text
stringlengths 163
169k
| timestamp
stringlengths 0
20
| url
stringlengths 0
1.8k
| source
stringclasses 5
values |
---|---|---|---|
बखते दाइको किरियामा यसरि बसिन खुइलि ,उनिले आफुले आफैलाई सम्हाल्नै सकिनन् ।(भिडियो सहित)
काठमाडौ : बखते दाइ तपाईं मृ त्युको यो समाचार लेख्दै गर्दा हात कापि रहेको छ ,मुटु पो'लिरहेको छ ,जे नहुनुपर्ने आखिर त्यहि नै भएको छ ।आज भगवानलाई मजाले गालि गर्न मन लागेको छ ।
भगवान तैले त्यो नारिको आँसु किन देखिनस ,श्रिमान बचाउन श्रिमतिले गरेको त्यो पु'कार किन सुनिनस भगवान ।बुवा बचाउन छोरिले गरेको मेहनत किन देखिनस भगवान ।आफ्नै आमाको मृ त्यु भएको सात दिन मात्रै भएको थियो ,बखते दाइ
आमाको काजकिरियामा बस्नु भएको थियो एक्कासि पापि कोरोनाको नजर कलाकार बखतेतिर लाग्यो । शरिरलाई निकै असहज भएपछि शम्भु (बखते) लाई ललितपुरको पाटन अस्पतालमा भ'र्ना गरियो ।कोरोनासगको ल'डाइ ल'ड्दै थिए शम्भु दाइ ।लड्दै गर्दा उनमा निमोनिया देखा पर्यो र फो'क्सो पुरै ख'राब भैसकेछ ।
यस्तो भए पश्चात् डाक्टर अहो'रात्र खटिरहे शम्भु दाईलाई बचाउनका लागि तर डाक्टरले पनि भगवानको अगाडि केही गर्न सकेनन् । मृत आत्माको चिर शान्ति सहित शोकाकुल परिवारमा गहिरो सहानुभूति ।भगवानले धैर्यधा'रण गर्ने शक्ति प्रधान गरून् ।हार्दिक श्र'द्धा'ञ्जली ,बैगु'न्ठमा बाँस होस् ।
कलाक्षेत्रको एकदमै लोकप्रिय कलाकार शम्भु थापा गुमाउदै गर्दा उहाको अन्तिम बिदाई गर्ने क्रममा बल्छि धुर्बेदेखि धेरै कलाकारहरु पशुपति क्षेत्रमा रुदै गरेको अवस्थामा देखिए।शनिबार बिहानै ४:४० मा उहाको नि धन भएको थियो ।पछिल्लो १८ दिन यता उहाको अस्पतालमा उप'चार भैरहेको थियो ।
शनिबार दिउँसो २ बजे उहाको श वको अन्तेष्टि गरिएको हो ।
अहिले भने बखते दाइलाई आफ्नो बुवासम्म मान्दै आएकि गोलमालकि खुइ'लिले अन्ततः बखते दाइको कि रिया गरेकि छिन् ।
आफ्नो बिवाह पनि उहालेनै गर्दिने र गोढा समेत धुने भनेका बखते दाइ फेरि कहिले फिरेनन् ।बुवा छोरिको जस्तो सम्बन्ध रहेको बखते दाइ र खुइलि ,बखते दाइ नरहेसगै खुइलिले आफुले आफुलाई सम्हाल्ने सकेकि छैनन् ।- हाइलाइट न्युज | 2022/01/23 06:06:50 | https://yuwaaawaj.com/8435/02/ | mC4 |
न्युयोर्क । अमेरिकामा जासुसी गरेको आरोपमा रुसी महिला मारिया बुटिना पक्राउ परेकी छन् ।
रुसी सरकारको एजेन्टकारुपमा राजनीतिक समूहमा घुसपैठको षड्यन्त्र रचेको आरोपमा उनलार्ई दोषी मानिएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फिनल्यान्डमा भएको वार्ताको केही समयपछि नै मारिया पक्राउ परेकी हुन् ।
अमेरिकी सन्चार माध्यमहरुकाअनुसार मारियाले सत्तारुढ पार्टीसँग राम्रो सम्बन्ध बनाउँदै बन्दुक अधिकारको पक्षमा वकालत गरिरहेकी थिइन् । मारिया पक्राउ परेको विषय अमेरिकामा सन् २०१६ को राष्ट्रपति चुनावमा रुसी हस्तक्षेपको अनुसन्धानसँग संलग्न नरहेको बताइएको छ । | 2021/08/01 04:06:56 | https://matrisandesh.com/archives/18165.html | mC4 |
रक्षक नै भक्षक, कुन रुखको ओत लाग्ने? – singhadurbar daily | Samajik Khabar
Home कानुन रक्षक नै भक्षक, कुन रुखको ओत लाग्ने? – singhadurbar daily
रक्षक नै भक्षक, कुन रुखको ओत लाग्ने? – singhadurbar daily
समाज र राष्ट्रको सुरक्षाको पहरेदार भई शान्ति सुरक्षा र अमनचयन कायम राख्नु प्रहरीको पहिलो काम हो। प्रहरीलाई जनताको रक्षकको रुपमा लिइने गरिएको छ। तर जो रक्षक उही नै भक्षक भएपछि सर्वसाधारणले शान्ति सुरक्षाको अनुभूति कसरी गर्ने?
त्रिपुरासुन्दरी नगरपालिका–२ रुमस्थित वडा कार्यालयको सुरक्षार्थ खटिएका प्रहरी चौकी त्रिपुराकोटका ३९ वर्षीय प्रहरी हवल्दार दानबहादुर जिसीले १२ वर्षीया बालिकालाई जबरजस्ती बलात्कार प्रयास गरेका छन्। त्रिपुरासुन्दरी नगरपालिका २ की कक्षा ७ मा अध्ययनरत १२ वर्षीया अनुजा थापालाई असोज १ गते राती ८ बजेतिर मदिरा सेवन गरेर जबरजस्ती बलात्कार प्रयास गरेको पीडितका आफन्तले प्रहरी चौकी त्रिपुराकोटमा दिएको निवेदनमा उल्लेख छ। पीडित परिवारले निवेदन दिएलगत्तै बलात्कार प्रयासका आरोपित प्रहरी हवल्दार जिसिलाई असोज १ गते रातीनै जिल्ला प्रहरी कार्यालय दुनैमा पठाइएको प्रहरी चौकी त्रिपुराकोटका प्रहरी नायव निरीक्षक टेकबहादुर देउवाले जानकारी दिए। आरोपित हवल्दारलाई रातारात जिल्ला पठाइएको भन्दै रुम गाउँका स्थानीयले बिहिबार प्रहरी चौकी घेराउ गर्दै ढुङ्गामुढासमेत गरेका छन्। झण्डै तीन सयको हाराहारीमा आएका स्थानीयले चौकी घेराउ गर्दै नाराजुलुस गरेपछि स्थिति तनावग्रस्त भएको बताइएको छ।
Previous articleदशैँमा १८५०० नयाँ नोट एक व्याक्तिको भागमा – singhadurbar daily
Next articleविदेशी कपडा उद्योग बन्द गर्दै स्वदेशी कपडा प्रयोगमा बाध्य बनाउँदै सरकार – singhadurbar daily | 2020/10/27 23:41:24 | https://samajikkhabar.com/blog/law/1341/ | mC4 |
यस्तो छ चुनावी तयारी - छापा खबर - NepalKhabar - Leading online newspaper from Nepal
यस्तो छ चुनावी तयारी
स्थानीय निर्वाचनका लागि सहमति बनिसकेको छैन, तर सबै पक्ष आन्तरिक तयारीमा
निर्वाचन आयोग निर्वाचनको तयारीमा जुटेको छ। मतदाता नामावली अद्यावधिकदेखि निर्वाचन आचारसंहितासम्मको तयारी भइरहेको आयोगले जनाएको छ। आयोग तयारीमा जुटे पनि निर्वाचनका लागि आवश्यक ऐन बनेका छैनन्। दुईवटा कानुन बनेका छन् भने ११ कानुन बन्न बाँकी छन्।
निर्वाचन आयोग अपूर्ण छ। संविधानअनुसार पाँच आयुक्त हुने भए पनि अहिले प्रमुख आयुक्तसहित दुईजना मात्रै छन्। आयोगले पूर्णता नपाए पनि काम भइरहेको आयुक्त इला शर्माले बताइन्।
स्थानीय तहको निर्वाचन गराउन पाँचवटा ऐन बन्नुपर्ने हुन्छ। संसद्ले सोमबार निर्वाचन कसुर र सजायसम्बन्धी ऐन तथा स्थानीय तह निर्वाचन कार्यविधि ऐन पारित गरेको छ। बाँकी तीन ऐनको विधेयक सरकारले २५ जेठमै संसदमा दर्ता गराएको छ। राजनीतिक दलसम्बन्धी, निर्वाचन आयोगसम्बन्धी र मतदातासम्बन्धी ऐनको विधेयक संसदमा दर्ता भएको हो। आजको नयाँ पत्रिका दैनिकमा खबर प्रकाशित छ। यी तीन विधेयक अहिले संसद्को राज्य व्यवस्था समितिमा छलफलमा छ। | 2017/11/23 03:33:36 | https://nepalkhabar.com/np/news/printmedia/8645/ | mC4 |
लालीगुराँसलाई नेपालको राष्ट्रिय फूलको रूपमा २०१९ सालमा मान्यता दिइएको हो । नेपालको संविधान २०७२ ले पनि लालीगुराँसलाई राष्ट्रिय फूलको मान्यता दिएको छ । नेपालको निशान छापमा समेत लालीगुराँसलाई समावेश गरिएको छ । यस्तै नेपाली रुपियाँ पाँच सय र एक हजारको नोटमा लालीगुराँस अङ्कित छ । नेपालको राष्ट्रिय फूल भएका कारण लालीगुराँस धेरैपटक हुलाक टिकट तथा हुलाक वस्तुमा प्रकाशन भइसकेको छ । अङ्ग्रेजीमा 'रोडोडेनड्रन' भनेर चिनिने यो मनमोहक फूलका विभिन्न प्रजाति संसारभरि नै पाइन्छ ।
हालै प्रकाशित कञ्चनजङ्घा संरक्षण क्षेत्र र आसपासका गुराँसहरू पुस्तकमा नेपालमा ३३ प्रजातिका गुराँस पाइने उल्लेख छ । संसारमा लालीगुराँससँग मिल्दोजुल्दो प्रजातिका अन्य पाँच गुराँस पाइन्छन् । समुद्री सतहबाट गुराँस एक हजार ३०० देखि चार हजार ६०० मिटरको उचाइमा पाइने यो फूल वसन्त ऋतुमा फुल्छ । लालीगुराँस साधारणतया माघ–फागुनदेखि वैशाख–जेठसम्म फुल्ने गर्छ । तर, छिटो फुल्ने ठाउँमा पुस महिनामा पनि फुलेको देखिन्छ । यो पूmल फुलेपछि डाँडाकाँडा नै रङ्गीन र मनमोहक हुन्छ । लालीगुरासँको बोट १० सेमिदेखि २० मिटरसम्म अग्लो हुन्छ । पातको लम्बाइ लगभग पाँचदेखि १५ सेमिसम्म हुन्छ । फूलको आकार औसत अरू पूmलभन्दा केही ठूलो हुन्छ । घण्टीजस्तो देखिने १५ देखि २० वटा पूmलका झुप्पा भई पूmल्छ । रूखको उचाइ र आकार ठाउँअनुसार फरक हुन्छ । यो रातो, गुलाबी, सेतो आदि रङ्गको हुन्छ । पहाडी भू–भागमा यसको रूख मध्यमखालको हुन्छ भने उच्च पहाडी भागमा धेरै ठूलो र झ्याम्म परेको हुन्छ ।
लालीगुराँसको पूmल विश्वमै विशिष्ट पूmलका रूपमा चिनिन्छ । विश्वमा नै सबैभन्दा ठूलो लालीगुराँसको फूल नेपालमै फुल्छ । एक हजार ८२५ मिटरको उचाइमा इलामको मङ्गलबारे गाविसमा नेपालमा मात्र पाइने रातो सिन्दुरे रङ्गको एकथरी लालीगुराँस पाइन्छ । विश्वकै सबैभन्दा अग्लो लालीगुराँसको पूmल र रूख पनि यही हो । १६.१ मिटर अग्लो यो लालीगुराँसको रूखलाई गिनिज बुकले विश्वको सबैभन्दा अग्लो गुराँसको रूख भनेर उल्लेख गरेको छ । यस्तै, प्राकृतिक तथा भौगोलिक दृष्टिले पर्यटकीय स्थलका रूपमा परिचित सङ्खुवासभा र धनकुटाको सङ्गमस्थलमा रहेको साबिकका वसन्तपुर, फुलेक, सोल्मा, सुङ्गनाम र दाःगपा गाविस मिलाई नेपाल सरकारले २०७२ असोज १ गते लालीगुराँस नगरपालिका घोषणा गरेको छ । लालीगुराँस पूmल भारतको उत्तराखण्ड र कास्मिर राज्यको प्रान्तीय पूmल, सिक्किम राज्यको प्रान्तीय रूख हो । यस्तै अमेरिकी राज्य वेस्ट भर्जिनियाको प्रान्तीय पूmल र यस राज्यको प्रान्तीय झन्डामा यो पूmल अङ्कित छ ।
यतिबेला गुराँस फुल्ने मौसम हो । पहाडी क्षेत्रमा ढकमक्क गुराँस फुलेर जङ्गल नै हराभरा भएको छ । यो जङ्गलमा फुल्ने यस्तो पूmल हो, जसको सौन्दर्यमा जोकोही मोहित हुन्छन् । यो पूmल नेपालको राष्ट्रिय पूmल भएकाले यसप्रति हाम्रो भावनात्मक प्रेम र सम्मान पनि छ ।
यो पूmल हेर्नमा जति राम्रो छ, उत्तिकै गुणकारी पनि छ । आयुर्वेद औषधिहरूमा गुराँस फूलको प्रयोग हुँदै आएको छ । रातो रङ्गको गुराँस पोषक तŒवले भरिपूर्ण मानिन्छ भने गुराँसको जुस कलेजो, मृगौलाजस्ता समस्यामा निकै उपयोगी हुन्छ । हृदय रोगलगायत केही गम्भीर रोगमा गुराँसको जुस सेवन गर्नु लाभदायक मानिन्छ । यसको जुसले हड्डीको दुखाइ र उच्च रक्तचापमा फाइदा पु¥याउँछ । गुराँस एउटा मौसममा मात्र पाइने भएकाले अन्य बेला प्रयोग गर्न यसको पूmललाई सुकाएर राख्न सकिन्छ । गुराँसको फूल घरको मूल ढोकामा सजाउँदा घरमा नकारात्मक ऊर्जा भित्रिँदैन भन्ने मान्यता छ । | 2020/05/29 05:12:20 | https://gorkhapatraonline.com/saturday/2020-05-23-14901 | mC4 |
अब तीन पटक रक्सी पिएको भेटे सार्वजनिक मुद्दा !
प्रकाशित: २०७६-०४-२९ १०:४२:५४ नेपाल समय
बैतडी- मदिराका कारण महिला तथा बालबालिकामाथि हुने हिंसामा वृद्धि भएको भन्दै बैतडीको दशरथचन्द नगरपालिका वडा नं ९ लाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । वडामा भएको आमभेला र वडा समितिको निर्णयअनुसार वडालाई मदिरा निषेधित वडा घोषणा गरिएको वडासचिव कृष्णबहादुर बोहराले जानकारी दिए ।
तीन पटकभन्दा बढी कसैले मदिराको कारोवार, ओसारपसार र सेवन गरेको पाइएमा सार्वजनिक मुद्दा दर्ता गर्ने निर्णयसमेत भएको छ । रासस | 2020/01/21 19:35:46 | https://www.nepalsamaya.com/news/16277 | mC4 |
पछिल्लो एक महिना नेपालको शेयर बजारमा नेप्से परिसूचक अपेक्षा गरिएभन्दा पनि धेरै बढेको छ । पछिल्लो २५ दिनमा मात्रै नेप्से परिसूचक ४ सय १८ अंकले बढेको छ । शेयर बाजरमा ७० प्रतिशतको हाराहारीमा बैंकिङ क्षेत्रको हिस्सा छ । तर अहिलेको बजारमा बैंकिङ क्षेत्र भन्दा अन्य क्षेत्रले नेतृत्व गरिरहेको देखिन्छ । अझ कतिपय राम्रो वित्तीय विवरण नभएका कम्पनीको शेयर मूल्यमा समेत उच्च वृद्धि भएको देखिन्छ । यसबाट शेयर बजार किन बढीरहेको छ भन्न सजिलै सक्ने अवस्था भने छैन । तर बजारका विश्लेषकहरु भने बैंकिङ क्षेत्रमा देखिएको अधिक तरलता र लगानीकर्ताको बोनस शेयर र हकप्रदमा देखिएको मोह नै भएको बताउँछन् । अपेक्षा गरिए भन्दा धेरै वृद्धि भइसकेकाले कुनैपनि बेला ठूलो करेक्सन आउने सम्भावना पनि देखिन्छ । अवको बजार कसरी अगाडि बढ्ला ? यिनै विषयमा केन्द्रीत रहेर हामीले शेयर बजारका अभियान्ता विष्णुप्रसाद बस्यालसँग कुराकानी गरेका छौं ।
नेपालको शेयर बजार धेरै समयपछि बढ्दो ट्रेण्डमा छ । यो अवस्थामा बजारलाई तपाईले कसरी हेरिराख्नु भएको छ ?
अहिले नेपालको बजार भनेको बुलिस ट्रेण्डमा छ । लगभग ४०/४२ महिनाको घटदो बजार र ५०/५२ महिनाको बढदो बजारको अवस्था देखिएको छ । विगतको अवस्था हेर्ने हो भने तीनवटा साइकल यस्तै भएको छ । यसपटक पनि २०१६ को जुलाईबाट जब बजार खस्न सुरु ग¥यो । कुल समय हेर्ने हो भने लगभग ४४ महिना घट्दो बजार रह्यो । त्यसपछि बजार माथि उठन शुरु गरेको हो । बिचमा अलिकति कोभिडको प्रभावले गर्दा बजारमा केही तलमाथिको उतारचढाव देखियो । त्यस्तो उतारचढाव देखिएपनि मैले बुल मार्केटको निरन्तरतालाई लिन्छु । अहिले कोभिडको लकडाउनपछि फेरी मार्केट माथि गइराखेको छ । यो भनेको आगामी दिनमा बुल साइकलको प्रभावको रुपमा नै हेर्नुपर्छ । छोटो अवधिका लागि केही समय तलमाथि हुन सक्छ तर दिर्घकालको लागि बजार निकै बुलिस ट्रेण्डमा गइसकेको मान्न सकिन्छ ।
अहिलेको वृद्धिलाई बजारको सबल पक्ष भन्ने की समस्या भन्ने ? पछिल्लो एक महिनामा ४ सय अंक बढीले नेप्से बढेको छ । अब करेक्सन हुन सक्ने सम्भावना कत्तिको छ ?
अहिले अल्पकाललाई हेर्ने हो भने बजारमा कम मूल्यका शेयरहरुमा वृद्धि देखिराखेको छ । यस्तै बैंकिङ क्षेत्र नभएर अरु समूहका कम्पनीहरुले नेतृत्व गरिराखेको छ । त्यसलाई हेर्ने हो भने निस्चय नै सानो समयमा नै अल्पकालीन बबल सिर्जना भइसक्यो की भन्ने आशंका गर्न सक्ने आधारहरु प्रसस्त छन् । त्यसकारणले बजारको प्राकृतिक सुन्दरता भनेको अलिकति घटेर बढ्नु नै हो । बजार अरु एक–दुई सय विन्दु माथि लगातार गयो भने फेरी छोटो समयमा निकै ठूलो जोखिमको रुपमा देखापर्न सक्छ ।
कतिपय लगानीकर्ताले अहिलेको बजार चलखेल भएका कारण बढेको छ भनिरहेका छन् । त्यसमा कत्तिको सत्यता देखिन्छ ?
बजार भनेको नै स्पेकुलेसनको बजार हो । पूँजी बजार भनेको नै यो समग्रमा स्पेकुलेसन हो । तर यसमा स्पेकुलेसन भनेको तास खेलेझैं होइन । हेड–टेल गरेजस्तो होइन । यसमा स्पेकुलेसन भनेको एउटा क्याल्कुलेटेड जोखिम लिएर भविश्यको आम्दानी के हुनसक्छ र उसले दिन सक्ने के हो त्यो आधार तय गरिन्छ र सोही अनुसार काम गरिन्छ । म सबै कम्पनीलाई त भन्दिन तर कुनैकुनै कम्पनीमा नचाहिदो अफवाहले काम गरिराखेको स्पष्ट देखिन्छ । किन भन्दा पछिल्ला बुल मार्केटहरु जब १ हजार १ सय बाट १ हजार ३ सय ५० गयो त्यो बेलामा बैंकिङ सँगसँगै चलेको थियो । अरु कम्पनीहरु बैंकिङ क्षेत्रको भन्दा बढी चल्थ्यो । इन्स्योरेन्स, माइक्रोफाइनान्स बढी चल्थ्यो । तर बैंकिङ पनि सँगसँगै चलेको थियो । त्यसपछिको फेरी १ हजार ३ सय ५० बाट १६ सय ६८ को जुन बुल मार्केट आयो त्यो बेलामा पनि बैंकिङले साथ दिएको थियो । तर अहिले हेर्ने हो भने अलिकति अस्वभाविक रुपमा एकदमै कम पूँजी भएका कम्पनीहरु मात्रै बढी चल्ने देखिएको छ । तर धेरै पूँजी भएका कम्पनीहरु जस्तै बैंकिङ तिनीहरु नचल्ने देखियो । त्यसले गर्दा बजारलाई केही समूहले चलाउन खोजेको हो की भन्ने अनुभूति पनि भइराखेको छ । तर त्यो भन्दाभन्दै सबै कम्पनीहरुमा त्यसो होला त पक्कैपनि होइन होला । कुनै कम्पनीका राम्रो आधार अर्थात राम्रो नाफा देखेर चलिराखेको पनि होलान । तर जसको कुनै नाफा छैन, जसको आम्दानी राम्रो छैन ती कम्पनीहरु पनि अलि बढी नै चलेको देखिएकाले बजारलाई अस्वभाविक मान्न सकिन्छ ।
अधिकांश कम्पनीहरुले पहिलो त्रैमसको वित्तीय विवरण सार्वजनिक गरेका छन् । ती रिपोर्टहरु हेर्दा जुन कम्पनीको राम्रो छ ती कम्पनीहरुको शेयर मूल्य खासै बढेको छैन भने जसको कमजोर देखिएको छ तिनको बढीरहेको देखिन्छ । त्यसैले बजार कहि न कतैबाट चलखेल भइराखेको छ भन्न त खोज्नु भएको होइन ?
हो त्यही नै भनेको हो । जसको रिपोर्ट राम्रो छैन ति कम्पनीहरुको शेयर पनि बढेको देख्दा र त्यस्ता कम्पनीहरु कम पूँजी भएको हुँदा कतै निश्चित समूहले शेयरलाई माथि उकासेर फाइदा लिनको लागि चलाईराखेको त होइन भन्ने कुरा सोच्न सकिन्छ । जस्तै धेरैजसो जलविद्युत कम्पनीहरु दुई–तीनवटालाई छोडेर जसको राम्रो आम्दानी हुन सक्ने छ त्यस्ता कम्पनीहरुलाई छोडेर धेरै जसो जलविद्युत कम्पनीहरुको लाइन देखिएको छ त्यो अलि अस्वभाविक देखिएको छ । त्यस्तै उत्पादन क्षेत्रमा विसाल बजार कम्पनी हेर्ने हो भने त्यसको -यालीपनि अस्वभाविक देखिन्छ । नेपाल पुनर्बीमा कम्पनीको -यालीलाई हेर्यौभने पनि भिड कतापट्टि लागिराखेको छ भन्ने देख्न सकिन्छ । बजारमा पुनर्बीमाले एक सय प्रतिशत भन्दा बढी हकप्रद जारी गर्छ भनेर भनिएको छ । यो सोच्नु मुर्खता हो । जुन कम्पनीको नेटवर्थ अथवा कमाईको क्षमता हो त्यसको अनुसार यदि कुनै कम्पनी एक हजार भन्दा माथि मूल्य जान नसक्ने देखिएको छ र हकप्रद आउँछ भन्ने चक्करमा मात्रै २ हजार पु-याईदिन्छन भने त्यसपछि हकप्रद आएपनि महँगो हो । साधारण लगानीकर्तामा हकप्रद र बोनस प्रतिको जुन मोह देखिएको छ त्यसले असर गरिरहेको छ । अब लगानीकर्ताले बुझ्नुपर्ने कुरा के हो भने हकप्रद र बोनस मात्रै शेयरको आम्दानीको ज्ञारेन्टी होइन । त्यसकारणले हकप्रद पाउने म सँग धेरै संख्यामा शेयर छ भनेर कसैले सोच्छ भनेपनि के त्यसको मूल्य जायज छ भनेर सोच्नुप-यो ।
अहिलेको बजारमा ब्याजदरको असर कत्तिको परेको हो ?
विश्वभरी नै पूँजी बजारलाई तरलताले नेतृत्व गरिराखेको छ । इजी मनि आउने वित्तीकै कम ब्याजदरमा पैसा पाइन्छ र बैंकमा प्रसस्त तरलता भएर बैंकले कर्जा प्रवाह गर्न शुरु गर्छ । त्यसबाट बजार प्रभावित भइहाल्छ । कोभिडको अवस्थामा अरु कुनै क्षेत्रमा लगानी गर्नको लागि त्रासको वातावरण छ । महामारी कतिसम्म चल्ने हो भन्ने मान्छेहरुले आकलन गर्न सकेका छैनन् । त्यस्तो अवस्थामा प्रणालीमा तरलता अधिक देखिएको छ र ब्याजदर कम भएको छ । प्रसस्त तरलता छ । अव लगानी गर्ने अन्य क्षेत्र खोइत भनेर सोच्दा पक्कैपनि पूँजी बजार देखिएको छ । जसमा घरबाटै कारोबार गरेर चाहेको जति नाफा कमाउन सक्ने स्थिति देखिएको छ । यी सबै तत्वहरुले काम गरेको छ । यो नेपालमा मात्रै होइन विश्वभर नै तरलताले बजारलाई नेतृत्व गरिरहेको छ । अहिले जुन हिसाबले बजार निकै छिटो बढिराखेको छ त्यस पछाडिको मुख्य कारक तत्व तरलता पनि एउटा हो ।
अव यो अवस्थामा सर्वसाधारण लगानीकर्ताले बजारमा आफ्नो उपस्थिति कसरी देखाउने ?
सर्वसधारण लगानीकर्ताले के गर्नुपर्छ भने लामो समयको लागि प्रवेश गर्ने हो भने राम्रो कम्पनी जसको भोलीको दिनमा कमाउन सक्ने क्षमता बढी छ र प्रतिशेयर आम्दानी बढी हुनसक्छ त्यसको शेयर किन्नुपर्छ । हकप्रद र बोनसको पछाडी मात्रै दौडने काम गर्न हुँदैन । बोनस शेयरको कारण कुनैपनि लगानीकताले कम्पनीप्रतिको नियन्त्रण गुमाउने सम्भावना बढी हुन्छ । त्यो त रिजर्भको पैसा नै बोनसको रुपमा दिइएको हो । कुनैपनि संस्था बलियो हुनुछ भने उसको रिजर्भ बलियो हुन जरुरी छ । रिजर्भ रित्याएर कुनै संस्थाले बोनस दिन्छ भने त्यो संस्थाको संस्थागत सुशासन माथि प्रश्न गर्नुपर्ने हुन्छ । त्यसकारले लजिकल बोनस मेरोलागि कत्तिको उपयुक्त हो भन्ने ख्याल गर्नुपर्छ । फेरी बोनस शेयर जारी गर्ने वित्तीकै भोलीको दिनमा कम्पनीले बोनस दिने बेलामा डेभिडेन्ड परशेयर पनि घटेर आउँछ । त्यो पनि एउटा आधार हो । किन भन्दा जे भएपनि कम्पनीको कमाई भनेको नगद नै हो । हामीले कागजको खोस्टा बटुलेर कुनै अर्थ छैन । शेयर हामीसँग भएर कुनै अर्थ छैन् । शेयरले हामीलाई केही कमाएर पनि दिनु प-यो हाम्रो खल्तिमा पैसा हाल्नु प-यो ।
त्यसकारण नेपालको लगानीकर्ताहरुमा अपरिपक्व पन देखिन्छ । बोनसको पछाडी मात्रै दौडने अनि कुनै कम्पनीले हकप्रद ल्याउँदैछु भन्यो भने त्यो हकप्रद के प्रयोजनको लागि ल्याउँदै छ त्यो नसोचिकन हकप्रद ल्याउने भन्ने वित्तीकै आजको ५ सयको शेयर मैले १ सय रुपैयाँमा आवेदन दिन पाउँछु, अधार मूल्यमा आवेदन दिन पाउँछु भनेर शेयर बटुल्ने जुन प्रवृति छ त्यो प्रवृति पछिल्लो बुल मार्केटमा पनि हामीले हे¥यौं भने यही प्रवृतिले धेरै नै घातक भएर मान्छेहरु ठूलो नोक्सानी झेल्नु परेको थियो । यस्तै प्रवृतिलाई अझैपनि लगानीकर्ताले लिने र सही तरिकाले भविश्यमा राम्रो कमाई गर्न सक्ने कम्पनी नछानेर हकप्रद र बोनसको पछाडी मात्रै भागिराख्ने हो भने ती कम्पनीहरुले लगानीकर्तालाई कुनैपनि बेला डुबाउन सक्छन भन्ने देखिन्छ ।
तपाईले बजारका सूचकहरुको निकै राम्रो विश्लेषण गर्दै आउनुभएको छ । अहिले तपाई बजारलाई कसरी विश्लेषण गरिरहनु भएको छ ?
भर्खरै शुरु भएको बुलमार्केटको आयु अझै ४० महिना भन्दा बेसी छ । त्यो बीचमा साना ठूला करेक्सनहरु भइराख्छन् । बजारमा अलिकति करेक्सन आएपछि फेरी प्रवेश गर्न सकिन्छ । करेक्सन पनि कति हुने भन्ने कुराको आधारहरु हुन्छ । त्यसको विश्लेषण गर्न सकिन्छ । यदि बजार छोटो समयमा १ सय प्रतिशत बढेको छ भने त्यसमा ३० देखि ४० प्रतिशतको करेक्सन आउन सक्छ । त्यो कुरालाई ध्यानमा राख्नुपर्छ । लामो समयको लागि लगानी हो भने राम्रो कम्पनी जसको भोलीको दिनमा आम्दानी राम्रो हुन सक्छ ती कम्पनीहरुमा निर्धक्क भएर लामो समयको लागि लगानी गर्नुहोस् । यदि छोटो समयमा एक साता भित्र नाफा कमाउँछु भन्ने हो भने धेरै ठूलो जोखिम छ भन्ने पनि बुझ्नु पर्छ ।
त्यसो भए नेप्से परिसूचकमा करेक्सन हुन सक्ने सम्भावना कति छ ?
अहिलेको जुन सूचक हो । जुन छोटो समयमा यसरी बढीराख्यो यसमा केही करेक्सन हुन सक्ने सम्भावना आकलन गर्न सकिन्छ । त्यो करेक्सन भनेको लगभग २ सय देखि ३ सय सम्मको अपेक्षा छ । साथसाथै बैंकिङ सूचकलाई हेर्ने हो भने अन्य समूहको तुलनामा यसले आफ्नो ¥याली पुरा गरेको छैन भन्ने देखिन्छ । त्यो हिसाबले आकलन गर्ने हो भने धेरै ठूलो करेक्सन नहोला तर जुन अलि माथि चलेका समूह हुन तिनीहरु केही नाफा सुरक्षित भएर फेरी बैंकिङ समूहले नेतृत्व गर्ने सम्भावना पनि देखिएको छ । | 2022/07/04 05:32:01 | http://bankkokhabar.com.np/detailpage/989 | mC4 |
बिकास गर्न काग्रेंसले सिक्यो, बोल्न कम्युनिस्टले : बराल
धनगढी : नेपाली काग्रेंस कैलालीका नेता तथा धनगढी उप महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष नारायण प्रसाद बरालले बिकास गर्न काग्रेंसले सिक्यो बोल्न कम्युनिस्टले सिकेको टिप्पणी गरेका छन् । सुप मिडियाको एस टिभि टकमा पत्रकार दिनेश बिष्टसंग कुरा गर्दै बरालले बिकास अरुले गर्ने तर मैले गरे भनेर झुट बोल्न कम्युनिस्ट निकै बाँठा भएको टिप्पणी गरेका हुन् ।
मेरो वडाका ८ जना सांसद छन् केन्द्र देखी प्रदेशसम्म तर केन्द्र र प्रदेशबाट कति बजेट आयो छर्लगं छ उनले भने 'प्रदेशको नेपालु चौधरीले १० लाखको नाली हाल्नुभाछ संघको माननिय नारदमुनी रानालाई त यहाँका सडकको टेन्डर भएपछि थाहा पाउनुभाको हो तर उहाँनै भन्नुहुन्छ सबै मैले गरेको हुँ भनेर ।'
संघबाट हुलाकीको बजेट आएको हो तर उहाँको पहलमा होइन २ नम्बर क्षेत्रका सांसदको सिफारिशमा आएको छ उहाँलाइ त टेन्डर हुने बेला थाहा भएको हो बरालले भने 'यहाँको बिकास कसको पहलमा भएको हो कहाँ भएको हो सबै प्रमाणले बोल्छ मलाई प्रमाण ल्या भने लिएर देखाउँछु ।'
हम्रो माननिय ज्युले सडक बनाउने वडा अध्यक्ष मेयरको हैसियत हुँदैन उसै फुर्ति लाउँछन भनेर भन्नु भएछ हाँसो उठेर आउँछ मलाई झुट बोल्नुको सिमा हुन्छ नी उनले भने 'नगरेको कामलाई मैले गरेको हो भनेर अली लाज मान्नुपर्छ जनता लाटा छैनन् कसले कहाँ के गरेको छ सबै प्रस्ट छ त्यस कारण झुट बोल्ने होइन काम गर्ने हो ।'
हामीले घरबाट पैँसा ल्याएर बिकास गरेका केही होइनौँ उनले भने 'बजेट जनताको हो हामीले पहल र मेहेनत गरेका हौँ यसमापनि दोहोरी गर्नुभन्दा सत्य बोल्नुपर्छ म १ प्रतिशत झुट बोल्दैन काम हेर्नुस मेरो ७५ प्रतिशत भन्दा बढी काम सकिसकेको छु बाँकी कार्यकालमा अँझ धेरै हुन्छ ।' | 2021/10/19 12:12:04 | https://www.state7online.com/archives/32306 | mC4 |
स्वदेशमा रोजगारीको अभावः दसैँको मुखमा पनि भारत पलायन हुने क्रम रोकएन - Digital Khabar
२१ असाेज, महेन्द्रनगर । दशैँ–तिहार जस्ता ठूला चाडपर्वमा मुलुक बाहिर रहेका अधिकांश मानिस स्वदेश फर्किने र घरपरिवारमा रमाइलो गरी मनाउने गरिन्छ । तर कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट दसैँको पहिलो दिन आज पनि मजदूरीका लागि भारत जाने धेरै भेटियो । | 2021/10/16 11:15:42 | https://www.digitalkhabar.com/2021/10/07/40909/ | mC4 |
Sajhasabal.com | Homeसमन्वयको दायरा फराकिलो बनाईदिन सरकारलाई समन्वय समितिहरुको आग्रह
ताराबहादुर महत । असार २७, दोलखा । कानुनी रुपमै सहज तरिकाले समन्वय गर्ने वातावरण बनाउन प्रदेश नम्बर ३ का जिल्ला समन्वय समितिहरुको संयुक्त बैठकले प्रदेश सभा र सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।
प्रदेश नम्बर ३ अन्र्तगत दोलखा, रामेछाप, सिन्धुली र सिन्धुपाल्चोकका जिल्ला समन्वय समितिहरुको संयुक्त बैठकले समन्वय समितिले कानुनी रुपमा पाएको अधिकारको पुर्ण प्रत्याभुति र समन्वयको दायरा फराकिलो पार्न प्रदेशलाई आग्रह गर्ने भएको हो ।
यहि असार २६ र २७ गते चरिकोटमा बसेको बैठकले ११ बुँदे प्रतिबद्धता जारी गर्दै बैठकका निर्णयहरु सार्वजनिक गरेको हो । प्रतिबद्धता पत्रमा जिल्ला सभा संचालित, संघिय बाहेकका जिल्लास्थित सरकारी कार्यालयहरुको नियन्त्रण, गैरसरकारी संस्थाहरुको अनुगमन पश्चात्त सुझाव कार्यान्वयन लगायतका विषयमा यथाशिघ्र कानुनी व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ । निर्वाचित हुँदाहुँदै पनि समन्वय समितिको उपप्रमुख, सदस्य, वडा अध्यक्ष र वडा सदस्यहरुको वरियताक्रमलाई वेवास्ता गरिएको भन्दै वरियताक्रम निर्धारण गर्न माग गर्ने निर्णय गरिएको छ ।
त्यसैगरी जिल्लाभित्र एक भन्दा बढी स्थानिय तह कार्यक्षेत्र रहेको सहकारीको अनुगमन तथा नियमन गर्ने, बाल अधिकार र बाल संरक्षणको क्षेत्रमा काम गर्न समन्वय समितिका सदस्यहरु अनुगमनको जिम्मेवारी दिने, समन्वय समितिका लागि आवश्यक बजेट खर्च गर्न पाउने कानुनी बाटो फुकुवा गर्न र बाझिएका कानुन संशोधन गर्न समेत प्रदेश र केन्द्र सरकारलाई ध्यानाकर्षण गराउने लगायतका बुँदाहरु समेटिएको छ । प्रतिबद्धता पत्रमा समन्वय समितिका प्रमुखहरु डबल पाण्डे, रामेछापका प्रेमबहादुर खड्का, सिन्धुलीका शंकरराज बर्मा र सिन्धुपाल्चोकका कृष्णगोपाल तामाङले हस्ताक्षर गर्नुभएको छ ।
जिल्ला समन्वय समिति दोलखाको आयोजनामा भएको बैठकमा दोलखा, रामेछाप, सिन्धुली र सिन्धुपाल्चोक जिल्लाका समन्वय समिति प्रमुख, उपप्रमुख, सदस्यहरु र समन्वय अधिकारीहरुको सहभागिता रहेको समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले जानकारी दिनुभयो । | 2019/03/26 05:52:56 | http://sajhasabal.com/Politics/41321 | mC4 |
दशैं आउँदै गर्दा सामाजिक सघंसस्थाहरुद्वारा विपन्न र असाहयलाई सहयोग « Chhahara Online
दशैं आउँदै गर्दा सामाजिक सघंसस्थाहरुद्वारा विपन्न र असाहयलाई सहयोग
नेपालीहरुको महानपर्वमा पर्ने समस्यालाइ मध्यनजर गर्दै लायन्स क्लव अफ दाङ र लियो क्लब अफ दाङ तुलसीपुरले आफ्नो सामाजिक उत्तरदायित्वको अभियान अन्तर्गत सोमवार विभिन्न सिमान्तिकृत समुदायहरुलाइ सहयोग गरेको छ ।
आवश्यकता हेरेर नगदसहित न्याना कपडा, चामल, नुन, दाल, तेल, आटा तथा विद्यालयमा अध्ययन गर्ने असहाय बालवालिकाहरुलाई स्टेशनरी सामान समेत वितरण गरिएको लायन्स क्लव अफ दाङका अध्यक्ष सुरेश हमालले बताउनुभएको छ ।
रिपोटर्स क्लव दाङले स्थापना भएसंगै विगत १० बर्षदेखि यस्ता सामाजिक उत्तरदायित्व अभियानको समन्वय गर्दै आएको छ । ती दुइ संस्थाले तुलसीपुर उपमहानगरपालिका—१९ बस्ने शारीरिक रुपमा अपांग व्यवसायी गीता बुढालाइ १५ हजार रुपैया आर्थिक सहयोग गरेको छ ।
कोभिड—१९ को संक्रमण व्यापक बन्दै जनजिविका असहज बन्दै गएको अवस्थामा आएको बडादशैं पर्वलाइ समेत लक्षित गरेर लायन्स क्लव दाङ र लियो क्लव तुलसीपुर दाङले विजौरीमा रहेको श्री असहाय वालविकाश केन्द्र विजौरीमा आश्रित वालवालिकाहरुलाइ पनि स्टेशनरी सहित दाल चामल, नुन, आटा लगायतका सामाग्रि उपलव्ध गराएको थियो ।
त्यसैगरी सामाजिक उत्तरदायित्वसंगै नेपालीहरुको महानपर्वमा पर्ने समस्यालाइ मध्यनजरगर्दै ती दुइ संस्थाले तुलसीपुर उपमहानगरपालिका—४ रक्षाचौरमा अस्थाइ बसोबासगर्दै आएका दृष्टिविहिनका परीवारलाइ पनि नगद ५ हजार सहित दालचामल, आटा नुन, तेल लगायतका सामाग्रि उपलव्ध गराएको थियो । रुपा गन्धर्वको परीवार विगत ७ बर्षदेखि यसरीनै जिवन गुजारा गर्दै आएको छ ।
त्यस्तै लायन्स क्लव अफ दाङले तुलसीपुर उपमहानगरपालिका—गोलौराका क्यानसर पिडित गोवर्धन वलीलाइ पनि आर्थिक सहयोग गरेको छ । सो अवसरमा लायन्स क्लव अफ दाङले १० हजार रुपैया तथा तुलसीपुरका युवा व्यवसायी हेमन्त डांगी र पुर्णिमा डांगीले १० हजार ५ सय रुपैया वलीको उपचारार्थ सहयोग गरेका थिए ।
सामाजिक उत्तरदायित्व अन्तर्गतको सहयोग अभियानमा लायन्स क्लव अफ दाङका अध्यक्ष शुरेस हमाल, क्लवका पुर्वअध्यक्ष विनोदकुमार श्रेष्ठ, विमल रिजाल, निवर्तमान अध्यक्ष यज्ञ वहादुर केसी, सदस्यहरु गोरख वली, सन्जय पराजुली, लायन्स क्लव अफ दाङका कोषाध्यक्ष लोकराज विष्ट, सदस्य पुष्प जिएम, लियो क्लव अफ दाङ तुलसीपुरका उपाध्यक्ष राजेन्द्र महतारा, उपाध्यक्ष निर्मल खडका, सहसचिव प्रकाश न्यौपाने, पत्रकार खेमराज रिजाल, बालाराम खड्का लगायतको सहभागिता रहेको थियो । | 2021/08/02 11:29:14 | https://chhaharaonline.com/2020/10/19/16038 | mC4 |
Everestmission | हरपल खबर, निष्पक्ष विश्लेषण ओली र नेपालबीचको 'वान टु वान' वार्ता: सकारात्मक मोडतर्फ एमाले
ओली र नेपालबीचको 'वान टु वान' वार्ता: सकारात्मक मोडतर्फ एमाले
३ जेष्ठ २०७८, सोमबार ०७:३९
काठमाडौँ, ३ जेठ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी एमाले विवाद समाधानार्थ कार्यदल गठन गरिएको छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले आइतबार १० सदस्यीय कार्यदल टुंगो लगाएका हुन् । सिंहदरबारमा ओली र नेपालबीचको 'वान टु वान' वार्तापछि कार्यदल टुंगो लागेको हो ।
कार्यदललाई तीन दिनभित्र पार्टी विवाद समाधानको सुझावसहितको प्रतिवेदन बुझाउने समय दिइएको छ । त्यस अवधिमा कार्य सम्पन्न नभए 'समय थप्न' सकिने जनाइएको छ । वार्तापछि अध्यक्ष ओलीले पार्टी विवाद समाधान हुनेमा आफू सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । २८ फागुनको निर्णय खारेज र २ जेठ २०७५ कै एमाले पार्टी संरचना, विधान र नेतृत्व कायम हुनुपर्ने नेपाल समूहको मागमा अध्यक्ष ओली सहमत छन् । ओली र नेपालबीच कार्यदल बनाएरै सबै समस्या समाधान खोजिनेगरी छलफल हुँदै आएको छ ।
गत शुक्रबार र बिहीबार पार्टी विवाद 'कसरी समाधान गर्ने रु' भन्नेबारे केन्द्रित रहेर ओली र नेपालबीच छलफल भएको थियो । विवाद उत्कर्षमा पुगेकै बेला गत २७ वैशाखमा प्रधानमन्त्री ओलीलाई नेपाल समूहका सांसदले विश्वासको मतदान नगरी संसद् बैठक बहिष्कार गरेका थिए । दुवै समूह समानान्तरण कमिटी निर्माण गर्दै अघि बढेपछि पार्टी विवाद झन् बढदै गएको थियो । तर, नेताबीच कार्यदल गठन गरेर विवाद समाधान गर्ने सहमतिपछि एकता जोगिने विश्वास नेता कार्यकर्ताको छ । यो समाचार राजधानी दैनिकमा छ । | 2021/10/22 03:59:40 | https://everestmission.com/2021/05/17/07/150413/ | mC4 |
२ वर्षभित्र पानी जहाजमा नेपालले... :: सुजिता कार्की :: Setopati
२ वर्षभित्र पानी जहाजमा नेपालले सामान ओसारपसार गरेरै छोड्छ- प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र नेपालमा रेल सेवा सञ्चालनमा ल्याउने घोषणा गरेका छन्।
प्रधानमन्त्री ओलीले २ वर्षभित्र नेपालमा रेल सेवा सञ्चालनमा ल्याएर आफूलाई मजाक गर्नेहरूलाई जवाफ दिन चाहेको पनि स्पष्ट पारे। उनले २०७६ सालभित्र नेपाली झण्डाबाहक पानी जहाजले सामान ओसारपसार गर्ने महत्वकांक्षी योजना पनि सार्वजनिक गरे।
शुक्रबार काठमाडौंमा २९ औं राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीको उद्घाटन गर्दै उनले पानी जहाजमा नेपालले समान ओसारपसार गरेको देखाएरै छोड्ने दृढता व्यक्त गरे।
उनले रेल सेवा सञ्चालन र पानी जहाज सञ्चालन गर्ने आफ्नो प्रतिबद्धतालाई विगतमा मजाकको विषय बनाइएको पनि स्मरण गराए। अब मजाक उडाउन नदिने गरी काम गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ। उनले आफू नेतृत्वको सरकार देश बनाउन आएको पनि दोहोर्याए।
प्रधानमन्त्री ओलीले सरकार देश र जनताको हितमा समर्पित हुने पनि बताए। उनले सरकारले अब उद्यम विकासको लहर नै सृजना गर्ने दाबी गरे।
कार्यक्रममा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले उद्यम विकासका लागि निजी लगानी भित्र्याउन आवश्यक ऐन, कानूनको व्यवस्था गर्न लागिएको बताए।
उनले प्रधानमन्त्री केपी ओलीको चाहना अनुसार घरघरमा महिलाहरूले रोजगारीको अवसर पाउने गरी साना उद्यम विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। निजी क्षेत्रलाई प्रोत्साहित गरेर सरकार उद्यम विकासलाई अघि बढाउन प्रतिबद्ध रहेको मन्त्री यादवको भनाइ छ।
सरकारकै योजना अनुसार काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको प्रदर्शनी ५ दिनसम्म चल्नेछ। ३ सयभन्दा बढी स्वदेशी उत्पादनका स्टलहरू रहेको प्रदर्शनीमा करिब ८ करोड कारोबार हुने अपेक्षा गरिएको छ। | 2019/03/24 21:22:56 | https://setopati.com/politics/143977 | mC4 |
'वर्ण–विन्यास–विज्ञानभित्र नेपाली भाषा' सार्वजनिक « Sansar News
१६ श्रावण २०७४, सोमबार ०४:०८
१६ साउन, काठमाडौँ । नेपाली भाषाका व्याकरणविद् डा बलदेव शर्मा अधिकारीद्वारा लिखित 'वर्ण–विन्यास–विज्ञानभित्र नेपाली भाषा' पुस्तक सार्वजनिक भएको छ ।
उहाँले भाषा तथा संस्कृतिविद् जगमान गुरुङ जस्ता विद्वानको विचारलाई 'अडियो क्यासेट'मा रेकर्ड गरेर नयाँ पुस्तालाई प्रवाह गरिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाली भाषा साहित्य क्षेत्रका ज्ञाता तथा स्रष्टाको उल्लेख्य सहभागिता थियो । दिनेश रिजालले प्रकाशन गर्नुभएको २०८ पृष्ठको सो पुस्तकको मूल्य रु ४२५ रहेको छ । | 2022/01/18 20:16:40 | https://sansarnews.com/52835/ | mC4 |
डिआइजी बढुवा : कुन नेताको पछि को ? « Drishti News
डिआइजी बढुवा : कुन नेताको पछि को ?
काठमाडौं, २ भदौ । चार महिनाअघि गृह मन्त्रालयले नेपाल प्रहरीमा हचुवाको भरमा सात डिआईजीको दरबन्दी कटौती ग¥यो । जुन विषयले प्रहरी र गृहबीच सम्बन्ध मात्र चिसिएन तत्कालिन प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवाली र गृहसचिव महेश्वर न्यौपानेबीच भनाभन नै भयो । बिना कुनै अध्ययन दरबन्दी कटौती गरेर प्रहरी संगठनलाई कमजोर बनाउन लागेको भन्दै तत्कालीन महानिरीक्षक ठाकुर ज्ञवाली सचिवसँग जंगिएका थिए ।
ज्ञवालीको आक्रोश ठिक रहेछ भन्ने अहिले गृह मन्त्रालयले महशुस गरेको छ । आफ्नो गल्ती सच्याएर डिआईजीको दरबन्दी थप्ने प्रक्रिया यतिबेला अघि बढेको छ । समायोजनका लागि तयार गरिएको प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनमा डिआईजीको पाँच दरबन्दी थप्ने प्रस्ताव अघि बढेको छ ।
पाँच डिआइजीको दरबन्दी थप नहुँदै प्रहरीमा बढुवाको दौडधुप भने सुरु भइसकेको छ । पाँच दरबन्दी थपिएका रिक्त दरबन्दी आठ पुग्नेछ । हाल तीन दरबन्दी रिक्त छन् । आठ दरबन्दीमा तीन गुणा बढी एसएसपीहरु प्रतिस्पर्धामा छन् । मन्त्रिपरिषद्बाट आफूहरुले नै दरबन्दी थप्न लबिङ गरेको भन्दै यतिबेला एसएसपीहरु दौडधुपमा लागेका छन् ।
प्रहरी महानिरीक्षक शैलेश थापाको ब्याचबाट पुरुषोत्तम कँडेल, देवबहादुर बोहोरा, गणेश ऐर, दिलीप चौधरी, राजेशलाल कर्ण, रामकृपाल शाह, उमेश रञ्जितकार, प्रकाश अधिकारी, शेखर कोइराला, किशोर दाहाल, शौरभ राणा एसएसपीमै छन् । उनीहरु स्वभाविक रुपमा बढुवाका दाबेदार हुन् । उनीहरुमध्ये देवबहादुर बोहराले भीम रावलको पावर लगाएका छन् भने गणेश ऐरलाई प्रचण्डको साथ छ । यसअघिको बढुवामा ऐरलाई छुटाएको भन्दै प्रचण्ड रिसाएका थिए । शौरभ राणा हालै निलम्बन फुकुवा भएकाले उनको सम्भावना कमजोर छ । तर, पछिल्लो ब्याचका एसएसपीहरु यतिबेला शक्तिशाली छन् ।
पछिल्लो ब्याचबाट दिवेश लाहेनी, मुकुन्द आचार्य, सुशील यादब, पूजा सिंह, नरबहादुर खत्री, मोहन आचार्य, नल प्रसाद उपाध्याय, बिक्रम चन्द, मसाउद आलम खाँ लगायत पनि प्रतिस्पर्धामा छन् । ब्याचबाट आईजिपीकै प्रतिस्पर्धीका रुपमा हेरिएका लोहनी सुन काण्डमा फसेपछि बढुवामा पछि परे । पूजा सिंह पूर्व राष्ट्रपति डा रामवरण यादबको पावर लगाएकी छिन् । तर, काभ्रेमा हुँदा आर्थिक अनियमितता गरेको घटनाले उनलाई समस्या हुने देखिन्छ । नरबहादुर खत्री गृह जिल्ला गुल्मीका नेकपा नेताहरुकोमा धाइरहेका छन् । मोहन आचार्य प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलको पावरका भरमा डिआईजी हुने सपनामा छन् । मसाउद आलम खाँ मुस्लिम समुदायको व्यक्तिलाई पनि प्राथमिकता दिनुपर्ने भन्दै लबिङमा छन् । नल प्रसाद उपाध्यायले यसअघि नै बढुवामा पर्न गृहमन्त्री निकट व्यक्तिलाई ३० लाख दिएको स्रोत बताउँछ । जसमध्ये १५ लाख उनले फिर्ता लिएका छन् भने बाँकी पैसा यसपटक बढुवाका लागि भनेर छाडेको उच्च स्रोत बताउँछ ।
त्यस्तै जुनियर ब्याचबाट एसएसपी सन्दीप भण्डारी पनि विगतमा विश्वराज पोखरेलमै शैलीमा ब्याचका सबैलाई उछिनेर बढुवा हुने दाउमा छन् । तर, उनको चलखेल रोक्न ब्याचकै अन्य एसएसपीहरु लागेको स्रोत बताउँछ । कार्यसम्पादन मूल्याङकनको काम नसकिएकाले बढुवा भने असोजमा मात्र हुने स्रोत बताउँछ । | 2020/09/23 18:04:29 | https://www.drishtinews.com/archives/40090 | mC4 |
अझै तारपुलकाे भर- समाचार - कान्तिपुर समाचार
गोरखा — उनको घर र स्कुल त्रिशूली वारिपारि छ । सजिलै नदी तर्न ४५ मिनेट हिँडेपछि मात्रै झोलुंगे पुल भेटिन्छ । जोखिम मोलेर तुइनबाट पारि तरे १० मिनेटमै स्कुल पुगिन्छ ।
चितवनको इच्छाकामना–४ कुरिनटार र गोरखाको सहिद लखन गाउँपालिका–४, ताक्लुङ ठेउवाटार जोड्ने तारपुलमा विद्यालय जाँदै विद्यार्थी । तस्बिर : हरिराम
सहिद लखन गाउँपालिका–४ का नारायण प्रजा बुधबार बिहान पसिना काड्दै तारपुलको लट्ठा तानेर विद्यालय पुगे । पृथ्वी राजमार्गपारिको ताक्लुङ, ठेउवाटारका विद्यार्थी चितवनको कुरिनटारस्थित सर्वशान्ति माविमा पढछन् । तिनैमध्येका हुन् प्रजा । 'सधैं यसरी नै जाने हो,' उनले भने, 'लट्ठा तानेर हातमा ठेला उठे पनि छिट्टै पुगिन्छ ।'
परम्परागत तुइनमा फलामे लट्ठा हुन्छ भने डोरीले वारिपारि गराउनेलाई स्थानीयवासी तारपुल भन्छन् । 'अलि तल झोलुंगे पुल पनि छ, त्यो बाटो घुमेर जाँदा ४५ मिनेट लाग्छ,' उनले भने, 'लट्ठा तान्दै गए ५ मिनेटमै त्रिशूली तरिन्छ ।' लट्ठा तान्न धेरै बल लगाउनुपर्ने कक्षा ६ मा पढ्ने ममता चेपाङ बताउँछिन् । 'थकाइ मार्दै लट्ठा तान्छौं,' उनले भनिन्, 'नदीको बीचमा पुगेपछि एकछिन रोकिन्छौं, त्यहाँबाट तल हेर्दा डर लाग्छ ।'
उक्त तारपुल प्रयोग गरेर ४० भन्दा बढी विद्यार्थी आउजाउ गर्ने गरेको स्थानीय भक्तबहादुर लम्सालले बताए । 'बिहान घाँस–दाउरा नगरी केटाकेटी स्कुल जान पाउँदैनन्, काम गर्दा ढिला हुने नै भयो,' उनले भने, 'झोलुंगे पुलको बाटो जाँदा ढिला हुन्छ भनेर तारपुलबाटै वारिपारि गर्छन् ।'
विद्यार्थी मात्र नभई स्थानीय पनि आउजाउका लागि तुइनकै भर परेका छन् । गोरखाको सहिद लखन गाउँपालिका–४, ठेउवाटार र चितवन इच्छाकामना गाउँपालिका–४, धारापानीलाई तुइनले जोडेको छ । तारपुल नहुँदा यहाँका स्थानीय घिरिङको सहाराले आउजाउ गर्थे । 'बस हिँड्ने बाटो नजिकै देखिन्छ । बीचको त्रिशूली कट्नै पर्यो,' उनले भने, '२०३२ सालबाटै घिरिङ प्रयोग गथ्र्यौं । २०६० मा बल्ल तारपुल बन्यो ।'
घिरिङको प्रयोगबाट आउजाउ गर्दा चार जनाको ज्यान गएको र केही घाइते भएको स्थानीयले बताए । '२०५२ सालतिर त्रिशूली वारपार गर्ने क्रममा घिरिङबाट खसेर घाइते भएँ,' स्थानीय टेकबहादुर लम्सालले भने, 'कोर्के लच्किएर खसें । बगरको बालुवामा बजारिएकाले बाँचेको हुँ ।'
भूकम्पले भत्काएका घर बनाउनका लागि निर्माण सामग्री र दैनिक उपभोग्य सामान पनि तारपुलबाटै ओसारिन्छ ।
तारपुल हटाउन झोलुंगे पुल निर्माण पनि सुरु भएको छ तर ठेकेदारको ढिलासुस्तीले काम अलपत्र परेको स्थानीय बताउँछन् । ठेउवाटार र कुरिनटार जोड्ने झोलुंगे पुल २०७४ असोज १५ मा निर्माण सम्पन्न गर्ने गरी नयाँ बाटो मना कन्स्ट्रक्सन जेभीले ठेक्का लिएको थियो ।
१ करोड ३६ लाख लागतमा १ सय ६५ मिटर लामो पुल निर्माण गर्न २०७३ मंसिर २६ मा ठेक्का सम्झौता भए पनि अहिलेसम्म जग खन्नेबाहेक काम अघि बढेको छैन । 'सम्पन्न गर्ने अवधि पनि सकियो ठेउवाटारतर्फको जिपको काम भएको छ,' पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष रविन लम्सालले भने, 'अरू काम अलपत्र छाडेर ठेकेदार सम्पर्कविहीन छन् ।' एक वर्षयता ठेकेदारले काम गर्ने मान्छे नै नपठाएको उनले बताए । 'कि बनाउनुपर्यो कि सक्दिन भनेर हात झिक्नुपर्यो । हामी सधैं झुन्डिएर कति हिँड्नु,' ठेउवाटारका रणबहादुर रानाले भने ।
डेढ किमि पर चितवनतर्फको गौंडा र ठेउवाटार जोड्ने पुल बनेपछि केही वर्ष यहाँका स्थानीयले सोही पुल भएर आउजाउ गरेका थिए । 'तीन/चार वर्ष त घिरिङ, तारपुल केही पनि चलेन,' समिति अध्यक्ष लम्सालले भने, 'यहीँ मुनिको झोलुंगे पुल बनाउने ठेकेदारले नयाँ डोरी किनेर हालिदिए । बाटो छोटो पनि पर्यो, गाउँले तारपुलबाटै आउजाउ गर्न थाले ।'
झोलुंगे पुल बनाउने ठेकेदार कम्पनीले पुलको जग खन्ने काम गरेका कामदारलाई झन्डै दुई लाख रुपैयाँ ज्यालासमेत नदिएको स्थानीयको गुनासो छ । 'हामी उपभोक्ता समितिले नै पैसा खोजेर कामदारलाई दिएका छौं, ठेकेदार यहाँ मुख नै देखाउँदैनन्,' उपभोक्ता समिति सदस्य नैनबहादुर गुरुङले भने ।
ठेकेदारको ढिलासुस्तीले उक्त पुल समयमै निर्माण सम्पन्न हुन नसकेको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका इन्जिनियर हुमकान्त मिश्रले बताए । 'हामीले ताकेता गरिरहेका छौं तर काम गर्दैनन्,' उनले भने, 'कारबाही प्रक्रिया अघि बढेको छ ।'
प्रकाशित : भाद्र ९, २०७५ ०७:३६
काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसको कार्यसम्पादन समिति गठनमा भागबन्डा नमिल्दा शुक्रबार बोलाइएको केन्द्रीय कार्यसमिति बैठक बस्न सकेन । बैठक शनिबारका लागि सारिएको छ ।
सभापति शेरबहादुर देउवाले महासमिति बैठकको मिति, स्थान निक्र्योल र केन्द्रीय कार्यसम्पादन समिति तथा अनुशासन समिति गठनसहितको एजेन्डा राखेर बैठक बोलाएका हुन् । बैठक बस्नुअघि कार्यसम्पादन समितिमा भागबन्डा मिलाउने प्रयास भएको थियो ।
त्यसका लागि सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरूबीच दिनभर छलफल भए पनि सहमति हुन सकेन । कार्यसम्पादन समितिमा पदाधिकारीबाहेक २२ सदस्य चयन गर्नुपर्ने व्यवस्था विधानमा छ । समितिमा सभापति अध्यक्ष र पदाधिकारी पदेन सदस्य रहन्छन् ।
पदाधिकारीबाहेक २२ सदस्य सभापतिको प्रस्तावमा केन्द्रीय कार्यसमितिले चयन गर्छ । यसअघि गठित केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समिति विधानविपरीत भएको भन्दै भंग भएको थियो । यी दुवै समितिमा देउवाले विधानले व्यवस्था गरेभन्दा बढी सदस्य मनोनयन गरेका कारण पौडेल पक्षले विरोध जनाउँदै आएको थियो ।
२९ सदस्यीय केन्द्रीय कार्यसम्पादन समितिमा देउवाले आफ्नो पक्षलाई १७ सदस्य राखेर १२ सदस्य संस्थापनइतर पक्षलाई दिने प्रस्ताव ल्याएका छन् । पौडेल पक्षबाट केन्द्रीय कार्यसमिति पदाधिकारीमा २ जनाले प्रतिनिधित्व गर्छन् । यी दुईसहित केन्द्रीय कार्यसमितिले चयन गर्ने २२ मध्ये १० जना पौडेल पक्षलाई दिने प्रस्ताव देउवाले ल्याएका हुन् ।
यसअघिको समितिमा संस्थापनइतर पक्षबाट १४ सदस्य थिए । तीमध्ये नारायण खड्का पछिल्लोपटक पौडेलबाट टाढिएका छन् भने कुलबहादुर गुरुङ देउवा पक्षबाट अलग्गिएका छन् । पौडेलले यसअघिकै अनुपातमा आफ्ना सदस्यसंख्या हुनुपर्ने माग गर्दै आएका छन् । 'केन्द्रीय कार्यसम्पादन समितिमा कति/कति रहने भन्नेमा त कुरा मिलेको छैन,' केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भने, 'विधान मस्यौदा समितिमा सदस्य संख्या राख्ने विषयमा पनि मतान्तर छ ।'
पौडेल पक्षले संघीय संरचनाअनुसार पार्टी विधान परिवर्तन गर्नुपर्ने भएकाले हिमाल, पहाड र तराईको प्रतिनिधित्व हुने गरी जिल्ला सभापतिहरूलाई पनि मस्यौदा समिति सदस्यमा राख्नुपर्ने माग गरेको थियो । तर, संस्थापन पक्षले मस्यौदा केन्द्रीय कार्यसमितिमा प्रस्तुत गर्ने भएकाले केन्द्रीय सदस्यबाहेकलाई सदस्य राख्न नहुने अडान राखेको छ ।
वरिष्ठ नेता पौडेलले ९ सदस्यीय समिति बनाउने भनेर आफ्नो पक्षबाट ४ जनाको नाम मागिएको र तर गठन गर्ने बेलामा ११ सदस्यीय बनाइएको भन्दै आपत्ति जनाएका थिए । उनले केन्द्रीय कार्यसमितिमा आफूखुसी आमन्त्रित सदस्य राखिएकामा पनि आपत्ति जनाए ।
महासमितिको बैठक भदौ मसान्तभित्र गर्नेमा भने संस्थापन पक्ष तयार देखिएको छ । भदौमा महासमिति बैठक हुन नसके सभापति नै असफल हुने चेतावनी संस्थापनइतर पक्षले दिँदै आएका कारण देउवा भदौमा महासमिति बैठक राख्न सहमत भएका हुन् । वैशाख १६ को केन्द्रीय कार्यसमिति बैठकले भदौभित्र महासमिति बैठक गर्ने निर्णय लिएको थियो । | 2019/04/25 20:33:53 | https://www.kantipurdaily.com/news/2018/08/25/153516180235191914.html | mC4 |
सत्ताको साँचो कहाँ-NepalKanoon.com
सत्ताको साँचो कहाँ
असार ९, काठमाण्डौ । नयाँ संविधानसभा निर्वाचनको मुख्य साँचो सिंहदरबार कि शीतलनिवास मध्ये कहाँ राख्ने तातो बहस फेरी सुरु भएको छ ।
सत्ताको साँचोको सही प्रयोग हुन नसक्दा विगतमा मुुलुकको गति लिन नसकेको निष्र्कषमा त सबै दल छन् तर अव साँचो कता राख्ने भन्नेमा भने सहमति जुटन् सकेको छैन् अन्नपूर्ण पोस्टमा समाचार छ । कांग्रेस एमाले सिंहदरबारमा सत्ताको साँचो राख्नुपर्ने पक्षमा छन् । साँचोको प्रयोग के कसरी भएको छ भन्ने रेखदेख र नियन्त्रण गर्ने अधिकार शीतल निवासमा हुनुपर्ने पक्षमा यी दुइ दल छन् ।
तर साँचो प्रयोग गर्नेलाई सत्तामा पुर्याउने चुनावी प्रणालीबारे दुबै दलका नेता फरफरक धारमा छन् । एमाले प्रत्यक्षरुपमा जनताबाट निर्वाचित प्रधानमन्त्री हुनुपर्ने प्षमा छ भने कांग्रेस संसदीय अभ्यासअनुसार संसदबाटै प्रधानमन्त्री चयन गर्नुपर्ने अडानमा छ । एकीकृत माओवादी भने सत्ताको साँचे एकैतिर शीतल निवासमा राख्नुपर्ने पक्षमा छ । कांग्रेस उपसभापति रामचन्द्र पौडेल एकै व्यक्तिमा सबै अधिकार दिँदा निरंकुश बन्ने भन्दै संसदीय प्रणाली नै उपयुक्र भएको तर्क गर्छन् ।
यसैबीच राप्रपा नेपालका कमल थापा भने विश्वका धनी ११ मुलुकमा राजासहितको प्रजातन्त्र रहेको भन्दै नेपालले पनि त्यसबाट पाठ सिक्नुपर्ने बताउँछन् । 'राजसंस्था चाहिन्छ भन्ने नाममा हामीले पुरानौ राजसंस्थाकै स्वरुप फर्काउनुपर्छ भनेका होइनौ' उनले भने । | 2020/10/24 00:44:06 | https://nepalkanoon.com/3034/ | mC4 |
क्यासिनोलाई बेग्लै स्थान निर्धारण गर्न संसदीय समितिको सुझाव | We Nepali
क्यासिनोलाई बेग्लै स्थान निर्धारण गर्न संसदीय समितिको सुझाव
२०७२ भदौ २१ गते १२:१०
काठमाडौँ, २१ भदौ । संसदीय समितिले बेग्लै स्थान निर्धारण गरेर मात्र क्यासिनो सञ्चालनका लागि अनुमति दिन उपयुक्त हुने सुझावसहितको प्रतिवेदन तयार पारेको छ ।
व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आजको बैठकले क्यासिनोबारे अध्ययन गरी सुझाव दिन गठित उपसमितिका संयोजक मीनबहादुर विश्वकर्माले प्रस्तुत गर्नुभएको त्यससम्बन्धी प्रतिवेदनलाई स्वीकृत गरेको छ ।
बैठकमा संयोजक विश्वकर्माले क्यासिनो सञ्चालन गर्नु राम्रो विषय नभए पनि यसलाई रोक्न नसकिने भएकाले व्यवस्थापन गरेर जानुपर्ने आवश्यकता प्रतिवेदनमा औँल्याइएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो – "यसले समाजमा पारेको असरको सूक्ष्मसँग विश्लेषण गर्न जरुरी छ । क्यासिनो सञ्चालन गर्न दिँदा नियमन, नियन्त्रण र व्यवस्थापनको पक्षलाई चुस्त तुल्याउन आवश्यक छ ।"
प्रतिवेदनमा क्यासिनो सञ्चालकलाई जिम्मेवार तुल्याउनुपर्ने तथा श्रमिकको पारिश्रमिकलगायतका हकहित र अधिकारको सुनिश्चित गरिनुपर्ने सुझाव दिइएको छ ।
क्यासिनोले अपराधलाई प्रोत्साहन गरिरहेको पक्षलाई भने सरोकार राख्ने पक्षले बिर्सन नहुने भनाइले बैठकमा महत्व पाएको थियो ।
बैठकमा सदस्यहरुले सहरको मुख्य भागभन्दा कम्तीमा पनि पाँच किलोमिटर बाहिर बेग्लै 'क्यासिनो भिलेज' स्थापना गरेरमात्र सञ्चालनको अनुमति दिन सरकारलाई सुझाव दिनुभएको थियो ।
बैठकले समितिको वार्षिक प्रतिवेदनलाई अन्तिम रुप दिन समितिका सदस्य बलबहादुर केसी, सोमप्रसाद पाण्डेय र श्याम श्रेष्ठलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
समितिले तयार गरेको वार्षिक प्रारम्भिक प्रतिवेदनमा केन्द्रित रहँदै सदस्यहरुले जिम्मेवारीभित्र परेका परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन तथा श्रम र रोजगारी मन्त्रालयसँग सम्बन्धित विषयमा अपेक्षाकृत रुपमा परिणाम देखाउन नसकिएको धारणा राख्नुभयो ।
"नेपालको राष्ट्रिय ध्वजाबाहक विमानसँगै स्थापना भएको थाई एयरवेजका १०० भन्दा बढी विमान विश्व हवाई सेवामा संलग्न हुँदै आउनु तर नेपालका चाहिँ घट्दै जानुले कुन गतिमा काम गरिरहेका छौँ भन्ने स्वतःसिद्ध हुन्छ," उहाँहरुले भन्नुभयो – "आफू खानका लागि कमिसन, अर्काे विमान खरिद गर्न नदिनका लागि पनि कमिसनको खेलको मार वायु सेवा निगमले मार खेप्नुपरेको छ ।"
कुनै पनि संस्था वा आयोजनाले दिएको जिम्मेवारी सकेपछि मात्र त्यसमा अनियमितता भएको छ छैन भनेर अनुसन्धान गर्नुपर्नेमा कामको सुरुवात गर्न नपाउँदैमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हात हालिदिँदा समस्या आएको सदस्यहरुको भनाइ रहेको थियो ।
कमिसनको चलखेलका कारण विमान खरिदमा ढिलाइ हुनाले मुलुकको पर्यटन र हवाई क्षेत्र विकासको हिसाबले निकै पछि धकेलिएको तथ्यलाई सबैले मनन गर्नुपर्ने धारणा उहाँहरुले राख्नुभएको थियो ।
उहाँहरुले भन्नुभयो – "यो किन, ऊ किन भनेर अख्तियारले सरकारलाई काम गर्न नदिएर बाधा पुरयाउने हो र !"
काम गर्ने सरकारी प्रक्रियालाई परिमार्जन गरेर सुधार गर्नुपर्ने तथा संसदीय समितिले पनि क्षेत्राधिकार बाहिर गएर अनावश्यक हस्तपेक्ष हुने गरी निर्देशन दिन नहुने आवश्यकतामा सांसदहरुले जोड दिनुभयो ।
बैठकमा समितिका सदस्यहरु माधवकुमार नेपाल, बलबहादुर केसी, सोमप्रसाद पाण्डे, अम्बर शर्मा, डा राजन भट्टराई, श्याम श्रेष्ठ, पेम्वा लामा, पुष्कर आचार्य, मीन विश्वकर्मा, लालबाबु यादवलगायतले समितिले गएको एक वर्षको अवधिमा परराष्ट्र, श्रम तथा रोजगार र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका बारेमा भए गरेका अध्ययन र दिएका निर्देशनबारेमा जानकारी गराउनुभएको थियो । | 2021/12/05 11:06:19 | https://www.wenepali.com/2015/09/12578.html | mC4 |
करिब २५ दिन अगाडिसम्म म आफूलाई पूर्ण स्वस्थ ठान्थेँ। आफूले थाहा पाउने भएपछि एक रात पनि अस्पतालमा काटेको मलाई सम्झना छैन। अझ सानैदेखि फुटबल लगायत खेल खेल्ने भएर पनि होला, मेरो शरीर फुर्तिलो नै थियो।
देशमा सुरूमा चैतबाट गरिएको लकडाउन बीचमा खुकुलो भएको थियो। यसैक्रममा सरकारी कर्मचारी भएकाले कार्यालयको काममा असर नपर्ने गरी कार्यालय जाने गरेको थिएँ। मलाई आफूलाई यो कोरोना संक्रमणले केही होला भन्ने कहिल्यै लागेको थिएन। तर आफ्ना कारणले जोखिम वर्गमा रहने अन्यलाई केही होला कि भन्ने बुझाइ रहेकाले हिँडडुल गर्दा स्वास्थ्य सावधानी अपनाउँथेँ।
भदौ अन्त्यतिरको एक साँझ मलाई अलि चिसोले समाएको जस्तो अनुभव भयो। विस्तारै शरीर दुख्न थाल्यो। मलाई लाग्यो- मौसम परिवर्तनको समय अनि काठमाडौंमा चिसो बढिरहेको असर होला।
तर अलि असहज भएको केही घण्टामै मलाई ज्वरोले च्याप्यो। शरीरको दुखाइ सहन गाह्रो हुने खालको थियो। मलाई कोरोनाका लक्षणबारे थाहा त थियो तर अझै संक्रमित नै भएँ भन्ने कत्ति विश्वास थिएन।
त्यो रात मलाई धेरै निद्रा लागेन र अर्को दिन बिहान पनि ज्वरो आइरहेको थियो। यसै क्रममा सिटामोल खाएर आराम गर्न थालेँ। तर ज्वरोसँगै खोकी र रुघा समेत देखिन थाल्यो। यसै गरी दुई दिनसम्म औषधि खाँदा शरीरको दुखाइ कम भए पनि ज्वरो आउन रोकिएन।
मलाई लक्षण देखिएको चौथो दिन बिहान आफैं कोरोना परीक्षण गर्न गएँ। परीक्षण गर्ने दिन बिहान मलाई अलि राहत महशुस भयो। नतिजा नेगेटिभ आउनेमा ढुक्कजस्तै थिएँ। तर त्यही साँझ मलाई कोरोना संक्रमण पुष्टि भयो।
नतिजा आउनुभन्दा आधा घण्टा अगाडि मात्र मैले परिवारका अन्य सदस्यसँगै बसेर खाना खाएको थिएँ। घरमा एकै शौचालय प्रयोग गर्ने भएकाले नतिजा आएपछि कतै अरूलाई पनि मेरो कारण संक्रमण भयो कि भनेर मनमा चिसो पस्यो।
सामान्य लक्षण देखिनेबित्तिकै अन्य व्यक्तिको सम्पर्कमा किन गएँ म भन्ने प्रश्नले जरो गाड्यो। त्यसपछि मेरा मनमा एकदम मन्द लक्षण देखिएका समयमा भेट भएको घरकी बुढी हजुरआमा र जोखिम वर्गमा रहेका अन्यको याद आयो।
म कोरोना संक्रमित भएपछि पनि आफूलाई केही हुन्न भन्नेमा म ढुक्क जस्तै थिएँ। तर आफूबाट अरूलाई संक्रमण सरेको हुनसक्ने त्रासले सताउन थाल्यो।
म संक्रमित भएको तीन दिनपछि परिवारका अरू सदस्यको के.एम.सी. अस्पतालमा परीक्षण भयो। त्यसको रिपोर्ट २४ घण्टामा मोबाइलमा एसएमएसबाट आउनुपर्ने भनिए पनि आएन। यसअघि संक्रमण देखिएका व्यक्तिको रिपोर्ट समयमा नआउने सुनेको र पढेको थिएँ। कतै आफ्नै परिवारमा त्यस्तै भयो कि भन्ने डर भयो।
रिपोर्ट समयमा नआएपछि अस्पतालमा फोन गरेँ। करिब डेढ घण्टाको रस्साकस्सी (रिपोर्ट पत्ता लगाउन अस्पतालको असहज व्यवहारले गाह्रो भएकाले) पछि रिपोर्ट नेगेटिभ आएको थाहा भयो। तर के.एम.सी. अस्पतालबाट आउनुपर्ने सन्देश अझै आएको छैन। अस्पतालहरूको लापरबाहीले गर्दा यस्ता अन्य कति मान्छेले दुःख पाएका होलान्?
मेरो बुवा र आमाको नतिजा नेगेटिभ आएपछि र मेरो सम्पर्कमा रहेका अन्यमा स्वास्थ्य समस्या नदेखिएको भन्ने सुनेर मेरो त्रास क्रमशः कम हुँदै गएको थियो।
कोरोनासँग जुध्न उच्च आत्मबल चाहिन्छ भन्ने सुनेको थिएँ। तर आफू एक बन्द कोठा भित्र बस्दा, आफ्ना नजिकका व्यक्तिमा संक्रमण देखिएमा के गर्ने? आफैंलाई गाह्रो भए के गर्ने? भन्ने जस्ता धेरै प्रश्नको उत्तर खोज्ने प्रयास हुँदोरहेछ।
यसले सामान्य व्यक्तिलाई कमजोर बनाउन सक्ने भान मलाई आइसोलेसनमा बस्दा भयो। तर समय बित्दै जाँदा गम्भीर स्वास्थ्य समस्या देखिएन। लक्षण पनि कम हुँदै गएका थिए। यसबीच डाक्टरको सल्लाह बमोजिम औषधि खाँदा धेरै ट्याबलेट खाइसकेको थिएँ। अहिले संक्रमणमुक्त भएर औषधिका खाली पाता देख्दा मन खिन्न हुन्छ।
मलाई लक्षण देखिन सुरू भएको पन्ध्र दिनपछि मैले फेरि कोरोना परीक्षण गराएँ र रिपोर्ट नेगेटिभ आयो। ठूलो युद्ध जितेजस्तो भयो। दोश्रो पटक परीक्षणका लागि आफ्नो स्वाब दिएर नतिजा नआउन्जेल एकदम छटपटी भयो।
म संक्रमित हुनुअगाडि दह्रो आत्मबलका साथ अगाडि बढिरहेको थिएँ। तर एक बन्द कोठामा करिब दुई हप्ता बसिसकेपछि अब पनि रिपोर्ट पोजिटिभ नै आए के गर्ने भन्ने प्रश्नले सताइरह्यो। आफ्नो घरमै बसी कोरोना संक्रमण मुक्त भएकामा, आफूलाई गम्भीर स्वास्थ्य समस्या नआएकोमा र आफ्ना कारणबाट अन्यमा समस्या नदेखिएकोमा भने म खुसी थिएँ।
तर मलाई संक्रमणमुक्त भएपछि पनि समस्याले छाडेन। म आफूलाई तन्दुरुस्त सम्झिन्थेँ, विगतमा कुनै स्वास्थ्य समस्या थिएन। यही कुराले गर्दा संक्रमणमुक्त भनी पुष्टि भएको तेश्रो दिनबाट मैले आफ्ना दैनिकी यसअघि जस्तै अगाडि बढाउन खोजेँ।
तर त्यसो गर्दा मलाई कमजोर अनुभव भयो, खोकी अझै लागिरहन्छ, छाती चिसो भएझैं हुन्छ, अलि धपेडी जस्तो भयो भने टाउको दुख्छ, शरीर थकित हुन्छ। मलाई अझै केही समय आराम चाहिने अनुभव गरेको छु।
मलाई सामान्य लक्षण देखिएको २५ दिन पुग्न थालिसक्दा, परीक्षणमा संक्रमणमुक्त भनिसक्दा, आफू आइसोलेसनमा बस्दा कुनै गम्भीर समस्या अनुभव नगर्दा समेत कोरोनाले मलाई गलाएको छ। यो सामान्य रुघा खोकी होइन रहेछ भन्ने भान भएको छ। म जस्तो तीस वर्ष नपुगेको, कहिल्यै अस्पतालमा रात नकाटेको, खेलकुदमा संलग्न व्यक्तिलाई त यसले गलाएको छ भने जोखिम वर्गमा पर्नेको हालत के होला?
मलाई काठमाडौं बाहेक अन्य क्षेत्रको हालको अनुभव थाहा छैन। तर काठमाडौंमा भीडभाड बढेको छ, स्वास्थ्य सावधानी अपनाउने क्रम घटेको छ, संक्रमित दिनानुदिन बढ्दै छन्। साथै परीक्षण महँगो र असहज भएकाले धेरै व्यक्ति परीक्षणको दायरा बाहिर रहेको अनुमान लगाउन सकिन्छ।
सरकारले कुनै व्यक्तिमा संक्रमण देखिएको १४ दिनमा परीक्षणबिनै संक्रमणमुक्त भनी तथ्यांक अद्यावधिक गर्छ। यसले गर्दा पनि सक्रिय संक्रमित संख्या कम भएको हुन सक्छ। काठमाडौं बाहिर परीक्षण गर्न कठिन हुनु, समयमा रिपोर्ट नआउनु, कन्ट्याक्ट ट्रेसिङ उचित रुपमा नहुनुले पनि नेपालमा भयावह स्थिति आउन सक्ने देखिन्छ।
फेरि कोरोना जाडो याममा बढी हुन सक्ने र अब ठन्डी सुरु हुन लागेको र बढी भीडभाड हुने हाम्रा चाडपर्वको समय भएकाले अझ उच्च सावधानी आवश्यक पर्ने देखिन्छ।
हाम्रो स्वास्थ्य क्षेत्रको तयारी एकदम फितलो छ। कोरोनाजस्ता महामारीसँग जुध्ने क्षमता गौण छ। त्यसैले सबै व्यक्तिमा उच्च स्वास्थ्य सतर्कता अपनाउन र आफूसँगै अरुलाई बचाउन आग्रह गर्छु। | 2022-12-02T00:27:16Z | https://img.setopati.com/blog/218687 | OSCAR-2301 |
सान्चेज किन्ने सिटीको प्रस्ताव आर्सनलले स्वीकार गरेन | Hamro Khelkud
सान्चेज किन्ने सिटीको प्रस्ताव आर्सनलले स्वीकार गरेन
लन्डन (एजेन्सी)– फरवार्ड एलेक्सिस सान्चेजलाई किन्ने म्यानचेस्टर सिटीको प्रस्तावलाई आर्सनलले अस्वीकार गरेको छ । सिटीले सान्चेज भित्राउन ५० मिलियन पाउन्डको प्रस्ताव गरेको थियो । गत सिजन प्रिमियर लिगमा २४ गोल गरेका सान्चेजको आर्सनलसँगको सम्झौता अर्को बर्ष सकिदैछ ।
उनी आफै पनि पेप ग्वार्डिओलाको सिटीबाट खेल्न चाहन्थे । तर आर्सनलले सान्चेज बेच्ने सबै खोल प्रस्तावलाई अस्वीकार गरेको छ । सरुवा बजार बन्द हुन दुई दिन मात्र बाँकी रहँदा रहिम स्टर्लिङलाई सट्टा गरेर सान्चेजको सरुवा हुन सक्ने अनुमान गरिएको थियो । ग्वार्डिओला २८ वर्षे चिलियन सान्चेजलाई सोझै किन्न पनि तयार थिए ।
इङ्ल्यान्डका २२ वर्षे फरवार्ड स्टर्लिङले सिटिका पछिल्ला तीनै खेलमा सुरुआत गरेका थिए । यद्दपी मोनाकोबाट बेर्नाडो सिल्भा सिटी आएयता स्टर्लिङको भूमिकामाथि शंका बढेको छ । ग्वार्डिओला बार्सिलोनाको प्रशिक्षक रहँदा सन् २०१४ मा सान्चेज ३५ मिलियन पाउन्डमा आर्सनल पुगेका थिए ।
सान्चेज सम्मिलित आर्सनलले गत सिजन एफए कप जितेको थियो । आर्सनलका प्रशिक्षक आर्सनल वेगंरले सान्चेजले उनको निर्णणको सम्मान गर्दै टोलीमै रहने विश्वास गरेका थिए । सान्चेजले सिजनको पहिलो खेल आइतबार लिभरपुलविरुद्ध खेल्दा टोली ४–० ले पराजित भएको थियो । | 2021/06/20 07:10:40 | https://www.hamrokhelkud.com/football/26638.html | mC4 |
डाक्टर नबनाउने मेडिकल कलेज - Himalkhabar.com
डाक्टर नबनाउने मेडिकल कलेज
आफ्ना माग पुरा गराउन आन्दोलनमा उत्रेका जनकपुरस्थित जानकी मेडिकल कलेजका विद्यार्थीलाई लखेट्दै प्रहरी । तस्वीरः ईश्वरचन्द्र झा/हिमालखबर
८ साउन २०७० मा चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) ले एमबीबीएसको दोस्रो वर्षमा लगातार चार पटक अनुत्तीर्ण २० विद्यार्थीको भर्ना रद्द गर्यो । आईओएम अन्तर्गतको परीक्षा बोर्डको ५०१औं बैठकले गरेको त्यस निर्णयबाट प्रभावित हुनेमा चितवन मेडिकल कलेजका एक, आईओएमका एक र जानकी मेडिकल कलेजका १८ विद्यार्थी छन् । यति धेरै विद्यार्थीको भर्ना रद्द हुने पहिलो मेडिकल कलेजको 'रेकर्ड' बनाएको जानकीकै ३६ विद्यार्थी यस वर्ष इयर ब्याकमा परेका छन् ।
अनुत्तीर्णको कारण
आईओएमका प्राध्यापक डा. जगदीशप्रसाद अग्रवाल विद्यार्थी छनोट प्रक्रिया, पर्याप्त पूर्वाधार, राम्रो फ्याकल्टी शिक्षक र पारदर्शी मूल्याङ्कन पद्धति नभएका मेडिकल कलेजहरूले दक्ष चिकित्सक उत्पादन गर्न नसकेको बताउँछन् । गुणस्तरको मापदण्ड अनुसार नचलेका कलेजहरू खारेज गर्नुपर्ने सुझव दिने प्रा.डा. अग्रवाल मान्छेको ज्यानसँग प्रत्यक्ष जोडिएको मेडिकल शिक्षामा तोकिएको मापदण्डको अक्षरशः पालना हुनैपर्ने बताउँछन्, तर नेपालको यथार्थ अर्कै छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकी कलेजमा ४ पुसमा छापा मारेर अनुसन्धान गर्दा नेपाल मेडिकल काउन्सिलको धज्जी उडाएको पाएको थियो । त्यसअघि असोज दोस्रो साता आईओएमले जानकी कलेजको १०० मध्ये २० सीट कटौती गरिदिएको थियो । काउन्सिलको मापदण्ड अनुसार ८० विद्यार्थी पढाउन जानकीसँग ४८० बेडको अस्पताल हुनुपर्छ, तर जानकीसँग ३०० बेड मात्र छ ।
कलेज सञ्चालन भएको पाँच वर्षपछि निर्मित अस्पतालमा सघन उपचारका लागि चाहिने उपकरण लगायतका अन्य भौतिक पूर्वाधार पनि मापदण्ड अनुसारका छैनन् । कलेजका प्रबन्ध निर्देशक जितेन्द्र भण्डारी कमजोर व्यवस्थापनको कारण सघन उपचार पद्धतिलाई चाहिने उपकरणहरू जडान गर्न नसकिएको बताउँछन् । काठमाडौंबाट अनुगमन टोली आउँदा नर्सिङ होमहरूबाट बिरामी ओसारेर मेडिकल कलेज अस्पतालमा देखाउने गरिएको छ । प्रबन्ध निर्देशक भण्डारी केही महीनाभित्रै आईसीयू र सीसीयू सेवा सञ्चालनमा ल्याउने बताउँछन्, तर कलेजमा एम्बुलेन्स र विद्यार्थी ओसार्ने बस समेत छैनन् । पूर्वाधार विना कलेज सञ्चालनको अनुमति दिनु नै गैर–कानूनी भएको मेडिकल क्षेत्रका विज्ञहरू बताउँछन् ।
नोबेलको नौ जाल
विराटनगरको नोबेल मेडिकल कलेज देशकै सबभन्दा विवादित मेडिकल कलेज हो । सात वर्षअघि स्थापनाकालमा उठेको नोबेलको विवाद अझै साम्य भएको छैन । आईओएमका कामु डीन डा. विमलकुमार सिन्हा नेतृत्वको विशेषज्ञ टोलीले २०६९ फागुनमा बुझएको प्रतिवेदनमा नोबेलको अस्पतालमा चाहिनेभन्दा आधा मात्र बेड रहेको उल्लेख छ । एमबीबीएसमा १५० विद्यार्थी पढाउन ९०० बेडको अस्पताल हुनुपर्नेमा नोबेलमा ४५० बेड मात्र छ ।
विराटनगरस्थित नोबेल मेडिकल कलेज । तस्वीरः कमल रिमाल/हिमालखबर
सिन्हा नेतृत्वको विशेषज्ञ टोलीमा रहेका एक सदस्यका अनुसार नोबेलले काठमाडौंबाट अनुगमनमा आएको थाहा पाउन विराटनगर विमानस्थलमा 'खबरी' खटाएको छ । 'खबरी' बाट जोगिन आफूहरू १८ माघ २०६९ मा विमानस्थलमा ओर्लेर दायाँबायाँ नगरी सरासर धरान गएर बसेको ती सदस्य बताउँछन् । नाम उल्लेख गर्न नचाहने उनी भन्छन्, "धरानबाट बिहान साढे आठ बजे नोबेलको गेटमा पुग्दा स्टाफहरू चकित भएका थिए ।"
त्यसवेला टोलीले प्राध्यापकहरू अनुगमनको समयमा मात्रै आउने गरेको, चार–चार फ्याकल्टी मेम्बरको काम एक/एक जनाबाट चलाइएको, होस्टेल सुविधा नभएको, पुस्तकालयमा जर्नल–पुस्तक नभएको र बेसिक साइन्समा नन–मेडिकल प्राध्यापक राखेको पाएको थियो । प्रतिवेदनले नोबेललाई ७५ भन्दा बढी विद्यार्थी भर्नाको अनुमति दिन नहुने सुझव दिए पनि कार्यान्वयन भएन । टोलीमा सदस्य रहेका डा. बाबुराम मरासिनी भन्छन्, "कार्यान्वयन नहुने अनुगमनको केही अर्थ छैन ।"
डा. मरासिनीका अनुसार, भरतपुरको चितवन मेडिकल कलेजले पनि विशेषज्ञ टोलीको सुझव कार्यान्वयन गरेको छैन । टोलीले १०० भन्दा बढी विद्यार्थी भर्ना लिन नहुने सिफारिश गरे पनि कलेजले १५० जना विद्यार्थी लिएको छ । ९०० बेडको अस्पताल हुनुपर्नेमा जम्मा ५५० बेड छ । कलेजले काउन्सिलमा दर्ता नभएका रेजिडेन्ट डाक्टरद्वय दिनेश चापागाईं र घनश्याम सिग्देललाई फ्याकल्टी मेम्बरमा राखेको अनुगमन टोलीले भेटेको थियो ।
वीरगञ्जको नेशनल मेडिकल कलेज पनि पर्याप्त भौतिक पूर्वाधार र फ्याकल्टी विनै चलेको छ । भेडियाहीमा जग्गा किन्नुअघिसम्म यो मेडिकल कलेज नगवास्थित बाबा होटलमा थियो । १,०५० बेडको अस्पताल रहेको दाबी गरे पनि यो कलेज बिरामीविहीन छ । कलेजले तिर्नुपर्ने रु.२० करोडमध्ये रु.१८ करोड राजस्व नतिरेको समाचारहरू आउने गरेका छन् । उता, भैरहवाको युनिभर्सल मेडिकल कलेजमा पनि नगन्य बिरामी आउँछन् । १०० विद्यार्थी भर्ना गर्ने अनुमति लिएको यो कलेजमा न पर्याप्त बेड छन् न त फ्याकल्टी मेम्बर ।
भरतपुरस्थित चितवन मेडिकल कलेज । तस्वीरः सविता श्रेष्ठ/हिमालखबर
शुल्क घटाउनुपर्ने, इन्टर्नसीपमा त्रिविको नियम अनुसारको सुविधा पाउनुपर्ने, क्यान्टिन हुनुपर्ने, पुस्तकालयको स्तरोन्नति, सुरक्षा, होस्टेल आदिको माग राखेर विद्यार्थीले पटक–पटक आन्दोलन गर्नुपरेको छ । बिजुली र पानी समेत नभएपछि गत असोजमा विद्यार्थीहरू रिले अनसनमै बसे, जसले गर्दा १५ असोजमा काउन्सिलको टोलीले अनुगमन गर्न सकेन । कलेजले विद्यार्थीलाई भैरहवा बहुमुखी क्याम्पस र केही होटलमा राखेर पढाइएको थियो ।
१५० विद्यार्थी पढाउने अनुमति लिएको पाल्पाको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज एण्ड रिसर्च सेन्टरमा पनि जम्मा ५०० बेड मात्र छ । ठाउँको हिसाबले उपयुक्त मानिने यो मेडिकल कलेजमा फ्याकल्टी मेम्बरको कमी पनि छँदैछ ।
यसैगरी, पोखराको गण्डकी मेडिकल कलेजले पनि काउन्सिलको मापदण्ड पूरा गरेको छैन । कलेजले सम्बन्धन लिंदा देखाएको २०० रोपनी जग्गा एकै ठाउँमा छैन ।
अनुगमनमा जानेहरूलाई कलेजले नयाँबजार र लेखनाथ नगरपालिकाको जग्गा देखाउने गरेको छ । आईओएमका प्रा. डा. अग्रवाल कलेज, अस्पताल, वाचनालय, ल्याब, विद्यार्थी र फ्याकल्टी मेम्बरका होस्टल आदि एकै ठाउँमा हुनुपर्ने बताउँछन् । कलेजहरूले उत्तीर्ण गराउने 'ग्यारेन्टी' सहित भर्ना लिनुलाई उनी मेडिकल शिक्षाको 'बिक्री' भन्न रुचाउँछन् ।
अख्तियारले २६ मंसीरमा विराटनगरको नोबेल र भैरहवाको युनिभर्सल, २८ मंसीरमा वीरगञ्जको नेशनल, ४ पुसमा जनकपुरको जानकी र पाल्पाको लुम्बिनी मेडिकल कलेजमा छापा मार्यो । मेडिकल शिक्षाको अनुगमन गर्ने नेपाल मेडिकल काउन्सिल हुँदाहुँदै अख्तियार लाग्नुले विषयको गम्भीरता देखाउँछ ।
अख्तियारका प्रवक्ता श्रीधर सापकोटा काउन्सिलकै विरुद्ध उजुरी परेपछि आफूहरू अनुसन्धानमा लागेको बताउँछन् । उजुरी र गोप्य सूचनाको आधारमा फिल्डमै पुगेको बताउने प्रवक्ता सापकोटाले अरू मेडिकल कलेजको अनुसन्धान हुने बताए ।
अख्तियारले ४ वैशाखमा काउन्सिललाई पूर्वाधार पूरा गरेका मेडिकल कलेजलाई मात्रै स्वीकृति दिनुपर्ने, काउन्सिलका सदस्यले गरेको निरीक्षण एवं अनुगमनको प्रतिवेदन काउन्सिलकै अनुमोदनमा कार्यान्वयनमा ल्याउनु नियन्त्रण र सन्तुलनको सिद्धान्त विपरीत हुने भएकाले विज्ञ सम्मिलित तेस्रो पक्षको अनुगमन, एउटै व्यक्ति अध्यक्ष, सदस्य र रजिष्ट्रारका रूपमा दुई कार्यकालभन्दा बढी रहन नपाउने लगायतको निर्देशन दिएको थियो ।
यसैगरी, १६ मंसीरमा एमबीबीएसको छात्रवृत्ति कोटा तलमाथि नगर्न शिक्षा मन्त्रालयलाई निर्देश गर्यो– मन्त्रालयले गत साल लिएको एमबीबीएस छात्रवृत्ति परीक्षा अनियमितता भएको भन्ने उजुरीको आधारमा ।
सम्बन्धनको खेल
मेडिकल कलेजलाई सम्बन्धन दिन दबाब आएपछि १९ मंसीरमा आईओएमका डीन डा. प्रकाश साय्मिले राजीनामा दिए । विना राजनीतिक हस्तक्षेप पदाधिकारी नियुक्तिको माग गर्दै प्रा. डा. गोविन्द केसी पटक–पटक अनशन बसेपछि १ भदौ २०६९ मा प्रा. डा. साय्मि डीन नियुक्त भएका थिए ।
अहिले काठमाडौं नेशनल मेडिकल कलेज, मनमोहन मेडिकल कलेज, पिपुल्स डेन्टल कलेज र नेपाल प्रहरी मेडिकल कलेज खुल्ने तयारीमा छन् । प्रहरीको अनुगमन गर्ने डा. डी.एन शाह, पिपुल्सको डा. शशि शर्मा, मनमोहनको डा. कृष्णकुमार वली र काठमाडौं नेशनल कलेजको अनुगमन गरेका डा. करवीरनाथ योगीले यी कलेजहरूलाई सम्बन्धन दिन सकिने सिफारिश गरे पनि डीन साय्मि लगायतका आईओएमका वरिष्ठ चिकित्सकहरू दिन नहुने अडानमा रहेकै वेला प्रा.डा. साय्मिको राजीनामा आएको थियो ।
सम्बन्धन चाहेको पिपुल्स डेन्टल कलेज विराटनगरको नोबेलका सञ्चालक सुनिलकुमार शर्माको हो । उनले कलेज सञ्चालकमा आफ्ना साढुभाइलाई राखेका छन् । यसैगरी, वीरगञ्जको नेशनल कलेज सञ्चालक डा. जैनुद्दिन अन्सारीले काठमाडौं नेशनल कलेज खोल्न लागेका हुन् । डा. अन्सारीले वीरगञ्जको मेडिकल कलेजका प्रबन्ध निर्देशक रहेका आफ्ना भाइ बसरुद्दिनलाई काठमाडौं नेशनलको पनि प्रबन्ध निर्देशक बनाएका छन् । उनीहरूले काठमाडौंको घट्टेकुलोमा मेडिकल कलेज खोल्न लागेको भवन अपार्टमेन्टका लागि बनेको भन्दै सर्वोच्च अदालतमा रीट परेको छ । भवन निर्माणमा वातावरणीय प्रभाव मूल्यांकन नगरिएको, अस्पतालबाट निस्कने फोहोर व्यवस्थापनको प्रबन्ध नगरेको लगायतका कारण देखाउँदै सर्वोच्च अदालतका पूर्व रजिष्ट्रार तथा अधिवक्ता श्रीप्रसाद पण्डितले रीट दायर गरेका छन् ।
अचम्म के छ भने, भएका कलेजहरूले गुणस्तरीय शिक्षा नदिएको आईओएमले नै बताइरहेका वेला विश्वविद्यालयको योजना महाशाखाले १० असोजमा गोरखापत्रमा सूचना प्रकाशित गरेर नयाँ कलेज खोल्न चाहनेहरूसँग आवेदन माग्यो । यसअघि यस्तो सूचना निकालिंदैनथ्यो । जानकारहरू विश्वविद्यालयको यो अग्रसरतालाई शंकाको रूपमा हेर्छन् । किनभने, मेडिकल कलेजको सम्बन्धन ठूलो रकमसँग जोडिने विषय हो । चितवन मेडिकल कलेजको १७ भदौ २०७० को अडिट रिपोर्टमा सम्बन्धनका लागि रु.२ करोड १२ लाख खर्च भएको उल्लेख छ (हे.तस्वीर) । विराटनगरको नोबेल कलेजलाई सम्बन्धन दिलाए बापत सुनीलकुमार शर्माले पाँच प्रतिशत शेयर पाएका थिए । सम्बन्धनको 'काम' बाट शेयरधनी बनेका शर्मा अहिले नोबेलका प्रमुख सञ्चालक छन् ।
एउटा मेडिकल कलेजमा रु.८–१० अर्ब लगानी भएको सञ्चालकहरू बताउँछन् । यस हिसाबले देशभरका १९ मेडिकल कलेजमा रु.२ खर्ब लगानी भएको देखिन्छ । गुणस्तरीय शिक्षा दिंदा यी कलेजहरूलाई 'ब्रेक इभन' मा पुग्न १६–१७ वर्ष लाग्छ । २० वर्षपछि मात्रै कलेजहरूले नाफा कमाउँछन् । तर कलेजहरूले एक ब्याज पनि ननिकाली मनग्ये नाफा कमाएको देखेर यो 'उद्योग' मा आकर्षण बढेको बताइन्छ ।
आलु र पिडालु
आईओएमका पूर्व डीन प्रा.डा. रमेशकान्त अधिकारी पढ्ने विद्यार्थी पाइन्छ भन्दैमा गुणस्तरीय शिक्षा दिन नसक्ने गरी कलेज खोल्न नहुने बताउँछन् । तर, जथाभावी मेडिकल कलेज खुलेकोमा व्यङ्ग्य गर्दै प्रा.डा. अधिकारी भन्छन्, "बजारमा आलुको माग बढेको देखेर पिडालु व्यापारीहरू तात्दैछन् ।"
प्रा. डा. अधिकारी दक्ष चिकित्सक उत्पादन नहुँदा बिरामी र स्वयं चिकित्सकलाई समेत हानि भइरहेको बताउँछन् । उनी बिरामीको मृत्यु भएपछि अस्पताल तोडफोड भएको घटनाहरूलाई मेडिकल शिक्षासँग जोडेर हेर्नुपर्ने बताउँछन् । भित्री इच्छा नहुँदा–नहुँदै अभिभावकको दबाबमा चिकित्सा शिक्षा पढ्न आएका विद्यार्थीले आत्महत्या समेत गरेको तीतो अनुभव बोकेका उनी विश्वविद्यालयको क्षमता विस्तार नगरी मेडिकल कलेज थप्न नहुने बताउँछन् । "पहिला पनि बिरामी मर्थे, तर अस्पताल तोडफोड हुँदैनथ्यो", प्रा.डा. अधिकारी भन्छन्, "चिकित्सकप्रति किन अविश्वास बढ्दैछ भनेर हेर्नुपर्छ ।"
काउन्सिल सदस्य रहिसकेका डा. सुशील कोइराला विदेशिने पैसा रोकिन्छ भन्दैमा जथाभावी कलेज खोल्न नहुने बताउँछन् । उनको भनाइमा, गुणस्तरीय शिक्षा पहिलो प्राथमिकता हुनुपर्छ । श्रीलंकामा एउटै मेडिकल कलेजले पुगेको उदाहरण दिंदै कोइरालाले केही न केही स्वार्थ भएकोले मात्रै कलेज थप्ने पक्षमा बोल्ने गरेको बताए । "नत्र किन आफू र आफ्नो सन्ततिको ज्यान जोखिम पर्ने गरी कलेज खोल्नुपर्छ भन्ने ?" कोइराला भन्छन् ।
महाराजगञ्जस्थित शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. भगवान कोइराला राष्ट्रिय योजना आयोग, विश्वविद्यालय र अन्य निकाय मिलेर नेपाललाई चाहिने चिकित्सकबारे स्पष्ट नीति बनाउनुपर्ने बताउँछन् । यो क्षेत्रको संवेदनशीलता अनुसारको अनुगमन र सुपरीवेक्षण नभइरहेको उनले बताए । पूर्व स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेल राजनीतिक वा अन्य दबाबको भरमा सम्बन्धन दिने परिपाटीको तत्काल अन्त्य नभए नेपालमा मेडिकल शिक्षा अभिशाप बन्ने बताउँछन् ।
अस्पताल कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने, शिक्षा मन्त्रालयले आशयपत्र दिने, विश्वविद्यालयले अस्थायी सञ्चालन अनुमति दिने र मेडिकल काउन्सिलले सहमति दिने प्रावधान आफैंमा अमिल्दो भएको पोखरेल बताउँछन् । "मेरो पालामा पनि नर्सिङ क्याम्पस खोल्न अनुचित दबाब आएको थियो", पूर्व मन्त्री पोखरेल भन्छन्, "कम्तीमा स्वास्थ्य क्षेत्रलाई पैसा कमाउने थलो बनाउनुहुँदैन ।"
'मलामी खोजेर अस्पताल जानुपर्ने अवस्था छ'
श्रीप्रसाद पण्डित पूर्व–रजिष्ट्रार, सर्वोच्च अदालत
अन्तरिम संविधानको धारा १२ को उपधारा (१) ले प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक स्थापित गरेको छ । धारा १६ को उपधारा (१) ले स्वच्छ वातावरणमा बाँच्ने हक र उपधारा (२) ले निःशुल्क आधारभूत स्वास्थ्य सेवाको प्रत्याभूति गरेको छ । तर निवेदक लगायत नेपालका प्रत्येक नागरिक औषधोपचार गराउँदा मरिने पो हो कि भन्ने त्रास रहेकाले अदालतमा रीट निवेदन दिएको छु । मापदण्ड विनाका मेडिकल कलेजहरूले संविधान प्रदत्त जनताको बाँच्न पाउने मौलिक हक र स्वास्थ्य सम्बन्धी हक हनन हुने अवस्था छ । कात्रो–मलामी र किरिया गर्ने मान्छेको समेत जोहो गरेर मात्र अस्पताल पुग्नुपर्ने अवस्था छ । यो खतरा बढ्दै जाने देखिन्छ ।
पर्याप्त पूर्वाधार विनै मेडिकल कलेज खोल्न निवेदन दिने निजी क्षेत्रका आवेदकलाई शिक्षा मन्त्री र मन्त्रालयले आशय पत्र दिन्छन् । मेडिकल काउन्सिलले सहमति र विश्वविद्यालयहरूले आफ्नो क्षमताभन्दा बाहिर गएर सम्बन्धन दिन्छन् । यो भनेको जनताको जीउधनमाथि खेलबाड हो । हचुवाको भरमा दिइएका सहमति, आशयपत्र र अस्थायी सम्बन्धन फिर्ता हुनुपर्छ ।
प्रस्तावित मेडिकल कलेजहरूले विश्वविद्यालयबाट सम्बन्धन पाएपछि तिनीहरू शिक्षा मन्त्रालय तथा विश्वविद्यालयहरूको प्रशासकीय नियन्त्रण भित्र पर्ने तर, सम्बन्धन प्राप्त नगर्दासम्म स्वास्थ्य मन्त्रालयको प्रशासकीय नियन्त्रण भित्र पर्ने स्वतःसिद्ध कुरा हो । विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेपछि पनि त्यस्ता मेडिकल कलेजले सञ्चालन गर्ने शिक्षण अस्पतालहरूको नियमनकारी निकायको रूपमा स्वास्थ्य मन्त्रालय समेत पर्दछ ।
मन्त्रालयले कानून छैन भन्दै प्रस्तावित शिक्षण अस्पतालहरूलाई नियमन–नियन्त्रण गरेको छैन । विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नगरी मेडिकल कलेज चलाउन मिल्दैन । अस्पताल खोलेर सफलतापूर्वक सञ्चालन भएपछि मात्रै अरू पूर्वाधार हेरेर मेडिकल कलेज खोल्ने अनुमति दिइनुपर्छ ।
काठमाडौंमा मेडिकल कलेज थप्नुहुँदैन'
दामोदर गजुरेल अध्यक्ष, नेपाल मेडिकल काउन्सिल
विद्यार्थीहरूले नेपालमै मेडिकल शिक्षा पाउनु मेडिकल कलेजहरूको सकारात्मक पक्ष हो । मेडिकल अध्ययनका लागि विदेशिने पैसा नेपालमै बसेको छ । निजी कलेजहरूले छात्रवृत्ति पनि दिएका छन् । काउन्सिलको परीक्षामा पनि चीन, बंगलादेशमा पढेकाले भन्दा यहीं पढेकाले राम्रो गरेका छन् ।
तर, यो क्षेत्रको संवेदनशीलतालाई पनि बुझन सक्नुपर्छ । मनपरी शुल्क असुल्ने, परीक्षकलाई धम्की दिने, अमर्यादित परीक्षा लिने जस्ता विकृतिहरू देखिएका छन् । कलेजको संख्या बढाउनु हुन्न भन्ने तर्कसँग म सहमत छैन, हामीलाई धेरै डाक्टर चाहिएको छ । तर काठमाडौं उपत्यकाभित्र भने सम्बन्धन दिनुहुँदैन । बरु राजधानी बाहिर कलेज खोल्न प्रोत्साहन गर्ने नीति ल्याउनुपर्दछ । | 2020/07/05 08:08:52 | http://archive.himalkhabar.com/52998 | mC4 |
सलमानको ट्युबलाइटको किन उड्यो फ्युज ? - Makalukhabar.com
सलमानको ट्युबलाइटको किन उड्यो फ्युज ?
सलमान खानको लागि यसपालीको इद खल्लो भयो, ट्युबलाइटको कारण । अघिल्लो बर्षहरुकै रेकर्डलाई दोहोर्याउने मात्र होइन, उछिन्ने अपेक्षा गरिएको थियो यसपाली । तर, त्यस्तो भएन । एक था टाइगर र बजरंगी भाईजानको दर्शकले प्रतिक्षा गरेको यो फिल्मले उनीहरुलाई निराश तुल्यायो । आखिर के कारणले सलमानको 'ट्युबलाइट' चम्किएन त ?
१. फेरि उही कथा
निर्देशक कबीर खान 'ईद' र 'सलमान खान'को अवसर छोप्न चाहन्थे । र, यसले एक किसिमको हतारो पनि थियो उनलाई । त्यही कारण कबिरले 'लिटल ब्वाई'मा आधारित कथा छनौट गरे । सानो केटाको भूमिका उनले ५० बर्ष भन्दा माथिका सलमानलाई थमाइदिए । यसले कथाको इमोशन नै बदलियो । धेरैले ट्युबलाईटलाई बजरंगी भाईजान जस्तै देखे । बजरंगी भाईजानमा सानी बच्ची थिइन्, यसमा बच्चा । ति बच्ची पाकिस्तानकी, बच्चा चीनका । यसमा नौलो स्वाद भएन ।
२. कमजोर स्क्रप्ट
ट्युबलाईटको स्क्रप्ट नै यति कमजोर भयो कि, मानौ त्यो कुनै सिकारुले लेखेका हुन् । फिल्ममा 'यकिन रखो' भन्ने वाक्य दिक्कलाग्दोगरी प्रयोग गरिएको छ । फिल्मको इमोशनले दर्शकको मन छुँदैन । सबैकुरा बनावटी लाग्छ । लक्ष्मण कहिले ट्युबलाइट बन्छ त कहिले समझदार । अर्थात लेखकले आफ्नो अनुकुलता अनुसार उसको भाग्य लेखिदिएको छ । चट्टान हल्लाएको र भूकम्प आएको दृश्य त हास्यस्पद छ । फिल्ममा मनोरञ्जनको नामोनिशाना छैन ।
३. रुँने सलमान
कमर्शियल फिल्म रुचाउने दर्शकहरु आफ्ना हिरो रोएको देख्न रुचाउँदैनन् । त्यो पनि बिना कुनै कारण । फिल्ममा सलमानलाई एकदमै सोझो देखाएइएको छ । उनको भूमिका सहि ढंगले लेखिएको छैन । एकदमै बनावटी लाग्छ । फिल्मको भूमिका सलमानसँग कुनै हिसाबले मिल्दो देखिदैन । फिल्ममा सलमान हिरो लाग्दैन । क्लाइमेक्समा सबै कुरा आफै ठीकठाक हुन्छ । मानौ, हिरोले केहि गर्नैपर्दैन ।
४. नो हिरोइन, नो रोमान्स
फिल्ममा हिरोइनको भूमिका महत्वहिन नै होलान्, तर कमर्शियल फिल्ममा उपस्थिती भने आवश्यक छ । फिल्म सार्वजनिक हुनुअघि थाहा थिएन कि, सलमानसँग अरु को छ भन्ने कुरा । चिनियाँ अभिनेत्री झू झू खासै परिचित होइनन् । फिल्ममा सलमान र उनको रोमान्स पनि छैन । यहि कारण फिल्म बोझिलो लाग्दैन ।
५. कबिरको फ्युज जल्यो
ट्युबलाइटको असफलताको जिम्मेवार हुन्, निर्देशक कबीर खान । उनीसँग ठूलो बजेट थियो, साधन थियो, सलमान खान जस्ता स्टार थिए । तर, उनले फिल्म बनाउन कतिपनि ढंग पुर्याएनन् । उनले गलत कथा छनौट गरे र त्यसलाई गलत ढंगले भारतियकरण गरे । स्क्रप्ट लेख्नेमा उनको पनि नाम छ । निर्देशकको रुपमा उनले न युद्धको दृश्यलाई रोमाञ्चक बनाउन सकेका छन्, न इमोशन सीन नै । उनले सलमानको भूमिका र दर्शकलाई जोड्न सक्दैनन् । कबिरको प्रस्तुतिकरणमा कल्पनाशीलताको अभाव देखिन्छ ।
६. टिकट दर बढाइयो
बाहुबलीले सफलताको उचाई चुम्यो । बाँकी फिल्म त्यही फिल्मले कायम गरेको रेकर्ड तोड्नमा केन्दि्रत भए । यसको सजिलो उपाय खोजियो, फिल्मको टिकट दर । कति सिनेमाघरले पचास प्रतिशतसम्म मूल्य बढायो । जब, फिल्मको बारेमा नकारात्मक टिप्पणी आउन थाल्यो, दर्शकले पैसा खर्च गर्न चाहेनन् ।
७. संगीत खल्लो
फिल्म सार्वजनिक हुनुअघि कुनैपनि गीत चर्चामा आएन । दर्शकले फिल्म हेरिसकेपछि पनि गीत याद गर्न सकेनन् । सबै गीत औसत दर्जाको थियो । | 2021/04/21 05:13:07 | https://www.makalukhabar.com/2017/05/4391/ | mC4 |
Sajhasabal.com |कास्कीमा चोरीमा संलग्न पाँच जनाको समूह पक्राउ
माघ ७, पोखरा | जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले चोरीमा संलग्न पाँच जनाको समूहलाई पक्राउ गरेको छ ।
पोखरा महानगरपालिकाभित्र चोरीका घटनामा वृद्धि भएपछि प्रहरीले चोरी घटना नियन्त्रण तथा अनुसन्धानमा सक्रियता देखाएसँगै सो गिरोहलाई पक्राउ गर्न सफल भएको प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न स्थानमा गरिएको चेकिङ, स्विप अपरेशन, व्यक्तिहरुको निगरानी तथा सूचना सङ्कलनका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।
चितवन राप्ती नगरपालिका–११ घर भई पोखरा १० घलेचोक बस्ने १९ वर्षीय सुनील श्रेष्ठ, बाग्लुङ जैमिने नगरपालिका–९ का २७ वर्षीय खुमप्रसाद थापा, पोखरा पुथ्वीचोक बस्ने २३ वर्षीय गगन खवाससहित पाँच जनाको समूहलाई चोरीका सामानसहित पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो ।
उनीहरुको कोठा खानतलासीका क्रममा नेरु २० हजार ६१०, कतारियन दिनार १५० र भारतीय मुद्रा ३० बरामद भएको छ । यसका साथै विभिन्न कम्पनीका मोबाइल, घडी, क्यामेरा, ठूलो परिणाममा विभिन्न प्रकारका गरगहनासहित चोरीमा प्रयोग गरेका घरेलु हतियार बरामद गरिएको छ । उक्त चोरी गर्ने गिरोहलाई जिल्ला अदालत कास्कीबाट म्याद थप गरी अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएकोछ । रासस | 2019/08/20 19:15:41 | http://sajhasabal.com/kaski/society/49343 | mC4 |
Bizpati.com - Leading Economic Online News Portal From Nepal | सर्वसाधारणले समेत नागरिक लगानी कोषमा रकम जम्मा गर्न पाउने
रासस Jan 28, 2020 | 03:55:40 PM
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको 'नेपालमा विप्रेषण आप्रवाहको स्थिति' विषयक अध्ययनमा समेत विप्रेषणको ठूलो हिस्सा अनुत्पादक क्षेत्रमा खर्च भइरहेको उल्लेख छ । नागरिक लगानी कोषमा वैदेशिक रोजगारीमा जाने व्यक्तिले समेत पैसा जम्मा गर्न पाउने व्यवस्थाले विप्रेषण आयलाई आर्थिक विकासमा लगाउनसमेत मद्दत पुग्ने देखिन्छ । सरकारले प्रस्तुत गरेको 'नागरिक लगानीकोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक' माथि बहस जारी छ । सङ्घीय संसद्को अर्थ समितिमा कोषलाई बढी व्यावसायिक, बढी पारदर्शी एवं लगानीमैत्री कसरी बनाउन सकिन्छ भन्ने विषयमा छलफल जारी रहेको समितिमा सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए।
कोषले लगानी गरेको वा कोषबाट लिएको कुनै व्यक्ति वा सङ्गठित संस्थाले कोषलाई कुनै हानिनोक्सानी गरेमा वा कोषलाई तिर्न अटेर गरेमा कानूनबमोजिम कालोसूचीमा राख्न सक्ने व्यवस्था गरिएको छ । कालोसूचीमा राखिएको व्यक्ति सङ्गठित संस्थाले कालोसूचीबाट हटेको दुई वर्षसम्म कुनै ऋण दिने, ठेक्कापट्टा दिने वा हिस्सेदार बनाउने वा कुनै प्रकारको लगानी गर्न नपाउने विधेयकमा व्यवस्था छ । कोषले नेपाल वायु सेवा निगमका जहाज खरिदका लागि रु १२ अर्ब ऋण लगानी गरेको छ । यस्तै कोषमा रकम जम्मा गर्नेलाई विभिन्न प्रकारका सुविधा दिनेका अलावा शेयर बिक्री प्रबन्धकको कामसमेत गर्दै आएको छ ।
लकडाउनमा माथिल्लो तामाकोशीको काम जारी राख्न समस्या, यस्तो छ पछिल्लो प्रगति अमेरिकामा ५०० नेपालीमा कोरोनाको सङ्क्रमण, १ जनाको मृत्यु कोरोना नियन्त्रण गर्न चीनबाट के सिक्ने ? २२ वर्षदेखि चीनमा रहेका प्रा.डा. राजीव झाको अनुभव मेलम्ची आयोजनाका कामदार धमाधम घर फर्किदै विदेशबाट आएका १७७ व्यक्ति सम्पर्कमा, सबै क्वारेन्टाइन बाहिर | 2020/04/06 02:10:47 | http://bizpati.com/update/33552 | mC4 |
मेरा सन्तान समलिंगी भए उनीहरुको साथमा हुन्छ, तर चिन्ता भने लाग्नेछ : राजकुमार विलियम
काठमाडौं (पहिचान) असार १२ – बेलायती राजकुमार विलियमले आफ्ना सन्तान समलिंगी भएको अवस्थामा पूर्ण रुपमा साथ दिने बताएका छन् । तर त्यसका कारण उनीहरुले र आफूले भोग्नु पर्ने सम्भावित अवरोधहरुले भने चिन्तित बनाउने राजकुमार विलियमले बताएका छन् । 'लण्डन प्राइडअघि राजकुमार विलियमले भने, विशेषगरी हाम्रो परिवार, हामी जुन अवस्थामा छौँ, त्यसले गर्दा भोग्नु पर्ने अवरोधहरुलाई लिएर चाहिँ केही नर्भस छु ।'
सन्तानको जुन सुकै निर्णय या अवस्थालाई आफूले स्वीकार गर्ने भए पनि अभिभावकका रुपमा भने चिन्तित बनाउने उनले बताएका छन् । समलिंगी भएकै कारण उनीहरुले भोग्नु पर्ने असमानता, अवरोध, विभेद वा घृणाजन्य शब्दहरुको सामना सहनु पर्ने अवस्था रहेकाले त्यसले चिन्तामा पार्ने विलियमको भनाई छ ।
अझै समलिंगीसहित समग्र एलजिबिटीआई समुदायले सामान्य रुपममा जीवन चलाउन पाउने अवस्था नरहेको भन्दै उनले यहि कारणले अभिभावकका रुपमा चिन्तामा पार्ने बताए । तर आफूले जस्तो अवस्थामा पनि साथ र सहयोग गर्ने राजकुमार विलियमले बताए ।
बेलायती राजगद्दीको बरियतामा तेस्रो नम्बरमा रहेका राजकुमार विलियमले एलजीबीटीआई समुदायको पक्षमा सार्वजनिक रुपमा यसरी बोल्नुलाई ठूलो सहासका रुपमा लिइएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । | 2019/09/15 06:57:07 | https://pahichan.com/np/2019/06/11923 | mC4 |
बुटवल र आसपासमा बसेर विभिन्न पाँच ठाउँमा डायलिसिस गर्ने बिरामीको सङ्ख्या करीब ६०० रहेको बताइएको छ । अहिले महामारीको बेलामा यी सबै बिरामीको नियमित डायलिसिसअघि डेढ महिनामा दुईपटक पिसीआर गर्नुपर्ने मापदण्ड तोकिएको छ । पिसीआर परीक्षणपछि उपचारमा सावधानी अपनाउन सहज हुनेछ ।
बुटवल उपमहानगरले बन्दाबन्दीले आउजाउमा समस्या परेका दीर्घरोगीलाई घरमै समेत पुगेर अत्यावश्यक औषधि वितरण, सुत्केरीलाई पोषणका आहार वितरण, अपाङ्गता भएकालाई आवश्यक सामग्री वितरण गर्दै आएको छ । बुटवलमा प्रमुख सुवेदी, उपप्रमुख गुमादेवी आचार्य आफैँ स्वास्थ्य प्राविधिकसहित सङ्क्रमितको मनोबल बढाउन घरघरमा पुगेका छन् ।
विभिन्न ठाउँमा सङ्क्रमितलाई हेय भावले हेरिने र दुव्र्यवहार हुने गरेका घटनाका समाचार आइरहेको बेलामा बुटवलमा भने प्रमुख, उपप्रमुख सङ्क्रमितको घरघरमै पुगेर हौसला बढाउने कामको थालनी भएको हो । कोभिड सङ्क्रमण भएर आइसोसलनमा बसेकालाई घरघमै पुगेर आयुर्वेद औषधि वितरण गर्ने क्रममा डायलिसिसका बिरामीका बारेमा सूचना पाउने बित्तिकै उपमहानगरले सबैको निःशुल्क परीक्षण गर्ने निर्णय गर्दै सबै वडामा तत्कालै निर्देशन जारी गरिएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले जानकारी दिए ।
बुटवलमा आइसोलेसन सेन्टर निर्माण, प्रादेशिक अस्पतालको सहकार्यमा आइसिीयू र भेन्टिलेटरसहितको कोरोना विशेष अस्पताल निर्माण गर्नेदेखि आइसोलेशन सेन्टरहरुमा नियमित योगा अभ्यास, ध्यान प्राणायाम र आयुर्वेद ओखती वितरणका काम भइरहेका छन् । डायलिसिस गराउनेमा सबैभन्दा धेरै बुटवलको गौतमबुद्ध सामुदायिक मुटु तथा मिर्गौला अस्पतालमा आउने बिरामी छन् । त्यहाँमात्रै करीब ३०० जनाको नियमित डायलिसिस हुने गरेको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए ।
अध्यक्ष आलमका अनुसार यो सङ्ख्या अहिले मुलुकका कुनै पनि डायलिसिस सेन्टरको भन्दा धेरै हो । उक्त अस्पतालले बन्दाबन्दीको समयमा अरु उपचार सेवा सबैतिर प्रभावित हुँदासमेत त्यहाँ यसखालको उपचारलाई चौबिसै घण्टा सञ्चालनमा राखेको थियो । अहिले अस्पतालमा केही स्वास्थ्यकर्मी र केही कर्मचारीमा समेत सङ्क्रमण देखिएको छ । अस्पतालले सबै व्यवस्थापन गर्ने, निसङ्क्रामक बनाउने काम गरिसकेको छ ।
अहिले बुटवल उपमहानगरले निःशुल्क पिसीआर गर्ने सूचना जारी गरेपछि गौतमबुद्ध सामुदायिक मुटु तथा मिर्गौला अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र सिद्धार्थनगर सिटी अस्पताल बुटवलमा डायलिसिस गराउँदै आएका बिरामीको सिफारिस आएको उपमहानगरका स्वास्थ्य तथा जनसङ्ख्या महाशाखाका प्रमुख मित्रमणि खनालले बताए ।-रासस
राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर । कैलाली र कञ्चनपुरमा मात्रै बसोवास गर्ने राना थारू समुदायको भाषा संरक्षण र संवद्र्धन गर्नका लागि व्याकरण निर्माणको कार्य अगाडि बढाइएको छ । भाषा आयोग शङ्खमुल काठमाडौँ र नेपाल राना थारू समाजको संयुक्त प्रयासमा राना थारू समुदायको मातृभाषाको व्याकरण निर्माण र अभिलेखीकरणको कार्य हुन लागेको हो ।
प्रारम्भिक चरणमा व्याकरण निर्माण र शब्दकोष निर्माणका लागि त्रिभुवन विश्वविद्यालयका भाषा विज्ञान विभागका सहायक डिन प्रा डा दुबीनन्द ढकाल, भाषा अनुसन्धानकर्ता राजकुमार राना र भाषाविज्ञ कमलसिंह रानालाई जिम्मेवारी दिइएको छ । | 2021-03-08T00:54:29Z | https://www.aakarpost.com/2011/01/facebook.html?showComment=1294930312927 | OSCAR-2109 |
दक्ष चिकित्सक एवं तत् सम्बन्धि अन्य प्राविधीक जनशक्ति उत्पादन गर्ने हेतु नेपालराज्य भित्र सरकारी एवं निजी क्षेत्रमा संञ्चालित चिकित्साशास्त्र अध्ययन संस्थानको भिन्नै महत्व रहदै आएको छ । जसले केहि हदसम्म भए पनि बाह् मुलुकमा गई चिकित्सा विज्ञान अध्ययन गर्ने क्रमलाई क्रमश न्युनीकरण गर्दै मुलुकलाई यस क्षेत्रमा थप आत्मनिर्भर बन्न प्रेरित गर्दै आएको छ । यसका अतिरिक्त वर्षेनी सम्बद्ध विषय अध्ययनका लागि खर्चिने वैदेशिक मुद्रा बहिर्गमनमा रोक लगाई सञ्चित रहन आएको रकमलाई आर्थिक विकास निर्माणका अन्य क्षेत्रमा खर्च गरी मनग्य लाभ हासिल गर्न सकिने अवस्था सिर्जना गरेको छ भन्न सकिन्छ ।
अन्य विषयगत विधाहरुभन्दा चिकित्सा क्षेत्रसँग सम्बन्धित विषयहरु तुलनात्मक रुपमा अध्ययन÷अध्यापन कार्य विश्वको जुनसुकै मुलुकमा पनि महङ्गो रहने गरेको पाइन्छ । यसमा नेपाल पनि अछूतो रहन सक्दैन । त्यसो हुँदा मेधावी एवं अब्बल विद्यार्थीको चयन यस क्षेत्रको लागि निकै नै चुनौतीपूर्ण कार्य हो । यसै तथ्यलाई मध्यनजरमा राखी चिकित्सा विषय अध्ययनका लागि नेपालमा समेत अवैध रुपमा ठूलो धनराशिको चलखेल हुने प्रबल सम्भावना हरेक शैक्षिक वर्षहरुमा रहँदै आएको तथ्यहरुले औँल्याएको छ । जसले केही हदसम्म आर्थिक अनुशासनहीनतालाई प्रोत्साहित गर्ने नै छ । यस क्षेत्रमा लिइएको प्रवेश परीक्षाको प्रश्नपत्र खरिदबिक्रीका अतिरिक्त परीक्षामा हुने गरेको अन्य गैरकानुनी कार्यलाई निरुत्साहित गर्न केही वर्षअगाडि चिकित्सा प्रवेश परीक्षा रद्द गरी पुनः सञ्चालनमा ल्याएको तथ्यलाई स्मरण गर्न सकिन्छ । जसलाई राज्यको सुखद उपस्थितिको परिणाम मान्न सकिन्छ ।
हुन त राज्यले यस क्षेत्रमा कुनै प्रकारको आर्थिक चलखेल नहोस् भन्नाको खातिर एमबीबीएस तह अध्ययन प्रयोजनका लागि काठमाडौं उपत्यकाभित्रको लागि ३८ लाख ५० हजार रुपैयाँ र मुलुकका अन्य क्षेत्रको लागि ४२ लाख ४५ हजार रुपैयाँ शुल्क निर्धारण गरेकोमा यसलाई समेत पुनरवलोकन गर्दै समयसापेक्ष शुल्कवृद्धि समेत गरिसकेको वर्तमान अवस्था हो । तर सम्बद्ध चिकित्सा अध्ययन प्रतिष्ठानहरुले निर्धारित शुल्कको अतिरिक्त रकम पनि विद्यार्थीबाट असुल गरेको तथ्यहरु हालका वर्षमा तीव्र रुपमा उजागर भई द्वन्द्वात्मक अवस्था प्रारम्भ भएको मात्र हो । जसलाई सम्बद्ध क्षेत्रले पनि स्वीकार गरिसकेका छन् । यसै निर्धारित शुल्कको विषयलाई लिएर राज्यपक्ष तथा सम्बन्धित विश्वविद्यालय एवं चिकित्सा प्रतिष्ठानहरुबीच विगत केही समयदेखि अघोषित रुपमा शीतयुद्ध चल्दै आएकोमा हाल यसले भयावह रुपधारण गरिसकेको छ । उपर्युक्त द्वन्द्वको मारमा विशेष गरी सम्बद्ध क्षेत्रमा अध्ययनरत विद्यार्थी, अभिभावक एवं प्राचार्य वर्ग नै अझ बढी मात्रामा प्रताडित हुने गरेको पाइयो ।
अब यहाँनेर प्रश्न उठ्ने गर्दछ कि के वास्तवमै राज्यद्वारा निर्धारण गरिएको शुल्कले चिकित्सा विज्ञान अध्ययन÷अध्यापन कार्य सहज रुपमा गर्न सकिँदैन त ? यो नै सम्बद्ध समूहको प्रमुख द्वन्द्वको कारक तत्व समेत हो । राज्यको दृष्टिमा जति निर्धारित गरिएको छ । उक्त रकम नै अध्ययन/अध्यापन कार्यको लागि पर्याप्त रहेको हुँदा शुल्क पुनरवलोकन वा वृद्धिको कुनै औचित्य रहँदैन । तसर्थ राज्य शुल्क वृद्धिको पक्षमा नरहँदा नरहँदै पनि नेपाली मुद्राको वर्षेनी क्रयशक्तिमा आएको ह्रासको कारण आउँदो शैक्षिक सत्रको लागि भने शुल्कवृद्धि गरिसकेको छ ।
नियमानुसार शुल्क वृद्धि गरिसक्दा समेत अघिल्ला शैक्षिकसत्रहरु २०७४/०७५ तथा २०७५/०७६ तथा सोभन्दा अघिल्ला शैक्षिक सत्रमा सम्बद्ध अध्ययन संस्थानले असुल गरेको अतिरिक्त रकम फिर्ता वा समायोजनको लागि नेपाल सरकारसँग भएको दुई बुँदे समझदारीपत्रमा हस्ताक्षरसहितको प्रतिबद्धता व्यक्त गरेको लामो समय व्यवस्थित भइसक्दा समेत अतिरिक्त शुल्क व्यवस्थापन गर्न कुनै प्रकारको तदारुकता देखाएको पाइएन । प्रस्तुत अवस्था उत्पन्न हुनुमा नियमनकारी निकायको अभावमा उत्पन्न भएको समस्याको रुपमा यसलाई लिन सकिन्छ । त्यसो भएको हुँदा अविलम्ब सकारात्मक पहलकदमीको लागि राज्यको उपस्थिति जरुरी देखिन्छ ।
किनकि लोकतान्त्रिक राज्य व्यवस्थामा दुई पक्षबीच केही असहमति हुनुलाई नौलो कार्य मान्न सकिँदैन । यस प्रकारका व्यवहारले निश्चित रुपमा सम्बद्ध क्षेत्रलाई आआफ्नो कार्यप्रति जिम्मेवार एवं थप जवाफदेही बन्न मद्दत पुग्नेछ । अतः मुलुकमा देखिएको स्वास्थ्य सेवासम्बन्धी प्राविधिक जनशक्ति एवं चिकित्सकको अभावलाई क्रमशः पूर्ति गर्दै गुणस्तरीय दक्ष जनशक्तिहरु उत्पादन गर्नेछ भन्ने विश्वासका साथ कार्य गर्न वा गराउन राज्यले कुनै पनि प्रकारको कसर छोड्नुहुँदैन । परिणामतः चिकित्सा क्षेत्रमा हाल कायम रहेको साख अनन्त कालसम्म पनि चिरस्थायी रहन सम्भव रहनेछ । जसको सकारात्मक पक्ष भन्नु नै नेपाली शैक्षिक प्रतिष्ठानद्वारा उत्पादित चिकित्सक—प्राविधिक जनशक्तिहरु गुणस्तरीय हुनुको साथै विश्वको जुनसुकै क्षेत्रमा गएर पनि आफ्नो प्रतिभा प्रस्फुटन गर्न समर्थ बन्नेछन् भन्ने विश्वास लिन सकिन्छ । जुन राष्ट्रको लागि गौरवको विषय हो ।
अतः राष्ट्रको स्वास्थ्यसेवाजस्तो अत्यन्त संवेदनशील क्षेत्रमा महत्वपूर्ण योगदान निभाउन सक्षम रहने चिकित्सा क्षेत्र अध्ययनसम्बन्धी सम्पूर्ण खर्चको व्यवस्थापन राज्यका तर्फबाट गरिने अवस्था प्रारम्भ भए निःसन्देह निःशुल्क अध्ययन/अध्यापन कार्य सम्भव रहनेछ । किनकि यो राज्यको नीतिभित्रको गहन पक्ष समेत हो । जसमध्ये एक विकल्पको रुपमा चिकित्साशास्त्र अध्ययन संस्थानहरुलार्ई राष्ट्रियकरण गरी राज्यको मातहतमा ल्याउन सकिनेछ । तर खुला अर्थनीति एवं एक्काईसौँ शताब्दीको लोकतान्त्रिक यात्रामा कति सम्भव रहला अहिल्यै भन्न सकिने अवस्था रहँदैन । हुन त स्वास्थ्य एवं शिक्षा क्षेत्रमा गरिने लगानीको वास्तविक प्रतिफलको चाहना राख्ने हो भने अवश्य पनि दीर्घकालीन अवस्थाको प्रतीक्षा गर्नुबाहेक अन्य कुनै विकल्प मुलुकसामु रहँदैन । तर त्यसो भन्दैमा चिकित्सा विज्ञान अध्ययनको लागि मनपरीतन्त्र हावी हुन पक्कै पनि शोभनीय होइन । यदि प्रस्तुत अवस्था कायम रहने परिस्थितिको निर्माण भए अस्वस्थ प्रतिस्पर्धाको जन्म भई अनैतिक तवरबाट गुणस्तरहीन प्राविधिक जनशक्ति उत्पादन गर्ने थलोको रुपमा यस क्षेत्रको विकास हुने सम्भावनालाई नजरअन्दाज गर्न मिल्दैन ।
यो हुनु भनेको अन्ततः अपराधीकरणलाई प्रोत्साहित गर्नु हो । जुन मेधावी विद्यार्थी समूहको मनोबल गिराउने कार्यमा उद्यत रहनेछ । यस प्रकारको गतिविधिबाट उच्च गुणस्तरीय चिकित्सा अध्ययन कार्यमा अवरोध सिर्जना भई सम्बद्ध अध्ययन संस्थानप्रति नै गम्भीर प्रश्न उठ्न गई विश्व समुदायमा नेपालको चिकित्सा शिक्षाप्रति विश्वासको संकट उत्पन्न हुन जाने देखिन्छ । त्यसो भएको हुँदा निरन्तर रुपमा नियमनकारी निकायको समन्वयात्मक भूमिकालाई अख्तियार गर्दै शीतयुद्धको अन्त्य गर्नु समयको माग हो ।
बढ्दो जनसंख्याको अनुपातमा अझै पनि राज्यले सोहीअनुरुपको जनस्वास्थ्यप्रति चनाखो रही दक्ष प्राविधिक एवं चिकित्सक उत्पादन गर्ने नीतिलाई प्रोत्साहित गर्नुपर्ने हुन्छ । साथै मापदण्ड नपुगेको चिकित्सा अध्ययन प्रतिष्ठानको मापदण्ड सुधारका लागि यथोचित समय उपलब्ध गराउँदै यस क्षेत्रमा विपन्नभन्दा विपन्न वर्गको पहुँच अभिवृद्धि गर्दै लैजानुपर्ने देखिन्छ । यसविपरीत शुल्कवृद्धि वा अन्य कुनै बहानामा सम्बन्धन खारेजीको कुरा गर्नु लोकतान्त्रिक संस्कृतिविपरीत कार्य हो । जसले यस क्षेत्रको विकास, विस्तार, सम्वर्द्धन एवं प्रवर्द्धनमा प्रतिकूल अवस्था सिर्जना गरी राज्य एवं अध्ययन संस्थानबीच द्वन्द्वात्मक वातावरण तयार गर्नेछ । तसर्थ शुल्क विवादलगायतका अन्य विषयगत विधाहरुलाई समयमा नै समाधान गर्नेतर्फ अग्रसर हुनुपर्ने देखिन्छ । यसका लागि भर्ना प्रक्रिया लगायतका विषयमा कडाइका साथ पेश हुनु नै गुणस्तर सुधारको पहिलो खुड्किलो हो । शुल्कवृद्धिलगायतका विषयलाई प्रतिष्ठाको विषय बनाई अवरोध खडा गर्ने हो भने कहिले पनि समस्या समाधान सकारात्मक परीणाम निस्किन सक्दैन । तथापि राज्य एवं चिकित्सा शास्त्र अध्ययन प्रतिष्ठानले समस्या समाधानको लागि लोकतान्त्रिक विधिलाई शालीनताका साथ आत्मसात् गर्ने चेष्टा ग¥यौं भने निकास ननिस्किने भन्ने प्रश्न नै उठ्दैन । | 2022-12-03T20:43:02Z | https://www.aarthikdainik.com/view/3480/ | OSCAR-2301 |
घरेलु मदिरा नियन्त्रणमा प्रहरी सक्रिय | Jwala Sandesh
घरेलु मदिरा नियन्त्रणमा प्रहरी सक्रिय
| प्रकाशित मितिः बुधबार, पुस २३, २०७६ ::: 361 पटक पढिएको |
तीन महिनामा २८२१ लिटर अवैध मदिरा, ११५२७ लिटर घरेलु मदिरा बनाउने कच्चा पदार्थ र ४३४ केजी औषधी बरामद गरि नष्ट ।
घरेलु मदिरा नष्ट गर्दै प्रहरी ।
दैलेख पुष २३ । जिल्लाका विभिन्न स्थानीय तहमा हुने अवैध घरेलु मदिरा उत्पादन र बिक्री वितरण विरुद्ध प्रहरीले अभियान तिब्र पारेको छ । ११ वटै स्थानीय तहको मुख्य व्यापारिक केन्द्रका होटलैपिच्छे अवैध घरेलु मदिरा उत्पादन र विक्री वितरण हुने गरेको पाइएपछि प्रहरीले नियन्त्रणका लागि कडाई गर्न थालेको हो । जिल्ला प्रहरी कार्यालय दैलेख र मातहतका प्रहरी युनिटले घरेलु मदिरा नियन्त्रणका लागि कडाई गरेको हो । गएको तीन महिना देखि घरेलु मदिरा विरुद्ध अभियान तीब्र पारिएको दैलेख प्रहरी प्रमुख हरिबहादुर ओलीले बताए ।
जिल्लाभरबाट दुई हजार आठ सय २१ लिटर तयारी घरेलु मदिरा बरामद गरि नष्ट गरेको प्रहरीले जनाएको छ । यस्तै ११ हजार ५ सय २७ लिटर घरेलु मदिरा बनाउने कच्चा पदार्थ र ४ सय ३४ केजी औषधी र भाडावर्तन बरामद गरि नष्ट गरिएको प्रहरीको तथ्यांक छ ।
होटल तथा स–साना चिया पसलहरुमा अवैध मदिरा विक्री वितरण भईरहेको छ भन्ने सूचनाका आधारमा प्रहरीले उक्त मदिरा नियन्त्रणमा लिने गरेको छ । 'अहिले मदिरा उत्पादन र विक्री वितरण नगर्न आग्रह गरिरहेका छौ,' डिएसपी ओलीले भने 'अटेरी गरेर उत्पादन र विक्री वितरण गरेको पाईमा कारवाहीको दायरामा ल्याउँछौ ।'
घरेलु मदिराले अपराधिक गतिविधी, महिला हिंसा बढाउने, शान्ति सुरक्षाको अवस्था भंग गर्ने, मानव स्वास्थ्यमा गम्भिर असर गर्ने, राज्यको कर छली गर्ने लगाएतका कारणले जिल्लाभर घरेलु मदिरा नियन्त्रण अभियानलाई प्रहरीले प्राथमिकताका साथ सञ्चालन गरेको छ । घरेलु मदिरामा कुहिएका मोजा, महिलाले लगाउने भित्रि बस्त्र प्रयोग गरेको पाईएको डिएसपी ओलीले बताए । फोहोर तथा कुहिएको खाद्य पदार्थ हालेर बनाईएको घरेलु मदिरा स्वास्थ्यका लागि हानिकारक मानिन्छ । | 2020/08/14 23:49:18 | https://jwalasandesh.com/?p=24043 | mC4 |
लकडाउन खुकुलो पार्दै जाने होइन, अन्त्य नै गर्ने हो : प्रधानमन्त्री | HimalDarpan
विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण तथा रोकथामका लागि नेपालले पनि बन्दाबन्दी (लकडाउन) लगायत विभिन्न उपाय अपनाइरहेको छ। अहिले देशका सातै प्रदेशमा पीसीआर तथा सबै जिल्लामा आरडीटी परीक्षण भइरहेको छ। सुरुमा चैत ११ देखि १८ गतेसम्म तोकिएको लकडाउन अवधि तेस्रोपटक थपेर वैशाख १५ सम्म पुर्याइएकाे छ।
वैशाख १५ पछि पनि लकडाउन नहटाउने तर स्वरूप परिवर्तन गर्ने तयारी सरकाले गरेको छ।
यसै सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरिएको विस्तृत कुराकानी, प्रस्तुत छ- सम्पादित अन्तर्वार्ता:
विश्वका कतिपय मुलुकको तुलनामा नेपालमा कोरोना भाइरसको संक्रमण नियन्त्रणमै भए पनि पछिल्लो समय आएका रिपोर्टले संक्रमितको संख्या बढेको देखाएको छ, यसले कतै समयमा परीक्षण नगरेका कारण संख्या बढेको त होइन भन्ने प्रश्न पनि खडा गरेको छ, तपाईंको मूल्यांकनचाहिँ के छ?
कोरोना भाइरस आज विश्वमै मानव जातिले भोगेको गम्भीर प्रतिकूलता हो। यस भयावह महामारीले सिङ्गो विश्वलाई लपेटेको छ। यो शताब्दिऔँपछिको एक गम्भीर चुनौती हो। यस संक्रमणबाट सुरक्षित हुन नेपालले बेलैमा रोकथामका उपायहरु अवलम्बन गरेको थियो। विदेशबाट हवाईमार्ग आउने नागरिकलाई हामीले अझै अगाडि रोक्न सक्ने थियौँ तर हामी विश्व व्यवस्थाभन्दा अलग्गै वा एक्लै अघि बढ्न सक्ने स्थिति पनि थिएन।
कतिपय मुलुकले उडानहरु नरोकेको समयमा नेपालमा मात्रै रोकिँदा किन रोकियो भन्ने प्रश्न पनि आउन सक्ने थियो। अन्तर्राष्ट्रिय प्रवेशविन्दु र सीमानाका बन्द तथा आवश्यक स्वास्थ्य सतर्कता अपनाएकाले नेपालमा यस महामारीले विशाल रूप लिनसकेको छैन। जे होस्, हामीले बन्दाबन्दी जारी गर्याैँ। सामाजिक दूरी कायम गरी अन्य सचेतना अपनाउँदै स्वास्थ्य सुरक्षा, विश्व स्वास्थ्य सङ्गठनका मापदण्डको पालना, हाम्रा सिकाइहरुलाई लिएर परीक्षण र उपचारका काममा हामीले तदारुकता दिएका छौँ।
म विस्तृत तथ्याङ्कमा जान चाहन्नँ तर अहिलेसम्म संक्रमित भएका ३० मध्ये दुई जना उपचारपछि निको भएर फर्किएका छन्। संक्रमितमध्ये एक जनाबाहेक सबै विदेशबाट नेपाल आउँदा संक्रमित भएको देखिएको छ।
यो कुनै पूर्वसङ्केतबिना आएकाले हामी कसैले यसको रोकथामका लागि पूर्वाभ्यास र तयारी गर्न पाउने कुनै भएन। विश्वका ठूलठूला शक्तिशाली मुलुकलाई पनि लपेटिरहेको छ। नेपालमा अहिले कोभिड-१९ परीक्षणलाई ७७ जिल्लामै विस्तार गरिएको छ। सबै ठाउँमा स्वास्थ्य सामग्री र जनशक्ति पुर्याइएको तथा संक्रमित र संक्रमण सम्भावितको खोजीखोजी आरडिटी र पिसीआर दुवै परीक्षणलाई तीव्रता दिइएको छ, जबकि पहिलो संक्रमितको 'केस'लाई हामीले हङकङबाट परीक्षण गरेका थियौँ। दोस्रो सङ्क्रमतिपछि मात्रै नेपालमा परीक्षण गराउन थाल्यौँ।
लकडाउन त आवश्यक नै देखिन्छ तर यसबाट परेका अरु असर पनि देखिन थालेका छन्। हुन त, विश्वका ठूला मुलुकमा पनि यो समस्याको विषय भएको छ। के लकडाउनलाई फरक रुपमा वा खुकुलो पार्ने सोच्नुभएको छ?
यस महामारीले नेपालमा विकराल रूप लिन नसकोस् भनेर हामीले काम गरिरहेका छौँ। जनतामा स्वास्थ्यसम्बन्धी सचेतना गराएका छौँ। सीमानाकालाई कडाइ गरेका छौँ। लुकीछिपी प्रवेश गर्नेलाई पनि हामीले कडाइ गरेका छौँ। अब लुकेर बस्ने प्रवृत्ति पनि मानिसमा भएका कारण सम्भावित संक्रमित खोजेर परीक्षण गरी उपचार गराउनुपर्ने स्थिति छ।
यद्यपि यो लुकाउन सकिने रोग होइन। यो रोग लुकाउँदा झन् विस्फोटक भएर फैलन सक्छ। जसरी आगोले भेटेपछि कसैलाई पोल्न छोड्दैन यसले पनि कुनै ठूलो, सानो, धनी गरिब र जात वा लिङ्ग भनेर चिन्दा पनि चिन्दैन। यसले सबैलाई लपेट्न सक्छ। कोरोना पनि एक प्रकारको ढडेलो हो।
लकडाउन घोषणाको झण्डै १ महिना पुग्न लागेको छ, अझै कहिलेसम्म लम्बिन्छ? यसको विकल्पमा अरु कुनै उपाय सोचिरहनुभएको छ कि?
लकडाउन एउटा विधि हो। यो सरकारलाई चाहिएको विषय होइन। हामीले सामाजिक दूरी कायम, मास्क लगाउनेलगायत अरु उपाय पनि गरिरहेका छौँ। परिस्थिति हेरेर स्थिति सहज भएपछि हाम्रा आर्थिक गतिविधि क्रमशः अगाडि बढ्नेछन्। कोरोनाका कारण उत्पन्न आतङ्क समाप्त पार्नुपर्छ। कतिपय मुलुकमा हामीले देख्यौँ, बाकसमा लगेर लासमाथि लास पुरिएको छ।
के हामी पनि खाल्डोमा लासमाथि लास पुरिएको हेर्न चाहान्छौँ? यसले आतङ्क सिर्जना भएमा त्यसले ल्याउने डिप्रेसन र क्षतिको आकलन गरेका छौँ? ठूला भनिएकै मुलुकमा संक्रमित संख्या बढेपछि अस्पतालमा उपचार गर्न नसकेर सडकमै पाल टाँगेर भेन्टिलेटर राखेर उपचार गराइएको छ। यस्तो स्थितिमा पुग्नुको साटो लकडाउन सहनु नै उपयुक्त हो। त्यसैले लकडाउन गरेर सरकारले जनतालाई दुःख दियो भन्न मिल्दैन।
त्यसलाई कुनै राजनीतिको मुद्दा बनाउनु हुँदैन। यो सरकारले लकडाउन गरेको छ भन्ने विषय होइन, जतना जोगाउन गरिएको विषय हो। यो यहाँ मात्र होइन विश्वमै लागू भइरहेको छ। विश्वका कतिपय मुलुकमा जहाँ प्रभावकारी लकडाउन छैन, त्यहाँ बढी मानवीय क्षति भएको छ। महामारीलाई रोक्ने सन्दर्भमा अर्थतन्त्र, राजनीतिक विचार र राजनीतिक प्रणालीका आधारमा जोडेर हेर्नु हुँदैन।
म विश्व समुदायलाई पनि के आह्वान गर्न चाहन्छु भने यसका विरुद्ध विश्व समुदाय एकताबद्ध भएर सतर्क र राष्ट्रिय एकताका साथ हामी जुट्नुपर्छ। यो राजनीतिभन्दा माथिको कुरा हो। यस सन्दर्भमा म संयुक्त राष्ट्रसङ्घका महासचिव एन्तेनिओ गुटेरेसले यसै गरेको आग्रहलाई पालना गरौँ भन्ने जोडदार समर्थन गर्न चाहन्छु। आगामी मे ५ (वैशाख २३) मा असंलग्न मुलुकहरुको सङ्गठन ९नाम०ले चाल्ने कदमको पनि समर्थन गरी हामीले साझा शत्रुविरुद्ध एक हुन विश्व समुदायलाई आह्वान गर्दैछौँ।
लकडाउन खुकुलो पार्दै जाने होइन, अन्त्य नै गर्ने हो। त्योभन्दा पहिला कोरोनाको अन्त्य हुनुपर्छ। मान्छेको जीवन बचाउनुपर्छ। हामीले भाइरसले भयावहको स्थिति नलिओस् भन्ने हो। एउटा कुरा चाहिँ म के भन्न चाहन्छु भने कोरोनाको स्थिति सहज भएपछि हाम्रा जिल्ला-जिल्लामा स्वास्थ्य क्षेत्रको पूर्वाधारको विकास र जनशक्तिको पर्याप्ततामा आमूल सुधार भएको हुनेछ। यही बीचमा हामीले अरु बिरामीको पनि हेरविचार गरिरहेका छौँ।
म फेरि पनि आग्रह गर्न चाहान्छु- अर्थतन्त्रमा नकारात्मक असर पर्छ भनेर मानवीय मूल्यलाई पछाडि पार्न सकिँदैन। मान्छे बाँचेमा न अर्थतन्त्र र समृद्धिको अर्थ रहन्छ। मान्छे नै नरहेन स्थिति हुन नदिनका लागि लकडाउन गरिएको हो भन्ने बुझ्नुपर्छ। भावुक भएर आवागमनलाई खुकुलो पार्नु हुँदैन। हामी सकेसम्म छिट्टै लकडाउन हटोस् भन्ने चाहन्छौँ। संक्रमितलाई विदेशबाट छिर्न दिने अवसर सिर्जना हुन दिँदैनौँ।
कोभिड-१९ को उपचारका निम्ति हालसम्म औषधि वा खोपको त विकास भएको छैन। तर पीपीईदेखि अन्य परीक्षणका सामग्रीको पनि राम्रोसँग व्यवस्थापन हुनसकेको छैन। अर्कातिर खरिदको विषय पनि विवादमा छ। यसलाई कसरी लिनुभएको छ?
हामीले कतिपय होटलमा जाँदा त्यहाँ एक प्रकारको धुन बजिरहेको सुन्छौँ। त्यो सुमधुर धुन हो तर नेपालमा एकथरि कर्कस धुन मात्र निकालिरहने समूह छन्। मैले पटकपटक भनेको छु- मेरो र यो सरकारको भ्रष्टाचारविरुद्धको प्रतिबद्धताका बारेमा, म भ्रष्टार गर्दिनँ र हुन दिन्नँ भनेर। मैले शेषपछि हुने गरी मेरो र श्रीमतीको नामको सम्पत्ति ट्रष्टका नाममा दान गरिसकेको छु। मेरो श्रीमतीले ३३ वर्ष बैंकमा काम गरेर बचत गरेको र अहिले मेरो तलब नै मेरो सम्पत्ति हो। मलाई पैसा कमाउनु छैन। म कमाउन यहाँ आएको होइन, देश बनाउन आएको हुँ। म बोली र व्यवहारमा प्रतिबद्ध छु।
खाली कुरा के हो भने पहिले-पहिले भएका भ्रष्टाचारका मुद्दालाई यो सरकारले छानबिन र कारबाही गरेको हुँदा यही सरकारले भ्रष्टाचार गरेको भन्ने ढङ्गले कुप्रचार गर्ने गरिएको छ। जस्तो- बालुवाटारको ललिता निवास प्रकरण विगतमै भएको हो। हामीले चाँजबुझ अघि बढायौँ। वाइडबडी प्रकरणको कुरा पहिल्यै सुरु भएको हो। ३८ केजी सुन प्रकरणमा हाल करिब ७३ जना कारागारमा छन्। धेरैलाई मुद्दा लागेको बताउँदै २२-२४ जनालाई जिउँदै पोल्ने पनि पहिले सांसद भएर बसेका थिए। तिनीहरु छानबिन आएपछि शासन सुव्यवस्था नभएको र भ्रष्टाचार भएको भनी आरोप लगाइएको छ। तर सबै अनियमितता एकै पटक नरोकिन सक्छन्। सुशासन लामो यात्रा हो।
प्रधानमन्त्री अहिले पहिलेको जस्तो खरिद बिक्रीको कारोबार गर्दैन। पहिला-पहिला आफूले गरेकाले त्यही सम्झिएर वा ऐनामा हेर्दा आफ्नो त्यही अनुहार देखेर अहिले अरुले पनि त्यही गरेको हुनुपर्छ भन्ने हल्ला चलाइरहेका छन्। स्वास्थ्य सामग्रीसम्बन्धी सम्झौता र रद्द गर्ने काम स्वास्थ्य मन्त्रालयको सम्बन्धित विभाग हो। सम्झौता रद्द भएको मैले प्रेस ब्रिफिङबाटै थाहा पाएको हुँ।
त्यसका प्रधानमन्त्री र मन्त्रिपरिषद्लाई जोडेर प्रचार गरिनु कर्कश धुन बजाउनुजस्तै हो। यो कुरा भ्रम सिर्जना गर्ने, जनता अल्मल्याउने र सरकारलाई असफल पार्ने मनसायबाट प्रेरित हुन्। स्वास्थ्य सामग्रीसम्बन्धी त्यो सम्झौता रद्द भयो, जमानत जफत भयो र कालोसूचीमा राखियो, अनियमितता गर्नेलाई कारवाही हुन्छ। अधिकार प्राप्त निकाय र व्यक्तिले सहीरूपमा त्यसको प्रयोग गर्नुपर्छ। आशङ्का गर्नु अन्यथा होइन, छानबिन हुँदा गलत पाइए कारबाही हुन्छ तर जेमा पनि शङ्का गरेर यस्तो स्थितिमा काम गर्ने मान्छेलाई हतोत्साहित गर्नु हुँदैन।
जिम्मेवारी हामी सबैको हो। यस अभियानमा हरेक व्यक्ति एक सिपाही हो। विश्वकपहरुमा पनि हामीले देख्छौँ- फुटबलमा नि जगेडा खेलाडी हुन्छ। गोलकिपरले, स्ट्राइकर आदिले बल कहाँ जाँदैछ, कसले कसलाई पास गर्ने र जित्ने भन्ने हुन्छ। त्यसका कारण यहाँ पनि हामी सबैले आआफ्नो भूमिका खेल्ने हो। मन्त्रिपरिषद्ले समग्र नीतिगत निर्णय र निर्देशन दिन्छ।
उच्चस्तरीय समितिले समन्वय गर्छ। सीएमसीले सामग्री व्यवस्थापन, प्राथमिकता निर्धारण र सूचना आदानप्रदान गर्छ। सेना, प्रहरी र निजी चिकित्सकसमेतलाई परिचालन गर्छ। यसमा कसैको भूमिकामा दोहोरोपन हुँदैन। हामीले आवश्यक जनशक्ति तयार गरेर बसेका छौँ। यी तयारी तमासा देखाउनका लागि होइन। तर सरकारले केही गर्न सकेन, तयारी केही भएन, असफल भयो जस्ता प्रचार सही छैन। यो नकरात्मकताको बिम्ब हो। यथार्थ होइन।
वास्तवमा विचारहीन र आग्रहपूर्ण ढङ्गले जे मा पनि विरोध र दुष्प्रचार झुट र अमर्यादित प्रस्तुति गरिनु एकाध मान्छेको कर्कश धुन हो। यसरी आलोचना गर्नु त्यो उनीहरुको प्रवृत्ति हो। अमर्यादित शैलीमा गरिने आरोपले आरोपकर्ताहरुको सांस्कृतिकस्तर देखाउँछ तर जनताको जीवनरक्षा गर्ने आफ्नो जिम्मेवारीमा सरकार पछि पर्दैन। यसमा सबैको साथ र समर्थन छ।
लकडाउन लम्बिँदै जाँदा मजदूर, श्रमिक र अन्य बेरोजगारहरु काठमाडौँबाट गाउँ जान वा भारतबाट स्वदेश फर्कने क्रममा लामो पैदलयात्रा तय गर्नुपरेको कष्टपूर्ण दृश्य देखिएमा छिटो माध्यमबाट सम्बन्धित निकायमा सूचना दिऊँ। हेल्लो सरकार छ । या अरु माध्यम हुन सक्छन् ।
सीसीएमसीमा २० जना मान्छे २४ सै घण्टा स्ट्याण्डबाइ बसिरहेका छन्। त्यहाँ खबर गरौँ। बिजोग दृश्यमा रमाइलो मान्नेभन्दा पनि यसलाई रचनात्मक रूपमा समाधान गर्न लाग्न सकिन्छ। प्रहरीलाई थाहा नदिइ एकाएक धादिङको सडकमा केही यात्रु कसरी देखिए रु अनि प्रहरी र सिडिओलाई थाहा नभएको घटनामा त्यहाँ पहिल्यै काठमाडौँदेखि पत्रकार कसरी पुगे? के यो रहस्यपूर्ण छैन र!
त्यसकारण सञ्चारमाध्यमले पनि यस्तो स्थितिमा अघिल्लो दिन लिइएको भिडियो भोलिपल्ट देखाउनुभन्दा तत्कालै सूचना दिएर सहयोग गर्न सक्छ । सरकारलाई गालीको फेहरिस्तभन्दा छिटो सूचनाका माध्यमबाट सरकारलाई सूचना दिन आग्रह गर्दै त्यस्तो स्थितिमा यात्रु र मजदूरहरु परेको थाहा पाएलगत्तै सरकारले बाटामा खाना खुवाउने र सुरक्षितरूपमा गन्तव्यमा पठाउने प्रबन्ध गरेको छ।
हामीले आपूर्ति व्यवस्थाका उचित प्रबन्धका लागि खरिद केन्द्रहरु खडा गरेका छौँ । मूल्यवृद्धि हुन दिएको छैनौँ। इन्डक्सन चुल्होको प्रयोगमा प्रोत्साहन गरिएको छ। मुलुकमा अनिकालको स्थिति छैन। अखाद्य वस्तु बिक्री गर्नेलाई कारबाही गरिएको छ। यो गरिब, निमुखा सबैको सरकार हो। यहाँ बाँच्ने स्थिति सबैको हुन्छ। नत्र किन जनता आवास कार्यक्रमजस्ता कार्यक्रम ल्याउँथ्यो?
भारतमा रहेका कतिपय नेपाली स्वदेश फर्कन पाऊँ भनिरहेका छन् । कोही सीमामा अलपत्र छन् । खाडीलगायत मुलुकमा पनि श्रमिक नेपालीहरुको अवस्था गम्भीर हुँदै आएको छ । यसबारे केही सोच्नुभएको छ?
स्वदेश आउन पाउनुपर्छ। तर देशभक्ति उम्लिने कतिबेला? हामी उहाँहरुलाई कोरोनारहित अवस्थामा स्वदेश फर्काउन चाहन्छौँ। के संक्रमितलाई धमाधम ल्याएर गाउँगाउँ पठाएर अरु मान्छे सोत्तर बनाउनुपर्छ भन्ने हो? हामीले सीमामा अलपत्र परेकालाई इच्छाअनुसार होटलमा वा क्वारेन्टाइन राख्न भनेका छौँ।
केही मानिस होटलमा नबस्ने, क्वारेन्टाइनमा नजाने अनि दशगजामा सुत्ने गरेको पनि पाइयो। नेपालीलाई पारि पनि खान/बस्न व्यवस्थाका लागि हामी सम्बन्धित सरकारसँग कुरा भएको छ। अनि जसरी पनि आउनुपर्ने? हामी भारतको संक्रमणको स्थिति हेरेर मात्रै सीमा खुलाउँछौँ। सुदूरपश्चिमलाई कोरोनाको इपिसेन्टर हुन दिँदैनौँ। यस्तो बेलामा संविधानको किताब हेरेर हिँडडुलको अधिकार खोज्ने होइन, कोरोनबाट बच्ने हो।
मैले नेपालीहरु रहेका विभिन्न मुलुकका समकक्षीसँग चरणबद्धरूपमा कुरा गरिरहेको छु। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि विभिन्न सरकार प्रमुखसँग कुरा गरेको छु। र, अन्य संयन्त्रले सम्बन्धित तहमा कुरा गरिरहेका छन्। त्यहाँका सरकारले त्यहाँ रहेका श्रमिक र विद्यार्थी नेपालीलाई आवश्यक उचित प्रबन्ध गछौँ भनेका छन्, त्यसकारण आत्तिनुपर्ने स्थिति छैन।
मैले अघि पनि भनेँ, हामी नेपालीलाई खाने, बस्ने र बाँच्ने प्रबन्ध गछौँ। अहिले कोरोना सङ्कट नआएको भए बेग्लै स्थिति हुन्थ्यो। हाम्रा अघि बढिरहेका विकास र समृद्धिका कामले रफ्तार लिइरहेका हुन्थे। 'समृद्ध नेपाल, सुखी नेपाली' को हाम्रो राष्ट्रिय आकाङ्क्षा कायमै छ तर अब कोरोनामुक्त देशले मात्रै समृद्धि हासिल गर्न सक्छ। पहिलो सुनिश्चिता जनताको जीवन हो। यसबीचमा कठिनाइ व्यहोरेर मानिसको जीवन बचाउनुपर्छ।
अर्थतन्त्रमा योगदान नै नगरेका वर्गलाई पनि उनीहरुको बाँच्ने हिस्सा छ भन्ने अनुभूति दिलाउनुपर्छ। गरिब, विपन्न, उद्यमी, व्यापारी सबैलाई यसको असर पर्छ। हामीले समृद्धिका लागि जुन रफ्तारका साथ काम गर्ने सोचेका थियौँ, त्यो गति धीमा त हुने नै भयो। आगामी दिनमा मजदूर, श्रमिक, किसान, उद्यमी, व्यावसायी सबैलाई बाँच्ने हिस्सा रहन्छ। अहिलेको सङ्कटबाट पार्ने असरलाई विचार गरेर उपयुक्त नीति र कार्यक्रम ल्याइनेछ।
सरकारले यी काम त गरिरहेको छ। कोरोना भाइरसको सामनाका लागि उच्चस्तरीय संयन्त्र गठनको कुरा पनि आएको छ तर तपाईँले किन त्यसलाई अस्वीकार गर्नुभयो?
यो प्रश्न म तिनैलाई सोध्न चाहन्छु कि आज कोरोनाविरुद्धको लडाइँमा कुन देशमा यस्तो संयन्त्र गठन भएको छ? विश्वका कतिपय देशमा संयुक्त सरकार छन्, कुनै अल्पमतका सरकार छन् । त्यस्तो अवस्थामा पनि कुनै मुलुकमा सरकारभन्दा माथि अर्को संयन्त्र छ? कुन प्रजातान्त्रिक वा व्यवस्थाको मुलुकको छ? जबकि नेपालको वर्तमान सरकार दुईतिहाइ नजिकको बहुमत र जनादेशप्राप्त सरकार हो। सरकारले कोरोनाविरुद्ध चालेका कदममा सबै राजनीतिक दल, क्षेत्र र आम जनताको समर्थन र सहकार्य छ। सबैबाट आएका उपयुक्त सुझावलाई ग्रहण गर्न सरकार तयार छ।
सरकारले उचित समन्वय गरिरहेको छ । सरकारले संविधान र कानूनअनुसार उत्तरदायित्व पूर्णरूपमा काम गर्छ । त्यसैका लागि जनतासँग शपथ लिएको सरकार हो यो । अब एकाध दम्भपूर्ण अभिव्यक्ति बेग्लै कुरा हुन् । नागरिक समाज पनि राख्नुपर्ने भनिएको छ। अनि कुन नागरिक राख्ने वा छुटाउने? त्यसो भए सबै नागरिक स्वतः सदस्य रहेको एक संयन्त्र बनाऊँ, जसको अध्यक्षता प्रधानमन्त्रीले गर्छ। अन्यथा मैले नेतृत्व गर्न, लोकप्रिय हुन वा गरेको देखाउन पाइनँ भन्ने अनाधिकृत र कुण्ठाग्रस्त मानसिकता मात्रै हो। यस्ता कुराहरुको कुनै अर्थ छैन।
यस्तो विषम स्थितिमा सरकार र पार्टी नेतृत्व एकताबद्ध र समन्वयात्मकरूपमा अघि बढ्नुपर्नेमा सरकार एकातिर पार्टी अर्कोतिर जस्तो देखिएको छ । एकतापछि पार्टीमा पूर्वसमूह वा अन्य खेमामा नाममा विवाद कायमै देखिन्छ?
सरकार एकजुट छ । एकताबद्ध छ । सरकार एउटै लय र तालमा अघि बढिरहेको छ । हाम्रो प्रणालीमा पुरानो ढाँचाको कर्मचारी संयन्त्र भएकाले हाम्रो गतिसँग अभ्यस्त हुनमा बिलम्ब भएको हुनसक्छ । यद्यपि, म कर्मचारीलाई दोष दिन चाहन्न । उहाँहरुले नयाँ स्पिरिट समात्न समय लागेको हुनसक्छ । पार्टी पनि एक छ । सरकारको काममा सबै नेताको समर्थन र साथ छ।
केहीले व्यक्तिगत कुण्ठा, अन्योल र दिशाहीनताले सदाबहार कराउने प्रवृत्ति देखिन्छ। हुटिट्याउँ प्रवृत्ति छ। ती कुराहरु कति सान्दर्भिक छन्? तिनले आफैंलाई असान्दर्भिक बनाउँछन्। तिनले बिरामी प्रधानमन्त्रीले देश चलायो भन्छन्। मबाट यो भन्दा बढी के अपेक्षा गर्ने? आफैँ बिरामी भएर पनि देशलाई संक्रमणबाट जोगायो भन्न पनि सकिन्थ्यो। मेरो काम गर्ने बानी छ, गरिरहन्छु । म अहिले पनि दैनिक १८ घण्टा काम गर्छु। मलाई जश लिनुपर्ने वा मूल्याङ्कन होस् भन्ने भावना पनि छैन । बफादारिताका साथ देश र जनताका लागि काम गर्ने हो। अराजकतालाई लोकतन्त्र ठान्ने प्रवृत्ति ठिक होइन। त्यस्ता प्रवृत्तिले पार्टीलाई नोक्सान नगरी सम्बन्धित व्यक्तिलाई नै नोक्सान गर्छ। | 2021/08/05 14:36:39 | https://www.himaldarpan.com/%E0%A4%B2%E0%A4%95%E0%A4%A1%E0%A4%BE%E0%A4%89%E0%A4%A8-%E0%A4%96%E0%A5%81%E0%A4%95%E0%A5%81%E0%A4%B2%E0%A5%8B-%E0%A4%AA%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%A6%E0%A5%88-%E0%A4%9C%E0%A4%BE%E0%A4%A8/ | mC4 |
मनघरी फाउन्डेसनको सहयोग र नेपाल पत्रकार महासंघ रुकुमको सहजिकरणमा जिल्ला अस्पतालमा केही स्वास्थ्य सामग्री प्रदान गरिएको छ । १५ सेट…
हरिविष्णु ओली मध्यपश्चिमाञ्चल विश्वविद्यालयले यस पटक स्नातकोत्तर र स्नातकतहको परीक्षाअनलाइन तथा अफलाइन माध्यमवाट सञ्चालन गर्ने निर्णय भए वमोजिम मातहतका चौध… | 2021-03-07T09:10:15Z | https://www.nepalilink.com/2020/04/25/2022.html | OSCAR-2109 |
'पोखरा स्काई स्पोर्टस'को शुभारम्भको अवसरमा ग्राण्ड कन्सर्ट हुने
Sumitra Shrestha@bsgnews.com | वि.सं २०७५, मंसिर १४, शुक्रबार
'पोखरा स्काई स्पोर्टस'को शुभारम्भको अवसर पारेर पोखरामा ग्राण्ड कन्सर्ट हुने भएको छ। पोखराको न्युरोड स्थित भाटभटेनीको मथिल्लो तल्लामा रहेको पोखरा स्काई स्पोर्ट्समा हुने उक्त कन्सर्टमा एड्रिन प्रधान, नट्टू शाह, स्वप्न सुमन, दीपक बज्राचार्य लगायतले आफ्नो प्रस्तुती राख्नेछन्।
तीन दिनसम्म चल्ने स्काई स्पोर्टसको ओपनिङमा कन्सर्टसँगै फेसन सो, स्ट्याण्ड अप कमेडी लगायत विभिन्न मनोरन्जनात्मक प्रस्तुति हुनेछन्। खेल, मनोरन्जन, खाना र फिटनेस एकै छानामुनी उपलब्ध गराउने सम्भवत नेपालकै पहिलो महत्वाकांक्षी परियोजना 'अ प्लेस फर एभ्रिवन रेष्टुरेन्टसँगै पोखरा स्काई स्पोर्टस्' संचालनमा आउन लागेको हो।
विगत ३ वर्ष अगाडीदेखि निर्माण आरम्भ भएको उक्त प्रोजेक्टको ग्राण्ड ओपनिङ ५० बढी कलाकार तथा कर्पोरेट भिआईपीहरुको उपस्थितिमा मंसिर २८, २९, पुष १ गते गरी तीन दिन सम्म चल्ने छ। स्काई स्पोर्टसमा फुटसल, लङ टेनिस, जुम्बा, कार्डियो, साउना स्टिम, ज्याक्युजी, पुलसगैँ भर्चुअल रियालीटी प्ले स्टेशनको सुविधा रहेको छ । ग्राहकको सेवा सुविधालाई ध्यानमा राख्दै रेष्टुरेन्टको लागि विशेष कार्डको समेत व्यवस्था गरिएको छ।
सिल्भर, गोल्ड र प्लाटिनम गरी तीनवटा कार्ड र सोही अनुसारको सुविधाको प्याकेज बनाएको स्काई स्पोर्टसका सिइओ सुदिप दवाडीले बताएका छन् । स्काई स्पोर्टसका अध्यक्ष सुजन गुरुङले पछिल्लो समय बदलिएको सामाजिक परिवेश र मानिसको चाहाना अनुसार एकै छाना मुनि सम्पूर्ण सेवा सुबिधा उपलब्ध गराउने उदेश्य अनुरुप स्काई स्पोर्टस संचालनमा ल्याउन लागेको बताए । | 2019/04/25 11:47:34 | https://bsgnews.com/article/view/p95bv | mC4 |
इजरायल | Ratopati
इजरायली श्रम बजार नेपालीका लागि खुला access_timeअसोज १५, २०७७
इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएसँगै इजरायली श्रम बजार नेपाली युवाका लागि खुला भएको छ । नेपाल र इजरायलबीच इजरायली परराष्ट्र मन्त्रालयमा बुधबार रोजगारीसम्बन्धी सम्झौतामा हस्तक्षर भएको छ । सम्झौतामा नेपालक...
इजरायलमा प्रधानमन्त्री नेतन्याहूद्वारा कर्फ्युको घोषणा access_timeभदौ २२, २०७७
जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले कोरोनाभाइरसबाट अति प्रभावित झण्डै ४० वटा शहर बजारमा रात्रिकालीन निषेधाज्ञा (कर्फ्यु) लगाइने आइतबार घोषणा गरेका छन् । इजरायली वरिष्ट अधिकारीहरुको आइतबार अबेरसम्म घण्टौं चलेको परामर्श बैठकपछि उक्त निर्णय घोषणा गरिएको ...
इजरायलबाट ३९ जना नेपाली स्वदेश फर्किए access_timeअसार २०, २०७७
इजरायलमा रहेका ३९ जना नेपालीहरुलाई शुक्रवार साइप्रस हुँदै नेपाल फर्काइएको छ । केहीदिन पहिलादेखि उडान रद्ध भएपछि विभिन्न सरोकारवालाहरुसगँको निरन्तर छलफल पश्चात इजरायल र साईप्रसमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउन सफल भएको इजरायलस्थित नेपाली राजदूत डा अन्जा...
इजरायलमा मतदान शुरु access_timeफागुन १९, २०७६
एजेन्सी । इजरायलमा सोमबार बिहानबाट मतदान शुरु भएको छ । मुख्य दलबीच सहमतिमा सरकार गठन हुन नसकेपछि एक वर्षभित्रै यो तेस्रो आमनिर्वाचनको मतदान शुरु भएको हो । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुमाथि भ्रष्टाचारको एक फौजदारी अभियोग लागे पनि आगामी चुनावी प्रतिस्पर्धा निकै रोच...
इजरायलले लगायो प्रतिबन्ध access_timeमाघ २६, २०७६
इरामल्ला । इजरायलले प्यालेस्टाइनको कृषि निर्यातमा प्रतिबन्ध लगाइएको आइतबार प्यालेस्टिनी सरकारलाई जानकारी गराएको छ । प्यालेस्टाइनको अर्थव्यवस्था मन्त्रालयका प्रवक्ता अज्मी अब्देल रहमानले सिन्ह्वासँग भने, 'इजरायली रक्षामन्त्री नफ्ताली बेनेटले जोर्डन हुँदै ...
एक वर्षभित्र इजरायल तेस्रो पटक निर्वाचनमा जाँदै access_timeमंसिर २६, २०७६
एजेन्सी । इजरायल एक वर्षभित्र तेस्रो पटक निर्वाचनमा जाने भएको छ । सांसदहरुले मार्च २ मा निर्वाचन गराउने प्रस्ताव गरेका छन् । मध्यरातसम्म कुनै पनि संसद सदस्यलाई बहुमत पु¥याउने अबसर दिइएको थियो । तर त्यस अघि नै तिनले संसद भंङ गर्ने विधयकलाई सहमती ...
दलहरुबीच सहमति नहुँदा इजरायलमा तेश्रो निर्वाचनको सम्भावना access_timeमंसिर २५, २०७६
जेरूसेलम । इजरायली संसदमा मुख्य दलहरुबीच सहमति नहुँदा एक वर्षभित्रै संसदका लागि तेस्रो आमनिर्वाचन हुने सम्भावना बढेर गएको छ । राजनीतिक गतिरोध अन्त्यका लागि प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र मुख्य विपक्षी नेता बेन्नी गान्जबीच सहमतिको सरकार निर्माण गर्न बुधबार मध्य...
'वेस्ट बैंक' मा इजरायली कब्जालाई अमेरिकाले दियो मान्यता, प्यालेस्टिनी प्रतिक्रिया– यो घातक फैसला access_timeमंसिर ३, २०७६
वासिङ्गटन । अमेरिकाले इजरायलप्रतिको आफ्नो नीतिमा ठूलो परिवर्तन गरेको छ । ट्रम्प प्रशासनले पूर्वराष्ट्रपति बाराक ओबामाको समयको नीतिलाई उल्टाउँदै वेस्ट बैंक र पूर्वी जेरुसलममाथिको कब्जालाई मान्यता दिएको छ । अमेरिकी रक्षामन्त्री माइक पोम्पियोले सोमबार भने, 'अमेरिका अब...
इजरायलमा संसदका लागि मतदान शुरु access_timeभदौ ३१, २०७६
जेरुसलेम– इजरायलमा संसदका लागि मंगलबार बिहानैदेखि मतदान शुरु भएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकार अल्पमतमा परेपछि इजरायलमा एकै वर्षभित्र दोस्रो पटक संसदका लागि आमनिर्वाचन हुन लागेको हो । इजरायलको इतिहासमा सबैभन्दा लामो अवधिसम्म नेतान्याहु प्र...
हेजबोल्लाह समूहका प्रमुखले इजरायललाई चेतावनी दिँदै भने– आज रातिदेखि शान्तिसँग बस्न पाउँदैनौं access_timeभदौ ९, २०७६
एजेन्सी– हेजबुल्लाह समूहका प्रमुख नेताले आइतबार इजरायलविरुद्ध आक्रमणको धम्की दिएका छन् । इजरायलले हेजबुल्लाहका विभिन्न रणनीतिस्थलमाथि 'ड्रोन आक्रमण' गरेपछि यस्तो धम्की दिइएको हो । हेजबुल्लाहलाई इजरायल र अमेरिकाले आतंकवादी संगठन मान्छन् तर लेबना... | 2020/12/04 02:17:12 | https://ratopati.com/tag/%E0%A4%87%E0%A4%9C%E0%A4%B0%E0%A4%BE%E0%A4%AF%E0%A4%B2 | mC4 |
सिंहदरबारबाटै रिमोट थिचेर माथिल्लो त्रिशूली थ्री–एको उदघाटन | Latest news of Nepal,world news, articles, literature, Business news, Entertainment and more सिंहदरबारबाटै रिमोट थिचेर माथिल्लो त्रिशूली थ्री–एको उदघाटन
July 2, Thu
सिंहदरबारबाटै रिमोट थिचेर माथिल्लो त्रिशूली थ्री–एको उदघाटन
मंसिर २ गते, २०७६ - १३:१९
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट ६० मेगावाट क्षमताको 'माथिल्लो त्रिशूली थ्री ए' जलविद्युत् आयोजनाको उद्घाटन गरेका छन् ।
रसुवा र नुवाकोटमा निर्माण भएको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाको उदघाटन प्रधानमन्त्री ओलीले आफ्नो कार्यालयभित्र रहेको 'वार रुम'बाट स्वीच थिचेर गरेका हुन् । काठमाडौंमा प्रधानमन्त्री ओलीले सिंहदरबारबाट र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका(५ सिम्लेबाट एकसाथ उदघाटन गरे ।
उद्घाटन पछि प्रतिक्रिया दिँदै ओलीले आर्थिक समृद्धिको दिशामा मुलुक अघि बढेको बताए । उनले विद्युत् उत्पादन र आत्मनिभरसँगै सरकार सडक पूर्वाधार तथा विकास निमार्णको बाटोमा अघि बढेको बताए ।
त्रिशुली ३ ए बाट ९० मेगावाट विद्युत उत्पादन गर्ने योजना भएपनि जनताको अनावश्यक अवरोध तथा मुआब्जा मागका कारण आयोजनाको लागत बढी आएकाले ६० मेगावाट मात्र उत्पादन गर्न सकिएको प्रधानमन्त्री ओलीले बताए ।
आयोजनाको पहिलो र दोस्रो युनिट (३०/३०) मेगावाटबाट क्रमशः गत ३ जेठ र १७ साउनबाट परीक्षण उत्पादन सुरु भएको थियो । सोमबार उदघाटन भएसँगै आयोजनाबाट व्यवसायिक रुपमा विद्युत् उत्पादन सुरु हुनेछ । यो आयोजनाले दिनमा १४ लाख ४० हजार युनिट बिजुली उत्पादन गर्न सक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । | 2020/07/02 09:47:42 | http://www.khabardabali.com/2019/11/271681/ | mC4 |
कस्तो जीवनसाथी खोज्छन् युवायुवती ? - नागरिक रैबार
कस्तो जीवनसाथी खोज्छन् युवायुवती ?
आफ्नो वैवाहिक जीवनबारे धेरैलाई उत्सुकता हुन्छ । कस्तो जीवनसाथी रोज्ने ? कसरी सम्बन्ध अगाडि बढाउने ? घर–परिवारको सुखका लागि कसरी आपसमा तालमेल मिलाउने ? आर्थिक व्यवस्थापन कसरी गर्ने ? परिवारको समृद्धिका लागि कसरी सहयोगी भूमिका खेल्ने ?
नेपाली समाजमा एउटा भनाई छ, विवाह र मृत्यु मान्छेको हातमा छैन । कतिले चाहेर पनि विवाहको मेलोमेसो मिलाउन सक्दैनन् । कतिले अनायसै जोडी बाध्छन् । अतः विवाहअघि जसरी कल्पना गरिएको हुन्छ, त्यस अनुरुप जीवनसाथी मिल्छ भन्ने कुनै टुंगो हुँदैन । आफुले बनाएको मापदण्ड अनुसारको जीवनसाथी फेला पर्छ ? निश्चित छैन ।
यद्यपि जो कोहीले आफुसँग सम्पूर्ण जीवन विताउने साथीको परिकल्पना गरेका हुन्छन् । उनीहरुले कस्तो जीवनसाथी खोज्छन् त ?
आफ्नो ख्याल राख्ने
विवाहपछि सबैकुरा ठीकठाक मिल्छ भन्ने हुन्न । कतिपय कुरामा आपसी मतभेद हुन्छ । झगडा हुन्छ । यस्ता वाधा–अवरोधहरुले नै दाम्पत्य सम्बन्धलाई अरु परिपक्क बनाउँदै लान्छ । अतः यस किसिमको उतारचढावमा पनि आफुलाई समान रुपमा प्रेम गर्ने । सुखदुःमा साथ दिने, भावना बुझ्ने जीवनसाथी होस् भन्ने अपेक्षा राखिन्छ । जुनसुकै प्रतिकुलतामा समेत आफुलाई ख्याल राख्ने जीवनसाथी खोज्ने गरिन्छ ।
हंसमुख एवं ख्यालठट्टा गर्ने
धेरै गंभिर वा संवेदनशिल मान्छेसँग जीवन विताउन त्यती सहज हुँदैन । त्यसैले युवायुवतीहरु यस्तो जीवनसाथीको अपेक्षा गर्छन्, जो हँसमुख होस् । ख्यालठट्टा गर्ने स्वभावको होस् । घर परिवारको माहौललाई रमाइलो बनाइराख्ने स्वभावको होस् । यद्यपि परिवारप्रति गैरजिम्मेवार भने होइन ।
घर-परिवार चलाउनका लागि श्रीमान र श्रीमतीको उत्तिकै दायित्व हुन्छ । उनीहरुले आ–आफ्नै जिम्मेवारी सम्हाल्नुपर्ने हुन्छ । श्रीमानको काम श्रीमतीले गर्नुपर्छ भन्ने होइन । श्रीमतीको काम श्रीमानले पुरा गरिदिनुपर्छ भन्ने पनि छैन । उनीहरुको काम फरक हुन्छ, यद्यपि त्यो घर–परिवारकै निम्ति हुन्छ । यस किसिमको काममा दुबैको साथसहयोग जरुरी हुन्छ ।
सभ्य र समझदार
युवायुवतीहरु आफ्नो जीवनसाथी सभ्य र समझदार होस् भन्ने चाहन्छन् । मान्छे सबै कुरामा पोख्त हुँदैनन् । सबै कुरामा अब्बल हुँदैनन् । मान्छेको कमी कमजोरी हुन्छ । यस्ता कमी कमजोरीलाई स्वीकारेर हार्दिकतापूर्वक सम्बन्ध कायम राख्ने जीवनसाथी चाहन्छन् युवायुवतीहरु ।
घर-परिवार भावनाले मात्र चल्दैन । भौतिक आवश्यक्ताहरु पुरा गर्नका लागि आर्थिक कुराले उत्तिकै महत्व राख्छ । त्यसैले दिगो आयस्रोत भएकाहरुमाथि उनीहरु बढी भर पर्छन् । यद्यपि आयस्रोतको माध्याम भएर मात्र पुग्दैन, त्यसको व्यवस्थापन अरु बढी महत्वपूर्ण हुन्छ ।
बडीमालिका ८ को वडा सभापतिमा विरेन्द्र ऐडीको दावी
भीम रावलले भने–१० बूँदे कार्यान्वयन नभए पार्टीमा नरहने अवस्था आउन सक्छ
बिहान खाली पेटमा चिया, क्यान्सरको कारण
धेरैले बिहान उठ्ने वित्तिकै चिया पिउने गर्छन् । चिया पिउन सौखिनहरु दिनमा ४ देखि ५ कम चिया पिउने गर्छन् । पछिल्लो समय सामाजिक सञ्जालमा हुने चियाको चर्चाले चिया पिउनु "स्टेटस सिम्बल" को रुपमा लिन थालिएको छ । यसकारण पनि मानिसहरुमा चियाको लत लाग्दै गएको पाइन्छ । धेरै चिया पिउँदा शरीरमा नराम्रो असर पर्छ । र, […]
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७३४ जनामा कोरोना भाइरस संत्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,३०४ पीसीआर परीक्षणमा ६५६ र २,७०९ एन्टिजेन परीक्षण गर्दा ७८ जना गरी ७३४ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४१३ जना संक्रमणमुक्त भएका छन् र १२ जनाको मृत्यु भएको छ […]
छाप्रामै थलिए राउटे, बस्तीमै चिकित्सक पठाइदिन आग्रह
कर्णाली । चिसो भुइँमाथि पातलो खुइलिएको म्याट । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ । न शरीर ढाक्ने कपडा छ, न त पानीबाट ओत लाग्ने गतिलो छाप्रो नै । ८९ वर्षीय राउटे कर्णबहादुर शाहीका दुःख यति मात्र छैनन्, उनलाई लामो समयदेखि हाडजोर्नी दुख्ने समस्याले सताएको छ । अरुको सहाराबिना उठबस गर्न सक्दैनन् । फिरन्ते राउटे समुदाय पहिले […]
अहिले ज्वरो र खोकीले धेरैलाई सताइरहेको छ । कोरोना संक्रमणको लक्षण जस्तै भएपनि अहिले मौसमी फ्लुको कारण यस्तो भएको चिकित्सकको भनाई छ । हुन त कोरोना संक्रमणको भय पूर्णत हटिसकेको छैन । अझैपनि यसको जोखिम कायमै छ । यद्यपि अहिले कतिपयलाई सताइरहेको रुघा–खोकी, ज्वरो आदि भने मौसमी फ्लु हो । रुघाखोकी लाग्नसाथ औषधि खाने प्रवृत्ति […] | 2021/09/21 21:20:40 | https://nagarikraibar.com/2021/12/66075/ | mC4 |
'स्टार क्रिकेट २०२१' हुँदै, रङ्गशाला सहयोगार्थ रकम उठाउँदै कलाकार « रिपोर्टर्स नेपाल
काठमाडौं, १८ माघ । कलाकारद्वय सिताराम कट्टेल 'धुर्मुस' र कुन्जना घिमिरे 'सुन्तली'को अगुवाइमा धुर्मुस सुन्तली फाउण्डेसन र भरतपुर महानगरपालिकाको सहकार्यमा गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण भइरहेको छ । गृष्मा ब्रोडकास्टिङको आयोजनामा रङ्गशालामा आर्थिक सङ्कलनका लागि 'स्टार क्रिकेट २०२१' टुर्नामेन्ट आयोजना हुने भएको छ । | 2021/09/23 11:30:41 | https://www.reportersnepal.com/2021/01/512374 | mC4 |
उद्योग र व्यापारमा लगानी बढ्दो- प्रदेश ५ - कान्तिपुर समाचार
उद्योग र व्यापारमा लगानी बढ्दो
फाल्गुन १५, २०७६ हरि गौतम
(रुकुम पूर्व) — रुकुम पूर्व छुट्टै जिल्ला बनेको झन्डै साढे दुई वर्ष भयो । यस अवधिमा सरकारी र अन्य संरचना निर्माणका क्रममा छन् । भौतिक पूर्वाधार अपुग छन् । यस्तो अवस्थामा पनि जिल्लाको उद्योग व्यापारमा सवा अर्ब रुपैयाँ लगानी पुगेको छ । घरेलु तथा साना उद्योग र व्यापारमा लगानी बढ्दो छ ।
रुकुमकोट उद्योग वाणिज्य संघका अनुसार यहाँ विभिन्न क्षेत्रमा १ अर्ब ३२ करोड ६५ लाख रुपैयाँभन्दा बढी लगानी भएको हो । संघका अध्यक्ष यज्ञप्रकाश मल्लका अनुसार ६ सय २२ घरेलु तथा साना उद्योग संघमा दर्ता भएका छन् । यसबाहेक अन्य व्यापार व्यवसायमा पनि लगानी भएको छ । सुरुमा दर्ता भएका उद्योग र व्यापारको लगानीबारे तीन महिनाअघि तथ्यांक संकलन गरिएको थियो । त्यसबेला सवा अर्बभन्दा बढी लगानी भएको पाइएको थियो ।
त्यसयता सञ्चालन भएका उद्योग र व्यवसायको लगानी यसमा नजोडिएको मल्लले बताए । संघका अनुसार सबैभन्दा बढी वाणिज्यतर्फ लगानी भएको छ । ५ सय १२ वटा विभिन्न व्यवसायमा १ अर्ब २४ करोड रुपैयाँ लगानी रहेको छ । त्यस्तै, ८९ वटा होटल सञ्चालनमा आएका छन् । तिनमा ४ करोड ४५ लाख र २१ वटा साना तथा घरेलु उद्योगमा ४ करोड २० लाख रुपैयाँ लगानी रहेको अध्यक्ष मल्लले बताए । घरेलु तथा साना उद्योग, व्यापार र व्यवसाय बढ्दो क्रममा रहेकाले लगानी बढ्दै गएको उनको भनाइ छ ।
छुट्टै जिल्ला बनेपछि रुकुमकोट आसपास क्षेत्रमा व्यवसाय र घरजग्गा कारोबार बढेको छ । पछिल्लो समय रुकुमकोटमा दुई दर्जनभन्दा बढी ठूला होटल सञ्चालन भएका छन् । यसले रुकुमकोटमा चहलपहल बाक्लिएको छ । 'छुट्टै जिल्ला त बन्यो नै, यससँगै मध्यपहाडी लोकमार्ग जोडिएपछि यस क्षेत्रमा विभिन्न विषयका उद्योग र व्यापारमा लगानी बढ्दै गएको छ,' होटल व्यवसायी विनोद केसीले भने, 'रुकुमकोट तथा अरू क्षेत्रका बजारमा लगानी गर्नेहरू बढेका छन् ।' प्रकाशित : फाल्गुन १५, २०७६ ०९:४९ | 2020/04/01 21:23:09 | https://ekantipur.com/pradesh-5/2020/02/27/158277626906534.html | mC4 |
विशाल, रन्जित, छिरिङ एनआरटीमा अनुबन्ध, प्रशिक्षकमा जीवन – Dcnepal
प्रकाशित : २०७९ असार ९ गते १५:२४
काठमाडौं।मछिन्द्र फुटबल क्लबलाई लगातार दुई सिजन सहिद स्मारक ए डिभिजन लिग उपाधि जिताएका मिडफिल्डर विशाल राई तथा द्वय रक्षक रन्जित धिमाल र छिरिङ गुरुङ न्युरोड टिम एनआरटीमा अनुबन्ध भएका छन् ।मलेसियामा एनआरटीले प्री सिजनका लागि टीवाईटी कप खेल्दैछ । जसका लागि मछिन्द्रले केहि अन्तरराष्ट्रिय खेलाडीसहित नेपाली खेलाडी अनुबन्ध गरेको हो ।
एनाअरटीले मिडफिल्डर विशाल तथा रक्षक रन्जितसहित छिरिङलाई अनुबन्ध गरेको हो । यस्तै, युवा मिडफिल्डर गौरव बुढाथोकी र रुमेश बर्तौलालाई समेत अनुबन्ध गरेको स्रोतले बताएको छ ।यस्तै, संकटाका मिडफिल्डर सुभाष गुरुङ, थ्री स्टारबाट संजोक राईलाई अनुबन्ध गरेको छ । गोलरक्षकमा क्यामरुनका २२ वर्षीय टोलो ल्यान्ड्रीलाई अनुबन्ध गरेको छ । बिक्रम धिमाल, शिव गुरुङ र पुजन होडालाई निरन्तरता दिएको छ । यता, दर्शम गुरुङ र एरिक बिस्ट टिम बाहिर छन् । | 2022/06/30 23:07:51 | https://www.dcnepal.com/2022/06/374324/ | mC4 |
श्रीलंकालाई पराजित गर्दै आयोजक पाकिस्तान पाँचौ नेत्रहीन विश्वकपको फाइनलमा प्रवेश गरेको छ। बुधवार भएको खेलमा पाकिस्तानले श्रीलंकालाई १५६ रनले हराउन सफल भयो।
संयूक्त अरब एमिरेट्स (यूएई) को अजमानमा भएको सेमीफाईनल खेलमा पाकिस्तानले पहिले ब्याटिंग गर्दै ४८९ रनको बिशाल योगफल तयार पारेको थियो। जवाफमा ब्याटिंग गर्न उत्रिएको श्रीलंकाले निर्धारित ४० ओभरमा ७ विकेट गुमाउँदा ३३३ रन मात्र जोड्न सक्यो र खेलको नतिजा आयोजक पाकिस्तानलाई सुम्पन पुग्यो।
(Credit: @geo.tv)
अब फाइनल खेलमा पाकिस्तानले चिरपरिचित प्रतिद्वन्धि भारतको सामना गर्ने छ। क्रिकेटको कुनै पनि बिधामा भारत र पाकिस्तान एक अर्काका कट्टर प्रतिद्वन्धि हुन्। फाइनल खेल भने जनवरी २० तारिखमा सारजाहमा हुने छ।
यसअघि पाकिस्तान बिरुद्ध जनवरी १३ मा भएको खेलमा भने भारतले ७ विकेटको शानदार जित हात पारेको थियो। भारत प्रतियोगिताको साविक बिजेता समेत हो।
बंगलादेशलाई पराजित गर्दै भारत फाइनलमा
भारतले पनि हिजोनै भएको सेमिफाइनलमा बंगलादेशलाई ७ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । म्यान अफ द म्याच गनेशभाई मुहुदकरले ६९ बलमा ११२ रनको शतकीय पारि खेलेपछि भारतले बंगलादेशले दिएको २५७ रनको लक्ष्य ३ विकेट गुमाएर पुरा गरेको थियो । बंगलादेशका लागि अब्दुल मालिकले अविजित १०८ रनको पारि खेलेपनि अन्य खेलाडीहरुको प्रदर्शन सम्झनलायक रहेन । बंगलादेश ३८.२ ओभरमा २५६ रनमा अलआउट भएको थियो ।
(Credit: @News18)
यता बिभिन्न बाधा र व्यवधान झेल्दै विश्वकप खेल्न पुगेको नेपाली नेत्रहीन टोलिले भने प्रतियोगितामा एक जित मात्र हात पार्न सक्यो।
अस्ट्रेलिया बिरुद्धको जित नेपाली टोलीका लागि यादगार रह्यो। क्रिकेटको कुनैपनि बिदा र समुहमा कंगारु टोलि बिरुद्ध यो नेपालको पहिलो जित थियो। प्रतियोगिताका अन्य खेलमा भारत, श्रीलंका र बंगलादेश संग नेपाल पराजित भएको थियो।
सम्बन्धित
नेपालसंग अस्ट्रेलिया पराजित
थप समाचार
Editor's Choice
ICCWCL2 : स्कटल्याण्डद्वारा नामिबिया पराजित
घरेलु टोलि नामिबियालाई ४ विकेटले पराजित गर्दै विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा स्कटल्याण्डले विजयी सुरुवात गरेको छ। सिरिजमा […]
Editor's Choice
U19 National : निर्मलको ५ विकेटमा लुम्बिनीको चौंथो जित, गण्डकी जितमा सुबासको ६ विकेट
अन्डर-१९ राष्ट्रिय प्रतियोगिता अन्तर्गत बिहिबार सम्पन्न दुई खेलमा लुम्बिनी प्रदेश र गण्डकी प्रदेश विजयी भएका छन्। प्रदेश नम्बर-१ लाई ६ […]
Editor's Choice
नेपाल टि-२० लिगबाट कान्तिपुर गोर्खाज बाहिरियो, लिग फेरी सर्ने
यही डिसेम्बर १२ तारिख ( मङ्सिर २६ गते ) देखि काठमाडौँमा आयोजना हुने नेपाल टि-ट्वान्टी लिगबाट काठमाडौँ गोर्खाज टिमले नाम […]
दृस्टीबिहिन रास्ट्रिय क्रिकेट टिम
नेत्रहीन टी-२० विश्वकप : नेपाल भारतसँग भिड्ने
आगामी डिसेम्बर ४ देखि १७ (मंसिर ५ देखि १९ सम्म) भारतमा आयोजना हुने नेत्रहीन टी-२० विश्वकप क्रिकेटमा नेपालले पहिलो खेल […]
Editor's Choice
लुम्बिनीको जितमा दुर्गेशको अलराउण्ड प्रदर्शन, नरेनको ५ विकेटमा सुदूरपश्चिमको लगातार पाँच जित
काठमाडौँमा जारि अन्डर-१९ राष्ट्रिय प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न दुई खेलमा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश विजयी भएका छन्। टियु मैदान […]
समाचार
धमलालाई राखेको निमित्त सदस्यसचिवको जिम्मेवारी
काठमाडौं, मंसिर १३- राष्ट्रिय खेलकुद परिषद् (राखेप) का बोर्ड सदस्य अञ्जन धमलाले मंगलबार राखेपको निमित्त सदस्यसचिवको जिम्मेवारी पाएका छन् । […] | 2022-12-01T17:35:25Z | https://nepali.wicketnepal.com/india-and-pakistan-to-meet-in-blind-cricket-world-cup-wn018/ | OSCAR-2301 |
जनकपुरमा २ सातादेखि दिनहुँ निःशुल्क भोजन – Koshidaily
मुख्य पृष्ठसमाचारजनकपुरमा २ सातादेखि दिनहुँ निःशुल्क भोजन
जनकपुरमा २ सातादेखि दिनहुँ निःशुल्क भोजन
२१ बैशाख २०७७, आईतवार ०८:०२ प्रकाशित
जनकपुरधाम, २१ वैशाख । यहाँस्थित मारवाड़ी सेवा समितिमा विगत १४ दिनदेखि निःशुल्क भोजनको व्यवस्थापन गरिएको छ ।जनकपुरको महावीर चौकमा अवस्थित समितिमा दैनिक १५ सय बढ़ी व्यक्ति भोजन गर्छन् र घर परिवारका लागि समेत लिएर जाने गर्छन् ।
नगरमा रहेका विपन्नहरु दैनिकजसाे समितिमा आउछन्, खाना पनि खाने गर्छन् र घरको लागि लिएर जाने गर्छन् । निःशुल्क भोजनका लागि उनीहरूले बिहानैदेखि आआफ्नाे भाड़ाे लाइनमा लगाएर राखेका हुन्छन् ।
ठीक ११ बजे सबैजना लाम लाग्ने गर्छन् र भोजन गर्ने गर्छन् । खाइसकेपछि परिवारमा भएका सबै सदस्यका लागि समेत खाना लिएर जाने गर्छन् । मारवाड़ी सेवा समितिले लकडाउन सुरु हुने बित्तिकै नगरभित्र राहत वितरण सुरु गरेको थियो । र, पछि लकडाउन बढ्दै जाँदा असहाय तथा विपन्नहरुका लागि निःशुल्क भोजनको व्यवस्थापन गरेको हाे ।
प्रत्येक दिन दिनको ११ बजेदेखि दिनको १ बजेसम्म आउनेजति सबैलाई भोजन दिने गरेको समितिका अध्यक्ष ललित बजाजले न्यूज २४ लाई जानकारी दिए । बजाजका अनुसार मारवाड़ी समुदायले गरिब विपन्न र असहायकलाई भोजन गराउन पाउँदा अत्यन्त प्रसन्न रहेको प्रतिक्रिया दिए । उनले भने, 'जति दिनसम्म लकडाउन रहन्छ, हामी निःशुल्क भोजन गराउने छौँ ।' | 2021/05/10 04:54:16 | https://koshidaily.com/archives/18329 | mC4 |
कोरोनाका कारण १५ दिन शैक्षिक संस्था बन्द गर्न माग -
काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै १५ दिन शैक्षिक संस्था बन्द गर्नुपर्ने बताउनुभएको छ ।
नेता महरले भन्नुभयो, "हामीले १८ वर्ष मुनिका सबै बालबालिकालाई खोप उपलब्ध गराउन सकेका छैनौँ । छिमेकीमूलुक भारतमा पनि कोरोना सङ्क्रमण तीव्र भएसँगै नेपाल पनि त्यसको उच्च जोखिममा छ ।
यस्तो अवस्थामा बालबालिकालाई जोगाउन १५ दिन शैक्षिक संस्था बन्द गर्नु उत्तम देखिन्छ ।"नेपाल विद्यार्थी सङ्घका अध्यक्षसमेत रहनुभएका उहाँले सरोकार निकायसँगको परामर्शका आधारमा स्थानीय, प्रदेश र केन्द्रीय सरकारले नै चाँडै कोरोना रोकथामको नीति अवलम्बन गर्न आवश्यक रहेको छ भन्नुभयो ।
कोरोना महामारी नियन्त्रणमा स्वास्थ्य सावधानी र खोप नै सबैभन्दा उत्तम विकल्प भएकाले सरकारले सबैको पहुँचमा हुनेगरी सहजरूपले खोप उपलब्ध गराउन ध्यान दिनुपर्ने तेता महरको भनाइ थियो । कार्यक्रममा सहभागी शिक्षाविद् एवं शिक्षा क्षेत्रका
सरोकारवालाले पनि कोरोनाको अर्को लहरबाट बालबालिकालाई जोगाउन केही दिन विद्यालय बन्द गर्नु नै उत्तम विकल्प हुने सुझाव दिएका थिए । | 2022/01/26 14:55:22 | https://sidhabato.com/archives/169518 | mC4 |
फेसबुकमा अब पोष्ट हुँदैनन् अश्लिल तस्बिर, के हट्ला 'साइबर क्राइम' ?
चैत २६ – फेसबुकमा कसैको अश्लिल तस्बिर सम्बन्धित व्यक्तिको अनुमती बिना पोष्ट गर्न चाहनेलाई रोक्ने तयारी भइरहेको छ । यस्तो प्रकारको पोष्टलाई रिभेन्ज पोष्ट भनिन्छ ।
फेसबुकले यस्तो प्रकारको तस्बिरलाई दोस्रोपटक पोष्ट गर्नका लागि पूर्ण रुपमा रोक लगाउँदैछ ।
यो रोक फेसबुक, मेसेन्जर र इन्स्टाग्राममा लागु गरिनेछ यद्यपी ह्वाट्सएपमा अहिले यो लागु हुनेछैन ।
फेसबुक आफैंले ती मानिसहरुलाई खोज्ने छैन जसले यस्तो प्रकारको पोष्ट गर्दछन्, उनीहरु ती पोष्टमाथि कारवाही गर्नेछन् जुन रिपोर्ट टुलमार्फत आउँछन् । आपत्तिजनक पोष्टमा रिपोर्ट टुलमार्फत फेसबुकमा सम्बन्धित तस्बिरमाथि आपत्ति जनाउन सकिन्छ ।
त्यसपछि कम्यूनिष्ट अपरेशन समूहले उजुरी गर्ने व्यक्ति तस्बिरमा देखिएको छ/छैन यसबारे निर्णय गर्नेछ । अनुसन्धानपश्चात् त्यसलाई हटाइनेछ र जुन अकाउन्टबाट पोष्ट गरिएको हो त्यसलाई ब्लक गरिनेछ ।
त्यसपछि कुनै मानवीय सहयोग बिना एक फोटो पहिचान गर्ने सफ्टवेयरले ब्लक गरेको तस्बिर भविष्यमा अर्को पटक पोष्ट गर्न नसकियोस् भनी सुनिश्चित गर्दछ ।
फेसबुकको वैश्विक सुरक्षा प्रमुख एन्टिगान डेविसले बीबीसीलाई भने, 'यो पहिलो कदम हो र हामी यो प्रविधिलाई बनाउन जुटेका छौं । हामी चाहन्छौं कि यस्तो प्रकारको सामग्रीलाई प्रारम्भिक चरणमा नै रोक्न सकियोस् ।'
यस्तो प्रकारको तस्बि। विरुद्ध अभियान चलाउनेहरुले फेसबुकको यो कदमलाई स्वागत गरेका छन् ।
बेलायतको रिभेन्ज पोर्न हेल्पलाइनका संस्थापक लरा हिगिन्सले भनिन्, 'धेरैजसो यस्तो प्रकारको तस्बिर सोसल मिडियामा घरेलु परिस्थितीको रुपमा पोष्ट गरिन्छ जसमार्फत कुनै आफ्ना नजिककालाई निशाना बनाउन सकियोस् । ' | 2021/10/24 15:42:27 | https://archive.ratopati.com/news/133381/ | mC4 |
यी 'वर्ल्ड कप गर्ल' को सुन्दरताले पुटिनसमेत लाखौं कायल (फोटोफिचर) | Ratopati
यी 'वर्ल्ड कप गर्ल' को सुन्दरताले पुटिनसमेत लाखौं कायल (फोटोफिचर)
भिक्टोरिया लापरेवालाई फिफा वर्ल्ड कप २०१८ को ब्रान्ड एम्बेसेडर चुनिएको छ ।
सन् २००३ की मिस रुस भिक्टोरिया अहिले 'वर्ल्ड कप गर्ल' को रुपमा परिचित छिन् ।
भिक्टोरियाले फिफा वर्ल्ड कप २०१८ को ब्रान्ड एम्बेसेडर बन्नेबित्तिकै रुससमेत थुप्रै देशमा आफ्नो प्रशंसक बनाउन सफल भइसकेकी छिन् ।
सोसल मिडियामा १० लाखभन्दा बडी फलोअर भएकी भिक्टोरियाले आफ्ना फोटोसुट सोसल ह्यान्डलमा राख्ने गर्छिन् ।
भिक्टोरियालाई रुसका राष्ट्रपति पुटिनले फिफा वर्ल्ड कप २०१८ को ब्रान्ड एम्बेसेडर चुनेका हुन् ।
स्थानीय मिडिया रिपोर्ट अनुसार भिक्टोरियालाई पुटिनले वर्ल्ड कप गर्लको रुपमा नियुक्त गरेका हुन् । सूत्रका अनुसार पुटिनले भिक्टोरियालाई फुटबल कार्यक्रम प्रस्तुत गरेको देखेका थिए । भिक्टोरिया पनि राष्ट्रपति पुटिनलाई समर्थन गर्छिन् । रुसमा राष्ट्रपति चुनावको क्रममा भिक्टोरियाले पुटिनलाई भोट दिनका लागि अपिल गरेकी थिइन् ।
वर्ल्ड कपको ब्रान्ड एम्बेसेडर भएपछि उनले सोसल मिडियामा प्रोमोट गर्नुका साथै बच्चा र खेल प्रेमीका लागि रुसका थुप्रै शहरमा प्रदर्शनी म्याच आयोजना गरेकी छिन् । ती खेलमा रुसका चर्चित फुटबल खेलाडी पनि प्रोमोट गर्न पुगेका थिए ।
बिजनेश एडमिनिस्ट्रिेशनकी ग्रेजुएट ३४ वर्षकी भिक्टोरियालाई स्कूलमा पढ्दा पढ्दै मोडलिङका लागि अफर आउन थालेको थियो तर पढाई पूरा गरेपछि सन् १९९८ मा पहिलो पटक उनी मोडलिङको क्षेत्रमा आइन् । त्यसपछि उनले मिस रुसका साथै 'फेस अफ द इयर', 'मोडल अफ डन' जस्ता मोडलिङका अवार्ड जितिन् ।
वर्ल्ड कपका क्रममा भिक्टोरिया मानिसहरुलाई स्वस्थ जीवनशैलीका लागि जागरुक गराउनेछिन् । यसका साथै भिक्टोरिया सोसल मिडियामा पनि वर्ल्ड कपलाई प्रोमोट गर्नेछिन् ।
सुरुवातदेखि नै भिक्टोरिया इंगलिश फुटबल क्लब म्यान्चेस्टर युनाइटेडकी प्रशंसक हुन् । फुटबलसँग पुरानो सम्बन्धका कारण नै आज उनी फिफा विश्व कप २०१८ की ब्रान्ड एम्बेसेडर बनेको बताइन्छ ।
भिक्टोरियाको मनपर्ने फुटबल खेलाडी नेमार हुन् । यद्यपी, उनी मेस्सी, रोनाल्डो र पोग्बाको समेत तारिफ गर्छिन् ।
उनले रोस्टोव स्टेट युनिभर्सिटीबाट इकोनोमिक्समा ग्रेजुएशन गरेकी हुन् ।
उनले म्याक्सिम, गाला, कस्मोपोलिटनजस्ता म्यागजिनका लागि पनि मोडलिङ गरिसकेकी छिन् ।
भिक्टोरियाको विवाह सन् २०१३ मा रुसका स्टार फुटबलर फेडोर मोलोवसँग भएको थियो । तर सन् २०१५ मा उनको सम्बन्धविच्छेद भयो । | 2019/01/23 08:23:04 | http://ratopati.com/story/48111 | mC4 |
बैंकका कर्मचारी भर्नामा आफूखुसी गर्न रोक - Nepal's Digital News Paper
बैंकका कर्मचारी भर्नामा आफूखुसी गर्न रोक
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा सञ्चालकले आफूखुसी कर्मचारी राख्दै आएका छन् । अब भने उनीहरूलाई राष्ट्र बैंकले अंकुश लगाएको छ । कार्यविधि बनाई त्यहीअनुसार चल्न केन्द्रीय बैंकले निर्देश गरेको छ ।
केन्द्रीय बैंकको एकीकृत निर्देशन २०७६ मा कर्मचारीले पालना गर्नुपर्ने आचरणसम्बन्धी यसअघिको व्यवस्थालाई खारेज गरिएको छ । त्यसमा तालिम तथा वृत्ति विकास खर्चको गणना गर्दा गत वर्षको कुल कर्मचारी खर्चलाई आधार लिनुपर्ने व्यवस्था थियो । सञ्चालकको संयोजकत्वमा गठित समिति तथा उपसमितिका सदस्यको बैठक भत्ता सञ्चालक समितिसरह र अन्य पदाधिकारीको भत्ता सञ्चालकभन्दा कम हुने गरी सञ्चालक समितिले तोकेबमोजिम हुने भएको छ । यसअघि समितिका सदस्यको बैठक भत्ता सञ्चालक समितिका सदस्यले पाउने बैठक भत्ताभन्दा बढी नहुने गरी तोक्नुपर्ने व्यवस्था थियो ।
प्रमुख कार्यकारी र सञ्चालकबीच कारोबार भए त्यसको विस्तृत विवरण मासिक रुपमा केन्द्रीय बैंक सुपरीवेक्षण विभागमा बुझाउनु पर्ने भएको छ । उनीहरूले यस्तो जानकारी महिना समाप्त भएको १५ दिनभित्र पेस गर्नुपर्ने भनिएको छ । यसअघि यस्तो व्यवस्था थिएन ।
कर्जा नवीकरण गर्न सक्ने
कालोसूचीमा परेका तर साँवा, ब्याज नियमित तिरेका ऋणीले कर्जा नवीकरण गर्न सक्नेछन् । तर, कालोसूचीमा समावेश भएका ऋणीलाई बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रदान गर्न बन्देज छ । गैरकोषमा आधारित सुविधा वा क्रेडिट कार्डबाट सिर्जना भएको कर्जा (फोर्स कर्जा) को हकमा कर्जा शीर्षकमा लेखांकन भएको ९० दिन नाघे उक्त ऋणीलाई पनि कालोसूचीमा समावेश गरिनेछ । यसअघि उक्त शीर्षकको र सो अवधिकालाई कालोसूचीमा राख्ने व्यवस्था थिएन । बैंकले १ लाखसम्मको क्रेडिट कार्ड कर्जा प्रवाह गर्दा ऋणीबारे कर्जा सूचना केन्द्रबाट जानकारी लिन नपर्ने व्यवस्था गरेको छ । सुनचाँदी, मुद्दति रसिद र सरकारी सुरक्षणपत्र धितो कर्जा दिँदा ऋणीको सूचना लिनुपर्दैन । यसबाहेकका कर्जा प्रवाहमा भने ऋणीबारे केन्द्रबाट जानकारी लिनुपर्ने व्यवस्था छ । | 2019/09/18 16:05:50 | http://www.yeskathmandu.com/2019/09/15268/ | mC4 |
गुगल सर्चमा यस्ता कुरा नखोजेकै बेस « Kakharaa
काठमाडौं । अहिलको समयमा हामी कुनै पनि कुराको बारेमा जानकारी लिनका लागि गुगलको प्रयोग गर्दछौं । किनभने हामीले खोज्न चाहेका विषयवस्तु सहजै फेला पार्न सकिन्छ । तर कतिपय समय हामी गुगलमा यस्ता कुराहरु सर्च गर्छौं, जसका कारण अप्ठ्यारोमा पर्न जान्छौं । आज हामी तपाईंलाई केही यस्ता विषयहरुको बारेमा बताउँदै छौं, जसलाई सर्च गर्दा तपाईं समस्यामा पर्न सक्नुहुन्छ । यतिसम्म कि कुनै कुरा सर्च गर्दा तपाईं जेल जानुपर्ने अवस्था समेत आउन सक्छ । | 2021/01/26 19:09:41 | http://www.kakharaa.com/2021/01/14814 | mC4 |
लगानी Archives ~ Page 5 of 15 ~ Banking Khabar
माथिल्लो सोलुखोला जलविद्युत् आयोजनामा छ वित्तीय संस्थाको सवा दुई अर्ब लगानी
माथिल्लो सोलुखोला जलविद्युत् आयोजनामा एनएमबि बैंकको अगुवाइमा छ बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन् । आयोजनाको प्रवद्र्धक बेनी खोला पावर प्रोजेक्ट र बैंकबीच सोमवार ऋण सम्झौतामा हस्ताक्षर भयो । सम्झौतामा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेल र …
जलविद्युत्मा लगानी गर्न स्थानीयको उत्साह, ऋण काढेरै किने सेयर
सोलुखुम्बु । पञ्चनका राजन राईले सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाका लागि दुई सय कित्ता सेयर किन्न रू. २० हजार सल्लेरीस्थित एनएमबी बैङ्कमा बुझाए । शुक्रवार बैङ्कमा रकम जम्मा गर्दै गरेका राईले आफूसँग रकम नभएकाले ऋण काढेर सेयरमा लगानी गरेको बताए । …
कृषि क्षेत्रमा सरकारी बैंककै लगानी निराशाजनक
सरकारको स्वामित्वमा सञ्चालित राष्ट्रिय वाणिज्य बैंकको कृषि क्षेत्रमा लगानी निराशाजनक रहेको देखिएको छ । आव २०७३/७४ को पुस मसान्तसम्म रु एक खर्ब ३८ अर्ब कुल निक्षेप सङ्कलन गरेको उक्त बैंकले सोही अवधिमा रु सात अर्ब ७४ करोड मात्र किसानलाई ऋण …
'नेपालको पानी जनताको लगानी'मा दैनिक ५० करोडको आवेदन, विदेशिएका युवाको बढी चासो
ऊर्जा मन्त्रालयले अभियानका रुपमा सुरु गरेको 'नेपालको पानी जनताको लगानी' अभियानमा दैनिक रु ५० करोड बराबरको आवेदन पर्ने गरेको छ । यसैबीच, सञ्चारकर्मीसँग कुरा गर्दै ऊर्जा मन्त्री शर्माले स्वदेश तथा विदेशमा रहेका नेपालीले नियमितरुपमा लगानीको प्रतिबद्धता जनाएको र त्यसले मन्त्रालयलाई …
'नेपालको पानी जनताको लगानी'मा दुई अर्ब ४३ करोड रुपैयाँको प्रतिवद्धता
देशको जलविद्युत विकासका लागि सरकारले गरेको लगानी प्रतिवद्धता आह्वानमा दुई अर्ब ४३ करोड २९ लाख ४५ हजार नौ सय ४३ रुपैयाँ बराबरको प्रतिवद्धता आएको छ । ऊर्जा मन्त्रालयले अभियानका रुपमा सुरु गरेको 'नेपालको पानी जनताको लगानी' शीर्षकमा कुल २४ हजार …
जान्नुहोस्, कमोडिटी मार्केटमा लगानी गर्ने तरिका
कुनै ब्राण्ड नाम दिएर प्याकिङ नगरिएका गहुँ, मकै, कफी, सुन, चाँदी, कच्चा तेललगायतका वस्तुहरूलाई कमोडिटी भनिन्छ । तिनको मूल्यमा दिनहुँ मात्र होइन, घण्टैपिच्छे समेत घटबढ भइरहन्छ । यस्तो घटबढ भइरहँदा लगानीकर्तालाई मुनाफा सिर्जना गराउने तथा उत्पादकहरूलाई भविष्यमा हुने मूल्यको घटबढको जोखिम …
६ महिनामा बैंकको तीस अर्ब लगानी
कृषि विकास बैंक लिमिटेड क्षेत्रीय कार्यालय धनगढीले चालु आर्थिक वर्षको पुस महिनासम्म तीन अर्ब तीन करोड ५८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको स्वर्ण महोत्सवका अवसरमा शुक्रबार क्षेत्रीय कार्यालय धनगढीमा आयोजित कार्यक्रममा दिइएको जानकारी अनुसार सो अवधिमा दुई अर्ब ५१ करोड …
नेपालको जलविद्युत्मा विदेशीले किन लगानी गर्ने ? प्रधानमन्त्रीले औँल्याए यस्ता कारण
प्रधानमन्त्री पुष्पकमल दाहाल'प्रचण्ड'ले नेपालको जलविद्युत् क्षेत्रमा लगानीका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् । संयुक्त अरब इमिरेटस् (युएइ)को अबुधाबीमा जारी 'वल्र्ड फ्युचर इनर्जी समिट, २०१७' लाई विशेष वक्ताका रुपमा सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारले जलविद्युत् क्षेत्रको विकासमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन …
बैदेशिक लगानी : उर्जामै तछाड मछाड (रिपोर्टसहित)
गत आर्थिक वर्ष ०७२/७३ मा १५ अर्ब १३ करोड रुपैयाँ प्रत्यक्ष वैदशिक लगानी (एफडीआई) भित्रिएको छ । उद्योग विभागका अनुसार, गत आर्थिक वर्षमा आर्थिक वर्ष ०७१÷७२ को तुलनामा ७८ प्रतिशतले कम वैदेशिक लगानी भित्रिएको हो । गत आवमा साना, मझौला …
जलविद्युत् आयोजनामा लगानी गर्न उर्लिँदैछ जनसागर : यस्तो छ लगानी गर्ने तरिका
जलविद्युत् आयोजना निर्माणका लागि सरकारले सर्वसाधारणबाट एक अर्बभन्दा बढीको लगानी प्रतिबद्धता जुटाएको छ । 'नेपालको पानी जनताको लगानी' नारा सहित देशको जलविद्युत् विकासका लागि सुरु गरिएको लगानी प्रतिवद्धता आह्वानमा संस्थागतभन्दा पनि व्यक्तिगत लगानीकर्ताको उपस्थिती उत्साहजनक पाइएको छ । जलविद्युत आयोजनाहरु … | 2018/02/20 13:54:07 | http://bankingkhabar.com/category/%E0%A4%B2%E0%A4%97%E0%A4%BE%E0%A4%A8%E0%A5%80/page/5/ | mC4 |
निर्मला हत्याकाण्डमा आलोचित बनेको प्रहरीले निर्माण व्यवसायी संघका अध्यक्ष शरद गौचन, युवा संघका कार्यकर्ता दुर्गा तिवारी हत्यामा संलग्न मुख्य योजनाकारलाई पक्राउ गर्न सफल देखिएको छ।
महानिरीक्षक खनालले समग्रमा देशको आन्तरिक सुरक्षाको प्रभावकारी व्यवस्थापन, कानुन कार्यान्वयन र संगठनको व्यवस्थापन गर्न सफल रहेको बताउँदै अन्तर्राष्ट्रिय कानुन र संविधानद्वारा प्रत्याभूत नागरिक तथा राजनीतिक हक अधिकारको पूर्ण उपभोग गर्ने वातावरण रहेको बताउनुभयो।
अन्तर्राष्ट्रिय, क्षेत्रीय आतंकवाद तथा राष्ट्रिय अतिवादका गतिविधिमा प्रभावकारी नियन्त्रण गर्न प्रहरी सफल रहेको बताउँदै उहाँले अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा छिमेकी मुलुकका सुरक्षा चासोका सम्बन्धमा सरकारले अवलम्बन गरेका सुरक्षा र विदेश नीतिको प्रभावकारी कार्यान्वयनमा प्रतिबद्ध भएर लागेको बताउनुहुन्छ।
प्रहरीलाई साधन स्रोतले सम्पन्न बनाउने नीतिअनुरूप महानिरीक्षक खनालले नेतृत्व सम्हालेपछि ५ सय मोटरसाइकल वितरण गर्नुका साथै ३ सय ४० खरिद प्रक्रिया रहेको बताउनुभयो। ‘एक प्रहरी चौकी, एक सवारी साधन पुर्याउने लक्ष्य छ’, उहाँले भन्नुभयो– ‘नयाँ स्थापना गरिएका ब्युरोका लागि आवश्यक मेसिनरी औजार र उपकरण खरिद गर्ने क्रममा छौं।’
बेरुजु फछ्र्योटमा गृह मन्त्रालय र अन्तर्गतका कार्यालयमा सर्वोकृष्ट स्थान हासिल गर्न सफल भएकामा मन्त्रीस्तरीय निर्णयले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई पुरस्कृत गरेको छ। | 2021-03-06T17:10:58Z | http://www.satabdinews.com/2020/03/3094 | OSCAR-2109 |
कोरोना विरुद्ध प्रतिरोधात्मक क्षमता बढाउने उपायहरू ! | Hindu Khabar
June 6, 2020 6:40 pm || ॐ भूर्भुव स्वः तत्सवितुर्वरेण्यं भर्गोदेवस्य धीमहि धियो यो न प्रचोदयात् ||
कोरोना विरुद्ध प्रतिरोधात्मक क्षमता बढाउने उपायहरू !
१० जेष्ठ २०७७, शनिबार २१:२१ मा प्रकाशित In: Breaking news, मुख्य खबर, विचार/लेख, समाज
जिल्ला प्रशासन कार्यालय, काठमाडौं
विश्वव्यापी महामारीका रूपमा रहेको नेभल कोरोना भाइरस रोग (कोभिड–१९) को संक्रमण विश्वभर फैलिएको छ । सर्वप्रथम सन् २०१९ को डिसेम्वर महिनामा चीनको वुहान प्रान्तमा देखापरेको यो रोग मानिसकै माध्यमबाट फैलिएको छ । हाल विश्वभरि फैलिरहेका नयाँ कोरोना भाइरसको संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठनले 'कोभिड १९' नामकरण गरी यसलाई विश्वव्यापी महामारीका रूपमा घोषणा गरिसकेको छ । कोरोना भाइरस श्वासप्रश्वासको माध्यमबाट सर्ने रोग हो । यो संक्रमित व्यक्तिले खोक्दा वा हाछ्यु" गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ ।
यो नयाँ प्रजातिको भाइरस हो, जुन मानव जातिमा पहिले पहिचान भएको थिएन । यस भाइरसले मानिस र पशुहरूमा संक्रमण गर्दछ । यस भाइरसले सामान्य रुघाखोकीदेखि गम्भीर प्रकारको तीव्र श्वासप्रश्वास (सेभर एक्युट रेस्पिरेटरी सिन्ड्रम–सार्स) सम्म गराउन सक्दछ ।
चीनमा चमेराको मासुबाट मानिसमा संक्रमण फैलिएको मानिएको यो भाइरसको आजसम्म यकिन भैसकेको छैन । तथापि पशु वा पशुजन्य मासुबाट मानिसमा सरेको हुन सक्ने अनुमान गरिएको छ । विश्वभर तीन लाखभन्दा बढीको ज्यान यसले लिइसकेको छ । सबैभन्दा बढी संक्रमण र मृत्यु अमेरिकामा भएको छ भने उत्तर कोरियामा अझसम्म यसको प्रभाव देखिएको छैन । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले यो भाइरसको अन्त नहुने अनुमान गरिसकेको छ । यो भाइरसको लक्षण र असर परिवर्तन भइरहेको पाइन्छ । करिब ८० प्रतिशत व्यक्तिलाइ कुनै लक्षण नै नदेखिने तर अन्य मानिसमा सर्ने हुन्छ । रोगविरुद्ध लड्ने क्षमता राम्रो भएका व्यक्तिमा यसको लक्षण नदेखिन सक्छ । अमेरिकामा आइसोलेसनमा गएका १० जनामध्ये आठ जनाको मृत्यु भएको छ । धेरैजसो वृद्ध र दीर्घरोगी (दम, सुगर, उच्च ब्लडप्रेसर, मुटु आदि) लाई बढी असर गरेको पाइन्छ ।
नेपालमा सर्वप्रथम चीनको वुहान प्रान्तबाट आएका एक जना नेपालीमा गत माघ ९ गते यसको लक्षण देखिएको थियो । उनी उपचारपश्चात् निको भइ घर फर्किसकेको छन् । यो रोगको लक्षण कसैमा तत्काल त कसैमा ढिला देखिन्छ । जति टेस्ट बढी गर्न सक्यो त्यति धेरै संक्रमितको संख्या बढ्छ । नेपालमा टेस्ट कम भएर नै संक्रमितको संख्या कम देखिएको हो । यो रोगबाट बच्ने सबैभन्दा उत्तम उपाय लकडाउनको पूर्ण रूपमा पालना गर्नु हो । सरकारले जारी गरेका सूचना र आदेशको पालना गर्नु हो । सबै आआफ्नो घरभित्र नै बस्नु हो ।
जति घर बाहिर निस्कियो त्यति असुरक्षित भइन्छ । लकडाउन पहिलो ओखती हो, यो जति प्रभावकारी उपाय अरू कुनै छैन । दोस्रो चरणमा रोग प्रवेश गरेमा अर्थात् समुदायमा संक्रमण भएमा स्थिति भयावह हुन्छ । यो अवस्थामा संक्रमितलाई आइसोलेसनमा राख्नुपर्ने हुन्छ । केही समयपपछि तेश्रो चरणको अवस्था आउँछ । यो चरणमा आइसोलेसनमा राखेका कतिपय व्यक्तिलाई भेन्टिलेटरमा राख्नुपर्ने हुन्छ । यो ज्यादै दर्दनाक अवस्था हो । नेपालले यो अवस्था थेग्न सक्दैन । यो चरणमा गएका करिब ८० प्रतिशत मानिसको मृत्यु हुन सक्छ । तसर्थ नेपालजस्तो भौतिक स्रोत–साधन र जनशक्तिको कमी भएको देशमा तेस्रो चरण आउन नदिनु नै उत्तम उपाय हो । ज्यान बचे सम्पत्ति भोलि कमाउन सकिन्छ । विकास अर्को वर्ष गर्दा हुन्छ । तसर्थ लकडाउन सकेजति लम्याउनुपर्छ । सम्पूर्ण गतिविधि तत्काल बन्द गरिनुपर्छ । हालसम्मको तथ्यअनुसार कोरोना भाइरस संक्रमित व्यक्तिले खोक्दा र हाँच्छयु गर्दा नाक र मुखबाट निस्कने छिटाहरू र संक्रमित व्यक्तिस"गको नजिकको सम्पर्कबाट एक व्यक्तिबाट अर्कोमा सर्दछ ।
रोग विरुद्ध लड्ने शक्ति बढाउने उपायहरू
जसरी देशलाइ बाहिरी आक्रमणबाट बचाउन सेना र प्रहरी तैनाथ गरिन्छ, त्यसरी शरीरलाई रोगबाट बचाउन शरीरले उत्पादन गरेका एन्टीबडी नै रोगविरुद्ध लड्ने शक्ति हो । चुरोट, मदिरा सेवन, जंकफुड, फास्टफुडजस्ता चिजले इम्युन प्रणालीलाई कमजोर बनाइदिन्छ । तसर्थ देहायका उपायहरूबाट रोगविरुद्ध लड्ने क्षमता बढाउन सकिन्छ—
१ पर्याप्त निद्रा
कम्तीमा ७ घण्टा राम्रो सँग सुत्नु आवश्यक छ । कम निद्राले इम्युनिटी पावर पनि कमजोर बनाउँछ ।
२ चिन्ता र तनाव कम गर्ने
अनावश्यक चिन्ता र तनावले रोगसँग लड्ने क्षमता कमजोर बनाउ"छ । तसर्थ कुनै चिन्ता गर्नु हुँदैन । व्यायाम, योग, खेल, संगीत, नाचगानजस्ता क्रियाकलापमा बढी ध्यान दिनु उपयुक्त हुन्छ ।
३ व्यायाम र आराम गर्ने
हरेक दिन बिहान शरीरले धान्ने गरी व्यायाम गर्नुपर्छ । अति धेरै कसरत हानिकारक हुन्छ । शारीरिक गतिविधि बढाउनुपर्छ । शरीरलाइ आराम दिनुपर्छ ।
४ स्वस्थ र सन्तुलित आहार लिनुपर्छ
प्रशस्त फलफूल खानुपर्छ । सुन्तला, कागती, जुनार, भोगटेजस्ता सिट्रस जातका फलफूलहरू प्रशस्त खानुपर्छ । सागसब्जी नियमित खानुपर्छ । बन्दा, साग, गोभी हरेक दिनको खानामा अनिवार्य भएको राम्रो हुन्छ । पास्ता, ओखर, काजु, बदामजस्ता नट्सहरू पनि नियमित खादाँ रोगसँग लड्ने प्रतिरोधी क्षमतामा वृद्धि हुन्छ । गेडागुडी पनि हरेकजसो खानामा भएको राम्रो मानिन्छ । अदुवा, बेसार, मरिच, ल्वाङजस्ता मसला जातका खानेकुराहरू खानु राम्रो मानिन्छ । त्यसैगरी दुध र दही पनि प्रशस्त खानाले इम्युन सिस्टमलाइ मजबुत बनाउ"छ ।
५ धूमपान र मदिरा पूर्णतया बन्द गर्ने
धूमपान र मदिराले रोगसँग लड्ने क्षमतामा कमी ल्याउँछ । तसर्थ यी चिजको सेवन पूर्ण रूपमा बन्द गर्नुपर्दछ ।
६ रिफाइन्ड चिनीयुक्त आहार नखाने
चिनीलाइ मन्द विषका रूपमा लिइन्छ । चिनीको मात्रा भातलगायत फलफूलबाट प्राप्त हुन्छ । रिफाइन्ड गरेका खानेकुराले शरीरलाई गलाउँछ र कमजोर बनाउँछ । तसर्थ प्रत्यक्ष चिनी भएका खानेकुराहरू खानु हुदैँन ।
समुदायमा संक्रमण गराउने सम्भावित तत्वहरु
१ लकडाउनको उल्लंघनकर्ताहरू
राजनीति र उच्चपदस्थहरूको दबाब र प्रभावमा परी पहुँचकाआधारमा सवारी पास वितरण गर्ने र अनावश्यक रूपमा आवतजावत गर्ने व्यक्तिहरूबाट नै संक्रमण फैलिने सम्भावना बढी हुन्छ । यी व्यक्तिहरू बिनाकाम पनि लखरलखर सडकमा हि"डिरहन्छन् । कुनै पार्टीले आयोजना गरेको बन्दजस्तो ठानेर अवज्ञा गर्नु आफैलाई घातक हुन्छ । यो न त बन्द हो न नाकाबन्दी हो । यो त बन्दाबन्दी हो ।
२ अत्यावश्यक वस्तु र सेवा प्रदायकहरू
नेपाल सरकारले अत्यावश्यक सेवा र वस्तु प्रदान गर्ने भनी किटान गरेका क्षेत्रका व्यक्तिहरूले सुरक्षाका उपकरणहरूको प्रयोग नगरीकन सेवा प्रदान गर्नु । खाद्यान्न, तरकारी, फलफूल, औषधि, पानी, बिक्रेताहरूले सामाजिक दूरी कायम नगर्नु, मास्क नलगाउनु, सेनिटाइजरको व्यवस्था नगर्नु, नगदमा कारोबार गर्नुले कोरोनाको संक्रमणलाई बढावा दिइरहेको छ ।
३ गलत राहत वितरण प्रणाली
अत्यावश्यक नहुँदा पनि भिडभाड गरी घरघरमा पुगेर राहत वितरण गर्नाले यदि वितरणकारीमध्ये एक जना संक्रमित भएमा घरका सबै जना संक्रमित हुने वातावरण सिर्जना भएको छ । राहत वितरणको मापदण्ड पालना भएको छैन । राहतका लागि निवेदन दिन ठेलमठेल गर्दै लाइनमा बस्नुले असुरक्षा भएको छ । एक जना वडा अध्यक्षलाइ संक्रमण भएमा सिंगो गाउनै संक्रमण हुन जान्छ ।
४ बीउबिजन वितरण
विभिन्न गैरसरकारी संस्था र सहकारीमार्फत बीउपल गाउँगाउँमा बाड्ने वहानामा सबै कृषकका घरघरमा पुग्नाले संक्रमण पनि सँगै जाने विषयलाई नजरअन्दाज गरिनु ।
५ मास्क र साबुन वितरण
मास्कको प्रयोग कहाँ गर्ने र नगर्ने विषयमा जानकारीको अभाव वा सस्तो लोकप्रियताका लागि घरघरमा पुगी मास्क र साबुन बा"ड्नाले पनि यस रोगको फैलावटलाई सहायता गरेको छ ।
६ विदेशबाट आउने व्यक्तिहरू
भारतलगायत देशबाट आउने विदेशी र नेपाली नागरिकबाट नै सर्वप्रथम कोरोना संक्रमण देखिएको थियो । लकडाउन सुरु भएपछि भारतबाट लुकिछिपी हिँडेर चोर बाटो प्रयोग गरी नेपाल आउने व्यक्तिहरूले गाउ" घरमा आएपछि खसी काटेर खाने, जमघट गर्ने, वल्लोपल्लो घरमा जाने गर्नाले रोगको फैलिने दरमा वृद्धि भएको छ । कुटनीतिक पहलबाट बिदेशमा रहेका नेपालीलाइ विदेशमै सुरक्षितरुपमा राख्ने प्रवन्ध गर्नु बुद्धिमानी हुन्छ । करिव ८५ लाख नेपाली विदेशमा छन् ती सबै वा आधामात्र आएमा पनि नेपालले थेग्न सक्दैन ।
७ बैंक तथा वित्तीय संस्थाहरू र एटीएम मसिन
पैसा भाइरस बोक्ने एक प्रमुख माध्यम हो । नेपाल सरकारले बैंक तथा वित्तीय संस्थालाई अत्यावश्यक सेवाअन्तर्गत राखेर निर्वाध रूपमा सञ्चालन गर्न दिइरहेको छ । यसबाट भाइरस सर्ने प्रमुख माध्यमका रूपमा पैसा भएको छ । त्यसैगरी एटीएम मेसिनमा सानिटाइजरको व्यवस्था नगर्दा पनि रोग सर्ने सम्भावना बढेर आउ"छ ।
८ खोप कार्यक्रम सञ्चालन
साना बालबालिका र सुत्केरी महिलाहरूको रोगस"ग लड्ने प्रतिरोधी क्षमता कम हुन्छ तर खोप लगाउने नाममा यिनीहरूलाई सामाजिक र भौतिक दूरी कायम नगरी भिडभाडमा जम्मा गर्नु खतरापूर्ण हुन्छ । खोप कार्यमा संलग्न स्वास्थ्यकर्मी, बच्चा र आमा सबै रोग सार्ने तŒवका रूपमा देखिएका छन् ।
९ पुस्तक पसल सञ्चालन गर्नु
स्कुल र कलेज बन्द भए पनि पुस्तक पसल सञ्चालन गर्नाले हरेक पुस्तक बालबालिकाको घरसम्म भाइरस पुग्ने माध्यम बन्न सक्छ । पुस्तक र पुस्तक बिक्रेतालाई भाइरसमुक्त बनाएर मात्र यसो गरिनुपर्दथ्यो ।
१० विकास निर्माण कार्यलाई निरन्तरता दिनु
आजको आवश्यकता भनेको जसरी पनि ज्यान जोगाउनु हो तर हामी ज्यानलाई धरापमा पारेर विकास निर्माण मात्र भनिरहेका छौं । बा"चियो भने अर्को वर्ष विकास गरे हुन्छ । मान्छे नै नरहे किन चाहियो विकास ? लकडाउनपछि घर फिर्ता गरिएका कामदार, मिस्त्री र मेसिन चालकहरूलाई आरडिटी वा पीसीआर चेकजा"च नगरी रोगको खतरा भएका ठाउ"बाट पुन काममा फिर्ता गर्दा संक्रमण बढ्न सक्छ ।
११ धार्मिकस्थल र कार्यक्रम
अझै पनि कतिपय मठ, मन्दिर, मस्जिद, गुम्बाजस्ता धार्मिक स्थलमा विभिन्न वहानामा धेरै मानिसहरू जम्मा हुने र धार्मिक कार्यक्रम सञ्चालन गर्नाले संक्रमणलाई बढाएको छ ।
१२ परम्परागत रीतिरिवाज र संस्कृति
मृत्यु संस्कारमा आवश्यकभन्दा धेरै मानिसहरू जमघट गर्ने । मलामी जाने, किरिया घरमा घोत लाने नाममा अत्यधिक भिड गर्ने र यो कार्यमा सामाजिक दूरी कायम नगर्ने साथै सुरक्षाका उपकरणहरूको प्रयोग नगर्ने जस्ता परम्परागत सामाजिक रीतिरिवाज र संस्कृतिले समाजमा संक्रमण फैलाउन मद्दत गरेको छ ।
१३ लकडाउनको नीतिविरुद्धका गतिविधिहरू
लकडाउनको नीति अवलम्बन नगरी जथाभावी रूपमा हिडँडुल गर्ने, घरघरमा जाने, साइला बा साइली आमा भन्दै जाने, ढोग गर्ने, खसी, बोका, कुखुरा काट्ने, तास खेल्ने, नाचगान गर्ने जस्ता कार्यले कोरोना भाइरसको संक्रमणलाई तीव्र बनाउ"छ ।
संक्रमण फैलिन नदिने उपायहरू
१ लकडाउन नीतिको प्रभावकारी पालना गर्ने
हरेक गतिविधिमा सामाजिक दूरी कायम गर्ने, साबुन–पानीले राम्रोस"ग हात धुने, बाहिर जा"दा मास्क लगाउने, सेनिटाइजरको प्रयोग गर्ने, घरभित्रै बस्ने, बाहिर नजाने, हात नमिलाउने, नमस्कार गर्ने संस्कारको विकास गर्ने, नेपाल सरकारले जारी गरेका सूचना र निर्देशनको पालना गर्ने गर्दा संक्रमणको फैलावटलाई कम गर्न सकिन्छ ।
२ वितरण कार्यलाई तत्काल रोक्ने
राहत वितरण, बीउबिजन वितरण, मास्क र साबुन वितरणजस्ता कार्यलाई पूर्ण रूपमा रोक्नुपर्दछ । हातमुख जोर्न समस्या भएकाको हकमा राज्यले घर घरमा पुराउने व्यवस्था गर्नु पर्दछ ।
३ नागरिक परिचालन गर्ने
हरेक टोलका स्थानीय युवाहरू, स्वास्थकर्मी, स्वयंसेविका, राजनीतिक दलका भ्रातृ संगठनहरूलाई परिचालन गरेर नयाँ व्यक्ति को आयो ? कहाँ छ ? के गरिराछ ? त्यसको निगरानी गर्ने, लगत राख्ने, कोही नयाँ आएमा कम्तीमा दुई साता क्वारेन्टाइनमा राख्ने, उनीहरूको स्वास्थ्य चेकजा"च गर्ने जस्ता कार्य गरेर नयाँ मानिसहरूको आवागमनलाई व्यवस्थापन गर्नुपर्दछ ।
४ बैंक तथा वित्तीय संस्था र बिमा गर्ने संस्थालाइ बन्द गर्ने
नगद कारोबारबाट संक्रमण हुने भएकाले नगद कारोबारलाई तुरुन्त बन्द गर्न बैंकिङ तथा बिमाको कारोबार रोक्नुपर्दछ । डिजिटल एप्लिकेसनको प्रयोग गर्ने, एटीएम मेसिनको प्रयोग गर्दा सेनिटाइजरको प्रयोग गर्ने, अनलाइन बैंकिगको प्रयोग गर्ने गर्नुपर्दछ ।
५ अत्यावश्यक सेवाबाहेक सबै सेवा र वस्तु बन्द गर्ने
खद्यान्न, तरकारी, औषधि, पानी, दुध, पेट्रोलियम पदार्थजस्ता अत्यावश्यक वस्तु बोक्ने र इमर्जेन्सी बिरामी बोक्ने एम्बुलेन्सबाहेकका सबै यातायात सेवालाई पूर्ण रूपमा बन्द गरिनुपर्दछ । अत्यावश्क सेवा र वस्तु प्रदान गर्ने कार्यालयबाहेक सबै कार्यालयहरू बन्द गर्नुपर्दछ । खोप कार्यक्रम, पुस्तक पसल, विकास निर्माण, धार्मिक कार्यक्रमहरूलाई पूर्ण रूपमा बन्द गर्नुपर्दछ । मृत्यु संस्कारमा २५ जनाभन्दा बढी मानिस जान दिनु हु"दैन । किरिया बस्नेबाहेक अन्यलाई सवारी पास दिनु हु"दैन ।
ज्यान बाँचे संसार देखिन्छ । तसर्थ अहिलेको समय ज्यान बचाउनमा मात्र केन्द्रित गर्नुपर्दछ । विकास निर्माणजस्ता कार्य त बा"चेमा अर्को वर्ष गर्दा पनि हुन्छ । छ महिना वा एक वर्ष ढिला विकासले तात्विक फरक पार्दैन । नेपालजस्तो भौतिक सुविधा र जनशक्तिमा कमजोर देशमा कोरोना भाइरसको संक्रमणले तेस्रो चरण पुगेमा आईसियू र भेन्टिलेटरको अभावमा धेरैको ज्यान जान सक्छ । यो अवस्था देशले धान्न सक्दैन । जो जहा" छ त्यही"बाट प्राण त्याग्नेबाहेक हामीसँग अर्को विकल्प रह"दैन । जसको प्रतिरोधात्मक क्षमता राम्रो छ उ बाँच्छ भने कमजोरहरू मर्दछन् । तसर्थ यस अवस्थामा हाम्रो औषधि भनेको लकडाउन नीतिको पूर्ण पालना गर्नु हो । घर बाहिर ननिस्किनु हो । समुदाय संक्रमण हुनबाट बचाउन सकेमा हामी यो रोगविरुद्ध सफलता प्राप्त गर्नेछौं ।
यदि समुदाय तहमा संक्रमण फैलियो भने स्थिति भयावह हुनेछ । संक्रमितको प्रत्यक्ष निगरानी र सामिप्यमा रहने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत प्रशासनका कर्मचारीलाई पर्याप्त मात्रामा सुरक्षा उपकारणहरू पीपीई सेट, मास्क, सेनिटाइजर, ग्लोब्स उपलब्ध गराउनु अत्यावश्यक छ नत्र यिनै फ्रन्टलाइनरबाट कोरोना फैलिन सक्छ । हाँडीमा मकैका फुला उठे जसरी टोलटोलका घरमा संक्रमितहरू देखापर्ने छन् । त्यो अवस्थामा राज्य पूर्णतया असफल हुनेछ र नागरिकले अकालमा मृत्युवरण गर्नु पर्नेछ । त्यसैले समयमा नै होसियार र बुद्धिमानी बनौं । लकडाउनको नीति, नेपाल सरकारका आदेश, निर्देशन र सूचनाको पूर्ण रूपमा पालना गरौं । घरबाट बाहिर निस्कि"दा मास्क, सेनिटाइजर, ग्लोब्सको प्रयोग गर्ने, खोक्दा, हा"च्छ्यु गर्दा नाक मुख छोप्नुपर्दछ । अवको केहि समयका लागी सामाजिक बन्दाबन्दीलाइ कडाइकासाथ पालना गर्नुनै श्रेयश्कर हुन्छ। | 2020/06/06 12:55:33 | https://www.hindukhabar.com/2020/05/23/45654645-12/ | mC4 |
मुस्ताङमा हक्की - Samadhan News
समाधान संवाददाता २०७६ साउन २ गते ११:५४
समुन्द्री सतहदेखि ५ हजार १९ मिटर उचाइमा रहेको मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका २ छ्ङ्गुर पाखोमा मंगलबार हक्की खेल भएको छ । घरपझोङ गाउँपालिका ४ मा अवस्थित जनहित माध्यमिक विद्यालयमा पनि बुधबार हक्की खेलिएको छ ।
अन्तर्राष्ट्रिय स्तरमै हक्की खेलको प्रर्वद्धन तथा विकास गर्ने उद्देश्यसहित इङल्यान्डका ३१ हक्की खेलाडीको टोली मुस्ताङ आएको छ । उनीहरुको पथप्रर्दशक, व्यवस्थापन र समन्वयमा नरबा ट्रेक एन्ड एक्सप्रेसनका खड्गबहादुर पन्त, राजेन्द्र पन्त र कमल गौतम खटिएका छन् ।
हाईअल्टिच्युडमा हक्की अभ्यास र यसको सम्भाव्यता अध्ययनका लागि एडभेन्चर लाइभ साइन्स यूके र नरबा ट्रेक एन्ड एक्प्रेसनले कार्यक्रम आयोजना गरेका हुन् । डेबी ग्रेग्सनसहितको टोली मुस्ताङ आएको हो । टोलीमा हक्की फर हिरोज हक्कीका १४ खेलाडी र लिंकन मिनिस्टर स्कुलका १७ हक्की खेलाडी छन् । हक्की टिचरमा हक्की फर हिरोज क्लबका जो फोरेस्टर र लिंकनका टोम इप्स र रिचर्ड इस्टन छन् ।
गण्डकी प्रदेश सरकारले मुस्ताङमा हाइ अल्टिच्युड तालिम केन्द्रको पूर्वाधार बनाउनका लागि डिपिआर गर्न बजेट विनियोजन गरेको छ । टोलीले मुस्ताङमा हक्कीको अनुभव समेत लिएको एडभेन्चर लाइभ साइन्सका इन्चार्ज डेबी गे्रग्सनले बताए । उनले जोमसोममा विद्यालयका विद्यार्थीलाई पनि हक्कीको अभ्यास गराएको जानकारी दिए ।
टोलीले मुस्ताङपछि पोखरामा अभ्यास र प्रर्वद्धनात्मक कार्यक्रम गर्ने जनाएको छ । यसअघि टोलीले जोमसोमको जनहित माविलाई हक्की स्टिक, हक्की बल, हक्की नेट र जर्सी वितरण गरेको विद्यालयका प्रधानाध्यापक रामचन्द्र अधिकारीले जानकारी दिए ।
हक्की१५÷१५ मिनेटमा ४ पटक गरी १ घण्टा खेलाइन्छ । हक्की स्टिकको सहयोगमा बललाई बारमा छिराइने फुटबल जस्तै खेल हो । यसमा प्रत्येक टिममा ११ जना खेलाडी हुन्छन् । हक्की खेलको विश्व वरियतामा नेपाल ८६ औं स्थानमा छ । वरियताको पहिलोमा अस्ट्रेलिया, दोस्रो बेल्जियम, तेस्रोमा नेदरल्यान्ड, चौथो अर्जेन्टिना र पाँचांमा भारत छन् । | 2022/01/21 14:15:45 | https://www.samadhannews.com/2019/07/18/8689/ | mC4 |
कोरोनाको सम्भावित जोखिमलाई मध्यनजर गरी वायुसेवा कम्पनीले मनोमानीरुपमा भाडा घटाउने तथा नयाँ भाडादर कायम गर्न थालेपछि शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले वायुसेवा सञ्चालकसँग छलफल गरी भाडादरमा पुनःविचार गरिदिन आग्रह गरेका थिए ।
आजदेखि अन्तरराष्ट्रिय उडान बन्द हुने र सोमबारदेखि लामो दूरीका सार्वजनिक यातायात पनि बन्द हुने भएपछि हवाई यात्रुको चाप बढेको छ । आन्तरिक उडानमा यात्रु बढे पनि व्यवसाय भने सन्तोषजनक नरहेको कम्पनीले जनाएका छन् । विदेशी हवाई यात्रु ९डलरयात्री० नभएकाले आन्तरिक उडानमा झण्डै ४० प्रतिशत गिरावट आएको व्यवसायीको भनाइ छ । यता हेलिकप्टर कम्पनीको पनि व्यवसाय चौपट भएको छ । अधिकांश कम्पनीको उडान बन्द हुने स्थितिमा रहेको जनाएका छन् । रासस | 2020/07/03 14:26:04 | https://www.corporatenepal.com/2020/03/171857/ | mC4 |
स्पेनले इटालीलाई पराजित गर्दै फाइनलमा - Makalukhabar.com
स्पेनले इटालीलाई पराजित गर्दै फाइनलमा
एजेन्सी – एटलेटिको म्याड्रिडका स्टार मिडफिल्डर साउल निगुएजको ह्याट्रिकको मद्दतले स्पेन पोल्याण्डमा जारी युरोपेली यू २१ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । बुधबार राती भएको खेलमा स्पेनले इटालीलाई ३-१ ले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।
निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दोश्रो हाफ सुरु भएको आठौं मिनेटमा गोल गर्दै साउलले स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए । रोबेरतो गाग्लीयार्डीनिले दोहोरो पहेंलो कार्ड पाउँदै मैदान छाडेपछि इटाली १० खेलाडीमा सिमित भएको थियो । तर, पहिलो गोलको ९ मिनेटपछि इटालीका फेडेरिको बर्नार्डेस्चीले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।
खेलको ६५ औं मिनेटमा व्यक्तिगत दोश्रो गोल गर्दै साउलले स्पेनलाई पुन खेलमा अग्रता दिलाएका थिए । भने, उनले खेलको ७४ औं मिनेटमा मार्को एसेन्सियोको पासलाई सदुपयोग गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए । दुबै टोलीबाट थप कुनै गोल हुन नसकेपछि स्पेन ३-१ ले विजयी हुँदै फाइनलमा प्रवेश गर्यो । स्पेनले फाइनल खेलमा उपाधिको लागि जर्मनीको सामना गर्नेछ । | 2021/04/20 04:42:51 | https://www.makalukhabar.com/2017/05/3434/ | mC4 |
रेशम चौधरीलाई रिहाइको माग गर्दै गृहमन्त्री बादल आफै धर्नामा — Sanchar Kendra
रेशम चौधरीलाई रिहाइको माग गर्दै गृहमन्त्री बादल आफै धर्नामा
काठमाडौँ । निलम्बित सांसद रेशम चौधरीलाई रिहा गर्न माग गर्दै गृहमन्त्री रामबहादुर थापा 'बादल' धर्नामा बसेका छन् । चौधरीको रिहाइका लागि धर्नामा बसेका थारु अगुवालाई भेट्न बिहीबार माइतीघर मण्डला पुगेका गृहमन्त्री थापा पनि धर्नामा सहभागी भएका हुन् ।
उनले चाँडै नै रेशम चौधरीको रिहाइको लागि थारु कल्याणकारिणि सभा, थारु अगुवाहरुको नेतृत्व गरेर सरकारसँग वार्ता टोली बनाउने समेत बताए । थारु कल्याणकारिणी सभाले २०७२ सालमा भएको टीकापुर घटनामा फौजदारी मुद्दा लागेकाहरुको मुद्दा फिर्ता र दोषी ठहर भई जेलमा रहेकाहरुको रिहाइको माग गर्दै आइतबारदेखि धर्ना दिएका हुन् । | 2021/06/20 10:38:40 | https://sancharkendra.com/archives/113061 | mC4 |
उनलाई मेरो स्पर्सको खाँचो छ,... :: द न्यूयोर्क टाइम्स :: Setopati
उनलाई मेरो स्पर्सको खाँचो छ, तर म छुन सक्दिनँ
तस्बिर: न्यूयोर्क टाइम्स
(जेसिका लस्टिगको यो लेख हामीले न्यूयोर्क टाइम्सबाट भावानुवाद गरेका हौं। जेसिका न्यूयोर्क टाइम्स म्यागेजिनकी सहायक सम्पादक हुन्। चैत १५ गते पहिलोचोटि प्रकाशित यो लेख हामीले पुन: प्रकाशन गरेका छौं।)
'तिमीलाई कस्तो छ प्रिय?' मैले बैठक कोठाबाट मेरो श्रीमानलाई फोन गरेँ।
म केही दिनदेखि यही बैठकमा सुतिरहेकी छु। भुइँमा फोमवाला स्लिपिङ ब्याग ओछ्याउँछु र त्यसमाथि दुइटा पातला ब्ल्याङ्केट खप्ट्याएर निदाउने कोशिस गर्छु। यो स्लिपिङ ब्याग मेरी छोरीको हो। उसले क्याम्प जाँदा लैजाने गर्थी।
भुइँमा सुत्न निकै गाह्रो हुने रहेछ। निद्रै नपर्ने। सुरूमा त यताउति कोल्टे फेरेरै छर्लंग रात कट्यो। यस्तो बेला कम्तिमा निद्रा पूरा गर्नुपर्छ भनेर सोफामा पनि सुत्ने कोशिस गरेँ। त्यहाँभन्दा बरू भुइँमै सजिलो लाग्यो।
'मलाई मद्दत चाहियो,' मेरो श्रीमानले कान नजिक आएर साउती मारेजस्तो सुस्तरी भने।
उनले चिसोबाट बच्न ऊनीको भित्री लुगा र ऊनीकै स्वेटर लगाएका थिए। तै पनि चिसोले उनको स्वर काम्दै थियो, 'म तिमीलाई ब्युँझाउन चाहन्थिनँ।'
मैले बाथरुममा एउटा प्लास्टिकको बट्टाभित्र सबै चाहिँदो औषधि राख्दिने गरेकी छु। त्यो रात भने 'एड्भिल' भन्ने दुखाइको औषधि छाड्न बिर्सेछु।
उनी सुत्ने कोठा, उनले प्रयोग गर्ने बाथरुम केही दिनअघिसम्म हाम्रो साझा थियो। अहिले बाथरुमको आधा खण्ड उनको निजी भएको छ। आधा खण्ड म र हाम्री छोरी प्रयोग गर्छौं।
हुन त औषधिको पूरा सिसी नै बाथरुममा छाडे पनि हुन्थ्यो, तर त्यसो गर्न मिल्दैन। चाहिनेजति मात्रा अर्को सानो बट्टामा भरेर बाँकी सिसी छुट्टै राख्नुपर्छ। नभए उनले छोएको सिसी अरूले प्रयोग गर्दा संक्रमण सर्न सक्छ।
पहिले यो घरमा मेरो वा तेरो भन्ने नै थिएन। सबै हाम्रो थियो। यो घर हाम्रो थियो, यसमा भएका सारा चिजबिज हाम्रा थिए। हाम्रो सपना, हाम्रो संसार– यो जगतै हाम्रो थियो। हामीबीच कुनै दुरी थिएन। कस्तो समय आयो भने, हाम्रा भनिएका केही पनि अब हाम्रा रहेनन्! मायाले दुरी छोट्टयाउँछ भनिन्छ, यहाँ मायाले दुरी बढाइरहेको छ। म उनको नजिक जान सक्दिनँ, न उनलाई मेरो नजिक आउन दिन सक्छु। किनकि हामी दुवै एकअर्कालाई माया गर्छौं, खुब माया गर्छौं।
दुरी जति बढ्यो, माया उति गाढा हुन्छ भन्छन्। यो सही हो भने जुन दिन हामीले यो संकटबाट पार पाऔंला, त्यो दिन हाम्रो मायाको रङ निख्खर गाढा हुनेछ, त्यो पक्का हो।
यो हाम्रो मायाकै कारण त हो, उनले छोएका चिजबिज सबै उनकै कोठामा राख्नुपर्छ। वा, त्यसलाई निकै होसियारी साथ भान्सामा लगेर सफा गर्नुपर्छ।
म उनले छोएका भाँडा र अरू सामान अलग्ग समातेर लैजान्छु। हाम्री १६ वर्षे छोरी भान्सामा मलाई सहयोग गर्न आउँछे। ऊ धारा खोल्छे, म ती सामान पानीमा चुर्लुम्म डुबाउँछु। हामी नाङ्गो हातले ती सामान नछोइयोस् भनेर सतर्क रहन्छौं। त्यसपछि छोरी मेरो हातमा साबुनका थोपा झारिदिन्छे। म साबुनले आफ्ना सबै औंला, नङ, नाडी र कुइनासम्म राम्ररी माडेर सफा गर्छु।
हाम्रो हरेक दिन अचेल यसैगरी बितिरहेको छ।
हामी न्यूयोर्कको ब्रुकलिनमा बस्छौं। मेरा श्रीमान ५६ वर्षका भए। उनी अग्ला छन्। हरेकदिन ब्रुकलिनदेखि जमैका बेसम्म साइकल कुदाएर जान्थे। जाँदा–आउँदा करिब पाँच घन्टा साइकल चलाउँथे। केही दिनदेखि उनको साइकलको पाइडल थामिएको छ। दिनभरि सक्रिय रहने मेरो श्रीमान अचेल दिनभरि बिछ्यौनामा लम्पसार पल्टेका हुन्छन्। एकोहोरो दलिनतिर टोलाइरहन्छन्। बीच–बीचमा ढाडका हड्डी कटकटी खान्छ कि क्या हो, ओल्टोकोल्टो फेरिरहन्छन्।
उनले केही दिनदेखि एउटै लुगा लगाइरहेका छन्। म उनको लुगा फेराइदिन चाहन्छु, तर कसरी फेराउने?
एक त उनको जीउबाट लुगा फुकालेर अर्को लगाइदिनै गाह्रो छ, त्यसमाथि लुगा फेर्दावर्दा उनलाई छोइने डर उत्तिकै। थाहा छ मलाई, आज उनलाई जिन्दगीमै सबभन्दा बढी मेरो स्पर्सको खाँचो छ। तर, यो पनि थाहा छ, जिन्दगीमै सबभन्दा बढी निरीह हामी अहिले नै छौं। यस्तो निरीह, हामी एकअर्कालाई छुनधरि सक्दैनौं।
आज बाह्र दिन बित्यो। मार्च १२ को मध्यरात उनी चिसोले कठ्याङ्ग्रिदै निद्राबाट ब्युँझेका थिए। त्यो बेला अमेरिकामा कोरोना भाइरस तीव्र गतिले फैलिएको खबर आउँदै थियो। मैले उनलाई भोलिपल्टै जचाउन जाउँ भनेँ। उनले आफूलाई सन्चो भएको बताए।
केही समयमा उनी फेरि काम्न थाले। जीउ कटकटी खायो भन्दै थिए। मैले उनको ज्वरो नापेँ। सय डिग्री नाघेको थियो।
लक्षण देखिएको दुई दिनपछि हामी क्लिनिकमा जचाउन गयौं। उनलाई केही महिनाअघि दम बढेर इमर्जेन्सीमा भर्ना गर्नुपरेको थियो। डाक्टरले कोरोना भाइरस परीक्षण गरे र घरमा कसैलाई नछोई बस्नू भने।
त्यो दिनपछि हाम्रो साझा बेडरुम र बाथरुम उनको निजी भएको छ। हाम्रो कोठा अपार्टमेन्टको अगाडिपट्टि पर्छ। बाहिर सडकमा ट्रक र गाडी कुदिरहन्छन्। केही पर न्यूयोर्क बन्दरगाहबाट ठूल्ठूला जहाजका चर्का आवाज घरिघरि कान खान आइरहन्छन्। उनी ती आवाज सुनेर झिँझो मान्छन्। गुनासो गरिरहन्छन्।
उनी यति कमजोर भइसके, खाटबाट उठ्न पनि सक्दैनन्। विस्तारै घस्रँदै बाथरुमसम्म जान्छन्। हामीले बेडरुमको ढोका टम्म बन्द गरेका छौं, ताकि हाम्रो बिरालो त्यो कोठामा पस्न नपाओस्। ऊ बेलाबेला कोठाभित्र छिर्ने मौका ताकिरहन्छ, तर हामी सतर्क रहन्छौं। उसलाई त्यो कोठाको छेउछाउ पनि पर्न दिन्नौं। ऊ रिसाएर बैठक र भान्सातिरै म्याउँ गरिरहन्छ।
डाक्टरले उनलाई 'कोरोनो भाइरस लागेका बेला के गर्ने?' भनेर लेखिएको पर्चा दिएका थिए। निद्रा नपरेका बेला उनी त्यही पढिरहन्छन्। पर्चामा लेखिएको छ, 'आफूलाई परिवारका सदस्य र घरका जनावरबाट अलग्गै राख्नुस्।'
तीन दिनपछि डाक्टरले फोन गरे, 'कोरोना भाइरस परीक्षण रिपोर्ट पोजेटिभ आयो।'
त्यति बेला मेरो श्रीमान ओछ्यानमा पल्टेर न्यूयोर्कमा बिरामी बढेको खबर पढ्दै थिए। अस्पतालमा बिरामी खचाखच भरिएको, कतिपयलाई सास फेर्न गाह्रो भएर भेन्टिलेटरमा राखिएको र थुप्रै बिरामीको मृत्यु भइसकेको विवरण खबरमा थियो।
जुन भाइरसले संसारलाई आफ्नो कब्जामा लिएको थियो, मेरो श्रीमान त्यही भाइरससँग जुधिरहेको पुष्टि भएपछि म खङरङ्ग भएँ।
पहिलोचोटि क्लिनिकमा जचाएर आउनेबित्तिकै मैले हाम्रो साझा बेडरूम उनको निजी प्रयोगलाई सुम्पेकी थिएँ। आफ्नो बेडरुमबाट बाहिर निस्केर बैठकको भुइँमा ओछ्याउन लगाएको त्यो पहिलो रात थियो।
त्यस रात म र मेरी छोरीले अबेरसम्म एचबिओ च्यानलमा आउने 'चेर्नोबिल' सिरिज हेरेका थियौं। त्यो सिरिज सन् १९८६ मा भएको आणविक दुर्घटना र त्यसपछिका घटनाक्रममा आधारित छ।
त्यो रात हामीले लगातार तीनवटा शृंखला हेर्यौं। अब त्यो समय धेरै पछाडि छुटिसक्यो कि भन्ने मलाई लाग्न थालेको छ। हामीलाई टेलिभिजन हेर्ने फुर्सद छैन। यताउति दौडिरहनुपर्छ। बिहानदेखि बेलुकीसम्म पटक–पटक उनको निम्ति खाना बनाउनुपर्छ। खाइवरी भाँडाकुँडा सफा गर्ने, उनले छोएका सामान पखाल्ने र उनलाई समय–समयमा औषधि खुवाउँदैमा हामी आमा–छोरीको दिन बित्छ।
उनको ज्वरो पनि घरिघरि नापिरहनुपर्छ। अक्सिजन चाहिएको छ कि छैन हेर्नुपर्छ। र, यी सबका बीच पटक–पटक आफ्नो हात धुनुपर्छ।
म हरेकचोटि उनको ज्वरो नापेपछि र अक्सिजन जाँचेपछि डाक्टरलाई म्यासेज पठाउँछु। ज्वरो बढेर १०१.५ पुगेको छ। दम पनि बढेको छ। उनी सिरकले मुख छोपेर खोकिरहन्छन्। चिसोले काम्दा ब्ल्याङ्केट घुँडासम्म गुटुमुटु पार्छन्। म डाक्टरलाई पल–पलको खबर दिन्छु।
'तिमी यहाँ कोठाभित्र नआऊ,' म एकछिन कोठाभित्र बस्दा पनि उनी आत्तिन्छन्।
उनको अत्यास दिउँसोभन्दा राति अझ बढ्छ, जब उनको शरीर तापिएर पसिनाले लुछुप्पै भिज्छ, घरि जाडोले थरथर काम्छ। उनी त्यति बेला असहाय देखिन्छन्। आफ्नो मायालुलाई असहाय देख्दा पनि म निरीह छु।
हाम्री छोरी हाईस्कुल पढ्दै छे। मार्च १३ देखि उसको स्कुल बन्द छ। अहिले न्यूयोर्कका अरू सार्वजनिक स्कुलजस्तै उसको स्कुलले पनि इन्टरनेट कक्षा चलाउने तयारी गर्दैछ। केही दिनदेखि ऊ र उसका साथीहरूलाई इन्टरनेट कक्षा कसरी चल्छ, कुन बेला चल्छ, त्यसमा कसरी भाग लिने लगायत सूचना तारन्तार आइरहेका छन्।
स्कुलले भनेको छ, 'यो छुट्टीको याम होइन, हामी इन्टरनेटबाट नियमित कक्षा चलाउने छौं।'
तर, आफ्नो बुबाको यस्तो अवस्थामा मेरी छोरी पढाइमा ध्यान दिन सकिरहेकी छैन। म यी सबै विवरण खुलाएर उसका प्रिन्सिपल र शिक्षकलाई इमेल लेख्छु। त्यो इमेलको ड्राफ्ट पूरा दिन मेरो कम्प्युटरमा खुल्लै रहन्छ।
यसबीच म डाक्टरलाई म्यासेज पठाउँछु। मेरो श्रीमानका पाँच जना दाजुभाइलाई 'ग्रुप–च्याट' मा डाक्छु। आफ्नो आमाबुबा र भाइलाई म्यासेज गरेर हालखबर सुनाउँछु। उनको व्यापार साझेदार, कर्मचारी र उनका अतिमिल्ने साथीहरूलाई उनको अवस्था बताउँछु। आफ्ना साथीलाई पनि आफ्नो हालत सुनाउँछु।
जवाफमा सबैले प्रार्थना पठाउँछन्। म्यासेज बक्समा रातो पानको पात आउँदा मलाई उनीहरूले आफ्नो सिंगो मुटु नै पठाइदिएजस्तो लाग्छ। यी सबै मुटुका अलिअलि टुक्रा जोडेर उनको प्राण लम्ब्याउन पाए त!
उनी ओछ्यानबाटै यी सबै हेरिरहन्छन्। प्रत्यक्ष कुराकानी गर्न भने सक्दैनन्। कहिलेकाहीँ कसैसँग फोनमा कुरा गरे, एकैछिनमा उनको सास फुल्न थाल्छ।
'तिमी जे हो त्यही भन्ने गर है,' उनी भन्छन्, 'मलाई ठीक छ, सन्चो हुँदैछ भनेर झुटो भरोसा नदेऊ।'
उनले यसो भन्दा मेरो मुटु भित्रैसम्म स्याइँय्य गर्छ।
उनी अचेल घरिघरि आफूले लगाइरहेको खैरो स्वेटर सुम्सुम्याइरहन्छन्। एकचोटि एकदमै जाडो लाग्दा उनले आफ्नो बुवाको खैरो ऊनी स्वेटर मसँग मागेका थिए। उनको बुवा जीवित हुँदा त्यही स्वेटर लगाउँथे। धेरै दिन भयो, उनले त्यो स्वेटर फुकालेका छैनन्।
यस्तो क्षण पनि अजीबको हुँदो रहेछ। म यहीँ छु, तर यहाँ छैन। मेरा मायालु यहीँ छन्, तर यहाँ छैनन्। यस्तो लाग्दैछ, हाम्रो समय डेढ गुना गतिमा कुदिरहेको छ। वरिपरिका सबै मान्छे वर्तमानमा छन्, हामी उनीहरूलाई अतीतमा छाडेर अगाडि बढिसक्यौं। साथमा हाम्री छोरी छे, जो आमाबाबुको यस्तो संवेदनशील घडीमा प्रत्यक्षदर्शी बनेकी छ।
म र मेरी छोरी अहिले घरको आधा बाथरुम प्रयोग गर्छौं। आधा खण्ड मेरो श्रीमानका लागि छुट्टयाइदिएका छौं। यी दुई खण्डबीच लसपस नहोस् भनेर हामी सजग रहन्छौं। उनले बाथरुम प्रयोग गरिसकेपछि कसैगरी भाइरस उडेर यताउति पुग्ला भन्ने मलाई हरपल डर लागिरहन्छ।
म सक्दो आफू र छोरीलाई सुरक्षित राख्ने प्रयास गर्दैछु। झ्यालढोका नियमित पुस्छु। बत्तीको स्विच, बाथरुमको नल, ग्यास हिटरमा भाइरस बसेको छ कि भनेर पटक–पटक पुछपाछ पार्छु। आफ्नो फोन पनि अल्कोहलवाला स्यानिटाइजरले सफा गर्छु।
छोरी र म हरेकदिन लुगा फेर्छौं। रूमाल र हामीले प्रयोग गरेका अरू कपडा पनि घरिघरि धोइरहन्छौं। जब छोरी नुहाउन खोज्छे, म सबभन्दा पहिला बाथरुमको हरेक कुना फिनेलले घसीघसी सफा गर्छु। श्रीमानले प्रयोग गरेका कुनै पनि सामान बाथरुममा रहन दिन्नँ। रुमाल, स्याम्पु, बडीवास सबै नयाँ राख्दिन्छु। र, छोरीलाई भन्छु, 'यहाँका अरू कुनै पनि चिज हातले नछुनू। अलग्ग नुहाउनू र आफ्नो कोठामै गएर लुगा फेर्नू।'
म आफू पनि त्यसै गर्छु।
हामी नुहाइसकेपछि जब मेरो श्रीमान त्यही बाथरुम प्रयोग गर्छन्, सरसफाइको क्रम फेरि दोहोरिन्छ। कहिलेकाहीँ त मैले सफा गरेर ठिक्क पारिसकेपछि उनलाई बाथरुम प्रयोग गर्नुपर्छ। हामी उनलाई पहिले जान दिन्छौं। त्यसपछि फेरि बाथरुम सफा गरेर हामी प्रयोग गर्छौं।
मलाई आफ्नोभन्दा छोरीको चिन्ता छ। ऊ बिरामी होली कि भन्ने डर चाहिँ छैन। किनभने, ऊ पनि आफ्नो बुवासँगै बिरामी भई भने म दुवैको हेरविचार गर्न सक्षम छु। तर, कुनै दिन म आफैं बिरामी भएँ भने? मनमा यही डर बसेको छ। त्यही भएर म छोरीलाई कुन चिज कसरी सफा गर्ने, फोहोर वस्तु कहाँ फाल्ने, के गर्न हुन्छ, के गर्न हुँदैन भनेर लगातार सम्झाइरहन्छु।
बेलाबेला मनमा तर्कना उठ्छ– मेरो श्रीमान अस्पताल भर्ना हुनुपर्यो भने? रोग सल्केर म पनि उनीसँगै भर्ना भएँ भने? त्यो बेला के यी १६ वर्षकी केटी एक्लैले घरमा आफ्नो बन्दोबस्त गर्न सक्छे? उसले आफूलाई चाहिने सरसामान कहाँबाट ल्याउली? कति दिन बस्न सक्ली एक्लै?
एउटा कुरा भने मैले निधो गरिसकेँ, म उसलाई आफ्नो माइत पठाउँदिनँ। मेरा आमाबुवा ७८ वर्षका भए। लङ-आइल्यान्डमा बस्छन्। उनीहरू नातिनीलाई आफूसँगै राख्न तयार छन्, तर म तयार छैन। म मेरी छोरीलाई आफ्ना हजुरआमा–हजुरबुवाको मृत्युको कारण बनाउन चाहँदिनँ।
हरे कस्तो समय आयो! हामी सबै एकअर्कालाई माया गर्छौं, एकअर्काको भलो चाहन्छौं। एकअर्काको सुस्वास्थ्यको कामना गर्छौं। के माया गर्नेहरू पनि एकअर्काको मृत्युको कारण बन्न सक्छन्? सक्दो रहेछ, यस्तो पनि हुँदो रहेछ कोरोनामा।
कम्तिमा म मेरी छोरीलाई त्यसको हिस्सेदार बनाउन चाहन्नँ। उसले आफ्नो यो लडाइँ आफैं लड्नुपर्छ।
यस्ता कुरा मनमा खेलेर होला, अचेल बिहान ४ बजे नै मेरो निद्रा छ्याङ्ग हुन्छ। म भुइँमा छोरीको स्लिपिङ ब्यागभित्र गुट्मुटिएर एकतमास कुरा खेलाइरहन्छु। पर–परबाट आउने आवाज सुनिरहन्छु। भित्र बेडरुमबाट उनले बोलाए कि भनेर बेलाबेला कान टाठो पार्छु। बीचबीचमा बिरालो कोठाभित्र सर्याकसुरूक गरेको मेरो कानमा पर्छ।
घन्टौं यसरी मूर्तिवत् पल्टिँदा मलाई रात काट्न कठिन लाग्छ। हिजोआज निकै भयंकर लाग्छन् मलाई यी रात। अन्त्यहीन, सकसपूर्ण लामा।
एकरात उनले सुस्तरी छोरीको नाउँ लिए। पछि मलाई भनेका थिए, त्यति बेला छोरीलाई बोलाउँदा झन्डै उनको मुखबाट २० वर्षअघिकी पूर्वप्रेमिकाको नाउँ फुत्केको थियो रे। मान्छे सम्बन्धहरूलाई पछाडि छाडेर अगाडि त बढ्न सक्छ, तर सम्झनाहरू मुटुको कुनै कुनामा बसेर सँगसँगै आइरहेका हुन्छन् भन्ने हेक्कै हुन्न। कुन समय, कुन घडी मुटुको त्यो ढोका घरक्क उघ्रिन्छ, र मान्छेको अवचेतन मस्तिष्कमै भए पनि यादहरू सतहमा आइदिन्छन्।
सायद त्यो रात, उनको मुटुको त्यही ढोका उघ्रेको थियो।
मैले तीनचोटि उनलाई अस्पताल लग्ने प्रयास गरिसकेँ। डाक्टरले अस्पताल नै भर्ना गर्नुपर्ने समय नआएको बताएका छन्। मेरो मन भने मान्न तयार छैन। एकचोटि त बाथरुममा गएर क्वाँक्वाँ रोएँ। डाक्टरलाई भनेँ, 'अचेल मेरो हात यस्तरी काम्छ, तपाईंलाई फोन गर्दा पनि गलत नम्बर डायल गरेछु कि भनेर डराउँछु।'
उनलाई सास फेर्न अप्ठ्यारो नहुञ्जेल अस्पताल भर्ना गर्न पर्दैन भनेर डाक्टरले भनेका छन्। मलाई भने सास फेर्न अप्ठ्यारो हुनुअघि नै अस्पताल भर्ना गर्न पाए हुन्थ्यो भन्ने लागेको छ।
यही उधेडबूनमा मैले न्यूयोर्क विश्वविद्यालयका एक इमर्जेन्सी डाक्टरसँग भिडिओ कल गरेँ। त्यहाँ २ सय ५० जना यस्ता डाक्टर बिरामी वा तिनका परिवारसँग कुराकानी गर्न खटाइएका छन्।
'यो रोग दुईदेखि तीन साता रहन्छ,' उनले भने, 'बिरामीलाई अक्सिजन कम भएर सास फेर्न गाह्रो नभएसम्म घरमै राख्दा ठीक हुन्छ।'
मैले उनीसँग भिडिओ कल गर्नेबित्तिकै बेडरूमको ढोका खोलेर हेरेको थिएँ। उनी मस्त निदाइरहेका थिए। हलचल थिएन। एक मनले त डर पनि लाग्यो। कोठाभित्र गएर नजिकबाट उनको छाती चलेको छ कि छैन भनेर हेरेँ। खासमा म उनको सास चल्दैछ कि छैन भनेर जाँच्दै थिएँ।
म मेरा श्रीमान जीवित छन् कि छैनन् भनेर जाँच्दै थिएँ।
कुनै–कुनै रात उनलाई एकदमै गाह्रो हुन्छ। त्यस्तो बेला म जोखिम मोलेर भए पनि उनको नजिक बस्छु। ब्ल्याङ्केट बाहिरैबाट उनको हातमाथि आफ्नो हात राख्छु। विस्तारै उनको हात सुम्सुम्याउँछु। उनलाई ढाडस दिन्छु। उनी सन्चो मानेर आँखा चिम्लन्छन्। म उनको आँखाको ढकनीभित्र सानो डल्लो गुलगुल हल्लिरहेको हेर्दै गीत गुनगुनाउँछु। मलाई यही एउटा गीत गाउन आउँछ। यो गीत म सानो छँदा मेरी आमा र हजुरआमाले सुनाउनुहुन्थ्यो। मैले छोरीलाई पनि सुनाएँ, अचेल छोरीको बालाई सुनाउँछु।
यो गीतसँग चार दशकअघिको मेरो बाल्यकालीन सम्झना जोडिएको छ। थाहा थिएन, चार दशकपछि पनि म त्यही सम्झना पछ्याइरहेको हुनेछु।
आज धेरै दिनपछि उनी बाहिर निस्केका छन्। बाहिर निकै चिसो छ। फिरफिर हावा चल्दैछ। उनको ६ फुट १ इन्च अग्लो ज्यान त्यही हावामा फुरफुर हल्लिँदैछ।
उनले आफ्नो बुबाको खैरो ऊनी स्वेटर फुकालेका छैनन्। बरू त्यसमाथि अर्को ज्याकेट लगाएका छन्। अनुहारमा टम्म कसिएको सर्जिकल मास्कले खुम्चिएका आँखा झिमझिम पार्दै उनले मार्च महिनाको घामतिर हेरे, 'अझै कति जाडो!'
हामीले दुवै हातमा पञ्जा लगायौं। मैले उनको कुइना समातेँ। हामी दुवै विस्तारै क्लिनिकतिर बढ्यौं।
अघिल्लो दिन उनलाई एकदमै गाह्रो भएको थियो। पहिलेभन्दा धेरै खोके। बढेको दम थाम्न इन्हेलरको प्रयोग धेरै नै गरे। खान पनि रूचि देखाएनन्। मैले चम्चाले जति खुवाएँ, त्यति मात्र खाए।
बिहान उठ्ने बेलामै उनको ज्यान पसिनाले भिजेको थियो। दिनभरि थाक्ने गरी खोके। बेलुकी सायद छोरीले सुन्ला भनेर सुस्तरी मसँग भने, 'भर्खरै खोक्दा रगत देखियो।'
हामीले तुरुन्तै मोबाइल स्पिकरफोनमा राखेर डाक्टरसँग कुरा गर्यौं।
'हामी सबै अन्दाजमै काम गरिरहेका छौं,' डाक्टरले भने, 'थुप्रै बिरामीले एक सातापछि पहिलेभन्दा आराम महशुस गरेका छन्। कतिपयलाई भने झन् झन् च्याप्दै गएको छ।'
यसरी भाइरसले च्याप्दै लैजाँदा सामान्यतया बिरामीलाई निमोनिया हुने कुरा हामीले पढेका थियौं। डाक्टरले उनलाई एउटा एन्टिबायोटिक खुवाउनू भनेर प्रेसक्रिप्सन पठाइदिए। हाम्रो अपार्टमेन्ट नजिकको औषधि पसल बन्द हुन एक घन्टा मात्र बाँकी थियो। मैले उनको साथीलाई म्यासेज पठाएँ। उनी औषधि ल्याइदिन तयार भए।
'आउँदा थोरै सुन्तला पनि ल्याइदिन सक्छौ?' मैले भनेँ, 'उनलाई सुन्तलाको जुस खुवाउनुपर्नेछ। मसँग कोठामा एउटा मात्र बाँकी छ।'
डाक्टरले भोलिपल्ट बिहानै उनको छाती एक्सरे गर्न क्लिनिक डाके। त्यसैनिम्ति एकाबिहानै म अहिले उनलाई तीन ब्लक पर्तिरको क्लिनिकमा लगिरहेको छु।
उनी अहिले पनि आफ्नो सर्जिकल मास्कभित्र खोकिरहेकै छन्।
सडकमा मान्छेको हिँडडुल केही दिनअघिको दाँजोमा निकै पातलिएछ। न्यूयोर्कका गभर्नरले सहरबासीलाई सकेसम्म घरभित्रै बस्न निर्देशन गरेका छन्। केही व्यक्तिहरू दौडिरहेका पनि देखिन्थे। केही साताअघि त्यसरी दौडिनेमध्ये म पनि एक थिएँ।
मैले बाटोमा हिँडिरहेका मान्छेबाट ध्यान हटाउन उनलाई नजिकै बगैंचामा फूल फुल्न आँटेको कोपिला देखाएँ। म उनलाई अरूको नजरबाट पनि बचाउन चाहन्थेँ, ताकि मास्क लगाएर खोक्दै हिँडेको असक्तलाई देखेर मान्छे भयभीत नहोऊन्।
क्लिनिकमा मास्क लगाएका एक जोडीले हाम्रो निम्ति ढोका खोलिदिए। मास्क लगाएका व्यक्ति आफ्नो पालो पर्खंदै थिए। मेरो श्रीमान त्यहीँ एउटा कुर्सीमा टुसुक्क बसे। ढाड पछाडि तन्काए। आँखा चिम्म पारे। आँखाको ढकनीभित्र एउटा सानो डल्लो उसैगरी गुलगुल हल्लिरहेको थियो।
म आफ्नो पालो आएपछि रिसेप्सन डेस्कमा गएँ।
'तपाईंको श्रीमानलाई कोरोना भाइरस देखिइसकेको छ,' उनी आफ्नो कसिलो मास्क माथिबाट टुल्ल मलाई हेर्दै थिइन्।
उनले मलाई पनि एउटा मास्क दिइन्। मैले लगाएँ। त्यस दिन उनलाई नियमित जाँचिरहेका डाक्टर अर्कै क्लिनिकमा गएका रहेछन्। हामीले नयाँ डाक्टरलाई देखायौं। उनीहरूले पुरानो र नयाँ रिपोर्ट दुवै दाँजेर हेर्न थाले। हामी त्यतिञ्जेल मास्क लगाएर बाहिर पर्खिरह्यौं।
उनको आँखा अहिले पनि बन्दै छ। आँखाको ढकनी बाहिरबाट गुलगुल हल्लिँदै छ। मैले झ्यालबाहिर हेरेँ। सडकमा फाट्टफुट्ट मान्छे हिँड्दै थिए। पर एक जना मान्छे सडकछेउको क्याफेभित्र छिर्यो। उसले क्याफेको ढोका खोल्दा मैले हाततिर हेरेकी थिएँ। उसको हातमा पञ्जा थिएन। उनीहरूका निम्ति यो सामान्य दिन हो, सायद। मेरो निम्ति भने यो जिन्दगीकै सबभन्दा असामान्य दिन।
भित्रबाट हामीलाई बोलावट आयो।
मास्क लगाएकी नर्सले उनको सबै शारीरिक अवस्था परीक्षण गरिन्। उनलाई सामान्य ज्वरो थियो, ९९ डिग्रीभन्दा अलिकति बढी। तर, त्यो भर्खरै खाएको औषधिले घटेको हुनुपर्छ। उनको रक्तचाप सामान्य थियो। नाडी पनि सामान्य थियो। जीउमा अक्सिजनको मात्रा सामान्य थियो।
हामीले उनलाई ज्वरो, पसिना, छटपटी, खोकी र खोक्दा रगत देखिएको सबै विस्तार लगायौं। आजै बिहान घरमा नाप्दा अक्सिजनको मात्रा सामान्यभन्दा कम भएको पनि सुनायौं।
उनलाई परीक्षण कुर्सीमा बसालियो। उनले शिर पछाडि ढल्काए। आँखा चिम्ले। बाहिर म क्लिनिकका अरू बिरामीको कल्याङमल्याङ सुन्दै थिएँ।
एकैछिनमा मास्क लगाएकी डाक्टर आइन्। उनको हातमा प्लास्टिकको एक्सरे थियो। त्यो एक्सरे एक साताअघिको भन्दा फरक देखिन्थ्यो। डाक्टरले केहीबेर रेडियोलोजिस्टसँग कुराकानी गरेपछि हामीलाई भनिन्, 'देब्रे फोक्सोमा निमोनिया देखिएको छ।'
अघिल्लो रात डाक्टरले एन्टिबायोटिक दिएको ठीक भएछ। अहिले स्टेथेस्कोप लगाउँदा उनको छातीमा घ्यारघ्यार सुनिएको छैन। उनलाई सास फेर्न गाह्रो पनि भइरहेको छैन। उनलाई अझै पनि घरमै राखेर उपचार गर्न सकिने डाक्टरले बताइन्।
'तर, अब हामी तपाईंलाई अझ नजिकबाट हेर्ने छौं,' उनले भनिन्।
फर्किने बेला क्लिनिकको ढोकामा उभिएर दुई जना वृद्ध महिला कुराकानी गरिरहेका थिए। म एकछिन अलमल्ल परेँ। के म उनीहरूलाई पर जाऊ भनुँ? कि घरै गएर बस भनुँ? कि हात धोएर आऊ भनुँ?
तर, म कसरी भन्न सक्छु?
हामी एकछिन ढोकामै उभिइरह्यौं। उनीहरूले त्यहाँबाट हटेर बाटो नछाडेसम्म बाहिर निस्केनौं।
फिरफिर हावामा उनलाई अलि चिसो भयो। उनको कपाल कोरिएको थिएन। हावामा ती फुरफुर हल्लिरहेका थिए। उनको अनुहारमा सेतो दारी झुस्स बढेछ।
केही व्यक्ति सडक किनार गफिएर हिँड्दै थिए। सायद उनीहरूलाई थाहा छैन, हामी भविष्यबाट वर्तमान घुम्न आएका आगन्तुक हौं। | 2020/06/04 08:17:52 | https://www.setopati.com/social/203277 | mC4 |
Nagarik News - No. 1 News Portal of Nepal – Latest news of Nepal, राष्ट्रिय दैनिक - 'फुड–सप्लिमेन्ट सिफारिस देशभरिकै समस्या'
आइतबार, २३ चैत २०७६, १९ : १३
'फुड–सप्लिमेन्ट सिफारिस देशभरिकै समस्या'
आइतबार, १० कार्तिक २०७६, ०७ : ४७ | रोहित राई
धरान – फुड–सप्लिमेन्ट (आहार–पूरक सामग्री) लाई औषधिका नाममा देशभरको सरकारी तथा निजी अस्पतालका डाक्टरहरूले सिफारिस गर्ने गरेका छन्। कानुनी रूपमा औषधि व्यवस्था विभागमा दर्ता नभएको फुड–सप्लिमेन्ट डाक्टरहरूले सिफारिस गर्दा वार्षिक रूपमा अर्बाैं रुपैयाँ बाहिरिने गरेको छ।
फुड–सप्लिमेन्टजस्तै काम गर्ने भिटामिन, क्याल्सियमहरू नेपालमा पनि औषधिका रूपमा उत्पादन भइरहेका छन्। ती औषधि विभागमा दर्ता पनि भएका छन्। तर डाक्टरहरूले विभागमा दर्ता नभएका र फुड–सप्लिमेन्टका रूपमा भित्रिएका खाद्य सामग्रीलाई पनि औषधि नै भनेर सिफारिस गर्ने गरेका छन्। 'यो एक ठाउँमा मात्र होइन, देशैभरका अस्पतालहरूमा विकृतिका रूपमा रहेको छ, यसले अर्बाैं रुपैयाँ विदेश गइरहेको छ,' औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख सञ्जीव कट्टेलले भने, 'अहिले सबैतिर सुधारको अभियान चलिरहेको छ। पूर्वमा हामीले निरन्तर अनुगमन गरिरहेका छौं, राजधानीमा पनि चलिरहेको छ।'
विभागका अनुसार झापाको मेची अञ्चल अस्पताल र बिर्तामोडको बिएन्डसी अस्पतालका डाक्टरहरूले पनि बिरामीलाई औषधि भनेर फुड–सप्लिमेन्ट सिफारिस गर्ने गरेको अनुगमनका क्रममा भेटिएको थियो। यस्तै विराटनगर क्षेत्रको नाम चलेकेल मेडिकल कलेज, विराट मेडिकल कलेज, नर्सिङ होमलगायतमा पनि डाक्टरहरुले अत्यधिक रूपमा फुड–सप्लिमेन्ट सिफारिस गर्ने गरेको पाइएको छ। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरू अत्यधिक रूपमा फुड–सप्लिमेन्ट सिफारिस गर्नेमा पर्छन्। ठूला र नाम चलेका अस्पतालहरू भएको झापाको बिर्तामोड, विराटनगर, धरान, चितवनको नारायणगढ, बुटवल, भैरवहा, काठमाडांैलगायत स्थानमा फुड–सप्लिमेन्टको व्यापार अत्यधिक छ।
ठूला र नाम चलेका अस्पतालहरू भएको झापाको बिर्तामोड, विराटनगर, धरान, चितवनको नारायणगढ, बुटवल, भैरवहा, काठमाडांैलगायत स्थानमा फुड–सप्लिमेन्टको व्यापार अत्यधिक छ।
विभागले नियमित रूपमा अनुगमन गर्दै ती अस्पतालका प्रशासनलाई फुड–सप्लिमेन्ट सिफारिसमा रोक लगाउन पत्राचार गरेपछि सुधार भइरहेको विभागका प्रमुख कट्टेलले बताए। 'बीपी प्रतिष्ठानले आफ्ना डाक्टरहरूलाई सिफारिसमा रोक लगाएको छ। नोबेल मेडिकल कलेजमा पनि डाक्टरहरूलाई भन्यौं, विराट नर्सिङमा पनि भनिसक्यौं,' उनले भने, 'मेची अस्पताल, नोबेल, बिपीलगायतबाट सिफारिस रोकिएको खबर छ।' सिफारिस पूर्ण रूपमा बन्द भए÷नभएको बारेमा नियमित रूपमा अनुगमन गर्न शुक्रबार पुनः झापा जाने कट्टेलले बताए।
फुड–सप्लिमेन्टहरु खाद्य तथा गुण नियन्त्रण विभागमा खाद्य पूरक सामानका रूपमा दर्ता भएर आयात गरिएको हुन्छ। कमिसन पाएपछि औषधिका रूपमा डाक्टरले सिफारिस गरेपछि मेडिकल पसलहरूले बिक्री गर्छन्। फुड–सप्लिमेन्टको वार्षिक कारोबार अर्बाैंको छ। जसले नेपाली रुपैयाँ विदेश पठाइरहेको छ। भारतमा गरिएको एक अध्ययनअनुसार सन् २०१७ मा ४ खर्ब डलरको कारोबार व्यापार भएको थियो भने सन् २०२२ मा १० खर्ब हुने अध्ययनले देखाएको छ। 'नेपालमा यकिन नभए पनि वार्षिक रूपमा अर्बाैं विदेश गइरहेको छ, जबकि त्यस्तै औषधि नेपालमै पनि उत्पादन भइरहेको छ,' विभागका विराटनगर प्रमुख कट्टेलले भने। अस्पतालका डाक्टरहरूले सिफारिस गरिरहेका फुड–सप्लिमेन्टहरू भारत, बंगलादेशलगायत मुलुकबाट आयात गरिएका छन्।
विज्ञहरू भने अर्बाैंको व्यापार भइरहेको यस्ता फुड–सप्लिमेन्टहरूले फाइदा नगर्ने बताउँछन्। भ्रामक विज्ञापनको फन्दामा परेर फुड–सप्लिमेन्ट खानुभन्दा आफ्नै बारीमा उत्पादन भएको पोषण तŒवयुक्त अन्न तथा सागसब्जी, फलफूल खानु फाइदाजनक हुने विज्ञहरुको सुझाव छ। 'विश्व स्वास्थ्य संघले भनेको छ, अन्नमा भिटामिन ए मिलाउनुहँुदैन। भिटामिन ए त फर्सी, गाजर, सखरखण्ड, हरियो तरकारी खाएपछि शरीरलाई प्राप्त भइहाल्छ,' पूरक भोजनका नाममा ठगी शीर्षकको लेखमा डा. अरुण उप्रेतीले लेखेकी छन्, 'तर सरकारले फर्सी, सिस्नु, पालुंगो, सहजन, कारीपत्ता, गाँजर आदि पर्याप्त हुने ठाउँमा पनि भिटामिन एको क्याप्सुल नै खानुपर्छ भनिरहन्छ भने कुपोषणको समस्या कम हुँदैन।' | 2020/04/05 13:28:39 | https://nagariknews.nagariknetwork.com/news/99121/ | mC4 |
गायक राजेश पायल राईको घरमा आगलागी, जले सम्मान र अवार्ड
Tuesday, 17 Sep, 2019 11:30 PM
काठमाडौं, ३१ भदौं–गायक राजेश पायल राईको घरमा आगलागी भएको छ ।बानेश्वरस्थित उनको घरमा सोमबार साँझ आगलागी भएको हो ।
आगलागीबाट के कति क्षती भएको छ भन्ने विवरण आइसकेको छैन । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन ।आगलागीबाट उनका अवार्ड तथा प्रमाणपत्रहरू जलेर नष्ट भएका छन् । यतिबेला साङ्गीतिक कार्यक्रमका लागि राजेश काठमाडौं बाहिर छन् ।
आगलागीपछि गायक राईले फेसबुकमा स्टाटस लेख्दै दर्शक, श्रोता तथा शुभचिन्तककको आशिर्वाद र मायाको अगाडि आगलागीले दिएको पीडालाई पीडा नभएको प्रतिक्रिया दिएका छन्। म पिडा मा छैन किनकी तपाईहरुको आशिर्वाद र मायाको अगाडि यो पीडा,पीडा हैन । मेरो छिमेकीहरुले दर्शाउनु भएको सहयोग ,नेपाल प्रहरी,दमकल परिवारप्रति, यहाँबाटै हार्दिक नमन । अवार्ड जले होलान् तर तपाईहरुले दिएको आशिर्वाद माया ,सुझाव नजलोस् । म सदा तपाईहरुकै काखमा लुट्पुटिने मान्छेु, आगलागीपछि उनले आफ्नो फेसबुक पेजमा लेखेका छन्। | 2020/02/24 16:45:05 | http://www.chakrapath.com/content/singer-rajesh-pyeal-rai.html | mC4 |
काठमाडौं । चीनले अघि सारेको वान बेल्ट वान रोड अवधारणामा नेपालले हस्ताक्षर गरेको छ। परराष्ट्र सचिव शंकरदास बैरागी र चिनियाँ राजदूत यु होङबीच काठमाण्डौंमा हस्ताक्षर भएको हो। परराष्ट्रमन्त्री डा प्रकाशशरण महतको उपस्थितीमा सो हस्ताक्षर भएको हो ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले चीनसँग वान बेल्ट वान रोड अवधारणामा नेपालको सहभागिता सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गर्ने औपचारिक निर्णय गरेको थियो। दक्षिण एसियाबाट यसअघि श्रीलंका, बंगलादेश, पाकिस्तान सदस्य भइसकेका छन्। केही समयअघि चीन भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहालले यसमा हस्ताक्षर गर्ने बचन दिएका थिए। चिनियाँ राष्ट्रपति सी जिनपिङले सन् २०१३ मा यो अवधारणा अघि सारेका थिए।
यसमा हस्ताक्षर भएसँगै चीनसित सीमापार रेल, राजमार्ग, बिद्युत् प्रसारण लाइन, बिशेष आर्थिक क्षेत्र, विमानस्थल, सुख्खा बन्दरगाह, उद्योग, जलबिद्युत् परियोजना, औद्योगिक प्रबिधि, पार्क लगायत भौतिक पूर्वाधार निर्माणमा दुई देशबीच सहकार्य हुनेछ। चीनको लगानीमा स्थापित एसियाली लगानी तथा पूर्वाधार बैंक र सिल्क रोड फन्डमार्फत् नेपालमा चीनले लगानी गर्नेछ। यससँगै नेपाललाई चीन हुँदै तेस्रो मुलुकसँग पारवहन ब्यापार गर्न समेत सहज हुने भएको छ।
26
Share FacebookTwitterWhatsAppEmail
Facebook
हाम्रो बारेमा
यो वेवसाइट अंकुश दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ। | 2021-12-04T09:27:00Z | https://ankushdaily.com/2017/05/12/%E0%A4%9A%E0%A5%80%E0%A4%A8%E0%A4%95%E0%A5%8B-%E0%A4%B5%E0%A4%BE%E0%A4%A8-%E0%A4%AC%E0%A5%87%E0%A4%B2%E0%A5%8D%E0%A4%9F-%E0%A4%B5%E0%A4%BE%E0%A4%A8-%E0%A4%B0%E0%A5%8B%E0%A4%A1-%E0%A4%85%E0%A4%B5/ | OSCAR-2201 |
बीपी विचार राष्ट्रिय समाजको सातौ वार्षिक साधारण सभामा सहभागिहरूले दिएको मन्तव्य - BP Bichar
Home/breaking/बीपी विचार राष्ट्रिय समाजको सातौ वार्षिक साधारण सभामा सहभागिहरूले दिएको मन्तव्य
बीपी विचार राष्ट्रिय समाजको सातौ वार्षिक साधारण सभामा सहभागिहरूले दिएको मन्तव्य
बीपी विचार राष्ट्रिय समाजको सातौ राष्ट्रिय साधारण सभा जेठ १८ गते काठमाडौमा प्रारम्भ भयो । समाजका सभापति श्री केबी गुरुङ्गले पानसमा दीप प्रज्वलित गरी यसको समुद्घाटन गर्नुभयो । मुलुकका सतहत्तरै जिल्लाको सहभागिता रहेको यस साधारण सभाको उद्घाटन सभामा सभापति, सह–सभापतिले मन्तव्य, महासचिवले राजनैतिक प्रस्ताव र कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यस्तै प्राज्ञ विभागका संयोजक सहप्रा.डा. वासुदेव खनालले अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो । यसमा विभिन्न विद्वान् राजनीतिज्ञहरूले समीक्षा गर्नुभयो ।
मन्तव्य ः
सभापति श्री केबी गुरुङ्ग ः राजनीति विचारबाट चल्नुपर्छ । विचार र क्रियाकलाप बीचको तालमेल हुन नसक्दा विचलन आउँछ । अहिले नेपाली काङ्ग्रेसमा त्यही भएको छ । नेपाली काङ्ग्रेस बीपी विचार सिद्धान्त र आदर्शबाट परिचालित हुन सकेन । त्यसैले राजनीतिमा विचलन आएको हो ।
सत्र सालको राष्ट्रिय दुर्घटना पछि मुलुकले धेरै संकट र झमेला भोग्दै आएको छ । राजा स्वयंले राष्ट्रियता खतरामा पुगेको महसूस गरी एकताबद्ध हुन सबै राजनैतिक शक्तिलाई आह्वान गर्नु भएको थियो । देश र प्रजातन्त्रको भविष्यबारे गम्भीर चिन्तन एवं मनन गरी बीपीले राष्ट्रियता एकता र मेलमिलापको नीति अबलम्बन गर्नुभएको हो । राष्ट्रमा धेरै किसिमका खतरा देखेर नै हतियार विसाएर प्रजातान्त्रिकरणको शर्तमा राजालाई सहयोग गर्ने राजनीतिक चिन्तन भएको हो । जनमत संग्रहको घोषणा त भयो तर निकासको गोरेटो छेकेर स्वभाविक राजनीतिक गति अवरुद्ध गरियो । संवैधानिक राजतन्त्रको हिमायती नेपाली काङ्ग्रेसलाई भित्तामा पु¥याउने कोशिश भयो । । लामो संघर्ष पछिका घटनाक्रममा राजा फालिए तर राष्ट्रको खतरा सोच्नै नसक्ने गरी गहिरिदैआएको छ अब फेरि मुलुक बचाउन नेपाली काङ्ग्रेसले गरेका २००७ सालदेखि २०४६ साल सम्मका संघर्षलाई निरन्तरता दिनुपर्ने भएको छ । बीपीकोे चिन्तनलाई आत्मसात गरी पुनः आन्दोलन गर्नुपर्ने स्थिति उत्पन्न भएको छ । यसको लागि तत्पर रहन समस्त बीपी विचारका अनुयायीलाई आह्वान गर्दछु ।
सह–सभापति श्री गोविन्दराज जोशी ः काङ्ग्रेसले बीपी बनाएन, बीपीले नेपाली काङ्ग्रेस बनाउनु भएको हो । हामी उहाँले बनाउनु भएको काङ्ग्रेसका अनुयायी हौँ । त्यसैले बीपीको विचार, सिद्धान्त आदर्श बुझ्न बुझाउन हामीले बि.स. २०६९ सालमा बीपी विचार राष्ट्रिय समाज गठन गरेका हौँ । बीपीको विचारलाई सुस्पष्ट गरी बलियो बनाउन सक्यौं भने स्वभाविक रूपले नेपाली काङ्ग्रेस बलियो हुन्छ । सबल काङ्ग्रेसबाट मात्रै राष्ट्रियता, प्रजातन्त्र र समाजवादको जग सुदृढ बन्न सक्छ ।
बीपीले जीवनको उत्तराद्र्धमा महसुस गर्नुभएको थियो( उहाँको मृत्युपछि बीपी विचारको आत्मसात हुने छैन । एकता, सहकार्य र सहमतिको मर्म अनुकुलको राजनीतिक गति अल्मलिने छ । पद, स्वार्थ र सत्ताको लागि चरम उपयोग गरिने छ । यी र यस्तै कारणले उहाँको जीवनकालमा राजा र कम्युनिष्ट सित सहमति, सहकार्य र एकता हुन सकेन । आज राष्ट्रियता र मेलमिलाप सत्ता प्राप्तिको सेतु बनाइएको प्रसंगले बीपीले आफ्नो जीवनकालमा महसुस गर्नु भएको आशंकालाई पुष्टि गरेको छ ।
नेपाली काङ्ग्रेसको केन्द्रीय समितिमा बीपी विचार जनस्तरमा पु¥याउनु पर्ने विषयमा छलफल हुदैन, भए पनि औपचारिकतामा मात्र सीमित रहन्छ । एकता र मेलमिलापको नीतिलाई सत्ताको भा¥याङ बनाउन प्रयोग गरिन्छ । सही अर्थमा बीपीको विचार व्याख्या गरी जनस्तरमा पु¥याउन बीपी विचार राष्ट्रिय समाज गठन गरिएको हो । बीपी विचारलाई जनस्तरसम्म पु¥याउने भनेको नेपाली काङ्ग्रेसलाई बलियो र गतिशील बनाउनु हो । बीपी विचार विना राष्ट्रियता र प्रजातन्त्रको संबद्र्धन र संरक्षण सम्भव छैन । यस अर्थमा पनि बीपी विचार राष्ट्रिय समाज नेपाली काङ्ग्रेसको समानान्तर संस्था नभई सहयोगी संस्था हो । नेपाली काङ्ग्रेसलाई सवल सशक्त र गतिशील बनाउनु संस्थाको लक्ष्य हो ।
महासचिव विनयध्वज चन्दः बीपी जीवित छदै, ४० वर्ष अघि वीवीसीले बीपीसित लिएको अन्तरवार्ता हालसालै प्रकाशित भएको र त्यसमा अन्तरनिहित विषय केलाउँदा बीपीको अभीष्ट स्पष्ट हुन्छ । उहाँले बीबीसी सँगको प्रश्नहरूको जवाफमा "आफूलाई सत्तामा पुग्ने रुचिले क्रान्ति नगरेर देश र जनताको समुन्नति आफ्नो राजनीतिक अभीष्ट भएकोले क्रान्ति गर्नु परेको हो" भन्नु भएबाट स्पष्ट हुन्छ –बीपीको राजनीति जनमुखी थियो । राष्ट्र र राष्ट्रियता प्रति प्रतिबद्ध थियो । बीपी विचार राष्ट्रिय समाज त्यही भावना र मर्मलाई आत्मसात गरेको दवाव समूहको रूपमा काम गर्ने संस्था हो भन्ने स्पष्ट हुन्छ ।
नेपाली काङ्ग्रेसमा वैचारिक विचलन, गुट–उपगुट र भागबण्डाको राजनीति विस्थापित गरी बीपी विचारको राजनीतिक बाटोमा हिडाउने लक्ष्यका साथ बीपी विचार राष्ट्रिय समाज गठन भएको तथ्यलाई उजागर गर्ने बेला भएको छ । सत्ताका आकाँक्षीहरूलाई समाजप्रति वितृष्णा हुन सक्छ । त्यस्तो बादल हटाएर बीपी विचारलाई सुपुष्ट गर्ने प्रयास हुँदै आएको पनि छ । यसका लागि बीपी विचार बारे निबन्ध प्रतियोगिताको आह्वान गर्दा ४०० जना विद्वत वर्गको सहभागिताले बीपी विचारको सान्दर्भिकता, औचित्य र आवश्यकताको पुष्टि गरेको छ । यी सबैको मूल्याङ्कन र जनचाहनालाई दृष्टिगत गरी बीपी विचार राष्ट्रिय समाज सतहत्तरै जिल्लामा विस्तार गर्दा प्रजातन्त्रको स्थापना, विकास र सम्वद्र्धनका लागि उल्लेख्य लगानी गर्नु भएका त्यागी कर्मनिष्ट प्रजातन्त्रवादीहरूको सहभागिताले समाजको उपयोगितालाई प्रदर रूपमा उद्घाटित गरिदिएको यथार्थमा हाम्रो सामु छर्लङ्ग छ । सभा विस्तार भई आज राष्ट्रिय स्तरमा गुणात्मक उपस्थितिमा सातौ साधारण सभाको आयोजना हुनु उत्साहप्रद औँ सुखद उपलव्धी मान्नुपर्ने हुन्छ ।
कोषाध्यक्ष श्रीमती गीता रेग्मी ः बीपी विचार राष्ट्रिय समाजकी कोषाध्यक्ष श्रीमती गीता रेग्मीले आर्थिक वर्ष २०७४÷७५ को लेखा परीक्षकको प्रतिवेदन पेश गर्नुभयो ।
डा. वासुदेव खनालः कार्यक्रममा बीपी विचार राष्ट्रिय समाज प्राज्ञ विभागका संयोजक सहप्रा. डा. वासुदेव खनालले बीपी विचार राष्ट्रिय समाजको अवधारणा पत्र प्रस्तुत गर्नुभयो । अबधारणा पत्रमा नेपाली काङ्ग्रेसको स्थापनाको पृष्टभूमिका साथैै बीपीको विचारका सन्दर्भमा प्रष्ट्याइएको छ । उक्त अबधारणा पत्रमा राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र समाजवादको व्याख्याको साथै राष्ट्रिय एकता र मेलमिलापको औचित्य र आवश्यकताबारे सुस्पष्ट दृष्टिकोण समेटिएको छ । बीपी विचार राष्ट्रिय समाजको दायित्व र कार्य प्रणाली प्रष्ट्याउने यो विस्तारित कार्यपत्रमाथि विश्लेषक राजनीतिज्ञहरूले समीक्षा र टिप्पणी गर्नुभएको थियो ।
समीक्षा र टिप्पणी ः बीपी विचार राष्ट्रिय समाजका सभापति, सहसभापति, महासचिवको राजनीतिक प्रस्ताव र डा. वासुदेव खनालद्धारा प्रस्तुत अवधारणामा पत्रमा राजनीतिज्ञहरू श्री लक्ष्मणप्रसाद घिमिरे र श्री लोकेश ढकालले टिप्पणी गर्नुभएको थियो भने राजनीतिक विश्लेषक अरुणकुमार सुवेदीले नेपाली काङ्ग्रेसका सम्बन्धमा आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो ।
श्री अरुणकुमार सुवेदी ः बीपी विचार र नेपाली काङ्ग्रेसको समीक्षात्मक विवेचना गर्न पाउँदा आफू सौभाग्यशाली भएको उल्लेख गर्दै नेपाली काङ्ग्रेस र नेपाल विद्यार्थी संघको स्कुलिंगबाट आफू आजको अवस्थामा आएको गौरवगाथाको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो– बीपी विचार आधुनिक नेपालको महत्वपूर्ण सम्पदा हो । प्रधानमन्त्रीको रूपमा राष्ट्र र जनतालाई बलियो बनाउन बीपीले महत्वपूर्ण नीति र कार्यक्रम अख्तियार गर्नु भए पनि छिमेकी र शक्तिराष्ट्रहरूको खेलप्रतिको उदासिनता र इजरायललाई कुटनितिक मान्यता प्रदान गर्दा उत्पन्न विषम परिस्थितिको यथोचित विवेचना हुन नसक्दा १७ सालको दुखद घटना घटेको विचार राख्नुभयो । बीपी जस्तो वहुआयामिक व्यक्तित्व समेतलाई अन्धकारमा राख्न सक्ने यस भू–भागको राजनीतिक चलखेल आफ्नो लागि सदा रहस्यमय रहँदै आएको उल्लेख गर्दै आफू नेपाली काङ्ग्रेसका राजनीतिक गतिविधिलाई जरैदेखि सुधारको आवश्यकता औंल्याउनुभयो । सुवेदी अगाडि भन्नुहुन्छ – नेपाली काङ्ग्रेसको गतिहिनता, अकर्मव्यता र नीतिहीनताले मुलुक आक्रान्त बन्यो । कम्युनिष्टहरू हावी भए । यहाँ पनि कंवोडियाको हुनसेन प्रजातन्त्रको आधिपत्यको हुने प्रवल संभावना देखिदैछ । २०४६ सालको आन्दोलनपछि स्थापित प्रजातान्त्रिक सरकारले समाजवाद र आधुनिकताको पहिचान गर्न नसक्दा अलमलिनुपरेको तिक्तावस्थाले कम्युनिष्टहरूको अवसरवादिता हलक्क बढ्ने अवसर पायो । काङ्ग्रेस शनै शनै कम्युनिष्ट विशेषत प्रचण्डको एजेण्डामा लहसिन थाल्यो । यसले नेपाली काङ्ग्रेस सैद्धान्तिक क्षयीकरण अकल्पनीय ढंगले भयो । संघीयता र गणतन्त्रलाई बीपी विचारसित हिडाउन खोज्नु भनेको प्रचण्डलाई आत्मसात गर्नु हो । अहिले नेपाली काङ्ग्रेस आफ्नो गौरवशाली इतिहास, दृष्टिकोण र सुन्दर भविष्यको परिकल्पनाहरूबाट पूर्णतस् विमुख छ । सिद्धान्तहिन थोत्रो घरजस्तै देखिन्छ । संकट र अस्थिरताको चक्रव्युहमा परेको काङ्ग्रेसबाट निकट भविष्यमा कुनै सकरात्मक सोचको अपेक्षा राख्ने संभावना देखिदैन । अवको स्थितिमा परम्परागत विस्थापति शक्ति, असुरक्षा महसुुस गरेका छिमेकी, संस्कृति र परम्पराप्रति संवेदनशील सैन्य शक्तिको तालमेल हुन सक्दा प्रजातन्त्रको संभावना रहला अन्यथा नेपाली काङ्ग्रेसको स्थिति कोमिनताङ र अमेरिकाको जर्ज वाशिंगटनको लिवरल पार्टीको अवसान भए जस्तै हुने अवस्था आफूले देखेको खुुलस्त गर्नुभयो ।
राजनीतिज्ञ लक्ष्मणप्रसाद घिमिरे ः बीपी विचारको विवेचना गर्दै संविधानका प्रस्तावनामा हाम्रो पूर्खाको वीरगाथा र संस्कृतिको तिरस्कार गरी भविश्यलाई अन्धकार बनाउने प्रपञ्चको तुष उल्लेख भएको मौजुदा परिस्थितिले वार कि पार को अवस्थामा पु¥याएको धारणा राख्नुभयो । समयले छिमेकीहरूको मान्यता र दृष्टिकोणमा समेत आमूल परिवर्तन ल्याएको तर नेपाल जातजाती, गुटउपगुट र क्षेत्रियताको दलदलमा फसेको चर्चा गदै उहाँले बीपी विचारको राजनीतिले मात्र समस्या समाधान गर्न सक्ने धारणा राख्नुभयो ।
लोकेश ढकाल ः नेपाली काङ्गे्रसका जुझारु नेता लोकेश ढकालले अमृतको घडा पनि विषाक्त बन्न पुगेको अवस्थालाई बीपी विचार भन्ने गरिएको उद्दण्डता प्रति आक्रामक अभिव्यक्ति राख्दै अगाडि भन्नुयो– बीपीको राजनीतिक विधामा शोधखोज र अनुसन्धान हुन नसकेको हुनाले यस्ता गलत काम हुदै आएका छन् । बीपी विचार राष्ट्रिय समाजले त्यसको प्रारम्भ गरी जनस्तरमा पु¥याएर नेपाली काङ्गे्रेसलाई बलियो बनाउने काममा विशेष सक्रियता देखाउन परमावश्यक रहेको धारणा राख्नुभयो ।
तारानाथ रानाभाट ः पूर्वसभामुख तथा प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा तारानाथ रानाभाटले भौगोलिक, सांस्कृतिक धरातलमा उभिएको बीपी विचार सुसंस्कारित राजनीतिक चिन्तनको मूलधार धमिल्याउँदा संकटको दलदलमा फस्नु परेको यथार्थलाई मनन गरी समाजले सबैको सम्मान र इज्जत राख्ने बीपी विचारलाई ब्यवहारमा उतार्ने दवाव समूहको रूपमा काम गरोस् भन्ने शुभेच्छा ब्यक्त गर्नुभयो ।
सहभागीहरूका तर्फबाट मन्तब्य राख्ने क्रममा प्र्रदेश सभापति, जिल्ला सभापति÷प्रतिनिधिहरूले बीपी विचारको आवश्यकता र औचित्यबारे गहन विचार ब्यक्त गर्नुभएको थियो । बीपी विचारका तीन आधार स्तम्भहरू परंपरागत शक्ति, जनशक्ति र राजनीतिक शक्तिको समय सापेक्ष ब्याख्या हुनुपर्ने धारणाका साथै जातीय, क्षेत्रीय, धर्मनिरपेक्ष, संघीय शासन र गणतन्त्रका विसंगतिले सिंगो मुलुक आक्रान्त बनेको स्थितिमा बीपी विचार स्पष्ट हुनुपर्ने राय प्रस्तुत भएका थिए ।
नेपाली काङ्गे्रसमा बलशाली हुँदै आएको अहंकार र अनुत्तरदायी प्रकृतिको अन्त्य गर्न अनुशासन र कर्तब्यबोध परमआवश्यक हुने कुराको ज्ञान दिन बी.पी विचारको अनुशरण अत्यावश्यक रहेको चर्चा भयो । बी.पी विचार राष्ट्रिय समाजले बीपीको पछिल्लो दिनका अनुभव, धारणा र अभिब्यत्तिलाई बीपी विचारको ब्याख्यानमाला बनाउन सक्नुपर्छ । जसरी बुद्धत्वलाई बुद्ध धर्ममा उल्लेख गरिएको छ । कम्युनिष्टहरूसितको सहकार्य त्रुटिपूर्ण रहेको संदर्भमा चर्चा हुँदै गर्दा सत्र सालको दुर्घटना पछि राजा महेन्द्रलाई डाक्टर केशर जंग रायमाझी, कमलराज रेग्मी जस्ता कम्युनिष्ट नेताले सघाएको र संसदको पुनःस्थापना गर्न माग गर्ने पुष्पलाललाई गद्धार भन्ने कम्युनिष्टहरू सित सहकार्य गर्नु भयंकर भूल रहेको अधिकांश सहभागीको भावना प्रकट भयो भने राष्ट्र र जनताप्रति इमान्दार नरहने कम्युनिष्टहरूसित सहकार्य गर्न नहुने भन्ने आम धारणा पाइयो ।
अधिकांश वत्ताले बीपीको विचार जनमानसमा पु¥याउनुपर्ने धारणा राख्दै विचार कर्मशील, आधुनिकता र सांस्कृतिक रूपान्तरणको पृष्ठपोषक हुने गरी ब्याख्या गरिनुपर्ने सुझावहरू प्रकट भएका थिए । बीपी विचार राष्ट्रिय समाजलाई सशक्त र चुस्त दवाव समूहको रूपमा विकसित गर्नुपर्ने सुझाव प्रस्तुत भएका थिए ।
कम्युनिष्टहरूले प्रजातान्त्रिक समाजवादको अवधारणा चोरेका छन् । बहुदलीय जनवाद, समाजवाद, नौलो समाजवाद बीपीकै विचारलाई आधार मानेर आफ्नो अनुकूल हुने गरी ब्याख्या गरेका हुन् । कम्युनिष्टको खोल भित्रको ब्याख्या त्रुटिपूर्ण रहेको र कथित वैज्ञानिक समाजवादी सोचभित्र मानिसलाई बस्तु सरह मानिएको सन्दर्भमा पनि नेपाली काङ्गे्रस मौन रहनु रहस्यमय छ । बीपीले भन्नुभएको थियो—मानिस ब्रेडले होइन, बे्रनले सञ्चालित हुन्छ, त्यसको ब्याख्या हुन सकेको छैन । मध्यमार्गको रूपमा कम्युनिष्टहरू स्थापित भइसक्दा पनि प्रगतिवादीहरूको आँखा खुल्न नसक्नु र प्रजातान्त्रिक आवरणभित्र बसेका कथित विद्वान्हरूबाट बीपी विचार धमिल्याउन खेल्दै गरेको भूमिकाबारे समाजले अनुसन्धान गरोस भन्ने आमधारणा रहेको पाइयो ।
दुई दिनसम्म चलेको सातौैँ साधारण सभामा ५५ जना सहभागीहरूले आ—आफ्नो समस्या र विचार राख्नुभएको थियो । वक्ताहरू निम्नअनुसार हुनुहुन्थ्यो ।
१) श्री दिपक कुमार पटेलः सभापति, प्रदेश नंवर १, बीपी विचार राष्ट्रिय समाज पर्सा
२) श्री चीनु पोखरेल ः नेपाल महिला संघ केन्द्रीय सदस्य
३)श्री अनन्त राज न्यौपानेः
५) श्री राजन पन्त ः बीपी विचार राष्ट्रिय समाज केन्द्रीय सदस्य (पाल्पा)
६)श्री चुन्नीशरण यादव ः प्रदेश नं—२, सभापति, समाजको केन्द्रीय सदस्य
७)श्री ललीता किङ्सिङ् मगर ः सांसद काभे्र
८)श्री शान्ता रिजाल ः मोरङ
९)श्री चिरन्जिवी शर्मा ः म्याग्दी
१०)श्री भुपेन्द्रबहादुर थापा ः सभापति, उदयपुर
११)श्री विश्वनाथ दाहाल ः काठमाडौैँ
१२)श्री लवश्री न्यौपाने ः रामेछाप
१३)श्री सुवास लोहनी ः विदेश शाखा प्रतिनिधि, जापान
१४)श्री रामकुमार रम्देल ः खोटाङ
१५)श्री दगदीशप्रसाद ओली ः सुनसरी
१६)श्री रेवतीप्रसाद भुसाल ःसभापति, प्रदेश नम्वर ५
१७)श्री देवकी गौतम ः सहसचिव, बीपी विचार राष्ट्रिय समाज चितवन
१८)श्री नेत्रलाल ओली ःकर्णाली प्रदेश सल्यान
१९) श्री खत्रीराज न्यौपाने ः मोरङ
२०)श्री माधवराज नेपालः पाल्पा
२१) श्री कविराज न्योपाने केन्द्रिय सदस्य बीपी विचार राष्ट्रिय समाज
२२) श्री खेमराज पौडेल ः उपसभापति, गण्डकी प्रदेश, बीपी विचार समाज
२३) श्री चैतन्यराज भट्टराई ः ओखलढुङ्गा
२४) श्री टंक गैरे ः स्याङ्जा
२५) श्री केशव भट्टराई ः सभापति सुनसरी समाज
२६) श्री हर्कलाल गिरी ः सभापति, झापा, समाज
२७) श्री शरद भट्टराई ः सभापति, रूपन्देही, समाज
२८) श्री खेमराज सेढाई ः सभापति, प्रदेश नम्बर ३
२९) श्री डेकेन्द्रराज कंडेल, सभापति, लमजुङ, समाज
३०)श्री अरुण किशोर राठोर ः सभापति बर्दिया, समाज
३१)श्री विष्णुबहादुर शाही ः सभापति जुम्ला , समाज
३२)श्री परशुराम गिरी ः सचिव, गण्डकी प्रदेश, समाज
३३) श्री राधा श्रेष्ठ, सदस्य लमजुङ, समाज
३४) श्री रमेशसिँह भण्डारी ः सभापति बैतडी,समाज
३५)श्री द्रोणराज उपाध्याय ः सभापति पर्वत
३६)श्री हरि खनाल ः सभापति, इलाम, समाज
३७) श्री राजन दहाल ः केन्द्रीय सदस्य धनुषा
३८) श्री बीरबहादुर हमाल ः सभापति, प्रदेश नंवर ७ , समाज
३९) श्री हरिभक्त तिवारी ः धादिङ
४०)श्री दुर्गाबहादुर राना ः सभापति, नवलपुर, समाज
४१)श्री दीलकुमारी राई
४२)श्री लक्ष्मण सिंह थापा ः सभापति गुल्मी
४३) श्री सुनिल कुमार भण्डारी ः केन्द्रीय सदस्य
४४) श्री सुरेश कोइराला ः संयोजक , धनुषा, समाज
४५) श्री भरतबहादुर विष्ट , कन्चनपुर
४६) श्री खगेन्द्र हमाल ः सभापति, रोल्पा, समाज
४७)श्री हेमाशर्मा ओली ः प्रतिनिधि, सल्यान, समाज
४८)श्री हरिशरण पण्डितः तनहुँ, प्रतिनिधि
४९) श्री माधवप्रसाद आचार्य ः मकवानपुर, प्रतिनिधि
५०)श्री औसत न्यौपाने ः कास्की
५१)श्री सुनिल सापकोटाः सुनसरी
५२) श्री शिव कटवाल ः उदयपुर
५३)श्री चिरञ्जिवी अर्याल ः नवलपरासी
५४ ः श्री सुकुलराज गुरुङ ः तनहुँ
५५) श्री मंगल म्याङ्वो ः ताप्लेजुङ
५६)श्री शुशीला सुवेदी ः दाङ, नेपाल शिक्षक संघ
जेठ १९ गते दोस्रो सत्र पछि समापनको कार्यक्रम निर्धारित गरिएको थियो । त्यस अघि सहभागीहरूको तर्फबाट विधान संसोधनबारे राखिएका कार्यक्रम विस्तार र विदेशमा शाखा खोल्ने प्रस्ताव जिल्ला कार्य समितिमा मनोनयन आदि स्पष्ट पार्नु हुँदै सह–सभापति श्री गोविन्दराज जोशीले मुलुकको नियम कानूनलाई दृष्टिगत राखेर कार्यक्षेत्र तोकिएको छ । जिल्ला जिल्लाको समाज दर्ता गराउँदा विधान अनुरूप हुने गरी गर्नु पर्ने अवस्था रहेको जानकारी गराउनु भएको थियो । उहाँले सामाजिक संस्थाको भूमिकालाई दृष्टिगत गरी नेपाली काङ्ग्रेस पार्टीको संगठन निर्माण गर्नुपर्ने स्थितिप्रति ध्यान आकर्षित गराउनु भएको थियो । यसलाई सविस्तार व्याख्या गर्दै श्री जोशीले भन्नु भयो– "बीपीका अनुयायीलाई समेट्न सक्ने अवस्थामा मात्रै बीपीको विचारको प्रतिनिधित्व हुन्छ । महाधिवेशनमा बीपी विचारका अनुयायीलाई जिताउन सकियो भने नेपाली काङ्ग्रेसमा बीपी विचारको सम्वोधन हुन सक्ने स्थिति सिर्जना हुन्छ । नेपाली काङ्ग्रेसको अधिवेशन अगावै समाजको नेतृत्व चयन गर्नुपर्ने हुन्छ । राष्ट्रियता, प्रजातन्त्र र समाजवादको व्याख्या गर्न सक्ने नेतृत्व चयन हुन सकेमा मात्रै समाजको प्रभावकारी प्रतिनिधित्व हुन सक्छ । धर्मबारे बोल्दा बीपी कोइराला आफैले लेख्नुभएको २०१५ सालको घोषणापत्रलाई आधार मानेर धार्मिक स्वतन्त्रताको वकालत गर्नुपर्ने हुन्छ ।"
सहभागी साथीहरूलाई सहभागीताको लागि हार्दिक धन्यवाद ज्ञापन गर्दै श्री जोशीले प्रत्येक व्यक्तिले नयाँ प्रविधिको सामान्य जानकारी जस्तै एस एम एस पढ्ने बानी बसाउने इमेल खोली त्यसमा प्राप्त हुने पत्रहरू सूचनाहर पढ्ने बानी बसाउन विशेष अनुरोध गर्नुभयो ।
त्यस अघि महासचिव श्री विनयध्यज चन्दले राजनीतिले र अवधारणा पत्र पारित गर्न प्रस्ताव राख्नुहँुदा सर्व समितिले केहि परिमार्जन का साथ पारित भएको घोषणा भएको थियो ।
दुबै दिनका कार्यक्रमहरू सहमहासचिव श्री रामबहादुर गुरुङ्गले सञ्चालन गर्नुभएको थियो ।
अन्त्यमा समापन मन्तव्य दिनु हुँदै समाजका सभापति श्री केबी गुरुङ्गले बीपी विचारको सान्दर्भिकता, औचित्य र आवश्यकता सहभागीहरूको समर्पित भावले पुष्टि गरेको भन्नु हुँदा करतल ध्वनिबाट उहाँको मन्तव्यको समर्थन गरिएको थियो । दुई दिनसम्म टाढा टाढाबाट आउनुभएका साथीहरूले बडो उमंग, उत्साह र जिज्ञासाका साथ बीपी विचार बारे मन्तव्य प्रकट गर्नुभयो । त्यसबाट आफू प्रभावित भएको कुरा व्यक्र गर्नुभयो । सभापतिले बीपी विचारका अनुयायीहरूले देशको नाजुक अवस्था, नेपाली काङ्ग्रेसको दिशा विहिनता र जनआकांक्षा समेतलाई आत्मसात गरी संगठन विस्तार गर्नुपर्ने कठिन स्थितिको विवेचना गर्दै राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र समाजवादको स्थापनाका लागि संघर्ष गर्दै आउनुभएका क्रान्तिकारी साथीहरूले समयले खोजेको चुस्तदुस्त संगठन निर्माण गर्नुहुने कुरामा विश्वस्त छु भन्नुभयो । सहभागी साथीहरू, सभामा सघाउनुहुने सबै प्रति आभार व्यक्त गर्दै बीपी विचार राष्ट्रिय समाजको सातौँ साधारण सभाको धुम्वाराही काठमाडौमा समापन गर्नुभयो । | 2022/05/21 12:52:44 | https://bpbichar.com/2019/06/14/6860/ | mC4 |
Nepal Deep | ओली र नेपालबीचको छलफल सकियो,कुनै प्रगति नभएको प्रतिक्रिया
काठमाडौं। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबारको भेटवार्ता सकिएको छ। उनीहरूबीच नक्सालस्थित मेरियट होटलमा 'वान टु वान' भेटवार्ता भएको हो। बिहीबार साँझ पनि उनीहरूबीच भेटवार्ता भएको थियो। चैत ३ यता उनीहरुबीच कुनै सवाद हुन सकेकाे थिएन ।
एमालेको आन्तरिक विवादका कारण यी दुई नेताबीच गहिरो दरार पैदा भएको थियो। अध्यक्ष ओलीले पार्टीमा एकाधिकार जमाउँदै आफूहरूमाथि निषेधको राजनीति गर्दै आएको आरोप नेपाल समूहले लगाउँदै आएको थियो भने नेपाल समूहले पार्टी हितविपरति गतिविधि सञ्चालन गरेको भन्दै अध्यक्ष ओलीले कारबाहीको दण्डा चलाउँदै आएको छ । मंगलबार मात्रै ओलीले नेता नेपाल सहित २७ जनालाई स्पष्टीकरण सोधेको थियो।
एक समूहले समानान्तर गतिविधिलाई तीव्रता दिइरहेको र अर्को समूहले कारबाही प्रक्रिया चलाइरहेका कारण एमाले लगभग फुटको सँघारमा पुगेको विश्लेषण हुँदै आएको छ। पार्टीलाई फुटबाट बचाउनुपर्ने चर्को दबाब पनि पार्टीभित्र सिर्जना हुँदै आएको छ।
यस्तो अवस्थामा उनीहरूबीचको भेटवार्तालाई राजनीतिक वृत्तमा अत्यन्त चासोका साथ हेरिएको छ। बुधबारको वार्तामा नेता नेपालले पार्टी एकता जोगाउन २०७५ जेठ २ अघिको स्थितिमा पुग्नुपर्ने प्रस्ताव राखे पनि ओलीले त्यसलाई स्वीकार गरेका थिए। साे भेटवार्ताले कुनै निष्कर्ष निकाल्न नसकेपछि आज पुनः भेटवार्ता भएको जनाइएको छ।
आजको भेटवार्ताबाट केकस्तो सहमति भयो भन्ने जानकारी आइसकेको छैन। हाेटलबाट बाहिरिने क्रममा नेता नेपालले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै छलफलबाट कुनै प्रगति नभएको बताए।
ओलीसँगकाे वार्तापछि नेता नेपालले प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतीलाल दुगडसँग पनि छलफल गरेका थिए। दुगडले विवादकाे टुंगो नलाग्दासम्म छलफल चलिरहने बताए। | 2021/05/09 22:35:10 | https://nepaldeep.com/news/33622 | mC4 |
राजधानी विशेषअंक – Rajdhani Daily
Category: राजधानी विशेषअंक
समृद्ध नेपालतर्फ अघि बढ्दै सरकार
सुभाष साह ३ फागुन २०७४ मा गठन भएको केपी शर्मा ओली नेतृत्वको सरकारको मुख्य उद्देश्य 'समृद्ध नेपाल, सुखी नेपाली' रहेको छ । एक वर्ष पूरा गरी सरकार दोस्रो वर्षमा प्रवेश गरेको छ । पहिलो वर्षक...
पूर्वाधार निर्माणको वर्ष
मधुजंग पाण्डे आर्थिक विकासका धेरै आयाम हुन्छन् । विकास आर्थिक विकासमा मात्र सीमित हुँदैन । यसको दायरा फराकिलो छ । सामाजिक, आर्थिक, राजनीतिक, वैज्ञानिक, प्राविधिकलगायतको स्तर वृद्धि नै विकास हो । आज वि...
प्रशान्त वली आम नागरिकसँग प्रत्यक्ष जोडिएको विषय हो स्वास्थ्य । संविधानले स्वास्थ्यलाई नैसर्गिक अधिकारभित्र राखेको छ । तर, आमनागरिकमा स्वास्थ्यको सहज पहुँच पु¥याउनु ठूलो चुनौतीको विषय बनेको छ ।...
केशवप्रसाद पाण्डे मुलुकमा संघीयता कार्यान्वयनमा आएसँगै अहिले विगतका वर्षहरूको तुलनामा काठमाडांै महानगरपालिकालगायत सबै स्थानीय तहमा विकासको गति केही चलायमान भएको छ । काठमाडांै महानगरपालिकाका सबै...
राष्ट्रिय एकताको प्रतीक
दिल तामाङ नेपाल संघीय संरचनामा गएपछि सबैभन्दा बढी प्रचलनमा आएको शब्द हो, समृद्धि । लामो समयको राजनीतिक अस्थिरताको अन्त्यसँगै नेपाली जनताले हरेक क्षेत्रमा विकासको महसुस गरेका छन् । देशमा सामाजिक...
स्मार्ट सहर
टेनिस रोका व्यवस्थित, सुन्दर, शान्त र सफा सहरले नै त्यो देश कति विकसित छ भन्ने झल्काउँछ । कुनै पनि देशको विकास नै जनताको सुख र समृद्धिसँग जोडिएर आउँछ । विकसित देशमा सहरी विकासको योजना नै...
समृद्धिको सारथि बैंक तथा वित्तीय संस्था
कमला अर्याल मुलुकमा संघीयता कार्यान्वयन भएसँगै काठमाडौं केन्द्रित बैंक तथा वित्तीय संस्थाहरू अहिले गाउँगाउँ पुग्न थालेका छन् । केन्द्र, प्रदेश र स्थानीय तहको संरचना बनेपछि अधिकार विकेन्द्रीकरण भएको छ ...
कौशिला कुँवर कृषिप्रधान देश हो, नेपाल । तर, नेपालले ठूलो मात्रामा दैनिक उपभोग्य खाद्यान्नहरू आयात गर्ने गर्दछ । धेरै जमिन र जनशक्ति कृषि क्षेत्रमा होमिएको छ तर नेपाल आत्मनिर्भर हुन सकेको छैन । समृद्ध ...
वन र वातावरण समृद्धिका आधार
सविन शर्मा नेपालको हरेक क्षेत्रमा सिन्डिकेटको जालो छ । वन तथा वातावरण क्षेत्रमा पनि सिन्डिकेट मौलाएको छ । तर, सरकारले सिन्डिकेट तोड्र्दै वन तथा वातावरण क्षेत्रबाट समृद्धिको आधारशीला कोर्दै छ । वन तथा ...
सुशासन र असल कार्य संस्कृति
सागर पण्डित प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रमुख ध्येय मुलुकको समृद्धि भएको बताउँदै आएका छन् । उनले त्यसका लागि भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अख्तियार गरिने प्रतिबद्धतासमेत व्यक्त गर्दै आइ... | 2019/04/25 09:28:46 | http://rajdhanidaily.com/category/annual-featured/ | mC4 |
अस्पतालमा आगो लाग्दा पनि मुटुको सर्जरी गरिरहेका चिकित्सकहरूको फोटो एकाएक भाइरल | DNFMEDIA
अस्पतालमा आगो लाग्दा पनि मुटुको सर्जरी गरिरहेका चिकित्सकहरूको फोटो एकाएक भाइरल
एजेन्सी । रुसमा चिकित्सक र नर्सहरूको एक समूहले आफ्नो कर्तव्य पालन गर्दै ब्लागोभेशचेन्स्कमा रहेको अस्पतालमा आगलागी हुँदा पनि मुटुको शल्यक्रिया जारी राखेका छन् ।
भवन आगोको लप्कामा घेरिँदा पनि चिकित्सकहरूले रोगीको शल्यक्रिया गरिरहे । घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । रोगीको ज्यान बचाउन आफ्नै ज्यान जोखिममा पार्ने अस्पताल कर्मचारीलाई धेरै मानिसले प्रशंसा गरिरहेका छन् ।
रुसको आपतकालीन मनधालयका अनुसार, आगलागी भयंकर रहेकाले त्यसलाई निभाउन ५९ जना अग्निनियन्त्रकहरू लागेका थिए । घटनामा कसैलाई चोटपटक नलागेको भए पनि निभाउन घन्टौं लागेको थियो । बिजुलीको गडबडीका कारण आगलागी भएको हो ।
१२० भन्दा बढी रोगीलाई अस्पतालबाट निकालिएको थियो । तिनमा ६७ जना रोगी थिए । कतिपयलाई हालै मात्र मुटुको शल्यक्रिया गरिएको मन्त्रालयले जनायो ।
अस्पतालको पहिलो तल्लामा एकजना रोगीलाई बाइपास सर्जरी गरिरहेको बेलामा छतमा आगो लागेको खबर पहिला आएको थियो । तर आठ सदस्यीय टोलीले शल्यक्रिया जारी राख्यो ।
'कतै जाने ठाउँ थिएन, रोगीलाई बचाउनैपर्ने थियो । हामीले सक्ने जति सबै प्रयास गर्यौं,' मुटुरोग केन्द्रको शल्यक्रिया विभागका प्रमुख भ्यालेन्टिन फिलातोभले बताए । आमुर क्षेत्रका गभर्नर भासिली ओर्लोभले चिकित्सकहरूका लागि पुरस्कारको घोषणा गरेका छन् । | 2021/09/21 23:09:19 | https://dnfkhabar.com/2021/04/05/5137/ | mC4 |
जसपा आधिकारिक मुद्दामा निर्वाचन आयोगमा सुनुवाइ जारी « Image Khabar
जसपा आधिकारिक मुद्दामा निर्वाचन आयोगमा सुनुवाइ जारी
७ श्रावण २०७८, बिहीबार १४:०२
काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ निर्वाचन आयोगको इजलासमा जारी छ ।
बिहीबार बिहान ११ बजदेखि जारी आयोगको इजलासमा जसपाको आधिकारिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ भइरहेको आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले जानकारी दिनुभयो । उहाँका अनुसार आयोगले आजै बहस सक्ने गरी तयारी गरेको छ ।
दुवै पक्षका तीन–तीन जना कानुन व्यवसायीबाट बहस गर्ने र अरु अधिवक्ताले केही भन्न चाहे बहस नोट लेखेर दिन सक्ने आयोगले जनाएको छ । पार्टीको आधिकारिकता दाबी गर्दै जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
निर्वाचन आयोगले जसपाको आधिकारिकता निरुपण गर्न प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको नेतृत्वमा इजलास गठन गरेको छ । साउन ३ गतेदेखि इजलासमा आधिकारिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ सुरु भएको थियो । | 2021/08/05 00:54:17 | https://www.imagekhabar.com/news/241542/ | mC4 |
यस्तो प्रतिवेदन आउला भन्ने सोचेको थिइनँ- मन्त्री अधिकारी - Nepal News Post::Nepal News Post, online news portal
पोखरा । संसदीय लेखा समितिअन्तर्गतको उपसमतिले बुझाएको प्रतिवेदनले ४ अर्ब ३५ करोड अनियमितता भएको निश्कर्ष निकाल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी लगायतलाई कारबाही सिफारिस गरेपछि देशभर यसकै चर्चा छ । पर्यटनमन्त्री अधिकारीको गृहजिल्ला कास्कीमा मन्त्री अधिकारको आलोचना चुलिदै गएको छ ।
सामाजिक सञ्जाल वाइड बडीमय बनेको छ भने मन्त्री अधिकारीमाथि आलोचना चुलिइरहेको छ । मन्त्री अधिकारीले भने पर्यटनमन्त्री भएकै कारण आफ्नो नाम जोडिएको गुनासो गरेका छन् ।
संसदीय उपसमितिले वाइडबडी प्रकरणमा मन्त्री रवीन्द्र अधिकारीसहित पूर्वमन्त्री जीवनबहादुर शाही र जितेन्द्रनारायण देवलाई कारबाही सिफारिस गरेको छ । वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई तत्कालै निलम्बन गरेर कारबाही गर्न पनि उपसमितिले सिफारिस गरेको छ ।
पर्यटन सचिव कृष्ण देवकोटा, तत्कालीन पर्यटन सचिव प्रेम राई र पूर्वसचिव शंकर अधिकारीलाई पनि कारवाहीको सिफारिस गरिएको छ ।
योखालको प्रतिवेदन आउला भन्ने सोचेको थिइनँ- मन्त्री अधिकारी
वाइडबडी खरिद प्रक्रिया आफू मन्त्री हुनुभन्दा पहिले नै भइसकेको बताउँदै मन्त्री अधिकारीले अहिले पर्यटन मन्त्रालयको नेतृत्वमा रहेकाले नाम जोडिएको बताए ।
वाइडबडीका सन्दर्भका मन्त्री अधिकारीले विज्ञप्ति निकाल्ने तयारी गरेको उनको सचिवालयले जानकारी दिएको छ । स्पष्ट पार्ने गरी विज्ञप्ति निकाल्ने तयारी भइरहेको उनको निजी सचिवालयले बताएको छ । सुरुवातदेखिनै,उनले यदि आफ्नो संलग्नता पुष्टीभएमा राजनितीक जीवनबाट नै सन्यास लिने बताईरहेका छन् । | 2019/06/20 18:18:59 | https://www.nepalnewspost.com/sports/national/20279/ | mC4 |
७२ दलले देशैभर स्थानीय चुनाव लड्ने
आगामी वैशाखमा ७२ दलले देशैभर स्थानीय चुनाव लड्ने भएका छन्।
स्थानीय चुनावका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको थियो। त्यसका लागि ८० दलले निवेदन दिएका थिए।
त्यसमध्ये ७२ दलले देशैभर चुनाव लड्ने भन्दै निवेदन दिएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए। सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा सहायक प्रवक्ता अर्यालले भने, "स्थानीय चुनावमा देशभर नै उम्मेदवार उठाउने भन्दै ७२ दलले निवेदन दिएका छन्।"
अहिले निर्वाचन आयोगमा १११ दल दर्ता छन्। यी मध्ये ६ वटा नयाँ दल हुन्। नयाँ दलले पनि स्थानीय चुनाव लड्न निवेदन दिएका छन्।
आगामी ३० वैशाखमा स्थानीय चुनाव गर्ने सरकारले घोषणा गरेको छ। अहिले निर्वाचन आयोग त्यसकै तयारीमा जुटेको छ।
स्थानीय चुनावका लागि एक करोड ७८ लाख मतदाता कायम भएका छन्। उनीहरूको नामावली दाबी विरोधका लागि स्थानीय तहमा पठाइएको अर्यालले जानकारी दिए।
अहिले आयोगले मतदाता नामावलीमा दाबी विरोधका लागि आह्वान गरेको छ। मतदाता नामावली सच्याउने प्रक्रिया पनि चलिरहेको छ।
यससँगै आयोगले स्थानीय तह निर्वाचन प्रयोजनका लागि छापिने मतपत्रमा हरियो रङको प्रयोग गर्ने भएको छ। मतपत्र र स्वस्तिक छापको मसी एकै प्रकारका हुँदा मतगणनामा समस्या भएकाले मतपत्रको मसी परिवर्तन गर्ने निर्णय भएको आयोगले जनाएको छ। यसअघि आयोगले २०७४ सालको निर्वाचनमा मतपत्रमा निलो मसीको प्रयोग गरेको थियो।
त्यस्तै, स्थानीय तहका लागि चैतदेखि आचारसंहिता लागू गर्ने तयारीमा आयोग जुटेको छ। यससँगै निर्वाचनका लागि आवश्यक सरसामान खरीदको प्रक्रिया पनि शुरू भएको सहायक प्रवक्ता अर्यालले बताए। | 2022/07/07 11:34:41 | https://www.himalkhabar.com/index.php/news/128721 | mC4 |
भोलिदेखि काठमाडौँमा एएफसी प्रेसिडेन्टस कपको खेल | कुवेतको पहिलो नेपाली अनलाईन पत्रिका
← बल्झिरहने चोट प्रेमको…
पासपोर्ट दुरुपयोगमा २ सभासद पक्राउ →
काठमाडौं, वैशाख ६ (नागरिक)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी प्रेसिडेन्ट्स कपको समूह चरण आयोजनाको सबै तयारी पूरा भएको जनाएको छ । समूह 'सी' का खेल बुधबारदेखि दशरथ रंगशाला र सशस्त्र प्रहरी बलको हल्चोक मैदानमा हुँदैछ ।
प्रेसिडेन्ट्स कपमा नेपालको प्रतिनिधित्व नेपाल पुलिस क्लबले गर्नेछ। समूह चरण खेल्न तुर्कमेनिस्तानको एफसी बाल्खन फुटबल क्लब शनिबार नै काठमाडौं आइसकेको छ भने पाकिस्तानको वाप्डा फुटबल क्लब र चाइनिज ताइपेको ताइवान पावर कम्पनी सोमबार आइपुगेका छन्। पहिलो दिन बुधबार दशरथ रंगशालामा पुलिस र वाप्डाबीच प्रतिस्पर्धा हुनेछ। सोही दिन हल्चोकमा ताइवान पावर र बाल्खनबीच खेल हुनेछ। पुलिसका सबै खेल दशरथ रंगशालामै हुनेछ। वैशाख ९ मा बाल्खनसँग खेल्ने पुलिसले ११ गते ताइवान पावरको सामना गर्नेछ। राउन्ड रोबिनपछि शीर्ष दुई टोली फाइनल चरणमा पुग्ने छन्।
खेल संचालन गर्न म्याच कमिस्नर, रेफ्री एसेसर, फिफा रेफ्री, फिफा सहायक रेफ्री सबै शनिबारै काठमाडौं आइसकेका छन्। एसियाली फुटबल महासंघ (एएफसी) को ग श्रेणीमा परेका राष्ट्रका लिग च्याम्पियनले प्रेसिडेन्ट्स कपमा भाग लिने प्रावधान छ। समूह चरणमा भाग लिने हरेक टोलीलाई तयारीस्वरुप एएफसीले १५ हजार अमेरिकी डलर उपलब्ध गराएको छ। एन्फा महासचिव धीरेन्द्र प्रधानले प्रेसिडेन्ट्स कपको समूह चरण आयोजनालाई ५४ लाख रुपियाँ खर्च हुने बताए।
अघिल्लो महिना सम्पन्न च्यालेन्ज कप छनोटमा तोकिएको टिकट दरले यसपटक पनि निरन्तरता पाएको छ। भिआइपीतर्फ ५ सय र साधारण प्यारापिटतर्फ २ सय रुपियाँ टिकट दर तोकिएको छ। च्यालेन्ज कपको छनोटको टिकट बिक्रीबाट एन्फाले झन्डै ५० लाख संकलन गरेको थियो। यसपटक एन्फाले टिकट बिक्रीबाट १० लाख रुपैयाँ संकलन हुने अनुमान गरेको छ।
प्रेसिडेन्ट्स कपमा पुलिसको यो चौथो सहभागिता हो। सन् २००७ देखि पुलिसले लगातार तीनपटक प्रेसिडेन्ट्स कपमा नेपालको प्रतिनिधित्व गरेको छ। २०६३ मा लिग च्याम्पियनका रूपमा प्रवेश पाएको पुलिसले त्यसपछिका दुई वर्ष पूर्वविजेताको हैसियतमा भाग लियो। २०६३ पछि विवादका कारण लिग नहुँदा पुलिसले सहभागिताको मौका पाएको हो।
पहिलो सहभागितामा नै पुलिस फाइनलसम्म पुगेको थियो। प्रेसिडेन्ट्स कपमा त्यो नै नेपाली क्लबको उच्च प्रदर्शन हो । २००५ मा काठमाडौंमा आयोजना भएको पहिलो संस्करणमा नेपालबाट नबिल थ्री स्टारले सहभागिता जनाएको थियो। त्यतिबेला थ्री स्टार सेमिफाइनलसम्ममात्र पुग्न सफल भएको थियो। २००६ मा लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी, २००९ मा पुलिस र २०१० मा न्युरोड टिम (एनआरटी) पहिलो चरणबाटै बाहिरिएका थिए। पुलिस २००८ मा सेमिफाइनलसम्म पुगेको थियो।
एन्फाले दक्षिण एसियालीस्तरीय दुई प्रतियोगिता आयोजनाको दाबेदारी प्रस्तुत गरेको अध्यक्ष गणेश थापाले जानकारी दिएका छन्। एन्फाले साफ यु-१६ र साफ क्लब च्याम्पियनसिप आयोजनाको प्रस्ताव गरेको हो। थापाका अनुसार यु-१६ जुलाईको अन्तिममा र क्लब च्याम्पियसिप सेप्टेम्बर १ देखि १५ सम्म आयोजना गर्ने भारतमा सम्पन्न दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले गत साता निर्णय गरेको हो। क्लब च्याम्पियनसिपको विस्तृत खाका भने तयार भइनसकेको थापाले बताए। यसैबीच दोस्रो महिला साफ च्याम्पियनसिप फुटबल आयोजनाका लागि भारत र श्रीलंकाले दाबेदारी गरेको उनले जानकारी गराए। | 2021/05/07 07:15:29 | https://kuwaitnepal.com/2011/04/19/%E0%A4%AD%E0%A5%8B%E0%A4%B2%E0%A4%BF%E0%A4%A6%E0%A5%87%E0%A4%96%E0%A4%BF-%E0%A4%95%E0%A4%BE%E0%A4%A0%E0%A4%AE%E0%A4%BE%E0%A4%A1%E0%A5%8C%E0%A4%81%E0%A4%AE%E0%A4%BE-%E0%A4%8F%E0%A4%8F%E0%A4%AB%E0%A4%B8/ | mC4 |
दक्षिणपश्चिम चीनस्थित एउटा कोइलाखानीमा विषालु ग्यास चुहिँदा १८ जनाको मृत्यु भएको छ। शुक्रवार चुङ्चिङस्थित उक्त खानीमा कार्बन मनक्साइड चुहिँदा १८ जना मजदुरको मृत्यु भएको सरकारी टेलिभिजनले जानकारी दिएको हो।
सीसीटीभीका अनुसार खानीमा काम गर्ने पाँच जना अझै हराइरहेका छन् भने एक जनालाई जीवितै उद्धार गरिएको छ। उक्त घटनाको अधिकारीहरूले छानबिन सुरु गरिसकेका छन्।
सुरक्षासम्बन्धी नियम पालना नगरिने भएकाले चीनका खानीमा प्रायः दुर्घटनाहरू भइरहन्छन्। सीसीटीभीका अनुसार डियाशुइडोङ खानीमा कामदारहरूले भूमिगत उपकरण फुकाल्न लाग्दै गर्दा ग्यास चुहिएको थियो। उक्त खानी दुई महिनादेखि बन्द थियो।
गत सेप्टेम्बर महिनामा चुङ्चिङस्थित अर्को खानीमा आगो लाग्दा १६ जनाको मृत्यु भएको थियो। गत वर्ष डिसेम्बरमा ग्वेजो प्रान्तस्थित अर्को कोइलाखानीमा विस्फोटनहुँदा १४ जनाको मृत्यु भएको थियो
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा रहेका सामुदायिक कुकुरका लागि निःशुल्क बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ । सङ्घ, प्रदेश र स्थानीय तहको सहकार्यमा सामुदायिक तथा घरपालुवा कुकुरमा निःशुल्क बन्ध्याकरण रोग अन्वेषण तथा रेविजविरुद्ध खोप कार्यक्रम सञ्चालन गरिएको हो । कर्णालीमा प्रदेश राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाभित्र रहेका सामुदायिक कुकुरलाई पहिलोपटक बन्ध्याकरण शिविर सञ्चालन गरिएको हो ।
सामुदायिक कुकुरका कारण राजमार्ग तथा अन्य सडकमा दुर्घटना बढ्ने, रेविज रोग फैलिन सक्ने भएकाले बन्ध्याकरणसहित रेविज रोगको खोप पनि लगाइने भएको छ । कुकुरका कारण विभिन्न समस्या हुने भएकाले कुकुरको सङ्ख्या घटाउन शिविर सञ्चालन गरिएको पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतका प्रमुख डा कृष्णराज पाण्डेले बताउनुभयो । कुकुरको जनसङ्ख्या बढ्न नदिन तथा उचित व्यवस्थापनका लागि बन्ध्याकरण गर्न लागिएको प्रमुख उहाँको भनाइ छ ।
डा पाण्डेका अनुसार कर्णालीमा पहिलोपटक कुकुरलाई बन्ध्याकरण गर्न लागिएको हो । पहिलो चरणमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाभित्रका सामुदायिक कुकुरलाई खोप सञ्चालन गरिएको छ । शिविरका लागि आठ पशु चिकित्सक र प्राविधिक जनशक्तिको व्यवस्थापन गरिएको पशुपक्षी विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निमित्त निर्देशक मोहन गिरीले जानकारी दिनुभयो । शिविरमा ३०० बढी कुकुरलाई सेवा प्रवाह गरिने निर्देशक गिरीले बताउनुभयो । सोमबार तथा मङ्गलबार बिहानसम्म करीब १५० वटा कुकुरको बन्ध्याकरण गरिएको थियो ।
बजारमा रहेका सामुदायिक कुकुरलाई भेटनरी एम्बुलेन्समार्फत निर्देशनालयमा ल्याएर निःशुल्क बन्ध्याकरण गरेर छोडिने गरिएको गिरीले जानकारी दिनुभयो । घरपालुका कुकुर सम्बन्धित घरधनी आफैँले लिएर शिविर स्थलमा आए पनि निःशुल्क बन्ध्याकरण गरिने उहाँको भनाइ छ । भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश, केन्द्रीय रिफरल पशु चिकित्सालय काठमाडौँ, पशुपक्षी रोग अन्वेशण प्रयोगशाला, वीरेन्द्रनगर नगरपालिका र पशुपक्षी विकास निर्देशनालय कर्णाली प्रदेशको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको हो । निःशुल्क बन्ध्याकरण शिविर भोलि बुधबारसम्म सञ्चालन हुने निर्देशनालयले जनाएको छ ।
यो आर्थिक वर्षभित्र एक हजार तीन सय मेगावाट विद्युत् उत्पादन थप्ने सरकारको योजना कोरोनाका कारण प्रभावित भएको छ । चालू आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यमा उल्लेखित आयोजनासमेत सम्पन्न नहुने अवस्था आएपछि लक्ष्यको ६० प्रतिशत विद्युत् उत्पादन थपिनेछ ।
कोरोना भाइरस महामारीकै बीच ल्याइएको बजेट वक्तव्यमा माथिल्लो तामाकोसी, रसुवागढी, माथिल्लो सान्जेन, मध्य भोटेकोसी र निजी लगानीकर्ताबाट प्रवद्र्धित साना तथा मझौला आयोजना सम्पन्न गरी एक हजार तीन सय मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा थपिने उल्लेख छ ।
सरकारी तथा निजी क्षेत्रबाट प्रवद्र्धित आयोजनाले अपेक्षाकृत गति लिन नसक्दा सरकारले निर्धारण गरेको विद्युत् उत्पादनको लक्ष्य मेल नखाने देखिएको हो ।
चालू आर्थिक वर्षको पहिलो छ महिना सकिँदा विद्युत् विकास विभागले तयार पारेको विवरणअनुसार २१ वटा जलविद्युत् आयोजनाबाट ७६४ मेगावाट मात्र यो वर्षमा थप हुने अनुमान गरिएको छ । यसबाहेक चारवटा सौय ऊर्जा आयोजनाबाट २२ मेगावाट थप हुने देखिएको हो । आजको गोरखापत्र दैनिकमा गोपालचन्द्र सुवेदीले यो समाचार लेखेका छन् ।
नेकपा प्रचण्ड-माधव समूहले शुक्रबार काठमाडाैंमा बृहत शक्ति प्रदर्शन गरेकाे छ । संसद् पुनःस्थापनाकाे माग गर्दै आन्दोलनमा उत्रिएकाे प्रचण्ड-माधव समूहले देशभरबाट कार्यकर्ता भेला गरेर काठमाडाैंमा बृहत विराेध सभा गरेकाे छ ।
काठमाडाैंका विभिन्न स्थानबाट बिहान ११ बजेदेखि जुलुस निकालिएकाे थियाे । जुलुसकाे नेतृत्व स्थायी कमिटि सदस्यहरूले गरेका थिए ।
सबैतिरबाट आएकाे जुलुस रत्नपार्कमा जम्मा भएका थिए । साेपछि मूल जुलुस रत्नपार्क, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, सहिदगेट, सुन्धारा, भोटाहिटी, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको थियाे ।
जुलुसमा काठमाडाैं उपत्यका र बाहिरबाट ल्याइएका हजाराै कार्यकर्ताहरूकाे सहभागिता थियाे । सभामा पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, नारायणकाजी श्रेष्ठ, घनश्याम भुसाल लगायतले सम्बाेधन गरेका थिए ।
विराटनगर, २५ मंसिर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले मानव अधिकार असमानतासँग जोडिएको बताउनुभएको छ । नेपालको सन्दर्भमा मानव अधिकार स्वास्थ्य उपचार, महिला अधिकार, महिला हिंसा, बालविवाहसँग जोडिएको उहाँले बताउनुभयो ।
असमानतासँग जोडिएका मुद्धालाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने अवस्था भएको उहाँले बताउनुभयो । मानव अधिकार सञ्जाल विराटनगर र महिला मानव अधिकार रक्षक सञ्जालले ७२ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा मन्त्री घिमिरेले सो कुरा बताउनुभएको हो । उहाँले पञ्चायतकालमा मानव अधिकारलाई राजनीतिक अधिकारको अंगका रुपमा लिने गरिएको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो,‘ परिवर्तनकारीले मानव अधिकारलाई राजनीतिक अधिकारसँग जोडेर उपयोग गर्न खोज्ने र सत्तापक्षले सत्ता विरोधि राजनीति गरेको अर्थमा बुझ्ने गर्थे ।’ बहुदल हुँदै लोकतन्त्रसम्म आईपुग्दा मानव अधिकारको क्रियाकलापहरु परिवर्तन हुँदै गएको उहाँले बताउनुभयो । मानव अधिकार अहिले रोजगारी र जिविकासँग जोडिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले अहिले मानव अधिकार उल्लंघनका घटनाहरु धेरै भईरहेपनि राज्य निरिह भएर बसेको आरोप लगाउनुभयो । उहाँले मानव अधिकार रक्षाका लागि सवै एकजुट हुन आवस्यक रहेकोमा जोड दिनुभयो । प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलले देशमा लोकतन्त्र र जनताको हातमा सार्वभौमसत्ता आउँदा हत्या आतंक बढ्ने गरेको बताउनुभयो । उहाँले लोकतन्त्रमा हत्या र आतंक किन बढ्छ भनि प्रश्न गर्नुभयो ।
यसैवीच कार्यक्रममा विराटनगरका दुई मानवअधिकारकर्मीलाई सम्मानित गरिएको छ । लामो समयदेखि मानव अधिकारको क्षेत्रमा योगदान पुर्याएका मणिकुमार अज्र्याल र विष्णु शर्मा पन्तलाई प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली र प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलले सम्मानित गर्नुभयो । सञ्जालले हरेक वर्ष दिवसका अवसरमा २ जना मानवअधिकारकर्मीलाई सम्मानित गर्दै आएको महिला मानवअधिकार रक्षक सञ्जालकी प्रदेश संयोजक मन्जिता उपाध्यायले बताउनुभयो ।
कृषीको उर्वर भुमी पाचखाललाई मरूभुमी बनाउन लागी परेका केही व्यवशायी र दलाल विचौलियाका बिचको समन्वयमा अवैध र गैरकानूनी रूपमा मापदण्ड बिपरित सञ्चालित इट्टा भट्टा र प्लाई उद्योगले दैनिक फाल्ने हजारौ टन खरानीको धुलो र धुवाका कारण आमजनताहरू दिर्घरोगका शिकार भैरहेका छन भने पशु चौपायाहरूमा पनी रोग देखा परेका छन।कृषि उत्पादनहरूको उत्पादन दिन प्रतिदिन घट्दै गैरहेको छ भने भुमिगत पानिका स्रोत समेत दोहन भैरहेको छ ।विद्यालयको छेउ,स्वास्थ्य संस्थाको छेउ र घनामानवबस्तिको बिच सञ्चालित यस्ता उद्योगले गर्दा केही वर्षपछी पाचखालका निरोगी मान्छे वा चौपाया पाउन मुस्किल पर्ने निश्चित छ। यती हुदा हुदै पनी आमजनताका प्रतिनिधि हौ भन्नेहरू तिनै उद्योगीका बचाउनमा लाग्ने र आफ्ना आसेपासे झुण्ड प्रयोग गरेर भट्टाका विरूध्द आवाज उठाउनेहरूलाई धम्याउने तर्साउने तर्फ लाग्नुले पनी जनप्रतिनिधिहरू बिकेको स्पष्ट हुन्छ भने उद्योगीहरूले दम्भसाथ भन्ने गरेका छन।प्रदुषण भएको हो तर हाम्रो उद्योग पनी त चलाउनु पर्यो ।यही भनाईले स्पष्ट पारेको छ उद्योगीहरूले सरोकारवाला निकायलाई मोटै रकम नजराना चढाएका छन।नत्र जनताको स्वास्थ्य माथी असर पुगेको छ तर हामिले व्यापार गरेका हौ भनेर जनतालाई नै चुनौती दिने अभिव्यक्ति पक्कै दिदैन थिए।त्यसैले कसैले व्यापार गर्ने नाममा जनताको स्वास्थ्यसंग खेल्नु पाउने हो भने पाचखालका जनताले अब तरकारी उत्पादन र बिक्री हैन।गाजा चरेस र अफिमको उत्पादन र बिक्री गर्न पाउनु पर्छ। आखिर यो पनी त व्यापार हो।
रुकुम ६ मंसिर । रुकुम पश्चिमका तिन स्थानीय तहका न्यायिक समितिलाई कम्प्युटर बितरण गरिएको छ । महिला पुनःस्थापना केन्द्र (ओरेक) रुकुम पश्चिमको संजीवनी परियोजना अन्र्तगत जिल्लाको मुसिकोट नगरपालिका, बाँफिकोट गाउँपालिका र त्रिबेणि गाउँपालिकाका न्यायिक समितिलाई एक एक वटा कम्प्युटर बितरण गरिएको हो । मुसिकोट नगरपालिकाका प्रमुख देबिलाल गौतमले सदरमुकाम खलंगामा आयोजित एक कार्यक्रमका बिच न्यायिक समितिका संयोजकहरुलाई हस्तान्तर गरे । न्यायिक समितिले हरेक घटनालाई हेर्न फाइल पल्टाउनु पर्ने बाध्यता भएकोले सहजताका लागि कम्प्युटर बितरण गरिएको ओरेक नेपाल रुकुमका कार्यक्रम अधिकृत दुर्गा बजगाईले जानकारी दिइन । कार्यक्रममा न्यायिक समितिका संयोजक, कानुन अधिकृत र सदस्यहरुलाई घटना दर्ता र व्यबस्थापनका बिषयमा पनि केहि जानकारी दिइएको थियो । बाँफिकोट गाउँपालिका उपप्रमुख तथा न्यायिक समिति संयोजक मनकला पुनले न्यायीक समितिलाई आवश्यक रहेको सामाग्री बितरण गरेकोमा धन्यबाद ब्यक्त गर्दै यसको प्रयोग र व्यवस्थापनका लागि थप तालिम पनि दिनुपर्ने बताइन । परियोजना संयोजक बिन्दु शर्माले न्याय समितिलाई प्रभावकारी र प्रबिधियुक्त बनाउन कम्प्युटर प्रदान गरिएको र परियोजना अवधिभर कुनै न कुनै रुपमा सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाएकी थिइन ।
रक्षामन्त्री पोखरेल र स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी Nepalpatra रक्षामन्त्री पोखरेल र स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी
चीनबाट स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक सामग्री खरिदमा भ्रष्टाचार भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले विहीबार उजुरी दिएका हुन् ।
उजुरीमा उपप्रधानमन्त्री तथा समितिका संयोजक ईश्वर पोखरेल, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ र ठेक्का लिने ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालिका सञ्चालकहरूलाई विपक्षी बनाइएको छ ।
ओम्नी समूहसँग सामान खरिदका लागि भएको सम्झौता बुधबार खारेज भइसकेको छ । ओम्नीसँग सरकारले १ अर्ब भन्दा बढी मूल्यको सामान ल्याउने सम्झौता गरेको थियो । १० प्रतिशत सामान आइसकेपछि सम्झौता खारेज गरेर सरकारले जीटुजी मार्फत सामान खरिद गर्ने बताएको छ ।
एन आर एन पोल्यान्ड संस्थापक अध्यक्ष डा बोधराज सुबेदीले वेबसाइट सम्बन्धी नाम हटाएको भन्ने बारे खन्डन गर्दै प्रेस रिलिज जारी गरेका छन् ।
काठमाडौं,१० माघ । सरकारले भूकम्प तथा बाढी पीडितहरुलाई दिँदै आएको रकम बढाउने निर्णय गरेको छ ।सरकारले भूकम्प तथा बाढी पीडितहरुलाई अनुदान स्वरुप दिँदै आएको रकममा १ लाख थप गर्ने निर्णय गरेको हो । बुधवार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले पीडितहरुलाई राहत स्वरुप दिँदै आएको रकम बढाउने विषयमा निर्णय गरेको हो ।
बैठकले सामाजिक परिचालकहरुले तालिम गरेबापत पाउने भत्तामालाई समेत बढाउने निर्णय गरेको छ । त्यसैगरि यसअघि ७० वर्षको उमेरमा मात्र पाइने बृद्ध भत्ताको उमेरलाई सरकारले घटाएको छ ।
सरकारले अब ६५ वर्षको उमेर भन्दा बढीलाई बृद्ध भत्ता दिने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री मोहन बस्नेतले जानकारी दिए । त्यसैगरि बैठकले ४ जना महासेनानीलाई बढुवा गर्ने समेत निर्णय गरेको छ ।
विश्वकपको टिम इंडिया आफनो अभियानको शुरुवात बुधबार दक्षिण अफ्रिका विरुद्ध खेल्दैछ । अहिलेसम्म यो टुर्नामेन्टमा दक्षिण अफ्रिकाको प्रदर्शन निराशाजनक रहेको छ भने दुई पटक हारको सामना गर्नुृ परेको छ । यो बाट स्पष्ट हुन्छ कि टिमको मनोबल गिरोको छ ।
यता, टिम इंडियाको यो पहिलो म्याच हो र विराटको अगुवाईमा भारतीय टिम जीतसँगै आफनो शुरुवात गर्न चाहन्छ । यता, फाफ डु प्लेसिसको अगुवाईमा दक्षिण अफ्रिकी टिम लागेकोे दाग हटाउन म्याच खेल्न मैदानमा उत्रनेछ । | 2021-03-07T20:27:11Z | https://www.rarapati.com/archives/2539 | OSCAR-2109 |
विदेशबाट आउने १० दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने - Nepal Page Nepal Page
विदेशबाट आउने १० दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने
काठमाडौं । म्याग्दीमा छिमेकी देश तथा अन्य मुलुकबाट आउनेलाई अनिवार्य १० दिन दिन क्वारेन्टिन एकान्तबास मा राखिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सर्वपक्षीय बैठकले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन पूर्वतयारी, सतर्कता र व्यवस्थापनका लागि १५ बुँदे निर्णय र मापदण्ड तयार गरेको हो ।
बैठकले विदेशबाट जिल्ला भित्रिनेलाई अनिवार्य १० दिन क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरेको छ । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले भारतमा कोरोनाको दोस्रो लहर शुरु भएकाले यसको प्रभाव नेपालमा पनि पर्ने भएका दिए । | 2021/04/23 11:30:00 | https://www.nepalpage.com/2021/03/25/156274/ | mC4 |
घरेलु टोलीविरुद्ध अस्ट्रेलिया सजग – Sourya Online
घरेलु टोलीविरुद्ध अस्ट्रेलिया सजग
सौर्य अनलाइन २०७६ असार २६ गते ८:१५ मा प्रकाशित
एजेन्सी, लन्डन । इंग्ल्यान्डले साबिक विजेता अस्ट्रेलियासँग फाइनल प्रवेश लागि बिहीबार प्रतिस्पर्धा गर्दैछ । ९ खेलबाट ६ मा जित निकाल्न सफल इयोन मोर्गानको टोली इंग्ल्यान्ड शीर्ष तेस्रो बन्दै अन्तिम चारमा प्रवेश गरेको थियो । अस्ट्रेलिया भने दुई खेल अगावै अन्तिम चारमा प्रवेश गर्ने पहिलो टोली बनेको थियो ।
आयोजक इंग्ल्यान्ड अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दा उच्च मनोबलमा हुनेछ । घरेलु समर्थकको साथ पाउने इंग्ल्यान्ड दबाब रहित रहेर खेल्नेछ । यस्तै अस्ट्रेलिया पनि उपाधि रक्षा गर्ने लक्ष्य सहित जितको खोजीमा मैदान उत्रिनेछ । एकदिवसीय विश्वकपमा पुनः उदाउन लागेको इंग्ल्यान्ड २७ वर्ष पछि पहिलो पटक सेमिफाइनमा प्रतिस्पर्धा गर्दा इयोन मोगार्नले टोलीको कप्तानी सम्हाल्दैछन् । ३२ वर्षिय अनुभवी ब्याट्स म्यान घरेलु दर्शकलाई सुखद नतिजा दिलाउने उदेश्य छन् । अस्ट्रेलियन कप्तान एरोन फिन्चको रणनीति विफल पार्ने मोर्गानको लक्ष्य रहेको छ । कठिन प्रतिद्वन्द्वी भारत र न्युजिल्यान्डलाई हराउँदै मनोबल बटुलेको इंग्ल्यान्ड अस्ट्रेलियामाथि पनि जित निकाल्दै इतिहास रच्ने लक्ष्यमा रहेको छ ।
छैठौँ पटक सेमिफाइनल पुगेको अस्ट्रेलियालाई रोक्नु इंग्ल्यान्ड टोलीका लािग निकै चुनौति पूर्ण छ । इतिहास हेर्दा अस्ट्रेलिया सेमिफाइनल प्रवेश गरेका सबै संस्करणमा विजेता बन्न सफल भएको छ । त्यसैले अस्ट्रेलिया दबाबरहित रहेर आयोजकविरुद्ध कुनै दबाबमा खेल्नेछ । पाँच पटकको च्याम्पियन अस्ट्रेलियाले लिग चरणको खेलमा सात खेलमा जित निकालेको थियो भने दुई खेल गुमाएको थियो । यस्तै लिगको खेलमा अस्ट्रेलियाले ६४ रनको जित निकाल्न सफल भएको थियो । दुबै टोली जितको खोजीमा रहँदा कप्तान दबाबमा रहनेछन् । यद्यपि दुबै कप्तान दबाबलाई शक्तिमा बदल्दै प्रतिस्पर्धा गर्नेछन् ।
दुबै टोलीका ओपनर लयमा छन् । यस कारण पनि दुबै टोली ढुक्क छन् । जोनी बेरिस्टो इंग्ल्यान्डका लयमा रहेका खेलाडी हुन भने डेविड वार्नर अस्ट्रेलियन टोलीबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी हुन् । बेरिस्टोले जारी विश्वकपमा दुई सतक प्रहार गरेका छन् । भारतविरुद्ध १ सय ११ रन जोड्दा न्युजिल्यान्डविरुद्ध एक सय रन बनाएका थिए ।
दक्षिण अफ्रिकासँगको टेस्ट खेलमा बल टेम्पिरिङको कारबाही पछि खेलमा फर्किएका वार्नर उत्कृष्ट खेल प्रदर्शन गर्दै पुनः टोलीमा आफूलाई स्थापित गरेका छन् । वार्नर जारी विश्वकपमा तीन सतक सहित कुल ६ सय ३८ रन जोडेका छन् । दुबै टोलीका तीब्र गतिका बलर मिचेल स्ट्राक र जोफ्रा आर्चरबीचको भिडन्त पनि बिहीबार हुनेछ । स्टार्क अस्ट्रेलियाका मुख्य हतियार हन् । उनले २६ विकेट लिएका छन् । उता २४ वर्षीय आर्चरले भने जारी प्रतियोगितामा १७ विकेट लिएका छन् । उनी सँगै क्रिस ओक्स अस्ट्रेलियन टोलीका लागि टाउको दुखाइको विषय हुनेछ । ओक्स पनि जारी विश्वकपमा उत्कृष्ट लयमा छन् । उनकै बलिङमा लिग चरणको खेलमा मुख्य ब्याट्सम्यान वार्नर, फिन्च र स्टिभ स्मिथ पवेलियन फर्किएका थिए ।
सम्पन्न खेलबाट इंग्ल्यान्डले कुल २ हजार २ सय ५४ रन जोड्दा, अस्ट्रेलियाले कुल २ सय ८४ रन जोडेको छ । यद्यपि अस्ट्रेलियाका ब्याट्सम्यान शीर्ष रन बनाउनेको सूचीको शीर्ष छन् भने इंग्ल्यान्डका खेलाडी सूचीमा छैनन् । डेविड वार्नर सर्वाधिक रन बनाउनेको दोस्रो स्थानमा रहँदा भारतक रोहित शर्मा पहिलो सूचीमा छन् । वार्नरले ६ सय ३८ रन रहेको छ भने रोहित शर्माको ६ सय ४८ रहेको छ ।
यस्तै अस्ट्रेलियन कप्तान एरोन फिन्च ५ सय ७ रनका साथ शीर्ष पाँचमा अटाउँदा जारी विश्वकपका ९ खेलमा ५ सय रन बनाएका जो रुट छैठौँ स्थानमा छन् । इंग्ल्यान्डका वेरिस्टो ४ सय ६२ रनका साथ आठौं स्थानमा रहँदा ३ सय ८१ रन बनाएका बेन स्टोक्स ११ औँ स्थानमा छन् । सम्पन्न लिग चरणका खेलमा इंग्ल्यान्डले ७१ विकेट निकाल्दा अस्ट्रेलियाले ५५ विकेट निकालेको छ । विश्वकप क्रिकेट इतिहासमा यी दुई टोली ८ पटक आमने सामने भएका छन् । जसमा अस्ट्रेलियाले सर्वाधिक ६ पटक नतिजा सुखद बनाएको छ भने दुई पटक मात्र इंग्लिस टोलीले आफ्नो पक्षमा पार्न सफल भएको छ । | 2020/09/30 14:21:05 | https://www.souryaonline.com/2019/07/256815.html | mC4 |
पृथ्वीनारायणको दिव्योपदेशलाई सहमतिको आधार बनाऔं ? « Aarthik Sanjal पृथ्वीनारायणको दिव्योपदेशलाई सहमतिको आधार बनाऔं ? – Aarthik Sanjal
आज पुस २७ गते । पृथ्वीनारायण शाहको २९९औं जन्मजयन्ती र राष्ट्रिय एकता दिवस हो । नेपालको इतिहासलाई मान्ने हो भने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको त्याग, तपस्या र योगदानलाई बिर्सेर नेपाललाई बुझ्न सकिँदैन । विक्रम संवत् १८०० भन्दा अगाडि दक्षिणतर्फ अंग्रेजी साम्राज्यबाट हिमतखण्डका धेरै राज्य हडप्न गलत नजर लगाउन थालेको अवस्थामा गोर्खाका राजा पृथ्वीनारायण शाह विशाल नेपालको एककीरणको महायक्षमा एक सपूत बनेर निस्के ।
विशाल नेपाल सिर्जनाको वीरताको इतिहासमा पृथ्वीनारायण शाह अजर अमर छन् । पृथ्वीनारायण शाह र त्यसपछि उनका कान्छा छोरा बहादुर शाहको नेतृत्वमा नुवाकोट, कीर्तिपुर, कान्तिपुर, भक्तपुर, ललितपुर, मकवानपुरदेखि टिष्टासममका हिन्दूपति सेनवंशीका राज्यहरू, पाल्पा, कास्की, चौदण्डी हुँदै पश्चिमतर्फ बाइसी, चौबीसी हुँदै कुमाउ, गडवाल, काँगडासममका हिन्दू राज्यहरूको एकीकरण गरेर यसक्षेत्रका हिन्दू राज्यहरूको अस्मिता बचाएर विश्वको एक मात्र हिन्दू अधिराज्य स्थापित गर्न सकेका थिए ।
त्योबेला हिमवत् खण्डका स्वतन्त्र हिन्दू राज्यहरू संकटमा थिए । हिमवत् खण्डका सम्पूर्ण हिन्दू राज्यहरू एकीकरण गर्न नसके तापनि पृथ्वीनारायण शाहले ५४ जति हिन्दू राज्यहरू एकीकरण गरेर बनेको उसबेलादेखि निर्माण भएको नेपाल एक हिन्दू अधिराज्य हो ।
हिमवत् खण्डका सम्पूर्ण हिन्दू राज्यहरू एकीकरण गर्न सकिन्थ्यो तर एकीकृत हुन नसक्ने मूल कारण थिए । पृथ्वीनारायण शाहको विफरको बिमारबाट ५२ वर्षमा नुवाकोटमा देशवसान हुनु र ४० वर्षको उमेरमा नै अंग्रेजी जासुसको पारामा लागेर दरबारिया षड्यन्त्रबाटै हत्या गरिनु । यसरी विदेशी षड्यन्त्रको कारणबाट नेपालको राष्ट्रियताको इतिहास रक्तरञ्जित छ ।
विक्रम संवत् १८०० मा गोर्खाका राजा पृथ्वीनारायण शाले बनारसको भ्रमण गरेको अवस्थामा विश्वनाथको मंदिर मुसलमान सम्राट औरंगजेवले भत्काएपछि भग्नावशेषको अवस्थामा नै थियो । त्यसले पृथ्वीनारायण शाह साह्रै चिन्तित थिए ।
उता इस्टइन्डिया कम्पनीले भारतका विभिन्न राज्यमा हिन्दू धर्म र संस्कृतिको नाश गराएर इसाई धर्म लाद्न हिन्दूहरूलाई आक्रमण गर्ने, मार्ने, मन्दिर भत्काउने, धम्क्याउने अनेकौं अत्याचार फिरंगीहरूको देखेर हिमवत् खण्डको यो क्षेत्र जोगाउन पृथ्वीनारायण शाहलाई अंग्रेजको अत्याचार देखेर हिमवत् खण्डका हिन्दूराज्यहरूलाई एकीकरण गर्ने जागृत गरायो ।
त्यसैले, नेपालको एकीकरण गर्ने उद्देश्यबाट नै प्रेरित भएर पृथ्वीनारायण शाहले बनारसबाट हातहतियार बनाउने कारखानाको निरीक्षण गरी हातहतियार बनाउने र मर्मत गर्ने मुसलमान कालिगढ, केही हातहतियार र मुसलमान योद्धासमेत गोर्खामा ल्याएका थिए ।
त्यही कारणले गर्दा नेपालको एकीकरणपछि नेपालको हिन्दू र बौद्ध बीचमा धर्मकर्म नमिलेता पनि मुसलमान र हिन्दूहरू बीचमा कहिले असामञ्जस्यता आएन र हिन्दू तथा मुसलमान नेपालको राष्ट्रियताका लागि उत्तिकै बफादार छन् ।
पृथ्वीनारायण शाहले एकीकरण गरेर विभिन्न जातजाति, धर्म, वेशभूषामा विभाजित नेपालीलाई एक नेपाली जातिमा परिणत गराएर सम्पूर्ण जातिको धर्म र संस्कृतिलाई नेपाली संस्कृतिमा परिणत गराएर नेपाली भाषालाई सम्पूर्ण जातिको अन्तरजातीय भाषामा परिणत गराई अनेकतामा एकताको सूत्र गाँसेका थिए ।
नेपाल साम्राज्यवादी शक्तिसँग भिडेर स्थापित भएको राष्ट्र हो । नेपालका सबै जातिहरूलाई नेपालको भौगोलिक, जातीय र सांस्कृतिक विविधताभित्रको मूलधारमा एकताबद्ध गराएर नेपालभित्रका सबै फूलहरू समान रूपमा फुल्न पाउन सक्ने अवधारणा पृथ्वीनारायण शाहको थियो ।
पृथ्वीनारायण शाहका दिव्य उपदेशमा सहमतिको आधार बनाएर अगाडि बढ्न हामी केन्द्रित भएर हिँड्न सक्यौं भने हाम्रा समस्याको समाधान त्यहीँबाट हुन्छ ।
भारतमा मुसलमान र अंग्रेजी साम्राज्यबाट हिन्दू अस्मितामाथि आक्रमण गरेर एकछत्र मुसलमान र अंग्रेजले प्रभाव जमाइरहेको अवस्थामा यस क्षेत्रको सार्वभौम अस्त्त्वि बचाएर राख्न सक्ने एउटा सपूत पृथ्वीनारायण शाहको जन्म हुनु नेपालीहरूको अहोभाग्य थियो ।
पृथ्वीनारायण शाहले उसबेला सोचेका र देखेका कुराहरू अहिलेसम्म पनि उत्तिकै सार्थक छन् । उसबेला पृथ्वीनारायण शाहले विशाल नेपालको एकीकरण गर्न तदारूपता नदेखाएको भए नेपाल भन्ने देशको नाम निशाना पनि रहने थिएन । यसउसले राष्ट्र निर्माताबाट उसबेला मार्गदर्शन गरेका विचार र बाटोलाई नै हामी नेपालीहरूले जहिले पनि सहमतिको आधार बनाएर हिँड्न सक्छौं ।
यसका लागि अहिले पनि हामी जुनसुकै विचारका राजनीतिक दलहरूले उनको दिव्योपदेशलाई मूलनीति बनाएर त्यसैको आधारमा देशलाई निकास दिने कुरामा हामी सबैको विचार केन्द्रित हुन गयो भने यसरी हामीहरू सँधै अन्योलग्रस्त रहिरहने अवस्था आउनेछैन ।
पृथ्वीनारायण शाहलाई हामीले बुझ्दा उनले यो भूमिको एकीकरण गरेको बेलामा टुक्राटुक्रामा विभाजित जर्मनी र इटालीको एकसय वर्षपछि एकीकरण भएको थियो । नेपालको एकीकरण भएको १ सय वर्ष पछाडि अन्धकारमा गुज्रिरहेको जापानमा मेजी रेस्टुरेसन भएर राजाको नेतृत्वमा आधुनिक जापान बनेको थियो । नेपालको एकीकरण हुनुभन्दा २०/२५ वर्षपछि मात्र अमेरिका बेलायतको उपनिवेशबाट स्वतन्त्र हुन पुगेको थियोे ।
यस्ता कैयौं देश अन्धकारमा रहेका अवस्थामा पृथ्वीनारायण शाहको कारणले बेलायती साम्राज्यले यस क्षेत्रलाई हडप्न असफल भएको थियो । यस अर्थमा हामी नेपालीहरू सगौरवले नेपाली भएर विश्व संसारमा देखिएका छौं । पृथ्वीनारायण शाहको महानता के थियो भने उनी गोर्खाको राजा भएर पनि कान्तिपुरमा राजसिंहासनमा बसेपछि एकीकृत यो क्षेत्रलाई नेपाल अधिराज्य घोषित गरेका थिए ।
पृथ्वीनारायण शाहबाट जसरी प्रजातान्त्रिक मान्यताबाट विशाल नेपालको एकीकरण गरिएको थियो त्यसरी नै नेपाललाई हिँडाउन सकियो भने त्यही प्रजातान्त्रिक बाटोले स्थायित्व लिन्छ । उसबेलामा पृथ्वीनारायण शाहले विराज बखतीलाई मूलकाजी अर्थात प्रधानमन्त्री बनाउन इच्छा गरेका थिए ।
तर, जनताको इच्छा कालु पाण्डेप्रति रहेकाले मूलकाजीमा उनले कालु पाण्डेलाई नै नियुक्ति गरेका थिए भने उनी कति प्रजातन्त्रवादी रहेछन् भन्ने पुष्ठि हुन्छ । तर, दुःखको कुरा कीर्तिपुरको लडाइँमा कालु पाण्डेको स्वर्गारोहण हुन ययो । कालुपाण्डेको स्मरणमा दहचोकमा कालुपाण्डेको सालिक खडा गरेर राष्ट्रिय एकीकरणका योद्धाका स्मरण गरिएको छ । कार्तिपुर विजयपछि राष्ट्रिय एकीकरणको अभियान जारी रह्यो ।
नेपालको एकीकरणपछि आम जनता र थुप्रै साना राज्यहरूको संरक्षण गर्ने पृथ्वीनारायण शाहको नीति थियो ती क्षेत्रका धर्म, कर्म, परम्परा, रीतिरिवाज यथावत् राखेर सबै नेपालीको साझा सम्पत्तिको रूपमा परिणत गराएकाले सबै राज्यका जनता अत्यन्त खुसी थिए ।
पृथ्वीनारायण शाहले यसक्षेत्रका राज्यहरूको अवस्थाको जानकारी लिन रातिराति फेरी लगाउने कानफट्टा गोरखनाथका जोगीहरूलाई दुनियाँका घरघरमा पठाएर शंखध्वनि गराएर शत्रुहरूलाई त्रसित बनाउन र शत्रुहरूबाट कही खतरा पाइएमा उनीहरूबाटै खबर बुझ्ने नीति थियो ।
अर्को कुरा जनताका घर–घरमा बिवाह कार्यक्रममा सम्राज्यवादीको विरुद्ध जनमानसलाई सचेत गराउन खाँडो जगाउने प्रशस्ति गाउने गरिन्थ्यो । कुहिरेका टाउकामा टवाक्–टवाक्, टवाक् भन्ने कीर्तिन स्वरूप विवाहको लगनको बेला प्रशस्ति गाएर प्रारम्भ गरिने चलन ल्याइयो जुन टिष्टादेखि काँगडासम्म अध्यावधि व्याप्त छ । यो विदेशी षडयन्त्र र आक्रमणबाट देशवासीहरूलाई सचेत गराउने पृथ्वीनारायण शाहको मनोवैज्ञानिक नीति थियो ।
कीतिपुरको लडाइँमा कालु पाण्डेको मृत्यु भएपछि पृथ्वीनारायण शाहका भाइ शुरप्रताप शाहको आँखा फुटेको थियो । आँखा फुटेपछि कान्तिपुरमा जयप्रकाश मल्लको संरक्षणमा रहेका केपुचिन पादरीसँग रहेका इसाई डाक्टरले शुरप्रताप शाहको आँखामा दबाइमुलो गरेका थिए ।
यस हिसाबले पृथ्वीनारायण शाह क्रिस्चियनहरूसँग शुरुमै सशंकित थिएनन् । तर, कीर्तिपुर विजयपछि केपुचिन पादरीले पृथ्वीनारायण शाहलाई कान्तिपुर आक्रमण गर्न असफल बनाउन र कीर्तिपुरबाटै लखेट्न इस्टइन्डिया कम्पनीसँग अंग्रेजी फौज सहायत मागेको र त्यही अनुरोधमा २४०० अंग्रेजी पल्टन कर्नेल किल्लोकको नेतृत्वमा सिंधुलीगढीबाट आउन लागेको बेलामा पृथ्वीनारायण शाहका गोर्खाली सेनाबाट हराएर भगाएपछि पृथ्वीनारायण शाह उपत्यकामा त्यसबेला अंग्रेजको दूत भएर इसाई धर्मको प्रचार गर्ने पादरीहरूको चालदेखि पृथ्वीनारायण शाह अत्यन्त सशंकित थिए ।
नेपालका सबै जातिलाई नेपालको भौगोलिक,जातीय र सांस्कृतिक विविधताभित्रको मूलधारमा एकताबद्ध गराएर नेपालभित्रका सबै फूलहरू समान रूपमा फुल्न पाउन सक्ने अवधारणा पृथ्वीनारायण शाहको थियो ।
पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका विजय गरेपछि क्रिस्चियन धर्म प्रचारक केपुचिन पादरीलाई यहाँबाट धपाएर चर्चलाई सेनाले घोडाको तबेलामा प्रयोगमा ल्याएका हुनाले त्यही रिसले पृथ्वीनारायण शाहलाई बदनाम गर्न पृथ्वीनारायण शाहले कीर्तिपुरेहरूको १७ धार्नी नाक काटेका थिए भनेर केपुचिन पादरीलाई उल्लेख गरेर अंग्रेजी लेखक कर्कपेट्रिकले झुटा र कपोलकल्पित कुराहरू लेख्ने काम गरे जुन सोह्रैआना झुटा र कपोलकल्पित थिए ।
त्यसबेला पृथ्वीनारायण शाह नुवाकोटमा रहेका र त्यसरी नाक काट्ने आदेश दिएका थिएनन् । पृथ्वीनारायण शाहले आफूले विजय गरेका राज्यका जनताको संरक्षण गर्ने नीति थियो । उनले आततायी प्रकारले दुनियाँलाई नै आतंकित पारेर विशाल नेपालको राजा हुने इराधा राखेका थिएनन् । अंग्रेजहरूले यसक्षेत्रमा कब्जा जमाए भने जनताको कस्तो दुरवस्था होला भन्ने कुराले उनलाई चिन्तित बनाएको थियो ।
त्यसबेला पृथ्वीनारायण शाहले सबैलाई सम्झाएका थिए–'गोर्खा भन्नु र नेपाल भन्नु उनै गोरखनाथ हुन् । फिरंगी भनेको ब्वाँसो हो । जयप्रकाशले यो मुलुक खाया पनि मैले खाया पनि उस्तै कुरा हो । तर, फिरंगी भनेको अर्कै हो' भनेर यस क्षेत्रका ससाना राज्यका जनतालाई साम, दाम, दण्डभेदको नीति अवलम्बन गरी एकताको सूत्रमा आबद्ध गराएका थिए । राष्ट्रिय एकीकरणको सन्दर्भमा नेपालको सिमाना पूर्वमा टिष्टा नदीसम्म पुगेपछि स्व. इमानसिंह च्याम्जुङले किरातकालीन विजयपुरको इतिहासमा उल्लेख गरेका छन् कि १८३१ साउनमा –'हामी किरात वंश सत्धर्ममा मन राखी गोर्खा वंशसँग एकै वंश भई मिल्नेछौं ।
साथै, कुनै विदेशीले तिमीहरूको राजा को हो र कहाँ छ रु भनी सोधेमा हामीहरूको राज्य गोर्खा हो, महाराज गोर्खामा छन् र हामी गोर्खा वंशका हौं भनी जवाफ दिनेछौं ।' यसबाट पनि थाहा हुन्छ कि नेपालको एकीकरण भएपछि कुनै पनि जाति थरले परदेशी वा दोस्रो दर्जाको निरीह रैती जस्तो भएर शासक पक्षबाट पेलिएर, आँसुका धारा बगाएर खुम्चिएर बस्नु परेन ।
पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेपछि सबै राज्यका जाति जनजातिहरूको रीतिथिति, संस्कृति, धर्म, भाषा र वेशभूषालाई नेपालकै साझा सम्पत्तिको रूपमा ग्रहण गरेर आफूले जितेका राज्यहरूमा 'जग्गामाथि रैतीको अधिकार' भन्ने पृथ्वीनारायण शाहको नीति भएकाले कुनै राज्यहरूका जनतामा असन्तुष्ट थिएन ।
पृथ्वीनारायण शाहका पुरोहित शक्तिवल्लव अर्यालले मुक्तकण्ठले विशाल नेपालको बारेमा त्यसबेला प्रशंसा गरेका थिए– 'जौन नेपालराज्य विषये हिमाल पर्वतका कन्दरादेखि'चारैतिरबाट मुनिजनहरूले सेवा गरिएका कौसिकीका धारा वेगले बहन्छन्, जहाँ प्रख्यात भएका नीलकण्ठ विराजमान भयाका छन्, सोही नेपाल देश हो ।
जहाँ हिमाल पर्वतकी पुत्री गुह्येकाली विराजमान भयाकी छन्, जहाँ पुण्या भयाकी बागमती छन्, जहाँ पशुपतिका प्रत्यक्ष भयाका शिवलिंग छन्, जहाँ चाँगुनारायण छन्, जहाँ सम्पूर्ण भयकन रहन्या बज्रयोगिनी छन्, जहाँ पञ्च लिंगेश्वर पचली भैरव छन् ।' पृथ्वीनारायण शाहको नेतृत्वमा चन्द्र–सूर्य अंकित झन्डा फहराएर हिमवत् खण्डको अस्मिता र मौलिकतालाई जीवन्त राखिएको थियो ।
हिमवत् खण्डको क्षेत्र भनेको पूर्वमा ब्रह्मपुत्र, पश्चिममा हिन्दूकुश, उत्तर कैलाश मानसरोवर र दक्षिण गंगासम्मको भूभाग हो । विशाल नेपालको निर्माणमा खुला आकाश जस्तै स्वतन्त्र भएर सबै जातजाति मिलेर नेपालको राष्ट्रिय एकीकरणको संरक्षण गर्न सबै एक हुनुपर्छ ।
पृथ्वीनारायण शाहका दिव्योपदेशमा सहमतिको आधार बनाएर अगाडि बढ्न हामी केन्द्रित भएर हिँड्न सक्यौं भने हाम्रा समस्याको समाधान त्यहीँबाट हुन्छ । | 2021/03/02 04:02:55 | https://www.aarthiksanjal.com/2021/01/29501/ | mC4 |
नयाँ पाठ्यक्रम कार्यान्वयनको अन्योल चिर्न आग्रह – rastriyakhabar.com
काठमाडौं । यसै शैक्षिक सत्रबाट अनिवार्य विषयका रुपमा लागू गरिएको 'सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा'बारे उत्पन्न अन्योल चिरेर कार्यान्वयनका लागि शिक्षकलाई अभिमुखीकरण गराउन शिक्षाविज्ञले सुझाव दिएका छन् ।
सो तहमा गणितलाई अनिवार्यमा नराखिएको र पाठ्यक्रम तर्जुमाको अधिकार स्थानीय तहको भएको दाबी गर्दै नयाँ प्रारुप कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग गरी सर्वोच्च अदालतमा परेको रिट निवेदनमा यही कात्तिक २० गतेको आदेशले हाललाई कार्यान्वयन नगर्न आदेश भई यही कात्तिक २६ गते पेशी तोकिएको छ । निजी उच्च विद्यालयहरुको संस्था ९हिसान० ले पनि तयारी अपुग भएकाले यसवर्ष नयाँ पाठ्यक्रम लागू नगर्न दबाब दिँदै आएको छ । | 2020/11/28 04:54:27 | http://rastriyakhabar.com/archives/118798 | mC4 |
चितुवाको आक्रमणबाट तनहुँका विभिन्न ठाउँमा नौ जना बालबालिकाको मृत्यु भइसकेकाले गाउँमा चितुवाको त्रास बढेको इन्दिराले बताइन्।
घटनास्थलको अध्ययन गर्न पुगेका डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले घरदेखि ५० मिटर तल बालिकालाई लगेको अवस्थामा आमाले चितुवाबाट बालिकालाई खोस्न सफल भएको बताए।
‘आमा डराएर चितुवाको पिछा नगरेको भए बालिकाको ज्यान जाने अवस्था थियो। आमाले आफ्नो ज्यानको जोखिम मोलेरै भए पनि बालिकाको उद्धार गरेको पायौँ,’ बरालले भने। | 2021-03-03T01:39:26Z | https://setomasi.com/archives/67571 | OSCAR-2109 |
गुडिरहेको मोटरसाइकलबाट खस्दा युवतीको मृत्यु – दैनिक नेपाल न्युज
काठमाडौँ । गुडिरहेको मोटरसाइकलबाट खस्दा एक युवतीको मृत्यु भएको छ । टोखा नगरपालिका–९ नयाँ बसपार्क नजीक आज बिहान बा५३प ९६५४ नंको मोटरसाइकलमा सवार १९ वर्षीय रानी श्रेष्ठको मृत्यु भएको हो ।
महानगरीय प्रहरी प्रभाग गोँगबुका प्रमुख, प्रहरी निरीक्षक सन्तोषसिंह दाहालले मोटरसाइकलको पछाडि बसेकी श्रेष्ठ म्याग्दी चोक नजीक खसेर बेहोस भएपछि उपचारका क्रममा विनायक अस्पताल गोँगबुमा लैजाँदा मृत्यु भएको जानकारी दिनुभयो । मोटरसाइकलका चालकलाई भने नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रभागले जनाएको छ । | 2021/12/01 23:54:01 | https://www.dainiknepalnews.com/8516 | mC4 |
अब, हामी अझै पनि अधिक विदेशी ग्राहकहरु संग सहयोग गर्न को लागी आशा छ। तसर्थ, यदि तपाईं हाम्रो कुनै पनि उत्पादनहरूमा रुचि राख्नुहुन्छ भने, कृपया अधिक विस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस्।
DnD एक प्रकारको ट्याबलेटटोप भूमिका खेल्ने खेल हो। यस खेलको प्रगति केही हदसम्म परिचित "एकाधिकार" सँग नजिक छ, तर जटिलताको सर्तमा, दुई लाई सबै तुलना गर्न सकिँदैन। DnD खेलको मूल प्रक्रिया भनेको यो हो कि प्लेयरले भर्चुअल विश्वमा एक साहसी कार्य गर्दछ। DnD पछि गहिरो अर्थ छ। यो एक अलग खेल मात्र होईन, तर मापदण्ड, वा खेल प्रणाली, जुन पूर्णता र जटिलको खोजी हो। एकै साथ पासाका विभिन्न प्रकारहरूले दृढ विश्वासका साथ खेलाडीहरू प्रदान गर्दछन् र छिटो खेल जित्छन्।
पासा, पासाको रूपमा पनि प्रयोग गरिन्छ, नियमित पोलीहेड्रन हो, सामान्यतया टेब गेमहरूमा सानो प्रपको रूपमा प्रयोग गरिन्छ, र यो पुरानो जुवा खेल्ने औजारहरू मध्ये एक हो। पासा पनि एक अनियमित संख्या जनरेटर हो जुन बनाउन र प्राप्त गर्न सजिलो छ। सब भन्दा साधारण पासा छ-पाता पासा हो। यो एक क्युब हो यसमा एक देखि छवटा प्वालहरू (वा नम्बरहरू) को साथ।
आधुनिक बोर्ड खेलहरू बीच, डन्जियन्स र ड्रेगनहरू लोकप्रिय बोर्ड गेम वस्तु बनेका छन्। एकै समयमा, dnd पासा को एक किस्म पनि चयन गर्न सकिन्छ, खेल मा आफ्नो मनपर्ने dnd पासा छनौट, र तपाईं तालिका मा रोल जब जीत बढाउन को लागी आत्मविश्वास र शक्ति देखाउनुहोस्। ड्रेगनको जीतमा विश्वास बढेको छ, तिनीहरू भाग्यको पवित्र उपकरण हुन्।
यस्तो संसारमा, साहसी व्यक्तिसँग प्रशस्त विकल्पहरू छन्। ऊ दयालु, तटस्थ वा दुष्ट हुन सक्छ। खेल मा यो समारोह छैन कि चिन्ता बिना उसले जे गर्न सक्छ उसले गर्न सक्दछ, यदि त्यहाँ कुनै उदाहरण छैन भने। अप्रत्याशित अवस्थाहरूमा, अनुभवी डीएमहरूले पनि यस्तो आपतकालिन परिस्थितिमा अनुकूल बनाउन र उपयुक्त ह्यान्डलिंग विधि निर्णय गर्न सक्दछ। प्रतिस्थापन को यस immersive र कडा भावना DnD को आकर्षण पनि हो।
डीएनडी एक पूरा र पूर्ण विश्व सिर्जना गर्न कोशिस गर्दछ, इतिहास र संस्कृतिको साथ - वास्तविक संसारमा सबै कुरा त्यहाँ हुन सक्छ, केहि जस्तो छैन, जबसम्म यो व्यावहारिक छ, यो पनि हुन सक्छ। यस उत्तम र जटिल संसारमा सन्तुलन अर्को भावना हो, र चरित्रलाई बढ्तै चलाउन सकिदैन। यदि उसले एकातिर उत्कृष्ट क्षमता प्राप्त गर्यो भने, ऊ अर्कोतिर कमजोर हुनुपर्दछ; न त राम्रो न न कुनै न त संसार नै हावी हुन सक्छ। , यदि एक पार्टी ज्यादै शक्तिशाली छ भने, यसले सबैलाई सन्तुलनमा राख्न अझ शक्तिशाली शक्ति ट्रिगर गर्दछ। तीव्र एled्गल पासा सेट पनि सबैभन्दा लोकप्रिय शैलीहरू मध्ये एक हो। | 2022/05/16 04:47:55 | http://ne.zgtqsl.com/products/ | mC4 |
Global Aawaj | तयार भयो बञ्चरे डाँडा : फोहर व्यवस्थापनबारे अन्योल तयार भयो बञ्चरे डाँडा : फोहर व्यवस्थापनबारे अन्योल
२१ भाद्र २०७८ 3:41 pm
काठमाडौँ । दीर्घकालीन फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडामा पहिलो 'सेल' निर्माणको काम सकिएको छ । शहरी विकास मन्त्रालयले आइतबार सो सेल निर्माणको काम सम्पन्न भएको जनाएको छ । मन्त्रालयले शहरी विकास तथा भवन निर्माण विभागलाई सो जानकारी गराई काठमाडौँ महानगरपालिकालाई फोहर व्यवस्थापन गर्न सक्ने निर्देशन दिएको छ ।
मन्त्रालयसँग सम्बन्ध रहेको उक्त सेल निर्माणको काम सकिएको र अन्य काममा आफ्नो जिम्मेवारी नरहेको मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद शर्माले जानकारी दिए । कामपासँग समन्वय गरी फोहर व्यवस्थापन गर्ने सम्बन्धमा तत्काल निर्णय गर्न मन्त्रालयले विभागलाई निर्देशन दिइसकेकाले केही दिनमा कामपासहित काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर बञ्चरेडाँडा पुग्ने बताइएको छ । तत्काल फोहर व्यवस्थापन स्थल निर्माणको काम सकिएको भए पनि दोस्रो सेल निर्माण र अन्य काम भइरहेको मन्त्रालयले जनाएको छ ।
यता कामपाको वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठ आफूहरुलाई मन्त्रालय र विभाग कतैबाट पनि बञ्चरेडाँडामा फोहर व्यवस्थापन गर्नसक्नेबारे औपचारिक जानकारी नआएको बताउँछन् । बञ्चरेडाँडा पहिलो सेल निर्माण भएको जानकारी नआएको र सिसडोलमा पुनः फोहर व्यवस्थापन गर्न मुस्किल परेकाले कमपासहित १८ स्थानीय तहको फोहर व्यवस्थापनमा थप समस्या चुलिएको प्रमुख श्रेष्ठले बताए ।
नियमित परेको पानी र हाल फोहर व्यवस्थापन गरिँदै आएको स्थान सिसडोलका स्थानीयले अवरोध गरेपछि काठमाडौँ उपत्यकाको स्थानीय तहको फोहर गत साउन ३२ गतेदेखि उठ्न सकेको थिएन । लामो समयदेखिको फोहर सङ्कलन भएर बसेकाले सबै एकैपटक व्यवस्थापन हुन नसकेको कामपाको भनाइ छ । आगामी तीन दिनभित्रमा यसअघि जम्मा भएर बसेका सबै फोहर सिसडोल लगिने बताइएको छ । अहिले साविकअनुसार फोहर व्यवस्थापनको काम भइरहको छ । "धेरै दिनको एकैपटक व्यवस्थापन गर्नुपर्ने भएकाले केही ढिला भएको हो, अहिले नियमितरुपमा फोहर उठिरहेको छ", प्रमुख श्रेष्ठले भने । रोकिएको समयमा करिब १५ हजार मेट्रिकटन फोहर जम्मा भएको छ ।
सिसडोलमा विसं २०६२ मा दुई वर्षको मात्र फोहर विसर्जन गर्न सकिने क्षमताको ल्याण्डफिड साइट निर्माण गरिएको थियो । पटकपटक त्यसैमा माटोले पुर्दै केही विस्तार गरेर अहिलेसम्म नै फोहर व्यवस्थापन गरिँदै आइएको छ । हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिकटन फोहर सिसडोलमा विसर्जन हुन्छ । यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिकटन फोहर निस्किने गर्दछ । निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहर लाने गरिएको छ ।
शहरी विकास तथा भवन निर्मण विभागका महानिर्देशक नवराज प्याकुरेलले केही दिनभित्रै कामपा र विभागबीच छलफल गरेर कहिलेबाट फोहर लानेबारे समय तय गर्ने बताए । महानिर्देशक प्याकुरेल फोहर व्यवस्थापनका सन्दर्भमा कामपाले तत्काल आवश्यक पर्यो भन्दै विभागलाई औपचारिक पत्राचार नगरेको बताउँछन् । -रासस | 2022/07/05 21:13:37 | https://www.globalaawaj.com/archives/135374 | mC4 |
वातावरणीय न्यायका पक्षमा
जैविक सन्तुलन र पर्यावरण स्वच्छताले वातावरण अनुकूल बनाउँछ । वातावरणको अनुकूलताले विकासमा सकारात्मक प्रभाव पार्छ । स्वच्छ वातावरण शासकीय कुशलताको सूचक पनि हो । वातावरणमा ध्वनि, वायु, जल र जलवायु परिवर्तन, वन विनाश र अव्यवस्थित विकास जस्ता क्रियाकलापले असर पारेको छ ।
वातावरण प्रदूषणको असरले पर्यावरण सन्तुलनमा प्रतिकूलता ल्याउँछ । इको सिस्टम एवं जैविक विविधतामा अवरोध पु-याउँछ । मानिसको जीवनचक्रमा वातावरणले असर पु-याई विभिन्न प्रकारका रोग लाग्ने, विपत् आउने, जीवनशैलीमा अवरोध आउने र कतिपय प्राकृतिक स्रोत तथा जीवांश लोप हुने एवं भावी पुस्ताको जीवन कष्टकर हुने जोखिम रहन्छ । वातावरणको प्रतिकूल असरले निर्दाेष पक्षले समेत त्यसको असर बेहोर्नुपर्ने भएकाले न्यायिक निरूपण गरी वातावरणीय न्याय दिलाउनु आजको आवश्यकता हो ।
वातावरण संरक्षणका लागि संयुक्त राष्ट्रसङ्घदेखि स्थानीय तहसम्म विभिन्न प्रयास भएका पाइन्छन् । यसका लागि बजेट, संरचना, नीति र अन्य स्रोतको सक्रियता भएको पाइए तापनि वातावरणको सुखद् स्थिति कम देखिन्छ । विश्व समुदायमा वातावरणको सन्दर्भलाई जोड दिई दिगो विकास लक्ष्यमा वातावरण संरक्षणको एजेन्डा तय गरी कार्यान्वयनमा रहेको छ ।
वातावरण प्रदूषण गर्नेलाई जरिवाना गर्ने र असर भएका ठाउँमा पुनर्भरण गराउने विषय उठेको छ । वातावरण संरक्षणका अभियन्ता भारतका सुन्दर बहुगुणा र अफ्रिकाका माथाईसमेतले वातावरणीय न्यायको अभियानमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाले नोबेल पुरस्कार प्राप्त गर्नुका साथै विश्वबाट समेत सम्मानित भएका छन् ।
हाम्रो संविधानमा वातावरणसम्बन्धी मौलिक हकको व्यवस्था गरिएको छ । वातावरण संरक्षणका लागि नीतिगत, संरचनागत र कार्ययोजनासहित तत्परता देखिएको तर व्यवहारमा भने सन्तुष्टि कम प्राप्त भएको भनाइ छ । वातावरणीय न्यायका लागि आवाज उठे पनि संरक्षणको प्रभावकारिता न्यून भई सन्तुष्टि कम देखिन्छ ।
वातावरणीय न्यायका लागि जनदबाब, अवरोध निरोध गर्ने र न्यायिक निरूपण गर्ने जस्ता विषय अगाडि आएका हुन्छन् । शासकीय तत्परता पनि वातावरणीय न्याय दिलाउनका लागि बहसको विषय बनेको छ र यो आवश्यक कार्य पनि हो ।
नेपालमा हालै निजगढ विमानस्थल निर्माणका विषयमा भएको फैसलाले वातावरणको संरक्षणमा चासो रहेको तर त्यसले विकासविरोधी अवस्था ल्याएको आरोप लागेको छ । सरकारले विमानस्थल बनाउन दुई अर्ब खर्च गरिसकेको ११३ बिघा जग्गामध्ये सत्तरी बिघा अधिकरण भएको विमानस्थल र राजधानी जोड्ने द्रुतमार्गको काम भइरहेको विषयलाई उठान गरेको छ ।
अदालतले गरेको फैसलाउपर भ्याकेटमा गई विमानस्थलको पक्षमा पुनः न्यायिक निरूपण गर्न पाउने अवसर त छ । यस्तो विषयमा वातावरणीय न्यायसँगै विकासको विषयलाई नजरअन्दाज गर्न नहुने देखिन्छ । विमानस्थल निर्माण गर्नुपूर्व सामाजिक र आर्थिक तथा वातावरणीय असरको मूल्याङ्कन गरिएको हुन्छ । अदालतले वातावरणीय प्रभाव मूल्याङ्कनको प्रमाणीकरण र हजारौँ रुख कटान हुने विषयमा चासो राखेको विषय चर्चामा छ ।
यस्तो विषयमा दीर्घकालीन असर नपर्ने गरी वातावरणीय जोखिमका अवस्था र जोखिम न्यूनीकरण गर्ने योजनाको स्पष्ट खाका पनि तय हुनुपर्छ । सरकारले भ्याकेटमा जानुपूर्व न्यायिक निरूपणमा उठाइएका विषयमा गहन बहस गर्नुपर्ने र जोखिमको अवस्था न्यूनीकरण गर्न व्यावहारिक तर्कको पक्षपोषण गर्ने एवं वातावरणीय जोखिमका अल्पकालीन र दार्घकालीन पुनरोत्थानका कार्ययोजनासहित अगाडि बढ्ने खाका प्रस्तुत गर्नुपर्ने हुन्छ ।
सामाजिक र आर्थिक असरको समेत आँकडासहित न्यायिक निरूपणमा पेस गर्दा आर्थिक र सामाजिक लाभको विषयले वातावरणीय न्यायको वकालत गर्न सहज हुन्छ । मेलम्ची खानेपानी आयोजनाको निर्माण समय लम्बिएको, वातावरणीय प्रभावको सीमित समयभन्दा बढी भएका कारण असर मूल्याङ्कनको समयको प्रभावकारिताको अन्योलले मेलम्ची खानेपानी आयोजनामा विपत्को जोखिम भई न्यायिक प्रभावको उल्टो अवस्था उत्पन्न हुन पुग्यो ।
नेपालमा अरुण तेस्रो आयोजनाका विषयमा समेत वातावरणीय न्यायको विषय उठान भएको थियो । त्यसैगरी ठूला आयोजनामा वातावरणीय न्यायिक विषय उठान हुने हुँदा त्यस्ता आयोजनाको वातावरणीय, सामाजिक र आर्थिक प्रभावको मूल्याङ्कन गरी प्रभावित क्षेत्रका मानिसलाई सुसूचित गर्दा न्यायिक आवाजको दबाब कम पर्ने देखिन्छ । वातावरणीय न्यायका लागि जलवायु परिवर्तन महत्त्वपूर्ण बहसको विषय हो । धनी राष्ट्रले कार्बनडाइअक्साइड र मिथेन ग्यासको उत्सर्जन गरी ग्रिनहाउस र ओजोन तहमा असर पु-याउँदा गरिब राष्ट्रको जनजीवनमा नकारात्मक असर देखिएको छ ।
धनी राष्ट्रले वातावरणमा प्रतिकूलता ल्याउने कार्य गरी अन्य राष्ट्रमा अन्याय भएको विषयमा जोडदार आवाज उठेको छ । पछिल्लो समय बेलायतको ग्लास्गोवमा भएको जलवायु सम्मेलनले धनी राष्ट्रलाई दबाब दिएका थिए । जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न हानिकारक ग्यासको उत्पादन कम गर्ने र ऊर्जा र उत्पादनमा जीवांशको प्रयोग बन्देज लगाउने र प्रभावित देशलाई जलवायु परिवर्तनको प्रभाव न्यून गर्न बजेटरी सहयोग गर्ने जस्ता विषय चर्चामा रहे । विश्वको तापमान बढेको यसले गर्दा समग्र वातावरणमा प्रभाव परेको विषयमा छलफल भयो । यी सबै वातावरणीय न्यायका लागि भएका प्रयास हुन् ।
न्यायिक निरूपणका लागि अदालतको प्रक्रियामा जानु अन्तिम विकल्प हो । न्यायका लागि जनदबाब, अभियन्ताको प्रयास र नागरिक जागरणको भूमिका महत्त्वपूर्ण हुन्छ । वातावरण संरक्षण सम्पूर्ण जगत्को जल्दोबल्दो एजेन्डा हो । अदालती प्रक्रियाभन्दा पृथक् तरिकाबाट वातावरणीय न्यायको प्रभावकारिता बढाउनुपर्ने देखिन्छ । विश्व जगत्ले वातावरणको संरक्षण गर्न सम्बन्धित क्षेत्रलाई सक्रिय बनाउनु आवश्यक छ । भावी पुस्ताले पृथ्वीको सहज वातावरण तथा दिगो विकासको अनुभूति गर्न पाउनु र विकासको लक्ष्य पूरा गर्न विश्व समुदायले सामूहिक र भरपर्दो तत्परतासहित अघि बढ्नुपर्ने देखिन्छ ।
नेपालले वातावरणको न्यायिक पक्षका लागि विश्व समुदायमा जोडदार आवाज उठाएको छ । संयुक्त राष्ट्रसङ्घ र अन्य मञ्चमा वातावरण संरक्षण र दिगो विकासका लागि सहभागितासहित सक्रियता बढाएको छ । नेपालले जलवायु परिवर्तनको असरको प्रभावका बारेमा जोडदार आवाज उठाएको छ । जलवायु परिवर्तनले पर्यावरण र इको सिस्टममा पारेको असरले नेपाल अन्यायमा परेको छ ।
पानीका मुहान सुक्ने, हिउँ कम पर्ने, तापक्रम बढ्ने र मौसमको फेरबदलीले कृषि उत्पादन घटेको, जीवनयापनमा प्रतिकूलता आएकाले वातावरणीय न्यायमा अवरोध देखिएको छ । नेपालको ठूला विकास आयोजनामा वातावरण, सामाजिक र आर्थिक असरको पूर्वअध्ययन गरी वातावरणको विषयमा विशेष ध्यान दिनुपर्छ ।
वातावरण र विपत्, वातावरण र जीवनयापन, वातावरण र विकास जस्ता महत्त्वपूर्ण पक्षको शासकीय कार्यव्यवहारमा स्पष्टतासहित अगाडि बढ्नुको विकल्प देखिँदैन । वातावरणीय प्रतिकूलताको चिन्ता मात्र गरेर हुँदैन एकल र सामूहिक प्रयत्नको प्रयाससँगै हाम्रा आनीबानीमा समेत सुधार गरेर वातावरणीय न्याय दिन सकिन्छ । | 2022/06/25 08:37:59 | https://gorkhapatraonline.com/news/16684 | mC4 |
बालकल्याण आधारभूतमा ३०औं बार्षिक उत्सव सम्पन्न – जन आवाज
बालकल्याण आधारभूतमा ३०औं बार्षिक उत्सव सम्पन्न
भलवाड,मंसिर २२
बाणगंगा ९ बर्दहवामा रहेको बाल कल्याण आधारभूत बिधालयको ३०औ वार्षिक उत्सव भव्यताकासाथ सम्पन्न गरेको छ । विधालयका प्रधानध्यापक गोमा गिरीले बिधालयको प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको कार्यक्रममा स्थापना कालदेखि बिधालयको शैक्षिक,भौतिक,आर्थिक रुपमा सहयोग गर्ने सामाजिक व्यक्ति तथा संस्थापक शिक्षक बिष्णु प्रसाद भुसाल,नरेन्द्र बहादुर वेल्वासे र विधालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरुलाई बिधालयले सम्मान पनि गरको छ ।
भेलाले आगामी ३ वर्षका लागि बिधालय व्यवस्थापन समितिको चयन पनि गरेको छ । जसमा रेशम बहादुर के.सी,कल्पना अधिकारी,,संगिता भुसाल,सरस्वता वेल्वासे चयन हुनुभयो भने ७ सदस्ययी शिक्षक अभिभावक संघको पनि गठन भएको छ । वार्षिकोत्सव सभामा बाणगंगा शिक्षा शाखा प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी बाबुराम भट्टराईले सामुदायिक बिधालयको शैक्षिक प्रगतीको लागि शिक्षक,अभिभावक,विधार्थी सबैको भूमिका हुनुपर्ने बताउनुभयो ।
त्यस्तै वडाध्यक्ष तथा कार्यक्रमका विशिष्ट अतिथी धुर्व वेल्वासेले बिधालयले वडासंग समन्वय सहकार्य गरी अगाडी बढ्न सुझाव दिँदै आफूले पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
वाणगंगा शिक्षा शाखाका अधिकृत खिम बहादुर जि.सि., समाजसेवी कुमार मधु वेल्वासे,शिक्षिका मिना खनाल,भर्तापुर आधारभूत विधालयका प्रधान अध्यापक कमल पौडेल,नव निर्वाचित बिधालय व्यवस्थापन समितिका सदस्य रेशम बहादुर के सी लगायतले बिधालयको ३०औ वार्षिक उत्सव तथा अभिभावक भेलामा आ आफ्ना धारणा राख्नुभएको थियो । | 2021/06/19 05:32:12 | https://janaaawaz.com/news/2239 | mC4 |
सरकारले जवाफ दिनैपर्छ
डा. गोविन्द केसी १६ औँ आमरण अनसनमा बसेका छन् । अनसनका लागि यसपटक उनले पूर्वी जिल्ला इलामलाई छानेका छन् । चिकित्सा शिक्षालाई व्यवस्थित बनाउँदै यसलाई सर्वसाधारणको पहुँचमा पु¥याउने वातावरण सिर्जनाका लागि उनले यो सत्याग्रही बाटो रोजेका हुन् । उनले गत बुधबार अनसन थालेका हुन् । यसअगि उनी जुम्लामा १५ औँ अनसनमा बसेका थिए । त्यति बेला उनको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि सरकारले उनलाई बलपूर्वक राजधानी लगेको थियो । उनका मागहरू पूरा गर्न सरकार सहमत भएपछि उनले अनसन तोडेका थिए ।
चिकित्सा शिक्षामा सुधार गर्नुपर्ने उनको एकसूत्रीय माग हो । उनका सबै मागहरू यही उद्देश्यसँग जोडिएका छन् । मापदण्ड पूरा नगरे पनि पैसाको बलमा मेडिकल कलेज सञ्चालनको अनुमति प्राप्त गर्ने र मेडिकल कलेजलाई 'दुहुनो गाई' बनाउनेप्रवृत्तिलाई अन्त्य गर्न भन्दै उनले यो अभियान थालेका हुन् । उनकै कारण चिकित्सा शिक्षासम्बन्धी कतिपय व्यवस्थामा सुधार भएका पनि छन्तर अहिले पनि यसलाई सेवामूलक व्यवसायको साटो नाफामूलक बनाउने अवस्था अन्त्य नभएको उनको ठहर छ ।
यही एउटा विषयलाई अगि सार्दै उनी पटक–पटक अनसन बसिरहेका छन् । उनकै मागलाई सम्बोधन गर्न सरकारले आयोग गठन गरेको छ । आयोगले पनि सुझावसहित सरकारलाई प्रतिवेदन बुझाएको छ । सरकारले पनि डा. केसीसँग पटक–पटक सहमति गरेको छ । अहिले सत्तारुढ दलका नेताहरू उनी सरकारलाई कमजोर बनाउन र अझ कम्युनिष्ट पार्टीलाई कमजोर र बदनाम बनाउन कतैबाट परिचालित भएको आरोप लगाइरहेका छन् ।
इमानदार नेताको छवि बनाएका सत्तारुढ नेकपाका नेता योगेश भट्टराईले चिकित्सा शिक्षा विधेयकको आवरणमा डा. केसीलाई नेपालको शान्ति प्रक्रिया, संविधान र बहुमतप्राप्त कम्युनिष्ट सरकारविरुद्ध भइरहेको षड्यन्त्रमा प्रयोग गरिएको गम्भीर आरोप लगाएका छन् ।भट्टराईले चिकित्सा शिक्षासम्बन्धी डा. केसीका अधिकांश माग पूरा भइसकेको दावी गरेका छन् । नेकपाको शिक्षा तथा स्वास्थ्य समितिबाट चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन बहुमतले पास गराउन नेता भट्टराईले निर्णायक भूमिका खेलेका थिए ।
त्यही विधेयक गत साउन ११ गते प्रतिनिधिसभामा प्रस्तुत भएपछि यो विधेयक पूर्ण नभएको भन्दै उनी पुनः आमरण अनसनमा बसेका हुन् । यो विषयलाई सरकारले गम्भीररूपमा लिनु आवश्यक छ । यो सर्वसाधारणको जीवनसँग सम्बन्धित विषय हो । यदि डा. केसीका माग गलत छन् भने सरकारले पटक–पटक किन सहमति जनाउँछ ? उनका माग गलत छन् भने के कारणले गलत छन् भनेर किन तर्क गर्न सक्दैन ? अब सरकारले यो विषयलाई त्यसै तर्काएर हुँदैन । यसलाई निष्कर्षमा पु¥याउनु आवश्यक छ ।
केही व्यक्तिको फाइदाका आधारमा राज्यको नीति निर्माण हुनुलाईकुनै पनि अर्थमा उचित वा सकारात्मक विषय मान्न सकिँदैन । यसर्थ, सरकारले यस विषयमा जवाफ दिनैपर्छ । कि उनलाई गलत सावित गर्न सक्नुपर्छ कि उनका माग पूरा गर्नुपर्छ ।राज्यले एउटा जिम्मेवार नागरिकको जीवनसँग खेलबाड गर्नु सुहाउँदैन । | 2022/05/27 16:33:56 | https://pradeshportal.com/news/view?id=2681 | mC4 |
चितवनका उद्योगीलाई श्रम अडिट र सामाजिक सुरक्षा सम्बन्धी अभिमुखिकरण
६ फाल्गुन २०७७, बिहीबार १८:२५
चितवन । चितवनका उद्योगीहरुलाई श्रम अडिट र सामाजिक सुरक्षा सम्बन्धी अभिमुखीकरण दिइएको छ । बिहिबार चितवन उद्योग संघको आयोजनामा श्रम तथा रोजगार कार्यालय, हेटौडा र नेपाल सरकार सामाजिक सुरक्षा कोषको समन्वयमा उनीहरुलाई अभिमुखीकरण दिइएको हो ।
श्रम तथा रोजगार कार्यालय हेटौडाका प्रमुख प्रशान्त शाहले श्रम अडिटको बिषयमा उद्योगीहरुको अन्यौल हटाउन र श्रम अडिटमा बढी सहभागिता जनाउन अभिमुखीकरणका साथै छलफल तथा अन्र्तक्रिया गरिएको बताए ।
२०७६ सालबाट सरकारले उद्योगीहरुको लागि श्रम अडिट अनिवार्य गरिएपनि सहभागिता र सक्रियता कम देखिएकोले यो कार्यक्रमको आयोजना गरिएको हो । शाहका अनुसार श्रम अडिटले उद्योगी, सरकार र स्वयं श्रमिकलाई समेत फाईदा हुने भएकोले सरकारले श्रम अडिट अनिवार्य गरेको हो । प्रस्तुतीकरण दिदै शाहले उद्योगीले हरेक बर्ष पुष मसान्तसम्म श्रमिक अडिट पेश गर्नुपर्ने भएपनि कोरोनाको कारण यसबर्ष फागुन मसान्तसम्म समय थपिएको जानकारी दिए । कार्यक्रममा फाराम भर्ने अभ्यास गरी १५० भन्दा बढी उद्योगीले श्रम अडिट फाराम भरेर बुझाएका थिए । यसअघि चितवन उद्योग संघ अन्तर्गतका एक हजार उद्योगीमध्ये हालसम्म ४० जना उद्योगीले मात्र श्रम अडिट फाराम बुझाएका थिए । श्रम तथा रोजगार कार्यालय , बाग्मती प्रदेशले यो बर्षका लागि २५० जना उद्योगीलाई श्रम अडिट बुझाउन पत्र पठाएको थियो ।
कार्यक्रममा सामाजिक सुरक्षा कोषका निर्देशक कृष्ण अधिकारीले सामाजिक सुरक्षा कोष ऐन कार्यविधी, नियमावलीको बिषयमा प्रस्तुतीकरण दिएका थिए । प्रस्तुतीकरण दिदै उनले उद्योगीले सामाजिक सुरक्षा कोषका लागि सहभागी हुनुपर्ने भन्दै यसका लागि उद्योगी र श्रमिक सबैले लाभ लिनुपर्ने बताए । उनले सामाजिक सुरक्षा कोषमा सहभागी भए लाभग्राहीले रिटायरमेन्ट हुंँदा, दुर्घटना हुंँदा तथा ऋण सहुलियत लगायतका सुविधा पाउने बताए ।
सो अवसरमा बोल्दै चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले राष्ट्र निर्माणमा उद्योगीहरुको दायित्व रयोगदान उत्तिकै रहेको भन्दै उद्योगीले सरकारसंँग बहस पैरवी गर्न सक्ने बताए । 'उद्योगीले कर, रोजगार उत्पादनमा लगायतका बिषयमा राज्यसंँग सहकार्य र समन्वय गर्दै आएकोले राज्यबाट पाउने सेवा सुविधा र अधिकारको प्रयोग गर्नुपर्ने बताए । 'अहिले सरकारले रिफाइनान्सिङ्ग सुविधा दिएको छ , तर कतिपय साथीहरुको सक्रियता नै छैन , चासो पनि देखाउनु हुन्न । उनले भने, अहिले तयारी सामान र कच्चा पदार्थको मुल्यमा अन्तर छ तर तपाईहरुको ध्याननै छैन ।'
सहभागी उद्योगीहरुले यो बिषय नयांँ विषय भएकोले आफूहरु अन्यौलमा रहेको र सरकारले यसअघि स्पष्ट रुपमा नबुझाएकोले आफूहरुले यससम्बन्धी अडिट समयमै दिन नसकेको बताएका थिए । | 2021/02/27 09:04:18 | https://a2zsamachar.com/160410/ | mC4 |
यदि तपाईको रोजाई पाचौँ युवति हो भने यो स्पष्ट छ कि तपाई स्वतन्त्र विचार मान्छे हुनुहुन्छ। तपाई निकै जिद्दी हुनुहुन्छ । तपाई कसैसंग मिल्न त्यति मनपराउनु हुदैन। तर कसैसँग साथी बन्यो भने त्यसको लागे जे पनि गर्नुहुन्छ।यी माथिका मध्ये सबैभन्दा आकर्षक को होला। यो त तपाईलाई नै थाहा होला। यी ५ युवती मध्ये कुन युवती मनपर्यो ? एक रोज्नुस् अनि थाहा पाउनुभएको होला आफ्नो व्यक्तित्व धन्यबाद
Next डुंगा दु,र्घटनामा एकैपटक २ छोरी गु,माएका दम्पत्तीको, दुई वर्ष पछि त्यही मितिमा जन्मिए जुम्ल्याहा बच्चा | 2021/10/27 06:17:35 | https://lifenepali.com/archives/3305 | mC4 |
नेपाल आज | संसदमा बोल्दाबोल्दै प्रधानमन्त्री ओलीलाई एक्कासी गाह्रो भएपछि...
संसदमा बोल्दाबोल्दै प्रधानमन्त्री ओलीलाई एक्कासी गाह्रो भएपछि...
'सभामुखज्यू मलाई उभिएर बोल्न गाह्रो भयो,' ओलीले भनेका थिए, 'स्वास्थ्यका कारण गाह्रो भयो । अपरेसन गरेकाले समस्या भएको छ ।' प्रधानमन्त्रीलाई गाह्रो भएपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद्का महासचिवलाई कुर्सीको व्यवस्था गरिदिन निर्देशन दिएका थिए । रोष्ट्रममा उभिएर बोलिरहेका प्रधानमन्त्रीलाई कुर्सीको व्यवस्था गरिएको छ । उनले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिइरहेका छन् ।
बोल्ने क्रममा ओलीले कोरोना भाइरसबाट कसैको पनि मृत्यु हुन नदिने सरकारको प्रयास असफल भएको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, 'हाम्रो प्रयास कोही पनि नेपालमा कोरोनाको कारणले वा कोरोना संक्रमित भएको अवस्थामा कसैले पनि ज्यान गुमाउनु नपरोस् थियो । हाम्रो प्रयास विभिन्न कारणहरूले असफल भएको छ र २ जनाको निधन भएको छ ।'
कोरोनाबाट मृत्यु भएकाहरूको अन्य कारणले मृत्यु भएको हुनसक्ने प्रधानमन्त्रीको भनाइ थियो । उनले भने, 'कोरोना भन्दा अरु जटिलताले निधन भएको हुनसक्छ । विश्वस्वास्थ्य संगठनको मापदण्डअनुसार जुनसुकै अवस्थाले निधन भएको भएपनि कोरोना संक्रमण भएको छ भने त्यसैबबाट भएको मान्नुपर्ने हुन्छ ।'
मुलुकमा अरुले कोरोनाबाट ज्यान गुमाउन नपरोस् र अरुमा संक्रमण हुन नपाओस् भनेर सरकारले उच्च सतर्कता अपनाइरहेको प्रधानमन्त्री ओलीको दाबी छ । उनले त्यसका लागि गरिरहेका कामबारे पनि संसदलाई जानकारी गराएका छन् । 'बढी परीक्षण गर्ने, भरपर्दो ढंगले परीक्षण गर्ने । क्वारेन्टाइन भरपर्दो गर्ने र आइसोलेसन व्यवस्थित गर्ने र उपचारको राम्रो प्रबन्ध गर्नेमा सरकारको ध्यान गएको छ,' ओलीले भने । | 2020/05/26 17:05:40 | https://nepalaaja.com/2020/5/202051971144 | mC4 |
० नेपाली कांग्रेसको चालू केन्द्रीय समिति बैठकमा के–के विषयमा छलफल केन्द्रित छ ?
कांग्रेसको जारी बैठक समसामयिक राजनीतिक विषयका साथै कांग्रेसको संघात्मक राजनीतिक संरचनालाई कसरी अगाडि बढाउने भन्ने विषयमा केन्द्रित छ । हामीले संघात्मक संरचनामा मुलुकलाई लगिसकेका छौं । त्यसअनुसार निर्वाचन पनि सम्पन्न भइसकेको छ तर कांग्रेस एकात्मक संरचनामै थियो । विधानलाई संघात्मक संरचनामा त लग्यौं तर ठ्याक्कै व्यवहारमा उतार्न निर्वाचन समिति गठन गरी जिल्ला–जिल्लामा पठाउने काम भइसकेको छ । सँगसँगै कांग्रेसको भ्रातृ संस्थाहरू एकदमै लथालिंग, भताभुंग छ । भ्रातृ संस्था भन्ने तर उल्टै मातृ संस्था वा कांग्रेस पार्टीले नै काँधमा बोकेर हिँडिदिनुपर्ने अवस्था छ । कति भ्रातृ संस्था त विघटन भएकै पाँच–सात महिना बितिसक्यो । यस्तो अवस्थाका विषयमा पनि पार्टीभित्र गम्भीर छलफल चलिरहेको छ । कांग्रेस अहिले आफ्नो संसदीय जुन भूमिकामा छ, त्यसबारे पनि हाम्रो छलफल जारी छ ।
० महाधिवेशन गर्नुपर्ने अवधि गुजारेर नेतृत्वले फेरि कार्यकाल लम्ब्याउने षड्यन्त्र गर्दै छ भन्ने आरोप छ नि ?
हाम्रो नियमित महाधिवेशनको मिति यही २०७६ फागुनभित्र गर्नुपर्छ । अघिल्लोपटक गएको १३औं महाधिवेशन हामीले फागुनको पहिलो हप्ता सम्पन्न गरेका थियौं । निर्वाचनको परिणाम हामीले १०–११ गते प्राप्त गरेका थियौं । यसरी हेर्दा पनि हाम्रो नियमित महाधिवेशन यही २०७६ फागुनको १२–१५ गतेभित्रै गर्नुपर्ने हुन्छ । तर विधानले विशेष परिस्थिति भएको अवस्थामा एक वर्ष थप गर्न सकिने व्यवस्था गरेको छ ।
त्यो व्यवस्थालाई हेर्दा पनि अब २०७७ फागुनभित्र त हामीले महाधिवेशन गर्नैपर्छ । फेरि अर्को कुरा पनि विधानले यो व्यवस्था गरिदिएको छ कि महाधिवेशन हुनुभन्दा अगाडि स्थानीय तहका कमिटीहरूको निर्वाचन भइसक्नुपर्ने भन्ने पनि उल्लेख छ । जसले गर्दा हामीले अब एक वर्ष थप्ने अवधिलाई हेर्दा पनि २०७७ फागुनमा महाधिवेशन गर्ने हो भने स्थानीय तहको अधिवेशनहरू माघभित्र गरिसक्नुपर्छ । यही कुरामा हाम्रो अभ्यास र गृहकार्यहरू अघि बढेको छ । तर तपाईंले लम्ब्याउने खालको आरोप भनेर जुन कुरा भन्नुभयो, अब त नलम्ब्याउँदा वा म्याद नथप्दा पनि हामीले भ्याउँदैनौं । अहिलेको विधानले जुन खालको सर्तहरू राखेको छ, त्योबमोजिम सकिने अवस्था छैन । त्यही भएर हामीले २०७४ सालको निर्वाचन सम्पन्न भएपछि तुरुन्तै १२–१३ जना केन्द्रीय सदस्यहरू मिलेर महाधिवेश सकिनासाथ ५२ पृष्ठको दस्तावेज केन्द्रीय समितिमा पेस गरेका थियौं । त्यतिखेर नै हामीले अब महाधिवेशनको सुरुवात गर्नुपर्छ भनेका थियौं । सदस्यता नै वितरण गर्न समय लाग्छ, त्यसैले हामीसँग समय छैन, क्रियाशील सदस्यता वितरण गरिसकेपछि गाउँगाउँ र टोल समितिदेखि अधिवेशनहरू गर्दै आउनुपर्छ, त्यसकारण हामीसँग समय छैन भनेका हौं । नियमित महाधिवेश गर्न पनि त त्यतिखेरै २०७४ सालबाटै सुरु गरिएको भए सायद नियमित रूपमा विधानले तोकेको चारवर्षे कार्यकालभित्रै २०७६ फागुनभित्रै हामीले महाधिवेशन गथ्र्यौैं । तर, त्यतिबेला हाम्रो कुरा सुनुवाइ भएन । त्यसैले अहिले हामीले बोलेर मात्र पनि महाधिवेशन समयमै हुन सक्ने अवस्था टरिसक्यो ।
० अर्को महाधिवेश आउने बेला भइसक्दा पनि कतिपय विभागले पूर्णता पाएका छैनन्, भ्रातृ संगठनको अवस्था अस्तव्यस्त छ, यसको जिम्मेवारी कसले लिनुपर्छ ?
सीधा कुरा छ, यसको जिम्मेवारी नेतृत्वले लिनुपर्छ । हामी त केवल केन्द्रीय सदस्य हौं । हामीले पटकपटक यसबारे कुरा उठाएका छौं । भ्रातृ संस्था चुस्त बनाउनुप¥यो, विभागहरू तुरुन्तै गठन गर्नुप¥यो भन्दै आएका छौं । जबकि, हाम्रो १३औं महाधिवेशनले पारित गरेबमोजिम महाधिवेशन भएको दुई महिनाभित्र सम्पूर्ण समिति र विभागहरू गठन गरिसक्नुपर्ने भन्ने थियो । अन्ततोगत्वा हाम्रो परिपाटी के छ भने निर्णय गर्ने बेलामा पदाधिकारीहरू बस्छन्, छलफल गर्छन् । हामीले राखेको सुझावलाई मनन गर्ने भनेर उहाँहरू बस्नुहुन्छ । तर, उहाँहरूले अहिलेसम्म मनन गर्न सक्नुभएन । यतिन्जेल गठन नगरेपछि अब त विभागको के अर्थ रह्यो र ? विभाग गठन भएको भए न केन्द्रीय सदस्यहरूले भूमिका पाउने हो । अब भूमिकाविहीन जस्तै देखियो । किनभने निर्णय गर्ने बेलामा सकेसम्म सर्वसम्मत गरौं भन्ने हुन्छ । सर्वसम्मत गर्ने भनेपछि पदाधिकारीहरू बस्ने हो । तसर्थ, यो त नेतृत्वको अपरिपक्वता हो । यसमा जस–अपजस दुवै नेतृत्वले लिनुपर्छ ।
० भ्रातृ संस्थाको हालत नि लाजमर्दो छ नि ?
हो, नेपाल तरुण दलजस्तो भ्रातृ संस्थालाई पोखराको महाधिवेशनमा सभापति पार्टी सभापतिको राख्ने र उहाँले नै चयन गर्ने, उपसभापति अर्को नेताले चयन गर्ने, महामन्त्री वरिष्ठ नेताको भागमा पार्ने भनेर यसरी भागबन्डा गरियो र चारजना नेताको नाममा राखियो । तर, अहिले अर्को तरुण दलको महाधिवेशन आउने बेलासम्म चारमा चार मात्रै छ । त्यसको विस्तार पनि हुन सकेन । यसमा त सबै नेता मिलेका हुन् नि त ।
० सिद्धान्ततः त्यसरी चार नेताले चार युवालाई टीका लगाउँदैमा नेतृत्व हुन्छ त ?
सिद्धान्ततः त्यसरी पाउने नै होइन । विधानत महाधिवेशन प्रतनिधिहरूको बीचबाट सहमति भए सहमति नभए बहुमतीय पद्धतिबाटै गर्नुपथ्र्यो । तर त्यतिखेर सहमति गर्ने भन्ने ढ्वाङ पिटेर चारजना पदाधिकारी राख्ने अनि अहिलेसम्म त्यसको विस्तार गर्न नसक्ने भनेको नेतृत्वको कुरा हो नि त । त्यस्तै नेपाल विद्यार्थी संगठन भनेको ऐतिहासिक संगठन हो । त्यस्तो ऐतिहासिक संगठनलाई अहिलेसम्म विघटन गरेर राखिराख्ने हो ? अझै नेविसंघ भनेको कांग्रेसको नर्सरी ब्याड हो भनिन्छ तर नर्सरी नै सुक्खा पारेर राख्ने, नर्सरीमै आगो लगाउने अनि कहाँबाट बिरुवा हुर्कन्छ ?
० पछिल्लो समय तेस्रो पुस्ताका युवाहरूले सशक्त आवाज उठाइरहेको बेला विश्वप्रकाश शर्मालाई प्रवक्ता बनाएपछि उहाँ सभापतिविरुद्ध जान सक्नुभएन त्यसैले यो आवाज झिनो भयो भन्ने कुरा पनि सुनिएको छ नि ?
यस सन्दर्भमा निश्चित रूपमा विश्वजी प्रवक्ता बन्नुभयो । उहाँ एउटा राम्रो, भरोसालाग्दो र उदीयमान नेता हुनुहुन्छ । त्यसकारण उहाँजस्तो व्यक्तिलाई प्रवक्ता बनाउनु राइट टाइम, राइट म्यान, राइट च्वाइस नै हो भन्ने मलाई लाग्छ । तर, प्रवक्ता बने पनि उहाँको भावना सायद हामीसँगै छ भन्ने मलाई अहिले पनि लाग्छ । बीचबीचमा हाम्रो कुरा पनि भइरहन्छ । प्रवक्ता भएपछि सभापतिको कुरा पनि बोल्नुप¥यो । हामीसँग जोडिएपछि हाम्रो कुरा पनि बोल्नुप¥यो ।
० ए त्यसो भए उहाँ धर्मकसंकटमा हुनुहुन्छ ?
धर्मसंकटभन्दा पनि कहिलेकाहीँ एउटै हिरोको डबल रोल हुन्छ । त्यस्तै हो । हाम्रो विश्वप्रकाश भनेको हिरो नै हो । अहिले हिरो नै भएका कारण उहाँले प्रवक्ताको पनि जिम्मेवारी पाउनुभएको हो । त्यसकारण, हिरोको कहिलेकाहीँ डबल रोल हुन्छ ।
० युवाहरूको आवाज मत्थर पार्न पार्टी सभापतिले एउटा तुरुपका रूपमा उहाँलाई तान्नुभयो भन्छन् नि ?
म तासै नखेल्ने मान्छेलाई यो तुरुपसुरुप भन्नेतिर लैजानुभन्दा उहाँ सभापतिजीलाई हामी तेस्रो पुस्ताले सहयोग नै गर्ने भनका हौं । पार्टी बिग्रँदै गरेको अवस्थामा, पार्टीले हार खाँदै गरेको अवस्थामा, आमनिर्वाचनमा पार्टी हारेको अवस्थामा हामीले चिन्ता ग¥यौं कि पार्टीलाई अब रिभाइब गर्नुपर्छ भन्ने लाग्यो । रिभाइब गर्ने चिन्ता कसका लागि ? पार्टीका लागि । कसलाई त्यसले फाइदा हुन्छ ? नेतृत्वका लागि । भनेपछि पार्टी सभापतिले त्यही कारणले गर्दा हाम्रो बैठक, भलाकुसारी आदिकै कारणले गर्दा तपाईंकै शब्द सापटी लिएर भन्दा तुुरुपकै रूपमा विश्वप्रकाशलाई प्रयोग गरेको भन्ने त मलाई लाग्दैन । तथापि, कुनैकुनै बेला हिरोको डबल रोल पनि हुन्छ । त्यस्तै भइआएको छ ।
० कांग्रेसको नयाँ महाधिवेशनको चहलपहल सुरु भएसँगै विभिन्न पदका आकांक्षीहरू देखिन थालेको पाइन्छ, तपाईं आफू यसमा के भन्नुहुन्छ ?
निश्चित रूपमा साथीहरूको कुरा आइरहेको छ । विश्वप्रकाशजीको कुरा नि आयो । गगनजीको कुरा पनि आयो । चन्द्र भण्डारीजीको पनि चर्चा चलिरहेको समाचारहरू म पढ्दै थिएँ । हामी युवाहरूले एकपटक सघन रूपमा छलफल गरेर मात्र अगाडि बढ्न पाएको भए राम्रो हुन्थ्यो । तथापि यसले नोक्सान पु¥याएको छैन । युवाहरूले हामीले कांग्रेस नचलाउने हो भने कसले चलाउने ? हामीले यत्रो वर्ष हेरिसक्यौं । उहाँहरूको घोषणा स्वागतयोग्य छ ।
० तपाईंको चाहिँ के पदमा दाबी छ ?
मेरो पनि प्रस्ट कुरा के छ भने साथीहरूले भनेझैं गरेर उपसभापति र महामन्त्रीमध्ये मैले कुनै एक पदमा उम्मेदवारी दिन्छु । त्यस्तै अवस्था आयो, नयाँ पुस्ताबाट सभापतिमा सबै डराए, सबै टाङमुनि पुच्छर लुकाएर हिँड्न थाले, हामीले भने जस्तो जुनजुन नेतृत्वबाट कांग्रेस चल्न सकेको छैन भनेर हामी भनिरहेका छौं । तर पनि फेरि हातखुट्टा छोड्ने अवस्था भयो भने मैले त छोड्ने अवस्था हुन्न ।
० भनेपछि युवाहरूको हस्तक्षेपकारी भूमिकाका लागि तपाईं उस्तै परे सभापतिमा पनि उम्मेदवारी दिनुहुन्छ ?
हो, किन नदिने ? बीपी कोइरालाले त ३०–३१ वर्षको उमेरमा पार्टी स्थापना गरेर क्रान्ति गर्नुभएको हो ।
० पारिवारिक लिगेसीको कुरा उठाएर कोइराला, सिंह वा निधि परिवारमध्येले पो नेतृत्व लिने कुरा उठाइँदै छ नि ? तपाईंहरूलाई त गणना नै गरिएको छैन ?
हो, गणना नै गरिएको छैन । लिगेसीको पाटोभन्दा पनि म के भन्छु भन्दा हामीभन्दा माथिको पुस्ता हातखुट्टा नै छोडिदिने हो भने हाम्रो पुस्ताले सभापतिको दाबी गर्नुपर्ने भयो नि त । तपाईंले जसजसको लिगेसीको नाम लिनुभयो, हामीले उहाँहरूलाई मानेकै छौं । तर उहाँहरूले थरथर काम्नुभएन । हातखुट्टा छोड्नुभएन । उहाँहरू अगाडि बढ्नुस्, हाम्रो शुभकामना छ । हामी साथ दिन तयार छौं । तर उहाँहरू पनि अघि नबढ्ने र पार्टी यस्तरी नै लथालिंग पार्न दिन त भएन नि । उहाँहरूले नसके तेस्रो पुस्तामा आउँछ । त्यसमा आउँदा हामीले नगरे कसले गर्ने ?
० कांग्रेस इतिहासमै कमजोर प्रतिपक्ष भयो भन्छन् नि ?
अब एउटा ठट्टा पनि गरौं । कांग्रेस अधिकांश समय कहिले आफ्नै नेतृत्वमा कहिले अन्यको नेतृत्वमा लामो समय सत्तामा बसेकै हो । सत्तामा बढी बसेका र बानी परेका साथीहरू अहिले हुनुहुन्छ कि के हो, नत्र प्रतिपक्षले यो वर्ष त होइन, सुरुकै वर्षमा सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई समर्थन गरेर पास गरेको संसारमै पहिलोचोटि होला संसदीय परिपाटीभित्र । सुरुमै हामी प्रतिपक्षको भूमिकाबाट चिप्लियौं । त्यसपछि लगातार हामी चिप्लिरहेका छौं । मैले कुनै नेतालाई आरोप लगाएको होइन । प्रमुख प्रतिपक्ष भइसकेपछि आफूले राखेको एजेन्डामा संसदमा बुलन्दका साथ प्रस्तुत हुनुपर्ने होइन र ? अस्ति भर्खरै विप्लव कार्यकर्ता सर्लाहीमा मारिएको घटनामा राजपाले संसद्अवरुद्ध ग¥यो । कांग्रेस त्यही राजपाको एजेन्डाका होमा हो गर्दै पछि पछि कुद्छ । पछि त्यसमा फेस सेभिङ पनि भएन । सेफ ल्यान्डिङ पनि भएन । गोल मोटर खालको समिति बनाएर झारा टारियो । कांग्रेस त्यत्तिकै पछि हट्यो । प्रमुख प्रतिपक्ष दलले अरुका यस्ता कमजोर एजेन्डा बोक्नुहुँदैन । उसले त अहिले सरकारले गरेका कमीकमजोरी कोट्याएर देखाइदिने हो नि । चाहे भ्रष्टाचारका सन्दर्भमा होस्, चाहे सुशासन दिन नसकेका सन्दर्भमा होस्, चाहे महँगी नियन्त्रण गर्न नसेकको सन्दर्भमा होस्, चाहे जनतालाई करमाथि करको भार थोपरेको सन्दर्भमा होस्, थुप्रै छन् नी यस्ता एजेन्डाहरू । यस्तो एजेन्डामा टुलुटुलु हेरेर बस्ने अनि राजपाको एजेन्डामा बुई चढ्न जाँदा के हालत भयो ? तसर्थ, कांग्रेसले प्रतिपक्षीदलको भूमिका जसरी उपयोग गर्नुपथ्र्यो त्यसरी गर्न सकेको छैन । | 2020/08/15 06:55:01 | http://ebudhabar.com/some-interview/%E0%A4%A8%E0%A4%B0%E0%A5%8D%E0%A4%B8%E0%A4%B0%E0%A5%80%E0%A4%AE%E0%A5%88-%E0%A4%86%E0%A4%97%E0%A5%8B-%E0%A4%B2%E0%A4%97%E0%A4%BE%E0%A4%8F%E0%A4%AA%E0%A4%9B%E0%A4%BF-%E0%A4%B5%E0%A4%BF%E0%A4%B0/ | mC4 |
मंसिर १ गते सोमबार, यस्तो छ आजको राशिफल – Saurahaonline.com
मंसिर १ गते सोमबार, यस्तो छ आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिभिन्न समस्याहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । व्यापार व्यावसायमा प्रशस्त समय खर्चिदा पनि भनेजस्तो नतिजा हातलागि नहुँदा काम गर्ने जोस जागर हराएर जानेछ । बाहिरि वातावरणको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । प्रेम प्रशङगमा एक अर्कालाई शंकालु नजरले हेर्दा थप समस्या उत्पन्न हुनाले सम्यम भई अगाडि बढ्नुहोला । तरपनि आफन्तसँगै रहेर मिष्ठान्न भोजनका साथ समय व्यातित गर्न सकिनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बीच मायाको डोरो कसिलो हुनेछ । पारिवारिक यात्रा हुने अधिक सम्भावना रहेकोछ भने यात्राका क्रममा बिभिन्न मनमोहक दृष्यहरु मन मुुटुमा कैद गर्न सकिनेछ । एकल तथा साझेदारि व्यावसाय फस्टाएर जानेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात लाग्नेछ । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) अध्ययन तथा अध्यापनको क्षेत्रमा तपाईको बलियो पकड रहनेछ । सत्रुहरुलाई परास्त गर्दै कामहरु गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो भएर जानेछ । व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । पुरानो रोग तथा समस्याहरु स्वत ठिक भएर जानेछन् । मामा तथा मावलिबाट तपाईको काममा सहयोग हुनेछ भने परिवारका साथ रहेर रमाईलो गर्दै दिन व्यातित गर्न सकिनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यावसायमा लगानि गर्नको लागि केहि समय कुर्नु नै राम्रो रहेकोछ । सन्तान तथा आफन्तसँग मनमुटाव सिर्जना हुन सक्छ ध्यान दिनुहोला । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या देखा पर्न सक्छ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागी समय मध्ययम रहेकोछ । तरपनि बैक तथा बित्तिय क्षेत्र शेयर बजारमा गरिने लागानिबाट भने सन्तोषजनक नाँफा कमाउन सकिनेछ । परिवारका साथ मिष्ठान्न भोजन ग्रहण गर्दै रमाईलो वातावारणमा दिन व्यातित हुनेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) तपाईले शुरु गर्नुभएको काममा बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्नेछ । गोप्य योजनाहरु सार्वजनिक गर्न केहि समय पर्खदा राम्रो हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा प्रशस्त समय खर्चिय पनि भनेजस्तो नतिजा हात नलाग्न सक्छ । घर परिवार,आफन्त तथा आमासँग घरायसि कुरामा बिवाद सिर्जना हुनेछ । तरपनि कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुका लागि भने समय उत्तम रहेकोछ । परिवारका साथ मिष्ठान्न भोजन ग्रहण गर्दै समय व्यातित गर्न सकिनेछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) अभिभावक,विशिष्ट व्याक्ति तथा दाजुभाईको सहयोगले राम्रा तथा उत्पादनमुखी काम गर्न सकिनेछ । आफ्नै सवारी साधनमा छोटो दुरिको यात्राको प्रसस्त सम्भावना रहेकोछ । व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने नयाँ व्यावसाय सुरु गर्नको लागी समय मध्ययम रहेकोछ । राजनीति तथा सामाजिक क्षेत्रमा मान सम्मान तथा प्रतिष्ठा जोगाउन सफल होईनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) समयको माग अनुशार नचल्नाले दुख पाईनेछ भने आर्थिक कारोबार बिग्रने हुँदा दैनिक गुजार गर्न गाह्रो हुनेछ । कुटुम्ब तथा आफन्तसँग कुनै कारोबार नगर्नुहोला मनमुटाव सिर्जना हुनेछ । बोल्दा वा कुनै निर्णय गर्दा ख्याल गर्नुहोला हतारमा निर्णय गर्दा आम्मघाति पनि हुन सक्छ । व्यापार व्यावसायमा नाफा कमाउन निकै नै संघर्ष गर्नुपनर्पेछ भने पढाइ लेखाइमा तपाईको उपस्थिति कमजोर रहनेछ । तरपनि आफन्तका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिशिष्ट व्याक्तिहरुको भेटघाटले नयाँ योजनाहरु बनाउन सहयोग पुग्नेछ । रोकिएर बसेका तथा पुराना कामहरु हल भएर जाने योग रहेकोछ । बिलाशि तथा सुन्दर बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरुभन्दा अग्र पंत्तिमा तपाईको नाम आउनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुका लागि समय उत्तम रहेकोछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अरुकै काममा समय बित्ने हुँदा आफ्नो काम धाति रहनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या आउने तथा औषधी उपचार खर्च बढ्न सक्छ । स्वदेशि व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न प्रशस्त समय खर्चिनु पर्नेछ भने बिदेशमा उत्पादित बस्तुको व्यापार फस्टाएर जानेछ । आफन्त तथा साथिभाईबाट सुनिने अप्रिय समााचारले मन दुखित तुल्याउनेछ । तरपनि परिवारका साथ रमाईलो गर्दै समय व्यातित गर्न सकिनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यावसायबाट सामान्य नाँफा भएपनि भने आम्दानिका नयाँ नयाँ स्रोतहरु पहिल्याउन सकिनेछ । बिभिन्न अवसरले पछ्याउने तथा रोजगारि पाउने समय रहेकोछ । भौतिक तथा भोगबिलासका सामानहरु प्राप्त हुनेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्धले बिवाहरुपि निकास पाउने योग रहेकोछ । अध्यनमा प्रगति हुनेछ भने बिद्यार्थि वर्गका लागि आजको दिन फलदायि रहनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) तपाईँबाट राम्रा काम हुनाले पिता, परिवार वा वंशकै मानसम्मान,ईज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । सन्तानले उन्नति र प्रगति गर्नेछन् । दृढ इच्छाशक्तिका कारण शरीरमा उत्साह र ऊर्जा भरिपूर्ण हुनेछ । गरेको कर्ममा भाग्य थता समयले साथ दिनेछ । कार्यक्षेत्र र बन्दव्यापारको क्षेत्रमा पनि वर्चस्व स्थापना हुने समय हो । सामाजिक गतिविधि, परोपकारी काम र दान धर्ममा समय व्यातित हुनेछ । धार्मिक र सांस्कृतिक महत्वको क्षेत्रमा भ्रमण हुनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आफन्तको सहयोग नपाईनाले नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । स्वास्थ्य सम्बन्धी समस्या आई कमजोर भएको अनुभूति हुनेछ । पढाइ लेखाइमा पनि प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा मन्दि आउनेछ । छोटो दुरिको धार्मिक यात्रा हुने भएपनि बाटोमा दुःख हुन सक्छ ध्यान दिनुहोला । तरपनि आफन्तको सहयोग पाईनेछ भने परिवारका साथ रहेर रमाईलो गर्दै समय व्यातित गर्न सकिनेछ । | 2021/06/23 07:56:48 | https://saurahaonline.com/2020/11/199545/ | mC4 |
बैंकिङ समूहको १० वृद्धि हुँदा समग्र नेप्से ५ अंकले बढ्यो, ६७ करोड रुपैयाँको कारोबार
आईतवार, चैत्र २८, २०७२ साल,
काठमाडौं । बैंकिङ समूहमा आएको १०.७३ अंकको बृद्धिसँगै नेप्सेको समग्र परिसूचक ५ अंकले बढेको छ। यो अंकको बृद्धिसँगै बजारको परिसूचक १३ सय ८२ अंकमा पुगेको छ। बजारमा बलियो पकड भएका हाइड्रो र बिमा समूह ओर्लिएका छन्।
बिमा समूह ४६ अंक तथा हाइड्रो समूह ४.९७ अंकले घटेको छ। त्यस्तै होटल ५। ६१ अंकले घटेको छ। उत्पादन समूह २१ अंकले बढेको छ भने फाइनान्स र अन्य समूह झिनो अंकले बढेका छन्।
यस दिन १ सय ३० कम्पनीको ११ लाख २७ हजार कित्ता सेयर किनबेच भएको छ। ति सेयरको किनबेचबाट ६७ करोड ३४ लाख रुपैयाँको कारोबार भएको छ।
यस दिन नविल बैंक संस्थापकतर्फको सेयर कारोबार उच्च भएको छ। सो कम्पनीको ६ करोड ४५ लाख रुपैयाँको कारोबार भएको छ। त्यस्तै दोस्रो उच्च कारोबारमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको ५ करोड ५५ लाख रुपैयाँको कारोबार भएको छ।
आगामी ३० गते एफपीओ सेयर बाँडफाँड गर्ने तयारी भएका बेला कम्पनीको सेयर मूल्य आज प्रतिकित्ता ५३ रुपैयाँले बढेको छ। यो मूल्य बढेसँगै कम्पनीको अन्तिम सेयर मूल्य १ हजार ९८ रुपैयाँमा पुगेको छ।
नेपाल बंगलादेश बैंक तथा इन्भेष्टमेन्ट बैंककै संस्थापकतर्फको सेयर कारोबार पनि उच्च रह्यो।
नाफा सेयर मूल्य बृद्धिदरका आधारमा प्रोग्रेसिभ फाइनान्स अग्रस्थानमा रह्यो । सो कम्पनीको ७.४३ प्रतिशतले मूल्य बढेको छ। सहारा विकास बैंक, वागमति डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि ६ प्रतिशतभन्दा धेरैले बढ्यो।
२ सय प्रतिशत अर्थात १ बराबर २ कित्ता हकप्रद सेयर निस्कासनको घोषणा गरेको अपि पावर कम्पनीको पनि सेयर मूल्य आज बढेको छ। हकप्रद सेयर लिने दाउमा सो कम्पनीमा पनि लगानीकर्ताको आकर्षण बढ्यो। प्रतिकित्ता १७ रुपैयाँले सो कम्पनीको मूल्य बढेको छ। | 2020/11/25 07:49:27 | http://www.arthadainik.com/news/3484 | mC4 |
बालुवाटारको बहुचर्चित सरकारी जग्गा व्यक्तिका नाममा ल्याइएको सन्दर्भमा विभिन्न ठाउँबाट आ-आफूलाई पायक पर्ने हिसाबले व्याख्या-विश्लेषण भइरहेका बेला थप संवेदनशील तथ्यहरु फेला परेका छन् । प्राप्त तथ्य र प्रमाणित दस्तावेजका आधारमा भन्न सकिन्छ- ०२१ सालमा सरकारले जफत गरेको जग्गा हडप्न सरकारी जग्गा गुठीमा परिणत गरी नक्कली मोही खडा गरिएको रहेछ । प्राप्त दस्तावेजहरुबाट बालुवाटारको सरकारी जग्गा प्रकरणमा कृष्णप्रसाद भट्टराईदेखि माधव नेपाल हुँदै तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराईका पालामा पनि निर्णयहरु भएको पाइएको छ ।
माधव नेपाल नेतृत्वको मन्त्रिपरिषदले बालुवाटार विस्तार गर्ने सन्दर्भमा गरेको निर्णयलाई टेकेर डा. बाबुराम प्रधानमन्त्री भएको मन्त्रिपरिषदले सरकारी जमिनलाई पशुपति टिकिन्छा गुठीमा परिणत गरी मालपोत कार्यालयमार्फत् मोहीका नाममा गरिएको पाइएको छ ।
विभिन्न सरकारका पालामा मन्त्रिपरिषदमा लगेर निर्णय गराई बालुवाटारको सरकारी जग्गामा नक्कली मोही खडा गर्ने काम भएकोमा केपी ओली नेतृत्वको सरकारले गत फागुन २८ गते मन्त्रिपरिषदबाटै निर्णय गराई यसअघिका मन्त्रिपरिषदका निर्णय सच्याएको मात्र छैन, पुरानो मन्त्रिपरिषदको निर्णयलाई ‘गैरकानुनी र दुषित कार्य’ समेत भनेको छ ।
साथै ओली सरकारले जग्गा किनबेच रोक्का गरी सरकारी जग्गा व्यक्तिका नाममा गराउने व्यक्ति तथा सरकारी कर्मचारीमाथि छानविन थाल्ने निर्णय गरेको छ ।
बालुवाटारको जग्गा प्रकरणमा मुख्य गरी चारजना प्रधानमन्त्रीका पालामा भएका निर्णयका आधारमा विश्लेषण गर्नुपर्ने हुन्छ । तत्कालीन अवस्थामा कांग्रेस, एमाले र माओवादी तीनै पार्टीका प्रधानमन्त्री भएका बेला गरिएका निर्णयले बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा गएको देखिन्छ ।
केपी ओली सरकारले गत असारमा शारदाप्रसाद त्रितालको संयोजकत्वमा बनाएको छानविन समितिले पुस महिनामा प्रतिवेदन दिएपछि त्यसका आधारमा किनबेच रोक्का गरेपछिमात्रै यो प्रकरण बाहिर आएको हो ।
करिव २९ वर्षको अवधिमा विभिन्न सरकारले गरेका निर्णयको तथ्यगत विश्लेषण नगरी बालुवाटारको जग्गा प्रकरणमा सही निष्कर्षमा पुग्न सकिन्न । अहिले बालुवाटारको ११३ रोपनी जग्गा किनबेचमा सरकारले रोक्का गरिसकेको छ । तर, त्यो जग्गा कसरी व्यक्तिका नाममा पुग्यो भन्ने तथ्य अलि फरक छ ।
किसुनजीको पहिलो निर्णय
सन्त नेताका नामले नेपाली राजनीतिमा स्थापित कृष्णप्रसाद भट्टराई (किसुनजी) प्रधानमन्त्री भएको बेला ०४७ जेठ १४ गतेको मन्त्रिपरिषदको बैठकले २०१७ सालपछि प्रजातन्त्र पुनस्र्थापनाका लागि भएका संघर्षहरुमा संलग्न रहेका कारणबाट विभिन्न व्यक्तिहरुको हरण भएको सम्पत्तिको विषयमा छानविन गर्ने निर्णय गरेको थियो ।
सोही छानविनपछि ०४७ साउन ८ गतेको मन्त्रिपरिषद बैठकले जफत भएको घरजग्गा तथा अन्य सम्पत्तिमध्ये जग्गाको हकमा प्रचलित कानुनले दिएको हदसम्मको फिर्ता दिने भन्ने निर्णय गर्यो । यद्यपि त्यो निर्णयमा बालुवाटार (सुवर्ण शमसेर) को जग्गा भनेर किटान नगरी समग्रमा भनिएको थियो ।
अनलाइनखबर
नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।
लोकप्रिय
ताजा समाचार
अबको प्रधानमन्त्री शेरबहादुर देउवा नै हो, माओवादीले राष्ट्रपति र हामीले सभामुखमा दाबी गर्छौं : मेटमणी चौधरी
आजको राशिफलः २०७९ मंसिर १६ गते शुक्रबार,२ डिसेम्बर २०२२
‘दिग्वी’ छायाङ्कन नेपालमा हुने
अर्थतन्त्र सङ्कटमा छैन : अर्थमन्त्री शर्मा
बलुचिस्तानमा दश जना आतङ्ककारी मारिए
तपाईको प्रतिक्रिया
Loading...
सम्बन्धित समाचार
अबको प्रधानमन्त्री शेरबहादुर देउवा नै हो, माओवादीले राष्ट्रपति र हामीले सभामुखमा दाबी गर्छौं : मेटमणी चौधरी
‘दिग्वी’ छायाङ्कन नेपालमा हुने
अर्थतन्त्र सङ्कटमा छैन : अर्थमन्त्री शर्मा
अमेरिका तथा पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गर्ने दुई पक्राउ
सिसिटिभी फुटेजमा नाबालिग र सन्दीपसँगै स्पष्ट देखिए, अब के हाेला ?
असोज २ गते तनहुँमा पल शाहको मु्द्दामाथि सुनुवाइ हुने
सन्दीपको निलम्बनबारे छलफल गर्दै क्रिकेट संघ
क्रिकेट टोली कप्तान सन्दीप लामिछानेविरुद्ध नाबालिग बलात्कारको उजुरी
पल शाह प्रकरणः अढाई वर्ष जेल सजाय, १० लाख क्षतिपूर्ति र २५ हजार जरिवाना
CONTACT US
NEPALI TV AUSTRALIA PTY LTD
Head Office : 301 23-26 Station Street Kogarah 2217 NSW,Sydney,Australia
ABN :58 626 889 978 ACN : 626 889 978
Email: info@nepalitv.com.au
Bureau : KATHMANDU,NEPAL
© 2021 www.nepalitv.com.au, All Right Reserved. About Us | Advertise | Our Team | Privacy Policy | Contact Us | 2022-12-02T15:26:53Z | https://nepalitvonline.com/2019/04/29/1493/ | OSCAR-2301 |
काठमाडौं : पछिल्ला केही दिनयताका मन्त्रिपरिषद्का निर्णय अपारदर्शी हुने क्रम बढेको छ। प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि बसेका हरेक मन्त्रिपरिषद् बैठकमा नियमितभन्दा मन्त्रीको खल्तीबाट आउने ठाडो प्रस्तावको संख्या अत्यधिक हुने गरेको पाइएको छ। मन्त्रिपरिषद्को शुक्रबारको बैठकमा ४० वटा नियमित एजेन्डा थिए तर ३० भन्दा बढी आकस्मिक रूपमा आएका प्रस्ताव रहेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए। ती मन्त्रीका अनुसार शुक्रबारको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा नियुक्ति र ठूलो संख्यामा विदेश भ्रमणसम्बन्धी प्रस्तावमा निर्णय गरेको छ। यसअघि १३ पुसमा बसेको मन्त्रिपरिषद् बैठकमा पनि ३३ वटा प्रस्ताव नियमित रूपमा आएका थिए भने बाँकी २५ वटा प्रस्ताव ठाडो रूपमा आएका थिए। मन्त्रिपरिषद्ले ठूलो संख्यामा सरकारका मन्त्री, सचिव, सहसचिवलगायत कर्मचारीको विदेश भ्रमण पनि स्वीकृत गरेको छ। सुशासन ऐन २०६४ मा प्रशासनिक कार्य सञ्चालनको प्रमुख आधारको रुपमा पारदर्शिता, वस्तुनिष्ठता, जवाफदेहिता र इमानदारीलाई लिइएको छ। तर, मन्त्रीहरूले सुशासन ऐन २०६४ को धज्जी उडाउँदै मन्त्रिपरिषद्का सामान्य खालका निर्णय मात्रै सार्वजनिक गरी दूरगामी महत्व राख्ने खालका निर्णय लामो समयसम्म गोप्य राख्ने प्रयास गरेका छन्। सरकारका प्रवक्ता सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले शुक्रबार मन्त्रिपरिषद् बैठकपछि महत्वपूर्ण निर्णयहरू गोप्य राख्दै सामान्य खालका निर्णय मात्रै सार्वजनिक गरेका छन्। मन्त्रिपरिषद् बैठकमा झन्डै ७० वटा प्रस्तावमा छलफल भए पनि सरकारका प्रवक्ता बस्नेतले सामान्य खालका ५-६ वटा निर्णय मात्रै सार्वजनिक गरे। आर्थिक चलखेलका नियुक्तिका निर्णय गोप्य राख्ने प्रयास गरिँदै आएको सरकारका एक उच्च अधिकारीले जानकारी दिए। प्रधानमन्त्री र मन्त्रीको खल्तीबाट निकालिएका नियुक्तिसम्बन्धी ठाडो प्रस्तावका निर्णय तत्काल सार्वजनिक गर्दा विरोध हुने त्रासले गोप्य राखिएको हो। यस सम्बन्धमा सरकारका प्रवक्ता बस्नेतस“ग पटकपटक जानकारी लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन्। सार्वजनिक भएका निर्णय मन्त्रिपरिषद् बैठकलगत्तै सरकारका प्रवक्ता बस्नेतले कर्मचारी स्वैच्छिक अवकाशसम्बन्धी प्याकेज कार्यक्रमलाई स्वीकृत गर्दै राजपत्रमा सूचना प्रकाशन गर्ने निर्णय भएको जानकारी दिए। यसैगरी, मन्त्रिपरिषद्ले १ वैशाखदेखि राष्ट्रिय जनगणना २०७५ को सूची आदेश जारी गर्ने, वाइल्ड स्टक आयोजनाका लागि विश्व बैंकबाट ८ अर्ब ऋण स्वीकार गर्ने, नेपाल न्याय सेवाको विशिष्ट श्रेणीमा महेन्द्रनाथ उपाध्यायलाई नियुक्त र पदस्थापन गर्ने, पुनरावेदन समितिमा हेमराज पन्तलाई नियुक्त गर्ने निर्णय गरेको छ। यस्तै, नेपाली सेनाका उपरथी गौरव तण्डुललाई रथी र युएन फोर्सको कमान्डका रूपमा प्रतिस्पर्धा गर्न पठाउने र ०३६ साल कात्तिक २७ गते धनकुटाको छिन्ताङमा मारिएका १६ जनालाई सहिद घोषणा गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ। | OSCAR-2019 |
||
मस्र्याङ् नदी बल्ल पुरानै ठाउँबाट बग्न थाल्यो - Aarthiknews
मस्र्याङ् नदी बल्ल पुरानै ठाउँबाट बग्न थाल्यो
काठमाडौं । असार पहिलो साता धार परिर्वतन गरेको मस्र्याङ् नदी बल्ल पुरानै ठाउँबाट बग्न थालेको छ । हिमाली जिल्ला मनाङको सदरमुकाम चामेस्थित मस्र्याङ्दी नदीमाथिको एकमात्र मोटरेबल बेलिब्रिजमुनि ठूलाठूला ढुंगामुढा, गिटी, बालुवा थुप्रिँदा बहाव रोकिएर नदीले धार परिर्वतन गरेको थियो । खोलाले दायाँबायाँ धार परिर्वतन गर्दा धेरै क्षति भएको थियो ।
असार ५ गते बाढीले बगाएर ल्याएका ढुंगामुढा पुलमुनि अड्किएका थिए । ४० दिनपछि ती ढुंगामुढा हटाएर नदीलाई पुरानै लयमा फर्काउन सकिएको चामे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर चन्दले बताए । पुलमुनि ठूलाठूला ढुंगा र काठका मुढा तथा गिटी, बालुवा थुप्रिएको थियो ।
'ती हटाएपछि खोलाले पुरानै लय लिएको छ,' उनले भने, 'खोला थुनिएर दायाँबायाँबाट बग्दा आसपासका क्षेत्रमा व्यापक कटान र क्षति भएको थियो ।' सुरक्षाकर्मी, स्थानीय, प्रशासनसहित गाउँपालिकाको सहयोगमा पुलमुनिको अवरोध हटाउन सकेको उनले बताए । उनकाअनुसार पुल झन्डै २० मिटर लामो छ । | 2021/09/16 21:39:44 | https://aarthiknews.com/news/39762 | mC4 |
एनएफपीजेकोे २१ औँ वार्षिकोत्सव समारोह तथा वार्षिक साधारण सभा सम्पन्न - NFPJ
काठमाडौँ, ६ असोज २०७४, शुक्रबार
सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यमा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को २१ औँ वार्षिकोत्सव तथा वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ ।
यहाँ आयोजित कार्यक्रममा मन्त्री बस्नेतले सञ्चार क्षेत्रको विकास भएमात्र मुलुकको विकास हुने बताउनुभयो । उहाले देशमा सञ्चारमैत्री वातावरण निर्माणका लागि मन्त्रालय लागिपरेको बताउनुभएको हो । हाल विश्वका प्रमुख धनि ब्यक्तिहरु सूचना तथा प्रविधि क्षेत्रका रहेको बताउनुहुदै नेपालमा पनि यो क्षेत्र त्यस्तै सम्पन्न हुनुपर्ने आवश्यक रहेको बताउनुभयो ।
२१ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुदैं मन्त्री बस्नेत । फोटो: एनएफपीजे
मन्त्री बस्नेतले सूचना प्रविधिको क्षेत्रलाई देशभर विस्तार गर्ने गृहकार्यमा सरकार लागिपरेकोपनि बताउनुभयो । कात्तिक मसान्तभित्रमा देशका हरेक कुनाकाप्चामा टेलिफोन सेवा पु¥याउनेगरी काम भईरहेको पनि कार्यक्रममा उहाले बताउनुभयो ।
राष्ट्रिय आमसञ्चार प्रतिष्ठान निर्माण, न्यूनतम पारिश्रमिक कार्यान्वयन लगायतका आधारभूत कुरालाई लागू गर्ने कुरामा मन्त्रालय गम्भीर भएर लागेको उहाँको भनाई थियो ।उहाँले मुलुकको हरेक परिवर्तनमा फोटो खिच्ने नाउँमा आफ्नो ज्यानलाई जोखिममा राखेर फोटो पत्रकारहरुले पु¥याएको योगदानको उच्च प्रशंशा गर्नुभयो । साथै उहाले फोटो पत्रकारहरुलाई परेको समस्याको समाधानका लागि मन्त्रालय सदैव सकारात्मक रहेको पनि बताउनुभयो ।
२१ औँ वार्षिकोत्सव समारोह पानसमा बत्ति बालेर उद्घाटन् गर्नहुदैं मन्त्री बस्नेत । समारोहलाई सम्बोधन गर्नुहुदैं एनएफपीजेका अध्यक्ष ध्रुब आले ।फोटो: एनएफपीजे
नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले विद्यागत पत्रकारिताको विकासका लागि फोटो पत्रकारहरु संस्थागत रुपमा अगाडि बढेको भन्दै आगामी दिनमा अझ शशक्त हुन आग्रह गर्नुभयो । उहाँले फोटो पत्रकारिताका नाममा पत्रकारहरुले लाखौँ रुपैँया खर्च गरेर क्यामरा किनेपनि क्यामरा र मान्छेको बिमा नहुँदा समस्या परेको भन्दै मन्त्रालयले उक्त कुरामा विशेष ध्यान दिन आग्रह गर्नुभयो ।
प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहालले नेपाली पत्रकारिताको विकासमा फोटो पत्रकारहरुले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदैं एनएफपीजेका अध्यक्ष ध्रुब आले फोटोपत्रकारले जनआन्दोलन लगायत हरेक किसिमका आन्दोलन सफल बनाउन फोटोपत्रकारिता मार्फत ठूलै सहयोग गरेको बताउनुभयो ।
मन्त्री बस्नेतलाई मायोको चिनो दिनुहुदै एनएफपीजेका अध्यक्ष ध्रुब आले । तस्विर: । फोटो: एनएफपीजे
कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष कविन्द्रमान शाक्य, राष्ट्रिय पर्यटन पत्रकार संघका अध्यक्ष शिव अधिकारी, लगायतले फोटो पत्रकारिताको विकासका लागि राज्यले विशेष ध्यान दिन आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै सचिव प्रदीपराज वन्तलले विसं २०५३ सालमा स्थापना भएको एनएफपीजेका हाल ३१ जिल्ला शाखाहरु रहेका छन् भने ४०० भन्दा बढी फोटो पत्रकार त्यसमा आवद्ध रहेको जानकारी गराउनुभयो ।
सम्मानित हुने फोटोपत्रकारहरु वांयावाट क्रमस नरेश श्रेष्ठ,कविन्द्रमान शाक्य,राजेश गुरुङ्ग, राजेन्द्र चित्रकार र किरण आचार्य । तस्विर: । फोटो: एनएफपीजे
मन्त्री बस्नेत ग सामुहिक तश्विर खिचाउदै । फोटो: एनएफपीजे
वार्षिकोत्सवको सन्दर्भ पारेर एनएफपीजेले विभिन्न विद्यामा फोटो पत्रकारिता मार्फत योगदान पु¥याएने पाँचजना फोटो पत्रकारहरुलाई एनएफपीजे हरिगोपाल प्रधान फोटोपत्रकारिता पुरस्कारद्धारा सम्मान गर्यो । सम्मानित हुनेमा गोरखापत्र दैनिकका वरिष्ठ फोटोपत्रकार राजेन्द्र चित्रकारलाई खेलकुद फोटोपत्रकारिता पुरस्कार, कविन्द्रमान शाक्यलाई मनोरञ्जन फोटोपत्रकारिता पुरस्कार, द हिमालयन टाईमस अंगे्रजी दैनिकका वरिष्ठ फोटोपत्रकार राजेश गुरुङ शाहसीक फोटोपत्रकारिता पुरस्कार, द हिमालयन टाईम्स अंगे्रजी दैनिककै अर्का वरिष्ठ फोटोपत्रकार नरेश श्रेष्ठलाई सम्पदा फोटो फोटोपत्रकारिता पुरस्कार, र वाग्लुङका वरिष्ठ फोटोपत्रकार किरण आचार्यलाई पर्या—पर्यटन फोटोपत्रकारिता पुरस्कारबाट सम्मान गरेको थियो । | 2019/04/21 08:37:32 | http://www.nfpj.org.np/archives/914 | mC4 |
ट्रोलको शिकार भएका भारतीका श्रीमानले भनेः हामी साथ भए केहीले फरक पार्दैन :: Setopati
ट्रोलको शिकार भएका भारतीका श्रीमानले भनेः हामी साथ भए केहीले फरक पार्दैन
एजेन्सी मुम्बई, मंसिर १६
भारती र हर्ष।
लागुऔषध सेवन मुद्दामा मुछिएपछि चर्चित हास्य कलाकार भारती सिंह र उनका श्रीमान हर्ष लिबान्चिया बारम्बार सामाजिक सञ्जालमा ट्रोलको शिकार हुँदै आएका छन्।
हालै जेलबाट बाहिरिएपछि हर्षले भारतीसँगै खिचेका केही तस्बिर सार्वजनिक गरेपछि उनीहरू फेरि ट्रोलको शिकार बनेका हुन्।
हर्षले सार्वजनिक गरेका तस्बिरमा मान्छेहरूले गालीगलौजसमेत गर्न पछि परेका छैनन्। भारतीय अनलाइन डिएनइन्डियाका अनुसार गाली गर्नेमध्ये धेरैले यो जोडीलाई 'ड्रग एडिक्ट्स' भनेका छन्।
तर ती प्रतिक्रियाबाट हर्ष भने कत्ति पनि बिचलित नभई जवाफ दिनेहरूसँग भिडिरहेका छन्। हर्षले फोटो पोस्ट गर्दै लेखेका छन्, 'जब हामी साथ हुन्छौं, अरु कुनै कुराले फरक पार्दैन।'
यही पोस्टमा आएका नकारात्मक प्रतिक्रियामा हर्षले सक्रिय भई जवाफ फर्काएका हुन्।
दस दिनअघि भारतको नार्कोटिक्स कन्ट्रोल ब्युरोले भारती र हर्षको कार्यालय र घरमा छापा मारेको थियो। एनसिबीले खारडंडा क्षेत्रमा छापा मार्दा एक २१ वर्षीय तस्करलाई पक्राउ गरेको थियो। तिनै तस्करको मोबाइलमा रहेको जानकारीका आधारमा भारतीको घर र कार्यालयमा प्रहरीले छापा मार्दा गाँजा भेटिएपछि उनलाई हर्षसहित पक्राउ गरिएको थियो।
तीन वर्षअघि बिहे गरेका यो जोडीले हालै सम्पन्न 'इन्डियाज बेस्ट डान्सर'मा सँगै होस्ट गरेको थियो। कार्यक्रम नसकिँदै उनीहरू लागुऔषध मुद्दामा मुछिएका थिए। तर उनीहरू पक्राउ पर्नुअगावै यो कार्यक्रमको सुटिङ सकिएकाले खास फरक परेन।
तर भारती नियमित देखिने 'कपिल शर्मा शाे' मा भने अब उनी देखिने कि नदेखिने भनेर निर्माताहरू अलमलमा रहेको सञ्चारमाध्यमहरूले जनाएका छन्। अहिले आइरहेका केही भाग पहिल्यै सुटिङ भए पनि नयाँ भागका लागि भारतीबिना समय मिलाउन कठिन परेको सहकर्मीहरूले बताएका छन्।
केही दिनअघि कपिल शर्मा, कृष्णा अभिषेक, किक्कु शारडा लगायतले आफूहरूले समय बढाएर भए भारतीको कमी पूरा गरिरहेको खबर बाहिरिएको थियो।
अब भने भारती फेरि कार्यक्रममा देखिने कि नदेखिने भन्ने निधो भइसकेको छैन। केही मिडियामा उनलाई कार्यक्रमबाट निकालिएको खबर पनि आइरहेको छ।
तर कृष्णाले टाइम्स अफ इन्डियालाई दिएको अन्तर्वार्तामा भारतीलाई शोबाट निकाल्नेबारे कुनै निर्णय नभएको बताएका थिए। | 2021/01/28 08:34:46 | https://www.setopati.com/art/bollywood/222600 | mC4 |
निषेधाज्ञापछिको काठमाडौं उपत्यका- भिडियो - कान्तिपुर समाचार
निषेधाज्ञापछिको काठमाडौं उपत्यका
भाद्र ४, २०७७ कान्तिपुर संवाददाता
काठमाडौँ — कोरोना संक्रमण भयावह हुने देखिएपछि उपत्यकाका तीनै जिल्लामा बुधबार मध्यरातिदेखि भदौ १० गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरको संयुक्त जिल्ला सुरक्षा समिति बैठकले दैनिक उपभोग्य वस्तुको ढुवानी/बिक्री, स्वास्थ्य सेवा, एम्बुलेन्स, मृत्युसंस्कार, सुरक्षा निकायलगायत अत्यावश्यकबाहेकका सबै क्षेत्र एक साता बन्द गर्ने निर्णय मंगलबार गरेको हो ।
निषेधाज्ञापछि काठमाडौं उपत्यकामा बिहीबार अत्यावश्यक सेवाबाहेकका सवारी चलेका छैनन् । निषेधाज्ञा अवधिभर औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु/सेवा खरिदको काममा बाहेक कोही पनि व्यक्ति घरबाट बाहिर निस्कन पाउने छैनन् ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि आवश्यक सावधानी अपनाउन एक साताका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको बताए । 'सम्भव भएसम्म हामीले पनि आवश्यक सावधानी अपनाएर व्यापार, व्यवसाय र उद्योग सञ्चालन गर्न दिएकै हौं तर जोखिमको मात्रा बढ्न थाल्यो । सर्वसाधरणले पनि स्वास्थ्य र सुरक्षा मापदण्ड अपनाउनुको सट्टा उल्लंघन गर्ने प्रवृत्ति बढ्यो । त्यही भएर संक्रामक रोग ऐन २०२० ले दिएको अधिकारबाहेक प्रशासन बल पनि प्रयोग गर्नुपर्ने अवस्थामा पुगेका हौं' प्रजिअ दाहालले भने ।बिहीबार बिनाकाम सडकमा निस्कनेलाई एक घण्टा नियन्त्रणमा राखेर घर पठाइएको छ । पहिलो दिन भएकाले चेतावनीस्वरुप एक घण्टा नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । निषेधाज्ञा उल्लंघन गर्नेलाई १ महिना कैद वा ५ सय रुपैयाँ जरिवाना वा दुवै सजाय गर्न सकिने व्यवस्था छ ।
प्रकाशित : भाद्र ४, २०७७ १४:५८
तीन महिनादेखि अस्पतालमा छट्पटाउँदै
'उपचारका लागि ऋणधन मात्र होइन, खेतै बेचियो तर डिस्चार्ज गर्ने बेला रकम भएन'
भाद्र ४, २०७७ माधव ढुंगाना
भैरहवा — युनिभर्सल शिक्षण अस्पताल भैरहवास्थित सर्जिकल विभागको पोस्ट अपरेटिभ वार्डको बेड नं. १० मा झण्डै तीन महिनादेखि एक युवक अचेत अवस्थामा छट्पटाइरहेका छन् । छोरो बाँच्ने आशामा उनकी आमा रमावती छोराको शरीर सुमसुम्याउँछिन् । बलिन्द्र धारा आँशु झार्दै छोरो सन्चो होस् भनेर पुकार गर्छिन् ।
नवलपरासीको रामग्राम–१७ देवगाउँ फुलभरिया निवासी १७ वर्षीय युवक छोटु साहनी र उनको पारिवारिक अवस्था देख्दा जो कोहीको मन भक्कानिएर आउँछ । गत जेठ १२ गते घरनजिकै आँप टिप्ने क्रममा रुखबाट लडेर घाइते भएका उनी बाँचे पनि अब पहिलाजस्तै दुरुस्त हुने सम्भावना न्यून रहेको चिकित्सकले बताए ।
छोटुका बुवा उपचारका लागि पैसाको जोहो गर्न अर्कैको साइकलमा पछाडि बसेर गाउँ र भैरहवा ओहोरदोहोर गर्छन् । आमा रमावतीको छोरा लडेदेखि नै आँखा ओभानो छैन । बेडमा ढलेका अचेत छोरालाई सुम्सुम्याउँदै आँशु झार्छिन् ।
आमासँगै भाइको हेरचाहमा जुटेकी छोटुकी दिदी अन्जनीको अवस्था आमाको भन्दा फरक छैन । साहनी परिवारले केही वर्षअघि सर्पले टोकेर जेठो छोरा गुमाइसकेको छ । छोटुका बुवा अमेरिकाले एक वर्षअघि छोरीको पत्थरीको शल्यक्रिया गरे । दुई वर्षअघि श्रीमतीको पाठेघरको शल्यक्रिया भयो ।
'छोराको उपचारका लागि भएको खेत सबै बेचिसकें, पाउने ठाउँबाट ऋण पनि लिइसकें । तर, छोरो सन्चो भएन,' घर निर्माणका काममा मजदुरी गरी जीविकोपार्जन गर्दै आएका बाबु अमेरिका साहनीले भने, 'छोरालाई अस्पतालमा राखेर अब उपचार गराउने पैसा छैन । घर लैजाउँ भने डिस्चार्ज गर्ने रकम छैन ।' उनी आफैं हर्नियाका रोगी भएकाले राम्रोसँग हिंडडुल गर्न सक्दैनन् ।
छोटु रुखबाट लडेपछि सुरुमै छिमेकीले परासीस्थित पृथ्वीचन्द्र अस्पताल लगे । त्यहाँ उपचार सम्भव नभएपछि भैरहवा रिफर गरियो । तत्काल शल्यक्रिया गर्नुपर्ने र यसका लागि ३ लाख रुपैयाँसम्म खर्च लाग्ने युनिभर्सल शिक्षण अस्पतालले जनायो । शल्यक्रिया गर्नुअगावै चिकित्सकले बाँच्ने सम्भावना ३० प्रतिशत रहेको र बाँचे पनि दीर्घकालीन रुपमा कुनै न कुनै समस्या आउने बताएका थिए ।
युनिभर्सल शिक्षण अस्पताल भैरहवा । तस्बिरः माधव/कान्तिपुर
'अस्पतालमा ल्याउँदा छोटुको टाउकोमा गम्भीर चोट थियो र रगत जमिसकेको थियो,' छोटुको उपचारमा सुरुदेखि नै संलग्न न्युरो सर्जन राजकुमार केसीले भने, 'उनको मस्तिष्कमा जमेको रगतले केही भाग ड्यामेज गरिसकेकाले पछि पनि कुनै एउटा अंग प्यारालाइसिस हुने सम्भावना छ ।' शारीरिक कमजोरीले गर्दा उनको स्वास्थ्यमा ढिलो सुधार आइरहेको र डिस्चार्जका लागि अझ डेढ महिनाजति समय लाग्न सक्ने केसीले बताए ।
तर, साहनी परिवारले अझ डेढ महिनाको अस्पतालको खर्च धान्न सक्ने अवस्थामा नरहेको बतायो । सम्पत्तिका नाममा साढे २ धुरमा बनेको कच्ची घरमात्र बाँकी रहेको र अरु सबै उपचारका लागि बेचिसकेको बाबु अमेरिकाले बताए । उनका अनुसार गाउँलेले जुटाएको सहयोग, नातेदार र साथीभाइसँग लिएको ऋण र सरसापट सबै उपचारका क्रममा सकिइसकेको छ । बचेको घर बिक्री गर्न खोजे पनि बिक्री हुन नसकेको उनले बताए ।
अस्पतालका अनुसार अहिलेसम्म छोटुको उपचारका क्रममा ७ लाख ३१ हजार १ सय ५७ रुपैयाँ खर्च भएको छ । जसमध्ये, अमेरिकाले ३ लाख ९० हजार १ सय ५७ रुपैयाँमात्र तिरेका छन् । आईसीयू, भेन्टिलेटर, बेडचार्ज लगायतमा ३ लाख ३३ हजार १ सय ८८ रुपैयाँ तिर्न बाँकी छ ।
अस्पतालका तर्फबाट केही रकम छुट दिने तयारी गरेकाले ठीक भएपछि मात्रै डिस्चार्ज गर्न अमेरिकालाई सुझाव दिएको अस्पतालका सहायक वित्तीय नियन्त्रक सुरज पौडेलले बताए । आर्थिक अभाव भएका ८–१० जना बिरामीलाई दैनिकजसो छुट दिने गरेको उनले जनाए । 'कतिपयको बेड चार्ज शतप्रतिशत छुट गरिएको छ,' उनले भने, 'छोटुको खर्चमा पनि जतिसक्दो छुट दिन्छौं ।' आर्थिक समस्याले गर्दा अमेरिकाले छोरालाई डिस्चार्ज गर्न भनिरहेका छन् । चिकित्सकले भने छोटुले राम्ररी खाने अवस्था नभएसम्म डिस्चार्ज गर्न नमिल्ने बताएका छन् ।
'अझै डेढ महिना राख्दा ४/५ लाख रुपैयाँ खर्च हुन्छ । त्यति रकम कहाँबाट ल्याउने ?' छोटुका बुबा अमेरिकाले भने, 'औषधि उपचार, खाना, बस्न र आतेजाते गरेर १० लाखजति खर्च भइसकेको छ ।' उपचारमा आफ्नो सबै जायजेथा सकिएकाले सहयोगका लागि उनले अपिल पनि गरेका छन् । अस्पतालका प्रमुख प्रशासकीय अधिकृत अजयकुमार पीएसलेले छोटुको उपचारमा अस्पतालका तर्फबाट सक्दो सहयोग गरिए पनि यस्ता गरिब बिरामीको उपचारमा सरकारले पनि सहयोग गरेर आफ्नो दायित्व पूरा गर्नु पर्ने बताए । | 2020/10/24 14:57:20 | https://ekantipur.com/video/2020/08/20/159791483130351836.html | mC4 |
राजनीतिक दलहरू निर्वाचन केन्द्रित तयारीमा जुट्न थाले , विभिन्न रणनीति बनाउँदै - टुडे दैनिक डट कम
टुडे दैनिक संवाददाताFebruary 8, 2022 मा प्रकाशित (३ महिना अघि) अनुमानित पढ्ने समय : ० मिनेट
माघ २५ । सरकारले चुनावको मिति घोषणा गरेपछि राजनीतिक दलहरू स्थानीय तह निर्वाचन केन्द्रित तयारीमा जुट्न थालेका छन् । प्रदेश र संघको निर्वाचनलाई प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले पनि स्थानीय निर्वाचनमा पहिलो हुने गरिको रणनीति बनाउँदै दलहरू तयारीमा जुट्न लागेका हुन् ।
सत्ता नेतृत्व दल कांग्रेसले आगामी २७ माघमा बोलाएको कार्यसम्पादन समिति बैठकमा निर्वाचनको तयारीबारे छलफल गर्ने भएको छ । महामन्त्री विश्वप्रकाश शर्माका अनुसार बैठकपछि कांग्रेस निर्वाचनको तयारीमा जुट्ने छ । २०७४ मा भएको स्थानीय तह निर्वाचनमा कांग्रेस दोस्रो दल भएको थियो ।
सत्तामै रहेको अर्को दल माओवादी केन्द्रले पनि २८ र २९ माघमा बोलाएको बैठकबाट केन्द्र्रीय सदस्यहरूलाई जिम्मेवारी दिएर निर्वाचन केन्द्रित तयारीमा खटाउने भएको छ ।
नेता गणेश साहले निर्वाचन तयारी बैठकको एजेन्डा रहेको बताए । 'सरकारले मिति घोषणा गरेको सन्दर्भमा बस्न लागेको केन्द्रीय समिति बैठकमा हामीले छलफल गर्ने भनेकै स्थानीय तह निर्वाचनको तयारीबारे हो । केन्द्रीय सदस्यहरूलाई निर्वाचनमा जिम्मेवारी दिएर खटाउनेसम्म हुन्छ', नेता साहले भने ।
प्रमुख विपक्षी दल एमालेका उपाध्यक्ष सुवास नेम्बाङ त जिल्ला अधिवेशन र महाधिवेशनकै बेलादेखि अनौपचारिक ढंगले स्थानीय तह निर्वाचनको तयारी गरेको बताउँछन् । २०७४ मा जसरी पहिलो दल हुने गरी एमाले तयारीमा जुटेको बताए ।
एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी पनि निर्वाचनको तयारीमा जुट्दै छन् । राप्रपा भने महामन्त्री भुवन पाठकको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरेर यसअघि नै निर्वाचनमा होमिएको छ ।
सरकारले सोमबार ३० वैशाख २०७९ का लागि स्थानीय निर्वाचनको मिति घोषणा गरेको हो । मिति घोषणा गर्न सरकारलाई निर्वाचन आयोग, विपक्षी दलहरू र कानुन व्यवसायीहरूले पनि दबाब दिएका थिए । | 2022/05/23 17:34:43 | https://todaydainik.com/2022/02/08/1546/ | mC4 |
एमाले कमजोर भएको छैनः नेता घिमिरे - Mechikali News
एमाले कमजोर भएको छैनः नेता घिमिरे
कपिलवस्तु। राष्ट्रियसभा सदस्य बिमला घिमिरेले महिलालाई विभिन्न अवसर प्रदान गरी नेतृत्वमा पु¥याउने पार्टी नेकपा एमाले भएको बताएकी छन् । तीजको अवसरमा अनेमसंघको १० औं जिल्ला सम्मेलन आयोजक समितिको दोस्रो बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका केन्द्रीय सदस्य एवं कपिलवस्तु इन्चार्जसमेत रहेकी नेता घिमिरेले यस्तो बताएकी हुन् ।
पार्टीमा अब गुट र उपगुट भन्ने गन्ध नहुने बताउँदै मुलुकको राष्ट्रपति विद्यादेवी भण्डारी अनेमसंघबाटै पार्टीले दिएको अवसरबाट गरिमामय पदमा पुग्न सफल भएको बताइन् । दलित, जनजाति, अपाङ्ग राज्यको मूल प्रवाहमा आउन नसक्ने समुदायलाई समेत विभिन्न अवसर दिई राज्यको मूल प्रवाहमा ल्याउने काम एमालेले गरेको नेता घिमिरेले बताइन् । कार्यक्रममा बोल्दै वर्तमान अवस्थामा एमाले सत्ता बाहिर रहेपनि जनताको मन जित्न सफल भएको जनाइन् ।
वर्तमान अवस्थामा पार्टी झनै मजवुद बन्दै गएको र एमालेमा आउनेको लहर चलेको छ । महिलाको नेतृत्वसम्म सहभागिता हुनुपर्ने जनाउँदै यसका लागि महिलाहरु शसक्त हुनुपर्छ । अब आउने स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा आउने गरी महिलाहरुले नेतृत्व विकास गर्नु पर्नेमा जोड दिएकी थिइन् ।
अनेमसंघकी केन्द्रिय सदस्य तथा पार्टी जिल्ला इन्चार्ज शान्तिदेवी चमारले महिलाहरु अधिकारका लागि आफैँ शसक्त हुनुपर्ने बताइन् ।
प्रदेश कमिटी सदस्य प्रभा पौडेलले जनताको मन जितेर अब आउने चुनावमा नेकपा एमाले पहिलो स्थान हासिल गर्ने बताइन् । यस्तै प्रदेश कमिटी सदस्य टेकराज पौडेलले हरेक आन्दोलनमा धैरै जिम्मेवारीका साथ महिलाले काम गरेको हुँदा महिलाहरुको योगदानलाई सधै कदर गर्नुपर्ने बताए ।
पार्टी जिल्ला उपाध्यक्ष बाबुराम खनालले महिला नेतृत्वमा महिलाहरु स्थापित गर्न सदैब पार्टीको पूर्ण साथ रहने प्रतिबद्धता जनाए । कार्यक्रममा संघका केन्द्रीय सदस्य एवं कपिलवस्तु इन्चार्ज सूर्यकुमारी शाहिले महिलाहरुलाई पार्टीले अगाडि बढाएको बताइन् । महिलाहरु सक्रिय रुपमा राजनीतिमा आउनसमेत उनले आग्रह गरिन् ।
अखिल महिला संघका जिल्ला अध्यक्ष शारदा शर्माको अध्यक्षता, उपाध्यक्ष शुसिला दर्लामीको स्वागत तथा सचिव चेतना अधिकारीको सञ्चालनमा बैठक सम्पन्न भएको थियो । अनेमसंघको सदस्यता नवीकरण र बितरणलाई अभियानकै रुपमा लैजाने, वडा र नगर कमिटि विस्तार र प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको छ । | 2022/05/23 05:40:44 | https://mechikalinews.com/archives/2531 | mC4 |
शुन्य भन्सार दरमा मोवाइल ल्याउन पाउने व्यवस्था छ । यस्तै बिक्री गरेको प्रमाण पेस गरेपछि त्यसको ६÷६ महिनामा भ्याट फिर्ता पाउने नीतिगत ब्यवस्था पनि छ । यस्तो हुनुको कारण अबैध मोबाइल फोन आयातलाई निरुत्साहित गर्ने र बैधानिक माध्यमबाट आयात बढाउने उद्देश्य सरकारको थियो । सुरुमा ६० प्रतिशत भन्सार फिर्ता गर्ने ब्यबस्था भएकोमा अहिले त्यसलाई घटाएर ४० प्रतिशतमा पुर्याइएको छ । यसले अबैध आयातको ग्रे एरियालाई नै बढावा दिएको छ ।
अर्काे कुरा के पनि छ भने हामीले पाएको भ्याटफिर्तालाई कर अधिकारीहरुले अतिरिक्त आम्दानीको रुपमा ब्याख्या गर्न थालेका छन् । हामीले पाएको भ्याटफिर्ता सुविधा उपभोक्तालाई दिएका छौं । तर कर अधिकारीहरु त्यो त तिमीहरुको अतिरिक्त नाफा हो, त्यो देखाउनु पर्छ, र त्यसको आधारमा अतिरिक्त कर तिर्नु पर्छ भनिरहेका छन् । यी दुइटा समस्या समाधानको लागि एक्लै भन्दा पनि संगठित भएर आफ्ना कुराहरु राख्दा राम्रो हुने सोचेर हामीले संघ स्थापना गरेका हौं ।
सरकारले करमा पेल्न थालेपछि संगठित बन्नु भएको ?
संघ बनाएर आफ्ना कुरा राख्दा सरकारले अलि गम्भीर भएर लिने गरेको छ । हामीले ३/४ वर्षअघिदेखि हरेक वर्ष बजेट आउने बेलामा संघ गठन गर्ने र आफ्ना कुरा बलियोसँग सरकारसमक्ष राख्ने योजना बनाउँदै आएका थियौं । तर, बजेट भाषण आएपछि सो कुरा सेलाइहाल्थ्यो । संघ गठन गर्नुपर्छ भन्ने पहिलो सोच मेरै हो । अरु साथीहरु पनि सहमत हुनुभयो । यसपालीको बजेटल भ्याट फिर्तालाई ४० प्रतिशतमा झारेपछि हामीलाई निकै कठिन भयो । यी सवै कारणको परिणमस्वरुप संघ स्थापना भएको हो ।
हामी भ्याट फिर्ता पनि चाहन्नौं । भन्सार पनि तिर्छौं । तर, सरकारले नेपालमा चोरी–पैठारीबाट आएका मोवाइल सेटहरु बिक्री वितरण हुँदैनन् भनेर ग्यारेन्टी गर्नुपर्यो । त्यो हो– आइएमइआइ लक्ड । सरकारले जुनदिन आइएमइआइ लक्ड लागू गर्छ त्यसैदिनदेखि हामीलाई भ्याट फिर्ता चाहिँदैन ।
हिजोका दिनमा सिमित आयातकर्ता हुँदा तपाइहरुको कुरा सुनुवाइ हुने र अहिले धेरै आयातकर्ता हुँदा झन सरकारले कुरा नसुन्ने भन्ने हुन्छ र ?
सन् २०११ सम्म त नेपाली बजारमा नोकिया पहिलो नम्बरमा थियो । त्यसपछि हालसम्म भने सामसुङको एकछत्र राज छ भन्दा फरक पर्दैन । जब स्मार्टफोन सुरु भयो तब नोकियाको प्लेटर्फम गलत सावित भयो । सामसुङले एनड्रोइडको प्लेटर्फम समातेपछि सामसुङ माथि जान थाल्यो । र, नोकिया तल झर्न थाल्यो । म जुन समस्याको कुरा उठाइरहेको छु, त्यो पाँच वर्षअघिको थिएन । पहिलाका सरकारी अधिकारीहरुले भ्याट फिर्ता उपभोक्ताका लागि हो भन्ने बुझे । तर, अहिलको अधिकारीहरुले त्यसरी बुझ्न सकिरहेका वा चाहिरहेका छैनन् । हरेक वर्ष बुझाइरहनु परेको छ ।
अर्थमन्त्रीको सफलता राजस्व उठाएको अनुपातमा मापन हुन थालेपछि यसको मार ब्यवसायीमाथि पर्न थालेको हो ?
हामी भ्याट फिर्ता पनि चाहन्नौं । भन्सार पनि तिर्छौं । तर, सरकारले नेपालमा चोरी–पैठारीबाट आएका मोवाइल सेटहरु बिक्री वितरण हुँदैनन् भनेर ग्यारेन्टी गर्नुपर्यो । यस्तो ग्यारेन्टी गर्ने बाटो एउटा मात्रै छ । त्यो हो– आइएमइआइ लक्ड । सरकारले जुनदिन आइएमइआइ लक्ड लागू गर्छ त्यसैदिनदेखि हामीलाई भ्याट फिर्ता चाहिँदैन । व्यवसायीहरुलाई भ्याट फिर्ता दिन नपरेपछि सरकारको राजस्व पनि वृद्धि हुन्छ । चोरीको फोन एक्टिभेट नहुने वित्तिकै हामी व्यवसायीहरुको पनि व्यवसाय विस्तार हुन्थ्यो । सबैलाई फाइदा हुन्थ्यो ।
नेपालमा चोरीको मोवाइलको बजार हिस्सा कति छ त ?
भ्याट फिर्ता गरेपछि सरकारलाई पनि फाइदा भएको छ । पहिलो ८० प्रतिशत रहेको ग्रे मार्केट अहिले १२÷१५ प्रतिशतमा खुम्चिएको छ । संख्यात्मक रुपमा त त्यो कम नै हो । तर, त्यसले सम्पूर्ण मोवाइल बजार विगार्छ ।
आइएमइआइ लक्ड भनेको के हो ? यसले कसरी काम गर्छ ?
नेपालमा हामीले २ कारणले आइएमइआइ सिस्टम लागू गर्न माग गरेका हौं । पहिलो सुरक्षाका दृष्किोणले र दोस्रो चोरी पैठारीबाट भित्रिएका मोवाइल फोनहरु रोक्नलाई । जस्तो म सामसुङको आधिकारिक डिस्ट्रव्यूटर हो । कम्पनीले मेरोमा फोन सेटहरु पठाउनुअघि सम्पूर्ण फोनको आइएमइआइ नम्बर मलाई पठाउँछ । त्यसरी कम्पनीले पठाएको नम्बर म नेपाल दूरसञ्चार प्राधिकरणलाई दिन्छु । प्राधिकरणले त्यो आइमेड नम्बर दूरसञ्चार सेवा प्रदायक (जस्तैः (एनसेल, एनटीटसी) लाई पठाउँछ । दूरसञ्चार सेवा प्रदायकहरुले आफ्नो सिस्टममा त्यो नम्बर इन्ट्री गर्छन् । र, मोवाइल फोनका ग्राहकहरुले सिम किनेर मोवाइल सेटमा हाल्दा सिस्टममा इन्ट्री भएको सेटमा मात्रै सिमकार्ड एक्टिभेट हुन्छ । नम्बर म्याच भएन भने त्यो फोन एक्टिभेट हुँदै हुँदैन । अर्थात् चोरी–पैठारीबाट आएको मोवाइल फोन नेपालमा चल्दैन ।
आइएमइआइ सिस्टम लागू भएपछि बैदेशिक रोजगारीमा रहेकाहरुले स्वदेश फर्किँदा साथमा ल्याएका फोन सेट नेपालमा एक्टिभेट हुन्छन् कि हुँदैनन् ?
यो विषय निकै संवेदनशील विषय छ । यो विषयमा के गर्ने भनेर पटक–पटक कुराहरु पनि उठिरहेका छन् । नेपाल सरकारले नै वैदेशिक रोजगारीमा रहेकाहरुले साथमा एउटा फोनसेट ल्याउन पाउने व्यवस्था गरेको छ । तर, यसमा विकृति के छ भने म्यानपारका मान्छेहरु एउटै फ्लाइटमा सयौं जना आउँछन् । उनीहरुले व्यापारीको फोन सेटहरु बोकेर ल्याइदिन्छन् । यहाँ व्यापारीहरुले कलेक्सन गर्छन् र बजारमा पठाउँछन् । जसले गर्दा यो विषय निकै कठिन पनि छ । कसैले व्यक्तिगतरुपमा मोवाइल फोन किनेर ल्याएको छ भने व्यक्तिगत रुपमै बिल पेस गरेपछि उसको मोवाइल सेट सिस्टमबाट एक्टिभेट गर्ने र बिल पेस गर्न नसकेका सेटहरुलाई सिस्टममा इन्ट्री नगराउने भन्ने कुरा छ ।
मोवाइल फोन धेरै नाफा लिनसक्ने वस्तु नै होइन । किनभने संसाभर मोवाइल फोनको तीब्र प्रतिस्पर्धा छ । नाफा अत्यन्तै कम भएकाले भ्याट घटाइदेउ भनेर सरकारसँग झगडा गरिरहेका छौं ।
अबैधानिकरुपमा भित्रिएका मोवाइल सेटहरुबाट कसरी सेक्यूरेटि थ्रेट हुन्छ ?
कतिपय अवस्थामा हामीलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सीआइबी) बाट पत्र आउने गरेको छ । यति यति आइएमइआइ नम्बरको मोवाइल फोन तपाईँले कसलाई बेच्नुभएको थियो भनेर । किनकि त्यो आइएमइआइ नम्बर भएको फोनबाट कसैलाई धम्की गएको छ । र, प्रहरीले त्यो व्यक्तिको बारेमा अनुसन्धान गरिरहेको छ । आइएमइआइ नम्बर पत्ता लाग्यो तर त्यो फोन अफ छ । त्यसपछि प्रहरीले हामीलाई सोध्छ । तर, त्यस्ता फोनहरु हामीले बेचेकै हुँदैनौं । किनकी ती मोवाइलहरु चोरीबाट आएका हुन्छन् । कमसेकम मैले भनेको आइमेड सिस्टम लागू हुने हो भने त त्यो मोवाइल सेट कसले किनेको थियो भन्ने कुरा पत्ता लाग्छ र प्रहरीलाई अनुसन्धान गर्न सजिलो पनि हुन्छ ।
नेपाली मोबाइल बजारमा सामसुङको अबस्था के छ ?
अहिलेको नेपाली बजारमा करिब ८० प्रतिशत स्मार्ट फोनहरु प्रयोगमा छन् । बार फोनहरु हराउँदै गएका छन् । सामसुङले करिब–करिब बार फोन बन्द नै गरिसक्यो । हामी शतप्रतिशत स्मार्टफोनमा छौं ।
पछिल्लो समयमा चिनियाँ स्मार्ट फोनहरु आक्रमक बजार विस्तार गरिरहेका छन् । त्यसको प्रभाव कस्तो छ ?
सामसुङका १० देखि ३० हजार रुपैयाँ पर्ने मोबाइल सेटहरुमा केहीहदसम्म प्रतिस्पर्धा छ । त्योभन्दा बढी मुल्यका फोनसँग कम प्रतिस्पर्धा छ । हाम्रो बजार सुरक्षित छ । आउने दिनहरुमा एप्पलले एग्रेसिभ मार्केटिङ ग¥यो भने एप्पलसँग प्रतिस्पर्धा हुन्थ्यो होला ।
चाइनिज स्मार्टफोनको बजार हिस्सा बढ्न थालेको हो ?
बजारमा नयाँ भएपछि केही एग्रेसिभ भएर मार्केटिङ त गर्नै प¥यो । हाम्रो बजार हिस्सा घटेको छैन । वास्तवमै भन्नुपर्दा उनीहरु आफैबीच मात्रै प्रतिस्पर्धा छ । काठमाडौं उपत्यकाको कुरा गर्दा सामसुङको बजार हिस्सा ५० प्रतिशत छ । बाँकी ५० प्रतिशतका लागि चाइनिज फोनहरु प्रतिस्पर्धा गरिरहेका छन् ।
नोकिया भनेको मोवाइल बजारमा १३ वर्ष राज गरेको बसेको ब्राण्ड हो । हामीलाई थाहा थिएन, हामी पनि कुनैदिन राजा हुन पाउँछौ भन्ने । तर, हामी सन् २०११ देखि मोवाइल बजारको राजा छौं ।
नेपालमा एक वर्षमा कति मोवाइल सेटहरु बिक्री/वितरण हुन्छन् ?
मासिक ४ लाख मोवाइल सेटहरु नेपालमा कानूनीरुपबाट भित्रिन्छन् भने अनौपचारिक माध्यमबाट मासिक ६०÷७० हजार मोवाइल सेटहरु भित्रिन्छन् । जसअनुसार नेपालमा मासिक ५ लाख र वार्षिक ६० लाख मोवाइल सेटहरु बिक्री वितरण हुँदै आएका छन् । नेपालमा करिब २ करोड मोवाइल फोन प्रयोगकर्ताहरु छन् । तथ्याङले त त्यो भन्दा पनि धेरै छन् भन्छ । स्मार्टफोन आइसकेपछि औषतमा २ वर्षमा मोवाइल सेटहरु फेर्ने गरेको पाइन्छ । एक व्यक्तिले २ वर्षमा एउटा मोवाइल सेट परिवर्तन गर्दा पनि एक वर्षमा १ करोड मोवाइल सेटको बजार छ, नेपालमा ।
प्रतिस्पर्धा तीब्र छ, नाफाचाहिँ कति हुन्छ नि ?
मोवाइल फोन धेरै नाफा लिनसक्ने वस्तु नै होइन । किनभने संसाभर मोवाइल फोनको तीब्र प्रतिस्पर्धा छ । नाफा अत्यन्तै कम भएकाले भ्याट घटाइदेउ भनेर सरकारसँग झगडा गरिरहेका छौं । राम्रो मार्जिन हुन्थ्यो भने हामी चुप लागेर बस्थ्यौं । हामीले किन्ने र उपभोक्ताले किन्न पाउने मुल्यको दरमा २० देखि ३० प्रतिशतमात्रै ग्याप हुन्छ । २० प्रतिशतमा कर, आयातकर्ताको नाफा, वितरकको नाफा र रिटेलको नाफा पनि समावेस गरिएको हुन्छ ।
सरकारले ७ प्रतिशतजति लिन्छ । हामीले ६ प्रतिशतजति लिन्छौं । वितरकले ३/४ प्रतिशत लिन्छ । डिलरले ५÷७ प्रतिशत लिन्छ होला । मोवाइलको व्यापार भनेको नगदमा बेच्नुपर्ने व्यापार हो । तर नेपालमा उधारोमा पनि बिक्री वितरण गर्नुपर्ने बाध्यता छ ।
नोकियाले एनड्रोइड फोन ल्याउने अन्तिम तयारी गरिरहेको छ । हिँजोको मोवाइल बजारको राजा नोकिया एनड्रोइडमा आएपछि सामसुङलाई चुनौति होला कि नहोला ?
नोकिया भनेको मोवाइल बजारमा १३ वर्ष राज गरेको बसेको ब्राण्ड हो । हामीलाई थाहा थिएन, हामी पनि कुनैदिन राजा हुन पाउँछौ भन्ने । तर, हामी सन् २०११ देखि मोवाइल बजारको राजा छौं । हामी राजा भयौं भनेर घमन्ड पनि गर्नु हुँदैन । किनभने कुनैदिन अर्को ब्राण्ड राजा भएर निस्कन सक्छ । भोलि नोकियाले हामीलाई जित्न पनि सक्छ । यो स्वभाविक हो ।
एउटा यस्तो बर्ग छ, जसले चाइनिज मोवाइल बोक्दैन । कि एप्पल बोक्छन् कि सामसुङ नै बोक्छन् ।
त्यसोभए सामसुङका लागि चुनौति के त ?
सामसुङका लागि सामसुङ नै चुनौति हो । तर, अबैधनिक बाटोबाट आएका सामसुङ । चाइनिजहरु एकआपसमा जुधिरहेका छन् । सामसुङ उनीहरुभन्दा निकै अघि छ ।
सामसुङको नोट सेभनमा समस्या देखियो । नेपाली बजारमा त्यसको कस्तो प्रभाव पर्यो ?
हामीले सो सेट नेपाली बजारमा लञ्च नै नगरेको हुनाले हामीलाई केही पनि असर गरेन । लञ्च गरेको भए त निकै अफ्ठ्यारो हुन्थ्यो । आगामी दिनमा हाम्रो ध्यान भनेको प्रत्यक्षरुपमा उपभोक्तालाई कसरी अधिकतम फाइदा दिने भन्ने मै केन्द्रित रहन्छ ।
र, अन्त्यमा नेपालमा सामसुङ अझै कति वर्ष राजा हुने हो ?
यो अलि गंभीर कुरा सोध्नु भयो । मलाई त जति बढी राजा हुनसकेँ त्यति राम्रो हो । त्यसैले सँधै राजा हुन चाहन्छु । अहिलेको परिस्थितिमा भन्दा अझै २÷४ वर्ष सामसुङ मज्जाले राजा भएर बस्छ । त्यसपछि के हुन्छ त्यो चै भन्न सक्दिन । किनभने नोकिया पनि एनड्रोइडमा आउँदैछ । तर, एउटा कुरा के सत्य हो भने सामसुङ मोवाइल फोन सिम्बोल अफ प्रेस्टिज भइसकेको छ । एउटा यस्तो बर्ग छ, जसले चाइनिज मोवाइल बोक्दैन । कि एप्पल बोक्छन् कि सामसुङ नै बोक्छन् ।
पुष्प दुलाल
प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
प्रभु बैंक र सेञ्चुरी बैंकबीच एक्विजिसन सम्बन्धी अन्तिम सम्झौता, पुसभित्रै एकीकृत कारोबार गर्ने
काठमाडौं। प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच प्राप्तिका लागि अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
तेलमा राजनीति: पश्चिमा देशसँग रुसको संघर्षले भारत र चीनलाई फाइदा
एजेन्सी । जी–सेभेन, युरोपियन युनियन र अष्ट्रेलियाले रुसको कच्चा तेलको मूल्यमा क्याप (निश्चित मूल्य तोक्ने)
महाकाली नदीको बहाव १० दिनभित्रै पुरानै अवस्थामा फर्काउने सहमति
खलङ्गा । दार्चुलामा भारतले एकतर्फी तटबन्ध निर्माण गर्न थालेपछि दुवै देशका नागरिकबीच आइतबार दोहोरो झडप
facebook
लोकप्रिय समाचार
केवाईसी नभर्नेको खाता बन्द गर्न राष्ट्र बैंकको निर्देशन
आयात प्रतिबन्ध खुल्ला हुँदै, नगद मार्जिन हटाउने राष्ट्र बैंकको तयारी, तत्काल ब्याजदर नघट्ने
२० बैंकलाई ऋणको ब्याजदर घटाउन दबाब
नाफा घट्ने भएपछि तनाबमा बैंकर, ब्यालेन्सिट मेन्टेन गर्न धमाधम घरजग्गा बेच्दै बैंकहरु
पुस १ देखि लागू हुने दैनिक तरलता सुविधा सम्बन्धी नयाँ कार्यविधिमा के छन् व्यवस्था ?
नेपाल हाइड्रोमा ज्ञानेन्द्रलालको इन्साइडर ट्रेडिङ प्रकरणः कारबाही गर्न सिफारिस, सेबोन अध्यक्षले के गर्लान् ? | 2022-12-08T02:17:26Z | https://clickmandu.com/2016/12/2216.html | OSCAR-2301 |
पारसकाे टिमलाइ पहिलाे खेलमा नै झट्का, बुटवलसँग ७० नले पराजित - Nepal Cricket
पारसकाे टिमलाइ पहिलाे खेलमा नै झट्का, बुटवलसँग ७० नले पराजित
पोखरा प्रिमियर लिग अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा बुटवल ब्लास्टर्सले चितवन राइनोजलाई ७० रनले पराजित गरेको छ ।
पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बुटवलले २० ओभरमा ५विकेट गुमाउँदै एक सय ३५ रन बनायो । निकै खराव सुरुवात गरेको बुटवलले मात्र दुई रन हुँदा पहिलो विकेट गुमायो । उसका विदेशी खेलाडी चिराग सुरी मात्र एक रनमा आउट भए ।
त्यसपछि क्रिजमा आएका अर्का विदेशी खेलाडी रोहन मुस्तफा खाता खोल्न नपाउँदै आउट भएपछि दुई रनमा दोस्रो विकेट खेर फाल्यो । त्यसको लगत्तै भिम शार्की दुई रनमा आउट भएपछि बुटवलले १० रनमा तेस्रो विकेट गुमाउन पुग्यो । तर चौथो विकेटका लागि सागर पुन र शंकर रानाले ६८ रनको साझेदारी गर्दै टिमको पारी सम्हाले । तर सागर ४६ रनमा पेभेलियन फर्किएपछि बुटवलले ७८ रनमा चौथो विकेट गुमाउन पुग्यो । त्यसपछि शंकर राना ४८ रनमा आउट हुँदा बुटवलले एक सय २८ रनमा पाँचौ विकेट गुमायो । शंकर र सिद्धान्त लोहनीले पाँचौ विकेटका लागि ५० रनको साझेदारी गरेका थिए ।
जवाफमा सोमपालको उत्कृष्ट बलिङका कारण चितवन १६ ओभर ५ बलमा ६५ रनमा अलआउट भयो । पारस खड्काको कप्तानीमा रहेको चितवनको सुरुवात पनि निकै खराव रह्यो । उसका लागि दुई खेलाडीले मात्र दोहोरो अंक जोडे । खाता खोल्न नपाउँदै पहिलो विकेट गुमाएको उसले १९ रन बनाउदा ५ विकेट खेर फालेको थियो ।
जसमा उसका तीन खेलाडीले खाता खोल्न सकेनन । सोनु तामाङ अनिलकुमार शाह र आरिफ शेख शुन्य रनमा आउट भए भने कप्तान पारस खड्का १० रनमा स्मिथ पटेलले दुई रन बनाए । त्यसपछि सन्नी पटेलपनि मात्र नौ रनमा आउट भएपछि २१ रनमा ६ विकेट झर्यो । बुटवलका बलर सामु निरिह देखिएको चितवनले २७ रन बनाउदा ८ विकेट झर्यो ।
करण केसी सात रनमा आउट हुदा हरिशंकर शाह एक रनमा पेभेलियन फर्किए । बलिङ तर्फ सोमपाल कामीले चार तथा ललित भण्डारीले दुई विकेट लिए । यस्तै रोहन मुस्तफाले एक विकेट हात पारे । | 2022/01/21 14:57:19 | https://cricnepal.com/2018/10/27024 | mC4 |
कोभिड–१९ का कारण लगाइएको आपतकाल हटेपछि जापानमा के के नयाँ भयो ? – Korea Pati
कोभिड–१९ का कारण लगाइएको आपतकाल हटेपछि जापानमा के के नयाँ भयो ?
June 24, 2020 गुरुदत्त न्यौपानेLeave a Comment on कोभिड–१९ का कारण लगाइएको आपतकाल हटेपछि जापानमा के के नयाँ भयो ?
मे २५ मा प्रधानमन्त्री शिन्जो आबेले जापानभर कोरोना भाइरस बिरुद्ध लगाएका आपतकाल हटाए । जापान विस्तारै कोभिड–१९ का कारण लगाइएको आपतकाल हटेपछिको अवस्थाको पहिलो चरणमा प्रवेश गर्दैछ ।
अहिलेको अवस्था पहिलाको भन्दा तुलनामा धेरै कुरा फरक छ । के के फरक भएको छ ?
घरबाट टेलिवर्किङ
जापानी कर्मचारीहरु घन्टौं घन्टा कार्यालयमै बिताउँछन् । यसबाहेक उनीहरु 残業 (जान्ग्योउ –ओभरटाइम) पनि गर्छन् । क्लाइन्ट, सहकर्मी र हाकिमहरुसँग अबेर रात पिउनका लागि बाहिर जान्छन् । काम गर्ने यस्तो खालको जीवनशैली नै सफलताको संकेत हो भनेर लामो समयसम्म सोचियो ।
विश्व युद्धका कारण ध्वस्त भएको जापान विस्तारै विश्वको अर्थतन्त्र अनि प्रविधिमा उदीयमान बन्नुमा जापानीहरुको यही कार्यशैलीको ठूलो योगदान पनि छ । तर काम भनेपछि मरी मेट्ने, लामो समयसम्म कार्यालयमै बिताउने जापानीहरुको यो बानी कोरोना भाइरसको महामारीका कारण विस्तारै परिवर्तन भइरहेको छ ।
यस क्रममा निहोन केइजाई शिन्बुनले जापानका प्रमुख १४० कम्पनीहरुमाथि एक अनुसन्धान सर्वेक्षण गरेको छ । यस क्रममा ५० प्रतिशतभन्दा धेरै कम्पनीहरुले आंशिक रुपमा वा सिद्धान्ततः टेलिवर्किङ अपनाएको बताएका छन् । कार्यालयमा नगइकन समेत काम गर्न सकिँदो रहेछ भन्ने कुरा मानिसहरुले महसुस गर्न थालेका छन् । यो नयाँ पद्दति यस अघिका तुलनामा निकै लचिलो ठानिएको छ । पानासोनिक र यूनिचार्म जस्ता ठूला कम्पनीहरुले पनि रिमोट वर्क शुरु गरेपछि सञ्चार माध्यमहरुमा हेडलाइन नै बनेका थिए ।
रोजगारदाताका सकारात्मक प्रतिक्रिया
मानव संसाधन परामर्शदाता कम्पनी इमिली ड्रेकोट–जोन्सका विज्ञ बताउँछन्ः 'कोभिडले रोजगारदाताहरुलाई टाढा गएर उत्पादकत्व कार्यालय भित्रको वातावरणमा तय गरिएको समयसँग सम्बन्धित हुन्छ भन्ने परम्पारगत सोचाईबाट पर लगेको छ ।' अन्तरर्वातामा संलग्न गरिएका मध्ये अधिकांशले के भनेका छन् भने कोरोना भाइरसको महामारीले उनीहरुलाई आफ्न्त विशेषगरी परिवारका सदस्यहरुसँग समय बिताउने मौका दियो ।
राष्ट्रिय जनसंख्या तथा सामाजिक सुरक्षा अनुसन्धात संस्थानका अनुसार हरेक दिन (सप्ताहन्तका दिन बाहेक) घरको कामका लागि महिला (श्रीमति)ले औसत २६३ मिनेट खर्च गरेका छन् । पुरुष (श्रीमान)ले भने यस्तो काममा औसत ३७ मिनेट मात्रै खर्च गर्ने गरेका छन् । जापानमा कार्यालय र घर दुबैको जिम्मा महिलाको मात्रै हो भन्ने सोच्ने गरिन्छ । जापानी पुरुषहरुले घरको काममा एकदम कम समय बिताउँछन् भन्ने कुरा फ्रिलान्सर सम्पादक तथा लेखक इरिको मियामोतो बताउँछिन् ।
दूर शिक्षण – अनलाइन कक्षा-सिकाई
लामो समय सम्म रहन सक्ने अर्को नयाँ जीवनशैली दूर शिक्षण हो । कोरोना भाइरसको महामारीका कारण जापानी विश्व विद्यालयहरुले कक्षा कोठा बन्द गरेर जूम स्काइप आदि मार्फत अनलाइन कक्षा संचालन गर्न थालेका छन् । जापानले क्रमशः सबै प्रिफेक्चरबाट आपतकाल हटाइसकेको भएपनि सामाजिक दूरी भने अझै पनि कायम गर्नु पर्छ । कार्यालयहरुमा टेलिवर्किङको बारेमा वहस चलेजस्तै विश्व विद्यालयहरुमा पनि अनलाइन कक्षा र दूर सिकाई लगायत विषयबारे बहस चल्दै आएको थियो । तर यस विषयमा खासै धेरै प्रगति भने हुन सकेको थिएन । तर कोभिड–१९ ले यो चक्रलाई निकै तीव्र बनाएको छ ।
अनलाइन कक्षाबाट कलेज र विद्यार्थी दुबैलाई लाभ भएको छ । कक्षा वा क्याम्पसमा भौतिकरुपमै उपस्थिति हुनु पर्ने बाध्यता हटेपछि विश्वविद्यालयहरुले थप भौगोलिक विविधता भएका स्थानबाट प्रध्यापकहरु भर्ती गर्न सक्छन् । अन्तरराष्ट्रिय स्तरका प्रध्यापकको भर्तीसँगै शिक्षाको स्तर पनि बढ्न छ । विद्यार्थीहरुले पनि घरबाटै लेक्चर लिन सक्छन् । यसले विद्यार्थीहरुलाई आवास स्थल नफेरिकन विदेशका विश्वविद्यालयमा अध्ययन गर्ने अवसर पनि दिन सक्छ । जापानी विद्यार्थीहरु कक्षामा भएको बेलामा पठन कार्यमा बाधा हुने हो कि भनेर चुपचाप लागेर बस्छन् । खासै धेरै प्रश्न सोध्दैनन् । तर अनलाइन कक्षाहरुमा च्याट मार्फत भने उनीहरुलाई प्रश्न सोध्न अलि सहज भएको अनुभवले देखाएका छन् । यस्ता लाभहरुले कोभिड–१९ को महामारी निमूल भएपछि पनि विश्वविद्यालय र विद्यालयहरुलाई अनलाइन कक्षा संचालन गर्न प्रेरित गर्न सक्छ ।
सर्पोर्टेड डिजिटल मञ्चको उदय
टेलि वर्किङलाई भविष्यको कार्यशैली मानिन्छ । यो प्रभावकारी, स्वच्छ, र सहज पनि छ । यसले जापानमा मात्रै होइन विश्वभर नै सर्पोर्टेड डिजिटल मञ्चको उदयलाई प्रवद्र्धन गरेका ठानिएको छ । अहिले प्रयोग गर्नका लागि अनेक टूलहरु उपलब्ध छन् । जूम, स्काइप, ह्याङ्गआउट, मिट, टिम्स आदि जस्ता अनेक अनलाइन मिटिङ एप छन् । आसाना, ट्रोलो, स्ल्याक लगायत टूल वर्किङ टूल र प्रोजेक्ट व्यवस्थापन टूल पनि छन् । छलफल गर्नका लागि भाइबर, ह्वाट्स एप, टेलिग्राम, विच्याट, जालो, मेसेन्जर, लाइन जस्ता एप छन् । सामान्यतः तपाईले जे काम अफलाइन गरिरहनु भएको छ त्यसलाई त्यही क्षण अनलाइनमा लैजान सकिन्छ ।
क्याशलेश
नगदमा कारोबार गर्दा कागजी नोटबाटै भाइरल इन्फेक्शन सर्ने हो कि भन्ने चिन्ता जापानीहरु व्याप्त हुनुले नगदरहित भुक्तानीको प्रयोगलाई प्रवद्र्धन गरिरहेको छ । हामीले यहा कुरा गर्न खोजेको मोबाइल भुक्तानी, क्रेडिट कार्ड र प्रिपेड ट्रान्सपोर्टेशन कार्डको उदय हो । जापानमा उल्लेख्य वृद्धि हासिल गर्ने कम्पनीमा पेपे, लाइन पे, राकुतेन पे, जे ट्रष्ट ग्लोबल आदि पर्दछन् । महामारीका कारण हजारौं पसलहरुले 'यहाँ पेपे प्रयोग गरिन्छ' भन्ने जस्तो सन्देश टाँस्न थालेका छन् । महामारीका कारण कागजी नोट छुन नचाहने मानिसहरु माझ स्मार्टफोनमा आधारित भुक्तानी निकै लोकप्रिय बन्दै गइरहेको छ । Nepali In Japan
कोरियाको अनलाईन सपिङ कम्पनी खुफाङले अवदेखी डेलिभरी गर्ने सबै सामान सेनिटाईज गरेर मात्र वितरण गर्ने ! | 2021/04/20 03:21:06 | https://koreapati.com/7537/ | mC4 |
काठमाडौं, वैशाख २१ । कोलकत्ता नाईट राईडर्स ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको प्लेअफ नजिक पुगेको छ । शुक्रबार राति भएको खेलमा किंग्स ईलेभेन पञ्जाबलाई ७ विकेटले पराजित गर्दै कोलकत्ता प्लेअफको
काठमाडौं, वैशाख २० । सनराइजर्स हैदरावादलाई 'सुपर ओभर'मा पराजित गर्दै मुम्बई इन्डियन्स भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको 'प्लेअफ'मा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा सनसनीपूर्ण जित
काठमाडौं, वैशाख २० । युरोपा लिग फुटबलको सेमिफाइनल पहिलो लेगको खेलमा आर्सनलले जित निकाल्दा चेल्सी बराबरीमा रोकिएको छ । बिहीबार राति आफ्नै मैदानमा भएको खेलमा इंग्लिस क्लब आर्सनलले स्पेनको भ्यालेन्सियालाई
काठमाडौं, वैशाख १९ । दिल्ली क्यापिटल्सलाई हराउँदै चेन्नाई सुपर किंग्स भारतमा जारी इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । गएराती भएको खेलमा दिल्लीलाई ८० रनले पराजित गर्दै
आइपीएलको लिग चरणबाटै बाहिरियो विराटको टिम, गोपालले लिए 'ह्याट्रिक विकेट'
काठमाडौं, वैशाख १८ । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंग्लोर र राजस्थान रोयल्सबीचको खेल वर्षाकाकारण रद्द भएको छ । मगलबार राति भएको खेल रद्द भएपछि दुबै टिमले १–१
काठमाडौं, वैशाख १७ । आईपीएल क्रिकेटमा सनराइजर्स हैदरावादले किङ्ग्स इलाभेन पञ्जाबविरुद्ध सजिलै जित हात पारेको छ । आफ्नै घरेलु मैदान राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा हैदरावादले पञ्जाबलाई ४५
पीएलमा आज पञ्जाव र हैदरावाद खेल्दै, दिल्ली ७ वर्षपछि प्ले अफमा
काठमाडौं, वैशाख १६ । १२ औं संस्करणको इण्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा आज ९सोमबार० एक खेल हुँदैछ । सोमबार सनराईजर्स हैदरावाद र किंग्स इलाभेन पन्जाबबीच प्रतिस्पर्धा हुनेछ । हैदरावाद र
आइपिएलमा कोलकत्ताद्वारा मुम्बईलाई २३३ रनको लक्ष्य
काठमाडौं, वैशाख १५ । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकत्ता नाइट राईडर्सले मुम्बई इण्डियन्सलाई जितका लागि २३३ रनको फराकिलो लक्ष्य दिएको छ । इडेन गार्डेन्समा
एसीसी १६ क्रिकेट: उपाधिका लागि नेपालद्वारा मलेसियासामु १४१ रनको लक्ष्य प्रस्तुत
काठमाडौं, वैशाख १५ । थाइल्याण्डमा जारी एसीसी युथ–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपालले मलेसियालाई १४१ रनको चुनौती दिएको छ । निर्धारित ३५ ओभरको खेलमा नेपालले ९ विकेटको क्षतिमा
आईपीएल: आज दुई खेल हुने, सन्दीप टिममा पर्लान् ?
काठमाडौँ, वैशाख १५ । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछ । आईपीएल अन्तर्गत आइतबार पहिलो खेलमा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोरले प्रतिस्पर्धा गर्नेछन् । यस्तै दोस्रो | 2019/05/19 09:07:10 | http://www.lightnepali.com/category/sports/ | mC4 |
Post Date : September 30, 2016 | 4:52 pm
काठमाडौँ, १४ असोज । सामाजिक न्याय तथा मानवअधिकार समितिले राजस्व नतिर्ने तथा कर्मचारीलाई तलब भत्ता नदिने नेपाल रिक्रिएसन सेन्टरका तात्कालीन सञ्चालकलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ ।
बैठकले दिएको निर्देशन पालन भए/नभएको सन्दर्भमा समितिले अब नियमित अनुगमन गर्ने निर्णय पनि गरेको जनाएको छ । रासस | 2019/03/23 13:24:28 | http://bankkosamachar.com/%E0%A4%95%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%B8%E0%A4%BF%E0%A4%A8%E0%A5%8B-%E0%A4%B8%E0%A4%9E%E0%A5%8D%E0%A4%9A%E0%A4%BE%E0%A4%B2%E0%A4%A8%E0%A4%B8%E0%A4%AE%E0%A5%8D%E0%A4%AC%E0%A4%A8%E0%A5%8D%E0%A4%A7/ | mC4 |
काठमाडौं । अहिलेको अत्यन्तै व्यस्त समयका कारण मानिसहरूलाई आफ्नो बिहेको लागि पनि बर वा बधु खोज्नलाई फुर्सद हुँदैन । जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तै नेपालमा पछिल्लो समय बिहेलाई पत्रपत्रिका वा अनलाइनमा विज्ञापन दिने गरिएको छ ।
आजको कान्तिपुर दैनिकमा दुईवटा त्यस्तै विज्ञापनहरू प्रकाशित भएका छन् । पहिलो विज्ञापन अनुसार ४२ वर्षीया डिभोर्स बधु अर्थात महिलाको लागि योग्य बर अर्थात बेहुला चाहिएको विज्ञापन आएको छ । यो सम्बन्ध कायम गर्न इच्छुकहरुले सम्पर्क नम्बर ९८२१८४३२८० रहेको छ ।
अर्को विज्ञापनमा एमबीए अध्ययन गरेको बरलाई शाक्य, बज्राचार्य बधु चाहियो भनेर विज्ञापन राखिएको छ । यसका लागि सम्पर्क गर्नुपर्ने नम्बर ९८६५३८५६७६ रहेको छ । यदी तपाईं पनि इच्छुक हुनुहुन्छ भने यी नम्बरहरुमा सम्पर्क गरेर आफ्नो कुरा अगाडि बढाउनु सक्नु हुन्छ । स्रोत:postpatrika
आयातभन्दा बढी निर्यात बढी भएका मुलुकहरु २८ मात्रै छन् । तर, त्यस्तो निर्यात रकम भने निकै सानो अकंमा छ ।
काठमाडौं । गत चुनावमा पराजित नेता वामदेव गौतमलाई जसरी पनि सांसद बनाउन नेकपा प्रयासरत छ । त्यसका लागि डोल्पा ठाउँ खाली गराउन खोजियो । त्यहाँका कार्यकर्ताले मानेनन् ।
अब पार्टीका ध्यान बाँके ३ मा केन्द्रित भएको छ । त्यो मिलाईदिन महासचिव विष्णु पोडेल लागिपरेका छन् । पौडेलले बाँके ३ का सांसद नन्दलाल रोकायलाई शुक्रबार बोलाएर ठाउँ खाली गरिदिन आग्रह गरेका छन् ।
रोकयले यसको पुष्टि गरेका छन् । उनले पौडेललाई पार्टीले राष्ट्रिय आवश्यकता ठानेर आधिकारिक निर्णय गरेमा सोच्न सकिने जवाफ दिएका थिए । | 2021-02-26T17:59:43Z | https://visionkhabar.com/2018/08/11188 | OSCAR-2109 |
शेख कमल कपको उपाधिसंगै किरणको खुसी [फोटो फिचर] | Hamro Khelkud
शेख कमल कपको उपाधिसंगै किरणको खुसी [फोटो फिचर]
चितगोङ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण कुमार लिम्बु (चेम्जोङ)ले उत्कृष्ट प्रदर्शन गरेपछि माल्दिभ्सको टि.सी. स्पोर्ट्स क्लबले शेख कमल अन्तराष्ट्रिय क्लब कप २०१७को उपाधि जितेको थियो।
शुक्रबार भएको फाइनल खेलमा टि.सी. स्पोर्टसले दक्षिण कोरियाली टोलि पोचीओन सिटिजनलाइ टाइब्रेकरमा ४-२ ले पराजित गर्दै उपाधि जितेको हो। निर्धारित ९० मिनेट २-२ गोलको बराबरी र त्यसपछि थप गरिएको ३० मिनेटमा गोल नभएपछि उपाधिको छिनोफानो टाइब्रेकरबाट भएको थियो।
किरणले पोचीओन सिटिजनको दुइ पेनाल्टी प्रहार रोकेका थिए। टाइब्रेकरमा कोरियाली टोलीको पहिलो र चौथो प्रहरलाइ किरणले रोकेका थिए भने टि.सी स्पोर्ट्सको सबै प्रहर गोलमा परिणत भएको थियो। यस जितसंगै टि.सी स्पोर्ट्सले ३०,००० अमेरिकी डलर प्राप्त गरेको छ। | 2022/07/06 12:38:47 | https://www.hamrokhelkud.com/football/16273.html | mC4 |
आदरणीय र्धमप्रेमी सज्जनबृन्द, धर्म र संस्कृतिको संरक्षण, सम्बर्धन गर्दै सदा झैं यस वर्ष पनि निरौला बन्धु सेवा समाज केन्द्रीय कार्य समितिको आयोजनामा यहि मिति २०६८ साल चैत्र ९ गते ( 2012 March 22 - 31 ) देखि प्रारम्भ भै चैत्र १८ गते राम नवमीको पावन दिनमा समापन हुने गरी पं श्री मुकुन्द निरौलाज्यूको बाचकत्वमा संगीतमय श्री गरुण महापुराण ज्ञान महायज्ञ हुने भएकाले आफू, आफ्ना इष्टमित्र, कूलकुटुम्ब तथा छरछिमेक सहितलाई कथा श्रवण गर्न उपस्थित गराई दिई सहयोग गरीदिन अनुरोध गरिन्छ ।
विज्ञापन गर्नको लागि पत्रिकाकै मात्र भर पर्नु पर्दैन भन्ने कुरा यो पोस्टले पो पुष्टि गरेको छ कि कसो Sandip Niroula जी | OSCAR-2019 |
||
सिडिओ हीरादेवीको अनुभूति- 'आइमाई नि सिडिओ हुन्छन् !'
इटहरी- भोजपुरमा २०७५ चैत १० गतेबाट सिडियो भएर आएकी हिरादेवी पौडेलले आफ्नो १ वर्षे कार्यकाल पुरा गरेकी छिन् । यस अगाडि रसुवाको सिडियो समेत भएकी पौडेललको बिहीबारबाट गृह मन्त्रालय औपचारिक कार्यकाल सुरु गरेकी छिन् ।
मन्त्रालय सरुवा भएसँगै जिल्ला हेर्ने संघीय सरकारको शक्तिशाली प्रमुखबाट मन्त्रालयमा जाँदै छिन् पौडेल । जिल्ला नेतृत्वबाट मन्त्रालयमा पुगे पनि सिडिओ महिला हुनुका केही रोचक र घोचक अनुभव छन् पौडेलका ।
'हाकिम महिला' हुन्छन् भन्ने पत्याएनन् सेवाग्राहीले
२०५२ सालबाट २०६२ सम्म नायव सुब्बा भएर काम गरिन् पौडेलले । काठमाडौँमा कार्यक्षेत्र भएकी उनी फाँट प्रमुख त बनिन् । कार्यालय प्रमुख वा जिल्ला प्रमुख भने भएकी थिइन् । २०६३ मा अधिकृतमा नाम निकालेर उनी जिल्ला निर्वाचन अधिकृत भएर मुस्ताङ पुगिन् । मुस्ताङमा २०६४ सालमा पहिलो संविधानसभा चुनाव गराउने निर्वाचन अधिकृत पौडेल नै थिइन् ।
निर्वाचन अधिकृतको पद जसरी नौलो थियो । अनुभव पनि नयाँ बन्यो पौडेललाई । उनलाई हाकिम भनेर पत्याएनन् सेवाग्राहीले । 'मुस्ताङमा हुँदा धेरैले हाकिम कता हुनुन्छ भनेर कार्यालयमा सोध्थे र कर्मचारीले मेरो कोठा देखाउँथे', पौडेल सम्झन्छिन्, 'तर मलाई देखेर उनीहरू फर्कन्थे र भन्थे हाकिम हुनुहुन्न, त्यहाँ त एउटी आइमाई मात्रै छिन् ।'
मुस्ताङमा यसअगाडि महिला जिल्ला निर्वाचन अधिकृत भएर नपुगेकाले धेरैले आफूलाई हाकिम भनेर नपत्याएको पौडेल बताउँछिन् ।
सिडिओ हुँदा झनै पत्याएनन्
२०६८ सालदेखि २०७१ सालसम्म संयुक्त अरब इमिरेट्स (युएई) मा रहेको नेपाली दूतावासको श्रम सहचारी भएकी थिइन् पौडेल । २०७१ सालमा उनी बढुवा भएर उपसचिव बनिन् । उपसचिव भएपछि सिडिओ भएर रसुवाको कमान्ड समाल्न पुगेकी पौडेलसँग जिल्ला निर्वाचन अधिकृत हुँदाको भन्दा सिडिओ हुँदाको नरमाइलो अनुभव छ ।
कुरा २०७३ सालताकाको हो । उत्तरी छिमेकी चीनसँगको सीमा नाकाको अध्ययन गर्न पौडेल नेतृत्वको टोली केरुङ पुगेको थियो । केरुङमा दुई देशका पदाधिकारीबीच बैठकपछि नेपालतर्फ आएको थियो टोली ।
जिल्लाका सुरक्षा निकायमा प्रमुखहरूलाई लिएर नाकामा पुगेकी पौडेल प्रहरी भ्यानमा थिइन् । जिल्लाका डिएसपीलगायतका प्रहरी अधिकारी सीमानाका अवलोकन गरिरहेका थिए । यसैबीचमा आफू बसेको पछाडिका केही युवाले गरेको वार्तालाप पौडेलले सुनिन् ।
'ऊ त्यो गाडीमा हुने कोहो भनेर एउटाले सोध्यो', त्यो दिनको कुरा सम्झँदै पौडेलले भनिन्, 'अर्कोले सिडिओ हो भन्यो तर बाँकीले आइमाई कसरी सिडियो हुन्छ भने ।'
सिडिओ हुँदा पुरुषलाई असहज, महिलालाई सहज
हिमाली जिल्ला रसुवा र मध्यपहाडी जिल्ला भोजपुरमा सिडिओ भएकी पौडेलसँग महिला भएकैले आफूले पुरुष र महिलाबाट भिन्नभिन्न अनुभव बोकेको बताउँछिन् । पुरुषले सिडिओ भएर महिला आएपछि सहजता महसुस नगरेको पौडेलको अनुभव छ ।
'कतिपय मलाई सीधा भन्नुपर्ने कुराहरू पुरुष साथीहरूले सहायक सिडिओ साबमार्फत मसँग ल्याउने गर्नुभएको छ', पौडेल भन्छिन्, 'महिलाहरूले भने सहज महसुस गर्नुहुन्छ ।'
सिडिओको कार्यकक्षमा महिला देख्दा महिलाहरू आउने, आफ्ना कुराहरू राख्ने र सहज भएको बताउने पौडेलको अनुभव छ ।
पुरुषभन्दा राम्रो काम गर्ने बाध्यता
सिडिओ पुरुषभन्दा सिडिओ महिलालाई राम्रो काम गर्नुपर्ने सामाजिक र पेसागत बाध्यता भएको पौडेलको अनुभव छ । 'पुरुषहरूले सामान्य काम मात्रै गर्दा कुनै प्रश्न आउँदैन', पौडेल भन्छिन्, 'सिडिओ महिलाले भने सामान्य कार्यकाल मात्रै चलाउँदा महिला भएकाले चलाउन नसकेको भन्ने कुरा गरिन्छ ।'
महिलाले गर्न सक्दैनन् भन्ने सामाजिक मनोविज्ञान चिर्न पनि औसतभन्दा राम्रो काम गर्नुपर्ने बाध्यता हुने पौडेल बताउँछिन् ।
'नुनतेल अडकलेका' महिला हातले भ्रष्टाचार गर्दैनन्
निजामती प्रशासनमा महिलाका प्रवेश पछिल्लो समयमा बढे पनि धेरै संख्या भने छैन । निजामतीमा प्रवेश गरेकाहरूले भ्रष्टाचारमा परेकामा रंगेहात समातेका धेरै अख्तियारका अपरेसनहरू बेलाबखत आउँछन् । 'महिलाको नुनतेल अडकलेका र भोलिलाई कति आलु चाहिन्छ भन्ने जान्ने हातले कार्यालयमा अनियमितता गर्दैनन्', पौडेल भन्छिन्, 'महिलाले परिवारबाटै व्यवस्थापन सिकेर आएका हुन्छन् ।'
श्रम मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय र गृह मन्त्रालय मातहतमा काम गरेको अनुभव बोकेकी पौडेलले महिलाले भ्रष्टाचार नगर्ने भएकाले नै आफूसँग गलत प्रस्ताव नआउने बताउँछिन् । भन्छिन्, 'नराम्रो कुरामा महिलालाई लाउन सकिँदैन भन्ने भएरै म सिडिओ हुँदा गलत कुराका लागि कहिल्यै अप्रोज आएन ।' | 2019/12/09 16:49:57 | https://www.nepalsamaya.com/news/11683 | mC4 |
पोखरामा गण्डकी प्रदेश प्रहरी प्रमुखको स्वागत – Samacharpati Samacharpati पोखरामा गण्डकी प्रदेश प्रहरी प्रमुखको स्वागत – Samacharpati
पोखरा, १९ असार । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद शर्मा घिमिरेले जनता र प्रहरी बिचको समन्वयात्मक भूमिकाबाट मात्रै समाजलाई अपराध मुक्त बनाउन सकिने बताउँदै अब समुदाय र प्रहरी हातेमालो गर्दै थप लाग्नुपर्ने बताउनु भएको छ । सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्यव समिति कास्कीले आज आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
साथै नागरिकको सहयोग बिना प्रहरी एक्लै समाजमा सफल हुन नसक्ने बताउँदै समाजसंग हातेमालो गर्दै संगसंगै जान प्रहरी कटिबद्ध रहेको समेत उहाँले स्पष्ट पार्नु भयो । कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका प्रमुख एवं प्रतिनिधिहरुले प्रहरी नायव महानिरीक्षक घिमिरेलाई सफल कार्यकालको शुभकामना सहित पुष्प गुच्छाले स्वागत गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्किलाई समेत स्वागत गरिएको उक्त कार्यक्रममा बोल्ने सामुदायिक प्रहरी सेवा केन्द्रका प्रमुख एवं प्रतिनिधिहरुले नेपाल प्रहरी संग हातेमालो गर्दै समाजमा व्याप्त विकृती विसंगती विरुद्ध लड्ने अभिप्रायका साथ स्थापना भएका सामुदायिक प्रहरी सेवा केन्द्रहरु सदैव प्रहरीका विभिन्न जनलक्षित नीतिहरुको कार्यान्वयनका लागि लागि पर्ने बताउनु भएको छ । | 2021/05/06 03:14:42 | https://www.samacharpati.com/17974/parhari-pramukh/ | mC4 |
साविक विजेता लिभरपुल च्याम्पियन्स लिगकाे प्रि-क्वाटरफाइनलबाटै बाहिरियाे « News24 : Premium News Channel
साविक विजेता लिभरपुल च्याम्पियन्स लिगकाे प्रि-क्वाटरफाइनलबाटै बाहिरियाे
एजेन्सी, २९ फागनु । साविक विजेता इंग्लिस क्लब लिभरपुल युइएफए च्याम्पियन्स लिगको प्रि-क्वाटरफाइनलबाटै बाहिरिएको छ ।
बुधबार राति भएको लिगकाे दोस्रो खेलमा स्पेनिस क्लब एथ्लेटिको मड्रिडसँग अतिरिक्त समयमा ३-२ ले पराजत हुँदै समग्रमा ४-२ को हार ब्यहोर्दै लिभरपुल च्याम्पियन्स लिगको प्रि-क्वाटरफाइनलबाटै बाहिरिएको हो । पहिलो लिगमा एथ्लेटिको मड्रिडकाे घरेलु मैदामा लिभरपुल १-० ले पछि परेको थियो ।
एथ्लेटिको मड्रिडलाई जित दिलाउनको लागि मार्कस लोरेन्टे दुई र अल्भेरो मोराटाले एक गोल गरे । लिभरपुलका जर्जिन्हो विज्नल्डम र रोवर्टो फिर्मिनोले समान एक एक गोल गरे पनि हार भने टार्न सकेन ।
निकै प्रतिस्पर्धात्मक खेलको ४३ औं मिनेटमा विज्नल्डम गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । उनले एलेक्स अक्सलेड चेम्वरलेनको पासमा गोल गरेका थिए ।
त्यसपछि निर्धारित समयमा गोल हुन नसक्दा खेल १-० गोल अन्तरले लिभरपुलले जित्यो । तर, खेल समग्रमा १-१ को बराबरी भएपछि ३० मिनेट समयमा थपिएको थियो । जहाँ एथ्लेटिको हिरो बन्यो ।
अतिरिक्त समयमा रोवर्टो फिर्मिन्होले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए तर घरेलु मैदानमा लिभरपुल निरिह बन्दा एथ्लेटिकोले तीन गोल गर्दै लिभरपुललाई स्तब्ध बनायो ।
९४औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुलाई खेलमा अग्रता दिलाएका थिए । गोल खाएको ३ मिनेटपछि नै एथ्लेटिकोका लागि सब्सिच्युट खेलाडी मार्कोस लोरेन्टोले शानदार गोल गर्दै खेललाई समग्रमा बराबरीमा ल्याए । उनले जुआओ फेलिक्सको पासमा गोल गरेका थिए ।
अतिरिक्त समयको पहिलो हाफको थप गरिएको पहिलो मिनेटमा लोरेन्टेले व्यक्तिगत दोस्रो गोल गर्दै एथ्लेटिको मड्रिडलाई समग्रमा ३-२ को अग्रता दिलाए । दोस्रो हाफको इन्जुरी समयमा मोराटाले लोरेन्टोको पासमा वान भर्सेस वानमा गोल गरेपछि एथ्लेटिकोले ३-२ तथा समग्रमा ४-२ गाेल अन्तरले खेल जित्याे ।
याे सँगै साविक विजेता र उपविजेता च्याम्पियन्स लिगको प्रि-क्वाटरफाइनलबाटै बाहिरिएका छन् । साविक उपविजेता इंग्लिस क्लब टोटनह्याम हस्टपर पनि यसअघि नै प्रतियोगितबाट आउट भइसकेको छ ।
मंगलबार राति भएको प्रि-क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन प्रतिद्वन्द्वी आरबी लाइप्जिगसँग ३–० ले पराजित हुँदै समग्रमा ४-० को फराकिलो हार ब्यहोर्दै टोटनह्याम प्रतियोगिताबाट बाहिरिएको थिायो ।
दमकल मर्मतका लागि रु ५ सहयोग !
access_time 7:08 pm
अमर काफ्ले, इनरुवा, ०२ असार । इनरुवाका स्थानीयले नगरपालिकाले दमकल मर्मत गर्न नसकेको भन्दै रु.
केदार शर्मा, चितवन, २ असार । भरतपुर महानगरपालिकाको अग्रसरतामा निमार्ण गरिएको भरतपुर कोरोना विशेष अस्पताल
काठमाडौं, २ असार । कोरोना भाइरसको महामारीको समयमा विदेशमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश फर्काउने क्रम | 2020/07/09 10:51:48 | https://www.news24nepal.tv/2020/03/12/634529 | mC4 |