text
stringlengths 163
169k
| timestamp
stringlengths 0
20
| url
stringlengths 0
1.8k
| source
stringclasses 5
values |
---|---|---|---|
काठमाडौँ, ६ फागुन : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले कानून बनाउँदैमा विधायकका जिम्मेवारी समाप्त नहुने बताउनुभएको छ । राष्ट्रियसभा, सङ्घीय संसद् विधायन समितिले प्रकाशन गरेको 'विधि निर्माणदेखि कार्यान्वयन परीक्षण मापनसम्म' नामको पुस्तिका विमोचन गर्दै उहाँले सांसदले ऐनको कार्यान्वयन भए÷नभएको तथा अनुगमन एवं औचित्यता र महत्वका बारेमा समेत जनतालाई जानकारी गराउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा कानून आयोगका अध्यक्ष माधव पौडेलले कानून निर्माणभन्दा कार्यान्वयनको विषय महत्वपूर्ण हुने बताउँदै विधायकले अनगिन्ती कानून निर्माण गरेको तर कानूनको औचित्यता, महत्व र प्राथमिकता जनतालाई बुझाउन नसकेको विचार राख्नुभयो । विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा खिमलाल देवकोटाले कानूनको लेखापरीक्षण हुनुपर्ने जिकिर गर्नुभयो । रासस | 2020/06/04 02:15:09 | https://hamroawaz.com/np/news/1404 | mC4 |
कांग्रेसको गण्डकी प्रदेश अधिवेशन – उद्घाटन स्थलमै शुल्क बारे भनाभनGandaki Press
पोखरा १६ मंसिर। पोखरा प्रदर्शनी केन्द्रमा कांग्रेसको प्रदेश अधिवेशन उद्घाटनमा शुल्कबारे भनाभन भएको छ । मंचमा रहेका नेताहरुबिचनै शुल्कबारे विवाद भएको हो । कसैले शुल्क घटाउन भने त कसैले शुल्क यथावत राख्न भनिरहेका थिए । महादेव गुरुङले पार्टीले तोकेको शुल्क नै राख्नुपर्ने बताए । उता मंचमा बसेकाहरु भने कुटाकुट गरौला झै गरिरहेका थिए ।
विवादपछी टासगरिएको शुल्क ब्यानर हटाइएको छ । सभापतिका लागि ९१ हजार, उपसभापतिका लागि ६१ हजार, महामन्त्रीका लागि ५१ हजार, सहमहामन्त्रीका लागि ४१ हजार र सदस्यका लागि ३१ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको थियो । | 2022/01/26 10:40:28 | https://gandakipress.com/2021/12/02/4619/ | mC4 |
अवैध सम्बन्ध लुकाउन सासुकाे टाउकाेमा गडाँसी प्रहार « Tulsipur Khabar
अवैध सम्बन्ध लुकाउन सासुकाे टाउकाेमा गडाँसी प्रहार
वीरगन्ज । सासु ससुराको आँखा छल्दै परपुरुषसँग अवैध सम्बन्ध राखेकी एक बुहारीले सम्बन्धवारे सासुले थाहा पाएपछि सासुमाथी आक्रमण गरेकी छिन् ।
घटना पर्सा जिल्लाको हो । अवैध सम्बन्धबारे सासुले जानकारी पाएपछि बुहारीले सासुलाई गडाँसी (कुटी काट्ने धारिलो हतियार) ले टाउकोमा प्रहार गरेकी छन् । जिल्लाको कालिकामाई गाउँपालिका वडा नम्बर २ भेडिहारी बस्ने बर्ष ५५ की राजपति देवी महरालाई उनकै बुहारी इन्दुदवेवी महराले गडाँसी प्रहार गरेकी हुन् ।
घटनका कसरि भयो ?
सुरुमा अपरिचित व्यक्तिले टाउकोमा धारिलो हतियार प्रहार गरेको कुरा सार्वजनिक भएको थियो । पर्सा प्रहरीले घटनाको अनुसन्धान गर्दै जाने क्रममा घाइते राजपति देवीलाई उनकै ३० बर्षीय बुहारी इन्दुदेवी महराले प्रहार गरेको तथ्य खुल्यो ।
पर्साका प्रहरी नायव उपरिक्षक अनन्तराम शर्माले भने 'बुहारीले नै सासुको टाउकोमा प्रहार गरेकी रहिछन् ।' शनिबार राती ३ बजे इन्दुदेवी महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इन्दुदेवीले पक्राउ परेपछि अभियोग स्वीकारेको प्रहरीले जनाएको छ । 'परपुरुषसँगको अवैध सम्बन्ध लुकाउन यो घटना भएको रहेछ ।' प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक शर्माले भने ।
उनीसँग स्थानीय सोनर पासवानको सम्बन्ध बाक्लिदै गएको र उनीहरु दुवैको सल्लाहमा यो घटना भएको हुनसक्ने स्थानीयको दावी छ । प्रहरीले भने पासवानका बिषयमा केही खुलाउन चाहेको छैन । | 2021/11/30 09:09:26 | https://tulsipurkhabar.com/archives/20195 | mC4 |
जहाँ कोरोना भाइरस पुगेको छैन
नेपाल लाइभ शनिबार, चैत २२, २०७६, १३:२३
एजेन्सी–विश्वका अधिकांश देश कोरोना भाइरसको चपेटामा छन्। विश्व स्वास्थ्य संगठनले अहिलेको समय दोस्रो विश्वयुद्ध पछिकै सबैभन्दा चुनौतीपूर्ण रहेको जनाएको छ। तर केही यस्ता देश र क्षेत्र छन्, जहाँ कोरोना भाइरस पुगेको छैन। प्रशान्त महासागरीय द्विप टुभालु र पूर्व सोभियत गणराज्य तुर्कमेनिस्तानमा कोरोना भाइरस पुग्न सकेको छैन। यी दुवै देश हालसम्म कोरोना भाइरसका एकजना पनि बिरामी नभएको देशको सूचीमा विश्व स्वास्थ्य संगठनले राखेको छ।
जोन हप्किन्स विश्वविद्यालयको ताजा तथ्यांक अनुसार कोरोना भाइरसका कारण १८० भन्दा बढी देश प्रभावित भएका छन्। विश्वभर ११ लाख संक्रमित भएका छन्। कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ५८ हजार पुगेको छ। २ लाख मानिस उपचारपछि ठीक पनि भएका छन्।
विश्वको नक्सामा ४० यस्ता क्षेत्र पहिचानमा आएका छन् जहाँ अहिलेसम्म कोरोनाको प्रभाव देखिएको छैन। विश्व स्वास्थ्य संगठनले जारी गर्ने आधिकारिक सूचनामा उनीहरुको नाम समावेश भएको छैन।
यी देशमा किन संक्रमण देखिएन? यसको कारण के हो? धेरै कारणमध्ये एक यी क्षेत्रको जनसंख्या धेरै नहुनु पनि हो। यी टापु धेरै साना छन्। यहाँ अहिले मानिसको आवतजावत पनि ठप्प छ। यी ४० क्षेत्रमध्ये अधिकांश पर्यटकीय छन्। तर अहिले त्यहाँ कोही पनि आउँदैन। जसका कारण कोरोना भाइरस यहाँसम्म आइपुगेको देखिँदैन। सबै देशहरुले हवाई सेवा रोक लगाएका छन्, सीमा बन्द गरेका छन्, जसका कारण यी क्षेत्र अहिले बाहिरी विश्वसँग सम्वन्ध विच्छेदको अवस्थामा छन्।
अविश्वास उत्पन्न गराउँदै उत्तर कोरिया
तुर्कमेनिस्तानमा कोरोना भाइरस शब्द उच्चारण गर्नसमेत प्रतिबन्ध छ। त्यस्तै उत्तर कोरियाले कोरोना भाइरसका बिरामी छैनन् भनेर गरेको घोषणामा बाँकी विश्वले शंका गरेका छन्। किनकिउत्तर कोरिया यस्तो ठाउँमा छ, जसका वरिपरि पूरै कोरोना भाइरसप्रभावित देश छन्। कोरोना भाइरस सुरु भएको मुलुक चीनसँग उत्तरकोरियाको सीमा जोडिएको छ भने विशेष कूटनीतिक सम्बन्धसमेत छ । त्यस्तै सँगै रहेको दक्षिण कोरियामा पनि महामारी छ । तर प्योङ्गयाङ्गले अहिलेसम्म कोरोना भाइरस संक्रमितको नाम घोषणा गरेको छैन। यदि उत्तर कोरियामा भाइरस फैलियो भने त्यहाँको स्वास्थ्य व्यवस्थाले नधान्ने टिप्पणी हुँदै आएको छ । कुशासन र अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण यो देश अप्ठेरो अवस्थामा रहेको छ।
यमनमा अहिले पनि युद्ध जारी छ। जसका कारण यहाँ कोरोना परीक्षण हुने सम्भावना छैन। केही अफ्रिकी देशमा कोरोना भाइरसको टेष्ट गर्ने किट नहुँदा पहिचान हुन सकेको छैन।
कोरोना भाइरस मुक्त अर्को एक क्षेत्र हो अन्टार्कटिकाको एक महाद्विप। त्यहाँ अहिलेसम्म एक जना पनि कोरोना भाइरसका संक्रमित फेला परेका छैनन्। विश्व मानचित्रमा यो बाँकी विश्वसँग छुटिएर रहेको देखिन्छ। अन्टार्टिका एकदमै कम जनसख्या भएको क्षेत्र हो । यहाँ अन्तराष्ट्रिय अनुसन्धान सेन्टर्समै सीमित छ।
इजरायली प्रधानमन्त्री नेतन्याहुको भ्रष्टाचार मुद्दामा सुनुवाई सुरू पहिलो दिनको सुनुवाई करिब एक घण्टा भएको इजरायली अधिकारीले बताएका छन्। सुनुवाईका क्रममा नेतन्याहुले आफ्नो पहिचानका बारेमा पुष्टि गर्ने... सोमबार, जेठ १२, २०७७ | 2020/05/24 21:33:24 | https://nepallive.com/story/213692 | mC4 |
अख्तियारमा लगाम लागेको वर्ष « News of Nepal
अख्तियारमा लगाम लागेको वर्ष
मुलुकमा हुने भ्रष्टाचार र आर्थिक अनियमिततालाई न्यूनीकरण गर्दै सुशासन कायम गर्ने एक मात्र निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग हो । आयोगले भ्रष्टाचारमा संलग्नलाई अनुसन्धान गरी कारबाहीका लागि मुद्दा चलाउने काम गर्दछ ।
भ्रष्टाचार र आर्थिक अनियमिततामा जोडिएकालाई अनुसन्धान गरी मुद्दा दायर गर्ने क्रममा आयोगका लागि यो वर्ष निकै उपलब्धिमँलक बन्यो । भ्रष्टाचार र अनियमिततामा मुछिएका साना माछा मात्रै समातेको र ठँलालाई छोडिएको भन्दै आयोगको आलोचना हुँदै आइरहेको छ । तर आयोगको यो वर्षको कामले भने निकै आशा जगायो ।
यस वर्ष आयोगले रंगेहात समातेका देखि अनुसन्धानलाई फराकिलो दायरामा पु¥याई मुद्दा दर्ता गरेका विषयले चर्चा कमायो । जुन विषय वर्षभरि नै चर्चामा रह्यो ।
घँसमा टिभी माग्ने डीएसपीदेखि आयोगकै एक घुसिया आयुक्तसम्मको यस वर्ष चर्चाले चुलियो । त्यस्तै सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई ५ हजार जरिवाना गराउनेदेखि कम गुणस्तरको पुल बनाउने पप्पु कन्स्ट्रक्सनका तत्कालीन अध्यक्ष तथा सांसद हरिनारायणप्रसाद साह रौनियारको सांसदमा पँर्ण विरामसम्म भएको विषयले बजार तात्यो ।
झन ३३ किलो सुनकाण्ड प्रकरणपछि अकुत कमाएका श्रेष्ठ र गोपालबहादुरको अकुत कमाइ लुकाउने काइदाले आश्चार्यका साथ यो वर्ष निकै चर्चा पायो । प्रस्तुत छ, २०७५ वर्षमा आयोगले मुद्दा दर्ता गरी चर्चामा आएका प्रमुख भ्रष्टाचार काण्डहरू:
आयोगले केन्द्रको सम्पत्ति विवरण अनुगमन प्रतिवेदनमाथि छलफल गर्दै यस्तो निचोड निकालेको हो । आयोगले सम्पत्ति विवरण नबुझाएका १३ हजार ३ सय ९० सरकारी कर्मचारीलाई जरिवाना गराउन भनेको थियो । त्यसपछि आयोगले यस कदमको चर्चा चल्यो ।
आयोगले त्यसबेला सम्बन्धित निकायवाट विवरण र नाम नामेसी प्राप्त नभएको सम्बन्धमा समेत यकिन गरी उपर्युक्तबमोजिम कारबाही हुन र सोको एकमुष्ठ जानकारी आयोगमा पठाउन भनेको थियो ।
आयोगले सार्वजनिक संस्थानहरुलाई अनुसन्धानको दायरामा ल्याएको विषयले निकै चर्चा कमायो । ती संस्थानमाथि गरिएको अनुसन्धानपछि आयोगले सम्बन्धित निकायलाई दिइएको सुझाव थप चर्चाको विषय बन्न पुग्यो ।
विभिन्न ११ सार्वजनिक संस्थानलाई आयोगले नमुनाका रूपमा अध्ययनको केन्द्र बनाएको थियो ।
उदयपुर सिमेन्ट कारखाना, नेसनल ट्रेडिङ लिमिटेड, द टिम्बर कर्पाेरेसन अफ नेपाल लिमिटेड, नेपाल खाद्य संस्थान, नेपाल आयल निगम, दुग्ध विकास संस्थान, नेपाल खानेपानी संस्थान, नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण, हेटौडा सिमेन्ट उद्योग र नेपाल वायु सेवा निगम आयोगको छानविनमा परेको थियो ।
यी संस्थानमा कर्मचारीहरुलाई दिइने सेवा र सुविधा वितरणलगायतका विषयमा आयोगले छानबिन गरेको थियो ।
अध्ययनको क्रममा कतिपय संस्थानले सर्वसाधारणसँग शुल्क लिएर वितरण गर्ने सार्वजनिक सेवा तथा वस्तु, आफ्ना पदाधिकारी र कर्मचारीलाई निःशुल्क सुविधाको रूपमा उपलब्ध गराउने गरेको प्रमाण बटुलेको थियो ।
त्यस्तै कुनै संस्थानले कर्मचारी सेवा सर्तसम्बन्धी नियमावलीमा व्यवस्था गरेर र कुनैले सञ्चालक समितिबाट निर्णय गरेर यस्तो सुविधा आफ्ना कर्मचारीलाई दिने गरेको भेटियो ।
कतिपय संस्थान घाटामा जाँदा समेत सेवा सुविधा दिन खोजेको पाइयो भने कुनै संस्थानले अत्यधिक सुविधा उपलब्ध गराएको तथा अवकाशपछि पनि सेवा सुविधा वितरणमा निरन्तरता दिएको समेत देखियो ।
ती सेवा सुविधालाई वार्षिक आयमा गणना गर्ने नगरिएको र सोबापतको कर निर्धारण समेत हुने गरेको नदेखिएका कारण संस्थानमा थप व्याय भार थपेको भन्दै अयोगले आफ्ना पदाधिकारी र कर्मचारीलाई उपलब्ध गराएको सबै प्रकारका सुविधालाई वार्षिक आयमा गणना गर्ने कानुनी व्यवस्था मिलाई सेवा सुविधा उपलब्ध गराउन आयोगले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र अर्थ मन्त्रालयलाई सुझाव पठाएको थियो ।
यी संस्थानमा यसरी बाँडिन्छ कर्मचारीलाई सुविधा
कर्मचारीका लागि दैनिक १ लिटर दुई, मासिक १ केजी मखन वा घ्यु । विगत ५ वर्षमा यस्तो सुविधाबापत ११ करोड ८१ लाख ९७ हजार १ सय १२ रुपियाँ ७४ पैसा थप व्यय भार परेको ।
प्रत्येक कर्मचारीलाई मासिक ५ सय ६० का दरले खानेपानी महसुल सुविधा । विगत पाँच वर्षमा १ करोड ८९ लाख ९६ हजार ४ सय ६० रुपियाँ २० पैसा थप व्ययभार परेको ।
तह–१ देखि प्रबन्ध निर्देशक र संचालक समितिका सदस्यलाई तहगत रूपमा मासिक टेलिफोन (मोबाइल र ल्यान्डलाइन) र इन्टरनेट सुविधा उपलब्ध गराएको । यसबापत विगत पाँच वर्षमा ५६ करोड २८ लाख ६८ हजार २ सय ६५ रुपियाँ १८ पैसा थप व्यय भार परेको ।
प्रतिकर्मचारी मंसिर–वैशाख ६ देखि ७५ युनिट र जेष्ठ–कात्तिक ६ महिना १ सय २५ युनिटसम्म विद्युत् सुविधा ।
कर्मचारीलाई वार्षिक ६ बोरा सिमेन्ट दिने गरेको ।
–सञ्चालक सदस्यलाई वार्षिक ४ वटा निःशुल्क र ३ वटा ९० प्रतिशत छुटमा राउन्ड ट्रिप टिकट
–अवकाश प्राप्त सञ्चालकलाई वार्षिक २ वटा निःशुल्क र २ वटा ९० प्रतिशतमा राउन्ड ट्रिप टिकट
–कार्यरत कर्मचारीलाई वार्षिक ४ वटा निःशुल्क र ३ वटा ९० प्रतिशत छुटमा राउन्ड ट्रिप टिकट
–अवकाशप्राप्त कर्मचारीलाई पनि आजिवन वार्षिक २ वटा निःशुल्क हवाई टिकटको व्यवस्था र निजका टिकटमा परिवारले समेत उपभोग गर्न पाउने व्यवस्था ।
काँडाघारीमा बालुवा व्यवसायीसँग घँस लिने १० जना प्रहरीलाई आयोगले भदौमा रंगेहात समात्यो । यो पनि अरू घटना जस्तै चर्चित हुन पुग्यो । किनकि भ्रष्टाचारमा संलग्न कर्मचारी रहेको प्रहरी प्रभाग काँडाघारी, सानोठिमी र कोटेश्वरका प्रहरी प्रमुखसहित टिम नै परिवर्तन भयो ।
पटक–पटक यसरी नै ती प्रहरीले व्यवसायीसँग विभिन्न बहाना बनाई भ्रष्टाचारको जालो बिछ्याएको थियो । तर आयोगले ती प्रहरीलाई रंगेहात समातेपछि तिनीहरूको कर्तुतको पर्दाफास भयो ।
आयोगले प्रहरी प्रभाग काँडाघारीका प्रहरी सहायक निरीक्षक गोपालप्रसाद श्रेष्ठ, प्रहरी प्रभाग सानोठिमीका प्रहरी सहायक निरीक्षक सुवा ढुंगाना र प्रहरी प्रभाग कोटेश्वरका जवान मुकेशप्रसाद पटेल समेत गरी १० जनालाई घँससहित समातेका हुन् ।
त्यस बेला आयोगले दुई प्रहरी सहायक निरीक्षक, तीन प्रहरी हवल्दार उमेशकुमार यादव, अमन चौधरी र दीपक भारती, चार प्रहरी जवान मुकेशप्रसाद पटेल, दीपेन्द्र कुँवर, मानसिङ रोका र रत्नप्रसाद रिजाललाई पक्राउ गरेको थियो ।
यसैको सिलसिलामा तत्कालीन समयमा महानगरीय प्रहरी प्रभाग काँडाघारीमा र हाल महानगरीय प्रहरी गण नं २ महाराजगन्जमा कार्यरत प्रहरी नायब निरीक्षक गोविन्द खरेललाई थप अनुसन्धानको लागि नियन्त्रणमा लियो ।
आयोगले त्यसवेला प्रहरी सहायक निरीक्षक श्रेष्ठसँग ३० हजार, अर्का प्रहरी सहायक निरीक्षक ढुंगानासँग ४० हजार र प्रहरी हवल्दार र जवानसँग भने पाँच÷पाँच हजार रुपियाँ वालुवा व्यवसायीसँग घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
डीएसपीको घुस लिने शैलीको चर्चा
महानगरीय प्रहरी वृत्त, बौद्धका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले घुसमा टिभी लिएको विषयले निकै चर्चा पायो । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अख्तियारलगायत कमाउ अड्डामा बसी भ्रष्टाचार गर्न निकै सिपालु थिए ।
यसअघि पनि विभिन्न स्थानमा प्रमुख बनेर बस्दा पटक–पटक आयोगले घुससहित उनलाई पक्राउ गर्ने योजना समेत विफल बनेको थियो । अख्तियारले उनलाई पक्राउ गर्न विभिन्न समय जालो बुनिरहेको थियो । उनी अन्ततः आयोगको जालोमा परे । जति चतुर निस्किए पनि उनी आयोगको पन्जाबाट उम्किन पाएनन् । गएको असोजमा भने उनी घँससहित समातिए ।
उनको घुस लिने तरिकाले गर्दा यो घटना निकै चर्चा भयो । शुरूमा उनले सेवाग्राहीसँग घुसबापत टिभी मागेका थिए । पछि टिभी आफैले किनेर टिभीको बिलको भुक्तानी दिन सेवाग्राहीलाई आग्रह गरेका थिए । सोही सँचनाको आधारमा उनलाई आयोगले १ लाख ४० हजार रुपियाँसहित उनकै कार्यकक्षबाट पक्राउमा परे ।
मुलुकमा नयाँ व्यवस्थापछि दुईतिहाई प्राप्त सरकारले विकास निर्माणलाई तीव्रता दिन प्राथमिकताका साथ लाग्यो । गृह मन्त्रालयमार्फत समयअगावै निर्माण कार्य सम्पन्न नगरेका निर्माण व्यवसायीलाई पक्राउ गर्ने र काम गर्न लगाउने समेत गर्न थाले । जसस्वरुप देशमा वर्षाैंदेखि अलपत्र अवस्थामा रहेका विकास निर्माणका काम अघि बढ्न थाल्यो ।
सरकारको सिको गर्दै आयोगले समेत विकास निर्माणमा देखिएको बेथितिलाई तह लगाउन आफ्नै तरिकाले अनुसन्धान थाल्यो । आयोगले बहुचर्चित राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मँल नहर निर्माणमा देखिएको बेथितिलाई नजिकबाट नियाल्न एक टोली नै गठन गरेको थियो ।
बाँके जिल्लामा निर्माण भइरहेको यस आयोजना २०६१/०६२ मा शुरू भई आव २०७१/७२ मा सम्पन्न हुने लक्ष्य राखिएकोमा उक्त समयमा सम्पन्न हुन नसकेकाले आव २०७६/७७ सम्पन्न हुने गरी म्याद थप गरिएको छ ।
ढिलो गरी काम भइरहेको उक्त आयोजनाको मुलनहरमा कम गुणस्तरका सामग्री प्रयोग भई परीक्षणको क्रममा भत्किएको, परीक्षणका क्रममा नहर भत्किसकेकामा पुनःपरीक्षण समेत नगरी निर्माण व्यवसायीलाई उन्मुक्ति दिई मुलुकलाई हानि नोक्सानी पु¥याउने नियतका साथ भ्रष्टाचार गरेको भन्दै आयोजनाका तत्कालीन २१ जना कर्मचारी र व्यक्तिविरुद्ध गएको मंसिरमा भ्रष्टाचार मुद्दा दायर भएको थियो ।
जसमा पँर्वसांसददेखि आयोजना प्रमुख र इन्जिनियर रहेका छन् ।
आयोजना प्रमुखमा सर्वदेव प्रसाद, सरोज चन्द्र पण्डित, दिलीपबहादुर कार्की र रमेश बस्नेत गरी ४, सीडीई, सुपरिटेन्डेन्ट, इन्जिनियरलगायत गरी १६ जना कर्मचारी, कालिका कन्सट्रक्सनका प्रमुख तथा पूर्वसांसद विक्रम पाण्डे, एम÷एम ईआरएमसी–आईटीईसीओ नेपाल जेभीका म्योनेजिङ डाइरेक्टर उद्धवराज चौलागाईलगायत विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
पूर्वसांसद पाण्डेविरुद्ध आयोगले सबैभन्दा बढी २ अर्ब १३ करोड ७६ लाख ७९ हजार ९ सय २० रुपियाँ ३१ पैसा विगो माग गरेको छ ।
पोलिमर नोटमा गभर्नरको ¥याल
नेपाल राष्ट्र बैंकले १० रुपियाँ दरको पोलिमर नोट छाप्दा करोडौंको भ्रष्टाचार भएको विषयमा छानबिन गरी आयोगले तत्कालीन गभर्नर तिलक रावलसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ग¥यो । १६ वर्षअघि २०५९ सालमा भएको उक्त काण्डमा संलग्नलाई आयोगले पुसमा ९१/९१ करोड बिगो दाबीसहित मुद्दा दर्ता गरेपछि फेरि पनि यो विषय चर्चामा आयो।
पोलिमर नोटमा भ्रष्टाचार गरेको भन्दै आयोगले तत्कालीन गभर्नर रावल, नोट विभागका प्रमुख उपेन्द्रकेशरी पौड्याल र स्थानीय एजेन्ट हिमालयबहादुर पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०५८÷५९ मा रिजर्भ बैंक अफ अस्ट्रेलियाअन्तर्गतको 'नोट प्रिन्टिङ अस्ट्रेलिया'मा सुविधायुक्त पोलिमर नोट छाप्ने टेन्डर दियो ।
यो प्रकरण सतहमा आएपछि अस्ट्रेलिया सरकारले समेत छानबिन थालेको थियो । नेपाली एजेन्टसहित तत्कालीन गभर्नर रावल, मुद्रा विभाग प्रमुख पौडेलसहितले घँस लिएको अस्ट्रेलियाको 'करप्सन एन्ड क्राइम कमिसन' को प्रारम्भिक अनुसन्धानमा देखाएको थियो ।
नोट छापिएको केही समयभित्रै नेपाली एजेन्टसहित तत्कालीन गभर्नर डा रावल, मुद्रा विभागका प्रमुख पौड्यालसहितले छपाइ प्रक्रियामा घँस लिएको खुलासा अस्ट्रेलियाको 'करप्सन एन्ड क्राइम कमिसन'को अनुसन्धानले देखाएको थियो ।
गैरकानुनी सम्पत्ति आर्जन गरेको दाबीसहित आयोगले नेपाल आयल निगमका पँर्वकार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध पुसमा मुद्दा दायर ग¥यो । खड्काले १८ करोड ६६ लाख रुपियाँबराबर अकुत सम्पत्ति आर्जन गरेको अभियोग आयोगले लगायो । खड्काको गैरकानुनी सम्पत्ति जफत, त्यति नै जरिवानाको आयोगले माग ग¥यो ।
खड्काले सात करोड रुपियाँभन्दा बढीको सम्पत्ति पारिवारबाहेक अरू व्यक्तिको नाममा समेत राखेको अनुसन्धानले बतायो ।
उनले आयल निगमको कार्यकारी निर्देशक भइसकेपछिका ६ वर्षमा पुख्र्याैलीबाहेकका ३वटा घर बनाएको र काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रे जिल्लाका विभिन्न स्थानमा ११ कित्ता जग्गा खरिद गरेको तथ्य भेटियो ।
अकुतरूपमा आर्जन गरेको सम्पत्ति उनकी श्रीमती शर्मिला खड्का र अमिता लामाका नाममा लुकाएको विषयले थप चर्चा पायो । खड्काले बँढानीलकण्ठको एउटा घर लामाको नाममा लुकाएका थिए ।
गएको माघमा बहुचर्चित ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालयका रेडियो अपरेटर श्यामकृष्ण च्वामु श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको विषयले पनि चर्चा कमायो ।
उनी सेवामा रहँदा १४ करोड रुपियाँभन्दा बढी अकुत सम्पत्ति आर्जन गरेको भन्दै आयोगले उनीविरुद्ध अकुत सम्पत्ति आर्जनको मुद्दा दर्ता ग¥यो ।
सुन तस्करी प्रकरणमा मुछिएपछि उनी २०७३ पुस २७ गतेदेखि निलम्बनमा समेत परेका थिए। उनी सार्वजनिक सेवाप्रवेश गरेपश्चातको समग्र आयव्ययको विश्लेषण गर्दा उनको सम्पत्ति कतैबाट पनि मेल खाएको नदेखिएको निष्कर्ष आयोगले निकालेको थियो ।
प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप हाताभित्रको फनपार्क रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रक्रियाविपरीत गरी अनियमितता गरेको भन्दै पँर्वसमाजकल्याणमन्त्री बद्री न्यौपानेसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको विषयले निकै चर्चा पायो । उनीहरूविरुद्ध आयोगले ३१ करोड ५२ लाख १७ हजार ६ सय ७५ रुपियाँ २० पैसा रकम हिनामिना गरेको दाबी गर्दै सोही रकमबराबर बिगो असुल हुनुपर्ने माग गरेको थियो ।
परिषद्का अध्यक्षसमेत रहेका पँर्वमन्त्री न्यौपानेका साथै परिषद्का तत्कालीन उपाध्यक्ष प्रमोद मेहता, कोषाध्यक्ष कुञ्ज बिहारीप्रसाद चौधरी, तत्कालीन सदस्य हरि न्यौपाने, सदस्य मोहनराज शर्मा, सदस्य मदनकुमार लाल कर्ण र परिषद्का तत्कालीन सदस्य–सचिव रवीन्द्र कुमालगायतविरुद्ध मुद्दा दायर भएको थियो ।
समाज कल्याणमन्त्री तथा समाज कल्याण परिषद्को अध्यक्ष हुँदा बिनाप्रतिस्पर्धा भृकुटीमण्डपको ६० रोपनी जग्गा आर्थिक लेनदेन गरेर टेकबहादुर गुरुङलाई भाडामा दिने निर्णय गरेको भन्दै आयोगले न्यौपानेसहित निर्णय प्रक्रियामा सहभागी परिषद्का तत्कालीन पदाधिकारीविरुद्ध मुद्दा दायर ग¥यो ।
न्यौपाने मन्त्री हुँदा २०६९ साल भदौ २० गते प्रतिमहिना ५ लाख ५५ हजार रुपियाँमा १५ वर्षका लागि सो जग्गा भाडामा दिने निर्णय गरेका थिए। आयोगले त्यति रकममा भृकुटीमण्डपको ६० रोपनी जग्गा भाडामा दिँदा प्रतिमहिना प्रतिरोपनी जग्गामा ९ हजार २ सय ५० रुपियाँ घाटा भएको ठहर गरेको छ ।
गुरुङले २०६० सालदेखि भृकुटीमण्डपको ६० रोपनी क्षेत्र भाडामा लिँदै आएका छन्। पँर्वश्रम राज्यमन्त्रीसमेत रहेका गुरुङ कांग्रेसका नेता हुन्। उनी मनाङ कांग्रेसका सभापति छन्।
आयोगले हालसम्म उक्त ठेक्काबाट समाज कल्याण परिषद्लाई ३१ करोड ५२ लाख १७ हजार ६ सय ७५ रुपियाँ घाटा भएको र त्यति रकम निर्णय प्रक्रियामा सहभागी भएकाबाट असुलउपर गर्न माग गरेको थियो ।
नेपाल वायुसेवा निगमको वाइडबडी खरिदमा भ्रष्टाचार भएको विषयले निकै चर्चा पायो । यस विषयले संघीय संसद्को सार्वजनिक लेखा समितिमा प्रवेश पाएपछि झन चर्चा चुल्यो ।
समितिले उपसमिति गठन गरी छानबिन थाल्यो र प्रतिवेदन समेत पारित गर्दै विमान खरिदमा संलग्नलाई अनुसन्धान गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिइयो।
समितिको निर्देशनसँग हाल आयोगले यस विषयलाई गहन तरिकाले अनुसन्धान गरिरहेको छ । समितिले वायुसेवा निगमका महाप्रबन्धकलाई मुख्य दोषी देखाउँदै दुई पँर्वमन्त्री जीवनबहादुर शाही र जितेन्द्रनारायण देवसहित वहालवाला पर्यटनमन्त्री स्वर्गीय रवीन्द्र अधिकारी, एक पँर्वपर्यटनसचिव शंकर अधिकारी र वर्तमान सचिव कृष्णप्रसाद देवकोटालाई कारबाही गर्न सिफारिस गरेको थियो ।
बर्दियाका गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने बबई पुल पुप्पु कन्स्ट्रक्सनले बनाएको थियो । त्यो पुल गुणस्तरहीन बनाएकाले उद्घाटन नहुँदै भत्केको विषयमा आयोगले छानबिन गर्दा भ्रष्टाचार भएको ठहर गर्दै पप्पु कन्स्ट्रक्सनका तत्कालीन अध्यक्ष तथा सांसद हरिनारायण रौनियार र हालका अध्यक्ष उनका छोरा सुमित रौनियारसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भयो ।
रौनियारमाथि मुद्दा दायर भएपछि उनी सांसद पदबाट स्वतः हटेका थिए । उनी संघीय समाजवादी फोरमका प्रतिनिधिसभाका लागि पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद समेत थिए।
बबई पुल निर्माणको प्रारम्भिक चरणदेखि अन्तिम चरणसम्म निर्माण अवधिमा संलग्न सबै प्राविधिक कर्मचारीबाट लापरबाही भएको आयोगको दाबी गरेको थियो । यसरी भएको त्रुटिपँर्ण कार्यलाई स्वीकार गरी गुपचुपरूपमा कार्य गरेको, फिल्डको नापजाँच हचुवाको भरमा गरेको आरोप आयोगले लगाएको थियो ।
गुणस्तर प्रमाणित नभईकन नै भुक्तानी सिफारिस गरेको, डिजाइनबमोजिम नभएको अख्तियारको भनाइ छ। डिजाइनबमोजिम निर्माण नगरेको तथा निर्माण भएकामा समेत गुणस्तरहीन भएकाले लोड लिन नसकी पुल भासिएको प्रविधिक परीक्षण तथा विश्लेषणबाट समेत पुष्टि भएको आयोगको दाबी छ ।
¥याल चुहाउँदा आयुक्तलाई धर्मसंकट, घुस दिनेलाई पनि मुद्दा
भ्रष्टाचारको न्यूनीकरण गर्ने निकायको जिम्मेवार आयुक्त पदमा रहेर पटक–पटक गरी ७८ लाख रुपियाँ लिएको भिडियोसहितको चर्चा चलेपछि आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकलाई आपत परेको थियो ।
चर्चा चलेर पनि राजीनामा दिन नमानेपछि नेकपाका केही सांसदले उनीविरुद्ध अविश्वासको प्रस्ताव लाने भन्दै हस्ताक्षर संकलन गर्दै गर्दा भने उनी दबाबमा परी राजीनामा दिए ।
उनले राजीनामा बुझाए पनि यस विषयले चर्चा पाइर≈यो । उनीविरुद्द भ्रष्टाचारको मुद्दा दर्ता गर्नुपर्छ भन्ने आवाज उठ्न थाल्यो । आयोगलाई दबाब परेपछि आयोगले महान्यायधिवक्ताको कार्यालयसँग सुझाव मागेको थियो । उक्त कार्यालयबाट पाठकलाई भ्रष्टाचार छानबिन गरी मुद्दा दर्ता गर्न कुनै विधिले नरोक्ने संकेतपछि आयोगले उनीविरुद्ध अनुसन्धान सम्पन्न गरेर मुद्दा समेत दर्ता गरेको छ ।
उनले नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक भनिएका लम्बोदरकुमार न्यौपानेसँग कलेजको स्वामित्व विवाद मिलाइदिने भन्दै ७८ लाख रुपियाँ घुसबापतको रकम लिएका थिए भने घुस दिने कलेजका सञ्चालक भनिएका न्यौपानेविरुद्ध पनि भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आयोगले दुवै जनालाई ७८÷७८ लाख रुपियाँ बिगो दाबी गरेको छ । न्यौपाने भने बयान दिँदा दिँदै अझैसम्म पनि फरार छन् । | 2021/10/26 00:29:20 | https://newsofnepal.com/2019/04/12/200797/ | mC4 |
फेसबुकमा जिस्क्याउनेलाई १५ लाख जरिवाना र ५ वर्ष जेल हुने - Websoft IT Nepal Pvt. Ltd. - Websoft IT Nepal Pvt. Ltd.
[email protected] : 9842278940 Websoft IT Nepal Pvt. Ltd. Log in
फेसबुकमा जिस्क्याउनेलाई १५ लाख जरिवाना र ५ वर्ष जेल हुने
काठमाडौं । सरकारले ल्याएको सूचना तथा प्रविधि विधेयक सामाजिक सञ्जालमा बढ्दो मात्रामा देखिएको उच्छृंखल गतिविधि नियन्त्रण गर्न ल्याइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बताएका छन् । सरकारले सामाजिक सञ्जाल प्रयोगकर्ताले सभ्यताविपरीतका शब्द प्रयोग गरेकाले त्यसलाई नियन्त्रण गर्न विधेयक ल्याएको हो ।
सरकारले प्रतिनिधिसभामा दर्ता गरेको सूचना प्रविधि विकेयकमाथि संसद्को विकास तथा प्रविधि समितिमा छलफल भइरहेको छ । समितिमा छलफलका लागि शुक्रबारको बैठकमा उपस्थित भएका मन्त्री बाँस्कोटाले विधेयकप्रति आपत्ति मान्न नपर्ने सांसदलाई बताएका छन् । उनले सरकारले ल्याएको विधेयकमा भएका व्यवस्था सामाजिक सञ्जालमा प्रयोग भएका अमर्यादित विषयमा आकर्षित हुने बताए । प्रतिनिधि सभामा हाल विचाराधीन रहेको सूचना प्रविधि विधेयकले सामाजिक सञ्जाल प्रयोगकर्तालाई कस्ने प्रावधान राखेको छ ।
सामाजिक सञ्जालमा कुनै व्यक्तिलाई निरन्तर जिस्क्याउने, झुक्याउने, होच्याउने, हतोत्साही गर्ने, हप्काउने गरी कुनै कुरा लेखे पाँच वर्ष जेल १५ लाख जरिवाना वा दुवै सजायको प्रावधान छ । सरकारले यो प्रावधान उचित रहेको तर्क गर्दै आएको छ भने प्रतिनिधि सभामा रहेका नेकपाका सांसदले यो प्रावधानसहित कानुन बनाउनुपर्ने पक्षमा छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सांसद भने यो व्यवस्थाले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामा हनन हुने शंका व्यक्त गरिरहेका छन् । यो खबर आजको राजधानी दैनिकले छापेको छ । | 2019/09/22 04:13:51 | https://www.websoftitnepal.com/details/21337.html | mC4 |
आफूहरूविरुद्ध ठगीको उजुरी परेपछि काभ्रेको बनेपा नगरपालिका बुडोलस्थित काभ्रे बहुमुखी क्याम्पसका प्रमुखसहित तीन जना फरार भएका छन्।
उनीहरूविरूद्ध साता दिनअघि विद्यार्थी र अभिभावकले ठगीको उजुरी दिएका थिए।
गत शैक्षिक सत्रमा कक्षा ११ र १२ कम्प्युटर इन्जिनियरिङ संकायमा भर्ना भएका विद्यार्थी तथा उनका अभिभावकले क्याम्पसबाट आफूहरू ठगिएको जनाउँदै बिगो दाबीसहित यही असोज १ गते मुद्दा दर्ता गराएका हुन्।बनेपा इलाका प्रहरी कार्यालयले यही असोज २ गते क्याम्पस प्रमुख केजी बैदार, व्यवस्थापन समितिका अध्यक्ष लम्बोदर कायस्थ र व्यवस्थापन समिति सदस्य कृपेन्द्र श्रेष्ठविरुद्ध पक्राउ पूर्जीसमेत जारी गरेको छ।
'पक्राउ पुर्जी जारी भएपछि फरार तीन जनाको खोजी भइरहेको छ,' बनेपा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले भने।उनका अनुसार अनुसन्धानका लागि जिल्ला अदालतको आदेशअनुसार तीनै जनाको नाममा पक्राउ पुर्जी जारी गरिएपछि आरोपितको खोजी भइरहेको हो।
उनले भने, 'आरोपितहररू पक्राउ पूर्जी जारीलगत्तै काठमाडौँमा लुकेको आशंका छ, हामी उनीहरूलाई खोजतलास गरी पक्राउ गर्न खटिरहेका छौँ। आरोपित सबै बनेपा निवासी हुन्।'
क्याम्पसले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई अनिवार्य विषय अध्यापन नगराई परीक्षामा सामेल गराएकाले भविष्यमा खेलवाड भएको जनाउँदै अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु० ले क्याम्पस प्रमुखको राजीनामा मुख्य सर्तसहित विद्यार्थीको शुल्क फिर्ता तथा थप क्षतिपूर्तिसहितको माग राख्दै गत माघ २६ गतेदेखि प्रशासन र लेखा शाखामा तालाबन्दी गरेको थियो।
प्रहरी अनुसन्धानका लागि ७ महिनापछि बिहीबार तालाबन्दी खोलिएको अनेरास्ववियुका केन्द्रीय सदस्य शालिकराम पराजुलीले बताए।
उनका अनुसार कक्षा ११ र १२ मा कम्प्युटर इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीको मुख्य विषय रसायन विज्ञान र भौतिक विज्ञान अनिवार्य विषयको सट्टा नेपाली र अंग्रेजी अध्यापन गराएका कारण स्नातक तहमा विद्यार्थीले कम्प्युटर इन्जिनियरिङ अध्ययन गर्न नमिल्ने भएपछि विद्यार्थी आन्दोलित भएका हुन्।
'राष्ट्रिय परीक्षा बोर्डले स्नातक तहमा कम्यूटर इन्जिनियरिङ अध्ययन गर्न नमिल्ने र करिकुलम नमिलेका कारण कक्षा ११ का विद्यार्थीलाई परीक्षामा सामेल गराउन नसकिने जानकारी दिएपछि कलेजको ठगीधन्दा खुलेको हो,' पराजुलीले भने। रासस | 2020/10/20 19:38:36 | http://tribenikhabar.com/%E0%A4%95%E0%A4%BE%E0%A4%AD%E0%A5%8D%E0%A4%B0%E0%A5%87-%E0%A4%95%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%AE%E0%A5%8D%E0%A4%AA%E0%A4%B8-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%AE%E0%A5%81%E0%A4%96-%E0%A4%B8/ | mC4 |
फुटबलको महासंग्राम आज तर, मेसीले गुमाउँदैछन् अवसर | Diyopost - ओझेलको खबर फुटबलको महासंग्राम आज तर, मेसीले गुमाउँदैछन् अवसर | Diyopost - ओझेलको खबर
फुटबलको महासंग्राम आज तर, मेसीले गुमाउँदैछन् अवसर
Diyo post आइतबार, कार्तिक ११, २०७५ | १०:०५:३९
काठमाडौं, कात्तिक ११ । विश्व फुटबलको बहुचर्चित खेल इएल क्लासिको आज राती हुँदैछ । परम्परागत स्पेनिस लालिगाका दुई विश्वचर्चित क्लबहरु बार्सिलोना र रियल म्याड्रिडबीच आज राती यो चर्चित इएल क्लासिको हुन लागेको हो । नेपाली समय अनुसार आज राती ९ बजे यो महासंग्रामयुक्त खेल हुँदैछ ।
लिगमा यो सिजनमा यी दुई परम्परागतसहरबीच पहिलो इएल क्लासिको बार्साको मैदान क्याम्प नोउमा हुन लागेको हो ।
खराब लयमा रियल
रियल यसपटक खराब लयबाट गुज्रेको छ । आज राती हुने खेलमा बार्सिलोनासँग पराजित भए लिग जित्ने उसको सपना कमजोर हुन सक्नेछ । किनकी अहिले नै लिगमा बार्सिलोनाभन्दा रियल ४ अंकले पछि छ । आज राती हारे बार्सिलोना र रियलको अंक दुरी ७ मा पुग्नेछ । रियलले जित्दा दुई टिमबीच एक अंकको मात्र दुरी रहनेछ । ९ खेल खेल्दा बार्साले एक खेलमा पराजय ५ जित तीनमा बराबरी र एकमा पराजय गरी १८ अंक जित्दै दोस्रो स्थानमा छ । रियलले ९ खेलबाटै चार जित दुई बराबर र तीनमा पराजय गरी १४ अंक बटुलेको छ । रियल अंक तालिकाको आठौं स्थानमा छ । १० खेलबाट १९ अंक जोडेको एथलेटिको म्याड्रिड पहिलो नम्बरमा छ । १० खेलबाटै १८ अंक जोडेको स्पानियोल तेस्रो, ९ खेलबाट १७ अंक जोडेको एलाभेस चौथो, ९ खेलबाट १६ अंक जोडेको सेभिल्ला पाँचौ स्थानमा छन् ।
न मेसी न रोनाल्डो
यस अघिका पछिल्ला १० वर्ष मेसी र रोनाल्डो यी दुई क्लबबाट आमनेसामने हुँदा यो बहुप्रतिष्ठित खेलको रौनक नै बैग्लै हुन्थ्यो । तर, आजको खेलमा यी दुवै खेलाडी हुने छैनन् । रोनाल्डो इटालियन क्लब युभेन्ट्स पुगेका छन् भने मेसी घाइते भएका कारण बार्सिलोनाको खेल गुमाउन बाध्य भएका छन् ।
तर, रौनक कम हुन्न
यी दुई खेलाडी नभए पनि यी दुई क्बलबीचको भिडन्त कम रोचक भने हुने छैन । दुवै टिममा अहिले पनि उत्तिकै प्रभावशाली खेलाडीको खाँचो छैन । बार्सिलोनासँग लुइस सुवारेज, फिलिम काउटिन्हो, सर्जियो बुस्केट, जोर्डी अल्बा, जेरार्ड पिके हुनेछन् । रियलसँग लुका मोड्रिक, गेराथ बेल, करिब बेन्जमा, सर्जियो रामोस हुनेछन् ।
ला लिगाका पछिल्ला १० वर्षका १७७ खेलमा रियलले ७२ र बार्साले ७० खेल जित्दा ३५ खेल बराबरीमा टुंगिएका छन् । | 2022/01/17 15:28:18 | https://www.diyopost.com/10/41924/ | mC4 |
काठमाडाै। श्रावण ११ गतेलाई प्रदर्शन मिति तय गर्दै नेपाली चलचित्र चि मुसी चिको पहिलो गीत रिलिज गरिएको छ । आइतवार राजधानीमा एक कार्यक्रमकाबीच कलाकार र निर्माण टिमको उपस्थितिमा तिमीले माग्छौ भने बोलको र...
उर्लाबारी । नितेशको प्रतिभा प्रस्फुटन गर्न हङकङबाट आर्थिक सहयोग भएको छ । मोरङ मिक्लाजुङका नितेश राईलाई संगीत सिक्न मिक्लाजुङ घर भइ हाल हङकङमा बस्दै आएका ललित कुमार चेम्जोङले २० हजार सहयोग गरेका हुन् ।...
काठमाडौं । पछिल्लो पुस्ताका चल्तिका गायक विश्व नेपाली एक फरक परिवेश झल्काएको ट्रेजेडी गीत लिएर दर्शक श्रोतामाझ आएका छन् । विश्वको स्वर तथा आनन्द राइको संगीत समावेश नयाँ गीति भिडियो कोरेर मेरो चित्र हा...
काठमाडौं । लोक तथा दोहोरी गायिका अनिशा तामाङ र गायक दिपु गुल्मेलीको आवाजमा रहेको लोकन्मुख लोकभाका “पागल प्रेमी ”को भिडियो सार्वजनिक भएको छ । आशा तामाङ र मधु पाल्पालीको शब्द तथा दिपु गुल्मेलीको मौलिक ...
काठमाडाेै । मिलन पल्ली मगर र सुरक्षा दर्लामी मगरको संयुक्त मौलिक सालैजो उर्लियो नदि गीतको भिडियो सार्बजनिक भएको छ । विजय गैरेको लय शब्द तथा मिलन पल्ली र सुरक्षा दर्लामीको आवाज रहेको छ । अविरल फिल्म...
काठमाडौं। असार २९ गतेबाट रिलिज हुने फिल्म वीराङ्गनाको पहिलो गीत तिमी पुलिस म नि पुलिस सार्वजनिक भएको छ ।काठमाडौंमा सम्पन्न डि सिने अवार्ड समारोहवीच फिल्म विराङ्गाना टिमले तिमी पुलिस म नि प...
काठमाडौं । मोडल तथा भिजे सोनिका रोकायाको अभिनयमा गायिका मिना ढकालको “कालि गोरी नेपालकी छोरी ” बोलको लोक पप गीत बजारमा आएको छ । नेपाली मौलिक गीतमा आफनो प्रस्तुती दिन निकै खपिस रहेकी मिना आफुलाई नेपा...
काठमाडौैं । ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ ‘सगरमाथा म्युजिक अवार्ड २०७५’ हुने भएको छ । रेस्पोन्सिभ मिडिया प्रा.लि.को आयोजना...
काठमाडौँ । गायक ईश्वर मागीयाको जुनी जुनी नामक एल्बम बजारमा आएको छ । विगत एक दशकदेखि सांगितीक क्षेत्रमा सक्रिय रहदैँ आएका उनको यो दशौँ एल्बम हो । सो एल्बममा स्वर संगीत शब्द सबै उनी आफैँले दिएका छन् ।...
काठमाण्डौ। नायक पल शाह नायिका आँचल शर्माको फुलीमा पल्केका छन् । गायक कमल किरणको नयाँ गीत ‘पल्केँ’को भिडियोमा पल र आँचल एकसाथ देखिएका छन् । गीतको भिडियोमा आँचलको पछि पछि पल देखिएका छन् । अचानक भेट ह...
काठमाडौं । सगरमाथा दिवसको अवसर पारेर सोलुखुम्बुको नाम्चेबराजमा वृहत सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ । मे २९ का दिन मनाइने एभरेष्ट डे अर्थात सगरमाथा दिवसको अवसर पारेर यही जेठ १५ गते पार्टि एभरेष...
काठमाडौं । बैदेशिक रोजगारीको शिलशिलामा परदेश गएका लाखौैँ नेपाली दाजुभाईको वास्तविक कहानी समेटेर मुना मदन डिजिटल म्युजिक प्रा.लीको प्रस्तुतिमा रामचन्द्र थापाको लोकदोहोरी गीत “परदेशी ” को भिडियो सार्वजन...
काठमाण्डौ। प्रायः लभस्टोरी जनराका फिल्ममा देखिँदै आएकी अभिनेत्री नम्रता श्रेष्ठलाई नयाँ चलचित्र जाइरामा भने विल्कुलै फरक अवतारमा देख्न पाइने भएको छ । हाल पोष्ट प्रोडक्शनको काम भइरहेको यो चलचित्रमा उन...
काठमाडौँ । बिगत एक दशक देखि नेपाली चलचित्र क्षेत्र अर्थात रंगिन संसारमा अनबरत रुपमा आफुलाई उभ्याएर सबल अभिनेत्रीको रुपमा चिनाउन सफल नाम हो, नायिका सपना सिंह ठकुरी । नेपाली सिनेनगरी तथा मोडलिङ क्षेत्र...
काठमाडौं । चर्चित गायक रञ्जित लामाको स्वरमा रहेको ‘मुसुक्क ङेमा’ मा बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सुमन लामाको शब्द रहेको यस गीतमा एनवि थापामगरको संगीत रहेको छ । तामाङ सेलो, लोक पप, पप गीतहर...
काठमाडौं । ‘कोशेली’ फिल्म जेठ ११ गतेबाट रिलिज हुने भएको छ । गत वर्षको पौष ७ रिलिज मिति तोकिएको फिल्म ‘कोशेली’ रिलिज हुने भनेता पनि प्राविधिक कारणवश ढिलो जेठ ११ गते रिलिज हुने जनाएको छ । प्रेम, द्वन्द...
काठमाडौं । नायिकाबाट गायिकाको परिचयमा पनि आफूलाई स्थापित गर्न लागेकी सारिका घिमिरेको स्वरमा रहेको अर्को गीत ‘कन्फ्यूजन’ को भिडियो सार्वजनिक भएको छ । गायक ध्रुव विश्कोले गायिकालाई कन्फ्यूजन’ त्यो दि...
काठमाडौं । गायक देवराज तामाङकको आवाजमा रहेको लोक पप गीत ”भाउ खोज्ने मैया ” को भिडियो सार्वजनिक भएको छ । उक्त गीतको भिडियो म्युजिक नेपाल मार्फत सार्वजनिक भएको हो। गीतको शब्द देवराज तामाङ रहेको छ भने स...
काठमाडौँ । गायिका सिर्जना गुरुङको म्युजिक भिडियो ‘किन दुःख मान्छौँ’ सार्वजनिक भएको छ । भिडियोमा दिपक काफ्ले र रिमा विश्वकर्माले अभिनय गरेका छन् । विपी वाग्लेको शब्द संगीतमा तयार पारिएको गीतमा श्रृजना ...
काठमाडौं । दिपेन गुरुङ रेसमी रेसमी कपाल राम्रो गीतको भिडियो सार्बजनिक भएकाे छ । यस गीतमा शब्द संगीत धनु ग्यग्मीको रहेको छ । उक्त गीतकाे भिडियाेमा चन्दु गोर्खालीको एरेन्ज रहनुका साथै क्यामेरा मेन समिर... | OSCAR-2019 |
||
मेक्सिकोमा शक्तिशाली भूकम्पपछि उद्धार कार्य जारी | Navadristi.com – Nepal Leading Online News Protal
मेक्सिकोमा शक्तिशाली भूकम्पपछि उद्धार कार्य जारी
२५ भाद्र २०७४, आईतवार १७:५१
भदौ, २५ । मेक्सिकोको दक्षिणी तटीय क्षेत्रमा बिहीवार गएको शक्तिशाली भूकम्पपछि भग्नावशेषमा फसेका मानिसहरुको उद्धार कार्य जारी रहेको अधिकारीहरुले बताएका छन्।
भूकम्पबाट नराम्ररी प्रभावित टाबास्को, वाहाका र चिआपस राज्यमा उद्धार कार्यलाई अहिले केन्द्रित गरिएको छ । आपतकालीन सहायता सामाग्री र उद्धार कार्यमा प्रयोग गरिने कुकुरसहित अतिरिक्त प्रहरीलाई अति प्रभावित फुचितान शहरमा परिचालन गरिएको छ । ८ दशमलव १ म्याग्निच्युडको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ९० पुगेको छ । मृत्यु हुनेमध्ये वहाका राज्यका ७१ जना रहेको सरकारका प्रवक्ताले बताएका छन् ।
अति प्रभावित फुचितान शहरका मेयरले उक्त शहर आफ्नो इतिहासमै पीडादायी अवस्थाबाट गुज्रिरहेको बताएका छन् । अधिकारीहरुका अनुसार भूकम्पमा परी करिब २०० मानिसहरु घाइते भएका छन्।
राष्ट्रपति एनरिके पेन्या निएटोले भूकम्पमा परी ज्यान गुमाउनेहरुको सम्झनामा राष्ट्रिय शोकको घोषणा गरेका छन् । सन् २०१५ को सेप्टेम्बरयता विश्वमा गएको यो सबैभन्दा शक्तिशाली भूकम्प भएको अमेरिकी भूगर्भ केन्द्रले जनाएको छ । शक्तिशाली भूकम्पको धक्का एक मिनेटसम्म महशुस गरिएको थियो । विविसी | 2022/05/21 19:11:31 | https://navadristi.com/archives/8104 | mC4 |
३० असोज, महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–६ मा कपडा पेल्ने मेसिनमा हात च्यापिएर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको राजपुर नगरपालिका–३ बस्ने १५ वर्षीय जाकिर मियाँ धोबी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
बिहीबार साँझ बर्दिबास–६ मा पुरानो कपडा पेलेर कपास बनाउने ना ७ प १३८३ नम्बरको ट्याक्टरमा कपडा पेल्ने क्रममा किशोर धोबीको दाहिने हात च्यापिएको थियो । अत्यधिक रक्तश्राव भइरहेको किशोर धोबीलाई तत्काल धनुषाको लालगढस्थित मोडल अस्पतालमा उपचारको लागि पठाइएको र त्यहाँ सामान्य उपचारपश्चात विशेष उपचारको लागि वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा पठाइएकोमा उनको सोही अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । | 2021-03-03T00:08:16Z | https://hamrokantipur.com/news/international-news/22908/ | OSCAR-2109 |
आज बकर इदः घरघरमै बसेर नमाज पढ्न मुस्लिम आयोगको अपिल | Nagarik News - Nepal Republic Media
आज बकर इदः घरघरमै बसेर नमाज पढ्न मुस्लिम आयोगको अपिल
मुस्लिम धर्मावलम्बीहरुले आज बकर इद (इदुल जोहा) पर्व हर्षोल्लासका साथ मनाउँदै छन्। रमजान पर्षको ७० औं दिनमा मनाइने मुस्लिम समुदायको दोस्रो महान पर्व बकर इदमा बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्।
नमाज पढिसकेपछि एक आपसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ। विगत वर्षहरुमा बकर इदको दिन दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्ने गरेको भएपनि यो वर्ष भने सुनसान देखिएको छ। विश्वव्यापी बनेको कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मुस्लिम समुदायले घरघरमै नमाज पढेर बकर इद बनाउँदै छन्।
राष्ट्रिय मुस्लिम आयोगले बकर इदमा घरघरमै बसेर नमाज पढ्न आग्रह गरेको छ। आयोगका अध्यक्ष समिम मिया अन्सारीले कोरोना संक्रणको जोखिम बढ्दै गएकाले सबै पक्षसँग सल्लाह गरी घरघरमै नमाज पढ्न आग्रह गर्ने निर्णय गरिएको बताए। वर्षमा एकपटक मात्रै आउने पर्व भएकाले केही असहज भएपनि देशवासीका लागि यो कदम चालिएको उनले बताए।
इदका अवशरमा मक्का मदिना जानु शुभ मानिने भए पनि यस वर्ष कोरोनाका कारण अन्तर्राष्ट्रिय उडानसमेत बन्द रहेको छ। जसका कारण हजयात्री मक्का मदिना जान पाएका छैनन्। यस पर्वमा अल्लाहलाई खुशी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बलि) दिने गर्दछन्। | 2020/08/15 13:34:02 | https://nagariknews.nagariknetwork.com/social-affairs/292601-1596263818.html?click_from=category | mC4 |
हेटौंडा । मकवानपुरको पूर्वी क्षेत्रको प्रमुख व्यापारिक केन्द्र बागमती गाउँपालिकाको फापरवारीमा हाट बजार लागेको छ । पुरानो बजार फापरवारीको हाट बजारमा किनमेल गर्न आउने बाक्लो चहलपहल बढेको हो ।
प्रत्येक शुक्रवार हाट बजार लाग्ने गरेपनि नजिकिदै गरेको तिहार संगै किनमेल गर्न आउनेको भिड बढेको छ । तिहारको लागि भाई मसलादेखि दैनिक उपभोग्य सामाग्री किन्न आउनेहरुको घुँइचो लागेको छ । खाद्यान्नदेखि लत्ता कपडा तथा दैनिक उपभोग्य सामाग्री हाट बजारमा किनमेल गर्नेहरुको भिड थियो ।
गाउँमा उत्पादन भएको स्थानीय जातको केरा, बेसार, साग, सुन्तला, स्थानीय खोलाको माछा हाट बजारमा उपलब्ध थिए । हाट बजारमा नयाँ लुगा किन्ने र तिहारको लागि आवश्यक सामाग्री लिनका लागि उपभोक्ताहरुको भिड लागेको थियो । यसरी संचालन भईरहेको हाट बजारले पुरानो र स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न टेवा पु¥याएको छ भने स्थानीयलाई आर्थिक उपार्जन गर्नमा पनि सहयोग पु¥याएको छ । | 2022-12-02T18:59:39Z | https://anirudrakhabar.com/2022/10/23/%E0%A4%AE%E0%A4%95%E0%A4%B5%E0%A4%BE%E0%A4%A8%E0%A4%AA%E0%A5%81%E0%A4%B0%E0%A4%95%E0%A5%8B-%E0%A4%AB%E0%A4%BE%E0%A4%AA%E0%A4%B0%E0%A4%B5%E0%A4%BE%E0%A4%B0%E0%A5%80%E0%A4%AE%E0%A4%BE-%E0%A4%B9%E0%A4%BE/ | OSCAR-2301 |
हाडे बदाम खानुका एस्ता छन फाईदा – NepalDailyPost
नेपाल डेली पोस्ट २०७६, २९ मंसिर आईतवार १५:३२
हाडे बदाम खानुका एस्ता छन फाईदा
हाडे बदाम एक मसलाको प्रकार हो । यो खानमा जतिनै स्वादिष्ट हुन्छ त्यतिनै हाम्रो शरीरका लागि पनि फाइदाजनक हुन्छ । हाडे बदाममा शरीरलाई चाहिने भिटामिन तथा खनिज पदार्थ जस्ता पोषक तत्त्व पाइन्छ ।
यसको सेवनले हाम्रो शरीरलाई स्वस्थ राखेर दुब्ला तथा पातला ब्यक्तिहरुको तौल बढाउनमा मद्दत गर्दछ । हाडे बदाममा शरीरलाई चाहिने आइरन, पोटाशियम, फस्फोरस तथा म्याग्नेशियम प्रशस्त मात्रामा पाइनछ जसको सेवनले शरीरमा पाचन शक्ति बढाएर पेटसम्बन्धि रोगहरु निको पार्न मद्दत गर्छ ।
हाडे बदाममा प्राकृतिक रुपमा भिटामिन इ, एन्टीशक्सिडेन्ट पाइने भएकाले यसको सेवनले हाम्रो कपाल तथा त्वचालाई स्वस्थ तथा सफा बनाई राख्दछ । हाडे बदाममा पाइने फाइटोस्टेरोल नाम गरेको तत्वले ट्युमरलाई नियन्त्रण गर्छ जसका कारण यसले हाम्लाई क्यान्सर हुनबाट जोगाउँछ ।
यसमा पाइने म्याग्नेसियमले शरीरमा उचित मात्रामा ब्लड सुगरको मात्रा कायम गरेर हर्ट स्ट्रोक वा मुटुसम्बन्धी रोग लाग्नबाट जोगाउँछ । बदाममा पाइने पोषणयुक्त फाइबरले छालामा हुने अत्यधिक तेललाई निकालेर छालालाई नरम बनाई चाउरी पर्नबाट जोगाउने तत्व हुन्छ । नियमित बदाम खाँदा अनुहार लगायत शरीरका अन्य भागमा दाग आउँदैन । | 2020/02/17 04:13:17 | https://nepaldailypost.com/ndp/61508 | mC4 |
ठूला बैंक धान्न स्वतन्त्र सञ्चालक, कसरी बनाउने 'प्रोफेशनल'? « Artha Path
ठूला बैंक धान्न स्वतन्त्र सञ्चालक, कसरी बनाउने 'प्रोफेशनल'?
काठमाडौं । नेपालमा बैंकर र व्यवसायी छुट्याउने बहस सुरु भएको एक दशक नाघिसकेको छ । तर अहिले पनि त्यसो हुन सकेको छैन । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनका मस्यौदाहरुमा पटक पटक परिमार्जन गर्दै पछिल्लो पटक संशोधित ऐनमा पनि यसका लागि पर्याप्त व्यवस्था भएन ।
यही बीचमा बैंकको आकार भने भारी मात्रामा बढी समेको छ । दशकअघि २ अर्ब रुपैयाँ पूँजीमा सञ्चालित बैंकहरु अहिले २० अर्बका भएका छन् । पछिल्ला दिनमा बिग मर्जरको थालनी भए पछि त एउटै बैंकसँथ ५० अर्ब पूँजी र ४-५ खर्बको कारोबार हुने भएको छ ।
बैंकको आकार बढ्दै जाँदा 'कोर बैंकिङ'को ज्ञान र अनुभव नभएका 'साहु जी'हरुलाई बैंक चलाउन हम्मे पर्नसक्छ । यसै पनि अहिले टाठाबाठा र उमेर पुगेका अधिकांश व्यक्तिहरु बैंकमा सञ्चालक बस्न हच्कन थालेका छन् । 'एउटै ऋणमा अर्बैं रुपैयाँको फाइल हुन्छ । त्यस्ता फाइलमा सही गरेर ऋण दिएपछि डुब्यो भने त ७ पुस्ताले कमाएको सम्पत्ती गुम्छ' लामो समय बाणिज्य बैंकमा सञ्चालक रहिसकेका एक बैंकर भन्छन्, 'त्यसैले अहिले प्रबद्र्धकहरुसँग राम्रो सम्बन्ध हुँदाहुँदै पनि सञ्चालक बस्न गएको छैन ।'
बैंकको आकार बढाउनु भनेको उनीहरुको लगानी क्षमतालाई अझै भारी मात्रामा विस्तार गर्नु हो । पूँजीलाई दुई गुणा बढाउँदा लगानी क्षमता पनि दोब्बर हुन्छ । यसले ठूला परियोजनामा लगानी गर्ने बैैंकको सामथ्र्य त बढ्छ, तर सञ्चालकहरु त्यति नै चनाखो हुन नसके जोखिम पनि उत्तिकै बढ्छ ।
यस्तो अवस्थामा बैंकमा दक्ष र प्राज्ञिक व्यक्तिलाई सञ्चालकको रुपमा ल्याउने प्रबन्ध गर्नु उचित हुने नबील बैंकका अध्यक्ष उपेन्द्र पौड्याल बताउँछन् । उनी आफैं तीन दशक लामो बैंकको व्यवस्थापकीय अनुभव बोकेर सञ्चालक समितिमा गएका हुन् । चौधरी ग्रुपले यस अघिदेखि नै नबीलमा व्यवसायिक व्यक्तिलाई अध्यक्ष बनाउने गरेको छ । सिटिजन्सले पनि केही समय यस्तो अभ्यास गरेको थियो ।
अरु बैंकमा भने ठूला लगानी कर्ता आफैं बैंकको सञ्चालक र अध्यक्ष बन्न तँछाड-मछाड गर्छन् । अहिले हिमालयन र इन्भेष्टमेण्टको मर्जरमा पनि विगतमा जस्तै अध्यक्ष र सीईओ को बन्ने भनेर लामै माथापच्चिसि भयो लुम्बिनी बैंक र बैंक अफ काठमाडौंको मर्जरमा पनि त्यस्तै समस्या भएको थियो ।
सिभिल बैंकका तत्कालिन अध्यक्ष इच्छाराज तामाङले सांसद भएका कारण बैंकको सञ्चालक समिति छाड्नुपर्ने भएपछि बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनको संशोधन विधेयकको व्यवस्था बदल्न ठूलो मिहेनत गरेका थिए । ग्लोबल आईएमई बैंकमा व्यवसायी चन्द्र ढकालले आफ्नो अध्यक्षता कहिल्यै छाड्न चाहँदैनन । सबैभन्दा तीव्र विस्तारमा आएको एनआईसी एसिया बैंक त सिईओले कम, अध्यक्षले नै बढी चलाउँछन् ।
सञ्चालक र खासगरी अध्यक्षको दबदबा एवम् बैंक व्यवस्थापनमा उनीहरुको हस्तक्षेपले वित्तीय प्रणालीलाई सधैं जोखिमको घेरामा राखेको चिन्ता राष्ट्र बैंकका अधिकारीहरुलाई छ । नियामक निकायले लामो समयदेखि यसको भरपर्दो समाधान खोजे पनि कानुनी रुपमा उपलब्धी मिलेको छैन ।
'अब बैंकमा लगानी गर्ने मान्छे होइन, प्रोफेशनल बैंकरलाई नै सञ्चालकमा लाने व्यवस्था गरिनु पर्छ,' पौड्याल भन्छन् । बजारमा पहिलो पुस्ताका धेरै बैंकर अहिले व्यवस्थापकीय भूमिकाबाट बाहिरिएकाले उनीहरुलाई नै सञ्चालक बनाउने परिपाटी बसाल्नु उचित हुने उनले बताए ।
'हामीकहाँ एक जना स्वतन्त्र विज्ञलाई सञ्चालक बनाउने व्यवस्था त गरिएको छ, तर त्यो पनि राष्ट्र बैंकको पूर्व कर्मचारीलाई बनाउने प्रथा चलेको छ,' उनले भने । उनीमात्र होइन, अन्य बैंकरले पनि यस्तो व्यवस्थाको आलोचना गर्दै आएका छन् । 'हुँदै नहुनुभन्दा त एक जना भए पनि स्वतन्त्र सञ्चालक राख्नु राम्रो हो,' अर्का एक बैंकर भन्छन्, 'तर प्रबद्र्धकहरुले राष्ट्र बैंकमा आफ्नो प्रभाव बढाउन त्यहीँका पूर्व कर्मचारीलाई सञ्चालक बनाउने व्यवस्थाले समस्या थपेको छ ।'
यसरी नियुक्त हुने स्वतन्त्र सञ्चालकमध्ये कतिपय त राष्ट्र बैंकका बहालवाला हामिकहरुलाई मदीरा उपलब्ध गराउने, विभिन्न भ्रष्टाचारजन्य गतिविधीमा जोडिदिने र आफू अनुकुल नीति निर्माणमा दबाब दिने काममा मात्रै बढी समय खर्चने गरेको बैंकर बताउँछन् । यस्तो परिपाटीले बैंक सबल हुन नसक्ने उनीहरुको भनाइ छ ।
बैंकिङ क्षेत्रबाटै व्यवस्थापकीय भूमिकामा पुगेर अवकाश पाएका अनुभवि र दक्ष व्यक्तिलाई सञ्चालक बनाउने व्यवस्था गरिए भविष्यमा बढ्दो वित्तीय जोखिमको व्यवस्थापनमा समेत सजिलो हुने बैंकर बताउँछन् । 'तर यसका लागि अहिलेजस्तो एउटा बैठकको १५ हजार भक्ता दिने व्यवस्थाले हुँदैन, सञ्चालकले पनि न्यूनतम जीविकोपार्जन गर्नसक्ने पारिश्रमिक बैंकबाट लिने व्यवस्था हुनुपर्छ,' पौड्याल भन्छन् । | 2021/10/23 14:44:57 | https://www.arthapath.com/bank/2021/05/23/38167/ | mC4 |
स्मार्ट सिटी कि सांस्कृतिक सहर ?
२०७७ असोज १९ सोमबार ०९:१८:००
काठमाडौंलाई स्मार्ट सिटी बनाउने कि सांस्कृतिक सहर ? यो बहसको विषय हुनुपर्छ
काठमाडौं उपत्यकामा चारैतिर चारवटा स्याटलाइट स्मार्ट सिटी बनाउने घोषणा गरेसँगै त्यसको डिपिआर पनि तयार भइसकेको छ । स्मार्ट सिटीको कुरा उठेको केही वर्ष भयो । नाम सुन्दा त यो पक्कै पनि राम्रो अवधारणा हुनुपर्छ भन्ने लाग्छ, तर किन बनाउने भन्नेबारेमा भने खासै सरकारी चासो नपुगेको देखिन्छ । देशमा संघीय शासन छ । गाउँ–गाउँमा सिंहदरबारको नारा चर्किएको छ । तर, व्यवहार त्यसको ठीक उल्टो छ । गाउँमा सिंहदरबार जान नसक्दा गाउँ नै सिंहदरबार पस्नुपरेको अवस्था छ । दुर्गममा पुग्नुपर्ने विकास काठमाडौंमा केन्द्रित भएको छ ।
के हो स्मार्ट सिटी ? : स्मार्ट सिटीको कुनै सर्वस्वीकार्य परिभाषा छैन । हरेक अलग भूगोल, जनसमुदाय वा नागरिकका लागि यसको परिभाषा अलग–अलग हुन सक्छ । स्मार्ट सिटी एउटा आदर्श बस्ती हो, जहाँ विकासका सम्पूर्ण पक्ष, जस्तै : सामाजिक, भौतिक, आर्थिक पक्षको प्रचुरता हुन्छ । यो दिगो र दीर्घकालीन लक्ष्य पनि हो । कर्णालीवासी र काठमाडौंवासीका लागि स्मार्ट सिटीको परिभाषा फरक हुन सक्छ ।
समग्रमा भन्दा स्मार्ट सिटीभित्र निम्न आधारभूत आवश्यकता पूर्ति गरिएको हुन्छ : पर्याप्त पानीको आपूर्ति, पर्यावरणीय स्वच्छता, फोहोर व्यवस्थापन, ढलनिकास, खुला ठाउँ, विद्यालय, अस्पताल, डिजिटल प्रणाली, स्मार्ट प्रविधि, बैंक तथा वित्तीय संस्था, पर्याप्त र व्यवस्थित सार्वजनिक यातायातको बन्दोबस्त, गरिबका लागि किफायत आवास, आइटी तथा डिजिटल प्रविधि, सुशासन र ई–गभर्नेन्स, मजबुत सुरक्षा प्रबन्ध, स्वास्थ्य र शिक्षाको पर्याप्तता ।
काठमाडौं उपत्यका विकास प्राधिकरणसँग उपत्यकाको चारैतिर चारवटा स्मार्ट सिटीको योजना छ । पहिलो स्मार्ट सिटी हो– ईशान । यो एक लाख रोपनीमा फैलिएको छ, जुन साँखु, बोडे, मूलपानी, मनहरामा निर्माण हुनेछ । दोस्रो स्मार्ट सिटी आग्नेय हो । यो १० हजार रोपनीमा छ, जुन सूर्यविनायक, बालकोट, ललितपुरको लामाटार हुँदै अरनिको राजमार्गभित्र निर्माण गर्ने भनिएको छ । तेस्रो स्मार्ट सिटी हो– नैऋत्य । यो पनि १० हजार रापनीमै फैलिएको छ । जुन फर्सीडोल, खोकना, बुङ्मती, चोभार, सैंबु बागमतीमा निर्माण हुने भनिएको छ । चौथो स्मार्ट सिटी पनि १० हजार रोपनीमा फैलिएको हुनेछ, जुन टोखा, तारकेश्वर, झोर, बाइपासमा निर्माण हुनेछ ।
संघीयताले समग्र देशको विकास हुने अपेक्षा गरिएको थियो । तर, केन्द्रीकृत मानसिकता बोकेका शासकले आफूभित्रै अधिकार जमाएर राख्दा अहिले पनि हिजोको अवस्थाभन्दा कुनै तात्विक फेरबदल हुन सकेको छैन । विकासको थुप्रो काठमाडौंमै थुपारिएको छ । त्यसैको प्रतिबिम्ब हो– स्याटलाइट सिटी वा स्मार्ट सहरको अवधारणा ।
प्राचीन नेपालमण्डल : वास्तवमा काठमाडौं अर्थात् नेपालमण्डल प्राचीन सभ्यताको केन्द्र हो । यो मल्लकालीन कला र संस्कृतिको वैभव पनि हो । जसको अवलोकनका लागि लाखौँ पर्यटक आउने गर्छन् । प्राकृतिक, मानवनिर्मित कृत्रिम र आध्यात्मिक उपायबाट नेपालमण्डलको स्थापना भएको हो । शिवपुरी, नागार्जुन, चन्द्रागिरि, फुल्चोकी, साँगाजस्ता पर्वतमालाले घेरिएको वृत्ताकार उपत्यकालाई प्राकृतिक रूपमा सुरक्षित मात्र गरेको छैन, आध्यात्मिक रूपमा चार गणेश, चार विष्णु, चार योगिनी वा बाराही र अष्टमातृकाले सुरक्षित पनि गरिएको छ । यसको निर्माण तान्त्रिक विधिबाट गरिएको मान्यता पनि छ ।
टार, डोल र पाखायुक्त धरातल भएको उपत्यका प्राकृतिक सौन्दर्यको गढ पनि हो । बौद्ध र हिन्दू धर्मावलम्बीको आध्यात्मिक केन्द्र पनि हो । यहाँको परम्परागत घर, मन्दिर, राजप्रसाद, चोक, विहार, गल्ली, बाटो, किल्ला, ग्राम, बस्ती, नगर आदि वैज्ञानिक वास्तुविद्याअनुसार नै निर्माण भएका छन् । ढुंगेधारामा पानी ल्याउन प्रयोग गरिएका माटाका डुँड, एकैनासको घर, राजकुलो, व्यवस्थित बस्ती आजको आधुनिक इन्जिनियरिङलाई समेत चुनौती दिने खालका छन् । परम्परागत निर्माण सामग्री आधुनिक कंक्रिटको विकल्प हुन सक्दैन ।
अर्को महत्वपूर्ण कुरा तत्कालीन समयमा पाँचतले मन्दिर ६ महिनामा नै निर्माण सम्पन्न भएको थियो । जुन आजका लागि चुनौतीको विषय बनेको छ । भूकम्प गएको ६ वर्ष भइसक्दा पनि हाम्रा क्षतिग्रस्त सम्पदाहरूको पुनर्निर्माण सकिएको छैन । यस्तो अवस्थामा न्यातापोल ६ महिनामा निर्माण हुनु पक्कै पनि अविश्वसनीय हुन्छ । खड्गाकारको काठमाडौं, अष्टकोणाकारको भक्तपुर, चक्राकारको ललितपुर, शंखाकारको साँखु मल्लकालीन सभ्यताका जीवित सम्पदा हुन् । अहिले यही सम्पदालाई मृत्युशड्ढयामा पुर्याएर स्मार्ट सिटीको स्वप्नमहल ठड्याउने कोसिस हुँदै छ । प्राचीन र मौलिक सभ्यता मासेर, आफ्नो पहिचान गुमाएर हामी किन आफूलाई विकृत बनाउँदै छौँ ? किन आफैँ हराउँदै छौँ ।
इटालीको रोम अझै पनि प्राचीन गिर्जाघर र बगैँचाले सुसज्जित छ । शास्त्रीय र रोमन शैलीका वास्तुकलाले संरक्षित छ । तेह्रौँ शताब्दीदेखिको गोथिक र वैरिक शैलीका भवनहरू अद्यपि छँदैछन् । त्यस्तै, सांस्कृतिक वैभवले युक्त फ्लोरेन्स सहर पनि विश्व कलाकृतिको समृद्घ केन्द्र हो । जहाँबाट पुनर्जागरण युगको सुरुआत भएको थियो । स्पेनको बार्सिलोना, बेलायतको लन्डन, फ्रान्सको पेरिसले परम्परालाई धानिरहेका छन् ।
पेरिस त कला संग्रहालय र ऐतिहासिक भवनहरूका निम्ति सुप्रसिद्घ नै छ । ती सहर सांस्कृतिक सहरको रूपमा संरक्षित छन् । त्यसैले जीवन्त छन् । जुन आजपर्यन्त पर्यटनको आकर्षण मात्र होइन, सभ्यताको प्रमाणको रूपमा विश्वमाझ चर्चित छन् । बर्सेनि त्यहाँ पुग्ने लाखौँलाख पर्यटक आधुनिक भवन हेर्न होइन, प्राचीन सभ्यता हेर्न आउने हुन् । तर, हामी भएको सम्पदासमेत मास्न खोज्दै छौँ ।
खड्गाकारको काठमाडौं, अष्टकोणाकारको भक्तपुर, चक्राकारको ललितपुर, शंखाकारको साँखु मल्लकालीन सभ्यताका जीवित सम्पदा हुन् । अहिले यही सम्पदालाई मृत्युशड्ढयामा पुर्याएर स्मार्ट सिटीको स्वप्नमहल ठड्याउने कोसिस हुँदै छ ।
पेगोडा र शिखर शैली मासेर कंक्रिटका भीमकाय भवनमा समृद्धि, सम्पन्नता र सभ्यता खोज्दै छौँ । गुम्बज शैली र छाने शैली मासेर मल र हाउजिङ निर्माण गरिरहेका छौँ । काठमाडौंले धेरै भार धानेको छ, अब थप धान्न सक्दैन । परम्परागत ढुंगा र इँटा बिछ्याइएका गल्ली मासेर फराकिलो र कालोपत्रे सडक निर्माण गरिए । मन्दिर र पाटीपौवा भत्काएर आधुनिकता खोजिँदै छ ।
भूकम्पीय जोखिमका दृष्टिकोणले काठमाडौं अति संवेदनशील छ । दहीको कचौराजस्तै यहाँको भूबनोट सानो धक्काले पनि विनाशकारी रहेको मानिन्छ । फोहोरमैला यहाँको टाउकोदुखाइको विषय बनिरहेकै छ । नयाँ स्मार्ट सिटी बनेपछि अझ थपिने फोहोरको व्यवस्थापन कसरी गर्ने हो ? काठमाडौंवासीले मेलम्चीको सपना देख्न थालेको लगभग तीन दशक भइसक्यो ।
अबको नयाँ स्मार्ट सिटीका लागि कहाँबाट पानीको जोहो गर्ने हो ? यी विषय अब झन् चुनौतीपूर्ण बन्नेछन् । काठमाडौं सबैको सपनाको सहर हो । त्यसैले यो पचासौँ लाखको आश्रयस्थल बनेको छ । नयाँ स्मार्ट सिटी बनेपछि अझ थप कति मानिस सपना खोज्दै यहाँ आउने होलान् । के देशभरिको जनसंख्याको भार काठमाडौंले बोक्न सक्छ ? मुलुकका अन्य ठाउँमा किन अर्काे काठमाडौं बन्दैन ?
नेपालमण्डल हाम्रो प्राचीन सभ्यता हो । यो सहरको माटोमा अझै पनि रैथानेहरूको रगत पसिनाको गन्ध छ, जुन दिन त्यो सुगन्ध सकिन्छ, यो सहरको आत्मा मर्नेछ । यसको संरक्षण गरौँ । तर, बाटो फराकिलो बनाउने नाममा रैथानेलाई उठिवास लगाउने, वर्षौंदेखि भोगचलन गर्दै आएको मसान (चिहान)समेत खरिदबिक्री गर्ने, प्राचीन सम्पदा मासी प्लटिङ गर्ने, व्यापारिक कम्प्लेक्स बनाउने, नदी, खोला मिच्ने प्रवृत्ति बढ्दो छ । जसले गर्दा यहाँका प्राचीन सम्पदाहरू एकपछि अर्को गर्दै नामेट गरिँदै छन् । जसको पछिल्लो र प्रत्यक्ष मारमा प्राचीन खोकना र बुङ्मती पर्दै छन् । द्रुत मार्ग र स्मार्ट सिटीको नाममा यी प्राचीन बस्ती मासिँदै छन् ।
आधुनिक निर्माण सामग्रीको प्रयोगले परम्परागत र प्राचीन सम्पदाहरू भद्दा देखिएका छन् । मौलिक र परम्परागत सामग्रीकै प्रयोग गरेर वेलैमा सम्पदाहरूको संरक्षण गर्न आवश्यक छ । वास्तवमा अब राजधानी नै काठमाडौंबाट अन्त सार्नुपर्छ । यहाँको सम्पदा संरक्षणका लागि काठमाडौंलाई सांस्कृतिक सहरकोे रूपमा संरक्षण गर्नुपर्छ । भक्तपुर नगरपालिकाले वर्षौंदेखि भक्तपुर नगरलाई सांस्कृतिक सम्पदा घोषणा गर्ने माग राख्दै आएको छ । तर, सरकार कानमा तेल हालेर बसिरहेको छ । भक्तपुरले परम्परागत निर्माण सामग्री प्रयोग गरेर नै मौलिक स्वरूपमा सम्पदाहरू निर्माण गरिरहेको छ ।
एकताका जर्मनीले विकासको नाममा विनाश गरिसकेको भक्तपुरमा पुनः सांस्कृतिक पुनर्जागरण हुँदै छ । वैदेशिक सर्तसहितको सहयोग र आधुनिक निर्माण सामग्री दुवै अस्वीकार गरी आफ्नै बलबुतामा उभिँदै छ । काठमाडौं र ललितपुरले पनि यो अनुकरणीय कामको केही हदसम्म अनुकरण गर्दै छन् । एकताका स्मार्ट रानीपोखरी निर्माणले व्यापक चर्चा पाएको थियो । सम्पदाप्रेमीको विरोध र दबाबपछि बल्ल काठमाडौंले यसलाई पुरानै मौलिक स्वरूपमा निर्माण गरेको छ । नेपालमण्डलमा सम्पदा संरक्षणका निम्ति बहसहरू भइरहँदा सरकार भने भूमाफियालाई हर्षित पारी स्मार्ट सिटीको नक्सा कोर्दै छ ।
स्मार्ट सिटी बनाउनुपर्छ, त्यस्ता सहर उपत्यकाबाहिर निर्माण गर्नुपर्छ । घरजग्गा कारोबारले बढाएको द्रव्यलिप्सा र लाभले हामीलाई यति अन्धो बनाइसकेको छ कि हाम्रा सबै सडक एवं पूर्वाधार योजना दलाली मानसिकताको वरिपरि सीमित छ । दूरगामी सोच नराखे निकट भविष्यमै पछुताउनु पर्नेछ । काठमाडौंलाई स्मार्ट सिटी बनाउने कि सांस्कृतिक सहर ? अब यो सबैको बहसको विषय हुनुपर्छ । जुन दिन काठमाडौंकेन्द्रित चिन्तनको अन्त्य हुन्छ, यी सबै समस्या एक–एक गरेर हल हुँदै जानेछन् । | 2022/01/22 23:35:00 | https://nayapatrikadaily.com/news-details/52473/2020-10-05 | mC4 |
पथरी / प्रथम सिएम कङ्गदम्वा टि –२० क्रिकेट प्रतियोगीताउपाधि विराटनगरको व्लु स्टार क्रिकेट क्लवले जितेको छ ।
पथरीशनिश्चरे क्रिकेट क्लवको आयोजनमबा पथरी रंगाशालमा भएको खेलमा आयोजक रातोलाइ ९ विकेटले पराजित गर्दै विराटनगरले उपाधी जितेको हो । टस जितेर व्याटिङ रोजेको आयोजकले २० ओभरमा ९ विकेट गुमाएर १ सय ७ रन वनाएको थियो । आयोजकलाई सम्मानजनक योगफल वनाउने क्रममा राकेश दाहालले ५१ रन वनाए । आयोजकका राजु राइले १३ वाहेक अन्य ले दोहरो रन वनाउन सकेनन् । यता विराटनगरका रोनित सिंह ले ३ विकेट लिए भने मुन्ना मेण्डीजले २ विकेट लिए । विराटनगरका हर्जत अन्सारी, विरेन्द्र झा, विधान गोस्वामीले १,१ विकेट लिए ।
१ सय ८ रनको लक्ष्य लिएर मैदान उत्रिएको विराटनगरल १५ ओभरमा १ विकेटको क्षतीमा पुरा गर्याे । जसमा विरेन्द्र झाले ४६ रन वनाए भने सिन्दान्त लोहनीले ३० रन वनाए । मुन्ना मेण्डीजले १९ रन वनाए । आयोजकका राकेश दहालले १ विकेट लिए । उत्कृष्ठ व्याष्टमेन,म्यान अफ दि म्याच र म्यान अफ दि म्याच विराटनगरका विरेन्द्र झा घोषित वने ,उत्कृष्ठ वलर आयोजकका दिपेश श्रेष्ठ,उदियमान खेलाडी आयोजककै रुपेश श्रेष्ठ वने ।
विजेता विराटनगरले ३५ हजार र ट्रफि तथा उपविजेताले २० हजार र ट्रफि जितेका थिए । विजेता हरुलाई मोरङ्ग खेलकुद विकाश समितीका कोषाध्यक्ष सुजय गौतमले वितरण गरे । खेल जेठ ५ बाट सुरु भएको थियो । | OSCAR-2019 |
||
नेपालमै यसरी बन्यो 'यान्त्रिका' रोबट, यस्ता विभिन्न कामहरु गर्छ यस्ले…हेर्नुहोस् ।
कोभिड–१९ सं,क्रमणसँगै नेपालमा पनि लक डाउन सुरु भयो । विश्व परिवेशमा लक डाउन सुरु भएको लामो समय भइसकेको थियो । विस्तारै संक्र'मितको सेवाका लागि रोबटहरु बन्न थालेको समाचारहरु आइरहेका थिए ।
त्यतिबेला नै मलाई नेपालमा पनि केही गर्न सकिन्छ कि भन्ने लागेको थियो । म नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) मा कार्यरत छु । नास्टमा पनि सरहरुले यस विषयमा कुरा गर्नुभयो । हाम्रो आफ्नै ल्याब थियो । दुई–तीन जना साथीहरु हायर गरेर काम गर्न सकिन्छ भन्ने लाग्यो । अहिले कोभिडको परिस्थितिमा मास्क र सेनिटाइजर सम्बन्धी जनचेतना फै'लाउने किसिमको रोबट बनाउने विषयमा सल्लाह भयो ।
अहिले स्वयंमसेवीको मास्क दिने, सेनिटाइजर दिने खालको बनाउने र पछि आवश्यकताअनुसार अन्य प्रोग्रामहरु पनि थपघट गर्न सकिने आइडियामा हामीले काम सुरु गर्ने निर्णय गर्यौँ ।
मैले ने'तृत्व गर्नेगरी एउटा टोली बन्यो । जसमा मसहित इन्जिनियर ज्ञानेन्द्र थापा र सागरबहादुर तामाङ, इन्जिनियरिङका विद्यार्थीहरु रामकृष्ण यादव, नविन दाहाल र दिवस खड्का हुनुहुन्छ ।
टोली बनेपछि हामीले कन्सेप्ट तयार गर्यौँ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयोगहरुबारे जानकारी लिने काम भयो । नेपालमा कोभिड–१९ पछि दुई–तीन वटा संस्थाहरुले अस्पताल र होटलहरुमा रोबट बनाएर बेचिरहेका छन् । उनीहरुले व्यवसायका लागि बनाउने हो । तर, हामीले बनाउने भनेको आरएनडीका लागि हो । अर्थात, हामी रोबटको लुक्समा भन्दा पनि त्यसको फिचरमा बढी फोकस हुनुपर्छ भन्ने भयो ।
नेपालमा बनेका रोबटको समिक्षा गरेपछि विदेशी रोबटहरु पनि हेर्यौँ । जापानमा रहेका साथीहरुसँग पनि त्यहाँ रोबट कुन स्तरमा पुगेको छ भनेर बुझ्यौँ । चीनको रोबटलाई पनि जापनकोसँग तुलना गर्यौँ । विश्वमा कुन–कुन स्तरका रोबटहरु छन् भनेर हेरिसकेपछि अब हामी कम्तीमा यो स्तरसम्म जानुपर्छ भन्ने भयो । सबै अध्ययन गरिसकेपछि उनीहरुको जस्तै बनाउन नसके पनि सस्तो मूल्यमा उनीहरुकै हाराहारीमा कसरी बनाउन सकिन्छ भनेर छलफल भयो र काम सुरु गर्यौँ ।
मलाई धेरैले सोध्नु पनि हुन्छ सामानहरु कहाँबाट ल्याउनुभयो भनेर । आर्टिफिसियल एन्टिजेन र मेसिन लर्निङ सिस्टम जोडेर रोबट तयार भएको हो । यो एआई र मेसिन लर्निङ फिचर भएको नेपालमा निर्मित पहिलो रोबट हो । सुरेश कार्की, घनश्याम श्रेष्ठ, सुजिन श्रेष्ठ र जयनारायण चौधरीले यान्त्रिकालाई मानिसको स्वरुप दिने काम गर्नुभएको हो । भित्र मेटलहरु हुन्छ ।
त्यसमा प्रयोग हुने इलेक्ट्रोनिक पार्टहर, मोटरहरु सबै नेपालमै उपलब्ध छ । हामीलाई सामान मगाउन धेरै समय कुर्नुपर्ने अवस्था छैन, आजको आजै पाइन्छ । भोली कुनै समस्या आयो भने पनि सबै सामान यही उपलब्ध होस् र समयमै समस्या समाधान होस् भन्ने हिसाबले पनि हामीले काम गरेका हौँ । भरसर इलेक्ट्रोनिक्स पार्टबाहेक सबै सामानहरु 'मेड इन नेपाल' नै प्रयोग गरेका छौँ ।
हामीले ६ हप्तामा सकाउँछौँ भनेर प्रपोजल बुझाएका थियौँ नास्टलाई । त्यति नै समयमा सकियो पनि । तर, नास्टका सरहरुले नास्टले बनाएको रोबट भएकाले अझै दुई हप्ता यसको कार्यहरु हेरौँ भन्नुभयो । यसरी हामीले रोबटलाई अनुगमनमा राख्यौँ । खर्चको कुरा गर्नुपर्दा हामी धेरै नास्टकै कर्मचारी भएकाले श्रममा अतिरिक्त पैसा खर्च गर्नुपरेन । सामानहरु पनि हाम्रै वर्कशपमा भएकालाई टालटुल गरेर प्रयोग गरेका छौँ । केही सामानहरु भने मगाएका थियौँ ।
अहिले नै यसको पूर्ण खर्च निस्किएको छैन । तर, हामीले अनुमान गर्दा विदेशमा यत्तिकै रोबट बनाउँदा ४० लाखसम्म खर्च हुन्छ भने हाम्रो खर्च त्यसको आधाभन्दा पनि कम भएको छ भन्ने मेरो अनुमान छ । रोबटलाई यान्त्रिका नाम दिएका छौँ । यन्त्रलाई यन्त्रिका भनेर महिला स्वयंमसेवीकाको रुपमा चिनाउन खोजेका हौँ । यान्त्रिकाले आँखा झिम्काउने, टाउको हल्लाउनेदेखि लिएर यसमा जडित भ्वाइस डिटेक्सन सिस्टेमको माध्यमबाट एक ठाउँबाट अर्को ठाउँमा जान पनि सक्छे ।
यान्त्रिकामा जडित कन्ट्याक्ट लेस टेम्प्रेचर डिटेक्ट उपकरणले आगन्तुकहरुको तापक्रम पनि जाँच्छे । हरेक कोठाको ढोकामा गएर न्यूरल नेटवर्कमार्फत मास्क लगाएको छ कि छैन भनेर पत्ता लगाउन सक्छे । यान्त्रिकामा जडित कन्ट्याक्ट लेस टेम्प्रेचर डिटेक्ट गर्ने उपकरणले आगन्तुकहरुको तापक्रम पनि जाँच्छे । एउटै हातमा ६ वटासम्म मोटर जोडिएको हुनाले मानिसले जस्तै हात हल्लाउन र नमस्कार गर्न यान्त्रिका सक्षम छे ।
यान्त्रिकाको छातिमा जडित टच स्क्रिन (ट्याबलेट) बाट आगन्तुकले नाष्टसम्बन्धी जानकारी लिन सक्ने छन् । अहिले हामीले नयाँ फिचर पनि थप गरिरहेका छौँ । जस्तो कि हाजिरको विषयमा यदि कोही कर्मचारी हिजो अफिस आएन तर आज आयो भने 'हेल्लो ह्वाई डिडन्ट यू कम एस्टर्डे' भनेर सोध्न सक्ने प्रोग्रामिङ पनि सोचिरहेका छौँ । 'ट्रेनिङ डाटा' को आधारमा यान्त्रिकाले भोली आफूलाई थप चलाएमान बनाउँदै जान्छे ।
यो नेपालमा पहिलो होइन, अरुले पनि बनाएका छन् भनेर कतिपयले भनिरहनुभएको पनि छ । उहाँहरुको कुरा ठिक हो । तर, नास्टले बनाइसकेपछि अरुले बनाएजस्तो बनाएर पनि हुँदैन । हामीले यसलाई नेपालको 'बेन्चमार्किङ' बनाउन खोजेका हौँ । हामीले अहिलेसम्म नेपालमा बनाएका रोबटहरु भन्दा अलि राम्रो बनाउन सक्यौँ भने भोली कम्पनीहरुमा पनि योभन्दा राम्रो बनाउनुपर्छ भन्ने प्रतिस्पर्धाको भावना विकास हुन्छ र यसले गर्दा नेपालमा राम्रो स्तरको रोबट बन्छ भन्ने हाम्रो बुझाई हो । खासमा हामीले नेपाल पनि प्रविधिमा कम छैन, नेपालीले पनि केही गर्न सक्छन्, अलिेका युवाहरुमा नयाँ सोच र क्षमता छ भनेर देखाउन खोजेका थियौँ । प्रविधि क्षेत्रमा नेपालको सर्वोच्च निकाय नास्टले गर्न सक्छ भनेर पनि देखाउनु थियो । यसमा हामी सफल भयौँ पनि । यो ०.१ भर्सनको रोबट हो । हामी २०२१ को अन्तिमसम्ममा २.० भर्सनको रोबट बनाउने योजनामा छौँ ।
अब कसैले हामीलाई यस्तै रोबट निर्माणमा सहयोग गरिदिनुस् भनेर आउनुहुन्छ भने हामी सहयोग गर्न तयार छौँ । प्रधानमन्त्री कार्यालय वा अन्य सार्वजनिक स्थलका लागि बनाइदिनुस् भनेर आउनुहुन्छ भने पनि हामी बनाउन सक्छौँ । बनाएर बेच्ने, व्यापार गर्ने हामी कम्पनी होइनौँ तर हामीले प्रविधि उपलब्ध गराएर सहयोग गर्न सक्छौँ । अर्को कुरा कम्पनीहरुले पनि हामीसँग सहयोग मागेको खण्डमा हामी 'टेक्नोलोजी ट्रान्सफर' गर्न सक्छौँ । हामी सरकारी नियम र निर्णयमा बसेर के गर्न सक्छौँ त्यसका लागि तयार छौँ । | 2020/11/25 22:37:42 | https://nepalonlinekhabar.com/13910/ | mC4 |
माओवादी अभिजात वर्गका, ठेकेदारको, डनहरुको जस्तो पार्टी भएछ – मणि थापा | Hakahaki
माओवादी अभिजात वर्गका, ठेकेदारको, डनहरुको जस्तो पार्टी भएछ – मणि थापा
नेकपा माओवादी केन्द्रका कार्यालय सदस्य तथा वाईसीएलका फ्रयाक्सन ईन्चार्ज मणि थापासँग हाकाहाकी डटकमका प्रतिनिधिले गरेको संक्षिप्त कुराकानीको सम्पादित अंश ।
योङ्ग कम्युनिष्ट लिग नेपाल (वाईसीएल)को राष्ट्रिय सम्मेलनमा केन्द्रीत भइरहेको छु । वाईसीएललाई नेकपा माओवादी केन्द्रले एक सशक्त युवा संगठनको रुपमा स्थापित गर्न गइरहेको छ । जसले दुई नम्बर प्रदेशको स्थानीय तहको निर्वाचन साथै प्रदेश र संघको निर्वाचनमा माओवादी केन्द्रलाई जिताउन मुख्य भूमिका खेल्नेछ । राष्ट्रिय सम्मेलनको पहिलो दिन आज युवाहरु प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा माओवादी केन्द्रमा वाईसीएलको भूमिका के कस्तो रहन्छ ?
नेकपा माओवादी केन्द्रको पक्षमा जोडदार प्रचार–प्रसार गर्ने, पार्टीको मतको रक्षा गर्ने, चुनावमा जुन विकृतिकरण भइरहेको छ, त्यसलाई रोक्ने । यहाँ पैसाको चलखेल बढी छ । त्यसलाई रोक्ने, सही निर्वाचन प्रणाली स्थापित गराउन आवश्यक भूमिका खेल्नु पर्छ भन्ने हाम्रो सोच हो ।
पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचन परिणामलाई कसरी लिनुभएको छ ?
पहिलो, यो निर्वाचनमा नेकपा माओवादी केन्द्र थोरै कमजोर साबित भएको छ । कमजोर हुनुको पछाडि युवाहरुको सशक्त परिचालन भएन भन्ने पनि छ । युवाको परिचालनलाई राष्ट्रिय सम्मेलनपछि सशक्त बनाउँछौं ।
दोस्रो, पार्टीकोे केन्द्रीय सचिवालयको विस्तारित बैठकले युवाहरुलाई सशक्त हतियारको रुपमा प्रयोग गर्नुपर्नेमा त्यसो गर्न सकेनौ भन्ने छ । भावी आन्दोलन र निर्वाचनमा वाइसीएल र युवाहरुको परिचालन गरेर विरोधीहरुमाथि हस्तक्षेप, मतको रक्षा गर्दै चुनावको बिचमा हुने पैसाको चलखेललाई रोक्नेछौं ।
केन्द्रीय सचिवालयको बैठकले पार्टी, जबस, मोर्चाहरु चुस्त बनाउने निर्णय गरेको छ, कार्यान्वयनमा जटिलता आउँदैन ?
पार्टी नै चुस्तदुरुस्तको प्रक्रियामा गइसकेपछि जबस, मोर्चाहरु पनि अनिवार्यरुपमा चुस्तदुरुस्त बनाउनु पर्छ । पार्टी एकता विशिष्ट धुर्वीकरणको अवस्थामा थियो । त्यसकारण, पार्टी र जबसहरु ठूला ठूला भएका हुन् । अब त्यस्तो हुँदैन् ।
हामीले ठूला र भद्दा कमिटी बनायौँ । त्यसले जनतामा विकर्षण ल्यायो । एकता प्रक्रियामा हामीले सिद्धान्त विपरीत गएर संगठन निर्माण ग¥यौं । तर, अहिले वाइसीएलको राष्ट्रिय सम्मेलन हुँदैछ, यही सम्मेलनबाट हामी चुस्त र सानो संगठन बनाउने सुरुवात गर्दैछौं । जसको गृहकार्य गरिसकेका छौं ।
अब लिडरको क्वालिटी निर्धारण गरिन्छ । इतिहासको मूल्याङ्कन पनि गरिन्छ । आन्दोलनको नेतृत्व गर्न सक्ने नयाँ नेतृत्व आउनुपर्छ भन्ने हामीले भनेका छौं । यसअघि भद्दा कमिटी भयो भनेर जनता र कार्यकर्ताबाट आएको विरोधको हामी सम्मेलनबाट सम्बोधन गर्नेछौं ।
पार्टीको केन्द्रीय सचिवालयको बैठकमा गुट चर्चा भए जस्तै वाईसीएलको सम्मेलनमा पनि गुट–उपगुटको रङ्गले भद्दा कमिटी बन्ने त होइन् ?
पार्टी संगठनमा गुट–उपगुट प्रमुख भइसकेपछि आन्दोलन बन्दैन, जुन हाम्रो पार्टीमा नवप्रवेशीहरुका लागि समस्या नै देखिएको छ ।
न्यू कमर (नवप्रवेशी) पार्टीमा गुटका लागि प्रवेश गरेका हुँदैनन् । पार्टीमा गुट–उपगुट देखेपछि उनीहरु किन प्रवेश गर्ने भन्ने दुविधामा देखिन्छन् ।
त्यसकारण अबको नेतृत्व गुट उपगुटको होइन, समग्र आन्दोलन बनाउने हिसाबले जान्छौं । युवाहरु गुट होइन, आन्दोलन चाहन्छन् । बलिदान र त्याग गर्न चाहन्छन् । अब युवाहरुले नेतृत्व गर्नुपर्छ । हामीले पार्टीको केन्द्रीय समितिमा पनि युवाहरुको राम्रो प्रतिनिधित्व हुनुपर्छ भनेका छौं । साथै, युवा संगठित नभइकन गुटहरुको पनि अन्त्य हुँदैन् ।
अर्कोकुरा, पार्टीमा धेरै पुराना र उमेर समूहका नेता हुनुपनि अनिवार्य गुट जन्माउने साधन हुँदा रहेछन् । त्यसैले हामीले युवाहरुलाई प्रोत्साहित गर्न खोजेका छौं ।
पहिलो र दोस्रो निर्वाचनबाट माओवादी केन्द्रले सिकेको पाठ ?
हामी सामाजिक विशेषता अनुसारको माओवादी भएनछौं । माओवादी जनतासँग सम्बन्धित पार्टी हुनुभन्दा पनि अभिजात वर्गका, ठेकेदारको, डनहरुको जस्तो पार्टी भएछ ।
सर्वहारा वर्गको पार्टी त पछिल्लो समय पैसावालाको पार्टी जस्तो भयो । माओवादी केन्द्रलाई जनताले काँग्रेस–एमालेभन्दा अन्तर देखेनन् । काँग्रेस, एमाले र माओवादी केन्द्रका बीच तात्विक भिन्नता नदेखेपछि स्वतन्त्र जनताले मतदान मार्फत देखाइदिएका हुन् ।
हाम्रो इतिहास जनपक्षीय, क्रान्तिकारी नै हो । तर, हामीले इतिहास भुल्यौं । हाम्रो प्रयत्न भनेको नयाँ र युवाहरुलाई स्थान दिएर जनपक्षीय क्यारेक्टरमा सुधार गर्नुपर्छ ।
हामीले जनसम्बन्ध पनि सुदृढ गर्न सकेनौ । अब जनसम्बन्ध सुदृढ गर्ने दिशामा माओवादी केन्द्र छ ।
यसैगरी हाम्रो प्रचार–प्रसार राम्रो भएन, केन्द्रीय योजना पनि राम्रो बन्न सकेन्, उम्मेदवार छान्ने बेलामा पनि गुट उपगुटको प्रतिछाँया देखिए । सही उम्मेदवार छनौट गर्न सकेनौं । सक्षम उम्मेदवार भन्दा पनि कसैको दबावमा छान्यौ । यसले स्थानीय तहको नतिजा निर्धारण गरिदियो । त्यो सुधार गर्नुपर्छ । हामीले सिक्नुपर्छ । त्यो लेसन लिएनौं भने साथै युवाहरुलाई प्रोत्साहन गरेनौं र प्रतिनिधित्व गराएनौं भने काँग्रेस र एमाले जस्तै माओवादी हुनुको अर्थ छैन् ।
वर्ग सङ्घर्षबाट आएको पार्टी, अन्तर सङ्घर्षमा अल्झियो, अन्तर सङ्घर्ष जित्न वर्ग दुश्मनसँग मिल्यो भन्ने आरोप छ नि ?
निर्वाचन हो, निर्वाचनमा हामीले जित्ने रणनीति तय गर्दा जित्ने मत जोसँग पनि लिन सकिन्छ । जित्ने हिसाबले हामीले सोच्यौं ।
हामी काँग्रेससँग सरकारमा सँगै छौं । हाम्रो काँग्रेससँग तालमेल भयो । हामीले काँग्रेससँग एलायन्स गरेको कारणले माओवादीले हारेको भन्ने चाहिँ होइन् ।
हार्नुको आन्तरिक कारण, हामीले हाम्रो वर्गलाई बुझाउन, सुदृढ गर्न, आकर्षित गर्न सकेनौं । प्रचार प्रसार गर्न सकेनौं । जसका कारण जनताले हामीलाई आफूले चाहेको नेकपा माओवादी केन्द्रको रुपमा देखेनन् । माओवादीको सामाजिक चरित्र नदेखेपछि जनतामा विकर्षण आएको देखियो । जसलाई सुधार गर्नै पर्छ ।
पार्टी एकताको सहमति र मर्म अनुसार अघि बढ्न सकेन भन्ने सुनिन्छ, कुरा के हो ?
पहिलो कुरा, पार्टी एकताको भाव तलसम्म पुगेकै छैन् । अहिले त्यसैले पनि असर गरेको छ । हामीले पार्टी एकतालाई गाउँ तहसम्म सुदृढ गर्न सकेनौं । त्यसको रिफ्लेक्सन चुनावमा आयो भन्ने कुरा अध्यक्ष कमरेड प्रचण्डले पनि स्वीकार गरेकै कुरा हो ।
दोस्रो, पार्टी एकता प्रक्रियामा आउने साथीहरुलाई चुनावप्रति खासै रुचि छैन् । चुनावबाट आएका साथीहरुलाई चुनावप्रति अलि बढी रुचि छ । यी दुबै धारणा गलत छन् । किनभने, एकता हुँदा एउटाले रणनीति र अर्कोले कार्यनीति ल्याएको छ । तसर्थ, पार्टी एकताको सहमति र मर्म अनुसार नै अघि जाने हो ।
माओवादी केन्द्रले दुई नम्बर प्रदेशको स्थानीय तहको निर्वाचनलाई कसरी हेरेको छ ?
पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा कमजोरी भयो । तर, दुई नम्बर प्रदेशमा ती कमजोरी सच्चाउनु पर्छ भनिएको छ ।
पहिलो र दोस्रो चरणको निर्वाचनबाट पाठ सिक्नु पर्छ । दुई नम्बर प्रदेश नेपालको रणनीतिक महत्वको प्रदेश पनि हो । साथै, पछिल्लोे चरणको आन्दोलनको सम्बोधन गर्नु पर्ने विषय पनि हो । यो जनताको विषय पनि हो ।
माओवादी केन्द्रले पार्टीको अन्तरसङ्घर्ष मिलाउने प्रयत्न पनि पार्टीको तहबाट गरिरहेको छ । यो प्रदेशमा निर्वाचन परिणाम पहिलो र दोस्रो चरणको निर्वाचनमा भन्दा राम्रो आउँछ भन्ने आँकलन गरिएको छ ।
अब माओवादी केन्द्र कसरी अघि बढ्छ ?
माओवादीले निर्दिष्ट गरेको अहिलेको बाटो प्रतिस्पर्धात्मक संसदीय व्यवस्थालाई उपयोग, प्रयोग र स्थापित गर्ने भनेका छौं । उपयोग र प्रयोग गर्नेक्रममा प्रतिस्पर्धात्मक पूँजीवाद, साम्राज्यवादी, विस्तारवादी र सामन्तवादी शक्तिहरुलाई परास्त गर्न चुनाव हुन्छ । त्यसमा आफूलाई उत्कृष्ट सावित गरेर अघि बढ्ने हो ।
संगठनमा पहिलो पटक नयाँ बसोबास भएका सहर, नयाँ सभ्यतासहित बनेका सहर, नयाँ बसोबास, मध्यम वर्ग र शहरमा माओवादीले आफूलाई केन्द्रीत गरेर उत्कृष्ट (वेटर) सावित गर्न सक्नुपर्छ । साथै, सहरको मध्यम वर्ग, नयाँ सोसाइटीलाई सम्बोधन गर्ने माओवादी पार्टी बनाउनु पर्छ ।
माओवादी पार्टी किसान, मजदूर र ग्रामीण भूगोलमा ठीक छ । अब जबस, मोर्चा, विद्यार्थी र युवालाई सशक्त बनाउनु पर्छ । विशेषत्ः युवा र विद्यार्थी संगठनलाई सशक्त बनाएर जानुपर्छ भन्ने पार्टीको नीति छ । | 2021/05/11 01:26:16 | http://www.hakahaki.com/2017/08/12/%E0%A4%AE%E0%A4%BE%E0%A4%93%E0%A4%B5%E0%A4%BE%E0%A4%A6%E0%A5%80-%E0%A4%85%E0%A4%AD%E0%A4%BF%E0%A4%9C%E0%A4%BE%E0%A4%A4-%E0%A4%B5%E0%A4%B0%E0%A5%8D%E0%A4%97%E0%A4%95%E0%A4%BE-%E0%A4%A0%E0%A5%87.html | mC4 |
दोस्रो खेलमा खाद्य टोलले प्रगतिशील टोल विकासलाई टाइब्रेकरमा ४-३ ले पराजित गर्यो । निर्धारित समयको खेल २-२ गोलको बराबरीमा टुंगिएपछि खेल पेनाल्टीमा गएको थियो।
काठमाडौ १ बैसाख । होस्टल व्यवसायीहरूले सरकारलाई क्वारेन्टाइन स्थल निर्माण गर्न एक हजार बेड सहयोग गर्ने घोषणा गरेका छन ।
नेपाल होस्टल एसोसिएसनका अध्यक्ष भक्ति पाठकले सोमबार नयाँ बर्षमा शुभकामना सन्देश दिदै यस्तो घोषणा गरेका हुन् । | 2021-02-26T22:18:18Z | https://colorsfm.com.np/post.php?post_id=167 | OSCAR-2109 |
तुलसिपुरमा भएको बम विष्फोटमा परी एक म्यादी सहित ८ जना घाईते « Thahaonline.com | थाहा अनलाइन
तुलसिपुरमा भएको बम विष्फोटमा परी एक म्यादी सहित ८ जना घाईते
१२ मंसिर २०७४, मंगलवार १७:२९ मा प्रकाशित
दाङ , १२ मंसिर
दाङको तुल्सीपुरमा बम विष्फोट भएको छ । विष्फोटमा एक म्यादी प्रहरीसहित ८ जना घाइते भएका छन ।घाइते मध्ये दुई जनालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । अन्यको तुलसीपुर अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
तुलसीपुर उपमहानगरपालिकाको व्यस्त बजारमा तुलसी बोर्डिङ स्कुल नजिकै बम विस्फोट भएको हो । एक जना व्यक्तिले सडकमा बम फ्यालेर भागेपछि विष्फोट भएको घटनास्थलमा रहेका डिएसपी सुदिल शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार बम फाल्ने व्यक्तिको खोजी भइरहेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका शीर्ष नेताहरु आज दाङको तुलसीपुरमा आयोजित सभालाई सम्वोधन गर्न आएको बेला बम विष्फोट गराइएको हो । सभास्थल भन्दा करिब २०० मिटर टाढा बम विष्फोट भएको थियो । कांग्रेस शीर्ष नेताहरु सहितको टोली सदरमुकाम घोराही र तुलसीपुरको सभालाई सम्वोधन गरी मंगलबारै भैरहवा हुँदै काठमाडौं प्रस्थान गर्ने गरि | 2022/01/16 22:10:00 | https://thahaonline.com/14567/ | mC4 |
Sajhasabal.com |भोकमरीको चपेटामा थलाराको हलिया बस्ती
रमेश केसी । जेठ २८, बझाङ (रासस)। थलारा गाउँपालिकाको केन्द्रदेखि ३० मिनेटको दूरीमा एउटा सानो बस्ती छ । त्यहाँ २५ दलित परिवारको बसोवास छ । बस्ती पुग्नेबित्तिकै एउटा स्लेटले छाएको घर भेटिन्छ । घर निकै जीर्ण भैसकेको छ । सुन्दा अचम्म लाग्ने तर यथार्थ छ वटा मूल ढोका भएको त्यस घरमा २२ परिवारका १०७ जना बस्दा बस्दै आएका छन् । घर हेर्दा पाँच÷छ परिवारलाई पनि सहजरुपमा बस्न नमिल्ने खालको छ ।
यो मापदण्डअनुसार बिसखेत गाउँका हलियाहरु 'ख' वर्गमा हुनुपर्नेमा उनीहरुलाई 'घ' वर्गमा सूचीकृत गरिएको छ । हलिया मुक्तिको घोषणापछि सरकारले साहुबाट लिएको ऋण तिरिदियो । जग्गा नहुनेको जग्गा जोडिदियो । घर बनाइदियो । यी काममा करोडौं रुपैयाँ खर्च गर्यो । हलियालाई आत्मनिर्भर बनाउने भन्दै विभिन्न सङ्घसंस्थाले पनि ठूलो धनराशि सिध्याए पनि हलियाको ठूलो सङ्ख्या अहिले पनि साहुँकै हलो जोतिरहेका छन् । | 2021/10/26 21:39:16 | http://sajhasabal.com/bajhang/Economy/77985 | mC4 |
थाहा खबर: चन्दा उठाएर कभर्डहल बनाउँदै पूर्वखेलाडी घिमिरे
४० प्रतिशत काम सकियो
हेटौंडा : धुर्मुस–सुन्तली फाउण्डेशनले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला भरतपुरमा बनाइरहेको छ। भरतपुरमा जस्तै गरेर चन्दा संकलन गरेर हेटौंडामा नेपालका एक पूर्व-खेलाडीले कभर्ड हल बनाइरहेका छन्। नेपालका लागि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जिताउन सफल बक्सर सुशील घिमिरे अहिले चन्दा संकलन गरेर कभर्डहल निर्माणमा जुटेका छन्।
आफ्नो खेलजीवनमा नेपालका लागि चार अन्तर्राष्ट्रिय पदक घिमिरेले श्रीलंका सम्पन्न दसौं सागमा रजत बक्सिङमा रजत पदकसमेत जितेका थिए। सशस्त्र प्रहरीको एपिएफ क्लबबाट खेलेका उनले आफ्नो व्यावसायिक खेलजीवनपछि सात वर्ष वैदेशिक रोजगारीमा बिताएका थिए। घिमिरेले आफ्नै क्षेत्रमा योगदान गर्नका लागि आफुले यो कदम चालेको बताए।
हेटौंडा–५ पिप्लेस्थित बालज्योति माविको मैदानमा एक महिनायता चन्दा संकलन गरेर कभर्डहल निर्माण भइरहेको कभर्ड हलको ४० प्रतिशत काम सकिएको घिमिरेले बताएका छन्। उनका अनुसार ढलान भइसकेको छ भने छाना छाउने कामको तयारी भइरहेको छ।
कभर्ड हल फागुनसम्म बनिसक्ने सम्भावना छ। ४० लाखको लगानीमा बन्न लागेको कभर्ड हललाई हालसम्म ७ लाखभन्दा बढी रकम सहयोग आइसकेको र अरू रकम पनि आउने क्रममा रहेको घिमिरेले बताए। कभर्ड हलमा बक्सिङ मात्र नभई कराँते, भलिबल, व्याडमिन्टन जस्ता खेलहरू खेल्न तथा प्रशिक्षण गर्न मिल्नेछ।
८ हजार स्क्वाएर फिट क्षेत्रफल रहेको कभर्ड हलको २५० जना अट्ने क्षमता छ। अहिले छाना हाल्ने काम चलिरहेको र भुइँ ढलानको तयारी भइरहेको घिमिरेले जानकारी दिएका छन्।
कभर्ड हल निर्माणपछि हेटौंडाको खेल क्षेत्रको विकासमा सहयोग पुग्ने घिमिरे अपेक्षा गर्छन्। अहिलेका युवा पुस्ता धेरै कुलत र दुर्व्यसनमा फसेको भन्दै उनीहरुको फुर्सदको समय खेलकुदमा उपयोग गर्न पाए लागूऔषधको दुर्व्यसनबाट बचाउन सकिने घिमिरे बताउँछन्।
प्रशिक्षणको लागि कभर्डहल
कभर्डहल नहुँदा नयाँ खेलाडीहरूमा खेलप्रति वितृष्ण भइरहेको बेला व्यवस्थित प्रशिक्षणको लागि कभर्ड हलको योजना बनेको घिमिरेले बताए। 'पछिल्लो समय जुनियर खेलाडीको आकर्षण घटेका कारण व्यवस्थित रूपमा प्रशिक्षण गराउनका लागि कभर्डहल निर्माण सुरु गरिएको हो' उनले भने।
हालसम्म पूर्वखेलाडी तथा त्यस क्षेत्रका व्यवसायीबाट ६ लाख ५० हजार रुपैयाँ र ३ लाख बराबरको जिन्सी सहयोग प्राप्त भएको उनले जानकारी दिए। उनका अनुसार कभर्डहलको ५० मिटर लम्बाइ र ३५ मिटर उचाइ रहनेछ।
घिमिरेले अहिले हेटौंडामा बक्सिङको प्रशिक्षण गराइरहेका छन् । हाल दैनिक ७० खेलाडीलाई प्रशिक्षित गराउने घिमिरेले खेलाडी जम्मा गर्न पनि हम्मेहम्मे परेको बताउँछन्। उनी हेटौंडाको पिप्लेबाट प्रतिनिधित्व गर्छन्। उनीसहित पिप्लेबाट हालसम्म सुसन मानन्धर, सविन नेपाली, साजन ठकुरी तथा तिलकप्रसाद गौतमलगायत खेलाडीले बक्सिङको अन्तर्राष्ट्रिय रिङमा नेपालको प्रतिनिधित्व गरिसकेका छन्। | 2020/05/27 09:15:51 | https://www.thahakhabar.com/news/92357 | mC4 |
सुशान्तको नि’धनपछि सुशान्तको परिवार गहिरो शो’कमा डुबेको छ। यो शो’क जिन्दगीभर रहनेछ। सुशान्तको दु:खद खबर सुनेर उनका पिता बेहोसिको हालतमा पुगेका थिए र गम्भीर बिरामी भएका थिए। पिताको पनि ज्या’न जाने हो कि! भन्ने चिन्ताले सबैलाई पिरोलेको थियो। करिब दुई हप्तापछि सुशान्तको पिताको स्वास्थ अवस्था केही ठिक भएको बताइएको छ।
भारतीय सञ्चार माध्यमसँग कुराकानीका क्रममा सुशान्तका पिताले सुशान्त पछिल्ला केही दिन यता निकै तनावग्रस्त रहेको बताएका छन्। पिताका अनुसार, सुशान्तले पछिल्लो एक महिनाभित्र ५० वटा सिम बदलेकाे खबर भारतिय संचारमाध्यमले जनाएका छन ।
बलिउडले आफूलाई एक्लो पारेको र यसै कारणले आफू त’नावमा रहेको कुरा सुशान्तले आफ्ना पितालाई बताएका थिए। बलिउडबाट आफूलाई विभिन्न किसिमका धम्की आउने हुनाले सिम फेरिरहन परेको कुरा सुशान्तले खुलाएका थिए। यी सब कुरालाई हेर्दा सुशान्त बलिउडको तनावका कारण डिप्रेसनको सि’कार भएको र आत्मह’त्या गरेको बुझ्न सकिन्छ। | 2021-03-05T01:49:27Z | http://www.damanpost.com/2019/03/9674.html | OSCAR-2109 |
आज बिहान दोस्रो र तेस्रो आधार शिविरमा गएको हिमपहिराेमा परी ताप्लेजुङका ३५ वर्षीय दावा छिरिङ शेर्पाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केदार खनालका अनुसार हिमपहिरोमा परेका चारमध्ये तीन जना भने तत्काल नै सम्पर्कमा आएका थिए । पहिरोमा परेका शेर्पा सम्पर्कविहीन भएपछि खोजी सुरु गरिएको थियो । घटनालगत्तै बेपत्ता शेर्पाको खोजी गर्ने क्रममा मृतावस्थामा भेटिएको उहाँले बताउनुभयो ।
मृतक शेर्पाको शव सिम्रिक एयरको हेलिकप्टरमार्फत उद्धार गरी आधार शिविरबाट सामागाउँमा ल्याएर मुचुल्का उठाइ शवपरीक्षणका लागि काठमाण्डौको शिक्षण अस्पताल पठाइएको एसपी खनालले जानकारी दिनुभयो । मृतकको शव परीक्षणपछि आफन्तलाई बुझाइने गाेर्खा प्रहरीले जनाएको छ । आइतवार बिहान पनि दोस्रो आधार शिविरमा हिमपहिरो गएको थियो ।
यसअघि गएको सोमवार पनि मनास्लु हिमालको तेस्रो आधार शिविरमा हिमपहिरो गएको थियो । त्यस हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए । सोमवार गएको हिमपहिरोमा सङ्खुवासभाका अनुप राई र विश्व विख्यात अमेरिकी स्की आरोही हिलारी नेल्सनको स्की गर्ने क्रममा मृत्यु भएको थियो । | 2022-11-30T13:26:44Z | https://www.brtnepal.com/2022/10/03/176764.html | OSCAR-2301 |
अन्तर्राष्ट्रिय तामाङ परिषद्को विधानदेखि संस्कार संस्कृति निर्देशिकासम्म | Namsadhim
अन्तर्राष्ट्रिय तामाङ परिषद्को विधानदेखि संस्कार संस्कृति निर्देशिकासम्म
पाैष १३, काठमाडाैं । भर्खरै अन्तर्राष्ट्रिय तामाङ परिषद्को चौथो सम्मेलन मिरिकमा सम्पन्न भएको छ । सम्मेलनमा १९ देशका प्रतिनिधिहरूका सहभागिता रहेको जानकारी गराएका थिए । कसरी १९ देश भन्ने प्रश्नले ठुङ्नेक्रम शायद टुङ्गिने छैन । हनीमुन मनाउन पुगेका देखि डेटिङस्पटमा रूपान्तरण गरेका भन्ने आरोपवृष्टि पनि सुनाए ।
पत्रकारहरू आफ्नो भूमिकामा सफल नै रहे; यद्यपि पत्रकारिता विधाको साथै तामाङ समाजको एक अङ्गकै रूपमा स्थापित पत्रकारहरू पत्रकार मात्रै थिएनन् । उनीहरू पनि तामाङ समाजको अङ्ग नै हुन् भन्नेमा कुनै शङ्का छैन । त्यतिसम्म हुँदा-हुँदै पनि बन्दसत्रमा सहभागिता जनाउन पाएनन् । यो भविष्यमा पूरा गर्नुपर्ने वा सम्बोधन गर्नुपर्ने पाठ भएको छ ।
सबैभन्दा ठूलो त ज्ञानको कुरा नै थियो । त्यतातिर सबैजना अल्लारे तथा लहडे मात्रै भएको गम्भीर आरोप लगाउन बाध्य भएको छु । "खोला तरेपछि लौरो बिर्सने वा जसको जौ खायो; उसैको जुँगा उखेल्यो" भन्ने कथन छर्लङ्ग भएकै थियो । प्राविधिक रूपमा केही समस्या स्वाभाविक मान्नुको विकल्प हुने कुरै भएन ।
विश्व नै पहिचानमय भएको छ । यतिखेर "हामी को हौं र को होइनौं -" भन्ने प्रश्नले धेरैलाई रिङ्ग्याएका देखिन्छन् । यत्तिले मात्रै पहिचान स्थापित हुनेमा शङ्का हुँदोरहेछ । त्यसैले "तिनीहरू को हुन् र होइनन्" भन्ने बारेमा पनि अध्ययन, अनुसन्धान नै गर्नुपर्ने जस्तो देखियो अथवा जानेका, बुझेका साथै सुनेकाले अन्यलाई बुझाउनुपर्ने भएछ ।
सम्मेलनमा सहभागीका दशाले पनि यस्तै सङ्केत गरिरहेकै थियो । दुःख गर्ने, अध्ययन, अनुसन्धान गर्ने साथै जिज्ञासु स्वभावले युक्त मानिस नहुँदारहेछन् । होहोरेमा वा लहैलहैमा दौडने नै संसारे रहेछन्; जसले गम्भीर समस्याहरू जन्माउँछन् मात्रै ! समाधान खोज्दैन वा खोज्न सक्तैन वा समाधान के भन्ने ज्ञान राख्दैन । त्यस्तैगरी आफ्नो धर्म पनि चिन्दैनन् । धर्म भनेको दायित्व तथा कर्तव्य पनि हो तर यस्तो कुरा बुझ्न सक्नेको महाखडेरी नै थियो । सम्मेलनमा पुगेका कतिपय प्रतिनिधिहरू भने आफ्नो धर्म बिर्सेर दार्जिलिङ घुम्न वा होटलमा मीठा खान अनि नरम बिछ्यौनाका लागि रोइलो गरिरहेका जस्ता देखिन्थे ।
यसप्रकार संसारे भन्नेहरू जहिले पनि समस्यामा फसिरहेका हुन्छन् । कतिले तथ्य थाहा पाउँछन् । प्रायःजसोले त अलमलमै जीवन सक्काउँछन् । त्यही तथ्यलाई बुझेपछि- बुद्धले पनि "अज्ञानता" भनेको थियो होला । भन्छन्; तत्कालिक साधुसन्त तथा धर्मगुरुहरूले बुद्धलाई धेरै प्रश्न गरेका थिए । तिनमा १६ प्रश्नका उत्तर भने बुद्धले पनि दिएका थिएनन् । उत्तर नदिनु नै उत्तर थियो पनि भन्छन् । जसको उत्तर थिएन वा उत्तर दिएर अन्तिम निष्कर्षमा पुग्ने सकिने अवस्था थिएन । त्यस्ता प्रश्नलाई "अव्यकृत" प्रश्न भनेका थिए ।
मिरिक सम्मेलनमा पनि अव्यकृत प्रश्नका प्रशस्त उदाहरणहरू उदाङ्गै थिए । यद्यपि, कसैले तिनका छेउ र भेउ नै पाएनन् । पाएकाहरूका निमित्त भने सम्मेलनका आयोजकदेखि सहभागीहरू समेत अव्यकृत प्रश्नका रोगी थिए । मानौं एक प्रकारको सिजोफ्रेनियाले ग्रस्त थिए । विश्व परिवेश, देशीय (नेपाली, भारत, भुटान र बर्मा लगायत) साथै समुदायइतर परिवेशहरू एकातिर थिए । सम्मेलनको आयोजक तथा सहमागी (अ/भौतिक रूपमा सामेल)हरू भने अर्कै संसारमा रमिरहेका वा हराइरहेका देखिन्थे ।
यसको मुख्य कारण चाहिँ, "पहिचान"कै थियो । पहिचानको लागि एकजूट हुँदै थिए । फेरिपनि, पहिचानकै समस्या थियो । तथ्यतः तामाङ पहिचानको कुरो थियो तर "हामी को हौं अनि को होइनौं ? तिनीहरू को हुन् र को होइनन् ?" भन्ने प्रश्नको उत्तर खोज्नुपर्ने थियो तर कसैले पनि त्यतातिर ध्यान दिइरहेका थिएनन् । जसका कारण पहिचानको मुद्दा आफैँ पहिचानविहीन हुँदै थियो । पहिचानको मुद्दाकै पहिचान भइरहेको थिएन । पहिचानकै पहिचान भइरहेको थिएन ।
समस्याविहीन बन्दसत्रको परिकल्पना अस्वाभाविक थियो । समस्याहरूले नयाँ ज्ञान सिकाएको हुनुपर्छ । सिकाउँदा पनि सिक्न नसक्नु चाहिँ साह्रै डरलाग्दो हुन्छ । मिरिक सम्मेलनको बन्दसत्रमा थरीथरीका प्रतिनिधिहरू थिए । कोही कसैलाई जिताउन पुगेका जस्ता ! कोही कसैको जरोकिलो उखेल्न कुदेका जस्ता ! कोही मस्तराम जस्ता ! कोही बलिका निमित्त तयारी अवस्थामा पर्साउँदै गरेका अमूक प्राणी जस्ता ! कोही नयाँ ज्ञानको भोकले व्यग्र जस्ता ! कोही अलमलमा, कोही ढलमलमा अनि कोही गनगनमा व्यस्त थिए । विदेशका प्रतिनिधिहरू आफ्नै अभि/मान पस्कनैमा व्यस्त देखिन्थे । त्यसैले समूहगत छलफलपछि, पूरै बन्दसत्रभरि बेग्लै बसे । स्वदेशमा हराइरहेका चाउरेहरूसँग पनि बस्न हुन्छ र भन्ने मनोदशा चुहाइरहे ।
हो; ज्ञान नै सर्वस्व हो । ज्ञान बिनाको जीवन पशुको जस्तो हुन्छ । सम्मेलनका आयोजकदेखि सहभागीहरू ज्ञानको कुरामा रामजाने वा रामभरोसा मात्रै देखिए । आफैँ आफैँमा अन्यौलग्रस्त जस्ता ! ज्ञान के हो भन्ने नै अत्तोपत्तो नपाएका जस्ता ! यसै भन्दा- पशुसरहको भनेर अभिहित गर्यो भन्ने लाग्नु स्वाभाविक हुन्छ । यो बिन्दूनेर यत्ति भन्छु- अभिहित गर्न खोजेको होइन । मात्रै सचेत हुनुपर्छ भन्ने सन्देश बाँड्न खोजेको हुँ । यद्यपि, कसैको चित्त दुख्छ भने, "तिमीलाई रुवाउने मेरो धोको होइन" भन्ने गीत सुनाउँछु ।
सम्मेलनमा प्रतिवेदन/मस्यौदा/कार्यपत्रलाई पुस्तिकाको रूपमा बाँडेका थिए । जसलाई हेर्ने हो भने राम्रो काम गर्छु भन्नेका लागि प्रशस्त सम्भावनाका गरा/पाटाहरू थिए । खनजोत र मलजल गर्दै खेती लगाउन चाहनेका लागि उर्वरभूमि उदाङ्गै थियो । दुःखको कुरा चाहिँ ती सबै सम्भावनाहरू बिग्रिएका वा बिगारिएका कारण बनेका थिए । कोही ज्ञान बाँडिरहेका थिए । ती ज्ञानलाई लिने, मनन् गर्ने र व्यवहारमा उतार्ने क्रममा कोही पनि थिएनन् । यही नै पहिचानको पहिचान नहुनुको मुख्य कारण थियो ।
अग्रज लेखक, अभियन्ता साथै नेता परशुराम तामाङ, राष्ट्र र राज्य (देश) चिनाउँदै थिए । तामाङलाई 'राष्ट्र' (पृ. १२) भन्दै थिए । नेपाललाई देश भन्दै थिए तर अन्य कसैसँग पनि उनका कुरा सुन्ने र मनमा गुन्ने समय नै थिएन । शायद त्यही भएर हुनुपर्छ; अन्ततः उनी (परशुराम तामाङ) आफैँ पनि अल्मलिएका थिए । तामाङलाई राष्ट्र अनि नेपाललाई देश भनेर भनिरहेका परशुराम तामाङ आफैँ संस्थापक रहेको संस्थाको नाम चाहिँ 'अन्तर्राष्ट्रिय तामाङ परिषद्' थियो । लौ; त्यतिखेरको परिवेश अर्कै थियो । त्यसर्थमा, अन्यथा मान्नु हुँदैन । अहिले त परिस्थिति अर्कै बनिसकेको छ । यस्तो अवस्था उनले सहभागी प्रतिनिधिलाई नसकेतापनि आयोजकलाई त बुझाउन सक्नुपर्दथ्यो । त्यसर्थमा, उनी पनि चुकेको भन्न अनकनाउनु पर्दैन ।
"ढुङ्गामा पानी हालेँ, भिज्यो तर रुझेन । तामाङसामू कुरा राखेँ, सुने तर बुझेनन् ।" केही वर्षघि यस्तै भावसहितको अभिव्यक्ति निकै चर्चामा थियो; जुन अभिव्यक्ति परशुराम तामाङले दिएका थिए । मिरिक सम्मेलनले यो अभिव्यक्ति सही भएको प्रमाणित गर्यो । परशुराम तामाङले ढुङ्गामा पानी हालेका रहेछन् । त्यसैले ढुङ्गामा लेउ मात्रै लाग्यो । त्यही लेउमा चिप्लन पुगे उनी ! पानी त खेतबारीका गरा/पाटामा लगाउनुपर्ने थियो । शायद उनले गरा/पाटा देखेका ती जमीन यथार्थमा ढुङ्गामात्रै थिए । त्यही समस्या खील पल्ट्यो । खोला तरेपछि लौरो बिर्सने अनि जसको जौ खायो उसैको जुँगा उखेल्नेको संसारमा यो स्वभाविक बन्यो ।
अजितमान तामाङको अध्ययन, ज्ञान र पीडा पसिना बनेर यस्तरी बगे कि, उनी आफैँ हारगुहार माग्नसक्ने अवस्था थिएनन् । हरेक अभिव्यक्तिहरू रुवाई जस्ता सुनिइरहेका थिए । यस्तै दूर्भाग्यहरू देखिए । शायद, भाइ फुटे गवाँर लुटे भनेको पनि यही नै थियो । कोही भन्लान्, एक्लो प्रतिष्पर्धीको रूपमा दौडन खोज्दाको परिणाम थियो । कोही भन्लान्, जियोग्राफिक मिस्टेक थियो । यत्ति भन्छु, यो तथ्यलाई तामाङ राष्ट्रले बुझ्नुपर्छ । गल्तीको सजाय दिनुपर्छ । झार उखेल्ने नाममा बाली उखेल्नु हुन्न । पुर्याएका सही योगदानको कदर हुनैपर्छ । खोला तरेपछि लौरो बिर्सनु उचित होइन । स्मरणीय तथ्य यो पनि हो कि- खोला तारी दिएँ भन्दैमा तारिएका सबै मेरा प्रजा वा नोकर हुन् भन्नु पनि हुँदैन ।
माथि उल्लेख गर्दै थिएँ, राष्ट्र र राज्य (देश)को प्रशङ्ग ! तामाङ राष्ट्र हो । ऊ आफ्नो पहिचान प्राप्तिको आन्दोलनमा रहेको छ । अचम्म के हो भने आफैँ राष्ट्र हो तर अन्य (राज्यसत्ता)ले पहिचान देओस् भन्ने चाहना राख्छ । ढुकुरलाई मान्छेले ढुकुर भन्नु वा नभन्नुको कुनै तुक हुँदैन । यसरी भन्ने हो भने तामाङ आफैँ राष्ट्र भएकोले कथित राज्यसत्ताले राष्ट्र भनेर लालमोहर लगाइरहनुको कुनै तुक हुँदैन । त्यसैले स्वतः राष्ट्र ! स्वतः स्वायत्त, सतत्, सार्वभौम साथै समृद्ध रहेको तथ्य बुझ्न नसक्ता यस्तो भएको हो ।
परशुराम तामाङले तामाङलाई राष्ट्र भनेर सही कुरा लेखेका हुन् । तर बुझ्नसक्ने तामाङ सहभागी देखिएनन् । सहभागीका के कुरा आयोजकहरूले नै बुझ्न सकेनन् । अन्ततः नम्बरी सुन पनि कान्छी सुनमा दर्ज भयो । यो दूर्भाग्यपूर्ण कुरा हो । हाम्रो (एस.सि.आ.सि.)को दाबी पनि तामाङ जाति मात्रै नभएर राष्ट्र हो । यो सभ्यता पनि हो । आदिवासी पनि हो । हामी भन्छौं, तामाङ प्रथमराष्ट्र हो । नेपाल राष्ट्र होइन । यो त देश (राज्य) हो । नेपाली राष्ट्रियता होइन । तामाङ राष्ट्र भएकोले तामाङ (तामाङत्त्व) नै राष्ट्रियता हो । नेपाल देशमा तामाङ, गुरुङ, मगर, रार्इ, लिम्बु र थारु लगायतका राष्ट्रहरू छन् । ती राष्ट्रहरूले राष्ट्रियताको आधारमा ताम्सालिङ, तुमवान, मगरात तथा थारुहटलाई यहाँ स्थापित गरेका छन् । राज्यसत्ताले लगाइरहेका अङ्कुश हटाइदिनुपर्छ । अन्यथा राज्यसत्ता सजायको भागीदार रहन्छ ।
यसप्रकार तामाङ राष्ट्र भन्छौं । तामाङ राष्ट्र भएकोले तामाङको परिषद् हुन सक्छ तर अन्तर्राष्ट्रिय चाहिँ हुँदैन । नेपालको हकमा अन्तर्राष्ट्रिय भन्नाले तामाङ, मगर, गुरुङ र थारु बीचको भन्ने अर्थ दिन्छ तर मिरिक सम्मेलनमा भने परशुराम तामाङ आफैँ, तामाङ राष्ट्र र नेपाल चाहिँ देश भन्दै थिए तर संस्थाको नामले चाहिँ तामाङ एउटा जाति मात्रै र नेपाल नै राष्ट्र भएको तर्कको पक्षमा उभिएको थियो । तामाङ राष्ट्र भनेर दाबी गर्नेहरुलाई कुरीकुरी गर्दै थियो ।
राष्ट्र, राष्ट्रियता, देश, जन/जाति र आदिवासी लगायतका शब्दको तथ्यबोध गरेका केही व्यक्तिहरूले जरोकिलो अभियान चलाउँदै आएका छन् । उनीहरू तामाङ लगायतका राष्ट्रहरूलाई जन/जाति मात्रैमा सीमित गर्न खोज्दैछन् । नेपाल नामक देशलाई नै राष्ट्रको रूपमा स्थापित गर्दै राष्ट्रियताको मन्त्र फलाकेर पहिचानको मुद्दाको जरोकिलो उखेल्ने दाउ खोज्दैछन् । यस्तो परिस्थितिमा तामाङ राष्ट्र आफैँ नै विपक्षी अभियानलाई प्रत्यक्ष फाइदा पुर्याउने काम गर्दै गरेको सम्मेलनमा पनि देखियो ।
फिरिङ्गेहरू आए । हाम्रा पुर्खाहरू मारे । हाम्रा भूमि खोसे । हाम्रा चेलीबेटीलाई बलात्कार गरे । हामीलाई सधैँका लागि दास बनाए । तिनीहरूले हाम्रा मुटुकै बीचमा किलो ठोकेर राखेका छन् । त्यो किलो उखेल्नुपर्ने ठाउँमा तिनीहरूलाई नै उक्साउनका निमित्त "हैँसे होस्टे" भनिरहेकाछन् । जसको प्रमाण 'तामाङ अन्तर्राष्ट्रिय परिपद्' नाम राखेर पस्किरहेको भन्ने देखियो । त्यसैले अविलम्ब नाम परिवर्तन गर्न जरुरी देखियो । संयोगवश समूह नं. चारमा परेका एस.सि.आर.सि.बाट सहभागी प्रतिनिधिहरूले विषय उठान गर्यो । समूहका सबैजना एकमत भएपछि नाम परिर्वतन गरेर 'विश्व तामाङ परिषद्' राख्न सुझाव पनि दियो ।
परिषद्को विधानले पनि तामाङलाई जाति र नेपाल देशलाई चाहिँ राष्ट्रको रूपमा प्रस्तुत् गरेको छ । यो सरासर गलत भएकोले तामाङ चाहिँ राष्ट्र र नेपाल चाहिँ देश (राज्य) भन्ने स्पष्ट भएर अगाडि बढ्न सुझाव दिएको छ । चोहोको नेतृत्वमा नाङ्खोर/छोक्पा (संयन्त्र) (पृ.७१) गठन गर्ने भनेको छ । यहाँ नाङ्खोर भन्दाखेरि शब्दको सही उच्चारण नभएको देखियो । तामाङमा न'ङकोर हुन्छ; जसले अर्मपर्मको प्रथालाई जनाउँछ । यहाँ भन्न खोजेको चाहिँ न्हङ्खोर हो । त्यसैले न्हङ्खोर लेखिनुपर्ने र त्यहाँ मुइमूको कुरा छुटेकोले थप्नुपर्ने देखिएको छ । चोहो परम्परालाई स्थापित गराउन सक्ने हो भने गाइकाण्ड लगायतका कयौं समस्याहरू स्वतः समाधान हुनेछन् । तामाङको पहिचान हुनेछ ।
मिरिकमा सम्पन्न सम्मेलन अन्तरदेशीय थियो । त्यसैले पनि त्यो अन्तर्राष्ट्रिय थिएन । अन्तरदेशीय भन्दा राम्रो सुनिँदैन । देश (राज्य)ले त हामी तामाङको भूमि (केसा, ठुङ्सा र बप्सा)लाई फुटाएको छ । हामीबाट खोसेको छ । त्यसैले अन्तरदेशीयको सट्टा 'विश्व तामाङ परिषद्' भन्नु सबैभन्दा उचित देखिन्छ । तामाङ राष्ट्र साथै आदिवासीवाद (इण्डिजिनिजम्)को पक्षमा एस.सि.आर.सि.ले स्थापना कालदेखि औपचारिक रूपमै बहस गर्दै आएको छ । संस्था स्थापनाअघि २०७० देखि नै तामाङलाई राष्ट्रको रूपमा उभ्याउँदै आएका छौं । त्यसैले पनि 'अन्तर्राष्ट्रिय तामाङ परिषद्'को सट्टा 'विश्व तामाङ परिषद्' हुनुपर्ने माग गर्दछौं । यदि यो विषयलाई सम्बोधन गर्न नसक्ने हो भने परिषद्ले आफ्नो स्टे्रन्थ लिन सक्ने छैन । नैतिक रूपमा ताम्सालिङ माग्न सक्ने छैन । यो तथ्य बुझ्न नसकेसम्म तामाङले चाहेको दिन आउने पनि छैन । साझा मुद्दा बन्दैन र एकताको बाटो पनि खुल्दैन ।
परिषद् गठनको क्रममा बाह्य प्रचलनको अन्धो अनुसरण गर्न खोजेको देखिएको छ । काठमाडौंमा भएका कार्यक्रमहरूमा समेत एस.सि.आर.सि.ले "तामाङ संस्था गठन प्रक्रिया"को पक्षमा वकालत गर्दै आएको हो । यसैले विधानमा शाब्दिक रूपमा समेत व्यापक सुधार गर्न आवश्यक देखिएको छ । संस्कार संस्कृति निर्देशिकालाई हेर्ने हो भने, संस्कार र संस्कृतिको अर्थ र परिभाषा नै थाहा नभएको जस्तो देखिएको छ । संस्कारको पक्षहरू समाविष्ट गरिएका छन् । पूर्णताः दिन आवश्यक छ तर संस्कृति र चाडपर्वका कुरा समाविष्ट छैनन् । संस्कृति र चाडपर्व बिनाको निर्देशिकाले तामाङलाई जनजातिको रूपमा पनि राख्न नसकेको जस्तो लाग्न सक्छ ।
तामाङ चौथो विश्व प्रथम राष्ट्र भएकोले संस्कृति र वर्षभरिमा के कस्ता कति पर्वहरू मनाउँछन् ? त्यसको कारण के हो ? पर्यावरणीय अनुकूलन प्रक्रियामा तिनका भूमिका लगायतका कुरा निर्देशिकामा समाविष्ट हुनुपर्दछ । कथित आधुनिक राज्यसत्ता स्थापना अघि तामाङको आफ्नै सम्पूर्ण व्यवस्था कायम थियो । त्यस्ता विषयका लागि सम्बन्धित, बोम्बो, तम्बा, लामा, चोहो र ह्युल्बासँग व्यापक अन्तरक्रिया गर्न सक्नु पर्दछ । त्यसमा समाज/मानवशास्त्रीहरूका सहयोग लिनुपर्ने हुन्छ ।
माथि उल्लेखित समस्याहरूलाई परिषद्ले सम्बोधन गर्न जरुरी छ । निर्देशिका तथा विधानमा रहेका शुद्धाशुद्धिमा व्यापक सुधार आवश्यक देखिएको छ । निर्देशिका पुस्तिकाको आवरणमै लेखनी समस्या देखिएका छन् । परिषद्को लोगोमा अन्तर्राष्ट्रिय लेखिएको छ भने त्यसमुनि चाहिँ अन्तर्राष्ट्रीय लेखिएको छ । यसप्रकार ह्रस्व दीर्घ मिलेको छैन । परिषद् शब्द कतै परिषद् त कतै परिषद रहेको छ अर्थात्, 'द' को खुट्टा काटेको र नकाटेको कुन भन्ने अस्पष्ट बनाएको छ । प्रस्तावनाहरूमा तामाङलार्इ राष्ट्रको रूपमा दाबी गरिरएका छैनन्; जसले मुद्दालार्इ कमजोर बनाएको छ ।
प्रकाशकको पक्षमा : शीर्षक सहित एस. टी. लामाले "…अबौध र असामायिक रीतिको साथ छोडन सक्तैनन् भने त्यो पनि केवल रुढीवादी पाल्नु मात्रै हुनेछ" भनेको छ । उनी आफैँले "हाम्रो पुर्खाहरू जीवन्त भइरहनेछ भने भावी पिँडीलाई जातीय शैलीमा आफूलाई उभ्याउनु ठूलो मद्दत मिल्ने छ" भनेको छ । यसप्रकार परिषद्को टिम आफैँ अस्पष्ट रहेका भन्ने प्रमाणित गरेको छ । सोही निर्देशिकामा हेर्ने जाँदा- संस्थापक अध्यक्ष परशुराम तामाङले चाहिँ "बौध्दधर्म, बोम्बोबाद र ताम्बाबादको अपूर्व समिश्रण हाम्रो तामाङ संस्कृतिका मूल आधार हो" भनेका छन् । यही दाबीलाई एम. एस. बमजनले पनि उल्लेख गरेका छन् ।
निर्देशिकामा "तामाङ जाति लामावाद, ताम्बा र गान्बावाद" जस्ता शब्दहरू परेका छन् । जसले बौद्धिक खडेरीको उदाङ्गो उदाहरण प्रस्तुत् गरेको छ । विधानले तामाङको परिभाषा लगाएको छ तर "परम्परादेखि हिन्दू वर्णव्यवस्थाको संरचनाभित्र नपर्ने विश्वका कुनै पनि ठाउँमा बसी तामाङ जातिको परम्परा, रीतिथिति, संस्कार-संकृति पालना गरी तामाङ वंशज भई/आफूलाई तामाङ हुँ भनी स्वीकार गने जातिलाई जनाउँछ" भनेको छ । यहीनेर एस.सि.आर.सि.ले हिन्दू वर्णव्यवस्थाको साथै मुस्लिम तथा क्रिश्चियन पनि होइनन् भनेर थप्नु पर्दछ । तामाङ भनेको वास्तवमै "प्राकृतिक मानव समूह" हो भन्नेमा स्पष्ट हुन अत्यावश्यक रहेको छ ।
यसप्रकार हामी को हौं (तामाङको धर्म, संस्कार, संस्कृति साथै चाडबाड के कस्ता रहने) भन्ने कुरामा अग्रजहरू नै अन्यौल देखिएका छन् । उदाहरण दिन्छु, तपाईँ छोरो कि छोरीमान्छे भन्ने थाहा भएन भने कुन पोशाक लगाउने ? तामाङको धर्म कुन भन्ने नै अन्यौल रह्यो भने संस्कार, संस्कृति र चाडबाडका हालत के होला ? यस्ता प्रशस्त समस्याहरू छन्; जसको समयमै समाधान गर्न नसक्ने हो भने भोलिका पुस्ताले हामीलाई अग्रज अभियन्ताको सट्टा अपराधीको रूपमा व्यवहार गर्नेछन् । यही तथ्यलाई ध्यानमा राखेर पाइला चाल्नका लागि हामी अनुरोध गर्दछौं । यसक्रममा आवश्यक सम्पूर्ण सहयोग वा साथ दिनका लागि तयार छौं ।
अन्त्यमा, यसपटक पुनः एकपटक केही होनाहार व्यक्तिहरू पनि समाविष्ट भएकाले आश गर्ने ठाउँ बनेको छ । निर्विरोध रूपमा चुनिएका परिषद्लाई हार्दिक वधाई ज्ञापन गर्दछौं । सम्पूर्ण तामाङ राष्ट्रले विश्वस्तरमा आफूलाई स्थापित गर्न गराउन कुनै पनि कसर बाँकी राख्नु हुन्न । त्यसैले परिषद्ले सबैका लागि मान्य हुने गरी एक 'थिङ्क ट्याङ्क'को निर्माण गर्नु पर्दछ । उक्त थिङ्क ट्याङ्कले तामाङ राष्ट्र र उसको विश्वदृष्टिकोणलाई विश्व बौद्धिक जगत्मा स्थापित गराउनेछ भन्ने निवेदनका साथ बिदा हुन्छु । थुजेछे !!! | 2019/05/26 23:48:50 | http://namsadhim.com/archives/6996 | mC4 |
ऊर्जा क्षेत्रको विकासका लागि एमसीसी पर्खेर नबसौँः ऊर्जामन्त्री रायमाझी | Emountain TV
काठमाडाैं, २९ पुष । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले ऊर्जा क्षेत्रको कामको निम्ति मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पर्खेर बस्नु नहुने बताउनुभएको छ ।
ऊर्जा मन्त्री रायमाझीले बेला बेलामा विद्युत जाने समस्या विद्युत भार बढी भएको र कमजोर संरचनाका कारण भएको स्पष्ट पार्नुभयो । विद्युतको अपर्याप्तताका कारण बिद्युत काटिएको नभई पुरानो संरचनाका कारण बेला बेला जाने गरेको उहाँको भनाई छ । मन्त्री रायमाझीले देशको राजनीतिक प्रणाली र परिवर्तनको मुद्धाहरु नै गुम्ने स्थिति आएको कारण मध्यावधि निर्वाचनमा जानुपरेको बताउनुभयो ।
उहाँले मध्यावधि निर्वाचनमा जानु प्रगतिशिल कदम भएको टिप्पणी गर्नुभयो । देशको परिवर्तनको रक्षा गर्न निर्वाचन आवश्यक रहेको उहाँको भनाई छ । उहाँले प्रतिपक्षी दलहरु निर्वाचनमा जान डराएको तथा सडकमा आन्दोलन गरेर देशको विकास र समृद्धि नहुने बताउनुभयो । | 2021/01/21 02:01:50 | https://emountaintv.com/ne/117263/ | mC4 |
आफ्नी दिदीको घोषणाप्रति थाईल्याण्डका राजाको असन्तुष्टि « Sansar News
आफ्नी दिदीको घोषणाप्रति थाईल्याण्डका राजाको असन्तुष्टि
२६ माघ २०७५, शनिबार १७:१३
photo-Agency
२६ माघ, बैङ्कक । थाइल्याण्डका राजा माहा वाजिरालोङकोर्नले आफ्नी ठूली दिदीले प्रधानमन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेको केही घण्टामै असन्तुष्टि जनाएका छन् ।
'थाई रक्षा चार्ट पार्टी'का तर्फबाट उहाँकी ६७ वर्षीया दिदी तथा थाई राजकुमारी उबोलरतना महिडोलले उम्मेदवारी दिने घोषणा शुक्रबार गरेकी थिइन् ।
राजकुमारी अहिले पनि राजपरिवारको सदस्य भएकाले दलिय राजनीतिमा संलग्न हुनु उचित नहुने राजाको भनाई छ ।
तत्कालिन राजा भूमिबोल अदुल्यादेज र रानी सिरिकितको जेठी सन्तान उबोलरतनालाई सन् १९७२ मा राजपदवी दिइएको थियो ।
उबोलरतनाले सन् १९७२ मा अमेरिकी नागरिक पिटर जेन्सेनसँग विवाह गरेपछि राजपदवी त्याग्नुभएको थियो । तर जेन्सेनसँग उहाँको सम्बन्ध विच्छेद भएपछि थाइल्यान्ड फर्किएकी थिइन् । त्यसपछि पनि उनलाई राजपरिवारकै सम्मानित सदस्यको सम्मान दिइएको छ ।
फेरी पनि राजपरिवारकै सदस्य भएको व्यक्ति दलिय राजनीतिमा संलग्न हुनु थाई संस्कृति र मान्यताअनुसार उपयुक्त नहुने राजाले शुक्रबार बेलुका बताए ।
शाही दरबारद्वारा जारी वक्तव्यमा राजपरिवारका सदस्य राजनीतिमा सक्रिय हुनु संविधान, परम्परा, संस्कृति र संवैधानिक राजतन्त्रको मान्यता विपरित हुने उल्लेख गरिएको छ ।
आउदो मार्च २४ का दिन हुने आम निर्वाचनमा प्रधानमन्त्रीका लागि उम्मेदवारी दिने प्रस्तावलाई राजकुमारी उबोलरतनाले शुक्रबार स्विकार गरेकी छन् ।
थाइल्यान्डको आधुनिक इतिहासमा राजपरिवारका कुनै सदस्यले मुख्य राजनीतिक भूमिकामा दाबी गरेको यो पहिलो घटना हो ।
थाई राजतन्त्रलाई परम्परागतरुपमा राजनीतिक प्रतिस्पर्धाभन्दा माथि पवित्र संस्थाका रुपमा हेर्ने गरिन्छ । थाइल्यान्डको कडा कानुनी व्यवस्थाका कारण राजतन्त्रविरुद्ध आलोचना गर्न पनि पाइन्न । राजतन्त्रले मुलुकमा राजनीतिक सङ्कट उत्पन्न भएका बखत हस्तक्षेप गर्ने गरेको छ ।
पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राको राजनीतिक प्रभावका कारण राजकुमारीले उम्मेदवारी दिएको बताइन्छ ।
थाइल्याण्डमा थाक्सिन समर्थक "राता" टिसर्टधारी र राजावादी "पहेंला" टिसर्टधारीबीच परम्परागत दुश्मनी रहँदै आएकामा राजकुमारीको उम्मेदवारीले दुबैलाई एक ठाउँमा ल्याउने अपेक्षा गरिएको छ । यी दुई समूहबीचको डरलाग्दो हिंसाले गत दशकमा थाइल्यान्डको राजनीतिलाई अस्थिर बनाएको थियो ।
यो पार्टी अर्बपति थाई नेता थाक्सिन सिनावात्राको प्रभावमा रहेको मानिन्छ । उनी थाइल्यान्डको राजनीतिमा निकै प्रभावशाली व्यक्तित्व पनि हुन् । उनलाई थाइल्याण्डको सेना र बैंककस्थित माथिल्लो धनाढ्य वर्गले नरुचाए पनि ग्रामीण क्षेत्रका गरिब परिवारले अत्यन्त सम्मान गर्दछन् ।
उनलार्ई सन् २००६ मा सैनिकले गरेको सत्ताविद्रोहबाट पदच्यूत गरिएको थियो । तर सन् २०१४ मा उनकी बहिनी यिङ्लकको सत्तामा पुनरागमन भएको थियो । अन्ततः उनलाई पनि भ्रष्टाचारको आरोपमा जेल सजाय दिएर सत्ताच्यूत गरिएको थियो ।
राजकुमारीको कदमले सैनिक नेता प्रयुत चान–ओ–चाको राजनीतिक इच्छामा निकै ठूलो प्रहार गरेको छ । उनी आफूलाई यस पटकको चुनावमार्फत नागरिक नेताका रुपमा स्थापित गर्न इच्छुक थिए । उनी विगत पाँच वर्षदेखि थाइल्यान्डको सत्तामा छन् ।
आम सर्वसाधारणसँग घुलमिल हुन अभिरुचि राख्ने राजकुमारीको घोषणासँगै प्रयुतले पनि प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिएको घोषणा गरेका छन् । उनी फालाङ प्रचारत सैनिक पार्टीबाट उम्मेदवार भएका हुन् ।
आगामी निर्वाचनमा मुख्यगरी उनीहरुकै बीचमा प्रतिश्पर्धा हुने देखिएको छ । प्रधानमन्त्रीका लागि उम्मेदवार बन्ने राजकुमारीको घोषणासँगै विश्वको ध्यान एक पटक फेरी थाइल्याण्डतर्फ तानिएको छ । | 2022/05/17 11:38:45 | https://sansarnews.com/137409/ | mC4 |
संघ र प्रदेश सरकारबीच २२ बुँदे सहमति « Imagekhabar – Online News Portal of Nepal
संघ र प्रदेश सरकारबीच २२ बुँदे सहमति
२ चैत्र २०७८, बुधबार १९:१०
काठमाडौं । यातायात र सडक समस्या समाधान गर्न संघ सरकार र प्रदेश सरकारबीच २२ बुँदे सहमति भएको छ ।
सातवटै प्रदेशका भौतिक पूर्वाधार तथा यातायातमन्त्री र संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको बैठकले उक्त सहमति गरेको हो । संविधानमा यातायातसम्बन्धी अधिकार प्रदेशलाई दिएको भन्दै प्रदेश मन्त्रीहरूले अधिकार उपयोग गर्न पाउनुपर्ने माग राखेका थिए ।
मागमा संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले सहमति जनाउनुभएको छ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुमार खड्काको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले सबै प्रदेशमा एकै खाले कर, दस्तुर र जरिवाना हुने गरी संघीय ऐन व्यवस्था गर्न माग गरेका छन् । भेलाले संघीय ऐनमा नै समान एकै खालको सवारी साधन कर, दस्तुर र जरिवाना व्यवस्था गर्ने निर्णय गरेको छ ।
सातै प्रदेशले भौतिक पूर्वाधार र यातायातका क्षेत्रमा खेपेको समस्याको हल गर्न संघीय र प्रदेशका मन्त्रीहरुले विमर्श गरेका थिए । अहिले यातायात क्षेत्रमा ब्यास्त समस्या समाधान गर्न सातै प्रदेशमा समान खालको नीति तय गर्ने र संघीय मन्त्रालय तथा विभागले सहजीकरण गर्ने भएको छ ।
यातायात क्षेत्रबाट विचौलियाको अन्त्य गराउनेबारे सातै प्रदेशका प्रतिनिधिले चिन्ता व्यक्त गरेका थिए । त्यसका लागि संघीय मन्त्रालय र यातायात विभागले नै ऐन, कानुन संशोधन गर्नेदेखि प्रदेशको एकल अधिकारलाई हस्तान्तरण गर्नुपर्ने उनीहरुको भनाइ थियो ।
एक प्रदेशमा दर्ता भइ अर्को प्रदेशमा सञ्चालनमा रहेका सवारी साधन सवरी धनी वा संस्था सवारी साधन प्रयोग भएको प्रदेशको भएमा उसको प्रमाणको आधारमा सोही प्रदेशमा कर तिर्ने र नवीकरण गर्न सक्ने गरी संघीय कानुनमा व्यवस्था गर्न पहल गर्ने भेलाले निर्णय गरेको थियो । | 2022/05/19 08:39:16 | https://www.imagekhabar.com/news/294189/ | mC4 |
झुट बोल्ने सुविधा हुँदैन राज्यलाई | Nagarik News - Nepal Republic Media
झुट बोल्ने सुविधा हुँदैन राज्यलाई
डा. नारायण खड्काले यही २०७८ असोज ११ गते संयुक्त राष्ट्र संघको ७६औँं महासभालाई परराष्ट्र मन्त्रीका नाताले पहिलो संबोधन भाषण गरे। त्यस अवसरमा संक्रमणकालीन न्यायका सम्बन्धमा विश्वसामु उनको भनाइ थियो– सत्य निरूपण तथा मेलमिलाप आयोग र बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमार्फत संक्रमणकालीन न्याय प्रक्रियालाई निष्कर्षमा पुर्याउन हामी प्रतिबद्ध छौँ। मानव अधिकारको गम्भीर उल्लंघनका घटनाहरूमा कुनै पनि प्रकारको माफी दिइने छैन ।
खड्काको संबोधनमा यी दुई वाक्यांश सुन्दा लाग्छ– द्वन्द्वपीडितका न्याय सुनिश्चित गर्न नेपाल दृढ संकल्पित छ। न्यायका सवालमा राज्य गम्भीर छ। पीडितका हक–अधिकारप्रति राज्य सजग, सचेत एवं संवेदनशील छ र यसलाई उच्च प्राथमिकतामा राखेको छ।
तर यसभित्र लुकेका द्वन्द्वपीडितका असीम पीडा, आक्रोश तथा राज्यप्रति उत्पन्न वितृष्णा विश्व समुदायले देख्न र महसुस गर्न सक्दैनन्।किनभने अहिलेसम्मका सरकारले द्वन्द्वपीडितका संबन्धमा यसरी नै बनावटी कुरा गर्दै र छल्दै आएका छन्। विश्वमञ्चमा बोल्ने र घरभित्रको व्यवहारमा आकाश–पातालको फरक छ। 'गम्भीर अपराधमा माफी दिइने छैन' भने पनि दण्डहीनताको दलदलमा मुलुक जकडिँदै गएको छ।
भनिएका सत्य तथा बेपत्तासंबन्धी दुवै आयोग आँखामा छारो हाल्ने एक राजनीतिक अस्त्रका रूपमा प्रयोग भएका छन्। द्वन्द्वपीडितका न्यायलाई संबोधन गर्ने भन्दा पीडक रिझाउने खेलमा ती लागेका छन्। किनभने तिनले पाएको नियुक्ति राजनीतिक भागबन्डाका आधारमा हो।
दलका नेतालाई रिझाएर आफ्नो कार्यकाल बारम्बार तिनले लम्बाएका छन्। पीडकका ढाडस बन्न सफल भएका छन्। पीडितका पक्षमा कुनै सिंको नभाँचे पनि दुनियाँलाई झुक्याउने राज्यका लागि एक गजबका बिम्ब (सोपिस) बनेका छन् ।
यी आयोगका निष्क्रियताबाट १०वर्षे सशस्त्र द्वन्द्वकालका गम्भीर अपराधमा संलग्न व्यक्तिहरूले राजनीतिक संरक्षण पाएका छन्। तिनका राजनीतिक एवं प्रशासनिक प्रगति तथा पदोन्नति रोकिएको छैन। राज्यद्वारा पुरस्कृत भएका छन्। यसबाट पीडितका घाउमा नूनचूक छर्ने काममा सघाउ पुर्याएका छन्।
दण्डहीनतालाई झाँगिन दिएका छन्। संक्रमणकालीन न्यायका पूर्व्सर्त 'परीक्षणका कसी' (भेटिङ) पालना गर्न बाध्य भएका छैनन्। सशस्त्र द्वन्द्वकालका गम्भीर अपराधमा संलग्नता भएका व्यक्तिले विनापरीक्षण राजनीतिक नियुक्ति पाएका छन्। चुनाव लड्न छेकवार छैन। नीति निर्माण तहमा सहज पहुँच छ ।
अनुसन्धानबाट दोषी ठहर भएका एवं आरोपित व्यक्ति यस मुलुकका मन्त्री, सभामुख तथा प्रधानमन्त्रीसमेत बने। सुरक्षा निकायमा बढुवा भएर कतिपय कर्नेल, जर्नेल एवं प्रहरी प्रमुखसमेत भए। द्वन्द्वपीडितका सत्य, न्याय तथा परिपुरण अधिकार तिनले ओझेलमा पारेर न्यायलाई अवरोध गरेका छन्।
राजनीतिक विषय ठानेर कतिपय समाजका सचेत एवं बौद्धिक वर्गले ती अवरोधलाई नजरअन्दाज गरेका छन्। जबकि यो राजनीतिक मुद्दामात्र नभएर न्यायको सवाल पनि हो। द्वन्द्वपीडितका न्यायिक अधिकारको विषय हो।
विगत लामो समयदेखि 'गम्भीर अपराधमा माफी नहुने' भनी खड्का र उनका पूर्ववर्तीले गर्दै आएका दाबी सत्य नभएको प्रमाण माथिका यथार्थले प्रष्टाएको छ। विश्वसामु पीडितमैत्री भएको देखाए पनि पीडितप्रति अन्यायपूर्ण व्यवहार गरेका छन्।
यसर्थ विश्वसामु गरिएको यस गलत प्रचारविरुद्ध द्वन्द्वपीडित समुदायले राष्ट्रसंघका महासचिवलाई जुन ज्ञापनपत्र बुझाए, त्यो स्वागतयोग्य छ। त्यसमा ४१ पीडित समुदायका संघ–संस्थाले एकजुट भएर धरातलीय यथार्थ उजागर गरेका छन् यही असोज १४ गते। यसबाट झुटो प्रचारबाजी गर्न छूट नभएको संदेश सरकारलाई तिनले दिएका छन्।
राज्यलाई खबरदारी गरेका छन्। एक जिम्मेवार नागरिकको कर्तव्य निर्वाह गरेका छन्। यसको जानकारी परराष्ट्र मन्त्री खड्काले पनि पाएका छन् ।
संक्रमणकालीन न्याय शान्ति प्रक्रियाको एक प्रमुख अंग हो। यो प्रक्रिया सुरु भएको १५ वर्ष पुगिसक्दा पनि टुङ्गो लागेको छैन। यस प्रक्रियामा मुख्यतः तीन कार्य पर्छन्। ती हुन्– (क) माओवादी लडाकुको नेपाली सेनामा समायोजन, (ख) संविधान निर्माण तथा (ग) संक्रमणकालीन न्याय। यीमध्ये माओवादी लडाकुको सेनामा समायोजन तथा संविधान निर्माण जस्ता राजनीतिक सवाल पूरा भएका छन्।
तर द्वन्द्वपीडितसँग प्रत्यक्ष सरोकार रहेका तथा राष्ट्रको भविष्यसँग जोडिएको संक्रमणकालीन न्यायका विषयमा भने राज्य उदासीन छ। किनभने द्वन्द्वकालमा नेतृत्व गरेका व्यक्ति तथा तिनका कार्यकर्तालाई जोगाउने तथा चोख्याउने भित्री मनसाय यसमा रहेको बुझ्न त्यति कठीन छैन।
जुन गलत छ। तत्कालीन गैरराज्य पक्षका एक नेताले टुँडिखेलबाट सार्वजनिकरूपमा ५ हजार व्यक्ति हत्याको जिम्मा लिँदा पनि राज्यले नसुनेझैँ गर्यो। यसबाट मुलुकमा दण्डहीनताले कसरी जरो गाडेर बसेको छ भन्ने प्रष्ट हुन्छ ।
स्मरण रहोस्, शान्ति प्रक्रियाको पहिलो खुड्किलो बाह्रबुँदे समझदारी पत्रको बुँदा नं. ८ मा भनिएको छ– शान्ति प्रक्रियालाई अघि बढाउने सन्दर्भमा मानव अधिकारका मूल्य/मान्यतालाई पूर्ण सम्मान गर्ने र तिनका आधारमा अघि बढ्ने प्रतिबद्धता गरिएको छ।
साथै अन्तर्राष्ट्रिय मापदण्डलाई पछ्याउँदै हस्ताक्षर भएको विस्तृत शान्ति सम्झौताले मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ तथा अन्तर्राष्ट्रिय मानवीय कानुन तथा मानव अधिकारसम्बन्धी आधारभूत सिद्धान्त र मान्यताप्रति प्रतिबद्धता जाहेर पटक–पटक गरेकोे छ।
दण्डहीनता अन्त्य गर्ने दृढ प्रतिबद्धता जनाएको छ।तर यी प्रतिबद्धता भाषण र कागजमा मात्र सीमित छन्। धरातलीय यथार्थ बुझ्ने हो भने मानव अधिकारका आधारभूत मूल्य/मान्यतालाई राज्यले अपमान गरेको छ। हत्याको जिम्मा लिने व्यक्ति सत्ता सञ्चालन गर्ने प्रमुख खेलाडी बनेका छन्।
शान्ति प्रक्रियाको तेस्रो तर महत्वपूर्ण खम्बा मानिएको संक्रमणकालीन न्याय ठप्प छ। राजनीति वा द्वन्द्वसँग सम्बन्ध रहेका मुद्दामा प्रहरीले जाहेरी दर्ता गर्न मान्दैन। यसैबीच सर्लाहीका कुमार पौडेलको गैरन्यायिक हत्यामा मानव अधिकार आयोगले दोषी ठहर गरेका व्यक्तिमाथि कारबाही चलाउनसमेत पीडितले अदालतको आदेश कुर्नुपरेको तीतो यथार्थ छ। यसबाट देखिन्छ, मानव अधिकारका आधारभूत सिद्धान्त तथा मानवीय कानुनकोे खिल्ली सरकार स्वयंले उडाएको छ ।
राजनीतिक आडमा द्वन्द्वकालमा भएका गम्भीर अपराधमा छूट नहुने आदेश सर्वोच्च अदालतले सात वर्षअघि दिएको हो। बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग २०७१ ऐनमा रहेका माफीका प्रावधान खारेज गर्न र अन्तर्राष्ट्रिय मापदण्डबमोजिम संशोधन गर्न २०७१ फागुन १४ गते उसले परमादेश दियो।
सुमन अधिकारीलगायतका ४४३ द्वन्द्वपीडितद्वारा दर्ता रिटमा भएको यो आदेशको कार्र्यान्वयन अझ भएको छैन। ऐन संशोधनपछि मात्र परदर्शी तथा विश्वसनीय ढंगबाट दुवै आयोगका पदाधिकारी चयन गर्न पीडित तथा मानव अधिकार समुदायका माग सरकार सुन्न चाहँदैन।
यस परिस्थितिबाट लोकतन्त्रको आधारभूत तत्व 'विधिको शासन' माथि गम्भीर प्रश्न उठेको छ। यस प्रसंगलाई लिएर द्वन्द्वपीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारीले सार्वजनिक कार्यक्रममा एक गम्भीर प्रश्न उठाए। उनको सवाल थियो– शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्न सर्वोच्च अदालतले दिएको परमादेश चौबीस घण्टा नबित्तै कार्यान्वयन हुने तर द्वन्द्वपीडितका पक्षमा त्यही अदालतले दिएको परमादेश सात वर्ष बितिसक्दा पनि कार्यान्वयन किन नभएको ?
राष्ट्र संघमा खड्काले भाषण गर्दैगर्दा, यो यही मुलुक हो जहाँ छोरा कृष्णप्रसाद अधिकारीको हत्याको न्याय खोज्दाखोज्दै गोर्खा निवासी नन्दप्रसाद अधिकारीको ३३४औँ दिनको आमरण अनशनमा ज्यान गयो। उनीसँगै सत्याग्रह थालेकी पत्नी गंगामाया पछिल्लो पटकको बाह्रौँ अनशनसम्म आइपुग्दा पनि त्यस परिवारको न्यायको यात्रा टुंगिएको छैन।
राजनीतिक अवरोधले तिनले पाएका दुःख–पीडालाई राज्यले आत्मसात गरेको छैन। अधिकारी परिवारलगायत हजारौँ पीडित राज्यको अकर्मण्यताबाट चरम सास्ती भोग्न बाध्य छन्। तर दोषीहरू गौरवशाली बनेर खुलेआम घुमेका छन्। निर्दोष र द्वन्द्वसँग कुनै संबन्ध नभएका नागरिकका निर्ममतापूर्वक हत्या गर्नेहरू महान् भएर हिँडेका छन् ।
सशस्त्र द्वन्द्वमा बालसेनाको प्रयोग गरेर युद्धका खेलाडीले तिनका बालापन समाप्त पारे। यसलाई अन्तर्राष्ट्रिय मानवीय कानुनले 'युद्ध अपराध' मा परिभाषित गरेको छ। बलत्कार, यातना, बलपूर्वक बेपत्ता पार्ने कार्य, व्यापक एवं योजनाबद्ध तथा निहत्था नागरिक लक्षित हत्या जस्ता 'मानवताविरुद्धका अपराध' यो मुलुकमा प्रशस्त भएका छन्। जबकि यी अपराध क्षम्य हुँदैनन्। तर यस्ता गम्भीर अपराधमा संलग्न व्यक्तिहरू सत्ताका प्रमुख खेलाडी बनेर न्याय तुहाउने प्रपञ्चमा लागेका छन् ।
राज्य नागरिकको अभिभावक हो। उसलाई झुट बोल्न र अन्याय गर्ने छूट हुँदैन। अन्याय सहन गरिदेऊ भन्न पनि उसले पाउँदैन। संविधान निर्माण गरेझैँं न्याय संझौताको विषय बन्न सक्दैन। यो नागरिकका आधारभूत तथा संझौताविहीन अधिकार हो।
अन्तर्राष्ट्रिय प्रतिबद्धता, संविधान र कानुनको पालना तथा रक्षा गर्नु गराउनु राज्यको प्रमुख दायित्व हो। उसले शासन सञ्चालन गर्न पाएको अधिकारको दुरूपयोग गर्न मिल्दैन। छलकपटबाट पीडितको न्यायका अधिकार खोस्न पनि पाउँदैन। किनभने घरभित्र न्याय नपाए अन्तर्राष्ट्रिय न्यायको ढोका गुहार्ने अधिकार पीडितमा सधैँ सुरक्षित रहन्छ । | 2022/06/28 15:34:35 | https://nagariknews.nagariknetwork.com/opinion/639881-1633396808.html?click_from=category | mC4 |
यी हुन् काठमाडौं उपत्यकामा सिल गरिएका क्षेत्र (सूचीसहित) - Everest Dainik - News from Nepal
काठमाडौंः लकडाउन खुलेसँगै देशका मुख्य शहरमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । काठमाडौं उपत्यकामा कोरोना संक्रमित बढेपछि मानिसको अत्याधिक भीड हुने क्षेत्रहरु सिल गरिएको छ ।
शुक्रबार मध्यरातिदेखि उपत्यकाको पहिलो व्यापारीक केन्द्र असन, इन्द्रचोक, टेकु र न्यूरोड क्षेत्र सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार शुक्रबार राति १२ बजेदेखि यी व्यापारिक क्षेत्रहरु सिल गरिएका छन् ।
याे पनि पढ्नुस काठमाडौं उपत्यकामा थप ४४ जनामा कोरोना संक्रमण
त्यस्तै, काठमाडौंको महानगरपालिका–५ स्थित कोटाल टोलमा कोरोना सङ्क्रमण बढेपछि त्यस क्षेत्रलाई शनिबारदेखि सिल गरिएको छ ।गहनापोखरीबाट पूर्वतर्फ पर्ने हाँडीगाउँको कोटाल टोलमा कोरोना संक्रमितहरु फेलापरेपछि गहनापोखरी–हाँडीगाउँ क्षेत्र पनि शनिबार 'सिल' गरिएको छ ।
याे पनि पढ्नुस कोरोना रोक्न असफल मोदी सरकारः एकैदिन ४० हजार बढीमा संक्रमण, संक्रमितको संख्या ११ लाख नाघ्यो
महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष रमेश डङ्गोलका अनुसार प्रहरीसहित स्थानीयवासीमा कोरोना सङ्क्रमण देखिएपछि टोललाई नै सिल गरिएको हो । प्रहरी टोली नै तैनाथ गरी अहिले सो क्षेत्रमा आवागमनसमेत बन्द गरिएको छ । | 2020/09/21 19:54:33 | https://everestdainik.com/2020/08/340284/ | mC4 |
सरकार छाडेको दिन प्रश्न सोध्ने ठाउँ हुनेछैन: प्रम ओली - Enepalese.com
सरकार छाडेको दिन प्रश्न सोध्ने ठाउँ हुनेछैन: प्रम ओली
इनेप्लिज २०७२ माघ २२ गते ११:४६ मा प्रकाशित
प्रेस चौतारी नेपालको १८ औँ स्थापना दिवसका आज आयोजित चियापन समारोहमा उहाँले आफूले सरकार छाडेको दिन के काम गर्नुभयो भनी प्रश्न सोध्ने ठाउँ नहुने जिकिर दिँदै आफ्नो उद्देश्य काम गर्ने मात्र भएको बताउनुभयो । "अहिले प्राविधरकण बनेर पुनःनिर्माणको महाअभियान सुरु गरिसकेका छौँ, फागुन १२ देखि अभियान सुरु गरी चैत १२ मा केही र वैशाख १२ गतेदेखि पाँचवर्षीय पुरातात्विक सम्पदाको निर्माण अघि बढ्छौँ"–प्रधानमन्त्रीले भन्नुभयो ।
काठमाडौँमा मेट्रो रेल र विद्युतीय बस चलाउने, एक वर्षभित्र विद्युत्भार कटौती अन्त्य गर्ने र दुई वर्षभित्र देशलाई आत्मनिर्भर बनाउने योजना अघि सार्नुलाई उखानटुक्काका रुपमा नलिन उहाँले आग्रह गर्नुभयो । आफूले बोलेका कुराप्रति आफू जवाफदेही भएको बताउँदै प्रधानमन्त्री ओलीले थप्नुभयो,"अहिले मात्र हैन, १०/२० वर्षअघि भनेको कुराको पनि म जवाफदेहिता लिन र जिम्मेवारी लिन तयार छु ।"
"जनताको प्रतिनिधिले संविधानसभाबाट संविधान बनाउने कुरा साधारण कुरा होइन", नेकपा(एमाले)का अध्यक्ष ओलीले भन्नुभयो, "संवैधानिक हैसियतका साथ बनाएको संविधानले कसैले पनि अस्वीकार गर्न मिल्दैन ।" प्रधानमन्त्रीले भन्नुभयो, "संवैधानिक तरिकाले बनाएको संविधानमा दुई/चार जनाले जिद्दी गर्दैमा सबैले स्वीकार गर्नुपर्ने, ९० प्रतिशतले भनेको नहुने तर दुई/चार जनाले भनेको मान्नुपर्ने, लोकतन्त्रमा यस्तो कहीँ पनि हुँदैन ।"
उहाँले आफू छिट्टै भारत र चीन भ्रमणमा जान लागेको र भ्रमणको खास अर्थ हुनेमा ढुक्क हुन आग्रह गर्नुभयो । उहाँले चौतारी सदा पेसागत मर्यादा कायम राखी आकर्षणको केन्द्र बन्नुपर्नेमा जोड दिदै जायज र सम्भव हुने पत्रकारितासम्बन्धी माग सरकारले पूरा गर्ने आश्वासन दिनुभयो । सो अवसरमा नेकपा (एमाले) प्रचार तथा प्रकाशन विभाग प्रमुख योगेश भट्टराइैले पार्टी सधैँ प्रेस स्वतन्त्रताका पक्षमा रहेको र श्रमजीवी पत्रकाको हकहितमा लड्दै आएको बताउनुभयो ।
उहाँले मुलुक गम्भीर परिस्थितिबाट अगाडि बढिरहेको अवस्थामा पार्टीका अध्यक्षकै नेतृत्वमा वर्तमान सरकार अघि बढिरहेकाले मुलुकमा राष्ट्रिय एकता प्रवद्र्धन गर्न एमाले र सररकारको कार्यभार हो भन्नुभयो । नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले सन् २०१५ मा १३६ प्रृस स्वतन्त्रता हननका घटना भएको बताउँदै तराईको पछिल्लो आन्दोलनमा मात्र ११४ घटना भएको जानकारी दिनुभयो । | 2021/01/26 00:20:00 | https://www.enepalese.com/2016/02/64748.html | mC4 |
रवी लामिछानेले नेता उत्पादन गर्ने | Sankalpa Post
रवी लामिछानेले नेता उत्पादन गर्ने
काठमाडौं । चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले नेताको खोजी गर्दै 'द लिडर यो राष्ट्रको सेवक' कार्यक्रम चलाउने भएका छन् । सो कार्यक्रम रियालिटी शोको फर्म्याटमा चलाउने 'द लिडर यो राष्ट्रको सेवक' कार्यक्रमको घोषणामा जानकारी दिइएको हो ।
विभिन्न अडिसन र तह पार गर्दै विजेता घोषणा गरिने बताइएको छ ।रवि लामिछानेले चलाउने सो कार्यक्रममा नेता छनौटको जिम्मेवारी अर्थात निर्णायक मण्डलमा पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, पूर्वप्रधानन्यायाधीश सुशील कार्की र साझा पार्टीका संयोजक रवीन्द्र मिश्र रहेका छन् ।
निर्णायकमा केही अरु व्यक्ति पनि थपिने जानकारी दिइएको छ । विजेतालाई एउटा गाडी, अमार्टमेन्ट र २० लाख नगद पुरस्कार दिइने पनि जानकारी दिइएको छ ।'सिधाकुरा जनतासँग' कार्यक्रमबाट चर्चामा रहेका रवि लामिछानेले आफ्ना अधिकांश कार्यक्रमम मुलुकको विकास र समृद्धि असल नेताको अभावमा हुन नसकेको बताउँदै आएका थिए । | 2020/10/22 09:55:08 | http://www.sankalpapost.com/2019/12/12/15166/ | mC4 |
सधैँ जवान बनाइराख्ने हर्मोन पत्ता लाग्यो « News of Nepal
सँधै युवावस्था अर्थात जवान भएर बस्ने सबैको चाहना हुन्छ । तर उमेरसँगै बृद्ध हुँदै जानु पर्ने प्राकृतिक र जैविक नियम नै हो । तर वैज्ञानिकहरुले मानव बृद्ध हुँदै जानुको रहस्य हड्डी भित्र लुकेर बसेको पत्ता लगाएका छन् ।
कोलोम्बिया युनिभर्सिटीको जेनेटिक्स विभागका प्रमुख प्रोफेसर गेर्रार्ड कारसनेन्टी विगत ३० बर्षदेखि हाड भित्रको यो रहस्य जान्न शोधमा लागिरहेका हुन् ।
उनले हाडमा उत्पन्न हुने एक प्रकारको हर्माेन अस्टियोकल्सिनको अनुसन्धानका क्रममा यसले हाड भित्र पुराना कोष हटाएर नयाँ कोष लगातार बनाउने काम गरिरहेको पत्ता लगाए । जसले हाम्रो उचाई बढाउँछ । यसका लागि उनले मुसामा उक्त हर्मोनको जीन निकालेर अनुसन्धान गरे ।
यसले हाड भित्रको यो हर्मोनले पनि हाम्रो शरीरको कयौं क्रियाहरुलाई प्रभावित पार्ने पत्ता लाग्यो । प्रोफेसर कारसेन्टीलाई पहिला हाडको ढाँचाले हाम्रो शरीर उभिनमात्र मद्दत गर्छ भन्ने लागेको थियो तर त्यसतो होइन । हाडले यो भन्दा धेरै क्रियालाई प्रभावित पार्ने पछिल्लो अनुसन्धानबाट पत्ता लागेको छ ।
हाड भित्रको कोष हाम्रो शरीरका अन्य कोषसँग सहकार्य गर्छ । हाडले आफनो हर्माेन बनाउँछ, जसले अन्य अंगसम्म संकेत पठाउने काम गर्छ । यसको मद्दतबाटै हामी ब्यायाम गर्छौं । यसबाट बद्ध हुनबाट रोक्ने र स्मरण बढाउनमा मद्दत पुर्याउँछ ।
बृद्ध हुन नदि शरीरमा अस्टियोकेल्सिन बढाउने बाहेक अर्को कुनै विकल्प नभएको प्रोफेसर कारसेन्टी बताउँछन् । नियमित ब्यायामले हड्डी आफै अस्टियोकेल्सिन बनाउन थाल्छ । वैज्ञानिक अस्टियोकेल्सिनको औषधी बनाउनमा लागेका छन् ताकी यो हर्मोन लामो समयसम्म शरीरमा रहेर बृद्ध हुने रोगबाट बचाउन सकुन् ।
यसबीच युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलीका वैज्ञानिकहरुले बृद्ध मुसामा गरिएको एक शोधबाट नयाँ तथ्य पत्ता लगाएका छन् । रक्त प्लाज्माको आधा हिस्सा निकालेर त्यसको स्थानमा सलाइन र एल्ब्युमिनमा रुपान्तर गर्नुले उमेर बढ्ने प्रक्रिया उल्टिने गरेको पाइएको छ ।
यसले मांसपेसी, मस्तिष्क र कलेजोका कोषलाई पुन जवान हुन थाल्छ । अनुसन्धान टोली अब संशोधित ब्लड प्लाज्मा उमेरसँग सम्बन्धित रोगको उपचारमा मानवका लागि उपयोगी हुनेछ वा हुँदैन भन्ने निष्कर्ष निकाल्नमा लागेका छन् । साथै बृद्धहरुको स्वास्थ्यलाई लिएर यो प्रविधि कति फाइदाजनक हुने छ त्यसको पनि अनुसन्धान भइरहेको बताइएको छ । | 2020/08/12 18:59:22 | https://www.newsofnepal.com/2020/07/07/333376/ | mC4 |
‘आर्थिक दुराबस्थाको कारण जेष्ठ नागरिक स्वास्थ्य उपचारबाट बन्चित हुनुहुदैन् भन्ने हाम्रो ध्येय हो ।’ उनले भने—‘निशुल्क उपचारको लागि काँग्रेसले अभियान शुरु गर्ने छ ।’ उनले काँग्रेसले जितेको अवस्थामा यो अभियानलाई सयदिनभित्र कार्यान्वयन गर्ने प्रतिबद्धता समेत जनाए ।उनले जेष्ठ नागरिकको लागि पब्लिक बसको समेत व्यवस्था गर्ने सुनाए ।
‘पब्लिक बस मार्फत निशुल्क सेवा उपलब्ध गराउने हाम्रो एजेण्डा छ ।’ उनले भने—‘यो एजेण्डा कार्यान्वयन ल्याउनको लागि काँग्रेसलाई जित आवश्यक छ ।’ उपमेयर उम्मेदवार सरस्वती गुरुङले नेपाली काँग्रेस सबैको साझा पार्टी भएको उल्लेख गर्दै काँग्रेसको जितको हकदार बन्न सबैलाई आग्रह गरिन् ।
‘एजेण्डालाई कार्यान्वयन गर्छौ ।’ उनले भनिन—‘त्यसको लागि तपाईहरुको साथ र सहयोग अपरिहार्य छ ।’ एकसातापछि हुने स्थानीय तहको निर्वाचनको लागि नेपाली काँग्रेसले घरदैलो अभियानलाई निरन्तरता दिएको छ । विहानी झरीको समयमा पनि चुनावी सभामा सहभागि हुदैं घरदैलो अभियानलाई तिब्रता दिएका छन् ।
प्रत्येक पोखरा लेखनाथ महानगरपालिकाको वडाहरुमा स्थानीयबासीसँग मेयरका उम्मेदवार रामजी कुँवर तथा उपमेयर उम्मेदवार सरस्वती गुरुङले साक्षात्कार गरिरहेका छन् । स्थानीय बासिन्दाको आवाजलाई आफनो एजेण्डामा समाहित गर्दै पुरा गर्ने दायित्व र जिम्मेवारी समेत उम्मेदवारले लिएका छन् । | 2021-03-08T12:16:31Z | https://www.pbmnews.com/2020/07/05/4595/ | OSCAR-2109 |
झापामा पूजासामग्रीको उद्योग सञ्चालन – kalikadainik.com
झापामा पूजासामग्रीको उद्योग सञ्चालन
सोमबार, मंसिर ०६, २०७८ | १२:१२:५२ |
झापा । पूजा सामग्रीमा विदेशी निर्भरता घटाउन झापाको कमल गाउँपालिका–६ मा स्थानीय युवाको लगानीमा दिव्यदृष्टि भनेरेसन एण्ड एग्रो कन्सर्न प्रालि सञ्चालन भएको छ । डेढ वर्षअघि रु ३० लाखको प्रारम्भिक लगानीमा सुरु गरिएको उद्योगले कोभिड–१९ को चुनौती खेप्दै हाल प्रदेश नं १ को बजारमा आफ्ना उत्पादन बिक्री गरिरहेको छ । कम्पनीले पवित्र सप्तधान्य, सर्वोषधि, पञ्चरत्न, सप्तमृतिलगायतका पूजा सामग्री उत्पादन गरिरहेको सञ्चालक विष्णुप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
यसअघि हरेक पूजा सामग्री भारतबाट आयातित हुने गरेको र स्वदेशी उत्पादन सडेर जाने गरेको देखेपछि स्थानीयवासीले रोजगारी समेत पाउने गरी उद्योग स्थापना गरिएको पोखरेलले बताउनुभयो ।
यस उद्योगमा दर्जनौं महिला तथा पुरुषले रोजगारी पाइरहेका छन् । पूजा सामग्रीमा प्रयोग हुने कच्चा सामग्रीको उत्पादन गर्ने किसान लाभान्वित भइरहेका छन् । दैनिक पूजापाठ, धार्मिक कार्यक्रम र संस्कारजन्य कार्यमा प्रयोग हुने गहँुत (गौमुत्र), दुबो, आँक, बेलपात, कुश, हवनका सामान, धूप, बत्ती जस्ता जताततै पाउन सकिने सामान समेत भारतबाट आयात हुने हुँदा बर्सेनि अबौं रुपैयाँ विदेश गइरहेको उद्योगका अध्यक्ष यज्ञप्रसाद आचार्य बताउनुहुन्छ । "हर्रोबर्रो, बेलको दानाको बोक्रा, ओखर जस्ता सामान मात्र होइन, तेल, घिउ, जौलगायत पनि भारतबाटै आयात हुने गरेको थियो", उद्योगका अध्यक्ष आचार्यले भन्नुभयो, "हवन, यज्ञ र नित्य पूजापाठ आयातमा बर्सेनि अबौं रकम विदेश पठाउनु हाम्रा लागि दुर्भाग्य हो । त्यही सोचेर हामी युवाहरु मिलेर पूजा सामग्री उत्पादन गर्ने उद्योग खोलेका हौं ।"
स्वदेशी पूजा सामग्री भारतबाट आयातित सामानको तुलनामा केही महँगो पर्ने भए तापनि स्थानीय बजारमा स्वदेशी सामानकै बिक्री बढेको छ । यसबाट उद्योग सञ्चालक उत्साही बनेका छन् । "हामीले नेपालमा नै पूजा सामग्री उत्पादन गरेपछि बजारमा अत्याधिक माग छ", उत्साहित हुँदै उद्योगका सञ्चालक पुनम भट्टराई भन्नुहुन्छ–"पूजा सामग्रीमा मुलुकलाई नै आत्मनिर्भर बनाउने हो भने हाम्रो एक्लो प्रयासले मात्र सम्भव हुँदैन । तीनै तहका सरकारले सहकार्य गर्न जरुरी छ ।"
प्रदेश नं १ लाई पूजा सामग्रीमा आत्मनिर्भर बनाउने उद्योगले लक्ष्य लिएको छ । तथापि अहिलेसम्म सरकारी तहबाट उद्योगले कुनै अनुदान वा हौसला पाएको छैन । उद्योगले भारतबाट बिना भन्सार भित्रिने सस्तो मूल्यका पूजा सामग्रीसँग प्रतिस्पर्धा गर्नु परिरहेको र ठूलो मात्रामा उत्पादन गर्नका लागि प्रशोधन मेसिनरी तथा प्रविधि अभाव रहेको सञ्चालक विष्णुप्रसाद पोखरेलले बताउनुभयो । | 2022/06/28 22:31:36 | https://www.kalikadainik.com/2021/11/22/52115/ | mC4 |
नेपालगञ्ज : बाँकेमा बुधवार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका दुई वटा प्रयोगशालामा ४० नमुना परीक्षण गर्दा २ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
मेडिकल कलेज कोहलपुरमा ३३ नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै बागेश्वरी ल्याबमा ७ नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
बुधवार संक्रमण पुष्टि भएका दुबै जना बाँकेका हुन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ४ सय ५६ पुगेको छ ।
यस्तै बुधवार ३ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १८ हजार ९८ पुगेको छ ।
Leave a Reply Cancel reply
Your email address will not be published. Required fields are marked *
Comment
Name *
Email *
Website
Next Post
खजुरा वडा नं. ५ र ६ वालविवाह मुक्त घोषणा
८ मंसिर २०७८, बुधबार १५:४९
नेपालगञ्ज : खजुरा गाउँपालिका वडा नं. ५ र ६ लाई पनि वालविवाह मुक्त वडा घोषणा गरिएको छ । बुधवार एक समारोहका वीच दुई वडालाई संयुक्तरुपमा वालविवाह मुक्त वडा घोषणा गरिएको हो । दुबै वडामा गरिएको सर्वेक्षण अनुसार बालविवाहमुक्त वडा घोषणा गर्न मापदण्ड पुगेकाले २ वडालाई बालविवाहमुक्त वडा बनाइएको हो । […] | 2021-11-27T16:41:58Z | https://sadarline.com/2021/11/45826 | OSCAR-2201 |
भारती एयरटेल Archives - Technology Khabar
» भारती एयरटेल
भारतले ब्रोडब्याण्डको शुल्क कम गर्नेतर्फ नयाँ उपायहरु खोजिरहेको छ । जसले आउँदो दिनमा भारतमा घरेलु उपभोक्ताहरुले सहुलियत पाउनेछन् । भारतीय सरकारले फिक्स्ड लाइन ब्रोडब्यान्ड सेवाहरूको लाइसेन्स शुल्क घटाउने प्रस्तावमा विचार […]
ई-कमर्श कम्पनी अमेजन डट कमले भारतीय मोबाइल अपरेटर भारती एयरटेलमा कम्तिमा २ अर्ब अमेरिकी डलर बराबरको सेयर किन्नको लागि प्रारम्भिक चरणमा वार्ता गरिरहेको छ। यस्तो कदमले भारतको डिजिटल अर्थव्यवस्थालाई उर्जा […]
भारतीय टेलिकम अपरेटर भारती एयरटेलले आफ्नो शेयर बिक्री गरेर ऋण तिर्ने योजना
भारतीय टेलिकम अपरेटर भारती एयरटेलले अब अर्को टेलिकम अपरेटर रिलायन्स जियोको कदमलाई पछ्याउने भएको छ । यसैअनुसार कम्पनीले अब आफ्नो शेयर बिक्री गर्ने योजना लिएको छ । भारती एयरटेलको प्रमोटर […]
नोकिया र एयरटेलबिच भारतमा ४जी र ५जी नेटवर्क बिस्तार गर्न १०० करोड डलरको सम्झौता
भारतीय टेलिकम अपरेटर एयरटेलले आफ्नो ४जी नेटवर्कलाई ससक्त बनाउन र ५जी प्रविधिलाई हासिल गर्नका लागि नोकियासँग सम्झौता गरेको छ । एयरटेलले नोकियासँग ५जी प्रविधि बिस्तार र निर्माणका लागि १०० करोड […]
काठमाडौं । भारतीय टेलिकम कम्पनी भोडाफोन आइडियाले भारत सरकारलाई स्पेक्ट्रम फि बापतको आफ्नो बक्यौतामध्ये ३,०४३ करोड भारु भुक्तान गरेको छ । त्यस्तै अर्को टेलिकम अपरेटर एयरटेलले १,९५० करोड भारु र […]
काठमाडौं । भारतीय टेलिकम कम्पनी एयरटेलले भारत सरकारलाई एडजस्टेड ग्रस रेभेन्यू (एजीआर) बक्यौताको थप एक किस्ता तिरेको छ । एयरटेलले यसपटक भारत सरकारलाई ८,००४ करोड भारु बुझाएको हो । यसअघि […]
काठमाडौं । भारतको टेलिकम डिपार्टमेन्टले इन्डस टार्वस र भारती इन्फ्राटेललाई मर्जरको लागी मन्जुरी प्रदान गरेको छ । यस मर्जरबाट भारती एयरटेल र भोडाफोन आईडियाको लागी कम्पनीमा शेयर बेचेर पैसा जुटाउने […]
काठमाडौं । भारतीय सर्वोच्च अदातलको कठोरता र सरकारको कडा डेडलाइनपछि भारतीय टेलिकम कम्पनील. भारती एयरटेलले सोमवार भारतीय दुरसञ्चार विभागलाई एडजस्टेड ग्रस रेभेन्यु (एजीआर) को १०,००० करोड भारतीय रुपैयाँ बुझाएको छ […]
काठमाडौं । भारत विश्वको सबैभन्दा ठुला टेलिकम बजारको लागी प्रसिद्ध भएपनि हाल यस क्षेत्रसँग सम्वन्धित कम्पनीहरु निकै खराव स्थितीबाट गुर्जनु परिरहेको छ । टेलिकम कम्पनीहरुले भारत सरकारलाई १३ अर्व डलर […]
काठमाडौं । हालै एडजस्टेड ग्रस रेभेन्यु (एजीआर) को बक्यौता दिनुपर्ने समस्यासँग जुधिरहेको भारतीय टेलिकम कम्पनी भारती एयरटेललाई फेरी अर्को समस्या थपिएको छ । कम्पनीलाई भारतीय वाणिज्य मन्त्रालयले कारवाही गरेको छ […]
काठमाडौं । भारतीय सुप्रीम कोर्टले टेलिकम कम्पनीहरुको लाइसेन्स शुल्क र स्पेक्ट्रम शुल्कको भुक्तानीमा राहत दिन अस्विकार गरेको छ । कम्पनिहरुमाथी सरकारलाई तिर्नुपर्ने १.४७ लाख करोड भारु बक्यौता भएको अनुमान रहेको […]
काठमाडौं । टेलिकम सेक्टरमा आधिकारीक प्रवेशको तीन वर्षमा नै मुकेश अम्बानीको स्वामित्वमा रहेको टेलीकम कम्पनी रिलायन्स जियो अहिले भारतमा सब्सक्राइबर्स र रेभेन्यु मार्केट शेयरको हिसाबले सबैभन्दा ठुलो टेलिकम कम्पनी बनेको […]
काठमाडौं । विभिन्न समस्यासँग जुधिरहेका भारतीय टेलिकम कम्पनीहरुलाई सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउन भारतको दूरसंचार विभागले सरकारसँग माग गरेको छ । सस्तो कर्जाबाट उनीहरुको पूँजिगत लागत कम हुने धारणा दूरसंचार […]
काठमाडौं । भारतीय टेलिकम नियामक निकाय- भारतीय दूरसंचार नियामक प्राधिकरण(ट्राई)ले हालै इन्टरकनेक्सन यूजेज चार्ज(आईयूसी) हटाउने निर्णयलाई स्थगित गरेको छ । नियामक निकायले सो आईसीयू चार्जलाई सन् २०२० ३१ जनवरीसम्म लगाउने […]
काठमाडौं । छिमेकी मुलुक भारतमा अब सस्तो मोबाइल फोन सेवाको समय सकिएको छ । कम्पनीहरुले आफ्नो सेवाको महशुल दर बढाउने घोषाणा गरेसँगै यसअघि विश्वको सस्तो मोबाइल शुल्क र डाटा शुल्क […]
काठमाडौं । नेपाली टेलिकम अपरेटरहरु तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमध्ये केहिले सरकारलाई तिर्नुपर्ने बाँकी बक्यौता नबुझाएको समाचारहरु नियमित जसो आईरहेका छन् । नेपालमा टेलिकम सेक्टरका कम्पनीहरुले बाँकी बक्यौता नतिर्दा खारेजीको […] | 2021/04/22 18:13:38 | https://technologykhabar.com/tag/%E0%A4%AD%E0%A4%BE%E0%A4%B0%E0%A4%A4%E0%A5%80-%E0%A4%8F%E0%A4%AF%E0%A4%B0%E0%A4%9F%E0%A5%87%E0%A4%B2/ | mC4 |
गाउँलेको श्रमदानमा आधारित अनुदानको विकास | परिसंवाद
गाउँलेको श्रमदानमा आधारित अनुदानको विकास
जीवनका खुड्किला — ११
प्रा. डा. मदन कोइराला शनिबार, कार्तिक १, २०७७ मा प्रकाशित
प्राकृतिक विज्ञानसँगको विषयगत संलग्नता कहिलेकाहीँ जीवन जीउने र भोग्ने सहउपज अनुकुल हुन्छ भन्ने कुरा मैले वातावरण विज्ञानको विद्यार्थी भएर प्राप्त गर्न सकेका केही घटनाक्रमले पुष्टि गरेका छन् । सन्दर्भ दोश्रो सिंचाई क्षेत्र आयोजना अन्तर्गत सञ्चालित प्रारम्भिक वातावरणीय परीक्षणमा संलग्न हुँदाखेरीको हो सन् १९९८ सालमा । दोश्रो सिंचाई क्षेत्र आयोजना अन्तर्गत एशियाली विकास बैंकको ऋण अनुदानमा सोलुखुम्बु जिल्लाको तत्कालीन देउसा गाउँमा निर्माणाधीन सिंचाई परियोजनाको प्रारम्भिक वातावरणीय परीक्षणको सिलसिलामा कृषिविद् तनहुँवासी हरिहर काफ्ले, समाजशास्त्री दाङ घर भएका शिशिर गौतम तथा वातावरणवीद एवं टोली नेताको रूपमा म संलग्न तीन सदस्यीय टोली जाने भयौं ।
काठमाडौँको उडान मार्फत् जाने भए पनि पहिलो दिन उडान रद्ध भएको कारण दोश्रो दिन मात्र हामी उड्न पायौं । सानो जहाज थोरै यात्रुहरू हुँदा सहयात्रीबीचको कुराकानी आकर्षक भए पनि अन्दाजी २० मिनट उडान पश्चात् जहाजबाट देखिने खोलानाला, पहाड, नदी सबै देखिन छोडेर जहाज बाक्लो बादलभित्र मात्र उड्न थाल्यो । एकैछिनमा अधिकांश यात्रुहरू रुन, कराउन तथा आ–आफ्ना इष्टदेवता, भगवान भाकल गर्न, गुहार्न थाले । जेहोस्, उडानको निर्धारित समयभन्दा करीब ४० मिनटपछि डाँडा, खोल्सी, खोला देखियो र जहाज धावन मार्गमा ओर्लियो । रुने, कराउने सम्पूर्ण यात्रुका अनुहारमा उज्यालो फर्कियो ।
निर्माण सम्पन्न पश्चात् प्रक्रिया पुर्याएर हस्तान्तरण हुनुपर्ने रहेछ । जस अनुसार ९० प्रतिशत जिल्ला सिंचाई कार्यालयको योगदान, १० प्रतिशत बराबर जनश्रमदान र सो १० प्रतिशतमध्ये २.५ प्रतिशत मरम्मत सम्भारको लागि नगद सङ्कलन गरी उपभोक्ता समितिमा राख्नुपर्ने प्रावधान रहेछ । पाइप जोड्न प्रयोग गरिएका फलामे पाता जिल्ला सिंचाई कार्यालयले आयोजना स्थलमा नछोडी फिर्ता लगेछ । विकल्पमा उहाँहरूले त्यही पट्याँसले बेरेर बाँध्नुहुने रहेछ । केही पानी चुहेर गए पनि, काम चलाउ भने भइराखेको रहेछ । सरकारी काम, कहिले जाला घाम भन्ने उखान चरितार्थ भए पनि, आफ्नो श्रमदानले बनेको आयोजनामा उहाँहरूको लगाव सराहना गर्ने लायकको थियो ।
पुगेको दिन सल्लेरी बजार बसेर भोलिपल्ट हामी जिल्ला सिंचाई कार्यालय गयौं । जिल्ला सिंचाई प्रमुख इन्जिनियर धनुषा घर भएका महानुभाव हुनुहुँदो रहेछ । शिष्टाचार भेटघाटपछि परियोजनास्थलको बारेमा आवश्यक जानकारी लियोंै हामीले । सरकारी आयोजना त्यो पनि ऋण अनुदानमा बन्ने नमुना सिंचाई कार्यक्रम भएकोले हामीले नक्सा सहित भौगोलिक लगायत प्रारम्भिक वातावरणीय परीक्षणमा आवश्यक पर्ने सम्पूर्ण तथ्यांक तथा जानकारी लिन चाह्यौैं । आयोजना निर्माण र सञ्चालनको जिम्मेवारी यही कार्यालयको हुन्थ्यो । कुलो सफलतापूर्वक चलेपछि स्थानीय उपभोक्ता समितिलाई हस्तान्तरण गर्ने सञ्चालन विधि तय गरिएको थियो । कूल निर्माण लागत २ करोड १७ लाख भएको परियोजनामा १० प्रतिशत मूल्य बराबरको जनश्रमदान जुटाउनुपर्ने प्रावधान रहेछ । जसमध्ये हस्तान्तरण पश्चात परम्मत सम्भारको लागि २.५ प्रतिशत भने नगद नै जम्मा गर्नुपथ्र्यो उपभोक्ता समितिमा रहने गरी । परयोजना स्थलको भौगोलिक बनोट, भौतिक, जैविक, सामाजिक एवं सांस्कृतिक विवरण कार्यालयमा रहेको परियोजना प्रतिवेदनबाट उतार गरेर हामी देउसा जाने तयारीमा लाग्यौं । कार्यालयको प्रतिनिधि कोही हामीसँग गइदिनु भए सहज हुने हामीले अनुरोध गर्यौं कार्यालय प्रमुखसँग ।
कर्यालय प्रमुखको सल्लाह भने देउसा नगई सदरमुकाममा उपलब्ध जानकारीको आधारमा मात्रै सिंचाई विभागलाई प्रतिवेदन दिए पुग्ने भन्ने थियो । कारण देउसा विकट भूभागमा रहेको सदरमुकाम सल्लेरीबाट २ दिन हिंड्नुपर्ने, अति विपन्न राई जातीको बस्ती भएको ठाउँ भएकोले खान, बस्न पनि समस्या पर्नसक्ने भएकोले सदरमुकाममा उपलब्ध जानकारीलाई नै उहाँले प्रमाणित गरिदिनु हुने र त्यो अध्ययन टोलीको हितमै भएको उहाँको सुझाव थियो । सुझावका लागि हामीले उहाँलाई धन्यवाद भन्यौं ।
फर्किदाखेरी बाटोमा सोलुबाट प्रतिनिधित्व गर्ने सांसद बल बहादुर केसी सँग तथा पूर्व मन्त्री सँग भेट भयोे । विश्वविद्यालयमा पढ्दाका साथी र २०३६ को विद्यार्थी आन्दोलका सहकर्मी भएकोले भलाकुसारी भयो । सोलु आउनुको सन्दर्भ हामीले बतायौं । बिनियिोजित रकमको उल्लेखनीय हिस्सा आयोजना निर्माण स्थलमा नपुग्नुले स्थानीय समुदाय मर्कामा परिरहेको वास्तविकता हाम्रो टोलीले उहाँलाई स्मरण गरायो । शायद् उहाँहरू यस्तैमा अभ्यस्त भइरहनुभएकोले हाम्रो कुरालाई त्यति गम्भीरतासाथ लिएको मानिन मैले ।
हामी देउसाका लागि हिंड्यौं सल्लेरी बजारबाट । हिंडेको दिनको बास सल्यान भन्ने सानो पहाडी बजारमा बस्यौं । नेपाल टेलिभिजनको प्रसारण यहाँसम्म आइपुग्ने रहेछ । हामीलाई खबर अद्यावधीक हुने अवसर पनि भयो । सल्यानमा पनि एउटा एयरपोर्ट निर्माणाधीन भएको थाहा पायौं हामी बास बसेको होटल व्यवसायीबाट । बिहान उठेर हामी बाटो लाग्यौं देउसा पुग्ने लक्ष्य बनाएर । पातलो जंगल र खोल्सा बीचको गोरेटो बाटोले गर्दा अल्मलिने सम्भावना थिएन । कृषिविद हरिहरजीसँग चुट्किलाको पोकै थियो, उहाँ सुनाइरहनुहुन्थ्यो । बाटो काटेको पत्तै हुंदैनथ्यो ।
सोमबार, जेष्ठ ३, २०७८
गाउँ पुगेर हामीले सोधखोज गर्दे हामीले प्रधानपञ्चको घर पहिल्यायौं । कान्लाको तलमाथि नजिक नजिकै झुरूप्प घर भएको बस्ती थियो देउसा । अधिकांश बासिन्दा राईहरू हुनुहुन्थ्यो । खरले छाएका ढुंगा माटोका ससाना घरहरू । अन्नपात राख्न, सुकाउन, कुखुरा डोकोले थुन्न हुनेगरी दलान निकालेको बाहिरपट्टी । बाहिरियाहरू आएको कसैले खबर गरेछ प्रधानपन्चजी एकैछिनमा घर आइपुग्नुभयो ।
हामीले आउने उद्देश्य बतायौं । उपभोक्ता समितिलाई खबर गर्ने र भोलि बिहान उहाँकै आँगनमा समितिसँग छलफल गर्ने सल्लाह भयो । आर्थिक गरिबीको बावजूद ग्रामीण सादगीको कारण उहाँले हाम्रो खानपिनको बारेमा चासो लिनुभयो । हामीले खाना त खाएका थिएनोैं । सोही अनुसार उहाँलाई बतायौं र खानाको व्यवस्था भए हामी सशुल्क त्यो सेवा लिने कुरा गर्यौं । चामल पर्याप्त उपलव्ध नहुने रहेछ । उहाँले मकै भटमासको जोहो गरिदिनुभयो, हामीले भुटेको मकै भटमास खायोैं । त्यसदिन गाउँ घुम्ने कार्यक्रम भयो हाम्रो ।
भोलिपल्ट बिहान उपभोक्ता समितिसँग छलफलमा बसियो । अग्रज, सचेत किसान, समाजका जेठापाका ब्यक्तित्व गरी झण्डै २५÷३० जना भेला हुनुभएको थियो । अन्तरक्रियाको रूप लक्षित समूह छलफल रह्यो । विकासे भाषामा Focus Group Discussion भन्ने । आयोजनाको जिम्मा लिएको र बजेट खातामा आएको निकाय जिल्ला सिंचाई कार्यालयको सर्वे, इष्टिमेट आदि गरेछ । निर्माण सामग्रीको छनोट र आपूर्ति उसकै जिम्मा रहने भयो । प्राविधिकको उपस्थिति, उपलब्धता, सल्लाह र निर्देशन आदिमा गाउँलेको प्रशस्त गुनासो थियो । मुहान निर्माणमा सिमेन्टको मात्रा एवं चट्टानी भूभागमा प्रयोग गरिएको पोलिथिन पाइप र अड्काउने हुकको गुणस्तरमा उहाँहरूको विश्वास नरहेको कुरा बताउनुहुन्थ्यो । मरम्मत सम्भारको लागि जम्मा गर्नुपर्ने नगद अनुदानमा २.५ प्रतिशतले पुग्नेमा ५ प्रतिशत जम्मा गर्न बाध्य पारिएको कुरा भने सुन्दाखेरी हामीलाई पनि नाजायज लागेको थियो, जुन कुरा न्यायसङ्गत पनि थिएन । जनश्रमदान कुल लागतको १० प्रतिशत मात्र भए पुग्नेमा प्राविधिकहरू आएर काम अह्राएर मात्र जाने, अनुगमनमा नरहने भएकोले अधिकांश कार्य जनश्रमदानबाट भएको उहाँहरूको भनाइ थियो, झण्डै ५० प्रतिशत नै । खाना खाएर आधा दिन जस्तो पछि हामी सिंचाई आयोजनाले समेट्ने मुहानदेखि पुछारसम्म हिँड्ने भयौं । उपभोक्ता समितिका सदस्य र अरु गाउँलेहरूले हामीलाई देखाउने हुनुभयो ।
सिंचाई कुलोको श्रोतमा पानी पर्याप्त थियो । समशितोष्ण प्रदेशको हावापानीमा सिंचाई गर्नुपर्ने क्षेत्रलाई पुग्ने जलाधार क्षेत्र देखिन्यो आँखाले अन्दाज गर्दा । प्रकृतिले दिएको वरदानलाई मानव आर्जित ज्ञान प्रयोग गरेर प्रविधि मार्फत आवश्यक ठाउँमा इन्जिनियरिंग तथा रैथाने सिपको उपयोगले पानी पुर्याउनु थियो । मुहानमा जलाशय बनाइएको थियो बग्ने पट्टी ढलान गरेर । त्यहाँबाट कुलो ढलान गर्दै पानी बग्थ्यो कुलोमा । झण्डै ६–७ किलोमिटर हुनुपर्छ मुहानदेखि पुछारसम्म गर्दा सिंचाईको लम्बाई । अलिकति चट्टानी भूभाग थियो, २–३ ठाउँमा गरी करीब ५०० मीटर जति । त्यो ठाउँमा करीब ६ इन्च ब्यासको पोलिथिनको पाइपबाट निरन्तरता दिइएको थियो प्रणालीलाई । २० फिटे पाइप लाई आपसमा जोडेर निरन्तरता दिइएको थियो पानीको प्रवाहलाई । जोडेको ठाउँ बाहिरबाट छुट्टिन्थ्यो, प्लास्टिक पग्लिएर सतह थोरै उठेर बनेको घेराले । गाउँलेहरूले बताए अनुसार, फलामको पाता Hot Plate तताएर पाइप जोडिने रहेछ । चट्टानको चिरा परेको ठाउँमा तारले बाँधेर वा किला ठोकेर पाइपलाई झुण्ड्याउने वा आड दिएर आवश्यक कोण मिलाइकन प्रवाह कायम गरिनुपर्ने रहेछ । पाइप जोडेको स्थान छुट्टिएको ठाउँमा स्थानीय रूपमा उपलव्ध भालुबाँसको पट्याँस (नाङ्ली) ले बेरेर खर, कुश वा तारले बेरेको देख्ता नबुझेर त्यसको कारण खोज्योैं । उहाँहरूले बताएको कुराले त साँंच्चै घत प¥यो ।
विकासको नाममा राजनीतिक तह, उच्च व्यवस्थापन, प्राविधिक पक्षको मिलिभगतमा सुदूर भेगका नागरिकलाई प्रलोभन, आश्वासनमा अल्मल्याएर निजी स्वार्थपूर्ति गर्ने एउटा ज्वलन्त उदाहरण थियो त्यो दशकौंदेखि चल्दै आएको । व्यवस्था, पात्र फेरिए पनि प्रवृत्तिको निरन्तरता थियो । अभिभावकत्व निर्वाह गर्नुपर्ने राज्य भूमिकाबाट विमुख वा च्यूत मात्र नभई परनिर्भरताको सुस्त नशा पो गाउँ परिवेशमा पस्ने हो कि ? भन्ने डर थियो रैथाने ज्ञानमा आधारित स्वालम्बनको ठाउँमा । | 2021/09/17 01:37:20 | https://parisambad.com/2020/10/17/%E0%A4%97%E0%A4%BE%E0%A4%89%E0%A4%81%E0%A4%B2%E0%A5%87%E0%A4%95%E0%A5%8B-%E0%A4%B6%E0%A5%8D%E0%A4%B0%E0%A4%AE%E0%A4%A6%E0%A4%BE%E0%A4%A8%E0%A4%AE%E0%A4%BE-%E0%A4%86%E0%A4%A7%E0%A4%BE%E0%A4%B0%E0%A4%BF/ | mC4 |
सुनथराली विमानस्थल निर्माणमा ३९ करोड खर्च, ३६ वर्षसम्म पनि अधुरै - Naya Pageसुनथराली विमानस्थल निर्माणमा ३९ करोड खर्च, ३६ वर्षसम्म पनि अधुरै - Naya Page
सुनथराली विमानस्थल निर्माणमा ३९ करोड खर्च, ३६ वर्षसम्म पनि अधुरै
कालीकोट । कालीकोटको नरहरिनाथ गाउँपालिका-१ कोटवाडामा निर्माणाधीन सुनथराली विमानस्थलको धावनमार्गमा आगामी असार मसान्तभित्रमा कालोपत्रे सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यसका लागि आगामी वैशाखको पहिलो हप्तादेखि काम सुरुवात हुने जनाइएको छ ।
अहिले विमानस्थलको टावर, भवन , वरपर माटो काट्ने र नाला बनाउने काम सम्पन्न भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर रत्नबहादुर श्रेष्ठले जानकारी दिए । 'आगामी वैशाख पहिलो हप्तादेखि विमानस्थलको धावनमार्गमा कालोपत्रे सुरु गर्ने गरी काम भइरहेको छ ।' उनले भने, 'लामो समयदेखि काम नहुँदा अन्यौलमा रहेको विमानस्थल पछिल्लो वर्षमा द्रुत गतिमा काम भएको हो ।'
विमानस्थलसम्म सडक नपुग्नु, विगतको सशस्त्र द्वन्द्व, कोभिडलगायतका कारणले विमानस्थलको काम कछुवाको गतिमा भएको थियो । यस आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीलाई प्राधिकरणले समयसीमा दिएको छ । धावनमार्ग ६९० मिटर लम्बाइ र ६० मिटर चौडाइ रहने छ । विसं २०४२ देखि हालसम्म विमानस्थल निर्माणमा ३९ करोड खर्च भइसकेको जनाइएको छ ।
विमानस्थलसम्म निर्माण सामग्री लैजान ठेकेदार कम्पनीलाई समस्या भएको गौरी पार्वती श्याम एण्ड शङ्कर जेभीका प्रतिनिधि कलम केसीले जानकारी दिए । 'कच्ची, अप्ठे्यारो सडक भएकाले निर्माण सामग्री लिन निकै गाह्रो छ ।' उनले भने, 'हामीले वैशाखको पहिलो हप्ताबाट धावनमार्ग कालोपत्रे गर्ने तयारी गरेका छौँ । असारसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।' | 2022/05/25 03:28:07 | https://www.nayapage.com/archives/388882 | mC4 |
अध्यागमन सुधार गर्न गृहमन्त्रीको निर्देशन « The Nepal Top
काठमाडौँ : गृहमन्त्री रामबहादुर थापाले अध्यागमन विभागका काम कारवाही थप व्यवस्थित र सुधार गर्न निर्देशन दिएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलथित अध्यागमन विभाग लगायतका कार्यालयको आज अनुगमनपछि कर्मचारीलाई निर्देशन दिँदै गृहमन्त्री थापाले विदेशी नेपाल प्रवेश गर्दा पहिलो पटक अध्यागमनसँग ठोक्किने भएकोले यो क्षेत्रमा सुधार अनिवार्य रहेको टिप्पणी गरे ।
उनले भने, "विदेशीले नेपाल टेक्ने वित्तिकै हुने उसको पहिलो अनुभव महत्वपूर्ण हुन्छ । पहिलो अनुभवनै नराम्रो भयो भने उ फर्केर फेरि नेपाल आउँदैन । साथीलाई पनि नजान सुझाव दिन्छ । तर अनुभव राम्रो भयो भने उ पनि दोहोरिएर आउँछ र अरुलाई पनि नेपाल जान सुझाव दिन्छ भन्ने कुरालाई मनन् गरेर काम गर्नुहोस् । "
उनले भने, "यहाँ काम गर्ने कर्मचारीको मुख्य तीन जिम्मेवारी छ । पहिलो राष्ट्रिय सुरक्षाको, दोस्रो देशको अर्थतन्त्रको विकासको र तेस्रो मुलुकको सभ्यता, संस्कृतिलाई स्थापित गर्ने जिम्मेवारी रहेको छ ।' | 2022/01/23 06:51:00 | https://www.thenepaltop.com/news/1663 | mC4 |
जापानी कम्पनीले बनायो खल्तीमा अटाउने शौचालय ! - Samudrapari.com
जापानी कम्पनीले बनायो खल्तीमा अटाउने शौचालय !
टोकियो – एउटा जापानी स्र्टाटअप कम्पनीले खल्ती वा झोलामा राखेर यताउता लैजान मिल्ने शौचालय बनाएको छ । नागोया प्रिफेक्चरमा रहेको कोकेनावा इंकले सानो, पोर्टेबल शौचालय बनाएको छ । यो विश्वको सबैभन्दा सानो शौचालय भएको दाबी कम्पनीले गरेको छ ।
जापान विश्वमै सबैभन्दा धेरै प्राकृतिक विपद् जाने स्थान हो । हरेक वर्ष यहाँ कयौं शक्तिशाली ताइफु र भुँइचालो जान्छ । न्यून तटिय क्षेत्र डुबानमा पर्ने वा बाढी आउने जोखिम पनि उत्तिकै हुन्छ ।
त्यसैले अधिकांश जापानीहरुले विपद्को समयका लागि भनेर विपद् किट तयार पारेर राखेका हुन्छन् । तर आकस्मिक शौचालय भने कमैसँग हुने गरेको छ । १६ दशमलव ९ प्रतिशत घरपरिवारसँग मात्रै आकस्मिक शौचालय भएको सन् २०१८ मा अनुसन्धान समूह जापान ट्वाइलेट ल्याबोले गरेको सर्वेक्षणले देखाएको थियो ।
जापानभर यो शौचालय विपद्को समयका लागि भनेर मानिसहरुले जोहो गरेर राख्ने सामग्रीको अभिन्न हिस्सा बन्ने आशा कोकेनावा इंकले गरेको छ । सन् २०१९ मा जापानमा हगिबिस नामक शक्तिशाली ताइफु गएको थियो । सो ताइफुको वितण्डापछि नागोयाको एउटा शहरमा स्वयम्सेवा दिने क्रममा कोकेनावा इंकका सीईओ योशिनोरी कोकेनावाको मनमा बोकेर यताउता लैजान मिल्ने सानो शौचालय बनाउने विचार मनमा आयो ।
त्यति बेला आश्रयस्थलमा बसेका मानिसहरुमाझ शौचालय प्रयोग गर्ने भिड र एक पटक शौचालय जान कम्तिमा पनि ३० मिनेट कुर्नु पर्ने अवस्था देखेपछि आफ्नो मनमा पोर्टेबल शौचालय बनाउने विचार आएको कोकेनावा बताउँछन् । यही समस्या समाधान गर्न कम्पनीले सन् २०२० मा ७ सेमी अग्लो ६.५ सेमी फराकिलो पकेट ट्वाइलेट बनाएको थियो ।
शौचालयमा हप्ता दिनसम्म दिशा पिसाब त्यसै राख्दा पनि कुनै दूर्गन्ध नआउने आफूले गरेको परीक्षणहरुले देखाएको पनि कम्पनीले बताएको छ । यी शौचालय खल्ती वा मेकअप ब्यागमै अटाउँछ । अहिलेसम्म कम्पनीले ५० हजार थान पकेटट्वाइलेट बेचिसकेको छ । रुसले अतिक्रमण गरेपछि विस्थापित युक्रेनीहरुलाई कम्पनीले ६ हजार ओटा त्यस्ता शौचालय दान पनि दिएको छ ।
हुन त प्राकृतिक विपद् वा अन्य आकस्मिक समस्या आइपरेको समयमा शौचालयको प्रयोग सबैको लागि समस्याको विषय बन्ने गरेको छ । मानिसहरुले यसलाई साथमै राख्ने र विपद् वा आकस्मिक समयमा प्रयोग गर्छन् भन्ने आशा आफूले गरेको कोकेनावाले बताएका छन् । -आर्थिक अभियानबाट | 2022/06/30 13:08:59 | https://samudrapari.com/2022/06/418073/ | mC4 |
सर्वदलीय बैठकबारे औपचारिक जानकारी नआएको गुरुङको दाबी | Birat Khabar
सर्वदलीय बैठकबारे औपचारिक जानकारी नआएको गुरुङको दाबी
काठमाण्डौँ । एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले सर्वदलीय बैठकबारे औपचारिक रूपमा जानकारी नै नआएको दाबी गरेका छन् । औपचारिक रूपमा लिखित जानकारीविना कसरी बैठकमा सहभागी हुने भन्दै गुरुङले प्रतिप्रश्न गरे । नयाँ पत्रिकासँग कुरा गर्दै उनले भने, 'सर्वदलीय बैठकबारे औपचारिक जानकारी नै आएको छैन । मिडियामा आएको भरमा हुन्छ र ? औपचारिक रूपमा लिखित जानकारी आयो भने के गर्ने भन्ने विषयमा बल्ल छलफल गर्छौँ । अहिले त हामीले त्यसबारे छलफलसमेत गरेका छैनौँ ।'
लिखित रूपमा आमन्त्रण नगरी एमालेले सर्वदलीय बैठक बहिष्कार गरेको हल्ला पिटाउने काम सत्तारुढ दलहरूले गरेको उनको आरोप छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार बोलाएको बैठकमा एमाले अनुपस्थित थियो । एमालेबाहेकका संसदमा प्रतिनिधित्व गर्ने दलहरू भने बैठकमा सहभागी भएका थिए ।
संसद् अवरुद्ध कहिलेसम्म भन्ने प्रश्नमा गुरुङले भने, 'पार्टीले कारबाही गरेको मान्छे सभामुखले समाइरहेसम्म संसद् अवरुद्ध भइरहन्छ । यो प्रश्न हामीलाई भन्दा प्रधानमन्त्री र सभामुखलाई सोध्दा राम्रो होला !' संसद् कसरी खोल्ने भन्ने प्रस्ताव सरकारले ल्याउनुपर्ने उनले बताए । | 2022/07/07 04:06:16 | https://biratkhabar.com/archives/5419 | mC4 |
चिनियाँ राष्ट्रपतिको भ्रमणको वार्षिक समीक्षा : सुरुमा उत्साहजनक कार्यान्वयन, पछि कोरोनाले बिथोल्यो – Online Khabar
बीआरआईमा प्रगति भएन, दृढ राजनीतिक इच्छाशक्तिमा कमी
२०७७ असोज २५ गते २१:३२ मा प्रकाशित
२५ असोज, काठमाडौं । सन् २०१९ को अक्टोबर महिनामा भएको चिनियाँ राष्ट्रपति सी चिनफिङको ऐतिहासिक भ्रमणका बेला थुप्रै सहमति र सम्झौता भए । सीको भ्रमण भूराजनीति, नेपालको आन्तरिक राजनीति र दुईपक्षीय सहकार्यको हिसाबले दीर्घकालीन महत्वको थियो ।
भ्रमणका क्रममा दुवै देशले संयुक्तरुपमा १४ बुँदे संयुक्त प्रेस विज्ञप्ति जारी गरेका थिए भने २० वटा समझदारीपत्र/सम्झौतामा हास्ताक्षर भएको थियो । संयुक्त विज्ञप्ति र समझदारीपत्रका केही बुँदाहरु कार्यान्वयन भएका छन् भने केहीमा प्रगति भएको छैन ।
भ्रमणपछिका सुरुवाती महिनामा सम्झौता र सहमतिको कार्यान्वयनमा केही उत्साहजनक उपलब्धि देखिए पनि कोरोना कहरसँगै कार्यान्वयनमा शिथिलता आयो । यद्यपि तस्वीर पूरै निराशाजनक भने छैन, यस अवधिमा केही विषयमा प्रगति भएको छ र फिल्डमा गएर गर्ने कामहरु भने रोकिएका छन् ।
दुईपक्षीय परियोजना कार्यान्वयनको अवस्था
सीको भ्रमणपछि क्रस बोर्डर रेलवेलाई अगाडि बढाउने सम्बन्धमा केही उपलब्धिहरु भए । रेलको पूर्वसम्भाव्यता अध्ययनपछि दुवै मुलुक तीन तहको सम्भाव्यता अध्ययन गर्न सहमत भएका छन् र दुवै पक्षीच काम बाँडफाँट भइसकेको छ ।
सरकारी अधिकारीहरुका अनुसार फिल्डको काम केही रोकिए पनि पेपर वर्क भने भइरहेको छ । त्यसैगरी काठमाडौं–पोखरा– लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययनको विषयमा समेत दुई पक्षबीच एक चरणको छलफल भएको छ । दोस्रो छलफल छिटै गर्ने सहमति भए पनि कोरोनाको कारणले रोकिएको थियो ।
सीको भ्रमणको समयमा भएको अर्काे सहमति भनेको सगरमाथाको उचाइ संयुक्तरुपमा घोषणा गर्ने थियो । नेपाल र चीन दुवैले छुट्टाछुट्टै सगरमाथाको उचाइ मापनको काम सकिसकेका छन् र उचाइ घोषणाका लागि एक समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी भइरहेको छ ।
नेपाल र चीनबीच सन् २०१६ मा भएको पारवहन तथा यातायात सम्झौताको प्रोटोकललाई कार्यान्वयन लैजाने सहमति सो भ्रमणको दौरानमा भएको थियो । सहमतिअनुसार सन् २०२० को जनवरीदेखि सो प्रोटोकल कार्यान्वयन आइसकेको छ, यद्यपि यसका केही प्राविधिक अप्ठ्याराहरु छन् ।
सन् २०१९ को अप्रिल महिनामा राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका दौरान सो प्रोटोकलमा सहमति भएको थियो र सीको भ्रमणको समयमा दुवै देशले आफ्नो आन्तरिक प्रक्रियालाई सकेर सकेसम्म छिटो कार्यान्वयनमा लैजाने सहमति गरेका थिए । सो सहमतिअनुसार नेपालले चीनका चारवटा बन्दरगाह प्रयोग गर्न पाउने सहमति भएको थियो ।
भ्रमणका क्रममा अर्थतन्त्र र व्यापारसम्बन्धी नेपाल–चाइना संयुक्त आयोगको मातहतमा व्यापार प्रवद्र्धन गर्नका लागि बर्किङ ग्रुप बनाउने सहमति भएको थियो । सो सहमतिअनुसार गत गत सेप्टेम्बरको अन्तिम साता दुबै मुलुकवीच सो संयन्त्रको पहिलो बैठक भर्चुअल माध्यममा भएको थियो । सो भ्रमणका बेला सहमति भएको लगानीसम्बन्धी वर्किङ समूहको बैठक पनि बस्ने तयारी भइरहेको छ ।
भ्रमणको समयमा भएको अर्काे महत्वपूर्ण सम्झौता भनेको टोखा–नुवाकोट सुरुङ मार्गको निर्माण थियो । भ्रमणको दुई महिनापछि नै डिसेम्बर महिनामा सो मार्गको सम्भाब्यता अध्ययनको चीनको एक टोली काठमाडौं आएको थियो । सो टोली अध्ययन गरेर फर्केको छ र उसले छिट्टै नै आफ्नो प्रतिवेदन बुझाउने बताइएको छ ।
यस अवधिमा एकदमै सुस्त प्रगति भएको क्षेत्र भनेको बेल्ट एण्ड रोडअन्तर्गतका परियोजनाहरुको लगानीको मोडालिटी टुंगो लगाउने विषय हो । नेपालले ९ वटा परियोजनाहरु छनोट गरेको छ । तर, त्यसको लगानी कस्तो हुने भन्नेमा कुनै पनि प्रगती भएको छैन ।
यस विषयमा दुई देशका अधिकारीहरुको वीचमा निरन्तररुपमा वार्ता भइरहेको छ । तर, सहमति भने हुन सकेको छैन । यसवाहेक चीनसँग जोड्ने बाटोको स्तरोन्नति र अन्य कनेक्टिभिटीका परियोजनाहरु भने कोरोनाका कारणले प्रभावित भएका छन् ।
कोरोनाले बिथोल्यो प्राथमिकता
चिनियाँ राष्ट्रपतिले नेपालको भ्रमण गरेको केही महिनापछि नै संसारमा कोभिड–१९ महामारी सुरु भयो । त्यसले दुईपक्षीय सहकार्यका तत्कालीन प्राथमिकताहरुमा केही परिवर्तन ल्यायो । नेपालसँग मात्र होइन, विश्वका धेरै देशलाई औषधि, मास्कलगायतका अन्य सामाग्रीहरु उपलब्ध गराउने मात्र होइन, कोरोना महामारीको नियन्त्रणका बारेमा आफ्नो अनुभव साटासाटमा चीनकेन्द्रित रह्यो ।
नेपालसँग पनि विषयहरुभन्दा कोरोनासम्बन्धी विषयहरुले प्राथमिकता पाउन थाल्यो । यसवीचमा कोरोनमा नै केन्द्रित भएर नेपाल र चीनको वीचमा आधा दर्जनभन्दा बढी भर्चुअल कुराकानी भएको छ । यस अवधिमा अन्य देशहरुको तुलनामा चीनसँग नै बढी अन्तरक्रिया भएको देखिन्छ । सरकारी तहमा मात्र होइन, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीको बीचमा अन्तरक्रिया समेत भयो ।
परराष्ट्र मामिला अध्ययन केन्द्रका उपकार्यकारी निर्देशक डा. रुपक सापकोटा भन्छन, 'यसवीचमा कोभिडका कारणले ल्याएको परिवर्तनले केही प्राथमिकताहरु समेत बदलिए र दुई मुलुक त्यसैमा केन्द्रित रहेको देखिन्छ । पछिल्लो समयमा दुई देशका वीचमा भएका कुराकानीहरु कोभिड नियन्त्रणमा नै केन्द्रित छन्, त्यसैले सीको भ्रमणको समयमा भएका सहमति कार्यान्वयन गतिशीलरुपमा अगाडि बढ्न सकेन ।'
चीनसँग मात्र होइन, भारतलगायत अन्य मुलुकहरुसँगको सहकार्य पनि कोभिडमा नै केन्द्रित छ ।
भूराजनीतिक टकरावले पारेको असर
विगतमा भएका सहमति कार्यान्वयन नहुनुमा पूर्णरुपमा कोभिडमात्रै जिम्मेवार भने छैन । पछिल्ला महिनायता भारत र चीनवीचको द्वन्द्वका साथै अमेरिका र चीनवीचको व्यापार युद्धले समेत केही असर गरेको विश्लेषकहरुको तर्क छ । भारत र अमेरिका दुवैले नेपाल–चीन सम्बन्धलाई नजिकबाट हेरिरहेका छन् । नेपालले प्रत्यक्षरुपमा केही दबाव नझेले पनि यसको परोक्ष र मनोवैज्ञानिक असर नेपाल–चीन सम्बन्धमा देखिएको छ ।
सापकोटा भन्छन्, 'पछिल्लो समयमा भूराजनीतिमा आएको परिवर्तनका कारण नेपालले खुला र सक्रिया रुपमा अग्रसर भएर चीनसँगका सम्बन्धलाई अगाडि बढाउन हिच्किचाएको देखिन्छ । विशेषतः भारत र चीनको बिग्रेको सम्बन्धका कारण सहकार्यलाई अझ अगाडि बढाउन अलि गाह्रो भएकै हो ।'
भारत र चीनवीचको द्वन्द्वमा नेपालले तटस्थता अपनाएको छ र त्यसमा कुनै पनि प्रतिक्रिया दिएको छैन ।
दृढ राजनीतिक इच्छाशक्तिको कमी
हुन पनि भारत र चीनबीच एकदमै सन्तुलित ढंगले अगाडि बढ्नुपर्ने भएकाले कठिनाइ उत्पन्न भएको देखिन्छ । सापकोटाका अनुसार दुई पक्षका बीचमा रहेका धेरै संयन्त्रका बैठकहरु समयमा नै बस्न सकेका छैनन् । त्यसैगरी अमेरिका–चीन बढ्दो द्वन्द्वको असर परोक्ष असर पनि देखिएको छ ।
सापकोटाका अनुसार सीको भ्रमणले नेपाल–चीन आर्थिक सहकार्यको वृहत खाका तयार पारेको छ, यसलाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा राजनीतिक तहमा स्पष्ट र दुरगामी असरको आवश्यकता पर्छ । 'हामीले आर्थिक कूटनीतिको कुरा त गरेका छौं, तर त्यसका आयामहरु परिवर्तन हुँदै गएका छन् । अबको विश्वमा हामीले अगाडि बढाउने भनेको ट्रेड डिप्लोमेसी हो । तर, हामीले अझै पनि एड डिप्लोमेसीलाई बढी जोड दिइरहेका छौं । चीनसँगको आर्थिक विकासबाट लाभ लिने दीर्घकालीन भिजनका साथ अगाडि बढ्नुपर्छ ।'
चीनसँग भएका सहमति र सम्झौताहरु कार्यान्वयन हुन नसक्नुमा उच्च राजनीतिक तहमा दृढ इच्छाशक्तिको कमी भएको विश्लेषकहरुको धारणा छ । बीआरआई परियोजना छनोट हुन नसक्नु एउटा कारण हो । सापकोटा अगाडि भन्छन्,'पछिल्ला बर्षहरुमा केही प्रगति त भएको छ । तर, नेपालमा जुन तवरको राजनीतिक इच्छाशक्ति हुनुपर्ने हो, त्यो देखिँदैन, नेतृत्वमा एक प्रकारको लघुताबास देखिन्छ । वीआरआईसँग सम्वन्धित संयन्त्रहरु अगाडि बढाउने ईच्छाशक्तिको कमी देखियो ।'
राजनीतिक स्थायित्वमा निरन्तर जोड
त्रिभुवन विश्वविद्यालयको नेपाल र दक्षिण एसिया अध्ययन केन्द्रका कार्यकारी निर्देशका डा. मृगेन्द्रबहादुर कार्की चीनका राष्ट्रपतिको भ्रमणलाई केही योजना कार्यान्वयनको आँखाले मात्र नहेरी वृहत भूराजनीतिक र राजनीतिक दृष्टिकोणले हेर्नुपर्ने बताउँछन् ।
उनी भन्छन, 'चिनियाँ राष्ट्रपतिले कुनै पनि मुलुकको भ्रमण गर्नु ६ महिना अगाडिदेखि सम्बन्धित मुलुकको राजनीतिमा स्थायित्व हुनुपर्ने अडान चिनियाँको हुन्छ । भ्रमण गरेपछि पनि त्यो मुलुकको राजनीतिक स्थायित्वमा उनीहरुको विशेष जोड हुन्छ । उनका अनुसार नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीको सरकारको स्थायित्व यतिवेला चीनको नेपालमा विशेष चासो हो ।
'बरु अमेरिकी सरकारले दिने सहयोग एमसीसी पारित होस, त्यसले खासै फरक पर्दैन । तर, आफ्ना अन्य चासो सम्बोधन गर्न नेपालमा राजनीतिक स्थायित्व होस् भन्ने उनीहरुको चाहना रहेको बुझ्न सकिन्छ, कार्कीले अनलाइनखबरसँग भने,'अन्य मुलुकको प्रभावलाई कम गर्दै दीर्घकालीनरुपमा नेपालमा आफ्नो प्रभाव जमाउने भिजनअनुसार चिनियाँ राष्ट्रपति सीको भ्रमण भएको हो, त्यसमा उनीहरु सफल भएको देखिन्छ । त्यसैले यसलाई कुनै परियोजनाको साँघुरो दृष्टिकोणबाट हेर्नुहुँदैन ।'
कार्कीका अनुसार सो भ्रमणपछि चीनले नेकपाभित्रको विवादलाई नजिकबाट नियालीरहेको छ र उसलाई राजनीतिक स्थायित्व कायम गर्न आग्रह गरिरहेको छ । | 2020/12/05 16:10:31 | https://www.onlinekhabar.com/2020/10/902607 | mC4 |
सफल एक्सपोबाट ३ लाख ८७ हजार बचत, पुसमा राष्ट्रिय औद्योगिक व्यापार मेला – Tandav News
ताण्डव न्यूज द्वारा २०७६ असार ४ गते बुधबार १२:१३ मा प्रकाशित
पोखरा उद्योग वाणिज्य संघ पोखराले आयोजना गरेको सफल एक्सपो पोखरा साथमा तेस्रो मोवाइल मेलाबाट ३ लाख ८७ हजार २ सय २ रुपैँया बचत गरेको छ।
कुल ९२ लाख ४३ हजार ६ सय ७० रुपैया आम्दानी भएको मेलामा ८८ लाख ५६ हजार ४ सय ६७ खर्च भएको अध्यक्ष दामु अधिकारीले बताए । २०७५ सालमा भएको मेला मंसिर १३ गतेदेखि २३ गतेसम्म प्रर्दशनी केन्द्रमा संचालन गरिएको थियो ।
यस अघिका मेलाको भन्दा कम दर्शक उपस्थित हुनुलाइ महोत्सवको नाम परिवर्तनले असर गरेको उवासंघको ठहर भएको महासचिब अर्जुन पोखरेलले बताए । आगामी मेलाहरु पुरानै नामबाट निरन्तरता दिने उनले बताए । यहि पौष १८ गतेदेखि २८ गतेसम्म पोखरा प्रदर्शनी केन्द्र नयाबजारमा 'राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७६' मेलाको आयोजना हुनेछ । | 2021/09/21 13:40:17 | https://www.tandavnews.com/2019/06/24970 | mC4 |
मंसिर २१ निर्वाचन: ७५% आन्तरिक उडान नहुने - AviationNepal
आन्तराष्ट्रिय समाचार
हिमाल पर्यटन प्रवर्द्धनमा बुद्ध एयर
श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्ने
गोमा एयर दुर्घटनाको मुख्य कारण मौसमको खराबी : प्रतिवेदन
वतानिया एयरवेजद्वारा कुवेत – काठमाडौँ सिधा उडान सुरु
उडान अनुमति नपाउने हो भने द्विपक्षिय हवाइ सेवा सम्झौता(बासा) को के अर्थ ?
मंसिर २१ निर्वाचन: ७५% आन्तरिक उडान नहुने
Posted on २०७४, २० मंसिर बुधबार १९:५६ by जिज्ञासु घिमिरे
प्रतिनिधिसभा र प्रदेश सभाका लागि मिति २०७४ मंसिर २१ गते बिहीबार हुन लागेको आम निर्वाचनका कारण आन्तरिक तर्फका ७५% उडानहरु कटौति भएका छ्न । काठमाडौंबाट देशका विभिन्न भागहरुमा दैनिक ३०० आन्तरिक उडानहरू हुने गरेकोमा चुनावको दिन भएकोले गर्दा जम्मा ७५ उडानहरू मात्र काठमाडौंबाट बाहिरिने र भित्रिने छ्न ।
एयरलाइन्स संचालक एसोसिएसन अफ नेपाल (आयोन)का अनुसार "चुनावको दिन उडान रोक्न सरकारले भनेको छैन । ४५ जिल्लामा निर्वाच हुन लागेको हुँदा उडान प्रभावित हुनु स्वभाविक नै हो । हेलिकप्टरका उडानहरू उद्धार र चुनावका अन्य कार्यका लागि जारी रहनेछन् । तर हेलीकप्टरका चार्टर उडानहरू भने हुने छैनन् ।"
बुद्ध एयरका अनुसार सामान्यतया दिनमा ४५ उडानहरू हुने गर्थे तर बिहीवार पोखरा र चितवनका लागि गरि जम्मा ६ उडान मात्र हुनेछन् । पहाडी क्षेत्रको उडान अहिलेसम्म निर्धारण गरिएको छैन।
यति एयरलाइन्सले दैनिक ३० उडान गर्ने गरेकोमा बिहीबार ९०% उडान कटौति गरेको छ । यतिका पर्यटक लक्षित उडानहरू पोखराका लागि ३ र २ माउन्ट फ्लाइट मात्र हुनेछ । दैनिक २० उडान गर्ने तारा एयरको पोखरा देखि जोमसोमका लागि १ उडान र काठमाडौं देखि लुक्लाका लागि २ उडान मात्र गर्नेछ ।
श्री एयरलाइ, सौर्य एयरलायन्स र नेपाल एयरलायन्सले पनि आफना उडानहरु कटौति गरेका छ्न । नेपाल एयरलायन्सका अन्तर्राष्ट्रिय उडान भने यथावत संचालन हुनेछ । हिमालय एयरलायन्सको रात्रीकालिन उडान यथावत संचालन हुनेछ । सीता एयरले लुक्ला उडान मात्र गर्नेछ भने समिट एयरलाइन्सले पहिले नै टिकट बुक गरेका पर्यटकहरूका लागि लुक्लाका ४ उडान गर्नेछ ।
आन्तरिक तर्फका ७५% उडान कटौती भए पनि अन्तर्राष्ट्रिय उडानहरु प्रभावित हुने छैनन । दैनिक ३० देखि ४५ उडान गर्ने २६ अन्तर्राष्ट्रिय एयरलाइन्स मध्ये कुनै पनि कम्पनीले चुनावका कारण उडान कटौती गरेका छैनन । | 2019/06/27 00:26:13 | https://aviationnepal.com/np/1206/ | mC4 |
नेकपा केन्द्रिय समितिमा तीन चौँथाई सदस्य तमाओबादीबाट परेपछी तएमालेभित्र तीब्र असन्तुष्टी ! – ebaglung.com
२०७५ जेष्ठ १२, शनिबार ०९:५३ Footer Slider, Home Slider, Top News, अन्य समाचार, प्रमुख समाचार
बागलुङ २०७५ जेठ १२ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण पछी बनेको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय समितिमा बागलुङ जिल्लाबाट समावेश गरिएका ८ जना सदस्यहरुमा ६ जना तत्कालीन माओवादी केन्द्रबाट लिईनु र बागलुङ जिल्लाको पश्चिम खण्ड साबिक ३ नम्बर हालको २ नम्बर क्षेत्रबाट एक जना पनि सदस्य नराखिएको विषयले यतिबेला निकै चर्चा बटुलेको छ । क्रिया प्रतिक्रिया बाहिर आईरहेका छन् । वाम राजनीति तरंगित बनेको छ । तएमाले र तमाओवादी केन्द्रबीचको एकीकरण प्रति खासगरी तएमाले समर्थकहरुको असन्तुष्टि भुस भित्रको आगो झै भित्रभित्रै सल्किरहेको छ ।
नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय समितिमा बागलुङ जिल्लाबाट परेका ८ जना सदस्यहरु मध्य ६ जना तमाओवादी केन्द्रका दीनानाथ शर्मा, देबेन्द्र पौडेल र उनकी धर्मपत्नी बलावती शर्मा, लिलबहादुर थापा, हिमाल शर्मा र कृष्ण केसी रहेका छन् । अन्य दुई जनामा तएमालेकी मन कुमारी जीसी (मना केसी) र गोविन्द बहादुर नेपाली परेका छन् ।
तुलनात्मकरुपमा बागलुङ जिल्लामा तएमालेको संगठनात्मक स्थिति मजबूत रहेको अवस्थामा केिन्द्रय समितिमा तमाओवादी केन्द्रका ६ जना सदस्य राखिए पछि तीब्र असन्तुष्टी बाहिर आईरहेकै समयमा जिल्लाको साबिक ३ नं क्षेत्रबाट एकजनाले पनि केन्द्रिय सदस्यमा स्थान नपाउनुले दन्किरहेको आगोमा घ्यू थप्ने काम गरेको राजनीति बृत्तमा विश्लेषण गरिएको छ ।
गत प्रतिनिधी सभा सदस्यको निर्वाचनमा दुई नम्बर क्षेत्रमा बाम गठबन्धनबाट क्षेत्र नं १ अमलाचौरका माओबादी केन्द्रका देबेन्द्र पौडेललाई उमेदबार बनाएपछी भित्रभित्रै कुण्ठित बनेका यस क्षेत्रका तएमाले पक्षधरहरु नवगठित केन्द्रिय समितिमा उनै पौडेल र उनकी धर्मपत्नीलाई सदस्य बनाएर यस क्षेत्रका कार्यकर्ताले केन्द्रिय सदस्यमा मौका नपाउनुलाई प्रेष्टिजको रुपमा उठान गरेका छन् ।
जिल्ला समन्वय समितिका उपप्रमुख एव क्षेत्र नं २ का ं तत्कालीन एमालेका कर्मठ कार्यकर्ता विष्णु भुसालले केन्द्रिय समिति सदस्यहरुको मनोनयनलाई लिएर यसरी असन्तुष्टि व्यक्त गरेका छन्
बागलुङ जिल्ला घोडाबाधे पारि पनि पर्दछ भन्ने सोच नेपाल कम्युनिष्ट पार्टी निर्माण गरि सक्दा पनि भेटाउन सकिएन र पनि बागलुङबाट केन्द्रिय सदस्यमा पर्नुहुने दिननाथ शर्मा, देबेन्द्र पौडेल, लिला बहादुर थापा, मन कुमारी जि सी, गोबिन्द नेपाली, बलावती शर्मा, हिमाल शर्मा, कृष्ण के सी सबै जनालार्इ हार्दिक बधाई ।
जिल्ला समन्वय समितिका उपप्रमुख भुसालको यस अभिव्यक्ति प्रति टिप्पणीगर्नेहरुले बिहुँ घोँडाबाँधे देखी पश्चिम नयाँ जिल्ला बनाउन पर्ने प्रतिकृया दिएका छन् । त्यसो भए यस क्षेत्रकाले मौका पाउने उनिहरुको तर्क छ भने कसैले पार्टी एकीकरण प्रति सांकेतिकरुपमा असन्तुष्टि समेत व्यक्त गरेका छन् ।
केहि दिन पहिले बुर्तिवाङमा नेपाल कम्युनिष्ट पार्टी गठन भएको खुशियालीमा आयोजित बिशाल एकता सभामा बागलुङ क्षेत्र न १ ख का प्रदेश सांसद तथा एमाले जिल्ला कमिटिका अध्यक्ष ईन्द्रलाल सापकोटा उपस्तित हुनु र यसै क्षेत्रबाट निर्वाचित साँसद देबेन्द्र पौडेल र प्रदेश सांसद चन्द्रबहादुर बुढा –दुबै माआवादी) अनुपस्थित रहेको घटनालाई मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ प्रतिको अनादर हो भनेर यस क्षेत्रका कार्यकर्ताहरुले विश्लेषण गरिरहेका छन् ।
यतिमात्र पनि होईन प्रतिनिधी सभा सदस्यको निर्वाचनमा उमेदवारी नपाएपछी राष्ट्रिय सभामा त मौका मिल्लानि भन्ने आशामा रहेका यस क्षेत्रका कार्यकर्ताहरु त्यतिबेला झसंग भए जब राष्ट्रिय सभामा माआवादीकै दीनानाथ शर्मालाई पार्टीले उठायो । केहि महिना पहिले बुर्तिवाङको एक होटेलमा सांसद देबेन्द्र पौडेल माथि भएको हातपात यसै परिप्रेक्षसंग जोेडेर हेर्ने गरिन्छ । | 2020/01/28 23:56:47 | https://www.ebaglung.com/archives/30568 | mC4 |
विमलेन्द्र निधिले गरे काँग्रेस सभापतिमा उम्मेदवारी घोषणा 'घोषणापत्र सहित' - Sunaulo Nepal
विमलेन्द्र निधिले गरे काँग्रेस सभापतिमा...
विमलेन्द्र निधिले गरे काँग्रेस सभापतिमा उम्मेदवारी घोषणा 'घोषणापत्र सहित'
मंसिर ९, २०७८ बिहिवार १३:५० बजे
काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको आसन्न १४ औँ महाधिवेशनमा सभापतिकामा उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार काठमाडौँको नयाँ बानेश्वरस्थित आफ्नो सम्पर्क कार्यालयबाट निधिले औपचारिक रूपमा सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् ।
काँग्रेसमा वर्तमान सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व उपसभापति गोपालमान श्रेष्ठ, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य शेखर कोइराला, कल्याण गुरुङले सभापतिमा दाबी गरेको अवस्थामा उनल पनि उमेद्वारी घोष्ण गरेका हुन् । तर अहिलेसम्म औपचारिक रूपमा सभापतिको उम्मेदवारी घोषणा गुरुङले मात्र गरेका थिए । बिहीबार निधिले घोषणापत्र सहित उम्मेदवारी घोषणा गरेका छन् ।
सभापति पदमा उम्मेदवारी प्रस्तुत गर्दै उनले आफ्ना परिकल्पना, ध्येय र उद्देश्यसहित कार्ययोजना र पार्टीभित्रको आवश्यक सुधारलाई केन्द्रविन्दुमा राखेको घोषणापत्र बनाएका छन् । आफू सभापति भए वैचारिक रूपमा स्पष्ट, गतिशील र जनतासँग जोडिने काँग्रेस बनाउने निधिको मुख्य नारा रहेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र सार्थक पार्ने काँग्रेस बनाउने उनको सङ्कल्प रहेको छ ।
-वैचारिक रुपमा स्पष्ट काँग्रेस, गतिशील काँग्रेस, जनतासँग जोडिने काँग्रेस
-संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र सार्थक पार्ने काँग्रेस
-नेपाली काँग्रेसको १४ औं महाधिवेशन
-पार्टीसुदृढीकरण र आगामी निर्वाचनमा काँग्रेसको बहुमतका लागि
-केन्द्रीय सभापति पदका उम्मेदवार विमलेन्द्र निधिको
-नेपाली काँग्रेसमा रुपान्तरण,पुस्तान्तरण र पुस्ताहस्तान्तरण प्रकृयालाईसहजीकरण गर्ने ।
-नयाँ पुस्तालाई वर्तमान राजनीतिक प्रणाली र नेपाली काँग्रेसप्रति आकर्षित गर्दै सक्रिय रूपमा सहभागी गराउने ।
-जातीय, सांस्कृतिक र धार्मिक विविधतायुक्त समाजभित्रका महिला, दलित, आदिवासी–जनजाति, मधेशी, मुस्लिम, थारू, खसआर्य, अल्पसंख्यक, अपाङ्गता भएका, पिछडिएका क्षेत्र तथा तेस्रोलिङ्गीलगायत सबैलाई सम्मानका साथ नेपाली काँग्रेसमा सक्रिय गराउने र समुदायका बीच थप सद्भाव कायम गर्ने ।
-सुन्दर फूलवारी जस्तो विविधतापूर्ण समाजले अवलम्वन गर्दै आएको भाषा, साहित्य, कला, संस्कृति, धर्म र सम्पदाको संरक्षण गर्न नेपाली काँग्रेसका सम्पूर्ण तहगत समितिहरू र सदस्यहरूलाई सक्रिय बनाउने ।
-भ्रातृ तथा शुभेच्छुक संस्थाहरू र नेपाली जनसम्पर्क समितिलाई व्यवस्थित, मर्यादित, समयानुकूल, विधिसम्मत, संगठित र सशक्त बनाउदै देश र जनताको सेवामा विशेष सक्रिय गराई वर्तमान राजनीतिक परिवर्तनलाई सबल एवं सफल गराउने ।
-विदेशको रोजगारीमाश्रम खर्च गरिरहेका, अध्ययनको आकांक्षाले विदेशमा पुगेका र विभिन्न कारणबाट विदेशमा रहेका सबै क्षेत्रर वर्गका नेपालीहरूको हित संरक्षणमा पार्टीले उचित पहल गर्ने र गरिरहने ।
-हिमाल, पहाड, तराई–मधेसमा वसोवास गर्ने किसान र श्रमजीवी, विभेदमा परेका र सीमान्तकृत नागरिकको दुःखको साथी नेपाली काँग्रेसलाई बनाउने र उनीहरूको हितप्रबद्र्धनमा सिंगो पार्टीपंक्तिलाई परिचालन गर्ने ।
-विगतमा भएका अनेक क्रुर हिंसाको मारमा परेका, आज पनि हिंसाबाट अन्यायमा परेका, वेपत्ता भएका वा पारिएका, अनगिन्ती नेपालीका परिवारको आँशु रोकिएको छैन । न्यायका लागि निरन्तर करुण क्रन्दन सुनिरहेको अवस्था छ । ती करुण पुकारलाई सुन्न राज्यलाई नेपाली काँग्रेसले बाध्यपार्ने क्षमताको विकास गर्ने ।
-नेपाली काँग्रेसको केन्द्रीय सचिवालय र पुस्तकालयलाई व्यवस्थित गरी आन्तरिक कर्मचारी प्रशासनलाई समयोचित सुधार गर्ने ।
-*प्रदेश, जिल्ला, क्षेत्र र पालिकाका पार्टी सचिवालय सञ्चालनलाई चुस्त, दुरुस्त गराउने र नियमित सम्पर्क र सम्वाद तथा सूचना आदानप्रदान गर्ने वातावरण निर्माण गर्ने ।
-लोकतान्त्रिक आन्दोलनका शहीद र नेपाली काँग्रेसमा रहेर योगदान गर्नुभएका अग्रजहरूको सम्मान र स्वदेशप्रेमको भावना वृद्धि गर्न विद्यालयहरूमा लोकतन्त्र ज्ञान परीक्षा र नेपाल ज्ञान परीक्षा सञ्चालन गर्ने र विभिन्न खेलकूद, साहित्यिक कार्यक्रम, विद्यालय, स्वास्थ्यशाला, बाटो आदिको नामाकरण गरी स्मृतिसम्मानलाई चिरस्थायी राख्ने ।
-समकालीन साथीहरूको संरक्षण र नयाँ पुस्ताको नेतृत्व विकास तथा प्रवद्र्धनका साथ काँग्रेसलाई गतिशील र व्यवस्थित पार्टीको रूपमा विकसित गर्ने ।
-लोकतान्त्रिक आन्दोलनका शहीद परिवार, घाइते र विस्थापित हुनुभएका नेपाली काँग्रेसका साथीहरूलाई उचित सम्मान र सहयोग प्रदान गर्ने ।
-नेपाली काँग्रेसका सदस्य साथीहरूलाई उद्यमशील, कर्मशील, आत्मनिर्भर र स्वरोजगार बनाउन चरणबद्ध कार्ययोजनाहरू बनाउने ।
-विदेशमा पसिना चुहाउन विवश युवाहरूलाई स्वदेशमा नै रोजगार सृजना गर्न समयबद्ध योजनाहरू बनाउने ।
-पार्टीका सदस्यहरूमा पठन संस्कृतिको विकास गर्न वडा तहदेखि जिल्ला तहमा समेत काँग्रेस पुस्तकालय स्थापना गरी पार्टी साहित्य अध्ययनलाई सम्पूर्ण तहमा अनिवार्य गराउने ।
-नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई संस्थागत विकास गरी अनुसन्धानलाई महत्व दिंदै सूचना प्रविधिको प्रयोग समेतलाई समावेश गरी वडा तहसम्म प्रशिक्षण गर्ने र अनुशासित, इमानदार सदस्यहरूलाई प्रोत्साहित गर्ने ।
-नेपाली काँग्रेसको सभापतिका रूपमा पार्टीको आर्थिक पारदर्शिता र सुशासनलाई पूर्ण पालना गर्ने र गराउने ।
-विशेषगरी युवाहरूलाई आत्मसम्मानकासाथ पार्टीमा सक्रिय हुने र रहने वातावरण विकास गर्ने ।
-सम्पूर्ण तहका साथीहरूको र सबै तहका कार्यक्रमहरूको अभिलेखीकरण र मूल्याङ्कन गरी नेपाली काँग्रेसभित्र अन्याय हुन नदिन र विभेदको अन्त्य गरी बन्धुत्वपूर्ण संस्कृति विकास गर्ने ।
-पार्टीभित्र नेतृत्व विकास,रुपान्तरण, पुस्ताहस्तान्तरण र पुस्तान्तरणलाई सहज बनाउन पार्टीका कुनै पनि एउटै तहमा वा पदमा दुई पटक भन्दा बढी निर्वाचित वा मनोनित नहुने व्यबस्था गर्न पार्टीको विधान संशोधन गर्ने ।
-नेपाली काँग्रेसले आफ्नो स्थापनाकालदेखि नै नेपाली समाजलाई समतामूलक लोकतान्त्रिक समाजमा रुपान्तरण गर्ने घोषित उद्देश्यको कार्यान्वयनका लागि वडा, पालिका, प्रदेश र केन्द्रीय स्तरमा नै समाज रुपान्तरण सम्बन्धी उपयुक्त कार्यक्रमहरू तर्जुमा गरी संचालन गर्ने, गराउने ।
-पार्टीका जिल्ला सभापतिहरूको १२–१३ जेठ, २०७७ मा नुवाकोटको ककनीमा सम्पन्नभेलाले पार्टी सुदृढीकरणका लागि सिफारिस गरेका संपूर्ण सुझावहरूलाई विधानमा समेत सुधार गरी पार्टीमा लागू गर्ने ।
-पार्टीका वडा, पालिका तथा प्रदेश स्तरमा उदाहरणीय र लोकप्रिय कार्यक्रम संचालन गरेका पार्टीका निर्वाचित जनप्रतिनिधिहरूको पार्टीबाट यथोचित मूल्यांकन गर्ने संस्थागत परिपाटी सुरु गर्ने ।
-पार्टीका सवै तहका निर्वाचित जनप्रतिनिधिहरूलाई लक्षित गरी योजना तर्जुमा तथा कार्यान्वयन, सुशासन, सहकारिता, समन्वय तथा पार्टीका विविध बिषयहरू बारे नियमित रुपमा प्रशिक्षण शिबिरहरू संचालन गर्ने र सहकारी अभियानलाई तीव्रगराउदै पार्टीका सदस्यहरूलाई अभियानमा उत्प्रेरित गर्ने ।
-पार्टीले के कस्ता नीति तथा कार्यक्रमहरू केन्द्रीय, प्रादेशिक तथा स्थानीय स्तरमा संचालन गर्दा उपयुक्त हुन्छ सोको निर्धारण, कार्यान्वयन, अनुगमन र मूल्यांकनको कार्य नियमित गर्ने केन्द्रीय संयन्त्रको व्यवस्था गर्ने ।
-देशको भूराजनीतिक यथार्थता तथा आवश्यकतालाई मध्यनजर गर्दै पार्टीले छिमेकी मित्रराष्ट्रहरू भारत र चीनसँगको सम्बन्धलाई थप मजवुत बनाउने र नेपालको विकास तथा लोकतान्त्रिक प्रक्रियामा सहयोगी अन्य मित्रमित्रराष्ट्रहरूसँगको सम्बन्ध सुमधुर गराउने ।
-पार्टीले सोसलिष्ट इन्टरनेशनलसहित समान विचारधारा र नेपालको हित चाहने विभिन्न देशका राजनीतिक दलहरूसँग मैत्रीपूर्ण सम्बन्ध विकास गर्ने ।
-पार्टीको केन्द्रदेखि प्रदेश, जिल्ला र स्थानीय निकायसम्म जनताका पीरमर्का सुनी, बुझी यथाशीघ्र सम्बन्धित निकायमा पुर्याउन जय नेपाल गुनासो सेवा प्रारम्भ गर्ने ।
-पार्टीका पुराना नेता तथा कार्यकर्ताहरूलाई आ–आफ्ना गाउँठाउँमा उनीहरूकै रुची र सहभागितामा उपयुक्त कार्यक्रमहरू संचालन गर्ने । यसका लागि पार्टीका स्थानीय, जिल्ला र प्रदेश इकाईहरूलाई परिचालन गर्ने ।
-वायुप्रदूषण घटाउन, पर्यावरणको संरक्षण गर्न, आफ्नो परिवार र समाजलाई शिक्षा, स्वास्थ्य र सरसफाईमा उत्प्रेरित गर्न पार्टीका सदस्यहरूमार्फत सक्रिय सामाजिक अभियान चलाउने र जलवायु सम्बन्धी अन्तराष्ट्रिय महासन्धीलाई कार्यान्वयन गर्न सभापतिको हैसियतले मेरो यसमा पूर्ण सहयोग र समर्थन रहने छ ।
-आजको संसारमा सूचना र संचारको महत्वपूर्ण योगदान रहेको छ । म यसवेला तमाम संचारकर्मी मित्रहरूले मलाई दिनु भएको स्नेह र सहयोगकालागि कृतज्ञता प्रकट गर्दछु । नेपाली काँग्रेस पार्टीका तर्फबाट संचार क्षेत्रको विकास र संचारकर्मीको वृत्तिविकासमा विशेष पहल गर्नेछु ।
-समग्रमा नेपाली काँग्रेसमा स्वभाव, आचरण र व्यवहारमा सुधार गरीजनतासँग काँग्रेस र काँग्रेससँग जनता व्यावहारिक रूपमा सिद्ध गर्ने । | 2021/12/06 17:46:51 | http://www.sunaulonepal.com/content/46133 | mC4 |
सेवालाई गुणस्तरिय बनाउन व्यवस्थापन पक्षको भुमिका मुख्य : शर्मा - Parichay Network
सेवालाई गुणस्तरिय बनाउन व्यवस्थापन पक्षको भुमिका मुख्य : शर्मा
परिचय नेटवर्क द्वारा २६ माघ २०७६, आईतवार ११:१४ मा प्रकाशित
मानव शरिरलाई स्वस्थ राख्न अहिलेको बढ्दो कोलाहल तथा दुषित वातावरणले प्रतिकुल असर पारिरहेको छ । मिसावट खानपिनका कारणले त झन दिनहुँ बिरामीको संख्या वृद्धि भईरहेको छ । शुद्ध अर्गानिक खानेकुराको अभाव, बढ्दो जनसंख्याबाट वृद्धि हुँदै गएको प्रतिकुल वातावरणिय प्रभावले दिनहुँ कुनै न कुनै रोग निम्त्याई रहेको छ । जसका कारण मानिसले अकालमा ज्यान गुमाउनु परेको छ । दुर्घटनाबाट मृत्यु हुनेको संख्या पनि उत्तिकै बढिरेहेको छ । यस्तै रोग तथा दुर्घटनाबाट अकालमा मृत्यु हुनबाट जोगाउन अस्पतालले मुख्य भुमिका खेल्दै आएको छ भन्दा दुईमत नहोला ।
मानव जीवनमा प्रत्यक्ष सरोकार राख्ने अस्पताल संचालन गर्नु एउटा चुनौती नै हो । त्यसमा पनि सर्वसुलभ तरिकाले गुणस्तरिय सेवा प्रदान गर्न सक्नु अस्पतालको मुख्य चुनौती बनिरहेको छ । अस्पताल संवेदनशिल क्षेत्र भएकाले यसमा कुनै पनि हेलचक्राई नगरि सेवाग्राहीलाई गुणस्तरिय सेवा दिनुपर्ने रिजनल अस्पतालका व्यवस्थापक अर्जुनप्रसाद शर्मा बताउँछन् । अस्पताल जस्तो अत्याधुनिक प्रविधि र दक्ष जनशक्तिको खाँचो पर्ने संस्थामा व्यवस्थापनको अत्यन्तै ठूलो भूमिका रहने उनको भनाई छ । व्यवस्थापनको सानो त्रुटिले मानिसको ज्यान समेत जान सक्ने हुँदा गम्भिर भएर व्यवस्थापकले जिम्मेवारी सम्हाल्नुपर्ने उनको जोड थियो ।
रिजनल अस्पतालको दुई भवनमा डाक्टर, नर्स र कर्मचारी गरि ६५ जना सेवारत छन् । अहिले ५० शैया भएपनि त्यसमा ५० थप गरि १ सय शैया बनाउने कार्यमा लागिरहेको व्यवस्थापक शर्मा बताउँछन् । अहिले अस्पताललाई अत्यावश्य सेवा सबै भएको र केही सेवाहरु थप गर्ने योजनामा रहेको समेत शर्मा बताउँछन् । फिजिसियन, अर्थोपेडिक, हाडजोर्नी, सर्जरी, ईएनटि, ड्रमाटोलोजी, गाईनोक्लोजिस्ट, पेडिया, डेन्टललगाएत २४सै घण्टा आपतकालिन सेवा संचालन रिजनलबाट भैरहेको शर्मा बताउँछन् । अहिले ओपिडी सेवा बिहान र बेलुका रहेको र छिट्टै दिउसो पनि ओपिडीको सेवा सुचारु गर्ने योजनामा रहेको उनको भनाई थियो । उनी भन्छन्– 'अहिले आँखाको डिपार्ट छैन, अस्पतालसँग सम्पूर्ण सेवा त छैन, तर विभिन्न डिपार्ट थप्ने क्रममै छौं । केही समयमा नै सबै सेवा यसै अस्पतालबाट दिनेछौं ।'
'सामान्यतया अस्पतालमा हुनुपर्ने डिपार्ट सबै छन् । अस्पताल संचालन पश्चात नै सेवाग्राही ह्वात्तै आउछन् भन्ने हुदैन । विस्तारै हाम्रो सेवालाई मनपराएर सेवा लिनेको संख्या बढ्दै जाने कुरामा विश्वस्त छु । हाम्रो उद्देश्य नै गुणस्तरिय सेवा दिने हो । शुरुवाती अवस्थामा सेवाग्राहीको विश्वास जित्दै छौं । साढे ३ वर्षको अवधिमा सेवा लिनेको संख्या बढिरहेको छ । यसले के बुझाउछ भने हाम्रो सेवालाई सेवाग्राहीले रुचाएका छन् । संख्या भन्दा पनि हामीले गुणस्तरलाई ध्यान दिएका छौं ।' –उनी भन्छन् ।
स्वास्थ्य सम्वन्धि काममा चुनौती धेरै रहेको शर्मा बताउँछन् । उनी भन्छन्– 'पोखराको बजार क्षेत्र त्यती ठुलो छैन । तर अस्पताल धेरै भैसकेकाले चुनौति पनि बढिरहेको छ । हामीलाई मुख्य चुनौति भनेको हामी नयाँ छौं, नयाँलाई सेवाग्राहीसमक्ष विश्वासमा ल्याउन समय लाग्छ । साथै अस्पतालमा सेवा दिने डाक्टर, नर्स र कर्मचारीको व्यस्थापन चुस्त राख्नु पनि एउटा चुनौति नै हो ।'
२०७५ साल असोज महिनामा रिजनल हस्पिटल, पोखरा र बी एण्ड बी अस्पताल, ललितपुरबीच उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले साझेदारीसमेत भइसकेको छ । साझेदारीले सेवाग्राही र विश्वसनियतामा वृद्धि भएको उनी बताउँछन् । उनी भन्छन्– 'बि एण्ड बिसँगको साझेदारीले गर्दा धेरै राम्रो भएको छ । हाम्रा सेवाग्राही त छदै छन् त्यसमापनि बि एण्ड बि अस्पतालका पोखरामा रहने सेवाग्राहीले यहाँबाट सेवा पाउने भएपछि हामीलाई समेत थप उर्जा मिलेको छ । समय समयमा हामीले बि एण्ड बिका विशेषज्ञ डाक्टरहरुलाई यहाँ बोलाई सेवा दिईरहेकाले काठमाडौं नै पुग्नु पर्ने झण्झट हटेकाले सेवाग्राही खुसी छन् ।'
जिम्मेवारी सम्हालिरहँदा समाजका लागि पनि सेवा गर्ने मौका मिलिरहेको शर्माको भनाई छ । सामाजिक उत्तरदायित्व अनुसार अस्पतालले धेरै कार्य गरिरहेको उनको दावी छ । कास्की जिल्लाका विभिन्न ठाउँ तथा जिल्ला बाहिर बागलुङ, पर्वत, तनहुँ, स्याङ्जा जिल्लामा निशुल्क स्वास्थ्य शिविर गरिरहेको उनी बताउँछन् । आवश्यकता अनुसार अस्पताल आफैले र कुनै ठाउँमा विभिन्न संघ÷संस्थाको समन्वयमा निशुल्क स्वास्थ्य शिविर भैरहेको उनी भन्छन् ।
रिजनल अस्पताल पोखराको जिरोकिमीमा करिब साढे ३ वर्षअघि संचालनमा आएको अस्पताल हो । शुरुबाटै अस्पतालको व्यवस्थापनको जिम्मेवारी सम्हाल्दै आएका शर्मा यस अघि ५ वर्षसम्म आईएनजिओमा व्यवस्थापनकै क्षेत्रमा अनुभव बटुलिसकेका छन् । | 2020/09/24 01:51:24 | https://www.parichaynetwork.com/arjun-sharma/ | mC4 |
यसअघि सोही नगरपालिकाको वडा नम्बर–७ महादेविस्थानका युवकमा कोरोना पुष्टि भएको थियो । काठमाडौँबाट गत वैशाख–१२ गते उद्दार गरेर ल्याइएका उनको विराटनगरस्थित कोभिड अस्पतालमा उपचार भइरहेको छ ।
नेपाली लोक-कलालाई संरक्षण गर्दै प्रवासमा रहेका नेपालीहरुको मनोरञ्जनका लागि नेशनल लाईभले शुरु गरेको दिल्ली एनसीआर लाईभ दोहोरी कार्यक्रममा यो शनिवार नेपाली राष्ट्रीय कलाकारहरुको उपस्थिति रहने भएको छ ।
दिल्ली नजिक गुरुग्रामको एमजी रोडस्थित प्लाजा मलमा यही शनिवार (3 अक्टोबर) र आइतवार (4 अक्टोबर) नेपाली राष्ट्रीय कलाकारहरुले लाईभ प्रस्तुति दिनेछन । नेशनल लाईभको दिल्ली एनसीआर लाईभ कार्यक्रमको उद्धेश्य प्रवासी प्रतिभालाई अवसर दिनु रहेको भएपनि दर्शकहरुको आग्रहमा अहिले राष्ट्रिय कलाकारहरुलाई बोलाइएको हो । कार्यक्रमका लागि नेपालबाट 6 जना कलाकारहरुले प्रस्तुति दिनेछन । कार्यक्रममा गायक नारायण बीपी, नन्दु परियार र गायिकाहरुमा विष्णु श्रीपाली र अनु रानाले प्रस्तुति दिनेछन । | 2021-03-02T16:22:15Z | https://www.rastranews.com/2017/12/3119/ | OSCAR-2109 |
प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ | मनहरी गाउँपालिका
Home » ग्यालरी » प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ
Submitted on: Fri, 06/21/2019 - 14:14
नेपालको संविधानको धारा ३३ ले रोजगारीको हकलाई मौलिक हकका रुपमा समावेश गरेको छ । सोही मौलिक हकको कार्यान्वयन गर्न रोजगारीको हक सम्बन्धी ऐन, २०७५ जारी समेत भएको छ । नेपाल सरकारले चालु आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रम र बजेट मार्फत् सार्वजनिक विकास निर्माणका कार्यहरूमा रोजगारीका अवसर सिर्जना गरी आगामी पाँच वर्ष भित्रमा कुनै पनि नेपाली नागरिकले वाध्यताले वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्ने घोषणा गरेको छ । सार्वजनिक विकास निर्माणसम्बन्धी कार्यक्रम तथा आयोजनाहरू सरकारका विभिन्न तह अन्तर्गतका विषयगत मन्त्रालय तथा निकायहरूबाट संचालन हुने गरेका छन् । यसरी विभिन्न निकायहरूले विकास निर्माण सम्बन्धी कार्यक्रम तथा आयोजनाहरू संचालन गर्दा रोजगारी सिर्जनालाई यथोचित प्राथमिकता दिन नसकेको अवस्था छ ।
यसै कार्यक्रम अन्तरगत यस गाउँपालिकाको वडा नं ५ बाट यस कार्यक्रमको आज मिति २०७६।३।६ गते गाउँपालिका अध्यक्ष ज्यू बाट विधिवत उदघाटन गरी शुभारम्भ गरिएको हो। कुल ३३ लाख बजेट विनियोजन भएकोमा मिति २०७६।०२।३१ को गाउँकार्यपालिकाको बैठकबाट तपशिल बमोजिमको बजेटको अधिनमा रही कार्यक्रम संचालन गर्ने निर्णय गरीएको थियो। वडा नं ५ को आव २०७५।७६ को स्विकृत योजना अन्तरगत विक्रम पर्ता खानेपानी योजनाको बाँकी रहेको काम अन्तरगत खानेपानीको पाईप लाई भूमिगत गर्ने कार्य प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगतको योजना बाट सम्पन्न गर्ने थालनी गरिएको हो। | 2020/02/23 11:11:02 | http://manaharimun.gov.np/node/368 | mC4 |
खेलाडी जन्माउन नसकेको बुढो चौर | हाम्रो गाउ : प्यारो रत्नेचौर
खेलाडी जन्माउन नसकेको बुढो चौर
एकताका विश्व फुटबल जगतमा डेभिड बेकह्याम छाईरहदा हामी थुप्रै चौरेली ठीटाहरुको एउटै मात्र सपना बेकह्यामले जस्तै फ्रि–किक हिर्काउनु हुन्थ्यो । अनि हामी मध्ये थुप्रैले रोनाल्डो र काकाको नक्कल गर्न पनि पछि पर्दैनथ्यौं । अझ हाँसो उठ्दो कुरो त हामी मध्ये धेरैलाई ब्याक्की बस्न अल्छी लाग्दो हुन्थ्यो । बाफरे, हामी त सबका सब स्ट्राइकर अर्थात बेकह्याम, रोनाल्डो, हेनरी अनि जिदान ! हुँदा हुँदा भर्खर बलसँग अभ्यस्त भएका एकाध गोलकिपरहरु समेत ओलिभर कान हुन हुरुक्कै ! अनि साँच्ची मैले त लेख्नै बिर्सेको, डि–बक्सभित्र विपक्षीले फल गरे पछि प्राप्त पेनाल्टी हान्न गोलकिपर बाहेकका हामी सबै तत्पर हुन्थ्यौं । हामी सबैका आ–आफ्नै नियम हुन्थे । एक जना "हेन्ड, हेन्ड, बल रोक" भन्दै चिच्याइरहेको हुन्थ्यो भने अर्को चाहिँ "कहाँ हुन्छ हेन्ड? कुममा पो लागेको हो" भन्दै बल अगाडि बढाइ रहेको हुन्थ्यो । अहिले सम्झदा पनि हाँसोको फोहोरा छुट्न थाल्दछ । अनि गम्भिरतापूर्वक सोच्न मन लाग्छ, यति ठूलो क्रेज हुँदा हुँदै पनि आखिर हाम्रा गाउँबाट किन एकजना पनि व्यवसायिक खेलाडी बन्न सकेनौं ?
खेलकुदका लागि हामी किशोरदेखि भारतीय सेनाका निवृत्त भएका भू.पु. सैनिकहरु पनि लागेकै थिए । उनीहरुले बनाईदिएको बास्केटबल कोर्टमा तिज तथा दशैंको अबसरमा कहिलेकाही खेलहरु आयोजना नभएका पनि होईनन् । अझ लेख्नै पर्ने त, हामी मध्ये कतिपयहरु बास्केटबलका राम्रा र सम्भावित खेलाडीका रुपमा परिचित हुन थालेका थियौं । आखिर प्रख्यात बास्केटबल प्रतियोगिता एनबिएमा क्लबहरूले प्रदशर्न गर्ने खेल र उनीहरूको टिमवर्कको कुराका बारेमा आफूले जाने नजानेका कुराहरु बख्यान लगाउन बाहेक हामीले केहि प्रगति पनि गर्न सकेनौ ! अब हाम्रो मुर्खाइका अघि विचारा ती निवृत्त बृद्ध सैनिकहरुको के जोड लाग्थ्यो र ! आफ्नो कमाईको केही अंश बास्केटबल खेलको विकास गर्न खोजेका थिए तर त्यो अनुत्पादक लगानी बाहेक केहि हुन सकेन । आखिर उनीहरुको लगानी जे जस्तो भए पनि त्यो लगानीलाई एकत्रित गरी आफूले सिकेको बास्केटबल खेल्ने सिप युवाहरुलाई सिकाएर उत्कृष्ट बास्केटबल खेलाडी बनाउन लागि परेका हर्कबहादुर रावल, टेकबहादुर रावल, भेषबहादुर रावल तथा लालबहादुर खत्री जस्ता होनहार भू.पु. हरुको सपना आजपर्यन्त पूरा हुन सकेको छैन् । बरु ती श्रद्धेय ब्यक्तित्वहरुको नेतृत्वमा बनाइएको बास्केटबल कोर्ट सुनसान मसानघाट जस्तो लम्पसार परिरहेको छ ।
सुनसान बास्केटबल कोर्ट
भलिबलमा भने हाम्रा एकदुई जना अग्रजहरुले जिल्लास्तरमा समेत नाम कमाएको कुरा अहिले पनि मेरो सम्झनामा ताजै छ । दुर्गा श्रेष्ठ र विष्णु थापाहरु राम्रा स्पाइकरका रुपमा परिचित नाम थिए । तर यति हुँदा हुँदै पनि भलिबलका क्षेत्रमा पनि हाम्रो गाउँले गर्व गर्ने लायकको कुनै खेलाडी पाउन सकेन । विभिन्न समयमा गाउँस्तरीय भलिबल प्रतियोगितहरु पनि आयोजना गरिएका थिए । मलाई राम्ररी याद छ, ती कुनै पनि प्रतियोगिता कहिल्यै पनि विवादमुक्त रहन सकेनन् । गाउँकै भद्र भलादमीहरुले विवाद मिलाउनुको साटो, आफ्नो खुर्पेटोबाट आँसी झिकेर नेट काट्न कस्सिएको घटनाले अझै पनि लज्जित पारेको अनुभूति हुन्छ ।
पछिल्ला चारपाच वर्ष यतादेखि भने हामीहरु क्रिकेट खेल्ने काममा निकै नै अभ्यस्त बन्दै आयौं । विशेष गरी बागलुङ बस्ने हाम्रा सहकर्मी शिव बोगटी क्रिकेट एशोसियन अफ नेपाल, बागलुङमा अध्यक्ष बनेपछि यसको क्रेजलाई रत्नेचौरमा स्थापित गर्न खोजेका थिए, र उनको अभियानमा प्रत्यक्ष सहभागी हुन पुगे विशेष गरी इन्डियामा अध्ययन गर्न गएका बहालवाला तथा भू.पु इन्डियन आर्मीका छोराहरु अर्थात हाम्रा अग्रज तथा सहकर्मीहरु गोपाल रावल, रिक्की पुन, गणेश रावल र दलबहादुर रावल लगायतका युवाहरु । तथापि क्रिकेट अभियानले पनि त्यति प्रभाव छाड्न सकेन गाउँमा । जब जव पाकिस्तान, अष्ट्रेलिया, भारत, श्रीलंका, दक्षिण अफ्रिका तथा इंग्लाण्डबीच एकदिवसीय म्याचहरु हुन्थे गाउँमा पनि क्रिकेट क्रेज हुरुक्कै बढेर जान्थ्यो अनि जब ती देशहरुबीच एकदिवसीय म्याच हुदैँनथे तब हाम्रो क्रिकेटले पनि लोप्पा खान्थ्यो ।
यसरी विशेष कालखण्डमा विशेष खेलहरु खेलिए । अनि फेरि ती बन्द गरिए । कुनै पनि खेलमा नियमित अभ्यास नै हुन पाएन । अनि ती फेरि कहिल्यै नउठ्ने गरी लगभग बन्द भए । र, हामीले त्यतिखेर खेल्ने मैदानहरु अहिले शुन्य प्राय ः बन्दै गए । तैपनि कहिले काही गाउँ जाँदा स–साना बालकहरु क्रिकेटको ब्याट र रबरको बल समात्दै खेल मैदानमा क्रिकेट खेलिरहेको देख्छु अनि मनमा एकाएक एउटा भावना जागेर आउँछ, सबैसँग समन्वय गरेर सुस्ताएको बास्केटबल, भलिबल, फुटबल र क्रिकेटलाई एकैसाथ ब्युँताऊ र पवित्र रत्नभूमिबाट तेन्दुलकर, बे्रटली, लारा, म्याडोना, रोनाल्डो र मेस्सीहरु उत्पादन भएको हेर्न पाऔं ! मनको भित्रीकुनाबाट कतै विझाएर आउँछ, तर यो सजिलो विषय पनि त होइन !
This entry was posted in कसले सोच्ने ? by Admin. Bookmark the permalink.
2 thoughts on "खेलाडी जन्माउन नसकेको बुढो चौर"
gaurab on April 19, 2011 at 1:50 am said:
kheladi najanmiyaka hainanan kheladi haru le badhatya anusar khel lai nerantrata dina naseko ho jasto lagcha
BOGATI N.B "नारान" (s.korea) on May 7, 2010 at 2:08 pm said:
भानिज लाई धन्यवाद !खुशी लाग्यो भानिज खेलाडी जन्माउन नसके को बुडो चऊर को कथा ब्यथा सुनेर।हुनत खेलाडी नजन्मे का होइनन तर हाम्रो गाउँ को भौगोलिक बनावोट र प्राक्रितीक सौन्दर्ये को कुरा गर्ने हो भने एस धर्ती मा कमै यस्ता ठाउँ भेटिन्छन् जुन हाम्रो गाउँ मा लुकेर बसेका छन्।जस्तै हाम्रो गाउँ को माटो सेतो,रातो,पहेंलो इ त प्रस्टै देखिने मा पर्छन्।अर्को तिर हेर्ने हो भने यहाँ बलौटे माटो जुन ठाउँ मा बदाम्,सखर खन्ड प्रसस्तै उत्पादन हुन्छन भने अर्को धान्,मकै,गहुँ ३/३ बाली एउटै खेत मा उब्जनी हुन्छन्।अब बारी हेर्नुस् जहाँ मकै,कोदो र त्यस भित्र पनि अर्को सहयोगी को रुप मा भट्ट,मास,मस्याङ्(स्याल्टुङ्)गहत्,अरहर को दाल अनी जुनेलो र बोडि,काक्रा,फर्सी अनी केराउ जस्ता अन्न र तरकारी बाली हुने।अर्को तर्फ दाँया खेती गर्न सिंचाइ को लागि डोडेनी खोला जुन हाम्रो खेती योग्ये जमिन को लागि कुलो भएर खेत सम्म पानी बगी रहन्छ।अर्को तर्फ काली गण्डकी जुनबेला हाम्रो धर्म कर्म गर्न र मृत्यु पस्चात पनि हाम्रो अन्तिम सन्संकार को लागि सदाबहार भएर हाम्रा लागि बगी रहन्छिन्।उत्तर पट्टी सेता हिमाल हाम्रो हरेक बिहानी सङ्गै मुस्कुराइ रहन्छन्।पुर्ब तिर हेरेउ भने सल्लेरी बन पश्चिम तिर बेला बेला मा हामीलाई लोव्वेयाउने गरी हिउँले ढाक्ने र कहिले कालिज र कोहिलिले गीत गाउँने अनी कोहो र काफल पाक्केयो चरिले हामी लाई मौसम परिबर्तन भएको सुचित गर्ने ज्याम्रुक कोट।उत्तरि भेग मा हाम्रा घर पालुवा गाई बस्तु,भेडा बाख्रा को लागि चरान को लागि ठुलो बन्।जती बर्णन गरे पनि कहिल्लेइ नपुग्ने र यो संन्सारमा कहिँ पनि न भेटिने ठाउँ हो यो "रत्नेचौर" यस्मा दुई मत छैन।तर भानिज दु:ख को कुरा हामीले चाहेर पनि नहुदो रहेछ हाम्रो गाउँ यती सुन्दर र सान्त हुँदा हुँदै पनि यहाँ को घना बस्तिले गर्दा यहाँ को खेती पाती को उब्जनी मा कमी अनी यहाँ का यूबा पुषता को बेरोज गारी समस्या।हो यही हो भानिज सबै भन्दा ठुलो दुर्भाग्ये यस बुडो चऊर को पनि।खेलाडी न जन्मेका होइनन नि।खेलाडी धेरै जन्मे हुर्के यहाँ तर आफ्नो र परिवार को शुखत भबिस्ये का लागि आफना बाल बच्चा को शिक्षा दिस्क्षा र उनी हरु को लालन पालन का लागि रहर ले नभै बाध्यता मा परि यो बुढो चऊर लाई चटक्कै छाडेर मुटुमा गाँठो पारेर कोही खाडी को मरु भुमी त कोही अमेरिका को महल सम्म पुगेका छन्।कोही जापान को रोबर्ट सँगै रमाइ रहे का छन भने कोही कोरिया को फलाम सँग जुधी रहेछन्।कोही मलेसिया मा पसिना बगाइ रहेछन भने कोही मकाउ मा मौलाई रहे का छन ।जे होस् यो मन त "चऊरेली" हो भन्ने कुरा लाई भने कसैले बिर्सन सक्दैन र बिर्सदैन होला जस्तो लाग्छ मलाई !तपाइ लाइनी ? | 2022/06/30 04:55:14 | https://ratnechaur.com/2010/04/29/%E0%A4%96%E0%A5%87%E0%A4%B2%E0%A4%BE%E0%A4%A1%E0%A5%80-%E0%A4%9C%E0%A4%A8%E0%A5%8D%E0%A4%AE%E0%A4%BE%E0%A4%89%E0%A4%A8-%E0%A4%A8%E0%A4%B8%E0%A4%95%E0%A5%87%E0%A4%95%E0%A5%8B-%E0%A4%AC%E0%A5%81/ | mC4 |
Nepal Dayari | नायिका जेनी कुँवरले गरिन आ'त्मह'त्या, आ'त्म'ह'त्या गर्नुको कारण यस्तो
नायिका जेनी कुँवरले गरिन आ'त्मह'त्या, आ'त्म'ह'त्या गर्नुको कारण यस्तो
असार २४, २०७८ बिहिबार ४७२ पटक हेरिएको
नायिका जेनी कुँवरले आ'त्म'ह'त्या गरेकी छिन् । काठमाण्डुको थापागाउँस्थित सनराइज सिटी अ'पार्टमेन्टमा बिहीबार राती ९ बजे उनको श'व भेटिएको हो । घ'ट'नाबारे मु'चुल्का तयार पार्ने काम भैरहेको प्र'हरीले जनाएको छ । प्र'हरीको प्रा'रम्भिक अ'नुसन्धानमा उनले आ'त्म'ह'त्या गरेको खुलेको महानगरीय प्र'हरी वृ'त्त बानेश्वरका प्रहरी निरिक्षक केशर न्यौपानेले बताए ।
'जिन्दगानी' नामक फिल्मबाट अभिनय यात्रा थालेकी कुवँरले कानून, अभिमन्यू, विन्तिपत्र, मैदान, जीननदाता, मलाई माफ गरिदेऊलगायतका थुप्रै फिल्ममा अभिनय गरेकी छिन् । पशुपति परिसरमै प्र'हरीसँग ल'फडा गरेर उनी युट्यूवमा भाइरल भएकी थिइन् । पछिल्लो समय साधुको अ'वतारमा रहेकी उनी आफ्नो अधिकांश समय पशुपति मन्दिर परिसरमा बिताउँथिन् ।
प्रा'रम्भिक अ'नुसन्धानमा उनको आ'त्म'ह'त्या डि'प्रे'सनको कारण भएको पाइएको प्र'हरी निरिक्षक न्यौपानेले जानकारी दिए । प्र'हरीले कुवँरको आ'त्म'ह'त्याको कारण डि'प्रेसन भएको जनाएको छ । उनका श्रीमानले प्र'हरीलाई दिएको बयान अनुसार एकवर्षदेखि जेनी डि'प्रेसनमा थिइन् र औषधि सेवन गरिरहेकी थिइन् । घ'टनापछि प्र'हरीले कुवँरका श्रीमान मनबहादुरसँग सोधपुछ गरेको थियो ।
आ'त्म'ह'त्या घ'टना ८ बजेतिर भएको हुनसक्ने र त्यतिबेला आफू चावहिलतिर कामले गएको मनबहादुरले प्र'हरीलाई दिएको बयानमा उल्लेख छ । ६ महीना बि'पस्या'नामा बसेकी जेनीको मा'नसिक अवस्था पनि कमजोर भएको थियो । प्र'हरीले श"वलाई पो'स्टमार्टमका लागि शिक्षण अस्पताल पठाउनेभएको छ । गोर्खा डेलि डटकम बाट | 2021/09/24 02:26:22 | https://nepaldayari.com/archives/5768 | mC4 |
नवाजको सिनेमा 'बोले चुडियाँ'बाट मौनीलाई निकालियो, कारण थाह पाउँदा दुनियाँ हैरान – Nepal Trending
नवाजको सिनेमा 'बोले चुडियाँ'बाट मौनीलाई निकालियो, कारण थाह पाउँदा दुनियाँ हैरान
On २४ जेष्ठ २०७६, शुक्रबार १८:०७
मुम्बई : 'नागिन' टेलिश्रृखंलाबाट चर्चित बनेकी अभिनेत्री मौनी रोयलाई 'बोले चुडियाँ' सिनेमाबाट निकालिएको छ। उनलाई सिनेमामा नवाजउद्दिन सिद्दिकीको जोडीका रूपमा अनुबन्धन गरिएको थियो। निर्माणपक्षले मौनीले गैर जिम्मेवारपूर्ण व्यवहार गरेकाले सिनेमाबाट निकालिएको बताएका छन्।
केहि दिन अगाडी मौनी र नवाजको सिनेमामा रहेको 'फस्ट लुक' समेत सार्वजनिक गरिएको थियो। यस्तोमा उनलाई बाहिर निकालिएको खबर सार्वजनिक भएको हो।
'हामीले सिनेमाम ठूलो लगानी गरेका छौ र कसैलाई सिनेमाप्रति समर्पित होऊ, व्यवसायिक होऊ भन्दा गल्ती हुनछ भने माफ गर्नुहोस् सिनेमाप्रति हामी गम्भीर छौं, यो हाम्रा लागि सेख होइन', सिनेमाका निर्माता राजेश भाटियाले भने। भाटियाले सिनेमामा अनुबन्धन गरेदेखि नै मौनी र उनको एजेन्सीले गैर-व्यवसायिक हर्कत गर्दै आइरहेको आरोप लगाए।
भाटियाले यस्तो आरोप लगाएपनि मौनीकी प्रवक्ताले भने भाटियासँग मतभेद भएपछि सिनेमा छाडेको बताएकी छन्। उनले सार्वजनिकरूफमा भाटियाले गैर व्यवसायिक भएको बताए पनि इमेल तथा म्यासेजमा उनले अरू नै कुरा भनेको बताएकी छन्। | 2019/09/21 20:15:10 | http://nepaltrending.com/story/28653.html | mC4 |
होमपेज / अर्थ / सूचना प्रविधि कुम्भ मेला सुरु
सूचना प्रविधि कुम्भ मेला सुरु 30 Jan 2016 | 10:30am १६ माघ, २०७२
काठमाडौं–२२औं संस्करणको सूचना प्रविधि कुम्भ मेला शुक्रबार काठमाडौंमा सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको सुबिसु क्यान इन्फोटेक १०१६ (इन एसोसिएसन विथ हुवावे) मा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायकलगायतले आफ्नो उत्पादन तथा सेवाका स्टल राखेका छन्। करिब २ घन्टा ढिलो पुगेका प्रधानमन्त्री ओलीले मेला उद्घाटन गर्दै प्रविधिलाई देश विकासका लागि प्रयोग गर्नुपर्ने बताए । उनले प्रविधिलाई कृषि, उद्योग, व्यापारलगायत हरेक क्षेत्रमा प्रयोग गरेर देश विकास गर्नुपर्नेमा जोड दिए । कतिपय अवस्थामा प्रविधिको गलत प्रयोगले समाज खलबल्याउने काम गरेको भन्दै त्यसतर्फ सचेत हुनसमेत उनले आग्रह गरे । 'प्रविधि प्रयोग गर्ने नाममा समाज र देशमा नकारात्मक सन्देश जाने काम गर्न हँुदैन,' ओलीले भने ।उक्त अवसरमा क्यान फेडरेसनका अध्यक्ष विनोद ढकालले 'इ–नेपाल' घोषणा गरेर नेपाल अघि बढ्नुपर्ने भन्दै जबसम्म ग्रामीण भेगसम्म सूचना प्रविधिको पहुँच पुग्न सक्दैन, तबसम्म देश विकास हुँदैन भन्ने विचार राखे ।यस्तै, सुबिसु केबलका अध्यक्ष सुधीर पराजुलीले इन्टरनेट सेवा प्रदायकलाई अत्यावश्यकीय सेवाको सूचीमा राख्न सरकारसँग आग्रह गरे । इन्टरनेट नभई कुनै पनि काम असम्भव जस्तै भइसकेको उनले बताए । 'तर बढ्दो लोडसेडिङ र पेट्रोलियम अभावका कारण सेवा दिनसक्ने अवस्था नभएको स्मरण गराउँंदै उनले हालकै अवस्था रहिरहने हो भने आइएसपी सेवा प्रदायकले सेवा नै बन्द गर्नुपर्ने अवस्था आउने पनि जानकारी दिए ।शुक्रबारदेख सुरु भएको क्यान इन्फोटेक माघ १५ देखि २० गतेसम्म अर्थात ६ दिनसम्म चल्नेछ । मेलाको मुख्य प्रदर्शनी हलभित्र ४९ वटा र हलबाहिर ३ वटा ब्रान्डिङ प्रदर्शनी कक्ष रहेको क्यान इन्फोटेकमा चार लाखभन्दा बढी अवलोकनकर्ता आउने अपेक्षा आयोजकको छ । मेलामा सूचना प्रविधिका सामानमा भारी छुट दिइएकाले पनि अवलोकनकर्ताको भीड अघिल्ला वर्षभन्दा बढी हुने आयोजकले बताए ।क्यान इन्फोटेक अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क १ सय रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ । 'बिजनेस डे' मा भने सम्पूर्ण अवलोकनकर्ताका लागि १ सय रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । आयोजकले विश्वबजारमा पछिल्लो समय विकास भएको सूचना प्रविधिलाई नेपालका युवापुस्तासँग जोड्ने महŒवपूर्ण माध्यम क्यान इन्फोटेक बनेको बताएका छन् ।विश्वमै पहिलोपटक म्युजिक नेपालले गीतसंगीतको पाइरेसी नहोस् भनेर सुरु गरेको म्युजिक एटिएम मेलाको प्रमुख आकर्षण बनेको आयोजकको दाबी छ । एटिएमझैं मेसिनबाट उपभोक्ताले गीत संगीतलाई आफ्नो स्टोरेज डिभाइसमा राख्न सक्ने भन्दै आयोजकले एमपी थ्री गीतको पाँच रुपयाँ र भिडियो गीतको दस रुपैयाँ मूल्य तोकिएको बताए । म्युजिक एटिएममा अन्य एटिएममा जस्तै डिजिटल टच डिस्प्ले छ । जसमा विभिन्न स्रस्टा र कलाकारले सिर्जना गरेका एल्बमलाई क्लिक गरेपछि गीत तथा भिडियोको लिस्ट आउँछ ।
आफूले चाहेको गीत आएपछि त्यसलाई ओके गरेर सेलेक्सन गरी लिस्ट बनाउने र एटिएम कार्डजस्तै गरी पैसा हालेपछि मेसिनको डिजिटल बारकोड रिडरले एकिन गरेर लिन्छ । त्यसपछि मेसिनमा पेनड्राइभ वा सिडी राखेर आफूले रोजेको गीत डाउनलोड गर्न सकिन्छ । मेलामा राखिएजस्तो एटिएम मेसिनको दुई लाख पचास हजार पर्ने र चाँडै नै डिलरमार्फत नेपालभरि नै यसको प्रर्वद्धन गर्ने लक्ष्य रहेको म्युजिक नेपालले मेलामा जनाएको छ । Tweet नागरिकLatest from | 2016/05/31 00:07:06 | http://nagariknews.com/economy/industries/53467-2013-02-12-05-05-08.html | mC4 |
पोखरा, ३ मंसिर । नेपाल चिकित्सक सङ्घका केन्द्रीय अध्यक्ष डा अञ्जनीकुमार झाले हालको जनसङ्ख्या अनुसार नेपालमा २२ देखि २५ हजार चिकित्सकको खाँचोपर्ने बताएका छन् ।
नेपाल चिकित्सक सङ्घ गण्डकी शाखाले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा एक करोड जनसङ्ख्या हुँदा व्यवस्था गरिएको चिकित्सकको दरबन्दी अहिले पनि यथावत रहेको बताउँदै उनले हाल एक हजार ३०० मात्रै चिकित्सक भएकाले जनतामा चिकित्सकको पहुँच पु¥याउन नसकिएको धारणा राखे ।
हाल जनसङ्ख्या तीनगुणा बढेको बताउँदै अध्यक्ष झाले एक चिकित्सकले दिनमा सातदेखि १० जना बिरामीको स्वास्थ्य परीक्षण गर्न पायो भनेमात्रै जनताले राम्रो उपचार पाउन सक्ने विचार व्यक्त गरे । देशको वर्तमान परिस्थिति एवम् स्वास्थ्य क्षेत्रमा देखिएका विकृति र विसङ्गतिको न्यूनीकरणका लागि सङ्घको अगुवाइमा गरिएका आन्दोलनमा नेपाल सरकारसँग विभिन्न समयमा भए गरेका सम्झौता पनि पूरा हुन नसकेको कार्यक्रममा जानकारी दिइयो । सरकारी तथा निजी क्षेत्रबाट काठमाडौँलाई मात्रै केन्द्रित गरी मेडिकल कलेज खोल्ने प्रवृत्ति बढेको र यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिइएको थियो ।
सम्बन्धित समाचार
स्वास्थ्य शिविरबाट २७६ जना लाभान्वित
पोखरा, २८ मंसिर । सहारा क्लब पोखराको आयोजनामा पोखरा–१७ दोबिल्लामा आज भएको स्वास्थ्य शिविर तथा औषधि वितरण कार्यक्रममा २७६ जना…
छ वर्षदेखि बेपत्ता डाक्टरको खोजी अस्पताल
जाजरकोट, २७ मंसिर । जिल्ला अस्पतालका एक चिकित्सक विगत छ वर्षदेखि बेपत्ताको सूचीमा परेका छन् । सप्तरी जिल्लाको बेलही गाविस–६…
तत्काल धुमपान छोड्ने १० अचुक उपाय
एजेन्सी । तपाईलाई धुमपान गरेपछि त्यसबाट पर्ने असरहरुको बारेमा थाहा छ तर तपाईलाई यसको लत छ । र छोड्न चाहानुहुन्छ…
शास्त्रको अनुशार यी बारहरुमा कपाल र दाह्री काट्न हुँदैन
परम्परादेखि नै कपाल र दाह्री काट्न बार पर्नुपर्छ भन्ने मान्यता रहेको छ । यो पनि मान्यता छ की अशुभ बारमा…
एचआइभी/एड्सबाट ११२ जनाको मृत्यु
मुख्य सडक छेउ फोहोर फाल्ने महानगरको निगरानीमा
Leave a Reply
Click here to cancel reply.
Name (required)
Mail (will not be published) (required)
Website
टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।
CAPTCHA Code *
भर्खरै view all
काँग्रेस नेता मल्ल र कुँवरबाट बिद्यालयलाई सहयोग
पर्वत, कार्तिक ८–बिहादी गाउँपालिका–१ बाच्छास्थित रहेको जनकल्याण प्राथमिक बिद्यालयलाई ल्याबटप र नगद सहयोग गरिएको छ । बिद्यालयमा आयोजित कार्यक्रममा नेपाली…
‘पार्टीको आन्तरिक चुनावमा प्रतिस्पर्धा गर्नोस तर आम चुनावमा रूख हेरेर भोट हाल्नोस’- काँग्रेस नेता जोशी
पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले मुलुकको सुशासन र समृद्धिका निम्ति काँग्रेसको विकल्प नभएको वताउनु भएको छ…
अध्यक्ष मल्लको पहलमा जलजलामा भित्रियो करोडौ बजेट
पर्वत/न बजेट न डिपिआर पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार बसेर गत चैत्र २१ गते एकैदिन गरेको भनिएको एकसय ६५…
शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रविधिमैत्री बनाउन जलजलाले बाड्यो कम्प्युटर र ल्यापटप
पर्वत/शुरूवात देखिनै विभिन्न रचनात्मक कामहरू गर्दै आएको जलजला गाउँपालिकाले विद्यालय र स्वास्थ्य संस्थाहरूलाई प्रविधिमैत्री बनाउनको लागि गाउँपालिकाभित्रका सबै विद्यालय र…
जलजलाका उद्यमीका लागि आयोजित उद्घोषण तथा क्षमता अभिबृद्धि तालिम सम्पन्न
पर्वत, असोज १५–पर्वतको जलजला गाउँपालिकाका महिला उद्यमीहरुको लागि आयोजना गरिएको पाँच दिने उद्घोषण तथा क्षमता अभिबृद्धि कार्यक्रमको बिहीबार समापन गरिएको… | 2021-12-06T12:19:45Z | https://www.sarathinews.com/2014/11/37344 | OSCAR-2201 |
एकमहिने माधवनारायण मेला शुरु | Himalaya Post
Posted by Himalaya Post | १५ माघ २०७७, बिहीबार १७:४४ |
काठमाडौँ – माघ महिना बिहानीको चिसोको पर्वाह नगरी यहाँस्थितको हनुमानघाटस्थित त्रिवेणीधाममा बालकदेखि वृद्धसम्मले चिसो पानीमा डुबुल्की मार्दै माधव नारायण मेलाको व्रत शुभारम्भ गरेका छन् । नेपाल संवत्को आठौँ शताब्दीदेखि एकमहिने सो मेला शुरु भएको बताइएको छ ।
हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने माधवनारायण मेला आज बिहान हनुमानघाटस्थित त्रिवेणीधाममा स्नान गरी सूर्यलाई अर्घ्य दिएर माधवनारायणको पूजा गरेपछि व्रत शुरु भएको माधवनारायण व्रत व्यवस्थापन समितिका सदस्य गोपाल शर्माले जानकारी दिए ।
साँखुको शालिनदीमा भन्दा पहिलादेखि यस मेला एवं व्रत शुरु भएको शिलालेख एवं ग्रन्थमा पाइएको उनको भनाइ छ । माधवनारायणको व्रत बस्ने व्यक्तिले व्रत शुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्ख जल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्ख जल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको पुजारी समेत रहेहा उनले जानकारी दिए ।
यस वर्ष भने कोरोना भाइरस सङ्क्रमणका कारण हनुमानघाटस्थित त्रिवेणीमा हुने माधवनारायणको व्रत प्रभावित बनेको छ । कोरोना भाइरस सङ्क्रमण हुन नदिन यस वर्ष हनुमानघाटमा सर्वसाधारणलाई यहीँ बस्ने गरी माधवनारायणको व्रत बस्न नदिने निर्णय भएपछि मेला औपचारिकतामा मात्रै सीमित गरिने शर्माले जानकारी दिए ।
यस वर्ष हनुमानघाटमा वर्तालुले माधवनारायणको एकमहिने व्रत नबस्ने तर व्रतको परम्परा नटुटाउन भक्तपुर माधवनारायण व्रतका मूल पुजारी सरोजन राजोपाध्याय एक्लै व्रत बस्ने उनले जानकारी दिए । सर्वसाधारणलाई व्रत बस्न नदिइए पनि त्रिवेणीमा दैनिक नित्य पूजा तथा माधवनारायणको कथा वाचन र हनुमानघाट त्रिवेणी कुण्डमा दैनिक स्नान गर्ने कार्य भने नियमित हुने छ ।
नेसं ७२२ मा रणजीत मल्ल आफैँले व्रतको व्यवस्थापन गरिएका शिलालेखमा उल्लेख गरिएको बताउँदै उनले यहाँस्थित त्रिवेणीघाटमा डुबेर एकचित्त भएर जे माग्यो त्यो पूरा हुने जनविश्वास रहेकाले यहाँ व्रत बस्ने र स्नान गर्ने आउने गरेको उनको भनाइ थियो ।
वर्तालुहरु त्रिवेणीघाटमा महिना दिनसम्म बसेर व्रत पूरा गर्ने र कतिपय वर्तालु भने हरेक दिन बिहान त्रिवेणीघाटमा आएर नुहाउने तथा विभिन्न स्थानको कलशयात्रामा सहभागिता जनाउने परम्परा छ । वर्तालुले माघ शुक्ल पूर्णिमाको दिन बिहान त्रिवेणीखोलामा आएर स्नान गरी माधवनारायणको पूजा गरेर होम आहुती गरेपछि भक्तपुर नगरका विभिन्न देवालयहरुको परिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा इन्द्रकलश चढाएर व्रत समापन गर्ने परम्परा छ । रासस | 2021/03/07 20:57:48 | https://himalayapost.com/archives/144124 | mC4 |
पहिरोले पासाङल्हामु राजमार्ग अवरूद्ध, मनसुनजन्य प्रकोपको लागि हटलाईन सेवा - Dabali Khabar डबली खबर
पहिरोले पासाङल्हामु राजमार्ग अवरूद्ध, मनसुनजन्य प्रकोपको लागि हटलाईन सेवा
असार २७ २०७५ १३:३१
रसुवा । कालिका गाउँपािलका–१ ग्राङ क्षेत्रमा सडक सफा गर्ने क्रममा गएरातिदेखि पासाङल्हामु राजमार्गमा डोजर बिग्रिएपछि सवारी आवागमनमा अवरुद्ध भएको छ
बिग्रिएको डोजर मर्मत गर्ने कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले बताउनुभएको छ । राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका १५० भन्दा बढी सवारीसाधन राजमार्गका थन्किएर बसेको पौडेलले जानकारी दिनुभयो ।
मनसुनजन्य प्रकोपको लागि हटलाईन सेवा
मनसुनजन्य प्रकोप (पहिरो र वाढी) बाट सर्तक रहन जिल्ला प्रशासन कार्यालय तथा जिल्ला विपद व्यवस्थापन समिति रसुवाले विपत सम्बन्धि कुनै सूचना भए तुरुन्त ०१० ५४००१९ (हटलाइन) मा सम्पर्क गर्न अनुरोध गरेको छ । | 2021/02/27 21:56:12 | https://www.dabalikhabar.com/2018/07/4512/ | mC4 |
आजका पत्रपत्रिकाः चालू खर्चमा ब्रह्मलुट, एकै दिन दिइयो १० अर्ब भुक्तानी – Online Khabar
२०७५ असार २५ गते ६:४० मा प्रकाशित
२५ असार, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषय समेटेका छन् । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याका मुख्य अभियुक्तमध्येका एक छविलाल पौडेलले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेकोलाई आजका सबैजसो दैनिक पत्रिकाहरुले छापेका छन् । अधिकारीको हत्या अभियोगमा सर्वोच्चले छविलाललाई पुर्पक्षका लागि थुनामै राखेर मुद्दाको कारबाही अघि बढाउन ०७२ पुस ६ गते आदेश दिएको थियो । त्यसयता उनी फरार थिए ।
अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था र उनको मागबारे प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्त गरेको भनाइलाई पनि आजका पत्रपत्रिकाहरुले नछुटाइकन लेखेका छन् ।
निजामती कर्मचारीहरुको अनिवार्य अवकाश ६० वर्ष पुर्याउन भएको चलखेललाई नयाँ पत्रिका, कारोबारलगायत पत्रिकाहरुले प्राथमिकताका साथ पहिलो पृष्ठमा प्रकाशित गरेका छन् ।
यसका अलावा अध्यादेशसँगै चिकित्सा शिक्षा आयोग पनि खारेज भएको, थार्इ गुफामा फसेकाले दुई सातापछि पुनर्जीवन पाएकोलगायत समाचारले पनि पहिलो पृष्ठमा स्थान पाएका छन् ।
चालू आर्थिक वर्षको अन्तमा मुलुकभरका सरकारी कार्यालयले चालू बजेटमा विनियोजित पूरै रकम रित्याउने गरी ब्रह्मलुट गरेका छन् ।
नागरिक दैनिक लेख्छ– कार्यालय प्रमुख, लेखा स्टोर र प्रशासनमा कार्यरत कर्मचारीबीचको मिलेमतोमा चालू बजेटमा विनियोजन गरेको अर्बौं रुपैयाँ लुटिएको हो । चालू खर्चअन्तर्गत गत शुक्रबार (असार २२ गते) एकै दिन १० अर्ब रुपैयाँ भुक्तानी दिइएको छ ।
सरकारको लेखा राख्ने जिम्मेवारी पाएको महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आवको शुरुदेखि जेठ अन्तसम्म चालू बजेटको खर्च दैनिक औसतमा १ अर्ब ८७ करोड रुपैयाँ हुँदै आएकोमा गत शुक्रबार एकै दिन १० अर्ब रुपैयाँ भुक्तानी भएको हो । वर्षका अघिल्ला दिनको तुलनामा असार १५ पछिको खर्च झण्डै ३ सय प्रतिशत बढी हो ।
महालेखाका एक उच्च अधिकारीले गत शुक्रबार एकै दिनमा १० अर्ब रुपैयाँ भुक्तानी गरेको सरकारले आइतबार त्योभन्दा बढी हुने जानकारी दिए ।
ट्रस्टको स्वामित्वमा आएको जग्गामा लफडा
दुई महिनाअघि नेपाल ट्रस्टको कार्यालयले ताहाचलस्थित छाउनी मार्गमा रहेको १५ रोपनी जिग्गा खाली गर्न पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणालाई पत्रचार गर्यो । सर्वोच्च अदालतको फैसलाअनुसार ट्रस्टको नाम रहेको विजयाघर सहितको जग्गा खाली गर्न ३५ दिने सूचना जारी गर्यो । तर लामो समय बितिसक्दा पनि प्रेरणाले फैसला स्वीकारेकी छैनन् । उनले घरजग्गा बुबाले दाइजो दिएको भन्दै छाड्न मानिरहेकी छैनन् ।
छाउनी मार्गमै ट्रस्टको नाममा रहेको २ रोपनी १३ आना १ पैसा १ दाम जग्गा जुनी थापाले लामो समयदेखि भोग गर्दै आएकी छन् । ट्रस्टले खाली गर्न ३ पटक पत्राचार गरे पनि त्यसलाई उनले बेवास्ता गर्दे आइन् । खाली गर्न ३० दिने, ३५ दिने र ७ दिने सूचना जारी गरे पनि थापाले टेरिनन् । उक्त जग्गामा केही दिनअघि कार्यालयले ताल्चा लगाएको छ । तर उनले सहज रुपमा जग्गा छाड्न मानेकी छैनन् ।
ट्रस्टको दरबारमार्गस्थित १ रोपनी १४ आना जग्गा पनि विवादमा छ ।
यातायात क्षेत्रको सिन्डिकेट हटाउन सुरुवाती समयमा सक्रिय देखिएको सरकार कार्यान्वयनको चरणमा भने रहस्यमय ढंगले पछि हटेको छ । यातायात व्यवस्था विभागलाई नेतृत्वविहीन बनाएर भौतिक पूर्वाधार तथा यातायातमन्ँत्री रघुवीर महासेठले सिन्डिकेट हटाउन एउटा कार्यदल बनाए ।
साउन १ देखि यातायात समितिको नवीकरण नहुने र यस्ता समितिको अस्तित्व नै नरहने अवस्थामा पनि अहिलेसम्म उक्त कार्यदलले कुनै निष्कर्ष नदिएको कारोबार दैनिकमा खबर छ ।
कर्मचारीको अनिवार्य अवकाश ६० वर्ष पुर्याइँदै
सरकारले निजामती कर्मचारीको अनिवार्य अवकाश उमेर ६० वर्ष बनाउने तयारी गरेको नयाँ पत्रिकामा खबर छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहमतिका लागि पठाएको मस्यौदामा अर्थ मन्त्रालयले अनिवार्य अवकाशको उमेर २ वर्ष थप्न प्रस्ताव गरेको हो ।
संघीय मामिला मन्त्रालयले अनिवार्य अवकाश उमेर ५८ वर्ष प्रस्ताव गरेको थियो । अर्थले निजामती कर्मचारीले पाउँदै आएको केही सुविधा पनि कटौती गर्ने प्रस्ताव गरेको छ । संघीय निजामती सेवा ऐनको मस्यौदामा सहमति दिने क्रममा मन्त्रालयले सुविधाहरु कटौतीको प्रस्ताव गरेको हो ।
निजामती सेवाका सहसचिव र उपसचिव पदमा अब खुला प्रतिस्पर्धाबाट प्रवेश गर्न नपाइने भएको छ ।
कान्तिपुर दैनिकका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती ऐनको प्रस्तावित विधेयकमा सहसचिव–उपसचिवमा खुला प्रतिस्पर्धाको प्रावधान हटाउन लागेको छ ।
मन्त्रालयले अर्थको सुझावअनुसार ९० प्रतिशत पदपूर्ति ज्येष्ठताका आधारमा र १० प्रतिशत अन्तरसेवा प्रतियोगितात्मक परीक्षाबाट गर्ने गरी विधेयक मस्यौदा कानून मन्त्रालय पठाउने तयारी गरेको छ ।
एउटा संस्थामा दश प्रतिशतभन्दा बढी सेयर स्वामित्व राख्न नपाउने कानूनी व्यवस्था भए पनि करिब आधा दर्जन संस्थामा रहेको बढी सेयर राष्ट्र बैंकले अझै बिक्री गर्न सकेको छैन ।
कानून पालना गराउने मुलुकको केन्द्रीय बैंक नै जवाफदेही बन्न नसक्दा यस्तो अवस्था आएको कान्तिपुरको समाचारमा उल्लेख छ ।
हाल विभिन्न क्षेत्रका ५ संस्थामा राष्ट्र बैंकका लगानी ती संस्थाको कुल पुँजीको १० प्रतिशतभन्दा बढी छ ।
सरकारी लगानी कम गरी निजी क्षेत्रको लगानी प्रोत्साहित गर्ने उद्देश्यले केन्द्रीय बैंकले अन्य संस्थाहरुमा १० प्रतिशतभन्दा बढी सेयर स्वामित्व राख्न नपाउने व्यवस्था राष्ट्र बैंक ऐन ०५८ मा गरिएको थियो । सोही व्यवस्थानुसार तोकिएको सीमाभन्दा बढी रहेको लगानी राष्ट्र बैंकले बिक्री गर्दे जाने बताइएको थियो । तर विभिन्न संस्थाहरुमा रहेको सेयर बिक्री गर्न प्रभावकारी रुपमा नलाग्दा सेयर बिक्री गर्न नसकिएको हो । | 2019/03/26 20:26:55 | https://www.onlinekhabar.com/2018/07/691197 | mC4 |
खोप कूटनीतिमा ओलीको असफलता र देउवासँगको अपेक्षा
अभयराज जोशी बिहीबार, असार ३१, २०७८, १३:३२
शेरबहादुर देउवा पाँचौँ पटक प्रधानमन्त्री नियुक्त भएलगत्तै २९ असारमा बसेको मन्त्रिपरिषद् बैठकको पहिलो निर्णय थियो, कोरोनाविरुद्धको खोप सुनिश्चित गर्ने। देउवा नेतृत्वको सरकारले आगामी चैत मसान्तसम्म खोप लगाउन योग्य सबै नागरिकलाई खोप दिइसक्ने निर्णय गरेको छ।
नेपालमा कोरोना भाइरस संक्रमणको जोखिम कायम रहँदा खोप अति आवश्यक भइसकेको छ। खोपले मात्र नागरिकको ज्यान जोगाउन सक्ने चिकित्सकहरुले बताइरहेका छन्। यस्तो अवस्थामा नयाँ सरकारको पहिलो निर्णयले नागरिकमा उत्साह जगाउनु सकारात्मक हो। तर, कार्यान्वयनको पाटोलाई भने बिर्सन हुन्न। नेपालमा निर्णय गर्ने, निर्देशन दिने, तर कार्यान्वयन नहुने परम्परा छ। आशा गरौं, यस पटक त्यो परम्परा भत्किनेछ।
करीब डेढ वर्षअघि चीनमा कोरोना भाइरसको संक्रमण सुरु हुँदा नेपालमा केपी शर्मा ओली नेतृत्वको सरकार थियो। संक्रमण बिस्तारै युरोपतिर फैलियो। त्यसपछि दक्षिण एसियाका मुलुक प्रवेश गर्यो। नेपालमा ९ माघ २०७६ मा पहिलो संक्रमित फेला परे। दोस्रो संक्रमित १० चैत २०७६ मा फेला परे। भोलिपल्ट ११ चैतदेखि देश पहिलो पटक बन्दाबन्दीमा गयो।
त्यसअघि नागरिकलाई कोरोनाबाट सुरक्षित राख्न पर्याप्त समय थियो। तर, सरकारले ठोस काम गर्नै सकेन। बन्दाबन्दीपछि पनि नाकाहरु व्यवस्थित हुन सकेनन्। भारतसँगको सीमा वारि–पारि नै देश फर्किनेको अनियन्त्रित भीड लाग्यो। आवतजावत गर्नेहरुलाई व्यवस्थित रुपमा क्वारेन्टिनमा राखिएन। त्यसपछि संक्रमण नियन्त्रण गर्न हम्मे पर्ने गरी फैलियो।
कोरोनाको पहिलो र दोस्रो लहर चल्दा ओली सरकार कायम थियो। दोस्रो लहर उच्च विन्दुमा पुग्दा त जनताले अस्पतालमा बेड र अक्सिजन नपाएर ज्यान जाने अवस्था आयो। त्यही बेला विश्वका अन्य देशका नागरिक धमाधम कोरोनाविरुद्धको खोप लगाइरहेका थिए। नेपालमा भने सुरसार नै थिएन। नेपालको अवस्था यतिसम्म नाजुक थियो कि, विश्व स्वास्थ्य संगठनले नेपालको नामै लिएर अन्य देशलाई खोप सहयोगका लागि आह्वान गरिदिनुपर्यो।
कोरोनाभाइरस रोकथाम र नियन्त्रणको लागि ओली सरकारको गृहकार्य र काम कमजोर रह्यो। कोरोनाले नेपालमा भएको क्षति र त्यसको समाधानको विषयमा बेलायतको सदनमा समेत चर्चा भयो। तर, नेपालको सदनमा यस विषयमा छलफल नै भएन।
अहिले कोरोनाको दोस्रो लहर मत्थर हुँदै गर्दा केपी ओली सरकारबाट बाहिरिएका छन्। सत्तामा आएको ४१ महिनापछि सर्वोच्च अदालतको फैसलाबाट उनी बाहिरिँदा खोपको पूर्ण मात्रा पाउने नागरिकको संख्या न्यून छ। अहिलेसम्म करीब १० लाख जनाले मात्र खोपको पूर्ण मात्रा पाएका छन्। हालसम्म दुई खेप लगाउनुपर्ने ५० लाख ४८ हजार र एक खेप मात्र लगाउँदा हुने जोन्सन एन्ड जोन्सनको १५ लाख डोज खोप नेपाल आएको छ।
निवर्तमान प्रधानमन्त्री ओलीले कोरोना महामारीको गाम्भीर्य बुझ्न निकै ढिलो गरे। उनको पटक–पटकको अभिव्यक्तिले त्यसलाई पुष्टि गरेको छ। नेपालीको प्रतिरोधी क्षमता बढी भएको जस्ता अफवाह स्वयं प्रधानमन्त्रीले नै फैलाए। महामारी नेपालमा पस्दै गर्दा ओलीले कोरोना नियन्त्रण गर्न बेसार पानी खान सुझाव दिए। त्यसपछि फेरि अम्बाको पात उमालेर पानी खानुपर्ने बताए। ओलीले कोरोना भाइरस खतरनाक रहेको थाहा पाउँदा नेपालमा पाँच हजारभन्दा बढी नागरिकले ज्यान गुमाइसकेका थिए।
२१औं शताब्दी विज्ञानको युग हो। विज्ञानले प्रतिपादन गरेका खोज र निष्कर्षहरुलाई अस्वीकार गरेर अगाडि बढ्न खोज्नु जनताको जीवनमाथि खेलबाड हो। महामारीको जोखिम कम गर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लगायतका सरोकारवाला निकायहरुको सुझाव र निर्देशिका अनुसार काम गर्नुपर्छ। जुन कुरामा ओली सरकार चुक्यो।
कोरोना महामारी चलिरहँदा ओली सरकार पार्टीकै आन्तरिक किचलोमा फस्यो। त्यसपछि सत्ता जोगाउने खेलमा लाग्यो। त्यहीकारण समयमा नै खोप ल्याउन कूटनीतिक पहल गर्नबाट पनि चुक्यो। जहाँबाट खोप आउन सक्छ, त्यहाँ पहल नै भएन।
ओली सरकारले छिमेकी मुलुकसँग पनि समयमा नै खोप ल्याउने कूटनीतिक पहल गरेन। अक्सफोर्ड र एष्ट्राजेनेकासँगको समन्वयमा छिमेकी देश भारतमा सेरम इन्स्टिच्युटले खोप उत्पादन गरिरहेको छ। नेपाललाई सबैभन्दा पहिले भारतले नै १० लाख डोज खोप अनुदान दिएको थियो। पछि नेपाली सेनाका लागि थप एक लाख डोज खोप पनि दियो।
त्यसपछि सरकारले भारतसँग २० लाख डोज खोप खरिदको सम्झौता गर्यो। त्यसमध्ये १० लाख डोज खोप आयो। लगत्तै भारतमा कोरोनाको दोस्रो लहर सुरु भयो। त्यहाँको सर्वोच्च अदालतले खोप निर्यातमा प्रतिबन्ध लगायो। नेपालले सम्झौता भइसकेको खोप ल्याउने बलियो कूटनीतिक पहल गर्न सकेन। सत्ता जोगाउने ध्याउन्नमा लागेको सरकार दक्षिणको छिमेकीलाई कुनै पनि हालतमा चिढ्याउने पक्षमा नरहेको कारण खोप ल्याउन बलियो पहल नभएको स्पष्ट छ।
भारतबाट खोप नआउने भएपछि सरकार चीनतर्फ ढल्कियो। तर, ठूलो जनसंख्या भएको देश चीनले पर्याप्त खोप तत्काल दिने संभावना कम थियो। अझ चीनको अपारदर्शी सर्तका कारण सरकार खोप किन्न हच्कियो। यसका बावजुद दुई पटक गरेर चीनले अनुदानमा १८ लाख डोज खोप दिएको छ।
सबैतिरको कूटनीतिक पहल असफल हुन थालेपछि नेपाल सरकारले चीन सरकारका सर्त मानेर ४० लाख डोज खोप किन्ने सम्झौता गरेको छ। चीनको सर्तकै कारण खोपको मूल्य सार्वजनिक गरिएको छैन। नेपालले खरिद गरेकोमध्ये सिनोफार्मको आठ लाख डोज भेरो सेल खोप आइसकेको छ। अब आउने ३२ लाख डोज पनि भेरो सेल खोप नै हुन्। यसबाहेक जापान सरकारले नेपाललाई १६ लाख डोज एस्ट्राजेनेका खोप सहयोग गर्ने घोषणा गरिसकेको छ।
नेपालमा महामारीको जोखिम धेरै भए पनि पर्याप्त खोप आयात हुन सकेको छैन। ओली सरकारको कमजोर कूटनीतिक पकड र कार्यशैलीका कारण अन्य विकासोन्मुख मुलुकको तुलनामा नेपालमा कम मात्र खोप आएको छ।
ओली सरकार बदनाम हुँदै जाँदा 'खोप कूटनीतिक'मा राष्ट्रपति विद्यादेवी भण्डारीलाई अघि सारियो। राष्ट्रपति भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडेन, रुसी राष्ट्रपति भ्यादिमिर पुटिन, भारतका राष्ट्रपति रामनाथ कोविन्द र बेलायती महारानी एलिजाबेथ द्धितियलाई पत्राचार गरिन्। तर, उक्त पत्रको जवाफ अहिलेसम्म आएको छैन।
राष्ट्रपति जस्तो महत्वपूर्ण संस्थालाई ओली सरकारले खोपको लागि प्रयोग गर्नु उचित थिएन। नेपालका राष्ट्रपति आलंकारिक हुन्। आलंकारिक राष्ट्रपतिलाई अघि सारेर खोप माग्दा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको बेइज्जत भयो। ओली सरकारको यो खराब 'खोप कूटनीति' थियो।
सत्ताबाट ओलीको बर्हिगमनपछि अहिले कांग्रेस सभापति देउवा सरकारको बागडोर सम्हाल्न आइपुगेका छन्। सबै जनतालाई यो वर्ष नै खोप लगाउने उनको सरकारको पहिलो निर्णय सकारात्मक छ। तर, त्यसका लागि बलियो कूटनीतिक पहल चाहिन्छ, राजनीतिक फन्डा होइन।
ओली सरकारले जस्तै देउवा सरकार पनि मूलभूत कामबाट पन्छिएर राजनीतिक खिचातानीमा नै व्यस्त भए कोरोना महामारीको तेस्रो लहर आयो भने नेपालले ठूलो नोक्सानी व्यहोर्नुपर्ने हुनसक्छ। त्यसकारण अहिलेको प्राथमिकता महामारीबाट जनतालाई सुरक्षित राख्नु नै हो। खोप लगाउन योग्य सबै जनता महामारीबाट सुरक्षाको पर्खाइमा छन्।
नेपाल खोप उत्पादक देश होइन। हामीले अन्य देशबाट आयात गर्ने नै हो। त्यसैले देउवा सरकारले खोपकूटनीतिलाई बलियोसँग लिएर अगाडि बढ्नुपर्छ। त्यसमा प्रतिपक्षले पनि रचनात्मक सहयोग गर्नुपर्छ।
लुम्बिनी प्रदेश : संघीयता विकृति अध्ययन केन्द्र संघीयताको हदैसम्मको विकृत रुप देखेपछि अब लुम्बिनी प्रदेशसँग आश गर्न सकिने एउटै मात्र काम छ। संघीयतासम्बन्धी विकृति- विसंगति अध्ययन/अ... बुधबार, साउन २०, २०७८
महाजनमोहमा फसेको मन्त्रीमण्डल नयाँ मन्त्रीमण्डल बनेपिच्छे कोही न कोही मन्त्रीले 'स्टन्ट' गर्ने चलन छ। कोही नेपालमै बनेको गाडी चढ्ने। कोही निजी मोटरसाईकलमा झण्डा ह... मंगलबार, साउन १९, २०७८
महामारीमा मस्त सरकार प्रधानमन्त्री शेरबहादुर देउवाले सिंहदरबारमा पदबहाली गरेको तीन हप्ता बितेको छ र उनले कोरोना महामारीसँग जुध्ने सरकारको 'फ्रन्टलाइन एजे... सोमबार, साउन १८, २०७८
सरकारले भूमिहीनमाथि बञ्चरो हान्ने निर्णय गर्यो : देवी ज्ञवाली [अन्तर्वार्ता] नेपाल लाइभ
लुम्बिनी प्रदेश : संघीयता विकृति अध्ययन केन्द्र मिलन बगाले
महाजनमोहमा फसेको मन्त्रीमण्डल मिलन बगाले
महामारीमा मस्त सरकार नेपाल लाइभ
प्रधानमन्त्रीलाई बिन्ती–पत्र : पुलिस एकेडेमी हटाउने निर्णय खारेज गरिपाऊँ हेमन्त मल्ल ठकुरी
गर्भवती नर्सको कोरोना अनुभव : मेरो आत्मबल र चिकित्सकको हिम्मतले जितियो बुधबार, साउन २०, २०७८
अब यो सदनले मजदुर र किसानको पक्षमा 'बिल'हरू देख्न पाउनुपर्छ मंगलबार, साउन १९, २०७८
सरकार लिपुलेक र लिम्पियाधुरामा दाबी गर्छ, तर काली किनारका नेपालीको बेहाल सुन्दैन आइतबार, साउन १७, २०७८ | 2021/08/04 19:03:28 | https://nepallive.de/story/252747 | mC4 |
व्यस्त हुनुहुन्छ ? अफिसमै गर्नुस् यसरी योग अभ्यास | Hamro Doctor News
व्यस्त हुनुहुन्छ ? अफिसमै गर्नुस् यसरी योग अभ्यास
By श्याम गिरी, योग गुरु
मानिसको बेफुर्सदी जीवनले शारीरिक व्यायाम गर्न पनि समय अभाव भएको हुन्छ । यस्तो अवस्थामा कार्यालयमा बसेरै योग गर्न सकिन्छ । फुर्सदको समयमा कार्यालय समयमै पनि योगका यी आसनहरु सजिलो तरिकाले गर्न सकिन्छ ।
यदि तपाईं अफिसका कामले फुर्सद पाउनु हुन्न र शारीरिक व्यायाम गर्न भ्याउन हुन्न भने यी योगा अभ्यासले तपाईलाई दैनिक जीवनमा स्वस्थ रहन मद्दत गर्दछ । अफिस कोठाको साँघुरो ठाउँमा यी योगा अभ्यास गर्न सकिन्छ । यसले तपाईको शारीरिक तथा मानसिक विकासमा सहयोग पुग्दछ । यो योगा अभ्यासले कार्यालय समयमा तनाववाट मुुक्त हुन सहयोग गर्दछ । | 2021/01/26 03:01:54 | https://www.hamrodoctornews.com/detail/14252 | mC4 |
प्रकाश र ज्ञानु दाहालको स्मृतिमा प्रतिष्ठान स्थापना गरिने - Everest Dainik - News from Nepal
प्रकाश र ज्ञानु दाहालको स्मृतिमा प्रतिष्ठान स्थापना गरिने
ललितपुर, मंसिर ३ । नेपाल कम्युनिस्ट पाटी (नेकपा) का लोकप्रिय युवा नेता एवं अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहालको स्मृतिमा प्रतिष्ठान स्थापना गरिने भएको छ ।
सोमबार प्रकाशको निधन भएको एक वर्ष पुगेको अवसरमा दाहाल निवास खुमलटरमा आयोजित स्मृति सभामा बोल्दै अध्यक्ष प्रचण्डले प्रतिष्ठान स्थापनाको तयारी भइरहेको जानकारी दिएका हुन्।
याे पनि पढ्नुस सम्झनामा प्रकाश: एक परिपक्व युवा नेता
उनले छोरा प्रकाश र छोरी ज्ञानुको स्मृतिमा प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने बताए। प्रतिष्ठानले शिक्षा, स्वास्थ्य, अनुसन्धान लगायतका क्षेत्रहरुमा काम गर्ने बताए।
स्मृतिसभामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रकाश दाहाल मिलनसार र व्यवहारिक युवा भएको बताएका थिए । सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन,प्रधानमन्त्री ओली र पुष्पकमल दाहालले संयुक्त रुपमा प्रकाश दाहालको स्मारिका विमोचन गरेका थिए ।
याे पनि पढ्नुस सम्झनामा प्रकाशः भाईले आफ्नो स्वार्थका लागि कहिल्यै काम गरेन– दिदी रेनु दाहाल
स्मृति सभामा कांग्रेस सभापति शेरबहादुर देउवा,नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई,राजपा अध्यक्ष मण्डल महन्थ ठाकूर,राप्रपाका अध्यक्ष कमल थापा लगायतले श्रदाञ्जली अर्पण गरेका थिए। प्रकाश दाहालको गत वर्ष मंसिर ३ गते हृदयघातबाट नर्भिक अस्पतालमा निधन भएको थियो । | 2020/08/11 21:28:12 | https://everestdainik.com/2018/11/222123/ | mC4 |
काठमाडौ । कुनै समय विदेशबाट नेपालमा पैसा भित्र्याउने कुरा असम्भव जस्तै थियो । बैङ्कबाट लामो प्रक्रिया पुर्याएर पैसा पठाउने कुरा सामान्य मानिसका लागि सहज पक्कै थिएन । वैदेशिक रोजगारीमा गएकाले घरमा रहेका आफन्तलाई पैसा पठाउने कुरा पनि करबि–करिब असम्भव जस्तै थियो । अवैधरुपमा हुन्डीको कारोबार फस्टाउँदा.....
रिलायबल इन्स्योरेन्स एनसीएचएलसँग आबद्ध हुँदै
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणाली प्रयोग गरि डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरि दुई संस्थाबीच सम्झौता गरेको छ । सम्झौता पत्रमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडकातर्फबाट संस्थाका प्रमुख कार्यकारी.....
काठमाडौं । कर्जा लगानीका लागि थप स्रोत जुटाउन आधा दर्जन वाणिज्य बैङ्कहरुले ऋणपत्र निष्कासन गर्न लागेका छन् । लक्ष्मी बैङ्क, सिद्धार्थ बैङ्क, एनआईसी एसिया बैङ्क, प्रभु बैङ्क, माछापुच्छ्रे बैङ्क र हिमालयन बैङ्कले गरी ११ अर्ब ४० करोड रुपैयाँ बराबरको १ करोड १४ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेका हुन् । ऋणपत्रको.....
मुक्तिनाथ विकास बैङ्कले ६१ करोड हकप्रद सेयर निष्कासन गर्ने
२७ जेष्ठ २०७६, सोमबार १६:१२
काठमाडौं । मुक्तिनाथ विकास बैङ्कले चुत्तापुँजी बढाउन २० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैङ्कले ६१ करोड २९ लाख ५२ हजार रुपैयाँ बराबरको ६१ लाख २९ हजार ५२० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । मुक्तिनाथले हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । हाल मुक्तिनाथको.....
एनआईसी एसिया बैङ्कको सेयर मूल्य लाग्याे ओरालो
२७ जेष्ठ २०७६, सोमबार १५:२२
काठमाडौं । पछिल्लो समयमा एनआईसी एसिया बैङ्कको सेयर मूल्य ओरालो लाग्न थालेको छ । बढेर झण्डै ५०० रुपैयाँ नजिक पुगेको एनआईसी एसियाको सेयर मूल्य पछिल्लो समयमा निरन्तर घटेर सोमबार प्रतिकित्ता ४५१ रुपैयाँमा सीमित भएको छ । बैङ्कका विषयमा विभिन्न टिक्काटिप्पणी हुन थालेपछि यसको असर बजारमा परेको लगानीकर्ताको.....
२७ जेष्ठ २०७६, सोमबार १४:५४
प्राइम बैङ्कले ललितपुर फाइनान्सलाई एक्वायर गर्ने
२७ जेष्ठ २०७६, सोमबार १२:०५
काठमाडौं । प्राइम कमर्सियल बैङ्कले ललितपुर फाइनान्स लिमिटेडलाई प्राप्ति (एक्वायर) गर्ने भएको छ । प्राप्ति सम्वन्धी सहमतिपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । एमओयूमा प्राइमका तर्फबाट अध्यक्ष उदयमोहन श्रेष्ठ र ललितपुरका अध्यक्ष दीपक महर्जनले हस्ताक्षर गरेका छन् । कन्काई विकास बैङ्क तथा ललितपुर फाइनान्सलाई.....
नेप्सेले ५ बैङ्कलाई राख्यो क वर्गमा, कम्पनीकाे (सूचिसहित)
२७ जेष्ठ २०७६, सोमबार ११:३०
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाशमा ५ ओटा वाणिज्य बैङ्क क वर्गमा परेका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट, एनआईसी एसिया, एनएमबी र सनराइज बैङ्क परेको जानकारी दिएको छ । धितोपत्र सुचिकरण नियमावलीले न्युनतम पुँजी १ अर्ब रुपैयाँ भएको, नेप्सेमा सुचिकरण.....
गत साता 'एनआईसी एसियामा समस्या देखिएपछि ३ सय फाइलमा राष्ट्र बैङ्कको निगरानी' समाचारपछि यसबारेमा धेरैतिरबाट सोधिखोजी भयो । सेयर बजारको मूल्य प्रभावित हुने यस्तो समाचार सामान्यतया छाप्नु हुँदैन । किनभने एनआईसी एसिया नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकृत कम्पनी हो र यस्तो समाचारले बैङ्कको सेयर मूल्य.....
एनआईसी एयिसाका सुदीप खनालले छाडे जागिर
२६ जेष्ठ २०७६, आईतवार १३:४०
काठमाडौं । एनआइसी एसिया बैङ्कका 'चीफ कर्पोरेट एन्ड प्रायोरिटी लोन्स अफिसर–चिफ सर्पोट अफिसर' सुदीप खनालले जागिर छाडेका छन् । खनालले घरायसी समस्या देखाउँदै एनआइसी एसिया बैङ्क छाडेको बताइएकोे छ । केही समयअघि मात्रै नेपाल एसबीआई बैङ्क छाडेर एनआईसी एसियामा आवद्ध भएका थिए । तर, छोटो अवधिमै उनले एनआईसी छाडेका..... | 2022/05/19 13:13:04 | https://www.capitalnepal.com/old/news/category/%E0%A4%AC%E0%A5%88%E0%A4%99%E0%A5%8D%E0%A4%95%E0%A4%BF%E0%A4%99/page/2 | mC4 |
झरना क्वाटरफाइनलमा – Khel Dainik
झरना क्वाटरफाइनलमा
बुटवल (खेलदैनिक) । प्रभावशाली जित निकाल्दै झरना स्पोर्टस क्लब जारी चौथो सन्जिवनी कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको प्रिक्वाटरफाइनलतर्फ झरनाले सम्पुर्ण युवा क्लबलाई ४–२ ले हराउँदै क्वाटरफाइनल यात्रा तय गर्यो ।
तिलोत्तमा–१४ बाघधुरा देवीनगर स्थित आयोजकको खेलमैदानमा भएको खेलको दोस्रो मिनटमै सबी गुरुङको गोलबाट सम्पूर्णले खेलमा अग्रता बनाएको थियो । यद्यपि लगतै झरनाले पनि पेनाल्टीको अवसर पाएको थियो । झरनाका कप्तान ओम प्रकाश थापाले गरेको पेनाल्टी प्रहार विपक्षी गोलरक्षकले जोगाए तापनि रिबाउण्ड भएको सोही बललाई थापाले गोलमा परिणत गर्न सफल भएका थिए ।
त्यस्तै पहिलो हाफ कै इन्जुरी समयमा निशान सुनारले झरनाका लागि दोस्रो गोल थपे । त्यसपछि मध्यान्तरपछिको पहिलो मिनट मै अजय थापाले झरनाका लागि तेस्रो गोल गरे भने त्यसको १५ मिनट पछि रोहित सुनारले चौथो गोल गर्दै झरनाको जित पक्का गरे । उता खेलको अन्तिमतिर झरनाका नविन थापाले आत्मघाती गोल गरे तापनि खेलमा झरना ४–२ ले विजयी हुन सफल भयो ।
आइतबारको खेलको म्यान अफ द म्याच भने झरना स्पोर्टस क्लब कै संगम थापा घोषित भए । प्रतियोगिता अन्तरगत माघ १९ गते सोमबारको खेल योङ स्टार एफसी र द राईजिङ क्लबबीच हुने खेल संयोजक खिम थापाले जानकारी दिए ।
सञ्जिवनी युवा क्लब, तिलोत्तमा–१४ बाघधुरा देवीनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष अर्जुन क्षेत्रीले बताए । फाइनल खेल आउँदो फागुन १ गतेका दिन हुनेछ । | 2021/03/08 14:54:50 | http://www.kheldainik.com/football/54913/ | mC4 |
अष्ट्रेलियाको अभिभावक भिसाको शुल्क घट्दैन : मन्त्री कोल्मेन « Khasokhas Follow @khasokhasmag
अष्ट्रेलियाको अभिभावक भिसाको शुल्क घट्दैन : मन्त्री कोल्मेन
अष्ट्रेलियाका इमिग्रेसन मन्त्री डेभिड कोल्मेनले अभिभावक भिसाको शुल्क नघट्ने बताएका छन् । उनले नयाँ अभिभावक भिसा स्पोन्सर भिसा रहेको र स्पोन्सरको अर्थ सबै खर्च तथा सम्भावित खर्च व्यहोर्नु रहेकोले अहिले तोकिएको शुल्क सही रहेको बताएका छन् ।
नयाँ स्पोंसर्ड अभिभावक भिसा १० वर्ष सम्म बस्न पाइने गरि लागु गरिएको छ । उक्त भिसामा तीन वर्षको लागि ५ हजार डलर, पांच वर्षको लागि १० हजार डलर शुल्क लाग्छ । जस अनुसार, उक्त भिसामा आमाबुवा ल्याउन चाहनेको आम्दानी ८३ हजार ४ सय ५० डलर भन्दा माथी हुनुपर्नेछ।
स्पोंसर्ड भिसाको लागि तोकिएको शुल्क तथा तोकिएको आम्दानीको मापदण्ड बढी भएको भन्दै अष्ट्रेलियामा रहेका आप्रवासीले शुल्क फेरबदल हुनुपर्ने माग गरिरहेका छन् । त्यस्तै, लेबर पार्टीले शुल्क घटाउनको लागि आफूहरुले पहल गर्ने बताइरहेका छन् । | 2021/08/03 23:11:33 | https://www.khasokhas.com/84849 | mC4 |
Nagarik News - No. 1 News Portal of Nepal – Latest news of Nepal, राष्ट्रिय दैनिक - हुरीपीडित भन्छन्ः वर्षाअघि घर निर्माण गर्नुपर्छ
बिहिबार, ०२ साउन २०७६, २२ : ३१
हुरीपीडित भन्छन्ः वर्षाअघि घर निर्माण गर्नुपर्छ
शुक्रबार, २९ चैत २०७५, ११ : ४८ | उपेन्द्र यादव
सेनाले निर्माण गरेको टेन्टअगाडि सानो बच्चासहित रहेकी रोकसाना खातुन। तस्बिरः उपेन्द्र/नागरिक
बारा– हावाहुरीबाट घर भत्किएपछि घरविहीन भएकी पुरैनियाकी रोकसाना खातुनको दैनिकी झन् कष्टकर बन्दै गएको छ। यही चैत १७ गते आएको विनाशकारी हावाहुरीपछि पनि पटकपटक हावाहुरीसँगै भइरहेको वर्षाका कारण राहतमा पाएको खाद्यान्न तथा लत्ताकपडा बचाउन समस्या भएकाले उनको दैनिकी झन् कष्टकर बनेको हो।
हावाहुरीमा घरसँगै घरभित्रका सम्पूर्ण खाद्यान्न तथा लत्ताकपडा क्षति भएपछि सुरुमा दुई रात खुला आकाशमुनि बच्चासहित बिताएकी खातुन अहिले नेपाली सेनाले निर्माण गरेको टेन्टमा बसिरहेकी छिन्। तीन छोरी र दुई छोरासहित टेन्टमा बसिरहेकी उनले सरकारले वर्षाअघि घर निर्माण नगरे टेन्टको बसोबास धेरै कष्टकर हुने बताइन्। वर्षायाम सुरु भएपछि भारी वर्षा हुने र टेन्टमा बस्न नसकिने भएकाले वर्षाअघि नै घर निर्माणको कार्य पूरा गर्नुपर्ने माग खातुनको छ।
'भारी वर्षा हुँदा टेन्ट राखिएको स्थान जलमग्न हुन्छ,' खातुनले भनिन्, 'जसले गर्दा टेन्टभित्र मालसामान राख्न र सुत्न सकिने अवस्था छैन।' अहिले सुक्खायाममा समेत एक दिन मात्र वर्षा हुँदा पनि टेन्टमा खानबस्न समस्या भइरहेको उनले गुनासो गरिन्।
गत मंगलबार भएको वर्षाले टेन्टभित्र राखिएका राहत सामग्री बचाउन नसकिएको उनले सुनाइन्।
हुरीपीडितको नयाँ घर कहिले निर्माण हुने भन्ने सोचले नै मानसिक तनावसमेत बढेको उनले बताइन्। जेठदेखि असोज महिनासम्म चर्को घाम लाग्ने र भारी वर्षासमेत हुने गरेको छ। तराईमा चर्को घाम लाग्दा टेन्टभित्र बस्दा गर्मीले बिरामी पर्ने डरसमेत रहन्छ भने भारी वर्षाले धेरै क्षेत्रलाई डुबानमा पार्नुका साथै लामखुट्टे र सर्पबाट बच्न समस्या हुने गरेको छ। चर्को गर्मी र भारी वर्षामा टेन्टभित्र बस्न नसकिने भएकाले वर्षा अघि नै घर निर्माण गर्न पाए हावाहुरीपीडितलाई धेरै राहत हुने उनले बताइन्।
'टेन्टमा त दुई/चार रात मात्र काट्न सकिन्छ,' पुरैनियाकै साखिर मियाँले भने, 'धेरै दिन बिताउन त घर नै चहिन्छ।' सेनाले एउटा मात्र टेन्ट निर्माण गरेको छ र त्यसमा सबै परिवार बाध्यताले बस्नुपरेको अवस्था रहेको उनले बताए। हावाहुरीबाट भत्केको घर निर्माण गर्न र पीडितलाई क्षतिपूर्ति दिन प्रधानमन्त्री केपी ओली, उनकै दलका अर्का अध्यक्ष पुष्पकमल दाहाल, नेता माधवकुमार नेपालसहित एक दर्जनभन्दा बढी मन्त्रीहरू र प्रभावशाली नेताले एकपछि अर्को गर्दै प्रभावित क्षेत्रको अनुगमन गरे पनि भत्केका घरको निर्माण सुरु र राहतको पर्खाइमै हावाहुरीपीडित रहेको मियाँले बताए।
प्रदेश २ सरकारले प्रभावितलाई तीन/तीन लाख रुपैयाँ दिने घोषणा गरेको छ। नेकपा अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीको तर्फबाट प्रभावितलाई पाँच/पाँच लाख दिनका लागि पहल गर्ने घोषणा गरे। उनीहरूले राहतको घोषणा र आश्वासन बाँडिरहँदा हुन्डरीमा परी ज्यान गुमाएका परिवार भने संघीय र प्रदेश सरकारबाट घोषणा गरिएको राहत र घर निर्माणको पर्खाइमा बसेका छन्।
हावाहुरीमा परी बाराका आठवटा स्थानीय तहमा २७ जनाको मृत्यु, चार सय २० जना घाइते भएका थिए भने २७ सयको घर क्षतिग्रस्त भएका भएका छन्। | 2019/07/19 00:06:54 | https://nagariknews.nagariknetwork.com/news/73803/ | mC4 |
भारतमा कोरोनाबाट ज्यान जानेको संख्या ४२२ पुग्यो, २४ घण्टामा मात्रै २९ जनाको मृत्यु – Everest Pati
काठमाडौँ,बैशाख ४ – भारतमा कोरोना भाइरस तीब्र रुपमा फैलिइ रहेको छ । भारतमा कोरोनाबाट ज्यान जानेको संख्या दिनहुँ बढदै गएपछि भारत सरकारले लकडाउन पनि लम्बाएको छ ।
त्यस्तै भारतमा कोरोनाबाट ज्यान जाने मानिसको संख्या ४२२ पुगेको छ । बुधबारमात्रै ८३५ जनाभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् । भने २४ घण्टामा २९ जना संक्रमितले ज्यान गुमाएका छन् । भने त्यस्तै कोरोनाबाट संक्रमित भएका १४ सय ८८ जना भने उपचारपछि निको भएर घर फकिएका छन् ।
अन्य समाचार : दुबइबाट फर्केका झापाका एक युवामा'एन्टीबडी पोजेटिभ'देखियो भद्रपुर, ४ वैशाख- प्रदेश नं १ मा ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) गरिएकामध्ये झापाको हल्दिबारी गाउँपालिकाका एक व्यक्तिमा 'एन्टीबडी पोजेटिभ' भेटिएको छ ।हल्दिबारी गाउँपालिकाका ६१ जनाको बुधबार आरडिटी गरिएकामा वडा नं २ का ३१ वर्षीय युवामा एन्टीबडी पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईँले बताउनुभयो । | 2021/09/20 10:14:30 | https://everestpati.com/archives/2327 | mC4 |
काठमाडौं । देशभरको स्थानीय तहमा चुनावी तालमेल गर्ने सैद्धान्तिक सहमति गरेको सत्ता गठबन्धनलाई स्थानीय तहमा सहमति जुटाउन कठिन देखिएको छ।
केन्द्रको निर्देशन कार्यान्वयनमा चुनौती देखा परिरहेका बेला काठमाडौँ जिल्लाको पनि सत्ता गठबन्धनबीच आ-आफ्नो अडानले विवाद देखिएको छ। काठमाडौँका स्थानीय तहमा गर्ने चुनावी तालमेलबारे सहमति खोज्न बसेको सत्तारुढ दलहरूको बैठक बिना निष्कर्ष टुङ्गिएको छ।
नेपाली काँग्रेस काठमाडौँका जिल्ला सभापति सबुज बानियाँका अनुसार स्थानीय तहको नेतृत्व बाँडफाँटको विषयमा प्रारम्भिक छलफल भए पनि सहमति जुट्न नसकेको बताए।
केन्द्रले तय गरेको सात बुँदे आधारअनुसार एकीकृत समाजवादीले काठमाडौँको कागेश्वरीमनोहरा, बूढानीलकण्ठ, तारकेश्वर, शंखरापुर र कीर्तिपुरको नेतृत्व दाबी गरेको छ। आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ । | 2022-12-10T09:48:02Z | https://chintankhabar.com/2022/04/366/ | OSCAR-2301 |
सुरक्षाकर्मीको रासनमा ठेकेदारले छले ४१ करोड कर-NepalKanoon.com
सुरक्षाकर्मीको रासनमा ठेकेदारले छले ४१ करोड कर
असार, ४ काठमाण्डौ । सेना, प्रहरी र सशस्त्रलाई रासन आपूर्ति गर्ने एक ठेकेदारले ४१ करोड कर छलेको फेला परेको छ ।
छानबिनपछि तोकिएको धरौटी बुझाउन नमानेपछि आन्तरिक राजस्व विभागले ग्लोबल विजनेस फर्मका संचालक रामकाजी श्रेष्ठलाई पक्राउ गरेको समाचार नयाँ पत्रिका दैनिकमा छ ।
रासन ठेकेदारले एउटा सरकारी निकाय प्रहरी, सेना ले भुक्तानी गरेको कर अर्को सरकारी निकाय कर कार्यालयमा नबुझाइ कर छलेको पुष्टि भएको छ, विभाग स्रोतले भन्यो अनुसन्धानपछि निर्धारण गरिएको ४१ करोड ६ लाख रुपैयाँ धरौटी बुझाउन नसकेकाले संचालक श्रेष्ठलाई पक्राउ गरी थुनामा राखिएको छ ।
विभाग अन्तर्गतको कर कायाएलय लाजिम्पाटले गरेको अनुसन्धानबाट फर्मले आर्थिक वर्ष ०६८/६९, ०६९ /७० र ०७० /०७१ मा क्रमश नौ करोड ३३ लाख, २३ करोड ७५ लाख गरी ६५ करोड ७५ लाख कारोबार गरेको थियो । ६५ करोड ७५ लाख रुपैयाँको कारोबार देखाउनुपर्नेमा श्रेष्ठले आठ करोड मात्रै कारोबार भएको विवरण पेस गरेका थिए । | 2021/01/21 05:45:21 | https://nepalkanoon.com/2800/ | mC4 |
कोरोना भाइरस प्रति प्रदेश सरकारको सजगता : RajdhaniDaily.com - नेपाली चलचित्र
Home प्रदेश कोरोना भाइरस प्रति प्रदेश सरकारको सजगता
श्रीलंका टापु र टाँडीमा क्वारेन्टाइन
मोरङ, २९ फागुन । कोरोना भाइरस(कोभिड–१९ )को संक्रमण फैलन नदिन प्रदेश सरकारले सजगता अपनाएको छ । छिमेकी मुलुक चीनबाट शुरु भई विश्वका १ सय ९ मुलुकमा फैलिएको कोरोनाको सम्भावित संक्रमणलाई रोक्न प्रदेश सरकारले चासो देखाएको हो ।
प्रदेश सरकारले संक्रमण भित्रन नदिन र भित्रीहाले उपचारको प्रबन्ध गर्न गरेको तयारीका बारेमा जानकारी दिएको छ।
योजनाबद्ध तयारी थालेको प्रदेश– १ सरकारले कोरोनाको रोकथाम, उपचार र प्रतिरक्षाका लागि एकीकृत कार्ययोजना तयार पारेको छ । बिहीबार सम्पन्न प्रदेश मन्त्रीपरिषद बैठकले कार्ययोजना पारित गर्दै तत्कालै लागू गरिने जनाएको छ । मुख्यमन्त्री शेरधन राईका अनुसार एकीकृत कार्ययोजनामा सही सूचना सम्प्रेषण देखि संक्रमितहरुको गोपनीयतासम्मका योजना छन् । प्रदेश सरकारकै अगुवाईमा २३ बुँदे योजना तत्काल कार्यान्वयन गरिने मुख्यमन्त्री राईले बताए ।
कार्ययोजनामा सरसफाईकोे सचेतना फैलाउनेदेखि अन्तर्राष्ट्रिय र प्रदेश नाकाहरुमा स्क्रिनिङ डेस्क स्थापना गर्ने, भद्रपुर, विराटनगर र लुक्ला विमानस्थलमा डेस्क स्थापना गर्ने, र आवश्यक जनशक्ति तथा उपकरणको प्रबन्ध गर्ने उल्लेख गरिएको छ ।
प्रदेश सरकारको कार्ययोजनामा हरेक नाकामा ९ र विमानस्थलमा ६ जनाको दरले स्वास्थ्यकर्मी परिचालन गरिने छ । औषधि, औजारहरुको स्टक र ढुवानीको प्रबन्ध गर्ने, कोशी, मेची, बीएण्डसी र धरानस्थित वीपी प्रतिष्ठानमा घटीमा ३० वटा आइसोलेसन बेड तयार पारिने सरकारको कार्ययोजनामा उल्लेख छ ।
स्वास्थ्यकर्मीको सुरक्षा, प्रोत्साहन भत्ताको व्यवस्था गर्ने, अत्यावश्यक वस्तुको अभाव र कालोबजारी रोक्ने, सुरक्षा निकाय पनि परिचालन गर्ने, योजनामा उल्लेख गरिएको छ । यस्तै प्रदेश सरकारले पहिलो चरणमा सुनसरीको श्रीलंका टापु र मोरङ टाँडीको सैनिक इलाकामा क्वारेन्टाइन स्थापना गर्ने भएको छ । आवश्यकता अनुशार अन्य क्षेत्रमा पनि क्वारेन्टाइन स्थापना हुनेछ ।
२४ घण्टामा भारतबाट ३ सय १४ नेपाली नागरिक सप्तरी प्रवेश गरे
सप्तरी राजविराज । भारत सरकारले लकडाउनलाई केही खुकुलो बनाउँदै रेल सेवा सुचारु गरेपछि स्वदेश फर्किनेहरुको सप्तरीमा पनि ह्वातै चाप बढेको छ । जसका कारण...
यी हुन् हाम्रो सेल्फी किङ्ग कन्टेस्ट विजेताहरु (तस्वीरसहित)
हाम्रो पात्रो तथा नेपाली चलचित्र सेल्फी किङबिचको सहकार्य "हाम्रो सेल्फी किङ्ग" Contest का एक जना भाग्यशाली विजेताको घोषणा अभिनेता विपिन कार्की निर्देशक विशाल सापकोटाले...
खेल Kumar Raut - December 17, 2020 0
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले १३औं दक्षिण एसियाली खेलकुद (साग)लाई लक्षित गरी कीर्तिपुर नगरपालिकाको नयाँबजारमा निर्माण गरेको कभर्डहल कीर्तिपुर नगरपालिकालाई भोगचलनका लागि बुधबार...
तमु सञ्चारकर्मी संघ नेपालको अध्यक्षमा रविन चयन
लमजुङ । लमजुङमा अयोजना गरिएको तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालको चौथो राष्ट्रिय महाधिवेशनले रविन गुरुङ (काठमाडौं) को नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ...
Breaking News Sushila Bishwokarma - December 31, 2020 0
प्रदेश ५ Sushila Bishwokarma - July 17, 2020 0
प्रदेश ५ Sushila Bishwokarma - July 6, 2020 0
तुलसीपुर । सल्यानमा भालुको आक्रमणबाट एक महिला गम्भिर घाइते भएकी छन् । घाइते हुनेमा कालीमाटी गाउँपालिका–१ लुनारे निबासी ५२ बर्षकी बुद्धि रावत रहेको राप्ती... | 2021/04/23 08:20:48 | https://rajdhanidaily.com/id/5658/ | mC4 |
प्रतिवाद म्यानमार नरसंहार : लोकतन्त्रको ठूलो उपहास
बाह्रखरी - प्रतीक प्रधान बिहीबार, चैत २६, २०७७
काठमाडौं । फेब्रुअरी १ तारिख २०२१ अर्थात् माघ १९, २०७७ मा नेपालको मित्र देश म्यानमार वा भनौं पुरानो बर्मामा त्यहाँको सेनाले राजनीतिक दलका नेताहरूलाई नजरबन्दमा राखेर देशको शासन सत्तामा कब्जामा लियो ।
म्यानमारका जनताले यो सैनिक 'कू' को विरोध गर्दै दैनिक प्रदर्शन गरिरहेका छन् । अहिलेसम्म ५७० आन्दोलनकारीहरू सेनाको गोली र घोर यातनाका कारण जीवन गुमाएका छन्, यसमध्ये करिब ५० जना त साना बालबालिका रहेका छन् । सेनाले २६०० बढीलाई नियन्त्रणमा लिएर यातना दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
बर्मामा भइरहेको नरसंहारको विरोधमा र लोकतान्त्रिक आन्दोलनको समर्थनमा नेपालसहित संसारभरी नै जति सशक्त आवाज उठनुपर्ने हो सो आवाज उठ्न सकेको देखिँदैन । यसै विषयमा केन्द्रित रहेर आज हामीले कार्यक्रम प्रतिवाद तयार पारेका छौँ ।
म्यानमारसँग नेपालको सम्बन्ध विशेष छ किनभने नेपाली मूलका जनता म्यानमारमा सदियौंदेखि बस्दै आएका छन् ।
अझ दोस्रो विश्व युद्धमा बेलायती सेनामा लागेर बर्मा पुगेको ठूलो समूहले त्यतै जीवन बिताउने निर्णय गरे । सन् १९६२ मा बर्मामा सेनाको शासन भएपछि केही नेपाल फर्के । तर अझै पनि नेपाली मूलका बर्मेलीको संख्या करिब सवा एक लाख रहेको अनुमान गरिएको छ ।
नेपाली मूलका मानिसको बसोबास भएको कारणले मात्र होइन, संसार भरिनै जब जब मानवता र मानव अधिकार संकटमा पुग्छ तब तब जनताका अधिकारका हिमायतीले आवाज उठाउनु पर्छ । बर्माका सैनिक प्रमुख मीन आङ ह्लेङले देशका राष्ट्रपति तथा स्टेट काउन्सिलर वा भनौँ प्रधानमन्त्री आङ सान सू कीसमेत सम्पूर्ण प्रमुख राजनीतिक नेतालाई नजरबन्दमा राखेर जुन प्रकारको आतंक सो देशमा सिर्जना गर्न खोजिरहेका छन् त्यसको विरोधमा नेपालमा पनि आवाज उठेका छन्, तर ति अझै पर्याप्त भएनन् भन्ने हाम्रो धारणा हो ।
नेपालको परराष्ट्र मन्त्रालयले माघ १९ गते साँझ एउटा वक्तव्य निकालेर उक्त देशमा भएको राजनीतिक परिवर्तनलाई नेपालले चासोका साथ हेरेको र चाँडै नै म्यानमारको जनताको चाहनाअनुसार त्यहाँ लोकतान्त्रिक र संवैधानिक व्यवस्था लागु हुने आशा ग¥यो । यो कदम छिमेकी मुलुक भारत र चीनको भन्दा सशक्त थियो तर पर्याप्त थियो या थिएन भन्ने विषयमा विवाद हुनसक्छ ।
लोकतान्त्रिक आन्दोलनको समर्थनमा नेपाल धेरै अघि बढेर बोल्नु हुँदैन नत्र त्यहाँ रहेका नेपालीहरूको अवस्था पनि भुटानमा रहेका नेपाली भाषीहरूको जस्तै हुनसक्छ भन्ने एकथरीको सोच रहेको छ । हामी त्यही सोचको प्रतिवाद गर्दछौं ।
कुनै पनि देशमा त्यहाँका जनताले कस्तो व्यवस्था चाहन्छन् भन्ने कुरा त्यहीँको जनताको चाहनामा भर पर्ने हो । सन् १९४७ मा अंग्रेजको उपनिवेशबाट मुक्त भएको बर्मामा लोकतान्त्रिक व्यवस्था बहाल भएको थियो ।
तर, त्यहाँको आन्तरिक शक्ति संघर्षको फाइदा लिँदै सन् १९६२ मा सेनाले आफ्नो हातमा शासन सत्ता लियो । त्यसपछि बर्मेली जनता अनवरत् लोकतान्त्रिक आन्दोलनमा लागिपरे । म्यानमारमा भएको चार आठको आन्दोलन अर्थात् सन् १९८८ अगष्ट ८ मा भएको आन्दोलनबाट सन् १९९० मा निर्वाचन भयो जसमा लोकतन्त्रवादी नेतृ आङ सान सू की को नेशनल लिग फर डेमोक्र्यासी पार्टीले ८१ प्रतिशत मत प्राप्त गर्यो ।
तर सन् १९८९ देखि सन् २०१० सम्म सेनाले उनलाई नजरबन्दमा राखेर शासन गर्यो । सन् २०१५ मा भएको निर्वाचनमा पनि एनएलडीले ८६ प्रतिशत मत प्राप्त गर्यो । हालै भएको निर्वाचनमा पनि सो दलले ८३ प्रतिशत मत प्राप्त गरेको थियो । यस्तो अवस्थामा जनताको चाहना विपरित भएको सैनिक कूको विरोध नगर्नु 'लाछी' र 'लाचारीपन' बाहेक केही हुन सक्दैन ।
संयुक्त राष्ट्र संघले म्यानमारमा भएको सैनिक कूको भत्सर्ना गरेता पनि सुरक्षा परिषदको बैठकमा चीन र रसियाले म्यानमारमा भएको घटना उक्त देशको आन्तरिक मामिला भएको भन्दै उसका विरुद्ध कुनै प्रतिबन्ध वा नाकाबन्दी लगाउन दिएनन् ।
म्यानमारको अर्को ठूलो छिमेकी देश भारतले समेत ठूलो रुपमा विरोध नजनाउनु आफैँमा खेदजनक अवस्था हो । यस्तो अवस्थामा अमेरिका, बेलायत, जापान आदीले विभिन्न प्रकारले विरोध जनाएका छन् । ति देशले यस घटनामा सम्बद्ध सेनाका उच्च पदस्थहरूलाइ भिसा नदिने, तिनको विदेशमा भएको बैंक खाता रोक्का गर्ने आदि कदम लिएका छन् ।
तर, म्यानमारमा भएको घटना कमजोर राजनीतिक अवस्था भएको कुनै पनि देशका लागि एउटा डरलाग्दो दूःस्वप्न हो । यस्तो घटनाबाट आफ्नो देशलाई पनि बचाउने हो भने नेपालमा लोकतन्त्रका हिमायती राजनीतिक दल र सम्पूर्ण बुद्धिजीवी र जनता अहिले म्यानमारी स्वतन्त्रता आन्दोलनकारीसँग सँगै उभिनु परेको छ ।
विराटनगर । तत्कालीन नेकपा विवादका कारण १ नम्बर प्रदेशको प्रदेशसभा बैठक लामो समय चल्न सकेन । मुख्यमन्त्री शेरधन राईको सरकार... १ घण्टा पहिले
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले उद्योग व्यवसायलाई अघि बढन बाधा पार्ने कानुनी प्रावधान र विलम्बकारी प्रशासनिक प्रक्रियालाई बदल्ने... ४ घण्टा पहिले
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सावधानी नअपनाए फेरि पनि लकडाउन हुन सक्ने संकेत गरेका छन् । काठमाडौंमा शनिबार भएको कार्यक्रममा... ४ घण्टा पहिले
काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कम्तिमा तीनसाता शैक्षिक संस्था बन्द गर्न प्रस्ताव गरेको छ । काठमाडौं, पोखरासहितका विभिन्न स्थानमा... ५ घण्टा पहिले
काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल विजयी भएका छन् । उनले निर्मला शर्मालाई तीनहजार बढी मतले पराजित गरेका... ६ घण्टा पहिले
जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले अगामी चुनावको तयारी थाल्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । शनिबार जनकपुरधाममा... ११ घण्टा पहिले | 2021/04/11 04:08:24 | https://baahrakhari.com/news-details/314083 | mC4 |
डेपुटी गभर्नरको कार्य विभाजन, वरियतामा छुट्याईयो विभाग
काठमाडौं । नेपाल राष्ट्र बैंकमा नवनियुक्त डेपुटी गभर्नरहरुको कार्यविभाजन भएको छ । बुधबार अपराह्न पदभार ग्रहण गरेसँगै डेपुटी गभर्नरहरुको कार्यविभाजन भएको हो ।
कार्यविभाजन अनुसार निवर्तमान डेपुटी गर्भर चिन्तामणि शिवाकोटीले सम्हाल्दै आएका विभागहरु नीलम ढुंगानालाई दिइएको छ । त्यस्तै, अर्का निवर्तमान डेपुटी गभर्नर शिवराज श्रेष्ठले सम्हालेका विभागहरु बमबहादुर मिश्रले हेर्नेछन् ।
बैंकको सबैभन्दा शक्तिशाली विभाग मानिने बैंक तथा वित्तीय संस्था नियमन विभागको जिम्मेवारी ढुंगानाको कार्यक्षेत्रमा परेको छ । त्यस्तै विदेशी विनिमय विभाग, राष्ट्रऋण व्यवस्थापन विभाग, मुद्रा व्यवस्थापन विभाग, भुक्तानी प्रणाली विभाग, जनशक्ति व्यवस्थापन विभाग, सामान्य सेवा विभाग र संस्थागत योजना विभाग पनि उनैले हेर्नेछिन् ।
मिश्रको कार्यक्षेत्रमा भने वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र लघुवित्त संस्था गरी चारवटै क्षेत्रका सुपरिवेक्षण विभाग, अनुसन्धान विभाग, वित्त व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेश कार्यालयहरु रहेका छन् । सूचना प्रविधि महाशाखा हेर्ने जिम्मा पनि मिश्रकै भागमा परेको छ ।
गभर्नरको कार्यालय, वित्तीय जानकारी इकाई, कानून महाशाखा, आन्तरिक लेखापरीक्षण विभाग भने गभर्नरकै मातहतमा रहँदै आएको छ ।डेपुटी गभर्नरमध्ये ढुंगानालाई पहिलो वरियातको मानिएको छ । गभर्नरको अनुपस्थितिमा ढुंगानाले नै कामू गभर्नरको जिम्मेवारी पाउनेछिन् । | 2021/04/19 03:32:41 | https://ujyaalopradesh.com/news/5114 | mC4 |
चिडिमार,मंगता,कुशबन्धिया समुदायको आर्थिक तथा सामाजिक अवस्था बारे सरोकारवाला निकाय संग एक दिने अन्तक्रिर्या कार्यक्रम । | नेपालगन्ज टाइम्स
चिडिमार,मंगता,कुशबन्धिया समुदायको आर्थिक तथा सामाजिक अवस्था बारे सरोकारवाला निकाय संग एक दिने अन्तक्रिर्या कार्यक्रम ।
सोमबार, चैत २३, २०७७
जयपती ढकाल – बाँके -सिमान्तिकृत कुशबन्धिया ,मंगता,चिडिमार समुदायको आर्थिक तथा सामाजिक अवस्था प्रस्तुती तथा सरोकार वाला बिच एक दिने अन्तरक्रीया कार्यक्रम नेपालगन्ज होटल पाउना घरमा सम्पन्न भएको छ ।
सिमान्तिकृत कुशबन्धिया ,मंगता,चिडिमार समुदायको आर्थिक तथा सामाजिक अवस्थालाई सुधार्न र अल्पसंख्यक अति विपन्न समुदायको परम्परागत पुर्ख्यौली पेशा संरक्षणको क्षेत्रमा बिगत ३ बर्स देखि काम गर्दै आएको इको कोपरेसन तथा सहकर्मी समाज कोहलपुर बाकेको आर्थिक सहयोग र नेपालगन्ज टाइम्सको सह-आयोजनामा स्थानिय सीमान्तकृत समुदाय र सम्बन्धित सरोकारवाला निकाय बिच कुशवन्धिया,चिडिमार,मंगता समुदायको अवस्था,यस समुदायको दिगो जिबिकोपार्जनको लागि आगामी दिनमा सरोकारवाला निकाय र स्थानिय सरकारको भुमिका के रहने भन्ने विषयमा छलफल भएको छ ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै जिल्ला विकास समन्वय समिती कार्यालय प्रमुख कार्यक्रमका प्रमुख अथिती अजय श्रीवास्तवले बाँकेमा वसोवास गर्दै आएका समुदायको बर्तमान अवस्था लाई मध्येनजर गर्दै थारु कुमाल कुशवन्धिया मंगता समुदायले चरा मार्ने ,मागेर खाने ,सिलौटा बनाउने परम्परागत पेशालाइ उद्धोगको रुपमा स्थापना गर्न आग्रह गर्नु भयो ।
पेशालाइ स्थापना गर्ने गरि योजना बनाएर आघी बढ्नु पर्ने सुझाव दिएका थिए।
साथै उहाले संगठित रुपमा ब्यबसाय संचालन गरे मुल्य एकरुपता तथा बजारको समस्या आफै हटेर जाने बताउनु भयो ।
कार्यक्रममा डिभिजन बन कार्यालय बाँके प्रमुख राजु क्षेत्रीले सिमान्तकृत समुदायको परम्परागत पेशाको लागि चाहिने आवास्यक कच्चा बन भित्र पाइने भएकोले बन जन्य पदार्थ प्रयोगमा प्रक्रियागत झन्झटिलो भएपनी बन पैदवार सदुपयोग गर्नको लागि बन ऐनमा ब्यबस्था गरेको बताउनु भयो ।
बन उपभोक्ता समुदाय सदस्य बनेर उहाले सामुदायिक बनले आफ्ना अति बिपन्न उपभोक्ताको लागि उद्धम बिकाश शिर्षकमा लगानी लगाउन सक्ने पनि क्षेत्रीले बताउनु भयो ।
त्यसै गरि कोहलपुर नगरपालिका अध्यक्ष लूट बहादुर रावतले नगरपालिकामा रहेका अल्पसंख्यक चिडिमार समुदायको पेशा संरक्षण गर्न आवस्यक रहेको बताउदै समुदायले पनि बर्तमान बजारमा प्रतिस्पर्धा गर्न सकिने उत्पादन समाग्री बजारमा कृषि खेती गर्ने कृषि फर्म बनाउने ब्यबसायको भबिस्य उज्ज्वल रहेको बताए ।
कार्यक्रममा चिदिमार समुदायको मुल समस्याको रुपमा चरा मार्ने पेशा सरकार बाट प्रतिवन्दितले संकटपुर्ण अवस्था,अधिकांस चिडिमार सुकुम्बासी भएकोले पेशाको बैकल्पिक पेशा अंगाल्दा आवास्यक शिप,लगानीको कमि ,उत्पादित कृषि र बटैर दिएर अझ शशक्त गर्ने बताउनु भयो ।
कार्यक्रमको अध्यक्ष्यता गरिराख्नु भएका सहकर्मी समाज बिरेन्द्रनगर ,सुर्खेत केन्द्रिय कार्यालय कोहलपुरका कार्यकारी निर्देशक अम्मर बहादुर ऎरले यस सिमान्तकृत समुदाय कोहलपुर नगरपालिका वडा नम्बर १४ र १५ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० जानकी गाँउपालिका वडा ३ र डुडुवा गाँउपालिका वडा नम्बर ४ र ६ मा बिगत ३ बर्षदेखि आर्थिक सशक्तीकरण ,नेतृत्व बिकास,शिक्षा ,स्वास्थ ,कृषि जनचेतनामूलक कार्यक्रम पनि गर्दै आएको बताउनु भयो ।
सरकार बाट पाउनु पर्ने सेवा सुविधा नेपाल सरकारमा सुचिकृत गर्न आर्थिक र सामाजिक अवस्था विकास गर्न सरोकारवाला निकायको जरुरी रहेको पनि निर्देशक ऎरले बताउनु भयो ।
बजारिकरण नहुनु ,मुल्यमा अनेकता तथा बिचौलियाको बिगबिगि भएको जस्ता मुद्दाहरु रहेको हरुले अझै स्तर उन्नति गर्न तीन बर्षदेखी लागि परेको र अझै सरोकारवाला निकायले ब्यवस्थित गर्न सहकर्मी समाज बिरेन्द्र नगर सुर्खेतका बरिस्ट संस्थागत क्षमता बिकास संयोजक राजाराम गुप्ताले बताउनु भयो ।
कार्यक्रममा सहकर्मी समाज कोहलपुरका निर्देशक अम्मर ऎर अध्यक्षयता गर्नुभएको थियो,प्रमुख अतिथी अजय श्रीवास्त जिल्ला समन्वय समिति बाँकेका प्रमुख विशेष अतिथि बन कार्यालय बांकेका राजु क्षेत्री,रियल परियोजनाका खड्गा शर्मा, जानकी गाँउपालिका अध्यक्ष राम निवास यादव डुडुवा गाँउपालिक वडा नम्बर ६ मोहन राम मिश्र कोहलपुर नगरपालिका मेयर लुट बहादुर रावत अन्य सरोकार निकाय संघ संस्था प्रमुख र सीमान्तकृत समुदायको उपस्तिथि रहेको थियो । | 2021/04/14 17:26:52 | http://nepalgunjtimes.com/%E0%A4%9A%E0%A4%BF%E0%A4%A1%E0%A4%BF%E0%A4%AE%E0%A4%BE%E0%A4%B0%E0%A4%AE%E0%A4%82%E0%A4%97%E0%A4%A4%E0%A4%BE%E0%A4%95%E0%A5%81%E0%A4%B6%E0%A4%AC%E0%A4%A8%E0%A5%8D%E0%A4%A7%E0%A4%BF%E0%A4%AF%E0%A4%BE/ | mC4 |
Gmail मा Google कुरा जून २ 26 मा बन्द हुनेछ Androidsis
एन्ड्रोइड्समा हामी फेरि गुगल सेवाको बारेमा कुरा गर्दैछौं जसको जीवन चाँडै अन्त हुनेछ। यो जिमेलमा गुगल टक हो, र यो त्यस्तो कुराको कुरा होइन जुन यो पहिले नै कम्पनीमा प्रक्षेपण र सेवाहरूको बन्देजमा सामान्य छ किनकि प्रयोगकर्ताहरूको बहुमत समर्थन छैन।
कम्पनी नै मार्फत घोषणा गरेको छ पोष्ट आफ्नो ब्लगमा प्रकाशित, गुगल च्याट सेवा को प्रयोगकर्ता को धेरै यो नयाँ निर्णय प्रभावित हुनेछ जून २ functions देखि Gmail मा Google टक प्रकार्यहरूको अन्त्य, र फर्मको अर्को च्याट ग्राहकमा यी प्रयोगकर्ताहरूको संक्रमण, ह्या Hangouts्गआउट्स।
1 गुगल टकमा अन्तिम बिदाइ
2 जीमेलमा गुगल टकको अन्त्य अप्रिल देखि हुने अन्त्यको अर्को तरंगको अंश हो
गुगल टकमा अन्तिम बिदाइ
गुगल टकले एक दशक भन्दा अगाडि डेब्यू गर्यो, २०० 2005 मा जीमेलको आधिकारिक च्याट ग्राहकको रूपमा, तर जब कम्पनीले २०१ 2013 मा जीमेलमा ह्या Hangouts्गआउट्सको लागि समर्थन थपे, टक सेवाको अन्त्य सुरु भइरहेको थियो। अब, गुगलले घोषणा गरेको छ जून २ June मा, Gmail प्रयोगकर्ताहरू स्वचालित रूपमा ह्या Hangouts्गआउट्समा हस्तान्तरण हुनेछन्.
गुगल टकबाट ह्या Hangouts्गआउटमा पूर्ण संक्रमण: गुगल कुराकानी २०० 2005 मा Gmail प्रयोगकर्ताहरू बीच एक साधारण च्याट अनुभवको रूपमा सुरू भयो। २०१ In मा, हामीले गुगल टकलाई ह्या Hangouts्गआउट्ससँग बदल्न शुरू गर्यौं, जबकि प्रयोगकर्ताहरूलाई गुगल टकको प्रयोग जारी राख्न विकल्प प्रदान गर्न जारी राख्यौं। ह्या Hangouts्गआउट्सले गुगल टकमा उन्नत बृद्धि गर्दछ, जस्तै समूह भिडियो कलहरू र अन्य गुगल उत्पादहरूको साथ एकीकरण। ह्या Meet्गआउट बैठक र ह्या Chatआउट च्याटको परिचयको साथ, जसले अब बैठक र टोलीको सहयोगमा थप बृद्धि गर्दछ यो समय Google टकलाई बिदाइ गर्ने समय हो.
तिनीहरू अझै जीमेल भित्र गुगल टक प्रयोग गर्दछन् उनीहरूले तिनीहरूको अन्त घोषणा गरी र उनीहरूलाई ह्या the्गआउट्स सेवामा "स्विच" गर्न आमन्त्रित गर्ने सूचना प्राप्त गर्नेछन् गुगलबाट, यद्यपि यो त्यस्तो चीज हुनेछ जुन दिनदेखि स्वचालित रूपमा देखा पर्दछ, जबसम्म त्यहाँ कुनै प्रकारको अनुबंधात्मक प्रतिबद्धता छैन।
[गुगल] Gmail भित्र कुरा गर्ने प्रयोगकर्ताहरू आउने हप्ताहरूमा सन्देश प्राप्त गर्नेछन्, तिनीहरूलाई ह्या toआउट्समा स्विच गर्न आमन्त्रित गर्दै। जून २ 26 पछि, प्रयोगकर्ताहरू स्वचालित रूपमा ह्या Hangouts्गआउट्समा स्विच हुनेछन्, जबसम्म ठेक्का सम्झौताहरू लागू हुँदैनन्। प्रयोगकर्ताहरूका लागि जो गुगल टकको लुक र अनुभवलाई प्राथमिकता दिन्छन्, त्यहाँ ह्या Hangoutsआउट्समा एक घन रोज्टर सेटिंग छ जुन समान अनुभव प्रदान गर्दछ।
ती प्रयोगकर्ताहरू जसले प्रयोग गर्न जारी राख्दछन् Android को लागी पुरानो Google कुराकानी अनुप्रयोग, जुन गुगल प्ले स्टोरमा २०१ Hangouts मा ह्या Hangouts्गआउट्स द्वारा प्रतिस्थापित गरिएको थियो, तपाईंलाई थाहा हुनुपर्दछ कि यो यो पनि परिचालन हुन रोकिनेछ.
पुरानो गुगल टक एन्ड्रोइड अनुप्रयोग २०१ in मा प्ले स्टोरमा प्रतिस्थापन गरिएको थियो र काम गर्न रोकिनेछ। एन्ड्रोइड प्रयोगकर्ताहरूलाई अब ह्या install्गआउट्स स्थापना गर्न सल्लाह दिइन्छ।
जीमेलमा गुगल टकको अन्त्य अप्रिल देखि हुने अन्त्यको अर्को तरंगको अंश हो
समाचार उही प line्क्तिमा अन्य घोषणाहरूको सहयोगीको रूपमा आउँदछ जुन मार्फत गुगलले सार्वजनिक गरिसकेको छ जीमेल एड्-अनहरूको श्रृंखलाको अन्त जुन अप्रिल २ on मा उत्पादन हुनेछ, प्रमाणित आइकन, गुगल भ्वाइस प्लेयर, पिकासा पूर्वावलोकन, द्रुत लिंक, येलप पूर्वावलोकन, र अधिकका साथै Gmail मा गुगल + प्रोफाइलहरू पठाउन सक्ने क्षमतासहित, र Google+ सर्कलको प्रयोग सहित Google+ प्रोफाइलहरू सहित।
न त यो हामीले बिर्सनु पर्छ कि गुगलले पनि यसको योजनाहरू घोषणा गरेको छ ह्या from्गआउट्सबाट एसएमएस पाठ सन्देश सेवा हटाउनुहोस्, केहि जुन मे २२ मा देखा पर्नेछ।
अर्को केही हप्ताहरूमा, तपाईं क्लासिक ह्या Hangouts्गआउट्स अनुप्रयोगमा अधिसूचना देख्नुहुनेछ जुन पहिले नै तपाईंको फोनमा अर्को एसएमएस अनुप्रयोगमा स्विच गर्न वा एन्ड्रोइड सन्देशहरू डाउनलोड गर्न को लागी उपलब्ध छैन भने। नयाँ सन्देश अनुप्रयोग छनौटले तपाईंको SMS सन्देश ईतिहासमा असर गर्दैन र तपाईंको सबै सन्देशहरू तपाईंको छनौटको नयाँ अनुप्रयोगमा पहुँच योग्य हुनेछ।. | 2022/07/04 15:02:38 | https://www.androidsis.com/ne/%E0%A4%97%E0%A5%81%E0%A4%97%E0%A4%B2-%E0%A4%9F%E0%A4%95-%E0%A4%9C%E0%A5%80%E0%A4%AE%E0%A5%87%E0%A4%B2-%E0%A5%A8-June-%E0%A4%9C%E0%A5%82%E0%A4%A8-%E0%A4%AC%E0%A4%A8%E0%A5%8D%E0%A4%A6-%E0%A4%B9%E0%A5%81%E0%A4%A8%E0%A5%87%E0%A4%9B/ | mC4 |
नेकपाको सचिवालय संवैधानिक परिषद् हैन: कांग्रेस « Nepal'S Largest Digital Online Newspaper (Magazine)
नेकपाको सचिवालय संवैधानिक परिषद् हैन: कांग्रेस
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय प्रति आक्रोश व्यक्त गरेको छ ।विपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता एवम् सुचना सञ्चार तथा प्रचार विभाग प्रमुख विश्व प्रकाश शर्माले एक प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, प्रधानमन्त्री ज्यू, हेक्का रहोस नेकपा सचिवालय संवैधानिक परिषद् हैन् ।
विहिबार जारी विज्ञप्ति अनुसार नेकपा नेतृत्वको सरकारले संवैधानिक परिषद्को गरिमालाई निरन्तर अवमूल्यन गर्दै आएको आरोप लगाएको छ ।लोकतान्त्रीक राज्य व्यवस्थामा संवैधानिक परिषद्को अलग्गै महत्व मर्म र मुल्य हुन्छ भन्ने सरकारले नबुझ्नु दुखद रहेको उल्लेख गरेको छ ।
संवैधानिक निकायको गठनमा लामो समय ढिलाई गरियो। अध्यादेश मार्फत संवैधानिक परिषद्को औचित्य समाप्त पार्ने असफल षड्यन्त्र पनि यस विच गरियो विज्ञप्तिमा उल्लेख गरिएको छ ।नेकपा सचिवालय बैठकले पछिल्लो समय संवैधानिक नियुक्ती गर्ने विषयमा जुन रुपमा आफूलाई संग्लग्न गरायो ।यसबाट त्यसको बचेको गरिमा अन्त्य गर्ने सरकार उदृत रहेको आरोप कांग्रेसले लगाएको छ ।
संवैधानिक परिषद र संवैधानिक नियुक्तिका सन्दर्भमा संविधानले प्रबन्ध गरेको व्यवस्था , पद्धती भन्दा बाहिर गएर कार्य नगर्न कांग्रेसले प्रधानमन्त्रीलाई सजग गराउँदै सार्वजनिक रुपमा अपिल गरेको छ । | 2022/01/17 07:58:20 | https://www.onlinepana.com/content/1120/ | mC4 |
घर फर्किन थाले नेपाली – Mission
घर फर्किन थाले नेपाली
रोजगारीका लागि भारत पसेका नेपालीहरु घर फर्किन थालेका छन् । कोरोना संक्रमण बढेसँगै भारतका विभिन्न शहरहरुमा लकडाउन हुन थालेसँगै नेपालीहरु घर फर्किन थालेका हुन् । केही दिनयता नेपाल भारत सीमा नाका जमुनाहा भएर घर फर्किने नेपालीहरुको संख्या बढिरहेको ईलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ ।
कोरोना संक्रमण तिव्र रुपमा बढेपछि रोजगारीका लागि भारतका विभिन्न शहरमा पुगेको नेपालीहरु घर फर्किन थालेका हुन् । गतवर्ष कोरोनाको पहिलो लहर सुरु हुँदा घर फर्किएका नेपालीहरु संक्रमण दर कम भएसँगै कामको खोजीमा भारत पसेका थिए । अहिले भारतमा कोरोनाको दोस्रो लहर सुरु भएसँगै रोजगारी गुमेपछि नेपालीहरु घर फर्किरहेका छन् । ईलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) बिष्णु गिरीले अहिले नाकामा घर फर्किनेहरुको चाप रहेको जानकारी दिए ।
उनका अनुसार अहिले नेपालबाट भारत जानेभन्दा भारतबाट नेपाल आउनेहरुको संख्या धेरै रहेको छ । 'नेपालबाट भारत जाने नेपालीहरुको संख्या शून्यजस्तै भइसकेको छ' उनले भने, 'भारतबाट घर फर्किनेहरुको संख्या भने बढेको बढ्यै छ ।' ईलाका प्रहरी कार्यालय जमुनाहामा अनुसार बिहीबार ३२ सय, बुधबार ५ हजार, मंगलबार ६ हजार, सोमबार ४ हजार र आइतबार २ हजार नेपाली जमुनाहा नाका भएर घर फर्किएका थिए ।
प्रहरी नायब निरीक्षक गिरीले जमुनाहा नाका भएर पछिल्ला दिनहरुमा दैनिक सरदर चार हजार नेपालीहरु घर फर्किरहेको जानकारी दिए । रोजगारीका लागि भारतका विभिन्न ठाउँहरुमा पुगेको नेपालीहरु बालबच्चासहित घर फर्किएका छन् । घर फर्किनेहरुमा अधिकांश कर्णाली प्रदेशका विभिन्न जिल्लाका नेपालीहरु रहेको बताइएको छ । त्यसपछि क्रमशः लुम्बिनी, सुदुरपश्चिम र गण्डकी प्रदेशका नागरिकहरु रहेका छन् । अन्य प्रदेशका नागरिकहरु फाट्टफुट्ट मात्र रहेको प्रहरीले जनाएको छ ।
जमुनाहाबाट सिधैं बसपार्क
भारतबाट घर फर्किदै गरेका नेपालीहरुलाई जमुनाहाबाट सिधैं बसपार्कसम्म पुग्ने व्यवस्था मिलाइएको छ । नेपालगञ्ज उप–महानगरपालिकामा लकडाउन जारी गरिएपछि बस व्यवसायीहरुसँग समन्वय गरेर बसपार्कसम्म पु¥याउने व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
बसपार्कबाट आ–आफ्नो गन्तव्यतिर जाने व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए । 'भारतबाट नेपालीहरु धेरैको संख्यामा घर फर्किन थालेपछि उहाँहरुको सहजकताका लागि काम गरिरहेका छौं' उनले भने, 'उहाँहरुलाई सहज रुपमा गन्तव्यसम्म पुग्ने व्यवस्था मिलाइएको छ ।' सहज व्यवस्थापनको लागि नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक रानाले जानकारी दिए ।
नाकामै स्वास्थ्य परीक्षण
भारतबाट नेपाल प्रवेश गर्ने नेपालीहरुको स्वास्थ्य परीक्षणको लागि जमुनाहा नाकामा नै 'हेल्थ डेस्क' स्थापना गरिएको छ । नाकामा नै ज्वरो परीक्षण गरेर मात्र नेपाल पठाउने गरिएको जमुनाहा नाकामा 'हेल्थ डेस्क' को व्यवस्थापन गरेको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
हेल्थ डेस्कका इन्चार्ज चिरञ्जीवी ज्ञवालीले नेपाल आउने सवै नागरिकको ज्वरो मापन गरिने, कुनै व्यक्तिमा ज्वरो देखिए तथा रुघा खोकी जस्ता लक्षण देखिएमा उनीहरुको एन्टिजेन बिधिमार्फत कोरोनाको जाँच गरिने गरिएको जानकारी दिए । हेल्थ डेस्कमा संक्रमित देखिएकाहरुलाई पहिला सम्बन्धित गृह जिल्लामा सम्बन्धित व्यक्तिको आफ्नै खर्चमा एम्बुलेन्समार्फत पठाउने गरेको थियो । अहिले भने नेपालगञ्ज उप–महानगरपालिका स्वास्थ्य शाखाले नेपालगञ्जमा रहेको होटल ह्वाइट हाउसमा व्यवस्थापन गरेको आइसोलेसनमा पठाउन थालेको छ । | 2021/12/09 05:03:30 | https://missiontodaynews.com/2021/04/46069 | mC4 |
नेप्से परिसूचक दोहोरो अंकले वृद्धि,हरेक दिन नयाँ रेकर्ड तोड्दै - Likhu Online
५ माघ २०७७, सोमबार १८:२१ प्रकाशित
काठमाडौँ, माघ ५ गते । लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले वृद्धि भएको छ । हरेक दिन नयाँनयाँ रेकर्ड बनाउँदै अगाडि बढिरहेको नेप्से आजको वृद्धिपछि नयाँ उचाइमा पुगेको छ ।
कारोबार भएका कम्पनीहरु मध्ये ११० कम्पनीको शेयर उकालो लागेको छ भने ५३ कम्पनीको शेयर ओरालो लागेको छ । कूल १३ कम्पनीको शेयरमा भने कुनै परिवर्तन भएन । कारोवारका आधारमा सिभिल लघुवित्त वित्तीय संस्था १०, विशाल बजार कम्पनी ९।९८, गुर्खाज फाइनान्स ९.९७, नारायणी डेभलपमेन्ट ९.९८, स्वाभिमान लघुवित्त ९.९६, आरम्भ चौतारी लघुवित्त ९.९५, सामुदायिक लघुवित्त ९.९५, समिट लघुवित्त वित्तीय संस्था ९.९५ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ९.९५ प्रतिशतले कमाए । यसैगरी समृद्धि फाइनान्स ४.१४, एभरेष्ट बैंक ३.८३, साङ्ग्रिला डेभलपमेन्ट बैंक ३.६४, गुडविल फाइनान्स ३.०७, मिर्मिरे फाइनान्स २.९३, आइएमई जनरल इन्स्योरेन्स २.४३ र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले २.३७ प्रतिशतले गुमाए । | 2021/03/06 17:19:11 | https://likhuonline.com/2021/01/18/11634/ | mC4 |
म संगठनको काम विशेषले काठमाण्डौं गएं । के के भुलेजस्तो, के के नगरेजस्तो मलाई भान भयो । म जति दिनको योजना बनाएर गएको थिएं, त्यति दिन नपुग्दै म फर्किए । मैले त्यतिबेला कसैलाई नभने पनि म शिवानीलाई नैं भेट्न आतुर भएर नेपालगञ्ज फर्केको थिएं । म फर्किने थाहा पाएर शिवानी बसपार्क नैं पुगेकी रहिछन्, त्यति बेला म अशिम खुसीको भेलमा डुबुल्कि मार्दै मनमनै खुसी भएको क्षण म कहिल्यै भुल्न सक्दैन ।
हामी दुवैलाई थाहा थियो, हामी एक अर्कालाई प्रेम गर्छौं भन्ने कुरा । तर हामी दुबैले एक अर्कालाई भनेका थिएनौं । मैले म तिमीलाई मन पराउँछु भन्न खोज्दा पनि भन्न सकिरहेको थिईन । उनले त झन् भन्न सक्ने कुरै भएन । मैले एकदम हिम्मत गरेर भन्ने प्रयास गरें तर प्रत्यक्ष सकिन । एउटा गीतको मैले साहारा लिएको थिए । त्यो गीतलाई मैले उनको भावना बुझ्न शिवानीलाई सुनाएको थिएँ ।
यो गित सुनेर उनी मुस्कुराईन् । मैले पटकपटक त्यहि गीत गुनगुनाएर उत्तर खोजेपछि उनले ‘मैले’ भनेर उत्तर दिईन् । हाम्रो औपचारिक प्रेम सम्बन्ध त्यो दिन देखि शुरुवात भएको थियो ।
प्रेम पूर्व तयारीका साथ हुंदैन भन्ने कुराको ज्वलन्त उदाहरण थियो हाम्रो प्रेम । संयोग, सहकार्य, सहयात्रा र निरन्तरताले उब्जाएको थियो हामी बिचको प्रेम । हाम्रो पहिलो प्रेम थियो त्यो । अब सबैकुरा पहिलेको तुलनामा बढि आदानप्रदान हुन थाले । प्रेम पुरुषले पनि पक्कै गर्छ तर पुरुष भन्दा बढि प्रेम महिलाले गर्छ, त्यो कुरा मैले शिवानीबाट थाहा पाएको हुँ । जो आफुलाई भन्दा बढि माया मलाई गर्थिन् । त्यति खेर म सोच्थें, कतै त्यो प्रेमलाई म वास्तबिक प्रेममा रुपान्तरण गर्न सक्छु कि सक्दैन भनेर ।
उनले पनि मलाई भन्थिन् – ‘केटाहरु धोकेबाज हुन्छन्, राम्री केटी पाउने बित्तिकै अरु तिर लाग्छन् ।’ अरु केटाहरुको त्यस्तो चाला देखेका कारणले पनि मैले प्रतिवाद गर्थेन, बस् म यति मात्र भन्थें –‘ मलाई अरु केटाहरु जस्तो नठान ।’ अरुको प्रेम कहानीमा भनेजस्तो आकाशका तारा झार्ने जस्ता सपना हामी दुवैले एकअर्कालाई बाँडेनौं । हामी केवल व्यवहारिक पक्षका बारेमा मात्र कुरा गथ्र्यौं । त्यतिखेर मेरा सबै बानी उनलाई मन पर्थे, उनका सबै बानी मलाई मन पर्थे । हामी दुबैको बिवाहका बारेमा समझदारी थियो ।
संयोगले उनलाई संगठनले नेपालगञ्ज बाहिर खटाईदियो । संगठन नैं हाम्रो जग र भविष्य भएका कारण संगठनको निर्णयलाई हामीले मान्नै पथ्र्यो । उनलाई नेपालगञ्जको परिवेश पनि त्यति मन परिरहेको थिएन । उनले जाने सहमति व्यक्त गरिन् र गईन् । भन्ने गरिन्छ, जति माया मिलनमा हुन्छ, त्यो भन्दा बढि माया बिछोडमा हुन्छ रे । तर हाम्रो जीवन विशेष गरि मेरो जीवनमा त्यो कुरा लागु भएन, ठिक बिपरित भयो ।
चलचित्रको रिल सुल्टो नघुमेर उल्टो घुमे झैं भयो । उसलाई राजनीतिमा ल्याउने र राजनीतिका माध्यमबाट यहाँसम्म पु¥याउनुमा उनको निरन्तरता र केही गर्ने ईच्छाशक्ति संगै मेरो ठुलो हात छ, शायद त्यो कुरा पनि उनले भुलिन् । उसो त उनी तपाईंकै मायाका कारणले राजनीतिमा आएको बताउँथिन्, शायद त्यो कुरा पनि उनले भुलिन् क्यारे ।
उनको महत्वपूर्ण जीवनको आरोह र अवरोहमा साथ दिने म थिएं । उनलाई साह्रो गाह्रो पर्दा साथ दिने म थिएं । ति सबै कुरा उनले अतित बनाईदिईन् । उनी नेपालगञ्ज छाडेर बाहिर गएको केही समय पछि उनी मेरो सम्पर्क भन्दा टाढा रहिन्, मैले कैयौं पटक सम्पर्क गर्न खोज्दा पनि उनी सम्पर्कमा आउन चाहिनन् । | 2021-03-02T23:05:50Z | https://www.sathikhabar.com/news/7320 | OSCAR-2109 |
एनसेल मेला ६ वटा शहरमा हुने - Aarthiknews
एनसेल मेला ६ वटा शहरमा हुने
बुधबार, ११ मंसिर २०७६
काठमाडौं । एनसेलले देशको विभिन्न ६ वटा शहरहरुमा एनसेल मेला २०७६ आयोजना गर्ने घोषणा गरेको छ । यो मेला इटहरी, बिर्तामोड, जनकपुर, वीरगंज, धनगढी र बुटवलमा आयोजना गरिने एनसेलले जनाएको छ ।
यी ६ वटै शहरहरुमा एनसेल मेला १० बजे शुरु भई कम्सर्ट सहित साझ ७ बजे सम्म चल्नेछ । गीत–संगीत, किड्स जोन, डिजीटल जोन देखि विभिन्न फिजीकल एक्टिभिटी बुथहरु, स्थानिय पर्यटन गन्तव्यहरुको प्रवर्धन र एनसेलका विभिन्न सेवा तथा सुविधाहरुमा आर्कषक अफर र उपहारहरु यस मेलामा समावेश गरिएका छन् । मेलामा आउने सबै उमेर समुहका दर्शकहरुको मनोरञ्जनलाई ध्यानमा राखि विभिन्न कार्यक्रमहरु समावेश गरिएका छन् । | 2020/05/28 22:34:18 | https://aarthiknews.com/news/9809 | mC4 |
फोटो फिचर Archives - Asian Samachar
सुन्दर रारा अनि अवस्मरणीय यात्रा मङ्लबार, कार्तिक २१, २०७४ 0 responses गीत शर्मा पौडेल, आन्तरिक पर्यटनमा रमाउने युवाहरुको एक उत्कृष्ट गन्तव्य हो रारा । राराको विषयमा धेरै ठाँउमा पढेकी थिए त्यसकारण रारा घुम्न जाने उत्कट चाहानाले अन्ततः मुर्त रुप लियो । अहिलेका युवा पुस्ताहरुको रोजाइमा परेको रारा हाम्रो पनि अन्तिम गन्तव्य बन्यो र थालियो रारा जाने योजना । कतिपय व्यक्तिहरु...
युगिन शालिकहरु, जहाँ प्रत्येक चिनियाँको श्रद्धा छ सोमवार, भदौ १२, २०७४ 0 responses पुष्प न्यौपाने, विशाल चीनका अग्ला पहाडि भु भाग, हजारौं किलोमिटरका मैदानी फाँटहरु, लामा–लामा नदि नाला, पहाड, पर्वत र भञ्ज्याङहरुको अनवरत पैदल यात्रासंगै महत्वाकाँक्षी लङ मार्च र सैन्य मार्चमा आफ्नो संगठनलाई अपराजित यात्रामा होम्न सफल माओ त्से तुङका शालिकहरु चीनका महत्वपूर्ण सिटीहरुमा ब्याप्त छन् । विभिन्न सिटीमा रहेका माओका अग्ला...
रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा सम्पन्न (फोटो फिचर) बिहिबार, जेष्ठ ११, २०७४ 0 responses ललितपुर, वर्षा र सहकालका देवताका रूपमा मानिने रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा आज ललितपुरमा सम्पन्न भएको छ। जावलाखेलमा आज विशेष समारोहका बीच मच्छिन्द्रनाथको भोटो देखाइएपछि रथजात्रा पनि औपचारिक रुपमा सम्पन्न भएको हो ।गुठी संस्थान ललितपुरका प्रमुख वैकुण्ठ आचार्यले हिराजडित भोटो देखाएका थिए । भोटो अवलोकनपछि राष्ट्रपति भण्डारी, प्रधानमन्त्री दाहाल...
काठमाडौंमा चीनले बनाइदियो भव्य सशस्त्र क्याम्प (फोटो फिचर) सोमवार, चैत्र ७, २०७३ 0 responses काठमाडौको माथातिर्थमा अवस्थित एसिया कै दोस्रो ठूलो निर्माणाधिन सशस्त्र क्याम्पको निर्माण कार्य अन्तिमा चारणमा, चाइनाले बनाइदिएको क्याम्प यस्तो बनेको छ – फोटो फिचर (तस्बिर : बिष्णु प्रिया रिजाल )
चन्द्रागिरी डाँडामा हिँउ पर्यो आइतवार, फाल्गुन २९, २०७३ 0 responses काठमाडौंको चन्द्रागिरी डाँडामा हिँउ परेको छ। हिउँ परेपछि त्यहाँ हिँउ खेल्न जानेहरुको संख्या बढेको छ। फागु पुर्णिमाका दिन चन्द्रागिरीमा विशेष मेला लाग्छ। चन्द्रागिरीको टप स्टेशन वरिपरि हिँउ परेपछि त्यहाँ पुगेका मानिसहरु खुसी भएका छन्। चन्द्रागिरीको उचाइ २५ सय ५२ मिटर छ।
यसरी मनाइयो ६७ औं प्रजातन्त्र दिवश (फोटोफिचर) शनिबार, फाल्गुन ७, २०७३ 0 responses काठमाडौं, नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट निरङ्कुश राणा शासनको अन्त्य र लोकतन्त्रको थालनी भएको दिनका सम्झनामा मनाउँदै आइएको राष्ट्रिय प्रजातन्त्र दिवसको विशेष कार्यक्रम गरि मनाइएको छ । सैनिक मञ्चमा आयोजित ६७ औँ राष्ट्रिय प्रजातन्त्र दिवस २०७३, को विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानन्यायाधीश सुशीला...
आठौं महाधिवेशन उद्धघाटन सत्रको फोटो फिचर सोमवार, फाल्गुन २, २०७३ 0 responses काठमाडौं, नेकपा (माओवादी) को आठौं महाधिवेशन काठमाडौंको खुलामञ्चमा निकै धुमधामका साथ सम्पन्न भयो । देशभरका झाँकी, वाजागाजा र विभिन्न कलात्मक पक्षहरुले सिंगारिएको विप्लव नेतृत्वको नेकपा (माओवादी)को ऐतिहासिक महाधिवेशनमा देखिएका दृष्यहरुलाई एसियन समाचारले फोटो फिचरमा प्रस्तुत गरेको छ । आठौं महाधिवेशनका लागि तयार पारिएको विशाल व्यानर ...
राजधानीमा नेकपा (माओवादी)को आठौं महाधिवेशनको भब्य उद्घाटन आइतवार, फाल्गुन १, २०७३ 0 responses काठमाडौं, नेकपा (माओवादी)को आठौं महाधिवेशनको राजधानीमा भब्य उद्घाटन गरिएको छ । पार्टी महासचिव विप्लवले बेलुन उडाएर महाधिवेशनको उद्घाटन गरेका छन् । २२ औं जनयुद्ध दिवस तथा ८ औं महाधिवेशन भएकाले विप्लवले संयुक्त रुपमा जनयुद्ध दिवश र महाधिवेशन लेखिएका ३० वटा बेलुन उडाएर उद्घाटन गरेका हुन् । राजधानीको खुलामञ्चमा अहिले...
तिलीचो तालको मनमोहक दृश्य बुधबार, माघ २६, २०७३ 0 responses
माइतीघरमा फहराइयो इतिहासकै ठूलो राष्ट्रिय झण्डा आइतवार, माघ १६, २०७३ 0 responses काठमाडौ- शहीद दिवसको अवसरमा आइतबार राजधानीको माइतीघर मण्डलामा इतिहासकै ठुलो नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । नेपाली राष्ट्रिय देशभक्त युवा समाजको अगुवाइमा फहराइएको झण्डा इतिहासकै ठूलो भएको दाबी गरिएको छ । राष्ट्रकवि माधव घिमिरे र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संयुक्त रुपमा झण्डा फहराएका छन् । क्रेनको सहायताको...
सिन्धुलीको ऐतिहासिक सिन्धुलीगढी संरक्षणको पर्खाइमा-फोटो शनिबार, माघ १५, २०७३ 0 responses
निशाकुशुम र अभिषेकबीच राष्ट्रपति भवनमा विवाह सम्पन्न (फोटो फिचर) सोमवार, माघ ३, २०७३ 0 responses काठमाडौं, राष्ट्रपति विद्यादेवि भण्डारीकी कान्छी छोरी निशाकुशुम र पूर्वराष्ट्रपति रामवरण यादवका नाति अभिषेकबीच सोमबार राष्ट्रपति भवन शीतल निवासबाट विवाह भएको छ । हेर्नुहोस् विवाहका केही तस्बीरहरु-
यसरी मनाइयो पृथ्वी जयन्ती, राष्ट्र निर्माताको सालिकमा १०८ मिटर लामो माला बुधबार, पुस २७, २०७३ 0 responses काठमाडौं,पुस २७- पृथ्वीनारायण शाहको २९५ औं जन्मजयन्ती नागरिकस्तरबाट बिभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । सिंहदरवार अगाडि रहेको पृथ्वीनारायणको शालिकमा बुधबार बिहान १०८ मिटर लामो माला चढाएको छ । विभिन्न संघ संस्थाका प्रतिनिधिले समेत उहाँको सालिकमा फूल गुच्छा चढाएर उहाँको योगदानको चर्चा गरेका थिए । गोर्खा समाजले शाहको तस्बिरलाई...
राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ नेता ल्यु छिपाओबीच भेटवार्ता बुधबार, पुस ६, २०७३ 0 responses
संविधान संशोधन प्रस्ताव विरुद्ध 'जनप्रदर्शन'-(फोटोसहित) मङ्लबार, पुस ५, २०७३ 0 responses काठमाडौँ- सरकारले संविधान संशोधन विधेयक संसदमा पेस गरेपछि नेकपा एमालेले सदन र सडक मार्फत यसको विरोध गर्दै आएको । एमालेलाई सदन र सडकमा विरोध गर्न ८ दल साथ दिएका छन्। संशोधन विधेयक दर्ता विरुद्ध संयुक्त युवा विद्यार्थी संगठनहरुले आयोजना गरेको प्रदर्शनमा एमाले लगाएतका नेताहरु उपस्थित थिए । एमालेको नेतृत्वमा... | 2017/11/23 18:42:38 | https://asiansamachar.com/category/photo-feature/ | mC4 |
भक्तपुरमा नेवाः पत्रकारको अधिवेशन सम्पन्न - Swaviman Nepal
Home राजनीति भक्तपुरमा नेवाः पत्रकारको अधिवेशन सम्पन्न
भक्तपुरमा नेवाः पत्रकारको अधिवेशन सम्पन्न
भक्तपुर । नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुर शाखाको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । भक्तपुरमा आयोजना गरिएको सो अधिवेशनको उद्घाटन नेपाल प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले गर्नुभएको थियो ।
कार्कीले देशको सार्वभौमिता, स्वतन्त्रता र राष्ट्रिय अखण्डता खतरामा परेका बेला सबै भाषाभाषी, जातजाति तथा क्षेत्रका सञ्चारकर्मीहरु यसको सुरक्षामा लाग्नुपर्ने बताउनुभयो । उहाँले सञ्चारकर्मी तथा सञ्चारमाध्यमले कुनै पनि क्षेत्रमा समस्या बढाउनेभन्दा भइरहेको समस्याको समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टले श्रमजीवी पत्रकारहरुको अवस्था दयनीय भएकाले पत्रकारितालाई मर्यादित, व्यवस्थित र आकर्षित गर्न श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक १९ हजार पाँच सय र सञ्चार खर्च एक हजार गरी २० हजार पाँच सय सिफारिस गरिएको बताउनुभयो । नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष श्रीकृष्ण महर्जनले नेपाल पत्रकार महासंघ सबै भाषाभाषी र जातजाति तथा क्षेत्रका सञ्चारकर्मीहरुको साझा संस्था हुन नसकेको गुनासो गर्नुभयो । नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय उपाध्यक्ष राज्यलक्ष्मी शाक्यले महिला पत्रकारको संख्या अत्यन्त न्यून भएका कारण महिलालाई पनि पत्रकारिता क्षेत्रमा प्रोत्साहन गर्न नेपाल पत्रकार महासंघलगायत संस्थाबाट नै विशेष योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।
सो अधिवेशनले ईश्वरकाजी खाइजूको अध्यक्षतामा १३ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरेको छ । उपाध्यक्षमा सुन्दर शिल्पकार, सचिव सिमान्त शिल्पकार, सहसचिव रामगोपाल तमखु र कोषाध्यक्षमा दीपक श्रेष्ठ चुनिएका छन् । सदस्यहरुमा रमिता त्वानावासु, रीता दुवाल, प्रतिमा सैंजू, सुरेन्द्र श्रेष्ठ, किरण सुवाल, नारायण त्यात, प्रकाश मल्ल र राजन गरु सर्वसम्मत भएका छन् । कीर्तिपुरमा आगामी वैशाख ११ गते हुन गइरहेको नेवाः राष्ट्रिय पत्रकारको दोस्रो राष्ट्रिय महाधिवेशनका लागि ११ जना पार्षद् सदस्यहरु सो भेलाले चयन गरेको छ । | 2020/10/28 10:50:40 | http://swaviman.com/2016/03/22/%E0%A4%AD%E0%A4%95%E0%A5%8D%E0%A4%A4%E0%A4%AA%E0%A5%81%E0%A4%B0%E0%A4%AE%E0%A4%BE-%E0%A4%A8%E0%A5%87%E0%A4%B5%E0%A4%BE%E0%A4%83-%E0%A4%AA%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A4%95/ | mC4 |
अमेरिकामा पत्ता लाग्यो कोरोनालाई निष्क्रिय बनाउने औषधि | Janakpur Today
युनिभर्सिटी अफ पिटर्सवर्ग स्कुल अफ मेडिसिनका वैज्ञानिकहरुले कोरोनालाई निस्क्रिय बनाउने उपचारविधि पत्ता लगाएका छन् । उनीहरुले सार्स–कोभ २ भाइरस निष्क्रिय बनाउने निकै सानो बायोलोजिकल कण विश्वविद्यालयमा आइसोलेटेड गरेका छन् । यो एन्टीबडीको तत्त्व पूर्ण आकारको एन्टीबडीभन्दा १० गुणा सानो छ र एबी ८ नाम औषधि बनाउन यसको प्रयोग गरिएको छ । वैज्ञानिकहरुले सेल नामक जर्नलमा प्रकाशित गरेको रिपोर्टमार्फत यो जानकारी बाहिर आएको हो । | 2020/09/22 03:39:46 | https://ejanakpurtoday.com/18140/ | mC4 |
केएल टावरमा शुरु भयो विग सेल कार्निभल, ग्राहकतान्न छुटको अफर « Clickmandu
केएल टावरमा शुरु भयो विग सेल कार्निभल, ग्राहकतान्न छुटको अफर
प्रकाशित मिति : १२ माघ २०७३, बुधबार १७:०९
राजधानीको चाबहिलस्थित केएल टावरमा बुधबारदेखि विग सेल कार्निभल इभेन्ट सुरु भएको छ । तीन साता चल्ने कार्निभल अवधिभर ग्राहकहरुले विभिन्न सामाग्रीको खरिदमा ५० प्रतिशतसम्म छुट पाउने कम्पनीले जानकारी दिएको छ ।
माघ १२ गतेबाट सुरु भएको विग सेल कार्निभल फागुन ७ गतेसम्म चल्नेछ । उक्त अवधिमा के एल टावरमा सपिङ गर्ने ग्राहकले लत्ताकपडा, जुत्ता, चम्पल, चस्मा, घडी, ब्याग कस्मेटिक लगायतका सामानमा ५० प्रतिशतसम्म छुट दिइने इभेन्ट संयोजक हिरामणी तिमिल्सनाले जानकारी दिए ।
कार्निभल अवधिभर केएल टावरमा विभिन्न आकर्षक कार्यक्रमहरुको समेत आयोजना हुनेछन् । जसमा बालबालिका र परिवारलाई दैनिक रुपमा उपहार, नि शुल्क फेस पेन्टिङ,फेशन सो, गेम सो, फ्रि नेल आर्ट, फ्रि फोटो सुट तथा विभिन्न सांगितिक कार्यक्रमहरु समेत आयोजना गरिने कम्पनीले जानकारी दिएको छ ।
टावरमा पुरुषका लागि ब्राण्डेड लुगा, सर्टिङ सुटिङ, महिलाहरूका लागि गरगहना तथा बुटिक र बालबालिकाका लागि खेलौनाका पसल र विभिन्न ब्राण्डका इलेक्ट्रोनिक्स सामानका पसल रहेका छन् । साथै, डिपार्टमेण्टल स्टोर, मल्टिप्लेक्स, फूड कोर्ट र बलिङ एण्ड गेम जोन समेत संचालनमा रहेका छन् । साढे दश तले टावरमा ५० भन्दा बढी संख्यामा स्तरीय स्टोरहरु सञ्चालनमा रहेका छन् । | 2022/01/23 13:14:49 | https://clickmandu.com/2017/01/6262.html | mC4 |
एन्टीबायोटिक्सको जथाभावी प्रयोग कति घातक ? - Nepaliraibar
एन्टिबायोटिक्सको प्रयोग त्यसबेला मात्र गर्नुपर्छ, जब शारीरिक समस्या ब्याक्टेरियाको कारणले पैदा भएको हो भन्ने टुंगो हुन्छ । एन्टिबायोटिक्सको जथाभावी प्रयोग गर्दा ब्याक्टेरियाले त्यस बिरुद्ध लड्ने क्षमता विकास गर्छ ।
जसले गर्दा हाम्रो शरीरमा औषधीको प्रभाव रहँदैन । ब्याक्टेरियाले आफ्नो कोषिका बदलेपछि हामीलाई एन्टिबायोटिक्सले काम गर्दैन र समस्या थप चर्को बन्छ । एन्टिबायोटिक्स चलाएपछि पुरा डोज लिनुपर्छ । अन्याथा ब्याक्टेरियाले अर्को रुप लिएर आक्रमण गर्छ ।
यद्यपि जुनसुकै अवस्थामा एन्टिबायोटिक सेवन गर्छौ । यस किसिमको प्रयोगले शरीरमा भएका ब्याक्टेरियाले आफ्नो रक्षात्मक क्षमता बढाउँछ । कोषिका परिवर्तन गर्छ । यसलाई 'ड्रग रेजिस्टेन्स' भनिन्छ । यस्तो हुनु भनेको ठूलो जटिलता हो । जब शरीरमा ब्याक्टेरियाले आफ्नो कोषिका बदल्छ, तब औषधीको प्रभाव कम हुन्छ । रोग फेरी बल्झन्छ । र, त्यसले थप चर्को रुप लिन्छ ।
त्यसैले गर्दा चिकित्सकहरुले जुन एन्टीबायोटिक्स जसरी खान सल्लाह दिन्छन्, त्यही अनुसार किन खानु पर्छ भने त्यो समय भन्दा तल वा माथि उक्त एन्टीबायोटिक्सको प्रयोग गर्दा त्यो मात्रामा शरीरले उक्त औषधि प्राप्त गर्न सक्दैन ।
शरीरले आवश्यक्ता अनुसारको औषधि नै पाउन नसकेपछि उक्त औषधिले गर्नु पर्ने काम वा व्याक्टेरिया मार्नु पर्ने क्षमतामै ¥हास आउन सक्छ । त्यसैले त कुनै एन्टीबायोटिक्स दिनमा एक पटक खाए पुग्छ भने कुनै दिनमा दुई पटक वा तीन पटकसम्म पनि खानु पर्ने हुन्छ ।
'म्याजिक बुलेट' भनेर चिनिने एन्टीबायोटिक्स चिकित्सा क्षेत्रको चमत्कारी देन हो । यसको सही प्रयोग हुन सकेको अवस्थामा मानव जीवन स्वस्थ रहन सक्छ । यस्ता एन्टीबायोटिक्स कुनै पनि व्याक्टेरियल संक्रमणमा हुन सक्दछ ।
यसले लामो समय सम्म गर्नु पर्ने उपचारलाई छोट्याएर केही समय सम्ममै पनि ठीक पार्न सक्छ । यसलाई विभिन्न रोगहरुमा प्रयोग गर्न सकिने हुदाँ एन्टीबायोटिक्सका फाइदा धेरै छन् । तर यसको सही प्रयोग नभएको खण्डमा यसको बेफाइदा धेरै हुनसक्छ । अझ भावी पुस्तामा यसको असर धेरै हुन सक्ने देखिएको छ । जस्तै, | 2021/10/22 19:49:51 | https://nepaliraibar.com/2021/09/35857/ | mC4 |
०८५ सालसम्म प्रधानन्यायाधीश 'प्याक' - ०८५ सालसम्म प्रधानन्यायाधीश 'प्याक'
नेपालबहस संवाददाता २०७५, २९ जेठ, 05:25:36 AM
काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीश पदमा कम्तीमा ३ वर्ष काम गरेको व्यक्ति प्रधानन्यायाधीश पदमा नियुक्त हुने संवैधानिक व्यवस्था छ।
संवैधानिक परिषद्को सिफारिसमा प्रधानन्यायाधीशको र न्याय परिषद्को सिफारिसमा सर्वोच्च अदालतका अन्य न्यायाधीशको नियुक्ति राष्ट्रपतिबाट हुने संवैधानिक प्रावधान छ। न्याय परिषद् सचिवालयका अनुसार सर्वोच्चमा अहिले १९ जना न्यायाधीश कार्यरत हुनुहुन्छ भने एक प्रधानन्यायाधीश र एक न्यायाधीश पद रिक्त छ। १९ मध्ये कार्यक्षमता र वरिष्ठताका आधारमा २०८५ सालसम्मका लागि प्रधानन्यायाधीशमा नियुक्त हुन योग्य देखिएका छन्।
सर्वोच्चमा ३ वर्ष सेवा अवधि पूरा गरेका न्यायाधीशहरू दीपकराज जोशी, ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर जबरा हुनुहुन्छ। जोशी २०७० चैत ४ गतेदेखि कायममुकायम प्रधानन्यायाधीश छन्। तत्कालीन प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको बर्खास्तीपछि जोशी कायममुकाय बनेका हुन् ।
न्याय परिषद्ले वरिष्ठताका आधारमा जोशीसहित न्यायाधीशद्वय मिश्र र जबराको नाम सिफारिस गरिसकेको छ। मिश्र र जबराले २०७१ जेठ १३ गतेदेखि न्यायाधीशमा पदवहाली गर्नुभएको हो। जोशी, मिश्र र जबरा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला संवैधानिक परिषद्को अध्यक्ष भएका बेला नियुक्त भएका थिए ।
त्यसै गरी शारदाप्रसाद घिमिरे, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, ईश्वरीप्रसाद खतिवडा, डा। आनन्दमोहन भट्टराई, अनीलकुमार सिन्हा, प्रकाशमानसिंह राउत र सपना प्रधान मल्ल हुनुहुन्छ। २०७६ साउन १८ देखि कार्कीसहित ९ जना न्यायाधीशहरू प्रधानन्यायाधीशका दाबेदारका रूपमा रहनेछन्।
न्यायाधीशद्वय तेजबहादुर केसी र पुरुषोत्तम भण्डारी २०७३ माघ १८ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को समयमा नियुक्ति भएको देखिन्छ भने न्यायाधीशहरू बमकुमार श्रेष्ठ, डम्बरबहादुर शाही र टंकबहादुर मुक्तान २०७४ असोज २४ गते नियुक्त भएका छन् ।
शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला श्रेष्ठ, शाही र मुक्तान नियुक्त हुनुभएको देखिन्छ। उमेर हदबन्दीले नछेक्ने हो भने प्रधानन्यायाधीशको पदावधि छ वर्षको हुनेछ।
६५ वर्ष पूरा भएमा प्रधानन्यायाधीश वा न्यायाधीशको पद स्वतः रिक्त हुने नेपालको संविधान २०७२ मा उल्लेख छ। आजको नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ । | 2019/03/20 07:11:40 | https://www.nepalbahas.com/news/newspapaer/12633/ | mC4 |
कायाक म्याराथुनमा सोमबहादुर पहिलो – Saurahaonline.com
कायाक म्याराथुनमा सोमबहादुर पहिलो
नवलपरासी, ३ असोज । नेपाल ¥याफ्टीङ एण्ड कानोइङ एशोसिएसन नवलपरासीले आयोजना गरेको प्रथम राष्ट्रिय कायाक म्याराथुन प्रतियोगिता २०७३ मा तनहूँका सोमबहादुर मगर पहिलो भएका छन् ।
चितवनको जुगेडीबाट नवलपरासीको थुम्सीसम्मको करिब २० दुरी एक घण्टा तीन मिनेट २६ सेकेन्डमा पार गर्दै मगर पहिलो भएका हुन् । त्यसैगरी, उक्त दुरी एक घण्टा तीन मिनेट ३३ सेकेन्डमा पार गर्दै तनहूँकै खेम बहादुर थापा दोस्रो भएका छन् । प्रतियोगिता अन्तर्गत चितवनका राजेन्द्र गुरुङ तेस्रो, तनहूँका भरत गुरुङ चौथो र चितवनका सविन गुरुङ पाँचौँ भएका छन् ।
प्रतियोगितामा नेपालका विभिन्न जिल्लाका करिब २७ जना खेलाडीले भाग लिएका थिए । त्रिशुली नदी र नारायणी नदीको क्षेत्रलाई प्रतियोगिता स्थल बनाएर नवलपरासीले पहिलो पटक उक्त सहासिक प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा पहिलो भएका सोमबाहादुरले १५ हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र, दोस्रो भएका खेमबहादुरले १२ हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र, तेस्रो हुने राजेन्द्रले आठ हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र तथा चौथो भएका भरतले पाँच हजार रुपैयाँ र पाँचौँ भएका सविनले तीन हजार रुपैयाँ पुरस्कार हात परे ।
नेपाल ¥याफ्टीङ एण्ड कानोइङ एशोसिएसनका केन्द्रीय अध्यक्ष मानबहादुर न्यौपानेले पानीमा खेलाइने साहासिक खेलबाट आन्तरिक तथा बाह्य पर्यटन पवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्न सकिने बताए । यसरी क्यानोइङ प्रतियोगिता गर्दा खेल पर्यटनको समेत प्रवद्र्धन हुने न्यौपानेको भनाइ छ । कार्यक्रमको अध्यक्षता नेपाल ¥याफ्टीङ एण्ड कानोइङ एशोसिएसन नवलपरासीका अध्यक्ष शिव कुमालको अध्यक्षतामा भएको थियो भने कार्यक्रमका प्रमुख अतिथि चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंह रहेका थिए । | 2021/05/09 04:29:42 | https://saurahaonline.com/2016/09/20487/ | mC4 |
केही साताको अवस्था हेर्ने हो भने कोरोनाको असर विश्वभर कत्तिको पर्दैछ भन्ने प्रष्ट हुन्छ । योबीचमा एक दिन सरकारले श्रम स्वीकृति स्थगन गर्यो भन्ने खबरहरु आए । लगत्तै यो आधिकारिक...
युएई । अल अहलिया एक्सचेञ्जको विन्टर प्रोमोसन योजनाका बिजेतालाई उपहार हस्तान्तरण गरिएको छ । बुधबार आबुधाबी मुसाफा ब्रान्चमा एक कार्यक्रमको आयोजना गरी १ किलो सुन र २ वटा कार जितेका...
विश्वब्यापीरुपमा महामारीको रुप लिईरहेको कोरोना भाइरसका कारण बढ्दो त्रास र संभावित जोखिमलाई ध्यानमा राख्दै जापान इमिग्रेशन सर्भिस एजेन्सीले मार्च महिनामा भिसाको म्याद अवधि सकिन लागेका विदेशीहरुका लागि थप एक महिनाको...
सिटी एक्सप्रेस मनी ट्रान्सफर र खल्ती डिजिटल वालेट बिच रेमिटान्स सम्झौता भएको छ । एक कार्यक्रमका बिच सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र खल्ती डिजिटल वालेटको तर्फबाट निर्देशक...
नेपालमै पहिले पटक अनलाइन बाटै रेमिटेन्स गर्न मिल्ने भएको छ । खल्ती वालेट र नेपाल रेमिट बिच खल्ती एप बाटै मनि ट्रान्सफर सेवा प्रदान गर्ने सम्झौता भएको छ। विगत १५... | 2021-03-07T05:15:20Z | https://www.imandarmedia.com.np/2017/09/sport-news_27.html | OSCAR-2109 |
बिदाइको बेला प्रतिवेदन काटकुट ! « Jana Aastha News Online
बिदाइको बेला प्रतिवेदन काटकुट !
प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार १२:११
आज शुक्रबार नै अर्थ मन्त्रालयबाट बिदा हुने गरी बिहिबार दिनभर डा. युवराज खतिवडाको व्यस्तता रह्यो । काम थियो, फागुनमै बिदा हुनुपर्ला भनी तयार पारिएको प्रगति प्रतिवेदन काँटछाँट ।
संघीय संसदको सदस्य नरहेको व्यक्ति बढीमा ६ महिनासम्म मन्त्री पदमा बहाल हुन पाउने र त्यसअवधिमा संघीय संसदको सदस्यका रुपमा उपस्थित हुन नसके पद स्वतः निष्कृय हुने संविधानको व्यवस्था छ । डा.खतिवडाको हकमा यही व्यवस्था आकर्षित हुने भएको हो ।
तर,शुक्रबार राति १२ बजेसम्म संविधानतः जीवित रहने उनको पद स्वतः समाप्त हुनुपूर्व नै शुक्रबार कार्यालय समयभित्रै प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउने तयारी छ ।
राजीनामा दिएलगत्तै आफ्नो कार्यकालभरि भएका कामहरुको प्रगति विवरण सार्वजनिक गर्न बिहीबार दिनभर व्यस्त भएका हुन् ।
हिजो अपरान्ह सत्तारुढ नेकपाको बैठकले राष्ट्रियसभा सदस्यमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्न सरकारलाई निर्देशन दिएपछि र उक्त निर्देशन पालना गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता आएपछि डा. खतिवडा पुनः राष्ट्रियसभा सदस्य हुने सम्भावना समाप्त भएको छ ।
फागुनमा राष्ट्रियसभा सदस्यको पदावधि सकिएकै दिन उनले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । त्यसबेला उपचारार्थ अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्रीले अस्पतालबाटै उनलाई पुनः अर्थमन्त्रीमा नियुक्त गर्नुभएको थियो । आफू पुनः नियुक्त नभएमा कार्यकालभरिका प्रगतिहरु समावेश गरेर तयार पारिएको एउटा प्रतिवेदन पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने उनको तयारी थियो । तर, मन्त्री पदमा पुनः बहाल भएपछि त्यो प्रगति प्रतिवेदन त्यसै थन्कियो ।
अब भने पद रहने गुञ्जायस समाप्त भएपछि हिजो बिहीबार मन्त्रालयका सचिव, सहसचिव, विभिन्न निकायका महानिर्देशक तथा मन्त्रालयका विभागीय प्रमुखलाई दिनभरि आफ्नै कार्यकक्षमा राखेर फागुनको त्यही प्रगति प्रतिवेदन केरमेट गर्दै मिलाइएको छ ।
सम्भवतः आजै राजीनामाको घोषणासँगै उक्त प्रतिवेदन सार्वजनिक हुँदैछ ।
सञ्चारको सल्लाह
उता, माघदेखि सम्हाल्दै आएको सूचना प्रविधि तथा सञ्चार मन्त्रालयले पनि डा.खतिवडालाई आजै शुक्रबार बिदा गर्ने गरी बिहीबार दिनभरि विभिन्न तयारी तथा छलफल गरेको छ ।
सञ्चारले बिदाईका क्रममा उनलाई के–कस्तो उपहार दिने ? बिदाईका क्रममा दिइने फ्रेमयुक्त बपत्रमा कस्तो भाषा राख्नेजस्ता विषयमा बिहीबार दिनभर छलफल भएको हो ।
यसअघि सञ्चारबाट बिदा भएका मन्त्रीहरु मोहन बस्नेत, राम कार्की (पार्थ) र गोकुल बास्कोटाहरुको बिदाईमा दिइएका पत्रका भाषाहरु रुजु भइरहेको थियो ।
दोष दिँदै प्रधानमन्त्रीको उत्कट चाहना हुँदाहुँदै पनि पार्टी दबाबका कारण डा.खतिवडाको सांसद पद कायम नहुने भएको हो । तर, डा.खतिवडाको बुझाई भने फरक रहेछ ।
उनले विभिन्न सञ्चारमाध्यमलाई निकटस्थहरुसँग गरेको कुराकानी भन्दै सार्वजनिक गरेको बुझाई कस्तो छ भने, दीपक भट्टलगायतका व्यापारीहरुले आफूलाई अर्थमन्त्रीबाट जसरी पनि हटाउन चाहेका थिए, उनीहरु सफल भए । त्यससँगै उनले दोष लगाएका छन्, पार्टी महासचिव विष्णु पौडेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालहरुलाई ।
तर, प्रधानमन्त्रीको चाहनाका अगाडि यी कुनै पनि पात्रको कुनै भूमिकाले काममा बाधा पुग्ने अवस्था भने छैन । | 2021/12/07 05:30:50 | https://www.janaaastha.com/archives/15102 | mC4 |
नेपालगञ्ज, भदौ २२ । बाँकेमा थप एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ का ५९ वर्षीय एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो।
मृतकलाई तीन वर्षदेखि मुटुरोग को समस्या रहेकोे उपचारमा संलग्न चिकित्सकले बताएका स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए। उनको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा गएराति साढे ८ बजे मृत्यु भएको श्रेष्ठले बताए।
भदौ १२ गते स्वास्थ्यमा समस्या देखिएपछि उनको कोरोना परीक्षणका लागि भदौ १३ गते स्वाब लिइएको थियो। १५ गते पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो। यो सँगै बाकेमा कोरोना सक्रमणबाट मुत्यु हुनेको संख्या सात पुगेको छ। | 2022-12-06T15:18:33Z | http://ratopost.com/archives/33489 | OSCAR-2301 |
एजेन्सी : भारतमा एक २० दिने शिशुले कोरोना संक्रमणलाई पराजित गरेका छन् । भारतको चण्डीगढका सन्दीप कौरले जन्मदिएका छोरा २० दिनमै छोरा सुखदीप कोरोनाबाट संक्रमित भएका थिए । त्यसपछि ती शिशुलाई निकै ज्वरो आएपछि अस्पताल भर्ना गर्नुप¥यो । उपचारमा संलग्न बाल चिकित्सक डाक्टर जतिन्द्र सिंहका अनुसार शिशुलाई अस्पताल.....
भारतबाट फर्कनेलाई ५ वर्ष जेल र ६६ हजार डलर जरिवाना तिराउने अष्ट्रेलियाको चेतावनी
काठमाण्डाै । अष्ट्रेलियाले भारतबाट फर्कने आफ्ना नागरिकलाई पाँच वर्षसम्म जेल चलान गर्न सक्ने भएको छ । भारतमा कोरोना महामारी बढेसँगै भारतबाट आफ्ना नागरिकसहित सबै यात्रुलाई रोक लगाएको अष्ट्रेलियाले जबर्जस्ती गरेमा पाँच वर्षसम्म जेल या ६६ हजार अष्ट्रेलियन डलरसम्म जरिवाना गर्न सक्ने नियम पारित गरेको.....
खुसिको खबर: डब्लुएचओले पत्ता लगायो कोरोनाको स्रोत, बिश्वभर खुसियाली सक्दो सेयर गर्नुहोस
काठमाडौ । चिनियाँ र विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोनाको स्रोत पत्ता लागेको दावी गरेको छ । डब्लुएचओको संयुक्त टोलीले गरेको अनुसन्धानमा कोरोना भाइरस चमेरोबाट मानिसमा अर्को जनावरमार्फत सरेको प्रारम्भिक प्रतिवेदन तयार पारेको छ । चमेरामा पनि अर्कै जनावरवाट कोरोना प्रवेश गरेको र मानिसमा भने चमेरावाट.....
काठमाडौ । नेपालमा जारी पछिल्लो राजनीतिक घटनाक्रमलाई भारतीय राजनीतिक दलका नेताहरुले पनि बडो चासोका साथ हेरेका छन् । सर्वोच्च अदालतवाट फैसला आउनासाथ प्रतिकृया जनाएका भारतीय जनता पार्टी (बीजेपी) का नेता सुब्रमण्यन स्वामीले थप अगाडी बढेर प्रधानमन्त्री ओलीका बारेमा प्रतिकृया दिएका छन् । उनले प्रधानमन्त्री.....
५ महिनादेखि एक महिला कोरोना संक्रमित, ३१ पटक पोजेटिभ आएपछि…
एजेन्सी । गतसाल चीनको वुहानमा पहिलो पटक पत्ता लागेको कोरोना भाइरस (कोभिड–१९) करिब ६ महिनाभित्र विश्वभर फैलिसकेको थियो। सयमक्रमसँगै यस भाइरबारे नयाँ–नयाँ तथ्यहरू बाहिर आइरहेका छन्। अहिले पनि कोभिड–१९ भाइरसबारे विश्वका थुपै मुलुकका वैज्ञानिकहरू खोज अनुसन्धानमा जुटिरहेका छन् । यसैबीच भारतकी एक महिलामा.....
खुसीको खबर: अमेरिका र बेलायतमा भेटियो लिम्पियाधुरा नेपालकै भएको यस्तो नक्सा (सेयर गरौ)
एजेन्सी । अमेरिकाको राजधानी वासिङटनडिसीस्थित लाइब्रेरी अफ कंग्रेस, जोग्राफी एन्ड म्याप डिभिजनमा क्याटलग नम्बर G 7650 s 260.15 मा यो नक्सा संग्रहित छ ´। यो नक्सामा Kalee R. अर्थात् काली नदी देखिन्छ । त्यसको उद्गम लिम्पियाधुरा हो भन्ने स्पष्ट बुझिन्छ । यो नक्सा प्रकाशित हुनुभन्दा ११ वर्षअघि सन् १८१६ मा भएको सुगौली.....
घरमा ताला लगाएर श्रीमान भागे, १२ दिन देखि श्रीमती भोक भोकै ढोका बाहिर
एजेन्सी । ११ बर्षसम्म, १ डाक्टरले नाबालिग केटीसँग सम्बन्ध राखे । घटना खुलेपछि दबाबमा परेर बिहे गरे । तर जब उनीहरुबीच सम्बन्ध राम्रो भएन युवतीलाई घरबाहिर निकालिदिए । घरमा साँचो लगाएर डाक्टर सम्पर्क विहिन छन् । उनको श्रीमती १२ दिन देखि भोकै घर बाहिर धर्ना दिएर बसेकी छन । यो घटना भारत राजस्थानको धोलपुर.....
ब्राजिलका राष्ट्रपति भन्छन: कोरोनाको खोपले महिलाको दाह्री पलाउनसक्छ ।
ब्राजिल । कोभिड १९ को महामारी नियन्त्रणमा गम्भीर नबनेको भन्दै ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारो आलोचित बनिरहेका बेला उनले हालै कोभिडविरुद्धको खोपबारे विवादास्पद अभिव्यक्ति दिएका छन । कोभिड विरुद्धको खोप कोही पनि ब्राजिलियनलाई नलगाउने भन्दै उनले हालै यो खोप लगाए मानिस गोही बन्नसक्ने जिकिर गरे.....
मलेसियामा नेपाली कामदार २८ बर्षिय सुर्या बहादुरको सुतेकै अवस्थामा मृत्यु
मलेसिया । क्वालालम्पुर (मलेसिया) वैदेशिक रोजगारीको निम्ति मलेसियामा कार्यरत पुनः एक नेपाली कामदारको ओछ्यानमा सुतेकै अवस्थामा मृ!त्यु भएको छ । नेपाल ठेगाना सिन्धुली जिल्ला क्वान्द्रे ४ बेलगारी निवासी कामान सिंह तामाङको छोरा उमेर २८ बर्षिय सुर्या बहादुर तामाङको आज आईतवारको दिन बिहानको समयमा मलेसियाको.....
दु:खद खबर: दुनियाँकै मनमा बसेकी अभिनेत्री दिव्यको अल्प आयुमै मृत्यु
काठमाडौ । यतिबेला भारतिय कला क्षेत्रमा ठूलो शोक परेको छ । दुनियाँ स्तब्ध बनेका छन् । ये रिश्ता क्या कहलाता है चर्चित टेलिभिजन शोकी अभिनेत्री दिव्या भटनागरको सोमबार कोरोना भाइरस (कोभिड–१९) बाट निधन भएको छ । भाइरसबाट उत्पन्न जटिलताका कारण उनको अल्पआयुमा नै निधन भयो । कोरोनाबाट संक्रमित भएपछि उनलाई नोभेम्बरको..... | 2021/05/10 02:10:53 | https://www.sathikhabar.com/news/category/%E0%A4%AC%E0%A4%BF%E0%A4%A6%E0%A5%87%E0%A4%B6 | mC4 |
तीन वर्षपछि रुम्जाटारमा उडान | Radio Nepal | रेडियो नेपाल
तीन वर्षपछि रुम्जाटारमा उडान
पूर्णप्रसाद न्यौपाने २०७६ जेठ १७ गते १६:०८
ओखलढुंगा-ओखलढुंगाको रुम्जाटार विमानस्थलमा शुक्रबारबाट नियमित उडान सुचारु भएको छ । करिब तीन वर्षदेखि अवरुद्ध जिल्लाको एक मात्र विमानस्थल रुम्जाटार विमानस्थल आज शुक्रबार देखि पुन: सुचारु भएको हो ।
नेपाल एरलाईन्सको विमानले आज दिउँसो रुम्जाटार विमानस्थलमा उडान भरेको छ । हरेक शुक्रबार रुम्जाटारमा उठान भर्ने योजनाका साथ आजबाट रुम्जाटारमा हवाई सेवा सुरु गरिएको नेपाल एरलाईन्सका क्षेत्रीय प्रबन्धक नारायण पुरीले जानकारी दिनुभयो । अहिले सातामा एक दिन सेवा दिने र यात्रुको चापका आधारमा स्थानीय सरकार र प्रशासन सँग समन्वय गरेर थप अरुदिन पनि उठान भरिने प्रबन्धक पुरीको भनाई छ । पुरीका अनुसार हरेक शुक्रबार काठमाण्डौ–रुम्जाटार– विराटनगर र विराटनगर–रुम्जाटार–काठमाण्डौ उडान भर्ने नेपाल एरलाईन्सको तयारी छ । आज पहिलो दिन भने काठमाण्डौबाट यात्रु लिएर आएको विमान फेरि काठमाण्डौ नै फर्किएको छ । रुम्जाटारबाट विराटनगर जाने कार्यसुचि भएपनि कोही यात्रु नभएकाले विमान सिधै काठमाण्डौ फर्किएको छ ।
सांसदहरु यज्ञराज सुनुवार, अम्बिरबाबु गुरुङ, मोहन खड्का लगायतका व्यक्तिहरु विमानमा रुम्जाटार आउनुभएको थियो । विमान सुचारुहुने जानकारी पाएपछि रुम्जाटार पुगेका जिल्ला स्थित सरोकारवालाले अब नियमित उडान गराउन सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
संघिय राजधानी काठमाण्डौ र प्रदेश राजधानी विराटनगरलाई जोडेर हवाईसेवा सुरु गरिएको प्रदेश सांसद अम्बिरबाबु गुरुङले बताउनुभयो ।
रुम्जाटार विमानस्थल नियमित सञ्चालनमा आएपछि पर्यटन प्रवद्र्धन सँगै यस क्षेत्रका नागरिकलाई आवतजावतमा निकै सहज हुने उनको भनाई छ । प्रदेश सांसद गुरुङ सहित जिल्लाका जनप्रतिनिधि र प्रशासनको पहलमा रुम्जाटार विमानस्थल पून सुचारु हुने भएको हो ।
रुम्जाटारमा नियमित सुचारु भएपछि जिल्लाबासी हर्षित भएका छन् । उडान नियमित भएपछि स्थानीयलाई निकै सहज भएको रुम्जाटारका स्थानीय राजन घलेले बताउनुभयो । दिनभर सडक यातायातमा यात्रा गर्नुपर्ने अवस्थाको अन्त्य भए जिल्लाबासीलाई आवत जावतमा सहजता हुने उहाँको भनाई छ ।
रुम्जाटारमा नियमित उडान भए पर्यटक भित्राउन समेत सहज हुने पर्यटन व्यवसायी पेम्बा शेर्पाले बताउनुभयो । सगरमाथा आरोही शेर्पाले वार्षिक हजारौं पर्यटक ल्याउन सकिने बताउनुभयो । सडक यात्रायात भरपर्दो नभएकाले हवाई सेवा नियमित भए पर्यटक ल्याउन सकिने उहाँको भनाई छ । लामो समय सम्म विमानस्थल सुचारु नहुँदा जनप्रतिनिधिको आलोचना हुन थालेको थियो । लामो समय पछि शुक्रबारबाट सुचारु भएको हवाई सेवालाई नियमित सञ्चालन गर्न स्थानीयले माग गरिरहेका छन् । | 2022/05/27 12:48:18 | https://onlineradionepal.gov.np/2019/05/31/2707.html | mC4 |
प्रेम दिवसमा चितवन संगीतमय बन्दै – Chitwan Post Daily | चितवन पोष्ट दैनिक
प्रेम दिवसमा चितवन संगीतमय बन्दै
२०७१ फाल्गुन १, शुक्रबार ०४:५७ गते
in कला, समाचार, समाज
भरतपुर । नारायणी नदी त्यस साँझ पनि बग्ने छिन् । तर, संगीतको तालमा । फागुन २ गते अर्थात् भोलि भ्यालेन्टाइनको दिन नेपथ्यको सांगीतिक धुनको लयमा यस दिन नारायणी नदी किनार गुञ्जायमान हुने भएको छ । साँझ दुई घण्टा यस व्याण्डले नारायणी किनारमा आफ्ना समर्थकलाई संगीतको तालमा उफार्ने निश्चित छ ।
नेपाली संगीतलाई विश्वसामु चिनाउन सफल चर्चित व्याण्ड नेपथ्यको प्रस्तुतिले यस पटकको भ्यालेन्टाइन चितवनमा विशेष हुने भएको छ । यस सांगीतिक समूहको नेतृत्व गायक अमृत गुरूङले गरिरहेका छन् । त्यसो त नेपथ्यमात्र चितवनमा त्यस दिन जम्ने छैन, उसको अलबा चर्चित गायकहरु प्रमोद खरेल, हेमन्त शर्माले पनि चितवन तताउने भएका छन् ।
समग्रमा भन्नुपर्दा यस पटकको प्रेम दिवस चितवनमै फरक हुने भएको छ । सन् १९९० मा यस व्याण्डको उदय भएको थियो । लण्डनस्थित बिम्बली स्टेडियममा नेपथ्यको प्रस्तुतिले अन्तर्राष्टिय चर्चा नै कमायो । चितवनमा यस व्याण्डको प्रस्तुति पहिलो भने होइन । यसअघि शान्तिका लागि शिक्षा मूल नारा लिएर यस व्याण्ड तीन पटकसम्म चितवन आइसकेको छ ।
यस पटक भने उत्सव इभेण्टस्को व्यवस्थापनमा नेपथ्य चितवन आउन लागेको हो । त्यस्तै, एटुजेड मोबाइल हाउसको आयोजनामा हुन लागेको लाइभ कन्सर्टका आवश्यक तयारीहरु गरिएको मोबाइल हाउसका प्रोपाइटर दिवाकर गुरूङले जानकारी दिए ।
हालसम्म ९ वटा एल्बम निकालेको नेपथ्यका सबै गीतहरु जनमानसमा चर्चित छन् । छेक्यो छेक्यो, जोमसोमे बजारमा, रेशम आदि गीतहरु चर्चित गीतका केही नमुना हुन् । सन् २००१ देखि २०१२ सम्म यस व्याण्डले सोसल कन्सर्ट टुर गरेको थियो । नेपथ्यको यस उपस्थितिमा आवश्यक सुरक्षा व्यवस्था मिलाइएको प्रहरी अधिकृतहरुले जनाएका छन् ।
भ्यालेन्टाइन डे लक्षित गरी कार्यक्रम ल्याइएको उत्सव इभेन्टस्का कार्यकारी निर्देशक बलराम पोखरेल बताउँछन् । सोही दिन लंकुस्थित फुडमार्ट पार्टी प्यालेसमा पनि सांगीतिक तरंग फैलने भएको छ । दाताज इभेण्ट म्यानेजमेन्टको आयोजनामा हुन लागेको यस कार्यक्रममा प्रमोद खरेल र हेमन्त शर्माले दर्शकलाई भरपुर मनोरञ्जन दिने आयोजकले जनाएको छ । यस कार्यक्रममा पेट मिचिमिचि हँसाउनका लागि टेलिभिजनमा हाँस्य कार्यक्रम सञ्चालन गर्दै आएका सन्दिम क्षेत्री पनि आउने दाताज इभेण्टस्का दाताराम घिमिरेले बताए ।
फुडमार्ट पार्टी प्यालेस पछिल्लो समय विभिन्न सांगीतिक कार्यक्रम गर्न उपयुक्त स्थानका रुपमा चयन हुँदै आएको सञ्चालक दुर्गा ढकाल बताउँछन् । यस कार्यक्रमले पनि प्रेम जोडीहरुका लागि राम्रै फाइदा हुने देखिन्छ ।
प्रेम जोडीहरुका लागि भ्यालेन्टाइनमा सौराहा नौलोे ठाउँ होइन । अन्य समयमा पनि सौराहामा जोडीहरु घुम्न जान्छन् । यस दिनमा नजाने त झनै कुरा भएन । प्रेम दिवसमा सौराहा थप रमाइलो हुने भएको छ ।
भ्यालेन्टाइन डेमा भने प्रेमीप्रेमिकाको भीड लाग्ने छ । सौराहामा रहेका रेष्टुरेन्ट व्यवसायीहरुको संस्था रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान)ले यो अवसरमा फुड फेस्टिबल आयोजना गरेको छ । प्रेम दिवसको अघिल्लो दिनबाटै यहाँ रमाइलो सुरू हुँदैछ । यस पटक फागुन १ देखि ४ गतेसम्म सौराहामा विविध साँस्कृतिक कार्यक्रम गर्न लागिएको फुड फेस्टिबलका संयोजक श्रीलाल परियार बताउँछन् ।
नौ वर्षअघि भ्यालेन्टाइन डेका दिन रेवानले फुड फेस्टिबल राख्न सुरू गरेको थियो । एक दिनको फुड फेस्टिबल यो पटक पाँच दिनको भएको छ । भ्यालेन्टाइन डेको व्यापकता बढ्दै गएको यसले पनि देखाउँछ ।
मंगलपुरमा फागुन १ र २ गते फुड फेष्टिबल आयोजना हुँदैछ । जहाँ लोक तथा आधुनिक गीतका लोकप्रिय गायकगायिकाहरुले गीत सुनाउने कार्यक्रम छ । स्थानीय स्तरमा आयोजना गरिए पनि चर्चित कलाकारहरुको उपस्थितिले यस फुड फेस्टिबल पनि रमाइलो हुने आयोजकको दाबी छ ।
भ्यालेन्टाइन डेमा रमाउन चाहनेहरु ह्वात्तै बढेका छन् । होटलहरुले पनि भ्यालेन्टाइन विशेष कार्यक्रमहरु गरेका छन् । पुल्चोकस्थित होटल गंगोत्रीले पनि स्पेशल रुपमा भ्यालेन्टाइन डे मनाउने भएको छ ।
शनिबार साँझ हुने होटेल गंगोत्रीको फेस्टिबलमा गायक उदेश श्रेष्ठलगायतका गायकगायिकाको प्रस्तुति रहनेछ । | 2021/04/13 14:07:33 | https://echitwanpost.com/20222/2015021304/57/35/ | mC4 |
चार कम्पनीको आईपीओ बिक्री खुल्ला हुँदै | RatoTara.com Websoft University
चार कम्पनीको आईपीओ बिक्री खुल्ला हुँदै
काठमाडौं साउनछ२४ गते । रातो तारा डट कम,प्राथमिक शेयर (आईपीओ)मा लगानी गर्न खोज्दै हुनुहुन्छ, यदि हो भने पैसा जोहो गर्नतिर लाग्नुहोस् । केहि दिनभित्रै विभिन्न चार कम्पनीको आईपीओ बिक्री खुल्ला हुँदैछ । मानुषी लघुवित्त, बुद्धभुमि नेपाल हाइड्रोपावर, साहस उर्जा लिमिटेड र न्यादी हाइड्रोपावर लिमिटेडले केहि दिनभित्रआईपीओ बिक्रीखुला गर्ने भएकाहुन् । कुन कम्पनीको कति --
यो आइपीओ निष्कासन गर्नका लागि बैशाख १३ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको कम्पनीले बोर्डबाट असार ३१ गते स्वीकृती पाएको हो । कम्पनीको आईपीओ विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेड रहे्को छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबा स्वीकृती पाएका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् ।
साथै मेरो शेयर सफ्टवेयर र एपबा पनि आइपीओमा आवेदन दिन सकिने व्यवस्था छ । आर्थिक वर्ष ०७७र७८ सम्मको वास्तविक वित्तीय विवरण अनुसार यस कम्पनीको प्रतिशेयर आम्दानी १० दशमलव शून्य २ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १३२ दशमलव ६९ रुपैयाँ रहेको छ । उक्त अवधिसम्म कम्पनीको सञ्चित नाफा १ करोड ४७ लाख ४४ हजार रुपैयाँ रहेको छ ।
यस आयोजना निर्माणको कुल लागत रू। १ अर्ब १९ करोड रहेको छ । कम्पनीको आर्थिक वर्ष २०७७÷७८ को अपस्किृत वित्तिय विवरण अनुसार प्रतिशेयर आम्दानी रू। १२ दशमलव ५६ र प्रतिशेयर नेटवर्थ रू। ७१ दशमलव ४९ रहेको छ । उक्त अवधिसम्म कम्पनीले रू। ३ करोड ६८ लाख ३२ हजार खुद नोक्सानी व्यहोरेको छ ।
साहस उर्जा लिमिटेड
साहस उर्जा लिमिटेडले साउन २९ गतेदेखि आयोजना प्रभावित स्थानियका लागि आईपीओ विक्री गर्ने भएको छ । कम्पनीले प्रतिशेयर रू। १०० अंकित मूल्यमा ३५ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका बासिन्दाहरुका लागि विक्री गर्न लागेको हो ।
यो आईपीओ छिटोमा भदौ ११ गतेसम्म विक्रीमा रहनेछ भने उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा भदौ २७ गतेसम्म विक्रीमा रहनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
आईपीओ खरिदका लागि लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओलाई इक्रा नेपालले इक्रा एनपी आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्गले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीले सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका र थुलुङ्गदुधकोशी गाउँपालिकामा ८६ मेगावाट क्षमताको सोलु खोला दुधकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनाको कुल लाग निर्माण अवधिको व्याज सहित रू। ११ अर्ब ८६ करोड १ लाख १३ हजार रहेको छ । यस आयोजनाबाट २०७९ साल जेठ २० गतेदेखि विद्युत उत्पादन हुने सम्भावना रहेको छ ।
न्यादी हाइड्रोपावर लिमिटेडले भदौ १ गतेदेखि आईपीओ विक्री गर्ने भएको छ । कम्पनीले प्रतिशेयर रू। १०० अंकित मूल्यका कुल १८ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित स्थानिय बासिन्दा तथा संस्थापक शेयरधनीहरुलाई विक्री गर्न लागेको हो ।
कम्पनीले आयेजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तथा पुरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन बमोजिमको अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिका वडा नं। ३ ९साविक खुदी गा।वि।स।का वडा नं। १, २, ३ र ६ मात्र० तथा मस्र्याङ्दी गाउँपालिका वडा नं। ६, ७ र ८ ९साविक बाहुनडाँडा गा।वि।स। र साविक भुलभुले गा।वि।स। का सम्पूर्ण वडाहरु० का स्थानिय बासिन्दाहरुका लागि ५ लाख कित्ता र सो क्षेत्र बाहेक लमजुङ जिल्लाका अन्य क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि १० लाख कित्ता शेयर विक्री गर्न लागेको हो ।
बाँकी ३ लाख कित्ता भने कम्पनीले आफ्ना संस्थापक शेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विद्युत विकास बम्पनीका कर्मचारीहरुका लागि विक्री गर्नेछ । यो आईपीओ छिटोमा भदौ १५ गतेसम्म विक्रीमा रहनेछ । यस अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा भदौ ३० गतेसम्म विक्रीमा हुनेछ । यो आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटड रहेको छ । विक्री प्रबन्धकसँगै आईपीओ खरिदका लागि एनएमबि बैंकको बेशीसहर शाखा, सिभिल बैंकको भुलभुले शाखा तथा ग्लोबल आइएमई बैंकको बेशीसहर, उदिपुर, दोर्दी, भोर्लेटार, सुन्दरबजार र भोटेओडार शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। कम्पनीका संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरुले कम्पनीको कार्यालय, बुद्धनगरबाट आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्युअर रेटिङ्गप्रदान गरेको छ । कम्पनीले लमजुङग जिल्लामा ३० मेगावाट क्षमताको न्यादी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनको निर्माण लागत अनुमानित रू। ६ अर्ब ११ करोड ७७ लाख ५५ हजार रहेको छ ।
हाल कम्पनीमा संस्थापक शेयरधनी समूहबाट चुक्ताभएको ७३ प्रतिशत स्वामित्व रू। १ अर्ब ९ करोड ५० लाख रहेको छ । कम्पनीले संस्थापक शेयर धनी तथा कर्मचारी र स्थानिय सहित सर्वसाधारणमा २७ प्रतिशत शेयर विक्री गर्नेछ । बाँकी २७ प्रतिशत शेयर जारी पश्चात कम्पनीको चुक्तापूँजी रू। १ अर्ब ५० करोड पुग्नेछ । आर्थिक वर्ष ०७७÷७८ सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ रू। ९१ दशमलव ९९ रहेको छ । यस अवधिसम्म कम्पनी रू। ८ करोड ७७ लाख ६४ हजार नोक्सानीमा रहेको छ । | 2021/09/18 23:43:49 | https://www.ratotara.com/2021/08/blog-post_53.html | mC4 |
डुडुवामा कन्या मुद्दति खाताः छोरीको पढाइ र विवाहको चिन्ता हट्यो « Drishti News – Nepalese News Portal
डुडुवामा कन्या मुद्दति खाताः छोरीको पढाइ र विवाहको चिन्ता हट्यो
मेनका चौधरी/रासस
२१ कार्तिक २०७८, आइतबार 11:52 am
बाँके । जिल्लाको डुडुवा गाउँपालिकाले 'बेटी बचाऊ, बेटी पढाऊ' अभियानअन्तर्गत 'कन्या मुद्दति खाता' खोलिदिए पछि अभिभावक खुशी भएका छन् । छात्राको पढाइलाई निरन्तरता दिन र उमेर नपुगी विवाह हुने प्रचलनलाई अन्त्य गर्न गाउँपालिकाले सो अभियान सुरुआत गरेको हो ।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिका भित्रका विद्यालयमा अध्ययनरत सबै बालिकाको नाममा खाता खोलिदिने व्यवस्था मिलाएको जानकारी दिए । उनका अनुसार यस्ता बालिकाको बैँक खातामा रु १० हजार जम्मा गरिदिने र २० वर्ष नपुगी निकाल्न नपाउने व्यवस्था गरिएको छ । उनले भने, "छोरीको पढाइ पूरा होस् र उमेर नपुगी विवाह पनि नहोस् भन्ने उद्देश्यले अभियान थालेका हौँ, छोरीले हरेक किसिमबाट असुरक्षित महसुस गर्नुपर्ने वातावरण अन्त्य गराउनु हाम्रो प्रमुख ध्येय हो ।"
गाउँपालिकाले अभिभावकको मृत्यु भएमा वा आफैँ कुनै कारणले अशक्त भए खाताको रकम निकाल्न पाउने गरी कार्यविधिसमेत बनाएको छ । यसबाट अभिभावक निकै उत्साहित भएका छन् । डुडुवाका छ वडाभित्रका सबै बालिकाका नाममा कन्या मुद्दति शिक्षा कार्यकम लागू गरिएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो । यसका लागि यस वर्ष रु ४० लाख छुट्याइएको छ । उक्त कार्यक्रममा समेटिन बालिका स्वास्थ्य सस्थामा जन्मिएको प्रमाणपत्र, जन्मदर्ता तथा वडा कार्यालयको सिफारिस हुनुपर्छ ।
बेटी बचाऊ, बेटी पढाऊँ नीति तथा कार्यक्रमअन्तर्गत पालिकाका सबै वडामा जन्मिने नवजात छोरीका नाममा कन्या मुद्दति खाता सञ्चालन गरिरहेको उनले जानकारी दिए । खातामा जम्मा भएको रकम उनी २० वर्ष पुगेर नागरिकताको प्रमाणपत्र प्राप्त गरेपछि उनैलाई हस्तान्तरण गरिदिने व्यवस्था कार्यविधिमा छ ।
अभिभावकको रोहबरमा स्थानीय सरकारले सबै छोरीको खाता खोलिदिने र नगद पनि जम्मा गरिदिने व्यवस्था गरेको छ । "बैंक खाता छोरीको शिक्षा र सुरक्षालाई ध्यान दिइ अभियान ल्याएका हौँ" गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले भने, "खासमा छोरीहरुको साक्षरतादर बढाउने र बालविवाह न्यूनीकरण गर्ने यसको उद्देश्य हो । यसका साथै अभिभावकको क्षति कम गर्न रु पाँच लाखको दुर्घटना बिमा पनि गराएका छौँ ।"
खाता खोल्दा सुरुमा अभिभावक आफैँले रकम जम्मा गर्नुपर्ने र गाउँपालिकाले रु पाँच हजार थपिदिने योजना बनाइएको थियो । कार्यक्रमका श्रोत व्यक्ति दिपेश चौधरीले भने, "धेरै अभिभावकको पैसा तिर्न सक्ने हैसियत नभएकाले २०७८ साउनदेखि भने पालिकाले नै रु १० हजार राखेर खाता खोलिदिने निर्णय ग¥यो ।"
गाउँपालिका शिक्षा अनि चेतनाको दृष्टिले पछाडि छ । छारीलाई पढाउन खासै चासो दिइन्नँ । अधिकांश छोरी घरको सानोतिनो काम र गाईवस्तु चराउनमै बिताउँछन् । धेरै अभिभावकले छोरीलाई विद्यालय नपठाउने गरेको शिक्षक गोपीचन्द्र बर्माले बताए । उनले भने, "कति त नाबालकमै विवाह गरेका कारण विद्यालय आउँदैनन्, पालिकाको योजना लागू भएसँगै छोरीको उच्च शिक्षा पढ्ने चाहने पूरा हुनेमा विश्वास बढेको छ ।"
विसं २०७७ साउनपछि जन्मेका सबै छोरीको बैंक खाता खोलिदिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले जानकारी दिए । उनका अनुसार खाता खोलिदिने र पहिलो वर्ष रु १० हजार जम्मा गरिदिने कार्यक्रम आकर्षक र प्रभावकारी भएको जानकारी दिए । बैंक खाता खोलिएसँगै धेरै परिवारलाई छोरीको पढाइ अनि विवाहको चिन्ता हटेको छ ।
डुडुवा–६ रामनगर उचुवाकी सुनिता गोडियालाई कान्छी छोरीको बैंक खाता खोलिएपछि मन ढुक्क भएको छ । तीन छोरीमध्ये लक्ष्मीको मात्र बैंकमा खाता छ । अन्य छोेरीको पालामा गाउँपालिकामा कन्या मुद्दति खाता योजना आएकै थिएन । लक्ष्मी बल्ल तीन वर्ष हुँदैछिन् । "सुुरुमा रु पाँच हजार बुझाएँ, हामी मजदुरी गर्नेले वर्षौँ यत्तिका पैसा बुझाउन कहाँ सक्थ्यौँ", उनले भने, "अहिले पालिका आफैँले वर्षको रु १० हजार खातामा जम्मा गरिदिँदा धेरै खुशी छौँ ।" उनले स्थानीय सरकारले ल्याएको कन्या मुद्दति खाताप्रति खुशी व्यक्त गर्दै यसले आर्थिक टेवा समेत सहयोग पुगेको बताए । यस कार्यक्रमअन्तर्गत हालसम्म १७२ छोरीको खाता खोलिएको छ । उनीहरू सबै तीन वर्षमुनिका छन् । उनीहरु सबैको बिमासमेत गरिएको छ । | 2021/11/29 17:09:06 | https://www.drishtinews.com/archives/120974 | mC4 |
जुम्लाका सात स्थानीय तह दमकलविहीन - समाज - NepalKhabar - Leading online newspaper from Nepal
विजय रावत खलङ्गा बैशाख ८
अन्य सात गाउँपालिकामा भने दमकल छैन। जिल्ला आपत्कालीन कार्य सञ्चालन के न्द्र जुम्लाको तथ्याङ्कअनुसार जिल्लामा बाह्रै महीना आगलागीको उच्च जोखिममा देखिएको छ। आगलागीका घटना भए त्यसलाई निभाउन पर्याप्त स्रोत साधन नहुँदा धनजनको क्षति धेरै हुने गरेको छ।
स्थानीय सरकारले दमकललाई प्राथमिकतामा राखेका छैनन्। बितेको वर्षमा मात्रै चार घर र अन्य गरी ८० भन्दा बढी ठाउँमा जलेर नष्ट भएका छन् भने गत वर्ष र यस वर्ष गरी पाँच जनाको आगोमै परी जलेर मृत्यु भएको छ तर, आगलागीबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि स्थानीय सरकारले महँगो हुने र व्यवस्थापन गर्न अप्ठेरो रहेको भन्दै दमकल किन्ने सोचमा देखिएका छैनन्। स्थानीय सरकार सञ्चालन ऐन २०७४ र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ ले पनि प्रत्येक स्थानीय तहमा एउटा दमकल अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ।
स्थानीय सरकारका प्रमुखले खर्चिलो र व्यवस्थापन गर्न गाह्रो हुने भन्दै खरीद नगर्ने सोचमा ती गाउँपालिकाहरु पुगेका छन्। आगलागीको उच्च जोखिम बढी हिमा, तिला र गुठिचौर गाउँपालिका क्षेत्र छ। तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले दमकल किन्ने सोच नभएको तर चन्दननाथ नगरपालिकासँग समन्वय गरेर आवश्यक परे सहकार्य गरेर सञ्चालन गर्ने योजना रहेको बताए। 'दमकल खर्चिलो धेरै हुन्छ', उनले भने, 'त्यसको व्यवस्थापन गर्न गाउँपालिका नसक्ने देखिएकाले अन्य सरकारसँग समन्वय गरेर यो सञ्चालन गर्न सकिन्छ कि भन्ने सोचेको छु।' खर्चिलो धेरै भएकाले धान्न नसक्ने देखिएपछि चन्दननाथ नगरपालिकासँग आवश्यक समन्वय गर्ने सोच रहेको उनले बताए।
तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले आवश्यकता भएको तर बजेट नभएको बताउँछन्। 'दमकल किन्ने सोच गाउँपालिकाको विषय हो', उनले भने, 'तर बजेट छैन, नगरपालिकासँग समन्वय गरेर आवश्यक परे काम चलाउने सोचमा छा।' हिमा र सिजा गाउँपालिकाले गाउँ कार्यपालिकामा दमकल किन्ने विषयमा छलफल गरिने जनाएको छ। 'दमकल किन्न सक्ने र व्यवस्थापन गर्न सक्ने अवस्था छैन', कनका सुन्दरी गाउँपालिकाका अध्यक्ष नरवीर रावतले भने, 'तीन सरकारले मिलेर चलाउने हो की भन्नेसम्मको छलफल भएको छ।'
जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र जुम्लाका सूचना अधिकारी देवेन्द्र पौडेलका अनुसार जुम्लाका केही स्थानीय तह आगलागीको उच्च जो खिममा र हे का छन्। सबै स्थानमा दमकलको पहुँच नहुँदा बढी क्षति हुने गरेको उनको भनाइ छ। आगलागीबाट यो वर्ष रु ८० लाख बराबरको क्षति भइसकेको छ। यस्तै, गत वर्ष पनि रु ४३ लाख बराबरको क्षति भएको सूचना अधिकारी पौडेले बताए।
तातोपानी गाउँपालिका–७ सुर्कीमा निर्माण भएको मालिकी जडीबुटी सङ्कलन केन्द्र प्रयोगमा आउन सकेको छैन। २०७३ जेठ २३ गते सम्झौता भई ०७३ असार २० गते जम्मा चार लाख ८६ हजार ८८८ रुपैयाँ ८५ पैसामा उक्त आयोजना सम्पन्न भएको थियो। जडीबुटी सङ्कलन केन्द्र प्रयोगमा आउन नसक्दा भवन जीर्ण बन्दै गइरहेको छ।
त्यस क्षेत्रमा उपलब्ध हुने जडीबुटी सङ्कलन तथा व्यवस्थापन गरी सामूहिक बजारीकरणमा सहयोग गर्ने उद्देश्यका साथ भवन निर्माण गरिएको थियो तर प्रयोगमा नआउँदा जडीबुटी सङ्कलन गर्ने स्थानीय व्यापारीबाट ठगिने गरेका छन्।
साविकको ताम्ती गाविसका स्थानीय जडीबुटी सङ्कलनबाटै जीवन धान्दै आएको, तातोपानी–७ सुर्कीका युवा मानबहादुर रावतले भने। उनका अनुसार त्यस क्षेत्रका स्थानीयले विशेष गरी सेतोचिनी, घुच्ची च्याउ, यार्सागुम्बा, धूपी, सतुवा, वनलसुनजस्ता जडीबुटी सङ्कलन गर्ने गर्दछन्। मूल्यमा एकरुपता ल्याउन सके यस क्षेत्रका स्थानीयवासीका लागि उपयुक्त हुने उनको बुझाइ छ। तर सामग्रीको अभावमा केन्द्रलाई प्रयोगमा ल्याउन नसकिएको मालिकी जडीबुटी सङ्कलन उपभोक्ता समितिका अध्यक्ष आईते रावतले बताए। रासस | 2019/05/26 19:29:43 | https://nepalkhabar.com/np/news/community/60217/ | mC4 |
अमेरिकाका विभिन्न शहरमा प्रदर्शन : कतै गणनाको कतै रोक्नुपर्ने माग « Nepal Tube Australia
गृहपृष्ठ » Breaking News » अमेरिकाका विभिन्न शहरमा प्रदर्शन : कतै गणनाको कतै रोक्नुपर्ने माग
अमेरिकाका विभिन्न शहरमा प्रदर्शन : कतै गणनाको कतै रोक्नुपर्ने माग
nepaltube Published On : 6 November, 2020
एजेन्सी । अमेरिकामा राष्ट्रपतीय निर्वाचनको मतपरिणाम आउन ढिलाइ भएसँगै प्रदर्शनहरू बढ्न थालेका छन् । न्निर्णायक राज्यहरूमा मतगणना जारी रहेका बेला देशका विभिन्न भागमा हरेक भोटको गणना हुनु पर्ने र मतगणना रोक्नुपर्ने दुई फरक माग सहित प्रदर्शन भएका हुन्। अहिले डेमोक्र्याटिक उम्मेद्वार जो बाइडेन समर्थकले हरेक मत गणना हुनु पर्ने माग गरेका छन् भने रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प पक्षकाले केही राज्यको मत गणना रोकिनु पर्ने बताएका छन्।
ओरेगनको पोर्टल्यान्डमा हरेक भोट गणनाको माग गरिरहेका प्रदर्शनकारीहरू प्रहरी दमनको विरोध र जातीय न्याय माग गरिरहेका अरू प्रदर्शनकारीहरूसँग मिसिएका छन्। पछि त्यहाँबाट छुट्टिएको समूहले केही पसलका सिसाहरू फुटाइदिएका छन् । यसलाई प्रहरीले हुलदंगाको संज्ञा दिएको छ । अर्कोतर्फ मिनियापोलसमा प्रदर्शनकारीहरूले इन्टरस्टेट ९४ राजमार्ग नै बन्द गरेका छन्। प्रहरीले भीड हटाउन केहीलाई पक्राउ समेत गर्नुपरेको छ । सिकागो, न्युयोर्क, फिलाडेल्फिया क्षेत्रमा पनि प्रदर्शनहरू भइरहेका छन्। त्यहाँका पनि केही प्रदर्शनकारीले रिपब्लिकनहरू चुनावमा प्रभाव पार्न खोजेको भन्दै सबै भोटहरू गन्नु पर्ने माग गरिरहेका छन् । केही ठाउँमा भएका प्रदर्शनमा भने चुनावी माहैँलको स्वागत बाहेक कुनै स्पष्ट माग उठाइएका छैनन्। डेट्रोइटमा राष्ट्रपति ट्रम्प समर्थकले मतगणना रोक्नु पर्ने माग गर्दै प्रदर्शन गरेका छन्। ट्रम्पले आफूलाई हराउन अवैधानिक मतपत्रलाई पनि गणना गरिएको आरोप आफू बाइडेन भन्दा पछाडी परेदेखि नै लगाउँदै आएका छन् ।
मतगणना स्थलबाहिर जम्मा भएका ट्रम्प समर्थकले झ्यालमा हान्दै 'मतगणना रोक' भनेका छन् । फिनिक्समा पनि मतगणना रोक्नु पर्छ भन्दै केही दर्जन मानिसले ट्रम्पका पक्षमा प्रदर्शन गरेका छन्। अमेरिकामा मंगलबार राष्ट्रपतिका लागि मतदान भएपनि केही राज्यहरूको अन्तिम परिणाम आउन बाँकी रहेकाले अहिलेसम्म विजेता घोषणा हुन सकेको छैन। मत परिणामको अन्तिम टुंगो नलागे पनि डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन जित नजिक पुगेका छन्। बुधबार मिसिगन र विन्कन्सिन राज्यमा जित हासिल गरेसँगै उनी जित नजिक पुगेका हुन्। चार वर्ष अगाडि यो राज्य उनीहरूको हातबाट फुस्केको थियो। यी राज्यमा भएको बाइडेनको जितले राष्ट्रपतिमा दोहोरिने ट्रम्पको आकांक्षामा सकस देखिएको छ । राष्ट्रपति चुनिन २ सय ७० इलेक्ट्रोलर कलेज भोट आवश्यक पर्छ।अहिलेसम्मको मतपरिणाम अनुसार वाइडेनले २ सय ६४ इलेक्ट्रोलर कलेज भोट पाएका छन् भने ट्रम्पका पक्षमा २ सय १४ भोट रहेको छ । अब बाइडेनलाई जितका लागि कुनै एक राज्यमा जित हासिल गरे पुग्छ।
हालसम्म ५० अमेरिकी राज्यमध्ये ४३ वटा राज्यको मत परिणाम आइसकेको छ। राष्ट्रपतिमा दोहोरिने चाहना कठिन देखिएसँगै ट्रम्पको चुनावी अभियानले विन्कन्सिनको मत पुनःगणना गर्नुपर्ने माग गरेको छ । यस राज्यमा केही सय भोटले बाइडेन विजयी भएपछि उनीहरूले पुनः मतगणना गर्न माग राख्दै आएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी प्रचार अभियान समूहले मिसिगन, पेन्सल्भेनिया र जर्जियामा मतगणना रोक्न माग गर्दै कानूनी प्रक्रिया नै अघि बढाएका छन । | 2021/12/05 10:48:32 | https://nepaltube.com.au/news/5035/ | mC4 |
सामाजिक सञ्जालमा निर्वाचन विरोधी गतिविधि गरे एक लाखसम्म जरिवाना « Deshko News
सामाजिक सञ्जालमा निर्वाचन विरोधी गतिविधि गरे एक लाखसम्म जरिवाना
काठमाण्डौ, चैत्र ३०
सामाजिक सञ्जालमार्फत निर्वाचनलाई असर पर्ने कुनै गतिविधिमा त संलग्न भए एक लाख रुपियाँसम्मको जरिवानामा गर्ने निर्वाचन आयोगले चेतावनी दिएको छ । निर्वाचन आयोगले यसपटकको स्थानीय चुनावमा सामाजिक सञ्जाल फेसबुक, ट्विटर, भाइबर, एसएमएस प्रयोगकर्तालाई समेत निगरानीमा राख्ने र उल्लङ्घन भएको पाइएमा दण्ड सजायसमेत गर्ने भएको छ ।
निर्वाचन आयोगले यस पटकदेखि स्थानीय निर्वाचनमा सामाजिक सञ्जालमा समेत निर्वाचनको आचारसंहिता उल्लङ्घन भए नभएको अनुगमन र कारबाही गर्ने जनाएको छ । मन्त्रिपरिषद्को फागुन ९ गते बसेको बैठकले स्थानीय निर्वाचनको मिति घोषणा गरेपछि निर्वाचन आयोगले स्थानीय निर्वाचनको आचारसंहिता गत फागुन १८ गतेदेखि कार्यान्वयनमा ल्याएको हो ।
सरकारले आगामी वैशाख ३१ गते देशैभर स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरिसकेको छ । निर्वाचन आचारसंहिता सरकार, राजनीतिक दल, सङ्घ, संस्था, कर्मचारी, सुरक्षाकर्मी, गैरसरकारी संस्था र पत्रकारलाई मात्रै नभई यसपटक सामाजिक सञ्जाल फेसबुक, ट्विटर र भाइबर चलाउनेलाई पनि लागू हुने भएको छ । | 2022/07/04 20:50:21 | https://www.deshkonews.com/archives/24459 | mC4 |
पशुपालन – Page 2 – Krisi Kranti
Krisi Kranti मंसिर ८, १२:३१ 0
नवलपरासी । नवलपुरका दूग्ध ब्यवसायीहरुले दूधको मूल्य बढाउने तयारी गरेका छन् । कावासोती नगरपालिका भित्रका ब्यवसायीक पशुपालक किसानहरुको मागअनुसार ब्यवसायीहरुले दूधको मूल्य बढाउने तयारी गरेका हुन् । गाईवस्तुको आहार दिनप्रतिदिन बढिरहेको…
पाल्पा । रामपुर नगरपालिका–१० पाल्पाका महिला सहकारीलाई सहारा बनाएर कृषि कर्ममार्फत आत्मनिर्भर हुन थालेका छन् । बाख्रा, भैँसी, बङ्गुर, कुखुरापालन तथा तरकारीखेती गरेर आत्मनिर्भर बनेका महिला पछिल्लो समय भने तराईतिरबाट उन्नत जातका भैँसी…
नवलपुर । पूर्वी नवलपरासी जिल्लाको कावासोतीका ब्यवसायीक पशुपालन किसानहरुले दुग्ध डेरी सञ्चालनमा ल्याएका छन् । नयाँ वर्ष २०७६ सालदेखि कावासोतीमा खाँटी दूग्ध डेरी सञ्चालनमा ल्याएका हुन् । वैशाख १ गते औपचारिक कार्यक्रम गरी डेरी सञ्चालनमा…
पोखरा । नेपालको पूर्वाधार र सामाजिक विकासमा सहयोग गर्दै आएको मित्रराष्ट्र चीनले अब पशुपालनको क्षेत्रमा पनि सहयोग गर्ने भएको छ । गण्डकी प्रदेशमा पशुपालनको आधुनिकीकरण र विकासका लागि नमूना फार्म स्थापना गर्नेसम्बन्धी सम्झौतापत्रमा शुक्रबार… | 2020/11/28 23:10:40 | https://krisikranti.com/category/animal-husbandry/page/2/ | mC4 |
शीर्ष नेताहरु स्वार्थमा लाग्दा कम्युनिष्ट आन्दोलन संकटमा : नेता विश्वकर्मा – हिमाली आवाज
शीर्ष नेताहरु स्वार्थमा लाग्दा कम्युनिष्ट आन्दोलन संकटमा : नेता विश्वकर्मा
हिमाली आवाज २०७७ पुष १६ गते ,बिहीबार ०८:३१ मा प्रकाशित
हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता एंवम पूर्व युवा तथा खेलकुदमन्त्री जगत बहादुर सुनार विश्वकर्माले शिर्ष नेताहरुका कारण संकटमा परेको नेपालको कम्युनिष्ट आन्दोलनलाई अगाडी बढाउने अभिभारा युवाहरुको काँधमा आएको बताउनुभएको छ ।
बुधबार पोखरा १८ वडाकमिटीको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री विश्वकर्माले पार्टीका शीर्ष तहका नेताहरु आत्मकेन्द्रीत भएर निहीत स्वार्थमा लाग्दा नेपालको कम्युनिष्ट आन्दोलनमा संकट आउनु दुर्भाग्यपूर्ण परिस्थिति भएको उल्लेख गर्नुभयो ।
अहिले पार्टीले लिएको जनताको बुहदलिय जनबादको नीति, विचार, सिद्धान्त र मूल्यमान्यताहरुलाई आत्मसाथ गरेर नै नेपालको कम्युनिष्ट आन्दोलनले उचाई हासिल गरेकाले यसलाई नै निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा पार्टी केन्द्रीय सदस्य दीपक पौडेलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई काम गर्न नदिने, घेराबन्दी गर्ने, असहयोग गर्ने र भएका कामहरुको पनि सकारात्मक प्रचार नगर्ने जस्ता गतिविधि बढ्दै जादा आजको दुर्भाग्यपूर्ण स्थिति आएको बताउँदै सही र गलतको फैसला गर्ने जिम्मा जनताको भएको उल्लेख गर्नुभयो ।
भेलामा वडाकमिटी अध्यक्ष पुस्कलबहादुर थापाले सराङ्कोटबासीको साथमा सराङ्गकोट वडा कमिटि रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । | 2021/09/18 17:24:15 | https://www.himaliawaj.com/2020/12/5371 | mC4 |
रहेनन् म्याराडोना- खेलकुद - कान्तिपुर समाचार
पूर्वयुवराज अस्वस्थ
चितवन — नारायणगढको एक होटलमा बसिरहेका पूर्वयुवराज पारस शाह अस्वस्थ भएका छन् । शाह मंगलबार राति नारायणगढ आएर एक होटलमा बसेका थिए ।
बुधबार मध्याह्नतिर बिसन्चो भएको बताएपछि उनको उपचारका लागि होटलमै चिकित्सकहरू पुगेका थिए । चिकित्सकहरूले उनको स्वास्थ्य अवस्थाबारे बुझेर केही परीक्षणसमेत गर्न लगाएका छन् ।
चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नान्तीराज गुरुङले पूर्वयुवराज शाह चितवन आएको र छाती दुख्यो भनेपछि चिकित्सकहरूले जाँच गरिरहेको बताए । 'त्यस्तो ठूलो समस्या रहेको भन्ने छैन । अलिकति असहज अनुभव गरेपछि चिकित्सकहरूले होटलमै गएर हेरेको भन्ने छ,' एसपी गुरुङले भने ।
शाहको उपचारमा खटिएका एक स्वास्थ्यकर्मीले बुधबार साँझसम्म उनको होटलमै जाँच गरिएको र आवश्यक परे अस्पताल ल्याएर उपचार गरिने बताए । | 2021/02/27 22:11:49 | https://ekantipur.com/sports/2020/11/25/160632677073349917.html | mC4 |