text
stringlengths 163
169k
| timestamp
stringlengths 0
20
| url
stringlengths 0
1.8k
| source
stringclasses 5
values |
---|---|---|---|
चर्चित गायक राजेश पायल राईको स्वरमा ‘हौवा हौ दर्शन नमस्ते’ बोलको गीत सार्वजनिक भएको छ । लिरिकल भिडियोसहित सार्वजनिक गरिएको गीतमा विक्रम राईको संगीत रहेको छ भने विकाश संगम राईको शब्द रहेको छ । गीतमा आफूले माया गरेकी मायालुको चर्चा गर्दै प्रेम भाव व्यक्त गरेको भावलाई मुख्य विषय बनाइएको छ । | 2022-12-01T07:32:53Z | https://www.ourallnews.com/2021/08/1222 | OSCAR-2301 |
नारायणगढ–मुग्लिन सडकमा १८ वटा नयाँ पुल बन्ने – RaptiSandesh
Home / Feature Breaking news / नारायणगढ–मुग्लिन सडकमा १८ वटा नयाँ पुल बन्ने
चितवन, १३ असोज
अन्य १४ पुलका लागि नक्शांकनको काम भइरहेको छ । महाशाखा प्रमुख श्रेष्ठले भने, 'डिजाइन एण्ड बिल हुँदैछ । एक आधा महिनामा काम सकेर टेण्डरमा जान्छौँ ।'
हाल ठेक्का भइसकेका चार पुलमा नारायणगढबाट १२ किमी दासढुंगा, १६ किमी खानी पुल, २२ किमी मौरी पुल र २९ किमी जलबिरे छन् । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनीयर शिव खनालका अनुसार सो सडकमा हाल रहेका पुल छ मिटर मात्र चौडा छन् । अब बन्ने पुल ११ मिटर चौडा हुने छन् ।
पुलको दुवैपट्टि छेउमा एक दशमलव पाँच मिटरका दरले फुटपाथ रहने छ । पुराना पुललाई मर्मत गरी आवतजावत गर्न मिल्ने अवस्थामा राखिनेछ । बीचको भागबाट दुई गाडी एकैसाथ आवतजावत गर्नसक्नेछन् । विभागका उपमहानिर्देशक श्रेष्ठले आउँदो दुई वर्षमा सबै पुल नयाँ बनिसक्ने बताए ।
पुल निर्माणका लागि झण्डै एक अर्ब रूपैयाँ खर्च हुने अनुमान गरिएको छ । सोमध्ये आधा रकम नेपाल सरकार र आधा रकम विश्व बैंकले लगानी गर्ने छन् । विश्व बैंककै लगानीमा हाल सो सडक विस्तारको काम भइरहेको छ । | 2022/07/05 03:37:04 | https://raptisandesh.com/2017/09/29/2056/ | mC4 |
धरान । धरान होलिडेजले वडादशैंको अवसर पारेर पूर्वको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा दर्शनका लागि 'हेली प्याकेज' सुरु गरेको छ ।
आज (बिहीबार) वडादशैंको पहिलो दिन अर्थात् घटस्थापनाबाट हेली प्याकेज सुरु गरेको हो । यो प्याकेज तेस्रोपटक सञ्चालन गरिएको प्रबन्ध निर्देशक अमृत मानन्धरले बताए । उनका अनुसार अष्टमीसम्म हेली प्याकेज रहेको छ । जसका लागि प्रतिव्यक्ति ३१ हजार ९ सय ९९ रुपैयाँमा धरान–पाथीभरा–धरानसम्मको प्याकेज रहेको छ ।
त्यस्तै धरान घुम्न चाहनेहरूका लागि पनि छुट्टै प्याकेज रहेको छ । हेलीमार्फत् धरानको दृश्यावलोकन गर्न चाहनेका लागि पनि सेवा रहेको सञ्चालक समितिकै कविन श्रेष्ठले जानकारी दिए । उनका अनुसार बिरामीहरूलाई तत्काल काठमाडौं जानुपर्ने वा अन्य कुनै स्थानमा जानुपर्ने भएमा पनि त्यसका लागि पनि सेवा रहेको छ ।
'पहिलो लक्ष्य भनेको धरान–पाथीभरा–धरान प्याकेज नै हो' धरान होलिडेज सञ्चालक समितिका अध्यक्ष कुन्दन श्रेष्ठले भने, 'त्योसँगै अन्य खालका सेवा लिन चाहेमा त्यस्ता सेवा पनि प्रवाह गर्छौं ।'
धरानका चारजना पर्यटन व्यवसायीहरूले हेली प्याकेज ल्याएका हुन् । जसमा कुन्दन श्रेष्ठ, अमृत मानन्धर, अजय खनाल र त्रिरत्न अधिकारी रहेका छन् । यसक्रममा धरानका चारजना पत्रकारहरूलाई पनि धरानको दृश्यावलोकन गराएको थियो ।
हेलीका पाइलट राजेन्द्र दुवालका अनुसार समुद्र सतहबाट करिब २ हजार ५ सय मिटरको उचाइबाट धरानको दृश्यावलोकन गराइएको छ । धरानको ट्रिप करिब १० मिनेटको रहेको छ । धरान होलिडेजले सिम्रिक एयरसँगको साझेदारीमा हेली प्याकेज गर्दै आएको छ । | 2021/10/16 05:32:30 | https://www.blastkhabar.com/news/2021/10/07/127003.html | mC4 |
मुलुककै अब्बल अमरसिंह मावि, जहाँ उच्च वर्ग र नेतासम्म केटाकेटी पढाउन लालायित हुन्छन् « Name of Truth News : News Portal in Nepal
मुलुककै अब्बल अमरसिंह मावि, जहाँ उच्च वर्ग र नेतासम्म केटाकेटी पढाउन लालायित हुन्छन्
प्रकाशित मिति : २०७९, जेष्ठ, १९, बिहीबार ०७:३२
पोखरा । नेपाल चिकित्सा आयोगले हालै लिएको चिकित्सा शास्त्रको प्रवेश परीक्षामा सुजल पौडेलले १ नम्बरमा नाम निकाले । १९ हजारले आवेदन दिंदा पौडेलले १८०.७५ अंक ल्याएर पहिलो र्यांकमा पर्न सफल भए । उनी पोखराको अमरसिंह माविको उत्पादन हुन् । हरेक साल देशकै उत्कृष्ट सामुदायिक विद्यालयमा दहरिँदै आएको अमरसिंह मावि, पोखरामा नामै काफी छ । दुखै गरेर भए पनि धेरै अभिभावक निजी विद्यालयमा आफ्ना छोराछोरी पढाउन चाहान्छन् । तर, अमरसिंह यस्तो विद्यालय हो, जहाँ गरिब जनतादेखि उच्च वर्ग र नेतासम्मले पढाउन लालायित हुन्छन् ।
पोखराको अमरसिंह शिक्षामा जसरी अब्बल छ, यसको स्थापना पनि उस्तै गर्विलो र ऐतिहासिक छ । पहिलो र दोस्रो विश्व युद्धमा हराएका गोर्खालीहरुको रहलरपहल रकमबाट पुनर्निर्माण कोष खडा गरिएको थियो । त्यही कोषबाट पोखरामा पनि एउटा स्कुल र अस्पताल खोल्ने निधो भयो । त्यसको अगुवा थिए, मेजर वीरसिंह गुरुङ ।
कोष सञ्चालन गर्न गठित बोर्डको तत्कालीन पश्चिमाञ्चल अफिसरसमेत थिए, वीरसिंह । उनकै अगुवामा पोखरा रामघाटमा २०१३ साल चैत ११ गते स्थापना भयो, सोल्जर्स बोर्ड भोकेसनल जुनियर हाई स्कुल । त्यही नै बेला गुरुङकै नेतृत्वमा सोल्जर बोर्ड अस्पताल पनि खुलेको थियो । त्यही अस्पताल अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनेको छ ।
वीरसिंहको पहल र स्थानीय घिमिरेहरुले जग्गा दान गरेपछि खुलेको सोल्जर्स बोर्ड भोकेसनल जुनियर हाई स्कुल पोखराकै पुरानोमध्येको एक हो । पूर्व सैनिक परिवारका छोराछोरीका निम्ति भनिए पनि यो स्कुलमा सर्वसाधारणका छोराछोरी पनि पढ्न पाउँथे । अमरसिंह स्कुलले पोखराको शैक्षिक विकासमात्र नभएर यहाँको भौतिक विकासमासमेत महत्वपूर्ण योगदान पुर्याएको छ । २०२४ सालमा अमरसिंह माविमा परिणत भएको यो स्कुल पोखराकै महत्वपूर्ण र ऐतिहासिक मानिन्छ । पहिले यसको अध्यक्ष अञ्चलाधीश हुन्थे, पछि जिल्ला सभापति ।
अहिले अमरसिंहमा २ हजार ९५० विद्यार्थी अध्ययनरत छन् । अंग्रेजी माध्यमबाट पढाइ हुने अमरसिंह २०७५ र २०७६ मा ११ र ११ को परीक्षामा नेपालकै सर्वोत्कृष्ट सामुदायिक विद्यालय भएर ३ लाख नगदसहित प्रधानमन्त्रीबाट पुरस्कृत भयो । श्रवणशक्ति नभएकाहरुका लागि आवासीय व्यवस्था छ । ६० जना त्यस्ता विद्यार्थी अहिले अमरसिंहमा अध्ययनरत छन् । पहिले बोर्ड फस्ट हुने अमरसिंहकै विद्यार्थी पनि थिए अहिले ४ जीपीए ल्याएने विद्यार्थी पनि यहीँका छन् थिए । | 2022/06/28 21:29:44 | https://www.supremekhabar.com/59516/ | mC4 |
म्याग्दी, १२ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका–८ मा पर्ने कुइनेखानीमा लघुजलविद्युत् परियोजना निर्माण भएको छ भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने कुइनेखानीका बासिन्दाले २० किलोवाट क्षमताको मजुवा कुइनेखानी लघुजलविद्युत् परियोजना निर्माण गरेर गाउँलाई उज्यालो बनाएका हुन् रु एक करोड नौ लाखको लागतमा निर्माण भएको परियोजनाबाट साविक कुइनेमंगले गाविसको १, २ र ३ नम्बर वडामा पर्ने ११९ घरधुरी लाभान्वित भएका परियोजनाका अध्यक्ष चबहादुर छन्त्यालले जानकारी दिए केन्द्रीय प्रशारण लाइनको विद्युत् सुविधाको सम्भावना नरहेको कुइनेखानीका बासिन्दा यसअघि उज्यालोका लागि सोलार र टुकीमा निर्भर थिए । लघुजलविद्युत् परियोजना निर्माण भएपछि बत्ती बाल्न, विद्यार्थीलाई लेखपढ गर्न, घरायसी काम गर्न, रेडियो सुन्न, टिभी हेर्न, मोबाइल चार्ज गर्न सजिलो भएको छ बिजुलीको प्रयोग गरेर कुटानीपिसानी मिलसमेत सञ्चालन भएको वडासदस्य खबहादुर छन्त्यालले बताए । विसं २०७० मा निर्माण शुरु भएको आयोजना चार वर्षमा यसै महिनाको पहिलो साता सम्पन्न भएको हो परियोजना निर्माणका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको क्षेत्रीय सहयोग एकाइ धौलागिरि सामुदायिक स्रोत विकास केन्द्र (डिसीआरडिसी), बागलुङले रु ३९ लाख र तत्कालीन कुइनेमंगले गाविसले रु १० लाख अनुदान उपलब्ध गराएको थियो उपभोक्ताले प्रतिपरिवार १३० दिनका दरले श्रमदान र रु दुई हजार ५०० का दरले नगद संकलन गरेका थिए । उपभोक्ताको रु ६० लाख बराबरको लगानी भएको अध्यक्ष छन्त्यालले बताए ।
खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका महिलाले मकैको खोसेलाबाट आकर्षक घरायसी सामग्री उत्पादन
ओमकार टाइम्स अमेरिकामा अहिलेसम्मकै चिसो हिमआँधी, १४ जनाको मृत्यु, टेक्ससमा २ दिनदेखि अन्धकार - OMKARTIMES | 2021-03-03T17:22:26Z | https://www.pahiloboli.com/2020/05/1772/ | OSCAR-2109 |
एनसेलबारे सर्वोच्चले गरेको फैसलामा संसदीय समितिको चासो (भिडियो रिपोर्ट)
ARCHIVE, MARKET WATCH, MUDRA MAMILA, VIDEO NEWS » एनसेलबारे सर्वोच्चले गरेको फैसलामा संसदीय समितिको चासो (भिडियो रिपोर्ट)
काठमाडौँ । एनसेल सम्बन्धी सर्वोच्च अदालतले गरेको फैसला बारे प्रतिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिले चासो देखाएको छ । शुक्रबार बसेको समितिको बैठकमा सर्वोच्च अदालतले गरेको फैसला यस अघि भएको आदेश र विभिन्न समितिले दिएको निर्देशनलाई खण्डित गर्ने गरि भएको भन्दै संसदहरुले फैसलाको अध्ययन गर्नु पर्ने धारणा राख्नु भएको छ । समितिमा समय मागेर बोल्दै सांसद सन्जय कुमार गौतमले नेपाल सरकार अन्तर्गतको कर निर्धारण गरि अशुलउपर गर्ने निकायले गरेको निर्णय बिपरित सर्वोच्च अदालतको फैसला आउनु आश्चर्य भएको बताउनुभयो ।
यस्तै अर्का सांसद देव प्रसाद गुरुङ्गले सर्वोच्चको फैसला ले कतै गलत नजीर त बसाल्दैन भन्ने कुरामा ध्यान दिनु पर्ने बताउनुभयो । अदालतले गरेको फैशलालाई समितिमा कसरि छलफल गर्न सकिन्छ कि सकिदैन भनेर जिज्ञासा राख्नुभयो।
समितिका सभापति कृष्ण भक्त पोखरेलले समितिमा सांसदहरुले एनसेलको विषयमा भएको फैसला बारे समितिमा छलफल हुनुपर्ने धारणा मनासिव भएको भन्दै छलफल हुनसक्ने बताउनुभयो । सार्वजनिक सरोकारको विषयमा समितिले आफ्नो दृष्टिकोण दिन सक्ने भन्दै सभापति पोखरेलले अदालतले गरेको फैसला बारे अध्ययन हुदा अदालत झनै बलियो हुने न्याय सम्पादन राम्रो हुने बताउनुभयो । समितिले न्याय सम्पादन भएको नभएको हेर्न सक्छ निर्देशन नै दिनु पर्छ भन्ने छैन भन्दै फैसला अध्ययन गर्न सकिने बताउनुभयो
सर्वोच्च अदालतले भदौ १० गते एनसेलले तिर्नुपर्ने भनी ठूला करदाता कार्यालयले निर्धारण गरेको करलाई बदर गर्दै पुनः कर निर्धारण गर्नुपर्ने फैसला गरेको छ । यस फैसलाले नेपाल सरकारले एनसेलबाट पुँजीगत लाभकर बापत पाउन सक्ने ६२ अर्ब ६३ करोड रुपैयाँ गुमेको विश्लेषण हुदै आएको छ । यता सर्वोच्च अदालतले गरेको फैसला संसद्को कुनै पनि बैठक अथवा समितिमा छलफल नहुने व्यवस्था पनि छ । हेर्नुहोस् भिडियो : | 2020/02/29 07:12:29 | https://www.arthasarokar.com/2019/09/ncell-faisala.html | mC4 |
खेलकुदको भविश्य के होला ?
प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार १८:५४
कसैले अनुमान नगरेको भाईरस जसलाई कोरोना नामाकरण गरियो, यसको असरबाट यतिबेला पुरै विश्व स्तब्ध छ । यतिखेर सबैतिर अनेक चिन्ता आशंका र छट्पटीहरु बढेका छन । विश्वको अर्थतन्त्र नराम्ररी धराशयी हुने क्रम जारी छ । व्यवसायिहरुले फिल्म हल भत्काउन खोजिरहेका छन, रिलिज भएर दर्शकको माझमा जान ठिक्क तयार भएका करोडौं अरबौं लगानिका फिल्महरुको भविष्य चौपट भएको छ । लाखौ करोडौं पुस्तकहरु छापिएर पनि बजारमा जान पाएका छैनन् । वायु सेवा कम्पनिहरु पार्किङ्ग शुल्क समेत तिर्न नसक्ने अवस्थामा पुगेका छन । पर्यटन ब्यवसायिहरु, होटेल रेस्टुरेन्ट ब्यवसायिहरु सम्हालिनै नसक्ने गरि धराशायी हुँदैछन । कृषकका तरकारी, कुखुरा र दूध बारिमा र गोठमै मिल्किएका छन । अहिलेको समयमा विश्वमा त्यस्तो कुनै क्षेत्र बाँकी छैन जो वर्तमान स्थितिमा सुधार भएको होस ।
विश्वकै सबैभन्दा बढी हेरिने क्रीकेट खेलको भारतीय प्रीमियर लिग आई.पि.एल, बिश्वका चर्चित फुटबल लिगहरु ब्याडमिन्टन र बास्केट बल, रग्बी प्रतियोगिताहरु स्थगित भएका छन । लाखौ करोडौं खर्च गरेर अनुबन्ध गरेका खेलाडिहरु पाल्नु कैयौ क्ल्बहरुका लागि टाउको दुखाईको विषय बनिरहेको होला रु रातदिन क्रीकेट फुटबल हेर्ने र त्यसैका कुरा गरेर हुर्किएका पुस्ताहरुका छट्पटीहरुका कुरा त कतै उठाईएकै छैनन् । नियमित ब्यायाम गर्न नपाउँदा कति खेलाडीहरुको तौल बढ्यो होला ? कतिलाई मानसिक तनाब र छटपटीले औषधि सेवन गर्ने बनायो होला ?
साँच्चिकै जापानले ओलम्पिक गेम आयोजना गर्न पाउला कि नाई ? ओलम्पिक तोकिएको समयमा सम्पन्न गर्न नसके प्रतियोगिता नै रद्व हुने कुरा पनि बाहिर आईरहेको छ । ओलम्पिक भएन भने कति वर्ष देखि उसले गरेको तयारी र लगानिको भरपाई कसरी होला ? कथमकदाचित ओलम्पिक आयोजना भैईहालेछ भनेपनि यस्तो जोखिम समयमा दर्शहकहरु आउलान र ? विश्वभरीका खेलाडिहरु एकैपटक एकैठाउमा जम्मा हुँदा कोरोना संक्रमणको संभावना झन बढी हुदैन र ? यस्तो स्थितिमा ओलम्पिक नै रद्व गर्नुपर्यो भने बर्षौको त्याग र पर्खाईपछी ओलम्पिक खेलकुद आयोजना गर्ने मौका पाएको जापानको मन कति कुंडिएला । उसले गरेको अहिलेसम्मको लगानिको भरपाई कसले भरिदेला ? कोरोना प्रकोपले पार्ने असरहरुको गहिराइ कति छ भन्ने कुरा सानोतिनो विश्लेषणबाट मात्रै सम्भब छैन ।
मैले उठाउन खोजेको विषय अझै कतारको हो । फुटबल खेलको सबैभन्दा ठूलो विश्वकप-२०२२ फुटबल प्रतियोगिता आयोजना गर्ने आयोजक राष्ट्रको मौका पाएदेखी नै कतार विवादको भुमरीमा पर्दै आएको हो । पचासौं डिग्री तापक्रम भएको एशियाको सानो देशले विश्वस्तरको यति बिशाल फुटबल प्रतियोगिता सफलता पूर्वक संचालन गर्न सक्दैन भन्ने आलोचनाका बाबजुद उ निरन्तर आफ्नो काममा जुटेको छ । कतारले प्रतियोगितालाई अहिलेसम्म भएका प्रतियोगिता भन्दा पनि बेग्लै र पृथक तरिकाले आयोजना गर्छु भनेरै अत्याधुनिक रंगशाला बनाईरहेको छ । सडक, मेट्रो रेल देखि बिमानस्थलहरुको बिस्तार र स्तरवृद्धिसम्मका काम लगभग सिद्याईसकेको छ । अन्तराष्ट्रिय स्तरका मल, डिपार्टमेन्टल स्टोर्स देखि अनेकौ होटेल र रेस्टुरेन्टहरु संचालनमा ल्याएको छ । कतारलाई प्रतियोगिता आयोजना गर्न दिईएको निर्णय शुरुदेखी नै बिबादित रहेकोमा पछिल्लो पटक उसले रंगशाला निर्माणक्रममा नेपाली श्रमिक माथी गरेको ज्यादतिका मुद्वालाई एम्नेस्टी ईन्टरनेशनलले अन्तराष्ट्रिय स्तरमै उठाएको थियो । कतारको आलोचना र बिरोध व्यापक रुपमा चुलिए पनि विश्वकप प्रतियोगिता हुने दिन नजिकिदै आएको छ र निर्धारित समयमै खेल आयोजना हुने कुरामा कुनै शंका रहेन ।
नेपाली नागरिकको नाताले भलै हामिले विश्वको सर्वोच्च प्रतियोगिता टिकट काटेर हेर्ने मौका नपाउला त्यो अर्कै पाटो हुनेछ । नेपाली श्रमिकका रगत, पसिना र आँसुबाट बनेका संरचनामा खेलिने हरेक प्रतियोगिताहरु कतारले सोचेजस्तै चमकधमक ले भरिएलान र ?कोरोनाकै कारण कतारले पाएको यति ठूलो मौका फिक्का त हुँदैन ?
यतिधेरै आलोचना र बिबाद झेलेर पनि आफुले आयोजना गर्ने प्रतियोगिता कोरोनाकै कारण प्रभावित होला कि नाई ? प्रतियोगिता भैईहालेपनि लाखौ खेल समर्थहरु मैदान पुग्लान त ? उसले आफुलाई नयाँ पर्यटकीय गन्तव्य बनाउने लक्ष्य भेट्ला त ? अनेक प्रश्नहरु कतारका अगाडि छन र त्यसभन्दा बढी फुटबलको सर्वोच्च संस्था फिफाको चिन्ता अलग्गै होला । विश्वयुद्वका बिकराल दिनहरुमा बाहेक निरन्तर आयोजित विश्वकप प्रतियोगिता ओझेलमा पर्ने त होईन भन्ने चिन्ता सबैलाई हुनु स्वभाबिकै हो ।
विश्वमा खेलकुदको ईतिहास र परम्परा लामो रहिआएको छ । मनोरन्जन, व्यापार, आयआर्जन सबै दृस्टिकोणबाट खेलकुद क्षेत्रले मानिसको ध्यान खिच्न सफल देखिन्छ । आजकल मानिसहरु आफ्नो सम्पूर्ण जीवन खेलकुदमै लगाउन समर्पण गर्न तयार भएका देखिन्छन् । खेलेर पनि कमाउन घर घडेरी जोड्न र आकर्षक र बिलासी जीवन बिताउन सकिन्छ भन्ने सोच युवापुस्तामा वृद्धि हुँदै गएको छ । कतिपय खेलाडिले सरकारबाट तलब समेत पाईरहेका देखिन्छन । मान्छे जन्मेदेखी नै उ आफुलाई अब्बल र श्रेष्ठ साबित गर्न चाहन्छ । त्यसैले पनि उ आफुलाई स्थापित गर्न विभिन्न प्रतियोगिता र प्रतिस्पर्धामा सामेल हुन चाहन्छ । विश्व रंगमन्चमा खेलाडिले आफ्नो देशको नाम चम्काईदिएपछी कतिपय देशले खेलक्षेत्रमा ठूलो लगानी गरेका छन । त्यसो त खेलक्षेत्रमा हुने चरम प्रतिस्पर्धात्मक भावनाले गर्दा नै गाउँ, टोल, नगर, राष्ट्र हुँदै विश्वस्तरिय खेलकुदका प्रतिस्पर्धा भैईरहेका हुन्छन र यस्ता खेलकुदमा मान्छेहरुका जिज्ञासा रुचि र आकर्षण बढ्दै गएको देखिन्छ । अहिले लगानिको दृस्टीले सबैभन्दा धेरै पैसा खेलकुद क्षेत्रमै छ । मान्छेहरुको चासो र रुचि बढेपछि लगानिकर्ताहरुको आकर्षण पनि यतैतिर बढेको देखिन्छ ।
कोरोना प्रकोपले विश्वलाई नै लपेटेपछी भने विश्वभरका मान्छेहरु आफ्ना ब्यवसाय देखि सबैखाली रुचिलाई थाती राखेर घरभित्रै बस्न बिवश छन । विश्वभर रहेका हर प्रकारका व्यापार चौपट भएका छन । हुन लागेका खेल प्रतियोगिता पनि स्थगित भएका छन या तिनलाई पछिको लागि सारिएको छ । कतिपय मिति सार्न नमिल्ने प्रतियोगिता रद्व भएका छन ।
खेलकुदमा चर्को प्रतिस्पर्धा, रोमान्चकता र सस्पेन्स हुने भएकाले खेलकुदले सबै उमेर समुहका मान्छेलाई आकर्षित गर्ने हुनाले आम दर्शकले चर्को मूल्य तिरेर भएपनी खेल हेर्न खोज्छ । खेलकुदहरु बन्द हुदैगएपछी दर्शकहरु खेलको मज्जा लिनबाट बन्चित भएका छन । यस्तो अवस्थामा लामो समयदेखिको खेलाडिको तयारी समेत खल्लो हुन पुगेको छ । लगानिकर्ताको लगानी डुबिरहेको छ । लाखौ दर्शक अट्ने रंगशालाहरु कोरोना संक्रमित बस्न र उपचार गर्न क्वारेन्टिनका लागि खाली गराईएका छन । मान्छेको चहलपहल नभएपछि होटेल ब्यवसाय, रेस्टुरेन्ट, मार्केटहरु नराम्ररी प्रभावित भएका छन । यो अवस्थामा तत्काल सुधार हुने कुनै लक्षण देखिदैन ।
खोप बिकास भएर कोरोना प्रकोप निको या कम हुँदै गएपनि खेल हेर्नैका लागि भनेर केही बर्ष दर्शक रंगशाला छिर्दैनन् होला । रोग नियन्त्रण नभएसम्म मान्छे पहिलेजस्तरी बाहिर ननिक्लिन सक्छ । नियमित खेलकुदका कार्यक्रम नहुदा खेलाडिहरुमा जेनेरेसन ग्याप देखिन सक्छ । त्यसै त खेलकुदमा उमेर समुहको ठूलो महत्त्व हुन्छ । कुनै खेलाडी एक दिन एक हप्ता या एक महिनाकै फरक ले गर्दा आफ्नो उमेर हदबन्द्धी पार गरेका हुन्छन । खेलकुदका कार्यक्रम रोकिदा खेलाडीहरुको उमेर जस्तै तौल, मोटाई, उचाई घटबढ हुन सक्छ । एक महिना एक वर्षको फरकले गर्दा धेरै खेलाडीले सन्यास लिन पर्ने स्थिती आउन सक्छ । यस्तो अवस्थस्मा सबैभन्दा ठूलो असर नयाँ खेलाडीले झेल्नु पर्ने हुन सक्छ । उनिहरुले झेलकुद क्षेत्रमा वातावरण, मौका र अवसरहरु गुमाउन बाध्य हुन सक्छन ।
अहिलेको अवस्थामा भिडभाड गर्ने, मान्छे जम्मा भएर खेल्ने कुरा सम्भब नै छैन । खेलकुदलाई पहिले जस्तै ट्र्याकमा ल्याउन सबैभन्दा पहिले कोरोनाको औषधि पत्ता लाग्नु पर्छ । त्यसो त कतिपय विश्लेषकले यसको औषधि बन्न निकै समय लाग्ने बताईरहेका छन । यस्तो अवस्थामा खेलकुदका धेरै लगानिकर्ताहरु पर्ख र हेरको अवस्थामा छन । उनिहरु अब खुलेर लगानी गर्ने अवस्थामा या मुडमा हुने छैनन् । लगानी गरेकाहरु डुब्ने नै भए । खेलकुदलाई प्राथमिकता दिएका देशले समेत खेलकुद भन्दा अन्य क्षेत्रमा लगानी बढाउन थाल्ने छन । बास्तवमै यो समय खेलकुद क्षेत्रका लागि विषम समय हुन सक्छ । आउँदा केही वर्ष नेपालकै खेलकुद क्षेत्र पनि सुस्ताउदै नजाला भन्न सकिने अवस्था कमसेकम अहिलेलाई हामीसँग रहने छैन ।
कोरोना प्रकोपले विश्वलाई आफ्नो चङ्गुलमा नराम्ररी गाँजेको यो समयमा ब्यक्तिका ब्यक्तिगत तथ्यहरु आर्थिक सामाजिक हैसियत प्रभावित भएका छन । राज्य राज्य बिचका सम्बन्धहरु खल्बलिएका छन । एकअर्कामाथी अविश्वास र आशँका बढेका छन । पकृतिलाई मान्छेले जसरी बुझ्नु पर्ने हो, सम्मान गर्नु पर्ने हो त्यसमा गम्भीर चुक भएको छ । लगभग आठ दशक देखि अमेरिकाको विश्व ब्यवस्थाको बिकल्प तुरुन्तै भलै नदेखिएला तर त्यसमा परिवर्तनका संकेतहरु देखिन थालि सकेका छन । मान्छेले आणविक हतियार बनायो, बिकासका अनेक संरचना बनायो तर पनि कोरोनासँग लड्न उसका प्रयास प्रयाप्त देखिएनन् । मान्छेले प्रकृतिसँग गरेको खेलवाडको मूल्य अन्य क्षेत्रहरु झै खेलजगतले पनि लामो समय चुकाउनु पर्नेछ । | 2020/05/25 00:43:03 | https://kanchulikhabar.com/news/32053 | mC4 |
अध्यक्ष हित काजी गुरुङको नेतृत्वमा दूतावास पुगेको तमुधिं यूकेको टोलीसँग राजदूत लोकदर्शन रेग्मीले दूतावासको पूर्ण सहयोग रहने प्रतिवद्धता गरे । दूतावासका तर्फबाट विगतदेखि हुँदै आएको सहयोगमा कुनै कमी हुन नदिने वचन उनले दिए ।
राजदूत रेग्मीले मेलामा नेपालका प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, पर्यटकीय स्थल लगायतको प्रदर्शनी गराउन सुझाव पनि दिए ।
दूतावास समेतको सहकार्य र समन्वयमा वर्षेनी आयोजना हुँदै आएको नेपाली मेलामा उत्कृष्ट प्रस्तुतिका लागि प्रदान गरिने २५ सय पाउन्ड नगदसहितको ‘एम्बासडर कप’ दूतावासले प्रायोजन गर्दै आएको छ ।
मेलाका लागि बेलायतस्थित दक्षिण एशियाली मुलुकका राजदूत एवम् कूटनीतिक प्रतिनिधिहरुलाई दूतावासले निमन्त्रणा पठाउने भएको छ । त्यस्तै, बेलायतका सम्पूर्ण नेपाली संघसंस्थालाई पनि मेलामा सहभागिताका लागि दूतावासले आव्हान गर्ने भएको छ ।
छलफलका क्रममा तमु धिं यूके अध्यक्ष हित काजी गुरुङले नेपाली मेला आयोजनामा लन्डन दूतावासले खेल्दै आएको सहयोगी भूमिकाका लागि धन्यवाद प्रकट गरे । दूतावास र राजदूत रेग्मीबाट प्राप्त सुझावहरुलाई मनन गर्दै कार्यक्रमको तयारी अघि बढाइने उनले बताए ।
नेपाली मेला तमुधिं यूकेको मात्र नभइ बेलायतका सम्पूर्ण नेपालीहरुको साझा कार्यक्रम हो भन्दै अध्यक्ष गुरुङले सोहीअनुसारको सन्देश कार्यक्रमले दिने विश्वास दिलाए ।
त्यस अवसरमा १२ औं नेपाली मेलाका संयोजक एवम् उपाध्यक्ष हरि गुरुङले नेपाली मेलासम्बन्धि एक पावर पोइन्ट प्रिजेन्टेसन दिए । राजदूतसहित दूतावासका सबै कूटनीतिक कर्मचारी बेलायतमा नयाँ भएका कारण उनीहरुलाई कार्यक्रमबारे सक्दो बढी जानकारी गराउने उद्धेश्यले उक्त प्रस्तुति गरिएको थियो ।
दूतावाससंगको छलफलमा तमुधिं यूकेको तर्फबाट अध्यक्ष गुरुङसंगै कार्यक्रम संयोजक एवम् उपाध्यक्ष हरि गुरुङ, उपाध्यक्षहरु जुमकाजी गुरुङ र तुलाराम गुरुङ, कोषाध्यक्ष कमल कोने गुरुङ, पूर्व उपाध्यक्ष मेजर बुद्धि गुरुङ लगायतका पदाधिकारी सहभागी थिए ।
गत वर्ष महामारीका कारण रोकिएको मेलालाई यसपटक पनि विगतमा जस्तै व्यापक र भव्य बनाउने तयारीमा तमु धिं यूके जुटिरहेको छ ।
लन्डनको केम्पटन पार्क रेसकोर्समा आयोजना हुने मेलामा बेलायतस्थित दर्जनौं नेपाली संघसंस्थाका मौलिक एवम् सांस्कृतिक झांकीहरुको प्रस्तुति गरिनेछ । मेलास्थलमा राखिने नेपाली खाना, व्यवसाय तथा च्यारिटीका स्टल र युवाहरुको सांगीतिक प्रस्तुतिसहितका सांस्कृतिक कार्यक्रम पनि विशेष आकर्षण रहनेछन् ।
प्रतिक्रिया दिनुहोस्
डायस्पोरा विशेष
भारतमा बीस हजारभन्दा बढीमा कोरोना सङ्क्रमण
बितेका २४ घण्टामा भारतको विभिन्न भागमा २० हजार भन्दा बढी कोभिड–१९ सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले
नागरिकता विधेयक पारित भएकामा एनआरएनएद्वारा स्वागत
इयुको कालोसुचीमा नेपाली हवाई उडान : सरकारको अनुरोध अस्वीकार
एसआइ युकेद्वारा आगामी जेठ २८ मा बृहत एजुकेशन फेयरको तयारी
Disapora
ताजा अपडेट
काभ्रे सोसाइटी यूकेको अध्यक्षमा नारायण फुयाल
लन्डन। बेलायतस्ति काभ्रेलीहरुको साझा संस्था काभ्रे सोसाइटी युकेले नारायण फुयालको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । सोमबार मिडल्यान्डको बर्मिङहममा सम्पन्न दोस्रो अधिवेशबाट काभ्रे सोसाइटी यूकेको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। सोसाइटीको वरिष्ठ उपाध्यक्ष रामचन्द्र अधिकारी, उपाध्यक्षहरू रुपक पौड्याल र
राज्यसत्ताको दुरुपयोग गरेर एमालेलाई पहिलो पार्टी हुन दिइएन : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन दलले धाँधली लुटलाट गरेर एमालेलाई पहिलो पार्टी हुन नदिएको आरोप लगाएका छन् ।
राप्रपा नेपालको चिन्ता
राप्रपा नेपाल केन्द्रीय सचिवालय बैठकले निर्वाचनमा देखिएका कमजोरी र भविष्यमा अवलम्बन गर्नुपर्ने नीति र कार्यका सम्बन्धमा अध्ययन अनुसन्धान गरी सुझावसहितको प्रतिवेदन पेस गर्न उपाध्यक्ष डा. विष्णु भण्डारीको संयोजकत्वमा समिति गठन गरेको छ ।
आधुनिकताले छोएन पशुपालक किसानलाई
पश्चिम बागलुङको निसीखोला गाउँपालिका–५ र ६ का स्थानीयको मुख्य पेसा नै पशुपालन हो । पर्याप्त चरन क्षेत्र भएको हुँदा यहाँका स्थानीयवासीले वर्षौँदेखि परम्परागत शैलीमा पशुपालन गर्दै आएका छन् ।
किसानले पाएनन् मल
कैलालीको टीकापुर नगरपालिका–६ का रामकृष्ण चौधरी एकाबिहानै सहकारी संस्थाको कार्यालय अगाडि लाइनमा बसेका थिए । | 2022-11-29T21:19:16Z | https://diasporanepal.com/2021/08/39/ | OSCAR-2301 |
पर्वत। लकडाउनको फाइदा उठाउँदै खाना पकाउने एलपी ग्यास बढी मूल्यमा बेचेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले एक व्यवसायीलाई पक्राउ गरेको छ । उपभोक्ताहरुको गुनासोका आधारमा प्रहरीले जलजला गाउँपालिका–३ वारिवेनीमा व्यवसाय गरी बस्ने मीनप्रसाद रेग्मीलाई बिहीबार नियन्त्रणमा लिएको हो ।
वारिवेनीमा सञ्चालित दिप्सन मेटल स्टोर्सका सञ्चालक रेग्मीमाथि बजार मूल्यभन्दा बढी रकम लिएर ग्यास बिक्री गरेको उपभोक्ताको आरोप छ ।
नेपाल आयल निगमले प्रतिसिलिण्डर ग्यासको मूल्य रु एक हजार ३७५ तथा ढुवानीसहित भरी सिलिण्डरको एक हजार ४०० र आधा सिलिण्डरको रु ७०० तोकेको छ । व्यवसायी रेग्मीले रु एक हजार ७०० लिएर ग्यास बिक्री गरेको पाइएकाले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पीडित उपभोक्ताले जिल्ला प्रहरी कार्यालय पर्वत र जिल्ला प्रशासन कार्यालय पर्वतमा खरिद बिल र लिखित उजुरीसहित गुनासो गरेपछि प्रहरीले व्यवसायी रेग्मीलाई निजकै पसलबाट पक्राउ गरेको हो ।रासस
प्रतिक्रिया दिनुहोस्
संबन्धित
भारतको मिचाहा प्रवृत्तिको विरोध गर्ने नेपाल सरकार विमुख: अनेरास्ववियु
काठमाडौं । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले दार्चुला घटनामा सरकार मौन रहेकोप्रति आपत्ति जनाएको छ
कच्चा पदार्थको सुलभ र प्रभावकारी आपूर्ति व्यवस्थापन गर्न सुनचाँदी व्यवसायीको आग्रह
काठमाडौं । सुनचाँदी ब्यवसायीहरुले कच्चा पदार्थको सुलभ र प्रभावकारी आपूर्ति ब्यवस्थापन गर्न आग्रह गरेका छन्
टेलिकमको रिचार्ज कार्ड प्रयोग गरी पाउनुहोस् बम्पर बोनस डाटा, कतिको रिचार्जमा कति डाटा ?
काठमाडौं । नेपाल टेलिकमले कम्पनीका रिचार्ज कार्डबाट आफ्नो मोबाइल रिचार्ज (टप अप) गरे वापत ग्राहकहरुलाई | 2022-12-06T03:34:42Z | https://www.arthapath.com/samachar/2020/04/10/6258/ | OSCAR-2301 |
काठमाडौं । हरेक वर्षजसो आज (कात्तिक १८ गते) पनि तिहारको लक्ष्मीपूजाको दिन भित्रिएको छ । यो दिन धेरै प्रकारले भिन्न र महत्त्वपूर्ण भएर आउने गर्छ । त्यससँग आ–आफ्नै महिमा जोडिएका र्छन् । यस दिन देशको ऊर्जा देशका लागि समेत विशेष हुने गरेको छ ।
किनकि, पूर्ववत समयको अनुमान गर्ने हो भने आज वर्षैभरि सबैभन्दा बढी विद्युत माग र खपत हुने दिन पनि हो । देशबाट लोडसेडिङ अन्त्य भएको घोषणा भएपछि लक्ष्मीपूजाको दिन विद्युत जोहो गर्नुपर्ने चिन्ता कम हुन थालेको छ ।
केही वर्ष पहिलासम्म तिहार अर्थात् लक्ष्मीपूजामा बढी विद्युत खपत हुने हुँदा सर्वसाधारणदेखि व्यापारीसम्मलाई किफायति तरिकाले उपभोग गर्न विद्युत प्राधिकरणले अपिल गर्ने गथ्र्यो । अब त प्रणालीमा करिब २ हजार मेगावाटबराबर विद्युत परिमाण पुगिसकेको छ । यसले, माग र आपूर्तिलाई सन्तुलित बनाउने प्रयास गरेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कात्तिक १६ गते अर्थात् मंगलबार पत्रकार सम्मेलन गरी लक्ष्मीपूजाको दिन माग करिब १५ हजार मेगावाट पुग्ने बताएका थिए । यद्यपि, आज घिसिङले भने जस्तै माग १५ सय मेगावाट पुग्ने अवस्था नरहेको भार प्रेषण केन्द्रले जानकारी दिएको छ । केन्द्रका अनुसार हरेक वर्षको लक्ष्मीपूजा जस्तै आजको माग १२ सय मेगावाट हाराहारी पुग्ने अनुमान छ ।
विगत वर्षमा लक्ष्मीपूजा अर्थात् आजैका दिन विद्युत मागको अवस्था कस्तो थियो त ? यसबारे यहाँ छोटो चर्चा गरिएको छ ।
२०७३ सालको तिहार
यो वर्ष कार्तिक १४ गते लक्ष्मीपूजा परेको थियो । ऊर्जा मन्त्रालयमा जनार्दन शर्मा र प्राधिकरणमा घिसिङको नेतृत्व थियो । यो वर्ष कुलमानको पहिलो कार्यकालको सुरुवात पनि थियो । लोडसेडिङले देश आक्रान्त भइरहेकै बेला उज्यालो पर्व परेको थियो ।
चाहे जति बिजुली थिएन । लोडसेडिङ हटाउनुपरेको थियो, फसादै फसाद थियो । प्राधिकरण, निजी क्षेत्र र भारतबाट आयात गरेर त्यो साँझ पिक आवर (उच्च माग) मा जम्मा ९६० मेगावाट विद्युत आपूर्ति भएको थियो । ४८४ मेगावाट पुगेन, त्यसैले त्यति बाराबर लोडसेडिङ हुने नै भयो । त्यसैलाई जोडेर प्राधिकरणले त्यो लक्ष्मीपूजाको नेपालको उच्चतम माग १४४४ मेगावाट भन्यो ।
त्यो वास्तविक रेकर्ड गरिएको पिक डिमाण्ड (उच्च माग) थिएन । 'इस्टिमेटेड (अनुमानित)' थियो । इन्जिनियरिङ क्षेत्रमा अनुमान नगरी हुँदैन तर अनुमान गर्न जानेन भने बडो खतरनाक परिणाम निम्तिन सक्ने प्राधिकरण विद्युत व्यापार विभागका निर्देशक प्रबल अधिकारी बताउँछन् ।
उनका अनुसार विगतको लोडसेडिङ गलत अनुमानकै कारण भयावह भएको थियो, जति नहुनु पर्थ्याे ।
'आपूर्ति कम र माग बढी अनुमान गरियो । त्यसलाई म गलत भन्न सक्दिनँ तर सैद्धान्ति भयो । वास्तविक भएन,' उनले भने, 'जसलाई (नन–?) अक्याडेमिक भनिन्छ । त्यस्तो अनुमानबाट पहिला लोडसेडिङ तालिका बनाएर बिजुली बाँड्दा बढी घण्टा लोडसेडिङ हुन पुग्यो । केही मानवीय त्रुटी पनि भए होलान्, आपूर्ति कम भएका बेला वितरणको सैद्धान्तिक दृष्टिकोणबाट ।'
जे होस्, त्यो दिन लक्ष्मीपूजाको दिन उत्साह थपियो । किनभने, काठमाडौंमा लोडसेडिङ भएन । त्यो साँझ काठमाडौं उपत्यकाको लोड ३१० मेगावाट थियो ।
सबैलाई बिजुली पुग्यो । काठमाडौंबासी रमाए । यसले मिडिया कभरेज पायो । 'बिग न्यूज' बन्यो । मन्त्री शर्माको हाइट चुलियो । कुलामान रातारात हिरो बन्न पुगे । त्यही उत्साह र उमङ्गगमा कुलमानको मनोबल बढ्यो । टिम बनए र झन् जोशमा काम गर्दै जाँदा उनी 'सेलेब्रेटी' नै बनेको अधिकारीको अनुभव छ । किनकि, लोडसेडिङ हटाएको अवस्थामा उनी प्राधिकरणबाट बाहिरिए । उनले मिहिनेत पनि गरे, भाग्यले पनि कतिपय अवस्थामा साथ दिएकै हो ।
सायद भागयले पनि मिहिनेतीलाई नै साथ दिन्छ ! सारा प्राधिकरणका कर्मचारीहरूले त्यो महान अभियानमा "टिम वर्किङ" गरेका हुन ।
२०७४ सालको तिहार
यो वर्ष लक्ष्मीपूजाको अधिकतम डिमाण्ड (माग) १५०८ मेगावाट पुगेको अनुमान भयो, खासमा भार नियन्त्रण कक्षमा रेकर्ड गरिएको त्यस दिनको आपूर्ति भने ११६५ मेगावाट थियो । अर्थात्, अनुमानित ३४३ मेगावाटबराबर लोडसेडिङ भएछ, त्यो (२०७४÷०७÷०२) साँझ ६ः५५ बजे ।
२०७५ सालको तिहार
यो वर्ष लक्ष्मीपूजा कार्तिक २१ गते परेको थियो । त्यो साँझ (साँझ ६ बजे) नेपालको पिक डिमण्ड (उच्च माग) १०९७ मेगावाट पुग्यो,। प्राधिकरणले भार नियन्त्रण कक्षबाट मिडियालाई ११०५ मेगावाट रिपोर्टिङ गरेको थियो । पछि वास्तविक हिसाब गर्दा केही फरक पर्न गएको थियो ।
२०७६ सालको तिहार
यो वर्ष पनि सदा झैँ अर्थात् केही अघिल्ला वर्षहरू झैँ प्राधिकरणका उच्च पदाधिकारीहरू एलडिसी (भार प्रेषण केन्द्र) मा पुगेका थिए । यो वर्ष लक्ष्मीपूजा कात्तिक १० गते परेको थियो । साँझ ६ः३० बजे अधिकतम माग ११२८.८८ मेगावाट रेकर्ड भयो । भार नियन्त्रण कक्षबाट भने १०८९ मेगावाट रिपोर्टिङ भएको थियो, जो पछि केही थप भएको पाइयो । यो वर्ष गत वर्षहरूभन्दा लक्ष्मीपूजा निकै पछि परेको हुँदा पिक लोड १२६५ मेगावाट रहेको थियो ।
तिहारमा उद्योग–धन्दा चल्दैनन् । प्राधिकरणका अनुसार तिहारको लोड वार्षिक पिक लोड हुन सक्दैन ।
२०७७ सालको तिहार
यो वर्ष लक्ष्मीपूजाका दिन करिब १०५०–११०० मेगावाट पिक लोड पुग्ने प्रक्षेपण गरिएको थियो । जसमा प्राधिकारणको ५२० मेगावाट, निजी क्षेत्र ४६० मेगावाट र भारतबाट करीब १२० मेगावाट गरी सम्पूर्ण माग आपूर्ति गर्ने लक्ष्य थियो । त्यति गर्दा प्राधिकरणसँग जगेडामा करिब २०० मेगावाट विद्युत थियो ।
यस वर्ष कात्तिक २९ गते परेको लक्ष्मीपूजाको दिन साँझ ६ः१५ बजे अधिकतम लोड ११३२ मेगावाट रेकर्ड गरिएको थियो । प्रक्षेपित लोड ११०० मेगावाटभन्दा बढेको लोड पुर्याउन भारतबाट १२० को सट्टा १५० मेगावाट आयात गर्नुपरेको थियो ।
२०७८ सालको तिहार
यो वर्ष कात्तिक १८ गते लक्ष्मीपूजा परेको छ । यो दिन अघिल्ला वर्षको तुलनामा माग केही बढ्ने कार्यकारी निर्देशक घिसिङले बताएका छन् । उनका अनुसार आज साँझको माग करिब १ हजार ५ सय मेगावाट पुग्नेछ । र, यो माग व्यवस्थापन गर्न कुलेखानी सञ्चालन गर्न नपर्ने उनको दाबी छ ।
प्रणालीमा पर्याप्त विद्युत भएको हुँदा कुलेखानी जलाशय सञ्चालन नगरी माग र आपूर्तिबीच सन्तुलन मिलाउन सकिने प्राधिकरणले बताइरहेको छ । प्रक्षेपण गरिएको उच्च माग १५ सय मेगावाट रहे पनि साँझ आपूर्तिपछि रेकर्ड हुने खपत परिमाण जान्न भने भरेसम्म पर्खिनुपर्ने हुन्छ । | 2021/12/05 13:11:23 | https://www.urjakhabar.com/news/0411552352 | mC4 |
भारतले पाम आयल आयात रोकेसँगै व्यापार घाटा पुनः बढ्ने – Lokpati.com
चितवन प्रधानमन्त्री अपराध प्रचण्ड नेपाल कम्युनिष्ट पार्टी सरकार नेकपा पक्राउ अमेरिका नेपाली काँग्रेस नेपाल प्रहरी राशिफल केपी शर्मा ओली पुष्पकमल दाहाल 'प्रचण्ड मृत्यु
By लाेकपाटी न्यूज On २७ पुष २०७६, आईतवार २३:५१
काठमाडौं, २७ पुस। भारतले पाम आयात रोकेसँगै नेपालको व्यापार घाटा भने पुनः बढ्ने देखिएको छ।पछिल्ला केही महिना देखि नेपालको निर्यातमा केही सुधार आई व्यापार घाटा केही घट्दै गएको देखिएको थियो। यसमा मूख्य कारण पाम आयल निर्यात नै रहेको थियो।
पछिल्लो समय नेपालको निर्यातको २५ प्रतिशत भन्दा बढी हिस्सा पाम आयलको रहेको थियो । चालु आर्थिक वर्षको ५ महिनाको अवधिसम्म नेपालको कूल निर्यात ४७ अर्ब ६१ करोड रहेकोमा पाम आयल मात्र साढें ११ अर्बको निर्यात भएको थियो। यो सँगै नेपाली उद्योगी, व्यवसायीहरु पनि लगानी डुब्ने चिन्तामा परेका छन्।
पूर्वी नेपालमा रहेका ५ उद्योगको ८ अर्ब रुपैया बराबरको कच्चा पदार्थसमेत संकटमा पर्ने देखिएको बताइएको छ।
पाम आयल निर्यात गर्ने उद्योगले कम्तीमा तीन महिनाका लागि कच्चा पदार्थको मौज्दात राख्ने गरेकाले व्यापारीहरुले ठूलो नोक्सानी बेहोर्नुपर्ने स्थिति आएको क्वालिटी आयल रिफाइनरी प्रालिका सञ्चालक घनश्याम काबराले बताए। सुनसरी मोरङ करिडोर क्षेत्रका पाँच वटा उद्योगले पाम आयल भारत निर्यात गर्दै आएका थिए भने १६ उद्योग थपिने क्रममा छन्।
भारतले अचानक पाम आयल आयात रोकेपछी यसको असर लागनीकर्तासँगै देशको अर्थतन्त्रमा समेत असर पर्ने भन्दै तत्काल सरकारले निर्यात खुलाउन कूटनीतिक पहल थाल्नुपर्ने उद्योग संगठनका अध्यक्ष भीम घिमिरेको भनाइ छ। चालु आर्थिक वर्षको ५ महिनामा विराटनगर नाकाबाट मात्रै साढे चार अरब बराबरको पाम तेल भारत निर्यात भएको रानी भन्सार कार्यालयको तथ्यांक रहेको छ । | 2020/07/10 03:05:38 | https://lokpati.com/2020/12/59770/ | mC4 |
✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०७८ बैशाख १६, बिहीबार १८:२७
निषेधाज्ञा अवधिमा त्रिभुवन विमानस्थल भएर हवाई यात्रा गर्ने यात्रुले हरियो नम्बर प्लेटको ट्याक्सी प्रयोग गर्न पाउने भएका छन् । विमानस्थल कार्यालयले आज सूचना जारी गर्दै आन्तरिक तथा अन्तरराष्ट्रिय उडानका यात्रुले विमानस्थलसम्म आवतजावत गर्न हरियो नम्बर प्लेटको ट्याक्सी प्रयोग गर्न पाउने जनाएको हो ।
यस्तो सुविधा विमानस्थल कार्यालयले अनुमति दिएका हरियो नम्बर प्लेटका एयरर्पोट प्रिपेड ट्याक्सीको हकमा मात्र लागू हुने जनाइएको छ । हवाई यात्रुले वैधानिक हवाई टिकट/पासपोर्ट/भिसा देखाएका आधारमा विमानस्थलमा आवतजावत गर्न सक्नेछन् । यसका लागि सवारी साधनको सुविधा आवश्यक भएमा प्रिपेड ट्याक्सी बोलाउन सकिने छ ।
विमानस्थलको निर्णयबाट यात्रु तथा एयरलाइन्सलाई निकै राहत भएको एयरलाइन्सले जनाएका छन् । बुद्ध एयर र यती एयरका अधिकारीले निषेधाज्ञाको पहिलो दिन यात्रु विमानस्थलसम्म लैजान सहजीकरण भएको बताए । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौला र बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले विमानस्थलसम्म यात्रु आवतजावत गर्न पहिलो दिन खासै समस्या नभएको जानकारी दिए । आज दिनभर आन्तरिक तथा अन्तरराष्ट्रिय उडान भए ।
विमानस्थल कार्यालयको विवरणमा बुधबार आन्तरिकतर्फ सर्वाधिक १५ हजार २६३ यात्रु आवतजावत गरेका छन् । त्यसअघि मङ्गलबार १२ हजार २५१ यात्रुले सेवा लिएका थिए । विगत दुई दिनको तुलनामा आज उडान सङ्ख्या करिब आधा मात्रै हुने विमानस्थलले तालिका निर्धारण गरेको छ । सरकारी निर्णयअनुरुप हवाई सेवा प्रदायक कम्पनीले निषेधाज्ञाका बीच आन्तरिक उडान सञ्चालन गरिरहेका छन् । अन्तरराष्ट्रियतर्फ पनि नियमित उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । | 2021/10/28 15:52:44 | https://www.tvannapurna.com/5615/2021/04/29/ | mC4 |
यसरि सूर्यको चमक पाँच गुणा कमहुँदै, कमजोर बन्दै गएको वैज्ञानिकको दाबी
Home विज्ञान र प्रविधि
यसरि सूर्यको चमक पाँच गुणा कमहुँदै, कमजोर बन्दै गएको वैज्ञानिकको दाबी, आकाशगंगामा रहेका अन्य ताराहरुको तुलनामा सूर्य कमजोर अवस्थामा रहेको पनि वैज्ञानिकहरुको ठहर छ । जर्मन वैज्ञानिकहरुले सूर्यको चमक कम हुँदै गएको निष्कर्ष निकालेका छन् । म्याक्स प्लांक इनस्टिच्युटका अन्तरीक्ष वैज्ञानिकहरुका अनुसार सूर्यको चम्किलोपना यसअघि अनुमान गरिएको भन्दा निकै उच्च दरले घटेको छ ।
पछिल्लो ९ हजार वर्षमा सूर्यको चम्किलोपनामा ५ गुणाले कमी आएको हो । सूर्यको चमकमा यस्तो भयानक गिरावटको कारणको खोजी वैज्ञानिकहरुले गरिरहेका छन् । यद्यपि सूर्यको चमक रातारात कम भएको भने होइन । उनीहरुका अनुसार हजारौं वर्षदेखि सूर्य लगातार कमजोर बन्दैछ र दिन प्रतिदिन यसको चमक फिक्का हुँदैछ ।
वैज्ञानिकहरुका अनुसार पछिल्ला केही हजार वर्षयता सूर्य शान्त छ । सूर्यको सतहमा बन्ने सोलार स्पटबाट यसको गणना गरिन्छ । सूर्यको केन्द्रबाट जब तातोको तीव्र लहर माथि उठ्दछ, तब सोलार स्पट बन्दछ । जर्मन वैज्ञानिकहरुले अमेरिकी अन्तरीक्ष एजेन्सी नासाको केपलर स्पेस टेलिस्कोपबाट प्राप्त तथ्यहरुको विश्लेषण गरी यस्तो निष्कर्ष निकालेको बताइएको छ । सूर्यको केन्द्रमा आगोको विस्फोट नभैरहनु र सोलार स्पट नबनिरहनुले अन्य ताराहरुको तुलनामा सूर्य कमजोर बनेको देखाउँदछ । जसका कारण सूर्यको चमक फिक्का हुनुका साथै प्रकाशमा समेत कमी आएको छ ।
पछिल्लो समय सन् १६१० यता सूर्यमा बन्ने सोलार स्पट लगातार कम हुँदै गएको रेकर्ड छ । अघिल्लो वर्ष समेत लगातार २ सय ४६ दिनसम्म सूर्यमा कुनै पनि त्यस्तो सोलार स्पट देखिएन । वैज्ञानिकहरुका अनुसार सरल भाषामा यसलाई सूर्य थाकेको र छोटो निद्रा लिइरहेको अर्थ लगाउन सकिन्छ । एजेन्सी | 2020/10/27 18:09:44 | https://infonpl.com/19135 | mC4 |
प्रदेश १ मा ७२५ संक्रमित थपिए | RatoTara.com Websoft University
विराटनगर, २४ वैशाख । रातो तारा डट कम, प्रदेश १ मा आज ७२५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३५७, झापामा १४९, सुनसरीमा ११२, उदयपुरमा १५, धनकुटामा १४, संखुवासभामा १३, इलाममा ९, ताप्लेजुङमा ७, खोटाङमा ६, भोजपुर र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ४१ ज्नामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । | 2021/07/29 18:35:04 | https://www.ratotara.com/2021/05/blog-post_26.html | mC4 |
भारतमा मुसलमान समुदायको 'तीन तलाक' अभ्यास अपराध ठहर | OB Media
आवर बिराटनगर डटनेट | १५ श्रावण २०७६, बुधबार ०९:२७
काठमाडौं साउन १५ । भारतीय संसद्ले तीन पटक 'तलाक' बोलेर तत्काल सम्बच्छविच्छेद गर्ने मुसलमान समुदायको अभ्यासलाई अपराध ठहर गरेको छ ।
लोकसभाबाट गत साता नै पारित भइसकेको विधेयक राज्यसभा पनि पारित भएको छ ।
योसँगै अब यदि कुनै मुसलमान श्रीमान्ले आफ्नी श्रीमतीलाई तीन पटक तलाक बोकेर सम्बन्ध विच्छेद गरेको पाइए उसलाई ३ वर्षसम्म कैद सजाय हुने छ ।
राज्यसभामा सत्तारुढ दलको बहुमत नभए पनि विपक्षी दलका केही सांसदले मतदान बहिस्कार गरेपछि विधेयक सजिलै पारित भएको हो ।यो विधेयकको पक्षमा ९९ र विपक्षमा ८४ मत परेको थियो ।
विधेयकका विषयलाई लिएर राज्यसभामा मतदान हुने भएपछि टीआरएस, जेडियू र एआईएडीएमके जस्ता दलले मतदान बहिष्कार गरेका थिए ।
दुवै सदनबाट पारित भएपछि अब यो विधेयकलाई राष्ट्रपतिको प्रमाणीकरणका लागि पठाइएको छ ।
विवादास्पद मानिएको यो विधेयकमाथि बहसका लागि चार घन्टाको समय छुट्याइएको थियो । त्यसपछि मतदान प्रक्रियामा लगिएको हो ।
विधेयकको पक्षमा बहस गर्दै कानुनमन्त्री रविशंकर प्रसादले यो कानुन महिलाको गरिमा बढाउन आवश्यक रहेको जिकिर गर्दै यसले महिला सशक्तीकरण र लैंगिक समानता सुनिश्चित गर्ने बताएका थिए ।तर एनसीपी दलका नेता माजिद मेननले यसमा श्रीमानलाई तीन वर्षको सजायको प्रावधान हटाउनुपर्ने बताएका थिए । उनले विधेयक संसद्को एउटा समितिमा पठाउन माग गरेका थिए ।
तर विधेयक समितिमा पुगेपछि भएको मतदानमा विधेयकका पक्षमा ८४ र विपक्षमा १ सय मत खसेको थियो ।
बहसमा भाग लिँदै विपक्षी कांग्रेस दलका नेता गुलाम नबी आजादले यो विधेयक विवाहसम्बन्धी अधिकार सुरक्षित गर्न ल्याइएको भनिए पनि यसको खास नियत परिवार भाँड्नु भएको जिकिर गरे । राजनीतिबाट प्रेरित विधेयक भएको उनको भनाइ थियो ।(एजेन्सी) | 2020/10/01 01:53:15 | https://ourbiratnagar.net/2019/07/91841 | mC4 |
एजेन्सी । माइक्रोसफ्टले बुधबारबाट आफ्नो नयाँ अपरेटिङ सिस्टम विण्डोज–१० प्रयोगमा ल्याएको छ । प्रयोगकर्ताहरु लामो समयदेखि यसको प्रतिक्षा गरिरहेका थिए, किनकी यसले कम्प्युटिङको दुनियामा नयाँ बदलावको अपेक्षा सबैमा थियो ।
माइक्रोसफ्टले सन् १९७५ मा स्थापना भएपछि ४० वर्षको यात्रामा प्रविधिमा ठूलो विकास गरिसकेको छ । सूचना प्रविधिको क्रान्तिमा यस कम्पनीका विण्डोज–९५, विण्डोज–९८, एक्सपी र विण्डोज–७ ले सफलता पाए ।
कम्पनीले यसअघि नै विण्डोज–१० को लुक सार्वजनिक गर्दै यसले प्रयोगकर्तामा थप क्षमता हुने बताएको थियो । माइक्रोसफ्टका संस्थापक ५९ वर्षीय बिल गेट्सका बारेमा धेरैलाई धेरै कुरा थाहा नहुन सक्छ ।
स्कुल पड्न छोडेर पनि उनले संसारकै धनी व्यक्तिको रुपमा लामो यात्रा गरे । यसको श्रेय माइक्रोसफ्टलाई नै जान्छ । यस्तै उनको जीवनमा जोडिएका केही रोचक तथ्य छन्, जो धेरै मानिसहरुलाई थाहा छैन ।
१. १७ वर्षको उमेरमा नै बिलव गेट्सलाई मेक्सिको प्रहरीले बिना लाइसेन्स गाडी चलाएको र ट्राफिक संकेत तोडेको आरोपमा पक्राउ गरेको थियो ।
२. बिल गेट्सको कथा गरिबबाट धनी होइन । उनी पहिलेदेखि नै धनी परिवारका व्यक्ति हुन् । उनका बाबु विलियम एच.गेट्स नामी वकिल थिए । गेट्सका हजुरबा बैंकका मालिक थिए । उनीपछि बैंकको कामकाज हजुरआमाले सम्हालिन । हजुरआमाले अरबौंको सम्पत्ति बिल गेट्सको नाममा गरिदिएकी थिइन् ।
३. ३० वर्षको उमेरमा करोडपति बन्ने उनको सपना थियो । तर उनी ३१ वर्षको उमेरमा नै अरबपति बने ।
४. बिल गेट्सले हरेक वर्ष १ मिलियन डलर अर्थात १० करोड २४ भन्दा बढि रकम सम्पत्ति ट्याक्सको रुपमा तिर्ने गर्छन ।
५. उनका अनुसार सन् २०३५ सम्ममा कुनै देश गरिब रहँदैन ।
६. बिल गेट्स सँग यति सम्पत्ति छ कि उनले १ मिलियन डलर अर्थात करिब १० करोड २४ लाख रुपैयाँ एक दिनमा खर्च गर्ने हो भने पनि उनको सबै पैसा खर्च गर्नका लागि २१८ वर्ष लाग्छ ।
७. बिल गेट्सले खाना खाएर आफ्नो प्लेट आफै माझ्ने गर्छन । उनी भन्छन् अर्कोले यही काम राम्रोसँग गर्छ भने म पनि गर्न सक्छु ।
८. कारका शौखिन गेट्सले एक दिन माइक्रोसफ्टको कार पार्किङमा एक कर्मचारीलाई ठक्कर दिए । उनले ती कर्मचारीलाई आफ्नो बिजनेस कार्ड दिए र बनाउँनका लागि चाहिएजति पैसा निकाल्न दिए ।
९. गेट्स आफ्नो जीवनमा १०० बिलियन डलर दान गर्न चाहन्छन् । अहिले पनि उनले हरेक वर्ष अरबौं रुपैया दान गर्ने गर्छन ।
१०. माइक्रो सफ्टको सबैभन्दा धेरै शेयर स्टीभ बाल्मरसँग छ । बिल गेट्सले हरेक बर्ष आफ्नो शेयरको केही हिस्सा बेच्ने गर्छन । यसैकारण सन् २०१४ मा बाल्मर कम्पनीका सबैभन्दा ठूला शेयर होल्डर भए ।
Related
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू
आफ्नै मौलिक भाषा, लिपीको अध्ययन गर्नु पर्छ भन्ने महान शिक्षाका ज्योति : महागुरु फाल्गुनन्द
महागुरु फाल्गुनन्द लिङदेनको जन्म बिक्रम सम्बत १९४२ को कार्तिक २५ गते आइतबारका दिन इलाम जिल्लाको
व्यवस्थापन शिक्षामा भक्तपुरकै सर्वोत्कृष्ट र नमुना चाणक्य कलेजमा BBS को भर्ना खुल्यो
भक्तपुर – चाणक्य कलेज अफ म्यानेजमेन्ट व्यवस्थापन शिक्षामा भक्तपुरकै सर्वोत्कृष्ट र नमुना कलेज हो ।
ट्राफिक प्रहरीको काम गर्ने शैली र बोलीवचनमा कहिले सुधार आउला ?
ट्राफिक प्रमुख मीरा चौधरीलाई आम सर्वसाधारणको प्रश्न,‘तपाईले ट्राफिक व्यवस्थापन मात्रै गर्न निर्देशन दिने कि गल्ती
शिक्षा र स्वास्थ समन्धी चेतना मार्फत राजनीतिमा उदाउनुभएका नेता चन्दन कृष्ण श्रेष्ठ
२८ असोज,भक्तपुर । अबिराम ४० बर्ष देखी मध्यपुर थिमीको शिक्षा र स्वास्थ समन्धी चेतना तथा
स्वतन्त्र उमेदवारीको तयारीमा समाजसेवी श्रीभक्त कासिछवा
१३ असोज,भक्तपुर। समाजसेवी तथा उद्योगवाणिज्य संघ चांगुनारायणका अध्यक्ष श्रीभक्त कासिछवाले स्वतन्त्र उमेदवारी दिने तयारी गरिरहेको
काङ्ग्रेसले यो पाली सस्तो लोकप्रियतालाई स्थान दिदैन: बिस्व प्रकाश
काठमाडौँ, भदौ २५ गते । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन | 2022-11-27T03:04:29Z | https://peoplenepal.com/%E0%A4%AC%E0%A4%BF%E0%A4%B2-%E0%A4%97%E0%A5%87%E0%A4%9F%E0%A5%8D%E0%A4%B8-%E0%A5%A7%E0%A5%AD-%E0%A4%B5%E0%A4%B0%E0%A5%8D%E0%A4%B7%E0%A4%AE%E0%A5%88-%E0%A4%9C%E0%A5%87%E0%A4%B2-%E0%A4%AA%E0%A4%B0/ | OSCAR-2301 |
ट्रम्पको सम्पत्ति एकै वर्षमा २ खर्ब ९३ अर्बबाट ६० अर्बमा झर्यो - हाम्रो देश
ट्रम्पको सम्पत्ति एकै वर्षमा २ खर्ब ९३ अर्बबाट ६० अर्बमा झर्यो
एजेन्सी : अमेरिकी राष्ट्रपति ट्रम्पका लागि यो वर्ष निकै कष्टकर रह्यो । महाअभियोग र महामारीभन्दा पनि माथि उनको सम्पत्तिमा करिब २० प्रतिशतको कमी आएको छ । उनको सम्पत्ति एकै वर्षमा २.५ बिलियन डलर (२ खर्ब ९३ अर्ब) बाट झरेर ६ सय मिलियन डलर (६० अर्ब) मा झरेको छ । यससँगै उनी द फोर्ब्स ४००को सूचीमा ३ सय ३९ औं स्थानमा धकेलिएका छन् । गत वर्षभन्दा ६४ स्थान मुनी ।
कोरोनाभाइरसले उनलाई राष्ट्रपति चुनावको प्रतिस्पर्धामा मात्रै चुनौती थपेको छैन यसले उनको लगानी रहेको थुप्रै उद्योगलाई ठूलो धक्का दिएको छ । ठूला कार्यालय भवनको मूल्यमा गिरावट आएको छ । ठूला शहरमा भएका होटलको पनि त्यस्तै हाल छ । डिसी र सिकागोमा रहेको सम्पत्तिमा ट्रम्पको ठूलै ऋण छ । यी दुबै अहिले पानीमुनी रहेको बताइएको छ ।
यसका साथै ट्रम्पको म्यानहटनमा करिब ३५० पार्किङ स्थल छन् । उनको फ्लोरिडामा मार–ए–लागो क्लब छ र नजिकै तीनवटा ठूला भवन छन् । सामान्य स्थितीमा यसबाट निकै आम्दानी हुने गर्दथ्यो तर न्यूयोर्करहरु शहरबाट धमाधम बाहिर गरिरहेका बेला यहाँको चहलपहल शून्यप्राय छ । | 2021/04/21 05:04:05 | https://hamrodes.com/14755/ | mC4 |
विद्युत महसुल नदिएपछि इमरान खानको कार्यालयको लाइन का'टियो - Sidha News
विद्युत महसुल नदिएपछि इमरान खानको कार्यालयको लाइन का'टियो
एजेन्सी। पाकिस्तान लामो समय देखि आर्थिक सं'कटसँग जु'झ्दै आइरहेको छ । यो बीचमा अहिले प्रधानमन्त्री कार्यलयले विद्युत महसुल नदिएको भन्दै लाइन का'टिएको खबर आएको छ । यो भन्दा पहिले पनि पाकिस्तानी प्रधानमन्त्री इमरान खानको कार्यालयको एक भागको बिजुली बारम्बार कटौ'ती भइरहेको छ ।
उनीहरुले लामो समय देखि करोडौ महसुल नदिएको आरोप लगाइएको छ । इस्लामाबाद इलेक्ट्रिक आपूर्ति कम्पनी(आइइएससीओ)ले बुधवार यसलाई ध्यानमा राखी एक सूचना जारी गरेको छ । पाकिस्तानी मिडियाका अनुसार आइइएससीओलाई प्रधानमन्त्रीको सचिवालयले ४१ लाख पाकिस्तानी रुपैयाँ ति'र्न बाँकी छ ।
मिडिया स्रोतका अनुसार आइइएससीओले धेरै पटक जानकारी दिए पनि सचिवालयले बिजुली बिल ति'र्न सकेको छैन । यो स'मस्या सचिवालयको साथ लामो समय देखि भइरहेको छ । एक अधिकारीले भने, 'बिलको भुक्तानी नभए हामी विद्युत् आपूर्ति ब'न्द गर्नेछौं ।' तपाईलाई जानकारी दिउ कि विगत केही वर्षदेखि पाकिस्तानले बिजुलीको स'मस्याको सामना गरिरहेको छ । दक्षिण एसियामा, पाकिस्तानसँग विद्युतको अधिकतम स'मस्या छ । | 2021/10/19 11:50:03 | https://sidhanews.com/archives/1898 | mC4 |
ओली सरकारको अर्काे राष्ट्रघात:- निगम मारेर यति पास्ने नीति - नेपालबहस
ओली सरकारको अर्काे राष्ट्रघात:- निगम मारेर यति पास्ने नीति
| १३:२९:०० मा प्रकाशित
१० असोज, काठमाडौं । प्रधानमन्त्री ले केही अघि भनेका थिए– यति होल्डिङ्ससँग हाम्रो मितेरी साइनो छैन । तर व्यवहारले भने त्यही पुष्टि गरिरहेको छ । नेपाल ट्रष्टको नाममा रहेका जग्गाजमिन कौडीको भाउमा लिजमा दिन थालेपछि ओली सरकारको चौतर्फी आलोचना भएको थियो, त्यो पनि यति होल्डिङ्सलाई मात्रै । त्यतिखेर सरकारको बचाउमा ओलीले यस्तो भनेका थिए ।
तर ओलीको मितेरी साइनो नभएपनि व्यापारिक नाता भने यतिसँग गज्जबले गाँसिएको देखिन्छ । त्यसलाई पुष्टी गर्न हालै मात्र नयाँ कीर्तिमानी काम गरेका छन् ओलीले । अब यति समूहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड हेण्डिलिङको जिम्मेवारीसमेत दिने काम ओली सरकारले गरेका छन् ।
स्थापनाकालदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड हेण्डेलिङ गर्दै आएको नेपाल वायुसेवा निगमलाई धराशायी बनाउने नियतका साथ ओली सरकारले यस्तो निर्णय गरेको हो । यति समूहले हिमालय एयरलाइन्स सञ्चालन गर्दैै आएको छ । यसका लागि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कानूनमै संशोधन गरेको छ ।
यति समूहलाई ग्राउण्ड हेण्डलिङसमेत जिम्मा लगाउँदा राष्ट्रिय ध्वजावाहकले बर्सेनि डेढ अर्ब रुपैयाँ भन्दा बढी गुमाउने भएको छ । सरकारी संस्था मासेर निजीलाई पोस्ने ओली सरकारको नीति नै देखिएको छ, त्यो पनि यति होल्डिङ्सलाई मात्रै ।
एनएसीको बिजनेस नै ध्वस्त पार्ने गरी यस्तो निर्णय हुँदासमेत प्रतिपक्षी नेपाली कांग्रेस बोलेको छैन । सरकारका कमी कमजोरी उधिनेर जनताको पक्षमा आवाज बुलन्द बनाउनुपर्ने नेपाली कांग्रेस रहष्यमय ढंगले मौन छ । यसले ओलीलाई अनियमितता र भ्रष्टाचार गर्न थप हौसला मिलेको छ ।
राज्यको ढुकुटी मारेर निजी क्षेत्र पोस्ने यस्तो निर्णय गर्ने मन्त्री भट्टराईसमेत अब जनताको नजरमा नांगिएका छन् । यो त सुरुआत मात्रै हो – पर्यटन मन्त्रालय सम्बद्ध एक अधिकारीले भने विस्तारै नेपाल एयरलाइन्सले पाएको सबै अधिकार हिमालय एयरलाइन्सलाई दिने सरकारको तयारी छ ।
हालै पर्यटन मन्त्री योगेश भट्टराईले यस्तो निर्णय गरेका छन् । पुनर्गठनका बेला आफ्नो पद सुरक्षित राख्न उनले ओलीलाई खुशी बनाएका हुन् । ओलीका बिजनेस पार्टनरसमेत रहेको यति होल्डिङ्सले यसवापत बर्सेनि झण्डै ८० करोड मुनाफा गर्ने बताइएको छ । यस प्रयोजनका लागि मन्त्री भट्टराई अध्यक्ष रहने नेपाल नागरिक उड्डयन प्राधिकरणले असोज ४ गते भूमिस्थ प्रबन्ध (ग्राउण्ड हेण्डलिङ) सेवा सञ्चालन निर्देशिका,२०७२ मा नै संशोधन गरिदिएको छ ।
हिमालय एयरलाइन्सका सञ्चालक विजयबहादुर श्रेष्ठलाई प्रत्यक्ष लाभ पुग्ने गरी यस्तो निर्णय गरिएको छ । श्रेष्ठ सरकारले हालै संविधान दिवसमा प्रवल जनसेवाश्री पदकबाट विभूषित पनि हुन् । विभूषित भएकै भोलिपल्ट श्रेष्ठलाई थप पुरस्कृत गरिएको छ । निर्देशिकामा सातामा कम्तिमा ३५ वटा अन्तर्राष्ट्रिय उडान भर्ने एयरलाइन्सले चाहेमा ग्राउण्ड हेण्डलिङको सुविधा दिने निर्णय गरिएको छ । यस्तो निर्णय गर्नुपूर्व हिमालय एयरलाइन्सलाई ३५ उडानको अनुमति दिइएको थियो ।
रमाइलो त के छ भने अहिलेसम्म ग्राउण्ड हेण्डलिङ बापतको झण्डै ११ करोड रुपैयाँ हिमालय एयरलाइन्सले नेपाल वायुसेवा निगमलाई बुझाएको छैन । यो हिसाबले नेपाल एयरलाइन्सले बर्षको करिव डेढ अर्ब रुपैयाँ घाटा व्यहोर्ने छ । अब त हिमालय एयरलाइन्सले दैनिक चार लाख रुपैयाँ नै बचत गर्ने भएको छ । साथै, हिमालय एयरलाइन्सले ग्राउण्ड हेण्डलिङ गर्दा प्राधिकरणकै आम्दानीसमेत गुम्ने अवस्था छ । नेपाल वायुसेवा निगमले ग्राउण्ड हेण्डलिङवापत प्राप्त रकमको १५ प्रतिशत प्राधिकरणलाई बुझाउने गरेको छ । त्यो सबै आम्दानी गुमेको छ ।
प्रधानमन्त्री ओली पहिलो पटक चीनको राजकीय भ्रमणमा जाँदासमेत सरकारी ध्वजावाहक प्रयोग नगरी हिमालय एयरलाइन्स नै प्रयोग गरेको उनले स्मरण गराए । उक्त विमानमा चिनियाँ पक्षको समेत लगानी रहेको छ । विदेशी लगानी रहेको कम्पनीलाई ग्राउण्ड हेण्डलिङको जिम्मेवारी दिनु भनेको आन्तरिक सुरक्षाको लागि खतरनाक अवस्था हो भन्दै ती अधिकारीले यस्तो निर्णयले नेपालको स्वतन्त्र अस्तित्व नै समाप्त हुने ठोकुवा गरे । यसअघि डा. बाबुराम भट्टराई प्रधानमन्त्री रहँदा भारतीय विमान कम्पनीले आफ्नै सुरक्षाकर्मी ल्याएर चेकजाँच गर्ने प्रस्ताव स्वीकार गरेको भन्दै तत्कालिन एमालेले चर्काे विरोध गरेको थियो । यो त त्यो भन्दापनि खतरनाक खेल हो – उनले भने ।
सरकारको यस्तो निर्णयले नेपालको सार्वभौमसत्ता नै गुम्नसक्नेतर्फ नागरिक समाजले समेत आवाज उठाउने भएको छ । समाजका महासचिव डीपी अर्याल भन्छन्– राष्ट्रघाती काम गर्ने ओली सरकारको असली अनुहार जनतासामु उदाङ्गो पार्ने पनि उनले दाबी गरे । सरकारी संस्था मारेर निजी क्षेत्र पोस्ने सरकारले जनताको पक्षमा काम गर्ला भन्ने सोच्नु नै मूर्खता हो भन्दै उनले अब जनता फेरि सडकमा ओर्लनै पर्ने अवस्था आएको बताए ।
उता, नेपाल वायुसेवा निगमका कर्मचारी संगठनले समेत सरकारको यस्तो निर्णयले निगम धराशायी बन्ने भन्दै तत्काल सच्याउन चेतावनी दिएको छ । आधिकारिक ट्रेड युनियनका संयोजक सुवास डाँगीले भने– हवाई माफियाको निर्देशनमा भएको यस्तो निर्णयले राष्ट्रिय ध्वजावाहक बन्द गराउन खोजेको प्रष्ट छ, त्यसलाई तत्काल नसच्याए बाध्य भएर आन्दोलनमा जानुको विकल्प रहने छैन । | 2021/05/15 16:43:20 | https://www.nepalbahas.com/2020/09/26/249414/ | mC4 |
'निसानलाई ३ वर्षमा नेपालको टप-२ ब्राण्ड बनाउँछौं':: Sanchar Garage
'निसानलाई ३ वर्षमा नेपालको टप-२ ब्राण्ड बनाउँछौं'
जापानिज अटो ब्राण्ड निसानले नेपालमा नयाँ आधिकारिक वितरक तोकेको छ । आफ्नो सब्सिडरी डाटसन गाडीको वितरकको रुपमा सफल भएपछि निसानले पायोनियर मोटोकर्पलाई आधिकारिक वितरक नियुक्त गरेको छ ।
निसानको वितरकको जिम्मेवारी पाउनासाथ पायोनियरले गाडीको मूल्य घटाएर आक्रमक बजार विस्तारको संकेत गरेको छ । स्थापित ब्राण्ड भएर पनि सबैजसो पाटोबाट नेपालमा कमजोर उपस्थिति जनाइहेको निसान अब नयाँ रुपमा आउने प्रारम्भिक संकेतहरु देखिएका छन् ।
निसानको खस्किएको साखलाई पुनर्जिवित गर्न पायोनियरले के गर्दै छ त ? पायोनियर मोटोकर्पका प्रवन्ध निर्देशक सन्दीप सारदासँग कुराकानी गरेका छौं । सारदासँगको कुराकानीको सार संक्षेपः-
नेपालमा २० औं बर्षदेखि निसानको उपस्थीति थियो । हालै तपाईहरुले आधिकारिक विक्रेताको जिम्मेवारी लिनुभएको छ । अब हिजोको दिनमा भन्दा के हिसावले फरक हुने निसानको रणनीति ?
बिश्व बजारको कुरा गर्नुहुन्छ भने निसान संसारकै एग्रेसिभ कम्पनी हो । सन् २०१७ को पहिलो ६ महिनामा विश्वकै सबैभन्दा बढी गाडी बेच्ने ब्राण्ड हो निसान । हामीले निसानको जिम्मेवारी लिएसँगै नेपालमा पनि हामी त्यहि गतिमा जान खोज्दै छौं ।
अहिले नै हेर्नुभयो होला, निसानको पहिलेको प्राइसिङ र अहिलेको प्राइसिङमा निकै फरक छ । अब पाट्र्सको प्राइसिङ पनि धेरै नै फरक हुन्छ । हामी सानो भोल्युममा काम गर्ने हिसावले आएकै होइनौं ।
हामी एकदमै एग्रेसिभ रुपमा प्रोमोसनमा लाग्नेछौं र ठूलो स्केलमा प्रोमोट गर्ने छौं ।
नाडा अटो सोमा आउने ग्राहकहरुमा निसान ब्राण्डप्रति कुनै द्विविधा नै छैन । हिजो आफ्टर सेल्स सर्भिस राम्रो थिएन होला, कष्ट अफ वनरसीप महंगो थियो होला, कष्ट अफ पार्टस् महंगो थियो, गाडीहरुको प्राइस महंगो थियो, मार्केटिङ र ब्राण्डिङ थिएन, स्किम थिएन । अब त्यो सबै कुरा हामीले एकसाथ ल्याएका छौं । त्यसैले अब निसान हिजोको अवस्थामा रहँदैन, केही समयमै धेरै कुरामा फरकपन पाउनुहुने छ ।
नेपाली अटो बजारमा धेरै विश्वस्तरीय कम्पनीहरु प्रतिस्पर्धामा छन् । यो बीचमा निसान कुन पक्षमा बढी एग्रेसिभ हुन्छ ?
हामी एक पाटोबाट मात्रै हैन, सबै पक्षबाट एग्रेसिभ हुने हो । अब हामी कस्ट अफ वनरसीपमा पनि एग्रेसिभ हुँदैछौं । जस्तो कि गाडी मान्छेले किन्छ, त्यसको पार्टसको सुविधा र कष्टको कुरा हुन्छ । त्यसलाई हामी उपभोक्तालाई सहज र सुलभ हुने गरी सम्बोधन गर्दैछौं ।
दोस्रो कुरा हिजो निसान गाडी कहाँ पाइन्छ भन्ने कुरामा नै पनि द्विविधा थियो, अहिले हामीले जुन किसिमले मार्केटिङ गर्दैछौं, त्यसले हामीलाई निकै अगाडी ल्याउने छ ।
तेस्रो कुरा, स्किम र प्राइसिङ अफरले सहज गर्छ । सर्भिसमा पनि हामी फोकस छौं । हामीले देशभर सर्भिस सेन्टर स्थापनाका लागि काम थालिसकेका छौं ।
हामीले १२ देखि १४ ठाउँमा डिलरसीप खोलेका छौं, जुन ३ देखि ४ महिनाभित्र सबै तयार हुन्छ । त्यसपछि हाम्रो सेवा अर्को स्केलको हुनेछ ।
तपाईंहरुले निसानमा के त्यस्तो सम्भावना देख्नुभयो जसले गर्दा निसानको डिलरसीप लिने निर्णयमा पुग्नुभयो ?
अहिले निसान के हो र कस्तो ब्राण्ड हो भनेर कस्टमरलाई बताइरहनु पर्दैन । हिजोको वितरक कस्टमरको माझ नगएको गुनासो सुनिएको हो ।
कष्टमर खोज्दै हिँडेका थिए, कहाँ गाडी पाइन्छ, कहाँ सर्भिस पाइन्छ, किन पार्ट्सको प्राइस राम्रो छैन, किन गाडीको दाम एग्रेसिभ छैन, किन हामीसम्म निसान आइदिएन भन्ने गुनासो थियो ।
त्यो कुरालाई हल गर्ने हो भने निसानका लागि नेपालमा प्रचुर सम्भावनाहरु छन् । हामी त्यही पाटोलाई चिर्दै कस्टमरमाझ उपस्थित भएर सम्भावनालाई खोतल्ने प्रयास गर्दैछौं ।
कस्टमरलाई कस्ट अफ वनरसीप, गूड प्राइसिङ, भिजिबिलिटी र स्तरीय सर्भिस चाहिएको छ । त्यो त हामी गछौं ।
डाटसनको वितरकका रुपमा तपाईंहरु सफल हुनुभयो । निसानले चाहिँ आगामी दिनमा नेपाली बजारमा आफ्नो कस्तो उपस्थीति देखाउने छ भन्ने लाग्छ ?
निसानको टार्गेट पहिलो वर्षमा टप-फाइभमा आउने हो । हामी महत्वकांक्षा बोक्दैनौं, अबको ३ वर्षमा हामी नेपालको टप-२ ब्राण्ड बन्छौं । यो नै हाम्रो लक्ष्य हो ।
हाम्रो ब्राण्डमा त्यतिको 'वेट' छ, मात्रै अब हामीले यसलाई कसरी मार्केटिङ गर्छौं भन्नेमा निर्भर हुन्छ । निसानको इण्डियाबाट धेरै ठूलो लाइन अप आउँदैछ । नयाँ एसयूभी आउँदैछ, स्मल एसयूभी र मिडियम एसयूभी पनि आउँदैछ । जापान र थाइल्याण्डबाट प्रिमियम गाडी पनि आउँदैछन् ।
अब हामी नेपाल सेन्ट्रिक मोडल ल्याउँछौं । निसानसँग कुल ४०-५० वटा मोडल छन् । सबै गाडी सबै देशका लागि उपयुक्त हुँदैन । त्यसै हामी यहाँका लागि रिसर्च गरेर ८-१० वटा उपयुक्त प्रोडक्ट मात्रै ल्याउँछौं । यी गाडी नेपाली बाटोको लागि उययुक्त हुनेछन् ।
हामी नेपाली ग्राहकको आवश्यक्ता र यहाँको बाटोको अवस्था दुबैलाई हेरेर रणनीति बनाउँछौं ।
त्यसोभए निसानले नेपालमा अब आफ्ना प्रोडक्टलाई क्लास र मास दुबैमा फोकस गर्छ ?
हो, हामी दुबैमा फोकस हुन्छौं । हामीसँग हरेक किसिमका हतियार छन् । हामीसँग न्यु माइक्रा एक्टिभदेखि टप निशान पेट्रोलसम्म छ । निशान पेट्रोल निकै प्रिमियम सेगमेन्टमा पर्छ ।
त्यसैले हाम्रो टार्गेट सबै किसिमका ग्राहकका लागि गाडी उपलब्ध गराउनेमा हुन्छ ।
हामी भारतबाट मात्रै होइन कतिपय प्रोडक्ट जापानबाटै पनि ल्याउँछौं । बी र सी सेगमेन्टका कारहरु त इण्डियाबाट आउँछ ।
स्मल कार, ह्याचब्याक, सेडान, स्मल र मिडियम एसयूभी भारतबाटै आउँछ । जापानबाट प्रिमियम गाडी आउँछन् । जापानबाट उर्बान, एक्स-ट्रेल, निसान पेट्रोल लगायत आउँछ भने थाइल्याण्डबाट नभारा आउँछ ।
त्यो सेगमेन्टहरु नेपालका लागि उपयुक्त मान्छौं । त्यसैले ग्राहकलाई हामी धेरै विकल्प दिन्छौं । सँगै सेवामा कुनै सम्झौता पनि गर्दैनौं ।
तपाईंले पटक-पटक कस्ट अफ अनरसीप र सर्भिसको कुरा गर्नुभयो । पार्टसमा सहजता र सर्वसुलभ सेवाका लागि तपाईंहरुले कसरी आफ्ना पूर्वाधारहरु बनाइरहनुभएको छ ?
हामी आवश्यक पूर्वाधार निर्माण र ब्यवस्थापनका लागि सक्यौं । तत्काल १४ वटा सर्भिस स्टेशन तयार गर्दैछौं । काठमाडौंको सर्भिस स्टेशन पनि हामी अपग्रेड गरिरहेका छौं । यो ठूलो रुपमा आउँछ । पार्ट्सलाई सर्भसुलभ पनि गर्छौं ।
पार्ट्स हरेक ठाउँमा पुग्ने र स्वभाविक मूल्यमा उपलब्ध गराउनु अहिलेको अवश्यकता हो । हामी एकदकै कम नाफा लिएर काम गर्ने योजनामा छौं । हामीले निसान गाडी न्युनतम् २३ लाख ९९ हजार रुपैयाँमा उपलब्ब्ध गराएका छौं ।
मान्छेले विश्वास गरेका छैनन् कि नेपालमा निसान गाडी २३ लाख ९९ हजारमा पाइन्छ भनेर । हो, हामीले मान्छेमा विश्वास जगाएका छौं कि निसान जस्तो ब्राण्डका गाडी यति सस्तोमा पनि पाइन्छ । त्यसैले हामी हाम्रो योजनामा सफल हुनेमा ढुक्क छौं ।
डाटसनलाई स्थापित गर्न तपाईंहरु सफल हुनुभयो । अब एउटै कम्पनीले निसानको पनि काम गर्दै छ । अब तपाईहरुको जोड निसानतिर धेरै हुने र डाटसनलाई स्याडोमा राख्ने हो ?
कम्पनी एउटै भए पनि निसानको टिम पूर्ण रुपमा नयाँ हुन्छ । डाटसनको टिमसँग यसको सरोकार हुँदैन । डाटसन र निसान पूर्ण रुपमा अलग रहन्छन र हामी दुवै ब्राण्डलाई उत्तिकै प्रोमोट गर्छौं । त्यो किनभने, डाट्सनको रेञ्ज जहाँबाट सकिन्छ, निसान त्यहीँबाट सुरु हुन्छ ।
निसानको टिम र मार्केटिङ स्टाटेजी पुरै बेग्लै हुन्छ । निसान मिडियम प्रिमियम रेञ्जमा भएकाले यसलाई हामीले फरक रुपमा प्रस्तुत गर्छौं ।
अन्तमा, निसानलाई माया गर्ने र यसबारे चासो राख्नेहरुलाई केही भन्नु छ ?
निसान अब नेपालमा निकै बलियो भएर आएको छ । हामी त्यतिकै एग्रेसनका साथ आएका छौं । अब तपाईंहरु कुनै आशंका र द्विविधा नमानी निसान लिनुस्, यसलाई माया गर्नुस् ।
हामी तपाईंको सेवामा तत्पर र जिम्मेवार छौं । सर्भिसदेखि, पार्टस्, प्राइस र अरु सबै कुरामा हामी प्रतिस्पर्धी भएर आएका छौं ।
हामी सबै सेगमेन्टमा सबैभन्दा प्रतिस्पर्धी र राम्रो भएर आउँछौं । जापनिज प्रोडक्टलाई नेपालीले वर्षौंदेखि विश्वास गर्दै आएका छन् । हामी यो विश्वासलाई अझ नयाँ उचाइ दिन चाहान्छौं । | 2019/02/23 19:20:05 | http://www.sanchargarage.com/2017/11/03/232/ | mC4 |
धेरै बच्चाहरूले खाना खाँदा बिबहरू आवश्यक भएको हुनाले, धेरै आमाबाबुहरूले आफ्ना बच्चाहरूको लागि राम्रो सामग्रीबाट बनेका बच्चाहरूको बिबहरू छनौट गर्छन्।केही अभिभावकहरू, उदाहरणका लागि, आफ्ना बच्चाहरूको लागि सिलिकन बिबहरू छनौट गर्छन् किनभने तिनीहरू सोच्छन् कि तिनीहरूसँग धेरै फाइदाहरू छन्।त्यसोभए बच्चाहरूको लागि सिलिकॉन बिबका फाइदाहरू के हुन्?
बच्चाहरु को लागि सिलिकॉन बिब को लाभ
हामी प्रायः केहि आमा र बुबाले आकस्मिक रूपमा आफ्ना बच्चाहरूको मुख आफ्नो बिबले पुछेको देख्छौं, र बच्चाहरूले प्राय: अनजानमा आफ्नो बिबमा आफ्नो लार रग्छन्, र धेरै पटक बच्चाहरूले गल्तिले आफ्नो मुखमा बिबहरू खानेछन्।यी विवरणहरूले हामीलाई बताउँछन् कि बिबहरू एक प्रकारका बच्चा उत्पादनहरू हुन् जुन ब्याक्टेरिया प्रजनन गर्न धेरै सजिलो हुन्छ।तसर्थ, आमाहरूले बच्चाहरूको लागि उपयुक्त सिलिकॉन बिब छनौट गर्न धेरै महत्त्वपूर्ण छ।
सिलिकॉन बच्चाहरु को बिब को विशेष लाभ के हो?
1. अद्वितीय सिलिकॉन रिबन डिजाइन, तल एक बिब आकार हो, झरेको खाना उठाउन, लुगा सफा राख्न प्रयोग गरिन्छ।
2. शिशुहरू, वृद्ध र बिरामी व्यक्तिहरू प्रयोग गर्नका लागि उपयुक्त।खाना खाने, सुविधाजनक र व्यावहारिक हुँदा लुगा माटोबाट बच्न।
3. नरम गैर-विषाक्त खाना-ग्रेड सिलिकन सामग्री, छाला संग सम्पर्क को लागी उपयुक्त।
4. टिकाउ र धुन सजिलो, पुन: प्रयोज्य, सफा गर्न सजिलो, केवल सफाई पुनर्स्थापना गर्न वाइप गर्नुहोस्।
5. हाम्रो सिलिकन स्पिट बिब्स नरम सामग्री, रोल अप र सङ्कलन गर्न सकिन्छ, बोक्न सजिलो।भोजनको समयलाई आनन्दले भर्नुहोस्, आदर्श भोजन बिब हो।
बच्चाहरूको लागि सिलिकॉन बिब कहिले प्रयोग गर्ने
जब बच्चा बढ्छ, आमाबाबुले बच्चालाई पूरक खाना खान दिन सक्छन्।तर त्यहाँ अपरिहार्य अवस्थाहरू छन् जब बच्चाहरूले खाना खान्छ, जस्तै खानालाई समयमै आफ्नो मुखमा ल्याउन नसक्ने र लुगामा लगाउन नसक्दा, जुन अलि फोहोर देखिन्छ।त्यसैले यो सिलिकॉन बिबहरू तयार गर्ने समय हो।त्यसोभए, बच्चाहरूको लागि सिलिकॉन बिबहरू प्रयोग गर्न कहिले राम्रो हुन्छ?
वास्तवमा, यो एक वर्ष पछि मात्र सिलिकॉन बिब प्रयोग गर्न राम्रो छ।किन?हामी सबैलाई थाहा छ बच्चाहरू साना हुँदा, हातमा समातेर लड्न र चोट लाग्न डराउँछन्, टक्कर र छुन डराउँछन्, अवश्य पनि, बच्चा राम्रो व्यवहार नगरेसम्म, सानो सोच दिमाग हुन थाल्छ, शरीर बिस्तारै। बढ्छ, सिलिकॉन बिब प्रयोग गर्न।सिलिकॉन बिबको समय भन्दा पहिले प्रयोगले बच्चाको विकासमा निम्त्याउन सक्छ, किनभने बच्चा अझै सानो हुँदा, बच्चाको लागि अझै पनि धेरै भारी चीजहरू उसको काँधमा थिचिएको हुन्छ, बच्चाको विकासमा हानिकारक हुन्छ।
सिलिकन bibs खाद्य-ग्रेड पर्यावरण अनुकूल कच्चा माल उत्पादन छनोट, सामाग्री भरोसा गर्न सकिन्छ, यो 200 डिग्री उच्च तापमान प्रशोधन मोल्डिंग, तापमान-प्रतिरोधी वाटरप्रूफ तेल-प्रूफ, सफाई धेरै सुविधाजनक छ पछि सिलिकन उत्पादन निर्माताहरू बनेको छ, पानी गर्न सक्नुहुन्छ। फ्लश गर्न, बारम्बार प्रयोग गर्न सकिन्छ।र सिलिकन बिबहरू अब सामान्यतया 3D त्रि-आयामी डिजाइन प्रयोग गरिन्छ, ग्रूभले सजिलै खाना पकेट गर्न सक्छ, यस्तो डिजाइन कपास भन्दा भण्डारणमा ठाउँ ओगटेको छ।एक बिब रूपमा सिलिकन को अतिरिक्त पनि अन्य सिलिकन उत्पादनहरु जस्तै गर्न सक्नुहुन्छ। | 2022-11-28T01:11:43Z | http://ne.shqsilicone.com/news/advantages-of-childrens-silicone-bibs/ | OSCAR-2301 |
ओलीको चिन भ्रमण मोदीको बन्यो चासोको विषय – Nepal Reports
असार १, प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने औपचारिक भ्रमणका लागि असार ५ गते चीन भ्रमणमा जान लागेका छन् ।
केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएको बेला २०७२ चैत ७ गते चीनको भ्रमण गरेका थिए । त्यतिबेला भारतले सोचेको भन्द धेरै फरक सम्झौता भएका थिए, जो आफ्नो हितभन्दा फरक थिए भन्ने भारतको बुझाइ थियो । ओलीले पहिलो पटक चीनको भ्रमण गर्दा दुई देशको बीचमा १० बुँदे सम्झौता भएको थियो भने १५ बुँदे संयुक्त विज्ञप्ति जारी गरिएको थियो । | 2018/09/22 07:58:47 | http://nepalreports.com/%E0%A4%93%E0%A4%B2%E0%A5%80%E0%A4%95%E0%A5%8B-%E0%A4%9A%E0%A4%BF%E0%A4%A8-%E0%A4%AD%E0%A5%8D%E0%A4%B0%E0%A4%AE%E0%A4%A3-%E0%A4%AE%E0%A5%8B%E0%A4%A6%E0%A5%80%E0%A4%95%E0%A5%8B-%E0%A4%AC%E0%A4%A8/ | mC4 |
भारतमा कोभिड-१९ का १६, ३२६ नयाँ सङ्क्रमितहरु थपिए | Ratopati
personएजेन्सी exploreभारत access_timeकात्तिक ६, २०७८ chat_bubble_outline0
भारतमा कोभिड १९ सङ्क्रमितको सङ्ख्या शनिबार ३४,१५९,५६२ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १६,३२६ नयाँ सङ्क्रमितहरु फेला परेका छन् । संघीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार शुक्रबार बिहानदेखि कोभिड महामारीका कारण ६६६ जनाले ज्यान गुमाएका छन् यो सँगै मृतकको सङ्ख्या ४५३, ७०८ पुगेको छ ।
सङ्क्रमणबाट ज्यान गुमाउनेमा दक्षिण भारतको केरला प्रदेशका बढी रहेको मन्त्रालयले जनाएको छ। यसैगरी हालसम्म ३३,५३२,१२६ जना सङ्क्रमित उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्, जसमध्ये पछिल्लो २४ घण्टामा १७ हजार ६७७ जना छन् । | 2021/12/06 00:20:33 | https://ratopati.com/story/203960/2021/10/23/india-corona | mC4 |
हिन्दू राष्ट्रका लागि जनमतसंग्रह : केसी | eAdarsha.com
हिन्दू राष्ट्रका लागि जनमतसंग्रह : केसी
पोखरा, १४ मंसिर। नेपाली काँग्रेसका समानुपातिक उम्मेदवार तथा उद्योगपति सूर्यबहादुर केसीले जनमतसंग्रहबाट हिन्दू राष्ट्र स्थापना गराउनुपर्नेमा जोड दिएका छन्।
राष्ट्रिय परोपकार ज्येष्ठ नागरिक मिलन केन्द्र दीवा सेवाद्वारा पोखरामा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै केसीले संविधानसभाको सुझाव संकलनका बेला ९० प्रतिशत नेपाली जनताको हिन्दू राष्ट्र राख्नुपर्ने माग हुँदाहुँदै पनि देशलाई धर्म निरपेक्ष बनाइएकोमा आपत्ति समेत व्यक्त गरे।
हिन्दू राष्ट्र राख्ने वा नराख्ने भन्ने विषय जनताका प्रतिनिधिले भन्दा नेपाली जनताले नै निर्णय गर्नुपर्ने विषय भएको हुँदा यसलाई जनमतसंग्रहमार्फत नै टुंगाउनुपर्ने उनले बताए। 'çकार मान्ने हामी नेपालीहरुले सबै धर्मको सम्मान गरेका छौं, तर धर्म निरपेक्ष बनाइनुले नेपालीको अपमान भएको छ'- केसीले भने।
पूर्व सभासद समेत रहेका काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य केसीले परम्परा र संस्कृति जोगाउनुनै हिन्दू धर्म भएकोले मानिसको आचरण परिवर्तन धर्मले गर्ने हुँदा यसको रक्षा गरे मानिसको रक्षा हुने बताए।
आफूले आहारविहारमा ध्यान नदिँदा बिरामी परेको भन्दै उनले ज्येष्ठ नागरिकलाई आहार विहारमा ध्यान दिएर रमाइलोसँग जीवन जिउन समेत सुझाव दिए।
राष्ट्रिय परोपकार महासंघका अध्यक्ष युवापण्डित कमलनयन गौतमले ज्येष्ठ नागरिकलाई भेला हुने र मनका बह व्यक्त गर्न मिलन केन्द्र स्थापना गरेको जानकारी दिए। उनले मिलन केन्द्रबाट प्रवचन, नाचगान र भजनकीतनमार्फत ज्येष्ठ नागरिकका दुःख सुखका कुरा आदानप्रदान भएको बताए। केन्द्रले आर्थिक रुपमा विपन्न ८४ वर्ष उमेर पुगेकालाई चौरासी पूजा, जन्मदिन, पितृको सम्झनामा पूण्यतीथि र श्राद्ध गराउने गर्ने गरेको जनाए।
ज्येष्ठ नागरिकको दिउँसोको समय आनन्ददायी र भक्तिमय बनाउन दैनिक बिहान ११ देखि ३ बजेसम्म पोखराको चाउथेस्थित बहुउद्देश्यीय सामाजिक भवनमा उनीहरुलाई निःशुल्क राख्ने व्यवस्था मिलाइएको छ। केन्द्रमा हाल दैनिक ८० जना वृद्धवृद्धा आउँछन्। संस्थाले ज्येष्ठ नागरिकलाई विभिन्न धार्मिक संस्थाहरुको भ्रमण गराउँदैआएको छ।
। संस्था स्थापनापछि धार्मिक ज्ञान लिँंदै समय बिताउन सजिलो भएको ज्येष्ठ नागरिकले बताए। कार्यक्रममा राष्ट्रिय परोपकार ज्येष्ठ नागरिक मिलन केन्द्र १४ चाउथेका अध्यक्ष रामकृष्ण थापालगायत बोलेका थिए। | 2018/11/13 16:55:41 | http://eadarsha.com/?p=57235 | mC4 |
न्यून ब्याजमा महिला उद्यमीलाई ऋण उपलब्ध गराउनुपर्ने | Sambad Media
न्यून ब्याजमा महिला उद्यमीलाई ऋण उपलब्ध गराउनुपर्ने
काठमाडौँ, ३ चैत । सांसदहरुले साना व्यवसाय सञ्चालन गर्न ग्रामीण क्षेत्रका महिलालाई सस्तो ब्याजदरमा ऋण उपलब्ध गारउनुपर्नेमा जोड दिएका छन् ।
व्यवस्थापिका–संसद्, उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिअन्तर्गत गठित महिला उद्यमशीलता विकास उपसमितिद्वारा आज आयोजित 'महिला उद्यमशीलता विकासमा लघुवित्तको भूमिका, देखिएका समस्या र समाधानका उपाय' विषयक छलफलमा सांसद तथा उपसमितिका सदस्यले उद्यम सञ्चालन गर्न ब्याजदर चर्को भयो भन्ने गुनासो आएको भन्दै त्यसलाई कम गर्नुपर्नेमा जोड दिएका हुन ।
"अहिले १८ प्रतिशत ब्याजदरमा ऋण दिनु भनेर राष्ट्र बैँकले निर्देशन दिएको छ, यो नै कायम छ, यसमा पनि कम गर्न सकिन्छ कि भनेर सम्बन्धित निकायसँग छलफल गरिएको हो," उपसमितिका संयोजक छाया शर्मा पन्तले भन्नुभयो ।
छलफलमा सहभागी ग्रामीण लघुवित्त विकास केन्द्र(आरएमडिसी)का प्रमुख कार्यकारी अधिकृत ज्योतिचन्द्र ओझाले केन्द्रले उद्यमशील महिलालाई लक्षित गरेर सेवा प्रवाह गर्दै आएको बताउनुभयो । केन्द्रले लघुवित्त संस्था, लुघुवित्त बैँक, सहकारी, द्धितीय मध्यस्तकर्ताको काम गर्ने गैरसरकारी संस्थालाई थोक कर्जा दिने तथा उनीहरूको क्षमताको विकास गर्दै आएको ओझाको भनाइ थियो ।
समग्र महिला उद्यमशीलताबारे अध्ययन गर्न समितिका सदस्य पन्तको संयोजकत्वमा ११ सदस्सीय उपसमिति गठन गरिएको हो । समितिमा सांसद अनारकली मियाँ, कान्ता भट्टराई, तीर्थबहादुर लामा, प्रमिलादेवी दास, फुलझरी देवी, भेषकुमार राउत, मीना चौधरी, शिला शर्मा, मीरा पोखरेल र राज्यलक्ष्मी श्रेष्ठ सदस्य हुनुहुन्छ । रासस | 2017/11/21 12:16:30 | http://www.sambadmedia.com/?p=2524 | mC4 |
अब बिना जानकारी झ्याप्पझ्याप्प बत्ती नकाटिने – Kalopati
अब बिना जानकारी झ्याप्पझ्याप्प बत्ती नकाटिने
काठमाडौं । लोडसेडिङको अन्त्य भए पनि बिना जानकारी बिजुली काटिने समस्या अझै पनि हट्न सकेको छैन । किन बिजुली काटियो भन्नेबारे नेपाल विद्युत् प्राधिकरणले सामान्य सूचनासमेत दिन छाडेको छ ।
'छिनछिनमा बत्ती जाने गरेको, गुनासो गर्दा नो लाइटमा फोन नउठ्ने, यस्ता गुनासा मलाई मात्रै हैन ऊर्जा मन्त्रीकोमा समेत आउने गरेको छ । यस्ता गुनासालाई तत्काल समाधान गरी उपभोक्तालाई नियमित, गुणस्तरीय, भरपर्दो विद्युत् आपूर्ति र सेवा प्रवाह सुधारमा केन्द्रित हुनुपर्छ', उनले भने ।
उनले जोड दिएर भने, 'संस्थाभित्रको सुशासन कायम गरी ग्राहकलाई दिने सेवा सुधार गर्न आफैं सुध्रिएर नैतिक आचरण देखाउनुपर्छ, चुहावट नियन्त्रण अभियान रोकिएको छ, स्थानीय तह र प्रशासनसँगको समन्वय र सहकार्यमा यसलाई तत्काल सुरु गर्नुपर्छ ।'
उनले कसैको दबाब र प्रभावमा नपरी उच्च नैतिक आचरण देखाएर काम गर्न कर्मचारीलाई निर्देशन दिए । उनले भने, 'विद्युत्को माग बढाउन ग्राहकले माग्नसाथ 'थ्रि फेज' मिटर दिनुपर्छ, प्रसारण तथा वितरण संरचनाहरूको सुदृढीकरण तथा स्तरोन्नति गर्ने योजना बनाइ तत्काल काम सुरु गर्नुपर्छ, निर्माणाधीन आयोजनाहरूको छिट्टो सम्पन्न गर्नुपर्छ, रुग्ण बनेका र काम नगर्ने ठेकेदारसँगको ठेक्का तोड्नुपर्छ ।'
बैठकमा वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपयकार्यकारी निर्देशक मनोज सिलवालले चुहावट नियन्त्रण, विद्युतीकरण, सेवा प्रवाह सुधारमा केन्द्रित हुन निर्देशन दिए । उनले रुग्ण बनेका आयोजनाहरूको ठेक्का तोड्न र कुनै ठेकेदारबाट काम हुँदैन जस्तो लागेमा ठेक्का तोड्ने प्रस्ताव ल्याउन आग्रह गरे । कार्यक्रममा प्रादेशिक कार्यालयका प्रमुखहरूले आफ्नो क्षेत्रमा संरचना अभावमा मागअनुसार विद्युत् दिन नसकिएको, खम्बा, ट्रान्सफर्मर, मिटरलगायतका अभाव रहेको जानकारी गराउनु भएको थियो ।-रासस | 2022/05/21 22:42:38 | https://kalopati.com/2021/08/11743 | mC4 |
एकैदिन ३० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४८७ पुग्यो – News Dainik
एकैदिन ३० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४८७ पुग्यो
News desk ९ जेष्ठ २०७७, शुक्रबार ०९:२९ समाचार प्रतिकृया दिनुहॊस
काठमाडौं । नेपालमा एकैदिन थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा थप ३० जनामा कोरोना पुष्टि भएको हो ।
नयाँ संक्रमितमा सर्लाहीको गोडैता नगरपालिका ८, ९, ११, १३ र १४ र रामनगर बहुअर्वा गाउँपालिका ७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ वर्षीय पुरुष र १८ वर्षीया युवती तथा कपिलवस्तुको वाणगंगा नगरपालिका र मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षीय पुरुष तथा ८ वर्षीया बालिका छन् ।
यसैगरी त्यस्तै नवलपरासीको सुस्ता गाउँपालिका ५ र रामग्राम नगरपालिका ३, १८ निवासी ३३, ३५ वर्षीय पुरुष, १५ वर्षीया किशोरी, नवलपरासी विनय त्रिवेणी गाउँपालिका–६ निवासी ४५ वर्षीय पुरुष र चितवनको भरतपुर महानगरपालिका ६ केसबाध चितवन निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीय महिला रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ सय ८७ पुगेको छ । | 2020/09/20 11:04:56 | https://newsdainik.com/53246 | mC4 |
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा डोटीमा सेनिटरी प्याड उत्पादन सुरु – Bikash Khabar
बिहिबार, २२ माघ २०७७ गते १८:३२ मा प्रकाशित Author विकास खबर Comment(0) 226 Views
डोटी । महिनावारी भएका बेलामा प्रहयोग गरिने सेनिटरी प्याड बनाउन शुरुआत गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय व्यापार प्रबन्ध केन्द्रको आर्थिक सहयोगमा र शैलेश्वरी महिला समूहको सहजीकरणमा सेनिटरी प्याड बनाउने उक्त मेशिन जडान गरिएको हो ।
मेशिन जडान भएपछि डोटीमा पहिलोपटक सेनिटरी प्याड उत्पादन गर्न थालिएको हो । जिल्लाको दिपायल सिलगढी नगरपालिका–६ सिलगढीमा सेनिटरी प्याड उद्योग स्थापना गरेर प्याड उत्पादन गर्न थालिएको छ ।
सेनिटरी प्याड नभएका कारण प्रायः गरी छात्रा महिनावारी हुँदा विद्यालय जान बन्द भएपछि उनीहरुको सहजताका लागि उक्त उद्योग सञ्चालनमा ल्याइएको शैलेश्वरी महिला समूहका पदाधिकारी तथा उद्योग सञ्चालक शारदा भट्टले जानकारी दिइन् ।
उनले भनिन्, 'प्याड नभएका कारण महिनावारी भएका अधिकांश छात्रा विद्यालय जान सकेका थिएनन, उनीहरुका समस्या समाधान गर्न तथा नियमित विद्यालय जान सकुन् भन्ने उद्देश्यले हामीले उद्योग सञ्चालनमा ल्याएका छौँ, महिनावारी भएका छात्रालाई विषेश सहज हुनेछ ।'
कम्तीमा पनि रु ११ लाख ५० हजारको लागतमा उक्त उद्योग सञ्चालन गरिएको उनी बताइन् । उद्योगमा अहिले तीन कर्मचारीले पहिलोपटक ११ कामदारलाई प्याड बनाउने तालिम दिन सुरु गरिएको छ ।
जिल्लामै सेनिटरी प्याड उत्पान गर्न सरु गरिएपछि प्याडको प्रयोग गर्नेहरुको सङ्ख्या बढ्दै गएको विभिन्न सङ्घसंस्थाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
जिल्लामा छाउपडीको अवस्था र महिलाको आर्थिक आत्मनिर्भरलाई मध्यनजर गरी ती समस्या समाधान होस् भन्ने उद्देश्यले सञ्चालन गरिएको उक्त सेनिटरी प्याड बनाउने उद्योगले राम्रो काम गरेको स्थानीयवासी तथा नेकपाका नेता नारद मलासीले बताए ।
उनले भनिन्, 'महिनावारी र छाउपडीका कारण जिल्लाकै बदनाम थियो, महिनावारी भएका छात्रा स्कूल नै जाँदैन थिए, प्याड सहजरूपमा पाइने भएपछि छात्रा स्कूल पनि जानेछन्, जिल्लाको बदनाम पनि हट्नेछ ।'
यहाँ उत्पादित प्याड डोटी जिल्लासँगै छिमेकी जिल्लामा समेत निर्यात गर्ने गरी गुणस्तरीय उत्पादनमा ध्यान दिएर काम गरे राम्रो प्रभाव पर्ने प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले जानकारी दिए ।
११ माघ,काठमाडौँ । सर्वोच्च अदालतले सिटामोल र पारासिटामोलजस्ता अतिआवश्यक औषधि सहजरुपमा उपलब्ध गराउन सरकारको नाममा आदेश जारी गरेको छ । न्यायाधीश
कोरोना संक्रमणबाट विश्वभर ४२ लाख ८ हजारभन्दा बढीको मृत्यु
साउन १६, काठमाडौँ । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ लाख ८ हजार नाघेको छ
थप १ हजार ४ सय ८६ जनामा संक्रमण पुष्टि, १६ जनाको मृत्यु
२८ भदौ,काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ | 2022/06/26 09:10:39 | https://bikashkhabar.com/4146/ | mC4 |
स्थानीय सरकारलाई थप बलियो बनाउछौँ : मन्त्री विष्ट -
गलकोट : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले स्थानीय सरकारलाई थप बलियो बनाउन वर्तमान सरकार लागिपरेको बताएका छन् । बागलुङ जिल्लाको गलकोट नगरपालिकाले आज बिहान आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री विष्टले केन्द्रीय सरकारले चालेको आयोजना स्थानीयस्तरमा आउँदा प्रभावकारी नहुने परिपाटीको अन्त्यका लागि स्थानीय सरकारलाई थप जिम्मेवार बनाउने बताए ।
उनले स्थानीय सरकारलाई काम गर्न दिँदा छिटो विकास हुने बताउँदै ठूला योजनाबाहेक सबै योजनालाई स्थानीय सरकारबाटै कार्यान्वयनमा ल्याउने बताए । मन्त्री विष्टले यही वैशाख १ गते गलकोटको विभिन्न क्षेत्रमा बाढीले पुर्याएको क्षतिको विवरण प्राप्त हुँदासाथ केन्द्रीय सरकारले राहत प्रदान गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए ।
मन्त्री विष्टले एक पालिका र अर्को पालिकाबीच समन्वय गरेर ठूला योजनाको प्रास्तावना ल्याएमा आफूले सहयोग गर्ने भन्दै तत्काल गलकोटमा १५ श्ययाको अस्पताल बनाउनका लागि पहल गर्ने बताए । उनले सामाजिक सुरक्षाको दायरा बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा नगरप्रमुख भरत शर्मा गैरेले नगरपालिकामा अस्पताल, कार्यालयका लागि जग्गा प्राप्ति तथा लोकमार्गको मापदण्डका बारेमा मन्त्री विष्टलाई जानकारी गराएका थिए । उनले नगरपालिको विकास योजनाको प्रस्तावनापत्र मन्त्री विष्टलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटा, चन्द्रसागर बुढालगायतको उपस्थिति रहेको थियो । | 2019/04/18 19:16:41 | http://gokyonews.com/%E0%A4%B8%E0%A5%8D%E0%A4%A5%E0%A4%BE%E0%A4%A8%E0%A5%80%E0%A4%AF-%E0%A4%B8%E0%A4%B0%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A4%B2%E0%A4%BE%E0%A4%88-%E0%A4%A5%E0%A4%AA-%E0%A4%AC%E0%A4%B2%E0%A4%BF%E0%A4%AF/ | mC4 |
काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको मारिउपोल शहरमा आफ्ना सैनिक विजयी भएको दाबी गरेका छन् । रक्षामन्त्री सर्गेई सोइगुसँग टेलिभिजनमा प्रसारित भेटवार्ताका क्रममा पुटिनले यस्तो दाबी गरेका हुन् ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार झण्डै दुई महिना लामो रुसी घेराबन्दीमा परेको मारिउपोल शहरलाई ‘मुक्त गरेको’ पुटिनले दाबी गरेका हुन् ।
उक्त शहरको अधिकांश क्षेत्र रुसी फौजको नियन्त्रणमा पुगेको भएपनि एजोभस्तल औद्योगिक क्षेत्रमा भने रुसी र युक्रेनी फौजबीच भीषण लडाइँहरू भइरहेको बताइएको छ ।
यता रक्षामन्त्रीसँगको भेटवार्ताका क्रममा पुटिनले भने उक्त क्षेत्रमा आक्रमण गर्नुको आवश्यकता नरहेको बताए । ‘म औद्योगिक क्षेत्रमा प्रस्तावित आक्रमण अनावश्यक देख्छु ।’ उनले रक्षामन्त्री सोइगुसँग भने, ‘यो रद्द गर्न म तपाईंलाई निर्देशन दिन्छु ।’
‘यस्ता केटाकुम्ब (भूमिगत चिहानघारी) मा चढ्नु र औद्योगिक क्षेत्रमा भूमिगत भएर घिस्रिन आवश्यक छैन ।’ उनले भने, ‘झिँगा पनि उम्किन नसक्नेगरी यसलाई बन्द गर्नुहोस् ।’
सोइगुका अनुसार मारिउपोलको युक्रेनी फौज नियन्त्रित क्षेत्रमा अझै २ हजार युक्रेनी सैनिक छन् । पुटिनले ती युक्रेनी फौजलाई आत्मसमर्पण गर्न समेत आग्रह गरे । आत्मसमर्पण गरेको खण्डमा रुसले उनीहरूको इज्जत गर्ने बताए ।
रोयटर्सले जनाएअनुसार युक्रेनी रक्षामन्त्रालयकी प्रवक्ताले पुटिनको भनाइले उनको ‘बौलाहा प्रवृत्ति’ उजागर गरेको टिपप्णी गरिन् । यसबाहेक युक्रेनी पक्षबाट यसबारे कुनै प्रतिक्रिया नआएको जनाइएको छ । | 2022-12-06T21:41:02Z | https://www.suchanapress.com/archives/6291 | OSCAR-2301 |
गूगल मिट आगामी वर्षसम्म निशुल्क प्रयोग गर्न पाईने, निशुल्क कुराकानी २४ घण्टासम्म - Technology Khabar
» गूगल मिट आगामी वर्षसम्म निशुल्क प्रयोग गर्न पाईने, निशुल्क कुराकानी २४ घण्टासम्म
गूगलले प्रयोगकर्ताहरुको लागि गूगल मिटमा नयाँ परिवर्तको घोषणा गरेको छ । पहिले गूगलको गूगलको मीटिंग निशुल्क सेवाको अवधि यहि ३० सेप्टेम्बरमा सकिने घोषणा गरेको थियो तर यसलाई अब आगामी बर्षसम्म समय थप गरिएको छ ।
गूगलले एक ब्लग पोस्टमा बताएअनुसार अब यूजर्सले आगामी बर्ष मार्च २०२० सम्म निशुल्क सेवा प्रयोग गर्न सक्नेछन् ।
पहिले यस नीतिलाई निशुल्क ३० सेप्टेम्बर सम्म लागू गर्नका लागि कुरा गरेको थियो तर अब त्यसमा म्याद थप गरिएको छ।
वर्क फ्रम होममा आएको परिवर्तनलाई ध्यानमा राखेर गूगलले यस बर्षमा अप्रिलमा गुगल मीट सबैका लागि निशुल्क उपलब्ध गराउने घोषणा गरेको थियो । तर पछि कम्पनीले भन्यो कि यसमा ३० सेप्टेम्बर सम्म मात्र प्रयोगगर्न सकिने छ, र त्यसपछि प्रयोगकर्ताहरुलाई केबल ६० मिनेटको निशुल्क भिडियो कन्फ्रेन्सिङ्ग सेवा उपलब्ध हुने बतायो।
अब गूगलले यसलाई अगाडि बढउँदै ग्राहकहरूले २४ घण्टासम्म भिडियो कलिंग गर्न सक्ने बताएको छ।
गुगलले तपाईंको ब्लग पोस्टमा भन्यो, 'जस्तो कि हामीले यस पटक अवलोकन गरिरहेछौं कि यो पटक बिदाको समयमा परिवारहरुसँगै भेटघाट गर्नेे काम सबै भिडियोमा भईरहेको छ । विवाह पनि भिडियो कलिंगमा देखा परेको छ, हामी ती व्यक्तिहरूलाई मद्दत गर्न चाहन्छौं जो भविश्यमा मिटमा निर्भर हुनेछन् । हामी प्रतिबद्धताअनुसार जीमेल एकाउन्टमा यसको अनलिमिटेड मिट कलको निशुल्क भर्सन मार्च ३१, २०२१ सम्म थप गरिरहेका छौं।' | 2020/10/21 16:08:43 | https://technologykhabar.com/2020/10/01/41081/ | mC4 |
सिभिल लघुवित्तको खुद नाफा ४५ प्रतिशतले बढ्दा अन्य वित्तीय सूचकको अवस्था कस्तो ? – Insurance Khabar
सिभिल लघुवित्तको खुद नाफा ४५ प्रतिशतले बढ्दा अन्य वित्तीय सूचकको अवस्था कस्तो ?
प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार १४:३८
सिभिल लघुवित्तले गत आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । लघुवित्तले गत आर्थिक वर्ष २०७५ /७६ को चौथो त्रैमासससम्म आइपुग्दा १ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा लघुवित्तको खुद नाफा ४५ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसै अवधिमा लघुवित्तले १ करोड १२ लाख रुपैयाँ नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि लघुवित्तले बृद्धि गरेको छ । आर्थिक ववर्ष २०७५ ७६ को १२ महिनाको अवधिसम्ममा लघुवित्तले ३९ प्रतिशतले खुद ब्याज आम्दानी गरेको छ । भने १५ प्रतिशतले संचालन मुनाफा बढेको छ ।
आर्थिक वर्ष २०७५ /७६ को चौथो त्रैमाससम्मा २७ करोड १ लाख रुपैयाँ बचत संकलन गरी १ अर्ब २ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । भने गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तले निक्षेप संकलनमा ६२ प्रतिशतले बृद्धि गरेको हो भने कर्जा प्रवाहमा ७८ प्रतिशतले बृद्धि गरेको हो । त्यसैगरी सापटिमा ७९ प्रतिशतले बृद्धि गरेको हो ।
त्यस्तै लघुुवित्तको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ८९ पैसाले बढेर १४ रुपैयाँ ३६ पैसा पुगेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १ सय १८ रुपैयाँ ६३ पैसा रहेको छ भने निष्क्रिय कर्जा १ दशमलव ३४ रहेको छ । | 2021/10/28 21:49:37 | https://insurancekhabar.com/2019/08/61698/ | mC4 |
सन्निकटमा अर्को संकट – Sajha Bisaunee
सन्निकटमा अर्को संकट
बसन्तीकुमारी सिंह शाही
बल्लतल्ल केही राहतको श्वास फेर्दै गरेका हामी फेरि त्यही महामारीको भूमरीमा हेलिएका छौं । हामीले सायदै सोचेका थियौं, कोरोना भाइरस (कोभिड–१९) को त्रासदीपूर्ण सुनामी फर्केर आउनेछ । तर कल्पना नै नगरिएको नयाँ भेरियन्टसहितको दोस्रो लहरले यतिबेला थप आक्रान्त बनाएको छ ।
छिमेकी मुलुक भारतमा संक्रमण फैलिए लगतै नेपालमा पनि भित्रियो । भारतको सीमानाकासँग जोडिएको सहर नेपालगञ्ज 'हटस्पट' नै बन्यो । नेपालगञ्जबाट सुर्खेत सरेको कोरोना संक्रमण कर्णाली प्रदेशभर यति द्रूत गतिमा फैलियो कि हिमाली जिल्लाका गाउँहरूमा पनि कति चाँडै पुग्यो पत्तै भएन ।
हुन त विभिन्न किसिमका महामारीबाट कर्णाली सधैँ पीडित छ । रुघाखोकी, भाइरल ज्वरो, झाडापखाला जस्ता रोगहरूको सानोतिनो महाममारीले बर्सेनि सताइरहन्छ, जसलाई यहाँका नागरिकले भोग्दै र झेल्दै आएका छन् । तर यसपटकको कोरोना महामारीले भने विश्वजगतलाई नै आक्रान्त पारिरहेको छ । यो सामान्य महामारी होइन । संक्रमितको संख्या दैनिक बढिरहेको छ । हरेक दिन नै नागरिकको ज्यान लिइरहेको छ ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि भनेर पछिल्लो पटक निषेधाज्ञा जारी गरिएको पनि एक महिना पुग्यो । संक्रमण र मृत्यु रोकिएको छैन । जताततै त्रास छ । संक्रमण फैलिन नदिन जारी गरिएको निषेधाज्ञाका कारण कर्णालीका बासिन्दाहरू गाउँतिर फर्किएका छन् । साथमा उनीहरूले कोरोनाको नासो ल्याए वा ल्याएनन् त्यसको नतिजा त आउला नै । तर सहरबाट फर्केकाहरूको लागि खानाको तर्जुमा गर्न घरमा हुनेहरूलाई भने गाह्रै भइरहेको होला । फापरको लगड र कोदोको रोटी खाने बानी नभएका सहरबासी सन्तानहरूलाई चोती र सिमीको तिहुँनसँग गास निल्न अलि अप्ठ्यारै पर्ला । तर समय र परिस्थिति यस्तै बन्दै गयो भने त्यही निल्न गाह्रो हुने गास नपाएर भौतारिनु पर्ने अवस्था आउने पक्का पक्की छ ।
सिङ्गो देश कोरोना महामारीसँग जुधिरहँदा सन्निकटमा अर्को ठूलो संकटका संकेत देखा परिरहेका छन् । हामी भोकमरीको ठूलो अनिकालमा पर्ने सक्नेछौं । कोरोना महामारी नियन्त्रणमा आएपनि त्यसले भोकमरीको महामारी छोडेर जाने पक्कापक्की जस्तै छ । कर्णालीका हिमाली जिल्लाहरूमा भोकमरीको खबर हरेक वर्ष समाचार बनेर आउँछन् । भोकमरी भन्दा पनि 'भातभरी'ले सताउँछ । आफ्नो अर्गानिक खाना भकारीमा थन्क्याएर 'चा' खाएर 'मल' मात्रै बाँकी रहेको वस्तुको भात खान लालायित हुने यहाँका नागरिकका सपनाहरू साकार हुन केही पुस्ता अझैं कुर्नु पर्ने नै छ । सपना साकार होलान या नहोलान् आफ्नै ठाउँमा छन् तर हामीले आफ्ना सपनाहरू साकार पार्नको लागि जग हाल्यौं अथवा भत्कायौं यो कुराले अर्थ राख्दछ । हामीले आफ्नो रैथाने उत्पादनलाई महŒव दिन नसकेकै कारण यो अवस्था आएको हो । यसमा कुनै विचारात्मक कारण नै छैन । तर यो कुरा निश्चित छ त्यसको असर अबदेखि नसक्नेछ ।
सहरका उद्योगधन्दाहरूले आफ्नो उत्पादन बढाउनको लागि चाहिने कच्चा पदार्थ र समयको अभावमा काम गर्न नसक्ने बाधक समय निम्तिन लागेको छ । अहिले कलकारखाना, व्यापार, उद्योगधन्दाहरू सबै बन्द छन् । व्यवसायीहरूले पनि यो समयमा काम गर्न सकेका छैनन् । तङ्ग्रीन लागेको विश्व अर्थतन्त्रमा फेरि ह्रास हुने पक्का छ । यस्तै अवस्था लामो समयसम्म चलिरह्यो भने हाम्रा माग अनुसारको आपूर्ति पाउन गाह्रो हुनेछ र उपभोक्ता छटपटाउन थाल्नेछ । उत्पादनविना बाहिरबाट कर्णाली प्रदेश भित्रिने सबै किसिमको सामानहरूको आपूर्ति रोकिने छ । त्यही
'चा' निलेर 'मल' मात्रै बाँकी रहेको भात खाने चीज पनि कर्णालीले पाउन मुस्किल पर्नेछ । यसको परिणाम भनेको भोकमरी हो । त्यसैले रोगपछिको सन्त्रास नहराउँदै आउन सक्ने भोगकरीको लागि भनेर हामीले अहिले देखि नै सोच्नु पर्ने बेला आएको छ ।
काम गर्ने बानी छुटिसकेको भए पनि गाउँका बाँझा रहेका जमिनहरूमा जे फल्छ त्यही खेती गरि स्थानीय अन्नबाली उब्जाउनतिर लाग्नु अबको आवश्यकता हो । स्थानीय आलु, सिमी, चोती, चिनो, फापर, कागुनो, कोदो, जौं, गहुँ, नाफल र यस्तै जहाँ जे फल्छ त्यही खेती गरी अन्नको जोहो गर्न जरुरी छ । त्यस्तै स्याउ, चुली, खामु, आरु, आरुबखडा आदि जस्ता फलफूलको उत्पादन हुने ठाउँमा त्यहीँअनुसार फलफूल खेतीमा ध्यान दिइ उत्पादन बढाउनु पर्छ । तरकारी खेती हुने ठाउँमा व्यावसायिक रूपमा तरकारी खेती गर्नु, पशुपालन फस्टाउने ठाउँमा व्यावसायिक रूपमा पशुपालन गर्नु, जडिबुटीबाट आम्दानी हुने ठाउँमा यसलाई बढावा दिनु आजको हाम्रो दायित्व हो । स्थानीयबासीहरूले स्थानीय उत्पादनमा जोड दियो भने भविष्यमा निम्तिन सक्ने भोकमरीलाई हामी सजिलै टार्न सक्छौं ।
आउनसक्ने संकटप्रति समयमै सजग हुन अपरिहार्य छ । यसमा प्रदेश सरकारको पनि अहम भूमिका रहन्छ । कर्णाली प्रदेश सरकार आगामी बजेट बनाउने तयारीमा जुटिरहेको छ । नयाँ बजेट कार्यक्रममा कृषि प्रविधिलाई बढावा दिने खालका योजनाहरू ल्याउनु जरुरी छ । कृषकलाई हौसला पुग्ने खालका कार्यक्रमहरूलाई प्राथमिकता दिइ कृषि प्रविधितिर स्थानीय नागरिकहरूलाई आकर्षित गर्ने खालका कार्यक्रमका योजना तर्जुमा गर्नुपर्छ । कृषि उत्पादन वृद्धि गर्नको लागि कृषकहरूलाई बिउ, मल, औजार जस्ता कृषि उत्पादनमा सहयोगी उपकरणहरूमा अनुदान दिने जस्ता कार्यक्रमहरू ल्याउनु पर्छ । सिँचाइ नभएको ठाउँमा सिँचाइका योजनाहरू दिनुपर्छ । व्यावसायिक रूपमा कृषि (स्याउ, आलु, सिमी) गर्नेहरूलाई सहुलियत ऋणको व्यवस्था गर्नु पर्छ । कृषिमा आधुनिक प्रविधिहरू सिकाउनको लागि तालिमका कार्यक्रमहरूको योजना गर्नुपर्छ । यस्ता कुरामा प्रदेश सरकार पनि गम्भीर भएन भने भविष्यमा निम्तिन सक्ने भोकमरीलाई थेग्न मुस्किल हुनेमा दुईमत छैन । त्यसैले कर्णाली प्रदेश सरकारलाई आग्रह छ कि बेलैमा सोचौं र सोहीअनुसार योजना बनाएर काममा लागौं ।
अबको जमाना भनेको परम्परागत एक कुखुरा, एक बाख्रा, एक गाई, एक जुमा, एक घोडा जस्ता वस्तुभाउ पालेर प्रगति गर्न सकिदैन । एक बारीमा फापर, एक बारीमा कोदो, एक बारीमा धान, एक बारीमा चिनो फलाएर पनि हाम्रो गुजारा नचल्ला । त्यो भनेको परम्परागत जीवन गुजार गर्ने बाटो मात्रै हो । यो परीपाटीले परम्परागत रूपमा महिलाहरूलाई फेरि पनि दैनिक १९ घण्टा काममा पेलाउनुबाहेक अरु प्रगति हुँदैन । यो भनेको उपलब्ध घरका सबै मानवीय स्रोतहरूलाई व्यवसायप्रति केन्द्रित नगराई आशातित काम गर्नु मात्रै हो । यसले कामको चटारो मात्रै बढाउँछ, आर्थिक उन्नतिको बाटो पहिल्याउँदैन । आशातित आर्थिक उन्नति गर्न र व्यावसायिक कृषितर्फ मोडिनलाई एक पक्का व्यवसाय अँगाल्नै पर्छ । त्यो व्यवसाय यस्तो होस् कि सबै जनाको ध्यान त्यसैमा होस् र यसले आफ्नो परिवारको आवश्यकता पूरा गरी समुदायको आवश्यकताहरूलाई पनि पूर्ति गर्न सकोस् ।
यस्ता आर्थिक लाभ हुने खालका व्यवसायहरूको व्यावसायिक तरिकाबाट अगाडि बढ्न प्रदेश सरकारले आफ्ना नागरिकहरूको ध्यान केन्द्रित गराई व्यावसायिक बनाउने किसिमका कार्यक्रमहरू ल्याउनु पर्छ । चौंरी पाल्नेलाई चौंरी मात्रै पालेर आफू मात्रै नभइ त्यसको उत्पादन (दुध, छुर्पी, चिज, घिउ, बाच्छाबाच्छी, मासु) को बेचविखनबाट नगद आम्दानी गर्न सक्ने बनाउने र त्यो क्षेत्रको मागको पनि पूर्ति गर्न सक्ने बनाउने योजना तजुमा गर्नुपर्छ । यस्ता खालका बृहत व्यवसायहरूमा आजका युवा पिँढीलाई संलग्न गराउने योजनाहरूको तर्जुमाको खाँचो छ । यसो गरेमा कर्णालीले कृषिक्रान्तिमार्फत आफ्नो प्रदेशको आर्थिक कायापलट गर्न सक्छ । लगानीको अभावमा खाडीतिर भौतारीने युवा जनशक्तिलाई हामी यतै रोकेर उत्पादनमुखी बनाउन सक्छौं । अबको एक दुई वर्षमा पर्यटन व्यवसायबाट लाभ लिन सकिने अवस्था नलाउला । स्थानीय कृिष प्रविधिलाई बढावा दिइ कृषकलाई हौसला दिने खालका योजना तर्जुमा गरे मात्रै आउन सक्ने भोकमरीको लागि हामी तयार रहन सक्छौं ।
अहिले स्थानीय बासिन्दाहरूमा सरकारले सित्तै दिनु पर्छ र हामीले खानुपर्छ भन्ने जुन गलत सोचको विकास भइरहेको छ त्यसलाई निमिट्यान्न पार्नै पर्छ । स्थानीयवासीमा यस्तो किसिमको सोच पनि हाम्रै (सरकार) कारण भएको हो । स्थानीय नागरिक स्थानीय सरकारको मुख ताकेर बस्ने, स्थानीय सरकार प्रदेश सरकारको मुख ताकेर बस्ने र प्रदेश सरकार केन्द्र्रीय सरकारको मुख ताकेर बस्ने हाम्रो प्रवृत्तिलाई हटाउन सक्नु हाम्रो अबको दायित्व र असल कार्य हुन सक्छ । हामी जबसम्म परजीवी प्रवृत्ति त्याग्दैनौ र जीवन जिउने सजिलो तरिकालाई त्याग्न सक्दैनौं तबसम्म हामीले आफ्नो आर्थिक प्रगति कदापी गर्न सक्दैनौं । सन्तान दरसन्तानलाई पुग्ने सम्पत्ति हामीलाई किन चाहियो र आफ्नै पुस्तामा आफूलाई पु¥याउन सक्ने र अरूलाई दिन सक्ने भएर मात्रै बस्न सक्यौं भने हाम्रो गर्व त्यही नै हो ।
हामीले नै नागरिकलाई अल्छी बनाएका छौं । अनुदान सेवाका नाममा कुहेका खाद्यान्न र वस्तु बाँड्ने चलन चलायौं । गरी खाने बनाउनुको साँटो बसी खाने बनायौं । बेची खाने बनाउनुको साटो मागी खाने बनायौं । नागरिकलाई आफैमा आश्रित हुनबाट पछाडि धकेल्दै हामीमा आश्रित हुन सिकायौं । चुनावमा झुटा आश्वासनहरू बाँड्यौं । पैसाले उनीहरूको अधिकारले पाएको एक भोट किन्यौं । नागरिकको आफ्नो सीप र उर्जालाई उचित ठाउँमा प्रयोग गर्नबाट रोक्यांै । खेती किसानी गर्न छोडेर राजनैतिक नेताका ढोकामा योजनाहरू माग्न लाइनमा बस्ने बनायौं । योजनामा दिएको रकमको प्रतिशत माग्यौं । यसरी सजिलै पाउन थालेपछि स्थानीयहरूले भएको खेतीयोग्य जमिन पनि बाँझै छोडेर सरकारको आश गर्न थाले । नेताको आश गर्न थाले । योजनाका नाममा विनासित्ती बाँडीखाने पैसा नागरिकहरूलाई दियौं । के कामको लागि पैसा दियौं त्यसको लेखाजोखा गरेनौं । कामको अनुगमन मूल्याङ्कन सही तरिकाले गरेनौं । भविष्यमा आउन सक्ने नकारात्मक असरको हेक्का नै नगरी योजना दियौं । सामाजिक विश्लेषण गरेनौं । यस्तो तरिकाबाट आफैमाथि आउनसक्ने विपत्ति र वितृष्णाको हेक्का राखेनौं ।
आज नागरिक हवाईजहाजको टिकट नपाए पनि नेतालाई फोन गर्छन् । योजना पाएन भने पनि नेतालाई फोन गर्छन् । छोरोले कलेजमा भर्ना पाएन भने पनि नेतालाई फोन गर्छन् । अस्पतालमा बेड पाएन, बसको टिकट पाएन, आफूले भनेको ठेक्कापट्टा पाएन, जिल्लाका सेवाप्रदायक कार्यालयहरूले सित्तैमा काम गरिदिएनन्, सरुवा पाएन, बढुवा पाएन, जागिर पाएन, छोरो विदेश जान पाएन, पास भएन, पुलिसमा भर्ती पाएन, आर्मीमा भर्ती पाएन, लोकसेवामा नाम निस्केन, आफ्नो मान्छेले राहत र सहयोग पाएन । यी सबै सानातिना र आफैले अलिकति मेहेनत गरेर पूरा हुने काममा पनि नेतालाई फोन गर्छन् । हँुदाहुँदा त घरमा श्रीमती सुत्केरी छ खाना छैन, बाबुको क्रिया गर्नु छ खाना छैन, छोराको विवाह गर्नु छ खाना छैन सम्म पनि सरकार (नेता) कै ढोका घचघच्याउन आउने नागरीकहरू हामीले तयार गर्यौं ।
घरमा श्रीमती सुत्केरी हुने कुरा आजै मात्र हामीलाई थाह भएको हो र ? नौ महिना अगाडिदेखि उसले गर्भधारण गरेको कुरा त हामीलाई थाह नै हुन्छ । गर्भधारण गरेको नौ महिनापछि सुत्केरी हुन्छ भन्ने पनि हामीलाई थाह छ । तर त्यत्रो लामो अवधिसम्म किन उसलाई चाहिने खानाको जोहो हामीले गरेनौं ? हो, यसकारण गरेनौं कि हामीलाई सरकारले त्यस्तो परिस्थितिमा दिइहाल्छ । अनि किन दुःख गर्ने ? हामीलाई बानी भइसक्यो अब मागेर नै हामी हाम्रा दिनहरू गुजार्छाैं । यति भएपछि किन गर्ने त काम ? के का लागि गर्ने ? कसका लागि गर्ने ? अनि त जहिले पनि अभावै अभाव, जहिले पनि भोकमरी, जहिले पनि रोगमरी ।
यति हुँदा पनि सरकार किन यस कुरामा गम्भीर छैन । यो त झन ठूलो महामारी हो, किन यसमा ध्यान दिंदैन । यसकारण बेलैमा सोचौं । नागरिकलाई मागी खाने नभइ गरी खाने बनाउन तिर लागौं । उसको र मेरो भन्ने बानी छोडौं । हाम्रा र राम्रा नभनी काम गरौं । हामी पनि आफनो दायित्व बोध गरौं । यसो गर्दा असम्भव भन्ने केही होला र ? | 2022/05/17 15:16:46 | https://sajhabisaunee.com/archives/27289 | mC4 |
निर्बाध मानव तस्करी- समाचार - कान्तिपुर समाचार
आश्विन ९, २०७४ जनकराज सापकोटा
काठमाडौं — पछिल्ला चार महिनामा मात्रै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मानव तस्करीको चंगुलमा परेका ८१ महिलालाई भारत र अन्य विभिन्न देशबाट उद्धार गर्यो । तर मानव तस्करीमा संलग्न एजेन्टको न पहिचान हुन सक्यो न कोही पक्राउ नै परे । यसको कारण एउटै थियो, उद्धार गरिएका कसैले पनि किटानी जाहेरी नगर्नु ।
प्रधानमन्त्री–राष्ट्रसंघ महासचिव भेटवार्ता
आश्विन ९, २०७४ चन्द्रशेखर अधिकारी, दिनेशजंग शाह
न्युयोर्क — प्रधानमन्त्री शेरबहादुर देउवाले शान्ति सेनामा नेपालीको कोटा बढाइदिन राष्ट्रसंघसमक्ष औपचारिक आग्रह गरेका छन् । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटवार्तामा प्रधानमन्त्रीले शान्ति मिसनमा संख्याका आधारमा माथिल्लो तहमा सहभागिता बढाइदिनसमेत आग्रह गरेका छन् ।
महासचिव गुटेरेसले नेपालको आग्रहलाई आफूले ध्यान दिएर हेर्ने जानकारी दिएका छन् । उनले नेपालले विश्व शान्तिका लागि सेना र अन्य सुरक्षा अधिकारी पठाएर गरेको योगदानको निकै प्रशंसा गरेको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. दिनेश भट्टराईले बताए ।
प्रधानमन्त्रीको उक्त आग्रहको सुनुवाइ हुने सम्भावना रहेको न्युयोर्कस्थित नेपाली नियोगका अधिकारीहरूले दाबी गरेका छन् । प्रधानमन्त्री देउवाले काभ्रेको पाँचखालमा रहेको शान्ति सेनाको प्रशिक्षण केन्द्रको क्षमता अभिवृद्धि र क्षेत्रीयस्तरको बनाउन सहयोग गर्नसमेत महासचिवलाई आग्रह गरेका थिए । प्रत्युत्तरमा महासचिव गुटेरेसले यसलाई सकारात्मक रूपमा आफूले छलफल अघि बढाउने आश्वासन दिएका थिए ।
नेपालले विश्व शान्तिमा पुर्याएको योगदानस्वरूप नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट शान्ति मिसनमा माथिल्लो तह पाउनुपर्नेमा नेपाली सुरक्षाकर्मी अरूको कमान्डमा रहनुपरिरहेको छ । यस विषयलाई नेपाली सेनाले शान्ति मिसनमा आवाज उठाउँदै आएको थियो । विश्वका विभिन्न शान्ति मिसनमा ५ हजारभन्दा बढी नेपाली सुरक्षाकर्मी कार्यरत छन् ।
नेपाली सेनाले शान्ति सेनामा आफ्नो कुल संख्याको १० प्रतिशतसम्म पठाउने निधो गरेको छ । राष्ट्रसंघबाट भने त्यति संख्यामा माग भइरहेको छैन । अमेरिकाले केही बजेट कटौती गरेका कारण शान्ति मिसनमा सेनाको संख्या घट्न सक्ने अधिकारीहरूको आकलन छ । राष्ट्रसंघको महासभामा भाग लिने क्रममा न्युयोर्क रहेका प्रधानमन्त्री देउवा र गुटेरेसबीच आइतबार भएको भेटवार्तामा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम तथा विकास प्रक्रियाका बारेमा छलफल भएको थियो । भूकम्प र बाढीको प्रकोपको पीडा र सहयोगबारे पनि छलफल भएको थियो । गुटेरेसले नेपालको लोकतन्त्र संस्थागत हुने चरणमा प्रवेश भइसकेकामा खुसी व्यक्तगरेका थिए ।
स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा प्रधानमन्त्री र नेपाली जनतालाई बधाई दिँदै राष्ट्रसंघ महासचिवले अन्य दुई चुनावको सफलताको शुभकामनासमेत व्यक्त गरेका छन् । गुटेरेसले नेपालको लोकतन्त्रको संस्थागत विकास प्रक्रिया अनुकरणीय रहेको भन्दै खुसी व्यक्त गरेको सल्लाहकार भट्टराईले बताए ।
प्रधानमन्त्री देउवाले दलहरूबीचको सहकार्यले स्थानीय तहको चुनाव सम्पन्न भएको र त्यसमा नेपाली जनताको उत्साहपूर्वक सहभागिता रहेको उल्लेख गर्दै समयमै प्रदेश र संघको निर्वाचन हुने जानकारी दिए । नेपालमा समावेशी लोकतन्त्रअन्तर्गत महिला, आदिवासी, जनजाति, पिछडिएका वर्ग, अल्पसंख्यकलगायत सबैको सहभागिता सुनिश्चित भएको बताउँदै देउवाले नेपाल उदार लोकतन्त्रमा अग्रसर भइसकेको बताए । प्रधानमन्त्री देउवाले नेपालको शान्ति प्रक्रिया सफलतापूर्वक निष्कर्षमा पुगेको उल्लेख गर्दै केही बाँकी कामसमेत विस्तारै सम्पन्नहुने बताए ।
गुटेरेसले नेपालमा हालै गएको बाढीपहिरोबाट मृत्यु भएका व्यक्तिका परिवारप्रति समवेदना व्यक्त गर्दै सिंगो मुलुकप्रति सहानुभूति प्रकट गरे । देउवा ओमानतर्फ लागेका छन् । उनी ओमानमा दुई दिन बसेर स्वदेश फर्कनेछन् । त्यहाँ प्रधानमन्त्रीले खाडीमा रहेका राजदूतहरूलाई निर्देशन दिने र नेपाली कामदारको प्रत्यक्ष समस्या सुन्ने कार्यक्रम रहेको ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले जानकारी दिइन् । श्रमिक रहेका सबै पश्चिम एसियाली मुलुकमा खटिएका नेपालका राजदूत त्यहाँ आउनेछन् । | 2019/05/20 10:44:53 | https://www.kantipurdaily.com/news/2017/09/25/20170925064105.html | mC4 |
मेक्सिकोमा अनलाइन प्रमुखको छुरा प्रहार गरी हत्या | Ratopati
टोलुका– मेक्सिकोको एउटा समाचार अनलाइनका प्रमुखको छुरा प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ । सन् २०१९ भित्रै मेक्सिकोमा यो सहित १० जना पत्रकारको हत्या भइसकेको छ ।
मेक्सिकोका सरकारी वकिलले जारी गरेको प्रारम्भिक विवरणमा नेभिथ कोन्डेस जारामिल्लोको शव शनिबार बिहान फेला परेको र शरीरमा तिखो वस्तुले घोचेका निलडाम रहेको उल्लेख छ ।
सन् २००० यतामात्र मेक्सिकोमा करिब १०० जना पत्रकारको हत्या भइसकेको छ । लागूपदार्थको अवैध कारोबार र राजनीतिक भ्रष्टाचारका कारण पत्रकारमाथि बारम्बार आक्रमण हुने गरेको छ । | 2020/06/07 10:22:17 | http://www.ratopati.com/story/98085/2019/8/25/journalist-death-mexico | mC4 |
पाँचखालमा सुनकोशी खानेपानी आयोजना सम्पन्न गराउन चौपक्षीय सम्झौता « KhabarGhar – Nepal's No. 1 News Portal
धुलिखेल, १६ असारः पाँचखाल र पाँचखालको बहुप्रतिक्षित सुनकोशी खानेपानी आयोजनाको चौपक्षीय सम्झौता भएको छ । सोमबार पाँचखाल सहरी खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न गर्न खानेपानी तथा ढल ब्यबस्था बिभाग, नगर बिकास कोष, पाँचखाल नगरपालिका र उपभोक्ता समितिका बीच आयोजना ब्यवस्थापनमा सम्झौता भएको हो ।
सम्झौतापत्रमा खानेपानी तथा ढल ब्यबस्था बिभागबाट बिध्यानाथ भट्टराई, नगरबिकास कोषको तर्फबाट सुवाष राज पन्त, नगरपालिकाको तर्फबाट नगर प्रमुख महेश खरेल तथा उपभोक्ता समितिको तर्फबाट अध्यक्ष कुमार लामिछानेले हस्ताक्षर गर्नुभयो । सम्झौता संगै औपचारिक रुपमा खानेपानी योजनाको काम सुरु भएको छ । खानेपानी योजनाको लागि हुएसुइ कन्काइ जोइन्ट भेन्चर लाई ठेक्का परेको छ । सम्झौता पत्रको साक्षिमा नगर उपप्रमुख लक्ष्मी दनुवार, उपभोक्ता समितिको तर्फबाट उपाध्यक्ष रबिन्द्र सिपखान, सचिब चेत प्रसाद गौतम, कोषाध्यक्ष झुलकुमारी दुलाल र सदस्य माइली दनुवार रहनुभएको छ ।
त्यस्तै सोमबार नै नगर बिकास कोष र खानेपानी आयोजाना बिचमा ऋण एवं जमानत सम्झौता भएको छ । कोष, नगरपालिका र उपभोक्ता समिति बिचमा ऋण एवं जमानत सम्झौता भएको हो । सम्झौतामा नगरबिकास कोषका निमित्त कार्यकारी निर्देशक राजेश कुमार भोछिभोया र उपभोक्ता समितिको तर्फबाट कुमार लामिछानेले हस्ताक्षर गर्नुभयो । उपभोक्ता समितिलाइ उपलब्ध गराइएको ऋणको जमानतमा भने नगर प्रमुख महेश खरेल र उपप्रमुख लक्ष्मी दनुवारले हस्ताक्षर गर्नुभयो । सम्झौता पत्रमा साक्षिको रुपमा उपभोक्ता समितिको तर्फबाट उपाध्यक्ष रबिन्द्र सिपखान, सचिब चेत प्रसाद गौतम, कोषाध्यक्ष झुलकुमारी दुलाल र सदस्य माइली दनुवार तथा नगर बिकासको तर्फबाट सरिता श्रेष्ठ र सुवासराज पन्तले हस्ताक्षर गर्नुभयो ।
आयोजना दुई अर्ब २१ करोडको लागतमा तीन बर्षमा निर्माण सम्पन्न गरिने लक्ष्य लिइएको थियो । आयोजना सम्झौताको शर्तअनुसार कूल योजनाको पाँच प्रतिशत अर्थात ११ करोड पाँच लाख उपभोक्ताले जम्मा गरेका छन् । जसअनुसार पाँचखालका प्रतिउपभोक्ता परिवारले खानेपानी परियोजनाको बैंक खातामा १८ हजार जम्मा गरेका थिए ।
खानेपानीका लागि भुम्लु गाउँपालिका वडा नम्बर १० स्थित सुनकोशी नदीको बिमिरे भन्ने ठाउँबाट लिफ्ट गरेर ल्याएको पानी पलाञ्चोक भगवती मन्दिर आसपास बन्ने मुख्य ट्याङकीमा खसालिने छ । त्यसपछि पानी वितरणको काम सुरु हुनेछ । इनार तथा लिफ्टिङ प्रविधि निर्माणका लागि सडक पुर्याउन पाँचखाल नगर कार्यालयद्वारा सर्भेको काम सकेको पाँचखाल नगरपालिका प्राविधिक शाखा प्रमुख कपिलदेब भट्टले जानकारी दिए ।
आयोजनाबाट पाँचखाल नगरपालिकाको वडा नम्बर १, ५ र १३ नम्बर वडा बाहेकका सबै वडाका नागरिकको घर–घरमा बृहत खानेपानी आयोजनाको पानी पुग्नेछ । करिब सात हजार उपभोक्ता लाभान्वित हुने उपभोक्ता समितिले जनाएको छ । | 2021/06/16 08:32:46 | https://www.khabarghar.com/2020/06/45361/ | mC4 |
काठमाडौं । बाल दिवसको अवसरमा रेडियो नेपाल र बाल मन्दिरको संयुक्त आयोजनामा आज बालगीत प्रतियोगिता सम्पन्न भएको छ ।
काठमाडौँको बाल मन्दिरमा आयोजित प्रतियोगिताको उद्घाटन गर्नुहुँदै रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले बालबालिकाहरुको क्षमता अभिवृद्धिका लागि यस्ता प्रतियोगिताहरु खुड्किलाको रुपमा रहेकाले समयसमयमा यस्ता बाल विकासका कार्यक्रमहरु भईरहनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल बाल संगठनका महासचिव गणेश भक्त श्रेष्ठले यस्ता प्रतियोगिताहरुले बालबालिीाहरुको स्वचिन्तन र क्षमता विकासमा सहयोग पुर्याउने बताउनुभयो ।
प्रतियोगिताका अमर ईङिलस स्कूल टोखा प्रथम, अक्सिडेन्टल पब्लिक स्कूल अनामनगर र टायम लाईन स्कूल जोरपाटीले तृतीय भएका थिए ।
हरेक वर्ष बालदिवसका अवसर पारेर रेडियो नेपालले बाल संगठनको सहकार्यमा बाल गित प्रतियोगिता गर्दै आएको छ । | OSCAR-2019 |
||
विसं २०६८ को जनगणनानुसार म्याग्दी जिल्लाको कुल जनसङ्ख्या एक लाख १३ हजार ६४१ रहेकामा करिब ३२ हजार जनता सञ्चारको पहुँचबाट टाढा रहेको नेपाल टेलिकम म्याग्दीले जनाएको छ । म्याग्दीको कुल जनसङ्ख्याको ८१ हजार जना सञ्चारको पहुँचमा रहेको बताइएको छ ।
टेलिकम म्याग्दीका अनुसार जिल्लामा प्रिपेड मोबाइलका प्रयोगकर्ता ६४ हजार ४७५ तथा पोस्पेड मोबाइलका प्रयोगकर्ता एक हजार ४१४ छन् । यसैगरी जिल्लाभरमा सिडिएमए र स्काई फोनसेवा प्रयोग गर्ने १४ हजार ४६६ ग्राहक छन् भने पिएसटिएन (ल्यान्डलाइन)का प्रयोगकर्ता एक हजार २६२ जना रहेको टेलिकम म्याग्दीका प्रमुख विष्णुदेव शाहले जानकारी दिनुभयो । ल्यान्डलाइन सेवातर्फ सदरमुकाम बेनीबजारमा मात्रै एक हजार १८४ ग्राहक छन् ।
त्यस्तै इन्टरनेट सेवा एडिएसएलतर्फ २६९ जना रहेको शाहको भनाइ छ । भिस्याट सेवातर्फ २६ ग्राहक सङ्ख्या छ भने जिल्लामा हालसम्म मोबाइलका १७, सिडिएमएका ६ र वाइम्याक्सका २७ सहित ५० टावर सञ्चालनमा रहेको टेलिकमले बताएको छ ।
यसैबीच टेलिकम म्याग्दीले चालु आवभित्रै पश्चिम म्याग्दीको ताकम गाविसमा मोबाइलको बिटिएस स्थापना गर्ने तयारी गरिरहेको छ । आगामी आवमा जिल्लाको पाखापानी, बेगखोला, दाना, अर्मन, ओखरबोट र मुना गाविसमा जिएसएम मोबाइलको टावर विस्तार गरिने टेलिकम म्याग्दीका वरिष्ठ सहायक ईश्वरीप्रसाद आचार्यले बताउनुभयो ।
जिल्लामा टेलिकमका सेवाका साथै एनसेल, युटिएल लगायत सञ्चारका सेवा सञ्चालनमा छन् । हालै धौलागिरि अञ्चलका चार ओटै जिल्लामा नेपाल टेलिकमको थ्रिजी सेवा तथा म्याग्दीको सदरमुकाम बेनी र पुलाचौरको बिटिएस टावरमा थ्रिजी जडान गरी सञ्चालनमा ल्याइएको छ । गत वर्ष माघ २२ गतेसम्म नेपाल टेलिकमको अभिलेखानुसार देशभरमा नेपाल टेलिकमका मात्रै एक करोड ४० लाख ६२ हजार ग्राहक छन् । टेलिकमको वार्षिक आय रु ४२ अर्ब ६४ करोड रहेको बताइएको छ । रासस
विश्वको ठूलो र समृद्ध लोकतन्त्रको निर्वाचन परिणाम सार्वजनिक भएपछि विश्वमा ठूलो हलचल भयो । अमेरिकामा आवधिक निर्वाचन पहिले पनि हुँदै आएका हुन् । हारजित पहिला पनि हुने गरेकै हो तर यसपटक अमेरिकाका राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको जित र हिलारी क्लिन्टनको पराजयलाई धेरै मानिसले अनपेक्षित भने । पुँजीवादी विश्वका सम्पूर्ण मिडिया हिलारी क्लिन्टनको विजयको प्रचार गरेका थिए । मिडियाका पटक पटकका ‘एक्जिट पोल’ (मत सर्वेक्षण) ले हिलारी क्लिन्टनको स्थितिलाई अगाडि देखाएको थियो तर अन्तमा परिणाम त्यसको विपरीत भयो । अमेरिकी चुनावको परिणाम पर्खेर बसेका विश्वका करोडौँ मानिस चुनाव परिणामबाट स्तब्ध भए ।
चुनाव परिणामपछि राजनीतिक विश्लेषक, लेखक, पत्रकारहरूले विभिन्न कोणबाट विश्लेषण गरे । विश्व राजनीतिक प्रणाली यथास्थितिबाट बाहिर निस्कन चाहन्छ । ट्रम्पको विजय डेमोक्रेटिक उम्मेदवार हिलारीको राज्य सञ्चालनको परम्परागत नीतिको निरन्तरताप्रतिको प्रतिबद्धता हो भन्ने निचोड निकाले कतिले । मतदानमा व्यक्तिको राजनीतिक योग्यता, परिपक्वता र अनुभवको ख्याल गरिएन । गोरा जातिमा सांस्कृतिक, आर्थिक, सामाजिक र राजनीतिक रूपले परेको नकारात्मक परिणामको आधारमा मतदान गरे । आप्रवासी काला जातिले शासन गरेको गोराहरूलाई चित्त बुझेन । महिलाप्रति हर्ने सङ्कीर्ण अमेरिकीहरूको चिन्तन प्रणालीलाई यो परिणामले नराम्रोसँग उजागर ग¥यो । हामीले राष्ट्रपतिको उम्मेदवारको व्यक्तिगत वा पार्टीगत आधारमाभन्दा पनि समग्र विश्व राजनीतिक प्रणालीमा पर्ने असरको धरातलमा उभेर समीक्षा गर्नु उपयुक्त होला ।
फ्रान्सेली अर्थशास्त्री थोमस पिकेटी भन्नुहुन्छ, ‘युरोप र विश्वलाई मुख्य शिक्षा प्रस्ट छ, भूमण्डलीकरणलाई आधारभूत रूपमै पुनर्विन्यास गर्नुपर्छ । ’ यो भनाइ अत्यन्तै महŒवपूर्ण छ । अमेरिकी समाजमा भूमण्डलीकरण र खुला बजार व्यवस्थामा परेको सङ्कटको परिणाम हो ट्रम्पको विजय । ट्रम्पको विजय अमेरिकी नीतिको परिणाम हो । बजार उदारीकरणद्वारा विश्व साम्राज्य कायम गर्ने अमेरिकी सपनालाई चिनियाँ विश्व बजारले उछिनिदियो । अमेरिकी युवक तथा निम्न आय भएका गोराहरूको मत ट्रम्पलाई गयो । युवा पुस्ताले विश्व बजार प्रणालीमा आफ्नो भविष्य सुरक्षित देखेन । निम्न आय भएका व्यक्तिले चिनियाँ पुँजीसित प्रतिस्पर्धा गर्ने विश्वास गुमाए । अमेरिका मात्रै अमेरिकीको भविष्य सुरक्षित देख्ने सम्भ्रान्त गोराहरूले सेप्टेम्बर ११ को घटनाले आतङ्कित बनेको अमेरिकीको मनोविज्ञानलाई ट्रम्पको आप्रवासी विरुद्धको आक्रोशपूर्ण अभिव्यक्तिले आकर्षित ग¥यो । मेक्सिकोको सीमामा पर्खाल लगाउने ट्रम्पको उद्घोषले राष्ट्रवादी जनमत ट्रम्पको पक्षमा तानियो ।
अमेरिका खुम्चिन चाहन्छ आफ्नो सीमाभित्र । एकधु्रवीय विश्वको सपना बाँडेर अमेरिकी जनतालाई शासन गर्ने अमेरिकी सपना तुहिइसकेको छ । ट्रम्पको विजय एकध्रुवीय विश्वको बिसर्जनको सनाखत हो । ट्रम्पको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसित सहकार्य गरेर जाने सन्देशले २१औँ शताब्दीको विश्व राजनीतिक प्रणालीमा आमूल परिवर्तन हुने सङ्केत गर्छ ।
ट्रम्प कुनै राजनीतिक सुझबुझ भएका व्यक्ति मानिनुहुन्न । उहाँले स्वास्थ्य बीमाको खारेजी चाहनुहुन्छ । । यसले ट्रम्पलाई मतदान गर्ने निम्न र मध्यमवर्गीय अमेरिकीलाई प्रभावित गर्नेछ । निजी स्वास्थ संस्थाहरूको व्यापार वृद्धिले अमेरिकी समाजमा असमानताको दूरी निकै फराकिलो हुनेछ । करको ३५ प्रतिशतको दायरा घटाएर १५ मा झार्ने घोषणाले अमेरिकीहरू खुसी त भए तर यसको दूरगामी परिणाम भने निकै घातक हुनेछ । कर्पोरेट पुँजीलाई संरक्षण गर्ने ट्रम्पको नीतिले अमेरिकी सम्भ्रान्त पुँजीपतिलाई संरक्षण गर्नेछ । मिकेरी अगाडि भन्नुहुन्छ, ‘हाम्रो समस्याको मूल चुनौती असमानताको वृद्धि र विश्व तापमानमा आएको वृद्धि हो । ’ ऊर्जा उत्सर्जनको समस्या हल गर्ने विश्व अभियानबाट ट्रम्प विचलित र गैरजिम्मेवार ढङ्गले पेस हुनुभएको छ ।
सतही रूपमा उहाँ अति राष्ट्रवादी व्यवसायीको रूपमा पेस हुनुभएको छ । मेक्सिकोको सीमामा पर्खाल लगाउने ट्रम्पको भाषणलाई अमेरिकीले मन पराए । मेक्सिकोको बाटो भएरै चोरीछिपी अमेरिका छिर्ने र आन्तरिक गडबढी मच्चाउने, लागूपदार्थ ओसारपसार गर्ने, मानव तस्करीको सरल निकास त्यसैलाई बन्द गर्छु भन्ने ट्रम्पको भनाइको अमेरिकी मतदाताले समर्थन गरे । मानव तस्करी चोरिनिकासी, लागूपदार्थ तस्करी रोक्न अमेरिकी सुरक्षा निकाय असक्षम रहेछ भन्ने सन्देश हो यो । भारतबाट प्रकाशित हुने टेलिग्राफले ‘अमेरिकालाई, हाम्रा मान्छेहरू आदरणीय भगवान् मान्छन् । भगवान्को देशमा किन यस्तो
गरेको ?’ भन्छ । ट्रम्पको विजय देखेर ‘भगवान’ को देशमा भएको आन्तरिक गडबढी र आतङ्कबाट आजित जनताले ट्रम्पजस्ता व्यक्तिको छनोट गर्न बाध्य भएका छन् । कार्यकाल सम्हालेको सय दिनभित्र अवैध रूपमा अमेरिका बस्दै आएका अप्रवासीलाई निस्कासन गर्छु या त जेल हाल्छु भन्ने कडा प्रतिक्रियाले अमेरिकी लोकतन्त्रमा कति असर गर्ला हेर्न बाँकी छ । विश्व तापमानमा भएको परिवर्तनलाई नियन्त्रण गर्ने पेरिस सम्झौता मान्न बाध्य छैन भन्ने गैरजिम्मेवार अभिव्यक्तिले अमेरिकी शासन व्यवस्थालाई विश्वको दृष्टिमा कमजोर अवश्य गर्नेछ ।
डोनाल्ड ट्रम्पको चुनाव घोषणापत्रले साम्राज्यवादी विश्वमा ठूलै हलचल मचायो । युरोपियन युनियनले ट्रम्प चाहेको थिएन । नेटो सैन्यशक्तिप्रति प्रतिबद्ध र विश्वासी उम्मेदवारी हिलारीको विजय पर्खेको थियो । रुस, चीन विरोधी क्याम्प सुदृढ र बलियो गर्ने रणनीतिकारको प्रतिक्षा थियो चुनावमा । युरोपियन युनियनको सपना नराम्रोसँग तुहियो । ट्रम्पको विजयपछि प्रतिक्रिया दिँदै फ्रान्सका राष्ट्रपतिले परिणाम खतरनाक भने । राजनीतिक विश्लेषक तथा पत्रकारहरूले आक्रोश व्यक्त गर्दै ‘अनटेस्टेड पोलिटिसियन’ भनेर प्रतिक्रिया दिए । ट्रम्पले नेटो र विश्वमा सैन्य कटौती गर्ने भन्नुभएको छ । जापानमा ४९ हजार, तथा दक्षिण कोरियामा रहेका २७ हजार सैनिकको खर्च कटौती हुने सङ्केत गरिसकेको र नेटो सैनिकका लागि भएको अमेरिकी खर्च अमेरिकाको समृद्धिमा केन्द्रित गर्ने घोषणा कम महŒवपूर्ण ठानेनन् अमेरिकीहरूले । यसबाट विश्व साम्राज्यवादी धुरीलाई सैन्य बलमा टिकाउने साम्राज्यवादी रणनीतिमा अवश्य पनि असर पर्न सक्छ । अमेरिका दुई धु्रवमा विभाजित हुने सङ्केत हो यो । यथास्थितिलाई कायम राख्ने कि ट्रम्पको नयाँ सोच अमुसार अगाडि बढ्ने भन्ने कुरामा पेन्टागन विभाजित हुनेछ । यसलाई यथास्थितिवादीहरूले खतरा भनेर विश्लेषण गरिसकेका छन् ।
अमेरिकी पत्रकार तथा लेखक रोजर कोहनले द न्यूयोर्क टाइम्समा लेख्नुहुन्छ, ‘अनिश्चयले भरिपूर्ण यो अवस्था विश्व मामिलाका लागि खतरनाक क्षण हो । ’ ... ‘बाराक ओवामा लोकप्रिय छन् तर अमेरिकाका प्रथम काला जातिका राष्ट्रपति हुँदैमा नस्लवादको अवसान भइसकेको थिएन । त्यस्तै लिङगका आधारमा महिलामाथि गरिने पक्षपात पनि अझै जीवित छ । महिलाप्रतिको द्वैषका बाबजुद भएको ट्रम्पको विजयले यही देखाउँछ । ’ यो भनाइले अमेरिकी गोराको दिमागमा सङ्कीर्ण नस्लवाद युगौँदेखि आग्रहको रूपमा छ भन्ने प्रस्ट हुन्छ । कथित अमेरिकी स्वतन्त्रता, समावेशी लोकतन्त्र, मानवअधिकारको नारा कति खोक्रो रहेछ भन्ने प्रस्ट हुन्छ । आप्रवासीविरुद्धको द्वेष नस्लवादको चरम अभिव्यक्ति हो । जातिभेद र लिङ्गभेद जस्ता अत्यन्तै घृणित मान्यता बोकेको समाज रहेछ अमेरिका भन्ने बुझ्न सरल भएको छ । अमेरिकी लोकतन्त्र भाले लोकतन्त्र हो, त्यसले भाले जातिको हितलाई मात्र हेर्छ भन्ने प्रमाणित भएको छ ।
ट्रम्पको जितले परम्परागत पश्चिमा लोकतन्त्रको मोडल असफल भइसकेको भन्ने सङ्केत गर्छ । वर्तमान पश्चिमा राजनीतिक प्रणाली विशेष अमेरिकी राजनीतिक तथा आर्थिक प्रणाली असफल सिद्ध भएको छ । अमेरिकी लोकतन्त्र नक्कली लोकतन्त्र हो भन्ने कुरा नस्लवाद र लिङ्गभेद नीतिको चरम अभिव्यक्ति यस पटकको निर्वाचनमा प्रकट भएको छ ।
बेलायत जनताले जनमत सङ्ग्रहमा युरोपियन युनियनबाट अलग हुने अभिमत प्रकट गरे । बेलायत र युरोपियन शासक गुटका नेताले त्यो चाहेका थिएनन् र त्यो परिणाम आउँछ भनेर सोचेका थिएनन् तर अहिले जनताको फैसला मान्न बाध्य भएका छन् । स्केन्डभियन देशका जनता युरोपियन युनियनमा बस्न चाहँदैनन् । जनमत सङ्ग्रह हुने हो भने परिणाम त्यही आउनेछ ।
अमेरिकी जनताले केही नयाँ चिज खोजेका छन् । त्यसको अभिव्यक्ति स्वरूप ट्रम्पको जित भयो तर यो क्षणिक र अस्थायी हो । युगा सधैँ एकैनाश रहन सक्दैन । गतिमा अगाडि बढेको युगले नयाँको खोजी गर्छ । इतिहासले नेतृत्व जन्माउँछ । ट्रम्प अमेरिकी इतिहासको उपज हुन् । यो खतराको श्रीगणेश हो । हरेक समाजमा परिवर्तन आउँछ । वर्तमान विश्व राजनीतिक प्रणालीको विकल्प समयकै गर्भबाट जन्मिन्छ । ट्रम्पको विजयबाट कोही आत्तिनुपर्ने आवश्यकता भने छैन ।
विश्व राजनीतिक रङ्गमञ्चमा विगत केही समययता अनौठा दृश्य देखिन थालेका छन् । जनताले कुनै पार्टी विशेष वा सत्तारुढ वर्गका रैती विशेष नरहेर स्वतन्त्र निर्णय गर्न थालेका छन् । विगत निर्वाचनमा परम्परावादी पार्टी कङ्ग्रेस आईलाई भारतीय जनताले ठेगान लगाइदिए । दिल्लीका जनताले केजरीवाललाई मतदान गरेर विजेपी कङ्ग्रेस जस्ता पार्टीको पत्तासाफ गरिदिए । बेलायती जनताले युरोपियन युनियनबाट अलग हुने फैसला गर्छन् भन्ने सोचेको भए शासक गुट जनमतमा जाने नै थिएन । त्यस्तै ट्रम्पको विजयबाट विश्व साम्राज्यवाद तिल्मिलाउने स्थिति भयो । ट्रम्प जनताका प्रतिनिधि हुनुहुन्न तर जनताकै मतले जित्नुभयो । संसदीय प्रणालीका यी परिणामले परम्परागत संसदीय प्रणालीको भविष्य सकिँदै गएको र नयाँ विश्व राजनीतिक प्रणालीको विकास अनिवार्य छ भन्ने सन्देश अमेरिकी चुनाव परिणामले दिएको छ ।
सिन्जिआङ (चीन), वैशाख २८ गते । चीनको उत्तर दक्षिणी क्षेत्रमा पर्ने सिन्जिआङ स्वायत्त प्रदेशमा आएको भूकम्पमा परी कम्तीमा ८ जनाको मृत्यु भएको छ भने अरु २३ जना घाइते भएका छन् ।
स्थानीय समयानुसार बिहिबार विहान ५.५८ बजे ५.५ म्याग्नीच्युडको भूकम्प महसूस गरिएको सरकारी अधिकारीहरुले जनाएका छन्
भूकम्पबाट १२ हजार व्यक्ति प्रभावित भएका र असुरक्षित स्थानमा रहेका मध्ये झण्डै ९ हजार २ सय जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
भूकम्पमा परी घाइते भएका सवैलाई उपचारका लागि अस्पतालमा लगिएको छ । भूकम्प प्रभावित क्षेत्रमा करिव एक हजार सैनिक र प्रहरी तथा १५ सय जना स्वयमसेवकहरु उद्धारका लागि क्रियाशिल रहेका छन् ।
भूकम्पपिडितहरुका लागि सहयोग सामग्रीहरु घटनास्थलमा पु¥याइएको आपत्कालिन उद्धार केन्द्रीय कार्यालयले जनाएको छ ।
भूकम्प प्रभावित क्षेत्रका घरहरुको पर्खाल चर्किएको देखिएको छ । भूकम्पको केन्द्रविन्दु भएको ठाँउमा क्षतविक्षत भएर भत्कीएका घरहरु हटाउने कार्य भएको छ । रासस/सिन्ह्वा
यो वर्षको निजामती सेवा दिवस ‘निजामती सेवाको प्रतिबद्धता, पारदर्शिता र चुस्तता’ का साथ मनाइँदैछ । निजामती सेवा ऐन वैधानिक रूपमा २०१३ भाद्र २२ गते स्थापना भएको हो । लामो समयपश्चात् वि.सं. २०६१ बाट मात्र यो दिवस मनाउने शुरुवात भएको हो ।
देशको अभिभावक ऐनको रूपमा रहेको निजामती सेवा राष्ट्र समृद्धिको आधार हो । नेपालमा यस सेवामा कार्यरत जनशक्ति लगभग ८६ हजारको हाराहारीमा रहेको छ । दशवटा प्रशासनिक र प्राविधिक सेवामा कार्यरत जनशक्तिले झण्डै तीन करोड नेपाली जनताको सेवा गरिरहेका छन् । यस सेवाको मुख्य लक्ष्य नै सेवाग्राहीको सन्तुष्टिबाट देशको समृद्धि हासिल गर्ने हो । राष्ट्र विकासको ऐनाको रूपमा रहेको निजामती सेवा पारदर्शि, सशक्त, निष्पक्ष र चुस्त हुनुपर्ने कुरामा सन्देह छैन । यद्यपि, हाम्रो देशको निजामती सेवा र त्यसमा कार्यरत जनशक्तिबाट जनता खुशी छैनन् । जबसम्म जनताले सन्तुष्टिको अनुभूति गर्दैनन्, तबसम्म सेवाप्रति आस्था र विश्वास आर्जन गर्न सकिँदैन । नेपालमा यस सेवाको भूमिकालाई हेर्दा ऐतिहासिक र स्मरणयोग्य कार्य नभएका होइनन्, तथापि सेवाप्रति आकर्षण बढ्दो र विश्वास कम हुनुमा गहिरो विश्लेषण हुन आवश्यक छ । निजामती सेवाको मूल्य र मान्यता माथि जनविश्वास डगमगाउनु उपयुक्त देखिँदैन । यस सेवालाई मर्यादित र सम्मानित बनाउन राजनीतिक दल, उच्च प्रशासनिक नेतृत्व जनता र हामी सेवामा कार्यरत पेशाकर्मी नै जागरुक बन्न सक्नुपर्छ ।
निजामती सेवालाई मर्यादित र व्यवस्थित बनाउने जिम्मेवारी नेपालीकै रहेको विषयमा द्धिविधा छैन । जनताले भरोसा र विश्वास गर्न लायक बनाउन नसक्नुमा कसको भूमिका र कहाँ कमजोरी रहेका छन् ? यो प्रश्नलाई मसिनो ढङ्गबाट केलाउन आवश्यक छ । निजामती सेवाको जन्मदिन राम्रा र मीठा विषय राख्नु उपयुक्त हुने भए पनि झाङ्गिएर रहेका तीता कुरालाई हटाउन प्रतिबद्धता र हिम्मत गर्ने दिनको रूपमा समेत लिन सक्नुपर्छ । यसपटकको दिवसको नाराले समेत यही कुरालाई सङ्केत गरेको छ । सेवाग्राहीबाट निजामती सेवालाई सकारात्मक दृष्टिकोण बनाउने उपायको खोजी गरिनुपर्छ । सुशासन कायम गराउने नारा धेरै तयार गरिएका छन् तर व्यवहारमा उतार्न नसकिएका गुनासा निजामती कर्मचारीबाटै आउने गरेका छन् । यसर्थ, परिवर्तीत सन्दर्भ र अन्तर्राष्ट्रिय स्तरमा आउने नयाँ प्रशासनिक आयामलाई नेपालले आफ्नो परिवेशमा रूपान्तरण गर्न आवश्यक देखिएको छ । जिम्मेवारी र दायित्वलाई आफ्नो कर्तव्य सम्झी सेवाग्राही र देशको विकासमा समर्पण गर्ने भावनाको मानसिकता तयार गर्नु नितान्त जरुरी छ । निजामती सेवा ऐन र नियममा रहेका त्रुटी, विसङ्गतीहरूलाई हटाई न्यायोचित व्यवस्था कायम गर्नुपर्छ । राम्रा, योग्य र क्षमतावानलाई पुरस्कृत र विकृत मानसिकताबाट ग्रसितलाई दण्डित गर्ने कानुनलाई कडाइँका साथ पालना गर्ने साहस देखाउन सक्ने हो भने कमजोरी हट्दै जानेछन् । हाल सार्वजनिक भइरहेका भ्रष्ट आचरण, ऐन र नियममा कागज मिलाएर सौदाबाजी गर्ने र राष्ट्रिय ढुकुटी व्यक्तिगत शौख पूरा गर्न र शक्तिमा आसन्न व्यक्तिलाई पोस्ने माथि कारबाहीको डण्डा बर्साउने हिम्मत गर्ने हो भने यस सेवाको छविलाई उच्च बनाउन सकिन्छ । जस्ले देशलाई लुट्न सक्छ, जसरी पनि पैसा कमाउन सक्छ, त्यसलाई स्वीकार होइन तिरस्कार गर्न सक्ने आँट समाजमा समेत हुनुपर्छ । उच्च प्रशासनिक र राजनीतिबाट संरक्षित भ्रष्टचार नियन्त्रण गर्न राष्ट्र सक्रिय र निर्ममतापूर्वक कार्यस्थलमा लाग्न सक्ने हो भने यस सेवामा देखिएका कमजोरीलाई हटाउन मद्दत पुग्ने अपेक्षा गर्न सकिन्छ । मुलुकको अस्थिर राजनीतिमा सन्तुलन र दिगो सरकारको अवधारणालाई जीवन्त तुल्याउन सकियो भने निजामती प्रशासनका धेरै समस्या आफैँ समाधान हुन सक्छन् ।
मुलुक यतिबेला राजनीतिक हिसाबले सङ्घीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको छ । तीन तहमा रहेको सरकारको भूमिकालाई सफल बनाउन र मुलुकको समृद्धि हासिल गर्न यो राजनीतिक प्रणाली सफल बन्नैपर्छ । जनताको लामो प्रतिक्षा र सङ्घर्षले स्थापित राजनीतिक व्यवस्थालाई जनपक्षीय बनाउन सबै सरोकारवाला पक्ष खटिनुपर्छ । सिंहदरबारका अधिकारलाई दूरदराजमा रहेका जनताका घर आँगनमा सेवा पु¥याउन कटिबद्ध सरकारको यस कार्यलाई मूर्तरूप दिन निजामती सेवामा कार्यरत जनशक्तिको प्रमुख भूमिका रहने भएकाले कर्मचारीबाट निर्वाह हुने कार्यसम्पादनबाटै सही परिणाम निकाल्न सक्छौँ । निजामती सेवामा कार्यरत जनशक्तिलाई खटनपटनको व्यवस्थापन र स्थायी प्रक्रियाबाट समायोजन गर्ने कार्यको थालनीमा ढिलाइ भइरहेको महसुस भएको छ । जनप्रतिनिधि निर्वाचित भएर स्थानीय सरकारको बाग्डोर सम्हाल्न आइसकेको भए पनि जनशक्तिको अभावले नीति र योजना निर्माण हुन नसकेको अवस्था छ । यसर्थ, तेरो र मेरो नगरी सरकारले वर्तमान सङ्क्रमणको व्यवस्थापनका लागि कर्मचारीको उचित खटनपटन गर्न सक्नुपर्छ ।
निजामती सेवा दिवस मनाइरहेको यस अवस्थामा गत वर्ष निर्वाचित आधिकारिक ट्रेड युनियनबाट सरकारलाई सार्वजनिक रूपमा प्रस्तुत गरेका सुझाव र सल्लाहलाई आत्मसात् गरी कार्य अगाडि बढाउनुपर्छ । ट्रेड युनियन निजामती सेवाको संस्था हो भन्ने बुझाइलाई आत्मसात् गर्ने हो भने समस्याको समाधन गर्न सकिन्छ । आधिकारिक ट्रेड युनियन आफैँमा नीति निर्माण गर्ने निकाय होइन तर त्यसका लागि सही र उपयुक्त सल्लाह र सुझाव प्रस्तुत गर्ने कुरामा शङ्का गरिरहनुको कुनै अर्थ देखिँदैन । ट्रेड युनियन आबद्ध कर्मचारी यस वर्ष तयार गरिएको निजामती सेवा दिवसको ‘निजामती सेवाको प्रतिबद्धता, पारदर्शिता र चुस्तता’ भन्ने नारालाई सफलिभूत बनाउन कटिबद्ध छन् । साउन महिनामा आएको बाढी र पहिरोका कारण यस वर्ष तामझाम र हर्षोल्लासका साथ निजामती सेवा नमनाउने निर्णय भएको छ । आधारभूत कार्य स्वास्थ्य शिविर, रक्तदान, वृक्षारोपण र विपद् व्यवस्थापनसम्बन्धी कार्य मात्रै गरेर यो दिवसमा मनाइँदैछ । नेपालीका आसु रसाउँदा निजामतीले त्यसको मर्म बुझ्नुपर्ने र आफैँलाई आइपरेको समस्या सम्झी कार्यालय सहयोगीदेखि मुख्य सचिवको एकदेखि पाँच दिनको पारिश्रमिक सहयोग गर्ने प्रतिबद्धता जनाई नारालाई सफलिभूत बनाउन खोजिरहेको छ ।
हरेक वर्षझैँ यस वर्ष पूर्व कर्मचारी सम्मानित नगर्ने कुराले दिवसको मर्मलाई खल्लो बनाएको कर्मचारीबीच चर्चा भएको छ । सर्वोत्कृष्ट कर्मचारी घोषणा नगर्नुले निजामती सेवाको सक्षमता माथि प्रश्नचिह्न खडा गरेको छ । सक्षम र इमानदार कर्मचारी यस सेवामा नभएकै हो त ? निर्णयकर्ताले यसप्रति गम्भीर बन्नैपर्छ । यद्यपि, बाढीपहिरोको यस विपद्को घडीमा हर्षोल्लासभन्दा जिम्मेवार हुनुपर्ने मानसिकताका साथ यस वर्षको निजामती सेवा मनाइरहेका छाँै ।
कर्पाेरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले विगत अगामी वडा दशै, तिहार तथा छठपर्वलाई ध्यानमा दिई सबै प्रदेशमा सुपथ मूल्यका पसलमार्पmत दैनिक उपभोग्य वस्तु बिक्री वितरण गर्ने जानकारी दिनुभयो ।
| Форум Анапы | Новые сообщения | Недвижимость Анапы | Подбор квартир | Карта новостроек | Об Анапе | | OSCAR-2019 |
||
Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment कांग्रेस विवाद : संस्थापनइतरले अर्को बैठक पनि बहिष्कार गर्ने - Pnpkhabar.com
काठमाडौं, १६ पुस : कांग्रेसमा संस्थापनइतर खेमाले पुस १७ को केन्द्रीय कार्यसमिति बैठकसमेत बहिष्कार गर्ने भएको छ । सभापति शेरबहादुर देउवाले गत शुक्रबार एकपक्षीय निर्णय गरेको जनाउँदै वरिष्ठ नेता रामचन्द्र पौडेलले त्यसलाई नसच्याएसम्म बैठकमा सहभागिता नजनाउने निर्णय भएको बताए ।
संस्थापनइतरको बहिष्कारकै बीच बसेको केन्द्रीय कार्यसमिति बैठकले तल्ला तहदेखि केन्द्रीय महाधिवेशनसम्मको कार्यतालिका ल्याउनुका साथै कार्यसमितिको कार्यकाल बढाउने, पार्टीको क्रियाशील सदस्यतासँग सम्बन्धित विधानका दफा निलम्बन गर्ने, पार्टीका विभागको संख्या बढाउने र कार्यकाल सकिएको तरुण दलको म्याद बढाउने निर्णय गरेको थियो ।
यी सबै निर्णय आगामी महाधिवेशनलाई प्रभावित पार्न भएको ठहर गर्दै मंगलबार केन्द्रीय कार्यालयमा बसेको पौडेल समूहको बैठकले निर्णय सच्याउनुपर्ने बटमलाइन अघि सारेको हो । पौडेल पक्षको बैठक यसअघि नेताहरूको निवासमा हुँदै आएको थियो । त्यसले गलत सन्देश जान थालेको भन्दै मंगलबारदेखि पार्टी केन्द्रीय कार्यालयबाटै गतिविधि सुरु गर्ने उक्त समूहको निर्णय छ ।
'निर्णय सच्चिनुपर्छ, नसच्चिएसम्म देशभर संवादमा जान्छौं, नेता–कार्यकर्ता, बुद्धिजीवी र शुभेच्छुकहरूसँग अन्तर्क्रिया गर्छौं,' पौडेलले भने । सभापति देउवा बहुमतबाट अघि बढ्न खोजेपछि संस्थापनइतर खेमाले आफ्नो पक्षका जिल्ला सभापतिसँग समेत छलफल गर्ने भएको छ । त्यसका लागि उनीहरूलाई पुस २१ गते केन्द्रीय कार्यालयमा बोलाइएको छ ।
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षका केन्द्रीय सदस्यले भने मंगलबार बैठकमा सहभागी नभई देउवालाई ध्यानाकर्षणपत्र बुझाएका छन् । साँझ बूढानीलकण्ठस्थित निवासमै पुगेर बुझाइएको पत्रमा विवाद अन्त्यका लागि शुक्रबारको निर्णय तत्काल सच्याउन माग गरिएको छ । बैठकमा सहभागी नभए पनि मुद्दामा संस्थापनइतर खेमा एकैठाउँ उभिएका छन् ।
'शुक्रबारको निर्णय पार्टीको परम्पराविपरीत त छ नै, आजको विषम परिस्थितिमा पार्टी र लोकतन्त्रको हितविपरीत पनि छ । पार्टीको महाधिवेशन जस्तो सर्वाधिक महत्त्वपूर्ण विषयको कार्यतालिका र कार्यविधि बहुमत/अल्पमतबाट निर्णय गर्ने कुरालाई कुनै पनि तर्क र बहाना वा परिस्थितिले औचित्य पुष्टि गर्न सक्दैन,' ध्यानाकर्षणपत्रमा सिटौलाले भनेका छन्, 'यसले सरकारविरुद्धको पार्टीको आवाजलाई समेत कमजोर बनाउने सम्भावना बढेको छ ।'
उनले महाधिवेशन हुने/नहुने आशंका मेट्दै विश्वसनीय वातावरण बनाउन सभापतिलाई चारबुँदे सुझावसमेत दिएका छन् । क्रियाशील सदस्यताको छानबिन समिति निर्माण र महाधिवेशन कार्यतालिकाबारे पार्टीको पूर्ण बैठकबाट निर्णय लिन आग्रह गर्दै उनले विभाग र समितिहरू विधानसम्मत रूपमा गठन गर्नुपर्ने, भ्रातृ तथा शुभेच्छुक संस्थालाई नियमित रूपमा विधानबमोजिम नेतृत्व चयन गर्ने वातावरण बनाउनुपर्ने, बहुमत र बैठक बहिष्कारको प्रवृत्ति अन्त्य गर्नुपर्ने माग राखेका छन् । कान्तिपुर दैनिकले खबर छापेकाे छ । | 2021/05/14 06:09:51 | https://www.pnpkhabar.com/%E0%A4%95%E0%A4%BE%E0%A4%82%E0%A4%97%E0%A5%8D%E0%A4%B0%E0%A5%87%E0%A4%B8-%E0%A4%B5%E0%A4%BF%E0%A4%B5%E0%A4%BE%E0%A4%A6-%E0%A4%B8%E0%A4%82%E0%A4%B8%E0%A5%8D%E0%A4%A5%E0%A4%BE%E0%A4%AA%E0%A4%A8/ | mC4 |
धनगढीको दिनेश सञ्चार गृहमा सांघातिक आक्रमण, समाचार कक्षमै कुटिए पत्रकारहरु – BRTNepal
बिआरटीनेपाल २०७७ भदौ २६ गते ७:२५ मा प्रकाशित
धनगढीको दिनेश सञ्चार गृहमा सांघातिक आक्रमण भएको छ।प्रहरीको थुनवा कक्षभीत्रै युवकद्वारा आत्महत्या सम्बन्धी समाचारलाई लिएर १५र२० जना युवाहरुको समूहले समाचारकक्षमै गएर सहसम्पादक जनकसिंह विष्ट लगायतका पत्रकारहरुमाथि आक्रमण गरेका हुन्।
दिनेश खबरले समाचारकक्षमै पत्रकारहरु कुटिएको भिडियो सार्वजनिक गरेको छ। 'थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या' भन्ने समाचार झुटो भएको भन्दै आक्रमण भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले दिएको विवरणका आधारमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले आत्महत्या गरको सम्बन्धी समाचार दिनेश खबरमा प्रकाशन भएको सम्पादक नवराज पनेरुले बताउनुभयो ।
समाचारमा धनगढी उपमहानगरपालिका –१ बाट चोरी मुद्दामा भदौ २२ गते पक्राउ परेका १९ वर्षीय रोशन विकले शौचालयमा आत्महत्या गरेको उल्लेख थियो ।तर युवकले आत्महत्या गरेको समाचार गलत भएको भन्दै मृतकका आफन्तले समाचार कक्षमै गएर पत्रकारहरुमाथि आक्रमण गरेका हुन्। घटनाको नेपाल पत्रकार महासंघ कैलाली शाखाले निन्दा गरेको छ । महासंघ कैलालीका कोषाध्यक्ष हिमाल जोशीले घटनामा संलग्नहरुको पहिचान गरी पक्राउ गरेर कानुनी कारबाहीको माग गर्नुभएको छ । | 2020/10/25 16:53:32 | https://www.brtnepal.com/2020/09/11/121511.html | mC4 |
उमासँग मिलेर 'कृत काब्या' बनाउँदै आकाश – Online Khabar
२०७८ कात्तिक १ गते ९:३५
निर्देशक आकाश अधिकारी र कलाकार तथा निर्मात्री उमा बेबीले संयुक्त रुपमा चलचित्र 'कृत काब्या' निर्माण गर्ने भएका छन् । सामाजिक संजालबाट आकाशले यो चलचित्र निर्माण गर्न लागेको जानकारी दिएका छन् ।
यो चलचित्रको छायांकन दशैंपछि सुरु हुने बताइएको छ । दुई यूवा–यूवतीको प्रेम कथामा निर्माण हुने यो चलचित्रलाई आकाशले नै निर्देशन गर्दैछन् । चलचित्रमा उनको नै कथा छ ।
चलचित्रका लागि कलाकार भने फाइनल नभैसकेको निर्माणपक्षले बताएको छ । तर, कलाकार उमा बेबीले छोरी शिवानीलाई यो चलचित्रमा काम गराउने संंभावना प्रवल रहेको वुझिएको छ । शिवानीले चलचित्र 'कही कतै'बाट डेब्यू गरेकी थिइन् । यो चलचित्र असफल भएपछि शिवानीले दोश्रो चलचित्रमा काम गरेकी छैनन् ।
आकाशले कलाकार सौगात मल्ललाई लिएर नयाँ चलचित्र बनाउने तयारी गरेका थिए । तर, यो चलचित्रलाई पोष्टपोन्ड गर्दै आकाशले उमासँग सहकार्य गर्न लागेका हुन् ।
आकाश र उमाले 'त्यो तिम्रो चोखो प्रेमको' बोलको गीतमा एकसाथ काम गरेका थिए । नेपाली र हिन्दी भाषामा निर्माण हुने 'कृत काब्य'लाई नेपाल र भारतको सिक्किममा खिचिनेछ । | 2021/12/06 11:15:38 | https://www.onlinekhabar.com/2021/10/1026987 | mC4 |
युगसम्बाद साप्ताहिक - राष्ट्रपति सीको नेपाल भ्रमण
Thursday, 04.02.2020, 05:03pm (GMT+5.5) Home Contact
नेपालको उत्तरी छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सी जिनफिङको हालै सम्पन्न नेपाल भ्रमण नेपाल र चीनबीचको प्रागऐतिहासिक र आधुनिक सम्बन्धलाई नयाँ दृष्टि र दिशा दिन पूर्णतः सफल रहेको विश्वास नेपाली जनताले गरेका छन् । चीन नेपालको घनिष्टतम र भरपर्दो मित्रदेश हो र सार्वभौमिक समानताका आधारमा नेपालसित बहुआयामिक सम्बन्ध परिचालित गर्न निरन्तर उत्सुक र अग्रसर छ भन्ने विश्वासलाई सान्दर्भिक भ्रमणले थप पुष्टि गरेको छ । चीनले नेपालको सार्वभौमिकताको सम्मान गर्दैआएको र नेपालको सर्वाङ्गिण विकासमा निस्वार्थ सहयोग प्रदान गर्दैआएको तथ्यप्रति आम नेपाली जनता अवगत छन् । चीनले नेपाललगायतका आफूसंग सिमाना जोडिएका साना मुलुकहरूसंग अहस्तक्षेपकारी नीति अवलम्बन गर्दैआएको र आफ्ना छिमेकी देशहरूलाई कमजोर बनाएर अनपेक्षित लाभ उठाउने काम नगरेकाले चीनप्रति नेपालको विशेष सम्मान र विश्वास रहेको निर्विवाद छ । चिनिया राष्ट्रपति सीको असोज २५ र २६ गते भएको नेपाल भ्रमण अनेक दृष्टिले ऐतिहासिक र उपलब्धिपूर्ण रहेको आमअनुभूति हुनु नेपालका लागि गौरवको विषय हो । निसन्देह यो प्रसङगले स्वतन्त्र नेपालको आत्मसम्मान वृद्धिमा ठूलो टेवा पुर्याएको छ ।
वर्तमान विश्व सन्दर्भलाई नियाल्दा चीनको महाशक्तिको रूपमा भएको अभ्युदय र मौलिक शैलीमा गरिरहेको अद्भूत विकास नेपाल जस्तो निकटतम् छिमेकी राष्ट्रका लागि नयाँ अवसरको खोजीका लागि उदाहरणीय बनेको छ । चीनले राष्ट्रपति सीको नेतृत्वमा अवलम्बन गरेको नीति र प्रदर्शन गरिरहेको व्यवहारले आर्थिक, प्राविधिक र कनेक्टिभिटी क्षमता विस्तारमा पार्दैआएको प्रभावबाट आलोकित नहुने सायदै कुनै मुलुक छ । नेपाल र चीन भौगोलिक सीमा जोडिएका छिमेकी देशमात्र नभएर इतिहासको लामो कालखण्डदेखि सामाजिक–सांस्कृतिक सम्बन्धले जोडिएका घनिष्टतम मित्र पनि हुन् । यी दुई देश दुर्गम हिमपर्वतीय शृङ्खलाले जोडिएका भए पनि आधुनिक प्रविधिको विकासले पारस्परिक सम्मान, सद्भाव र सहयोग विस्तारलाई सहज र स्वाभाविक गतिमा प्रभावित गर्न ठूलो बल पु¥याएको छ ।
सन् १९८४ मा राष्ट्रपति लिसियान नियान र सन् १९९६ मा राष्ट्रपति जियाङ् जमिनबाट भएको नेपाल भ्रमणपछिको २३ वर्षमा चिनिया राष्ट्रपति सीबाट भएको सान्दर्भिक भ्रमण किन पनि विशेष महत्वको हुनपुगेको छ भने यस अवधिभित्र नेपाल र चीनबीच बहुआयामिक सम्बन्ध विस्तारका रचनात्मक प्रयासहरू आमरूपमा प्रत्यक्ष नै अनुभूत हुने गरी अगाडि बढेका छन् । भूपरिबेष्ठित नेपाल र चीनबीच भएको पारवहन सम्झौता र चीनले अगाडि सारेको 'बेल्ट एण्ड रोड इनिसिएटिभ'मा नेपालले गरेको हस्ताक्षरबाट पारस्परिक सहयोग, सद्भाव र विश्वासको आधार अरू मजबुत भएको छ । राष्ट्रपति सीको हालै सम्पन्न नेपाल भ्रमणबाट नेपाल र चीनबीचको सम्बन्धले नयाँ फड्को मारेको छ । सुरक्षा, विकास, आपसी सहयोग र कनेक्टिभिटीका क्षेत्रमा यो भ्रमणबाट पर्ने दुरगामी प्रभाव निकट भविष्यमा नै नितान्त सकारात्मक रूपमा देखिने विश्वास नेपालमा जागृत हुनु नै सर्वाधिक ठूलो उपलब्धि हो । नेपाल र चीनबीचको युगसापेक्ष स्वाभाविक सम्बन्ध विस्तारको गतिलाई अतिरञ्जित र अस्वाभाविक रूपमा चित्रण गर्ने प्रवृत्तिभित्रका दुराशयको प्रभावबाट मुक्त रहेर आफ्ना दुवै छिमेकी देशसित समनिकटताका आधारमा सम्बन्ध परिचालन गर्ने नेपालको राष्ट्रिय आकाङ्क्षालाई पनि यो भ्रमणले ठूलो बल दिएको छ । पारस्परिक सद्भाव, विश्वास र सहयोग वृद्धिका लागि राष्ट्रपति सीको हालै सम्पन्न नेपाल भ्रमणको ऐतिहासिक महत्व रहनु र नेपाल र चीनबीचको सम्बन्ध अरू फराकिलो हुँदैजाने विश्वास बढ्नु उल्लेख्य उपलब्धि रहेको सन्देह रहित छ । | 2020/04/02 11:33:37 | http://yugasambad.com.np/index.php?mod=article&cat=editorial&article=4647 | mC4 |
म्याकाफी एन्टिभाइरस सबै ग्यालक्सी एस 8 मा पूर्व स्थापित हुनेछ Androidsis
एल्विस बुकाटेरु | | Samsung, सुरक्षा
यदि तपाइँ नयाँ खरीद गर्ने योजनामा हुनुहुन्छ भने सैमसंग ग्यालेक्सी S8 वा S8 Plus, तपाईंले सायद याद गर्नुहुनेछ कि यस फ्ल्यागशिपमा पूर्व स्थापित एक अनुप्रयोगको लोगो रहेको McAfee, र यो यो हो कि कम्पनीले हालसालै आफ्नो सुरक्षा सफ्टवेयर सुरू हुने भनेर पुष्टि गरेको छ ग्यालक्सी S8 दायरा को सबै उपकरणहरुमा पूर्वनिर्धारित द्वारा स्थापित.
विशेष रूपमा, एन्टिमलवेयर टेक्नोलोजी म्याकॅफी भाइरसस्केन यो सामसु withको साथ सामान्य सम्झौताको अंशको रूपमा सबै ग्यालक्सी एस ter टर्मिनलमा समावेश हुनेछ। साथै, सुरक्षा सफ्टवेयर मकाफी लाइभसेफ, बहु प्रकारका उपकरणहरूको लागि समर्थनसहित, नयाँ सामसु PC पीसीहरूमा पनि स्थापना हुनेछ।
समान सम्झौता अन्तर्गत, सामसुले पनि प्रयोग गर्न सुरू गर्दछ म्याकफी टिभी एन्टिमलवेयर टेक्नोलोजीको लागि सुरक्षा संयुक्त राज्य अमेरिका र कोरियामा बेचिएका सबै स्मार्ट टिभीहरूमा, यद्यपि निकट भविष्यमा अधिक देशहरू थपिने छन्।
यो नयाँ सम्झौताको म्याकफी एक अलग कम्पनी बने पछि घोषित हुने पहिलो मध्ये एक हो। कम्पनी को स्थापना 1987 मा भएको थियो, तर २०११ मा यो इंटेल द्वारा खरीद गरिएको थियो। यद्यपि यस वर्षको अप्रिलमा इंटेलले त्यो घोषणा गर्यो म्याकाफी फेरि एक स्वतन्त्र कम्पनी हुनेछ, TPG क्यापिटलको साथ लगानी सम्झौताको लागि धन्यवाद। यसको बाबजुद पनि, इंटेलसँग अझै पनि A%% म्याकफीका स्वामित्वहरू छन्।
एक पक्ष नोट को रूप मा, जोन म्याकफी, अझै पनि आफ्नो नाम वहन गर्ने कम्पनी को प्रख्यात संस्थापक, १ 1994 XNUMX since देखि यस व्यवसाय मा संलग्न भएको छैन। यस समय मा उसले राम्रो प्रतिष्ठा कमाएको छ र एक केसमा पनि संलग्न भएको छ। बेलिजमा हत्याको। उहाँ हालका लागि सम्भावित खरीददारहरू फेला पार्न प्रयास गर्दै हुनुहुन्छ गोपनीयता फोन, जुन स्पष्ट रूपमा एक हो विश्वको सबैभन्दा सुरक्षित एन्ड्रोइड टर्मिनलहरू ईन्क्रिप्शन र डाटा सुरक्षा तहहरूको यसको उच्च संख्यामा धन्यवाद।
लेखको पूर्ण मार्ग: Androidsis » एन्ड्रोइड उपकरणहरू » मोबाईलहरू » Samsung » म्याकाफी एन्टिभाइरस सबै सामसु Galaxy ग्यालेक्सी S8 मा पूर्व स्थापित हुनेछ | 2021/10/18 21:10:27 | https://www.androidsis.com/ne/%E0%A4%AE%E0%A4%95%E0%A4%BE%E0%A4%AB%E0%A5%80-%E0%A4%8F%E0%A4%A8%E0%A5%8D%E0%A4%9F%E0%A5%80%E0%A4%B5%E0%A4%BE%E0%A4%AF%E0%A4%B0%E0%A4%B8-%E0%A4%B8%E0%A4%AC%E0%A5%88-%E0%A4%B8%E0%A4%BE%E0%A4%AE%E0%A4%B8%E0%A5%81-g-%E0%A4%97%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%B2%E0%A5%87%E0%A4%95%E0%A5%8D%E0%A4%B8%E0%A5%80-%E0%A4%8F%E0%A4%B8-on-%E0%A4%AE%E0%A4%BE-%E0%A4%AA%E0%A5%82%E0%A4%B0%E0%A5%8D%E0%A4%B5-%E0%A4%B8%E0%A5%8D%E0%A4%A5%E0%A4%BE%E0%A4%AA%E0%A4%BF%E0%A4%A4-%E0%A4%B9%E0%A5%81%E0%A4%A8%E0%A5%87%E0%A4%9B/ | mC4 |
प्रधानमन्त्री कप क्रिकेटः सेमिफाइनल समिकरण पूरा – ThePressNepal
काठमाडौं माघ १२ । राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा सोमबार सेमिफाइनल समिकरण पूरा भएको छ । विभागीय टोली नेपाल पुलिस क्लबले प्रदेश २ माथि ४ विकेट जित निकाल्दा सोमबार कै अर्को खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबमाथि ६ रनको जित निकालेपछि जारी प्रतियोगितामा अन्तिम चारमा पुग्ने टोलीको टुङ्गो लागेको हो ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश–२ ले ४७ ओभरमा ९ विकेट गुमाएर १ सय ६९ रन जोडेको थियो । मौसम खराबका कारण ४७ ओभरमा झारिएको खेलमा प्रदेश–२ का लागि हरिशंकर साहले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै हिमान्सु दत्तले १६ रन जोडे । आदील अन्सारीले १५ रन बनाए । पुलिसका ललित राजवंशीले ४ विकेट लिए । सागर ढकालले २ तथा पवन सरार्फले १ विकेट लिए । पुलिसको जितसँगै लुम्बिनी र प्रदेश–२ प्रतियोगिताबाट बाहिरिएको छ । यस समूहबाट एपीएफ समूह विजेता बनेर सेमिफाइनलमा पुगिसकेको छ ।
एपीएफले ४ खेलमा ७ अंक जोडेको छ । सोमबारकै अर्कोमा एपिएफले आर्मीविरुद्ध ६ रनको रोमाञ्चक जित निकालेको हो । चार खेलबाट स्पष्ट जित निकालेको एपिएफ समूह 'ए' को विजेताको रुपमा अन्तिम चारमा प्रवेश गर्दा पराजित आर्मी उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश पाएको हो । एपीएफले दिएको २ सय ४१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३४ रन मात्र बनाउन बनाएको थियो ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ४९.४ ओभरमा सबै विकेट गुमाएर २ सय ४० रन बनाएको थियो । अन्तिम चारमा स्थान बनाएको एपिएफले फाइनल प्रवेशका लागि अर्को विभागीय टोली नेपाल पुलिसँग प्रतिस्पर्धा गर्दा आर्मीले बागमती प्रदेशसँग भिड्ने । बुधबार पहिलो सेमिफाइनल खेल एपिएफ र पुलिसबीच कीर्तिपुर मैदानमा खेल हुनेछ । | 2021/11/29 00:29:59 | https://thepressnepal.com/2021/01/25/6254/ | mC4 |
लिम्वूवान - विविध सामग्री: नेपाली भनेर परिचय दिनुपनि लघुतावोध हुन्छ
रामकृष्ण बान्तवा
हार्छन मानिस मरेर कति
बाँच्छन मानिस कामले कति
सहिद भएर बाँच्नुत संयोग मात्रै हो
तर अमर भई बाँच्नु सहि समर्पण हो ।
सुभ मुकारुंगको गीतहरुको कुरा गर्नुभन्दा अगाडि यौटा तितो सत्यले मेरो घाँटी समात्यो जुनकरा सँधै म मेरो मनमा सोचि रहन्छु कि हाम्रो सम्पूर्ण प्राकृतिक सम्पदाले भरिपूर्ण देश किन यति धेरै दरिद्र यति धेरै पछाडी धकेलियो ? प्रविधि, कला, साहित्य, राजनीति, सामाजिक, आर्थिक विकास आदिमा हामीहरु किन एकदमै पछाडी रहृयौँ ? यस्को सही उत्तर मलाई लाग्छ यौटा त बिज्ञान हो भने अर्को मुख्य कुरा पक्षपात धाँधली र भ्रष्टाचारनै हो र बिज्ञानको कुरा गर्दा हामी नेपालीहरुलाई बैज्ञानिक ढंगले सोच्ने केलाउँने आविस्कार र अनुसन्धान गर्ने कोरा कल्पना त के वस्तुगत सत्यपनि बिस्वासनै गर्दैनौँ अलिकति माथि उठेर नयाँ नयाँ प्रयोगहरु गरी प्रविधिको विकास गर्नेत हाम्रो लागि सपनामा पनि सम्झेको छैनौँ भन्छु म ।
दोश्रो कुरा हामी नेपालीहरु यति सानो चिन्तन र छोटो बिचारका पक्षपातीहरु छौँ की अरुको भन्नाले बिस्वको अगाडी गर्व गर्ने कुरात छाडीदिउँ नेपाली भनेर परिचय दिनुसम्मपनि हिनतावोध हुन्छ । भनिन्छ साहित्यकला मानव सभ्यताको सर्वोपरि र गरिमाशाली अभिब्यक्ति हो तर के यो अरुको लागि मात्र हो नेपालीको लागि होईन ? म भन्छु कला साहित्य समाजको ऐनामात्र होईन जुनकुरा त्रिआयामिक पारदर्शिको यौटा महत्वपूर्ण स्वरुप पनि हो । लाटो देशको गडाहा तन्नेरी परि टोपल्नेहरुलाई यि कुराहरुको ज्ञान भएर वा नभएर सहि मुल्यांकन र सही समिक्षा जो राष्ट्रको प्रतिनिधित्व गर्छु अनि समिक्षक हुँ भन्नेहरुले हिजोपनि सही मुल्यांकन गर्न सकेनन र आजपनि सकेको छैनन भोली के गर्छन आजैको जग टेकेर अनुमान गर्न सकिन्छ कि बृहत छलांग मार्न सक्ने छैनन । यहा यौटा यस्तो ब्रि्रोही समुह शसक्त भएर आउनुपर्छ उस्को चिन्तननै यस्तो हुनुपर्छ नितान्त नयाँ, अर्को यौटा बिचार भन्दापनि समुह जन्मनु आवश्यक छ साहित्य फाँटमा जस्ले कालोलाई कालो भन्नुपर्छ जतिसुकै हिलोमा फक्रेको होस सेतोलाई सेतै भन्नुपर्छ ।
नेपालको आजको आधुनिक नेपाली कला, साहित्यको लेखाजोखा गर्ने सन्दर्भमा आफुलाई बिज्ञ र सामर्थवान बिश्लेषक देखाउँने सपना देख्ने पक्षपाती समालोचक र समाजका प्रतिनिधित्व गर्छु भन्ने पक्षपाति महासेठहरुले बिभिन्न समय कालखण्डलाई अनेकौँ संज्ञा दिंदै नातावाद, कृपावादको भूमरीभित्र बिभिन्न सम्मान र पुरस्कारहरु केवल आफ्नो इस्ट मित्रहरुलाई वितरण गरेको देख्दा साँच्चिनै नेपाली हुँ भनेर गर्व गर्ने कुनै ठाउँ सम्मपनि राखिएको छैन । के आज नेपाली श्रष्टाहरुवीचमा बडेमाको सम्मान र पुरस्कार जित्ने कथित कुन कृतिहरुले आज आएर बिस्वलाई नेपाल र नेपाली भनेर चिनाएका छन ? यस्को सही उत्तरविना पूर्वाग्रह र विना पक्षपात सही मुल्यांकन नगरिएकोलेनै हो । यौटी जनजाति लेखिका श्रद्धेय पारिजात दिदी ज्युको शिरिषको फूलले अक्सफोर्ड युनिभर्सिटी अमेरिकामा ग्रीन मिमोसा भएर पाठ्य सामाग्रीमा समेटिएको बाहेक अन्य उस्तो चर्चामा आएको कुनै त्यस्तो पुस्कार बिजेता रचनाहरुले नेपाल चिनाउँने काम गरेको छन जस्तो लागेको छैन ।
अव जाउँ सुभ मुकारुङका गीतहरुको बारेमा । यहि सन्दर्भमा नेपालका बडेमाको गीतकार भई टोपल्ने बरिस्ट गीतकारहरुका धेरै चर्चा परिचर्चा भईरहेको छ तर के सुभ मुकारुङ कनिस्ठ गीतकार भएरनै उहाँको चर्चा अरुको जस्तो नभएको हो त ? अरुले ठुल्ठुलो सम्मान र पुरस्कार पाउँदा शुभले यहि कारणले नपाउँनु भएको हो त ? यो हुनै सक्दैन । म भन्छु शुभ एक अदभुत गीतकार हामी माझ हुनुहुन्छ जस्को गीतका शब्दहरु पढेपछि वा सुनेपछिनै थाहा पाउँने कुरा हो । भन्नैपर्दा गीत रहरले होईन दिमाग र भावनाले लेखिन्छ, लेखिनुपर्छ, घटनालाई बाँधेर, सम्भावनालाई अडकलेर । हुनत गीतमा स्थायी र अन्तरा गरी दुइ वा दुइभन्दा बढी लयात्मक भङ्गीमा लेखे सजिलै भईहाल्छ कत्तिलाई यस्तै लाग्दो हो । तर गीतमात्र होईन कुनै अरुनै रचना कुनै कुराको सिर्जना गर्दा सुरुदेखि अन्तिमसम्म तारतम्य मिलाउँनु भनेको अवश्य सजिलो हुदैन जस्लाई मैले भन्नुपर्दा त्यहि हो रचनाकारको कुशलता भन्छु म । यस्लाईनै अभिब्यक्तिको सिपपनि भन्न सकिन्छ र यिनै कुराहरुमा शुभ मुकारुङ धेरैनै माथि हुनुहुन्छ र अर्को वहाका गीतहरुमा सरलता, सजिवता र स्पष्टतापनि अत्यन्त राम्रा पक्ष हुन । गीतको भाषा शैली मात्र होईनकी वहाँले ब्यक्त गर्नु खोज्नु भएको कुरालाई मिठो र सहज ढङ्गले उठाउँन सक्नु वहाँको चमत्कार हो भन्छु म । हरेक रचनाको यौटा महत्वपूर्ण अंग भनेकै बिचार हो । रचनाकारले बुझ्नुपर्ने मुख्य कुरा नै भाव र बिचार बिनाको सिर्जना जतिसुकै छन्दबद्ध राम्रो रचना भएपनि खोटो र खोक्रो हुन्छ भन्ने जान्नु जरुरी हुन्छ । अर्को कुरा नियमित मात्रा वा बर्णको आधारमा बिश्राम हुने लय मात्र हो ।
प्रसिद्ध गीतकार शुभ मुकारुङ ज्युले गीतमात्र नभएर अरु साहित्यिक बिधा कथा, कविता, पत्रकारितामा पनि आफ्नो कलम चलाईरहनु भएको छ । तर मुलत वहाँ गीतकारको रुपमानै चर्चित भने हुनुहुन्छ । वहाँले निकाल्नु भएको कृतिहरु बि. सं २०६१ मा पुग्नु कहाँ थियो गीत संग्रह, बि सं २०६३ साहित्य, संगीत,कला र पत्रकारितामा हामी,, बिसं २०६४ ,,कथा ढुङ्गै ढुङ्गाको,, -किराती लोक कथा) बि सं २०५२ ,,सायद,, गीती अल्वम, बि. सं २०६३ ,,स्विकृति,, गीती अल्वम बि सं २०५९ संवेग गीती अल्वम सीडीमा यि सवै वहाँका गीतहरुमा प्रायः नेपालको ख्यात्रि्राप्त बरिस्ट संगीतकारहरुले नै संगीत दिएका छन भने चर्चित गायक गायिकाले सुमधुर स्वर दिएका छन । कत्तिले भन्लान वान्तवाले शुभका गीतहरुको शब्दहरुको बारेमा धेरै वखान गर्यो । तर यहा मलाई जे लाग्यो त्यहि भनिरहेको छु । मैले देखेको प्राय जस्तो शुभका गीतहरुमा समयानुकुल परिवर्तनशीलता, स्वःस्फुर्तता, स्वच्छन्दता जहाँ प्रकृतिको सुन्दरता मोह, युगवोध हरेक वहाँका गीतका शब्दहरुमा सांगितिक लयात्मकता, भावुकता, भावुक ब्यंग्यात्मकता जहाँ बौद्धिक र सुकोमल शब्दावलीमा सरल तरिकाले उच्च भाव बिचारको प्रयोग गरिएका छन । अर्कोतिर त्यतिनै मिठो भावना हार्दिक निश्छलता वहाँको गीतहरुमा पाईन्छन । हुनत सुभका सार्वजानिक संख्यात्मक गीतहरु अरुको भन्दा थोरै होलान तर गुणात्मक हिसावले नेपाली गिती भण्डारमा धेरै छन । म भन्छु वहाँका समकालिन र आजका नयाँ पुस्तालाई शुभले ठुलो योगदान दिनुभएको छ । जस्को गीतहरुका भाव बिचार शैलीले युगान्तकारी महत्व बोकेको छ । तरैपनि वहाको कृतिहरु र योगदानलाई आज कसैले मुल्यांकन किन गरिरहेको छैन बडो खेदको कुरा छ ।
भनिन्छ कराए गितै हो उफ्रे नाचै हो तर म भन्छु जुन गीतको भाव र बिचार स्पष्ट हुदैन त्यस गीतको अर्थ पनि हुदैन । गीत त त्यो हो जस्ले मान्छे हुनुको दायित्ववोध गर्न सकोस भावपूर्ण बन्न सकोस । हरेक गीतका शब्द शब्दले जीवन र जगतलाई सुन्दर तथा मार्मिक ढंगले छुन सकोस गम्भिर भाव र अर्थपूर्ण बिचारले जीवनका हरेक भोगाई सोचाई तथा जटिलतालाई सहज तरिकाले ब्यक्त गर्न सकोस त्यो पो हुन्छ गीत । हुनत गौरव मान्नुपर्ने धेरै छन । नेपाली कला साहित्यको मन्दिरमा यदि पक्षपात नगरी मुल्यांकण गर्ने हो भने नेपालीहरुको बानी राम्रोलाई नराम्रो बनाईन्छ तर कहिले
जस्ले स्यावासी एबं प्रशंसा पाउनुपर्ने हुन्छ उस्लाई तल दवाएर अरुलाईनै हिउँचुलीमा पुर्याईदिन्छ किन यस्तो गरिरहन्छन भन्दा जातिवादको हाली मुहालीसंगै भ्रष्टाचार नातावाद, कृपपावाद लागु यिनै हुन यस्को मुख्य कारण । यति हुँदाहुँदै पनि शुभजस्ता थुप्रै श्रष्टाहरु निरन्तर अगाडि बढिरहेका छन जस्लाई न स्यावासी न त कसैको प्रसंशानै चाहिएको छ ।
जस्ले शीत, बर्षातको आँशु र असिना अनि घामको संघर्ष भोग्दै अगाडि बढिरहेको छन , उनिहरुनै एकदिन अवश्य सफलताको शिखरमा पुग्नेछन । प्रतिक्षा हामीले गर्नैपर्ने हुन्छ जवरजस्ती दवाएर कहाँ सँधै दविन सक्छ र कुनै,न कुनै दिन प्रतिक्षा कसो पूर्ण नहोला तरैपनि मानिसकोर् इच्छा शेष रहन्छ नै जे होस हाम्रो आकांक्षा सल्वलाईरहनै पर्छ अझ नयाँ क्षितिज उघार्नलाई, हेर्नलाई श्रष्टाहरु मरेर के भो ? इतिहाँसत आखेरी बाँचेकै हुन्छनी ................होईन र ? | 2019/01/24 00:46:11 | http://limbu-wan.blogspot.com/2008/10/blog-post.html | mC4 |
४१ वर्षमा छोरा आएपछि आमाको चम्किलो चेहरा ! - falaichanews
४१ वर्षमा छोरा आएपछि आमाको चम्किलो चेहरा !
इलाम । ४१ वर्षदेखि भारतीय जेलमा बन्दी बनाइएका इलाम माई नगरपालिका– १० लुम्बकका दुर्गाप्रसाद तिम्सिना ६१ वर्षको उमेरमा घर फर्किएका छन ।
छोरा आइतबार घर फर्कँदै छ भन्ने खबर पाएकी आमा बाटो हेरेर बसिरहेकी थिइन् । अपराह्न साढे ३ बजे घरमास्तिर गाडी रोकियो । गाडीबाट झरेर छोरा घरतिर ओरालो झरे । पिँढीमा बसिरहेकी आमाको मुहारमा झन्झन् उज्यालो थपियो ।
आमालाई प्रत्यक्ष भेट्दा उनले कुनै प्रतिक्रिया जनाएनन् । दुर्गाप्रसादलाई आमाको छेउमा ल्याएर राखियो । 'यो त बिरामी छ कि क्या हो ?' आमाले सही शंका गरिन् । तर, छोराको वास्तविक स्वास्थ्य अवस्थाबारे आमालाई जानकारी छैन ।
४१ वर्षसम्म अनाहकमा जेल बसेका दुर्गाप्रसादको 'आइक्यु लेभल' नौ वर्षका बालकको जस्तो छ भनेर डाक्टरले भनेका छन् । कोलकाताको उच्च अदालतले उनको मानसिक अवस्था ठीक नभएको भन्दै छाड्न आदेश दिएको थियो । त्यही आदेशअनुसार उनी शनिबार थुनामुक्त भएको पुरा खबर नयाँ पत्रिकामा छ । | 2021/04/21 14:21:26 | https://falaichanews.com/2021/03/22/4087/ | mC4 |
उपहार गोलमा चेल्सीको जित - Nayabulanda.com
उपहार गोलमा चेल्सीको जित
नयाँ बुलन्द ११ भाद्र २०७५, सोमबार ११:२५ 132 पटक हेरिएको
काठमाडौं : उपहार गोलको मदतमा चेल्सीले न्यूक्यासललाई हराएको छ र प्रिमियर लिगमा विजयी यात्रा कायमै राखेको छ ।
आइतबार राति भएको खेलमा चेल्सीले न्यूक्यासललाई २-१ गोल अन्तरले हराएको हो ।
न्यूक्यासलको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ७६ औं मिनेटमा चेल्सीले पेनाल्टी पायो, जसमा इडेन हजार्डले सहजै गोल गरे ।
तर, घरेलु टोलीले गोल फर्कायो । ८३ औं मिनेटमा जोसेलुले हेडमार्फत बराबरी गोल गरे । खेल बराबरीतर्फ उन्मुख भएका बेला न्यूक्यासलका डेन्ड्रे यडलिनले आत्मघाती गोल गरे । मार्कोस एलोन्सोको प्रहार रोक्ने क्रममा यडलिनले आफ्नै पोष्टमा गोल गरेका हुन् । | 2019/02/18 21:27:31 | https://www.nayabulanda.com/2018/08/27/19897 | mC4 |
लालीगुराँसको समिक्षा, सहयोगी तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न | कुवेतको पहिलो नेपाली अनलाईन पत्रिका
← लोकतान्त्रिक गठबन्धन बनाउने कांग्रेससहित ६ दलबीच सैद्धान्तिक सहमति
तमु प्येल्हु संघ,कुवेतले तमू ल्होसार जनवरी १२ तारिक अतिथी कलाकार को साथ मनाउने →
६ अक्टोबर,कुवेत। लालीगुराँस सास्कृतिक परिवार नेपाल कुवेतले रिदम हल जिलिवमा कार्यक्रम समिक्षा,सहयोगी तथा कलाकार सम्मान ,नयाँ कार्य समिति स्वागत एंव दिवा भोज कार्यक्रम भव्य रुपमा कार्यक्रमलाई सभापति प्रमुख अतिथि र सरंक्षकहरु सयुक्त रुपमा दिप प्रजव्लन गरेर उद्घाटन गरिएको थियो।
संस्थाका उपाध्यक्ष मुक्त बहादुर बि.क को स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा प्रमुख अतिथि लगाएत विभिन्न व्यक्ति बिशेषहरुले समिक्षा मन्तब्य दिएका थिए ।संरक्षक राजेन्द्र बिरहि ले अाफुले स्थापना गरेको संस्थाले शिखर चुमेकोमा अाफुले गौरब गरेको मनत्व्य राखेका थिए भने कला र गला हुने कलाकारहरुले राष्ट्रिय कलाकार बन्ने ईच्छा भएमा संस्थाको तर्फबाट सहयोगको कुनै कसर नछोड्ने संस्थाका बरिस्ठ संरक्षक बि बि मल्ल ठकुरी र संरक्षक डी बी लोप्चनले प्रतिबद्धता रहेको बताए । अन्य बक्ताहरु क्रमशः नेपाल कुवेत सास्कृतिक मंचका उपाध्यक्ष डोलराज न्यौपाने तथा सस्थाका नवनिर्वाचित बरिस्ठ उपाध्यक्ष सोम रसाइलीको तर्फबाट पनि कार्यक्रम पूर्णरुपमा सफल भएको र यस्ताखाले कार्यक्रमलाई निरन्तता दिनु पर्नेमा सबैको समिक्षा मन्तव्य रहेको थियो ।
कार्यक्रममा कुवेतका चिर परिचित गजलकार संस्थाका संरक्षक मनोज काफ्ले र अमर खड्काले गजल वाचन गरेका थिए भने संस्थाका कलाकारहरुले लोपोन्मुख पन्चे बाजा बजाएर उपस्थित पाहुनाहरुलाई भरपुर मनोरञ्जन दिलाएका थिए भने प्रत्यक्ष दोहोरीमा प्रेम कटवाल, बिराज तामाङ र सपना थापा मगरको जोडीले थप रौनक्ता दिलाएको थियो । तेस्तै आयोजक सस्थाले कार्यक्रममा उपस्थित आगान्तुक पाहुनाहरुलाई दिवा भोजको समेत रिक्त पदपूर्ति गर्दै परिचित हास्य कलाकार सोम रसाइली लाइ बरिष्ठ उपाध्यक्षमा र सदस्यमा क्रमश घनश्याम वास्कोटी, मिलन रसाइली र होम सुनारलाई मनोनित गर्दै दोसल्ला अोडाएर प्रमुख अतिथि ,सभापति एंव सरंक्षकहरुले स्वागत गरेका थिए ।
"स्मरण रहोस् हाम्रो सस्कृति हाम्रो परम्परा" भन्ने मुल नारा का साथ २०१० मा स्थापना भई कलाकारहरुको प्याल्टफर्मको रुममा परिचित लालीगुराँस सास्कृतिक परिवारले हरेक बर्ष दुर्गा पुजा सहित भव्य कार्यक्रम गर्दै अाएको छ।
अध्यक्ष माधव पौडेलले कार्यक्रममा उपस्थित भएर कार्यक्रम सफल पार्न हुने सम्पूर्ण सहयोगी कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्था, समाजसेवी, बुद्दिजिबी तथा भद्र-भलादमी, पत्रकार,खेलाडी, तथा कलाकारहरु लगाएत सम्पूर्ण कुवेतवासी नेपालीहरु सबैलाई बिशेष धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापनको घोषणा गरेका थियो।
कार्यक्रममा गएको २२/०९/२०१७ मा सस्थाले अायोजना गरेको संस्थाको सातौ बार्षिक उत्सव ,तेस्रो अधिवेशन , शुभकामना अादन प्रदान ,दुर्गा पुजा एंव दशै अायो धमाका २०१७ भव्य एंव सभ्य रुपमा सफल गराउन तनमन र बचनले सहयोग गर्नुहुने ११ संघसंस्था र १३ ब्यक्ति हरुलाई खादा र सम्मान पत्रले सम्मानित गरिएको थियो भने प्रस्तुति दिनुहुने २७ कलाकारहरुलाई प्रशंसा पत्र प्रदान गर्दै हौसला दिने कार्य भएको थियो ।निर्वाचन समितिले सम्पुर्ण कार्य समितिका पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरेको थियो ।
संस्थाका अध्यक्ष माधब पौडेलको सभापतित्वमा भएको कार्यक्रममा गैर अावासिय नेपाली संघ राष्ट्रिय समन्वय समिति कुवेतको प्रथम उपाध्यक्ष सुमित्रा पौडेलले प्रमुख अातिथ्य गर्नुभएको उक्त कार्यक्रम लोक गायक प्रेम कटुवालले संचालन गरेका थिए ।ब्यवस्थापन गरीएको थियो । | 2020/06/02 22:55:13 | https://kuwaitnepal.com/2017/10/07/80399/ | mC4 |
सरकारले देशभित्रै रोजगारीको सिर्जना गरी पाँच वर्षभित्र वैदेशिक रोजगारीमा विदेश जान नपर्ने नीति ल्याएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संघीय संसद्मा प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा रोजगारी अवसरका सम्भाव्य क्षेत्र पहिचान गर्न, रोजगारीका लागि व्यावसायिक सीप विकास गर्न र देशभित्र व्यापक रोजगारीका अवसरको सिर्जना गरी रोजगारीका लागि विदेश जानुपर्ने स्थितिको अन्त्य गर्न ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ कार्यान्वयन गरिने बताउनुभयो ।
त्यसैगरी सरकारले समान कामका लागि समान ज्यालाको नीति लागू गर्नाका साथै श्रमलाई सम्मानित र मर्यादित बनाउन श्रम कानूनलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने भएको छ । “श्रम अडिटअन्तर्गतको व्यवसायजन्य सुरक्षा निरीक्षण र श्रम निरीक्षणलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न आवश्यक व्यवस्था मिलाइदिनेछ, श्रम क्षेत्रमा आउने गुनासो र विवादलाई तत्काल समाधान गर्न अर्धन्यायिक निकाय स्थापना गरिनेछ”, नीति तथा कार्यक्रममा उल्लेख छ । स्थानीय तहमा रोजगार सूचना कक्ष स्थापना गरिने पनि जनाइएको छ । | OSCAR-2019 |
||
ढुंगा गिट्टीको कारोबार र सरकार - EKalopati
ढुंगा गिट्टीको कारोबार र सरकार
काठमाडाैं । सरकारले ढुंगागिट्टी र क्रसर उद्योग सञ्चालन गर्न दिने नीति यस वर्षको बजेटमा उल्लेख गर्नुअघि नै दुई महिनायता रौतहटस्थित वाग्मती नदीमा अवैध रूपमा क्रसर उद्योग सञ्चालन भइरहेको र सामाजिक सञ्जालमा विरोध हुन थालेपछि सञ्चालित आठवटा एक्जाभेटरलाई जिल्ला प्रशासनले नियन्त्रणमा लिएको छ। गढीमाई नगरपालिकाअन्तर्गत पर्ने यस क्षेत्रमा स्थानीयको गुनासो क्रसर सञ्चालकले नसुनेपछि उनीहरूविरुद्ध सामाजिक सञ्जालमा व्यापक विरोध हुन थालेको र स्थानीय पत्रकारहरूको समूह नै क्रसर सञ्चालन स्थलमा पुगेपछि स्थानीय प्रशासनले आठवटा एक्जाभेटर र सात चालकलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले वाग्मती नदीमा अवैध उत्खनन भइरहेको जानकारी आउनासाथ प्रहरी परिचालन गरिएको र आठवटा एक्जाभेटरका साथै सात चालकलाई नियन्त्रणमा लिएको बताए। अवैध गिटी उत्खनन तथा भण्डारणको विषयमा थप अनुसन्धान गरिने एसपी शाहको भनाइ छ।
सामान्यतः कुनै पनि नदीको ढुंगा, गिट्टी र बालुवा निकाल्दा कति निकाल्ने, कहाँको निकाल्ने भनी इस्टिमेट गरिन्छ तर वाग्मतीमा भने तटबन्धको छेउदेखि पानीको धारसम्म जथाभावी अवैध तरिकाले उत्खनन भइरहेको नागरिककर्मीको स्थलगत भ्रमणमा देखिएको छ। तटबन्धको भित्रपट्टि निजी खेत रहेका केही किसानले उत्खननका कारण आफ्नो बाली र खेतमा समेत उत्खननकर्ताले जबरजस्ती बालुवा, गिट्टी राखेको र हटाउन आग्रह गर्दा धम्की दिने गरेको दुःखेसो पोखे। एकातिर खोलाको अवैध दोहनले बस्ती जोखिममा छ भने अर्कोतर्फ आफ्नो निजी खेतमा पनि क्रसरवालाको दादागिरी बेहोर्नुपरेको उनीहरूले बताएका छन्। गत मंसिरदेखि नै दर्जनौं एक्जाभेटरले नियमित तथा अनियमित रूपमा गिट्टी र ढुंगा झिक्दै गरेको र निषेधाज्ञाको समयमा यो क्रम तीव्र रूपमा बढेको गढीमाई नगरपालिका–१ टोकारका बिलटु राय यादवले बताए। गढीमाई नगरपालिकाले समयमा बालुवा, गिट्टी तथा ढुंगाको ठेक्का गराउन नसकेपछि प्रिन्स कन्स्ट्रक्सनसित अमानतमा वाग्मती नदीमा उत्खनन गर्ने सम्झौता गरेको थियो।
प्रतिमहिना ३० लाख रूपैयाँ नगरपालिकाको खातामा बुझाउनुपर्ने थियो तर गत मंसिरदेखि वाग्मती नदीको ढुंगा, गिट्टी र बालुवा उत्खनन गरिरहेको कन्स्ट्रक्सनले अहिलेसम्म एक महिनाको अमानतबापतको ३० लाख रूपैयाँ मात्र नगरपालिकालाई बुझाएको छ। नगरपालिकाका पदाधिकारीको मिलेमतोमा ढुंगा र गिट्टी झिक्न नसकिएको तथा निषेधाज्ञाका कारण समस्या भएको बताउने र नगरपालिकालाई तिर्नुपर्ने सम्पूर्ण रकम माफ गराउने दाउमा कन्स्ट्रक्सन रहेको स्थानीयको आशंका छ। टोकारका स्थानीय उमेश राय यादवले वडाध्यक्ष राम विनय राय यादवको संलग्नतामा वाग्मती खोलामा व्यापक दोहन भइरहेको आरोप लगाएका छन्। वडाध्यक्ष यादवले आफ्नो एक्जाभेटर नै लगाएर गिट्टी र ढुंगा झिक्ने गरेको आरोप रहेको छ। वाग्मती खोलाबाट निरन्तर गिट्टी र ढुंगा दर्जनौं एक्जाभेटर लगाएर झिक्न थालेपछि गाउँ नै खतरामा परेको स्थानीयको भनाइ छ। नागरिक दैनिकबाट । | 2021/08/03 17:39:54 | http://ekalopati.com/2021/06/05/7279/ | mC4 |
अमेरिकी क्यालेन्डरमा नेपाली सुन्दरी - समाचार - साप्ताहिक
पछिल्लो समय नेपाली बसोबास गर्ने अधिकाास देशमा नेपाली कल्चर र नेपाली कार्यक्रम हुने गरेका छन् । विशेषगरि पछिल्लो समय नेपाली फिल्म र गीतसंगीतसँग जोडिएको इभेन्ट नै हुने गर्छन । स्वदेशमा कलाकार र फिल्मले जति माया पाउने गर्छन , विदेशमा त्यो भन्दा कम छन् । यस्तै पछिल्लो समय संयुक्त राज्य अमेरिकामा रहेर नेपाली इभेन्टस तथा कार्यक्रमहरु गर्दै आएको आरएनआर गु्रपले अमेरिकामा नयाँ क्यालेन्डर लन्च गरेको छ । सन् २०१९ को क्यालेन्डरमा नेपाली सुन्दरीको ग्लामर फोटो प्रकाशित गरिएको छ ।
अमेरिकामा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको क्यालेन्डरमा नेपाल र अमेरिकाको नेपाली सुन्दरीको तस्वीर छ । नेपालमा मोडलिङ गरिरहेका र अमेरिकामा रहेर मोडलिङ गरिरहेकाको फोटोशुट गरेर क्यालेन्डरमा तस्वीर सार्वजनिक गरिएको हो । 'क्यालेन्डर युएसए– २०१९' शिर्षक राखिएको यस क्यालेन्डरको सुन्दरीहरुको तस्वीर नेपालमा चर्चित फोटोग्राफर महेश प्रधान र युएसएमा व्यस्त तथा चर्चित फोटोग्राफर विक्रान्त मान श्रेष्ठले खिचेका हुन् । इभेन्ट , फेशन शो तथा फिल्म प्रदर्शन समेत गर्दै आएको आरएनआर गु्रपले यसअघि पनि क्यालेन्डर प्रकाशित गरिसकेको ग्रुपमा सदस्य मध्यका एक रोशन पुरीले बताए ।
नेशनल ब्याडमिन्टन खेलाडी समेत रहेका रोशन टेलिभिजन शो तथा इभेन्टसाग जोडिएको पुरानो नाम हो । पछिल्लो समय अमेरिकामा हुने गरेको विभिन्न इभेन्टमा जोडिने गरेका रोशनले क्यालेन्डरले आफ्नो पन झल्काउने बताए । 'हाम्रो सुन्दरी पनि कम छैनन् भन्ने देखाउन पनि खोजेका हौ' उनले भने 'हामीले क्यालेन्डर प्रयोग गर्नेपर्छ किन आफैले तयार गरेर प्रयोग नगर्ने ।' उनले यसलाई नेपालसँगै क्यानडाको विभिन्न सहरमा समेत पठाइने बताए । | 2019/06/20 03:39:50 | http://saptahik.ekantipur.com/news/2018-12-08/20181207130102.html | mC4 |
फाकफोकथुममा सामुदायिक स्वास्थ्य इकाई उद्घाटन - Nayabulanda.com
फाकफोकथुममा सामुदायिक स्वास्थ्य इकाई उद्घाटन
युद्धबहादुर बोहोरा २ आश्विन २०७५, मंगलवार ०८:१९ 494 पटक हेरिएको
इलाम : फाकफोकथुम वडा नम्बर १ मा ठिंगेपुर सामुदायिक स्वास्थ्य इकाई कार्यालयको उद्घाटन गरिएको छ । कार्यालयका इन्चार्ज मुकेशकुमार रामको अध्यक्षतामा वडा न. – १ का अध्यक्ष टेकवीर लिम्बुले कार्यालयको उद्घाटन गरेका थिए।
करिब चार हजार जनसंख्या रहेको इलाम जिल्लाको कर्णाली भनेर चिनिने जिल्लाको पश्चिमी क्षेत्रमा रहेको फाकफोकथुम गाउँपालिकाको वडा न. -१ का जनताले स्वास्थ सुविधा लिन दुई घण्टा टाढा आम्चोक,कोल्बोटे र घुर्बिसे पञ्चमी जानुपर्ने बाध्यता थियो । हाल सम्म फाकफोकथुम गाउँपालिकाका वडा न.-१ र ६ मा स्वास्थ चौकीको सुविधा नभएको र अन्य वडाहरुमा सेवा सुविधा रहेको छ।
राज्यको निति अनुसार हरेक वडाका जनताले स्वास्थ सेवा सुविधा लिनपाउने जनताको अधिकारलाई सुनिश्चित गर्न यस वडाका लागि कार्यालय स्थापना गरिएको बताइएको छ।
एक अहेव रहेको स्वास्थ इकाईमा अ.न.मी. र कार्यालय सहायकको पदपूर्ती तत्काल गरिने साथै स्वास्थ इकाईलाई रूपान्तर गरि स्वास्थ चौकीमा स्तरन्नोती गर्न पहल गरिने प्रमुख अतिथि नेम्वाङले बताए । पक्का भवनको लागि स्वास्थ मन्त्रालयमा प्रस्ताव पेश गरेको उनले जानकारी दिए।
आगामी थप कार्यालयहरु स्थानीय एेन बमोजिम विकेन्द्रीकरणको सिद्धान्त अनुसार वडाको खाम्बाङ्ग ,घुर्बिसे पञ्चमी र लुङ्सुङ्दाङ क्षेत्रमा विस्तार गरि सबै जनतालाई समावेशी ढंगले समेटिने उनले भनाइ छ ।
यस स्वास्थ इकाईबाट स्वास्थ जाँच खोप सुविधा,परिवार नियोजन सम्बन्धि सेवा, स्वास्थ परामर्श लगायत स्वास्थ चौकीमा पाइने सेवा सरहको सुविधा प्रदान गरिने इकाईका इन्चार्ज रामले जानकारी दिए । कार्यालय उद्घाटनका दिन ३० जना बिरामीको स्वास्थ परिक्षण सेवा र उनीहरुलाई औषधि प्रदान गरिएको उनले बताए।
एेतिहासिक समारोहमा पार्टी प्रतिनिधि,जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि,महिला स्वास्थ स्वयं सेविका,समाजसेवी, शिक्षक लगायतको उपस्थित थियो। वडा सदस्य बालकृष्ण भट्टराईले स्वागत मन्तव्य राखेको कार्यक्रम सचिव कुमार राइले संचालन गरेका थिए। | 2019/01/19 11:56:51 | https://www.nayabulanda.com/2018/09/18/21588 | mC4 |
मूल्यवृद्धिले उपभोक्ता मारमा, दुई प्रतिशतले मूल्यबृद्धि घटेको सरकारी तथ्यांक – BRTNepal
बिआरटीनेपाल २०७७ कार्तिक ५ गते ६:४२ मा प्रकाशित
बजार मूल्यवृद्धिले उपभोक्ताको भान्सा मंहगिएको बेला सरकारी तथ्यांक भने विपरित देखिएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्षको पहिलो दुई महिनामा मुल्यवृद्धि करिब दुई प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको हो ।
२०७७ भदौमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.५२ प्रतिशत रहेको छ । बुधबार सार्वजनिक नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्षको पहिलो दुई महिनाको तथ्यांकअनुसार अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.१६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.९१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.६८ प्रतिशत रहेको छ ।
२०७६ भदौको तुलनामा २०७७ भदौमा तरकारी एवम् दाल तथा गेडागुडीको मूल्य वृद्धि उच्च रहेको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकामा ३.६६ प्रतिशत, तराईमा ४.७१ प्रतिशत, पहाडमा ४.७३ प्रतिशत र हिमालमा ४.५१ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७६ भदौमा यी क्षेत्रहरुमा क्रमशः ७.९० प्रतिशत, ५.६९ प्रतिशत, ५.०९ प्रतिशत र ५.०२ प्रतिशत मुद्रास्फीति रहेको थियो ।
२०७७ भदौमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ८.८० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.४० प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः १०.९३ प्रतिशत, ८.६२ प्रतिशत र २.६१ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्य २.१३ प्रतिशतले घटेको छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार दुई महिनामा आयात २२.१ प्रतिशतले घटेको छ भने निर्यात १०.५ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ८.१ प्रतिशतले र अमेरिकी डलरमा २.६ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति ६७ अर्ब ६३ करोडले बचतमा छ । कुल विदेशी विनिमय सञ्चिति १२ अर्ब २० करोड अमेरिकी डलर रहेको छ ।
संघीय सरकारको खर्च ५३ अर्ब ५५ करोड र राजस्व परिचालन १ खर्ब ५ अर्ब ३७ करोड रहेको छ । विस्तृत मुद्राप्रदाय ०.९ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १९.४ प्रतिशतले बढेको छ । तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन र निजी क्षेत्रतर्फको कर्जाप्रवाह विस्तार हुन सकेको छैन । वार्षिक विन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर १८.७ प्रतिशत र निजीक्षेत्र माथिको दाबीको वृद्धिदर १०.३ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । | 2021/05/17 19:21:04 | https://www.brtnepal.com/2020/10/21/124563.html | mC4 |
क्युबा : दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो – News Portal of Global Nepali
बीबीसी । विमान दुर्घटनाबारे अनुसन्धान गरिरहेका क्युबाका अधिकारीहरूले एक सयभन्दा बढीको ज्यान जाने गरी दुर्घटनामा परेको एउटा विमानको ब्ल्याक बक्स फेला परेको बताएका छन्। राजधानी हवाना नजिकै भएको उक्त दुर्घटनामा तीनजना यात्रु मात्रै बाँच्न सफल भएका थिए।
सरकारी टेलिभिजनमा कुरा गर्दै क्युबाका यातायातमन्त्रीले फ्लाइट डेटा रेकर्डर फेला पर्नु दुर्घटनाग्रस्त विमानको अनुसन्धानमा महत्त्वपूर्ण उपलब्धि भएको बताए। अधिकारीहरूले एउटा ब्ल्याक बक्स फेला पारेका छन् जसमा महत्त्वपूर्ण तथ्याङ्क र विमानमा के भएको थियो भन्ने जानकारी समेटिएको छ।
क्युबाली यातायातमन्त्रीले उक्त उपकरण सही अवस्थामा रहेको र सुरक्षित राखिएको पनि जनाएका छन्। उनले दुर्घटनाको कारण पत्ता लगाउन अहोरात्र खटिरहेका प्राविधिकहरूको पनि प्रंशसा गरेका छन्।
विमान प्राविधिक गडबडीका कारण दुर्घटना भएको हो कि होइन भनेर छुट्ट्याउनु क्युबाका लागि धेरै महत्त्वपूर्ण रहेको हवानास्थित बीबीसी संवाददाता विल ग्रान्ट बताउँछन्।
उनी भन्छन् क्युबाको ध्वजावाहकसँग रहेका अधिकांश विमान दुर्घटनामा परेको विमान जत्तिकै पुराना छन्। त्यही भएर अधिकारीहरूले अनुसन्धानलाई थप महत्त्व दिइरहेका छन्। तर पीडितका परिवारहरूलाई भने त्यसले खासै सान्त्वना दिने छैन।
तर उनीहरूले उडेको लगभग एक मिनेटमै के कारणले विमान दुर्घटना भयो भन्ने जवाफ मागिरहेका छन्। शुक्रवार हवानास्थित विमानस्थलबाट उडे लगत्तै उक्त विमान दुर्घटनामा परेको थियो। जम्मा तीन जनालाई जीवितै उद्धार गरिएको थियो र उनीहरूको गम्भीर अवस्थामा उपचार भइरहेको छ। | 2020/04/03 17:30:16 | http://www.nepalbritain.com/?p=36730 | mC4 |
bichar, bichitra, jiban, rajniti, rojgar, samachar, sindhupalchowk, swasthya » मेलम्चीको पानी उपत्यकामा भट्रराइको सपना पुरा
मेलम्चीको पानी उपत्यकामा भट्रराइको सपना पुरा
२७ वर्ष अघि तत्कालीन प्रधानमन्त्री स्व कृष्ण प्रसाद भट्टराईले सिलान्यास गरेको मेलम्चीको पानी शनीबार बर्तमान प्रधान मन्त्री के.पी ओलीले सुन्दरीजलमा उद्धघाटन गर्नु भएको छ । नेपाली काँग्रेसका तत्कालीन प्रधान मन्त्री स्व.कृष्ण प्रसाद भट्राइले मेलम्चीको पानी काठमाण्डौ ल्याउँने योजना सुनाउँदा नपतयाउाने हरुलाइ खाने पानीको उद्धघाटन गरेर बर्तमान प्रधान मन्त्रीले गतिलो जबाफ दिनु भएको स्थानीय हरुले बताएका छन ।
बहुप्रतिक्षित राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना सम्पन्न हुँदा पुर्ब प्रधानमन्त्री भट्टराईको सपना पुरा भएको मानीएको छ । सम्माननिय प्रधानमन्त्री केपी ओलिको दृढ अठोट, पुर्ब मन्त्री माननीय शेर बहादुर तामाङ्ग, पुर्ब मन्त्री महोन बहादुर बस्नेत, पुर्ब खानेपानी मन्त्री बिना मगर, बर्तमान खानेपानी मन्त्री मणि थापा,युबा तथा खेलकुद मन्त्री माननीय दावा तामाङ लगाएत बिभिन्न राजनीतदल, संघ सस्थाहरुको सहयोगमा यो योजना सफल भएको हो । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ बाट ल्याइएको मेलम्चीको पानी २६.५ किमी सुरुङबाट परीक्षण भएर काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा झरेको हो । उपत्यकावासीको प्यास मेटाउन बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्चीको पानी सुन्दरीजलमा आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीच दबाएर परीक्षण गरिएको पानी बागमतीमा झार्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले उपत्यकावासीको लामो सपना पूरा भएको बताउनुभयो । प्र म ओली ले मेलम्चीको पानी सुन्दरीजलबाट बागमतीमा झार्न सपल भएका छौ भन्नु हँदै , पानी दिने सिन्धुपाल्चोकको हेलम्बु एवं मेलम्ची क्षेत्रवासीलाई धन्यवाद दिनु भयो ।विकास निर्माणमा एकपछि अर्को सफलता प्राप्त भएको बताउँदै आफ्नै पार्टीभित्रकाले काम गर्न नदिएपनि फागुन १० गतेदेखि २२ गतेसम्म ठूला आयोजना उद्घाटन वा शिलान्यासका काम भइरहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले दोस्रो चरणमा याङ्री र लार्केको पानीसमेत ल्याएर उपत्यकामा खानेपानीको समस्या सदाका लागी समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।खानेपानी मन्त्री मणिचन्द्र थापाले नेपाली जनताको खानेपानीको सपना २२ वर्षपछि राजधानीमा मेलम्चीको पानी आएर पूरा भएको बताउनुभयो ।
मन्त्रालयका सचिव माधव बेल्वासेले मेलम्चीको पानी कोशी जलाधारबाट वाग्मती जलाधारमा आउनु ठूलो उपलब्धि भएको बताउनुभयो । फागुन १० गते सिन्धुपाल्चोकको हेलम्बुबाट सुरुङमा हालेको मेलम्चीको पानी १२ दिनपछि शनीबार सुन्दरीजलमा आइपुगेको उहाँले जानकारी दिनुभयो । पहिलो चरणमा मेलम्ची खोलाको दैनिक १७ करोड लिटर पानी उपत्यकामा आउनेछ । दोस्रो चरणको याङ्री र लार्केको विस्तृत परियोजना प्रस्ताव तयार भइसकेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । दोस्रो चरणका दुई खोलबाट थप ३४ करोड लिटर गरी दैनिक ५१ करोड लिटर पानी सुरुङमार्गबाट राजधानी ल्याई वितरण गरिने योजना रहेको छ । | 2021/06/14 04:55:36 | http://www.lokpriyasamachar.com/2021/03/blog-post_43.html | mC4 |
चाडपर्वलाई मध्य नजर गरी बजार अनुगमन तीव्र - inaruwaonline.com
प्रकाशित मिति: शुक्रबार, आश्विन २३, २०७७ समय: ८:५८:१६
राजविराज। राजविराजको जनआन्दोलन चोकमा रहेको माँ दुर्गे ट्रेडर्सबाट तीन दर्जन म्याद गुज्रिएको वियर बजार अनुगमन समितिले बरामद गरेको छ । बिक्रीको लागि तयारी अवस्थामा राखेको म्याद गुज्रिएका तीन दर्जन बियर संयुक्त बजार अनुगमन टोलीले बिहीबार बरामद गरिएको वियरको बोतल पसल अगाडि नै नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजका प्रमुख सुरेश सिंहले जानकारी दिनुभयो ।
अनुगमन टोलीले माँ दुर्गे ट्रेडर्सबाट टुबोर्ग बियर सात बोतल, किग्सफिसर १३ बोतल, टुबोर्गको क्यान आठ वटा बरामद गरेर नष्ट गरेको छ । ट्रेडर्समा बिक्रीको लागि राखिएको अवस्थामा बियरको बोतल बरामद गरेको अनुगमन टोलीका सदस्य उपभोक्ता मञ्चका अध्यक्ष राजकुमार गुप्ताले जानकारी दिनुभयो ।टोलीले कालोबजारीलाई नियन्त्रण गर्न, सुपथ मूल्यमा उपभोग्यबस्तु खरिदबिक्री गर्न, सरल र सहज रुपमा उपभोक्ताले उपभोग गर्न पाउने र चाडपर्वको समयमा उपभोक्ता ठगिनबाट बचाउनको लागि राजविराज नगरका पसलहरुको अनुगमन तीब्र पारेको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए ।त्यसैगरी पूजा किराना स्टोर्समा कसमिरी मिर्च २१ पोका, मसला १० पोका, नूर फ्रुट एण्ड जेनरल स्टोरमा १० पोका गुहुँको पिठो म्याद गुज्रिएको अवस्थामा बरामद गरी नष्ट गरेको बताइएको छ ।
नागमणी किराना पसल, लाल ट्रेडर्स, इब्राहम स्टोर्स, हक जनरल स्टोर्स, कोकाइ साह गोपाल साह ट्रेडर्स लगायत एक दर्जन पसलहरुमा अनुगमन गरेको छ । अधिकाँश पसलहरुले खरिद गरेको थोक सामग्रीको बिल, बिक्री गर्न राखिएको मूल्यसूची, म्याद गुज्रिएका सामग्री, कोरोना संक्रमणबाट बच्न अपनाइएको स्वास्थ्य सुरक्षा व्यवस्था साबुन पानी, सेनिटाइजर, ग्लोभलगायतमा ध्यान नदिएको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजका प्रमुख सिंहले जानकारी दिनुभयो ।बजार अनुगमनका क्रममा मूल्यसूची र साइनबोर्ड नराखेका पसलहरुमा अबिलम्ब उपभोक्तालाई देखिने गरी मूल्यसूची राख्न, म्याद गुज्रिएका खाद्यबस्तुलाई नष्ट गरी उचित व्यवस्थापन गर्न पहिलो पटक चेतावनी दिएको सिंहले जानकारी दिनुभयो । अर्को पटक अनुगमन गर्दा यस्तो नगरेको पाइएमा थप कडा कारबाही गरिने उहाँको कथन थियो ।सप्तरी उद्योग बाणिज्य संघ, सञ्चारकर्मी, प्रहरी, घरेलु तथा साना उद्योग कार्यालयको प्रतिनिधि सहितको संयुक्त अनुगमन टोलीलाई देखेपछि धेरै पसलहरु बन्द गरी भागेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेको नेतृत्वको संयुक्त बजार अनुगमन टोलीले उक्त सामान बरामद गरेको हो । | 2021/05/16 19:02:17 | https://www.inaruwaonline.com/76493/ | mC4 |
एमाले यस युगको सबैभन्दा प्रतिगामी पार्टी : श्रेष्ठ
काठमाडौं, २२ भाद्र । संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले नेकपा एमाले यस युगकै सबैभन्दा प्रतिगामी पार्टी रहेको आरोप लगाएका छन् । राजधानीमा बिहीबार आयोजित एक कार्यक्रममा फोरम सहअध्यक्ष श्रेष्ठले यस्तो आरोप लगाएका छन् ।
उनले देश सङ्घीयतामा प्रवेश गरेपछि पनि पहिचान सहितको सङ्घीयताको विपक्षमा उभिएको एमाले यस युगको सबैभन्दा प्रतिगामी भएको बताउँदै उत्पीडित राष्ट्रियताहरूले जवसम्म पहिचान विरोधीहरूको हातमा डाडु पन्यु सुम्पन्छन् तवसम्म राष्ट्रिय मुक्ति आन्दोलन सफल नहुने बताए ।
उनले उत्पीडित समुदायको पहिचान समाप्त गर्नेहरू जनताका दुश्मन भएको बताउँदै अव पहिचान पक्षधर शक्तिले आफ्नो शत्रु र मित्रु चिन्नु पर्ने दिन आएको बताए ।
काठमाडौँस्थित नेपाः ब्यान्क्वेटमा सङ्घीय समाजवादी फोरम नेपालको भातृ सङ्गठन सङ्घीय समाजवादी नेवाः सङ्घको नेवाः प्रदेश समिति गठन भएको छ । नेवाः सङ्घको अध्यक्ष सत्य नारायण डंगोलको अध्यक्षतामा समिति गठन भएको हो । | 2018/06/20 03:55:05 | http://madheshvani.com/details/18531/madhesh-update | mC4 |
चन्दननाथ भैरवनाथ गुठीको जग्गा अतिक्रमण, सरोकारवाला मौन
कर्णाली पोष्ट दैनिक,
जुम्ला ः चन्दननाथ भैरबनाथ गुठी ब्यवस्थापन समिति जुम्लाको नाममा रहेको खेतीयोग्य जमिन अतिक्रमण हुँ्दै गएको छ । पटक पटक सरकारी तथा निजि क्षेत्रबाट गुठीको जग्गा अतिक्रमण हुँदै गएको हो । जिल्लाभित्र र जिल्लाबाहिरका विभिन्न ठाँउमा रहेको गुठीको जग्गा अतिक्रमणको चपेटामा परेपछि कहाँ कति जग्गा छ, भन्ने पनि एकिन छैन । जुम्लाको गज्र्याङकोट, देपालगाँउ, बियाँरे, महतगाँउ, तलिउम, कुडारी, डाँडाकोट, राजिकोट लगायत कालिकोटको राजकोट, मुगुको नागथार्प, बाजुराको कोल्टी र हुम्लामा समेत चन्दननाथ गुठीको जग्गा छ । तर जिल्ला बाहिरको सबै जग्गा अतिक्रमण भइसकेको छ । भने जिल्लाभित्रको समेत अधिकांश गुठीको जग्गा अतिक्रमणमा परेको छ । केहि बर्षअघि हजारौँ हेक्टरमा रहेको गुठीको जग्गा अतिक्रमणमा पर्दै गएपछि हाल ७४ हजार २ सय ९४ बर्गमिटरको सेराज्युलो मात्र गुठीको नाममा रहेको छ । चन्दननाथ बाबाले मार्सी धानखेती शुरु गरेको किंवदन्ति रहेको यस सेराज्युलो र आसपासको जग्गा समेत यतिखेर अतिक्रणको चपेटामा परेको छ । यस बिषयमा जिल्लाका सबै सरोकारवाला भने मौन छन् । २०३६ सालमा स्थापना भएको गुठी ब्यवस्थापन समितिमा ३९ बर्षको अवधिमा ११ जना अध्यक्ष समेत नियुक्त भइसके तर कुनैपनि अध्यक्षको पालामा गुठीको जग्गा खोजीनीति भएन । बरु समितिको लापारवाही र हेलचक्राईले गर्दा विश्वमै पुरातात्तिक इतिहाँस बोकेको प्रसिद्ध चन्दननाथ, भैरबनाथ मन्दिरमा धर्मको नाममा बारर्गेनिङको ब्यापार मौलायो । सोहि कारण हजारौँ बर्ष पुराना धातुका मूर्तिहरु समेत चोरी भए । चोरीकाण्डमा अहिले मन्दिरका पुर्व मुख्य पुजारी चन्द्रमैले श्वर र गुठीको पुर्व अध्यक्ष जयकृष्ण आचार्य कैद भुक्तान गरी जेल बाहिरी सकेका छन् ।
कसरी भयो, अतिक्रमण
जिल्लाका विभिन्न ठाँउमा रहेको अरबौ मुल्यको गुठीको जग्गा अतिक्रमण भएको छ । चन्दननाथ ३ का जैसिंह सार्कीले स्थानीय एक ब्यक्तिलाई नेपाली सेनाको ब्यारेक नजिक रहेको गुठीको खेतीयोग्य दुई रोपनी जग्गा बेचेका छन् । बर्षौदेखि जमिन उपभोग गर्दैआएका उनले मालपोतका कर्मचारीसँगको मिलोमतोमा गुठीको जग्गा बेचेको समितिले दावी गरेको छ । सोही ठाँउमा स्थानीय डङसे सार्कीले खाँदै आएको दुई रोपनी गुठीको जग्गा नेपाली सेनाले अतिक्रमण गरेर मुअब्जा दिदाँ समेत गुठीले पत्तो पाएन । तर अहिले मुअब्जा गुठीले पाउनुपर्ने भन्दै समितिले उजुरी दिएको छ । स्थानीय महाशंकर देबकोटाले नयाँ बसपार्क नजिक रहेको गुठीको चार रोपनी जग्गा ब्यक्तिगत नामसारी गर्नखोजे ेपछि दशकौँ देखि सर्बोच्चमा मुद्धा छ । सेराज्युलाको छेउमा घर निर्माण गरिएको गुठीको जग्गा आफ्नो भन्दै नव गिरीले मुद्धा गरेपछि जिल्ला अदालतले उनलाई जितायो, तर उच्च अदालतले भने गुठीको पक्षमा फैसला गरेपछि बिवाद कायमै छ । सेराज्युलो नजिकै विर श्रेष्ठ र विष्णु श्रेष्ठको घर समेत गुठीकै जग्गाभित्र पर्ने समितिको दावी छ । गुठीको जग्गामै काली दमाईको नाममा जनता आवास कार्यक्रमबाट घर निर्माण भएको छ । गुठीको जग्गा अतिक्रमण गरेर खेलकुद विकास समितिले समेत आफ्नो नाममा लिईसकेको छ । त्यस्तै गुठीकै जग्गामा जिल्ला उद्योग बाणिज्य संघ, कर्णाली खष संग्रहलय र नगरपालिकाद्धारा पार्किङ निर्माण गरिएको छ । भने जिल्ला अदालतको भवन समेत निर्माण हुँदैछ । गुठीलाई नसोधी गुठीकै जग्गामा जिशिका र नगरपालिकाले समेत सडक काटेका छन् । भने देपालगाँउ र गज्र्याङकोट स्थित गुठीको जग्गा अतिक्रमण गरी चारवटा पिलरवाला पक्किघर ब्यक्तिको नाममा निर्माण भएका छन् । यसरी गुठीको जग्गामा बढ्दो अतिक्रमणले कहाँको जग्गामा के भइरहेको छ, भन्ने कुनै अत्तोपत्तो छैन ।
समितिको आर्थिक पारदर्शिता छैन
गुठीको नाममा अहिले पनि मासिक लाखौँ कमाई हुने चल सम्पति मात्रै छ । ब्यापारिक प्रयोजनका लागि बनाईएका ३५ वटा टहराबाट प्रतिटहरा मासिक तिन हजार देखि सात हजारसम्म भाडा आउन्छ । करीब ४८ हजार बढि क्षेत्रफलको सेराज्युलो पनि लिजमा छ । लिजको जग्गामा स्याउ तथा तरकारी खेती भइरहेको छ । टहरा र लिजको जग्गाबाट आउने भाडा र मन्दिरमा चडाउने भेटी, दान गरी बार्षिक ६० लाख बढि गुठिलाई आम्दानी हुन्छ । त्यस्तै मन्दिरको संरक्षण प्रर्वद्धनका लागि भन्दै विभिन्न निकायबाट सहयोग भईरहेको छ । तर गुठीको बार्षिक एकिन आय ब्यय बारे कसैलाई थाहाँ छैन । नत यसबारे सार्वजनिक सुनुवाई नै हुन्छ । नत गुठीको खातामा रकम हुन्छ । यदि खातामा रकम भएपनि केन्द्रिय गुठी संस्थानले तानेर लिने गरेको स्थानीय रमानन्द आचार्यको भनाई छ । यता गुठीले धर्मको नाममा ब्यापार गरेर लाखौँ घोटाला गरेको नागरिकको आरोप छ । गुठीका प्रशासन प्रमुख रत्नप्रसाद आचार्यले सार्वजनिक सुनुवाई नगर्नुमा गुठीको कमजोरी भएको स्विकार छन् । 'आय ब्ययको हिसाब स्पष्ट राख्छौँ, लेखा परीक्षण पनि हुन्छ' उनले भने, 'तर सार्वजनिक सुनुवाई नभए पनि गुठीको आय, ब्यय बराबर छ ।' उनका अनुसार समयमै लिजको जग्गाबाट भाडा नआँउदा गुठी संचालनमा सकस छ ।
कहाँ जान्छ, रकम
गुठीले आम्दानी गर्ने लाखौँ रकमबाट नै मन्दिरमा दैनिक पुजाआजा तथा गुठी संचालन हुन्छ । चन्दननाथ मन्दिरका मुख्य पुजारी रमेश न्यौपाने लगायत ७ जना पारिश्रमिक खाने कर्मचारी छन् । मुख्य पुजारी न्यौपानेले मात्रै मासिक १५ हजार बुझ्छन् । भने सातै जनाले गरी बार्षिक १२ लाखसम्म पुजारी तथा कर्मचारी पारिश्रमिकमा खर्च हुन्छ । त्यस्तै गुठीको सेराज्युलोमा मार्सीधान लगाँउदा देखि संकलन गर्दासम्म ज्यामी तथा पानी तान्ने जेनेरेटर खर्च बार्षिक ५ लाख हुन्छ । गुठी प्रशासनका अनुसार अन्य लाखौँ रकम मन्दिरको संरक्षण, टहरा मर्मत तथा निर्माण, दैनिक पुजाका सामाग्री, खाना र मन्दिरको भोक लगाँउदा खर्च हुन्छ । यस्तै मासिक पुजामा ५० केजिबढि गाईको शुद्ध घ्यु, तीन पेटिबढी तोरीको तेल, सर्यौ लिटर दुध, मैदा तथा आटामा रकम खर्च हुने गरेको जनाईएको छ । | 2022/05/21 03:22:18 | https://karnalipostdaily.com/archives/5169 | mC4 |
“मलाई के हुन्छ ? बढीमा जेल हाल्लान् रे ! अहिले पो जेलभन्दा के राम्रो छ र ? लौ डिपोर्ट गर्लान् रे ! यहाँ बस्न किन मरिहत्ते गर्नु छ र ?” सुनिताले त्यही भनी, जुन उसले हिजैपल्टदेखि यस्तै जवाफ दिन्छु भनेर मनमा खेलाइरहेकी थिई ।
“मलाई धोका दिइहाल्यौ । बच्चा त सकार आफ्नो रगत भएपछि,” सुनिता स्वाँ-स्वाँ गर्दै बोलेकी थिई र सास फेर्न रोकिएकी थिई, अजयको रगत तात्यो ।
उसले औंला ठड्याउँदै भन्यो, “तँ यहाँ बस्न पाए त हो ! तँ तुरून्तै नेपाल जा । नत्र मै डिपोर्ट गराउने वातावरण बनाउँछु ।”
अघि कुनातिर फालेको पाइन्ट खोजेर उसले टक्टकायो र लगाउन थाल्यो । हतारमा फसनर लगाउँदा कतै च्यापियो र ऊ कुक्रुक्क पर्यो ।
“ए~~ मलाई डिपोर्ट गराउने ?” अजयको कुराको हाइलाइट टिपोट गरेझैं उसले दोहोर्याई, बिस्तारै तर सख्त लवजमा, “मैले भनिसकेँ– फर्कन परे फर्किउँला तर यस्ता फटाहालाई म छोड्दिन । मुद्दा हाल्छु, हाल्छु ।”
सुनिताले देखी- भर्खरैसम्म रिसले लाललाल देखिएको अजय धूर्त पाराले खितखित गर्दैछ । उसले सुनिताका कुरालाई हाउगुजीभन्दा ज्यादा नठानेको ऊ बुझ्न सक्थी । उसको पूरै अनुहार एउटा नकाबजस्तो लाग्यो ।
“तैंले मुद्दा हालिस् भने,” उसले भन्यो, “तेरा ती फोटा र भिडियोको काम आउने भो । पोर्नो बनाएर इन्टरनेटमा राखिदिन्छु । फेसबुक र इमेलबाट पठाइदिन्छु– तेरा सबै नातेदारले देख्ने गरी ।”
एकपटक उसले क्यामेरा पिलपिल देखेकी थिई र अजयसँग खै-खै गरेकी थिई । उसले क्यामेरा हत्तपत्त समातेको थियो र शब्दहरू जोडजाड गरेर आफूलाई व्यवस्थित गरेको थियो । लटपटाउँदै सोधेको थियो, “खै यहाँ के छ ?”
सुनिताको दिमाग खराब भएको थियो त्यस दिन र ऊ बेस्सरी निराश बनेकी थिई । अनि अजयले दुई दिन लगाएर फकाएको थियो ।
आँशु सुक्दा सानो अँध्यारो कोठामा ऊ कक्रक्क परेकी थिई । त्यसैबिच, त्यो भूत असिनपसिन हुँदै बाहिरतिर दौडिएको थियो ।
काठमाडौ : पहेंलो धातु सुनको मूल्यमा आज उच्च वृद्धि देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा नै लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा समेत परेको हो ।
आज सुन प्रतितोलामा रु ७०० ले वृद्धि हुँदा नयाँ उचाइ कायम गरेको हो । स्थानीय बजारमा छापावाला सुन आज प्रतितोला रु ७८ हजार ८०० मूल्यमा खरिद बिक्री भए । यो मूल्य हालसम्मकै उच्च हो ।
गत शुक्रबार छापावाल सुन प्रतितोला रु ७८ हजार १०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला रु ७८ हजार ५०० मा कारोवार भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला रु ७७ हजार ८०० मा कारोवार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु ९२० मा कारोवार भएको छ । शुक्रबार चाँदी प्रतितोला रु ९१५ मा कारोवार भएको थियो ।
भारतले नयां नक्सा विवाद बारे आफ्नो धारणा सार्वजनिक गर्दै विदेश मंत्रालयका प्रवक्ताले नेपालसंगको नक्शामा कुनै परिवर्तन नगरेको र कहीं केही विवाद छ भने वार्ताको माध्यमले सल्टाउने पनि बताएका छन्। pic.twitter.com/5uUOLFwkJ8
काठमाडौं: सूचना प्रविधि विधेयकले ‘सामान्य’ अ’पराध र प्रचलित कानुनले ग’म्भीर प्रकृतिका अपराधमा तोक्ने सजायमा असंगति देखिएको छ। सामान्य प्रकृतिको अपराधमै विधेयकले १० गुना बढी जरिवाना प्रस्ताव गरेको छ। मुलुकी फौज दारी संहिताले हाडनाताभित्रको करणीमा ४० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने भन्छ।
विधेयक अनुसार भने कसैले कसैलाई जिस्क्याए पनि १०लाख रुपैयाँसम्म जरि’वानाको भागिदार बन्नुपर्ने अवस्था छ। संहिताको दफा २२० ले सौतेनी आमाछोरा वा बाबुछोरी, सहोदर दिदीभाइ वा दाजुबहिनी, एकै हाँगाको ससुरा बुहारी, एकै हाँगाको बाजेनातिनी वा पनातिनी, एकै हाँगाका जेठाजु र भाइबुहारी वा देवर भाउजू बीच क’रणी भए चार वर्षदेखि १० वर्षसम्म कै’द र ४० हजारदेखि १ लाख रुपैयाँसम्म जरि’वाना भन्छ।
विधेयकको दफा ८३ अन्तर्गत ‘साइ’बर बुलिङ गर्न नहुने’ खण्डमा कसैले विद्युतीय प्रणालीको प्रयोग गरी अर्को व्यक्तिलाई हैरानी गर्ने, जिस्क्या’उने, होच्याउने, हतो’त्साहित गर्ने, अपमान गर्ने कार्य गरे क’सुरको मात्रा हेरी १० लाख रुपैयाँसम्म जरि’वाना, पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने उल्लेख छ। विधेयकको जरिवाना अंकमा तादात्म्य देखिँदैन भने सामान्य कसु’रमा पनि चर्को जे’ल सजा’य तोकिएको छ।
संहिताले कसैलाई यौ न दु’व्र्य’वहा’र गरे तीन वर्षसम्म कै’द र ३० हजार रुपैयाँँसम्म ज’रिवाना हुने भनेको छ। दफा २२४ मा यस्तो व्यवस्था छ । कसैले आफ्नो पति वा पत्नी बाहेक अन्य व्यक्तिलाई निजको मञ्जुरी बिना क’रणीका आसयले समाते वा निजको संवेद’न शील अंग छोए वा छुन प्रयास गरे, निजको भित्री पोसाक खोले वा खोल्ने प्रयास गरे, निजले लगाउने भित्री पोसाक लगाउन वा फुकाल्न कुनै किसिमले बाधा अवरोध गरे वा निजलाई अस्वाभाविक रूपमा कुनै एकान्त ठाउँमा लगे, यौ’न स’म्बन्धी आफ्नो अं’ग निजलाई छुन, समाउन लगाए,
निजसँग अ’श्लील वा अन्य त्यस्तै प्रकारको शब्द मौखिक, लिखित वा सांकेतिक रूपमा वा विद्युतीय माध्यमबाट प्रयोग गरे अ’श्लील चित्र वा तस्बिर देखाए, यौ नका आसयले जिस्क्याए वा हैरानी दिए वा निजसँग अस्वाभाविक, अवाञ्छित वा अमर्यादित व्यवहार गरे निजले यौ न दु’व्र्य”वहा’र गरेको मानिने भनिएको छ। अ’श्ली’ल चित्र वा तस्बिर देखाए, यौ’नका आसयले जिस्क्याए, हैरानी दिए, निजसँग अस्वाभाविक र अमर्यादित व्यवहार गरे पनि संहिताले यौ’न दु’व्र्य’वहार भनेको छ। संहितामा यी अप’राध प्रत्यक्ष क्रियाकलापमा आधारित हुन्।
विधेयकको दफा ८७ ले कसैले विद्युतीय प्रणालीका माध्यमबाट मात्रै पनि यौ’नशो’षणको मनसाय राखे, त्यस्तो मनसायसहित प्रस्ताव राखे वा भेट्न खोजे वा प्रलोभन देखाएर उक्साए कठोर द’ण्ड सजायको व्यवस्था गरेको छ। विधेयकले यस्तो कसुरको मात्रा हेरी १० लाख रुपैयाँ सम्म ज’रिवाना र तीन वर्षसम्म कै’द वा दुवै स’जाय हुने भनेको छ। वैयक्तिक विवरण संकलन गर्न नहुने, गो’पनीयता भंग गर्न नहुने, कसैको अनुमति बिना कसैको सूचना, फोटो र नक्सा लिन नहुनेजस्ता प्रावधान सहित कडा द’ण्ड सजायको व्यवस्था समेत विधेयकमा छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा यम विरहीले लेखेका छन् ।
डोटी, १९ असोज । जिल्ला प्रशासन कार्यालय डोटीमा हिजोआज सेवाग्राहीको थेगिनसक्नु भीड लाग्ने गरेको छ । प्रशासन कार्यालयमा यहाँका ग्रामीण क्षेत्रबाट दैनिक २०० जनासम्म सेवाग्राही आउने गरेका छन् । सेवाग्राहीको भीड बढेपछि कोरोना जोखिम बढ्नसक्ने भन्दै कार्यालयका कर्मचारीमा चिन्ता थपिन थालेको छ ।
पछिल्ले समय कार्यालयमा मास्क नलगाएर आउने सेवाग्राहीलाई सुरक्षाकर्मीले कार्यालय प्रवेश नै नदिएर फिर्ता पठाउने र मास्क लगाएर आउन आग्रह गरिन थालिएको छ । बाढीपहिरोपीडित भएकाका नागरिकका लागि राहत, नागरिकता, राष्ट्रिय परिचयपत्रलगायतका सेवा लिन आउने नागरिकका कारण प्रशासन कार्यालयमा निकै भीड बढ्न थालेको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले जानकारी दिए । प्रशासनमा दैनिक २०० हाराहारीमा सेवाग्राही आउने गरेका छन् । सेवा लिन आउने सेवाग्राहीमा सबैभन्दा बढी नागरिकता बनाउन आउनेको भीड लाग्ने गरेको कार्यालयले जनाएको छ । | 2021-02-26T03:35:58Z | https://sulavkhabar.com/2021/93743/ | OSCAR-2109 |
प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा भट्टराई र प्रमुख स्वकीय सचिवमा भण्डारी नियुत्त – Bihani Online
२६ कार्तिक २०७५ १३:२२ November 12, 2018 bihani
काठमाडौं,कात्तिक,२६-
प्रधानमन्त्री के पि शर्मा ओली
( Kp sharma Oli )
प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा राजन भट्टराई र प्रमुख स्वकीय सचिवमा इन्द्र भण्डारी नियुक्त भएको छ ।भट्टराई पूर्वसांसद र भण्डारी तत्कालीन नेकपा एमालेको मेची काठमाडौँ सम्पर्क कमिटीका अध्यक्ष हुनुहुन्थ्यो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले मन्त्रिपरिषद्को आइतबारको बैठकको निर्णयअनुसार उनीहरु नियुक्त भएको जानकारी दिनुभयो ।मन्त्रिपरिषद्को बैठकले छिमेकी भारतलगायत केही मुलुकका लागि राजदूतको नाम सिफारिश गरेको बताइए पनि सरकारले औपचारिकरुपमा सार्वजनिक गरेको छैन ।
हरेक साता सञ्चार भेटघाट गरिने
यसैबीच सरकारका विभिन्न निर्णय, कामका समीक्षाका बारेमा हरेक साता सञ्चारकर्मीसँग नियमित अन्तर्क्रिया गर्ने तयारी भएको छ । प्रेस सल्लाहकार डा अर्यालले मन्त्रिपरिषद् बैठकका निर्णयलगायत अन्य कामका विषयमा सरकारका प्रवक्ता र पत्रकारबीच अन्तर्क्रिया हुनेगरी तयारी भएको जानकारी दिनुभयो । उक्त अन्तर्क्रिया सम्भवतः हरेक बिहीबार हुनेछ ।
उहाँले भन्नुभयो , 'सरकारले निर्णय लुकाउन खोजेको भन्ने होइन, कसरी व्यवस्थित र प्रभावकारीरुपमा प्रवाह गर्न सकिन्छ भन्ने सोचेको हो ।' (रासस) | 2021/10/22 00:41:31 | https://bihanionline.com/archives/19983 | mC4 |
मुस्लिम समुदाय आज इदुलफित्र मनाउँदै
काठमाडौं ३१ वैशाख । मुस्लिम समुदायले रमदान (रमजान) महिना सकिएको खुसीयालीमा एकअर्कामा शुभकामना साटासाट गरी आज इदुलफित्र (ईद पर्व) मनाउँदैछन् ।
हिजरी संवतको रमदान महिनाभर (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् । चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ । फरक-फरक भूगोल विशेषमा ईदको दिन विगतदेखि नै फरक पर्दै आएको छ । तोकिएका क्षेत्रका मुख्य मुस्लिम मौलानाले चन्द्रमा देखिएको घोषणा गरेर भोलिपल्ट ईद मनाउन आह्वान गरेपछि पर्व मनाइने गरिन्छ ।
ईद पर्वमा अल्लाहका नाममा विशेष प्रार्थना गर्ने इस्लाम परम्परा छ । ईदका दिन इस्लाम समुदायको मुख्य धार्मिक ग्रन्थ कुरान मोल्वी (धर्मगुरु)ले वाचन गरेर सदविचार र सत्कर्ममा रहन प्रेरित गर्छन् । धार्मिक परम्परामा यो मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, सेवइ (गहुँको पिठोबाट बनाइएको खाद्यवस्तु) को खिर र मिष्ठान्न परिकार खाने-खुवाउने चलन छ । ईदमा बस्तीभित्रको मस्जिदमा सबै भेला भएर सामूहिक नमाज पढ्ने परम्परा भए पनि यसपालि कोरोना भाइरस संक्रमणको जोखिमका कारण घरमै बसेर ईद मनाउन नेपाल मस्लिम आयोगले आह्वान गरेको छ । | 2021/06/15 14:00:32 | https://www.samabhaav.com/news-detail/3140 | mC4 |
५ मंसिर, काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
राति प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको छ । मंगलबार प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भू९भागमा आंशिक बदलीको आकलन गरिएको छ । तापक्रम क्रमिक रुपमा घट्दै जाने सम्भावना रहेकाले चिसोबाट जोगिन महाशाखाले अनुरोध गरेको छ ।
65
Shares
#मौसम पूर्वानुमान
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद । | 2022-12-04T18:12:26Z | https://www.nepalbahas.com/2022/11/21/487023/ | OSCAR-2301 |
२०७७ मंसिर ८ गते सोमबार | eAdarsha.com
२०७७ मंसिर ८ गते सोमबार
सृजनात्मक कार्यमा मन जानेछ । साथीभाइसँगको रमाइलो यात्रा होला । आर्थिक पक्ष बलियो रहनेछ । सहमति र सहकार्यको वातावरण बन्नेछ । व्यापार व्यवसायमा गरेको लगानिले भविष्यसम्म लाभ लिन पाइनेछ ।
अपूरा कार्यलाई पहल गर्दा पूर्ण गर्न सकिनेछ । राजनैतिक एवं सामाजिक क्षेत्रमा नयाँ पद प्रतिष्ठा मिल्नेछ । मन खुसी रहनेछ । वक्तव्य कलाले समाजमा वेग्लै तर· पैदा गर्नेछ । नयाँ कार्यको प्रस्ताव आउने छन् ।
परोपकारी कार्यमा समय विताउन पाउँदा आनन्द लाग्नेछ । सहयोगीले साथ दिँदा सुरु गरेका अधिक कार्यले पूर्णता पाउने छन् ।समय शुभ रहेको छ । पढाइलेखाइमा मन जानेछ । धर्मकर्ममा रुचि बढ्नेछ ।
अरुको भर विश्वासमा पर्दा महत्वपूर्ण अवसर गुम्नेछ । स्वास्थ्य समस्या कायमै रहनेछ । नोकरीमा अपजस व्यहोर्नु पर्नेछ । हतारको निर्णयले समस्यामा पार्न सक्छ, पूर्व तयारीका साथ कार्यमा लाग्नुहोला ।
प्रेमीप्रेमीका बिचको सम्बन्ध प्रगाढ रहनेछ । अरुलाई विश्वास दिलाउन सक्दा महत्वपूर्ण कार्यको जिम्मेवारी मिल्नेछ । आकर्षण शक्ति बढेर जानेछ । मानसिक क्षमतामा समेत बृद्धि विकास हुने देखिन्छ ।
विपक्षीलाई पछि पार्दै लक्ष्यमा पुग्न सकिनेछ । छैटौं भावको चन्द्रमाले सानातिना झमेला आइलागेता पनि बुद्धिमता ढंगले अघि बढ्दा जीत आफ्नै पोल्टामा पार्न सकिनेछ । आर्थिक पक्ष बलियो रहनेछ ।
श्रमको सही मूल्यांकन मिल्दा कार्य गर्ने हौसला थपिनेछ । विद्यार्थी वर्गले अध्ययनमा जोड दिनुहोला । कामको सिलसिलामा रमाइलो यात्रा हुनेछ । सामान्य मिहिनेतले नै सिप सिक्न र बुझ्न सकिनेछ ।
अवसर हुँदाहुँदै पनि विकल्प रोज्नाले समस्या सृजना हुन सक्छ, सजक रहनु होला । कठोर बोलि व्यवहारका कारण आफन्तजनसँग नै विवाद पर्नेछ । काम गरेर चित्त बुझाउन नसक्दा हैरानि लाग्नेछ ।
सोचे अनुरुप काम कार्य बन्दा खुसी लाग्नेछ । लामो समय पछि मित्र मिलन हुनेछ । पराक्रम बढेर जानेछ । खुसी बढ्नेछ । जोखिम युक्त कार्यलाई पनि सहज ढंगले गर्न सक्दा प्रशंसकहरु थपिने छन् ।
मांगलिक कार्यमा सहभागी भइनेछ । कुटुम्बको साथ सहयोगले अघि बढ्दा सफल भइनेछ । अल्छि गर्नाले विशेष अवसर गुम्न सक्छ, जागरुक भएर कार्यमा लाग्नु होला । व्यवसायबाट भने अपेक्षित लाभ मिल्नेछ ।
अरु दिन विरोध गर्नेहरु पनि समर्थनमा आउन बाध्य हुनेछन् । मनमा शान्ति एवं शरीरमा कान्ति छाउने छ । प्रतिक्षित नतिजामा सफल भइनेछ । नयाँ अवसर मिल्नेछ । ठूला व्यक्तिको संगत गर्न पाइनेछ ।
घरायसी समस्याले गर्दा काम गर्ने वातावरण बन्ने छैन । सञ्चित धन खर्च गर्नु पर्दा नैराश्यता छाउनेछ । पूर्व तयारी र टिपोट गरेर कार्य गर्नुहोला । बोलिको गलत अर्थ लगाउन सक्छन्, सजक रहनु होला ।
वि.सं. २०७७ साल मंसिर ८ गते सोमबार, तदनुसार ई.सं. २०२० नोभेम्बर २३ तारिख, प्रमादीनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, हेमन्तऋतु, चान्द्रमान अनुसार कार्तिक शुक्लपक्षको नवमी तिथि रात्रि ३ः१३ बजेसम्म, त्यसपछि दशमी तिथि रहनेछ । | 2021/01/27 03:51:11 | https://www.eadarsha.com/nep/horoscopes/%E0%A5%A8%E0%A5%A6%E0%A5%AD%E0%A5%AD-%E0%A4%AE%E0%A4%82%E0%A4%B8%E0%A4%BF%E0%A4%B0-%E0%A5%AE-%E0%A4%97%E0%A4%A4%E0%A5%87-%E0%A4%B8%E0%A5%8B%E0%A4%AE%E0%A4%AC%E0%A4%BE%E0%A4%B0 | mC4 |
कालो बजारीको मारमा परे उपभोक्ता ! यस्तै भाे, यसपालीको दशैँ : गोदाममै थन्कियो चीनी, सुपथ मुल्यको पसलमा नून मात्रै ! | ebaglung.com
कुसुम थिङ, बागलुङ २०७५ असोज ३१ । नेपाल साल्ट ट्रेडिङले बागलुङ बजारमा सन्चालन गरेको सुपथ मुल्यको पसलमा चीनी बिक्रीमा राखिएन । सरकारले चीनीमो मुल्य निर्धारण गर्न नसक्दा उपभोक्ताहरु महंगो मुल्यमा चीनी किनेर दशै चलाई रहेका छन् । चीनीको बजार भाउ पसलै पिच्छे फरक फरक छ । उपभोक्ताहरु एक केजी चीनी रु ७५ देखी रु ८०।८५ सम्म तिरेर चीनी किनी रहेका छ्न् ।
साल्ट ट्रेडिङका प्रमुख मनोज श्रेष्ठ भन्छन, ‘हामीसंग चीन प्रशस्तै छ, मूल्य निर्धारण नहुँदा गोदाम मै थन्किएको छ । सुपथ मुल्यको पसलमा नून मात्र विक्री गरिएको छ ।’
उपभोक्ता मन्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ भन्छन्, ‘चीनीमा कालो बजारी भएको छ, उपभोक्ताहरु ठगिएका छन् । सरकारले दशैँ जस्तो महान चाडमा पनि चीनीको मुल्य निर्धारण गर्न नगरेर कालोबजारीलाई खुलेआम बढावा दिएको छ ।’
यसपटकको सुपथ मुल्यको पसलको उद्घाटनपनि गरिएको छैन, चीनीको मुुुल्य निर्धारण भएर विक्रीमा राखिएपछी उद्घाटन गर्ने कुरा थियो, साल्ट ट्रेडिङका प्रमुख श्रेष्ठले भने । | OSCAR-2019 |
||
उनले थपे, ‘सरकारका कामहरू सबै हामीले देखेका छौँ, निवार्चन हुँदैन, हुन दिँदैनौँ, तर हामी वार्ताबाट भाग्दैनौ, पछिल्ला दिनहरुमा वार्ताको नाममा हामीलाई खेलाउने काम भएको छ, दिन कटाउने काम भैरहेको छ ।’
यादवले एमाले आफूहरुको स्थायी सत्रु नभएको र राजनीतिमा स्थायी सत्रु र मित्र नहुने स्पष्ट पार्दै एमालेसँगको सम्बन्ध सकारात्मक रहेको बताए ।यादवले संविधान संशोधन नगरी समस्याको समाधान हुन नसक्ने बताउँदै संशोधनमार्फत समाधान गर्ने हो भने कुनै पनि विषयलाई थाँती राख्न नहुने बताए ।
प्रधानमन्त्री दाहालको चीन भ्रमणप्रति टिप्पणी गर्दै यादवले भने, ‘मुलुकको समस्या समाधान गर्नुपर्ने बेलामा उहाँ चीन जानुभयो, मुलुकको समस्या समाधान गरेर चीन मात्रै होइन, जापान, अमेरिका जहाँ गए पनि हामीलाई भन्नु केहि छैन ।’ | 2021-03-03T23:59:27Z | https://onlinejagaran.com/archives/12442 | OSCAR-2109 |
महिला हिंसा रोक्न सरकार कडा रुपमा प्रस्तुत हुन्छ –गृहमन्त्री | Hakahaki
महिला हिंसा रोक्न सरकार कडा रुपमा प्रस्तुत हुन्छ –गृहमन्त्री
१३ भदौ०७५, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा 'बादल'ले पछिल्लो समय महिला हिंसा र बलात्कारका घटनाविरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुने बताएका छन् ।
महिला हिंसा बढेको भन्दै अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष निलम बर्माको नेतृत्वमा ज्ञापनपत्र बुझाउन बुधबार गृहमन्त्रालय आएको टोलीलाई गृहमन्त्री थापाले महिला हिंसाका घटनालाई गम्भीरतापूवर्क लिएको भन्दै तत्काल कारबाहीका लागि प्रहरीलाई निर्देशन दिएको बताए ।
गृहमन्त्रीले पछिल्लो समय आएका महिला हिंसा र बलत्कारका घटनाका समाचारमा आफ्नो ध्यानाकर्षण भएको भन्दै महिला हिंसाका दोषीलाई कुनै हालतमा उन्मुक्ति नदिइने स्पष्ट पारे ।
यस्ता घटनामा अधिकांश दोषीलाई प्रहरीले पक्राउ गरी कारबाही प्रक्रियासमेत अगाडि बढाइसकेको जानकारी दिँदै उनले महिला हिंसाविरुद्ध मन्त्रालयले सुरु गरेको अभियानमा हातेमालो गरेर अघि बढ्न सञ्जाललाई आग्रह गरे ।
उनले भने, 'अनियन्त्रित मदिराको बिक्रि वितरण र लागूपदार्थको सेवन तथा अन्य कारणले महिला हिंसाका घटना बढेका छन् । त्यसैले पहिला ति कारणको न्युनिकरण गर्न जरुरी देखिएको छ ।'
गृहमन्त्री थापाले पछिल्ला दिनमा बलत्कारका घटना बढेकोजस्तो देखिएपनि तथ्यांकगत रुपमा घटेको बताउँदै भने– 'पहिले यस्ता घटना गोप्य राखिन्थ्यो, मिडियामा पनि बढी आउँदैन्थ्यो । तर अहिले मिडियामा बढी आउन थालेकोले घटना बढेको हुन् कि भन्ने जस्तो देखिएको हो ।'
गृहमन्त्रीले कञ्चनपुरमा बालिकाको हत्याको विषयमा समेत गृहले छानविन समिति मार्फत छानविन अघि बढाईसकेकोले केही दिनमै सत्यतथ्य आउने विश्वास व्यक्त गरे ।
महिला हिंसा विरुद्ध आवश्यकता अनुसार थप कठोर कानुन बनाउन सकिने भन्दै संसदमा महिला सांसदहरुबाट आएको संकल्प प्रस्तावले पनि त्यसलाई सहयोग पुग्ने धारणा व्यक्त गरे ।
सञ्जालको टोलीले पछिल्ला दिनमा देशका विभिन्न ठाउँमा भएका महिलाको बलात्कार, हत्या लगायतका घटनाले स्तब्ध बनाएको भन्दै घटनाका दोषीलाई तत्काल कारबाहीको दायरमा ल्याउन गृहमन्त्रीको ध्यानाकर्षण गराएको थियो । | 2021/09/18 07:51:59 | http://www.hakahaki.com/2018/08/30/%E0%A4%AE%E0%A4%B9%E0%A4%BF%E0%A4%B2%E0%A4%BE-%E0%A4%B9%E0%A4%BF%E0%A4%82%E0%A4%B8%E0%A4%BE-%E0%A4%B0%E0%A5%8B%E0%A4%95%E0%A5%8D%E0%A4%A8-%E0%A4%B8%E0%A4%B0%E0%A4%95%E0%A4%BE%E0%A4%B0-%E0%A4%95.html | mC4 |
( यो लेख कान्तिपुरको हेलो शुक्रबारमा आजको अंकमा प्रकाशित भएको हो । इपेपर हेर्ने भए यहाँ क्लिके हुन्छ । )
हरेक तस्विरहरुमा सेता दन्त लहर टिलिक्क टल्काउदै हेरौं हेरौं लाग्ने मुस्कान छोड्ने रिवेका व्ल्याक, इन्टरनेटमा सर्बाधिक खोजी गरिएकि अमेरिकन पप सिंगर हुन् । एक वर्ष अघि ‘फ्राइडे’ म्युजिक भिडियो सार्वजनिक गर्दा रिवेका ब्ल्याकले यति चर्चा बटुल्ने आशा सायदै गरेकि थिईन् । अमेरिकाको क्यालिफोर्नियामा जन्मिएकि रिवेकाको स्वर मिसिएको ‘फ्राइडे’ जब ईन्टरनेटको दुनियामा फैलियो उनको उमेर भन्दा कैयौं गुणा बढी श्रोताहरुको ढुकढुकि बन्यो । भर्खर १५ वर्षको उकालो चढ्दै गरेकि रिवेकाको यस म्युजिक भिडियोलाई सोमबार सम्म १ करोड, ४८ लाख ४६ हजार ४७ जनाले हेरिसकेका छन् । यिं आकर्षक र सेक्सी सुन्दरी गुगल जिटिजिस्टको तथ्यांक अनुसार सन् २०११ मा सर्बाधिक खोजिने ब्यक्तिहरु मध्ये पहिलो नम्बरमा परिन् । ‘फ्राइडे’ अतिरिक्त रिवेकाका ‘माइ मुमेन्ट’ र ‘पर्सन अफ इन्ट्रेस्ट्’ एल्बम निस्किएका छन् ।
अक्सर झ्याप्प दाह्री पाल्न रुचाउने र्यान टेलिभिजन पर्सनालिटि हुन् । (जो जुन २०, २०११ मा बिते ) करिअर बनाउन र्यान जस्तोसुकै खतरा मोल्न तयार हुन्थे । अमेरिकाको एमटिभीबाट प्रशारण हुने ‘ज्याक्स’ र ‘भिभा ला बाम’ यस्तै खतरा मोल्नुपर्ने टेलिभिजन सिरिज हुन्, जो वास्तविक कथाबस्तुमा आधारित हुन्थे । तिनै सिरिजका सदस्य हुन्, र्यान । उनले बाम मार्गेरा फिल्ममा प्रमुख पात्रका रुपमा पनि अभिनय पनि गरेका छन् । सन् २००० देखी २००२ सम्म एमटिभिबाट देखाईका यिनै सिरिजबाट र्यानको लोकप्रियता चुलियो । झण्डै एक दर्जन टेलिभिजन कार्यक्रम उत्पादन गरेका र्यानले म्युजिक भिडियो र फिल्म उत्पादनमा पनि संलग्न थिए । गुगल जिटिजिस्टको तथ्यांक अनुसार सन् २०११ मा सर्बाधिक खोजिने उनी दोस्रो ब्यक्ति हुन् ।
इंग्ल्याण्डमा जन्मिएकि पिप्पा पार्टी सर्भिस ब्यबसायि हुन् । २८ वषिर्या यिं युवति उच्च घरानाहरु जमघट हुने पार्टीहरुमा मनोरञ्जन लिन रुचाउछिन् । २००८ मा ग्रयाजुएसन सकेपछि एक कम्पनिमा पब्लिक रिलेसनका रुपमा कार्यरत पिप्पाले बेलायतको टेबल टक कम्पनिमा इभेन्ट् म्यानेजरको अनुभब पनि बटुलेकि छिन् । उनकी जेठी दिदी क्याथरिनको राजकुमार विलियम संग २९ अपि्रल, २०११ मा लगनगाठो कस्सिएपछि मिडियामा ठूलो कभरेज पाएकी थिइन् । विशेष गरी पिप्पाकै जीवनशैली र उनको सामाजिक जीवनबारे मिडियाले उनलाई राम्रो स्थान दिएका थिए । २००८ मा टेट्लर म्यागेजिनले पिप्पालाई द नम्बर वान् सोसाइटि सिंगलट्न का रुपमा घोषित गरेको थियो ।
ओर्लान्डो, फ्लोरिडाबाट २ वषिर्या केली मेरी एन्थोनि हराएको खबर आयो । ठ्याक्कै चार वर्ष अघि घटेको त्यो घटनाले सनसनि मच्चियो । आखिर कसरी हराइन् केली ? खोज्दै जादा केली घर नजिकै मारिएको अबस्थामा फेला परिन् । उनकी आमा केसिले त्यो घटनाबारे प्रहरीलाई विवादास्पद अभिब्यक्ति दिइन् । २६ वषिर्या केसि यसै प्रकरणले जेल जान बाध्य भइन् । बन्दी जीवनपछि केसिलाई हजारौं इमेलको ओइरो लाग्यो जसमा उनिप्रति घृणा पोखिएको थियो । र, उनलाई मार्ने धम्कीपूर्ण इमेल थिए तिं । आफ्नी छोरीको हत्या गरेको आरोप लगाउदै कतिले उनलाई मार्ने प्रयत्न पनि नगरेका हैनन् । गुगलमा खोजिने चौथो ब्यक्ति हुन्, केसि ।
२३ वर्ष अघि बेलायतमा जन्मिएकि एडेल गायिका हुन् । चार वर्षकै उमेर देखी गीत गाउन थालेकि उनी संगित र गायनमा गहिरो अभिरुचि राख्छिन् । गीत लेखनमा पनि उत्तिकै चाख राख्नेएडेललाई सन् २००८ मा ब्रिट अवार्ड नामक पप म्युजिक अवार्डबाट सम्मानित भईसकेकि छिन् । एडेलको प्रस्तुतिले अमेरिकाको टेलिभिजनबाट प्रशारण हुने स्याटर्डे नाइट लाइभमा ठाउ पाएपछि उनको करिअर उकालो लागेको हो ।
कसैकसैको मृत्यु पनि लोभ लाग्दो बनिदिन्छ । बाचेको सिंगो जीवन भन्दा मृत्युको एक दिनले ठूलो पाठ सिकाउन सक्छ । क्यालिफोर्नियाको सानफ्रानसिस्कोमा जन्मेका स्टीभ जब्स बाँचुञ्जेल जति चर्चामा रहे त्यो भन्दा अझ बढी मृत्युमा उनको चर्चा भयो । लामो समय पत्रिकाका पानाहरु उनकै सम्झनाले रंगिए । सायद उनले गरेका लोभ लाग्दा काम र फरक ढंगको जीवनशैलीकै कारण दुनियाले सम्झिए । -(अझै सम्झिरहनेछन् ) अक्टोबर ५, २०११ मा संसारबाट बिदा भएका स्टीभले आम मानिसको दिमागमा बेग्लै छाप छोडे । विश्व प्रसिद्ध कम्पनि एप्पल इङ्कका सहसंस्थापक, पूर्व अध्यक्ष तथा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेका स्टीभले आइफोन, आइपड, आइप्याड जस्ता आकर्षक ग्याजेट उपहार स्वरुप छोडेर गए ।
हातभरी ट्याटु खोपेकि एमि जब हल्लिदै ज्याज गीतहरु गाउ थाल्छिन्, संगितप्रेमीहरु जुरुक्क उफ्रन थाल्छन् । मृगनयन रुपि उनका आँखाहरुले जसरी लठ्ठै बनाउछन्, उनको जादुमयि स्वर भरिएको गीत सुन्दा छुट्टै मात चढ्छ । ९ वर्ष अघि सार्बजनिक गरेको फ्रयांक एल्बम मर्क्युरी पुरस्कारका लागी छनोटमा परेको थियो । यिं २७ वषिया बेलायति सुन्दरीको २३ जुलाइ, २०११ मा रहस्यमय ढंगले मृत्यु भयो ।
मोहम्मद बिन लादेनका ५२ सन्तानहरुमध्ये १७ औं सन्तान हुन्, ओसामा बिन लादेन । साउदी अरबका अरबपति ठेकेदार बाबुको सन् १९६८ मा हेलिकप्टर दुर्घटनामा मृत्युपछि युवा अबस्थामै बिना मिहिनेत करोडपति बने लादेन । साउदी अरबको साह अब्दुल्लाह अजिज विश्वविद्यालयमा इन्जिनियरिङ पढ्दै गर्दा कट्टरपन्थि शिक्षक र विद्यार्थीहरुसंग नजिकिएका उनी पछि गएर अलकायदाका प्रमुख बने । सेप्टेम्बर ११, २००१ मा अमेरिकाको वल्र्ड टे्रड सेन्टरमा आक्रमण गरेपछि ओसामा बिन लादेन संसारभर चर्चामा आए । मध्यपूर्वमा अमेरिकी सेनाको उपस्थिीति नरुचाएर १९९८ मा अमेरिका बिरुद्ध युद्धको घोषणा लादेन इस्लाम धर्मका श्रद्धालुहरुका लागी नायक बनेका थिए भने पश्चिमी मुलुकहरुका लागी अन्र्तराष्टिय खुंखार आतंकबादी कहलिए । उनलाई समाप्त गर्न अमेरिकी गुप्तचर संगठनले २ करोड ५० लाख अमेरिकी डलर राशीको पुरस्कार समेत घोषणा गर्यो । अन्तत मे २, २०११ मा पाकिस्तानको एबोटाबादमा अमेरिकी सैनिकको आक्रमणमा उनी मारिए । लादेन गुगलमा सर्बाधिक खोजिएका ८ औं ब्यक्ति हुन् । | OSCAR-2019 |
||
एसबीआइ बैंकको हकप्रद सुरक्षित गर्ने सोमबार अन्तिम दिन
ARCHIVE, CORPORATE » एसबीआइ बैंकको हकप्रद सुरक्षित गर्ने सोमबार अन्तिम दिन
काठमाडौं - नेपाल एसबिआइ बैंकको ४०% हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन हो । वैशाख २५ गतेसम्म कायम सेयरधनीले बैंकको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । बुक क्लोज हुनुभन्दा अघि सेयर किनेकाले मात्र हकप्रद भर्न पाउँछन् । बैंकले जेठ ७ गतेदेखि १०ः४ अनुपातमा सेयर बिक्री खुला गर्न लागेको हो । बैंकले १०० रुपैयाँ अंकित मूूल्यको १ करोड ९९ लाख १९ हजार ४२३.६० कित्ता सेयर बिक्री गर्नेछ । यो हकप्रद सेयर असार ११ गतेसम्म भर्न पाइनेछ । हकप्रद निष्कासनपछि एसबीआइको चुक्ता पुँजी ६ अर्ब ९७ करोड १७ लाख ९८ हजार २५९ रुपैयाँ पुग्नेछ । नेपाल राष्ट्र बैंकले तोकेको ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन एसबीआइले ४०% हकप्रदको बाटो रोजेको हो ।
एसबीआइ बैंकको केन्द्रीय कार्यालय केशरमहल लैनचौर काठमाडौंसहित देशभरका अधिकांश शाखा कार्यालयबाट हकप्रद सेयरमा आवेदन दिन सकिनेछ । त्यसैगरी नेपाल एसबीआइ मर्चेन्ट बैंकिङ लिमिटेड हात्तिसार काठमाडौं र एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौंबाट पनि आवेदन दिन सकिनेछ । एसबीआइ मर्चेन्ट बैंकिङ र एनएमबि क्यापिटल लिमिटेडमा भने चेकमात्र बुझिलिने ब्यवस्था छ । एसबिआइको यो हकप्रदमा बिक्री प्रत्रन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । | 2018/07/16 09:00:56 | https://www.arthasarokar.com/2017/05/Nepal-SBI_8.html | mC4 |
तर सूर्य थापाले आफ्नो फेसबुकमा ‘जनप्रदर्शनबारे भ्रम फिजाउन’ यस्तो गरिएको लेखेका छन्। उनले लेखेका छन्, ‘मेराे फेसबुक आइडीलाई स्क्रीन सट गरी नक्कली म्यासेज बनाई साेसल मिडियामा व्यापक रूपमा दुष्प्रचार गर्न यस्ताे अपराधिक गिराेह कुत्सित सक्रियतामा संलग्न रहेकाेमा म उक्त कार्यप्रति खेद प्रकट गर्दछु।’
यसमा उनले ‘माधवकुमार नेपालका कान्छा भाइ सराेज उपाध्यायसहितकाे यस घिनलाग्दाे अपराध कर्मकाे निन्दा गर्दछु’ लेखेका छन् र उपाध्यायको फेसबुकको स्क्रिनसट पनि राखेका छन्
यस्तो प्रचार भएपछि थपलियाले आफ्नो फेसबुकमा लेखे– राजनीति पनि कतिसम्म घृणित अनि घिनलाग्दो गर्न खोजेको होला? केही नपाएर व्यक्तिको चरित्र हत्या गर्ने पनि एउटा हद हुन्छ नि? जे पनि लेख्ने ?जे पनि भन्ने ?सामाजिक संजालको चरम दुरुपयोग गर्ने?
ओली समूहको भोलिको सभा स्थगित हुने र गोंगबुमा गाडी जलाउने ओली पक्षकै विद्यार्थी नेता भएको समाचार कुनै पनि विश्वासिलो मिडियामा आएको छैन। सब सामाजिक सञ्जालमा मात्रै आएका हुन्। यो एक पक्षले अर्को पक्षविरुद्ध गरेको फेक युद्ध मात्रै हो।
यो युद्धमा दुई पक्ष हुन्छ। उनीहरु एकले अर्कोलाई तल गिराउन खोज्छन्। त्यसैले अहिले चलिरहेको फेक युद्धबाट सावधान हुनुस्। तपाईँ हामी के गर्न सक्छौँ त ?
मिथ्या सूचना व्यापक हुनबाट रोक्नु नागरिक, पत्रकार, मिडिया, राजनीतिक दल र अधिकारकर्मी सबैको कर्तव्य हो । मिथ्या सूचनाले दिने झुटो जानकारीले नागरिकलाई गलत निर्णय गर्न प्रेरित गर्छ । यसर्थ लोकतन्त्र बलियो बनाउन मिथ्या सूचनाबाट जोगिन जरुरी हुन्छ ।
– कुनै पनि सामग्री पढेपछि तुरुन्तै विश्वास नगर्नुहोस्, प्रकाशित सामग्री मिथ्या हुन सक्छन् भनेर सचेत हुनुहोस् ।
– कुनै पनि सामग्री आफ्नो सोसल मिडियामा सेयर गर्न वा त्यसका सूचनाका आधारमा आफ्नो विचार राख्न हतार नगर्नुहोस् ।
-सोसल मिडियामा कतिपय अवस्थामा प्रयोगकर्ताले पढेका आधारमा समाचार धेरैमा देखिने हुँदा शीर्षकमा शङ्का लागेका वा गलत साइटमा प्रकाशित सामग्री पढ्न खोजेर समय खेर नफाल्नुहोस् । | 2021-02-25T01:36:15Z | https://bikashkhabar.com/3917/ | OSCAR-2109 |
विवादका कारण रोकिएको भक्तपुरको मतदान शुरु - Himalayan Kangaroo
विवादका कारण रोकिएको भक्तपुरको मतदान शुरु
Posted by Himalayan Kangaroo | २१ मंसिर २०७४, बिहीबार ०७:५२ |
भक्तपुर । भक्तपुर क्षेत्र नम्बर २ को प्रदेश नम्बर (क) सूर्यविनायक नगरपालिका–१ सिरुटारस्थित साविक सिरुटार मतदान केन्द्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र वितरण गरेपछि भएको विवादका कारण रोकिएको मतदान पुनः शुरु भएको छ ।
बिहान ७ बजेबाट शुरु भएको मतदानका क्रममा करिब ८ बजे साविक सिरुटार गाविस मतदानस्थलको (ख) मतदान केन्द्रमा प्रदेशसभातर्फको मतपत्र वितरणको क्रममा मतदान अधिकृत डोलप्रसाद जैसी पराजुलीले हस्ताक्षर नगरी मतपत्र वितरण गरेको पाइएपछि विवाद भएको थियो ।
एमालेका प्रतिनिधिले मतदान अधिकृतको हस्ताक्षर नभएको मतको पनि गणना गर्ने सर्वदलीय सहमति हुनुपर्ने माग राखेको र नेपाली कांग्रेसका प्रतिनिधिले हस्ताक्षर नभएको मत रद्द हुनुपर्ने अडान राखेपछि मतदान रोकिएको थियो ।
यता भक्तपुरको क्षेत्र नम्बर १ प्रदेश नम्बर (ख) भक्तपुर नगरपालिका स्थित विद्यार्थी निकेतन माध्यामिक विद्यालय मतदान केन्द्रमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे, चोछे मतदान केन्द्रबाट नेमकिपाका प्रतिनिधिसभाका उम्मेदवार प्रेम सुवाल र थिमि बोडे मतदान केन्द्रबाट क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यको उम्मेदवार अनुराधा थापामगरले मतदान गरे ।
त्यसैगरी क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार महेश बस्नेतले गुण्डुको भैरबी निमावि केन्द्रबाट मतदान गरे ।
Previousअष्ट्रेलियाको मेलबर्न आउने नयाँ युवाहरुको लागि 'बरिष्ट ट्रेनिंग' को साथमा रिजुम बनाउने प्रशिक्षण | 2019/02/20 02:44:34 | http://himalayankangaroo.com/56696.html | mC4 |
पब्जीको लत लागेकी एक महिलाले मागिन पतिसँग सम्बन्ध विच्छेद ! - Kantipath.com
काठमाडौँ ४ जेठ । पब्जी (प्लेयर अन्नोन ब्याटलग्राउण्ड) खेल अहिले निकै लोकप्रिय भैरहेको छ । पब्जी मोबाइल खेलको बारेमा थाहा नपाउने कमै होलान् ।
पब्जीकै कारण भारतसम्म अहिलेसम्म १० भन्दा बढी घटना घटिसकेको छ । त्यसैगरी १६ जनालाई गिरफ्तार गरिएको छ । गुजरातमा प्रतिबन्धपछि पनि पब्जी खेलेका कारण १६ जनालाई गिरफ्तार गरिएको थियो । फेरि गुजरातमै पब्जीको लत लागेकी एक महिलाले पतिसँग सम्बन्ध विच्छेद चाहेकी छिन् । पब्जीकै कारण कसैको सम्बन्ध विच्छेद हुन लागेको यो पहिलो पटक हो ।
अहमदाबादमा रहने १९ वर्षीया महिलाले पतिसँग सम्बन्ध विच्छेद चाहेकी हुन् । उनको एक वर्षभन्दा कम उमेरकी एउटी छोरी पनि छिन् ।
ती महिलाले राज्यको महिला हेल्पलाइन (१८१) मा फोन गरेकी थिइन् । उनले पतिसँग सम्बन्ध विच्छेदको चाहना गर्दै पब्जी खेल्ने साथीसँग रहने इच्छा व्यक्त गरेकी छिन् ।
रिपोर्टका अनुसार, ती महिला एक प्रतिष्ठित परिवारसँग सम्बन्धित छिन् । उनी आफ्नो फैसलाप्रति अडिग छिन् र यो फैसलाका पछाडि घरेलु विवाद नरहेको पनि उनले बताएकी छिन् । '१८ वर्षको उमेरमा उनको एक निर्माण व्यवसायीसँग विवाह भएको थियो र उनी चाँडै नै एउटी बालिकाको आमा बनिन्' काउन्सलरले भने ।
पब्जी खेल्ने क्रममा अहमदाबाद शहरकै एक युवकसँग प्रेममा परेको र केही समय अघिदेखि उसँगै मिलेर पब्जी खेल्दै आएको ती महिलाले बताएकी छिन् । काउन्सलरले ती महिलालाई हुर्कँदै गरेकी छोरीको भविष्यको ख्याल गर्दै आफ्नो फैसलामा पुनर्विचार गर्न भनेका छन् । एजेन्सी | 2021/10/22 01:20:45 | https://kantipath.com/international-news/world-activities/%E0%A4%AA%E0%A4%AC%E0%A5%8D%E0%A4%9C%E0%A5%80%E0%A4%95%E0%A5%8B-%E0%A4%B2%E0%A4%A4-%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A5%87%E0%A4%95%E0%A5%80-%E0%A4%8F%E0%A4%95-%E0%A4%AE%E0%A4%B9%E0%A4%BF%E0%A4%B2/ | mC4 |
News 18 Nepal || उपचार नै नपाउने स्थिति आउन सक्छ भन्दै स्वास्थ्यकर्मीले दिए चेतावनी
उपचार नै नपाउने स्थिति आउन सक्छ भन्दै स्वास्थ्यकर्मीले दिए चेतावनी
काठमाडौं । सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका स्वास्थ्यकर्मीले निषेधाज्ञाको पूर्ण पालना गरेर सहयोग गर्न अपिल गरेका छन् । अस्पतालमा कोरोना संक्रमित भएर आउनेको संख्या धान्नै नसक्ने गरी बढेकाले निषेधाज्ञाको पालना गरेर घरमै बस्न आग्रह गरेका छन् ।
संक्रमितको संख्या बढ्दै जाँदा राम्रोसँग उपचार नै नपाउने अवस्था आउनसक्नेतर्फ सचेत रहन आग्रह गरेका छन् । अस्पतालका स्वास्थ्यकर्मी संगम कक्षपतिले स्वास्थ्य सावधानी सहित घरमै बसेर कोरोना संक्रमणबाट बचिने भन्दै निषेधाज्ञाको पालना गर्न अनुरोध गरेका हुन् ।
अहिले देशैभरका कोभिड अस्पताल र अन्य सरकारी अस्पतालमा संक्रमितको चाप बढिरहेको छ । कोभिड संक्रमणको दोस्रो लहर ७७ वटै जिल्लामा पुगिसकेको छ । यसबाट सर्वसाधारणसँगै अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार धमाधम संक्रमित हुन थालेका छन् । | 2021/05/09 10:35:28 | https://news18nepal.tv/archives/27591 | mC4 |
आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले साधरण सेयर निष्कासन गर्ने भएको छ । १ लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागिएको संस्थाले जानकारी दिएको छ ।
यसका लागि सनराइज क्यािपटल लिमिटेडलाई संस्थाले निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत सौगत वीर चौधरी र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे । | 2021-11-28T15:04:13Z | https://www.parichaya.com/news-8429/ | OSCAR-2201 |
अपडेट : क्याप्टेन घिमिरेले जोमसोम टावरसँग हावाको गति सोधे लगत्तै सम्पर्कविहीन « ABC NEWS NEPAL | No.1 News channel of Nepal
अपडेट : क्याप्टेन घिमिरेले जोमसोम टावरसँग हावाको गति सोधे लगत्तै सम्पर्कविहीन
काठमाडौं, १५ जेठ । जोमसोम विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर पुष्कल शर्माका अनुसार जहाज कमाण्ड गरेका क्याप्टेन प्रभाकर घिमिरेसँग लेतेमाथिको आकाशबाट अन्तिमपटक कुरा भएको थियो। त्यो बेला घिमिरेले जोमसोम क्षेत्रको हावाको गतीको विवरण माग्नुभएको थियो । 'तारा भन्दा अगाडि समिटको जहाज आइरहेको थियो।
ताराका क्याप्टेन घिमिरेले म सँग जोमसोमको हावाको गति कति छ भनेर माग्नु भएको थियो,' शर्माले भन्नुभयो , 'शर्मालाई हावाको गतिबारे जानकारी दिएपछि म समिटको जहाजलाई अवतरण गराउनतिर लागे, त्यसपछि ताराको जहाजलाई सम्पर्क गर्न खोज्दा सम्पर्क नै भएन।'जोमसोमको हावाको विवरण माग्दा ताराको जहाज १२ हजार ५ सय फिटको उचाईमा रहेको उहाँले बताउनुभयो ।
जोमसोम विमानस्थल ९ हजार फिट उचाईमा छ। शर्माका अनुसार घिमिरेलाई जानकारी दिँदा जोमसोमको हावाको गति २५ नटिकल माइल प्रतिघण्टा (४६.३ किमि)को गतिमा थियो। 'हावाको गति ठिक त होइन, तर, जोमसोममा यो गतिको हावामा उडान र अवतरण हुन्छ,' शर्माले भन्नुभयो । शर्माका अनुसार जोमसोममा ३० नटिकल माइल प्रतिघण्टा (५५.५६ किमि)को गतिमा हावा रहँदासम्म उडान र अवतरण गर्ने गरिएको छ। | 2022/07/02 11:04:33 | https://www.abcnepal.tv/posts/169132 | mC4 |
बझाङ : बझाङमा आज शुक्रबार विहान भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ४ बजेर ५५ मिनेटमा बझाङको सुर्मा गाँउपालिकाको दौलीचौर केन्द्रविन्दु भएर ३.८ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का बझाङ सहित बैतडी र दार्चुला समेत महसुस गरिएको थियो । भूकम्पको क्षतीबारे कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । | 2021-12-08T10:07:16Z | https://khabarboard.com/province/sudurpashchim/28149/ | OSCAR-2201 |
कामना सेवाको 'केएस डिजी' डिजिटल वालेट सञ्चालनमा Bizshala -
काठमाण्डौ। कामना सेवा विकास बैंकले ग्राहकको हितलाई मध्यनजर गर्दै छिटो कनेक्ट र मनम इन्फोटेकको सहकार्यमा केएस डिजी (डिजिटल वालेट) सेवा डेभलमेन्ट बैंकहरुमा नै पहिलो पटक सञ्चालनमा ल्याएको छ।
यस सेवाको प्रयोग गरी बैंकमा खाता नभएकाहरुले पनि घरमै बसी झन्झटरहित तवरले मात्र केही कागजात अपलोड गरी केएस डिजी वालेट खोल्न सक्नेछन्।
हिजो एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले उक्त वालेट सेवाको शुभारम्भ गरेका हुन्। यस डिजिटल वालेट खोल्न एपमा Face Recognition गर्न सक्ने अर्टिफिसियल इन्टिलिजेन्स (एआई) को प्रयोग भएको छ। यसका साथै अकाउन्ट ओपनिङ, लोन एप्लिकेसन, इन्टर ओपेरेबल क्यूआर, एमक्यासलगायतका बैंकिङ सेवा तथा सुविधाहरु रहेका छन्।
काठमाण्डाको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागमा १२९ वटा शाखा, १ वटा एक्सटेन्सन काउन्टर तथा ७६ वटा एटीएममार्फत ग्राहकलाई आफ्नो सेवा तथा सुविधा प्रदान गर्दै आएको छ। यसका साथै बैंकले आफूलाई डिजिटल बैंकिङ सेवाहरुमा अब्वल बैंैकका रुपमा स्थापित गर्ने उद्देश्य राखेको छ। | 2022/01/17 15:46:31 | https://www.bizshala.com/story/%E0%A4%95%E0%A4%BE%E0%A4%AE%E0%A4%A8%E0%A4%BE-48 | mC4 |
आज काठमाडौंसहित देशैभर मौसम बदली | Suvadin !
आज काठमाडौंसहित देशैभर मौसम बदली
BarunPoudel
Jumladistrict
Neaplweather
उक्त वायुको प्रभावले देशैभर बदली हुनाका साथै पूर्व र पश्चिमी भेगमा हल्का वर्षात् भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी न्यून चापीय प्रणाली क्रमशः पूर्वतिर सर्दै गएकाले बुधबारदेखि मौसममा सुधार आउने मौसमविद् वरुण पौडेलले जानकारी दिएका छन्।
Feb 13, 2018 14:59
काठमाडौं, १ फागुन – पश्चिमी वायुको प्रभावका कारण मंगलबार काठमाडौंसहित देशैभर मौसम बदली तथा अधिकांश स्थानमा वर्षा भएको छ।
काठमाडौंमा मंगलबार बिहानीपख हल्का वर्षा भएको थियो। मौसममा आएको बदलीका कारण राजधानीमा बढी चिसो महसुस गरिएको छ। महाशाखाको पछिल्लो विवरणअनुसार जुम्लामा २९, सुर्खेतमा १८, डडेल्धुरामा १२, दाङमा १२, दिपायलमा नौ, बाँकेमा आठ, धनगढी र भैरहवामा चार चार तथा पोखरा र काठमाडौंमा दुई दुई मिलिमिटर वर्षात् भएको छ।
काठमाडौंको अधिकतम तापक्रम २० र न्यूनतम आठ डिग्री सेल्सियस रहेको छ। सबैभन्दा कम जुम्लामा ऋणात्मक ३ दशमलव ९ र सबैभन्दा बढी सिमरामा १२ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ। | 2019/01/23 00:50:43 | https://suvadin.com/news/people-community-and-responsiblity/weather-clouded-all-over-nepal | mC4 |
लाग्दैछ— जिन्दगी उकालो र ओरालोका दुई गोरेटो बाटो मिलेर बनेको चोक हो । जहाँ अनायासै अलमलिरहेका छन् मोडहरू । अनि, अलमलिरहेका छन् कैयौँ बटुवाहरू ।
०००००
“दाई, यो बाटो कता पुग्छ?”, अपरिचित कसैले सोध्छ ।
“कागत्यानी मन्दिर ? “, म छोटो उत्तर दिन्छु ।
“मान्छे किन अलमलिन्छ ?”, तत्काल आफुले आफैलाई प्रश्न गर्छु ।
भिरबाट भुनभुनाउँदै निस्केका माउरीका हुलहरूलाई सम्झिन पुग्छु । तीनले कहिल्यै नबिर्सिने बाटाहरू सम्झिन्छु । बाटै बिर्सेपनि तीनले कसलाई सोध्दा हुन्रु
म झन्— सोचमग्न हुन्छु ।
विशाल आकाशमा उड्डै गरेका चराहरूलाई सम्झिन पुग्छु र तीनले कहिल्य नविराउने बाटाहरू सम्झिन्छु । मानौँ, हुचिलले बाटो बिर्सिए के गर्लारु कसलाई सोध्लारु
लाग्छ— मान्छेले मात्र किन विराउँछ बाटोरु ठम्याउँनै नसक्ने गरी किन भुल्छ— गन्तव्यरलक्ष्यका बाटाहरू । चाहे ती— हृदयका बाटा हुन् वा पैतलाकारु
उसैउसै अनेकौँ प्रश्नहरूको चाङ्गमाथि पल्टिन्छु । घोत्लिन्छु । डुब्छु । तैरिन्छु । पटक(पटक । र, सोचिरहन्छु चिया दोकानको कुनै कुनातिर चुरोट सल्काउँदै घण्टौँसम्म ।
छेवैमा खैरो बाक्लो ज्याकेटमा टाठिएको एउटा ठिटो ढेस्सिएर बसेको छ । ऊ यो अजिबोगरिब दुनियाँको माकुराका जाला जस्ता तमाम् बाटाहरू भुलेर यहाँ आइपुगेको छ । उसको चुरोट तनाईले त्यसै भन्छ । ऊ यति हतारहतारमा धुवाँ पिइरहेको छ । मानौँ, ऊ हृदय र पैतलाका पीडाहरूलाई धुँवाका कससँगै उडाउन चाहान्छ ।
बस्, यो त चिया दोकानको क्यानभासमा अचानक कोरिन पुगेको एउटा विशुद्ध सोच र दृश्य मात्र हो जुन क्यानभासमा घण्टौँसम्म उसैउसै हराइरहने तमाम् मध्येको एउटा नियमित पात्र म पनि हुँ ।
०००००
उत्तरपट्टीको कुनामा उम्लिरहेको चिया फुत्लुक फुत्लुक चलाउँदै छिन्, दिदी ।
चुरोटको धुँवा उडाउँदै दक्षिणपट्टीबाट म चियाका लामा लामा फुर्को हेरेर रमाइरहेको छु । म दिदी भन्छु । किनकिन मलाई यो शब्द आजभोलि निकै आत्मिय लाग्न थालेको छ । ऊहाँ सबैको दिदी हुनुहुन्छ ।
साउनी भन्न छाडेर जब ६७ वर्षे बुढो २६ वर्षे केटीलाई “दिदी मिठो चिया पिउ” भन्दै आइपुग्छ । यो दृश्य देखेर म अचानक भावुक हुन्छु र झसङ्ग पनि—
“मान्छे पाको र अनुभवी त कर्मले हुने रहेछ, कहाँ उमेर र सोचले मात्र भइन्छ ।”
(यी— भर्खरै मैले “मार्ग दर्शनका” ठुल्ठुला कुरा मनमनै पोखिरहे र मैले जस्तै गरी कैयौ चोकचोकका च्यादोकानमा बेरोजगार सुकरातहरू ठुल्ठुला दर्शन यसैगरी पोखिरहन्छन् ।)
म अचानक आफुले आफैलाई लज्जित ठान्छु । र, अनगिन्ती ठुल्ठुला सोचहरूलाई त्यहि थातिराखेर चियादोकानको वैचारिक क्यानभासबाट फुत्त निस्किन्छु र कसैलाई थाहै नदिई गुपचुप कोठातिर हानिन्छु । | 2022-11-28T18:48:10Z | https://www.prasashan.com/2016/12/31/10349/ | OSCAR-2301 |
मतदानपछि प्रचण्डले भने- मुलुक नयाँ अध्यायमा प्रवेश गर्यो – Janamanch.com
मतदानपछि प्रचण्डले भने- मुलुक नयाँ अध्यायमा प्रवेश गर्यो
भरतपुर, २१ मंसिर – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनसँगै मुलुक नयाँ अध्यायमा प्रवेश गरेको बताएका छन् । भरतपुर– १४ स्थित शान्तिपुर आधारभूत विद्यालयमा बिहान सवा ७ बजे पहिलो मतदान गरेपछि दाहालले भने, 'आजदेखि एउटा राजनीतिक अध्याय समाप्त भएको छ, अर्को अध्यायको सुरुवात भएको छ ।'
दाहालले आफ्नै गृहजिल्लामा मतदान गर्न पाउँदा आफूलाई हर्ष र खुसीको महसुस भएको बताए । 'समृद्धि र विकासको यात्रा सुरु भयो, राजनीतिक स्थायित्वको यात्रा सुरु भयो,' उनको भनाइ छ । सरकार ५ वर्ष नटिकेर विकास हुन नपाएको उल्लेख गर्दै उनले यस चुनावमा कुनै एक गठबन्धनको बहुमत आउने विश्वास व्यक्त गरे । 'जसको भए पनि एउटा गठबन्धनको बहुमत आउनुपर्छ, यसपटक बामपन्थीको आउँछ,' उनले भने । | 2018/03/25 03:05:27 | http://www.janamanch.com/?p=21949 | mC4 |
भारतमा निर्मित युएमका मोटरसाइकल नेपाली बजारमा « अर्थबजार – आर्थिक विकासको लागि सञ्चार
भारतमा निर्मित युएमका मोटरसाइकल नेपाली बजारमा
२२ श्रावण २०७४, आईतवार १२:४१
काठमाडौं २२ साउन। आईएमई ग्रुप अन्तर्गतको आईएमई अटोमोटिभ्स्ले भारतमा उत्पादन भएका युएम बाइकको बिक्री वितरण सुरु गरेको छ । भारतको उत्तराखण्डको काशीपुरमा अवस्थित फ्याक्ट्रीमा निर्मित रेनेज्ड ३०० सिरिज बाइकको बिक्री शुरु गरेको हो ।
आइएमई अटोमोटिभ्सले युएमबाइकको ३०० सिरिजको रेनेज्ड कमाण्डो ३०० र रेनेज्ड स्र्पोट एस ३०० मोडेलहरुको बिक्री सुरुगरेको हो । कार्यक्रममा आईएमई ग्रुपका कार्यकारी अध्यक्ष चन्द्र प्रसाद ढकालले मोटरसाइकलले नेपाली बजारमा राम्रै स्थानलिने विस्वास व्यक्त गरे ।
कार्यक्रममा आईएमई अटोमोटिभ्स्का प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटीले युएमका प्रमुख मोडेलहरु रिनिगेड कमान्डो र रिनिगेड स्पोर्ट एस ३०० सिरिज सेग्मेंटले युएम बाइक राइडर र उत्साहीहरुलाई विश्व स्तरिय बाइकिङ्ग अनुभब दिने धारणा राखे ।
साथै उनले काठमाडौँ लगायत देशका अन्य ठाउँहरुमा अवस्थित ३ एस सेटअपहरुबाट सेल्स, सर्विस र पार्ट्स उपलब्ध गराउने बताए ।
रेनेज्ड कमाण्डो ३०० मुल्य ४ लाख ९२ हजार रहेको छ भने, रेनेज्ड स्पोर्ट एस ३०० को मुल्य ४ लाख ९९ हजार रहेको छ । १८ लिटरको फ्युल ट्रयाङकी रहेको छ । | 2022/01/22 03:31:58 | https://www.arthabazar.com/14457 | mC4 |
नेपाल मत्स्यपालनको लागि उपयुक्त र प्रचुर सम्भावना बोकेको मुलुक रहेको सबैमा विदितै छ । हाल नेपालको मत्स्य उत्पादन क्षेत्रले देशको कुल ग्राहस्थ उत्पादनमा लगभग १.६ प्रतिशत र कुल कृषि ग्राहस्थ उत्पादनमा ४.२ प्रतिशत योगदान गरेको र कृषि क्षेत्रको सबैभन्दा बढी बृद्वीदर भएको उपक्षेत्रको रुपमा सर्वविदितै छ ।
यस क्षेत्रमा हाल माछा पालन तर्फ १,५०,००० र अन्य सम्बन्धित क्षेत्रमा लगभग ४,५०,००० सहित ६,००,००० हाराहारीमा जनशक्ती पुर्ण रुपले रोजगार पाईरहेको छन् । हाल माछा विक्री गर्ने चाडपर्वको सिजनमा नेपालमा उत्पादित माछा उपभोक्ताहरुको माग बमोजिम पर्याप्त रहेको जानकारी गराउंदै स्वदेशमा नै उत्पादित स्वस्थ र ताजा माछा उपभोग गर्न प्रोत्साहन गर्नुको सट्टा भारतबाट आयातीत अखाद्य रसायनिक पदार्थ (फर्मालिन र नाइट्रेड) मिसावट गरिएको माछा नेपालमा दैनिक सरदर ५० टनको हाराहारीमा भन्सार छली धमाधम भित्रिनु जनस्वास्थ्यको दृष्टिले कति न्यायोचित रहन्छ सो गम्भीरतालाई मध्यनजर गर्दै नेपाल मत्स्य व्यवसायी संघ केन्द्रीय कार्य समिति र सम्पुर्ण निजी क्षेत्रले विगत १० वर्ष देखि पटक पटक नेपाल सरकारको सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउदै आईरहेको व्यहोरा स्मरण गराउन चाहान्छौ । अन्य कृषि पेशाको तुलनामा यो पेशा कम जोखिम, महिला र पुरुष दुवैले सजिलै निगरानी गर्न सकिने भएकोले यस पेशा प्रति कृषकहरुको आर्कषण बढिरहेको अवस्थामा भारतबाट आयातित माछाले स्थानिय किसानहरुको बजार धरासायी हुन गई मत्स्य किसानहरु आफ्नो लागत उठाउन नसक्दा बैंक र अन्य वित्तिय संस्थाहरुबाट लिएको कर्जा भुक्तान गर्न नसकी पेशाबाट नै पलाएन हुने अवस्थामा पुगेका छन् । राज्यको सम्बन्धित निकाय मौन रहंदा एकातर्फ राज्यले ठूलो राशीको राजश्व समेत गुमाएको छ भने अर्को तर्फ उपभोक्ताको स्वास्थ्यमा समेत ठुलो खेलवाड गरिएको छ ।
नेपालको माछा उत्पादनको तथ्यांक हेर्ने हो भने चितवन जिल्ला अग्रणी स्थानमा रहेको छ यसरी जिल्लामै माछाको उपलब्धता रहंदा रहंदै पनि अवैध रुपमा माछा आयात हुने कार्यप्रति चितवन जिल्लाका सम्पुर्ण निजी क्षेत्रहरुको समेत गम्भिर ध्यानाकर्षण भएको छ । कोभिड १९ का कारण विक्षिप्त बनेको आर्थिक क्षेत्र यस किसिमका गतिविधिले झन बढि प्रभावित हुने नीजि क्षेत्रको धारणा रहेको छ ।
एकातर्फ राज्यले मुलुकलाई माछामा आत्मनिर्भर बनाउनु पर्छ भनेर अनुदान लगाएतका कार्यक्रमहरु लागु गर्ने अर्को तर्फ भारतबाट माछा आयात गर्ने कार्यले मत्स्य किसानहरु निरुत्साहित हुनुका साथै वैदेशिक मुद्रा वाहिर गईरहेको छ । भारतबाट अवैध रुपमा माछा आयात गर्ने कार्य अबिलम्ब रोक लगाई स्वदेशी उत्पादनको बजारिकरणमा सुनिश्चितता एवं आयात प्रतिस्थापन गर्ने यस कृषि उद्योगमा संलग्न मत्स्य किसानहरुलाई पुन:उत्साह प्रदान गर्नको लागि संघिय, प्रदेश तथा स्थानिय सरकारसंग माग गर्दा मातहतका नियमनकारी निकायहरुसंग सहकार्य गरि अघि बढ्न पुर्णरुपमा सहयोग गर्न प्रदेश सरकारबाट प्रतिबद्वता समेत व्यक्त भए अनुसार देशका विभिन्न क्वारेन्टाईन, चेकपोष्टहरुमा मत्स्य व्यवसायीसंघका प्रतिनिधि समेत रहने गरी कडाईका साथ अनुगमन गरि गैर कानुनी एवम् अवैध रुपमा माछा आयात गर्ने कार्यलाई अविलम्ब रोक्नको लागी सम्बन्धित निकायलाई यसै विज्ञप्ती मार्फत अनुरोध गरिन्छ । | 2022-12-02T02:35:52Z | https://fncci.org/news/detail.php?i=3378 | OSCAR-2301 |
राष्ट्रिय खुला बक्सिङ च्याम्पियनसिपमा आर्मी च्याम्पियन | | Neplays.com
राष्ट्रिय खुला बक्सिङ च्याम्पियनसिपमा आर्मी च्याम्पियन
सुशील र दिवाना उत्कृष्ट खेलाडी
By Neplays Last updated Feb 10, 2019
त्रिभुवन आर्मी क्लबका सुशील थापा र नेपाल पुलिस क्लबकी दिवाना शेर्मा वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला बक्सिङ च्याम्पियनसिप २०१९ को सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।
सर्वोत्कृष्ट घोषित भएसँगै बक्सिङको इतिहासमै पहिलोपटक सुशीलले टिभीएस मोटरसाइकल र दिवानाले टिभिएस स्कुटर प्राप्त गरेका छन् । दुवै विजेतालाई वीर गणेशमान फाउन्डेसनका कार्यकरी अध्यक्ष माननीय प्रकाशमान सिंह, प्रतियोगिता संयोजक राजीव श्रेष्ठ लगायतले पुरस्कृत गरे ।
वीर गणेशमान फाउन्डेसनको आयोजनामा वसन्तपुर डबलीमा आयोजित प्रतियोगिताको अन्तिम दिन त्रिभुवन आर्मी पुरुषतर्फ पनि टिम च्याम्पियन बन्यो । शनिबार भएका ८ फाइनलमध्ये आर्मीले ५ स्वर्ण जित्दै दुवै महिला र पुरुषको टिम च्याम्पियन उपाधि हासिल गरेको हो ।
पुरुष ४९ केजी तौल समूहमा आर्मीका सुशील थापाले एपीएफका प्रदीप महर्जनलाई पराजित गर्दै स्वर्ण पदक जिते । सेमिफाइनलमा पराजित भएका प्रदेश ६ का मोहन गुरुङ र प्रदेश ७ का भनु विष्टले कांस्य पदक हात पारे ।
५२ केजीमा आर्मीका प्रेम चौधरीले एपीएफका विक्रम परियारलाई पराजित गर्दै उपाधि जिते । सोहि समूहमा पुलिसका चन्द्रबहादुर थापा र प्रदेश १ का सुलभ राज तुलाधर तेस्रा भए ।
आर्मीकै विमल रोकाले ५६ केजीको उपाधि भिडन्तमा एपीएफका पुरन राईलाई पराजित गरे । प्रदेश २ का गणेश थापा र प्रदेश ७ का महेन्द्र चन्दले कांस्य पाए ।
पुलिसका दिनेश श्रेष्ठले ६० केजी तौल समूहमा आर्मीका एकबहादुर घलेलाई पराजित गर्दै स्वर्ण हात पारे । त्यसै समूहमा प्रदेश ५ का गणेश थापामगर र एपीएफका प्रकाश लिम्बूले तेस्रो भए।
पुलिसका भुपेन्द्र थापाले एपीएफका सोनाम सार्कीलाई पराजित गर्दै ६४ केजी तौल समूहको उपाधि जिते । आर्मीका सुरेश नेपाली र प्रदेश ६ का इन्द्र सुनारले कांस्य पदकमा चित्त बुझाए ।
६९ केजीमा एपीएफका विकास लामाले आर्मीका विष्णुप्रसाद घलेलाई हराउँदै प्रथम स्थान हासिल गरे । सेमिफाइनलमा पराजित प्रदेश १ का राजेश गुरुङ र प्रदेश ३ का मनिष डंगोल कांस्यमा सिमित भए ।
७५ केजी तौल समूहमा एपीएफका सुमन कार्कीले आर्मीका दिपक श्रेष्ठलाई वाकओभर दिए । प्रदेश २ का दिवस गुरुङ र प्रदेश ३ का दिवेश भूमिलाल तेस्रा भए ।
आर्मीका रवी सुनारले ८१ केजीको फाइनलमा प्रदेश ५ का केशर खत्रीलाई पहिलो राउण्डमा नै नकआउट गरे । प्रदेश ७ का हिक्मत बहादुर शाही र प्रदेश ४ का सुसन पुनले कांस्य प्राप्त गरे ।
वीर गणेशमान फाउन्डेसनको आयोजना तथा माइसको व्यवस्थापनमा माघ २२ देखि २६ गतेसम्म वसन्तपुर डबलीमा चलेको प्रतियोगितामा प्रत्यक तौल समूहको विजेताले २५ हजार प्राप्त गरे । उपविजेताले १५ हजार तथा तेस्रो स्थान प्राप्त गर्ने दुई खेलाडीले जनही ७ हजार ५ सय प्राप्त गरे । विजयी खेलाडीलाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, राखेपमा उच्च पदस्थ अधिकारी, विभागीय टोलीका खेलकुद प्रमुख लगायतले पुरस्कृत गरेका थिए । | 2020/12/05 14:05:12 | https://www.neplays.com/2019/02/33479/ | mC4 |
यस क्याम्पसको चमेना गृह ठेक्काबाट संचालन गर्नका लागि मिति २०७३।२।२९ मा प्रकाशित सूचना बमोजिम प्राप्त हुन आएका कोटेशनहरु मध्ये केहि कोटेशनहरु कागजात अपूग भई प्राप्त भएकाले पुन: यो सूचना प्रकाशित गरिएको छ । ईच्छुक रजिष्ट्रर्ड फर्महरुले सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र गोप्य दरखास्त दिनुहुन जानकारी गराईन्छ ।
१. दरखास्त फारम रु.५००/– (पछि फिर्ता नहुने) तिरी क्याम्पसबाट प्राप्त गर्न सकिने छ ।
२. धरौटी वापत रु.१०,०००।— नेपाल बैङ्क लिमिटेड, बगर शाखा, पोखराको च. हि. नं. ६७ मा जम्मा गर्नुपर्ने छ ।
३. गोप्य कोटेशन पेश गर्दा फर्म दर्ता (पान दर्ता) प्रमाणपत्र, अनुभव भए त्यसको प्रमाण पत्र, नागरिकताको प्रमाणपत्रको प्रतिलिपी र रकम जम्मा गरेको सक्कल भौचर संलग्न गरि गोप्य खामबन्दी गरि पेश गर्नुपर्ने छ ।
४. रितनपुग र म्याद नाघि आएका दर्खास्त उपर कुनै कार्यवाही गरिने छैन ।
५. म्यादभित्र प्राप्त हुन आएका दर्खास्तहरु अन्तिम मितिको भोलिपल्ट खोलिने छ ।
६. चमेनागृह संचालन गर्नका लागि इजाजत प्राप्त फर्मले धरौटी वापत रु.१०,०००/– थप गरि रु.२०,०००/– धरौटी वापत राख्नुपर्ने छ ।
७. प्राप्त हुन आएका फर्महरुलाई चमेना गृह संचालन गर्न दिने वा नदिने सम्पूर्ण अधिकार क्याम्पसमा नै निहित रहने छ । | 2022-12-02T15:38:35Z | https://pncampus.edu.np/news_detail.php?id=338 | OSCAR-2301 |
झापाको बिर्तामोडमा मितेरी साहित्यिक सम्मेलन - China Radio International
झापाको बिर्तामोडमा मितेरी साहित्यिक सम्मेलन
(GMT+08:00) 2019-02-03 15:59:45
नेपाल र भारतको वर्तमान साहित्यिक अवस्थाका विषयमा छलफल गर्न झापाको बिर्तामोडमा दुई दिने मितेरी साहित्यिक सम्मेलन भएको छ। भारतका २५ र नेपालका १ सय ५० भन्दा बढी साहित्यकार सम्मिलित शुक्रबारबाट सुरु भएको सम्मेलन शनिबारसम्म सञ्चालन भएको आयोजक भवानी घिमिरे साहित्य प्रतिष्ठान झापाले जनाएको अन्नपूर्ण पोष्ट अनलाइनले लेखेको छ।
सम्मेलनमा नेपाल र भारतका साहित्यकारले विभिन्न शीर्षकमा कार्यपत्र प्रस्तुत गर्ने र सोही कार्यपत्रका विषयमा छलफल गरिने प्रतिष्ठानका अध्यक्ष साहित्यकार सरोज ओलीले जानकारी दिनुभयो। सम्मेलनको शुक्रबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्नु भएको थियो।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै साहित्यकारले साहित्यले देशको प्रचार विश्वभर पुर्याए पनि साहित्यको विकास र साहित्यकारको योगदानका लागि सरकारले उचित काम गर्न नसकेको गुनासो गरेका छन्। 'देशको राष्ट्रिय गीतको शब्ददेखि देश चिनाउने पुस्तकसम्म साहित्यकारको योगदान हुन्छ, तर देशले साहित्यकारको योगदान कहिले बुझेन,' साहित्यकार कृष्ण धरावासीले भन्नुभयो।
भवानी घिमिरे साहित्य प्रतिष्ठानका उपाध्यक्ष समेत रहेका साहित्यकार कृष्ण धरावासीले झापा साहित्यको उर्वर भूमि भएको र साहित्यकार भवानी घिमिरेले झापामानै बसेर नेपाल र भारतका साहित्यकारलाई जोड्ने काम गरेकाले पनि मितेरी सम्मेलन झापामा राखेको बताउनुभयो।
उहाँले यो सम्मेलन नेपाल र भारतको साहित्यिक विकासका लागि महत्वपूर्ण कोशेढुङ्गा सावित हुने तर्क गर्नुभयो। दुई दिनसम्म चल्ने साहित्यिक सम्मेलनमा कार्यपत्रका विषयमा छलफल अतिरिक्त विचार गोष्ठी तथा कवि गोष्ठीको समेत आयोजना गरिने प्रतिष्ठानकी सदस्य धर्मशीला चापागाईंले बताउनुभयो। | 2019/05/25 05:29:59 | http://nepal.cri.cn/761/2019/02/03/1s178966.htm | mC4 |
माछो मीठो काँडा तितो कसैले भन्न मिल्दैन : नेकपा नेता हिमाल शर्मा | Everest Times UK
लामो समयसम्म विद्यार्थी राजनीति गरेर अघि बढेका हुन् हिमाल शर्मा । उनी अहिले सत्तारुढ नेकपाका केन्द्रीय सदस्यको जिम्मेवारीमा छन् । तत्कालीन नेकपा (माओवादी) विद्यार्थी संगठनका अध्यक्ष बनेका शर्मा १४ वर्षको कलिलो उमेरमा प्रहरी गिरफ्तारमा परेपछि सक्रिय राजनीतिमा होमिएका थिए । पटक–पटक गरी १० वर्षभन्दा बढी जेल जीवन विताएका शर्माले विद्यार्थी संगठनबाट राजनीति थालेका हुन् । २०२९ वैशाख १२ गते बागलुङको कुस्मिसेरामा जन्मिएका नेकपा केन्द्रीय सदस्य सदस्य शर्मासँग समसामयिक विषयमा गरिएको कुराकानी ।
नेकपाको भर्खरै सम्पन्न केन्द्रीय समिति बैठकलाई कसरी समीक्षा गर्नुभयो ?
हाम्रो पार्टीको हालै केन्द्रीय समितिको दोस्रो बैठक असाध्यै ऐतिहासिक ढंगले सम्पन्न भयो । यो बैठकले मुलुकको समसामयिक राजनीति, सामाजिक, आर्थिक, राष्ट्रियता लगायत यावत् विषयलाई सम्बोधन गरेको छ ।
पार्टी एकताको स्पिरिटलाई भावनात्मक रुपमा केन्द्रीकरण गरेको छ । यो बैठक दोस्रो भनिए तापनि वास्तवमा भन्ने हो भने बैठक पहिलोजस्तो भएको छ । हाम्रो ४ सय जनाको केन्द्रीय कमिटी बैठक भन्दा कतिपयले खिसिट्युउरी गर्दै थिए । सबै केन्द्रीय कमिटी बैठकमा सदस्यहरुले निर्धक्क रुपमा आप्mना मत राख्न पायौं । हामीले राखेका विषयमा नेतृत्वले एक–एक गरी स्पष्ट पार्ने काम भयो । निर्णय गर्ने काम भयो । हामीले उठाएका कतिपय कुरा सम्बोधन भएका छन् । त्यसकारण यो बैठक मुलुकका लागि ऐतिहासिक र नेपाली जनताका लागि पनि कोशेढुंगा साबित भएको छ ।
बैठकबाट देशव्यापी अभियान चलाउने लगायत निर्णय भए, त्यो कार्यान्वयन हुनेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
हामीले भनेका छौं, जे गरिन्छ त्यो बोलौं, जे बोलिन्छ, जे निर्णय गरिन्छ त्यो कुरा गरौं । हामीले यो प्रतिबद्धता जाहेर गरेका छौं अहिले । गर्ने कुरा बोलौं, बोलेको कुरा गरौं । योजना बनाऔं, त्यसलाई समयमा पूरा गराऔं । अहिलेको केन्द्रीय कमिटी बैठकको मेन स्पिरिट यो हो ।
सरकारले काम गर्न नसकेको विषय पनि छलफलमा उठेको थियो ?
ती विषय पनि बैठकमा उठ्यो । हाम्रो कम्युनिस्टको सरकार हो । हामीमाथि जनताले धेरै अपेक्षा गरेका छन् । सरकारले यति धेरै काम गरेको छ कि शनिबारमात्रै हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले सदनमा बेलिविस्तार लगाएर आफूले गरेका कामहरु गौरवका साथ राख्नुभयो । यत्ति हुँदाहुँदै पनि हामीले आमजनतामा यी कुरा बुझाउन सकिरहेका छैनौं । यो सरकारले नराम्रो गरेको छैन । राष्ट्रियताको बारेमा धेरै ठूलो काम गरेको छ ।
इतिहासमा चाहे कालापानीको विषय, लिम्पियाधुराको विषय । नक्साको विषय किन नहोस् । औपचारिक बैठक राखेर भारतसँग ठाडो शिर बनाएर पत्राचार गर्ने कुरा चानचुने पक्कै पनि होइन । भ्रष्टाचार नियन्त्रण लगायत सरकारको काममा पनि सोचविचार गरेर अगाडि बढेको छ । विकास निर्माणका काम पनि व्यापक हुँदैछ । यस्ता भइरहँदा पनि कतिपय पार्टीपंक्तिले पनि बुझेका छैनौं ।
विभिन्न विधेयकको कुरा गर्नुस् । किन यस्तो भइरहेको छ भने ओनरसिप पाएन । मल्टीपार्टी सिस्टममा पार्टीमा ओनरसिप हुनुपर्छ । अनि त्यसको गुण र दोषको जिम्मा पार्टीले लिन्छ । किनभने यो सरकार चलाउने पार्टीटे हो । सरकारले जुनसुकै काम गर्न मिल्छ, त्यसमा पार्टीले प्रतिबन्ध लगाउन मिल्दैन । तर, ओरिन्टेसन भनेको पार्टीको निर्णयबमोजिम नै सरकारका कामकारबाही अगाडि बढ्नु पर्ने हुन्छ । अहिले सरकार ध्वसांत्मक रुपमा गिराउन मान्छेहरु लागिरहेका छन् । त्यसकारण पार्टी र सरकारबीच तीनै तहमा एउटा संयन्त्र बनाउने निर्णय गरेका छौं । त्यो संयन्त्रले रचनात्मक सहयोग गर्छ, सरकारलाई हस्तक्षेप गर्ने होइन ।
पार्टी एकता भए पनि भावनात्मक एकता भएको देखिन्न नि किन ?
पार्टी एकता भए पनि भावनात्मक एकता नभएको सही हो । अब हामीले फागुन, चैत र वैशाखसम्म तीन महिने अभियान सञ्चालन गर्दैछौं । यो अभियानमा माथि सरकारबाट भएका राम्रा काम र कमीकमजोरीलाई सर्लक्क पार्टीपंक्ति हुँदै जनसमुदायमाझ लान्छौं । पार्टी एकताको मक्सद के हो भन्ने हामीले बुझाउन सकेका छैनौं ।
पार्टी एकता हुुनुको एउटा मिसन छ, उद्देश्य छ, त्यसरी भएको हो । यो कुरा हामीले आमकार्यकर्ता पंक्तिलाई क्लियर गराउन सकेका छैनौं । पार्टी एकताको मिसन भनेको समाजवादी राज्यसत्ता स्थापना हो । अभियानबारे जनसमुदायमा बुझाउन जाँदा जनताका गुनासा, आलोचना र शुभचिन्तकको सुझावलाई सर्लक्क पार्टी नेतृत्व र सरकार नेतृत्वसम्म ल्याउँछौं । यी सबै कुराको मुखरित आगामी बजेटमा हुनेछ । यो विषय र कार्ययोजनाबारे केन्द्रीय समिति बैठकले निर्देश गरेको छ ।
एकता त भयो, सूर्य थापाहरु जनयुद्ध नै नमान्ने अभिव्यक्ति दिइरहेका छन् नि ?
नेताहरुले आफ्नो विषयवस्तु कहाँ राख्ने भन्ने कुरा पहिचान गर्नुपर्ने हुन्छ । आफ्ना विषयहरु कमिटीमा राख्नुपर्ने हुन्छ । चित्त नबुझेका कुराहरु राख्ने ठाउँ छ । हामीभन्दा माथिका लिडरहरुले अझै बुझ्नुपर्छ ।
जसले पार्टी एकताको विरोधमा बोलिरहनुभएका कमरेड हुनुहुन्छ, उहाँहरुको बुझाइ र सोचाइको दरिद्रता हो । उहाँहरुले पार्टी एकताको मूल स्परिट बुझ्नु भएको छैन भन्ने हामीले बुभ्mनुपर्ने हुन्छ । भित्रैबाट उहाँहरुले कुरा व्यक्त गर्नुभएको छ भने । हामीले यो पार्टी एकता कुनै लहडमा गरेका होइनौं । यो कुरा हाम्रा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि बोल्नुभएको छ ।
हामीले राजनीतिक प्रतिवेदन छापेर बाहिर ल्याइसकेका छौं । विचारमा के गर्ने, संगठनमा के गर्ने ? हाम्रा तत्कालीन कार्यनीतिहरु के छन् ? दीर्घकालीन योजनाहरु के छन् ? हामी कहाँ पुग्न सकिन्छ ? यी यावत् विषयमा त हाम्रो राजनीतिक प्रतिवेदन आएका छन् नि त । हामीले आप्mनो पदअनुसार हैसियत कायम गरेर बोल्नुपर्छ । पार्टीको अफिसियल लाइनभन्दा बाहिर बोल्न मिल्दैन । जनयुद्ध दिवस पार्टी निर्णयकै आधारमा देशव्यापी रुपमा मनाएको हो । एकाध व्यक्ति र पात्रहरुमा त्यसमा चित्त नबुझेको हुनसक्छ । त्यसकारण 'माछा मीठो काँडा तितो' कसैले गर्न मिल्दैन । म ठोकेर भन्न चाहन्छु, राजतन्त्रको अन्त्य यदि माओवादीले २०५२ साल फागुन १ गते जनयुद्धको सुरु नगथ्र्यो भने । त्यो पहलकदमी माओवादी नेतृत्वले गर्ने थिएन भने अहिले सूर्य थापाहरु श्रीमान गम्भीर नेपाली भन्ने राष्ट्रिय गान गाएर बसिरहेका हुन्थे । यो कुरा हामीले भुल्नु हुँदैन ।
हामी कोही न कोही मर्न तयार नभएको भए । कोही न कोही घर छोड्न तयार नभएको भए । कोही न कोही भूमिगत हुन तयार नभएको भए । कोही न कोही परिवारिक स्थितिबाट बाहिर निस्केर आन्दोलन गर्न तयार नभएको भए के राजतन्त्रको अन्त्य हुन्थ्यो ? म दुनियाँलाई प्रश्रुन गर्न चाहन्छु । यो सम्भव थियो ? राजतन्त्रको अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्रमा हामीले नयाँ राष्ट्रपति पाएका छौं ।
जनताले आफ्नो संविधान आफ्नो प्रतिनिधिबाट निर्माण गराएका छन् । आफ्नो सरकार आफैले चलाएका छौं । संघीय लोकतान्त्रिक गणतन्त्रमा हामी अभ्यास गरिराखेका छौं । यी मीठा हुने । यत्रो बलिदानलाई, यत्रो संघर्षलाई, त्याग तपस्यालाई नजरअन्दाज गर्ने ? यो कुरा गर्न मिल्दैन । यो पार्टी एकताको बेलामै यी विषयहरुमा छलफल भएका हुन् । यी विषयहरुलाई एकदमै संश्लेष्ण गरेर दस्तावेजमा आएका छन् । त्यो दस्तावेजमा उल्लेख भएका विषयमा हामी बहस छलफल गरौं न ।
हामी घण्टौं छलफल गर्न तयार छौं । तर, यो विषयलाई मेनिपुलेट गर्न पाइँदैन । कार्यकर्ता र जनतालाई दिग्भ्रमित पार्न पाइँदैन कार्यकर्ता र जनसमुदायलाई । यसैका लागि हामीले अभियान चलाउँदैछौं । पार्टीका तल्लो पंक्तिसम्मै बुझाउँदै छौं । कसैले बुझ्नु भएको छैन भने स्पष्ट हुने मौका पनि हुन्छ नै । स्पष्ट हुनु पर्दछ । टीकाटिप्पणी आफ्नो हैसियत अनुसार पनि गर्नुपर्ने हुन्छ । चित्त नबुझेको कुरा पार्टीपंक्तिमा राख्ने हो । | 2020/04/05 03:13:34 | http://everesttimes.net/archives/14944 | mC4 |
Topnepalnews.com | विश्वकप फुटबल:तीन विश्वविजेता आज मैदानमा ओर्लंदै,को कति बलियो ?
Posted on: July 06, 2018 | views: 19834
काठमाडौं । रसियामा जारी विश्वकप फुटबल प्रतियोगितामा शुक्रबार क्वार्टरफाइनलका खेल सुरु हुँदै छन् । शुक्रबार हुने क्वार्टरफाइनलले फाइनलकै झल्को दिने पक्का छ । शुक्रबार हुने दुवै क्वार्टरफाइनलमा खेल्ने टोलीको इतिहास, जारी प्रतियोगितामा उनीहरूको प्रदर्शन र खेलाडीको व्यक्तिगत क्षमताले पनि दुवै खेललाई फाइनलको 'रिहर्सल' (पूर्वाभ्यास) भन्दा फरक नपर्ला । शुक्रबार साँझ निझ्नी नोभगोरोद रंगशालामा हुने पहिलो क्वार्टरफाइनलमा दुई पूर्वविजेता फ्रान्स र उरुग्वे आमनेसामने हुँदैछन् । उरुग्वे दुईपटकको र फ्रान्स एक पटकको विश्वविजेता टोली हो । काजन रंगशालामा शुक्रबार राति हुने दोस्रो क्वार्टरफाइनलमा पाँच पटकको विजेता ब्राजिलले पछिल्लो समय उच्च लयमा देखिएको बेल्जियमसँग प्रतिस्पर्धा गर्दैछ ।
यसैगरी सन् १९९८ मा विश्वकप जितेको फ्रान्ससँग पनि युवा र उत्कृष्ट फुटबलरको कमी छैन । अग्रपंक्तिमा एन्टोइन ग्रिजम्यान, केलियन एमबाप्पे र ओलिभर गिरोडको बलियो 'ट्रायो' जम्दा मिडफिल्डमा पल पोग्बा र रक्षापंक्तिमा बार्सिलोनाका सामुएल उम्टिटीको सुदृढ 'ब्याकअप' रहनेछ । सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ मा गरी पाँचपटक विश्वकप जितेको ब्राजिलको टोली पनि आक्रमण, मिडफिल्ड र डिफेन्स सबैमा सन्तुलित देखिएको छ । अन्नपूर्ण पोस्टबाट । | 2019/04/23 07:52:11 | http://topnepalnews.com/Sports/12686 | mC4 |
भारतिय मिडियामा हंगामा : नेपाल प्रहरीको भारतमा 'सिक्रेट अपरेशन'
Home राष्ट्रिय भारतिय मिडियामा हंगामा : नेपाल प्रहरीको भारतमा 'सिक्रेट अपरेशन'
काठमाडौं । भारतीय प्रहरीले नेपालमा आएर अपराधी पक्राउ गर्दा बेला –बेलामा हंगामा हुने गर्दछ । तर, यतिबेला नेपाल प्रहरी एक भारतीय व्यक्तिलाई पक्राउ गरेको विषयले भारतमा हंगामा भइरहेको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसम्म यो विषय पुगेको छ । १३ वर्षअघि नेपालगञ्जको चर्चित हत्याकाण्ड दीपक हेमकारसहित उनको परिवारको पाँच जनाको हत्या भएको थियो । हालै प्रहरीले सो बहुचर्चित हत्याकाण्डका अभियुक्तलाई पक्राउ ग¥यो ।
जिल्ला प्रहरी कार्यालय बाँकेले लखनउका किशनलाल सोनीलाई पक्राउ गरेको हो । सोनीले आफ्नै छोरी ज्वाइँ दीपकसहित ५ जनाको हत्या गराएको प्रहरी दाबी छ । सम्पतिका लागि उनले त्यसरी हत्या गरेका थिए । हत्याअघि ज्वाइँको नाममा रहेको सबै सम्पत्ति छोरीको नाममा सारेर बिक्री गरेका थिए ।
उनै सोनी पक्राउको विषयमा भारतमा हंगामा भएको हो । उनका छोराले नेपाल प्रहरीले अपहरण गरेको र सुन समेत लुटेको गम्भीर आरोप लगाएका छन् । उनको परिवारले लखनउमा सुन पसल चलाउँदै आएको छ । सुन पसलबाट २ लाख भारु र ८ सय ग्राम सुनसमेत लिएर फर्कदै गर्दा अपहरण गरिएको र पैसा र सुन समेत गायब बनाइएको भनेर किशसनलालका छोरा विकासले मुख्यमन्त्री आदित्यनाथलाई उजुरी दिएका छन् । उनले बाबु अपहरण गरेको सिसिटिभी फुटेज पनि पेश गरेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले हेमकरको हत्या किशनलालले नै गरेको ठहर गरेको थियो । तर, भारतीय नागरिक भएकाले उनलाई नेपाल ल्याउन सहज थिएन । स्रोतका अनुसार हनि ट्रापिङ(युवतीको प्रयोग गरेर) मा पारी उनलाई प्रहरीले नेपाल ल्याउन सफल भएको हो । यसमा भारतीय प्रहरीले पनि सहयोग गरेको थियो । सोनी परिवार आर्थिक रुपमा सम्पन्न भएकाले लखनउका नेता तथा प्रहरीसँग पनि राम्रो सम्बन्ध छ । त्यसकारण उनीहरुले यो विषयलाई उचाल्ने प्रयास गरेका छन् । अभियुक्त सोनीसँग २ लाख भारु र आठ सय ग्राम सुन छ भनेका छन् । तर प्रहरीले बरामद गरेको छैन । यो विषयमा भने छानबिन हुने देखिन्छ । दृष्टि न्यूजबाट | 2019/06/17 07:34:07 | http://stimnews.com/secret-operation-india/ | mC4 |
नेपालटारमा मंगलबार राति कार दुर्घटनामा पर्दा ५ जना घाईते - samabeshifm.com
प्रकाशित मिति: मंगलबार, जेठ ०३, २०७९ समय: २३:४५:४९
३ बैशाख,मंगलबार २०७९
उदयपुर /मदन भण्डारी लोकमार्ग अन्तर्गत उदयपुरगढीको नेपालटारमा मंगलबार राति कार दुर्घटनामा पर्दा ५ जना घाईते भएका छन् । वीरगञ्जदेखि विराटनगरतर्फ आउँदै गरेको बा ०२५६–७८१९ नं. को कार राति ९ः०० बजे नेपालटारस्थित वैजनाथ खोलाको पक्की पुलमा दुर्घंटनामा पर्दा उनीहरु घाईते भएका हुन् ।
घाईतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ भने अन्य घाईतेहरु सामान्य छन् । स्थानीयबासी र नेपालटार प्रहरी चौकीको टोलीले घाईते सबैलाई उद्धार गरी उपचारार्थ सदरमुकामस्थित गाईघाट अस्पताल पठाइएको जनाइएको छ । दुर्घटनामा एकजनाको मृत्यु भईसकेको अपुष्ट जानकारी आएको तर, मृत्यु भए नभएको विषयमा अस्पताल पुगेपछि मात्र थाहा हुने प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले ५ जना सवार कार दुर्घटनामा परेको पुष्टि गरेको छ । बैजनाथ पुलमा दुर्घटनामा परेको कार १५ मिटर तल खस्दा सबै यात्र घाईते भएको प्रहरीको भनाई छ । घाईतेहरुको नाम, ठेगाना र उमेर नखुलिसकेको र प्रहरी टोली घट्नास्थलमा पुगिसकेको प्रहरीले जनाएको छ । | 2022/07/03 13:49:08 | http://samabeshifm.com/467/ | mC4 |
बुधबार माघ २९, २०७६/ Wednesday 02-12-20
काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटना प्रकरणमा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज बिष्ट निलम्बनमा परेका थिए । सोही प्रकरणमा अनुसन्धानको दायरामा परेका उनी कञ्चनपुर जिल्ला अदालतको आदेशअनुसार १० लाख रुपैयाँ धरौटी तिरेर थुनामुक्त भएका थिए । अदालतले प्रमाण नष्ट गरेको र निर्दोष व्यक्तिलाई यातना दिएको अभियोगमा साढे १० लाख रुपैयाँ धरौटी रकम तिर्न आदेश दिएको थियो ।
सरकारले उक्त घटनाको छानबिनमा संलग्न प्रहरी अधिकृतहरूको भूमिकामाथि अनुसन्धान गर्न डीआईजी धिरु बस्नेतको संयोजकत्वमा गठित समितिसहितको सिफारिसको आधारमा डिल्लीराज बिष्टलाई कारबाही गरेको हो । तर, अहिले प्रहरी नायव महानिरीक्षक (डीआइजी) सुरज केसी नेतृत्वको पुनरावलोकन समितिले धिरु बस्नेत नेतृत्वको प्रतिवेदन गलत रहेको निष्कर्ष निकाल्दै नयाँ प्रतिवेदन बुझाएको छ । नयाँ प्रतिवेदनसँगै पुरानो प्रतिवेदन कार्यान्वयन नगर्न प्रहरी प्रधान कार्यालयले आइतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई निर्देशन दिएको छ ।
यसप्रति प्रतिक्रिया स्वरुपमा डिल्लीराज बिष्टले आफ्नो चरित्र हत्याको क्षतिपूर्ति हुन नसक्ने भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन् ।
फेसबुकमा उनले लेखेका छन्, 'हामीले हिँड्दै गरेको बाटो अत्यन्त कठिन थियो तर सही थियो। जहाँ भारी बिसाएका थियौं त्यहीबाट भारी उठाउने निष्कर्षमा पुग्नु नेपाल प्रहरीको सफलता नै मान्नु पर्छ। सतहमा समथर देखिन्थ्यो तर जमीन भित्र अनेकौं एम्बुसहरु थिए । ती अदृश्य एम्बुसहरुले प्रहरी अनुसन्धानलाई गलत बाटोमा निर्दे्शित गरेर अन्योल बनाए। तर आज नेपाल प्रहरीले ती एम्बुसहरु पत्ता लगाएर पत्ता लगाएर सही निष्कर्षमा पुगेको जस्तो लाग्छ। अझै अनुसन्धानका हरेक पाइलाहरुमा आ आफ्ना स्वार्थहरुका त्यस्तै अनेकौं एम्बुसहरू छरपस्ट छन्। प्रहरीले सावधानी पूर्वक अगाडि बढ्नु जरुरी छ। गलत कुरालाई केही समय लुकाएर राख्न सकिन्छ, पछि सतहमा बाहिर आइहाल्छ । आखिर सत्यता सतहमा छताछुल्ल भएर आएको छ। नेपाल प्रहरी सफलताको अन्तिम बिन्दुमा पुगेको महसुस भएको छ। सबै कुराको न्याय र भौतिक क्षतिपूर्ति हुन सक्ला तर एउटा असल राष्ट्रसेवकलाई इमान्दारी र राष्ट्रभक्ति मेटाउने गरी गरिएको चरित्र हत्याको कहिले र कुनै कुराले पनि क्षतिपूर्ति हुने छैन।' | 2020/04/06 09:50:07 | https://canadanepal.com/content/9989 | mC4 |
मुनाल सहकारीको वार्षिकोत्सवमा सिरक सहयोग | eAdarsha.com
पोखरा। मुनाल बचत तथा ऋण सहकारी संस्था, पोखरा स्थापनाको १४ औं वर्षमा प्रवेश गरेको छ । सहकारीले वार्षिकोत्सव अवसरमा मंगलबार पामेस्थित सिद्धवराह तपोवन सन्यास आश्रमका बटुक विद्यार्थीको लागि ४० हजार बराबरको १८ थान सिरक, बेड कभर लगायत सामग्री सहयोग गरेको छ ।
संस्थाका अध्यक्ष मगनलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको सहयोग हस्तान्तरण कार्यक्रममा आश्रमका पीठाधीश निषेशानन्द महाराजले सहयोगी मनलाई धन्यवाद दिंदै मुनाल सहकारीको यो सहयोगले बटुक विद्यार्थीले न्यानो माया तथा स्नेह प्राप्त भएको भन्दै प्रशंसा गरे ।
संस्थाका निवर्तमान अध्यक्ष दुर्गाप्रसाद हुमागाईं तथा पूर्व अध्यक्ष तथा सल्लाहकार मेघनाथ काफ्लेले संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्न पाउँदा खुसी लागेको बताउँदै सामाजिक कार्यक्रलाई भविष्यमा पनि निरन्तरता दिनुपर्ने बताए ।
वार्षिकोत्सव विभिन्न किसिमका सामाजिक कार्य गर्दै आएको सहकारीले यस वर्ष सिद्धबराह तपोवन सन्यास आश्रमका विद्यार्थीको लागि आवश्यक न्यानो सिरक वितरण गरेको हो । सहयोगबाट विद्यार्थीलाई थोरै भए पनि राहत हुने संस्थाका अध्यक्ष श्रेष्ठले बताए ।
कार्यक्रममा संस्थाका कार्यसमिति सदस्य सुदर्शन न्हुच्छे प्रधान, डीलकुमारी पौडेल, सन्तोषकुमार घिमिरे, कालिप्रसाद मैनाली, व्यवस्थापक अम्बरबहादुर थापा र डम्बरकुमारी श्रेष्ठलगायतको उपस्थिति थियो । कार्यक्रम संचालन सचिव नारायणबहादुर थापाले गरेका थिए । कास्की जिल्लाभर कार्यक्षेत्र रहेका सहकारीले पोखराको नयाँबजारस्थित आफ्नै भवनबाट सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । | 2022/05/23 23:07:30 | https://www.eadarsha.com/nep/142206/ | mC4 |
यती समूहले भन्यो– कानुन विपरीत छैनौं, हाम्रो सफलताको इर्ष्या गरे – Online Khabar
'लभ डायरीज' प्रिमियरमा रुविनाको तारिफ
२०७६ फागुन १ गते ८:४० मा प्रकाशित
१ फागुन, काठमाडौं । नेपाल ट्रष्टको जग्गा भाडामा लिएर ब्यापार व्यवसाय गरेको सन्दर्भमा लगातार यती होल्डिङ र सरकारको सम्बन्धबारे संसदमा समेत प्रश्न उठेपछि यती समूहले मुख खोलेको छ । यती गु्रपका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पाले बुधबार साँझ विज्ञप्ति जारी गरी बुँदागत रुपमा आरोपहरुको प्रतिवाद गरेका छन् ।
२०७६ फागुन १ गते ९:०२
भगवानले हेरिरहेका छन। फल प्राप्त भएकाे भागि रहेका छन यतिका परिवारले। अति भएपछि यति परिवारमा खति भै रहेकै छ नि, साथमा नेता पनि | 2022/05/18 23:43:52 | https://www.onlinekhabar.com/2020/02/836141 | mC4 |
प्रधानमन्त्री बनेपछि ओलीले भारत र चीनसँग जसरी ‘डिल’ गरे, त्यो मूलतः सकारात्मक नै थियो। त्यसैले नाकाबन्दीपछि निकै चिसिएको भारतसँगको सम्बन्धमा यसबीच सुधार भयो। भारतीय प्रधानमन्त्री मोदी थप दुईपटक काठमाडौं आइसके। अनि चीनसँगको पारबहन प्रोटोकलमा हस्ताक्षर भएपछि आयात-निर्यातका लागि भारतीय बन्दरगाहप्रतिको एकतर्फी निर्भरताको अन्त्य भयो। भारत र चीन दुवै मुलुकबाट काठमाडौंसम्म रेल ल्याउने दूरगामी महत्वका सम्झौताहरू पनि भए।
यी कुराले भोलि इतिहासमा महत्व राख्लान्, तर मानिसले अहिले खोजेको यी ‘ठूलाठूला’ उपलब्धिभन्दा ‘ससाना’ कुरामा सुधार हो। तत्कालको मूल्यांकन दैनन्दिन शासन-प्रशासन हेरेरै हुन्छ, त्योचाहिँ बिग्रँदै गएको छ। दुईतिहाइको शक्तिशाली सरकार एउटा बलात्कारको मुद्दा सुल्झाउन नसकेर हैरान छ। एकजना पूर्वराजदूतको राजधानीमा रहस्यमय तरिकाले हत्या हुन्छ, प्रहरीले त्यसको कुनै भेउ पाउन सक्दैन। सडकको खाल्डो पुर्न लगाउने सामथ्र्यसमेत सरकारमा देखिन्न। वर्षांैदेखि खण्डहर बनाइएको बाटो बनाउन नसकेर बिम्स्टेकको ‘रिट्रिट’ आयोजना थलोकै स्विमिङ पुलमा गर्नुपर्ने लाजमर्दो अवस्थामा मुलुक पुगेको छ। ओली सरकारका केही उत्साही मन्त्रीले निश्चय पनि आआफ्नो ठाउँबाट उल्लेख कार्य गर्न खोज्दैछन्, तर काम नगर्ने र आर्थिक गडबडीतर्फ उद्यत् हुनेहरू पनि उत्तिकै छन्। त्यसतर्फ कसैको अकुंश छैन।
यी सबै कारणले सरकार एकातिर आफैं प्रतिरक्षात्मक बन्दै गएको छ भने अर्कोतिर उसमाथि सर्वसत्तावादी बन्दै गएको आरोपसमेत लागेको छ। यी कुरा आफैंमा विरोधाभासपूर्ण हुन्, तथापि यसबीचका कतिपय अभ्यास र केही नयाँ नियम-कानुनको आशय हेर्दा आलोचकहरूको मुख थुन्ने शाही धङधङी सरकारमा कताकता पलाउन थालेको देखिन्छ। यो प्रवृत्तिले निरन्तरता पाउने हो भने त्यो अधोगतिको अर्को कारक बन्ने निश्चित छ।
खासमा समस्या प्रधानमन्त्री ओली या उनका मन्त्रीहरूको मात्र होइन। पछाडि फर्केर हेर्ने हो भने सिंहदरबारबाट ‘यो प्रधानमन्त्रीचाहिँ सफल भएर निस्कियो’ भन्ने उदाहरण बिरलै मात्र पाइएला। मानौं यस्तो लाग्छ- कुनै नेतालाई बिटुलो बनाउनु छ भने सिंहदरबार प्रस्थान गराइदिए हुन्छ ! त्यहाँ पसेपछि देखिने संसार र बाहिरको संसार विल्कुलै फरक भइहाल्छ। भूकम्पपछि त सिंहदरबारको मूल भवनलाई पूरै प्लास्टिकले छोपिएको छ, त्यसै पनि बाहिरी दुनियाँ धमिलो देखिने भइहाल्यो। अरू बेलै पनि प्रधानमन्त्रीको चस्मामा दाग लागिहाल्दो रहेछ, त्यही भएर अघिल्तिर भद्रकालीमा के भइरहेको छ भन्नेसमेत उसले देख्न सक्दैन।
वास्तवमा सिंहदरबारको कुर्सीमा बसेपछि कुनै पनि प्रधानमन्त्रीलाई जस्ता मान्छेहरूले घेर्छन्, जुन ‘सिस्टम’ को ऊ अंग बन्छ, जस्तो सूचना प्राप्त गर्छ, त्यसले सुसूचित गर्ने होइन प्रायः दिग्भ्रमित बनाउने रहेछ। कुनै पनि प्रधानमन्त्री बिहानदेखि बेलुकासम्म अनेक भेटघाट, बैठक, कार्यक्रममा हैरानीपूर्ण ढंगले खटिरहेको हुन्छ, तर उसलाई भ्रम के हुन्छ भने आफ्नो कामै त्यही हो। सिंहदरबारको जिम्मेवारीबाट निस्कन लाग्दा एकपटक बाबुराम भट्टराईले हामीलाई सुनाएका थिए- प्रधानमन्त्रीका रूपमा दिनहुँजस्ता कार्यमा व्यस्त भइन्छ, त्यो मूलतः ‘प्रक्रिया’ मात्र हुँदो रहेछ, तर त्यसैलाई ‘परिणाम’ ठानेर हिडिँदो रहेछ।
लाग्छ- नेपालमा कुनै पनि प्रधानमन्त्री तब मात्र सफल हुन्छन्, जब ‘प्रक्रिया’ र ‘परिणाम’ बीचको भेद राम्रोसँग छुट्ट्याउन सक्छन्। काम गर्न खोज्नु र काम हुनुको अन्तर बुझ्न सक्छ। प्रधानमन्त्री ओली आफ्नो सरकारले भयंकर काम गर्न खोजेको, तर विरोधीले आलोचना गरेर कामै गर्न नदिएको भ्रममै छन् कि वास्तविकतासँग साक्षात्कार हुँदै गएका छन्- थाहा छैन। उनले आफ्नो ‘सिस्टम’ ले आफूलाई सघाइरहेको छ, घुमाइरहेको छ वा झुक्याइरहेको छ, त्यसको भेउ चाँडै पाए भने आफू कति पानीमा छु भन्ने थाहा हुने थियो। | 2021-02-27T09:45:31Z | https://rajdhanidaily.com/id/19999/ | OSCAR-2109 |
संकट व्यवस्थापन - विकिपिडिया
सङ्गठनको नियमिततामा अवरोध उत्पन्न गर्ने त्यस्ता घटनाहरु जुन नियमितभन्दा फरक, व्यापक र भयङ्कर क्षति गर्ने गरी उपस्थित हुन्छन्, आफ्नै नियन्त्रण र काबु भन्दा बाहिर हुन्छन त्यस्ता घटनालाई संकट भन्ने गरिन्छ । संकटले नियमित कार्यमा अवरोध पुर्याउँछ। संकटले व्यापार संचालनमा बाधा पुर्याउँछ, मानिसहरूलाई हानी पुर्याउने धम्की दिन्छ, मानिसको प्रतिष्ठालाई हानी गर्दछ र सङ्गठनको आर्थिक अवस्थालाई पनि नकारात्मक प्रभाव पार्छ।[१] संकट व्यवस्थापन (अङ्ग्रेजी: Crisis Management) एक प्रणालीगत दृष्टिकोण हो जसले सङ्गठनलाई असर गर्न सक्ने संकटहरू रोक्नको लागि र भएका घटनाहरूलाई प्रभावकारी रूपमा व्यवस्थित गर्न सम्पूर्ण संस्थालाई संलग्न गर्दछ।[२] संकट व्यवस्थापन एउटा प्रक्रिया हो जसले सङ्गठन र यसका सरोकारवालाहरूलाई पुग्न सक्ने नोक्सान रोक्न वा कम गर्न तयार गरिएको हुन्छ। यो सङ्गठनमा पर्न जाने असर र प्रभावको रोकथाम गरी सङ्गठनलाई पूर्ववत् रूपमा सञ्चालन गर्न अवलम्बन गरिने व्यवस्थापकीय कार्य हो। संकट आएसके पश्चात यसको व्यवस्थापन गर्नु निकै गाह्रो विषय हुन्छ तर संकटलाई सिर्जना नहुँदै रोक्नु वा न्यूनीकरण गर्नु नै खासमा संकट व्यवस्थापन हो।[३]
संकटका कारणहरु[सम्पादन गर्ने]
कुनै संस्था वा सङ्गठनमा संकटा आउनुमा दुइ प्रकारका कारणहरु हुन सक्छन्:
बाह्य कारण- वातावरणीय उपज्, अन्य सङ्गठन, राष्ट्र वा प्राकृतिक विपत्तिका कारण ।
आन्तरिक कारण- कमजोर योजना प्रणाली, गल्तिलापर्वाहि, खराब, कार्य प्रकृया आदिका कारण ।
संकट व्यवस्थापनका चरणहरु[सम्पादन गर्ने]
निम्न चरणहरूले संकटमा सम्भावित क्षति सीमित गर्न मद्दत गर्दछ[४]:
पूर्वानुमान:पहिलो चरण भनेको तयारी गर्नु हो। सक्रिय र एक गहन मंथन सत्र व्यवस्था गरेर सङ्गठनमा हुन सक्ने सबै सम्भावित संकटहरूबाट बच्नु पर्दछ।
योजना तयारी र यसको परीक्षण: संकट प्रतिक्रिया योजना सङ्गठनका लागि अनुकूलित हुनुपर्दछ र यसले दुबै परिचालन र सञ्चार तत्वहरु समावेश गर्नुपर्दछ। संकट प्रतिक्रिया योजनामा समावेश सन्देशहरू प्रभावकारी रूपमा सुनिश्चित गर्न यसलाई परीक्षण गर्नु आवश्यक छ।
संकट सञ्चार टोलीको पहिचान: वरिष्ठ अधिकारीहरूको सानो समूहलाई संस्थाको संकट सञ्चार टोलीको रूपमा सेवा गर्न पहिचान गरिनु पर्दछ। स्पष्ट प्रक्रिया सिर्जना गरिएको हुनुपर्दछ र कर्मचारीलाई सूचित गर्नुपर्दछ।
सूचना र अनुगमन प्रणालीको स्थापना: संकट अवस्थामा सरोकारवालाहरूबाट सुझाव अनुगमनले रणनीति र कार्यनीति को रूपान्तरण गर्न मद्दत पुर्याउँछ। यसका साथै सङ्गठनसँग आन्तरिक र बाह्य सरोकारवालाहरूसँग चाँडो भन्दा चाँडो पुग्ने साधनहरू हुनुपर्दछ।
कुराकानी:संकट व्यवस्थापनको पहिलो नियम कुराकानी गर्नु हो। प्रारम्भिक समय निकै महत्त्वपूर्ण हुन्छ र यसले संकट अवधिको लागि अवस्था निर्धारण गर्दछ। आफूलाई थाहा भएको कुराले अरुलाई सचेत गराउनुपर्दछ।
संकटपश्चातको विश्लेषण:संकट पश्चातको विश्लेषण जरुरी छ। के राम्रो तरिकाले गरिएको थियो, अर्को पटक के गर्न सकिन्छ र संकट प्रतिक्रिया योजना को विभिन्न तत्वहरु कसरी सुधार गर्न सकिन्छ आदी जस्ता कुराहरूको औपचारिक विश्लेषण गर्नुपर्दछ।
↑ "Crisis Management – How to Manage a Crisis (and Recover)"।
↑ "A BLUEPRINT FOR CRISIS MANAGEMENT" [संकट व्यवस्थापनको खाका]।
↑ "संकट व्यवस्थापन", कारोबार, अप्रिल २, २०१९, अन्तिम पहुँच नोभेम्बर ५,२०१९।
↑ "7 STEPS TO CRISIS MANAGEMENT" [संकट व्यवस्थापनका लागि सात चरणहरू:], जुलाई ३,२०१७, अन्तिम पहुँच नोभेम्बर ५,२०१९। | 2021/01/17 21:42:28 | https://ne.wikipedia.org/wiki/%E0%A4%B8%E0%A4%82%E0%A4%95%E0%A4%9F_%E0%A4%B5%E0%A5%8D%E0%A4%AF%E0%A4%B5%E0%A4%B8%E0%A5%8D%E0%A4%A5%E0%A4%BE%E0%A4%AA%E0%A4%A8 | mC4 |
लामो समय देखि गीत संगितमा संघर्ष गरिरहेका वेदकोट न.पा. , भासीका गायक नवराज कलौनीले आफ्नो पहिलो गीत "म त चरी आउला" युट्युबमा सार्वजनिक गरेका छ्न।
बिगत चार बर्ष देखि काठमाडौमा सङ्गीत अध्यन गरिरहेका उनले विगतमा रेडियो महाकालीको कार्यक्रम "महाकाली तारा" मा पनि प्रतिस्पर्धा गरेका थिए।
यस्तै नेपाल टेलिभिजनको एक गायन कार्यक्रममा पनि उनले विगतमा भाग लिएका थिए। उक्त कार्यक्रममा छनौट चरण मै बाहिरिए पछि उनले सङ्गीतको अध्यन गर्ने निधो गरेका थिए।
दर्जनौ स्टेज सो गरिसकेका उनले नेपाल पर्यटन बोर्डमा गत बर्ष अन्तर्राष्ट्रिय युवा सम्मेलनमा ३९ राष्ट्रका दर्शक सामु पनि प्रस्तुती दिएका थिए।
यस्तै "मन के ढुङ्गो सम्झ्यौ र" पनि रेकर्ड भैसकेको र " बनारसको सारी, आजको दिन हजुरको घर र एकोहोरो मलाई हेरी " बोलका गीतहरु पनि छिट्टै बजारमा ल्याउने तयारी भैरहेको उनले जानकारी दिए। | OSCAR-2019 |
||
पर्यावरण, विपत्ति र विनाश – समग्र नेपाल
Home/लेख/पर्यावरण, विपत्ति र विनाश
पर्यावरण, विपत्ति र विनाश
समग्र संवाददाता८ कार्तिक २०७८, सोमबार १९:२३
सानो भएपनि निकै मन छोयो । कहिलेको हो मलाई भने थाहा भएन । हेर्दा भने पक्कै पनि बनावटी भने हैन जस्तो लागेको छ । सामाजिक सञ्जालमा एउटा भिडियोले सबैको मन जितेको छ । खासमा भिडियोमा एउटा कागले व्यस्त सहरको बाटोमा फालिएको पानीको बोतललाई आफ्नो चुच्चोले च्यापेर नजिकै राखिएको फोहोरको कन्टेनरको छेउतिर रहेको सानो प्वालबाट भित्र छिराउँछ । वास्तवमा यो भिडियोमा देखिएको दृश्य कसैका लागि सामान्य हुन सक्ला तर सोच्ने हो भने यो भिडियोमा कागको सानो कृयाकलापले भने सारा मानव जगतलाई नै एउटा महा अनुशासनको पाठ सिकाएको छ । यति मात्रै हैन अहिले बाटोघाटो जतातै देखिने फोहोर अनि यस्तो फोहोर गर्ने फोहोरी मानिसहरुलाई गतिलै चेतनामूलक झापड हानिदिएको छ । पक्षी भएर पनि पर्यावरणप्रति यति चिन्ता र चासो छ भने मानवलाई यसको कुनै पनि पर्वाह नै छैन । बेमतलव, बिन्दास हिँडिरहेका छन् । तर आफूलाई निकै सज्जन अनि महान् र सभ्य ठान्दछन् । कागको तुलनामा त हामी निकै असभ्य, अनुशासनहिन कर्महरु गरिरहेका छौँ । एकपटक गम्भीरताका साथ सोच्नै पर्छ कि !यसैगरी केही दिन अघि नेपालगञ्जको व्यस्त सडकमा म पनि एक यात्री बनेर व्यस्ततामा योगदान दिँदै थिएँ । चर्को चर्को हर्न बजाउँदै एउटा नगरबस म निर बाट हुँइकिदै ओभरटेक गर्यो । यसैबीच बसको ढोकामा दायाँ हातले ढोकामा समाएर बायाँ हातले साइड दिँदै अगाडि पुग्दै गर्दा ढोकामा बसेका तीनै झिल्के खलासी भाइले कपाल मुसार्दै साइड दिँदै गरेको हातले एउटा गुट्खाजन्य पदार्थको प्याकेटलाई दाँतले च्यातेर पुरै प्याकेटमा भएका चिजबीजहरु आफ्नो आहार केन्द्रमा प्रवेश गराए । यो उनका लागि सायद महान् कार्य थियो । खाएपछि फुर्र फुर्र मुखबाट धुलो पनि निकाले अनि भने चारबाहिनी… चारबाहिनी…. जमुनाहा…. साथमा रहेको उक्त पदार्थलाई प्याकिङ गरिएको प्लास्टिक बसकै ढोकाबाट हुर्याइदिए । मनमनै लाग्यो सायद यो अधिकांश नेपालीहरूको आचरणलाई यो घटनाले प्रतिविम्बित गर्छ । अनि मैले सोचेँ, मोटरसाइकलको स्पिड अलि बढाएर नजिकै गएर सम्झाइ बुझाई गरौँ कि भन्ने ! अनि स्पिड बढाउने यत्न पनि गरेँ । तर, फेरि सम्झेँ यो त कलीयुग पो हो, अनि बढाउन लागेको मोटरसाइकलको एक्सिलेटर फेरि घटाएँ । मनमनै सम्झिरहेँ यसरी फालिएको त्यो प्लास्टिकको खोलले अब कति दिनसम्म त्यो स्थानलाई कुरुप बनाउने होला ?मानिस यति स्वार्थ र मतलवी भैसकेको छ कि आफ्नो स्वार्थ बाहेक अरु कुरामा योगदानको कुरा त परै जाओस् सोच्न पनि सक्दैन । कहिलेकाहीँ विभिन्न देशका तस्वीहरु देख्दा कति आनन्द लाग्ने गर्छ । त्यहाँको पर्यावरणीय आकर्षण साँच्चिकै मनमोहक हुने गर्दछन् । एक हिसाबले ईष्र्या पनि लाग्दछ । खै कसरी सक्छन् यति सुन्दर पार्नका लागि । तर हामीमा भने कसैले गरेको प्रयासको समर्थन सहयोग त परै जाओस् खेदो खन्ने परम्परा रहेको पाइन्छ । अनि कसरी बन्छ यो समाज अनि कसरी पूरा हुन्छ र हरित सपनाहरू ? यी त केवल घोषणपत्रका खजानाहरु मात्र हुने गर्दछन् । यहाँ त मात्रै शक्ति, सत्ता र पैसाका लागि मात्रै सबै खेलखण्ड भएका छन् । कुनै पनि कुरामा विरोध त गरिन्छ तर विरोध मात्र विरोधका लागि भएका छन् । कतिपय ठूला ठूला घटनाहरुका दोषीहरू त्यसै उम्किरहेका छन् । यस्ता खालका घटनाहरू केही वर्षको अन्तरालमा कतै गुफाभित्र हालिन्छ ।बेहिसाब गरिने प्रकृतिको दोहनको कुरा पनि उत्तिकै डरलाग्दो रहेको छ । पैसा कमाउने दाउमा धमाधम जलाधार क्षेत्रहरूको दोहन गर्ने र ती क्षेत्रहरुबाट नदीजन्य पदार्थहरूको दोहन गर्ने क्रम जताततै देखिएको छ । यसका साथै प्राकृतिक सम्पदाहरूको संरक्षणका बारेमा दिगो रुपमा चासो दिएको भने पाईंदैन । नीति नियमहरू बन्न त बनेका छन् तरपनि त्यस्ता नीति नियमहरूको प्रभावकारी कार्यान्वयन भएको पाईंदैन । यो मुलुक यस्तो भैसकेको छ यहाँ न्यायमूर्तिहरू नै विवादमा मुछिन्छन् अनि न्याय खोज्न कहाँ जाने त अब ? यस्तो परिस्थिती एकातिर छँदैछ भने अर्कातिर निर्माणका क्रममा भएको अव्ययस्थित कार्यहरुका कारणले गर्दा पनि विभिन्न प्रकारका प्राकृतिक प्रकोपहरु निम्तिइरहेका छन् । भर्खरै मात्र असोज अन्तिममा आएको बेमौसमी वर्षाको कारण ठूलो धनजनको क्षतीले देशभर तहसनहस पारेको छ । अझ स्याहार्ने बेलाको धानलाई नराम्ररी क्षति पु¥याएको छ । खेतमा धान उम्रेर फेरि व्याड जस्तै दृश्यहरू देखिएका छन् । यसरी उब्जेको परिस्थितीले अब अन्नको भण्डार मानिएको तराईमा यसपालि भने धानको उत्पादनमा ह«ास आउने देखिएको छ । यसले गर्दा नेपालमा खाद्य सङ्कटको सम्भावनालाई नकार्न सकिँदैन । खाद्यान्न अभाव हुन जाँदा धानको आयात बढ्न गई मुलुकको व्ययभारमा वृद्धि हुने देखिन्छ । यति मात्र हैन आयातित वस्तुको मूल्य पनि बढी हुने भएकोले यसको मार आम जनतामा नै पर्ने देखिन्छ ।
यसरी हेर्दा सम्पूर्ण कुराहरुको असरको विन्दु भनेको नै पर्यावरण नै हो भन्न सकिन्छ । यहाँ बजार सफा राख्ने भनेर फोहोर उठाउने अभियान त सञ्चालन गरिएको छ । तर यो पनि त्यति प्रभावकारी देखिदैन । फोहोर उठाउनका लागि सामान्य ट्रयाक्टरहरूको प्रयोग गरिएको हुन्छ । यस प्रकारका साधनहरुले फोहोर एकातिर उठाउने अर्कातिर पोख्दै हिँड्दा पनि बजारभर प्रदुषण फैलाउन मद्दत गरिरहका हुन्छन् । यति मात्र कहाँ हो र सडेगलेका चिजवस्तुहरुलाई राख्दा त्यसबाट उत्सर्जित हुने दुर्घन्धित पानीले पनि जताततै प्रदुषण फैलाएर महामारी निम्त्याउने जोखिम पनि उत्तिकै रहन्छ । जब फोहोर उठाउने प्रचलन हुन्छ तब मानिसले पनि फोहोर फाल्न थाल्छ । फोहोर उठाउने भन्दा पनि फोहोरको व्यवस्थापनका लागि फोहोर कर्तालाई नै सचेत बनाउन सक्ने हो भने यो भन्दा उत्तम केही हुन सक्दैन । यसका लागि विद्यालयका बालबालिकाहरुदेखि नै यो कार्यक्रमको शुरुवात गर्नुपर्ने देखिन्छ । सकभर पत्रु खाद्यवस्तुहरु बहिस्कार गर्ने र घरमै तयार गरेका खाद्य वस्तुहरु मात्र खानका लागि प्रोत्सहान गर्ने । खानै परेमा भने उत्सर्जित फोहोरहरुलाई आफैले उचित व्यवस्थापन गर्ने बानीको विकास गराउने पर्ने देखिन्छ । ह्या ! उसले त फालेको छ क्यार, मैले फाल्न के हुन्छ? भन्ने संकीर्ण मानसिकताले गाँजेका कारणले गर्दा पनि दिनानुदिन फोहोर गर्ने र गाउँघर, बाटोघाटो, समुदाय जताततै फोहोरै फोहोर देखिन्छ । अझ पछिल्लो समयमा सबैभन्दा बढी फोहोर गर्नेहरु गुट्केहरू नै देखिन्छन् । खान त जान्दछन् तर आफूले खाएपछि निस्केको प्लास्टिकलाई उचित तरिकाले व्यवस्थापन गर्न जान्दैनन । वास्तवमा हामीमा चेतना र इच्छाशक्ति हुने हो भने यो असंभव कुरा भने होइन । सबैले गर्न सक्ने हो भने समुदायमा कायापलट आउन सक्छ ।
यस आलेखमा अर्को प्रसङ्ग पनि राख्न मन लाग्यो । कतै कतै निकै राम्रा प्रयासहरु भएका छन् । जुन प्रयासहरु निकै अनुकरणीय र लोभलाग्दा छन् । सुन्दरताका लागि आम जनमानसको स्तरबाट भएका प्रयासहरु निकै सह«ानीय छन् । कतै कतै भने सार्वजनिक रुपमा भएका प्रयासहरूलाई संरक्षण गर्नका लगि भने समुदाय स्तरबाट त्यति चासो दिएको पाइँदैन । ग्रीनबेल्टका रुपमा रहेका स्थानहरू एकातिर व्यवस्थित रुपमा बनाइएका छैनन भने अर्कातिर आम जनमानसले हरियाली बनाऔँ वृक्षारोपण गरौँ भन्ने मानसिकता नै नभएको पाइन्छ । कहिँ कतै लगाइएका विरुवाहरूको संरक्षण नभएको पाइएको छ । पालिकाहरुबाट लगानी लगाएर रोपिएका विरुवाहरूको संरक्षणको त कुरा छाडौँ तिनै विरुवाहरुको संरक्षण भएको पनि देखिँदैन । बाटोमा हिँड्दै गर्दा बाख्रालाई घाँस खुवाउँनका लागि सजावटका लागि लगाइएका बिरुवाहरुमा बाँधिएका थिए भने कतै भने तिनै विरुवाहरुका हाँगाहरु काटेर घाँसको रुपमा प्रयोग गरेको पनि देखियो । कसैले कसैका कुरा सुन्नेवाला छैन । आफूले योगदान गर्ने कुरा त परै जाओस् अरुद्वारा गरिएका प्रयासहरुलाई पनि कुनै कोणबाट संरक्षणका लागि सहयोग नभएको देख्दा निकै उदेक लागेर आउँछ । उसले यस्तो गरेको छ, मैले गर्न के हुन्छ भन्ने साँघुरो मानसिकताका कारणले गर्दा पनि पर्यावरणको संरक्षण र संवद्र्धन हुन सकेको छैन ।
हाम्रा यस्तै प्रकारका व्यवहारहरुले गर्दा नै समय समयमा प्रकृतिले नै सजाँयको रुपमा माहाविपत्तीहरूलाई निमन्त्रणा दिइरहेको छ । तसर्थ, सर्वप्रथम हामीले जबसम्म हाम्रा गलत बानीहरुलाई सुधार गर्दैनौँ तबसम्म प्रकृतिले नियमित रुपमा दुःख दिइरहने छ । सचेत बनौँ, सजग बनौँ, बेलैमा सोचौँ । | 2022/05/19 22:26:49 | https://samagranepal.com/articlepbt/ | mC4 |
शिक्षाका नयाँ चार ऐनको विधेयक निर्माण काम अन्तिम चरणमा
You are at:Home»राजनीति»शिक्षाका नयाँ चार ऐनको विधेयक निर्माण काम अन्तिम चरणमा
By bktnews Posted on February 10, 2020 राजनीति, शिक्षा
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहदेखि उच्च तहसम्मको शिक्षाका प्रावधानलाई समेट्ने गरी चारवटा ऐन ल्याउन लागेको छ । मुलुक संघीय संरचनामा गएपछि संघीयताको मर्म विपरित रहेका व्यवस्थाको संशोधन गर्न र नयाँ प्रावधान थप्ने गरी नयाँ कानून ल्याउन लागिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विद्यालय शिक्षालाई समेट्न गरी संघीय शिक्षा ऐनको विधेयक निर्माण काम अन्तिम चरणमा पुगेको छ । त्यस्तै उच्च शिक्षालाई समेट्ने गरी उच्च शिक्षा सम्बन्धी ऐन र प्राविधिक धारका शिक्षालाई समेट्न गरी प्राविधिक शिक्षा सम्बन्धी ऐन ल्याउन लागिएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै शिक्षा सम्बन्धी केहि नेपाल ऐन शंसोधनको काम पनि अन्तिम चरणमा पुगेको छ । यीमध्ये नेपाल ऐन शंसोधन सम्बन्धी विधेयक गत वर्ष नै मन्त्रालयले संसदमा दर्ता गरे पनि अहिलेसम्म पारित हुन सकेको छैन । अन्य विधेयक भने विभिन्न मन्त्रालयमा छलफलको चरणमै रहेको मन्त्रालयले जनाएको छ । | 2020/09/29 23:34:02 | http://bhaktapurnews.com/%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A4%A8%E0%A5%80%E0%A4%A4%E0%A4%BF/64521 | mC4 |
निस्दी, ५ जेठ पाल्पा- निस्दी गाउँपालिका पाल्पामा कोरोना संक्रमितको संख्या ९३ जना पुगेको छ। तराईसंग नाका जोडिएको निस्दीमा मंगलबार सम्ममा सबैभन्दा बढी ज्मामिरेमा ३४ जना , गल्धामा २४ जना र अर्चलेमा १५ जना कोरोना पोजेटिभ व्यक्ति रहेको स्वास्थ्य शाखा संयोजक रेम बहादुर दिशाले बताउनुभयो ।
त्यस्तै मित्यालमा ८ जना , बाकामलाङमा ७ जना , सहलकोटमा ५ जनालाई कोरोना पोजिटिभ देखिएको स्वास्थ्यकर्मी अर्जुन रानाले बताउनुभयो । झिरुबासमा भने अहिलेसम्म कसैलाई पनि पोजिटिभ नदेखिएको वडा अध्यक्ष लक्ष्मीप्रसाद पाटाले जानकारी दिनुभएको छ। झिरुबासले अन्य छिमेकी वडा तथा गाउँमा अत्यन्तै जरुरी काममा बाहेक आवातजावत बन्द गरेको समाजसेवी दमन सिंह थापाले बताउनुभयो।
निस्दीमा कोरोना पोजिटिभ व्यक्तिहरु सुरक्षित तरिकाले होम आइसोलेसनमा बस्दै आएको र सबैको अवस्था सामान्य रहेको देखिन्छ । उनीहरुको अवस्था जटिल बन्दै गएको खण्डमा पालिकाले तयार पारेको अक्सिजन सहितको आइसोलेसनमा राखेर उपचार गरिने स्वास्थ्य शाखा संयोजक रेमबहादुर दिशाले बताउनुभयो। निस्दीमा आइसोलेसन कक्ष गल्धाको ढुंगानावेशीमा रहेको छ। | 2022-12-09T07:01:06Z | http://bolikhabar.com/archives/2753 | OSCAR-2301 |
छिट्टै घर फर्किन्छु भन्थे, बाकसमा फर्कनुपर्याे ! - सिम्रिक खबर
छिट्टै घर फर्किन्छु भन्थे, बाकसमा फर्कनुपर्याे !
९ साउन, बाग्लुङ्ग
गत हिउँदमा परिवारसँग छुट्टिएर विदेश हिँड्दा गलकोट नगरपालिका–७ मल्मका लक्ष्मण सुनारको वाचा थियो छिट्टै घर फर्कने । दुर्भाग्य, साउदी अरब पुगेको तीन महिनामै सुनारले आकस्मिक मृत्युवरण गर्नुपर्याे । धन कमाउन विदेशिएका उनी बन्द बाकसमा फर्किए ।
फागुन पहिलो साता साउदी अरब पुगेका ४२ वर्षीय सुनारको गत जेठ ११ मा निधन भयो । शव भने गत सोमबार मात्र आइपुग्यो । कोरोनाले निम्त्याएको बन्दाबन्दीका कारण शव ल्याउनै झण्डै दुई महिना लाग्यो । परिवारले अन्तिमपटक मुख हेर्ने धोको राखेपछि खर्चिलो र झण्झटिलो भए पनि सुनारको शव घरै ल्याइएको हो । मङ्गलबार अन्तिम संस्कार गरेपछि छोराहरु दिनेश र विनोद अहिले बुबाको किरियामा छन ।
"म पनि भारतमा थिएँ, तीन/चार वर्षदेखि बुबालाई भेट्न पाएको थिइँन, अब यत्तिकै भयो", २१ वर्षीय दिनेशले भने , "हामी विदेश लागेपछि घरमा आमा र भाइमात्र थिए ।" १८ वर्षीय विनोद बीचमै पढाइ छाडेर घरमै बसेका छन । आमाले सीमाको दिन, ज्यालामजदुरीको काम गर्देमा बित्छ । लक्ष्मणको कमाइका भरमा परिवार पालिएको थियो, मिठो–मसिनो पाक्थ्यो । घरको मुली मान्छे नै गुमाउनु परेपछि सुनार परिवारलाई अकल्पनीय बज्र परेको छ । आर्थिक स्थिति दयनीय छ । जायजेथाले बिहान–बेलुकीको निर्वाहसम्म हुँदैन । "बुबा बितेर गए पनि हामी दुई भाइ छौँ अब केही गर्नुपर्ला, आमा र परिवारको भविष्य हाम्रो काँधमा आएको छ", दिनेशले भने ।
दिनेश पनि रोजगारीका सिलसिलामा केही वर्षदेखि दिल्लीमा थिए । बुवाको निधनको खबर पाएपछि बन्दाबन्दीबीच उनी घर फर्केका हुन । लक्ष्मण रोजगारीका लागि शुरुमा कुवेत र त्यसपछि साउदी अरब गएका थिए । उनीलाइ पहिलेदेखि नै उच्च रक्तचापको समस्या रहेको छोरा दिनेशले बताए । "त्यसकै कारण बुवाको एक्कासी त्यस्तो घटना भयो", दिनेशले भने । विदेशिनुपूर्व घरगाउँमै रहँदा पनि लक्ष्मण सीपयुक्त काममा मेहेनती र लगनशील थिए ।
"एकदम सरल, कामकाजी हुनुहुन्थ्यो, गाउँमा सबैले चिन्थे, मान्थे", वडाध्यक्ष टीकाबहादुर थापाले भने, "डोका, नाम्ला बुन्ने सीप पनि थियो ।" वडाध्यक्ष थापाले सम्पत्तिका नाममा घरबाहेक लक्ष्मणसँग केही नभएको जानकारी दिए । दैनिक श्रम गरेर गुजारा गर्ने परिवार भएको उनको भनाइ छ । परिवारको आर्थिक स्थिति कमजोर देखेपछि जापानमा रहेका गलकोटेहरुले सहयोग गरेका छन् । घुम्टे युवा परिवार जापान शाखाले चलाएको सहयोग अभियानबाट रु छ लाख १७ हजार ६२० सङ्कलन भएको छ । सो रकम परिवारको लालनपालन र सुरक्षित भविष्यका लागि खर्च गरिने भएको छ ।
लक्ष्मणको निधनले दिएको चोट मत्थर हुन नपाउँदै सुनार परिवारमा थप अर्को पीडा थपिएको छ । सुनारको घर पहिराको जोखिममा परेको वडाध्यक्ष थापाले बताए । "घरैछेउबाट पहिरो खसेको छ, भिरालो जमिन भएकाले जोखिम बढी छ", उनले भने । वडाले पहिरा रोकथाममा सुनार परिवारलाई सहयोग गरिने जनाएको छ । छिमेकमा रहेका मनबहादुर विक र अङ्कित विकको घर पनि पहिराले जोखिममा पारेको वडाध्यक्ष थापाले जानकारी दिए । रासस | 2020/12/02 19:07:27 | https://simrikkhabar.com/%E0%A4%9B%E0%A4%BF%E0%A4%9F%E0%A5%8D%E0%A4%9F%E0%A5%88-%E0%A4%98%E0%A4%B0-%E0%A4%AB%E0%A4%B0%E0%A5%8D%E0%A4%95%E0%A4%BF%E0%A4%A8%E0%A5%8D%E0%A4%9B%E0%A5%81-%E0%A4%AD%E0%A4%A8%E0%A5%8D%E0%A4%A5/ | mC4 |
सेवामुखी संस्थाको नेतृत्व गरी स्वदेशभित्रकै स्रोत–साधनबाट संस्थागत सुदृढीकरण र स्थायीत्वका निम्ति अनुकरणीय कार्य गरेर संस्थालाई गतिशील बनाउन सफल व्यक्तिलाई शब्दयात्रा प्रकाशनबाट यसै वर्षदेखि पुरस्कृत गरिने भएको छ । पुरस्कारको नाउँ ‘दूरदर्शी नेतृत्व पुरस्कार’ राखिएको छ । पुरस्कार हाल १५ हजार रुपियाँको हुनेछ र पछि बढाइनेछ । साथमा अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, उपहार र रुद्राक्षमाला समर्पण गरिनेछ । पुरस्कारको आर्थिक व्यवस्थापक शब्दयात्रा प्रकाशनका आजीवन सदस्यद्वय रश्मि अधिकारी हुमागाईं र इ. रोशन मञ्जुश्री अधिकारी रहनुभएको छ । | 2022-12-05T18:45:29Z | https://sypublication.com.np/%E0%A4%A6%E0%A5%82%E0%A4%B0%E0%A4%A6%E0%A4%B0%E0%A5%8D%E0%A4%B6%E0%A5%80-%E0%A4%A8%E0%A5%87%E0%A4%A4%E0%A5%83%E0%A4%A4%E0%A5%8D%E0%A4%B5-%E0%A4%AA%E0%A5%81%E0%A4%B0%E0%A4%B8%E0%A5%8D%E0%A4%95/ | OSCAR-2301 |
४२३ चालकको सवारी अनुमतिपत्र खारेज | Pradesh Aawaj
काठमाडौँ,पुस १८ / महानगरीय ट्राफिक प्रहरी महाशाखाले पाँच पटकभन्दा बढी मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने ४२३ चालकको सवारी अनुमतिपत्र ९लाइसेन्स० खारेज गरेको छ ।
महाशाखाले पटक÷पटक मापसे सेवन गरेर सवारीसाधन चलाएपछि लाइसेन्समा प्वाल पार्दै आएको थियो । विसं २०६८ मङ्सिर १७ देखि मापसे जाँच अभियान थालिएको हो । महाशाखाले २०६९ मङ्सिर २२ गतेदेखि मापसे गरी सवारीसाधन चलाउने चालकको लाइसेन्समा प्वाल पार्न थालेको हो । हालसम्म विभिन्न चरणमा गरी एक लाख ७८ हजार १९८ चालकको लाइसेन्समा प्वाल पारिएको महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७०÷७१ मा ५२, आव २०७१÷७२ मा १२२, २०७२÷७३ मा १३३, २०७३÷७४ मा ४१, २०७४÷७५ मा ५८ र चालू आवमा १७ चालकको लाइसेन्स खारेज गरिएको हो । | 2019/01/16 02:25:45 | https://pradeshaawaj.com/?p=8858 | mC4 |