा
यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। | 2022-12-07T14:48:40Z | https://ekantipur.com/news/2022/11/14/166838938297663676.html | OSCAR-2301 |
यात्रा ग्रुप भरतपुरद्धारा खाद्यान्न सहयोग - namunaonline
यात्रा ग्रुप भरतपुरद्धारा खाद्यान्न सहयोग
भरतपुर/यात्रा ग्रुप भरतपुरले आमाको माया छात्रावासलाई खाद्यान्न सहयोग गरेको छ । भरतपुर १२ स्थित छात्रावास परिसरमा नै पुगेर यात्रा ग्रुपले खाद्य सामाग्री सहयोग गरेको हो । छात्रावासलाई १५ हजार बराबरको २ थान ग्याँस सिलिन्डर, चाउचाउ, बिस्कुट, अण्डा तथा सरसफाईका सामाग्रीहरुको सहयोग गरिएको ग्रुपका सचिव ध्रुव घिमिरेले जानकारी दिए ।
उक्त सामाग्री ग्रुपका अध्यक्ष कृष्ण कार्कीले छात्रावासकी संरक्षक सावित्रा ढकाललाई हस्तान्तरण गरे । सो अवसरमा बोल्दै ग्रपका संरक्षक तथा भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले कोरोना महामारीले निम्त्याएको संकटको समयमा गरिएको सहयोगका लागि आयोजकलाई धन्यवाद दिए ।
डा. अधिकारीले कोरोनाका कारण सम्पूर्ण गतिविधि ठप्प रहदा समस्यामा परेका यस्ता संस्थाहरुलाई सबैले सहयोग गर्नुपर्ने बताए । ग्रुपका अध्यक्ष कृष्ण कार्कीले कोरोनाले निम्त्याएको समस्यालाई मध्यनजर गर्दै छात्रावासलाई सहयोग गरिएको बताए । छात्रावासमा २० जना बालिकाहरु आश्रित छन् । भरतपुरका युवाहरुको समुह यात्रा ग्रुपले बिभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । | 2021/10/25 07:48:41 | http://namunaonline.com/2020/09/706/ | mC4 |
सीमांकनको विरोध प्रदर्शनहरूमा ४४ जनाको ज्यान जानुमा प्रदर्शनकारीको हिंसाप्रेरित उक्साहटसँगै सुरक्षाकर्मीमा नदेखिएको संयम पनि उत्तिकै जिम्मेवार छ।
२९ भदौमा संविधानसभाभित्र नयाँ संविधानका धारामाथि मतदान भइरहँदा पश्चिम तराईको लुम्बिनी–भैरहवा खण्डको बेथरीमा साप्ताहिक हाटबजार लागेको थियो। हाटमा तरकारी किन्न आएकी आमा अनिता पटेलसँगै थिए, चारवर्षीय चन्दन। त्यत्ति नै वेला एउटा समूहलाई लखेट्दै बजार पसेका प्रहरीहरू देखेर आत्तिएका आमाछोरा नजिकको घरमा छिर्नै लाग्दा चलेको एउटा गोली आएर चन्दनको प्राण लियो।
मधेशकेन्द्रित दलहरूको लगातारको बन्दमा स्कर्टिङ गरेर मालबाहक ट्रक लैजाँदै गर्दा प्रदर्शनकारीहरूले पेट्रोल बम हानेपछि उनीहरूलाई लखेट्दै हाटबजार पसेको थियो प्रहरी। पेट्रोल बम लागेर हुरहुरी जल्न थालेका सई जनक रेग्मीलाई बचाएपछि उत्तेजित बनेका प्रहरी र सशस्त्र प्रहरीले प्रदर्शनकारीहरूलाई लखेट्दै अनियन्त्रित तवरले बजारको भीडमा गोली चलाउँदा चन्दनसँगै तीज मनाउन रूपन्देहीको सिलौटियाबाट मामाघर आएकी १४ वर्षीया रञ्जनासिंह क्षेत्री, किनमेल गर्न आएका गोनाहाका बिन्दु लाकौल (५०), राजकुमार बराई (३५) र नन्दनी पाण्डेको ज्यान गयो। किनमेल गर्न बजार आएका थुप्रै महिला घाइते भए। “रात नपारेर दिउँसै हटिया क्षेत्रबाट ट्रकहरू लैजान खोज्नु गलत भो”, बेथरीमा प्रहरीले संयम गुमाएको ठान्ने एक उच्च प्रहरी अधिकृत भन्छन्, “त्यसमाथि भीडमा गोली चलाउनु ठूलो कमजोरी हो।”
२५ साउनयता देशका विभिन्न भागमा भएका विरोध प्रदर्शनहरूमा ज्यान गुमाउने ४४ जनामध्ये दुई नाबालक, चार किशोर/किशोरी, ११ सर्वसाधारण, ११ सुरक्षाकर्मी र २२ जना प्रदर्शनकारी छन्। वीरगञ्ज, जलेश्वरलगायत ठाउँका प्रदर्शनहरूमा सुरक्षाकर्मीको गोलीले घाइते भएकाहरूको अवस्था दर्दनाक छ। मारिनेहरूको टाउको र छातीमा गोली लागेको देखिन्छ। घाइतेमध्ये पनि कतिपयको कम्मरमाथि गोली हानिएको छ। पिठ्यूँमा समेत गोली लागेको भेटिनुले भागेकालाई पनि पछाडिबाट प्रहार गरिएको देखिन्छ। राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारी मृतकको 'बडी' र घाइतेहरूको अवस्था हेर्दा गोली चलाउनु पर्दाको नियम पालना नगरिएको देखिएको बताउँछिन्। “केही ठाउँमा टियर ग्याँस पछि जथाभावी गोली हानेको पाइएको छ” अन्सारी भन्छिन्, “आयोगले देशभरका यस्ता घटनाबारे विस्तृत अनुसन्धान गरिरहेको छ, यसको विवरण छिट्टै सार्वजनिक हुनेछ।”
प्रदेश सीमांकनको प्रस्तावित खाकाको विरोधमा मध्यपश्चिमका सुर्खेत, जुम्ला लगायतका जिल्लाबाट विरोध प्रदर्शन शुरू भयो। त्यसक्रममा साउन अन्तिम साता सुर्खेत र जुम्लामा चार प्रदर्शनकारीको ज्यान गयो। त्यतिञ्जेलसम्म सुरक्षाकर्मीले गरेको बल प्रयोगमा कसैको विरोध नभएकोमा १ भदौमा सप्तरीको भारदहमा भएको प्रदर्शनमा सहभागी नभएका सर्वसाधारण राजीव राउत प्रहरीको गोलीबाट मारिएपछि राष्ट्रिय–अन्तर्राष्ट्रिय ध्यानाकर्षण भयो।
त्यसलगत्तै मधेशकेन्द्रित दलहरूले आन्दोलनमा ज्यान गुमाउनेका परिवारलाई रु.५० लाख दिने घोषणा गर्दै हिंसात्मक उक्साहटको सार्वजनिक आह्वान गरेपछि गृह मन्त्रालयले मातहतका सुरक्षा निकायलाई प्रदर्शनहरूमा पूर्णतः रक्षात्मक रहन निर्देशन दियो। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले पनि 'प्रदर्शनकारीको रणनीति नै बल प्रयोगका लागि उक्साउने रहेको' भन्दै मातहतलाई हदैसम्म संयमित हुन निर्देशन दिए। त्यसलगत्तै ७ भदौमा टीकापुरमा प्रदर्शनकारीहरूबाट डेढ वर्षका नाबालक र एसएसपीसहित ८ सुरक्षाकर्मीको बीभत्स हत्या भयो। त्यसपछि परिस्थिति पूरै फेरियो। बल प्रयोग नगर्दा नै टीकापुरमा अकल्पनीय परिणाम देखिएको निचोडमा पुगेका सुरक्षा निकायहरूले आफ्नो जीउज्यान रक्षामा कुनै सम्झौता नगर्न मातहतलाई अप्रत्यक्ष निर्देशन दिए। भदौ दोस्रो साता पर्सा र बारामा भएको अत्यधिक बल प्रयोग त्यसकै असर थियो, जहाँ ६ जनाको ज्यान गयो।
पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नवराज ढकाल सुरक्षा निकायबाट भइरहेका अधिक बल प्रयोगलाई टीकापुर घटनाको उपज मान्छन्। टीकापुर घटनापछि सुरक्षाकर्मीको मनस्थिति अर्कै बनेको उनको विश्लेषण छ। त्यसपछिका घटनाहरूमा सुरक्षाकर्मीले प्रदर्शनकारी नजिक नआई नै अलि आत्तिएर बल प्रयोग गर्न थालेको देखिएको उनी बताउँछन्। “प्रदर्शनकारीहरू 'क्लोज कन्ट्याक्ट' मा आउँदा आफ्नै ज्यान जानसक्ने भय सुरक्षाकर्मीमा देखिन्छ” पूर्व एआईजी ढकाल भन्छन्, “सुरक्षाकर्मीले स्वयम्लाई असुरक्षित महसूस गर्दाको असरले परिस्थिति बिगार्दै लगेको देखिन्छ।”
टीकापुर घटनापछि प्रदर्शनकारीहरु 'क्लोज कन्ट्याक्ट'मा आउँदा आफ्नै ज्यान जानसक्ने भय सुरक्षाकर्मीमा देखिन्छ। सुरक्षाकर्मीले स्वयंलाई असुरक्षित महसूस गर्दाको असरले अधिक बल प्रयोग हुँदैछ।
सुरक्षा क्षेत्रका जानकारहरू सुरक्षाकर्मीले फिल्डमा आफू सुरक्षित रहेको अनुभूति गर्न नपाउनुलाई पछिल्ला घटनाहरूको प्रमुख कारण मान्छन्। त्यसमाथि, उनीहरूसँग ठूल्ठूला प्रदर्शन र भीड नियन्त्रण गर्न अत्यावश्यक सामग्री–उपकरण पनि छैनन्, न त त्यस्तो तालीम नै पाएका छन्। २०४६ यता ठूल्ठूला प्रदर्शनहरू हुँदै आए पनि सुरक्षा निकायलाई भीड नियन्त्रणको उपयुक्त तालीम दिइएको छैन। न त रक्षात्मक बन्न आवश्यक साधन–उपकरण उपलब्ध गरिएको छ। सुरक्षा निकायहरूमा पनि पन्पिएको कमिसनको खेलले अत्यावश्यक सामग्रीभन्दा नचाहिने सामग्री खरीदमा रुचि बढाएको छ। काठमाडौंका प्रदर्शनकारीलाई पानीको फोहोरा र मधेशमा गोली हानिएको भनेर पनि प्रहरीको चर्को आलोचना भयो। जबकि, मधेशमा खटिएका प्रहरीसँग पानीको फोहोरा हान्ने सामग्री नै थिएन। “जहाँसुकै होस्, फिल्डमा सुरक्षाकर्मीले सुरक्षित ठान्यो भने समयभन्दा अगाडि र चाहिनेभन्दा बढी बल प्रयोग गर्दैन” पूर्व एआईजी ढकाल भन्छन्, “तराईका जिल्लामा पानीको फोहोरा हान्ने सुविधा भए त्यतिका ज्यान पनि जाँदैनथ्यो।”
कतिपय घटना स्कर्टिङ वा गस्तीका क्रममा अचानक भएका छन्। जस्तो, रूपन्देहीको बेथरी घटना। त्यस्तो अवस्थामा सुरक्षाकर्मीको संख्या पर्याप्त हुँदैन, कतिपय वेला रक्षात्मक बन्ने मेसो पनि मिल्दैन। अचानक उत्पन्न हुने परिस्थितिमा प्रदर्शनकारीको निशानामा परिने भयले सुरक्षाकर्मीले आँखा चिम्लेर बल प्रयोग गर्छन्, जुन अहिले भइरहेको छ। परिणाम, प्रदर्शनकारी उम्केको र सर्वसाधारण निशानामा परेको बेथरीमै देखिएको छ। तर, एक उच्च प्रहरी अधिकृत भन्छन्, “कैलाली र महोत्तरीका घटनामा नागरिकको पंक्तिमा घूसपैठ भएर आफैं मारिने खतरा बढाएकाले बल प्रयोगमा सम्झौता गर्न गाह्रो छ, व्यक्तिगत तहमा पनि कठिन छ।”
सुरक्षाकर्मी करीब डेढ महीनाबाट फिल्डमा छन्। खाने, सुत्ने, आराम गर्नेदेखि ट्वाइलेट जाने समयसम्म पाएका छैनन्। यस्तो सकसपूर्ण अवस्था पनि अधिक बल प्रयोगको एउटा कारण हुन सक्छ।
सुरक्षाकर्मीहरू करीब डेढ महीनाबाट फिल्डमा छन्। धेरैजसो ठाउँमा २४ घन्टे ड्युटी छ। भनेपछि; खाने, सुत्ने समय पनि छैन। आराम गर्ने त के उनीहरूले ट्वाइलेट जाने समयसम्म पाएका छैनन्। राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारी यस्तो सकसपूर्ण अवस्था पनि अधिक बल प्रयोगको एउटा कारण हुनसक्ने बताउँछिन्। सुरक्षाकर्मीहरूको यो अवस्थाप्रति चार वटै सुरक्षा निकायले लिखित रूपमा सरकारको ध्यानाकर्षण गराइसकेका छन्। “यति लामो समयदेखि लगातार ड्युटी गर्दा सुरक्षाकर्मीहरूको सहनशीलता घट्दै जान्छ”, पूर्व एआईजी ढकाल भन्छन्, “यसमा ध्यान दिइएन भने समस्या झ्न् गम्भीर हुनसक्छ।”
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको बेमेल पनि टीकापुर काण्डको एउटा प्रमुख कारण थियो भन्ने स्पष्ट भइसकेको छ। प्रहरीमाथि आक्रमण भएको देख्दादेख्दै पनि त्यहीं खटिएका सशस्त्रका अधिकृतले 'आदेश छैन' भन्दै फायर खोलेनन्। सरकारले प्रहरीको क्षेत्राधिकार सशस्त्रलाई दिलाउने नियमावली जारी गरेपछि दुई संगठनबीच चुलिएको मनमुटावको पछिल्लो उदाहरण थियो, टीकापुर घटना।
टीकापुर घटनापछि भने सशस्त्र आक्रामक भयो। वीरगञ्ज, जलेश्वर र बेथरीका घटनामा सशस्त्रबाट अत्यधिक बल प्रयोग भएको प्रहरी अधिकृतहरू बताउँछन्। ती घटनामा धेरै गोली सशस्त्रले चलाएको थियो। हुन पनि, सशस्त्र प्रहरी आम नागरिकसँग सहनशील 'डिल' गर्न सक्ने गरी तयार पारिएको बल होइन। एक प्रहरी अधिकृत ऊसँग स्थानीय प्रशासन ऐन अनुसार परिचालित भएर चरणबद्ध काम गर्ने क्षमता पनि नभएको बताउँछन्। “आफूसँग जे छ, त्यही प्रयोग गर्न खोज्ने हो”, उनी भन्छन्, “त्यसले गर्दा पनि परिस्थिति छिटो बिग्रेको छ।”
पूर्वाञ्चल प्रहरीको अपराध अनुसन्धान समूहले एक वर्षमा ५० प्रतिशत फरार अभियुक्त पक्रने लक्ष्य राखेको छ।
२४ पुस २०६० मा गाउँकै पवित्रा कट्टेल (३२) को हत्या आरोपमा २० वर्ष कैद सजाय तोकिएका मधुमल्ला–७, मोरङका धनपति रेग्मी (४८) २९ फागुनमा काठमाडौंमा समातिए। अपराधपछि माओवादीको भूमिगत राजनीतिमा लागेका रेग्मीले पछिल्लो पाँच वर्ष वैदेशिक रोजगारी गर्न पनि भ्याएका थिए।
त्यस्तै, एक युवतीलाई जबर्जस्ती यौन व्यवसायमा लगाएको आरोपमा ३१ साउन २०४८ मा १० वर्ष कैद सजाय तोकिएकी विराटनगर–२२ की राधा तामाङ २४ वर्षपछि गत २३ फागुनमा पक्राउ परिन्। लागूऔषध मुद्दामा २०६६ मा एक वर्ष १० महीना २६ दिन कैद र रु.२ लाख जरिवाना तोकिएका विराटनगर–७ का चन्दनकुमार सहनी (३२) २ चैतमा समातिए भने २०६४ कात्तिकमा हात्तीमुडा–९ मा लूटपाट र बालिकालाई जबर्जस्ती गर्न खोजेको आरोपमा पाँच वर्ष ११ महीना २६ दिन कैद र रु.१ लाख १६ हजार ९२५ जरिवाना तोकिएका रिजवान मियाँ गत २८ फागुनमा पक्राउ परे।
त्यस्तै, २०६६ असोजमा राजघाट–७ मोरङमा बलात्कार गरेको आरोपमा १० वर्ष कैद सजाय तोकिएका राजघाट–८ का गायत्रीबहादुर श्रेष्ठ (३९) गत २१ फागुनमा पक्राउ परे। क्षेत्रीय प्रहरी कार्यालय विराटनगरको अपराध अनुसन्धान समूहले पक्राउ गरेका फरार अभियुक्तमध्येका केही उदाहरण हुन्, यी। अनुसन्धान समूहका प्रमुख डीएसपी कमल थापाका अनुसार, पूर्वाञ्चलमा अझै १७ हजार ४५१ अभियुक्त फरार छन्।
डीआईजी केशरीराज घिमिरेको नेतृत्वमा सक्रिय अपराध अनुसन्धान समूहले गएको फागुनमा ४९ जना फरार अभियुक्तलाई पक्राउ गर्यो। यी ४९ जनाबाट ८० वर्ष २ महीना ११ दिन कैद र रु.४ लाख ७५ हजार ७०४ जरिवाना भुक्तान भएको थिएन। समूहले फरारसहित पुराना ५२६ मुद्दाको अनुसन्धान, फरार १ हजार ८०५ जनाको खोजी, लागूऔषध कारोबार र भन्सार चुहावट नियन्त्रण गर्ने अधिकार पाएको छ।
समूहले विभिन्न जिल्ला प्रहरीको समन्वयमा फरार अभियुक्तहरूलाई पक्राउ गर्छ। अनुसन्धान समूह प्रमुख डीएसपी थापाले एक वर्षमा ५० प्रतिशत फरार पक्रिने योजना बनाएको बताए।
फरार अभियुक्तको संख्या बढी भएका झापा, मोरङ, सुनसरी, सप्तरी र सिरहाका अदालतले पनि प्रहरीसँग संयुक्त अभियान चलाएर अदालतको फैसला कार्यान्वयन गराउँदैछ। बन्द–हड्तालले धेरै प्रभावित पारेको चालू आर्थिक वर्षको फागुनसम्ममा मोरङमा ७२ जना फरारलाई पक्राउ गरिएको जिल्ला अदालत मोरङले जनाएको छ। उनीहरूबाट ५८ वर्ष ७ महीना २० दिन कैद रु.५ लाख ७९ हजार जरिवाना भुक्तान हुने जिल्ला अदालत मोरङका स्रेस्तेदार नवराज दुलाल बताउँछन्। फरार समात्ने टोलीलाई प्रोत्साहित गर्न अभियुक्तहरूबाट असूल हुने जरिवानाको २५ प्रतिशत पुरस्कारको व्यवस्था छ।
अभियानलाई सफल बनाउन पहिले प्रहरीभित्रै सुधार आवश्यक थियो। त्यसका लागि एक महीनामा ३१ प्रहरी कर्मचारीलाई कारबाही भयो। ९ जनालाई निलम्बन नै गरियो। अहिले वार्षिक कार्ययोजना र हेडक्वाटरको क्राइम एक्सन प्लान अन्तर्गत २५ जनाको अपराध अनुसन्धान समूह बनाएर परिचालित गरिएको छ। जिल्लाले अनुसन्धान गर्न नसकेका गम्भीर प्रकृतिका मुद्दाको अनुसन्धान पनि क्षेत्रीय प्रहरीले गर्छ। अनुसन्धान समूह परिचालन भएको आठ महीनामा राम्रो नतीजा हातलागेको छ। | OSCAR-2019 |
||
सेक्स मजा मुक्त भिडियो - भिडियो च्याट विश्वव्यापी! सबै देशका, विदेशी, सारा संसारमा ।
सृष्टिको विज्ञापन साइटहरु
गर्न सक्षम हुन रोक्न
भन्दा बढी, अद्वितीय विज्ञापन, सबै प्लगिन्स मुक्त छन् । यो मा सार्न समय दुनिया को विज्ञापन । हाल, साइट अधिक समावेश, अद्वितीय, अनुक्रमणको र सम्मिलन र खोज धेरै छिटो छन् । वाक्यांश छलफल लागि एक आवश्यकता संभावित विषयहरू मा आज वेबसाइट खरीदारों पनि अनुक्रमित रिलीज मिति मा नै महिना मा सबै लोकप्रिय खोज इन्जिन छ । पनि, भवदीय, -अक्टोबरकारखानों छन् मनाउने वार्षिकोत्सव को महान् देशभक्ति युद्ध । घर मार्च -जीवन पवित्र दिन. यस दिन-यो ठूलो आनन्द र गर्व को राष्ट्रिय उपलब्धि को महिमित पुस्ता को नायक, तिनीहरूले हुनेछ छैन प्रयास गर्छन् बचत आफ्नो मातृभूमि र फासिज्म युरोप देखि. र हाम्रो मायालु हृदय सधैं सम्झना हाम्रो साहस, समर्पण गर्न आफ्नो कर्तव्य मातृभूमि गर्न. यो पनि शोधकर्ताओं फेला एक कमजोरी छ । चिनियाँ वैज्ञानिकहरु गर्न निर्णय रोग धेरै -उच्चतम शिखर, फैलिन्छ मा तापमान वरिपरि -शोधकर्ताओं त थिए सक्षम माध्यम प्राप्त गर्न को कमजोरी को. मास्को प्रतिबन्ध लगाइएको छ जन - गतिविधिहरु या त किनभने फैलाउने को अन्य राजनीतिक आन्दोलनहरु । भीड घण्टा समयमा, सार्वजनिक परिवहन केन्द्र - पछि एक तेज कमजोर बनाइरहेका को रुबल, रूसी परिवर्तन गरेका छन् । पत्रकार देखा र टेलिभिजन मा. विश्वव्यापी ध्यान । हुनत यो, हुनेछ विशेष गरी आक्रामक गर्दा धेरै बैंक पकड डलर र यूरो थिए, पहिले धेरै अन्तरिम विरुद्ध नागरिक । उल्टो पूर्वानुमान. तर, चाँदी, र छन्, दैनिक भंडार मा संग प्रवृत्ति पुष्टि । अधिक जानकारी को लागि, हेर्नुहोस्.
यो एक अनलाइन डेटिङ सेवा । त्यहाँ कुनै निःशुल्क दर्ता
म हाल एक डेटिङ साइट, मा
म प्रतिज्ञा । दर्जनौं डेटिङ साइटहरु को लागि थकित ब्राउजिङ र धेरै अधिक
तपाईं पाउनुहुनेछ धेरै मानिसहरू तपाईं को लागि देख रहे एक नयाँ जीवन शैली । तपाईं रुचि हो भने मा छैन मान्छे हो, जो असहाय समय बर्बाद गर्न, उमेर, क्षेत्र, यो के पहिलो, आफ्नो प्रेम छिटो छ । सामेल सबै भन्दा राम्रो डेटिङ साइटहरु कहिल्यै.
तपाईं मा एक नजर लिन सक्छन् को पुरुष र महिला मा आफ्नो क्षेत्र वा. प्रयोग हाम्रो डेटिङ साइट हेर्न मात्र आफ्नो वास्तविक प्रोफाइल. हामी भन्दा, सदस्य । दसौं मान्छे हजारौं को छन्, सधैं हाम्रो साइट मा-एक डेटिङ साइट रोचक अनुप्रयोगहरू, खेल, निवन्ध र एक मोबाइल संस्करण अनुप्रयोग स्मार्टफोन लागि, भिडियो च्याट, भिडियो सभा र धेरै अधिक. सजिलै पाउन हाम्रो डेटिङ साइटहरु स्थानीय र कहीं पनि दुनिया मा. हामी प्रयास को एक धेरै डाल मा रहेर हाम्रो डेटिङ साइटहरु सुरक्षित छ । हामी गम्भीर दुरुपयोग र दुरुपयोग सबै संचार । यो एक पूर्ण मुक्त वेबसाइट सहित, यो एक स्थानीय कफी दोकान जहाँ तपाईं पूरा गर्न सक्छन् अन्य मानिसहरूलाई साधारण गतिविधिलाई संग या आवेग छ । यो एक ठूलो तरिका मान्छे भेट्न र साधारण गतिविधिलाई र लक्ष्य । यो एक राम्रो विचार सोध्न रूपमा लामो पुरुष पनि प्रतिकार गर्न महिला घर वरिपरि, साथै प्रेम. उच्च-गुणवत्ता प्रोफाइल देखि हाम्रो डेटिङ डेटाबेस समावेश जीवित मान्छे मा, रूस सीआईएस देशहरू र मा संसारभरि भन्दा बढी देशहरुमा. मानिस, हाम्रो अर्को बैठक लागि यो राम्रो हुनेछ हाम्रो अर्को बैठक । शो मंसिर मंसिर: खोज लागि पुरुष र महिला, बालबालिका: कुरा छैन: बालिका र केटाहरू उमेर: - कहाँ: - मास्को, रूस.
. डेटिङ साइटहरु र मस्को, सेन्ट पीटर्सबर्ग
यो पक्कै पनि सिर्जना एक राम्रो नेटवर्क को धनी र उदार । तपाईं छन् भने एक गम्भीर सम्बन्ध, पाउन एक सुविधाजनक, सजिलो समर्थन बैठक वा पुनर्मिलन । त्यसपछि बनाएको छ, तपाईं को लागि बस
मास्को वा सेन्ट पिटर्सवर्ग, पनि, त्यहाँ थिए रेस्टुरेन्ट र क्लबहरू, एक स्थान जहाँ तपाईं पूरा गर्न सक्छन् धनी मान्छे । तपाईं खर्च गर्न सक्छन् एक दिन, हप्ता, महिना, वर्ष, वा वर्ष । दिन, हप्ता र महिना छ कि तपाईं मा खर्च खाता र पूरा धनी समर्थित मान्छे को साइट मा जो बालिका र चोर पूरा । सबै पछि, राख्नु हुनेछ को एक प्रशस्त मात्रामा मानिसहरू लागि डेटिङ साइटहरु लागि मानिसहरू । यो छ एक महान समय दर्ता गर्न चाँडै । एक आदेश को तिनीहरूलाई थप्न, सबै भन्दा राम्रो फोटो आफैलाई गर्न र व्यक्तिगत सभाहरू.
मानिसहरू अक्सर पूरा गर्न मौका छ अप मा बाहिर हराइरहेको बिना धनी र उदार प्रायोजकों एक पत्र वा अर्को. थप एक सर्वेक्षण गर्न सुविधा छ । एक प्रारम्भिक खोज प्रोफाइल धेरै आवश्यक छ लागि यो अपघटन, किनभने यी सुविधाहरू.
मा दर्जनौं सभाहरू, हामी तत्पर प्राप्त गर्न आफ्नो कल.
तपाईं माध्यम जान सक्नुहुन्छ परिचय ।.
जोडे लागि देख रहे जो एक अधिक गम्भीर सम्बन्ध डेटिङ
पहिलो, च्याट मा
यी मुक्त छन्, डेटिङ साइटहरु साइटहरु जहाँ मान्छे मौका प्राप्त गर्न प्रेम र विवाह एक मानिस । यो एक नजिक र अधिक वास्तविक जडान, जहाँ रोचक अनलाइन संचार द्वितीय सजिलै चल्छमात्र मित्रता, तर पनि सम्बन्ध मा केन्द्रित छन् बालिका पूरा गर्ने आफ्नो भविष्य दुलहीको र दुलहा पुरुषहरु. जबकि स्क्यान बचत गर्छ हाम्रो प्रोफाइल, यो बचत गर्न प्रयोगकर्ता द्वारा. मुक्त बोनस प्राप्त हुनेछ अतिरिक्त लाभ । अक्टोबर गरेको छ ।. फाइदा - धेरै फाइदा छन् विवाह र परिवार सकिन्छ परिचित र पनि तपाईं साँच्चै जान्न चाहन्छु, त्यसैले तपाईं पूरा गर्न सक्छन् पनि एक ठूलो चयन को निःशुल्क लागि जापानी शैक्षिक भाषा प्रोफाइल संग एक मानिस वा एक महिला लागि अर्को शहर, तपाईं लागि लागू गर्न सक्छौं पहिलो च्याट, मित्र एक दिन सम्म पहिले तपाईं थाह प्राप्त गर्न आफ्नो मित्र र प्रत्येक अन्य चिन्न. तपाईं चिन्न सक्नुहुन्छ वयस्क विवाह कि तपाईं देख्न र भेट्न बिना फोटो लिन, तर तपाईं कहाँ थाहा छ र जहाँ तपाईं जारी गर्न चाहनुहुन्छ. यो साइट मुक्त लागि हो जो महिलाहरु को लागि देख कसैले माध्यम निःशुल्क यातायात । तर यो पर्याप्त छ गर्नेहरूलाई चिन्न समानुभूति यो वाक्यांश साइट मार्फत एक प्रशंसक भएको छ । तपाईं बारेमा कुरा गर्न सक्छौं, रोमान्स, विवाह र परिवार । त्यहाँ पनि एक पटक वा दुई पटक. तर वास्तविकता मा, यो गम्भीर हुन सक्छ, त्यसैले परित्याग छैन यहाँ । संग शुरू मोमो, पहिलो पहिलो । यो मजा र राम्रो पूरा गर्न मान्छे को एक ठूलो संख्या. कि डेटिङ साइटहरु छन् धेरै गाह्रो संचार प्रतिस्थापन गर्न, धेरै मानिसहरू यहाँ सुरु. मानिसहरू विवाह बालिका पुरुष छर्न मित्रता लागि महिला । प्रेम मा गिरावट, खुसी हुन, क्रोधित हुन. केटी मायालु, हँसमुख, हरेक दिन, सुन्दर सम्बन्ध र न्यानो कोठा, हस्तनिर्मित एक जवान मा परिवार, मित्रता को शुरुवात आफ्नो बुद्धि । मा भने पुरानो मान्छे को उमेर अन्तर्गत धेरै प्यारो गर्ने हो र प्रेम प्राण आधा द्वारा. भरोसा सम्बन्ध मा निर्णय को वजन, जीवनको लागि जिम्मेवारी आपसी समझ, यो मामला मा, मानिसहरू असल छन् मा समझ को कदर तेस्रो पार्टी-साझा निद्रामा ।.
निःशुल्क शिन्जियाङ उईघुर मान्छे को स्वायत्त क्षेत्र
हाल, दर्ता को साइट हो बिना फ्री संग बैठक अर्को साइट, शिन्जियाङ स्वायत्त क्षेत्र । हेर्नुहोस् फोटो र एक सन्देश थप्न
यो नयाँ जानकारी प्रदान गर्ने एक नयाँ तरिका भएको एक फोन नम्बर वितरण र समेकन को प्रशासनिक संसाधन मा निर्भर गर्दछ, सबै भन्दा राम्रो अवस्था को साइट सहभागी.
अन्य डेटिङ साइटहरु र फोटो, फोन नम्बर र सुरक्षा सुविधाहरू हुन सक्दैन सन्तुष्ट दर्ता निःशुल्क छ । र पनि, कुराकानी गर्ने क्षमता संग स्वायत्त बासिन्दा को शिन्जियाङ एलन केटी र एक फोन कल हेर्नुहोस्, फोटो इन्टरनेटमासाइट मुक्त दर्ता र सबै सेवा उपलब्ध साइट मा, मौका संग प्रकट गर्न हरेक दिन देखि सहभागीहरू बीचमा नयाँ सभाहरूमा र परिचितों.एक डीन तपाईं आवश्यक सबै छ. आज तपाईं चयन गर्न सक्छन् एक सेवा, तपाईं पूरा गर्न सक्छन् बालिका र केटाहरू फोटो मा तपाईं जस्तै. यहाँ क्लिक गर्नुहोस् दर्ता.
सभाहरू. दोहा । दोहा डेटिङ साइट समावेश गर्दैन कुनै पनि तार
सम्बन्ध लागि दोहा
कि तपाईं को लागि देख रहे एक गम्भीर नयाँ सम्बन्ध अल्जाइमर रोग, एक महिला वा पुरुष, दोहा मा एक वास्तविक डेटिङ सेवा । दुर्भाग्यवश, यो सम्भव छैन, मूल्यांकन गर्न को प्रदर्शन क्लब । दोहा मा, उहाँले मा कसैले संग एक सम्बन्ध को शहर देखि दोहा । सम्बन्ध संग एक गम्भीर महिला वा मानिस दोहा, जो को सार छ कि अल्जाइमर छ वास्तविक डेटिङ सेवा । दुर्भाग्यवश, अनुमान प्रदर्शन को आफ्नो क्लब । तपाईं चयन भने दोहा, तपाईं पूरा गर्न सक्छन् जो मानिसहरूहामी काम हाम्रो डेटिङ सेवा मा सबै शहर को रूस संग विशाल छ ।.
क्षेत्र लागि सामाजिक र डेटिङ मार्फत
स्वागत डेटिङ साइट छ । केवल यहाँ तपाईं पूरा गर्न सक्छन् मा बालिका केटाहरू क्षेत्र र एक राम्रो समय छ र च्याट बिस्तारै । हामी पनि विकास र विभिन्न मनोरञ्जनसुरु, नयाँ अत्यावश्यक साझेदार, नयाँ रोमान्टिक सम्बन्ध, मित्र, ब्ययफ्रेंडस, र यात्रा । मलाई लाग्छ म एक काम छ । यो छ जहाँ मात्र ठाउँ बालिका पूरा गर्न सक्छन् मान्छे मा क्षेत्र, साथै एक राम्रो समय छ र. हामी पनि विकास र विभिन्न मनोरञ्जन. सुरु, नयाँ अत्यावश्यक साझेदार, नयाँ रोमान्टिक सम्बन्ध, मित्र, ब्ययफ्रेंडस, र यात्रा । म त्यहाँ लाग्छ छन् तिनीहरूलाई को धेरै.
मुक्त दर्ता मा सबै भन्दा राम्रो
स्वतन्त्रित डेटिङ साइट, त्यसपछि तपाईं सही ठाउँमा छन्माथि पूरा, च्याट, जान निःशुल्क, हरेक दिन । तपाईं चयन गर्न सक्छन्, मिति, हल्कासित दर्ता निःशुल्क छ । इश्कबाज र च्याट रोमान्स बिना मुक्त लागि दर्ता मा एक आधुनिक वेबसाइट को आफ्नो विकल्प छ । इश्कबाज गर्न दर्ता बिना एक एकल, काम चाँडै गतिशील छ ।, नयाँ परिचितों लागि सजिलो खोज बेमतलबको जिस्क्याइले लागि ö बिना दर्ता. मजा आनन्द र उच्च गुणवत्ता को एक मुक्त अनलाइन डेटिङ सेवा । पनि शुरू मा इश्कबाज लागि मुक्त दर्ता मा डेटिङ साइटहरु, मुख्यतः संचार सुविधा, संग कुनै मिति सीमा ।.
डेटिङ साइट, मा मान्छे भेट्न
एक नयाँ व्यक्ति, जहाँ यो च्याट कोठा तपाईं पूरा गर्न सक्छन् र इश्कबाज छ को हृदयमा स्थित अल्जेरिया, नजिकैआत्मा अल्जेरिया-फ्रान्सेली औपनिवेशिक वास्तुकला भनेर. मा को पुरानो शहर । तपाईं अझ बढी सिक्न चाहनुहुन्छ अल्जेरिया गरेको ऐतिहासिक मनोरञ्जन र मनोरञ्जन स्पट, छ संरक्षित को एक नम्बर दरबार, मस्जिदों. नयाँ मित्र बनाउन र आनन्द, एक आराम वातावरण संग मसालेदार मसला । त्यहाँ आशा छ । ऊँटहरू सवारी मरुभूमि मा. एक असामान्य खेल-तपाईं रुचि हो भने मा स्कीइंग मा पहाडहरु छ । तपाईं छ भने स्थानीय वा अल्जीरीयाई मित्र, त्यहाँ छन् को एक धेरै रोचक मान्छे देखि अल्जेरिया यहाँ ।, भन्दा धेरै मानिसहरू आउन यहाँ हरेक दिन सामाजिक र भाग मा नयाँ परिचितों, वा बालिका र केटाहरू.
गम्भीर सम्बन्ध उमेर मा पुरुषहरु लागि ट्र्याबजन.
ट्र्याबजन उहाँले थियो को अध्यक्ष को धेरै क्षेत्र को सेवा को लागि पुरुष र महिला, छोराछोरी, इन्टरनेट । अनलाइन डेटिङ र विश्वास पनि सिर्जना आवश्यकता को लागि एक बलियो परिवार समुदाय । भविष्यमाछोडपत्र को दर भन्दा बढी छ मा दुवै, विवाह र बीचको उर्दी.
मिल्दोजुल्दो साझेदार यो मा एक महत्त्वपूर्ण भूमिका खेल्छ यो मुद्दा । जडान को वेबसाइट मा ट्र्याबजन बढेको छ, यो सबैभन्दा सकारात्मक प्रवृत्ति मा विकास को सम्बन्ध राम्रो छ, सोध्न पहिलो । यो साइट पठाए नि: शुल्क प्रत्येक व्यक्तिको लेखाजोखा गर्न अनुकूलता तपाईं को.
नयाँ, सबै सूचीबद्ध अनलाइन डेटिङ सेवाहरू लागि एक गम्भीर स्तर को सम्बन्ध, यो वेबसाइट मुक्त लागि उपलब्ध छ.
सिर्जना कि एक व्यक्ति तपाईं पूरा गर्न सक्छन् र म्याच, यो जीवन र समय धेरै महिलाहरु ।.
तपाईं पाउनुहुनेछ धेरै मानिसहरू एक नयाँ तरिका लागि देख को जीवन ।.
तिनीहरूले विभिन्न छन्, कुनै, कुनै, कुनै, कुनै.
कुनै, कुनै, कुनै, कुनै, कुनै. कुरा गरौं । अर्को शब्दमा, यो बुझ्न कठिन छ को आन्तरिक राज्य को कोष. भावना तिनीहरूले संग हस्तक्षेप गर्न सक्छ.
बिरामी महसुस, पनि लाग्छ तिरस्कार, डर, वा दुःख. केटी त्यहाँ कुरा थियो उहाँले देखे वा गलत अर्थ लगाइन्छ भन्ने थिएन सराहना । उहाँले थाहा थिएन कि उहाँले थियो एक मित्र देखि विदेश।, तिनीहरू पनि उहाँलाई बिन्ती गरे को लागि रक्सी मदत गर्न प्रतियोगिता मा नै छ । एक नियम को रूप मा, यो भावना को एक चिन्ह छ, एक खराब मुड. पुरुष र महिला थिए धेरै शत्रुतापूर्ण यो कुरा । यो भन्दा परिचित आवाज तिनीहरूलाई देखि, र त्यो पर्याप्त छैन । यो सफलता छ, एक आत्म-पर्याप्त महिला । सामान्यतया, अनुहार मा अनुहार अभिव्यक्ति प्रकट मा बसिरहेका बिरालोहरु । तपाईं कल्पना गर्न सक्नुहुन्छ, छैन एक व्यक्ति सम्भव छ । बुझेर यसको महत्व को एक परिणाम रूपमा यो गिरावट. र कुनै साधारण मानिस, उहाँले रहन । यदि बाह्य महिला डर को भूमिका छ एक मानिस, त्यसपछि कार्यकता छ बाहिर को डर मा यो आन्तरिक एक मात्र.
एक महिला लेकानेखुसीगर्छ उनको टाउको मा उनको हजुरआमा कान मा देखाउनुभएको ध्वनि, उहाँले छैन हुनेछ लागि प्रतीक्षा अन्तिम समय जब उहाँले के गर्न सक्नुहुन्छ फेरि काम, तर उहाँले दिन को लागि सक्षम हुनेछ केही अधिक छ । यसको मालिक, एक महिला संग एक दुःखी अभिव्यक्ति को अनुहार, आफ्नो आँखा धेरै त्यस्तै छ, तल गए । तिनीहरूले विश्वास केटी अझै देखाइएको उनको पूर्ण आंकडा सम्म, त्यो देखि बरामद गरेको छ, एउटा पुरानो सम्बन्ध छ । कहीं, अपवाद बिना, हिडाइ रूपमा, विभिन्न छ भने, मा निर्भर गर्दछ, आफ्नो बानी र नाक कम पागल । वास्तवमा, यी सबै भावना सिर्जना आन्तरिक विभाजन र चिन्ता गर्ने महिला व्यक्त उहाँलाई राखे संगरोध मा जस्तै उहाँले गर्छ । यो प्राप्त गर्न कठिन छ वा सन्तान जन्माउन व्यावहारिक पर्याप्त छ । परामर्श द्वारा आयोजित छ जो एक व्यक्ति छ छैन एक खराब.
पहिलो पटक तपाईं आफैलाई पाउन, हल्कासित नलिनुहोस् यो चासो छ । किन के तपाईं लाग्छ छ."'. यो कुरा हुन सक्दैन भनेर परीक्षण छ किनभने यो, जानिजानि गलत समाधान हो ।. त्यहाँ ज्ञान प्राप्त गर्न यो प्रयोग मा, र डर बिना पूर्वाग्रह, पछि यसको परिणाम, छ कुनै जडान छ । मुख्य औंठी को नियम, यो मामला छ भने कृपया जोगिन बैठक मानिसहरू लागि दीर्घकालीन योजना, छ आफ्नो खुशी को खर्च मा समय संचार । के पुरुष भन्नु महिला प्रेम सजिलै, चासो दर, दुःख, चाँडै हुन समूह.
डेटिङ साइटहरु मा ओडेसा क्षेत्र
यो एक प्रामाणिक काम बारे मानव जीवन र कोरियाली व्यापार । राम्रो छ । ट्रिस्टेशान्त, सन्तुलित, सुखद, गम्भीर सम्बन्ध र खराब बानी देखि, परिवार बे, माउन्ट फुजी, वर्ष पुरानो महिला, वा महिला.
म इमानदार हुन, एक आदरणीय परिवार ।.
दर्ता बिना एक मिति . यो मुक्त छ । यो एक डेटिङ साइट भएको छ.
यहाँ तपाईं पूरा गर्न सक्छन् एकल महिला वा बालिका र मानिसहरू लागि, विवाह गम्भीर सम्बन्ध । एक मानिस लागि देख एक महिला संग एक परिचित फोटो । डेटिङ साइटहरु अद्वितीय विशेषताहरु को एक मुक्त डेटिङ सेवा हो शारीरिक बाधा । तर लागि विभिन्न कार्यक्रम, यस्तो मिसिन लग इन र अरूलाईयहाँ तपाईं पूरा गर्न सक्छन् एक एकल महिला वा विवाह को एक केटी र एक मानिस छ, एक मानिस, एक गम्भीर सम्बन्ध छ । मानिसहरू कल महिला संग फोटो को आफ्नो मित्र छ । डेटिङ साइटहरु एक मुक्त अद्वितीय डेटिङ सेवा, यो एक शारीरिक बाधा । तर विभिन्न कार्यक्रम, यस्तो इनपुट रूपमा मिसिन, आकाशवाणि, र अरूलाई.
इतिहास लागि . बालिका-बालिका
यहाँ तपाईं पूरा गर्न सक्छन् एकल महिला वा बालिका र केटाहरू लागि, विवाह गम्भीर सम्बन्धको लागि पुरुषमा प्रवेश सुनिश्चित गर्न पुरुष लागि देख रहे महिलाहरु संग फोटो को आफ्नो मित्र छ । डेटिङ साइटहरु एक मुक्त अद्वितीय डेटिङ सेवा, यो एक शारीरिक बाधा । तर जस्तै विभिन्न कार्यक्रम र धेरै अन्य मिसिन इनपुट प्रणाली । यहाँ तपाईं पूरा गर्न सक्छन् एक महिला वा एक केटी र एक केटा लागि एक मानिसको विवाह, गम्भीर तपाईं बीच. मानिसको विवाह । दुर्घटना । मा प्रवेश कि छैन, पक्का मानिसहरू तिनीहरूले लागि देख रहे महिलाहरु संग फोटो को परिचितों. मुक्त डेटिङ सेवा डेटिङ साइट को एक शारीरिक अवरोध अन्वेषण गर्न अनुपम मौका छ । तर विभिन्न कार्यक्रम यस्तो इनपुट रूपमा मिसिन, आकाशवाणि, र अरूलाई.
सभाहरू. स्क्रैप-स्क्रैप. कुनै
सम्बन्ध रोम लागि मुक्त छ लागि सबै उमेर । नयाँ सम्बन्ध गम्भीर उपयुक्त पुरुष र महिला लागि, अर्क, एक वास्तविक अल्जाइमर डेटिङ सेवा । दुर्भाग्यवश, यो सम्भव छैन, मूल्यांकन गर्न को काम क्लब । स्क्रैप छ एक अद्वितीय र गम्भीर मुक्त दिन को लागि स्क्रैपस्क्रैप, अर्क र रिफ्रेस सम्बन्ध डेटिङ सेवाहरू संग गम्भीर पुरुष र महिला अल्जाइमर रोग संग वास्तविक हो । दुर्भाग्यवश, यो असम्भव छ को प्रदर्शन मूल्यांकन क्लब । तपाईं चयन भने, एक जिप्सी, त्यसपछि तपाईं पूरा गर्न सक्छन् जो मानिसहरू. हामी विकसित गर्न सबै शहर ढाकिएको रूसी डेटिङ सेवाहरू ।.
डेटिङ साइटहरु लागि मुक्त लागि
नमस्ते, यस्तो हम्सटर, तिनीहरूलाई एक, छ कार्य मा लेख्न अगाडि उहाँलाई । हामी त उहाँलाई भेटे पछि त्यो दिन । गोष्ठीको नक्शा नक्सामा पनि राम्रो छ, कठिन काम हो । अवकाश उमेर हुनुपर्छ वर्ष, वर्ष भनेर, यो प्रेम र सबैलाई द्वारा सराहनासबैलाई को सर्कल विस्तार सम्बन्ध र मित्रता. हामी लागू.
मुक्त लागि युवा, महिला, पूर्व काजकिस्तान
वा उमेर, वा अलिकति ठूलो
मलाई लाग्छ, कि यो । त्यसैले, तपाईं छन् जो एक व्यक्ति समाधान गर्न चाहन्छ जीवन संग सकारात्मक र रोचक लक्षण, तपाईं पूरा गर्न सक्छन्यो साँच्चै महंगा छ, मायालु र कोमल. उहाँले प्राप्त गर्न सक्छन् एक मान्छे संग आफ्नो भन्दा अन्य स्नेह र दया. एक मजा र कठिन क्षण । यो पनि लायक ध्यान पत्नी को एक राम्रो मान्छे भनेर उहाँले निको पार्न समय सम्म उहाँले हुन्छ महत्वपूर्ण मानिसहरूको दीर्घकालीन सम्बन्ध । यो व्यक्ति विधवा, आदि. हुन । म तपाईं चाहनुहुन्छ माथि. र म तयार थियो लागि, एक गम्भीर सम्बन्ध छ । म चाहनुहुन्छ समाजीकरण, खेल, र सहयोग छ । गतिविधिहरु, सोख र राम्रो कुराहरू बस सावधान हुन छैन गर्न एक खतरनाक अवरोध. रक्षा सबै जीवन खतरामा पार्ने सोख छ । म यात्रा गर्न चाहनुहुन्छ, त्यसैले मेरो छोराछोरी र नातिनातिनी गर्न सक्छन्, बिस्तारै हिंड्न, विपरीत मा, त्यहाँ छ, विश्राम र आनन्द । डाउनलोड हतियार - यो निद्रामा र जागा, साथै मूल कुराहरु र थाहा-कसरी भन्ने म जस्तै । र सधैं सँगै आनन्द र दुःख छ, र रोग, र स्वास्थ्य । महिला, पूर्वीय मा काजकिस्तान क्षेत्र । मुक्त लागि यो नियन्त्रण को सबै क्षेत्रहरु मा महिला को. साइट दर्ता छ र प्रस्ताव अन्तरक्रिया गर्ने मौका महिला र बालिका जीवित को पूर्वी क्षेत्रहरु मा काजकिस्तान र अन्य क्षेत्रहरु । तपाईं चाहनुहुन्छ भने पूरा गर्न र बनाउन प्रेम, नयाँ परिचितों, मित्र, र त्यहाँ छन् छन् भन्ने साइटहरु तपाईं को लागि प्रतीक्षा को दोस्रो आधा मा, सहित ।.
लागि.
हाम्रो साइट को लागि इरादा वास्तविक मान्छे मा आफ्नो किशोरम, तपाईं सम्म प्राप्त थकित म बस जडान गर्न चाहनुहुन्छ इन्टरनेट संग र अन्त राखे वास्तविक सम्बन्ध र यो जान गरौं. हाम्रो साइट दर्ता निःशुल्क छ । तापनि निर्भरता को आफ्नो मित्र र परिचितों हाम्रो साइट मा, धेरै उच्च छ यो हाम्रो जिम्मेवारी छ । हाम्रो साइट को लागि इरादा छ मान्छे को वास्तविक उमेर । बस बस माथि गर्न चाहँदैनन् अन्तरक्रिया इन्टरनेट रोक्न र वास्तविक सम्बन्ध र विभाजित । हाम्रो दर्ता. तापनि निर्भरता मा आफ्नो मित्र र परिचितों पनि उच्च छैन हाम्रो साइट देखि, तर भित्र हाम्रो साइट छ ।.
मुक्त पैसा र पुरुष, डेटिङ मा
मलाई थाहा दिनु कृपया यो लेखिएको छ मात्र एक गम्भीर र तरिका हो । म खोजिरहेको छु, एक वास्तविक महिला को आराम को लागि मेरो जीवन । म आशा गर्न सकिन्छ, एक महिला संग शेयर गर्ने उनको भाग्य संग मलाई । म तपाईंलाई दिनेछु स्वस्थ ऊर्जास्वतन्त्र को नेतृत्व गर्न प्रयास आफ्नो जीवन शैली, धूम्रपान र पिउने, यी बानी । यो हृदय को एक व्यक्ति, तपाईं चाहनुहुन्छ एक पाउन. महिला रुचि छैन छ एक धेरै को सम्बन्ध संग आफ्नो छोराछोरी वा नातिनातिनी, जहाँसम्म मोबाइल फोन लोकप्रिय छन् पुस्तामा लागि.
महिला लागि चासो भाषा र विभिन्न संस्कृतिका, शारीरिक, घनिष्ठता र मानसिक अमेरिका । मित्र लागि बाँच्न भन्दा मित्र । यहाँ । नमस्कार । तपाईं प्रयोग पृष्ठ पूरा गर्न एक मान्छे.
मुक्त पुरुष हो हाल मा प्रदर्शित दर्ता प्रोफाइल लागि अविवाहित.
एक पल्ट दर्ता, जोडे लिन मिनेट पहुँच गर्न र कुराकानी गर्न मिश्रण मा पुरुष र महिला दुवै संग.
महिलाहरु र सज्जनहरु, यो पाउन, प्रेम, विवाह वा विवाह को शहर मा, जीवन नजिकै.
Kórejský video Chat-ruleta, Video chat, Kórea
डेटिङ बिना फोटो च्याट बिना दर्ता फ्री वयस्क डेटिङ भिडियो च्याट अनलाइन संग बालिका भिडियो च्याट मित्रता अनलाइन अनलाइन बिना पूरा गर्न दर्ता अन्वेषण भिडियो च्याट निःशुल्क | 2021/06/18 22:06:50 | https://ne.videochat.world/tags/%E0%A4%B8%E0%A5%87%E0%A4%95%E0%A5%8D%E0%A4%B8_%E0%A4%AE%E0%A4%9C%E0%A4%BE_%E0%A4%AE%E0%A5%81%E0%A4%95%E0%A5%8D%E0%A4%A4_%E0%A4%AD%E0%A4%BF%E0%A4%A1%E0%A4%BF%E0%A4%AF%E0%A5%8B | mC4 |
नयनराज पाण्डेको 'यार' लाई पद्मश्री साहित्य पुरस्कार | Ujyaalo Online:: Nepal News, Nepali Samachaar
नयनराज पाण्डेको 'यार' लाई पद्मश्री साहित्य पुरस्कार
कात्तिक ७, २०७५ बुधबार १८:३८:५६ | रासस
काठमाडौं – नेपाली साहित्यको विकास तथा विस्तारमा उल्लेखनीय योगदान पुर्याएबापत डाक्टर तारानाथ शर्मा (तारानाथ भण्डारी)लाई 'पद्मश्री साधना सम्मान' र आख्यानकार नयनराज पाण्डेको सस्मरण संग्रह 'यार'लाई 'पद्मश्री साहित्य पुरस्कार' प्रदान गरिएको छ ।
खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान, चितवनद्वारा स्थापित ती सम्मान र पुरस्कारका राशि दुई लाख रुपैयाँसहित सम्मानपत्र रहेको छ । प्रतिष्ठानले वि.सं. २०६३ देखि वर्षभरि प्रकाशित साहित्यिक कृतिमध्ये एक र २०६७ देखि साहित्य र कलामा दीर्घ साधना गर्दै आएका एक स्रष्टालाई ती सम्मान र पुरस्कार प्रदान गर्दै आएको छ ।
प्रतिष्ठानद्वारा बुधबार यहाँ आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष जीवा लामिछाने र उहाँका माता हरिकला लामिछानेले संयुक्त रुपमा ती पुरस्कार एवम् सम्मान प्रदान गर्नुभएको हो ।
त्यस अवसरमा प्रतिष्ठानका अध्यक्ष लामिछाने, उपाध्यक्ष धनराज गिरी र अमर न्यौपानेले प्रतिष्ठानका गतिविधिमाथि प्रकाश पार्नुभयो ।
सम्मानित व्यक्तित्व डाक्टर शर्माले उमेरले आफू ८० काटे पनि साहित्य रचनामा कमी नआएको बताउनुभयो । अर्का पुरस्कृत स्रष्टा पाण्डेले पुरस्कार पाउनु लेखकको जीवनमा सुन्दर घटना होइन, असल कृतिको सिर्जना गर्न सक्नु नै सर्वाधिक सुन्दर घटना हो भन्नुभयो । | 2020/09/29 11:35:14 | https://ujyaaloonline.com/story/8776/2018/10/24/padmashree-award | mC4 |
काठमाडौँ । बौद्धस्थित महानगरीय प्रहरी वृतले एघार महिनाको अवधिमा विभिन्न आपराधिक घटनामा संलग्न ८ सय ४४ लाई पक्राउ गरेको छ । वि.सं. २०७५ असोजदेखि २०७६ भदौसम्म ११ महीनाको तथ्याङ्क हेर्दा बौद्ध क्षेत्रबाट मात्रै ६८८ मुद्दामा आरोपति ८४४ पक्राउ परेका थिए ।
पक्राउ परेकाहरू लागुऔषध, जुवा, जबरर्जस्ती करणी, चोरी, बालयौन दुराचार, कर्तव्य ज्यान, बैंकिङ कसुर, मानव बेचविखनलगायत मुद्दासँग सम्बन्धित थिए । पक्राउ परेकाहरूमध्ये सबैभन्दा बढी जुवा खेल्ने–खेलाउनेसँग सम्बन्धित थिए । जुवासँग सम्बन्धित ३५ मुद्दामा २९१ लाई पक्रउ गरी मुद्दा चलाइएको थियो ।
पक्राउ परेकाहरूबाट रु. ३१ लाख ४१ हजार ३७० बरामद भएको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । प्रहरीले गत फागुन २५ गते काठमाडौँ महानगरपालिका– ६ महाङ्कालबाट रु. एक लाख ९६ हजार १५० बरामद गर्नाका साथै आठ जनालाई पक्राउ गरेकामा एक तेस्रो लिङ्गी, चार महिला र तीन पुरुष थिए ।
त्यस्तै चोरीेको अभियोगका ५१ मुद्दामा ९१ जनालाई पक्राउ गरिएको थियो । पक्राउ पर्नेमा सबैभन्दा बढी १८ वर्ष मुनिका बालबालिका रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
परिवारले वास्ता नगर्ने, आर्थिक अवस्था कमजोर भएका तथा बाबु आमाको ठेगान नभएका बालबालिका नै चोरी गर्दै हिँड्ने गरेको पाइएको छ ।प्रहरीले गत फागुन ११मा कपनको निलोपुलबाट २८ थान मोबाइलसहित चोरी गर्ने चार जनालाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका १८ वर्ष मुनिका दुई, सुर्खेतको एक र नवलपरासी घर भई काठमाडौँ बस्ने एक रहेको प्रहरी नायब उपरीक्षक चन्दले बताए ।
घर परिवारबाट टाढा रहेका तथा परिवारको निगरानी तथा रेखदेख नभएका युवायुवती र बालबालिका दुर्व्यसनीमा फस्दै गएको पाइएको छ । पहिल्लो ११ महिनाको तथ्याङ्कमा बौद्ध क्षेत्रबाट लागूऔषधका २९ मुद्दामा ४१ पक्राउ परेका थिए ।
विभिन्न समयमा विभिन्न स्थानबाट डाईजेपाम, फेनारगन र नुफिन एक हजार १३५ थान बरामद गर्नाका साथै गाँजा १६ किलो, चरेस दुई किलो, ब्राउन सुगर ७७ ग्राम र नाइट्रोभेट चक्की एक हजार ३३७ थान बरामद गरिएको थियो ।
जबरर्जस्ती करणी अभियोगका २६ मुद्दामा ३५ जना विरुद्ध मुद्दा चलाएको थियो । सहमतिमा 'लिभिङ टुकेदर' बस्ने र घरपरिवारले थाहा पाएपछि अभिभावकको दबाबमा जबरर्जस्ती करणी मुद्दा दर्ता गर्ने गरेको घटना पनि प्रशस्त थिए । 'लिभिङ टुगेदर'सम्बन्धी कानून नबन्दासम्म यस्ता किसिमका समस्या बढ्दै जाने अधिवक्ता अस्मिता पोखरेलले बताए ।
त्यस्तै बैंकिङ कसुरमा ५१, सार्वजनिक कसुरमा १९१, ज्यान मार्ने उद्योगमा ३८, बहुविवाहमा २०, बालयौन दुराचारमा तीन, ठगीमा चार, विद्युतीय अपराधमा एक, कर्तव्य ज्यान मुद्दामा सात, मानव बेचविखन तथा ओसारपसारमा तीन, सवारी ज्यानमा सातजनालाई पक्राउ गरी मुद्दा चलाइएको थियो ।
गतसाता मात्रै बौद्धको रामहिटीबाट प्रहरीले ८३ किलो रक्तचन्दनसहित च्याङ्बा लामा र योन्देन ग्याङ्जु तामाङलाई पक्राउ गरी काठमाडौँ जिल्ला वन कार्यालय पठाएकोे थियो ।
त्यस्तै ११ महीनामा बौद्धका भट्टीमा छापा मार्दा मदिरा बनाउन राखेको एक लाख ५४ हजार लिटर कच्चापदार्थ नष्ट गर्नाका साथै तयारी अवस्थामा रहेको हानिकारक ४३ हजार लिटर मदिरासमेत नष्ट गरिएको थियो ।
अपराध तथा अबैध कारोवारमा संलग्नलाई कानूनी दायरामा ल्याई तत्काल कारवाही गरिने भएकाले यस्ता आपराधिक क्रियाकलापको तत्काल जानकारी दिन पनि प्रहरी नायब उपरीक्षक चन्दले सर्वसाधारणलाई आग्रह गरे । | 2020/04/03 21:44:42 | http://www.nepalipatra.com/news/arrest/29644 | mC4 |
Myagdi News - महिला कर्मचारीलाई तलबसहित ३ महिना बढी प्रसूति विदा दिन मन्त्रालयको निर्देशन - Myagdi News
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रसूति विदा नियमअनुसार दिन सरकारी निजी तथा गैरसरकारी संघ संस्थाहरुलाई निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै महिला कर्मचारीहरूबाट नियमअनुसार प्रसूति विदा नदिएको गुनासो आइरहेको भन्दै त्यसका लागि ९८ दिन तलव सहितको विदा दिन निर्देशन दिएको हो ।
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १३ मा निजी र सरकारी गैरसरकारी संघ–संस्थामा कार्यरत महिला कर्मचारीलाई सुत्केरी हुनुअघि वा पछि कम्तीमा ९८ दिनसम्मको तलव सहितको प्रसूति विदा पाउने व्यवस्था छ । रातोपाटीबाट | 2022/06/30 13:10:47 | https://myagdinews.com/2022/06/%E0%A4%AE%E0%A4%B9%E0%A4%BF%E0%A4%B2%E0%A4%BE-%E0%A4%95%E0%A4%B0%E0%A5%8D%E0%A4%AE%E0%A4%9A%E0%A4%BE%E0%A4%B0%E0%A5%80%E0%A4%B2%E0%A4%BE%E0%A4%88-%E0%A4%A4%E0%A4%B2%E0%A4%AC%E0%A4%B8%E0%A4%B9%E0%A4%BF/ | mC4 |
अबको निकासः प्रधानमन्त्रीको पहलमा सर्वदलीय बैठक | Sabaiko Online
Home Flash News अबको निकासः प्रधानमन्त्रीको पहलमा सर्वदलीय बैठक
प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो दलले हार्ने थाहा पाउँदा पाउँदै पनि निर्वाचन सम्पन्न गराएर मुलुकलाई संक्रमणबाट जोगाएका छन् । अब उनले बहुमत प्राप्त दललाई सहजरुपमा चाँडोभन्दा चाँडो सत्ता हस्तान्तरण गर्न आवश्यक छ ।
तर, सरकार हस्तान्तरणमा केही संवैधानिक जटिलताहरु सिर्जना भएका छन् । र, यसका लागि सरकार र वाम गठबन्धनवीच शंका उपशंका होइन कि आपसी सहकार्यको खाँचो टड्कारो बनेको छ ।
निर्वाचनपछि कचल्टिन थालेको राजनीति परिस्थितिलाई थप जटिल हुन नदिनका लागि अब प्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालै सर्बदलीय बैठक बोलाउनुपर्छ । यस्तो सर्वदलीय बैठकमा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डमात्रै होइन, राष्ट्रिय जनता पार्टीका शीर्ष नेता र संघीय समाजवादी फोरमका अध्यक्षलाई पनि बोलाउनु राम्रो हुन्छ ।
सर्वदलीय छलफलका एजेण्डा
प्रधानमन्त्रीले बोलाउने सर्वदलीय बैठकमा सबैभन्दा पहिले राष्ट्रियसभा सम्बन्धी अध्यादेशमा समझदारी जुटाउन जरुरी छ । त्यो अध्यादेशमा सहमझदारी नजुटाउँदा राष्ट्रियसभाको चुनाव चाँडो हुन सक्दैन र त्यसले सरकार गठनलाई अवरुद्ध पार्न सक्छ । त्यसर्थ प्रधानमन्त्रीको पहलमा तत्कालै यस विषयमा पहल कदमी थाल्न र शीतलनिवासलाई अध्यादेश जारी गर्ने बाटो खोलिदिनु आवश्यक छ ।
प्रधानमन्त्रीले बोलाउने सर्वदलीय बैठकमा छलफल गर्नुपर्ने अर्को एजेण्डा ७ वटा प्रदेशका प्रदेश प्रमुख कसलाई तोक्ने र प्रदेशसभाको बैठकका लागि अस्थायी मुकामहरु कहाँ बनाउने भन्ने हो ।
प्रदेश प्रमुखका विषयमा कामचलाउ सरकारले एकलौटी निर्णय गर्न खोज्नु अनैतिक हुन जान्छ । त्यसैगरी अन्य दलहरुले पनि सरकारलाई यसबारे निर्णय नै गर्न पाउँदैनस् भन्दाखेरि यसले संवैधानिक प्रक्रियाको हलो अड्काउन सक्छ ।
चुनावी नतिजालाई हेर्दादेरि दुई नम्बर प्रदेशमा मधेसकेन्दि्रत दलको बहुमत आएको छ र त्यहाँ राजपा र फोरमले प्रदेश सरकार गठन गर्ने निश्चितजस्तै छ । अन्य ६ वटा प्रदेशहरुमा वामपन्थीको मुख्यमन्त्री बन्ने अवस्था छ । यो स्थितिमा प्रदेश प्रमुख तोक्दा तत प्रदेशमा चुनाव जितेका दलका नेतासँग पनि परामर्श गरियो भने यसले राष्ट्रिय सहमतिका लागि सकारात्मक वातावरण बनाउन सक्छ ।
राष्ट्रियसभाको चुनावको मिति कहिले तोक्ने भन्ने विषयमा पनि यस्तो सर्वदलीय बैठकले देउवा सरकारलाई सजिलो बनाइदिन सक्छ ।
त्यसैले प्रधानमन्त्री देउवाले राष्ट्रियसभाको चुनावका लागि अध्यादेश बनाउने र प्रदेश प्रमुख वा प्रदेशसभाको बैठकस्थल तोक्ने सन्दर्भमा सर्वदलीय छलफल गर्नु नै अहिलेको उपयुक्त निकास हो ।
यसका साथै दलका शीर्ष नेताहरु एकैठाउँमा भेला भएर चियापान गर्ने वातावरण प्रधानमन्त्रीले जुटाइदिने हो भने यसले चुनावबाट भत्किएका मनलाई भावनात्मकरुपमा जोड्ने वातावरणको समेत थालनी हुनेछ र आपसमा उत्पन्न आशंकाहरु पनि चिरिनेछन् ।
दलका शीर्ष नेताहरु चुनाव सकेर राजधानी आइसकेका छन् । त्यसैले प्रधानमन्त्री शेरबहादुृर देउवाले भोलि नै सर्वदलीय बैठक राखेर सहमतिको खोजी गरुन् । यसो गरेर सहजरुपमा सरकार हस्तान्तरणको वातावरण बनाउनु प्रधानमन्त्री देउवाको अधुरो दायित्व हो । प्रतिकुल परिस्थितिमा पनि चुनाव सम्पन्न गरेर प्रधानमन्त्री शेरबहादुर देउवा धन्यवादको पात्र भइसकेका छन् ।
कानूनका जानकार कतिपय मानिसले राष्ट्रियसभाको निर्वाचन नभए पनि नयाँ प्रधानमन्त्रीको चयन हुन सक्ने तर्कहरु गरिरहेका छन् । यदि त्यस्तो हो भने पनि दलहरुले चाँडो एउटा निश्चित समभलदारीमा पुगेर निकास दिन जरुरी छ ।
अन्यथा राष्ट्रियसभाको चुनाव गर्नु नै पर्ने भएकाले चाँडो तयारी गरेर राष्ट्रिय सभाको चुनाव गराइहाल्नु वाञ्छनीय हुन्छ । किनभने, संविधानको पूर्णताका लागि राष्ट्रियसभाको चुनाव पनि माघ ७ भित्रै सकिनुपर्छ । | 2021/05/16 22:26:57 | http://sabaikoonline.com/2017/12/4450 | mC4 |
नारीको साथ नारीलाई — Harpraharnews.com
नारीको साथ नारीलाई
सबीना राई
प्राकृतिक रुपमा नारीको मन जति कोमल हुन्छ, सृष्टिको लागि नारीको भुमिका त्यति नै जटिल हुन्छ। नारी भनेको आमा हो, आमा भनेको सृष्टिको अभिन्न अंग हो।
नेपालको सन्र्दभमा तिनै नारी जाति अपहेलित छन् भन्नुपर्दा दुःख लाग्छ। सामाजिक परिपेक्षमा र धार्मिक ग्रंन्थहरुमा नारीको स्थान उच्चकोटीमा राखिएको पाइन्छ। जस्तै –नारी भनेको धर्ती हुन्, माता हुन्, अनि सृष्टि हुन्। नारीलाई धर्तीको संज्ञा त्यसै दिइएको होइन। नारीको मन कोमल भएता पनि नारीमा अथाह पीडा सहन सक्ने अत्भूत क्षमता हुन्छ। जीवन र मृत्यूको दोसाधमा प्रस्वव पीडा सहेर सृष्टिलाई निरन्तरता दिने अपरम्पार शक्ति नारीमा मात्र हुन्छ।
नारी जातिलाई धार्मिक शास्त्रमा महिसासुर जस्तो राक्षसको बध शक्तिशाली पात्रको रुपमा वर्णन गरिएको छ। अर्का तिर सामाजिक रुपमा हिजो पालना गरिएको सती प्रथा होस् या आज पनि कायम रहेको छौपडी प्रथा र बोक्सी प्रथा नै किन नहोस् जसले नारी जातिको आत्मसम्मानमा आघात पु¥याएको छ। अझ दुःख लाग्दो विषय त यस्तो कुप्रथालाई निरुत्साहित गर्न राज्यको सरोकारवाला निकायहरुले पनि जागरुकता देखाएको पाइदैन।
अझ नारी माथी हुने गरेका हिंसात्मक गतिविधिहरुले महिलाहरुको जीवन झन दर्दनाक र पीडादायी बनाएको छ। यस्तो अवस्थामा नारीको उत्पीडनको विषयलार्ई कतिपय संघ संस्थाले मागी खाने भाडाको रुपमा प्रयोग गर्दै आईरहेको तितो सत्यपनि कोहीबाट लुकेको छैन।
यस्तो अप्ठ्यारो परिस्थितिमा गुज्रीरहेको नारीहरुको मुक्तिका लागि कसैले आवाज उठाएर, आन्दोलन गरेर हुनेवाला छैन। यसको लागि अब नारीले नारीलाई साथ दिनु पर्ने हुन्छ। आफ्नो हकहित र अधिकार प्राप्तिको लागि आफै जागरुक हुन जरुरी छ।
नेपालको सामाजिक संरचनाले पनि नारीलाई अघि बढ्न निरुत्साहित गरेको छ। बाल्यकाल देखि नै छोरा र छोरीलाई अलग संस्कार दिने गरिन्छ। जस्तै छोरीले घर धन्दा र चुलो चौको गरेर बचेको समयमा मात्र पढ्नु पर्ने अवस्था छ। तर छोराले पढेर बचेको समय खेल्नमा विताई रहेको हुन्छ। त्यसकारण पढाईको क्षेत्रमा छोरा भन्दा छोरी कमजोर हुनु स्वाभाविक नै हो। यदि नारीलाई पनि पुरुष सरह क्षमतावान बनाउने हो भने यही बिन्दुबाट संघर्षको सुरुवात गर्नुपर्छ। नारी समानता, र हक अधिकारको नाराहरु बुलन्द रुपमा घन्कीरहेको बेलामा विभिन्न क्षेत्रमा अगाडी बढ्ने सोच हुदा"हु"दै पनि नारीले कतै छोरीको रुपमा कतै बुहारीको रुपमा घरको चौघेरा भित्र सिमित हुनु परेको उदाहरणहरु हाम्रो समाजमा धेरै पाउन सकिन्छ।
'कोक्रो हल्लाउने नारीले विश्व हल्लाउन सक्छिन' भने जस्ता प्रसिद्ध भनाईहरु आज भनाईमा मात्र सिमित रहेका छन्। किनकि एकाध नारीहरु सगरमाथामा चड्नु, राष्ट्रपती हुनु सम्पुर्ण नारीको मुक्ति होइन। नारीहरुले पनि केही गर्न सक्छन्, नारीहरुमा पनि अथाह क्षमता हुन्छ, भन्ने उदाहरण हो। त्यसैले अबको दिनमा नारीले कसैको आशा र भरोसा गरेर होइन, आफैले पारिजात, झमक कुमारी घिमिरे, मदर टेरेसा, फ्लोरेन्स नाइटिङ्गेल जस्ता नारीहरुको महान यात्रालाई पछ्याउ"ने प्रयत्न गर्नु पर्दछ।
भनिन्छ 'नारी पुरुष एक हो' भनेर तर आजको युगमा आईपुग्दा पनि नारीलाई हेर्ने दृष्णिकोणमा परिवर्तन भएको छैन। समाजमा अन्धविश्वास कायम रहेको वेलामा छोरीले पढ्यो भने बोक्सी हुन्छ, भन्ने प्रचलन थियो। त्यसैले छोरीलाई शिक्षा र ज्ञानको उज्यालो किरणवाट बञ्चित गरिन्थ्यो। त्यसको चपेटामा परेका कतिपय अग्रज महिलाहरुले अशिक्षा कै कारण आज नारकिय जीवन जीउनु परेको छ।
वास्तवमा नारीहरुले नारी हितको लागि मात्र नभएर राष्ट्र विकासको निम्ती केही सक्ने काम गरेर उदाहरणीय बन्न जरुरी छ। महिला र पुरुष समान हौं भन्ने नारा अब शाब्दिक नारामा मात्र सिमित होइन व्यवहारमा पनि उतार्न सक्नु पर्दछ।
देशले विकासको गतिमा फड्को मारे पनि, जुनै नेता आए पनि, नेपाली नारीहरुको हक अधिकार सुनिश्चित हुन नसक्नु दुर्भाग्य हो।
अर्को कुरा नारीले आफ्नो हक अधिकारको मात्र कुरा गर्ने तर आफनो कर्तव्य भुसुक्कै विर्सने हो भने पनि नारीले मुक्ति र स्वतन्त्रता पाउन गाह्रो हुन्छ। त्यसैले आफ्नो कर्तव्यको पालना गर्दै हकअधिकारको लागि लड्न सक्यौं भने पक्कै पनि हामी एक सफल नारी बन्न सक्छौं।
नारीले नारीको सम्मान गर्न सक्छुपर्छ। किनकी नारीको शत्रु नारी नै पनि धेरै भेटिन्छन् हाम्रो समाजमा नारी सशक्तिकरणको लागि सबै नारी एकजुट हुनुपर्छ।
पिछडीएका र भौतिक सुविधाहरुबाट बञ्चित भएका थुपै्र गाउ"घरहरुमा पुरुषले नारीलाई मात्र होइन, नारीले नारीलाई नै शोषण गरेको पाइन्छ। यसका लागि नारी आफैले सचेत हुन जरुरी छ। एउटी आमाले आफ्नी छोरीलाई शिक्षा दिदा छोरी मात्र होइन सिड्डो नारी जातिको उपलब्धीका लागि हो भन्ने सम्झनु पर्दछ।
शिक्षित नारीहरुले गाउ"घरमा गएर पिछडीएका महिलाहरुको विचार वुझ्न सक्नुपर्छ। नारीको वास्तविक पिडा के हो? नारीले आफ्नो हकअधिकारको लागि किन लड्न आवश्यक छ? यस्ता कुराहरुका सचेतना फैलाउनु पर्दछ।
आफ्नै घरपरिवारबाट अपहेलना र शोषित हुनु परेको नारीको व्याथालाई वुझ्न सक्नुपर्छ। नारीले नारी माथीगर्ने शोषणलाई हटाउ"न सक्नुपर्छ। कति नारीहरु पुरुषबाट मात्र शोषित हुदैन् गाउ"घरमा सासुले बुहारीहरुलाई विभिन्न आरोप लगाई दाइजो नल्याएको, अजात भएको, छोरा नपाएको अवस्थामा नारीले नारीलाई नै अत्याचार गरेको अवस्था छ।
पहाडी र विकट जिल्ला बस्तीहरुको नारीहरुलाई नै कति फूपु दिदीहरुले भारतमा बेच्ने गरेका छन्। के नारी पुतली हो? के नारी सन्तान उत्पादन गर्ने मेशीन मात्र हो? कि नारी बजारमा वेच्न राखेको खेलौना हो? यदि यी सब होइन् भने? किन नगर्ने त पहिले नारीले नै नारीको सम्मान। जसरी ''संसार वद्ल्नु छ भने शूरुवात आफैबाट गर्नुपर्छ।'' त्यसरी नै नारी हक अधिकारको लागि पहिले नारीले नै नारीको सम्मान गर्न सिक्नुपर्छ। अनि मात्र आफ्नो हक अधिकार प्राप्त गर्न सकिन्छ।
अब हामीले हरेक गा"उ समाज, शहर क्षेत्रहरुमा नारीचेतना फैलाउनुपर्छ। जसका लागि शिक्षाको आवश्यकता पर्दछ। त्यसका लागि हाम्रा दिदीवहिनीहरुले कपीकलम समाउ"नु पर्ने हुन्छ। अब निरक्षर हाम्रा महिलाहरुलाई पनि घरमै पढाई हुने पौढशिक्षा जस्तो कार्यक्रमहरु ल्याउनुपर्छ। ताकि भोलीको दिनमा सबै नारीहरु शिक्षित हुन सकुन्। भनिन्छ एउटी घरकी नारी शिक्षित भइन भने त्यो परिवार नै शिक्षित हुन्छ, तर अब एउटी नारी मात्र शिक्षित हुने होइन्, सम्पुर्ण नारीहरु शिक्षित हुन आवश्यक छ। २१ शताब्दीको यो युगमा पनि नारी र पुरुषलाई समाजले हेर्ने दृष्टिकोण फरक छ। कुनै घरमा छोरा जन्मिन्छ भने त्यो घरको वंश जोगिन्छ रे तर जब त्यहि घरमा अर्की लक्ष्मी जस्ती छोरीको जन्म हुन्छ तव वंशको जोगिदैन रे।
तसर्थ नारी सम्मान र समानताको लागि पुराना सामाजिक संरचनाहरु भत्काउ"नु पर्छ। नया" बिचार र दृष्टिकोणको विकास गर्नु पर्दछ। नारीले नारीलाई साथ दिनु पर्दछ। अनि मात्र नारी समानताले समाज र राष्ट्रमा स्थान पाउने छ र महिलाहरु राजनैतिक, आर्थिक, सामाजिक, शैक्षिक र धार्मिक रुपमा अधिकार सम्पन्न हुनेछन्। यसका लागि हरेक महिलाहरुले आजै देखि नारी मुक्तिका लागि दरिलो कदम उठाउ"न जरुरी छ। | 2022/01/28 21:49:59 | https://www.harpraharnews.com/2018/06/3186/ | mC4 |
जिल्ला अधिवेशनको तयारीमा एमाले, ऐतिहासिक हुनेछ-बाँस्कोटा – Ramro Sandesh जिल्ला अधिवेशनको तयारीमा एमाले, ऐतिहासिक हुनेछ-बाँस्कोटा – Ramro Sandesh
जिल्ला अधिवेशनको तयारीमा एमाले, ऐतिहासिक हुनेछ-बाँस्कोटा
बनेपा, आगामी पुष २३ गते धुलिखेलमा हुने एमाले काभ्रे जिल्ला अधिवेशनको तयारी शुरु भएको छ । केन्द्रीय निर्णय अनुसार पुष २३ गते सबै जिल्लाको अधिवेशन हुदै छ ।
अधिवेशन तयारीका लागी नेकपा एमाले काभ्रेको शनिबार बसेको बैठकले विभिन्न समितिहरु गठन गरेको छ । जसमा मुलव्यवस्थापन समिती अध्यक्ष अशोक व्याञ्जु श्रेष्ठको अध्यक्षतामा त्यस्तै प्रतिनिधि व्यवस्थापन उपसमितिको संयोजकमा सचिव नारायण पाण्डे, प्रचार–प्रसार उपसमितिको संयोजकमा उप–सचिव इन्द्र तामाङ, जन परिचालन उपसमितिको संयोजकमा कञ्चन अधिकारी, स्वयंसेवक परिचालन उपसमितिको संयोजकमा राकेश लामा, राजनितिक तथा आर्थिक प्रतिवेदन तयारी समितिको संयोजकमा अशोक व्याञ्जु, खाना तथा आवास व्यवस्थापन समितिको संयोजकमा निराजन जंगम, मञ्च व्यवस्थापन उप–समितिको संयोजकमा बिनोद पराजुली, अर्थिक व्यवस्थापन उप–समितिको संयोजकमा अशोक व्याञ्जु रहनु भएको छ । नेकपा एमाले काभ्रेको अधिवेशनले पदाधिकारी सहित १ सय ९ जनाको जिल्ला कमिटी निर्माण गर्ने छ । जसका लागि आगामी १०गते जिल्लाका सबै वडाबाट प्रतिनिधिहरु छनोट हुने छन । प्रतिनिधिहरुहरु ४५ संगठित सदस्य बराबर २ पुरुष र १ महिलाका दरले छनोट हुने छन ।
यसैबिच नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् काभ्रे जिल्ला इन्चार्ज गोकुल बाँस्कोटाले अधिवेशन ऐतिहासिक हुने दावी गर्नुभएको छ । नेकपा एमाले धुलिखेल नगर कमिटिको शनिवार कार्यालय उद्घाटन गर्दै नेता बाँस्कोटाले एमाले काभ्रेको जिल्ला अधिवेशनमा ५० हजार नागरिक सहभागि हुने बताउनुभयो ।
बाँस्कोटाले नेकपा एमालेको इतिहास एमालेनै तोड्ने बताउँदै यस पटकको जिल्ला अधिवेशनले समेत उक्त कुरालाई पुष्टि गर्ने बताउनुभयो । उहाँले आगामी निर्वाचनमा एमालेबाट चोइटिएर गएका व्यक्तिहरुले आगामी निर्वाचनमा सूर्य वा रुखमा भोट हाल्नुपर्ने बाध्यतामा रहने बताउनुभयो ।
एमालेको जिल्ला अधिवेशन राजनीतिक, बैचारिक, सांगठनिक, प्रचारप्रसार र जनपरिचालन र व्यवस्थापनको हिसाबले समेत ऐतिहासिक हुने बताउदै जिल्ला अधिवेशनको व्यवस्थापन एमाले धुलिखेल नगर कमिटिले गर्नुपर्ने जिम्मेवारी रहेको बताउनुभयो । कार्यक्रममा नेकपा एमालेबाट केन्द्रिय कमिटिमा निर्वाचित र मनोनयन भएका गोकुल बाँस्कोटा, रेशम लामा, नविना लामा र रुक्मिणी रानालाई बधाई तथा सम्मान पत्रले सम्मान गरिएको कार्यक्रम एमाले धुलिखेल नगर कमिटि अध्यक्ष दयाराम महतको सभापतित्वमा भएको थियो । –नव क्षितिज साप्ताहिकबाट | 2022/01/18 23:21:31 | https://ramrosandesh.com/?p=8632 | mC4 |
पुरानै कथावस्तुमा नयाँपन – Chitwan Post Daily | चितवन पोष्ट दैनिक
पुरानै कथावस्तुमा नयाँपन
२०७१ श्रावण २६, सोमबार ०५:०२ गते
नेपाली समाज २१औँ शताब्दीमा चलिरहेको छ । तर पनि हालसम्म नेपाली समाजमा अन्धविश्वास तथा रुढीवादी परम्परा कायम नै रहेको छ । जस्तै, कोठीबाट फर्किएका चेलीलाई स्नेह र माया दिई अवसर प्रदान गर्नुको सट्टा छिःछिः र दूर–दूरको व्यवहार अझै कायम नै
'हो, म त्यो अभिषेकलाई छोड्दिनँ । म मरेर भए पनि त्यसलाई मार्छु बाबु !' यो भारतमा बेचिएका चेलीहरुद्वारा प्रतिनिधित्व गरी बोलिएका संवाद हो । यसमा नारी चीत्कार छ । रिसको बाढी उर्लेर आएको छ र आफूलाई नारकीय दलदलमा फसाउने दलालहरुसँगको प्रतिशोधको भावना हो ।
यस्तै–यस्तै कथावस्तुमा श्रीकृष्ण श्रेष्ठ अभिनीत चलचित्र 'कोहिनुर' रहेको छ, जसमा कोहिनुरको भूमिकामा स्वेता खड्का रहेकी छिन् । यही साउन २३ गतेबाट प्रदर्शनमा आएको चलचित्रले सम्पूर्ण बेचिएका चेलीहरुको प्रतिनिधित्व गरेको छ । यस चलचित्रले देश बिगार्न र चेलीहरुलाई दलदलमा फसाउन माथिल्लो निकायदेखि तल्लो स्तरसम्मको हात रहने कुरालाई छर्लङ्ग पार्न खोजेको छ ।
यसको न्यूनीकरणका लागि जताततै सचेत हुनुपर्दछ । जनताले चाहेमा कोहीले केही गर्न सक्दैन । जनताको शक्तिका अगाडि कसैको केही लाग्दैन । जनताले चाहेमा एक दिनमै उथलपुथल पार्न सक्दछन् ।
आकाश अधिकारीको कथा र निर्देशन रहेको यस चलचित्र इन्द्रदेव चलचित्र मन्दिर नारायणगढमा चलिरहेको छ । अधिकारीले यसअगाडि 'पन्छी' र 'काठमाण्डु' जस्ता सफल चलचित्र बनाएका छन् । यस चलचित्रका आधाजस्तो छायांकन भारतमा गरिएका छन् । भारतमा रहेका कोठीहरु र त्यहाँको मौलिक संवादलाई टपक्क चलचित्रमा उतार्ने प्रयासलाई मान्नैपर्दछ । नेपाली चलचित्रमा ४५ मिनेटजति हिन्दी भाषालाई चलचित्रमा उतारेर जोखिम मोलेका छन् । तर पनि खरो रुपमा आफूलाई उतार्न सफल भएका छन् ।
चलचित्रमा श्रीकृष्ण श्रेष्ठ र स्वेता खड्काको अभिनय दमदार रहेको छ । चलचित्रमा समाहित 'सलाम किजिए' र 'तिमी मेरो होइन र' गीत सम्झन लायक रहेका छन् । एउटा वेश्या र नर्तकीको भूमिकामा देखिएकी स्वेता खड्काको करियर उठाउन यस चलचित्र मह¤वपूर्ण हुन सक्दछ । चलचित्रमा सम्राट सापकोटा, मुकुन्द श्रेष्ठ राम्ररी जम्न सकेका छन् ।
कथावस्तु सामान्य परिवारमा हुर्किएको अभिषेक खरेल उर्फ बाबु (श्रीकृष्ण श्रेष्ठ) अन्याय र अत्याचार सहन नसक्ने हुन्छ । एउटा मोस्ट वान्टेड गुन्डालाई समातेर प्रहरीलाई बुझाएपछि उसलाई मन्त्रीले एउटा म्यानपावरको प्रबन्ध निर्देशक बनाइदिन्छ ।
तर, त्यो म्यानपावरले विदेश पठाउने भन्दै केटीहरुलाई बम्बईको कोठीमा लगेर बेचेको कुरा अभिषेकलाई थाहा हुँदैन । एक पटक अभिषेक केटी लिएर बम्बई जान्छ र दलालको हातमा सुम्पन्छ, तर उसलाई ती केटीहरु बेचिएको थाहा हुँदैन । त्यहाँ उसको मित्रता एक भारतीयसँग हुन्छ, जसले अभिषेकलाई कोठीमा लैजान्छ । जहाँ अभिष्ोकको भेट कोहिनुर (स्वेता खड्का) सँग हुन्छ ।
चिनजानपछि अभिषेकले कोहिनुरलाई कसले बेच्यो र कसरी आइपुग्यौ भन्दा अभिषेकले विदेश जाने भनेर कोठीमा बेचेको बताउँछिन्, जुन अभिषेक कोहिनुरकै अगाडि हुन्छ । अभिषेकले कोहिनुरलाई कोठीबाट भगाउँछ र नेपाल पठाउँछ । अनि, बाँकी कोठीमा बेचिएका नेपाली केटीहरुको पनि उद्धार गर्दछ । केटी बेचेको अभियोगमा नेपाल र भारतमा अभिषेकको खोजी हुन्छ । जो व्यक्तिले अभिषेकलाई कोठीमा पु¥याएको हुन्छ, ऊ भारतीय प्रहरीको एसएसपी हुन्छ र उसले अभिषेकलाई सहयोग पु¥याउने वाचा गर्दछ अनि अभिषेकलाई नेपाल पठाउँछ ।
त्यसपछि के होला त ? अभिषेकलाई के कोहिनुरले सजाय दिन्छिन् त ? नेपाल प्रहरीले अभिषेकलाई कस्तो कारवाही
गर्ला ? अभिषेकले आफू निर्दोष रहेको कसरी सावित गर्ला त ? यी सबैको जड बुझ्न इन्द्रदेव चलचित्र भवनसम्म पुग्नैपर्दछ ।
राम्रो पक्ष ः चलचित्रमा समावेश दृश्य र संवाद राम्रा रहेका छन् । कथावस्तु पुरानै भए पनि नयाँ ढाँचामा देखाइएको छ । गीत–संगीत राम्रा रहेका छन् । भारतमा खिचिएका कोठीका दृश्य हुबहु नै लाग्दछन् ।
नराम्रो पक्ष ः चलचित्रका पटकथाहरु कमजोर छन् । अभिषेकलाई कसरी फसाइयो भन्ने कुराको तथ्य नै छैन । भारतमा भेटिएका व्यक्ति कसरी अभिषेकको सम्पर्कमा आए, त्यसको खुलासा भएको छैन । चलचित्र सरर बगेर अन्तमा धर्मराउनुले खल्लो बनाउन सक्दछ ।
निष्कर्ष ः पुरानै कथावस्तु भएता पनि 'कोहिनुर'ले अझै पनि चेलीबेटी बेचबिखन कायम नै छ भन्ने कुरालाई दर्शाउन खोजेको छ । विभिन्न बहानामा चेलीहरु धमाधम बाहिरिरहेका छन्, जसमा उच्च निकायदेखि तल्लो स्तरसम्मका कर्मचारीको हात रहेको छ । यसलाई नेपाल सरकारले चाँडै ध्यान पु¥याउन जरूरी छ भन्ने कुराको सन्देश चलचित्रमा पाइन्छ । | 2021/01/19 13:02:01 | https://echitwanpost.com/14085/2014081105/02/02/ | mC4 |
नेपालदृष्टि । अभिनेता नीर शाहले समेत पत्याएका राई नेपाली दर्शकले सर्वाधिक रुचाएका अभिनेता हुन् । रंगमञ्च र सिनेमा दुवैमा त्यत्तिकै जमेका छन् । मानिस अनुशासित होऊन् । जोकोही नेपालीले म 'क्लीन' छु भनेर शिर ठाडो पारेर गौरवसाथ हिँड्न सकून् । मुलुक प्राकृतिक र सामाजिक सुन्दरताले भरिपूर्ण छ । यसलाई सजाउनमात्रै सके देशको मुहार फेरिन्थ्यो भन्ने अभिनेता दयाहाङ राईसँग दीपेन्द्र राईले गरेको कुराकानीको केहि अशं तपाइसमक्ष नेपालदृष्टिले अनलाइन खबरले राखेको छ ।
सामान्यतः दालभात, तरकारी र 'पोर्क' मन पर्छ । त्यसो भन्दा अन्य खानेकुरा खान्न भनेको होइन । खाजा खान रेष्टुरेन्ट पुग्छु । घरमा रहँदा बिहान खाजा खाने चलन छैन । बिहान खाना खान्छु । रेष्टुरेन्ट पुगिहाल्दा मःमः, चाउमिन मगाउँछु । पकाउन पटक्कै जान्दिनँ ।
आफूलाई जे सजिलो लाग्छ, त्यही लगाउँछु । जिन्स पाइन्ट र टी–सर्ट लगाउन सजिलो लाग्छ । कपडामा वार्षिक खर्च यति नै हुन्छ भनेर हिसाब–किताब राखेको छैन । मान्छेको काम, सोच परिवर्तन हुँदै गएपछि कपडाको रङ पनि फरक–फरक मन पर्दै जाँदोरहेछ । प्रायः रेडिमेड कपडा लगाउँछु । कपडाको ब्रान्डबारे त्यति जानकार छुइनँ । हिजोआज पनि क्याप लगाउँछु ।
शारीरिक कसरत गर्न मानसिक रूपमा समेत फुर्सद हुनुपर्छ । म ८० प्रतिशत शारीरिक कसरत गर्दिनँ । कहिलेकाहीं १० बजेसम्म पनि काम पर्छ । कामले लखतरान बनाउँछ । समय पाउँदा दौडिन्छु । योगासमेत गर्छु । डाइटिङ छैन । चलचित्र छायांकनका बेला तौल घटाउनुपरे खाना कम खान्छु । रोटी र फलफूल धेरै खाने गर्छु ।
हिजोआज 'काठमाडौंमा एक दिन' पढिरहेको छु । पहिले–पहिले फिक्सन पढ्न मन पथ्र्यो । हिजोआज ननफिक्सन पढ्न जाँगर चलिरहेको छ । अहिले लेखिरहेका सबै लेखक मन पर्छन् । अग्रजदेखि समकालीन लेखकसँग बाक्लै भेटघाट हुन्छ । उनीहरूको आनीबानी पनि मन पर्छ । लेख्ने बानी छुट्दै गएको छ । वर्ष दिनअघिसम्म नाटकका लागि गीत लेख्थें । मेरो संकलनमा तीन हजारजति किताब होलान् । लेखक, प्रकाशकले उपहारस्वरूप किताब दिन्छन् । र पनि, सालिन्दा २०÷२५ हजार रुपैयाँको किताब किन्ने गरेको छु ।
घुमफिरमा रुचि भएकै मानिस हुँ । घुमफिर पनि गरेको छु । जति घुमेको छु, कामकै सिलसिलामा घुमेको छु । घुम्नकै लागि भनेर निस्केको छैन । जहाँ–जहाँ पुगेको छु, कामकै सन्दर्भमा पुगेको हुँ । स्वतन्त्र तरिकाले घुमेको छैन । नेपालका ४० जिल्ला पुगेको छु । कतिपय जिल्ला दोहोरिएका छन् । युरोपका चार देश गएको थिएँ । एसियामा जापान, कोरिया, हङकङ, मलेसिया, बेलायत र अस्ट्रेलिया पुगेको छु ।
फुर्सद निकाल्न गाह्रै हुन्छ । नाटक र चलचित्र दुवैमा समय दिँदै आएको छु । एउटा न एउटा कामले समातेकै हुन्छ । एकप्रकारको दौडधुप छ । दौडधुप भएपछि थकाइ लाग्ने नै भयो । थकाइ लागेपछि आराम गर्नैपर्यो ।
मुलुकबाहिर रहँदा सम्बन्धित देशको सिमकार्ड लिने गरेको छैन । त्यतिबेला मज्जाले आराम गर्छु । फुर्सद हुँदा एक्लै भए किताब पढ्छु । चलचित्र हेर्छु । साथीभाइसँग भेटघाट गर्छु । परिवारलाई भनेजस्तो समय दिन सकेको छैन । दिने प्रयास गर्छु । परिवारसहित घुम्न, चलचित्र हेर्न नगए पनि खानचाहिँ कहिलेकाहीं गइन्छ ।
मलाई फुटबल मन पर्छ । फुटबल सजिलै बुझ्न सकिन्छ । १५ वर्षको हुँदासम्म फुटबल खेलेको थिएँ ।
आइफोन सिक्स एस प्रयोग गर्दै आएको छु । यसको ९० हजारजति परेको थियो । मोबाइल फेरी–फेरी बोक्ने बानी छैन । मोबाइलका एप्लिकेसनमध्ये सामाजिक सञ्जाल फेसबुक, गुगल, ट्वीटर प्रयोग गर्छु । कहिलेकाहीं गेम खेल्छु ।
कोठामा टीभी नभएको चार वर्ष भयो । त्यतिबेला कोठा सर्दै थिएँ । कोठाअनुसारको नयाँ टीभी किन्न बजार गएँ । तर, किनिनँ । त्यसपछि नकिनेको नकिनेकै भयो । टीभी हुँदा समाचार हेर्थें । रियालिटी शो पनि हेरें । डेक लगाएर चलचित्र हेर्न पछि परिनँ ।
पछिल्लोपटक भारतको कालेम्पोङमा चलचित्र 'एभेन्जर' हेरें । पहिले–पहिले चलचित्र धेरै हेर्थें । दैनिक दुई चलचित्र हेरिन्थ्यो । पछिल्लो समय कम हेर्छु । पुराना 'एक्टर' मा डेनियल डेलिस, इरफान खान, नसुरद्दीन मन पर्छ भने सौगात, खगेन्द्र र विपिन पनि त्यत्तिकै मन पर्छ । गोङ्लीको अभिनय लोभलाग्दो छ । कल्की पनि मन पर्छ ।
स्वस्थ छु । दीर्घरोगले समातेको छैन । अहिलेसम्म ६ पटक 'होलबडी चेकअप' गराएको छु । रक्तचाप ठीकठाक छ । स्वस्थ रहन पूर्ण रूपमा आराम गर्नुपर्छ । जेसुकै खाए पनि एउटै समय हुनुपर्छ ।
अभिनेता भएपछि भाषण गर्नैपर्छ । भाषण गर्दा विषयवस्तुमा केन्द्रित हुन गाह्रो हुन्छजस्तो लाग्छ । आफ्नो भोगाइ एकातिर, 'मास' अर्कोतिर हुँदारहेछन् । उनीहरू मेरो 'क्यारेक्टर' बारे जान्न चाहँदारहेछन् । त्यतिबेला 'मास कन्ट्रोल' गर्न सक्दिनँ । भाषण गर्दा नजानिदोपाराले थेगो प्रयोग गर्ने गर्छु । अहिलेसम्म आक्रामक भाषण गरेको छैन । भाषण गरेकै आधारमा विवादमा नतानिए पनि भन्न खोजेको प्रस्ट्याउन नसक्दो श्रोतालाई भ्रम हुँदोरहेछ ।
मानिस भएपछि जान–अन्जानमा जोकोहीबाट गल्ती हुन्छ । त्यो अस्वाभाविक होइन । मैले क्षमा नै नपाउनेगरी गल्तीचाहिँ गरेको छैन । यति हो, बाध्यताले कसैलाई ढाँटेको छु । मैले जसलाई ढाँटे उसलाई वास्तविकता सुनाएको छु ।
महिना, दुई महिनाको अन्तरालमा मादक पदार्थ खान्छु । खाँदा राम्रै खाइन्छ । ह्वीस्की खान मन पर्छ । दसैं तिहारबाहेक घर र मण्डला थिएटरबाहिर मादक पदार्थ खान मन पर्दैन ।
पछिल्लो समय गीत–संगीत सुन्न कम हुँदै गएको छ । 'मेलोडी' ले तान्छ । 'सिङगिङ' पनि ठीक लाग्छ । नेपाली संगीत कमजोर बन्दै गएकोचाहिँ एरेन्जले हो । सधैं त्यही मादल, बाँसुरी, गितार, भ्वाइलिन आदिमात्रै दोहोरिन थाल्यो । दीप श्रेष्ठका गीत मन पर्छ । राजेशपायल राईको रेकर्डिङभन्दा लाइभ गाएको मन पर्छ । समकालीन गायिका सबै मन पर्छ । गुनगुनाउने प्रयास गरे पनि जान्दिनँ ।
म कक्षा आठमा पढ्थें । सहपाठीहरू शिक्षकका छोराछोरी थिए । मेरो बडा पनि शिक्षक थिए । हामीले एक दिन सलाई किन्यौं । सलाई किन किन्यौं त्यो पनि थाहा छैन । सलाई किनेपछि बाल्यौं । सलाई बाल्दाबाल्दै पात बेरेर चुरोट खाएको नक्कल गर्यौं । त्यस्तो दृश्य देखेपछि शिक्षकले पिटेका थिए ।
मेरो साथीको महाँकाल तीनचुलीमा फोटो स्टुडियो थियो । फुर्सदमा त्यता जान्थें । मलाई फोटोग्राफी मन पथ्र्यो । स्टुडियोबाट फर्कंदा हट लेमन खान मन लाग्यो । एक कफीसप पसें । त्यति नै बेला कफीसपमा भएका सबैलाई प्रहरीले उठाएर लग्यो । संकटकाल थियो । सुरक्षाकर्मीले घर कहाँ हो रु कहाँ बस्छस् भनेर मलाई सोधे । मैले नढाँटी उत्तर दिएँ । म तँलाई अहिले नै प्रहरी भ्यानमा बुद्धनगर पुर्याइदिन्छु, फर्कंदा भ्यानमा केही भयो भने तेरो जिम्मा भने । जोखिम लिन सक्दिनँ भनेर जवाफ फर्काएँ ।
सुरक्षाकर्मीले मेरो गोजी छाम्यो । साथमा २५ वा ३५ रुपैयाँ थियो । तेरो आफन्त बोला भनेर सुरक्षाकर्मीले फेरि धम्क्याए । मलाई समात्नुका कारण भनेपछि मात्रै आफन्त बोलाउँछु भनें । तँ अहिले जा, मैले कल गरेको पाँच मिनेटमा आइज भन्दा मलाई आधा घन्टा समय दिनुभयो भनेमात्रै आइपुग्छु भन्दिएँ । त्यसपछि म एकरात बौद्ध प्रहरीमा बसें । हामीलाई किन प्रहरी हिरासतमा राखियो भनेर आजसम्म थाहा पाउन सकेको छैन ।
म जन्मेको घर छैन । हुर्केको घर जिजुबुवाले बनाएका हुन् । संवत् १९८१ मा बनाइएको घर अहिले पनि छँदै छ । घर इँटाले बनाइएको छ । झ्याल बुट्टेदार छन् । भक्तपुरबाट कर्मी लगेर घर बनाइएको थियो
मेरो राशी मीन हो । ग्रहदशा हेराउँदिनँ । हेराएपछि अनेक कुरा आउँछ । नराम्रो छ भन्दिए तनावमा परिन्छ । ग्रहशान्ति भन्दा पनि कहिलेकाहीं चिन्ता बस्ने चलन छ । नाक्छोङले यस्तो–यस्तो समस्या छ भन्दिएपछि चिन्ता बसाइन्छ ।
कपालमा क्रिम लगाउँछु । अहिलेसम्म दुईपटक फेसियल गरेको छु । अनुहारमा नर्मल क्रिम लगाउँछु । पफ्र्युम हल्का प्रयोग गर्छु ।
हाम्रो बिहे प्रेमपछि मागी हो । प्रेम प्रस्ताव मैले राखेको हुँ । प्रस्ताव राखेको पाँच घन्टापछि स्वीकार भयो । बेनुका राईसँग बिहे गर्नअघि मैले कसैलाई एकतर्फी मन पराएको थिएँ ।
मानिस अनुशासित होऊन् । जोकोही नेपालीले म 'क्लीन' छु भनेर शिर ठाडो पारेर गौरवसाथ हिँड्न सकून् । मुलुक प्राकृतिक र सामाजिक सुन्दरताले भरिपूर्ण छ । यसलाई सजाउनमात्रै सके देशको मुहार फेरिन्थ्यो । हिजो त्यत्रो सपना देखेको थिएँ, न आज देखेको छु । अहिले आफूले गरेको भन्दा राम्रो गर्न पाए हुन्थ्यो भन्ने लोभ छ ।
मानिस जन्मेपछि मर्नुपर्छ । यो अकाट्य छ । जन्मेपछि मर्नु भनेको विश्राम लिनु हो । मृत्युसँग डर लाग्छ । पूरा आयु बाँच्न पाए हुन्थ्यो भन्नु पनि त मृत्युसँग डराउनु नै हो । १२ वर्षको उमेरमा बिरामी हुँदा तीन महिना बेहोश भएको थिएँ रे । मृत्यु सहज होस् भन्ने चाहना राख्नु अस्वाभाविक होइन । | 2022/06/27 03:35:27 | https://nepaldristi.com/read/post/2648 | mC4 |
Nagarik News - No. 1 News Portal of Nepal – Latest news of Nepal, राष्ट्रिय दैनिक - रहेनन् होचा कदका कलाकार
शुक्रबार, ०१ मङि्सर २०७४, १० : ५३ | नागरिक
काठमाडौं- होचो कलाकार दीपेन शाहको बिहीबार बिहान निधन भएको छ । धादिङको कार्यक्रम सकेर चार दिनअघि ललितपुरको घर फर्किएका दीपेन अस्वस्थ्य भएपछि किस्ट अस्पताल भर्ना भएका थिए । उनले अस्पतालमै बिहीबार बिहान ७ बजे अन्तिम सास फेरेका हुन् ।
दीपेनलाई टेलिश्रृंखला 'झ्याइँकुटी झ्यार्इं'मार्फत दर्शकमाझ ल्याएका निर्देशक शेखर खनालका अनुसार धादिङबाट फर्किएपछि दीपेनले परिवारलाई छाती दुखेको बताएका थिए । 'त्यसपछि उसलाई अस्पताल भर्ना गरियो । बुधबारसम्म स्वास्थ्य अवस्था ठिकै थियो । तर, सोही रात रोगले च्यापेपछि बिहान उनको निधन भयो,' दीपनले 'गुरुबा' मान्ने शेखरले भने, 'चिकित्सकले उसको किड्नीमा इन्फेक्सन देखिएको बताएका छन् । त्यसको असर मुटुमा परेको हुनसक्छ ।' टेलिश्रृंखला 'झ्याइँकुटी झ्यार्इं'मा झन्डै डेढ सय भागसम्म अभिनय गरेका दीपेनले कमेडियन महादेव त्रिपाठीको फिल्म 'जोकर'मा पनि 'हिरो'कै भूमिकामा अभिनय गरेका थिए ।
दोलखाको मकैबारीमा २० वर्ष अघि जन्मिएका दीपेन ललितपुरको इमाडोलस्थित रातामकै चोकमा परिवारका साथ बस्दथे । उनले कला यात्रामा झन्डै १२ वर्ष बिताइसकेका छन् । सानैदेखि अभिनयमा रूचि राख्ने दीपेन उनकै अभिभावकको आग्रहमा आफ्नो टेलिश्रृंखलामा अनुवन्धित भएको शेखरले बताए । 'दीपेनमा सानैदेखि अभिनयको मोह रहेछ । उनका बुवाआमाले छोरालाई कलाकार बनाइदिनुप¥यो भनेपछि अर्का निर्देशक दमन रुपाखेतीसँगको सल्लाहमा टेलिश्रृंखलामा खेलायौं,' शेखरले भने, 'स्क्रिप्टको संवाद प्रष्ट बोल्न सक्ने र आफूहरुले दिएको निर्देशन अनुसार अभिनय गर्न सक्ने भएकाले पनि छोटो समयमै आम दर्शकमाझ ऊ चिनियो ।'
पछिल्लो समयमा दीपेन विभिन्न जिल्लामा हुने महोत्सवमा अभिनय गर्न, नाच्न सक्रिय थिए । उनी प्रायः कमेडियन महादेव त्रिपाठीसँग विभिन्न जिल्लाको महोत्सवमा सहभागिता जनाउँथे । होचो कलाकारका रूपमा दीपेनको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता गराउन 'दीपेन शाह फाउन्डेसन' नामक एक तदर्थ समिति बनाइएको थियो । जसको संयोजक शेखर नै थिए । उनका अनुसार दर्ताको प्रक्रिया अन्तिम चरणमा थियो ।
दीपेनको निधन भएको खबर सार्वजनिक भएपछि नेपाल चलचित्र कलाकार संघले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा अन्तिम श्रद्धाञ्जलीका लागि राख्न चाहेको थियो तर डबली जिर्णोद्धार भइरहेकोले प्रतिष्ठानले ठाउँ नदिएपछि उनको पार्थिव शरीरलाई चाबहिलस्थित चलचित्र विकास बोर्डमा राखिएको थियो ।
दीपेनेसँगै विभिन्न महोŒसवमा पुगिरहने कमेडियन महादेवले जतिसुकै बिरामी भए पनि ऊ महोŒसवका कार्यक्रममा जान उत्साहित हुने गरेको सम्झिए । 'अस्वस्थ भए पनि म अभिनय गर्न सक्छु भन्ने उसमा आत्मविश्वास थियो,' उनले भावुक हुँदै भने, 'दुई चारदिन अघि मात्र धादिङमा सँगै कार्यक्रम गरेको मान्छेको निधनको खबर सुन्दा म स्तब्ध भएँ । हामी रामलक्ष्मण दाजुभाइ जस्तै मिलेर हिँड्थ्यौं ।'
कलाकार तथा निर्देशक दमन रुपाखेतीले दीपेनको जोश र जाँगर देख्दा अन्य कलाकारलाई पनि काम गर्ने प्रेरणा मिल्ने दाबी गरे । 'उसको प्रतिभा अनौठो किसिमिको थियो । काम गर्ने शैली पनि भद्र थियो,' उनले सुनाए, 'यति राम्रो कलाकार भएर पनि उसलाई न त सरकारले नै केही सहयोग ग¥यो न त चलचित्र विकास बोर्डले नै ।'
अभिनेत्री बसुन्धरा भुषाल, चैत्यदेवी, कलाकार रविन्द्र खड्का, निर्देशक ऋषि लामिछानेलगायतले उनीप्रति अन्तिम श्रद्धाञ्जली दिए । उनको बिहीबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो । दीपेनको परिवारमा आमाबाबु, दुई दिदी र एक दाजु छन् । | 2019/12/06 04:25:24 | https://nagariknews.nagariknetwork.com/news/30614/ | mC4 |
लेलेबाट सात दिन हिँडेर सिमानामा पुगेका मजदुर भारत जान पाएनन् ! « Bagmati Online
लेलेबाट सात दिन हिँडेर सिमानामा पुगेका मजदुर भारत जान पाएनन् !
ललितपुरको लेलेबाट पैदल हिँडेर आफ्नो देश जान आएका भारतीय मजुदुरले सीमा नाका भने पार गर्न सकेनन्। ललितपुरको लेलेस्थित एचबी इँट्टाभट्टा उद्योगमा काम गर्दै आएका ३३ जना भारतीय मजदुर सिन्धुली, बर्दिवास, जनकपुरधाम हुँदै जटही सीमा नाकासम्म आइपुगे। सीमा नाकाबाट प्रवेश पाउने आशा लिएका उनीहरुलाई अन्ततः सशस्त्रले जान दिएन। ललितपुरबाट करिब ७ दिनसम्म पैदल यात्रा गर्दै आएका ३३ भारतीय मजदुर अहिले धनुषाको नगराईन नगरपालिकाको शरणमा छन्। लुकिछिपी सीमा पार गर्न खोजेका उनीहरुलाई सशस्त्रले समातेर नगरपालिकालाई जिम्मा लगाएको हो।
इँटाभट्टा बन्द भएपछि उनीहरु फुर्सदिला भए। खानेबस्ने समस्या हुने देखेपछि उनीहरु पैदल हिँडेर सीमा नाकासम्म आएका हुन्। उनीहरु अहिले राजेश्वर निधी माध्यमिक विद्यालयमा वास बसेका छन्। अहिले पनि स्थानीय प्रशासनले छाड्ने प्रतिक्षामा छन्। ती सबै भारत विहारस्थित मधुवनी जिल्ला र दरभंगा जिल्लाका हुन्। उनीहरुको भोजन तथा वासको व्यवस्था नगराइन नगरपालिकाले मिलाएको छ। विद्यालयमा भारतीय मजदुरहरुको रेखदेखका लागि दुई जना नेपाल प्रहरीका जवान र सशस्त्र प्रहरी जवानलाई खटाइएको छ। नगराइन नगरपालिका वडा नम्बर ३का वडाध्यक्ष देवलाल यादवले खानाको राम्रै व्यवस्था भए पनि सुत्ने वातावरण सहज नभएको बताए। उनीहरु विद्यालय बरण्डाको भुइँमै सुत्न बाध्य भएको यादवले बताए।
भारत विहार राज्य दरभंगा जिल्ला अमैठीका ३५ वर्षीय चन्द्रभुषण सदाले एक सातासम्म पैदल हिँडेर सीमामा आए पनि पार गर्न नसक्दा ज्यादै दुखी तुल्याएको बताए। उनले भने 'जटही पुग्नै लाग्दा स्थानीयवासीले राघोपुर तर्फबाट जानुस् भने, हामी सोही बाटो भएर गयौँ तर प्रहरीले सीमा नै कट्न दिएन।' खाने व्यवस्था राम्रै भए पनि सुत्न असहज रहेको उनले बताए। वडाध्यक्ष यादवका अनुसार उनीहरुको उचित व्यवस्थापनका लागि पहल भइरहेको छ। सेताेपाटिमा नेहा झाले समाचार लेख्नुभएको छ । | 2021/07/29 21:25:03 | https://www.bagmationline.com/news/2450 | mC4 |
काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले एमालेविरुद्ध पाँच दल नभएर १ दशमलव ४ दल लागेको बताउनुभएको छ ।
युवा संघको साइबर सर्कल घोषणा कार्यक्रममा नेता बस्नेतले एमालेविरुद्ध पाँच दल लागेको भनेर गरिएको प्रचारलाई गलत भएको बताउनुभयो ।
‘अहिले एमालेविरुद्ध पाँच दलको गठबन्धन बनेको भनिएको छ,’ उहाँले भन्नुभयो, ‘तर, त्यो पाँच दल होइन, १ दशमलव ४ दल हो, एउटा दल कांग्रेस हो भने बाँकी चार दल भनेको शून्य दशमलव ४ हुन् ।’
सांसदसमेत रहनुभएका नेता बस्नेतले आगामी निर्वाचनमा नेकपा एमालेले दुई तिहाई बहुमत ल्याउने दाबी गर्दै कांग्रेस अहिले ल्याएको भन्दा पनि आधामा खुम्चने बनाउनुभयो ।
उहाँले भन्नुभयो, ‘अब आउने निर्वाचनमा एमाले दुई तिहाई, कांग्रेस हाफ हुनेछ भने माधव नेपाल र प्रचण्ड पत्तासाफ हुनेछन् ।’
सांसद बस्नेतले अबको निर्वाचनपछि नेकपा एमालेले बहुमत ल्याएर पुनः केपी शर्मा ओलीले देशको नेतृत्व गर्ने बताउनुभयो । उहाँले साइबर सर्कलले एमालेको प्रतिरक्षा मात्र नभइ समाजमा पनि योगदान पुर्याउने बताउनुभयो ।
नेता बस्नेतले साइबर सेना नाम राख्दा द्वन्द्वको झल्को दिएको सुझाव आएपछि आफूहरुले साइबर सर्कल घोषणा गर्न लागेको स्पष्ट पार्नुभयो ।
एमालेविरुद्ध समग्र रुपमा प्रचार अभियान सुरु भएको र एमालेलार्ई खुइल्याएबापत रिचार्ज कार्डदेखि मोबाइलसम्मको पुरस्कारको व्यवस्था गरिएकोसमेत खुलासा गर्नुभयो ।
‘एमालेलाई खुइल्याएबापत मोबाइल र रिचार्जकार्ड दिन थालिएको छ,’ उहाँले भन्नुभाये, ‘हाम्राविरुद्ध ग्रुपहरु बनाइएका छन्, फेक आइडी बनाएर हाम्राविरुद्ध लगाइएका छन् ।’
केपी शर्मानेकपा एमालेमहेश बस्नेतसाइबर सर्कलसासंद
प्रतिक्रिया दिनुहोस्
संबन्धित
महाधिवेशनबाट नेतृत्व बदल्ने कुरा मुख्य हो : गगन थापा
सामाजिक सुरक्षा कोषमा सहभागी हुन श्रममन्त्रीको आग्रह
एमाले१०औं महाधिवेशन : अझै सुरु भएन बन्दसत्र
सर्वसम्मति नेतृत्व चयन गर्न दबाब दिँदै नाराबाजी
Imagekhabar
ताजा अपडेट
करिब २ लाख अमेरिकी डलरसहित नेपाली पक्राउ
काठमाडौंबाट पोखरा आइरहेका ती व्यक्तिलाई पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३३, मजुवाबाट प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको हो ।
कोरोनाको संक्रामक भेरियन्ट फैलिएपछि सतर्कता, पर्यटनमन्त्री आलेद्वारा प्रधानमन्त्रीसँग छलफल
पर्यटनमन्त्री प्रेमबहादुर आलेले शनिबारै प्रधानमन्त्री शेरबहादुर देउवासँग नयाँ संक्रामक भेरिएन्ट र सुरक्षित हवाइ उडानबारे छलफल गर्ने तयारी गनुभएको छ ।
महाधिवेशनबाट नेतृत्व बदल्ने कुरा मुख्य हो : गगन थापा
नागरिकलाई देश बदलिन्छ र अब राम्रो हुन्छ भन्ने विश्वास र भरोसा चाहिएको उल्लेख गर्दै कांग्रेसमा त्यो भरोसा दिनसक्ने नेतृत्व चाहिएको उहाँको भनाइ छ । | 2021-11-27T09:24:11Z | https://www.imagekhabar.com/news/266633/ | OSCAR-2201 |
राजस्थानलाई हराउँदै दिल्ली शीर्ष स्थानमा उक्लियो - Himal Dainik
२८ आश्विन २०७७, बुधबार २३:३४
युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल शीर्ष स्थानमा उक्लिएको छ।
बुधबार राति दुबईमा भएको प्रतियोगिताको आठौं खेलमा राजस्थान रोयल्सलाई १३ रनले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो।
दिल्लीले दिएको १६२ रनको मध्यम लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४८ रन मात्र बनाउन सक्यो।
राजस्थानका लागि बेन स्टोकले सर्वाधिक ४१ रन बनाए। रोबिन उथप्पाले ३२ रन बनाउँदा सन्जु सांसनले २५ रन बनाए। जोस बटलरले २२ रन बनाउँदा राहुल टेवाटियाले १४ रन बनाए। बाँकी खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्।
राजस्थानलाई सस्तैमा समेट्न दिल्लीका तुसार देशपाण्डे र आनरिच नोर्तिजेले समान २-२ विकेट लिए। अक्षर पटेल , रविचन्द्र आश्विन र कागिसो रबाडाले समान १-१ विकेट हात पारे।
यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६१ रन बनाएको थियो।
दिल्लीलाई मध्यम योगफलमा पुर्याउन कप्तान श्रेयस ऐर र शिखर धवनले अर्धशतकीय इनिङ खेले। धवनले ३३ बलमा ६ चौका र २ छक्का सहित ५७ रनको महत्वपूर्ण योगदान दिए । ऐरले ४३ बलमा ३ चौका र २ छक्का सहित ५३ रनको योगदान दिए ।
यो जितसँगै दिल्ली ८ खेलबाट ६ जितसहित १२अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। पराजित राजस्थानको यो ८ खेलमा पाँचौ पराजय हो। | 2020/10/20 08:10:00 | https://www.himaldainik.com/24750/2020/ | mC4 |
राँझामा करेण्ट लागेर ट्याङ्कर सहचालकको मृत्यु – Lumbini Live
नेपालगन्ज । नेपालगञ्जमा पार्किङमा राखिएको ट्याङ्करको छतमा बसेर विद्युतको तार पन्छाउने क्रममा करेन्ट प्रवाह हुँदा एक जनाको मृत्यु भएको छ ।
उहाँका अनुसार, शुक्रवार दिउँसो करेन्ट लागेर गम्भीर घाइते भएका थापामगरको शिक्षण अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । ट्याङ्करको छतमा उभिएर विद्युत्को तार पन्छाउने क्रममा थापामगरलाई करेन्ट लागेको थियो ।
मृतकको शवपरीक्षणका लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा राखिएको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो ।
नेपाल आयल निगम लिमिटेड, इन्धन डिपो नेपालगञ्जको ट्याङ्कर पार्किङस्थल सञ्चालनमा नआउँदा सडकमै ट्याङ्कर राख्ने गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० का अध्यक्ष कृष्ण कार्कीले सडकमा अव्यवस्थित तवरले ट्याङ्कर पार्किङ गर्दा दुर्घटनाको जोखिम बढेकोले व्यवस्थित पार्किङको लागि आयल निगमलाई आग्रह गरिएको बताउनुभयो ।
आयल निगम लिमिटेड, इन्धन डिपोका प्रबन्धक नवविनोद पोखरेलले बन्दाबन्दीका कारण पार्किङ निर्माणमा ढिलाइ भएको बताउनुभयो । नेपाल आयल निगम लिमिटेड, इन्धन डिपोमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने १५० ट्याङ्कर रहेका छन् । | 2022/05/21 13:33:33 | https://lumbinilive.com/2020/2500/ | mC4 |
सुशान्तको सम्झनामा आफ्नो सपना नै तोडेर बलिउडलाई बाइ बाइ गरिन् अभिनेत्री सन्जना संघीले – Sandesh Munch
July 2, 2020 177
एजेन्सी । बलिउड यतिबेला लोकप्रिय नायक सुशान्त सिंह राजपुतको निधनले धेरै दुखी बनाएको छ । ३४ वर्षीय अभिनेता बलिउडमा चम्किरहेका बेला एक्कासी उनको निधनको खबरले स्तब्ध मात्रै बनाएर उनका केही युवा फ्यानहरुले त उनकै बाटो समेत रोज्न पुगेका छन् ।
मृत्युअघि आफ्नो नाम नै गुगलमा सर्च गरेर प्राण त्यागेका यि लोकप्रिय नायकले आफ्ना कैयौँ यस्त कलाकार फ्यान बनाउन समेत सफल भए जसले उनको अभावमा बलिउडलाई नै बाईबाई भनेकी छिन् । बलिउडमा डेव्यु गरेकी "दिल बेचरा" अभिनेत्री सन्जना संघीले आँफुले सुशान्तलाई एकदमै मिस गरेको उल्लेख गरेकी छिन् ।
सुशान्तको निधनसँगै उनी एकदमै डिस्टब बनेकोले पनि उनी मुम्बइ छाडेर आफ्नो घर फर्किएको समाचारमा जनाइएको छ । आफ्नो इन्टा स्टोरीमा एक तस्विर शेयर गर्दै आफु अब सायद मुम्बइ नफर्किने गरी गएको समेत उल्लेख गरेकी छिन् । दिल बेचरामा काम गर्दा उनी र सुशान्त बिचको कुनै समस्या थियोकी भने प्रहरीले उनीसँग पनि सोधपुछ गरेको र उनले त्यस्तो केहि नभएको बताएको समाचारमा जनाइएको छ ।
Prevसडक दुर्घटनामा मृत्यु भएका पत्रकार कृष्णबाबुले १ बर्ष अघि गरेका थिए धुमधामका साथ बिवाह, मृत्यु पछि भिडियो भयो सामाजिक संजालमा भाइरल | 2020/09/25 23:20:24 | https://sandeshmunch.com/archives/3455 | mC4 |
चार महिनापछि न्यायपरिषद्को अनौपचारिक बन्धक – Sourya Online
चार महिनापछि न्यायपरिषद्को अनौपचारिक बन्धक
सौर्य अनलाइन २०६९ भदौ ३० गते १:३९ मा प्रकाशित
काठमाडैं, ३० भदौ । मर्यादाक्रमको समस्याले लामो समयदेखि अवरुद्ध बनेको न्यायापरिषद् बैठक शुक्रबार अनौपचारिक रूपमा बसेको छ । प्रधानन्यायाधीश अध्यक्ष रहेको परिषद्को बैठकमा शुक्रबार कुनै निर्णय हुन नसके पनि बैठकको सुरुआत भने भएको छ ।
प्रधानन्यायाधीशको अध्यक्षतामा बस्ने बैठकमा 'जुनियर' भएर कानुनमन्त्रीको हैसियतमा प्रधानमन्त्री डा.बाबुराम भट्टराई उपस्थित हुन नमानेपछि परिषद्को बैठक करिब चार महिनादेखि अवरुद्ध बनेको थियो । २ जेठमा राजनीतिक दलबीच भएको पाँचबुँदे सहमतिपछि तत्कालीन कानुनमन्त्री बृजेशकुमार गुप्ता पदबाट हटेदेखि परिषद् बैठक बस्न सकेको थिएन ।
परिषद् बैठक बस्न नसकेका कारण जिल्ला र पुनरावेदन अदालतमा न्यायाधीश नियुक्ति हुन सकेको थिएन भने न्यायापरिषद्मा परेका करिब २ सय उजुरीको छानबिन प्रक्रिया अघि बढ्न सकेको थिएन । सर्वाेच्च, पुनरावेदन र जिल्ला अदालतमा न्यायाधीश नियुक्त गर्ने निकाय परिषद् नै बन्धक बनेपछि अदालतहरू खाली हँुदै गएका थिए ।
शुक्रबार कानुनमन्त्रीका रूपमा प्रधानमन्त्री उपस्थित नभए पनि प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा बैठक बसेको थियो । 'बैठकले ठोस निर्णय त केही गर्न सकेन तर न्यायाधीश नियुक्तिको मापदण्डमा छलफल भयो,' परिषद् सदस्य खेमनारायण ढुंगानाले भने ।
परिषद्को औपचारिक बैठक बस्न नसके पनि अनौपचारिक रूपमा बैठक भने सुचारु भएको छ । बैठकले गरेका निर्णयमा आफू सहमत हुन र प्रधानन्यायाधीशकै लाइनमा आºनो नाम राखे निर्णयमा हस्ताक्षर गर्ने संकेत प्रधानमन्त्री डा. भट्टराईले गरेपछि बैठक बसेको स्रोतले बताएको छ ।
देशभरका न्यायाधीशविरुद्ध परिषद्मा करिब २ सय उजुरी परेका छन् । उजुरीको क्रम बढ्दै गए पनि छानबिन गरी कार्यान्वयन गर्ने निकाय चार महिनादेखि बन्दक हँदा उजुरीले किनारा पाउन सकेका थिएनन् । 'अब उजुरीको छानबिन सुरु हुन्छ,' सदस्य ढुंगानाले भने । | 2021/10/25 23:16:53 | https://www.souryaonline.com/2012/09/36315.html | mC4 |
सुपर कप फुटवल रियल मड्रिडले जित्यो
काठमाण्डौं, भदौ १ ।स्पेनिस सुपर कप फुटबलको उपाधि रियल मड्रिडले जितेको छ । सुपर कपको दोस्रो लेग अन्तर्गत गएराति भएको एल क्लासिकोमा बार्सिलोनालाई २–० ले हराउँदै समग्रमा ५–१ को जितसहित ..
पाथीभरा गोल्डकपको उपाधि चर्च ब्वाइज काठमाडौँले हात पारें
ताप्लेजुङ, ३० साउन । ताप्लेजुङमा आज सम्पन्न दोस्रो पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड काठमाडाँैले हात पारेको छ । सदरमुकाम फुङलिङस्थित भानुजन माविको खेल मैदानमा भएको फाइनल खेलमा ..
मध्यपुर थिमी, ३० साउन । अन्तर विद्यालय फुटसल च्याम्पियनसिप–२०१७ साउन ३२ देखि भदौ २ गतेसम्म थिमीको प्रमोसनल फुटसलमा हुने भएको छ । प्रतियोगितामा चारवटा नगरपालिकाको २४ वटा विद्यालय टोलीले सहभागिता ..
पोखरा, २५ साउन । नवआदर्श सामुदायिक विकास समाजले पोखरा–लेखनाथ महानगरपालिका–१९ लामाचौरमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता गर्ने भएको छ । हरितालिका तीजको अवसरमा आगामी भदौ ६ देखि ८ गते हुने सो ..
पोखरा, २४ साउन । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले आगामी १३ औँ दक्षिण एसियाली खेलकुद(साग)का लागि पोखरा उच्च प्राथमिकतामा परेको बताउनुभएको छ । पोखरा रंगशालाको आज यहाँ निरीक्षणका क्रममा उहाँले ..
म्याड्रिड (स्पेन), २१ साउन । विश्व प्रसिद्ध फुटबल स्टार तथा रियल म्याड्रिडका अग्रपङ्तिका खेलाडी क्रिस्टियानो रोनाल्डोले स्पेनमा करका बिषयमा अनावश्यक झमेला दिएको जनाउँदै "आफू इङ्ल्याण्ड फिर्ता हुन चाहेको" बताएको स्पेनी ..
खेलकूद पत्रकार मञ्च कास्कीलाई रु एक लाख ३५ हजार सहयोग
पोखरा, २२ साउन । बेलायतमा बस्ने नेपालीले खेलकूद पत्रकार मञ्च कास्कीलाई रु एक लाख ३५ हजार ५०० सहयोग गरेका छन् । बेलायतमा रहेर विभिन्न पेशा र व्यवसाय गर्दै आउनुभएका मञ्जु ..
पोखरा, २२ साउन । खेलकुद पत्रकार मञ्च कास्कीले शनिबार खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्ति, खेलाडी र संस्थालाई पोखरा स्पोर्टस् अवार्डबाट सम्मान गरेको छ । पोखरा स्पोर्टस् अवार्डअन्तर्गत लाइफटाइम अचिभमेन्ट ..
पोखरा स्पोर्टस अवार्ड आज
पोखरा, २१ साउन । नेपाल खेलकुद पत्रकार मञ्च कास्कीको आयोजनामा आज पोखरामा 'पोखरा स्पोर्टस अवार्ड' हुँदैछ । खेलाडीलाई प्रोत्साहन गर्दै खेलकुदको विकासमा सघाउने उद्देश्यले गत वर्षदेखि शुरु भएको पोखरा स्पोर्टस अवार्डको .. | 2018/03/24 07:50:03 | http://abcnepal.tv/news/category/%E0%A4%96%E0%A5%87%E0%A4%B2%E0%A4%95%E0%A5%81%E0%A4%A6/page/32 | mC4 |
कङ्गोमा इबोलाका ४५ संक्रमित भेटिए - pnpkhabar.com
You are at:Home»विश्व»कङ्गोमा इबोलाका ४५ संक्रमित भेटिए
By शर्मिला गुरुङ on ४ जेष्ठ २०७५, शुक्रबार ११:४७ विश्व
किन्सासा, कङ्गो, जेठ ४ : प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा ४५ जनालाई इबोलाको संक्रमण देखिएको समाचारमा जनाइएको छ।
देशको उत्तरपश्चिमी प्रान्त बिकोरोमा इबोलाको संक्रमणको कारण एक व्यक्तिको मृत्यु भएको र अन्य एघार जनामा संक्रमण भएको केही दिन अघि नै खुलेको थियो ।
इक्वेटेउर प्रान्तको बिकोरोे सहरमा सो संक्रमण देखिएको हो । सअघि यसै महिनाको सुरुमा पनि एक ग्रामीण वस्तीमा इबोला संक्रमणका विरामी देखिएका थिए ।
कङ्गोमा महिना दिन अघिको यस संक्रमणमा परी करिब २३ जनाले ज्यान गुमाएका थिए ।
कङ्गोमा पुनः देखिएको इबोला संक्रमणप्रति विश्व स्वास्थ्य संगठनले गहिरो चिन्ता व्यक्त गरेको छ । कङ्गोमा यस प्रकारको इबोला संक्रमणबाट खराब अवस्था आउनसक्ने भन्दै विश्व स्वस्थ्य संगठनले चिन्ता प्रकट गरेको छ ।
सन् २०१४ देखि २०१६ सम्म पश्चिमी अफ्रिकी देशहरुमा देखिएको इबोलाको भीषण महामारीले ११ हजार भन्दा बढी नागरिकको मृत्यु भएको थियो । रासस÷एएफपी | 2019/06/26 09:59:25 | http://www.pnpmedianepal.com/%E0%A4%95%E0%A4%99%E0%A5%8D%E0%A4%97%E0%A5%8B%E0%A4%AE%E0%A4%BE-%E0%A4%87%E0%A4%AC%E0%A5%8B%E0%A4%B2%E0%A4%BE%E0%A4%95%E0%A4%BE-%E0%A5%AA%E0%A5%AB-%E0%A4%B8%E0%A4%82%E0%A4%95%E0%A5%8D%E0%A4%B0/ | mC4 |
गुम्दै राराब क्याम्पसको साख, निजी कलेज चलाउँछन् प्राध्यापक
जनकपुरधाम, ७ चैत-कुनै समय रामस्वरूप रामसागर बहुमुखी क्याम्पस (राराब) जनकपुरधाम त्रिभुवन विश्व विद्यालयको आङ्गिक क्याम्पसहरूमध्ये चर्चित र प्रतिष्ठितमा एक मानिन्थ्यो । उक्त क्याम्पसमा पढ्नका लागि धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, सिन्धुली, रामेछाप, ओखलढुङ्गा, रौतहट, बारा र पर्सासम्मका विद्यार्थीहरू आउने गर्थे ।
खास गरी विज्ञान संकायको पढाइमा देशैभरीकै अब्बल मानिन्थ्यो । विज्ञान संकायको प्रविणता प्रमाणपत्र तह 'आईएससी' यस क्याम्पसको हाइलाइट फिचरहरूमध्ये एक थियो । प्रत्येक वर्ष मेडिकल, इञ्जिनियरिङ आदि निकायमा जनकपुरका विद्यार्थीले इन्ट्रान्स परीक्षामा राम्रो अंकसहित छात्रवृत्ति प्राप्त गर्थे । बीएस्सी, एमएस्सीमा टप गर्ने विद्यार्थीहरू राराबकै प्रोडक्ट हुन्थे । जनकपुरका विद्यार्थीलाई काठमाडौंमा पनि 'राम्रो विद्यार्थी'को रूपमा लिइन्थ्यो । कुनै पनि विद्यार्थी आफू राराब क्याम्पस जनकपुरको प्रोडक्ट हो भन्दा राम्रै सम्मान पाउँथ्यो ।
पूर्वउपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि, राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, उपाध्यक्ष वृषेशचन्द्र लाल, कांग्रेस नेताहरू मोहन बराल, उज्वल बराल, सर्लाहीका कांग्रेस सभापति हरेश महतो, कांग्रेस धनुषाका सभापति रामसरोज यादव, नेता प्रफुल्ल घिमिरे, ललन चौधरी, युवराज खातीलगायत विभिन्न पार्टीका नेताहरूसमेत राराब क्याम्पसकै 'प्रोडक्ट' हुन् । उक्त क्याम्पसबाट उत्तीर्ण भएका विद्यार्थीहरू देशकै शासन सत्ता चलाउने नेतादेखि सफल प्रशासकसमेत भएका छन् ।
राराबको तह घटुवा
विगतका तमाम सफलताका कथा अब इतिहासका पानामा मात्र सिमित भइसकेको छ । अहिलेको अवस्थामा उक्त क्याम्पसको नाम लिनेवित्तीकै विद्यार्थीको समेत नकारात्मक मूल्याङ्कन हुन थालेको छ । किनभने उक्त कलेजमा पढाइलेखाइ हुँदैन । विद्यार्थीहरू पनि अब बढी छैनन् ।
२०५३ सालमा उक्त क्याम्पसमा सबैभन्दा बढी १५ देखि १७ हजारसम्म विद्यार्थीहरू भर्ना भएका थिए । ५ हजारभन्दा बढी विद्यार्थी भएको क्याम्पस 'क' वर्गमा पर्दछन् । भौतिक पूर्वाधारका हिसाबले पनि राराब क्याम्पस सम्पन्न नै मानिन्छ । तर अहिले २ हजारदेखि साढे २ हजारसम्मको बीचमा विद्यार्थीहरू भर्ना भएका छन् । त्यसकारण क्याम्पसको वर्गमासमेत घटुवा भएको छ ।
२०६६ सालदेखि उक्त क्याम्पस 'क' बाट 'ख' वर्गमा झरेको छ । त्रिभुवन विश्व विद्यालयबाट पीसीएल फेजआउट गरेपछि प्रविणता प्रमाणपत्र तहका विद्यार्थीहरू घट्नु विद्यार्थी संख्यामा कमी आउनुको कारण रहेको क्याम्पस प्रमुख प्राध्यापक विजयलाल दास बताउँछन् । स्नातक र स्नातकोत्तरका विद्यार्थी पनि निजीतिर सरेका छन् ।
२०६५ देखि २०७२ सालसम्मको बीबीएस प्रथम वर्षको भर्ना दर हेर्ने हो भने ६ सय ६२ देखि १ सय ८८ मा झरेको छ । त्यसैगरी २०६७ सालदेखि २०७१ सालसम्म एमबीएस प्रथम वर्षमा विद्यार्थी भर्ना संख्या हेर्ने हो भने ४ सय १६ बाट ३ सय ४५ मा झरेको छ । तुलनात्मकरूपले बीबीएसभन्दा एमबीएसमा विद्यार्थी संख्या बढी हुनुको कारण एमबीएस तहको पढाई निजी क्षेत्रका सिमित कलेजमा मात्र हुन्छन् ।
२०६६ सालमा एमए अर्थशास्त्रको प्रथम वर्षमा ९२ जना विद्यार्थी भर्ना भएका थिए भने २०७१ सालमा आएर २५ मा झरेको थियो । त्यसैगरी एमएड प्रथम वर्षमा २०६७ सालमा ६४ जना विद्यार्थीहरू भर्ना भएका थिए भने २०७१ सालमा आएर ३६ मा खुम्चिएको थियो । एकवर्षे बीएडकै कुरा गर्ने हो भने २०६८ सालमा ९१ जना नयाँ विद्यार्थीहरू भर्ना भएका थिए भने २०७१ सालमा आएर ६ जना विद्यार्थीहरू मात्र भर्ना भएका थिए ।
एमए नेपालीकै कुरा गर्ने हो भने २०६७ सालमा प्रथम वर्षमा १६ जना विद्यार्थीहरू भर्ना भएका थिए भने २०७१ सालमा आएर २ जनामा खुम्चिएको छ । त्यसैगरी एमए समाजशास्त्रमा प्रथम वर्षमा २०६७ सालमा १ सय ३ जना विद्यार्थीहरू नयाँ भर्ना भएका थिए भने २०७१ सालमा आएर विद्यार्थी संख्या २४ मा सिमित भएको थियो ।
एमए राजनीतिशास्त्र प्रथम वर्षमा २०६६ सालमा ९६ जना विद्यार्थीहरू थिए भने २०७१ सालमा आएर ४८ मा खुम्चिएको थियो । यी सबै कुराले के देखाउँछ भने राराब क्याम्पसमा विद्यार्थी भर्ना हुने संख्या प्रतिवर्ष घट्दै गएको छ । यही क्रम निरन्तर रहे भने केही वर्षमै राराब क्याम्पसको भवन त रहने छन् तर त्यहाँ पढ्ने एउटा विद्यार्थी पनि पाउन गाह्रो छ ।
निजीमुखी प्राध्यापक
विद्यार्थी पढाउने उपप्राध्यापकदेखि प्राध्यापकसम्मको संख्यामा पनि कमी छैन । एकजना कर्मचारीका अनुसार उक्त क्याम्पसमा करीब १ सय ७५ जना जति उपप्राध्यापक कार्यरत छन् । जसमध्ये विज्ञान संकायअन्तर्गत करीब ७५ जना, व्यवस्थापन अन्तर्गत करीब २५ जना र मानविकीतर्फ करीब ४० जना स्थायी दरबन्दी भएका उपप्राध्यापक कार्यरत छन् । त्यसैगरी आंशिक र करारतर्फ पनि थुप्रै उपप्राध्यापकहरू कार्यरत छन् । तिनीहरूको काम भनेको क्याम्पसमा जाने, हाजिरी बनाउने र तलब पकाउनेमा मात्र सिमित छ ।
विद्यार्थीहरूले त्यहाँ जतिसुकै गुनासो गरे पनि पढाइ हुँदैन । किनभने ती कलेजमा काम गर्ने उपप्राध्यापकहरू जागिर त राराब क्याम्पसको गरे पनि काम भने निजी कलेजका लागि गरिरहेका हुन्छन् । मुख्य कुरा के हो भने राराब क्याम्पसका उपप्राध्यापकहरूले नै बाहिर निजी कलेज सञ्चालन गरेका छन् भने राराब क्याम्पसमा पढाउने कुरै आउँदैन ।
विनोद साह व्यवस्थापन विषयका सहप्राध्यापक र मुक्तिनाथ साह रशायनशास्त्र विषयका उपप्राध्यापक हुन् । यी दुवैजना निजी कलेज नेशनल एकेडमी र सिटी कलेजका सञ्चालक पनि हुन् । किशोरी नायक मानविकी संकायका लागि राराब क्याम्पसको सहायक क्याम्पस प्रमुख नै हुन् । अंग्रेजी विषयका उपप्राध्यापक नायक निजी क्षेत्रमा गौरी क्याम्पस सञ्चालन गरेका छन् । नायक त मानविकी संकायका सहायक क्याम्पस प्रमुख नै हुन् ।
सदन भगत राराब क्याम्पसका व्यवस्थापन विषयका उपप्राध्यापक हुन् । उनी पनि निजी क्षेत्रमा न्यू इङ्गलिस प्लस टू क्याम्पसका सञ्चालक हुन् । विनोद साह तथ्याङ्क शास्त्र विषयका राराब क्याम्पसका उपप्राध्यापक हुन् । उनी पनि बाहिर मिट क्याम्पसका सञ्चालक छन् । सञ्जिव सिंह बोटनी विषयका उपप्राध्यापक हुन् । उनले पनि न्यू मिलेनियम कमर्स क्याम्पस सञ्चालन गरेका छन् ।
यी त केही उदाहरण मात्र हुन् । राराब क्याम्पसमा पढाउने उपप्राध्यापक, सहप्राध्यापकदेखि प्राध्यापकसम्म कि त बाहिर निजी कलेजका सञ्चालक छन् कि त निजी कलेजमा पढाउँछन् । प्राध्यापक संघका अध्यक्ष जुगेश्वर साहका अनुसार त्रिभुवन विश्वविद्यालयबाट इजाजत लिएर नै निजी विद्यालयमा काम गर्ने तथा सञ्चालन गर्ने गरेका छन् । तर राराब क्याम्पसमा जुन सिफ्टमा ड्यूटी हुने हो त्यो सिफ्टबाहेक मात्रै बाहिर निजीमा काम गर्नुपर्नेमा त्यस्तो नभएको उनले बताए । त्यस कामका लागि क्याम्पस प्रशासनले अनुगमन समिति पनि बनाएको छ, तर न त कहिल्यै अनुगमन हुन्छ न त कारबाही नै ।
१० हजारसम्म तिरे बाहिरैबाट उत्तर पुस्तिका भरेर बुझाउन सकिने
राराब क्याम्पसमा २०६३ को मधेस आन्दोलनपश्चात परीक्षामो चिट चोर्नु त आम विषय भइसकेको छ । परीक्षार्थीहरू किताब, गेस, गाइड आदि टेबुलमै राखेर नक्कल गर्नुलाई आफ्नो अधिकार ठान्छन् । यहाँसम्म कि ५ हजारदेखि १० हजार रूपैयाँसम्ममा बाहिर उत्तर पुस्तिका लेखाउने र गार्ड तथा शिक्षकहरूलाई मिलाएर सोही उत्तरपुस्तिका परीक्षा हलमा प्रवेश गराउने धन्दा नै चलेको छ ।
उक्त धन्दा चलाउनमा विद्याथी नेताहरूदेखि क्याम्पसका कर्मचारीहरूसम्मको मिलोमतो हुन्छ । विद्यार्थीभन्दा पनि अन्य ठाउँमा जागिर गर्ने नेपाल सरकारका कर्मचारीहरूले अमर्यादित परीक्षाको बढी लाभ उठाएका छन् । बढुवाका लागि सर्टिफिकेट आवश्यक पर्ने र सर्टिफिकेटका लागि राराबमा परीक्षा दिने प्रवृत्तिको फाइदा स्थानीयस्तरका नेताहरूदेखि सुरक्षाकर्मी, निजामती कर्मचारीहरू समेतले उठाएका छन् । त्यसकारण पनि संस्थागत बनेको अमर्यादित परीक्षा अब विद्यार्थीहरूको नैसर्गिक अधिकार जस्तै बनेको छ । प्रत्येक वर्ष करीब १ सयदेखि १ सय ५० जनासम्म विद्यार्थीहरूलाई निष्काशनसमेत गरिन्छ ।
नेपाल प्राध्यापक संघ राराब क्याम्पस इकाई कमिटीका अध्यक्ष जुगेश्वर साहका सहायक क्याम्पस प्रमुख छँदा उनले अमर्यादित गतिविधि रोक्न पहल गरेका थिए । २०६८ सालमा उनले राराब क्याम्पसमा परीक्षा दिइरहेका २ हजार ४ सय ४० जना परीक्षार्थीमध्ये अमर्यादित गतिविधिमा संलग्न १ हजार १ सय ५५ जनालाई निष्कासन गरे । १ वर्षका लागि प्रतिबन्धसमेत लगाए । 'त्यसपछि त मलाई ज्यान मार्ने, काटिदिनेसम्मका धम्कीसहितका फोन आए । बिचलित नभई प्रयास गरिरहेँ, तर सफल हुन सकिन,' उनले भने ।
क्याम्पस प्रशासन एक्लैले परीक्षा मर्यादिन बनाउन सक्ने अवस्था नरहेको उनी बताउँछन् । 'अहिले विगतमा जस्तो बाहिरबाट उत्तरपुस्तिका नै लेखेर ल्याउने काममा त कमी आएको छ, तर पनि मोबाइलमापÞर्mत चिट चोराउने काम भइरहेको छ, क्याम्पस प्रशासनले एक्लै नियन्त्रण गर्न सक्दैन, त्यसका लागि जनकपुरकै समाज तयार हुनुपर्छ ।'
पढाइ नै नहुने यस क्याम्पसका विद्यार्थी राम्रो अंक ल्याएर उत्तीर्ण हुने गरेका छन् । २०६५ सालमा बीबीएस प्रथम वर्षमा ८ सय ५७ जना परीक्षर्थी सहभागी भएकोमा ४ सय ९५ जना उत्तीर्ण भए । २०६७ सालमा एमए प्रथम वर्षमा २१ जना परीक्षार्थीमध्ये १५ जना उत्तीर्ण भए । परीक्षामा कुनै एक दिन कडाइ हुँदा केही विद्यार्थी फेल हुने गरेका हुन् । परीक्षा हलमा गएर हेर्यो भने कुनै पनि परीक्षार्थीले कतैबाट नसारी १५ मिनेसम्म पनि कलम चलाउन सकेको देखिन्न ।
दाताको सहयाेग खेर
राराब क्याम्पसको स्थापनामा रामसागर र रामस्वरूप साहको ठूलो योगदान छ । क्याम्पस प्रमुखको कार्यकक्षमा ती दुवै जनाको तस्वीर पनि झुन्डयाइएको छ । विक्रम सम्वत् २००४ सालमा जनकपुरमा सरस्वती माध्यमिक विद्यालय स्थापना गरेपछि सकलीदेवी साहले छोराहरू रामस्वरूप र रामसागरलाई छात्रा पाठशाला समेत खोल्न सुझाएकी थिइन् । मावि स्थापनासँगै जनकपुरमा पहिलो कलेज खोल्ने तयारीमा रहेका साह दाजुभाइले त्यसको चार वर्षमा कलेज र ६ वर्षमा कन्या मावि निर्माण गरेर आमाको चाहना पूरा गरे, आवश्यक नगद र जग्गा दानसहित ।
त्यसको एकदशकभित्र यो परिवारले छात्रावास र सरस्वती मन्दिर निर्माण गरेर क्याम्पस सञ्चालनका लागि थप ७५ बिघा जग्गा समर्पण गर्यो । रामस्वरूप र रामसागर दाजुभाइले २००१ सालमै धर्म संस्था ट्रष्ट खडा गरी रु. १० हजार १ नगद र ३०० बिघा जमिन राखेर दानपुण्यको गतिविधि शुरू गरेका थिए । त्यो ट्रष्टबाट जनकपुरमा धर्मशाला, अञ्चल अस्पतालको प्रसूति विभाग, बाल विभागलगायत अनेकौं काम भए । सफल उद्योग÷व्यवसाय गरेर समाजसेवामा पनि कीर्ति राख्नेमा पर्छ, जनकपुरको रामस्वरूप र रामसागर साह परिवार, जसले राणाकालमै दानदातव्यको संस्कृतिलाई संस्थागत रूप दियो । | 2020/08/09 13:44:05 | https://lokaantar.com/story/38394/2018/3/21/exam-story-bhag-2 | mC4 |
एउटा रहस्यमय रुख - Mero LifeStyle Mero LifeStyle
मानिस जस्तै वनस्पतिमा पनि जीवन रहेको विश्वास गरिन्छ । नेपाल, भारत लगायतका देशमा धेरै रूख र बोटबिरुवाको पनि पूजा गरिन्छ र तिनीहरूलाई भगवानको दर्जा दिइन्छ। जङ्गलमा धेरै रहस्य भेटिन्छन्। यस्तै एउटा रहस्य भारतको उत्तराखण्डको नैनी तालको जङ्गलमा लुकेको छ, जुन आफैमा अचम्मको छ ।
वास्तवमा कालाढुङ्गीको जङ्गलमा एउटा यस्तो रुख छ जसले ठ्याक्कै मानिसले जस्तै काम गर्छ । यो रुखले मानिसजस्तै गुद गुदी गर्छ। जब कसैले यो रूखलाई छोयो, त्यो रूखले गुद गुदी गर्न थाल्छ। यसका हाँगा र पातहरू हाँस्न थाल्छन्। यो रुखको फिडमा औँला राख्दा यसका हाँगाहरू चल्न थाल्छन् ।
यसै कारणले यो रुखलाई हाँस्ने रुख पनि भनिन्छ । यस जङ्गलमा यो रुख हेर्न टाढा टाढाबाट मानिसहरू आउने गर्दछन् । यो हाँस्ने रुखको वनस्पति नाम 'रेंडिया डूमिटोरम' हो । यस रुखलाई छुँदा किन गुद गुदी हुन्छ भन्ने विषयमा धेरै अनुसन्धान भइरहेका छन् ।
यस रुखको गुद गुदी हेर्न टाढा टाढाबाट पर्यटकहरू आउने गर्दछन् । धेरै मानिसहरूले यो रूखलाई आफैँ गुद गुदी गर्छन्, मानिसहरूले यो रूखका सबै काँपहरू जोडले हल्लाउन थालेको पाए। यही कारण यो रुख हेर्न मानिसहरू जङ्गलमा पुग्छन् । | 2022/07/02 09:04:03 | https://www.merolifestyle.com/archives/46854 | mC4 |
आयातित नेपाली अर्थतन्त्रलाई अर्को मार : लगातार कमजोर बन्दै नेपाली मुद्रा, डलरको मूल्य हालसम्मकै उच्च « Bizkhabar Online
19 May, 2022 10:37 am
काठमाडौं । पछिल्लो समय विश्वबजारमा अमेरिकि डलरको मूल्य लगातार उकालो लाग्दा नेपाली मुद्रा कमजोर बन्दै गएको छ । बिहीबार नेपालमा एक अमेरिकी डलरको मूल्य १ सय २४ रुपैयाँ ४४ पैसा पुगेको छ । यो हालसम्मकै उच्च हो । पछिल्लो समय अमेरीकी केन्द्रिय बैंक फेडले ब्याजदर बढाउँदा डलर लगातार बलियो हुँदै गएको छ ।
नेपाली मुद्राको विनिमयदर भारतीय मुद्रासँग स्थिर हुने व्यवस्थाका कारण भारतीय रुपैयाँमा डलरको दबाव पर्दा नेपाली मुद्रा कमजोर हुन्छ । पछिल्लो समय डलरको मूल्य बढ्दै जाँदा नेपाली मुद्रा भने कमजोर बन्दै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार नेपालमा अमेरिकी एक डलरको विक्री मूल्य १ सय २४ दशमलव ४४ रुपैयाँ र खरिद मूल्य १ सय २३ दशमलव ८४ रुपैयाँ तोकेको छ । अर्थात नेपाली १ सय २४ रुपैयाँ तिरेर १ अमेरिकी डलर खरिद गर्न सकिन्छ ।
यसरी नेपाली मुद्रा कमजोर हुँदै जाँदा नेपालले आयातित सामग्रीका लागि तिर्नुपर्ने रकम उल्लेख्य बढ्ने, आयातको हिस्सा बढ्ने, वैदेशिक मुद्रा संचितिमा झन धेरै दवाव पर्ने विज्ञहरु बताउँछन् । तर, नेपालबाट विदेशमा गएर काम गर्ने श्रमिकहरुले भने नेपालमा डलर पठाउँदा त्यसको मूल्य बढी पाउनेछन् । उनीहरुका लागि भने फाईदा हुने देखिन्छ ।
विश्वभरका केन्द्रिय बैंकहरुले आफ्नो ब्याजदर बढाएपछि यसको प्रत्यक्ष असर डलरको मूल्यमा पर्छ र डलर झन बलियो हुन्छ । पछिल्लो समय अमेरिकी केन्द्रिय बैंक फेडरल रिजर्भले बैंक ब्याजदर बढाएपछि विश्वबजारमै डलर बलियो हुँदै आएको छ ।
यसरी डलरको मूल्य बढ्दा विश्वबजारमा पर्यटन आय बढ्ने, निर्यात व्यापार फस्टाउने, विप्रेषण आय बढ्नेलगायतका फाईदा हुन्छन् । तर, यसले आयात बढाउने, महंगी बढाउने, विदेशमा गएर पढ्ने विद्यार्थीको खर्च बढाउने, विदेशी ऋणको भार थपिनेलगायतका बेफाइदाहरु पनि निम्तिन सक्छन् । | 2022/06/29 06:23:39 | https://www.bizkhabar.com/news/130709.html | mC4 |
खाद्य संकटबाट गुज्रिरहेको उत्तर कोरियाले यसरी बनाउँछ खाद्य परिकार - Machhapuchhre FM
रणवीर र आलियाको फिल्म 'गली ब्वाय' को छायांङ्कन सुरु
एजेन्सी, ३० पुस । आफ्नो अनियन्त्रित परमाणु कार्यक्रमको कारणले उत्तर कोरियाले विभिन्न किसिमको प्रतिबन्धहरु सामना गर्दै आएको छ । गएको वर्ष संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् साथै केहि देशले उत्तर कोरिया माथि उसको परमाणु कार्यक्रमको कारण आर्थिक प्रतिबन्ध लगाएको थियो ।
यस बाहेक अमेरिका, दक्षिण कोरिया र जापानले पनि उमाथि धेरै किसिमका प्रतिबन्धहरु लगाएको छ ।
यसकारणले उत्तर कोरियाका अगाडि आर्थिक संकट उत्पन्न भएको छ जसकारण उसलाई प्रर्याप्त खाद्यबस्तु उपलब्ध हुनुसकेको छैन । यस संकटबाट मुक्त हुन त्यहाँका मानिसहरुले केहि नयाँ किसिमका परिकारहरु बनाउन सुरु गरेका छन् ।
उत्तर कोरियामा पछिल्लो धेरै सालदेखि खाद्य सामाग्रीको अभाव एकदमै सामान्य कुरा भैसकेको छ । तर प्रतिबन्ध र संकटबिच मानिसहरुले आफ्नो भोक र स्वादसँग सम्झौता गर्न नपरोस् भनेर त्यहाँका मानिसहरुले सामान्य सामाग्रीबाट धेरै र अलग प्रकारको खाना बनाउने उपायको अभ्यास गर्दै आएका छन् ।
यी परिकारहरुमा एउटा सोक्काडुजियन हो । यसलाई आम भाषामा क्विक केक पनि भनिन्छ । यो केकलाई बनाउनका लागि पकाउन पर्दैन र समय पनि एकदमै कम लाग्छ ।
होंग युन हेई केहि समय पहिले उत्तर कोरियाबाट दक्षिण कोरिया भागेकी थिइन् । उनी आफुले भुट्टे भन्दा स्वादिष्ट केक बनाउन सक्ने बताइन् । हेई सोलामा एउटा रेष्टुरेन्ट चलाउँछिन् । उनी बताउँछिन् कि चामलभन्दा सस्तो हुने भएकोले गरिब उत्तर कोरियालीहरु सामान्यतय भुट्टो खाने गर्छन् । हेई आफ्नो रेष्टुरेन्टमा ति परिकारहरु बनाउँछिन् जुन मानिसहरु खाद्य संकटको समयमा उपभोग गर्छन् ।
ति मध्ये एउटा हो इन्जेक्टर । यो प्रोटिनयुक्त शाहाकारी खाना हो । यसको दोस्रो नाम हूयमन मेड मिट हो । यसलाई भटमासबाट बनाइएको हुन्छ ।
त्यस्तै अर्को परिकार इंजोगोगिबाब हो । यसलाई इंजोगोगी या वेज मीटबाट बनाइन्छ । यसलाई चामल या माछाको साथमा खाइन्छ । यो खानामा क्यालोरी एकदमै कम तर प्रोटिन र फाइबर भने प्रशस्त मात्रामा पाइने विश्वास गरिन्छ ।
अर्को परिकार छ डुबुबाब । यसमा टोफू या सोयाबिन दुधको एउटा पातलो सतह हुन्छ । साथै चामलको पिठोको पातलो सतह पनि मिलाइएको हुन्छ । उत्तर कोरियाली नागरिकको लागि यो एकप्रकारको सस्तो खाद्य परिकार हो ।
साथै त्यहाँ एकप्रकारको बिस्किट पाइन्छ जुन एकदमै स्वादिष्ट हुन्छ । यसको बाहिरी भाग एकदमै नरम तर भित्रि भाग भने गिलो हुन्छ । यसलाई आटा र चिनिबाट बनाइन्छ । कहिले काहिँ यसमा अंगूरको पनि प्रयोग गरिन्छ ।
त्यहाँ एकप्रकारको परिकार पाइन्छ जसलाई धेरै किसिमका सब्जीहरु मिलाएर बनाइन्छ । साथै यसमा सुँगुरको रगत पनि मिसाइन्छ ।
कुंगसुन्गा नामको परिकार हेर्दा मकैको फूलजस्तो देखिन्छ तर यसलाई वास्तवम भट्मासको दानासँग चिनि मिसाएर बनाइएको हुन्छ । उत्तर कोरियामा यसलाई धेरैले मनपराउँछन् ।
अलसाटोंग उत्तर कोरियाको विशेष पर्वमा बनाइने परिकार हो । यसलाई बनाउन चिनि र चुकको प्रयोग गरिन्छ । यसलाई विशेषगरी किम सुंग इलको जयन्तीको अवसरमा बनाइन्छ । | 2018/11/16 18:07:52 | http://machhapuchhrefm.com/%E0%A4%96%E0%A4%BE%E0%A4%A6%E0%A5%8D%E0%A4%AF-%E0%A4%B8%E0%A4%82%E0%A4%95%E0%A4%9F%E0%A4%AC%E0%A4%BE%E0%A4%9F-%E0%A4%97%E0%A5%81%E0%A4%9C%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%B0%E0%A4%B9%E0%A5%87%E0%A4%95/ | mC4 |
सताउनेहरूको लागि प्रार्थना गर : नेपालचर्च डट कम NepalChurch.com
सताउनेहरूको लागि प्रार्थना गर
[ 0 ] March 6, 2018 | Bhuvan Devkota
-भु वन देवकोटा,
अचेल येशूलाई विश्वास नगर्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले जानी वा नजानी विभिन्न तरिकाले र विभिन्न आक्षेपहरू लगाउँदै ख्रीष्टियानहरूलाई गाली गर्ने कुरा बढ्दैगएको कुरा हामी सबैलाई थाहा छ । त्यसरी लगाएको हरेक आरोपलाई जवाफ दिनुपर्छ भन्ने धारणा राख्ने केही अपरिपक्व र चञ्चल ख्रीष्टियान दाजुभाइ तथा दिदीबहिनीहरूले त्यस्ता आरोपहरूको जवाफ तुरुन्तै दिएका कुरा पनि हामीले देखेकै छौं ।
फेसबुक, पत्रपत्रिका वा अन्य माध्यमबाट आएका हरेक आरोपहरूको प्रतिउत्तर कुनै सभ्य, सरल र मननीय छ भने कतिचहिं तथ्यपूर्ण र अनुग्रहसहितको भन्दा पनि तत्कालको आवेश शान्त पार्ने खालको मात्रै देखिन्छ । मानिसहरूको सबै आरोपको जवाफ दिँदै हिँड्न थाल्यो भने हामीले प्रेम र सम्बन्धलाई गुमाउने सम्भावना हुन्छ । येशूले तिमीहरूलाई सताउनेहरूको लागि प्रार्थना गर र खेदो गर्नेहरूलाई आशिष् देओ, नसराप भन्नुभयो । हामीले गम्भीर भएर विचार्नुपर्छ कि कसैले हामीलाई लगाएको झुटो आरोपको सिधै त्यस्तो जवाफले येशूको वचनलाई पूरा गर्दैन । सायद कति पटक सही समयमा दिइएको बुद्धिमानी जवाफले मानिसलाई कुरा बुझ्न मद्दत गर्ला । तर विचार नपुर्याई भावावेशमा दिइएको जवाफले कुरा सल्ट्याउनेभन्दा पनि कुरा बिगार्न सक्छ ।
बाइबलले हामीलाई सतावटको सामना गर्नुपर्छ भन्ने प्रतिज्ञा गरेको छ । येशू र उहाँका चेलाहरूको जीवनबाट यो प्रमाणित भएको छ । त्यसकारण कुनै कुरा गर्नुअघि विचार गरौं, प्रार्थना गरौं, सल्लाह गर्ने बानी गरौं । हामीलाई सताउनेहरूको विरोध गर्ने होइन, तिनीहरूको लागि प्रार्थना गर्ने बानीको विकास गरौं ।
हिब्रू ११ः३६–३८ः अरूहरूले गिल्ला, कोर्राबाजी, बन्धन र कैद पनि भोग्नुपर्यो । तिनीहरूलाई ढुङ्गाले हाने । तिनीहरू करौँतीले चिरिए । तिनीहरू तरवारले मारिए । भेडा र बाख्राका छालाहरू लाएर कङ्गाल भई क्लेश र दुःख पाएर तिनीहरू यताउता डुलिहिँडें । संसार तिनीहरूका निम्ति योग्यको थिएन । मरुभूमि, पहाडहरू, गुफाहरू र पृथ्वीका ओडारहरूहुँदो तिनीहरूलाई घुमिहिँड्नुपर्यो । | 2019/06/19 01:10:45 | http://nepalchurch.com/15020/%E0%A4%96%E0%A5%88-%E0%A4%A4-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A5%87%E0%A4%AE/ | mC4 |
काम नथाल्दै पुनर्निर्माण प्राधिकरण खारेज - NewsPolar NewsPolar
काम नथाल्दै पुनर्निर्माण प्राधिकरण खारेज
१८ भाद्र २०७२, शुक्रबार ०२:३०
काठमाडौं, भदौ १८ । विनाशकारी भूकम्प गएको एक सय ३२ दिन पुगेको छ । तर, सरकारले पुनर्निर्माणको काम अगाडि नबढाउँदा सयौँ भूकम्पपीडित बर्खामा पनि जोखिमयुक्त जीवन बिताउन बाध्य छन् ।
सरकारको गैरजिम्मेवारीले पुनर्निर्माण प्राधिकरण भने निष्क्रिय भएको छ । सरकारले भूकम्प गएको करिब दुई महिनापछि ७ असारमा अध्यादेशमार्फत भूकम्पबाट प्रभावित संरचना पुनर्निर्माण अगाडि बढाउन प्रधानमन्त्री अध्यक्ष रहेको पुनर्निर्माण प्राधिकरण स्थापना गरेको थियो ।
सत्तासाझेदार दल कांग्रेस र एमालेबीचको विवादका कारण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सिइओ) २८ साउनमा मात्रै नियुक्त गरिएको थियो । तर, सरकारले चासो नदिँदा अध्यादेश निष्क्रिय भएको समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
सरकारले अध्यादेशको प्रतिस्थापन विधेयक संसद्मा पेस नगर्दा पुनर्निर्माण प्राधिकरणको अस्तित्व नै समाप्त भएको छ । यससँगै प्राधिकरणले अहिलेसम्म गरेका सबै काम स्वतस् खारेज भएका छन् । प्राधिकरणको ८ भदौको पहिलो बैठकले भूकम्प प्रभावित ३१ जिल्लामा प्राधिकरणको कार्यक्षेत्र तोकिदिन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो । १३ भदौमा अध्यादेश निष्क्रिय भएको हो ।
प्रधानमन्त्री सुशील कोइरालासहित मन्त्री, सत्तारुढ दल कांग्रेस र एमालेका प्रमुख सचेतक तथा सभासद्ले समेत अध्यादेश संसद्बाट पारित नगराउँदा पुनर्निर्माण प्राधिकरणको अस्तित्व समाप्त हुनेबारे चासो नै दिएनन् ।
प्रशासनिक नेतृत्वमा रहेका मुख्य सचिव डा. सोमलाल सुवेदीले पनि यो विषयमा चासो नदिँदा प्राधिकरण निष्क्रिय भएको छ ।
'भूकम्पपीडित कैयौँ पीडितले अझै पनि राहत पाएका छैनन् । विद्यालय भवन ध्वस्त भएकाले विद्यार्थीले अध्ययन गर्न पाएका छैनन् । प्रधानमन्त्री, मन्त्रीलगायतको संवेदनहीनताले गर्दा पुनर्निर्माण नै अन्योलमा परेको छ'–अर्थ मन्त्रालयका एक सहसचिवले भने–'जननिर्वा्चित सरकारको योभन्दा जनताप्रतिको गैरजिम्मेवारीपन के हुन सक्छ र ?'
संसद् बैठक नभएको वेला जारी गरिएको अध्यादेश संसद् बैठक सुरु भएको ६० दिनभित्र पारित गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । संसद्को चालू बजेट अधिवेशन १५ वैशाखबाट सुरु भएको हो । संसद्को १९ असारको बैठकको बहुमतले अध्यादेशलाई स्वीकृत गरेको थियो ।
सरकारले ७ साउनमा अध्यादेशको प्रतिस्थापन विधेयक संसद् सचिवालयमा दर्ता गराएको थियो । तर, विधेयक संसद्को बैठकमा पेस गर्न सरकारले कुनै चासो नदिएकाले अध्यादेश स्वतस् निष्क्रिय भएको हो ।
कांग्रेसका मुख्य सचेतक चिनकाजी श्रेष्ठले अध्यादेश निष्क्रिय भएकोबारे केही थाहा नभएको बताए ।
'अध्यादेशलाई संसद्ले स्वीकृत गरेको हो, प्रतिस्थापन विधेयकबारे मन्त्रीहरूले छलफल गरिरहनुभएको जानकारी पाएको छु'–श्रेष्ठले भने–'यसभन्दा बढी थाहा पनि छैन, बोल्न पनि चाहन्न ।' | 2022/07/06 22:27:37 | https://newspolar.com/archives/62000 | mC4 |
छोम्रोङमा नेपालकै उच्च स्थानको 'लन टेनिस कोर्ट' बन्दै – Tandav News
ताण्डव न्यूज द्वारा २०७७ भाद्र २५ गते बिहीबार १२:५७ मा प्रकाशित
384 FacebookTwitterGoogle+ReddItWhatsAppPinterestईमेल
अर्जुन गाहा ,
पर्यटकिय दृष्टिकोणबाट परिचित कास्कीको अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङको परिचयमा खेलकुदको क्षेत्र पनि जोडिएको छ । त्यसो त त्यहाँ खेलकुदको गतिविधि अहिलेसम्म नभएको भने होईन ।
भलिबल र बास्केटबलको मैदान यसअघि नै निर्माण भैसकेका छन् । तर पछिल्लो समय उक्त गाउँमा २१७० मिटर उचाईमा लन टेनिस कोर्ट बन्ने क्रममा रहेपछि गाउँको परिचयको दायरा फराकिलो हुने र खेलकुदको क्षेत्रबाट थप पर्यटक भित्रन सक्ने स्थानियहरुको अपेक्षा छ ।
यसको निर्माण सम्पन्न भएसँगै नेपालकै अग्लो स्थानको टेनिस कोर्ट बन्नेछ । तर आगामी पुष सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेपनि बजेटको अभाव रहेको स्थानीयहरुको भनाई छ । 'अहिले पहिलो चरणमा कास्की जिल्ला खेलकुद विकास समितिले दिएको १५ लाखको काम गरेका छौ, खेलमैदान समितिका अध्यक्ष मिकास गुरुङले भने, 'हामीले पुषमा सम्पन्न गर्ने गरी निर्माणको कामलाई अघि बढाएका छौ ।
बजेटको अभाव छ प्रदेश सांसद राजीव पहारी सँग समन्वय गरेर बजेट माग गर्ने लक्ष्यमा छौ ।' उनले उक्त कोर्ट अन्तर्राष्ट्रिय मापडण्ड अनुसारकै निर्माण हुने बताउदै ५० लाख बढि लागत लाग्ने बताए ।
उनका अनुसार अहिले निर्माणाधिन मैदानलाई लेभलिङ गर्ने काम सकिएको छ । त्यस्तै स्थानीय पर्यटन व्यवसायी राजकुमार गुरुङले उक्त कोर्ट निर्माण पश्चात छोम्रोङको परिचय फराकिलो हुने बताए । 'लन टेनिसको प्रतियोगिता हामी हिमालको काख हाई अल्टिच्युड कोर्टमा गर्न सक्छौ, उनले भने, 'पोखरामा हुने खेललाई छोम्रोङमा आयोजना गर्न सकिन्छ । यसले पर्यटन प्रर्वद्धनमा समेत थप सघाउ पुग्छ ।'
उनले विभिन्न चाडको अवसर पारेर आयोजना गरिने मेलामा भलिबल र बास्केटबल लगायतका खेलकुदलाई समावेश गरिदै आएको स्मरण गर्दै टेनिसकै मात्र पनि भव्य प्रतियोगिताको आयोजनाको योजनाहरु समेत रहेको उल्लेख गरे ।
त्यस्तै कास्की जिल्ला खेलकुद विकास सतितिका कार्यालय प्रमुख प्रकाश बरालले गण्डकी प्रदेशको मात्र नभई उक्त टेनिस कोर्ट नेपालकै अग्लो स्थानको कोर्ट रहेको तर्क दिए । 'यो त गण्डकी प्रदेशकै मात्र होईन, उनले भने, 'दावाका साथ भन्न सक्छु नेपालकै उच्च उचाईमा रहेको पहिलो कोर्ट बन्नेछ ।'
उनले आफु स्वयम् अनुगमनमा गएको बताउदै तिव्र गतिमा निर्माणको काम भैरहेको बताए । 'प्रदेश सरकारले गण्डकीलाई खेलकुदको हब बनाउने भनिरहँदा यस्तो कामलाई पनि चाँसो दिनुपर्छ, बरालले भने, 'यस्तो सिर्जनात्मक काममा प्रदेश सरकारले समेत सहयोग गर्नुपर्छ ।' | 2022/01/27 02:43:58 | https://www.tandavnews.com/2020/09/46688 | mC4 |
जिल्ला अस्पतालमै निःशुल्क पाइने औषधिको अभाव « Sansar News
३० कार्तिक २०७८, मंगलवार १५:२४
खोटाङ । जिल्ला अस्पतालमै निःशुल्क पाइने औषधिको अभाव देखिएको छ । सरकारले निःशुल्क उपलब्ध गराउने ७० प्रकारका औषधिमध्ये जिल्ला अस्पताल खोटाङमा २८ प्रकारका मात्रै रहेको पाइएको छ । सामान्य अवस्थाका बिरामीका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुलुकभरका ७७ वटै जिल्लामा ७० प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था गरे पनि खोटाङमा अहिलेसम्म सबै औषधि आएको छैन ।
सरकारले सबै क्षेत्रका नागरिकको स्वास्थ्यमा सहज रुपमा पहुँच पुर्याउने उद्देश्यले निःशुल्क औषधि वितरण गर्न वार्षिक अबौँ रकम छुट्याउने गरेको छ तर आम सर्वसाधारणले भने उक्त औषधि पाएका छैनन् । निःशुल्क औषधि कता बेपत्ता हुन्छ पत्तो छैन । यस विषयमा अस्पताल व्यवस्थापन तथा सञ्चालक समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका अध्यक्ष बबि चाम्लिङ बेखबर छन् । | 2021/12/01 21:24:51 | https://sansarnews.com/304990/ | mC4 |
नायिकाको एक्सनले भरिएको 'तारेभीर' आजबाट देशभरका हलमा | हेटौडाको आवाज हेटौडाको पहिचान
Home मनाेरञ्जन नायिकाको एक्सनले भरिएको 'तारेभीर' आजबाट देशभरका हलमा
यो हप्ता २ नयाँ नेपाली चलचित्र रिलिज भएका छन् । आजबाट देशभरका करिब ४८ वटा हलमा चलचित्र 'तारेभीर' रिलिज भएको छ ।काठमाण्डौ बाहिरका ३७ र काठमाण्डौका ११ वटा हलमा चलचित्र रिलिज भएको निर्माणपक्षले बताएको छ ।
यो चलचित्रमा नायिकाको एक्सन हेर्न पाइनेछ । कृष्ण देवानको निर्माण र अभिनय रहेको यो चलचित्रलाई प्रेम सुब्बाले निर्देशन गरेका हुन् । चलचित्रले दुई छोरी मात्र भएको परिवारले भोगेको समस्या र उनीहरुको बदलाको कथालाई उठान गरेको छ ।
चलचित्रमा बिष्णु चेम्जोङ, रेखा फागो, नविन कार्की, रमेश सिंह, प्रेम सुब्बा लगायतका कलाकारको अभिनय छ । नेक्स्ट जेनेरेसन इन्टरटेन्मेन्टको ब्यानरमा यो चलचित्र निर्माण भएको हो । यस्तै, आजबाट चलचित्र 'किन्ड्याप' पनि रिलिज भएको छ ।
Previous articleप्रधानमन्त्रीको गृहजिल्लामा चुनावको लहर, कांग्रेसमा असन्तुष्टि
Next articleचुनाव बहिस्कार गर्दै आन्दोलन जारी राख्ने राजपाको निर्णय
राजनीतिक दलको सहमतिमा छिट्टै चुनावको मिति घोषणा गर्ने तयारीमा:प्रधानमन्त्री
माघ,५- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दलको सहमतिमा छिट्टै चुनावको मिति घोषणा गरिने बताउनुभएको छ । संयुक्त अरब इमिरेटस युएइको चार दिने भ्रमण सकेर स्वदेश...
रेखाको भूमिकालाई सस्पेन्स राख्दै सार्वजनिक भयोे 'पलाँस' टिजर
नायिका रेखा थापाको भूमिकालाई अझै सस्पेन्समा राख्दै चलचित्र 'पलाँस'को टिजर रिलिज गरिएको छ । कृषा चौलागाइको निर्माणमा तयार भएको यो चलचित्रलाई सुवास कोइरालाले निर्देशन...
नुवाकोटमा कांग्रेस नेताको घरमा राखिएका बम निष्क्रिय पारियो
मंसिर,६- नुवाकोटको शिवपुरी गाउँपालिका–४ सिक्रेमा गाउँपालिकाको वडा सदस्य एवं नेपाली कांग्रेसका स्थानीय नेता उद्धव थापाको घरमा भेट्टिएको दुई थान सुतली बम निष्क्रिय बनाइएको छ ।... | 2018/02/20 13:19:04 | http://namastehetauda.com/%E0%A4%A8%E0%A4%BE%E0%A4%AF%E0%A4%BF%E0%A4%95%E0%A4%BE%E0%A4%95%E0%A5%8B-%E0%A4%8F%E0%A4%95%E0%A5%8D%E0%A4%B8%E0%A4%A8%E0%A4%B2%E0%A5%87-%E0%A4%AD%E0%A4%B0%E0%A4%BF%E0%A4%8F%E0%A4%95%E0%A5%8B/ | mC4 |
भारतले दियो नेपालीलाई स्वदेश फर्कने पास, रेल सेवा सुरु भएसँगै हजारौँको संख्यामा सुदूरपश्चिम भित्रिने अनुमान
३
‘भारतको दादागिरीविरुद्ध हामीले अन्तर्राष्ट्रिय अदालत गुहार्नुपर्छ, मिचिएको भूमी हाम्रो हो’: नेता भट्ट
४
सेयर लगानीकर्ताहरुको आन्दोलन : तस्बिरमा हेर्नुहोस्
५
हामी आयौं !
६
बैंक खोल्न नेपाल राष्ट्र बैँकको निर्देशनः धनगढीमा कुनै बैंकको सेवा चुस्त, कुनैको सेवा सुस्त (फोटो फिचर)
७
कैलालीमा आजबाट बैंकिङ्ग सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैँकको निर्देशन, कस्ता छन् सर्तहरु ?
८
ब्रेकिङ्गः बझाङ्गका नेकपा नेता सिंहलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमान्डौ लगियो
९
धनगढीमा विप्लपले जलायो भारतिय प्रधानमन्त्री मोदीको पुत्ला, भन्छ,’लिपुलेक, कालापानि र लिम्पियाधुरा हाम्रै हो’
१०
अश्लिल भिडियो पठाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा कञ्चनपुरका एक युवक पक्राउ
११
जनताको जिवनसँग खेलवाड गर्ने जो कोहि होस् कानुनको कटघेरामा उभ्याउनुपर्छः नारदमुनि राना
१२
प्रवासमा अलपत्र नेपालीको उद्धार र व्यवस्थापनका लागि छिट्टै पहल गर्छौँः मुख्यमन्त्री भट्ट
नारी सञ्चारगृहको अक्षयकोषमा २२ लाख रकम जम्मा
कालोपाटी सम्बाददाता
झापा । झापाली महिला पत्रकारहरुको छाता सङ्गठन नारी सञ्चारगृहले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा २२ लाख रकम जम्मा भएको छ । तीन वर्षअघि २५ लाख पु¥याउने लक्ष्यसहित स्थापना गरेको अक्षयकोषमा स्थानीय तह र विभिन्न दाताको सहयोगमा सो रकम जम्मा भएको संस्थाकी अध्यक्ष भीमा शिवाकाटीले बताउनुभयो । काठमाडौँदेखि बाहिर जिल्लामा महिला सङ्गठित भएर स्थापना गरेको यो पहिलो पत्रकार महिलाको छाता सङ्गठन भएको उहाँको दाबी छ ।
विसं २०६९ मा जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएको संस्थामा हाल ५२ जना पत्रकार महिला आवद्ध छन् । संस्थाले विगतदेखि नै महिलाको क्षमता अभिवृद्धिका लागि प्रदेश तथा जिल्लास्तरीय तालिम सञ्चालन गर्दै आएको छ । रेडियो, अनलाइन, पत्रिका र टेलिभिजनमा काम गर्दै आएका महिलालाई पत्रकारिता पेशामा टिकाइ राख्न, उनीहरुलाई दक्ष बनाउन र प्रोत्साहनस्वरुप पुरस्कार प्रदान गर्नका लागि संस्थाले अक्षयकोष स्थापना गरेको अध्यक्ष शिवाकोटीको भनाइ छ ।
“हामी लक्ष्यको नजिक पुगेका छौं”, उहाँले भन्नुभयो, “दुई तीन महिनाभित्रमा अक्षयकोषमा २५ लाख पुग्ने निश्चित भइसकेको छ । अब पत्रकार महिलालाई नै लक्षित गरेर आकर्षक पुरस्कार स्थापना गछौं ।” उहाँले कोभिड १९ को सङ्क्रमणबाट धेरै पत्रकार महिलाले रोजगारी गुमाउनु परेको, काम गरिरहेका पत्रकारले पारिश्रमिक नपाइरहेको हुँदा उनीहरुलाई सम्बन्धित मिडिया हाउससँग समन्वय गरेर पारिश्रमिक दिलाउने र रोजगार गुमेका पत्रकारलाई स–सम्मान पुर्नवहालीका लागि संस्थाले पहल गरिरहेको बताउनुभयो ।
संस्थाकी संस्थापक अध्यक्ष सावित्रा दाहालले छोटो समयमै संस्थाले उल्लेखनीय प्रगति गरेको बताउनुभयो । उहाँले पत्रकारिता पेशा चुनौतीपूर्ण रहेको बताउँदै मोफसलको पत्रकारितालाई गुणस्तरीय र प्रभावकारी बनाउन संस्थाले पहल गर्नुपर्ने बताउनुभयो । उहाँले अधिकांश पत्रकारिता औपचारिकतामै सीमित रहेको बताउँदै भन्नुभयो, “खोज तथा अनुसन्धानमूलक समाचारतर्फ मोफसलका पत्रकार महिलालाई यो संस्थामार्फत अब्बल र दक्ष बनाउन प्रेरित गरिन्छ ।”
नेपाल प्रेस युनियनकी जिल्ला सभापति इन्दु पूर्वेलीले पत्रकारिता महिलाका लागि चुनौती र अवसर दुवै भएको बताउनुभयो । उहाँले सञ्चारमा सहभागिता बढाउन, पत्रकार महिलाको भौतिक र पेशागत सुरक्षा गर्न यो संस्थाले विशेष भूमिका रहनुपर्ने बताउनुभयो । रेडियो विराटकी प्रबन्ध निर्देशक लीला अनमोलले पत्रकार महिलाको लागि यो जिल्लाको मात्र नभइ देशकै एउटा गौरवको संस्था भएको बताउनुभयो । उहाँले पत्रकार महिलाको क्षमता अभिवृद्धि तथा नेतृत्व विकासमा समेत सहयोग पुगेको बताउँदै नयाँ पुस्तालाई समेत संस्थाले प्रोत्साहन गर्न ठूलो मद्दत पुगेको बताउनुभयो ।-रासस | 2022-11-27T01:59:19Z | https://kalopati.com/2021/09/13941 | OSCAR-2301 |
राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक पक्राउ – Weekly Nepal
in अर्थतन्त्र — १३ असार २०७७, शनिबार ०९:५१
राँझा, । सरकारी कागज किर्ते गरी ऋण प्रवाह गरेको प्रकरणमा बाँके प्रहरीले राष्ट्रिय वाणिज्य बैैंक त्रिभुवन चोकका शाखा प्रबन्धक ललितबहादुर शाहीलाई पक्राउ गरेको छ ।
एक करोड २५ लाख ऋण लिएका सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढको मुद्दा अनुसन्धान गर्ने क्रममा प्रबन्धक शाहीलाई शुक्रबार पक्राउ गरिएको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रबन्धक शाहीलाई अनुसन्धानका लागि शुक्रबार नै जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले घटनाबारे अनुसन्धान शुरु गरेको छ । जग्गाधनी प्रमाणपत्र ९लालपूर्जा०, ट्रेस, नक्शा, कर तिरेको रसिद, मालपोत कार्यालय र नेपालगञ्ज उपमहानगरपालिकाको लेटरप्याड, हस्ताक्षर, छाप र प्रमुखको हस्ताक्षरसमेत किर्ते गरेर बैंंकबाट ऋण लिएको अभियोगमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं ११ निवासी सुनचाँदी व्यवसायी जसगढ जेठ २७ गते नै पक्राउ परेका थिए । | 2020/07/06 19:22:23 | https://weeklynepal.com/49915/ | mC4 |
मुर्गियामा थारू साहित्यकारहरुको जमघट, ७ बुँदे घोषणापत्र जारी – Tharuwan.com
कृष्णराज सर्वहारी/रुपन्देही।
थारू लेखक संघ नेपाल तथा थारू कल्याणकारिणी सभा (थाकस) सैनामैना नगर समिति, रुपन्देहीको आयोजनामा गरिएको चौथो राष्ट्रिय थारू साहित्य सम्मेलन सात बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
सैनामैना उचडिहवा होमस्टेमा शुक्रबार र शनिबार भएको दुइ दिने सम्मलेनले थारु भाषालाई थरुहट बहुल क्षेत्रमा कामकाजी भाषाको रुपमा कार्यान्वयन गर्न माग गरिएको छ । साथै थरुहटका सबै जिल्लामा थारू लेखक संघको शाखा विस्तार गर्ने, प्रकाशित थारू भाषा, साहित्यकेन्द्रित पुस्तकउपर समिक्षा संस्कृतिको विकास गर्ने भनिएको छ । आगामी पाँचौ राष्ट्रिय थारू साहित्य सम्मेलन २०७५ पुसमा मोरङमा बालसाहित्य बहसमा केन्द्रित गर्ने भनिएको छ । रुपन्देहीको उचडिहवा होमस्टे लगायत विभिन्न होमस्टे क्षेत्रमा थारू संग्रहलाय निर्माण गर्न अपिल गरिएको छ ।
सम्मेलनमा सैनामैना नगरपालिका, बुटवल उपमहानगरपालिका, नेपाल प्रज्ञा प्रतिष्ठान, प्रदेश ५ स्थित समाज कल्याण मंत्रालयको सहकार्य रहेको थियो । | 2019/06/16 21:44:23 | http://www.tharuwan.com/2019/04/124287/ | mC4 |
निषेधाज्ञाको मारमा यात्रु- प्रदेश १ - कान्तिपुर समाचार
निषेधाज्ञाको मारमा यात्रु
असार ६, २०७८ जितेन्द्र साह
विराटनगर — काठमाडौंदेखि मोरङसम्म अधिकांश जिल्लामा निषेधाज्ञा छ । लामो तथा छोटो दूरीलगायत सबै खाले निजी तथा भाडाका सवारीसाधनको सञ्चालनमा जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ ।
अवज्ञा गर्दै सवारी चलाउनेलाई कारबाही तथा जरिवाना गर्ने प्रमुख जिल्ला अधिकारीहरूको आदेशमा उल्लेख छ । तर यहाँ यात्रुसँग मनग्य भाडा असुल्दै माइक्रो, मिनिबस, टेम्पो र ई–रिक्साको सञ्चालन भइरहेको छ । '२ हजार ५ सय रुपैयाँ भाडा तिरेर एक माइक्रोबस चढेर काठमाडौंबाट इटहरी आइपुगें,' हरिराम रिमालले कान्तिपुरसँग भने, 'गाडी दलालले सुरुमा ४ हजार रुपैयाँ भन्यो, मोलमोलाइ पछि घटाएर त्यतिमा ल्याउन मान्यो ।'
उनका अनुसार काठमाडौंदेखि विराटनगरसम्मको बस काउन्टर, मुख्य चोक र पुल छेउछाउ यस्ता दलाल भेटिन्छन् । 'ब्याग बोकेको देख्नबित्तिकै कहाँ जाने हो सोध्छन्,' रिमालले भने । ठाउँठाउँमा नियमित चेकिङमा बस्ने सुरक्षाकर्मीले समेत उनीहरूलाई रोक्दैनन् । निषेधाज्ञामा माइक्रो र मिनिबसबाट विराटनगर–इटहरी–काठमाडौं ओहोरदोहोर गरेका यात्रुहरूले प्रतिव्यक्ति २ हजारदेखि ७ हजार ५ सय रुपैयाँसम्म भाडा तिरेको बताएका छन् ।
आवश्यक कामले काठमाडौं जानुपर्ने र काठमाडौंमा श्रम गरेर बस्नेहरू निषेधाज्ञामा बेरोजगार भएर घर फर्कन पर्ने बाध्यता भएपछि गाडी दलालले भनेको भाडा बुझाउँछन् । काठमाडौंबाट इटहरी हुँदै विराटनगर आइपुगेका अर्का यात्रुले भने, 'भनेको रकम पाएमा गाडीवालाहरू डेरा र होटलसम्म लिन आइपुग्छन् ।' प्रहरीमा उजुरी वा गुनासो गरेमा दलालले खाएको चालकहरूको तयारी जवाफ हुने गरेको उनले बताए ।
ती यात्रुले भने, 'बाटामा अलपत्र परिएला वा पछि निहुँ खोज्लान् भन्ने डरले प्रहरी समक्ष अधिकांश यात्रुले सत्य बोल्ने आँट गर्दैनन्, कतिपयले प्रहरीमा उजुरी हालेर बढी भाडा फिर्ता पनि लिन्छन् ।' लामो दूरीका मात्र नभएर छोटो दूरीमा चल्ने ई–रिक्सा र टेम्पोले पनि दोब्बर बढी भाडा लिएर यात्रु ओसारिरहेका हुन्छन् ।
विराटनगरदेखि धरानसम्मको रिजर्भमा जाँदा टेम्पो वा ई–रिक्साको भाडा १ हजार २ सय रुपैयाँ भए पनि चालकहरूले ३ हजार रुपैयाँसम्म असुलिरहेको पीडित यात्रुले बताए । ठगिएका यात्रुका अनुसार विराटनगरमा लोकल भाडा प्रतिव्यक्ति २० रुपैयाँ भए पनि सडकमा फाटफुट भेटिने टेम्पो र सिटी सफारीले ५० रुपैयाँसम्म असुल्छन् ।
'विराटनगरको राष्ट्र बैंक छेउबाट मात्र पाँच मिनेटमा पुगिने हस्पिटल चोक जानुपर्ने थियो, बिरामी श्रीमतीलाई चर्को घाममा नहिँडाऊ भनेर टेम्पो चढ्न खोजेको प्रतियात्रु भाडा ५० रुपैयाँ भने, तुरुन्तै प्रहरीलाई जानकारी दिएँ,' एक पीडितले भने । यस्तो संकटमय परिस्थितिमा नागरिक पनि जागरुक हुनुपर्ने र अन्यायमा परेमा प्रहरीलाई खबर गर्नुपर्ने मोरङका एसपी सन्तोष खड्काले बताए ।
निषेधाज्ञामा कमै यात्रु पाइने हुनाले ५/१० रुपैयाँ बढी माग्न सकिने ई–रिक्सा चालक चुट्को हेमरमले बताए । तर, उनका अनुसार दोब्बर/तेब्बर भाडा माग्नेलाई कारबाही हुनुपर्छ । केही बदमास चालकले गर्दा आफूहरू सबैको बदनामी भइरहेको सिटी चालक श्याम महतोले बताए । विराटनगर–काठमाडौं माइक्रोबस भाडा १ हजार २ सय रुपैयाँभन्दा बढी नभएको सुनौलो पूर्वनेपाल यातायातका अध्यक्ष राजन कँडेलले बताए । उनका अनुसार धेरै भाडा असुल्नु लुट भएकाले संलग्न पक्षलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।
काठमाडौंबाट आउने र पूर्वबाट जाने निजी वाहनको नियमित जाँच हुने गरेको प्रदेश १ प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले बताए । 'कोरोना कालमा बाध्यतावश भाडाका सवारी चढ्दा ठगिएका यात्रुको रकम फिर्ता गराउने र गाडीवाला पक्षलाई जरिवाना गरिरहेका छौं,' उनले भने, 'सवारीवालासँग मिलेका प्रहरीबारे सूचना आएमा कारबाही हुन्छ ।' | 2021/09/25 23:51:54 | https://ekantipur.com/pradesh-1/2021/06/20/162415888111363666.html?author=1 | mC4 |
कर्णाली पर्यटन वर्ष, घोषणा मात्रै::नेपाली मनको डिजिटल पत्रिका
कर्णाली पर्यटन वर्ष, घोषणा मात्रै
बिहि, अशोज ४, २०७५
सुर्खेत — प्रदेश सरकारले वैशाख १ मा रारा किनारबाट घोषणा गरेको 'कर्णाली–रारा पर्यटन वर्ष' को लक्ष्य थियो– एक वर्षमा पाँच लाख पर्यटक भित्र्याउने । घोषणाको पाँच महिना बितिसक्यो, कर्णालीमा कति पर्यटक भित्रिए अत्तोपत्तो छैन । सरोकारवाला भन्छन्, 'योजना अत्यन्तै महत्त्वाकांक्षी हो, कार्यान्वयन फितलो भयो ।'
प्रधानमन्त्री केपी ओलीले शुभारम्भ गरेको र प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको पर्यटन वर्ष अभियान घोषणामै सीमित बन्न पुगेको छ । हालसम्म सरकारले पाँच लाख पर्यटक भित्र्याउने कुनै खास योजनासम्म ल्याउन सकेको छैन । अभियान कार्यान्वयन गर्ने जिम्मेवारमध्येको एक प्रदेशको पर्यटन मन्त्रालय पनि मौन छ ।
सरकारले कर्णाली–रारा पर्यटन वर्षसँग सम्बन्धित विशेष कार्यक्रम अझै सञ्चालन गर्न सकेको छैन । मन्त्रालयको मूल गेटबाहिर र धुलियाबिटमा होर्डिङबोर्ड राख्नेदेखि कर्णालीमा सञ्चालित मेला महोत्सवमार्फत पर्यटन प्रर्वद्धनमा सहयोगबाहेक मन्त्रालयले कुनै काम गरेको छैन ।
रारासम्म पुग्नलाई सडक सुधारका लागि भौतिक पूर्वाधार विकास मन्त्रालय र हवाई विस्तारका लागि विभिन्न विमान कम्पनीहरूसँग छलफल भइरहेको बताइएको छ । प्रदेश सरकारले सडक मार्गमा सुधार गर्न नसक्दा बर्खामा रारा जाने पर्यटकले सास्ती खेपे । सडक मार्गबाट सुर्खेत, दैलेख, कालिकोट, जुम्ला हुँदै तथा हवाई सेवामार्फत नेपालगन्जबाट मात्र मुगुको ताल्चा विमानस्थल हुँदै रारा पुग्न सकिन्छ । सुर्खेतबाट ताल्चा हवाई सम्पर्कमा जोडिन सकेको छैन । 'न सडक भरपर्दो छ, न त हवाई सेवा नै, केही समयअघि रारा पुगेर फर्किएका सुर्खेत वीरेन्द्रनगर ४ का राजन रजवारले भने, 'बाटोमा खान बस्न पनि समस्या छ ।'
कर्णाली प्रदेशमा पर्यटन क्षेत्र हेर्ने कुनै कार्यालय नहुँदा चाहेर पनि बजेट खर्च गर्न नसकेको मन्त्रालयका कर्मचारीहरू बताउँछन् । सांगठनिक संरचना जनशक्तिबिनै सरकारले हचुवाका भरमा अभियान सुरु गर्दा अभियान सफल हुन नसकेको उनीहरूको तर्क छ ।
यसअघि मध्यपश्चिम क्षेत्र हेर्ने पर्यटन कार्यालयसमेत नेपालगन्जमै छ । संघीय सरकारले उक्त कार्यालयलाई कर्णालीमा सार्न पहल नगरेको प्रदेश मन्त्रालयको गुनासो छ । नेपालगन्जस्थित पर्यटन कार्यालयमा दक्ष जनशक्तिको दरबन्दी पनि थियो । 'कर्णाली प्रदेशमा सारेको भए कार्यक्रम कार्यान्वयन गर्न सहज हुन्थ्यो,' उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता शिवराम अधिकारी भन्छन्, 'बजेट खर्च गर्न अख्तियारी पाइसक्यौं, कसका नाउँमा निकासा पठाउने समस्या नै छ ।'
यद्यपि मन्त्रालयले अर्को व्यवस्था नभएसम्मका लागि भू तथा जलाधार व्यवस्थापन कार्यालय र सम्बन्धित जिल्लाका डिभिजन वन कार्यालयमा पर्यटन शाखा स्थापना गर्ने खाका तयार पारेको छ, जुन प्रस्ताव मुख्यमन्त्री कार्यालय स्वीकृतिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पुगेको छ । सुर्खेत र जुम्लामा जलाधार व्यवस्थापन र बाँकी जिल्लामा डिभिजन वन कार्यालयअन्तर्गत पर्यटन शाखामार्फत चालु आवको कार्यक्रम सञ्चालन गर्ने तयारी छ ।
वर्षातमा कर्णाली राजर्मागका ठाउँठाउँमा खसेको पहिरोका कारण सडक यात्रा झन कठिन बनेको छ । सरकारले रारासम्म पुग्न भौतिक पूर्वाधारको विकास र आवासको योजना नबनाए राराकै सन्देश नराम्रो जाने रजवार बताउँछन् ।
पर्यटन वर्ष शुभारम्भपूर्व कर्णालीका १० वटै जिल्लामा समन्वय समितिका संयोजकको नेतृत्वमा कर्णाली–रारा पर्यटन वर्षको सचिवालय गठन गरिएको थियो । ती समिति पनि संरचना, जनशक्ति र बजेट अभावले निष्क्रिय छन् । समितिलाई सरकारले नै कामकाजी बनाउन सकेको छैन । प्रशासन योजना तथा अनुगमन महाशाखा प्रमुखसमेत रहेका मन्त्रालयका प्रवक्ता अधिकारी कर्मचारी र पर्यटन हेर्ने निकायको कमीले पर्यटन पूर्वाधारको विकासमा असर पुगेको बताउँछन् ।
चालु आवमा प्रदेश सरकारले राराको बृहत् गुरुयोजना बनाउने र त्यसै आधारमा अन्य पूर्वाधारको काम गर्ने योजना बनाएको छ । साइक्लिङ र पैदल मार्गका लागि तीन करोड र पर्यटन प्रर्वद्धनका लागि २(…..) बजेट छुटयाएको छ । प्रदेश सरकारको चालु आवमा ९८ करोड बजेट पर्यटन क्षेत्रमै विनियोजन गरेको छ, जुन उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको कुल बजेटमध्ये ५३ प्रतिशत हुन आउँछ ।
तथ्यांकका लागि प्रदेश पर्यटन मन्त्रालयले रारा राष्ट्रिय निकुञ्जको सहारा लिनुपरेको छ । वैशाखदेखि असार मसान्तसम्म ८ हजार पर्यटकले रारा भ्रमण गरेको तथ्यांक छ । गत वर्ष साउनदेखि चैतसम्म १२ हजार र यस वर्षको वैशाखदेखि असारसम्म ८ हजार पर्यटकले रारा अवलोकन गरेको तथ्यांकमा छ । अभियानकै प्रभावले कति पर्यटक आए भन्ने तथ्यांक छैन । यसले गर्दा अभियान कति उपलब्धिपूर्ण बन्यो र पर्यटक आगमनले प्रदेशलाई हुने आर्थिक लाभको लेखाजोखा हुन सकेको छैन ।
कर्णालीका अन्य पर्यटकीय स्थलहरूमा पनि तथ्यांक व्यवस्थापन हुन सकेको छैन, जसले गर्दा पर्यटकबाट प्रवेश शुल्कबापत राजस्व संकलन शून्य छ । सुर्खेतका काँक्रेविहार र बुलबुले अवलोकन गर्नेका लागि भने टिकटको व्यवस्था गरिएको छ ।
यहाँ पनि टिकटको व्यवस्थित अभिलेख नहुँदा तथ्यांक विश्लेषण गर्न समस्या छ । कर्णाली प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष पदमबहादुर शाहीले रारालाई केन्द्रमा राखिए पनि कतिले रारा अवलोकन गरे भन्नेबारे भरपर्दो तथ्यांक नहुनु दुखद अवस्था भएको बताएका छन् । | 2020/02/27 08:05:11 | https://www.swadeshnepal.com/2018/09/33591/ | mC4 |
विश्वकै शक्तिशाली देश बन्ने बाटोमा चीन ! - Sacho Post
विश्वकै शक्तिशाली देश बन्ने बाटोमा चीन !
२०७७ भाद्र २८, आईतवार १०:१२ बजे
काठमाडौं। कोरोनाभाइरस महामारीका विषयमा विभिन्न आरोपहरु झेलिरहेको चीन अब कैयौं देशहरुसँग आफ्नो सम्बन्ध सुधारमा जुटेको छ । यसको लागि उसले आफ्नो कोरोनाभाइरस भ्याक्सिनलाई हतियार बनाइरहेको छ । भ्याक्सिन सफल घोषित हुनुभन्दा पहिल्यै चीनले कैयौं देशहरुलाई खोप दिने घोषणा गरिसकेको छ ।
न्यूयोर्क टाइम्समा प्रकाशित रिपोर्टअनुसार फिलिपिन्सले चीनको कोरोनाभाइरस भ्याक्सिन छिटै पाउनेछ । ल्याटिन अमेरिकी र क्यारेबियन देशहरुलाई चीनले एक अर्ब डलर ऋण उपलब्ध गराउने भएको छ ताकि ती देशहरुले औषधि खरिद गर्न सकुन् । बंगलादेशलाई चीनको कम्पनीले १ लाख डोज भ्याक्सिन निःशुल्क दिने भएको छ ।
चीनले भ्याक्सिनको ट्रायलको लागि पाकिस्तानसँग पनि सम्झौता गरेको छ र पाकिस्तानमा चीनको भ्याक्सिनको ट्रायल सुरु भइसकेको छ । यद्यपि सबैभन्दा महत्वपूर्ण कुरा यो हो कि चीनको कुनै पनि भ्याक्सिन अहिलेसम्म सफल घोषित भइसकेको छैन । चीनका सबै भ्याक्सिनको अन्तिम चरणको ट्रायल अहिले जारी छ । तर, अन्तिम नतिजा आउनुभन्दा पहिले नै चीनले विश्वका कैयौं देशहरुलाई हातमा लिन सुरु गरिसकेको छ ।
कोरोनाभाइरसका कारण विश्वमा चीनको छवि निकै बिग्रिएको छ । पश्चिमी देशहरुसहित अस्ट्रेलियाले समेत चीनमाथि भ्याक्सिनको बारेमा जानकारी लुकाएको आरोप लगाएको छ । यस्तो स्थितिमा चीन भ्याक्सिनमा तीब्र गतिमा काम गरेर पहिलेको स्थितिबाट अगाडि निस्किने कोसिस गरिरहेको छ । पछिल्लो रिपोर्टअनुसार अहिले विश्वका सबैजसो देशको अर्थतन्त्र ऋणात्मक भएको छ तर चीनको मात्रै आर्थिक वृद्धिदर बढ्दो क्रममा छ ।
२०२० को सुरुवाती तीन महिनाको रिपोर्टमा चीनको आर्थिक वृद्धिदर पनि नकारात्मक थियो तर चीनले छिटै त्यसलाई सुधार गर्दै आर्थिक वृद्धिमा गति लिइसकेको छ । यस्तोमा विश्वका धेरै देशहरुलाई आफ्नो हातमा लिने चीनको यो कोसिसलाई ऊ विश्व महाशक्ति बन्ने प्रयासमा रहेको संकेतको रुपमा बुझिएको छ । यद्यपि भ्याक्स्नि सफल घोषित हुने र त्यसको ठूलो परिमाणमा उत्पादन गर्नको लागि चीनलाई अझै केही महिना लाग्न सक्छ ।
इण्डोनेसियासँग बेइजिङको सम्बन्ध राम्रो थिएन तर चीनका राष्ट्रपति शी जिनपिङले इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोलाई विश्वास दिलाएका छन् कि भ्याक्सिनको विषयमा उनको चिन्ता र आवश्यकता पूरा गर्न चीन गम्भीर छ । चीनले यसरी विश्वका धेरै देशहरुलाई भ्याक्सिनको आडमा आफ्नो पक्षमा ल्याउने प्रयास गरिरहँदा ऊ विश्वको शक्तिशाली देश बन्नेतर्फ अगाडि बढ्ने अनुमान गरिएको छ किनकि अमेरिकाले यसअघि नै कोरोना भ्याक्सिनका विषयमा विश्व स्वास्थ्य संगठनले बनाएको अन्तर्राष्ट्रिय गठबन्धनमा सहभागी नहुने निर्णय गरिसकेको छ । यस्तोमा विभिन्न देशहरुको सहयोग गरेर चीन महामारीपछि विश्वको शक्तिशाली देशको रुपमा उदाउन सक्छ । | 2022/01/27 08:30:21 | https://sachopost.com/4559 | mC4 |
तनहुँका आठ योजनालाई १८ करोड बजेट थप
कर्पोरेट नेपाल , १० पुष २०७६, बिहीबार, ०१:०७ pm
दमौली । नेपाल सरकार राष्ट्रिय योजना आयोगले तनहुँ जिल्लालाई आर्थिक वर्ष २०७६/०७७ का लागि रु १८ करोड ६१ लाख बजेट थप गरेको छ । समपूरक र विशेष अनुदानवापत विभिन्न आठ योजना सञ्चालन गर्ने गरी आयोगले उक्त बजेट थप गरेको हो ।
आयोगले स्थानीय तह र प्रदेश तहबाट कार्यान्वयन हुने गरी विभिन्न योजनालाई बजेट थप गरेको जनाएको छ । जसअनुसार तनहुँ निर्वाचन क्षेत्र नं १ र २ मा चार/चार आयोजनालाई बजेट थप भएको छ ।
तनहुँ निर्वाचन क्षेत्र नं १ मा स्थानीय तहबाट कार्यान्वयन हुने गरी व्यास नगरपालिका–११ स्थित खड्ककाली मोटरमार्गका लागि रु दुई करोड, भानु नगरपालिकास्थित भानु बहुउद्देश्यीय भवनका लागि रु एक करोड ३३ लाख बजेट विनियोजन गरिएको छ । प्रदेश तहबाट कार्यान्वयन हुने गरी आबुखैरेनी छिम्केश्वरी सडकका लागि रु छ करोड ९८ लाख र शालिग्राम करिडोर (बैडी, घिरिङ, देवघाट खण्ड) का लागि रु पाँच करोड ५२ लाख बजेट विनियोजन गरिएको आयोगले जनाएको छ ।
गण्डकी प्रदेश सरकारले प्राथमिकतामा राखेको शालिग्राम करिडोरको देवघाट खण्डमा हालै मात्र ट्रयाक खुलिसकेको छ । करिडोरको देवघाट गाउँपालिका अन्तर्गत बञ्चरेभिरको पहाड काट्न देवघाट गाउँपालिकाले रु दुई करोड, प्रदेश सरकारले रु दुई करोड र सङ्घीय सांसदले रु ७० लाख बजेट विनियोजन गरेका थिए । देवघाट गाउँपालिका–१ मा करिडोरको सबैभन्दा जटिल भाग रहेको बञ्चरेभिरमा ट्र्याक खुलेसँगै गाउँपालिकाका पर्ने ४० किमी खण्डसडक सञ्जालसँग जोडिएको छ ।
तनहुँ निर्वाचन क्षेत्र नं २ मा स्थानीय तहबाट कार्यान्वयन हुने गरी कृषि, भूमिसुधार तथा वन क्षेत्रअन्तर्गत शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा कृषिउपज सङ्कलन तथा वितरण केन्द्र निर्माणका लागि रु ८३ लाख, पूर्वाधार क्षेत्रअन्तर्गत भिमाद नगरपालिकास्थित भिसी नेत्रबहादुर मोटरमार्गका लागि रु ४० लाख, म्याग्दे गाउँपालिकास्थित बडहरे माछापुच्छ्रे भैँसीखर्क चार हजार बाँध मोटरमार्गका लागि रु ४० लाख र सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रअन्तर्गत घिरिङ गाउँपालिकास्थित वडा कार्यालयको प्रशासनिक भवन निर्माणका लागि रु एक करोड १५ लाख विनियोजन भएको छ । तनहुँ क्षेत्र नं १ का सांसद कृष्णकुमार श्रेष्ठले योजना आयोगले जिल्लाका महत्वपूर्ण योजनालाई बजेट थप गरेकामा खुशी व्यक्त गरे । | 2020/04/10 06:17:00 | https://www.corporatenepal.com/2019/12/157647/ | mC4 |
निर्धारित समयभित्र काममा नफर्किए सम्झौतामा भएको प्रावधानअनुरूप ठेक्का तोड्ने प्रक्रिया अघि बढाइने छ, थिकेले भन्नुभयो, सीएमसी काममा फर्कने सम्भावना न्यून रहेको छ । सीएमसीले बेइमानी गर्ने हो कि भन्नेमा तनहुँवासी सशङ्कित भएका छन् तर सम्झौता तोडेर अर्को कम्पनीसँग नयाँ सम्झौता गर्न सकिने हुँदा जिल्लावासीलाई नआत्तिन आयोजनाले आग्रह गरेको छ । | 2021-03-08T22:28:22Z | https://www.himalayatv.com/tag/%E0%A4%85%E0%A4%B2%E0%A5%8D%E0%A4%B8%E0%A4%B0/ | OSCAR-2109 |
मकवानपुर र काभ्रेमा बढ्यो संक्रमण- वाग्मती - कान्तिपुर समाचार
हेटौंडा/काभ्रे — मकवानपुर र काभ्रेमा दैनिक रूपमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । मकवानपुरमा बिहीबार थप १ सय ८१ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय ८९ जनामा पीसीआर र ७१ जनामा एन्टिजेन परीक्षण गर्दा क्रमश: १ सय ३३ जना र ४८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार २ सय ६८ पुगेको छ । हेटौंडाको एकमात्र सरकारी हेटौंडा अस्पतालका ११ जना डाक्टरसहित ५४ जनामा संक्रमण भएको जनाइएको छ । अस्पतालका अध्यक्ष राजेश प्रसाईंले ११ चिकित्सक र १४ नर्ससहित ५४ जनामा कोरोना संक्रमण भएको बताए । अध्यक्ष प्रसाईंले अस्पतालमा कोभिड बिरामीको लागि १२ बेडको इमर्जेन्सी सेवा तयारी अवस्थामा राखेको र एचडीयू सेवामा ९ जनाले सेवा लिइरहेको जानकारी दिए ।
त्यस्तै, काभ्रेमा पनि माघ पहिलो साताबाट संक्रमण दर बढेको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोतम सेढाईंका अनुसार पीसीआर र एन्टिजेन परीक्षणमा कम्तीमा ३० प्रतिशतलाई संक्रमण देखिइरहेको छ । माघ १ गते १ सय २३ जनाको परीक्षण गरिएकामा ५९ जनामा संक्रमण देखिएको थियो । बिहीबारमात्रै ६ सय ४५ जनाको परीक्षण गरिएकामा २ सय ५१ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार ४३ पुगेको छ । माघयतामात्रै ८ सय ४४ संक्रमित थपिएका छन् । | 2022/05/22 22:54:11 | https://ekantipur.com/pradesh-3/2022/01/21/16427473394464382.html | mC4 |
भारत र चीन सम्बन्धमा आश्चर्यजनक घटना भोगेका नेपाली पात्र ! | Ujyaalo Online:: Nepal News, Nepali Samachaar
मंसिर २१, २०७६ शनिबार १३:३४:५२ | कुमार रञ्जित
भारतले पेल्दा चीनतर्फ ढल्कने र चीनतर्फ ढल्कँदा भारत झन् चिढिने 'दुई ढुङ्गा बीचको तरुल' नेपालका लागि नौलो कुरा रहेन ।
यति हुँदाहुँदै पनि भौगोलिक कारणले धेरै कुरामा नेपाल भारततर्फ बढी आश्रित जस्तै देखिनुपर्ने बाध्यता रहनु पनि यथार्थ हो । यस्तो अवस्थामा भारतले 'नाकाबन्दी गर्ने' र चीनले दक्षिणतर्फ औंलो ठड्याएर 'टुलुटुलु हेरेर नबस्ने' भन्दै प्रत्यक्ष धम्क्याउँदै आएको पनि नेपाली नागरिकले पटक–पटक भोग्दै र सुन्दै आएका छन् ।
यस्तै असन्तुलनका बीच सन्तुलन बनाउन नेपाल–भारत–चीन त्रिपक्षीय सम्बन्धलाई नयाँ ढङ्गबाट अन्योन्याश्रित रुपमा विकसित गरिनुपर्नेमा सम्बन्धित विज्ञहरुले जोड दिँदै आएका छन् । भारत र चीनबारे आश्चर्यजनक घटना भोगेका एकजना यस्तै विज्ञको प्रसंग घतलाग्दो छ ।
काठमाण्डौ नःघःटोलका गुह्यरत्न शाक्य । विक्रम सम्वत् २०१५ सालताका तिब्बतमा चीनले हस्तक्षेप गरेको बेला असुरक्षाका बीच काठमाण्डौ छाडेर तिब्बतको ल्हासामा काम गर्न जान आएको प्रस्ताव आफ्नै बुवाले 'अस्वीकार' गरिदिएका कारण उहाँले चीन–भारत युद्ध चाहिँ भारतीय भूमिमा बसेर अनुभव गर्नुभयो । ७७ वर्ष ७ महिना ७ दिन ७ घडी र ७ पला पुगेर जीवनमा पहिलो परम्परागत 'जंक्व' अनुभव गरेका शाक्यले आफूले जीवनमा भोगेका यस्तै आश्चर्यजनक घटनालाई पुस्तकमार्फत् सार्वजनिक गर्नुभएको छ ।
सामान्य नेपाली नागरिकको जीवन पनि कसरी छिमेकी देशहरुका उतारचढावसित जोडिँदो रहेछ भन्ने साक्षी हुनुहुन्छ, गुह्यरत्न । १७ वर्षको उमेरमा उहाँ भाजुरत्न इन्भेष्टमेन्टको कार्यालय काठमाण्डौको प्यूखामा काम गर्दैगर्दा ल्हासामा रहेको 'स्यामुकापु' संस्थामा कार्यरत समूहलाई पालो फेर्न अन्य कर्मचारी पठाउन निरन्तर ताकेता भैरहेको अवस्थामा ल्हासाभन्दा टाढा बेलाबखत गोलाबारी समेत भैरहेकाले तिब्बतमा रहेका नागरिक डराएर आफ्नै कोठामा लुकेर बस्नुपर्ने अवस्था थियो । कतिपय कर्मचारीहरु आफ्नै कोठा र भित्तामा चिनी र मैदाका बोरा खात लगाएर लुक्नुपर्ने अवस्था थियो ।
गुह्यरत्न सम्झनु हुन्छ– 'त्यतिबेला मलाई त्यहाँ काम गर्न पठाउन हाम्रा बासँग ज्योति समूहका देवज्योति साहुले सल्लाह गर्न आउनुभएको थियो, तर हाम्रा बाले मलाई युद्धको स्थिति रहेको तिब्बतमा काम गर्न पठाउन मान्नु भएन ।'
काठमाण्डौको केन्द्रमा अवस्थित नःघः टोलका रैथाने गुह्यरत्नको रुचि पारिवारिक परम्परागत सुनका गहना बनाउनेतर्फ गएन । आफ्नै टोल–छिमेकका कृष्णदास श्रेष्ठको मोटर चलाउन सिकेका उहाँले किशोरावस्थामै लाइसेन्ससमेत लिएर १६ वर्ष पुग्दा मोटर चलाउन थालिसक्नुभएको थियो । 'मैले त्यतिबेला आफू होचो भएकाले लाइसेन्स लिन अग्लो हिल भएको जुत्ता लगाएर लाइसेन्स लिएको थिएँ', उहाँले रोचक स्मरण सुनाउनुभयो ।
२०१६–१७ सालतिर नुवाकोटको त्रिशूलीमा भारतीय सरकारका तर्फबाट जलविद्युत् परियोजना बनाउन सुरु भयो । त्यसै योजनाअन्तर्गत ज्योति समूहको भाजुरत्न इन्भेष्टमेन्टलाई त्रिशूली बजारभन्दा माथि आँप फल्ने बगैँचामा स्टाफ क्वार्टर, अफिस घर र अस्पताल समेत बनाउने ठेक्का दिइएको थियो ।
त्यतिबेलासम्म काठमाण्डौबाट त्रिशूली पुग्न मोटर बाटो बनिसकेकै थिएन । त्यस्तो अवस्थामा नुवाकोटकै रानीपौवामा डिपो राखेर सिमेन्ट, जस्ता, फलामे रडलगायतका निर्माण सामाग्रीहरु काठमाण्डौदेखि भरियालाई बोकाएर लगिएको उहाँ सम्झिनु हुन्छ ।
त्यसैताका तिब्बतमा चीनले कब्जा गर्ने क्रममा त्यहाँका अवतारी लामा गुरु कर्मापा आफ्ना सयजना जति अनुयायीहरुका साथमा नेपाल प्रवेश गरेको सूचना रातारात काठमाण्डौ आइपुग्यो । कर्पामा गुरु त्यसताका तिब्बतका ठूला लोकप्रिय धार्मिक गुरु भएकाले उहाँले पूजा गर्दा लगाउने 'टोपी भएको एउटा बाकस अमलेखगञ्ज भन्सारमा नखोल्नू' भनेर दरबारमा पहुँच भएका लोकदर्शन बज्राचार्यले अमलेखगञ्जका भन्सार हाकिमलाई भनि पठाए ।
'बाकस नखोलेर एकजना मानिस साथमै पठाएर काठमाण्डौमै खोल्ने प्रबन्ध गर्नू' भन्ने आदेश दिइयो । कर्मापा गुरु आफ्ना अनुयायीहरुका साथ अमलेखगञ्जको भन्सार रेल्वे स्टेशनमा रहेको सूचना आएकाले उहाँको स्वागतार्थ गुह्यरत्न स्टेशनवेगन गाडी आफै हाँकेर राती नै काठमाण्डाैबाट प्रस्थान गएको सम्झिनु हुन्छ ।
त्यतिबेला कर्मापा गुरु भेट्न ललितपुरका कुलरत्न धाख्वाः र तीनजना तिब्बती गुरुका विश्वासपात्र प्रोफेसरहरु पनि पुगेका रहेछन् । अमलेखगञ्जको गेष्ट हाउसमा बसेबा कर्मापाले गुह्यरत्नलगायत काठमाण्डौबाट गएकालाई आफ्ना साथमा ल्याएका सबै श्रीसम्पत्ति देखाएर सोध्नु भएछ– 'यसलाई के गर्नुपर्ला ?' त्यसबारेमा 'यस्ता सम्पत्ति सबै भन्सार कटाएर लानुभन्दा रक्सौलमै फिर्ता पठाउँदा राम्रो हुने' सल्लाह पाएपछि गुरु कर्मापाका विश्वासप्राप्त प्रोफेसरहरु तीन जनाको जिम्मा दिएर श्रीसम्पत्ति भएका बाकसहरु रक्सौलमै फिर्ता पठाउने तयारी गरियो । पछि तीनवटा ट्रक भाडामा लिएर अनुयायीहरुसहित गुरुसमेतलाई स्टेशन वेगन गाडीमा राखेर ती सबै काठमाण्डौ ल्याइएछ ।
यसबीच नारायणहिटी राजदरबारबाट तिब्बतबाट निर्वासितहरुप्रति लचकता अपनाउन आदेश गएको र त्यसका लागि गोप्य सहमति समेत भएको इतिहासका अन्य पुस्तकहरुमा पढ्न पाइन्छ । त्यसपछि वीरगञ्जका कामु बडाहाकिमलाई 'त्यहाँ केही नगर्नू, केही गर्नुपरे राजदरबारमा बिन्तीपत्र चढाएर काठमाण्डौमै गर्ने हो, उनीहरुलाई ती बाकसहरु सहित यहाँ सुरक्षित चलान गरेर पठाउनू' भनेर खबर पठाइएछ ।
तिब्बतबाट आफ्नो सम्पत्ति सहित स्वनिर्वासित कर्मापा गुरुलाई काठमाण्डौै उपत्यका र यस वरिपरिका स्वयम्भू, बौद्ध, नमोबुद्ध, फर्पिङ्गजस्ता प्रसिद्ध विभिन्न बौद्धस्थलमा घुमाउने काम गरेका गुह्यरत्नको स्मृतिमा कर्मापाले ल्याएका सम्पत्ति सबै वीरगञ्जबाट सील मारेर हनुमानढोकामा रहेको तात्कालीन मुलुकीखानामा सुरक्षित राख्ने काम भैसकेको रहेछ । पछि त्यसलाई छोडाउन राजदरबारमा बिन्तीपत्र चढाएर राजाबाट 'नेपालको सम्पत्ति नभए जाँच गरेर लगत राखेर छाडिदिनू' भनेर हुकुम लिएर लगत राख्ने क्रममा टेकुको भन्सारमा नून जोख्ने तराजुमा ठूलो मात्रामा सुन जोखिएको थियो । हिरा जवाहरात पनि किलो–किलो गरेर जोखेर लगत राखेर छाडियो । यसरी तिब्बती कर्मापा गुरुको दर्शन र सेवा गर्ने कार्यमा संलग्न हुने पाएकोमा गर्व गर्दै गुह्यरत्नले आफ्नो स्मरणमा उल्लेख गर्नुभएको छ ।
२०१८ सालमा ज्योति समूहको भाजुरत्न इन्भेष्टमेन्टले नेपालका लागि हेभी इक्युप्मेन्टको एजेन्सी लिएको थियो । त्यतिबेला त्यस कम्पनीबाट हेभी इक्युप्मेन्टको लागि नेपालमा प्राविधिक जनशक्तिको अभाव महसुस गरियो । त्यसैको तालिम लिन छनोटमा परेकाले गुह्यरत्नलाई अर्का तासी टेम्बाका साथमा भारतको बम्बई पठाइएको थियो ।
त्यसबेला नेपाल र भारतमा 'प्रलय हुने' हल्ला भएर मानिसहरु दान, धर्म, राम्रा कर्म र होम आदि गरिरहेका थिए । त्यस्तो हल्लाले गर्दा भारतको मुम्बईमा काम गरिरहेका मजदूर र स्टेशनका कुलीहरु समेत 'प्रलयमा परेर मर्ने' भयले काम छाडेर आफ्ना घर बिहारतिर फर्किरहेका थिए । 'त्यस्तो समयमा हाम्रो सुटकेश र सामान बोक्ने समेत नपाएर आफैँले मोटरमा राखेर होटलसम्म लानुपर्यो', गुह्यरत्न सम्झिनु हुन्छ ।
तालिम ६ महिनासम्म भारतकै कोलापुर भन्ने ठाउँमा हुने भएकाले उहाँहरुलाई त्यतैतर्फ पठाइएको थियो । त्यसैबेला भारतीय सरकारले गोवा शहरलाई यूरोपीय देश पोर्चुगलको उपनिवेशबाट मुक्त गर्न हजारौं सेना रेलमा पठाइरहेको देखेका गुह्यरत्नले भोलिपल्ट बिहानै इण्डियन एयर फोर्स पनि गोवातर्फ गएको देख्नुभयो । तर आश्चर्यपूर्वक केही युद्ध नै गर्न नपर्ने गरी 'गोवा' पोर्चुगलको कब्जाबाट मुक्त भएर भारतमा विलीन भएको घोषणा गरियो । त्यस्तो ऐतिहासिक वातावरणमा भारतीय भूमिमै बसेर प्रत्यक्ष अनुभव गर्न पाएकोमा उहाँ आफैँप्रति आश्चर्यचकित हुनुहुन्छ ।
त्यसैताका भारतले नेपाललाई नाकाबन्दी गरेर नुन, तेल, मट्टितेल जस्ता अत्यावश्यक सामाग्री भित्रिन नदिएपछि तात्कालीन राजा महेन्द्रबाट चीन सरकारतर्फ हात बढाएर सिन्धुपाल्चोकको कोदारी राजमार्ग बनाउन दिएर तिब्बतको खासा पुग्ने नाका खोल्ने सम्झौता गरिएको अनुभव गुह्यरत्नको रहेको छ । त्यस्तो अवस्थामा चीन सरकारले भारततर्फ औंला ठड्याएर 'कसैले नेपालमाथि कुदृष्टि राखेमा आफ्नो देश चूप लागेर नबस्ने' चेतावनी दिएको स्मरण गर्नुहुन्छ उहाँ ।
सन् १९६२ मा भारत र चीनबीच युद्ध भयो । त्यतिबेला भारतमै बसेर तालिम लिइरहेका गुह्यरत्नले चिनियाँ सिपाहीहरु आसामको डिगबोइसम्म प्रवेश गरेर हमला गरेको सम्झिँदै कोलकातामा प्रमाणपत्र लिन जाँदा आफूलाई भारतीय अधिकृतले तत्कालीन नेपालका राजा महेन्द्रले 'चीनसित हात मिलाएर कोदारी राजमार्ग खोलेर भारत जस्तो आफ्ना अभिन्न मित्रलाई धोका दियो' भनेर असन्तुष्टि पोखेको सम्झिनु हुन्छ । जवाफमा आफूले 'यो त दुश्मनी नभइ हाम्रा राजाले नेपालीको आत्मरक्षाका लागि र नून–तेलका लागि मात्रै गरेको हो, बरु भारत सरकारले अघोषित नाकाबन्दी गरेर हामी नेपालीलाई नून–तेल जस्ता अत्यावश्यक वस्तु रोकेर दुःख दिएको छ, यो त त्यसको प्रतिफल मात्र हो' भनेर जवाफ फर्काउँदा ती अफिसर नाजवाफ भए भन्नुहुन्छ ।
यसरी छिमेकी मित्रराष्ट्रहरु भारत र चीन सम्बद्ध आश्चर्यजनक घटना भोगेका नेपाली पात्र गुह्यरत्न शाक्य आफ्नी आमाको बाल्यकालका साथी नेपालको राजनीतिमा 'सर्वोच्च नेता' र 'लौह पुरुष' नामबाट प्रसिद्धि पाएका गणेशमान सिंह भएको पनि सम्झिनु हुन्छ । गणेशमान सिंहसित सानैदेखि आत्मीय सम्बन्ध कायम गरेका गुह्यरत्नले ०१५ सालमा भएको पहिलो आम चुनावपछि विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा बनाइएको नेपाली कांग्रेसको पूर्ण बहुमत सहितको सरकारमा दोस्रो पटक यातायात मन्त्री बनाइएका गणेशमानबारे एउटा महत्वपूर्ण स्मरण उल्लेखनीय रहेको छ ।
कामकै सिलसिलामा वीरगञ्ज र चितवन निरीक्षण भ्रमणमा जाँदा साथमा रहेका गुह्यरत्नले गणेशमानले मकवानपुरको दामनमा अलिबेर आराम गर्ने क्रममा भन्नुभएको कुरा सम्झिनुहुन्छ–
'यो बाटो (त्रिभुवन राजपथ) पहिला म आफैँ यातायात मन्त्री रहँदा बनाउने भनेर मन्त्रिपरिषदमा प्रस्ताव आएको हो । त्यतिबेला यसको पहाडी उचाइको कारण बनाउन खर्च बढ्ने हुँदा मितव्ययिताका लागि नजिकै ललितपुरको टीकाभैरवबाट बनाउँदा हुन्छ भनेर मैले भन्दा भारतीय राजदूत उठेर फनक्क तर्केर हिँड्यो । उहाँ त्यसबेला तर्केर हिँडेको किन किन, मलाई अझै सम्झना आउँछ ।' | 2020/08/03 17:20:23 | https://unn.prixa.net/story/29656/2019/12/7/guhyaratna-shakya-about-india-and-china-relation | mC4 |
Sajhasawal.com.np |श्रीमती गर्भवती बनाएर श्रीमान्ले गरे अर्को विवाह , प्रमिलाको बिजोग
श्रीमती गर्भवती बनाएर श्रीमान्ले गरे अर्को विवाह , प्रमिलाको बिजोग
जेठ २९, पाँचथर । अन्तरजातीय विवाह गरी श्रीमतीलाई गर्भवती बनाएर बेपत्ता भएपछि पाँचथरको याङवरक गाउँपालिका–४ की प्रमिला सिवाको बिजोग भएको छ । एक वर्षअघि सिदिङ्बा गाउँपालिका–४, साब्लाखुका विजय ताम्लिङ लिम्बूसँग अन्तरजातीय विवाह गर्नुभएकी सिवाको लिम्बूले गर्भवती बनाएर अर्को विवाह गरेपछि बिचल्ली भएको हो ।
आफूले गर्भ परीक्षण गराउनसमेत पैसा नपाएको उहाँले बताउनुभयो । "भिडियो एक्सरे गराउन आठ सय रुपैयाँ नहुँदा गर्भको अवस्था थाहा पाउन सकिनँ तर, छोरी जन्माएँ । केही भएन, म खुसी छु", उहाँ भन्नुहुन्छ, "अन्तरजातीय विवाह गरेकै कारण लिम्बूका फुपूहरुले दलित केटीसँग विवाह किन गरेको यसलाई छाडिदे हामी अर्की केटी खोजिदिन्छाँै भनेपछि मलाई छोड्नुभयो । छोरी जन्मिएकी छे, उसलाई हेर्न उसको बुबा जसरी पनि आउनुहुन्छ ।" | 2019/08/26 07:51:53 | http://sajhasawal.com.np/panchthar/society/55204 | mC4 |
नेकपा(एस)ले एमसीसीको विपक्षमा मतदान गर्न तत्काल ह्विप जारी नगर्ने - केन्द्र खबर
नेकपा(एस)ले एमसीसीको विपक्षमा मतदान गर्न तत्काल ह्विप जारी नगर्ने
२०७८ फाल्गुन १० १६:४०
नेकपा (एकीकृत समाजवादी)ले प्रतिनिधिसभामा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विपक्षमा उभिने निर्णय गरे पनि सांसदहरूलाई ह्विप जारी गर्ने तयारी गरेको छैन ।
एकीकृत समाजवादीका संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले एमसीसीको विपक्षमा उभिने निर्णय भए पनि सांसदहरूलाई विपक्षमा मतदान गर्न अहिले नै ह्विप जारी नगर्ने बताएका हुन् । 'हामी अहिले नै ह्विप जारी गर्ने पक्षमा छैनौ, आवश्यक परे संसद् बैठक बस्नुअघि निर्णय लिन्छौं,' उनले भने ।
पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगनन्नाथ खतिवडाले सरकारले संसदमा टेबुल गरेको एमसीसीलाई सांसदहरूले छलफलपछि निष्कर्ष निकालेर निर्णय लिन पाउने बताए । संसदमा व्यापक छलफल भएपछि कुन प्रक्रियाबाट विपक्षमा उभिने त्यहीबेला टुंगो लाग्ने उनको भनाइ छ । 'पक्ष वा विपक्षमा उभिँदा पनि संसदको सर्वोच्चता र मर्यादालाई ध्यान दिएर एमसीसीमाथिको छलफलमा सहभागी भएर प्रक्रियागत ढंगले अघि बढ्छौं,' खतिवडाले भने ।
२०७७ वैशाखमा तत्कालीन प्रधानमन्त्री रहेका एमाले अध्यक्ष केपी ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिँदा ह्विप उल्लंघन गरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालसहितका सांसदलाई एमालेले कारबाही गरेको थियो । ओलीसँग रुष्ट भएका र कारबाहीमा परेका सांसदले नेता नेपालको नेतृत्वमा एकीकृत समाजवादी पार्टी गठन गरेका हुन् ।
एमसीसीलाई लिएर अहिले सो पार्टीमा स्पष्ट दुई धार देखिएको छ । अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनाल पक्ष विपक्षमा उभिएका छन् । त्यसैले एमसीसी संसदमा टेबुल भए पनि पास हुन्छ कि हुन्न भन्ने विषयप्रति चासो देखिएको हो । | 2022/05/22 08:58:51 | https://kendrakhabar.com/2022/02/22/13361/ | mC4 |
कोरोना संक्रमित पत्रकारलाई प्रतिष्ठानद्वारा सहयोग – मेची आवाज
कोरोना संक्रमित पत्रकारलाई प्रतिष्ठानद्वारा सहयोग
2021-07-10 मा प्रकाशित
झापा, २६ असार । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा शनिवार बिर्तामोडमा प्रादेशिक सञ्चार प्रतिष्ठान, सञ्चारकर्मीबीच सञ्चार क्षेत्रका समस्याबारे छलफल र सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रादेशिक सञ्चार प्रतिष्ठान प्रदेश नं। १ का कार्यकारी निर्देशक यज्ञ शर्माले सञ्चार क्षेत्रको विकास र प्रवद्र्धनमा प्रतिष्ठानले काम गरिरहेको बताए ।
प्रतिष्ठानबाट सञ्चारकर्मी र सञ्चार संस्थाको हितमा विभिन्न कार्यक्रम सञ्चालन भएको र हुने बारे शर्माले जानकारी दिएका छन् । कार्यक्रममा प्रतिष्ठानको तर्फबाट शर्माले कोरोना संक्रमित भई अस्पतालमा उपचार गराएका पत्रकार पर्वत पोर्तेललाई २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरे ।
पत्रकार महासंघ झापाका निवर्तमान अध्यक्ष तारामणि सापकोटाले जिल्लाको सञ्चार क्षेत्रको अवस्थाको बारेमा जानकारी गराएका थिए । प्रतिष्ठानका सदस्य गोपाल काफ्ले, आन्तरिक मामिला तथा कानून मन्त्रालयका अधिकृतहरु उपेन्द्र श्रेष्ठ, कोमल दहालको कार्यक्रममा आतिथ्य रहेको थियो । महासंघका उपाध्यक्ष केशव भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव डिकेश लामाले गरेका थिए ।
प्रतिष्ठानले कोरोनबाट निधन भएका पाँचथरका पत्रकार एकराज भण्डारीकी श्रीमती शर्मिला दाहाललाई ५० हजार रुपैयाँ र कोरोना संक्रमित भई अस्तालमा उपचार गराएका इलामका पत्रकार बुद्धवीर राईलाई २५ हजार रुपैयाको चेक शनिवार नै सम्बन्धित जिल्लामै पुगेर हस्तान्तरण गरेको छ । प्रतिष्ठानले कोरोनाबाट ज्यान गुमाउने पत्रकारको परिवारलाई ५० हजार र सात दिनभन्दा बढी अस्पतालमा अक्सिजनसहित उपचार गराएका पत्रकारलाई २५ हजार रुपैयाँको दरले सहयोग गर्ने निर्णय गरेको थियो ।
निर्णय बमोजिम ओखलढुंगाका दीपेन्द्र रुम्जाली र जुद्धबहादुर राई, भोजपुरका सुरेन्द्र राई, खोटाङका लोकमणि रिजाल, उदयपुरका हरिकुमार राईलाई जनही २५ हजार रुपैयाँ तथा कोरोनाबाट मृत्युवरण गरेका सुनसरीका पत्रकार चन्द्रप्रसाद न्यौपानेकी श्रीमती अनिता गुरागाईलाई ५० हजार रुपैयाँ प्रदान गरिने छ । | 2021/08/04 05:03:55 | https://mechiaawaj.com/News/4017 | mC4 |
यमपञ्चक (तिहार) आजदेखि शुरु, शुक्रबारदेखि शुरु हुने भए पनि काग तिहार कात्तिक ९ गते • ABC NEWS NEPAL | No.1 News channel of Nepal
प्रकाशित मिति : 25 October, 2019 7:47 am
काठमाडौं, कात्तिक ८ कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु हुँदैछ । शुक्रबार बेलुकी यमदीपदान शुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
यस वर्ष यमदीपदान शुक्रबारदेखि शुरु हुने भए पनि काग तिहार कात्तिक ९ गते शनिबार परेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । यसैगरी धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि शनिबार नै परेको छ । तिथिको घटबढका कारण यस्तो भएको उहाँले बताउनुभयो । यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने उहाँले बताउनुभयो । कात्तिक १० गते आइतबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा गर्नुपर्छ । बिहान ११ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि आँैशी तिथि लाग्ने भएकाले शास्त्रसम्मत्रुपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले बताउनुभयो ।
गाई, गोरु र आत्म (म्ह) पूजा कात्तिक ११ गते सोमबार गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । एघार गते बिहान ९ः४३ बजेसम्म औँशी तिथि छ । त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले आत्म ९म्ह० पूजा यसै दिन गर्नुपर्नेहुन्छ । कात्तिक १२ गते मङ्गलबार तिहारको मुख्य दिन भाइटीका पर्व मनाइन्छ । बिहान ११ः५५ बजे भाइटीकाको साइत उत्तम रहेको अध्यक्ष गौतमले बताउनुभयो । कात्तिक १२ गते मङ्गलबार दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ साइत दिइएको समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । सर्वसाधारणका लागि दिनभर टीका लगाउन कुनै समस्या छैन । | 2020/02/25 11:29:56 | https://www.abcnepal.tv/posts/104420 | mC4 |
अन्तरजातीय विवाह गर्ने जोडी गाउँ छोड्न बाध्य | eNepaliKhabar.com
अन्तरजातीय विवाह गर्ने जोडी गाउँ छोड्न बाध्य
जाजरकोट, १४ माघ । जिल्लाको गर्खाकोट ३ का गणेश चदारा र ज्योति शाहले अन्तरजातीय विवाह गरेका कारण गाउँ छोड्न बाध्य हुनुप¥यो । विवाह गरेपछि आफ्नो घरमा बस्न नपाएको चार महिना भयो । घरमा बस्नै नपाएपछि उनीहरुको जोडी गत कार्तिक २३ गतेदेखि सदरमुकाम खलंगामा विस्थापित जीवन विताउन बाध्य छ । कार्तिक ९ गते अन्तरजातीय विवाह गरेपछि माइती पक्षबाट आक्रमणको प्रयास भएपछि उनीहरु भागेर खलंगामा विस्थापित भएका हुन् ।
गाउँमा गए ज्यान मार्ने धम्की र आक्रमणका प्रयासहरु हुन थालेपछि आफूहरु गत कार्तिकदेखि सदरमुकाममा विस्थापित जीवन बिताउन बाध्य भएको पीडित गणेश सुनारले बताए । अन्तरजातीय विवाहका कारण गणेश र ज्योति मात्र होइन गणेशका वुवा कमारो चदारा, वहिनी यमुना चदारा, दाइ राजेश चदारा, भाउजु कल्पना चदारा र भतिज निस्चल चदारा पनि गत चार महिना देखि सदरमुकाममै विस्थापित जीवन विताइरहेका छन् । गाँउमा जान वित्तिकै आफुहरुको ज्यानै जाने खतरा भएपछि सदरमुकाममै वसेर विस्थापित हुनु परेको पिडित गणेशका वुवा कमारो चदाराले वताए । राज्यका निकाय, राजनैतिक दलहरु, मानवअधिकारवादी, पत्रकारहरुसंग जीवन सुरक्षा र घरमा निर्धक्कसंग वस्न पाउने वातावरण वनाइदिन उनले आग्रह गरे । गाउँमा वस्न नपाएका कारण छोरी वुहारीले पढ्नै नपाएको र माइला छोरा राजेशले स्कुलमा गएर पढाउनै नपाएको चदाराले वताए । ८ कक्षामा पढ्दा देखि नै प्रेममा परेर आफुहरुले २०६७ सालमा भागेर विवाह गरेको र ठकुरीकी छोरीले दलितको छोरासंग विहे गरेको भन्दै ज्योतिका वुवा उत्तमकुमार शाहले आफुवाट ज्योतिलाइ खोसेर लिएको गणेशले वताए । आफुलाइ ज्यान मार्ने धम्की दिदै ज्योतिलाइ गम्भीर रुपमा कुटपिट समेत गरेको वताए । ज्योतिले गणेशवाट खोसेर लिएर वुवाले सुर्खेत छिन्चुका स्थानीय गिरी थरका युवासंग विहे गराइदिएको वताइन् । विहे गरेको केहि समयमै आफुलाइ घरमै राखेर ती युवा विदेश गएपछि ९ महिना पछि फेरि माइती घरमा आएको चार वर्ष सम्म त्यहि वसेर पढेको ज्योतिले बताइन् ।
चार वर्षसम्म माइतीमै बसेकी ज्योतिले फेरि गत कार्तिक ९ गते गणेशसंग दोस्रो पटक भागेर विहे गरेको बताइन् । पहिलो पटक गणेशसंग विहे गर्दा निकै शारीरिक यातना पाएकी ज्योति अहिले भने माइती पक्षको सम्पर्कवाट बाहिर बसेकी छन् । मलाई जातभातको कुनै मतलव छैन मेरो सानै देखिको प्रेम हो त्यसैले म कुनै पनि हालतमा गणेसंग छुटिएर वस्न सक्दिन ज्योतिले भनिन् । उनले दुवै परिवार सचेत भएर मिल्ने वातावरण वनाइदिन सवै संग अनुरोध गरिन् । विवाह पछि माइती पक्षले गाउँवाट लखेटेका कारण आफुले कक्षा १२ को पढाइ छोड्न मात्र होइन परीक्षा दिन समेत नपाउने अवस्था आउन लागेको वताइन् । आफ्नो जोडीलाइ निर्धक्कसंग जीउने वातावरण वनाइदिन स्थानीय प्रशासन राजनैतिक दल र पत्रकारहरुलाइ गणेशले आग्रह गरे । गणेश र ज्योतिको विहेका कारण आफुले विद्यालयमा गएर पढाउन नपाएको चार महिना वितिसकेको गणेशका दाजु राजेश चदाराले वताए । स्थानीय मष्टा प्राथमिक विद्यालय तलीघुइलाका प्रधानाध्यापक समेत रहेक राजेशले आफुलाइ विध्यालयमा गएर पढाउने वातावरण वनाइदिन आग्रह गरे ।
ज्योति र गणेशले अन्तरजातिय विवहा गरेपछि गाउँका सवै ठकुरीहरु र उनीहरुका समर्थकहरुले चदारा परिवारलाइ गाउँ निकाला र भौतिक आक्रमणको प्रयास गरिरहेको स्थानीय वीरवहादुर रावतले वताए । स्थानीय माओवादी कार्यकर्ता समेत रहेका रावतले चदारा परिवारलाइ गाउँ निकाला गर्न र आक्रमण गर्नका लागि सवै पार्टीकामा आवद्ध ठकुरीहरु एकै ठाउँमा रहेको वताए । उनीहरुको आक्रमणवाट चदारा परिवारको घरमा आगजनी या अन्य आक्रमणको सम्भावना भएपछि गत पुस २४ गते देखि प्रहरीले घरमा पहरा दिइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी दानवहादुर मल्लले वताए । उनले प्रहरीका तर्फवाट विवाद मिलाउन प्रयास गरिएको र समाजका सवै निकायको सहयोग लिएर समस्या समाधानको पहल गरिरहेको वताए । समस्यालाइ कानुनको प्रयोग भन्दा पनि जातिय सदभाव कायम गर्ने गरि सवैले सहयोग गर्नु पर्ने वताए । Comments comments | 2017/06/23 05:20:07 | http://www.enepalikhabar.com/recent-news/2016/01/40296 | mC4 |
काठमाण्डाै – शेयर बजार आज मङ्गलवार पनि घटेको छ । बजार खुलेदेखि नै घटबढ भएको शेयर बजार परिसूचक नेप्से बन्द हुने बेलामा दुई दशमलव ५७ अङ्कले घटेर एक हजार नौ सय ५६ दशमलव ३६ विन्दुमा झरेको छ ।
आज फाइनान्स, बीमा र अन्यबाहेक अरू समूहको शेयर घटेको छ । बजारसँगै कारोबार रकम हिजो साेमवारभन्दा आधाले घटेको छ । दुई सय २६ वटा कम्पनीकाे २७ लाख ७३ हजार कित्ता शेयर एक अर्ब पाँच करोड ३१ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको आठ करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज कालिका लघुवित्तको शेयर सबैभन्दा धेरै साढे पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि लाइफ इन्सुरेन्स कर्पोरेशन नेपाल र गुराँस लघुवित्तको शेयर चार प्रतिशतभन्दा धेरैले बढेको छ ।
source : ujyaalo online
प्रकाशित मिति: मंगलबार, कार्तिक २२, २०७९, ०५:५३:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
३९ अङ्कले घटेर शेयर बजार राताम्मे, कारोबार रकममा भने सुधार
शेयर बजार ६ अङ्कले घट्याे, २ अर्ब १० कराेड रुपैयाँकाे काराेबार
अरुणखोला दुम्किबास १३२ केभि सवस्टेशन निर्माण प्रक्रिया सुरु
आन्तरिक राजश्व कार्यालयद्धारा नवलपुरमा अबैध घरेलु मदिरा नष्ट
नयाँ कलम
'घण्टी'बारे ओलीको टिप्पणी : अमेरिकाको फ्रिडम पार्टीको चुनाव चिह्न यता लिएर आए मंगलबार, मंसिर १३, २०७९ | 2022-11-29T15:32:18Z | https://www.satyakalam.com/news/economy/7589 | OSCAR-2301 |
भारतले धौलीगंगा बाँध खोल्यो : महाकाली नदी किनारका बासिन्दालाई सतर्कता अपनाउन आग्रह | Ujyaalo Online:: Nepal News, Nepali Samachaar
भारतले धौलीगंगा बाँध खोल्यो : महाकाली नदी किनारका बासिन्दालाई सतर्कता अपनाउन आग्रह
भदौ २१, २०७७ आइतबार १२:१६:२८ | उज्यालो सहकर्मी
काठमाण्डौ - भारतले धौलीगंगा बाँध खोलेको छ ।
उत्तराखण्डको पिथौरागढमा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध गएराति १२ बजेदेखि खोलिएको हो ।
नियमित सरसफाइ गर्नुपर्ने भन्दै बाँध खोलेको जानकारीमा आएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । बाँध खोलेपछि महाकाली नदीमा जलसतह बढ्ने भएकाले नदी छेउछाउ नजान प्रशासनले आग्रह गरेको छ । तटीय क्षेत्रमा जोखिम हुने भएकाले सतर्कता अपनाउन बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले आग्रह गर्नुभएको छ ।
महाकालीको तटीय क्षेत्र पर्ने बैतडीको सेरादेखि कुस्मतघाटसम्मका नागरिकलाई नदी छेउछाउ आसपास नजान अनुरोध गरिएको पनि उहाँले बताउनुभयो । यस्तै दार्चुलाको व्यास गाउँपालिका-५ धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्म तटीय क्षेत्रमा पनि जिल्ला प्रशासन कार्यालय दार्चुलाले सर्तकता अपनाउन आग्रह गरेको छ । | 2020/10/21 16:42:18 | https://ujyaaloonline.com/story/42718/2020/9/6/india-dhauliganga-mahakali-river | mC4 |
चितवनको भरतपुर महानगरपालिकाको प्रमुख र उपप्रमुखमा सत्तारुढ गठबन्धन विजयी भएको छ। भरतपुरको प्रमुखमा नेकपा (माओवादी केन्द्र)की रेनु दाहाल र उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी निर्वाचित भएका हुन्।
तर मुख्य निर्वाचन कार्यालयले औपचारिक जानकारी गराएको छैन। माओवादी केन्द्रकी दाहालले एमालेका विजय सुवेदीलाई १२ हजार ४४९ फराकिलो मतान्तरले पराजित गर्दै दोस्रोपटक महानगरपालिका प्रमुख बनेकी हुन्। दाहालले ५२ हजार ३० मत ल्याउदा सुवेदीले ३९ हजार ५८१ मत प्राप्त गरेका छन्।
अघिल्लो स्थानीय तहको चुनावमा भन्दा दाहालले ८ हजार ९०३मत बढी ल्याएकी छन्। त्यतिखेर ४३ हजार १२७ मत ल्याएर विजयी भएकी थिइन्। देवी ज्ञावालीले ४२ हजार ९२४ मत ल्याएका थिए। तर, अहिले ज्ञवालीले भन्दा २ हजार ३४३मत कम ल्याएका छन्।
सुवेदी वाग्मती प्रदेशको संसाद पदबाट राजिनामा दिएर महानगरपालिका प्रमुखमा लड्न आएका थिए । सुवेदीले एमालेका वडाध्यक्षहरुले ल्याएको मत पनि ल्याउन सकेनन्।
उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले २२ हजार १९१मतान्तरले राप्रपाकी हिमला गुरुङलाई पराजित गरेका छन्। अधिकारीले ५२ हजार ८ सय १२ ल्याउँदा प्रतिस्पर्धी गुरुङले ३० हजार मतप्राप्त गरिन्। अधिकारी यसअघि वडा नम्बर २१ को वडाध्यक्ष थिए। उनलाई भष्टाचार गरेको आरोपमा अख्तियारमा उजुरी समेत पारेको थियो।
२९ वडामध्ये कांग्रेसले १६, एमालेले ६ र माओावदी केन्द्र र नेकपा (एकीकृत समाजवादी) समान ३ र एक जना स्वतन्त्रले वडाध्यक्ष जितेका छन्। यसअघि एमाले एक्लै १४ वटावडाध्यक्ष जितेको थियो। अहिले ६ मा खुम्चिएको छ।
नेपाली कांग्रेसबाट वडानम्बर १मा केशव महर्जन २मा मनोज रानाभाट, ४, अर्पण पोख्रेल, ५मा युद्ध प्रसाद श्रेष्ठ, ६मा कृष्णलाल श्रेष्ठ, ८मा जीवनाथ कंडेल, १०मा परमेश्वर खनाल, १४मा राजेन्द्र सेखी, १५मा श्रीकृष्ण देवकोटा, १६मा अमृतराज हमाल, १७मा ललितमान तामाङ, २०मा मुक्तिप्रसाद घले, २१मा कृष्ण गुरुङ, २३मा दिपक दवाडी, २७मा रामबहादुर भण्डारी र २९मा सर्युबहादुर गुरुङ विजयी भएका छन्।
एमालेबाट वडा नम्बर ३मा विकास थापा, ११मा कमल बहादुर मल्ल, १२मा लेखराज पन्त, १८मा बाबुराम अधिकारी, १९मा प्रकाश तामाङ, २८मा डण्डपानी रिजाल विजयी भएका छन्। नेकपा माओवादीबाट वडा नम्बर १३मा प्रकाश दवाडी, २४मा रामप्रसाद गोदार र २६मा ज्ञानप्रसाद खनालले जितेका छन्।
त्यस्तै नेकपा (एकीकृत समाजवादी) बाट वडा नम्बर ७मा राजेन्द्रमणी काफ्ले, ९मा यमलाल कंडेल र २२मा बिष्णु महत्तोले जितेका छन्। स्वतन्त्रबाट वडा नम्बर २५मा छबिलाल सापकोटा विजयी भएका हुन्। यसअघि महानगरमा कमजोर रहेको कांग्रेस बलियो बनेको छ।
महानगरमा उपप्रमुख सहित १६ वडाध्यक्ष कांग्रेसले जितेको छ । १५५ कार्यपालिका सदस्य हुने महानगरमा कांग्रेसकोले उपमेयर सहित ७९ जनप्रतिनिधि निर्वाचित भएका छन्। त्यस्तै एमालेका ५०, माओवादीका मेयर सहित ९, समाजवादीका ५,राप्रपा ३ जान विजयी भएका छन्। पहिलो चरणमा १४७ प्रतिनिधि निर्वाचित हुन्छन्।
यसअघि कांग्रेसका उपप्रमुख सहित ६९ जनप्रतिनिधि निर्वाचित भएका थिए। एमालेका ७० र माओवादी केन्द्रका ९ जना सदस्य विजयी भएका थिए।
को हुन् रेनु दाहाल
दोस्रोपटक भरतपुर महानगरपालिकाको प्रमुख पदको जिम्मेवारी समाल्न पुगेकी रेनु दाहालको विस २०३३ असार २३ गते चितवनको भरतपुर वडा नं १४ भिमसेनगरमा भएको हो। बुवा पुप्पकलम दाहाल र आमा सीता दाहालकी दोस्रो सन्तानका रुपमा जन्मिएकी थिइन्। जनयुद्धको कारण बुवाआमासँगै घर छाड्न पर्दा एसएलसीभन्दा माथिल्लो अध्ययन गर्ने अवसर भने पाइनन्। युद्धकालीन समयमा बुवा प्रचण्ड र आमा सीतासँगै देशभित्रै तथा प्रवासमा संघर्ष गरिन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी भनेर चिनिएता पनि नेतृ दाहालको आफ्नै राजनीतिक र सामाजिक यात्रा छ।
युद्धकै समयमा प्रवास भारतमै रहँदा गुल्मीका अनिल कुमार पाठकसँग विवाह गरेकी दाहालको ६ जनाको परिवार छ। सासु, ससुरा, श्रीमान एवम् एक छोरा र छोरी उनको परिवारमा छन्। नेपाली, हिन्दी र अंग्रेजी भाषामा दख्खल राख्ने नवनिर्वाचित मेयर दाहाल राजनीतिक तथा थुप्रै सामाजिक संघसंस्थामा आवद्ध छन्। युद्दकालीन समयमा भारतका विभिन्न प्रान्तमा सेक्रेटरीको भूमिका निर्वाहा गरेकी थिइन् । बेलायत, थाइल्याण्ड, श्रीलंका, इन्डोनेसिया लगायतका देशहरूको भ्रमण गरेकी छन्।
२०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेका देवी ज्ञवालीलाई हराउदै भरतपुर महानगरको मेयर बनेकी थिइन्।
Follow @nagarik_news
प्रकाशित: १० जेष्ठ २०७९ ०९:१३ मंगलबार
1.3K SHARES
खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
लोकप्रिय
प्रस्तावित
ओलीलाई मेयर बालेनको प्रश्न: दुईतिहाइ सरकारको प्रधानमन्त्री हुँदा सुकुम्बासीले भोगेको ३२ जाडो देख्नुभएन?
गगन थापालाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्छुः महामन्त्री शर्मा
स्वतन्त्रका कारण २५ सिट गुमेको एमाले निष्कर्ष
धरान उपमहागनरले किन्यो डोजर र रोलर, सडकको मर्मत र निर्माण आफैं गर्ने
महानगर यस किसिमले अघि बढ्छ भन्ने सोचेका थिएनौँः राष्ट्रिय भूमि आयोग
राष्ट्रिय स्वतन्त्र पार्टीले अमेरिकी फ्रिड्म पार्टीको नाम र झण्डा प्रयोग गरेको भन्दै ओलीद्वारा आलोचना
सुकुमबासी हटाउन संघीय सरकारसँग गुहार
जनमत पार्टीलाई लिएर मधेस प्रदेश सरकार गठन गर्ने तयारीमा गठबन्धन, निधि र सिके राउतबीच छलफल
पोल्यान्डलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा
सञ्चार मन्त्री कार्की ९४ मतले अगाडि
अर्को समाचार
भर्खरको समाचारहरु
समाज
१५ मंसिर २०७९
धौवादीमा जिप दुर्घटना: मृत्यु हुनेको सङ्ख्या चार पुग्यो
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को धौवादीमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ।
समाज
१५ मंसिर २०७९
गोलबजारबाट पेस्तोलसहित दुई युवक पक्राउ
गोलबजार नगरपालिका–११ बलकवा मैनाबती पुलबाट कटुवा पेस्तोल एक थानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।
समाज
१५ मंसिर २०७९
भाउको पर्खाइमा जुम्लाको स्याउ
यस वर्ष जुम्लाको ४ हजार १ सय २० हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको थियो। जसबाट झन्डै १८ हजार मेट्रिक टन स्याउ फलेको कृषि विकास कार्यालयको तथ्याङ्क छ।
समाज
१५ मंसिर २०७९
ग्रेडरको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि धनगढी तनाव ग्रस्त: प्रशासनद्वारा २४ घण्टे निषेधाज्ञा जारी
प्रहरीले २ विद्यार्थीलाई पक्राउ गरेको थियो। विद्यार्थी पक्राउ पछि विद्यार्थीले प्रहरी विरुद्ध चर्का नाराबाजी लगाएका थिए। विद्यार्थी माथि प्रहरीले अश्रुग्याँस समेत प्रहार गरेको थियो।
Download Nagarik App
element that Embedly uses // to discover the media. const anchor = document.createElement('a'); anchor.setAttribute('href', element.getAttribute('url')); anchor.className = 'embedly-card'; element.appendChild(anchor); } }); } activateEmbedly();
Download Nagarik App
element that Embedly uses // to discover the media. const anchor = document.createElement('a'); anchor.setAttribute('href', element.getAttribute('url')); anchor.className = 'embedly-card'; element.appendChild(anchor); } }); } activateEmbedly();
अन्य प्रकाशन
Subscribe
नेपाल रिपब्लिक मिडिया लि.ले नेपाली भाषामा नागरिक राष्ट्रिय दैनिक (गुणराज लुइँटेलको सम्पादकत्वमा) काठमाडौँ, विराटनगर, नेपालगञ्ज, पोखरा र बुटवलबाट एक साथ प्रकाशन गर्दै आएको छ।
उपयोगी लिंकहरु
हाम्रो बारेमा
विज्ञापन
आजको पत्रिका
सम्पर्क गर्नुहोस्
मुद्रा विनिमय
Buying Selling
Indian Rupee (INR) U.S. Dollar (USD) European Euro (EUR) UK Pound Sterling (GBP) Swiss Franc (CHF) Australian Dollar (AUD) Canadian Dollar (CAD) Singapore Dollar (SGD) Japanese Yen (JPY) Chinese Yuan (CNY) Saudi Arabian Riyal (SAR) Qatari Riyal (QAR) Thai Baht (THB) UAE Dirham (AED) Malaysian Ringgit (MYR) South Korean Won (KRW) Swedish Kroner (SEK) Danish Kroner (DKK) Hong Kong Dollar (HKD) Kuwaity Dinar (KWD) Bahrain Dinar (BHD) | 2022-12-01T16:43:23Z | https://nagariknews.nagariknetwork.com/NirwachanBishes/833231-1653362930.html?click_from=category | OSCAR-2301 |
राष्ट्रपतिले जारी गरेको नागरिता विधेयक राष्ट्रहित विपरित : विप्लव | SAMAJBAD
राष्ट्रपतिले जारी गरेको नागरिता विधेयक राष्ट्रहित विपरित : विप्लव
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ९ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा जारी गरेको नागरिता अध्यादेशको विप्लव नेतृत्वको नेकपाले विरोध गरेको छ । नेकपाका महासचिव विप्लवले सोमबार अपरान्ह एक प्रेस विज्ञप्ति जारी गरेर राष्ट्रपतिद्वारा जारी गरिएको नेपाली नागरिकता (पहिलो संशोधन) २०७८ खारेज गर्न माग गरेका छन् । उनले उक्त कदमलाई राष्ट्रहित विरुद्धको कदम भन्दै यस्ता यस्ता अध्याधेश लागु नगर्न केपी ओलीलाई चेतावनी समेत दिएका छन्।
विप्लवले एकातिर अहिलेको संविधान जारी गर्दा नै नागरिकतासम्बन्धी कैयौँ गलत एवम् त्रुटिपूर्ण प्रावधानहरू रहेको र त्यसका बारेमा आफ्नो पार्टीले त्यतिबेलै विरोध जनाईसकेको स्मरण गराउँदै हरेक नेपाली नागरिकले सहज ढङ्गले आफ्नो देशको नागरिकता पाउनु उसको जन्मसिद्ध अधिकार रहेकोले त्यो सुविधा पाउनुपर्छ तर नागरिका वितरणका नाममा राष्ट्रहित विपरित अध्यादेश जारी गरेर राष्ट्रघात गर्ने उदेश्य राख्नु गलत भएको बताएका छन् ।
विप्लवले आफ्नो सत्ता जोगाउनका लागि नागरिकता जस्तो राष्ट्रिय महत्व एवम् जनसरोकारका विषयमा निर्णय लिँदा जनमतलाई बुझ्न र विज्ञहरूको व्यापक परामर्श लिन आवश्यक हुने भए पनि त्यसो गर्नुको सट्टा सरकारले आफ्नो सत्तासंकट टार्न, कुर्सी जोगाउन र कसैलाई खुसी पार्नका लागि मात्र यस्तो निर्णय लिएको भन्दै त्यसको मूल्य सिङ्गो देशले चुकाउनुपर्ने जनाएका छन् । 'अतः हाम्रो पार्टी त्यस्ता राष्ट्रहित विपरीत कार्य नहोऊन्, त्यस्ता निर्णय खारेज गरिऊन् भन्ने चेतावनी केपी ओली सरकारलाई दिन चाहन्छ ।' विज्ञप्तिमा भनिएको छ । | 2021/06/14 03:40:06 | https://samajbad.tv/2687/ | mC4 |
टिकट वितरणमा आर्थिक चलखेल भयो : शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तह निर्वाचनका लागि गरिएको टिकट वितरणमा असन्तुष्टि व्यक्त गरेका छन्।
नेता कोइरालाले आज विज्ञप्ति जारी गर्दै आगामी वैशाख ३० गते हुन गइरहेको निर्वाचनका लागि टिकट वितरण गर्न एउटा मापदण्ड बनाउन बारम्बार कुरा उठाए पनि त्यसलाई बेवास्ता गरिएको बताएका छन्। उनले टिकट वितरणको जिम्मेवारी पाएका व्यक्तिहरूले न्यायसङ्गत रूपमा काम नगरेको आरोप लगाएका छन्।
'टिकट वितरणमा एउटा मापदण्ड बनाई अगाडि बढ्दा सबैप्रति न्याय गर्न सकिनेछ भनी हामीले बारम्बार केन्द्रीय समिति, कार्यसम्पादन समिति र सामूहिक रूपमा साथीहरूबीच कुरा उठाएका थियौं, तर हाम्रो कुरा ध्यानपूर्वक सुनिएन'' विज्ञप्तिमा उल्लेख छ' 'अहिले दुःखका साथ भन्नुपर्छ, टिकट वितरण कार्यमा जिम्मेवारी पाएका साथीहरूले पार्टी कार्यकर्ताहरूप्रति समान रूपले न्याय गर्न सक्नुभएन।'
यस्तै' नेता कोइरालाले टिकट वितरणमा आर्थिक चलखेल भएकाले जीवनभर कांग्रेसको सिद्धान्त र मूल्यमान्यता बोकेर काम गरिरहेका निष्ठावान् नेता तथा कार्यकर्ताहरू टिकट पाउनबाट वञ्चित भएको दाबी गरेका छन्। विज्ञप्तिमा उल्लेख छ' 'टिकट वितरणमा आर्थिक चलखेल र अनियमितता भयो भन्ने कुराहरू पनि यतिखेर सार्वजनिक भइरहेका छन् र त्यसको पीडा इमानदार र निष्ठावान् कार्यकर्ताहरू भोग्दै छन्।'
पार्टीले इमानदार नेता तथा कार्यकर्ताहरूको सम्मान नगरेकाले नै उनीहरू पार्टी छाडेर गएको र स्वतन्त्र उम्मेदवार भएको नेता कोइरालाले बताएका छन्। 'अहिले म साथीहरूको असन्तुष्टि देशभरिबाट सुन्दै छु, टिकट वितरणलाई लिएर'' विज्ञप्तिमा भनिएको छ' 'जीवनभर कांग्रेसको सिद्धान्त, मूल्यपद्धति र आदर्शप्रति समर्पित वरिष्ठ साथीहरू यतिखेर पार्टी छाडी अन्य पार्टीमा ओत लाग्न पुगेका छन्। कैयौं साथीहरू स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा जान बाध्य हुनुहुन्छ।'
उनले टिकट वितरणबारे अध्ययन र समीक्षा गरिने आश्वासन दिंदै तत्काललाई असन्तुष्टिलाई थाँती राखेर कांग्रेसलाई विजयी बनाउने अभियानमा होमिने अपील समेत गरेका छन्। | 2022/07/01 18:00:36 | https://www.himalkhabar.com/news/129474 | mC4 |
रोजिरोजी दुलही किन्न पाईने देश, जहाँ दुलही किनबेचको लागि बजार लाग्दछ (भिडियो)
आजको २१ औ शताव्दीमा यो कुरा सुन्दा अचम्म लाग्न सक्छ । तर यो कुरा सत्य हो । दुलही किनबेच हुने बजार लाग्दै आएको बुल्गेरियाको स्टारा जागोर नामक शहरमा यस्तो बजार लाग्ने गर्दछ । यो प्रचलन एउटा सस्कारको रुपमा स्थापित भएको छ । यस्ता बजारमा सिधै मन परेको ब्यक्तिलाई प्रस्ताब राख्न सकिन्छ । जहाँ केटीका बाबू आमा पनि सहभागी हुन्छन् । यो कुरा सबैले सहज रुपमा लिएका हुन्छन ।
उक्त बजारमा उपलब्ध दुलहीहरु सजिसजाउ भएर पुग्छन् भने दुलही किन्ने दुलाहले सम्भव भएसम्म आफु समानको अन्यथा आफू भन्दा २ देखि ५ वर्षसम्म कम उमेरकी दुलही मात्र किन्न सक्छन् । दुलही किन्ने यो मेलामा दुलाहा दुलही दुवैको परिवार उपस्थित हुनुपर्दछ । दुवैले एक अर्कालाई मन पराउने पर्ने सर्त हुन्छ । त्यसपछि दुलही छानिन्छ, छानिएकी दुलहीको मूल्य तोकिन्छ र उनीहरुको विवाहको तिथि तय गरिन्छ । बेहुलाले तोकिएको मूल्य दुलहीको बाबुआमालाई दिनुपर्ने हुन्छ । | 2020/11/28 04:50:53 | https://eparewa.com/news/6067 | mC4 |
तलब – Himalaya Television
कर्मचारीको नयाँ तलबमान स्वीकृत गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय
२५ साउन २०७८ काठमाडौं । सरकारले चालू आर्थिक वर्षमा वृद्धि भएको नयाँ तलबमान यही साउन १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका...
तलब भत्ता नपाएपछि शिक्षण अस्पताल नेपालगञ्जका स्वास्थ्यकर्मी आन्दोलित (भिडियो रिपोर्टसहित)
१ साउन २०७८ बाँके । तीन महिनादेखि तलब भत्ता नपाएको भन्दै शिक्षण अस्पताल नेपालगन्जका स्वास्थ्यकर्मी तथा कर्मचारी आन्दोलनमा उत्रिएका छन् । स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले प्रबन्ध निर्देशक, प्रशासन, लेखा र स्टोर कक्षमा तालाबन्दी गरेका छन् । आन्दोलनका कारण अस्पतालले प्रदान...
१५ जेठ २०७८ काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब दुई हजार रुपैयाँ बढाएको छ । सरकारले प्रतिशतमा नभई समग्रमा सबै कर्मचारीको तलब मासिक २ हजार रुपैयाँ बढाउने घोषणा बजेटमार्फत गरेको छ । सरकारको यो घोषणाले कम तलब खाने तल्लो...
प्रतिनिधिसभाका सदस्यहरुले गत पुसदेखि रोकएको तलब/सुविधा एकमुस्ट पाउने
१४ फागुन २०७७ काठमाडौं । प्रतिनिधिसभाका सदस्यहरुले गत पुसदेखि रोकएको तलब/सुविधा एकमुस्ट पाउने भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि संसद सचिवालयले सांसदहरुको तलब/सुविधा रोकेको थियो । फागुन महिनाको तलब पठाउँदा पुसदेखि रोकिएको...
१३ फागुन २०७७ लहान । शिक्षकलाई तलब उपलब्ध गराउन माग गर्दै विद्यार्थीले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुक्याहीस्थित जनता माध्यमिक विद्यालयमा तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण पठनपाठन प्रभावित भएको छ । विगत एक वर्षदेखि आफ्ना शिक्षकले तलब नपाउँदा समस्यामा...
एन्फाले बढायो खेलाडीको तलब
२५ मंसिर, २०७७ काठमाडौं । अखिल नेपाल फूटबल संघ (एन्फा)ले महिला र पुरुष खेलाडीको तलव बढाएको छ । एन्फाले महिला खेलाडीको मासिक तलब ११ हजार र पुरुष खेलाडीको ३ हजार रुपैयाँ बढाएको छ । अब पुरुष र महिला दुबै...
नियमित तलब पाउने नेपालीको औसत तलब २० हजार मात्रै
२१ असोज, २०७७ काठमाडौं । नियमित तलब पाउने किसिमले देशैभर विभिन्न व्यावसायिक तथा अन्य सङ्घसंस्थामा कार्यरत कर्मचारीको औसत मासिक तलब २० हजार रुपैयाँको हाराहारी मात्र रहेको पाइएको छ । केन्द्रीय तथ्याङ्क विभागले पहिलो पटक गरेको राष्ट्रिय आर्थिक गणनाले यस्तो...
तलब दिने नेकपाको प्रस्तावमा श्याम श्रेष्ठको विश्लेषण (भिडियो)
५ असोज, २०७७ काठमाडौं । नेकपाले केन्द्रीय सदस्यलाई तलब दिने प्रस्ताव ल्याएपछि यसबारे विभिन्न टिकाटिप्पणी भैरहेका छन् । त्यसो त कम्यूनिष्ट पार्टीले पूर्णकालीन नेता कार्यकर्तालाई पहिलेदेखिनै तलब दिँदै आएका थिए, यसपटक नेकपाले प्रस्ताव नै ल्याएको घोषणा गरेपछि यो सार्वजनिक... | 2022/01/22 09:47:46 | https://www.himalayatv.com/tag/%E0%A4%A4%E0%A4%B2%E0%A4%AC/ | mC4 |
भोटेकोसी नदीमा आएको बाढीले पुल वगायो | Alagdhar
घरBanner Newsभोटेकोसी नदीमा आएको बाढीले पुल वगायो
भोटेकोसी नदीमा आएको बाढीले पुल वगायो
काठमाडौं :भोटेकोसी नदीमा आएको बाढीले रसुवामा बेलिब्रिज बगाएको छ ।अविरल वर्षापछि आइतबार एक्कासि आएको बाढीले टिमुरे भन्सार कार्यालय/सुख्खा बन्दरगाहबाट रसुवागढी जलविद्युत् आयोजनातर्फ जाने बेलिब्रिज बगाएको हो ।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले एक्कासि नदीमा आएको बाढीले सडक कटान गरेपछि बेलिब्रिज बगाएको जानकारी दिए ।पुल बाढीले बगाएपछि रसुवागढी सुख्खा बन्दरगाहबाट रसुवागढी जलविद्युत् आयोजनातर्फ आवतजावत गर्ने सहायक मार्ग सम्पर्क विच्छेद भएको छ । प्रजिअ भण्डारीका अनुसार, अब टिमुरेभन्दा तल रहेको तातोपानी पुल प्रयोग गर्नुपर्ने बाध्यता आइलागेको छ ।
बाढीले रसुवा भन्सार र जलविद्युत् आयोजनाको सामान बोक्न प्रयोग हुँदै आएका करिब ३ दर्जन गाडी जोखिममा परेका थिए । तर, राति नै नदी किनाराका गाडी सुरक्षित स्थानमा सारिएकाले थप क्षति हुनबाट जोगिएको प्रशासनले जनाएकाे छ ।अविरल वर्षापछि भोटकोसीमा गएराति बाढीको बहाव एक्कासि बढेको थियो । सम्भावित दुर्घटनालाई मध्यनजर गरेर प्रशासनले पावर हाउसको पावरसमेत कटअफ गरेको थियो ।
नदीमा बहाव बढेपछि स्वाफ्रुबेसी, गुमचेत, मैलुङ, पहिरोबेसी, शान्तिबजारदेखि खाल्डेसम्मका वस्ती जोखिममा परेपछि त्यहाँका बासिन्दालाई राति नै सुरक्षित स्थानमा सारेको थियो ।राति नदीमा एक्कासि बढेको बहावले केही बस्तीहरु जोखिममा पर्ने ख तरा बढाएको थियो । | 2021/10/27 07:26:48 | https://www.alagdhar.com/2019/08/7706 | mC4 |
हजार वर्ष पुरानो सिक्लेस गाउँमा सय वर्ष पुरानो माघे सङ्क्रान्ति मेला – Samacharpati
वासुदेव पौडेल पोखरा, २७ पुस । नेपालमा मेला महोत्सवको रौनक तातिएको धेरै वर्ष भएको छैन । पछिल्ला वर्ष ठाउँठाउँको प्रवद्र्धन र विकासका लागि मेला महोत्सव लगाउने क्रम बढ्दै गएको छ । झट्ट सुन्दा अचम्म लाग्छ, झण्डै एक हजार वर्ष पुरानो कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा सय वर्ष पुरानो माघे सङ्क्रान्ति मेलालाई स्थानीय युवाको सक्रियतामा जीवन्त बनाइएको छ । | 2020/01/25 18:11:23 | https://www.samacharpati.com/2020/01/45949/ | mC4 |
भौगोलिक सूचना प्रणालीको लागि एक सफ्टवेयरको मालिकलाई लगभग अनिवार्य छ आजकल तपाईं डेटा उत्पादनको लागि मास्टर गर्न चाहानुहुन्छ कि हामी अन्य कार्यक्रमहरू बारे जानकारीको विस्तार गर्न वा हामी केवल एक कार्यकारी स्तरमा रुचि राख्दछौं जुन यस बारेमा एक अनुशासन थाहा छ तपाईंको कम्पनीमा संलग्न छ।
यो आर्कजीआईएस स्पेनिश पाठ्यक्रम विकल्पहरूको संग्रह हो जुन तपाइँले रोज्नु भएको छ। अर्डर त्यति महत्त्वपूर्ण छैन, यद्यपि मैले मूल्य वर्धित डाटा राखेको छु, जस्तै घण्टा संख्या र अर्को केही दिनहरूमा सुरू हुने पाठ्यक्रमहरूको लागि अनुमानित मिति। | 2021-02-24T18:33:17Z | https://akhabartoday.com/2021/01/06/29949 | OSCAR-2109 |
पश्चिम बङ्गालको चुनावमा मोदीको दल पराजित, ममताको जीत
काठमाडौं । कोरोनाभाइरस सङ्क्रमण र मृत्युका घटना हालसम्मकै उच्च देखिएको बेला भारतमा गरिएको एउटा महत्त्वपूर्ण चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी पराजित भएको छ।
भारतीय जनता पार्टी (भाजपा) ले पश्चिम बङ्गाललाई आफ्नो चुनावी अभियानको मुख्य केन्द्र बनाएको थियो। पश्चिम बङ्गालको २ सय ९२ सिटमध्ये २०८ तृणमूल कांग्रेसले जितेको बीबीसी हिन्दीले जनाएको छ। मोदीको दल आसाममा विजयी भए पनि अन्यत्र उल्लेख्य उपलब्धि हासिल गर्न विफल भएको छ।
कोभिड सङ्कटको व्यवस्थापनलाई लिएर मतदाताले मोदीलाई दण्ड दिन्छन् कि दिँदैनन् भनेर चुनावलाई नजिकबाट हेरिएको थियो। भारतमा लगातार १० दिन कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका दैनिक घटना ३ लाख भन्दा बढी छन्। त्यहाँ आइतबार ३ हजार ६ हजार ८९ जनाको मृत्यु भएको थियो जुन एक दिनको सर्वाधिक उच्च मानवीय क्षति हो।
अस्पतालहरूले शय्या र अक्सिजनको चरम अभावको सामना गरिरहेका छन् र धेरै भारतीयहरूले सामाजिक सञ्जालमार्फत सहयोगको खोजी गरिरहेका छन्। भारतमा चुनावी र्याली र मतदानलाई सङ्क्रमणका घटना वृद्धि हुनुको कारण मानिएको थियो।
प्रधानमन्त्री मोदी र उनका गृहमन्त्रीले पश्चिम बङ्गालमा दर्जनौँ सभाहरूमा सम्बोधन गरेका थिए र उनीहरूलाई महामारी भन्दा निर्वाचनमा केन्द्रित भएको आरोप लागिरहेको छ। उक्त नतिजाले प्रधानमन्त्री मोदीकी कटु आलोचक भारतको एक मात्रै महिला मुख्यमन्त्री ममता बनर्जीलाई तेस्रो पटक पश्चिम बङ्गालको नेताका रूपमा स्थापित गराएको छ।
जीतले भारतलाई जोगाएको भन्दै उनले कोभिड(१९ को नियन्त्रण उनको पहिलो प्राथमिकता हुने बताएकी छन्। नन्दीग्रामको सिटमा भाजपा प्रवेश गरेका आफ्ना एक जना पूर्व सहयोगीसँगको बनर्जीको पराजयले चुनावी परिणामलाई खल्लो बनाएको थियो। तर उनले उक्त नतिजालाई अदालतमा चुनौती दिने बताएकी छन्। मुख्यमन्त्री बन्नका लागि उनले फेरी चुनाव भने लड्नुपर्ने अवस्था आउन सक्छ।
झन्डै ९ करोड जनसङ्ख्या रहेको र कोलकाता सहर अवस्थित रहेको पश्चिम बङ्गाल चुनावी पर्यवेक्षकहरूका लागि आकर्षण मान्ने गरिएको छ। भारतको हिन्दू राष्ट्रवादी भाजपाले कहिल्यै पनि सत्ता नसम्हालेको थोरै राज्यमा पश्चिम बङ्गाल पनि पर्छ। पराजित भए पनि भाजपाले झन्डै ८० सिट जितेर प्रमुख प्रतिपक्षी दलका रूपमा आफूलाई उभ्याएको छ। सन् २०१६ मा उक्त दलले सो राज्यमा जम्मा ३ सिट जितेको थियो।
बनर्जीलाई बधाई दिँदै प्रधानमन्त्री मोदीले अघिल्लो पटक सामान्य उपस्थिति भए पनि अहिले पश्चिम बङ्गालमा भाजपाको उपस्थिति उल्लेख्य रूपमा बढेको बताए। पश्चिम बङ्गाल र आसाम बाहेक दक्षिण भारतका तमिलनाडु र केरेला राज्य, दक्षिण भारतको केन्द्र शासित पुडुचेरीमा चुनाव भएको थियो।उत्तर प्रदेश अनि तेलङ्गनाका केही भागमा स्थानीय परिषद्को निर्वाचन भएको थियो।
तमिलनाडुमा प्रमुख क्षेत्रीय विपक्षी दल डीएमके सत्तामा आएको छ भने केरेलामा वामपन्थी गठबन्धनले सत्तामा आफ्नो नियन्त्रण कायम राखेको छ। केरेलामा भाजपा नेतृत्वको गठबन्धनले कुनै सिट जितेन। कोरोनाभाइरसको महामारी बाहेक कतिपय विज्ञहरूले उल्लेख्य मुस्लिम जनसङ्ख्या भएका राज्यहरूमा भाजपाको प्रचारबाजीको सीमिततालाई चुनावी परिणामले प्रकट गरेको धारणा राखेका छन्। | 2021/06/18 05:58:35 | https://www.freshnewsnepal.com/news-details/19180/rashifal.php | mC4 |
अष्ट्रेलियाको 'गणेश बीयर' माथिको विवाद भाइरल बन्यो - Himalayan Kangaroo
Posted by Himalayan Kangaroo | ८ माघ २०७५, मंगलवार ०१:५६ |
मेलबर्न । अष्ट्रेलियाको एक बीयर कम्पनीले उत्पादन गरेको बीयरको बोतल हिन्दू देवता गणेशको फोटो प्रयोग गरेपछि सर्वत्र विरोध शुरु भएको छ ।
अष्ट्रेलियाका हिन्दू समुदायका साथै विश्वभरका हिन्दूहरुले भगवान गणेशको फोटोलाई मदिराको व्यापारकालागि प्रयोग भएकोमा कडा आलोचना गरेका छन् । सामाजिक सञ्जालमा विश्वभरबाट यसको विरोध भैरहेको छ । भारतीय हिन्दूहरुले यसबारेमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको ध्यानकर्षण गराएका छन् । बीयर कम्पनी विरुद्ध अनलाइन पिटिशन साइन गर्ने अभियान समेत सामाजिक सञ्जालमा शुरु गरिएको छ ।
अष्ट्रेलियाको ब्रुकवेल यूनियन नामक कम्पनीले गणेशको फोटोलाई लेबल बनाएर जिन्जर बीयर बजारमा ल्याएको हो । नयाँ बीयरको प्रवद्र्धन गर्न तयार पारिएको विज्ञापनमा गणेशको हुलियामाथि नै तोडमोड गरिएको छ । विज्ञापनमा प्रयोग गरिएको वाक्यप्रति हिन्दू समुदाय झनै आगो भएका छन् । बीयरले स्लोगनको रुपमा लेखिएको वाक्यमा भनिएको छ–क्वालिटी अन द इन्साइड,ननसेन्स अन द आउटसाइड ।
यसैबीच उत्तरी सिड्नीमा अवस्थित ब्रुकवेल यूनियनले यस विवादको उपर्युक्त समाधानको विकल्पबारे छलफल गर्न अष्ट्रेलियाका हिन्दू समुदायसँग अपिल गरेको छ । 'हाम्रो उदेश्य कसैको आस्थाको अनादर गर्नु होइन,' कम्पनीका सह संस्थापक जरोन मिचेलले बताए ।
उक्त कम्पनीले यसअघि पनि विभिन्न हिन्दू देव देवताहरुको फोटो राखेर मदिरा उत्पादन गरेर आलोचना खेपिसकेको छ । कम्पनीले सन् २०१३ मा गणेश र लक्ष्मीको फोटो राखेर बीयर बजारमा ल्याएको थियो । | 2020/02/25 11:38:11 | http://himalayankangaroo.com/72270.html | mC4 |
कोरोनाबाट विश्वभरी ४ लाख ६६ हजारको मृत्यु, ८९ लाख सङ्क्रमित » Gurkha Radio- गोर्खा रेडियोGurkha Radio- गोर्खा रेडियो
कोरोनाबाट विश्वभरी ४ लाख ६६ हजारको मृत्यु, ८९ लाख सङ्क्रमित
Gurkha Radio Desk / ७ असार २०७७, आईतवार १०:४३ प्रकाशीत
त्यसैगरी विश्वभरी सङ्क्रमितहरुको सङ्ख्या ८९ लाख २३ हजार ७८ पुगेको पनि अधिकारीहरुले जानकारी दिएका छन् । विश्वभरी कूल सङ्क्रमितमध्ये ४७ लाख ४३ हजार ८०९ जना सङ्क्रमणमुक्त भएको जनाइएको छ । त्यसैगरी ३७ लाख १२ हजार ३७६ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् ।
तीमध्ये ३६ लाख ५७ हजार ८७१ जना जना मध्यम अवस्थामा उपचाररत छन् भने बाँकी एक प्रतिशत अर्थात ५४ हजार ५०५ जना गम्भीर अवस्थामा रहेका छन् । पछिल्लो विवरण अनुसार, सवैभन्दा धेरै सङ्क्रमित अमेरिकामै रहेका छन् । अमेरिकामा अहिलेसम्म २३ लाख ३० हजार ५८ जना सङ्क्रमित भएका छन् ।
दोस्रो धेरै सङ्क्रमित रहेको ब्राजिलमा भने दश लाख ७० हजार १३९ जना सङ्क्रमित रहेका छन् । सङ्क्रमितको सङ्ख्याका आधारमा तेस्रोमा रुस, चौथोमा भारत, पाँचौमा बेलायत, छैठौँमा स्पेन, सातौँमा पेरु, आठौँमा इटली र दशौँमा चिली रहेका छन् ।
सवैभन्दा धेरै सङ्क्रमित रहेको अमेरिकामा अहिलेसम्म मृतकको सङ्ख्या एक लाख २१ हजार ९८० रहेको छ भने दोस्रो धेरै मानवीय क्षति भएको ब्राजिलमा ५० हजार ५८ जनाको मृत्यु भएको छ । त्यसैगरी तेस्रो धेरै मानवीय क्षति बेलायतमा भएको छ ।
जहाँ ४२ हजार ५८९ जनाको मृत्यु भएको छ भने चौथोमा स्पेन रहेको छ । स्पेनमा २८ हजार ३२२ जनाको मृत्यु भएको तथ्याङ्क छ । | 2020/07/04 21:45:50 | https://gurkharadio.com/archives/24942 | mC4 |
बुटवल, ९ मंसिर – नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि लुम्बिनी प्रदेशबाट झण्डै सात सय गाडी बुक भएका छन् । प्रदेशका १२ जिल्ला मध्ये रुपन्देही, नवलपरासी र कपिलवस्तुबाट मात्रै सात सय गाडी बुक भएको पश्चिम नेपाल बस व्यवसायी प्रालिले जनाएको छ ।यद्यपि हरेक जिल्लाबाट यकिन तथ्यांक आइनसकेको तर प्रारम्भिक रिपोर्ट अनुसार रुपन्देहीबाट ३००, नलवपरासी र कपिलवस्तुबाट दुई–दुई सय र बाँकी जिल्लाहरुबाट थप तीन सय गाडी बुक भएको पश्चिम नेपाल बस व्यवसायी प्रालिका प्रवन्धक रामचन्द्र भुसालले बताए ।
'जिल्ला जिल्लाबाट यकिन रिपोर्ट त आइसकेको छैन, तर अहिलेसम्मको अवस्था अनुसार रुपन्देही, नवलपरासी र कपिलवस्तुबाट सात सय गाडी बुक भएका छन् भने अरु तीन सय थप जिल्लाहरुबाट बुक भएको छ,'उनले भने । पश्चिम नेपाल बस व्यवसायी प्रालिसँग दुई हजार चार सय गाडी आवद्ध छन् । गाडीको अभाव हुन नदिइने प्रालिका अध्यक्ष दधिराम खरेलले बताए । 'गाडी धेरैजसो बुक भइसकेका छन्, तर पनि हामी अभाव हुन दिने छैनौं', उनले भने । बस व्यवसायी प्रालिले बिहीबार साँझदेखि क्यू फ्रि समेत गर्ने भएको छ । शुक्रबार बुटवल नारायणगढ खण्ड बन्द हुने भएकाले भैरहवा हुँदै पूर्व जानका लागि क्यू फ्रि गरिएको खरेलले बताए । | 2021/12/04 07:35:27 | https://www.osnepal.com/119479/ | mC4 |
कृषक समुह महासंघकाे सराेकारवालासँग छलफल - Nagarik Medi
कृषक समुह महासंघकाे सराेकारवालासँग छलफल
ओखलढुंगा- राष्ट्रिय कृषक समुह महासंघ नेपाल जिल्ला समिति ओखलढुंगाले आफ्ना कार्यक्रमबारे सराेकारवाला निकायसँग छलफल गरेकाे छ । महासंघले सञ्चालन गरेका क्रियाकलाप, त्यसका उपलब्धी र आगामी कार्यका बारेमा सवालमा आधारित छलफल कार्यक्रम आयाेजना गरेकाे हाे ।
महासंघले जिल्लाका सुनकाेसी र चिशंखुगढी गाउँपालिका तथा सिद्धिचरण नगरपालिकामा कृषक समुह तथा सराेकारवालबीच कार्यक्रम सञ्चालन गर्दै आएकाे छ ।
कार्यक्रमले बाली तथा पशु विमा गरेर जाेखिम हस्तान्तरण, जलवायु अनूकुलित खेति अभ्यास र कृषि एेन निर्माण तथा गरिव बर्गीकरण सहितकाे किसान परिचय पत्र वितरणकाे काम स्थानीय सरकारसँगकाे सहकार्यमा शुरु गरेकाे महासंघका जिल्ला अध्यक्ष हेमकुमार घिमिरेले जानकारी दिए ।
समुहले अहिलेसम्म ७२ कृषक समुहका किसानसँग काम गरेकाे छ । किसान चाैतारी कार्यक्रम, दियाे कृषि नमुना अभ्यास लगायतका कार्यक्रम सञ्चान भएकाे राष्ट्रिय कृषक समुह महासंघ नेपाल जिल्ला समिति ओखलढुंगाका कार्यक्रम संयाेजक सरस्वती कट्वालले बताइन् । छलफलमा समुहका गतिविधीले स्थानीय तहसँगकाे सहकार्य र स्राेत साझेदारी बढ्दै गएकाे निचाेड निकालिएकाे छ ।
किसान परिचय पत्र वास्तविक किासन पहिचान तथा सेवा सुविधा उपलब्ध गराउन काेसेढुंगा हुने विश्वास सराेकारवालाकाे रहेकाे छ । | 2021/07/29 12:27:16 | https://www.nagarikmedia.com/2021/04/3591/ | mC4 |
अस्थायी राजधानी स्थायी रहँदैनन् : खनाल • Image Khabar Image Khabar
अस्थायी राजधानी स्थायी रहँदैनन् : खनाल
६ माघ २०७४, शनिबार १८:४५
रिपोर्टस क्लबद्वारा शनिबार राजधानीमा आयोजित साक्षात्कारमा उनले भने–'अस्थायी राजधानी स्थायी रहँदैनन् । प्रदेशले योबारेमा आफैंले निर्णय गर्नेछ । यद्यपि, प्रदेशको राजधानी तोक्नेबारेमा सरकारले भने राम्रो ढंगले बुद्धि पुर्याएन ।'
'प्रदेशप्रमुख वर्तमान सरकारले नै नियुक्त गर्ने हो । नियुक्ति गरिएको विषयलाई हामीले कुनै आश्चर्य र अनौठो ढंगबाट लिएका छैनौं । अब प्रदेशको प्रक्रिया अघि बढ्छ, उहाँहरुको काम र क्रियाकलापलाई हेर्दै प्रदेशप्रमुखहरु पदमा कति रहन्छन् वा रहन्नन् भन्ने कुरा आगामी सरकारले निर्णय गर्नेछ'–उनले भने ।
'लामो संघर्षमय जीवन भएको, लोकतान्त्रिक आन्दोलनमा लामो योगदान भएको र राष्ट्रको महत्वपूर्ण नेतृत्वपंक्तिमा बसेर काम गरेको व्यक्तिलाई राष्ट्रपतिजस्तो गरिमामय पदमा पठायो भने राष्ट्रकै निम्ति महत्वपूर्ण हुनेछ' भन्दै वरिष्ठ नेता खनालले भने–'पार्टीले दिने जिम्मेवारीलाई दृढतापूर्वक पालना गर्छु । जे जिम्मेवारी दिएपनि पालना गर्नसक्छु । जिम्मेवारी मबाट शिरोधार्य हुनेछ ।'
'आगामी फागुनको दोस्रो साता एमालेको नेतृत्वमा गठन हुने सरकारले लोकतन्त्रलाई संस्थागत गर्ने, व्यापक गर्ने र जनजनमा पुर्याएर दिगो बनाउने, मुलुकको सार्वभौमसत्ता र अखन्डताको सुदृढीकरण गर्ने, सामाजिक आर्थिक रुपान्तरणलाई तीव्र तुल्याउने, विविधतायुक्त वैभवलाई विकास गरी समृद्ध गर्ने र अन्तर्राष्ट्रिय जगत्सँगको सम्बन्धलाई सुदृढ तुल्याउने कामलाई प्राथमिकतामा राखेर काम गर्नेछ'–उनले भने ।
मुलुकबाट बेरोजगारी, गरिबी, अविकास, रोगब्याधी, निरक्षरतालाई उन्मूलन गर्नु आगामी सरकारका लागि अवसर र चुनौती रहेको बताउँदै वरिष्ठ नेता खनालले समृद्ध र खुसी नेपालको लक्ष्य हासिल गर्ने ढंगले आगामी सरकारले काम गर्ने विश्वास व्यक्त गरे । रासस | 2021/05/11 01:41:26 | https://www.imagekhabar.com/news/87425/ | mC4 |
बजार अनुगमन जारी:पल्पसा क्याफेलाई १० हजार जरिवाना – Main Batti
प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलवार ०८:११
धादिङ,२६ साउन।
जिल्ला प्रशासन कार्यालय धादिङले जिल्लामा बजार अनुगमनलाई तीब्रता दिएको छ।जिल्लाका बिभिन्न स्थानमा अखाध्य बस्तुको बिक्री भएको भन्ने सुचनाको आधारमा प्रशासन, घरेलु लगाएतका सम्बन्धित निकायहरुले जिल्लाका मुख्य बजारहरूमा अनुगमनलाई तीब्रता दिएको हो।सोमबार नियमित बजार अनुगमनको क्रममा धुनिबेशी नगरपालिका–६,नौबिसेमा रहेको न्यू पल्पसा क्याफे साइडलाई कारबाही गरिएको छ ।
उपभोक्ताले लिखित उजुरी गरेपछि अनुगमन टोलीले स्थलगत अनुगमन गर्दा उक्त क्याफे साइडमा अखाद्य (कुहिएको) आलु प्रयोग गरेको, मूल्यसूची नराखेको, बिक्री बिल नभएको, होटलको सरसफाईमा ध्यान नदिएको र कोभिडका स्वास्थ्य तथा सुरक्षाका मापदण्डहरु पालना नगरेका कारण पहिलो पटकलाई सचेतना सहित रु. १० हजार नगद जरिवाना तिराइएको प्रशासनले जनाएको छ।
प्रशासनका अनुसार उक्त क्याफेलाई ७ दिनभित्र सुधार गर्न लिखित निर्देशन समेत दिइएको छ।जिल्लामा नियमित बजार अनुगमन टोलीले गरेको यो कारबाही १०० औं कारबाही हो ।अनुगमन टोलीले जिल्लाका किराना पसल, औषधि पसल, डेरी, बेकरी उद्योग, मासु पसल र होटल गरी ७०१ वटा पसलको अनुगमन गर्दा एकसय पसललाई जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिनुभयो।
अनुगमनका क्रममा कारबाही गरिएका सय पसलबाट राज्यलाई १० लाख ६० हजार राजस्व प्राप्त भएको छ भने १६ लाख बराबरका म्याद गुज्रिएका सामग्री जफत गरिएको छ। उपभोक्ताको निरन्तर गुनासो पश्चात प्रशासन, घरेलु लगाएतका सम्बन्धित निकायहरुले जिल्लाका विभिन्न स्थानहरुमा गत बैशाखदेखी नियमित रुपमा बजार अनुगमन गर्दै आएको छ। | 2021/10/26 02:32:50 | https://mainbatti.com/4391/ | mC4 |
यसरी गर्नुहोस् तीजमा मेकअप र हेयर स्टाईल – Fewa Times
प्रकाशित मिति: July 23, 2019 11:11 am
सबै महिलाले तीजमा विशेष मेकअप गर्न खोज्छन । महिलाको विशेष चाड भएकाले आफूलाई सुन्दर बनाउन जो कोहीको प्रयास गर्छनै । यो चाडमा धेरैले सोह्र श्रृंगार गर्नुपर्छ भन्ने मान्यता पनि राख्छन् । यसैले मेकअप गर्दा एकदम ध्यान पुर्याएर गर्नुपर्छ । यो चाड गर्मी मौसममा पर्ने भएकाले सबै मेकअपका सामाग्रीहरु वाटर फ्रुफ प्रयोग गर्नुपर्छ ।
त्यस पछि कम्प्याक पाउडर लगाउने, कम्प्याक पाउडर लगाई सकेपछी आईब्रो सेफ दिने, आखाँको मेकअप गर्ने आईल्यासेज राख्ने नोज तथा चिम कटिङ गर्ने, लिपीस्टीक लगाउने, यदि विबाहिता महिला हो भने सिन्दुर टिका लगाउने त्यस पछी अहिले फेसनमा चलिरहेको हाईलाईटर लगाएर आफनो नाक गाला आइब्रोको साईटमा साइनीङ दिन सकिन्छ । अहिले पहीलाको जस्तो रोज लगाउने चलन धेरै हटी सकेको छ । यसरी मेकअप गरीसके पछी अनुहारको ओरीपरी कान,घाटी लगायतका भागमा हल्का मेकअप टचअप गर्नु पर्दछ । यसो गर्नाले मेअपको सेट मिल्न जान्छ । र मेकअप सकिएपछी मेकअप फिक्सर स्प्रे हल्का गर्नु पर्दछ । यसरी गरीएको मेकअपले हामि तीजमा दिन भरि नाचे पनि मेकअप टिकिरहन्छ ।
तीजमा मेअपको साथ साथै हेयरको डिजाइनलाइ पनि ध्यान दिनु पर्दछ । यदि फुल मेकअप गरेकाछौं र मेकअपलाई लामो समय टिकाउनुछ भने कपाललाई खुल्ला छोडेर बनाएको डिजाइनले केहि समय राम्रो देखिएता पनि नाच गानका साथै गर्मी मौसम भएको कारणले छोडेको कपालमा धेरै पसिना आएर मेकअप लाई समेत असर गर्दछ । त्यसैले यस कुरालाई ध्यानमा राखेर कपालको डिजाइन दिदा धागोले वाटेर डिजाइन दिने, छोटो कपाल छ भने त्यसलाइ पनि त्यसै अनुरुप काटाको सहायताले घाटी खुल्ला हुने गरेर जुरो बनाउने यसरी बाटेका कपाल र जुरो बनाएको कपालमा डेकुरेसन फल्लाओर वा चन्द्र बिन्दु लगाउदाँ राम्रो देखिने र लामो समय सम्म नाच गान गर्दा समेत कपालले हामिलाई केहि असर गर्दैन । | 2020/08/08 03:36:26 | http://www.fewatimes.com/archives/117681 | mC4 |
नेपालमा थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित - सुनाखरी न्युज
Posted on: May 3, 2021 - 6:45 pm
सुनाखरी न्युज/ काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ७ हजार ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५८ पिसिआर परीक्षणमा ७ हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी एकैदिन ७ हजार ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यो संक्रमण नेपालमा हालसम्मकै सर्वाधिक हो। काठमाडौं उपत्यकामा भक्तपुरमा २२२, ललितपुरमा ५२२ र काठमाडौंमा २९२२ जना गरी ३६६६ संक्रमित थपिएका छन्। यो सँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख ४३ हजार ४१८ पुगेको छ। अहिले देशभर सक्रिय संक्रमितमात्र ५४ हजार ४१ छन्।
गत २४ घण्टामा २ हजार २१ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ८६ हजार १५ पुगेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा थप ३७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोनाबाट मृत्यु हुनेको संख्या ३३६२ पुगेको छ। | 2021/05/14 00:54:57 | https://www.sunakharinews.com/81468/?id=69 | mC4 |
Nagarik News - No. 1 News Portal of Nepal – Latest news of Nepal, राष्ट्रिय दैनिक - राष्ट्रपति भ्रमण र जनसास्ती
आइतबार, २९ भदौ २०७६, १३ : ३२
राष्ट्रपति भ्रमण र जनसास्ती
मङ्गलबार, २४ बैशाख २०७६, ०९ : ४५ | नागरिक
राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण भर्खरै सकियो। विदेश दर्शनबाट नेपालले के/कस्ता अल्पकालीन तथा दीर्घकालीन फाइदा पायो सरकारले जानकारी गराएको छ। सम्बन्धित पक्षले निरीक्षणलाई सफलतम् ठान्ने र अर्को पक्षले भ्रमणलाई स्रोत र साधनको खती देख्नु नेपाली परम्परा बनेको छ। र, राष्ट्राध्यक्षको वर्तमान भ्रमण अपवाद बन्ने प्रश्नै भएन। वर्तमान पुस्तालाई सुसूचित गराउने सामाजिक सञ्जालको टे«न्डिङ हेर्दा युवा जमातले राष्ट्रपतिको चीन भ्रमणलाई बेग्लै हिसाबले आँकेको देखियो।
भ्रमणले काठमाडौँको सडक लामो समयसम्म जाम भएका कारण सर्वसाधारणले सास्ती बेहोरेको, राष्ट्राध्यक्षको भ्रमण दलमा ४ दर्जनको सहभागिता आवश्यक नरहेको तथा नेपाल जस्तो गरिब मुलुकको राष्ट्रपतिले चार्टर्ड प्लेनमा उडान भर्नु फजुल खर्च रहेको सार्वजनिक टिप्पणीका विषय बने। भ्रमण दलका सदस्य संख्या र निजी विमानका सन्दर्भमा पक्ष/विपक्षबीच फरक विचार देखिए पनि राष्ट्रपतिले निवास बाहिर निस्कँदा ट्राफिक व्यवस्थापनका कारण सर्वसाधारणले पाउने सास्तीका सम्बन्धमा भने हेक्का राख्नुपर्ने कुरामा दुई मत देखिन्न। विगतमा राजाको सवारीका कारण सडकमा अलपत्र परेको अनुभव भोगेकालाई गणतन्त्रपछि राष्ट्रपतिको दौडाहाले राजसंस्थाको अनुभूति दिलाउनु अन्यथा भएन।
पार्टीभित्रका आन्तरिक विग्रह र अन्तरदलीय खिचातानीको आडमा दलहरूलाई निस्तेज बनाउन सके राजसत्ता बिउँताउन सकिन्छ कि भन्ने लालचा भएका देखिनु अन्यथा होइन। हिन्दुवादी भारतीय जनता पार्टीले भारतमा राज गरेका बखत हिन्दु महाराजालाई नेपालमा पुनस्र्थापित गर्न सकिन्छ भनी आकलन गरिनु ठूलो कुरा भएन। गणतन्त्र आगमनपछि राजालाई राष्ट्रपतिले बिस्थापित गरेकाले कुनै बहानामा यो संस्थालाई कमजोर बनाउन सके राजतन्त्र पुनस्र्थापना सहज हुने राजावादीले ठान्नु अस्वाभाविक होइन।
जनताले पाउने दुःखलाई मध्यनजर राख्दै राष्ट्रपति स्वयं र सरकारले समेत राष्ट्राध्यक्षलाई अनावश्यकरूपमा शीतल निवासबाट बाहिर निस्कनुपर्ने अवस्थाबाट मुक्ति दिनुपर्छ।
दीर्घकालीन प्रभावको हेक्का नराखी गणतन्त्रकोे पूर्वार्धदेखि नै अर्को दलको नेता राष्ट्रपति पदमा बसेकाले राष्ट्राध्यक्षको तेजोवध गर्न सके आफूलाई फाइदा हुने प्रतिपक्ष दलहरूले ठाने। प्रथम राष्ट्रपतिका रूपमा नेपाली कांग्रेसका तत्कालीन महामन्त्री रामवरण यादव निर्वाचित भएपछि त्यसबेलाको सबैभन्दा ठूलो दल माओवादीले आफूले राष्ट्रपतिको उमेदवारका रूपमा प्रस्तुत गरेको रामराजाप्रसाद सिंहको पराजयलाई सहजरूपमा वरण गर्न सकेन। विभिन्न बहानामा राष्ट्रपतिका काम÷कारबाहीको धज्जी उडाउने काम भयो। उक्त प्रक्रिया त्यहीँ रोकिन सम्वब भएन।
एमालेकी तत्कालिन उपाध्यक्ष विद्या भण्डारी राष्ट्राध्यक्ष भएपछि राष्ट्रपतिमाथिको प्रहार एमालेविरुद्धको अभियान बन्न सक्ने ठाने अन्य दलले। परिणामस्वरूप निर्वाचित सरकार, संसद् तथा दलहरूको बहुमतबाट सिफारिसका काम÷कारबाही गर्दासमेत राष्ट्रपति विवादको भूमरीमा परे। कटवाल काण्ड, लोकमान कार्की विवाद, कैदी माफी तथा तक्मा विभुषणलगायतका प्रक्रिया त्यसैका सेरोफेरोमा देखिए। राष्ट्रपतिलाई कमजोर बनाउँदा अन्ततः गणतन्त्रमाथि आघात पर्ने यथार्थ ठहर गर्न पार्टीहरू असमर्थ भएका बखत स्वतन्त्र विश्लेषकहरूले राष्ट्रपतिको मर्यादा, सीमा र दायित्वबारे जनसूचितको दायित्व लिनुपर्नेमा उनीहरू बहकाउमा परेका देखिन्छ। उदाहरणका लागि राष्ट्रपतिको भ्रमणका बखतको सडक बन्द गर्ने परम्परा, विदेश गएका बखत राष्ट्रपतिका भ्रमण टोली तथा चार्टर्ड प्लेनलाई लिन सकिन्छ। राष्ट्राध्यक्षको भ्रमणको अभ्यास र सार्वजनिक चासोको सम्बोधन यो आलेखको उद्देश्य हो।
मुलुक गणतन्त्रमा जानेबित्तिकै विगतमा राजाबाट हुने काम÷कारबाही राष्ट्रपतिले गर्नुपर्ने भयो। संसद्ले तद्अनुरूपको कानुन तर्जुमा ग¥यो। तर हिन्दु राजाको हैसियतले महाराजाबाट हुने काम कसले गर्ने भन्ने विषयमा प्रस्ट निर्देशन दिन संसद् असमर्थ भयो। हिन्दु परम्परासँग जोडिएका वसन्तश्रवण, कृष्ण अष्टमीका दिन राजाबाट गरिने कृष्ण मन्दिरको दर्शन जस्ता काम कसले गर्ने भन्ने विषयमा अन्योल कायम रह्यो। प्रथम राष्ट्रपति रामवरण यादवसमेत हिन्दु धर्मावलम्बी भएकाले राजाबाट विगतमा भएका धार्मिक काम÷कारबाही राष्ट्राध्यक्षले गर्दा फरक नपर्ने व्याख्या भए। त्यसले गर्दा प्रथम राष्ट्रपति यादवले पृथ्वीनारायण शाहका सन्तानले गर्दै आएका सम्पूर्ण कानुनी तथा सास्कृतिक कर्तब्य पालन गर्नुपर्ने भयो। त्यसमाथि भोटेजात्रा, घोडेजात्रालगायतका धार्मिक दायित्वसमेत राष्ट्रपतिले निर्वाह गर्नुपर्ने भएपछि राष्ट्रपतिले वार्षिकरूपमा दर्जनौँपटक शीतल निवासबाट बाहिरिनुपर्ने भयो।
केवल अघिल्लो राष्ट्रपति र राजाले विगतमा के÷कस्ता काम गरे भन्ने कुराको लेखाजोखा राख्नुभन्दा बदलिँदो परिस्थितिमा के÷कस्ता कार्यक्रममा राष्ट्रपतिको उपस्थिति न्यायोचित हुन्छ भन्ने कुरामा राष्ट्राध्यक्ष स्वयम, सरकार र सर्वसाधारणले ध्यान दिन आवश्यक देखिन्छ।
आलंकारिक राष्ट्राध्यक्षको व्यवस्था भएका मुलुकमा राष्ट्रपतिहरू सामान्यतः सदनलाई संबोधन गर्न तथा अनिवार्य भ्रमणका लागि मात्र निवासबाट बाहिर निस्कन्छन्। तर शृङ्गारिक राष्ट्रपति नै भए पनि हिजो राजाबाट हँुदै आएका काम÷कारबाही प्रथम राष्ट्रपतिको काँधमा स¥यो। त्यसैले, कार्यकारी अधिकार नभए पनि हाम्रा राष्ट्रपति अन्य राष्ट्र प्रमुखभन्दा चलायमान देखिए। राष्ट्रपति दायित्व निर्वाहका सिलसिलामा शीतलनिवासबाट बाहिर आउजाउ गरिरहनुपर्ने भयो। तर राष्ट्रपति आवतजावत गर्दा सडक मार्ग भने अविच्छिन्नरूपले सर्वसाधारणका लागि खुला हुनुपर्छ भन्ने जनचाहना देखियो। उक्त जनअपेक्षा कति यथार्थपरक छ भन्नेतर्फ हेरौँ।
राजाको सवारीका कारण आफूले भोगेको कठिनाइसँग परिचित राष्ट्रपति यादव आफ्ना कारण सार्वजनिक आवागमनमा समस्या नआओस् भन्ने कुरामा चनाखो थिए। त्यसैले आफू बाहिर निस्कँदा यातायातको अस्तब्यस्तता भएको अनि सर्वसाधारणले भोगेका पीडालाई ध्यानमा राख्दै राष्ट्रपति यादवले सार्वजनिक आवागमनमा बाधा नपर्ने गरी आफ्नो भ्रमण तालिका बनाउन अराए। तर सुरक्षा निकायले राष्ट्रपतिको भ्रमणका बखत सार्वजनिक सवारी चलाउन नमिल्ने कारणसहितको फेहरिस्त बुझायो, डा. यादव अवाक भए। अब अन्यत्रको अभ्यास हेरौँ।
संयुक्त राज्य अमेरिकामा व्यक्तिको सुरक्षाको जिम्मा सरकारको हो भन्ने मान्यता स्थापित छ। त्यसले गर्दा व्यक्तिगत घरमा समेत अग्ला पर्खाल लगाउन पाइँदैन त्यहाँ। राष्ट्रपति निवास ह्वाइट हाउसमा समेत पारदर्शी फलामे छडको बार लगाए अमेरिकीले। त्यस्तो सार्वजनिक सुरक्षाको जिम्मा सरकारले लिने देश अमेरिकाका राष्ट्रपति आफ्नो आधारदेखि बाहिर निस्कँदाको सुरक्षा व्यवस्था कस्तो हुन्छ त ? त्यसै परिवेशको अनुभव साट्ने जमर्को गरौं। यो पंक्तिकार ९ वर्ष अमेरिकाको क्यालिफोर्निया राज्यमा बस्दा अमेरिकी राष्ट्रपति जर्ज बुस तथा बराक ओवामा दर्जनौँपटक उक्त प्रदेशमा आए। राष्ट्रपति नजिक आउने खबर हुनेबित्तिकै विश्वविद्यालयले फलानो दिन राष्ट्रपति आउने र उल्लिखित समयमा राष्ट्रपतिले फलानो राजमार्ग प्रयोग गर्ने भएकाले उक्त सडक बन्द हुने हुँदा वैकल्पिक मार्ग उपयोग गर्न सूचना जारी गथ्र्याे। दोस्रो, चुनावको बेला अर्थ संकलन गर्न राष्ट्रपति ओबामा लस एन्जलस आउँदा एक हलिउड कलाकारले १५ किलोमिटर सडक पार गर्न आफ्नो गाडीलाई ४ घण्टा लागेको बताए। राष्ट्राध्यक्ष आउँदा अमेरिकाको महानगर लस एन्जलसका सडकको अस्तब्यस्ततालाई कलाकारले यथार्थमा उतारे। अमेरिकामा राष्ट्रपतिको आगमनले सार्वजनिक यातायातको अस्तब्यस्तताको उदाहरण भयो उक्त घटना।
राजा तथा राष्ट्रपतिलाई राष्ट्रप्रमुख भनिन्छ भने प्रधानमन्त्रीलाई सरकार प्रमुख भनिन्छ। सरकारभन्दा राष्ट्र सदैव उपल्लो रहने हँुदा मर्यादाक्रममा राष्ट्रप्रमुख उपल्लो स्थानमा रहन्छन् र उनलाई तद्नुरूपको मान÷सम्मान दिइन्छ। राष्ट्रपतिलाई ३१ तोपको सलामी अनि सरकार प्रमुखलाई २१ तोपको सम्मानको अन्तर्राष्ट्रिय अभ्यास त्यसै स्थापित भएको होइन। त्यसैले प्रधानमन्त्री केपी ओलीको सुरक्षाभन्दा राष्ट्रपति विद्या भण्डारीको सुरक्षा संयन्त्र चुस्त हुनुपर्छ नै। देशको सबैभन्दा महŒवपूर्ण व्यक्ति भएको नाताले राष्ट्रपतिले सबैभन्दा उच्च तहको सुरक्षा पाउने कुरामा द्विविधा भएन। राष्ट्रपतिको गाडी र सार्वजनिक सवारी साधन सँगै गुड्दा के फरक पर्छ भन्ने बहस कर्णप्रिय त होला तर व्यावहारिक हुन्छ÷हुँदैन भन्नेतर्फ हेराँै। राष्ट्रपतिको गाडी र सार्बजनिक यातायात साधन समानान्तररूपले सडकमा गुड्दा राष्ट्राध्यक्षमाथि कसैले आक्रमण गरी कुनै घटना भए देश र हाम्रा सुरक्षा संयन्त्रको इज्जत कहाँ जाला ?
अन्तर्राष्ट्रिय अभ्यास र सुरक्षा चुनौतीसमेतलाई मध्यनजर राख्दा आलंकारिक राष्ट्रपतिहरू कानुनले सुम्पिएका अत्यावश्यक दायित्व निर्वाह गर्नमात्र आफ्नो कार्यक्षेत्र बाहिर जान्छन्। वर्षको एकाध पटकमात्र राष्ट्राध्यक्ष बाहिर निस्किएपछि राष्ट्रपतिका दौडाहका कारण सर्वसाधारणले पाउने सास्ती कम हुन्छ नै। राष्ट्रपतिको भ्रमणका कारण काठमाडौँका सडकले धान्नै नसक्ने जाम सामना गर्नुपरेको धेरै भयो। सर्वसाधारणका सन्तान राष्ट्रप्रमुख हुँदासमेत जनताको मर्का नबुझ्नु निन्दनीय कार्य हो नै। तर राष्ट्रपतिको गाडी सडकमा गुड्दा सडक बन्द गर्नेलगायतका सबै विधिमार्पmत राष्ट्रप्रमुखलाई सुरक्षा प्रदान गर्नैपर्ने हुन्छ। कानुनले निर्देशित गरेका संसद्को संयुक्त बैठकलाई संबोधन गर्ने जस्ता कार्यदेखि बाहेकका उद्घाटन, झाँकी जस्ता न्यून महŒवका कामका लागि राष्ट्रपतिले आफ्नो क्याम्प छोड्नु उचित हँुदैन।
विगतमा हिन्दु महाराजाका हैसियतले राजाले धान्नुपर्ने धार्मिक दायित्व थिए। गणतन्त्रात्मक शासन व्यवस्थामा जुनसुकै धर्मावलम्बी नागरिक राष्ट्राध्यक्ष बन्न सक्ने भएकाले राजाले विगतमा सम्हालिआएका सांस्कृतिक कर्तव्य राष्ट्रपतिले बोक्नु न्यायोचित नहुन सक्छ। हिन्दु विधिमुताबिक गैरहिन्दु नागरिकले मठमन्दिरमा प्रवेश गर्नु अवैध मानिन्छ। भविष्यमा कदाचित कुनै क्रिस्चियन नागरिक नेपालको राष्ट्रपति भए के उसले कृष्ण अष्टमीका दिन पाटनको कृष्ण मन्दिर जान मिल्छ त ? निश्चय नै मिल्दैन। त्यसैले राजाबाट सरिआएका धार्मिक दायित्वबाट राष्ट्रपतिले आफूलाई पृथक राख्न उचित हुन्छ। यसरी आफूलाई संविधानले अराएका दायित्वमात्र निर्वाह गरे राष्ट्रपतिले शीतल निवासबाट बाहिर निस्कनुपर्ने अवस्थामा निकै कमी आउने अनि ट्राफिक जामका कारण सर्वसाधारणले दुःख पाउनुपर्ने थिएन।
अन्तर्राष्ट्रिय अभ्यास नियाल्दा राष्ट्रपति सडकमा निस्कँदा उच्च सुरक्षा प्रदान गर्नुपर्ने र त्यसका लागि सम्बन्धित सडक मार्ग नियन्त्रणमा लिनुपर्ने हुन्छ। त्यस्तो अवस्थामा सर्वसाधारणका लागि सडक यात्रा कष्टकर बन्छ। जनताले पाउने दुःखलाई मध्यनजर राख्दै राष्ट्रपति स्वयं र सरकारले समेत राष्ट्राध्यक्षलाई अनावश्यकरूपमा शीतल निवासबाट बाहिर निस्कनुपर्ने अवस्थाबाट मुक्ति दिनुपर्छ। केवल अघिल्लो राष्ट्रपति र राजाले विगतमा के÷कस्ता काम गरे भन्ने कुराको लेखाजोखा राख्नुभन्दा बदलिँदो परिस्थितिमा के÷कस्ता कार्यक्रममा राष्ट्रपतिको उपस्थिति न्यायोचित हुन्छ भन्ने कुरामा राष्ट्राध्यक्ष स्वयम, सरकार र सर्वसाधारणले ध्यान दिन आवश्यक देखिन्छ। | 2019/09/15 07:47:48 | https://nagariknews.nagariknetwork.com/news/76162/ | mC4 |
दुई दशकअघिदेखि सुरु भएको मेलम्चीको पानी राजधानी झार्ने अन्तिम तिथिमा पनि नआउने भएको छ । यस वर्षको दसँैमा मेलम्चीको पानी पिउने राजधानीवासीको सपना साकार हुन हम्मेहम्मे पर्ने भएको छ ।
आयोजनाअन्तर्गत तीन हजार मिटर सुरुङ खन्न अझै बाँकी छ । हाल दैनिक ११ मिटर सुरुङ भन्दा बढी खन्न सकिएको छैन । यही गतिमा सुरुङ खन्दा नौ महिनायता कुनै प्रगति नहुने देखिन्छ ।
आफ्नो प्रतिष्ठासँग गाँसिएको यस परियोजनालाई हरतरहले आउँदो दसैँमा नै सम्पन्न गर्नुपर्छ भन्नेमा एडिबी मुख्यालयका उच्च अधिकारी छन् तर कार्यस्थलमा भनेजस्तो कार्यप्रगति भएको छैन । परियोजनासँग सम्बन्धित ‘हेड वक्र्स’ लगायत अन्य काम पनि अधूरै छन् ।
नेपालमा एडिबीका देशीय निर्देशकको पद रिक्त रहेको दुई महिना पूरा हुन लागेको छ । नेतृत्वविहीन ‘नेपाल मिसन’लाई मेलम्चीमात्र होइन एडिबीको सहायतामा सञ्चालित अन्य ठूला आयोजनाको हबिगत पनि त्यस्तै छ । प्रायः सबै आयोजना अलपत्र छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार परियोजना, गौतमबुद्ध विमानस्थल, काठमाडौँ उपत्यका खानेपानी आपूर्तिजस्ता विशेष आयोजना कार्यान्वयनमा भएको ढिलाइप्रति दक्षिण एसियाका लागि एडिबीका नायव महानिर्देशक दिवेश शरण उत्तिकै चिन्तित हुनुहुन्छ । ती परियोजनाको सुस्त प्रगतिप्रति असन्तुष्ट उहाँ लक्ष्य हासिलमा उत्पन्न अवरोध हटाउन प्रतिबद्धताका काममा जुट्नुपर्ने आवश्यकता सार्वजनिक रुपमा औँल्याउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ,“नेपाल सरकारका अधिकारी, एडिबीका कर्मचारी र सरोकारवाला सबै मिलेर समस्या हटाउँदै निर्धारित लक्ष्य हासिल गर्न कार्ययोजनाका साथै पूर्णप्रतिबद्धताका साथ अघि बढौँ ।” भूकम्प आपतकालीन सहायता परियोजना, तनहँु जलविद्युत् आयोजना तथा दक्षिण एसियाली उपक्षेत्रीय सहयोग (सासेक)अन्तर्गतका ऊर्जा र सडक सुधार आयोजनाको प्रगति पनि निराशाजनक रहेकामा उहाँले त्यस्तो प्रतिबद्धताको माग गर्नुभएको हो ।
नेपाल सरकारका वरिष्ठ अधिकारी, एडिबीको सहायतामा देशका विभिन्न भागमा सञ्चालित विकास परियोजनामा सम्बद्ध कर्मचरी एवम् ठेकेदार तथा एडिबीका केन्द्रीय एवम् स्थानीय पदाधिकारीसँग अर्थ मन्त्रालय र एडिबीले संयुक्त रुपमा आज यहाँ आयोजना गरेको त्रिपक्षीय समीक्षा बैठमा अर्थसचिव शान्तराज सुवेदीले “दैनिक ११ मिटर सुरुङ खनेर दसैँमा मेलम्चीको पानी काठमाडाँै आइपुग्छ ?” भन्ने जिज्ञासा राखेपछि नायव महानिर्देशक शरणले सामूहिक प्रण र प्रतिबद्धतामा जोड दिनुभएको हो ।
बुटवल–नारायणगढ सडक, दक्षिण एसिया पर्यटन पूर्वाधार विकासलगायत परियोजनाले लक्षित प्रतिफल नदिएकामा असन्तुष्ट सचिव सुवेदी समयमै सबै समस्या समाधान गर्न सुझाउनुहुन्छ ।
एडिबीले नेपालमा ३२ वटा परियोजनामा दुई अर्ब अमेरिकी डलर लगानी गरेको छ । उक्त बैंकले २५ वटा परियोजनामा ऋण सहयोग र १९ वटालाई अनुदान प्रदान गरेको छ । त्यसैगरी तीन करोड ५० लाख अमेरिकी डलरको लगानीमा २२ वटा प्राविधिक सहायता परियोजना जारी छन् ।
जल तथा त्यससम्बन्धी परियोजना र शहरी क्षेत्रमा सर्वाधिक लगानी भएको छ भने यातायात, ऊर्जा क्षेत्रमा पनि उत्तिकै पूँजी परिचालन गरेको छ ।
कृषिपछि शिक्षा र भूकम्पका जोखिम घटाउने र तत्काल उद्धार तथा राहतका काममा जुट्न नेपाललाई सक्षम तुल्याउने परियोजनामा पनि बैंकले यथेष्ट रकम परिचालन गरेको छ ।
त्यसैगरी, उक्त बैंकले बाग्मती नदी किनार सुधार आयोजना, दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग तथा व्यापार सहजीकरण कार्यक्रम, विद्युत् प्रसारण विस्तार तथा आपूर्ति सुधार आयोजना र काठमाडौँ उपत्यका शहरी वातावरण सुधार आयोजनामा नेपाल सरकार र विकासका साझेदारसँग मिलेर काम गरिहेको छ । | OSCAR-2019 |
||
चलचित्र ‘मन्त्र’ मा समावेश पहिलो गीत सार्वजनिक गरिएको छ । ‘तिम्रै हुँ भन्छ यो मनले’ बोलको गीतमा अल्मोडा राना उप्रेती र अप्सरा घिमिरेको स्वर रहेको छ भने सन्तोष सुनारको शब्द तथा संगीत छ । गीतले चलचित्रका मुख्य अभिनेता सौगात मल्ल र मुख्य अभिनेत्री दीया पुनबीचको प्रेमभाव बोल्छ ।
बैशाख १६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रा.लि.को ब्यानरमा बनेको हो । चलचित्रका निर्देशक खिल बहादुर गुरुङ हुन् । डिभाइन इन्टरटेन्टमेन्ट र डि.एस प्रोडक्सनले सहकार्य गरेको चलचित्रलाई निर्देशक गुरुङ अर्गानिक भन्न रुचाउँछन् ।
हिमाली प्रेमकथा भनिएको चलचित्रमा सौगात र दीयासँगै बुद्दि तामाङ, नमिता घिसिङ्ग, बिर बहादुर लामा, पासाङ्ग टि शेर्पालागयतका कलाकारहरुको पनि अभिनय छ । देबेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको चलचित्रमा रविराज कार्की, सुरेश कार्की र सुभ श्रेष्ठ निर्मातामा छन् ।
चलचित्रमा सह-निर्माताको रुपमा भिमसेन केसी र विशेष सहयोगी अमृत थापा रहेका छन् । साम्तेन भुटिया, सुनिल नेउरे, परिच्छेद सेनले लेखेको फिल्ममा सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन, सुजिल कर्माचार्यको पार्श्व संगीत रहेको छ । चलचित्रलाई काठमाडौं बाहिर एफडि कम्पनी र उपत्यकामा काफिया फिल्म्सले वितरण गर्दैछ । | 2022-12-04T12:16:54Z | https://www.thuloparda.com/45294 | OSCAR-2301 |
'अमेरिकाले एमसीसी फिर्ता लग्यो भने हामी खुशी हुनुपर्छ'- सीपी गजुरेल -
गणतान्त्रिक मोर्चाका संयोजक सीपी गजुरेलले एमसीसी सम्झौता नेपालको हितमा नभएको बताएका छन् । उनले एमसीसीलाई राष्ट्रघाती सम्झौताको संज्ञा दिएका छन् ।
आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले राष्ट्रको हित चाहनेहरुले एमसीसीको विरोध गरेको र राष्ट्रको हित नचाहनेहरुले भने एमसीसी पारित गर्नुपर्छ भनेको पनि टिप्पणी गरे ।
प्रस्तुत छ नेता गजुरेलसँग गरेको कुराकानीको सम्पादित अंश :
हामीले कहिले विरोध गर्यौ । एमसीसीबाहेक अरुमा हामीले विरोध गरेका छैनौं । हामीले विरोध गरेको भनेको महाकाली सन्धीको हो । देखिहाल्नुभयो । संकल्प प्रस्ताव पास गरेपछि केपी ओलीले भनेको होइन ?, घाम पूर्वबाट उदाउने हो, तर अब नेपालमा पश्चिमबाट उदाउने भयो भनेर । अहिले के भयो ? त्यसैले हामीहरुले नबुझेर बिरोध गर्दैनौ । सहयोग त बिनास्वार्थको हुनुपर्यो । | 2021/09/26 00:15:56 | https://sidhabato.com/archives/153144 | mC4 |
खेलाडीको विवाद नमिलेपछि जन्मिएको थियो इन्टर मिलान
प्रकाशित: मंगलबार, वैशाख २१, २०७८, ०७:५०:०० नेपाल समय
तस्बिरः इन्टरमिलानकाे वेबसाइटबाट।
काठमाडौं - प्रशिक्षक एन्टोनी कोन्टेको छत्रछायाँमा रहेको इन्टर मिलानले इटालियन फुटबलमा पहिलेकै जस्तो अदम्य साहस प्रस्फुटित गरेको छ।
१८ पटकको सिरी ए विजेता क्लबले समग्र इटालियन फुटबलमा रजगज गरिरहेको युभेन्टस्काे वर्चस्व तोड्दै मिलान सहरमा खुसी फकार्यो। एक दशकसम्म युभेन्टस्ले टुरिनमा कब्जा गरेर राखेको त्यो खुसी उसले आइतबार राति आफ्नो सहरमा फर्काएको हो।
त्यो खुसी फुटबल समर्थकको खुसी हो। त्यो खुसी लिग उपाधि जित्दा खुसी हुनेहरूकै हो। र, त्यो खुसी क्लबले हार बेहोर्दा साथ नछोड्ने समर्थकको पनि हो। हो समग्र मिलान सहरवासीको।
त्यसै पनि युभेन्टस्ले कायम गरेको लगातार ९ उपाधिको वर्चस्व मिलानलाई तोड्नै थियो। त्यसैकारण उसले नाम चलेका र बलिया खेलाडी आयात गर्याे। रोमेलु लुकाकु, क्रिस्टियन एसिक्सन, एलेक्स सान्चेज, भिक्टर मोसे, बोर्जा वालेरोलगायतका आयातित खेलाडीमा थिए।
ठूलो मूल्यमा खेलाडी अनुबन्ध गरेपछि उसले त्यसको मूल्य पनि पाएको छ। त्यही मूल्य हो १९ औं पटकको सिरी ए उपाधि।
इन्टरका लागि यो उपाधि गर्व गर्न लायक यसकारण पनि हो कि ऊ अब एसी मिलानभन्दा धेरै पटक लिग जित्ने क्लब बनेको छ। एसी मिलानले १८ पटक लिग उपाधि जित्दा त्यही उपाधि इन्टरले १९ पटक जितेको हो।
एउटा निकट प्रतिद्वन्द्वीका लागि कति खुसीको कुरो होला यो। सायद आज इन्टरका समर्थकले महसुस गरे होलान्। त्यसलाई बुझ्न उनीहरूको विगत कोट्याउनु पर्नेछ।
एसी मिलानको क्लबमा विवाद बढेपछि सन् १९०८ मा त्यसका केही सदस्य छुट्टिएर बनेको टिम हो इन्टर मिलान। जसले लगत्तै नेम र फेम पाइहाल्यो।
सन् १९०६ र ०७ मा एसी मिलानले जितेको इटालियन लिगको उपाधि १९१० मा पहिलो पटक इन्टर मिलानले जित्यो।
अर्थात् छुट्टिएको टिम माउ क्लबभन्दा बलियो देखियो। त्यसयता यी दुई क्लब इटालीका नामी चिर प्रतिद्वन्द्वी बने। सहरी प्रतिद्वन्द्वी। फुटबलको भाषामा भन्दा 'सिटी डर्बी' र 'राइभल।'
त्यसपछि इन्टरले लिग जितिरह्यो। तर उसको राइभलले भने लिग जित्न चार दशक नै पर्खनुपर्यो। बल्ल १९५१ मा लिग जित्यो। उसले त्यतिबेला पनि पाँच लिग जित्दा इन्टरले सात उपाधि आफ्नो हातमा पारिसकेको थियो।
त्यसपछि कसले धेरै उपाधि जित्ने भन्ने प्रतिस्पर्धा आज पर्यन्त चलिरहेकै छ।
सन् १९०० को दशकमा एसी मिलानमा पदाधिकारी छुट्टिनै पर्ने विवाद खासै ठूलो भने थिएन। एसी मिलान बनेको १९ वर्षपछि विदेशी खेलाडी ल्याउने सन्दर्भमा क्लबमा विवाद बढेकाले नै इन्टर मिलानको जन्म भएको थियो। त्यसपछि इटालीमा फासिस्ट सरकारसामु उसले आफ्नो नाम प्रयोग गर्न पाएन। र, खेल्यो सोसिएटा स्पोर्टिभा एम्ब्रोसियनाको नामबाट। अन्ततः उसले सन् १९६५ मा उसले आफ्नो पुरानो नाम इन्टर नाजियोनाले फुटबल क्लब फिर्ता पायो।
नाम जुनसुकै होस्। उसले आफ्ना समर्थक गुमाउने गरीको प्रदर्शन कहिल्यै गरेन। उसले नाम फिर्ता पाएको समयमा बल्ल एसी मिलान लिग उपाधि जितेर खेलमा फर्किँदै थियो।
त्यतिबेलासम्म उसले पाँचभन्दा धेरै उपाधि जितिसकेको थियो। अझ भनौँ, १९५० को दशकमा यी दुई क्लबबीच उपाधि जित्ने होड नै चलेको थियो। त्यो १० वर्षमा सात वर्ष उनीहरूले उपाधि मिलानमा राखे। इटालियन फुटबलको केन्द्रमा रह्यो मिलान सहर। इन्टर मिलन र एसी मिलान पनि।
इटालीमा रोमा र नापोलीको वर्चस्व रहँदा पनि नडगमगाएको इन्टर मिलानले कहिल्यै दोस्रो डिभिजनमा झर्नु परेन। उसको एसी मिलानसँगको प्रतिस्पर्धा अझै रोचक छ। उनीहरूले १९५० र ६० को दशकमा ११ सिरी ए उपाधि जिते।
जित्ने लहर च्याम्पियन्स लिगमा पनि उस्तै रह्यो। १९६३ मा एसी मिलानले च्याम्पियन्स लिग जित्यो। त्यही सान सिरो रंगशालामा खेलिरहेको इन्टर मिलानले १९६४ मा पहिलो पटक उपाधि जित्यो।
यसरी हेर्दा लाग्छ, उनीहरूले जे गरे सँगै गरे। एक अर्काबाट सिके। अघि बढ्दा सँगै अघि बढेपछि पर्दा पनि सँगै रहे। इन्टर सन् १९६५ मा लगातार दोस्रो पटक युरोपियन च्यापियन बन्दा एसी मिलानले सन् १९६९ मा उपाधि जित्यो।
त्यसपछि एसी मिलानले च्याम्पियन्स लिगको पाँच उपाधि जितेको छ भने इन्टरले एकपटक जित्यो। र, तीनपटक युरोपा कप जित्यो।
तर, उसले लगातार ११० वर्ष इटालियन शीर्ष डिभिजनको फुटबल खेलिरहेको छ। खेलिरहने मात्र होइन, १९ उपाधि जित्दा उपविजेताको लर्को पनि त्यत्तिकै छ। यसको त्यो यात्रामा पछिल्लो सफलता आइतबार एटलान्टा ससुअलोसँग बराबरीमा रोकिएपछि सम्भव भयो।
पछिल्लो सिजन युभेन्टस् दुःखले उपाधि विजेता बन्दा इन्टर एक अंक मात्र पछि थियो। प्रिमियर लिगको उत्कृष्ट खेलाडी किनेर बलियो बनेको इन्टर गत सिजनको युरोपा लिग फाइनलमा पराजित हुँदा रोमेलु लुकाकु मेडल लिन गएका थिएनन्।
कारण थियो– उनको आत्मघाती गोल। तर, त्यसपछि उनले कहिल्यै कमजोर प्रदर्शन गरेनन्। दुभार्ग्यवश् उसको च्याम्पियन्स लिग यात्रा भने समूह चरणबाट अघि बढ्न सकेन।
तर, जारी लिगमा उसले जसरी खेल्यो त्यो इन्टरको उत्कृष्टमध्येको एक लिग मान्न सकिन्छ। सिरी ए बाट कहिल्यै रेलिगेसन नभएको मिलानका लागि यो सम्झनलायक अर्को क्षण पनि हो।
मिलानको साझा रंगशाला - सान सिरो
सान सिरो रंगशाला।
जब इन्टर मिलानको कुरा हुन्छ। त्यहाँ एसी मिलान जोडिएर आउँछ। उनीहरूलाई जोड्ने एक अर्को कुरा हो सान सिरो रंगशाला। सन् १९२६ मा स्थापना भएको त्यो रंगशाला सबैभन्दा धेरै दर्शक राख्न सक्ने इटालियन रंगशाला हो।
समग्र युरोपमै छैटौं ठूलो हो। यो रंगशाला इन्टर मिलान र एसी मिलान दुवैको होम स्टेडियमको रूपमा प्रख्यात छ। दुई राइभल क्लबको एउटै रंगशाला ? केही समर्थकले प्रश्न गर्न सक्छन्।
सत्य यही हो कि १९४७ यता दुवै क्लबले एकै मैदानलाई आफ्नो बताउँदै आएका छन्। तर, यो मैदान कसको भन्ने लाग्नु स्वाभाविक हो। यसको इतिहास हेर्ने हो भने एसी मिलानले १९३५ सम्म यो रंगशाला प्रयोग गरेर स्थानीय खेल परिषद्लाई जिम्मा दिएको थियो।
त्यसको १२ वर्षपछि इन्टरले पनि लगानी गरेपछि ऊ पनि सोही क्लबको मालिक बनेको छ। अर्को रमाइलो पक्ष के छ भने यो रंगशालालाई दुई क्लबले छुट्टाछुट्टै नामले चिन्ने गर्छन्।
इन्टरका समर्थकले यसलाई गुसियप्पा रंगशाला भन्ने गर्दछन् भने एसी मिलानका समर्थकका लागि मात्र सान सिरो रंगशाला हो। गुइसेअम्मा मेजा ती खेलाडी हुन्, जसले इन्टर मिलानबाट सिरी ए मा २०० भन्दा धेरै गोल गरे। र, इटालीलाई दुईपटक विश्वकप जिताए।
सन् १९५१-५२ मा एसी मिलान र इन्टर मिलान भिड्दै।
उनकै नाममा त्यो रंगशालाको नामाकरण गरियो। तर, एसी मिलानका लागि सान सिरो मैदान सान सिरो मात्र रह्यो।
एउटै सहर। त्यसमाथि साझा रंगशाला। स्थानीय समर्थक बस्ने सहर एकै। यसकारण कुन क्लबको समर्थक धेरै भन्नेमा पनि सधैँ विवाद चल्ने गरेको छ।
त्यसको उत्तर पनि सहज छैन। सन् २००५ देखि २००९ सम्म इन्टर मिलानले विश्वव्यापी रूपमा चार देखि ६ लाखसम्म जर्सी व्यापार गरेको थियो। यता एसी मिलानले ती वर्षहरूमा सोही संख्यामा जर्सी बेचेको थियो।
यसरी हेर्दा त दुवै क्लब उत्तिकै फेमस देखिए। यी दुई दाजुभाइ क्लबको सहयात्रा र विवाद अनन्तसम्म चलिरहने नै छ। | 2021/05/17 01:29:16 | https://www.nepalsamaya.com/detail/51096 | mC4 |
महामारीमा समेत रोकिएन मानव बेचबिखन | Latest news of Nepal,world news, articles, literature, Business news, Entertainment and more महामारीमा समेत रोकिएन मानव बेचबिखन
भदौ २० गते, २०७७ - ०९:१६
काठमाडौँ । शनिबार मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १४ औँ राष्ट्रिय दिवस मनाइँदैछ । कोरोना भाइरस (कोभिड–१९)को महामारीकै बीचमा पनि मानव बेचबिखन र ओसारपसार रोकिन नसकेका बेला दिवस मनाउन लागिएको छ ।
आजको गोरखापत्र दैनिकमा खबर छ – केही दिनअघि नेपाल–भारत सीमा क्षेत्रबाट २९ जना महिला तथा किशोरीको उद्धार गरियो । भारतबाट नेपालमा सामान लिएर आएका कन्टेनरले फर्कंदा दलालका सहायताले नेपालका महिला र बालबालिकालाई बेचबिखनका लागि त्यसतर्फ लगिएका घटना सार्वजनिक भइरहेका छन् ।
मानव बेचबिखनको क्रमलाई कोरोना महामारी र बन्दाबन्दीले रोक्न नसकेको उहाँ स्वीकार्छन् । पछिल्लो समय कामका लागि विदेश लगिएका महिलासमेत बेचबिखनमा पर्ने क्रम बढेको छ । | 2021/01/28 05:53:07 | https://www.khabardabali.com/2020/09/296574/ | mC4 |
You are at:Home»स्वास्थ्य»घ्यूमा ५ चीज मिलाएर खानुस् निको हुन्छ यस्ता समस्या
By bktnews Posted on September 19, 2021 स्वास्थ्य
काठमाडौं । नेपाली भान्सामा घ्यूको प्रयोग धेरै खानेकुरामा हुने गर्छ । दाल, सागसब्जी, रोटी आदिमा घ्यू हाल्ने गरिन्छ । घ्यूले खानाको स्वाद मात्रै होइन, यसले स्वास्थ्यका लागि पनि धेरै फाइदा पुर्याउँछ । स्वास्थ्य विशेषज्ञका अनुसार घ्यूसँग अन्य औषधिय गुण भएका चीजहरु मिसाएर खाँदा विभिन्न स्वास्थ्य समस्याहरु कम हुन्छ ।
बेसार स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । यसले तीव्र गतिमा तौल घटाउँछ । रगतका नलीहरु बनाउनुका साथै मुटुलाई स्वस्थ राख्न पनि बेसार उपयुक्त मानिन्छ । यसले मिर्गौलाको कामलाई पनि सन्तुलनमा राख्छ । शरीरका अंगहरु सुन्निने समस्यामा पनि यो फाइदाजनक मानिन्छ । पोषकतत्वविद्हरुले बेसार हालेको घ्यू खाँदा शरीरका हर प्रकारका दुखाई कम हुने बताएका छन् ।
घ्यू तताउने समयमा तुलसीको पात हालेर तताउँदा शरीरका विभिन्न प्रकारका फाइदाहरु पुग्छ । तुलसीको पात हालेर तताएको घ्यूमा तेज बास्ना आउँदैन, रोग प्रतिरोधात्मक क्षमता बढ्छ, फ्लुहरु कम हुन्छ, स्वासप्रस्वास प्रणालीमा आउने समस्या कम हुन्छ । भने, उच्च रक्तचाप पनि कम हुन्छ ।
कपूर हालेको घ्यूको स्वाद कडा हुन्छ । तर यसले बाथ, पित्त र कफ तीन प्रकारका समस्याहरुलाई गायब गर्छ । यसले पाचन तन्त्रलाई पनि तन्दुरुस्त बनाउँछ । साथै आन्द्राहरुलाई स्वस्थ राख्छ भने मुटु रोग र दमको समस्यालाई पनि कम गर्छ ।
लसुन र घ्यूमा हुने गुणकारी तत्वले स्वास्थ्यमा विभिन्न प्रकारका फाइदाहरु गर्छ । नियमित यसको सेवन गर्दा उच्च रक्तचाप, सुन्निने जस्ता समस्याहरु कम हुँदै जान्छ ।
एन्टिभाइरल र एन्टिब्याक्टेरियल तत्व पाइने भएकाले दालचिनी भएको घ्यूले रगतमा चिनीको मात्रा कम गर्छ । साथै, पेट दुख्ने समस्या पनि कम गर्छ । एउटा प्यानमा थोरै घ्यू र दालचिनी दुई टुक्रा हालेर ४ देखि ५ मिनेटसम्म तताएर हल्का चिसो भएपछि खाने गर्दा यसले शरीरलाई विभिन्न प्रकारका फाइदा पुर्याउँछ । एजेन्सी | 2021/10/21 18:20:24 | http://bhaktapurnews.com/%E0%A4%B8%E0%A5%8D%E0%A4%B5%E0%A4%BE%E0%A4%B8%E0%A5%8D%E0%A4%A5%E0%A5%8D%E0%A4%AF/114213 | mC4 |
Bizpati.com - Leading Economic Online News Portal From Nepal | पर्यटन विभागमा योगेश आएपछि नेकपा हारेको हार्यै
पर्यटन विभागमा योगेश आएपछि नेकपा हारेको हार्यै
निरोज कुमार थापा Jan 22, 2020 | 04:26:32 PM
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका ३२ विभागमध्येको एक हो पर्यटन विभाग । साउन ३१ गते शुक्रबारको नेकपा सचिवालय बैठकले पार्टीका ३२ विभागको नेतृत्व टुंगो लगाएको थियो । ३२ मध्ये १८ विभागमा पूर्वएमाले र १४ मा पूर्वमाओवादी केन्द्रले नेतृत्व पाएको थियो ।
राजकीय मामिलामा रहेका नेताहरु जुन मन्त्रालय सम्हालिरहेका छन्, उनैलाई सम्बन्धित विभागको नेतृत्व दिएको नेकपामा पर्यटन प्रर्वद्धन तथा नागरिक उड्ययनक विभागका प्रमुख हुन् संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई । यो विभागको उपप्रमुख छन् पासाङ शेर्पा ।
विभागमा भट्टराईको आगमन र व्यवसायीक संगठनमा पराजय
मन्त्री भट्टराईलाई पार्टीले विभागको प्रमुख बनाएपछि उनले पार्टीको विभागीय जिम्मेवारी समेत पाए । मन्त्री भट्टराई साउनमा मन्त्री भए । त्यसको १५ दिनपछि उनले विभागको समेत नेतृत्व पाए । विभागीय जिम्मेवारी पाउनु र पर्यटन सम्बद्ध व्यवसायीक संघसंस्थाहरुको नयाँ नेतृत्व चयनको सिजन सुरु हुनु एक संयोग बन्यो ।
मन्त्री योगेश भट्टराईले पर्यटन विभागको जिम्मा पाएको करिब ४० दिनपछि अर्थात् असोज १० गते पदयात्रा व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) को निर्वाचन भयो । ४१ औं साधारणसभा पश्चात भएको निर्वाचनमा नेकपा निकट पर्यटन व्यवसायीको तर्फबाट अध्यक्षको उम्मेद्वार बनेका अञ्जन थापा (कुमार)लाई हराउँदै काँग्रेस निकट खुम बहादुर सुवेदीले अध्यक्षमा बाजी मारे ।
त्यस्तै नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को चुनाव माघ ३ गते सकियो । निर्वाचन पूर्वको अनुमानमा यो संगठनमा पनि नेकपा निकट व्यवसायीले नै नेतृत्व हत्याउने आँकलन थियो । तर अध्यक्ष पदमा काँग्रेस निकट अच्युत गुरागाईं विजयी भए । यसअघि वरिष्ठ उपाध्यक्ष रहेका गुरागाईंले पूर्व महासचिव भीम प्रसाद पन्त र पूर्व महासचिव मिहिका राज्य लक्ष्मी शाह धाख्वालाई हराउँदै विजय हाँसिल गरे । पन्त नेकपा निकट व्यवसायीको तर्फबाट अध्यक्षको उम्मेद्वार बनेका थिए ।
यो श्रृङ्खला अन्य संगठनको नेतृत्व परिवर्तनमा पनि देखिन सक्ने अनुमान गरिएको छ । केही महिनाभित्रै पर्यटनका अन्य व्यवसायीक संगठनहरुको पनि निर्वाचन हुँदैछ । वायु सेवा सञ्चालक संघ, होमस्टे एसोसियसन लगायतमा भने सर्वसम्मत नेतृत्व चयन भएको थियो । | 2020/02/25 05:41:11 | http://bizpati.com/focus/33386 | mC4 |
भरतपुर विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने म्याग्दीमा निर्माणाधीन २० ठूला विकास योजना अलपत्र उपत्यकामा वाटर एटिएमको प्रयोग बढ्दो बैरेनीमा १४ कराेड लगानी गरेर २६१ रोपनी क्षेत्रमा एकीकृत बस्ती योजना शुरू डाेल्पाकाे त्रिवेणीदेखि इलसम्मकाे सडक जगदुल्ला जलविद्युत् कम्पनीले निर्माण गर्ने, स्थानीय खुसी सुपरमाई प्रभावितका लागि सेयर बिक्री खुल्यो,वैदेशिक रोजगारीमा गएकालाई ५० हजार कित्ता पूर्वाधार परियोजनामा हेजिङ्ग सुविधा दिन चाहने बैंकसँग सरकारले माग्याे प्रस्ताव नागढुङ्गा सुरुङमार्ग निर्माण ७० प्रतिशत पूरा, वित्तीय प्रगति साढे ४८ प्रतिशत बढी
गृहपृष्ठ
ऊर्जा
भौतिक पूर्वाधार
सहरी विकास
सुचना प्रविधि
पर्यटन
विचार
अन्तर्वार्ता
मल्टिमिडिया
अन्तर्राष्ट्रिय
पूर्वाधार विशेष
अर्थतन्त्र
विविध
सिँचाई
पूर्वाधार–जीवन
देशको क्षमता
सार्वजनिक खरिद
कर्पोरेट
विकास साहित्य
स्रोत सामाग्री
पूर्वाधार साक्षरता
Menu
गृहपृष्ठ
ऊर्जा
भौतिक पूर्वाधार
सहरी विकास
सुचना प्रविधि
पर्यटन
विचार
अन्तर्वार्ता
मल्टिमिडिया
अन्तर्राष्ट्रिय
पूर्वाधार विशेष
अर्थतन्त्र
विविध
सिँचाई
पूर्वाधार–जीवन
देशको क्षमता
सार्वजनिक खरिद
कर्पोरेट
विकास साहित्य
स्रोत सामाग्री
पूर्वाधार साक्षरता
सहुलियत दिएर जलाशय जलविद्युत आयोजनामा लगानी गर्न प्रोत्साहित गरियोस्
नेपाल पूर्वाधार
जेष्ठ १४, २०७९
अर्थतन्त्र
काठमाडौं । सरकारले आइतबार (जेठ १५ गते) आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दैछ । नयाँ आयोजना नथपि पुरानै आयोजनालाई प्राथमिकतामा राखेर बजेट निर्माण भइरहँदा गहिरिँदो आर्थिक संकटकाबीच पेट्रोलियम पदार्थको आयात प्रतिस्थापन गर्न जलविद्युत क्षेत्रको विकासमा बजेट बढाउनु पर्ने माग उठिरहेको छ । सरकारले पनि नीति तथा कार्यक्रममार्फत निर्माणमा जान तयारी अवस्थामा रहेका जलाशय जलविद्युत आयोजनालाई महत्त्व दिएको छ । निजी क्षेत्रका ऊर्जा उत्पादकहरूले ऊर्जा क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याउनु पर्ने सुझाव सरकारलाई दिएका छन् । आगामी वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई कसरी सम्बोधन गरिनु पर्छ त ? भन्ने सन्दर्भमा निजी ऊर्जा उत्पादकहरूले नेपाल पूर्वाधारमार्फत आफ्नो धारणा राखेका छन् ।
जलविद्युत आयोजनाका लागि बैंकहरूले ऋण प्रवाह रोक्नु हुँदैन
बटु लामिछाने, सञ्चालक सिंगटी इनर्जी कम्पनी
सरकारले आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम ल्याइसकेको छ । नीति तथा कार्यक्रमले ऊर्जा क्षेत्रलाई सम्बोधन नै गरेको देखिन्छ । नेपाल विद्युत प्राधिकरणले अहिलेसम्म विद्युत खरिद सम्झौता (पिपिए) खुलाएको छैन । उद्योगहरूमा अघोषित लोडसेडिङ छ । अर्कोतिर नेपालको विद्युत भारतमा निर्यात गर्ने बहस भइरहेको छ । पर्याप्त विद्युत अहिले नै हामीसँग छैन । यो अवस्थामा सरकार नाफा र नोक्सान हेरेर बसेको छ ।
जलविद्युतको विकासमा सरकार साँच्चिकै गम्भिर हुने हो भने उत्पादन बढाउन अर्धजलाशय र जलाशय जलविद्युत आयोजनाको पिपिए दर पुनरावलोकन गरेर जान सकिन्छ कि ? बरु अर्धजलाशय जलविद्युत आयोजनाहरूले बैंकको ऋण चुक्ता नगर्दासम्मका लागि मात्रै राम्रो पिपिए दर दिएर लगानी ल्याउन प्रोत्साहन गर्न सकिने थियो ।
ऋण चुक्ता भइसकेपछि सामान्य दरमा पिपिए गरिदिँदा भइहाल्छ । यसो गर्न सकेमा अर्धजलाशय र जलाशय जलविद्युत आयोजनामा पनि निजी क्षेत्र लगानी गर्न अगाडि आउने थियो । नदी प्रवाही (रन अफरिभर) आयोजनाले उत्पादन गर्ने विद्युतमा मात्रै भर पर्नु पर्ने थिएन । यसो गर्नलाई सरकारको नीति नै भएन ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) बाट पटक–पटक सुझाव दिँदा पनि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, अर्थ मन्त्रालय कतैबाट सुनुवाई हुँदैन । जति सुझाव पेश गरे पनि मन्त्री, मन्त्रालय, सचिव सबै आफ्नै हिसाबले मात्रै चल्छन् । सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले आफ्ना सल्लाहकारको कुरा मात्रै सुनेर हिड्ने गर्छन् । जबकी, सल्लाहकार ऊर्जा क्षेत्रका विज्ञ होइनन् । हामीलाई समेत सरकारको नियम बुझ्न गाह्रो भयो । हामी देशको समृद्धिका लागि भनेर दशकौंदेखि ऊर्जा क्षेत्रको विकासमा खटिएका छौं ।
उपभोक्ताका लागि विद्युतको महसुल दर बढाउनु हुँदैन । बरु यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ ? त्यसबारेमा सोच्नु पर्छ । अहिले बैंकहरूले तरलता अभावको कारण देखाएर निर्माणाधीन जलविद्युत आयोजनामा ऋण प्रवाह गर्न सकिरहेका छैनन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत निर्माणाधीन पूर्वाधारमा ऋण प्रवाह नरोक्ने व्यवस्था गर्ने हो भने बैंकहरूले नियमितरूपमा नगद प्रवाह गर्छन् र आयोजना चाँडै सम्पन्न भई सञ्चालनमा ल्याउन सकिन्छ । अहिले बैंकहरूको सिडि रेसियो कायम गरेकाले नै पैसाको संकट आएको हो । निर्माणाधीन पूर्वाधारको हकमा यो व्यवस्था हटाइदिने हो भने जलविद्युत आयोजनालाई यो समस्या आउँदैन । बैंकहरूलाई पनि कूल लगानीको १५ देखि २० प्रतिशत ऋण जलविद्युतमा प्रवाह गर्नुपर्ने नीति बनाई कडारूपमा कार्यान्वयन गरिनुपर्छ ।
पेनस्टक पाइपका लागि भ्याटमा सहुलियत दिनु पर्यो । कम आवश्यकताका वस्तु तथा सामाग्री आयातमा कडाई गर्नुपर्यो । हामीलाई अर्धजलाशय र जलाशय जलविद्युत आयोजना निर्माणका लागि राम्रो पिपिए दर प्राप्त भयो भने भोलिको दिनमा हामीसँग पर्याप्त विद्युत हुन्छ । उत्पादन बढेपछि खपत स्वतः बढ्छ । जुन सुकै बेला भारतमा निर्यात गर्न सकिन्छ । यो कुरा सरकारले गर्नुपर्छ ।
अर्धजलाशय जलविद्युत आयोजनाको उत्पादन अनुमतिपत्रको अवधि अहिले ३५ वर्षको छ । यसलाई बढाएर ७५ वर्ष बनाउन सकिन्छ । ७५ वर्षको अनुमतिपत्र दिँदा त्यसको लागि यो प्रकृतिका आयोजनाको ऋण तिर्ने अवधि (पे व्याक पिरियड) भरका लागि मात्र पिपिएको उच्च दर दिइयोस् । यो अवधि ७ वर्ष, ८ वर्ष जति हुन्छ । त्यसपछि फेरि साधारण दर नै दिइयोस् । त्यसकारण, सरकारले अर्धजलाशय र जलाशय जलविद्युत आयोजनामा निजी क्षेत्रलाई प्रोत्साहन गर्नका लागि पिपिएको आकर्षक दर निर्धारण गरेर लगानीका लागि आह्वान गर्नुपर्छ ।
उपभोक्तालाई विद्युतको महसुल बढाउनु हुँदैन । बरु ग्यासको लागि दिइरहेको सहुलियत हटाइदिएर विद्युत महसुलमा सहुलियत दिनुपर्छ । सरकारले नसकेपछि नै निजी क्षेत्र जलविद्युतको विकासमा होमिएको हो । सरकारले त निजी क्षेत्रलाई सधैं कार्पेट बिछ्याएर स्वागत गर्नुपर्ने हो । तर, हाम्रो देशमा त्यसो गरिँदैन । उल्टै निरुत्साहित गर्ने काम भइरहेको छ । सरकारले उत्पादन अनुमतिपत्रको अवधि थप गरिदियो भने ७५ वर्ष, नत्र आजसम्म पाएको अनुमतिपत्र अनुसार त ३५ वर्षमा हाम्रा आयोजना सरकारलाई बुझाउनु पर्छ । आज निजी क्षेत्रले लगानी गरेर बनाएका आयोजना भोलि गएर त सरकारकै सम्पत्ति हुन् नि । सरकारले गर्न लागेको विकासको खुड्किलोमा एउटा खुड्किलो निजी क्षेत्रले बनाइदिएको छ । निजी क्षेत्रले जलविद्युत आयोजना बनाउँदा बेरोजगारी समस्या पनि केही हदसम्म समाधान गरेको छ ।राष्ट्रिय अर्थतन्त्रमा पनि जलविद्युतको ठूलो योगदान छ । भारतले विस्तारै सबै कोइलामा आधारित थर्मल प्लान्ट बन्द गर्दैछ । उसले पनि अब जलविद्युत र सौर्य विद्युत आयोजनामा लगानी बढाएर नवीकरणीय ऊर्जा उत्पादनमा जोड दिइरहेको छ ।
उसले खरबौं रुपैयाँ नवीकरणीय ऊर्जाको विकासमा खर्चिँदैछ । भारतको प्राथमिकतामा नेपाल पनि पर्दछ । यो नेपालका लागि ठूलो अवसर पनि हो । अहिले जलविद्युत आयोजनामा लगानी गर्ने वातावरण बनाउन सकियो भने भोलिको दिनमा भारत हाम्रो विद्युत निर्यात गर्ने दीर्घकालिन बजार हुन सक्छ । सरकारले यसलाई अवसरकोरूपमा लिनुपर्छ । यी सबै कुरालाई ध्यानमा राखेर आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राखियोस् ।
सुवर्णदास श्रेष्ठ, कार्यकारी निर्देशक, स्वेतगंगा हाइड्रो पावर एण्ड कन्स्ट्रक्सन कम्पनी
जलाशय जलविद्युत आयोजना निर्माणमा निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राखेको देखिन्छ । जलाशय जलविद्युत आयोजनाको निर्माण गर्ने नीति सरकारले लिएको छ । निजी क्षेत्रलाई पनि अन्तरदेशीय विद्युत व्यापारको अनुमति दिनु कुरा आएको छ । हाम्रो मुख्य रणनीति जलविद्युतमा लगानी आकर्षण गर्ने गरी आउनु पर्यो । केही व्याकेजहरु आउनु पर्छ । आज निजी क्षेत्रले निर्माण गर्ने आयोजना सबै दीर्घकालमा गएर सरकारको स्वामित्वमा आउँछन् । निजी क्षेत्रले निर्माण पूरा गरेपछि सञ्चालन गर्ने भएको अधिकतम २५ वर्ष हो ।
यो क्षेत्रमा लगानी मैत्री वातावरण निर्माण गर्ने घोषणा सरकारले बजेटमार्फत गर्नुपर्छ ।बिगतमा हामीले ‘ट्याक्स होलिडे’, भ्याट छुट, भन्सार छुटको सुविधाहरू सरकारबाट पाएका थियौं । बीचमा यो रोकियो । हिउँदको विद्युतको माग र आपूर्तिको सन्तुलन मिलाउन जलाशय जलविद्युत आयोजना निर्माण गर्नु पर्ने आवश्यकता देखिन्छ । जलाशय आयोजनाका लागि लगानीमैत्री वातावरण निर्माण गर्न यस प्रकारका सुविधा सरकारले दिएर निजी क्षेत्रलाई पनि लगानीका लागि प्रोत्साहन गर्न सक्नु पर्छ । वन क्षेत्रको रुख विरुवा कटानको प्रक्रियाको सरलीकरण, वन क्षेत्रको जग्गा उपयोग गरेबापतको जग्गा सट्टाभर्ना दिने प्रक्रिया एकदमै झन्झटिलो छ । त्यो निजी क्षेत्रले गर्न सम्भव पनि हुँदैन । यसका लागि सरकारले नै सहजीकरण गरिदिनु पर्ने हो ।जग्गा प्राप्तिमा लगाइएको हदबन्दीले पनि समस्या पारिरहेको छ ।
दीर्घकालमा सरकारकै स्वामित्वमा जाने जलविद्युत आयोजनाको जग्गा खरिदमा हदबन्दी नै किन लगाउनु पर्यो ? पेट्रोलियम ऊर्जा महंगिएर जाँदा अहिले नवीकरणीय ऊर्जा उत्पादनका लागि स्वतः वातावरण बनेको छ । यो अवसरको सदुपयोग गर्न लगानीमैत्री वातावरण गर्ने व्यवस्था सरकारले गर्नुपर्छ भन्ने मेरो धारणा छ । सरकारले वातावरण तयार नगरीदिने हो भने जलविद्युत क्षेत्रमा निजी क्षेत्रले किन लगानी गर्ने ? किन अर्को क्षेत्रमा लगानी नलैजाने ? भन्ने प्रश्न आउँछ । त्यसकारण समय रहँदै सरकारले यतातर्फ पनि ध्यान पुर्याउनु पर्छ भन्ने लाग्छ ।
हामीले विद्युत जडित क्षमता १५ हजार मेगावाट पुर्याउँछौं र छिमेकी देशरूपमा विद्युत निर्यात गर्छौं भनिरहँदा जलविद्युत क्षेत्रको विकास व्यापारिक हिसाबले गर्नुपर्ने हुन्छ । यसका लागि प्रसारण लाइन, विलिङ चार्ज, आन्तरिक तथा अन्तरदेशीय विद्युत व्यापारलगायत सबैको ढोका खोल्दै लैजानु पर्छ । यो काम ढिलो नगरी चाँडै गर्नुपर्छ । लामो समयदेखि विद्युत आयोजनाहरूको पिपिए हुन सकेको छैन । यो तत्कालै खुलाउनु पर्छ । किनभने, ऊर्जा भन्ने कुरा आपूर्तिले माग सृजना गर्ने गर्छ । आपूर्ति राम्रो छ भन्ने बितिक्कै माग स्वतः बढेर जान्छ । माग बढाउन विद्युतका पूर्वाधार निर्माण गर्नुपर्छ । भोलिको दिनमा हामीलाई विद्युत त धेरै चाहिन्छ ।
अहिलेसम्म भएको विद्युतीकरण कार्यक्रम अन्तर्गत त बत्ती बाल्नेबाहेकको काममा घरायसी ग्राहकले गरेका छैनन् । अहिले खाना पकाउने ग्यासको भाउ उकालो लाग्दै जाँदा विद्युतीय चुलो ग्यास प्रतिस्थापनको विकल्प बन्छ सक्ने सम्भावना प्रबल छ । यता पेट्रोल र डिजेलको भाउ पनि बढिरहेको छ । देशको अर्थतन्त्र नै धरासायी हुने गरी पेट्रोल, डिजेलको खपत बढाउनुभन्दा विद्युतीय गाडीको विकल्पमा जान सकिन्छ । यसका लागि पनि पर्याप्त विद्युत चाहिन्छ । यसकारण विद्युतको माग त निरन्तर बढ्ने कुरा हो । माग बढिरहेकाले उत्पादन पनि बढाउन आवश्यक रहेकाले पिपिए खुलाउनु पर्छ । अहिले पिपिएका लागि पालो कुरेर बसेका आयोजनालाई निर्माणको चरणमा पुर्याउनु पर्छ ।
यहाँ खपत भएर बढी भएको विद्युत त छिमेकी देशहरूले खरिद गर्छु भनिसकेका छन् । भारत र बंगालादेशले कोइलाबाट उत्पादन हुने वर्यावरण दुषित गर्ने थर्मल प्लान्ट बन्द गर्ने उद्घोष गरिसकेकाले नवीकरणीय ऊर्जाको उत्पादन बढाउन यो क्षेत्रमा लगानी पनि बढाउनु पर्छ । यो हाम्रा लागि विद्युत उत्पादन बढाउने ठूलो अवसर हो । साथसाथै प्रसारण लाइनका संरचना पनि निर्माण गरेर आपूर्ति व्यवस्थापन सहज बनाउनुपर्छ । उत्पादन बढाउन सकेमा आन्तरिक र अन्तरदेशी विद्युत माग अनुसार नै आपूर्ति बढाउन सकिन्छ । अहिले नै त माग अनुसारकै आपूर्ति अन्तरदेशीय बजारमा पनि दिन सकिने अवस्था छैन । यसकारण जलविद्युलाई लगानीमैत्री बनाइनु पर्छ ।
मोहन डाँगी, उपाध्यक्ष, इपान
अर्को भन्नै पर्ने कुरा सरकारले कोरोना (कोभिड–१९) महामारीले थलिएका जलविद्युत आयोजनालाई पुर्नकर्जा दिन सकेन । हामी यसका लागि लडिरहेका छौं । तर, पाइरहेका छैनौं । यो कुरा पनि बजेटमार्फत सम्बोधन भएर आएमा राम्रो हुने थियो । हामीले निर्माण गरेका आयोजना भविश्यमा सरकारकै हुने हुँदा लगानीकर्ता भएको हिसाबले यति कुरा राख्ने हक हामीले राख्छौं भन्ने लाग्छ । नेपालका लागि जलविद्युत नै मौलिक ऊर्जा उद्योग भनेको नै जलविद्युत हो । यसतर्फ राज्यले ध्यान दिनुपर्छ ।
जलविद्युत उत्पादनका लागि दबाब बढिरहेका बेला सरकार भने निरुत्साहित गरिरहेको छ
ऊर्जा क्षेत्रका लागि आगामी आर्थिक वर्षको बजेटमा समेटिनु पर्ने विषयहरू समेटिएको सुझावको हामीले अर्थ मन्त्रालयमा पेश गरिसकेका छौं । जलविद्युत क्षेत्र लामो संघर्षपछि भर्खरै लयमा आउने क्रममा छ । निजी क्षेत्र लगानीका लागि धेरै उत्साहित छन् । अनुमतिपत्र पनि धेरै जारी भइसकेका छन् । पिपिएको लाइनमा पनि धेरै आयोजना पालो कुरेर बसिरहेका छन् । सबै कुरा मिलिरहेका बेला सरकार भने यो क्षेत्रलाई निरुस्ताहित गर्न लागि परेको छ । यसलाई उत्साहित गर्नुपर्छ । सरकारले बेच्न नसकेको विद्युत अन्तरदेशीय बजारमा हामी बिक्री गर्छौं भन्ने हिम्मत देखाउँदा पनि आजसम्म अनुमतिपत्र दिइएको छैन । अर्कोतर्फ नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरूले कूल लगानीको सिमित प्रतिशत ऊर्जामा लगानी गर्नु पर्ने प्रवाधानलाई ऐच्छिक बनाएर ६ प्रतिशतमा राखिदिएको छ । यस्ता कुराले बल्ल तल्ल लयमा आएको जलविद्युत क्षेत्रको विकासक्रमलाई निरुत्साहित गर्न खोजिएकोमा त्यसो गर्न नहुने आशयको लिखित सुझाव हामीले अर्थमन्त्रीलाई बुझाएका छौं । यी बुँदालाई बजेटले सम्बोधन गर्न सकोस् भन्ने हाम्रो चाहाना हो ।
चालू आर्थिक वर्षको पुरक बजेट वर्तमान सरकारले नै ल्याएको हो । यो बजेटमा २ सय मेगावाट माथिका अर्धजलाशय र जलाशय जलविद्युत आयोजनालाई २१ वर्षसम्म सम्पूर्ण कर छुट, त्यसबाहेक पनि निर्माण सामाग्रीमा भ्याटलगायत सबै कुरामा छुट दियो । तर, यो सुविधा स्वदेशी ऊर्जा उत्पादकहरूलाई दिइएन । स्वदेशी र विदेशी लगानीमा निर्माण हुने जलविद्युत आयोजनालाई सरकारले यहाँनिर ठूलो विभेद गरेको छ । निजी क्षेत्रले निर्माण गर्न लागेका अर्धजलाशय आयोजनालाई यो सुविधा खोइ ? निजी क्षेत्रले निर्माण गर्न सक्ने भनेको १ सय मेगावाटसम्मका अर्धजलाशय आयोजना हुन् । यी आयोजनालाई पनि त सरकारले यो सुविधा दिनुपर्छ ।
कुमार पाण्डेअध्यक्ष, नेशनल हाइड्रो पावर कम्पनी
बजेटले संकटमा परेका निर्माणाधीन आयोजनालाई सम्बोधन गरोस्
रसिया–युक्रेन युद्धका कारण पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिले विश्वलाई नै विकल्प सोच्न बाध्य गराइदिएको छ । यो अवस्थामा हामी पनि उभिएका छौं । यही कारण ऊर्जा माथिको परनिर्भरताले निम्त्याएको आर्थिक संकटले देशको अर्थतन्त्रलाई नै धक्का दिइरहेको हुँदा यसको विकल्पबारे सोच्नु पर्ने बेला आएको भन्ने बहसहरू भइरहेका छन् । पेट्रोलियम प्रतिस्थापनका लागि विद्युत प्रमुख विकल्प भए पनि तत्कालका पूर्णरूपमा प्रतिस्थापन गर्न सकिने अवस्था छैन । अहिलेको अवस्थामा पेट्रोलियम आयात प्रतिस्थापन गर्ने भनेको विद्युत आयात गरेर नै हो । पेट्रोलियमको सट्टामा विद्युत नै आयात गरेर पेट्रोलियमको सट्टामा विद्युतीय सवारी सञ्चालनलाई प्रवद्र्धन गर्न सकिन्छ । आगामी आर्थिक वर्षदेखि भने हिउँदका केही महिना बाहेक हाम्रै विद्युतले धान्न सकिन्छ ।
त्यसका लागि चालू आर्थिक वर्षबाटै पेट्रोलियम पदार्थबाट चल्ने मोटर लाइकलको आयात तथा बिक्रीमा पूर्णरूपमा प्रतिबन्ध लगाउनु पर्छ । अहिले सञ्चालनमा रहेका मोटर साइकल र स्कुटरलाई पनि अबको ४ देखि ५ वर्षमा पूर्णरूपमा विद्युतीयमा रुपान्तरण गर्ने नीति ल्याइयो भने पेट्रोलियम आयात प्रतिस्थापनलाई घटाएर व्यापार घाटा कम गर्न सकिन्छ । विस्तारै विद्युती गाडीहरू आउन सक्छन् । केही आइरहेका पनि छन् ।
हामीले यसबाहेक खाना पकाउने ग्यास प्रतिस्थापन गर्ने कुरा पहिलेदेखि नै भन्दै आइरहेका छौं । भान्छाबाट ग्यास प्रतिस्थापन गर्न प्राधिकरणले अहिलेको मौजुदा वितरण प्रणालीमा व्यापक सुधार गर्नुपर्छ । वितरण प्रणालीमा सुधार गरिएन भने ग्यास प्रतिस्थापन गर्न सकिँदैन । अहिले बर्खामा विद्युत बढी हुने र हिउँदमा आयात गर्नुपर्ने अवस्थामा हामी छौं । सरकारले आयात र निर्यात दुर्व सहज बनाउन नीतिगत तथा कुटनीतिकरूपमा पहल गर्नुपर्छ । साथसाथै उत्पादन भएको विद्युत प्रवाह हुने देशीय तथा अन्तरदेशीय संरचनाहरू बनाउने कुराहरूको प्रतिबद्धता बजेटमा आउनु पर्छ । सरकारले संरचना निर्माणका लागि लगानी गर्नुपर्यो र काममा अवरोध नगर्ने राजनीतिक प्रतिबद्धता पनि आउनुपर्यो ।
संरचना निर्माणका क्रममा आउने जग्गा प्राप्ति वन, रुख विरुवा कटानका क्रममा आउने समस्या पनि तत्कालै समाधान गर्नुपर्यो । विद्युत उत्पादन बढाउन सरकारले जलाशय जलविद्युत आयोजना निर्माणमा प्रोत्साहन दिने भनेको छ । यो काम नीजि क्षेत्रबाट चाँडो हुन्छ । सरकारी संयन्त्रबाट यो काम चाँडो हुँदैन । त्यसैले यी कुरालाई निजी क्षेत्रबाट गराउन के गर्ने हो ? विषेश गरेर ठूला जलाशय जलविद्युत आयोजनामा निजी क्षेत्रबाट लगानी गराउन सकिन्छ भने त्यसबाट धेरै फाइदा हुन्छ । एउटा फाइदा भनेको जलशय जलविद्युत आयोजना निर्माण हुन्छ । अर्को भनेको वैदेशिक लगानी आउँछ । हामीसँग यति धेरै जलाशय जलविद्युत आयोजना छन् । यी आयोजनाका लागि विदेशी लगानी ल्याउन डराउनु हुँदैन । ठूला जलाशय आयोजनाका लागि विदेशी लगानी आवश्यक छ । विदेशी लगानी ल्याउनलाई नीतिगतरूपमा सरकारले सहयोग गर्नुपर्छ ।
अहिले करिब ३ हजार मेगावाटका जलविद्युत आयोजना निर्माणाधीन छन् । यी आयोजना अहिले ठूलो समस्यामा परेका छन् । डिजेलको भाउ आकासियो, बैंकको ब्याजदर बढ्यो । निर्माण सामाग्रीको भाउ बढ्यो । यीनै कारणले निर्माणाधीन आयोजनालाई ठूलो मार परिरहेको छ । यी आयोजनालाई निर्माण पूरा हुने चरणमा कसरी पुर्याउन सकिन्छ ? भन्नेमा सरकारले गृहकार्य गर्नुपर्छ र बजेटमार्फत सम्बोधन गर्नुपर्छ ।
यी आयोजना सफल हुँदा मात्रै अबको २ देखि ३ वर्षभित्रमा हामी आफ्नै विद्युतमा पूर्ण निर्भर हुनसक्ने अवस्थामा पुग्छौं । बर्खामा ठूलो परिमाणमा निर्यात गर्न सक्छौं । यीनै विषयमा आगामी बर्षको बजेटले सम्बोधन गरिदियो भने प्रवद्र्धकहरूलाई पनि आयोजना चाँडो सम्पन्न गर्न प्रोत्साहन मिल्नेछ । यसबाट हाम्रो विद्युत उत्पादन बढ्छ । निर्यात घट्छ । पेट्रोलियम आयातलाई पनि कम गर्न सकिन्छ ।
बर्खाको ४ महिना विद्युत खपत तथा निर्यात बढाएर व्यापार घाटा न्युनिकरण गर्न सकिन्छ
मोहनबिक्रम कार्की, अध्यक्ष, आशुतोष इनर्जी कम्पनी
पेट्रोलियम आयातले बढाएको व्यापार घाटा न्युनिकलरण गर्न हाम्रो अहिलेको आवश्यकता भनेको जलविद्युतको तीव्र विकास गर्नु रहेको छ । जलविद्युतमा पूर्णरूपमा आत्मनिर्भर हुन सकेको अवस्थामा नै व्यापार घाटालाई कम गर्न सकिन्छ । यसकारण जलविद्युतको तीव्र विकासका लागि लगानीमैत्री वातावरण तयार हुन आवश्यक छ । यसका लागि सरकारले ट्याक्समा सहुलियत दिएर लगानीकर्तालाई प्रोत्साहन गर्नुपर्छ भन्ने मलाई लाग्छ । जलविद्युतमा आउने ऋण लगानीको ब्याजदर स्थिर राखिदिनु पर्छ । जलविद्युत आयोजना निर्माण सम्पन्न भइसकेपछि हुने वार्षिक आम्दानी निश्चित हुने हुँदा पटक–पटक ब्याजदर परिवर्तन हुनाले त्यसको प्रभाव जलविद्युत आयोजनाको लागतमा परिरहेको हुन्छ र आयोजना महंगा भइरहेका छन् । त्यसकारण पनि ब्याजदर स्थिर राख्नु पर्छ भन्ने मेरो धारणा छ ।
अहिले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले धेरै नै आर्थिक संकटमा परेको छ । पेट्रोलियम पदार्थले अहिले बनाइरहेको व्यापार घाटाको समाधान पनि जलविद्युत नै हो । त्यसका लागि जलविद्युतको उत्पादन बढाउनु पर्छ र पेट्रोलियमको सट्टा विद्युतबाट चल्ने सवारी साधन, उपकरण तथा सामाग्रीको उपयोग बढाउनु पर्छ । विद्युतको खपत बढाएर पेट्रोलियम आयात कम गर्नका लागि विद्युत प्रवाह हुने प्रसारण तथा वितरण प्रणालीमा व्यापक सुधार गर्नुपर्छ । प्राधिकरणले यो काम आजैबाट थाल्नु पर्छ । बर्खाको ४ महिना खेर जाने विद्युतलाई खपत गर्यो वा निर्यात गर्यों भने अहिलेको व्यापार घाटाको ग्राफ घटेर निकै तल आइपुग्नेछ ।
प्रसारण तथा वितरण प्रणाली सुधार गरेर ग्यासको सट्टामा विद्युतीय चुलोको उपयोग तथा पेट्रोलियम गाडीको सट्टामा विद्युतीय गाडीमा जान सकियो भने छोटो समयमा नै व्यापार घाटा न्युनिकरण गर्न सकिन्छ । पेट्रोलियम खपतलाई निरुत्साहित गर्न अब पेट्रोलियमबाट चल्ने गाडी तथा मोटरसाइकल आयात बन्द गरिदिनुपर्छ ।यो बर्खाका ४ महिना विद्युत खपत बढाउने व्याकेजका कार्यक्रमहरू बजेटमार्फत ल्याइनु पर्छ । त्यसका लागि विद्युतीय चुलोमा अनुदान दिन सकिन्छ । | 2022-12-07T20:38:01Z | https://nepalpurbadhar.com/6385/ | OSCAR-2301 |
वैदेशिक रोजगार ठगी, उजुरी दिन कानुन व्यवसायी नचाहिने – KarnaliPost Daily
वैदेशिक रोजगार ठगी, उजुरी दिन कानुन व्यवसायी नचाहिने
९ जेष्ठ २०७६, बिहीबार ०८:२९ May 24, 2019 by Karnali Post Daily
काठमाडौं । वैदेशिक रोजगारमा ठगिएकाले उजुरी दिन कानुन व्यवसायी आवश्यक नपर्ने भएको छ। वैदेशिक रोजगार विभागले उजुरी लेख्ने फर्म तयार गरी सरल ढंगले उजुरी दर्ता गर्न सकिन व्यवस्था गरेको हो। यो व्यवस्थाले वैदेशिक रोजगारीमा ठगिएकाले उजुरीका लागि कानुन व्यवसायीको सहायता लिनुपर्ने र उनीहरूलाई शुल्क तिर्नुपर्ने झन्झट रहनेछैन।
वैदेशिक रोजगार विभागले करिब तीन सातादेखि सर्वसाधारणले सजिलैसँग उजुरी लेख्न सक्ने गरी ढाचा तयार गरी कार्यान्वयनमा ल्याएको छ। उक्त ढाचाको आधारमा कामदारले सजिलै उजुरी लेख्न सक्छन्।
वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले पीडितलाई राहत दिन उजुरी प्रक्रियामा सजिलो बनाइएको बताए। 'यसले कामदारको पाँच हजार रुपैयाँ जोगिएको छ', उनले भने, 'कतिपय कामदार अलमल परेको अवस्थामा विभागका कर्मचारीले नै भर्न सक्छन्।' यसअघि कामदारले कानुन व्यवसायीमार्फत उजुरी दिने व्यवस्था थियो। वकिलहरूले उजुरी लेखिदिएबापत कामदारबाट दुई हजारदेखि पाँच हजार रुपैयाँसम्म असुल गर्दै आएका थिए।
विभागले ठगी उजुरी परेको एक महिनादेखि तीन महिनासम्म पीडितलाई न्याय दिँदै आएको छ। विभागले प्रक्रियाअनुसार एकहप्ते, तीनदिने र २४ घण्टे सूचना जारी गरेर पीडितलाई न्याय दिँदै आएको छ। वैदेशिक रोजगार विभागका अनुसार गत चैतसम्म एक हजार चार सय ९० वटा उजुरी दर्ता भएको छ। संस्थागत ठगीको आकार झन्डै दोब्बर छ। चैतसम्म संस्थागत ९ सय १ र व्यक्तिगतरूपमा पाँच सय ८९ वटा उजुरी परेको छ। विभागका अनुसार ५५ करोड ५४ लाखभन्दा बढीको बिगो दाबी गरिएको छ । अन्नपुर्ण पोष्टबाट | 2021/10/20 09:56:17 | https://karnalipostdaily.com/archives/5310 | mC4 |
पत्रकार राईको निधनप्रति दुःख व्यक्त – Kantipur Hotline
नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिले प्रदेश मातहत रहेको पत्रकार महासंघ काठमाडौं शाखाका कार्यसमिति सदस्य कमलराज राईको ह्दयघातका कारण ४५ वर्षको अल्पायुमै भएको निधनप्रति दुःख व्यक्त गरेको छ । पत्रकार राईको हृदयघातका कारण ४५ वर्षको उमेर बिहीबार दिउँसो निधन भएको हो ।
हृृदयघात भएपछि उपचारका लागि तत्काल मित्रपार्कस्थित नेपाल–भारतमैत्री अस्पताल पु¥याएका पत्रकार राईको उपचारकै क्रममा बजे निधन भएको थियो । लामो समयदेखि काठमाडौँमा रही सक्रिय पत्रकारिता गरिरहेका पत्रकार राई पछिल्लो समय प्रभाव दैनिकमा सम्पादकका रूपमा कार्यरत हुनुहुन्थ्यो ।
महासङ्घ केन्द्रीय समितिका र उपत्यका प्रदेश समितिद्वारा जारी अलग अलग विज्ञप्तिमा भनिएको छ,- पत्रकार राईको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, मिहेनती, जुझारु, निडर र ऊर्जाशील युवा पत्रकार गुमाएको छ भने महासङ्घले सक्रिय सदस्य गुमाएको छ । महासङ्घ स्व: पत्रकार राईप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दछ । | 2022/05/17 15:11:10 | https://www.kantipurhotline.com/2022/02/%E0%A4%AA%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%95%E0%A4%BE%E0%A4%B0-%E0%A4%B0%E0%A4%BE%E0%A4%88%E0%A4%95%E0%A5%8B-%E0%A4%A8%E0%A4%BF%E0%A4%A7%E0%A4%A8%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A4%E0%A4%BF/ | mC4 |
कानूनअनुसार नियमावली, निर्देशिका, कार्यविधि, योजना, बजेट सबै तय गरेर मौलिक हक कार्यान्वयन गर्न जरुरी
मंगलवार, २ असोज २०७५, कालिका खड्का .
नेपालको संविधान जारी भएको तीन वर्षभित्र मौलिक हकप्रदत्त कानून निर्माण गरिसक्नुपर्ने व्यवस्थाअनुरुप कानून बनेपछि कार्यान्वयनको खुड्किलो पार भएको छ । संविधानले व्यवस्था गरेअनुसार मौलिक हकका कानून निर्माण गर्ने काम पूरा भएको हुँदा कार्यान्वयनको चरणमा प्रवेश गरेको हो । नागरिकले प्राप्त गर्ने संविधानप्रदत्त हक अब सहजरुपमा प्राप्त गर्नेछन् ।
मौलिक हकका अरु कानून बनिसकेको हुनाले १६ वटा कानून बन्दा नागरिकले पाउने मौलिक हक कार्यान्वयन गर्न बाटो खुला भएको हो ।
संविधानले ३१ प्रकार मौलिक हक नागरिकलाई प्रत्याभूत गरेको छ । कानून निर्माण गर्दा मौजुदा कानूनमा संशोधन र एकीकरणबाहेक १६ नयाँ कानून राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरिसकेकी छिन् ।
कुनै पनि नागरिकको मौलिक हक हनन भएमा नागरिकले सिधै सर्वोच्च अदालतमा उपचारका लागि रिट निवेदन दिन सक्छन् । | 2021/05/17 16:01:25 | https://www.sagarmathapost.com/news/18732 | mC4 |
फनपार्कको फोहोर पानीले विद्यार्थीलाई एलर्जी
काठमाडौँ : सर्वसाधारणलै भक्तपुरको पलांसेस्थित फनपार्ककाे धमिलो पानी प्रयोग गरेको गुनासो गरेका छन् । सोमवार फनपार्कमा बच्चा लिएर पुगेका सुर्यविननयम –७ का सुभाष श्रेष्ठका अनुसार, धमिलो पानीमा पौडी खेलेका बालबच्चामा एलर्जी देखिएको हो । जनताको प्रत्यक्ष स्वास्थ्य संग जोडिएको विषयमा कम्पनिले लापरवाही गरेका कारण आफ्ना बालबच्चामा एलर्जी दैखिएको बताउँदै सुभाषले यसतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्ने बताए ।
सेयर सदस्यहरु बीचको बिवादका कारण लामो समयदेखि बन्द रहेको फनपार्कले दुई साताअघि मात्रै सञ्चालनमा आएको थियो । भक्तपुरका अलवा, काठमाडौं, ललितपुर र काभ्रे लागायतका जिल्लावासीलाई गर्मी मौसममा उपयुक्त मानिदै आएको फनपार्कले बढी मुनाफा कमाउँने नाममा गुणस्तरहिन पानी प्रयोग गरेपछि स्थानीयले फनपार्कको विकल्प खोज्न थालेका छन् ।
फनपार्कका एक नियमित ग्राहकका अनुसार, प्रचण्ड गर्मी छल्न चाहने जो कोहिलाई पनि त्यहाँ पुगेर चिसो पानीमा पौडी खेल्ने इच्छा हुनु स्वाभाविक हो । तर, पानीमा फाेहाेर भएपछि पौडी खेल्नु अघि एकपल्ट सोच्नै पर्ने अवस्था आएको छ । | 2020/05/27 21:10:53 | https://www.kantipath.com/health-and-education/fun-park | mC4 |
एनआरसी र असमका गोर्खा - खबरम्यागजिन
Homeम्यागजिनएनआरसी र असमका गोर्खा
एनआरसी र असमका गोर्खा
August 7, 2018 खबरम्यागजिन प्रतिनिधि म्यागजिन 0
रैथानेको कुरा
कृष्ण भुजेल
छ वर्ष लामो चलेको थियो असम आन्दोलन। ८५५ जना शहीदको बलिदान पछि १९८५ मा त्रैपाक्षिक असम एकर्ड भयो। चुक्ति अनुसार बुँदाहरूको छिनफानोमा अति विलम्व भयो र नै माननीय सुप्रिम कोर्टको दखलान्दाजीमा एनआरसी अपडेटिङ प्रक्रिया प्रारम्भ भयो।
कङ्ग्रेसको शासनकालमा यसको शुरुवात भयो। अहिले बिजेपी शासनकालमा पूर्णाङ्ग हुने क्रमको दोस्रो खेस्रा प्रकाशित भइकेको छ। यो खेस्रा सार्वजनिक हुने वित्तिकै असम राज्य बाहिर राजनैतिक हाहाकार मच्चियो। तर असममा भने त्यस्तै कुनै हाहाकार छैन।
असमका प्रत्येक नागरिक एनआरसी अपडेटिङ चाहन्छन्। हो, अन्तर्भूक्ति प्रक्रियामा कतिपय अप्ठ्याराहरू आएका छन्। त्यसैले नै सबैको ध्यानधारणा र ध्येय नै बनेको छ, एनआरसीमा आफ्नो नाम अन्तर्भूक्ति। र सबै असमेली जनता चाहन्छन्, आफ्ना सती-सन्ततीको सुरक्षित भविष्य। र त्यो एनआरसीले नै दिन्छ।
असमेली जनता चाहान्छन्, आउँदा प्रजन्मलाई आफ्नो मौलिक अधिकारमा जिउने ग्यारन्टी दिओस्। अवैध नागरिकको आग्रासनले मौलिक संस्कृति, भाषा र पहिचान गुमाउनुपर्ने अवस्था नहोस् भन्ने आशय राख्छ असम चुक्तिले।
जस्तै त्रिपुरामा प्रकृत रैथानेहरूको बेहाल अवस्था छ, त्यस्तो यता नहोस् भन्ने सोच गलत पक्कै होइन। अहिले प्रकाशित खेस्रामा धेरै प्रकृत नागरिकको नाम पनि आएको छैन, जसभित्र गोर्खाहरू पनि छौँ। कतिपय अडचनहरूले पिरोलेको छ, साँचो हो। त्यसको अर्थ एनआरसीको विरोध हुँदैहोइन।
समस्याका चरित्र
–डि भोटर समस्या लामो समयसम्म हल्लाएर राख्ने दलहरू आज सहानुभूतिशील बन्नु हास्यजनक छ। असमको वर्तमान सरकारले आफ्नो मेनिफेस्टोमा डी भोटर समस्या निदान गर्छौँ भनेर गाभेको छ र नै फिटिफिटी छ सरकार पनि खुदै।
–नोटिसविहीन डी अर्को समस्या बनिएर उभिएको छ। जसको निवारणका पहलहरू बल्ल हिजाज चल्दैछन्। शीघ्र निदानका पहल हुने क्रम जारी छ।
–मात्राधिक चेलीबेटीको माइतीसँग सम्पर्क सुत्रको स्पष्ट प्रमाण नभएर नामहरू होल्डमा छन्। यहाँसम्म कि बुबा-छोरीको प्रमाणित सर्टिफिकेट छैनन्। अल्पशिक्षित हुनाले बोर्ड सर्टिफिकेटबाट बन्चित भएकाले या सूचीबद्ध प्रमाणहरू नहुनाले अझै होल्डमा छन्।
–अर्को मात्राधिक अडचन-वंशवृक्षमा थर र उपथरमा फरक हुनाले छ। साथै उहिले दाताकर्ताहरूले शुद्ध नाम लेखिनदिएकाले पनि समस्या देखिएको छ।
–सबैभन्दा चोटिल समस्या छ, औधी बसाईसराई। सरिहिँड्ने प्रकृतिप्रेमी जाति भएकाले प्रमाणपत्रहरूको संरक्षण गर्ने ज्ञानको अभावले पनि उनीहरू पीडित हुनु परेको छ। दुइसय दुई वर्षको (सुगौली सन्धि) आधुनिक जिउँदो इतिहास भएर पनि प्रमाणपत्र संरक्षणको अभावले सबैभन्दा बढी पिरलेको छ असमेली गोर्खालाई।
–अर्को दह्रो समस्या- पश्चिम बङ्गाल सरकारले भेरिफिकेसनमा पठाएका दस्तावेजको उत्तर नपठाउनु पनि बनेको छ।
तर पनि असममा गोर्खा लगायत कोही पनि त्रासित छैनन्। असमबाहिर असमका गोर्खाहरूलाई लिएर त्यस्तो त्रसित बनिराख्ने काम छैन। तरै पनि किन असमबाहिरका गोर्खाहरू यति त्रसित?
यो प्रश्नचिन्हले अकारण प्रतिक्रियाभित्र नै राष्ट्रघाती षडयन्त्र देखाउँछ। राष्ट्रीय नागरिक पञ्जी महत्वपूर्ण राष्ट्रीय विषय हो, राजनैतिक अखाडाको मालवस्तु होइन। यहाँ मातृभूमिको भविष्य डावाडोल छ र नै सबैको सामूहिक प्रयासमा समस्या समाधान हुने प्रक्रिया चलिरहेको हो। तर धेरैले यही कुरा राजनैतिक नौटङ्की नाच्ने पर्व बन्यो। यो धेरै दुःख लाग्दो कुरा हो।
प्रत्येक रैथाने गोर्खा लगायत सबै रैथाने नागरिकको अन्तर्भुक्ति हुँदैछ र हुनैपर्छ। त्यसको प्रयास नै असमका प्रत्येक नागरिकको उद्दम बनेको छ।
हो,असमेली गोर्खालाई समाधिकार दिलाउने जनजाति मर्यादा चाहिएको छ शीघ्रातिशीघ्र । राष्ट्रीय नागरिक पञ्जी उन्नीतकरणमा सबै गोर्खाको अन्तर्भूक्ति पश्चात संवैधानिक सुरक्षा चाहिन्छ। त्यो पक्का हो र त्यसमा मुख्यभूमिका लिनेछ जनजाति मर्यादाले। ऐतिहासिक असमञ्जस हट्ने ठूलो औषधी बनिन्छ- एनआरसी अपडेटिङ पश्चात जनजाति मर्यादाको प्राप्ति।
ठूलो भाँडोमा सबै परिकार मिसाउनु बाध्यता होइन, एकताको मिसाल हो।
जे छौँ, जहाँ छौँ, जसरी छौँ–त्यहीँबाट उठौँ, त्यहीँबाट उठौँ, त्यहीँबाट उठौँ-सी.के.सरका सारगर्व यी पङ्तिहरू शिरोधार्य गर्दै शानले बाँचेका छौँ। हाम्रो अभिप्राय सगर्वले उठ्ने नै हो, त्यसका लागि अविश्वासको रङ्ग दलेर हुँदैन। प्यास मेटाउन कुवाकै पानी हो चाहिँएको,हिमाल ताकेर कहीं मेटिन्छ र प्यास?
सन्देहयुक्त नागरिकको कालो धब्बा मेटाउने संवैधानिक क्लिनर हो एनआरसी। यसको महत्व उसले बुझ्दछ, जो मातृस्नेहबाट बन्चित भई आएको छ। त्यसैले सबैलाईप्रति आग्रह छ, हल्लाकै पछाडि नकुद्नुहोला, त्यो कसैको निम्ति आत्मघाती हुनसक्छ। | 2021/01/23 23:27:21 | https://khabarmagazine.com/archives/22449 | mC4 |
राराबाट फर्किएपछि...
'दिदी, चिसो केही छ, साह्रै गर्मी भयो।'
'फुरूटी छ, चिसै हुन्, चालीस रुपैँयाका खादा हुन् नी।'
रारा तालबाट साढे दुई घण्टा ठाडो उकालो उक्लेपछि बल्ल मुर्मा गाउँ पुगेका थियौं हामी।
अलिकति घाम चर्कियो ज्यानलाई थकाइ लाग्ने, अलिकति हावा चल्यो मुटु काप्न थाल्ने, उकालो चढ्दा स्यास्या भएर पाइला चाल्नै गाह्रो हुने, ओरालो झर्दा खुट्टा कापेर भुइँ टेक्नै गाह्रो हुने। 'दाइ, यो मुर्मा गाउँ कहाँ हो भनेर सोध्दा तलै फेदीबाट ऊ त्यही त हो भनेर देखाएका थिए एक बटुवाले। 'अनि कति समय लाग्छ त्यहाँ पुग्न हामीहरुलाई भनेर सोध्दा एकछिन गमेर 'हामीलाई आधा घण्टा तपाईँहरूलाई चाँहि एक घण्टा लाग्ला भनेकोले साँघुरो रेखामा पाइला उकालेका थियौ हामीले। तर यो जीन्दगीमा पहिलो पटक आफू बोइरल भइएछ भन्ने महसुस भयो त्यो दिन। देख्दा फूर्तिलो ज्यान फटाफट छिटो हिड्न नसकेकोमा हिनताबोध पनि भयो। जे होस् हिड्न नसक्दा नसक्दै पनि मुर्मा जाने आँटलाई भने बीचमा छोडिएर फर्किएन। घाम क्षितिजमा पुगिसक्दा पनि मुर्मा पुगेरनै छोडियो।
घामले पोलेर बेक्सरी तिर्खा लागेको थियो। बाटामा खाएको पानीले प्यास नमेटेपछि महँगो भए पनि चिसो फ्रुटी नै खाने निधो गर्यौं।
'ठीकै छ तीन वटा फ्रुटी अनि तीन वटा बिस्कुट दिनुस् त।'
भाइ दिपेश र म एकअर्कालाई हेरेर दंग पर्यौ र मुसुमुसु हाँसिनै रहयौ। कारण थियो, हाम्रो टूरको म्यानेजरले आफ्नै गोजीबाट पैसा हाल्न खोजेको देखेर।
रारा आइपुगुन्जेलसम्म बाटोमा प्यास लाग्दा पनि पानी किनेर दिन अनकनाउने र दुई पटक बजेटको हिसाब गर्ने म्यानेजरले बीस रुपैयाँ पर्ने फ्रुटीलाई चालीस रूपैया तिर्दा, त्यसमाथि पचास रुपैयाँको तीन वटा बिस्कुट पनि मगाउँदा र अनि अन्तिममा ललिपप चक्लेट पनि किनेर दिदाँ दिपेश र म त त्यही म्यानेजर नै हो र भनेर पत्याउन गाह्रो भयो। हामी त कस्तो भाव दिने भनेर नै अकमकियौ।
फ्रुटी दिदैँ दिदीले सोधिन् – 'तपाइँहरू यो ताल हेर्न आका।'
चिसो फ्रुटी समात्दै हामीले हजुर भनेर मुन्टो हल्लायौ।
उनी मेरो फ्रुटी लिएको हात राम्ररी निहालेकी थिइन्। त्यसरी एकटकले मेरो हात हेरेको देखेर अलि अप्ठ्यारो पनि लाग्यो। मैले केही सोध्न नपाउँदै उनले फ्याट्ट भनिहालिन्।
'हेर कस्ता सुकिला हात फहर भएछन्, कति पसिना आका, कठै! कस्तो दुःख बिसौन मन हुन् यो ताल हेर्न।'
मैले यसो आफ्नो हात हेरेको साँच्चैनै हत्केलामा, नाडीमा माटोको धुलो लागेको रहेछ। उकालो चढ्दा लड्ने डरले हातहरुले बारीको कान्ला समातेका थिए। फ्रुटी भुँइमा राख्दै म हात टकटकाउन थाल्छु।
'यो पुरै जोङ्गल छ , हिड्नु सोमस्या छ, किन आउँदा हुन् यही पानी हेर्न,केही त राम्रो छैन, न बजार छ, दुःख मात्रै पा हुन्। अनि कहाँबाट आ हुन् नि?'
म्यानेजरले हत्तनपत्त, काठमाडौंबाट आ'का हामी, तपाई जानुभा'छ भनेर सोधिहाल्यो।
'हामी काठमाडौँ त होइन तर, तराई देख्या हुन्, औषधी गर्न जाँदा देख्या हुन्, साह्रै रमाइलो लाग्छ, औषधि गर्न पनि जान्छ, घुम्न पनि पाउने र घुम्दाँ सुर्खेत र नेपालगन्जमा राम्रा राम्रा मान्छे पनि देख्ने मन हुन्।"
उनी मान्छे जति उज्याली थिइन् कुरा पनि गज्जबको गर्दिरहिछिन्। गाउँमा नयाँ मान्छे आयो भने गफ गर्न एकदमै रमाइलो लाग्छ रे उनलाई। कति मिठो लवजमा, कति सरल,कति मिठो र गहकिलो बात गरेकी हुन् हामीसँग। उनलाई मुगु जिल्ला विकास नभएकोमा पनि पीर छ, बाटोघाटो नबन्दा सिमी, आलु, स्याउ भनेजति तराईमा ओर्सान नपाएकोमा पनि चुकचुक छ उनलाई, राजनीतिमा महिलाहरु कमी भएको कुरामा पनि आपत्ति छ, गाउँमा महिला नेतृहरु नभएकोमा पनि गुनासो छ उनलाई, रारा घुम्न आएको मान्छेलाई दुःख भयो भन्ने कुरामा पनि नरमाइलो छ ,गाउँमा महिलाहरुलाई पुरुषको तुलनामा अझ पढ्न नपठाएको र चाँडो विवाह गरिदिएकोमा पनि रीस छ , उनको मनमा धेरै प्रश्नहरु धेरै विचार र कुराहरुको विश्लेषण गर्ने क्षमता रहेछ।
'अनि म्याडेम, केही वर्ष भयो, टन्न विदेशीहरू पनि यो गाउँ उक्लन्छन् नि, गोरो अनुहार देख्दा कति आनन्द पनि आया हुन्, अस्ति यी केटाकेटीका फोटोहरु तन्न खिच्या हुन् अनि यीनीहरुलाई पनि यो तालनै कति राम्रो लाग्दो हो।'
विदेश त साह्रै रमाइलो स्वर्ग हो भनेर सुनेकी उनलाई अचम्म लागिरहेको थियो , त्यस्तो स्वर्ग छोडेर किन यो पानी हेर्न आएका होलान्।
'अनि काठमाडौं नजाने?' अलि गम्भीर भएर म्यानेजरले प्रश्न गर्यो।
उनी आफ्नो पहेँलो पोतेमा झुण्डाएको ताल्चा चाँबी खेलाउँदै भन्छिन् 'हामीलाई मन भए पनि त कई हिड्न मन लाग्दोइन, बाटोको समोस्याले। निकुन्जको मान्छेले भ्रमण लान्छन् त्यो बेला चाँहि म अस्तिनै गया अब काठमाडौं जाने रहर पलाइरा'छ।'
उनी एकोहोरो बोलिरहेकी थिइन्, हामी सुनिरहेका थियौ। 'पढ्न गएका यहाँका केटाहरुले भन्छन् काठमाडौं राम्रो छ रे, हुन त हो काठमाडौं राम्रो छ रे क्यारे तर हामीलाई मात्रै हुन् होइन र? तपाइँहरुलाई राम्रो नलाग्ला हुन् नि कुन्नि, हामीलाई पनि यही ताल खासै नलाग्या जस्तै हुन्।
उनलाई खासै नलागेको ताल हामीलाई भने अलौकिक लागिरहेको थियो। त्यस्तो कठिन यात्रा पार गरेर रारा आएकोमा स्वर्गमा आएको भान भएको थियो। सानो, अप्ठ्यारो बाटो, भिरको यात्रा, खाल्डाखुल्डी , दहीखोलाको खतरनाक पहिरो, मोडमा घण्टौँ जाम, अनि त्यसमाथि रातमा गाडी हिलोमा फस्दा भोकभोकै दुई घण्टा ताल्चा विमानस्थलसम्म पैदल गएको अनि भोलिपल्ट फेरि दुई तीन घण्टा लगाएर राराताल पुग्दाको क्षण अति यादगार थियो।
यती लामो यात्रापछि जब राराताल देखियो तब सबै तनाब, बाटाका सबै दुःख बिर्सिएका थियौ। भनिन्छ सुन्दर चिजहरु टाढा अलग्गै बसेकै राम्रो। मानिसहरुलाई सजिलै पाउने चीजहरुको महत्व पनि त्यति हुँदैन रे। उनी रारालाई हरेक दिन दर्शन गर्छिन्, उनले रारालाई सजिलै पाइरहेकी थिइन् त्यसैले उनलाई ताल खासै खास लागेन तर हामीलाई रारालाई एकछिन भए पनि पाउन अनेकैँ अप्ठ्याराको सामना गर्नु पर्यो त्यसैले एउटा स्वर्गको टुक्रा धर्तीमा खसेजस्तो लाग्यो।
मुर्मा गाउँकी यती मिठो बात गर्ने बेलमति रोकया दिदीसँग केही क्षण बिताएर हामी फर्कियौ। उनी बाटेमा उभिएिर हामीलाई तल पुगुन्जेलसम्म पनि बाई बाई गर्दैथिइन्। उनी रारा ताल हेर्न यती दुःख गरेर देश विदेशबाट आएको देखेर दंग छिन्। उनले हामीलाई बाई बाई त गर्दैथिइन् तर उनी आफैं भित्र खोजिरहेकी थिइन् रारा तालबारे थुप्रै प्रश्नहरु कि 'आखिर यो जाबो तालमा के चाँहि रहेछ, यो ताल घुम्न किन आउँदा हुन्, कति राम्रो लाग्दो हो जोङ्गलको बाटो हिड्न ?' | 2018/02/19 15:43:56 | https://setopati.com/setopati-blog/104496 | mC4 |
सार्वजनिक विषयमा सचेतना आवश्यक « News of Nepal
(ज्ञानमणि नेपाल कालोटोपी) ट्राफिक प्रहरी कार्यालयले विगत ५ वर्षयता सवारी चलाउनेहरूका अस्वभाविक गतिविधिहरूको निकै निगरानी गरिरहेको छ । यो समयमा चालकहरूले सवारी चलाउँदा गर्ने मादक पदार्थ सेवनको चेकजाँच गर्नुका साथै अन्य क्रियाकलापहरूको पनि छानविन गर्ने गरेको छ । कुनै पनि बेला चेकिङ गरी यस्ता कार्यमा संलग्नहरूलाई कारबाहीसमेत गर्दै आएको ट्राफिक प्रहरीले पछिल्लो समयमा चालकहरूलाई सचेतना गराउन निकै प्रयास गरिरहेको छ । गल्ती गर्ने चालकलाई चेतनामूलक कक्षा सञ्चालन गरी यस्तो नगर्न सुझाव पनि दिइरहेको छ । तर पनि न सवारी दुर्घटनामा कमी आएको छ, न त चालकहरूमा चेतना नै आएको छ । एउटै चालक पटक–पटक कारबाहीमा परिरहेको पाइएको छ । ५ पटकभन्दा धेरै मादक पदार्थ सेवनलगायत अन्य ठूलो गल्ती गर्ने चालकको सवारीचालक अनुमतिपत्र नै खारेज गर्नेसम्मको नियम बनाए पनि यस्ता कार्यमा कमी नआएपछि अहिले ट्राफिक प्रहरी कार्यालयलाई नै ठूलो चुनौती थपिएको छ ।
भर्खरै सार्वजनिक एक तथ्यांकअनुसार यातायात व्यवस्था कार्यालयले मापसे गरी सवारी चलाउने ३ सय ७ जना चालकको लाइसेन्स नै निलम्बन गरेको छ । उनीहरूले ५ पटकभन्दा वढी मापसे गरी सवारी चलाएर एउटै गल्ती दोहोर्याएका थिए । गएको ५ वर्षयता २ लाख ११ हजार ७ सय ७० जना सवारी चालक कारबाहीमा परेका थिए । जसमध्ये १ लाख २६ हजार ८ सय ६७ जनाको लाइसेन्समा प्वाल पारिएको थियो । यस अवधिमा मापसे कारबाहीबाट मात्र २० करोडभन्दा बढी राजस्व संकलन भएको थियो । कारबाहीमा पर्नेमध्ये १ हजार ३ सय ९३ जना महिला पनि परेका थिए । आर्थिक वर्ष ०६८÷०६९ मा २९ हजार ६ सय ६७ जना सवारी चालकहरू कारबाहीमा परेका थिए भने वर्ष ०६९÷०७० मा ५२ हजार २ सय ८० जना कारबाहीमा परे । ०७०÷०७१ मा ५४ हजार ५३५ जना चालक कारबाहीमा परेका थिए । त्यस्तै आर्थिक वर्ष ०७१÷०७२ मा ३६ हजार ६५ जना कारबाहीमा परेका थिए । गत आर्थिक वर्षमा २९ हजार २०३ जना कारबाहीमा परे । जसमध्ये लाइसेन्समा प्वाल नै पार्नुपर्ने गल्ती गर्नेहरू उल्लेख्य छन् । कारबाहीमा परेकामध्ये कतिपय सवारी चालकहरू सम्पर्कमा नआएका कारण थुप्रै जनाको लाइसेन्स ट्राफिक प्रहरीसँग अझै बाँकी नै छ ।
यो तथ्यांक हेर्दा ट्राफिक प्रहरीले जति नै सतर्कता अपनाउन आग्रह गरे पनि उनीहरूको प्रयासले खासै काम गर्न नसकेको पो हो कि भन्ने आशंका उब्जाएको छ । यसैबीच यातायातसँग सम्बन्धित विधयेक व्यवस्थापकीय संसद्मा भर्खरै पास भएको छ । जसलाई राष्ट्रपतिबाट प्रमाणीकरण पनि भइसकेको छ । अब भने यस्तो संख्यामा कमी आउने अनुमान गरिएको छ । तर, जबसम्म सवारीचालक आफैंले यस्ता विषयमा ध्यान दिँदैन वा दिएर पनि त्यो आफ्नै लागि हो भन्ने कुराको मनन गर्दैन तबसम्म ट्राफिकहरूले जति प्रयास गरे पनि गल्ती गर्ने चालकहरूको संख्यामा कमी आउँदैन ।
यस्ता गल्ती न्यूनीकरण होस् भनेर यातायात व्यवस्था कार्यालयले गत असारदेखि लागू हुने गरी कारबाहीको जरिवानादर बढाएको थियो । न्यूनतम ५ सयदेखि बढीमा १५ सय रुपियाँसम्म गरिए पनि यस्ता गतिविधिमा लापरबाही गर्नेको संख्यामा कमी आउन सकेको छैन । चालकहरूमा चेतना नआएर यस्ता समस्या बढिरहेको सन्दर्भ एकातिर छँदै छ भने कतिपय ट्राफिक प्रहरीहरू आफैं पनि सानोतिनो रकमको लोभमा परेर ठूलै गल्ती गर्ने चालकलाई पनि छुट दिन्छन् । जसले गर्दा पनि दुर्घटना बढिरहेको देखिन्छ ।
यहाँ बुझ्नुपर्ने कुरा के छ भने, ट्राफिक प्रहरीमध्ये पनि सबै चेतना जगाउन र गल्ती गर्नेलाई सम्झाउन बसेका हुँदैनन् । कतिपयहरू सामान्य गल्तीमा पनि ठूलै सजाय दिन्छन् भने सानो अनुरोधलाई पनि कुनै छुट दिँदैनन् । सामान्य गल्तीलाई सम्झाउनुको सट्टा ठूलो जरिवाना गरिँदा चालकमा उनीहरूप्रति बदलाको भावना उत्पन्न हुने गरेको पनि पाइएको छ । कुनै मुर्खलाई कुटेर र गाली गरेर मात्र ऊ सही बाटोमा आउँदैन, उपदेशले पनि उसले आफ्नो गलत मार्ग छोड्न सक्छ भन्ने कुरा हाम्रा ट्राफिक प्रहरीहरूले कहिल्यै बुझेका छैनन् । यसको मतलब गलत गर्नेलाई पूरै छुट दिनू भन्नेचाहिँ होइन ।
एकतर्फी प्रयासले मात्र कुनै पनि समस्याको समाधान हुँदैन । जिम्मेवारी सबैको उस्तै हो । यसका लागि सवारी चालक, ट्राफिक प्रहरी, नागरिक समाज, सर्वसाधारण, सरकार सबैको उस्तै भूमिका रहनुपर्छ । सडकको अवस्थामा पनि सुधार गर्नु आवश्यक छ । यसो गर्न सकियो भने मात्र आगामि दिनमा दुर्घटनाका खबरहरूमा कमी आउन सक्ला । | 2019/12/12 16:01:13 | https://www.newsofnepal.com/2016/10/23/204/ | mC4 |
दाङ : श्रीमतीलाई या तना दिने श्रीमान पक्राउ परेका छन्। श्रीमतीको म'लद्वा'रमा अ गु ल्टो को चेर घाइते बनाउने ६६ वर्षीय मेगबहादुर सार्कीलाई प्रहरीले पक्राउ गरेको हो। घरायसी विवाद हुँदा लमही नगरपालिका-१ का मेगले श्रीमती ५० वर्षीय सोदी खत्री सार्कीको को'चिदि'एर घाइते बनाएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्वल थपलियाले जानकारी दिए
प्रहरीका अनुसार सोदीको अवस्था ग'म्भीर रहेको छ। उनको लमही अस्पतालमा प्राथमिक उपचार गरिएको थियो। अहिले उनको थप उपचार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा भइरहेको छ।
सामान्यतः जनताको निकटमा रहेर दिनरात नभनी जनताकै काम गर्न खटिरहने स्थानीय जनप्रतिनिधिनै भ्रष्टाचारमा संलग्न होलान् भनेर कल्पनासम्म गर्न सकिँदैन । कतिपय जनप्रतिनिधि आफूले प्राप्त गर्ने तलबभत्ता समेत जनचाहना पूरा गर्न सुम्पेको यथार्थ समेत पाइन्छ ।
सेवाग्राहीसँग घुस रकम लिइसकेको अवस्थामा उनीहरुलाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ स्थिति पूरानो मालपोट कार्यालयको जग्गा नजिकै हटलाइन रोडबाट नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । उनीहरुलाई शुक्रबार साँझ नियन्त्रणमा लिइएको भए पनि आयोगले अनुसन्धान गरेर आजमात्र सार्वजनिक गरेको हो | 2021/04/22 02:39:16 | https://suchanadaily.com/archives/6601 | mC4 |
दशैंको पहिलो दिन आज घटस्थापना : यस्ता छन् नवरात्रीका वैदिक महत्व – Idea Khabar
आइडिया खबर२०७६ आश्विन ११, शनिबार २३:४९
ॐ अपवित्र: पवित्रो वा सर्वावस्थांगतोsपि वा।
काठमाडौँ – आजदेखि नेपालीहरुको महान पर्व दशैं सुरु भएको छ । हिन्दुहरु मात्र नभएर बुद्धिष्ट, किराँती, जैन, शिख लगायतका अन्य समुदयका मानिसहरुले समेत हरेक बर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दशैं मनाउने गर्दछन् ।
आज दशैंको पहिलो दिन अर्थात घटस्थापना । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ दशैं मनाइन्छ । आज घटस्थापनाको दिन, घरघरमा वैदिक विधिले दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । घटस्थापनाको साइत आज बिहान १०: ३५ मा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिएका छन् ।
घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ । आजको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ । | 2021/06/23 09:43:04 | https://www.ideakhabar.com/2019/09/28/24608.html | mC4 |
नेपालमा बढ्दो पश्चिमा सक्रियता, इन्डो प्यासिफिक स्ट्राटेजीमा नेपाललाई तान्दै अमेरिका, चीन सशंकित
27th February 2019, 01:57 pm | १५ फागुन २०७५
काठमाडौं: नेपालमा पश्चिमा शक्तिहरुको सक्रिता बढ्दै गएको छ। पछिल्लो सातामात्र नेपालमा केही उच्चस्तरीय भ्रमणहरु भए। जुन पश्चिमा मुलुकहरुका मन्त्री तथा उपमन्त्रीहरुको थियो।
२०१९ को दोस्रो महिना सकिनै लाग्दा अष्ट्रियाकी परराष्ट्र मामिला मन्त्री कारिन केन्सल, बेलायतका रक्षा राज्यमन्त्री मार्क ल्यांकास्टर र अमेरिकी रक्षा उपराज्यमन्त्री डा जोय फ्लेटरले नेपालको भ्रमण गरे।
अष्ट्रियाबाट नेपालको उच्चस्तरीय भ्रमण भएको यो २९ वर्षपछिको पहिलो थियो। बेलायती रक्षा राज्यमन्त्री ल्यांकास्टरले भने गत वर्ष पनि नेपालको भ्रमण गरेका थिए।
अमेरिकी रक्षा उपराज्य मन्त्रीको यो भ्रमण अमेरिकाबाट भएको ८ वर्ष यताकै उच्च राजनीतिक भ्रमण भएको अमेरिकी दूतावासले नै जनाएको छ।
त्यतिमात्र होइन यसबीचमा केही अन्तर्राष्ट्रिय संघ संस्थाका प्रतिनिधिहरु पनि नेपाल भ्रमण गरे। गत शुक्रवार मात्र इन्टरनेसनल फाइनान्स कोअपरेसनकी एसिया प्यासिफिक क्षेत्रीय उपाध्यक्ष नेना स्टोइलजेकोभिचले नेपाल भ्रमण गर्दै नेपालमा उच्चस्तरीय भेट वार्ता गरिन्।
नेपाल भ्रमण पश्चिमा मुलुकका मन्त्रीहरुले नेपालमा उच्चस्तरीय भेटवार्ता गरे। प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरे। बेलायतका रक्षा राज्यमन्त्री र अमेरिकी रक्षा उपराज्य मन्त्रीले उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलसँगै सेना प्रमुखसँग पनि भेट गरे।
के नेपाल इन्डो प्यासिफिक स्ट्राटेजीमा जोडिएकै हो?
नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले यस वर्ष १७ वर्षपछि अमेरिकाको औपचारिक भ्रमण गरे। भ्रमणका क्रममा उनले समकक्षी माइक पोम्पिओसँग द्वीपक्षीय वार्ता भयो।
वार्तापछि अमेरिकी विदेशमन्त्रालयका प्रवक्ताले जारी गरेको वक्तव्यले नेपाल तरंगित भयो। अमेरिकी रक्षा नीतिको प्रमुख हिस्साको रुपमा रहेको 'इन्डो प्यासिफिक स्ट्राटेजी'मा नेपाल तानियो।
हुन त परराष्ट्र मन्त्री ज्ञवालीले 'इन्डो प्यासिफिक स्ट्राटेजी' नभई 'रिजन'को विषयमा छलफल भएको स्पष्टीकरण दिएका थिए।
अमेरिकाको चीन घेर्ने रणनीति दक्षिण एसियामा सामरिक महत्त्व राख्ने नेपाल हालसम्म हिस्सा त बनेको छैन। तर, पनि नेपालप्रति अमेरिका र भारतीय चासो भने रहँदै आएको छ।
अमेरिकाले पछिल्लो समय नेपाललाई दिएको महत्त्वले पनि यसलाई झल्काउँछ। अमेरिकी विदेशमन्त्री पोम्पिओले नेपाली समकक्षीलाई वासिङ्टनमा स्वागत गर्नु, अमेरिकी रक्षा मन्त्रालयका एसिया प्यासिफिक क्षेत्र हेर्ने उपराज्यमन्त्री नेपाल आउनुले पनि स्पष्ट पारेको छ।
त्यतिमात्र होइन नेपालमा अमेरिकी सेनाको सबैभन्दा ठूलो कमाण्ड 'इन्डो प्यासिफक कमाण्ड'को सक्रियता पनि उस्तै छ।
जनवरीमा मात्र अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्ड (युएस इन्डो प्यासिफिक कम)का कमाण्डर एड्माइरल फिलिप एस डेभिडसन नेपालको भ्रमण गरेका थिए। उनले अमेरिकी र नेपाली सेनाबीचको सम्बन्ध र सहकार्यमा जोड दिएका थिए।
उनको भ्रमणका क्रममा एसिया प्यासेफिक क्षेत्रभित्र पर्ने इण्डो प्यासेफिक क्षेत्रको सुरक्षा चुनौति र यसमा नेपालको भूमिकाबारे छलफल भएको थियो। यस क्षेत्रको केन्द्रमा नेपाललाई राख्न अमेरिकी चासो प्रस्ट देखिँदै पनि आएको छ।
अमेरिकी रक्षा उपराज्यमन्त्रीको नेपाल-चीन सम्बन्धमा टिप्पणी
यसै साता नेपालको भ्रमण गरेका अमेरिकी रक्षा उपराज्यमन्त्री जोसेफ फ्लेटर सोमवार उपप्रधानमन्त्री पोखरेलसँग भेट गरे।
भेटका क्रममा उनले नेपालमा चीनको सक्रियता बढ्दै गएको प्रति चासो व्यक्त गरे। उनले चिनियाँ लगानीको विषयमासमेत टिप्पणी गरेका थिए। सोमवार केही सञ्चारकर्मीसँगको भेटमा उनले चिनियाँ लगानी प्रति चासो व्यक्त गर्दै नेपालको हितमा हुनुपर्ने बताएका थिए।
उनले यस्तो भन्दै गर्दा 'इन्डो प्यासिफिक स्ट्राटेजी' अन्तर्गतका सदस्य राष्ट्रहरुको सार्वभौमिकता र स्वतन्त्रतामा आँच आउन नदिने बताएका थिए। 'इन्डो प्यासिफिकस्ट्राटेजी कुनै देशविरुद्ध लक्षित छैन, सार्वभौम मुलुक नेपालले अन्य मुलुकलगायत चीनसँग पनि रचनात्मक सम्बन्ध राख्न सक्छ,' फ्लेटरले भनेका थिए, 'चीनको मात्रै नभएर नेपालको पनि हित हुने खालको सम्बन्धलाई अमेरिका स्वागत गर्छ ।'
अमेरिकी टिप्पणीले आक्रोशित चीन
नेपालमा पश्चिमा सक्रियता र अमेरिकाको इन्डो प्यासिफिक स्ट्राटेजीको नेपालमा प्रभाव पर्दै जाँदा चीनले चासो व्यक्त गरेको छ। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले मंगलवार सार्वजनिक रुपमा अमेरिकी टिप्पणीको आलोचना गरिन्।
मंगलबार ललितपुरमा 'बेल्ट एन्ड रोड इनिसियटिभ'को अन्तराष्ट्रिय सम्मेलनको उद्घाटनमा बोल्दै उनले दुई छिमेकीबीचको सम्बन्धका विषयमा कोसौँ टाढाको देशले टिप्पणी गर्न आवश्यक नभएको बताइन्।
'नेपाल–चीन भनेका हिमाल र नदीनाला जोडिएका छिमेकी देश हुन्। कोसौँ टाढा भएको देशले दुई छिमेकीबीच अविश्वास पैदा हुने नकारात्मक टीकाटिप्पणी गर्नु आवश्यक छैन,' उनले भनिन्। उनले चीनले आफ्नो स्वार्थ हेरेर भन्दा नेपाल सरकारले प्रस्तुत गरेका विकास आयोजनाहरुमा मात्र काम गर्ने गरेको बताइन्।
'हामीले नेपाली मिडियामा केही रिपोर्टहरु देख्यौँ। चीन नेपाल वेल्ट एण्ड रोड इनिसिएटिभ प्रतिको टिप्पणीले हामीलाई आश्चर्यमा पारेको छ,' उनले भनिन्, 'चीनले यो परियाजना समनताको सिद्धान्तमा अगाडि बढाएको छ। चीनको सहयोगमा कुनै पनि राजनीतिक इच्छा जोडिएको छैन।'
नेपालको चीनको विश्वासनीय मित्र रहेको भन्दै राजदूत यान्छीले भनिन्, 'यदी कुनै देशले विकसशील देशलाई सहयोग गर्न सक्दैन भने अरुको सहयोग रोक्न तथा अनावश्यक टिप्पणी गर्न आवश्यक छैन। यो टिप्पणीले नेपाल र चीनबीचको सम्बन्धमा हस्तक्षेप हो जुन अस्वीकार्य छ।' | 2020/07/15 01:53:06 | https://pahilopost.com/content/20190227135516.html | mC4 |
माप्य–खुम्बु मितेरी मोटरेबल पुलको औपचारिक उद्घाटन – newslinesnepal
माप्य–खुम्बु मितेरी मोटरेबल पुलको औपचारिक उद्घाटन
प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार १३:१०
सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रलाई सिधा जोड्ने ओर्लाङघाटमा निर्मित माप्य–खुम्बु मितेरी मोटरेबल पुलको औपचारिक उद्घाटन आगामी मंसिर ६ गते हुने भएको छ । गत बैशाखमा निर्माण सम्पन्न भएपनि कोभिड–१९ (कोरोना भाइरस)का कारण उत्पन्न समस्या तथा वर्खायामलगायतका कारण पुलको उद्घाटनमा केही ढिला भएको हो ।
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले पुलको उद्घाटन गर्ने कार्यक्रम तय भएको माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले जानकारी दिनुभयो । अध्यक्ष राईकाअनुसार उद्घाटन समारोहमा मुख्यमन्त्री राईसँगै सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हेमकुमार राई (सुरबीर), प्रदेश नम्बर १ का अर्थमन्त्री इन्द्र आङ्बो, प्रदेश नम्बर १ नेकपा संसदीय दलका प्रमुख सचेतकसमेत रहेका प्रदेस सभा सदस्य बुद्धिकुमार राजभण्डारी, प्रदेश सभा सदस्य उत्तमकुमार बस्नेत, जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख बीरकुमार राईलगायतको विशेष उपस्थिति रहने कार्यक्रम छ ।
इभिडिङ प्रणालीबाट टेण्डर गरिएकोमा जलप नेपाल नामक कम्पनीले ठेक्का पाएर पुल निर्माणको काम सम्पन्न गरेको हो । पुलको इन्जिनियरिङको पाटो ठेकेदार कम्पनीमार्फत नै गरिएको हो भने कन्सल्ट्यानको पाटो हिडिना कन्सल्ट्यान्सी प्रालि नामक कम्पनीले गरेको थियो ।
रु. ९ करोड ४५ लाखको डीपीआर बनेपछि टेण्डर आह्वान गरिएकोमा जलप नेपाल कम्पनीले त्यसको १३ प्रतिशत विलो (न्यून) रकममा काम गरेको छ । कम्पनीले जम्मा रु. ७ करोड २९ लाख ९७ हजार २ सयमा काम सम्पन्न गरेको हो । जसमा भ्याटसहित जोड्दा पुलको लगानी जम्मा ८ करोड २४ लाख ६ हजार ८३६ रुपैयाँ पुग्छ । पुलको लागतमध्ये संघीय सांसद कोषमार्फत १ करोड रुपैयाँ, प्रदेश सरकारबाट २ करोड रुपैयाँ प्राप्त भएको थियो भने बाँकी माप्य दुधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकाले ५०/५० प्रतिशत लगानी गरेको हो ।
ठेकदार कम्पनी जलप नेपालका प्रमुख ताराप्रसाद पौडेलकाअनुसार ४८ मिटर लम्बाई रहेको पुलको चौडाई ६ मिटर (दुई वटा गाडि पास हुने) रहेको छ । ५५ टन क्षमताको पुलको फाउण्डेसन पानीको सतहबाट डेढ मिटरभन्दा मुनी रहेको छ भने त्यसभन्दा माथि दुईतर्फी पिल्लरको उचाई साढे ६ मिटर रहेको छ । पुलको फाउण्डेसन र पिल्लर ट्रस ब्रिजको स्ट्यान्डरअनुरुप पिल्लर (डण्डी, गिटी र बालुवाको कंक्रिट ढलान) रहेको छ । पुल आसपासको हाईस्लड लेबल अधिक्तम ३ मिटर रहेको छ ।
२०७६ साल मंसिर १३ गते प्रतिनिधि सभा सदस्य हेमकुमार राई (सुरबीर)ले शिलान्यास गरेपछि औपचारिक रुपमा निर्माण कार्य सुरु भएको यो पर्यटकीय गन्तव्य सगरमाथा क्षेत्रमा सिधा गाडि पुग्ने एकमात्रै मोटरेबल पुल हो । माप्य दुधकोशी गाउँपालिका र खुम्बुपासाङल्हामू गाउँपालिकाले एक वर्ष (२०७७ वैशाख १२)भित्र पुल निर्माण सम्पन्न गरिसक्नेगरी संयुक्त रुपमा सम्झौता गरेको थियो । | 2021/06/19 21:59:02 | https://newslinesnepal.com/2020/11/05/38310/ | mC4 |
यस वर्षको 'रमेश विकल वाङ्मय पुरस्कार' डा. राजेन्द्र विमललाई - Gokarna News
यस वर्षको 'रमेश विकल वाङ्मय पुरस्कार' डा. राजेन्द्र विमललाई
मङ्गलबार, मङि्सर ११, २०७५ by Gokarna News
काठमाडौँ– विसं २०७४ को 'रमेश विकल वाङ्मय पुरस्कार' कथाकार डा राजेन्द्र विमललाई प्रदान गरिने भएको छ ।
कथाकार विमल लामो समयदेखि साहित्य लेखनमा सक्रिय रहेका छन् । हालसम्म सबैभन्दा धेरै पटक रक्तदान गर्ने समाजसेवी प्रेमसागर कर्मचार्यलाई 'रमेश विकल–सुशीला समाज सेवा पुरस्कार' प्रदान गर्ने निर्णय भएको रमेश विकल साहित्य प्रतिष्ठानले जनाएको छ ।
यसैगरी वरिष्ठ साहित्यकार पुरुषोत्तम सुवेदीलाई 'रमेश विकल सृजना पुरस्कार' तथा बाल साहित्यकार सुशीला प्रधानाङ्गलाई 'रमेश विकल बालसाहित्य पुरस्कार' प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानका महासचिव विजय चालिसेले जानकारी दिए ।
प्रतिष्ठान कार्य समितिका सदस्य मातृका पोखरेलको संयोजकत्वमा साहित्यकारद्वय प्रल्हाद पोखे्रल र सीता भट्टराई सदस्य रहेका सिफारिश समितिको सिफारिशलाई प्रतिष्ठानले अनुमोदन गरी पुरस्कारको घोषणा गरेको हो । | 2019/05/20 16:43:04 | http://gokarnanews.com/2018/11/27/44572/ | mC4 |
Ncell's special offer to students under HISSAN network for online class - TechPana Tech News Nepal
बुधबार, श्रावण १४, २०७७ १८:५५
काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले अनलाइन कक्षा तथा सिकाइका लागि विद्यार्थी, शिक्षक/शिक्षिका र विद्यालयलाई सुलभ दरमा मोबाइल सेवा उपलब्ध गराउने भएको छ । त्यसका लागि एनसेलले उच्च शिक्षालय तथा माध्यमिक विद्यालयको छाता संगठन उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) बीच सम्झौता भएको हो ।
सम्झौत अनुसार एनसेलले अनलाइन कक्षा तथा सिकाइका लागि विद्यार्थी, शिक्षक/शिक्षिका र विद्यालयहरूलाई विशेष मासिक योजना प्रदान गर्नेछ । यो योजनामा भ्वाइस, डेटा र एसएमएस सेवाहरू बन्डलसहितको सेवा लिन सकिने कम्पनीले जनाएको छ ।
यस योजनाअन्तर्गत विद्यार्थीले मासिक २५० (करबाहेक) मा अनलाइन कक्षाका लागि आवश्यक पर्ने जुम, गुगल मिट र माइक्रोसफ्ट टिम्स प्रयोगका लागि २० जिबी डेटा, १ जिबी थ्रिजी/फोरजी डेटा, २ जिबी फोरजी डेटा, सीयूजी नम्बरमा कल गर्न हरेक दिन एक सय २० मिनेट टकटाइम, ५० मिनेट अन नेट टकटाइम र ५० अन नेट एसएमएस सेवा रहेको छ । यसैगरी मासिक ३५० (करबाहेक) को योजना पनि उपलब्ध छ ।
'यस कोभिड–१९ को महामारीले ठूलो चुनौती सिर्जना गर्नुका साथै कनेक्टिभिटी र टेक्नोलोजी प्रयोग गर्दै अबको 'न्यु नर्मल' सँग अभ्यस्त हुन अवसर पनि प्रदान गरेको छ ।' एनसेलका चीफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने, 'विद्यार्थीहरू भविष्यका कर्णधार हुन् । उनीहरूको अनलाइन शिक्षामा योगदान पु¥याउनका लागि हिसानसँग यो सहकार्य गर्न पाएकोमा हामी खुसी छौं ।'
हिसानका अध्यक्ष रमेशकुमार सिलवालले यो समझदारीबाट आफूहरू उत्साहित भएको बताए । 'विश्वव्यापी महामारीले शिक्षा क्षेत्रमा दीर्घकालीन असर पारेको छ र पुरानै शैलीमा कहिलेदेखि कक्षाहरु सुचारु हुन्छन् भन्ने अहिले अनुमान गर्न सकिने अवस्था छैन,' उनले भने, 'भर्चुअल कक्षाका लागि कनेन्टिभिटी सुनिश्चित गर्ने एनसेलसँगको यस सहकार्यले विद्यार्थी, शिक्षक/शिक्षिका तथा विद्यालयसँगै पूरै शिक्षा क्षेत्रमा ठूलो महत्व राख्छ र यस सहकार्यलाई लिएर हामी निकै खुशी छौं ।'
यस सहकार्यअनुसार हिसानको सिफारिस पत्रका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थी, शिक्षक/शिक्षिकाहरूले यो सेवा लिन सक्छन् । सिमको स्वामित्व विद्यार्थी वा सम्बन्धित शैक्षिक संस्थाको नाममा राख्न सकिनेछ । | 2020/08/07 12:52:51 | https://www.techpana.com/2020/26977/ | mC4 |
मोरङमा मोबाइल चोरेको आरोपमा एक किशारमाथि दुई घण्टासम्म निर्घात कुटपिट
सोमबार ०२, भदौ २०७६
विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका–४ पोठियाका १७ वर्षीय एक किशोरलाई गाउँकै युवाहरूले दुई घण्टासम्म निर्घात कुटपिट गरेको घटना र त्यसको भिडियो सार्वजनिक भएको छ ।
मोबाइल चोरेको आरोप लगाउँदै युवाहरुले मोहम्मद नउसाद मियाँमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ । नउसादमाथि बूढीगंगा–४ कै २२ वर्षीय सादीर मियाँ, २० वर्षीय अंसद मियाँ, १८ वर्षीय अफजल मियाँ र बूढीगंगा–५ का २१ वर्षीय आकिप मियाँले नियन्त्रणमा लिएर पेटी, लात्ता र मुक्काले दुई घण्टासम्म लगातार कुटपिट गरेको प्रहरीको भनाइ छ ।
घटनाको भिडियो पनि बाहिरिएको छ । प्रहरीका अनुसार घटनामा संलग्नमध्ये अफजल मियाँले भिडियो खिचेको र अन्य तीन जनाले कुटपिट गरेका हुन् । मोबाइलबाट मोबाइल हुँदै भिडियो फैलिएको प्रहरीले जनाएको छ । गाली गलौज गर्दै कुटपिट गरिएको भिडियोमा देख्न सकिन्छ ।
वडा अध्यक्षका छोराले बोलाएको भन्दै गत बिहीबार साँझ ५ बजे घरैबाट एक किलोमिटर जति पर चौरमा लगेर साँझ ७ बजेसम्म कुटपिट गरेको बुवा मोहम्मद अलिम मियाँले बताए ।
भिडियोमा तीन जनाले कुटपिट गरेको देखिन्छ । अलिमले साथी–साथीबीचमा मोबाइल हेर्ने क्रममा आइतबार साँझ भिडियो बाहिरिएपछि घटनाका बारेमा परिवारले जानकारी पाएको बताए ।
'घटनाका बारेमा कोही कसैलाई भनेमा मारिदिन्छौं भन्ने धम्की दिएका रहेछन्,' उनले भने, ' डरका कारण चार दिनसम्म घटनाका बारेमा छोराले सुनाएन ।' नउसादका ठूलो बुवा कलिमुद्धिन मियाँले घरमा लुगा धोइरहेका बेला बोलाएर लगेर भतिजमाथि सामूहिक आक्रमण गरिएको बताए । उनका अनुसार कुटपिटबाट ढाड लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ ।
इलाका प्रहरी कार्यालय नेमुवाका सई जीवनकुमार गौतमले भिडियो बाहिरिएपछि मात्रै घटनाका बारेमा चाल पाएको बताए । विराट नर्सिङ होममा घाइतेको उपचार भइरहेको र घटनामा संलग्नको खोजी भइरहेको गौतमले जानकारी दिए । | 2020/02/16 20:47:27 | https://newslaya.com/2019/08/27434 | mC4 |
सोमबार, कात्तिक १, २०७८ ०९:४१:३० युनिकोड
प्रकाशित मिति: बिहीबार, असोज २८, २०७८, ०८:१५:००
हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि आजैको दिन खुल्ने गर्दछ । कोरोनाका कारण गत वर्ष बन्द गरिएको यो मन्दिर यस वर्ष खुला गरेर भक्तजनलाई दर्शन गराउने तयारी पूरा भएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । पुरा पढ्नुहोस् | 2021/10/18 03:56:30 | https://www.janatanepal.com/society/4907 | mC4 |
टरिजा मेले प्रस्ताव गरेको ब्रेक्जिट सम्झौताको प्रस्ताव दोस्रोपटक अस्वीकृत
२०७५ फाल्गुण २९ बुधबार १२:३६:००
ब्रिटिस प्रधानमन्त्री टरिजा मेले प्रस्ताव गरेको युरोपेली संघ (इयु)बाट ब्रिटेन बाहिरिने सम्झौता दोस्रोपटक अस्वीकृत भएको छ।
मंगलबार साँझ संसदमा थकित र स्वर बसेको लवजमा बोल्दै प्रधानमन्त्री टरिजा मेले आफू निकै दु:खित् भएको बताइन्। तर उनको भनाइ थियो, "म अझै पनि के कुरामा विश्वस्त छु भने सबैभन्दा उपयुक्त नतिजा भनेको व्यवस्थित रूपबाट सम्झौतासहित इयु छाड्नु नै हुनेछ। र हामीहरूले तय गरेको सम्झौता नै हामीसँग उपलब्ध भएकोमध्ये सबैभन्दा उपयुक्त समेत हो।"
मेले सांसदहरूलाई ढिलो गरि हुने बहिर्गमन चाहेको वा अर्को जनमत संग्रह चाहेकोमा निर्णय लिन भनेकी छन्। अथवा 'सम्झौता सहित इयु छाड्न चाहेको तर यो सम्झौता नचाहेको' भन्नेमा समेत स्पष्ट हुन भनेकी छन्। ब्रिटेनसामु भएका ती विकल्प सहज नभएको बताएकी उनले आफ्नो प्रस्ताव अस्वीकृत भएपनि ती सामना गर्नुको विकल्प समेत नहुने बताइन्। बिना कुनै सम्झौता इयु छाडिने अवस्थामा आयरल्याण्डसँगको सीमा व्यवस्थापन कसरी गरिने भन्ने योजना बुधवार सरकारले घोषणा गर्ने उनको भनाइ थियो। | 2019/05/27 09:37:01 | https://tvannapurna.com/news-details/2715/2019-03-13 | mC4 |
कोभिड १९ सँग लड्न बजेट रकमान्तर गर्न सांसद प्रधानको माग
प्रकाशित मिति : २०७६ चैत २७ बिहिबार
काठमाडौं। पूर्व रक्षामन्त्री एवं काठमाडौं ६ बाट प्रतिनिधित्व गर्ने नेपाली काँग्रेसका सांसद भिमसेनदास प्रधानले कोभिड १९ रोकथाम तथा सचेतना अभियानको लागि बजेट रकमान्तर गर्न नीतिगत निर्णयको लागि माग गर्दै सरकारलाई पत्र लेखेका छन्।
कोभिड १९ भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय संयन्त्रका संयोजक रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई पत्र लेख्दै प्रधानले कोभिड–१९ रोकथाम तथा सचेतना अभियानको लागि बजेट रकमान्तर गर्न नीतिगत निर्णयको लागि माग गरेका हुन्।
सरकार र जनप्रतिनिधि सबै मिलेर कोभिड नियन्त्रणका लागि भइरहेका प्रयासलाई थप टेवा दिन २०७६/७७ को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा विनियोजित रकमलाई रकमान्तर गर्न सरकारसँग निर्देशिका संशोधनको माग गरेका हुन्।
सरकारको निर्णयानुसार हाल स्थानीय निकायबाट वितरित राहत कार्यक्रममा केन्द्रीय सरकारबाट बजेट निकासा नभएको र स्थानीय सरकारको बजेटमा लक्षित समुहलाई छुट्टाएको रकमबाट राहत वितरण गरेको अवस्था उनले पत्रमा खुलाएका छन् ।
राहत निवेदकको माग अनुसार ज्यादै न्यून रहेको, दैनिक ज्यालादारीमा काम गर्ने र गैह्र नेपाली नागरिकलाई राहत उपलब्ध नगराइएकोप्रति ध्यानाकर्षण गराउँदै प्रधानले संकटको बेलामा पिडितहरु भोक भोकै रहने अवस्थाको अन्त्य गर्दै राहत वितरणमा कुनै पनि किसिमको विभेद नगर्ने वातावरणको लागि पनि सांसद प्रधानले आग्रह गरेका छन्।
हाल सरकारले उच्च जोखिममा पर्ने मेडिकल पर्सनललाई मात्र पीपीए दिने व्यवस्था रहेकोमा राहत वितरणमा खटिएका सयौं संख्याका स्थानीय जनप्रतिनिधिहरु तथा सुरक्षाकर्मीहरुलाई पनि पीपीएको व्यवस्था गर्न पनि प्रधानले माग गरेका छन्।
प्रधानले आफ्नो निर्वाचन क्षेत्र काठमाडौं ६ को लागि विनियोजित स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट रकमान्तर गरि सोही रकमबाट आफ्नो क्षेत्रमा राहत वितरण कार्यक्रममा खटिएका स्थानीय जनप्रतिनिधी र सुरक्षाकर्मीहरुलाई पीपीए उपलब्ध गराउन र सोही क्षेत्रको विभिन्न ठाउँमा क्वारेन्टाइनको व्यवस्था गर्न नीतिगत निर्णयको लागि अनुरोध गरेका छन्। यद्यपी यो पत्रले नितीगत निर्णयको माग गरेको हुनाले सोहि अनुसार निर्णय भएमा अन्य जनप्रतिनिधीले पनि यसै अनुसार काम गर्न पाउने छन्।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपबाट बच्न नेपाल सरकारले लकडाउनको समयावधि बढाएको र हालसम्म सरकारबाट गरिएको प्रयास सह्रानीय रहेकोमा प्रधानले प्रशंसा गरेका छन्।
खुल्ला सिमाना रहेको भारत लगायत अन्य देशहरुले समेत लकडाउनको अवधि बढाईरहेको अवस्थामा हामीले पनि सोही कुरालाई मध्यनजगर गरी लकडाउनको अवधि बढाउनु पर्ने प्रस्ताव पनि प्रधानले गरेका छन्। | 2020/05/26 08:23:35 | https://hamrakura.com/news-details/76640/2020-04-09 | mC4 |
सर्वसम्मतिको प्रयास असफल : प्रेस चौतारीको बन्द सत्र सुरु हुन सकेन - बडिमालिका खबर
सर्वसम्मतिको प्रयास असफल : प्रेस चौतारीको बन्द सत्र सुरु हुन सकेन
नेकपा एमाले निकट प्रेस चौतारी नेपालको बन्द सरु हुन सकिरहेको छैन । शनिबार बिहान ८ बजेदेखि बन्द सत्र सुरु हुबे जानकारी प्रतिनिधिहरूलाई दिएपनि हलभित्र माथिल्लो तहका नेताको उपस्थिति भएको छैन । १ बजेसम्म बन्द सत्र सुरु नहुदा आज सकिने भनेको महाधिवेशन लम्बिने देखिको छ ।
अध्यक्षमा पदमा वर्तमान अध्यक्ष गणेश बस्नेत, माधव नेपाल, गणेश पाण्डे, टीका बिष्टले दाबी गरिरहेका छन । अन्य पदाधिकारीमा पनि धेरैको दाबी रहेकाले नेतृत्वलाई मिलाउन सकस देखिएको हो । १५१ सदस्यीय कमिटी बनाउने भनिए पनि अघिल्लो कमिटी ३५१ सदस्यीय बनाएपछि मिलाउन नेतृत्व प्रयास विफल भएको एक नेताले बताए ।
एमालेका नेताहरु सर्वसम्मत गर्ने प्रयासमा लागेपनि त्यो सफल हुन सकिरहेको छैन । एमालेका नेता बिष्णु रिजाल, प्रेस चौतारीका पूर्व अध्यक्ष राजेन्द्र अर्याल, निर्मला शर्मालगायतका नेताहरुले सर्वसम्मतको प्रसाय गरिरहेका छन् ।
शुक्रबार एमाले केपी शर्मा ओलीले उद्घाटन गर्दै अध्यक्ष पुनः गणेश बस्नेत हुने संकेत दिएका थिए ।साभार राताेपाटी । | 2022/05/17 23:34:29 | https://badimalikakhabar.com/2022/03/12/130556/ | mC4 |
कोरोनाको उपचारमा ट्रम्पले पुनः हाइड्रोक्सिक्लोरोक्विन प्रभावकारी बताए | Ratopati
कोरोनाको उपचारमा ट्रम्पले पुनः हाइड्रोक्सिक्लोरोक्विन प्रभावकारी बताए
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एक पटक पुनः कोरोना संक्रमणको उपचारका लागि हाइड्रोक्सिक्लोरोक्विनको प्रयोगको समर्थन गरेका छन् ।
उनले भने, 'मलेरियाको औषधी कोभिड–१९ को उपचारमा यसकारण खारेज गरिँदै छ किनभने यसको प्रयोगमा मैले सल्लाह दिएको हुँ ।'
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भने, 'जब म कुनै कुरा सिफारिश गर्छु तब उनीहरु यसलाई खारेज गर्न मन पराउँछन् ।'
यद्यपि, यो औषधी कोरोनाको उपचारमा प्रभावकारी भएको कुनै प्रमाण भने भेटिएको छैन । विशेषज्ञका अनुसार यो औषधीको प्रयोगले मुटुरोग सम्बन्धि समस्या बढ्ने गर्छ । गत महिना मात्रै अमेरिकी फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) ले कोरोना संक्रमणको उपचारमा यो औषधीको प्रयोगको विषयमा चेतावनी जारी गरिसकेको छ ।
विश्व स्वास्थ्य संगठनले पनि हाइड्रोक्सिक्लोरोक्विन कोरोनाको उपचारमा प्रभावकारी भएको कुनै प्रमाण नभेटिएको बताइसकेको छ । उनको यो बयान अघि ट्वीटरले उनका छोरामाथि यो दाबीको प्रशंसा गर्दै भिडियो पोस्ट गरेपछि १२ घण्टासम्म उनलाई प्रतिबन्ध लगाइएको छ ।
कोरोनाभाइरसको उपचारका लागि हाइड्रोक्सिक्लोरोक्विनलाई डोनल्ड ट्रम्पले सबैभन्दा पहिले मार्चमा प्रभावकारी बताएको थियो । ७३ वर्षका डोनल्ड ट्रम्पले त्यसपछि मे मा आफूले यो औषधीको सेवन गरेको जानकारी दिए ।
उनले मंगलबारको पत्रकार सम्मेलनमा भने, '१४ दिनसम्म यो औषधीको सेवन गरेपछि मैले कुनै साइड इफेक्ट पाइनँ । म आफ्नो धारणा मात्रै राख्न सक्छु । थुप्रै अध्ययनपश्चात् मलाई लाग्छ कि सुरुवाती चरणमा यो औषधी प्रभावकारी छ । मेरो विचारमा यसको प्रयोगमा कुनै हानी छैन । नभए यो यति लोकप्रिय हुने थिएन ।' | 2020/09/21 10:39:41 | https://ratopati.com/story/140513/2020/7/29/donald-trump-eulogies-hydroxicloroquine | mC4 |