text
stringlengths 163
169k
| timestamp
stringlengths 0
20
| url
stringlengths 0
1.8k
| source
stringclasses 5
values |
---|---|---|---|
अपांगमैत्री छैनन् आइसोलेसन « News of Nepal
हेटौंडा महानगरपालिका–३ की सीता मल्ल बैशाखी टेकेर हिँड्नुहुन्छ । मल्लले कृत्रिम खुट्टाको सहारमा आफ्नो जीवन चलाउँदै आउनुभएको छ । असोज २२ गते उहाँ कोरोना संक्रमित हुन पुग्नुभयो । सरकारी आइसोलेसन अपांगमैत्री नभएका कारण उहाँ होम आइसोलेसनमा बस्नुभयो । त्यस अवधिमा आफूलाई स्वास्थ्यकर्मीदेखि जनप्रतिनिधिले कुनै चासो व्यक्त नगरेको उहाँको गुनासो छ ।
अन्य वडामा अपांगता भएकालाई कोरोना संक्रमण हुँदा जनप्रतिनिधिको साथ पाउँदा आफ्नो स्थानीय सरोकारवाला निकायले कुनै चासो नलिएकोमा उहाँको गुनासो थियो । स्वास्थ्यकर्मीको सल्लाहबिना नै आफू 'कोरोनामुक्त' भएको उहाँले जानकारी गराउनुभयो । घरमा नै औषधि प्रयोग गरेर आफू संक्रमणमुक्त भएको मल्लले बताउनुभयो ।
मकवानपुरगढी गाउँपालिकाकी सानुमाया स्यान्तान कात्तिक ५ गते कोरोना संक्रमित भएको जानकारीमा आयो । मेरुदण्डमा समस्या भएकी उहाँले त्यस समय जनप्रतिनिधि र स्वास्थ्यकर्मीबाट साथ त पाउनुभयो । तर, हेटौंडा–१ मा बस्दै आएकी स्याङ्तानलाई वरिपरि बस्नेहरुले छिःछिः–दुर्दुर गरे 'छरछिमेकीको त्यस बेलाको व्यवहार सधैं सम्झिरहनेछु ।' –स्याङ्तानले भन्नुभयो ।
अपांग सानु स्याङ्तान भन्नुहुन्छ– 'मलाई सार्वजनिक बसमा यात्रा गर्न मुस्किल हुन्छ । अपाङ्गमैत्री सिट भनिएको ठाउ"मा बस्न पाउने नगरेको उहाँले गुनासो गर्नुभयो । अपांग भएकै कारण धेरै समस्या पर्न गएको उहाँले बताउनुभयो । 'वर्षैपिच्छे उही र उस्तै मान्छे मात्र कार्यक्रममा सहभागी हुने र उस्तै प्रकारका कार्यक्रमले खासै परिवर्तनको अनुभूति हुन सकेको छैन ।' –उहाँको भनाइ छ ।
हेटौंडामा हरेक वर्षझैं यस वर्ष पनि अन्तर्राष्ट्रिय अपांगता दिवस (डिसेम्बर ३) मा मनाइयो । यो २९औंं दिवस हो । लंैगिक हिंसाविरुद्ध १६ दिने अभियानभित्र पर्ने दिवस 'कोभिड–१९ पश्चात्को उत्कृष्ट पुनरागमनको सुनिश्चितता अपांगता भएका व्यक्तिहरुको पहुँच र दीगो विकासका लागि हामी सबैको प्रतिवद्धता' भन्ने अन्तर्राष्ट्रिय नारासहित मनाएको छ । अपांगता भएका व्यक्तिले हक–अधिकार सुनिश्चिततासँगै जीवन परिवर्तनको अपेक्षा गरेका छन् ।
वर्षैपिच्छे आउने दिवस केवल दिवसका रूपमा मात्र सीमित छ । यही कोरोनाकै समयमा पनि मकवानपुरमा अपांगता भएका व्यक्तिले थुप्रै समस्या भोग्नुपरेको गुनासो छ । जिल्लामा हाल १ हजारभन्दा बढी अपांग छन् । जसमा २ जना कोरोना संक्रमति हुन पुगेका छन् ।
दिवसले अपांगता भएकाहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याओस् भन्ने हिसाबले मनाइन्छ । तर, अवस्था उस्तै छ । हालसम्म पनि कुनै आइसोलेसन अपांगमैत्री बन्न नसकेको उनीहरुको गुनासो छ । यस अवधिमा अपांगता भएका धेरैले आइसोलेसनमा बस्न असहज भएर घरमा बस्दा धेरै लाञ्छना सहनुपरेको उनीहरुको भनाइ छ ।
राष्ट्रिय अपांग महासंघ बागमती प्रदेश अध्यक्ष अश्विन लम्साल भन्नुहुन्छ– 'अपांगता दिवस मनाइराख्दा कतिपय संघ–संस्थाले केवल ह्विलचियर र केही थान अन्य सामग्री बाँडेर अपांगताको क्षेत्रमा सहयोग गरिरहेका छन् । यो सहयोग पनि राम्रो हो । तर, म भन्छु अब यसमा मात्र सीमित नगरियोस् । उनीहरुको जीवनयापनका लागि अपांगमैत्री आइसोलेसन तथा बाटोतर्फ सोच्न लम्सालले आग्रह गर्नुभयो ।
सबै सार्वजनिकस्थल र साधनहरु अपांगमैत्री हुनुपर्दछ । शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरबाट अधिकांश अपांगता भएकाहरु वञ्चितिमा छन् । उनीहरुबारे राज्य संवेदनशील हुनुपर्छ । 'भावी दिनमा अपांगता सहायक साम्रगी प्रत्येक प्रदेशमा उत्पादन हुने योजनातिर ध्यान दिन अनुरोध गर्दछु ।' –लम्सालले भन्नुभयो ।
अपांगतासम्बन्धी कानुनहरु प्रभावकारी कार्यान्वयन हुन नसकेको लम्सालको गुनासो छ । आरक्षणमा दुरुपयोग भएको तथा स्थानीय सरकारहरु अपांगतामैत्री हुन सकेका छैनन् । संघीय संरचनाबाट तीन तहको सरकार भइरहेको सन्दर्भमा अब अपांगता भएकाको आवाज स्थानीय तहमै सुनुवाइ हुुनुपर्ने उहाँको माग छ । | 2021/01/26 06:14:22 | https://www.newsofnepal.com/2020/12/04/366837/ | mC4 |
भन्सार नतिरेपछि रसुवागढी भन्सारले रोक्यो चीनबाट आएको तेल - inaruwaonline.com
भन्सार नतिरेपछि रसुवागढी भन्सारले रोक्यो चीनबाट आएको तेल
प्रकाशित मिति: आइतबार, कार्तिक १५, २०७२ समय: ११:५०:१०
१५ कात्तिक, काठमाडौं । चीनबाट अनुदानको तेल लिएर आएका ३ वटा ट्यांकर झण्डै २४ घण्टादेखि रसुवागढी भन्सारमा रोकिएको छ ।
नेपाल आयल निगमले तेलको भन्सार रकम तिर्न ढिलाइ गरेका कारण दिनभर ट्यांकर रोकेको हो । 'अनुदानमा आएको तेलमा भसार राजश्व लाग्दैन भन्ठानेका थियौं । तर, रसुवागढी भन्सारले राजश्व लिने भनेपछि प्रक्रिया पुरा गर्न ढिलाइ भएको हो' आयल निगमका निर्देशक निमित्त निर्देशक नागेन्द्र साहले भने ।
आयल निगमले अहिले प्रक्रिया पुरा गरेर धरौटी रकम भन्सारको खातामा जम्मा गरेको छ । र, अब ट्याकंर छुट्ने बताइएको छ । किनेर ल्याएको तेलमा मात्र भन्सार लाग्ने भन्दै राजश्व रकम नलगिएको निगमका अधिकारी बताउँछन् ।
तीनवटा ट्यांकरले केरुङबाट २७ हजार लिटर पेट्रोल ल्याएका छन् । बेलुकीसम्म पनि भन्सार पास नभए आज ट्याकंरलाई काठमाडौं जान रोकिने रुसुवाका प्रहरी नायब उपरीक्षक अवदेश बिष्टले जानकारी दिए ।
'बाटोको अवस्था खराब छ । राति-राति ट्यांकरलाई लैजान सकिँदैन । धेरै अबेला भए हामी आज ट्यांकर रोकेर भोली मात्रै पठाउँछौं' बिष्टले भने । अब चीनबाट अनुदानको तेल बोकेका ट्याकंर भोलि मात्रै काठमाडौं आइपुग्ने छन् ।अनलाइनखबरबाट | 2022/07/03 23:29:26 | https://www.inaruwaonline.com/1895/ | mC4 |
पार्टी एकता जोगाउन महासचिव पोखरेलको आह्वान « Drishti News – Nepalese News Portal
२३ जेष्ठ २०७८, आइतबार ११ : ५७ मा प्रकाशित
काठमाडौं । सत्तारूढ नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पार्टीभित्रको एकतामा सङ्कट देखापरेकाले यसबाट जोगाउन आह्वान गरेका छन् ।
उपप्रधानमन्त्रीको जिम्मेवारीबाट बाहिरिएपछि आफू पार्टीको काममा चुनौतीको सामना गर्न थप सक्रिय हुने जनाउँदै उनले राष्ट्रिय राजनीतिमा अस्थिरताका आशङ्काले मानिसमा त्रास उत्पन्न भई आर्थिक विकास र समृद्धि अभियान तथा राष्ट्रिय स्वाभिमान एवं स्वतन्त्रताको विषयलाई कमजोर बनाउने दुष्प्रयत्न भएकाले यसलाई परास्त गर्न आग्रह गरेका छन् । यही जेठ २१ गते प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका थिए ।
नेता पोखरेल २०७४ साल फागुन १४ गतेदेखि २०७७ असोज २८ गतेसम्म रक्षामन्त्री र त्यसपछि २०७८ साल जेठ २१ गतेसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने जिम्मेवारीमा रहेका थिए । उक्त अवधिलाई आफूले राजनीतिक र सामाजिक जीवनको महत्वपूर्ण समयावधिका रूपमा लिएको उल्लेख गर्दै उलने जिम्मेवारी पूरा गर्न प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष ओलीले मार्गदर्शन गरेको स्मरण गरे ।
महासचिव पोखरेलले यसबीच सरकारमा रहेका बेला आफूबाट भएका सबै काम सम्बन्धित ठाउँमा औपचारिक अभिलेखीकरण भएको र तिनले आजमात्र नभएर आवश्यक पर्दा पछिपछिसम्म पनि सबैलाई यथार्थ बताइरहने विश्वास व्यक्त गरे । उनले कोभिड–१९ सङ्क्रमणको महामारीका समयमा उच्चस्तरीय समन्वय समिति र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमा संयोजकका हिसाबले भूमिका खेलेका थिए ।
उनले कोभिड सङ्क्रमितको उपचारका लागि सरकारको निर्णयअनुसार सात महिनाको पारिश्रमिक रु चार लाख ५६ हजार ४०० कोभिड कोषमा बुझाएको र राज्यलाई बुझाउनुपर्ने सुविधा तथा सबै किसिमका दायित्व पूरा गरेको जानकारी दिँदै उक्त अवधिमा पार्टीको कोषमा रु छ लाख पाँच हजार जम्मा गराइएको अवगत गराए । यसअघि निवर्तमान परराष्ट्रमन्त्री तथा एमालेका नेता प्रदीपकुमार ज्ञवालीले मन्त्री हुँदाको अवधिको सम्पत्ति विवरण सार्वजनिक गरेका थिए । | 2021/06/25 04:27:53 | https://www.drishtinews.com/archives/85171 | mC4 |
मकवानपुरको मनहरी–३, पाल्दमारमा स्थानीय राजु रानाभाटले घरअगाडि पार्किङ गरेर राखेको ना. २ ह ४०५० नम्बर अटोमा शुक्रबार राति अज्ञात समूहले आगजनी गर्दा अटो पूर्णरुपमा जलेको मकवानपुर प्रहरीले जनाएको छ ।
पाल्दमारमा नेपाली कांग्रेसको विरोध कार्यक्रमको प्रचारका लागि प्रयोग गरिएको अटोमा भएको आगजनीप्रति नेपाली कांग्रेस मकवानपुरले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाली कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानिया"ले प्रेस विज्ञप्ति जारी गर्दै शुक्रबार राति भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको हो ।
विज्ञप्तिमा भनिएको छ–लोकतन्त्रमा सबैलाई आफ्नो अभिव्यक्ति दिने, विरोध प्रदर्शन गरी सरकारका गलत कामविरुद्ध खबरदारी गर्ने अधिकार संविधानले नै सुरक्षित गरेको अबस्थामा प्रचारप्रसारका लागि प्रयोग भएको अटोमाथि राति कायरतापूर्णढंगले आगजनी गरिएकोमा नेपाली कांग्रेस मकवानपुर घोर भत्सर्ना गर्दछ ।
सरकार आफ्नो मूल दायित्वबाट विचलित भइरहेको अबस्थामा भएको यस्तो घटनाले असुरक्षा र अशान्तिको अबस्था सिर्जना गरेकोले घटनामा संलग्नको यथाशीघ्र पहिचान गरी कारबाहीका लागि नेपाली कांग्रेस मकवानपुरले माग गरेको छ । शान्तिसुरक्षा र अमनचयन कायम गर्नेतर्फ प्रहरी प्रशासनलाई चनाखो रहन र आगामी दिनमा जनताको जनधनको सुरक्षामा गम्भीर हुन सचेत गराइएको छ । | 2021/03/05 17:07:13 | https://www.newsofnepal.com/2021/01/16/376576/ | mC4 |
» असंवैधानिक विज्ञापन खारेज गर्ने माग सहित प्रम ओलीलाई ज्ञापन पत्र
असंवैधानिक विज्ञापन खारेज गर्ने माग सहित प्रम ओलीलाई ज्ञापन पत्र
२ असार २०७६, सोमबार १४:३१ प्रकाशित
चितवन, २ असार : लोक सेवा आयोगले जेठ १५ गते स्थानीय तहका लागि निकालिएको असंवैधानिक विज्ञापन खारेजीको माग सहित चितवनका दलितहरू सडकमा उत्रिएका छन् । "सम्पूर्ण दलित, उत्पीडित, मधेशी, महिला, मुस्लिम,अल्पसंख्यक समुदाय जाति एक हौ" भन्ने मूल नारा सहित आज चितवनका दलितहरू सडकमा उत्रिएर शान्तिपूर्ण विरोध र्याली गर्दै जिल्ला प्रशासन कार्यालय चितवनमा सभामा परिणत भएको थियो ।
विरोध र्याली हाकिमचोक हुँदै जिल्ला प्रशासन कार्यालय चितवनमा आएर समापन भएको थियो । विरोध र्यालीमा लोकसेवा आयोगद्वारा जारी गरिएको विज्ञापन खारेज गर, समतामूलक सहभागीता आजको आवश्यकता, जातिय विभेद अन्त्य होस लगायतको नारा सहितको प्ले कार्ड समेत प्रस्तुत गरिएको थियो । नेपाल उत्पीडित जातीय मुक्ति समाज चितवन, नेपाल दलित मुक्ति मोर्चा चितवन, विश्वकर्मा सेवा समाज चितवन, परियार सेवा समाज चितवन, नेपाल मिजार गुठी समाज चितवन, दलित समाज सेवा क्लब चितवन, संयुक्त दलित युवा समाज चितवको संयुक्त आयोजनामा वृहद विरोध र्याली भएको थियो ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत मार्फत सम्माननीय प्रधानमन्त्री के.पि शर्मा ओलीलाई ४ बुँदे ज्ञापनपत्र पेश गरिएको थियो । सो ज्ञापनपत्र नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सदस्य चक्र रुचाल र नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय नेता खेम दर्जीले संयुक्त रूपमा प्रजिअ बस्नेतलाई ज्ञापन पत्र हस्तान्तरण गर्नु भएको थियो । सो ज्ञापनपत्र बुझ्दै प्रजिअ बस्नेतले यथासिघ्र दलित समुदायहरूको माग सम्बोधनका लागि यो ज्ञापन पत्र आज नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार, काठमाडौंमा पठाउने समेत जानकारी दिनुभयो । | 2022/05/18 23:28:13 | https://a2zsamachar.com/62984/ | mC4 |
पोखरा जुलोजिकल पार्कमा २३ र ४३३ को लफडा – Tandav News
पक्ष १ : कम्पनी मान्य छैन, पक्ष २ : औँलामा गन्नेले अफवाह फैलाए
ताण्डव न्यूज द्वारा २०७६ भाद्र १० गते मंगलवार १२:१४ मा प्रकाशित
पोखरा जुलोजिकल पार्क विवादमा तानिएको छ । पार्कलाई कम्पनीको रुपमा दर्ता गरिएपछि केही स्थानीय यसविरुद्ध जाइलागेका हुन् ।
वन्यजन्तु आरक्षण केन्द्र निर्माणको लागि सरकार सकरात्मक नदेखिएपछि वन्यजन्तुका उपचार एवं प्रजनन केन्द्र सञ्चालन गरिएको केही समयपछि त्यस क्षेत्रका ३ वन समूह समावेश गरेर जुलोजिकल पार्कको प्रस्ताव गरिएको थियो । प्रस्तावित पोखरा अन्तर्राष्ट्रिय जुलोजिकल पार्क अन्ततः पोखरा जुलोजिकल पार्क बन्यो ।
तीन वन समूह मध्ये पचभैया सामुदायिक वनको ९० हेक्टर भूभाग पार्कमा पर्दछ । वन समूहमा ४३३ उपभोक्ता छन् । एक पक्ष तिनै उपभोक्तालाई पार्कमा समान हकको लागि लागिपरेको दाबी गर्दैगर्दा अर्कौ पक्ष ति समान हक दिलाउन लागिपरेको दावी गर्नेलाई अफवाह फैलाएको आरोप लगाएका छन् । लफडा ४३३ उपभोक्ता र २३ जनाको नाममा दर्ता भएको कम्पनीका बिचमा हो ।
पक्ष १ : 'उपभोक्ताले समान हक पाउनुपर्छ, कम्पनी हटाउनुपर्छ'
विशेषतः पचभैंया सामुदायिक वनका पदाधिकारी एवं स्थानीयहरुले उपभोक्ताहरुले हक नपाएको जिकिर गरेका छन् । उनीहरुको अर्को माग, जुलोजिकल पार्क कम्पनी अन्तर्गत राख्नुहुँदैन भन्नेछ ।
हामीले पचभैंया सामुदायीक वनका पदाधीकारी एवं स्थानीयहरुसँग विवादको चूरो बुझ्ने प्रयास गरेका छौँ । उनीहरुको भनाइ जस्ताको तस्तै यहाँ प्रस्तुत गरिएको छ :
दिनानाथ ढकाल
सल्लाहकार, पोखरा जुलोजिकल पार्क
म पोखरा जुलोजिकल पार्कको सल्लाहाकार पनि हो । कम्पनीको नाममा दर्ता भएको कुरा मलाई पनि जानकारी भएन, पछि बल्ल थाहा भयो । यसमा सरोकारवालालाई समेत मिचेर जाने कुरा भयो । वन ऐन २०५९ अनुसार सामुदायिक जंगलभित्र केही गर्नुपरे सरकारले फिर्ता लिएर गर्न सकिने व्यवस्था छ । तर त्यसो भएको छैन । अपारदर्शी ढंगले काम भइरहेछ ।
पार्क ३ वटा सामुदायिक वन उपभोक्ता समूहमा निर्माण भएको छ । सामुदायिक वनमध्ये पचभैंया अन्तर्गत ४३३ र सबै गरेर ८ सय उपभोक्ता छन् । ति उपभोक्ताहरुलाई नजरअन्दाज गरियो ।
सार्वजनिक भेला बोलाएर सबैको सहमतिमा अघि बढ्नुपर्नेमा बेवास्ता गरिएको छ । यी कुराहरु उपभोक्तामाझ अनुमोदन गराएर गर्न पथ्र्यो, त्यसो भएन । राम्रोसँग गर्न खोज्या भए त यो अवस्था आउदैनथ्यो । सूचना उपलब्ध गराउनुपर्ने थियो । यो विषयलाई लिएर हामी जिल्ला वन गयौँ, प्रदेश पनि गयौँ ।
विकास त हुनैपर्छ, हुनुहुँदैन भन्न खोजेको होइन । तर विकास गर्नलाई पनि ऐन नियम पालना गर्नुपर्छ । बलमिच्याइँ गर्नु हुँदैन ।
बुद्धिबहादुर गुरुङ
विधान बन्दा म पनि थिएँ । विधान बनिसकेपछि अधिकारबारे कुराहरु जोडे । भेलामा प्रस्तुत गर्नुपर्ने थियो, त्यो भएन । प्रक्रिया नमिलेर कम्पनीबाट बाहिरिएँ ।
सुरुमा तीन लाखको निर्माण कार्य सकियोे । चिडियाखाना निर्माण हुने भएपछि ग्राउण्ड खनियो । प्रस्तावित पोखरा अन्तर्राष्ट्रिय चिडियाखाना भनेर कुरा आयो, हामी खुशी भैयो । तत्कालिन स्वास्थ्य मन्त्रीले शिलन्यास पनि गर्नुभयो । त्यसपछि काम ठप्प भयो । बैठक हुनै छाड्यो । डेढ करोड रकम आएपछि बैठक बाक्लिन थाल्यो ।
लक्ष्मीनाथ अधिकारी
सरासर ४३३ जनाको उपभोक्ताको अधिकारमाथी खेलवाड भएको छ । रकम आएको छ, तर बालुवामा पानि हालेको जस्तो काम भएको छ ।
सुरुमा सामुदायिक वनकै स्वामित्वमा रहेर गर्ने भनिएको थियो । अहिले, समितिमा यहाँका उपभोक्ता नै छैनन् । अब, हाम्रो विकल्प अदालत मात्रै हो ।
२३ जना साथी मिलेर कम्पनी बनाउनुभएछ । ०७५ जेठ १५ गते दर्ता भएको रहेछ । उहाँहरुको क्रियाकलापले सशंकित भएपछि विधान खोजियो, १ वर्ष उपलब्ध गराइएन । पछि थाह भयो केही मिलेर दर्ता गराएछन्, कम्पनीको नाममा । पचभैंयाका वनका अध्यक्ष त्यहाँका मालिक बनेछन् । हंगामा भयो । यसबारे, प्रदेश सभामा पनि सांसद विन्दु थापाले बोल्नुभयो ।
कुरो के हो भने, गैर नाफामुलक कम्पनीमा 'स्वामित्व हस्तान्तरण' हुने छैन भन्ने छ । जनतालाई भ्रम छर्नुभाछ । ठूलो दोष वनका अध्यक्ष नै हुन् । साधारण सभामा राखेको भए हुन्थ्यो । छलफल गर्नलाई साधारण सभा बोलाउन भन्दा पनि टेरेनन् । एक तिहाइ हस्ताक्षरले पनि टेरेनन् ।
समान अधिकार हुनुपर्छ, अपनत्व हुनेगरी बन्नुपर्छ भन्ने हाम्रो माग हो । शक्ती र सत्ताको आडमा लागिराख्नुभाछ उहाँहरु । यो खेलमा त्यो क्षेत्रका माननीय ज्यू पनि लागेको पाइयो । ५ करोड बढी परेछ । हामीले कर तिरेर दिएको पैसा । समान हककको लागि उठाइएको विषय राजनीतिक इस्यू हुँदै होइन । यो ब्रम्हलुटको खेल मात्रै हो ।
पैसा आउन थालेपछि जनतालाई थाहा दिनै छाडियो । दुःख गरेर जोगाएर राखेको जंगल हो । दुइ तिहाइ भेलाले निर्णय गरिसक्यो । त्यो कम्पनीलाई ९२ हेक्टर जमीन दिँदैनौ । राज्य र समुदाय भएर मिलेर चलाउने हो । कम्पनी अन्तै लगेर चलाउन सक्नुहुन्छ ।
प्रदेश सरकारले कृष्णप्रसाद ढकाललाई अनुगमन गर्न पनि पठायो । अनुगमन पछिको रिपोर्टमा स्पष्ट लेखिएको छ । 'विवाद भएको बुझिएको, गैरकानुनी रुपमा सञ्चालन भएको, गैरकानुनी खर्च भएको, डिपिआर नगरि काम भएको, छलफल अघि बढाउनु पर्ने' भनेर । केन्द्रीय वनको सचिव आएर हेरेर जाँदा पनि गैर कानुनी सञ्चालन भएको भन्नुभएको छ ।
उहाँहरुलाई जनतालाई गुमराहमा राख्न सकिन्छ कि भन्ने भ्रम छ । जनता कम्पनीको पक्षमा कहिल्यै छैन । हामी नेतृत्व होइन नीतिको बारेमा लडाइ गरेका हौँ । कमिकमजोरी स्वीकारेर आउनुहुन्छ भने सबै विषयमा छलफल गर्न तयार छौँ ।
पक्ष २ : औँलामा गन्नेले अफवाह फैलाए
अर्को पक्ष अर्थात्, जुलोजोकिल पार्कका अध्यक्ष हिमालय बख्रेलले भने राम्रो कार्य गर्न खोज्दा अफवाह फैलाइएको बताएका छन् । उनीसँग गरेको कुराकानी जस्ताको तस्तै :
हिमालय बख्रेल
अध्यक्ष, पोखरा जुलोजिकल पार्क
उपभोक्ताहरु पनि कति जना हुन् भन्ने हुन्छ । औलामा गनिनेहरुले गलत प्रचार गरिरहनुभएको छ । प्रालिमा १०१ संख्या गरिनुपर्छ । सामाजिक संस्था गैर नाफा मुलकको रुपमा प्रालिमा दर्ता हुन्छ । यहि बुझाइको अभावले भ्रम सिर्जना भएको हो ।
दर्ता गर्दा विभिन्न १४ वटा क्षेत्रबाट प्रतिनिधि मुलक सहभागीता भएर २३ जनाको नाममा दर्ता गरेका हौँ । ३ वर्षको कार्यकाल हो । त्यही
पनि २ कार्यकाल मात्रै अध्यक्ष हुने व्यवस्था छ । पारदर्शिता अपनाउँदा अपनाउँदै पनि यस्तो अवस्था आएको छ ।
पार्कको लागि करोडौँ खर्च भइरहेछ । आत्तिनु पर्देन । हामी सबै सचेत छौँ । असन्तुष्ट भए प्रत्यक्ष निगरानी गरिदिनुस् । ३०, ३१, ३२को मात्रै नभएर यो पार्क देशकै हो । नेपालमै छैन यस्तो ।
पोखरा महोत्सव गरेर यत्रो गर्दा चित्त बुझेन भने म भगवान होइन सबैलाई बुझाउन सक्ने । 'आफू छु सबै राम्रो, आफू छैन सबै नराम्रो' भन्ने सोचाइ छ उहाँहरुको ।
के छ मुनाफा वितरण नगर्ने कम्पनी सम्बन्धी व्यवस्था ?
कम्पनी ऐन २०६३को परिच्छेद १९ मा मुनाफा वितरण नगर्ने कम्पनी सम्बन्धी व्यवस्था उल्लेख गरिएको छ ।
यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै पेशा वा व्यवसायको विकास तथा प्रवद्र्धन गर्न वा कुनै खास पेशा वा व्यवसायमा लागेका व्यक्तिहरुको सामूहिक हक हितको संरक्षण गर्न वा कुनै शैक्षिक, प्राज्ञिक, सामाजिक, परोपकारी वा सार्वजनिक उपयोगिता वा कल्याणकारी उद्देश्य प्राप्तिको लागि लाभांश बाँडी लिन नपाउने शर्तमा कुनै उद्यम गर्न कम्पनी संस्थापना गर्न सकिने उल्लेख छ ।
ऐनमा संस्थापित कम्पनीको सदस्यता कुनै व्यहोराले हस्तान्तरण हुन नसक्ने र कुनै सदस्यको मृत्यु भएमा, दर्ता खारेज वा विघटन भएमा वा अन्य संस्था वा कम्पनीमा गाभिएमा त्यस्तो व्यक्ति वा संस्थाको सदस्यता स्वतः समाप्त हुने भनिएको छ ।
गैर कानुनी रुपमा चिडियाखाना निर्माण तथा सञ्चालन भइरहेको : अनुगमन प्रतिवेदन
उद्योग, पर्यटन, पर्यटन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेश अन्तर्गतको वन व्यवस्थापन तथा जैविक विविधता महाशाखाका प्रमुख कृष्णप्रसाद ढकालले यसबारे अनुगमन पछि प्रतिवेदन समेत बुझइसकेका छन् । ०७६ असारमा ढकालले अनुगमन गरेको प्रतिवेदनमा उल्लेख छ ।
अनुगमन पश्चात् तयार पारिएको प्रतिवेदनमा भनिएको छ 'चिडियाखाना सञ्चालनमा विवाद भएको बुझिएको, गैर कानुनी रुपमा चिडियाखाना निर्माण तथा सञ्चालन भैरहेको, निर्माण कार्य गराउँदा प्रचलित कानुन बमोजिम गराउनुपर्ने , कानुन संगत संचालन गर्ने कुरामा डिभिजन, निर्देशनालय तथा मन्त्रालयको संयुक्त छलफलबाट निकास निकाल्नुपर्ने डिपिआर तयारपछि मात्र कार्य संचालन गर्नुपर्ने, हालका कार्य द्रुत गतिमा संचालन गर्नुपर्ने निर्देशन ।' | 2020/09/22 05:52:20 | https://www.tandavnews.com/2019/08/28711 | mC4 |
विश्व सरसफाइ दिवस:सडकमा जताततै फोहरको थुप्रो • nepalhealthnews.com
विश्व सरसफाइ दिवस:सडकमा जताततै फोहरको थुप्रो
पूर्णप्रसाद मिश्र || प्रकाशित मिति :2018-09-15 10:22:58
विश्व सरसफाइ दिवसका दिन आज उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३१ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ ।
वागमती सफाइ महाभियानको २७९ औँ हप्तामा मीनभवन क्षेत्रको नदी किनारमा सफाइ गरियो । सफाइमा अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तिलगङ्गा महिला समूहलगायत २६ संस्थाका ७०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो ।
सफाइबाट चार मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वागमती समितिका सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिनुभयो । सफाइमा समिति अध्यक्ष नरेन्द्रराज बस्नेत, महानगरपालिका–३१ का सदस्यलगायत स्थानीयवासीको सहभागिता थियो ।
आज विश्व सरसफाइ दिवस परेकाले सबै स्थानीय तहका वडामा सफाइ गरियो । सफाइ गरिए पनि सडकमा जताततै फोहर थुपारिएको देखिन्छ । महानगरपालिकाले सबै वडालाई दिवस मनाउन आह्वान गरेको थियो ।
वागमतीको मुहान सुन्दरीजलदेखि नै सफाइ अभियान चलाएको वागमती सुन्दरता सरोकार मञ्चले २४० औँ हप्ताको सफाइ गोकर्णेश्वर महादेव मन्दिर परिसरमा गरेको थियो । नगरपालिका–४ का अध्यक्ष श्रीकुमार श्रेष्ठको संयोजनमा भएको सफाइमा गोकर्णेश्वर नगरपालिका उपप्रमुख शान्ति नेपाललगायत जनप्रतिनिधिको सहभागिता थियो ।
सफाइबाट छ मेट्रिकटन फोहर व्यवस्थापन गरियो । कुहिने पाँच मेट्रिक टन फोहर त्यहीँ गाडिएको थियो भने नकुहिने एक मेट्रिकटन फोहर बाहिर व्यवस्थापनका लागि नगरपालिकाको सवारी साधनले लगेको अभियानकर्मी उत्तम पुडासैनीले जानकारी दिनुभयो ।
उक्त नदीको मुहानदेखिकै सफाइ अभियानमा जुटेका राम्रो जोरपाटी, हाम्रो जोरपाटी, पुडासैनीमैत्री समाज, माकलबारी टोल सुधार समितिलगायत संस्थाका पनि सहभागिता थियो ।
रुद्रमती सफाइको २३४ औँ हप्तामा वडा नं ९ र ३० दुई समूहमा सफाइ गरी दुई मेट्रिकटन फोहर व्यवस्थापन गरियो । रुद्रमती सरोकार समाजको नेतृत्वमा भएको सफाइमा वडा नं ३० का अध्यक्ष दलबहादुर कार्की, वडा नं ९ का अध्यक्ष रामकृष्ण श्रेष्ठ, वातावरण संरक्षण अभियान, प्रसिद्धि कला समूहलगायत संस्थाका १५० भन्दा बढीकोे सहभागिता रहेको संयोजक रोहित गिरीले जानकारी दिनुभयो ।
विष्णुमती सफाइको २०६ औँ हप्तामा आज टोखा र तारकेश्वर नगरपालिकाको सीमास्थित सिद्धेश्वर मन्दिर क्षेत्रमा सफाइ गरियो । सफाइमा तीनवटा सुरक्षा निकायसहित २५० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो । सफाइबाट दुई मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी शोभाकान्त पाण्डेले जानकारी दिनुभयो ।
वागमतीको सुन्दरीघाट खण्ड सफाइको ८९ औँ हप्तामा आज त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिकटन फोहर व्यवस्थापन गरियो । यसैगरी मनोहरा सफाइको ७९ औँ हप्तामा काठमाडौँ महानगरपालिका–३२ स्थित नरेफाँटको नदी क्षेत्रमा सफाइ गरी एक मेट्रिकटन फोहर व्यवस्थापन गरियो ।
चक्रपथ सफाइको ७५ औँ हप्तामा गोङ्गबु–सामाखुशी–वसुन्धरासम्म सफाइ गरियो । तीनसय ५० अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट १२ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको संयोजक लोकबहादुर टण्डनले राससलाई बताउनुभयो । 'डम्पिङ साइट' को अभावमा चक्रपथको दायाँबायाँ पनि फोहरको डङ्गुर थुप्रिएको उहाँले जानकारी दिनुभयो ।
आलोकनगर सफाइको ७५ औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिकटन फोहर व्यवस्थापन गरियो । टोल टोलमा प्रहरी अभियानका साथै सफाइसँगै जनचेतनामूलक कार्यक्रम पनि आयोजना गरिएको संयोजक प्रमिला पौडेलले बताउनुभयो ।
चक्रपथ बाफल खण्ड सफाइको ५७ औँ हप्तामा स्युचाटार पुल क्षेत्रमा सफाइ गरी दुई मेट्रिकटन फोहर व्यवस्थापन गरियो । सफाइमा महानगरपालिकाका वडा सदस्यको पनि सहभागिता रहेको संयोजक ताराबहादुर कुँवरले जानकारी दिनुभयो ।
विसं २०७० जेठ ५ गते शनिबारदेखि शुरु भएको वागमती सफाइ महाभियानसँगै देशका १०० भन्दा बढी स्थानमा सफाइ अभियान शुरु भइसकेको छ ।
विश्व सरसफाइ दिवस २०१८
विश्व सरसफाइ दिवस प्रत्येक वर्ष सेप्टेम्बर १५ का दिन सरसफाइ अभियान गरी विश्वभर मनाइन्छ । विगत केही वर्षदेखि नेपालमा पनि यो दिवस आभियानका रुपमा मनाउन थालिएको हो ।
स्कूल, कलेज सरकारी तथा गैरसरकारी संस्था वा विभिन्न समूहले यो दिवसलाई अभियानका रुपमा मनाउँदै आएका छन् । 'मानिसका लागि स्वच्छ गृह' भन्ने विश्व सरसफाइ दिवस २०१८ को नाराका साथ महाँकालस्थित जनकल्याण माविको श्री जनकल्याण युवा क्लबले आफ्नो क्षेत्रमा सफइ गरे ।
क्लबले महाँकाल ओरालोको बस बिसौनीदेखि टुसाल महाँकाल रोड हँुदै महाँकाल मन्दिरसम्म सफाइ गरेको र यसमा स्थानीय बासिन्दले पनि साथ दिँदै क्लबलाई धन्यवाद दिए् । स्थानीयबासिन्दा स्वस्फूतरूपमा सफाइमा सहभागी भई क्लबका पदाधिकारी तथा विद्यार्थीलाई सहयोग गरेका थिए । यस कार्यक्रमका लागि क्लिन अप नेपालले क्लिन अप कीट उपलब्ध गराएको थियो ।
उक्त विद्यालयकी प्रधानाध्यापक कुमारीकमला राईले भन्नुभयो, "आफ्नो छेउछाउ सफा राख्नु हामी सबैको जिम्मेवारी भएको र यो जिम्मेवारी पूरा गर्नसके स्वच्छ घर बनाउनुका साथै हामी आफै पनि स्वस्थ्य रहन सक्छौँ । रासस
आर्थिक वर्ष २०७५/०७६ मा स्वास्थ्य मन्त्रालयको मुख्य उपलब्धि, ७९ प्रतिशत कार्ययोजना सफल भएको विवरण प्रस्तुत | 2019/07/23 20:10:23 | http://nepalhealthnews.com/news/2018/09/15/12280.html | mC4 |
» नेता बानियाँद्वारा कृष्ण प्रणामी मन्दिर ज्यामिरेको नवनिर्मित भवन उद्घाटन
नेता बानियाँद्वारा कृष्ण प्रणामी मन्दिर ज्यामिरेको नवनिर्मित भवन उद्घाटन
७ भाद्र २०७६, शनिबार १५:२९
हेटौंडा /नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँले मनहरी गाउँपालिका ९ ज्यामिरेस्थित कृष्ण प्रणामी मन्दिरको नवनिर्मित भवनको उद्घाटन गर्नुभएको छ ।
मनहरी गाउँपालिका ९ ज्यामिरेस्थित कृष्ण प्रणामी मन्दिरमा नेता बानियाँको पहलमा प्रदेश सरकारबाट ३० लाख रुपियाँ बजेट विनियोजन गराई भवन निर्माण गराउनुभएको थियो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर गिरीको सभाध्यक्षतामा भएको भवन उद्घाटन कार्यक्रममा बोल्दै प्रमूख अतिथि बानियाँले नेपालमा चलिआएको धर्म संस्कृतिको जगेर्ना गर्नु अत्यन्तै आवश्यक भएको बताउँदै आफूले विगतदेखिनै सबै धर्मालम्बीहरुको धर्मसंस्कृतिलाई जोगाउन सक्दो सहयोग गरेको बताउनुभयो ।
नेता बानियाँले मन्दिरमा बाँकी पूर्वाधार निर्माणमा पनि सहयोगको आवश्यक्ता सम्झन आग्रह गर्दै सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सल्लाहकार एवं मनहरी गाउँपालिका संयोजक भरत पराजुली, जिल्ला सदस्य नवराज सुवेदी, मनहरी ७ नम्बर वडाअध्यक्ष ठाकुरराम तितुङ, साविक कांग्रेस मनहरीका सभापति नारायण उप्रेती,कांग्रेसका नेताहरु रञ्जन कालाखेती, प्रकाश बर्तौलालगायतले बोल्नुभएको थियो । | 2021/03/04 21:44:33 | https://www.janapatra.com/archives/14152 | mC4 |
नेपालमा खोप लैजाने पहल भइरहेको छ: राजदूत डा. खतिवडा (अन्तर्वार्ता) - PLA Khabar
नेपालमा खोप लैजाने पहल भइरहेको छ: राजदूत डा. खतिवडा (अन्तर्वार्ता)
2021-05-24 2021-05-24 plakhabar
वासिङ्टन – अमेरिकी सरकारले नेपाललाई कोरोना भाइरससँग जुध्नका लागि विभिन्न तरिकाले सहयोग गर्दै आएको छ । विदेश मन्त्री एन्थोनी व्लिकेनले हालसालै नेपाललाई सहयोग गरिएको विषयलाई सामाजिक सञ्जालमा समेत उल्लेख गरेकी थिइन् ।
अमेरिकी सहयोग नियोग युएसएआइडीले नेपाललाई सहयोग गर्दै आएको छ र आगामी दिनमा अझ सहयोग बढाउने जानकारी उच्च अधिकारीहरुले सिनेटको कमिटिमा समेत दिएका छन् । वहुराष्ट्रिय देशहरुलाई सर्वसुलभ रुपमा अमेरिकाले उपलब्ध गराउने खोप आयोजना कोभ्याक्सको लागि नेपाल पनि लाभान्वित देश हो । यो प्रक्रियामा रहेको छ भने नेपालले अमेरिकाबाट खोप खरिद गर्ने प्रक्रिया पनि अगाडि वढाइरहेको छ ।
अमेरिकी सरकारलाई नेपालको आवश्यकताअनुसारका सामाग्रीहरु, खोपलगायतको माग गर्ने कार्यमा अमेरिकी सरकारी एजेन्सीहरुसँग छलफल गर्न व्यस्त रहनुभएका अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडासँग अमेरिकाको वाशिङ्गटन डिसीस्थित राससका विशेष प्रतिनिधि मधुकर अधिकारीले गरेको कुराकानीको सम्पादित अंश तल प्रस्तुत छ ।
खासमा हामीहरुले विगतको पाठ सिकेर के गरेका छौँ भने यहाँबाट जाने जे सुकै सहयोग पनि स्वास्थ्य मन्त्रालयमार्फत् बुझने व्यवस्था गरिएको छ । हामीले यसमा केही मापदण्ड समेत तय गरेका छौँ । हामी स्वास्थ्य सामाग्री बाहेक अरु सामान लिदैनौँ, एक पटक प्रयोग गरिएका सामानहरु लिदैनौँ ।
यो एउटा सहज स्थिति रहेन । यो सहायतालाई हामीले अलि बढी नै राजनीतिकरण गर्यौं । जे सम्झौता गरेका छौं, त्यहाँभित्र लेखेका कुराहरुमा वौद्धिक सम्पत्तिको कुरा होला, आयोजनापछि त्यसको सुरक्षाको कुरा होला या लेखा परीक्षणको अवस्थाको कुरा होला या कुनै अवस्थामा कानूनहरु बाझिएको कुरासमेत 'लेटर अफ एक्सचेञ्ज'बाट सल्टाउन सकिन्छ । तर अनावश्यक रुपमा यस आयोजनालाई अमेरिकाको सुरक्षा नीतिभित्र पर्छ भनेर एकातिर हल्ला गरियो भने अर्कोतर्फ दुई दुई वर्षसम्म संसदमा प्रवेश नै नगराई हलो अड्काउने काम भयो ।
यसमा कुनै विवादको विषय नै छैन । राजनीतिक दलका नेताहरुले भेटमा एउटा र व्यवहारमा अर्को कुरा गर्ने जस्तो द्धैध चरित्रको कुरा गर्नुभएकाले पनि संसदमा यो सहायता कार्यक्रम टेवल हुन पाएन । टेवल नभएपछि छलफल भएन, त्यो नभएपछि अनुमोदन हुने कुरै आएन । जवकी उहाँहरु सबै सरकारमा भएको बेला 'थ्रेसहोल्ड' हुँदै हामी 'कम्प्याक्ट'मा प्रवेश गरेका थियौँ । यो सम्झौताअनुसार अनुमोदनको अन्तिम समय दिएको पनि डेढ वर्ष भयो ।
हामीहरुको लागि विद्युत वितरणको आयोजना लाइफलाइन नै हो नि । यो नेपालको वृहत्तर विकासको लागि अपरिहार्य पनि छ । त्यसैले यो राष्ट्रिय गौरवको आयोजनामा राखेका छौँ । हामीले यसलाई तीन वर्षदेखि बजेटमा राखेका छौँ । यो संसदले पास गरेको बजेट हो ।
यसैले यसलाई कार्यान्वयनमा लैजाउँ भनेका छौँ । तर उहाँहरुले अनुमोदन नभई यो 'फोर्स' हुँदैन भन्नुभएको हो । यो होल्डमा रहेको छ । अव संसद नभएको अवस्थामा कसरी कुन विकल्पमा जाने भनेर हामीले छलफल गरिरहेका छौँ । हामीले यसको लागि काम गर्दै आएका पनि छौँ, आयोजनाको स्थान छनौट, वातावरण मूल्याङ्कन जस्ता काम सम्पन्न गरिसकेका छौँ । 'क्रस कन्ट्रि टान्समिशन लाइन'को लागि कम्पनी स्थापना गर्न क्याविनेटमा प्रस्ताव पुगेको पनि छ । | 2021/09/28 05:28:36 | https://plakhabar.com/2021/05/24/15289/ | mC4 |
४ जिल्लाका ठूला पुल : ठेकेदारको लापरबाहीले वषौंदेखि अलपत्र
नेपाल लाइभ आइतबार, भदौ २९, २०७६, १२:४४
डडेल्धुरा- डडेल्धुराको परशुराम नगरपालिकामा पर्ने रंगुन नदीमा पुल बन्न थालेको ५ वर्ष बितिसकेको छ। तर पुल सुचारु हुने कुनै अत्तोपत्तो छैन। २०७१ असार १८ गते पुल निर्माणको ठेक्का सम्झौता हुँदा स्थानीय निकै खुसी थिए। नदीले दिएको दुःख पुल बनेपछि हट्ने आशा बोकेका स्थानीय बासिन्दा ५ वर्ष बितिसक्दा पनि पुल नबन्दा निराश भएका छन्।
यो मात्र होइन पुल नबनेर स्थानीयले थुप्रै स्थानमा स्थानीयका सास्ती कम छैनन्। स्थानीय जनप्रतिनिधि नै ठकेदार भएकाले नियामक निकायले ताकेता गर्न नसकेको, मुआब्जा विवादका कारण काममा ढिलाइ भएको र कतिपय त मुद्दा सर्वोच्चसम्म पुगेकाले काममा ढिलाइ भएको बताउने गरिएको छ। तर पुल नबन्दा जोखिमपूर्ण यात्रा स्थानीयहरूको जीवनकै अभिन्न अंग जस्तै बनिसकेको छैन। तर सम्बन्धित सरोकारवालयले यसमा पर्याप्त चासो र चिन्ता भने व्यक्त गरेको पाइँदैन भने नियामक निकायले पनि जनअपेक्षा बमोजिम काम गर्न सकेको पाइँदैन।
रंगुन नदीमा तीन वर्षमा निर्माण सम्पन्न गरिसक्नु पर्ने पुल पाँच वर्षसम्म पनि बन्न सकेको छैन। ज्यानै जोखिममा राखेर स्थानीयले नदी तर्नुपर्ने बाध्यता छ। पुलको निर्माणको ठेक्का सम्झौता १८ असार २०७१ मा भएको थियो भने १७ असार २०७४ मा निर्माण सम्पन्न गरिसक्नु पर्ने सम्झौतामा उल्लेख थियो। तर तीन वर्षभित्र निर्माण सम्पन्न हुनुपर्ने पुल ५ वर्ष पूरा भइसक्दासम्म पनि निर्माण सम्पन्न हुन कुनै छाँटकाट छैन।
सडक डिभिजन कार्यालय कुलपाते अन्तर्गत रंगुन नदीमा निर्माणाधीन पुल निर्माणको ठेक्का पप्पु–राजेन्द्र–कुमार जेभी कम्पनीले गरिरहेको छ।
पुल निर्माण गर्ने सम्झौताको म्याद गुज्रिँदासमेत पुलको निर्माण सम्पन्न नभएपछि स्थानीय आक्रोशित भएका छन्। मोटरेबल ब्रिज प्रविधिबाट निर्माण भइरहेको पुलको २ सय ५५ मिटर लम्बाई रहेको छ भने सुरुको बजेट लागत १२ करोड २८ लाख ८१ हजार २ सय ३१ रुपैयाँ ५१ पैसा रहेको थियो। पटक–पटक सम्झौता थप्दै गरेको भए पनि थपेको समयसमेत सकिएको तर पुल निर्माण भने सम्पन्न हुन सकेको छैन।
तर, थपिएको म्याद सकिँदासम्म अझै २५ प्रतिशतभन्दा बढी काम बाँकी रहेको सडक डिभिजन कार्यालय कुलपाते डोटीका सब-इन्जीनियर मानबहादुर विष्टले जानकारी दिए।
सेरागाड पुल अलपत्र
डडेल्धुराको भागेश्वर गाउँपालिका–४ डुङ्गरीदेखि अजयमेरु गाउँपालिकाको देवलदिव्यपुर जोड्ने सडकखण्डको सेरागाडमा बन्न लागेको पुल पनि अलपत्र छ।
डिभिजन सडक कार्यालय कुलपाते, दिपायलले पुल निर्माणका लागि २०७२ भदौ २४ गते बिकोई बिल्डर्ससँग ठेक्का सम्झौता गरेको थियो।
भ्याटसहित कूल ५ करोड १ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीलाई पुल निर्माण कार्य सम्पन्न गर्न दुई वर्षको समयावधि तोकिएको थियो।
२०७४ साल भदौ २४ गते ठेक्का अवधि सकिएपछि २०७५ भदौ ९ गतेसम्म काम सक्ने गरी म्याद थप गरिएको डिभिजन सडक कार्यालय कुलपाते डोटीका सब-ईन्जीनियर विष्टले बताए। दोस्रो पटक थप गरेको एक वर्ष सकिन लागेको छ तर प्रगति सुस्त छ।
वर्षाको समयमा पुल निर्माणको काम गरिएकाले बाढीले निर्माणाधीन पुल भत्किएकाले केही समय लागेको र अब अन्तिम चरणमा पुगेको निर्माण कम्पनी सञ्चालक होमनाथ कोइरालाले जनाएको छ। ४० मिटर लम्बाई र ११ मिटर चौडा त्यो पुल समयमै निर्माण हुन नसक्दा स्थानीयले सास्ती खेप्नु परिरहेको छ।
डडेल्धुराको रडुवा पुल
डडेल्धुराको अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिका जोड्ने रडुवा खोलामा निर्माणाधीन अवस्थामा रहेको रडुवा खोलामा पक्की पुल निर्माण कार्य अलपत्र अवस्थामा छ।
२०७३ सालमा निर्माण सम्पन्न गर्ने गरी जागृति निर्माण सेवा बझाङले २०७१ सालमा जिम्मेवारी पाएको थियो। तर सम्झौता भएको ५ वर्ष नाघ्दासमेत पुल निर्माणको करिब ५५ प्रतिशत मात्र काम सम्पन्न भएको छ। ४ करोड ८३ हजार लागतमा निमार्णधीन सडकको २ पटक म्याद थपेको म्याद २०७५ माघ १० मा सकिएको हो। नयाँ निमार्ण खरिद ऐन अनुसार फेरि एक वर्ष म्याद थपिएको सडक डिभिजन कार्यालय कुलपाते डोटीका सब-इन्जिनियर मानबहादुर विष्टले बताए।
यसैगरी डडेल्धुराकै सकायल खोलामा निर्माण भईरहेको डाडावन पक्की पुलको पनि निर्धारित समयावधि सकिएको दुई वर्ष बिति सकेको छ। निर्माण कार्य भने करिब ४० प्रतिशत मात्रै सम्पन्न भएको छ। दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्ने गरी राजेन्द्र चाँदनी जेभी डडेल्धुराले २०७२ सालमा २ करोड ५० लाखमा पुल निर्माण सम्झौता गरेको थियो।
गन्यपाधुरा गाउँपालिका र नवदुर्गा गाउँपालिकालाई जोड्ने गरी निर्माण भईरहेको डाडावन पुलको दुवै तर्फ अपुरा पिल्लर मात्रै निर्माण भएका छन्।
यसैगरी उता भागेश्वर गाउँपालिका–३ पर्छेटाको पछौडा पुल पनि अलपत्र अवस्थामा छ। २०७१ सालमा ०७४ मंसिरमा सम्पन्न गर्ने गरी २ करोड लाख २५ लाखमा राजेन्द्र चाँदनी आशिष जेभी निमार्ण कम्पनीसँग सम्झौता भएको थियो। सम्झौता अवधि सकिएको २ वर्षसम्म करिब ४० प्रतिशत मात्र काम भएको सडक डिभिजन कार्यालयका सब–ईन्जिनियर विष्टको भनाइ छ।
ती पुलको निर्माण गर्ने जिम्मेवारी पाएको निर्माण व्यवसायीलाई पटकपटक पत्राचार गरेको भएपनि अटेर गरी काममा ढिलाई गरेको डिभिजन सडक कार्यालयको भनाइ छ।
४ वर्षदेखि अलपत्र धौलीगाड खोला पुल
महाकाली राजमार्गअन्तर्गत दार्चुला सदरमुकाम खलंगाको गल्फै बजार नजिकै धौलीगाड खोलाको पुल ४ वर्षदेखि अलपत्र छ। जग्गाको उचित मुआब्जा नपाएको भन्दै जग्गाधनीले पुल निर्माणमा अवरोध गरेपछि पुल निर्माण कार्य अलपत्र परेको हो।
दार्चुला सदरमुकाम खलंगालाई मोटर पुलले जोड्ने गरी सडक डिभिजन कार्यालय बैतडीले २०७१ असार ३० गते आशिष कन्ट्र्रक्सन धनगढीसँग पुल निर्माण सम्झौता गरेको थियो। २ करोड ३२ लाख ५६ हजार रुपैयाँ लागतमा पुल निर्माणको सम्झौता भएर ३० प्रतिशत काम भएपछि मुआब्जा विवादका कारण काम रोकिएको सुचारु हुन सकेको छैन।
मुआब्जा निर्धारण समितिको ०७३ साउन ७ गते बसेको बैठकले उक्त क्षेत्रको जग्गाको मूल्यांकन २१ लाख ३७ हजार रुपैयाँ प्रतिरोपनी निर्धारण गरेको थियो। तर, जग्गाधनीले सो मूल्य ०७१ सालमा मुआब्जा निर्धारण समितिको मूल्यांकनभन्दा कम भएको भन्दै सर्वोच्च अदालतमा उजुरी गरेपछि पुनः मूल्याङ्कन गर्न सर्वोच्चले आदेश दिएको छ।
यसअघि ०७१ असार १५ गते बसेको मुआब्जा निर्धारण समितिको बैठकले सोही क्षेत्रको जमिनमो ३८ लाख ५० हजार रुपैयाँ प्रति आना मुआब्जा दिएको थियो। सोही निर्णयलाई आधार मान्दै जग्गाधनीले उचित मूल्यांकन गरी मुआब्जा दिन माग गरेका छन्।
सर्वोच्च अदालतको इजालसले ०७३ चैत्र ९ गतेको निर्णयलाई खारेज गर्दै उक्त जग्गाको पुनः मूल्यांकन गरी मुआब्जा दिन आदेश गरेपछि मुआब्जा विवाद लम्बिएको छ। एउटै समयमा गरिएका निर्णय फरक परेको हुँदा पुनः मूल्यांकन गर्न आदेश गरेको दुई वर्ष बढि हुँदा पनि निर्णय कार्यान्वयन भएको छैन। २५ मिटर लम्बाइमा निर्माण गरिने पुल निर्माण नहुँदा अहिले पनि उक्त क्षेत्रमा खोलाबाटै गाडी आवतजावत गर्ने गरेका छन्।
सेती पुल : पाँच वर्षमा १० प्रतिशत काम
सेती नदीमा निर्माणाधीन पक्की पुलको निर्माण अवधि सकिँदा १० प्रतिशत मात्र काम पूरा भएको छ। डोटीको शिखर नगरपालिका बाने डुग्रीसैनमा करोडौंको लगानीमा बनिरहेको 'सेती नदी पुल'को निर्माण सम्झौताको मिति दुई पटक सकिएको भएपनि काम भने अति सुस्त छ। सम्झौता भएको पाँच वर्ष पुग्दा समेत १० प्रतिशत मात्र काम भएको छ।
२०७१ असार २९ गते सम्झौता भएको उक्त पुलको निर्माण सम्झौताको समय २०७४ असार २९ गते नै सकिएको थियो। २०७५ असार १४ गते पुल निर्माणको म्याद थप भएको भएपनि २०७५ मंसिर ५ गते नै सो को म्याद सकिएको थियो। त्यसपछि भने म्याद थप भएको छैन।
परशुराम नगरपालिकाका मेयर भीमबहादुर साउद संचालक रहेको पप्पु राजेन्द्र जेभी निर्माण कम्पनीले पुलको निर्माण कार्यको जिम्मा लिएको थियो। अहिलेसम्म भने नदीको वारी र पारीका दुईवटा पिल्लर समेत पूर्ण रुपमा निर्माण भएका छैनन्। बीचका सातवटा पिल्लरको निर्माण कार्य सुरु नै गरिएको छैन।
तीन सय ३९ मिटर लम्बाई र साढे सात मिटर चौडाई रहने उक्त पुल निर्माण सम्झौताको भ्याटसहितको रकम २६ करोड २० लाख ८८ हजार चार सय (भ्याट बाहेक २३ करोड २० लाख ६३ हजार दुई सय) रुपैयाँ रहेको सडक डिभिजन कार्यालय कुलपाते डोटीले जानकारी दिएको छ।
पुलको निर्माण सम्झौताको समय २०७५ मंसिर ५ गते नै सकिएको भएपनि अझैं म्याद थप भएको छैन। म्याद थपको लागि फाइल अगाडि बढिसकेको भएपनि विविध कारणले फाइल फिर्ता आएको सडक डिभिजनले जनाएको छ।
सकार-कैलपाल जोड्ने पुल पनि उस्तै
बैतडीको पाटन नगरपालिकाको सकार तथा कैलपाल जोड्ने मोटरेबल पुलको हालत पनि उस्तै छ। सुर्नया नदीमाथि ५० मिटरको पुल निर्माणकार्य २ वर्षमा सक्ने गरी निर्माण कम्पनीले सम्झौता गरेको भएपनि अहिलेसम्म ३० प्रतिशत मात्रै काम भएको डिभिजन सडक कार्यालय बैतडीले जनाएको छ।
पुल निर्माणस्थलसम्म पुग्ने बाटोको समयमा मुआब्जा नदिँदा २८ महिनासम्म काम गर्न नपाएको, त्यसपछि काम गरेको भुक्तानी पनि समयमा नपाएका कारणले पुल निर्माण हुन नसकेको निर्माण कम्पनीका प्रतिनिधि मदनमोहन विष्टको दाबी छ।
२०७१ सालमा पुल निर्माणका लागि एडभेन्चर कन्सट्रक्सन कम्पनीले जिम्मा पाएको थियो।
२ करोड ९० लाखमा निर्माण सक्ने गरेर सम्झौता गरेको कम्पनीले समयमा काम नसकेपछि खरीद ऐनको आठौं संशोधन अनुसार आगामी माघ महिनाभित्र कम्पनीलाई पुल निर्माण कार्य सम्पन्न गर्न भनेको डिभिजन प्रमुख खनालले बताए।
समयमा पुल निर्माण नसक्ने कम्पनीलाई किन कालोसूचीमा नराख्ने भनेर सूचना समेत प्रकाशित गरेको तर खरीद ऐनको आठौं संशोधनले एक पटकका लागि कम्पनीले काम गर्न चाहे काम गर्न दिने प्रावधान गरेकाले सोहीअनुसार हर्जनासहित म्याद थपेको उनले बताए।
सकार जोड्ने सुर्नया नदीको मोटरेबल समयमा सम्पन्न नहुँदा पाटन नगरपालिकाको वडा नं १ र ७ का स्थानीयको गाडीमा चढ्ने सपना पनि अधुरो रहेको छ। पुल निर्माण नहुँदा सडकमा जिप गुड्न नसकेका पाटन नगरपालिका–१ का वडाअध्यक्ष गणेशदत्त भट्टराईले बताए। | 2020/06/03 02:14:12 | https://nepallive.com/story/143931 | mC4 |
पानी र खानाका लागि झगडा गर्न म सन्तान जन्माउँदिन
नोयमी क्लेन
अक्सर मान्छेहरु यो ठान्छन् कि जलवायु परिवर्तन वातावरणवादी, हरियाली अभियन्ताहरुको मात्र सवाल हो । यो राजनीतिक, आर्थिक वा सामाजिक सवालसँग जोडिएको छैन, बिल्कुल भिन्नै सवाल हो । अरु समस्या र संकट फरक हुन् । जलवायु परिवर्तन फरक छ । यसरी जलवायु परिवर्तनलाई विश्वले सामना गरिरहेका अरु संकटभन्दा भिन्न संकट ठान्ने गरिन्छ । यथार्थमा यो अन्य सवालसँग उत्तिकै घनिष्ठ रुपमा जोडिएको छ ।
जस्तो कि अहिले 'श्वेत सर्वोच्चता' (ह्वाइट सुप्रिमेसी) को सोच बढिरहेको छ, राष्ट्रवादका अनेक रुपहरु प्रकट हुँदैछन, कतिपय देशमा हज्जारौं मानिसलाई मातृदेश छोड्न बाध्य पारिएको छ, शरणार्थी संकट चर्किंदो छ– यी संकट कुनै न कुनै रुपमा जलवायु परिवर्तनको संकटसँग जोडिएका छन् । सबै मानवीय संकट एकअर्कासँग अन्तर्सम्बन्धित छन् । तसर्थ, समाधान पनि अन्तर्सम्बन्धित हुन्छ ।
बितेको दशकलाई फर्किएर हेर्दा जलवायु परिवर्तन र वातावरणको मुद्दालाई वामपन्थले खासै महत्वका साथ लिएन । परिणामस्वरुप वातावरणीय संकट झन् चर्किएर गयो र दक्षिणपन्थको पुनर्उदयको आधार बन्यो । वामपन्थको रुची सम्पतिको पुनर्वितरणमा थियो । सम्पति भनेको प्राकृतिक स्रोत-साधनको उपयोग र रुपान्तरणबाट सिर्जना हुने हो । प्राकृतिक स्रोत-साधनको सीमा छ भन्नेतिर उनीहरुले ध्यान दिएनन् । मध्यमार्गीहरुले कुनै पनि सवाललाई महत्वका साथ विश्लेषण गरेनन् । केवल वाम र दक्षिण विभाजनमा आफ्नो स्थान कहाँ छ भनेर हेरे । फलतः अमेरिकी राष्ट्रपति निर्वाचनदेखि बेलायतको ब्रेक्जिटसम्म, ट्रम्पदेखि बोरिस जोहन्सनसम्म दक्षिणपन्थको जोडदार आँधी आयो ।
यही परिप्रेक्ष्यमा हामीले नयाँ हरित सम्झौता (ग्रिन न्यू डिल) को अवधारणा ल्याएका हौं । यो अति नै उत्साह र खुुशीको कुरा हो । हामी जुनस्तरको संकट सामना गरिरहेका थियौं – त्यसलाई हल गर्ने उपाय पनि उत्तिकै सशक्त हुन जरुरी छ । हामीले कार्बन उत्सर्जन कर, ससाना वातावरणवादी अभियान वा कुनै चमत्कारिक उपायको कुरा गरेको हैन । हामीले भन्न खोजेको कुरा अर्थतन्त्रको रुपान्तरण हो । अहिलेको अर्थतन्त्रको ढाँचा बहुमत जनसंख्याका लागि असफल भइरहेको छ । अर्को कुरा – हामी किन यति धेरै राजनीतिक बेथिति र संकट बीचमा छौं ? किन राजनीतिले ट्रम्प र ब्रेक्जिट दिइरहेको छ ? किन यी शक्तिशाली नेताहरु विद्यमान संकटहरुको सम्बोधन गर्न असमर्थ छन् ? यो सबै त्यत्तिकै भएको हैन होला, यसको कारण होला ।
प्रत्येक क्षण हामीसँग बढ्दो तापमानको प्रत्येक मात्रालाई नियन्त्रण गर्ने, त्यसउपर विजय प्राप्त गर्ने र समाजलाई अझ मानवीय बनाउन नीतिगत हस्तक्षेप गर्ने सम्भावना हुन्छ । तर, यो मौका हामी गुमाइरहेका हुन्छौं । हामी फजुल तरिकाले जलवायु बर्बरता (क्लाइमेट बार्बरिज्म) तिर चिप्लिरहेका छौं । युरोप, अमेरिका वा अष्ट्रेलियाको सीमा देखिने दृष्यले मलाई कहिलेकाहीँ भयग्रस्त बनाउँछ । ती देशको आवादी संरचना, उपनिवेशवादको त्यो समय र औपनिवेशिक मुलुकहरुको अलिहेको अवस्थाले हामी जलवायु बर्बरताको युगमा प्रवेश गरेको प्रष्ट संकेत गर्दछ । श्वेत सर्वोच्चताको भावना र प्रति–आप्रवासी नश्लवादको दुश्चक्र सर्वत्र देख्न सकिन्छ ।
श्वेत सर्वोच्चता सबै गोरा एकसाथ मुर्ख भएर, अरुलाई दुख्ख दिउँ वा मारौं भन्ने भावनाले जन्मेको हैन । बरु यो यसर्थ जन्मेको हो कि यस्तो अवधारणामा उनीहरुका केही हित जोडिएका छन् । बढ्दो विश्वसंकट, आप्रवासी र शरणार्थी समस्याले पृथ्वीलाई नयाँ तरिकाले गाँज्न सक्छ । विश्व तापमान वृद्धि, वातावरणीय असुरक्षा र जलवायु संकट झनै चर्किन सक्छ । आज नश्लवाद पनि वैज्ञानिक तर्कमा उभिएको छ । यसलाई 'विवेकपूर्ण बर्बरता' (रेशनल बार्बरिज्म) भन्न सकिन्छ । यदि हामीले जलवायु परिवर्तनको समस्या हल गर्ने हो भने मानवताको नश्लीय पदसोपानक्रम आफै पछाडि फर्किन्छ ।
केही बर्षयता म धेरै वातावरणवादीहरुसँग सम्पर्क र छलफलमा छु । उनीहरुको प्रष्ट भनाइ छ– जलवायु परिवर्तनको मुद्दा भनेको गरीबीविरुद्धको मुद्दा पनि हो । शरणार्थी र आप्रवासी समस्याविरुद्धको मुद्दा पनि हो । नश्लवाद र जातीय विभेद विरुद्धको मुद्दा पनि हो । यो प्राकृतिक तथा सामाजिक न्याय र महिला सशक्तीकरणको मुद्दा पनि हो । कसरी भन्नु होला । जब पृथ्वी रहन्छ तब हामी अरु विभेद विरुद्ध लडौंला । पृथ्वी रह्यो भने नश्लवाद विरुद्ध लडौंला । महिला हिंसा विरुद्ध लडौंला । यस्तो प्रकारको सोचले जलवायु न्याय आन्दोलन (क्लाइमेट जस्टिस मुभमेन्ट) मा नयाँनयाँ नेतृत्व विकास गरिरहेको छ । दशकौंदेखि नवउदारवादले गाँजेको व्यक्तिवादी चिन्तन यसरी सामुदायिक सोचमा रुपान्तरित हुँदैछ । जलवायु परिवर्तनको मुद्दा व्यक्ति, बजार र मुनाफाभन्दा माथि समुदाय र मानवताको भविष्यसँग जोडिन्छ ।
यस अवधारणालाई पुरानो न्यू डिल वा मार्सल प्लानसँग तुलना गर्ने मुख्य विन्दू यही हो । नवउदारवादी न्यू डिलले व्यक्ति, बजार र मुनाफाबाट मानव कल्याण हुने ठान्दथ्यो । न्यू ग्रिन डिलले समुदाय र मानवताको भविष्यलाई अझ बढी महत्वपूर्ण ठान्छ ।
जस्तो कि अहिले 'जन्म हड्ताल' (बर्थ स्ट्राइक) को अवधारणा आएको छ । कम्तीमा छलफल त सार्वजनिक रुपमा प्रकट भएको छ । मैले लामो समयसम्म गर्भाधान र बच्चा पैदा गर्ने कुरामा आफ्नो पार्टनरलाई यही भनेर रोके । के तिमी आफ्नो सन्तान पानी र खानाका लागि झगडा गर्न नै यो धर्तीमा आओस् भन्ने चाहन्छौ ? जलवायु न्याय आन्दोलनका रुपमा म त्यस्तो भविष्यको कल्पना गर्न सक्छु जहाँ पुगेर बच्चा पैदा गर्नेका लागि यस्तो प्रश्न गर्नु नपरोस् । म सुनिश्चिततापूर्वक गर्भवती र आमा हुन सकूँ ।
विगतमा जनसंख्या योजनाकार तथा नीतिकर्ताहरुले नसबन्दीका नाममा महिला शरीर र पाठेघरलाई जबरजस्त युद्धक्षेत्र बनाएका छन् । केही नियामक सामधान पहिलेदेखि नभएका हैनन् । तर उनीहरुले सन्तानहरुको भविष्यमा आउने विपत्तिबारे खासै चासो राखेका छैनन् । आज हामी जुन जलवायु शोक (क्लाइमेट ग्रिफ) को अवस्थामा छौं, यससँग हामीले आफ्नै तरिकाले संघर्ष गर्नुछ । तर, मुख्य प्रश्न हामीले जन्माउने बच्चाहरुले कसरी शून्य कार्बनको अवस्थामा जीवन जीउन पाउँछन ? त्यस्तो स्थिति हामी बनाउन सक्छौं कि सक्दैनौं ? हामीले सक्नै पर्छ ।
जन्म हड्तालजस्तै अहिले 'विलुप्त विद्रोह अभियान' छ । यसको मूल चरित्र शास्त्रीय तरिकाबाट बाहिरिनु हो । छिमेकीदेखि छिमेकीसम्म, कार्यस्थलदेखि कार्यस्थलसम्म जलवायु अधिकारको मुद्दा मुखरित हुनु राम्रो कुरा हो । हामीलाई एक प्रजातिका रुपमा यति तल झारिएको छ कि हामी अस्तित्वमा रहन सक्षम छौं भन्ने भावना गुम्दै गइरहेको छ । यो अभियानको राम्रो पक्ष समुदाय आमने-सामने भएको छ । अनुभवहरु आमने-सामने भएका छन् । मान्छेले केही जितेको अनुभूति गर्दैछन् ।
जहाँसम्म आशाको कुरा छ, यो प्रश्न मलाई निक्कै जटील लाग्छ । आजै मान्छेले जलवायू परिवर्तनको महत्व सजिलै बुझ्लान जस्तो लाग्दैन । जबसम्म हामी संकटको पिँधमा पुग्दैनौं, धेरै मान्छेलाई लौ हामी त सकिन लाग्यौं भन्ने अनुभूति हुँदैन, त्यसबाट आफूलाई बाहिर निकाल्ने प्रयास कमजोर नै रहन्छ । मेरा आशाहरु नयाँ पुस्ताप्रति समर्पित छन् । नयाँ पुस्ता दृढनिश्चयी र बलवान छ । नयाँ पुस्ताले यसलाई राजनीतिको चुनावी मुद्दा बनाउनेछ । जब हामी २० वा ३० को उमेरमा थियौं राजनीति फोहोरी खेलको पर्याय थियो, हामीले यो मुद्दालाई चुनावी राजनीतिमा लाने अवसरलाई गुमाएका थियौं ।
मलाई आशा दिने कुरा – कम्तीमा हामी के चाहन्थ्यौं त्यसको मस्यौदा गरेका छौं । नयाँ हरित सम्झौता भविष्यको एक मार्गदर्शन हुन सक्छ ।
(क्लेन क्यानाडेली लेखिका तथा सामाजिक अभियन्ता हुन् । द गार्डियनमा प्रकाशित उनको अन्तर्वाताको अंशलाई साझापोस्टले गरेको अनुवाद हामीले प्रस्तुत गरेका छौं- सं.) | 2020/05/26 12:39:14 | https://www.sajhapost.com/2019/10/22/198369.html | mC4 |
विक्रम पाण्डे र प्रचण्ड एउटै क्षेत्रमा भिँड्ने! | Chautarikhabar
प्रकाशित मिति: सोमवार, आश्विन ०९, २०७४ समय - १८:५८:५९
चितवनको क्षेत्र नम्बर तीनमा आगामी प्रतिनिधि शभाको चुनावमा हाई प्रोफाइल भिडन्त हुने निश्चित भएको छ।उक्त क्षेत्रमा राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डे र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आमनेसामने हुन लागेका हुन्।
दुवै नेताले अहीले आन्तरिक रणनीति बनाउन छन्।उक्त क्षेत्रमा लोकप्रिय पाण्डे सामु प्रचण्डलाई सजिलो भने हुने छैन । देशभरमा कम मात्रै निर्वाचित सांसद भएको राप्रपाको पहिलेको चितवन क्षेत्र नं–५ मा पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले विजय हासिल गरेका थिए ।सोही क्षेत्रलाई भरतपुर महानगरपालिकामा जोडेर अहिले क्षेत्र नं ३ बनाइएको छ र यही क्षेत्रबाट दाहालले निर्वाचन लड्न आँटेका हुन्।
तर क्षेत्र नं ३ बाट नै निर्वाचन लड्ने वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डेको तयारी छ । र विक्रम पाण्डे अहिले आन्तरिक तयारी र रणनीतिमा जुटेका छन्।
केही दिनअघि पार्टीको केन्द्रीय प्रशिक्षण विभागका प्रमुख एवं महामन्त्री ध्रुवबहादुर प्रधानको उपस्थितिमा दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो ।
चितवनलाई संघमा तीन र प्रदेशमा ६ क्षेत्रमा विभाजन गरिएको छ । यसअघि चितवन– ५ क्षेत्रमा विभाजित थियो ।
क्षेत्र नं ३ मा भरतपुर महानगरपालिकाका केही वडा र माडी नगरपालिका प्रर्दछ । भरतपुर महानगरपालिका–६, ८, ९, १५ देखि २० सम्म, २६, २७, २८ 'क' प्रदेशमा र भरतपुर महानगरपालिकाका बाँकी वडा र माडी नगर पालिका 'ख' प्रदेशमा पर्दछन् । | 2019/08/17 17:39:14 | http://chautarikhabar.com/988 | mC4 |
बालकोटस्थित ओलीको घरमा शुभचिन्तकलाई के भने बाँस्कोटाले ? – Khabarhouse
बालकोटस्थित ओलीको घरमा शुभचिन्तकलाई के भने बाँस्कोटाले ?
Khabar house | ८ फाल्गुन २०७६, बिहीबार १४:५४ | Comments
काठमाडौं। कार्भेबाट नेकपाका सांसद गोकुल बाँस्कोटाले बिहीबार घु'स प्रकरणमा मुछिएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री पदबाट राजीनामा दिएका छन्। राजीनमा दिएपछि भक्तपुरको बालकोट स्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निजी घरमा बस्दै आएका बाँस्कोटाले आफ्ना शुभचिन्तकहरुसँग आफ्नो दुःख ढुक्कसँग पोखेका छन्।
उनले त्यहाँ आफ्ना शुभचिन्तक हरुसँग 'जब प्रश्न उठ्यो, ठीक होला बेठीक होला, सत्य होला, असत्य होला एनिमेसन होला, केके होला, सातवटा जोडेर अडियो बनाएको होला, सही होला वा नहोला, त्यो बेग्लै चिज हो । तर, जब एउटा पोलिटिकल मान्छेलाई प्रश्न उठ्छ, उसले यसमा अप्ठ्यारो मान्नु नै हुँदैन, ढ्याक्क राजीनामा दिने हो। यसमा अब अख्तियार, सीआइबी, संसद र पार्टीले पनि छानविन गरेर सत्यतथ्य स्पष्ट गर्नुपर्छ।
मेरा बारेमा प्रश्न उठेपछि नैतिकताका आधारमा राजीनामा दिएको छु।' प्रधानमन्त्री केपी शर्मा ओलीले गोकुल बाँस्कोटाको राजीनामापछि रिक्त भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी अर्थ मन्त्री युवराज खतिवडालाई दिएका छन्। त्यस्तै सहरी विकास मन्त्रालयको जिम्मेवारी वसन्त नेम्वाङलाई दिएका छन्। तस्वीर : प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाको फेसबुकबाट | 2021/04/11 09:45:01 | http://khabarhouse.com/archives/3293 | mC4 |
हल्दिबारी वडा नं. ४ किसानलाई सबल बनाउँदै - Jhapa Online
हल्दिबारी वडा नं. ४ किसानलाई सबल बनाउँदै
हल्दिबारी, २३ बेैशाख । 'समृद्ध वडा सवल वडाबासी' अभियान चलाइ रहेको झापाको हल्दिबारी ४ नम्बर वडाले व्यावसायिक कृषि उत्पादन अनुदान वितरण गरेको छ ।
दोस्रो गाउँ सभाबाट अनुमोदित कार्यक्रम अन्र्तगत कृषक अनुदानमा च्याउ खेती, बाख्रापालन, सब्जी खेती र महिला सवलीकरणमा स्वयम्सेवीकालाई साइकल वितरण गरेको हो ।
वडाध्यक्ष होमप्रसाद चुडालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा च्याउ खेती अनुदानमा ४ जना कृषकलाई प्रति कृषक २५ हजार, बाख्रापालनमा ३ जना कृषकलाई ३० हजार र १ जनालाई १० हजार, सब्जी खेतीतर्फ ए ग्रेडका किशान ३ जनालाई प्रति किशान १८ हजार, बी ग्रेडका ३ जनालाई प्रति किशान १२ हजार, सी ग्रेडका किशान ९ जनालाई प्रति किशान ७ हजारका दरले चेक हस्तान्तरण गरिएको थियो ।
त्यसैगरी समाज सेवा तथा महिला सवलीकरण अन्र्तगत वडामा रहेका ५ जना महिला स्वास्थ्य स्वयमसेवीकालाई एक एक थान साइकल समेत प्रदान गरिएको थियो । वडा सदस्य महेशलाल मेचेले कार्यक्रममाथि प्रकाश पार्दै समृद्ध हल्दिवारी अभियान सफल बनाउन व्यवसायिक कृषिका लागि अनुदानको नीति लिइएको प्रष्ट पारेका थिए । उनले समग्र वडाका लागि ४० लाख रकम विनियोजित भए पनि वडाका विकासका लागि सडक, पुल पुलेसा मात्र नभएर वडाबासीको जीवन स्तर उकास्न व्यवसायिक कृषि विकासको आवश्यकता महसुस गरिएको जानकारी दिए ।
वडा सदस्य पवित्रा सेञ्चुरीले स्वागत गरेको कार्यक्रममा वडाध्यक्ष चुडालले नागरिकको घरदैलोको सरकारका रूपमा स्थानीय सरकार रहेको भन्दै भौतिक पुर्वाधार विकाससित नागरिकको जीवन स्तर उकास्न कृषि तथा पशुपालनमा जोड दिएको जानकारी दिए । उनले कृषि क्षेत्र उन्नत नभएसम्म समृद्धिको ढोका खुल्न नसक्ने प्रष्ट पारे ।
वडा सचिव जयप्रसाद पोखरेलले सञ्चालन गरेको कार्यक्रममा वडा सदस्य केदारप्रसाद उप्रेती, कार्यपालिका सदस्य गीतादेवी तिम्सेना, च्याउ कृषक सीता न्यौपाने, बाख्र पालक सुनिल मेचे सब्जी कृषक श्यामलाल मेचे लगायतले शुभकामना मन्तव्य राख्दै अनुदानले कृषि व्यवसायमा उत्साह ल्याएको धारणा राखेका थिए । | 2020/05/25 20:53:22 | http://jhapaonline.com/2019/05/06/%E0%A4%B9%E0%A4%B2%E0%A5%8D%E0%A4%A6%E0%A4%BF%E0%A4%AC%E0%A4%BE%E0%A4%B0%E0%A5%80-%E0%A4%B5%E0%A4%A1%E0%A4%BE-%E0%A4%A8%E0%A4%82-%E0%A5%AA-%E0%A4%95%E0%A4%BF%E0%A4%B8%E0%A4%BE%E0%A4%A8%E0%A4%B2/ | mC4 |
Safal Khabar - बाढीको प्रभाव : चितवनको सबै क्षेत्र 'हाईअलर्ट'
सोमबार, १२ जेठ २०७७ (Monday, 25 May, 2020)
बाढीको प्रभाव : चितवनको सबै क्षेत्र 'हाईअलर्ट'
शुक्रबार, २७ असार २०७६, १७ : ५७
चितवन । लगातार भारी वर्षापछि चितवनको सबै क्षेत्र हाईअलर्टमा राखिएको छ । सम्भावित विपद व्यवस्थापनका लागि सवै संयन्त्र हाईअलर्टमा राखिएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिनुभयो । चितवनमा राप्ती तथा नारायणी नदी तटिय क्षेत्र जोखिममा रहेकाले सतर्क रहन आग्रह गरिएको छ ।
शुक्रवार दिउँसो नारायणी नदीमा ८ दशमलव ५१८ मिलीलिटर पानी मापन गरिएको जिल्ला आपतकालीन सञ्चालन केन्द्रले जनाएको छ । खतराको अवस्थामा नरहे पनि नारायणी तटीय क्षेत्रका स्थानीयलाई सचेत गराइएको प्रमुख जिल्ला अधिकारी बस्नेतले बताउनुभयो ।
माडी नारायणगढ सडक अवरुद्ध
बाढीका कारण माडी नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । माडी नगरपालिका ३ र ४ को सिमानामा रहेको मगई खोला र घांगर खोलामा आएको बाढीका कारण सवारी आवगमन विहानैबाट अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सवारी आवगमन ठप्प हुँदा माडीबाट नारायणढ आउने र जाँने सवारी सञ्चालनमा आउन सकेका छैनन् ।
यस्तै रिउ खोलामा ३ दशमलव ०८७ मिलिलिटर पानि मापन गरिएको जिल्ला आपतकालीन सञ्चालन केन्द्रले जनाएको छ । जिल्लाका अन्य साना खोलाहरुमा पनि पानिको सतह बढेकाले केहि स्थानमा सवारी आवगमत अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
चितवनको रत्ननगर, राप्ती नगरपालिकाका अधिकांस क्षेत्रमा पाजी जमेको छ । यद्यपी सवारी आवगमन नरोकिएको र त्यस्तो अप्रिय घटना नभएको प्रहरीले जनाएको छ ।
राप्ती नदिमा खतराको सुचक पार गरेको जल मापन केन्द्रले जनाएको छ । ३ दशमलव ९७७ मिलिलिटर मापन गरिएको जनाइएको छ । रेष्टुरेण्ट एण्ड वार एसोसिएसन रेवन सौराहाका अध्यक्ष गोकर्ण गिरीले रत्ननगरमा पर्ने मुख्य पर्यटकीय क्षेत्र सौराहामा आपत्कालीन अवस्था नरहेको बताउनुभयो । उहाँका अनुसार राप्तीमा बाढी आएर पानीको सतह निकै माथि आएको छ ।
नारायणगढ मुग्लीन सडकखण्डमा अहिले कुनै समस्या नरहेको प्रहरीले जनाएको छ । राति खसेको पहिरो हटाएरसञ्चालनमा आएको सो सडकखण्डमा अहिलेसम्म कुनै समस्या नरहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक एक नारायण कोइरालाले जानकारी दिनुभएको छ । पहिरो खस्ने बित्तिकै तत्काल डोजरसहितको प्रहरी टोली पुग्नेगरी तयारी अवस्थामा रहेकाले सानो पहिरोका कारण लामो समयसम्म जाममा पर्नुपर्ने अवस्था नरहेको जानकारी दिएका छन् ।
जिल्लामा जिल्ला विपद व्यवस्थापन समिति र स्थानिय विपद व्यवस्थापन समिति गरी २ वटा समितिमार्फट विपद व्यवस्थापनका पुर्व सतर्कताका विभिन्न काम गरीरहेको प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए । कहिँ कतै बाढी पहिरोको आपतकालीन स्थिति आइहाले उद्धार, राहतका लागि आवश्यक जनशक्ति, संयन्त्र तयारी अवस्थामा रहेको प्रजिअ बस्नेतले बताउनुभयो । | 2020/05/25 11:55:28 | https://www.safalkhabar.com/news/28524 | mC4 |
» यौन सम्पर्क गर्दा महिलाहरुले आवाज निकाल्नुको कारण यस्तो
२८ आश्विन २०७६, मंगलवार १५:३८
केही महिलाहरु सेक्सको दौरान किन आवाज निकाल्छन् होला ? यदि यो प्रश्न महिलाहरुलाई सोधियो भने प्रष्ट छ– उनीहरु जवाफ दिन पन्छिनेछन् । हुनसक्छ, कसैले एकथरि भन्लान्, अर्कोले अर्कोथरि । तर, यो यस्तो जिज्ञाशा हो जसको उत्तर खोज्न जोसुकैलाई कौतुहलता जागिरहन्छ ।
तपाईले 'उहँ', 'आह', 'आउँच' 'ओ गड' को साउण्ड ट्रयाक सुन्नुभएको छ कि छैन यो सम्भोगका दौरान निस्किने आवाज हो, जुन सुन्न धेरै पुरुषहरु लालायित हुन्छन् । आखिर किन ?
यसको विषयमा एउटा अनुसन्धान भएको छ ।
अर्को भाषामा भन्नुपर्दा, एक यस्तो अवस्था जुन बेला मानिस 'मदहोसी' को संसारमा भुलिरहेको हुन्छ वा भनौं सम्भोगको नशामा बेहोसी भई यस्तो आवाज निकालिरहेको हुन्छ । यस्तो किन हुन्छ त रु यसको जवाफ खोज्न विज्ञानका धेरै पाटाबाट अनुसन्धान भएको छ । वैज्ञानिक र मनोवैज्ञानिकसँग जोडिएका विशेषतालाई सुक्ष्म ढंगले विश्लेषण गरियो भने मात्र यसको सही जवाफ निस्किन्छ ।
अमेरिकाका गेल ब्रेबर र कोलिन ए हैंडीले सेक्सुअल व्यवहारमा सोध अनुसन्धान गर्दै महिलाको त्यस्तो आवाज निकाल्ने कारण पहिल्याउन खोजेका छन् ।
दुवैले आफ्नो 'सेक्सुअली एक्टिव हेट्रोसेक्सुअल' सोधमा महिलाको सेक्सुअल जीवन र उनीहरुको बानी–व्यवहारको रहस्य खोतल्ने प्रयास गरेका छन् । १८ देखि ४८ वर्षसम्मका ७१ जना महिला, जो सेक्समा अनुभवी छन्, उनीहरुसँग अनुसन्धानकर्ताहरुले गहन अन्तर्वार्ता गरेका थिए ।
अनुसन्धानकर्ताले आफ्नो सोधका क्रममा महिलाहरुसँग प्रश्न सोधेका थिए– तपाई आफ्नो सेक्सी आवाज 'उहँ', 'आह', 'आउँच' 'ओ गड' यौनको चरमोत्कर्षसँग जोडेर हेर्नुहुन्छ रु अधिकांश महिलाले यसको जवाफ आलटालमा 'हो' भनेर दिए, यद्यपि त्यो उनीहरुको वास्तविक यौन अनुभवसँग जोडिएको उत्तर थिएन ।
सम्भोग गर्ने बेलामा महिलामा आर्गज्म ९एक प्रकारको छुट्टै आनन्द० फोर प्लेको समयमा अधिक देखा पर्ने गर्छ । यही बेला महिलाहरु सेक्सी आवाज 'उहँ', 'आह', 'आउँच' 'ओ गड' निकाल्ने गर्छन् । पश्चिमाजगतका महिलाले 'स्टप, गो, एस, मोर प्लिज' जस्ता शब्द प्रयोग गर्ने गरेको अनुसन्धानमा देखिएको छ । पुरुषको चरमोत्कर्षमा पुग्नु ठीक अघि वा लगत्तै पनि महिलाबाट अनायसमै छुट्टै आवाज निस्किन्छ – उह, आह, आउँच । किन निस्किन्छ यस्तो आवाज ?
अनुसन्धानका दौरानमा ६६ प्रतिशत महिलाले यस्तो तर्क दिए कि उनीहरु आफ्नो सेक्स पार्टनरलाई अधिक सन्तुष्टि दिन वा अधिक सक्रिय पार्न यस्तो आवाज निकाल्ने गर्छन् ताकि त्यसले पुरुषलाई थप उत्तेजना प्रेरणा मिलोस् ।
९२ प्रतिशत महिलाको यो भनाइ छ कि, 'उह, आह, आउँच' को आवाज आफ्नो सेक्स पार्टनरको आत्मसन्तुष्टि बढाउनका लागि यस्तो गर्छन् । केही महिलाको तर्क छ, यस्तो आवाजले आफ्नो पार्टनरको रफ्तार बढिरहेको बला उसलाई भइरहेको थकान दुर गर्नमा सहायता पुग्दछ । | 2020/07/09 18:10:31 | https://www.janalaya.com/?p=4903 | mC4 |
रोल्पाका सबै स्थानीय तहको प्राथमिकता शिक्षामा « Arthatantra.com : A Complete Economic News Portal From Nepal.
रोल्पाका सबै स्थानीय तहको प्राथमिकता शिक्षामा
धरेन्द्र डाँगी,रोल्पा । रोल्पाका १० वटै स्थानीय तहहरुले आफ्नो गाउँपालिका र नगरपालिकाभित्रको शैक्षिक अवस्थाको विश्लेषण गर्दै आगामी दिनको योजना निर्माण थालेका छन् । रोल्पाको शैक्षिक अबस्था, स्थानीय तहमा शैक्षिक योजना निर्माण सम्बन्धी लिवाङमा शुक्रबार भएको कार्यशालामा स्थानीय तहका जनप्रतिनिधिहरुले आफ्नो योजना बनाएका हुन् ।
वर्तमान परिवेशमा शिक्षाको अवस्था र स्थानीय तहमा आगामी शिक्षाको पहुँच र गुणस्तर अभिवृद्धि गर्न रोल्पाका १० वटै स्थानीय तहका जनप्रतिनिधि र विषयगत कार्यालयका प्रतिनिधिहरुको सहभागितामा शिक्षाका आगामी योजना निर्माण भएको हो । जिल्ला समन्वय समिति रोल्पा, जिल्ला शिक्षा कार्यालय रोल्पा, मानबअधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाको आयोजना, सेभ द चिल्ड्रेनको सहयोग र हरप्लेस रोल्पाको संयोजनमा भएको कार्याशालाको सहजीकरण शिक्षाविद् डा. विद्यानाथ कोइरालाले गरेका थिए ।
शिक्षाबिद् कार्यशालामा जिल्ला समन्वय समितिका पदाधिकारी, प्रमुख जिल्ला अधिकारी, रोल्पा जिल्लाका सबै स्थानीय तह प्रमुख, स्थानीय तहका शिक्षा सम्पर्क व्यक्ति, सामाजिक विकास समितिका संयोजक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष, जिल्ला शिक्षा कार्यालय, श्रोत व्यक्ति, बालक्लव, संघसंस्थाका प्रतिनिधि, पत्रकार लगायत शिक्षामा सरोकार राख्ने सरोकारवाला रहेको समुहमा छलफल पश्चात् नगर तथा गाउँपालिका स्तरीय शैक्षिक योजना बनाइएको हो ।
स्थानीय तहको शैक्षिक योजनाहरुमा मुख्यगरी शिक्षाको पहुँच सुनिश्चित गर्ने, शिक्षामा समावेसी बनाउने मातृभाषामा शिक्षा दिने र लिपी तथा संस्कृति संरक्षण गर्ने, शिक्षालाई रोजगारीसंग जोड्ने, व्यवहारिक बनाउने, वैज्ञानिक बनाउने, जनमुखी बनाउने, बालसुरक्षा र सहभागिता सुनिश्चित गर्ने लगायतका क्रियाकलापहरु रहेका छन् । त्यसैगरी दलित, अपांग र विपन्नलाई उच्च शिक्षासम्म निःशुल्क अवसर दिलाउने, निजी तथा सरकारी शिक्षालाई एकअर्काको समकक्षी बनाउने, सबैलाई आजीवन शिक्षा सुनिश्चित गर्ने, शैक्षिक गुणस्तर कायम गर्न विभिन्न क्रियाकलाप संचालन गर्ने, विद्यालयहरुको अनुगमन तथा नियमन गर्ने लगायतका क्षेत्रका क्रियाकलापहरु निर्माण भएका छन् । कार्यशालाबाट निर्माण भएका योजनाहरुलाई स्थानीय तहको कार्यपालिकाको बैठकबाट पारित गरी तत्काल कार्यान्वयन गरिने जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढाले बताए ।
कार्यशालाको सहजीकरण गर्दै शिक्षाविद् डा. विद्यानाथ कोइरालाले रोजगारी दिने शिक्षा उपलब्ध गराउन जनप्रतिनिधिहरुले गाउँपालिका र नगपालिका अनुसार पाठ्यक्रम निर्माण गर्न लागु गर्न सक्ने बताए । उनले स्थानीय तहले हामीलाई शैक्षिक सुधारमा स्थानीय तहमा अग्रसर हुर्नुे बताउदै शिक्षा ऐनको आठौ संशोधनमा दिशा गरकोे नबौमा सोरेको दावी गरे । उनले शिक्षकलाई तीन पटकसम्म परीक्षा गराउने फेल भए पैसा दिएर घरमा पठाउने बताए ।
कार्यशालामा १० वटा स्थानीय तहका जनप्रतिनिधिहरुले आ आफ्नो नगर तथा गाउँपालिको शैक्षिक योजना बनाई प्रस्तुति गरेका थिए । जिल्ला समन्बय समिति रोल्पाका प्रमुख राज बहादुर बुढाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । | 2018/03/19 07:14:35 | http://www.arthatantra.com/2017/11/05/34979/ | mC4 |
प्रदेश ३– शिक्षक विद्यार्थी अनुपात असमान | Educationpati.com
२०७५ साउन २९ गते ०८:०१मा प्रकाशित
काठमाडौं । ३ नम्बर प्रदेशमा शिक्षक–विद्यार्थी अनुपात असमान रहेको पाइएको छ। शिक्षक दरबन्दी पुनर्वितरण सुझाव कार्यदलले प्रस्तुत गरेको तथ्यांकमा शिक्षक विद्यार्थीे अनुपात असमान रहेको देखिएको हो।
प्रदेश ३ का १३ जिल्लाका शिक्षा विकास तथा समन्वय एकाईं प्रमुखहरूले संक्रमणकालीन व्यवस्थाका कारण शिक्षक नियुक्ति, दरबन्दी मिलान, सरुवालगायत काम गर्न केही कठिनाइ भएको बताए ।
मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयले हेटौंडामा गरेको वार्षिक प्रगति समीक्षामा सहभागीले आफ्ना जिल्लामा भएका समस्या सुनाएका थिए। विभिन्न जिल्लाका शिक्षा विकास तथा समन्वय एकाईं प्रमुखहरूले समान समस्या राख्दा क्षेत्रीय शिक्षा निर्देशक दिनेशकुमार श्रेष्ठले संघीय र प्रदेश शिक्षा ऐन, नियमावली बनेर आएसँगै सबै समस्याको समाधान हुने भन्दै सान्त्वना दिनुभयो।
देखिएका असमान शिक्षक दरबन्दी व्यवस्थापनका लागि शिक्षा मन्त्रालयको मन्त्रिस्तरबाट दरबन्दी मिलान तथा समायोजनका आधारहरू तयार भएको जानकारी दिइएको छ।
नेपालको शिक्षा नियमावलीले विद्यार्थी शिक्षक अनुपात हिमालमा ४० विद्यार्थी बराबर १ शिक्षक, पहाडमा ४५ विद्यार्थी बराबर १ शिक्षक र तराई तथा उपत्यकामा ५० विद्यार्थी बराबर १ शिक्षक हुनुपर्ने व्यवस्था गरेको छ।
नियमावलीमा प्राथमिक विद्यालयमा शिक्षक एक जना, प्राथमिक विद्यालयमा ५० जनासम्म विद्यार्थी भएमा कम्तिमा दुई जना र सोभन्दा बढी विद्यार्थी भएमा कम्तिमा तीन जना, निम्न माध्यमिक विद्यालयमा चार जना र कक्षा १ देखि ८ सम्म सञ्चालन भएको विद्यालयमा कम्तिमा सात जना शिक्षक रहने व्यवस्था रहेको छ।
तर, नेपालमा अहिलेको अवस्थामा त्यस्तो भएको पाइँदैन। कार्यदलले दिएको तथ्यांकमा ३ नम्बर प्रदेशमा प्राथमिक तहमा सबभन्दा कम भक्तपुरमा १३ दशमलव ९ बराबर १ शिक्षक र सबभन्दा बढी काठमाडौंमा ३२ दशमलव ६ जना विद्यार्थी बरावर १ जना शिक्षक छन्।
निम्नमाध्यमिक तहमा सबभन्दा कम भक्तपुरमा २१ दशमलव ४ र बढी सिन्धुलीमा ६९ दशमलव २ तथा माध्यमिक तह ९कक्षा ९ र १०० मा ललितपुरमा कम १७ दशमलव ४ र मकवानपुरमा सबभन्दा बढी ४८ दशमलव ७ जना बराबर एक जना शिक्षक छ।
कार्यदलले दिएको जानकारीमा ३ नम्बर प्रदेशअन्तर्गत् विद्यालयहरूमा प्राथमिक तहमा सबभन्दा कम रसुवाको उत्तरगंगा गाउँपालिका, भक्तपुरको चाँगुनारायण नगरपालिका, काभ्रेको धुलिखेल नगरपालिकामा प्रतिशिक्षक ९ जना विद्यार्थी छन् भने सबभन्दा बढी काठमाडौंको टोखा नगरपालिकामा प्राथमिक तहमा प्रतिशिक्षक ६१ जना विद्यार्थी छन्।
निम्नमाध्यमिक तहमा सबभन्दा कम ललितपुरको महांकाल, भक्तपुर चाँगुनारायण नगरपालिकामा २१ जना र सबभन्दा बढी सिन्धुलीको मरिन गाउँपालिकामा १ सय २१ जना विद्यार्थी बराबर एक शिक्षक छन्। माध्यमिक तहमा सबभन्दा कम धुलिखेल नगरपालिकामा १० जना र सबभन्दा बढी काभ्रेको महाभारत गाउँपालिकामा १ सय २ जना शिक्षक विद्यार्थी अनुपात रहेको जानकारी दिइएको छ।
प्रदेश नम्बर ३ का १३ जिल्लाका सामुदायिक विद्यालयमा प्राथमिक, निम्न माध्यमिक, माध्यमिक र उच्च माध्यमिक विद्यालयमध्ये सिन्धुलीमा क्रमशः ३०, ६९, ४६ र ५१ जना बरावर एक शिक्षक छन। रामेछापमा क्रमशः १९, ४८, ४० , २५, दोलखामा १९, ४९, ३२, ३८, सिन्धुपाल्चोकमा २३, ५०, ३२, ६८ जना शिक्षक विद्यार्थी अनुपात रहेको जानकारी दिइएको छ। काभ्रेपलाञ्चोकमा क्रमशः १९, ४२, २९, ३९, ललितपुरमा २०, ३५ १७, ३१, भक्तपुरमा १४, २१, १८, १ सय ११, काठमाडौंमा ३३, ३६, २३ ९३, नुवाकोटमा २२, ५२, ३७, ७४, रसुवामा १५, ३९, ३०, १३, धादिङमा २३, ६७, ४६, ५६, चितवनमा २३, ५४, ४१, १ सय १९ र मकवानपुरमा शिक्षक विद्यार्थी अनुपात ३१, ६५, ४९ र ९० रहेको जानकारी दिइएको छ।
३ नम्बर प्रदेशमा सामुदायिक विद्यालयहरूमा स्थायी, अस्थायी र राहत गरी २५ हजार १ सय ४ शिक्षक रहेका जानकारी दिइएको छ। देशभर हाल बालविकास केन्द्र ३६ हजार ९३ छन् जसमा ९ लाख ७३ हजार ४ सय १३ विद्यार्थी छन्।
देशमा ३५ हजार २ सय २२ विद्यालय रहेकोमा सामुदायिक विद्यालयको संख्या २९ हजार २ सय १९ छ, जसमा ७४ लाख ४६ हजार ९८ विद्यार्थी छन्। सामुदायिक विद्यालयमा हाल १ लाख ४७ हजार ३ सय ६ शिक्षक कार्यरत् छन् भने प्रदेश नम्बर ३ मा कुल विद्यार्थी संख्या प्राथमिक तहमा ४ लाख ६५ हजार १ सय ३३ रहेका छन्। जसमा निम्नमाध्यमिक तहमा २ लाख ६१ हजार ८ सय ८५, माध्यमिक तहमा १ लाख ३८ हजार २ सय ५४ र उच्च माध्यमिक तहमा ७२ हजार ३ सय ७५ जना छन्।
कार्यदलले दिएको जानकारीअनुसार देशभरमा हाल कक्षा १ देखि ५ सञ्चालन भएका सामुदायिक विद्यालयमध्ये एउटा पनि दरबन्दी वा राहत कोटा नपाएका विद्यालयको संख्या १ हजार ४ सय ८३ छ।
निम्न माध्यमिक तहमा १ हजार ७१ र माध्यमिक विद्यालय हरू ५ सय ४ वटामा एक जना पनि शिक्षक स्वीकृत तथा राहत दरबन्दी नभएको जानकारी दिइएको छ। बालविकास केन्द्र शिक्षक दरबन्दीबिना सञ्चालन भएको एवम् कक्षा ११ र १२ सीमित अनुदान कोटाको भरमा चलेको कार्यदलले जानकारी दिएको छ । | 2020/03/30 19:25:35 | https://educationpati.com/asamandarbandiii | mC4 |
यस्ता पनि शिक्षक जो बालिकाको खुट्टा धोएर पूजा गर्छन अनि पढाउन थाल्छन्? – Nepalpostkhabar
Hemant KC । ६ माघ २०७७, मंगलवार ०९:२२ मा प्रकाशित
काठमाडौं ः महिला र बालबालिका दिनहुँ बलात्कार र हिंसाको शिकार भएको यो समयमा भारतमा एक यस्ता शिक्षक छन् जो बालिकाको पूजा गर्छन् । भारतको मध्य प्रदेशको कटनी जिल्लाका एक शिक्षकले महिला तथा बालबालिकाको पूजा गर्ने गर्दछन् । यी शिक्षक २० वर्ष भन्दा बढी देखि बालिकाको पूजा गरेर खुट्टा ढोगेपछि पढाउन थाल्दछन् । | 2021/02/26 16:17:18 | https://nepalpostkhabar.com/2021/01/42774 | mC4 |
काठमाडाँै, १३ पुस । उपत्यकामा चल्ने ट्याक्सी चालक तथा व्यवसायीले बदलिँदो परिस्थितिअनुसार वैज्ञानिक भाडादर कायम गर्न तथा ट्याक्सी चालकको सुरक्षाको प्रबन्ध गर्न माग गरेका छन् ।
वैज्ञानिक भाडादर कायम नहँुदा बाध्यतावश यात्रु ठगिने गरेको बताउँदै उनीहरूले यात्रु ठगिनबाट जोगिन पनि भाडादर समायोजन हुनुपर्ने बताउँछन् । "२०६९ सालदेखि भाडा समायोजन भएको छैन । छिमेकी मुलुकहरूमा मिटरको शुरुआत कल तीन किलोमिटर बराबर हुन्छ । त्यो हिसाबले हाम्रो यहाँको मिटरमा शुरुमा कल एकदमै कम छ व्यवसायी एवं चालक पूर्ण तामाङले बताउनुभयो ।
शुरुमा कल एकदमै कम भएकाले यहाँका छोटो दूरीमा ट्याक्सीले मिटरमा यात्रु लैजान समस्या भइरहेको उहाँको भनाइ छ । "मूल्यवृद्धिको आधारमा किमीको भाडा पनि कम छ, पर्याप्त ट्याक्सी पार्किङ तथा ट्राफिक प्रहरीले गर्ने व्यवहार समेत राम्रो छैन ।"
सुरक्षाका सवालमा ट्याक्सी चालक असुरक्षित रहेको बताउँदै तामाङले २०७४ सालमा भक्तपुर मनोहरा किनारामा चालक यज्ञ खड्काको गाडीभित्र हत्या, गत कात्तिक २४ गते चालक भरत मल्ललाई सोही स्थानमा लगेर आक्रमण गरी गम्भीर घाइते बनाएको जानकारी दिनुभयो । यही पुस १ गते चालक डम्बर खड्कालाई ट्याक्सी चलाइरहेका बेला ललितपुरको पुल्चोकबाट बालकुमारी खोला किनारामा लगेर कुटपिट गरी गम्भीर घाइते बनाइएको घटनाका दोषी पत्ता नलाग्नु गम्भीर विषय भएको तामाङले बताउनुभयो ।
व्यवसायी तथा चालक समाज सेवाका अभियानकर्ता सानु पूर्वाछाने मगर, तामाङलगायतका व्यक्तिले करीब रु ५७ हजार चन्दा उठाएर घाइतेको उपचार गरिएको बताउँदै तामाङले कुटपिटबाट यज्ञले आँखा गुमाउनु परेको जानकारी दिनुभयो ।
"अर्का घाइते बा १ ज ६१ ५६ नंं का चालक डम्बर खड्कालाई रु २५ हजार सहयोग गरियो । प्राइभेट गाडीले ट्याक्सीको काम गर्दा पनि समस्या भएको छ । यसबारेमा पटक÷पटक उजुरी गरे पनि सम्बन्धित निकायले समस्या समाधानका लागि पहल गरेको छैन",–चालकहरूको भनाइ छ ।
हरेक चिजको मूल्यवृद्धि भएको अवस्थामा ट्याक्सी भाडा पनि समायोजन हुनुपर्ने बताउँदै तामाङले भन्नुभयो, "२०६९ सालमा ट्याक्सीको रुट परमिट लिँदा रु २५० तिर्नुपथ्र्यो, अहिले रु पाँच सय तिर्नुपर्छ, तेस्रो पक्ष बीमा रु ५०० बाट अहिले रु सात हजार ८०० छ, यस्तो अवस्थामा ट्याक्सीको भाडा बढाउनु आयश्यक छ ।"
अधिकाँश ट्याक्सी चालकले उपभोग्य वस्तुको मूल्यवृद्धि भएको बताउँदै सरकारले वैज्ञानिक र उपयुक्त संयन्त्रबाट जरिवाना र कारवाही गर्नुपर्ने, रात्रिकालीन समयमा ट्याक्सी चलाउने चालकको सुरक्षा गरिनुपर्ने, उचित रुपमा सङ्ख्यागत आधारमा ट्याक्सीको पार्किङ गर्ने व्यवस्थापन हुनुपर्नेलगायत माग राख्दै आएका छन् । रासस | 2022/01/23 21:27:30 | https://www.npkhabar24.com/2018/1626/ | mC4 |
अहिले के कारणले ओली मौन ?
नेपालदृष्टि । स्थानीय तहको परिणाम धमाधम आउन थालेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकाधबाहेक सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । ओलीले गत स्थानीय निर्वाचनअघि २०७९ वैशाख २७ गते मात्र एकैदिन चार वटा सार्वजनिक कार्यक्रममा भाषण गर्न भ्याएका थिए । वैशाख ३० मा मतदान गरेयता ओली चुपचाप छन् । त्यसयता गत आइतबार मात्रै सार्वजनिक कार्यक्रममा देखिए ।
ओलीले स्थानीय निर्वाचनअघि देशव्यापी अभियान नै सञ्चालन गरेका थिए । निर्वाचनपछि चुपचाप रहेका ओली आइतबार सार्वजनिक कार्यक्रममा देखिए पनि राजनीतिक भाषण गरेनन् । कसैलाई गाली पनि गरेनन् ।
निर्वाचन कार्यक्रममा भने ओलीले अनेक उखान–टुक्का जोडेर लामो भाषण गर्दै विपक्षी दलका नेताहरूको चर्को आलोचना गर्थे ।
एमालेको घोषणापत्र, नीति कार्यक्रम सुनाउनभन्दा पनि विपक्षी दलका नेतामाथि जाइलाग्थे ।
प्रत्येक सभा र कार्यक्रममा गठबन्धनमा सामेल दल खासगरी कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलाई अराजनीतिक लाञ्छना लगाउँथे ।
निर्वाचनपछि सार्वजनिक कार्यक्रममा प्रकट भए पनि उनले निर्वाचनमा हारको कारण र असफलताको समीक्षा गर्नुभन्दा भ्युटावरको बढाइचढाई गर्दै औचित्य पुष्टि गर्न खोजे ।
आफ्नो सरकारको पालामा बनाएको भ्युटावरलाई फ्रान्सको 'इफेल टावर' सँग तुलना गर्न भ्याए । बरु भ्युटावर बनाउने योजना नराखेको भन्दै नेपाली कांग्रेस र अन्य दलको घोषणापत्रको आलोचना गरे । त्यस कार्यक्रमबाहेक ओली करिवकरिव गुप्तबासको अवस्थामा छन् ।
ओलीले गत वैशाख १८ देखि २७ गतेसम्म करिब ३० वटा कार्यक्रममा भाषण गरेका थिए । ति सबै भाषणमा सूर्यले प्रचण्ड बहुमत ल्याउने र अरु प्रमुख दलको हविगत हुने भविष्यवाणी गरेका थिए । तर, त्यसपछि परिणाम सार्वजनिक भइसक्ने अवस्थामा पनि ओली किन चुपचाप छन् रु आश्चर्य मात्र नभै सबैका लागि रहस्यको विषय बनेको छ ।
१० दिनको बीचमा जहाँजहाँ केपीले भाषण गरे परिणामा प्रायः सबै स्थानमा एमालेले हार व्यहारेको छ । निर्वाचनको परिणामसँगै एमाले सभामा देखिएको भिड ओलीको कमेडी सुन्न र मनोरञ्जन लिन सीमित भएको चर्चा चलेको छ ।
हुन पनि यो स्थानीय निर्वाचनले एमालेलाई गम्भीर धक्का लागेको छ । महत्वपूर्ण महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गुमाएको छ । बहुदलीय व्यवस्थाको पुनस्र्थापना पछि ३० वर्ष एमालेले जित्दै आएको नगरपालिकासमेत अहिले गुमाएको छ ।
एमालेको गढ मानिने बुटवल उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार कांग्रेसका खेलराज पाण्डेयले जित हात पारेका छन् । पाण्डेले एमालेका उम्मेदवार बाबुराम भट्टराईलाई साढे ७ हजार मतान्तरले पराजित गरे ।
यस्तै एमालेले काभ्रेको पनौती नगरपालिकामा पनि हार व्यहोरेको छ । पनौती पनि एमालेको गढ मानिन्छ । पनौतीमा पनि काँग्रेसका उम्मेदवारसँग एमाले पराजित भएको छ ।
यता अर्को गढ भनिने उपमहानगरपालिका हेटौंडामा पनि एमालेको विजोग भएको छ । हेटौंडामा नेकपा एकीकृत समाजवादीकी उम्मेदवार मीनाकुमारी लामा मेयरमा विजयी भइन् । हेटौंडा मात्र होइन मकवानपुर जिल्लाभरी नै एमालेको गढ भत्किएको छ ।
एमालेले आशा राखेको काठमाडौं महानगरपालिकामा बालेन साह झण्डै दोब्बर मतान्तरका साथ अगाडि छन् । एमाले तेस्रोमा खुम्चिएको छ । एमालेले अर्को आश गरेको पोखरा महानगरमा पनि नेकपा एकीकृत समाजवादीका धनराज आचार्य फराकिलो मतान्तरसहित जित नजिक छन् । यता भरतपुरमा रेनु दाहालसँग एमालेका विजय सुवेदीले हार व्यहोर्नुपरेको छ ।
यसअघि २०७४ सालको स्थानीय निर्वाचनमा एमालेले जितेका दुई महानगरपालिका काठमाडौं र पोखरा पनि गुमाउनुपरेको छ । विगतमा एमालेको गढ मानिने देशका महत्वपूर्ण नगरपालिकामध्ये दमक, मध्यपुर ठिमी, कीर्तिपुरलगायतमा पनि एमाले नराम्रोसँग हारेको छ ।
पूर्वमा एमालेको पराजय भनिसाध्य छैन । अघिल्लो निर्वाचनमा 'क्लिन स्वीप' गरेको धनकुटामा एमाले हारेन मात्र, एमालेको किल्ला ढलेको छ । यस्ता कति हो कति गढ भएमालेले गुमाएको छ ।
यसअघि सात वटा उपमहानगर जितेको एमाले यसपटक तीन वटामा खुम्चिएको छ । नगरपालिका र गाउँपालिका पनि २०७४ को तुलनामा झण्डै आधा हारेको छ । यो हारसँगै एमाले अध्यक्ष ओलीको अडम्बर एकसाथ धुलिसात भएको टिप्पणी राजनीतिक वृत्तमा चलेको छ । - दृष्टि न्यूज | 2022/06/27 02:16:45 | https://nepaldristi.com/read/post/2893 | mC4 |
त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा बेबी फिडिङ रुम संचालनमा, यसरी गरिनेछ बच्चाको केयर - Bizkhabar Online
त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा बेबी फिडिङ रुम संचालनमा, यसरी गरिनेछ बच्चाको केयर
काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको टर्मिनल भवनमा पनि ह्याप्पी बेबीजोन फिडिङ रुम संचालनमा ल्याईएको छ । गत माघमा अन्तराष्ट्रिय टर्मिनलमा संचालनमा ल्याइएको उक्त बेबीजोन सोमबार देखि आन्तरिक टर्मिनलमा पनि संचालनमा ल्याईएको हो ।
उक्त फिडिङ रुमको उद्घाटन गर्दै विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले बेबीजोनले समस्यामा परेका आमाहरुलाई सहजहुने जानकारी दिएका छन । साथै बेबीजोनसँगै रहेको हेल्थ चेकअप पनि संचालनमा ल्याएको क्षेत्रीले जानकारी दिएका छन ।
उनका अनुसार हेल्थचेकअप सेन्टर भए पनि विगतमा संचालनमा नआएकाले चेकअप सेन्टरलाई पनि आजबाटै संचालनमा ल्याएको क्षेत्रीले जानकारी दिएका हुन ।
विमानस्थलको आन्तरिक टर्मिनलमा उडान समय पर्खिरहेका आमाहरुलाई सहजताका लागि हिमालय हर्वलको सहयोगमा बेबीजोन फिडिङ रुम स्थापना गरिएको हो ।
उक्त बेबीजोनमा आमाहरुले बच्चालाई दुध खुवाउनुका साथै बच्चालाई खेलाउने तथा सुताउन सक्नेसम्मको ब्यवस्था गरिएको छ । हिमालय हर्बलले विमानस्थलको आन्तरिक र अन्तरराष्ट्रिय टर्मिनलमा उक्त सुविधा उपलब्ध गराएसँगै पोखराको विमानस्थलमा पनि उक्त सेवा संचालनमा ल्याउने जानकारी दिएको छ ।
कम्पनीले केहि समयपछि नेपालभरका सबै विमानस्थलमा यस्ता बेबीजोन संचालनमा ल्याउने पनि जानकारी दिएको छ ।
आन्तरिक र बाह्य उडान जेठ अन्तिमसम्म बन्द, सिमानाका पनि बन्द हुने
असारसम्म अन्तरराष्ट्रिय उडान बन्द हुने, उडड्यन क्षेत्रको क्षतिको विबरण हेरी राहत ल्याउन सरकारलाई सुझाव
मेडिकल सामाग्री लिन दोस्रोपटक चीनको चाङ्सा जाँदै हिमालय एयरलाईन्स, शुक्रबार बुद्ध र थाईलाईनले उडान गर्ने | 2020/05/26 19:59:51 | http://www.bizkhabar.com/tourism-news-in-nepal/50169.html | mC4 |
प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल शुरु : सैनिक खेलाडीबाट गोलको वर्षा | suryakhabar.com
Home खेलकुद प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल शुरु : सैनिक खेलाडीबाट गोलको वर्षा
on: २९ मंसिर २०७६, आईतवार १८:०८ In: खेलकुद, समाचारTags: No Comments
काठमाडौँ, २९ मङ्सिर । प्रधानसेनापति सातौँ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आजदेखि यहाँ शुरु भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)सँगको सहकार्यमा सञ्चालित उक्त प्रतियोगिताको प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक मुख्यालयस्थित खेल मैदानमा उद्घाटन गरेका हुन् ।
आर्मीका तर्फबाट शर्मिला थापा मगर र रेश्मीकुमारी घिसिङले ३–३ गोल गर्नुभयो भने विमला चौधरीले २ र सपना लामाले १ गोल गर्नुभयो । प्रधानसेनापति थापाले आजको प्रतियोगिताको विशिष्ट खेलाडीको सम्मान त्रिभुवन आर्मी क्लबका मगरलाई प्रदान गरे ।
लिग र नकआउटका आधारमा सञ्चालन हुने उक्त प्रतियोगिताको विजेताले रु तीन लाख, उपविजेताले रु एक लाख ५० हजार तथा सेमिफाइनल पुग्ने दुई टोलीले रु ५०/५० हजार पुरस्कार प्राप्त गर्नेछन् । महासेनानी शशिकिरण रायमाझीका अनुसार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान स्कुटर प्रदान गरिनेछ ।
यस्तै उत्कृष्ट किपर, मिड फिल्डर, डिफेन्डर, फरवार्ड र प्रशिक्षकलाई जनही रु १०/१० हजार प्रदान गरिनेछ । सेनाले २०७० सालदेखि उक्त प्रतियोगिता आयोजना गर्दै आएको छ । "सैनिक–नागरिक सम्बन्ध बढाउन, महिलालाई खेलप्रति आकर्षित गर्न तथा खेलका माध्यमबाट सम्बन्ध सुमधुर बनाउन प्रतियोगिता आयोजना गरिएको महासेनानी रायमाझीले बताए ।
प्रतियोगिता आगामी पुस ९ गतेसम्म चल्नेछ । उद्घाटन समारोहमा अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष कर्माछिरिङ शेर्पा, राष्ट्रिय खेलकूद परिषद् (राखेप)का उपाध्यक्ष पीताम्बर तिमिल्सिना, पूर्वप्रधानसेनापतित्रय प्रज्वलशम्शेर राणा, प्यारजङ्ग थापा र राजेन्द्र क्षत्रीलगायत सुरक्षा निकायका उच्चपदस्थ अधिकृत र खेलप्रेमी आजको खेल हेर्न सैनिक मुख्यालय पगेका थिए । यसअघि प्रतियोगिताका बारेमा जानकारी दिँदै उपरथी शशिचन्द्रबहादुर सिंहले राष्ट्रको खेल क्षेत्रको विकासका लागि खेलाडीको मनोबल बढाउन र प्रोत्साहन गर्न यो प्रतियोगिता आयोजना गरिएको बताए । उनले 'स्वास्थ्यका लागि खेलकूद र राष्ट्रका लागि खेलकूद' भन्ने नाराका साथ शुरु भएको प्रतियोगिताले मित्रता कायम गर्न योगदान पु¥याउने विश्वास पनि व्यक्त गरे । | 2020/08/05 09:55:08 | https://www.suryakhabar.com/2019/12/151870/ | mC4 |
NK | बाँच्ने रहरसंगै सहयोगको अपिल
बाँच्ने रहरसंगै सहयोगको अपिल
प्रकाशित मिति: २३ आश्विन २०७६, बिहीबार
जीतपुर,: मृत्यूसँग जुधिरहेकी बाराकी सुनिता महत्तोले आफ्नो ज्यानको रक्षा गरिदिन आग्रह गर्नुभएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.४ बिसौलियाकी ४० वर्षिय महत्तोलाई ब्रेन ट्युमर भएर उहाँ मृत्यूसँग लडिरहनुभएको छ ।
आर्थिक समस्याका कारण उपचार पाउन नसकेको उहाँलाई आर्थिक सह्योग गरेर ज्यानको रक्षा गरिदिन महतोले सबैलाई आग्रह गर्नुभएको हो । सामान्य चियाको पसल सञ्चालन गर्दै आउनुभएकी महत्तो बिगत तीन महिना देखि मृत्यूसँग लड्दै आईरहनुभएको छ । एकल महिला महत्तोको मस्तिस्कको अपरेशन गर्नु पर्ने भएकोले दश लाख रुपैयाँको आवश्यक्ता परेको बिरामी सुनिता महत्तोले भनाई छ ।
परिवारमा कमाउने कोहि नभएको र १४ वर्षकी एक जना छोरी मात्रै रहेकोले जसो तसो गरी परिवारको गुजारा गर्दै आउनुभएकी सुनिता अहिले आँफै मृत्यूसँग लडिरहनुभएको छ । घरमा कमाउने कोहि नभए पछि उहाँकी छोरी सपना कुमारीले पनि पठन पाठन छोडेर आमालाई चिया पसलमा सघाउँदै आईरहेकी छन् ।
बिगत तीन महिनादेखि आमाको टाउको सामान्य रुपमा दुख्ने गरेको र औषधी खाए पछि आराम हुने गरेको तर यही असोज एक गते सहनैं नसक्ने गरी टाउको दुखेपछि उपचार गराउन जाँदा उहाँलाई ट्युमर भएको डाक्टरले जानकारी दिएको छोरी सपनाले बताईन् ।
दुखाईबाट छट्पटाई रहेकी आमालाई स्थानीयको सह्योगमा छारी सपनाले स्थानीय तराई सिमरा हस्पिटलमा उपचार गराईन् । चिकित्सकको सल्लाह अनुसार आमाको टाउकोको बिरगंज स्थित न्यूरो अस्पतालमा सिटि स्क्यान गराउँदा रिपोर्टमा ब्रेन ट्युमर साबित भएको हो ।
दश लाख रुपैयाँको खाँचो भएकाले अझै बढी सह्योगी हाँतहरुको खाँचो रहेको बताउँदै स्थानीय युवा नेता श्यामबाबु गुप्ताले रोगले सानो ठूलो नगन्ने, जो कोही पनि बिरामी हुँन सक्ने भएकाले भालीको दिनका लागि आज हामीले सुतिनतालाई सह्योग गर्नु सबैलाई आग्रह गर्नुभएको छ ।
त्यस्तै स्थानीय समाजसेवी राधा देबी साहले बिगत लामो समयदेखि टाउको दुख्ने ब्याथाबाट ग्रसित महत्तोको मस्तिस्कको अपरेशनका लागि सुनिता बचाउ अभियानमा लागि परेका यहाँका सर्वसाधारणले ३२ हजार रुपैयाँ संकलन गरेर पिड्ति सुनितालाई हस्तान्त्रण गरिसकेको जानकारी दिनुभयो ।
सुनिता बचाउ अभियान अन्तरर्गत बिरामी कै छोरी सपना कुमारीको नामको बैंकमा खाता समेत खोलिएको छ । देश विदेशमा रहनु हुने सह्योगी नेपालीहरुलाई सह्योगमा सहजताका लागि एस.बि.आई बैंकमा खाता खोलएिको हो । | 2022/06/29 07:48:31 | https://nepalayankhabar.com/2019/7629/ | mC4 |
नेपाली राजनीतिमा निष्ठा, आदर्श र बौद्धिक व्यक्तिका रुपमा आफ्नो विशिष्ट छवि बनाउनुभएका प्रदीप गिरी राष्ट्रियरुपमा मात्र नभई अन्तर्राष्ट्रियरुपमा पनि चर्चित हुनुहुन्छ । स्वास्थ्य समस्याका कारण लामो समय अस्पतालमा उपचाररत उहाँको हिजो निधन भएको छ । उहाँँको निधनको खबरले सबैलाई दुखित तुल्याएको छ । उहाँमा रहेको बौद्धिकता, स्पष्टता, सादगीपनको सर्वत्र चर्चा भएको छ । पछिल्लो समयमा गिरीलाई नजिकबाट नियाल्नुभएका अनुसन्धाता दिनेश प्रसाईंसँग गरिएको कुराकानीको सम्पादित अंश ः
नेहरु विश्वविद्यालयले जुराएको भेटघाट
प्रदीप जीसँग मेरो विशेष भेटघाट २०६० सालदेखि भएको हो । तत्कालीन राजा ज्ञानेन्द्रको माघ १९ को दोस्रो कदमपछि उहाँसँग मेरो नयाँ दिल्लीमा भेट भयो । नयाँदिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालयमा अनुसन्धानका सिलसिलामा भएको भेटघाट मेरा लागि निकै स्मरणीय छ । २०६२÷६३ को लोकतान्त्रिक आन्दोलनका समयतिर हामीले नयाँदिल्लीबाट लोकतन्त्र भन्ने पत्रिका निकाल्थ्यौँ । त्यसका लागि प्रदीपजीले प्रत्येक अङ्कका लागि १० हजार रुपैयाँ जुटाइदिनुहुन्थ्यो । उक्त पत्रिकाका लागि नेताहरूको लेख उपलब्ध गराउन उहाँले सहयोग गर्नुहुन्थ्यो । सो पत्रिकाको प्रधानसम्पादक शैलेश आचार्य हुनुहुन्थ्यो भने म कार्यकारी सम्पादक रहेको थिएँ । एक महिनादेखि दुई÷तीन महिनाको अन्तरालमा निस्कने उक्त पत्रिका हामीले छ अङ्कसम्म प्रकाशन ग¥यौँ ।
नेपालमा लोकतन्त्रका लागि माओवादी र संसदीय दलहरू मिल्नुपर्छ भन्ने सन्देशलाई उक्त पत्रिकाले जोड दिने गरेको थियो । लोकतन्त्रका पक्षमा विभिन्न लेख, रचना पत्रिकामा छापिन्थे । तत्कालीन समसामयिक राजनीतिका सम्बन्धमा नरहरि आचार्य, प्रदीप ज्ञवाली, बाबुराम भट्टराईलगायत विभिन्न नेताका लेख उक्त पत्रिकाका माध्यमबाट प्रकाशन हुन्थे । उक्त पत्रिकाका सिलसिलामा उहाँसँग राम्रै छलफल तथा भेटघाट हुने गर्दथ्यो । नेपालमा लोकतन्त्रको स्थापनापछि पनि विद्यावारिधिका सिलसिलामा मैले त्यसपछिका चार वर्ष नयाँ दिल्लीमा नै बिताए । त्यसबीचमा पनि प्रदीप गिरी भारत आउँदाजाँदा बाक्लै भेटघाट हुने गरेको थियो ।
जवाहरलाल नेहरु विश्वविद्यालयमा रहँदा तत्कालीन समयमा नेपालबाटै विद्यावारिधिका लागि गएका २०÷२५ जना साथी मिलेर हामीले ‘टक सिरिज’ पनि चलाउथ्यौँ । उक्त टक सिरिजमा साहित्य, सङ्गीत, दर्शन, राजनीतिका विषयमा चर्चा परिचर्चा गरिन्थ्यो । उक्त सिरिजमा भारतका ठूलाठूला विद्धान पनि सहभागी बन्ने गर्दथे । भारतका ठूलाठूला विद्वानहरूसमेत सहभागी हुने ती सिरिजमा प्रदीप गिरीको उपस्थिति हाम्रा लागि गर्व महशुस गराउथ्यो । भारतीय विद्धान पनि उहाँलाई निकै आदर सम्मान गर्दथे । उहाँको बौद्धिकता नेपालको मात्र नभई भारत र समग्र दक्षिण एशियाकै लागि गर्व गर्न लायकको थियो ।
चारै भाषामा राम्रो दख्खल
वौद्धिकताको हिसाबले मात्र नभई उहाँको विभिन्न भाषामा उत्तिकै दख्खलता थियो । गिरीको नेपाली, अङ्ग्रेजी, हिन्दी र संस्कृत चारवटै भाषामा राम्रो ज्ञान थियो । यी चारवटै भाषामा उत्तिकैरुपमा राम्रोसँग लोमो समयसम्म पनि बहस गर्नसक्ने उहाँको अचम्मको क्षमता थियो ।
अचम्मको सादगीपन
उच्चस्तरको बौद्धिक नेता भएर पनि गिरीमा अचम्मको सादगीपन थियो । हामीहरू नयाँदिल्लीमा त्यस समयमा अटोमा हिँड्ने गर्दथ्यौँ । टाउकोमा फेटा बाँधेर हिँड्ने गिरीसँग म ठूलो हुँ भन्ने भावना कहिल्यै पनि देखिएन । दिल्लीमा त्यहाँको राजनीतिसँगै विश्व राजनीतमा प्रभाव पार्ने ठूलाठूला नेता तथा साहित्यकारसँग उहाँको बृहत् सम्बन्ध थियो । सोनिया गान्धी, करण सिंहजस्ता नेताहरूसँग उहाँको सिधै सम्पर्क थियो । नेपालबाट जाने नेताहरूले भारतीय नेतासँग भेट गराउन उहाँलाई भेट्न खोज्दथे । तर उहाँमा सकेसम्म यहाँबाट गएका नेतासँग नभेट्ने अचम्मको बानी थियो ।
अध्यात्ममा अत्यधिक रुचि रहेका कारण पनि उहाँ समयसमयमा भारतका विभिन्न स्थानमा रहेका सन्यासीको अखडामा गएर समय बिताउनुहुन्थ्यो । सामान्य किसिमको खानपिन रुचाउनु हुने गिरीले प्रायःसादा खाना, दही, दुई÷तीन वटा रोटी र समयानुसारको तरकारी खानुहुन्थ्यो । मैले उहाँले धूमपान गरेको देखिन । विसं २०६०÷६१ देखि नै उहाँले खानेकुरामा पथपरेजमा बस्ने गर्नुभएको थियो । अध्ययन सकेर नेपाल फर्केपछि व्यवसायका सिलिसिलामा मैले पोखरामा सञ्चालन गरेको जलमहल होटेल उहाँको अधिकांशः यहाँ आउँदा बस्ने स्थान हो । जलमहलमा कोठा अपुगै भएका अवस्थामा बाहेक उहाँ यहीँ नै बस्ने भएकाले उहाँसँग दिल्लीपश्चात् पनि निरन्तर छलफल एवं अन्तक्र्रिया हुने गरेको थियो ।
अरुलाई अध्ययनमा प्रेरित गरिरहने
प्रदीप गिरी आफू मात्रै अध्ययन गर्ने होइन, अरुलाई पनि अध्ययनमा प्रेरित गरिरहनुहुन्थ्यो । भेट भएका युवालाई पञ्चतन्त्र, महाभारत जस्ता ग्रन्थ पढ्नका लागि उहाँले अभिप्रेरित गर्नुहुन्थ्यो । आफू पनि निरन्तर पढिरहने उहाँ एकै दिनमा तीन÷चारवटा पुस्तक पढ्ने गर्नुहुन्थ्यो । नयाँदिल्लीको दारियागञ्जमा प्रत्येक आइतबार पुराना पुस्तकको बिक्रीवितरण हुने गरी हाट लाग्ने गर्दछ । त्यहाँ गएर गिरीले प्रत्येक पटक २०÷३० वटा पुस्तकसम्म किन्ने गर्नुहुनथ्यो ।
त्यस्तै जवाहरलाल नेहरु विश्वविद्यालय नजिकै वसन्त विहारमा पनि विभिन्न विषयका पुस्तकहरू किन्नका लागि उहाँ जाने गर्नुहुनथ्यो । त्यहाँ विशेषतः सामाजिक अध्ययन विषयका पुस्तकहरू पाइन्थ्यो । नयाँदिल्लीकै बौद्धिक व्यक्ति पुग्ने खान मार्केटमा पनि उहाँ समयसमयमा पुगेर किताब किन्ने गर्नुहुन्थ्यो । मेरा अनुभवमा उहाँले किताब नकिनेको कुनै हप्ता नै हुँदैनथ्यो । पोखरामा दुई पटकसम्मका साहित्य मेलामा उहाँले गर्नुभएको दन्त्य कथा र महाभारतका पात्र विषयक परिचर्चा अहिले पनि उत्तिकै चर्चामा छ ।
कार्यक्रममा बोलाउन ४ बजेपछिको समय उपयुक्त
नयाँ दिल्लीमा टक सिरज तथा अन्य वैचारिक कार्यक्रममा गिरीलाई सहभागी बनाउनका लागि हामीले धेरैजसो अपराह्न ४ बजेपछिको समय राख्ने गर्दथ्यौँ । अत्यधिक पढिरहने गिरी राति अबेरसम्म पनि पढ्ने भएकाले भोलिपल्ट अपराह्न १२ देखि १ बजेसम्म उहाँलाई सुत्नुपथ्र्यो । उहाँको उपस्थितिले कार्यक्रमको गरिमा नै उँचो हुने भएकाले उहाँको समयलाई बाधा नपार्ने किसिमले हामीले त्यही किसिमबाट कार्यक्रम तय गर्ने गर्दथ्यौँ ।
भारतीय नेताहरूसँग राम्रो सम्बन्ध
गिरीको भारतीय नेताहरूसँग अचम्मको नजिकको सम्बन्ध थियो । उहाँ र करण सिंहलगायतका नेतासँगको केही भेटघाटमा मैलेसँगै जाने अवसर पाएको छु । करण सिंहले उहाँलाई अत्यन्त आदर गर्नुहुन्थ्यो । जुन मैले प्रत्यक्ष देखेको छु । भारतीय नेताहरू नितिश कुमार, लालुप्रसाद यादव, बिपी त्रिपाठीलगायतका नेतालाई उहाँले प्रशिक्षण दिनुभएको छ ।
भारतीय राजनीतमा राम्रो प्रभाव राख्ने अधिकांश नेताहरूसँग उहाँको अचम्मको सुमधुर सम्बन्ध थियो । भारतमा इन्दिरा गान्धीको सङ्कटकालको समयपछि उहाँले भारतमै रहेर ‘सोसिइलिष्ट मुभमेन्ट’को नेतृत्व पनि गर्नुभएको थियो । विशेषगरी गान्धीवादी विचारक गिरीको भारतका नेताहरू जयप्रकाश नारायण, राममनोहर लोहियाहरूसँग नजिकको सम्बन्ध रहेको थियो । उहाँको सोनिया गान्धी, इन्दिरा गान्धी, राजीव गान्धीलगायतका नेतासँग पनि राम्रै सम्बन्ध थियो ।
तेस्रो प्राथमिकतामा राजनीति
त्यत्रो बौद्धिक र प्रभावशाली नेता भएर पनि उहाँको राजनीति भने तेस्रो प्राथमिकतामा थियो । उहाँको पहिलो प्राथमिकता साहित्य हो भने दोस्रो प्राथमिकता अध्यात्म हो । उहाँलाई राजनीतिलाई किन प्राथमिकतामा राख्नुहुन्न भन्ने जिज्ञाशामा म राजनीतिबाट ‘डिष्ट्रव’ हुन चाहन्न भन्नुहुन्थ्यो । उदार स्वभावका उहाँ सबै राजनीतिक दललाई उत्तिकै सहयोग गर्नुहुन्थ्यो । उहाँ सबैको मान्छे हो । आफ्नै पार्टीको पनि उहाँले स्पष्टरुपमा आलोचना गर्नुहुन्थ्यो ।
गिरीबाट सिक्नुपर्ने पाठ
सादगीपनसँगै गिरीको इमान्दारिता, निष्ठा, अध्ययनशीलता वर्तमानमा जो कोही नेतृत्वले सिक्नुपर्दछ । गाउँगाउँमा कुटिर उद्योगमार्फत रोजगारी सिर्जना गर्नुपर्छ भन्ने विचार राख्ने गिरीले सधैँ गाउँ केन्द्रित राजनीतिका पक्षमा आवाज उठाउनुभयो । समाजका सबै वर्ग र समुदायको समुत्थान हुनुपर्छ भन्दै उहाँले ‘कदमजम’ को नारालाई अघि सार्नुभएको थियो । राष्ट्रमा सबैको पहुँच स्थापना हुनुपर्ने भन्दै उहाँले कर्णालीको समस्या, दलित, महिला, जनजाति र मधेसीलाई समेट्दै अघि बढ्नुपर्ने विषयलाई जीवनपर्यन्त उठाइरहनुभयो ।
(यो विचार गिरीको निधनपछि अनुसन्धाता दिनेश प्रसाईंसँग राष्ट्रिय समाचार समिति गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेलले टेलिफोन संवादका आधारमा तयार गर्नुभएको हो) | 2022-12-06T23:37:48Z | https://loksattaa.com/20900/ | OSCAR-2301 |
सञ्चार विधेयक फिर्ता लिन पत्रकार महासङ्घको माग «
कास्की । गण्डकी प्रदेश सरकारले हालै संसद्मा दर्ता गरेको 'सञ्चारमाध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक' लाई फिर्ता लिन नेपाल पत्रकार महासङ्घले माग गरेको छ । प्रस्तावित विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवं संविधानको मर्म र भावनाविपरीत रहेको जनाउँदै महासङ्घले तत्काल विधेयकलाई अगाडि नबढाउन प्रदेश सरकारसँग आग्रह गरेको हो ।
महासङ्घले विधेयकमा रहेका कतिपय प्रावधान प्रेस स्वतन्त्रतामैत्री नभएको र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवं स्वतन्त्र पत्रकारिताको मान्यताविपरीत रहेको जनाउँदै विधेयक संसद्बाट तत्काल फिर्ता गरी महासङ्घसहित सरोकारवालाको सहभागितामा व्यावसायिक पत्रकारिता र प्रेस स्वतन्त्रतामैत्री हुने गरी पुनर्लेखन गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षणसमेत गराएको हो ।
"महासङ्घले विधेयकमा रहेका कतिपय प्रावधान प्रेस स्वतन्त्रताविरोधी रहेको जनाउँदै त्यसप्रति गम्भीर असहमति राख्दै आएको थियो । त्यसलाई बेवास्ता गर्दै प्रदेश सरकारले विधेयकलाई संसद्मा दर्ता गरिनु अत्यन्त दुःखद् पक्ष हो । यो कार्यले प्रदेश सरकार प्रेसप्रति उदार नभई प्रेसलाई नियन्त्रण र अङ्कुश लगाउन उद्धृत रहेको स्पष्ट छ", महाङ्घद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा महासङ्घको असहमति रहेका बुँदालाई यसअघि पनि अन्य प्रदेश सरकारबाट संसद्मा दर्ता भएपछि महासङ्घको केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला शाखाले पनि तत्काल विधेयक फिर्ताको माग गरिरहँदा सरकारका जिम्मेवार निकायमा बस्नेले विधेयकका पक्षमा गरेको वकालतलाई महासङ्घले गम्भीररूपमा लिएको छ ।
विज्ञप्तिमा भनिएको छ, "प्रदेश सरकारले दर्ता गराएको विधेयकमा प्रेसलाई नियन्त्रण गर्ने, प्रेस स्वतन्त्रतालाई सङ्कुचन गर्ने, दर्ता खारेजीलगायत पत्रकारलाई जेल सजायजस्ता प्रेसविरोधी प्रावधान रहेकाले यो विधेयक आपत्तिजनक हुनुका साथै संविधानको मर्म र भावनाविपरीत रहेको महासङ्घ ठहर छ ।" | 2022/05/27 21:31:47 | https://nepaltasbir.com/?p=11722 | mC4 |
खतिवडाले दिपेशको पैसा फिर्ता गरे
४४२ पटक पढिएको
पथरी : मलेसियामा श्रमीकका कथित नेता बताउने वेद कुमार खतिवडाले पिडित बनाएका दिपेश भट्टराईको पैसा फिर्ता गरेका छन् । खतिवडाले आशिंक रुपमा भएपनि पैसा फिर्ता गरेका हुन् । खतिवडाले पिडित बनाएको बारे कपुरी न्युजले समाचार प्रकाशित गरेको थियो ।
मलेसियाको रोजगारीका क्रममा रहेका बेला भट्टराईलाई नेपाल फर्काइदिने भन्दै खतिवडाले ४ हजार रिङ्गेट असुलेका थिए । रकम असुलेपनि खतिवडाले भट्टराईलाई नेपाल फर्काएका थिएनन् । मलेसियाको क्वालालम्पुरको कोतरायामा रहेको एक लजमा बसेको बेला उनलाई मलेसियाको अध्यागमनले नियन्त्रणमा लिएको थियो ।
४ महिना जेल जिवन बिताएका भट्टराईलाई जेलमा चरम यातना दिइएको थियो । नेपाल फर्किएपछि भट्टराई्ले खतिवडालाई पैसा फिर्ता गर्न आग्रह गरेपनि खतिवडाले वास्ता गरेका थिएनन् । यसैबिच भट्टराईले जिफन्ट केन्द्रिय कार्यालयमा ठगी बारे जानकारी गराएका थिए भने नेपाली दुतावास मलेसियामा पनि यसबारे छलफल भएको थियो । नेपाली दुतावास मलेसियाले बिहिवार तत्काल पैसा फिर्ता गर्न दबाब दिएको थियो ।
यसै बिच मलेसियाको दुतावासले पिडित भट्टराईको पैसा फिर्ता गर्न गरेको निर्देशन पछि खतिवडाले शुक्रबार भट्टराईका नाममा सिटि एक्प्रेस मार्फत ४९ हजार दुईसय तिस नेपाली रुपयाँ फिर्ता गरेका हुन् । शुक्रबार नै पैसा पाएको भट्टराईले बताएका छन् । | 2020/08/05 21:35:52 | https://kapurinews.com/news/view?id=8465 | mC4 |
यस्तो छ आजको राशिफल ? – Saurahaonline.com
२०७८ जेठ ४ गते, मंगलवार, १८ मे २०२१। वैशाख शुक्लपक्ष षष्ठी तिथि, ८ः०४ बजेदेखि सप्तमी। तिष्य नक्षत्र, ११ः०२ बजेदेखि अश्लेषा। चन्द्रराशि– कर्कट।
तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिन सक्छन्। पुरानो सम्झौता भंग हुन सक्छ। शुभचिन्तकहरूलाई साथमा लिएर जुट्नुहोला, महत्त्वाकांक्षी योजना सम्पादन हुने समय छ।
मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। सोख पूरा गर्न सञ्चित रकम खर्च हुनेछ। अग्रजहरूको सहयोगले दिगो काम प्रारम्भ गर्न सकिनेछ। तर गोपनीयता बाहिरिनाले काममा समस्या पर्न सक्छ। काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ हुनेछ।
बौद्धिक कार्यबाट दिगो लाभ उठाउन सकिनेछ। आर्थिक गतिविधिले फाइदा दिनेछ। अध्ययनमा समय दिन नसकिए पनि ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। व्यवसायमा मनग्य धनलाभ हुनेछ। तर, अरूको विषयमा चासो राख्दा दु:ख पाइनेछ। बोलीको गलत अर्थ लाग्न सक्छ, विचार सम्प्रेषण गर्दा राम्ररी विचार पुर्याउनुहोला।
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरूले उत्साह जगाउनेछन्। दिगो काममा फाइदा उठाउन सकिनेछ। तर आगन्तुकहरूबाट अलि सजग हुनुपर्ला। स्वास्थ्यमा केही बाधा हुने समय छ।
अर्थअभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। टाढाका साथीभाइले काममा साथ दिनेछन्। तर, खर्च बढ्नेछ भने आलस्य गर्ने बानीले पनि काममा पछि परिनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ला।
आम्दानी बढ्नाले उत्साह जाग्नेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। राम्रो उपलब्धि हातलागी हुनेछ। पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ। साझेदारीबाट पनि लाभ मिल्नेछ। पारिवारिक आवश्यकता पूर्ति होला। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोगबाट विशेष लाभ मिल्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ।
आफ्ना काममा अरूको मुख ताक्नाले पछि परिनेछ। उचित मूल्यांकन भए पनि मिहिनेतको प्रतिफल हातपार्न केही समय लाग्नेछ। महत्त्वाकांक्षा पूरा नहुनाले मन खिन्न रहनेछ। मिहिनेतले राम्रो परिणाम दिलाए पनि प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। काम सम्पादन भए पनि तत्काल धेरै आम्दानीको आशा नराख्नुहोला। पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ।
सानो प्रयत्नले धेरैको भलाइ गर्न सक्छ। चुनौतीहरू पन्छाउँदै चिताएको काम बनाउन सकिनेछ। रोकिएका काम सम्पादन हुनेछन् भने मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। समाजमा विवादास्पद काम गर्नुपर्दा समस्यामा परिनेछ। ईर्ष्यालु मन भएकाहरूले सताउनेछन्। अरूका काममा धेरै समय व्यतीत गर्नुपर्नेछ। तापनि लगनशीलताले बिस्तारै उद्देश्यमा पुर्याउन सक्छ।
खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला। पहिलेका समस्या दोहोरिनाले उत्साहपूर्वक काम गर्न नसकिएला। गोपनीयता बाहिरिनाले पनि समस्या पर्न सक्छ। स्वास्थ्यमा विशेष ध्यान पुर्याउनुहोला। सानातिना काममा अल्झनुपर्दा ठूलो काम रोकिन सक्छ। आशा देखाउनेहरूको भरपर्दा व्यर्थैमा धोका पाइएला। खर्च बढ्नाले अर्थ अभाव पनि महसुस हुनेछ।
परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। तर आफन्तजनसँग सुमधुर सम्बन्धका लागि विशेष ध्यान पुर्याउनुहोला। व्यवसायको सन्दर्भमा यात्राको योग देखिए पनि माैसमी समस्याबाट जाेगिन सजग रहनुहाेला। मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा पुग्न विलम्ब हुनेछ। प्रतिष्ठा एवं लोकाचारका लागि फजुल खर्च बढ्न सक्छ।
प्रयत्न गरेका काम मुस्किलले सम्पादन हुनेछन्। अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। काममा ढिलासुस्ती हुन सक्छ। विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्ला। सेवामूलक काम बीचैमा रोकिन सक्छ। तापनि, पशुपालन तथा कृषिबाट लाभ मिल्नेछ। परिस्थितिले काममा अलमल्याए पनि मिहिनेत गर्दा फाइदाको स्रोत पहिल्याउन सफल भइनेछ। | 2021/06/21 13:30:59 | https://saurahaonline.com/2021/05/227925/ | mC4 |
कार्कीको निर्णय फिर्ता गराउन विद्यार्थी प्रदर्शन – Sourya Online
कार्कीको निर्णय फिर्ता गराउन विद्यार्थी प्रदर्शन
सौर्य अनलाइन २०७० वैशाख २४ गते ७:५२ मा प्रकाशित
काठमाडौं, २४ वैशाख । पूर्व मुख्य सचिव लोकमान सिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त सिफारिस गर्ने निर्णय विरुद्ध विभिन्न विद्यार्थी संगठनहरुले राजधानीमा प्रदर्शन गरेका छन् ।
मंगलबार विहानै विभिन्न क्याम्पस अगाडि भएका प्रदर्शनका कारण राजधानीको यातायात व्यवस्था केही समय प्रभावित भएको महानगरीय प्रहरीले जनाएको छ । क्याम्पस अगाडि सडकमा उत्रिएर प्रदर्शन गरेका विद्यार्थी संगठनहरुले सरकारी गाडीलाई निशाना समेत बनाए ।
उनीहरुले अन्तिरिम मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी र कार्की विरुद्ध नारावाजी गरेका थिए । कार्कीलाई प्रमुख आयुक्त बनाउने सिफारिससहितको निर्णय खारेज नहुँदा सम्म आन्दोलन जारी राख्ने नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिए ।
प्रमुख चार राजनीतिक शक्ति एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाको सुझावमा संवैधानिक परिषदले जनआन्दोलन दवाउन भूमिका खेलेका पूर्व मुख्य सचिव कार्कीलाई अख्यिारको प्रमुख आयुक्तमा सिफारिस गर्ने निर्णय भए पछि विद्यार्थी संगठनहरु सडकमा उत्रिएका हुन् ।
प्रदर्शनमा नेविसंघ, एमाले निकट अनेरास्ववियु, नेकपा–माओवादी निकट अखिल क्रान्तिकारीलगायतका विद्यार्थी संगठनको सहभागिता रहेको थियो । | 2021/12/02 00:56:47 | https://www.souryaonline.com/2013/05/69914.html | mC4 |
नेपाल आज | ईन्जिनीयर नै भन्छन– पानी परेका बेला कालोपत्रे अनुचित (भिडियोसहित )
ईन्जिनीयर नै भन्छन– पानी परेका बेला कालोपत्रे अनुचित (भिडियोसहित )
सडक स्वदेशी, साधन–जनशक्ति विदेशी
बुधबार, २५ असार २०७६ गते प्रकाशित - नेपाल आज
अहिले देशभर असारे विकासको लहर छ । अर्थात, विकासका नाममा जथाभावी सडक बनाएर बजेट सकिँदैछ । आकाशबाट झमझम पानी परिरहेको छ, अर्कातिर सडकमा धमाधम कालोपत्रे भइरहेको देखिन्छ । पुल्चोक इन्जिनियरिङ क्याम्पसका उप प्राध्यापक एवम सडकमा विशेषज्ञता हासिल गरेका इन्जिनियर रोशन कार्की भन्छन्, 'यो लाजमर्दो हो । पानी परेका बेला कालोपत्रे गरिदैन । कालोपत्रे गर्दा धुलो र पानीबाट बचाउनु पहिलो शर्त हो । त्यस्तै, तापक्रम ५ डिग्री भन्दा बढी हुनुपर्छ । वर्षामा धुलो र तापक्रमको मापदण्ड पुगे पनि पानीबाट बचाउने असम्भव जस्तै छ । यसरी काम गर्नु हुँदैन । बजेटै सिध्याउन जे पनि त गर्नु भएन । '
'असारमा मात्र सडक निर्माण गर्ने चलन हटाउनुपर्छ । यसका लागि कम्तिमा एक वर्ष अघि नै योजना बनाउनुपर्छ । कहाँ कुन क्षेत्रमा कस्तो सडक बनाउने हो ? त्यसका लागि बजेट कति ? कार्यविधि के ? कच्चा पदार्थ, जनशक्ति, ठेकेदार लगायतका विषयको टुंगो पहिल्यै लगाइसक्नु पर्छ । अनि अनुकूल मौसममा सडक बनाउने, कालोपत्रे के के गर्ने हो सबै गर्नुपर्छ । यसले बजेटको सदुपयोग पनि हुन्छ, काम पनि गुणस्तरीय हुन्छ ।' इन्जिनियर कार्की भन्छन् ।
अचेल केही इन्जिनियरहरु भेट भयो कि हामीहरु यही विषयमा छलफल गर्छौ । कम्तिमा चैत बैशाखतीर आर्थिक वर्ष सकिने भए कति राम्रो हुन्थ्यो । अझ, कतिपय ठाउँमा त इन्जिनियर बिना नै काम हुने गरेको छ । ठेकेदारले इन्जिनियरको काम गरिरहेको पनि देखिन्छ । कतिपय ठेकेदारहरुले इन्जिनियरलाई प्रभावमा पार्ने प्रयास पनि गर्छन् । विभिन्न शक्ति केन्द्रबाट पनि इन्जिनियरलाई दबाब आउने गर्छ । कम इष्टिमेट तयार पार्ने, सामग्री प्रयोग, बाटो कताबाट लैजाने लगायतका विभिन्न सवालमा दबाब आउने गर्छ । कतिपय इन्जिनियरहरुलाई यो प्रकारका प्रभाव र दबाब झेल्न कठिन भएको समेत देखिएको छ ।
नेपालमा सडक निर्माणमा प्रयोग हुने कच्चा पदार्थ प्रायः सबै विदेशबाट आयात हुने गरेको छ । अलकत्रा, फलाम, डण्डी, उपकरण लगायतका निर्माण सामग्री मात्र होइन जनशक्तिसमेत विदेशबाट आउने गरेको छ ।
इन्जिनियर कार्की भन्छन्, 'हामीकहाँ सडक होस वा कुनै भवन निर्माण जहाँ पनि धेरैजसो भारतीय कामदार छन् । सामान ओसार्नेदेखि निर्माणका महत्वपूर्ण ठाउँमा उनीहरु नै छन् । दिनको हजार, बा¥ह सय मज्जाले कमाइरहेका छन् । हामी नेपालीलाई भने लाज लाग्छ । यो विडम्बना हो । '
कार्कीका अनुसार अहिले प्रधानमन्त्री रोजगार कार्यक्रमको पनि गलत प्रयोग भैरहेको छ । यस्तो कार्यक्रमको पैसा झार उखेलेर कसैलाई पैसा दिएर सिध्याउनु भन्दा उनीहरुलाई सीप, तालिम दिनमा खर्च गर्नुपर्छ । यसरी दिएको तालिम वा सीपले उसले आय आर्जनको काम गर्न सकोस । हाम्रो देशमा निर्माणको क्षेत्रमा सीप जानेका काम गर्न सक्नेहरुको अभाव छ । रोडको क्षेत्रमा होस वा भवन निर्माण जहाँ पनि कामदारको अभाव छ । रोजगार कार्यक्रमले त्यो क्षेत्रलाई मात्र लक्षित गरेर भएपनि तालिम दिएको भए धेरैले सधैंका लागि रोजगारी पाउँथे । '
अर्को महत्वपूर्ण कुरा विदेशी कम्पनीले हात हालेका प्रायः सबैजसो सडकमा प्रश्न उठेको छ । उदाहरणका लागि मुग्लिन नारायणगढ र काठमाडौं कोटेश्वर सडकखण्ड । दुवै सडक चिनियाँ कम्पनीले बनाएका हुन् । अहिले मुग्लिन नारायणगढको मर्मत लगभग पूरा भएको छ भने निकै आधुनिक र सुविधा सम्पन्न भनिएको कोटेश्वर कलंकी सडकखण्ड सबैभन्दा बढी जोखिमपूर्ण छ ।
विदेशीले बनाएका सडकको गुणस्तर, संरचना र योजनामा नेपाली पक्षले प्रश्नसमेत उठाउन सकेका छैनन् । यसमा सडक विभागको कमजोरी देखिन्छ । सडक निर्माण गर्नुअघि नै बन्ने योजनामा कि सडक विभागले ध्यान दिंदैन कि त बोल्ने आँट गर्न सक्दैन ।
अहिले स्थानीयस्तरदेखि केन्द्रसम्म सडक निर्माणको लहर छ । गाउँमा त डोजरे विकास समेत भन्ने गरिन्छ । केही स्थानीय निकायमा इन्जिनियरिङ अध्ययनसहित काम भैरहेको भएपनि अधिकांश स्थानीय तह ठेकेदार र जनप्रतिनिधिको लहडमा चलिरहेका छन् । यसले व्यापक आर्थिक अनियमितताको पनि संकेत गरेको छ ।
इन्जिनियर कार्की भन्छन्, ' बलियो र गुणस्तरीय सडक बनाउन सबैभन्दा पहिले योजनामा ध्यान दिनुपर्छ । जति लगानी र समय खर्चिनुपर्ने हो, योजनामा गर्नुपर्छ । योजना राम्रो भए संरचना आफैं राम्रो हुन्छ । हामीकहाँ योजनामा लगानी नगर्ने, संरचना निर्माणमा चाहिँ बजेट खन्याउने चलन छ, यो अन्त्य गर्नुपर्छ । ' | 2021/04/15 05:53:42 | https://www.nepalaaja.com/2019/7/2019710132937 | mC4 |
इतिहासको विज्ञानसँग सम्बन्ध :: Tarun Khabar: Digital Online Paper from Nepal
इतिहासको विज्ञानसँग सम्बन्ध
सामाजिक विज्ञानका महत्वपूर्ण शाखामध्ये इतिहासलाई पनि लिइन्छ । अगाडि नै प्रस्ट पारिसकिएको छ कि इतिहास विगतमा घटेका घटनाको क्रमबद्ध विवरण हो । यो मानिसको सम्पूर्णताको अध्ययन हो । कुनै पनि विज्ञान आफैमा पूर्ण हुँदैन । एउटै परिवारका सदस्य भएको नाताले अन्य सामाजिक विज्ञानसँग पनि इतिहासले गहिरो सम्बन्ध स्थापित गरिरहेको हुन्छ । यसरी कुनै पनि विज्ञानको कुरो गर्दा अन्य विज्ञानसँगको सम्बन्धबारे चर्चा गर्ने पहिलो विद्वान वाइब्ज हुन् । उनको भनाइमा 'सबै विषयबीच आन्तरिक सम्बन्ध हुन्छ ।' सबै सामाजिक विषयहरू इतिहासको पृष्ठभूमिमै आधारित हुन्छन् । यसैले ट्राबेलियनले इतिहासको महत्वलाई जोड दिँदै भनेका छन्, 'इतिहास कुनै विषय होइन, तर त्यो त्यस्तो एउटा घर हो जहाँ सबै विषयले निवास गरेका छन् ।' यो भनाइले इतिहास र अन्य विषयसँगको सम्बन्धको बारेमा जान्नलाई निकै बल मिल्छ । विशेष गरी इतिहासले साहित्य, राजनीतिशास्त्र, भूगोल, अर्थशास्त्र आदि जस्ता विषयसँग निकै गहिरो सम्बन्ध राखेको पाइन्छ । यी सबै विषयले आ–आफ्नो क्षेत्रमा एक अर्कालाई गहिरो सहयोग गरेको पाइन्छ ।
प्राचीन युगमा इतिहासलाई नै साहित्यको एक अंगको रूपमा लिइन्थ्यो । त्यसैले साहित्यको रूपमा नै इतिहास अध्ययन अध्यापन गराइने प्रचलन पनि निकै पछिको समयसम्म चलेको पाइन्छ । साहित्य पढ्न प्रायः सबैको रूचि हुने भएकाले पनि सायद इतिहास साहित्यमा समावेश गरिएको हुनसक्छ । साहित्यमा कल्पनाको प्रयोग बढी हुन्छ । त्यसैले पनि इतिहासकारहरूको एउटा त्यस्तो वर्ग छ, जसले साहित्यको त्यस्तो पक्षलाई स्वीकार गर्दछन्, जसमा ऐतिहासिक घटनाहरूको धारावाहिक रूपले चर्चा गरिएको हुन्छ । वैज्ञानिक युगको आविष्कारसँगै इतिहासलाई पनि एउटा विज्ञान मानियो र पछि साहित्यको रूपमा मात्र इतिहासलाई लिन छाडियो । यसपछि कल्पना र साहित्यिक रोचकताभन्दा निकै टाढा इतिहासलाई स्वीकार्न थालियो । पछि इतिहास एउटा निरस र अरूचिको विषय हुन थाल्यो । इतिहास पढ्ने मानिसको संख्या पनि कम हुन थाल्यो । यो विवेचनाबाट के प्रस्ट हुन्छ भने इतिहासको अध्ययन साहित्यलाई पर राखेर पूरा हुन सक्दैन । इतिहास पढ्न साहित्यको सहारा लिनै पर्छ र साहित्य रचनामा पनि इतिहासको आवश्यकता पर्छ ।
प्रो. बेकनकोे विचारमा इतिहास र साहित्यको समन्वय इतिहासको अध्ययन गर्नेहरूलाई ज्ञानप्रति रूचि उत्पन्न गराउने उद्देश्यले गर्नुपर्छ । त्यस्तै, प्रो. घाटेको विचारमा इतिहासको अध्ययनमा साहित्यको प्रयोग ऐतिहासिक वातावरणको निर्माणका लागि गरिनुपर्छ । त्यस्तै, विभिन्न कालखण्डको सामाजिक स्थितिको ज्ञान प्राप्ति गर्नपनि साहित्यको उचित प्रयोग गर्न सक्नुपर्छ । इतिहासको प्रयोग साहित्यसँग गर्न नसकेमा इतिहास निरस र अत्यन्त सूक्ष्म विषयको रूपमा मात्र चिनिन्छ । त्यसैले हिजोआज ऐतिहासिक साहित्य लेखन त्यत्तिकै महत्व र रूचिको विषय बन्न पुगेको छ ।
इतिहासले मानिसले गर्ने कार्यको अध्ययन गर्ने हुनाले पनि साहित्यमा मानिसका भावना र कल्पना थप्न निकै सजिलो हुन्छ । साहित्यले विशेष गरी इतिहासलाई सामाजिक स्थितिहरूको विस्तृत वर्णन, रीतिरिवाजहरू, संघ–संस्थाहरू, रहनसहनको तरिका आदिका बारेमा सामाग्री प्रदान गर्दछ । त्यसैले पनि इतिहासको अध्ययन गर्दा साहित्यको सहायता लिनुपर्ने हुन्छ । यस अर्थमा इतिहास र साहित्यको घनिष्ठ सम्बन्ध रहेको प्रस्ट हुन्छ ।
इतिहास र राजनीतिशास्त्रबीच पनि त्यत्तिकै गहिरो सम्बन्ध रहेको छ । राजनीतिशास्त्रले वर्तमान शासन व्यवस्था मात्र वर्णन गर्दैन, यसले कुनै पनि देशको शासन व्यवस्थाको सुरूवात र त्यसको विकासको लेखाजोखा आदिको वैज्ञानिक तरिकाले अध्ययन गर्दछ । त्यसैले राजनीतिशास्त्रको सहयोगले विगतमा कुन कुन शासन व्यवस्था अंगालेर आजको अवस्थामा समाज आइपुग्यो भन्ने विषयको जानकारी मिल्दछ । आधुनिक युगमा राजनीतिशास्त्रप्रति ज्यादै उदार दृष्टिकोण रहेको छ । यसले समाजमा व्यक्तिलाई एउटा जिम्मेवार नागरिक भएर जिउन सिकाउँछ । यसले वर्तमान समाजमा सामाजिक र राजनीतिक समस्याहरूको वर्णन गर्छ । जसको समाधानका लागि ऐतिहासिक विषयको उठान गरिन्छ । यसले विगतको समाजको शासन व्यवस्थाको क्रमबद्ध तरिकाले अध्ययन अध्यापन गराउँछ । जसमा कतिपय विषयवस्तु ऐतिहासिक हुन्छन् । यसले मानिसको कुनै एक पक्षको मात्र अध्ययन नगरी पूरै समाजलाई नै विकासक्रमको दृष्टिकोणले व्याख्या र विश्लेषण गर्दछ । त्यसैले दुवै विषयका अध्ययनका विषय वस्तु कतिपय अवस्थामा एकै पर्न जान्छन् । दुवैले मानिसको शासन व्यवस्थाहरूसँग उनीहरूको कुन किसिमले सम्बन्ध कायम रहेको छ, सो बारे अध्ययन गर्दछन् । इतिहास र सरकारको सम्बन्ध पनि त्यत्तिकै गहिरो रहेको छ । फ्रिमैनले यी दुवै शास्त्रको महत्वलाई प्रकाश पार्दै लेखेका छन्, 'इतिहास अतितको राजनीतिशास्त्र हो ।'
इतिहास र भूगोलको पनि त्यत्तिकै नजिकको सम्बन्ध पाइन्छ । दुवै अध्ययन सामग्रीका दृष्टिकोणले एक अर्काका परिपूरक विषय मानिन्छन् । इतिहास र भूगोल दुवै समाजका अंग हुन् । हुन त इतिहास अतितसँग सम्बन्धित छ भने भूगोल वर्तमानसँग । मानव विकासको क्रममा मानव कुन ठाउँमा बस्थ्यो, कसरी र के कारणले अर्को स्थानमा बसाइँ सरेर गयो र आफ्नो जीवनयापनका लागि के कस्ता तरिका अपनायो भन्ने विषयको खोजी भूगोलको अध्ययनबाट मात्र सम्भव छ । यसको साथै भूगोलले मानिसले आजको रहनसहन र जीवनयापनका लागि के कस्ता समस्या भोग्यो भन्ने विषयको पनि अध्ययन गर्दछ । एकको सहयोगविना अर्कोको ज्ञान अधुरो रहन्छ । इतिहास ठाउँ र समयको आधारमा चल्दछ र ठाउँको विस्तारपूर्वक अध्ययन भूगोलअन्तर्गत गरिन्छ । यही कारणले गर्दा नै केही विद्वान्हरूले भूगोललाई इतिहासको आधारशिला मान्दछन् ।
विभिन्न देशका बासिन्दाहरूले जे जे गरे ती सबै गर्नु उनीहरूको प्राकृतिक र भौतिक वातावरणको फलस्वरूप नै सम्भव भएको हो । प्राचीन युगमा मानिस पूरा रूपले प्रकृतिमा आधारित थियो । आज वैज्ञानिक आविष्कारले गर्दा मानिसले प्रकृतिमाथि विजय प्राप्त गरिसकेको छ । हुन त इतिहास र भूगोल दुवै स्वतन्त्र विषय हुन् । तर दुवै विषयले एक अर्कालाई सूचना आदानप्रदान गर्दछन् । प्रत्येक देशको इतिहास निर्माणमा भूगोलको विशेष हात रहेको हुन्छ । यसकारण इतिहासको अध्ययन अध्यापन गर्ने व्यक्तिले भौगोलिक तथ्यको महत्वलाई पनि त्यत्तिकै नजिकको दृष्टिले हेर्नुपर्छ । भूगोलसँग जहिले पनि इतिहास जोडिएको हुन्छ । पृथ्वीनारायण शाहको अध्ययन गर्दा र उनको विजययात्राको वर्णन गर्दा त्यहाँको भौगोलिक पृष्ठभूमि र आधारहरूले के कसरी सहयोग गरे, त्यो पनि अध्ययन गर्नु त्यत्तिकै आवश्यक हुन्छ । त्यसैले दुवै विषयले एक अर्कालाई आ–आफ्ना क्षेत्रमा सूचना आदानप्रदान गर्नमा सहयोग पु¥याउँछन् ।
इतिहास र अर्थशास्त्र पनि सामाजिक विज्ञानका महत्वपूर्ण विषय हुन् । इतिहास मानव सभ्यताका भण्डार हो । त्यसमा सामाजिक, आर्थिक, राजनीतिक आर्थिक र सांस्कृतिक सबै क्षेत्रमा मानवको उन्नति एवं अवनतिको विश्लेषण हो । इतिहास विगतको ऐना हो, जसले भविष्यलाई दिशानिर्देशन गरेको हुन्छ । अर्थशास्त्रले मानिसको आर्थिक कार्यहरूमाथि प्रकाश पार्न बल मिल्छ । मार्शलकाअनुसार जीवनको सामान्य स्थितिको चित्र मानवको अध्ययन गर्नु नै अर्थशास्त्र हो । अर्थशास्त्रले व्यक्तिगत र सामाजिक कार्यहरूको खोजीनीति गर्दछ, जसको भौतिक सुखको साधनहरूको प्राप्ति र प्रयोगसँग ज्यादै नजिकको सम्बन्ध राख्दछ । अर्थशास्त्रले विगतमा मानिसले गरेको सबै आर्थिक क्रियाकलापको खोजीनीति गर्दछ । यो मानव व्यवहारको आर्थिक उन्नतिको एउटा व्यवस्थित विवरण हो । अर्थशास्त्रको अध्ययनविना इतिहासको पूरा अध्ययन हुन सक्दैन । इतिहासले जहिले पनि विगतको सम्पूर्णताको विवरण दिन्छ । त्यस्तै, अर्थशास्त्र कुनै पनि समाजको मेरूदण्ड हो । कुनै समाजको विकासको आधारशिला त्यो देशको आर्थिक पक्ष नै हो । आर्थिक इतिहासले यी सबै पक्षको विवरण दिन्छ । | 2017/12/15 15:41:47 | http://www.tarunkhabar.com/article/1300/sabita-6.html | mC4 |
ग्रामिण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एन आई सी एशिया बैंकले स्याङजा जिल्ला,अाँधिखोला गाउँपालिकामा नयाँ शाखा कार्यालयको आज औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।
स्याङजा जिल्ला अाँधिखोला गाउँपालिका वडा नं ५, कृषि स्याङजा स्थित कृषि शाखाको अाँधिखोला गाउँपालिकाका प्रमुख श्री सुधिर कुमार पौड्यालज्यूबाट आज मिति २०७६ वैशाख २६ गते भव्य समारोहका बीच समुद्घाटन सु–सम्पन्न भयो । | 2022/06/30 00:58:29 | https://www.nicasiabank.com/news/detail/141 | mC4 |
राजधानी काठमाडौ रहेको उपत्यकामा छैन बन्द : सर्वसाधारणले यसरी गरे अवज्ञा' « The News Nepal
राजधानी काठमाडौ रहेको उपत्यकामा छैन बन्द : सर्वसाधारणले यसरी गरे अवज्ञा'
काठमाडौ । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको नेपाल बन्दको प्रभाव राजधानी काठमाडौं रहेको उपत्यकामा खासै देखिएको छैन । बिहानै देखि सर्वसाधारण आफ्नो गन्तव्यमा निर्वाध हिँडिरहेका छन् । विप्लव समूहले सवारीसाधन सञ्चालन, शैक्षिक संघसस्था र उद्योग तथा कलकारखाना ठप्प पार्ने चेतावनी दिएपनि काठमाडौं उपत्यकामा भने त्यसको अवज्ञा भएको छ । उपत्यकामा सवारीसाधन विगतमा जस्तै बिहानै देखि सञ्चालन भइरहेको छ ।
शैक्षिक संघसंस्था तथा कलकारखाना खोल्ने तरखरमा छन् । उपत्यका बाहिर केही जिल्लामा भने बन्दको प्रभाव परेको छ । कास्कीको पोखरा सभागृह परिसरमा सामान्य प्रकृतिको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय गरेको कास्की प्रहरीले जनाएको छ । रुपन्देहीको कालिका चोकमा पनि शंकास्पद बस्तु फेला परेपछि नेपाली सेनाको बम डिस्पोज गरेको छ । राति नै अज्ञात समूहले मकवानपुरको दामनमा ट्रकमा आगजनी गरेको थियो ।
त्यस्तै, मकवानपुरकै हेटौँडा औद्यागिक क्षेत्रको गेटमा पनि शंकास्पद बस्तु फेला परेको र सेनाको बम डिस्पोजल टोली पुगेर डिस्पोज गरेको मकवानपुर प्रहरीले जनाएको छ । नेपालगञ्ज विमानस्थलको मुख्य गेटमा पनि शंकास्पद बस्तुफेला परेको प्रहरीले जानकारी दिएको छ । | 2019/05/24 08:06:18 | http://www.thenewsnepal.info/2019/03/14/%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A4%A7%E0%A4%BE%E0%A4%A8%E0%A5%80-%E0%A4%95%E0%A4%BE%E0%A4%A0%E0%A4%AE%E0%A4%BE%E0%A4%A1%E0%A5%8C-%E0%A4%B0%E0%A4%B9%E0%A5%87%E0%A4%95%E0%A5%8B-%E0%A4%89%E0%A4%AA/ | mC4 |
» पाल्पाको रानीमहल सङ्ग्रहालयमा परिणत
१ माघ २०७८, शनिबार ११:५७ प्रकाशित
पाल्पा – नेपालकै ताजमहलका रुपमा चिनिएको पाल्पाको रानीमहल दरबार सङ्ग्रहालयका रुपमा विकसित गरिएको छ । खड्ग शम्शेरले निर्माण गरेका सो दरबारमा उनले प्रयोग गरेका भाडा, मूर्ति, शङ्ख, शालिग्रामजस्ता सामग्री राखिएको छ ।
तानसेन नगरपालिकाको बौघागुम्हा र बगनासकाली गाउँपालिकाको खानीगाउँ गाउँको बीचमा अवस्थित रहेको रानीमहल युवापुस्ताको पहिलो रोजाइमा पर्ने गरेको छ । धार्मिक र पर्यटकीय रुपले अति महत्वपूर्ण रानीमहल पाल्पाको सदरमुकाम तानसेनदेखि १३ किलोमिटरको दूरीमा अवस्थित छ ।रासस | 2022/01/19 08:14:17 | https://a2zsamachar.com/206872/ | mC4 |
रसुवा-काठमाडौँ सम्पर्क समितिले पुरस्कार सहित सम्मान गर्यो । « Himal Post | Online News Revolution
रसुवा-काठमाडौँ सम्पर्क समितिले पुरस्कार सहित सम्मान गर्यो ।
प्रकाशित मिति : २०७४, १८ भाद्र ०८:२६
भदौ १८, काठमाडौं –
नेपाली काँग्रेस रसुवा-काठमाडौँ सम्पर्क समितिले एक भव्य समारोहका बिच रसुवा जिल्लाबाट माध्यमिक प्रबेशिका परीक्षा (SEE) २०७४ मा A र A+ ग्रेड ल्याउने २१ जना विद्यार्थीहरुला रु ५१०० नगद सहित प्रशंसा पत्र द्वारा सम्मान गरेको छ । साथै सर्बोत्कृस्ट श्रेणीमा विद्यार्थी उतिर्ण गराउन सफल रसुवाका बिध्यालयहरूलाई पनि प्रशसा पत्र द्वारा सम्मान गरिएको छ ।
काठमाडौँको बालाजुमा आयोजना गरिएको उक्त कार्यक्रमको सभापतित्व समितिका अध्यक्ष प्रेम प्रसाद पौडेलले गर्नु भएको थियो । पुरस्कृत विद्यार्थी तथा बिध्यालय लाई प्रशंसा पत्र प्रदान गर्दै कार्यक्रम का प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन नर्सिङ के सीले विद्यार्थी तथा बिध्यालयको उज्ज्वल शैक्षिक भविष्यको कामना गर्दै नेपाली काँग्रेस रसुवा काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको यो कार्यक्रम हाल सम्म कै उत्कृष्ट र उपलब्धि मूलक भएको भन्दै उच्च प्रशंसा गरेका थिए ।
कार्यक्रममा उपस्थितलाइ स्वागत गर्दै कार्यक्रमको औचित्य बारे समिति का सचिव उत्तम पौडेलले प्रस्ट्याएका थिए । रसुवा जिल्ला ने बि सङ्घका कोषाध्यक्ष सन्दिप पौडेलले आगामी दिनमा ने बि सङ्घ रसुवाले पनि यस्ता खाले विद्यार्थी प्रोत्साहनका कार्यक्रमहरू गर्दै जाने भन्दै प्रतिबद्धता व्यक्त गरेका थिए ।
सो कार्यक्रममा बक्ताहरू जनक जीवन उपाध्याय, प्रभात तामाङ, राजु तितुङ, लामाकार्पु तामाङ तथा नेपाली काँग्रेस रसुवाका सभापति पेम्बा छिरिङ तामाङले कार्यक्रमको प्रशंसा गर्दै आज सम्मकै रसुवा उत्कृष्ट एवम् उपलब्धि मूलक कार्यक्रम भएको भन्दै आयोजक समिति लाई बधाई व्यक्त गरेका थिए ।
कार्यक्रममा नेबिसङ्घ रसुवाका पूर्व अध्यक्ष एवम् रसुवा काँग्रेसका युवा नेता धर्मराज पौड्यालले पुरस्कृत सम्पूर्ण विद्यार्थी तथा बिध्यालयको उज्ज्वल शैक्षिक भविष्यको कामना गर्दै आगामी दिनहरूमा रसुवा जिल्लाको हर शैक्षिक अभियान, विद्यार्थी तथा बिध्यालयको समस्या समाधानमा नेपाली काँग्रेस रसुवाको साथ र सहयोग रहने प्रतिबद्धता ब्यक्त गरेका थिए । समितिका वरिष्ठ उपाध्यक्ष शैलेष पौडेलले कार्यक्रमको सञ्चालन गर्दै रसुवाबाट काठमाडौँ आइ बसोबास गर्ने रसुवालीको सुख दुखमा सहयोग गर्न नेपाली काँग्रेस रसुवा काठमाडौँ सम्पर्क समिति सदैव अग्रणी भूमिकामा रहने प्रतिबद्धता व्यक्त गरेका थिए । | 2021/10/26 14:44:07 | https://www.himalpost.com/rasuwa-ktm-samiti/ | mC4 |
वीर अस्पतालको नवनिर्मित सर्जिकल भवन उद्घाटन, प्रधानमन्त्री ओलीले भने–कोरोना खोपको अभावमा नागरिक तड्पिनु पर्दैन « Bizkhabar Online
वीर अस्पतालको नवनिर्मित सर्जिकल भवन उद्घाटन, प्रधानमन्त्री ओलीले भने–कोरोना खोपको अभावमा नागरिक तड्पिनु पर्दैन
11 July, 2021 2:20 pm
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्ध लगाइने खोपका अभावमा नागरिक तड्पिनु नपर्ने स्पष्ट पारेका छन् ।
नेपालकै सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालको नवनिर्मित सर्जिकल भवन उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अधिकतम प्रयास गरेर जनताको जीउज्यानको सुरक्षामा सरकार गम्भीरताका साथ लागिरहेकाले नियमितरुपमा खोप आइरहने विश्वास दिलाए ।
प्रधानमन्त्री ओलीले भने, "भ्याक्सिन उपलब्ध गराएका छौँ, भ्याक्सिन आइरहेको छ, हिजो आयो, भोलि पनि आउँछ, त्यसपछि पनि आउँछ, जति सक्दो चाँडो ठूलो सङ्ख्यालाई खोप उपलब्ध गराउने कुरामा नयाँनयाँ सम्झौताका लागि प्रयास भइरहेको छ ।" उनले यस वर्षको अन्तिम (सन् २०२१) भित्र सबै जनतालाई खोप लगाइसक्ने योजना सार्वजनिक गरे । प्रधानमन्त्री ओलीले थपे, "अब खोपको अभावबाट हामी तड्पिनुपर्ने अवस्था आउँदैन, केही समय त्यस्तो स्थिति आउला कि जस्तो देखिएको थियो, अब नपाउने स्थिति हामीकहाँ छैन, सबैलाई खोप लगाएर सुरक्षित राख्न सक्छौँ ।" उनले स्वास्थ्य क्षेत्रमा उपचारका सुविधा बढाउँदै नेपाली जनताको जीवन रक्षामा सरकार सफल हुने विश्वास व्यक्त गरे ।
'जीवन पहिला' भन्ने नाराका साथ कोभिडविरुद्धको लडाइँ अघि बढाइएको उनले स्मरण गराए । "जनताको जीवन नै सबैभन्दा ठूलो प्राथमिकताको विषय हो, त्यो नै ठूलो सम्पत्ति हो र जीवनको रक्षा सबैभन्दा ठूलो कर्तव्य हो", प्रधानमन्त्रीले भने । उनले स्वास्थ्य सेवाको पर्याप्तता नभएको र साधन स्रोतको न्यूनता रहेको नेपालमा ठूलो सफलताका साथ कोभिड नियन्त्रण गरिएको बताए ।
कोभिडको तेस्रो-चौथो लहर चल्छ भन्ने कुरा आएको तर्फ सचेत गराउँदै प्रधानमन्त्रीले नागरिकलाई लापरवाही नगरी सजगता अपनाउन आग्रह गरे ।
वीर अस्पताल विविध कारणले सञ्चालन परिचालन र विकास अपेक्षाकृत हुन नसकेको तर्फ ध्यानाकर्षण गराउँदै उनले मानवीय र सेवाभावबाट प्रेरित भएर सम्पूर्ण शक्ति परिचालन गरी प्रभावकारी सेवामा जुट्न अस्पताल प्रशासनलाई निर्देशन दिए । उनले बिरामी र आफन्तसँग गरिने व्यवहारमा सुधारको खाँचो औँल्याउँदै स्वास्थ्य बलियो राख्न खानपिन र आहारविहारमा सुधार गर्न नागरिकलाई सुझाव दिए । | 2021/10/17 18:15:29 | https://www.bizkhabar.com/news/108765.html | mC4 |
लगानीको वातावरणका लागि इन्डष्ट्रियल पार्क स्थापना गरिरहेका छौं :सुरज वैद्य - samayapost.com
लगानीको वातावरणका लागि इन्डष्ट्रियल पार्क स्थापना गरिरहेका छौं :सुरज वैद्य
समयपोष्ट २०७३ साउन २५ गते १२:२०
नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष भइसकेका सुरज वैद्य अहिले सार्क चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रिज अध्यक्ष छन् । उनको वैद्यज अर्गनाइजेसनले कृषि, कन्ट्रक्सन, अटोमोबाइल, जलविद्युत् क्षेत्रमा लगानी गरेको छ । उनी अब पर्यटन क्षेत्रमा लगानी गर्ने सोचमा छन् । नेपालको विकासका लागि अहिलेसम्म कुनै सरकारले प्राथमिकता नदिएकोमा चिन्तित रहेका उनी सरकार र निजी क्षेत्रको साझेदारीबाट मात्र आर्थिक समृद्धि हुने विश्वास राख्छन् । सार्क देशमा सार्क इन्डष्ट्रियल पार्क बनाउने अभियानमा लागेका वैद्यसँग समयबोधले गरेको कुराकानी :
सार्क देशमा नेपाल आर्थिक विकासमा धेरै पछाडि छ । यसको मुख्य कारण के हो ?
राजनीतिक अस्थिरता नै हो । विकासका कुरा खालि बोलीमा मात्र सीमित भएकाले नेपाल पछाडि पर्दै गएको छ । सार्क क्षेत्रका अरू देशजस्तै पाकिस्तान, अफगानिस्तान र भुटानमा पनि जतिसुकै आन्तरिक समस्या भए पनि आर्थिक र विकासको सन्दर्भमा केही न केही काम भइरहेका छन् । तर, हाम्रो देशमा व्यवस्था परिवर्तन भएर नयाँ नेपाल, नयाँ सोचका आधारमा जनतालाई केही होला भन्ने जुन आस थियो, त्यो आसमा मात्र सीमित भयो । धेरै सरकार हामीले हे¥यौं तर कुनै पनि सरकार आर्थिक र विकासलाई जोड दिएर मुलुक बनाउनुपर्छ भन्नेतिर लागेनन् । यो नै मुख्य समस्या हो ।
तपाईं सार्क चेम्बरको अध्यक्ष हुनुहुन्छ, नेपालमा विदेशी लगानी किन आउन सकेन ?
हामीले नेपालमा विदेशी लगानी ल्याउनै खोजेका छैनौं । यसको अर्थ अहिलेसम्म हाम्रो संसदमा धेरै मुद्दा छन् । एफडीआई विल, इन्डष्ट्रियल विल, फरेन इन्भेस्टमेन्ट याक्टलगायत कम्तीमा १२,१३ वटा निजी क्षेत्रलाई छुनेखालका मुद्दा संसद्मा पास हुन बाँकी नै छ । न सरकारले त्यसलाई अघि बढायो, न संसद्मा भएका सांसदले यो महत्वपूर्ण हो भनेर कुरा उठाए । जब हाम्रो देशले देशभित्रकै लगानीकर्ताको कुरा सुन्दैन भने विदेशी लगानीकर्ताको कुरा त धेरै परको हो । नेपालमा विदेशी लगानीकर्ता आउन चाहिरहेका छन् तर नेपालले विदेशी लगानीकर्तालाई कुन क्षेत्रमा लगानी गर्न ल्याउने, कुन क्षेत्र महत्वपूर्ण हो भन्ने योजना नबनाउँदासम्म खालि विदेशी लगानी ल्याउने भन्ने नाराले मात्र विदेशी लगानी भित्रिँदैन । जस्तै नेपालले ऊर्जा क्षेत्रको विकासकै सन्दर्भमा हाम्रो रणनीति के हो र हामी कसरी अगाडि बढ्न चाहेका छौं रु यो कुरा स्पष्ट हुनुपर्छ । खालि भाषणमा बोल्दैमा हुँदैन । त्यसलाई व्यवहारमै अगाडि बढाउन नसकेको देख्दा दुःख लाग्छ । हाम्रोमा मन्त्रीको कुरा व्युरोक्रेसीले नमान्ने, व्युरोक्रेसीका कुरा निजी क्षेत्रले नसुन्ने, निजी क्षेत्रले एक–अर्कालाई विश्वास नगर्ने वातावरणमा हामी कसरी अगाडि बढन सक्छौं र अहिलेको सत्य यही हो ।
सरकारले त गरेन–गरेन तपाईंहरूजस्ता उद्योगी, व्यवसायीले विदेशी लगानीकर्तासँग सहकार्य गरेर विदेशी लगानी ल्याउन किन सक्नुभएन ?
म उद्योग वाणिज्य महासंघको अध्यक्ष हुँदादेखि नै मैले के भन्दै गएको थिएँ भने नेपालमा लगानी गर्न अरू मुलुकको दाँजोमा धेरै महँगो छ । यो भूपरिवेष्ठित देश हो । वल्र्ड बैंकको एउटा तथ्यांकले के भन्छ भने ल्यान्डलक कन्ट्रीको कस्ट अफ प्रोडक्सन २० प्रतिशत महँगो हुन्छ भनेको छ । आज नेपालमा कुनै उद्योग हाल्न खोजियो भने जग्गा यति महँगो छ, छुनै सकिँदैन । हामी जग्गाको धन्दा त गर्न खोजेको होइन, खालि उद्योग खोल्न लागेको हो । त्यसैले म महासंघको अध्यक्ष हुँदा इन्डष्ट्रियल पार्क निजी क्षेत्रलाई सहमति र सहयोग लिएर अगाडि बढौं भनेको थिएँ । किनभने नेपाल सरकारले बनाउन धेरै चाहेको छ तर यहाँ यस्ता ऐन, नियम छन्, त्यसले अघि बढ्न दिएको छैन । मान्छे त्यो काम गर्न नै डराउँछन् । राम्रो काम भए त डराउन नपर्ने हो । तर, अहिलेको व्युरोक्रेसीमा केही निर्णय नगर्नु नै सबैभन्दा राम्रो भन्ने सोच छ । औद्योगिक पार्ककै सन्दर्भमा मेरो करिब चार वर्ष समय बित्यो । सरकारकै जग्गालाई सरकारकै नीतिका आधारमा पछि सरकारकै हुनेगरी भाडामा देऊ भनेर माग गरेका थियौं, चार वर्ष भयो अहिलेसम्म केही भएको छैन । सार्क चेम्बरको नाताले पछिल्लोपटक म केही देशमा गएँ । अफगानिस्तानबाट यात्रा सुरु गरें । अफगानिस्तानको राष्ट्रपतिले सार्क इन्डष्ट्रियल पार्क भनेर घोषणा गर्नुभयो । पाकिस्तानमा फैसलावाद भन्ने ठाउँमा विशेष सार्क इन्डष्ट्रियल पार्क भनेर जग्गा दिनुभयो । भुटानमा जग्गा दिने भनिसक्नुभएको छ । किन उहाँहरूले हामीलाई जग्गा दिनुभएको छ, उहाँहरूले मैले दिएको जग्गामा लगानी आउँछ भनेर लगानी भित्र्याउनकै लागि दिएको हो । तर, नेपालको सन्दर्भमा कामै नगर्दा आफ्नो बढुवामा पनि असर नपर्ने, काम ग¥यो भने रिक्स हुन्छ भनेर रिक्स लिनै नचाहने प्रवृत्ति छ । हाम्रो देश यसरी नै चरिरहेको छ । यो देशको विकास गर्नुपर्छ, विदेशी लगानी ल्याउनुर्छ भन्ने सोच कसैमा पनि छैन ।
सार्क देशका निजी क्षेत्रका लगानीकर्ताका साझा समस्या के हुन् ?
सार्क देशमा पनि नेपालजस्तै एकले अर्कोलाई विश्वास नगर्ने प्रवृत्ति छ । सम्भावना प्रशस्त छन् । अफगानिस्तानले पाकिस्तानलाइ विश्वास नगर्ने, पाकिस्तानले भारतलाई विश्वास नगर्ने, भारतले नेपाललाई विश्वास नगर्ने समस्या छन् । हामी मिलेर केही गरौं भन्ने कुरा अहिलेसम्म गर्न सकेका छैनौं । तर, सम्भावना प्रशस्त छन्, त्यसैले अहिले हामीले सार्क चेम्बरमा सकारात्मक रूपमा लगानीको वातावरणका लागि इन्डष्ट्रियल पार्क स्थापना गरिरहेका छौं । एक–अर्का मुलुकमा लगानी गरौं भन्ने उद्देश्यले अघि बढेका छौं । कृषि, शिक्षा, स्वास्थ्य क्षेत्रमा बढी लगानी भित्र्याउन खोजेका छौं । नेपालको सन्दर्भमा मुख्यगरी कृषिमा, फुड प्रोसेसिङमा प्रयास गरिरहेका छौं । नेपाल सरकारले हामीलाई अगाडि बढ्न हौसला दिने नीति बनायो भने हामी लगानी भित्र्याउन सक्छौं ।
सार्क देशमा राजनीतिक रूपमा एक–अर्कामा बेमेल छ, त्यसले उद्योग वाणिज्य क्षेत्रलाई कत्तिको असर पारेको छ ?
असर पार्छ नै । किनभने जब दुई मुलुकको सम्बन्ध अलिकति चिसो हुन्छ तब आर्थिक र विकासको सन्दर्भमा पनि धेरै कुरा पछि हट्छ । राजनीतिक मुद्दा सिधै विकास र आर्थिक मुद्दासँग जोडिएर आउने गरेको छ । निजी क्षेत्रको चाहना के हो भने मैले गरेको लगानीको सुरक्षा हुनुप¥यो । जब दुई देशको मेलमिलाप नै छैन भने सुरक्षा हुने कुरा पनि भएन । त्यसैले लगानी ल्याउन अप्ठ्यारो हुन्छ । सार्क मुलुकका विभिन्न देशमा म जाँदा राजनीतिक नेतृत्व र व्युरोक्र्याटले सार्कको महत्व बुझेको छ । निजी क्षेत्रले पनि त्यो बुझेको छ । तर, त्यहाँभित्र केही अतिवादी र विभिन्न स्वार्थ समूहका व्यक्ति छन् । यस्ता १,२ प्रतिशतका रूपमा रहेका व्यक्तिले राम्रा व्यक्तिलाई पनि अगाडि बढ्न दिएका छैनन् । तर, अरू राम्रा गर्न चाहेका व्यक्ति मिलेर अगाडि बढ्दा यो क्षेत्रको विकास सम्भव छ । नेपाल, पाकिस्तान र भारतको कुरा गर्दा आज इरान र अमेरिका फेरि मिलिसके, ताइवान र चाइना मिलेर एक–अर्कामा लगानी भइरहेको छ । त्यसैले नेपाल र भारत अथवा भारत र पाकिस्तान त्यति महत्वपूर्ण कुरा होइन किनभने हामी पाकिस्तान गएर खाना खाँदा, लखनउमा गएर खाना खाएजस्तो लाग्छ । राजनीतिक समस्या भए पनि उहाँहरूको कल्चर समान छ । त्यसैले जब हामी एक–अर्काको मुलुकमा लगानी गर्न सक्छौं तब यो समस्या हल हुन्छ ।
सार्क देशमा भिसा फ्रिको कुरा उठेको थियो, त्यसका लागि सार्क चेम्बरबाट तपाईंहरूले के पहल गर्नुभएको छ ?
म अध्यक्ष भएको भोलिपल्ट नै आठै देशका परराष्ट्रमन्त्री पोखरामा थिए । त्यो मिटिङमा हाम्रो परराष्ट्रमन्त्री कमल थापाज्यूले मलाई केही समय पनि दिनुभयो, त्यहाँ हामीले स्पष्ट रूपमा भनेका थियौं कि जहाँ गरिबी छ, त्यहाँ आतंकवाद जन्मन्छ । गरिबी हटाउने कुरा निजी क्षेत्र र विकासका कुरासँग जोडिएको हुन्छ । जब मुलुकमा विकास हुन्छ, तब गरिबी हट्दै जान्छ । मान्छेले रोजगारी पाउँछ अनि मान्छे अरू गतिविधिमा लाग्न भ्याउँदैन । अहिले हाम्रो सार्क मुलुकका सन्दर्भमा एक–अर्का मुलुकमा जान अप्ठ्यारो हुने, भिसा नपाउने अवस्था छ । तर, अमेरिका जान परे १० वर्षको मल्टिपल भिसा पाउँछौं, युरोप जाँदा पाँच वर्षको मल्टिपल भिसा पाउँछौं । त्यसैले हामीले सार्कका एक अर्को देशमा अध्ययन, भ्रमण वा व्यापार गर्न जाँदा सहज रूपमा भिसा पाउनुपर्छ भन्ने माग राख्यौं । अझ भारत र पाकिस्तानमा त एक–अर्कामा नाता पर्ने पनि छन् । नातेदारलाई समेत भेट्न जान सक्ने अवस्था छैन । त्यसैले भिसा फ्रि गर्न माग गरेका छौं । त्यहाँ भारत र पाकिस्तानका परराष्ट्रमन्त्रीले पनि हामी केही गर्छौं भन्ने प्रतिबद्धता जनाउनुभएको थियो । म हालसालै भारतमा हुँदा पनि पाकिस्तानको बोर्डरबाट हिँडेर निस्कें । यो कुरा मैले भारतको पराराष्ट्र मन्त्रालयलाई पनि भनें । यसका लागि केही समय लाग्छ, यो महत्वपूर्ण प्रयास हो । यसलाई हामी निरन्तर अगाडि बढाउँछौं भन्ने प्रतिबद्धता छ ।
भारतसँग नेपालको व्यापार सम्झौता भएको लामो समय भयो तर त्यो व्यापारलाई किन औद्योगिकीकरणसँग जोड्न सकिएन ?
नसकिएको त नभनौं । नेपालको सबैभन्दा बढी निर्यात हुने देश र सबैभन्दा बढी लगानी गर्ने विदेशी मुलुक भनेको भारत नै हो । यस नाताले हाम्रो सम्बन्ध अगाडि नबढेको होइन, बढेको छ । मेरा केही विदेशी साथीले पनि भन्ने गर्नुहुन्छ कि नेपालमा लगानी गर्न अरू मुलुकमा भन्दा धेरै सजिलो छ । तर, केही हदसम्मको हाम्रो आन्तरिक स्थितिका कारण अहिले अलि गाह्रो छ । केही अप्ठ्यारा कुरालाई सिष्टममा ल्याउनका लागि समय लाग्छ । हाम्रो मुलुकमा संविधान नै स्पष्ट रूपमा कोरिएको छैन । त्यसले गर्दा पनि गाह्रो परिरहेको छ । भारत र नेपालको सम्बन्ध भनेको निकै महत्वपूर्ण सम्बन्ध हो । तर, हामीले एक देशले अर्को देशलाई हेर्ने दृष्टिकोणमा सुधार ल्याउन जरुरी छ । हामीले एक–अर्कालाई कदर नगर्ने समस्या छ । नेपाल सानो राष्ट्र भएका कारण भारतको चाहना नेपालमा के हो भन्ने कुरा हामी सबैले बुझ्न जरुरी छ । भारतको चाहना भनेको नेपालप्रति सुरक्षा, अर्को जलस्रोत हो । साथसाथै नेपाल, भारत र चीनबीचमा बसेपछि नेपालले तटस्थ भूमिका निर्वाह गर्नुपर्छ भन्ने पनि भारतको चाहना हो । भारतको चाहना बुझेर नेपालले भारतलाई सुरक्षाको सन्दर्भमा भारतविरोधी कुनै पनि क्रियाकलाप हुन नदिने कुरामा विश्वस्त पार्न सक्नुपर्यो । अर्को जलस्रोतको सवालमा दुवै देशको हितमा हुन सक्नेगरी स्पष्ट नीति लिन सक्नुपर्यो । त्यो नीति हामीले भारतलाई बुझाउन सक्नुपर्यो । भारत र चीनबीचमा बसेर राजनीति गर्ने, एकले अर्कोलाई देखाएर राजनीति गर्ने काम बन्द गर्नुपर्छ । त्यसो गर्ने हो भने नेपाल र भारतको सम्बन्ध सुदृढ हुन्छ र फाइदा नेपाली जनताले नै पाउने हुन् । भारतले यस्तो गर्यो, नेपालले त्यो गर्यो भन्ने जुन आरोप–प्रत्यारोप भइरहेका छन्, यसले दुवै देशलाई हानि पुर्याउँछ । नेपाल र भारतबीचको जुन कटुता छ, यो लामो समयसम्म रहनुहुँदैन भन्ने भित्री चाहना भारतको छ । नेपालमा रहिरहेको जुन अस्थिरता छ, यसले नेपालमा धेरैलाई खेल्ने मौका दिन्छ । विदेशी चलखेल नेपालमा सुरु हुन्छ भन्ने उसले बुझेको छ । भारत नेपालमा विकास होस् भन्ने नै चाहन्छ । त्यसैले नेपालले भारतीय चाहना बुझेर त्यहीअनुसार कदम चाल्नु जरुरी छ । तर, नेपालले अन्तर्राष्ट्रिय समुदायसामु सहयोग काम भने बन्द गुर्नुपर्छ । जति हामीले माग्छौं, हामी त्यति नै गरिब हुन्छौं। नेपाली–नेपालीले एक–अर्कामा विश्वास राखेर अगाडि बढ्ने हो भने भारतसँगको हाम्रो सम्बन्ध सही रूपमा अगाडि बढ्न सक्छ ।
भारतको विकल्पका रूपमा कतिपय मान्छेले चाइनालाई हेर्ने गर्छन् । उद्योग व्यापारको क्षेत्रमा भारतको विकल्प चाइना सम्भव होला त ?
यो एकदम गलत सोच हो । भारत र चीनसँग मिलेर अगाडि बढ्दामात्र नेपालको विकास सम्भव छ । नेपाल भनेको भारत र चीनबीचमा बसेको जहाँ दुई सय बिलियन डलरको व्यापार सम्भावना बोकेको छ । त्यसबाट नेपालले फाइदा कसरी लिन सक्छ भन्ने नीतिमात्र हाम्रो हुनुपर्ने हो । तर, अहिले एक–अर्काबीचमा खेल्ने काम भइरहेको छ । चाइनाको सबैभन्दा ठूलो व्यापारिक साझेदार भनेको भारत हो । भारतका लागि सबैभन्दा ठूलो व्यापारिक साझेदार भनेको आगामी पाँच वर्षमा चाइना हुन सक्छ । त्यसरी एउटा नयाँ शब्द निस्किएको छ– चिन्डिया । अहिले भारत र चाइनालाई चिन्डिया भनिन्छ । यो चिन्डियाले अर्को बीस वर्षमा विश्वलाई नै डोमिनेट गर्ने सम्भावना रहेको छ । त्यसले गर्दा हामी एक–अर्कामा खेल्नु गलत कुरा हो । आजको दिनमा नेपालबाहेक संसारका कुनै पनि मुलुकका लागि आर्थिक र विकासका मुद्दा प्राथमिकतामा रहेको हुन्छ । त्यसपछि राजनीति अर्को पाटोमा पर्ने गर्छ । तर, हाम्रो देशमा ठीक विपरीत छ । हालको सन्दर्भमा चाइना र भारतको सम्बन्ध नजिकिँदै गइरहेको छ । त्यसमा नेपालले न केही दिन सक्छ न त लिन नै । नेपाल र भारतबीचमा बसेर त्यो लेनदेनको फाइदा कसरी लिन सकिन्छ, त्यो नीतिमा हामी लाग्नु जरुरी छ । त्यसो नगर्ने हो भने नेपालले पाउन सक्ने सबै सम्भाव्यता गुमाउँछ । म एउटा उदाहरण दिन चाहन्छु– अहिले चाइनाको सबैभन्दा ठूलो नीति भनेको वान रोड वान इकोनोमिक बेल्ट हो । अहिले पाँच क्षेत्रमा वान रोड वान इकोनोमिक बेल्ट चाइनाले घोषणा गरिसक्यो । त्यसमा नेपाल कहीं पनि परेको छैन । चाइना, म्यानमार, बंगलादेश, भारत एउटा इकोनोमिक करिडोरका रूपमा आयो । चाइना र पाकिस्तान अर्को करिडोरमा, पाकिस्तान, अफगानिस्तान र ताजकिस्तान अर्को करिडोरमा आयो । खोई त नेपाल रु त्यसैले हामीविना विश्व नचल्ने होइन रहेछ । हामीविना सबै चलिरहेका छन् । नेपालका नेताहरू नेपालविना केही चल्दैन भन्ने सोच्छन् । हामीलाई कोही कुरेर बस्दैनन् । हामी आफैंले मौका गुमाउँदै गएका हौं। जबसम्म चाइना र इन्डियालाई एउटा नीति बनाएर पेस गर्दैनौं तबसम्म नेपालको विकास हुन सक्दैन । नेपाली युवाको खाडी र उत्तर–पूर्वका देशमा श्रम गर्नुबाहेक विकल्प रहँदैन ।
तपाईंले धेरै क्षेत्रमा लगानी गर्नुभएको छ तर सुरज वैद्य भन्नेबित्तिकै मानिसले टोयोटा गाडीलाई सम्झिन्छन् । टोयोटा गाडीको अवस्था अहिले कस्तो छ ?
हामीले यो सुरुवात गरेको पचास वर्ष भयो । हामीले स्वर्ण जयन्ती मनाउँदै छौं। मेरो बुवाले सुरुवात गर्नुभएको कम्पनी हो । यसमा हामीले थप गर्दै लगिरहेका छौं । नेपालमात्र नभई, संसारभरि टोयोटाको एउटा स्ट्यान्डर्ड र क्वालिटी छ । त्यसले गर्दा नै हामीले यसको ब्रान्डलाई सजिलै मार्केटमा ल्याउन सक्यौं । अन्यको दाँजोमा अलिकति महँगो भए पनि यसको मेन्टेनेन्स कस्ट सजिलो छ । हाम्रो नारा नै छ– कस्टोमर फस्र्ट, कस्टोमर्स स्याटिसफाई गरौं भन्ने आधारले नै हामी अगाडि बढ्छौं । हाम्रो अरू गाडीजस्तो क्वान्टिटीमा जाँदैन तर क्वालिटीमा हामी एकदम केन्द्रित छौं।
नेपालमा अहिलेसम्म गाडी अरू देशबाट यहाँ ल्याएर बिक्री गर्ने मात्र काम भयो । तर, तपाईंहरूजस्ता लगानी गर्न सक्ने मान्छेले नेपालमा किन
एसेम्लिङ उद्योग सञ्चालन गर्न नसकेको ? नेपाल सरकारको नीतिले गर्दा एसेम्लिङ गर्न अलि गाह्रो छ । किनभने पार्टस् पुर्जाको भन्सार शुल्क अत्यधिक महँगो छ । नेपालमा प्रयास नभएको होइन, हुलासको मुस्ताङ गाडी पनि बनाएकै हो । नेपालमा दक्ष जनशक्ति अभावका कारण सो गाडी उत्पादन बन्द हुन पुग्यो । म त के भन्छु भने यदि हामीले सुरुवात गर्ने नै हो भने साइकलबाट सुरु गरौं । तराईमा सबैभन्दा बढी साइकल चल्छ । मोटरसाइकलको कुरा गर्ने हो भने नेपालमा जति मोटरसाइकल अन्य कहीं पनि चल्दैन । त्योभन्दा महत्वपूर्ण सानो इलेक्ट्रिक मोटरसाइकल, साना इलेक्ट्रिक कारमा सरकारले विशेष सहुलियत दियो भने मुलुकलाई फाइदा हुन्थ्यो । चाइनामा प्रत्येक इलेक्ट्रिक गाडीमा सरकारले ६० प्रतिशत आर्थिक सहायता दिन्छ । हाम्रोमा त भन्सार आए पुग्यो । जति महँगो भए पनि कसैलाई मतलब छैन । देश विकासको कसैलाई वास्ता छैन । मान्छेले गाडी महँगो छ भन्छन् । तर, गाडी महँगो छैन, नेपालमा भन्सार महँगो हो ।
संविधान घोषणा भईसकेपछि तराई मधेश असन्तुष्ट छदै छ । तर, कतिपय व्यवसायिक घरानाले संक्रमणकाल सकियो भनेर लगानी थप्ने बाटोतिर अगाडि बढीरहेका छन् । तपार्ईंको समुहको लगानी थप्ने योजना के छ ?
हामी नेपाली नेपालको मायाकै कारणले यहाँ टिकिरहेका छौं । जसले नेपाल छाड्न चाह्यो उनीहरूले छाडिसके र जसले विदेशमा पैसा लगानी गरेर अर्बपति बन्न चाहेका थिए उनीहरू पनि अर्बपति बनिसके । हामीलाई कतिपयले मुर्ख पनि भन्ने गर्छन् र प्रश्न पनि गर्ने गर्छन् आखिर के पायौ त भनेर । तर, हामी यो मुलुक बन्नेमा विश्वस्त छौं । यहाँ प्रशस्त मात्रामा सम्भावना छन् । वैद्य ग्रुपले पनि विशेष लगानी नगरे पनि हामी पर्खेर बसिरहेका छौं कि यो मुलुकमा सम्भावना छ । अहिलेसम्म बाहिर गएर काम गर्ने स्थिति आइपरेको छैन । अलिकति यहाँका समस्या सुध्रिएपछि विभिन्न क्षेत्रमा हामी लगानी गर्छौं । हामी नेपालको छोरो यही मर्ने हो, यही लगानी गर्ने हो, हामी पछाडि हट्दैनौं ।
हामीले कृषिमा प्रशस्त सम्भावना छ भन्छौं तर प्रशस्त लगानी गर्न सक्ने तपाईंहरूजस्तो ठूला लगानीकर्ताले कृषि क्षेत्रमा लगानी गरेको देखिँदैन । के समस्या छ ?
हाम्रो ग्रुपको सबैभन्दा बढी लगानी नै कृषिमा छ । धनकुटा, इलाममा हामीले चिया उत्पादन गरिरहेका छौं । नुवाकोटमा कफी उत्पादन र चिवनमा हामी पोल्ट्रीमा छौं । कृषिमा बढी सम्भावना छ भन्नेमा पनि हामी विश्वस्त छौं । तर, जुन आधारले कृषिको विकास हुनुपर्ने हो, त्यसरी हुन सकिरहेको छैन । महासंघको अध्यक्षको नाताले मैले एक जिल्ला, एक उत्पादन भन्ने योजना नै अघि बढाएको थिएँ । केही काम पनि अगाडि बढेको छ । सिन्धुली र रामेछापमा सात हजार ६ सय कृषक जुनारमा लागिरहेका छन् । हालसालै हामीले त्यहाँको कृषकसँग मिलेर एउटा फ्याक्ट्री स्थापना ग¥यौं । हामीले दसौं हजार म्याट्रिक टन जुनार नेपालबाट निर्यात गर्छौं भनेर हामीले सोचेका थियौं । हामीले विदेशबाट मेसिन ल्याएर लगानी पनि सुरु गर्यौं । तर, जुनप्रकारको जुनार आयो एकदम दुःख लाग्यो । त्यसमा एकप्रकारको फ्रुट फल्लाई भन्ने कीरा परेको छ । यो समस्या कृषकले सल्टाउन सक्दैनन् । यसका लागि त सरकार नै लाग्नुपर्छ । त्यसकारण सरकारको कृषिमा अझ लगानी हुनुपर्छ । हामी निजी क्षेत्र कृषिमा लगानी गर्दै छौं। जबसम्म सरकारले कृषि क्षेत्र हाम्रो प्राथमिकता हो भन्ने मनस्थिति बनाउँदैन तबसम्म कृषि क्षेत्रमा प्रगति हुँदैन । कृषकले नबुझेको होइन, उसले धेरै बुझेको छ तर समस्या के छ भने समयमा मल नआइ पुग्ने, समयमा कीटनाशक औषधि व्यवस्था नहुने अनि कसरी कृषि क्षेत्रको उन्नति हुन्छ । यसले गर्दा नेपाली कृषक पछाडि परेका हुन् । नेपालको भविष्य भनेको कृषि नै हो । फरकमात्र के छ भने जसले कृषिमा लगानी गर्छ, उसले मैले गर्छु भनेर अगाडि बढ्न सक्दैन । कृषिमा लगानी गर्दा हामी हाम्रो भन्ने शब्दले लगानी गर्यौं भने कृषि अगाडि बढ्छ । स्थानीय जनता, स्थानीय कृषकलाई साथमा लिएर काम गर्यो भने कृषिको सम्भावना छ ।
तपार्ईंले लगानी गर्नुभएको कृषिबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
धेरै अप्ठ्यारो छ । यो आठ महिनाको बन्दले धेरै समस्या भयो । कृषि कोकाकोला कम्पनीजस्तो होइन । कोकाकोला कम्पनीमा पानी ल्यायो पाउडर राख्यो बट्लिङ ग¥यो सकियो । तर, कृषि भनेको त्यसमा ज्यान हुन्छ । हरेक बिरुवामा जीवन हुन्छ । त्यो जीवनलाई कस्तो बनाउने त्यो महत्वपूर्ण हुन्छ । पोल्ट्रीकै कुरा गर्दा जब तराईमा समस्या भयो एक दिनको चल्ला तुरुन्तै बेचिहाल्नुपर्छ किसानलाई तर जब बन्द भयो त्यो पूरै क्षेत्रलाई एकदम समस्या पा¥यो । कृषि भन्ने चीजलाई हरेक दिनले प्रभाव पारिरहेको हुन्छ । सरकारले पनि यसमा बुझेर नबुझेकोजस्तो गरिरहेको छ । समस्या छ तर पनि नेपालको भविष्य भनेको कृषि र पर्यटन नै हो ।
नेपालको विकासमा ठूलो सम्भावना बोकेका भनिएका अर्का महत्वपूर्ण क्षेत्र टुरिजम र जलबिद्युत हुन्, त्यसमा तपाईंको लगानीको अवस्था के छ ?
जलविद्युत्मा मैले हात हालेको थिएँ । तर, अहिले निकालिसकें, किनभने नबुझेको ठाउँमा हात हाल्न हुन्न भन्ने सुनेको, त्यो ठीक पनि लाग्यो । जलविद्युत्मा सम्भावना म देख्छु । जलविद्युत्मा लगानी गर्न आफू प्राविधिक रूपमा सक्षम हुनुपर्ने रहेछ । अर्को पर्यटन क्षेत्रमा हामी अवश्य लगानी गर्छौं । यो प्रचुर मात्रामा सम्भावना भएको क्षेत्र हो । अहिले हामीले गर्न खोजेको भनेको यदि नेपाल सरकारले अलिकति ठाउँ दियो भने निजी क्षेत्रको औद्योगिक क्षेत्रमा म लाग्छु । हामीले नै प्रयास गरेपछि दमक औद्योगिक पार्क आउने सुनिरहेका छौं । साथसाथै भैरहवाको पनि घोषणा भएको छ । सरकार अलि स्पष्ट नभएका कारणले गर्दा लगानी भित्र्याउन सकिरहेका छैनौं। पहिले त पूर्वाधारकै कुरा आउँछ । हामी त्यसमै प्रयासरत छौं ।
नेपालको विकासका लागि सरकारबाट निजी क्षेत्रको अपेक्षा के हो ?
नेपालको भविष्य उद्योगमा छैन हामी भन्छौं तर त्यो मलाई लाग्दैन । म भर्खरैमात्र भुटानबाट फर्किएँ । ऊर्जा आफ्नो मुलुकमा अलिकति चाहिएको भन्दा बढी भयो भने त्यसले कति सहयोग पु¥याउँछ भन्ने कुरा भुटानले देखाएको छ । अहिले एनइएले के भन्छ भने चाहिनेभन्दा बढी उत्पादन भयो भन्छ । त्यो भन्नुभन्दा पनि ऊर्जाबाट हामीले कस्ताखालका उद्योग ल्याउन सक्छौं । मान्छेको जीवनस्तर कसरी परिवर्तन गर्न सक्छौं भन्नेखालको नीति हुनुप¥यो । प्रत्येक घरमा ग्यासभन्दा पनि इलेक्ट्रिक चुलो ल्याउन जरुरी छ । यस्ता नीति सरकारले बनायो भने मुलुक दिगो हुन्छ । स्पष्ट रूपमा राजनीतिज्ञलाई के भन्न चाहन्छु भने तपार्ईंहरूलाई लागेको होला कि मैले मुलुकका लागि धेरै राम्रो गरेको छु । तर, मुलुकमा जति हानि भइरहेको छ, त्यो तपार्ईंहरूले बुझिरहनुभएको छैन । हाम्रो भविष्य हामी आफैंले गुमाइरहेका छौं । समयले हामीलाई कुरिरहेको छैन । प्रगति र संसारले नेपालका लागि कुरिरहेको छैन । त्यो बाटो उनीहरूले नै खोज्छन् र त्यो बाटोमा नेपाल परेन भने हामी धेरै नै पछि पर्छौं । राजनीतिमा जे गर्नुहुन्छ गर्नुहोस् तर विकास गर्ने मान्छेलाई विकास गर्ने ठाउँ दिनुहोस् । गरिखान देऊ, यो नेपाल बन्छ । तपार्ईंहरूले हामीलाई खुवाउनु पर्दैन गर्ने मात्र वातावरण बनाइदिनुस् । हाम्रो माग त्यही हो । संविधान पनि हामीलाई चाहिएको छैन गर्ने बाटोमात्र चाहिएको छ । यो मुलुकभन्दा सुन्दर मुलुक अन्त छैन । म अफगानस्तिान गएँ सार्क अध्यक्षको नाताले । मैले त्यहाँको समस्या देखें– पाकिस्तानमा समस्या त्यति नै छ । भारत जतिसुकै ठूलो मुलुक भए पनि उसको समस्या त्यत्तिकै छ । भुटानको समस्या त्यत्तिकै छ । बंगलादेशको समस्या त्यस्तै छ । कसैको धर्म मानेर नेपालमा मारकाट हुँदैन । यहाँ शान्ति छ । नेपाली जनताजस्तो संसारमा कसैले पाउँदैनन् त्यसैले जनतालाई धेरै धैर्य गर्नतिर भन्दा पनि विकासको बाटोतिर लाग्न म आग्रह गर्न चाहन्छु । | 2022/01/18 13:50:26 | https://www.samayapost.com/08/366.html | mC4 |
लगानी भित्र्याएर व्यापारघाटा न्यूनीकरण गर्ने मुख्य एजेन्डा
मुलुकमा बर्सेनि व्यापारघाटा बढ्दै गएपछि दुई मुलुकबीच हुन लागेको वैठकमा पनि यसैसम्बन्धी एजेण्डाले प्रवेश पाएको छ । बिहीबारदेखि नयाँ दिल्लीमा सुरु हुने वाणिज्य सन्धि पुनरावलोकनसम्बन्धी दुवै देशका सहसचिवस्तीय बैठकमा व्यापारघाटा न्यूनीकरण गर्ने मुख्य एजेन्डाको रूपमा प्रस्तुत गरिने भएको छ । बैठक बिहीबार र शुक्रबार चल्नेछ ।
समावेशी विकास र सङ्घीयतामा केन्द्रित हुन १० अर्ब ऋण सहयोग
सङ्घीयता कार्यान्वयन, समावेशी विकास तथा वित्तीय क्षेत्र सुधार र सुदृढीकरणका निम्ति विश्व बैंकले नेपाल सरकारलाई रु १० अर्ब ऋण सहायता उपलब्ध गराउने भएको छ ।
धानले १.५ प्रतिशत जीडीपी बढाउँदै
चालू आर्थिक वर्षमा धानको उत्पादन करिब १५ प्रतिशतले बढ्ने भएको छ । गत वर्षमा तराई क्षेत्रको डुबानका बाबजुद पनि ५१ लाख ५२ हजार टन धान उत्पादन भएकोमा यो वर्ष वर्षा अनुकुल भएकाले ५८ लाख टनभन्दा बढी धान उत्पादन हुने अनुमान गरिएको हो ।
आधुनिक खोर निर्माणपछि भेडाबाख्रा पालनमा वृद्धि
भेडाबाख्रापालन जुम्लाका बासिन्दाको पुख्र्यौली पेसा हो । बाउबाजेको पालादेखि सुरु भएको भेडाबाख्रा पालनलाई छोरानातीले पनि निरन्तरता दिएका छन् । तर बेलाबेलामा लाग्ने रोग, उपयुक्त खोरको अभाव र दाना व्यवस्थापनको समस्याले केही वर्षअघि यो व्यवसाय नै संकटमा पर्ने अवस्था आएको थियो ।
सहयोग दोब्बर बनाउन विश्व बैंकसँग आग्रह
अर्थमन्त्री डा.युवराज खतिवडाले दिगो विकास लक्ष्य हासिल गर्नका लागि सहयोग दोब्बर पार्न विकास साझेदारहरूसँग आग्रह गरेका छन् ।
'राष्ट्रिय पुँजीको विकास गर्नु राज्यको प्रमुख दायित्व'
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले मुलुकको आर्थिक समृद्धिका लागि राष्ट्रिय पुँजीको वृद्धि गर्नु राज्यको प्रमुख दायित्व भएको बताएका छन् ।
उत्पादन बढाउनुको विकल्प छैन
सरकारले आर्थिक समृद्धिको नारा अगाडि सारेको छ । दुईतिहाई बहुमतप्राप्त सरकारबाट हामी निजी क्षेत्रले धेरै अपेक्षा गरेका छौं । लामो समयपछि स्थिर सरकार गठन भएको पनि अहिलेसम्म भाषण बढी र व्यावहारिक काम निकै कम पाएका छौं ।
अर्थ समितिको पहिलो बैठकले माग्यो विवरण
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारमाथि अधिनायकवादी भएको आरोप लगाइरहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद्ले भने अर्थ मन्त्रालयका कर्मचारीमाथि अधिनायकवादी र सामन्तीको आरोप लगाएका छन् ।
व्यापारघाटा ११ खर्ब ६२ अर्ब
चालू आर्थिक वर्षको बजेट हाराहारीमा विभिन्न मुलुकबाट वस्तु तथा सेवा आयात भएको छ । सरकारले चालू आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो । बजेटकै हाराहारीमा गएको एक वर्षमा १२ खर्ब ४३ अर्ब २९ करोड रुपैयाँ बराबरको सामान आयात भएको छ । | 2020/01/20 15:56:12 | https://www.karobardaily.com/index.php/news/economy?page=128 | mC4 |
'ब्रिक्सका पर्यवेक्षक चाहियो' | SouryaOnline
'ब्रिक्सका पर्यवेक्षक चाहियो'
सौर्य अनलाइन २०६९ वैशाख ११ गते २:३६ मा प्रकाशित
दमास्कस, १० वैशाख । सिरियामा युद्धविरामको अनुगमनका लागि पुगेका राष्ट्रसंघीय पर्यवेक्षकलाई सहयोग गरिने सिरियाले जनाएको छ । तर, अधिकांश पर्यवेक्षक ब्रिक्स (ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाको समूह) जस्ता तटस्थ राष्ट्रका हुनुपर्नेमा सिरियाले जोड दिएको छ ।
राष्ट्रसंघ र अरब लिगको समर्थनप्राप्त शान्तिदूत कोफी अन्नानले अघिसारेको शान्ति योजना कार्यान्वयनप्रति पनि सिरियाले प्रतिबद्धता व्यक्त गरेको छ । सिरिया भ्रमणमा रहेका भारतीय पत्रकारको टोलीसँग कुरा गर्दै सिरियाली सूचनामन्त्री अद्नान महमुदले यस्तो बताएका हुन् । 'ब्रिक्स राष्ट्रबाट आउने राष्ट्रसंघका पर्यवेक्षकलाई हामी स्वागत गछौँ, उनीहरूले मात्रै सिरियामा विद्यमान अवस्थाको वस्तुपरक मूल्यांकन गर्न सक्छन्,' उनले भने ।
गत महिनाको अन्त्यमा भारतको राजधानी नयाँदिल्लीमा भएको ब्रिक्सको शिखर सम्मेलनमा ब्रिक्स सदस्य राष्ट्रले वार्तामार्फत सिरियाली संकट समाधान गर्नुपर्नेमा जोड दिएका थिए । सिरियाली संकट समाधानका नाममा वैदेशिक हस्तक्षेप हुन नहुने मत उनीहरूले जाहेर गरेका थिए । 'हामी अन्नानको योजनाअनुसार चल्न तयार छौँ तर यस्तो योजना सार्वभौमिकताको सिद्धान्तअन्तर्गत रहनुपर्छ । हामी वैदेशिक हस्तक्षेपको विरोधमा छौँ,' विदेशमन्त्री महमुदले भने ।
सरकारविरुद्ध द्वन्द्वरत विद्रोहीहरूलाई 'सशस्त्र आतंकवादी' को संज्ञा दिँदै उनले पश्चिमी राष्ट्रले उनीहरूलाई सहयोग गरेको दाबी गरे । अन्नानको शान्ति योजना कार्यान्वयन हुन नदिन पश्चिमी जगत् कम्मर कसेर लागेको आरोप पनि उनले लगाए ।
राष्ट्रसंघीय पर्यवेक्षक सिरिया प्रवेश गरेपछि पनि सिरियामा भिडन्त जारी छ । विद्रोही र सैनिकबीच आइतबार भएको भिडन्तमा दुईजनाको मृत्यु भएको बताइएको छ । सन् २०११ को मार्च महिनादेखि राष्ट्रपति बसार अल–असदको राजीनामा माग गर्दै सुरु भएको आन्दोलन अझै जारी छ । आन्दोलनमा नौ हजारभन्दा बढीको मृत्यु भइसकेको राष्ट्रसंघले जनाएको छ । (एजेन्सी) | 2022/06/26 02:48:18 | https://www.souryaonline.com/2012/04/11715.html | mC4 |
नेप्सेमा ६९ अंंकको वृद्धि
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अंकले बढेको छ । नेप्से ६९ अंकले बढेर दुई हजार ९२६.७४ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.८१ अंकले बढेर ५४२.६३ मा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेको उकालो यात्रासँगै कारोबार रकमसमेत उकालो लागेको छ । कूल २२९ कम्पनीको एक करोड ८२ लाख ५४ हजार ४२५ कित्ता शेयर नौ अर्ब ६७ करोड ६३ लाख १७ हजार ५९ मूल्यमा खरिद बिक्री भए ।
नेप्सेका अनुसार कारोबार भएका १३ वटा उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ३९.४७, व्यापार ७९.६८, होटल तथा पर्यटन ५५.६५, विकास बैंक १४३.४२, जलविद्युत् ७५.२६, वित्त ५६.६२, निर्जीवन बीमा २६६.२२, उत्पादन ४०६.८२, अन्य ६६.२१, लघुवित्त ११०.४५, जीवन बीमा ३८९.५१, सामूहिक लगानी कोष ०.२५ र लगानी १.९१ अंकले उकालो लागेको छ ।
कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्षस्थानमा रहेको छ । सो कम्पनीको ३६ करोड ४३ लाख १७ हजार ५३१ बराबरको कारोबार भयो । यस्तै अपि पावर कम्पनी ३० करोड ४४ लाख ४५ हजार १५१, माथिल्लो तामाकोशी २९ करोड ७४ लाख ६ हजार ९२१, शिव्म सिमेन्ट २६ करोड ३३ लाख ७८ हजार ६२२ र नेपाल पूर्वाधार बैंक २५ करोड ४१ लाख ५१ हजार ९५७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार स्ट्याण्डर्ड चार्टर्ड बैंक र मध्यभोटेकोशी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । किसान लघुवित्त ९.९४, हिमालयन डिस्टिलरी ८.९६ र सिन्धु विकास बैंकका लगानीकर्ताले ८.७९ प्रतिशतले कमाए ।
यस्तै ग्लोबल आइएमई बैंकको ऋणपत्र ३.५९, बोटलर्स नेपाल तराई २.९७, मनकामना स्मार्ट लघुवित्त २.५६, मैलुङ खोला जलविद्युत् कम्पनी २.३३ र न्यादी हाइड्रोपावरका लगडानीकर्ताले २.२७ प्रतिशतले गुमाए । नेप्सेका अनुसार आजको कारोबारपछि बजार पूँजीकरण ४१ खर्ब ३४ अर्ब ६० करोड १४ लाख १९ हजार ५८७ बराबर पुगेको छ । | 2022/05/26 17:31:51 | https://www.makalukhabar.com/2022/01/99977155828/ | mC4 |
चलचित्र हेर्न हल पुगेका रविको कलाकारको भन्दा बढी क्रेज, रविलाई भेटेपछि जब यी नायिकाले अग्रेजीमा कुरा गर्न थालेपछि….. रविले दिए यस्तो उत्तर (भिडियो) – Rabin's Blog
'पन्डित बाजेको लौरी' फिल्म हेर्न कलाकार देखि नेताहरु हल पुगेका छन् । अधृत फिल्मस् प्रालीले निर्माण गरेको यो चलचित्र हेर्न उनीहरु हल पुगेका हुन् ।
फिल्ममा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिष्का पोख्रेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको मुख्य भूमिका रहने छ। फिल्मका निर्देशक दीपक ओली हुन् ।
एउटा सानो गाँउ भित्र पन्डित्याईको भिन्न भिन्न काम गर्ने पन्डितहरुको विषयमा बनेको सिनेमामा समाजका गहकिला समस्या र घटनालाई समेटेर बनाइएको छ ।
महेश दवाडीको कथा/पटकथा/संवाद रहने सिनेमा बिदुर गिरीको छायाँकन, मित्र टि गुरुङको सम्पादन, विक्रम स्वाँर/ दीपकमान सिंहको कोरियोग्राफी र श्रीकृष्ण बम मल्लअमित श्रेष्ठको संगीत रहेको छ। | 2021/09/17 22:38:45 | http://www.rabinchaudhary.com.np/?p=3471 | mC4 |
'हजार जुनी सम्म'मा अनुभव पनि, सिक्किममा सुटिङ « Ramailo छ
'हजार जुनी सम्म'मा अनुभव पनि, सिक्किममा सुटिङ
प्रकाशित मिति : Jan 22, 2019
विकास आचार्यले निर्देशन गर्दै गरेको फिल्म हजार जुनी सम्म मा आर्टिस्ट इन आउट हुने क्रम जारी छ । निरुता सिंह फिल्ममा नहुने खबर बाहिरिएसँगै फिल्ममा संचिता लुईंटेल भित्रिएकी थिइन् ।
संचितापछि फिल्ममा स्टार किड अनुभव रेग्मी भित्रिएका छन् । सिक्किम पुगेर अनुभवले सुटिंग समेत सुरु गरिसकेका छन् । नाईं नभन्नू ल सिरिजका मुख्य पात्र अनुभवको हजार जुनी सम्ममा चाहिं कस्तो भूमिका होला ? कौतुहलता छाएको छ ।
अनुभवसँगै संचितापनि सुटिङगका लागि त्यहाँ पुगेकी छन् । आर्यन सिग्देल, स्वस्तिमा खड्का, सलोन बस्नेत, अकिलेश प्रधान लगायत कलाकारहरु लामो समयदेखि सिक्किममा छन् । नायिका प्रियंका कार्कीले केही दिनमै टिम ज्वइन गर्दैछिन् । स्वस्तिमा र अकिलेशसँग गरिएको रमाइलो कुराकानी हेर्नुस् : | 2021/06/24 13:06:05 | https://www.ramailochha.com/post/18479 | mC4 |
२०७७ मङ्सिर २९ सोमबार ०९:५०:००
पुनर्स्थापनामा ढिलाइ भएपछि कैलालीको चुरे गाउँपालिकाका पहिरोपीडित ८० परिवार तराई झरेका छन् । तीन दिनअघि गौरीगंगा नगरपालिका–१, चौमाला बजारनजिक रहेको पशुपति सामुदायिक वनमा पुगेका उनीहरू अहिले अलपत्र परेका छन् ।
चुरेको फेदी र तराईको टुप्पोमा पर्ने चुरे गाउँपालिका–४, टाँगडामा बस्न भनेर उनीहरू तराई झरेका थिए । तर, टाँगडा आफ्नो क्षेत्रमा पर्ने भन्दै पशुपति सामुदायिक वनले बस्न नदिएपछि आफूहरू अलपत्र परेको पीडित परिवारले बताएका छन् । दुई रात पशुपति सामुदायिक वनको जंगलमा बसेको र सामुदायिक वनले आफ्नो क्षेत्रमा बस्न नदिएपछि अहिले जंगलनजिक माघी मुक्तकमैया शिविरछेउमा बसिरहेको पीडित खडक कार्कीले बताए ।
पाँच महिनासम्म पनि बसोवास व्यवस्थापनका लागि पहल नभएको उनीहरूले गुनासो गरेका छन् । तराई झरेका ८० परिवार खुला आकाशमुनि बसिरहेको चुरे पहिरोपीडित संघर्ष समितिका अध्यक्ष टीकाराम कार्कीले बताए । आवासको खोजीमा थप परिवार आउने क्रम जारी रहेको उनले बताए ।
त्रिपाल राख्ने ठाउँसमेत नपाएर खुला आकाशमुनि बस्दा बालबालिका र वृद्धवृद्धा बढी समस्यामा परेका उनले बताए । आवास खोज्दै आएकामध्ये केही परिवार पहिरोले घर बगाएर पूर्णरूपमा विस्थापित भएकाहरू पनि रहेका छन् ।
गत वर्षायाममा आएको पहिरोले चुरेका विभिन्न वडामा दर्जनौँ परिवार विस्थापित भएका थिए ।
गाउँपालिकाले सबै वडामा गरी पहिरोले पूर्णरूपमा घर बगाएका, आंशिक रूपमा क्षति पुगेका र पहिरोको जोखिममा रहेका दुई सय ११ परिवारलाई पुनर्स्थापना गर्न आग्रह गर्दै प्रदेश सरकारसँग माग गरेको थियो । पुनस्र्थापनाका लागि उपयुक्त ठाउँसमेत तोकेर पीडित परिवारको विवरणसहित गाउँपालिकाले मुख्यमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाएको थियो ।
तर, पुनस्र्थापना गर्न सुनुवाइ नभएपछि पीडित परिवार गाउँपालिकाले पुनस्र्थापनाका लागि उपयुक्त भनेर प्रदेशलाई सिफारिस गरेको टाँगडामा आफैँ बस्ने भनेर आएका हुन् । 'पाँच महिनासम्म पुनस्र्थापनामा सरकारले ध्यान दिएन,' अर्का पीडित वीरजित बोहराले भने, 'अहिले बसेन भने आउने वर्षायाममा समस्या हुन्छ भनेर नयाँ ठाउँमा बस्न आएका हौँ । तर, त्यो क्षेत्र गौरीगंगामा पर्ने भनेर सामुदायिक वनले बस्न दिएन ।' चुरे गाउँपालिका–६, गेरडेमा रहेको आफ्नो घर पहिरोले आधा भासिएकाले वर्षामा बस्न नसकिने उनले बताए ।
चुरे गाउँपालिका अध्यक्ष धनबहादुर रोकाले गत वर्षायाममा स्थानीय प्रहरीचौकी र वडा कार्यालयले जोखिममा रहेको भनेर विवरण दिएका दुई सय ११ परिवारको पुनस्र्थापनाका लागि प्रदेश सरकारलाई आग्रह गरिएको बताए । अध्यक्ष रोकाका अनुसार तीमध्ये कतिपय पूर्णरूपमा विस्थापित भएका, कतिपयको घर भाँसिएर हिउँदमा बस्न मिले पनि वर्षामा बस्न नमिल्ने र कतिपय पहिरोको जोखिममा रहेका छन् । पहिरोबाट विस्थापित दुई दर्जनभन्दा बढी परिवार भीमदत्त राजमार्गको छेउमा पाल टाँगेर बस्दै आएका छन् ।
टाँगडासहित गाउँपालिकाभित्रका विभिन्न ६ वटा ठाउँ पुनस्र्थापनाका लागि उपयुक्त हुन सक्ने भनेर प्रदेशलाई जानकारी पनि गराइएको उनले बताए । अध्यक्ष रोकाले सरकारी जमिनमा पुनस्र्थापना गराउने अधिकार स्थानीय तहलाई नभएकाले प्रदेशलाई सिफारिस गरिएको बताए । पुनर्स्थापनाको सुनुवाइ भएन, पुनर्स्थापनाका लागि प्रस्तावित ठाउँमा आफैँ गएर बस्छौँ र सरकारलाई दबाब दिन्छौँ भनेर पीडितले फोन गरेका थिए,' अध्यक्ष रोकाले भने, 'सुरक्षित ठाउँमा सार्न पहल भइरहेको छ, अहिले नजान आग्रह गरेको थिएँ, केही परिवार गएछन् ।'
गौरीगंगासँग सीमा जोडिएको टाँगडा नक्साअनुसार चुरेमा पर्ने उनको भनाइ छ । पशुपति सामुदायिक वनको क्षेत्र चुरे गाउँपालिका–४ सँग जोडिएको छ । अहिले बसिरहेकै ठाउँमा वर्षायाममा बस्न नसकिने भन्दै पीडित परिवारले सुरक्षित स्थानमा सार्न माग गर्दै आएका छन् । चिसोमा त्रिपालमुनि बसिरहे पनि पुनर्स्थापनाका लागि सरकारले ध्यान नदिएको गुनासो विस्थापितले गरेका छन् । | 2021/06/21 20:31:06 | https://www.nayapatrikadaily.com/news-details/56539/2020-12-14 | mC4 |
जिल्ला अस्पतालमै पाँदैन् सिटामोल – Halkaro
जिल्ला अस्पतालमै पाँदैन् सिटामोल
जाजरकोट । सरकारले जिल्ला अस्पतालहरूबाट ७२ प्रकारका औषधि निःशुल्क वितरण गरे पनि जाजरकोट अस्पतालमा भने सामान्य औषधि पनि पाइँदैनन्। जिल्ला अस्पतालमा लामो समयदेखि औषधि अभाव भएको छ। यहाँ सिटामोल र जीवनजलसमेत पाइन छाडेको सेवाग्राहीको गुनासो छ।
बजेट अभावमा अस्पतालले समयमै औषधि खरिद गर्न नसक्दा एवं सरकारले निःशुल्क वितरण गरिने औषधि नपठाउँदा समस्या आएको हो।अहिले अस्पतालमा सिटामोल, जीवनजल, आइरन चक्की, ब्रोफिन, रेनिटेडिन, मेट्रो, एमोक्सिसिलीन, बुस्कोपान, कोर्टिन, भिटामिन बी कम्प्लेक्स, क्यामामिन लोसन, जिन्क ट्याब्लेट, पारासिटामोल सिरफ, आर एल क्योमक्स, अक्सिटोसन, जेन्टामाइस, फुस्रामाइट, सिप्रोलगायत अत्यावश्यक औषधिको अभाव छ।
मौसम परवर्तनसँगै अस्पतालमा बिरामीको चाप बढ्दो छ। तर, निःशुल्क पाइने औषधिसमेत नपाइँदा सेवाग्राही मर्कामा छन्। भेरी नगरपालिका–२ की विमला थापा टाउको दुख्ने र ज्वरो आउने समस्या देखिएपछि जिल्ला अस्पताल आइन्। चेकजाँचपछि उनलाई डाक्टरले औषधि लेखिदिए। तर, अस्पतालमा औषधि पाइनन्।
सिटामोलसमेत अस्पतालमा नभएपछि मेडिकलमा किन्नुपरेको उनले गुनासो गरिन्। भन्छिन्, 'केही समयअघि कुनै पनि औषधि किन्नु पर्दैनथ्यो, अहिले सबै औषधि किनेर खानुपर्ने बाध्यता छ।' आर्थिक अवस्था कमजोर भएका र निःशुल्क औषधि पाइरहेकाहरू बढी समस्यामा परेको स्थानीय पम्फा चन्दले बताइन्।
अस्पतालमा डेलिभरी सेवाका लागि गज, कटन, ग्लोब्स र आरएलसमेत अभाव छ। भेरी नगरपालिकाले चालु आर्थिक वर्षमा औषधि खरिदका लागि बजेट नछुट्याउँदा यो समस्या भएको हो। तर, नगरपालिकाले भने २५ शड्ढयासम्मका अस्पतामा मात्र औषधि पु¥याउने आफ्नो क्षेत्राधिकार भएको तर यो अस्पताल ५० शड्ढयाको भएकाले बजेट छुट्याउन समस्या भएको जनाएको छ।
दुई वर्षअघि १५ शड्ढयाको जिल्ला अस्पतालको स्तरोन्नति गरी ५० शड्ढयाको बनाइएपछि औषधि पाइन छाडेको हो।
जिल्ला अस्पताल कागजी रूपमा स्तरोन्नति गरिएपछि सरकारले निःशुल्क औषधि दिन बन्द गरेको छ। स्तरोन्नति भएको दुई वर्ष बितिसक्दा पनि सेवामा कुनै परिवर्तन आउन नसकेको नागरिक अगुवा खिमबहादुर शाही बताउँछन्। उनले भने, 'सुत्केरी गराउन र सामान्य घाउचोट भएका बिरामीको समेत प्लास्टर गर्न नसक्ने अस्पतालबाट अरू के आस गर्ने ? अस्पताल स्तरोन्नतिको नाममा औषधि आउन छाडेपछि स्थानीय निरास छन्।'
५० शड्ढयाको अस्पतालको मापदण्ड भनेको विशेषज्ञ सेवा सञ्चालन गर्ने हो तर अहिलेसम्म एक जना पनि विशेषज्ञ चिकित्सक आएका छैनन्। सेवामा कुनै सुधार नभए पनि जिल्ला अस्पताललाई दिइने निःशुल्क औषधि त दिइनुपथ्र्यो, त्यो पनि कटौती भएको गैरसरकारी संस्था महासंघ जाजरकोटका अध्यक्ष वीरबहादुर बस्नेतले भने, 'न विशेषज्ञसहित अस्पताल बन्यो न निःशुल्क औषधि दिने जिल्ला अस्पताल नै।' अन्नपूर्ण पोस्टबाट | 2018/10/23 11:26:54 | http://halkaro.com/2018/03/28587 | mC4 |
कालीञ्चोकमा पनि केबुलकार, भाडा पाँच सय « अर्थबजार – आर्थिक विकासको लागि सञ्चार
कालीञ्चोकमा पनि केबुलकार, भाडा पाँच सय
१८ कार्तिक २०७५, आईतवार १४:१२
काठमाडाैं । दोलखाको धार्मिक तथा पर्यटकीय क्षेत्र कालीञ्चोकमा शनिबारदेखि केबलकार सञ्चालनमा आएको छ । केबलकार सञ्चालनमा आएपछि कालीञ्चोक गाउँपालिकास्थित कुरी हुँदै कालीञ्चोक र कालीञ्चोक हुँदै कुरी आवतजावत गर्ने दर्शनार्थी र पर्यटकलाई सहज भएको छ ।
दसैंअघि परीक्षण गरिएको केबुलकार शनिबारदेखि व्यवसायिक रूपमै सञ्चालनमा आएको हो । कालीञ्चोक केबलकारको चारवटा कार रहेकोमा एउटा कारमा एक पटकमा १० जनाले यात्रा गर्न सक्ने कालीञ्चोक दर्शन लिमिटेडले जनाएको छ । त्यसमध्ये हाल एउटा कार सञ्चालनमा ल्याइएको कालीञ्चोक केबलकारका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले बताए । कालीञ्चोक दर्शन लिमिटेडले साढे दुई वर्षअघि निर्माण सुरू गरेको कालीञ्चोक केबुलकार करिब ४५ करोडको लागतमा सम्पन्न भएकोे हो ।
केबलकारमा यात्रा गर्न आउने यात्रुलाई प्रतिव्यक्ति पाँच सय शुल्क लिएर सेवा प्रदान गरिएको अधिकृत शिवाकोटीले बताए । सर्वसाधारणलाई पाँच सय शुल्क लाग्नेमा कालीञ्चोक क्षेत्रका मानिसलाई भने केही सहुलियत हुने कालीञ्चोक दर्शन लिमिटेडले जनाएको छ । | 2021/09/18 08:21:25 | https://www.arthabazar.com/30015 | mC4 |
नाचघरमा २४ औँ विद्यार्थी कलाकारहरुको विविध प्रस्तुति - Namaste Times
प्रकाशित मिति: मंगलबार, माघ ०१, २०७५ समय: १२:०५:०१
काठमाडौं – सांस्कृतिक संस्थानद्धारा आयोजित ६ महिने कलाकार प्रशिक्षण कार्यक्रम अन्तर्गत २४ औ समूहका विद्यार्थीहरुले अभिनय , नृत्य, बाद्यवादन , गायनका साथै आ -आफ्ना विधाका कलाहरु प्रस्तुत गरेका छन् ।
नेपाल संगीत तथा नाट्रय प्रज्ञा प्रतिष्ठानका कुलपति एवं सो कार्यक्रमका प्रमुख अतिथि नारायणभक्त श्रेष्ठले कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । नाटक 'फड्के ' बाट कार्यक्रमको शुरु भएको कार्यक्रममा कलाकारहरुको उत्कृष्ट नृत्य, गायन, वाद्यवादन , अभिनय हेरेर उहाँहरुका अभिभाव, दर्शक र गुरुसम्म खुशी देखिन्थे ।
कार्यक्रममा नृत्यका विद्यार्थीद्धारा कत्थक , शास्त्रीय नृत्य , लोकनृत्य , आधुनिक नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै वाद्यवादनतर्फ मादलका विद्यार्थीको मादल वादन, बासुरीका विद्यार्थीले बासुरीका विभिन्न धुनहरु र गायनका विद्यार्थीले गीत प्रस्तुत गरेका थिए । नि. महाप्रबन्धक प्रभाकर शर्माको निर्देशनमा अभिनयका विद्यार्थीहरुले प्रस्तुत गरेको नाटक फट्के झण्डै आधा घण्टा लामो हेरीसकेपछि दर्शकहरु भावुक भएका थिए ।
२४ औँ समूहका विद्यार्थीहरुलाई नाटकतर्फ प्रभाकर शर्माले र नृत्यतर्फ केशवराज राई, मनोज जोशी, शारदा सिल्वालले , गायनतर्फ विपिन घिमिरे, नरसिंलाल श्रेष्ठ , थिर्थराज पोख्रेलले र यसैगरी वाद्यवादमातर्फ मादलमा खर्क बुढा, नरेश प्रजापति र दिपेन्द्र बज्राचार्यले, बासुरीमा कृष्ण गुरुङ र दुर्गा खतिवडाले र सारंगीमा भरत नेपालीले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रम सञ्चालन भने रमेश विजीले गरेका थिए । | 2019/04/22 14:55:43 | http://namastetimes.com/2019/01/16372.html | mC4 |
NS Media | पर्यटकीय पूर्वाधार तथा उपज बनाउन संघीय सरकारले माग्यो प्रस्ताव
काठमाडौं । संघीय सरकारले प्रदेश र स्थानीय सरकारसँग पर्यटकीय पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी अन्तर्गत आयोजना र कार्यक्रमको प्रस्ताव आहृवान गरेको छ । मन्त्रालयले चालु आर्थिक वर्ष २०७७/७८ बाटै पर्यटनका कार्यक्रम तीन वटै सरकारको लागत साझेदारीमा गर्ने निर्णय गरेको थियो । | 2021/06/20 15:30:31 | http://nsmedianepal.com/%E0%A4%AA%E0%A4%B0%E0%A5%8D%E0%A4%AF%E0%A4%9F%E0%A4%95%E0%A5%80%E0%A4%AF-%E0%A4%AA%E0%A5%82%E0%A4%B0%E0%A5%8D%E0%A4%B5%E0%A4%BE%E0%A4%A7%E0%A4%BE%E0%A4%B0-%E0%A4%A4%E0%A4%A5%E0%A4%BE-%E0%A4%89/ | mC4 |
Bizpati.com - Leading Economic Online News Portal From Nepal | काममा ढिलाई भएपछि आफै तामाकोशी पुगे कुलमान, यस्तो छ पछिल्लो प्रगति
काममा ढिलाई भएपछि आफै तामाकोशी पुगे कुलमान, यस्तो छ पछिल्लो प्रगति
बिजपाटी सम्बाददाता Feb 27, 2020 | 11:54:22 AM
स्वदेशी लगानीमा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ठाडो सुरुङमा ३५५ मिटर पेनस्टक पाइप जडान गरिएको छ । पाइप जडानका लागि सबैभन्दा जटिल मानिएको तल्लो ठाडो सुरुङमा २२० मिटर र माथिल्लो ठाडो सुरुङमा १३५ मिटर पेनस्टक पाइप जडान गरिएको हो । अब तल्लो र माथिल्लो ठाडो सुरुङमा क्रमश ः १४७ र १७१ मिटर पाइप जडान गर्न बाँकी छ ।
माथिल्लो र तल्लो ठाडो सुरुङमा १० मिटरका दुई वटा पाइप जडान गर्न क्रमश ः ७ र ५ दिनमा आइसकेकोले कुनै प्राविधिक समस्या नआएमा वैशाखभित्रमा पाइप जडान भइसक्ने आयोजनाले बताएको छ । त्यसपछि माथिल्लो र तल्लो ठाडो सुरुङकोबीचमा रहेको तेर्सो भागमा पाइप जडान सुरु हुने र त्यसका लागि करिब साढे एक महिना लाग्ने बताइएको छ ।
कार्यकारी निर्देशक घिसिङले अगामी असार भित्र कम्तिमा एउटा युनिटबाट (७६ मेगावाट) विद्युत् उत्पादन गर्ने कार्यतालिका बनाइ त्यसअनुसार व्यवस्थापनमा सुधार गरी कार्यसम्पादन गर्न निर्देशन दिएका छन् । पहिलो युनिबाट विद्युत् सुरु भएपछि बाँकी ५ युनिटबाट क्रमैसँग विद्युत् उत्पादन हुने छ ।
'निर्माण सम्पन्न हुने समय तालिकामा प्रधानमन्त्री,ऊर्जा मन्त्री लगायतको गम्भीर चासो छ, त्यसैले जुनसुकै अवस्थामा पनि चालू आर्थिक वर्षभित्रमा पहिलो युनिटबाट विद्युत् उत्पादन गर्नु पर्ने भएकाले आफूले जनाएका प्रतिबद्धताअनुसारका समय तालिकामा रहेर काम गर्नुहोला आवश्यक समन्वय, सहयोग र सहजीकरण गर्न हामी संधै तयार छौं',घिसिङले भने । उनले लट २को ठकेदारले पनि विगतमाभन्दा काममा केही सुधार गरेको देखिएको बताए ।
पेनस्टक पाइप आपूर्ति तथा जडानको (लट २) ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याकोले काम गर्न ढिलाई गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकल (लट ३)को ठेकदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ । अपर तामाकोसी हाइड्रोपावर लिमिटेड, टेक्सम्याको र एन्ड्रिजबीच गत २३ पुसमा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो । माथिल्लो ठाडो सुरुङमा पाइप जडान भने टेक्स्म्याकोले नै गरिरहेको छ । कार्यकारी निर्देशक घिसिङले आयोजनास्थलबाटै भारतमा रहेका टेक्स्म्याकोका प्रमुखलाई फोन गरी निर्माणमा ढिलाइ नगरिदिन आग्रह गरेका छन् ।
केही महिनाअघि ऊर्जा जलस्रोत तथा सिंचाइ सचिव दिनेश कुमार घिसिङ,कायृकारी निर्देशक घिसिङ, माथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठसहितको टोलीले कलकत्तास्थित टेक्स्म्याकोको मुख्यालय गई कम्पनीको उच्च व्यवस्थापनलाई भेटी निर्माणमा तिब्रता दिन आग्रह गरेको थियो ।
श्रेष्ठका अनुसार, सिभिल कार्यअन्तर्गत मुख्य सुरुङमा ग्राउटिङ र कंक्रिटिङ गर्ने काम अन्तिम चरणमा पुगेको छ । मुख्य सुरुङमा जाने प्रवेश सुरुङ (Adit Tunnel)मा गेट राख्ने तयारी भइरहेको छ । विद्युत गृहका सम्पूर्ण उपकरणहरु जडान भई तयारी अवस्थामा रहेका छन् । प्रसारण लाइनको १२७ वटा टावर निर्माण र ४७ किलोमिटर टार टाङ्ने कार्य सम्पन्न भएको छ ।
रामेछापको खिम्तीमा निर्माण भइरहेको न्यू खिम्ती २२० केभी सबस्टेसनको लिभिलतर्फका काम अन्तिम चरणमा पुगेको छ । उपकरणहरु जडान गरी चार महिनाभित्रमा सबस्टेसन संचालनमा ल्याउन लक्ष्यका साथ काम भइरहेको छ । २०७२को विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन एवं बाढीपहिरोले पुर्याएको क्षति तथा अवरोध, मधेश आन्दोलनका कारण निर्माण समाग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन,हाइड्रोमेकानिकल (लट २) ठेकेदारको कमजोर कार्यसम्पादन लगायतले गर्दा आयोजनाको निर्माण ढिलाइ भएको थियो । | 2020/07/04 09:18:08 | http://bizpati.com/energy/34458 | mC4 |
उनका अनुसार मोटरसाइकलमा चालकसहित तीन जना सवार थिए । गम्भीर घाइते वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेतका २५ वर्षीय तुलबहादुर राम्जालीको अवस्था गम्भीर रहेको र उनलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरी नायब उपरीक्षक रावलले बताए । ट्र्याक्टर चालक भेरीगङ्गा नगरपालिका–५ सुर्खेतका गोपी बुढालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । | 2021-03-06T14:29:04Z | https://www.himalayatv.com/tag/%E0%A4%98%E0%A4%BF%E0%A4%B8%E0%A4%BF%E0%A4%99/ | OSCAR-2109 |
कथा-मृत्युको कहर करोना ! – Pundary Aryal :: Nepali Literature Portal
कथा-मृत्युको कहर करोना !
Mar 29, 2020 Story
" संसारको इतिहासमा करोना भाइरस आज मृत्युको कहर बनेर मानव सभ्यता बिनास गर्न उद्दत भैरहेको छ । पृथ्बीको कुनै कुना छैन होला यसले आतंकित नबनाएको होस् ! मानव सभ्यताको अदृश्य सत्रु को रुपमा खडा छ, आजका बिकशित मानवको आमने सामने, उसले चुनौती दिई रहेछ हे मान्छे सक्छन भने मलाइ हराएर देखा ? महान मानवहरु यस भाइरसको उपचार खोजिरहेका छन तर भेट्टाई रहेका छैनन । कोशिस जारी छ, सजिलो पनि छ, अन्त्यन्त मुश्किल पनि छ । यो महामारी बिमारीले कतै मानव सभ्यतालाई नै उलट पुलट पार्ने त होइन ? यो भाइरस एक किसिमको फ्लू जस्तै हो । पहिला यस्तो फ्लू नभएको पनि होइन । भएको थियो मलाइ । चीनमा यस भाइरसबाट हताहत हुनेको संख्या र यो रोग लागेर अस्पतालमा पुगेको भिडलाई टिभीमा देखिरहेको थिए पनी । यो भाइरस लागेको लक्षण पनि फ्लुको जस्तै हो भनिएको थियो । यसको औषधि नभए पनि रोगलागेको मान्छेसंग तर्केर नजिक नपरे केहि हुदैन भन्ने कुरा थाहा पाएको थिए । मलाइ लाग्थ्यो, म अमेरिकामा छु, सानो तिनो रोगलाई त याँहाको अस्पाताल र डाक्टरले सजिलै निको पार्छन । शुरुका दिन सम्झन्छु, नेपालको ताप्लेजुङ्ग जील्ला जन्मेको मान्छे म, न भाषा मिल्छ, न भेष न त नेपालको पढाईले न त मैले जागिर नै पाउछु अमेरिकामा । त्यसैमा पनी न्युयोर्क शहर !
अमेरिका आएदेखि धेरै कुरासंग संघर्ष गर्न परेको थियो । शुरुमा कोठा डेरा पाउनु नै महाभारत थियो मलाइ । साथीसंग मिलेर एउटा अपार्टमेन्ट बस्न पाउदा घरै किनेर बसे जस्तो लागेको थियो । काम नपाएर यहाको होटेलमा भाडा माझने काम बाट शुरु गरेको थिए । कहिले वेटर भए , कहिले ग्यास टेसनमा तेल भरे । जुनदिन मैले ड्राईभिंग लाइसेन्स पास गरे, कम्ताको खुशी भएको थिइन, मैले अमेरिकाको ग्राजुएट पास गरेजस्तै भएको थियो । मेरा धेरै साथीहरु टेक्सी चलाउथे । मैले पनी टेक्सी चलाउन थालेको थिए । न्यु योर्क शहर जस्तो घना शहरमा ठुलै युध्द जिते जस्तो लाग्थ्यो मलाइ, मैले दश पढदासंम मोटर नदेखेको मान्छे । आज संसारको बिकशित शहरमा गाडी चलाउन सकेकोमा गर्भ लाग्थ्यो मलाइ । केहि टेक्सी चलाउने साथीहरु लिमोजिन कालो कार चलाउन ट्रान्सपोर्ट कम्पनीमा ज्वाइन गरे । बिस्तारै म संग पनी केहि पैसा जमा भयो । मैले पनि लिमोजिन कार किने र कम्पनीमा ज्वाइन गरे ।
यो काम मलाइ असाध्यै मन परेको थियो । यो आफ्नै निजि ब्यापार जस्तो थियो । कम्पनीका कस्टमरलाई उनको गन्तव्यसम्म पुर्याइदिने र ल्याउने थियो । काम गरे पैसा पाउने नगरे नपाउने । जागिरबाट निस्कन नपर्ने, छुट्टी लिन कसैलाई सोध्न नपर्ने, काम गर्न मन लागे जतिखेर गर्न पाउने । मैले धेरै मेहनत गरे यो काममा, पैसा पनि बनाएको थिए । काठमांडूमा पांच तले घर बनाएको छु । मेरी पत्नी शिलाले मलाइ प्रत्येक काममा सहयोग गरेकी छिन । एक छोरा एक छोरी छन , छोरो प्रविन अहिले भर्खरै कलेजमा भर्ना भएको छ । छोरीले हाइस्कुलमा पढ्दै छ । शिलाले पार्लर खोलेर आफ्नै बिजिनेस गरेकी छिन । पुगिसरी आएपछि, सामाजिक कार्यमा पनी हामीले खर्चिने गर्थिम । न्युयोर्कका संश्थामा आबध्द भएर पनि काम गरेको छु । आफ्नै जिल्लाका स्कुलको लागि पनि खर्चिन सकेकोमा खुशी लाग्छ ।
एक दिनको कुरा हो । मैले जे एफ के एयरपोर्टबाट एक जनालाइ पिक अप गरेर मेनाटनसम्म पुर्याएको थिए । त्यति खेर सम्म यो कोरना भाइरस भन्ने अमेरिकामा देखिएको थिएन । त्यो मान्छेले लगातार खोकेको पनि थियो । यस्तो खोक्ने मान्छे बोकिराखेको पनी थिए । अलि धेरै कोरना भाइरसको हल्ला हुन् थालेको थियो, यहाँ पनि ! मलाइ त्यस्तो केहि लक्षण पनि थिएन । म अलि हेल्थ कन्सस भएकोले होला म हस्पिटल गएर करोनाको टेष्ट गराउ भनेर गए । त्यस्तो केहि लक्षण छैन भनेर चेक नगरी पठाइदियो । बिस्तारै न्युयोर्क शहरमा यो भाइरस सल्किदै गैरहेको थियो । अमेरिकन राष्ट्रपतिले यस भाइरसलाइ चाइनिज भाइरस भन्दै न आत्तिन शन्देस दिई रहेका थिए । यो हामीले सजिलै कन्ट्रोल गर्छौ । भनिरहेका थिए ।
केहि दिन पश्चात मेरो शरीर तातिन थाल्यो । केहि साथीहरुले काम छोडेर कोठा मै बस्न थालेका थिए । म झन् उनीहरु भन्दा अगाडी नै काम छोडेर कोठामा बसेको थिए । मलाइ हल्का ज्वरो आए पनि फेरी म हस्पिटल गए । मेरो चेकअप पछि थाहा भयो कि मलाइ कोरोना भाइरसले छोईसकेको रहेछ । न्युयोर्कको एल्हस्ट हस्पिटल पुरै प्याक भैसकेको रहेछ । सिरियस केशलाई मात्रै अस्पातलमा भर्ना लिएका रहेछन । मलाइ कोठा मै सेल्फ क्वारेन्टाइनमा बस्न सल्लाह दिइयो । सेल्फ क्वारेन्टाइनमा बस्दा आफुलाई परिवारको सदस्यसंग पनि अलग्गै राख्ने, आफुले खोक्दा, हाछेउ गर्दा, हातले नछोपेर कुनेउ खुम्च्याएर गर्ने , हातले नाक मुख र अनुहार नछुने, पटक पटक साबुन पानीले हात धुइ रहने । आफ्नो बिस्तारा, किचन खाने भाडाकुडा समेत अरुलाई छुन नदिने । कोरोना भाइरस लागे पछि बाथरुम, किचन फोन अथवा ढोकाका हेन्डिल चुकुल जहा छुइञ्छ त्यहि भाइरस बस्ने हुनाले परिवार छुन नदिने ।घरमा बस्दा पनि मास्क लगाएर बस्ने । तातो पानि खाने, र इम्युन पावर बढाउने श्वास्थ बर्धक खाना खाने भनेर निर्देशित गरियो । यदि स्वाश प्रस्वासमा समस्या दखियो भने अस्पतालमा फोन गरेर एम्बुलेन्स मगाएर अस्पताल आउन भनियो । म हिडेरै गएको थिए, अस्पताल म बसेको ठाउबाट धेरै टाढा थिएन । म स्वास्थ थिए । बलोयो थिए । मैले यस भाइरसलाइ जित्छु भन्ने पनि थियो । तर मेरो मनमा एउटा शंका थियो । यसले मलाइ मार्न पनी सक्छ भन्ने मनमा कता कता डर पनी थियो ।
अब शिलाले आफ्नो पसल बन्द गरेर कोठामा बस्न थालेकि थिइन । न्यु योर्कको साँघुरो अपार्टमेन्ट जतिसुकै साबसानी गरेपनी कतै नै कतै छुइने सम्भावना भने टरेको थिएन । छोरीको स्कुल छुट्टी भएर टेक्सास पुगेकी थिइ । मैले उसलाई मलाइ सन्चो नभैकन यहाँ नआउनु भनेको छु । छोराको कलेज बन्द भएर घरै बसेको छ । बाध्य भएर कोठाको एक कुनामा मेरो बिस्तारा लगाइयो । परिवारका सदस्य बीच अछुत जस्तै ब्यबहार गर्न बाध्य भयौ । शिला र छोरालाई भने यस भाइरसको कुनै लक्षण देखिएको थिएन ।
कम्पुटर साथमा राखेर समाचार हेरिरहदा संसार भर करोनाको भयाभय कहर छाइसकेको थियो । चाइनामा मन्थर हुदै गएको र इटालीमा हजारौ मान्छे मरिरहेको समाचार मेरो जिउ घरिघरि जिरिङ्ग हुन्थ्यो । हेर्दा हेर्दा न्युयोर्कमा पनी कोरानाको हजारौ संख्यामा बिमारी फैलिसकेको थियो ।
ज्वरो भन्दा कुनै लक्षण थिएन पहिले मलाइ अहिले आएर बिस्तारै सास फेर्न अफ्ठारो हुन् थाल्यो । घांटीमा गाँठो परे जस्तो भएर असजिलो भएर आयो । त्यस पछि मैले अनुमान गरे कि म त करोना भाइरसको शिकार भैसके, म पक्कै बाच्ने छैन । शिला आत्तेकी थिइन, करोना भाइरसले सबै कहाँ मर्छन र अस्पताल गए पछि संच हुन्छ भनेर थामेको छु उनलाई । छोरा आत्तिसकेको थियो । जब मलाइ सास फेर्न अन्त्यन्त कठिन हुन् थाल्यो । शिलाले एम्बुलेन्स मगाइन । मैले एक पटक शिलालाई हग गर्न मन थियो । छोरालाइ अँगालो हालेर आमाको ख्याल गरेस भन्ने मन थियो । उनीहरु पनी मलाइ अँगालो हालेर रुन खोजेका थिए । तर मलाइ न त उनीहरुले छुएर रुन सके न त मैले उनीहरुलाई अँगालो हालेर रुन सके । हामीले आँखाभरी आँशु भरेर हेरिरह्यौ । कोरना भाइरस भएको मान्छेलाइ हस्पिटलमा भेटन पाइदैन । आफन्तले पनी भेटन पाउदैनन । यस भाइरस सर्ने डरले कोइ इष्ट मित्रले भेटन आउदैनन रे ! यो भाइरस सर्छ नि ! मरे भने मेरो लासलाइ पनी मेरा आफन्त र मेरी प्यारी शिलाले पनी छुने छैनन । मेरो छोरोले पनी ।
के थाहा यस भाइरसले मेरी शिलालाइ छोई सक्यो कि ? छोरालाइ सर्यो कि ? छोरी टेक्सास भएकोले बाच्छे कि ! कता मेरो यो संसार इटलीमा भएको कोरोना भाइरसको कहर जस्तै मेरो परिबार खस्ने हो कि ? न्यु योर्कका पचासौ हजार जनालाइ भाइरसले छोई सक्यो । यस शहरमा निर्बाध ट्रेन बस चलेको छ । दैनिकी काम गर्नेले काम गरेकै छन् । ग्रोसरी पसलमा ठेलमठेल गरेर सामानको किन मेल भएकै छ । हिजकै जस्तै नेभर स्लिप सिटि भनेर कायम राख्न खोजेका छन् ट्रम ले । सारा संसारले लक् डाउन गरेको छ । अविकसित मुलुकले समेत तर यहाको सरकारले इकोनोमीको कुरा गर्छ । मान्छे मरेको र कोरना भाइरस भुसमा आगो सल्के जस्तै सल्केको थाहा पाएर पनी थाहा नपाए जस्तै गरेर इकोनोमिक डाउन गर्न नदिने कुरा गर्दै छ ।
मान्छे मर्न दिनु हुन्न भनेर त्यो मेरो सानो देशले लकडाउन गराएर कमसेकम प्रयास गरेको छ । सायद म अस्पतालबाट बाचेर फर्के भने अब म अमेरिका बस्ने छैन । म मर्न परे पनि आफ्नै माटोमा मर्छु । कृपया सम्पूर्ण मेरा मित्रलाई सल्लाह दिन्छु । केहि दिन केहि महिना भोकै बसेर भए पनी रोग नलाग्दै घरमा लक् डाउन गरेर बस्नुस । पाहुना आउन नदिनुस्, अरु कंहा नजानुस, हात नमिलानुस, नमस्कार गर्नुहोस । केहि छोएपछि पटक पटक साबुन पानीले हात धुनुस, हातले अनुहारलाई नछुनुस, तपाइँ लगातार खोकी लाग्यो भने, तपाइलाइ ज्वरो आयो भने, सास फेर्न अफ्ठ्यारो भने कोरोना भाइरसको चेक गराउनु होला । अस्पाताल जानु होला । हस बिदा भए, मेरो एम्बुलेन्स आयो ।"
माथि उल्लेखित अशोकले लेखेर गएको अन्तिम संदेश थियो । अशोक न्यु योर्कका निबासी हुन र एक सामाजिक कार्यकता मिजाशिला सहयोगी मन भएका पनि थिए । न्युयोर्कमा कोरना भाइरसको कहर आकाशमा मडारिदै गर्दा उनलाई यस भाइरसले आक्रान्त बनाइसकेपछि फोन गरेर एम्बुलेन्समा अल्हमस्ट हस्पिटल पुगेका थिए ।आज उनको पुरै परिबार कोरोनाले आक्रान्त छन उनीहरुले यसबाट फुत्किन सक्छन सक्दैनन् ? त्यो भविष्यले बताउने छ । तर अशोक भने हप्तौ दिन अस्पतालमा भेन्टिलेटर सास फेर्न संघर्ष गरे पनी अन्तत: उनी यस संसारबाट बिदा भए । यसरी एउटा नेपालीको कोरना भाइरसको कारणले मृत्यु बरण गर्न परेको छ । फेसबुक र समाचारमा उन्को तस्बिर राखेर श्रध्दान्जली दिइएको छ, समबेदना दर्शाइएको छ । तर उनको अन्तेष्टिमा भने कोइ आफन्त परिबार पुग्न सकेका छैनन । यो कोरना भाइरस यति खतरनाक छ कि यो लागेपछि आफ्नै पत्नी आफनै सन्तानले छुन पाउदैन । अँगालो हालेर रुन पाउदैनन । आफन्त र इष्टमित्र सबै सबै आफूबाट टाढा हुन्छन । आफन्त र परिबार समेतले सतिगति गर्नलाइ समेत हिच्किचाउछन । जादैनन् । यो कोरोना भाइरसको महामारीबाट जोगिन घरभित्र बसेर ढोका बन्द गरेर यो दुष्ट कोरना भाइरसलाइ बहिष्कार गरौ । | 2022/05/19 22:47:32 | http://pundaryaryal.com/2020/4139 | mC4 |
युद्धको १९ औं दिन राति युक्रेनमा घट्यो यस्तो अनौठो घटना, बिश्वभर भाइरल भिडिओसहित — Sanchar Kendra
युद्धको १९ औं दिन राति युक्रेनमा घट्यो यस्तो अनौठो घटना, बिश्वभर भाइरल भिडिओसहित
एजेन्सी । रूसले छिमेकी युक्रेनमाथि आक्रमण गरेको आज (मंगलबार) २० औं दिन हो। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि विशेष सैन्य कारबाही भनेको यो आक्रमणका कारण २५ लाख बढी युक्रेनी नागरिकले देश छोड्नु परेको छ भने सयौं मानिसहरूले ज्यान गुमाएका छन्।
संसारका धेरै मुलुकले युक्रेनमाथि रूसी आक्रमणको विरोध गरेका छन्। अमेरिकासहित पश्चिमा मुलुकहरूले रूसमाथि इतिहासकै सबैभन्दा कडा आर्थिक प्रतिबन्धहरू लगाएका छन्। रूसी आक्रमणको विरोध बाहिर मात्र होइन रूसभित्रै पनि हुन थालेको छ।
सोमबार राति भएको एउटा विरोधको घटनाले भने अहिले संसारभरि चर्चा पाइरहेको छ। बेलायती पत्रिका द गार्डियनका अनुसार रूसी सरकारी स्वामित्वको टेलिभिजन च्यानल वानमा समाचार प्रसारण भइरहेका बेला एक जना महिलाले स्टुडियोभित्र छिरेर युद्धविरोध प्लेकार्ड देखाएकी छन्।
च्यानल वानकी सम्पादक रहेकी मरिना ओभ्स्याननिकोभाले लाखौं रूसी नागरिकले हेर्ने उक्त समाचारका क्रममा 'युद्ध रोक। युद्ध चाहिँदैन। यी प्रोपोगान्डामा विश्वास नगर्नुस्, यिनीहरूले झुट बोलिरहेका छन्।
रूसी जनता युद्धको विपक्षमा छन्' लेखिएको प्लेकार्ड देखाएकी थिइन्। मरिना स्टुडियोभित्र पसेर प्लेकार्ड देखाएपछि समाचार वाचिकाले चर्को स्वरमा समाचार पढेकी थिइन्।
केही सेकेन्डसम्म मरिनाले प्लेकार्ड देखाएपछि टेलिभिजनमा अर्को रेकर्डेड सामग्री बजाइएको थियो। समाचारको बीचमा स्टुडियोभित्र छिरेकी मरिनालाई पक्राउ गरिएको छ। रूसी राष्ट्रपति पुटिनले केही दिनअघि मात्रै युक्रेनमाथि भएको आक्रमणलाई युद्ध भन्न नपाइने कानुन ल्याएका थिए।
उक्त कानुनले यो आक्रमणलाई सञ्चारमाध्यमहरूले युद्ध भनेका खण्डमा १५ वर्षसम्म जेल हुन सक्ने व्यवस्था गरेको छ। गत फागुन १२ गते युक्रेनमाथि आक्रमण गरेपछि पुटिनले केही स्वतन्त्र सञ्चारमाध्यमहरूलाई बन्द गरिदिएका छन्। रूसी सरकारी सञ्चारमाध्यममा युक्रेन आक्रमणका तस्बिरहरू देखाइँदैन।
सञ्चारमाध्यममा सबथोक सामान्य रूपमा चलिरहेको देखाइन्छ। यो सबै थाहा पाउँदापाउँदै मरिनाले विरोध गरेकी हुन्। टेलिभिजन समाचारमा प्लेकार्ड देखाउनुअघि उनले एउटा भिडिओ रेकर्ड गरेकी थिइन्।
मानव अधिकारवादी मिडिया प्रोजेक्ट ओभिडी इन्फोबाट अहिले त्यो पनि प्रसारण भएको छ। उक्त भिडिओमा मरिनालाई वर्षौंदेखि रूसी प्रोपोगान्डा प्रसारण गर्दागर्दै आफू दिक्क भइसकेको बताएकी छन्।
युक्रेनी झन्डासँग मिल्ने निलो र पहेँलो रङको नेकलेस लगाएकी मरिनाले उक्त भिडिओमा आफ्नीमा आमा युक्रेनी र बुवा रूसी भएको बताउँछन्। लामो समयदेखि आफूहरूले अमानवीय शासन व्यहोरिरहेको भए पनि अहिले रूसी आक्रमणको संसारले विरोध गरेको उनले बताएकी छन्।
उनले रूसी नागरिकलाई यो आक्रमणको विरोधमा उत्रिन पनि आह्वान गरेकी छन्। मरिनाको उक्त कदमको अहिले संसारभर चर्चा भइरहेको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उनको साहसको प्रशंसा गरेका छन्।
सामाजिक सन्जालमा उनको भिडिओ भाइरल छ। उनको फेसबुक पेजमा ४० हजार बढी मानिसले प्रतिक्रिया जनाएका छन् तीमध्ये धेरैले उनको तारिफ गरेका छन्। | 2022/05/22 17:31:22 | https://sancharkendra.com/archives/156495 | mC4 |
गौरबका योजना अलपत्र : बजेट निकासा सार्वजनिक गर्न माग
विराटनगर/ एक नम्बर प्रदेश सरकारले गौरबका योजना भनि नाम दिएर शुरु गरेका अधिकांश योजनाहरु लथालिङ बनेका छन् । प्रदेशको संचितकोष नै रित्तिन पुगेपछि प्रदेश सरकारले गौरबका भनि घोषणा गरेका योजनाहरुको काम धिमा गतिमा चल्न शुरु भएको हो ।
मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरी तोकिएको अवधिभन्दा अगावै सम्पन्न हुने दाबी गरेको प्रदेश राजधानी विराटनगरसंग जोड्ने घिनाघाट–विराटचौक सडक समयमा नसकिने देखिएको छ । ठेकेदारलाई रकम निकासा नहुँदा डेढ महिना काम रोकिएर बल्ल शुरु भएको छ । स्थानीयले सामाजिक संजालहरु मार्फत मुख्यमन्त्री राईलाई खुलापत्र लेखेर निर्माणमा भईरहेको ढिलासुस्तीबारे ध्यानाकर्षणनै गराउनु परेको थियो । त्यसपछि १३ करोड रुपैया निकासा गरी सडकको काम शुरु भएको हो ।
मुख्यमन्त्री राईलाई सामाजिक संजालमा खुला पत्र लेखेका ग्रामथान गाउँपालिका वडा नम्बर २ झोराहाटका टिका खतिवडाले भने, "सडकको काम ढिलै भएपनि शुरु भएको छ, अब भने पूरा हुन्छ होला भन्ने आसा छ ।" एक अर्ब ४० करोडको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ घिनाघाट–विराटचोक २२ दशमलब ७ किलोमिटर सडकको काम शुरु भएको थियो । ड्रेनसहितको सडकको काम आधा पनि पूरा हुन सकेको छैन । २०७८ असार मसान्तभित्र निर्माण सम्पन्न गरेर उद्घाटन गर्ने सरकारले घोषणा गरेको थियो । बजेट अभाव हुन थालेपछि घिनाघाट–विराटचौक सडक मात्र नभएर प्रदेश गौरबका अन्य आयोजना पनि प्रभावित भएका छन् ।
मुख्यमन्त्री ग्रामीण सडक सुधार कार्यक्रम पनि अघि बढ्न सकेको छैन । स्रोतनै सुनिश्चित नगरी शुरु गरिएका अधिकांश योजना कोभिड १९ को असरले थप प्रभावित बनेका छन् । प्रदेश सरकारको राजस्व संकलन पनि अपेक्षा गरेजस्तो उठ्न सकेको छैन ।
८७ वटा सडक निर्माण र स्तरोन्नतिको काम रोकिन पुगेका छन । प्रदेश मन्त्रिपरिषद्ले निर्णय गरी नयाँ योजना शुरु नगर्न मन्त्रालयहरुलाई निर्देशननै दिईसकेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकारी ओमप्रकाश साहले मन्त्रिपरिषद्कै निर्णय आएकोले काम काम अघि बढ्न नसकेको जानकारी दिएका छन् । उनले भने, "कतिपय ठूलो योजनाका काम बजेट अभावका कारण रोकिएको सत्य हो, सरकारले प्राथमिकतामा राखेका योजनालाई बजेटको अभाव देखिएको छ ।"
मुख्यमन्त्री ग्रामीण सडकअन्तर्गत अघिल्लो आर्थिक वर्षमा सम्झौता भएका मध्ये १३ किलोमिटर कालोपत्रे र ५ किलोमिटर ग्राभेल गर्ने कार्य सम्पन्न भएको छ । सरकारले चालु आ.ब.मा कार्यक्रमको लागि ५ अर्ब २१ करोड २३ लाख रुपैया बजेट विनियोजन भएको छ । बजेटको असमान वितरणकै विषयलाई लिएर प्रमुख विपक्षी कांग्रेस सहित माओवादी र जसपाले प्रदेशसभा बैठकमा अवरोध गर्दै आएका छन् । शुक्रबारको बैठक पनि विपक्षीको अवरोधपछि सोमबारका लागि डाकिएको छ ।
भौतिक पुर्वाधार तथा विकास मन्त्री अम्मिरबाबु गुरुङले विपक्षीले माग गरेका सबै चिज पूरा हुन नसक्ने बताएका छन । उनले भने, "सरकारले आफ्नो काम गर्ने हो, विपक्षीले आफ्नो धर्म निभाउने हो ।" मन्त्री गुरुङले सरकारले प्राथमिकतामा राखेका परियोजनाहरुमा बजेट अभाव हुन नदिने र अभाव समेत नरहेको दाबी गरे । विपक्षी सांसदहरुले सरकारले आसेपासे र आफू निकटकाहरुको भुक्तानी गर्ने गरेको आरोप लगाउँदै आएका छन ।
भौतिक पूर्वाधार मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा ५ दशमबल ६ प्रतिशत मात्र बजेट खर्च भएको छ । ५३ करोड ५२ लाख ५५ हजार रुपैयाँ बजेट विनियोजन भएको यो मन्त्रालयमा ७ महिनामा ३ करोड २ लाख ३२ हजार १ सय ७१ रुपैया मात्र खर्च भएको हो । बजेट अभाव देखाउँदै खर्चमा कमी भएको बताइन्छ । खानेपानीदेखि सडक मर्मतका साना तर आवश्यक आयोजना पनि सम्पन्न गर्ने बजेट अभाव भएको मन्त्रालयका प्रवक्ता साहको भनाइ छ ।
प्रदेश सरकारको संचित कोषमा डेढ अरब रुपैयाँ नगद मौज्दात रहेको छ । गत वर्षको १ अर्ब २९ करोड २१ लाख ६३ हजार १ सय ४३ र चालु आ.ब को पौष मसान्तसम्म संकलित ९ अर्ब ८४ करोड ३७ लाख ७३ हजार ४ सय ८४ रुँपैया गरी ११ अरब १३ करोड ५९ लाख ३६ हजार ६ सय २७ आय देखिएको छ । उता चालु आ.ब को पौष मसान्तसम्ममा ७ अर्ब ६३ करोड ८७ लाख ४५ हजार ६ सय २६ रुपैया निकासा भएको छ । गत आ.ब फिर्ता गर्नुपर्ने सशर्त संघीय अनुदान बापत २ अर्ब ४७ करोड ४७ लाख ५२ हजार ९ सय २८ गरी १० अर्ब ११ करोड ३४ लाख ९८ हजार ६ सय ९ रुपैयाँ खर्च भएको देखिन्छ । हाल प्रदेश सरकारसँग १ अर्ब २२ करोड ४३ लाख ८ हजार १८ रुपैयाँ मौज्दात छ ।
बजेट निकासाको तथ्यांक माग्दै संसद बैठक अवरुद्ध
एक नम्बर प्रदेश सभाको बैठकमा सरकारलाई दबाब दिन प्रमुख विपक्षी र विपक्षी दल एउटै कित्तामा उभिएका छन् ।
शुक्रबार उपसभामुख सरस्वती पोखरेलले बैठक शुरु गर्नासाथ विपक्षीहरुले उठेर विरोध जनाएका छन् । चालू आर्थिक वर्षको बजेट निकासाको सम्बन्धमा सरकारले जवाफ नदिउन्जेल सदन चल्न नदिने विपक्षीले अडान राख्दै आएका छन् ।
बैठकमा विपक्षी नेकपा माओवादीका प्रमुख सचेतक झलक सिंह दर्लामीले विशिष्ट अवस्थामा देश पुगेको बताए । उनले भने, 'चालू बजेटमा समेटिएका आयोजना र बहुवर्षीय सडक र पुलको काम जनता माझ लगिएको तर अलपत्र बनेको छ, स्वामित्व कसले लिने ?
' उनले अविलम्ब पूर्वाधार र संसद विकास कार्यक्रम कार्यान्वयन गर्ने भनेर मुख्यमन्त्रीको प्रतिबद्धता भएपनि काम नभएको बताए । संघीय सरकारले हस्तान्तरण गरेका कार्यक्रममा पहुँचका भरमा मात्र गरिएको र हस्तान्तरण गरिएका कार्यक्रम पुरा गर्न उनले ध्यानाकर्षण गराए । उनले भने, 'आस्थाका आधारमा कर्मचारी सरुवा आतंक मच्चाउने काम भएको छ, यो रोकिनु पर्छ ।' बजेट कार्यान्वयन सुनिश्चित नहुन्जेल सदन चल्न नदिने दर्लामीले बताए । शुक्रबारको बैठकमा कांग्रेस, माओवादी र जसपाका सांसद उठेर प्रदेशसभा बैठक संचालनमा अवरोध गरेका छन् । | 2021/05/15 16:29:28 | https://koshipatra.com/news/2021/04/11/2679.html | mC4 |
आज विश्व बसोबास दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै – Satyapati
आज विश्व बसोबास दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै
सत्यपाटी । १८ आश्विन २०७८, सोमबार
काठमाडौं । आज विश्व बसोबास दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस वर्षको नारा 'तीव्र सहरी क्रियाकलापको लक्ष्य : कार्बनरहित विश्व' भन्ने तय गरिएको छ ।
यो नाराले सहरले बनोट, भवन तथा पूर्वाधार निर्माण, सवारी व्यवस्थापन, हरियाली क्षेत्र व्यवस्थापन आदि क्रियाकलाप गर्दा दिगो सहरीकरण तथा दिगो विकास लक्ष्यलाई ध्यानमा राखेर न्यून कार्बन उत्सर्जन गर्ने गरी वातावरणमैत्री विकास गर्नुपर्नेमा जोड दिएको छ ।
वातावरणमैत्री सहरी विकास निर्माणमा तीनै तहका सरकारको ध्यान जानुपर्ने विज्ञले बताउँदै आएका छन् । सहरीकरणका कारण वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा बढ्दा विश्व तापमान एक तिहाइभन्दा धेरै भएको पाइएको छ ।
विश्व बैंकको तथ्याङ्कअनुसार सन् १९९० देखि अहिलेसम्म सहरी जनसङ्ख्या चार गुणाले बढेर ४.२ अर्बभन्दा धेरै पुगेको छ । सन् १९८६ देखि अक्टोबर महिनाको पहिलो सोमवार संयुक्त राष्ट्रसङ्घीय मानव बसोबास कार्यक्रम (यूएन ह्याबिट्याट) को आह्वानमा यो दिवस मनाउन सुरु गरिएको हो ।
नेपालमा भने सन् २००१ देखि सरकारी एवं गैरसरकारी क्षेत्रबाट यो दिवस मनाउन सुरु गरिएको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । | 2021/12/08 16:37:17 | https://satyapati.com/2021/10/66122/ | mC4 |
बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले ‘मुलुकमा अनावश्यक अस्थिरता र अराजकता सिर्जना गरेर देशको भविश्यलाई अन्धकार बनाउन हुँदैन’–भने ।
कार्यक्रममा राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले प्रेस स्वतन्त्रता कायम रह्यो भनेमात्रै लोकतन्त्र सुदृढ हुने भन्दै संसदबाट प्रेस स्वतन्त्रताविरोधी कुनैपनि ऐन, नियम बन्न नदिने बताए ।
प्रतिक्रिया दिनुहोस्
संबन्धित
निर्वाचनमा केन्द्रीत हुन नेता तथा कार्यकर्तालाई देउवाको निर्देशन
देशमा माओवादीको विकल्प छैन : अध्यक्ष दाहाल
कांग्रेस केन्द्रीय सदस्यमा राजीवको उम्मेदवारी
राप्रपामा अझै उम्मेदवारी दर्ता भएन
Imagekhabar
ताजा अपडेट
निर्वाचनमा केन्द्रीत हुन नेता तथा कार्यकर्तालाई देउवाको निर्देशन
काठमाडौं, मंसिर १६ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निकट भविष्यमा हुने तीनै तहको निर्वाचनमा केन्द्रीत हुन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।
कृषि ज्ञान केन्द्र अर्घाखाँचीले सार्वजनिक गर्यो ८ करोडको बजेट
अर्घाखाँची, मंसिर १६ । कृषि ज्ञान केन्द्र अर्घाखाँचीले आर्थिक वर्ष २०७८/०७९ को स्वीकृत कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । जसमा कृषि उत्पादन, पोषण तथा
देशमा माओवादीको विकल्प छैन : अध्यक्ष दाहाल
काठमाडौं, मंसिर १६ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले परिवर्तनसहितको समाजवादको यात्रा सुरु गर्न देशमा माओवादीको विकल्प नरहेको बताउनु भएको छ । विभिन्न पार्टीका | 2021-12-02T10:27:34Z | https://www.imagekhabar.com/news/81334/ | OSCAR-2201 |
संघीयतामा कर्मचारी समायोजनः काज खारेज, तोकिएको कार्यालय नजानेलाई अवकाश | Radio Langtang 90.3 Mhz
संघीयतामा कर्मचारी समायोजनः काज खारेज, तोकिएको कार्यालय नजानेलाई अवकाश
६ माघ, काठमाडौं । सरकारले संघीयतामा कर्मचारीहरुको समायोजनसँगै काज खारेज गर्ने तयारी गरेको छ । हाल कर्मचारीहरुलाई निश्चित अवधिका लागि काजमा खटाउने व्यवस्था छ । तर, यसको दुरुपयोग गर्दै कतिपय कर्मचारी वर्षौंसम्म 'मालदार' कार्यालयमा बस्ने र आफ्नो दरबन्दीमा नफर्किने गरेका छन् ।
काजको नाममा हुने गलत प्रवृत्तिलाई रोक्न सरकारले संघीयतामा कर्मचारीहरुको समायोजन गर्ने विधेयकमा काजलाई हटाएको छ । मन्त्रिपरिषदले विधेयक स्वीकृत गरेर परामर्शका लागि लोकसेवा आयोगमा पठाएको छ ।
विधेयक कार्यान्वयन भएमा कर्मचारीहरुलाई काज खटाउने व्यवस्था खारेज हुनेछ । कर्मचारीलाई तोकिएको अवधिसम्म मात्र काज खटाउन सकिन्छ । तर, प्रदेश र स्थानीय तहको कार्यान्वयनमा कर्मचारीलाई काजमा पठाउँदा असहज हुने भएकाले सरकारले काज व्यवस्था खारेज गर्न लागेको हो ।
विधेयकमा काज शब्दलाई हटाएर कर्मचारी खटाउने भन्ने प्रावधान राखिएको छ । उक्त व्यवस्थाअनुसार संघ अर्थात केन्द्रका कर्मचारीलाई स्थायी रुपमा स्थानीय तहमा परिचालन गर्न सकिनेछ । पछि सरकारले कर्मचारी व्यवस्थापन ऐनअनुसार उनीहरुलाई स्थानीय तहमा स्थायी व्यवस्थापन गर्नेछ ।
सामान्य प्रशासन मन्त्रालयले संघीयता कार्यान्वयन गर्न निजामती कर्मचारीहरुलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्ने गरी विधेयक तयार गरेको थियो । मन्त्रिपरिषदले स्वीकृत गरिसकेको यो विधेयकमा कर्मचारी समायोजनको चार आधार तय गरिएको छ ।
जस अनुसार कर्मचारीले रोजेको संघ, प्रदेश वा स्थानीय तहमा कर्मचारी समायोजनले प्राथमिकता पाउनेछ । सकेसम्म कर्मचारीको नागरिकतामा उल्लेखित ठेगाना अर्थात् घरपायक स्थानमा कर्मचारीहरुलाई खटाइने छ ।
तोकिएको कार्यालय नजाने कर्मचारीलाई अवकास
विधेयकअनुसार समायोजनका क्रममा तोकिएको कार्यालय नजाने कर्मचारीहरुलाई ३५ दिनपछि स्वतः अवकास दिइनेछ । समायोजन भएका कर्मचारी बाटोको म्याद बाहेक ३५ दिनभित्र समायोजन गरिएको संघ, प्रदेश वा स्थानीय तहको सेवाको पदमा हाजिर भइसक्नु पर्नेछ । म्यादभित्र हाजिर नहुने कर्मचारीलाई नेपाल सरकारले सेवाबाट अवकास दिने व्यवस्था गरिएको छ । यसरी कुनै कर्मचारीले अवकास पाएमा उसले प्रचलित कानुन बमोजिम पाउने सुविधा भने पाउनेछ ।
कर्मचारी समायोजनको समन्वय र अनुगमन गर्न एउटा समिति बन्नेछ । मुख्य सचिवको संयोजकत्वमा सेवा सञ्चालन गर्ने निकायका सचिव र सामान्य प्रशासन मन्त्रालयका सचिव रहनेछन् । समन्वय समितिमा आवश्यकताअनुसार प्रदेशको सम्बन्धित प्रमुख प्रशासकीय अधिकारीलाई आमन्त्रण गर्न सकिनेछ ।
यसरी समायोजन हुने कर्मचारीले खाइपाइ आएको तलब, भत्ता, उपदान, उपचार खर्च आदि सुविधा सम्बन्धी सेवाका शर्तहरुमा प्रतिकुल असर पर्ने गरी कानून बनाउने पाइने छैन । यसरी समायोजन भएका कर्मचारी कुनै कारण सेवाबाट अलग भए प्रचलित कानुन बमोजिम उसले पाउने सबै सुविधा नेपाल सरकारले व्यहोर्नेछ ।
तर भविष्यमा सरकारी सेवामा अयोग्य ठहर हुने गरी बर्खास्त गरिएको कर्मचारीलाई भने त्यस्तो सुविधा उपलब्ध नगराइने विधेयकमा उल्लेख छ ।
दरबन्दी निर्धारण गर्न समिति
सरकारले संघ, प्रदेश र स्थानीय तहमा सेवा प्रवाहका लागि आवश्यक पर्ने संगठन तथा कर्मचारी दरबन्दी निर्धारण गर्न व्यवस्थापन सर्वेक्षण समिति गठन गर्नेछ । समितिले तीनै तहको अधिकारको सूची, कार्य प्रकृति र औचित्य समेतका आधारमा संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी तीनै तहको कर्मचारी दरवन्दी नेपाल सरकारलाई सिफारिस गर्नेछ ।
कर्मचारीको दरबन्दी सिफारिस गर्दा समितिले स्थानीय निकायमा कार्यरत स्थायी कर्मचारी समायोजन भई पदपूर्ति हुने दरबन्दीको विवरण समेत उल्लेख गरिनुपर्छ । समितिले बढीमा एक वर्षभित्र कर्मचारी व्यवस्थापनका लागि दरबन्दी सिफारिस गर्नेछ ।
नुवाकोटमा नवौं सरसफाई अभियान सप्ताह सम्पन्न
नुवाकोट कार्तिक १९, नुवाकोटमा नवौ सरसफाइ अभियान सप्ताह सम्पन्न भएको छ । विदुर नगरपालिका क्षेत्र भित्र रहेका सार्वजनिक तथा धार्मिक ... | 2019/03/20 01:37:26 | http://radiolangtang.org.np/archives/3537 | mC4 |
साइबेरियामा यात्री विमान दुर्घटनाग्रस्त, बोर्डमा सबै १ 19 दुर्घटनाबाट बचाउनुहोस्
घर » भर्खरका समाचार लेखहरू » यात्रा सुरक्षा र आपतकालिनहरू » साइबेरियामा यात्री विमान दुर्घटनाग्रस्त, बोर्डमा सबै १ 19 दुर्घटनाबाट बचाउनुहोस्
एयरलाइन्स • हवाई अड्डा • ब्रेकि International अन्तर्राष्ट्रिय समाचार • ब्रेकिंग यात्रा समाचार • व्यापार यात्रा • अपराध • समाचार • जिम्मेवार • रूस ताजा खबर • सुरक्षा • पर्यटन • यातायात • यात्रा गन्तव्य अपडेट • यात्रा तार समाचार • अहिले प्रचलनमा • विभिन्न समाचार
रूसी नागरिक उड्डयन सुरक्षा मापदण्डले हालका वर्षहरुमा केही सुधार भएको छ तर विशेष गरी दुर्गम क्षेत्रहरुमा पुरानो विमान संलग्न दुर्घटनाहरु असाधारण छैन।
एन्टोनोभ एक २tturboprop रूस रूसको साइबेरिया मा दुर्घटनाग्रस्त।
दुर्घटनाग्रस्त विमानहरू आपतकालिन मन्त्रालयको उद्धार हेलिकप्टरहरूले अवस्थित गरेका थिए।
दुर्घटनाग्रस्त विमानमा सवार सबै १ people व्यक्ति कडा अवतरणबाट बच्न सके।
रुसीले बनाएको एन्टोनोव एन् २ 28 जुम्ल्याहा इञ्जिन टर्बोप्रप यात्री विमान साइबेरियन लाइट एभिएशन (सिला) द्वारा संचालित रुसको साइबेरियामा क्षेत्रीय उडानहरू प्रदान गर्ने सानो एयरलाइन्स केड्रोभोए शहरबाट तोम्स्क शहर उडानको क्रममा हराइरहेको थियो।
राडारबाट हराएको केही समय पछि, दुर्घटनाग्रस्त विमानहरू आपतकालिन मन्त्रालयको उद्धार हेलिकप्टरहरू द्वारा स्थित थियो जुन यसको खोजीको लागि पठाइएको थियो।
मन्त्रालयका अधिकारीका अनुसार दुर्घटनाग्रस्त विमानमा सवार सबै १ people जना कडा अवतरणबाट बचेका थिए।
विमानका कप्तानले आफ्नो खुट्टा भाँचे, तर कुनै यात्रु वा चालक दलका सदस्यहरूले गम्भीर चोटपटक भोग्नु परेन, र अब दुर्घटनास्थलबाट बाहिर निकालिएको थियो।
साइबेरियन लाइट एभिएशन एयरलाइन्सका सीईओ एन्ड्रे बोग्डानोभका अनुसार क्र्याश गरिएको ए plane २ plane विमानको ईन्जिन चरम मौसमको अवस्थाका कारण असफल हुन सक्छ।
आजको दुर्घटना रुसको सुदूर पूर्वको दुर्गम कामचटका प्रायद्वीपमा देखिने कमजोर दृश्यको चट्टानमा दुर्घटनाग्रस्त भएको यस्तै विमान, एन्टोनोभ एन् २ 26 पछि दुई हप्ता भन्दा कम समय पछि आयो र जहाजमा रहेका सबै २ 28 व्यक्तिको मृत्यु भयो।
एन्टोनोव २ 28, टोमस्कमा हराएको उही प्रकारको विमान २०१२ मा कामचटका वनमा दुर्घटनाग्रस्त भयो र १० व्यक्तिको मृत्यु भयो। अन्वेषकहरूले दुर्घटनाको समयमा दुबै पायलट पिएका थिए। | 2021/09/25 03:19:18 | https://ne.eturbonews.com/2998553/%E0%A4%AF%E0%A4%BE%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A5%80-%E0%A4%B5%E0%A4%BF%E0%A4%AE%E0%A4%BE%E0%A4%A8-%E0%A4%B8%E0%A4%BE%E0%A4%87%E0%A4%AC%E0%A5%87%E0%A4%B0%E0%A4%BF%E0%A4%AF%E0%A4%BE%E0%A4%AE%E0%A4%BE-%E0%A4%A6%E0%A5%81%E0%A4%B0%E0%A5%8D%E0%A4%98%E0%A4%9F%E0%A4%A8%E0%A4%BE%E0%A4%97%E0%A5%8D%E0%A4%B0%E0%A4%B8%E0%A5%8D%E0%A4%A4-%E0%A4%B8%E0%A4%AC%E0%A5%88-%E0%A5%A7%E0%A5%A4-%E0%A4%AC%E0%A5%8B%E0%A4%B0%E0%A5%8D%E0%A4%A1-%E0%A4%AE%E0%A4%BE-%E0%A4%A6%E0%A5%81%E0%A4%B0%E0%A5%8D%E0%A4%98%E0%A4%9F%E0%A4%A8%E0%A4%BE%E0%A4%AC%E0%A4%BE%E0%A4%9F-%E0%A4%AC%E0%A4%9A%E0%A4%BE/ | mC4 |
» महिला हिंसा अन्त्य गर्न सामूहिक प्रयास आवश्यक
२०७७ मंसिर २४,बुधबार १५:०४
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठले सरकारको एकल प्रयासले मात्र महिला हिंसाको अन्त्य हुन नसक्ने बताएका छन् । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) ले आज लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियानका उपलक्ष्यमा भर्चुअल रुपमा आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले हिंसाको अन्त्यका लागि नागरिक समाज, अन्य गैरसरकारी संस्था, समाज र व्यक्ति स्वयमको प्रयास आवश्यक रहेको स्पष्ट पारे ।
"कोभिड– १९ को विषम परिस्थितिमासमेत महिलामाथि हुने विभिन्न प्रकृतिका हिंसा बढ्नु दुःखलाग्दो विषय हो", उनले भने । सो अवसरमा नगरपालिका सङ्घका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जूले महिला र पुरुषमा एकअर्काको अस्तित्व स्वीकार्य नभएसम्म हिंसा कम नहुने बताए । एनजिओ फेडेरेसनका अध्यक्ष जीतराम लामाले महिला मात्र नभइ अहिले पुरुष पनि हिंसाको शिकार हुने गरेको जनाउँदै चेतनशील प्राणीले हिंसा गर्नै नहुने बताए ।
वन तथा वातावरण मन्त्रालयका सहसचिव राधा वाग्लेले विशेषगरी सरकारी कार्यालयमा महिला र पुरुष एकै पदमा भए पनि महिला भएकै कारण समान सम्मानजनक व्यवहार नहुने गरेको दुःखेसो पोखे । महिला अधिकारकर्मी डा रेनु अधिकारीले महिलामाथि हुने हिंसाको प्रभाव उनीहरुमा मात्र सीमित नहुने बताए । अधिवक्ता कुमारी खरेलले महिला हिंसा विरुद्ध विभिन्न कानून आए पनि त्यसको कार्यान्वयनको पाटो अझै फितलो रहेको बताए ।
फेकोफनका अध्यक्ष भारती पाठकले हिंसाविरुद्धको आवाजलाई सशक्त रुपमा एकजुट भएर बुलन्द पार्नु आवश्यक रहेको बताए । उनले भने, "महिलाको ५० प्रतिशत सहभागिता र हिंसा अन्त्यका लागि फेकोफनले स्थापनाकालदेखि नै आवाज उठाउँदै आएको छ, समाजमा समानताको स्थिति नभएसम्म हामीले यो मुद्दा उठाइरहन्छौँ ।" रासस | 2022/01/18 16:03:32 | https://www.tukhabar.com/2020/12/104075/ | mC4 |
कालापानीमा ज्यान दिन तयार छौँ, भूमि मिच्न नदेउ सरकारः अक्सफोर्ड गैडाकोटका विद्यार्थी (फोटो फिचर सहित)
By vijayafm on November 22, 2019 कोरोना अपडेट, देश, फोटो फिचर, राजनीति, स्थानीय, स्थानीय तह
डोलराज रानाभाट, ६ मंसिर । अक्सफोर्ड मावि गैडाकोट नवलपुरका विद्यार्थीहरुले आवश्यक परे कालापानीमा गएर लड्न तयार रहेको भन्दै भारतले अतिक्रमण गरेको नेपाली भूमि तत्काल फिर्ता गराउन नेपाल सरकारसँग माग गरेका छन् । लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै भूमि भएको यथेष्ट प्रमाण हुँदापनि भूमि फिर्ताका लागि नेपाल सरकार किन डराएको हो भन्दै प्लस टुमा अध्ययनरत विज्ञान तथा व्यवस्थापन संकायका विद्यार्थीहरुले प्रश्न गरेका छन् ।
भारतले नेपाली भूमि समावेश गरि नक्सा सार्वजनिक गरेको २० दिन वित्दासमेत नेपाल सरकारबाट सक्रिय कदम नचालिएको प्रति आक्रोश व्यक्त गर्दै विद्यार्थीहरुले वीर गोर्खालीको पहिचान यथावत रहेको र आवश्यक परे भूमि मिचिएको ठाउँमा गएर ज्यान अर्पण गर्न तयार रहेको बताउदै भारतदेखि नडराउन सरकारलाई आग्रह गरेका छन् । सरकारलाई आवश्यक परे रगत दिन तयार रहेको बताउँदै विद्यार्थीहरुले गैडाकोट नगरपालिका मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाएका छन् ।
ज्ञापन पत्र मार्फत भारतले सार्वजनिक गरेको नक्सा खारेजीको माग गरिएको छ भने नेपाली भूमिमा रहेका भारतीय सैनिक व्यारेक हटाएर राज्यको उपस्थित देखाउन आग्रह गरिएको छ । देशले मागे सम्पूर्ण राष्ट्रप्रेमी विद्यार्थीहरु नेपाली भूमिमाथिको सार्वभौमिकता र राष्ट्रिय अखण्डताको रक्षार्थ ज्यान दिन पनि पछि नहट्ने भन्दै गैडाकोट ५ का वडाअध्यक्ष नवराज कडेँललाई विद्र्याीहरुले ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्र वुझेपछि वडाअध्यक्ष नवराज कडेँलले राष्ट्रको माटो जोगाउन विद्यार्थीहरुले देखाएको अग्रसरता र खवरदारीको प्रशंसा गर्दै जतिसक्दो चाँडो प्रधानमन्त्री समक्ष उक्त ज्ञापन पत्र पठाउने बताउनुभयो ।
मेयर छत्रराज पौडेलको कार्यव्यस्तताका कारण कडेँललाई ज्ञापन पत्र बुझाइएको हो । त्यसअघि विद्यार्थीहरुले वीर हौँ, झुक्ने छैनौँ, व्याक अफ इन्डीया वेकअप नेपाल, मोदी जी होयर इज योर सेज हार्ट लेखिएको प्लेकार्ड सहित कलेजबाट नगरापकिालसम्म शान्तिपूर्ण विरोध र्याली प्रदर्शन गरेका थिए । सयौँको संख्यामा आएका विद्यार्थीहरुले गैडाकोट परिसरमा कोण सभा गरेका थिए । सभामा बोल्दै विद्यार्थीहरु उमेश रावल, राज भुषाल,दिपेन्द्र सापकोटा, राजेश्वरी वानिया, ऋषि पौडेल, पुरुषोत्तम त्रिपाठी लगायतले घरमा बसेर टिमी र फेसबुक चलाउँदै सरकार निक्म्मा रहेछ भन्दै दिन कटाउनुभन्दा शान्तिपूर्ण रुपमा मैदानमा उत्रन आवश्यक रहेकोमा जोड दिएका थिए । शान्तिपूर्ण प्रदर्शनीका साथै वौद्धिक वहस आजको आवश्यकता रहेको बताएका थिए ।
राष्ट्रवादी भन्नेहरुले नै कालापानी सम्वन्धी गितहरु वन्देज गराएको भन्दै अव नेतृत्वलाई विश्वास गनुृभन्दा जनता एक जुट आवश्यक रहेकोमा जोड दिएका थिए । बरु नाकावन्दी खेप्न तयार रहेको तर एक इन्च भूमि गुम्न नदिनेमा आफूहरु सदैव सतर्क रहेको बताउदै स्वभिमानका साथ भारतसँग कुटनितिक पहल थालेर गुमेको भूमि फिर्ता र सीमामा राज्यको उपस्थितिका लागि आग्रह गरेका थिए । कार्यक्रममा कलेजका सहायक प्रिन्सीपल तिलक पन्थी लगायत प्राध्यापकहरुको पनि सहभागीता रहेको थियो । | 2020/07/09 08:05:47 | http://vijayafm.org.np/archives/18060 | mC4 |
काठमाडौंँ, ९ जेठ । भैरव सांस्कृतिक संरक्षण समिति पोखराले यस वर्षको सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार राष्ट्रिय गानका सङ्गीतकार अम्बर गुरुङलाई प्रदान गर्ने भएको छ । सो पुरस्कारको राशि रु ७० हजार र सम्मानपत्र रहेको छ ।
हाल आफ्नै निवासमा स्वास्थ्य लाभ गरिरहनुभएका नेपाली सङ्गीत क्षेत्रका अथक साधक सङ्गीतकार गुरुङलाई उहाँकै निवासमा पुरस्कार प्रदान गरिने कार्यक्रम रहेको समितिका सल्लाहकार तीर्थ श्रेष्ठले बताउनुभयोे ।
यसअघि सो पुरस्कारबाट फत्तेमान राजभण्डारी, सत्यमोहन जोशी, प्रेमध्वज प्रधान लगायतका व्यक्तित्व पुरस्कृत भइसक्नुभएको छ ।
यही असार ६ गतेदेखि नवलपरासीको परासीमा सुरु भएको महाधिबेशन ८ गते सकिने भनेपनि पदाधिकारी चयनमा समस्या देखिएपछि बिहीबारसम्म चलेको हो । “आज दिउँसोसम्म पदाधिकारी र केन्द्रीय सदस्य चयनमा समस्या देखिएपछि अध्यक्षलाई प्रतिनिधिहरुले पदाधिकारी छान्ने जिम्मा दियौँ,” तमलोपाका नेता शुभानअली अन्सारीले भन्नुभयो । | 2021-03-04T08:33:48Z | https://emadheshnews.com/sib-13/ | OSCAR-2109 |
रासस/सिन्ह्वा । चिनियाँ राष्ट्रपति सि चिनफिङले विश्वमा कोभिड १९ जस्तो महामारीको नियन्त्रणका लागि विश्वका सबै देशको संयुक्त प्रयास हुनुपर्ने बताएका छन् । उनले शुक्रबार विश्वका नेताहरुसँगको फोनवार्ताका क्रममा महामारी नियन्त्रणका साथै विकासका सम्भावनाहरुको बारेमा थप आदानप्रदान गर्नका लागि विश्वका नेताहरुको संयुक्त प्रयास हुनु आवश्यक रहेको बताएका हुन् ।
राष्ट्रपति सिले हाल विश्वमै रहेको कोरोना भाइरसको यो महामारी कुनै एक देश तथा क्षेत्रको मात्र नभएर विश्वकै समस्याका रुपमा देखिएकोले यसको समाधानका लागि विश्वका नेताहरु एक आपसमा समन्वय गरेर लाग्नुपर्ने बताए । उनले शुक्रबार बोलिभिया, दक्षिण कोरिया, बेलारुसका राष्ट्रपति तथा डोमिनिकन प्रधानमन्त्रीसहितका नेताहरुसँग फोनवार्ता गरेका थिए ।
सो फोन वार्ताका क्रममा उनले महामारीका साथै अन्य विकासका कार्यमा पनि सहकार्य र समन्वय सहितको प्रयासका लागि आग्रह गरेको थियो । त्यस फोन वार्ताका क्रममा उनले अघि सारेको वेल्ट एन्ड रोड इनिसिएटिभ्स् जस्तो आयोजनाबाट पनि चीनले अन्तर्राष्ट्रिय रुपमा सहयोग र समझ्दारी बढाउन चाहेको धारणा राखेको राजधानी बेइजिङबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।
त्यस वार्ताका क्रममा उनले चीनले कोरोना भाइरसको संक्रमण नियन्त्रणका क्षेत्रमा गरेका कामहरुको बारेमा जानकारी दिएका थिए । त्यस्तै उनले फोनमा कुरा गरेका नेताहरुसँग ती देशमा महामारीको पछिल्लो अवस्थाको बारेमा पनि जानाकरी लिएको सिन्ह्वा समाचार समितिले चीनको राजधानी बेइजिङबाट जनाएको छ । | 2021/04/10 19:37:06 | https://baahrakhari.com/news-details/308512 | mC4 |
धान नफलेका कृषकले क्षतिपूर्ति पाउने - Khabarpur | Most Updated Nepali Online Portal
काठमाडौँ, साउन १५ गते । काभ्रे मण्डनदेउपुर नगरपालिकाका किसानलाई गलत धानको बीउ बिक्री वितरण गरेका कारण भएको क्षति र दुःखप्रति माफी माग्दै व्यापारीले क्षतिपूर्ति दिने भएका छन् ।
फागुन÷चैतमा रोपेको धान अझै कुनैमा दान लाग्दै छ, कुनैमा पाक्दै छ भने कुनैमा दानासमेत लागेको छैन तर व्यापारीले जेजस्तो अवस्थामा छ, त्यो खरिद गरिदिने प्रतिबद्धता जनाएपछि किसानले अहिले धमाधम धान काटेर त्यसलाई व्यापारीलाई बुझाइरहेको उहाँले बताउनुभयो । "धानमा दान नै छैन, कुनैकुनैमा छ । मुस्किलले लगानी उठ्छ, त्यो नै धेरै हुन्छ," उहाँले भन्नुभयो । बीउ बेचेका व्यापारी ध्रुव ढकालले गल्ती भयो भन्दै माफी पनि माग्नुभयो र जेजस्तो अवस्थामा छ त्यही अवस्थामा धान खरिद गरिदिने र आगामी वर्षका लागि धान खरिदमा सहुलियत दिने भनेपछि आफूहरूले क्षतिपूर्तिका लागि थप दबाब नदिएको किसानले बताए । यसमा किसानको हकहितका लागि आवाज उठाउने धानको बीउमा राष्ट्रिय किसान महासङ्घका अध्यक्ष नवराज बस्नेत पनि ठगिनुभएको छ । उहाँले पनि चैते धानको नयाँ जात र त्यसमा पनि छिटो पाक्ने भनेर एभरेस्ट सिड कम्पनीबाट नै बीउ लगेर रोप्नुभएको थियो तर उहाँहरूको धान पनि फलेको छैन ।
बीउबिजन ऐन २०४५ को दफा १३ को उपदफा २ अनुसार कुनै खास क्षेत्रका लागि मात्र उपयुक्त हुने भनी प्रजनकले निर्धारण गरेको किसिम र जातको सूचित बीउबिजन त्यसरी निर्धारण गरिएको क्षेत्रबाहेक अन्य क्षेत्रमा बिक्री वितरण गरिएमा १० हजारदेखि १५ हजार रुपियाँसम्म जरिवाना हुने उल्लेख छ । यो ऐनलाई संशोधन गर्न बनेको विधेयक संसद्मा विचाराधीन छ । सो विधेयकमा बीउबिजन बिक्री वितरणमा लापरबाही गरे जरिवाना थपिएको छ । | 2021/09/25 18:51:11 | https://khabarpur.com/article/2021-07-30-045704 | mC4 |
एइबरको फराकिलो जित | Nagarik News - Nepal Republic Media
एइबरको फराकिलो जित
२३ वैशाख २०७५ २ मिनेट पाठ
मड्रिड – स्पेनिस ला लिगा अन्तर्गत शनिबार सम्पन्न खेलमा एइबरले जिरोनालई ४–१ ले हराएको छ ।
खेलको नवौ मिनेटमा केकीले गोल गर्दै एइबरलाई अग्रता दिलाएका थिए । मध्यान्तर हुन ७ मिनेट बाकी हुँदा केकीले व्यत्तिगत दोस्रो गोल गर्दै एइबरको अग्रता दोब्बर पारेका थिए । ५५ औं मिनेटमा एन्डेले गोल गर्दै जिरोनालाई खेलमा फर्काउने प्रयास गरेका थिए।
खेलको अन्तिम १० मिनेटमा थप दुई गोल गर्दै एइबरले सहज जित पक्का गरेको थियो । ८० औं मिनेटमा ज्वान जोर्डानले एइबरको अग्रता ३–१ मा पुर्याएका थिए । त्ययको ९ मिनेटपछि ताकासी इनुईले गोल गर्दै एइबरको सहज जित पक्का गरेका थिए।
यस जितपछि ३६ खेलमा ४७ अंक जोडेको एइबर १० औं स्थानमा छ द। समान खेलमा एक अंक बढी जोडेको जिरोना नवौ स्थानमा छ । यसअघि सेभियाले शुक्रबार रियाल सोसिडाडमाथि १–० को विजयी नतिजा निकाल्दै अर्को सिजन युरोपा लिगमा छनोट हुने सम्भावना जीवित राखेको छ।
यस जितपछि ३५ खेलमा ५१ अंक जोडेको सेभिया स्पेनिस ला लिगाको आठौ स्थानबाट सातौ स्थानमा छ । जुन एक खेल कम खेल्दै छैटौ स्थानमा बसेको भिल्लारियाल भन्दा मात्र ३ अंक कम हो । सेभियाले लिगमा तीन खेल खेल्न बाकी छ भने भिल्लारियालले ४ खोल खेल्न बाकी छ । ३६ खेलमा ४६ अंक जोडेको सोसिडाड ११ औं स्थानमा छ।
४७ आं मिनेटमा इभर बनेगाले पेनाल्टीमा गरेको गोल सेभियाको जितमा पर्याप्त बन्यो । सोसिडाडका डिएगो लोरेन्टेले सान्ड्रो रामिरेजमाथि खराब फाउल गरेपछि सेभियाले पेनाल्टीको अवसर पाएको थियो। | 2020/07/15 18:30:30 | https://nagariknews.nagariknetwork.com/sports/148038-1525579800.html | mC4 |
लागूऔषध निषेध र मदिरा नियन्त्रणमा सम्पूर्ण जनताको साथ आवश्यक छ-गृहमन्त्री - Suvham News
लागूऔषध निषेध र मदिरा नियन्त्रणमा सम्पूर्ण जनताको साथ आवश्यक छ-गृहमन्त्री
लागूऔषधविरुद्ध संयुक्त आन्दोलन चलाउन आवश्यकः गृहमन्त्री गृहमन्त्री रामबहादुर थापाले लागूऔषध प्रयोग र यसको ओसारपसारविरुद्ध दलहरुले संयुक्त आन्दोलन चलाउन आवश्यक रहेको बताएका छन् ।
मंगलबार ललितपुरमा लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले केही समयपछि गृहमन्त्रालयले वडास्तरदेखि नै लागूऔषध निषेध र मदिरा नियन्त्रण अभियानलाई आन्दोलन कै रुपमा सुरु गर्न लागेको जानकारी दिँदै त्यसमा साथ दिन सबैसँग आग्रह गरे।
'राजनीतिक उपलब्धि हासिल गर्न जसरी दलहरुले संयुक्त आन्दोलन गरेका थिए त्यसैगरी विकास र समृद्धिका लागिसमेत संयुक्त आन्दोलन गर्न जरुरी छ,' गृहमन्त्री थापाले भने।
उनले भने , 'लागूऔषध निषेध र मदिरा नियन्त्रणको आन्दोलन सरकार वा नेता एक्लैको प्रयासले मात्रै गर्न सकिँदैन। यो आन्दोलनमा सम्पूर्ण जनताको साथ आवश्यक छ। निकट भविष्यमै वडास्तरबाटै यस्तो आन्दोलनको सुरुवात गर्दैछौँ।'
यस्तो आन्दोलनमा विद्यालय र महाविद्यालयका विद्यार्थीले नेतृत्वदायी भूमिका खेल्नुपर्ने उनको भनाइ थियो।
गृहमन्त्री थापाले भने, 'यो आन्दोलनमा जनसहभागिता अनिवार्य छ। युवालाई यो आन्दोलनको मूल कमाण्डरका रुपमा जिम्मेवारी दिएर मात्रै लक्ष्यमा पुग्न सकिन्छ।'
लागुऔषध कारोबारीलाई नियन्त्रण गर्न सुरक्षा संयन्त्रले पनि आफ्नो कार्यशैलीमा सुधार गर्न सुधार आवश्यक रहेको उनको भनाइ छ। | 2021/04/13 14:35:21 | http://suvham.com/%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A5%82%E0%A4%94%E0%A4%B7%E0%A4%A7-%E0%A4%A8%E0%A4%BF%E0%A4%B7%E0%A5%87%E0%A4%A7-%E0%A4%B0-%E0%A4%AE%E0%A4%A6%E0%A4%BF%E0%A4%B0%E0%A4%BE-%E0%A4%A8%E0%A4%BF%E0%A4%AF | mC4 |
पिताले बिस्फोटमा खुट्टा गुमाए, छोरा हात–खुट्टा बिना नै जन्मिए - Naya Aawaj
टर्कीका फोटोग्राफर मेहमत असलनले एउटा यस्तो तस्बिर खिचेका छन् जसले धेरैलाई भावुक बनाउन सक्छ । यो तस्विरले भावुक मात्रै बनाउँदैन यसले जीवनमा हारिसकेका मानिसहरुको हौसला बढाउने काम समेत गर्छ । यो तस्बिर मार्फत् एक बाबु–छोराको प्रेम देखाइएको छ जो असंख्य समस्या र पीडाबीच पनि हाँसिरहेका छन् ।
मेहमन असलनको यो तस्बिर सिरिया–टर्की सीमामा हेटे प्रान्तको रेहनालीमा बसिरहेका एक सिरियाली शरणार्थी बाउ–छोराको खुसी देखाइएको छ । तस्बिरमा बाउ, छोरा दुबै अपाङ्ग देखिएका छन् तरपनि उनीहरु मुस्कुराइरहेका छन् । त्यसैले यो तस्बिरलाई सिएना इन्टरनेशनल अवार्डस् २०२१ मा 'फोटो अफ द इयर' चुनिएको छ ।
यो तस्बिरमा देखिएका पिताले सिरियाको एउटा बजारमा भएको बम बिस्फोटमा आफ्नो खुट्टा गुमाएका थिए जबकी गर्भवती श्रीमती गृहयुद्धकै बेला एउटा विषालु ग्यासको सम्पर्कमा आएकी थिइन् जसका कारण छोरा हात–खुट्टा बिना नै जन्मिए । पिताको एउटा खुट्टा छैन भने छोराको हात–खुट्टा दुबै छैनन् ।
सिरिया एक दशकभन्दा बढी समयदेखि गृहयुद्धसँग जुधिरहेको छ । आज यतिबेला संसारको सबैभन्दा ठूलो शरणार्थी संकट सिरियामा छ । सिरियामा ११ वर्षदेखि जारी हिंस्रक लडाईंले थुप्रै शहर बर्बाद भएका छन् । मानिसहरु आफ्नो घर छोडेर भाग्न बाध्य छन् । यी ११ वर्षमा ६६ लाख सिरियाली जनता शरणार्थीको जीवन बाँचिरहेका छन् । सिरियाबाट २६ लाख मानिस टर्कीमा, ८ लाख लेबनानमा, ६ लाख जोर्डनमा, साढे २ लाख इराकमा, १ लाख ३० हजार इजिप्टमा शरण लिइरहेका छन् । सिरिया युद्ध सुरु भएपछि लाखौँले यूरोपमा शरण मागेका थिए । थुप्रै देशले हज्जारौंलाई शरण पनि दिए । तर एक दशकपछि पनि यी मानिसहरु शरणार्थी शिविरमा बस्न बाध्य छन् । | 2022/01/19 17:27:18 | https://nayaawaj.com/2021/10/34794.html | mC4 |
उपप्रधानमन्त्री उपेन्द्र यादवले गरे राजविराज हस्पिटलमा ४ कराेडको लागतमा नरसिङ्ग कलेज खाेल्ने घाेषणा! -
१३ मंसिर २०७५, बिहीबार ०९:०४ 577 पटक हेरिएको
काठमाडाैँ । उप प्रधान तथा स्वास्थ्य एवम् जनसंख्या मन्त्री उपेन्द्र यादवले राजविराजमा ४ कराेडको लागतमा नरसिङ्ग कलेज खाेल्ने घाेषणा घाेषणा गरेका छन्।
मन्त्री यादवले राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा नरसिङ्ग कलेज घाेषणा गरेका हुन्।
सप्तरी निर्वाचन क्षेत्र नम्बर २ वाट निर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहेका यादवले बुधवार आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतको स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत उक्त कलेज खाेल्ने घाेषणा गरेका हुन्।
कलेज स्थापनाका लागि यस वर्ष ४ करौड बजेट विनियोजन गरिएको मन्त्री यादवले सन्डेखबरलार्इ जानकारी दिए।कार्तिक मसान्त भित्रै उक्त कार्यक्रम अन्तर्गत योजना छनौट गर्नुपर्ने प्रावधान हुँदाहुँदै पनि उप प्रधान मन्त्री यादवको कार्यव्यवस्तताका कारण योजना छनौटमा केहि साता ढिलाई भएको हो ।
योजना छनौट सम्बन्धी बैठकका लागि यादव बुधवार दिउँसो राजविराज आईपुगेका थिए । सप्तरी निर्वाचन क्षेत्र नम्बर दुई अन्तर्गत उक्त कार्यक्रमका लागि यादवको संयोजकत्वमा १६ सदस्यीय समिति रहेकोमा बुधवारको बैठकमा दुई जना सदस्यहरु भने अनुपस्थित रहेको समितिका सदस्य समेत रहेका प्रदेश–२ का भुमि व्यवस्था कृषि एवम् सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी गराए ।
सदस्यहरु उपमा देव र डा. मनोजकुमार सिंह भने बैठकमा अनुपस्थित रहेका थिए । फोरम नेपालवाटै प्रदेश सभामा समानुपातिक तर्फ निर्वाचित उपमा देव प्रदेश–२ का उप सभामुख हुन भने डा. सिंह नेकपाका तर्फवाट प्रदेश–२का प्रदेश सभा सदस्य हुन् । | 2019/12/12 03:20:11 | https://www.sundaykhabar.com/2018/11/29/11545/ | mC4 |
वैशाख ३० ,प्यूठान – आइतबार बिहानै प्यूठानमा भएको यात्रुबाहक बस दुर्घटनामा परी ५ जनाको मृत्यु भयको छ भने २५ जना घाईते भयका छन्
मृतु हुने हरु सबैको सनाखत भएको छ।
मृत्यु हुनेमा गाडी चालक कैलाली–९ का बीरबहादुर चौधरी, गौमुखी गाउँपालिका–२ अर्खा प्यूठानका १७ वर्षीय हिरा टमाटा, सोही गाउँपालिका वडा नम्वर ३ का २६ वर्षीय हरी मल्ल, प्यूठान नगरपालिका–२ निवासी २६ वर्षीय सविता शर्मा र मरन्ठाना प्यूठानमा माइतीघर भएकी कृष्णपुर नगरपालिका–२ कञ्चनपुरकी अन्दाजी ३१ वर्षीय सरीता चन्द रहेका छन्।
दुर्घटनामा परी २५ जना घाइते भएको प्यूठानका प्रहरी प्रमुख डिएसपी राजेन्द्र पोख्रेलले जानकारी दिए। दुर्घटना कारणको विषयमा थप अनुसन्धान भइरहेको उनले बताए।
महेन्द्रनगरबाट सदरमुकाम खलंगातर्फ आउँदै गरेको महाकाली यातायातको ना ४ ख १८७६ नम्वरको यात्रुबाहक बस सरुमारानी गाउँपालिका–४ बडडाँडा बजार नजिक भिरालो बाटोमा दुर्घटनामा परेको हो।
गम्भीर घाइते सात जनाको बुटवल, दुई जनालाई कोहलपुर र थप दुई जनाको जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको छ।
सामान्य घाइते १४ जना उपचारपछि घर फर्किएको प्रहरी प्रमुख पोख्रेलले जानकारी दिए। जिल्लाबाट महेन्द्रनगर हुँदै रोजगारीका लागि धेरै युवाहरु यसै सडक भएर भारत जाने गरेका छन्।
Share FacebookTwitterWhatsAppViber
रङ्ग दर्पण 11920 posts 0 comments
Prev Post
वम विस्फोट आरोपमा युवती पक्राउ ,,
Next Post
चलचित्र लम्फुले औषत व्यापार गर्न सफल ,,
अरु लेखहरु पढ्नुस्.... More from author
महेश बस्नेतको बालेनलाई कडा चेतावनी सुकुम्बासीको बिचल्ली पार्ने काम बन्द गर
हुम्लाबाट माओवादीका छिरिङ कार्चेन विजयी
माओवादीबाट एमाले प्रवेश गरेका ठमर बिष्ट पराजित
सुर्खेत १ क प्रदेश सभामा काङ्ग्रेसका खड्क पोख्रेल विजयी
Prev Next
भर्खरै प्रकाशित....
महेश बस्नेतको बालेनलाई कडा चेतावनी सुकुम्बासीको बिचल्ली पार्ने काम बन्द गर
काठमान्डौ - नेकपा एमालेका नेता पुर्व सांसद महेश बस्नेतले काठमान्डौका मेयर बालेन शाहलाई सुकुम्बासीमाथी डोजर आतंक गरे नराम्रो हुने… | 2022-11-30T00:29:34Z | https://rangadarpan.com/articles/3184 | OSCAR-2301 |
४४ प्रतिशत दम्पतीले मात्र परिवार नियोजनका स्थायी साधन प्रयोग गर्दै
जनकपुरधाम । नेपालमा हाल सम्मको स्थिती अनुसार ४४ प्रतिशत दम्पतीले मात्र परिवार नियोजनका स्थायी साधन प्रयोग गर्दै आएको वताइएको छ । जिल्ला जनस्वाथ्य कार्यालय धनुषाको अयोजनामा वुधवार परिवार नियोजन सुरक्षीत मातृत्व तथा नवजात शिशु सम्वन्धि पत्रकार अन्तरक्रिया कार्यक्रममा नेपालले परिवार नियोजनको स्थानिय साधान प्रयोग गर्नेको संख्या ६५ प्रतिसतको लक्ष्य रहेपनि अहिले सम्म ४४ प्रतिसतमात्र रहेको तथ्यांक प्रस्तुत गरिएको छ ।प्रादेशिक तथ्यांक हेर्ने हो भने प्रदेश नं २ मा स्थायीसाधन प्रयोग गर्नेको संख्या ४२ प्रतिसत रहेको छ । वरिष्ठ स्वास्थ शिक्षा प्रशासक कुञ्ज घिमीरेका अनुसार स्थायी प्रयोगको कमीका कारणले अनइच्छित गर्भधारण हुँदा गर्भपतन गराउनेको संख्या उच्च रहेको बताउँदै यसबाट महिलाको स्वास्थ्यमा विभिन्न किसीमको खतराहरु बढेको वताए । उनले २० वर्ष पनि नपुगी कम उमेरमा नै विवाह गरिदिदा छिटै बच्चा जन्मीने र आमा तथा बच्चाको स्वास्थ्यमा गम्भीर खतरा बढदै गएको वताए । सरकारकै कमजोरीका कारण पर्याप्त मात्रामा स्थायी साधनहरु पहुचाउन नसक्दा स्थायीसाधन प्रयोग गर्न चाहनेहरुको संख्यामा वृद्धि हुन नसकेको जोशीको भनाई रहेको थियो ।सरकारी तथ्यांक अनुसार स्थायीसाधनका लागि ७० प्रतिशत प्रयोगकर्ता स्वास्थ्यसंस्थाबाट १९ प्रतिसत प्रयोगकर्ता निजी संस्थाबाट र ४ प्रतिसत प्रयोगकर्ता एनजीओबाट स्थायीसाधनको व्यवस्था गर्दै आएको छ । स्थायी साधनको प्रयोगमा वृद्धि नहुनुमा प्रमुख कारण सरकारको निती रहेको वताइएको छ । सरकारले परिवार नियोजनमा लगानी लगाउदा राष्टले पाउने फाइदाको सम्वन्धमा अनुसन्धान गर्न नसक्नु,फेमेली प्लानींगको बारेमा जानकारी दिने स्वास्थ्यकर्मीहरुलाई आवश्यक तालिमको व्यवस्था गराउन नसक्नु,अरु देशसंग तुलना गर्नका लागि निती समेत वनाउन नसक्नु सरकारको प्रमुख कमजोरी रहेको छ । हुनतःविगतको तुलनामा अहिले आएर परिवार नियोजन प्रति व्यक्तिहरु सजग भएको प्रस्तुत गरिएको तथ्यांकले देखाएको छ । ४० वर्ष पहिलेको इतिहास हेर्ने हो भने एक महिला वच्चा जन्माउनेको संख्या ७ (६.३) रहेको थियो भने अहिले आएर वच्चा जन्माउनेको संख्या ३ (२.९) पुगेको छ ।स्थायी साधनको प्रयोगमा कमी र असुरक्षीत गर्भपतनका कारणले वर्षेनी २३९ गर्भवती महिलाको मृत्यु भइरहेको तथ्यांक प्रस्तुत गरिएको छ । गर्भवती महिलालाई समयमा हेरचाह,बाल सुरक्षाका लागि उचित ज्ञान भए यस किसीमका समस्या सामाधान गर्न सकिने वताइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका अध्यक्ष सचितानन्द देवको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्यकर्मी अन्जना खडका,कुञ्ज जोशी लगायतकाले परिवार नियोजन,सुरक्षीत मातृत्व र नवजात शिशुसम्वन्धिको विगत र वर्तमान अवस्थाको वारेमा जानकारी दिएका थिए । | 2019/02/23 21:06:49 | http://ejanakpurtoday.com/news/12158 | mC4 |
१७ मंसिर २०७७, बुधबार १७:३४
१७ मंसिर, काठमाडौं । नेपालमा बुधबार (१७ मंसिर ) सम्म पिसीआर प्रविधिबाट १ लाख ५४ हजार ६३० वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।
जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ८ हजार ३०० वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित १६ हजार ५४७ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ५ हजार ८०६ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या १० हजार ७४१ रहेको छ ।
मन्त्रालयका अनुसार प्रदेश १ मा ३२, प्रदेश २ मा ७, बागमती प्रदेशमा १४४, गण्डकी प्रदेशमा ९४, लुम्बिनी प्रदेशमा ७२, कर्णाली प्रदेशमा ९ र सुदूरपश्चिममा ७ जना गरी जम्मा ३६५ जना आइसीयुमा उपचाररत छन् ।
त्यसैगरी प्रदेश १ मा ११ जना, प्रदेश २ मा २ जना, बागमती प्रदेशमा ३४ जना, गण्डकी प्रदेशमा १२ जना, लुम्बिनी प्रदेशमा ३ जना र सुदूरपश्चिम प्रदेशमा २ जना गरी जम्मा ६४ जना भेन्टिलेटरमा उपचाररत छन् ।
त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला, झापा, काठमाडौं, भक्तपुर, ललितपुर र कास्की गरी ५ वटा रहेका छन् ।
यसैगरी क्वारेन्टिनमा ६०५ जना रहेका छन् भने शून्य संक्रमित रहेको जिल्ला मनाङ र डोल्पा रहेको छ ।
त्यस्तै आज थपिएका १४९० जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको छ । साथै आज १५६७ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख १८ हजार १६१ पुगेको छ ।
आज ९ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५३८ पुगेको छ ।
आज देशैभरी १४९० जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका ७२३ जनासहित देशैभरी १४९० जना कोरोना संक्रमित थपिएका छन् ।
आज १५६७ जना कोरोना संक्रमणबाट मुक्त भए
१७ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी १५६७ जना कोरोना संक्रमित निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये १५६७ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् ।
आज निको भएका १५६७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख १८ हजार १६१ पुगेको छ । मन्त्रालयका अनुसार कूल संक्रमित मध्ये निको हुनेको यो दर ९२.३ प्रतिशत हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १० हजार ७४१ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
जसमा प्रदेश १ मा १६२९, प्रदेश २ मा २९८, बागमती प्रदेशमा ६,७८८, गण्डकी प्रदेशमा ७४७, लुम्बिनी प्रदेशमा ६२४, कर्णाली प्रदेशमा १०८ र सुदूरपश्चिम प्रदेशमा ५४५जना गरी १० हजार ७४१ जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा ५ हजार ८०६ जनाको उपचार भइरहेको छ । | 2022/05/22 10:54:24 | https://sansarnews.com/238979/ | mC4 |
नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता - Everest Dainik - News from Nepal
काठमाडौँ । मलेसियामा सम्पन्न एशिया कप छनोट प्रतियोगिता खेलेर आज नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ ।
एशिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली चौथो स्थानमा रह्यो । नेपालले दुई खेलमा जित तथा तीन खेलमा हार बेहोरेको थियो । नेपालले आयोजक मलेसिया र सिङ्गापुरलाई पराजित गरेको थियो भने ओमान, संयुक्त अरब इमिरेट्स (युएइ) र हङ्कङसँग पराजित भएको थियो । छनोट प्रतियोतगा यही भदौ १३ देखि २१ गतेसम्म सञ्चालन भएको थियो ।
याे पनि पढ्नुस सिंगापुरविरुद्ध नेपाल २१७ रनले विजयी
उक्त प्रतियोगितामा ६ राष्ट्र सहभागी थिए ।
हङ्कङ एशिया कपका लागि छनोट भएको छ । फाइनल खेलमा हङ्कङ युएइलाई दुई विकेटले पराजित गर्दै एशिया कपका लागि छानिएको हो ।
एशिया कप यही भदौ २८ देखि असोज १२ गतेसम्म युएइमा हुँदैछ ।
एशिया कपमा भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान जस्ता टेष्ट राष्ट्रको सहभागिता रहनेछ । रासस | 2020/05/27 06:35:13 | https://everestdainik.com/2018/09/207360/ | mC4 |
फाइजरलाई कोरोना विरुद्धको खोपमा महत्वपूर्ण उपलब्धि – साँचो खबर
फाइजरलाई कोरोना विरुद्धको खोपमा महत्वपूर्ण उपलब्धि
कोरोना भाइरसविरुद्धको खोप निर्माणमा जुटेका कम्पनीहरु फाइजर र बायोएनटेकले तेस्रो चरणको परीक्षण ९० प्रतिशत सफल भएको दावी गरेको छ । कम्पनीले सोमबार उक्त घोषणा गर्दै विज्ञान र मानवताका लागि महत्वपुर्ण उपलब्धी हासिल भएको बताएको छ । कम्पनीका अनुसार कोरोना संक्रमितले दोस्रो मात्रा लिएको ७ दिनमा निको भएको पाइएको छ ।
संक्रमितलाई पहिलो मात्रा दिएको २८ दिनपछि दोस्रो मात्रा दिइएको थियो । फाइजरका अध्यक्ष अल्बर्ट बोउर्लाले तेस्रो चरणको प्रारम्भिक नतिजा आइसकेको र कोभिड–१९ विरुद्धको खोपको परीक्षण सफल भएको दाबी गरेका छन ।
विश्वभर कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढिरहेको बेला फाइजरलेको उपलब्धी मानव सभ्यता कै लागि महत्वपुर्ण हुने अपेक्षा गरिएको छ । कम्पनीले सन् २०२० सम्ममा रोपको ५० करोड मात्रा उत्पादन गर्ने र सन् २०२१ मा १ अर्ब ३० करोड मात्रा उत्पादन गर्ने लक्ष्य लिएको छ । | 2021/01/23 18:11:05 | https://sachokhabar.com/2020/11/1104/ | mC4 |
जङ्गली च्याउ खाँदा १२ जना बिरामी १ को मृत्यु «
जङ्गली च्याउ खाँदा १२ जना बिरामी १ को मृत्यु
प्रकाशित मिति : 14 July, 2019 9:47 am
जङ्गली च्याउ खाएर सिकिस्त बिरामी भएका एक बालकको मृत्यु भएको छ। म्याग्दीको मङ्गला गाउँपालिका–१ पूर्णगाउँमा बस्ने जमुना कुँवरका छोरा ऋषि कुँवरको उपचारको क्रममा पोखराको मणिपाल अस्प्तालमा मृत्यु भएको हो।
वनबाट ल्याएको च्याउको तरकारी बनाएर खाएपछि परिवारका छ जना बिरामी भएका थिए। विषालु च्याउ खानेबित्तिकै बान्ता, पखाला र टाउको दुख्न थालेपछि स्वास्थ्यचौकीमा उपचार गरे पनि निको नभएपछि थप उपचारका लागि पोखरा लगिएको अवस्थामा बालक ऋषिको मृत्यु भएको राष्ट्रिय जनजागृति माविका प्रधानाध्यापक टेक राम्जालीले जानकारी दिए ।
विद्यालयमा कक्षा–५ मा अध्ययरत मृतक कुँवर, उनकी दिदी तारा कुँवर र भाइ ओमप्रकाश कुँवरलाई थप उपचारका लागि पोखरा लगेपछि गाउँमा थाहा भएको थियो। उपचार गरिरहेका अन्य बिरामीको अवस्था सुधारोन्मुख छ। थोरै खानेलाई समान्य असर देखिए पनि तीनै जनाले धेरै खाएकाले सिकिस्त भएको चिकित्सको भनाइ उद्धृत गर्दै राम्जालीले बताए। त्यस्तै बागलुङको पश्चिम ढोरपाटन नगरपालिका वडा नं २ मा जंगली च्याउ खाँदा सात जना बिरामी परेका छन्।
च्याउ खाएपछि बिरामी परेका सातै जना अचेत अवस्थामा रहेको सूचनापछि तत्काल उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख ओमप्रकाश यादवले बताए। उनीहरु सबैलाई सामान्य उपचारपश्चात थप उपचारका लागि पाल्पा पठाइएको केन्द्रका डा कृष्ण श्रेष्ठले जानकारी दिए। | 2021/01/22 15:27:10 | https://www.mundhumstar.com/2019/07/14/13121/ | mC4 |
फिल्ममा कसरी करनजीत कौर भन्ने केटी सन्नी लियोनी बनेर पोर्न स्टार बनिन् र पछि बलिउड फिल्म उद्योगमा हिट भइन् भन्ने देखाइएको छ । पोर्नस्टार बन्नेदेखि बलिउडमा तहल्का मच्चाउनेम्मको यात्रा हो ।
फिल्मको ट्रेलर जुलाई ५ मा सार्वजनिक भएको थियो । त्यसपछि उक्त ट्रेलर सामाजिक सञ्जालमा समर्थन र विरोधमा व्यापक टिप्पणी भएका छन् । यसको विरोध गर्नेहरूमा भारतको शिख समुदायका धेरै छन् ।
उनीहरूले शिख समुदायको र आफ्नो परिवारको बद्नाम गरेको भन्ने आरोप सन्नीलाई लगाउने गरेका छन् । त्यहीँ शिरोमणि गुरुद्वाराको प्रबन्धक समितिले यो फिल्मको नामलाई लिएर आपत्ति जनाएको छ ।
समितिका प्रवक्ता दलजीत सिंह बेदीले सन्नी लियोनी पोर्न स्टार भएको र बालककालमा शिख भएपनि पछि इसाइ भएको बताए ।सन्नीले इसाइसँग बिहेसमेत गरेको भएर फिल्ममा शिख समुदायको नाम जोड्न नहुने बेदीले बीबीसीलाई बताए । यसले शिख समुदायको भावनामा ठेस पुग्ने बेदीको भनाइ छ ।
शिख समुदायले फिल्ममा ुकौरु शब्दको प्रयोग गरेकामा आपत्ती जनाएको हो । फिल्मका निर्देशक आदित्य दत्तले भने आफूपनि शिख समुदायको भएको र शिख समुदायको भावनामा ठेस पुग्ने कुनै पनि काम नगरेको बताएका छन् । एजेन्सी
Previous Postभगवान शिवको प्रिय महिना, यी ५ ओटा तथ्यले गर्दा श्रावणलाई मानिन्छ उत्कृष्ट महिना ! Next Postऔषधि किन्न बजार गएकी महिलालाई अपहरण गरी सामूहिक बलात्कार गर्ने चार युवा सार्वजनिक | OSCAR-2019 |
||
कोरोना जितेका युवक पुर्पक्षका लागि कारागार चलान - Nepalpati.com - News Portal from Nepal, Politics, Business, Science, Social, Sport, Ecomony, Entertainment, Movie, Nepali Model, Actor, Actress, Interview| Nepal Pati
बैतडी । बैतडीमा कोरोना जितेका युवकलाई कारगार चलान गरिएको छ । बैतडीको शिवनाथ गाउँपालिका २ की १९ वर्षीया किशोरी गीता महर मृत्यु प्रकरणमा पक्राउ परेका ती युवकलाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न यसअघि दिएको आदेशअनुसार कारगार चलान गरिएको हो ।
कोरोना संक्रमणको १३ औं दिनमा युवकले बुधबार कोरोना जितेपछि अस्पतालबाट डिस्चार्ज भएका हुन्।अस्पतालले डिस्चार्ज गरे लगत्तै प्रहरीको टोलीले युवकलाई कारागार पुर्याएको थियो।
कोरोना संक्रमित युवकको १० औं दिनको रिर्पोट र त्यसपछिको २४ घण्टामा लिइएको स्वाबको रिर्पोट नेगेटिभ आएपछि युवकलाई अस्पतालबाट डिस्चार्ज गरेको हो ।
ती युवक गत चैत ६ गते भारतको दिल्लीबाट स्वदेश फर्किएका थिए । बैतडीका संक्रमित ६ जनामध्ये ५ जना अस्पतालमै उपचार गराइरहेका छन् । जेठ १० गते संक्रमण पुष्टि भएका शिवनाथका ४ जनाको सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ भने यही जेठ १९ गते संक्रमण पुष्टि भएका ३१ वर्षीय पुरुषको पाटन प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा उपचार भइरहेको छ । | 2020/07/13 14:37:44 | http://nepalpati.com/news/karagar-chalan/ | mC4 |
बाम गठबन्धन - InHeadline
संविधानको मर्म र भावनाभन्दा बाहिर जाँदैनौँ : अध्यक्ष दाहाल
नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको मर्म र भावनाभन्दा बाहिर नजाने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ चितवन शाखाले आज यहाँ आयोजना गरेको चितवनबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले संविधानमा भएको व्यवस्थाभन्दा बाहिर वाम गठबन्धन नजाने बताउनुभयो ।
प्रदेशसभाअन्तर्गत उपत्यकामा पाँच सिटबाहेक सबै सिटमा वाम गठबन्धन विजय भएको छ । उपत्यकामा भएका ३० प्रदेशसभामा नेपाली काँग्रेस तीन र नेपाल मजदुर किसान पार्टीको एक सिटबाहेक २५ सिटमा वाम गठबन्धन विजयी भएको हो । १५ निर्वाचन क्षेत्रमा १० निर्वाचन क्षेत्र जितेको वाम गठबन्धनले प्रतिनिधिसभामा भने २५ सिट प्राप्त गरेको छ ।
कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य पदमा विजयी वाम गठबन्धनबाट नेकपा (माओवादी केन्दै)का उम्मेदवार बीना मगरले बुधबारदेखि मतदातालाई भेट्न घरदैलो अभियान सञ्चालन गर्नुभएको छ ।
नेकपा (एमाले)का नेता एंव इलाम क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङले वाम गठबन्धनले जनतासँग गरिएका वाचा पूरा गर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले) की पवित्रा निरौला खरेल मेची अञ्चलबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने एक्ली महिला बन्नुभएको छ । मंसिर २१ गते सम्पन्न निर्वाचनमा झापा क्षेत्र नं २ बाट उहाँ निर्वाचित हुनुभएको हो । योसँगै उहाँले नेपाली काँग्रेसका उम्मेदवार उद्धव थापालाई पराजय गर्दै प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने यात्रा तय गर्नुभएको छ ।
स्याङ्जा—२ बाट एमालेकी अर्याल विजयी
स्याङ्जा क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएकी पदमा अर्याल विजयी हुनुभएको छ । नेकपा (एमाले) केन्द्रीय सदस्य अर्यालले उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई ३,७०६ मत अन्तरले पछि पार्दै विजयी हुनुभएको हो ।
कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) की विजयी उम्मेदवार बीना मगर प्रदेश नं ७ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने एक्ली महिला बन्नुभएको छ ।
निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गरिने : महासचिव पोखरेल
काठमाडौँ निर्वाचन क्षेत्र नं ५ बाट निर्वाचित हुनुभएका नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले आफ्नो निर्वाचन क्षेत्रको विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
निर्वाचनको परिणाम आइसकेपछि पनि प्रमुख राजनीतिक दलका नेता घरदैलोमा नै व्यस्त रहेका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा पुगेको बेला जनताले वाम गठबन्धनलाई अनुमोदन गरेको भन्दै विजेता उम्मेदवारले पुनः जनतालाई बधाई तथा धन्यवाद दिन घरदैलो अभियान शुरु गरेका हुन् । | 2018/12/12 13:54:20 | https://www.inheadline.com/nepali/search-by/%E0%A4%AC%E0%A4%BE%E0%A4%AE%20%E0%A4%97%E0%A4%A0%E0%A4%AC%E0%A4%A8%E0%A5%8D%E0%A4%A7%E0%A4%A8 | mC4 |
इतिहास दोहोर्याउनले योजनामा नेदरल्यान्ड्स - Khelpati
इतिहास दोहोर्याउनले योजनामा नेदरल्यान्ड्स
काठमाडौं । टी-ट्वान्टी विश्वकपको इतिहास हेर्दा नेदरल्यान्ड्सले पटक पटक राम्रो नतिजा निकाल्न सफल भएको छ ।
नेदरल्यान्ड्सले इंग्ल्यान्डमाथि सन् २००९ र २०१४ मा हासिल गरेको चर्चित जित कसले बिर्सन सक्छ र ?
ती जितहरुलाई बोकेर प्रतियोगितामा आउदा नेदरल्यान्ड्समाथि पटक पटक दबाब पर्ने भएपनि युवा तथा अनुभवी खेलाडीको साथ पाएको नेदरल्यान्ड्स पटक पनि इतिहास दोहोर्याउन आशावादी हुनेछ ।
नेदरल्यान्ड्सले सन् २००९ मा आफ्नो डेब्यु विश्वकपलाई यादगार बनाएको थियो । लर्डस मैदानमा भएको उदघाटन खेलमै नेदरल्यान्ड्सले इंग्ल्यान्डलाई चार विकेटले पराजित गरेको थियो । उक्त खेलमा नेदरल्यान्ड्सले १ सय ६३ रनको लक्ष्य पूरा गरेको थियो ।
नेट रन रेटका आधारमा समूह चरणबाट बाहिरिएपनि नेदरल्यान्ड्सले भविष्य निर्माणका लागि सकारात्मक संकेत देखायो । ती संकेतहरुले तत्कालै राम्रो नजिता देखाउन सकेन र नेदरल्यान्ड्स सन् २०१० र २०१२ मा भएको विश्वकपमा भने छनोट हुन सकेन ।
तर, जब उनीहरु सन् २०१४ मा विश्वकपमा फर्किए, युएई र आयरल्याण्डलाई पराजित गर्दै दोस्रो चरणमा प्रवेश गर्न सफल भए । आयरल्याण्डमाथिको जित भने यादगार थियो । १ सय ९० रनको लक्ष्य नेदरल्यान्ड्सले १४ ओभरमै पूरा गर्यो ।
दोस्रो चरणमा नेदरल्यान्ड्सले पुनः इंग्ल्यान्डलाई ४५ रनले पराजित गर्न सफल भयो तर त्यो उसको प्रतियोगिताको अन्तिम खेल थियो ।
सन् २०१६ मा पहिलो चरणमा आफ्नो समूह अन्तर्गत दोस्रो हुन पुग्यो । जसमा बंगलादेश पहिलो स्थानमा रहदै दोस्रो चरणमा प्रवेश गर्यो ।
यस पटक रायन टेन डोस्काटे, वेन कुपर, रोयलफ भान डेर मेर्वी र पिटर सिलार जस्ता खेलाडीको सहयोगमा नेदरल्यान्ड्स दोस्रो चरणमा प्रवेश गर्ने तथा पहिलोको भन्दा अझ राम्रो नजिता निकाल्नेमा आशावादी छ ।
चिरपरिचित अनुहारसंगै नेदरल्यान्ड्सको टोलीमा नयाँ खेलाडीहरुपनि छन् जो आफ्नो छाप छोड्न लालायित छन् । अब मुख्य प्रशिक्षक रायन क्याम्पवेलको हातमा यो छ कि उनीहरुलाई एक ढिक्का बनाउन सकुन जसले गर्दा नेदरल्याण्ड्सले विश्वकपको यात्रा सुखद बनाओस् । | 2021/10/16 18:36:46 | https://www.khelpati.com/cricket/29180 | mC4 |
काठमाडौं । बढैयाताल गाउँपालिका अन्तर्गतका सात सय पशुपालक किसानलाई २१ लाख ७७ हजार ७ सय ९८ अनुदान वितरण गरिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पशुपक्षी तथा मत्स्य विकास निर्देशानलय प्रदेश नम्बर ५ को आर्थिक सहयोग तथा भगवती दुग्ध उत्पादक सहका...
काठमाडौँ । बुधबार नेपाली बजारमा छापावाला सुन प्रतितोला ६२ हजार तीन सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ६२ हजार कायम छ । यसैगरी चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भैरहेको पनि महासंघल...
काठमाडौँ । प्रदेश १ सरकारले समानुपातिक सांसदहरुलाई संसद् विकास कोषमार्फत रकम बाँड्ने भएको छ । संघीय सरकारको अनुशरण गदै आर्थिक वर्ष ०७६/७७ देखि प्रदेश १ सरकारले पहिलोपटक समानुपातिक सांसदहरुका लागि पनि संसद् विकास कोष निर्माण गर्न लागेका हो । आर्थिक मामिला...
लोकपथ संवाददाता जेठ २८, २०७६ | मंगलबार
काठमाडौं । सोमबार ओरालो लागेको कारोबार मापक नेप्से परिसूचकमा आज झिनो अङ्कले सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ० दशमलभ १७ बिन्दुले बढेर एक हजार २७५ दशमलभ ९८ अङ्कमा थामिएको छ । यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने से...
काठमाडौं । अष्ट्रेलियाबाट इजीलिंक रेमिट्यान्सले सेवा आरम्भ गरेको छ । सिड्नीमा कार्यालय स्थापना गरेपश्चात कार्यक्रमको आयोजना गरि उक्त रेमिट्यान्सका ब्राण्ड एम्बासडर रवि लामिछानेको सहभागितामा कम्पनीका मुख्य कार्यकारी अधिकृत डि.पि. अर्याल, अष्ट्रेलिया रेमिट्यान्सका प्रबन्ध ...
राष्ट्र बैंकमा रिक्त पदमा नयाँ कार्यकारी निर्देशक
काठमाडौं । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले ५ जना कार्यकारी निर्देशकहरुको अवकाशपछि ४ जनालाई रिक्त पदका लागि बरिष्ठ निर्देशकबाट १ महिनाको लागि कामु कार्यकारी निर्देशक तोकेका छन् । कामु कार्यकारी निर्देशक तोकीएका ४ जनालाई काम गरिरहेकै विभागमा जिम्मे...
नेपालको बैंकिङ प्रणाली दक्षिण एशियाकै नमुना : अर्थमन्त्री खतीवडा
काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोष स्थापनापछि अर्थमन्त्री डा युवराज खतीवडाले निक्षेप डुब्यो भन्ने अवस्थाको अन्त्य भएको बताएका छन् । मंगलबार कोष भवनको शिलन्यास गर्दै खविडाले निक्षेपको सुरक्षण गर्ने अवधारणा आएसँगै निक्षेप डुब्न लाग्यो भनेर कोहि पनि बैंकको काउन्टरमा धा...
सकियो अन्तर्राष्ट्रिय विमानस्थलको रनवे रिह्याब मर्मत
लोकपथ संवाददाता जेठ २७, २०७६ | सोमबार
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नति 'रनवे रिह्याब' को मुख्य काम सकिएको छ । विमानस्थलको तीन हजार ५० मिटर लामो धावनमार्गको पहिलो चरणको कालोपत्र 'पिच' सम्पन्न भएको विमानस्थलले जनाएको छ । धावनमार्ग स्तरोन्नतिको...
काठमाडौं । शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ८ दशमलभ ७८ अङ्कले घटेर एक हजार २७५ दशमलभ ८२ अङ्कमा पुगेको छ । त्यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसम...
चुक्ता पूँजीको सत् प्रतिशत् हकप्रद शेयर निष्काशन गर्दै जनउत्थान
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले असार १२ गते देखि चुक्ता पूँजीको सत् प्रतिशत् हकप्रद शेयर निष्काशन गर्ने भएको छ । वित्तीय संस्थाको हालको चुक्ता पूँजी संस्थाको २ करोड ८८ लाख रहेको छ । संस्थाको चुक्ता पूँजी सत् प्रतिशत् हकप्रद शेयर निष्काशनस...
निर्माण रोकिँदा ८ अर्ब फिर्ता !
काठमाडौं । काठमाडौ तराई तथा मधेस द्रुतमार्ग योजनाको विस्तृत योजना प्रतिवेदन स्वीकृत हुन ढिलाहुदा कामले सोचे जस्तो गति लिन सकिरहेको छैन । नेपाली सेनाले डिपिआर नभएको कारण उक्त मार्गको टनेल र पुलको ठेक्का सम्झौता गर्न सकेको छैन साथै अन्य धेरै प्राविधिक क...
जमीन बाँझो राख्ने किसानमाथि चर्को कर
लोकपथ संवाददाता जेठ २६, २०७६ | आइतबार
काठमाडौं । कृषियोग्य जमीन बाँझो राख्ने व्यक्ती तथा कृषकलाई राष्ट्रिय समावेशी आयोगले उच्च कर लगाउने भएको छ । आयोगले गत साता महानगर, उपमहानगर, नगरपलिका र गाउँपालिकालाई पत्र पठाउदै यस्तो सिफारिस गरेको हो । प्रदेश सरकार र स्थानीय सरकार सबै बजेट निर्माणमा जुटेका ...
काठमाडौं । सङ्घीय सरकारले आगामी आर्थिक वर्ष २०७६-७७ मा बाँकेका आठ स्थानीय तहका लागि दुई अर्ब ९० करोड ११ लाख विनियोजन गरेको छ । सरकारले वित्तीय समानीकरण अनुदानतर्फ एक अर्ब ३२ करोड २३ लाख र सःशर्त अनुदानतर्फ एक अर्ब ५७ करोड ८८ लाख विनियोजन गरेको हो । ...
रत्ननगर । बजेट अभावले लामो समयदेखि रोकिएको भरतपुर विमानस्थलको धवनमार्गमा कालोपत्र थप्ने काम शुरु भएको छ । नेपाल नागरिक उड्डयन प्रधिकरणले उक्त विमानस्थललाई नौ करोड उपलब्ध गराएकाले १७ वर्षपछि धवनमार्गमा कालोपत्र थप्ने काम 'ओभरले' गर्न थालिएको हो । भरतपुर...
काठमाडौं । गण्डकी प्रदेशअन्तर्गत पर्यटकीय जिल्ला लमजुङमा स्थानीय सरकारद्वारा एक मोटरेवल पुल निर्माण गरिएको छ । बेसीँशहर नगरपालिकाले नगरभित्र पक्की संचरना बनाउने अभियानअन्तर्गत बेँसीशहरको झ्याङखोलास्थित विद्या विकास विद्यालय नजिकै वडा नं ८ मा रहेको मोटरेवल पुल निर्माण...
रिद्धी सिद्धी सिमेन्ट उद्योग शुरु, दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य
लोकपथ संवाददाता जेठ २४, २०७६ | शुक्रबार
हेटौडा । हेटौडा उपमहानगरपालिका १५ अवस्थित रिद्धी सिद्धी सिमेन्ट उद्योगले स्वदेशी लगानीकर्ताबाट निजी क्षेत्रका लागि उत्पादन शुरु गरेको छ । प्रथम चरणमा दैनिक २० हजार बोहोरा उत्पादन गर्दे आइरहेको उक्त सिमेन्ट उद्योग १० अर्ब ५० लाखको लागतमा खडा...
काठमाडौं । काष्ठमण्डप पुनःनिर्माणको काम लक्ष्यअनुरुप अघि बढिरहेको बताउँदै पुनःनिर्माण समितिले हालसम्म ३० प्रतिशत काम सम्पन्न भइसकेको जनाएको छ । असार मसान्तसम्ममा पहिलो तलाको काम सक्नेगरी काम तीव्ररुपमा भइरहेको जनाइएको छ । काष्ठमण्डप पुनःनिर्माण समितिका...
मेगा बैंकमा ४५ जनालाई जागीरको अवसर ! कुन- कुन पोष्ट खाली ?
काठमाडौं । मेगा बैंकले रिक्त पद पुर्तिको लागी विज्ञापन सार्वजनिक गरेको छ । बैंकले हालका लागि ४५ जना कर्मचारीको आवश्यक रहेको विज्ञापनले प्रष्ट पारेको छ । बैंकले एक जना ब्रान्च म्यानेजरका साथै अफीसर तहका लागि ३१ जना कर्मचारीको माग गरेको छ । अधिकृत तहमा शाखाक...
लोकपथ संवाददाता जेठ २३, २०७६ | बिहिबार
रसुवा। नेपाल –चीनबीच रसुवागढी नाकामा नयाँ मितेरी पुल निर्माण भएको छ । सशस्त्र प्रहरी बल भन्सार सुरक्षा तथा राजश्व गस्ती २१ नं गुल्म टिमुरेका प्रमुख प्रहरी नायब उपरीक्षक जीवन केसीका अनुसार नेपाल चीनको सिमाना रसुवागढीको ल्हेन्देखोलामा चीन सर...
काठमाडौं । कर्णाली प्रदेश नम्बर ६ को सरकारले आफ्नै एयरलाईन्स ल्याउने तयारी गरेको छ । बुधबार संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष ७६ ७७ को क्रार्यक्रम तथा नितीमा कर्णली एयरलाइन्स तयारी गरेको हो । यो क्षेत्र भौगोलिक रुपमा विकट हुनुका साथै सडकको सहज पहुँच उक्त प्रदेशमा छैन ... | 2019/06/18 08:51:04 | http://lokpath.com/category/artha_banijya?page=2 | mC4 |
काठमाडौं माघ १६ गते । नेपाल र बंगलादेशबीच दोहोरो कर मुक्ति सम्झौता भएको छ । कर संकलन सम्बन्धी नेपालको प्रस्तावमा बंगलादेश सहमत नभएका कारण अड्किएर रहेको सम्झौता अन्ततः वंगलादेश सहमत.. | 2021-02-26T22:45:52Z | https://thepressnepal.com/tag/%E0%A4%9C%E0%A4%A8%E0%A4%86%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A5%8B%E0%A4%B2%E0%A4%A8/ | OSCAR-2109 |
मानव जीवनकै सबैभन्दा स्वर्णिम उमेर कुन होला ? कहिल्यै यसरी सोच्नु भएको छ ? कतिपयले भन्छन्, 'जीवन त ४० वर्षपछि सुरु हुन्छ । अहिलेको ६० वर्ष पहिलेको ५० वर्ष बराबर हो ।'
तर सच्चाई के होला ? जीवन जिउने सबैभन्दा स्वर्णिम उमेर कुन होला ?
बीबीसी फ्यूचरको टीमले मेडिकल लिटरेचरको अध्यन गरी जिन्दगीका हरेक पहेलु जस्तै तपाईंको मस्तिस्क देखि सेक्स चाहनासम्मको विश्लेषण गरेको छ । यसबाट प्राप्त नतिजा भने अचम्ममा पार्ने खालको छ ।
शारीरिक फिटनेसको मापन
शारीरिक फिटनेसको कुरा गर्दा १०० मिटर स्प्रिन्ट दौड, जेबलिङ थ्रो जस्ता स्पोर्ट्समा तपाईं २०-३० वर्षको उमेरमा सबैभन्दा बढी फिट हुनुहुन्छ । यसपछि तपाईंको क्षमतामा तिब्ररुपमा गिरावट आउँछ । तर केही खेलमा भने ३० वर्षमाथिका एथलेटहरुले पनि राम्रो गर्न सक्छन् ।
जस्तो कि म्याराथन दौड, १०० किलोमिटर दौडमा बढी उमेरका खेलाडीहरु नै सफल हुन्छन् । ३०-४० र ४०-५० को उमेर तपाईंको म्याराथन दौडन क्षमता भने विस्तारै ह्रास हुँदै गएको हुन्छ ।
स्मरण रहोस्, ६१ वर्षको उमेर सन्नी म्याकीले करियरकै पहिलो आयरमेन ट्रायथलन रेस जितेकी थिइन् । एथलेटहरु ७० वर्षको उमेरमा पनि पूरा फिट हुन्छन् ।
दिमागी क्षमताको मापन
दिमागी क्षमताका लागि भने २० वर्षभन्दा अघिको उमेर नै सबैभन्दा उत्तम हो । २० वर्षको भएपछि मानिसमा नयाँ तथ्यहरुलाई याद गर्ने क्षमता ह्रास हुन थाल्छ । मस्तिष्कको यस्तो क्षमता तपाईंले स्कूले जीवन पार गर्दा नगर्दै कम हुने अवस्थामा पुग्छ ।
कामकाजी सूचनालाई याद राख्ने क्षमता भने ४० वर्षको उमेरसम्म राम्रो हुन्छ, त्यसपछि बिस्तारै घट्न थाल्छ । मानिस युवाअवस्थामा रचनात्मक मानसिकतामा भने सबैभन्दा स्वर्णिम क्षणमा हुन्छ । प्रायजसो नोभेल प्राइज विजेताहरुले ४० वर्षको उमेरकै हाराहारीमा यो सफलता चुमेका थिए । ४० वर्षपछि भने स्मरण शक्ति धिमा बन्न थाल्छ ।
उमेर बढेसँग तथ्यलाई यादराख्न गाह्रो भएपनि मानिसको कुशलता भने बढ्छ । पढ्ने बानी होस् या अंक गणितको समस्या होस्, त्यसमा तपाईं राम्रो गर्न थाल्नुहुन्छ । मिडिल एजमा मानिसको तर्क गर्ने क्षमता भने बढ्छ ।
मुश्किल परिस्थितिमा हल निकाल्ने क्षमता पनि उमेरसँगै बढ्दै जान्छ । यसै सम्बधमा रिसर्च गरेका हवार्ड यूनिभर्सिटीका जोश हारटशोर्न भन्छन्, 'यस्को कुनै उमेर छैन, जुन उमेरमा हरचिजमा पर्फेक्ट होस् । धेरै चिजमा एकै पटक उत्कृष्ट हुने उमेर पनि खासै छैन ।'
सेक्सको चाहना
बढ्दो उमेर र सेक्सको चाहनाका विषयमा मिलेको जानकारी भने मानिसलाई खुसी पार्ने खालको छ । ६५-७४ वर्षका ३० प्रतिशत मानिस हप्तामा १ पटक सेक्स गर्न सक्छन् । यदि प्राप्त जानकारीलाई मान्ने हो भने सेक्सको चाहनाका हिसाबले मानिस २० देखि ४० वर्षको उमेरमा चरम अवस्थामा हुन्छ ।
सेक्सको चाहना र सेक्स गर्ने क्षमतामा ५० वर्षको उमेरसम्म कुनै कमी आउँदैन । 'सेक्सुअली एक्टिभ लाइफ एक्सपेक्टेंसी'सँग सम्बन्धित एक रिपोर्ट अनुसार ५५ वर्षका पुरुषमा त्यसपछिको १५ वर्षसम्म सेक्स गर्नपाए हुन्थ्यो भन्ने चाहना हुन्छ भने ५५ वर्षीय महिलाहरु त्यसपछि कम्तिमा १० वर्ष सेक्स गर्ने चाहना राख्छन् ।
६५ वर्षपछि यौन सम्बन्ध गर्ने क्रम कम हुन्छ । तर, ६५ देखि ७४ वर्षका ३० प्रतिशत वृद्धहरु हप्तामा १ पटक सेक्स अनिवार्य गर्छन् । सेक्सको चाहना घट्नुको फाइदा पनि छ । सेक्सको चाहना कम भएसँगै जीवनप्रतिको उत्साहमा भने वृद्धि हुन्छ ।
सेक्सका लागि स्वर्णिम उमेर
सामान्यतया २० देखि ३० वर्षको उमेरमा सेक्सको चाहना सबैभन्दा बढी हुन्छ । साथै ३० देखि ४० वर्षको उमेरमा मानिस सेक्सुअल क्षमतामा सबैभन्दा सक्षम हुन्छ । सेक्सबारे मानसिक रुपमा भने ४० देखि ६० को उमेरमा मानिस निकै राम्रो स्थितिमा रहने गरेको पाइएको छ ।
६० – ७० को बीचमा गरिएको सेक्सका दौरान मानिस सबैभन्दा खुसी हुन्छ । यी सबैबाट प्रस्ट हुन्छ मानव जीवनका तमाम् खुड्किलामा तपाईंको अवस्था बदलिँदै जान्छ ।
यसबाट पनि प्रष्ट हुन्छ जीवन जिउनका लागि कुनै एउटै उत्कृष्ट उमेर छैन । कुनै उमेरमा मानिस केही कुरामा आफ्नो चरमविन्दूमा पुगेको हुन्छन्, अर्को उमेरमा अर्को कुनै कुरामा ।
यद्यपी थोरै कोशिश गरेर हामी पृथ्वीमा आफ्नो समयलाई निकै राम्रो बनाउन सक्छौं । शारीरिक अभ्यास गर्नाले केवल शारीरिक फिटनेसमात्रै होइन डइभेटिज, क्यान्सरजस्ता बिमारीको खतरा पनि कम हुन्छ । साथै स्मरण शक्ति पनि राम्रै रहन्छ ।
स्वस्थ मानिस अन्य भन्दा ५ वर्षबढी सेक्सुअल्ली एक्टिभ रहन सक्छन् । त्यसैले पनि शारीरिक अभ्यास अमृत समान छ ।
मनोवैज्ञानिकहरु मान्छन्, 'हाम्रो सोचाइले पनि जीवनमा अहम भूमिका खेल्छ । सोचाइकै कारण कोही मानिस उमेरले नेटो काटिसक्दा पनि युवा नै देखिन्छन् । साथै ज्यादा सक्रिय र लामो समय पनि बाँच्छन् ।
त्यसैले बढ्दो उमेरका सीमाहरुलाई ख्याल राख्दै आफ्न हरेक उमेरको मज्जा लिनुस् र त्यसलाई अझै उत्कृष्ट बनाउने प्रयास गर्नुस् । | 2021/03/06 17:16:43 | https://www.sajhapost.com/2019/09/03/17128.html | mC4 |
न्युयोर्क- एनआरएनए आइसिसिको काठमाडौमा हुन लागेको ग्लोबल सम्मेलनमा एनआरएन अमेरिकाबाट १ सय ८१ जना प्रतिनिधिको नाम छनौट गरेको छ । एनआरएन अमेरिकाको प्रतिनिधि छनौट समितिले ३ सय ५० भन्द बढिको नामबाट छानेर आइतबार अन्तिम नामवाली प्रकाशित गरेको छ । विगत भन्द धेरै सदस्य बनेको एनआरएन अमेरिकाबाट यस पटक आइसिसिको आगामी नेतृत्वमा आधा दर्जन बढिले विभिन्न पदहरुमा उम्मेद्धवरी दिने भएको छ । यस पटक उपाध्याक्ष पदमा सोनाम लामा र खगेन्द्र क्षेत्रीले उम्मेद्धवरी घोषणा गरेका छन भने संयोजक पदमा एसि शेर्पा र क्यानाडाबाट गिरि बुढाथोकी मगरले उम्मेद्धवरी घोषणा गरेका छन भने अमेरिकाबाट गौरि जोशिले उम्मेद्धवरी घोषणा गर्ने भनेपनि अहिलेसम्म गरेको छैन । जोशिलाई गत एनआरएन अमेरिकाको निर्वाचनमा मुद्धा फिर्ता लिदा भएको सहमति अनुसार संयोजक आरसि पदमा उम्मेद्धवरी दिन लगाउने भएको थियो ।
त्यस्तै क्षेत्रिय उपसंयोजक डिआरसिमा नविन सेरचन, शिवकुमार राई, दिल श्रेष्ठ र तेम्बा नुर्बु लामाले उम्मेद्धवरी दिने घोषणा गरेका छन । त्यस्तै केन्दि्रय महासचिव पदमा एनआरएन अमेरिकामा हालै निर्वाचित डा केशव पौडेलले पनि उम्मेद्धवरी दिने योजना बनाएको छ । अध्यक्ष पौडेलले पनि सबैको सर्मथन मिलेमा आफु महासचिवको जिम्मेवारी लिन चाहेको बताएको छ । यस पटक आइसिसिमा प्रतिनिधि हुनेहरुलाई सहाभागी शुल्कको रुपमा २ सय ५० डलर लिएका छन ।
डिसेम्बर १ मा हामी अमेरिकाको भर्जिनियाका लागि उड्यौ । मेरो पहिलो अमेरिका यात्रा हो यो । कार्यालयबाट ‘स्टाफ’कालागि भर्जिनियामा तालिम हुदैथियो । सोही तालिमका लागि दुई हप्ता अमेरिका भ्रमण तय भएको हो ।
अमेरिकामा पुगेपछि यहाँको भौतिक संरचना देखेर लोभिए । हामीलाई यहाँको भौतिक संरचना एकदमै राम्रो लाग्यो । हामीकहाँ धान्नै नसक्ने खालको भौतिक संरचना छन् । यहाँ भने प्रशस्त ‘अप्सन’ रहेछन् । बाटोहरु एकदमै खुला, अन्डरग्राउन्डमा पनि बाटो, आकाशमा पनि बाटो ।
तालिम सकेपछि हामीले यहाँ लोकल बसहरु पनि चढ्यौ । रेल चढ्यौ । मेट्रो बस, लोकल बस जुन पनि भनेकै समयमै पुग्ने । त्यस्तो विशाल न्युयोर्क सहरमा पनि नयाँ मान्छेहरु सजिलै घुम्न सकिने रहेछ । कलर लाइन, इन्फर्मेसन बोर्डले धेरै सजिलो बनाउँदो रहेछ । यति लामो यात्रामा अमेरिकी सडकहरुमा ट्राफिक प्रहरी नदेख्दा हामीलाई आश्चर्य पनि नलागेको होइन । तर, सबै सिस्टममा चल्ने देश भएकैले यस्तो रहेछ ।
नेपालमा ठगिइन्छ कि भने ट्याक्सी ड्राइभरदेखि हामी डराउँछौ । त्यहाँ ड्राइभरले ठगेको थाह पाउनसाथ खबर गरेमा तुरुन्तै कारबाही गर्दोरहेछ ।
अर्को सजिलो पैसा बोक्नै नपर्ने । कार्ड बोकेर हिड्ने हो । सपिङ गर्दा होस जुनसुकै ठाउँमा कार्ड । कार्ड बोकेपछि भारी पनि भएन, पैसा हराउने डर पनि भएन । डिसी र भर्जिनियामा ढुक्क लाग्यो । न्युयोर्कको बाल्टिमोरमा नेपालीहरुकै अनुभव सुन्दा अलि डर लाग्यो । तर, त्यस्तो डरलाग्दो अवस्था नै छ भन्ने छैन ।
पैसा कमाउनुपर्ने भएकोले त्यहाँ सक्दो बढी श्रम गर्नुपर्ने देखियो । केही दाजुभाइहरु अलि जोखिमयुक्त काममा पनि लाग्नुभएको देखियो । पैसा कमाउने नेपालीहरुले एकदमै दुःख गर्नुहुदो रहेछ । सन्तानका लागि, भोलिका लागि नेपालीहरु एकदमै दुःख गर्नुभएको होला ।
अमेरिकी सरकारले नेपालीलाई एकदमै राम्रो मान्ने रहेछ । काम गर्नमा र कर तिर्नमा नेपालीहरु इमान्दार देखिएकोले पनि नेपालीहरुको स्तर राम्रो हुदै आएको रहेछ ।
आफ्नो छोराछोरीको भविष्य सुरक्षित देखिएकोले नेपालीहरु पनि खुसी नै देखियो । शिक्षा, स्वास्थ्य र भविष्यको योजनाका लागि सरकारले ग्यारेन्टी लिइदिएको देखियो ।
यसरी घुम्दै पुग्दा राम्रो ठाउँ देख्ने वित्तिकै मनमा आफ्नो देशसँग तुलना गर्न मन लागिहाल्ने । कति राम्रा संग्राहलय । कति सुरक्षित गरिरहेको ! त्यस्ता संग्राहलयमा पर्यटकलाई निःशुल्क प्रवेश गराइदिने रहेछ । आफ्नो देश बनाउनेलाई उनीहरुको योगदानअनुसार स्मारक बनाएको देखे । हरेक पिंढीलाई देशका लागि केही गर्न तयार रहने खालको वातावरण बनाएको रहेछ ।
अमेरिका गोराहरुको देश भनेर सोचेर गएका थियौं । तर, त्यहाँ त्यस्तो देखिएन । त्यहाँ विश्वका मान्छेहरु रहेछन् । अमेरिकालाई विश्वभरका मान्छेहरुले मेरो देश भन्न चाहने रहेछन् । धेरैले ‘ग्रिनकार्ड’ भिर्न चाहने रहेछन् ।
यो छोटो बसाईमा धेरै कुरा हेर्ने र सिक्ने मौका पनि पाइयो । शिक्षामै कति पछाडि परेका रहेछौ हामी । हामीलाई घोकाएर मात्र पढाइयो । समान शिक्षा पाएनौ हामीले । त्यहाँ समान शिक्षा दिइने रहेछ ।
व्यापारमा त्यस्तै, नीजिलाई प्राथमिकतामा राखिएको देखियो । नेपालमा नीजिलाई सरकारले अंकुश लगाउन खोज्छ । त्यहाँ काम गर्न व्यक्तिगत अधिकार प्रयोग गर्न दिइएको देखियो । नीजि मान्छेलाई जति काम गर्न दियो, उसले जति कमायो सरकारलाई उति नै कर तिर्नुपर्छ । र, तिर्छ पनि । त्यसले सरकारलाई नै फाइदा हुने रहेछ । तर, नेपालमा कम कमाउनेहरुले कर तिरिरहन्छन् । बढी कमाउनेहरुले कर छल्दै सरकारलाई घाटामा पारेको देखियो ।
त्यस्ता टुरिजम एरिया नेपालमा प्रशस्त छ । यसरी लाइन लाग्ने गरी विकास नेपालमा कहिले होला जस्तो पनि लाग्यो । नेपालमा धेरैजसो पर्यटक यहाँको दरिद्रता र गरिबी हेर्न आउँछन् । केही साहासिक पर्यटनका लागि आउने हो ।
पर्यटकलाई मनोरञ्जन दिन सक्नुपर्छ । उसले यहाँ आएर मनोरञ्जन दिने होइन । यसका लागि जनता सभ्य हुनुपर्छ । जनता सभ्य बन्न सरकारको नियममा परिवर्तन आउनुप¥यो । हामी अमेरिका पुग्दा बंगलादेशका ट्याक्सी ड्राइभरले समेत नेपालको नाकाबन्दी समस्यप्रति सहनुभुति जनाएका थिए ।
युवाहरुलाई जागरुक बनाउने, उद्यम बनाउने प्रयास गर्ने काम सरकारले गरेको पनि देखियो । नेपाल अहिले भूकम्पले थला परेको छ । यस्तै बेला घुम्न जान पाउँदा हामीले घरको स्ट्रक्चरलाई पनि खुबै ध्यान दियौ ।
अमेरिकीहरु अलिसान महलमा बसेको होलान् भनी सोचेर अमेरिका पुगेका थियौ । तर, बस्नका लागि बनाएका घरहरु होचा र सस्तोमै बन्ने रहेछ । लोकल सामानबाटै घर बनाउने । ती घर बलियो पनि हुने । घरमा सिमेन्टको प्रयोग एकदमै कम । ती घर पनि भूकम्पप्रतिरोधी । अग्ला घर बनाए तलाअनुसार कर बढाउने भएकोले सानै घरमा बस्दा रहेछन् । नेपालमा जति तला थपे पनि सरकारले ट्याक्स लिदैन ।
यस्तो घरको स्ट्रक्चर नेपालका नेताहरुले पनि देखेका होलान् । नेताहरुले केही सिके हुन्थ्यो कि जस्तो पनि लाग्यो । यी स्ट्राक्चर हेर्न नेपालका सबै जनालाई अमेरिकामा लगेर ६ महिना इन्टर्न गरे भने नेपाल धेरै राम्रो हुन्छ जस्तो लाग्यो ।
–नेपालस्थित युएसएडमा कार्यरत गुरुङसँग एभरेस्ट टाइम्सका लागि नेत्र तामाङले गरेको कुराकानीमा आधारित । भ्रमणमा गुरुङसँगै उनका श्रीमान जिएस गुरुङ थिए । | OSCAR-2019 |
||
कमाउने उद्देश्यले सडकमा मनपरी गर्नेको नाममा - Ratopati
कमाउने उद्देश्यले सडकमा मनपरी गर्नेको नाममा
- | अधिकारी रवीन्द्र
काठमाडौँका साँघुरा बाटा त्यसमाथि अनियन्त्रित सङ्ख्याका सवारी साधन, आफ्नै सुरमा हिँड्ने बेखबर पदयात्री, सडक दायाँ र बायाँ साइकल र मोटरसाइकल पार्किङ, अनि असरल्ल सामान बिस्कुनझैँ सुकाएर व्यापार गर्ने फुट्पाथ पसलेहरू र तिनका पसल ।
यो दृश्य असन इन्द्रचोकको मात्र नभई सम्भव भएसम्म सबैतिर यस्तै हो र बढ्दो बजारीकरण तिर उन्मुख प्रत्यक टोल, चोक र सहरको हालत यस्तै हुँदैछ । कारण, सबैको आफ्नो–आफ्नो धन्दा चलेकै छ । अनादिदेखी चल्दै आएको चलन फेरि दुई–चार जनाले बोलेर वा गरेर केनै होला ? सहनु सहयो, बेहोर्नु बेहोर्यो अनि आफ्नो बाटो लाग्यो । अनि कामना गर्यो भगवान् यो बाटो त कहिल्यै आउनु नपरोस् । आउनै परे विभिन्न वैकल्पिक बाटो अपनाउने मान्छे पनि व्याप्त छन् । कल्पना गरौँ, आधा करोडभन्दा बढी जनसङ्ख्या बोकेर बसेको काठमाडौँमा यो समस्या दैनिक कति जनालाई पर्ला ? सडक सानो छ ठीक हो, यो कुरा हल हुन समय लाग्छ तर विचार गरौँ कसै न कसैको गल्तीले यी समस्या बढिरहेका छन् र आफू आफूबाट सजकता अपनाए यी समस्या धेरै हदसम्म कम हुन्छन् । बोनी गर्न जोडतोडले कराइरहेको फुट्पाथेलाई जाम गर्यो भनेर सराप्ने चालकले गाडी वा बाइक रोक्दा सडक छेउ अन्धाधुन्द पार्किङ गरिदिन्छ । यसले ऊ पछि आउने कति जनाले कति सास्ती भोग्नुपर्छ, विचार गरेर यथोचित ठाउँमा पार्किङ गरिदिए कति जाती हुन्थ्यो ।
एउटा चालकले बाटोको दुरावस्थाले गर्दा वा कसै न कसैको असावधानीले करिब दैनिकजस्तो केही न केही लफडा बेहोर्नु परेकै हुन्छ । बाटोको खाल्डोमा घच्याक्क पर्दा अगाडिको कारलाई चुसुक्क छोएर कार धनीले 'लौ कोरियो रङ गर्नुपर्छ पैसा तिर्छस् कि पुलिसथाना गएर कुरा मिलाउने ?' भनेको कुरा कुनै मोटरसाइकल चालकलाई नौलो नहोला । कतिपटक मोबाइलमा कुरा गर्दै कालो चस्मा लगाएर निस्फिक्री आकाशमा हेरी बाटो काटिरहँदा कुहिनुमा छिसिक्क मोटरसाइकलले छोइ मोबाइल खसेर मोबाइलको हर्जाना त ठीकै हो, एक्स रे मात्र नभई सिटी स्क्यान र एम.आर.आइ. समेत गर्न लगाउने र वर्षौं अघिदेखिको पित्तथैलीसम्मको रोगको पूर्ण उपचार गराउन लगाउने भद्रभलादमीहरू पनि दैनिकजस्तो सडकमा भेटिन्छन् ।
चालकको पीडा हो यो कि कारणवश मोटरसाइकल लड्यो भने लिफ्ट माग्दै पछाडि बसेकाको पनि उपचार गरिदिनुपर्ने । लिफ्ट नदियो भने पनि छुच्चो होइने र अकल्पनीय निन्दाको शिकार हुनुपर्ने, दियो भने दुर्घटना नहुने मौन ग्यारेन्टी पनि साथमा दिनुपर्ने । अर्थात् मोटरसाइकलमा लिफ्ट माग्न हात हल्लाइरहेको कुनै सर्वसाधारणलाई देखेर मोटरसाइकल रोकिन्छ भने याद गर्नुस् गन्तव्यमा नपुगुन्जेल तपाईंले उसको स्वास्थ्य बीमाको ठेक्का लिनुभयो । नियममा के छ थाहा छैन तर चलनमा यस्तै छ ।
ताजा प्रसङ्ग जोडौँ । हिजै बिहान चापागाउँमा एउटा च्याँसे कुखुरा काल खोज्दै मोटरसाइकलको चक्का मुनी आएर मर्यो । मुस्किलले आधा केजी पनि अझै थिएन होला १५ सय तिर्नुपर्यो । मेरो जीवनले देखेको सबैभन्दा महँगो कुखुरा थियो त्यो तर हुलमूलमा कुखुरा पनि उनीहरूले नै राखे । घर सडक नजिक हुनेहरूको त यो गतिलो कमाई खाने भाँडो हँुदो रहेछ । कुखुरा–सुखुरा पाल्यो अनी बाटोमा छोडिदियो । कसैले किचेपछि सातो जाने गरी हर्जाना तिरायो अनी मासु पनि आफैँले खायो ।
बेलुका फर्किदै गर्दा थसिखेल आसपासको सहायक गल्लीमा एउटा स्यान्ट्रोले हाँस किच्यो, म त्यही स्यान्ट्रोको पछाडि क्लच दाबेर ढ्वार्र ढ्वार्र पार्दै थिए । स्यान्ट्रो चालक जगल्टे रहेछ, बाहिर निस्कियो र धुकधुकी बाँकी नै रहेको हाँस उचालेर हावामा हल्लाउँदै सोध्यो, 'यो हाँसको धनी को ?' उभिएका दुई–चार जनाबाट एउटा अध्बैँसे पुरुष नगद पुरस्कार पाइने आशामा खुसी हुँदै 'म' भन्दै अगाडि आयो । जगल्टेले बन्नाएर एक झापड गालामा हान्यो । ऐया नि भनेर गाला सुमर्दै त्यो पुरुष थुचुक्कै पेटीमा बस्यो । जगल्टे थप उफ्रियो, 'बाटामा हाँस छोड्ने, हँ ? अब हाँस किचेपछि मेरो जीवनमा के अनिष्ट हुन्छ त जिम्मेवार हुन्छस् ?'
हाँस किचेपिछ किच्ने मान्छेलाई ठूलै दुर्भाग्य निम्तिन्छ भन्ने अन्धविश्वासबाट प्रेरित रहेछ ऊ । प्रायले त्यसैभन्दा पनि रहेछन् । पछाडि बस्ने एउटा केटो करायो, 'यति बिस्तारै हिँड्ने हाँस जाबोलाई छलाएर हिँड्न नसक्ने सिकारु ड्राइभर रहेछ अनि के–केमा ठोक्कौदै हिँडेपछि अनिष्ट त उतिकै भइहाल्छ नि ।' हुल केही तात्तिन आट्यो । उनीहरू पैसा तिराउने ताकमा थिए । अगाडि गएर जगल्टेको सपोर्टमा म बोले, 'ठीकै छ, यो बाटोमा हाँस चराउने अनुमती उहाँले कसरी पाउनुभो ? यसको लालपुर्जा देखाउनुहोस् मागेजती हर्जाना तिर्न तयार छौँ ल, कि कसो दाजु ?' स्यान्ट्रो चालकको रिस केही साम्य थियो, उ मौन नै बसिरह्योे । आखिरमा हाँस त्यही साहुको घरतिर फालेर हामी लाग्यौँ । बिहानको पन्ध्र सयको मार खेपेको अहिले केही शीतलता पनि प्राप्त भयो ।
हुन पनि हो, कुखुरा, हाँस, पाठा, कुकुर आदि इत्यादि पालेर बाटामा निर्धक्क छोडिदिने अनि घटना घटिसकेपछि मौका छोप्न आउनेलाई पैसा हैन गालामा चड्कन रन्थनिने गरी नै दिनुपर्छ । कुनै गतिलै पुरुषार्थ गरेझैँ नगदी इनाम थाप्न आउने मदहोस पशुसाहुलाई सवक सिकाउने योभन्दा ठूलो इनाम अरू के होला ? सार्वजनिक स्थल त्यहाँमाथि बाटो जस्तो अति संवेदनशील ठाउँमा यस्तो गतिविधि गर्नु अपराध नै हो । यसले निरीह पशुपक्षीको ज्यान अकालमा त जान्छ नै साथमा सडक दुर्घटनाका कारण सवारी चालक तथा यात्रुहरूको पनि ज्यान खतरामा पारिरहेका हुन्छन् ।
यस्तै गरेर सवारी चालकले मात्र हैन सामान्य सडक शिष्टाचार सबैले सिक्न र सिकाउन जरुरी छ । बाटामा जथाभावी नहिँड्ने, सतर्कतापूर्वक सडकपेटीबाट मात्र हिँड्ने, मन लाग्दी बाटो नकाट्ने, राम्रोसँग हेरेर जेब्रा क्रसिङबाट मात्र काट्ने, बच्चाहरूलाई खेल्न वा साइकल चलाउन बाटोको प्रयोग गर्न नदिने, साना बच्चाहरूलाई बाटामा डोर्याएर हिँड्दा बाटोतिर हैन छेउ वा भित्तोतिरको हातले समाएर हिँड्ने, बाटो छेउमा घर हुनेले आफ्नो वा आफूले पालेको पशुपक्षीको क्रियाकलापले सडक आवगमनमा पार्न सक्ने प्रभावका बारेमा सदैव हेक्का राख्नुपर्छ । | 2019/10/22 18:29:54 | http://archive.ratopati.com/88355/ | mC4 |
चलचित्र 'फूलै फूलको मौसम तिमीलाई'को व्यापार राम्रो | हेटौडाको आवाज हेटौडाको पहिचान
Home Uncategorized चलचित्र 'फूलै फूलको मौसम तिमीलाई'को व्यापार राम्रो
चलचित्र 'फूलै फूलको मौसम तिमीलाई'को व्यापार राम्रो
शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र 'फूलै फूलको मौसम तिमीलाई'को व्यापारले निर्देशन दीनेश डीसी आशातित देखिएका छन् । शुक्रबार कमजोर ओपनिङ गरेको यो फिल्मले शनिबार भने अधिकांश हलमा ८० प्रतिशतसम्मको अकुपेन्सी देखिएको दीनेशले बताएका छन् ।
काठमाण्डौका मल्टिप्लेक्समा शो कम पाएका कारण पनि फिल्मको ओपनिङ गजबको हुन सकेन । निर्देशक डीसी भन्छन्-'शनिबारबाट फिल्म केही उकालो लागेकाले पनि सोमबार, मंगलबार र वुधबारको बिदामा व्यापारले धेरै नै फाइदा दिनेमा विश्वस्त छु । ' उनले फिल्मको कथावस्तुलाई दर्शकले मन पराएकोमा खुशी समेत व्यक्त गरेका छन् ।
फिल्मका मुख्य २ पात्र नीता ढुंगाना र आमेष भण्डारीको कामलाई भने फिल्म हेर्नेले तारिफ गरेका छन् । यो फिल्मबाट रजतपटमा डेब्यू गरेका नव-नायक आमेष भण्डारीले एक्सनदेखि अभिनयमा राम्रो काम गरेका छन् । नायिका नीता ढुंगानाको दोहोरो भूमिकाले पनि दर्शकलाई सन्तुष्ट बनाउाछ । प्रहरी र नायिकाको भूमिकामा देखिएकी नीताले दर्शकलाई होल्ड गरेकी छिन् ।
छिरल्लिएको कथावस्तुका कारण चलचित्र केही स्थानमा बहकिएको छ । कथावस्तुको चयन राम्रो भएपनि निर्देशक डीसीले चलचित्रको पटकथामा विशेष ध्यान दिन सकेका छैनन् । चलचित्रमा दीनेशले आफ्नो पीआरलाई राम्रै प्रयोग गरेको देखिन्छ । चलचित्रले सोमबारदेखि वुधबारसम्मको बिदालाई राम्रैसाग उपभोग गर्न सकेको खण्डमा कलाकारदेखि निर्माता र निर्देशकलाई पनि फाइदा हुने देखिन्छ ।
Previous articleसुन्तलीलाई भगाई लग्यो झिल्केले गीतको अडियो सार्वजनिक
Next articleकिन तात्छ स्मार्टफोन ?
कात्तिक,११ – मध्यपुरथिमि नगरपालिका–१७ मनोहरा सागबारीमा करेन्ट लागेर बिहबिार दिलकृष्ण तकोको ज्यान गएको छ । बिहीबार दिउँसो सागबारीमा पानी हाल्नका लागि पानी तान्ने पम्पमा... | 2017/12/15 04:22:13 | http://namastehetauda.com/%E0%A4%9A%E0%A4%B2%E0%A4%9A%E0%A4%BF%E0%A4%A4%E0%A5%8D%E0%A4%B0-%E0%A4%AB%E0%A5%82%E0%A4%B2%E0%A5%88-%E0%A4%AB%E0%A5%82%E0%A4%B2%E0%A4%95%E0%A5%8B-%E0%A4%AE%E0%A5%8C%E0%A4%B8%E0%A4%AE/ | mC4 |
नगर काँग्रेसले १० जना विद्यार्थीलाई पढाउने – Letang Khabar
Letang Khabar बुधबार, बैशाख १२, २०७५
दमक, वैशाख ११ गते । विद्यालयमा भर्ना अभियान सञ्चालन भइरहेका बेला झापाको दमकस्थित नेपाली काँग्रेसले १० जना विद्यार्थीलाई उच्च माध्यमिक तहसम्म निःशुल्क पढाउने भएको छ । काँग्रेस दमक नगर समितिले नगरका १० वटा वडाका एक÷एक जना बालबालिकालाई विद्यालयमा भर्ना गराउने भएको छ । विपन्न तथा आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई लक्षित गरेर त्यस्तो शैक्षिक कार्यक्रम शुरुवात गर्न लागिएको नगर सभापति रोशन विष्टले जानकारी दिनुभयो ।
सो कार्यक्रम यसै शैक्षिक सत्रबाट शुरु हुने र त्यस्ता विद्यार्थीको अध्ययनका क्रममा लाग्ने सम्पूर्ण खर्च पार्टीले व्यहोर्ने पार्टीले जनाएको छ ।
अध्ययनका क्रममा लाग्ने ती विद्यार्थीको रकम सबै पार्टीको कोषमार्फत परिचालन गर्ने व्यवस्था गरिएको नगर सभापति विष्टले बताउनुभयो । पार्टीको वडा समितिले सिफारिसका आधारमा उनीहरुले चाहेकै विद्यालयमा भर्ना गरिदिने तयारी गरिएको सभापति विष्टले बताउनुभयो ।
विद्यार्थी भर्नामा धमाधम प्रवेश लिइँदै
यसैबीच, कतिपय सामुदायिक विद्यालयमा विद्यार्थी नपुगेर बन्द गरिरहनु परिरहेको अवस्थामा दमकमा रहेको हिमालय माविमा भने विद्यालयको क्षमताभन्दा धेरै विद्यार्थी भर्ना हुन आउने गरेका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकर बस्नेतका अनुसार विद्यालयले नयाँ शैक्षिक सत्रका लागि नर्सरीदेखि कक्षा ९ सम्म नयाँ भर्ना खुलाएकामा विद्यालयले धान्न सक्नेभन्दा धेरै विद्यार्थी भर्ना गर्न आउने गरेका छन् ।
यसपटक विद्यालयले कक्षा ९ मा ७५ जनाको कोटा खुलाएकोमा ३०० भन्दा धेरैले भर्ना फारम भरेका थिए । विद्यार्थी छनोटमा विद्यालयले अनिवार्य प्रवेश परीक्षा नै लिँदै आएको प्रधानाध्यापक विष्णुकान्त झाले बताउनुभयो ।
जिल्लाकै उत्कृष्ट सामुदायिक विद्यालय ठहरिएको सो विद्यालयमा अधिकांश निजी छाडेर आउने गरेका छन् । अंग्रेजी माध्यमसहित गुणस्तरीय शैक्षिक पठनपाठन हुने भएका कारण विद्यार्थी भर्ना हुने चाप ह्वात्तै बढेको प्रअ झा बताउनुहुन्छ । विद्यालयमा दुई हजार हाराहारीमा विद्यार्थी रहेका छन् । | 2022/05/24 21:26:48 | https://www.letangkhabar.com/details/364.html | mC4 |
Dainik Samaj | काठमाडौंमा केन्द्रिय सहकारी बजार सन्चालन - Dainik Samaj काठमाडौंमा केन्द्रिय सहकारी बजार सन्चालन - Dainik Samaj
सहकारी मुख्य समाचार
काठमाडौंमा केन्द्रिय सहकारी बजार सन्चालन
काठमाडौं। नेपालमा सहकारी बजार विकास कार्यक्रमको आर्थिक सहयोगमा काठमाडौँ महानगरपालिका–६ चाबहिलस्थित सरस्वतीनगरमा सुरू भएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले शुक्रबार उक्त बजारको एक कार्यक्रम बीच उद्घाटन गरेकी हुन्।
मन्त्रालय र युएनडीपीको सहकार्यमा सञ्चालित 'सहकारी बजार विकास कार्यक्रम'को सहयोगमा कृषि–बीउ, तरकारी तथा फलफूल केन्द्रीय सहकारी संघ लिमिटेडले निर्माण गरेको केन्द्रीय सहकारी बजारको उद्घाटन गरिएको हो। नेपाल सरकार र युएनडीपीको सहकार्यमा वाग्मती प्रदेशका ६ जिल्लाका १८ स्थानीय तहका ७१ वटा सहकारीसँग यो कार्यक्रम सञ्चालनमा छ।
केन्द्रीय सहकारी बजारको उद्घाटनपछि मन्त्री अर्यालले सहकारीबाट उत्पादित सामाग्रीहरुको बजारीकरण आजको आवश्यकता भएको बताइन। अहिले उत्पादनको समस्या नरहेको भन्दै उनले उत्पादित सामाग्रीको बजारीकरण प्रमुख चुनौतीको रुपमा रहेकोमा चिन्ता व्यक्त गरिन्।
'सहकारीमार्फत उत्पादित सामग्रीको बजारीकरण आजको प्रमुख चुनौती हो। यही कुरालाई दृष्टिगत गरेर सरकारले सहकारी बजार विकास कार्यक्रम सञ्चालन गरेको हो,' मन्त्री अर्यालले भनिन्, 'सहकारीमार्फत उत्पादित सामग्री सहकारीमार्फत बजारीकरण गर्नका निम्ति यो कार्यक्रमको हो। यसलाई देशब्यापी बनाउन आवश्यक छ।'
उत्पादित सामग्रीहरुको बजारीकरण आजको आवश्यकता भएको भन्दै उनले यसलाई अझ बिस्तार गरिने बताइन। किसानले उत्पादन गरेको सामग्रीले बजार नपाएर सडकमा पोख्नुपर्ने, नष्ट गर्नुपर्ने अवस्थाको अन्त्य गर्न सहकारी बजार विकास कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उनले बताइन।
यस्ता बजारहरु सरकारको पहलले मात्रै सबै ठाउँमा सम्भव नहुने भन्दै देशभर रहेको सहकारीहरुले पनि सहकार्य गर्न आवश्यक रहेको मन्त्री अर्यालको भनाई थियो। 'सहकारीसँग प्रशस्त पैसा छ। उनीहरुसँग पैसाको कमी छैन। सहकारीबाट उत्पादित सामग्रीहरुको बजार व्यवस्थापनका निम्ति बजारको व्यवस्था गर्ने कार्यमा सहकारी संस्थाहरुले पनि लगानी गर्नुपर्छ,' उनले भनिन्।
किसानहरुले मेहनत गरेर उत्पादन गर्ने तर, त्यसको नाफा बीचमा रहेका बिचौलियाले पाउने कुराको अन्त्य गर्नुपर्ने भन्दै उनले किसानहरुको मर्का सम्बोधन गर्नका निम्ति पनि सहकारी बजार कार्यक्रम उपयुक्त भएको बताइन।
सहकारी बजारमा रहेको बिचौलिया घटाउने, किसान र बजारलाई सिधै भेट गराउने माध्यमका रूपमा यसलाई सरकारले अगाडि बढाएको हो। यसले किसानहरु बढी लाभान्वित हुने अर्यालको दाबी छ।
जागीरे मानसिकता छाडेर व्यवसायकि मानसिकताको विकास मुलुकको समृद्धीसँग जोडिएको भन्दै उनले प्राकृतिक स्रोत र मानव स्रोतको समिश्रणबाट नै समृद्धी सम्भव भएको बताइन। सहकारी बजारले बढीभन्दा बढी अग्र्यानीक उत्पादनमा जोड दिनुपर्ने भन्दै उनले तरकारी, फलफूलमा प्रयोग भएका विषादीको परिक्षण गर्ने प्रविधिको पनि प्रयोग गर्न आवश्यक रहेको बताइन। | 2021/04/20 03:51:24 | https://dainiksamaj.com/main-news/12144/ | mC4 |
कोल्डस्टोरबाट 'टेक–अफ' भएको व्यावसायिक उडान
वि.सं २०७८ बैशाख २ बिहीबार
२०७७ मङ्सिर ८ सोमबार ०८:२३:००
पर्वतको सदरमुकाम कुस्माबाट ठ्याक्कै पारि छ, बाग्लुङको बलेवा । बलेवाको पुरानो विमानस्थल कुनै वेला धौलागिरि अञ्चलकै यातायातको मात्रै होइन, मालसामान ओसारपसारको पनि मुख्य माध्यम थियो । 'हामी पोखराबाट जहाजमा ढाकाटोपी हालेर बलेवा ल्याउँथ्यौँ र भरियालाई बोकाएर गाउँ–गाउँका पसलहरूमा बेच्थ्यौँ,' पोखराका व्यवसायी विश्वशंकर पालिखेले बलेवाभन्दा केही माथिको गाउँ अमलाचौरमा भेट हुँदा बताएका थिए । त्यही अमलाचौर हो, व्यवसायी चन्द्रप्रसाद ढकालको जन्मस्थल ।
तर, ढकाल विसं २०४१ मा काठमाडौं आउँदा आफ्नै गाउँभन्दा अलि मुनिको बलेवा विमानस्थलबाट विमान चढ्ने हैसियतका थिएनन् । जहाजमा पोखरा आउँदा जम्मा ७५ रुपैयाँ भाडा लाग्थ्यो, काठमाडौंसम्मको सायद ३ सय हाराहारी हुँदो हो । पिताको भर्खरै देहान्त भएको, घरमा आम्दानीको स्रोत नभएको तथा आमा र भाइबहिनीलाई कसरी पाल्ने भन्ने चिन्तामा थिए उनी । त्यसैले पढ्दै जागिर खाँदै संघर्ष गरौँला भन्ने सपना बोकेर उनले एउटा झोला बोके र स्याङ्जाको नौडाँडातर्फ उकालो लागे । दिनभरि हिँडेपछि नौडाँडा पुगिन्थ्यो, त्यहाँबाट पोखरा जाने गाडी मिल्थ्यो । भोलिपल्ट बिहानै पोखरा आए, अनि सोही दिन नाइटबस चढेर काठमाडौं आइपुगे ।
काठमाडौंमा ओर्लंंदा सूर्योदय भइसकेको थियो, आकाश उज्यालो थियो । तर, सपनाको सहरले कहाँ पुर्याउला भन्ने त्यो बिहानको झुल्के घाममा पनि स्पष्ट देख्न सकेका थिएनन्, उनले । अझ व्यवसायी बनुँला, आइएमईजस्तो मुलुककै ठूलोमध्येको कम्पनी जन्माउँला भन्ने त उनको कल्पनामै थिएन । गाउँको निम्नमध्यमवर्गीय किसानको छोरो, नातापाता कसैले पनि व्यवसाय नगरेका उनको सपनामा पनि सामान्य नै थियो ।
उनी काठमाडौंमा कमर्स पढ्न थाले, पढाइ खर्च जुटाउन जे भेटिन्छ, त्यही काम गरे । किनभने, काठमाडाैंमा खान–लाउन, बस्न, कलेजको शुल्क तिर्न तथा गाउँमा किताबकापी किन्ने खर्च पठाइदिने जिम्मा उनैले लिएका थिए । भाग्यवश ०४५ मा राष्ट्रिय वाणिज्य बैंकमा सहायक तेस्रो तहमा नाम निकाले, अर्थात् खरिदारभन्दा पनि मुनिको तहमा बैंकमा जागिर सुरु गरे । 'दुःखमा पाएको जागिर, बैंकको कामलाई कहिल्यै पनि सरकारी कामजस्तो गरेर गरिनँ, असाध्यै इमानदार भएर गरेँ,' ढकाल सम्झन्छन् ।
०४५ सालमा सो पदमा स्थायी भएर आएका १० जना साथी थिए । 'तीमध्ये ९ जना बिहान साढे ९ बजे आउने, ३ बजे क्यास क्लोज गर्ने, हिँडिहाल्ने गर्थे । यो बैंकको काम किन धेरै गर्ने भन्थे । मैले चाहिँ त्यो कहिल्यै भनिनँ । पेन्डिङ काम सकेर मात्रै फर्कन्थेँ,' उनी भन्छन्, 'त्यसले काम गर्ने बानी बस्यो । मैले सधैँ कामलाई प्राथमिकता दिएँ, कुनै काम सुरु गरेपछि त्यसलाई सम्पन्न गरेर मात्रै छोड्ने आदत बनाएँ ।'
तर, बैंकबाट आउने तलबले काठमाडौं र बाग्लुङको घरायसी आवश्यकता पूरा गर्न सक्दैनथ्यो । त्यसैले ०४६–४७ मा किराना पसल अर्थात् कोल्डस्टोर सुरु गरे, सोह्रखुट्टे चोकमा । दुईवटा सटर भाडामा लिएर सुरु गरेको कोल्डस्टोर लोकप्रिय बन्यो । 'मानिसहरू हाम्रोमा सामान किनेर लुक्लासम्म पठाउँथे,' उनी भन्छन् ।
त्यसवेला मुलुकको प्रमुख बैंक नै राष्ट्रिय वाणिज्य बैंक थियो, धेरै व्यवसायीहरूको कारोेबार थियो । त्यसवेला नेपालका व्यवसायीहरूले ठूलो मात्रामा विदेशमा गार्मेन्ट तथा कार्पेट निर्यात गर्थे ।
बैंकमा काम गर्दा उनको गार्मेन्ट तथा कार्पेटका निर्यातकर्ताहरूसँग सम्पर्क भयो । कोल्डस्टोर चलाउँदा सिकेको व्यवसायिक सीपलाई उनले अलि ठूलो हिसाबमा अघि बढाउने निधो गरे । गार्मेन्ट र कार्पेट निर्यात गर्दा ढुवानीको काम लिन सकिने लागेपछि उनले कार्गो कम्पनी सुरु गरे । 'गाउँबाट आएको मान्छे, बैंकमा ५–६ सय रुपैयाँ तलब खाइरहेको थिएँ । त्यस्तो वेला अफिस खोल्ने, ६ हजार तलब दिएर कर्मचारी राख्ने निर्णय ठूलो हिम्मतका साथ गरेको थिएँ,' उनी भन्छन्, 'यस हिसाबले म आफूलाई ठूला निर्णय गर्न सक्ने मानिसका रूपमा लिन्छु ।'
सानो पुँजीले काम सुरु गरेका उनको प्रतिस्पर्धा अब ठूला कार्गाे व्यवसायीहरूसँग थियो । कार्गोलाई ट्रक तथा कन्टेनरहरू चाहिन्थ्यो, एयरह्विल गर्नुपर्ने हुन्थ्यो । 'तर, हामीसँग न ट्रक थियो, न एयरह्विलको बन्दोबस्त । जसको गाडी छ, उहीसँग भाडामा लिने, जसको एयरह्विल छ, उसकै प्रयोग गर्ने गरियो,' उनी भन्छन् । प्रतिकूलताका बीच पनि कार्गो कम्पनीले राम्रो व्यवसाय गर्यो । कम्पनीले नेपाली वस्तु खरिद गरी आफैँ निर्यात पनि सुरु गरेको थियो । सन् २००० को दशकमा नेपालको कार्पेट र गार्मेन्ट उद्योग धराशायी बन्यो, तर ढकालको कार्गो कम्पनी भने पहिलेजस्तै राम्रोसँग चलिरहेको छ ।
त्यहीबीचमा ढकाललाई जापान वा अमेरिका गएर उतै बस्ने वा व्यवसाय गर्ने अवसर पनि आएको थियो । तर, उनले त्यो विकल्प रोजेनन् । 'व्यवसाय प्रवद्र्धन गर्ने हेतुले अमेरिकाको भिसा लिएँ, त्यहीबीचमा जापान पनि जाऊँ न त भनेर लिएँ । जापानमा १०–११ महिना बसेर फर्कें, अमेरिका त्यसवेला जाँदै गइनँ,' उनी भन्छन्, 'त्यसवेला जापान जाने भनेको धेरै ठूलो कुरा थियो, तर नेपालमै काम गर्नुपर्छ भनेर व्यवसाय अघि बढाउन थालेँ ।'
सर्वसाधारण जनतालाई सेवा दिने र सरकारको बृहत् उद्देश्यलाई सहयोग पनि गर्ने किसिमको व्यवसाय गरे सफल भइने उनको धारणा छ । यस्तो व्यवसायलाई सामाजिक उद्यमशीलता (सोसल आन्त्रप्रेनरसिप) भनिन्छ । नेपालमा सामाजिक उद्यमको उत्कृष्ट उदाहरणको हो, ढकालले सन् २००१ मा सुरु गरेको इन्टरनेसनल मनी एक्सप्रेस अर्थात् आइएमई । त्यसवेलासम्म धेरै नेपाली मलेसिया काम गर्न गइसकेका थिए । मलेसियाबाट बैंकको माध्यमबाट पैसा पठाउन समस्या थियो ।
काठमाडौंमा ओर्लंंदा सूर्योदय भइसकेको थियो, आकाश उज्यालो थियो । तर, सपनाको सहरले कहाँ पुर्याउला भन्ने त्यो बिहानको झुल्के घाममा पनि स्पष्ट देख्न सकेका थिएनन्, ढकालले । अझ व्यवसायी बनुँला, आइएमईजस्तो मुलुककै ठूलोमध्येको कम्पनी जन्माउँला भन्ने त उनको कल्पनामै थिएन ।
नेपालीले भनेको मलेसियाका बैंकका कर्मचारीले नबुझ्ने कारणले नाम तथा खाता नम्बर फरक परेर नेपालमा पैसै नआउने समस्या थियो । त्यसो हुँदा अधिकांश रेमिट्यान्स अनौपचारिक माध्यम मूलतः हुन्डीको माध्यमबाट आउँथ्यो । ८० प्रतिशत रेमिट्यान्स अनौपचारिक माध्यमबाट र २० प्रतिशत मात्रै औपचारिक माध्यमबाट आउने अवस्था थियो । कामदारहरूले पसिना बगाएर कमाएको पैसा कतिपय हुन्डीवालाले उठाएर खाइदिन्थे ।
सरकारले औपचारिक माध्यमबाट रेमिट्यान्स भित्र्याउने उद्देश्य राखे पनि त्यसमा सफलता मिलिरहेको थिएन । 'त्यसवेला हामीले यस्तो काम गर्नेबारे सोच्यौँ, जसले कामदारको समस्या पनि समाधान होस्, सरकारको उद्देश्यमा पनि सहयोग पुग्न सकोस् । तर, त्यो काम व्यावसायिक रूपमा गर्न नसके निरन्तरता दिन सकिँदैनथ्यो, त्यही सोचको सृष्टि आइएमई हो,' ढकाल भन्छन् ।
आज आइएमई मुलुककै ठूलो रेमिट्यान्स कम्पनी बनेको छ । पैसा पठाउनुको अर्को नाम नै आइएमई बनेको छ । अर्कै बैंक वा रेमिट्यान्स कम्पनीमा गएर जनताले 'आइएमई गरिदिनु न' भन्छन् । तर, आइएमईलाई यति लोकप्रिय ब्रान्ड बनाउन त्यति सजिलो भने थिएन । पहिला विदेशी मुद्राको काम राष्ट्र बैंकले मात्रै गथ्र्यो । वाणिज्य बैंकहरूलाई पनि त्यसको अनुमति दिइएको थिएन । त्यसपछि राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकले मात्रै विदेशी मुद्राको कारोबार गर्न पाए, अन्य वाणिज्य बैंकहरूलाई पनि त्यसको अनुमति दिइएन ।
धेरै पछि मात्रै वाणिज्य बैंकहरूलाई अनुमति दिइएको हो । त्यस्तो अवस्थामा निजी कम्पनीले विदेशी मुद्राको कारोबार गर्ने रेमिट्यान्स व्यवसाय गर्न अनुमति प्राप्त गर्नु नै असाध्यै ठूलो उपलब्धि थियो । 'त्यो राष्ट्र बैंकको निकै प्रगतिशील काम थियो,' ढकाल भन्छन् । राष्ट्र बैंकले अनुमति दिए पनि जनताको विश्वास जित्नु त्योभन्दा ठूलो काम थियो । 'सुरुमा आफूले दुःख गरेर कमाएको पैसा निजी कम्पनीले ठगिदिने पो हो कि भनेर मानिसहरू डराउँथे । तर, हामीले कामबाट विश्वास आर्जन गर्दै गयौँ । हाम्रो सेवाबाट खुसी भएका मानिसले एकले अर्कालाई भन्दै गए, त्यसैले आइएमईलाई जनताको मनमनमा पुर्यायो,' उनी भन्छन् ।
आइएमईको सफलतासँगै ढकालले आइएमई फाइनान्सियल इन्स्टिच्युसन स्थापना गरे, ग्लोबल बैंक सुरु गरे । पछि यी दुई संस्थाका साथै अन्य धेरै वित्तीय संस्था गाभिएर ग्लोबल आइएमई बैंक बनेको छ, जुन मुलुककै सबैभन्दा ठूलोमध्येको बैंक हो । 'सरकारले मर्जरका माध्यमबाट ठूलो बैंक बनाउने नीति ल्यायो । त्यसलाई पनि हामीले एक कदम अघि बढेरै सहयोग गर्यौँ,' ग्लोबल आइएमई बैंकका अध्यक्षसमेत रहेका ढकालले भने ।
अहिले आइएमई ग्रुपको लगानी कार्गो, रेमिट्यान्स, बैंकिङका अतिरिक्त अटोमोबाइल, सूचना प्रविधि, बिमा, खुद्रा व्यापार, सूचना प्रविधि, डिजिटल पेमेन्ट, विद्युत् तथा ऊर्जा, पर्यटन पूर्वाधारलगायत धेरै क्षेत्रमा भइसकेको छ । 'हाम्रो पारिवारिक पृष्ठभूमि व्यावसायिक होइन, व्यवसाय विस्तार गर्दै ठूलो बनाउँला भनेर सुरु गरेको पनि होइन । काम गर्दै जाँदा क्रमशः विस्तार हुँदै गएको व्यवसाय हो । काम गर्दै सिक्दै (लर्निङ बाई डुइङ) अघि बढेका हौँ हामी,' पानीपोखरीस्थित आइएमई कम्प्लेक्सको पाँचौँ तलामा रहेको कर्पोरेट कार्यालयमा गफिदै ढकालले भने ।
आइएमई ग्रुपअन्तर्गत २० भन्दा बढी कम्पनी छन् । प्रत्यक्ष र अप्रत्यक्ष गरी १० हजारभन्दा बढीलाई रोजगारी प्रदान गरेको छ । तर, ढकाल भन्छन्, 'अझै पनि हामी सानै छौँ । ग्रो गर्दै छौँ । अहिले नै उल्लेख्य मात्रामा ठूलो नेटवर्थ भएको व्यवसाय बनिसकेको छैन ।' चन्द्रागिरि केबलकारजस्तो लोकप्रिय प्रमुख पर्यटकीय गन्तव्य बनाएका ढकाल सातै प्रदेशमा यस्तै पूर्वाधार बनाउँदै छन् । तर, सर्वसाधारण र स्थानीय जनतालाई साझेदार बनाउँदै लगानी विस्तार गर्ने उनको उद्देश्य छ । 'चन्द्रागिरिले साधारण सेयर जारी गर्दै छ, सातै प्रदेशमा हामी केबलकारलगायत पर्यटन पूर्वाधार विकास गर्दै छौँ । त्यसमा स्थानीय जनतालाई समेत साझेदार बनाएर अघि बढ्दै छौँ ।'
आइएमईको लगानीमा जलविद्युत्का आयोजना सम्पन्न हुने क्रममा छन् । उत्पादनमूलक उद्योगमा पनि लगानी गर्दै छन् । 'सोह्रखुट्टेमा साना दुईवटा सटरको किराना पसल चलाउँदा पनि जतिसक्दो काम गर्नुपर्छ भन्ने थियो । ठूलो महत्वाक्षा केही थिएन । अहिले पनि त्यही छ,' उनी भन्छन्, 'त्यसवेला साइकल चढेर हिँड्नु पनि ठूलो कुरा थियो, अहिले गाडी चढिन्छ, त्यसवेला कोठा भाडामा बसिन्थ्यो, अहिले घरमा । फरक यति मात्रै हो ।'
व्यवसायमा मेरुदण्डका रूपमा सुरुदेखि नै भाइ हेमराज ढकाल उनीसँगै छन् । त्यसो हुँदा विगत ९ वर्षदेखि चन्द्रले नेपाल उद्योग वाणिज्य महासंघमा रहेर सामाजिक काम गर्ने समय पाएका छन् । महासंघमा पनि उनको गति तीव्र नै छ । दुई कार्यकाल कार्यसमिति सदस्य भएपछि हाल उपाध्यक्ष छन् । र, अबको चुनावमा वरिष्ठ उपाध्यक्षमा प्रतिस्पर्धा गर्दै छन् ।
सानोदेखि ठूलो व्यवसायका समस्या आफैँले भोगेको र देशभरिका व्यवसायीको अवस्थाबारे जानकार व्यक्तिका रूपमा आफूलाई प्रस्तुत गर्छन्, ढकाल । 'आइएमई समूहको सञ्जाल सबै जिल्लामा छ । कहीँ बैंक छ, कहीँ बिमा कम्पनी छ, कतै अन्य व्यवसाय छ । प्रायः सबै जिल्लामा मैले भ्रमण गरेको छु, त्यहाँका समस्याबारे जानकार छु,' उनी भन्छन्, 'जिल्ला नगर उद्योग वाणिज्य संघसँग जोडिएका साना व्यवसायीदेखि कर्पोरेट लेभलका व्यवसायीसँग सम्पर्कमा छु । प्रायः सबै व्यवसायीको समस्याबारे जानकार छु ।' | 2021/04/15 16:46:59 | https://nayapatrikadaily.com/news-details/55234/2020-11-23 | mC4 |
सुपुर्दगी विधेयक फिर्ता
कार्यकारी प्रमुख क्यारी लाम । तस्बीर: स्काइन्युज ।
सेप्टेम्बर ४ । कार्यकारी प्रमुख क्यारी लामले विवादास्पद सुपुर्दगी विधेयक फिर्ता लिने भएकी छन् । साउथ चाइना मर्निङ पोस्टको अनलाइन अनुसार उक्त घोषणा आजै हुने छ ।
१३ हप्तादेखि भइरहेको आन्दोलनको प्रमुख माग मध्ये विधेयक फिर्ता एक रहेको छ । प्रस्तावित विधेयक विधायिका परिषद्मा छलफलअघि नै विरोध भएपछि जुन १५ का दिन कार्यकारी प्रमुख लामले पत्रकार सम्मेलनमार्फत स्थगित गरिएको घोषणा गरेकी थिइन् ।
स्थगित गरिएको घोषणासंगै विधेयकको 'मृत्यु' भइसकेको भनिएता पनि आन्दोलनकारीहरुले पूर्ण फिर्ताको माग गरेका थिए । चालु विधायिका परिषद्को म्याद आगामी जुनसम्म मात्र रहेको र उक्त अवधिमा पुन पेश गर्ने संभावना नरहेको साथै नयाँ परिषद्मा विधेयक पेश गर्न नयाँ प्रक्रिया शुुरु गर्नु पर्ने प्रावधान रहेको सरकारको तर्क रहेको थियो ।
हिजो रातिको सूचना अनुसार आज अपरान्ह सरकार समर्थक ४३ जना विधायकहरुलाई कार्यकारी प्रमुखको सरकारी निवासमा बैठकका लागि निमन्त्रणा गरिएको छ । उक्त वैठकमा जानकारी गराइएपछि औपचारिक घोषणा हुने अनुमान गरिएको छ ।
सुपुर्दगी ऐनमा व्यवस्था नभएको कारण अपराधीहरुलाई मूलभूमि चीन, ताइवान र मकाउलगायतका न्यायिक प्रक्रियामा सहभागी गराउन समस्या भएपछि संशोधनको लागि विधायिका परिषद्मा विधेयक पेश गर्ने तयारी रहेको थियो ।
गत वर्ष ताइवानमा गर्भवती गर्लफ्रेन्डको हत्या गरी हङकङ प्रवेश गरेका अभियुक्त चान तोङ–काईलाई सुपुर्दगी ऐनमा रहेको अपूर्णता (लुपहोल)का कारण सुपुर्दगी गर्न नसकिएको तर्कसहित संशोधनको लागि विधेयक तयार गरिएको थियो ।
सरकारको तयारीपछि चीनको न्यायिक प्रक्रिया अपारदर्शी र निश्पक्ष नरहेको आरोपसहित हङकङका जो कोही विरोधीलाई सुपुर्दगी गरिने भन्दै आन्दोलन शुरु भएको हो । आन्दोलनको माग विधेयक फिर्तासहित अहिले पाँचवटा रहेको छ ।
आन्दोलनकारीहरुले विधेयक फिर्तासहित आन्दोलनलाई दंगा करार गरिएको फिर्ता, प्रहरी दमनको जाचबुझ गर्न आयोग गठन, गिरफ्तार गरिएकालाई निःशर्त रिहा र राजनैतिक प्रक्रिया सुधार शुरु रहेका छन् । राजनैतिक सुधारमा विश्वव्यापी बालिक मतबाट कार्यकारी प्रमुखको चयन रहेको छ ।
विधेयक फिर्ताको घोषणाले हिंसात्मक बन्दै गएको आन्दोलन मत्थर हुने सरकारी विश्वास रहेको हुन सक्छ । आन्दोलनको क्रममा आमहडताल लगायतका कार्यक्रमहरु भइसकेका छन् । प्रत्येक दिनजसो सार्वजनिक यातायात रेलसहित अवरुद्ध हुने गरेका छन् । विमानस्थलमा उत्पन्न अवरोधका कारण उडान स्थगित लगायतका घटना भइसकेका छन् । | 2021/09/22 06:11:02 | https://everestkhabar.com/2019/09/4027 | mC4 |
पीएसजीलाई पछि पार्दै लिल फ्रेन्च लिग वानको शीर्षस्थानमा | raynewsdaily.com
पीएसजीलाई पछि पार्दै लिल फ्रेन्च लिग वानको शीर्षस्थानमा
Monday, April 26th, 2021, 10:58 am
एजेन्सी । फ्रेन्च लिग वान अन्तर्गत लियोनसँग हिजो भएको खेलमा उत्कृष्ट पुनरागमन जित हात पार्दै लिल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । २ गोलले पछि परेको स्थिति उल्ट्याउँदै लिलले लियोनमाथि ३–२ गोलअन्तरले जित हात हासिल गर्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।
लियोनले आफ्नै मैदानमा भएको खेलमा इस्लाम स्लिमानीको गोलबाट खेलको २० औ मिनेटमा अग्रता लिएको थियो । १–० ले अघि रहेको लियोनले लिलका जोस फोन्टेले खेलको ३५ औ मिनेटमा आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि लियोन २–० ले अघि रहेको थियो ।
२–० ले पछि परेको लिलका लागि पहिलो हाफको थप गरिएको समयको ४६ औ मिनेटमा बुराक यिल्माजले गोल गर्दा पहिलो हाफमा खेल २–१ को स्थितिमा आएको थियो । लिलले दोस्रो हाफमा जितका लागि आवश्यक २ गोल दोस्रो हाफमा गर्यो । दोस्रो हाफको ६० औ मिनेटमा जोनाथन डाभिडको गोलबाट लिलले खेल २–२ को बराबरीमा ल्याएको थियो ।
बराबरीमा आएको खेलको ८५ औ मिनेटमा बुराक यिल्माजले ब्यक्तिगत दोस्रो गोल गर्दा लिलले ३–२ को सानदार पूनरागमन जित हात पारेको हो ।
जितसँगै लिल ३४ खेलबाट ७३ अङक जोडेर शीर्षस्थानमा उक्लिदै समान ३४ खेलबाट ७२ अङक जोडेको पीएसजीलाई पछि पारेको छ । | 2021/06/22 14:31:42 | https://www.raynewsdaily.com/story/43340.html | mC4 |
नयाँ सञ्चार नीति ल्याउने गृहकार्य भइरहेको छ : सञ्चारमन्त्री
काठमाडौँ, ३ असोज (रासस) ः सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले इन्टरनेट र टेलिफोन सेवालाई चालु आवभित्र ७५ जिल्लाका शिक्षण संस्था र स्वास्थ्य संस्थामा पु¥याउने प्रयत्न भइरहेको बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित 'प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा रेडियोको भूमिका' विषयक अन्तक्र्रियामा उहाँले सूचना प्रविधिलाई धेरैभन्दा धेरै जनताको पहुँचमा पु¥याउन सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराइनेतर्फ सरकार लागिरहेको बताउनुभयो ।
मन्त्री बस्नेतले मुलुकमा लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शलाई स्थापित गराउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउँदै नयाँ सञ्चार नीति ल्याउनका लागि द्रुत स्तरमा काम भइरहेको छ भन्नुभयो ।
स्थानीय तहको निर्वाचनमा जनताको उत्साहजनक सहभागिताले अब हुने निर्वाचनमा कुनै पनि दल चुनावबाट भाग्न नसक्ने बताउनुभयो ।
नेपाली काँगे्रसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि विभिन्न समयमा भएका आन्दोलनमा सञ्चार क्षेत्रले उल्लेख्य भूमिका निर्वाह गरेको धारणा व्यक्त गर्नुभयो ।
नेकपा (एमाले)का नेता सुवासचन्द्र नेम्वाङले समाजका विभिन्न गतिविधि तथा जनताका अवस्थालाई नेतृत्वसम्म पु¥याउने र नेतृत्वका गतिविधिलाई पनि जनताबीच पु¥याएर देशमा सुशासन कायम गर्न सञ्चार क्षेत्रलाई सुझाव दिनुभयो ।
एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले मुलुकमा बिगँ्रदै गएको सामाजिक सद्भावलाई कायम राखेर सबै नेपालीलाई एकताबद्ध गर्न सञ्चार क्षेत्र क्रियाशील हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले प्रदेश र केन्द्रको निर्वाचनका लागि मिति तोकिसकेकाले अहिलेको अवस्थामा कुनै पनि राजनीतिक दलले चाडपर्वका नाममा चियापान नगर्न आग्रह गर्नुभयो ।
नेकपा (माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसाल, पूर्वराज्यमन्त्री दीपक खडका, नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरी, नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष दिलीप थापामगरलगायतले सञ्चार क्षेत्रले दिने सूचनाका आधारमा सबैले भविष्यका योजना तथा दृष्टिकोण निर्माण गर्ने हुँदा यसलाई सन्तुलित, स्वतन्त्र र निष्पक्ष बनाउनुपर्ने खाँचो औँल्याउनुभयो ।
नेपाली रेडियो नेटवर्कका अध्यक्ष ऋषि धमलाले मुलुकलाई आर्थिक विकास र समृद्धिको मार्गतर्फ लैजान सञ्चार क्षेत्रले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्दछ भन्नुभयो । | 2020/07/05 17:55:02 | https://matrisandesh.com/archives/12464.html | mC4 |
धरहरा चढ्दा आइफल टावर चढेजस्तै अनुभव भयो : प्रधानमन्त्री ओली – Digital Khabar
१२ बैशाख, काठमाडाै । २०७२ को विनाशकारी भूकम्पले क्षतिग्रस्त बनेको धरहरा पुनर्निर्माण भएको छ । भूकम्प गएको दिन वैशाख १२ को अघिल्लो दिन पारेर शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको भावना र गौरव, अतीत र इतिहास जोडिएको धरहरा निर्माण सम्पन्न हुँदा खुशी अनुभव भएको बताउनुभएको छ । छ वर्षअघिको भूकम्पले भत्किएको धरहरा नजिकै बाहिरी आवरण उस्तै देखिने धरहरा निर्माणपछि आज आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले इतिहाससँग जोडिएको ऐतिहासिकस्थल पुनःनिर्माण हुनु देशकै लागि गौरवको विषय भएको बताउनुभयो ।
"विसं २०७८ मा राजधानीका सडकलाई सहयोगापेक्षी, बालबालिका र भिखारीमुक्त हुने गरी स्थापित गर्न लागिएको छ, अब कोही अलपत्र हुन्न, सरकारले अभिभावकत्व लिन्छ", प्रधानमन्त्री ओलीले भन्नुभयो । खनिज एवं प्राकृतिक सम्पदालेयुक्त नेपाललाई सम्पन्न र दाता राष्ट्रका रुपमा अघि बढाउने योजनामा सरकार लागेको उहाँको भनाइ थियो। मोबाइल, कम्प्युटर, टेलिभिजनजस्ता जनतालाई आवश्यक सामग्री देशमै उत्पादन गर्ने गरी उत्पादक देशका रुपमा स्थापित गर्न लागिएको प्रधानमन्त्री ओलीले बताउनुभयो । आयोजक राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सुन्धाराको ४२ रोपनी क्षेत्रफलमा भूकम्प एवं चारतल्ले मुद्रा सङ्ग्रहालय, २४सै घण्टा पानी खस्ने सुन्धारा, घुम्न आउने आगन्तुकका पार्किङस्थललगायत संरचना पनि निर्माण भइरहेको बताउनुभयो। | 2021/06/23 17:58:04 | https://www.digitalkhabar.com/2021/04/25/10367/ | mC4 |
माघ १९, २०७७ २०:२० बजे
जनकपुरधाम : अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले महोत्तरीबाट सशस्त्र प्रहरीका हवल्दार श्रवण बस्नेतलाई घूससहित पक्राउ गरेको छ ।
सोमवार दिउसो जिल्लाको गौशाला नगरपालिकास्थित निगौलचोकबाट १५ हजार रुपैयाँ घूस रकमसहित पक्राउ गरिएको अख्तियारको बर्दिबास कार्यालयका प्रवक्ता मणिराज ज्ञवालीले जानकारी दिए । बस्नेत गौशाला नगरपालिका-१ स्थित सशस्त्र प्रहरी बेस क्याम्पमा कार्यरत छन् ।
आयोगको कार्यालय बर्दिबासबाट टिकाराम भण्डारीको नेतृत्वमा खटेको टोलीले बस्नेतलाई दाउरा ओसारपोसारमा सहजिकरण गरिदिने भन्दै घूस लिइरहेको बेलामा पक्राउ गरेको हो । बस्नेतमाथि अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रवक्ता ज्ञवालीले जानकारी दिए । | 2021/06/24 00:57:13 | https://ekagaj.com/article/irregularity/5673 | mC4 |
Nagarik News - चुनावमा अवैध धन
चुनावमा अवैध धन
बुधबार, २० मङि्सर २०७४, ११ : ३४ | विष्णु बेल्वासे
काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अवैध धनको प्रयोग हुने विज्ञहरुले बताएका छन् । कर दायित्व चुक्ता नगरिएका वा अर्थतन्त्रको पहुँच बाहिर रहेको रकम पनि यही बेला खर्च हुने गरेको उनीहरुको भनाइ छ।
गत असोज १ गतेसम्म बजारमा चार खर्ब २९ अर्ब ४९ करोड बराबरको नोट चलनचल्तीमा थिए । गत बिहीबारसम्म चार खर्ब ५२ अर्ब ७२ करोड बराबरका नोट बजारमा रहेको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका निर्देशक भिष्म उप्रेतीले नागरिकलाई बताए । 'निर्वाचनमा बढी रकम माग भएको छ,' उनले भने, 'अन्य समयमा भन्दा यो बेला बढी रकम माग हुन्छ।'
अनौपचारिक माध्यमबाट आउने रकम जोड्ने हो भने निर्वाचनमा अझै धेरै रकम खर्च भएको अर्थविद् बताउँछन् । कानुनी र गैरकानुनी बाटोबाट आउने रकम बराबर भएको अनुमान गरिएको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले नागरिकलाई बताए ।
ठेक्का पट्टामा, जागिरमा नियुक्ति गर्न वा सरुवा हुन सहयोग पु¥याएबापत पनि निर्वाचनमा सहयोग स्वरुप रकम दिने गरेका छन् । विगतमा सांसद हुँदा वा राजनीतिक नेतृत्वमा रहँदा पु¥याएको सहयोगको गुन लगााउने मौका पनि निर्वाचन भएकाले पनि उम्मेदवारले आर्थिक सहयोग गर्ने गरेका छन्। निर्वाचनका बेला सहयोग गरेन भने अर्कोपटक ती व्यक्तिले पनि सहयोग नपाउने सम्भावना हुन्छ । यसले पनि निर्वाचनमा अर्थतन्त्र बढी चलायमान हुने गरेको छ।
बैंकरहरु लगाानीयोग्य पुँजी (तरलता)को अभाव पनि निर्वाचनपछि समाप्त हुने अनुमान गरिएको शेरचनले बताए । 'स्थानीय निर्वाचनलले बैंकिङ प्रणालीमा केही पैसा ल्याएको थियो । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनले पनि पैसा ल्याउने छ । सरकारी खर्च बढेको छ । यसले तरलता अभाव समाधान गर्न सहयोग पु¥याएको छ,' उनले भने, 'स्थानीय र प्रदेशलाई खर्च गर्ने अधिकार दिएकाले पनि तरलता अभाव नहोला कि भन्ने लागेको छ ।' विगत वर्षमा पनि निर्वाचनपछि बैंकहरुले तरलता अभाव बैंकहरुले झेल्नुपरेको थिएन। | 2018/02/21 12:51:45 | http://www.nagariknews.com/news/31777/ | mC4 |
सम्पन्न स्थानिय निर्वाचन अन्तरगत काठमाडौं महानगरपालिकामा केशव स्थापितको मत यस पटक सुरुवाती चरणबाट नै दोब्बर संख्यामा पछि रहँदै आएको छ । पहिलो स्थानमा रहेका स्वतन्त्र उमेद्वार बालेन शाहको मत पछिल्लो गणना अनुसार २६ हजार माथी रहेको छ भने सिर्जना सिंह सुरुवातबाट नै अझै तेस्रो स्थानमा रहेकी छन् ।
सभागृहमा जारी मतगणनामा काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहसँग पछाडि परेका एमालेका केशव स्थापितले काठमाडौं– २७ को मतगणना सुरु भएलगत्तै मतान्तर घटि देखिएको हो । थालेका छन् ।
पछिल्लो अपडेट अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले २६६०१, एमालेका केशव स्थापितले १४३८६ र कांग्रेसकी सिर्जना सिंहले १३४०८ मत पाएकी छन् ।
उपमेयरमा भने एमालेकी सुनिता डंगोल निकै अगाडि छन् । उनले २६५७५ मत पाउँदा गठबन्धनका उम्मेदवार नेकपा एसका रामेश्वर श्रेष्ठले ८५९१ मात्रै मत पाएका छन् । | 2022/06/25 22:47:09 | https://www.uskhabar.com/archives/12833 | mC4 |
दर्ता नभएका अनलाइन नियमनका बिषयमा सरोकारवाला निकायहरुसँग छलफल » नेपालय टाइम्स
Home / बिज्ञान/प्रबिधि / दर्ता नभएका अनलाइन नियमनका बिषयमा सरोकारवाला निकायहरुसँग छलफल
August 15, 2019 Leave a comment 599 Views
काठमाडौँ – डोमेन दर्ता अभिलेखमा नेपालको सम्पर्क ठेगाना नभएका अनलाइन साइटहरुमाथि अनुगमनको सन्दर्भमा सरोकारवाला निकायहरुसँग छलफल भएको छ । प्रेस काउन्सिल नेपालको शभाहलमा भएको कार्यक्रममा त्रास फैलाउने, यौनजन्य अश्लील सामग्रीहरु सम्प्रेषण गर्ने, ऐन, नियम र निर्देशिका विपरित सामग्री सम्प्रेषण गर्ने अनलाइनसँग सम्बन्धित विभिन्न पक्षहरुका बिषयमा गहन छलफल भएको हो ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पत्रकारको लागि अहिलेको आचारसंहिता सम्बन्धी कानुनले सबै बिषय समेटन नसकेकोे बताउनुभयो । उहाँले धेरै कारवाही भनेको नै प्रेस पास निलम्बन,लाइसेन्स खारेज भएको हुँदा जहाँ जस्ले जे बोलेपनि हुने मानसिकता भएको बताउनुभयो ।
आफ्नो पत्रकारिताको विगत सम्झदै कावा अध्यक्ष श्रेष्ठले अहिले समाजमा पत्रकार भन्न पनि धक मान्नुपर्ने स्थिती देखा परेको बताउनुभयो । उहाँले पत्रकारले गरेको गल्तिमा केही कारवाहि गरेपनि आन्दोलन गर्ने, प्रेस स्वतन्त्रता हनन् गर्यो भनेर हिड्ने प्रवृति बढेको प्रति चिन्ता ब्यक्तm गर्नुभयो ।
प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य गोपाल बुढाथोकीले केही अनलाइनहरूले राख्नै नहुने कुराहरु राख्न थालेको तर त्यसलाई कसरी अनुगमन गर्ने भन्ने पाटो गम्भीर भएको बताउनुभयो । सरकारले पोर्न साइट बन्द गर्न सक्ने तर गलत तथा भ्रामक सामग्री राख्ने अनलाइनलाई नियन्त्रण गर्न किन नसक्ने भन्ने आफूलाई लागेको उहाँले बताउनुभयो । सदस्य बुढाथोकीले अनलाइनमा आउन थालेका असान्दर्भिक सामग्री समग्र राष्ट्रको समस्या भएको बताउनुभयो ।
प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले दर्ता नभइकन चलेका अनलाइनहरुलाई के गर्र्ने भन्ने बिषय नै अहिलेको प्रमुख समस्या भएको बताउनुभयो । उहाँले विदेशबाट नेपालीहरुले चलाएका अनलाइनमा धेरै नै समस्या हुने गरेको बताउनुभयो । मु–अ भुसालले काउन्सिलले नियमित रुपमा सबै प्रकारका सञ्चारमाध्यमहरुको अनुगमन गरिरहेको जानकारी दिनुभयो ।
सहन्यायधिवक्त्ता संजीवराज रेग्मीले अनलाइन निर्देशिकाको बिषय जटिल भएको बताउनुभयो । कतिपय विषय हालको कानुनबाट समाधान गर्न सकिने,कतिपय विषय नयाँ कानुनमा समेटनु पर्ने र केही विषय दुइपक्षयि संवादबाट समाधान गर्नुपर्ने बताउनुभयो ।
प्रहरी नायब महानिरिक्षक निरज बहादुर शाहीले अनलाइन सञ्चारमाध्यममा सम्प्रेषित गलत एवं भ्रामक समाचारले राष्ट्रिय सुरक्षा र ब्यत्तिको जीवनमा समेत असर पुग्न बताउँदै त्यस्ता उजुरीहरू प्रहरी कहाँ समेत आउने गरेको बताउनुभयो ।
नेपाल दुरसञ्चार प्राधिकरणका निर्देशक विजय कुमार रायले कानुन नेपालबाट सञ्चालन हुने र बाहिरबाट सञ्चालन हुने अनलाइनलाइ एउटै कानुन लागु हुने बताउनुभयो । उहाँले पत्रकारले गरेको गल्तिलाई पक्षपोषण नगरी गल्ति हो भन्न सक्नुपर्ने बताउनुभयो । "सरकारले पोर्न साइट र पब्जि बन्द गर्नसक्ने अनलाइन बन्द गर्न नसक्ने भन्ने हुदैन, त्यसको लागि पत्रकार महासंघको साथ चाहिन्छ – उप– निर्देशक पन्थ । "
पत्रकार महासंघका महासचिव रमेश विष्टले पत्रकार महासंघले गलत पत्रकारको पक्षपोषण नगरेको भन्दै सधै सत्यको पक्षमा रहने बताउनुभयो । महासचिव विष्टले गलत काम गर्ने पत्रकारलाई सार्वजनिक प्रतिकार गर्नुपर्ने भन्दै काउन्सिल र महासंघ एउटै पक्षमा रहेको बताउनुभयो ।
प्रेस काउन्सिल नेपालका सह– प्रशासकीय अधिकृत दीपक खनालले के समाचार हो र सामग्री हो ? त्यसको पहिचान गर्नसक्नु पर्ने बताउनुभयो । केही अनलाइनमा समाचार नभएर गलत सामग्रीमात्र आउने गरेको भन्दै उहाँले त्यस्ताको पछि लाग्न नहुने धारणा राख्नुभयो । सह– प्रशासकीय खनालले दर्ता नभएको अनलाइनको हकमा स्वत नेपाल दूरसञ्चार पा्रधिकरणले कारवाही गर्नुपर्ने बताउनुभयो ।
प्रेस काउन्सिल नेपालका उप–प्रशासकीय अधिकृत रामशरण बोहराले न्यूज पोर्टलको रुपमा सञ्चालनगरी नेपालको ऐन,नियम,निर्देशिका एवं विधि बमोजिम विधिवतरुपमा दर्ता ÷सूचिकरण नभएका अनलाइन पोर्टलबाट सम्प्रेषित अतिरञ्जित सामाग्री र कारवाहीको अवस्थाबारे प्रस्तुत गनुृभयो । उहाँले पत्रकार तथा सञ्चारमाध्यमको काम,कर्तव्य र अधिकार तथा कारवाही र निर्णय प्रकृया,सूचीकरण र वर्गिकरणबारे जानकारी दिनुभयो । बोहराले काउन्सिलमा हालसम्म अनलाइन १७४७,रेडियो तथा एफएम ८४० ,टेलिभिजन १५३ तथा नियमित पत्रिका ९१२ भैरहेको जानकारी दिदैं उहाँले जनगुनासो र अनुगमन, उजुरी र कारवाही,खण्डन र सचेत,जानकारी, अनुगमनमा प्रविधिको प्रयोग,आचारसंहिता उल्लंघनका प्रकृति,अनुगमनको तरीकाहरुबारे उदाहरण सहित प्रष्ट पार्नुभयो ।
सुचना तथा प्रसारण विभागका निर्देशक सुमन बज्राचार्यले १ महिनाको अवधिमा ८१ वटा अनलाइन विभागमा दर्ता भएको बताउनुभयो । उहाँले चाइनामा जम्मा ५ सयवटा मात्रै अनलाइन भएको सन्दर्भमा नेपालमा यतिधेरै अनलाइन हुनु अस्वभावीक भएको भन्दै नियमन गर्नुपर्ने बताउनुभयो ।
छलफलबाट समय तोकेर अनलाइन दर्ता हुन सूचना जारी गर्ने र दर्ता नभएका अनलाइनलाई निश्चित समयभित्र अनलाइन दर्ता गर्न जानकारी गराउने सहमति भएको छ । यस्तै कार्यविधिमा टेकेर जति अधिकार छ त्यसलाई कार्यान्वयन गर्ने , एउटा समिति ÷कार्यदल बनाएर महिनामा एकपटक यस्ता सामग्रीहरू एवं समस्याबारे जानकारी गर्ने, समितिमा (काउन्सिल,पत्रकारमहासंघ,सूचना तथा प्रशारण विभाग, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, केन्द्रीय अनुसन्धान ब्युरो, महान्यायधिवत्ताको कार्यलय तथा केन्द्रिय अपराध अनुसन्धान महाशाखाका प्रतीनिधि) रहने गरी प्रस्ताव गर्न सहमति भएको छ ।
कार्यक्रममा साइबर ब्यूरोका ननिन्द्र अर्याल, सिआइबिका ए.एम चन्द्र बहादुर धामी, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उप–सचिज राजन पौडेल, सूचना तथा प्रसारण विभागका निर्देशक सुमन बज्राचार्य, अपराध महाशाखाका सुशिल सिंह राठौर, साइबर क्राइमका लिलाराज डाँगी, नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजय कुमार राय , नेपाल दूरसञ्चार प्राधिकरणका उप–निर्देशक रेवती राम पन्थ, महान्यायधिवक्त्रा कार्यलयका संजीवराज रेग्मी,नेपाल टेलिभिजनका फोटो जर्नालिस्ट ,काउन्सिलका कर्मचारहिरुको सहभागिता रहेको थियो । | 2021/03/05 16:00:12 | https://www.nepalayatimes.com/np/?p=925 | mC4 |
न्यायपालिका : स्वचालित कि नियन्त्रित ?- विचार - कान्तिपुर समाचार
सर्वोच्च अदालतका न्यायाधीशहरूलाई महाभियोगबाहेक संसद्ले कानुन बनाएर समेत कारबाही वा बरखास्त गर्न सक्दैन । तर किन न्यायिक नेतृत्वलाई कार्यपालिकाको इच्छामुताबिक चलेको आरोप लागिरहन्छ र त्यो आरोपलाई साबित गर्ने प्रमाण फेला परिरहन्छ ?
वैशाख २६, २०७८ टीकाराम भट्टराई
न्याय बेच्नेछैनौं, न्याय दिन इन्कार गर्नेछैनौं, न्याय गर्न ढिला गर्नेछैनौं ।' सन् १२१५ मा जनविद्रोहको बलमा बेलायतका राजा जोनबाट जारी गराउन बाध्य पारिएको महान् अधिकारपत्र म्याग्नाकार्टामा लेखिएको यो उत्प्रेरक वाक्य आज पर्यन्त नेपालका विभिन्न अदालतका अग्रभागमा राखिएका बोर्डहरू र न्याय कानुनसँग सम्बन्धित अनेकन् प्रकाशनहरूमा उद्धृत गर्ने गरिएको छ ।
आफूले चार वर्षसम्म एउटै अदालतमा तारिख धाएको प्रसंग उल्लेख गर्दै मुद्दाका एक पक्षले मलाई करिब पाँच वर्षअघि सुनाएका थिए, उच्च अदालत पाटनको सिँढीनेर राखिएको उपर्युक्त वाक्यको फोटो खिचेर मुख्य न्यायाधीशको सामाजिक सञ्जालमा पठाएको कुरा । नेपालको न्यायपालिका, विशेषतः सर्वोच्च अदालतमा दस वर्ष पुराना मुद्दा पनि किनारा हुन बाँकी नै रहेको अवस्थामा म्याग्नाकार्टाको यो उत्प्रेरक सन्देशले हामीलाई गिज्याइरहेको छ । त्यति मात्र नभएर, आज पनि न्याय दिन इन्कार गर्ने, ढिला गर्ने र बेच्ने पद्धतिमा सुधार होइन बढोत्तरी भइरहेको छ भनेर लेख्नुपर्दा न्यायिक प्रक्रियाको एउटा पात्र भएका नाताले मलाई हीनताबोध भई नै रहन्छ, तथापि नागरिक कर्तव्य सम्झेर कलम नचलाई बस्न सकिन्न । हो, नेपालमा अहिले पनि न्याय ढिलो हुन्छ, न्याय दिन इन्कार गरिन्छ र न्याय खुलेआम बिक्री हुन्छ ।
यस लेखको शीर्षकमा उल्लिखित विषयमा सदियौंदेखि थुप्रै बहस र विमर्श हुँदै आएका छन् र अद्यापि जारी छन् । तर आज यो विषयमा विमर्श गर्नैपर्ने दिन हो । नेपालमा प्रधान न्यायालय ऐन, २००८ बमोजिम कार्यपालिकाबाट कानुनी रूपमै न्यायपालिका अलग भई क्रियाशील हुन थालेको वैशाख २६ गते ७० वर्ष लागेको दिन हो । यो दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ । त्यसो त प्रधानमन्त्री जुद्धशमशेरको इच्छामुताबिक १९९७ असार १२ मा जारी भएको सनदका आधारमा सोही सालको साउन १ देखि नै प्रधान न्यायालय तथा अपिल अदालतहरूले काम सुरु गरिसकेका थिए तर प्रधान न्यायालय ऐन कार्यान्वयनमा आएको २००९ वैशाख २६ गतेलाई कानुन दिवसका रूपमा मनाइन्छ ।
प्रधान न्यायालय स्थापना भएको असार १२ लाई नै कानुन दिवस मनाइनुपर्छ भन्ने मत पनि कानुनी इतिहासका अध्येता एवं सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीले राख्दै आउनुभएको छ । तर प्रधान न्यायालय ऐन, २००८ कार्यान्वयनमा आएपछि नै कार्यगत, क्रियात्मक र भौतिक रूपमै नेपालको न्यायपालिकाले कार्यपालिकाको नियन्त्रण र सुपरिवेक्षणबाट अलग भई स्वतन्त्र हैसियतमा कार्य गर्न थालेको तथ्यमा भने कसैको दुईमत छैन । पछि २०१३ सालमा सर्वोच्च अदालत ऐन आएपछि प्रधान न्यायालयलाई सर्वोच्च अदालत भन्न थालियो । प्रधान न्यायालय ऐनको प्रस्तावनामा 'नेपाल प्रधान न्यायालयको गठन, अख्तियार र कामबारे भइरहेको ऐन सवाल सनदमा संशोधन गरी सो सबै एक ठाउँमा राखी एक रूप दिनुपर्ने आवश्यक भएकाले' भन्ने वाक्यांश राखिएको छ ।
दफा ४ मा प्रधान न्यायालयका आदेश फैसलाहरू अकाट्य प्रमाणका रूपमा मान्य हुनेछन् र यसले आफ्नो र मातहतको अदालतको अपहेलनामा सजाय गर्ने अख्तियारसमेत राख्छ भन्ने व्यवस्था राखिएकाले यो ऐनको कार्यान्वयनपश्चात् नेपालको न्यायपालिकाको आधुनिक युगको सुरुआत भएको मानिन्छ । अर्को ऐतिहासिक पक्ष के छ भने, त्यस बखत प्रधान न्यायाधीश हुने योग्य नेपाली नागरिक नभएकाले सिक्किम निवासी नेपाली मूलका हरिप्रसाद प्रधानलाई तत्कालीन गृहमन्त्री बीपी कोइरालाको अनुरोधमा नेपालमा ल्याएर प्रधान न्यायाधीश बनाइएको थियो । उनलाई प्रधान न्यायाधीश बनाउनकै लागि प्रधान न्यायालय ऐनको दफा १० मा प्रधान न्यायाधीश वा न्यायाधीशमा नियुक्त गर्नलायक नेपालका नागरिक नपाइएको विशेष अवस्थामा नेपालका नागरिक नभए पनि लायक व्यक्ति उक्त पदका लागि योग्य मानिनेछ भन्ने वाक्यांश राखिएको थियो । हरिप्रसाद प्रधान तिनै हुन् जसले नेपालको न्यायपालिकालाई स्वतन्त्र, सक्षम र भ्रष्टाचारमुक्त बनाउन अनुपम योगदान गरेका छन् ।
आजको न्यायपालिका
कानुन दिवसको मूल सन्देश भनेकै कार्यपालिका र व्यवस्थापिकाको छायाबाट न्यायपालिकालाई मुक्त गर्नु हो । आज मुलुक लोकतान्त्रिक गणतन्त्रमा अभ्यासरत भएको अवस्थामा पनि न्यायपालिका राजनीतिक प्रभावबाट मुक्त नभएको गुनासो वा टिप्पणी भइरहनु यो व्यवस्थाकै लागि लज्जाजनक विषय हो । विशेषतः २०६३ सालपछिका अपवादबाहेकका सबै न्यायिक नियुक्ति वा सर्वोच्च अदालतले फैसला गरेका राजनीतिमिश्रित संवैधानिक विवाद वा ठूलो धनराशि भएका विवादहरूका फैसला वा आदेशहरू कार्यपालिकाबाट वा भनसुन वा आर्थिक प्रलोभनबाट निर्देशित भएको भन्ने आरोप लाग्ने गरेको छ । त्यस्ता आरोपहरू फगत आरोप मात्र होइनन्, तिनको पृष्ठभूमिमा सत्यताको अधिक अंश सन्निहित छ । हरेक प्रधान न्यायाधीशलाई अमुक–अमुक मुद्दा अमुक–अमुक न्यायाधीशलाई तोकेर न्याय प्रभावित पारेको वा कार्यपालिकाको इच्छामुताबिक फैसला गरेको आरोप निरन्तर लागिरहेकै छ । निकट विगतका केही फैसलाले यो आरोपलाई झन् बल पुर्याएका छन् । आखिर किन यस्तो हुन्छ ?
सर्वोच्च अदालतका न्यायाधीशहरूलाई महाभियोगबाहेक संसद्ले कानुन बनाएर समेत कारबाही वा बरखास्त गर्न सक्दैन । तर किन न्यायिक नेतृत्वलाई कार्यपालिकाको इच्छामुताबिक चलेको आरोप लागिरहन्छ र त्यो आरोपलाई साबित गर्ने प्रमाण फेला परिरहन्छ ? यो पेचिलो र न्यायपालिकालाई नै बदनाम गराउने प्रश्नको निरूपण गर्न किन न्यायिक नेतृत्व नतमस्तक हुन्छ ? त्यति मात्र नभएर, आज नेपालको न्यायपालिकामा प्रधान न्यायाधीशलाई समेत विपक्षी बनाएर स्वयं सभामुख अदालत जानुपर्ने स्थिति र अन्य करिब आधा दर्जन मुद्दामा प्रधान न्यायाधीश नै विपक्षी हुनुपर्ने अवस्थाको सृजना किन भइरहेछ ? अनि त्यसरी प्रधान न्यायाधीशलाई नै विपक्षी बनाइएका विचाराधीन मुद्दाहरू किन या पेसीमै चढ्दैनन् या त पालो नआउने गरी औपचारिकताका लागि मात्र चढाइन्छन् ? प्रश्न त्यति मात्र छैन, आफूविरुद्धको मुद्दामा आफैं न्यायाधीश हुन नपाउने प्राकृतिक न्यायका सयौं वर्ष पुरानो मान्यतालाई किन अनदेखा गर्ने प्रयत्न भइरहेको छ ?
के यी तमाम प्रश्नले नेपालको न्यायपालिका स्वचालित भएको देखाउँछन् र ? जहाँ न्यायपालिका स्वचालित हुँदैन, त्यहाँको न्यायपालिका कसरी स्वतन्त्र, सक्षम र प्रभावकारी रहन्छ ? प्रधान न्यायाधीशलाई देश, संविधान र जनताले त्यत्रो सम्मान, सुरक्षा र मर्यादा दिइरहेको अवस्थामा उसका अगाडि न्यायिक स्वतन्त्रता र संवैधानिक कर्तव्यको परिपालनाबाहेक अर्को कुनै स्वार्थ हुनुपर्ने अवस्था छ र ? यदि छैन भने अबउप्रान्त अमुक मुद्दा अमुक न्यायाधीशलाई तोक्ने काम गर्दिनँ भनेर घोषणा गरी यी तमाम प्रश्नलाई निस्तेज बनाउने शक्तिशाली हतियारको प्रयोग गर्न किन चुक्छन् हरेक प्रधान न्यायाधीश ? नेपालका हरेक प्रधान न्यायाधीशलाई लाग्ने आरोप नै खास मुद्दामा खास स्वार्थ राखेर अमुक न्यायाधीशको इजलासमा मुद्दा तोकेर न्यायको विचलन गर्यो वा न्याय प्रभावित पार्यो वा कार्यपालिकालाई खुसी बनायो भन्ने नै हो । तर यो आरोपबाट सहजै मुक्ति पाइने सरल उपाय मुद्दा तोक्ने स्वचालित पद्धतिको निर्माण वा त्यो पद्धति बनाउन समय लाग्ने भए चिट्ठा प्रणालीबाट मुद्दा तोक्ने हिम्मत किन गर्दैन न्यायिक नेतृत्व ?
न्यायिक नेतृत्व आस, त्रास र भयमा बस्नुपर्ने कुनै आवश्यकता र औचित्य संविधानतः देखिँदैन । संविधानले सर्वोच्च अदालतका न्यायाधीशलाई त करिबकरिब कारबाहीमुक्त क्षेत्रमै राखेको छ । अन्य तहका न्यायाधीशले पनि कार्यपालिकासँग आस र त्रासमा बस्नुपर्ने कुनै आवश्यकता र औचित्य देखिँदैन । तर पनि न्यायाधीशहरू आफू कार्यपालिकाकै छायामा बसेको अनुभूति गर्छन् अनि कार्यपालिका र राजनीतिक क्षेत्रप्रति नतमस्तक देखिन्छन् । यो नै मूल कारण हो जसले संविधानतः स्वतन्त्र र सक्षम रहेको न्यायपालिकालाई कार्यपालिकाको अधीनस्थजस्तो अनुभूति गराइरहेको छ र न्यायपालिका स्वचालित होइन, निर्देशित भएको आरोप खेपिरहेको छ ।
१९९७ सालमा जुद्धशमशेरले प्रारम्भ गरेको न्यायिक निकायहरूको स्थापनाको इतिहास र कार्यपालिकाबाट न्यायपालिकालाई अलग गर्ने प्रधान न्यायालय ऐन, २००८ लागू भएको समयदेखि आजसम्म पनि स्वतन्त्र न्यायपालिकाको स्थापना र यसको संवर्द्धनको यात्रा अझै अधुरो, अपूरो र राजनीतिक चक्रव्यूहमा फसेको छ । गणतन्त्रको स्थापना भइसक्दा पनि स्वतन्त्र न्यायपालिकाका लागि लडाइँ जारी राख्नुपर्ने विडम्बनायुक्त अवस्थाको अन्त्य चाँडै हुने लक्षण छैन । गणतान्त्रिक युगमा यदि कुनै संस्था स्वतन्त्र, सक्षम र प्रभावकारी रहनुपर्ने हुन्छ भने निःसन्देह त्यो न्यायपालिका नै हो । यसको स्वतन्त्रताको रक्षाको खातिर असल, इमानदार र निष्ठावान् न्यायाधीश, कानुन व्यवसायी, नेपाल बार र राजनीतिज्ञहरूसमेत एकै थलोमा उभिनु जरुरी छ । न्यायालयको स्वतन्त्रता कायम नरहेको मुलुकमा गणतन्त्रको युगसमेत लामो रहनेछैन ।
कानुनी र संवैधानिक तथा विधिशास्त्रीय मान्यताका आधारमा न्यायाधीशको पद र जागिरमा आकाश–पातालको फरक छ र हुनुपर्छ । तर, केही वर्षयता अन्य सरकारी सेवा वा संस्थानको जागिरे र न्यायाधीशको सेवामा नियुक्तिको प्रक्रियादेखि नै कुनै भिन्नता रहेको यो समाजले महसुस गर्न छाडेको छ । न्यायपालिकाप्रति जनविश्वास र जनआस्थामा देखिएको यो घोर विचलनका बीचमा गणतन्त्र र लोकतन्त्रले सरल र सहज यात्रा गर्न सक्ला ? यो गम्भीर प्रश्नमा आजका दिनमा केही विमर्श गर्नु जरुरी छ । | 2021/09/19 05:44:44 | https://ekantipur.com/opinion/2021/05/09/162053054590367326.html?author=1 | mC4 |
ओपोे ए १५ एस मोबाइल फोन नेपाली बजारमा सार्वजनिक - Makalukhabar.com
ओपोे ए १५ एस मोबाइल फोन नेपाली बजारमा सार्वजनिक
मकालु खबर बुधबार, फागुन ५, २०७७ १७:५२ मा प्रकाशित
काठमाडौं । ओपोले नेपालमा ए सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन ओपो ए १५ एस सार्वजनिक गरेको छ । बृहत्त सञ्चय(मेमोरी) क्षमता र ठूलो स्क्रिनका साथमा डिजाइन गरिएको ओपो ए १५ एसले प्रयोगकर्तालाई अवरोध(ह्याङ) नभई सञ्चालन भई सेवा दिने कम्पनीको भनाई छ ।
कम्पनीका अनुसार प्रयोगकर्ताको मागलाई ध्यान दिँदै ओपो ए १५ एसमा बृहत्त सञ्चय क्षमताका साथमा ४,२३० एमएएच क्षमताको शक्तिशाली ब्याट्री जडान गरिएको छ । हत्केलामा फोन बोक्दा सहज हुने गरी पातलो र स्लिक आकर्षक डिजाइनमा बजारमा उक्त फोन ल्याएको कम्पनीले जनाएको छ । ६.५२ इन्चको स्क्रिन, फोटोग्राफीका लागि एआई ट्रिपल क्यामेरा जस्ता सुविधा रहेको ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले बताए ।
'मनोरञ्जन पाउने र सामाजिक सञ्जालसँग जोडिनु पर्ने प्रयोगकर्ताको आवश्यातालाई ध्यान दिएर उपयुक्त उपकरणका रुपमा ओपो ए १५ एस उपलब्ध गराउन पाउँदा हामी निकै उत्साहित छौँ,' ट्राओले भने, 'अभूतपूर्व अनुभव प्रदान गर्ने सोचका साथ हामीले फोनमा बृहत्त सञ्चय क्षमताका साथै ठूलो स्क्रिन उपलब्ध गराएका छौँ ।'
ओपो ए १५ एसमा तीब्र 'रिड एण्ड राइट' गतिका लागि ४ जीबी ¥याम र ह्याङ नभई चल्न सक्ने गरी ६४ जीबीको मेमोरी क्षमता रहेको छ । आवश्यकता अनुसार २५६ जीबी सम्म मेमोरी बढाउन सकिन्छ । अक्टा(कोर चिपसेट, मिडियाटेक हेलियो पी ३५ जस्ता विशेषता फोनमा रहेको छ । व्याट्रि खपत कम गर्ने, शक्तिशाली हार्डवेयर, ओपो ए १५ एस मा मेमोरी डिफ्रागमेन्टेशन २.० सहितको सिस्टम लेभल अप्टिमाइजेशन उपलब्ध रहेको जनाएको छ । यसले कार्य क्षमतामा ५ प्रतिशत बढाउने कम्पनीले जनाएको छ ।
फागुन ४ गतेदेखि ओपोका प्रमुख विक्रि केन्द्रमार्फत नयाँफोन ए १५ एस देशभर उपलब्ध गराइएको छ । कम्पनीले जनाएको छ । उपभोक्ताले डायनामिक ब्ल्याक र मिस्ट्रि ब्ल्यू गरी दूई आकर्षक रंग मध्यबाट आफ्नो चाहनाअनुसार फोनको छनोट गर्न सक्छन् । फोनमा ४ जीबी ¥याम र ६४ जीबी रोमको ब्यवस्था गरिएको छ । ओपो ए १५ एसको बजार मूल्य रु. २१ हजार ९ सय ९० निर्धारण राखिएको कम्पनीले जनाएको छ । | 2021/02/25 19:30:47 | https://www.makalukhabar.com/2021/02/99977057986/ | mC4 |
'जलेर खरानी' | Kailashkhabar.com
गृहपृष्ठ › मनाेरन्जन › 'जलेर खरानी'
काठमाडौँ । गायक राज लिम्बुले आफ्नो नयाँ गीत जलेर खरानी म्युजिक भिडियो सार्वजनिक गरेका छन्। सेण्टिमेण्टल भर्सनको यस गीतमा प्रेमीले प्रेमिका प्रति प्रेम भाव दर्शाएका छन् ।
यस गीतमा स्वर, शब्द र संगीत लिम्बुको रहेको छ भने पुष्कर सुनुवारले संगीत संयोजन गरेका छन्। नयाँ वर्ष मनाउन प्रेमीको घर आइरहेकी प्रेमिकालाई प्रयांक गर्दा प्रेमिकाले ज्यान गुमाउनु पर्दाको पश्चताप र पिडा म्युजिक भिडियोमा प्रस्तुत गरिएको छ ।
भिडियोमा बिष्णु कट्टेल र प्रेम तामाङको समेत अभिनय देख्न सकिन्छ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुस्…
बाग्लुङ । सार्वजनिक भएको २४ घण्टामा गायक÷सर्जक प्रकाश सपुतको गीत 'मेरो पनि होइन र यो देश रु' युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा उक्लेको छ । सपुतको आफ्नै युट्युब च्यानलबाट शुक्रबार... | 2021/05/09 23:41:47 | https://kailashkhabar.com/?p=20375 | mC4 |
इटहरी– इटहरीको कोशी गाउँपालिका २ का वडाध्यक्षको हृदयाघातका कारण मृत्यु भएको छ । वडाध्यक्ष ४५ वर्षीय हिरालाल यादवलाई हृदयाघातपछि भेन्टिलेटर खोज्दै बिर्तामोड पुर्याइएको थियो ।
यादवको बिएण्ड सी अस्पतालमा ज्यान गएको कोशी गाउँपालिकाले जानकारी दिएको छ । घरमै बसेको समयमा उनलाई हृदयाघात भएको थियो ।
कोरोना संक्रमणका कारण धरान र विराटनगरका अस्पतालमा भेन्टिलेटर नपाइएपछि उनलाई झापाको बिएण्ड सी अस्पताल पुर्याइएको थियो । त्यहाँ पनि भेन्टिलेटर नपाएपछि अस्पतालबाट फर्काउने क्रममा यादवको मृत्यु भएको हो ।
उनी नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
प्रकाशित मिति : भदौ ६, २०७७ शनिबार १८:४४:४६,
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ । | 2022-12-09T02:32:03Z | http://fd.prixa.net/story/33734/ | OSCAR-2301 |
चलचित्रको पोष्टर सार्वजनिक गर्नुकासाथै रिलिज मिति पनि तय गरिएको हो। चलचित्रलाई आउँदो मंसिर १५ गते रिलिज गरिने निर्माण पक्षले जानकारी दिएको छ।
सलोन बस्नेतको ब्यानर अनि सलिना बस्नेतको निर्माणमा बन्न लागेको यस चलचित्रमा सलोन बस्नेत, ऋतिक शाही, करिष्मा श्रेष्ठ, नीर शाह, सरोज खनाल, राजाराम पौडेल, सम्राट सापकोटा, लय सङ्ग्रौला, गीता अधिकारी, सुशान्त अधिकारीको अभिनय रहनेछ।
चलचित्र बाबुकान्छाबाटै दुई कलाकार आश्विन ज्ञवाली र ज्योत्सना महर्जनले चलचित्र क्षेत्रमा डेब्यु गर्दैछन्।
चलचित्रमा बाबुकान्छाको भुमिकामा भने सलोन बस्नेतले अभिनय गर्नेछन्। बाबु श्रेष्ठको छांयाकन रहने चलचित्र बाबुकान्छाको शुटिङ काठमाडौँ, चितवन र दुबईमा समेत हुनेछ। | OSCAR-2019 |
||
बाल बिकास हकहित संरक्षण समितिद्धारा मुख्यमन्त्री राउतलाई ज्ञापन–पत्र, यस्तो छ मांग – Sanghiya Online
जनकपुरधाम । बाल बिकास हकहित संरक्षण समिति धनुषाले दुई बुन्दे मांग राख्दै बुधवार मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापन–पत्र बुझाएका छन् ।
बाल बिकास शिक्षकहरुलाई प्राथमिक शिक्षक वा सो सरहको तलब–भत्ताको व्यवस्था गर्नु पर्ने र सेवा अवधि कायम गर्नु पर्ने लगायत दुई बुन्दे मांग सहित ज्ञापन–पत्र बुझाएका छन् ।
बाल विकास हकहित संरक्षण समिति धनुषाका अध्यक्ष रिता यादवको नेतृत्व तथा संघीय शिक्षक फोरम नेपालका केन्द्रिय उपमहासचिव अरबिन्द कुमार यादव र संघीय शिक्षक फोरम नेपालका प्रदेश सचिव नन्दकिशोर तिवारीको रोहबरमा धनुषाका बाल शिक्षकहरुले मुख्यमन्त्री कार्यालय पुगेर ज्ञापन–पत्र बुझाएका हुन ।
कार्यव्यस्तताले मुख्यमन्त्री राउत कार्यालय बाहिर भएको बेला मुख्यमन्त्रीका स्वकिय सचिव जितेन्द्र कुमार यादवले सो ज्ञापन–पत्र बुझ्दै बाल शिक्षकहरुको मांग सहितको ज्ञापन–पत्र मुख्यमन्त्री समक्ष यथासिध्र पु¥याई दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
देशभरिका सामूदायिक विद्यालयहरुमा संचालित रहेका बाल विकास शिक्षकहरु विचल्लीमा परेका बेला धनुषाका बाल शिक्षकहरु ५ सय भन्दा बढी रहेको र उनीहरु विगत १५ वर्ष देखि शिक्षक सरह सेवा प्रदान गर्दैै आएको भएपनि राज्यले भेदभाव गरी न्यून तलब ( ६००० ) मात्र व्यवस्था गरेको र अन्य शिक्षकहरुको तलब बृद्धि भएपनि आफुहरुको तलब बृद्धि नगरी राज्यले विभेद गरेको भन्दै ज्ञापन–पत्र बुझाएका हुन ।
आफ्ना मांगहरु प्रदेश सरकारले संघीय सरकार समक्ष पु¥याएर मांग सम्बोधनको पहल गरी दिनुपर्ने अपील गर्नुको साथै बाल शिक्षकहरुको तलब, भत्ता, पोशाक भत्ता, महंगी भत्ता लगायतका अन्य सेवा सुविधाहरु प्रदेश सरकारले नै सम्बोधन गरी दिनु पर्ने ज्ञापन—पत्र मार्फत आग्रह समेत ृगरिएको छ ।
यसै बीच प्रदेश सरकारका समाजिक विकास तथा शिक्षामन्त्री नवल किशोर साहले उनीहरुसंग ठुलौ विभेद भएको स्वीकार गर्दै संघीय सरकारसंग यस विषयमा निरन्तर वार्तालाप जारी रहेको बताउनु भयो । प्रदेश सरकारले यस विषयमा अझै गम्भिरतापूर्वक चासो लिएको मन्त्री साहले बताउनु भयो । | 2021/01/28 02:00:52 | https://www.sanghiyaonline.com/2019/06/12/9347 | mC4 |
सात महिनापछि यसरी सुरु भयो विद्यालयमा पठनपाठन – EducationPati – A complete news portal on Education in Nepal
Skip to content
Preeti to Unicode
Unicode to Preeti
१८ मंसिर २०७९, आईतवार
Toggle Navigation
समाचार
शिक्षा-संवाद
विदेशमा शिक्षा
फिचर/खबर
शिक्षण सिकाइ
विचार/विमर्श
अन्तैबाट
भिडियो
थप
स्कूल फिचर
दस्तावेज
उ बेलाको शिक्षा
बालवाटिका
रोचक/प्रविधि
शिक्षकपाटी
सूचनापाटी
सात महिनापछि यसरी सुरु भयो विद्यालयमा पठनपाठन
Byएजुकेशन पाटी
१३ आश्विन २०७७, मंगलवार
काठमाडौँ । कोरोना महामारीका कारण ७ महिनादेखि बन्द काठमाडौंको कागेश्वरी मनोहरा–६, मूलपानीस्थिति विद्यामठ आवासीय विद्यालयमा पठनपाठन सुरु गरिएको छ। भौतिक दूरी कायम गर्दै सातामा ३ दिन विद्यालय सञ्चालन गर्ने गरिएको हो।
बिहान ७ बजेदेखि ११ बजेसम्म पढाउने गरिएको हो। स्वास्थ्य सुरक्षाका नियम पालना गरी विद्यालय खोल्न स्थानीय सरकारले अनुमति दिएपछि पठनपाठन सुरु गरिएको विद्यालयका प्रबन्ध निर्देशक जित बहादुर बस्नेतले बताए।
उनका अनुसार अहिले ६० प्रतिशत मात्रै विद्यार्थी स्कुलमा आउने गरेका छन्। अन्य विद्यार्थी उपत्यका बाहिर भएकाले काठमाडौंमै रहेका मात्र कक्षामा सहभागी भएका हुन्।
‘महामारी थाहा दिएर आउँदैन, जब आउँछ सचेत र संयम रहनुको विकल्प हुँदैन। अहिले हामी कोरोना महामारीले आक्रान्त छौं,’ उनी भन्छन्, ‘महामारीबीच बालबालिकाको भविष्य पनि हेर्नुपर्छ। यो अभिभावक र शिक्षक दुवैको दायित्व हो। त्यसकारण सर्तकता अपनाएर अघि बढ्नुपर्छ।’
निर्देशक बस्नेतका अनुसार भीडभाड नहोस् भनेर विद्यालय हाताभित्र क्यान्टिन सञ्चालन गरिएको छैन। एउटा बेच्नमा दुई विद्यार्थी मात्रै राख्ने राखिएको छ।
‘मास्क, सेनिटाइजर अनिवार्य गर्दै तापक्रम नापेर मात्रै स्कुलमा प्रवेश गराउने गरिएको छ। कक्षाकोठामा पनि मास्क अनिवार्य गराइएको छ। कक्षा सञ्चालन भएपछि ‘ब्रेक टाइम’ राखिएको छैन’, उनले भने।
‘यहाँको भौगोलिक अवस्था पनि राम्रो छ। धेरै भीडभाड हुँदैन। हरियाली पनि धेरै छ। जनस्वास्थ्य मापदण्ड अपनाएर कक्षा सञ्चालन गरिरहेका छौं,’ बस्नेतले थपे।
यसअघि लकडाउनका बेला पनि अनलाइन कक्षा सञ्चालन गरिएको उनले बताए। अनलाइनमा सबै विद्यार्थीको पहुँच नपुग्ने भएकाले फोनबाट भए पनि विद्यार्थीलाई अध्ययन गराइएको निर्देशक थापको भनाइ छ।
‘सबै विद्यार्थीको घरमा इन्टरनेट छैन। इन्टरनेट भए पनि मोबाइल, कम्प्युटर नभएकाले फोन गरेर भए पनि पढाउने शिक्षक निकै थियौं,’ उनले भने।
अनलाइनमा भन्दा विद्यार्थीलाई प्रत्यक्ष भेटेर पढाउँदाको मजै बेग्लै हुने नेपाली पढाउने शिक्षिका दीपा ढुंगानाले बताइन्।
‘तीन दिन भयो स्कुल आउन थालेको। मास्क, सेनिटाइजरसहित विद्यार्थी स्कुल आउने गरेका छन्,’ उनी भन्छिन्, ‘अनि सुरक्षित भएर कक्षा सञ्चालन गर्छाैं।’
अनलाइन कक्षामा सबै विद्यार्थीलाई सहभागी गराउन मुस्किल भएको उनको भनाइ छ। सुरक्षित भएर कक्षामा प्रत्यक्ष साक्षात्कार गरेर पढाउन पाउँदा विद्यार्थीलाई सजिलै बुझाउन सकिन ढुंगानाले सनाइन्। | 2022-12-04T01:56:08Z | https://educationpati.com/ggty7/ | OSCAR-2301 |
नेपालमै जडिबुटी प्रशोधन केन्द्र खोल्न आचार्यको आग्रह « News of Nepal
नेपालमै जडिबुटी प्रशोधन केन्द्र खोल्न आचार्यको आग्रह
आयुर्वेदका ज्ञाता तथा पतञ्जलि योगपीठका आचार्य बालकृष्णले नेपालमा रहेका बहुमूल्य जडीबुटी अन्यत्रबाट किनेर त्यसबाट आफूहरुले औषधी बनाएर नेपालमा पठाइरहेको बताउँदै नेपालमै उद्योग वा प्रशोधन केन्द्र खोल्नसके देशले बढी आम्दानी गर्नसक्ने उल्लेख गर्नुभएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसँगको भेटमा उहाँले नेपालका बहुमूल्य जडिबुटीको अवैज्ञानिक दोहन भइरहेको बताउनुभयो । जडिबुटी उखेल्ने काम भएको तर त्यसको बदलामा वृक्षरोपण वा त्यसको वृद्धि/विकासका कुनै काम नभएको उहाँको भनाइ थियो । त्यसो हुँदा अघिल्लो वर्ष प्रशस्त पाइरहेका जडिबुटी अर्को वर्ष कम र अझ अर्को वर्ष झन कम हुँदै गएको पाइएकोले यसतर्फ सोच्न जरुरी रहेको उहाँको धारणा थियो ।
मुख्यमन्त्री कार्यालय हेटौंडामा भएको भेटका क्रममा मुख्यमन्त्री पौडेलले नेपालमा जन्मेर आयुर्वेदको क्षेत्रमा विश्वचर्चित बन्न सफल भएकोमा आचार्यप्रति आफूहरुले गर्व गर्ने गरेको बताउनुभयो ।
पौडेलले आयुर्वेदको विद्वत्वलाई आफ्नो जन्मभूमिको सम्बृद्धिमा प्रयोग गर्न अनुरोध गर्नुभयो । उहाँले बागमती प्रदेश सरकार प्रदेशको जडिबुटी अध्ययन/अनुसन्धान गरेर त्यसबाट लाभ लिन इच्छुक रहेको बताउँदै त्यसका लागि वातावरण निर्माण गर्न तयार रहेकोले लगानी भित्र्याउन अनुरोध गर्नुभयो । आयुर्वेदमा नेपालीको विश्वास बढ्दै गएको सन्दर्भमा यसको महत्व बढेको उहाँले बताउनुभयो । | 2020/04/09 17:42:47 | https://www.newsofnepal.com/2020/02/17/294766/ | mC4 |