text
stringlengths
163
169k
timestamp
stringlengths
0
20
url
stringlengths
0
1.8k
source
stringclasses
5 values
अनेक पहुँचको भरमा ठेक्का लिँदै, अलपत्र पार्दै | साँचो खबर Online Khabar श्रावण ११, काठमाडौं। अनेक पहुँच र विधि प्रयोग गरेर ठेक्का लिने तर काम नगर्दा जाजरकोटको विद्युतीकरणमा समस्या देखिएको छ । ठेक्का लिनेमा जनप्रतिनिधिदेखि पहुँचवाला राजनीतिक दलका व्यक्ति संलग्न हुँदा नेपाल विद्युत् प्राधिकरणलाई आफ्नो प्रगतिको लक्ष्य चुम्न मुस्किल परेको छ । प्राधिकरणले ठेकेदारलाई छिटो लाइन विस्तारदेखि पोल गाड्ने काम गर्न आग्रह गर्दा सुनेर पनि नसुनेझैँ गरी बसेको बताएको छ । जिल्लाको सातै वटा स्थानीय तहमा दुई वर्षभित्र विद्युतीकरण गर्ने लक्ष्य लिएर थालिएको काम बीचमै ठेकेदारले काम नगर्दा ठूला योजना अलपत्र परेका छन् ।
2022/07/01 16:49:16
https://sachokhabar.com/2021/07/36935/
mC4
कांग्रेसको संशोधन प्रस्ताव: नीति तथा कार्यक्रम सबै पुनर्लेखन हुनुपर्छ नेपाल लाइभ आइतबार, जेठ ४, २०७७, ०८:०९ काठमाडौं– नेपाली कांग्रेसले सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमप्रति विमति राख्दै सम्पूर्ण कार्यक्रम पुनर्लेखनको माग गरेको छ। सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा २७६ बुँदा छन्। ६३ पृष्ठको नीति तथा कार्यक्रम सबै पुर्नलेखन हुनुपर्ने मागसहित कांग्रेसले संसदमा संशोधन प्रस्ताव दर्ता गराएको छ। कोरोना संक्रमणले ल्याएको विपतिका सन्दर्भमा नीति तथा कार्यक्रम मौन रहेकाले संसोधनको प्रस्ताव दर्ता गरेको कांग्रेसले जनाएको छ। शनिबार कांग्रेसका सांसदत्रय डा मिनेन्द्र रिजाल, पुष्पा भुसाल र सञ्जय गौतमले संशोधन प्रस्ताव संसदमा दर्ता गराएका छन्। चालु आर्थिक वर्षको बजेटको अर्ध वार्षिक समीक्षामै प्रष्ट रुपमा अर्थतन्त्रमा सिथिलता, सरकारी वित्त विशेषत राजस्व संकलन, वैदेशिक सहायता परिचालन, पुँजीगत खर्चमा समस्या देखिएको स्मरण गराइएको छ। कोरोना संक्रमणको महाव्याधिले मानव जीवन रक्षा र स्वास्थ्य उपचारमा गम्भीर चुनौति खडा गरेको ध्यानाकर्षण सरकारलाई संशोधन प्रस्तावमा गराइएको छ। बन्दाबन्दीले जीवन अस्तव्यस्त बनाएको र लाखौं नागरिकको रोजगारी सधैंका लागि गुम्ने वा जोखिममा पर्ने अवस्था सिर्जना भएको कांग्रेसले जनाएको छ। पर्यटन, कृषि, भौतिक पूर्वाधार निर्माण, यातायात, खुद्रा तथा थोक बिक्री, उद्योग, व्यापार, बैंक तथा वित्तीय संस्थामा गम्भीर क्षति पुगेको जनाइएको छ। विदेशमा रहेका नेपालीमा लाखौंको रोजगारी गुमेको संसोधन प्रस्तावमा उल्लेख गरिएको छ। वैदेशिक विनियम सञ्चिती, सोधानान्तर तथा सार्वजनिक वित्तीय सन्तुलन कायम राख्न गम्भीर चुनौती खडा भएको कांग्रेसले जनाएको छ। लिम्पियाधुरा, लिपुलेक र कालापानीको नेपाली भूमीमा भएको अतिक्रमणले आगामी दिन अझ असहज हुने कांग्रेसको बुझाई छ। लामो पट्यारलाग्दो नीति तथा कार्यक्रमले वर्तमान चुनौती समाधान गर्न नसक्ने कांग्रेसको ठहर छ। कोरोना रोकथाम, स्वास्थ उपचार, राहत वितरण, आर्थिक पुनरुत्थान र नीतिगत सुधारका सहितको नीति तथा कार्यक्रम हुनुपर्ने कांग्रेसको संशोधन प्रस्तावमा उल्लेख छ। मजबुत र लचिलो नीतिलाई कार्यान्वयन गर्ने गरी प्राथमिकता छुट्याउन संसोधन प्रस्तावमा उल्लेख गरिएको छ। सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा वर्तमान प्राथमिकतालाई सम्बोधन नगरिएकाले सम्पूर्ण रुपमा पुनर्लेखन गर्न कांग्रेसले माग गरेको छ।
2020/10/28 18:21:39
https://nepallive.com/story/217010
mC4
मेची आवाज साप्ताहिक प्रकाशनको छैठौं वर्ष प्रवेश गरेको छ । झापाको मेचीनगर –६ मा मुख्य कार्यालय रही सम्पादक प्रकाशक डम्मरु बरालबाट प्रकाशन हुँदै आएको मेची आवाज साप्ताहिक पत्रिका बैशाख १९ गतेदेखि पाचौं वर्ष पूरा गरी छैठौं बर्षमा प्रवेश गरेको हो । मोफसलमा पत्रकारिता गर्नु र सञ्चार माध्यम सञ्चालन गर्नु आफैंमा चुनौति पूर्ण भए पनि यो कठिन परिस्थितिमा अनेक आरोह अवरोह पार गदैं मोफसलको सञ्चार माध्यमले सहजरुपमा छैठौं वर्षमा प्रवेश गर्नुले पनि पत्रकारहरुका लागि यो भन्दा गौरवको विषय अरु केही नै हुन सक्दैंन् । नेपाली पत्रकारिता क्षेत्र चौतर्फी अभाव र चुनौतिलाई सामना गर्दै व्यवसायिक सफलताका लागि अगाडि बढिरहेका बेला झापाको मेचीनगर–६ मा मुख्य कार्यालय रहेको मेची आवाज साप्ताहिक छैठौं वर्षमा प्रवेश गरेको जानकारी पाउँदा प्रेस क्लब मेचीनगरलाई खुशी लागेको छ । पत्रिका प्रकाशन गर्नु ठूलो कुरा होइन, सही, यथार्थ र तथ्यपरक समाचार सम्प्रेषणले मात्र ठूलो महत्व राख्दछ भन्ने हाम्रो बुझाई हो । मोफसलमा दैनिक वा साप्ताहिक पत्रिका सञ्चालन गर्नु निक्कै चुनौतिपूर्ण काम हो । तर,मेची आवाज साप्ताहिक पत्रिकाले यो चुनौति सहजै पार गर्दै छैठौं वर्षको यात्रा तय गरेको छ । उस्को मुख्यः श्लोग्न ‘जन जनको आवाज’ लाई सार्थक बनाउदैं हरेक गाउँ गाउँका खवरलाई समेटेर जन जनमाझ पुर्याउदैं आएको छ । प्रविधिको विकाससंगै सञ्चार माध्यममा आएको प्रगतिले जनताका हक र अधिकार स्थापित गर्न सहज भएको छ । यसमा पनि मेची अवाज साप्ताहिक पत्रिका अग्रमोर्चामा छ । प्रविधिको विकाससँगै ःभअजष्ब्बधबव।अयm नामक अनलाइन पोर्टलमार्फत विश्वभरका पाठकमाझ आफ्नो पहुँच कायम गर्न सफल भएको छ । यसका लागि म यस पत्रिकालाई धन्यवाद व्यक्त गर्न चाहान्छु । पत्रकारितालाई समाजको ऐनाको रुपमा चित्रण गरिएको र यसले समाजको वास्तविकतालाई उजागर गर्दै समाज परिर्वतनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको कुरालाई कसैले पनि भुल्न हुंदैंन । समाज विकास र समृद्धिको अभियान पूरा गर्न राज्यको चौथो अंगका रुपमा लिइने सञ्चार जगतको भूमिका अझ महत्वपूर्ण हुने हुदाँ यसमा मेची आवाज साप्ताहिक पत्रिकाले एउटा इँटा थप्ने काम गरेको छ । यस पत्रिकाले आगामी दिनमा पनि स्वतन्त्र, निष्पक्ष र निर्भिक ढंगबाट सूचना सम्प्रेषणमा सकारात्कम र रचनात्मक भूमिका निर्वाह गर्ने विश्वास प्रेस क्लब मेचीनगरले लिएको छ । आगामी दिनमा समेत आम पाठकमाझ तथ्यपरक सूचना, ज्ञान र मनोरञ्जन तथा देशको आर्थिक र सामाजिक विकासलाई समेत महत्वपूर्ण स्थान दिने अपेक्षा सहितपत्रकारिताको आधारभूत सिद्धान्त एवम् पत्रकारआचार संहिताको मूल मर्म बमोजिम सत्यतथ्य, वस्तुनिष्ठ, सन्तुलित, खोजमुलक समाचार सामाग्री सम्प्रेषण गरी राष्ट्र र समाजलाई गतिशील बनाउँदै लैजाने कार्यमा थप सफलता प्राप्त होस् । साथै यस पत्रिकाले मुलुकको समग्र राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा अझ सशक्त ढंगले आफूलाई उभ्याउन सफल होस । पत्रकारिताको मूल्य मान्यता र सिद्धान्तलाई अंगीकार गर्दै भयरहित र निष्पक्ष रुपले समाजलाई सूचनाहरुको सम्प्रेषण गर्न पूर्वाञ्चल दैनिक अझ बढी जिम्वेवार हुने छ भन्ने कुरामा प्रेस क्लब मेचीनगरले विश्वास लिएको छ । २०६३ सालबाट आफ्नो प्रकाशनको यात्रा शुरु गरेको मेची आवाज साप्ताहिक पत्रिका छैठौं वर्षमा प्रवेश गरेको यस खुशीका अवसरमा पत्रिकासंग आवद्ध प्रकाशक, सम्पादकीय टिम, कर्मचारी तथा सम्पूर्ण पाठक वर्गहरुलाई हार्दिक शुभकामना र पत्रिकाको सफलता र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं । लक्ष्मी उप्रेती अध्यक्ष प्रेस क्लब मेचीनगर प्रतिकृया दिनुहोस् सम्वन्धित समाचारहरु सातौँ सुन्तला महोत्सव मंसिर २२ बाट कलकत्तामा… राइजिङले गर्यो क्यान्सर पीडितलाई सहयोग एनएमसीको ३०औँ वार्षिक साधारणसभाको प्रतिवेदन सार्वजनिक महेन्द्रद्वार सहकारी संस्थाको साधारणसभा सम्बन्धी सूचना झापा–१, समानुपातिक : कांग्रेसको अग्रता, दोस्रो सुर्य… महामन्त्री शर्मा र तामाङको संयुक्त मतदाता सम्मान… सम्पादकीय समयमै मल उपलब्ध गराउ कृषकलाई निरुत्साहित नगरौँ जनताको कठिनाइलाई बुझौँ पिसिआर विधिको दायरा बढाउ राहत वितरणलाई प्रभावकारी बनाउँ कृषि स्वाइन फिभर रोगका कारण मेचीनगरमा २५ सय बढी बंगुर मरे, नगरपालिकाले चासो नदिएको किसानको गुनासो देशलाई कृषिमा आत्मनिर्भर बनाउन बैज्ञानिक र व्यवसायिक कृषिमा जोड दिनु पर्छ ः कोइराला मल र सिँचाइको प्रवन्ध समयमै गर मेची नगर ५ को आयोजनामा जुत्ता चप्पल बनाउने तालिम सुरु मेचीनगर ८ का विपन्न परिवारलाई सुंगुरको पाठा वितरण हाम्रो बारेमा २०७२ साल देखि झापाको मेचीनगरबाट निरन्तर रुपमा प्रकाशित हुँदै आएको मेची आवाज साप्ताहिक पत्रीकाले पाठकको चाहानालाई मध्यनजर गर्दै छिटो छरितो र विश्वस्निय समाचार सम्प्रेशण गर्नै उद्देश्यले मेची आवाज डट.कम अनलाईन सञ्चालन ल्याएको हो ।
2022-11-28T12:40:58Z
https://mechiaawaj.com/News/3123
OSCAR-2301
रुपन्देहीमा हतियार देखाएर दिउँसै साढे ४ लाख लुटियाे spacekhabar रुपन्देहीमा हतियार देखाएर दिउँसै साढे ४ लाख लुटियाे विक्रम खड्का बुटवल १७ असार रुपन्देहीको गैडहवामा अज्ञात समूहले हतियार देखाएर ४ लाख ६३ हजार लुटेर लगेको छन् । गैडहवा गाउँपालिकामा रहेको गैडहवा ताल सरसफाई समितिको उक्त रकम लिएर आउदै गरेका कर्मचारी तोले पासीको साथमा रहेकाे रकम उनीहरुले लुटेर लगेका हुन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता धर्म भण्डारीका अनुसार लुटेराहरुले हतियार देखाएर पासीको साथमा भएको नगद रकम सहित मोवाईल र झोला पनि लुटेका छन् । ताल सरसफाइ समितिको रकम लुम्बिनीस्थित कृषि विकास बैंकबाट निकालेर सु १ ह ३३७ नम्बरको टेम्पोमा आउदै गरेका पासी गैडहवा गाउपालिका वडा नं ४ अहिरण्डी चोकमा आइपुग्दा २ जनाको समूहमा मोटरसाइकलमा आएका उनीहरूले गोली प्रहार गरेको पासीलाई उदृत गर्दै स्थानिय सन्दिप गुप्ताले बताए । लुटेराहरूको गोली प्रहारबाट टेम्पोको टायर पन्चर भएको बताईए पनि प्रहरीले भने गोली लागेको जस्तो नदेखिएको बताएको छ । घटनामा कुनै मानवीय क्षति समेत नभएको बताइएको छ । टेम्पोमा अन्य यात्रुहरू समेत सवार रहेको गुप्ताले बताए । घटना रहस्यमय भएको भन्दै घटनास्थलमा थप अनुसन्धानका लागि प्रहरी पुगेको पनि प्रहरी प्रवक्ता भण्डारीको भनाई रहेको छ ।
2019/11/14 18:39:21
https://www.spacekhabar.com/social/14181
mC4
कोरिया जानेको सीप परीक्षण भदौ पहिलो हप्ता, यसरी गरिन्छ सीप परीक्षण – जीवन शैली कोरिया जानेको सीप परीक्षण भदौ पहिलो हप्ता, यसरी गरिन्छ सीप परीक्षण Home /प्रमुख समाचार/कोरिया जानेको सीप परीक्षण भदौ पहिलो हप्ता, यसरी गरिन्छ सीप परीक्षण काठमाडौं : रोजगार अनुमति प्रणाली ईपीएसमार्फत दक्षिण कोरियामा प्रशिक्षार्थी नेपाली कामदार पठाउनका लागि लिइएकोे कोरियन भाषा परीक्षा उत्तीर्ण भएका परीक्षार्थीको सीप तथा क्षमता परीक्षण कार्य आगामी ४ देखि १९ मंसिरमा हुने भएको छ । यसअघि आगामी ४ देखि १८ भदौमा सञ्चालन हुने भनिएको दोस्रो चरणको सीप तथा क्षमता परीक्षण कार्यको समय सारेर आगामी ४ मंसिरबाट सुरु हुने ईपीएस कोरिया शाखाले जनाएको छ । सो शाखाका अनुसार सीप परीक्षामा सहभागी हुने समयावधि पनि बढाएर आगामी २७ कात्तिकसम्म पुर्‍याइएको छ । यसअघि सीप परीक्षणमा सहभागी हुन भाषा परीक्षा उतीर्ण परीक्षार्थीले गत २० देखि २९ असारसम्म आवेदन फारम भरिसक्नुपर्ने समय तोकिएको थियो । सोमबार पुनः नयाँ सूचना जारी गरी ईपीएस कोरिया शाखाले सीप तथा क्षमता परीक्षण कार्य आगामी ४ मंसिरबाट सुरु हुने जानकारी गराएको हो । यसअघिको समय परिवर्तन गर्नुको कारणका बारेमा भने सो शाखाले केही खुलाएको छैन । यसपाली कोरिया आफैंले कोरियन प्रविधिबाट भाषा परीक्षा उत्तीर्ण परिक्षार्थीको सीप परीक्षण गराउने सो शाखाले जनाएको छ । ईपीएस कोरिया शाखाका अनुसार सीप तथा क्षमता परीक्षण कार्य पहिलोपटक काठमाडौंमा हुन लागेको हो । सीप परीक्षण हुने स्थानका बारेमा भने पछि निर्णय हुने छ । ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले दोस्रो चरणको सीप तथा क्षमता परीक्षण कार्य आगामी ४ देखि १९ मंसिरसम्म सञ्चालन हुने बताए । अहिलेसम्म सीप परीक्षण केन्द्रको छनोट भइनसकेको जानकारी गराउँदै प्रवक्ता भण्डारीले भने, 'सीप परीक्षण गर्न कोरियन प्रविधिसहितको टोली काठमाडौं आउँछन् । हामीले स्थान मात्रै निर्धारण गर्ने हो ।' उनले सीप परीक्षणको नतिजा आगामी ४ पुसमा प्रकाशित हुने जानकारी दिए । सीप परीक्षणमा गत १३ असारमा प्रकाशित भएको कोरियन भाषा परीक्षाको नतिजामा उत्तीर्ण भएका परीक्षार्थी सहभागी हुन पाउनेछन् । यस कार्यमा सहभागी हुन भाषा परीक्षा उत्तीर्ण परीक्षार्थीले आगामी २७ कात्तिकसम्म सीप परीक्षणका लागि आवेदन फारम भरिसक्नुपर्ने सो शाखाले जनाएको छ । यस वर्षको कोरियन भाषा परीक्षामा १२ हजार नौ जना उत्तीर्ण भएका छन् । जसमध्ये ९ हजार १३३ जना उत्पादनमूलक क्षेत्रतर्फ र २ हजार ८ सय ७६ जना कृषि क्षेत्रका लागि उत्तीर्ण भएका छन् । यी दुवै क्षेत्रको परीक्षामा उत्तीर्ण भएकाहरू मध्येबाट यस वर्ष कोरियन सीप परीक्षण गरी जम्मा ६ हजार ७ सय कामदार मात्रै छनोट गर्ने बताइएको छ । जसमा उत्पादनमूलक क्षेत्रतर्फ ४ हजार ७ सय र कृषि तथा पशुपालन क्षेत्रका लागि २ हजार कामदार छनोट गरी कोरिया पठाइनेछ । कोरियामा अघिल्ला वर्षको तुलनामा रोजगारीका अवसर कम हुँदै गएकाले भाषा परीक्षा उत्तीर्ण गरेका परीक्षार्थीबाट करिब आधा मात्र सीप परीक्षणबाट छनोट हुने ईपीएस कोरिया शाखाले जनाएको छ । भाषा परीक्षा उत्तीर्ण गरी सीप परीक्षणमा समेत छनोट भएका कुल ६ हजार ७ सय प्रशिक्षार्थी कामदारबाट पनि सबै जना रोजगारीका लागि कोरिया जान पाउने ग्यारेन्टी दिन नसकिने सो शाखाले जानकारी गराएको छ । कोरियामा कति कामदार आवश्यक पर्छन्, त्यति कामदार मात्रै कोरियन सरकारले माग गर्छ, भाषा परीक्षा उत्तीर्ण गर्नु र सीप परीक्षण मा पनि उत्तीर्ण गर्नु कोरिया जान योग्य हुनु नभएको सो शाखाले स्पष्ट पारेको छ । 'कोरियाको विकासका लागि धेरै कामदार आवश्यक पर्ने भयो भने कोरियाले छनोट गरेका सबै कामदारको माग गर्न सक्छ, नत्र आवश्यकताअनुसार मात्र लैजान्छ,' प्रवक्ता भण्डारीले भने । दक्षिण कोरियाले यसपटकबाट भाषा परीक्षासँगै सीप परीक्षण प्रविधिलाई पनि कार्यान्वयनमा ल्याएको हो । सन् २००७ मा नेपालसँग श्रम सम्झौता भएसँगै सन् २००८ देखि दक्षिण कोरियाले नेपाली कामदार लिन सुरु गरेको हो । त्यसबेलादेखि अहिलेसम्म दक्षिण कोरियामा ईपीएसमार्फत करिब ३५ हजारभन्दा बढी नेपाली कामदार पुगिसकेका छन् । दक्षिण कोरियामा न्युनतम मासिक १ लाख रुपैयाँभन्दा बढी कमाइ हुने भएकाले नेपाली कामदारको आकर्षण बढेको छ । अहिलेसम्म कुल ५५ हजार भन्दाबढी कामदार त्यहाँ पुगिसकेका छन् । कोरियाले ४० वर्ष ननाघेका अदक्ष कामदारलाई आकर्षक तलब दिने गरी आफ्नो मुलुकमा लगिरहेको छ । अन्य गन्तब्य मुलुकहरूको तुलनामा आकर्षक कमाइ हुने भएकाले दक्षिण कोरिया जान खोज्ने युवाको संख्या उच्च छ । यसरी गरिन्छ सीप परीक्षण कोरियन भाषा परीक्षामा उत्तीर्ण भएका प्रशिक्षार्थी कामदारको सीप परीक्षण गर्दा शारीरिक अवस्था कस्तो छ, कान कम सुन्ने वा नसुन्ने, दृष्टिशक्ति, दिमागको तीक्ष्णता जस्ता शारीरिक अवस्था परीक्षण गरिनेछ । यसैगरी, भाषा परीक्षा उत्तीर्ण प्रशिक्षार्थी कामदारको अन्तरवार्ता पनि सीप तथा क्षमता परीक्षणभित्रै समावेश गरिनेछ । सीप परीक्षणका लागि पनि निश्चित समय दिएर सहभागीको क्षमताका बारेमा सबै जानकारी लिइने छ । सीप परीक्षण गर्दा कोरिया कुन कामका लागि रोजगारीमा जान लागेको हो, सोही गरेर देखाउनु पर्ने सो शाखाले जनाएको छ । उत्पादनमूलक कामका लागि जानुपर्ने हो भने कामदारले मेसिन चलाउन वा कुनै सामग्री फिटिङ कसरी गर्ने भनि प्रयोगात्मक रूपमा देखाउनुपर्दछ । कृषि काममा जाने कामदारले कृषिसम्बन्धी काम गरेर देखाउनुपर्नेछ । यसैगरी, उत्पादनमूलक र कृषि दुवै क्षेत्रका कामदार लिन लिखित तथा सीप दुवै परीक्षण हुन्छ । उत्पादनमूलक क्षेत्रमा यी दुवै खालका परिक्षाको अंक बराबर तोकिएको छ । लिखित परीक्षाको १ सय र सीप परीक्षणको १ सय गरी कुल २ सय पूर्णाङ्कमा प्रशिक्षार्थीको क्षमता जाँच गरिन्छ । सीप परीक्षणतर्फ शारीरिक स्फुर्ति र अन्तर्वार्ताका लागि समान ३०/३० तथा सामान्य सीप जानेकाहरूका लागि ४० अंक गरी कुल १ सय अंकमा जाँच हुनेछ । यसैगरी, कृषि क्षेत्रका हकमा भने कुल २ सय पूर्णाङ्कमा लिखित परीक्षामा ९० र सीप परीक्षणका लागि भने ११० अंक छुट्याइएको छ । सीप परीक्षणअन्तर्गत प्रशिक्षार्थीले शारीरिक स्फुर्ति र अन्तर्वार्ताका लागि ३०/३० तथा सामान्य सीप शीर्षकमा ५० अंकको परीक्षा दिनुपर्नेछ । दुवै क्षेत्रकौ परीक्षामा सहभागी अनुभवी, तालिम प्राप्त तथा शैक्षिक योग्यता र सरकारी अनुभवको प्रमाणपत्र भएका प्रशिक्षार्थीहरूलाई भने अतिरिक्त ५ अंक दिइनेसमेत सो शाखाले जनाएको छ ।
2021/03/01 03:54:13
http://jeebanshaili.com/2019/07/16/%E0%A4%95%E0%A5%8B%E0%A4%B0%E0%A4%BF%E0%A4%AF%E0%A4%BE-%E0%A4%9C%E0%A4%BE%E0%A4%A8%E0%A5%87%E0%A4%95%E0%A5%8B-%E0%A4%B8%E0%A5%80%E0%A4%AA-%E0%A4%AA%E0%A4%B0%E0%A5%80%E0%A4%95%E0%A5%8D%E0%A4%B7/
mC4
नेकपाका दुर्इ नेता खनाल र नेम्वाङ मिलेर छुट्टयाए कराेडाैँका ३७ योजना | Outline News Service काठमाडौं, २७ कात्तिक (अाेएनएस) : सत्तारुढ दल नेकपाका दुर्इ नेता झलनाथ खनाल र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ मिलेर इलाममा ३७ वटा योजना छुट्टयाएका छन् । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि रु चार÷चार करोड उक्त योजना अन्तरगत विनियोजन गरिएकाे हाे। नेकपा इलामले सदरमुकामस्थित पार्टी कार्यालयमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा खनाल र नेम्वाङले बजेटसहितका ३७ योजना छनोट गरी प्रस्तुत गरेका थिए। इलाम क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले सूर्योदय नगरपालिकामा पूर्वाधार निर्माणका लागि रु एक करोड ४० लाख, माई नगरपालिकाको सात वडाका लागि रु ७० लाख, रोङ, सन्दकपुर र माइजोगमाई गाउँपालिकामा रु ६० लाखका दरले रकम छुट्याएका छन् । इलाम नगरपालिकामा रु १० लाख विनियोजन गरेका छन् । उनले २० योजना छनोट गरेका हुन् । यसैगरी क्षेत्र नं २ का सांसद नेम्वाङले इलाम नगरपालिकाको लागि रु ९० लाख, देउमाई नगरपालिकाका लागि रु ८३ लाख, माई नगरपालिकामा रु ३२ लाख र फाकफोकथुम, चुलाचुली माङसेबुङ गाउँपालिकामा भने रु ६५ लाखका दरले रकम विनियोजन गरेका हुन् । नेम्वाङले १७ योजना छनोट गरेका छन् । स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रम सञ्चालन कार्यविधिले रु ५० लाखभन्दा बढीको दुई योजना अनिवार्य छनोट गर्नुपर्ने व्यवस्थाअनुरूप नै उनीहरूले योजना छनोट गरेका हुन्।
2019/05/19 14:26:42
https://www.onsnews.com/news-nnn-333/
mC4
जीवनका अनमोल रत्नहरु (सूक्ति तथा सार संग्रह) - Buy Nepali Book जीवनका अनमोल रत्नहरु (सूक्ति तथा सार संग्रह) Author: प्रमिला भण्डारी (सेर्बु) जीवनका अनमोल रत्नहरू विभिन्न युगजीवन र व्यक्तिजीवनका अनुभव र अनुभूतिको ऐतिहासिक साक्षी र मानव सम्पदाको विरासतका रूपमा रहेका अनेकन् विचार, चिन्तन र दृष्टिकोणको सारसंग्रहका रूपमा पाठक सामु आएको छ । नेपाली वाङ्मय जगत्मा यति व्यापक क्षेत्र, कालावधि र मूल्यवत्तालाई समेटेर सारसंग्रहको संकलन र सम्पादन भएको संभवतः यो पहिलो कृति हो । SKU: 121 Category: Nepali Books Tags: अनमोल, जीवन, रत्नहरु, सार संग्रह यस दोस्रो कृतिमा प्रमिला भण्डारीज्यूले मानव समाजको उषा कालदेखि आजको परिष्कृत तथा प्रौढ समाजले कालक्रममा आत्मसात् गरेका जीवनका बहुआयामिक दृष्टिकोणहरूको संकलन तथा सम्पादन गर्नुभएको छ । यसमा मानव सभ्यताको शैशवकाल पश्चिममा सुकरात र पूर्वमा वैदिक सभ्यतादेखि आजसम्मका महान् चिन्तक तथा विचारकहरूका सारकथनलाई समेटिएको छ । विभिन्न स्रोतहरूमा छरिएका सारकथनहरूको संकलन र विभिन्न लेख, कृति तथा ग्रन्थहरूको अध्ययन गरी तिनमा प्रस्तुत भएका सारकथनको छनोट, स्तरण र विषयगत वर्गीकरण गरी प्रस्तुत गरिएकाले यो कृति सृजनाको पनि सृजना अर्थात् नवसृजना वा उत्पादनको पनि उत्पादन अर्थात् पुनरुत्पादनका रूपमा रहेको छ । यसबाट संकलन कर्ता प्रमिलाज्यूको अध्ययनशील प्रवृत्ति मात्र नभएर विषयवस्तुको अनुशीलन गर्ने, विभेदीकरण गर्ने र सन्दर्भ अनुसार तिनलाई उद्देश्यपूर्ण ढंगमा समायोजन गर्ने सम्पादन कौशल पनि झल्किएको छ र यसमा उहाँको समाजशास्त्रीय सचेतता र सामाजिक सम्वेदनशीलताको अमूल्य पारख समेत समेटिएको छ । यसका निम्ति यस कृतिका स्रष्टा प्रमिला भण्डारीज्यू धन्यवादका पात्र हुनुहुन्छ । वास्तवमा महान् व्यक्तिहरूको जीवनदृष्टि व्यक्तिनिष्ठ हुँदैन, तिनमा कैयौं युगजीवनका अनुभव र अनुभूतिहरू सँगालिएका हुन्छन् । तिनमा सामयिकता रयुगसन्दर्भ समेटिएको भए तापनि तिनीहरू समयको रेखाचक्रबाट माथि उठेका हुन्छन् र तिनमा अपेक्षाकृत सार्वजनीन र विश्वजनीन मानवीय अनुभूति र मूल्य समेटिएको हुन्छ । त्यसैले त्यस्ता महान् उक्ति वा कथनहरू निर्वैयक्तिक अनुभूतिका स्तरमा रहने भएकाले कालजयी हुन्छन्, शाश्वत र चिरन्तन सत्यका रूपमा रहेका हुन्छन् भन्ने मानिन्छ । तत्कालीन समाज र युगजीवनको अन्तस्तलमा गएर पर्यवेक्षण गरिएकाले हामीलाई त्यस्तो अनुभूति भएको हो । यिनमा रहेको सामाजिक मूल्य दृष्टि सापेक्ष विषयका रूपमा रहेको हुन्छ भने मानवीय अनुभूतिको विषय भने अपेक्षाकृत निरपेक्ष रहेको हुन्छ । यही निरपेक्षताको अनुभूतिलाई नै विश्वजनीन भन्ने गरिन्छ । प्रमिलाज्यूले यस कृतिमा यस्ता दुवै खाले सन्दर्भलाई समेट्नुभएको छ । यसर्थ कतिपय कथनहरू आजको युगमा विभेदजनक अतः आलोच्य र खण्डनीय भए तापनि तिनलाई ऐतिहासिक विरासतका रूपमा, मानव समाजको विकासको एक झाँकीका रूपमा यस कृतिमा समेटिएको कुरा उहाँले उल्लेख गर्नुभएको छ । समाजशास्त्रीय चस्माबाट मानव समाजको ऐतिहासिक यात्रा र आध्यात्मिक तथा भौतिक संसारको विहंगम दृष्टि यस कृतिको उल्लेखनीय विशेषता हो । यसबाट यो कृति सूक्ति र सारकथन मात्र नभएर मानव सभ्यताको लामो काल खण्डको विचार, चिन्तन, मान्यता, दर्शन, दृष्टिकोण, अनुभव र अनुभूतिको एकीकृत दस्तावेज पनि हो । यसमा प्रस्तुत गरिएको कुनै विषय पढिसकेपछि पाठकलाई तत्सम्बन्धी विषयका विविध पक्षको जानकारीका माध्यमबाट मानव समाजको ऐतिहासिक कालखण्डका आरोह अवरोह तथा विकास क्रमको चित्रसमेत उपस्थित हुन्छ । विषयको प्रतिपादनमा यस खालको विविधीकरण र सारकथनसँगै पूर्वीय र पश्चिमी सभ्यताका विभिन्न युगजीवनको अन्तरंग यात्राको झझल्को दिन सक्ने कौशल पनि यस कृतिले प्रदान गरेको छ । यसर्थ यो कृति सबै विषय क्षेत्रका पाठक र खास गरी युवा समुदायका लागि अन्त्यन्तै उपयोगी हुने भएकाले एक संग्रहणीय कृति बन्नेछ भन्ने कुरामा म विश्वस्त छु । लगनशील अध्येता प्रमिला भण्डारीज्यूबाट नेपाली वाङ्मय जगत्ले भविष्यमा यस्तै अमूल्य रत्नहरू प्राप्त गर्न सकोस् भन्ने कामना पनि गर्दछु । प्रा. डा. देवीप्रसाद गौतम नेपाली विभाग प्रमुख प्रमिला भण्डारीज्यूको 'जीवनका अनमोल रत्नहरू' शीर्षकको यो पुस्तक गहन अध्ययन, अनुसन्धान र लामो समयदेखिको संकलन सम्पादनका रूपमा नेपाली पाठक समक्ष प्रस्तुत भएको छ । जीवनका विभिन्न विषय, सन्दर्भ र परिवेशलाई समेटेर तयार पारिएको यस कृतिले विभिन्न युगका महान् व्यक्तित्वहरूका चिन्तन, मान्यता र जीवन जगत्सम्बन्धी दृष्टिकोणका साथै तत्कालीन युगको विभेदकारी पक्षको प्रतिबिम्वलाई समेत उतारेको छ । यस कृतिमा व्यावहारिक जीवन, मानवीय सम्बन्ध, सामाजिक तथा वैयक्तिक मूल्य, मानिसका भौतिक तथा मानसिक परिवेश र त्यसको प्रभाव, विभिन्न पुस्ताका जीवन अनुभवको सार जस्ता विषयमाथि प्रकाश पारिएको छ । प्रमिला भण्डारीज्यूले विभिन्न विषयका सारकथनलाई तत्कालीन युगको वैचारिक धरातल र सामाजिक विचारधाराका प्रतिनिधि अभिव्यक्तिका रूपमा छनोट गर्नुभएको छ । यसर्थ यस कृतिका माध्यमबाट विभिन्न समयको विचारधारा, वर्गीय चिन्तन र विश्वदृष्टिकोणलाई द्वन्द्वात्मक रूपले नियाल्नका लागि पनि यो कृति सहयोगी हुने देखिन्छ । संक्रमणशील नेपाली समाजमा भइरहेको मूल्य परिवर्तनका परिप्रेक्ष्यमा यस दोस्रो कृतिले आजको नयाँ पीँढिलाई ऐतिहासिक सत्य र तथ्यबारे जानकारी दिने कुरामा म विश्वस्त छु । तसर्थ यस कृतिका संकलक सम्पादक प्रमिला भण्डारीज्यू प्रशंसनीय हुनुहुन्छ । म उहाँको सिर्जनशील व्यक्तित्वको निरन्तरताको कामना गर्दछु । डा. चन्द्रकान्त पोैडेल सर्वप्रथमतः जीवनका अनमोल रत्नहरू (सूक्ति तथा सारसङ्ग्रह) का सम्पादक श्रीमती प्रमिला भण्डारी (सेर्बु) ज्यूलाई उहाँको कठिन तथा भगिरथ प्रयासद्वारा प्रस्तुत यस दोस्रो कृतिका लागि मुरीमुरी धन्यवाद दिन चाहन्छु । उहाँको अथक प्रयासद्वारा गहन अध्ययन पछि संकलित तथा सम्पादित यस पुस्तकले उपरोक्त कालखण्डका विविध पक्ष र धार्मिक, सांस्कृतिक विविध मूल्य र मान्यताको प्रतिनिधित्व अनि जगेर्ना गर्दै हामी सबै क्षेत्रमा कार्यरत विभिन्न पेसा तथा तप्काका पाठकहरूमाझ अमूल्य ज्ञानको भण्डार सर्वसुलभ रूपमा पस्कनु भएको छ । विविध शिर्षकका अनगिन्ति पुस्तकहरूको अध्ययन गरी तिनीहरूबाट अमूल्य सारसंक्षेपलाई हाम्रो सामु वृहत्तर ज्ञानको खजानाका रूपमा ४७ शिर्षकमा प्रस्तुत यस निचोडका लागि कोही पनि पाठक उहाँ समक्ष कृतज्ञ नभइ रहन सक्दैन । समयाभाव, अर्थाभाव जस्ता विविध कारणले वृहत रूपमा पुस्तकहरू अध्ययन गर्न असमर्थ पाठकहरूलाई पनि सारसंक्षेपका रूपमा प्रस्तुत पुस्तकले थप ज्ञान आर्जनमा सहयोग पु¥याउने कुरामा म विश्वस्त रहेको छु । सबैका लागि अत्यन्त उपयोगी हुनाले संग्रहणीय कृति बन्ने कुरामा दुई मत नरहला । प्रमिला ज्यूबाट यस्तै गरी भविष्यमा पनि अरू बढी लगनका साथ उत्कृष्ट कृतिहरूको रचना पाउने कामना गर्दछु ।
2018/12/16 18:23:35
http://buynepalibook.com/book/jivanka-anmol-ratnaharu/
mC4
तपाईको आजको राशिफल : २०७४ साल माघ १५ गते सोमबार – Etajakhabar तपाईको आजको राशिफल : २०७४ साल माघ १५ गते सोमबार श्रीसूर्य उत्तरायण, शिशिर ऋतु, साधारण नाम संवत्सर, शाके १९३९, विक्रसम्वत २०७४ साल माघ १५ गते सोमबार नेपाल सम्बत ११३८ शिल्लाथ्व,सन् २०१८ जनवरी २९ तारिक शुक्लपक्ष त्रयोदशी तिथि राती १२ वजेर ९ मिनेटसम्म, आद्र्रा नक्षत्र राती ९ वजेर ३७ मिनेटसम्म, वैधृतियोग, कौलवकरण,आनन्दादियोग काल,सूर्य मकर राशीमा,चन्द्रमा मिथुन राशीमा । ॐः–सूर्योदयबाट प्रातः ८÷१४ वजेसम्म अमृत वेला,८÷१४ वजेदेखि ९÷३५ वजेसम्म काल वेला,९÷३५ देखि १०÷५६ वजेसम्म शुभ वेला,१०÷५६ देखि १२÷१७ वजेसम्म रोग वेला,१२÷१७ देखि १÷३८ वजेसम्म उद्वेग वेला,१÷३८ देखि २÷५९ वजेसम्म चर वेला,२÷५९ देखि ४÷२० वजेसम्म लाभ र ४÷२० वजे देखि सूर्यास्तसम्म अमृत वेला रहनेछ । ॐः–सूर्यास्तबाट ७÷२० वजेसम्म चर वेला,७÷२० वजेदेखि ८÷५९ वजेसम्म रोग वेला,८÷५९ देखि १०÷३८ वजेसम्म काल वेला,१०÷३८ देखि १२÷१७ वजेसम्म लाभ वेला,१२÷१७ देखि १÷५६ वजेसम्म उद्वेग वेला,१÷५६ देखि ३÷३५ वजेसम्म शुभ वेला,३÷३५ वजे देखि ५÷१४ वजेसम्म अमृत र ५÷१४ वजे देखि सूर्योदयसम्म चर वेला रहनेछ । ॐः–राहुकालः– विहान ८÷१५ वजेबाट ९÷३५ वजेसम्म रहनेछ, यमघण्टायोगः– विहान १०÷५६ वजेबाट मध्यान्ह १२÷१७ वजेसम्म रहनेछ, दूरमुहूर्तः– मध्यान्ह १२÷३८ वजेबाट अपरान्ह १÷२१ वजेसम्म र २÷४८ वजेबाट ३÷३१ वजेसम्म रहनेछ, यी अशुभ मुहूर्त मानिन्छ । शुभ अभिजित मुहूर्तः– पूर्वान्ह ११÷५५ वजेबाट मध्यान्ह १२÷३८ वजेसम्म रहनेछ, । गुली कालः– अपरान्ह १÷३८ वजेबाट २÷५८ वजेसम्म रहनेछ । सवै समस्याको समाधान आफैबाट खोजिनु उपयुक्त हुनेछ । कार्य लगनशिलता बढाउनु होला । व्यापार व्यवसायबाट आय आर्जन बढ्ने छ । साथि भाई इष्टमित्रबाट सहयोग मिल्नेछ । अरुको भर विश्वासमा काम गर्ने वातावरण हुने छैन । प्रयासमा काम बन्ने छन् । आर्थिक संरचनालाई नचलाउनु होला । आफन्तका कारण विवादमा पर्न सकिन्छ सतर्क रहनु होला । दत्तचित्त भएर लाग्नु होला अवश्यमेव सफल हुनुहुने छ । कार्य क्षमता बढ्नेछ । आर्थिक कारण काममा विलम्ब हुन सक्छ,त्यो प्रयत्नबाट नै समाधान गर्न सकिने छ । व्यय विचार बढ्ने छ । व्यापार व्यवसायमा गिरावट आउन सक्छ । अनावस्यक काममा समय र धन लगानी हुने देखिन्छ । विवाद पर्न सक्ने कुरालाई नकार्न सकिन्न । आय आर्जन बढ्ने छ बचाएर राख्ने प्रयत्न गर्नु होला । नोकरी तथा राजनीतिमा नयाँ ठाँउ मिल्न सक्छ । काम गरेर दाम कमाउन सकिने छ । विरोधीसँगको लडाई जितिने छ । अधुरा रहेका कामले गति लिनेछ । नयाँ कामको अवसर आउन सक्ने कुरालाई नकार्न सकिन्न । आर्थिक क्षेत्रमा सुधारका संकेत देखिने छन् । सामाजिक प्रतिष्ठा बढ्नेछ । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । अरुको काममा समय दिदा आफ्ना काम धेरै अधुरा रहन सक्छन् । आफ्नो इज्जतको ख्याल राखेर काम गर्नु होला । भाग्यमा अवरोध आउनेछ । अनावस्यक काम हुनेछन् । बन्न लागेका काम विग्रिने छन् । व्यापार व्यवसायमा गिरावट आउने छ । स्वास्थ्यमा समस्या आउन सक्छ । लगनशिल भई गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायमा सुधार आउने छ । अर्थ अभावका कारण नयाँ काममा केहि अप्ठ्यारो आउन सक्छ । अरुको भर नपर्नु होला । व्यापार व्यवसायमा सुधार आउनेछ । विरोधीको सक्रियता बढ्ने हुदा काम गर्दा सजग रहनु होला । मनमा एक प्रकारको चिन्ता रहि रहने छ । आम्दानी बढ्नेछ । काम प्रतिको चासो बढे पनि के गर्ने के नगर्ने भन्ने कुरामा अलमल हुन सक्छ,जसको फाइदा अरुले उठाउन खोज्ने छन् । व्यापार व्यवसायमा आफुले सोचे जस्तो प्रगति हुने छैन । घरयासी कुरामा बढि केन्द्रित हुनु पर्ला । शारीरिक शिथिलता बढ्नेछ । अनावस्यक विषय बस्तुमा अल्झिनु पर्नेछ । व्यापार व्यवसायमा धेरै प्रगति हुने देखिन्न । मन चञ्चल हुनेछ ।
2018/06/25 17:23:10
http://www.etajakhabar.com/rashifal/01/28/158137
mC4
एजेन्सी : १० जना नेपालीको पर्वताराेही टीमले इतिहास रचेका छन् । पाकिस्तानमा रहेको विश्वको दोश्रो सबैभन्दा अग्लो हिमाल केटु आरोहण गरेर उनीहरुले विश्व रेकर्ड बनाएका हुन् । टीमका एक सदस्य निमर्ल पुर्जाका अनुसार उनीहरुले पाकिस्तानी समय अनुसार साँझ ५ बजे केटु हिमालको शिखरमा पुगेका थिए । उनीहरुले ८ हजार ६ सय ११ मिटर अग्लो हिमाल आरोहण गरेका हुन् । अघिल्लो साता मात्र स्पेनका एक पर्वतारोही हिमाल चढ्ने क्रममा गोडा चिप्लिएर लड्दा मृत्यु भएको थियो । याे हिमाल अहिलेसम्म कसैले पनि आराेहण गर्न सकेका छैनन् । केटु हिमाल सगरमाथा भन्दा २ सय मिटर कम उचाइको छ । यो काराकोरम पर्वत श्रृंखलामा पर्दछ । पाकिस्तान–चीनको सीमामा रहेको यो केटु हिमाल ८ हजार मिटर भन्दा बढीको १४ हिमालमध्ये एक हो । लामो समयदेखि यो पर्वतलाई सबैभन्दा खतरनाक मानिएको थियो । अमेरिकी पर्वतारोही जर्ज बेलले सन् १९५३ मा केटु हिमाल चढ्ने कोसिस गरे पनि असफल भए र उनको मृत्यु भयो । सुरुमा नेपाली पर्वतारोहीको चारवटा टीम पर्वतारोहणका लागि निस्किएको थियो, जसमा ६० जना थिए । तर, अन्तिममा १० जनाले मात्र सफल आरोहण गरे । उनीहरुले केटु हिमाल चढेसँगै नेपालको नाममा ऐतिहासिक उपलब्धि दर्ता भएकाे छ । पहिलो पटक सन् १९८७ देखि १९८८ मा केही पर्वतारोहीले केटु हिमाल आरोहण गर्ने कोसिस गरे पनि अहिलेसम्म कोही पनि ७ हजार ६ सय ५० मिटरभन्दा माथि जान सकेका थिएनन् । पर्वतारोही कामीरीता शेर्पाले नेपाली पर्वतारोहणको इतिहासमा यसले नयाँ आयाम थपेको बताउनुभयो । उहाँले १० नेपालीले आफ्नो बहादुरी र साहसले केटु हिमाल आरोहण गर्दै इतिहास रचेका छन् । कामीरीता २४ पटक सगरमाथा आरोहण गर्ने पर्वतारोही हुन् । बाहुण्डाँगी, फागुन १३ । पोखरा लेडी जेसीजको आयोजनामा बृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । बृृक्षारोपण कार्यक्रममा विभिन्न थरिका फलफुल, सुन्तला ,अम्बा,कागती ,लिचि लगायत ,विभिन्न किसिमका बोट बिरुब हरु रोपिए को थियो भने पार्क सरसफाइ पनि गरिएको थियो । पोखरा ७ ,स्थीत शान्तिनगर चोक ,पुष्पलाल पार्क मा सम्पन भएको हो । जेसिआइ पोखरा लेडी Read More… काठमाडौं, फागुन १३ । राजनीतिक रूपमा विभाजित भएको नेकपा कानुनी रूपमा समेत फुटेपछि मात्रै कांग्रेसले भावी सरकारबारे निर्णय गर्ने भएको छ । प्रतिनिधिसभा पुनःस्थापना पछि विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्डमा बसेको पदाधिकार तथा पूर्वपदाधिकारीको बैठकले यस्तो निष्कर्ष निकालेको हो । पुनःस्थापना पछि नेकपाको पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल पक्षले Read More… मेचीनगर, फागुन ११ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले १३ दिनभित्र प्रतिनिधिसभाको अधिवेशन बोलाउन आदेश दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको छ । फैसलासँगै प्रतिनिधि सभा पुनःस्थापित भएको छ । यो संगै मेचीनगर–६ स्थित काँकरभिट्टामा विभिन्न राजनैतिक दल, विभिन्न संघसंस्थाका Read More… काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा आइतबार विहान समाचार तयार पार्दासम्म १ हजार ६४३ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ६७ हजार ३९६ पुगेको छ । चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो । काठमाडौं । अहिलेसम्म मोटोपनले मुटुरोग, क्यान्सर र मधुमेह जस्ता रोगहरूको जोखिम बढाउने थाहा भएको कुरो थियो। तर प्रारम्भिक अनुसन्धानले मोटो मानिसहरूलाई कोभिड-१९ को जोखिम पनि हुनसक्ने देखाएको छ। अहिले संसारभरि प्रकोप बनेको कोरोनाभाइरस सङ्क्रमणले बढी तौल भएका मानिसहरूलाई असर गरेको देखिएको हो? कैयौँ अध्ययनको विषय बनेको यही प्रश्नको जवाफ विज्ञहरूले खोज्ने प्रयास गरिरहेका छन्। ब्रिटेनमा कोभिड-१९ का करिब १७,००० बिरामीमा गरिएको अध्ययनमा बडी मास इन्डेक्स (बीएमआई) ३० भन्दा बढी रहेकाहरूमा मोटोपना नभएहरूमा भन्दा ३३ प्रतिशत बढी मृत्युको जोखिम रहेको देखिएको छ। न्याश्नल हेल्थ सर्भिसको अर्को अध्ययनले कोभिड-१९ बाट मोटोपना भएका मानिसको मृत्युको जोखिम अरूभन्दा दोब्बर देखाएको छ। अनुसन्धानकर्ताहरूले मोटोपनका कारण मधुमेह र मुटुरोग भएका मानिसहरूलाई समावेश गरे उक्त जोखिम झन बढी हुने बताएका छन्। र, ब्रिटेनको सघन उपचार कक्षमा रहेका गम्भीर बिरामीको अध्ययनले तीमध्ये करिब ३४.५ प्रतिशत बढी वजन भएका र ३१.५ प्रतिशत मोटोपना भएका रहेको देखाएको छ। बीएमआई मानिसको वजन र उचाइको अनुपात हो। यसले व्यक्तिको मोटोपना रहेको वा नरहेको देखाउँछ।
2021-03-04T22:44:18Z
http://www.inaruwaonline.com/16135/
OSCAR-2109
घुमाकुमारी चोकका भूकम्प पिडितलाई राहत सामग्री - Hamrokhotang Home » News » घुमाकुमारी चोकका भूकम्प पिडितलाई राहत सामग्री घुमाकुमारी चोकका भूकम्प पिडितलाई राहत सामग्री बैसाख–२८, खोटाङ सेवा समाज काठ्माण्डौंले काठ्माण्डौंको शंकरपुर नगरपालिका–१२ घुमाकुमारी चोकको माथिल्लो गाउँका भूकम्प पिडितलाई राहत बाँडेको छ । अहिलेसम्म सरकारकातर्फबाट राहत नपाएका घुमाकुमारी चोकका माथिल्लो क्षेत्रका भूकम्प पिडितलाई समाजले गाउँमै पुगेर चिउरा, चाउचाउ, बिस्कुट लगायतका खाद्य सामग्री वितरण गरेको हो । भूकम्प गएयता राहत विहिन बनेर बसिरहेका भूकम्प पिडितलाई शान्त्वनास्वरुप खाजाकारुपमा प्रयोग गरिने सामग्री प्रदान गरिएको खोटाङ सेवा समाज काठ्माण्डौंका सचिव बाजिन्द्र बिष्टले बताउनु भयो । राजधानीमा बसोबास गरिरहेका खोटाङबासीले स्थापना गरेको समाजले ११ बोरा चिउरा, १५ काटन चाउचाउ, १२ काटन बिस्कुट लगायतका सामग्री बाँडेको जनाएको छ । समाजका अध्यक्ष राकेश राई नेतृत्वको टोलीले भुकम्प पिडितलाई स्वास्थ्य, शिक्षा र पुःर्नस्थापना लगायतका बिषयमा स्थानीयको ध्यानाकर्षण गराएका छन् । शाँखुबाट १० किलोमिटर माथि रहेको घुमाकुमारी चोकको माथिल्लो गाउँमा तामाङ र शेर्पा समुदायको बस्ती रहेको छ । भूकम्पका कारण त्यस गाउँमा तीन जनाको मृत्यु भएको थियो । उनीहरुले हालसम्म फ्रान्सका एक संस्थाबाट मात्र पाल पाएको बताएका छन् । यस्तै, समाजले भूकम्पका कारण राजधानीमा अलपत्र बनेका खोटाङ्गेलाई पनि राहत दिएको छ । भुकम्पका कारण घर भत्किएपछि डेराबाट बिस्थापित बनेका खोटाङको लिच्कीराम्चे, खोटाङबजार, खाल्ले र सल्लेका ६ परिवारलाई चामल, दाल, नुन, तेल बाँडेको हो । ढलेको साततले भवनबाट बाँच्न सफल बाक्सिलाका एक परिवारलाई पनि राहत प्रदान गरिएको बिष्टले जानकारी दिनुभयो । यसपल्टको भूकम्पमा खोटाङका १२ जनाले राजधानीमा ज्यान गुमाएका छन् ।
2018/10/22 23:13:54
http://www.hamrokhotang.com/2015/05/blog-post_62.html
mC4
Bizpati.com - Leading Economic Online News Portal From Nepal | यातायातमा सिन्डिकेट लाद्ने समितिले धमाधम बैंक खाताबाट पैसा निकाल्न थाले यातायातमा सिन्डिकेट लाद्ने समितिले धमाधम बैंक खाताबाट पैसा निकाल्न थाले मोहम्मद अज्मत अलि/बिजपाटी Apr 19, 2018 | 07:41:00 AM सार्वजनिक यातायातमा सिन्डिकेट अन्त्य गर्ने सरकारी निर्णयसँगै विभिन्न यातायात समितिहरूले आफ्ना बैंक खाताबाट धमाधम पैसा निकाल्न थालेका छन् । समितिहरूले एकैपटक ठूलो परिमाणमा पैसा निकाल्न थालेको जानकारी जिल्लाबाट गृह मन्त्रालयमा प्राप्त हुन थालेका छन् । यातायात क्षेत्रमा लगानी गरिएको ९ खर्ब ९८ अर्ब १५ करोड रुपैयाँ करको दायराबाहिर छ । गैरसरकारी संस्था (एनजिओ) का रूपमा जिल्ला प्रशासन कार्यालयमा दर्ता र नवीकरण हुँदै आएकाले उनीहरूको लगानी करको दायराबाहिर रहेको हो । यातायात व्यवसायीले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार देशभर सबै प्रकारका सार्वजनिक सवारीसाधनमा गरेर कुल १० खर्ब रुपैयाँ लगानी छ । यो विवरणमा यात्रुबाहक सवारीसाधन, ट्रक यातायात, पेट्रोलियम ढुवानी, ढुवानी यातायातलगायत सबै सवारीसाधनलाई समेटिएको आजको नयाँ पत्रिकामा समाचार छ।
2020/07/15 03:10:38
http://bizpati.com/patrapatrika/16587
mC4
विवाह पञ्चमीको विशेष तयारी: भारतीय गृहमन्त्री र मुख्यमन्त्रीलाई पनि निम्ताे | Ujyaalo Online:: Nepal News, Nepali Samachaar विवाह पञ्चमीको विशेष तयारी: भारतीय गृहमन्त्री र मुख्यमन्त्रीलाई पनि निम्ताे मंसिर ६, २०७६ शुक्रबार १९:४५:४२ | उज्यालो सहकर्मी धनुषा - ऐतिहासिक नगर जनकपुरधाममा प्रत्येक वर्ष मनाइने श्रीराम जानकी विवाह पञ्चमी महोत्सवको यस वर्षकाे विशेष तयारी सुरु भएकाे छ । मंसिर १५ गते परेकाे मार्ग शुक्ल पञ्चमी अर्थात पञ्चमी महोत्सवमा छिमेकी राष्ट्र भारतको अयोध्याबाट आउने जन्तीसँगै भारतीय जनता पार्टीका अध्यक्ष एवं गृहमन्त्री अमित शाह र उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ आउने सम्भावना भएकोले विशेष तयारी थालिएको हो । एक साता बाँकी रहेको विवाह पञ्चमीका लागि महोत्सव स्थल जानकी मन्दिर र रंगभूमि मैदानलाई सिंंगार्न कामदारहरुलाई दिनरात खटाइएको छ भने नगर सरसफाइमा समेत तीव्रता दिइएको छ । विवाह पञ्चमी महोत्सवमा भारतीय गृहमन्त्री शाह र मुख्यमन्त्री आदित्यनाथलाई निमन्त्रणा गरिएकाे तर आउने नआउने यकिन जानकारी भने आइसकेकाे छैन । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीमध्ये एकजना उपस्थित हुने भएकोले सुरक्षासहितका विशेष तयारीकाे पहल भइरहेको मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताउनु भयो । उहाँले भन्नुभयो, 'प्रत्येक ५ वर्षमा माता सिताको ससुराली अयोध्याबाट ५ सयभन्दा बढी विशेष जन्ती आउने गरेको छ, सोही अनुसार यस वर्ष भारतीय गृहमन्त्री शाह र मुख्यमन्त्री आदित्यनाथसहित नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत आमन्त्रण गरिएको छ ।' आउँदो मंसिर १० गतेदेखि १६ गतेसम्म मनाइने विवाह पञ्चमी महोत्सवमा सहभागी हुन अयोध्याबाट प्रस्थान गरिसकेका जन्ती मंसिर १२ साँझ जनकपुरधाम आइपुग्नेछ । भारतको दरभंगा हुँदै नेपाल प्रवेश गर्ने जन्तीलाई सीमावर्ती क्षेत्र जटहीमा बाजागाजा र विशेष सुरक्षासहित जनकपुरधाम ल्याइने र जनकपुरधाम आइसकेपछि नगर परिक्रमा गराएर वासस्थानमा राखिने छ । मंसिर १३ गते श्रीराम मन्दिरमा अयोध्याबाट आएका जन्तीको सहभागितामा तिलकाेत्सव महोत्सवबाट औपचारिक कार्यक्रम सुरु गरिनेछ । महोत्सवलाई भव्यता प्रदान गर्न १ सय ५१ वटा मूल समारोह समिति गठन गरिएको छ भने नगरभर विशेष सुरक्षाको व्यवस्था गरिएको छ । सप्ताहव्यापी रुपमा मनाइने श्रीराम जानकी विवाह पञ्चमी महोत्सवकाे पहिलो दिन मंसिर १० गते नगर दर्शन तथा दोश्रो दिन जानकी मन्दिरमा रहेकाे मडवामा भगवान श्रीराम र जानकीबीच भएको पहिलो भेटको सम्झनामा फुलबारी लीला सम्पन्न गरिनेछ । त्यसैगरी तेश्रो दिन मंसिर १२ गते मन्दिर परिसरमै धनुष यज्ञको आयोजना गरिनेछ, चौथो दिन मंसिर १३ गते भारत अयोध्याबाट आएका जन्तीको सहभागितामा श्रीराम मन्दिरमा तिलकोत्सव, पाँचौ दिन १४ गते जनकपुरधामस्थित गंगा सागरमा मटकोर, छैठौँ दिन १५ गते स्वयंवर र विवाह उत्सव मनाइने छ । सातौँ दिन १६ गते रामकलेवा गरी महोसत्व सम्पन्न गरिनेछ । यता विवाह पञ्चमीमा सहभागी हुन आउने लाखौँ श्रद्धालुहरुको शौचालय र पानीको व्यवस्थापन सहित नगरको सरसफाइ बारे जनकपुरधाम उपमहानगरपालिकाले समेत तयारी गर्दैछ । विशेष सुरक्षा व्यवस्था महोत्सवमा नेपालसहित भारतबाट आउने श्रद्धालु भक्तजनहरुको सुरक्षाका लागि विशेष सुरक्षा व्यवस्था गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक शेखर खनालका अनुसार सादा तथा पोशाक गरी ३ हजार २ सय प्रहरी परिचालन गरिनेछ । श्रद्धालुहरुको सुरक्षाको लागि जनपद प्रहरी २३ सय ३०, ट्राफिक प्रहरी १ सय १६ त्यस्तै सशस्त्र प्रहरी ७ सय ८ जना परिचालन गरिनेछ । विशेष सुरक्षा अन्तर्गत गाडी, मोबाइल टोली, पैदल गस्ती, चेक प्वाइन्टमा प्रहरी साथै कुकुर टोलीसमेत परिचालन गरिने प्रहरीले जनाएकाे छ । त्यस्तै संवेदनशील स्थान पहिचान गरी १ सयभन्दा बढी स्थानमा सीसी क्यामरा जडान गर्ने, जानकी मन्दिरमा सुरक्षा पोस्ट स्थापना गरी २४सै घण्टा सीसीक्यामरा मार्फत निगरानी गरिने पनि उपरीक्षक खनालले जानकारी दिनुभएको छ ।
2020/09/25 19:19:16
https://www.ujyaaloonline.com/story/29023/2019/11/22/wiwah-panchami-preparation
mC4
काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले बुधबारदेखि ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोडको १२ करोड इकाई बिक्रीमा ल्याएको हो । यो एक बन्दमुखी योजना हो । निष्काशन गरिएको कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशतमध्य १८ लाख इकाई ग्लोलब आइएमई क्यापिटललाई र १ करोड ६२ लाख इकाई कोष प्रवर्द्धक ग्लोबल आइएमई बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो । उक्त फण्डमा न्यूनतम सयदेखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ । ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्डको इकाईमा असार २६ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएमा साउन ४ गतेसम्म आवेदन म्याद थप गर्न सकिने कम्पनीले जनाएको छ । दश वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेभ तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।
2022-11-28T11:13:43Z
https://globenepal.com/2022/07/28356
OSCAR-2301
चलचित्र 'यात्रा'बाट धुर्मुस-सुन्तली फाउण्डेसनलाई सहयोग, सलिनले क्रिकेट खेल्ने चलचित्र 'यात्रा'बाट धुर्मुस-सुन्तली फाउण्डेसनलाई सहयोग, सलिनले क्रिकेट खेल्ने फिल्म, २७ चैत । नयाँ वर्षको पूर्वसन्ध्यामा शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र 'यात्रा : अ म्युजिकल भ्लग' टिमले धुर्मुस-सुन्तली फाउण्डेसनलाई सहयोग गरेको छ । फाउण्डेसनद्वारा भरतपुर चितवनमा निर्माण गरिने 'गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला' निर्माणका लागि चलचित्र टिमले ५० हजार नगद सहयोग गरेको हो । फिल्मका निर्देशक सम्राट शाक्य, प्रस्तुतकर्ताद्वय केशव भट्टराई र चिजकुमार श्रेष्ठ र निर्माता सुशील पोखरेलले फाउन्डेसनमा पुग्दै फाउण्डेसनका सिताराम कट्टेल धुर्मुसलाई संयुक्तरुपमा सहयोग हस्तान्तरण गरेको फाउण्डेसनले जनाएको छ । सहयोग ग्रहण गर्दै धुर्मुस अर्थात् सिताराम कट्टेलले फिल्मको सफलताको शुभकामना दिँदै सहयोगप्रति आभार व्यक्त गरे । 'थोपा-थोपा मिलेर समुन्द्र बनाउने कोसिसमा छौं, त्यसैले यो सहयोग हाम्रो लागि अमूल्य छ,' उनले भनेका छन्, 'हामीमा सहयोगी भाव चाहिन्छ, अनि लक्ष्य प्राप्तिको उद्देश्य, सफलता हात पर्छ ।' चलचित्र यात्रामा देखिने नेपालको सुन्दरताले नेपालको पर्यटन क्षेत्रलाई पनि टेवा पुग्ने विश्वास धुर्मुसले व्यक्त गरे । चलचित्रका प्रस्तुतकर्ता चिजकुमार श्रेष्ठले धुर्मुस-सुन्तलीको अभियानमा साथ दिन पाउँदा निकै खुसी लागेको बताए । उनले भने, 'हामीले अभियानमा एउटा सानो सहयोग गरेका छौं तर यो अरुका लागि प्रेरणा बन्न सक्छ ।' श्रेष्ठले फिल्मले नेपाली प्रतिभा र नेपालको सुन्दरतालाई देखाउने भन्दै दर्शकहरुलाई चलचित्र हेर्नको लागि आह्वान गरे । यसैबीच, यात्रा टिम नायक सलिनमान बनियाँसँगै शनिबार फाउण्डेसनले आयोजना गरेको मातृभूमि कप खेल्न जाने भएका छन् । नायक बनिया केहीदिनदेखि प्रशिक्षणमा समेत सहभागी भइरहेका छन् ।
2019/10/16 20:20:13
https://www.sajhapost.com/2019/04/10/172899.html
mC4
कोरियाकै रोजगार, कोरियामै घरबार – देशसञ्चार कोरियाकै रोजगार, कोरियामै घरबार उदय राई र उनकी कोरियाली श्रीमती। तस्बिर: देशसञ्चार काठमाडौँ- कोरियामा भौँतारिन थालेको डेढ वर्षपछि सिओलको एउटा कपडा कम्पनीमा काम गर्न पुगेका थिए, खोटाङका उदय राई। यो उनको तेस्रो कम्पनी थियो। छेउकै अर्को कम्पनीमा काम गर्थिन्, नाजम वुन, कोरियाली युवती। यसअघि दुईवटा कम्पनीमा उदयको बसाइ सुखद थिएन। सुरुमा फालम कम्पनीमा काम गर्दा तीन महिनासम्म तलब पाएनन्। त्यसपछि छाला कम्पनीमा सरे। तर, १० महिना काम गरेपछि त्यो कम्पनी पनि बन्द भएको थियो। कोरियामा बेसहारा बनेका उदय छिमेकी कम्पनीकी नाजमसँग नजिकिन थाले। उनलाई कोरियन भाषा खासै आउँदैनथ्यो, जसोतसो सामान्य शब्दहरु बोल्थे। नाजमका परिवारलाई उदयसँग नजिकिएको निको लागेको थिएन। कोरियालीहरु विदेशीलाई मन पराउँदैनन्। त्यसमा पनि विवाह गर्ने कुरा त पर। नाजमका परिवारले जे चाहन्थे, उदयका परिवारको पनि चाहना त्यो भन्दा फरक थिएन। कमाउन गएको छोरो बुहारी लिएर फर्कियोस्, यो उदयका पनि परिवारको चाहना थिएन। तर, दुबै परिवारले जे चाहँदैनथे, उदय र नाजम त्यही चाहन्थे,'विवाह'। दक्षिण कोरिया पछिल्लो समय नेपालीको आकर्षक रोजगारीको गन्तव्य बन्दै छ। सन् २००८ देखि रोजगार अनुमती प्रणाली (इपिएस) मार्फत सरकारले नै नेपालीलाई काम गर्न पठाउन थालेको छ। तर त्यसअघि पनि त्यहाँ नेपाली विभिन्न माध्यमबाट पुगेका थिए। उदय सन् १९९१ मा कोरिया पुगिसकेका थिए। भिजिट भिसामा कोरिया पुगेका राईले त्यहीँ काम खोजे। कोरियामा गर्नुपर्ने कामको बारेमा उनलाई पहिले केही थाहा थिएन। न त कोरियाली भाषा नै जानेका थिए। पुगेको केही समयपछि उदयले फलाम कम्पनीमा काम सुरु गरे। फलामका पाता कुट्ने र बोक्ने कामबाट सुरु भयो उनको कोरियाको रोजगारी। त्यसमाथि कोरियाली सहकर्मीहरुको व्यवहार उनलाई राम्रो लाग्दैनथ्यो। गाली गर्थे, काम रफ्तारमा गर्नुपर्छ भन्थे। उदयलाई उनीहरुले भनेको रफ्तारमा चल्न गाह्रो थियो। तीन महिना काम गर्दा पनि तलब भने हात लागेन। त्यसपछि उदयले काम गरेको तलब माग्न थाले। पटकपटक माग्दा पनि उनले काम गरेको तलब पाएनन्। तलब पाएकै भएपनि उनलाई त्यो कम्पनीमा लामो समय काम बस्न मन थिएन। कम्पनीले तलब नदिएपछि उनले त्यो कम्पनी छाडे। त्यो कम्पनी छाडेका उदयसँग अर्को कम्पनी नभए पनि काम गर्नुको विकल्प भने थिएन। त्यसपछि निक्कै टाढा थेजन भन्ने ठाउँमा छाला कम्पनीमा काम गर्न गए। त्यहाँ उनले ८/१० महिना काम गरेपछि कम्पनी नै बन्द भयो। त्यसपछि फेरि सिओल आए। पहिले फलाम र छालाको कम्पनीमा काम गरेका उदयले सिओलमा कपडाको कम्पनीमा सुरु गरे। त्यही टोलको अर्को कम्पनीमा भेटिइन् नाजम। यतिबेलासम्म पनि उदयले कोरियन भाषा उतिसारो जानेका थिएनन्। भाषाका कारण धेरै समस्या झेलेका उदयले त्यसपछि भने कोरियन भाषा सिक्न सुरु गरे। कोरियाको बारेमा केही बुझ्न थाले। नेपाली कामदारसँग छिट्फुट भेट हुन थाल्यो, कोरियन नाजमसँगको भेटघाट बाक्लिन। नाजम र उदयको भेटाघाट बाक्लिएको उनका परिवारलाई मन परेको थिएन। यता खोटाङको लफ्याङमा रहेका उदयका परिवारलाई भने यो थाहा थिएन। उनीहरुलाई यही लागेको थियो, कमाउन गएको छोरो कमाउँदैछ। तर सन् २००२ मा उदय र नाजमले विवाह गरे। आफ्नो इच्छाविपरित भएको विवाहलाई पनि अन्तत नाजमका परिवारले स्वीकारे। कोरियाबाट ६ वर्षपछि र विवाह गरेको तीन वर्षपछि सन् २००५ मा नाजमलाई अघि लाएर उदय घर फर्किए। छोराले बुहारी ल्याएपनि उदयका बाबु आमाले बुहारीसँग बात मार्न पाएनन्। बुहारीसँग भाषा मिलेन। उदयका परिवारले भन्थे, 'जे भएनि विवाह त नेपाली नै गर्नुपर्थ्यो।' उदय दुई वर्ष नेपालमा बस्दा मध्यस्तकर्ता बनेर परिवारसँग श्रीमतीको कुरा गराउँथे। उदय राई। यही बसाइका क्रममा नेपालमा पनि विवाहदर्ता लगायतका कागजात बनाएर कोरिया गए। यसअघि कोरियामा पनि उनीहरुले विवाहदर्ता लगायतका कागजात तयार गरेका थिए। आफ्ना देशका नागरिकसँग विवाह गर्नेलाई कोरियाले सहजै भिसा दिन्छ। त्यही भएर उदयका दम्पतिलाई पनि कोरियाबाट नेपाल आउजाउ गर्न मुस्किल छैन। संगठनमा लाग्न जागिर छाडे कोरियनले विदेशी कामदारलाई गर्ने व्यवहार हेपाहा खालको भएकाले आफ्ना कुरा उठाउन प्रवासीहरु विभिन्न उपाय खोज्न थाले। सुरुमा चर्चमा भेला भएर कुटपिट सहनु परेको र तलव नपाएका जस्ता समस्याका बारेमा छलफल गर्थे। उनीहरुलाई सहयोग गर्ने छुट्टै निकाय थिएन। सरकारी निकायमा गएर कुरा राख्ने हिम्मत जो कोहीले गर्दैनथे र भाषाको समस्या पनि उतिकै थियो। उदयले पनि कोरियामा काम गर्दा धेरै पटक कुटाइ खाए, गालिगलौज सहनु पर्‍यो। कोरियामा सन् २००५ मा प्रवासी मजदुरहरुले संगठन बनाए। धेरै प्रवासी मजदुरहरुले त्यसको सदस्यता लिन थाले। उदयपनि संगठनमा आवद्ध भए। धेरै प्रवासी कामदारका बिनाभिसा काम गर्नुपर्ने, नियमित तलव नपाउने, औद्योगिक दुर्घटनाको बिमा नपाउने समस्या थिए। प्रवासी मजदुर संगठनले यी समस्याको कुरा उठाउन थाल्यो। उदयले कामलाई भन्दा यतातिर बढी समय दिन थाले। उनको कोरियनसँगको सम्बन्ध थप बलियो बन्दै गयो। रोजगारी छाडेर अहिले उनी पूरै संगठनमा खट्छन्। प्रवासी मजदुर संगठन (एमटियु) को अध्यक्ष राई मजदुरकै समस्या उठाउँछन्। नाजम भने अहिले पनि कपडा कम्पनीमा काम गर्छिन्। उदय मजदूर मै खट्छन् र समस्यामा परेका प्रवासी कामदारलाई सहयोग गर्छन्। गाह्रो काम भएपनि कमाई राम्रो भएकाले धेरैको रोजगारीको सपना बनेको छ दक्षिण कोरिया। हाल इपिएस मार्फत कोरिया पुग्नेको संख्या ५१ हजार नाघेको छ। ती मध्ये हाल ३५ हजार जति नेपाली कोरियामा कार्यरत छन्।
2022/07/05 00:38:16
https://deshsanchar.com/2018/04/07/41727/
mC4
काठमाडौं । कपिलवस्तु नगरपालिका-३ सानो बर्गदहवाबाट प्रहरीले रक्सी बरामद गरेको छ । मतदातालाई बाँड्दै गरेको अवस्थामा बुधवार कपिलवस्तु प्रहरीले बरामद गरेको हो । लु१ज २४१० नम्बरको भ्यानमा राखिएको रक्सी स्थानीयलाई बाँड्न लागेको देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।प्रहरीले बाँड्न लागेको रक्सी सहितको भ्यान र मानिसलाई नियन्त्रणमा लिएको छ । १२ कार्टुन (२६० बोतल) रक्सीसहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी जेसी शाहले बताएका छन् । निवर्तमान वडा अध्यक्ष तथा क्रिकेट एसोसिएसन कपिलवस्तुका अध्यक्ष समेत रहेका वडा नम्बर ३ का उम्मेदवार प्रकाश गैरेमाथि रक्सी बाँड्न लगाएको आरोप छ । वडाध्यक्षका उम्मेदवारको मृत्युपछि उनकै छोरा उम्मेदवार काठमाडौं । नेकपा एमालेले तुलसीपुर उपमहानगरपालिका वडा नं १७ मा वडाध्यक्षका उम्मेदवारको मृत्यु भएपछि उनका छोरालाई उम्मेदवार बनाएको छ । स्थानीय तह निर्वाचनका लागि वडाध्यक्षमा उम्मेदवारी दिएका लबरू चौधरीको मृत्यु भएपछि उनका कान्छा छोरा प्रदीप चौधरीलाई उम्मेदवार बनाइएको नेकपा एमालेका जिल्ला अध्यक्ष हुकुम बस्नेतले जानकारी दिए । उम्मेदवारको मृत्युपछि निर्वाचन आयोगले उक्त वडामा जेठ ३ गते निर्वाचनको मिति तय गरेको छ र बुधबार र बिहीबार उम्मेदवारी दर्ताको समय तोकिएको छ । तुलसीपुर उपमहानगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रदीपले बुधबार नै उम्मेदवार दर्ता गराएका एमालेका जिल्ला अध्यक्ष बस्नेतले बताए । वडाध्यक्षका उम्मेदवार लवरु चौधरी चुनाव प्रचारको क्रममा एक्कासी बिरामी परेपछि उपचारका लागि काठमाडौंको शिक्षण अस्पतालमा लगिएको थियो । त्यही क्रममा उनको मंगलबार राति मृत्यु भएको थियो । तुलसीपुर बघौसी निवासी ५३ बर्षीय चौधरी मिर्गौला र कलेजोको विरामी थिए । उनले यसअघिको कार्यकाल तुलसीपुर-१७ को वडा सदस्य भएर समेत काम गरेका थिए ।
2022-11-26T09:18:07Z
https://annapurnapostnews.com/05/1338/
OSCAR-2301
बिहीबारदेखि 'नेपाल ट्रेड समिट' हुने :: Setopati बिहीबारदेखि 'नेपाल ट्रेड समिट' हुने स्टिल, सिमेन्ट र उर्जा क्षेत्रका व्यवसायीहरुलाई एउटै थलोमा भेला गराउने उद्देश्यले बिहीबार र शुक्रबार काठमाडौंमा नेपाल ट्रेड समिट हुने भएको छ। सम्बद्ध व्यवसायीहरुबीच अन्तरक्र्रिया गर्ने उद्देश्यले होटल सोल्टीमा समिटको आयोजना हुन लागेको हो। समिटमा नेपाल, भारत लगायत ७ राष्ट्रका प्रतिष्ठित स्टिल, सिमेन्ट उद्योगीहरु र उर्जा उत्पादकहरुको बिशेष सहभागिता रहने छ। कार्यक्रममा ३ सयभन्दा बढी प्रतिनिधिहरु रहने छन्। बिहीबार साँझ प्राबिधिक सत्र, शुक्रबार बिहान साढे ८ बजे अर्थमन्त्री डा. युवराज खतिवडाले प्रमुख अतिथीको रुपमा समिटको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक स्टिलमिन्ट इभेन्टस् इन्डियाले जनाएको छ। उद्योगीहरु प्रदिप कुमार श्रेष्ठ (उपाध्यक्ष क्यासी), हरि भक्त शर्मा, लगानी बोर्डका कार्यकारी महाप्रसाद अधिकारी तथा भारतीय तथा अन्य देशका प्रतिनिधीहरुले कार्यपत्र पेश गर्ने बताइएको छ। कार्यक्रममा नेपाल र छिमेकी मुलुकका स्टिल, सिमेन्ट र उर्जा क्षेत्रका औद्योगिक बिकास बारे छलफल हुनेछ। त्यस्तै विभिन्न मुलुकहरुबाट प्राप्त हुन सक्ने कच्चा पदार्थको मुल्याङ्कन, भावी दिनमा हुने कच्चा पदार्थको माग र आपूर्तीको अवस्था बारे छलफल हुने छ।
2019/02/20 22:23:05
https://setopati.com/kinmel/business/158710
mC4
मुख स्वास्थ्यबारे आधुनिक समाज डेण्टलको पहलमा बुटवलमा अन्तरक्रिया « On Khabar मुख स्वास्थ्यबारे आधुनिक समाज डेण्टलको पहलमा बुटवलमा अन्तरक्रिया मुख स्वास्थ्य बारे बुटवलमा पहिलोपटक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आधुनिक समाज डेण्टल, मुख स्वास्थ्य अभियानको आयोजना तथा स्वाथ्य निर्देशनालय लुम्बिनी प्रदेशको समन्वयमा आयोजित अन्तरक्रियामा मुख स्वस्थ राख्नको लागि सन्तुलित आहार र खानपानमा ध्यान दिन अवश्यक रहेको सरोकारवालाहरुले बताएका छन। मुख स्वास्थ अभियान नेपाल तथा आधुनिक समाज डेण्टल केयर प्रालिको आयोजनामा सञ्चालित बर्तमान समयमा मुख स्वास्थ्य शिक्षाको आवश्यकता र महत्व विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले शरिरका अन्य अंग जस्तै मुख स्वास्थ्यमा पनि ध्यान दिनुपर्ने बताएका हुन। कार्यक्रममा बोल्दै प्रदेश स्वास्थ निर्देशनालय लुम्बिनी निर्देशक डा बिनोद गिरिले यस क्षेत्रमा मुख स्वास्थ र दातको उपचारको लागि ब्यवस्थापन गर्दै जाने बताएका छन। उनले प्रदेशका सबै अस्पतालमा डेन्टिस्ट टिम रहेको बताउदै स्थानिय पालिका मतहतमा यो सेवा नरहेकोले यस्को ब्यवस्थापन गर्दै जाने बताए। उनले अभियानको रुपमा मुखमा लाग्ने रोगबाट कसरी वच्न सकिन्छ भन्नेमा ध्यान दिनुपर्ने बताए। उनले दातमा रहेका फोहोर बस्तुहरु निकाल्न गरिने ब्रसलाई राम्रोसँग गर्नुपर्ने बताए । उनले नियमित दात परिक्षण पनि गर्नुपर्ने बताए। कार्यक्रममा बोल्दै मुख स्वास्थ अभियान नेपालका संयोजक तथा आधुनिक समाज डेण्टल केयर प्रालिका अध्यक्ष अमृत भुषालले मुख स्वास्थ तथा दातको उपचार महँगो भएकोले रोग लाग्न नदिन आग्रह गरे । उनले सामान्य स्वास्थ्य सतर्कताले जटिल रोगबाट बचिने बताए । उनले यो शिक्षाको बारेमा सबैलाई थाहा नहुदा समस्या भएकोले प्रचार प्रसार आवश्यक रहेको बताए। कार्यक्रममा अहिले मुख स्वास्थक अवस्था विषयक कार्यपत्र प्रस्तुत गर्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलकि प्रमुख कन्सलटेन्ट डेन्टल सर्जन तथा अर्थोडेन्टिक्स विभागिय प्रमुख डा. वर्षा थापाले फोक्सो पछि सबैभन्दा धेरै हुने क्यान्सर मुखकै हुने तथ्य बताईन। उनले नेपालमा अझैपनी मुख स्वास्थको बारेमा जानकारी नभएकोले पनि प्रचारप्रसार अझै बढाउन आवश्यक रहेको बताइन। कार्यक्रममा बोल्दै उपभोक्ता हित संरक्षण समितीका ऋषि आजाद, एक्सिस कलेजका प्रीन्सिपल माधब पौडेल लगायतले बोलेका थिए । ४ बैंक संग सम्झौता यसैबिच आधुनिक समाज डेन्टल केयर प्रालि बुटवल र विभिन्न ४ बैंक संग सम्झौता गरेको छ। । बिगत १७ वर्षदेखि दाँत, मुख, गिँजा सम्बन्धी सेवा दिँदै आएको आधुनिक समाज डेन्टल केयर प्रा लि ले एनएमबि बैंक, एनआइसी एसिया, कामना सेवा बिकास बैंक र शाईन रेसुङा बिकास बैंक संग सम्झौता गरेको हो। सम्झौता अनुसार यी बैंकका कर्मचारीको उपचारमा १० देखि ५० प्रतिशतसम्म उपचारमा छुट दिने गरी ४ बैंकका बिचका सम्झौता भएको हो । सम्झौतामा आधुनिक समाज डेन्टल केयर प्रालिको तर्फबाट अध्यक्ष एवं प्रवन्ध निर्देशक अमृत भुसाल र शाईन रेसुङा बिकास बैंकका तर्फबाट नम्रता थापा, एनआइसी एसियाको सागर लम्साल, एनएमबि नवीन बिष्ट, कामना सेवा बिकास बैंकको तर्फबाट मोहनदत्त ढकालले हस्ताक्षर गरेकी हुन।
2022/06/27 00:01:01
https://onkhabar.com/2021/12/28/6834
mC4
कानुन कार्यान्वयनका लागि जनजागरण आवश्यक" अपराध जन्य घटना न्युनिकरणका लागि सचेतनात्मक अन्तरक्रिया Studio time: 15:01:56 pm पोखरा,२०,असोज । सामाजिक जागरणका लागि नारी अभियान नेपालको आयोजनामा शनिवार पोखरामा हत्या, हिंसा वलात्कार जन्य घटना न्यूनिकरणका लागि सचेतनात्मक अन्तरिक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वोल्ने वक्ताहरुले विश्वको त्लनामा नेपालको कानुन उत्कृष्ठ भएको जानकारी दिदै कार्यान्वनयको लागी जनजागरण आवश्यक भएको वताउनुभयो । कार्यक्रममा वोल्ने वक्ताहरुले नेपालमा फासीको व्यवस्था नभएपनी फासीभन्दा उत्कृष्ट मृत्युसम्मको जेलसजाय रहेको उल्लेख गर्दै समाजमा यो या त्यो वहानामा घटना लुकाउन नहुने धारणा व्यक्त गरिएको थियो । कार्यक्रममा घटना घट्नुको शारिरिक, मानसिक, आध्यात्मिके विश्लेषण सहित सुरक्षा अवस्था र कानुनि व्यवस्थाका वारेमा समेत जानकारी गराइएको थियो । कार्यक्रममा वोल्दै पोखरा लेखनाथ महानगरपालीकाका मेयर मान वहादुर जिसीले महानगर पालीकाको शान्ति सुरक्षाका लागि टोलटोलमा सिसीटीभी राख्ने अभियान संचालन भएको जानकारी दिदै महानगरपालीका वाट भैरहेका कार्यक्रमका वारेमा जानकारी दिनुभयो । साथै समाजमा शान्ति सुव्यवस्था कायम गर्न जनताको सहयोग विना जनप्रतिनिधी एक्लैले केही गर्न नसक्ने भन्दसमाज विकासका लागि एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । प्रमुख जिल्ला अधिकारी चक्र वहादुर वुढाले कास्कीको शान्ति सुरक्षाको स्थितीका वारेमा बताउदै हरेक नागरिक वर्दी विनाका प्रहरी भएकाले प्रहरी प्रशासनलाई साथीको रुपमा सोच्न आग्रह गर्नुभयो ।साथै घटना घट्नेवित्तिकै प्रहरीलाई जानकारी दिनुपर्नेमा घटना लुकाउन नहुने संस्कारको विकास गर्दै विरोध र्याली भन्दा सचेतना मुलक कार्यक्रम राख्नु पर्नेमा जोड दिनुभयो । त्यस्तै जिल्ला न्यायाधिवक्ता अर्जुन प्रसाद कोइरालाले नयाँ कानुनमा भएको व्यवस्था तथा हत्या, हिंसा तथा वलात्कार जन्य घटनाका सम्वन्धमा कानुनि व्यवस्था र सजाय वारे जानकारी गराउनुभयो । साथै अन्तराष्ट्रिय कानुनका वारेमा समेत जानकारी गराउनुभएको थियो । त्यस्तै युवा चिन्तक माधव पहारीले घटना न्युनिकरणका लागि मानसिक तथा आध्यात्मिक विश्लेषण तथा समाजमा घटना घट्न नदिन नागरीकले खेल्नुपर्ने भुमीकाका वारेमा जानकारी गराउनुभएको थियो । त्यस्तै मनोचिकित्सक प्रा.डा निर्मल लामीछानेले कस्तो मानसिक अवस्था भएका व्यक्तिले अपराध गर्छन । मनोविश्लेषण सहीत समाजमा यस्तै सचेतना मुलक कार्यक्रम राख्नाले घटना न्युनिकरण हुनेमा जोड दिनुभयो । अभियन्ता तथा अधिवक्ता सुष्मा पौडेलले सहजीकरण गर्नुभएको कार्यक्रममा योग प्रशिक्षक लक्ष्मण पौडेलले योगको महत्व तथा महिला प्रहरी सेलका प्रमुख चन्द्रा गुरुङले महिला हिंसा घट्नुका कारणवारे वोल्नुभएको थियो । कार्यक्रममा लोचना अधिकारी, अधिवक्ता राजु अधिकारी, दुर्गा थापा, गिता गौतम, कार्यक्रम संयोजक शान्ती पौडेल लगायतले आफ्ना धारणा व्यक्त गरेका थिए ।
2019/07/16 09:16:57
http://barahiradio.com/news/703/
mC4
धनगढीः ७ पहाडी जिल्ला सहित सुदूरपश्चिम प्रदेशमा आज वुढी पोल्ने पर्व मनाईदैछ। हरेक वर्ष असोज संक्रान्तिका दिनलाई बुढी पोल्ने पर्वका रुपमा मनाउने परम्परा अनुसार आज धुमधामका साथ यो मनाउन लागिएको छ। प्रत्येक वर्ष असोज संक्रान्तिका दिन पुतनालाई भगवान श्रीकृष्णले मारेको उत्सवका रुपमा बुन्ढुनी पर्व सुदूरपश्चिममा मनाउने गरिएको जनविश्वास रही आएको छ। यो पर्वमा गाईबस्तु हेर्ने गोठालाहरुले भाद्र संक्रान्ति अर्थात ओल्के पर्वको दिन सल्ला, बाँस लिङगो आदि रुखहरु काटेर बनाएको बुढीलाई पोल्ने चलन छ। द्वापर युगमा राक्षसनी पुतनाले राजा कंशको आदेशले भगवान श्रीकृष्णलाई दूधको रुपमा विष पिलाएर मार्न खोजेको कुरा कृष्णले थाहा पाएर उल्टै पुतनाको वध गरेको खुसीयालीमा सुदूरपश्चिममा यो पर्व मनाउने गरिन्छ। पुतना दहनका लागि शनिबार साँझ सबै घरबाट काँस, अम्रिसो लगायत पाँच जातको घाँसले बेरेको राँको बनाएर बुढी पोल्ने ठाउँमा लैजाने गरिन्छ। दोबाटोमा जलाएको पुतना राक्षसनीको आकृतिबाट जलेको खरानीको तिलक गाईलाई लगाइ दिने चलन छ। बुढी पोल्दा लुतो फाल्ने भन्दै युवाहरु काँक्रो चपाउँदै थुक्ने पनि गर्दछन् र नाम पुकार्दै लुतो लैजा भन्दै नाचगान गर्ने गरिन्छ। साँझ आकाशमा तारा चम्केपछि मात्रै राक्षसनी पुतनाको पुत्ला दहन गरिन्छ। यसो गर्दा पशु चौपायमा कुनै रोग नलाग्ने विश्वास रहेको छ। पुत्ला दहन गर्दा ‘बुढीलाई पोल गाईबाच्छा पाल’ भन्ने गरिन्छ। यो पर्व प्रदेश सातका डोटी, डडेल्धुरा बैतडी, दार्चुला, बझाङ, अछाम, बाजुरा मनाउने गरिएको छ।
2022-12-02T09:16:54Z
https://shikharsamachar.com/special-news/7276/
OSCAR-2301
कोरोना भाइरस केपी शर्मा ओली कोरोना खोप निषेधाज्ञा भारत नेपाली कांग्रेस शेरबहादुर देउवा बाढीपहिरो प्रचण्ड मौसम समाचार स्याङ्जामा जुवाखालबाट ५ जना पक्राउ ' एनएमबि न्यूज २०७८ भाद्र २० गते आइतवार २० भदौ, स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका–४ स्थित नाग डाँडाबाट प्रहरीले तास खेलिरहेका ५ जनालाई पक्राउ गरेको छ । स्थानीय शंकर बस्नेतको घरमा तास खेलिरहेका जुवाडेहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । जुवा खालबाट प्रहरीले ६ हजार नगद बरामद गरेको छ । आरोपीहरुमाथि जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर अनुसन्धान भइरहेको स्याङ्जा प्रहरीले जनाएको छ । एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुक र ट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।
2022-11-30T03:45:43Z
https://www.nmbnews.com/2021/09/52587/
OSCAR-2301
ती चार सपना जुन हामी कहिले बिर्सदैनौं » Khulla Sanchar ती चार सपना जुन हामी कहिले बिर्सदैनौं बीबीसी : सपना नदेख्ने को होला र ? हामीमध्ये धेरैको सपना हाम्रो आसपासको वातावरणसँग सम्बन्धित हुन्छ । उदाहरणका लागि हाम्रो काम, छर छिमेकको वातावरण र हाम्रो दैनिकी नै सपनाका विषयवस्तु हुन्छन् । तर क्यालिफोर्निका बर्केले युनिभर्सिटीका द ग्रेजुएट युनियन अफ थियोलोजीका गेस्ट स्कोलर र ड्रिम इन्भेस्टिगेटर केली बुलकेलेलाई यस्तो सपनामा केही रुची छैन । उनलाई मानिसहरुले सधैं याद गरिरहने सपनाले आकर्षित गर्दछ । उनको यो आकर्षणले एउटा रोचक अध्ययन जन्माएको छ । उनले बीबीसीसँगको कुराकानीमा भने, 'मैले ती सपनामा काम गरेको छु जुन दिमागमा सधैंका लागि रहन्छन् ।' वास्तवमा यस्ता सपनाबारे अध्ययनका लागि बुलकेले आफ्नो युवावस्थामा नै सोच बनाएका थिए । युवावस्थामा विभिन्न प्रकारका सपना नियमित रुपमा देख्न थालेपछि उनले यसबारे अध्ययन गर्ने सोच बनाएको जानकारी दिए । फलस्वरुप, केही वर्षभित्रै उनले एक ग्लोबल डाटाबेस तयार गरे जुन मानिसहरुले धेरै देख्छन् र सदैव याद राख्छन् । त्यसपछि उनले यी आँकडामाथि अध्ययन सुरु गरे र त्यसलाई नै आधार बनाएर उनले ती चार सपना चयन गरे जसलाई उनले 'बिग ड्रिम्स' को नाम दिए । बुलकेलेका अनुसार यस्ता बिग ड्रिम्स मानिसले कहिले पनि बिर्संदैनन् । उनले ती सपना र त्यसको अर्थ पनि बताए । १. तल झर्नुः उचाईबाट तल खसेको सपना मानिसहरुले धेरै देख्छन् । हावामा उडेको सपनाभन्दा निकै धेरै पटक यस्तो सपना देखिन्छ । यो सपनालाई मानिसहरुले कहिले पनि बिर्संदैनन् । २. सम्भोगसँग जोडिएका अनुभवः अध्ययनका अनुसार सम्भोगसँग जोडिएका सपना पनि मानिसले कहिले भुल्दैनन् । विशेष कुरा के छ भने सेक्ससँग सम्बन्धित सपना महिलाभन्दा पुरुषले बढि देख्छन् (अध्ययनमा संलग्न ८५ प्रतिशत पुरुष र ५८ प्रतिशत महिला) । ३. स्कूल, स्कूलका गुरु र पढाईः थोरै समयसम्म स्कूलको शिक्षा लिनेहरुले पनि स्कूलको अनुभव, स्कूलका गुरु र पढाईसँग जोडिएको सपना पनि याद राख्छन् । वर्षौंसम्म पनि । ४. कसैको हमला वा कसैले दुःख दिएकोः यस्ता डरलाग्दो सपना साधारणतया बच्चाहरुले देख्ने गर्दछन् र मनोचिकित्सकका अनुसार यस्ता डरलाग्दो सपना मानिसले जिन्दगीभर याद राख्छन् । कसैले सपना देख्नु निकै नीजि र व्यक्तिगत अनुभव भएको बुलकेले बताए यद्यपी, संसारभरीका मानिसहरुको सपनामा एक प्रकारको समानता पनि पाइएको उनले बताए । उनी भन्छन्, 'तपाईं हामी मात्र होइन, मानिसहरु वर्षौंदेखि सपना देख्दै आएका छन् । भिन्न संस्कृति र परिवेशमा बस्ने मानिसहरु, इतिहासको अलग काल खण्डमा जीवनयापन गरिरहेका मानिसहरुले पनि सपना देखेका थिए तर हरेक काल खण्डमा सपनालाई एक चिन्तासँग जोडेर हेरिन्छ । केही नराम्रो हुनसक्ने संकेतको रुपमा सपनालाई लिँदै आएको छ । बुलकेले यसलाई वास्तविकता हुनसक्ने बताएका छन् किनभने सपना देख्ने अधिकांश व्यक्तिका अनुसार नराम्रो सपना वास्तविकतामा परिणत भएको बताउने गरेका छन् । मानिसहरुले सपना देख्नुका पछाडि भिन्न कारण हुनसक्ने बुलकेले स्विकारेका छन् यद्यपी, यसको अनुभव सबै मानिसले एकै प्रकारको गर्ने बताए ।
2022/06/27 18:41:41
http://khullasanchar.com/archives/3253
mC4
आम नेपाली जनताको मुक्ति चाहेको हो, जनमुक्तिले। आदिवासी जनजाति मात्रै आम नेपाली जनता होइनन्। दलित, मधेशी, मुस्लिम मात्रै पनि आम नेपाली जनता होइनन्। ब्राम्हण, क्षेत्री, दस्नामी र ठकुरी मात्रै पनि आम नेपाली जनता होइनन्। पुरै, पौने तीन करोड जनता आम नेपाली जनता हुन्। कसले भन्यो जनमुक्तिलाई नितान्त जनजातिहरूको मात्र पार्टी हो भनेर रु समाजवादको खोक्रो नारा लगाउनेहरूले रु लोकतन्त्रको धज्जी उडाउनेहरूले रु नक्कली साम्यवादीहरूले रु या एक तर्फीय सूचना प्रबाह गर्न पल्किएका पत्रकारहरूले रु हो, जनमुक्ति पार्टीलाई केहि जनजाति नेताहरूले बहुजातीय समाजवादू को दर्शनलाई अवलम्बन गरेर पार्टी स्थापना गरेको पक्कै हो । के जनजाति नेताहरूले स्थापना गरेको पार्टीलाई जनजातिको पार्टी भन्न मिल्छ रु त्यसो हो भने नेपाली काँग्रेसलाई ब्राम्हण नेताले जन्माएको हो, त्यसलाई ब्राम्हण पार्टी भनौं रु एमालेलाई ब्राम्हण पार्टी भनौं रु माओवादी, राप्रपा लगायत ब्राम्हणहरूले नेतृत्व गरेको सबै पार्टीहरूलाई ब्राम्हण पार्टी भनौं रु जनमुक्ति पार्टीले जातीय उत्पीडनलाई माथि उठाएर समावेशी महान समाजवादको नीति अवलम्बन गर्यो। सदियौंदेखि भाषिक, धार्मिक र साँस्कृतिक रूपमा थिच्चिएर बस्ने आम उत्पीडित नेपाली समाजलाई मुक्त गर्ने नीति महान समाजवादी हुन्छ कि जातीय पार्टी हुन्छ रु निरङ्कुश, बुर्जुवा, नोकरशाह, दलाल र शोसकहरूबाट सदियौंदेखि पिल्सिएर दासी जीवन बिताइरहेका र बर्गीय रूपमा उत्पीडनमा पारिएका आम नेपाली सर्बहारा जनताको मुक्तिको लागि अढाई दर्जन बर्षदेखि शसस्त्रको माध्यमबाट नभई शास्त्रको बाटोबाट संघर्षशील जनमुक्ति पार्टी कसरी जातीय पार्टी हुन्छ रु के जनजाति, दलित, मुस्लिम, मधेशी र अल्पसंख्यकरसिमान्तकृत नेपाली समूदायहरू मात्रै बर्गीय उत्पीडनमा परेका छन् रु कर्णाली, सुदुरपश्चिम लगायत नेपालको कैयौं क्षेत्रहरूमा पनि ब्राम्हण, क्षेत्री, ठकुरी र दस्नामीहरू बर्गीय रूपमा उत्पीडनमा परेका छैनन् रु के नेपालका सबै ब्राम्हण क्षेत्रीहरू सम्पन्न छन् रु बर्गीय रूपमा उत्पीडन र ति बिपन्न ब्राम्हण क्षेत्रीहरूलाई सम्पन्न हुने अधिकार छ कि छैन रु तिनीहरूलाई मुक्तिको आवश्यकता छैन रु महान बहुजातीय समाजवाद दर्शनले भाषिक, धार्मिक र साँस्कृतिक रूपमा उत्पीडनमा परेका र नपरेका सबै जातजाति र पक्षहरूलाई समेटेको हुन्छ र छ पनि। के जनजातिहरूले मात्र आफ्नो भाषा, धर्म र संस्कृतिको संरक्षण, संवर्द्धन र विकास गर्नु पर्ने हुन्छ रु ब्राम्हणले आफ्नो संस्कृतू भाषाको संरक्षण गर्नु पर्छ कि पर्दैनरु यद्धपि, एक संस्कृत बिषयलाई मात्र राज्यले प्रोत्साहित गर्ने कार्यलाई पार्टीले घोर आपत्ति जनाउँनु पर्छ। आफ्नो हिन्दु धर्मलाई जोगाइ राख्न पर्छ कि पर्दैन रु पश्चिमी संस्कार र संस्कृतिको बिकृति नेपालमा भित्रिरहेको अवस्थामा त्यसलाई निरूत्साहित पार्दै आफ्नै मौलिकता, संस्कार र संस्कृतिलाई जोगाइ राख्न पर्छ कि पर्दैन रु यी यावत कुराहरूलाई सम्बोधन र संरक्षण गर्न नेपालमा बहुजातीय समाजवादू को आवश्यकता छ, जसलाई जनमुक्ति पार्टीले नेपालमा पहिलो पटक प्रतिपादन गर्यो। अब भन्नुस् जनमुक्ति पार्टी कसरी जातीय पार्टी भयो रु जनमुक्ति पार्टीले जनसंख्याको आधारमा राज्यको हरेक निकायहरूमा समानुपातिक समावेशी नीति राज्यले लागू गर्नु पर्छ भनेको छ। के समावेशीता जनजाति, दलित, मधेशी र मुस्लिमलाई मात्र आवश्यक छ रु जनसंख्याको आधारमा नेपालको सबैभन्दा धेरै जनसंख्या भएको क्षेत्री र ब्राम्हणलाई आवश्यक छैन समावेशी नीति रु काठमाडौँ र झापाको ब्राम्हण क्षेत्रीले मात्रै अधिकार प्राप्त गर्ने र उनीहरूलाई मात्रै सम्पन्न हुने अधिकार नेपालको कुन कानुनमा लेखेको छ रु काठमाडौँका शाहरशाही ठकुरीहरू मात्रै सम्पन्न हुने कर्णाली र सुदुरपश्चिमका ठकुरीहरू अधिकार देखि बञ्चित हुनु पर्ने भन्ने नेपालको कुन कानुनमा लेखेको छ रु कर्णाली र सुदुरपश्चिमका क्षेत्रीहरू सधै बिपन्न भईरहने तर काठमाडौँ लगायत अन्य जिल्लाका क्षेत्रीहरूले मात्रै अधिकार प्राप्त गर्ने भन्ने कहिँ लेखेको छ रु यी यावत विभेदहरूलाई समाप्त पार्न नेपालमा समानुपातिक समावेशी हुनु पर्ने जनमुक्तिले आजभन्दा २५ बर्ष अगाडी उठाएका थिए। अब कसरी जनमुक्ति पार्टी जनजातिको पार्टी भयो रु तुलनात्मक रूपमा विभिन्न उत्पीडनमा परेका जातजाति, भाषाभाषीहरू, कर्णाली र सुदुरपश्चिमका जनताहरू शिक्षामा केहि पछाडी अवश्य होलान्। तर, उनीहरू किन पछाडी परे, यस प्रति अनुसन्धान गर्नु जरुरी छ कि छैन रु के राज्यले कर्णाली र सुदुरपश्चिमका जनताले बोल्ने भाषामा औपचारिक शिक्षाको व्यवस्था गरिएको छ रु मधेशमा बोल्ने मैथली, भोजपुरी, अवधि र थारू भाषालाई त्यहाँको स्थानीय तहमा प्रार्थमिकता दिएको छ रु पूर्वमा बोल्ने लिम्बु र राई, मध्ये क्षेत्रमा बोलिने तामांग र नेवास् पश्चिममा बोलिने गुरुङ र मगरले आफ्नै भाषा लगायत सबै अल्पसंख्यक जातजातिहरूको भाषामा शैक्षिक शिक्षा लिन पाएका छन् रु मानव जातिको वास्तविक पहिचान भनेको उसको भाषा हो। उसको धर्म हो र उसको संस्कृति हो। उसको भाषालाई नै दमन र समाप्त गर्ने कार्य २५० बर्षदेखिको एकात्मक राज्यसत्ताले गर्यो। अब नेपालमा बोलिने सबै भाषा, धर्म र संस्कृतिलाई प्रयोग गर्ने अधिकार राज्यले गर्नु पर्छ र त्यो पहिचान सहितको सङ्घीय व्यवस्थाले मात्रै सम्भव छ भनेर जनमुक्ति पार्टीले पहिलो पटक भनेका थिए। भाषा, धर्म संस्कृतिको संरक्षण गर्न नेपाल भरि रहेका आम नेपाली जनताहरूलाई समान अधिकार छ कि छैन रु त्यो चाहे ब्राम्हण होस् या जनजाति या मैथली या थारू या क्षेत्री या दलित या मुस्लिम या कुनै ( सबै सबैलाई आ(आफ्ना भाषा, धर्म र संस्कृतिको संरक्षण, सम्बर्द्धन र विकास गर्नु पर्छ भन्ने मान्यता राख्दछ। त्यसको प्रत्याभूत गर्न पहिचान सहितको सङ्घीय व्यवस्थाले मात्रै सम्भव छ भनेर जनमुक्ति पार्टीले भनेका छन्। सबै सबैका भाषा, संस्कृति र धर्मको रक्षा गर्न चाहने पार्टी कसरी जातीय पार्टी हुन्छ रु एकात्मक शैलेको समाजवाद दर्शन बोकेको देशकै सबैभन्दा पुरानो पार्टीले २०४६ साल पछि सबै भन्दा बढी सत्ताको स्वाद चाखेको छ। देशको विकासमा कायापलट गर्ने अवसर र मौका त्यो पार्टीले पायो । सबै भन्दा ठुला र पुराना साम्यवादी पार्टीहरूले सत्ताको स्वाद पटक पटक चाखी सके । त्यसका नेतृत्वहरू सम्पन्न भए, काठमाडौँमा महल ठडाए र अहिले तिनीहरू विलासिताका जीवन बिताई रहेका छन्। त्यस्तो पार्टी र तिनका नेताहरू कसरी साम्यवादी पार्टी हुन सक्छ रु नेपाल भन्दा धेरै पछि मात्रै लोकतन्त्र प्राप्त गरेका देशहरू आज विश्व कै शक्तिशाली राष्ट्रमा दर्ज भईसकेका छन् । तर, नेपाल सम्पन्न र समृद्धिको कुरा धेरै टाढाको बिषय भयो ( आम नेपाली जनताहरू जातीय मुक्तिबाट माथि उठ्नसम्म पनि सकेन। बर्गीय मुक्तिबाट पनि माथि उठ्न सकेन। जनमुक्तिले के अहिले सम्म सत्ताको स्वाद चाखेको छ रु नेपाललाई विश्व कै गरिब राष्ट्रमा दर्ज गराउने के जनमुक्ति पार्टी नै हो रु के जनमुक्ति पार्टीले नेपालको नदीनालाहरू भारतलाई बेचेको छ रु भारतसँग राष्ट्रघाती सम्झौताहरू के जनमुक्ति पार्टीले गरेको हो रु जनमुक्ति कै कारणले के दश बर्षे जनयुद्ध भएको हो रु १७ हजार नेपाली यूवा यूवतीहरू सहादत हुनु परेको कारक के जनमुक्ति पार्टी हो रु हजारौं नेपाली जनताहरू बेपत्ता पारिए, के त्यो जनमुक्ति पार्टीको कारणले हो रु पचास लाख यूवाहरू देशमा बेरोजगारको कारणले विभिन्न देशहरूमा श्रम गर्न र गुलामी बन्न पुगेका छन् ( के त्यो जनमुक्ति पार्टीले गर्दा हो रु जनमुक्ति पार्टीले अहिलेसम्म नेपाली समाज र राष्ट्रलाई नै हानी हुने खालको के राष्ट्रघाती काम गरेको छ र यो पार्टीलाई आम नेपाली जनताले विश्वास नगर्नु पर्ने रु सङ्घीय जनमुक्ति पार्टी आम नेपाली जनताहरूलाई अधिकार दिलाउने एक मात्र पुरानो र असली समाजवादी पार्टी हो। यसले अहिलेसम्म कुनै पनि अराष्ट्रवादी र राष्ट्रघाती कार्य गरेको छैन। जातीय र बर्गीय रूपमा ९त्यो जुन सुकै जात र समूदाय किन नहोस्० उत्पीडनमा पारिएका आम नेपाली जनताको पक्षमा यो पार्टी प्रतिवद्ध छ। विभेदरहित नीतिको अनुशरण गरेको छ। एकाधिकारवादलाई समाप्त पारेर समावेशी सिद्धान्तलाई आत्मसात गरेको छ। राष्ट्र भित्र बसोबास गर्ने प्रत्यक नेपाली नागरिकको भाषा, धर्म र संस्कृतिलाई समान रूपमा सम्मान गरेको छ। सबै सबैलाई समान किसिमको अधिकारको प्रत्याभूत गर्ने प्रतिवद्ध छ, जसले मात्रै नेपालमा स्थायी शान्ति हुने र स्थायी शान्तिले मात्रै देश समृद्धितिर उन्मूख हुने भएको हुँदा मैले १७ बर्षको राजनीतिक बिश्राम पछि सङ्घीय जनमुक्ति पार्टीमा समाहित हुने निर्णय गरेँ। बचेकुचेको मेरो बाँकि जीवन आम नेपाली जनता, समाज र सिङ्गो राष्ट्रको लागि बिना पूर्वाग्रह, पक्षपात रहित, निश्वार्थ र स्वयंसेवकको रूपमा पार्टीमा रहेर नेपाली जनता र राष्ट्र कै पक्षमा समर्पित हुनेछु। अवसरको राजनीतिलाई निरुत्साहित पार्दै सबै सबै पक्षको समान अधिकारको लागि समाज र राष्ट्रको समृद्धिको लागि समर्पित सिपाही नै असल राजनीतिज्ञको बिशेषता हो भन्ने सिद्धान्तलाई सबै राजनीतिक कर्मीहरूले आत्मसात गरौँ। लेखक सङ्घीय जनमुक्ति मञ्च साउदी अरेवीयाका अध्यक्ष हुन् । Last Updated on Saturday, 02 April 2016 13:38 कुनै वेलाका अर्थमन्त्री क.अनन्त १/२ दिन अगाडि रोल्पा आएछन । एमाओवादीको आयोजनामा सरकारी कार्यालयका प्रमुखहरुलाई वटुलवाटुल पारी जिल्लाको विकासको गतिविधिवारे क.अनन्तले वुझ्ने काम गरे रे । योभन्दा एकदिन अगाडि पनि एमाले नेता माधवकुमार नेपालले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारी कार्यालयका प्रमुखहरुलाई वटुल्न लगाई जिल्लाको अवस्थावारे वुझ्ने काम भयो रे । यी दुवै पार्टीहरु यसप्रकारको काम गर्नमा तछाडमछाड गरेको पाइयो । सार्वजनिक पदधारण नगरेको व्यक्ति तथा पार्टीको आयोजनामा हुने यसप्रकारको गतिविधि कति उचित या अनुचित ? यी सवै पेटभित्र लुकेको छ । म ठान्छु यो राजनीतिक भ्रष्टाचार हो । राजनीतिक भ्रष्टाचारको धर्म हो जनताको सार्वभौमिकताको स्वरुपलाई क्षयीकरण गर्दै लैजाने । त्यसैले उनीहरुको यो काम वेइमानीले भरिपूर्ण छ । कार्यक्रममा अनन्तले भने रे, "राजनीतिक क्रान्तिको अभिभारा पूरा भयो अव समाजवादी क्रान्तिको थालनी गर्नुपर्छ र त्यो काम एमाओवादीले मात्र गर्छ ।" उनको यो भनाई वैचारिक कुरा हो । वैचारिक कुरा गर्न सवैलाई स्वतन्त्रता छ । तर यो भनाई उनको मनभित्रको ज्ञानले देख्यो या गाइडेड । हामीले छुट्टयाउन खोजेको गाँठी कुरा यो हो । समाजवादी क्रान्ति भनेको आर्थिक रुपले डुव्लाएका जनतालाई मोटो वनाउने संकल्पको तयारी । भनौं यो क्रान्तिको तेश्रो चरण हो । आर्थिक रुपले पहिलो विश्वशक्ति अमेरिकाको 'नेटिभ अमेरिकन' जसलाई हामी 'रेड इन्डियन' भन्छौं उनीहरु राष्ट्रपतीय निर्वाचनमा वेखवर हुन्छन । यद्यपि उनीहरु आइएलओ १६९ खाएर वसेका छन तर राजनीतिक रुपमा जागेको दखिएन । ठिक त्यसैगरी क.अनन्त र माधवकुमार नेपालले रोल्पाका सरकारी कार्यालयका प्रमुखहरुलाई वोलाई राजनीतिक भ्रष्टाचार गर्दा पनि यहाँका जनता वेखवर छन । यसको अर्थ नेपालमा पनि रेड इन्डियनहरुको वाक्लो वस्ती रहेछ भन्ने वुझिन्छ । क.अनन्त जुन धरातलमा छन त्यो धरातललाई समाजवादी कि सामाजिक क्रान्ति ? हामी राजनीतिक रुपमा इमान्दार छैंभने वहसमा उत्रिनुपर्छ । हैभने मान्छेको जुन विकासक्रम छ त्यसमा वाझो हाल्नु हुदैन । गाइडेडवाट चल्नु सवैभन्दा खतरापूर्ण हुन्छ । यो ज्ञानको कुरा हो । १४ चैत २०७२ Last Updated on Sunday, 27 March 2016 16:53 Last Updated on Saturday, 13 February 2016 14:12 Last Updated on Sunday, 06 March 2016 14:43 सच्चा सहीदलाई १३९ बर्षपछी सहि सम्मान बिजय हितान , सती प्रथा उहिल्लै हटे पनि नेपाललाई सतिले सरापेको देश भनिन्छ । सहिद लखन थापामगरलाई राज्यले प्रथम सहिद घोषणा गर्नुपर्छ भन्ने माग राख्दै आन्दोलनमा उत्रेकाहरु पनि नेपाल सहिदले सरापेको देश भन्थे ।अन्तत्व ढिलै भए पनि एक कर्मठ सहिदलाइ पहिचान गर्दै राज्यले ठुलो सम्मान टक्र्याएको छ । २०७२ असोज ३ गते सरकारद्वारा नयाँ संबिधान घोषणा गर्नुको साथै सहिद लखन थापामगरलाई १३९ बर्षपछी नेपालको प्रथम सहिदको पगरी गुठाइएको छ । ईतिहासमा तिरस्क्रित शहीद एक युगपछी बल्लबल्ल यसरी पुरस्क्रित भए । अब सरापहरु सप्पै हटेर आसिर्बाद लाग्छ कि नेपाल आमालाई कतै ! लखनले राणाशासन बिरुद्द गोर्खाको बुङकोटमा जनबिद्रोहको तयारी गरेका थिए । त्याँहाका स्थानिय बुढाहरु भन्थे- लखन जोसमनी धर्म गुरु थिए, औतारी थिए, र उनले चिताएको पुग्थ्यो । जंगबहादुरले लखनलाई मृत्युदण्द दिएपछी 'त जंगे पनि मेरो मृत्युको सातदिन पछी मर्छस' भनी सराप दिएका थिए रे । १८ फेब्रुअरी १८७७ मा लखनलाई झुन्डाइएर मारियो भने त्यसै महिनाको २५ तारिख जंगबहादुरको पनि रहस्यमय ढंगले मृत्यु भयो । उपन्यास 'सेतो बाघ' मा जंगबहादुरको मृत्यु एक सेतो बाघको टोकाइबाट हुनसक्ने चित्रण गरिएको छ । उक्त सेतो बाघ भनेर तिनै लखनलाई सङ्केत गरिएको हुनसक्छ । अर्को जनधारणा के पनि छ भने जंगबहादुर जनजातिका छोरी-चेली माथि आँखा लगाउँथे । एक मगरको श्रीमतीसँग सुतेको भेटेपछी तिनको पोइले जार भनेर जंगबहादुरलाई छप्टाइदिएको भन्ने जनश्रुती सुनिन्छ । तिनै काट्ने ब्यक्तिलाई उपन्यासमा 'सेतो बाघ' को सङ्ग्या दिइएको आसङ्का गर्नसकिन्छ । प्रथम सहिदको घोषणा एकदमै सम्बेदनसिल घडीमा गरिएको छ । यसले नेपालको भाबी राजनैतिक छितिज नै अर्कै दिशातिर मोडिनसक्ने भनेर पहिचानबादिहरु आसङ्कित देखिन्छन । केही पाउन केही त गुमाउनै पर्छ । मगरात प्रदेशलाई चारतिर बिखण्डन गरिने गरी संबिधान घोषणा गरेपछी मगरात आन्दोलनकर्तालाई मुखमा बुझो लगाउन प्रथम सहिदको घोषणा गरिएको तत्थ्यलाई नकार्न सकिन्न । त्यसो त अैलेसम्म राज्यसत्ताद्वारा अपहेलित र मरणासन्न खपाङ्गिलाई स्वयम प्रधानमन्त्रि के पि वोली भेटन गएर उपचार्थ उल्लेखनिय आर्थिक सहयोग प्रदान गरिनुलाई पनी एक राजनैतिक गोटी चालिएको भनेर भन्न सकिन्छ । उपन्यासमा कल्पना गरिएका ति सेता बाघहरु जागेर लखनलाई प्रथम सहिद बनाउन अहिलेसम्म सङ्घर्षपूर्ण लँडाइ लडे । तिनै सेता बाघहरुको मद्दतले जनयुद्द मार्फत राजातन्त्र जस्तो बलियो पर्खाललाई भत्काएर संघियताको स्थापना सम्भव भयो । अब फेरी तिनै सेता बाघहरु अैलेको राज्यसत्तामा एकल जातिय पक्कडलाई फितलो न पारुन भन्नका खातिर लखनलाई प्रथम सहिद घोषणा गरिदिएर रणनितिको बल्छी फालेको बुझिन्छ । २०६२/६३ को जस्तो सत्ता परिवर्तन गराउने खालको जनआन्दोलन फेरी न दोहरियोस भन्ने उद्देस्यले पनि यस्तो पासा फालिएको हुनसक्छ । लखनलाई नेपालको प्रथम सहिद घोषणा गरिनु एक ऐतिहासिक निर्णय थियो । यसका सङ्कास्पद अनी नकारात्मक मात्रै होइनन सकारात्मक पक्ष पनि छन । एक सिक्काका दुई पाटा त हुन्छन नै । सङ्ख्याले गणितमा मात्रै होइन राजनीतिमा पनि निकै महत्वपूर्ण भूमिका खेल्छ । आदिबासी जनजाती मध्ये मगर जाती जनसङ्ख्याको हिसाबले सबैभन्दा ठुलो समुदाय हो । जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र भनेर हालै संबिधान संसोधन गरिएको अवस्थामा यसले बिशेष भूमिका खेल्नेछ । संघियता, समाबेसि र पहिचान जस्ता मुद्दाहरुको सबैभन्दा पहिला मुल फुटाउने खपाङी, हितान, एम एस, सुरेश, बमकुमारी जस्ता पुराना पुस्ताका मगर नेताहरु हुन । त्यसलाई निरन्तरता दिएका नयाँ पिंडिका नेताहरु शिवलाल, रामबहादुर, नन्दकिशोर, बर्षमान, ओनसरी, महेन्द्र इत्यादी हुन । हालै जारी प्रथम सहिद घोषणा तिनै मगर नेताहरुको पनि सम्मान हो भनेर लिन सकिन्छ । फल्सरुप सरकारले गरेको यो निर्णयलाई समाबेसिय राज्यसत्ता प्रणालिको सुरुवात मान्न सकिन्छ । यसरी चालिएको पाइलालाई सङ्कास्पद तरिकाले हेरिनु भन्दा हालै घोषित संबिधानको कार्यनयनको प्रारम्भ हो भनेर जान्दा सबैको भलाई हुन्छ । लखनलाई प्रथम सहिदको श्रिपेच पहिराउन पर्छ भन्दै बर्षौं अघिदेखी थुप्रै ब्यक्ती तथा संघसंस्थाहरु खटिए । यस घोषणाको अर्को फाईदा भनेको ति आन्दोलनकर्ताहरुले राहत प्राप्त भएको महसुस हो । सुरुमा सिमित समुदाय मात्रैका सम्पत्ति ठानिएका लखनलाई यस राष्ट्रिय सम्मानपस्चात सम्पूर्ण नेपालिको बिभुती भएको महसुस गरिएको छ । यसले सबैलाई आत्म सन्तुष्टी प्रदान गरेको छ । यस निर्णायक घडीले सम्पूर्ण नेपालीलाई एकताको सुत्रमा बाँधने काम गर्नेछ भनेर आशाबादी हुन जरुरी देखिन्छ । तर यो सम्मान सजिलै भने पाइएको अवस्य होइन । एकपछी अर्का सरकारलाई दबाब दिने सङ्घर्षपूर्ण कार्यक्रमहरु नभएकाभए यो सम्भव थिएन । यसको श्रेय देस बिदेसमा छरिएर रहेका बिभिन्न ब्यक्ती तथा संगठनहरुलाई जान्छ । २०६५ मा स्थापित प्रथम सहिद लखन थापामगर प्रतिस्ठानले छोटो कार्यकालमा थुप्रै जनचेतनामुलक कार्यक्रमहरु ल्यायो । स्मृति दिवस मनाउने, स्मारिका प्रकाशन गराउने, बुङ्क्कोटमा लखनको नाममा स्कुल स्थापना र स्मारक निर्माण गर्ने, सांसद र अन्य बिग्यहरुमाझ अन्तर्कृया गर्ने बिभिन्न कृयाकलापहरु गरिए । रोल्पाको थबाङलाई जन आन्दोलनको अखाडा मानिए जस्तै गोर्खाको बुङ्कोटलाई लखन बिद्रोहको जन्मभुमी भनेर चिनिन्छ । बुङ्कोटको काउले-भङगार टोलमा लखनले किल्ला निर्माण गरेर २००० युवालाई सैनिक तालिम दिएका थिए । यस्तो ऐतिहासिक स्थानलाई सम्रक्षण र सम्बर्धन गर्दै पर्यटकिय क्षेत्रमा बिकास गर्ने अवधारणा लिएर प्रतिस्ठानले एक परीयोजनाको खाका तयार पारेर सरकारलाई बुझायो । त्यसैगरी नेपाल मगर संघ र देस बिदेसमा रहेका यसका भात्रिसंस्थाहरुले बिभिन्न कार्यक्रम मार्फत जनमानसमा लखनको निस्वार्थपूर्ण र साहसिक देनलाई चिनाउने प्रयास गरे । बेलायत मगर संघले बर्षेनी लखन फुटबल कप खेलाउछ र लखन स्मृति दिवस मनाउछ । तर सन २०१२ देखी आदिबासी जनजाती महासंघ बेलायतले नेपालबाट जनजाती नेता झिकाएर र नेपाली राजादुत जस्ता बिशेष ब्यक्तीमाझ स्मृति दिवस मनाउन लाग्यो । यसबर्ष त महासंघले पहिलोपल्ट नेपाली राजदुतावासमै लखनलाई सम्झने कार्यक्रमको आयोजना गर्दैछ । प्रतेक बर्ष राजादुतावसमा लखनलाई प्रथमा सहिद घोषणा गरिन पर्छ भनी निरन्तर ग्यापन पत्र बुझाइँदै आइएको छ । यसरी महासंघको छत्रछायाँमा यसले ब्रिहत प्रचारप्रसार पाउंदै आएको छ । अन्य राष्ट्रहरुमा पनि मगर संघ र आदिबासी जनजाती महासंघको सहकार्यमा यस्ता कृयाकलाप गरेको पाईन्छ । क्रमश लखनलाई पहिलो सहिद घोषणा गरिनुपर्छ भनेर सडकमा आन्दोलन र सँसदमा बहस चल्न थाल्यो । पोखरामा तात्कालिन कास्की जिल्ला मगर संघका अध्यक्षको मातहतमा लखनको सालीक ठडाउने निकै शाहसिक कार्य भयो । त्यसैगरी बुटवल र पाल्पामा पनि लखनको मुर्ती स्थापना भयो । सांसद शिवलाल थापामगरले संबिधान सभामा लखनलाई प्रथम सहीद घोषणा गरिन पर्छ भनी प्रस्ताव ल्याइ सर्बसम्मबाट पारीत गराउनु भयो । सरकारसँग बिरोधाभास राख्नुभन्दा सहकार्य गरे केही पाइंदो रहेछ भन्ने यो एक ज्वालन्त उदाहरण हो । अर्को तिर बौदिक छेत्रका मानिसहरु लखनको बारेमा ऐतिहासिक खोजी र मेडिया क्याम्पेन जारी राखे । देसी बिदेसी विश्वाबिद्यालयका विद्यार्थीहरुले यस बिषयमा शोधपत्र पेश गर्नथाले । ड हर्षबहादुर बुढाले लखनको जीवनमा आधारित खोजपूर्ण पहिलो किताब प्रकासित गरे एता ५ - ७ अरु किताबहरु बजारमा निस्किसकेका छन । यि पुस्तकहरुले लखन एक सहीद त थिए नै यद्धपी प्रथम शहीद पनि हुन भन्ने बलिया प्रमाणहरु पेश गरे । यसरी प्राप्त सफलताको श्रेय हामी माझ मात्रै बाँडने होइन । लखन सँगै शहादत प्राप्त गरेका उनका सहयोगिहरु- जयसिङ चुमीमगर्, सुकदेव गुरुङ, सुपती गुरुङ्, ज्ञान दिलदास्, कानु लम्साल साथै २००० फौजी युवाहरू, स्थानिय समुदाय इत्यादिले दिएको योगदानलाई पनि यस पुनित घडीमा सम्झनु पर्छ । लखनले सुत्रपात गरेको भौतिक आन्दोलनलाई त बन्दुकले दबाइयो तर यसको गहिरो छाप त्यसपछिका नेपाली जनतामा गढिनै रह्यो । फल्सरुप धन्दै ६० बर्ष पछी चार सहीदहरु- धर्मभक्त, गंगालाल, सुक्रराज, दसरथको सहादतपस्चात नेपालमा प्रजातन्त्रको उदय भइ नै छोड्यो । यि महान ब्याक्तिहरुलाई पनि भुल्न भएन । लखन प्रति अब हाम्रो सच्चा स्रदान्जली भनेको- प्रतिस्ठानलाई बैधानिक मान्यता प्रदान गरी सरकारी कोषको स्थापना, बुङ्कोट परीयोजनालाई यथासिघ्र कार्यनयन अनी हामी सबै बुङ्कोट भ्रमण गरी त्याँहाको साक्षात अनुभव बटुल्नु हो जस्तो मलाई लागेको छ ।
2019/12/15 08:29:26
http://rajyasatta.com/rajyasatta-dialogue?start=70
mC4
सुकुम्बासी र कमैया बस्तिमा शान्ता चौधरीलाई भब्य स्वागत गरिएको छ । लमही स्थित ३ सुकुमबासी बस्तिमा एमालेका पोलिटब्यूरो सदस्य तथा प्रतिनीधिा सभाका सदस्य शान्ता चौधरी घरदैलो क्रममा त्यहाँ पुगेपछि त्यहाँका नागरिकहरुले भब्य स्वागत गरेका हुन । शान्ता चौधरीलाई स्वागत गर्दै स्थानीय सुभागी चौधरीले बल्ला आफुहरुको प्रतिनीधिको रुपमा उम्मेदवार पाएको बताइन् । ‘हामीले हाम्रो प्रतिनीधि बल्ल पाएका छौं, चौधरीले भनिन्,- ‘उहाँलाई जिताउनको लागि देउखुरी क्षेत्रमा रहेका सबै सुकुम्वासी, भूमहिन र कमैयाहरु एक ढिक्का भएर लाग्ने छौ ।’ ‘अहिलेसम्म अरुलाई भोट दिएर जितायौं, अब हाम्रो नेता, हाम्रो चेलीलाई जिताउछौं, सुर्यमा मतदान गर्छाै, गर्छाै, उनले भनिन्, हाम्रो बर्गको उत्थान र न्यायका लागि शान्ता चौधरी जित्नै पर्छ ।’ यसैविच घरदैलो कोणसभालाई सम्बोधन गर्दै शान्ता चौधरीले आफुहरुले भूमहिन, सुकुम्बासी, कमैयाहरुलाई लालपूर्जा दिने तयारी गर्दा गर्दै पनि विपक्षी दलहरुले एमाले सरकार ढालिदिएका कारण लालपुर्जा वितरण गर्न नपाएको बताइन् । अब एमालेको सरकार बनेपछि आफ्नो पहिलो काम सुकुम्वासी, भूमहिन र कमैयालाई लालपुर्जा दिने प्रतिवद्धता व्यक्त गरिन् । Posted in ब्यानर, विविध अग्रासन खबर https://agrasankhabar.com/ प्रतिक्रिया दिनुहोस् ताजा खबर लुम्विनीम एमाले पहिला, डवासरम काँग्रेस, प्रतिनीधि सभाम दुइ, प्रदेश सभा सदस्यम ८ थारु विजयी २१ कार्तिक २०७९, सोमबार १४:४८
2022-12-07T13:07:59Z
https://agrasankhabar.com/4849/
OSCAR-2301
चरम भ्रष्टचार रहेको हाम्रो देशमा त्यसको नियन्त्रक निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्ट्रचार न्युनिकरणका लागी नयाँ उपाय अपनाउने भएको छ । अब सरकारी कर्मचारीले ढीलासुस्ती गरे वा घुस लिन खोजे तपाई तत्कालै अख्तियारमा उजुरी दिन सक्नुहुनेछ।त्यसका लागि तपाईले आफ्नो फोन अथवा मोवाइलबाट १०७ डायल गर्नुपर्नेछ । यसमा फोन गर्दा पैसा लाग्ने छैन । सरकारी कार्यालयको ढिलासुस्ती र कर्मचारीले घुष माग्ने गरेको उजुरी बढ्न थालेपछि सेवाग्राहीको सुविधाको लागी यो व्यवस्था गरिएको अख्तियारले जनाएको छ । साथै अब अख्तियारले यातायात, मालपोत, नापि लगाएतका कार्यालयमा अड्डा र होडिर्ङ बोड राख्ने पनि निर्णय गरेको छ ।
OSCAR-2019
अपाङ्गता भएका व्यक्तिहरुलाई बाख्रा वितरण – गोर्खा संसार गोर्खा संसार २०७५, २१ असार बिहीबार ०६:०७ राष्ट्रिय एकिकृत विकास संघ (निडा) लम्जुङ्गको आयोजना तथा श्रीमञ्ज्याङ्ग अपाङ्गता स्वावलम्वन समुहको सह–आयोजना र दोर्दी गाँउपालिका वडा नं – ३, वडा कार्यलयको आर्थिक सहयोगमा श्रीमज्याङ्ग भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुलाईं बाख्रा वितरण कार्यक्रम समुहका अध्यक्ष दिनेश चन्द्र घिमिरेको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी एव वडा अध्यक्ष ईन्द्र जित गुरुङ्गले मुलुकको सर्वाङ्गीण विकासको निमित्त सबै बर्ग, समुदाय, र जातजातिको समाुनपातिक विकास हुन जरुरी रहेको बताउदै कुनै एउटा वर्ग, समुदाय वा जातजातिको मात्र विकास भएर नपुग्ने र सही अर्थमा विकास शदियौ देखि पाखा लगाईएका, अन्याय र उत्पीडन सहेर बाँचेका जनताको निम्ती हुन आवश्यक रहेका र त्यस्ता समुदायलाई अगाडी ल्याउनु पर्ने कुरामा जोड दिनु भएको थियो । मुलुकमा पिछडिएर रहेका विभिन्न वर्ग, समुदाय मध्ये अपाङ्गता सबैभन्दा पछाडी परेकोले अपाङ्गता भएका व्यक्ति र परिवारमा आयआर्जन वृद्धि गर्ने हेतुले लक्षित बर्गको लागि बाख्रा वितरण कार्य अगाडी ल्याएको बताउनु भएको थियो । उनीहरुको पुनस्र्थापना र व्यवसायिक सीप तालिमका लागि वडा कार्यलय मार्फत सधै सहयोग गर्ने प्रतिवद्धता पनि जनाउनु भएको थियो । अपाङ्गता प्रतिको परम्परागत नकरात्मक सामाजिक दृष्टिकोण र व्यवहारका कारण उनीहरु अत्यन्त कष्टकर र दुःखपूर्ण जीवन बाँच्नु पर्ने, अपमानित र तिरस्कृत पनि हुनु परेको जनाउदै वडा सदस्यहरु हिमला घिमिरे, समिता मिजार, प्रेम बहादुर घिमिरे, अमृत थापा र वडा सचिव दिवाकर वाग्ले लगायतकाले सरकारी स्तरबाट होस या नागरिक स्तरबाट हरेक क्रियाकलापमा अपाङ्गताको विषयलाई समेटिनु पर्ने र सबै क्षेत्रमा अपाङ्गताको समानुपातिक र सम्मानजनक सहभागिता नै आजको आवश्याकता रहेकोले आ–आफ्नो ठाँउबाट सहयोग गर्ने प्रतिवद्धताका साथ सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । निडाका कार्यक्रम संयोजक भवि थापाले यस कार्यले अपाङ्गता भएका व्यक्तिहरुलाई व्यावसाय प्रति उत्प्रेरित गर्न, रोजगारीको अवस्था सिर्जना गरी आर्थिक स्तर वृद्धि गराई स्वावलम्वी बनाउन र अन्य व्यक्ति सरह समाजमा एकिकृत गर्न यस कार्यको ठुलो भुमिका रहने बताउदै तालिममा सिके अनुरुप व्यवहारमा उर्तान अनुरोध गर्नु भएको थियो । चार हजार बराबरको ११ जना विभिन्न किसिमका अपाङ्गता भएका व्यक्तिहरुलाई बाख्रा वितरण गरेको उक्त कार्यक्रममा स्वावलम्वन समुहका सचिब गजेन्द्र अधिकारीले कार्र्यक्रम बारे जानकारी गराउनु भएको थियो भने निडाका सुपरभाईजर हरिकृष्ण अधिकारीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
2022/06/25 11:46:34
https://gorkhasansar.com/archives/8796
mC4
काठमाडौं– नेपाल टेलिकमले होलीको अवसरमा डाटा, भ्वाइस र एसएमस सेवामा विशेष अफर ल्याएको छ। जिएसएम तथा सिडिएमए ग्राहकका लागि होली अफर उपलब्ध गराइएको टेलिकमले जनाएको छ। अफर अन्तर्गत रिचार्ज कार्डमा डाटा बोनस, युट्युब डाटा प्याक र सएमएस प्याक रहेका छन्।रिचार्ज कार्डमा दुई सय रुपैयाँको रिचार्ज कार्डमा दुई सय डाटा, पाँच सय रुपैयाँको रिचार्ज कार्डमा पाँच सय एमबी र एक हजार रुपैयाँको रिचार्ज गर्दा एक जिबी डाटा उपलब्ध रहे को टेलिकमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । फागुन २९ गतेदखि चैत ३ गतेसम्म राती १० बजेदेखि बिहान ६ बजेसम्म उक्त डाटा ग्राहकले उपयोग गर्न पाउने टेलिकमले जनाएको छ । त्यस्तै युट्युब डाटा प्याक अन्तर्गत एक सय रुपैयाँमा दुई दिनका लागि एक जिबी, ६० रुपैयाँमा एक दिनको लागि पाँच सय एमबी डाटा रहेको छ । यो अफर भने २९ गतेदेखि चैत १३ गतेसम्म चल्ने छ । सो अफर लिनका लागि युवानजिबी वा यु ५०० एमबी टाइप गरी १४१५ मा एसएमएस गर्नुपर्ने टेलिकमको विज्ञप्तिमा उल्लेख छ ।टेलिकमले आफ्नो नेटवर्कभित्र १० रुपैयाँमा एक सयवटा एसएमएस सुविधा दिएको छ । उक्त सुविधा चैत १ देखि ३ गतेसम्म मात्र लागु हुने छ । एसएमएस सेवा लिनका लागि एसएमएस १०० टाइप गरी १४१५ मा एसएमएस गर्नुपर्ने टेलिकमले जनाएको छ ।
OSCAR-2019
स्वर्गवास भएको १४ वर्षपछि इतिहासविद् गोवर्धन शर्माको पुस्तक सार्वजनिक | VisionSansar Home News स्वर्गवास भएको १४ वर्षपछि इतिहासविद् गोवर्धन शर्माको पुस्तक सार्वजनिक स्वर्गवास भएको १४ वर्षपछि इतिहासविद् गोवर्धन शर्माको पुस्तक सार्वजनिक काठमाडौं। स्वर्गवास भएको १४ बर्षपछि इतिहासविद गोवर्धन शर्माव्दारा लिखित समालोचना पुस्तक सार्वजनिक भएको छ। राजोपाध्याय समाजको आयोजनामा स्वर्गवासी शर्माको समालोचना पुस्तक शुक्रवार काठमाडौंमा सार्वजनिक भएको हो। स्वर्गवासी शर्माबाट लिखित समालोचना पुस्तकको नाम नै 'उपन्यासया चाकलय् गिरिजा' रहेको छ। समालोचक पूर्णकाजी ताम्राकारको साथमा नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, वरिष्ठ पत्रकार साथै ईल्वहँ पब्लिकेशनका प्रवन्ध निर्देशक नरेशबीर शाक्यले एकसाथ पुस्तकको विमोचन गरेपछि सार्वजनिक भएको थियो। विमोचित पुस्तकमा नेपालभाषा साहित्य क्षेत्रका महाकवि गिरिजा प्रसाद जोशीबाट लिखित उपन्यासहरुको स्व. इतिहासविद् शर्माले समालोचना गरेका हुन्। कार्यक्रममा महामारीको समयमा संक्रमितको उपचारमा खटेका राजोपाध्याय स्वास्थ्यकर्मीहरुको साथमा समाजबाट २०७६ र ०७७ सालमा एस.ई.ई परिक्षा उत्तीर्ण गरेका विद्यार्थीहरुलाई सम्मान पनि गरेको थियो। समाजले पुस्तक विमोचन कार्यक्रमसँगै पुस्तक मेलाको पनि आयोजना गरेको थियो। मेलामा वेद, तन्त्रको साथमा नेपालको धर्म, संस्कार, संस्कृतिसँग सम्वन्धित साथै विभिन्न पुस्तकहरु रहेको थियो।
2022/07/06 03:38:58
https://www.visionsansar.com/%E0%A4%B8%E0%A5%8D%E0%A4%B5%E0%A4%B0%E0%A5%8D%E0%A4%97%E0%A4%B5%E0%A4%BE%E0%A4%B8-%E0%A4%AD%E0%A4%8F%E0%A4%95%E0%A5%8B-%E0%A5%A7%E0%A5%AA-%E0%A4%B5%E0%A4%B0%E0%A5%8D%E0%A4%B7%E0%A4%AA%E0%A4%9B/54509/news/
mC4
राष्ट्रियसभा : दाङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना-The Times Of Nepal १६ पुस : राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश नं. ५ को निर्वाचन अधिकृतको कार्यालय दाङमा स्थापना भएको छ । आगामी माघ ९ गते हुने निर्वाचनका लागि मङ्गलबार घोराहीमा कार्यालय स्थापना गरिएको हो । दाङ देउखुरी जिल्ला अदालतमा निर्वाचन अधिकृतको कार्यालय स्थाना भएको न्यायाधीश एवं निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो । राष्ट्रियसभामा रिक्त हुन लागेका कुल १८ सदस्य पदमध्ये प्रदेश नं. ५ मा तीन सदस्यका लागि निर्वाचन हुन लागेको हो । राष्ट्रियसभा सदस्य निर्बाचन ऐन, २०७५ को दफा ६ अनुसार निर्वाचन गराउन प्रदेश नं ५ का लागि दाङ देउखुरी जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापालाई निर्वाचन अधिकृतको अख्तियारी प्रदान गरिएको छ । प्रदेश नं ५ मा कूल ३०५ मतदाता रहेको राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य ८७ छन् भने स्थानीय तह प्रमुख र उपप्रमुख गरी २१८ जना रहेका छन् । राष्ट्रियसभामा प्रदेश नं ५ बाट रिक्त रहेको तीन पदमध्ये एक जना महिला, एक जना दलित तथा अर्का एक जना अन्य रहेको निर्वाचन आयोगले जनाएको छ । तीन सदस्य पदका लागि हुन लागेको निर्वाचनमा एक प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ भने स्थानीय प्रमुख वा उपप्रमुखको मतभार सङ्ख्या १८ रहेको छ । राष्ट्रियसभाको निर्वाचन माघ ९ गते घोराहीको कर्मचारी मिलन केन्द्रमा हुने भएको निर्वाचन अधिकृत थापाले बताउनुभयो । दुई वटा मतदान केन्द्र रहेको निर्वाचनमा सोही स्थानमा 'क' र 'ख' मतदान केन्द्र निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिनुभयो । राष्ट्रियसभा निर्वाचन गराउने कार्यतालिकाअनुसार पुस १७ गते मतदाताको नामावली प्रकाशन गरी सोही दिन अपराह्न ४ बजेसम्म नामावलीमाथि दावी विरोध गर्ने समय दिइएको छ । पुस १८ गते मतदाता उपर परेको उजुरी छानबिन गरी अन्तिम नामावली पुस १९ गते प्रकाशन गरिने कार्यसूची रहेको छ । पुस २० गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कूल ५९ सदस्यीय राष्ट्रियसभा सदस्यहरु निर्वाचित भएकामा चिठ्ठा प्रणाली लागु गर्दा १८ सदस्यको दुई वर्षे कार्यकाल परी समाप्त भएको हो ।
2020/01/27 16:21:04
https://www.thetimesofnepal.com/2020/01/01/74304/
mC4
सत्ताको छायामै सकियो अख्तियार प्रमुख घिमिरेको कार्यकाल | Khabarpur सत्ताको छायामै सकियो अख्तियार प्रमुख घिमिरेको कार्यकाल काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत भदौ १४ गते बाँकेका उपसचिवस्तरका एक इन्जिनियरलाई ५ लाख ३० हजार रुपैयाँसहित पक्राउ गर्‍यो । उनीविरुद्ध आरोप थियो– स्रोत नखुलेको रकम बोकेर हिँडेको । तीन दिनपछि अर्का कर्मचारी त्यसैगरी पक्राउ परे । अख्तियारले लाख रुपैयाँभन्दा बढी रकम बोकेर हिँडेका कर्मचारी भेट्नासाथ नियन्त्रणमा लिन र रकमको स्रोत खुलाउन केरकार गर्न थाल्यो । एक जना कर्मचारी त घर बनाउँदाको सरसापटी तिर्न रकम लिएर काठमाडौं आउँदै गर्दा पक्राउ परे । अख्तियारले उनलाई केही दिन हिरासतमा राखेर छाडिदियो । यातायात कार्यालयमा काम गर्ने उमेश, हरि, श्याम (परिवर्तिन नाम) लगायत आठ जनाको गल्ती भन्नु लाइसेन्स दिँदा राजस्वबापत सय रुपैयाँको रसिद काट्न भुल्नु थियो । छुटेको राजस्व तिराए हुनेमा अख्तियारले उनीहरूलाई मुद्दा चलायो । गत वर्षदेखि घुसखोरी भएका कार्यालयहरूमा निगरानी गर्ने घोषणा गरेको अख्तियारले लेनदेनको आशंकाका भरमा कर्मचारी उठाउँदै, थुन्दै मुद्दा चलाउँदै गरेको थियो । 'उहाँमा मुद्दा र प्रतिवादीको संख्या धेरै देखाएर अख्तियारका प्रमुखहरूबीच रेकर्ड ब्रेक गर्ने अनौठो महत्त्वाकांक्षा थियो,' आइतबार उमेरहदका कारण अवकाश लिन लागेका अख्तियार प्रमुख नवीनकुमार घिमिरेबारे अख्तियारकै एक उपसचिवले टिप्पणी गरे, 'ठूला र शक्तिशालीलाई केही गर्न नसक्ने तर सानालाई पेल्ने स्वभाव देखियो । यो शैलीले मुलुकको भ्रष्टाचार नियन्त्रणमा योगदान गरेको देखिएन ।' करिब ३५ वर्ष सार्वजनिक प्रशासनमा बिताएका पूर्वगृहसचिव नवीन घिमिरे तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको प्रगाढ सम्बन्धका कारण पार्टीको कोटाबाट २०७१ चैत १९ गते अख्तियारको आयुक्तमा नियुक्त भएका थिए । लोकमानसिंह कार्कीको स्वेच्छाचारिता र मनोमानीपन उत्कर्षमा पुगेका बेला उनी करिब डेढ वर्ष 'मौन' बसिदिए । कार्कीको कालखण्डमा भएका गलत र फर्जी अभियोजनमा घिमिरेले एउटा पनि निर्णयमा फरक मत राखेनन् । २०७५ असोज ४ गते प्रमुख आयुक्त नियुक्त भएका घिमिरेले ६५ वर्षे उमेरहदका कारण अवकाश लिँदै छन् । तुलनात्मक रूप सफा छविका पूर्वप्रशासक मानिए पनि उनी अख्तियारमा पहिलेकै परम्परालाई कायम राखेर बिदा हुँदै छन् । स्पष्ट दृष्टिकोण, काममा प्रतिबद्ध हुनु र केही महत्त्वपूर्ण नजिरसमेत बसाल्न प्रयास गर्नु उनको सकारात्मक पाटो हो । शक्ति र सत्ताको दबाब थेग्न नसक्नु, 'ठूला खेलाडी' सँग निरीह बन्नु तर सानालाई अत्याचारकै शैलीमा प्रहार गर्नु नकारात्मक पाटो हो । अख्तियारका एक सहसचिवको भनाइमा उनको सुरुवाती आशालाग्दो थियो तर पछिल्ला दिनमा उनले लत्तो छाडे ।
2020/09/24 20:54:47
https://khabarpur.com/2020/09/13/12366
mC4
सामसङ १५० मेगापिक्सेल सेन्सरमा काम गर्दै, स्मार्टफोन फोटोग्राफीको तरिकामा परिर्वतन हुने - Technology Khabar » सामसङ १५० मेगापिक्सेल सेन्सरमा काम गर्दै, स्मार्टफोन फोटोग्राफीको तरिकामा परिर्वतन हुने आजको समयमा स्मार्टफोन मार्केटमा ६४ मेगापिक्सेल र ४८ मेगापिक्सेलको क्यामरा फोन सार्वजनिक हुनु सामान्य भईसकेको छ । तर यस ट्रेन्डलाई अघि बढाउँदै शाओमीले गएको वर्ष १०८ मेगापिक्सेलको क्यामरा भएको एमआई नोट १० लन्च गरेको थियो । यसैबिच त्यस्तै हाल सामसङले आफ्नो नयाँ क्यामरा सेन्सरमा काम गरिरहेको खबर सार्वजनिक भएको छ । सामसङले १५० मेगापिक्सेलको क्यामरा सेन्सरमा काम गरिरहेको छ । दक्षिण कोरियाको इलेक्ट्रोनिक कम्पनी सामसङले बनाउँदै गरेको यो १५० मेगापिक्सेलको क्यामरा सेन्सर नोनासेल टेक्नोलोजीमा आधारित हुनेछ, जसलाई कम्पनीले आईसोसेल ब्रायट एचएम१ मा पनि प्रयोग गरेको थियो । यस सेन्सरलाई कम्पनीले सामसङ ग्यालेक्सी एस२० अल्ट्रामा प्रयोग गरिसकेको छ । यो पुरानो टेट्रासेल टेक्नोलोजीको अपग्रेड भर्जन हो, जुन आईसोसेल ब्रायट एचएमएक्स जस्तो सेन्सर मोडलमा रहने गर्दछ । दक्षिण कोरियन फोरम क्लाइनमा प्रकाशन भएको एक रिर्पोटमा सामसङ हाल १५० मेगापिक्सेलमा काम गरिरहेको उल्लेख गरिएको छ । त्यस्तै ट्विटरमा स्लिपी कुमा नामको एक टिप्सटरले सामसङको १५० मेगापिक्सेल सेन्सरको साइज १ इन्च हुने बताएका छन । यो १/१.३३ इन्च आईसोसेल ब्राइट एचएम१ सेन्सर भन्दा ठुलो हो । कम्पनीले यस सेन्सरको प्रयोग फ्लागशिप स्मार्टफोनहरुमा प्रयोग गर्न सक्ने छ । यसबाहेक शाओमी, ओपो र भीभोले सामसङको यस नयाँ सेन्सरको माग गरिरहेको जानकारी पनि बाहिर आएको छ । यसको अर्थ सामसङको यस सेन्सरलाई अन्य मोबाइल कम्पनीहरुले पनि प्रयोग गर्न सक्ने छन । त्यस्तै अन्य केहि रिर्पोटहरुमा चिनियाँ स्मार्टफोन मेकर कम्पनी शाओमीले यस वर्षको चौथो त्रैमाशिकमा यस सेन्सरलाई आफ्नो फ्ल्यागशिपको हिस्सा बनाउन सक्ने पनि उल्लेख गरिएको छ । यसैगरी भीभो र ओपोले यस सेन्सरको प्रयोग २०२१ को पहिलो त्रैमाशिकमा आफ्नो फ्ल्यागशिपमा गर्न सक्ने छन । यस सेन्सरसँगै कम्पनीले फोनमा फ्ल्यागशिप प्रोसेसर र अरु धेरै प्रकारका नयाँ प्रविधिहरुको प्रयोग पनि गर्न सक्ने छ । त्यस्तै सामसङको १५० मेगापिक्सेलको सेन्सरको कुरा गर्दा यसबाट १२०३२×९०२४ पिक्सेल रेज्योलुश भएको फोटो र ६के सम्मको भिडियो खिच्न सकिन्छ । यस सेन्सरले एक सेकेन्डमा ३० फ्रेम क्याप्चर गर्ने सक्षमता राख्दछ । एजेन्सी
2021/01/22 14:50:23
https://technologykhabar.com/2020/03/20/32321/
mC4
रवि लामिछानेको ‘स्वतन्त्र’ पार्टीमा नलाग्ने दाई हरिशरणको घोषणा ! रवि लामिछानेको ‘स्वतन्त्र’ पार्टीमा नलाग्ने दाई हरिशरणको घोषणा ! – Diyopost – ओझेलको खबर मंगलबार, मंसिर २०, २०७९ | December 6, 2022 Dark Mode × Close होमपेज समाचार दियो विशेष अन्तर्राष्ट्रिय अन्तर्वार्ता अर्थ/व्यापार खेलकुद कला-मनोरंजन दियोखोज मिडिया भर्खरै युनिकोड ट्रेण्डिङ : निर्वाचन निर्वाचित नेपाली कांग्रेस प्रतिनिधि सभा प्रतिनिधि सभा निर्वाचन प्रतिनिधि सभा निर्वाचन २०७९ माओवादी केन्द्र विश्वकप फुटबल २०२२ स्पेन रवि लामिछानेको ‘स्वतन्त्र’ पार्टीमा नलाग्ने दाई हरिशरणको घोषणा ! दियो पोस्ट मंगलबार, आषाढ ०७, २०७९ | २१:२८:३५ काठमाडौं । टेलिभिजन प्रस्तोताबाट राजनीतिमा हाम फालेका रवि लामिछानेको दाजु भाईबीच खटपट शुरु भएको छ । आज राजधानीमा आयोजित एक कार्यक्रम मार्फत रविले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका थिए । तर, उनले पार्टी घोषणा गरेकै दिन दाजु भाईबीचको घर झगडा सामाजिक संजालमै छताछुल्ल भएको छ । रविका दाई हरिशरण लामिछानेले भाईको पार्टीमा नलाग्ने घोषणा गरेका हुन् । पार्टीले परिवारवाद नमान्ने घोषण गरेको केहीबेरमै रविका दाई हरिशरणले सामाजिक संजालमा स्ट्याटस लेखेका हुन् । उनले राजनीतिक रुपमा भाईले संचालन गरेको पार्टीमा नलाग्ने घोषणा समेत गरेका छन् । यस्तो छ स्ट्याटस प्रकाशित मिति : मंगलबार, आषाढ ०७, २०७९ | २१:२८:३५ दियो पोस्ट दियोपोस्ट अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । दियोपोस्ट प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
2022-12-06T11:54:53Z
https://www.diyopost.com/06/99036/
OSCAR-2301
उपचुनाव जिताएर पार्टी एकताको शुरुआत गरौँः देउवा | नेपाली पब्लिक उपचुनाव जिताएर पार्टी एकताको शुरुआत गरौँः देउवा | नेपाली पब्लिक नेपाली पब्लिक २०७६, ३१ श्रावण शुक्रबार १९:५० काठमाडाैँ – नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई आगामी मङ्सिरमा हुने उपचुनाव जिताएर पार्टी एकताको शुरुआत गर्न पार्टी पङ्क्तिलाई आह्वान गरेका छन्। पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले यहाँ आज आयोजना गरेको महाधिवेशन प्रतिनिधिको गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले पार्टीबाट जसले टिकट पाउँछ, त्यसलाई सबै मिलेर जिताउनुपर्नेमा जोड दिए। 'हाम्रो पार्टी दुई पार्टीजस्तो भयो, उनीहरु (एमाले र माओवादी) दुई पार्टी एक भए यो सत्य कुरा हो, अब पार्टी (काङ्ग्रेस) त्यस्तो हुनेछैन,' उनले भने, 'यो चुनावमा सबै एक भएर लाग्नुपर्छ, कुनै पनि हालतमा पार्टीलाई जिताउनुपर्छ, यहीँबाट नै पार्टीभित्र एकताको शुरुआत हुन्छ।' सरकारले प्रेस स्वतन्त्रता हनन गर्ने गरी मिडिया काउन्सिल विधेयक ल्याउन लागेको आरोप लगाउँदै पूर्वप्रधानमन्त्री देउवाले प्रेस स्वतन्त्रतामाथि प्रहार सरकारले नै गरेको छ, आफ्ना विरोधीलाई सरकारविरुद्ध लेख्न नपाउने गरी विधेयक ल्याउन खोजिएको बताए। स्वतन्त्रता, समानता, न्याय र बन्धुत्व काङ्ग्रेसको सिद्धान्त भएको उल्लेख गर्दै उहाँले प्रजातन्त्रसहितको समाजवादमा काङ्ग्रेस स्पष्ट रहेको बताए। सो अवसरमा काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली जनताले नेकपालाई आशा एवम् भरोसाका साथ दुई तिहाई बहुमत दिएकाेमा यतिखेर जनता निराश भएको आरोप लगाए। नेपाली जनताले भरोसाको केन्द्र खोजेको बताउँदै उहाँले जनताको त्यो चाहनालाई काङ्ग्रेसले पूरा गर्नुपर्ने बताए। पार्टीभित्रको गुटबन्दीले काङ्ग्रेसलाई कमजोर बनाउने बताउँदै उनले शेरबहादुर, रामचन्द्र कोही नभनी पार्टी भनेर लाग्न कार्यकर्तालाई आग्रह गरे। लोकतान्त्रिक पार्टी काङ्ग्रेसले आफूलाई पनि लोकतान्त्रिक बनाएर लैजानुपर्ने धारणा राख्दै उनले पार्टी अरुको कार्यसूचीमा संसद्मा हडताल गर्ने नभई आफ्नै कार्यसूची लिएर अघि बढ्नुपर्नेमा जोड दिए। प्रशिक्षणले पार्टीमा रहेका हिजोका कमजोरी हटाउँदै नवीन सोचका साथ सङ्गठनलाई अघि बढाउन महत्वपूर्ण योगदान दिने उनले विश्वास व्यक्त गरे। पार्टीका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले विगतमा पार्टीभित्रैबाट भएका घातप्रतिघातसमेतले पार्टीले नराम्रो पराजय भोग्नुपरेको बताउँदै आसन्न निर्वाचनमा त्यसबाट माथि उठ्दै सिङ्गो पार्टी पङ्क्ति एक भएर अघि बढ्नुपर्नेमा जोड दिए। अर्का केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले काङ्ग्रेसका लागि नयाँ चेतना आवश्यक भएको बताए। वि.सं. २००७ यताका हरेक परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको पार्टीले आगामी दिनमा पनि संविधान एवम् प्रजातन्त्रको रक्षार्थ आफूलाई सशक्त रुपमा अघि बढाउने उनको भनाइ थियो । पार्टीका पूर्वमहामन्त्री तारानाथ रानाभाटले धार्मिक एवम् सामाजिक सहिष्णुता कमजोर बनेको वर्तमान अवस्थामा पार्टीको भूमिका सशक्त हुनुपर्ने बताए। आसन्न उपनिर्वाचनमा पार्टीलाई सशक्त रुपमा परिचालन गर्दै विजय हासिल गर्नेतर्फ उन्मुख बन्नुपर्ने उनको भनाइ थियो । पार्टी केन्द्रीय सदस्य कमला पन्त, प्रष्ठिानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहाललगायतले पार्टी सङ्गठनलाई थप सशक्त बनाउन प्रशिक्षण बहुउपयोगी बन्ने धारणा राखे। कार्यक्रममा सभापति देउवाले नेत्रविक्रम चन्द समूह परित्याग गरी काङ्ग्रेसमा प्रवेश गरेका कार्यकर्तालाई पार्टी सदस्यता प्रदान गरे। सो अवसरमा प्रतिष्ठानद्वारा प्रकाशित पुस्तकको पनि लोकार्पण गरिएको थियो । प्रशिक्षण शनिबारसम्म चल्नेछ । (रासस)
2020/01/25 01:15:26
http://nepalipublic.com/archives/69005
mC4
तीतोपाटी डटकम-आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले ओमानलाई पराजित गरेको छ।आइतबार भएको खेलमा नेपालले घरेलु टिम ओमानलाई ७ विकेटले पराजित गरेको हो।लिग-२ मा ओमानसँग यसअघि लगातार तीन खेलमा पराजित भएको नेपालले चौथो खेलमा भने जित हात पार्न सफल भएको हो। आइतबार ओमानले दिएको १२२ रनको सामान्य लक्ष्य नेपालले ३ विकेटको क्षतिमा १८.२ ओभरमै पूरा गर्‍यो।नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरे। उनले नटआउट ५२ रन जोड्ने क्रममा ४६ बल खेलेर ४ चौका र २ छक्का प्रहार गरे। ज्ञानेन्द्रले लगातार दोस्रो अर्धशतक प्रहार गरेका हुन्। उनले अमेरिकाविरुद्धको अघिल्लो खेलमा ५५ रन जोडेका थिए।ओपनर कुशल भुर्तेल ६ रनमा आउट हुँदा आसिफ शेखले ४० रनको योगदान गरे। आसिफले ४४ बलमा ७ चौका प्रहार गरे।रोहित पौडेल ६ रनमा आउट हुँदा शरद भेषवाकरले नटआउट १ रन जोडे। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टिम ओमान ३७.१ ओभरमा १२१ रनमा अलआउट भयो।ओमानका लागि जीसन मक्सूदले सबैभन्दा बढी ४१ रन जोडे। करण केसीबाट बोल्ड हुनुअघि उनले ६६ बलमा २ चौका र १ छक्का प्रहार गरे। ओपनर जतिन्दर सिंहले १३ रन र नसीम खुसीले १२ रन बटुले। यस्तै कलीमुल्लाहले ११ रन जोडे। ओमानका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।बलिङमा नेपालका करण केसी र सन्दीप लामिछानेले ४-४ विकेट लिन सफल भए। करणले ८ ओभरमा १ मेडन राख्दा २५ रन खर्चिए।सन्दीपले ८.१ ओभरमा २ मेडन राख्दा १८ रन दिए। एकदिवसीय खेलमा पहिलो पटक बलिङ गरेका शरद भेषवाकरले २ विकेट लिन सफल भए।ओमानमा भइरहेको त्रिकोणात्मक सिरिजमा नेपालले चार खेलमा दुई खेलमा जित र दुई खेलमा हार बेहोर्‍यो। नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा नेपाल ओमानसँग ५ विकेटले नै हारेको थियो। तेस्रो खेलमा नेपालले अमेरिकालाई ४ विकेटले नतिजा सुम्पिएको थियो। लिग-२ को अंक तालिकामा नेपाल ८ खेलबाट ८ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ। नेपालले ८ मध्ये ४ खेलबाट जित र ४ खेलमा हार बेहोरेको छ।ओमान १३ खेलबाट २० अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको अमेरिकाको १५ खेलबाट १४ अंक छ। @सेतोपाटीबाट साभार September 19, 2021 9:59 pm | Ads, Top, अन्तर्राष्ट्रिय समाचार, खेलकुद, ट्रेन्डिङ, नेपालको समाचार, पत्रपत्रिका बाट, मुख्य खबर, राम्रो नेपाल
2021/10/22 16:21:51
https://titopati.com/2021/09/19/40650/
mC4
ऋतिक र सुजैनले पुनःविवाह गर्ने - samayapost.com ऋतिक र सुजैनले पुनःविवाह गर्ने समयपोष्ट २०७५ साउन ११ गते ६:४१ बलिउड स्टार ऋतिक रोशन र सुजैन खान पुनःविवाह गर्ने चर्चा चलेको छ । सन् २००० डिसेम्बर २० मा आफ्नी बचपनकी साथी सुजैनसँग विवाह गरेका ऋतिकले वैवाहिक सम्बन्धको १४ वर्षपछि सन् २०१४ मा आपसी समझदारीमा सम्बन्ध विच्छेद गरेका थिए । उनीहरुका दुई सन्तान ऋधन र ऋहन छन् । सम्बन्ध विच्छेद पछि पनि यो जोडी प्रायजसो सँगै देखिदै आएका छन् । आफ्नो सन्तानको खुशीका लागि विभिन्न समारोहमा सँगै देखिदै आएका उनीहरुले सम्बन्ध विच्छेद गरेको चार पछि वर्ष पछि पुनर्मिलन हुने कुराले अहिले स‌ंचारमाध्यममा स्थान पाएको छ । ऋतिक र सुजैनको मिलको समाचारले उनीहरुका फ्यानमा खुसीको संचार छाएको छ । सामाजिक स‌ंजालहरुमा कतिपयले उनीहरुको मिलनको कामनासमेत गरिरहेका छन् । केही समय अघि नायक ऋतिक रोसन र नायिका क‌ंगनाको सम्बन्धका बारेमा विवाद आएपनि सुजैनले आफ्ना पूर्व प्रेमीलाई पूर्ण समर्थन गरेकी थिइन् । दुवैजनाको एकअर्काको परिवारसँग राम्रो सम्बन्ध रहेको बताइएको छ । अहिले ऋतिक र सुजैन'सुपर ३' फिल्म निर्माणका लागि जुटेका छन् । उक्त फिल्मको रिलिज आउँदो जनवरीमा हुने बताइएको छ ।एजेन्सी
2021/06/24 03:46:22
https://www.samayapost.com/07/45287.html
mC4
कर्णालीमा आमसञ्चार प्रतिष्ठान स्थापना सम्बन्धी विधेयक मस्यौदा Nepalpatra कर्णालीमा आमसञ्चार प्रतिष्ठान स्थापना सम्बन्धी विधेयक मस्यौदा कर्णाली । कर्णाली प्रदेश सरकारले लामो समयपछि ऐनमार्फत सूचना प्रविधि तथा आमसञ्चार प्रतिष्ठान स्थापनाको तयारी गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशसभा सचिवालयमा यससम्बन्धी विधेयकको मस्यौदा दर्ता गराएको छ । गत वर्ष गठनादेशबाट प्रतिष्ठान स्थापनाको तयारी गरे पनि सरोकारवालाको दवाबपछि प्रदेश सरकार पछि हटेको थियो । सरकारले कानून बनाएर सूचना प्रविधि तथा आमसञ्चारको विकास गरी सर्वसाधारणसम्म पहुँच पुर्याउन, आमसञ्चार क्षेत्रका लागि अध्ययन, अनुसन्धान र प्रशिक्षणको व्यवस्था गर्न प्रतिष्ठान स्थापनाको अवधारणा ल्याएको हो । विधेयकमा प्रतिष्ठान स्वशासित र सङ्गठित संस्था हुने उल्लेख छ । प्रतिष्ठान परिषद्मा आन्तरिक मामिला तथा कानूनमन्त्री अध्यक्ष, प्रदेश योजना आयोग, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव सदस्य रहने प्रावधान राखिएको छ । परिषद्मा आमसञ्चार तथा सूचना प्रविधि क्षेत्रबाट सरकारले मनोनित गर्ने दुई जना र कार्यकारी निर्देशक रहने छन् । परिषद्को सदस्य सचिव तथा कार्यकारी निर्देशकका लागि ३० वर्ष पूरा भई ५८ वर्ष उमेर ननाघेको, स्नातक उत्तीर्ण तथा आमसञ्चार क्षेत्रमा १० वर्ष अनुभव प्राप्त व्यक्तिलाई सरकारले चार वर्षका लागि नियुक्त गर्ने प्रावधान राखिएको छ । कार्यकारी निर्देशकको पारिश्रमिक, सेवा–सुविधा र शर्त प्रदेश सरकारको दशौँ तहको निजामती कर्मचारीसरह हुनेछ । विधेयकमा प्रतिष्ठानले मन्त्रालयमार्फत प्रदेश सरकारसँग सम्पर्क राख्नुपर्ने, वार्षिक प्रतिवेदन मन्त्रालयमार्फत प्रदेश सरकारलाई पेश गर्नुपर्ने, सरकारले दिएका निर्देशन अनिवार्य पालना गर्नुपर्ने जस्ता प्रावधान राखिएको छ । नेपाल पत्रकार महासङ्घका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालले विधेयकमा स्वायत्त संस्था भनिए पनि त्यसका प्रावधान सरकारको नियन्त्रणमा रहने गरी संरचना निर्माण गर्न लागिएको बताए । "यो आमसञ्चार तथा पत्रकारिता क्षेत्रको स्कूल हो, यस्तो महत्वपूर्ण संस्थामा नेपाल पत्रकार महासङ्घको प्रतिनिधित्व छैन", उनले भने, "कार्यकारी निर्देशकको योग्यतासम्बन्धी प्रावधान पनि सच्याउनुपर्छ, यसमा नियुक्त हुने पदाधिकारी पत्रकारिता बुझेको, अध्ययन गरेको, पत्रकारलाई राम्रो प्रशिक्षित गर्नेदेखि प्रशासनिक ज्ञानमा पनि अब्बल हुनुपर्छ ।" त्यस्तै महासङ्घका पूर्वकेन्द्रीय कोषाध्यक्ष सूर्यमणि गौतमले प्रतिष्ठानमा पत्रकार महासङ्घको अनिवार्य प्रतिनिधित्व हुनुपर्ने बताए ।
2021/09/26 08:49:43
https://nepalpatra.com/information-communication/173529/
mC4
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मंगलबारबाट सबै प्रकृतिका मुद्दाको सुनुवाइका लागि पेसी तोकेका छन् । प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै आएका न्यायाधीशहरूलाई इजलास फर्काउनका लागि १५ कात्तिकदेखि बन्दी प्रत्यक्षीकरण रिट मात्रै पेसी तोकिँदै आएकोमा मंगलबारबाट भने नियमित प्रक्रियाका सबै मुद्दा पेसी सूचीमा राखिएको थियो । प्रधानन्यायाधीश राणाले नियमित मुद्दाको पनि पेसी तोके न्यायालयलाई विवादमा मुछ्ने काम गरेको भन्दै सर्वोच्चका न्यायाधीश विगत १७ दिनदेखि इजलास बहिष्कार गरेर आन्दोलनमा छन् । उनीहरूको आन्दोलन मत्थर बनाउने रणनीतिका साथ सुरुमा बन्दी प्रत्यक्षीकरण रिटको मात्रै पेसी तोकेपछि न्यायाधीश इजलास फर्किएका थिए । पछिल्लो समय प्रधानन्यायाधीश आफ्ना लागि इजलास तोके बन्दी प्रत्यक्षीकरण रिट पनि नहेर्ने अडानमा रहेका न्यायाधीशले मंगलबार बन्दी प्रत्यक्षीकरणमा मात्रै सुनुवाइ गरे । १४ कात्तिकमा आफूले सम्मानजनक बहिर्गमन चाहेको सन्देश जबराले पठाएपछि आन्दोलनरत न्यायाधीशले अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र मनोजकुमार शर्मा सम्मिलित वार्ता टोली बनाएको थियो । सो वार्ता टोलीसँगको छलफलपछि आफ्ना लागि इजलास नतोक्ने र अन्य न्यायाधीशका लागि बन्दी प्रत्यक्षीकरण रिट मात्रै तोक्ने सहमति भएपछि सोहीअनुसार १५ कात्तिकदेखि बन्दी प्रत्यक्षीकरण रिटका लागि मात्रै पेसी तोकिएको थियो । प्रधानन्यायाधीशले मंगलबार १० वटा इजलासमा २ सय ९८ मुद्दाको सुनुवाइ सूची राख्दा एउटा मात्र बन्दी प्रत्यक्षीकरण रिट रहेको थियो । बाँकी सबै नियमित प्रकृतिका मुद्दा थिए । बन्दी प्रत्यक्षीकरण रिट मात्रै हेरेका न्यायाधीशहरूलाई नैतिक दबाब दिने उद्देश्यले प्रधानन्यायाधीशले अब सबै प्रकृतिका मुद्दा सुनुवाइका लागि पेसी तोक्ने भएका छन् । आफ्ना लागि एकल इजलास राखेर मुद्दा नियमित हेर्ने रणनीति प्रधानन्यायाधीश राणाले बनाएका छन् । बन्दी प्रत्यक्षीकरण रिट मात्रै तोकिरहेका प्रधानन्यायाधीश राणाले एकाएक सबै प्रकृतिको मुद्दा तोक्नुले सहज रूपमा बहिर्गमन नहुने सन्देश दिएका छन् । राजीनामा नदिएपछि प्रधानन्यायाधीशलाई हटाउने दोस्रो विकल्प भनेको महाभियोग हो । दलहरूले महाभियोगको प्रस्ताव दर्ता नगर्ने निचोडमा पुगिसकेकाले पनि प्रधानन्यायाधीश आफूलाई कसैले हटाउन नसक्नेमा ढुक्क छन् । संवैधानिक प्रक्रियाबाट हटाउने विकल्प नभएपछि प्रधानन्यायाधीश राणा सडकबाट माग्दैमा राजीनामा नदिने स्पष्ट अडानमा छन् । यही अडानबीच प्रधानन्यायाधीश राणाले सुरुमा इजलास बहिष्कार गरेका न्यायाधीशहरूलाई विभिन्न विकल्प दिए । न्यायाधीशहरूले राजीनामा एक मात्रै विकल्प राखेपछि प्रधानन्यायाधीश राणाले आफ्नो रणनीति बदल्दै न्यायाधीशहरूलाई नैतिक दबाब सिर्जना गरेर इजलास फर्काउन चाहन्छन् । त्यसका लागि मंगलबारबाट सबै नियमित प्रक्रियाका मुद्दा सुनुवाइका लागि पेसी तोकेका छन् । लामो समयसम्म सर्वोच्चका न्यायाधीहरूले मुद्दा सुनुवाइ नफर्किए जनदबाब पनि सिर्जना हुने भएकाले प्रधानन्यायाधीश राणले सबै प्रकृतिको मुद्दाको पेसी चढाएका हुन् । मंगलबार मात्रै न्यायाधीशहरूले इजलास बहिष्कार गरेर मुद्दा सुनुवाइ नगरेको भन्दै सर्वोच्चको अदालतमा पीडितहरूले नाराबाजी सुरु गरिसकेका छन् । उता नेपाल बार एसोसिएसनसँग असहमति राख्दै कानुन व्यवसायी सबै न्यायाधीश इजलास बहिष्कार गरेको भन्दै माइतीघरमा छुट्टै आन्दोलन गरिरहेका छन् । नेपाल बारको आन्दोलनमा असहमत जनाउँदै अधिवक्ता तुलसी सिम्खडा प्रधानन्यायीशको बहिर्गमन सडकबाट नभई संवैधानिक प्रक्रियाबाट हुनुपर्ने तर्क राख्छन् । ‘प्रधानन्यायाधीशलाई बहिर्गमन गराउन संवैधानिक प्रक्रिया छ,’ अधिवक्ता सिम्खडाले भने, ‘संवैधानिक प्रक्रियाबाट यसको निकास खोजिनुपर्छ ।’ अहिले इजलास बहिष्कार गरेर आन्दोलनमा रहेका न्यायाधीशमध्ये वरिष्ठ न्यायाधीश दीपककुमार कार्की प्रधानन्यायाधीश राणाले तत्काल राजीनामा दिनुपर्ने पक्षमा छन् । अन्य न्यायाधीश भने बीचको बाटोबाट निकास खोज्नुपर्नेमा छन् । उनीसँगै न्यायाधीशहरू हरिकृष्ण कार्की, प्रकाशमानसिंह राउत, आनन्दमोहन भट्टराई भने जबराले तत्काल नेतृत्व छोड्नुपर्ने पक्षमा छन् । बन्दी प्रत्यक्षीकरण बाहेकका अन्य मुद्दा पनि हेर्ने पक्षमा न्यायाधीशहरू तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार चुडाल, नहकुल सुवेदी, मनोजकुमार शर्मा, प्रकाशकुमार ढुंगाना र टंकबहादुर मोक्तान छन् । न्यायाधीश सपना प्रधानमल्ल पनि बीचको बाटो निकाल्नुपर्ने पक्षमा रहेको एक न्यायाधीशले बताए । असंवैधानिक दबाबमा झुकेर राजीनामा दिन्नः प्रधानन्यायाधीश प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू असंवैधानिक दबाबमा झुकेर राजीनामा नदिने बताएका छन् । कानुन व्यवसायी हकहित संरक्षण तथा शुद्धीकरण अभियानको ज्ञापनपत्र बुझ्दै प्रधानन्यायाधीश राणाले राजीनामा नदिने अडान दोहो¥याएका हुन् । उनले आफू संवैधानिक प्रक्रियाबाट आएकाले संविधान र न्याय प्रशासन ऐनले दिएको अधिकार प्रयोग गरेर अदालत सञ्चालन गर्ने बताएका छन् । कानुन व्यवसायी हकहित संरक्षण अभियानका संयोजक तथा अधिवक्ता शिव अर्यालले न्यायाधीशको हड्तालका कारण इजलास नबसेको र जसको असर सेवाग्राही मर्कामा परेको भन्दै तत्काल इजलास सुचारु गर्न माग गर्दै प्रधानन्यायाधीश राणालाई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझेपछि प्रधानन्यायाधीश राणाले अब सबै इजलास निरन्तर चल्ने र असंवैधानिक कुनै पनि दबाब स्वीकार नगर्ने बताएका छन् ।राजधानी दैनिकमा खबर छ । Categories #पत्रपत्रिका सम्बन्धित पोष्टहरू पत्रपत्रिका, मुख्य समाचार कार्तिक-३०/२०७८, मङ्गलबार प्रेस स्वतन्त्रता सेनानी झा पुरस्कृत पत्रपत्रिका कार्तिक-२३/२०७८, मङ्गलबार कर्मचारीको उमेर हद ६० वर्ष बनाइँदै पत्रपत्रिका, मुख्य समाचार कार्तिक-१४/२०७८, आईतबार आमसञ्चार प्रशिक्षण प्रतिष्ठान चितवनमा स्थापना हुनुपर्ने माग पत्रपत्रिका कार्तिक-१२/२०७८, शुक्रबार नेपाल बार एसोसिएसनद्वारा प्रधानन्यायाधीश जबराविरुद्ध थप आन्दोलनको घोषणा पत्रपत्रिका कार्तिक-८/२०७८, सोमबार सडक सम्पर्क अवरुद्ध भएपछि मन्त्रीको निर्देशनमा आदेशको उडान, व्यवस्थापन भद्रगोल पत्रपत्रिका कार्तिक-५/२०७८, शुक्रबार सीके राउतका कार्यकर्ता अझै उच्छृंखल गतिविधिमा, खानेपानी कार्यालय प्रमुखलाई लछारपछार पत्रपत्रिका कार्तिक-४/२०७८, बिहिबार बेमौसमी विपत्तिले ८८ को मृत्यु पत्रपत्रिका असोज-२३/२०७८, शनिवार बाँदरले गरायो बैतडीमा उठिबास गाउँ नै छाडेर भारत पलायन पत्रपत्रिका असोज-२३/२०७८, शनिवार गैरसांसदलाई मन्त्री : ‘लोकतन्त्र मास्ने षड्यन्त्र’ सम्पर्कका लागि कोभिड-१९ पहिलो डोज खोपको लागि स्वैच्छिक आवेदन फारम कोभिड-१९ महामारी बिरुद्धको खोप लगाउनको लागि तलको लिङ्गमा गएर तपाईको आफ्नो विवरण यस फारममा भर्नुहोस र अरुको विवरण समेत भर्नको लागि आवस्यक भएमा सहयोग गर्नुहोस। तपाईको पुरा नाम, पुरा ठेगाना, जन्म मिति, पेशा, तपाईलाई कुनै स्वास्थ्य समस्या, शारीरिक अवस्था, इत्यादी बारे यस फारममा भर्नु पर्ने हुन्छ। https://vaccine.mohp.gov.np/ राजनीति आगमनखबर संवाददाता मङ्सिर-१८/२०७८, शनिवार राप्रपा महाधिवेशनः नेतृत्व चयनका लागि आज मतदान हुँदै मङ्सिर-१७/२०७८, शुक्रबार ताजा जनादेश नै सही विकल्प : अध्यक्ष ओली मङ्सिर-१७/२०७८, शुक्रबार आगामी निर्वाचनमा कांग्रेसलाई विजयी गराउनुपर्ने दायित्व सबैको काँधमा छ : सभापति देउवा मङ्सिर-१७/२०७८, शुक्रबार प्रधानन्यायाधीश जबरा घर फिर्ता देश–विदेश आगमनखबर संवाददाता मङ्सिर-१७/२०७८, शुक्रबार नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति मङ्सिर-१७/२०७८, शुक्रबार छिमेकी देश भारतमा नयाँ भेरिएन्ट ओमिक्रोन पुष्टि, नेपाल पनि जोखिममा मङ्सिर-१७/२०७८, शुक्रबार नयाँ भेरियन्ट ओमिक्रोन फैलिन थालेपछि नौ राष्ट्रबाट आउनेलाई नेपाल प्रवेशमा रोक मङ्सिर-१५/२०७८, बुधबार जापानले ओमिक्रोन भेरियन्टको कारण नयाँ आगमन उडान बुकिङ रोक्यो लेख रचना/कबिता आगमनखबर संवाददाता कार्तिक-१८/२०७८, बिहिबार महाकवि देवकोटाको जयन्तीमा काव्य गोष्ठी कार्तिक-१४/२०७८, आईतबार तिब्बती शरणार्थीको यथार्थ तस्विर हो ‘दुङाल’ कार्तिक-११/२०७८, बिहिबार खलाँती र शरीर असोज-१९/२०७८, मङ्गलबार विसं २०७७ को ‘शक्ति पुरस्कार’ द्वारा कवि श्रेष्ठ सम्मानित पत्रपत्रिका थप पत्रपत्रिका, मुख्य समाचार आगमनखबर संवाददाता कार्तिक-३०/२०७८, मङ्गलबार प्रेस स्वतन्त्रता सेनानी झा पुरस्कृत सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित … पत्रपत्रिका आगमनखबर संवाददाता कार्तिक-२४/२०७८, बुधबार मुद्दा सुनुवाइ नगरेको भन्दै पीडितद्वारा सर्बोच्च अगाडि नाराबाजी काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मंगलबारबाट सबै प्रकृतिका मुद्दाको सुनुवाइका लागि पेसी तोकेका छन् । प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै आएका न्यायाधीशहरूलाई इजलास फर्काउनका लागि … पत्रपत्रिका आगमनखबर संवाददाता कार्तिक-२३/२०७८, मङ्गलबार कर्मचारीको उमेर हद ६० वर्ष बनाइँदै काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले अध्यादेशबाट ल्याउन लागिएको सङ्घीय निजामती सेवा ऐनमा निजामती कर्मचारीको अवकाश उमेर हद ६० वर्ष कायम … पत्रपत्रिका, मुख्य समाचार आगमनखबर संवाददाता कार्तिक-१४/२०७८, आईतबार आमसञ्चार प्रशिक्षण प्रतिष्ठान चितवनमा स्थापना हुनुपर्ने माग चितवन। आमसञ्चार प्रशिक्षण प्रतिष्ठान चितवनमा स्थापना गर्ने मागसहित ११ बुँदे घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासङ्घ वाग्मती प्रदेशको प्रथम प्रादेशिक भेला आज सौराहामा सम्पन्न भएको …
2021-12-04T07:00:47Z
https://aagmankhabar.com/news/2021/11/10/30825/
OSCAR-2201
थाहा पाउनुहोस् कार्टुन चलचित्र यसरी बनाइन्छ डिसेम्बर 25, 2018 साइन्स इन्फोटेक 0 Comments कार्टुन चलचित्र कार्टुन चलचित्र बालबालिकामा एकदमै लोकप्रिय छ । मिकी माउस, डोनाल्ड डक, टिनटिन, पपया आदि कार्टुन चरित्रहरु विश्वमै प्रख्यात रहेका छन । यस्ता कार्टुन चलचित्रहरु कसरी बन्छन त ? यस्तो जिज्ञासा सबैमा जाग्न सक्छ । सिनेमाको विकास सन् १८९५ मा भएको हो भने कार्टुन सिनेमको विकास सन् १९०० को दशमा भएको मानिन्छ । सर्वप्रथम कार्टुन सिनेमा बनाउने काम वल्ड डिज्नेले गरेका थिए । डिज्नेले सन् १९३७ मा बनाएको संवादसहितको पहिलो कार्टुन सिनेमा 'स्नो ह्वाइट एन्ड दी सेभेन ड्वार्फस्' मा ४ लाख ७७ हजार चित्र प्रयोग गरिएका थिए । यो सिनेमाले खुब ख्याति कमाएका कारण सिनेमाको संवादलाई १३ विदेशी भाषामा अनुवाद गरिएको थियो । एउटा लगत्तै बनाएको अर्को चित्रमा थोरै अन्तर हुँदा त्यो चलेको अनुभव हुन्छ । त्यही चाललाई कार्टुन सिनेमा निर्माणमा प्रयोग गरिएको हुन्छ । जस्तो पहिलो चित्रमा हातमा अन्डा उठाइरहेको, दोस्रो चित्रमा हातबाट अन्डा छाडेको र तेस्रोमा जमिनमा खसेर फुटेको देखइएको छ । तीनै चित्रलाई एकपछि अर्को देखाए हातमा अन्डा खसेर फुटेको चाल स्पष्ट देखिन्छ । यसै चाललाई कार्टुन सिनेमाको प्रयोग गरिएको हुन्छ । एक सेकेन्डमा २४ वटा चित्र देखाउँदा कार्टुन सिनेमा चाल तयार हुन्छ । सिनेमाको भाषामा यी २४ चित्रलाई 'फ्रेम' भनिन्छ । यसरी हजारौं–लाखौँ फ्रेम जोडेर एउटा सिङ्गो कार्टुन सिनेमा निर्माण हुन्छ । आजकाल त चित्र कोर्ने काम कम्प्युटरहरूले गर्छन् । यस्तो विधिलाई एनिमेसन भनिन्छ । कागजमा चित्र बनाइन्छ भने कम्प्युटरमा वस्तु नै तयार हुन्छ । जस्तो : मान्छेको अगाडि र पछाडिको चित्र चाहिए कागजमा बेग्लाबेग्लै चित्र बनाउनुपर्छ । तर कम्प्युटरमा सिङ्गो मानिस तयार हुन्छ, अगाडि र पछाडि देखाउँदा घुमाउन मिल्छ । माथि भने जस्तै फ्रेमलाई कुनै किताबको पानाको पुच्छरमा टाँसेर किताबलाई फरर्र पल्छायो भने पनि कार्टुन सिनेमा जस्तो चाल देख्न सकिन्छ । एउटा पूरा कार्टुन सिनेमा तयार पार्न ती चित्रमा रङ, मानिसले बोलेरै भए पनि कुराकानी, अन्य गतिविधिका लागि थप आवाज राख्नु जूरी हुन्छ । कार्टुन चित्रहरू कथामा मात्र आधारित हुँदैनन् । यसमा मानिस, जनावर आदि पात्र हुन्छन् । चित्रमा मिल्दो मानिस छानेर उसको आवाज राख्ने गरिन्छ भने जनावरहरूको आवाजपनि सिनेमा बनेपछि भर्ने गरिन्छ ।
2019/06/27 07:23:25
https://scienceinfotech.com.np/2018/12/25/56798/
mC4
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले हेटौंडा क्षेत्रको विद्युत सेवा तिन दिन बन्द गर्ने भएको छ । प्राधिकरणले ६६ केभी हेटौडा–परवानीपुर प्रसारण लाइनमा नयाँ टावर थप गर्न र पुरानो कन्डक्टर बदली गर्नका लागि सेवा बन्द गर्न लागेको हो । नेपाल सरकार र प्राधिकरणको सयुक्त लगानीमा सञ्चालित यस डबल सर्किट प्रसारण लाइनको टावर नम्बर ३०२ देखि ३१० दुँदै टावर नम्बर ३१४ र ३१५ को बिचमा ५ वटा नयाँ टावर थप गर्नुपर्ने र पुरानो कन्डक्टर निकाली बढी क्षमताको कन्डक्टर तान्ने काम भएकोले सेवा बन्द गर्न लागिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सो काम सम्पन्न गर्न ९ दिन लाग्छ । काम गर्न लागिएको सेक्सनलाई अगल गरी अन्यत्र विद्युत प्रवाह गर्न जम्पर खोल्ने/लगाउने कार्यका लागि लाइनको सेवा ३० गते (बुधबार), २ गते (शनिबार) र ७ गते (बिहीबार) बन्द गरिनेछ । बुधबार (भोली) हेटौडा सबस्टेसनको परवानीपुर फिडर–१ र परवानीपुर सबस्टेसनको हेटौडा फिडर–१ र २ को सेवा बिहान ७ बजेदेखि १० बजेसम्म बन्द हुनेछ । यस्तै, २ गते (शनिबार) परवानीपुर फिडर–१ र हेटौडा फिडर–२ वाट वितरण हुने विद्युत सेवा बेलुका ३ बजेदेखि ५ बजेसम्म अवरुद्ध हुनेछ । असोज ७ गते (बिहीबार) परवानीपुर फिडर–१ र हेटौडा फिडर–१ र २ बाट वितरण भएको विद्युत सेवा दिउसो २ बजेदेखि ५ बजेसम्म बन्द हुनेछ । यस आयोजनाबाट सटडाउन अवधिभित्र गरिनुपर्ने सम्पूर्ण कार्यहरू सम्पन्न गर्न यथाशक्य प्रयास गरिने उल्लेख छ । सटडाउन अवधिभित्र गर्नुपर्ने कार्यहरू कठिन रहेकाले २ गते बेलुकी ५ बजेसम्म सम्पूर्ण कार्य सम्पन्न हुन नसकेमा मात्र प्रसारण लाइनको सटडाउन अवधि बढ्न सक्ने प्राधिकरणले जनाएको छ । साथै, जगदम्बा इन्टरप्राइजेजको भदौ ३० गते (बुधबार) देखि असोज २ गतेसम्म (३ दिन) र त्रिवेणी स्पिनिङ मिल्सको असोज ३ गतेदेखि ५ गतेसम्म (५ दिन) विद्यूत आपूर्ति बन्द हुनेछ ।
2021/09/21 17:39:49
https://urjakhabar.com/news/1409659756
mC4
नारायणीको कटानले एक दर्जन गाउँ जोखिममा | Nagarik Khabar - नेपाली जनताको खबर​ access_time२०७७ साल श्रावण १ गते, बिहीबार ०३:५९ PM chat_bubble_outline Comments folder_open समाज प्रदेश ३ कावासोती । मध्यविन्दु नगरपालिका–३, रतपुरमा नारायणी नदीको कटान तीव्र बनेसँगै यस क्षेत्रका करिब एक दर्जन गाउँ डुबानको जोखिममा परेका छन् । केही दिनयता रतपुरमा निर्माण गरिएका नदी किनारका ठोकर भत्काउने र जमिन कटानका कारण जोखिम बढेको स्थानीय योगमान चौधरीले बताए । "एघार कट्ठा जमिन थियो, आधा नारायणीले बगायो", चौधरीले भने, "बाँकी पनि क्रमशः काटिरहेको छ ।" यस क्षेत्रमा मात्रै नारायणी नदीका कारण करिब एक सय बिघा जग्गा बगरमा परिणत भएको ३, का वडाध्यक्ष अमरबहादुर महतोले बताए । पछिल्लोपटक रतनपुरमा भएको कटानले रतपुरसँगै, नन्दपुर, सेहरी, सीतापुर, भिउरान, तमासपुर, बरुवा, भडारालगायतका गाउँसमेत जोखिममा परेको छ । "रतनपुरमा कटान तीव्र रहेको छ, यहाँबाट नदीले धार परिवर्तन गरे करिब एक दर्जन बस्ती र सयौँ बिघा खेतीयोग्य जमिन बगर बन्नेछ", महतोले भने । चितवनतर्फको धार परिवर्तन हुँदै नदी नवलपुरको भागमा आउँदा कटान बढेको स्थानीय तोयनारायण महतोले बताए । रतनपुरमा नारायणी नदी साविकको बहाव क्षेत्रदेखि करिब तीन किलोमिटर नवलपुरतर्फ सरेको उनले बताए । यस क्षेत्रका सयौँ घरपरिवार नदीका कारण विस्तापित बनेका छन् । नदीको कटान बढेपछि गण्डकी प्रदेशसभा सदस्य रोशनबहादुर गाहा, जनकलाल श्रेष्ठ, संविधानसभा सदस्य जीवन श्रेष्ठसहित भीमलाल अधिकारीको टालीले कटान क्षेत्रको निरीक्षण गरेको छ । प्रदेशसभा सदस्य रोशनबहादुर गाहाले स्थानीय बजेटबाट मात्रै नदी नियन्त्रणको कार्य असम्भव भएकाले प्रदेश र सङ्घीय सरकारले यसको व्यवस्थापनमा लाग्नुपर्ने बताए । "कटान तीव्र छ, जोखिम बढ्दो छ, तत्काल नियन्त्रणको पहल आवश्यक छ, मैले गण्डकी प्रदेशका मुख्यमन्त्रीसमक्ष कुरा गरिसकेको छु", प्रदेशसभा सदस्य गाहाले भने । प्रदेशसभा सदस्य जनकलाल श्रेष्ठले गैँडाकोटदेखि त्रिवेणीसम्म नै बाँध निर्माण गर्न आवश्यक रहेको र यसका लागि प्रदेशसँगै संघीय सरकारले कदम चाल्नुपर्ने बताए ।
2020/08/06 00:51:48
https://nagarikkhabar.com/2020/7/42549
mC4
सल्यान । सल्यानमा रहेका एम्बुलेन्स चालकहरुलाइ आप्mनै घर जान रोक लगाएपछि उनिहरु निराश बनेका छन् । कोरोना भाइरस विरुद समाजसेवामा ज्यानको बाजी लगाएर लडी रहेको अवस्थामा समेत समाजले घृणा गरेपछि निराश बनेको सल्यान अस्पतालका एम्बुलेन्स चालक मुकेश थापाले गुनासो गर्नुभयो । उहाँले हामी एम्बुलेन्स चालकहरु कोरोना संक्रमितहरुलाइ सुरक्षा अपनाएर सेवा दिरहेका छौं,‘यस महामारीमा देश र समाजको सेवाका लागि अग्र पन्तिमा आफुलाइ राखेर कोराना विरुद्ध लडाइ लडिरहेका छौं तर हामीलाइ नत राज्य लेनै सम्बोधन गर्यो,नत समाजले नै सहज रुपमा बाँच्न दिएको छ ।’ घर जान बाट वन्चित भएका आफुलाइ व्यापारीले समेत घृणा गरेको उहाँ बताउनुहुन्छ ।‘केही सामान किन्न पसलमा गयौं भने कित पसलका सटर नै बन्द गरिन्छ कि भने सामाननै छैन भनेर टार्ने गरिएको छ उहाँले भन्नुभयो, अहिले त गाउँमा एम्बुलेन्स समेत पार्क गर्न दिइदैन।’उहाँले गाउँमा अग्रजहरुले हौसला दिनुको साटो दुरुत्साहित गर्ने र गाउँमानै जानबाट रोक लगाएकोमा आपत्ती जनाएका छन् । यस्तै दार्मा गाउँपालिकाका एम्बुलेन्स चालक तुल्सीराम बुढाथोकीले पहिले संगै बस्ने साथीहरुपनि अहिले बाटो काटेर हिड्दा पीडा हुने गरेको बताउनुहुन्छ ।गाउँपालिका नजिकै कोठा लिएर बस्ने गरेको बताउँदै उहाँले विगत डेढ महिना देखी घर नगएको बताउनुभयो ।‘अहिले समाजले हेर्ने दृष्टीकोणनै फरक छ उहाँले भने यस्को असर पपरिवारमा नपरोस भनेर घर गएको छैन् ।’ संयुक्त एम्बुलेन्स चालक संघ नेपाल ट्रेड युनियन सल्यानका अध्यक्ष यज्ञ बहादुर केसीले भन्नुभयो समाजले अहिले एम्बुलेन्स चालक प्रति हेर्ने दृष्टिकोणमा परिवर्तन आउनु स्वाभाविक रहेको बताउनुभयो ।उहाँले चालकहरुलाइ गाउँमा प्रवेश निशेध गर्नु स्वाभाविक रहेको बताउँदै अहिले कसैले पनि स्वास्थ्य प्रति खेलवाड गर्न नचाहने हुँदा यस्तो भएको बताउनुभयो । तर व्यापारी,व्यवसायी र जनप्रतिनिधिहरुले पनि यस्तो खालको व्यवहार नगर्न उहाँले अनुरोध गर्नुभयो । चालकहरुले अहिले समयमा खान समेत पाएका छैनन् उहाँले भन्नुभयो लामो दुरीमा जानु परेको समयमा एम्बुलेन्स चालकलाइ खाना त के पानी पनि कसैले दिंदैन् ।यस्तो समयमा दिभरी भोकभोकै समेत काम गर्नुको पीडा संगै अरुले गरेको व्यवहारले पनि थप पिडा हुँदो रहेछ उहाँले भन्नुभयो । कोरोना विरुद्द लागेका अन्य व्यक्त्ीहरुले थप सेवा सुविधा पाउने गर्छन तर हामीले त खै समयमा खान समेत पाउँदैनो यस्तो कुरामा सम्बन्धित सरोकारवालाको ध्यानाकर्षण हुन जरुरी रहेको उहाँको भनाइ छ । ट्रेड युनियनमा आवद्द १० जना एम्बुलेन्स चालक मध्ये अधिकाँशले पुर्णकालीन कर्मचारीको रुपमा समेत सेवा सुविधा न पाइ रहेको समयमा यस्तो समयमा थप भत्ताको समेत व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो । हाल सल्यानमा १७ वटा एम्बुलेन्स रहेकोमा नेपाल रेडक्रस सोसाइटीको एम्बुलेन्स विग्रिएको अवस्थामा रहेको छ भने १६ वटा एम्बुलेन्स संचालनमा रहेका छन् । यता प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेलले समाजमा गलत अफवाहहरु बढी फैली रहेका कारण यस्तो व्यवहारहरु देखिएको बताउनुभयो । उहाँले समाजका सबै व्यक्तीलाइ यो कुरा बुभ्mन अलि समय लाग्ने बताउनुभयो । एम्बुलेन्स चालकहरुको हकमा उनिहरुलाइ समान विक्रि वितरण गर्दैमा कोरोना सर्दैन,उहाँले भन्नुभयो,सावधानी अपनाएर अन्य सरह व्यवहार गर्नुनै मानवता हो ।तर यदि आगामी दिनमा यस्तो व्यवहार गरेको पाइएमा सम्बन्धित पालिका प्रमुखसंग समन्वय गरेर खबरदारी गर्ने उनले बताए । उनले यो समयमा सबै एकजुट भएर कोरोनाको त्रास भन्दा पनि सचेतनाको बारेमा बढी प्रचार प्रसार गर्ने समय रहेको बताउनुभयो । प्रकाशित मिति: २८ जेष्ठ २०७७, बुधबार २१:५९ प्रतिक्रिया Coverkhabar ताजा खबर सल्यानमा अर्गानिक उत्पादनका लागि टनेलमा तरकारी खेती त्रिवेणि गाउँपालिकाले टनेल निर्माणका लागि प्लास्टिक बांड्दै सल्यान, १५ मंसिर । पछिल्लो समय मानिसहरु आफ्नो स्वास्थ्यप्रति अलि सजग भएको देखिन्छ । जसका कारण बजारमा अर्गानिक
2022-12-01T22:45:37Z
https://coverkhabar.com/local-level/5360/2020/06/10/
OSCAR-2301
Topnepalnews.com | गोसाईकुण्ड सहकारी सँस्थाको अठारौ साधारणसभा सम्पन्न गोसाईकुण्ड सहकारी सँस्थाको अठारौ साधारणसभा सम्पन्न Posted on: November 02, 2019 | views: 2340 बट्टार । सहकारीको रुपमा स्थापना भएर लघुवित्त एंव बीमा कम्पनी सरह सेवा दिदै आएको गोसाईकुण्ड सहकारी सँस्था लिमिटेडको अठारौ साधारणसभा तथा सातौ अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । विदुर नगरपालिका वडा नं. २ बट्टारमा कार्यालय रहेको सहकारीको आज सम्पन्न साधारणसभा तथा अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै सहकारीको सेवालाई अझ बृहत्त बनाएर आबद्ध शेयर सदस्यको आर्थिक अबस्था बलियो बनाउनेमा जोड दिएको छ । साधारण सभामा वर्तमान अध्यक्ष भुवलनलाल राजभण्डारीले पेश गरेको बार्षिक प्रतिवेदन अनुसार सहकारीले नुवाकोटभर छरिएका शेयर दुई हजार १५६ शेयर सदस्य मार्फत एक करोड ६९ लाख रुपैयाँ शेयर पुँजी संकलन गरेको उल्लेख गरिएको छ । सहकारीले सम्पन्न आर्थिक वर्षसम्ममा १० करोड १९ लाख रुपैयाँ बचत गरेको छ भने १० करोड ६६ लाख रुपैयाँ कर्जा प्रवाह गरेर सहकारीको आर्थिक अबस्थालाई मजबुद बनाएको छ । सहकारीले रेमिटेन्स, निर्धन उत्धान कार्यक्रम, स्वरोजगार कर्जा लगानी, सदस्यता राहत लगायतका कार्यक्रम मार्फत आबद्ध भएका सदस्यको जिविकोपार्जनमा प्रत्यक्ष सहयोग पु-याएर उनीहरुको आर्थिक अबस्थालाई बलियो बनाउदै अघि बढेको उल्लेख गरिएको छ । सहकारीको कोषाध्यक्ष दिपकराज सिलवालको आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक धुव्रप्रसाद अर्यालले पेश गरेको लेखा समितिको प्रवेदनलाई साधारण सभाले सर्वसम्मत रुपमा पास गर्दै सहकारीको अहिलेको भूमिका प्रशंसनीय रहेकाले यसलाई आगामी दिनमा अझ प्रभावकारी रुपमा अघिबढाउन जोड दिइएको छ । सहकारीले चालु आर्थिक वर्षदेखि नै आबद्ध हुने सदस्यता विस्तार गर्ने, कर्जा र लगानीलाई उत्पादनमूलक क्षेत्रमा प्रथामिकता दिने, महिलाको नेतृत्व तथा घरेलुउद्यममा लगानी बढाउनको लागी प्रथामिकतामा राख्न निर्णय गरेको व्यवस्थापक हरिबंश ढकालले जानकारी दिनुभएको छ । सहकारीले उत्कृष्ट बचतकर्तामा राधा श्रेष्ठ, ऋणीमा रितादेवी तामाङ–राईलाई सम्मान गरेको छ । यसैगरी, समूहतर्फ पहिलो भएको दक्षिणकाली निर्धन उत्थान समूह, दोश्रो भएको शिवशक्ति निर्धन उत्थान समूह र तेश्रो भएको जालपादेवी निर्धन उत्थान समूह 'क'लाई प्रशंसापत्र प्रदान गरेर सम्मान गरेको छ । सहकारीको आजै भएको अधिवेशनले अहिले उपाध्यक्ष रहनुभएका इन्द्रबहादुर पण्डितको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन गरेको छ । सहकारीको उपाध्यक्षमा मणिकलाल श्रेष्ठ, सचिवमा रामकृष्ण राजभण्डारी र कोषाध्यक्षमा दिपकराज सिलवाल चयन हुनुभएको छ । सदस्यहरुमा राजेन्द्र प्याकुरेल, लक्ष्मी प्रधान, रामकृष्ण रिमाल, सुन्तली श्रेष्ठ र गंगालाल श्रेष्ठ रहनुभएको छ । यसैगरी, लेखासमितिको संयोजकमा धुव्रप्रसाद अर्याल र सदस्यहरुमा होमनाथ घिमिरे र सबिना खड्का रहनुभएको छ । ऋण उपसमितिको सदस्यमा गोपिनी केसी र जुना कुमारी डंगोललाई सर्वसम्मत चयन गरिएको छ । सहकारीको साधारणसभाको अवसरमा विदुर नगरपालिको प्रमुख सञ्जु पण्डित सहित जिल्लाको विभिन्न सहकारी सँस्थाको प्रतिनिधि, निर्वाचित जनप्रतिनिधि एंव वित्तिय क्षेत्रका सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।
2020/12/03 04:09:13
http://topnepalnews.com/economy/13770
mC4
सत्यको खोजी नगर्दासम्म र दोषीलाई कारवाही नहुञ्जेल न्यायको अनुभूति कसरी गर्ने ? – इन्सेक सत्यको खोजी नगर्दासम्म र दोषीलाई कारवाही नहुञ्जेल न्यायको अनुभूति कसरी गर्ने ? हेमनाथ पोखरेल, पाल्पा, रैनादेवी गाउँपालिका–२ छहरा गङ्गा माध्यमिक विद्यालय, रैनादेवी पाल्पामा प्रध्यानाध्यापकको रुपमा अध्यापन गर्ने मलाई २०६१ साल माघ १६ गते तत्कालिन विद्रोही नेकपा माओवादी पक्षले घरबाटै अपहरण गरी जङ्गलमा घुमाउँदै विभिन्न किसिमका यातना दिएर कुटपिट गरी ढुङ्गाले हानेर दुवै गोडा भाँचिदिए । गोडा माथिबाट ढुङ्गाले हिर्काएर दुवै गोडा भाँचिदिए । कुटपिट गरेर मर्‍यो भनी फालेर हिँडेपछि परिवारले खोज्ने क्रममा अचेत अवस्थामा भेटेर परिवारले उपचार गर्‍यो । कुटपिटको कारण अहिले आँखा कमजोर भएको छ । शरीर दुखेर केही गर्न सक्दिनँ । अहिलेसम्म राज्यले केही पनि सहयोग गरेको छैन । पीडितको सूचीमा छु तर उपचार समेत पाइनँ । सरकारले म जस्ता शारिरीक तथा मानसिक यातना पाएका द्धन्द्ध पीडितहरुको विषयमा वास्ता नगर्दा एकदमै बेचैन हुन्छु । आफ्नो दुःख गरेर खाने व्यक्तिलाई 'सुराकी'को आरोपमा धेरै यातना दिए । शरीरको कुनै भाग थिएन कुटाइ नखाएको । मर्‍यो भनेर फालेको मान्छे अहिले पटकपटक मरेर बाँचिरहेको छु । सरकारले म जस्ता पीडितको पीडामा मल्हम लगाइदिन पर्‍यो । औषधि उपचार गर्नु पर्‍यो । हामीलाई यस्तो अवस्थामा पुर्‍याउने व्यक्तिलाई कानुनको दायरामा ल्याउनु पर्‍यो । देवीसरा वली, बर्दिया, बारबर्दिया नगरपालिका–१ हावाले झ्याल ढोकामा आवाज आउँदा पनि मेरो मान्छे आएको हो की भन्ने लाग्छ । बाहिर आएर हेर्छु । कतै देवी भनेर बोलाउनु हुन्छ की ? भनेर । खै ! आज यतिका वर्ष भयो उहाँ फर्केर आउनु भएन । ०५९ साल पुस ७ गते तत्कालीन राज्यपक्षबाट बेपत्ता पारिएका मेरा पतिको अवस्था बेखबर छ । मेरा पतिको अवस्था के छ ? कम्तीमा सार्वजनिक त गर । मरेका भए लास देऊ ज्यूँदो भए सास देऊ । हामी कहिलेसम्म यसरी तडपिएर पटकपटक मरेर बाँचिरहने सरकार ? घरको कमाउने मुली मान्छे नहुँदा कति गार्‍हो भएको होला विचार त गरिदेउ सरकार ! सानासाना छोराछोरीलाई कहिलेसम्म तिम्रो बाबु बेपत्ता हुनुहुन्छ भन्ने ? घरको मुली मान्छे नहुँदा कति पीडा खेप्नु परेको होला हाम्रो रोदन त सुनिदेउ ? बैङ्कमा ऋण लिन धितो राखेर केही गरौँ भन्दा पनि आफ्नो नाममा केही छैन । समाजले हेर्ने कुदृष्टि र परिवारले गर्ने अपहेलना पनि खेप्नु परिरहेको छ । सरकार कहिलेसम्म यस्तो अवस्था म जस्ता पीडितले सहन गरिरहनुपर्छ । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग अहिलेसम्म हाम्रो आयोग बन्न सकेन । बेपत्ता आयोग आफैँ बेपत्ता छ । मलाई लाग्दैन यो आयोगले म र म जस्ता पीडितलाई न्याय दिन्छ । राज्यबाट हालसम्म किस्ताबन्दीमा १० लाख रुपियाँ पाएँ । राज्यले हाम्रो सम्मान हुने खालको काम गर्नुपर्छ हाम्रा मान्छेको अवस्था सार्वजनिक गरी परिवारको जान्न पाउने अधिकारको सुनिश्चितता गर्नुपर्छ । पीडितको नाममा गरिने राजनीतिककरण बन्द गरिनुपर्छ । हाम्रो मान्छेको नाममा बाटोघाटो, स्मारक वा पार्क बनाएर सम्मान गर्ने काम गर्नुपर्छ । सबैभन्दा ठूलो कुरा सत्यको खोजी गर्नुपर्छ । पीडकलाई कानुनको दायरामा ल्याइनुपर्छ । अनि मात्र न्यायको अनुभूति गर्न सकिन्छ । हेमन्त बेल्बासे, अर्घाखाँची, शितगङ्गा नगरपालिका २०६५ सालमा तत्कालिन विद्रोही नेकपा माओवादीले मेरो ४६ वर्षीय बुबा मिनप्रसाद बेलवासेको हत्या गर्‍यो । घरमा खाना खाँदै गर्दा घरमै आएर एकछिन काम छ भनी लगेर सुराकीको आरोप लगाएर गोली हानेर क्षतविक्षत पारी हत्या गर्‍यो । मेरो बुबा गाविस सचिव हुनु हुन्थ्यो । अहिलेसम्म मेरो बुबाको हत्या गर्ने 'हत्यारा' हाम्रै वरिपरि घुमिरहेको छ । मेरा बुबाको हत्याराको विषयमा किटानी जाहेरी दिँदा पनि सार्वजनिक गर्न नसक्नुले हामी पीडितलाई सारै पीडित बनाएको छ । पटकपटक आयोग बने तर पीडितमैत्री आयोग बन्न सकेनन् । आयोगले पीडितको पक्षमा केही गर्छ जस्तो लाग्दैन । सत्यको खोजी गर्ने काम भन्दा पनि पीडितको पीडालाई पटकपटक बल्झाउने काम गरिरहेको छ । हामी कहिलेसम्म यसरी सत्यको खोजीमा भौँतारिइरहने सरकार ? सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्‍यो तर त्यो आयोग पीडितमैत्री हुन सकेन । त्यो आयोगले सत्यको खोजी गर्छ भन्ने पनि विश्वास छैन । जुन आयोगमा पीडितको प्रतिनिधित्व नै छैन त्यो आयोगले कसरी पीडितको पीडा बुझ्न सक्छ ? सरकारले पटकपटक गरी १० लाख रुपियाँ दिएको छ । अहिले स्थानीय सरकारले सालिक बनाउँदै छ । स्थानीय तह केही सम्वेदनशील छ तर प्रदेश र सङ्घीय सरकार त्यत्ति सम्वेदनशील नभएको अनुभूति भइरहेको छ । सीता जिसी, पाल्पा, तानसेन नगरपालिका–७ ०५७ सालमा तत्कालिन विद्रोही पक्षले मेरो पतिको हत्या गर्‍यो । लमजुङमा नेपाल प्रहरीका सई हुनु हुन्थ्यो । ड्युटीमा गएको बेला आक्रमण गरी छियाछिया पारेर मारे । त्यतिखेर छोरा तीन वर्ष र छोरी डेढ वर्षकी थिइन् । अहिलेसम्म उनीहरूलाई सम्हालेर बसेकी छु । हामीलाई पहिचान सहितको परिचय पत्र चाहियो । मेरा पतिलाई शहीद घोषण गरियोस् । हामीलाई न्याय दिने बेलामा राजनीतिकरण भइरहेको छ । यस्तो अवस्था हामीले भोग्नु नपरोस् । राजनीतिकरण गर्दा झन् पीडा हुन्छ । राज्यले सबै शहीद र बेपत्ता पारिएका व्यक्तिको परिवारको नाममा गर्ने व्यवहारले बदलाको भावना जागृत नहुने वातावरण निर्माण गर्नुपर्छ । मैले पति गुमाएको छु मेरा जेठाजुलाई बेपत्ता पारिएको छ । अहिलेसम्म अवस्था के हो जान्न पाउने हाम्रो अधिकार कुण्ठित भएको छ । राज्य किन हाम्रो पीडामा सम्वेदनशील भएन ? सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले हामी पीडितको लागि केही गर्लान् भन्ने आशा छैन । यी आयोग 'कागलाई बेल पाक्यो हर्ष न विस्मात !' भने जस्तै हो । हामीले छोराछोरीलाई बाबा खोई भन्दा के जबाफ दिने ? नयाँराम खडका–बर्दिया, ठाकुरबाबा नगरपालिका ०५७ साल चैत २६ गते साँझ घरमा बसिरहेको थिएँ । तत्कालिन विद्रोही नेकपा माओवादीका कार्यकर्ता आएर केही सोध्नु छ भनेर बाहिर लगे । केही पर लगेर डोरीले बाँधे मलाई लैजानेमा धेरैजसो महिलाहरू थिए । हातगोडा बाँधेर लात्तिले सम्वेदनशील अङ्गमा कुटपिट गरे । म भुइँमा ढलेपछि फलामका रड प्रहार गरी दुवै गोडा भाँचिदिए । कुटपिट गरेर मर्‍यो भनेर नजिकैको कुलोमा फालिदिए । मुखमा टेप लगाइदिएकाले बोल्न र चिच्याउन पनि सकिनँ । गाउँकै एक जना केटीले मलाई व्यक्तिगत रिसिइवीको कारणले यस्तो व्यवहार गरिन् भन्ने लागेको छ । अहिलेपनि एउटा गोडामा रड राखेको छ । कम्मर दुखेर एकछिन बस्न सक्दिनँ । सरकारबाट अपाङ्गताको प्रतिशत निर्धारण गरेपछि ८० प्रतिशत अपाङ्गताको परिचय पत्र पाएको थिएँ । पछि राज्यले घटाएर ५५ प्रतिशत बनाएको थियो । अपाङ्गताको कार्ड महिला विकास कार्यालयले दिएको थियो । पछि कार्ड खोसियो । राजनीतिकरण भयो । राज्यले नै यसरी विभेद गर्‍यो । हाम्रो छोराछोरीलाई योग्यता अनुसार रोजगारीको व्यवस्था गरिदिनु पर्‍यो । हाम्रा लुटिएको सम्पत्ति फिर्ता दिनु पर्‍यो । मेरो साढे तीन तोला सुन, १२ तोला चाँदी, पानसोनिक रेडियो र २५ हजार भरतीय रुपियाँ लुटिएको थियो त्यो सबै फिर्ता दिनु पर्‍यो । म औषधि नखाइ केही गर्न सक्दिन निःशुल्क औषधि उपचार राज्यले बिना शर्त गर्नुपर्छ र मलाई यो अवस्थामा पुर्‍याउनेलाई कानुनी दायरा ल्याएर कारबाही गर्नुपर्छ अनिमात्र न्यायको अनुभूति गर्न सकिन्छ । अशोक सोडारी, बर्दिया बारबर्दिया नपा–२ ०५८ साल मङ्सिर २६ गते तत्कालिन विद्रोही नेकपा माओवादीले व्यापारी शुभबहादुर जिसीलाई आक्रमण गरे । त्यही दिन राति १२ बजेको समयमा मेरो घरमा आएर ढोका हाने बुबा बिरामी हुनुहुन्थ्यो बुबाले ढोका खोल्नुभयो । उनीहरूले अशोक खै भने म भित्र थिए उनीहरूले मलाई धकेलेर आँगनमा फाले । बुटले छातीमा हाने । मङ्सिरको चिसो महिना दुवै गोडा र हात पछाडि लगेर डोरीले बाँधे, मुखमा पट्टी बाँधेर घोप्टो पारेर बञ्चराले हान्दै सुराकीको आरोपमा कुटपिट गरेर नालीमा फालेर गएँ रातभरी त्यो चिसोमा नालामा मुढो पल्टिए झै पल्टिए । अहिले मेरो एउटा गोडा छैन । दाहिने गोडा कृत्रिम राखेको छु । शरीर दुखेर रातभर सुत्न सक्दिनँ । अहिले यस्तो अवस्था भयो उतिखेर औषधि उपचार गरेको पैसा तिर्न सकेको छैन । अहिलेसम्म ढुक्कले आफ्नो घरमा जान सकेको छैन । फेरि पनि मार्छन् की भन्ने डर लाग्छ । अहिले अपाङ्गता भत्ता मासिक १ हजार ६ सय रुपियाँ पाएको छु । अब केही समयपछि ८५ प्रतिशतका दरले भत्ता पाउने भनेको छ । त्यो पाएपछि नै भनौँला । सरकारले हाम्रो अवस्था यस्तो गराउनलाई हदैसम्मको कारबाही गर्नुपर्छ । मेरो घर सम्पत्ति सबै लुटिएको छ । म विस्थापित भए । मेरो सम्पत्ति फिर्ता हुनुपर्छ । सरकारले सत्यको खोजी गर्ने आयोग गठन गरेपनि त्यो आयोगले पीडितमैत्री काम गर्न सकेको छैन ।सरकारले अब हामी जस्ता द्वन्द्व पीडितहरूको पीडालाई सम्बोधन गर्न जति ढिला भयो त्यो अझ बढी झाङ्गिँदै जान्छ त्यसैले पीडितको आत्मसम्मान गर्दै सत्यको खोजी गरी न्याय निरुपण गर्नुपर्छ । रामरतन चौधरी, बाँके, राप्ती सोनारी गाउँपालिका–४ म सहायक प्राविधिकको रुपमा काम गर्थे । २०५७ साल फागुन ३ गते कार्यालयबाट घर आएको थिएँ । घरमा बसिरहेको अवस्थामा तत्कालिन विद्रोही नेकपा माओवादी कार्यकर्ताहरूले मलाई दुईतिरबाट पेस्तोल देखाएर घरपरिवारलाई भित्र थुने र बाहिरबाट चुक्कल लगाइदिए । सुराकीको आरोप लगाउँदै कुटपिट गरिरहे । गर्धनको हड्डी भाँचिदिए । मैले के गल्ती गरेँ ? भन्दासमेत उनीहरूले मलाई कुटपिट गरिरहे म बाहिर चिच्याइ रहेँ । मेरो परिवारका सदस्यहरू भित्रबाट चिच्याइ रहे । मैले मलाई पानी देउ भनेँ । दिएनन् । मार भनेँ । उनीहरूले गोडा बाँधेर खुकुरी घाँटीमा राखेर कुटदै गोडा समाएर काठमा घोप्टो पारेर सुताएर १५–१६ पटक हानेको याद छ । घरपछाडि लगेर पल्टाइ दिएछन् । म बेहोस भएछु । भोलिपल्ट सबैको सहयोगमा अस्पतालसम्म लगियो । ६ वर्षसम्म अस्पतालको बास भयो । भएको सबै सम्पत्ति पनि लुटियो, कब्जा गरियो अहिलेसम्म फिर्ता पाएको छैन । ६ वर्षसम्म अस्पतालको बास हुँदा निकै खर्च लाग्यो । द्वन्द्व पीडितको सबै कागजातहरू बाँके जिल्ला प्रशासनमा बुझाएको सबै मेरा कागजातहरू हराइ दियो । मेरो सबै प्रमाण हराएपछि खोज्दै जाँदा इन्सेक नेपालगञ्जमा भोला महतले इन्सेकले गरेको अभिलेखका आधारमा अहिले प्रमाण जुटाउनको लागि पहल गरिरहेको छु । २१ वर्ष भयो । आजका दिनसम्म मैले सरकारबाट केही सहयोग पाएको छैन । एउटा गोडा गुमाएको छु । पिटाइ र यातनाले सोच्न सक्ने शक्ति गुमेको छ । बिर्सने बानी छ । शरीर दुःखेर र सुन्निएर बस्न सुत्न सक्दिनँ । सरकारले मेरो निःशुल्क उपचार गर्नुपर्छ । मेरो लुटिएको सम्पत्ति फिर्ता गर्नुपर्छ । घरलाई ध्वस्त पारियो । त्यसको क्षतिपूर्तिको व्यवस्था गर्नु पर्छ । ६ वर्षसम्म अस्पतालको बास हुँदाको खर्च र पीडाको मापन कसरी गर्ने ? सरकारले यति धेरै खर्च लगाएर सत्य निरुपण तथा मेलमिलाप आयोग गठन त गर्‍यो हामी पीडितका लागि के गर्‍यो त्यो सत्य आयोगले ? सरकारले हामी जस्ता पीडित र घाइतेहरूको निःशुल्क उपचार र हाम्रा बालबच्चाहरूको उच्च शिक्षाको व्यवस्था गर्नु पर्‍यो । क्षमता अनुसारको रोजगारीको व्यवस्था गर्नु पर्‍यो । व्यवसायका लागि अनुदानको व्यवस्था गर्नु पर्‍यो । कृषि र पशुपालनका लागि यान्त्रिक सामग्रीहरू उपलब्ध गराउनु पर्‍यो । र, हाम्रो यस्तो हालत गर्नेलाई हदैसम्मको सजाय गरियोस् । अनिमात्र हामीले केही हदसम्म न्यायको अनुभूति गर्छौँ । हामी माथि यति ठूलो जघन्य अपराध गर्ने अपराधि माथि पीडितको इच्छा अनुसारको कानुनी कारबाही भएमा मात्र हामीले न्यायको अनुभूति गर्छौँ ।
2022/06/30 15:50:35
https://inseconline.org/np/view-point/%E0%A4%B8%E0%A4%A4%E0%A5%8D%E0%A4%AF%E0%A4%95%E0%A5%8B-%E0%A4%96%E0%A5%8B%E0%A4%9C%E0%A5%80-%E0%A4%A8%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%A6%E0%A4%BE%E0%A4%B8%E0%A4%AE%E0%A5%8D%E0%A4%AE-%E0%A4%B0/
mC4
जुविल्याण्ड इलाइट एकाडेमीले विविध कार्यक्रम गरी वार्षिक उत्सव मनायो - Nayabulanda.com जुविल्याण्ड इलाइट एकाडेमीले विविध कार्यक्रम गरी वार्षिक उत्सव मनायो नयाँ बुलन्द १४ मंसिर २०७६, शनिबार २०:३७ 210 पटक हेरिएको इलाम : समाजमा भइरहेका विकृति विसङगति , विकासमा हुने ढिलासुस्तिी , वातावरण प्रदुशन ,विषादीको प्रयोग बारे विद्यार्थीहरुले व्यङ गरेका छन । नाटक मार्फत अभिनय गरी समाजमा हुने नकारात्मक गतिविधी बारे उनीहरुले प्रष्ट पारेका हुन । इलाम सदरमुकाम स्थित जुबिलेट इलाइट एकाडेमीको वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा सोही विद्यालयमा अध्ययनरत विद्यार्थीले मानव आफ्नै कारणले वातावरणमा अस्रर पुर्याएको , विकासमा हुनेगरेको ढिलासुस्ती ,अनियमितता , विषादीको प्रयोगका कारण पनि मानव नै भएको भन्दै सचेत गराएका छन । वार्षिक उत्सवका अवसरमा दुई दिन संचालन गरिएको कार्यक्रममा शनिबार नाटक सहित साँस्कृतिक गीत तथा नृत्य, वातावरण सम्बन्धी गीत प्रस्तुत गरिएको थियो । उत्सवको पहिलो दिन आध्यात्मिक कुरा समेत जोड्न वेद वाचन , खेलकुदमा भलिबल , टेबलटेनिस , तेक्वान्दो , उसु , चेस प्रतियोगिता संचालन भएका थिए । प्रतियोगितामा विजेता विद्यार्थीलाई प्रमाणपत्र तथा ट्रफी मेडल प्रधान गरिएको जनाइएको छ । वार्षिक उत्सव कार्यक्रमको अवसरमा दुर्ई जना विद्यार्थीलाई विद्यालयको सर्वाकृष्ट छर्नौट 'ब्लु कोट' प्रदान गरेको छ । शिक्षा , अनुशासन , बानी व्यवहार , अतिरिक्त क्रियाकलापको आधार साथै विद्यालयका स्टाफ तथा विद्यार्थीको भोटको आधारमा छनौट गरी दुइजना विद्यार्थीले 'ब्लु कोट' ट्रफि र प्रमाण पत्र प्रदान गरिएको छ । २०७५ को अस्मिता गुरुङ्ग र २०७६ को जोस्निला खड्काले 'ब्लु कोट' सम्मान प्राप्त गरेका छन । रहेका छन् । सम्मानित विद्यार्थीलाई विद्यालयले छात्रावृद्धि दिने व्यवस्था गरेको छ । हरेक वर्ष उत्कृष्ठ एक जना विद्यार्थीलाई 'ब्लु कोट' होल्डरको रुपमा छनोट गर्दै आएकोे प्रिन्सपल भुषान्त सुब्बाले बताए । बच्चाको व्यत्तिगत विकास गर्न शिक्षाले मात्र सम्भव नहुने भएकोले बानी व्यवहार , स्वास्थ्य , सकारात्म सोच विचार , समाजसँग घुलमिल हुन र अतिरिक्त गतिविधीमा विद्यार्थीलाई सामेल गराउने उदेश्यले विद्यालयले विभिन्न गतिविधी गदै आएको सुब्बाले बताए । ' किताबी ज्ञान मात्र नभई समय परिस्थिती अनुरुप जिउन साथै बौदिक र खुशी बन्न विद्यार्थीलाई पेरित गर्न कार्यक्रम संचालन गर्दै आएका छौ ' सुब्बाले भने । विद्यालयले तयार गरिएको डसविन कार्यक्रमको अवसरमा प्रर्दशन गरिएको छ । विद्यालयले निमार्ण गरेको डसविनलाई इलामको पर्यटकीय क्षेत्रमा राख्ने तयारी रहेको विद्यालयले जनाएको छ । कार्यक्रम विद्यालयका निर्देशक दिपराज आङदेम्बेको अध्यक्षता तथा इलाम स्थित कालीध्वज गणका मेजर रवि अधिकारीको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा धर्म गौतम , डम्बर सुवेदी , पुर्णप्रसाद गौतम , बीर बहादुर खड्का , होम दुलाल , मोहन सिंह थेबे लगायतले मन्तव्य राखेका थिए ।
2020/01/19 18:08:51
https://www.nayabulanda.com/2019/11/30/37974
mC4
पशुपति आर्यघाटमा अहिलेसम्म ६५० को दाहसंस्कार - Enepalese.com पशुपति आर्यघाटमा अहिलेसम्म ६५० को दाहसंस्कार इनेप्लिज २०७२ वैशाख २१ गते १२:२३ मा प्रकाशित काठमाडौँ, २१ वैशाख । यही वैशाख १२ गते गएको भूकम्पमा परी निधन भएकामध्ये हालसम्म पशुपति आर्यघाटमा ६५० जनाको दाहसंस्कार गरिएको छ । दैनिक १५ देखि २० वटा शव जलाइँदै आएको आर्यघाटमा भूकम्पको पहिलो दिन साँझ मात्रै ५० वटा शव जलाइएको आर्यघाटमा दाहसंस्कारको काम गर्दै आएका यज्ञप्रसाद अधिकारीले जानकारी दिनुभयो । विगत २२ वर्षदेखि आर्यघाटमा शव जलाउँदै आएका काठमाडौँको मूलपानी घर भएका अधिकारीका अनुसार आर्यघाटमा सबैभन्दा बढी शव जलाइएको इतिहासमै यो पहिलो पटक हो । "दिनमा दुईवटासम्म शव जलाएको थिए तर वैशाख १२ गते भूकम्पमा परी मृत्यु हुनेहरूको शव जलाउँदा कतिजनासम्म जलाइयो भन्ने यकिन नै भएन । यति धेरै शव जलाएको पहिलो पटक हो । पुराना पाकाहरूसँग बुझ्दा पनि इतिहासकै बढी शव अहिले आर्यघाटमा जले,"–उहाँले भन्नुभयो । विगत १४ वर्षदेखि शव जलाउने काम गर्दै आउनुभएका पुष्पराज पौडेलको अनुभव पनि अधिकारीको जस्तै रह्यो । भूकम्प गएको १२ देखि १५ गतेसम्म शव जलाउन आर्यघाटमा भ्याइनभ्याई भएको उहाँले बताउनुभयो । पौडेलका अनुसार तीनदिनसम्म शव चित्ता नपुगेर बगरभरी नयाँ चित्ता बनाएर रातभर शव जलाएको थियो । पशुपति आर्यघाटमा सामान्यतया दैनिक २५ वटासम्म शव जलाउने गरिएको छ । मृतकको सङ्ख्या बढी भएकाले पशुपतिको किरियाघरमा किरियापुत्री बस्ने ठाँउ पनि अभाव भएको छ । करिब ५० जनाको क्षमता भएको उक्त घर अहिले खचाखच छ । पशुपति आर्यघाटमा २७ जना शव जलाउने कार्यमा खटिने गरेको आर्यघाट व्यवस्थापन समितिले जनाएको छ । आर्यघाटमा जम्मा ११ वटा शव जलाउने चिता छन् तीमध्ये एक विशिष्ठ व्यक्तिहरूको मात्र शव जलाइन्छ ।
2021/12/07 08:24:30
https://www.enepalese.com/2015/05/19382.html
mC4
eHimalayatimes | स्वास्थ्य र शैली | फैलिँदै स्वास्थ्य बीमा 22nd July | 2019 | Monday | 5:46:10 PM फैलिँदै स्वास्थ्य बीमा पार्वती थापामगर POSTED ON : पुष ११, २०७५ (६:५४ AM) गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न सरकारले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको छ । आम नागरिकको स्वास्थ्य उपचारमा पहुँच सहज बनाउने उद्देश्यले सरकारले राष्ट्रिय स्वास्थ्य बीमा नीति २०७१ लागू गरी सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति गठन गरेको थियो । आर्थिक वर्ष २०७२÷७३ मा कैलाली, बाग्लुङ र इलामबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम हालसम्म ३६ वटा जिल्लामा विस्तार भइसकेको छ । हालसम्म १४ लाख परिवारले स्वास्थ्य बीमा गरिसकेका छन् । बीमितमध्ये १० प्रतिशतले सेवा लिइसकेका छन् । स्वास्थ्य बीमा लागू भएका जिल्लाहरू कैलाली, बाग्लुङ, इलाम, बैतडी, अछाम, पाल्पा, कास्की, म्याग्दी, भक्तपुर, चितवन, तनहूँ, जुम्ला, गोरखा, मकवानपुर, जाजरकोट, बर्दिया, सुर्खेत, रोल्पा, सिन्धुली छन् । यस्तै सुनसरी, झापा, सोलुखुम्बु, खोटाङ, भोजपुर, रामेछाप, महोत्तरी, प्युठान, अर्घाखाची, पूर्वी रुकुम, पश्चिम रुकुम, रौतहट, बाजुरा, कपिलवस्तु, बझाङ, पर्सा, कालीकोटलगायत छन् । चाँडै थप ११ जिल्लामा स्वास्थ्य बीमा विस्तार हुँदैछ । उक्त जिल्लाहरू संखुवासभा, मोरङ, धनुषा, सिरहा, स्याङ्जा, बाँके, मुगु, हुम्ला, डोल्पा, कञ्चनपुर र दार्चुला हुन् । स्वास्थ्य सेवा विभागका वरिष्ठ जनस्वास्थ्य प्रशासक तथा सूचना अधिकारी डा. भुवन पौडेलका अनुसार यी जिल्लामा स्वास्थ्य बीमा विस्तारको तयारी पूरा भइसकेको छ । चालु आर्थिक वर्ष २०७५÷७६ मै उक्त जिल्लामा पनि स्वास्थ्य बीमा विस्तार भइसक्नेछ । गरिबीको रेखामुनि परेकालाई गरिबी परिचय पत्र उपलब्ध गराएर सरकारले ती परिवारहरूलाई निःशुल्क स्वास्थ्य बीमा गराएको छ । हाल गरिबी परिचयपत्र बाडिएका जिल्लाहरू खोटाङ, भोजपुर, रौटहट, रामेछाप, तनहूँ, गोरखा, बाग्लुङ, बर्दिया, रोल्पा, रुकुम, जाजरकोट, जुम्ला, कैलाली र अछाम छन् । बीमामा आबद्ध भएका २ लाख ९६ हजार ७३४ गरिब परिवारमध्ये ३२ हजार ६४० परिवारले स्वास्थ्य बीमाबाट उपचार सेवा लिएका छन् । अति गरिब परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था छ । गरिबी परिचयपत्र पाएका मध्ये हालसम्म २ लाख ६९ हजार १४८ परिवार स्वास्थ्य बीमा कार्यक्रममा समेटिएका छन् । यस्तै महिला, बालबालिका र अपांगता भएका व्यक्तिहरूका लागि विशेष छुटको व्यवस्था गर्न छलफल भइरहेको छ । अपांगता भएका व्यक्तिहरूका लागि स्थानीय निकायले बीमा गर्न सहयोग गरिरहेकाले उनीहरूका लागि स्वास्थ्य बीमा निःशुल्क गर्ने तयारी छ । सरकारले चालु आर्थिक वर्षभित्रमा देशैभर स्वास्थ्य बीमा विस्तार गरिसक्ने लक्ष्य राखेको थियो । तर परिवारहरूले स्वास्थ्य बीमा गर्नुको उद्देश्यबारे राम्ररी बुझाउन नसक्दा लक्ष्य पूरा नहुने देखिएको छ । जनचेतनाको कमीले स्वस्थ्य बीमा विस्तारमा कठिनाइ भएको डा. पौडेलको भनाइ छ । विभागले जनचेतनाको कार्यक्रम पनि चलाएको छ । विस्तारै आम नागरिकमा स्वास्थ्य बीमाको विषयमा जनचेतना बढ्दैछ । आगामी दुई वर्षभित्रमा देशैभर स्वास्थ्य बीमा लागू भइसक्ने विभागको भनाइ छ । एक परिवारले स्वास्थ्य बीमाका लागि वार्षिक २५ सय रुपैयाँ बुझाउनुपर्छ । यति रकम तिरेर बीमा गर्नुको महŒव बुझाउन समय सोचेभन्दा बढी समय लागेको बुझाइ स्वास्थ्य सेवा विभागको छ । कतिपय परिवारले बीमा गरेर आफूलाई चाहिएको समयमा गुणस्तरीय सेवा पाइने हो कि होइन भनेर सोच्ने गरेका छन् । गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकार संरक्षण गर्न र स्वास्थ्य बीमाबाट बीमितको आर्थिक जोखिम न्यूनीकरण गर्न स्वास्थ्य बीमा गरिएको हो भन्ने बुझाउन आवश्यक देखिएको विभागका अधिकारीको भनाइ छ । नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवालाई नेपाली नागरिकको 'मौलिक हक' को रूपमा प्रत्याभूत गरेको छ । कैलालीबाट स्वास्थ्य बीमा सुरु गर्दा कार्यक्रमको महŒव बुझाउन कठिनाइ भएको थियो । विभागले यसलाई एउटा चुनौतीका रूपमा लियो । यसैअनुसार चेतनामूलक कार्यक्रम चलाइएको छ । सबै नागरिरको स्वास्थ्य बीमा गराइउने सरकारी नीति छ । वार्षिक २५ सय प्रिमियम रकम तिर्न नसक्नेलाई निःशुल्क गराई स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने प्रयास गरेको छ । अति गरिबको शतप्रतिशत, गरिबको ७५ प्रतिशत र सीमान्तकृत गरिबको ५० प्रतिशतसम्मको प्रिमियम सरकारले तिरिदिने व्यवस्था छ । आर्थिक वर्ष २०७४÷७५ मा स्वास्थ्य क्षेत्रमा ३१ अर्ब ७८ करोड बजेट विनियोजन भएकोमा स्वास्थ्य बीमाका लागि ६ अर्ब छुट्याइएको थियो । अस्पतालमा सेवाग्राहीले सेवा लिन थालेपछि खर्च विवरण देखिने डा. पौडेल बताउँछन् । गत वर्ष बीमाका लागि ५८ करोड रकम उठेको छ । सरकारले बाँकी ३० जिल्लामा बीमा विस्तारको कार्य अगाडि बढाएको छ । सन् २०२२ सम्म नेपालको स्वास्थ्य क्षेत्रमा सुधारात्मक परिवर्तन ल्याउने सरकारको नीति छ । स्वास्थ्य सेवा विभागका सूचना अधिकारी डा. पौडेलका अनुसार स्वास्थ्य बीमा कार्यक्रम निकै प्रभावकारी र उपचारमा पहुँच पु¥याउन निकै महŒवपूर्ण भए पनि सबै परिवारलाई बीमा गराउन चुनौतीपूर्ण छ । स्वास्थ्य सेवाको गुणस्तरको समस्या देखिएको छ । सरकारी अस्पतालका फार्मेसीहरूमा सबै औषधि उपलबध नहुनु समस्याका रूपमा देखापरेको छ । गरिब परिवारमा जनचेतना कमजोर भएकाले बीमा कार्यक्रमबाट लाभान्वित हुन सकेका छैनन् जबकि उनीहरू बढी लाभान्वित हुनुपर्ने थियो । अहिले शिक्षित व्यक्ति थलै परेपछि मात्रै अस्पताल आउने प्रवृत्ति छ । स्वास्थ्य बीमा हरेक व्यक्तिको स्वास्थ्यमा आइपर्ने जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सुरु गरिएको भए पनि कुरा बुझाएर विस्तार गर्न चुनौतीपूर्ण बनेको छ । स्वास्थ्य बीमा कार्यक्रम लगू भएका मध्ये सबैभन्दा बढी प्रभावकारी पाल्पा र कास्कीमा देखिएको थियो । स्वास्थ्य बीमा गर्दा पाँचजनासम्मको परिवारले वार्षिक २५ सय रुपैयाँ बुझाउनुपर्छ । यस्तो परिवारले वार्षिक ५० हजारसम्मको निःशुल्क उपचार सेवा लिन पाउँछन् । पाँचजनाभन्दा बढी भएको परिवारले एकजना बराबर थप ४२५ बढी रुपैयाँ बुझाएर बीमा गर्न सक्छन् । यस्तो परिवारमा थप एक सदस्यको १० हजार रुपैयाँका दरले सुविधा थपिन्छ । यो सुविधाको अधिकतम सीमा एक लाख रुपैयाँ छ । सरकारले स्वास्थ्य सेवामा पहुँच बढाउन प्रयास गर्दै आएको छ । यस्तै प्रयासमध्येको हो स्वास्थ्य बीमा कार्यक्रम । नेपालको संविधान २०७२ ले प्रत्याभूत गरेअनुसार सरकारले हाल सर्वसाधारण तथा मूलतः लक्षित वर्गलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्दै आएको छ । यसमा आमा सुरक्षा, आङ खस्ने रोगको उपचार तथा लक्षित वर्गका लागि विशेष स्वास्थ्य सेवाका कार्यक्रम सञ्चालित छन् । मुटुरोगसम्बन्धी रोग, मिर्गौलासम्बन्धी रोग, क्यान्सर, पक्षघात, स्पाइनल इन्जुरी, अल्जमाइर, सिकलसेल एनिमिया, टाउकोको चोटपटक र पार्किन्सस लगायत आठ प्रकारका कडा प्रकृतिका रोगको उपचारमा सरकारले केही अनुदान उपलब्ध गराउँदै आएको छ । यी रोगमा १ लाख रुपैयाँसम्म अनुदानको व्यवस्था छ । मिर्गौलासम्बन्धी रोगमा डायलाइसिस निःशुल्क छ । उमेर ७५ वर्षमाथिका ज्येष्ठ नागरिक र १५ वर्षमुनिका बालबालिकालाई मुटुको उपचार निःशुल्क हुने व्यवस्था छ । देशैभर ७० प्रकारका औषधि सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क उपलब्ध हुन्छ ।
2019/07/22 12:01:10
http://ehimalayatimes.com/health-life/29324
mC4
भीषण हावाहुरीबारे मौसमविद् अन्योलमा - Everest Dainik - News from Nepal भीषण हावाहुरीबारे मौसमविद् अन्योलमा काठमाडौं, चत १९ । बारा र पर्साम आइतबार आएको भूमरीसहितको भीषण हावाहुरी कस्तो प्राकृतिक विपद् हो भन्नेमा मौसमविद् नै अन्योलमा परेका छन् । ठुलो जनधनको क्षति हुने गरी आएको हावाहुरीको प्रकृति र नामबारे उनीहरु अलमलमा परेका हुन् । 'हावाहुरी कस्तो प्रकृतिको थियो यसलाई के नाम दिने भन्नेमा हामी अन्योलमा छौँ । यसमका लागि हामीले तथ्यांक (डाटा) मगाएर अध्ययन गर्नुपर्ने हुन्छ,' मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् सुजन सुवेदीले भने, 'यो असामान्य हावाहुरी हो भन्ने निष्कर्षमा चाहिँ हामी पुुगेका छौं।' यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ।
2020/09/18 19:20:05
https://everestdainik.com/2019/04/244767/
mC4
माधव नेपाल ओलीविरोधी गठबन्धनबाट अलग्गिए « रिपोर्टर्स नेपाल माधव नेपाल ओलीविरोधी गठबन्धनबाट अलग्गिए काठमाडौं, २८ असार । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित उनको खेमा प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी गठबन्धनबाट आजबाट अलग भएको छ । आज कोटेश्वरमा गठबन्धनको बैठकमा नेपालले आफू आजबाट गठबन्धनबाट अलग भएको जानकारी गराएका हुन् । नेपाल निकट नेता रघुजी पन्तले गठबन्धनको उद्देश्य प्रतिनिधि सभा पुनःस्थापना भएकाले त्यो पूरा भएकोले अब आफूहरु नरहने बताए । संविधानको रक्षाका लागि गठबन्धन बनेको र त्यो पूरा भएकोले अब आफूहरु पार्टी एकताका लागि केन्द्रित हुने बताए । एमाले वरिष्ठ नेता माधव नेपाललाई उनकै खेमाबाट गठबन्धनबाट अलग हुन दबाब परेको थियो । तर, उनले अन्तिम समयसम्म चट्टाने अडान लिएका थिए । जसका कारण संसद पुनःस्थापना भई देउवालाई प्रधानमन्त्री बन्ने बाटो खुलेको थियो । अब नेता नेपाल गठबन्धनबाट अलग भएपछि नयाँ राजनीतिक परिस्थिति विकास भएको छ । देउवालाई ३० दिनभित्र विश्वासको मत लिनुपर्नेमा कठिन हुने देखिएको छ । माधव नेपाल पक्षका २३ सांसद समेत गरी १४६ सांसदको देउवालाई समर्थन प्राप्त थियो । अब २३ सांसद घटेपछि देउवाको पक्षमा १२३ सांसद मात्र पुग्ने भएको छ । बहुमतका लागि देउवालाई थप ११ सांसद आवश्यक पर्छ । जसपाले साथ दिएमा मात्र उनले बहुमत प्राप्त गर्न सक्नेछन् । अर्काको नाममा प्रहरी जवानको परिक्षा दिने चार जना पक्राउ डोटी, साउन १६ । अर्काको नाममा मौखिक परीक्षामा सामेल भएका चारजनालाई प्रहरीले पक्राउ गरेको छ काठमाडौं, साउन १६ । भारतको विभिन्न स्थानबाट दुई वर्षदेखि अभिभावकसँग सम्पर्कविहीन रहेका पाँच बालकको उद्धार काठमाडौं, १५ साउन । नेपालमा वैदिक शिक्षाको प्रचारप्रसारमा योगदान गरेको भन्दै डा. दीपकप्रकाश बाँस्कोटालाई सम्मान
2021/07/31 06:21:57
https://www.reportersnepal.com/2021/07/566236
mC4
हिमाल खबरपत्रिका | 'हामी एकनम्बरमै रहन्छौं' 'हामी एकनम्बरमै रहन्छौं' नेपालमा सबैभन्दा ठूलो कारोबार र नाफा गर्ने सरकारी व्यावसायिक संस्था नेपाल टेलिकम्युनिकेसन कम्पनी (एनटीसी) व्यवस्थापकीय समस्याका कारण ओरालो लाग्ने अड्कलबाजी चलिरहेको बेला कम्पनीले सर्वोत्कृष्ट करदाताको सम्मान पायो। निजी क्षेत्रका प्रतिस्पर्धीको चर्को चुनौती र ग्राहकहरूको बाह्रमासे गुनासोका बीचबाट कम्पनीलाई अघि बढाउने दायित्व बोकेका छन्, प्रबन्ध निर्देशक (एमडी) अमरनाथ सिंहले। २०६५ सालमा एमडी नियुक्त सिंहले आउँदो असोजमा तेस्रो कार्यकाल पूरा गर्दैछन्। हिमाल सँगको कुराकानीमा उनले संस्थाको राम्रो भविष्यका लागि रणनीतिक साझ्ोदारको अपरिहार्यतालाई धेरै कोणबाट उठाए। सार्वजनिक खरीद ऐन अनुसार हिंड्नु पर्दा टेलिकमको गति सुस्त भएर निजी कम्पनीहरू भन्दा पछाडि परिने हो कि भन्ने चिन्ता पनि जनाए। साझ्ोदार ल्याएको अवस्थामा पदावधि छँदै कुर्सी छाड्नुपर्ने भए पनि ३५ वर्ष सेवा गरेको संस्थाको चमक कायम राख्न सक्दा आउने आनन्द केही दिन बढी एमडी हुँदाको भन्दा धेरै बढी हुने बताउन हिच्किचाएनन्, सिंह। नेपाल टेलिकमका सबल र दुर्बल पक्ष के के हुन्? आम नेपालीको विश्वास र भरोसा टेलिकमको सर्वाधिक सबल पक्ष हो। हामीसँग मोबाइल, पीएसटीएन ल्याण्डलाइन, सीडीएमए, भीस्याट फोन, एडीएसएल इन्टरनेटलगायतका विविध सेवा प्रदान गर्ने पूर्वाधार र क्षमता छ। द्रुत गतिको इन्टरनेट वाईम्याक्स पनि शुरू गरेका छौं। हाम्रो सेवा ७५ वटै जिल्लाका ३ हजार ९१५ गाविसमा पुगेको छ। सेवाग्राहीको संख्या ८० लाख नाघेको छ। कम्पनीमा परिणत भएको नौ वर्षमा पनि कर्मचारीहरूमा पुरानो एकाधिकार बजारको मानसिकता बदलिन नसक्नु हाम्रो दुर्बल पक्ष हो। सेवा प्रवाह र गुनासोको सुनुवाई राम्रो भएन भन्ने ग्राहकहरूको असन्तुष्टिको कारण यही हो। अर्को कुरा, टेलिकम सरकारी निकाय भएकाले यसले सार्वजनिक खरीद ऐनको पालना गर्नुपर्छ। यसले गर्दा निजी क्षेत्रका प्रतिस्पर्धीले जस्तो ग्राहक लक्षित कुनै काम निर्णय लगत्तै गर्न सक्दैनौं। अरूले हजार भन्दा कम कर्मचारीबाट देशभर सेवा दिएका बेला झ्ण्डै ६ हजार कर्मचारी पालेर बस्नु एनटीसीको दुर्बल पक्ष होइन? हामी कम्पनीमा परिणत हुने बेलासम्म पीएसटीएन ल्याण्डलाइन फोन र करीब ७० हजार मोबाइल वितरण भएको थियो। भीस्याट अत्यन्त कम थियो भने सीडीएमए र एडीएसएल छँदै थिएनन्, तर कर्मचारी ४ हजार ९०० थिए। हामी कम्पनी भएपछि बजारमा निजी क्षेत्रका प्रतिस्पर्धी थपिए, हाम्रा पनि थुप्रै नयाँ सेवा विस्तार भए। अहिले एनटीसीमा ५ हजार ७०० कर्मचारी छन्। हामीले ८०० कर्मचारी थपेर यो स्तरको सञ्जाल विस्तार गरेका छौं। टेलिकम सरकारी स्वामित्वको संस्था भएर पनि राजस्व बुझ्ाउन किन आनाकानी गर्दैछ? दूरसञ्चार नवीकरण शुल्क भन्न खोज्नुभएको हो भने हामी दूरसञ्चार प्राधिकरणले दिएको रोडम्याप अनुसार नै चलिरहेका छौं। प्राधिकरणले विशेष गरी एनसेललाई संकेत गरेर हामीलाई लेखेको पत्रमा प्रष्टसँग निजी क्षेत्रका अरू सेवा प्रदायकले तिरेको तीन महीनामा उक्त शुल्क बुझ्ाउन भनेकाले पहिला उसले तिरोस् भनेर बसेका हौं। अन्तर्राष्ट्रिय कलको गेट–वे शुल्क घटाउने प्राधिकरणको निर्देशन नि! त्यो नियमित भइरहने प्रक्रिया हो। अन्तरआवद्धता शुल्क क्रमशः घटिरहेको छ। नियामकको रूपमा प्राधिकरणले भनिरहेको र त्यस बमोजिम हामीले क्रमशः घटाउँदै लगेको अवस्था हो। टेलिकमको नाफा वृद्धिदर पनि घटिरहेको छ, हैन? म २०६५ सालमा प्रबन्ध निर्देशक हुँदा वार्षिक मुनाफा रु.५ अर्ब ९४ करोड थियो, गत आर्थिक वर्षमा रु.१३ अर्ब ७० करोड भयो र चालु आर्थिक वर्षको पहिलो तीन महीनामा रु.३ अर्ब ६३ करोड देखिएको छ। यस अनुसार यो वर्ष रु.१४ अर्बभन्दा बढी नाफा हुन्छ। हामी दिगो नाफामा छौं। नाफाको दिगो वृद्धिदरमै संस्थाको भविष्य निर्भर हुन्छ, चामत्कारिक वृद्धिमा होइन। अर्को कुरा, लाइन थपिएपछि प्रतिलाइन मुनाफा घट्छ, तर विदेशबाट आउने कल बढेकाले अन्तर–प्रशासनिक आम्दानी बढ्दैछ। हाम्रोसामु सेवा विस्तारसँगै सबल वित्तीय अवस्थामा रहने चुनौती छ। उच्च स्थानमा कायम रहन कुनै पनि कम्पनीले यस्तो चुनौती सामना गर्नुपर्छ। त्यसोभए, टेलिकमलाई निजी क्षेत्रका प्रतिस्पर्धीको डर छैन? सरकारको बढी हिस्सा भएको पब्लिक लिमिटेड कम्पनीका सीमा र आचारसंहिता हुन्छन्, चाहे जसरी हिंड्न सकिंदैन। र पनि, टेलिकमको जस्तो प्रगति अरू पब्लिक कम्पनीको छैन। प्रक्रिया लामो र झ्न्झ्टिलो भए पनि दिगो योजनाका साथ नयाँ 'प्रडक्टहरू' ल्याएर नेपालको दूरसंचार क्षेत्रमा अग्रणी छौं। हाम्रो भीएलआर (भिजिटर लोकल रजिष्ट्रेसन) लगभग बराबर छ, अर्थात् जति सीमकार्ड वितरण गरेका छौं ती सञ्चालनमा छन्। सही समयमा, सही निर्णय लिएर, सही व्यवस्थापन गर्न सकेकैले टेलिकम निरन्तर यो स्थानमा छ। भर्खरै मात्र ठूलो करदाताको सम्मान पायौं। हामीले यो एकनम्बर स्थान 'नेपाल टेलिकम डुब्न लाग्यो', 'यसको भविष्य छैन' भन्ने जस्ता हल्लाहरूकै बीचमा लिएका हौं। तैपनि सेवाको गुणस्तरबारे उपभोक्ताको गुनासो घटेको छैन! वार्षिक १२–१४ लाख लाइन मोबाइल वितरण गरिरहेको टेलिकमले उपभोक्ताका गुनासाहरू बिर्सेको छैन। सेवामा समस्या भएका काठमाडौंका ३० भन्दा बढी ठाउँ पहिचान गरेर समाधान थालिएको छ। भीडभाड र मेलाहरूमा मोबाइल टावरको व्यवस्था गरेका छौं। नयाँ बस्ती बसेका ठाउँमा टावर थप्दैछौं। राजधानी बाहिरका समस्या सुल्झाउन पनि लागिपरेका छौं। पूर्व–पश्चिम राजमार्गमा त एनटीसीको मोबाइल लाग्नै छाडेको छ नि! हामीले पूर्व–पश्चिम राजमार्गका सबै ११४ हाराहारी गाविसमा जीएसएम र सीडीएमएमध्ये एउटा न एउटा फ्रिक्वेन्सीले काम गरोस् भनेर पूर्वाधार विकास गर्‍यौं। तर, आवश्यकता संस्थाको कदमले भेट्न मुश्किल पर्ने गरी बढेको छ। लामो कानूनी प्रक्रिया पूरा गरेर काम गर्नुपर्ने भएकाले केही क्षेत्रमा जनताको अपेक्षा अनुरुप सुधार नभएको हो। यो अवस्थामा निजी कम्पनीहरूसँग मूल्य प्रतिस्पर्धामा टेलिकम खरो उत्रिन सक्ला? जनतालाई छनोटको अधिकार हुने भएकाले मूल्यको प्रतिस्पर्धा हुन्छ, तर यो सजिलो 'इस्यु' होइन। सन् १९९६ मा भारतमा प्रति मिनेट टेलिफोन शुल्क भारु १६ थियो, अहिले १० देखि ३५ पैसा छ। तर यसबाट कम्पनीहरूलाई लगानी उठाउन हम्मे परेर शुल्क बढाउनुपर्ने आवाज सरकारी कम्पनी बीएसएनएलले नै उठाउन थालेको छ। टेलिकममा टेण्डर, खरीद लगायतका प्रक्रियामा हुने भ्रष्टाचारको चर्चाबारे के भन्नुहुन्छ? हामीले अवलम्बन गरेको पूर्णतः पारदर्शी र सामूहिक निर्णय प्रणालीमा एउटा विभागीय प्रमुख वा प्रबन्ध निर्देशकले चाहेर पनि बदमासी गर्न सक्दैन। केन्द्रीय कार्यालयलाई सामान चाहिंदा पनि चार नायव महानिर्देशकको समितिमा खरीद प्रस्ताव जान्छर समितिले सही ठहर्‍याए मात्र अगाडि बढ्छ। निर्देशनालय र शाखा कार्यालयहरूमा पनि सामूहिक निर्णय हुन्छ। आरोप लगाउनेहरूले प्रमाण पनि दिए राम्रो होला। रणनीतिक साझेदार ल्याउने चर्चा सेलायो हैन? म भदौ २०६६ मा दोस्रो पटक एमडी भएर आएपछि हामीले संचार मन्त्रालयमा 'कि व्यवस्थापकीय सुधार गरौं कि २५ देखि ३० प्रतिशत शेयर दिएर रणनीतिक साझ्ेदार ल्याउँ' भनेर राखेको प्रस्ताव अर्थ मन्त्रालय पुगेपछि दुई वटा अध्ययन समिति बनेछन्। अर्थमन्त्रीले नेतृत्व गरेको समितिमा म आफैं केही पटक प्रस्तुत भएको थिएँ, तर निर्णय भएन। तेस्रो पटक एमडी भएर आउँदा प्रधानमन्त्रीको सुशासन सम्बन्धी निर्देशनमा त्यो कुरा पाएँ। अर्थले फेरि अध्ययन समिति बनाएको सुनेको छु। रणनीतिक साझेदार आयो भने कम्पनीलाई के सजिलो हुन्छ? सार्वजनिक खरीद ऐनले बाँधिदिने हो भने रणनीतिक साझेदार आएर पनि काम गर्दैन। निजी कम्पनीको जस्तो आफ्नो निर्णय तत्काल कार्यान्वयन गरेर अघि बढ्ने छुट एनटीसीले पनि पाउनुपर्छ। विद्यमान प्रावधानका आधारमा संस्थालाई थाम्न नसकिने हैन, तर धेरै अघि बढाउन रणनीतिक साझेदारको आवश्यकता छ। नीतिगत अन्योलको यस्तो अवस्थामा अबको पाँच वर्षमा टेलिकम कहाँ पुग्ला? २०५३ सालअघि निजी सेवा प्रदायकहरू आउँदा सरकारी कम्पनी डुब्छ भनिन्थ्यो। तर यी १६ वर्षमा निजी कम्पनीहरू पनि आए, एनटीसी पनि मौलायो। आगामी तीन वर्षमा हामी काठमाडौं पश्चिम ४८ लाख र पूर्वमा ५२ लाख जीएसएम मोबाइल लाइन वितरण गर्दैछौं। अहिले कम्पनीहरूबीच चलेको मोबाइल बिक्रीको प्रतिस्पर्धा त्यही तीन वर्षका लागि हो। त्यसपछि हातमा मोबाइल नहुने जनसंख्या बाँकी रहँदैन। त्यो अवस्थामा ग्राहकले कसले कम मूल्यमा गुणस्तरीय सेवा र धेरै सुविधा दियो भनेर छनोट गर्दा नेपाल टेलिकम नै एकनम्बरमा हुनेछ।
2019/07/23 18:43:02
http://nepalihimal.com/article/380
mC4
पेट्रोलियम पाइपलाइन : २४ वर्षको सपना साकार – Durbin Nepal News वीरेन्द्र कर्ण २४ भाद्र २०७६, मंगलवार १२:२९ वीरगञ्ज, २४ भदौ : मोतिहारी–अमलेखगञ्ज पाइपलाइन शुरु भएपछि नेपालीहरूको २४ वर्षपछिको सपना पूरा भएको छ । दक्षिण एशियाकै पहिलो सीमापारको रूपमा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन आज विधिवतरूपमा सञ्चालनमा आएसँगै २४ वर्षपछिको सपनाले साकार रूप लिएको हो ।
2020/02/18 15:14:45
http://www.durbinnepal.com/archives/46443
mC4
Wednesday, 12 Aug, 2020 9:04 PM २८ साउन, काठमाडौं । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । बुधबार ८ जना थपिएपछि मृतकको संख्या ९२ पुगेको छ । अर्का एक मृतकको भने पिसिआर परीक्षण भइरहेको छ । कहाँ–कहाँ भयो मृत्यु ? –जनकपुर नगरपालिकाका पूर्वमेयर कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जनकपुरधाम स्थित होटेल रामाका संचालकसमेत रहेका पूर्व मेयर गिरीको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उपचारका क्रममा मंगलबार मध्यराति उनको मृत्यु भएको हो । २० दिनदेखि अस्पतालमा रहेका ७२ वर्षीय गिरी मुटु रोगका साथै अन्य रोगबाट समेत ग्रसित रहेको बताइएको छ । उनको स्वाब परिक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । उनको स्वास्थ्यमा थप समस्या देखिएपछि केही दिनअघि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । जनकपुरमा रहँदा रोगले च्यापेपछि हेलिकप्टर चार्टर गरेर उनलाई काठमाण्डौं ल्याइएको थियो । –ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा दुई जनाको मृत्यु भएको छ । आइसीयूमा उपचाररत काठमाडौं टेकुकी ७८ वर्षीया महिलाको मृत्यु भएको छ । मंगलबार राति सवा १ बजे महिलाको मृत्यु भएको हो । बुधबार बिहान उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । उनमा ज्वरो, पखाला र वान्ताको समस्या देखिएको थियो । त्यस्तै बारा जिल्ला कलैयाका ७७ वर्षीय पुरुषको पनि किस्टमै मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । बुधबार बिहान ४ बजे उनको मृत्यु भएको हो । उनको कोरोना रिपोर्ट भने दिउँसो आएको थियो । उनी दम तथा मुटु रोगी थिए । साउन २६ गते राति उनलाई त्रिवि शिक्षण अस्पतालले किस्टमा रिफर गरेको थियो । –ललितपुरस्थित पाटन अस्पतालमा जनकपुरकी ३८ वर्षिया महिलाको मृत्यु भएको छ । आइसीयूमा उपचाररत महिलाको गएराति १ बजे मृत्यु भएको हो । महिलामा मेनेन्जाइटिसको समस्या देखिएपछि यही साउन १८ गते अस्पतालमा भर्ना गरिएको थियो । उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । –काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत एक पुरुषको मृत्यु भएको छ । मृतक धादिङको नीलकण्ठ नगरपालिका–१४ का वासिन्दा हुन् । मृत्युपश्चात् उनमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी धादिङबेसी–काठमाडौं रुटमा गाडी चलाउने चालक रहेको र लकडाउनपश्चात् सवारीसाधन नचलेपछि गाउँमा नै बस्दै आएका थिए । –सप्तरी डाक्नेश्वरी नगरपालिका–८ घर भई हाल राजविराज ६ सिरहा रोडमा बस्दै आएका ८० वर्षीय बृद्वको कोरोना संक्रमणबाट मृत्यु भएको छ । एम्बुलेन्समा राखेर अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको हो । मृतक बृद्धलाई चार दिनअघि ज्वरो आएको र स्वाब परीक्षण गर्दा मंगलबार राति उनको रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलेसनमा ल्याउन एम्बुलेन्स मगाइएको थियो । एम्बुलेन्समा राखेर अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको हो । उनी यसअघि मुटु सम्बन्धी रोगी थिए भने थाइराइड, सुगर, उच्च रक्तचापबाट समेत रोगी थिए । –बुटवलको कोरोना विषेश अस्थायी अस्पतालमा भर्ना भएका दुई जनाको मृत्यु भएको छ । आइसोलेसनमा भर्ना भएका कपिलवस्तु नगरपालिका– २ तौलिहवाका ४२ वर्षीय पुरुष र कपिलवस्तुकै कृष्णनगरका निवासी २५ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो । ४२ वर्षीय पुरुष गत साउन २५ गते र २५ वर्षीय पुरुष गत साउन २७ गते अस्पतालमा भर्ना भएका थिए । ४२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भए पनि २५ वर्षीय पुरुषको रिपोर्ट आउन बाँकी छ । –मोरङका थप एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मोरङका ५५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो । मृतक पुरुष मोरङको बुढीगंगा गाउँपालिका–२ गंगा चोकका बासिन्दा हुन् । श्वाश्सप्रश्वासमा समस्या र ज्वरो देखिएका पुरुषलाई गम्भिर अवस्थामा २६ साउनमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो ।
2020/09/21 08:50:32
https://www.newssewa.com/content/corona-death-24-hour.html
mC4
मुरली गोडिया, गुलरिया । मानिसका बिच विभेद् गर्नु मानवीय अपराध भएको पूर्व राज्य मन्त्रीले बताएकी छिन् । पुर्ब बाणिज्य तथा आपूर्ति राज्यमन्त्री बिमला बि.कले २१ औं शताब्दीमा मान्छे मान्छे विच विभेद् हुनु मानविय अपराध भएको बताएकी हुन् । नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३४ औं स्थापना दिवसको अवसरमा गुलरियामा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । जातीय विभेदको अन्त्यका लागि सवै क्षेत्रका सचेत वर्ग एकभई लाग्नु पर्ने वि.कको जोड छ । दलित समूदायको हक अधिकार र जातिय विभेद अन्त्यका लागि स्थापना गरिएको नेपाल उत्पीडित जातीय मुक्ति समाजले हरेक वर्ष देशैभर स्थापना दिवश मनाउदै आएको छ । शुभकामना मन्तब्य दिंदै नेकपा एमालेकी केन्द्रिय सदस्य शोभा ज्ञवालीले उत्पीडनमा परेका दलित समुदायको मुक्तिको लागी एमाले हरेक क्षेत्रवाट संघर्ष गर्दै आएको वताउँदै ज्ञवालीले सदैव जातीय विभेदको विरोधमा लागि परेको जिकिर गरिन् । नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य भक्त बहादुर बि.कले नेपाल उत्पीडित जातिय मुक्ति समाजले हरेक वार्ड स्तरमा १ जना महिला सदस्य अनिवार्य राख्ने ब्यवस्था गरेकाले न्यायको लागी एकजुट हुन आग्रह गरे । स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमको अध्यक्षता गरेका नेपाल उत्पीडित जातीय मुक्ति समाजका अध्यक्ष भुपेन्द्र सेरालाले कार्यक्रममा बोल्दै अगामी दिनमा नेपाल कम्युनिष्ट पार्टी एमालेको जिल्ला कमिटीमा आउने पदाधिकारी मध्ये १ जना पदाधिकारी दलित समुदाय बाट अनिवार्य रुपमा राख्नु पर्ने माग समेत गरेका छन् । तपाइको मत सम्बन्धित सामाग्री बिद्यालयमा यौन तथा प्रजनन शिक्षा पढाउन अझै असहज प्रारम्भिक बालविकासका लागि अभिभावक जिम्मेवार बन्नुपर्छ विद्यालयका समितिलाई श्रोतवाँडफाँड सम्बन्धी तालिम महिला स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा रर्याली बाँसगढीको सामुदायिक बनमा मृत पुरुषको पहिचान खुलेन धेरै पढिएको बिद्यालयमा यौन तथा प्रजनन शिक्षा पढाउन अझै असहज प्रारम्भिक बालविकासका लागि अभिभावक जिम्मेवार बन्नुपर्छ विद्यालयका समितिलाई श्रोतवाँडफाँड सम्बन्धी तालिम अध्यक्ष : देवेन्द्र पाण्डे (मंगल) कार्यकारी निर्देशक : लक्ष्मी प्रसाद गौतम प्रकाशक/सम्पादक : यादव प्रसाद आचार्य प्रमुख संवाददाता : मुरलीराम गोडिया सम्पर्क ठेगाना : चुरेकुञ्ज साप्ताहिक, गुलरिया नगरपालिका-६, बगलामुखी मन्दिर टोल, लुम्बिनी प्रदेस, बर्दिया, नेपाल Contact : 9848027554 Email : churekunja.com@gmail.com सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : २०७९/८०/३६३७ सन्तुलित बिश्वसनिय समाचारको लागि लोकप्रिय डिजिटल पत्रिका www.churekunja.com हाम्रो प्रतिवद्धता हो । आवाज विहिनहरुको आवाजका लागि हामी सधैं तपाईहरुकै साथमा छौं । कुनैपनि समाचार, सुचना, विज्ञापन तथा सन्देशहरु भए फोन वा ईमेल मार्फत तत्काल जानकारी गराईदिनु हुन हार्दिक अनुरोध गर्दछौं । © २०२१ चुरेकुन्ज द्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित/प्रेस काउन्सिल नेपाल अनलाईन सञ्चार माध्यम सूचीकरण प्रमाणपत्र नम्बर : ३६४१
2022-12-08T09:07:07Z
http://www.churekunja.com/archives/2308
OSCAR-2301
प्रधानमन्त्री ओली पनि संसद् पुनर्स्थापनाकै पक्षमा ! - || वर्णन मिडिया - सूचना तथा समाचारको संवाहक || २०७७ फाल्गुन २, आईतवार १६:३५:०० प्रधानमन्त्री केपी शर्मा ओली पनि अहिले विपक्षी पार्टीहरुले जस्तै ठाउँठाउँमा भेला र सभा गरिरहेका छन् । हरेक ठाउँमा उनले प्रतिनिधि सभा विघटन गर्नु कुनै रहरको विषय नभई बाध्यताले गरेको अप्रिय निर्णयका रुपमै व्याख्या गरिरहेका छन् । उनका समर्थक एवं सहायोगीहरुले पनि खुलेर विघटनको पक्ष लिन सकेका छैनन् । यसको मुख्य कारण हो, संविधानमा प्रधानमन्त्रीले विघटन गर्न पाउने प्रस्ट व्यवस्था नहुनु । अदालतले यो विषयमा फटाफट बहस सकेर निर्णय सुनाउने तयारी गरिरहँदा राजनीतिक नेतृत्वमा पनि व्यग्रता बढिरहेको देखिन्छ । भर्खरै मात्र विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनभावनाविपरीत फैसला भए मुलुकमा फेरि रक्तपात हुने चेतावनी दिए । प्रकारान्तरले यो न्यायाधीशहरुमाथिको खुलमखुल्ला धम्की थियो । विरोधीहरुले प्रतिनिधि सभा पुनर्स्थापनाका लागि अनेक हत्कण्डा अपनाउनु त स्वाभाविकै होला । तर, पछिल्लो समय प्रधानमन्त्री ओली स्वयं पनि भित्रभित्रै पुनर्स्थापनाको पक्षमा रहेको बुझिन्छ । एक त, घोषित मितिमा चुनाव हुन कठिन छ । किनभने, अब समयको चापले पनि वैशाखभित्र चुनाव सम्भव छैन । त्यसमाथि नेकपाकै आधिकारिकता विवाद नटुंगिएका कारणले पनि चुनावी तयारी प्रभावित भएको छ । दुई, घोषित मितिमा चुनाव नहुने हो भने प्रधानमन्त्री ओली राजनीतिक र नैतिक रुपमा कमजोर हुनेछन् । अनि उनको विकल्प खोजी हुनेछ । त्यसपछि मुलुकको नोकरशाहीतन्त्रले उनलाई टेर्न छाड्नेछ । जब कर्मचारी, सेना र प्रहरीले टेर्न छाड्ने र व्यापारीले धाउन छाड्ने उपक्रम चल्छ, त्यसपछि राजनीतिज्ञले बुझे हुन्छ कि आफ्ना धेरै दिन छैनन् भनेर । त्यसो त भारतीय कूटनीतिज्ञहरुले स्वतन्त्र र स्वच्छ छविको व्यक्ति खोजी भइरहेको यसअघि नै बताइसकेका हुन् । ओलीले चुनाव नगराउने, गराए पनि सत्ताको दुरुपयोग गर्न सक्ने भन्दै तटस्थ सरकारको माग हुन सक्छ । त्यसमा बाह्य शक्तिको पुट रहन सक्छ । आफू सरकारमा नरहेर हुने चुनाव ओलीका लागि के अर्थ ? तीन, संसद पुनस्र्थापना भएमा ओली नै संसदीय दलको नेता रहिरहनेछन् । संसदीय दलको नेता उनी रहेसम्म प्रधानमन्त्री पनि भइरहनेछन् । विपक्षी दलका नेता शेरबहादुर देउवाले अविश्वासको प्रस्तावमा संसदमा दर्ता नगराएसम्म ओलीलाई संसदबाट विस्थापित गर्न पनि सकिने छैन । बरु ओलीसँग पुष्पकमल दाहाल, माधव नेपाल लगायतले फेरि उही पुरानै किचलो दोहोर्याउनेछन् । संसदीय दलमा ओली बहुमतमै रहेका कारण पनि उनी सुरक्षित अवस्थामै रहेका छन् । केही दिन दाहाल र नेपाललाई सडकमा पुर्याएर देखाइदिन्छु भन्ने ओलीको इरादा पूरा भएको छ । ओलीको सेखी झार्न दाहाल र नेपालले अर्को रणनीति बुन्नुपर्नेछ । चार, नेकपा विभाजित भएर हुने चुनाव भनेको कम्युनिस्टशून्य संसदको निर्माण हो । अर्थात्, नेकपाका दुवै खेमाका लागि आत्महत्यासरहको कदम हो । दुवै खेमा आफू जित्नेभन्दा पनि अर्को खेमालाई हराउने दाउमा लाग्नेछन् । त्यसको लाभ कांग्रेस र अरु दललाई पुग्नेछ । दाहाल र नेपालसँगै आफ्नो समेत यही चुनावबाट पत्तासाफ हुने ओलीले राम्ररी बुझेका छन् । उनले मातहतका सुरक्षा निकायहरुबाट पनि यही सूचना प्राप्त गरेका छन् । संसद पुनस्र्थापना भएमा कम्तीमा आउँदो दुई वर्षसम्म ओली सांसद रहनेछन् । उनका पछाडि अरु पनि उल्लेख्य सांसद हुनेछन् । सत्ताको भागिदारीमा उनको महत्वपूर्ण हिस्सा हुनेछ । उस्तै परे उनले देउवासँग मिलेर सरकार बनाउने र पालैपालो सत्ताको नेतृत्व गर्न पाउनेछन् । यो अवसर चुनावपछिको शक्ति सन्तुलनमा प्राप्त हुने सम्भावन क्षीण छ । पाँच, सबैभन्दा महत्वपूर्ण कुरा के भने संसद विघटन भएको र चुनाव निश्चित नभएको यो अवस्थामा सडकमा अनेकथरी नारा लाग्न थालेका छन् । सडकमा मात्र होइन, कोठाभित्र पनि धेरैथरी रणनीतिहरु बन्दै छन् । संघीयता र धर्मनिरपेक्षता खारेज गर्नुपर्ने आवाज सडकमा आएका छन् । नागरिक आन्दोलनका नाममा यो संविधानै खारेज गरेर पुनर्लेखन गर्नुपर्ने नारा सडकमा लाग्न थालेका छन् । विप्लव र वैद्यहरु मोर्चा बनाउँदै छन् । यसले मुलुक अर्को मुठभेड र द्वन्द्वतिर अग्रसर हुँदै छ । के ओली यो सब अवगाल बोक्न तयार छन् त ? पक्कै पनि छैनन् । यसको तत्कालको उपचार भनेको संसद पुनर्स्थापना नै हो ।
2021/02/24 23:14:13
https://barnanmedia.com/detail/1613260811-ol-ge
mC4
असोज ३०, २०७५ - काठमाडौं बडा दसैँको मुख्य दिन आजदेखि सुरु भएको छ । घटस्थापनाको दिनदेखि नै दसैँ सुरु भएको भए पनि मुख्य दिन फूलपातीदेखि सुरु हुन्छ । फूलपातीको दिनदेखि सरकारी कार्यालय बिदा हुन्छ । सरकारी कार्यालय बन्द भएसँगै घर फर्कनेहरुको घुईंचो बढेको छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौ देवीको प्रतीकका रुपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । हनुमानढोका दरबारको दसैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दसैँघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा छ । जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथ फूलपाती ल्याउने गरिन्छ । राजतन्त्र रहुञ्जेल हनुमानढोका दरबारको दशैँघरमा फूलपाती भित्र्याउने क्रममा राज्यप्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकामा गणतन्त्रको स्थापनापछि भने संस्कृतिमन्त्री उपस्थित हुने गरेको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ । यस वर्षको फूलपाती मङ्गलबार दिउँसो साढे चार बजे भित्र्याइने कार्यक्रम छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्रप्रसाद अधिकारी, काठमाडौँका प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई निमन्त्रणा गरिएको दरबार हेरचाह अड्डाले जनाएको छ । आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि शुरु हुने नेपालीको महान् चाड दसैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्छ । -उज्यालो
OSCAR-2019
राष्ट्रिय युवा संघको वडा भेला राष्ट्रिय युवा संघको वडा भेला तिलोत्तमा, ९ असोज । राष्ट्रिय युवा संघ नेपाल, तिलोत्तमा नगर कमिटीको आयोजनामा वडा भेला सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर ११ को वडा भेला शनिबार सम्पन्न भएको हो ।युवा संघ तिलोत्तमा नगर कमिटी अध्यक्ष दिपेश कंडेलको अध्यक्षतामा भएको भेलामा एमाले जिल्ला सचिवालय सदस्य, प्रचाव विभाग प्रमुख एवं तिलोत्तमा नगर कमिटी अध्यक्ष मोहन चापागाईंले पार्टीलाई अहिले चारैतिरबाट घेराबन्दी गर्न खोजिएको भन्दै जनतामा फैलाइएका विभिन्न भ्रमलाई चिर्न युवाहरुको काँधमा महत्वपूर्ण जिम्मेवारी आएको बताए । राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सचिवालय सदस्य एवं रुपन्देही जिल्ला अध्यक्ष मनोज गौचनले वर्तमान देउवा नेतृत्वको सरकार बनेयता विकासका काम पुरै ठप्प भएको बताउँदै अघिल्लो सरकारले गरेका राम्रा कामलाई स्थापित गरिने बताए ।भेलामा एमाले नेता विष्णु बराल, युवा संघ केन्द्रीय सदस्य दिनानाथ भट्टराई, रुपन्देही कार्यालय सदस्य कल्पना पांडे मगर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।भेलाले शिव पौडेलको अध्यक्षतामा २७ सदस्यीय वडा कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा विष्णु बस्याल, सचिवमा एकदेव बस्याल, सहसचिवमा शिव भण्डारी र कोषाध्यक्षमा दिपक पाण्डे रहेका छन् । त्यसैगरी सदस्यहरुमा पुष्पराज कुँवर, केशव कुँवर, सन्तोष गैरे, हरि गैरे, ओमप्रकाश चौधरी, कृष्ण चौधरी, प्रेम चौधरी, अंकित गैरे, राजेन्द्र श्रेष्ठ, दिपेश बस्याल रहेका छन् । त्यस्तै अन्य सदस्यहरुमा विनोद तिमिल्सेना, सन्दिप भण्डारी, प्रविन गैरे, शंकर बस्याल, सुरज शर्मा, बालकृष्ण अधिकारी, विशाल कोइराला, नवराज जिसी, सागर पाण्डे, अमित पाण्डे र सुदिप पाण्डे रहेका छन् ।
2021/10/18 11:24:39
https://sabalpost.com/archives/135228
mC4
काठमाडौं–गैरआवासीय नेपाली सङ्घले सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । सङ्घ बेलायत, क्यानडा, अष्ट्रेलिया र चीनले यहाँ आज भर्चुअल माध्यमबाट हस्तान्तरण कार्यक्रम आयोजना गरी अक्सिजनका ४८३ कन्सन्टेटरलगायत स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरेका हुन् । सो अवसरमा मन्त्री तामाङले सरकार जतिसक्दो चाँडो सबै नेपालीलाई कोरोना खोप उपलब्ध गराउने तयारीमा रहेको जानकारी दिए ।बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले कोरोना खोपका लागि बेलायत सरकारसँग अनुरोध भइरहेको र छिट्टै नेपाललाई कोरोना खोप उपलब्ध हुने विश्वास दिलाए । सङ्घ बेलायतका अध्यक्ष पुनम गुरुङले ९३ गैरआवासीय सङ्घ र ४४ व्यक्तिका आर्थिक सहयोगमा नेपालमा स्वास्थ्य सामग्री पु¥याउन सफल भएको जानकारी दिए । अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष कुमार पन्तले आफूहरुले नेपाल पठाएका स्वास्थ्य सामग्री आवश्यकताका आधारमा लक्षित स्थानसम्म पु¥याउन आग्रह गरे।
2021/06/20 04:56:03
https://jayadesh.com/2021/06/08/31750/
mC4
पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि, पेट्रोल प्रति लिटर रू. १५० सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। नेपाल आयल निगमले बिहीबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर रु.५ का दरले बढाएको हो । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूची अनुसार निगमले मूल्य बढाएको जनाएको छ। नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर रू.१५० रुपैयाँ डिजेल र मट्टीतेल रू. १३३ तोकिएको छ। पेट्रोल तथा डिजेलको यो अहिलेसम्मकै उच्च मूल्य हो। हवाई इन्धनको मूल्य आन्तरिकतर्फ प्रति लिटर रू.१० र अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर एक सय डलर बढेको छ। खाना पकाउने एलपी ग्यासको मूल्य भने ‍‍‍यथावत् छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढिरहेका कारण बजारमा मूल्यमा चाप परेको छ। अन्तर्राष्ट्रय बजारमा बिहीबार कच्चा तेलको मूल्य प्रतिब्यारेल एक सय १७ डलरसम्म पुगेको छ।
2022/06/30 07:52:46
https://www.himalkhabar.com/news/128662
mC4
सामाजिक सुरक्षा कोषद्वारा अर्को बैङ्क पनि कारबाहीमा काठमाडौँ, जेठ १२ गते । सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध हुन अटेर गरी कर्मचारीलाई सुविधाबाट वञ्चित गराउने अर्को एक बैङ्कलाई कारबाही गरेको छ । कोषले पछिल्लो पटक ग्लोबल... रोकिएन बजारको अनियमितता काठमाडौँ, जेठ ११ गते । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले त्रिपुरेश्वरको अल फाइन सर्जिकल सप्लायर्सले खरिद गरेकोभन्दा दोब्बर मूल्यमा सर्जिकल मास्क बिक्री गरेको पाइएपछि दुई लाख रुपियाँ जरिवान... अध्यादेशमार्फत आगामी बजेट: प्रधानमन्त्री ओली काठमाडौंँ, जेठ १० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ आर्थिक वर्षको बजेट कोरोना (कोभिड–१९) नियन्त्रणलाई मुख्य प्राथमिकता दिएर ल्याउन लागिएको बताउनुभएको छ । बजेटमा सस्तो लोकप्रियता कमाउने गरी कार... बढ्दै छ विद्युतीय कारोबार काठमाडौं, जेठ ९ गते । कोरोना नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण विद्युतीय कारोबार बढ्दै गएको छ । खासगरी बैंक तथा वित्तीय संस्था, बीमा क्षेत्र र धितोपत्र बजारसम्मले विद्युतीय सेवा र कारोबारलाई उ...
2021/06/13 00:04:25
https://khabarpur.com/category/econimic?page=6
mC4
४० गाउँमा तमु भाषा लेखन तालिम सम्पन्न | Everest Times UK पोखरा । तमुधिं नेपालले तमुवान प्रदेशको ४० गाउँमा तमु भाषा लेखन तालिम कार्यक्रम सम्पन्न गरेको छ । हिमाली आदिवासी समाजको सहकार्यमा तमुधिं नेपालले कास्की, स्याङ्गजा, तनहुँ, लमजुङ र मनाङ जिल्लाका गाउँ गाउँमा तमु भाषा लेखन तालिम सम्पन्न भएको हो । तमु भाषा वर्णमाला अभियानका साथै तमु भाषा लेखनमा एक रुपता ल्याउने पहल स्वरुप आयोजित कार्यक्रममा १ हजार २ सय भन्दा बढी तमुहरुलाई तालिम प्रदान गरेको शुक्रवार पोखरा ९ नयाँबजारस्थित तमुधिं नेपालमा आयोजित समीक्षा कार्यक्रममा जानकारी गराइएको थियो। तालिममा सहजकर्ताहरु बुद्धि तमु, गमबहादुर तमु, मिनबहादुर तमु र गजेन्द्र तमुले अभियानको प्रतिवेदन प्रस्तुत गरेका थिए । समीक्षा कार्यक्रमका प्रमुख अतिथि हिमाली आदिवासी समाजका निर्देशक शम्बु ल्होमीले तमु भाषा वर्णमाला अभियानले तमु भातृभाषाप्रति तमुहरुलाई जागरुक बनाएको बताए । उनले भाषा लोप हुँदै जानु भनेको भाषा हराउनु मात्रै नभई समुदायगत स्वपहिचान, विविधता, जैविकता, मौलिकता, संस्कृति, संस्कार, अस्तित्व अन्त्य हुनु हो भन्दै मातृभाषाप्रति घरघरबाट जागरण ल्याउनुपर्नेमा जोड दिए । उनले आगामी दिनमा पनि भाषा संरक्षण र विकासका लागि तमुधिं नेपालसँग सहकार्य गरेर अघि बढ्न हिमाली आदिवासी समाज आतुर रहेको बताए । तमुधिं नेपालका द्वितीय उपाध्यक्ष हुमबहादुर तमुले मातृभाषाको संरक्षण र विकास गर्ने हो भने बजार क्षेत्रमा रहेका मन्टेश्वरीहरुमा भाषा कक्षा शुरु गर्नुपर्ने बताए । घरमा अलि अलि सिकाएको तमु भाषा अंग्रेजी सिकाउने नाउमा मन्टेश्वरीदेखि नै तमु भाषाको घाँटी रेटिएको आरोप लगाए । उनले तमु भाषा विकास र संरक्षणका लागि संविधानमै व्यवस्था गरिए बमोजिम यस प्रदेशमा सरकारी कामकाजको भाषा तमु भाषा बनाउनुपर्ने बताए । तमुधिं नेपालमा महासचिव तथा अभियानका अनुगमनकर्ता गिरीप्रसाद तमुको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहजकर्ता मिनबहादुर तमुले गरेका थिए ।
2019/05/20 20:38:10
http://everesttimes.net/archives/5085
mC4
बोहराले बनाए ७२ घण्टामा 'श्री' बिहिवार, बैशाख ३०, २०७८ ०८:१७:४७ युनिकोड नेपाली चलचित्र इतिहासमै सबैभन्दा कम समय अर्थात् जम्मा ७२ घण्टामा खिचेर 'श्री' नामक फिचर फिल्म तयार गरिएको छ । कोरोना भाइरसको महामारीका कारण बिगत ७ महिनादेखि फिल्म निर्माण तथा प्रदर्शन ठप्प रहेको परिस्थितिमा निर्देशक एभरेष्ट सूर्य बोहराले 'श्री' तयार गरेका हुन् । सो फिल्मको बिहीबार अर्थात् निर्देशक बोहराको जन्मदिन (२९ असोज) पारेर फस्र्टलुक पोस्टर सार्वजनीक गरिएको हो । सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अप्नाइ एउटै लोकेशनमा जम्मा ७२ घण्टा सुटिङ गरेर तयार पारिएको फिल्ममा सन्दिप क्षेत्री, बर्षा शिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेल,बसुन्धरा भुसाल, रबिन्द्र झा, भोला सापकोटा, कमलजंग बोहरा (काजी), मोहनकृष्ण श्रेष्ठ,सविता गुरुङ,नवीन श्रेष्ठ, श्यामसुन्दर पुडासैनी र बालकलाकार न्यासिका कार्कीले अभिनय गरेका छन् । एभरेष्ट सूर्य बोहरा फिल्मस्को ब्यानर, महारानी इन्टरटेन्मेन्ट युके र ओएसआर डिजिटलको सहकार्यमा निर्माण भएको फिल्मको निर्माता श्री पराजुली र सविता गुरुङ हुन भने यम बराल,सूर्य सिम्खडा (साइराम),बाल शर्मा (टाइगर) र सिन्धु पौडेल गौतम सहनिर्माता छन् । 'बिषम परिस्थितिमा पनि नेपाली चलचित्र क्षेत्रलाई चलायमान बनाउने हेतुले 'श्री' निर्माण गरिएको हो हुँ' निर्देशक बोहरा भन्छन, 'जम्मा ७२ घण्टा क्यामेरान रोल भएको यो फिल्ममा भरपुर मनोरञ्जनका साथै उपयोगी सन्देशसमेत प्रस्तुत छ ।' चलचित्र निर्माणका साथै समाजसेवामा समेत सक्रिय निर्देशक बोहराले 'श्री' लाई पनि समाजीक कार्यकै रुपमा लिएका छन् । 'कोभिड–१९ को मारमा परेका कलाकर्मी तथा प्राबिधिकलाई केही राहत होस् भनेर निषेधाज्ञाकै क्रममा यो फिल्म तयार पारिएको हो । कम समय र लगानीमा निर्माण गरिएको भए तापनि वर्तमान परिस्थिति, बाध्यता र मानसिकतालाई यो फिल्ममा प्रस्तुत गरिएको छ ।' निर्देशक बोहराको भनाइ छ । निर्देशक बोहराकै लेखनमा शिबम अधिकारीले सघाएको चलचित्र शेरबहादुर तामाङले खिचेका हुन् । सुजन बडालको सम्पादन, एलिस कार्कीको ब्याकराउण्ड स्कोर र निरज केसीको साउन्ड मिक्सिङ छ । झण्डै दुई घण्टा लामो 'श्री' हल खुल्नासाथ दर्शकमाझ ल्याउने योजना रहेको निर्देशक बोहराले जानकारी दिएका छन् ।
2021/05/13 02:32:47
https://www.rangasansar.com/movie/793
mC4
बारबर्दिया नगरपालीकाको जयनगर बजारमा स्थित श्रि अंशुवर्मा माध्यमिक बिधालयको प्रङ्गणमा सनिबार एक दिने स्वास्थ्य जाँच शिबिर सम्पन्न भयको छ ।नेपाल चिकित्सक संघ भेरि अञ्चलसाखाको आयोजनामा उक्त एकदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरियको हो । उक्त एकदिने शिविरमा महिला पुरुष गरि जम्मा ५१३ जनाले चेक जाच गराएका थिय । बिरामीहरुलाई चेक जाच गर्ने क्रममा ५० देखि ५५ जना जटिल समस्या भयका बिरामीहरुलाई नेपालगन्जको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा रिफर गरियको छ । त्यसैगरि थाईरोईड, मधुमेय, बिपी ,कार्डियोका बिरामिहरु अधिक रहेको प्याथोलोजिष्ट बिनय चन्द्र गुप्ताले जानकारि गराउनु भयको थियो । नेपाल चिकित्सक संघले यस अघि पनि निशुल्क स्वास्थ्य शिविर गर्दै आईरहेको छ ।
OSCAR-2019
PSJTV | १५ हजार युवालाई निःशुल्क सीपमूलक तालिम दिइँदै, कहिले सुरु हुन्छ? वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा जाने युवालाई निःशुल्क सीपमूलक तालिम दिने भएको छ। बोर्डले यो वर्ष १५ हजार युवालार्य १९ प्रकारका तालिम निःशुल्क प्रदान गर्ने तयारी गरेको हो। तालिमका लागि बोर्डले यस वर्ष २५ करोड रुपैयाँ विनियोजन गरेको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए। उनका अनुसार तालिम मंसिरदेखि सुरु हुनेछ। यो खबर आजको नयाँ पत्रिकामा छ। बोर्डले युवालाई ३० दिने सीपमूलक तालिम प्रदान गर्नेछ। तालिममा इच्छुक जो कोही युवा सहभागी हुन सक्नेछन्।
2020/05/25 14:56:43
https://np.psjtv.com/2019/10/201910143053
mC4
२०७७ मंसिर ८ गते, सोमबार १७:२१ बजे प्रकाशित सनातन साहित्य सङ्गीत साधना समूह पाँच "स" दक्षिण कोरियाले यही मिति सन् २०२० नोभेम्बर २२ तारिकका दिन संस्थाको महाधिवेशन तथा पुरस्कार वितरण कार्यक्रम कोरियाको ब्यस्त सहर तोङ्देमुनस्थित शुभेच्छा (मार्ट) रेस्टुरेन्टको सभाहलमा दिनको ठिक ११ बजे गर्ने भएको छ । पूर्वीय सनातन धर्म ,कला,संस्कार अनि संस्कृतिको संरक्षण तथा सम्वर्द्धनका लागि दक्षिण कोरियामा सङ्गठित गौरवमय संस्था सनातन साहित्य सङ्गीत साधना समूह " पाँच-स" दक्षिण कोरिया विश्व मानव समुदायबिच नेपाली पहिचानका विषयहरुलाई परिचित गराउँदै साहित्य र सङ्गीतको माध्यमद्वारा विश्वमा आध्यात्मिक जागरण गराउने प्रयास भन्ने मूल नारालाई आत्मसाथ गर्दै "वयं राष्ट्रे जागृयाम" अर्थात् राष्ट्रको निम्ति हामी सबै जागौँ भन्ने भावनालाई बोकेर अघि बढिरहेको उक्त संस्था दक्षिण कोरियामा विभिन्न उद्देश्यले बसोबास गर्दै आइरहेका नेपाली हरुको एकमात्र विशुद्ध आध्यात्मिक सङ्गठन हो । यस संस्थाले स्थापना कालदेखि नै नेपालका मौलिक संस्कार, संस्कृति, साहित्य, ,योग,साधना तथा विभिन्न धार्मिक अनि सांस्कृतिक कार्यक्रमहरु गर्दै आइरहेको छ । यस संस्थाले आफ्नो विधान तथा अवधारणा अनुरुप हरेक वर्ष अधिवेशन गरेर नयाँ कार्यसमिति गठन गर्ने गरेको छ । सोही अनुसार आफ्नो पाँचौँ कार्यसमिति चयन तथा भर्खरै मात्र संस्थाले सम्पन्न गरेको राष्ट्रप्रेममा आधारित टिकटक प्रतियोगिता २०२० मा उपाधी चुम्न सफल प्रथम, द्वितीय,तृतीय र उत्कृष्टलाई पुरस्कार वितरण तथा सम्मान गर्ने कार्यक्रम रहेको जानकारी उक्त संस्थाका महासचिव प्रेमराज अधिकारीले दिनुभयो । कार्यक्रमलाई सभ्य र भव्य रुपमा सम्पन्न पार्नका लागि कोरियामा रहनुहुने बुद्धिजीवी ,व्यवसायी,पत्रकार तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको अमूल्य सुझाव सल्लाहको अपेक्षा गर्दै गरिमामय उपस्थितिका लागि पाँच "स" दक्षिण कोरियाले हार्दिक निमन्त्रणा गरेको छ ।
2022/01/21 10:50:10
https://www.hellonepalkorea.com/2020/11/7983/
mC4
गायक तथा लघुवित्तकर्मी ज्ञान बहादुरको लोकदोहोरी गित 'सुरक्षा' सार्वजनिक - katuwalkhabar.com गायक तथा लघुवित्तकर्मी ज्ञान बहादुरको लोकदोहोरी गित 'सुरक्षा' सार्वजनिक १ बैशाख २०७८, बुधबार १९:४५ पाल्पा, गायक तथा लघुवित्तकर्मी ज्ञान बहादुर सोतीले जीवन वीमा सचेतना सम्बन्धी लोकदोहोरी गित 'सुरक्षा' बजारमा ल्याउनु भएको छ । सोतीले आफ्नो तेस्रो एल्बम भिडियो सहित युट्युव मार्फत बजारमा ल्याउनु भएको हो । गितमा शब्द, लय र पुरुष आवाज गायक सोती कै रहेको छ । सोतीलाई महिला आवाजमा गायिका सुनिता बुढाक्षेत्रीले साथ दिनु भएको छ । गितमा संगित संयोजन विनोद बाजुरालीले गर्नु भएको छ । स्मृति तिमिल्सिना 'गुरु आमा'को निर्देशनमा तयार भएको म्युजिक भिडियोमा मोडल महेन्द्र गौतम र रञ्जिता गुरुङले अभिनय गर्नु भएको छ । भिडियो छायाङ्कन सुरेश श्रेष्ठको रहेको छ । गुरुआमा फिल्मस प्रा.लि मार्फत बजारमा आएको गितलाई प्रयोजन आईएमई लाईफ इन्स्योरेन्सले गरेको छ । गीत मार्फत भविष्यको लागि जीवन वीमाको महत्वको बारेमा सचेतना जगाउने प्रयास गरिएको छ । सोतीले पहिलो एल्बम 'सम्बन्ध' बाट लघुवित्तकर्मीको दैनिकी प्रस्तुत गर्नु भएको थियो भने दोस्रो एल्बम 'शंका' बाट बैंकिङ क्षेत्रमा कार्यरत व्यक्तिको भोगाईलाई उतार्नु भएको थियो । निस्दी गाउँपालिका ३ झिरुवास निवासी सोती नेपाल एग्रो माईक्रोफाईनान्स रामपुरको शाखा प्रबन्धमा कार्यरत रहनु भएको छ । उहाँले वार्षिक रुपमा लोकदोहोरी भाका मार्फत वित्तिय क्षेत्रको विम्ब प्रस्तुत गर्दै आउनु भएको ।भिडियो पनि हेर्नुहोस् ।
2021/06/14 23:38:50
https://katuwalkhabar.com/2021/04/14/4655/
mC4
जसपाको आधिकारिता विवादमा दुवै पक्षको बहस सक्ने आयोगको तयारी २०७८ साउन ०७ गते ७:३७ मा प्रकाशित प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको नेतृत्वमा गठन भएको इजलासमा हेर्दाहेर्दैमा रहेको जसपा विवादबारे बिहान ११ बजेदेखि सुनुवाइ सुरु हुने आयोगका सह प्रवक्ता कोमल धमलाले जानकारी दिए। जसपाको उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्षका कानुन.... जसपाको आधिकारिता विवाद : निर्वाचन आयोगमा आजदेखि सुनुवाइ २०७८ साउन ०३ गते ८:५८ मा प्रकाशित जसपाको उपेन्द्र यादव र महन्थ ठाकुर पक्षले आधिकारिता टुङ्गो लगाउन आयोगलाई भनेपछि आयोगले इजलास गठन गरेर आजदेखि सुनुवाइ सुरु गर्न लागेको जनाएको छ। यादव र महन्थ दुवै पक्षले पार्टीमा एक भएर बस्न नसक्ने भन्दै आधिकारिता.... एमालेमा पनि केपी ओली समूहसँग घनिष्ठ बन्दै गएको भन्दै टीकाटिप्पणी भइरहेको बेला बिहीबार बसेको सचिवालयको बैठकले एमालेसँगै नेपाली काँग्रेस र माओवादी केन्द्रसँग पनि छलफल गर्ने निर्णय गरेको हो। बिहीबारको बैठकमा सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम....
2021/07/25 22:04:24
https://www.ukeraa.com/tag/%E0%A4%9C%E0%A4%B8%E0%A4%AA%E0%A4%BE/199
mC4
भोलीको राशिफल २०७७ साल मंसिर १४ गते आईतबार हेर्नुहोस राशिफल - Ebihani.com वि.सं.२०७७ साल मंसिर १४ गते । आईतबार । ईश्वी सन् २०२० नोभेम्बर २९ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । कार्तिक शुक्लपक्ष । तिथि–चतुर्दशी,१५ घडी ०५ पला,मध्यान्ह १२ बजेर ३९ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र–कृतिका,६० घडी ०० पला । योग–परिध,१२ घडी ४१ पला,बिहान ११ बजेर ४१ मिनेट उप्रँन्त शिव । करण–वणिज,मध्यान्ह १२ बजेर ३९ मिनेट उप्रान्त भद्रा,रातको ०१ बजेर ३८ मिनेट उप्रान्त बव । आनन्दादिमा–धुम्र योग । चन्द्रराशि–मेष,बिहान १० बजेर ४८ मिनेट उप्रान्त बृष । असहज परिस्थितिको सामना गर्नुपरेपनि सार्थक नतिजा निकाल्न सकिने हुँनाले मन प्रशन्न हुनेछ । पारिवारिक माहोलमा जमघट भई नयाँ साथिहरु बनाउँन सकिने तथा स्वादिष्ट भोजन ग्रहण गर्न सकिनेछ । समाजमा आफन्त तथा आत्मिय मित्रका साथ सुमधुर सम्बन्ध स्थापना गर्न सकिनेछ । अध्ययनमा प्रशस्त समय दिन सकिने हुँनाले चाहेजस्तो सफलता प्राप्त गर्न सकिनेछ भने बुद्धिमता पुर्वक गरिएको कामहरु सफलता पुर्वक सम्पन्न हुनेछन् । राजनिति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाईने हुँनाले सार्वजनिक पद पाउँने योग रहेकोछ । उत्तम बस्त्र,मनपर्ने भोजन तथा बिशेष उपाहार प्राप्तिको योग रहेकोछ । बिभिन्न अवसरले पछ्याउँनेछन् भने चाहेको समयमा कामहरु सम्पन्न हुँने हुँदा आफन्तहरु खुसि हुनेछन् । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन सुखि रहनेछ । समस्या पर्दा सहयोग गर्नेहरु कमै भेटिनेछन् । आर्थिक अवस्था कमजोर भएजस्तो हुनेछ भने व्यापारमा समय दिन नसस्दा घाटा लाग्ने योग रहेकोछ ।खर्च अभावले हातमा आईसकेको काम रोकिनेछ भने व्यापार व्यावसायमा मन्दि आउनाले खल्ति रित्तिनेछ । आफन्त तथा अग्रजहरु सँग सानो सानो बिषयमा बिवाद सिर्जना हुने योग रहेकोछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउने तथा खर्च बढ्ने योग रहेकोछ ख्याल गर्नुहोला । व्यापार व्यावसायमा आम्दानि कम हुँने तथा पुराना बाकी रहेका कामहरु पनि समयमा सम्पादन नहुँदा थप लगानि गर्ने बाताबरण टरेर जानेछ । समाजमा जनताको काम गर्ने सवालमा केहि गल्ती हुँने हुँनाले गम्भिरता पुर्वक कामहरु गर्नुहोला । बिहानको समय राम्रो रहेकोले अध्ययनमा मन जानेछ भने अध्ययनै सवालमा लामो दुरिको यात्राको तय हुनेछ । मध्यान्हबाट आम्दानि भन्दा खर्च अधिक हुँने हुँनाले दैनिकी गुजार गर्न असजिलो महशुष हुनेछ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्दा सम्बन्ध बिग्रने खतरा रहेकोछ । आफ्नै कमजोरिले पछि पर्ने समय रहेकोछ ध्यान दिनुहोला । घर परिवारमा आफन्त तथा दिदि बहिनिहरुबिच तित्तता देखिन सक्छ । बाहिरि बाताबरण तथा खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । पढाई लेखाईमा ध्यान नजादा नतिजा अरुकै पक्षमा आउनेछ । उत्पादन क्षेत्रमा गरिएको लागानिबाट आउने आम्दानिले भबिश्यको लागि भौतिक सम्पति तथा सवारि साधन जोड्न सकिनेछ । बिबाह,बनभोज तथा यस्तै समारोहमा साथिहरुसँग सहभागि भई मिठा परिकार खादै रमाईलो गफ गरेर दिन कटाउन सकिनेछ । आज गरिने सकारात्मक प्रयासहरु सफलता पुर्वक सम्पन्न हुनेछन् । थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ताहरु पुरा गर्न सकिने हुँनाले मन प्रशन्न रहनेछ । समयको र कामको तालमेल नमिल्दा कामहरु समयमा सकाउँन मुस्किल पर्नेछ । बिहानको समय राम्रो रहेकोले आफन्त तथा अग्रजले सहयोग गर्नेछन् । अध्ययनमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट काममा अप्रत्यासित बाधा ब्याबधान आईलाग्ने तथा ठुलो श्रम खर्च गर्नुपर्ने हुन सक्छ ख्याल गर्नुहोला । बिद्यार्थीहरुले पढाई लेखाईमा ध्यान नदिदा अरुभन्दा पछि परिनेछ । राजनिति तथा समावसेवामा जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ । व्यापार व्यावसायमा मन्दि आउनेछ भने घर जग्गा तथा सवारि साधनको व्यावसायबाट सन्तोषजनक आम्दानि गर्न सकिनेछ । माया प्रेममा एक अर्काको भावना नबुझ्दा टाडिनु पर्ने बाध्यता आउनेछ । छोटो तथा लामो दुरिको यात्रा हुँने भएपनि बाटामा बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्नेछ । माया प्रेममा बिवाद हुँने तथा अबिश्वास बढ्दा केहि समयको लागि टाडिनु पर्ने अवस्था आउँन सक्छ । बिहानको समय राम्रो रहेकोले पारिवारिक माहोलामा जमघट भाई मिष्टान्न भोजन गर्ने अवसर जुर्नेछ । दिउसोका समय मध्ययम रहेकोले व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि भनेजस्तो आम्दानि नहुँने हुँदा दैनिकी प्रभावित हुनेछ ।
2021/05/09 18:58:44
https://ebihani.com/archives/203
mC4
अछाममा फेरि छाउगोठमै बास - बडिमालिका खबर अछाममा एक करोड भन्दा बढीको सेनेटरी प्याड खरिद गरिएको छ । अछामका दश स्थानीय तहहरुले एक करोड ६८ लाख २६ हजारको सेनेटरी प्याड खरिद गरेका छन् । संघीय सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सशर्त अनुदानमार्फत अछाममा उक्त बजेट आएको हो । विद्यालयमा अध्ययनरत महिनावारी हुने छात्राहरुलाई प्याड वितरणका लागि बजेट आएको हो । उनले एक वर्ष पहिलेदेखि नै यो कामको सुरुवात गरेको र आफूहरुले वितरण गर्दै आएको बताइन् । महिला अधिकारकर्मी पशुपति कुँवरले छाउपडि गोठ मात्र भत्काएर छाउपडि प्रथाको अन्त्य नहुने भन्दै महिनावारी भएका बेला सहज र सस्तो तरिकाले प्याड उपलब्ध गराउन सके मात्र महिनावारी व्यवस्थ‍ित र सुरक्षित हुने बताइन् । उनले साँफेमा रहेको सेभ हाउसमा आएका हिँसा पीडित महिलालाई समेत यस उधोगमा समेट्ने बताइन् । #अन्नपुर्ण बाट साभार
2021/05/16 15:28:23
https://badimalikakhabar.com/2020/11/22/95066/
mC4
होटल संघद्वारा कर्जामा ब्याज स्थगनको माग | Rastra News होटल संघद्वारा कर्जामा ब्याज स्थगनको माग फागुन ५, २०७७ पोखरा, ५ फागुन । पश्चिमाञ्चल होटल संघ पोखराले होटल तथा समग्र पर्यटन क्षेत्रलाई बैंक तथा वित्तीय संस्थाहरुबाट प्रदान गरिएको कर्जाको ब्याज आगामि दुई वर्ष सम्मका लागि स्थगन गरिदिन माग गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बुधबार ६ बुँदे ध्यानाकर्षण पत्र पठाउँदै संघले त्यस्तो माग गरेको हो । कोभिड १९ को संक्रमणसँगै नेपाल राष्ट्र बैकले घोषणा गरेको मौद्रिक नीति २०७७ को मर्मलाई मध्यनजर गर्दै संघले उक्त माग अघि सारेको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । सरकारले समेत कोभिड १९ बाट अति प्रभावित क्षेत्र भनेर होटल तथा पर्यटन क्षेत्रलाई उल्लेख गरेको उनले स्मरण गराए । संघीय सरकारको बजेट वक्तव्य तथा मौद्रिक नीतिमा १ खर्ब रुपैयाँको पूर्नकर्जाको सुविधा घोषणा भएता पनि बैंकहरुको झन्झटिलो प्रकृयाको कारण कोभिड– १९ बाट अत्यधिक प्रभावित साना तथा मझौला होटलहरु सो कर्जा उपभोग गर्न नसकेको संघले स्मरण गराएको छ । होटल तथा पर्यटन व्यवसायलाई कर्जा प्रवाह गर्दा प्राथमिकतामा राखिनुपर्ने माग पनि संघको छ । एक वर्षको बन्दाबन्दीसँगै बैंक व्याज, विद्युत महसुल, भाडा, कर्मचारीको पारिश्रमिक भुक्तानी गर्न सक्ने स्थिति नरहेको विषय पनि संघले अवगत गराएको छ । होटल क्षेत्रमा स्थीर लगानी, बढी भन्दा बढी रोजगार प्रदान गर्ने व्यवसाय, कोभिड –१९ को संक्रमणबाट होटल तथा पर्यटन व्यवसाय सबै भन्दा बढी प्रभावित भएको विषय पनि ध्यानाकर्षण पत्रमा स्मरण गराइएको छ । यसैबीच संघले छिमेकी मुलुकसँग जोडिएका सिमा नाका बन्द भएका कारण स्थलमार्ग हुँदै आगमन हुने पर्यटकहरुको संख्या प्राय सुन्य रहेको पनि जनाएको छ । संघले बुधबार नै नेपाल राष्ट्र बैंक पोखराका निर्देशक इश्वरीप्रसाद भट्टराई र गण्डकी प्रदेशका प्रमुख सचिव विष्णुप्रसाद नेपाललाई पनि ध्यानाकर्षण पत्र बुझाएको छ । पत्रमा होटल उद्योगलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको मान्यता दिनुपर्ने, सरकारी पुर्नकर्जाको समयावधीलाई २ वर्ष कायम गरी बिना झन्झट सरल रुपमा प्रदान गरिनु पर्ने माग गरिएको छ । २०७६ चैत्र देखि लकडाउन अवधीभरको विद्युत माग महशुल मिनाहा र करीव दुई वर्ष सम्म विद्युत माग महसुलमा पचास प्रतिशत छुट तथा होटल क्षेत्रलाई उत्पादनमुलक उद्योग सरह विद्युत महसुल निर्धारण गरिनु पर्ने माग पनि संघले गरेको छ । रासस जेठ ६, २०७९ काठमाडौँ, ६ जेठ (रासस) :सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले बढेर रु ९७ हजार ३०० तोकिएको… स्वदेशी उद्योग बन्दः बर्सेनि अर्बौँको टायर आयात राष्ट्र न्यूज सम्वाददाता वैशाख १५, २०७९ नवीन पौडेल 'ड्राइभर दाइलाई मन पर्ने टायर, गोरखकाली रबर उद्योग भएर' काठमाडौँ, १४ वैशाख (रासस) :कुनै समय टेलिभिजन र रेडियोमा… क्रियटिभ व्यूटीको डिलर श्रेना व्यूटिपार्लर राष्ट्र न्यूज सम्वाददाता चैत्र २७, २०७८ पोखरा, २७ चैत । पोखराको श्रेना व्यूटिपार्लर र बनेपास्थित क्रियटिभ व्यूटी बीच आइतबार डिलर सम्झौता भएको छ । क्रियटिभका उत्पादन… रासस चैत्र २, २०७८ काठमाडौँ, २ चैत (रासस) ःसुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु ९९ हजार ३०० तोकिएको छ । अघिल्लो… जाल्पा सामुदायिक लघुवित्तको आइपिओ बाँडफाँट रासस फागुन १, २०७८ काठमाडौँ, १ फागुन (रासस) :जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ) बाँडफाँट गरेको छ ।…
2022/05/23 07:26:36
https://www.rastranews.com/2021/02/7728/
mC4
स्वास्थ्य सेवा तथा वडा कार्यालय भवनको शिलान्यास - GBM स्वास्थ्य सेवा तथा वडा कार्यालय भवनको शिलान्यास २०७८ श्रावण ९ gautam buddha sandesh 0 Comments भैरहवा, ९ साउन ।रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाद्वारा वडा नम्बर ६ को स्वास्थ्य सेवा तथा वडा कार्यालय भवन शनिबार शिलान्यास भएको छ । एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेय र नगरप्रमुख हरि प्रसाद अधिकारीले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । कार्यक्रममा बोल्दै मन्त्री पाण्डेयले जनताको करबाट जनप्रतिनिधिको माध्यम बनेर भएको काममा सबैको सहयोग जरुरी रहेको बताए । कामका हिसाबले मन्त्री हुँदा बजेट अब विकासमा लगाउन सकिने मन्त्री पाण्डेयले बताए । नगरप्रमुख अधिकारीले नगरमा केही भएन भन्नु भन्दा भएका कामको सकारात्मक तरिकाले राम्रोलाई राम्रो भन्नुपर्ने बताए । धेरै काम र विकास नगरमा भएको र अब ६ नम्बर वडाको भवन बनेपछि सबै वडा कार्यालय आफ्नै भवनमा हुने उनको भनाइ थियो । नगर उपप्रमुख उमा काफ्लेले सार्वजनिक जग्गाको खोजीमा सबै जनप्रतिनिधि लाग्नुपर्नेमा जोड दिइन् । सिद्धार्थनगर–६ का वडाअध्यक्ष विरेन्द्रनाथ श्रीवास्तवको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष मुक्तिनाथ यादव (भोला), पूर्व वडाअध्यक्ष रामशंकर कान्दु, करुणानिधि शर्मा, जनता समाजवादी पार्टी नेपाल (जसपा) सिद्धार्थनगरका अध्यक्ष अर्जुन प्रसाद जयसवाल, वडा सदस्य वेद प्रसाद सापकोटा लगायतले बोलेका थिए । नगरपालिका सामाजिक विकास शाखा प्रमुख यादव प्रसाद सापकोटाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । वडा नम्बर ६ स्थित नेवाः खलको भवन नजिक २१ धुर जग्गामा २०७८ माघसम्ममा निर्माण सक्ने गरी ठेक्का भएको बताइएको छ । भुंइतलामा स्वास्थ्य भवननिर्माण हुनेछ भने पहिलो तलामा वडा समितिको कार्यालय रहने नगरपालिका वरिष्ठ इञ्जिनियर जीवनअर्यालले बताए । लुम्बिनी प्रदेश सरकारबाट २८ लाख ५० हजार, स्वास्थ्यबाट ६१ लख ४९ हजार र बाँकी नगरपालिकाले व्यहोर्ने गरी ८८ लाख ८४ हजार ७७४ मा ठेक्का सम्झौता भएको अर्यालले बताए ।
2021/09/28 07:35:25
https://gautambuddhasandesh.com/archives/14668
mC4
डोटीमा ६० % विकास बजेट खर्च - Karobar National Economic Daily डोटीमा ६० % विकास बजेट खर्च query_builderJuly 11, 2017 12:23 PM supervisor_accountकारोबार संवाददाता visibility412 डोटीः चालू आर्थिक वर्ष २०७३/०७४ को अन्तिम मिति नजिकिँदै जाँदा डोटीमा ६० प्रतिशत विकास बजेट खर्च हुने देखिएको छ । पुँजीगततर्फ जम्मा ५५ प्रतिशतमात्रै रकम खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय डोटीका कोष नियन्त्रक इश्वरप्रसाद श्रेष्ठले जानकारी दिए । जिल्लामा आएको कुल बजेटमध्ये पुँजीगत तर्फमात्रै ६९ करोड ७१ लाख रुपैयाँ बजेट खर्च हुन बाँकी छ भने चालूतर्फ ६६ करोड ३६ लाख ५ हजार रुपैयाँ खर्च हुन बाँकी देखिएको कोष नियन्त्रक श्रेष्ठले बताए । यस आवका लागि राज्यले डोटीका लागि चालू र पुँजीगत गरी ५ अर्ब ७३ करोड २५ लाख रुपैयाँ विनियोजन गरेको थियो । जसमध्ये चालू र पुँजीगततर्फको खर्च गरी ४ अर्ब ३७ करोड १७ लाख ७५ हजार खर्च भएको छ भने एक अर्ब ३६ करोड ७ लाख ५ हजार खर्च हुन बाँकी छ । जिल्लामा चालूतर्फ ४ अर्ब १७ करोड ४ लाख ८७ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा असार सकिनै लाग्दा जम्मा ८४ प्रतिशत अर्थात् ३ अर्ब ५० करोड ६८ लाख ८१ हजार रुपैयाँ निकासा भएको कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीले जनाएको छ । त्यस्तै, पुँजीगततर्फ १ अर्ब ५६ करोड २० लाख २२ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा असार मसान्त सकिनै लाग्दा ५५ प्रतिशत अर्थात् ८६ करोड ४८ लाख ९४ हजार रुपैयाँमात्रै निकासा भएको छ । गत आवमा मात्रै पुँजीगततर्फको विकासे बजेट खर्च हुन नसक्दा १० प्रतिशत फ्रिज भएको थियो । चालू आवमा आएका विकासे बजेटमध्ये सिँचाइ विकास डिभिजन कार्यालयका लागि कुल १३ करोड ९१ लाख ५० हजार बजेटमध्ये १२ करोड ९ लाख ५० हजार खर्च भएको छ । त्यस्तै डिभिजन सडक कार्यालयका लागि आएको कुल २८ करोड २३ लाख बजेटमध्ये १७ करोड ७६ लाख खर्च भएको छ । यस्तै बृहत् विकासे योजनाका लागि सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका लागि ३८ करोड २४ लाख बजेट विनियोजित भएको छ जसमा १५ करोड ६५ लाख ९० हजार खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।
2017/10/18 05:52:18
http://www.karobardaily.com/news/80623
mC4
विप्लव नेतृत्वको पार्टीद्धारा सरकारविरुद्ध यस्ता संघर्षका कार्यक्रम सार्वजनिक:: Naya Nepal काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्ध संघर्षका कार्यक्रम जारी गरेको छ । सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो । सरकारले कोरोनाको परीक्षणमा पनि शुल्क लिने निर्णय गरेको, जनताको स्वास्थ्यमा खेलवाड गरेको र सत्ताको आडमा भ्रष्टाचार गरेको भन्दै यही कात्तिक १५ गतेदेखि २० गतेसम्म संघर्षका कार्यक्रम जारी गरेको हो । नेकपाद्धारा जारी कार्यक्रममा कात्तिक १५ गते कोणसभा गर्ने, १७ गते पर्चा वितरण गर्ने र २० गते विरोध जुलुस निकाल्ने रहेको छ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव) ले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नेकपाले सम्पुर्ण नागरिकको कोरोनाको निःशुल्क परीक्षण र उपचारको व्यवस्था गर्न माग गरेको छ । विज्ञप्तिमा स्वास्थ्य परीक्षणजस्तो संवेदनशील र राज्यको न्यूनतम दायित्वबाट समेत पन्छिने कार्य सरकारको अत्यन्तै निकृष्ट र अमानवीय ब्यवहार भएको बताइएको छ । विप्लवले भनेका छन्, 'सरकार उत्तरदायित्व विहीन र हदैसम्म गैरजिम्मेवार बनिरहेको छ। सरकारको यस किसिमको क्रियाकलापले नेपालका राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरू दिन–प्रतिदिन अझ जटिल र सङ्कटपूर्ण बन्दै गइरहेका छन्।' राज्य सरकार र सम्बन्धितनिकायको संरक्षणमा स्वास्थ्य सङ्कटलाई समेत पैसा कमाउने, भ्रष्टाचार गर्ने र धनकुम्ल्याउने माध्यमका रूपमा दुरुपयोग भइरहेको आरोप लगाइएको छ । राजधानी रिक्जाविक केन्द्रविन्दु बनाएर शक्तिशाली भूकम्पको धक्का काठमाडौं । आइसल्याण्डमा ५.६ रेक्टर स्केल परिमाणको शक्तिशाली भूकम्प गएको छ । आईसल्याण्डको दक्षिणपश्चिमी भागमा मंगलबार भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पले राजधानी रिक्जाविकको भवनहरू हल्लाएको समाचार अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । जनधनको क्षतिबारे कुनै जानकारी आएको छैन । आइसल्याण्डको मौसम विभागले भन्यो कि भूकम्प अन्तर्राष्ट्रिय समयनुसार दिउँसो १ः४३ बजे आएको थियो । भूकम्पको केन्द्र राजधानी रिक्जाविकको दक्षिणमा रहेको थियो । प्रधानमन्त्री क्याट्रिन जेकब्सडोटर अमेरिकी अखबार 'वाशिङटन पोस्ट' ले आयोजना गरेको जूम बैठकमा एउटा कार्यक्रमलाई सम्बोधन गर्दै थिइन् तब उनले बीचमा अचानक रोकिनुपर्यो । उनले भनिन्, 'हे भगवान, भूकम्प आयो ।' मौसम विभागले पश्चिमी आइसल्याण्डमा बस्ने मानिसहरूलाई थप भूकम्पको चेतावनी दिएको छ । एपी शा'रीरिक क'र्मपछि भिडियो बनाएर बारम्बार नदिए भाइरल बनाउछु भन्ने पुरुषलाई महिलाले बनाइन् लाश काठमाडौं । विवाहपछि पनि एक पुरुषको व्यवहार सहन गर्न नसकेर एक महिलाले उठाएको कदमले सबैलाई हैरान बनाएको छ । भारत, मध्यप्रदेशको अशोकनगर जिल्लामा बारम्बार एक पु'रुषबाट शा'रीरिक क'र्म राख्नका लागि बारम्बार कुरा आउँन थालेपछि एउटी महिलाले ज्या'न लि'एकी हुन् । अशोकनगर जिल्लाको सेहराई चौकी क्षेत्र अचलगढ निवासी ३५ वर्षीय बृजभूषण शर्माको ज्या'न लि'इएको हो । यहाँको क्यान्ट क्षेत्रको माथिल्लो बजारको एउटै गाउँमा बस्ने एउटी महिलाले भुषणको ज्या'न लि'एकी हुन् । ति महिलाका अनुसार सन् २००५ मा जब उनी १६ वर्षकी थिइन तब बृज भूषणले उनलाई दुःख दिएका थिए । त्यसपछि, उसले बारम्बार उनलाई शा'रीरिक क'र्मका लागि प्रयोग गर्दै आएको थियो । यहाँसम्म कि ती महिलाको विवाह पछि पनि भुषणले छोडेनन् । त्यस महिलाले धेरैपटक आफ्नो परिवार रहेको कुरा बताईन् तर उनले विश्वास गरेनन् । बृज महिलाको ससुरालीमा पुग्थ्यो । सोमबार राती पनि महिलाका पति घरमा नभएको बेला बृजभूषणले घरमा आएर उनलाई चे'तावनी दिएर शा'रीरिक क'र्म पुरा बनाएको बताइएको छ । अस्वीकार गर्दा पनि नमानेर उनले सम्बन्ध राखेका हुन् । त्यसपछि ति महिलाले भान्छाबाट तरकारी टु'क्रा पार्न प्रयोग हुने सामान ल्याएर उनको ज्या'न लि'एकी हुन् । आमाले यो सब गर्दै गर्दा उनकी सानी छोरीले पनि थाहाँ पाएकी थिइन् तर डरले उनी सुतिन् । प्रहरी आइपुगेपछि उनकी छोरी पनि डराएर बसिरहेकी थिइन् । प्रहरीले घटनास्थलबाट र'गत दा'ग र दुई मोबाइल फेला पारेको छ । एउटा मोबाइल महिलाको हो भने अर्को मृतकको हो । नियन्त्रणमा लिइएको सामान १० इन्च लामो छ । महिलाले तरकारी आदि बनाउन यसको प्रयोग गर्दै आएकी थिइन् । मृतक पुरुषको शरीरमा कुनै पनि कपडा थिएन । यसै बीच, महिलाले भान्छाबाट सामान ल्याएर पूर्ण शक्तिले त्यसमा प्रयोग गरेकी थिइन् । जुन पछाडिबाट सीधै पे'ट'मा पु'ग्यो । जब उनले भाग्नको लागि लुगा लगाउने कोसिस गरे तब पनि उनले छोडिनन् । बृजभूषण शर्माको कम्मरमा २५ वटा निशान देखा परेको छ । महिलाको पति अशोकनगर जिल्लामा शिक्षक हुन् । घटनाको समयमा उनी अशोकनगरमा थिए । क्यान्ट प्रहरी इञ्चार्ज रामप्रकाश वर्माले यो घटना गत मंगलबार राती साढे १२ देखि साढे १ बजे आसपास भएको बताएका छन् । त्यस दिन राती २ बजे महिलाले १०० मा फोन गरेर घटना सम्बन्धमा सूचना दिइन् । सुचनापछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उक्त घटनापछि ति महिलाले आफैंले प्रहरीमा फोन गरेर आफ्नो कु–र्कमबारे जानकारी गराएर आत्मसर्मपर्ण गर्न बाध्य भएकी थिइन् । आरोपितले ती महिलासँग शा'रीरिक क'र्म सम्पन्न गरेका भिडियोहरू पनि बनाएका थिए । आफुले भनेको अनुसार नगरे ति सबै भिडियो भाइरल बनाउने चेता'वनी दिएर त्यस्तो काम गर्दै आएका थिए । अन्त्यमा हैरान भएर महिलाले गलत बाटो चुन्न पुगेको बताएकी छिन् । श्रीमान बाहिर भएको समयमा उनी प्रायः जसो उनको घरमा आउँने गरेको उनले बयानमा बताएकी छिन् । घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।
2020/12/05 05:27:02
https://nayanepalmedia.com/23682/
mC4
त्यसैगरी सूर्यविनायक नगरपालिका २ बालकोटस्थित रागिनी हाईटमा एक बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ। जिल्लाकै चाँगुनारायण नगरपालिका–७ बागेश्वरी घरभई हाल बालकोटस्थित रागिनी हाईटमा बस्ने १९ वर्षीय युवक रञ्जित परियारले बालिकालाई आफ्नै डेरामा जबरजस्ती करणी गरेको भन्ने जाहेरीका आधारमा पक्राउ गरिएको प्रनाउ पोखरेलले जानकारी दिए। परियारलाई करणी सम्बन्धि कसुरको जबरजस्ती करणी मुद्दामा म्याद थप गरी महानगरीय प्रहरी वृत्त थिमीबाट आवश्यक अनुसन्धान भईरहेको पोखरेलले बताए।
OSCAR-2019
Public Kura | » फेरि स्थगित भयो लुम्बिनी प्रदेशसभा बैठक फेरि स्थगित भयो लुम्बिनी प्रदेशसभा बैठक – Public Kura बुटवल– लुम्बिनी प्रदेशसभा बैठक फेरि स्थगित भएको छ । भोलि बुधबारका लागि बोलाइएको बैठक स्थगित भएको हो । प्रदेशसभाको बैठक यही भदौ ३१ गते बिहीबार दिनको १ः०० बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ । प्रतिपक्षी दल नेकपा एमालेको निरन्तर अवरोधका कारण प्रदेश सभा बैठक लगातार दुई पटक स्थगित भइसकेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न बुटवल आउने भएपछि भोलिका लागि बोलाइएको प्रदेशसभा बैठक स्थगित गरिएको बताइएको छ । सदन बहिष्कार र अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई फकाउने प्रयासस्वरुप प्रदेशसभा बैठक स्थागित गरिएको हो । एमालेले भदौ १ गतेदेखि नै निरन्तर सदनमा अवरोध एवम् बहिष्कार गरिरहेको छ । एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले आफ्नो पार्टीको कार्यक्रम भएको सत्तारूढ दलका सचेतकहरूलाई जानकारी दिएको बताए । एमालेले आफ्नो पार्टीले कारबाही सिफारिस गरेका दुई सांसदलाई पदमुक्त नगरेसम्म सदन चल्न नदिने अडान लिएको छ । कांग्रेस प्रमुख सचेतक फखरूद्दिन खानले एमालेको विशेष कार्यक्रम भएकाले बुधबारको बैठक सार्ने सहमति भएको जनाए ।
2022/01/20 04:24:57
https://publickura.com/news/46572/
mC4
एमाले एकता जोगाउन पहल गर्ने नेपाल समूहको निर्णय | Ratopati एमालेको माधव नेपाल–झलनाथ खनाल समूहले पार्टी एकतालाई अन्तिम निष्कर्षमा पुर्याउन र पार्टी एकता जोगाउन थप पहल गर्ने निर्णय गरेको छ । सोमबार बसेको सो समुहको स्थायी कमिटी बैठकले एकताको पहल जारी राख्ने निर्णय गरेको बैठकमा सहभागी नेता युवराज ज्ञवालीले जानकारी दिए । 'हामी एकताका लागि सम्पुर्ण ध्यान केन्द्रीत गरिरहेका छौ, आ आफ्नो तर्फबाट एमाले एकता जोगाउन अझै प्रयास गर्ने, एकताविरोधी अभिव्यक्ति कसैले र कुुनै पक्षले पनि दिन नहुने हाम्रो निश्कर्ष छ', नेता ज्ञवालीको भनाई छ । त्यस्तै एकता प्रक्रिया चलिरहेका बेला केही दिन अघि एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौ जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा दिएको अभिव्यक्तिले पार्टी एकतामा अवरोध सिर्जना गरेको भन्दै उक्त अभिव्यक्तिलाई गम्भीर रुपमा लिएको छ । ज्ञवालीका अनुसार एकता प्रक्रिया चलिरहेका बेला अध्यक्ष ओली पक्षले एकपक्षीय बैठक राखेर पार्टी विभाग गठन र विभिन्न कार्यदल गठन गरिरहेको भन्दै उक्त कार्य रोक्न माग समेत गरेको छ । सोमबार मात्रै ओली पक्षको बैठकले ९ वटा विभागमा सदस्यहरु नियुक्ति गरेको छ । त्यस्तै आइतबारको बैठकले महाधिवेशनका लागि विभिन्न कार्यदल गठन गरेको छ । 'यस्ता गतिविधि रोकिनुपर्छ भन्ने निश्कर्ष छ', ज्ञवालीले रातोपाटीसँग भने, 'अव हामी एमालेलाई रुपान्तरण गर्ने हो, पार्टी एकतालाई निष्कर्षमा पुर्याउने हो,'ज्ञवालीको भनाइ छ ।
2021/10/27 09:06:26
https://ratopati.com/story/192639/2021/8/2/khanal-nepal-?fbclid=IwAR2ntz_smOhOQfKio-PU6sLW-qeZ83e7zzMqjPUT6fo6hRGZ3CBVMQu89FY
mC4
'महानगरका हरेक वडामा सहरी स्वास्थ्य क्लिनिक बन्नेछ' - Samata Khabar २६ भाद्र २०७४, सोमबार ०५:४६ चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल नेपालका ६ वटा महानगरमध्ये एक मात्र महिला मेयर हुन् । मेयरका रूपमा पदभार ग्रहण गरेकै दिन उनले स्वास्थ्यसँग सम्बन्धी निर्णय गरेकी थिइन् । महानगरपालिकामा रहेको भरतपुर अस्पतालमा उपचार गर्न आउने महिला र ज्येष्ठ नागरिकलाई बहिरंग (ओपिडी) टिकट निःशुल्क गर्ने उनको पहिलो निर्णयलाई धेरैले स्वागत गरे । मेयर दाहालसँग स्वास्थ्य सेवासँग सम्बन्धित रहेर स्वास्थ्य खबरपत्रिकाका प्रवीण ढकालले गरेको कुराकानीः भरतपुर महानगरपालिकाको मेयरका रूपमा पहिलो निर्णय नै स्वास्थ्यसँग सम्बन्धित गर्नुभयो, यो सोच कसरी आयो ? मलाई पहिलेदेखि नै स्वास्थ्य र महिलाको विषयमा केही काम गरौँ भन्ने लागिरहेको थियो । मेयर पदमा विजयी भएसँगै यस विषयमा सोचेको थिएँ । म सपना बाँड्नेभन्दा पनि काम गर्ने मानिस हुँ । ठूला कुरा गरेर काम नगर्नुभन्दा हेर्दा साना लाग्ने तर जनताले राहत महसुस गर्ने काममा मेरो जोड हुनेछ । सोहीअनुरूप तत्कालै २ लाखभन्दा बढी महिला र ज्येष्ठ नागरिकले फाइदा लिन सक्ने निर्णय गरेकी हुँ । ओपिडीको शुल्क त जम्मा ३० रुपैयाँ हो । त्यति पैसा त सबैले तिर्न सक्लान् नि? हेर्दा जम्मा ३० रुपैयाँ त हो नि भन्ने जस्तो लागे पनि यो रकम धेरैका लागि अवरोध जस्तो बनेको थियो । महानगरमा ३० रुपैयाँ तिर्न नसक्ने मानिस सायदै कम होलान् तर त्यही थोरै रकम डाक्टरको ढोकासम्म आउने बाटोको रोकावट बनेको छ । हामीले त्यो बारलाई हटाइदिएका मात्र हौं । किनभने डाक्टरकहाँ गएर निःशुल्क जँचाउन पाइन्छ भनेपछि धेरै मानिस उपचारको दायरामा आउनेछन् । ३० रुपैयाँको ओपिडी शुल्क निःशुल्क गर्दा रोग लुकाएर बस्ने धेरैले समयमै उचित उपचार पाउनेछन्, जसले धेरैको ज्यान जेगाउन सहयोग गर्छ । ओपिडी शुल्क निःशुल्क गर्दा वार्षिक ६० लाख जति खर्च हुने रहेछ । त्यो खर्चबाट २ लाख जनताले समयमै आाफूमा लागेको रोग तथा समस्या पहिचान गर्न पाउनेछन् । फलस्वरूप उनीहरूको समयमै उपचार हुन्छ । तर, त्यही शुल्कका कारण रोग तथा समस्या लुकाएर बस्ने र उपचारमा नजाने व्यक्ति एकै पटक गम्भीर अवस्थामा अस्पताल पुग्न सक्छ । उसको ज्यान नै तलमाथि हुनुका साथै सरकारले पनि लाखौँ सहयोग गर्नुपर्ने अवस्था आउन सक्छ । त्यसकारण भविष्यमा नागरिकको स्वास्थ्यमा भवितव्य नआओस् भन्नका लागि नै यस्तो निर्णय भएको हो । यसले तत्काललाई केही खर्च भए पनि भविष्यमा उपचारका नाममा हुने करोडौँ खर्च र धेरैको ज्यान जोगाउनेछ । महानगरभित्र स्वास्थ्य क्षेत्रमा कस्ता काम गर्ने योजना बनाउनुभएको छ ? चितवनलाई मेडिकल सिटीका रूपमा विकास गर्नुपर्छ भनेर चर्चा भए पनि व्यवहारमा लागू गर्नेबारे खासै काम भएको छैन । हाम्रो महानगरमा सरकारी, निजी, सामुदायिक गरी धेरै अस्पताल तथा स्वास्थ्य संस्था छन् । मेरो जोड अब महानगरलाई मेडिकल सिटीका रूपमा विकास गर्नेतर्फ नै रहन्छ । तर, यो काम म हतारमा गर्दिनँ । यसका लागि निश्चित योजना चाहिन्छ । यो हाम्रो दीर्घकालीन योजना नै हो । मेडिकल सिटी एकैपटकमा बन्ने कुरा होइन । हामीले यो विषयमा विज्ञसँग छलफल गरिरहेका छौं । क्रमबद्ध रूपमा काम हुनेछ । यसको होमवर्क भइरहेको छ । अस्पतालको संख्या धेरै हुँदैमा मात्र मेडिकल सिटी भन्न मिल्ला र ? पक्कै पनि मिल्दैन । त्यसैले हाम्रो चासो पनि संख्यात्मकभन्दा गुणस्तरीय सेवा दिने संस्थाको विकासमा हुनेछ । स्वास्थ्य क्षेत्रमा खारिएका विज्ञ र अनुभवीको टिम बनाउनेछु । मेडिकल सिटीका रूपमा चिनिएका अन्य देशका अभ्यासको समेत अध्ययन गर्दै त्यसलाई हाम्रो देश सुहाउँदो कसरी बनाउन सकिन्छ भन्ने विषयमा छलफल चलाउँछु । सबैको राय, सुझाव र अध्ययनका आधारमा तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्नेछौँ । गुणस्तरीय सेवामा कुनै सम्झौता गर्नेछैनौँ । त्यसो भए चितवनको सौराहामा आएका पर्यटक बिरामी भए भने काठमाडौं पुग्नुपर्दैन ? हाम्रो योजना पनि त्यही हो । चितवनको सौराहमा आएका पर्यटक मात्र नभई छिमेकी भारतसहित अन्य देशका बिरामी पनि उपचारका लागि भरतपुरमा ल्याउने वातावरण बनाउँछौँ । मेडिकल टुरिज्मका हिसाबले भरतपुर उपयुक्त गन्तव्य हुनेछ । यहाँ अहिले दुई वटा मेडिकल कलेज छन् भने केन्द्रीय स्तरको सरकारी अस्पताल समेत छ । ती सबैलाई व्यवस्थित गर्दै अन्तर्राष्ट्रियस्तरको उपचार सेवा प्रदान गर्नेतर्फ हामी लागेका छौँ । पूर्वदेखि सुदूरपश्चिमसम्मका नागरिक भरतपुर हुँदै राजधानी जाने गर्छन् । सबै विधाको गुणस्तरीय उपचार सेवाका माध्यमबाट हामीले त्यो संख्यालाई पनि यहीँ रोक्न सक्छौँ । चितवनका अस्पतालहरूमा विकृति छ भन्ने गुनासो छ नि ? हामीले पनि केही गुनासा सुनेका छौँ । यो विषयमा अध्ययनकै क्रममा छौं । अस्पताल तथा स्वास्थ्य संस्थाहरूले दिने सेवा–सुविधाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड र व्यवस्था छन् । ती सबै अस्पतालले पूरा गरेका छन्÷छैनन्, कानुनको पालना कसले गरेन जस्ता सबै विषयमा टिम बनाएर अनुगमन हुनेछ । अनुगमनका क्रममा मापदण्ड पूरा नगरेका, कानुनको पालना नगरेका संस्थालाई कानुनी दायरामा ल्याउनेदेखि बन्द गर्नेसम्मको काम हुन्छ। गरिबीका कारण उपचारको पहुँचमा आउन नसक्ने समुदायका लागि कस्ता योजना छन् ? महानगरका गरिब तथा पिछडिएका समुदायको पहिचान गर्ने योजना बनाएका छौँ । सबै वडाका निर्वाचित पदाधिकारीसँग आ–आफ्नो टोल तथा समुदायमा रहेका गरिबहरूको सूची माग गर्नेछौं र त्यसकै आधारमा उनीहरूलाई निःशुल्क उपचार सेवा दिनेछौँ । पहिचान गरेका टोल तथा समुदायमा नै समय–समयमा निःशुल्क स्वास्थ्य शिविर लैजाने योजना पनि छ । अहिले पनि धेरै नागरिक महानगरको मुख्य बजार क्षेत्रमा रहेका अस्पतालमा आउनुपर्ने वाध्यता छ । जसका कारण अस्पतालमा बिरामीको निकै चाप हुन्छ । थोरै सरकारी अस्पताल भएका कारण बिरामीले उपचारका लागि निकै झन्झट बेहोर्नुपरिरहेको छ । त्यो समस्या कम गर्न महानगरका प्रत्येक वडामा व्यवस्थित र सुविधासम्पन्न सहरी स्वास्थ्य क्लिनिक स्थापना हुनेछ, जसबाट धेरैभन्दा धेरै बिरामीले घर नजिकैको स्वास्थ्य संस्थामा उपचार सेवा पाउनेछन् ।
2021/09/23 14:45:19
https://samatakhabar.com/2017/09/11/563/
mC4
राष्ट्रिय मुद्दामा स्थिर रहन प्रधानमन्त्रीलाई पूर्व प्रधानमन्त्रीहरुको सुझाव – Online National Network राष्ट्रिय मुद्दामा स्थिर रहन प्रधानमन्त्रीलाई पूर्व प्रधानमन्त्रीहरुको सुझाव २१ चैत्र २०७४, बुधबार १२:५३ काठमाडौं, २१ चैत – पूर्व प्रधानमन्त्रीहरुले प्रधानमन्त्री केपी ओलीलाई आसन्न भारत भ्रमणका क्रममा राष्ट्रिय मुद्दामा स्थिर रहन सुझाव दिएका छन् । हरेक पटक हुने प्रधानमन्त्रीको भ्रमणका क्रममा ठूला–ठूला आश्वासन मात्रै आएपनि देखिने गरी परिणाम आउन नसकेको भन्दै उनीहरुले राष्ट्रिय मुद्दामा दरिलो उपस्थिति जनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । प्रधानमन्त्रीको भ्रमणलाई सद्भाव भ्रमण मात्रै नबनाउन उनीहरुले सुझाव समेत दिएका छन् । आगामी शुक्रबार ३ दिने भ्रमणका लागि दिल्ली जानुअघि प्रधानमन्त्री ओलीले अनुभव साटासाट गर्न आज पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल, झलनाथ खनाल, माधव कुमार नेपाल, खिलराज रेग्मी, लगायतसंग छलफल गर्नुभएको थियो । सुझाव दिने क्रममा कांग्रेस सभापति देउवाले व्यापार घाटा कम गर्ने एजेण्डा माथि छलफल गर्न सुझाउनुभयो । माओवादी केन्द्रका अध्यक्ष दाहालले संविधान जारी गर्दा भारतसँग बिग्रिएको सम्बन्ध संविधान कार्यन्वयनका क्रममा सुध्रने विश्वास व्यक्त गर्नुभयो । आर्थिक समृद्धि र स्थायित्वका लागि प्रधानमन्त्री ओलीको भ्रमण फलदायी हुने दाहालको विश्वास थियो । एमाले वरिष्ठ नेता खनालले नेपाल प्रतिको भारतीय दृष्टिकोणमा परिवर्तन आएको भन्दै दुबै मुलुकलाई फाईदा हुने गरी सन्धी सम्झौता हुनुपर्नेमा जोड दिनुभयो । एमाले नेता नेपालले भारतसँग नेपालको सम्बन्ध भाई – भाईको नभई मित्रताको हुनुपर्ने बताउनुभयो । उहाँले भारतसँग नयाँ सम्बन्ध भन्दा पनि यसअघि भएका पुराना सम्झौता कार्यन्वयनमा नेपालले जोड दिनुपर्ने बताउनुभयो । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले भारतसँग पुरानै सोचले नयाँ सम्वन्ध कायम हुन नसक्ने बताउनुभयो । उहाँले २१ औं सताब्दीको विश्व परिवेश अनुसार नेपाल र भारत सम्बन्ध विकास हुनुपर्ने बतउनुभयो । भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदी लगायत उच्च पदस्थ सरकारी अधिकारी, विभिन्न दलका बरिष्ठ नेता, कलाकार, उद्योगी व्यापारी लगायतसँग भेटवार्ता गर्नुहुनेछ । प्रधानमन्त्री ओलीले भारत भ्रमणका क्रममा मुलुकको शिर निहुरीने गरी कुनै प्रकारको सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । प्रधानमन्त्री ओली भारतको तीन दिने भ्रमणका लागि पर्सि शुक्रबार नयाँ दिल्ली जाँदै हुनुहुन्छ ।
2022/01/21 18:18:26
https://www.onnnepal.com/2018/04/04/7681
mC4
भक्तपुरमा परिवारै सखाप : हत्यापछि आत्महत्या ! « Khabarhub भक्तपुरमा परिवारै सखाप : हत्यापछि आत्महत्या ! काठमाडौँ- शुक्रबार साँझ करिब ५ बजे भक्तपुरको मध्यपुर थिमि नगरपालिका-९, निकोसेरामा एउटा घरभित्र एकै परिवारका तीन जना मृत भेटिए । महानगरीय अपराध महाशाखाका अनुसार ३६ वर्षीय सुदीप अधिकारी, उनकी ३४ वर्षीया श्रीमती सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारीको मृत भेटिएका हुन् । शव दुर्गन्धित हुन थालेका थिए । उनीहरुसँगै घरमा पालेको कुकुर पनि मृत फेला परेको छ । प्रहरीको महानगरीय अपराध महाशाखा, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र महनगरीय प्रहरी परिसर भक्तपुरको टोलीले घटनाको अनुसन्धान थालेको छ । यो सामग्री तयार पार्दासम्म घटना हत्या कि आत्महत्या भन्ने खुल्न सकेको छैन । घटनाको अनुसन्धान गरिरहेका महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले भने, 'हामीले तीनै जनाको शव पोष्टमार्टमका लागि पठाएका छौँ, अन्य आवश्यक सबुत र घटनास्थलमा भेटिएका वस्तुहरु नेपाल प्रहरीको फरेन्सिक ल्याबमा परीक्षणको लागि पठाइएका छौँ, पोष्टमार्टम र फरेन्सिक ल्याबको अनुसन्धानपछि घटनाको रहस्य खुल्नेछ ।' अनुसन्धान टोलीले हत्यापछि आत्महत्या भएको हुनसक्ने अनुमान गरेको छ । यस्तो थियो घटना स्थल शुक्रबार मृतक सुदीपका भाइ उनको घरमा पुगेका थिए । घरमा मानिसको चहलपहल थिएन तर घरको ढोका आधा खुलेको थियो । उनी घरभित्र छिरे । त्यहाँ त आतेशलाग्दो दृश्य थियो । दाजु, भाउजु र भतिज मृत थिए । लगत्तै उनले प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो । घरको पहिलो तलामा छोरा सुशान्तको शव भेटिएको थियो । दोस्रो तलामा श्रीमती सम्झनाको र माथिल्लो तलामा सुदीपको शव भेटिएको थियो । घटनाको अनुसन्धानमा खटिएका सीआईबीका एक अधिकारीका अनुसार छोरा सुशान्तको टाउकोमा चोट देखिएको छ । शवलाई 'राम राम' लेखिएको पीताम्वर ओडाइएको थियो ।' आमाको शवको प्रकृति पनि छोराको जस्तै थियो, टाउकोमा चोट र शवमाथि पीताम्बर ओडाइएको । घटनास्थलबाट एउटा धारिलो हतियार पनि फेला परेको छ । प्रहरीका अनुसार घरको माथिल्लो तलामा सुदीपको शव घोप्टिएको अवस्थामा भेटिएको थियो । उनको कमिजमा रगतका छिटा छन् । अनुसन्धान अधिकारीले भने, 'सबैभन्दा माथिल्लो तलामा भेटिएको सुदीपको शवको तुलनामा बाँकी दुई शव बढी दुर्गन्धित थिए । सुदीपको मृत्यु अरू दुइजनाको भन्दा ढिलो भएको अनुमान गर्न सकिन्छ ।' हत्या पछि आत्महत्या ! प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार हत्यापछि आत्महत्या भएको हुनसक्ने देखिएको छ । घटनाको अनुसन्धानमा जुटेका महानगरीय अपराध महाशाखाका एक अधिकारीले भने 'घटनास्थलको अनुसन्धान र घटनाको प्रकृति हेर्दा पहिले हत्या गरेर त्यसपछि आत्महत्या भएको हो कि भन्ने अनुमान गर्न सकिन्छ । अनुसन्धानकै क्रममा रहेकाले पुष्टि भइसकेको छैन ।' तीन जनाको शव छुट्टा छुट्टै स्थानमा छ । आमा र छोराको शवमा कपडा ओढाइए पनि सुदीपको शवमा ओढाइएको छैन । सुदीपको शवको दुर्गन्ध पनि कम छ । यसलाई हेर्दा सुदीपले परिवारको हत्या गरेर आफूले आत्महत्या गरेको अनुमान लगाउन सकिने ती अधिकारीको भनाइ छ । घटनाको प्रारम्भिक अनुसन्धानले तीन जनाको मृत्यु फरक समयमा भएको देखाएको छ । अनुसन्धान अधिकारीले भने, 'आमा र छोराको केही समयअघि र बाबुको पछि मृत्यु भएको देखिन्छ ।' प्रहरीले बाहिरका मानिसले हत्या गरेको भए हत्याको समय फरक नहुनुपर्ने र दुईजनाको शवमा रामनामी आढाइएको नहुनुपर्ने आधार मानेर अनुसन्धान गरिरहेको छ । शनिबार बिहान प्रहरीले घर वरिपरि गरेको खोजतलासमा धानखेतमा विषादीको दुई वटा बट्टा पनि फेला पारेको छ । घरमा लुटपाट वा चोरी भएको देखिएको छैन । मदिरा र ऋणले घरमा सधैँ विवाद स्थानियबासीका अनुसार साढे तीन तलाको घरको भुइँ तलामा उनीहरु आफैँले किराना पसल चलाउँथे । यसबाहेक अरू पेशा देखिँदैन थियो । सुदीप भक्तपुरस्थित एक औषधि कम्पनीमा काम गर्थे तर मदिरा सेवन गर्ने बानीका कारण उनलाई एक वर्षअघि कम्पनीले जागिरबाट हटाएको थियो । प्रहरी अनुसन्धान अधिकारीले खबरहबसँग भने, 'उनीहरु बस्दै आएको घर पनि बैंकमा धितो राखेको देखिएको छ । लकडाउनको समयमा ससुरालीबाट २ लाख रुपैयाँ ऋण समेत लिएका थिए । श्रीमती र छोरासँग केही समयदेखि विवाद समेत हुने गरेको पाइएको छ ।' प्रहरीले पाएको जानकारी अनुसार सधैँ मदिरा सेवन गर्ने र समाजमा नमिल्ने सुदीपको स्वाभावका कारण छिमेकीहरुसँग समेत उनको खासै राम्रो सम्बन्ध थिएन । सधैँको तनाव, घर झगडा र ऋणका कारण उनले हत्यापछि आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । कुकुरसमेत मृत तीन जनामात्र होइन घरमा पालिएको कुकुर पनि मृत अवस्थामा फेला परेको थियो । कुकुरको मुखमा फिँज देखिएको थियो । प्रहरीले घटनास्थलमा पीठो लतपतिएको पनि फेला पारेको छ । कुकुर विष मिसिएको पिठो खाएर मरेको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरी अनुसन्धान अधिकारीका अनुसार सुदीपको शव नजिकै रहेको कुकुरलाई खाना दिने भाँडामा केही खानेकुरा रहेको र त्यहाँ किराहरु मरेको पनि भेटिको छ । घटनाको समग्र सबुत विश्लेषण गर्दा हत्यापछि आत्महत्या भएको हुनसक्ने प्रारम्भिक निष्कर्ष प्रहरीको छ । प्रहरीले अन्य सम्भावनामा पनि अनुसन्धान अघि बढाएको छ ।
2021/01/23 22:44:18
https://www.khabarhub.com/2020/12/202007/
mC4
भूमिका सुब्बाको 'बनचरी' सार्वजनिक | RatoTara.com Websoft University काठमाण्डौ २२ असोज । रातो तारा डट कम,गीतकार, कलाकार तथा सामाजिक अभियन्ता भूमिका सुब्बाको नयाँ गीत 'बनचरी' सार्वजनकि भएको छ । ओएसआर डिजिटल युट्युब च्यालनबाट बिहिबार रिलिज गरिएको हो । गीतमा एउटी नारीको जीवन यात्रालाई समेटिएको छ । एउटी छोरीले जन्मदिने आमाप्रति दर्शाउने अगाध प्रेम र माईती गाउँको 'नोस्टाल्जिया' गीतमा प्रस्तुत गरिएको गीतकार सुब्बाले बताईन । सुब्बा अफै राम्रो गायिका समेत हुन । उनका मालिङ्गो सैसै, भूमिका र संगिनी तीन ओटा सोलो एल्बम रहेका छन् भने आधा दर्जन भन्दा बढी सयुक्त गीतिसंग्रह बजारमा आएका छन् । बाल्यकालबाटै कलाकारिता क्षेत्रमा लागेकी सुब्बाको खास गरी जनवादी गायिकाको रुपमा फराकिलो परिचय रहेको छ । पछिल्लो समय उनी गीत लेखनमा लागेकी हुन । त्यसैको निरन्तरता हो 'बनचरी' । चर्चित गायिका एलिना चौहानको स्वरमा सजिएको यो गीतमा पछिल्लो समय म्युजिक भिडियोमा सर्वाधिक रुचाईका कलाकार लक्ष्मी बर्देवाले जीवन्त अभिनय गरेकी छिन् । उनलाई आमाको रुपमा अञ्जु देउजाले साथ दिएकी छिन् । साजन राईको संगित रहेको यस भिडियोको किरण चाम्लिङ राईले निर्देशन गरेका हुन । बीजू कर्मचार्यले एरेन्ज गरेको यो गीत भर्जिन भ्वाईसको स्टुडियोमा रेकर्ड गरिएको हो । भूपेन्द्र तुम्बाहाङ्गफेले छायाङ्कन गरेको भिडियोमा काठमाण्डौ उपत्यका छेउछाउँका ग्रामिण दृष्यहरु समेटिएका छन् । चाडपर्व नजिकिदै गर्दा एउटी छोरीले माइती गाउँ र जन्मदिने आमा सम्झिएर बनचरी जस्तै स्वतन्त्र भइ आमालाई भेट्न माइतीघर जाने भाव इच्छा गीतमा अभिव्यक्त भएको संगीतकार साजन राईले बताए ।
2020/10/23 00:39:17
https://www.ratotara.com/2020/10/blog-post_718.html
mC4
नेपाल कम्युनिष्ट पार्टीको पहिलो पर्चा - Nepal Readers Home » नेपाल कम्युनिष्ट पार्टीको पहिलो पर्चा "एकातिर नागरिक अधिकार लिई छोड्छौं" भन्ने नारा बुलन्द गर्ने सयौं भाइहरू राणाको जेलमा सडिरहेका छन्, अर्कोतिर धेरै दिनदेखि कुरेको विधान २००६ सालको शुरुमा राणा सरकारले घोषणा गर्‍यो । नागरिक स्वतन्त्रताको विषयमा ऐन–कानून, नियमावली जारी भयो। यो घोषणा हाम्रा ती वीर शहीदहरूको स्मृतिमा ठूलो अपमानको कुरा हो, जसले आफ्ना दाज्यूभाइ, दिदी–बहिनीहरूले लेख्ने, बोल्ने, पढ्ने, सभा संगठन गर्ने स्वतन्त्रता पाउनेछन् भनी हाँसीहाँसी दुश्मनको गोली छातीमा थापेका थिए, हाँसीहाँसी फाँसीको तख्तामा झुलेका थिए। फेरि यो घोषणा नेपालका ती सपूतहरूको निम्ति ठूलो अपमानको कुरा हो, जो सभा–संगठन गर्न नदिने राणाशाहीको ऐनलाई लत्याएर जेल परेका छन् । साथै यो घोषणा हामी हजारौं नेपाली नर–नारीको निम्ति एउटा हाँक हो, चुनौति हो, जसले राणाशाहीको अगाडि घुडा टेक्नुभन्दा अनेक किसिमका यातना सहनु, देश निकालिनु इत्यादिलाई श्रेष्ठ ठानिरहेका छौं। अतएव हामी प्रत्येक नेपाली नर–नारीले यस घोषणा–पत्रलाई लत्याई 'कोतपर्व' होइन, क्रान्तिकारी तरीकाले राणाशाहीको तख्ता उलट्नेछौं भन्ने क्रान्तिकारी प्रतिज्ञा गर्नु पर्दछ । राणाको घोषणा खोस्टा हो कि गुदी हो भन्ने कुरा यसै घोषणाबाट छर्लङ्ग हुन्छ। घोषणामा भनिएको छ– "राणाशाहीको हुकुम प्रमाङ्गीविना कुनै किसिमको सभा संगठन अथवा प्रदर्शन गर्ने अधिकार नेपाली जनतालाई दिएको छैन। राणाशाहीका कर्मचारीहरू (नोकरशाही)ले जुनसुकै समयमा पनि हस्तक्षेप गर्न सक्दछन्, चाहे त्यो सभा भरखरै शुरु भएको होस् अथवा आधा लम्किसकेको होस्।" राणाशाहीको स्वीकृतिविना क्लब, मजदूर सभा (ट्रेड युनियन), किसान सभा इत्यादि कुनै किसिमको संगठन पनि खोल्ने अधिकार यस घोषणा–पत्रले अस्वीकार गरेको छ। यसकारण यस घोषणा–पत्रको वास्तविक मतलव राणा समर्थकहरूले राणाशाहीका कुकर्महरूको समर्थन गरी पर्दाराखी जनताको विरोधमा खडा हुने, संगठित हुने र बोल्ने अधिकार पनि पाएका छन्। हुँदाहुँदा यस घोषणाले सामाजिक सेवा गर्ने अधिकारसम्म पनि दिएको छैन। यसैबाट राणाशाहीको समाजद्रोही काम जाहेर हुन्छ। औषधिमुलोको पसल, संघ इत्यादि खोल्नलाई पनि नानावलीका शर्तहरू यस घोषणा–पत्रले राखेको छ। राणाशाहीको चीले–आँखा यस्ताहरूबाट पनि ओझेल भएको छैन। यस्तो तिन न तेह्रको नागरिक स्वतन्त्रता संसारको कुनै भागमा पनि देख्न सुन्न मुश्कील छ। राणाहरूलाई भने यिनीहरूको मालिक तथा प्रभु आंग्ल–अमेरिकन साम्राज्यवादीहरूलाई जतिपटक चाहियो उतिपटक भेट्ने स्वतन्त्रता छ। नेपाली जनतालाई संयुक्त तरीकाले शोषण गर्नका निम्ति भारतीय धन–कुवेर टाटा बिडला, सिहानिया, गोयन्का, चमरियाहरूलाई राणाहरू इच्छा मुताविक भेट्न सक्छन्। करोडौं भारतीय जनताको रगत चुसी यिनीहरूले पोको पारेको थैली रक्षा गर्नको निम्ति हाम्रा अशिक्षित तर बहादुर भाइहरूलाई भारत पठाउनका निम्ति राणाहरू नेहरूलाई भेट्न सक्छन्। तर हामी नेपालका श्रमिक जनता नेपालका छोराछोरीहरूलाई आपसमा भेटघाट गरी राणाशाहीको यो बढ्दो शोषणलाई खतम गर्ने बाटो र भोक, बेकारी, चोरबजारी, दासत्वलाई खतम गर्ने उपाय निकाल्ने अधिकार छैन। हामीले राणाशाहीको त्यस कुकार्यको विरोधमा खडा हुने, बोल्ने संगठित हुने अधिकार पनि पाएका छैनौं, जुन मुताविक नेपाली जनताको अनुमति विना नै नेपाललाई विश्वयुद्धको वीउ छर्ने अमेरिकन साम्राज्यवादीहरूको र नेहरू आविष्कारित नव–साम्राज्यवादीहरूको हातमा सोभियत युनियन, नव–प्रजातन्त्रहरू आजाद चीन र समस्त एशियाको स्वतन्त्रता–आन्दोलनको विरूद्ध यौटा फौजी अखडा कायम गर्नको निम्ति नेपाललाई बेचेको छ। वास्तवमा राणाशाही नागरिक स्वतन्त्रतादेखि यस्तरी काँपेका किन ? किनभने राणाहरूलाई यस कुराको पूर्णरूपले ज्ञान छ कि द्वितीय विश्वयुद्धको फलस्वरूप समाजवादी संसारको मान, प्रतिष्ठा र घेरा बढ्दै गएको छ। र नेपाल यस नयाँ संसारबाट कसै पनि अलग रहने छैन। यस नयाँ संसार (समाजवादी संसार) को हावा नेपालमा अति प्रबल रूपले चलेको छ भन्ने कुरा राणालाई पूर्णरूपले बोध छ। हामीहरूले प्रजातन्त्रीय अधिकारका धेरै लडाइँहरूमा हिस्सा लिएका छौं, प्रजातन्त्रीय अधिकारको निम्ति लडेका छौं र यस दौरानमा (बीचमा) राणाशाहीको विश्वासघाती नीतिको भण्डाफोर गरेका छौं। किनभने हामीले बोल्ने अधिकार पाएको खण्डमा राणाशाहीको पाखण्डी र अति निर्दयी शोषणको, जसमा जमिन्दार, साहुकार, पूँजीपतिहरूको पनि हिस्सा छ, विरोधमा शानदार शब्द गुञ्जयमान गर्नेछौं भन्ने कुरा राणाशाहीलाई पूर्णरूपले थाहा छ। हामीले बोल्ने अधिकार पाएको खण्डमा हाम्रा नेपाली भाइहरूलाई साम्राज्यवादीहरूले मलाया हिन्दुस्तान, पाकिस्तान र दक्षिण–पूर्व एशियाका मुलुकहरूमा आज बन्दुकको जुन चारा बनाइराखेका छन् त्यसको विरोध गर्नेछौं । किनभने राणाहरू यो कुरा राम्ररी बुझ्दछन् कि यदि हामीले संगठित हुने अधिकार पायौँ भने हामीहरूले मजदूर, किसान, विद्यार्थी, तरुण र नेपालका सम्पूर्ण प्रजातन्त्रीय–मनधारी नरनारीहरूलाई संगठित गर्नेछौं र सामन्ती र साम्राज्यवादी डाँकाहरूले नेपालको धन जनमा गरिरहेको शोषणलाई बन्द गर्नेछौं। नेपालको श्रमिक वर्गलाई संगठित गरी हाम्रो जन–धनको मालिक हामी हुनेछौं; हाम्रो प्यारो मातृभूमिको तैनाथ हामी गर्नेछौं; न कि सामन्ती साम्राज्यवादी डाँकाहरू । यी सबै कुराहरू राणाहरूको गिदीमा तस्वीर छ, यसकारण नागरिक स्वतन्त्रताको नामैले उनीहरू काँप्दछन्, थाप्लो रिंगाउछ, मुटु ढुकढुकाउँछ। यदि नागरिक स्वतन्त्रताको नामैले हाम्रा दुश्मनको मुटु कँपाए कँपाओस्, मुटुको चालै बन्द भए होस्, तर क्रान्तिकारी नेपालले निम्नलिखित युद्धनाद फुक्नै पर्दछ। – मजदूरलाई आफ्नो रोटी र तलब बढाउन र महंगी भत्ता बढाउनको निम्ति लड्नु पर्छ यसकारण ऊ नागरिक स्वतन्त्रता चाहन्छ। – किसानलाई आफ्नो भोक हटाउन, आफ्नो बाली–नाली (फसल) को भाउ बढाउन, ज्याला बढाउन (अँधियामा उचित भाग पाउन) र जमीनका हकको निम्ति लड्नु पर्दछ। यसकारण किसानहरू नागरिक स्वतन्त्रता चाहन्छन्। – विद्यार्थीलाई विना फिस अथवा कम फिसमा उच्च दर्जाको शिक्षा पाउन संघर्ष गर्नु पर्दछ। यसकारण ऊ नागरिक स्वतन्त्रता चाहन्छ। – नारी (महिला)लाई आफ्नो दोहोरो दासत्वको विरोधमा लड्नु पर्छ। यसकारण नारीहरू नागरिक स्वतन्त्रता चाहन्छन्। यसकारण सबै जनता एक भै नागरिक स्वतन्त्रताका लागि शानदार युद्ध लड्नु पर्दछ। यो युद्ध लड्दा विश्वासघाती समाजवादीहरूको नेतृत्वमा चल्ने र अरू सबै कांग्रेसी नेताहरूको मेलमिलाप बाटो त्यागी अविराम युद्धनीति अपनाउनु पर्दछ। यी समाजवादी लगामे (भारतीय समाजवादी कठपुतली) कांग्रेसी नेताहरू राणाहरूका मात्र विश्वासपात्र र दलाल होइनन् अपितु टाटा, विडला र नेहरूका पनि हुन्। यी समाजवादी लगामी कांग्रेसी नेताहरू नेपाललाई त्यस नेहरू सरकारको फौजमा भर्ति अड्डा मात्र गराउन चाहन्छन्, जुन नेहरू सरकारले भारतमा समेत नर–हत्या गरिरहेको छ, जुन नेहरू सरकारले हाम्रा नेपाली भाइहरूलाई मलायामा लैजाने सुविधा अंग्रेजलाई दिएको छ। किनभने उनीहरू आफ्नो प्रभु नेहरूलाई खुसी तुल्याई आशीर्वाद प्राप्त गर्ने ताकमा छन्। यसकारण उनीहरूले श्रमिक वर्गको अगुवा दस्ता रेल्वे मजदूरको रोटीको लडाइँका विरूद्ध नेहरू सरकारको नादिरशाही नीतिलाई समर्थन गरी आफूलाई विश्व मजदूर वर्गका विरोधी सावित गरे। जो अरू मुलुकका जनताको पक्ष लिदैनन्, विरोधमा जान्छन्, उनीहरू आफ्नो देशका जनताको पक्ष लिन सक्दैनन्, विरोधमा नै जान्छन्, गैनैरहेका छन्। उनीहरूको सत्याग्रहको धम्की राणासँग मेलमिलाप गर्ने नीति मात्र हो। जनताको बढ्दो अशान्तिको ज्वालाको डर देखाई राणालाई मेलगर्न दवाव दिने नीति मात्र हो। आजसम्मका उनीहरूको कार्यमा राणाशाहीका अगाडि उनीहरूले मुन्टो निहुयाएका छन् र मेलमिलापको निम्ति दवाव दिनु सिवाय अरू कुनै बाटो देखाएका छैनन्। अतएव नेपाली जनताले यस्ता "राणासँग मेलमिलापको नीति" को भण्डाफोर गर्दै अगाडि बढ्नु पर्दछ। यी जनतासँग हात मिलाउने सुरमा छैनन्, राणाको लात चाट्ने ताकमा छन् – खबरदार ! ! ! नेपाली जनताको नागरिक स्वतन्त्रताको लडाइँ एउटा क्रान्तिकारी लडाइँ हो। यसकारण यो लडाइँ अहिंसात्मकसम्म मात्र सीमित हुनु हुँदैन। हरेक टोल, हरेक शहर, हरेक गाउँ, हरेक जिल्ला, हरेक स्कूल र कलेज, हरेक कलकारखानाहरूमा नागरिक स्वतन्त्रताको क्रान्तिकारी समिति बनाऊ। राणाशाहीको जनविरोधी नीतिको खुल्लमखुल्ला बहिष्कार गर। आफ्नो ऐन कानून जारी गर । ठाउँ–ठाउँमा कब्जा गर। सभा प्रदर्शन गर। यी समितिहरूद्वारा मजदूर किसान र अरू श्रमजीवीहरूको माग उठाऊ। नागरिक स्वतन्त्रताका लागि क्रान्तिकारी समितिहरूले भासिएर (अण्डरग्राउण्ड) काम गर्ने तरीकाहरू र पुलिस हमला रोक्ने चालहरू एवम् ती क्रान्तिकारी जनताको मागलाई, –जसलाई समाजवादी लगामे र अरू कांग्रेसी नेताहरूले आँखामा छारो हालिराखेका छन्ः दुश्मनको विरुद्ध लडाइँमा एकताबद्ध गर्ने उपायहरू पनि राम्ररी संझनु–बुझ्नु पर्दछ। नेपालमा जति संगठन छन् ती सबैलाई क्रान्तिकारी लाल झण्डाको मुनि सामेल गराउनु पर्दछ। वास्तवमा नेपालका यस्ता समस्त प्रजातान्त्रीय शक्तिहरूलाई एकताबद्ध गर्ने क्षमता क्रान्तिकारी समितिहरूमा हुनुपर्दछ, जो राणाशाहीलाई ध्वंस गरेर पनि अविराम गतिले समाजवादी क्रान्तितिर लम्कोस्। राणाशाही वास्तवमा त्यतिको बलियो छैन जतिको देख्दा बलियो जस्तो भान पर्दछ। राणाशाहीसँग जनतालाई दबाउने ताकत छैन। अतएव जनतालाई दबाउनको निम्ति राणाशाहीले आंग्ल–अमेरिकन साम्राज्यवादी र नेहरू सरकारबाट बल प्राप्त गर्दछ, जो कि आफसेआफ बढ्दो क्रान्तिकारी भेलको अगाडि लड्खराइरहेका छन्। यसरी एकातिर प्रतिक्रियावादीहरू हरेक देशको क्रान्तिलाई रोक्ने ताकमा छन्। अर्कोतिर समस्त विश्वका प्रजातन्त्रीय शक्तिहरू सोभियत युनियनको नेतत्वमा प्रतिक्रियावादीहरूलाई हाँक दिदै च्याङकाइ–सेक मार्फत् आफ्नो मुट्ठीमा राख्न सकेनन्। चिनी जनता कम्युनिष्ट पार्टीको अगाडि बढिरहेका छन्। प्रतिक्रियावादीहरूको प्रत्येक जालसाजीलाई चक्नाचुर पार्दैछन्। लाखौं अरबौं डलर (अमेरिकाको मुद्रा) ले पनि चिनी जनतालाई अमेरिकन डाँकाहरूले नेतृत्वमा नै विजयी सावित भए। चीनमा क्रान्तिकारी जनताको विजय हुँदैछ। यही क्रान्ति हाम्रो देशको संघारमा आइपुगेको छ। बर्मा, मलाया, इण्डोचाइना, इण्डोनेशिया र भारतवर्षको मुटु तेलांगनामा समेत क्रान्तिको ज्वाला उठिसकेको छ । क्रान्तिकारी जनताको राज छ, ऐन कानून लागू छ। यी क्रान्तिकारी जनताहरू पाइला पाइला चाली हातमा हात मिलाई कम्युनिष्ट पार्टीको नेतृत्वमा अगाडि बढिरहेका छन्। अरूको त कुरै छाडौं, एटम बमले पनि क्रान्तिकारी जनतालाई रोक्न सक्दैन नेपालका छोराछोरी हो… तिमीहरू पनि त्यस रणक्षेत्रमा उत्रिसकेका छौ । तिमीहरूले पनि आफूमा लुकेको साहस र वीरत्व वैरी–विरोधी संग्राममा देखाइसकेका छौ। राणाशाहीले तिम्रो छातिमा सोझ्याएका बन्दुकको मोहरी त्यतै फर्काउने कोशिस तिमीले गर्नुछ। राणाको घोषणालाई कुरकुच्चाले कुच्याई एकै स्वरले क्रान्तिकारी आवाजको गर्जना गर ! – पूर्ण नागरिक स्वतन्त्रताको लडाइँ – जिन्दावाद ! – लेख्ने, बोल्ने, पढ्ने, सभा संगठन गर्ने अधिकार – जिन्दावाद ! – नेपाली मजदूरको तलब वा ज्याला बढाउने लडाइँ –जिन्दावाद ! – नेपालका किसानको "फसल भाउ बढाऊ, ज्याला बढाऊ ! उचित अँधिया बालीको" लडाइँ–जिन्दावाद ! – एउटा नेपाली भाइ पनि साम्राज्यवादी लडाइँको चारा बन्न दिने छैनौं। चाहे मलाया होस्, चाहे हिन्दुस्तान, वीर नेपाली भाइ हो ! तिम्रो हातमा भएको बन्दुकले साम्राज्यवादी डाँकाहरूको सीना ताक, देशका प्रत्येक देशको गरीब भाइ मजदूर किसानसँग गला मिलाऊ! – सोभियत युनियन, नव–प्रजातन्त्रहरू, आजाद चीन, वर्गको आन्दोलन र विश्वको कम्युनिष्ट आन्दोलनसँग हाम्रो एकता –जिन्दावाद ! – नागरिक स्वतन्त्रताका लागि क्रान्तिकारी समितिहरू – जिन्दावाद ! यादगर! क्रान्तिको समयमा शोषक वर्ग क्रान्ति रोक्न धेरै चालबाजी गर्दछ। नेपालमा यही चालबाजी हुन लागेको छ। राणा शब्दमा नै जनताको घृणा छ। यसको प्रत्यक्ष प्रमाण नेपाल प्रजातन्त्र कांग्रेस छ। यसको संचालक निश्काशित राणाहरू हुन्। यसका मुख्य कार्यकर्ताहरूले राणाको हुकुम बजाई जनतालाई मनग्गे शोषण गरेका छन्। उदाहरण भक्तमान सिंह, गोवरधन मास्के इत्यादि। यसकारण भूलमा परेका र आफ्नो उल्लू सिधा गर्न चाहने कार्यकर्ताहरू राजीनामा दिदैछन्। यस्तो कांग्रेसलाई दलाल बनाउँदा तुरुन्त काम फतह नहुने हुनाले भारतीय धनी वर्गका नेता नेहरू अर्कैलाई दलाल बनाउने ताकमा छन्। नेहरूलाई भारतमा क्रान्ति विरोधी कार्यका मुख्य आड सोशलिष्ट जय प्रकास र लोहिया जस्ता देशद्रोही व्यक्तिहरू भैरहेका हुनाले नेपालमा पनि उनैका चेला चापटीलाई (ने.रा. कांग्रेस दल समाजवादी लगामे) नेताहरूले आफ्नो दलाल बनाउने निश्चय गरेको बुझन्छ। समस्त दक्षिण पूर्व एशियामा झैं नेपालमा पनि क्रान्तिको लहर चलिरहेको छ। नेहरु, साम्राज्यवादीहरू र राणाहरूलाई यसको राम्रो बोध छ। यस निम्ति नेहरुले क्रान्तिको विरोधमा रुस र आजाद चीनको विरोधमा नेपालमा साम्राज्यवादीहरूको फौजी अड्डा कायम गर्न सुविधा दिए। कांग्रेसीहरू पनि यो कुरा राम्ररी जान्दछन्। यसकारण क्रान्तिको नेतृत्व गर्ने कम्युनिष्ट पार्टी नेपालमा देखा नपर्दै यी कांग्रेसीहरू तछाडमछाड गर्दै कम्युनिष्टको डर देखाई राणसँग सम्झौता गर्न अगाडि बढे। यो सबै कुरा जनतालाई थाहा छ। विशवेश्वर कोइरालाले काठमाडौँमा गई प्रधानमन्त्री मोहनलाई यही व्यहोराको बिन्तीपत्र चढाए। यस्तासँग एकदम सावधान ! यादगर, सामन्तवादी समाज र शासन व्यवस्था नेपालमा रहेसम्म एकाध बकुला भगते नेताहरू नेपालको शासन मा छानिएर जनताको दुःख र कष्ट कम हुँदैन। यो त क्रान्तिकारी जनतालाई भूलमा पार्ने तरिका मात्र हो। अतयवः हाम्रो नारा हुनुपर्दछः राणासँग सम्झौता होइन, क्रान्ति ! क्रान्ति !! क्रान्ति !!! सामन्तवादी शासन व्यवस्थालाई चकनाचूर गर। विदेशी साम्राज्यवाद र भारतीय पूँजीवादको घेरा र प्रभावदेखि अलग होऊ। मजदूर किसानको शासन खडा गर। यस शासनमा धनी, साम्राज्यवादी र प्रतिक्रियावादीहरूका दलालहरूबाहेक सबै शोषित जनतालाई हिस्सादेऊ। सोभियत रुस, दिक्षण पूर्व युरोपका नव प्रजातन्त्रहरू र आजाद चीनसँग राजनीतिक सम्बन्ध खडा गर। समाजवादको लक्ष्य राखी शासन चलाऊ। यसैलाई नव प्रजातन्त्री (न्यू डेमोक्रेसी) भन्दछन्। दक्षिण पूर्वी युरोप र आजाद चीनमा यस्तै शासन छ। हामीलाई पनि यही गर्नुछ। अतयवः
2022/01/26 19:55:00
https://www.nepalreaders.com/the-first-leaflet-of-the-communist-party-of-nepal/
mC4
कोरोना सङ्क्रमणले नछोएका देश कुन कुन हुन् ? - हेटौंडा टुडे २२ चैत्र २०७६, शनिबार १२:३० चैत २२,काठमाण्डौ – विश्वका दुई सय पाँचवटा देश र दुई अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण केही देशमा भने अहिलेसम्म देखिएको छैन । उत्तर कोरिया, ताजकिस्तान, तुर्केमिनस्तान, यमन, दक्षिण सुडान, साओ टोम एण्ड प्रिन्सिपल्स, कोमोरोस, मलावी, लिसोथो र सोलोमन टापुमा कोरोना देखिएको छैन । लिसोथोको सीमाको अधिकांश भाग भ्याटिकन सिटी र सान मारियोसहित दक्षिण अफ्रिकासँग जोडिएको छ । यसको राजधानी मसेरु हो ।
2022/01/18 03:28:51
https://www.hetaudatoday.com/2020/04/6929/
mC4
तातोपानीमा होटल व्यवसाय फस्टाउँदै - Enepalese.com तातोपानीमा होटल व्यवसाय फस्टाउँदै इनेप्लिज २०७१ फागुन ८ गते ११:१७ मा प्रकाशित म्याग्दी, ८ फागुन । म्याग्दीको बेनी नगरपालिका–१३ मा रहेको सिङ्गा तातोपानीमा होटल व्यवसाय फस्टाउँदै गएको छ । प्राकृतिक उपचार केन्द्रका रुपमा परिचित तातोपानी कुण्डमा स्नान गर्न र भम्रणका लागि आउनेको सङ्ख्या बढ्दै गएपछि होटल व्यवसाय फष्टाउन थालेको हो । कुण्डमा स्थानका लागि आउनेको चाप बढेपछि गुणस्तरीय सेवा सुविधासँगै होटलको क्षमता विस्तार गरेको तातोपानी होटल व्यवसायी सङ्घका सचिव कुमार केसीले बताउनुभयो । ''होमस्टे र साना होटल खुल्ने क्रम बढ्दै गएको छ'' सचिव केसीले भन्नुभयो । तातोपानी कुण्डमा स्थान गर्न आउनेलाई उनीहरुकै चाहनाअनुसार बसोवासको व्यवस्था मिलाइएको छ । अहिले तातोपानीका होटलमा स्थानीय उत्पादनका परिकारले लोभ्याउने गरेको छ । स्थानीय खोलामा पाइने माछा, लोकल कुखुरा, लोकल खसीको मासुको परिकार बढी माग हुने गरेको तातोपानी होटल व्यवसायी सङ्घका अध्यक्ष फत्तबहादुर शेरचनले बताउनुभयो । तातोपानीमा रहेका केही ठूला होटलमा वाइफाइ इन्टरनेट सुविधासमेत विस्तार गरिएको छ । तातोपानी कुण्डमा नियमित नुहाउनाले ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छालासम्बन्धी रोग, सुन्निएको, बज्रिएको, मर्किएको, पेट सुनिनेलगायतका रोग निको हुने विश्वास रहेको छ ।
2022/05/24 06:18:05
https://www.enepalese.com/2015/02/7830.html
mC4
भूकम्प पीडितलार्इ अनुदान रकम लिन असार मसान्तकाे म्याद - Nature Khabar Complete Nature News भूकम्प पीडितलार्इ अनुदान रकम लिन असार मसान्तकाे म्याद सरकारले भुकम्पपिडीतहरुले प्राप्त गर्ने अनुदान रकम आगामी असार मसान्तसम्म लिइसक्नुपर्ने व्यवस्था गरेको छ । अनुदानको रकम लिने विभिन्न समयसीमा तोक्दै ०७५ असारपछि अनुदान रकम वितरण नगर्ने निर्णय प्राधिकरणले गरेको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेलका अनुसार कानुनी अडचनबाहेकका अवस्थामा घर पुनर्निर्माणका लागि ०७५ भित्रै अनुदान लिइसक्नुपर्ने व्यवस्था गरिएको छ । पुनर्निर्माण प्राधिकरणले जग्गाको लालपुर्जा नभएको, बस्ती स्थानान्तरण गर्न बाँकी रहेको, घरधनी विदेशमा रहेको, घरमूलीको मृत्यु भई कसको नाममा बनाउने अन्योल भएको, अंशबन्डा गर्न बाँकी रहेकालगायत बाध्यात्मक अवस्था र कानुनी अडचनबाहेक अन्यका लागी ०७५ असारपछि अनुदान वितरणमा रोक लगाइने बताएकोे छ । पिडीतहरु अनुदान रकम लिने र घर जहिल्यै बनाए पनि हुन्छ भन्ने मानसिकता रहेकाले पुनर्निर्माणमा तीव्रता ल्याउन यस्तो निर्णय गर्नुपरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले प्रथम किस्ता रकम भने आगामी कात्तिक मसान्तभित्र लिन आग्रहसमेत गरेको छ । प्राधिकरणले पुनर्निर्माणको रकम लिइसक्नुपर्ने मिति निर्धारण गर्दै कुन कुन समयमा कुन कुन किस्ता लिइसक्नुपर्ने भन्ने व्यवस्था मिलाएको छ । निर्धारित तालिकाअनुसार पहिचान भएका सबै भूकम्प पीडितहरूले आगामी कात्तिक मसान्तभित्र अनुदान सम्झौता गरी प्रथम किस्ता लिइसक्नुपर्ने छ। २०७३ पुस मसान्तसम्म प्रथम किस्ता प्राप्त गरेका निजी घरधनीले २०७४ पुस मसान्तसम्म र आगामी कात्तिक मसान्तभित्र प्रथम किस्ता प्राप्त गर्ने लाभग्राहीले आगामी चैत मसान्तभित्र दोस्रो किस्ता लिइसक्नुपर्ने छ । २०७४ पुस मसान्तभित्र दोस्रो किस्ता प्राप्त गर्ने घरधनीले २०७५ जेठ मसान्तभित्र तेस्रो किस्ताको अनुदान लिइसक्नुपर्ने छ । २०७४ चैत्र मसान्तभित्र दोस्रो किस्ता प्राप्त गर्ने घरधनीले २०७५ असार मसान्तसम्म अन्तिम किस्ता लिइसक्नुपर्ने गरी समयावधि निर्धारण गरेको छ । स्राेत : राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सरकारले भूकम्पले क्षति भएको घर पुनर्निर्माणका लागि पहिलो किस्तामा ५० हजार रुपैयाँ, दोस्रो किस्तामा १ लाख ५० हजार रुपैयाँ र तेस्रो किस्तामा १ लाख लिन पाउने व्यवस्था गरेको छ । अनुदान सम्झौता गरी घर पुनर्निर्माणका लागि सुरुमा ५० हजार रुपैयाँ लिन पाइन्छ । सूचीकृत घर डिजाइनअनुसार जग निर्माणको काम सकेपछि डेढ लाख रुपैयाँ पाउने व्यवस्था गरिएको छ । छाना छाउनुअघि अन्तिम अर्थात् तेस्रो किस्ताको एक लाख रुपैयाँ उपलब्ध हुने व्यवस्था गरिएको छ । यी तीनवटै किस्ता ०७५ को असार मसान्तभित्र लिइसक्नुपर्ने व्यवस्था प्राधिकरणले गरेको हो । पछिल्लो तथ्याङ्कअनुसार निजी आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता भएका ६ लाख २८ हजार ८ सय २२ घरधुरीमध्ये ५ लाख ९४ हजार १ सय ५० घरधुरीले पहिलो किस्ता लिइसके पनि ५२ हजार १ सय ६६ घरधुरीले मात्र दोस्रो किस्ता लिएका छन् । भूकम्प गएको २ आर्थिक वर्ष वितिसक्दा पनि पुनर्निर्माणको कार्य भने प्रभावकारी बन्न सकेको देखिँदैन । दुई आर्थिक वर्षमा गरी सरकारले १ खर्ब ९४ अर्ब ८३ करोड रुपैयाँ खर्च गर्न अख्तियारी दिई सकेको भए पनि हालसम्म ४१ अर्ब ६२ करोड रुपैयाँ मात्र खर्च भएको पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ।
2018/07/21 07:21:32
http://naturekhabar.com/ne/archives/4606
mC4
सेयर बजार, लघुवित्त संस्था र आगामी मौद्रिक नीति | NewsKarobar गृहपृष्ठ सेयर बजार, लघुवित्त संस्था र आगामी मौद्रिक नीति सेयर बजार, लघुवित्त संस्था र आगामी मौद्रिक नीति गोकुलचन्द्र अधिकारी नेपाल राष्ट्र बैंकले केही दिनभित्रै आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति जारी गर्दैछ । वित्तीय क्षेत्रसँग नजिकको सम्बन्ध भएको धितोपत्र बजारलगायतका क्षेत्रले मौद्रिक नीतिको व्यग्र प्रतीक्षा गरिरहेको छ । नेपालको धितोपत्र बजारमा बैंकिङ क्षेत्रकै हिस्सा सबैभन्दा उच्च रहेका कारण बैंक र वित्तीय संस्थाको सेयरको मूल्यमा भएको फेरबदलले धितोपत्र बजारको उतारचढावमै प्रभाव पार्छ । बैंकिङ सेवा प्रदान गर्ने वित्तीय संस्थाको सेयर मूल्यमा हुने यस किसिमको विचलन केन्द्रीय बैंकको साना-ठूला कुनै पनि नीतिगत निर्णयमा आधारित हुने गरेका छन् । यसको अर्थ नेपालको धितोपत्र बजारमा अरु कुनै वस्तुस्थितिको भूमिकै रहेको हुन्न भन्नेचाहिँ होइन । नेपाल राष्ट्र बैंकको बोर्डले आफूद्वारा इजाजत दिइएका वित्तीय संस्थाका लागि गर्ने कुनै पनि निर्णयको प्रत्यक्ष असर हाम्रो धितोपत्र बजारमा सोझै पर्ने गरेका कारण हाम्रो समस्त नेप्से इन्डेक्स र केन्द्रीय बैंकले गर्ने बैंक तथा वित्तीय संस्थासम्बन्धी गहन प्रकृतिका निर्णयबीच सोझो सम्बन्ध रहेको देखिन्छ । यही पृष्ठभूमिमा सरकारको वित्तीय नीतिसँग तालमेल गर्दै आर्थिक वर्ष २०७६/७७ का लागि नेपाल राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीतिलाई धितोपत्र बजारले उत्सुकतापूर्वक प्रतीक्षा गर्नु स्वाभाविकै हो । यस लेखमा भने नेपालका वित्तीय संस्थामध्ये लघुवित्त क्षेत्रमा काम गर्न भनेर नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त संस्थाहरूको गतिविधि र हाम्रो धितोपत्र बजारमा तिनको उपस्थितिका विषयमा केही उल्लेख गर्ने प्रयास गरिएको छ । नेपालमा यतिबेला ९३ वटा लघुवित्त वित्तीय संस्था नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त गरी कार्यरत छन् । यसबाहेक एक दर्जनभन्दा ज्यादा इजाजतको प्रक्रियामा छन् । यिनीहरुमध्ये ४६ वटा लघुवित्त वित्तीय संस्थाहरू नेपाल स्टक एक्सचेन्जमा सूचीकृत छन् भने केही सूचीकरणको प्रक्रियामा छन् । हाम्रो धितोपत्र बजारमा हुने गरेको कारोबारको फेहरिस्तामा लघुवित्त संस्थाको अवस्थालाई मात्र नियाल्ने हो भने यस्ता संस्थाको उपस्थिति अरु संस्थाको तुलनामा अलि विशिष्ठ प्रकारको देखिन्छ । हुन त, चुक्तापुँजीको दृष्टिले यिनीहरु नेप्सेमा सूचिकृत धेरैवटा कम्पनीको तुलनामा साना कम्पनी मानिन्छन् । तर, धितोपत्र बजारमा धेरैजसो लघुवित्त संस्थाको साख र महत्व अर्बौं रुपैयाँ चुक्तापुँजी रहेका वित्तीय संस्थाको भन्दा उच्चकोटीको छ । न्यूनतम पनि आठ अर्ब रुपैयाँ चुक्तापुँजी रहेका र राष्ट्रिय स्तरको कार्यजालो रहेका वाणिज्य बैंकहरुले स्थापना र प्रवर्धन गरेका यस्ता लघुवित्त वित्तीय संस्थाको सेयर खरिद-बिक्री मूल्य संस्थापक कम्पनीको भन्दा दोब्बर तेब्बर बढी हुने गरेकोे छ । यसको अर्थ, नेपालमा लघुवित्त वित्तीय संस्थाको साख उच्च छ भन्ने नै हो । त्यस्ता कम्पनीप्रति जनसाधारणको विश्वास दरिलो छ र यिनका क्रियालापबाट लगानीकर्ता सन्तुष्ट छन् । यी संस्थाले लगानीकर्ताको यति धेरै विश्वास प्राप्त गर्नुको कारण यिनको स्थायित्व, पारदर्शिता, उच्च गुणस्तरको कर्जा र इमानदार ऋणी सदस्य, नियमक निकायको दरिलो नियन्त्रण अनि यिनले नियमित रुपमा प्रकाशित गर्ने वित्तीय विवरणमा रहेका आकर्षक परिसूचकहरू हुन् । विगतमा नेपालका केही वित्तीय संस्थाको स्वास्थ्य बिग्रँदै गएपछि समास्या समाधान गर्न कहिले नियामक निकायबाट व्यवस्थापनमा हस्तक्षेप गर्नुपरेको, कहिले विदेशी विज्ञ झिकाई व्यवस्थापनलाई नै करारमा दिनुपरेको र कहिले एक संस्थालाई अर्काेसँग गाभ्नुपरेको थियो । ती वित्तीय संस्थाहरू समस्याग्रस्त हुनपुग्नुका धेरैवटा कारणमध्ये सबैभन्दा महत्वपूर्ण कारण खराब कर्जाको आकार बढ्दै जानुलाई लिइएको थियो । विगतको यो भोगाइका आधारमा के निष्कर्षमा पुग्न सकिन्छ भने वित्तीय संस्थामा खराब कर्जाको आकारलाई बेलैदेखि नियन्त्रणमा राख्न नसक्ने हो भने यिनको भविष्य दीर्घकालसम्म सुखद र स्वस्थ्य रहन सक्दैन । हाम्रा लघुवित्त संस्थालाई हालसम्म खराब कर्जाको रोगले छोइसकेको देखिन्न । नेपालका वित्तीय संस्थामध्ये सबैभन्दा कम खराब कर्जा भएका संस्थाको रुपमा लघुवित्त वित्तीय संस्थालाई लिने गरिन्छ । यस्ता संस्थामा खराब कर्जाको अंश औसत २ प्रतिशतभन्दा कम रहेको तथ्यांकहरूले देखाउँछन् । यसो भन्दैमा यी संस्थाको अवस्था यही सीमाभित्र मात्रै सधैं रहिरहन्छ भनेर ढुक्क भएर बस्न सक्ने स्थिति भने छैन । लघुवित्त संस्थाबाट कर्जा लिने ऋणी सदस्यहरुको औसत प्रवृत्तिलाई हेर्ने हो भने यी संस्थाको कर्जाको गुणस्तर कुनै पनि बेला खस्कन सक्ने सम्भावना देखिन्छ । भोलिका दिनमा यस्ता संस्थाको कर्जाको गुणस्तर दरिलो हुनसकेन भने त्यसका लागि तोकिएको प्रतिशतले हुने रकम कर्जा नोक्सानी व्यवस्था भनी खर्च देखाउनुपर्नेछ । जसले ती संस्थाको वित्तीय विवरणमा नाफाको अंशलाई न्यून तुल्याइदिन्छ । त्यतिबेला यी संस्थाको वित्तीय विवरणभित्र रहेको वास्तविक नाफाको प्रत्यक्ष प्रभाव धितोपत्र बजारमा पर्ने गर्छ । फलस्वरुप आजका दिनमा कायम रहेको यिनको साख र गरिमा त्यतिबेला हाम्रो धितोपत्रको बजारमा नरहन सक्छ । पछिल्ला दिनहरुमा देखिएको ऋणी सदस्यको प्रवृत्तिलाई हेर्दा यो अवस्था नआउला भन्न सकिन्न । अधिकांश ठाउँमा एउटै ऋणीले तीन-चारवटा लघुवित्त संस्थाका समूहमा आबद्ध भएर सबैबाट कर्जा लिने गरेको अवस्था छ । ती सबै संस्थाबाट लिएको कर्जा रकमले ठूलो पुँजी निर्माण गरी ठूलो आकारको परियोजना सञ्चालन गर्ने कोही कोही ऋणीले राम्रै आम्दानी गरेर सबै संस्थामा तिर्नुपर्ने किस्ता रकम समयमै फर्काउने गरेका छन् र यसबाट सकारात्मक परिणाम पनि देखिएको छ । तर, लघुवित्त वित्तीय संस्थाका ऋणीहरुमा यस किसिमको अवस्था थोरैमा मात्र कायम रहेको देखिन्छ । कतिपय ऋणीहरुले त एउटा संस्थाबाट कर्जा लिएर अर्को संस्थाको किस्ता तिर्नेसम्मका काम पनि गर्ने गरेका छन् । हाम्रो लघुवित्त क्षेत्रको कर्जा प्रवाहमा देखापरेको यस किसमको बहुबंैकिङको अवस्थाले हालसम्म कुनै समस्या उत्पन्न गरिसकेको देखिँदैन । सबै संस्थामा सबै ऋणीको किस्ता नियमित रुपमा उपलब्ध हुनेगरेको छ । एउटा लघुवित्त संस्थाको कर्जाको किस्ता अर्काे लघुवित्त संस्थाबाट लिएर तिर्ने अभ्यासले कुनै पनि संस्थामा खराब कर्जाको अवस्था आइपरेको देखिँदैन । एउटा समयावधिसम्म र समस्या आइनपरुन्जेल त ती ऋणीहरु नियमित रुपमा किस्ता बुझाउने इमानदार सदस्यका रुपमा देखापरिरहनेछन् । तर, कुनै पनि बेला ती ऋणीमात्र होइन, त्यससँगै उनीहरुलाई यसरी कर्जा प्रदान गर्ने लघुवित्त संस्था पनि समस्याको भड्खालोमा एकसाथ पर्ने अवस्था नआउला भन्न सकिन्न । यही सम्भावनालाई मध्यनजर गरेर त्यस किसिमको समस्या भित्रिनुअगावै उपचारको कदम चाल्ने प्रयास आरम्भ गर्नु आवश्यक देखिन्छ । बहुबैंकिङ वा कर्जामा दोहोरोपनको समस्या हल गर्न कर्जा सूचना संयन्त्रको निर्माण आवश्यक छ । यसका लागि लघुवित्त संस्थाहरुबीच मात्र कर्जा सूचना प्रवाह गर्ने अलग्गै संस्थागत स्वरुप निर्माण गरिनुपर्छ । हुन त लघुवित्त संस्थामा मर्जरको अभ्यास गर्न थालिएपछि यस किसिमको समस्या केही हदसम्म आफैं न्यून भएर जाने विश्वास गरिएको छ । सूचना प्रवाह संयन्त्रको निर्माण गरी सूचनालाई चुस्त बनाउन सकिएन भने मर्जरको अभ्यासपछि पनि समस्या जहीँको त्यहीँ रहन्छ । नेपालको लघुवित्त क्षेत्रलाई दरिलो तुल्याउन यो आवश्यकतालाई पनि आगामी मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने देखिन्छ । नेपालका लघुवित्त वित्तीय संस्थामा रहेको कर्जाको गुणस्तर र त्यसले निम्त्याउन सक्ने समस्याका सम्बन्धमा यस किसिमको अवस्था रहिरहेको पृष्ठभूमिमा नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि छिट्टै मौद्रिक नीति जारी गर्दै छ । मर्जरसम्बन्धी चिन्तनमै ज्यादा केन्द्रित जस्तो देखिएको केन्द्रीय बैंकले जारी गर्ने मौद्रिक नीतिले लघुवित्त क्षेत्रका बारेमा पनि विगतका मौद्रिक नीतिमा झैं केही उल्लेख गरेकै हुनेछ । उक्त नीति जारी भएपछिका दिनमा हाम्रा लघुवित्त संस्थाको संख्या अहिलेकै स्थितिमा रहे पनि वा उक्त मौद्रिक नीतिको भावनाअनुरुप एकअर्कामा गाभिएर न्यून रहने अवस्था भए पनि कर्जाको गुणस्तरमा रहेको जोखिमतर्फ भने सजग रहन आवश्यक छ । यसो गरिए मात्र वित्तीय विवरणमा आधारित यिनको उचाइ र धितोपत्रबजारमा रहेको यिनको साखलाई निरन्तरता दिन सकिन्छ ।
2020/01/28 16:57:53
https://www.newskarobar.com/views/bichar/117704.html
mC4
निगरानी विशेष(निगरानी विशेष) - काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि मुलुकभित्र अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको बहुप्रतिष्ठित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि विधिवत्रुपमा सञ्चालनमा आएको हो । नियामक नेपाल नागरिक... काठमाडौं । भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएको छ । मलेसियासँगको विवादका कारण भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मलेसियाले काश्मिर मुद्दामा भारतको विरोध गरेपछि बदलास्वरुप भारतले मलेसियाबाट सबैभन्दा बढी निर्यात हुने उक्त तेल र त्यसकाे कच्चा पदार्थ समेत आयातमा प्रतिबन्ध गरिदिएको हो ।... काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भिष्मराज ढुंंगाना नियुक्त भएका छन् । सोमबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । नियुक्तिसँगै धितोपत्र बजारको सर्वोच्च संस्थाको रुपमा रहेको नियमनकारी निकायलाई ५ बर्षसम्म हाँक्ने जिम्मेवारी ढुंगानाको हुनेछ । नेपाल राष्ट्र बैंकमा ३० वर्षे...
2022/05/26 18:36:40
http://nigarani.com/menu/%E0%A4%A8%E0%A4%BF%E0%A4%97%E0%A4%B0%E0%A4%BE%E0%A4%A8%E0%A5%80-%E0%A4%B5%E0%A4%BF%E0%A4%B6%E0%A5%87%E0%A4%B7
mC4
बीपी प्रतिष्ठानको ओपिडीमा अनलाइन टिकेटिङ सेवा धरान, २६ असाेज । सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ओपिडी सेवालाई व्यवस्थित बनाउनका लागि सोमबारदेखि अनलाइनबाट टिकेटिङ सेवा सुरु हुने भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले एक सूचना जारी गर्दै प्रतिष्ठानको ओपिडीमा भीड बढेको र कोरोना सङ्क्रमणको जोखिम बढेकोले आजदेखि अनलाइनबाट बिरामीले आफ्नो नाम दर्ता गर्नुपर्ने जनाएको छ । जसको लागि एन्ड्रोइड मोबाइलको प्ले स्टोरमा गएर बीपीकेआइएचएस एप डाउनलोड गरेर आफ्नो व्यक्तिगत विवरण भर्नुपर्ने हुन्छ । आफूलाई चाहिएको विभागमा गई टिकट दर्ता गर्ने र खल्ती र इ-सेवा वा आइएमइ पेबाट तोकिएको रकम तिर्नुपर्नेछ । बिहान ८ः०० बजे भन्दा अगाडि अनलाइन टिकट काटेमा सोही दिन र सो समय पछि दर्ता गरेमा अर्को दिनका लागि दर्ता हुने बिरामीले सम्बन्धित विभागको ओपिडीभित्रकै दर्ता काउन्टरबाट आफ्नो ओपिडी कार्ड लिई सम्बन्धित चिकित्सककोमा जानुपर्ने हुन्छ । हाल दैनिक नियमित ओपिडीको लागि मात्र यो सुविधा उपलब्ध हुनेछ । हरेक विभागको ओपिडीका कार्य गर्ने सहयोगी कर्मचारीहरूले बिरामी दर्ता काउन्टरबाट अनलाइन दर्ता भएको बिरामीको ओपिडी कार्ड सोही दिन ९ बजे भित्र संकलन गरी लैजानुपर्ने हुनाले सो अनुसार गर्न सूचनामा उल्लेख गरिएको छ ।
2020/10/30 07:01:42
http://www.koshionline.com/2020/10/12/231450.html
mC4
कर्मचारी नहुँदा कार्यसम्पादन प्रभावित भएको छ त्रिवेणी गाउँपालिका सल्यानका साविक काभ्रा, काँरागिठी, फलावाङ र त्रिवेणी गाविस मिलेर स्थापना भएको हो । शारदा खोला, लुहाम खोला र घुर खोलाको संगमस्थल भएकाले यसको नाम त्रिवेणी राखिएको हो । गाउँपालिकाको पूर्वमा कपुरकोट गाउँपालिका, पश्चिममा कालिमाटी गाउँपालिका, उत्तरमा शारदा नगरपालिका तथा छत्रेश्वरी गाउँपालिका र दक्षिणमा दाङ पर्दछ । त्रिवेणी विकासको राम्रो सम्भावना बोकेको गाउँपालिका हो । गाउँपालिका प्रमुख मानबहादुर डाँगी आफूहरू निर्वाचित भएर आएपछि स्थानीय स्तरमा विकासका कामले गति लिएको बताउँछन् । उनी गाउँपालिका अध्यक्ष भएको पनि २ वर्ष बितिसकेको छ । प्रस्तुत छ, गाउँपालिकाको विकास निर्माण, बजेट कार्यान्वयनका समस्या, भावी योजना लगायत विषयमा आर्थिक अभियानका सल्यान संवाददाता बुद्धिमान पुनले अध्यक्ष डाँगीसँग गरेको कुरानकानीको सार : तपाईं त्रिवेणी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएर आएपछि हालसम्म विकासको कार्यप्रगति कस्तो छ ? विकास एकैपटक गरेर सकिने विषय होइन । जुन तह, जुन भूगोललाई हामी कार्यक्षेत्र मान्छौं, त्यसको आधारमा हेर्ने हो भने हामीले धेरै काम गरेका छौं । सुन्दर, सफा, विकसित र समृद्ध त्रिवेणी बनाउने परिकल्पनाले मूर्तरूप लिँदै गएको छ । जनताका चासो र गुनासो सम्बोधन गरेका छौं । त्रिवेणीका धेरै बस्ती विकट थिए । वडा कार्यालय व्यवस्थित थिएनन् । हाम्रो पहिलो चुनौती नै तिनको विकास र व्यवस्थापन गर्नु थियो । त्यसमा धेरै हदसम्म सफल पनि भएका छौं । हिजो ३–४ घण्टा पैदल हिँड्नुपर्ने ठाउँमा आज सडक पुगेका छन् । त्रिवेणीका सम्पूर्ण विद्यालयको व्यवस्थापन तथा सुधार योजना सञ्चालन गरेका छौं । आफ्नै शिक्षा ऐन बनाएर स्थानीय पाठ्यक्रम निर्माण गरिएको छ । ३० जना विद्यार्थी बराबर एक शिक्षकको अवधारणा ल्याएका छौं । विद्यार्थीको चाप भएका विद्यालयमा गाउँपालिकाको आन्तरिक स्रोतबाट स्वयंसेवक शिक्षकको व्यवस्था गरेका छौं । निजी स्रोतबाट शिक्षक राख्नुपर्ने हिजोको अवस्था हटेको छ । पहिलो वर्ष विद्युत् विस्तारका लागि १ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेर पोलहरू किन्यौं । यो वर्ष विद्युत् विभागसँगको सहकार्यमा विद्युतीकरणको काम अघि बढाउँदै छौं । २ वर्षभित्रै त्रिवेणीका सम्पूर्ण बस्तीमा विद्युत् पुर्‍याउने लक्ष्य छ । सोही अनुसार त्रिवेणी अँध्यारोमुक्त गाउँपालिका बन्दै छ । वन तथा वातावरण जोगाउन सामुदायिक वनसँग मिलेर काम गरेका छौं । सिँचाइ, कुलो निर्माण जस्ता कृषिका कामलाई पनि प्राथमिकता दिएका छौं । गाउँपालिकाभित्रका सबै सडकको स्तरोन्नतिलाई जोड दिएका छौं । नयाँ सडक खन्ने भन्दा पनि भएका सडकलाई बाह्रै महीना सञ्चालनयोग्य बनाउने योजनामा लागेका छौं । स्वास्थ्यको क्षेत्रमा नेपालमै पहिलो पटक हामीले चाडपर्व तथा बिदाको दिन पनि गाउँपालिकाका सम्पूर्ण स्वास्थ्य चौकी चौबीसै घन्टा खुल्ला गरेका छौं, जसबाट सेवाग्राही लाभान्वित भएका छन् । यो अवधिमा जनताले महसूस गर्नेगरी भएका वा भइरहेका विकास निर्माणका काम चाहिँ के के हुन् ? त्रिवेणीका सबै बस्तीमा बिजुली पुर्‍याउने लक्ष्य छ । अबको २ वर्षभित्र यो लक्ष्य पूरा गर्छौं । सम्पूर्ण बस्तीलाई सडक सञ्जालले जोड्ने योजना अनुसार अधिकांश काम भएका छन् । केही काम जारी छ । सबै वडामा स्वास्थ्य सेवा विस्तार गरेका छौं । खानेपानीको अभाव भएका स्थानमा लिप्mट प्रविधिको माध्यमबाट पानी वितरण गरिरहेका छौं । सडक, विद्युत्, खानेपानी आधारभूत आवश्यकता हुन् । ती आवश्यकता परिपूर्ति गर्दै आएका छौं । संघ र प्रदेशले कानून बनाउँदा स्थानीय तहलाई के कस्ता समस्या आएका छन् ? कानून नबनाएर काम गर्न पाइँदैन । स्थानीय तहले बनाउने कानून प्रदेश र संघले बनाउने कानूनसँग बाझिनु हुँदैन । हामीलाई कानूनको आवश्यकता छ । प्रदेश र संघले कानून बनाएका छैनन् । संघ र प्रदेशले कानून बनाएको छैन भनेर हामी बस्न पनि मिलेन । धेरै जटिल कानून बनाउने भन्दा पनि आवश्यक पर्ने कानून निर्माण गरी काम अघि बढाएका छौं । तर यथार्थ के हो भने जति छिटो कानून निर्माण हुनुपर्थ्यो , हुन सकिरहेको छैन । संघले कानून बनाउँदा प्रदेशले बनाउन सकिरहेको छैन । प्रदेशले नबनाउँदा स्थानीय तहले बनाउन सकिरहेका छैनन् । यस विषयमा तीन तहका सरकारसँग छलफल हुन आवश्यक छ । अर्को कुरा, कानून बनाउन हामीसँग दक्षता पनि छैन । त्यो पनि एउटा समस्या हो । विज्ञ व्यक्ति र कर्मचारी हामीसँग छैनन् । तथापि अहिलेसम्म हामीले १२ ओटा कानून, १४ ओटा कार्यविधि बनाएर काम गरेका छौं । स्थानीय तहबाट जनताले जति सेवासुविधा पाउनुपर्थ्यो, त्यो पाउन नसकेको गुनासो छ नि । एकदम सही कुरा हो । स्थानीय तहलाई जनताको सबैभन्दा नजिकको सरकार भनिएको छ । तर संविधानले कल्पना गरे अनुसार जनताले सेवा पाएकै छैन । यो त हाम्रो पनि गुनासो हो । संघीय सरकार सुन्ने सरकार हो, प्रदेश सरकार देख्ने सरकार हो भने यो भोग्ने सरकार हो । सम्पूर्ण कुरा यो सरकारसँग सम्बन्धित हुन्छन् । त्यसैले राज्यले यो तहलाई बलियो बनाउनुपर्ने हो, तर हुन सकेको छैन । गाउँपालिकामा कृषि शाखा छ । बजेट पनि छ, तर प्राविधिक छैनन् । दक्ष जनशक्ति नहुँदासम्म बजेटको कुनै काम छैन । यही कुरा संघमा शासन गर्नेहरूलाई बुझाउन जरुरी छ । संसद्को काम कानून बनाउने हो, तर उहाँहरू कानून बनाउने भन्दा अन्य काममा व्यस्त हुनुहुन्छ । संघ, प्रदेश र स्थानीय तहको अन्तरविरोधका कारण पनि विकासले गति लिन सकेन भनिन्छ । यसबारे के भन्नुहुन्छ ? संघीय सरकारले प्रदेश र स्थानीय तहमा कर्मचारी पठाउने भनेर नीति ल्यायो । कर्मचारी समायोजन ऐन पनि ल्यायो । तर कर्मचारी समायोजन ऐनले त अलि अलि भएका कर्मचारी पनि संघमा तान्ने काम ग¥यो । नेपालको इतिहासमा दुईपटक राजनीतिक दलले ठूलो राजनीतिक अधिकार प्राप्ति गरे । २०१५ सालमा नेपाली कांग्रेसले २ तिहाइको सरकार बनायो र धेरै वर्षपछि अहिले दुई तिहाइ नजिकको सरकार बनेको छ । यो मुलुकका लागि पनि एक अवसर हो । कुनै एक अमुक पार्टीलाई नाफा घाटा होला, त्यो एक ठाउँमा छ । यस्तो युगमा एकपटक हुने गर्दछ । विश्वका इतिहास हेर्दा पनि त्यस्तो देखिन्छ । यस्तै बेला धेरै काम गर्न सक्छ यो सरकारले । किनभने यो सरकार ढल्ने सक्ने सम्भावना हुँदैन । कसैसँग डराउनुपर्ने हुँदैन । तर कर्मचारीतन्त्रले हो या अरू कारणले यो सरकार अल्मलिएको छ । कर्मचारीलाई दह्रोसँग स्थानीय तहमा पठाइदिएको भए संघीयता बलियो बनाउने एउटै आधार त्यही हुनेथियो । तर स्थानीय तहमा कर्मचारी नहुँदाको असर कार्यसम्पादनमा परेको छ । यसबाट जनताले सास्ती खेप्नुपरेको छ । गाउँपालिकाभित्र पर्ने ऐतिहासिक फलावाङ दरबार भग्नावेशमा परिणत भएको छ । त्यसको पुनर्निर्माणको कुनै योजना छ कि छैन ? यो सल्यानको मात्र नभएर कर्णाली प्रदेशकै इतिहास बोकेको सल्यानी राजाको दरबार हो । यसको पुनर्निमार्णमा दुईओटा समस्या छन् । म २०४९ सालमा फलावाङको गाविस अध्यक्ष हुँदा तत्कालीन सल्यानी राजाका सन्तान शरदचन्द्र शाहसँग भेट गरेर पुनर्निर्माणको कुरा गरेको थिएँ । त्यतिखेर असफल भएको थिएँ । अहिले पनि कर्णाली प्रदेशबाट दरबार पुनर्निर्माणका लागि ५० लाख रुपैयाँ बजेट आएको थियो । तर सम्पत्ति व्यक्तिको नाममा हुँदा कार्यान्वयनमा समस्या भएको छ । सरकारले कुनै अमुक व्यक्तिको दरबार बनाउन सक्दैन । ठूलो समस्या त्यो हो । यो आफैमा धरोहर थियो । द्वन्द्वका बेला केही मानिसले दरबार भत्काउने काम गरे । शाह परिवारले उक्त सम्पत्ति राज्य, गाउँपालिका वा वडाको नाममा गरिदिए अर्थात् सार्वजनिकीकरण गरिदिए हामी दरबार पुनर्निर्माणका लागि तयार छौं ।
2020/07/11 02:48:01
https://www.abhiyandaily.com/newscategory-detail/363569
mC4
एजेन्सी, १० फागुन । माइक्रोसफ्टका सह–संस्थापक र परोपकारी बिल गेट्सले टेक्सासमा सस्तो बिजुली उत्पादन गर्ने उपकरण चिसो सञ्चालन आउन नसक्दा सेवाग्राही मर्कामा परेको भनी अमेरिकी ऊर्जा कम्पनीहरूको आलोचना गर्नुभएको छ । अमेरिकी राज्य टेक्सासको अत्यधिक चिसो मौसममा उर्जा उत्पादन गर्ने कमसल उपकरणहरूले काम नगर्दा उक्त राज्यले लोडसेडिङको मार सहन परेको बताउनुभएको हो ।
2021-03-06T04:31:59Z
https://dor.gov.np/home/page/dispute-resoluiton-unit
OSCAR-2109
एमाले संसदीय दलको बैठक बस्दै : कर्णाली सरकारको टाउको माथि तरबार - Kantipath.com एमाले संसदीय दलको बैठक बस्दै : कर्णाली सरकारको टाउको माथि तरबार कर्णाली प्रदेश सरकारको भविष्यबारे आज निर्णय हुँदैछ । नेकपा एमाले संसदीय दल कर्णालीको निर्णायक बैठक आज बस्दैछ । आज बस्ने बैठकले सरकारको भविष्य निर्धारण गर्नेछ । यसअघि एमाले ओली समूहको संसदीय दलको बैठकले चैत्र ५ गतेदेखि लागू हुनेगरी सरकारबाट समर्थन फिर्ता लिएको निर्णय गरिसकेको छ । त्यसपछि माधव नेपाल समूहका सांसदहरुले आफूहरु सरकारकै समर्थनमा रहेको बताएका थिए । तर, गत मंगलबारपछि भने नयाँ कोर्ष सुरु भएको छ । प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई सरकार अल्पमतमा परिसकेकाले तत्काल विश्वासमा मत लिन ध्यानाकर्षण पत्र पठाएका थिए । माओवादीले भने आफूहरु बहुमतमै रहेको दावी गर्दै अहिले विश्वासको मत लिन नपर्ने दावी गरेको छ । सुरुमा मुख्यमन्त्री शाहीको पक्षमा देखिएका एमाले माधव नेपाल समूहका सांसदहरु अहिले भने सरकारको विपक्षमा देखिएका छन् । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका अनुसार आजको बैठकमा नेपाल समूहका सांसदहरु पनि सहभागी हुनेछन् । र कर्णाली सरकारको भविष्यबारे निर्णय हुनेछ । संसद्मा २० सिट रहेको एमालेले समर्थन झिक्दा सरकार अल्पमतमा परिसकेको छ । तर, यही सरकारमा एमालेको तीन मन्त्री छन् र उनीहरुले अहिलेसम्म राजीनामा दिएका छैनन् । माधव नेपाल खेमाका ती मन्त्रीलाई पार्टीले सरकारबाट फिर्ता आउन निर्देशन दिइसकेको छ । चैत ४ गते बसकेको संसदीय दलको वैठकमा माधव नेपाल पक्षका सांसद सहभागी थिएनन् । एमाले संसदीय दलका नेता यामलाल कँडेलले वैठकमा सहभागी नहुने सांसदलाई स्पष्टीकरण सोध्ने तथा सरकारमा सहभागी मन्त्रीहरुलाई तत्काल राजीनामा गर्न 'सुझाव' दिने निर्णय गरेको बताएका थिए ।
2021/06/12 22:32:58
https://kantipath.com/local-news/uml-karnali-meeting-today/
mC4
पहिलोपटक नेपाल आएकी मिस वर्ल्ड जव साडीमा सजिएर मन्त्रि भेट्न पुगिन.. (तस्विर सहित) – Voice Samachar मुख्य पृष्ठ /News/पहिलोपटक नेपाल आएकी मिस वर्ल्ड जव साडीमा सजिएर मन्त्रि भेट्न पुगिन.. (तस्विर सहित) पहिलोपटक नेपाल आएकी मिस वर्ल्ड जव साडीमा सजिएर मन्त्रि भेट्न पुगिन.. (तस्विर सहित) संस्कृति, पर्यटन र उड्यन मन्त्रालयको निमन्त्रणामा 'मिस वल्ड २०१९'की विजेता टोनी–एन सिंह बिहिबार नेपाल आइपुगेकी छन् । तीन दिने भ्रमणमा नेपाल आएकी सिंह यहाँ विभिन्न कार्यक्रममा सरीक हुनेछन् । उनीसंग मिस वल्र्ड आयोजकका अध्यक्ष जुलिया मार्ले र निर्देशक स्टिभ डग्लससमेत सहभागी भएका छन् । गत जनवरीमा मिस नेपाल आयोजक हिडेन ट्रेजरले जुलिया मोर्ले र मिस वल्र्ड विजेतालाई नेपाल भ्रमणको निमन्त्रणा दिएको थियो । उनीहरु सोही निम्ता मान्न नेपाल आएका हुन् । उनलाई स्वागत गर्ने एयरपोर्टमा मिस नेपाल अनुष्का श्रेष्ठ लगायत पुगेका थिए ।नेपाल भ्रमणको यो टोलीले मिस वल्र्डमा 'विउटी उथ पर्पोज' जितेको भिडियोमा देखाइएको मकवानपुर र सिन्धुपाल्चोक जिल्ला भ्रमण गर्नुका साथै मिस वल्ड नेपालमा आयोजना सम्भाब्यको बिषयमा अध्यायन समेत गर्ने कार्यक्रम रहेको छ । दुई संस्थाबीच २३ वर्षदेखिको सुमधुर सम्बन्ध रहदैं आएकोमा अहिले आएर पहिलो पटक मिस वल्र्ड अर्गनाइजेसनका अध्यक्ष तथा मिस वल्र्डले नेपाल भ्रमणमा आएका हुन् । मिस नेपालको आयोजना हिडन ट्रेजर संस्थाले गर्दे आएको छ। यस वर्ष हिडन ट्रेजरले स्थापनाको २५ औं वार्षिक उत्सव मनाउदै छ। यो अवसरमा सहभागी हुनका लागि पनि मिस वर्ल्ड नेपाल आएकी हुन्। नेपाल भ्रमणमा आएकी टोनीलाई एक कार्यक्रमका बीच संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले स्वागत गरेका छन्। साडीमा सजिएकी मिस वर्ल्डलाई मन्त्री भट्टराईसहितका अधिकारीले स्वागत गरेका हुन्। तस्विर तल हेर्नुहोस :
2020/09/18 20:14:31
https://voicesamachar.com/archives/12741
mC4
पर्वतमा किशोरी तथा युवा महिलाको लागि ३ महिने होमस्टे तालिम संचालन - Always Tourism चुडामणी पौडेल, युवा महिलाहरुलाई शशक्तिकरण गर्ने उदेश्य सहित पर्वत जिल्ला फलेवास नगरपालिका खुम थापाठानामा किशोरी तथा युवा महिलाहरुलाई लक्षित गरी तिन महिने व्यवसायिक होमस्टे तालिम कार्यक्रम संचालन भएको छ । युसेप नेपाल, इन्प्रेड नेपाल तथा प्लान इन्टरनेशनलको साझेदारीमा संचालित तालिम कार्यक्रममा २५ किशोरी तथा महिलाहरुको सहभागिता रहेको छ । तालिम कार्यक्रममा खाना बनाउने सिप, उद्घोषणकला, व्यक्तित्व विकास, जीवनउपयोगि सिप, होमस्टे, बजारीकरण लगायतका विषयहरुमा सैदान्तिक तथा प्रयोगात्मक अभ्यास गराइनेछ । सम्बन्धित क्षेत्रका विषयविज्ञहरुको सहभागिताले तालिममा सहभागि युवतीहरुलाई प्रेरणा मिल्ने प्रशिक्षक शिवजीप्रसाद घिमिरेले बताउनु भयो । दैनिक ३ घण्टाको तालिम कार्यक्रमले आफुहरुको आत्मवल वढेको सृजना सुनारले बताउनु भयो । त्यसैगरी सोही संस्थाको आयोजनामा सोही प्रकृतिको तालिम पर्वत जिल्लाकै ठूलीपोखरीमा समेत संचालन भइरहेको छ । पर्वत जिल्लामा विभिन्न प्राकृतिक तथा सास्कृति एवम धार्मिक पर्यटकिय स्थलहरु रहेको र सो को प्रवद्र्धनमा होमस्टेले सघाउ पुरयाउने पर्यटन पत्रकार भुमराज तिवारीले बताउनु भयो । स्याङजा र पर्वतको सिमानामा रहेको ठूलीपोखरी तथा खुम लगायतका अन्य स्थानमा समेत होमस्टेको सम्भाव्यता रहेकोले सो स्थानमा समेत होमस्टे संचालन गर्न सकिन्छ । नेपालकै पहिलो होमस्टे सिरुवारी स्याङजा पुग्न ३ घण्टाको पैदल यात्रा गर्नुपर्दछ । प्राकृतिक हिसावले सुन्दर थापाठाना तथा ठूलीपोखरी सदरमुकाम कुस्माबाट २ घण्टाको पैदल यात्रामा पुग्न सकिन्छ । ग्रामिण मोटरबाटोको संजालमा आवद्ध खुम तथा ठूलीपोखरी काठमाण्डौ, पोखरा तथा कुस्माबाट समेत सवारीसाधन मार्फत पुग्न सकिन्छ । विशेषगरी मगर, बाम्हण, क्षेत्री तथा जनजाती सहितको मिश्रित वस्ती रहेको खुमबाट अन्नपूर्ण, माच्छापुच्छे तथा धौवलागिरी हिमालको अवलोकन गर्न सकिन्छ । १८ भदौ, काठमाडौं । लोपोन्मुख पन्छी सुन गिद्धको गुँड पछिल्लो पटक कञ्चनपुर जिल्लामा फेला परेको छ । सुन गिद्धको गुँड समुद्री सतहबाट १...
2021/04/20 14:11:02
https://www.alwaystourism.com/archives/1383
mC4
११ देशमा राजदूत नियुक्तिको लागि सिफारिस - Aarthik Sanjal काठमाडौं । परराष्ट्र मन्त्रालयले तीन वर्षदेखि रिक्त रहेका दक्षिण कोरिया, श्रीलंका सहित कार्यकाल पूरा नभई एक साताअघि मात्रै फिर्ता बोलाइएका अस्ट्रेलिया तथा अन्यमा गरेर ११ देशमा राजदूत नियुक्तिको सिफारिस गरेको छ । शुक्रबार मात्रै पुनर्नियुक्त परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले एक साताअघिकै मन्त्रिपरिषद्ले राजदूतको नाम सिफारिस गरेको जानकारी दिँदै प्रस्तावित नाम संसदीय सुनुवाइ प्रक्रियाका लागि शुक्रबार संसद् सचिवालयमा पठाइएको जानकारी दिए । 'लामो समयदेखि रिक्त रहेका र अरू रिक्त स्थानमा पनि एकमुष्ट रूपमा राजदूत सिफारिस गरेर पठाइएको छ,' मन्त्री ज्ञवालीले भने । परराष्ट्र सेवाबाट सहसचिव निर्मलराज काफ्ले अस्ट्रिया र जीवनप्रकाश श्रेष्ठ इजिप्टका लागि राजदूत सिफारिसमा परेका छन् । सरकारले राजदूत तथा स्थायी नियोगका प्रतिनिधि नियुक्ति सम्बन्धी निर्देशिका–२०७५ जारी गरेर ५० प्रतिशत परराष्ट्र सेवा र बाँकी राजनीतिक कोटामा नियुक्ति गर्ने नियम तय गरेको थियो । तत्कालीन विराटनगर नगरपालिकाका पूर्वमेयर तथा महेन्द्र मोरङ क्याम्पसमा राजनीति शास्त्रका पूर्वप्राध्यापक रमेशचन्द्र पौडेल श्रीलंकाका लागि राजदूत सिफारिस भएका छन् । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा राजनीति शास्त्र विभागका पूर्वप्रमुख कृष्णचन्द्र शर्मालाई दक्षिण कोरियाका लागि राजदूत सिफारिस गरिएको छ भने अस्ट्रेलियाको राजदूतमा सुम्निमा तुलाधर प्रस्तावित छिन् । उनी वामपन्थी नेता पद्मरत्न तुलाधरकी छोरी हुन् । उनी बाल कल्याणकारी संस्था सिविन नेपालकी कार्यकारी संयोजक समेत हुन् । यसैगरी रुसका लागि रुसी भाषाका ज्ञाता तथा अनुवाद साहित्यमा नाम बनाएका जंगबहादुर (जंगब) चौहान प्रस्तावित छन्, जंगब काठमाडौं विश्वविद्यालयमा प्राध्यापनरत छन् । यस्तै, झापाली कम्युनिस्ट राजनीतिमा संलग्न पुराना नेता नारायणप्रसाद संग्रौला म्यान्मार र एमाले पार्टी सम्बद्ध पूर्वमन्त्री युवराज कार्की बहराइनका लागि राजदूत सिफारिसमा परेका छन् । प्राध्यापक संग्रौला झापास्थित सहिद रामनाथ बहुमुखी क्याम्पसका पूर्व प्रमुख तथा विगतमा पद्मकन्या, महेन्द्ररत्न क्याम्पससँग सम्बद्ध राजनीतिशास्त्रका प्राध्यापक हुन् । यस्तै, ब्राजिलमा कुलप्रसाद नेपाल र डेनमार्कमा सुमित्रा सुवेदीको नाम प्रस्तावित छ । नेपाल पाल्पाका पूर्वसांसद हुन् भने सुवेदीको विस्तृत परिचय खुल्न सकेको छैन । नेकपा एमाले सम्बद्ध मुस्लिम संगठनका अध्यक्ष समेत रहिसकेका मेराज मुसलमान साउदी अरेबियाको राजदूतमा प्रस्तावित छन् । आजको कान्तिपुर दैनिकबाट
2021/07/30 23:27:56
https://www.aarthiksanjal.com/news/newspaper/39068.html
mC4
घिमिरेको उपचारमा लायन्स क्लवको सहयोग - Arunkhabar.com प्रकाशित : २ माघ २०७५, बुधबार १५:३७ विराटनगर, २ माघ । खुट्टा भाँचिएर समस्यामा परेका संखुवासभाको खाँदबारी नगरपालिका ७ का ६० वर्षीय लीलाबहादुर घिमिरेलाई उपचारका लागि लायन्स क्लब अफ विराटनगर सिटिजन्सले सहयोग गरेको छ । दाउरा काट्ने क्रममा गत बिहीबार मुडाले किचेर खुट्टा भाँचिएपछि घिमिरेलाई उपचारका लागि विराटनगरको कोसी अञ्चल अस्पतालमा ल्याइएको थियो । पैसा अभावमा उपचार गराउन नसकिरहेको पाइएपछि उपचारमा लायन्स क्लबले सहयोग गरेको हो । क्लबकै सहयोगमा शल्यक्रिया गरेर घिमिरेको खुट्टामा स्टिल राखिएको छ । क्लबले औषधि, उपचार र खुट्टामा राख्ने स्टिलको व्यवस्था गरिदिएको लायन्स क्लव ३२५ ए वानका डिस्ट्रिक क्याविनेट सेक्रेटरी रेवतबहादुर कार्कीले बताउनु भयो । पारिवारिक आर्थिक अवस्था नाजुक भएका कारण उपचार नपाएका गरिव अवस्थाका घिमिरेलाई ५४ हजार रुपैयाँ बराबरको सहयोग गरिएको कार्कीले बताउनु भयो । उहाँले अस्पतालमा रहेर उपचार गराउनजेल सम्म बिरामीका लागि फलफुल र पोषिला खानेकुराको व्यवस्था लायन्स क्लबले मिलाउने जानकारी दिनुभयो । पारिवारिक आर्थिक अवस्था कमजोर भएका अन्य जुनसुकै बिरामीलाई पनि उपचारमा सहयोग गरिने कार्कीको भनाइ छ । घिमिरेको खुट्टाको शल्यक्रिया अस्पतालका बरिष्ठ हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डा. यज्ञराज खरेल नेतृत्वको चिकित्सक टोलीले गरेको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. रोशन पोखरेलले घिमिरेको शल्यक्रिया गर्दा र ल्याब परीक्षण गराउँदा लाग्ने सबै शुल्क अस्पतालले मिनाहा गरिदिएको जानकारी दिनु भयो । यसैबीच लायन्सका डिस्ट्रिक क्याविनेट सेक्रेटरी कार्कीकै सक्रियतामा लायन्स क्लबले बुधबार नै पेट भित्रै सात महिनाको शिशुको मृत्यु भएकी एक महिलालाई समेत आर्थिक सहयोग गरेको छ । मोरङको बेलबारी नगरपालिका ६ की २८ वर्षीय कविता राई खवासलाई पाँच हजार एक सय रुपैयाँ सहयोग गरिएको लायन्स क्लव ३२५ ए वानका निवर्तमान डिस्ट्रिक गर्भनर लीला ढुँगेलले जानकारी दिनु भयो । खवासको पेटमा साता महिनाको शिशुको मृत्यु भए पनि शल्यक्रिया गरेर बाहिर निकाल्नलाई पैसाको अभाव रहेको पाइएपछि सहयोग गरिएको उहाँको भनाइ छ । कोसी अञ्चल अस्पतालको प्रसूति वार्डमा राखेर खवासको उपचार सुरु गरिएको छ । विराटनगर, २ भदौ । मोरङको सुन्दरहरैँचा नगरपालिकामा रहेको लाटीझोडा साझेदारी वन व्यवस्थापन समूहले एसईईमा उत्कृष्ट...
2021/08/03 18:14:31
https://www.arunkhabar.com/details/14492.html
mC4
विन्डोज .8.1.१ | मा टच प्रकार्यहरू कसरी असक्षम गर्ने ग्याजेट समाचार विन्डोज .8.1.१ मा टच प्रकार्यहरू कसरी असक्षम गर्ने अनुसरण गर्न केहि सरल तरिकाहरूका साथ क्षमता विन्डोज .8.1.१ को साथ हाम्रो ट्याब्लेटको टच प्रकार्यहरू असक्षम गर्नुहोस् यो उद्देश्य हो जुन हामीले आफूलाई प्राप्त गर्नका लागि राख्यौं। निस्सन्देह, हामीले यो कार्य गर्न सुरू गर्नु अघि केहि पक्षहरू ध्यानमा राख्नुपर्दछ, किनकि पूर्ण उल्टो प्रक्रियाको बाबजुद पनि केहि असुविधाहरू हुन सक्छन् जुन उनीहरूको मोबाइल उपकरणको प्रयोगकर्तालाई (स्पष्टतः ट्याब्लेट) ले यसलाई लिनको लागि बाध्य पार्दछ। के को लागि रखरखाव टेक्निकल मूल कारखाना राज्यमा फिर्ता आयो। यो यस कारणले गर्दा हामी तल वर्णन गर्नेछौंकारण, उद्देश्य, आवश्यकताहरू र केहि उपकरणहरू विन्डोज 8.1.१ को साथ हाम्रो ट्याब्लेटमा यी टच प्रकार्यहरू निस्क्रिय गर्न सक्षम हुन हामीसँग हुनुपर्दछ। 1 विन्डोज .8.1.१ मा हाम्रो लक्ष्यको साथ अगाडि बढ्नु अघि सुझावहरू 2 मलाई ट्याब्लेटमा जडान गरिएको कुञ्जीपाटी र माउसको आवश्यकता किन छ? विन्डोज .8.1.१ मा हाम्रो लक्ष्यको साथ अगाडि बढ्नु अघि सुझावहरू प्रक्रिया आज गर्नका लागि सजिलो मध्ये एक हो भन्ने तथ्यको बावजुद, विन्डोज .8.1.१ अपरेटिंग सिस्टममा टच फंक्शन्सलाई निस्क्रिय गर्ने यो प्रकार्य अघिल्लो संस्करणमा गायब भयो, जुन यो अझै पनी प्राधिकरण दिइएको थिएन। माइक्रोसफ्ट विन्डोज of को शुरुआतमा एउटा विशेष सुविधा एकीकृत गर्न आएको थियो, जुन के गर्न धेरै नै सजिलो थियो र जुन तपाईंमा निर्भर थियो।नियन्त्रण प्यानेल भित्र एउटा सानो विकल्प प्रयोग गर्नुहोस्, राख्नुहोस् जहाँ "टच स्क्रिनको निष्क्रियता" चयन गर्नुपर्नेछ। कुनै अनौठो कारणको लागि, माइक्रोसफ्टले यो समारोहलाई "सानो गुपचुप" राख्दै फिर्ता लिन आयो, किनकि सुविधा देखिने नभए पनि, यसलाई मैन्युअल्ली प्रयोग गर्न सकिन्छ किनकि हामी तल संकेत गर्नेछौं: हाम्रो विन्डोज 8.1.१ अपरेटिंग प्रणाली सुरू गर्नुहोस्। यो अपरेटिंग प्रणालीको सबैभन्दा नयाँ अपडेट हुन आवश्यक छ, त्यसैले हामी यसलाई सिफारिस गर्छौं हामीले पोस्टमा स indicated्केत गरे अनुसार अघिल्लो नयाँमा क्लिक गर्नुहोस् सुरु बटन. देखाइएका विकल्पहरूबाट हामी एउटालाई छनौट गर्छौं «प्रणालीहरू"। अब हामी माथिको बाँयामा लिंक छान्छौं जुन भन्छ «उपकरण प्रशासक"। हामी समूह को सामग्री प्रदर्शित «मानव ईन्टरफेस उपकरण"। हामी निम्न छविमा देखाईएको विकल्प फेला पार्दछौं र त्यो यो समूह भित्र छ। हामी यसलाई हाम्रो माउसको दायाँ बटनको साथ क्लिक गर्दछौं। प्रासंगिक मेनू हामीले विकल्प छनौट गर्छौं «असक्षम"। विन्डो बन्द गर्न हामी हाम्रो कार्य यकिन गर्दछौं। हामीले माथि सुझाव गरेका अन्तिम चरणहरू धेरै महत्त्वपूर्ण छन् र प्रस्तावित कार्यको पुष्टि गर्नु अघि हामीले त्यसलाई ध्यानमा राख्नु पर्छ। यो किनभने प्रयोगकर्ताले के गरिरहेको छ भनेर सचेत हुनुपर्दछ, कि केहि अधिक सेकेन्डमा यस अपरेटि system प्रणालीको टच प्रकार्यहरू पूर्ण रूपमा अक्षम हुनेछ। अब, यदि हामी यो कार्य गर्न गइरहेका छौं भने यो आवश्यक छ कि हामीसँग किबोर्ड र माउस हातमा छ ताकि सम्पूर्ण प्रक्रिया उल्ट्याउन सकियोस्। सुरुबाट हामी अगाडि बढ्छौं, हामी सँग दुबै कुञ्जीपाटी र माउस जडित हुनुपर्दछ, किनकि यी उपकरणहरू पहिचान गरिनुपर्दछ र तार्किक रूपमा हामीले सञ्चालन गरिरहेका ट्याब्लेटमा सम्बन्धित विन्डोज 8.1.१ ड्राइभरहरूसँग स्थापना गर्नुपर्नेछ। मलाई ट्याब्लेटमा जडान गरिएको कुञ्जीपाटी र माउसको आवश्यकता किन छ? ठीक छ, यस तथ्यको बाबजूद कि सम्पूर्ण प्रक्रिया केवल टच प्रकार्यहरू प्रयोग गरेर मात्र सम्पन्न गर्न सकिन्छ, उनीहरू एक पटक निष्क्रिय भएपछि हामी तिनीहरूलाई पुन: सक्रिय पार्ने विकल्प पनि पाउँदैनौं किनकि स्क्रिनले हामीले आफ्ना औंलाहरूद्वारा बनाएको इशाराको केही प्रकारलाई चिन्न सक्दैन। त्यसो भए, यदि एक निश्चित समयमा हामी फिर्ता जान चाहन्छौं विन्डोज .8.1.१ मा यी टच प्रकार्यहरू सक्षम गर्नुहोस्, हामीले "उपकरण प्रबन्धक" तर्फ नेभिगेट गर्न किबोर्ड र माउस दुबै प्रयोग गर्नुपर्नेछ र यसरी प्रक्रियामा फिर्ता जानुहोस्। यो उल्लेखनीय छ कि सुझाव गरिएको प्रक्रिया एक अस्थायी कार्य हुनेछ, किनकि कुनै पनि समयमा हामीलाई ट्याब्लेटको आवश्यक पर्दैन जहाँ यसको टच कार्यहरू अवस्थित छैनन्, किनकि यो यी मध्ये एउटा उपकरणको मुख्य विशेषता हो। माउस र कुञ्जीपाटी दुबै प्रयोग गरेर हामी माथि सुझाव गरिएका चरणहरूमा फर्केर जान सक्छौं तर अब पुन: टच प्रकार्यहरू सक्रिय पार्ने उद्देश्यले। लेखको पूर्ण मार्ग: ग्याजेट समाचार » सामान्य » सफ्टवेयर » विन्डोज .8.1.१ मा टच प्रकार्यहरू कसरी असक्षम गर्ने
2022/01/22 08:12:42
https://www.actualidadgadget.com/ne/%E0%A4%B5%E0%A4%BF%E0%A4%A8%E0%A5%8D%E0%A4%A1%E0%A5%8B%E0%A4%9C-8-%E0%A5%A7-%E0%A5%A7-%E0%A4%AE%E0%A4%BE-%E0%A4%9F%E0%A4%9A-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%AF%E0%A4%B9%E0%A4%B0%E0%A5%82-%E0%A4%95%E0%A4%B8%E0%A4%B0%E0%A5%80-%E0%A4%85%E0%A4%B8%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A4%AE-%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%A8%E0%A5%87/
mC4
दुवै देशको सार्वभौमिकतालाई अक्षुण राख्दै, नयाँ सम्बन्धका लागि प्रबुद्ध बैठक सुरु « NagarikTimes : National News Portal From Kathmandu दुवै देशको सार्वभौमिकतालाई अक्षुण राख्दै, नयाँ सम्बन्धका लागि प्रबुद्ध बैठक सुरु काठमाडौं । नेपाल र भारतबीच १९५० को सन्धिलगायत सबै विषयमाथि अध्ययन गरी प्रतिवेदन दिन गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी) को पहिलो बैठक आज शुरु भएको छ । बैठकमा दुईपक्षीय सम्बन्धका समग्र एजेन्डा तथा त्यसको समयसीमा तय गर्ने दुवै पक्षको तयारी रहेको बताइएको छ । वैठक मंगलबारसम्म चल्ने वैठकमा वैठकमा १९५० को सन्धिदेखि जलस्रोत, वाणिज्य, व्यापार, सुरक्षालगायत सबै विषयमा छलफल हुनेछ । भारतले सांसद भगतसिंह कोसियारीको संयोजकत्वमा पूर्वराजदूत जयन्तप्रसाद, प्राध्यापक बिसी उप्रेती र प्राध्यापक महेन्द्र पी लामा सदस्य रहेको समूह गठन गरेको छ । नेपालका तर्फबाट पूर्वपरराष्ट्रमन्त्री डा.भेषबहादुुर थापा संयोजक तथा पूर्वमन्त्री नीलाम्बर आचार्य, सांसद राजन भट्टराई र पूर्वसचिव एवं अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय सदस्य छन् । नेपाल र भारतबीच ३१ जुलाई १९५० मा हस्ताक्षर भएको शान्ति तथा मैत्री सन्धि सधौ विवादमा रहँदै आएको छ । नेपालले सो सन्धिको सुरक्षासाग सम्बन्धित पक्षमा खतरा महसुस गर्दै आएको छ । यो वैठकको मूल एजेन्डा हुनेछ । बैठकमा दुवै देशको सार्वभौमिकतालाई अक्षुण राख्दै एक आपसमा नयाँ त्वरबाट कसरी मित्रवत सम्बन्ध बनाउन सकिन्छ त ? बैठक यी र यस्तै कुरामा केन्द्रित हुने कोसियारीले प्रतिकृया दिए । दुवै सरकारले बेग्लाबेग्लै समूह गठन गर्ने र संयुक्त रूपमा एउटै प्रतिवेदन तयार गरेर आ–आफ्ना सरकारलाई बुझाउने म्यान्डेट रहेको उनले बताए । #फोटो सौजन्य बासु क्षितिज
2022/05/25 22:39:04
https://www.nagariktimes.com/2016/07/2643/
mC4
काठमाडौंः केही समय अगाडि मात्र नेपाली चलचित्र ‘प्रेम गीत ३’ हिन्दी भाषामा स्वराङ्कन भएर प्रदर्शन भएको थियो । छिमेकीमुलुक भारतमा नेपाली चलचित्रको बजार खोज्ने उद्देश्यले निर्माता तथा निर्देशकले ... कला चार दशकपछि ‘विदेश जाने मायालु’ गीतको भिडियो सार्वजनिक (भिडियोसहित) मंसिर २, २०७९ पोखराः सन् १९८१ मा रचना गरिएको ‘विदेश जाने मायालु’ गीतकाे चार दशकपछि भिडियो सार्वजनिक भएको छ । दीपक थापाको ‘विदेश जाने मायालु’ बोलको गीतको म्युजिक भिडियो आज ९शुक्रबार० पोखरामा पत्रकार सम्मेलन गर्दै सावर्जनिक गरिएको हो । सो कार्यक्रममा बोल्दै गायक तथा रचनाकार दीपक थापाले पहिलो पटक पोखरामै गाएको बताए । उक्त गीत हरेक नेपालीले मन पराएपनि आफुलाई नचिनेको बताए । ‘यो गीत धेरैले मन पराउनु भयो । सबैले गुनगुनाए तर मेरो हो भन्ने कमैलाई मात्र थाहा थियो । यतिका वर्षपछि भिडियो ल्याएका छौ, उनले भने, ‘सबैले माया गरिदिनुहुनेछ ।’ उनले उक्त गीत काल्पनिक नभएको बताउदै भने, ‘यो गीत मेरै कथामा आधारित हो भन्न सकेको थिएन । कतै कतै मात्र हो भन्थे । हुन त हरेको आफ्नै कथा हुन्छ । सत्य कथामा आधारित हुदा बढी फिल हुनेरहेछ ।’ उनले समय बद्लिएपछि माया गर्ने र विदेशीनेको कथा अझै पनि ताजै रहेको सुनाए । ‘विदेश जाने मायालु’ तीन पुस्ताको कथामा आधारित छ, उनले भने, ‘बच्चा जमन्छ, युवा अवस्थामा माया प्रेम सम्बन्ध हुन्छ, पछि विदेश जान्छ र केही समय पछि भेट हुन्छ । यसरी नै यो गीतले तीन पुस्ताको कथालाई चित्रण गरेको छ ।’ रोहन नेपालीको निर्देशनमा बनेको उक्त म्युजिक भिडियोमा भगवती मल्ल, दीपक थापा, विशाल सारुमगर, सपना क्षेत्री, एरिसा गुरुङ र अनमोल राणाको अभिनय रहेको छ । भिडियो: फैलिदैं चिमखोले ‘थाली नाच’ मंसिर २, २०७९ गलेश्वरः मौलिक कला र संस्कृतिले नेपालीको मनलाई कसरी आकर्षित गर्न सक्दोरहेछ भन्ने कुराको उदाहरण ‘थाली नाच’ बनेको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोला थाली नाँचको उद्गम थलो हो । हिरामाया पुन श्रीसले पाँच दशकअघि सो नाचको सुरुआत गर्नुभएको थियो । गीतको लय र शब्दसँगै हातमा थाल राखेर गरिने थाली नृत्य स्वदेशमा मात्र सीमित नभई सात समुन्द्रपारी प्रवाससम्म पुगेको छ । हातमा थाल राखेर हत्केलाले घुमाइघुमाइ नचाएको र नाचेको दृष्य निकै रोचक हुन्छ । सावधानीपूर्वक गरिने नृत्य मौलिक, आकर्षक र संयमित हुने भएकाले लोकप्रिय बनेको हो । पछिल्लो समय थाली नृत्यसम्बन्धी गीत पनि ‘रेकर्ड’ भएकाले यसको लोकप्रियता अझै बढेको लोक कलाकार धनकुमारी थापाले बताउनुभयो । देशका विभिन्न ठाउँमा हुने मेला महोत्सव, सम्मेलनमा मात्र नभएर विदेशमा समेत थाली नाच देखाउने गरिएको कलाकार थापाको भनाइ रहेको छ । विसं २०२८ मा चिमखोलाकी हिरामाया पुनले पहिलो पटक पञ्चेबाजाको तालमा थाली नृत्य प्रस्तुत गर्नुभएको थियो । विसं २०४४ मा काठमाडौँमा भएको सार्क सम्मेलनमा प्रदर्शन गरेपछि थालीनाचको राष्ट्रिय र अन्तर्राष्ट्रियकरण भएको हो । हातमा थाल राखेर नचाउने भएकाले यस नृत्यलाई ‘थाली नाँच’ नामकरण गरिएको म्याग्दीका पुराना लोक गाएक प्रकाश श्रेष्ठले बताउनुभयो । हिरामाया पुन र धनकुमारी थापासहितको चार जनाको टोलीले विसं २०४२ मा वीरगञ्जमा भएको तेस्रो राष्ट्रिय लोक नृत्य प्रतियोगितामा सामूहिक थाली नृत्य प्रस्तुत गरेर प्रथम स्थान हासिल गरेका थिए । विसं २०३५ मा शान्ति पुन र धनकुमारी थापाले थाली नाचसम्बन्धी गीत रेकर्ड गराउनुभएको थियो । उक्त गीतको विसं २०७३ मा म्युजिक भिडियो छायाँकन गरिएको छ । चिमखोलामा थालीनाचसँगै जुरेचल्ला, शर्माजाले, कलश जुधाउने, टोपा नाच, भूमे खुसी बनाउन कालोमोसो लगाउने जस्ता मौलिक संस्कृति रहेका छन् । यी चिमखोलाका मौलिक संस्कृति अहिले म्याग्दीमा मात्रै होइन संसारभरिका नेपालीका लागि आकर्षक बन्दै गएका चिमखोलाका धु्रवकुमार पाइजाले बताउनुभयो । पाइजाका अनुसार अष्ट्रेलिया, अमेरिका, जापान, बेलायतलगायतका देशमा रहेका नेपालीहरूले विशेष अवसर वा फुर्सदको समयमा थाली नाचको आयोजना गर्ने गरेका छन् । मनोरञ्जनका लागि मात्रै नभएर लोकसंस्कृतिको संरक्षणका लागि पनि विदेशमा रहेका नेपालीले चासो देखाएका पाइजाले बताउनुभयो । अर्गली मगरको परम्परागत ‘भुस पोल्ने पर्व’ सुरु कात्तिक २३, २०७९ बागलुङ : अर्गली मगरको पुस्तैनी ‘भुस पोल्ने पर्व’ बुधबारदेखि सुरु भएको छ । ताराखोला गाउँपालिका-२ मा बर्सेनि यो पर्व मनाइन्छ । पुर्खाले खोरिया खनी थातथलो बसाएको र खेती सुरु गरेको सम्झनामा सो पर्व मनाउने प्रचलन छ । पन्धौँ शताब्दीतिर पाल्पाको अर्गलीबाट बसाइँसराइ गरी अर्गल गाउँमा आएका मगरहरूले पर्वको चलन बसालेको मानिन्छ । अर्गल खेलकुद विकास मञ्चका अनुसार आउँदो आइतबारसम्म विविध कार्यक्रमसहित पर्व मनाइनेछ । मञ्च परम्परागत भुस पोल्ने पर्वको संरक्षण र प्रवद्र्धनमा क्रियाशील छ । मञ्चका अध्यक्ष लोकबहादुर क्षेत्रीले हरेक वर्ष कात्तिक २४ देखि २६ गतेसम्म मुख्यरूपमा पर्व मनाउने चलन रहेको बताउनुभयो । मञ्चले यो वर्ष अघिल्लो दिनदेखि नै कार्यक्रम तय गरी पर्व मनाउन सुरु गरेको हो । मगर भाषा तथा संस्कृति सम्वद्र्धन समितिका सचिव बिर्बलाल घर्तीमगरले भुस पोल्ने पर्वलाई प्रकृति पूजाका रुपमा लिनुभयो । उहाँका अनुसार कात्तिक २४ गते शङ्खुबारीमा भुस पोल्ने काम हुन्छ । मकै बाली भित्राएपछि बारीमा रहेका डाँठ, पात, पतिङ्गर जम्मा पारेर आगो लगाउने कार्यलाई नै भुस पोल्ने भनिन्छ । शङ्खुघरका मुल भाञ्जाले भुस पोल्ने चलन छ । उक्त दिनमा पनि शङ्खुबारीमा पूजाआजा हुन्छ । शङ्खुबारीमा उब्जेको जौ बाली शुङ्खु ९मुल० घरले प्रयोग गर्ने र त्यही घरले पूजाआजाको खर्च चलाउनुपर्ने नियम छ । गाउँको ज्येष्ठ व्यक्तिको घरलाई नै शङ्खुघर नामाकरण गर्ने गरिन्छ । पर्वको अर्को दिन २५ गते वर्ष दिनभित्र मृत्यु भएकाका परिवारमा मृत्यु संस्कारको रुपमा बरखी ९दुःख० उम्काउने चलन छ । २४ गते अघि जहिले मृत्यु भएको भएपनि २५ गते नै मृत्यु संस्कार पूरा हुने गर्छ । २४ गते मृत्यु भएमा भने वर्ष भरिनै दुःख बार्नुपर्ने हुन्छ । घरमा चेलीबेटी, भाञ्जाभाञ्जीलाई बोलाइ दानदक्षिणा दिई मृत्यु संस्कार पूरा गर्ने गरिन्छ । मृत्यु संस्कारको समापनलाई गाउँलेले ‘होलादास’ पनि भन्ने गर्छन् । मृतकको घरमा दिदीबहिनीमध्ये जेठीले १८ माना चामल र सोही बराबरको सुकुटी र सुकेको छाला ल्याउनुपर्ने प्रचलन छ । मृतकको परिवारबाट पनि सोही अनुसार मावली र माइतीघरमा पठाउने गर्छन् । त्यसरी पठाएको कोशेली दाजुभाइ मिलेर बाँड्ने र त्यसबापत नगद दक्षिणा गर्ने चलन छ । भुस पोल्ने पर्व जन्म संस्कारसँग पनि जोडिएको समितिका सचिव घर्तीमगरले बताउनुभयो । पर्वको मुख्य दिन २६ गते छापे खन्ने गरिन्छ । शङ्खुबारीको बीचमा रहेको ठूलो ढुङ्गालाई सहकालका देउता मानेर पूज्ने चलन छ । प्रकृतिका देउता ‘शङ्खु’ को प्रतिक स्वरुप मुल घर र बारीलाईसमेत शङ्खु भनेर चिनिन्छ । पूजाको विधिपछि अविवाहित युवा हातमा कोदालो लिएर शङ्खुबारीमा दौडन्छन्, युवतीलाई डाक्छन् । युवतीहरु पनि कोदालोसहित शङ्खुबारी आउँछन् । पाका र विवाहितले अघिअघि बिउ छर्छन्, अविवाहित युवायुवती मिलेर शङ्खुबारीमा मेलो खन्न सुरु गर्छन् । मेलो सकिएपछि युवायुवती एकापसमा कोदालो जुधाउँछन् र तानातान गर्छन् । अन्तिममा सँगै कोदालो उठाउँदै खुसी साट्छन् र खेती लगाएको सन्देश दिन्छन् । छापे खनेपछि २७ गतेदेखि यो वर्ष छोरा जन्मीएका घरमा पुत्र बढाइँ सुरु हुन्छ । पुत्र बढाइँमा गोपीचन नाच देखाउने, गाथा हाल्ने पुरानो चलन छ । बाह्र मगरातमा पर्ने पाल्पा, अर्गलीबाट आएका मगरले आफूसँगै भुस पाल्ने पर्व पनि लिएर आएको गाउँका अगुवा बताउँछन् । पर्वका अवसरमा आयोजना गरिएको खुला पुरुष भलिबल प्रतियोगिता बुधबारदेखि सुरु भइसकेको मञ्चले जनाएको छ । महिला भलिबल, सामूहिक लोकनृत्य, धनुषवाण, रस्साकस्सीलगायत प्रतियोगितात्मक खेल पनि आयोजना गरिएको छ । सांस्कृतिक नाच र झाँकी पनि प्रदर्शन गरिनेछ । स्वर्गीय इमानद्धारा लिखित ‘लाहुरे दाई’ को पोखरामा चर्चा कात्तिक २१, २०७९ परदेशी दाजुभाइको कस्तो होला अहिले हाल हाल राम्रो भए पनि नबिगार्नू आफ्नो चाल पोखरा : स्वर्गीय सुवेदार इमानबहादुर तमुद्धारा लिखित ‘ लाहुरे दाई’को कविता संग्रह पोखरामा चर्चा गरिएको छ । म्हिकी कोने परिवार घान्द्रुक र लामा अमृत फाउन्डेशन घान्द्रुकको आयोजनामा स्वर्गीय तमुद्धारा प्रकाशित ‘लाहुरे दाई’ कविता संग्रह पोखरामा चर्चा गरिएको हो । २०७९ असोज २ गते घान्द्रुक समाज हङकङको आयोजनामा उपाध्यक्ष आशा गुरुङको अध्यक्षतामा विमोचन गरिएको ‘लाहुरे दाई’ कविता संग्रह पोखरामा चर्चा गरिएको हो । स्वर्गीय तमुद्धारा प्रकाशित ‘देखेपछि लेखेँ’ ( कविता संग्रह २०७० ) र सरल ( कविता संग्रह २०७७ ) पछि हङकङबाट प्रकाशित डायस्पोरिक साहित्य पत्रिका साब्लाबुङको सम्पादक साहित्य विश्लेषक वरिष्ठ साहित्यकार राज कुमार राईको सल्लाह सझावमा कृति पुस्तको नाम ‘ लाहुरे दाई’ र साहित्य पत्रिका सुरप्रभा पोष्टका प्रकाशक सम्पादक वरिष्ठ साहित्यकार तथा गीतकार भावेश भुमरी तथा गीतकार विशु समको सहयोगमा ‘ लाहुरे दाई’ कविता संग्रह प्रकाशित भएको थियो । कार्यक्रममा बोल्दै अन्नपूर्ण गाउँपालिका १० का वडा अध्यक्ष गौतम गुरुङले साहित्यकार स्वर्गीय सुवेदार इमान बहादर तमु घान्द्रुकबासीका लागि अमर रहेको बताए । ‘ स्वर्गीय इमानबहादुर तमुको स्वर्गारोहन भएको २ वर्ष बित्न लाग्यो’ उनले भने, ‘उहाँ हामीमाझ नभएपनि समाज परिवर्तनमा गरेका सहयोग र उहाँको साहित्यले घान्द्रुक बासीका लागि मात्र नभएर सिङ्गो साहित्यको क्षेत्रमा अमर रहनुभएको छ ।’ यस्तै मेश्रम माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्षिन गुरुङले स्वर्गीय ईमान बहादुर तमुद्धारा प्रकाशित ‘लाहुरे दाई’ कविता संग्रह विक्रीबाट आएको आम्दानी विद्यालयमा स्मृतिकोषमा राखिने बताए । ‘ स्वर्गीय सुवेदार तमु साहित्यकार मात्र नभएर एक असल समाजसेवी हुन्’ उनले भने,‘ स्वर्गीय सुवेदार तमले विद्यालयमा महत्वपुर्ण योगदान पु¥याउनुभएको छ । उहाँले प्रकाशित गर्नुभएका पुस्तक विक्रीबाट आएको आम्दानी विद्यालयमा उहाँको स्मृतिकोषमा राख्नेछौं ।’ २०११ कात्र्तिक ३ गते घान्द्रुकमा जन्मनुभएका सुवेदार तमुको २०७७ मंसिर २५ गते मृत्यु(देहाववसान ) भएको थियो । स्वर्गीय तमुले यस अगाडी देखेपछि लेखेँ ( कवितासङ्ग्रह २०७०) र सरल ( कवितासङ्ग्रह २०७७ कृति प्रकाशित गरेका छन् । ‘लाहुरे दाइ’ कवितासङ्ग्रह भावेश भुमरीको भाषा सम्पादन, राजकुमार राईको भूमिका र कवि सुवेदार इमानबहादुर तमुको लेखन र मैनाकुमारी तमुको प्रकाशनमा प्रकाशित भएको थियो । पुस १२ गते पोखरामा नेपथ्यको कन्सर्ट कात्तिक १५, २०७९ पोखरा : सातै प्रदेशमा निस्किएको नेपथ्य ब्याण्डले पुस १२ गते पोखरामा कन्सर्ट भएको छ । नेपथ्य ब्याण्डले मंसिर १६ देखि पुस १६ गतेसम्म एक महिना लामो देशव्यापी प्रस्तुती दिनेछ । नेपथ्यले नेपालको पूर्वी कुनादेखि पश्चिमी कुनासम्म पुग्ने तयारी गर्दै यसपालिदेखि नयाँ अठोटका रूपमा ‘मानवता प्रवद्र्धन अभियान’ मा सहभागी हुँदैछ । नेपथ्यले सामाजिक संस्था‘ मानवसेवा आश्रम’ सँग हातेमालो गर्दै ‘मानवताको लागि संगीत’ कार्यक्रमको पहिलो प्रस्तुती विराटनगरमा गर्नेछ । मंसिर १६ गते विराटनगरस्थित ‘हाटखोला मैदान’मा नेपथ्य गुञ्जिनेछ । त्यसपछि ब्याण्ड वीरगंज प्रस्थान गर्नेछ । मंसिर १९ गते वीरगंजको ‘आदर्शनगर रंगशाला’मा, मंसिर २२ गते हेटौंडाको ‘भूटनदेवी स्कुल मैदान’मा, २५ मंसिर गते नारायणघाटको ‘क्याम्पाचौर’मा ब्याण्ड उपस्थित हुनेछ। मंसिर महिनाको अन्तिम कन्सर्ट भने नेपालगन्जमा २९ गते आयोजना गरिनेछ । ब्याण्डले पुस ३ गते धनगढीको रंगशालामा आफूलाई प्रस्तुत गर्नेछ । पुस ६ गते वीरेन्द्रनगर सुर्खेतको खुलामञ्चमा, पुस ९ गते बुटवलको रामनगर खेलमैदानमा, पुस १२ गते पोखरास्थित प्रदर्शनी केन्द्रमा प्रस्तुति दिनेछ । यसरी देशका सम्पूर्ण प्रदेशहरू घुमिसकेपछि अन्तिममा ब्याण्ड काठमाडौं आइपुग्नेछ । काठमाडौंमा भने पुस १६ गते भृकुटीमण्डपमा ब्याण्ड प्रस्तुत हुनेछ । ब्याण्डले बेसहारा बन्न पुगेका नेपालीहरूको आवाज बन्ने मात्र नभई उनीहरूको सहयोगार्थ अर्थ संकलनमा हातेमालो गर्नेछ । ‘हामीले गीत संगीत मात्र नभई सामाजिक दायित्वलाई समेत अभिभाराका रुपमा उठाउँदै आएका छौं,’ ब्याण्डका गायक अमृत गुरुङले भने, ‘कुनै पनि नेपालीले कष्टपूर्ण अवस्था झेल्नु नपरोस् भनेर अब मानवताको सन्देश लिएर हामीलाई मनपराउँदै आउनुभएका श्रोता दर्शकमाझ पुग्न लागेका छौं ।’ नेपथ्यको यो भ्रमणलाई ‘नेपालय’ले व्यवस्थापन गर्न लागेको हो । यसभन्दा पहिले विद्यालयमा हतियारधारीहरूको हस्तक्षेप हटाउन ‘शान्तिको लागि शिक्षा’ र द्वन्द्वको चक्रबाट मुलुकलाई मुक्त गर्ने कामनाका साथ ‘सुन्दर शान्त नेपाल’ जस्ता अभियानहरू नेपथ्यकै सक्रियता एवम् सहभागीतामा अघि बढेको थियो। यस्ता अभियानमा नेपथ्यले गीत सुनाउनुका साथै आफूले उठाएको नारालाई अथ्र्याउने प्रयास गथ्यो । यसरी आफ्नो स्वरलाई हस्तक्षेपमुक्त विद्यालय बनाउने, शान्तिको कामना गर्ने र युद्धविरोधी आवाजमा समेत रुपान्तरण गर्दै आएको नेपथ्यले अब भने ‘मानवताको लागि संगीत’ मार्फत मानवीय आयामहरूलाई आफ्नो आवाजको उद्देश्य बनाउने सोच लिएको हो । बागलुङको सर्वसिद्धिधाम पञ्चकोट चिनाउन दोहोरी कात्तिक १४, २०७९ बागलुङ : शरद यामको पारिलो दिन । रोधीघरझैँ सजिएको पटाङ्गिनी । गुन्द्रीमा पलेँटी कसेका कलाकार । खचाखच दर्शकदीर्घा । आइतबार भिन्न रौनक थियो सर्वसिद्धिधाम पञ्चकोटमा । साँझ अबेरसम्मै पञ्चकोट लोकदोहोरीमय बन्यो । चल्तीका गायक/गायिकाले लोकसङ्गीतप्रेमीलाई मन्त्रमुग्ध पारे । प्रत्यक्ष दोहोरीको घम्साघम्सी हेर्न÷सुन्न पाएका दर्शक मक्ख भएर फर्के । बागलुङ नगरपालिका–६ स्थित धार्मिक गन्तव्यस्थल पञ्चकोटको प्रवद्र्धन गर्ने ध्येयले ‘इनेपाल रोधीघर’ले प्रत्यक्ष लोकदोहारीको चाँजोपाँजो मिलाएको हो । चर्चित कलाकार पशुपति शर्मा, अस्मिता डिसी, श्याम राना, रेनुका भट्टराईलगायत दोहोरीमा जमेका थिए । गायक÷गायिकाको रोचक सवालजवाफले दर्शकदीर्घाबाट वाहीवाही पायो । कलाकारले पञ्चकोटको महत्व र प्राकृतिक महिमालाई पनि गीतमा उतारे । रोधीघरका सञ्चालक राजन क्षेत्रीले पञ्चकोटलाई चिनाउन प्रत्यक्ष दोहोरी राखिएको बताउनुभयो । “आफू जन्मेको ठाउँ, आफ्नो मातृभूमिको प्रचार होस्, पर्यटन प्रवद्र्धनमा टेवा पुगोस् भनेर दोहोरीको आयोजना गरिएको हो”, उहाँले भन्नुभयो, “यहाँ छायाङ्कन गरिएको कार्यक्रम युट्युबलगायतका माध्यमबाट पनि प्रसारण हुन्छ ।” सञ्चालक क्षेत्रीले युट्युबलाई सामग्री मात्र बनाउन नभई पञ्चकोटको प्रवद्र्धन गर्नु आफूहरुको मुख्य ध्येय रहेको उल्लेख गर्नुभयो । हालै अमेरिकाबाट आउनुभएका क्षेत्रीको घर पनि पञ्चकोट नजिकैको सिम गाउँमा पर्छ । वाद्यवादकसहित झण्डै ५० जना कलाकारलाई रोधीघरले पञ्चकोटमा जमघट गराएको थियो । बागलुङ–६ का वडाध्यक्ष रुद्रबहादुर केसीले कलाका माध्यमबाट पञ्चकोटको प्रवद्र्धन गर्न सो कार्यक्रमले सघाउ पु¥याउने विश्वास व्यक्त गर्नुभयो । “धेरै कलाकार एकसाथ आएर यहाँ प्रस्तुति दिँदा राम्रो सन्देश प्रवाह भएको छ, लोकदोहारी हाम्रो मौलिक संस्कृति पनि भएकाले यसबाट पञ्चकोटको चिनारी बढाउनमा पनि अवश्य टेवा पुग्नेछ”, उहाँले भन्नुभयो । चर्चित कलाकारको दोहोरी सुन्न आतुर स्रोता/दर्शकको बिहानैदेखि पञ्चकोटमा चहलपहल थियो । बिदाको दिन परेकाले बाहिरी जिल्लाबाट घुम्न आउने पर्यटकको पनि उस्तै चाप देखिन्थ्यो । पञ्चकोट धार्मिक र प्रकृतिप्रेमी पर्यटकका लागि उपयुक्त गन्तव्यका रुपमा दरिँदै आएको छ । मठ, मन्दिरको दर्शन र मनोरम प्राकृतिक दृश्यावलोकनका लागि पर्यटक पञ्चकोट पुग्छन् । देशका विभिन्न भागबाट धर्मवलम्बीसहित पर्यटक आउने गरेको पञ्चकोटका कार्यालय सचिव रामबहादुर क्षत्रीले बताउनुभयो । पञ्चकोटमा निर्माणाधीन विश्वकै अग्लो एक सय ३५ फिटको विश्वशान्ति कलश र पाँच हजार पाँच सय ५५ किलोको मुक्तिनाथ महाघण्टका कारण पनि चर्चामा छ । अहिले कलश र महाघण्ट राख्नका लागि संरचना निर्माणको काम भइरहेको छ । कलश निर्माणमा मात्रै रु ३२ करोड लागत लाग्ने जनाइएको छ । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले विसं २०७१ मा उक्त कलशको शिलान्यास गर्नुभएको थियो । हालसम्म पञ्चकोटमा रु ३० करोडभन्दा बढी लगानी भइसकेको छ । धार्मिक तीर्थस्थलका रुपमा विकास गर्ने लक्ष्यसहित आठ वर्षअघिदेखि पञ्चकोटका संरचना बनाउन सुरु गरिएको थियो । सम्पदा निर्माणले पूर्णता नपाउँदै पञ्चकोट पर्यटकको रोजाइमा पर्न थालेको छ । पञ्चकोटमा हाल गणेश, गण्डकी माताको मन्दिर, हनुमानको मूर्ति, गरुड–शिला, सत्कसङ्ग भवन, अतिथि आवास, कन्या गुरुकुल, सिस महल, पदमार्गलगायतका संरचना बनीसकेका छन् । दक्षिण भारतीय शैलीका कलात्मक मठ, मन्दिरले पञ्चकोटको आकर्षण बढाएका छन् । पञ्चकोट नेपालका एक सय एक गन्तव्यमध्येमा पर्छ । बागलुङ बजारदेखि आठ किमिमा पञ्चकोट पर्छ । पदयात्रा रुचाउनेका लागि पनि बाटो सहज छ । भीमकाली साँझबाट ६ लाख संकलन कात्तिक १२, २०७९ पोखरा: पोखरा महानगरपालिका १ मा सक्रिय रहदैं आएको भीमकाली साँझबाट ६ लाख संकलन भएको छ । नेपालीहरुको चाड तिहारको अवसरमा आयोजित दोस्रो भीमकाली साँझ देउसी भैलो तथा साँस्कृतिक कार्यक्रमबाट ६ लाख बढी संकलन भएको क्लबका सदस्य अनिश गुरुङले जानकारी दिए । उनका अनुसार सो रकम सामाजिक क्रियाकलापमा खर्च गरिनेछ । ‘हामीले भीमकाली साँझबाट उठेको रमक अनावश्यक रुपमा खर्च गर्दैनौ, उनले भने, ‘विगतमा पनि विभिन्न सामाजिक क्रियाकलापमा संलग्न हुदैं आएका छौं । यसपटक उठेको रकम कोष र केही सामाजिक काममै खर्च गर्नेछौं ।’ उनले तिहारको अवसरमा पोखरा १ बगरस्थित भीमकालीपाटन लगायतका टोलमा सरसफाई कार्यक्रम सम्पन्न गरेको स्मरण गरे । ‘हामीले तिहारको अवसरमा सरसफाई कार्यक्रम, कोरोना भाइरसको महामारीको समयमा विपन्न परिवारलाई राहात, रक्तदान तथा सचेतनामुलक कार्यक्रमहरु सम्पन्न गरिसकेका छौं, गुरुङले भने, ‘आगामी दिनमापनि हामीले युवाहरुलाई लक्षित गरेर यस्तै सकरात्मक र रचनात्मक कार्यक्रमलाई अघि सार्नेछौं ।’ यसअघि उक्त भीमकाली साँझको उद्घाटन पोखरा महानरपालिका १ का वडाध्यक्ष शाहरा प्रधानले गरेका थिए । सो अवसरमा बोल्दै वडाध्यक्ष प्रधानले भीमकाली क्लबले सन्देशमुलक कार्य गर्दै आएको बताउदै अन्य संघ संस्थाहरुलेसमेत अनुशरण गर्नुेपर्ने बताए । उनले क्लबको चौतर्फी विकासको लागि वडा कार्यलयको तर्फबाट सधै सहयोग गर्न तयार रहेको बताउदै भने, ‘तपाइहरुले गरेको सकरात्मक कार्यको लागि हामी सदैब साथ दिन तयार छौं । ’ उनले १ नम्बर वडालाई नमुना वडा बनाउनका लागि स्थानीय क्लब तथा टोल विकास संस्थाहरुको आवश्यकता रहने धारणा राखे । ‘हाम्रो वडालाई नमुना वडा बनाउनका लागि यहाँहरु जस्तै विभिन्न क्लब तथा टोलविकास संस्थाको आवश्यकता रहन्छ । त्यसको लागि सबै हातेमालो गर्न आवश्यक हुन्छ, उनले भने, ‘त्यसैले यहाँहरुको रचनात्मक र सकरात्मक कार्यक्रमको हामी सधै उच्च कदर गर्नेछौं ।’ सोही कार्यक्रमको अवसरमा गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय प्रतियोगिता अन्तर्गत फुटबलमा कास्य पदक प्राप्त गरेका गण्डकी प्रदेशका सुमित श्रेष्ठ र स्क्वासमा लुम्बिनी प्रदेशबाट कास्य पदक जितेका क्लबका सदस्य अर्जुन गाहा (सुशान्त) मगरलाई सम्मानसमेत गरिएको थियो । तस्बिरमा हेर्नुहोस्, विदेशीको ‘भाइटिका’ कात्तिक १०, २०७९ पोखारा: पोखरामा बाह्य पर्यटकहरुले भाइटिका लगाएका छन् । होटल संघ पोखराले आयोजना गरेको १५ औं संस्करणको भाइटिका महोत्सबमा ३५ जना बढी विदेशी पाहुनाले भाइटिका लगाएको कार्यक्रम संयोजक दिपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार अमेरिका, न्यजिल्याण्ड, भारत, जापान, क्यानडा लगायतका मुकुकबाट नेपाल आएका बाह्य पर्यटकले भाइटिका ग्रहण गरेका थिए । उनीहरुलाई रेन्बो चिड्रेन होम्सका दिदिबहिनीहरुले टिका लगाइदिएका थिए । तस्बिरहरु:- बाजा बजाउँदै पोखरादेखि बागलुङसम्म कात्तिक ८, २०७९ ढोरपाटन : सोमबार साँझपख बागलुङ बजारको हल्लनचोकमा ठूलो भीड थियो । त्यो भीडमा कोही नाचिरहेका थिए । कोही बाजा बजाइरहेका थिए । त्यो दृश्य देख्दा लाग्थ्यो कि यहाँ कसैको विवाह भइरहेको छ । तर त्यो थिएन । यस भीडमा पोखरा महानगरपालिका–२६ देखि आएका मगर नौमती बाजा समूहले बागलुङे युवालाई नचाइरहेको थियो । बाजा बजाउनेमा अधिकांश महिला थिए । सनाइँ, कर्नाल र बिकुल बजाउने भने पुरुष थिए । उनीहरुले पञ्चेबाजा पोसाकमा सजिएर देउसीभैलोसमेत खेलेका थिए । पोखरा अघौँचोकबाट आएका मगर बाजा समूहको उद्देश्य भैलो खेलेर आर्थिक सङ्कलन गर्नेभन्दा पनि लोप हुँदै गएको नौमती पञ्चेबाजाको संरक्षण र प्रचारप्रसार गर्नु थियो । नौमतीबाजासहित देउसीभैलो खेल्दै बागलुङ आएका उनीहरुले मौलिक गीतलाई जोड दिएका थिए । मौलिक कला, संस्कृतिको संरक्षणमा जुटेको यो समूहले प्रचार कार्डहरु पनि दर्शकहरुलाई बाँडिरहेको थियो । बजारमा यमपञ्चक सुरु भएदेखि देउसीभैलो खेल्ने टोली धेरै थियो तर उनीहरुको भन्दा नौमती बाजा समूहको प्रस्तुति बिल्कुलै फरक थियो । जसमा मौलिकता झल्किन्थ्यो । मगर बाजा समूहकी सचिव रोजी पुन मगरले नौमतीबाजा हराउँदै गएपछि देउसीभैलोसँगै बाजालाई जोड्न थालेको बताउनुभयो । उहाँले पछिल्लो समय बाजा बजाउने प्रचलन घट्दै गएको र आफूहरु सङ्गठित भएर यसको संरक्षणमा लागेको बताउनुभयो । पुनले पहिले–पहिले दलित समुदायले बाजा बजाउने गरे पनि पछिपछि मगर समुदायमा पनि यो प्रचलन आएको बताउनुहुन्छ । “बाजा बजाउनु कला हो, सीप हो, दलितले मात्रै बजाउनुपर्छ भन्ने छैन, जसको हातमा सीप छ उसैले बजाउने हो, पहिला दलित समुदायका दाइभाइहरुले बजाउनु हुन्थ्यो, पछि गएर हामी मगरहरुले पनि बजाउन जान्यौँ, पहिले पुरुषहरुले मात्रै बजाउनुहुन्थ्यो भने अहिले महिलाहरुले पनि बजाउँछौँ”, पुनले भन्नुभयो, “हामी यहाँ आएको देख्दा धेरैलाई पैसा उठाउन आएका हुन् भन्ने लागेको होला, हामी त्यो नभएर, नौमती बाजा संरक्षणका लागि प्रचारप्रसार गर्ने उद्देश्यले आएका छौँ, तिहारको बेला भएको हुँदा देउसीभैलो खेल्ने त स्वाभाविक नै भयो ।” उहाँले पहिले–पहिले विवाह, छैटी, भातखुवाइ र ठूला सभासमारोहमा बाजा बजाउने प्रचलन भए पनि पछिल्लो समय कम हुँदै गएको बताउनुभयो । बाजा निश्चित समुदायले बजाउने गर्दै आएकामा उनीहरुले अहिले चासो देखाउन छोडेपछि नौमती बाजा सङ्कटमा पर्दै गएको पुनको भनाइ छ । उहाँले बाजा बजाउन जान्ने जुन समुदायको मानिसले पनि बजाउन सक्ने भन्दै आफूहरु यसको संरक्षणमा जुटेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हामीहरुले सुरुमा बाजा बजाउँदा धेरैले नराम्रो सोच्नु भयो तर अहिले राम्रो मान्नुहुन्छ, जे काम पनि सीप भएकाले गर्ने हो, काम जान्यो भने जुन काम पनि गर्दा हुन्छ, कसैको निधारमा लेखेको हुँदैन, तैँले यो काम गरे भनेर, काम त जान्नेले गर्ने हो, पहिले दलित समुदायले बजाउनुहुन्थ्यो, अहिले उहाँहरुले बजाउन छोड्दै जानुभयो, हामीहरुले चासो दियौँ बजाउन थाल्यौँ, केही समस्या छैन, अहिले धेरै ठाउँबाट बाजा बजाउने माग आउँछ ।” उक्त समूहमा ढोलकी बजाउने नरबहादुर पुनले पञ्चेबाजाको आफ्नै प्रकारको शैली र महत्व भए पनि पछिल्लो पुस्ता आधुनिकतातिर केन्द्रित हुन थालेपछि सङ्कटमा पर्दै गएको गुनासो गर्नुभयो । पञ्चेबाजाप्रति पछिल्लो पिँढीलाई जिम्मेवार बनाउन आफूहरु लागिरहेको उहाँको भनाइ छ । पुनले नयाँलाई सिकाउनकै लागि आफू पोखरादेखि बागलुङसम्म आएको बताउनुहुन्छ । “मैले पहिलेदेखि नै बाजा बजाउन जानेको थिएँ, बजाएँ पनि, अहिलेका युवा पुस्तामा सिक्ने भन्ने ध्यान छैन, खाली विदेशी गाना गाउने मात्रै गर्छन्, अहिले हाम्रा ठिटाहरुले निकै चासो दिए, यिनीहरुसँगै साना केटाकेटीहरुलाई पनि सिकाउनुपर्छ भनेर म बुढो पनि यहाँसम्म बजाउँदै आएको छु”, उहाँ भन्नुहुन्छ, “कसैले पनि नराम्रो नमान्दिनु होला, यो त संस्कृति हो, बचाउनु पर्छ ।” पश्चिमा संस्कृतिको प्रभावले लोप हुने अवस्थामा पुगेको मौलिक नौमतीबाजा जोगाउन युवाहरुलाई आफूले नै सक्रिय बनाएको पुन बताउनुहुन्छ । पहिले गाउँमा बाजा बजाउने समूह नै नपुगेको भन्दै अहिले सिक्दै गरेका नयाँ युवाहरुले गर्दा बजाउन हिँड्न थालेको पुनको भनाइ छ । “अहिले नयाँ युवा केटाहरुले गर्दा टिम पुगेको छ, पहिले त टिमै पुग्दैनथ्यो, अहिले छोरी बुहारीहरुले पनि बजाउन सिके, अब यिनीहरुले छोडेनन् भने केही वर्ष बजाउन सक्नेछौँ”, पुनले भन्नुभयो । नौमती मगर बाजा समूहका अध्यक्ष जीवन पुन मगरले देउसीभैलोसँगै बाजा संरक्षणको प्रचाप्रसारका लागि बागलुङसम्म आएको बताउनुभयो । बागलुङ पनि पञ्चेबाजामा प्रख्यात जिल्ला भएको हुँदा अरू ठाउँमा पनि अझै बाजा बजाउने प्रचलन रैछ भन्ने सन्देश दिन आएको उहाँको भनाइ छ । पुन मगर भन्नुहुन्छ, “बागलुङमा दलित समुदायका दाइभाइहरुले अहिले पनि बाजा बजाउँदै आउनुभएको छ, तर हाम्रोतिर कम भएको छ, यो जिल्ला निकै चर्चित छ, पञ्चेबाजामा त्यही भएर हामीहरु अरू ठाउँमा पनि अझै बाजा बजाउने प्रचलन रैछ है भन्ने सन्देश छोडौँ र हाम्रो प्रचार गरौँ भनेर आएका हौँ ।” उहाँले आफूहरुले अग्रजबाट सीप सिकेको भन्दै अनुजलाई पनि सिकाइरहेको बताउनुभयो । पुनले बाजा बजाउने प्रचलन दिनप्रति दिन घट्दै जान थालेपछि आफूहरुले गाउँमा सङ्गठन बनाएरै संरक्षणमा जुटेको बताउनुहुन्छ । अहिले पुनः बाजा बजाउने प्रचलन बढ्न थालेको उहाँको भनाइ छ । “करिब पाँच वर्ष जति त बाजा बजाउने प्रचलन निकै कम भएको थियो, हामी युवाहरु एक पटक गज्जबले कस्सियौँ, त्यसपछि बाजा बजाउन सिक्यौँ, बाजाहरु किन्यौँ, बजाउन थाल्यौँ, अहिले फेरि लयमा फर्किन थालेको छ”, उहाँभन्नुहन्छ, “अहिले बाजा बजाउनका लागि धेरै ठाउँबाट माग आउँछ, हामीहरु सक्ने जति ठाउँ पुग्ने गरेका छौँ, यसले हामीलाई स्वरोजगरा पनि बनाएको छ ।” 1 (current) 2 3 4 5 खोज्नुहोस् खोज्नुहोस् पछिल्लो समाचार मंसिर ११, २०७९ डोल्पामा पहिलो पटक जटिल शल्यक्रिया डोल्पा: डोल्पा अस्पतालमा जटिल खालको शल्यक्रिया भएको छ । आर्थिक रुपमा विपन्न रुकुम पश्चिम आठबी... मंसिर ११, २०७९ निटफेस्टमा आज तीन प्रस्तुति काठमाडौं: गत शुक्रबारदेखि चलिरहेको ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (नि... मंसिर ११, २०७९ सुदूरपश्चिममा कांग्रेस पहिलो काठमाडौं: अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ एक सिट मात्रै जितेको कांग्रेस सुदूरपश्चिममा अहिले ब... मंसिर ११, २०७९ घण्टीसँग निरन्तर पछि परेका अशोक राई अघि लागे सुनसरीः सुनसरीको १ नम्बरमा राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच कडा टक्कर चलेको छ । ...
2022-11-27T08:14:18Z
https://sungabhanews.com/category/kala
OSCAR-2301
कला / शैली Archives - Page 19 of 21 - Safal Awaj Safal Awaj नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंलाई, काठमाडौं, भदौ १२। मोरङकी सज्जा चौलागाई नेपाल आइडल सिजन–३ को विजेता घोषित भएकी छन् । भोट र निर्णायकको मूल्यांकन आधारमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले शुक्रबार राती टेलिभिजनबाट आइडलको विजेता घोषणा गरेका हुन्। प्रतियोगितामा प्रवीण बेडवाल र किरणकुमार भुजेल क्रमशः फस्ट रनरअप र सेकेण्ड रनरअप घोषित भए । विजेता सज्जा चौलागाईंले ५० लाख रुपैयाँ, फस्ट रनरअपले १० लाख र सेकेन्ड रनरअपले ५ लाख नगद प्राप्त गरेका छन् । ग्राण्ड फिनाले चलिरहेकाेे अवस्थामा आयाेजक टिम मध्येका एक सदस्यलाई काेेराेना… पुरा पढौ "चिया मीठो छ" भन्दै आए सुरेन्द्र पोखरा, भदौ १२ । विगत डेढ दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा गितकार, गायक तथा मोडलिङबाट सक्रिय सुरेन्द्र लामिछानेले नयाँ शैलीको गित "पानी छल्काले" मार्फत चिया मीठो छ भन्दै आएका छन् । अहिले चर्चाको शिखरमा रहेकी गायिका समिक्षा अधिकारी र गायक प्रसाद लामिछानेको स्वरमा सजिएको गीत सुरेन्द्र आँफैले लेखेका हुन । नायिका नम्रता सापकोटा, सुरेन्द्र लामिछाने, प्रल्हाद सुवेदीको अभिनय रहेको उक्त गितमा प्रसाद लामिछानेको संगीत, अजय रेग्मीको छायांकन, प्रविण भट्टको सम्पादन र कुमार केसीको निर्देशन रहेको छ । आफुले निर्देशन गरेका धेरै… पुरा पढौ मन्त्र ब्याण्डको नयाँ गीत 'माया' बजारमा पोखरा, ६ भाद्र। गीत संगीतको उन्नयनको‌ लागि धेरै कलाकार कति ब्यक्तिगत रुपमा त कति ब्याण्डमा आबद्ध भएर लाग्नु भएको छ । यस्तै ब्याण्डमा आवद्ध भई रक शैलीको गीत संगीतद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा ख्याती कमाएको नेपाली गीत संगीतकै एक अब्बल ब्याण्ड हो मन्त्र । श्रोता तथा दर्शकको मनोभावनालाई हृदयगम गरी बेला बेलामा नयाँ नयाँ गीत प्रस्तुत गर्दै आएको‌ यस ब्याण्डकाे नयाँ गीत 'माया' मन्त्र अफिसियल युट्युब च्यानलबाट आज रिलिज भएको छ । ब्याण्डकै स्वर संगीत रहेको यस गीतको रचना सुरेश… पुरा पढौ विष्णु गिरीको पहिलो आधुनिक गीत 'माया मारी गयौ…' 'सयौं डाँडा काटी गयौ, सात समुद्र पारी गयौशुन्य पारी गाउँघर, तिम्ले माया मारी गयौ'गुल्मीका विष्णुकुमार गिरी आफैं सयौं डाँडा काटेर सात समुद्र पारी जापान पुगे । अनि गाउँघर शुन्य पारेर माया मार्नेहरुको कथा गीतमा लेखे । गिरीको यही गीत बिबी अनुरागीको संगीत र शिशिर योगीको आवाजमा हालै सार्वजनिक आएको छ । गिरी १२ वर्षअघि जापान पुगेका हुन् । जापानमा नेपाली स्वादको रेष्टुरेन्ट व्यवसायमा उनी व्यस्त छन् । यही व्यस्तताका बीच उनी आफ्ना भावना बेला बेला कलममार्फत् पोख्ने गर्छन् । उनले… पुरा पढौ 'सालको पातको टपरी' लाई सर्वाधिक भ्यूज लोकदोहोरी गीत 'सालको पातको टपरी' युट्युबमा सार्वजनिक भएको आउँदो साता २३ महिना पुग्दैछ । यस बीचमा गीतको म्युजिक भिडियोले युट्युबमा ६ करोड २१ लाख बढी 'भ्यूज' बटुलेको छ । सालको पातले पाएको भ्यूज लोकदोहोरी गीतमा हालसम्मकै सर्वाधिक रहेको बताइएको छ । सार्वजनिक भएको छोटो अवधिमा धेरै हेरिएको लोकदोहोरीमा उक्त गीत दर्ज भएको थियो । चार महिना नबित्दै युट्युबमा २ करोड भ्यूज नाघेको थियो । गीतमा कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको मीठो स्वर भरेका छन् । युवा पुस्ताका गीतकार नवराज पन्तको… पुरा पढौ नेपाललाई एकै दिनमा १७ विधामा १० फरक विश्व रेकर्ड काठमाडौं २५ साउन , नेपाली गीत सँगीतबाट फेरी एउटा ईतिहाँस कायम भएको छ । यो इतिहाँस नेपालका लागि मात्र नभएर विश्वका लागि गीतकार डा. डि आर उपाध्यायले कायम गरेका छन् ।१२ अन्तराष्ट्रिय भाषामा १२ लाईनको गीत रेकर्ड गराएर गत महिना मात्र गिजिन अफ वल्र्ड रेकर्ड राखेका गीतकार डा. उपाध्यायले यतीबेला फेरी १७ फरक विधामा विश्व किर्तिमानी कायम गरेका छन् । यो नेपालकै लागि गौरवको कुरा हो । आईतबार राजधानीमा एक समारोहबीच सामाजिक दुरी कायम गर्दै डा. उपाध्यायलाई श्रम तथा रोजगार… पुरा पढौ दिलिप रेग्मीको शब्द तथा लय सिर्जनामा देउरानी जेठानी काठमान्डौ । नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा लोक सष्टा तथा सर्जक हरुको सिर्जनाहरु बजारमा आइरहेका छन । गायिका जानकी कुबँरको आवाजमा रहेको बर्तमान परिवेशलाई आधारित रहेर तयार पारिएको "देउरानी जेठानी " गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । विश्व व्यापी महामारीको रुपमा फैलिएको कोरोनाको कारणले माइत जान नपाएका चेलीहरुको पिडालाई गीतमा समेटिएको छ । गीतमा मन भित्रको पिडालाई निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । दिलिप रेग्मीको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । "देउरानी जेठानी… पुरा पढौ गायिका विष्णु परियारको तिज गीत पारीको संगी सार्वजनिक काठमान्डाै । नारीको पिर र वेदना समेटिएको गायक कुशल विश्वकर्मा र गायिका विष्णु परियारको आवाजमा रहेको तिज गीत पारीको संगी सार्वजनिक भएको छ । तिजको वेलमा आपसमा दिदि बहिनीहरु भेला भएर बर्ष भरीको पिडालाई आपसमा रमाइलो तरिकाबाट साटासाट गर्ने परम्परा रहेको छ । शक्ति क्षेत्रीको शब्द तथा कुशल विश्वकर्माको लय सिर्जना गीतमा छ । "पारीको संगी" गीतमा मौलिक शब्द र ग्रामिण परिवेशको आधारमा तयार पारिएकोले पनी आम दर्शक तथा स्रोताले मन पराउनेमा आफु आशावादी रहेको गीतको प्रस्तुतकर्ता सुस्मिता क्षेत्रीले बताइन… पुरा पढौ वाइवाइ नेपाल स्टारको डिजिटल राउण्ड प्रसारणको तयारीमा नेपाली मौलिक सिङ्गिङ रियालिटी शो वाइवाइ नेपाल स्टारको डिजिटल माध्यमबाट तयार पारिएको दोस्रो राउण्ड सम्पन्न हुने तयारीमा छ । दोस्रो राउण्डको चारमध्ये चारै एपिसोडको छायाङ्कन सकिएको छ । तीन एपिसोड प्रसारण भइसकेका छन् । देशका सातै प्रदेशमा सम्पन्न अडिशनबाट छानिएका १२० प्रतिस्पर्धीमध्ये ११७ जनाले दोस्रो राउण्डमा आफ्नो सहभागिता जनाएका थिए । विभिन्न प्राविधिक कारणले बाँकी तीन जनाले भने यो राउण्डमा आफु सहभागी हुन नपाएको बताएका छन । प्रसारित तीन एपिसोडबाट ३४ जना तेस्रो राउण्डको लागि छानिएका छन् भने अब डिजिटल… पुरा पढौ पूर्ण र मेलिनाको गीतमा दयाहाङकाे अभिनय काठमाडौँ २१ साउन, कोरोनाका कारण नेपाली चलचित्र क्षेत्र चार महिनादेखि ठप्प छ । चलचित्र क्षेत्र ठप्प रहेपनि म्युजिक भिडियोको छायाँकन भईरहेको छ । चलचित्रमा चलेका केही कलाकारहरु म्युजिक भिडियोमा व्यस्त देखिएका छन । लकडाउन खुकुलो भएसंगै अभिनेता दयाहाङ राईले केही म्युजिक भिडियोमा काम गरिसकेका छन् । उनी अभिनित अर्को म्युजिक भिडियो आइतवार गोदावरीमा छायांकन सम्पन्न भएको छ । गायक पूर्ण लिम्बु र मेलिना राईको स्वरमा रहेको गीतमा दयाहाङ र रेबिका गुरुङ फिचर छन्। मिलन चाम्सको निर्देशनमा बनेको भिडियोलाई सुदिप बरालले… पुरा पढौ
2021/10/22 04:22:39
https://safalawaj.com/category/entertainment/page/19/
mC4
काठमाडौं — आज म आफ्नो ६२ वर्षको जीवनयात्राका सहयात्रीहरूसँग अन्तर्मनदेखि यो सार्वजनिक संवाद गर्दैछु। भनिन्छ, प्रत्येक मान्छेको जन्म, कर्म र मरण ऐतिहासिक आवश्यकता र आकस्मिकताको योगफल अनुरूप हुने गर्छ। म पनि त्यही ऐतिहासिक आवश्यकता र आकस्मिकताको परिणामस्वरूप गोरखाको एउटा मध्ययुगीन गाउँमा जन्मेर जीवनका विभिन्न मोडहरू हुँदै नेपालको कार्यकारी प्रमुखसम्म बन्नपुगेको सामान्य मान्छे हुँ। मैले हालसालै जीवनको गाडीलाई फेरि अर्को एउटा नयाँ यात्रातर्फ मोडेको छु। त्यो यात्रामा हिँड्नु अघि मैले मेरा पुराना र भावी सहयात्रीहरू समक्ष इतिहासको कठघरामा उभिएर सार्वजनिक वकपत्र प्रस्तुत गर्नु आवश्यक ठानेको छु। किनभने अमेरिकी राजनेता थोमस जेफर्सनले भनेझैं ‘जब कुनै मान्छेले सार्वजनिक जिम्मेवारी बहन गर्छ, तब उसले आफूलाई सार्वजनिक सम्पत्ति ठान्नुपर्छ।’ मेरो जीवनको सपना २०२६ सालमा एसएलसी परीक्षा दिने बेलासम्म गाई/भैंसी/बाख्रा गोठालो बनेर सामान्य किसान परिवारमा हुर्केको मेरो जीवनको कुनै ठूलो सपना थिएन। संयोगले सरकारी छात्रवृत्तिमा विदेश (भारत) मा गएर उच्च अध्ययन गर्ने सिलसिलामै आफ्नो देशको अत्यन्त पिछडिएको अल्पविकसित अवस्था र रोजगारीको खोजीमा विदेशिन बाध्य नेपालीहरूको दीनहीन र अपमानपूर्ण स्थिति देखेर देशको निम्ति ‘केही गर्ने’ हुटहुटी जागेको थियो। आफ्नो जीवनकालमा देशलाई विकसित र समृद्ध बनाउने र नेपाली युवाहरूलाई रोजगारीको खोजीमा विदेशिन बाध्य हुनुपर्ने अवस्थाको अन्त्य गर्ने सपनाको विजारोपण त्यो २३/२४ वर्षे युवा मस्तिष्कमा भएको थियो। ‘सपना त्यो होइन, जुन निद्रामा देखिन्छ; सपना त्यो हो, जसले निदाउन दिँदैन’ भन्ने प्रसिद्ध वैज्ञानिक अब्दुल कलामको भनाइझैं त्यो सपनाले कैयौं रात मलाई जागराम बसाएको थियो। तर देशको विकास कसरी हुन्छ त? तत्कालीन निरंकुश राजतन्त्रात्मक पञ्चायती व्यवस्थाले नेपाललाई ‘एसियाली मापदण्डमा पुर्‍याउने’ चर्को नारा लगाइरहेकै थियो। तर देश भने झन्—झन् तल भासिँदै थियो। त्यसैको जवाफ खोज्ने क्रममा नयाँदिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालयमा मैले गरेको विद्यावारिधि शोधकार्यले यी दुई निष्कर्ष निकालेको थियो। पहिलो, आन्तरिक रूपमा सामन्ती, केन्द्रीकृत र एकात्मक राज्य–व्यवस्था नेपालको समग्र अल्पविकास र क्षेत्रीय असमान/असन्तुलित विकासको कारक तत्त्व हो। दोस्रो, बाह्य रूपमा सुगौली–सन्धिदेखि भारत र नेपालबीच कायम रहँदै आएको प्रभुत्व–पराश्रय (डोमिनेन्सउ (डिपेनडेन्स) सम्बन्ध नेपालको अल्पविकासको अर्को मुख्य कारण हो। यसरी देशको आर्थिक विकास र समृद्धिको निम्ति पहिले राजनीतिक उपरी—संरचनामा क्रान्ति वा परिवर्तन अपरिहार्य छ भन्ने स्पष्टबोधका साथ म क्रान्तिकारी आन्दोलनमा होमिएको थिएँ। मेरा निम्ति आर्थिक विकास र समृद्धि साध्य वा अन्तिम लक्ष्य थियो भने राजनीतिक क्रान्ति आवश्यक साधन वा बाटो थियो। परिणामस्वरूप गत ४० वर्ष र मुख्यत: ऐतिहासिक जनयुद्धकालदेखिका पछिल्लो २० वर्षमा थुप्रै सुयोग्य कमरेड र साथीहरूको सहकार्य र हजारौं वीर–वीरांगनाहरूको बलिदानको बलमा देशमा युगान्तकारी राजनीतिक परिवर्तन हासिल भयो। पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते गणतन्त्रको घोषणा हुनु र दोस्रो संविधानसभाबाट २०६२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी हुनु त्यही युगान्तकारी परिवर्तनका ठोस अभिव्यक्ति हुन्। मेरा निम्ति ती दिन र घटना जीवनको एउटा सपना मूल रूपमा पुरा भएका अविष्मरणीय क्षण हुन्। संयोगले पार्टीभित्र र बाहिर संविधानसभा र गणतन्त्रको एक प्रमुख अभियन्ताको भूमिका र दोस्रो संविधानसभाको सबभन्दा महत्त्वपूर्ण समिति ‘संवैधानिक–राजनीतिक संवाद तथा सहमति समिति’को सभापतिको रूपमा संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्न पाउनु मेरानिम्ति अत्यन्त खुसी र गर्वको विषय हो। त्यसका निम्ति म सम्बन्धित सबैप्रति आजीवन आभारी रहनेछु। तर संविधानमा रहन गएका कतिपय अपूर्णतालाई पुरा गर्दै र मधेस/थारुवान लगायतका क्षेत्रहरूमा देखिएका असन्तुष्टिहरूलाई सम्बोधन गर्दै देशलाई छिटोभन्दा छिटो आर्थिक विकास र समृद्धिको चुचुरोमा पुर्‍याउने अर्को सपना भने अझै अधुरै छ। नयाँ युगका नयाँ चुनौती संविधानसभाबाट गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी/समानुपातिक लोकतन्त्र लगायतका महत्त्वपूर्ण अन्तरवस्तु सहितको संविधान जारी भएसँगै देशमा पुँजीवादी लोकतान्त्रिक क्रान्ति औपचारिक रूपमा मूलत: सम्पन्न र संस्थागत भएको मान्न सकिन्छ। परन्तु नेपालजस्तो विश्व पुँजीवादको काँठमा रहेको र जातीय, क्षेत्रीय विविधताले युक्त तथा आर्थिक–सामाजिक–सांस्कृतिक विकासको अत्यन्त न्युन अवस्थामा रहेको देशमा औपचारिक राजनीतिक परिवर्तनले मात्र समाजका जटिल समस्या र अन्तरविरोध सहजै हल हुने परिकल्पना गर्न सकिन्न। सर्वप्रथम, नयाँ संविधानले औपचारिक रूपमा प्रत्याभूत गरेको विकसित/अग्रगामी राजनीतिक संरचना/सम्बन्ध र ऐतिहासिक रूपले पिछडिएको आर्थिक–सामाजिक–सांस्कृतिक आधारबीच गम्भीर अन्तरविरोध पैदा हुनेछ। उदाहरणको निम्ति संविधानमा उल्लेखित शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सम्प्रभुता, आवास आदिलाई मौलिक अधिकारको रूपमा प्रचलनमा ल्याउन तीव्र आर्थिक विकास र समृद्धिबिना सम्भवै हुने छैन। अर्कोतिर संविधानमा व्यवस्था गरिएको ‘सुधारिएको’ संसदीय शासन प्रणालीले देशमा राजनीतिक अस्थिरता र विगतदेखिका विकृति–विसंगतिलाई अरू पेचिलो बनाउनेछ र आर्थिक विकासको गतिलाई झन् मन्द बनाउनेछ। दोस्रो कुरा, नेपालजस्तो बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त देशमा विभिन्न जातीय/भाषिक/क्षेत्रीय समुदाय वा राष्ट्रियताहरूलाई पहिचान र अधिकारसहितको संघीय प्रदेश वा संरचनाको व्यवस्था नगरी आन्तरिक राष्ट्रिय एकता र दीर्घकालीन शान्ति तथा स्थायित्व कायम गर्न निकै कठिन हुनेछ। संविधान जारी गर्ने क्रमदेखि नै तराई–मधेस, थारुवान/थरुहट, मगरात लगायतका क्षेत्रहरूमा भइरहेका विरोध र संघर्षहरूले त्यो संकटको गम्भीर संकेत गर्छन्। बेलैमा वैज्ञानिक र वस्तुसंगत ढंगले हल नगरिएमा ती समस्या अरू फैलिने र गम्भीर बन्ने निश्चित छ। खासगरी कुल जनसंख्याको करिब एक तिहाइको अनुपातमा रहेका खस–आर्य, आदिवासी–जनजाति र मधेसी–थारु समुदायलाई राज्यका सबै अंग र संरचनामा समावेशी समानुपातिक प्रतिनिधित्व सुनिश्चित नगरिएसम्म आगामी दिनमा संकटको बादल झन् नराम्ररी मडारिनेछ। तेस्रो कुरा, भारत र चीनजस्ता उदीयमान र प्रतिस्पर्धी शक्तिराष्ट्रहरूको बीचमा रहेको विशिष्ट भू–राजनीतिक परिवेश र भारतसँगको दुई सय वर्षदेखिको पराश्रित सम्बन्धको व्यवस्थापन कुशलतापूर्वक गरी राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा र प्रबद्र्धन गर्ने प्रश्न आगामी दिनमा अरू महत्त्वपूर्ण र जटिल हुनेछ। हाल तराई–मधेसमा भइरहेको आन्दोलनको आडमा भारतीय पक्षले गरेको अघोषित नाकाबन्दीले त्यसको पर्याप्त झल्को दिइरहेको छ। यी प्रमुख अन्तरविरोधहरू हल गर्दै देशलाई दिगो शान्ति र समृद्धिको दिशामा नेतृत्व गर्नु राजनीतिक शक्तिहरूको मुख्य दायित्व हुनेछ। पुराना शक्ति पुरानै चरित्र परन्तु, भनिन्छ– इतिहास दोहोरिन्छ, किनभने मानिसहरूले आफ्ना गल्ती दोहोर्‍याउँछन्। नेपालको गत सात दशकदेखिको क्रान्तिकारी लोकतान्त्रिक आन्दोलन र पार्टीहरूको दु:खद् इतिहासले यसको पुष्टि गरिरहेछ। प्रत्येकचोटी आन्दोलन/क्रान्तिको ऐतिहासिक आवश्यकताले नयाँ राजनीतिक शक्तिलाई रंगमञ्चमा ल्याउँछ, तर कालान्तरमा ती शक्ति पुरानै सत्तामा सहवरण हुन्छन् र पुरानै शक्तिमा रूपान्तरण हुन्छन्। २००७ सालपछिको नेपाली कांग्रेस, २०४६/०४७ पछिको माले/एमाले र २०६२/०६३ पछिको माओवादी/एमाओवादी यसका ज्वलन्त उदाहरण हुन्। समय, परिवेश, प्रक्रिया केही फरक हुनसक्छन्, तर परिणाम/नियति उस्तै छ। यसको प्रमुख वस्तुगत कारण, ती सबै आन्दोलन/क्रान्ति अधुरो रहेको र सम्झौतामा टुंगिएको हुनाले रापताप सेलाउँदै गएपछि यथास्थितिवादको गुरुत्वाकर्षण बढी हावी भएर ती नयाँ शक्ति पुरानै शक्तिमा रूपान्तरण भएका हुनसक्छन्। त्यसभन्दा बढी महत्त्वपूर्ण आत्मगत कारण, ती क्रान्ति/आन्दोलनका मुख्य नेतृत्वमा न्युन पुँजीवादी, महत्त्वाकांक्षी, अवसरवादी व्यक्तिहरू हावी हुनु र उनीहरूले सहजै वर्ग–उत्थानीकरण गरेर रंग बदल्नु हो। पछिल्लोचोटी विकसित भएको माओवादी आन्दोलनको कुरा गर्दा यो वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक र अन्य सबै हिसाबले सबभन्दा बढी व्यापकता र त्याग–बलिदान भएको र नयाँ क्रान्तिकारी शक्तिको रूपमा निरन्तरता लिनसक्ने सम्भावना भएको आन्दोलन हो। तर केही गम्भीर कमजोरी र त्रुटिका कारणले यो सोचेभन्दा छिटो विचलन, विघटन र विसर्जन हुनपुग्यो। पहिलो कुरा, यो ‘आन्दोलन’को रूपमा त प्रभावकारी र सशक्त रह्यो, तर मुख्यत: शान्ति प्रक्रियामा आइसकेपछि यसले संगठित रूप लिनसकेन र संगठनविना उत्पीडित वर्ग/समुदायमा आधारित यो शक्ति लामो समय नटिक्नु स्वाभाविकै हुन्थ्यो। दोस्रो कुरा, युद्धको कमाण्ड/कन्ट्रोलको ढाँचामा निर्मित र ‘क्रान्तिकारी प्राधिकार’को नाममा अति–केन्द्रित नेतृत्व प्रणाली भएको माओवादी (मुख्यत: एमाओवादी) भित्र सत्ता, शक्ति र सम्पत्तिको यति धेरै केन्द्रीकरण भयो कि त्यहाँ कुनै प्रणाली र संस्थाको विकासै हुनसकेन। बरु उल्टै मुख्य नेतृत्व वरिपरि वर्ग–उत्थानीकरण, भ्रष्टीकरण र ‘क्रोनी–क्यापिटालिजम’को अनियन्त्रित विकास भयो र त्यसले सम्पूर्ण आन्दोलनलाई नै प्रदूषित र विकृत गर्‍यो। माओवादी आन्दोलनको अभिन्न अंग हुनुको नाताले मैले पनि यस्तो दुष्परिणामको आफ्नो हिस्साको नैतिक जिम्मेवारी लिनैपर्छ र लिन्छु पनि। मैले पार्टीभित्रको अति–केन्द्रीकृत ढाँचा, नेतृत्व प्रणाली, वर्ग–उत्थानीकरण र सम्भावित दुस्परिणामबारे निरन्तर वैचारिक–राजनीतिक संघर्ष त चलाएँ, तर संगठनमा प्रभावकारी हस्तक्षेप गरेर रोक्न असफल भएँ। म आफ्नो कमजोरीप्रति सार्वजनिक आत्मालोचना गर्छु। फेरि पनि विचलन, टुटफुट, विघटन र विसर्जनको अवस्थामा रहेको माओवादी/एमाओवादीभित्र नेता, कार्यकर्ता र समर्थक जनताको ठूलो पंक्ति बाँकी छ। त्यसलाई नयाँ आधारमा नयाँ ढंगले संगठित गर्ने सम्भावना अझै छ। संविधानसभाबाट नयाँ संविधान जारी भएसँगै एमाले, एमाओवादी, राप्रपा–नेपाल, फोरम (गच्छदार) लगायतको जुन अत्यन्त सिद्धान्तहीन, अवसरवादी गठबन्धन सरकार बन्यो, त्यसले नेपालका पुराना राजनीतिक शक्तिहरूको पुरानै चरित्र फेरि एकचोटी जनसमक्ष उदांगो पारेको छ। खासगरी गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता नयाँ संविधानका आधारभूत सिद्धान्त र मूल्य—मान्यता विरोधी शक्तिहरूको ‘भिटो’ रहनेगरी जुन गठबन्धन सरकार बनेको छ, त्यसले आगामी दिनका निम्ति गम्भीर अनिष्टको संकेतमात्र गरेको छ। मुख्यत: गत २० वर्षमा देशमा पन्ध्रौं हजारको बलिदानसहितको त्यति ठूलो क्रान्तिकारी उथलपुथल र संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान प्राप्तिपछि उही पुरानै शक्ति, प्रवृत्ति, हावी हुनुले देश केही समय फेरि उही संसदीय सरकार बनाउने र गिराउने खेल, सांसद किनबेच, भ्रष्टाचार, कमिसनखोरी, विदेशी ‘माइक्रो म्यानेजमेन्ट’, अराजकता र अल्पविकासको दलदलमा फँसिरहने प्राय: निश्चित छ। दिनहुँ हजारौं युवाहरू रोजगारीको खोजीमा विदेश पलायन भइरहने क्रम जारी रहनेछ। देश र जनताप्रति योभन्दा ठूलो धोका र ऐतिहासिक मजाक अरू के हुनसक्छ? के नेपाल र नेपाली जनताको नियति नै यही हो? हामीजस्तै सबभन्दा पिछडिएका र अल्पविकसित एसिया र अफ्रिकाका अन्य मुलुकहरू समेत केही दशक यता हामीलाई पछाडि पारेर विकास र समृद्धिको उकालो चढिसक्दा हामी टुलुटुलु हेरेर बस्न अभिशप्त छौं त? अवश्य छैनौं। वैकल्पिक राजनीतिक शक्तिको खाँचो अन्तत: देशलाई सही दिशाबोध गर्ने र नेतृत्व गर्ने राजनीतिले नै हो। लोकतन्त्रमा राजनीतिको नेतृत्व गर्ने राजनीतिक दलहरूले नै हो। आजको वैज्ञानिक र लोकतान्त्रिक युगमा हामी कुनै पनि प्रकारको निरंकुश र अलोकतान्त्रिक राजनीतिक विकल्पको कल्पनासमेत गर्न सक्दैनौं र गर्न पनि हुँदैन। तर राजनीति र राजनीतिक दल ऐतिहासिक आवश्यकता र देश–कालको ठोस परिस्थिति अनुरूप विकसित र रूपान्तरित हुनैपर्छ। एउटा ऐतिहासिक कालखण्डमा सही नेतृत्व गरेको राजनीति र राजनीतिक शक्तिले अर्को कालखण्डमा पनि गर्न सक्छ र गर्नैपर्छ भन्ने कुनै फलामे नियम हुँदैन। नेपालकै कुरा गर्दा प्रजापरिषददेखि कांग्रेस र एमाले हुँदै माओवादी/ एमाओवादीसम्मले एउटा ऐतिहासिक कालखण्डमा आफ्नो भूमिका सफलतापूर्वक निर्वाह गरेकै हुन्। परन्तु बदलिएको परिस्थिति र बदलिएको ऐतिहासिक आवश्यकता पुरा गर्न तिनीहरू नै सक्षम भइरहनुपर्छ भन्ने कसैले अपेक्षा गर्नु हुँदैन। निश्चित रूपमा एउटा ऐतिहासिक कालखण्डमा स्थापित भएका र लोकप्रिय रहेका राजनीतिक दल/शक्तिको ‘ब्रान्ड’ नाम लोकप्रिय हुन्छन्। दोस्रो विश्वयुद्धपछिको विश्वव्यापी राष्ट्रिय मुक्ति आन्दोलनको लहरको बेला जन्मेका पार्टीहरूको नाम ‘कांग्रेस’ राख्ने प्रचलनजस्तै बनेको थियो। जस्तै– नेपाली कांग्रेस, भारतीय राष्ट्रिय कांग्रेस, अफ्रिकन नेसनल कांग्रेस/कंग्रेस आदि। त्यस्तै माओको नेतृत्वमा चीनमा चलेको ‘सांस्कृतिक क्रान्ति’को बेला बनेका कम्युनिष्ट पार्टीहरूको नाम पछाडि ‘मा–ले’ (वा माक्र्सवादी–लेनिनवादी) जोड्ने संसारभर फेसनजस्तै बनेको थियो। त्यसरी नै माओको देहान्तपछि अर्थात सन् १९८० को दशकपछि कम्युनिष्ट पार्टीहरूको नाम पछाडि ‘माओवादी’ जोड्ने लहर नै चलेको हो। ती खास–खास ऐतिहासिक कालखण्डमा स्थापित पार्टी र तिनका ब्रान्ड नाम जनस्तरमा लोकप्रिय बनेका हुन्छन् र तीप्रति धेरैको भावनात्मक लगाव हुनसक्छ। खासगरी अहिलेको ब्राड– सचेत पुँजीवादी बजारबाट दीक्षितहरूमा ब्रान्ड नामको प्रभाव र महत्त्व रहन सक्छ। तर राजनीतिक दल/शक्ति भनेको बाहिरी रूपपक्ष वा ब्रान्डमात्र नभएर मुख्य रूपमा त्यसको विचार, नीति, कार्यक्रम, संगठनात्मक ढाँचा, नेतृत्व प्रणाली, कार्यशैली, आचरण सहितको समुच्चता हो, जसले देश/कालको आवश्यकता पूर्ति गर्न सक्नुपर्छ। सबभन्दा महत्त्वपूर्ण कुरा, एउटा ऐतिहासिक कालखण्ड वा युगका कार्यभार सफलतापूर्वक सम्पन्न गरेका राजनीतिक दल/शक्तिहरूले अर्को कालखण्ड/युगका नयाँ कार्यभार पुरा गर्न सक्दैनन् र नयाँ युगका नयाँ कार्यभार निम्ति नयाँ शक्तिको जन्म अपरिहार्य हुन्छ। नेपालमा वि.सं. १९९७ सालदेखिको राजनीतिक आन्दोलन मूलत: पहिले राणा र पछि शाहवंशको सामन्ती निरंकुशता विरोधी पुँजीवादी लोकतान्त्रिक/गणतान्त्रिक आन्दोलन र पछिल्लो चरणमा एकात्मक राज्यको सट्टा संघात्मक राज्यको निम्ति आन्दोलनसमेत हो। ती आन्दोलनहरू प्राय: विद्रोहात्मक प्रकृतिका रहे र तिनलाई सञ्चालन गर्ने पार्टीको ढाँचा लोकतान्त्रिक वा वामपन्थी भनिए पनि ती आन्दोलनमुखी र स्वभावैले अति–केन्द्रीयतामुखी रहे। मूलत: पुरानो सत्ता/संरचना ‘ध्वंस’ गर्ने क्रान्ति/आन्दोलनमुखी राजनीतिको चरणमा पार्टीको नेता/कार्यकर्ताहरूको क्षमता/रुची/प्रवृत्ति पनि लड्न—भिड्न सक्ने, जेलनेल खप्न सक्ने खालको हुन्छ र हुनुपर्छ भने संगठनको ढाँचा युद्धमुखी कमान/कन्ट्रोलमा आधारित हुनुपर्ने हुन्छ। तर अब नयाँ ऐतिहासिक चरण/युगमा प्रवेशसँगै नेपाली राजनीतिका एजेन्डा बदलिएका छन्। अबको मुख्य एजेन्डा भनेको प्राप्त लोकतान्त्रिक उपलब्धिहरूलाई संस्थागत र रक्षा गर्दै प्रधान रूपमा तीव्र आर्थिक विकास र समृद्धिको कार्ययोजना निर्माण र कार्यान्वयन गर्ने र समुन्नत समाजवादको आधार तयार गर्ने नै हुन्छ। त्यसका लागि नयाँ सोच, नयाँ नीति, नयाँ कार्यक्रम, नयाँ संगठन र नयाँ शैली/संस्कार सहितको नयाँ वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता हुन्छ। त्यही ऐतिहासिक कार्यभार पुरा गर्ने अभियानमा योगदान गर्नकै निम्ति मैले असोज ३ गते नयाँ संविधान जारी भएपछि असोज ९ गते आफूसम्बद्ध रहँदै आएको पार्टी परित्याग गर्ने घोषणा गरेको हुँ। त्यो कुनै क्षणिक आवेग, कसैप्रतिको असन्तुष्टि, कसैको उक्साहट वा अन्य कुनै दृश्य–अदृश्य कुराको परिणाम नभई ऐतिहासिक दायित्वबोधका साथ गरिएको सुविचारित निर्णय र सकारात्मक सोचको अभिव्यक्ति थियो। हो, त्यस क्रममा महात्मा गान्धीले भारत स्वतन्त्र भइसकेपछि ‘भारतीय राष्ट्रिय कांग्रेसलाई विघटन गरिदिए हुन्छ’ भनेको, माओले चिनियाँ क्रान्तिको १५ वर्षपछि आफ्नै ‘मुख्यालयमा बम वर्षाऊ’ भनेको, चे ग्वेभाराले क्युवाको क्रान्तिको ६ वर्षपछि क्युवा छोडेर अफ्रिका र बोलिभियामा क्रान्ति गर्न हिँडेको घटनाले केही उत्प्रेरणा दिएकै हो। असोज ८ गते कमरेड प्रचण्डसमक्ष त्यही ‘स्पिरिट’मा ‘सबै माओवादी समूहलाई विघटन गरेर नयाँ शक्ति निर्माण गरौं’ भन्ने प्रस्ताव राख्दा उहाँले त्यसलाई अस्वीकार गरेपछि आफू एक्लै भए पनि अघि बढ्ने सोच बनेको हो। तर ती कुरा प्रमुख होइनन्। प्रमुख कुरा नेपाली इतिहासको आगामी कार्यभार पुरा गर्न युग सुहाउँदो नयाँ वैकल्पिक राजनीतिक शक्तिको निर्माणमा आफ्नो सक्दो योगदान गर्ने अठोट नै हो। मुख्य वैकल्पिक एजेन्डा प्रस्तावित नयाँ राजनीतिक शक्तिका एजेन्डाहरूबारे पर्याप्त सामूहिक र सार्वजनिक छलफलपछि व्यापक सहभागितामूलक तरिकाले निष्कर्षमा पुग्नु उपयुक्त हुन्छ। त्यही छलफलका निम्ति सहयोग पुर्‍याउन ५ ‘स’को रूपमा मुख्य–मुख्य बुँदा यहाँ प्रस्तुत गर्न चाहन्छु : पहिलो ‘स’– स्वाधीनता/सार्वभौमिकता : दुई भीमकाय छिमेकी भारत र चीनसँग सुमधुर सम्बन्ध राख्दै नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्ने युगसापेक्ष राष्ट्रिय सुरक्षा र विदेश नीतिको निर्माण विज्ञहरू सहितको व्यापक सहभागितामा गरिनुपर्छ। त्यस निम्ति पुरानो ‘दुई ढुंगा बीचको तरुल’को विम्बको सट्टा ‘दुई विकसित छिमेकी बीचको गतिशील पुल’को नयाँ विम्ब निर्माण गर्दै दुबैको तीव्र आर्थिक विकासबाट फाइदा लिने र छिटो समृद्ध र अन्तरनिर्भर बन्ने नीति अनुशरण गर्नुपर्छ। भारतसँगको केही जटिल सम्बन्धको हकमा उससँग तत्काल द्विपक्षीय पारस्परिक हितको व्यावहारिक सम्बन्ध राख्ने र दीर्घकालीन रूपमा आन्तरिक राष्ट्रिय एकता र आर्थिक समृद्धिसहितको ‘प्रगतिशील राष्ट्रवाद’को नीतिमार्फत उससँगको परम्परागत परनिर्भर सम्बन्धलाई अन्तरनिर्भर सम्बन्धमा बदल्ने रणनीति अवलम्बन गर्नुपर्छ। परराष्ट्र सम्बन्धको क्षेत्रमा रहेको वर्तमान अराजकता र अपारदर्शितालाई अन्त्य गर्दै सबै देशसँगको सम्बन्धलाई संस्थागत, पारदर्शी र मर्यादित बनाइनुपर्छ। दोस्रो ‘स’– समावेशी/समानुपातिक/सहभागितामूलक लोकतन्त्र : नयाँ वैकल्पिक शक्तिको मुख्य भेद र पहिचान आन्तरिक पार्टी लोकतन्त्र र राज्य क्षेत्रको लोकतन्त्रमा गुणात्मक रूपले भिन्न प्रयोग र व्यवहार हुनेछ। त्यो भनेको पार्टी र राज्यका सबै अंग र क्षेत्रमा विनासर्त र बहाना समावेशी, समानुपातिक र सहभागितामूलक लोकतन्त्रको व्यावहारिक अभ्यास नै हो। अर्थात पार्टी र राज्यका सबै निकायमा विभिन्न वर्ग, जाति, क्षेत्र, लिंग र समुदायको समावेशी र समानुपातिक प्रतिनिधित्व अनिवार्य रूपमा हुनैपर्छ। अझै सबभन्दा महत्त्वपूर्ण कुरा विद्यमान पार्टी र राज्यका अति–केन्द्रीकृत नोकरशाही ढाँचाको अन्त्य गरी पार्टीका अंगहरूमा कार्यकर्ताहरूको र राज्यका अंगहरूमा आम जनसमुदायको निरन्तर निगरानी, अनुगमन र हस्तक्षेप सुनिश्चित गर्ने सहभागितामूलक लोकतन्त्रको विधि विकास गरी लागू गरिनुपर्छ। तेस्रो ‘स’– समतामूलक समृद्धि : देशमा नयाँ शक्तिको मुख्य आवश्यकता र औचित्य भनेको सात दशकदेखिको राजनीतिक लोकतन्त्रको लडाइँबाट थिलथिलो भएका नेपाली जनतालाई छिटोभन्दा छिटो त्यसको आर्थिक प्रतिफल र समृद्धि दिलाउनु नै हो। त्यसको निम्ति केही दशकसम्म निरन्तर उत्पादनशील रोजगारी सहितको दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्दै १० वर्षभित्र गरिबी र बेरोजगारीको अन्त्य गर्ने, २० वर्षमा मध्यमस्तरको विकसित अवस्थामा पुग्ने र ४० वर्षमा विकसित देशको कोटीमा पुग्ने आर्थिक विकास र समृद्धिको योजना विज्ञहरू र निजी क्षेत्र सहितको सहभागितामा निर्माण गरी कार्यान्वयन गरिनुपर्छ। साथै विकासको प्रतिफल सबै वर्ग, क्षेत्र र समुदायमा समन्यायिक ढंगले पुर्‍याउने, निजी र राज्य क्षेत्रको सहकार्य हुने, कृषि, उद्योग र सेवा क्षेत्रको सन्तुलित योगदान हुने, स्वदेशी र विदेशी लगानी तथा श्रम र प्रविधिको उचित संयोजन हुने, विकास र वातावरणको सन्तुलन कायम हुने मौलिक विकास नीतिको अनुशरण गरिनुपर्छ। चौथो ‘स’– समुन्नत समाजवाद : नयाँ शक्ति निर्माणको विमर्शमा सम्भवत: सबभन्दा ठूलो जिज्ञासा त्यसको वैचारिक आधारका बारेमा नै छ। यस सम्बन्धमा हिजोका शीतयुद्धकालीन आग्रह र पूर्वाग्रहबाट प्रभावित भएरभन्दा पनि ज्ञान र विज्ञानका पछिल्ला अनुसन्धान र आविष्कार, विश्व इतिहासका अनुभवहरू र नेपाली समाजको ठोस वर्ग–विश्लेषणका आधारमा उचित निष्कर्षमा पुग्नु उपयुक्त हुनेछ। प्रारम्भमा यतिचाहिँ भन्न सकिन्छ र भन्नैपर्छ कि माक्र्सद्वारा प्रतिपादित र अन्य चिन्तकहरूद्वारा समृद्ध द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी चिन्तन प्रणाली भौतिक र सामाजिक जगतलाई बुझ्ने र बदल्ने सबभन्दा वैज्ञानिक र सुसंगत प्रणाली हो। मूलत: त्यसैमा आधारित भएर र अन्य चिन्तनधाराका सकारात्मक पक्षहरूलाई समेत ग्रहण गरेर नयाँ वैकल्पिक राजनीतिक शक्तिले आफ्नो नीति, कार्यदिशा र कार्यक्रम तय गर्नेछ। त्यही अनुरूप तत्काल राष्ट्रिय औद्योगिक पुँजीवादको जग निर्माण गर्दै त्यसमा टेकेर समुन्नत समाजवादमा पुग्ने रणनीतिक लक्ष्य हुनेछ। त्यो कुनै माथिबाट लादिएको, गरिबी बाँड्ने, व्यक्तिको निजत्व कुण्ठित गर्ने नोकरशाही समाजवाद होइन, परन्तु तलैबाट उठेको, समृद्धि बाँड्ने, व्यक्तिको निजत्व प्रष्फुटित गर्ने सहभागितामूलक समाजवाद हुनेछ। पाँचौं ‘स’– सदाचार/सुशासन/सुसंस्कृति : व्यावहारिक रूपमा नयाँ शक्तिलाई पुरानो शक्तिबाट छुट्याउने मुख्य कसी सदाचार, सुशासन र सुसंस्कृति हुनेछ। पुरातन राजनीतिक शक्तिहरूले राजनीतिलाई देश र समाजको निम्ति स्वेच्छिक सेवाको सट्टा निजी स्वार्थ पूर्ति गर्ने व्यवसाय र फोहोरी खेल बनाएकाले भ्रष्टाचार, कुशासन र कुसंस्कार नेपाली राजनीतिको पर्याय बनेको छ। त्यसैले सदाचारयुक्त स्वाभिमानी नागरिकहरू र आदर्शवान युवा पुस्ता राजनीतिबाट वितृष्ण र विमुख हुँदै गइरहेछन्। यसलाई उल्ट्याएर नयाँ शक्तिले राजनीतिलाई स्वच्छ, पारदर्शी स्वयंसेवाको रूपमा स्थापित गर्नेछ र दसौं लाख आदर्शवान युवाहरू र चरित्रवान नागरिकहरूलाई देशसेवामा परिचालन गर्नेछ। सार्वजनिक जीवन र राज्यका अंगहरूबाट भ्रष्टाचार उन्मूलन, सुशासनको प्रत्याभूति र समाजमा उन्नत संस्कृति र संस्कारको विकासलाई नयाँ शक्तिले आफ्नो प्रमुख कार्यभार बनाउनेछ। नयाँ शक्ति निर्माण अभियान नयाँ वैकल्पिक राजनीतिक शक्ति निर्माणको प्रक्रिया पनि ‘नयाँ’ हुनु नितान्त जरुरी छ। केही स्वार्थ मिल्ने व्यक्तिहरू मात्र बसेर एउटा छुट्टै राजनीतिक समूह वा दल घोषणा गरियो भने त्यो ‘नयाँ बोतलमा पुरानो रक्सी’मात्रै हुनेछ। त्यसको थप भार बोक्न नेपाली जनता अब अभिशप्त छैनन्। त्यसैले नयाँ सोच, नयाँ एजेन्डा र नयाँ आचरण सहितको नयाँ शक्ति विभिन्न वर्ग, जाति, क्षेत्र, लिंग र समुदायबीच व्यापक छलफल, अन्तरक्रिया चलाएर सबैको स्वामित्व र अपनत्व कायम हुनेगरी निर्माण गरिनुपर्छ। त्यसका निम्ति विभिन्न पार्टीहरूभित्र रहेका, कुनै पनि पार्टी वा संगठनमा नरहेका व्यक्तिहरू, पेसाकर्मीहरू र मुख्यत: नयाँ सोचले ओतप्रोत युवाहरूबीच व्यापक अभियान सञ्चालन गरिनुपर्छ। माथिबाट निर्देशितभन्दा पनि तलैबाट सहभागितामूलक ढंगले बन्ने शक्ति नै वास्तवमा नयाँ र दिगो शक्ति बन्नेछ। क्याम्पसमा, फ्याक्ट्रीमा, चौतारीमा, कार्यालयमा र घर—घरमा नयाँ शक्तिबारे बहस चलाएर र विभिन्न मुद्दाकेन्द्रित अभियान/आन्दोलनको बीचबाट नयाँ शक्ति बनेमा नै त्यो सार्थक हुनेछ। केही अनुभूतिहरू मैले आफैंले बनाएको पुरानो राजनीतिक डुंगा परित्याग गरेर जीवनको उत्तरार्धमा एक्लै सांसारिक समुद्रमा हाम्फाल्दा धेरैले आश्चर्य व्यक्त गरेका छन्। कतिपयले अपुष्ट आशंका र मनगढन्त दुस्प्रचार पनि गरेका छन्। तर म विचलित छैन। किनभने म सिक्न तयार छु। म गल्ती—कमजोरी सच्याउन तयार छु। म सकारात्मक सोच राख्छु र अरूलाई सकारात्मक सोच बाँड्न चाहन्छु। मैले जीवनमा आफ्नोनिम्ति सबै थोक प्राप्त गरिसकेको छु। मैले त अब बाँकी जीवनमा समाज, देश र मानव जातिलाई आफूले सकेजति दिने काममात्र गर्नुछ। लक्ष्मी र सरस्वती सँगै नबसेझैं सत्य र सत्ता अक्सर सँगै बस्दैनन् भन्ने मलाई थाहा छ। म तिनीहरूलाई सँगै राख्ने नयाँ घरको खोजीमा छु। अहिले म त्यही यात्रामा निस्केको छु। त्यस निम्ति म सहयात्रीहरूको खोजीमा छु। विशेषगरी युवाहरूको खोजीमा छु, जसले समृद्ध नयाँ नेपालको नेतृत्व गर्नेछन्। आइन्सटाइनले भनेझैं, ‘मसँग कुनै विशेष गुण छैन। म उत्कण्ठापूर्ण जिज्ञासुमात्र हुँ।’ प्रकाशित : कार्तिक ११, २०७२ ०८:३५ Share on Facebook Share on Twitter Share via Email प्रतिक्रिया पठाउनुहोस् अर्को समाचार shares संग्रह सेयर प्रिन्ट संस्करण बैंक कर्जामा सहुलियत कार्तिक ११, २०७२ काठमाडौं — भारतीय नाकाबन्दी र तराई मधेसको आन्दोलनका कारण उद्योग व्यवसाय प्रभावित भएपछि राष्ट्र बैंकले ऋणको साँवा, ब्याज भुक्तानी सहज बनाउन निर्देशन दिएको छ। राष्ट्र बैंकले बैंक वित्तीय संस्थाका लागि मंगलबार जारी गरेको परिपत्रअनुसार किस्ता तिर्ने अवधि बढाइनुका साथै अन्य शुल्क नलाग्ने व्यवस्था गरेको छ। ‘हाल उत्पन्न असहज परिस्थितिका कारण ऋण तिर्न नसक्ने अवस्थामा पुगेका ऋणीहरूका लागि कर्जाको साँवा, ब्याज वा किस्ता रकम २०७२ पुस मसान्तसम्ममा प्राप्त भएमा त्यस्तो कर्जालाई पनि असल कर्जामा नै वर्गीकरण गर्न पाइनेछ,’ परिपत्रमा भनिएको छ, ‘भुक्तानी ढिलो भएको भन्दै बैंकले कुनै पनि प्रकारको पेनाल ब्याज वा शुल्क लिन पाउने छैनन।’ बन्द र नाकाबन्दीले उद्योग व्यवसाय नराम्ररी प्रभावित भएको छ। हजार बढी ट्रक भारतीय सीमामा रोकिएका छन्। तेस्रो मुलुकबाट आएको सामान कोलकाता बन्दरगाह, भारतीय सीमा र वीरगन्जस्थित सुख्खा बन्दरगाहमा रोकिएको छ। राष्ट्र बैंकले व्यापारका लागि दिइने ऋण (ट्रेड रिसिभिएबल) कर्जा पनि खुकुलो बनाएको छ। ‘कात्तिक १० गतेअघि खोलिसकिएका प्रतीतपत्रको आधारमा प्रवाह हुने ट्रस्ट रिसिप्ट कर्जा वा त्यस्तै प्रकृतिका आयात कर्जा प्रदान गर्न हालको १२० दिनसम्मको अवधिलाई बढाई २०७२ चैत मसान्तभित्र असुलउपर हुने गरी १८० दिनसम्मको अवधि कायम गरी कर्जा प्रवाह गर्न सकिनेछ,’ परिपत्रमा भनिएको छ। यसले तत्काल कर्जा चुकाउनुपर्ने बाध्यतामा केही राहत मिलेको छ। यसैगरी ७० दिनभन्दा बढीको तराइ बन्द र एक महिनाको नाकाबन्दीले करिब २ हजार उद्योग प्रभावित भएका छन्। केन्द्रीय तथ्यांक विभागका अनुसार तराईमा २ हजार २ सय साना–ठूला उद्योग छन्। यसैगरी जलविद्युत् आयोजनाको काम पनि इन्धन अभावले प्रभावित बनेको छ। निर्माण सामग्री सहज रूपमा उपलब्ध हुन सकेको छैन। उद्योग व्यवसायका लागि लिइएको कर्जाको साँवा, ब्याज भुक्तानीलाई थप सहज बनाइएको छ। ‘उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, पर्यटन (होटल, एयरलाइन्स, ट्राभल एजेन्सी आदि) र ऊर्जा (जलविद्युत् उत्पादन, प्रसारण र वितरण आदि) लगायत सेवा क्षेत्रका ऋणीले कर्जा पुनर्तालिकीकरण गर्न चाहेमा एकपटकका लागि एक वर्षसम्म कर्जा भुक्तानी अवधि थप हुनेछ,’ परिपत्रमा भनिएको छ। यसैगरी जलविद्युत्लगायत अन्य आयोजना र उद्योगको ग्रेस समय पनि बढाइएको छ। ‘उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, पर्यटन (होटल, एयरलाइन्स, ट्राभल एजेन्सी आदि) र ऊर्जा (जलविद्युत् उत्पादन, प्रसारण र वितरण आदि) लगायत सेवा क्षेत्रका निर्माणाधीन परियोजनाको निर्माण सम्पन्न हुन थप समय लाग्ने भएमा वा परियोजना सम्पन्न भई किस्ता भुक्तानी सुरु हुने अवस्थामा ग्रेस अवधि समाप्त भए तापनि बढीमा एक वर्षका लागि ग्रेस अवधि थप गर्न सकिनेछ,’ परिपत्रमा उल्लेख छ। प्रकाशित : कार्तिक ११, २०७२ ०८:३४ पूरा पढ्नुहोस् Share on Facebook Share on Twitter Share via Email प्रतिक्रिया पठाउनुहोस् थप केही विचारबाट राहतमा मनपरी सम्पादकीय अझै सान्दर्भिक राष्ट्रिय मेलमिलाप रामचन्द्र पोखरेल कांग्रेसको दायित्व धनराज गुरुङ खण्डित दलीय एकता सुदर्शन आचार्य वर्तमान संकट र राजनीतिक नेतृत्व टीका भट्टराई कृष्ण पौडेल ‘घोडा’ मात्र बन्ने कि ‘सरकार’ ? केशव दाहाल Best Deals on Daraz 12.12 Enya 21 Inch Soprano Ukulele Rs. ?999 Daraz Grand Year End Sale Coming Soon | Upto 70% off | Mega Vouchers up to Rs.7000 & More Apple iPad 9th Gen Rs. 4?999 Start adding to your cart | Daraz 12.12 Coming Soon | Grand Year End Sale Lotto Track Set for Men Rs. ?300 Daraz Grand Year End Sale Coming Soon | Upto 70% off | Bank Discounts up to Rs.1212 & More विचार/विविधा विचार चोलेन्द्र कोरल्ने कारखाना मंसिर २३, २०७९ नेपाली नेता शिखण्डी कोरल्ने कुलतले ग्रस्त छन् । उनीहरू सिजन सिजनमा ओथारो बस्छन्, न्यानो पारेर चल्ला कोरल्छन्, तर पुलपुल्याएर हुर्काएको चल्लालाई ‘मुर्गा’ बनाएर काट्छन् । त्यसैगरी उत्ताउलो... विचार टाउकाले टेक्ने कि खुट्टाले ? केशव दाहाल मंसिर २३, २०७९ प्रश्नैप्रश्नकस्तो सरकार, कस्तो प्रतिपक्ष ? अथवा, कस्तो संसदीय राजनीति ? चक्रवातझैं घुमीफिरी यी प्रश्न फेरि हाम्रो सामुन्ने आएका छन् । सँगै अरू जिज्ञासा पनि प्रकट छन्- नयाँ पार्टीहरू... विचार पढाकु प्राध्यापक खोइ ? उज्ज्वल प्रसाई मंसिर २३, २०७९ नेपालका विश्वविद्यालय परिवर्तन गर्ने हो भने, आवश्यक संख्याको आधाजति शिक्षक नेपालबाहिरबाट ल्याउनुपर्छ । विदेशी प्राध्यापकका लागि यहाँ ठाउँ बनाउनुपर्छ ।’ यो भनाइ त्रिभुवन विश्वविद्यालयमा दशकौंदेखि प्राध्यापन गरिरहेका... विचार प्रयास के पर्याप्त छ ? मंसिर २३, २०७९ दोस्रो विश्वयुद्धको भयावहपछिको घडीमा ५० भन्दा बढी राष्ट्रहरू एकजुट भए र तिनीहरूले एउटा दस्ताबेज बनाए जसले सबै मानिसका अविच्छिन्न अधिकार हुन्छन् भन्ने कुरालाई मान्यता दियो ।... विचार न श्री, न मान सम्पादकीय मंसिर २३, २०७९ प्रधानन्यायाधीश पदको मात्र होइन, समग्र न्यायालयकै श्री र मान दुवैलाई रसातल पुर्‍याउन उद्यत देखिएका निलम्बित श्रीमान् चोलेन्द्रशमशेर जबरा जुन रूपमा अनधिकृत तवरबाट न्यायालयमा पुनःस्थापित हुन... विचार भूमिहीन दलित कहाँ लाग्नु ओत ! मधु शाही मंसिर २२, २०७९ काठमाडौंस्थित सिनामंगलको सुकुम्बासी टहरामा बस्छन्, २५ वर्षीय शिव सार्की । उनले आफ्नो पुर्ख्यौली थलो सिन्धुलीमा रहेको सुनेका छन् तर जानेबुझेदेखि नै सुकुम्बासी छन् । बाबुआमाले मजदुरी गरेर... विचार समाजवादको मार्गचित्र : भ्रम र यथार्थ शंकर अधिकारी मंसिर २२, २०७९ बाबुराम भट्टराई राज्यले औद्योगिक क्षेत्रमा लगानी गरी उत्पादन र रोजगारी बढाउनुपर्ने समाजवादी चिन्तनको भारी बोकेर अर्थमन्त्री भएका थिए । त्यसैले उनले दशकौंदेखि बन्द भएका सार्वजनिक क्षेत्रका... विचार क्षेत्रीय दलहरूको साँघुरो लोकमार्ग चन्द्रकिशोर मंसिर २२, २०७९ आम निर्वाचन–२०७९ ले क्षेत्रीय दलहरूको उभारलाई अभिरेखांकित गरेको छ । मधेशभित्रकै राजनीतिमा नयाँ–पुराना दलहरूले मतादेश पाएका छन् । कसलाई क्षेत्रीय दल मान्ने ? क्षेत्रीय दलहरूको प्रकटीकरणले नेपाली समाजको... विचार कागजमा सीमित सपनाका सहर सम्पादकीय मंसिर २२, २०७९ समुचित शिक्षा, स्वास्थ्य र पूर्वाधार लगायतका प्रबन्धसहित देशका विभिन्न भागमा नयाँ सहरहरू बसाल्न दशकअघि थालिएको योजना देखावटी तथा कागजमा मात्र सीमित बनेको छ । पूर्व मेचीदेखि... विचार आम चुनावपछिको राजनीतिक परिदृश्य मोहना अन्सारी मंसिर २१, २०७९ दोस्रो आम निर्वाचनको नतिजा लगभग अन्तिम चरणमा छ । राजनीतिक पर्यवेक्षक र बौद्धिक जमातबाट निर्वाचनको सन्देशलाई विभिन्न कोणबाट अर्थ्याउने प्रयास हुँदै छ । विशेष गरी राष्ट्रिय स्वतन्त्र... पुस १७, २०२६ कान्तिपुरका स्तम्भहरु १३औं साग खेलकुद हेलो शुक्रबार हाम्रो नेपालमा स्वास्थ्य स्थानीय निर्वाचन २०७४ स्थानीय तह निर्वाचन २०७९ सुदूरपश्चिम साहित्य/विविध सम्पादकलाई चिठी समाचार शिक्षा विश्वकप फुटबल २०२२ विश्व विविधा विज्ञान र प्रविधि विचार वाग्मती लुम्बिनी रोचक मनोरञ्जन मधेस मधेश मन्थन भिडियो ब्लग बजार फोटोफिचर फिचर फड्को प्रिन्ट संस्करण प्रवास प्रदेश १ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४ प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ नारी नेपाली दसैं विशेष जीवनशैली गन्तब्य गण्डकी खेलकुद क्रिकेट विश्वकप - २०१९ कोसेली कोपिला कुराकानी कला कर्णाली उपत्यका अर्थ / वाणिज्य अन्य हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
2022-12-09T08:30:03Z
https://ekantipur.com/opinion/2015/10/28/20151028083533.html
OSCAR-2301
सरकारले गर्‍यो सिनेमा हल खोल्ने निर्णय « THULOPARDA.COM: Entertainment News Portal From Nepal सरकारले गर्‍यो सिनेमा हल खोल्ने निर्णय चैत्र ११ गतेदेखि बन्द रहेका सिनेमा घरहरु खुलाउने सरकारले निर्णय गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले सुरक्षा मापदण्ड अपनाएर चलचित्र भवनहरु संचालन गर्न दिने निर्णय गरेको संचार, सूचना तथा प्रविधी मन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् । केही दिनअघि सीसीएमसीले सिनेमा हललाई सञ्चालनको अनुमति दिन मन्त्रीपरिषद्लाई पत्र पठाएको थियो । ९ महिनासम्म सरकारले सिनेमा हल खोल्न कुनै चासो नदेखाएपछि गएको पुष १० गतेबाट हल व्यवसायी तथा वितरकहरुको संस्था नेपाल चलचित्र संघले देशभरका सिनेमा घर खोल्ने स्वः घोषणा गरेको थियो । सरकारले अनुमति दिनुभन्दा अगावैदेखि सिनेमा घरहरु सञ्चालनमा थिए । अब सरकारले नै सिनेमा हल खुलाउने निर्णय गरेपछि हल व्यवसायीहरुलाई ठूलो राहत मिलेको छ । सरकारले सिनेमा हल खोल्ने निर्णय गर्नुभन्दा आघा घण्टा अगाडि अभिनेता शिव श्रेष्ठ, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान मन्त्री तथा सीसीएमसीका संयोजक ईश्वर पोखरेल, अर्थ मन्त्री विष्ण पौडेल, सूचना, सञ्चार तथा प्रविधि मन्त्री पार्वत गुरुङलगायतसँँग भेट गरेका थिए ।
2021/03/02 07:57:35
https://www.thuloparda.com/post/39326
mC4
निमालाई दुई–दुई पटक सजाय – Chitwan Post Daily | चितवन पोष्ट दैनिक निमालाई दुई–दुई पटक सजाय २०७१ बैशाख १९, शुक्रबार ०३:५० गते कसरा । मूल घर तिब्बत भए पनि काठमाडौँ बस्दै आएका ताञ्जिङ निमा लामा चितवन निकुञ्ज प्रशासनलाई आफू मरेको भन्ने सबुद जुटाएर आफूविरूद्धको मुद्दा नै बन्द गराउने व्यक्ति हुन् । उनै निमा दोस्रो पटक समातिँदा सजायमाथि सजाय पाउन थालेका छन् । चितवन निकुञ्जले निमालाई गएको चैत्र २७ गते १३ वर्ष कैद र एक लाख रूपैयाँ जरिबाना गरेकोे छ । विसं. २०६८ साल कात्तिकमा समातिएका निमालाई यसअघि पनि गएको असोज १६ मा भएको फैसलामा १५ वर्ष कैद र एक लाख रूपैयाँ जरिबाना भएको थियो । तान्जिङ निमा गैंडा मुद्दामा ६० साल वैशाखमा पनि समातिएर साधारण तारेखमा छुटेका थिए । तर उनका आफन्तले निमा मरेको भन्ने भारत सिलगढीको एउटा मेडिकलको कागजपत्र पेस गरेपछि तान्जिङको मुद्दा बन्द भएको थियो । उनै तान्जिङ विसं. २०६८ सालको कात्तिकमा समातिएका हुन् । निकुञ्जका सूचना अधिकारी टीकाराम पौडेलले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा यो पटक स्थायी ठेगना तिव्बत भई काठमाडौं महानगरपालिका वडा नं. ६ बौद्ध फूलबारी बस्ने निमासहित राते भन्ने हिसी लामा र थप दुई नेपालीलाई पनि सजाय भएको छ । चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले गरेको फैसला अनुसार हिसीलाई ११ वर्ष कैद र एक लाख रूपैयाँ जरिबाना भएको छ । चितवन निकुञ्जसँग सिमाना जोडिएको भारत बिहारको वाल्मीकि टाइगर रिजर्वमा गैंडा मारेर खाग बिक्री व्यवसाय गरेको आरोपमा उनीहरुलाई यो पटक सजाय भएको हो । निकुञ्जले दिएको जानकारीअनुसार प्युठान लुंगका महेश्वर भनिने खिमबहादुर केसी र नवलपरासी त्रिवेणी सुस्ता गाविसका खुमराज थापा गिरीलाई पनि सजाय भएको हो । केसीलाई ११ वर्ष कैद र एक लाख रूपैयाँ जरिबाना तथा गिरीलाई १ वर्ष कैद र ५० हजार रूपैयाँ जरिबाना भएको छ । गैंडा अन्यत्र मारे पनि व्यापार नेपालमा गरेकाले सजाय चितवन निकुञ्जले सुनाएको हो । चितवन निकुञ्जले केसीलाई नगदसहित त्रिवेणीबाट विसं. २०६८ सालको असोज २९ मा समाएको थियो । गिरी सोही वर्षको कात्तिक २७ गते समातिएका थिए । केसी र गिरीलाई चैत्र २७ गते थप अर्को मुद्दामा पनि सजाय भएको छ । चितवन निकुञ्जले तान्जिङ, हिसी र जिसीलाई गएको असोज १६ मा पनि कैद र जरिबानाको फैसला गरेको थियो । उनीहरु गैंडा मार्ने सिकारीदेखि खाग विदेश लैजाने गिरोहका सदस्यहरु भएको निकुञ्जको दावी रहँदै आएको छ । गैंडाको खाग ३५ लाख रूपैयाँसम्म बिक्री हुने तथ्य पक्राउ परेको यही गिरोहबाट उजागार भएको थियो । गैंडा मारेर खाग बिक्री गर्ने काममा संलग्न भएको पुष्टि भए ५० हजारदेखि एक लाख रूपैयाँ जरिबाना या पाँचदेखि १५ वर्षसम्म कैद या कैद र जरिबाना दुवै सजाय हुने कानुनी व्यवस्था छ ।
2021/04/21 17:18:03
https://echitwanpost.com/11115/2014050203/50/30/
mC4
घुम्दै सलहको विखण्डित झुण्ड: उत्पादनमै क्षति हुने गरी असर गरेको छैन – Saurahaonline.com काठमाडाैँः हावाको बेगसँगै भारतबाट नेपाल प्रवेश गरेको बालीनाशक किरा (सलह) विभिन्न जिल्लाबाट प्रवेश गर्ने क्रम अझै रोकिएको छैन । असार १३ गते पहिलो पटक रौतहट हुँदै नेपाल पसेको सलह कहिले पूर्वी जिल्ला त कहिले पश्चिम जिल्लाबाट प्रवेश गरिरहेको छ । नेपालमा त्यसले उत्पादन मै असर गर्ने गरी ठूलो क्षति पु¥याउन नसकेको कृषि तथा पशुपन्छी मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।
2020/10/20 17:08:51
https://saurahaonline.com/2020/07/170875/
mC4